title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको बुधबार वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । 
https://ekantipur.com/sports/2023/04/26/168252334669296238.html
काठमाडौँ — पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको बुधबार वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गंगाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) रहेका छन् । उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए । मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही ३५ हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।
Sports
17,570
कोरोना भाइरस नेपाल: स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तुरुन्त पक्राउ गरिने प्रहरीको प्रतिबद्धता, मुद्दा चल्न सक्ने
कोरोनाभाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई "तत्काल पक्राउ गरी कारबाही गर्न" माग गरेको छ।
https://www.bbc.com/nepali/news-53878899
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले उक्त मागबारे गृह मन्त्रालयलाई पहिले पनि जानकारी गराइसकिएको र आवश्यक परे फेरि पनि आग्रह गरिने" बताए। नेपाल प्रहरीले भने पहिले नै देशैभरिका प्रहरी कार्यालयहरूलाई त्यस्ता कार्यबारे जानकारी आए तुरुन्त कारबाही अघि बढाउन निर्देशन दिइएको जनाएको छ। प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई विभिन्न कसुरमा मुद्दा चलाउन सकिने चेतावनी पनि दिएको छ। पछिल्लो घटना अधिकारीहरूले शनिवार राजधानी काठमाण्डूमै स्वास्थ्यकर्मीमाथि भएको एउटा दुर्व्यवहारको घटनापश्चात् कारबाहीको चेतावनी दिएका हुन्। शनिवार काठमाण्डूको बानेश्वरस्थित एउटा होस्टलमा सिभिल अस्पतालका केही स्वास्थ्यकर्मीहरू क्वारन्टीनमा बसेको थाहा पाएपछि केही स्थानीयवासीहरूले दुर्व्यवहार गरेको बताइएको छ। उक्त होस्टल सञ्चालक रोहित रानामगरका अनुसार बिहान ७ बजेतिर टोल सुधार समितिको अगुवाइमा आएका केही व्यक्तिहरूले उनीसहित स्वास्थ्यकर्मीहरूलाई धम्क्याएका थिए। सङ्क्रमित यी स्वास्थ्यकर्मी भन्छिन्, 'मानसिक यातना पाएँ' उनले बीबीसीसँग भने, "उक्त समूहबाट 'काट्छौँ/मार्छौँ' सम्मको धम्की आयो। त्यसपछि मैले प्रहरीलाई खबर गरेर प्रहरी आएपछि मात्र उहाँहरू तितरबितर हुनुभयो।" उक्त होस्टलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू गत बिहीवारदेखि क्वारन्टीनमा बस्न आएको रानामगरले जानकारी दिए। उनका अनुसार शनिवार केहीबेर स्थानीयवासीले होस्टेल घेराउ समेत गरेका थिए। तर उक्त स्थान पर्ने काठमाण्डू महानगरपालिका-३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले चाहिँ "खासै ठूलो घटना नभएको तर धेरै मिडियाबाजी भएको" बताए। बीबीसीसँग उनले भने, "यो कुनै दुर्व्यवहार भएको पनि होइन हेर्नूस्… उहाँहरू (स्थानीयवासी) ले सम्झाउँदा सम्झिनुहुन्छ। अलि बढी मिडियाबाजी भएछ। तर हामीले दुवै पक्षलाई राखेर समाधान गर्नुपर्छ भनेर म लागिरहेको छु।" बानेश्वर घटनाबारे आइतवार वडा कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ। वडाध्यक्ष, निजामती अस्पताल, होस्टल तथा टोल सुधार समितिका प्रतिनिधिबीच सहमति भएको हो। सहमतिमा स्थानीयवासीले स्वास्थ्यकर्मीको आवासस्थललाई सुरक्षित र तनावरहित बनाउने उल्लेख छ। अन्य स्थानमा पनि दुर्व्यवहार नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशका विभिन्न भागहरू चिकित्सकहरूमाथि दुर्व्यवहार भएका घटनाहरू जानकारीमा आएको छ। कोरोनाभाइरसको नमुना सङ्कलनदेखि परीक्षण र उपचारमा संलग्न विभिन्न स्वास्थ्यकर्मीहरूलाई कोभिड महामारीविरुद्धको सङ्घर्षमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छन् उनले भने, "धेरै ठाउँबाट त्यस्ता गतिविधिका विवरण आएका छन्। यो एकदमै दु:खलाग्दो कुरा हो। चिकित्सकहरूले जीवनलाई दाउमा राखेर काम गरिरहेका बेला मनोबल बढाउनु पर्नेमा दुर्व्यवहार हुनु चिन्ताजनक विषय हो। यसमा ध्यान दिन हामी सरकारलाई आग्रह गर्छौँ।" उनले वीरगन्ज, चितवन, विराटनगर र अन्य स्थानमा पनि दुर्व्यवहार भएको विवरण आएको बताए। नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईका अनुसार देशका विभिन्न भागहरूमा नर्सहरूलाई दुर्व्यवहार गरिएको विवरण पनि आएको छ। उनका अनुसार करिब एक दर्जन त्यस्ता घटनाबारे नर्सहरूले सङ्घलाई जानकारी गराएका छन्। राईका अनुसार कतिपय स्थानमा घरपरिवार र आफन्तले पनि दुर्व्यवहार गरेको पाइएको छ। त्यस्तै टोलवासी र डेरामा बस्नेलाई घरधनीले समेत दुर्व्यवहार गरेको पाइएपछि सम्बन्धित व्यक्तिसहित स्थानीय सरकारसँग समन्वय गरेर विवाद मिलाइएको उनले बताइन्। के भन्छ स्वास्थ्य मन्त्रालय? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्ता विवरण आएकोले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए। मन्त्रालयले पटकपटक त्यस्ता कार्य नगर्न सार्वजनिक रूपमा पनि आग्रह गरेको तर त्यो क्रम दोहोरिनु चिन्ताजनक रहेको उनको भनाइ छ। उनका अनुसार भोकप्यास केही नभनी शौचालय पनि जान नपाउने हुँदा डाइपर लगाएर काम गर्ने स्वास्थ्यकर्मीलाई आक्रमण वा दुर्व्यवहार हुनु निन्दनीय कृत्य हो। "आज स्वास्थ्यकर्मीहरू खाजा खान नपाएर, पानी पिउन नपाएर, डाइपर लगाएर आईसीयूमा उपचार गरिरहेका छन्। त्यसरी खटिएका व्यक्तिलाई दुर्व्यवहार गर्नु अत्याचार हो," उनले भने। "काठमाण्डूजस्तो ठाउँमा समेत दुर्व्यवहार भयो। ती मान्छेलाई पक्रेर कानुनअनुसार पक्राउ गर्नुपर्छ।" उनका अनुसार गृह मन्त्रालयलाई त्यस विषयमा जानकारी गराइसकिएको र कारबाहीको प्रक्रिया पनि सुरु भइसकेको हुनुपर्ने बताए। के भन्छ नेपाल प्रहरी? नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतले यस्ता गतिविधि गर्न नपाइने बताए। उनले प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, "यदि कसले दुर्व्यवहार गरे त्यसविरुद्ध विभिन्न घटनाको प्रकृति हेरेर मुद्दा चल्न सक्छ। कुटपिट भएको छ भने त कुटपिटमा मुद्दा चलिहाल्छ। त्यसबाहेक सङ्क्रामक रोग ऐनअनुसार पनि कारबाही हुने व्यवस्था छ।" प्रहरीले केही समययता दुर्व्यवहार भएका घटना सार्वजनिक भएपछि मातहतका कार्यालयहरूलाई तुरुन्तै कदम चाल्न निर्देशन दिइसकेको उनले बताए।
Others
64,051
भर्ना अभियान सुरु : चार प्रतिशत बालबालिका विद्यालय बाहिर
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने संकल्पका साथ भर्ना अभियान सुरु भएको हो।
https://gorkhapatraonline.com/news/103833
काठमाडौँ, वैशाख २ गते। नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो। विद्यालय भर्ना हुने उमेर समूहका करिब ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपनि चार प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर गरेको सरकारी तथ्याङ्क छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सात लाख ९५ हजार विद्यार्थीलाई विद्यालय प्रवेश गराउनुपर्ने छ। दुई लाख १३ हजार बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन्। उनीहरूलाई विद्यालय प्रवेश गराउन अभियान चलाइएको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, “तथ्याङ्क अनुसार अझै दुई लाख १३ हजार विद्यालय उमेर समूहका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन्। यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन अभियान चलाएका हौँ।’ विद्यालय भर्ना अभियानले विपन्न, गरिब परिवारका विद्यार्थीलाई विद्यालयमा ल्याउन सहयोग पुर्‍याउने उहाँको भनाइ छ। विद्यार्थीलाई विद्यालयमा प्रवेश गराए पनि विद्यालयमा टिकाउनु भने चुनौतीपूर्ण देखिएको उहाँको भनाइ छ। माध्यमिक तहसम्म पुग्दा धेरै विद्यार्थीले आर्थिक कारण देखाएर विद्यालय छाड्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता सुरेशकुमार जोशी विद्यालय बाहिर रहेका चार प्रतिशत बालबालिकालाई विद्यालयमा ल्याउन अभियानमा सक्रिय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येक वर्ष विद्यालय भर्ना उमेर समूहका ९६ प्रतिशत बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन्। बाँकी चार प्रतिशत बालबालिकालाई पनि विद्यालय भर्ना गराउनका लागि यो अभियानलाई निरन्तरता दिइएको हो।” उहाँका अनुसार विद्यार्थी भर्ना अभियानका लागि सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई निरीक्षण गर्न आग्रह गरिएको छ। आइतबार नै ३० वटा रेडियोबाट सातवटै प्रदेशबाट भर्ना अभियान सम्बन्धी सन्देश प्रसारण सुरु भएको छ। वैशाख २१ गतेसम्म बिहान, दिउँसो र साँझ  समाचार अघि र पछि वा बिचमा प्रसारणको व्यवस्था गरिएको उहाँको भनाइ छ। स्थानीय तह र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै विद्यार्थी अभियानलाई अगाडि बढाइएको छ। अभियान प्रभावकारी बनाउनुपर्छ शिक्षाविद् प्रा.डा. विनयकुमार कुशियत सरकारले विद्यालय भर्ना अभियानलाई प्रक्रियामुखी नभएर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ।वञ्चितीकरणमा परेका विद्यार्थीका लागि आवासीय विद्यालयको व्यवस्था हुनुपर्नेमा त्यसो नहुनु दुखद भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “विद्यालयको पहुँचबाट बञ्चितीकरणमा परेका विद्यार्थीलाई राज्यले आवासीय विद्यालयको व्यवस्था गरेर भर्ना अभियान चलाउनु पर्थ्यो, त्यसो हुन सकेन, यो दुखद हो।”कतिपय विद्यार्थीहरू आर्थिक, भौगोलिक र सामाजिक कारणले पनि सञ्चितिमा परेकाले उनीहरूलाई यो प्रक्रियागत भर्ना अभियानले नछुने उहाँको तर्क छ।  
News
41,595
हस्तकला प्रवर्द्धनका लागि कोसेली घर
ललितपुर महानगरभित्र उत्पादित हस्तकला सामग्रीको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला सङ्घसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटन ढोकासँगै रहेको उक्त घरको मङ्गलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ ।
https://gorkhapatraonline.com/news/61578
काठमाडौँ, वैशाख ७ गते ।  ललितपुर महानगरभित्र उत्पादित हस्तकला सामग्रीको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला सङ्घसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटन ढोकासँगै रहेको उक्त घरको मङ्गलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ । उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोसेली घरको सुरुवात गरेको बताउनुभयो । हस्तकलाकर्मी यो पेसाबाट पलायन हुन नदिनु यो घर खोल्नुको मुख्य उद्देश्य भएको बताउँदै उहाँले भन्नुभयो, “यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न मुलुकमा पु-याउन मद्दत गर्छ ।” ललितपुर आउने पर्यटकलाई कोसेली घरमा आउने वातावरण मिलाउन महानगरले काम गरिरहेको जानकारी दिनुभयो । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर विश्व कला नगरीको ३५औँ सहर बताएको बताउँदै भन्नुभयो, “हामीले धेरै पहिलादेखि यो घरको तयारी गरेका हौँ, कोभिडको महामारीले धकेलियौँ । यो घरले महानगरभित्रका उत्पादनलाई विदेश पु-याउन सहयोग गर्छ ।” कला नगरको एक महत्वपूर्ण तत्वमध्ये कोसेली घर एक भएको उहाँले प्रस्ट पार्नुभयो । ललितपुर महानगर विश्वको ३५औँ कला कला नगरी हो । उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले यल कोसेली घर सञ्चालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताउनुभयो । हस्तकलाकर्मीले यो पेसा छोडेर अन्य पेसा अँगालिरहेको अवस्थाप्रति इङ्गित गर्दै प्रत्येक घरलाई आत्मनिर्भर बनाउने हस्तकलाकर्मको संरक्षण गर्न महानगरले गरेको यो सुरुवात भएको उहाँले प्रस्ट पार्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । ललितपुर महानगरको समृद्धिमा यल कोसेली घरको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कोसेली घरले सीप र पुँजीलाई बजारसँग जोड्ने बताउनुभयो । उहाँले कोसेली घरको प्रचारप्रसारका लागि एयरलाइन्सको मुखपत्रमा सामग्री समावेश गर्ने विषयमा छलफल भएको बताउनुभयो । यसैगरी पर्यटकलाई कोसेली घरमा ल्याउनका लागि यात्रा विवरणमा यस घरको भ्रमण गर्ने व्यवस्था मिलाउन सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।ललितपुर महानगर–२६ का वडाध्यक्ष एवं हस्तकला प्रवद्र्धन समितिका सदस्य सुरेश महर्जनले कला नगरीको पहिचान संरक्षण गर्न कोसेली घरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । हस्तकला सङ्घका अध्यक्ष प्रचण्ड शाक्य, ललितपुर हस्तकला सङ्घका अध्यक्ष रमेश सिंहलगायतले कोसेली घरले हस्तकलाको संरक्षण सँगसँगै हस्तकलाकर्मीलाई यो पेसामा लाग्न प्रोत्साहित गर्ने प्रस्ट पार्नुभयो ।   
News
38,328
चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।
https://gorkhapatraonline.com/news/112388
रेखीराम रानातानसेन, असार ३ गते । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते हुनुभएको थियो । घरमै बसिरहेको बेलामा उहाँलाई चट्याङ लागेर घाइते भएको आफन्तले बताएका  छन् । उहाँको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।उहाँ स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
News
50,233
नारायणगढ क्वाटरफाइनलमा
नारायणगढ फुटबल क्लबले बुधबार प्यासिफिक चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा रामनगर फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । 
https://ekantipur.com/sports/2018/02/01/20180201072212.html
भरतपुर — नारायणगढ फुटबल क्लबले बुधबार प्यासिफिक चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा रामनगर फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । नारायणगढलाई क्वाटरफाइनल पुर्‍याउने क्रममा २२ औं मिनेटमा कुशल श्रेष्ठले पहिलो गोल गरे । ४० औं मिनेटमा राजेश परियारले टोलीका लागि गोल थपे । दुई गोलले पछि परेको रामनगरको गोल फर्काउने प्रयास सफल भएन । त्यो दोस्रो हाफमा सफल हुँदा रामनगरका एलिश तामाङले एक गोल गरे । ५२ औं मिनेटमा रामनगरले आत्मघाती गोल गर्‍यो । अन्तिम समयमा सम्हालिन नसक्दा इन्ज्युरी समयमा नारायणगढबाट सुरेश कुमालले गोल थप्दै जित पक्का गरेका थिए । नारायणगढका सुरेश कुमाल म्यान अफ द म्याच घोषित भए । बिहीबार युनिक क्लब भरतपुर र रामपुर क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
Sports
30,171
नेपाली क्रिकेटलाई चाहिएको हौसला
नेपालले त्यस्तो एउटा खेल पाएको छ, जसमा ढुक्क भएर लगानी गरे हुन्छ । अनि लगानी गरेपछि त्यसले प्रतिफल पनि दिनेछ । हामी कुरा गरिरहेका छौं, क्रिकेटको । लामै समय एक प्रकारको अन्योल रह्यो, नेपालका लागि कुन खेल ठीक छ भनेर, कुन खेलमा नेपालले विश्वस्तरमै राम्रो गर्न सक्छ भनेर ।
https://ekantipur.com/opinion/2023/11/12/nepali-cricket-needs-encouragement-54-30.html
काठमाडौँ — नेपालले त्यस्तो एउटा खेल पाएको छ, जसमा ढुक्क भएर लगानी गरे हुन्छ । अनि लगानी गरेपछि त्यसले प्रतिफल पनि दिनेछ । हामी कुरा गरिरहेका छौं, क्रिकेटको । लामै समय एक प्रकारको अन्योल रह्यो, नेपालका लागि कुन खेल ठीक छ भनेर, कुन खेलमा नेपालले विश्वस्तरमै राम्रो गर्न सक्छ भनेर ।जोकोहीसँग यसको उत्तर थिएन । क्रिकेट अब यसको उत्तर हो । समय र परिस्थितिले प्रमाणित गरेको छ— यो खेल देशको प्रतिष्ठा राख्न सक्षम छ ।विश्व क्रिकेटमा नेपाल त्यहाँ पुगेको छ, जहाँ लगातार ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्नेछ । अरू एसोसिएट देशका तुलनामा हामी केही पाइला अगाडि छौं नै । यी दाबी त्यसै बनेका होइनन् । नेपालमै भएको ट्वान्टी–२० विश्वकपको छनोट सकिएको पनि केही दिन भयो । त्यसको ठ्याक्कै अगाडि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला पनि खेलेको थियो । भलै यी दुइटै प्रतियोगितामा नेपाल च्याम्पियन रहेन । दुवै अवसरमा नेपाल फाइनलमै रोकियो ।तर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले जस्तो खेल प्रस्तुत गरेको थियो, त्यसमा टिकेर भन्न सकिन्छ, साँच्चै अब यो देशले क्रिकेटमा आत्मविश्वासपूर्वक लगानी गरे हुन्छ । यो लगानी पनि एक निश्चित समयका लागि हुनेछ । जति बेला यसको प्रतिफल आउन सुरु हुनेछ, त्यति बेला यसको प्रभाव पूरा नेपाली खेलकुद क्षेत्रमा त हुनेछ नै, यसको उत्तिकै सकारात्मक प्रभाव समाज, आर्थिक क्षेत्रमा समेत हुनेछ । यसबीच सरकारका तर्फबाट एउटा असल निर्णयको समाचार आएको छ— मूलपानीसहित क्रिकेटका तीन रंगशालाको निर्माण राष्ट्रिय गौरवको आयोजनाका हैसियतले अगाडि बढाउने । कुनै पनि खेलको वास्तविक विकासका लागि चाहिने सबैभन्दा प्रमुख र मूलभूत आवश्यकता भनेको भौतिक पूर्वाधार नै हो, खेलकुदका सन्दर्भमा रंगशाला नै हो । यसको अभावमा खेलको समग्र विकासको कल्पनै गर्न सकिन्न । त्यही ट्वान्टी–२० विश्वकप छनोटकै बेला टड्कारो रूपमा अनुभव गरिएको थियो, हामी भौतिक पूर्वाधारमा धेरै पछाडि छौं भनेर ।नेपालले सेमिफाइनलमा यूएईलाई हराएको थियो र यससँगै नेपाल अबको ट्वान्टी–२० विश्वकपका लागि छनोट भयो । त्यो खेल मूलपानीको माथिल्लो मैदानमा भएको थियो । त्यस खेलअगाडि नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक रूपमा आह्वान गर्नुपरेको थियो, ‘नेपाली दर्शकहरू हौं, तपाईंहरू रंगशालमै आएर खेल हेर्नुपर्दैन । हाम्रो क्षमता ३ हजार दर्शक मात्रै हो । तपाईंहरूले क्रिकेट घरमै बसेर हेर्नू ।’ मूलपानी रंगशालाको क्षमता ५० हजार दर्शक हुँदो हो त त्यत्ति पनि सजिलै आउँथे, त्यो पनि खुसी र उत्साहसँगै पैसा तिरेर ।क्रिकेटको साहित्यमा दर्शकलाई बाह्रौं खेलाडीको दर्जा दिने गरिन्छ । यी दर्शक मैदानमा त उत्रँदैनन्, तर दर्शकदीर्घामै रहेर पनि खेल जित्न खेलाडीलाई हरदम प्रोत्साहन गरिरहन सक्छन् । फेरि टिकटबाट उठ्ने रकमको छुट्टै महत्त्व छ, जुन सीधासीधा लगानी उठ्ने पहिलो ठूलो स्रोत हो । नेपाली क्रिकेट आफ्ना समर्थक दर्शकलाई लिएर असाध्यै धनी छ । कति धेरै धनी भने, यस्तो प्रवृत्ति टेस्ट खेल्ने केही ठूला देशमा मात्र पाइन्छ ।गौरवको आयोजनामा परेका मूलपानीको तल्लो मैदान, मोरङको वैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीन–चार वर्षको अन्तरमा बनिसक्ने गरी सरकारले निर्माण प्रक्रिया अगाडि बढाउने भनेको छ । यी तीनै रंगशालाको निर्माण प्रक्रियाको विगत भने आफैंमा दिक्कलाग्दो छ र अब पनि यस्तै शैली अवलम्बन गर्ने हो भने राष्ट्रिय गौरवका आयोजना भनिरहनुको अर्थ हुन्न । सँगै, क्यानले पनि अब बृहत् योजनासहित घरेलु क्रिकेटको ठोस संरचना अगाडि ल्याइहाल्नुपर्छ ।अबको एक वर्ष नेपाली क्रिकेट साँच्चै व्यस्त रहनेछ । महिला क्रिकेटका पनि उत्तिकै कार्यक्रम अगाडि आइरहेका छन् । तीमध्ये अधिकांश प्रतियोगिता अन्तर्राष्ट्रिय नै छन् । विश्वास गरौं, क्यानले घरेलु क्रिकेट प्रतियोगिताको ढाँचालाई पनि बलियो बनाउनेछ । सबल भौतिक पूर्वाधार, लगातार व्यस्त रहने घरेलु प्रतियोगिता अनि क्यानको चुस्त सञ्चालनको संयोजनले मात्र नेपाली क्रिकेटलाई दिगो उपलब्धि दिलाउन सक्ने वास्तविकतालाई सरोकारवालाहरूले बिर्सन मिल्दैन ।
Opinion
9,986
दीपकलाई सफलता
विश्वकै सर्वाधिक उचाइमा भएको मोटरस्पोर्ट ‘रेड द हिमालय २०१८’ मा नेपालका बाइकर दीपककुमार साहले सफलता पाएका छन्  ।
https://ekantipur.com/sports/2018/10/31/15409524597473374.html
काठमाडौँ — विश्वकै सर्वाधिक उचाइमा भएको मोटरस्पोर्ट ‘रेड द हिमालय २०१८’ मा नेपालका बाइकर दीपककुमार साहले सफलता पाएका छन्  ।भारतको हिमालय क्षेत्रअन्तर्गत हिमाञ्चल प्रदेश, जम्मु र कश्मिरमा यही अक्टोबरमा आयोजित २० संस्करणको रेड द हिमालयमा दीपक मोटरबाइकको इनफिल्ड विधातर्फ प्रथम भएका हुन् । अघिल्लो वर्ष पनि सहभागिता जनाएका उनले दुर्घटनामा परेर त्यतिखेर यात्रा पूरा गर्न पाएका थिएनन् ।हिमालयन मोटरस्पोर्ट एसोसिएसनले सन् १९९९ देखि आयोजना गर्दै आएको रेड द हिमालयमा विभिन्नका देशका मोटर राइडरहरूको सहभागिता रहने गर्छ । यो इन्टरनेसनल अफरोड र्‍यालीको क्यालेन्डरमा समावेश इभेन्ट हो । यसपल्ट अक्टोबर ८ मा ले लद्दाखबाट सुरु भई मोटरर्‍याली जम्मु–कश्मिर, कारगिल हुँदै जान्सकर भ्यालीमा अक्टोबर १४ मा सकिएको थियो ।दीपक नेपालबाट सहभागी हुने एक्लो प्रतिस्पर्धी हुन् । आफ्नै खर्चमा सहभागिता जनाएका उनले एडभेन्चर स्पोर्टसको एउटा प्रतिष्ठित इभेन्टमा देशको झण्डा फराउन पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताए । गत वर्ष उनले पहिलोपल्ट रेड द हिमालयमा सहभागिता जनाएका थिए । तर प्रतियोगिताको दोस्रो दिन नै दुर्घटनामा परेर खुट्टा भाँचिएपछि बीचमै रेस छोड्नुपरेको थियो । एक वर्षमै भाँचिएको खुट्टा ठीक पार्दै दीपक रेसमा सहभागिता जनाएका थिए । उनले भने, ‘बाइक रेस मेरो सानैदेखिको सपना हो । त्यसमाथि विश्वकै सबैभन्दा उचाइमा भएको इभेन्टमा भाग लिएर सफलता पाउँदा एकदमै उत्साही छु । गत वर्ष पूरा रेस गर्न नपाउँदा पीडा भएको थियो । त्यो क्षण भुल्दै यसपल्ट आफूलाई तयार गरेको थिएँ ।’रेस एरियाको तापक्रम माइनस २०–२५ डिग्री सेल्सियम तलसम्म पुग्ने भएकाले सहभागिता जनाउने करिब २० प्रतिशतले मात्र रेस पूरा गर्न सक्ने उनले सुनाए । ३० जनाले रेस पूरा गर्दा समग्रमा उनी १५ औं र एनफिल्डतर्फ पहिलो भएका हुन् ।जनकपुरका ३४ वर्षे दीपकले रेड द हिमालयका लागि ४/५ वर्षदेखि तयारी गर्दै आएको बताए । आफूले मनाङ र मुस्ताङ क्षेत्रमा गएर अभ्यास गर्ने गरेको उनले सुनाए । उनका अनुसार नेपालमा पनि यस्ता इभेन्ट गर्नका लागि मनाङ, मुस्ताङलगायत थुप्रै ठाउँ उपयुक्त छ । सानो लगानीबाट पनि एडभेन्चर स्पोर्टले देशको पयर्टन प्रवद्र्धनमा एकदमै ठूलो टेवा पुग्ने आफ्नो अनुभव रहेको उनले सुनाए । नेपालमा पनि त्यस्तै इभेन्ट गर्न आफू लागिपर्ने दीपकको सोच छ ।
Sports
28,494
प्रदेशहरुलाई बिहीवार 'थप खर्च पठाइने'
नेपालका सात प्रदेशहरुले आ-आफ्ना पहिलो बैठक डाक्ने तयारी जोडतोडका साथ अगाडि बढाइरहेको बेला संघीय सरकारले पनि प्रदेशहरुलाई खर्चको जोहो गर्ने क्रम तीव्र बनाएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।
https://www.bbc.com/nepali/news-42894352
अर्थ सचिव शंकरप्रसाद अधिकारीका अनुसार सातै प्रदेशहरुको चालू खर्चका लागि बिहीवार ५० करोड रुपैयाँ पठाइँदैछ। प्रदेशहरुको तत्कालको पूर्वाधारको लागि अर्थ मन्त्रालयले प्रति प्रदेश १५ करोड रुपैयाँ यस अघि नै दिइसकेको बताइएको छ। प्रदेशहरुमा कमजोर पूर्वाधार, बजेट तथा कानुनको अभाव र अस्तव्यस्त तयारी भइरहेका खबर छ्यापछ्याप्ती भइरहँदा अर्थ मन्त्रालयले प्रदेशका आवश्यकताहरुलाई सम्बोधन गर्ने गरी क्रमैसित बजेट निकासा भइरहेको जनाएको छ। अर्थ सचिव शंकरप्रसाद अधिकारीको भनाइमा आफ्नो पहिलो अधिवेशन बोलाउने चटारोमा रहेका सातै प्रदेशलाई बन्दोबस्तीका लागि अहिले बजेटको अभाव छैन। उनले भने, "अहिलेको चालू खर्चको लागि करिब ५० करोड रुपैयाँ सातै प्रदेशलाई तुरुन्तै दिदैंछौ। त्यसबाहेक १५ करोड रुपैयाँ पहिले नै दिइसकेका छौं।" प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण प्रदेश सभा शपथका झलक कानुन उनका अनुसार प्रदेशहरुले आफ्ना वित्तीय कानुन तथा नियम बनाउन सहयोग पुग्ने गरी अर्थ मन्त्रालयले नमुना कानुनहरु तर्जुमा गर्ने काम गरिरहेको छ। ती मध्ये सार्वजनिक खरीद नमुना कानुन, राजस्व सम्बन्धी नमुना कानुन, बजेट तर्जुमा दिग्दर्शन रहेको उनले बताए। प्रदेशहरुको वार्षिक खर्चको लागि प्रति प्रदेश एक अर्ब रुपैयाँका दरले विनियोजन गर्ने व्यवस्था वार्षिक बजेटमै गरिएको छ। त्यो रकम प्रदेशहरुले आफ्ना कानुनी प्रक्रिया पूरा गरेपछि खर्च गर्न पाउने सचिव अधिकारीले बताए। उनले भने, "प्रति प्रदेश एक अर्ब रुपैयाँ अनुदान छुट्याइसकिएको छ। प्रदेशहरुले संचित कोष खाता खोलिसकेपछि कानुन अनुसार खर्च गर्न पाउँछन्।" नेपालको संविधान कार्यान्वयनमा आएर भएको पहिलो चुनावपछि गठन भएका प्रदेशहरुमा आवश्यक पूर्वाधार नहुँदा अस्थायी मुकामहरुमा उपलब्ध विभिन्न सरकारी र भाडाका भवनहरुमा पहिलो बैठक हुन लागिरहेका छन्। त्यसक्रममा प्रदेश नम्बर तीनको पहिलो बैठक अस्थायी मुकाम हेटौंडामा बिहीवार हुने बताइएको छ। अन्य प्रदेशहरुले आफ्नो पहिलो बैठक अर्को साताको सुरुमा गर्ने कार्यक्रम सार्वजनिक भएका छन्।
Others
64,907
कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’ : ‘माइण्ड ब्लोइङ’
शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो ।
https://gorkhapatraonline.com/news/105228
काठमाडौँ, वैशाख १३ गते । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शो कार्यक्रमपछि कलाकारहरुले चलचित्रले सामाजिक कथावस्तु बोकेको र कुप्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए । उनीहरुले यस किसिमका चलचित्रहरु सबैले हेर्नुपर्ने बताए । कार्यक्रमपछि बोनुहुँदै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र चुनौतीपूर्ण विषयमा बनेको बताउनुभयो । उहाँले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतीको विषय भएको बताउनुभयो ।त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताउनुभयो । उहाँले महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तु फिल्ममा उतारिएको जानकारी दिनुभयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीले उठाउनुपर्ने विषय भएको बताउनुभयो । उहाँले विकृति, विसङ्गतिलाई चिर्नुपर्ने ऐनाको पर्यायको रुपमा बोक्सीको घर निर्माण भएको औंल्याउनुभयो । त्यस्तै अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको बताउनुभयो । उहाँले चलचित्र बन्नु नै पर्ने रहेको बताउनुभयो । त्यस्तै अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताउनुभयो । उहाँले अहिले पनि समाजमा धेरै महिला यस प्रकारको कुप्रथाबाट पीडित रहेको जानकारी दिनुभयो । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताउनुभयो । उहाँले महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभई कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्न नहुने बताउनुभयो ।अभिनेत्री केकी अधिकारीले चलचित्रमा सामाजिक यथार्थवादी चित्रण गरिएको बताउनुभयो । उहाँले एउटा व्यक्तिको जीवन यात्राको कथा चलचित्रमा समेटिएको बताउनुभयो । समाजका कुरीतिका कारण उज्ज्वल भविष्य बनाउनसक्ने व्यक्तिको जीवन सकिन्छ भन्ने कुरा चलचित्रमा देखाइएको बताउनुभयो । अभिनेता सलोन बस्नेतले सुनेका कुराहरु सिनेमामा देखाउन खोजेको कुराले मन छोएको र समुदायको घटनालाई आवाज उठाएकोमा खुशी लागेको बताउनुभयो ।चलचित्र बोक्सीको घर शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढङ्गले फिल्ममा देखाइएको छ ।चलचित्रका लेखक एवम् निर्देशक सुलक्षण भारती हुनुहुन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बाँस्तोला, सुपला सापकोटालगायतका कलाकारको अभिनय छ ।
News
43,452
राँगो मार हान्न तीन लाख ३० हजारको बोलकबोल
म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाइने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख ३० हजार रुपियाँको बोलकबोल भएको छ ।
https://gorkhapatraonline.com/news/83014
ठाकुरप्रसाद आचार्यम्याग्दी, कात्तिक ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा विजयादशमीको महानवमीका दिनमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) तीन लाख ३० हजार रुपियाँको बोलकबोल भएको छ । बडादसैंको आठौं दिन कालरात्रिमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसीमामा सुरु भएको बढीबढाउमा  पाँच जनाबीच भएको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका –२, सिजलगाउँका एकेन्द्र भण्डारीले सबैभन्दा धेरै तीन लाख ३० हजार रुपियाँ रकम तिर्ने बोलकबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ । भण्डारीले आइतबार नै कबोल गरेको रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । पूजा व्यवस्थापन समितिले सरकारी राँगाको बढीबढाउको सुरुवाती मूल्य ६७ हजार रुपियाँ कायम गरेको थियो । यसअघि २०७९ सालमा ३ लाख १५ हजार, २०७८ सालमा ३ लाख, २०७६ सालमा २ लाख ८० हजार रुपियाँको बोलकबोल भएको थियो । महानवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांंक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनाेट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित गाउँ घुमाउँदै सम्मान गर्ने प्रचलन छ । राँगोको मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको दावी गरिएको छ । यो क्षेत्रकै एतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । आफूले चाहेको पूरा गराउन यहाँ मार हान्नका लागि भाकल गर्ने गरिन्छ । आँटेको र चाहेको पूरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दैगएको पूजा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष थानबहादुर भण्डारीले बताउनुभयो ।  बाइसे चौबीसे राज्यका पालामा १७ औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुरानो र ऐतिहासिक कोतको सूचीमा पर्छ । चैते र बडादसैँको अवसरमा विशेष पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दसैँको पूजामा यहाँ बलि चढाउने चलन अझै जीवित छ ।तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४ औँ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ । 
News
32,663
युभेन्ट्स कति बलियो ?
‘फुटबलमा दबाब सामान्य हो, मलाई यो समस्या लाग्दैन,’ यी शब्द हुन् म्याथिज डी लिग्टको । उनी हुन् युभेन्ट्सको यस सिजनका नवौं अनुबन्धका खेलाडी, सबैभन्दा महत्त्वपूर्ण पनि ।
https://ekantipur.com/sports/2019/07/23/156384813021957880.html
टुरिन — ‘फुटबलमा दबाब सामान्य हो, मलाई यो समस्या लाग्दैन,’ यी शब्द हुन् म्याथिज डी लिग्टको । उनी हुन् युभेन्ट्सको यस सिजनका नवौं अनुबन्धका खेलाडी, सबैभन्दा महत्त्वपूर्ण पनि ।यी १९ वर्षीय अयाक्स कप्तानलाई अनुबन्ध गर्ने होडमा युभेन्ट्सले पीएसजीलाई उछिनेको थियो । उनी आएयता युभेन्ट्सको टिममा उत्साह छाएको हुनुपर्छ नयाँ सिजनलाई लिएर । ठीक यही बेला युभेन्ट्सले दबाब पनि महसुस गरेको हुनुपर्छ, त्यही नयाँ सिजनलाई लिएर ।अहिले विश्वास के बलियो हुन थालेको छ भने युभेन्ट्सको टिम सन् १९९६ यता पहिलोपल्ट यति बलियो भएको छ कि यसले अब युरोपेली च्याम्पियन्स लिग जित्न सक्छ । पछिल्लो ५ वर्षमा युभेन्ट्सले दुई अवसरमा फाइनलसम्म यात्रा तय गरेको थियो, तर बार्सिलोना र रियल म्याड्रिडसँग पराजित रह्यो । गत सिजन युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणमा रोकियो । त्यो पनि अयाक्सको हातबाट । सिजनको अन्त्य पुग्दा प्रशिक्षक म्याक्स एलेग्रीले राजीनामा पनि दिए ।पाँच सिजन र पाँच बुन्डेसलिगा उपाधिपछि एलेग्रीले छोड्नु नै ठीक माने । उनको स्थानमा प्रशिक्षकको जिम्मेवारी पाएका छन् माउरिसियो सारीले । क्लबमा उनको नियुक्तिलाई लिएर सबै सन्तुष्ट भने छैनन् । किनभने यी ६० वर्षीय प्रशिक्षक गैर युभेन्ट्स पाराका छन् । थ्री पिस र टाइमा सजिनुभन्दा उनलाई ट्र्याकसुटमै रहनु ठीक लाग्छ । विश्वास के पनि छ भने युभेन्ट्स कति धेरै बलियो छ भने उनी पनि यहाँ सफल प्रशिक्षक नै साबित हुनेछन् ।धेरैको अपेक्षा सारीले त्यसरी नै फुटबल खेलाउने छन्, जसरी उनी छँदा नेपोलीले आक्रामक फुटबल खेलेको थियो । उनले भनेका छन्, ‘युभेन्ट्सले पछिल्लो पाँच वर्ष कति धेरै जितेको छ भने अबको पाँच वर्ष त्यत्तिकै गर्न गाह्रो हुनेछ । अहिले जुन टिम उपलब्ध छ, त्यसको मदतले त्यो भन्दा बढी सफलता प्राप्त हुने विश्वास भने गर्न सकिन्छ ।’ युभेन्ट्सले डी लिग्ट मात्र होइन, एडरिने राबोट, आरोन राम्से, वेस्ली र जियानलुइजी बुफोनलाई पनि अनुबन्ध गरिसकेको छ ।त्यस्तै लुका पेलेग्रेनी, क्रिस्टियानो रोमेरो, मरिह डमराल र जुका जानिमाचिया पनि टिममा भित्र्याइसकेको छ । यी सबै खेलाडीको आगमनले सारीको टिम वास्तवमै बलियो भएको छ ।त्यसैले सारीलाई गोन्जालो हिगुइनलाई बेच्दाको स्थितिमा पनि केही समस्या हुने छैन । चेल्सीमा छँदा सारीले हिगुइनलाई ल्याउन खुबै मिहिनेत गरेका थिए । जेहोस् युभेन्ट्सको अहिलेको सम्भावित सुरुआती ११ खुबै बलियो छ । त्यति मात्र होइन, उनको रिजर्भ ११ पनि उत्तिकै बलियो देखिन्छ ।सारीको सुरुआती ११ मा राम्सेले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । सारी यी पूर्व आर्सनल मिडफिल्डरका खुबै ठूला प्रशंसक हुन् । राम्से यस्ता खेलाडी हुन्, जसले रक्षात्मक र आक्रामक भएर खेल्न सक्छन् अनि गोल गर्न त्यत्तिकै माहिर छन् । सारीको रणनीतिमा क्रिस्टियानो रोनाल्डो त हुने नै छन् । युभेन्ट्सको प्रशिक्षक भएयता उनले गरेको पहिलो काम नै रोनाल्डोलाई भेटेर टिमबारे कुराकानी गर्नुभएको थियो । त्यति बेला रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका थिए ।सारीले भनेका छन्, ‘हामीसँग जति राम्रा खेलाडी छन्, सबैले सुरुदेखि खेल्न पाउने छन् ।’ अहिले युभेन्ट्स टिममा खुसी देख्न पाइन्छ । यो खुसीले आत्मविश्वास बढाउने गर्छ । इटालीको घरेलु फुटबलमा राम्रो प्रदर्शनका लागि युभेन्ट्सले सायद नै संघर्ष गर्नेछ । युभेन्ट्सका लागि सिजनको वास्तविक सुरुआत फेब्रुअरीमा मात्र हुनेछ, जति बेला च्याम्पियन्स लिगमा नकआउट चरण सुरु हुनेछ । त्यसै बेला देखिने छ, युभेन्ट्स वास्तवमै कति बलियो छ भनेर ।– फाब्रिजो रोमानो
Sports
26,935
कोरोना भाइरस: वायु प्रदूषणले कोभिड-१९ लाई घातक बनाउने निष्कर्ष
उच्च वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन्।
https://www.bbc.com/nepali/news-52363096
विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ। तर स्वास्थ्य अधिकारीहरूले भने ती दुईबीचको सम्बन्ध स्थापित गरिहाल्न हतार गर्न नहुने बताउँछन्। "हामी यी क्षेत्रका सरकारी निकायहरूलाई सहयोग गर्न आफ्नो डेटाबेसका आधारमा सबैभन्दा बढी प्रभावित सहरहरूको नक्सा बनाइरहेका छौँ जसले उनीहरूलाई महामारीविरूद्ध योजना बनाउन सहयोग गरोस्," डा. नेइराले भनिन। एउटा अमेरिकी अध्ययनले महामारीभन्दा पहिलेका वर्षहरूमा सूक्ष्म कण प्रदूषण स्तरमा सामान्य वृद्धि हुँदा कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर १५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ। "कोभिड १९ का कारण हुने मृत्युदर सामान्यतया उच्च जनघनत्व र उच्च पीएम २.५ भएका क्षेत्रहरूको उस्तै हुन्छ," हार्वार्ड विश्वविद्यालयको एउटा अध्ययनले भन्छ। यी कणहरू पहिले पनि श्वासप्रश्वासमा हुने सङ्क्रमण र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएका छन्। इटलीस्थित युनिभर्सिटी अफ सिएना र डेनमार्कस्थित ओरहुस विश्वविद्यालयमा गरिएको अर्को अध्ययनले उत्तरी इटलीमा वायु प्रदूषणको उच्च दर र कोभिड १९ का कारण भएका मृत्युबीच सम्बन्ध रहेको सङ्केत गरेको छ। इटलीको लोम्बार्डी र अमिलिया रोमानिया क्षेत्रमा मृत्युदर करिब १२ प्रतिशत छ। इटलीको अन्य भागमा भने मृत्युदर ४.५ प्रतिशत छ। साइन्स डाइरेक्टमा प्रकाशित अध्ययन भन्छ: "उत्तरी इटलीको उच्च वायु प्रदूषण दरलाई उक्त क्षेत्रमा देखिएको उच्च मृत्युदरको सहायक कारक मान्नु पर्छ।" मृत्युदर हेर्दा जनसङ्ख्या, उमेर, फरकफरक किसिमको स्वास्थ्य प्रणाली र उक्त क्षेत्रहरूका रोकथामसम्बन्धी फरक नीतिहरूलाई समेत ध्यानमा राख्नु पर्छ। यसैबीच फिलिपिन्समा एसोसिएसन अफ रेस्पिरेटरी केयर प्र्याक्टीसनर्स सेसार बुगाओइसानले भनेको छ: "हाम्रो प्रारम्भिक तथ्याङ्कले फिलिपिन्समा कोरोनाभाइरसका कारण मृत्यु भएका प्राय: सबै व्यक्तिहरूमा पहिलेदेखि नै कुनै किसिमका समस्या थिए र तीमध्ये सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित समस्या थिए।" विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणबाट प्रत्येक वर्ष करिब ७० लाख मानिसहरूको मृत्यु हुन्छ। र पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या तोकिएको मापदण्डभन्दा बढी वायु प्रदूषण भएका स्थानहरूमा बस्छन्। विश्व ब्याङ्कको गत वर्षको प्रतिवेदनका अनुसार अधिकांश प्रभावित देशहरू दक्षिण एसिया, मध्यपूर्व, अफ्रिकाको 'सब-सहारा' क्षेत्र र उत्तर अफ्रिकामा छन्। विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिवेदनका अनुसार चिले, ब्राजिल, मेक्सिको र पेरूका सहरहरूमा वायु प्रदूषणको स्तर खतरनाक छ। उच्च वायु प्रदूषण भएका सबै भन्दा बढी सहर भारतमा छन् तर वर्ल्ड एअर क्वालिटी रिपोर्ट २०१९ का अनुसार उच्च वायु प्रदूषण भएका सबैभन्दा बढी सहर भारतमा छन्। भारतमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण ५२१ जनाको मृत्यु भएको छ। "कोरोनाभाइरस सङ्क्रमणको दर व्यापक रूपमा फैलियो भने वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या भएकाहरू सबैभन्दा बढी प्रभावित हुनेछन्," दिल्लीस्थित प्राइमस सुपर स्पेशियलिटी अस्पतालमा फोक्सोसम्बन्धी विभागका प्रमुख डा. एस के छाव्राले भने। तर इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग आबद्ध डा. रजनीकान्त श्रीवास्तव भन्छन् "यसबारे पर्याप्त प्रमाण छैन र हामीले यसबारे कुनै पनि किसिमको अध्ययन गरेका छैनौँ।"
Others
68,411
जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो ।
https://gorkhapatraonline.com/news/107700
कालीकोट समाचारदाताकालीकोट, जेठ १ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ । कर्णालीकै राम्रो मार्सी धान उत्पादन हुने चिल्खायाको जिउलामा सोमबारदेखि रोपाइँ सुरु भएको हो । वर्षमा एउटा बाली मार्सी धान मात्र लगाउने चिल्खायाको खेतमा सबै किसानले एकै साथ धान रोपाइँ सुरु गरेका छन् । वडा नं ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले अन्य गाउँका नागरिकको सहयोगमा सबै घरपरिवारका सदस्यले एकै दिन मार्सी रोप्न सुरु गरेको बताउनुभयो । अध्यक्ष रोकायाले आज एक जनाले भोलि अर्को एक जना गर्दै पालैपालो धान रोपाइँ गर्दा एकैनासको उत्पादन नहुने परम्परागत विश्वास रहेकाले एकै दिन रोपाइँ गर्ने चलन रहेको बताउनुभयो । पशुपालन व्यवसायमा केन्द्रित यहाँका नागरिक बर्सातमा धान रोप्नका लागि सबैतिरबाट केन्द्रित हुने गरेका छन् । यहाँ खेत भएका सबै किसानले रोपाइँको सुरुवात एकै दिन गर्ने भएकाले पनि केन्द्रित हुनुपर्ने बाध्यता छ । कतिपय परिवारका आफ्नै सदस्य सङ्ख्या भएकाले कामदार अर्थात् रोपाइँमा सहयोग गर्ने मजदुरको खोजी गर्नु पर्दैन । स्थानीय सरिता शाहीले घरमा धेरै परिवार सङ्ख्या भएकाले आफँै रोपाइँ गर्ने गरेका छन् भने नहुनेले छिमेकी गाउँको सहयोग लिने गरेको बताउनुभयो । खेत रोपाइँ कहिले सकिन्छ भन्ने कुरामा कुनै चासो छैन तर सुरुवात एकै दिन गर्नेमा भने सबैको चासो हुने गरेको छ । किसानका आफ्नै विधि विधान र नियम छन् । तोकेको दिनमा रोप्नै पर्ने हुन्छ । गाउँको सल्लाह र देवीदेवतासँग दिन हेराएर मात्र रोपाइँ गर्ने चलन चिल्खायामा हटेको छैन । एउटा मात्र बाली मार्सी धान लगाउने चलन भने बिस्तारै हट्दै गएको छ । खेतको खोला परेको अर्थात् सूर्यको तापले छिटो नभेट्ने ठाउँको खेतमा एउटा बाली मार्सी धान मात्र लगाउने चलन छ भने अलि पहारिलो सूर्यको प्रकाश छिट्टै भेट्नेतिर हिउँदे बाली गहुँ लगाउने गरिएको छ । स्थानीय सर्पराज खत्रीले धेरै वर्षअगाडि त कुनै पनि ठाउँमा हिउँदे बाली गहुँ लगाउने चलन थिएन । किन भने समयमा गहुँ नपाक्ने र मार्सी रोप्न ढिला हुने भएकाले गहुँ लगाउँदैन्थे । बिस्तारै केही किसानले परीक्षणका लागि थोरै लगाउँदै आए र अहिले उचो भागमा गहुँ लगाउने र खोल्सो परेको खेत रोपाइँ गर्दै आउँदा गहुँ पनि पाक्ने गरेकाले हिउँदे बाली पनि लगाउन थालिएको सुनाउनुभयो ।  
News
34,603
चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 
चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 
https://ekantipur.com/world/2024/05/01/road-collapse-in-china-kills-24-people-11-43.html
काठमाडौँ — चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तस्बिर : सिन्ह्वाबुधबार बिहान २ बजेतिर मेइचौ-दाबु एक्सप्रेसवे भत्किएको हो । सडकको करिब १७‍.९ मिटर लामो भाग भत्किएको छ । गत हप्ता चीनकै सबैभन्दा बढी जनसंख्या भएको गुआङ्दोङ प्रान्तमा आकस्मिक बाढी आएको थियो । उक्त बाढीमा कम्तीमा ४ जनाको मृत्यु भएको थियो भने १ लाख १० हजार विस्थापित भएका थिए ।
World
11,735
रियल बराबरीमा रोकियो
रियल म्याड्रिड सोमबार राति स्पेनी ला लिगमा बराबरीमा रोकिएको छ । उसलाई लेगानेसले १-१ को बराबरीमा रोकेको हो । 
https://ekantipur.com/sports/2019/04/16/15553791108697713.html
म्याड्रिड — रियल म्याड्रिड सोमबार राति स्पेनी ला लिगमा बराबरीमा रोकिएको छ । उसलाई लेगानेसले १-१ को बराबरीमा रोकेको हो । लेगानेसले आफ्नो घरेलु मैदानमा जोनाथन सिल्भाको गोलले ४५ औं मिनेटमा अग्रत लिएको थियो । रियलका लागि करिम बेन्जेमाले ५१ औं मिनेटमा बराबरी गोल फर्काए ।जिनेदिन जिदानको रियल ६१ अंकमा लिग तालिकाको तेस्रो स्थानमा छ । उसको अगाडि बार्सिलोनाको ७४ र एटलेटिको म्याड्रिडको ६५ अंक रहेको छ ।
Sports
27,529
एनएनआईपीए खेलाडी सम्मान पुस १३ मा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गत वर्ष सम्पन्न राखेप च्याम्पियनसिपमा समावेश  २९ खेलका उत्कृष्ट खेलाडीलाई एनएनआईपीए वर्ष खेलाडी–२०७४ बाट सम्मान गर्ने भएको छ । 
https://ekantipur.com/sports/2018/11/30/154354929786347211.html
काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गत वर्ष सम्पन्न राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका उत्कृष्ट खेलाडीलाई एनएनआईपीए वर्ष खेलाडी–२०७४ बाट सम्मान गर्ने भएको छ । संघले हरेक वर्ष खेलाडीलाई प्रोत्साहनस्वरुप सम्मान कार्यक्रम गर्दै आएको छ । यसवर्ष खेलाडी सम्मान कार्यक्रम पुस १३ मा पाटन दरबार स्क्वायरमा गरिने भएको छ । अघिल्लो वर्ष टोखामा यो कार्यक्रम गरिएको थियो । उत्कृष्ट चुनिएका २९ खेलाडीमध्येबाट १–१ महिला/पुरुषलाई सर्वोत्कृष्ट खेलाडी सम्मान दिइने आयोजक संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए । गजराज जोशी ट्रस्टको प्रायोजनमा गजराज जोशी आदर्श खेलाडी सम्मानस्वरुप एक खेलाडीलाई २५ हजार राशिको पुरस्कार प्रदान गरिनेछ । गत वर्षदेखि सुरु एनएनआईपीए पत्रकारिता पुरस्कारबाट एक खेलपत्रकारलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।वर्षका उत्कृष्ट खेलाडी चुनिएका २९ जनालाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट दुई खेलाडीका लागि भने पुरस्कार रकम टुंगो लागिनसकेको अध्यक्ष श्रेष्ठले बताए । सम्मानसँगै नेपाली मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने संघले जनाएको छ । ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर महानगरपालिका वडा १६ को सहयोगमा हुने कार्यक्रमको इभेन्ट ब्रान्ड एम्बासडरको रूपमा गायक दीपक बज्राचार्य रहनेछन् । इभेन्टका संयोजक दीपक थापाले सांस्कृतिक सम्पदाले भरिपूर्ण सहरमा हुन लागेकाले यसपल्टको सम्मान कार्यक्रम विशेष हुने बताए ।सम्मानित हुने खेलाडीमा फुटबलकी सावित्रा भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इम रानामगर, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङका सुस्मिता नेपाल, बक्सिङका विमला श्रेष्ठ, भारोत्तोलनका कमल अधिकारी, लन टेनिसका प्रणव खनाल, सफ्ट टेनिसका युकेश योन्जन, कबड्डीका नरेन्द्र थारु, फेन्सिङका जंग गिरी, हकीका मनोज चौधरी, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनार, साइक्लिङका नारायणगोपाल महर्जन (मरणोपरान्त), खोखोका सन्तोष बोहोरा, बास्केटबलका मनीषराज राजोपाध्याय, आईटीएफ तेक्वान्दोकी सुनीता तामाङ, ब्याटमिन्टनकी नङसलदेवी तामाङ, ट्रायथोलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, कराँतेकी अनु अधिकारी, जुडोकी मनिता श्रेष्ठ प्रधान, तेक्वान्दोकी अस्मिता खड्का, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहार छन् ।
Sports
28,344
वर्षा र खगेन्द्रलाई करातेको कातामा स्वर्ण
नेकोस खेलकुद महोत्सवअन्तर्गत कराते च्याम्पियनसिपका व्यक्तिगत कातामा सुदूरपश्चिमका वर्षा साउद र कोशीका खगेन्द्र चाम्लिङले स्वर्ण पदक जितेका छन् ।
https://ekantipur.com/sports/2023/10/09/barsha-and-khagendra-in-karate-kata-gold-02-01.html
काठमाडौँ — नेकोस खेलकुद महोत्सवअन्तर्गत कराते च्याम्पियनसिपका व्यक्तिगत कातामा सुदूरपश्चिमका वर्षा साउद र कोशीका खगेन्द्र चाम्लिङले स्वर्ण पदक जितेका छन् ।नेपाल खेलकुद समाजवादी नेकोसको आयोजना तथा नेपाल कराते महासंघको प्राविधिक सहयोगमा सातदोवाटोस्थित प्रशिक्षण हलमा प्रतियोगितामा महिला एकल कातातर्फ वाग्मतीकी मीरा खत्रीले रजत तथा गण्डकीकी विमला नेपाली र कोशीकी पार्वती राईले कांस्य जिते ।पुरुष एकल कातातर्फ वाग्मतीका नीरजकुमार सिन्जालीले रजत तथा कोशीका ज्ञानेन्द्र सुनार र गण्डकीका बुद्ध लामाले कांस्य जिते ।कुमिते ५० केजी तौल समूहमा कर्णालीका प्रियंका शाहीले स्वर्ण र वाग्मतीकी सोनम शेर्पाले रजत, ५५ केजीमा वाग्मतीकी सिर्जना महताराले स्वर्ण र सुदूरपश्चिमकी सोनिता थापाले रजत पदक जितेका थिए । महिला ६१ केजीमा वाग्मतीकी रमिता माझीले स्वर्ण र गण्डकीकी जाहिरा मियाले रजत, ६८ केजीमुनि सुदूरपश्चिमकी शर्मिला घर्तीले स्वर्ण र वाग्मतीकी कलाहाङ लिम्बुले रजत, ६८ केजीमाथि मधेशकी परिना शाही ठकुरीले स्वर्ण र वाग्मतीकी सुजता घिसिङले रजत पदक जितेका थिए ।पुरुष कुमितेतर्फ ६० केजीमुनि सुदूरपश्चिमका प्रदीप बैजालीले स्वर्ण, वाग्मतीका मिलन नेपालीले रजत, ६७ केजीमुनि वाग्मतीकी निमा शेर्पा र सुदूरपश्चिमका खड्क थामीले रजत, ७५ केजीमुनि वाग्मतीका रविन त्रिपाठीले स्वर्ण र सुदूरपश्चिमका सुरज कुस्मीले रजत तथा ८४ केजीमाथि कोशीका सुशान्त कारन्जित र गण्डकीका किरण महताले रजत पदक जितेका थिए ।सात प्रदेशबाट कुल ८४ खेलाडीले सहभागिता जनाएका थिए । खेलाडीलाई नेकपा समाजवादीका उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले पुरस्कृत गरेका थिए ।
Sports
16,126
लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । 
https://ekantipur.com/news/2024/04/09/lumbini-chief-minister-mahara-will-take-the-vote-of-confidence-on-friday-23-27.html
देउखुरी — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । महरालाई गत शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
News
4,283
कलाकार सिंहको उपचारमा सहयोग गर्न आग्रह
नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह क्यान्सरबाट पीडित भई उपचारार्थ अस्पताल भर्ना हुनु भएको छ । उहाँको उपचारमा सहयोग गर्न सबैसँग परिवारका सदस्यले आग्रह गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/79704
सिराज खान नेपालगन्ज, असोज ९ गते । नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह क्यान्सरबाट पीडित भई उपचारार्थ अस्पताल भर्ना हुनु भएको छ । उहाँको उपचारमा सहयोग गर्न सबैसँग परिवारका सदस्यले आग्रह गर्नुभएको छ । ६९ वर्षीय वरिष्ठ कलाकार सिंहको एक महिनाअघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले उहाँ बिपी कोइराला मेमाेरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हस्तकला, चित्रकला, गीत–सङ्गीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका कलाकार सिंह यतिबेला मृत्युसँग सङ्घर्ष गरिरहनु भएको र उहाँको उपचारमा आर्थिक समस्या आएकाले परिवारले सहयोगका लागि आग्रह गरेको छ । सिंहका कान्छा छोरा सागर सिंहले यही हप्ताभित्र पिताको शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल परेकाले सहयोगको अपिल गरिएको बताउनुभयो । जीवनभर कला र सिर्जनामै तल्लीन कलाकार सिंहलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । सिंहको घरमा मानसम्मान, प्रमाणपत्र सयौँ छन्, तर यतिबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बाबाको जीवन बचाइ दिन छोरा सागरले आग्रह गर्नुभयो ।   कलाकार सिंहले नेपालगन्ज –९ बाँकेगाउँस्थित आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौँदेखि सङ्ग्रहालय बनाउनुभएको छ । कलाका पारखी, शुभेच्छुक एवं आमनागरिकका लागि उहाँले निःशुल्क अवलोकनको अवसर दिँदै आउनुभएको छ । सङ्ग्रहालयमा सिंहद्वारा सिर्जित हस्तकला, चित्रकलाका सयौँ सिर्जनाहरू छन् । क्यान्सरले थलिएका सिंहको अन्तिम इच्छा घरको सङ्ग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदियोस् भन्ने रहेको छोरा सागरले बताउनुभयो ।  करिब सयवटा सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंहले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको उपचारमा सहयोगका लागि श्यामानन्द सिंह, ग्लोबल आइएमइ बैक खाता न ०२१०८०१००००२९४ र ई-सेवा आइडी ९८४८०१८८२७, खल्ती आइडी ९८५१०३९४२७ मा रकम पठाउन सकिने छोरा सागरले बताउनुभयो । 
News
53,611
मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ
सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
https://gorkhapatraonline.com/news/15774
काठमाडौं, जेठ ३० गते । सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधालाई सोमबार काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा, खरहनी गाउँपालिका वडा नम्बर ५ हाल परिवर्तित सबैला नगरपालिा–१० बस्ने ४५ वर्षीया साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । साहलाई पक्राउ गरेलगत्तै जेठ २९ गते इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ । मो. तैयव अली समेतको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो ।
News
62,878
प्रदर्शनमा राखिएका दुर्गा भगवतीको मूर्ति विसर्जन
कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
https://gorkhapatraonline.com/news/83162
नारद कोहारतौलिहवा, कात्तिक ८ गते । कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो । जिल्लाका १० स्थानीय तह अन्तर्गत बिभिन्न चोक बजार गाउँमा दसैंको अवसरमा मूर्ति प्रदर्शन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मूर्तिहरुको बिशेष हवन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयअनुसार कपिलवस्तुका १० स्थानीय तहमा साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बनाइ प्रदर्शनमा राखिएको थियो । २० हजारदेखि ६० हजार बढी मूल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थपनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी निकालेका हुन् ।दुर्गा मूर्तिलाई भक्तजनले बाणगंगा नदीको रामघाट, लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिसर्जन गरेका छन् । नवमी, दशमी र एकादशी गरी तीन दिन मूर्ति बिसर्जन गरिएको छ । नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पूजापाठ गर्नाले मनोकक्षां पूरा हुने धार्मिक बिश्वास रहिआएको छ । मूर्ति सेलाउने बिभिन्न स्थलमा मेला समेत लागेको थियो ।सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो । कृष्णनगरमा मंगलवार नै सुरक्षा घेराभित्र मूर्ति बिसर्जन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताउनुभयो । मूर्ति विसर्जनका क्रममा कहीं कतै अप्रिय घटना नभएको उहाँको भनाइ छ । तौलिहवा र त्यस आसपास निकालिएको झाँकीलाई भक्तजनले नगर परिक्रमा गराई रामघाटमा लगेर विसर्जन गरेका छन् । बाजागाजा र नाचगानसहित भक्तजन रामघाट नदी पुगेका थिए ।
News
32,620
एसियाली बुद्धिचाल उपाधिको छिनोफानो आइतबार मात्रै
हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधिको छिनोफानो आइतबार मात्र हुने भएको छ । शनिबार सातौं चरणको खेल सम्पन्न हुँदासम्म भारतीय  खेलाडी सुभयान कुण्डु र बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन संयुक्त अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।
https://ekantipur.com/sports/2023/12/02/selection-of-asian-buddhachial-ufadh-only-on-sunday-18-36.html
मकवानपुर — हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधिको छिनोफानो आइतबार मात्र हुने भएको छ । शनिबार सातौं चरणको खेल सम्पन्न हुँदासम्म भारतीय  खेलाडी सुभयान कुण्डु र बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन संयुक्त अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।हालसम्म दुवै खेलाडी अपराजित रहेका छन् । दुवैले हालसम्म पाँच जित र दुई बराबरीसहित ६ अंक जोडेर संयुक्तरुपमा शीर्ष स्थानमा रहेका हुन् ।प्रतियोगिताको शीर्ष वरीयता २३९३ रेटेड भारतीय खेलाडी सुभयान सुभायानले भारत कै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । उक्त खेलमा राहुलले छैटौं चालअन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे । जसको फाइदा लिँदै सुभयानले सोह्र चालभित्रै छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे । उनले आठौं चरणको खेलमा बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामार्फत् ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आइएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेको उनले बताए ।दोस्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जित गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने । मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सि सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल सुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे । उनले उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने छन् ।प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोस्रो स्थानमा सुरक्षित रहन सफल भएका छन् । आठौं चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अर्बिन्दर प्रितसँग, नासिर शेखले सुभयानसँग र सरिफ होसेनले मिनहाजसँग प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा शुश्रुत दहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येबाट अगाडि रहन तछाडमछाड गरिरहेका छन् । उनीहरुसँगै पूर्वनेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन् ।भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोस्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहनसिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् ।
Sports
15,689
'नयाँ पुस्ताले अभिनय र लगानी बलियो बनाउनुपर्छ'
रेलको बाटो, नुनको भारी जस्ता चर्चित गीतका कलाकार हुनुहुन्छ लक्ष्मण देवकोटा । यी गीतमा आफूले सशक्त अभिनय दिएर चर्चा बटुल्नुभएका कलाकार देवकोटा विगत आठ वर्षदेखि कलाकारितामा लाग्नु भएता पनि दर्शकले उहाँलाई चिन्नु भएको दुई वर्ष मात्रै भएको उहाँको अनुभव छ ।
https://gorkhapatraonline.com/news/61762
काठमाडौं, वैशाख ८ गते । रेलको बाटो, नुनको भारी जस्ता चर्चित गीतका कलाकार हुनुहुन्छ लक्ष्मण देवकोटा । यी गीतमा आफूले सशक्त अभिनय दिएर चर्चा बटुल्नुभएका कलाकार देवकोटा विगत आठ वर्षदेखि कलाकारितामा लाग्नु भएता पनि दर्शकले उहाँलाई चिन्नु भएको दुई वर्ष मात्रै भएको उहाँको अनुभव छ । डोल्पाको विकट ठाउँमा जन्मिनु भएका कलाकार देवकोटाको जीवन सङ्घर्षमय छ । उहाँमा सानैदेखि कलाकार बन्ने सपना थियो । तर लक्ष्मणका लागि कलाकार बन्ने बाटो सजिलो थिएन । उहाँ भन्नुहुन्छ, “म सानो छँदा फिल्म हेर्न अर्को गाउँसम्म पुग्थेँ । फेरि घर फर्केर गाउँमा हेरेको फिल्मको जस्तै आफूले अभिनय गर्ने, डाइलग बोल्ने र फाइटसमेत गर्ने प्रयास गर्थेँ ।”“सानैमा फिल्म हेर्दै गर्दा म पनि टिभीमा देख्न पाए हुन्थ्यो भन्ने महसुस हुन्थ्यो तर डोल्पाको विकट ठाउँमा जन्मेको मलाई फिल्म, कलाकार र यो रङ्गिन दुनियाँको बारेमा केही ज्ञान थिएन”, उहाँले भन्नुभयो ।उहाँ भन्नुहुन्छ, “कर्णाली समाजमा सबैका छोराछोरीले पढेर सरकारी जागिरसम्म गरोस् भन्ने सपना हुन्छ । मेरा लागि पनि आमाबुवाको सपना त्यही नै थियो । जुन सपना मैले पूरा गर्न सकिनँ ।” तर जसरी पनि कलाकार बन्ने रहरले उहाँलाई छाडेन । कलाकार बन्न नसके पनि पर्दा पछाडि भए पनि काम गर्छु तर सिनेमा क्षेत्रमा जसरी भए पनि आबद्ध हुन्छ भन्ने उहाँलाई लाग्थ्यो । वि.सं २०७० सालमा काठमाडौं आएको एक वर्षपछि उहाँको कलाकारिता यात्रा सुरु भयो । उहाँ सम्भिनुहुन्छ, “मैले मौका पाएपछि रेडियोमा काम गर्ने एक जना दाइको सहयोगमा आफ्नो केही लगानीमा अभिनय सुरु गरेँ । तर पछि फिल्म आदि छायाङ्कनमै रोकियो । फेरि मेरो सपनामा ब्रेक लाग्यो ।” यसपछि भने केही समयपछि पुन अभिनयमा फर्किएका देवकोटालाई दर्शकसामु चिनिन धेरै समय लाग्यो । कलाकारिता क्षेत्रमा लाग्नका लागि परिवारबाट साथ र सहयोग नपाएका उहाँलाई कलाकारिता क्षेत्रमै नाम कमाउन धेरै सङ्घर्ष गर्नुपर्‍यो । मिहिनेत र लगनशीलताका साथ अगाडि बढिरहेका उहाँलाई रेलको बाटो, नुनको भारीजस्ता गीतले चर्चामा ल्यायो । आफूले अभिनय गरेको गीतले बिस्तारै चर्चा पाएकोमा दङ्ग हुनुहुन्छ उहाँ । “सङ्ख्यात्मक रूपले धेरै गीतमा अभिनय गर्न नपाए पनि थोरैमा आफ्नो नाम चिनाउन सफल हुनुभएकोमा आफूलाई भाग्यमानी  ठान्छु,” उहाँले भन्नुभयो। आफूले गरेको काम दर्शकले मन पराउनु भएकोमा आत्मसन्तुष्टि मिल्ने उहाँको अनुभव छ । यसबाहेक कलाकारलाई दर्शकहरूले मन पराइदिँदा आफूमाथि अझै जिम्मेवारी थपेको महसुस हुने उहाँ बताउनुहुन्छ । कुनै पनि अभिनयको तालिम बिनै कलाकारितामा आकर्षित हुनुभएका देवकोटालाई आज दर्शकहरूले सशक्त अभिनय गर्ने कलाकारको रूपमा चिन्नुहुन्छ । रेलको बाटो छायाङ्कनको सम्झनादेवकोटा भन्नुहुन्छ, “रेलको बाटो गीतको छायाङ्कन सजिलो थिएन । हामी सम्पूर्ण टिमले उत्तिकै मिहिनेत र सङ्घर्ष गरेको थियौँ ।” “हामीलाई डोल्पाको फोक्सोण्डोमा गीत छायाङ्कन गर्न २० दिन लाग्यो । फागुनको महिना, त्यहाँका स्थानीयहरू पनि जाडो छल्न बेसी झरिसकेका थिए । होटल सबै बन्द थियो । तलबाट एक होटलको दाइलाई अनुरोध गरेर वास बसेका थियौँ,” उहाँ सम्झिनुहुन्छ, “यसैबीच बाटोमा टिमको एक कलाकार बिरामी भयो, उहाँलाई म आफैँले चार घण्टा बोकर हेलिकोप्टर आउने बाटोसम्म पुर्‍याएको थिएँ ।” ‘रेलको बाटो गीतको छायाङ्कन गर्दा पाएको दुःख शब्दमा बयान नै गर्न सक्दिनँ ।’ विकट ठाउँमा जन्मेर गल्ती गरेको महसुस गर्ने देवकोटालाई गाउँमै जन्मेको कारणले आफू चर्चित गीत रेलको बाटोमा फिट भएजस्तो लाग्छ । “यदि गाउँमा नजन्मेको भए सायद म यो गीतमा अभिनय गर्न सक्दिनँ थिएँ होला”, उहाँले भन्नुभयो । यस्तै, सङ्घर्षका दिनमा दिग्गज कलाकारहरूबाट हेपिएको उहाँको अनुभव छ । “नयाँ आउनेले राम्रो गर्‍यो भने हाम्रो रोजगारी खोसिन्छ भन्ने दिग्गजलाई लाग्ने रहेछ । उहाँ भन्नुहुन्छ, “त्यसैले अब आउने नयाँ पुस्तालाई यस क्षेत्रमा आउनका लागि अभिनय र लगानी बलियो बनाएर आउँदा फलदायी हुन्छ ।”नेपालमा कलाकारलाई खासै सम्मान नगर्ने उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमै कलाकारिता गरेर जीविकोपार्जन गर्न गाह्रो छ । “नेपालमा कलाकारको अवस्था दयनीय छ । आफूले काम गर्न सकुन्जेल हो बुढ्यौलीले छोएपछि वा बिरामी भएपछि भोकै रहनुपर्ने अवस्था सिर्जना हुन्छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले केही वर्षपछि साउथ इन्डियन फिल्ममा लाग्ने मेरो तयारी छ ।” देवकोटालाई वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म बुलाकीमासमेत देख्न सकिनेछ । उहाँका अनुसार फिल्म र म्युजिक भिडियोमा केही फरक छैन । दुवैमा कथा लामो र छोटो मात्रै हुने हो । म्युजिक भिडियोले पनि धेरै कथा बोल्न सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमा हरेक म्युजिक भिडियोको कथा सशक्त र बलियो हुनुपर्छ । यी मनोरञ्जनका लागि मात्र नभएर गीतले हामी सम्पूर्ण नेपालीको कथा बोल्नुपर्दछ । 
News
44,395
प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती
मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।
https://gorkhapatraonline.com/news/62145
खोटाङ, वैशाख १२ गते । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो । प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र,  लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरू करिब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका –९ पाथेका पुरानो घर भएका मनि कुमार राई हाल झापामा बस्दै आउनु भएको छ । बुवाको मृत्यु पश्चात् गाउँको जग्गा आमाको नाममा नामसारी गर्न २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउनहुन्छ । यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आउनुभएका निमातेम्बा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताउनुहुन्छ । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उहाँको गुनासो छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख विहीन हुनु राज्यको ठुलो लापरबाही भएको शेर्पा बताउनहुन्छ ।  निवर्तमान कार्यालय प्रमुख धर्मराज आचार्य गत चैत २९ गते सरुवा भएर खोटाङबाट बिदा हुनुभएको थियो । उहाँको ठाउँमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोजपुर जिल्ला मालपोत कार्यालय प्रमुखमा कार्यरत रबिन मगरलाई खोटाङ पठाएको पाइएको छ । मालपोत कार्यालय खोटाङमा नयाँ कार्यालय प्रमुख आउने भन्दै विभागले वैशाख ४ गते पत्रसमेत पठाएको छ । तर खोटाङ सरुवा हुनुभएका मगर हालसम्म कार्यालयमा उपस्थित हुनुभएको छैन । निमित्त कार्यालय प्रमुखको जिम्मा पाउनु भएका जगत् श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्हाली रहनु भएको छ । तर विभागले निमित्त मात्रै दिएको पुरा अख्तियारी नदिएको कारण नामसारी, नाम संशोधन, अर्धन्यायिक लगायतका महत्त्वपूर्ण  कामहरू गर्न नमिल्ने श्रेष्ठले बताउनुभयो । निमित्तले अख्तियारी नपाउँदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरू निराश हुँदै फर्किने गरेका छन् । 
News
56,901
फाेर्ब्स सूची : यी हुन् एसियाका प्रभावशाली नेपाली युवा
फोर्ब्स म्यागेजिनले यो वर्ष प्रकाशित गरेको एसियाका ३० वर्षमुनीका प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली अटाएका छन् । फाेर्ब्स १० विधामा ३० जनाका दरले ३० सय प्रभावशाली युवाको सूची प्रकाशित गरेको थियो ।
https://ekantipur.com/feature/2017/04/14/20170414152005.html
काठमाडौं — फोर्ब्स म्यागेजिनले यो वर्ष प्रकाशित गरेको एसियाका ३० वर्षमुनीका प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली अटाएका छन् । फाेर्ब्स १० विधामा ३० जनाका दरले ३० सय प्रभावशाली युवाको सूची प्रकाशित गरेको थियो ।रवि कुमार, कोड फर नेपालजनकपुरका रवी कुमार अहिले विश्व बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टको रुपमा वासिङ्टन डिसीमा कार्यरत छन् । उनले आफ्नी पत्नीसँग मिलेर स्थापना गरेको कोड फर नेपालले नेपालम्याप डट ओआरजीमार्फत नेपालसम्बन्धी सबै तथ्यांक सजिलै उपलब्ध गराउने लक्ष्य राखेको छ ।साथै, उनले नेपालका दुर्गम गाउँमा २५ स्कुल पुननिर्माणको लागि सहयोग गरेको फोर्ब्समा उल्लेख गरेको छ ।आशिष आचार्य र सविन भण्डारी,ह्वाइटस्पेशसन् २०१२ मा कलेज पढ्दापढ्दै दुईले नेपालकै पहिलो अनलाइन स्टोर्स थ्रेडपेन्ट्स खोल्ने निर्णय गरेका थिए । थ्रेडपेन्ट्स अहिले टीशर्ट, घडी, व्यागदेखि हरेक सामानको लागि चर्चित बनेको छ । थ्रेडपेन्ट्सले स्थानीय डिजाइनरले डिजाइन गरेका टिशर्टहरु बिक्री सुरु गरेको थियो । उसले नेपालमा भूकम्प गएपछि सहयोग संकलनको लागि टीशर्ट फर रिलिफ नामक अभियान चलाएको थियो ।सुर्य कार्की, दियालो फाउण्डेशननेपालका दुर्गम गाउँमा बस्ने बालबालिकालाई नि:शुल्क शिक्षा दिने उद्देश्यका साथ कार्कीले दियालो फाउण्डेशन सुरु गरेका हुन् । यसले दुर्गमका बासिन्दालाई दीगो ऊर्जा र कृषिको बारेमा सेवा प्रदान गरिरहेको फोर्ब्सले जनाएको छ । कार्की अहिले बेइजिङमा अध्ययनरत छन् ।प्रभात यादव, एक्स्प्लोर ग्याजेटएक्स्प्लोर ग्याजेट यूट्युवमा निकै लोकप्रिय छ । काठमाडौंमा स्थापित एक्स्प्लोर ग्याजेटले सन् २०१२ देखि यूट्युव च्यानल सञ्चालन गरेको थियो । च्यानलले नेपाली दर्शकलाई पछिल्लो प्रविधिको जानकारी दिंदै आएको छ । एक लाख सब्स्क्राइबर पुगेपछि यूट्युवले दिने सिल्भर प्ले बटन अवार्ड पाउने यादव एक मात्र नेपाली भएको फोब्र्सले जनाएको छ । च्यानमा अहिले ३ लाख ६० हजार सब्स्क्राइबर छन् । 
Feature
1,730
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
 राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
https://ekantipur.com/news/2024/05/24/meeting-between-president-paudel-and-prime-minister-dahal-36-23.html
काठमाडौँ —  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।फाइल तस्बिरत्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिएका हुन्।
News
3,129
यी हुन् जाडोमा शरीरलाई शक्ति दिने खानेकुरा
काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
https://gorkhapatraonline.com/news/49935
काठमाडौं, पुस २० गते । काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जबसम्म भित्रबाट शरीर तातो हुँदैन बाहिरी रूपमा जाडोबाट बच्न जस्ता उपाय अपनाए पनि न्यानो महसुस गर्न सकिँदैन । जाडोमा शरीर न्यानो बनाउन न्यानो कपडाका साथै खानाले महत्त्वपूर्ण भूमिका खेल्छ । पोषणविद् प्रा.डा. उमा कोइरालाले यो मोसममा न्यानो भएर बस्न क्यालोरीयुक्त खानेकुरा खानामा जोड दिनुपर्ने बताउनुहुन्छ । उहाँ अनुसार, जाडोमा बाहिरी तापक्रम कम भएका कारणले शरीरको तापक्रम र बाहिरी तापक्रमको बराबरी कायम राख्न क्यालोरीको बढी खर्च हुने भएकाले क्यालोरीयुक्त खाना आवश्यक पर्छ । क्यालोरीयुक्त खानेकुरा तापको प्रमुख स्रोत हो र यस्ता खानेकुराले शरीरमा शक्ति प्राप्त गर्न मद्दत गर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,“यो मौसममा शारीरिक कसरत कम हुने हुँदा यस्ता खानेकुराले मोटोपन बढाउने सम्भावना बढी हुन्छ । त्यसैले क्यालोरीयुक्त खाना खाएपछि शारीरिक कसरतका साथै प्रोटिनयुक्त खानेकुरामा ध्यान दिनुपर्छ ।” उहाँका अनुसार भिटामिन सी र एन्टिअक्सिडेन्टयुक्त खानाले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउने यस्ता खानेकुरा आवश्यक पर्छ । जाडोमा कस्तो खानेकुरा खाने जाडोमा–दाल, गेडागुडी, फलफूल तरकारी, माछा, मासु, अन्न (चिल्लो समावेश) भएका स्वास्थ्य र सन्तुलित खानेकुरा खान डा. कोइरालाको सुझाव छ । उहाँका अनुसार झोलिलो तातो सुप खानाले शरीरमा तातोपना दिनुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।  उहाँका अनुसार, जाडोमा फाइबर, रेसायुक्त खानेकुराजस्तै सागपात, टुसा उमारेका गेडागुडी खान उपयुक्त हुन्छ । यस्ता खानेकुरामा फोलिक एसिड, भिटामिन ‘ए’, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषण तत्त्व पर्याप्त मात्र पाइन्छ । पोषणविद्का अनुसार, जाडोमा खानामा चिल्लो पदार्थ भएका खानेकुरा समावेश गर्दा शरीरमा शक्ति प्रदान गर्छ । चासोयुक्त खानेकुराले शरीरका भित्री अङ्गहरूलाई सुचारुरुपमा काम गर्न मद्दत गर्छ । उहाँ भन्नुहुन्छ, “जाडोमा हाम्रो शरीरमा चिल्लोको आवश्यक पर्छ । हाम्रो शरीरमा यस्ता भिटामिन हुन्छन् जसले गर्दा चिल्लो प्रदार्थको उपस्थितिमा मात्र काम गर्न सक्छन् । जस्तै भिटामिन ‘ए’, ‘डी’, ‘इर्’ ‘के’ यस्ता भिटामिन चिल्लोको उपस्थितिमा मात्र शरीरभित्र काम गर्छन् ।”जाडो मौसम भिटामिन ‘सी’ युक्त फलफूल तरकारी खान पोषणविद्को सुझाव छ । त्यसका अलावा मौसमी सखरखण्डा, तरुल पिँडालुजस्ता खानेकुराले शरीरमा शक्ति बढाउने मात्र नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । उहाँ भन्नुहुन्छ, “अमिला फलफूल, मौसमी सुन्तला, भोगटे, अङ्गुर जस्ता  फलफूलमा भिटामिन ‘सी’,फाइबर का साथै एन्टिअक्सिडेन्ट पाइन्छ ।”जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ यसका भिटामिन र खनिजको मात्रा बढी हुन्छ । अदुवा र लसुन हालेर बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्ने उहाँको भनाइ छ ।  बालबालिका वृद्धवृद्धालाई खुवाउने खानाजाडोमा बढी प्रभावित हुने समूह भनेको बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस पर्छन् । यो समूह प्रायः घरमा नै बस्ने र शारीरिक कसरत पनि कम हुने हुँदा शरीर नतातेको गुनासो गर्ने गर्दछन् । यस्ता मानिस र न्यानो वातावरण बनाउनका साथै खानेकुरामा विशेष ध्यान दिन पोषणविद्को सुझाव छ । डा.कोइरालाले जाडोमा यस्ता मानिसलाई न्यानो बनाएर राख्ने वातावरण बनाउनका साथै रेसादार तातो झोलिलो पदार्थ खुवाउन सुझाउनुहुन्छ । दैनिक भान्सामा प्रयोगमा प्रयोग हुने मेथी, जिरा, ज्यानो लङ्, सुक्मेल मिसाए दाल, गेडागुडी, मासुको सुप बनाएर खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै शरीरमा तातोपनपन दिने उहाँको सुझाव छ । कामकाजीका लागि खानेकुरा कामको व्यस्तताले कतिपय मानिसले खानेकुरामा हेलचेक्र्याइँ गरेको देखिन्छ । खानामा हेलचेक्र्याइँ गर्दा उहाँहरूलाई पछि गएर दीर्घ रोग लाग्ने, ग्यास्ट्रिकको समस्याले सताउने र अल्सर हुने सम्भावना बढी हुने गर्छ । जाडोमा न्यानो भएर बस्न काममाजी मानिसलाई  बेलाबेलामा तातो सुप बनाएर खाना सम्भव नभए पनि कार्यालयमा नै तातो पानीमा मह, अदुवाको धुलो हालेर पिउन डा.कोइरालाको सुझाव छ ।  खाजा खाँदा पनि विशेष ध्यान दिन उहाँको आग्रह छ । खाजामा चिउरा, तरकारी खाने, मौसमी फलफूल र क्यालोरीयुक्त खानामा ध्यान दिन उहाँको सुझाव छ । चिया कफी धेरै नपिउन उहाँको सुझाव छ । जाडोमा चियाकफी कति खाने चिया, कफी दिनमा एक दुई कप भन्दा बढी नपिउन डा. कोइरालाको सुझाव छ । उहाँका अनुसार चिया, कफीमा क्याफिन र निकोटिन भन्ने तत्त्व पाइने हुँदा चिया धेरै पिउँदा शारीरिक साथै मानसिक समस्या उत्पन्न हुन्छ । उहाँ भन्नहुन्छ, “चिया कफीमा क्याफिन र निकोटिन हुने हुँदा यो पिउना साथ एक किसिमको फुर्ती अथवा ऊर्जा आएको जस्तो अनुभव हुन्छ ।” चिया, कफी खाँदा एक प्रकारको लागू प्रदार्थको नसाजस्तो लत लाग्ने डा. कोइराला बताउनुहुन्छ । चिया कफी खाने बानी परेपछि त्यो समयमा चिया कफी खाना नपाएमा टाउको, दुख्ने दाँत दुख्ने छटपटी, चिटचिट हुनेजस्ता समस्या देखिने डा. कोइरालाको भनाइ छ । त्यसका अवाल चिया धेरै खाँदा रगतमा भएको पोषण तत्त्व सोच्ने हुँदा पाचन प्रणालीमा समेत समस्या निम्तने चिकित्सक बताउँछन् । डा. कोइरालाका अनुसार कालो चियाले भन्दा दूध हालेको चियाले कतिपय मानिसलाई ग्यास्ट्रिकको समस्या निम्तन्छ । त्यसैले दैनिक एक दुई कप भन्दा बढी चिया वा कफी नखानु राम्रो हुन्छ । भिटामिन डिको कमीले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने हुँदा दैनिक आधा घण्टा शरीरको भाग देखिने गरेर घाममा बस्न डा. कोइरालाको सुझाव छ । 
News
59,332
निषेधाज्ञापछि फेरि सामाजिक जीवनमा फर्कनुपर्ने कुराले चिन्तित हुनुहुन्छ?
महिनौँसम्म घरभित्रै धेरै समय बिताएका कारण पुनः सामाजिक बन्नुपर्ने कुराले के तपाईँ चिन्तित हुनुहुन्छ?
https://www.bbc.com/nepali/news-57286942
भरिभराउ रेस्टुराँमा जानुपर्ने विषयले के तपाईँलाई त्रसित पारेको छ वा अरूसँग कसरी आमनेसामने बसेर अन्तर्क्रिया गर्ने भन्ने विषयले चिन्तित बनाएको छ? अथवा फेरि कार्यालय फर्केर गर्नुपर्ने महत्त्वपूर्ण प्रस्तुतिले तपाईँलाई तर्साएको हुनसक्छ? यी परिदृश्यमध्ये कुनै परिचित लागे चिन्ता नगर्नूस् किनकि यस्तो महसुस हुने तपाईँ एक्लो हुनुहुन्न। मनोवैज्ञानिक डा. जुली स्मिथका अनुसार "तपाईँलाई केही अनौठो भएको छैन।" "हामी प्रत्येक दिन जे गर्छौँ, त्यो नै सहज महसुस हुन थाल्छ," उनले भनिन्। ''जब तपाईँ यस्तो अवस्थामा पुग्नुहुन्छ जहाँ केही समयदेखि पुग्नुभएको छैन, तपाईँको मस्तिष्कले तनाव उत्पन्न गराउँछ," स्मिथले भनिन्। तपाईँको मस्तिष्कले तपाईँलाई "यो नयाँ हो। यो फरक हो। सतर्क रहनु पर्छ" भन्ने सन्देश दिएको हो। स्मिथका अनुसार "पुरानो जीवनमा फेरि फर्किएपछि तनावपूर्ण प्रतिक्रिया साम्य हुँदै जान्छ।" यस्ता सामाजिक तनावसँग कसरी जुझ्ने भन्ने विषय बारे उनले छ सुझाव दिएकी छन्: १. यसलाई नटार्नूस् बेवास्ता गर्नाले तनाव वा चिन्तालाई झन् बढाउँछ र दीर्घकालमा यसलाई झन् नराम्रो बनाउँछ। त्यसकारण तनावलाई व्यवस्थापन गर्न सुरु गरिहाल्नूस्। सानो सामाजिक कार्यबाट सुरुवात गर्नुहोस् जसलाई व्यवस्थापन गर्न सहज हुन्छ। २. सकैसम्म धेरै पटक गर्नूस् तपाईँले जति धेरै पटक केही गर्नुहुन्छ त्यति चाँडै त्यो तपाईँका लागि स्वाभाविक वा सहज लाग्न थाल्छ। त्यसकारण यदि तपाईँ कुनै साथीसँग सातामा एकपटक चिया पिउन जानुहुन्थ्यो भने फेरि जानूस्। ३. सोचविचार गरेर केन्द्रित हुनूस् चिन्तित बनाउने विषयमा हामी केन्द्रित हुँदा त्यसले झन् तनाव थप्छ। जब हामी उत्साहित बनाउने कुरामा केन्द्रित हुन्छौँ वा साथीलाई भेट्न नपाउँदा गुमाएका कुराहरू महसुस गर्छौँ, त्यसले आशा जगाउने वा बढाउने काम गर्छ। ४. अरूले मलाई ध्यान दिइरहेछन् भन्ने नसम्झनूस् 'स्पट लाइट इफेक्ट' सोच हामी चिन्तित हुँदा महसुस गर्छौँ। हामी सोच्छौँ कि अरूले हामीलाई जाँचिरहेका छन् र हामीबारे धारणा बनाइरहेका छन्। तर सबैले तपाईँकै बारेमा सोचेका हुँदैनन्। मानिसहरू हामीले सोचेभन्दा बढी आफूमै केन्द्रित हुन्छन्। ५. भरोसायोग्य व्यक्तिसँग कुरा गर्नूस् तनावबारे आफूले विश्वास गर्न सक्ने व्यक्तिसँग कुरा गर्नु महत्त्वपूर्ण छ। धेरै मानिसहरू सङ्क्रमण र रोगबारे चिन्ता लिएर निश्चित सामाजिक अवस्थाबाट गुज्रिरहेको हुन सक्छन्। आफू मात्र त्यस्तो अवस्थामा नरहेको महसुस हुनासाथ व्यवस्थापन गर्न सहज हुन्छ। ६. परिवार र साथीबाट सुरु गर्नूस् आफ्नो परिवार र साथीबाट सामाजिक हेलमेल बढाउन सुरु गर्नुभयो भने तपाईँ सहज अवस्थामा हुनुहुनेछ र अपेक्षा पूरा गर्ने विषयमा कम चिन्तित हुनुहुनेछ। आफूले आनन्द मान्ने कुराहरू सम्झनूस् र ती कार्य फेरि गर्न थाल्नूस्। किन अहिले नै आफ्नो मनपर्ने साथीलाई चिया खान भेट्न प्रस्ताव नगर्ने त?
Others
65,708
सन्दीप बंगलादेश प्रिमियर लिगको ‘ड्राफ्ट’मा
नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको ‘ड्राफ्ट’ मा परेका छन् । सन्दीपले एजेन्ट मार्फत बीपीएल खेल्न निवेदन दिएको बताइएको छ ।
https://ekantipur.com/sports/2017/09/16/20170916135440.html
काठमाडौं — नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको ‘ड्राफ्ट’ मा परेका छन् । सन्दीपले एजेन्ट मार्फत बीपीएल खेल्न निवेदन दिएको बताइएको छ ।बीपीएलको ड्राफ्ट शनिबार हुँदैंछ । बीपीएलका लागि २ सय ८ विदेशी खेलाडी ड्राफ्टमा रहेका छन् । नेपालबाट ड्राफ्टमा पर्ने सन्दीप एक्लो हुन् । एसोसिएट राष्ट्रका ८ खेलाडी त्यो सुचिमा रहेका छन् । ड्राफ्टमा परेका खेलाडी टिममा नछानिन पनि सक्छन् ।ड्राफ्टबाट शनिबार कुन खेलाडीले कुन टिमबाट खेल्ने चयन गरिँदैछ । खेलाडीलाई ६ समूहमा विभाजन गरिएको छ । ‘ए’ वर्गिकरणमा पर्नेले ७० हजार डलर पारिश्रमिक पाउने छन् । सबभन्दा तलको ‘एफ’ वर्गिकरणमा पर्नेले बीपीएलमा खेले वापत १० हजार डलर पारिश्रमिक पाउने छ ।सन्दीप हाल नेपाल यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै मलेसियामा छन् । नेपालले शनिबार आयोजक मलेसियालाई पराजित गरी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनल पुगिसकेको छ । पछिल्ला दुई यू–१९ प्रतियोगिताको १० खेलमा सन्दीपले ३६ विकेट लिइसकेका छन् ।सन् २०१५ को अप्रिल नामिबियाको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका सन्दीपले यसअघि हङकङ र अस्ट्रेलियामा गएर पनि खेलिसकेका छन् ।
Sports
31,448
नेकपा विवाद: के हो स्थायी कमिटीको बहुमतलाई ‘तर्साउने ओली-अस्त्र’
आफ्नो पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आयोजना गरेका छन्।
https://www.bbc.com/nepali/news-55215692
ओली र प्रचण्ड उनले पार्टी बैठक आयोजना र त्यसमा गरिने छलफलका विषय निश्चित गर्ने विधिमाथि प्रश्न उठाउँदै आएका छन्। उनको इच्छा बेवास्ता गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले बहुमतको बलमा बैठक बोलाउन थालेका छन्। तर सचिवालय बैठक होस् वा स्थायी समिति बैठक निर्णायक भएका छैनन्। आफ्नै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएको प्रचण्डको दस्तावेज सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ। जसमा पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री विफल भएको आरोप लगाइएको छ। निर्णय किन हुँदैन? प्रधानमन्त्री ओली पार्टी सचिवालयको पछिल्लो बैठकमा पनि सहभागी भएनन्। उक्त बैठकले प्रस्ताव भनिएका दस्तावेजहरूबारे कुनै निर्णय नगरी स्थायी कमिटी बैठकको बाटो समात्यो। बहुमत हुँदाहुँदै पनि कुनै निर्णय नगर्नुको कारणबारे सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, “सकेसम्म छलफलमा सबैको सहभागिता र योगदान सहितको निर्णय होस् भन्ने आशयका कारण यस्तो भएको हो।” तर प्रधानमन्त्री दुईवटै पद त्याग नगर्ने र प्रचण्डको आरोपमा छलफल नहोस् भन्ने अडानमा छन्। यदि स्थायी कमिटीले त्यसबारे आफ्नो निम्ति अनुकूल अवस्था सृजना नगर्दासम्म उनी आउँदा बैठकहरूमा पनि सहभागी नहुने सङ्केत देखिन्छ। ‘प्रचण्ड-परीक्षण’ बैठकमा सहभागी भएर गरिएको निर्णय मान्नुपर्ने नैतिक बाध्यता प्रधानमन्त्री ओलीलाई पर्ने भएकाले प्रचण्ड पक्ष उनको सहभागिता चाहेको देखिन्छ। उनी नआउँदा स्थायी वा केन्द्रीय कमिटीले प्रधानमन्त्रीविरुद्ध कुनै निर्णय लिएमा त्यो लागू गर्ने नैतिक बल आफूलाई प्राप्त हुने खासगरी प्रचण्डको विश्वास पाइन्छ। एकजना नेताका भनाइमा सचिवालयबाटै त्यो जोखिम नउठाएर प्रचण्ड अर्को तहका नेताहरूको पनि ओलीविरुद्ध ‘परीक्षण गर्न’ तल्ला कमिटीमा जान चाहेका हुन्। भविष्यमा ओलीसँग सम्बन्धविच्छेद हुने अवस्था आयो भने पनि ति कमिटीहरूबाट आफ्नो अनुमोदन आवश्यक हुने र निर्णयमा सबैलाई साझेदार बनाउने उनको उद्देश्य रहेको एकथरी नेताको विश्लेषण छ। एकजना नेताले भने, “विभाजनकै जोखिम देखेपछि पूर्वएमालेहरूको बहुमत रहेको कमिटी डगमाउने त होइन भन्ने जाँच पनि हुन्छ।” ओली-अस्त्र के बाँकी छन्? ओलीले आफूलाई हटाउन खोजिएर संसद् विघटन र सङ्कटकालको हतियारको प्रयोग गर्न सक्छन् भन्ने बुझाइ ओलीविरुद्ध उभिएका सचिवालय सदस्यहरूमा पाइन्छ। त्यो आशङ्का प्रचण्डले आफ्नो दस्तावेजमा प्रस्तुत पनि गरेका छन्। तर प्रधानमन्त्री ओलीले जवाफ दिँदै भनेका छन्, “सिधा र खुल्ला बहस, अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो। छलकपट र दाउपेच मेरो स्वभाव होइन।" "म पार्टीभित्र समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा उभिएको छैन।” उनले ‘विधिको शासन आफ्नो छनोट अनि लोकतन्त्र बाध्यता नभई आफ्नो निष्ठा भएको’ उल्लेख गर्दै उक्त आरोपको प्रतिवाद गरेका छन्। प्रचण्डपक्षीय एक सचिवालय सदस्यका बुझाइमा आफ्नै पक्षका कतिपय नेताहरू र विभिन्न परिवेशका कारण ओलीका निम्ति अस्त्र काम नलाग्ने भएका छन् र पार्टी विभाजनको अध्यादेशको अस्त्र बाँकी छ। आफूलाई संसद्‍मा अविश्वास प्रस्ताव ल्याएर हटाउन सक्ने र अध्यादेश ल्याएर नयाँ पार्टी बनाउन पनि नसक्ने प्रतिकूलता देखेरै प्रधानमन्त्रीले अधिवेशन बोलाउन ढिलो गरेको हुनसक्ने ती सदस्यको अनुमान छ। तर प्रचण्ड पक्षले 'जबरजस्ती गरे ओलीबाट सामान्य होइन, पर्याप्त जबाफ' दिइने बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद् अधिवेशन संविधान र आवश्यकताअनुसार आह्वान हुने बताए। उनी भन्छन्, “संवैधानिक व्यवस्था अनुसार सरकारले संसद् अधिवेशनको आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्छ। त्यसमा धेरै अडकलबाजी गर्न जरूरी छैन।” अधिवेशनको अनुकूलताको प्रतीक्षा संविधानमा दुईवटा अधिवेशनको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ। त्यसअनुसार पुस १८ गतेसम्ममा अधिवेशन सुरु हुनुपर्ने बताइन्छ। संसद् बैठक जारी रहेका बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन पाइँदैन। प्रचण्ड पक्षका बुझाइमा ४० प्रतिशत सांसद नपुग्ने जोखिम हुँदा प्रधानमन्त्रीले त्यस्तो अध्यादेशको सहारा लिन सक्छन्। तर पार्टी संसदीय दलमै बहुमत जुटाउन सकेमा प्रधानमन्त्री राजीनामा दिन बाध्य हुँदैनन्। त्यस्तो अवस्थामा विवाद चर्किएर पार्टीले प्रधानमन्त्री छाड्न निर्देशन दिने निर्णय नै गर्यो र ओलीले त्यसको अवज्ञा गरेमा संसद्‌मै अविश्वास प्रस्ताव लग्नुपर्ने हुन्छ। त्यसको निम्ति पनि प्रचण्ड पक्ष अधिवेशनको पर्खाइमा रहेको ठानिएको छ। तर ओली निकटहरू संसदीय दलमा बहुमत पुग्न नसके देखेरै प्रचण्ड पक्ष अघि बढ्न नसकेको बताउने गरेका छन्। विवाद संसदीय दलसम्म पुग्यो र ओलीको पक्षमा बहुमत देखियो भने त्यो प्रचण्ड पक्षको निम्ति धक्का बन्न सक्छ। किनकि बहुमतको बल प्रयोग गरियो भने संसदीय दलको नेताबाट हटाएर प्रधानमन्त्रीबाट च्युत गर्ने विकल्प असन्तुष्ट समूहमा छ। साथै संसदीय दलमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जबरजस्ती हटाउन खोजिएमा अवस्था सहज नहुने सङ्केत ओली निकटले दिएका छन्। प्रेस सल्लाहकार थापाले बीबीसीसँग भनेका थिए, “विधान मिच्नुभयो भने त्यसको जबाफ पाउनुहुन्छ, संविधान मिच्नुभयो भने त्यसको जबाफ पाउनुहुन्छ, पार्टी कब्जा गर्न खोज्नुभयो भने त्यसको जबाफ पाउनुहुन्छ। र, सामान्य होइन, पर्याप्त जबाफ पाउनुहुन्छ।” लामो चरणबद्ध टकरावकाबीच संसदीय दलमा बहुमत जुटाउन प्रधानमन्त्री सफल भएमा भने त्यो प्रचण्ड पक्षको निम्ति ठूलो धक्का सावित हुने देखिन्छ।
Others
68,280
जोखिमपूर्ण बस्ती स्थानान्तरणमा ढिलाइ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिमपूर्ण बनेका बस्तीको स्थानान्तरण गर्ने काम आउँदो वर्षायामअघि सम्पन्न गर्न नसकिने जनाएको छ।
https://www.bbc.com/nepali/news-39606666
पछिल्लो अध्ययन प्रतिवेदनले झण्डै ५६ बस्तीका करिब २ हजार घरहरु सार्नुपर्ने सुझाव दिएको प्राधिकरणको भनाइ छ। अधिकारीहरुका अनुसार वर्षायाम शुरु हुनुअघि बस्ती स्थानान्तरण गर्ने जग्गा पहिचान गर्न सकिएपनि भूकम्पका कारण घरबार छाडेका भूकम्पपीडितको आउँदो वर्षापनि अस्थायी टहरा र त्रिपालमुनि नै बित्ने भएको छ । ढिलाइ लामो समयसम्म जोखिमयुक्त बस्ती स्थानान्तरण सम्बन्धी कार्यविधिले अन्तिम रुप लिन नसकेका कारण पीडितहरुलाई स्थायी आवासमा सार्न नसकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले बताए। पीडितले स्वेच्छिक रुपमा वा १० जनाको समूहमा स्थानान्तरण गर्न सक्ने नयाँ कार्यविधि अनुसारको प्रावधानबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल भन्छन्, "कुनै ठाउँमा दुई, तीनवटा घरमात्रै होलान्। त्यस्तो ठाउँमा सरकारले छुट्टाछुट्टै बस्ती विकास गर्न सक्दैन"। "कम्तीमा १० परिवार एक ठाउँमा हुनुपर्यो अथवा छुट्टाछुट्टै परिवारलाई पनि एक ठाउँमा ल्याएर १० परिवारको एउटा बस्ती गराउनुपर्यो। किनभने त्यसरी गर्दा सरकारलाई काम गर्न, पूर्वाधार बनाइदिन सजिलो हुन्छ र कम खर्चिलो हुन्छ"। प्राधिकरणका अनुसार ५६ बस्तीका २ हजार घर सार्नुपर्ने अवस्था छ अनुदान बसाइ सार्न चाहने परिवारले नेपाल सरकारले तोकेको जग्गा खरिदसम्बन्धी लिखित प्रमाणको आधारमा अनुदान सहयोग स्वरुप प्राधिकरणमार्फत एकमुष्ट रकम लिनसक्ने छन्। तर जोखिमयुक्त बस्तीका लाभग्राहीले कम्तीमा १० परिवार हुने गरी आफैले उपभोक्ता समिति गठन गरेर स्थान पहिचान गरेमा सरकारले एकीकृत बस्ती विकास गरी सहयोग गर्ने प्राधिकरणले जनाएको छ। नयाँ कार्यविधि अनुसार सरकारबाट प्राप्त गरेको रकमबाट जग्गा खरिद गरेको प्रमाण लाभग्राहीले प्राधिकरणले तोकेको कार्यालयमा बुझाउनुपर्नेछ। पतिपत्नीको हकमा जग्गाधनी पुर्जा उपलब्ध गराउँदा संयुक्त रुपमा गराइने र १० बर्षसम्म हक हस्तान्तरण गर्न नपाइने प्रावधान छ।
Others
65,047
छ अर्बको जुस निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जुसको माग बढ्दै गएपछि निर्यातमा समेत वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
https://gorkhapatraonline.com/news/70393
काठमाडौँ, असार २४ गते । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जुसको माग बढ्दै गएपछि निर्यातमा समेत वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष सो अवधिमा पाँच अर्ब ४० करोड १७ लाख ६८ हजार रुपियाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब ७८ करोड ७० लाख रुपियाँको निर्यात भएको थियो । प्रत्येक वर्ष जुस निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । मुलुकमा उत्पादन भएको जुस बङ्गलादेश, चीन, भारत, इटाली, कोरिया, माल्दिभ्सलगायतका देशमा निर्यात हुने गर्छ । सरकारले शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) र फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स (जुस) को आयातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी जुसको निर्यातमा वृद्धि भएको छ । इनर्जी ड्रिङ्क्स र फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स (जुस) को आयात चार वर्षदेखि प्रतिबन्ध छ । विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब २२ करोड ९९ लाख रुपियाँको पाँच करोड ८० लाख २४ हजार लिटर जुस निर्यात गरेको थियो ।आव २०७६/७७ मा तीन अर्ब ४३ करोड २२ लाख रुपियाँको चार करोड ७८ लाख ६१ हजार लिटर, आव २०७५/७६ मा चार अर्ब ५७ करोड ३५ लाख रुपियाँको छ करोड ३४ लाख ८९ हजार लिटर र आव २०७४/७५ मा चार अर्ब ७६ करोड नौ लाख रुपियाँको छ करोड ६६ लाख १७ हजार ६६५ लिटर निर्यात भएको थियो ।जुस उत्पादनमा डाबर इन्टरनेसनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ । डाबरले ‘रियल’ ब्रान्डमा ४० भन्दा बढी प्रकारका जुस उत्पादन गरी निर्यात गर्दै आएको छ । बढ्दो गर्मीसँगै स्थानीय बजारमा समेत जुसको खपत धेरै हुने गरेको व्यवसायीको भनाइ छ । डाबर नेपालले गत वर्ष १३ अर्ब रुपियाँको व्यापार गरेको थियो, जसमध्ये ६० प्रतिशत हिस्सा निर्यातको थियो । उत्पादित ४० प्रतिशत जुस आन्तरिक बजारमा खपत हुने गरेको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गरेर निर्यात गर्ने वस्तुमध्ये जुसको हिस्सा निकै ठूलो छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले अधिकांश जुस भारत निर्यात गर्दै आएको छ ।कम्पनीले बङ्गलादेश, अस्टे«लिया, अमेरिका, दक्षिण कोरियालगायतका देशमा नेपाली जुस निर्यात हुने गर्छ । त्यस्तै बङ्गलादेश, थाइल्यान्ड, साउदी अरब, इटाली, कतार, कुुवेतलगायतका देशबाट नेपालमा जुस आयात हुने गरेको छ ।   
News
37,476
थापाकै नेतृत्वमा सहारा
सहारा क्लब पोखराको अध्यक्षमा पुन: केशवबहादुर थापा चुनिएका छन् । सोमबार २१ औं साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । 
https://ekantipur.com/sports/2019/09/18/156878192976586731.html
पोखरा — सहारा क्लब पोखराको अध्यक्षमा पुन: केशवबहादुर थापा चुनिएका छन् । सोमबार २१ औं साधारणसभाले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनील रानामगर, कोषाध्यक्षमा राजु लालचन, सहकोषाध्यक्षमा विनु रानामगर चयन भए । सदस्यमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज पौडेल र विष्णु कार्की चयन भए । क्लबले पोखरामा बर्सेनि आहा–रारा गोल्डकप र दोबिल्लामा एकेडेमी चलाएको छ ।
Sports
26,600
महामारीका रूपमा फैलिँदै छ तनाव
विश्वका अनेक प्राणीहरूमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ ।
https://gorkhapatraonline.com/news/110848
एलपि भानु शर्माकाठमाडौँ, जेठ २३ गते । विश्वका अनेक प्राणीहरूमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यवस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठुलो महामारीका रूपमा लिने गरिएको छ । मानिसलाई जस्तोसुकै रोगहरू पनि लाग्न सक्छ, त्यसको समयमै उपचार हुन सके निको पनि हुन्छ तर तनाव आएपछि सजिलैसँग त्यसबाट मुक्ति पाउन सकिँदैन । विश्व स्वास्थ्य सङ्गठनले तनावलाई जटिल स्वास्थ्य समस्याका रूपमा लिएको छ । तनावमा रहेको व्यक्तिले न राम्ररी सोच्न सक्छ, न बोल्न नै । यसका कारण उसको अरू व्यक्तिसँगको सम्बन्ध पनि बिग्रँदै जान्छ । त्यसैले अहिले मानिसको सबैभन्दा ठुलो समस्या भनेकै तनाव हो । मानिसको शरीरमा लाग्ने रोगको ७० देखि ९० प्रतिशत रोगहरू तनावकै कारण लाग्ने गर्दछ । तनावकै कारण ससाना व्यक्तिगत समस्यादेखि विश्वमा ठुलाठुला युद्ध, आतङ्कवादी घटनाहरू हुने गरेका छन् । तनावको समस्या पहिल्याउनु नै अहिलेको मुख्य चुनौती बनेको छ । पश्चिमा देशहरूले तनाव व्यवस्थापनका लागि थुप्रै कार्यक्रम ल्याएका छन् । अमेरिकामा कुनै एउटै संस्थाले चालिस वर्षको बजेट बराबर खर्च गर्ने नभएर कूल तनाव व्यवस्थापनमा निजी क्षेत्रले गर्ने रकम नेपालको बजेटको ४० गुणाभन्दा बढी हुन्छ तर परिणाम शून्य छ । त्यसैले तनाव व्यवस्थापन खर्चिलो मात्र नभई समस्याको निदान नहुने भएकाले यसबाट पहिले नै सतर्क हुन आवश्यक छ । मानिसले आफ्नो दैनिक बानीमा केही परिवर्तन गर्नाले तनाव कम गर्न मद्दत पुग्न सक्छ ।तनावका मुख्य कारण आज हरेक व्यक्ति कुनै न कुनै तनावबाट ग्रस्त छ । तनावको मूल कारण जीवनमा जुन परिवर्तन आएको छ, त्यसलाई आत्मसात् गर्न नसक्नु हो । समय क्षणक्षणमा बदलिएको छ तर हामी पुरानो सोच र आग्रहबाट ग्रसित छौँ । जसले गर्दा तनाव सृजना हुने गर्दछ । मानव जीवनको मूल लक्ष्य भनेकै खुसी हुनु हो । खुसी हुन नसक्नु तनावमा जानु हो । धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्नु, निरन्तर रक्सी पिउनु, धेरै क्याफिन उपभोग गर्नुले पनि मानिसको जीवनमा थप तनाव ल्याउने गर्दछ । अर्को कुरा मानिसले समयको सही सदुपयोग गर्न नसक्दा पनि तनाव सृजना हुने गर्दछ । अर्काको इष्र्याले पनि तनाव सृजना गर्दछ । मानिसमा इष्र्या भावले गर्दा सम्बन्धमा दरार आउने गरेको छ । इष्र्यामा अरूलाई दबाउन खोजिन्छ । अरूभन्दा धनी कसरी बन्ने, म नै राम्रो हुँ भन्ने भाव बढ्नु उपभोक्तावादी र प्रतिस्पर्धात्मक संस्कारको उपज हो । तनाव व्यवस्थापनका उपायतनाव व्यवस्थापन गर्ने एउटा राम्रो उपाय भनेको अध्यात्म हो । अध्यात्मलाई ध्यान र योगसँग जोड्न सकिन्छ । जीवनमा आएका चुनौतीहरूको समाधान गर्न सक्ने क्षमता घट्न गएमा तनाव हुने गर्दछ । जस्तो भनौँ कि कुनै चुनौती हाम्रा अगाडि आयो, त्यसलाई एक सय अङ्क दियौँ । त्यो चुनौतीको सामना गर्न सक्ने हामीसँग ४० बराबरको क्षमता छ भने नपुग ६० अङ्क भनेको तनाव हो । त्यसैले ६० अङ्कलाई घटाउन हाम्रो क्षमतालाई बढाउँदै लैजानुपर्छ । जति मात्रामा बढाउँदै लैजान सकिन्छ तनाव त्यति नै घट्दै जान्छ । परिस्थितिलाई बदल्न सकिँदैन, तर मनस्थितिलाई बदल्न सकिन्छ । जीवनमा चुनौतीहरू आइरहन्छन्, त्यसलाई तनावका रूपमा लिने होइन, त्यसको समाधानका लागि हामीले हामीभित्र रहेको क्षमतालाई बढाउँदै लैजानुपर्छ । म गर्न सक्छु भन्ने आत्मविश्वास जागृत भएमा जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ । त्यसलै मानिसभित्र जीवनको बोध हुनुपर्छ । शरीर, मन र चेतनालाई दुरुस्त राख्नुपर्छ । शरीरलाई ऊर्जाशील र स्वस्थ बनाइराख्नुपर्छ । मानिसको शरीरमा इन्डोर्फिन रस नामक हर्मोन जन्मन्छ, यो जति बढी भयो, तनाव कम हुँदै जान्छ । हरेक दिन आधा घण्टा मात्रै व्यायाम गर्‍यो भने पनि त्यस्तो हर्मोन बढ्न जान्छ र मानिस तनावमुक्त हुन्छ । त्यस्तै मनमा भएका तनाव हटाउन हरेक दिन गरिने प्राणायाम एउटा प्रभावकारी विधि हुनसक्छ । यसमा नमस्कार विधि निकै प्रभावकारी देखिएको छ । यो विधि हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्षदेखि अभ्यास गर्दै आएका छन् । यसै गरी ध्यानले पनि तनावलाई जरोदेखि नै उखेल्न मद्दत गर्दछ । त्यसबाहेक जीवनमा मैले जित्नैपर्छ भन्ने भावनालाई पनि त्याग्नुपर्छ । हारलाई सहिज रूपमा स्वीकार गर्ने व्यक्ति सधैँ तनावमुक्त रहन्छ । यसलाई हारले हराउन सक्दैन, बरु जित्नका लागि थप बद पुग्दछ । त्यसलै भनिन्छ नि, असफलता नै सफलताको सिँढी चढ्नु हो । किनकि हारले मन मस्तिष्कलाई कमजोर बनाउँदैन । जसरी कुनै खेलाडीले आज खेलमा पराजय भोग्नु परे पनि अरूको सफलतामा रमाउँछ र भोलि विजय हुने अठोट राख्छ ।सम्बन्धमा जहिले पनि लिनु र दिनुभन्दा सकारात्मक सम्बन्ध बनाइराख्न जोड दिनुपर्छ । अरूलाई स्वीकार गर्ने व्यक्तिले मात्रै सम्बद्ध बनाउन सक्छ । आज हाम्रा कार्यालय, अफिसहरूमा यही सम्बन्धको अभाव रहेका कारण आपसमा द्वन्द्व, बेमेल र अविश्वास झाँगिँदो छ । अहिले हरेक व्यक्ति वा कार्यालयका प्रमुखहरूले आर्थिक मन्दीलाई मुख्य समस्या देखाउने गरेका छन् । वास्तवमा त्यो भन्नु आफूले आफ्नो क्षमतालाई बढाउनेतर्फ बेवास्ता गर्नु हो । आफू र आफ्ना मातहतका कर्मचारीहरूलाई कम्तीमा तीन महिनामा एकपटक तनावमुक्त गर्ने तालिम दिन सकिएमा प्रतिफल राम्रो आउनेछ । मानव संसाधनमा लगानी गर्नु भनेको क्षमतामा लगानी गर्नु हो । अब कार्यालयहरूमै ध्यान, प्राणायाम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदाहरू ल्याउँछ भने योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ । योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ । योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ । त्यस्तै स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्न सक्छ । काम गर्ने भनेको मानिसले हो, यसलाई नै स्वस्थ बनाउन सकिएन भने कुनै सकारात्मक परिणाम आउन सक्दैन । शारीरिक गतिविधि तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सुधार गर्नका लागि महत्त्वपूर्ण छ । तनाव व्यवस्थापन गर्न हिँड्ने, जिम जाने, पौडी खेल्ने जस्ता शारीरिक व्यायाम गर्न सकिन्छ । सवारी साधान चढ्ने व्यक्तिले पनि सम्भव भएसम्म हप्तामा एक वा दुई दिन मात्रै भए पनि हिँडेर घर कार्यालय आउजाउ गरेमा घर वा कार्यालयको तनाव धेरै नै कम हुन सक्छ । समय व्यवस्थापन अर्थात् समयभित्र आफू व्यवस्थित रहनु भनेको समस्या आउन नदिनु हो । समय व्यवस्थापनका लागि हरेक दिन बिहान योजना बनाएर काम गर्नुपर्छ । योजनासँगै लक्ष्य राख्नुपर्छ भने आफ्नो काम सम्पन्न गर्नका लागि ध्यान दिनुपर्छ । कुनै गाह्रो काम भए त्यसलाई पन्छाएर नभई पहिले नै गरेर सक्नुपर्छ । अनावश्यक रूपमा समयलाई बरबाद हुन दिनु हुन्न । समयको सदुपयोगले तनावलाई रोक्न मद्दत गर्छ । हरेक व्यक्ति ब्रह्माण्ड हो, यसको जन्म अरूलाई हराउन होइन, जिताउन सक्छु भन्नेमा यसको ध्यान जानु पर्दछ । आफूभित्रकै क्षमता जागृत गरी प्रत्येक व्यक्तिले प्रगति गर्न सक्छ । कसैसँग प्रतिस्पर्धा गरिरहनु नै पर्दैन । इष्र्या, वैमनस्य नराखी आफ्नो क्षमता उपयोग गर्न सकिएमा तनाव स्वतः कम हुन्छ । (जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित) रासस  
News
45,628
म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती
बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।
https://gorkhapatraonline.com/news/92272
बेनी (म्याग्दी), पुस २४  गते । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताउनुभयो । “अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ ।जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा आठ सय रोपनी बढीमा हिउँदे आलुखेती गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत हिउँदे आलुुमा आत्मनिर्भर बनाउने तयारी गरेको हो ।विगतका वर्षहरूमा गहुँ, जौँलगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रमले किसानलाई अनुदान दिएपछि आलुखेतीलाई व्यावसायिकरूपमा लगाएको ठूलोखोकी अगुवा किसान मैना खड्काले बताउनुभयो । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका थिए ।“म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भरोन्मुख बन्ने देखिएको छ”, उहाँले भन्नुभयो ।यस कार्यक्रमअन्तर्गत जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुुखेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ । कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ ।म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन् । बीउ आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष २० रोपनीमा बीउ आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा जिल्लामा छ दशमलव ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको थियो ।अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको सिङ्गा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।बर्खे आलुमा उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।  रासस
News
35,693
सत्ता र प्रतिपक्षको टकरावले संसद् मुठभेड उन्मुख
सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस बुधबारदेखि सत्तालाई दबाब दिन सडक मोर्चामा समेत उत्रिएको छ ।
https://ekantipur.com/news/2024/05/16/due-to-the-confrontation-between-the-power-and-the-opposition-the-parliament-is-facing-a-confrontation-35-45.html
काठमाडौँ — सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस बुधबारदेखि सत्तालाई दबाब दिन सडक मोर्चामा समेत उत्रिएको छ ।भ्रातृ संस्थाहरू तरुण दल, नेविसंघ र महिला संघको अगुवाइमा बुधबार राजधानीका विभिन्न ठाउँमा सहकारी अपचलन गर्नेमाथि कारबाहीको माग राखेर प्रदर्शन भए ।प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको माग सम्बोधन गरेर संसद्लाई निकास दिन छलफल चलाइरहेकै बेला सत्ताको मुख्य घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गर्दै आफ्ना सांसदलाई कांग्रेसका विरुद्धमा वैचारिक प्रतिरोधमा उत्रन निर्देशन दिएका छन् । बुधबार संसदीय दलको बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका ओलीले सांसदहरूलाई कांग्रेसका ‘बदमासीहरू’ का बारेमा कुरा उठाउन निर्देशन दिए । ‘हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छ ? पार्लियामेन्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराइरहने ? यो चल्दैन,’ ओलीले भने, ‘अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? दुनियाँलाई थाहा छ ।’ओलीले लामिछानेविरुद्ध कहींकतै अभियोजन नभएको भन्दै उनको विरुद्धमा समिति बनाउन नसकिने प्रष्ट धारणा राखेका छन् । ‘संसद्को गरिमामय समय कांग्रेसको कुण्ठामा खेर फाल्न हुँदैन । संसद् सुचारु गराउनुपर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहींकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला,’ उनले भने, ‘कांग्रेसले अभियोजन चलाइहाल्ने ? फैसला कांग्रेसले नै गरिहाल्ने ?’ मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि स्थगित भएको संसद् बैठक बिहीबार बस्दै छ । बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले गतिरोध खुलाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग छलफल गरे पनि निकास निस्केको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बुधबार एमाले अध्यक्ष ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग बैठक गरेपछि दाहालले कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलासँग साँझ नै छलफल गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्छ । मुख्य कुरा राष्ट्रपतिलाई धन्यवाद दिने कामसमेत रोकिएको छ । अरू महत्त्वपूर्ण प्रस्ताव छन् । यस्तो स्थितिमा कांग्रेस गम्भीर र जिम्मेवारी भइदिनुपर्‍यो । पहिला रविजीलाई बोल्न दिएर अरू विषयमा छलफल गरौं भनेर नै कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ आचार्यले भने, ‘अहिल्यै समाधान निस्केको छैन, बैठक बस्नुअघिसम्म प्रधानमन्त्रीले प्रयास गर्नुहुनेछ ।’ कांग्रेस महामन्त्री थापाले आफूहरूले उठाएको न्यूनतम संसदीय छानबिन समिति गठनमा सत्तापक्ष तयार नभए आफूहरू पूर्ववत् अडानमा कायम रहने बताए । अहिलेसम्मका छलफलबाट निकास निस्कने संकेत नदेखिएको उनको भनाइ छ । ‘सहकारीको करोडौं बचतकर्ताको रकम अपचलन भएको छ, बचतकर्ता अप्ठ्यारोमा परेका छन् । सडकमा आएका छन् । उनीहरूले तत्काल आफ्नो बचत फिर्ता पाउनुपर्छ । त्यसका लागि अहिले भएको कानुनले काम गर्छ वा अरू उपाय गर्नुपर्छ, त्यसको छानबिन संसदीय समितिले गर्छ । अर्को पक्ष सहकारीको बचत गोर्खा मिडिया नेटवर्कलगायतका निजी कम्पनीले अपचलन गरेका छन् । अपचलन गर्नेमा गृहमन्त्री पनि एक जना हो भन्ने कुरा तथ्य प्रमाणले देखाउँछ,’ उनले भने, ‘त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो । सरकार बैठक सुरु हुनुअघिसम्म त्यसका लागि तयार भयो भने निकास निस्कने बाटोतिर जान्छ । नत्र हाम्रो माग छाड्ने कुरा हुन्न ।’सत्तारूढ दलका तीन नेताबीच बुधबार भएको छलफलपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनु पाउनुपर्ने ‘सर्त’ अघि सारेका छन् । छलफलपछि लामिछानेले बिहीबारको बैठकमा आफूले बोल्न पाउनुपर्ने बताए । ‘सबैभन्दा पहिला मैले बोल्नु पाउनुपर्छ, त्यसपछि जवाफ चित्त बुझेन भने प्रमुख प्रतिपक्षको अधिकारको हामी सम्मान गर्छौं,’ उनले भने ।कांग्रेसका युवा नेता एवं सांसद प्रदीप पौडेलले ओलीको निर्देशनात्मक अभिव्यक्तिबाट सत्तापक्षले नै संसद्लाई मुठभेडतर्फ लैजान चाहेजस्तो देखिएको बताए । ‘प्रश्नको जवाफ दिनेतिर लाग्ने कि धम्क्याएर भिडन्त निम्त्याउने ? सत्तारूढ दल जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा उल्टो चरम गैरजिम्मेवारी ढंगले प्रस्तुति दिएर सत्तालाई अनुदार देखाउने, सत्ताबाट दमन गर्न खाज्ने ? जायज प्रश्नको सामना गर्न नसक्ने प्रवृत्तिलाई लोकतन्त्रमा कसरी स्वाभाविक मान्ने ?,’ पौडेलले भने, ‘हामीले सोधेको प्रश्नको जवाफ सरकारले दिने जिम्मेवारी हो कि धम्क्याएर छलेर सत्ता टिकाउने स्वार्थ मात्रै ?’ उनले सत्ता गठबन्धन टिकाउने नाममा बेथितिमाथि संसद्मा प्रमुख प्रतिपक्षले उठाएको प्रश्नलाई नजरअन्दाज गर्न नमिल्ने बताए । सहकारीको बचत अपचलनमा जोडिएका लामिछानेमाथि छानबिन हुनुपर्ने मागलाई एमालेले सत्ता गठबन्धन भत्काउने रणनीतिसँग जोडेको छ । कानुनमन्त्री पदम गिरीले सहकारीका समस्या समाधानभन्दा पनि कांग्रेसको उद्देश्य सत्ता भत्काउनेतिर उन्मुख भएकाले संसदीय छानबिन समिति अस्वीकार गरिएको बताए । ‘बाहिर सहकारी भने पनि भित्रैदेखि कांग्रेसले सरकार ढाल्नकै लागि संसदीय छानबिनको कुरा गरिरहेको हो । व्यक्ति र अमुक–अमुक संस्थाप्रति लक्षित गरेर संसदीय छानबिन समिति बनाउने, भोलि राजीनामा माग्ने, अनि सरकार नै ढाल्ने उसको उद्देश्य हो,’ गिरीले भने, ‘सैद्धान्तिक रूपमा पनि सांसदलाई सहकारीको विषयमा अनुसन्धान गर्न लगाएर संसद्को प्रभावकारिता कमजोर बनाउने भूमिकामा लैजान हुन्न । राज्यकै निकायबाट यसको अनुसन्धान र कारबाहीे प्रक्रिया अगाडि बढाइनुपर्छ ।’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद्लाई मुठभेडतिर लैजान नदिन प्रमुख प्रतिपक्ष जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । उनले उपप्रधान तथा गृहमन्त्रीमाथि महिनौंअघिदेखि लगाइएको आरोपबारे जवाफ दिन निषेध गरेर कांग्रेसले गल्ती गरेको बताए । ‘गृहमन्त्रीमाथि यति लामो समयदेखि निरन्तर प्रश्न उठाइएको छ । त्यसको स्पष्टीकरण दिन पाउनुपर्छ । त्यति पनि गर्न नदिएर निषेध गरेरै जान कसरी सम्भव हुन्छ ?,’ परियारले भने, ‘हाम्रो पार्टीको पेजिसन नै पहिला उहाँमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्छ भन्ने हो । जवाफ दिएपछि संसदीय समिति गठन गर्ने कि नगर्ने भन्ने विषयले निम्त्याएको डेडलकलाई कसरी अनलक गर्ने भन्ने कुरातिर प्रवेश गर्न सकिन्छ ।’ सांसद पौडेलका अनुसार अधिवेशनको पहिलो दिनको बैठकमै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेस सहमत थियो । त्यहीअनुसार कार्यव्यवस्था समितिमा कांग्रेसले पहिलो पार्टीका तर्फबाट सांसद रामहरि खतिवडाले बोल्ने, त्यसपछि गृहमन्त्रीलाई बोल्न दिने र गृहमन्त्रीले बोलिसकेपछि महामन्त्री थापाले बोल्न पाउनुपर्ने प्रस्ताव गरेको थियो । गृहमन्त्रीले जवाफ दिइसकेपछि प्रश्नोत्तर शैलीमा फेरि बोल्ने कुरा हुन नसक्ने भन्दै सत्तारूढ दलका प्रमुख सचेतकहरूले विरोध गरेपछि कार्यक्रम भाँडिएको थियो । अघिल्लो हिउँदे अधिवेशनदेखि नै सहकारी अपचलनमा लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । वैशाख २८ मा सुरु वर्षे अधिवेशनको दोस्रो बैठक मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समारोहलाई कांग्रेसले अवरोध नगरे पनि त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिनेलगायत संसद्का बाँकी कार्यसूचीलाई अघि बढाउन भने अवरोध पुर्‍याएको थियो ।
News
3,374
बहस : कोभिडपछि पनि फिल्म निर्माण यसरी नै गर्ने ? 
निश्चल बस्नेतले सन् २०१२ मा निर्देशन गरेको 'लुट'ले मूलधारे फिल्मभन्दा फरकधारको फिल्म बनाएको भन्दै तारिफ बटुल्यो । उस्तै किसिमको फिल्म बनाइरहेका बेला बस्नेतले 'लुट'बाट कथा भन्ने शैलीमा परिवर्तन ल्याए । 'लुट'लाई अझै 'ट्रेन्डसेटर' फिल्मको रुपमा चर्चा गरिन्छ । 
https://ekantipur.com/feature/2020/10/13/1602591416771374.html
काठमाडौँ — निश्चल बस्नेतले सन् २०१२ मा निर्देशन गरेको 'लुट'ले मूलधारे फिल्मभन्दा फरकधारको फिल्म बनाएको भन्दै तारिफ बटुल्यो । उस्तै किसिमको फिल्म बनाइरहेका बेला बस्नेतले 'लुट'बाट कथा भन्ने शैलीमा परिवर्तन ल्याए । 'लुट'लाई अझै 'ट्रेन्डसेटर' फिल्मको रुपमा चर्चा गरिन्छ । बक्स अफिसमा व्यवसायिक सफलता हासिल गरेको फिल्मलाई पछ्याउँदै फिल्म बनाउने होड नेपाली फिल्म उद्योग धेरै पहिलेदेखि छ । 'लुट'लाई पनि केहीले पछ्याए । 'छक्का पञ्जा'पछि कमेडी विधामा फिल्महरु ह्वात्तै बढे । तर कोभिडपछि यो प्रवृतिमा परिवर्तन आउनुपर्ने बताउँछन् निश्चल । 'फिल्महरु राम्रो बन्नुपर्छ । फिल्ममेकरले निरन्तर एकैखालको फिल्ममात्रै भन्दा पनि फरक/फरक तरिकाबाट फरक विधामा फिल्म बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई,' उनले भने, 'एउटा फिल्म चल्यो भने त्यस्तै किसिमको फिल्म बनाउछन् यहाँ । यसले त नयाँ प्रयोग केही हुँदैन । फिल्ममा प्रयोग गर्ने हो या फिल्मले कथावाचन राम्रोसँग गर्ने हो भने त विभिन्न विधामा फिल्म बनाउनुपर्छ । राम्रोसँग फिल्म बनाएर त्यसै अनुसार प्रचार गर्न सक्नुपर्छ । हामी कहाँ त्यस्तो खासै भाको छैन ।' कोभिडअगाडि बनिरहेका फिल्महरुले पोस्टकोभिडको समयमा खासै अर्थ नराख्ने उनी बताउँछन् । 'कोभिडपछि अहिले बनिरहेको फिल्महरुले हुँदैन,' उनले भने । त्यसैले यसमा फिल्ममेकर नै गम्भीर भइदिनु पर्ने निश्चलको धारणा छ । 'फिल्म बनाउने मेकरहरुले यसबारे सोच्नुपर्‍यो । अहिलेसम्म कस्तो फिल्म बन्यो/बनाइयो भनेर आफैंले मूल्यांकन गर्नुपर्‍यो । त्यस्तै किसिमको फिल्म बनाउने कि नबनाउने, कस्तो विधामा बनाउने भन्नेतर्फ फिल्ममेकरले सोचिदिए हुन्थ्यो होला,' उनी सुनाउँछन् । कोभिडपछि निर्माताले अन्य कस्ता कुरामा ध्यान दिने त ? अनुसन्धान गरेर इमान्दारिपूर्वक राम्रो कन्टेन्टतर्फ मेकरले ध्यान दिनुपर्ने निर्माता/कलाकार रविन्द्रसिंह बताउँछन् । 'कोभिडपछि निर्माताको हिसाबले तपाई जे गर्दै हुनुहुन्छ तपाईंले सक्दो आफ्नो अनुसन्धान, बलबुताले भ्याएसम्म नियत राम्रो राखेर फिल्म बनाउनुपर्‍यो । भोलि कसैलाई दोष नथुपार्नेगरी । निर्देशक, कलाकारले डुबायो भन्दा पनि आफैं जिम्मेवार हुने गरेर बुझेर मात्र प्रोजेक्ट बनाउन अनुरोध छ,' उनले भने । आफ्नो प्रोजेक्टप्रति निर्माता इमान्दार हुनुपर्ने उनी बताउँछन् । 'कुनै लुकेको स्वार्थ पूरा गर्नभन्दा पनि फिल्म राम्रो बनाउनका लागि अनुसन्धान गर्नुपर्‍यो । समय लागोस् तर राम्रो फिल्म बनाउनु पर्‍यो । गम्भीर भएर समय र श्रम खेर नाजनेगरि बजेटले भ्याएसम्म इमान्दार भएर काम गरौं । सबैभन्दा मुख्य नै कन्टेन हो । कन्टेनमा मिहेनत गर्नुपर्‍यो । कन्टेन पनि हाम्रो भाषा, दर्शकको लिट्रेसी बुझेर ल्याउनु पर्‍यो,' उनले भने 'अहिलेसम्म त निर्मातालाई मुर्गा बनाउने प्रवृत्ति छ । अब फिल्म क्षेत्रमा नयाँ निर्माता आउने वातावरण बनाइदिनुपर्छ,' उनले भने, 'हामी निर्माता जोखिम मोल्न सक्दैनौं । एउटा फिल्म डुब्दा घरबार बेच्नुपर्छ । एकाध निर्माता आउँछन् । उनीहरुलाई पनि तीन पुस्तालाई सरापेर जाने बनाइदिन्छौं ।' उनले सुनाए, 'यहाँ कोही नयाँ निर्माता लगानी गर्न आउँछु भने उनीहरुलाई हतोत्साही गराइन्छ । निर्माताले लगानी गर्ने वातावरण बन्नुपर्छ ।' प्रोडक्सन डिजाइनको आवश्यकताफिल्मको कथा र पटकथा तयार भएपछि सुरु हुन्छ प्रि-प्रोडक्सनको काम । उपयुक्त लोकेसनदेखि कलाकार र प्राविधिकको छनोट, वर्कसप लगायतका काम प्रि-प्रोडक्सनमा पर्छन् । फिल्म निर्माणको दोस्रो खुड्किलो हो सुटिङ । त्यसपछि सुरु हुन्छ सम्पादनलगायतका पोस्ट प्रोडक्सनका काम । फिल्म निर्माणमा महत्वपूर्ण विधा हो प्रोडक्सन डिजाइन । तर, नेपाली फिल्ममा भने धेरैजसो निर्माताले यसमा ध्यान नदिने गरेको बताइन्छ । हतारमा स्क्रिप्ट, हतारमै सुटिङ र हतारमै पोस्ट प्रोडक्सनको काम गर्ने बानी अधिकांश निमार्ताको छ । त्यसैले सम्पादक र रंग संयोजकले प्रशस्त समय लिएर काम गर्ने मौका कमै पाउँछन् । सबैको एउटै गुनासो हुन्छ, 'अन्तिम समयमा आएर हतार हतारमा काम सक्नुपर्छ । फिल्म प्रदर्शनको २ दिनअगाडि पनि काम सकिएको हुँदैन ।'व्यवसायिकताको अभावले यस्तो समस्या भइरहेको 'जात्रा'का निर्माता रवीन्द्रको अनुभव छ । अन्तिम समयमा काम गर्ने व्यवहारमा सुधार आउन समय लाग्ने देख्छन् रवीन्द्र । 'यहाँ व्यवसायिक धर्म छैन । प्राविधिकहरु एकैचोटी चारवटा फिल्म लिएर बसेका हुन्छन् । आफ्नो फिल्मको काम गर्नुपर्ने बेला अर्को हप्ता प्रदर्शन हुने फिल्मको काम गरिरहेको हुन्छ । त्यसलाई रोकेर आफ्नो काम थाल्न पनि भएन,' उनले समस्या केलाउँदै गए, 'फिल्म रोक भन्न त सकिदैन । त्यसरी काम गर्नेहरुले क्वालिटीमा भन्दा क्वान्टिटिमा काम गर्दिन्छन् । हतारमा काम गरेर फुर्सदमा पछुताइन्छ । अब यो प्रवृति/व्यवहारमा परिवर्तन हुन त झट्का लाग्नुपर्छ ।' अन्तिम समयमा काम गर्नुपर्ने समस्या प्राविधिकको कारण पनि हुने गरेको निश्चल बताउँछन् । 'समय लिएर काम गर्न पाए धेरै राम्रो हो । हामी समय तोकेर प्रि-प्रोडक्सन थाल्छौं । छायांकन हुन्छ । पोस्ट प्रोडक्सनमा गएर फिल्मको काममा समय लागिरहेको हुन्छ । लामो समय दिँदा पनि प्राय: फिल्मको काम सकिँदैन,' उनले भने, '३ महिना लिएको फिल्मले पनि अन्तिम समयसम्म काम गरिरहेको हुन्छ । ६ महिना लिएकोले पनि अन्तिम समयमा आएर काम गरिरहेकै हुन्छ । प्राविधिक क्षेत्रबाट पनि गडबडी छ । सबैजना व्यवसायिक नैतिकतामा रहेर काम गर्नुपर्‍यो ।' कलाकारको पारिश्रमिक बढी भएकै हो त ?प्राविधिकबाहेक महामारीपछि बन्ने फिल्ममा कलाकारको पारश्रिमकबारे पनि छलफल सुरु भएको छ । एकथरी समीक्षक र निर्माताले फिल्मको बजार र बजेटको तुलनामा कलाकारहरुलाई दिने गरिएको पारिश्रमिक निकै धेरै हुने गरेको बताउँछन् । 'एक त यी कलाकारलाई लिएर बनाएका फिल्म चल्छन् भन्ने कुनै ग्यारेन्टी छैन । दोस्रो यिनले त्यति पारिश्रमिक माग्ने गरी मेहनत पनि गर्दैनन् । न त त्यत्रो प्रतीभाशाली नै छन् । बलिउडजस्तो ठूलो बजार र स्टारकै कारण फिल्म चल्ने उद्योग पनि हाम्रो होइन,' एक निर्माताले भने ।केही फिल्ममेकरले कलाकारलाई पनि फिल्ममा सेयर दिएर काम गराउनुपर्ने विचार व्यक्त गरे । रवीन्द्रलाई पनि यो विषय छलफलका लागि सान्दर्भिक लागेको छ । 'यी दुवै कुरा व्यवहारिक छन् । निर्माताले जोखिम मोल्दा कलाकारले योगदान दिनुपर्‍यो नि ! भोलि ४ करोड पारिश्रमिक लिने दिन आउला । तर कोभिडपछि फिल्म क्षेत्रमा जोखिम मोलेर काम गर्ने समयमा निर्माताको साथ दिनुपर्छ कलाकारले । पार्टनर बनिदिनुपर्छ । लागत मात्रै कम गर्नु भनेको जोखिम कम हो । कालकारमात्र होइन प्राविधिकले समेत योगदान गरिदिनुपर्‍यो,' उनले भने । कोभिडअगाडि लिइरहेको पारिश्रमिकलाई नै मानक बनाएर हिँड्न नमिल्ने तर्क उनको छ । कलाकारले परिस्थिति बुझेर पारिश्रमिक माग्नुपर्ने उनको भनाई छ । तर यो सिक्काको अर्को पाटो पनि छ । काम गरेको लामो समयसम्म पनि निर्माताले पारिश्रमिक नदिएको वा पूरा नदिएको गुनासो गर्ने कलाकर र प्राविधिकको फेहरिस्त निकै लामो छ । आफूले समयमै पारिश्रमिक दिएको बताउने रवीन्द्र अन्य निर्माताले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताउँछन् । कलाकारको पारिश्रमिक घटाउने विषयमा निश्चलको विचार भने फरक छ । उनी भन्छन्, 'फिल्ममा पैसा थोरै लिने कि धेरै लिने भन्ने त कलाकार र निर्माताबीचको कुरा हो । पारिश्रमिक घटाएर काम गराउनेभन्दा पनि सम्झौतामा जानु पर्‍यो । कोही कलाकार घटाउन तयार होलान् कोही नहोलान् ।' उनी अगाडि थप्छन्, 'कलाकारले मात्र घटाएर हुने हो कि प्राविधिकले पनि घटाउने ? अरुले पनि घटाउने हो भने त उसले घट्नेबारे सोच्ला । तर अरु प्राविधिकले पहिलाकै पारिश्रमिक लिएर काम गरिरहेको छ भने उसलाई पनि घटाउन मान्छन् जस्तो पनि लाग्दैन ।' कला र व्यापारको सन्तुलन कसरी होला ?एकथरि निर्देशकर मेकरहरुले कोभिडपछि फिल्मको विषयवस्तु र शैलीमा नै ठूलो परिवर्तन आउनुपर्ने मत राखेका छन् । 'इस्केपिस्ट र अमानवीय पाराको समाज निर्माण गर्न योगदान गर्नेगरी मसला र शुत्रको पछि लाग्नु भएन,' उनीहरुको भनाइ रहँदै आएको छ । यसै श्रृंखलाको पहिलो भागमा निर्देशकहरु नवीन सुब्बा र मनोज पण्डितले यसको वकालत गरेका थिए । रवीन्द्र भने कोभिडपछि पनि त्यस्ता विषयमा लगानी गर्न गाह्रो हुने बताउँछन् । 'फिल्ममा व्यापार जोडिन्छ । हो त्यस किसिमको फिल्म बनाउनुपर्छ । करोडौं लगाएर फिल्मलाई व्यवसाय होइन भन्न त उसले व्यवसायिक धर्म जानेको छैन भन्नपर्‍यो । तर, कसैले कसैको प्रयोगका लागि करोडौंको घरखेत त हाल्दैन नि त,' उनले भने, 'हामीबाट अस्वभाविक छलाङको अपेक्षा नगरौं । बिस्तारै सुधार आउने हो । एकैचोटी ओस्कार जानुभन्दा पनि आफ्नो जुत्ता पनि नफाटिने हिसाबले निर्माताको तर्फबाट धर्म सम्झेर अगाडि बढ्नुपर्छ । हुन त हामीले मनोरञ्जन भन्दामाथि उठेर फिल्म बनाउन पनि सकेका छैनौं ।' यसप्रति निश्चल फरक मत राख्छन् । हरेक फिल्ममा निर्माताले जोखिम मोलेर काम गर्ने हुँदा प्रयोगात्मक विषयलाई पनि महत्व दिनुपर्ने उनी बताउँछन् । 'रिस्क त सबै हुन्छ । फिल्ममा ९९ प्रतिशत जोखिम मोलेर काम गरिएको हुन्छ । आफूले बनाइरहेको फिल्मप्रति भरोसा हुनुपर्‍यो,' उनले सुनाए, 'किनभने संसारभरी विभिन्न विधामा फिल्म बन्छन् । हरेक विधाको फिल्म चलेका पनि छन् । यति हो राम्रो बन्नु पर्‍यो । त्यो राम्रो बनाउन फिल्ममेकरले ध्यान दिनुपर्‍यो ।'रविन्द्र कोभिडपछि बन्ने फिल्ममा जीवनदर्शनका विषय र अहिलेको यो अनिश्चितताका विषय हेर्न चाहन्छन् । त्यससँगै महामारीबीच ७ महिना ठप्प भएको यो मनोरञ्जन क्षेत्र कोभिडपछि चलायमान बनाउन फिल्महरु बन्न रोकिन नहुने बताउँछन् । 'कस्तो फिल्म बन्नुपर्छ बहसको विषय होला । तर फिल्म बन्नु पर्‍यो । त्यसले जीवन्तता बचाइराख्छ । बाँच्यो भने भोलि अर्को फिल्म बनाउन सकिन्छ,' उनले भने, 'फिल्म बन्ने अन्तर नहोस्, फिल्म बनिरहोस् । यो श्रृङ्खला टुटेन भने कस्तो के बनाउने भन्ने त छँदैछ नि !' आफ्नो दक्षताले बनाउन सकिने फिल्म बनाउन कोसिस गर्नुपर्ने रवीन्द्र बताउँछन् । भन्छन्, 'निर्माता पूरै व्यवसायिक हुनु भएन । निर्देशकले पनि कलाको ढ्वाङ बजाउन भएन । दुवैले एक विन्दुमा मिलेर फिल्म बनाउनु पर्‍यो ।' त्यससँगै फिल्म क्षेत्रले अब डिजिटल प्रविधि र प्लेटफर्मलाई पनि आत्मासात गर्न सिक्नुपर्ने महामारीले सिकाएको उनी बताउँछन् । (समाजका 'सफ्टवेयर' भनिने सिनेमा, साहित्य, खेलकुद, कला कस्तो हुनुपर्ला ? के कस्ता नीति र शैली अंगिकार गर्नु आवश्यक छ भन्ने विषयको यो बहस श्रृंखला केही भागमा चल्नेछ ।)
Feature
749
आर्मी शीर्षमा कायमै
इन्गेज इम्पावरिङ लिग ह्विलचियर बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले बुधबार अपराजित यात्रा कायम राखेको छ ।
https://ekantipur.com/sports/2018/06/07/152833702191433525.html
काठमाडौँ — इन्गेज इम्पावरिङ लिग ह्विलचियर बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले बुधबार अपराजित यात्रा कायम राखेको छ ।छाउनीस्थित जगदल गणको कोर्टमा आर्मीले स्पाइनल कर्ड इन्ज्युरी रिह्याबिलिटेसन सेन्टरलाई ५०–६ स्कोरले हरायो । ६ खेलमा १२ अंक जोडेको आर्मी लिगको शीर्षस्थानमा छ ।ह्विलचियर स्पोर्ट्स एसोसिएसनले स्पाइनल कार्ड इन्ज्युरी रिह्याबिलिटेसन सेन्टरलाई १४–८ ले हराए पनि जावलाखेल हिलचियर स्पोर्ट्स क्लबसँग ३१–४ को हार बेहोरेको छ । जावलाखेलले बोधिसत्वलाई पनि ३३–८ ले पराजित गर्‍यो । बोधिसत्वले नेपाल स्पाइनल कर्डलाई २२–६ ले हराउँदा चितवनले नेपालगन्जमाथि ८–२ ले जित पायो । पोखराले चितवनलाई १२–० र नेपालगन्जलाई ३६–२ ले हराए ।
Sports
29,182
सहकारीले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता समस्यामा
यहाँ सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् । सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक दिनमा एक जना ग्राहकलाई पाँच हजार रुपियाँ मात्रै झिक्न मिल्ने बताएपछि बचतकर्ता समस्यामा परेका हुन् । सो सहकारी संस्थाले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप सङ्कलन गरेको छ भने लगानी करिब अढाई करोड रुपियाँ गरेको छ ।
https://gorkhapatraonline.com/news/53217
पुष्कर भण्डारीडडेल्धुरा, माघ २१ गते । यहाँ सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् । सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक दिनमा एक जना ग्राहकलाई पाँच हजार रुपियाँ मात्रै झिक्न मिल्ने बताएपछि बचतकर्ता समस्यामा परेका हुन् । सो सहकारी संस्थाले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप सङ्कलन गरेको छ भने लगानी करिब अढाई करोड रुपियाँ गरेको छ । सो सहकारी संस्थाले बचत र लगानी सुरक्षित रहेको जनाउँदै आए पनि बचतकर्ताको विश्वास भने गुमाउँदै गएको छ । रकम झिक्ने बचतकर्ताको भीड हुन थालेपछि यो सहकारी संस्थालाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । यो सहकारी संस्थाका सदस्य डडेल्धुरामा छ हजार रहेको बताइएको छ ।पाँच वर्षमा दोब्बर दिने भन्दै सहकारीले ग्राहकको रकम बचत गरेको बचतकर्ता पुष्प बोहराले बताउनुभयो । रकम झिक्न जाँदा कर्मचारीले बारम्बार जम्मा गर्दा पाँच लाख रुपियाँ जम्मा भएको र अहिले सहकारीले झिक्न नमिल्ने बताउँदै आएको उहाँले बताउनुभयो । व्यापारीले दैनिक जम्मा गर्ने रकम जम्मा गर्न छोडेका छन् । यो सहकारी संस्थाले डडेल्धुरामा दुईवटा घर खरिद गरेको छ । घर खरिद गरी दुईवटा स्थामा मार्ट बजार सञ्चालन गरेको छ । करिब अढाई करोड रुपियाँ लागतमा घर खरिद गरेको सो संस्थाका डडेल्धुरा व्यवस्थापक डम्बरराज पनेरूले बताउनुभयो । यी भवनमा शिवशिखर अर्गनाइजेसन र शिवशिखर प्रालिका नामबाट व्यापार हुँदै आएको छ । डडेल्धुरामा सङ्कलित निक्षेप तिनै संस्थालाई कर्जा दिएको बताइएको छ । तर, सहकारीले कर्जा प्रवाह गरेको तथ्याङ्क भने छैन ।    
News
39,156
माओवादी पदाधिकारीमा दलित समावेशिता खोइ ?
नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन र त्यसमा समावेशिताको विषयमा यतिबेला बहस भइरहेको छ । कतिपयले माओवादीले पनि आफ्नो पार्टीको केन्द्रीय पदाधिकारीमा दलित प्रतिनिधि समावेश नगर्नु क्रान्तिकारीपनमा भुत्तेपन हुनु हो भनेका छन् भने कतिपयले नराखेर ठीक गर्‍यो, किनकि अब त्यस पार्टीबाट दलितहरू भड्किन्छन् भनी विश्लेषण गरेको पनि सुनिन्छ ।
https://ekantipur.com/opinion/2022/09/14/166312168397777514.html
नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन र त्यसमा समावेशिताको विषयमा यतिबेला बहस भइरहेको छ । कतिपयले माओवादीले पनि आफ्नो पार्टीको केन्द्रीय पदाधिकारीमा दलित प्रतिनिधि समावेश नगर्नु क्रान्तिकारीपनमा भुत्तेपन हुनु हो भनेका छन् भने कतिपयले नराखेर ठीक गर्‍यो, किनकि अब त्यस पार्टीबाट दलितहरू भड्किन्छन् भनी विश्लेषण गरेको पनि सुनिन्छ ।जे भए पनि माओवादीले महाधिवेशन भएको केही महिनापछि दलितविहीन बनाएर पदाधिकारी टुंग्याएको छ । राष्ट्रिय राजनीतिमा माओवादीले दलित समुदायको मुद्दालाई सही ढंगले वस्तुवादी विश्लेषण गर्दै विशेषाधिकारको नीतिद्वारा दलित समुदायलाई उत्साहित, उद्देलित र संगठित गरेकाले पनि धेरै आशा र अपेक्षा राख्नु स्वाभाविक छ । तर, समानुपातिक समावेशिताको मुद्दा स्थापित गरी लागू गर्न महत्त्वपूर्ण भूमिका खेलेको माओवादी यतिबेला किन चुक्यो त ? राजनीतिमा दलित समावेशिताको बहस नेपाली दलित आन्दोलन देशमा राजनीतिक पार्टीको स्थापना हुनुपूर्व नै बागलुङका भगत सर्वजित विश्वकर्माले २००३ सालमै छुवाछूत विरोधी अभियानका रूपमा थालनी गरेका थिए तर त्यसलाई तत्कालीन शासकले दबायो । पञ्चायतकालमा दलितलाई शासकहरूले प्रयोग मात्रै गरे । २०४६ सालको जनआन्दोलनपछि भने बल्ल दलितहरू आफैं सचेत र संगठित हुने क्रम सुरु भयो । दलित समावेशीकरणको मुद्दा नेपाली कांग्रेस र एमालेहरूले पनि उठाउँदै आएका थिए । दसवर्षे जनयुद्धमा सदियौंदेखि उपेक्षित, अपहेलित र बहिष्कृत हुँदै आएका दलित समुदायलाई माओवादीले संगठित गर्दै राजनीतिक चेतना दिएर आशा, अपेक्षा र ऊर्जा थप्दै राजनीतिमा सहभागिता गरायो र गतिशील बनाइदियो । दलित मात्रै नभएर नेपालका सबै उत्पीडित समुदायको समानुपातिक समावेशिताको मुद्दा माओवादीले नै उठाएको हो भन्नेमा दुई मत छैन । तर यस पालिको पदाधिकारी चयनमा यस्तो इतिहास कता हरायो ? दलित नीति र समावेशीकरणको अवस्था राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने तीन ठूला राजनीतिक पार्टीमा दलितसम्बन्धी नीति बुझ्नु पनि उत्तिकै आवश्यक छ । दलितसम्बन्धी नीतिका सवालमा नेकपा (एमाले) ले प्रगतिशील आरक्षणको नीति अवलम्बन गर्दै आएको छ, जसअनुसार, कुल ३४५ सदस्यीय केन्द्रीय कमिटीमा १९ जना दलितको सहभागिता छ, जुन ५.५१ प्रतिशत हुन्छ । नेपाली कांग्रेसले विधानमा सबै तहको कार्यसमितिमा जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था गरेको छ, उसले केन्द्रीय पदाधिकारीमा विभिन्न क्लस्टरबाट आठ जना सह–महामन्त्री हुने र त्यसमा एक जना दलित निर्वाचित हुने प्रावधान विधानमा राखेको छ । हालको १५८ सदस्यीय केन्द्रीय कार्य समितिमा १ जना सहमहामन्त्रीसहित ११ जना दलितको सहभागिता छ, जुन ६.९७ प्रतिशत हुन्छ । नेकपा (माओवादी केन्द्र) ले पनि दलित समुदायलाई विशेषाधिकारको व्यवस्थाद्वारा अधिकारसम्पन्न बनाउने नीति अघि सारेको छ । सबै तहका पार्टी समितिहरूको गठन गर्दा कुल समिति संख्याको ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला प्रतिनिधित्वको व्यवस्था गरेको छ । कुल समानुपातिक सिटको १५ प्रतिशत दलित समुदायलाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ, जसअनुसार, कुल ४५५ सदस्यीय केन्द्रीय समितिमा ४१ दलितको सहभागिता छ, जुन ९.०१ प्रतिशत हुन जान्छ । यी तथ्यांकले दलहरूले सांगठानिक संरचनामा ठोस नीति र विधि बनाएर दलितको सहभागिता सुनिश्चत गर्न इच्छा नदेखाएको देखाउँछ । माओवादी पदाधिकारीमा दलित नहुनाका कारण दलित समुदायको समस्याको समग्र बुझाइका कारण अरू पार्टीभन्दा माओवादी क्रान्तिकारी छ भनेरै दलितहरूको आकर्षण र सहभागिता यसमा धेरै भयो । तर अहिले उसको पदाधिकारीमा दलित किन परेनन् ? माओवादीलाई साँच्चिकै क्रान्तिकारी बनाइराख्ने हो भने यस्ता सैद्धान्तिक र नीतिगत बहसमा चुप लाग्ने होइन अझ घनीभूत बनाउनुपर्छ । पहिलो त, माओवादीको गत महाधिवेशनमा हाउसमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले सामूहिक रूपमा अध्यक्ष प्रचण्ड र स्थायी समितिसँग तीनपटक लिखित डेलिगेसनमार्फत विधानमा उत्पीडित समुदायलाई सबै तहको पदाधिकारीदेखि कमिटीसम्म समावेशी बनाउने गरी नीति र विधि बनाउन तथा दलितसम्बन्धी विशेषाधिकारको नीतिलाई अझ स्पष्ट पार्नका लागि आग्रह गरेको थियो । विडम्बना त्यसलाई वास्ता गरिएन । पदाधिकारीमा दलित, तामाङ, थारूलगायतका समुदाय पर्न सकेनन् । नेपाली कांग्रेसको विधानमै ठोस काम गरियो र उत्पीडित समुदाय समावेश भयो । एमालेमा पनि विधानमा बाध्यकारी व्यवस्था छैन, नेतृत्वलाई मन लाग्यो, अहिले परेको छ भोलि झोंक चल्ला, मन नपर्ला पर्दैन । त्यसकारण समावेशिता, विधि र विधानमै सुनिश्चित हुनुपर्छ । दोस्रो यो माओवादीको क्रान्तिकारितामा भुत्तेपनको संकेत हो । आफैंले उठाएको समानुपातिक समावेशिताको मुद्दा कांग्रेसले लागू गर्ने तर माओवादी अनेक तर्क गरेर पन्छनु क्रान्तिकारीताबाट चिप्लँदै जानुकै उपज हो । तेस्रो, दलित समुदायका, जनयुद्ध र जनसंघर्षबाट स्थापित भएका, गनिएका नेताहरू प्रकाण्ड र आहुति अहिले यो पार्टीमा नहुनु र तिलक परियार प्रदेश प्रमुखको जिम्मेवारीमा हुनुले पनि पदाधिकारी हुन लायकका, योग्यता पुगेका दलित नेता छैनन् भन्ने कुतर्कद्वारा उम्कन खोजिएको छ । चौथौं, माओवादीभित्र नेतृत्वमा विकसित भएका दलित नेताहरूमा आत्मसुरक्षावाद र दास मनोवृत्तिको विकास भई सबैले मिलेर पार्टी नेतृत्वसँग चोटिलो संघर्ष गर्न नसक्नु पनि अर्को महत्त्वपूर्ण कारण हो । पाँचौँ, महाधिवेशनमा उत्पीडित समुदायका प्रतिनिधिहरूका बीचमा समावेशिताको सवाल र बुझाइमा एकरूपता बनाएर विधानमा समावेश गर्नका लागि निर्णायक संघर्ष गर्न नसक्नु पनि अर्को कारण छ । निष्कर्षमाओवादीले दलित समुदायको समग्र विकासका लागि अघि सारेको विशेषाधिकारको नीति सही भए पनि त्यसलाई प्रभावकारी ढंगले लागू गर्नका लागि थप विधिको विकास गर्न आवश्यक छ । पदाधिकारीमा दलित, तामाङ, थारूलगायत उत्पीडित समुदायको प्रतिनिधित्वका लागि विधान संशोधन गरी संविधानमै ठोस गरिएका उत्पीडित समुदायका सात क्लस्टरलाई समावेश गर्ने सुनिश्चित गरिनुपर्छ । यसरी मात्रै समानुपातिक समावेशिताको संवैधानिक अधिकारलाई पनि व्यवहारतः लागू हुनेछ । अन्य पार्टीहरू पनि यो विषयमा गम्भीर हुनु जरुरी छ । रम्तेल संविधानसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता हुन् ।
Opinion
11,510
भेनेजुएला: अमेरिकाद्वारा विपक्षी नेतालाई 'अन्तरिम राष्ट्रपति'को मान्यता
अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्।
https://www.bbc.com/nepali/news-46983009
३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको 'निमित्त नेता' घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन्। तर राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन्। वर्तमान राष्ट्रपति आक्रोशित किन भए? उनले अमेरिकासितको- कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन्। दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन्। वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन्। बीबीसीकी बार्बरा प्लेट अशर भन्छिन्, "अमेरिकी अधिकारीहरूले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेका छन्। सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन गरिसकेका छैनन्।" उनी भन्छिन्, "गुएइदोलाई सुरक्षा फौजको पनि समर्थन मिलिसकेको छैन। भेनेजुएला अब थप अनिश्चिततातर्फ धकिलिने सम्भावना बढेको छ।" हुवान गुएइदो को हुन्? हुवान गुएइदो एक विद्यार्थी नेता थिए। उनले पूर्व राष्ट्रपति ह्युगो चाभेजले निकोलास मडुरोलाई आफ्नो उत्तराधिकारी बनाउँदा पनि चर्को विरोध गरेका थिए। त्यसपछि उनी निरन्तर सरकार विरोधी प्रदर्शनमा सक्रिय भए। नाजुक अर्थतन्त्रले निम्त्याएको दु:ख मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी जस्तै हुन पुगेको छ। चर्को मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्। राष्ट्रपति मडुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका छन्। भेनेजुएलाका सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन्। भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्। भेनेजुएलामा चर्किएका पछिल्ला प्रदर्शनहरूको क्रममा आठ जनाको ज्यान गइसकेको छ।
Others
69,323
ती नेपाली जसले दुईवटै विश्वयुद्ध लडे
पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दु:ख व्यक्त गरेका छन्।
https://www.bbc.com/nepali/news-46184730
आफ्ना सहकर्मीसँग सन् १९३९ मा मनिराज गुरुङ (बीचमा) पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भएका छन्। पहिलो विश्वयुद्धमा ब्रिटेनको पक्षबाट लड्ने क्रममा हजारौँ नेपालीहरूले युद्ध मैदानमा ज्यान गुमाएका थिए। तर पहिलो विश्वयुद्धको शतवार्षिकीको बेला उक्त युद्धमा नेपालीहरूको योगदानको सम्झना नगरिएको भनेर सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका छन्। सम्झना मनिराज गुरुङ प्रथम र द्वितीय विश्वयुद्धमा सहभागी भएका थिए सहकर्मीहरूसँग मनिराज गुरुङ (बीचमा) भारतीय सेनाका पूर्व सुबेदार मेजर कृष्णबहादुर गुरुङले अहिले ब्रिटिश गोर्खाबाट पहिलो र दोस्रो विश्वयुद्ध लडेका आफ्ना बुवा सुबेदार मेजर मनिराज गुरुङको सम्झना गरिरहेका छन्। उनका अनुसार उनका बुवा सम्भवत: सन् १९१०-१९११ तिर ब्रिटिश सेनामा भर्ती भएका थिए। आफ्ना बुवाले सुनाएको संस्मरणबारे ८६ वर्षीय गुरुङले भने, "पहिलो विश्वयुद्धका बेला उहाँ सुएज कनाल क्षेत्रमा खटिनु भएको थियो। त्यहाँको लडाइँमा थुप्रै नेपालीले ज्यान गुमाएका थिए।" अहिले प्रथम विश्वयुद्ध समाप्तिको सम्झना भइरहँदा ब्रिटेन सरकारले लडाइँमा ज्यान गुमाएका गोर्खा सैनिक र उनीहरूका परिवारजनलाई बेवास्ता गरेको भन्दै उनले दुखेसो पोखेका छन्। उनले भने, "मेरा तीन जना (काका) बुवाहरूमध्ये दुईजना लडाइँमै बित्नु भयो। मेरो बुवामात्रै अधिकृत भएर फर्किनु भयो। यस्तो बेला सैनिकका छोराछोरीलाई नसम्झिएकोमा मन दुख्छ।" विश्वयुद्ध लडेका बुवाको सम्झना
Others
70,245
हैदराबादमाथि चेन्नईको सहज जित
आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।
https://ekantipur.com/sports/2024/04/29/easy-win-for-chennai-over-hyderabad-30-59.html
काठमाडौँ — आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।पहिले ब्याटिङ गरेको चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रन बनाए । उनले दस चौका र तीन छक्का प्रहार गरे । चेन्नईले तीन विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । जवाफमा हैदराबाद १८.५ ओभर मात्र टिक्यो र १ सय ३४ रन बनाएर अलआउट भयो । तुशार देसपान्डेले २७ रन खर्चेर चार विकेट लिए र हैदराबादले कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेन ।
Sports
13,795
नेपाली सेनामा चार हजार पाँच सयको जागिर खुल्यो
नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।
https://gorkhapatraonline.com/news/61686
काठमाडौँ, वैशाख ८ गते । नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ । माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ । इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ । उम्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ । 
News
57,000
सबै खेल फाइनलसरह हुनेछन् : कुशल भुर्तेल
नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन् । उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि बताए। 
https://ekantipur.com/sports/2023/10/30/all-matches-will-be-finals-kushal-bhurtel-08-01.html
काठमाडौँ — नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन् । उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि बताए। पहिलो खेलमा सबै खेलाडीले राम्रो उल्लेख गर्दै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राखे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् सुरुवात गरेको छ । नेपालको जितमा कुशलले ४८ बलमा ७४ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अनन्त कृष्णको बलमा आउट भए । तर, लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित गराए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुसी लागेको बताए । उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे । मूलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको पनि उनको भनाइ छगत त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स(यूएई)विरुद्ध ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । लगातार अर्धशतक प्रहार गरेका कुशलले डेढ वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धशतकीय साझेदारी पनि गरेका छन् ।कुशलले आसिफ शेखसँग पछिल्ला २/३ वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कम्युनिकेसन हुने गरेको बताएका छन् । तर, सोमबार आसिफसँग डेढ वर्षपछि अर्धशतकीय साझेदारी गर्न सक्दा निकै खुसी भएको पनि प्रतिक्रिया दिएका छन् । सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते हुन पुगेका थिए । अभ्यासका क्रममा गोलीगाँठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
Sports
15,975
ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड रुपियाँ
ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/68946
गोरखापत्र अनलाइनकाठमाडौं, असार १० गते । ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगत तर्फ चार अर्ब २१ लाख ४६ हजार रकम छुट्याएको छ ।  महानगरले सडक पूर्वाधार, सम्पदा र विपद् व्यवस्थापनलाई बजेट विनियोजनमा प्राथमिकता दिएको छ । बजेटमा हरियालीपार्क निर्माण, एक घर एक उद्यान र  एक घर एक बोट अभियानलाई पनि समावेश गरेको छ ।
News
37,630
सरकारले १ हजार र ५ सयका नोट बजारबाट फिर्ता लिनुपर्छ : सांसद पन्त 
प्रमुख प्रतिपक्षी एमालेका सांसद रघुजी पन्तले नेपालमा १ हजार र ५ सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा डिजिटल बैंकिङ बढिरहेको र कागजी नोट प्रयोगमा कमी आइरहेको बताउँदै उनले एक हजार र पाँच सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने सुझाएका हुन् । 
https://ekantipur.com/news/2024/02/01/government-should-withdraw-rs-1000-and-rs-500-notes-from-the-market-mp-pant-15-17.html
काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका सांसद रघुजी पन्तले नेपालमा १ हजार र ५ सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने बताएका छन् । पछिल्लो समय मुलुकमा डिजिटल बैंकिङ बढिरहेको र कागजी नोट प्रयोगमा कमी आइरहेको बताउँदै उनले एक हजार र पाँच सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने सुझाएका हुन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सांसद पन्तले सुरक्षण मुद्रण विधेयक, २०८० माथि आफूले राखेका संशोधनको पक्षमा तर्क राख्ने क्रममा सरकारले ठूलो दरका नोटहरू फिर्ता लिनुपर्ने बताएका हुन् । '१००० र ५०० को नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ । अहिले कारोबार डिजिटल भइसक्यो । सामान्य कारोबारका लागि २०-५० दरका नोट भए हुन्छ,' उनले भने, 'अमेरिकी डलर १०० भन्दा बढी त छैन चलिरहेको छ संसारमा । डिजिटल इकोनोमिक सर्कुलेसन चलिरहेको छ । तपाईंको हातमा नगद नोटको आवश्यकता नहुन सक्छ ।' पछिल्लो समय हुलाक टिकटलगायतको उपयोगितामा ह्रास आइरहेको र काजगी नोटको पनि अवस्था त्यस्तै हुने पन्तको भनाइ थियो । उनले सुरक्षण मुद्रणका कतिपय सामग्री निजी क्षेत्रलाई पनि दिनका लागि कानुनी प्रावधान राख्नुपर्ने बताए । हुलाक टिकट जनक शिक्षा सामग्री केन्द्रले छापिराखेको र नेपालका बैंकहरूको चेक, विभिन्न सहकारीको चेक, कतिपय सुरक्षण मुद्रणका कागजात नेपालको निजी प्रेस उद्योगले छाप्न लागेको बताउँदै उनले निजी क्षेत्रलाई पनि छपाइका लागि खुकुलो व्यवस्था राख्नुपर्ने बताएका हुन् । सरकारले अर्बौंको लगानी गरेर सुरक्षण मुद्रण स्थापना गर्दा पछि भार हुने हो कि भन्नेतर्फ पनि पन्तले सचेत गराएका छन् । 'पहिल्यै आएको विधेयक हो यो र उहिल्यै ल्याइसक्नुपर्ने थियो कि भन्ने छ । अब यो सेतो हात्ती हुन्छ कि भन्ने डर छ,' उनले भने । कानुन निर्माण गर्दा अहिलेको कागजी नोट उपयोगिताको ह्रासलाई ख्याल राखेर आगामी ५० वर्षको अवस्था ख्याल गर्नुपर्ने पनि पन्तको भनाइ थियो ।
News
5,997
‘काम गरेर प्रदेश सरकारको औचित्य स्थापित गर्नुपर्छ’
सङ्घीयता कार्यान्वयनमा गइसकेपछि थपिएको संरचना भनेको प्रदेश हो । प्रदेशलाई संस्थागत गर्र्न प्रदेश एक्लैले सक्दैन । सङ्घीय सरकारले समयमा नै कानुन निर्माण गरेर र स्थानीय तहले प्रदेशका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सहयोग गरेर मात्र प्रदेशलाई स्थापित गराउन सकिन्छ ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ सिलामे गाउँमा विसं २०२६ मा जन्मिएका बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ राजनीतिकर्मीका साथसाथै विश्लेषक र साहित्यकार पनि हुनुहुन्छ । उहाँका विभिन्न विधामा लेखिएका एक दर्जन पुस्तक प्रकाशित छन् । विसं २०४३ बाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका मन्त्री श्रेष्ठसँग बागमती प्रदेश सरकारले गरेका काम र योजनाका बारेमा गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश:बागमती प्रदेशलाई समृद्ध, विकसित र सुशासनयुक्त बनाउन प्रदेश सरकारले के कस्ता कामहरू गरिरहेको छ ?विकास र समृद्धिलाई बुझ्ने आआफ्नै बुझाइ छन् । प्रदेशका साथै समग्र देशकै विकासको बुझाइमा आआफ्ना अवधारणा, आधारहरू, प्राथमिकता, नीति योजना र कार्यव्रmमहरू छन् । विकास भनेको भौतिक पूर्वाधार निर्माण र समष्टिगत रूपमा आर्थिक सूचकको सुधारलाई विकास भनेर बुझिन्छ र बुझ्नु पर्छ । समृद्धि भनेको प्रचुर भौतिक विकाससँगै न्यायपूर्ण समाजको निर्माण र मानवीय खुसी निर्माण हुँदा नै समृद्धि प्राप्त हुन्छ । विकास र समृद्धिको अवधारणामा चार वटा कुरालाई प्राथमिकता दिनु पर्छ । उत्पादनलाई समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसी हुँदा मात्र समग्र विकास र समृद्धि प्राप्त हुन्छ । अहिले संसारमा जाने, मानेको विकासका मोडेलमा पुँजीवादी विकास, समाजवादी र साम्यवादी विकासका मोडल छन् । अहिले निर्वाचन प्रणालीका कारण सङ्घ र प्रदेश कतै पनि एकल सरकार छैन । गठबन्धन सरकार छ । तीन वटै विकासका मोडललाई अवधारणा मान्ने पार्टीहरू अहिले सरकार र संसद्मा छन् । पूर्व, पश्चिम दक्षिणतर्फ फर्केका पार्टीहरू भएको प्रदेश सरकारले विकास र समृद्धिका क्षेत्रमा जति ‘पिकअप’ लिनुपर्ने हो, त्यो हुन सकेको छैन । सङ्घीय सरकारले संविधानले प्रदान गरेको अधिकार प्रदेश सरकारलाई नै हस्तान्तरण गर्नु पर्छ । स्रोत र साधन, पूर्वाधार र जनशक्तिमा सङ्घीय सरकारले मन फुकाएर प्रदेश सरकारलाई सहयोग गर्नु पर्छ ।प्रदेश सरकार आफैँले पनि कुराभन्दा काममा जुट्नु पर्छ । प्रदेशको आवश्यकता र औचित्यमा कुरा उठिरहेको अवस्थामा हाम्रै कर्मबाट प्रदेश सरकारको औचित्य पुष्टि गर्नु पर्छ । प्रदेश सरकारलाई सुशासन, समृद्धि र विकासमा केन्द्रित गरेर जानु पर्छ । प्रदेश सरकारले आफ्नो औचित्य कुरा मात्र नभई काम गरेर स्थापित गर्न सक्नु पर्छ । कतिपय ऐन कानुनलाई समयानुकूल परिवर्तन गर्ने, अर्को आवश्यकताका आधारमा संविधान अनुसार नयाँ कानुन बनाउने, संशोधन गर्ने र अर्को भनेको निर्माण भइसकेका कानुनलाई कार्यान्वयनमा लैजानु जरुरी छ । मुलुक समृद्ध बनाउनका लागि यहाँसँग के कस्ता अवधारणा छन् ?विकास र समृद्धिको आधारमा हेर्दा विकासको पहिलो आधार भनेको दुई अङ्कको वृद्धिदर दुई दशकसम्म हासिल गर्नैपर्ने हुन्छ । त्यसका लागि राज्य, निजी क्षेत्र र समुदायको लगानीको सन्तुलन मिलाउनु पर्छ । तीन वटै क्षेत्रले कहाँ लगानी गर्ने भन्ने स्पष्ट नीति बनाउनु पर्छ । वैदेशिक लगानी आकर्षण गर्नै पर्छ । केही देशहरूसँग बिप्पा सम्झौता भइसकेको छ र बाँकी देशसँग पनि बिप्पा सम्झौता गर्नु पर्छ । वैदेशिक लगानी नभित्र्याएसम्म शिक्षा, सामाजिक सुरक्षा, स्वास्थ्यका पूर्वाधारमा राज्यले लगानी गर्ने र अन्य क्षेत्रमा निजी र सामुदायिक क्षेत्रले लगानी गर्नु पर्छ । हामीले अन्तरमुखी बाटोबाट विकास र समृद्धि हासिल गर्नु पर्छ । अर्थतन्त्रमा गम्भीर संरचनागत सुधार गर्नु पर्छ । नेपालको अर्थतन्त्रलाई सिटामोल ख्वाएर हुँदैन, चिरफार नै गर्नु पर्छ । वैज्ञानिक भूमिसुधार, वित्तीय सङ्घीयताको कार्यान्वयन, शिक्षामा आमूल परिवर्तन, उद्यमशीलता, नवप्रवर्तनमा आमूल सुधार, बैङ्क तथा वित्तीय रूपमा आमूल सुधार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई र गैरआवासीय नीतिमा हामीले जोड दिनु पर्छ । अन्यथा विकास र समृद्धि त्यत्ति सम्भव देखिँदैन । सिंहदबारदेखि स्थानीय तहसम्म फैलिएका भ्रष्टाचारको क्यान्सरलाई समूल नष्ट गर्नु पर्छ । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली जनलोकपालको रूपमा विकास गर्ने निर्वाचित प्रणालीमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्छ । पूर्ण समानुपातिकभित्र पनि प्रतिस्पर्धा गर्ने, महिलाको प्रतिस्पर्धा महिलासँगै गर्ने र पुरुषको प्रतिस्पर्धा पुरुषसँगै गर्ने, प्रक्रियामुखी कर्मचारीतन्त्रलाई कामकाजी बनाउने, कर्मचारी संयन्त्र परिवर्तन र न्यायालय परिवर्तन गर्नु पर्छ । यहाँको भनाइमा पूर्ण लोकतन्त्र आवश्यक छ भन्न खोज्नुभएको हो ? लोकतन्त्रको विकल्प अरू तन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प अझ बढी समृद्ध लोकतन्त्र नै हो । औपचारिक लोकतन्त्रलाई बदलेर समानुपातिक लोकतन्त्र निर्माण गर्नु पर्छ । साथै सहभागितामूलक प्रत्यक्ष लोकतन्त्र अहिलेको आवश्यकता हो । अन्यथा हामीले सोचेको जस्तो लोकतन्त्र हुन सक्दैन । कार्यकारी प्रमुखले विषयविज्ञलाई मन्त्री बनाउनु पर्छ । संसद्को काम राम्रो कानुन बनाउने हो । अहिले नेपालमा आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँचको आधारमा विकास हुने गरेको छ । यो कुराको अन्त्य गर्नु पर्छ, योजना बैङ्क निर्माण गर्नु पर्छ, योजना बैङ्कले बनाएको योजना कार्यान्वयन गर्नु पर्छ । बागमती प्रदेशले सङ्घीयता लागु भएको कुरालाई कसरी महसुस गरिरहेको छ ?सङ्घीयतामा हामी गएका छौँ । सङ्घीयता भनेको राजनीतिक प्रणाली मात्र होइन, सङ्घीयता आर्थिक विकास र सुशासन र समृद्धिसँग पनि जोडिएको छ । नेपाल बहुजाति, बहुभाषी भएकाले सङ्घीयता चाहिएको हो । विविधता भएको ठाउँमा सङ्घीयता चाहिएको हो । विकास निर्माणको सन्दर्भमा विकास भनेको संरचना जस्तो छ, त्यस्तै हुने हो । व्यक्तिले विकासमा थोरै मात्र परिवर्तन गर्ने हो तर समग्र त विद्यमान संरचनामा नै भर पर्छ । विकास निर्माणमा संरचनात्मक सुधार आवश्यक छ । बागमती प्रदेश सरकारले नौ वटा क्षेत्रलाई विकासको प्राथमिकताका रूपमा छुट्याएको छ । प्रदेशको संस्थागत विकास र सबलीकरण, पूर्वाधार, कृषि, सामाजिक रोजगारी सिर्जना, पर्यटन, सामाजिक न्याय र औद्योगिक विकास, निजी क्षेत्र प्रवर्धन, वातावरण संरक्षण र विपत् व्यवस्थापन गरेर नीति कार्यक्रम र बजेट निर्माण गरेका छौँ ।सङ्घीयताको मर्म अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तह समन्वय र सहकार्यका लागि के कस्ता प्रयत्न भएका छन् ? नेपालको सङ्घीयता पूर्ण स्वायत्त सङ्घीयता होइन र तीनै तहबिच सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता हो । संविधानमा नै व्यवस्था भए अनुसार तीन वटै तहको एकल र साझा अधिकार छन् । साथै संविधानमा सङ्घ र प्रदेशको साझा अधिकार पनि छन् । संविधानमा उल्लिखित एकल र साझा अधिकारका बारेमा के के काम गर्ने भनेर कार्य विस्तृतीकरण गरिएको छ । कार्य विस्तृतीकरण भए पनि तीन वटै तहबिचमा कार्यसम्पादन गर्ने क्रममा समस्या आएका छन् । नेपाल पहिलो पटक सङ्घीयतामा गएकालेयस्तो समस्या आएको हो । तीन वटा तहमा देखिएको समस्यालाई समाधान गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषद् छ । उक्त परिषद्को बैठक गत वैशाखमा बसेको थियो । त्यो बैठकले केही निर्णय गरेको छ । त्यही निर्णय अनुसार केही प्रदेशमा प्रधानमन्त्रीकै निर्देशनमा कार्य विस्तृतीकरणलाई हेरफेर गर्नका लागि आवश्यक सुझाव लिने काम भइरहेको छ । सङ्घीय सरकारले उचित समयमा कानुन बनाउन नसक्दा प्रदेश सरकारलाई काम गर्न केही अप्ठ्यारो परेको कुरा कति सत्य हो ? सङ्घीय सरकारले समयमा नै कानुन निर्माण नगर्दा जटिलता दैनिक रूपमा थपिँदै गएका छन् । जस्तो प्रहरी समायोजन ऐन सङ्घीय संसद्ले पारित गरेको एक वर्षभन्दा धेरै भयो । यो सरकारको न्यूनतम साझा कार्यव्रmममा भदौ मसान्तसम्म प्रहरी समायोजन पूरा गर्ने भन्ने छ तर अहिलेसम्म प्रहरी समायोजनका लागि आवश्यक गृहकार्य भएको पाइँदैन । प्रहरी समायोजन ऐन सङ्घीय संसद्ले बनाए पनि लागु किन गरेको छैन ? जब संविधानमा प्रदेशको शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी प्रदेशको हो भनिएको छ । नेपाल सरकारले प्रहरी समायोजन ऐन बनाइसके पनि किन कार्यान्वयन गर्न सकिएको छैन ? सङ्घीय निजामती सेवा ऐन र शिक्षा ऐन बन्न सकेको छैन । एउटा चाहिँ बनेर पनि कार्यान्वयन गर्न नसकेको र अन्य ऐन बनाउनै नसकिएको अवस्था छ । संविधान कार्यान्वयन गर्न आवश्यक ऐन कानुन बनिसकेको छैन । कतिपय ऐन कानुनलाई समयानुकूल परिवर्तन गर्ने, अर्को आवश्यकताका आधारमा संविधान अनुसार नयाँ कानुन बनाउने, संशोधन गर्ने र अर्को भनेको निर्माण भइसकेका कानुन कार्यान्वयनमा जान जरुरी छ । यो कुरा सङ्घीय सरकारले गम्भीर रूपमा सोच्नु पर्छ ।सङ्घ, प्रदेश र स्थानीय तहबिच के कारणले समन्वय र सहकार्य पर्याप्त रूपमा हुन नसकेको हो ?सङ्घीय सरकारले संविधानले प्रदान गरेको अधिकार प्रदेश सरकारलाई नै हस्तान्तरण गर्नु पर्छ । स्रोत र साधन पूर्वाधार जनशक्ति मन फुकाएर सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग गर्नु पर्छ । सङ्घीय सरकारले केन्द्रीकृत मानसिकतालाई त्याग्नु पर्छ । त्यसका साथै प्रदेश आफैँले प्रदेश चलाउन सक्छ भन्ने सोच्नु पर्छ । प्रदेश सरकारलाई विश्वास गर्नु पर्छ । प्रदेश सरकार आफैँ पनि कुराभन्दा काममा जुट्नु पर्छ । प्रदेशको आवश्यकता र औचित्यमा कुरा उठिरहेको अवस्थामा हाम्रै कर्मबाट प्रदेश सरकारको औचित्य पुष्टि गर्नु पर्छ । प्रदेश सरकारलाई सुशासन, समृद्धि र विकासमा केन्द्रित गरेर जानु पर्छ । प्रदेश सरकारले आफ्नो औचित्य कुरा मात्र नभई काम गरेर स्थापित गर्न सक्नु पर्छ । प्रदेश सरकारसँग भौतिक पूर्वाधारको कमी भएकाले पनि काम गर्न कठिनाइ भएको हो ? सङ्घीयता कार्यान्वयनमा गइसकेपछि थपिएको संरचना भनेको प्रदेश हो । प्रदेशलाई संस्थागत गर्र्न प्रदेश एक्लैले सक्दैन । सङ्घीय सरकारले समयमै कानुन निर्माण गरेर र स्थानीय तहले प्रदेशका नीति, योजना र कार्यव्रmम कार्यान्वयनमा सहयोग गरेर मात्र प्रदेशलाई स्थापित गराउन सकिन्छ । प्रदेश सरकार अलि बलियो हुने वित्तिकै स्थानीय तहले हाम्रो भाग खोस्यो कि जस्तो लाग्ने र सङ्घीय सरकारलाई पनि हाम्रो अधिकार लियो कि जस्तो गर्ने प्रवृत्ति छ तर सङ्घीयताको सफल कार्यान्वयन यो तरिकाले हुनै सक्दैन । सोचमा परिवर्तन हुनु पर्छ । सङ्घीयता लागु गर्न सोही अनुसार नेतृत्व, सोच र शैली चाहिन्छ, यो तीन वटै तहमा त्यस्तो सोच छ । प्रदेश सरकारसँग पर्याप्त जनशक्ति, पूर्वाधार, बजेट छैन प्रदेश सरकारले निर्णय गर्छ, कार्यान्वयन गर्न प्रदेश सरकारका जिल्लामा आफ्नै कार्यालय छैनन् । त्यसो हुँदा योजना अलपत्र भएका छन् । यसले गर्दा प्रदेश सरकारलाई सङ्घ र स्थानीय सरकारको सहयोग आवश्यक पर्छ । राजधानीमा मुख्यमन्त्रीको आवास हस्तान्तरण भएपछि विभिन्न कोणबाट टिप्पणी भएका छन् नि ? राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय चाहिन्छ । सम्पर्क कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्यो यसमा कोकोहोलो गरिरहनु आवश्यक छैन । अहिलेको आवश्यकता भनेको संविधानमा भएको व्यवस्था अनुसार सङ्घीय सरकारले प्रदेश सरकारलाई संरचना हस्तान्तरण गर्नु चाहिँ अहिलेको आवश्यकता हो । काठमाडौँ उपत्यकावासीले बागमती प्रदेश सरकार भएको अनुभूति गर्न नपाएको गुनासोप्रति यहाँको केही भनाइ ? काठमाडौँ उपत्यकावासीले प्रदेश सरकारको अनुभूति गर्न नपाउनु अर्धसत्य हो । हाम्रो प्रदेशको राजधानी हेटौँडा एउटा कुनामा छ । बनेपा वा धुलिखेलमा बागमती प्रदेशको राजधानी भएको भए धेरै समस्याको समाधान हुन्थ्यो तर अहिले राजनीतिक निर्णयसहित हेटाैँडामा सबै संरचना बनिसके । काठमाडौँ उपत्यका सङ्घीय सरकार र सङ्घीय राजधानी पनि हो, तसर्थ यहाँ प्रदेश सरकारको छायामा पर्नु स्वाभाविक हो । उपत्यकामा प्रदेश सरकारले प्रहरी परिचालन गर्न नपाउने भन्ने छ तर त्यो संवैधानिक व्यवस्था छैन । उपत्यकामा नागरिकका लागि प्रदेश सरकारले शान्तिसुरक्षाका लागि महìवपूर्ण पक्ष टुटेको छ । यहाँका नागरिकले भोलि प्रदेश सरकार छ कि छैन भनेर प्रश्न गर्ने दिन आउन सक्छ । उपत्यकामा काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र प्रदेश सरकारकोे भौतिक पूर्वाधार निर्माणमा जति काम हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । प्रदेशले विनियोजित गरेको बजेट कार्यान्वयन गर्ने संरचना छैन । स्थानीयले स्वामित्व लिएर प्रदेशका योजना कार्यान्वयन गर्नु पर्छ त्यसो त स्थानीय तह आफैँले बजेट खर्च गर्न सकेको छैन । कतिपय नीतिगत अस्पष्टता भएका कारण यस्तो समस्या भएको छ । सिन्धुली जिल्लामा राष्ट्रिय राजमार्गका अवस्था कस्ता छन् ? सिन्धुली तीन वटा राष्ट्रिय राजमार्गले जोडिएकोे छ । यसले सिन्धुलीको विकासमा कायापलट गर्र्दै छ । बिपी राजमार्ग, पुष्पलाल तथा मध्यपहाडी र चुरेमार्ग तथा मदनभण्डारी लोकमार्ग छन् । यी तीन वटै राजमार्ग सिन्धुलीबाट पूर्वपश्चिम र उत्तर दक्षिण अर्थात् २८२ किलोमिटर कालोपत्रे सडक छ । राष्ट्रिय गौरवको आयोजनामा सुनकोशी मरिण डाइभर्सन छ । यो डाइभर्सन लक्ष्यभन्दा पहिला नै सम्पन्न हुँदै छ । त्यसले विशुद्ध मधेश प्रदेशलाई सिञ्चित गर्न र विद्युत् उत्पादन हुन्छ । सिन्धुलीको मरिण क्षेत्रमा राम्रोसँग सिँचाइ गर्न सकिन्छ । त्यसका साथै कमला नदी नियन्त्रण र महाभारत पर्यटन मार्गको पनि परिकल्पना गरिएको छ यसका लागि सरोकारवालासँग कुराकानी भएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) लाई जनताको लोकप्रिय पार्टी बनाउने अभियान कसरी सञ्चालन भइरहेका छन् ? साउनदेखि पुससम्म ७७ जिल्ला र ७५३ स्थानीय तहमा छ महिनाको सङ्गठन निर्माण तथा विस्तार अभियान चलेको छ । अहिले प्रदेशस्तरमा सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने कार्य सम्पन्न भएको छ । अहिले नेसपा पालिकास्तरसम्म सङ्गठन विस्तार गर्ने व्रmममा छ । पार्टी सङ्गठन सुदृढ बनाउने अभियान त जहिले पनि जारी रहन्छ । मुलुकको सबैभन्दा लोकप्रिय पार्टी बनाउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना छ । नेसपा र नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्ने अभियान कहाँ पुगेको छ ? हाम्रो पार्टीले पार्टी एकीकरण गर्ने विषयमा सबै विकल्प खुला राखेको छ । कार्यगत एकता गर्ने, संयुक्त मोर्चा बनाउने वा पार्टी नै एकता गरेर जाने गरी विकल्प खुला राखेका छौँ । अहिलेको सन्दर्भमा हाम्रो पार्टीको सबैभन्दा नजिकको भनेको नेकपा (माओवादी केन्द्र)सँग नै पार्टी एकता गर्न सकिने सम्भावना हो । त्यसका लागि माओवादी केन्द्र र नेसपाले वार्ता समिति बनाइसकेका छन् । अहिले दुवै पार्टीका वार्ता समितिले वार्ता पनि गरिसकेको अवस्था छ र नेसपाले विभिन्न सर्त पूरा भएमा पार्टी एकता सम्पन्न गर्न सकिन्छ भनेर पार्टी एकताका लागि लिखित रूपमा प्रव्रिmया अगाडि बढाएको छ । अब माओवादी केन्द्रले सकारात्मक जवाफ दियो भने पार्टी एकता अगाडि बढ्छ । भिडियो: मनोजरत्न शाही र केशव गुरुङ
https://gorkhapatraonline.com/news/77250
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ सिलामे गाउँमा विसं २०२६ मा जन्मिएका बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ राजनीतिकर्मीका साथसाथै विश्लेषक र साहित्यकार पनि हुनुहुन्छ । उहाँका विभिन्न विधामा लेखिएका एक दर्जन पुस्तक प्रकाशित छन् । विसं २०४३ बाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका मन्त्री श्रेष्ठसँग बागमती प्रदेश सरकारले गरेका काम र योजनाका बारेमा गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश:बागमती प्रदेशलाई समृद्ध, विकसित र सुशासनयुक्त बनाउन प्रदेश सरकारले के कस्ता कामहरू गरिरहेको छ ?विकास र समृद्धिलाई बुझ्ने आआफ्नै बुझाइ छन् । प्रदेशका साथै समग्र देशकै विकासको बुझाइमा आआफ्ना अवधारणा, आधारहरू, प्राथमिकता, नीति योजना र कार्यव्रmमहरू छन् । विकास भनेको भौतिक पूर्वाधार निर्माण र समष्टिगत रूपमा आर्थिक सूचकको सुधारलाई विकास भनेर बुझिन्छ र बुझ्नु पर्छ । समृद्धि भनेको प्रचुर भौतिक विकाससँगै न्यायपूर्ण समाजको निर्माण र मानवीय खुसी निर्माण हुँदा नै समृद्धि प्राप्त हुन्छ । विकास र समृद्धिको अवधारणामा चार वटा कुरालाई प्राथमिकता दिनु पर्छ । उत्पादनलाई समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसी हुँदा मात्र समग्र विकास र समृद्धि प्राप्त हुन्छ । अहिले संसारमा जाने, मानेको विकासका मोडेलमा पुँजीवादी विकास, समाजवादी र साम्यवादी विकासका मोडल छन् । अहिले निर्वाचन प्रणालीका कारण सङ्घ र प्रदेश कतै पनि एकल सरकार छैन । गठबन्धन सरकार छ । तीन वटै विकासका मोडललाई अवधारणा मान्ने पार्टीहरू अहिले सरकार र संसद्मा छन् । पूर्व, पश्चिम दक्षिणतर्फ फर्केका पार्टीहरू भएको प्रदेश सरकारले विकास र समृद्धिका क्षेत्रमा जति  ‘पिकअप’ लिनुपर्ने हो, त्यो हुन सकेको छैन । मुलुक समृद्ध बनाउनका लागि यहाँसँग के कस्ता अवधारणा छन् ?विकास र समृद्धिको आधारमा हेर्दा विकासको पहिलो आधार भनेको दुई अङ्कको वृद्धिदर दुई दशकसम्म हासिल गर्नैपर्ने हुन्छ । त्यसका लागि राज्य, निजी क्षेत्र र समुदायको लगानीको सन्तुलन मिलाउनु पर्छ । तीन वटै क्षेत्रले कहाँ लगानी गर्ने भन्ने स्पष्ट नीति बनाउनु पर्छ । वैदेशिक लगानी आकर्षण गर्नै पर्छ । केही देशहरूसँग बिप्पा सम्झौता भइसकेको छ र बाँकी देशसँग पनि बिप्पा सम्झौता गर्नु पर्छ । वैदेशिक लगानी नभित्र्याएसम्म  शिक्षा, सामाजिक सुरक्षा, स्वास्थ्यका पूर्वाधारमा राज्यले लगानी गर्ने र अन्य क्षेत्रमा निजी र सामुदायिक क्षेत्रले लगानी गर्नु पर्छ । हामीले अन्तरमुखी बाटोबाट विकास र समृद्धि हासिल गर्नु पर्छ । अर्थतन्त्रमा गम्भीर संरचनागत सुधार गर्नु पर्छ । नेपालको अर्थतन्त्रलाई सिटामोल ख्वाएर हुँदैन, चिरफार नै गर्नु पर्छ । वैज्ञानिक भूमिसुधार, वित्तीय सङ्घीयताको कार्यान्वयन, शिक्षामा आमूल परिवर्तन, उद्यमशीलता, नवप्रवर्तनमा आमूल सुधार, बैङ्क तथा वित्तीय रूपमा आमूल सुधार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई र गैरआवासीय नीतिमा हामीले जोड दिनु पर्छ । अन्यथा विकास र समृद्धि त्यत्ति सम्भव देखिँदैन । सिंहदबारदेखि स्थानीय तहसम्म फैलिएका भ्रष्टाचारको क्यान्सरलाई समूल नष्ट गर्नु पर्छ । अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली जनलोकपालको रूपमा विकास गर्ने निर्वाचित प्रणालीमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्छ । पूर्ण समानुपातिकभित्र पनि प्रतिस्पर्धा गर्ने, महिलाको प्रतिस्पर्धा महिलासँगै गर्ने र पुरुषको प्रतिस्पर्धा पुरुषसँगै गर्ने, प्रक्रियामुखी कर्मचारीतन्त्रलाई कामकाजी बनाउने, कर्मचारी संयन्त्र परिवर्तन र न्यायालय परिवर्तन गर्नु पर्छ । यहाँको भनाइमा पूर्ण लोकतन्त्र आवश्यक छ भन्न खोज्नुभएको हो ? लोकतन्त्रको विकल्प अरू तन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प अझ बढी समृद्ध लोकतन्त्र नै हो । औपचारिक लोकतन्त्रलाई बदलेर समानुपातिक लोकतन्त्र निर्माण गर्नु पर्छ । साथै सहभागितामूलक प्रत्यक्ष लोकतन्त्र अहिलेको आवश्यकता हो । अन्यथा हामीले सोचेको जस्तो लोकतन्त्र हुन सक्दैन । कार्यकारी प्रमुखले विषयविज्ञलाई मन्त्री बनाउनु पर्छ । संसद्को काम राम्रो कानुन बनाउने हो । अहिले नेपालमा आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँचको आधारमा विकास हुने गरेको छ । यो कुराको अन्त्य गर्नु पर्छ, योजना बैङ्क निर्माण गर्नु पर्छ, योजना बैङ्कले बनाएको योजना कार्यान्वयन गर्नु पर्छ । बागमती प्रदेशले सङ्घीयता लागु भएको कुरालाई कसरी महसुस गरिरहेको छ ?सङ्घीयतामा हामी गएका छौँ । सङ्घीयता भनेको राजनीतिक प्रणाली मात्र होइन, सङ्घीयता आर्थिक विकास र सुशासन र समृद्धिसँग पनि जोडिएको छ । नेपाल बहुजाति, बहुभाषी भएकाले सङ्घीयता चाहिएको हो । विविधता भएको ठाउँमा सङ्घीयता चाहिएको हो । विकास निर्माणको सन्दर्भमा विकास भनेको संरचना जस्तो छ, त्यस्तै हुने हो । व्यक्तिले विकासमा थोरै मात्र परिवर्तन गर्ने हो तर समग्र त विद्यमान संरचनामा नै भर पर्छ । विकास निर्माणमा संरचनात्मक सुधार आवश्यक छ । बागमती प्रदेश सरकारले नौ वटा क्षेत्रलाई विकासको प्राथमिकताका रूपमा छुट्याएको छ । प्रदेशको संस्थागत विकास र सबलीकरण, पूर्वाधार, कृषि, सामाजिक रोजगारी सिर्जना, पर्यटन, सामाजिक न्याय र औद्योगिक विकास, निजी क्षेत्र प्रवर्धन, वातावरण संरक्षण र विपत् व्यवस्थापन गरेर नीति कार्यक्रम र बजेट निर्माण गरेका छौँ ।सङ्घीयताको मर्म अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तह समन्वय र सहकार्यका लागि के कस्ता प्रयत्न भएका छन् ? नेपालको सङ्घीयता पूर्ण स्वायत्त सङ्घीयता होइन र तीनै तहबिच सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता हो । संविधानमा नै व्यवस्था भए अनुसार तीन वटै तहको एकल र साझा अधिकार छन् । साथै संविधानमा सङ्घ र प्रदेशको साझा अधिकार पनि छन् । संविधानमा उल्लिखित एकल र साझा अधिकारका बारेमा के के काम गर्ने भनेर कार्य विस्तृतीकरण गरिएको छ । कार्य विस्तृतीकरण भए पनि तीन वटै तहबिचमा कार्यसम्पादन गर्ने क्रममा समस्या आएका छन् । नेपाल पहिलो पटक सङ्घीयतामा गएकालेयस्तो समस्या आएको हो । तीन वटा तहमा देखिएको समस्यालाई समाधान गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषद् छ । उक्त परिषद्को बैठक गत वैशाखमा बसेको थियो । त्यो बैठकले केही निर्णय गरेको छ । त्यही निर्णय अनुसार केही प्रदेशमा प्रधानमन्त्रीकै निर्देशनमा कार्य विस्तृतीकरणलाई हेरफेर गर्नका लागि आवश्यक सुझाव लिने काम भइरहेको छ । सङ्घीय सरकारले उचित समयमा कानुन बनाउन नसक्दा प्रदेश सरकारलाई काम गर्न केही अप्ठ्यारो परेको कुरा कति सत्य हो ? सङ्घीय सरकारले समयमा नै कानुन निर्माण नगर्दा जटिलता दैनिक रूपमा थपिँदै गएका छन् । जस्तो प्रहरी समायोजन ऐन सङ्घीय संसद्ले पारित गरेको एक वर्षभन्दा धेरै भयो । यो सरकारको न्यूनतम साझा कार्यव्रmममा भदौ मसान्तसम्म प्रहरी समायोजन पूरा गर्ने भन्ने छ तर अहिलेसम्म प्रहरी समायोजनका लागि आवश्यक गृहकार्य भएको पाइँदैन । प्रहरी समायोजन ऐन सङ्घीय संसद्ले बनाए पनि लागु किन गरेको छैन ? जब संविधानमा प्रदेशको शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी प्रदेशको हो भनिएको छ । नेपाल सरकारले प्रहरी समायोजन ऐन बनाइसके पनि किन कार्यान्वयन गर्न सकिएको छैन ? सङ्घीय निजामती सेवा ऐन र शिक्षा ऐन बन्न सकेको छैन । एउटा चाहिँ बनेर पनि कार्यान्वयन गर्न नसकेको र अन्य ऐन बनाउनै नसकिएको अवस्था छ । संविधान कार्यान्वयन गर्न आवश्यक ऐन कानुन बनिसकेको छैन । कतिपय ऐन कानुनलाई समयानुकूल परिवर्तन गर्ने, अर्को आवश्यकताका आधारमा संविधान अनुसार नयाँ कानुन बनाउने, संशोधन गर्ने र अर्को भनेको निर्माण भइसकेका कानुन कार्यान्वयनमा जान जरुरी छ । यो कुरा सङ्घीय सरकारले गम्भीर रूपमा सोच्नु पर्छ ।सङ्घ, प्रदेश र स्थानीय तहबिच के कारणले समन्वय र सहकार्य पर्याप्त रूपमा हुन नसकेको हो ?सङ्घीय सरकारले संविधानले प्रदान गरेको अधिकार प्रदेश सरकारलाई नै हस्तान्तरण गर्नु पर्छ । स्रोत र साधन पूर्वाधार जनशक्ति मन फुकाएर सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग गर्नु पर्छ । सङ्घीय सरकारले केन्द्रीकृत मानसिकतालाई त्याग्नु पर्छ । त्यसका साथै प्रदेश आफैँले प्रदेश चलाउन सक्छ भन्ने सोच्नु पर्छ । प्रदेश सरकारलाई विश्वास गर्नु पर्छ । प्रदेश सरकार आफैँ पनि कुराभन्दा काममा जुट्नु पर्छ । प्रदेशको आवश्यकता र औचित्यमा कुरा उठिरहेको अवस्थामा हाम्रै कर्मबाट प्रदेश सरकारको औचित्य पुष्टि गर्नु पर्छ । प्रदेश सरकारलाई सुशासन, समृद्धि र विकासमा केन्द्रित गरेर जानु पर्छ । प्रदेश सरकारले आफ्नो औचित्य कुरा  मात्र नभई काम गरेर स्थापित गर्न सक्नु पर्छ । प्रदेश सरकारसँग भौतिक पूर्वाधारको कमी भएकाले पनि काम गर्न कठिनाइ भएको हो ? सङ्घीयता कार्यान्वयनमा गइसकेपछि थपिएको संरचना भनेको प्रदेश हो । प्रदेशलाई संस्थागत गर्र्न प्रदेश एक्लैले सक्दैन । सङ्घीय सरकारले समयमै कानुन निर्माण गरेर र स्थानीय तहले प्रदेशका नीति, योजना र कार्यव्रmम कार्यान्वयनमा सहयोग गरेर मात्र प्रदेशलाई स्थापित गराउन सकिन्छ । प्रदेश सरकार अलि बलियो हुने वित्तिकै स्थानीय तहले हाम्रो भाग खोस्यो कि जस्तो लाग्ने र सङ्घीय सरकारलाई पनि हाम्रो अधिकार लियो कि जस्तो गर्ने प्रवृत्ति छ तर सङ्घीयताको सफल कार्यान्वयन यो तरिकाले हुनै सक्दैन । सोचमा परिवर्तन हुनु पर्छ । सङ्घीयता लागु गर्न सोही अनुसार नेतृत्व, सोच र शैली चाहिन्छ, यो तीन वटै तहमा त्यस्तो सोच छ । प्रदेश सरकारसँग पर्याप्त जनशक्ति, पूर्वाधार, बजेट छैन प्रदेश सरकारले निर्णय गर्छ, कार्यान्वयन गर्न प्रदेश सरकारका जिल्लामा आफ्नै कार्यालय छैनन् । त्यसो हुँदा योजना अलपत्र भएका छन् । यसले गर्दा प्रदेश सरकारलाई सङ्घ र स्थानीय सरकारको सहयोग आवश्यक पर्छ । राजधानीमा मुख्यमन्त्रीको आवास हस्तान्तरण भएपछि विभिन्न कोणबाट टिप्पणी भएका छन् नि ? राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय चाहिन्छ । सम्पर्क कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्यो यसमा कोकोहोलो गरिरहनु आवश्यक छैन । अहिलेको आवश्यकता भनेको संविधानमा भएको व्यवस्था अनुसार सङ्घीय सरकारले प्रदेश सरकारलाई संरचना हस्तान्तरण गर्नु चाहिँ अहिलेको आवश्यकता हो । काठमाडौँ उपत्यकावासीले बागमती प्रदेश सरकार भएको अनुभूति गर्न नपाएको गुनासोप्रति यहाँको केही भनाइ ? काठमाडौँ उपत्यकावासीले प्रदेश सरकारको अनुभूति गर्न नपाउनु अर्धसत्य हो । हाम्रो प्रदेशको राजधानी हेटौँडा एउटा कुनामा छ । बनेपा वा धुलिखेलमा बागमती प्रदेशको राजधानी भएको भए धेरै समस्याको समाधान हुन्थ्यो तर अहिले राजनीतिक निर्णयसहित हेटाैँडामा सबै संरचना बनिसके । काठमाडौँ उपत्यका सङ्घीय सरकार र सङ्घीय राजधानी पनि हो, तसर्थ यहाँ प्रदेश सरकारको छायामा पर्नु स्वाभाविक हो । उपत्यकामा प्रदेश सरकारले प्रहरी परिचालन गर्न नपाउने भन्ने छ तर त्यो संवैधानिक व्यवस्था छैन । उपत्यकामा नागरिकका लागि प्रदेश सरकारले शान्तिसुरक्षाका लागि महìवपूर्ण पक्ष टुटेको छ । यहाँका नागरिकले भोलि प्रदेश सरकार छ कि छैन भनेर प्रश्न गर्ने दिन आउन सक्छ । उपत्यकामा काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र प्रदेश सरकारकोे भौतिक पूर्वाधार निर्माणमा जति काम हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । प्रदेशले विनियोजित गरेको बजेट कार्यान्वयन गर्ने संरचना छैन । स्थानीयले स्वामित्व लिएर प्रदेशका योजना कार्यान्वयन गर्नु पर्छ त्यसो त स्थानीय तह आफैँले बजेट खर्च गर्न सकेको छैन । कतिपय नीतिगत अस्पष्टता भएका कारण यस्तो समस्या भएको छ । सिन्धुली जिल्लामा राष्ट्रिय राजमार्गका अवस्था कस्ता छन् ? सिन्धुली तीन वटा राष्ट्रिय राजमार्गले जोडिएकोे छ । यसले सिन्धुलीको विकासमा कायापलट गर्र्दै छ । बिपी राजमार्ग, पुष्पलाल तथा मध्यपहाडी र चुरेमार्ग तथा मदनभण्डारी लोकमार्ग छन् । यी तीन वटै राजमार्ग सिन्धुलीबाट पूर्वपश्चिम र उत्तर दक्षिण अर्थात् २८२ किलोमिटर कालोपत्रे सडक छ । राष्ट्रिय गौरवको आयोजनामा सुनकोशी मरिण डाइभर्सन छ । यो डाइभर्सन लक्ष्यभन्दा पहिला नै सम्पन्न हुँदै छ । त्यसले विशुद्ध मधेश प्रदेशलाई सिञ्चित गर्न र विद्युत् उत्पादन हुन्छ । सिन्धुलीको मरिण क्षेत्रमा राम्रोसँग सिँचाइ गर्न सकिन्छ । त्यसका साथै कमला नदी नियन्त्रण र महाभारत पर्यटन मार्गको पनि परिकल्पना गरिएको छ यसका लागि सरोकारवालासँग कुराकानी भएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) लाई जनताको लोकप्रिय पार्टी बनाउने अभियान कसरी सञ्चालन भइरहेका छन् ? साउनदेखि पुससम्म ७७ जिल्ला र ७५३ स्थानीय तहमा छ महिनाको सङ्गठन निर्माण तथा विस्तार अभियान चलेको छ । अहिले प्रदेशस्तरमा सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने कार्य सम्पन्न भएको छ । अहिले नेसपा पालिकास्तरसम्म सङ्गठन विस्तार गर्ने व्रmममा छ । पार्टी सङ्गठन सुदृढ बनाउने अभियान त जहिले पनि जारी रहन्छ । मुलुकको सबैभन्दा लोकप्रिय पार्टी बनाउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना छ । नेसपा र नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्ने अभियान कहाँ पुगेको छ ? हाम्रो पार्टीले पार्टी एकीकरण गर्ने विषयमा सबै विकल्प खुला राखेको छ । कार्यगत एकता गर्ने, संयुक्त मोर्चा बनाउने वा पार्टी नै एकता गरेर जाने गरी विकल्प खुला राखेका छौँ । अहिलेको सन्दर्भमा हाम्रो पार्टीको सबैभन्दा नजिकको भनेको नेकपा (माओवादी केन्द्र)सँग नै पार्टी एकता गर्न सकिने सम्भावना हो । त्यसका लागि माओवादी केन्द्र र नेसपाले वार्ता समिति बनाइसकेका छन् । अहिले दुवै पार्टीका वार्ता समितिले वार्ता पनि गरिसकेको अवस्था छ र नेसपाले विभिन्न सर्त पूरा भएमा पार्टी एकता सम्पन्न गर्न सकिन्छ भनेर पार्टी एकताका लागि लिखित रूपमा प्रव्रिmया अगाडि बढाएको छ । अब माओवादी केन्द्रले सकारात्मक जवाफ दियो भने पार्टी एकता अगाडि बढ्छ । भिडियो: मनोजरत्न शाही र केशव गुरुङ
News
53,970
धनुषा २ मा कांग्रेसका यादव र ३ मा एमालेका महतो विजयी
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
https://gorkhapatraonline.com/news/45947
धर्बेन्द्र झाधनुषा, मङ्सिर ९ गते । प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले) का उम्मेदवार जुली कुमारी महतो सत्ता गठबन्धनदलको तर्फबाट उम्मेदवार बन्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाभन्दा नौ हजार ७०२ मत बढी ल्याएर विजयी हुनुभएको हो ।महतोले ३३ हजार ३८८ मत प्राप्त गर्नु भएको छ भने झाले २३ हजार ६८६ मत प्राप्त गर्नु भएको छ ।यसैगरी, धनुषा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव एमालेका उम्मेदवार उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ ।यादवले २० हजार ११२ मत प्राप्त गर्नुभएको छ भने अरगरियाले १९ हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नं.२ मा यी तिनै उम्मेदवारबीच सुरुवाती देखिनै कडा प्रतिस्पर्धा देखिए पनि कांग्रेसका उम्मेदवार यादवले विजयी हुनुभएको हो ।
News
60,194
क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/51047
काभ्रेपलाञ्चोक, पुस ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।काभ्रेपलान्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभयो ।“समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उहाँले भन्नुभयो ।आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उहाँको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रकृतिलाई अझ सिँगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ ।” राससराष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवर्द्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताउनुभयो । धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उहाँले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेक तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताउनुभयो ।“प्राचीन सभ्यता र सनातन भूमिका रूपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देशविदेशमा निकै चर्चित बनेको छ, त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ”, उहाँले भन्नुभयो । कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैँ बनाऊ’ भन्ने समुदायलाई राज्यले ‘होस्टेमा हैँसे’ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धि, प्रकृति र इतिहासलाई समेट्दै गरिने पर्यटकीय विकास चानचुने विषय हैन, राष्ट्रिय पदमार्गअन्तर्गत टनचोक–धुलिखेल–तेमाल–महाभारत बुद्धसर्किट पनि योजनामै छ ।”
News
59,096
अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/68344
काठमाडौं, असार ५ गते । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रियसम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री साउथले सो निर्देशन दिएको बताउनुभएको हो । मन्त्री साउदले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताउनुभयो । उहाँले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको जानकारी दिनुभयो ।‘‘नेपाल सरकारले भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउनुहुन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको कुरा समितिलाई स्पष्ट जानकारी गराउन चाहन्छु । दुई देशको संवेदनशील विषयमा एउटा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिइ बोल्नु परिपक्व हुँदैन ।,’’ मन्त्री साउदले भन्नुभयो, ‘‘भारतस्थित नेपाली राजदूतावासले स्पष्ट रुपमा त्यसका बारेमा सरकारले रिपोर्ट नगरी सक्दै भारतका विभिन्न स्थानमा राखिएका नक्शाको बारेमा स्पष्ट नगरी हामीले हतारमा सरकारको तहबाट प्रतिक्रिया दिन दूतावासबाट जानकारी हुनुपर्छ । भारत सरकारले त्यो नक्सा नभएर चित्र यो प्रयोजनका लागि राखिएको हो भनेर पछि मात्रै बोल्न मिल्ने भनेर आफूले बोलेको हुँ ।’’मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पार्नुभयो । उहाँले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताउनुभयो । उहाँले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारीक जानकारी नआई बोल्न नमिल्ने भएकाले जानकारीमा नभएको बताएको स्पष्ट पार्नुभयो । मन्त्री साउदले दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताउनुभयो । मन्त्री साउदले सरकार नेपालको नक्साको बारेमा स्पष्ट रहेको बताउनु भयो। उहाँले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताउनुभयो । उहाँले नक्साका विषयमा सधैँ विवाद बनाइराख्नु उचित नहुने पनि बताउनुभयो । मन्त्री साउदले इपिजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताउनुभयो ।  ‘‘सरकार नेपालको नक्सा बारे स्पष्ट छ । नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा नै दोस्रो पटक संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारीमा छ । हामीले सधैँ विवाद बनाइराख्नु र नेपालको अधिकारी मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन ।,’’ मन्त्री साउदले भन्नुभयो, ‘‘संविधान संशोधन गरेर संसदले पास गरेको छ । संविधानको अनुसूचि ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएकाले सरकार र जनताको प्रतिबद्धता स्पष्ट छ ।  नवनिर्मित भारतीय संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा म्युरलमा समराट अशोकको समयमा सामराज्यको फैलावट जनाइको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु ।’’ मन्त्री साउदले इपिजीको प्रतिवेदन नेपाल सरकारले अधिकारीक रुपमा बुझेर अध्ययन नगरेको बताउनुभयो । उहाँले चिया पसलमा इपिजीको सदस्यले त्यो प्रतिवेदनमा यो समावेश गरिएको छ भन्ने कुरा अलग भएको जानकारी दिनुभयो । उहाँले नेपाल सरकार इपिजीको प्रतिवेदन बुझ्न तयार रहेको भन्दै अर्को देशलाई प्रतिवेदन तत्काल बुझ्नु भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।
News
55,553
क्षेत्रपाल माविलाई उत्कृष्ट बनाउने प्रतिबद्धता
नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको विद्यालयले माध्यमिक तहको अध्यापनका लागि स्वीकृत प्राप्त गरेको ५० वर्ष पूरा भएको छ ।
https://gorkhapatraonline.com/news/94193
चौघडा (नुवाकोट), माघ ११ गते । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको विद्यालयले माध्यमिक तहको अध्यापनका लागि स्वीकृत प्राप्त गरेको ५० वर्ष पूरा भएको छ । जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित क्षेत्रपाल माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेला तथा पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ । लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको र यसलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीेले आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट र नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।    क्षेत्रपाल माविमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि क्षेत्रपाल मावि उत्कृष्ट बन्दै आएको छ ।
News
41,891
प्रेरणा अल इन्डिया च्याम्पियन
नेपाली टेनिस खेलाडी प्रेरणा कोइरालाले अखिल भारत टेनिस संघद्वारा आयोजित यू–१८ च्याम्पियन टेनिस सिरिजमा महिला सिंगल्सको उपाधि जितेकी छन् ।
https://ekantipur.com/sports/2021/10/24/163503943560539088.html
काठमाडौँ — नेपाली टेनिस खेलाडी प्रेरणा कोइरालाले अखिल भारत टेनिस संघद्वारा आयोजित यू–१८ च्याम्पियन टेनिस सिरिजमा महिला सिंगल्सको उपाधि जितेकी छन् ।भारतमा आयोजित उमेर समूहको प्रतियोगिता जित्ने प्रेरणा पहिलो नेपाली खेलाडीसमेत बनेकी छन् । उनले छनोट खेल जितेर मुख्य प्रतियोगितामा प्रवेश पाएकी थिइन् । ‘यू–१४ तर्फको प्रतियोगिता खेले पनि त्यसयता भारतमा कुनै पनि प्रतियोगिता नखेलेका कारण भारतीय टेनिस संघको मापदण्डमा पर्न छनोट खेल खेल्नैपर्ने थियो,’ प्रेरणाका बुबा पुरुषोत्तम कोइरालाले कान्तिपुरसँग भने, ‘छनोट चरण पार गरेर मुख्य प्रतियोगिताको उपाधि नै जितेपछि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उनलाई उत्साह बढाएको छ ।’१७ वर्षीया प्रेरणाले शुक्रबार सम्पन्न फाइनलमा यो उमेर समूहमा भारतकी नम्बर एक खेलाडी कौशिला मोदीविरुद्ध २–१ को सेटमा पुनरागमन जित निकालेकी हुन् । पहिलो सेट टाइब्रेकमा गुमाएकी उनले त्यसपछि लगातार दुई सेट ६–३, ६–३ ले जितेर इतिहास रचिन् । उपाधि जित्दासम्म उनले लगातार ७ खेल जितेकी हुन् । सन् २०२० को फेब्रुअरीमा यू–१८ जे–५ प्रतियोगितामा नेपालकै अभिलाशा विष्टलाई हराएर उपाधि जितेकी प्रेरणा त्यसको एक वर्षपछि आयोजित सोही प्रतियोगितामा पहिलो खेलमै पराजित भएकी थिइन् । सोही उमेर समूहमा जे–४ तर्फ पनि उनको प्रदर्शन सन्तोषजनक थिएन ।प्रेरणाले दुई वर्षअघि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका साथ तीन कांस्य पदक जितेकी थिइन् । उनले महिला सिंगल्स, टिम र डबल्समा कांस्य जितेकी हुन् ।
Sports
22,032
अदुवा निकासीका लागि 'कूटनीतिक पहल'
झण्डै एक सातादेखि भारत निर्यातमा रोक लगाइएको नेपाली अदुवाको निकासीको व्यवस्था मिलाउन कूटनीतिक पहल शुरु गरिएको र केही दिनमै पुनः निकासी शुरु हुने वाणिज्य मन्त्रीले बताएका छन्।
https://www.bbc.com/nepali/news-42791970
एक वर्षभित्र नेपाली अदुवा निर्यातमा देखिएको यो तेस्रो पटकको अवरोध हो हाल निकासीको काम अगाडि बढाइने तर दीर्घकालीन समाधानका लागि दुई देशबीच आगामी महिना हुने बैठकमा प्रयास गरिने उनको भनाइ छ। एक सातासम्म भारतीय सीमामा रोकिएका अदुवा बोकिरहेका ट्रकहरु मंगलवार फेरि गोदाममा फर्काइएको व्यवसायीहरुले जनाएका छन्। एक वर्षभित्र नेपाली अदुवा निर्यातमा देखिएको यो तेस्रो पटकको अवरोध हो। शुरुवातमा भारतमा लगाइएको वस्तु तथा सेवा करका कारण र त्यसपछि नेपाली अदुवामा रासायनिक विषादि पाइएको विषयले केही दिन निर्यात रोकिएको थियो। यस पटक भने खरिदकर्ताले भारतीय मन्त्रालयबाट निर्यात कोटा तोकेर ल्याएमात्रै नेपाली अदुवा भारत लैजान दिने भन्दै रोक लगाइएको नेपाली व्यवसायीहरुको भनाइ छ। जसलाई सहज बनाउन पहल गरिरहेको वाणिज्य मन्त्रालयले केही दिनमै अदुवाको भारत निकासी पुनः शुरु हुने जनाएको छ। 'कुराकानी' वाणिज्यमन्त्री मीन विश्वकर्माले भने, "भारत सरकारसँग दूतावास र मन्त्रालय तहमा इमेल र टेलिफोनमार्फत् कुरा भइरहेको छ। उहाँहरु सहजीकरण गर्छौं भनी रहनुभएको छ। हामीले छिटो गर्नुहोस् भनिरहेका छौं। यो केही दिनमै खुल्छ।" हाल निकालिने निकास अल्पकालीन हुने र त्यसको दिगो समाधान आगामी महिना पोखरामा हुने दुई पक्षीय छलफलबाट प्रयास गरिने मन्त्री विश्वकर्माले बताए। उनले भने, "फेब्रुअरी महिनामा पोखरामा दुई देशको बीचमा व्यापारसम्बन्धी छलफल हुँदैछ। त्यसमा व्यापक ढंगले कुरा उठाएर दीर्घकालिन समाधान खोज्छौं। " भारत पठाउनका लागि पूर्वी नाकामा रहेका अदुवा बोकिरहेका ट्रकहरु एक सातासम्म पनि निकासी नभएपछि गोदाममा फर्काइएको व्यवसायीहरुले बताएका छन्। नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भने, "अहिले भारत पठाउन लागेको १ सय ५० ट्रक छन्। किसानसँग भएको अदुवा अहिले ननिकाल्न भनेका छौं। पूर्वी क्षेत्रकै मात्र लगभग २५ सय ट्रक जति बाँकी नै छ।" नेपालमा २४ हजार हेक्टर जमिनमा अदुवा खेती हुँदै आएको बताइन्छ। देशमा उत्पादन भएको अदुवामध्ये ९५ प्रतिशत भारतमा निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ। वर्षेनी साढे चारलाख मेट्रिक टन नेपाली अदुवा भारतमा निर्यात हुने गरेको तथ्यांकले देखाउँछ।
Others
70,204
ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
https://gorkhapatraonline.com/news/24352
शेरबहादुर राईओखलढुङ्गा, भदौ २३ गते । नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो । एमाले जिल्ला कमिटीको बुधबार बसेको बैठकले उम्मेदवारको नाम छनौट गरी सिफारिस गरेको एमाले जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताउनुभयो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको सचिव न्यौपानेले बताउनुभयो । अम्बिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारको प्रतिनिधि सभा उम्मेदवारका लागि नाम सिफारिस गरेको उहाँको भनाइ छ ।सुनुवार हाल सङ्घीय सांसद र गुरुङ प्रदेश सांसद हुनुहुन्छ । प्रतिनिधिसभा समानुपातिकतर्फ महिला खुलाबाट शकुन्तला राजभण्डारी, जनजाति महिला चम्पा राई र दलितबाट ओम दयालको नाम सिफारिस भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फ मोहनकुमार श्रेष्ठ, शङ्कर कटवाल र हर्कबोल राईको नाम सिफारिस गरिएको सो दलले जनाएको छ । प्रदेश सभा समानुपातिकतर्फ दलित बाट बलबहादुर परियार, अल्पसङ्ख्यक जनजातिबाट मणिराज राई (वाहिङ) र महिला (जनजाति) बाट पशुपति गुरुङको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव न्यौपानेले जानकारी दिनुभयो । एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख) को लागि प्रत्यक्षतर्फ नानिबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का (जीवी) को नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ खुल्ला महिलाबाट शान्ता ढुङ्गेल र खुलाबाट प्रेमप्रसाद भट्टराईको नाम सिफारिस भएको एमाले ओखलढुङ्गाले जनाएको छ । यसअघि ओखलढुङ्गाबाट नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन् ।
News
61,687
नेपाली खेलकुदमा नयाँ इतिहास
अन्ततः त्यो दिन आइपुगेको छ, नेपाली टिम एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एसियाकप खेल्न आज बुधबार मैदानमा उत्रँदै छ । पहिलो खेलमै नेपालले समृद्ध क्रिकेट विरासत भएको पाकिस्तानलाई सामना गर्दै छ ।
https://ekantipur.com/opinion/2023/08/30/169335558170561060.html
अन्ततः त्यो दिन आइपुगेको छ, नेपाली टिम एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एसियाकप खेल्न आज बुधबार मैदानमा उत्रँदै छ । पहिलो खेलमै नेपालले समृद्ध क्रिकेट विरासत भएको पाकिस्तानलाई सामना गर्दै छ ।अर्को खेलमा विश्व क्रिकेटकै महाशक्तिमध्ये एक भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली खेलकुद इतिहासमै यो गौरवपूर्ण अवसर हो । नेपाली क्रिकेट मात्र होइन्, समग्र नेपाली खेलकुदले नै साँचेको सपना हो– एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने । यस प्रतियोगिताका लागि नेपाल सन् २००२ मा पनि छनोट भएको थियो तर ‘राजनीतिक तनाव’ कारण त्यति बेला प्रतियोगिता नै आयोजना गरिएन । यसपल्ट नेपाल काठमाडौंमै भएको एसीसी प्रिमियर कप जितेर एसियाकपका लागि छनोट भयो तर कतै फेरि पनि प्रतियोगिता नै नहुने त होइन भन्ने डर थियो । तर त्यस्तो भएन, यसपल्ट प्रतियोगिता हुँदै छ । नेपालले आज पाकिस्तानको मुल्तानमा घरेलु टिमसँग एसियाकप–२०२३ खेल्दै छ । नेपाल सोमबार श्रीलंकामा हुने खेलमा भारतसँग भिड्नेछ । अबको केही दिन नेपाली क्रिकेट प्रशंसक यिनै खेलमा झुम्मिनेछन् र पूरा देश एक प्रकारले क्रिकेटमय हुनेछ । नेपालले आफ्नो खेलकुद इतिहासमै यति माथिल्लो स्तरको प्रतिस्पर्धी सामना गर्न लागेको यो पहिलो पल्ट हो । पाकिस्तान र भारत एकदिवसीय क्रिकेटको विश्वकप जितिसकेका टिम हुन् । अझ पछिल्लो समय भारत त्यस्तो शक्ति हो, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा निर्णायक प्रभाव पार्न सक्छ । दुवै टिममा अहिलेको अन्तर्राष्ट्रिय क्रिकेटका सफल र महान् मानिएका खेलाडी पनि छन् । पाकिस्तानी कप्तान बाबर आजम, भारतका विराट कोहलीदेखि त्यस टिमको नेतृत्व गरिरहेका रोहित शर्मासम्म यसका केही उदाहरण हुन् । यो यस्तो मोड पनि हो, जसले आउने पुस्ताका लागि क्रिकेटलाई आफ्नो करिअर बनाउन र नेपालका लागि खेल्न प्रेरणा दिनेछ । अहिलेको टिमका अधिकांश खेलाडीले क्रिकेटलाई अपनाउँदै नेपालका लागि खेल्ने सपना बुनेको भने सन् २०१४ मा हो, जति बेला नेपालले बंगलादेशमा भएको आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी खेलेको थियो । नेपाल त्यस प्रतियोगितामा छनोट हुनु नै आफैंमा ठूलो थियो । त्यसमाथि नेपालले प्रतियोगिताको समूह चरणमा राम्रो प्रदर्शन पनि गरेको थियो । नेपाल अर्को चरणमा प्रवेश गर्न त सफल भएन तर बंगलादेशी भूमिमा नेपालको प्रदर्शनमा धेरैको नजर परेको थियो । पछिल्लो एकाध वर्ष नेपाली क्रिकेटका लागि निकै सुखद रहेको छ । नेपालले यसै क्रममा अविश्वसनीय र नाटकीय रूपमा आफ्नो एकदिवसीय क्रिकेटको मान्यता मात्र जोगाएको छैन, एक दिवसीय विश्वकपकै छनोटमा पनि अपेक्षा अनुसार प्रदर्शन गरेको मान्न सकिन्छ । यसको कडीका रूपमा अहिलेको एसियाकपलाई लिन सकिन्छ । यसका लागि श्रेय खेलाडीलाई दिनै पर्छ, उत्तिकै महत्त्वपूर्ण पात्र प्रशिक्षक मोन्टी देसाई पनि हुन् । एउटा महत्त्वपूर्ण प्रश्न हो– के नेपालबाट पाकिस्तान र भारतविरुद्ध अहिले नै अप्रत्याशित र स्तब्धपूर्ण नतिजाको अपेक्षा गर्न सकिन्छ त ? सायद यसको उत्तर हो– हामी यति धेरै महत्त्वाकांक्षी हुनु पनि हुन्न । खेल जित्नैका लागि खेलिन्छ तर अहिलेका लागि नेपालको उद्देश्य एसियाकप जत्तिको ठूलो प्रतियोगितामा बहुमूल्य अनुभव बटुल्नु हो र सक्दो राम्रो खेल्नु हो । पक्कै पनि नेपालले यस प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा मज्जाको ‘एक्सपोजर’ पाउनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिम र यसका खेलाडीबारे चर्चा हुनेछ । नेपाली क्रिकेटले फाइदा लिन सक्नुपर्ने भनेको यही अवसरबाट हो । यसमै टिकेर नेपाली क्रिकेटलाई अझ व्यवस्थित र सटीक बनाउन सक्नुपर्छ । नेपाली क्रिकेटमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् । पुग्दो घरेलु प्रतियोगिता नै छैन । भौतिक पूर्वाधार पनि कमजोर छ । नेपाल सरकारदेखि नेपाल क्रिकेट संघ (क्यान) सम्मले यसमा गम्भीर ध्यान दिन आवश्यक छ । नेपाली खेलकुदमा क्रिकेट नै यस्तो एक मात्र खेल हो, जसमा पर्याप्त सम्भावना छ र नेपालले अन्तर्राष्ट्रिय मञ्चमै धेरै गर्न सक्छ । हामीलाई भौगोलिक रूपमा पनि सजिलो छ, हाम्रै दक्षिण एसियाली छिमेकीहरू यस खेलका महाशक्ति हुन् ।तीतो सत्य के पनि हो भने हाम्रो क्रिकेट कूटनीति र यसबाट लिन सक्ने फाइदाबाट अझै धेरै पछाडि छ । नेपाल सरकारले पनि क्रिकेटमा पर्याप्त लगानी गर्न सकेको छैन । विश्व क्रिकेटमा नेपाल बलियो हुने हो भने मुलुकको प्रतिष्ठा मात्र बढ्दैन, समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । पहिलोपल्ट एसियाकप खेल्न लागेको नेपाली टिमलाई बधाई तथा राम्रो प्रदर्शनका लागि शुभकामना ।
Opinion
10,217
बाइक दुर्घटनामा एकको मृत्यु
इटहरीमा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ खनारस्थित गणेश मन्दिरनजिकै विराटनगरबाट इटहरीतर्फ आउँदैगरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
https://gorkhapatraonline.com/news/82971
सचिन पोख्रेलइटहरी, कात्तिक ५ गते । इटहरीमा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ खनारस्थित गणेश मन्दिरनजिकै विराटनगरबाट इटहरीतर्फ आउँदैगरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । 
News
53,091
पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा
पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।
https://gorkhapatraonline.com/news/83386
झापा,  कात्तिक ११ गते । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गर्नुभयो ।मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ ।सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताउनुभयो ।यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताउनुभयो । काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उहाँको भनाइ छ ।पूर्वी नाका काँकडभिट्टाबाट आज बिहान ८ बजे सुरु भएको सो यात्रा आज सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिनुभयो । रासस
News
49,005
आयुश्मानको पारिश्रमिक ३० करोड
पछिल्लो समय बलिउडमा सबभन्दा सफल अभिनेताका रुपमा देखिएका आयुश्मान खुरानाले आफ्नो पारिश्रमिक पनि त्यसै अनुपातमा बढाएका छन् ।
https://ekantipur.com/entertainment/2019/12/18/157665371388644979.html
मुम्बई — पछिल्लो समय बलिउडमा सबभन्दा सफल अभिनेताका रुपमा देखिएका आयुश्मान खुरानाले आफ्नो पारिश्रमिक पनि त्यसै अनुपातमा बढाएका छन् ।एउटा फिल्मको १० करोड पारिश्रमिक लिने गरेका खुरानाले अहिले त्यो रकम बढाएर ३० करोड पुर्‍याएको 'मुम्बई मिरर' ले लेखेको छ । खुरानाका यस वर्ष तीन फिल्म आएकामा तीनवटै प्रशंसित र बक्स अफिसमा सफल समेत भए । उनका लगातार ७ वटा फिल्म हिट भएका छन् । पहिले एउटा फिल्मको २ करोड पारिश्रमिक लिने गरेका खुरानाले 'बरेलीकी बर्फी' को सफलतापछि १० करोड लिने गरेका थिए । यस वर्ष 'आर्टिकल १५', 'ड्रिम गर्ल' र'बाला' हिट भए ।
Entertainment
8,807
प्रधानमन्त्री देउवालाई पूर्वबैंकरको पत्र
प्रधानमन्त्रीज्यू, सर्वप्रथम, २०४८ सालदेखि २०७९ सालसम्म लगातार संसद्को चुनाव जितेर रेकर्ड कायम गर्नुभएकामा विशेष बधाई । यहाँको भाग्य यति बलियो रहेछ, ५० वर्षभन्दा कम उमेरमा २०५२ सालमा नेपालको प्रधानमन्त्री हुनुभयो । २०४७ सालमा लोकतन्त्र आएपछि अरू कोही ५० वर्षभन्दा कम उमेरमा नेपालको प्रधानमन्त्री हालसम्म भएको छैन ।
https://ekantipur.com/opinion/2022/12/18/167133050603072252.html
प्रधानमन्त्रीज्यू,सर्वप्रथम, २०४८ सालदेखि २०७९ सालसम्म लगातार संसद्को चुनाव जितेर रेकर्ड कायम गर्नुभएकामा विशेष बधाई । यहाँको भाग्य यति बलियो रहेछ, ५० वर्षभन्दा कम उमेरमा २०५२ सालमा नेपालको प्रधानमन्त्री हुनुभयो । २०४७ सालमा लोकतन्त्र आएपछि अरू कोही ५० वर्षभन्दा कम उमेरमा नेपालको प्रधानमन्त्री हालसम्म भएको छैन ।दुर्गम इलाकामा, सामान्य परिवारमा हुर्केर पाँच–पाँचचोटि देशको प्रधानमन्त्री हुनु तथा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीको केन्द्रीय सभापतिमा दुई–दुईचोटि चुनिनु चानचुने कुरा होइन । तर, यहाँका व्यक्तिगत उपलब्धिलाई समग्र नेपाली जनताको उपलब्धिसँग तुलना गर्दा कस्तो देखिएला ? हेरौं- यो अवधिमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, बैंकिङ लगायत धेरै क्षेत्रमा विकास भएको यथार्थ हो । तर, लोकतन्त्र आएपछि नेपालीलाई सिंगापुर र स्विट्जरल्यान्डको सपना देखाइएको पृष्ठभूमिमा, ती दुई देशको त कुरै छोडौं, हाम्रा नजिकका छिमेकीसँग मात्र तुलना गर्दा पनि अवस्था कति दयनीय छ भन्ने थाहा हुन्छ । हेर्नुस् त, अहिले हामी कति बेथितिबाट गुज्रिएका छौं ! अधिकांश क्षेत्रमा सुशासनको अभाव छ । असल मानिसलाई बाँच्नै गाह्रो छ । हाम्रा छोराछोरी विदेश गएपछि फर्केर आउनै चाहँदैनन् ।हामीले छिमेकीले जति पनि विकास किन गर्न सकेनौं ? कारण मैले बताउनैपर्दैन, संसार घुम्नुभएका र यतिका चोटि प्रधानमन्त्री भैसक्नुभएका यहाँलाई धेरै राम्ररी थाहा हुनुपर्छ । देशको तीव्र विकास सामान्य प्रयासले मात्र सम्भव हुन्न । सुशासनका विषयमा अविचलित अठोट र दूरदृष्टिका साथ दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खटी जनताको आकांक्षा अनुरूप तीव्र विकास गर्न आफू हैन अर्कै पात्र उपयुक्त हुन्छ भन्ने वास्तविकता क्रान्तिकारी तथा संघर्षशील पृष्ठभूमिका यहाँलाई थाहा नहुने कुरै छैन ।२०४८ सालमा यहाँले डडेलधुरामा २४,५७० मत पाउनुभएको थियो, जुन निकटतम प्रतिद्वन्द्वीको भन्दा झन्डै चार गुणा बढी थियो । डडेलधुरावासीले यहाँलाई यति धेरै माया गर्दा न बालुवाटारको ढोका ‘खुल जा सिमसिम’ भन्दै खुलाउनुपर्थ्यो, न यहाँले ‘फ्री टिकट फ्री भिसा’ मा कसैलाई मलेसिया नै पठाउनुपरेको थियो, न यहाँको परिवारको हैसियत ‘हामीलाई भोट नहाल्ने ठाउँमा थोडै हामी बजेट पठाउँछौं’ भन्ने थियो, न यहाँसँग महागठबन्धन नै थियो । तर, २०७९ सालमा महागठबन्धन गरेर यहाँले पाउनुभएको २५,५३४ मत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर पनि छैन । कल्पना गर्नुस् त, ती निकटतम प्रतिद्वन्द्वी सागर ढकाल गुल्मीको नभई डडेलधुराकै स्थायी बासिन्दा भएका भए चुनावको नतिजा कस्तो हुन्थ्यो होला ? एउटा ठिटो (टुरिस्ट उम्मेदवार), चार महिनाअगाडि बल्ल डडेलधुरा टेकेको मान्छेलाई डडेलधुरावासीले त्यत्रो मत दिएर यहाँलाई स्पष्ट सन्देश दिएका छन्, ‘तमले डडेलधुराका लाई भौत गरया छ, हाम तमलाई अपमानित नाई अद्दा । आब भण्या ज्वान मान्सको पालो आयो । आब तमले सत्ताको चाबी ज्वान मान्सका हातमा दिय र तम सयाना भयाले अरती दिन्या भै वर बस ।’पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनबाट पाठ सिकेर यहाँले सुशासन कायम गर्नुहोला भन्ने झीनो आशा थियो, तर सरकार यसरी चलाउनुभयो, यहाँको नेतृत्वको गठबन्धनलाई जनताले ‘ठगबन्धन’ पो भन्न थाले । यहाँका धेरै मन्त्रीले चुनावै हारे । महागठबन्धनका बावजुद यहाँको पार्टीको नतिजा खासै उत्साहप्रद छैन, प्रतिनिधिसभामा एमालेभन्दा केही संख्या ठूलो भए पनि ।२०७४ सालको चुनावमा नेपाली कांग्रेसले ३२.७८ प्रतिशत जनमत पाएको थियो, जुन अहिले २५.७१ प्रतिशतमा झरेको छ अर्थात् जनमतमा २१.५६ प्रतिशत ह्रास भएको छ । एमालेको मत पनि २०७४ सालको ३३.२५ प्रतिशतबाट २६.९५ प्रतिशतमा झरेको छ तर त्यो १८.९६ प्रतिशत मात्र कम हो । अर्थात्, एमालेको कांग्रेससँगको मतान्तर बढेको छ (०.७४ प्रतिशत विन्दुबाट १.२४ प्रतिशत विन्दु) । यहाँ पहिलोचोटि सभापति बन्दा नेपाली कांग्रेस जनमतमा देशको पहिलो पार्टी थियो, एमालेभन्दा १.८९ प्रतिशत विन्दुले अगाडि । अर्कातिर, माओवादी केन्द्रले २०७९ सालको चुनावमा ११.१३ प्रतिशत जनमत पायो जबकि २०७४ सालको चुनावमा १३.६६ प्रतिशत थियो । जनमतमा १८.५२ प्रतिशतको ह्रास, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टीको मत जोड्दासमेत ! पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी त ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेन जबकि चुनावभन्दा अगाडि यो प्रतिनिधिसभामा चौथो ठूलो पार्टी थियो । आफ्नो पार्टीको जनमत २० प्रतिशत हाराहारी ह्रास हुँदा पनि र पार्टीले ३ प्रतिशत मत नकटाउँदासमेत पार्टीप्रमुखहरूले राजीनामा नदिनुपर्ने थोरै मुलुकमा सायद नेपाल पर्ला । बहालवाला र भूतपूर्व प्रधानमन्त्रीहरूले नेतृत्व गरेका चारै पार्टीलाई नेपाली जनताले कम मत हालेर ‘नो नट अगेन’ भन्ने स्पष्ट सन्देश दिएका होइनन् र ? पार्टी नेतृत्वमा नरहेका अर्का भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई इलामेली जनताले केवल ‘नो नट अगेन’ भन्दा पुग्थ्यो, भनिदिए । नेपाली जनताले यहाँहरूलाई सम्मान गर्दै आएका छन्, ‘नो नट अगेन’ पनि यहाँहरूको अपमान होइन । ‘यहाँहरूले जति सक्नुहुन्थ्यो, गर्नुभयोÙ अब आराम गर्नुस् र नयाँ पुस्तालाई सल्लाह दिने भूमिकामा बस्नुस्’ भन्नु त सम्मान नै हो नि !हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीमा कम्तीमा दुई गुण हुनु जरुरी छ- (१) लक्ष्य तथा कार्यक्रममा स्पष्टतासहित सुशासनका मामिलामा सम्झौता नगर्ने, (२) शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ भई देशका लागि दैनिक पन्ध्र–सोह्र घण्टा सृजनात्मक काममा खट्न सक्ने । तर, यहाँबाट यो सम्भव छैन । देशलाई विकसित बनाउने ‘इच्छा’ मात्र भएर पुग्दैन भन्ने त लन्डन स्कुल अफ इकोनोमिक्सको समेत संगत पाएका यहाँले मागको परिभाषा पढ्नुभएकै होला । त्यसका अलावा, अंग्रेजीको प्रख्यात उखान ‘इफ विसेज वैर हर्सेज, बेगर्स उड राइड’ त पक्कै सुन्नुभएको हुनुपर्छ । यसबारे एक्लै बसेर चिन्तन गर्न म यहाँलाई विनम्र अनुरोध गर्छु ।आरजु म्याडमलाई पनि मलाई केही भन्नु छ । म्याडम, हाम्रा दुइटा भेट बैंकिङ विषयमा भएको थियो, विशुद्ध प्रोफेसनल । यहाँ शिक्षित हुनुहुन्छ, संसार घुम्नुभएको छ, नेतृत्व सम्बन्धी प्रशिक्षण पनि दिनुहुन्छ । यहाँलाई आफ्ना पति, प्रधानमन्त्री देउवाको ८० वर्ष पुग्न लागेको शरीर र दिमागले पन्ध्र घण्टाको निरन्तर खटाइ हैन, आराम खोजिरहेको छ भन्ने लाग्दैन ? यहाँलाई लाग्दैन, उहाँले देशका लागि प्रधानमन्त्रीभन्दा पनि अभिभावक भएर सल्लाहकारको भूमिकामा बढी योगदान गर्न सक्नुहुन्छ ? छैटौंचोटि प्रधानमन्त्री भएर चाहिँ उहाँको इज्जत बढ्छ र ? आरजु म्याडम, प्रधानमन्त्री देउवालाई भनिदिनुस्, ‘अब तिमी छैटौंचोटि प्रधानमन्त्रीको दौडमा नलाग, इमानदार र सक्षम व्यक्तिलाई संसदीय दलको नेता चुनेर आफू अभिभावक/सल्लाहकार भएर बस, अब बन्ने प्रधानमन्त्रीलाई सघाऊ । यसले नै तिम्रो यश बढाउनेछ, देशको कल्याण गर्नेछ । तिम्रा श्रद्धेय नेता गणेशमान सिंह प्रधानमन्त्री नभएर पनि धेरै मान्छेको दिल र दिमागमा हुनुहुन्छ त !’ प्रधानमन्त्रीज्यू, यहाँले देख्नुभएकै छ, ४० वर्ष नपुग्दै इम्यानुएल म्याक्रोनले फ्रान्सजस्तो देश चलाएको, ४२ वर्षका ऋषि सुनकले संयुक्त अधिराज्यको नेतृत्वको अवसर पाएको, एक समयका चर्चित महाथिर मोहम्मद कुर्सीमा बसिरहने लालसाका कारण हालै चुनावमा नराम्ररी पराजित भएको । यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुभएन भने नेपाली जनता कांग्रेस पार्टी भनेर बसिरहनेवाला छैनन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीमार्फत नेपाली जनताले घण्टी र माइक बजाइसकेका छन् ।यहाँले सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने नेपाली कांग्रेसमा मात्र हैन, एमाले र माओवादीमा पनि सुधार आउनेछ । ओली ७० वर्षे उमेरहदको अनौठो व्याख्या गरेर पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले समन्वयकारी भूमिका खेल्नुभएको भए आज एमाले निकै ठूलो पार्टी हुने थियो । प्रचण्ड झन्डै ४० वर्षदेखि पार्टीप्रमुख हुनुहुन्छ, पार्टी अवनतिको दिशामा छ । दुइटै कम्युनिस्ट पार्टीको जनमतमा ठूलो ह्रास आएको छ तर पनि तिनका अन्य नेता पार्टी अध्यक्षलाई ‘कमजोरी स्विकार्नुस्’ भन्न सक्ने अवस्थामा छैनन् । यहाँले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण गरिदिनुभयो भने यी दुइटै पार्टीका युवाहरूले पनि आफ्ना नेतृत्वहरूको कमजोरीबारे खुलस्त बोल्ने थिए । यहाँको उदाहरणीय सत्ता हस्तान्तरणले देशको भलाइ गर्नेछ । यहाँ राजनेता हुने दिशातिर लम्कनुहुनेछ । आफ्नो छेउछाउ घुम्ने लोभीपापीका कुरा सुन्ने हैन, आफूले आदर्श मानेका बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सम्झनुस् । अनि यहाँको सम्मान बढ्ला । आगे यहाँकै मर्जी !दाहाल पूर्वबैंकर हुन् ।
Opinion
11,177
उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशकबीच शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । 
https://ekantipur.com/news/2024/04/01/courtesy-meeting-between-deputy-prime-minister-lamichhane-and-world-bank-country-director-26-11.html
काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले विश्व बैंकले सामाजिक संरक्षण, ‘डिजिटलाइजेसन’ तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाएकाप्रति खुसी अभिव्यक्त गरिन् ।उपप्रधान तथा गृहमन्त्री लामिछानेले विश्व बैंकले नेपाललाई भूकम्पपश्चात् पुनःनिर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि आभार प्रकट गरे । उनले नेपाल र विश्व बैंकबीच हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए/गरेका समझदारीपत्र, सम्झौता, प्रतिबद्धता तथा संवादको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गरिन् । मन्त्री लामिछानेसँग सोमबारै संयुक्त राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथ बर्माले पनि शिष्टाचार भेटवार्ता गरेका थिए । उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसिआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले शरणार्थी मामिलाका सन्दर्भमा आइपर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैँ तयार हुने प्रतिबद्धता गरे । बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना दिँदै लामो समयदेखि युएनएचसिआर र गृह मन्त्रालयबीच शरणार्थी मामिलाका सम्बन्धमा सौहाद्र्रपूर्ण समन्वय र सहकार्य हुँदै आएकामा खुसी पनि व्यक्त गरे । उनले आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गरे ।
News
4,460
चन्द्रागिरि खुला तेक्वान्दो हुने
चन्द्रागिरि तेक्वान्दो डोजाङको आयोजनामा प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता वैशाखमा हुने भएको छ । वैशाख २१ देखि हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
https://ekantipur.com/sports/2024/03/16/open-taekwondo-at-chandragiri-46-32.html
काठमाडौँ — चन्द्रागिरि तेक्वान्दो डोजाङको आयोजनामा प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता वैशाखमा हुने भएको छ । वैशाख २१ देखि हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चन्द्रागिरि नगरपालिकाको सहयोगमा हुने तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।
Sports
14,334
कानुन व्यवसायीको धर्म
नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ । यसका सकारात्मक र नकारात्मक पक्षबारे सरोकारवाला र विश्लेषकले व्यापक अन्तर्क्रिया थालेका छन् । संविधान दुई पटक संशोधन भइसकेको छ । दोस्रो संशोधन बाध्यात्मक परिस्थितिले गर्दा गर्नुपरेको हो । भारतले नेपालको भूभाग आफ्नो नक्साभित्र हालेपछि नेपालले सो भूभाग आफ्नै नक्सामा हाल्न संविधान संशोधन भएको थियो । पहिलो संशोधन समानुपातिक समावेशी सिद्धान्तलाई अझ फराकिलो पार्न, खास गरी तराई मधेशका राजनीतिक दलको पहलमा संशोधन गर्न सबै राजी भएका थिए । अहिले केही मानिस र दलका व्यक्ति वा नेता संविधान संशोधनका बारेमा चर्चा गरिरहेका छन् । केही मानिस संविधानको अध्ययन गरी आवश्यक संशोधन गर्न एक उच्चस्तरीय संविधान आयोग वा समिति गठन गर्नुपर्ने विषय उठाइरहेका छन् । केही नेता यसो गर्दा संविधानमा फेरि हामी केही वर्ष अलमलिन सक्छौँ । तसर्थ अहिले संविधान
https://gorkhapatraonline.com/news/108490
नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ । यसका सकारात्मक र नकारात्मक पक्षबारे सरोकारवाला र विश्लेषकले व्यापक अन्तर्क्रिया थालेका छन् । संविधान दुई पटक संशोधन भइसकेको छ । दोस्रो संशोधन बाध्यात्मक परिस्थितिले गर्दा गर्नुपरेको हो । भारतले नेपालको भूभाग आफ्नो नक्साभित्र हालेपछि नेपालले सो भूभाग आफ्नै नक्सामा हाल्न संविधान संशोधन भएको थियो । पहिलो संशोधन समानुपातिक समावेशी सिद्धान्तलाई अझ फराकिलो पार्न, खास गरी तराई मधेशका राजनीतिक दलको पहलमा संशोधन गर्न सबै राजी भएका थिए । अहिले केही मानिस र दलका व्यक्ति वा नेता संविधान संशोधनका बारेमा चर्चा गरिरहेका छन् । केही मानिस संविधानको अध्ययन गरी आवश्यक संशोधन गर्न एक उच्चस्तरीय संविधान आयोग वा समिति गठन गर्नुपर्ने विषय उठाइरहेका छन् । केही नेता यसो  गर्दा संविधानमा फेरि हामी केही वर्ष अलमलिन सक्छौँ । तसर्थ अहिले संविधान कार्यान्वयनको चरण हो, त्यतातिर लाग्नु पर्छ, संशोधनतिर होइन, यसले झन् समस्या बल्झिन्छ भनिरहेका छन् । संविधानले धारा ५४ मा संसद्मा संविधानको प्रगतिशील कार्यान्वयन भए/नभएका बारे अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसद्को एक समिति रहने व्यवस्था गरेको छ । यसमा संसदीय समितिले मुलुकको चौतर्फी अवस्था हेरेर विज्ञहरूसमेत रहने गरी कार्य गर्नुपर्ने थियो तर सो काम हुन सकेको छैन । संविधानमा केही प्रावधान प्राविधिक रूपमा संशोधन गर्नुपर्ने छ । केही प्रावधान व्याकरणीय दृष्टिबाट मिलाउनुपर्ने छ । केही प्रावधानमा विषयमै प्रवेश नै गर्नुपर्ने छ । संविधानका मूलभूत कुरा संशोधन गर्न त अहिले आवश्यक छैन तर सबै अङ्गलाई प्रभावकारी र गतिशील बनाउन भने केही विषयगत कुरामा पनि संशोधन आवश्यक छ । संविधान जारी गर्दा न्यायपालिकाका बारेमा धेरै छलफल भएन । देशका राजनीतिक दल र यसका नेता राज्यको शक्ति बाँडफाँट र संरचनामा नै बढी अल्मलिए । न्यायपालिकालाई एकीकृत नाम दिएर केन्द्रीकृत नै गरिराखे । जसको कारण न्यायमा साधारण जनताको सहज पहँुच भएन । वडाबासीले वडामा नै न्याय पाउनुपर्ने हो । उनीहरूलाई एकै पटक जिल्ला अदालत धाउनुपर्ने भयो । जसको कारण अन्याय खपेर नै बस्न बाध्य भए । अमेरिका जस्तो विकसित राज्यमा घुम्ती अदालत छन् । हामीले पनि संविधानको धारा १२७ को उपधारा २ मा स्थानीय स्तरमा पनि विभिन्न निकाय गठन गरेर न्याय प्रदान गर्न सकिने प्रावधान राखेका छौँ । यसको मतलब स्थानीय तह न्यायिक निकाय मात्र हैन, कानुन बनाएर वैकल्पिक उपाय अवलम्बन गर्न सक्छौँ तर यतापट्टि कसैको ध्यान गएको छैन । उच्च अदालतलाई अभिलेख अदालतका रूपमा विकसित गर्न सक्छौँ । अधिकार सम्पन्न उच्च अदालत बनाउन सक्छौँ तर त्यो पनि गरेनौँ । न्यायाधीश नियुक्ति गर्दा आफन्त र कानुनी पेसा नचलेका लोक सेवा आयोग वा न्याय सेवा आयोगमा प्रतिस्पर्धा गर्न नसक्नेलाई न्यायाधीश बनाउन थाल्यौँ । जसका कारण उच्च अदालत प्रभावकारी हुन सकिरहेको भान जनतामा पर्न गएको छैन । यो रोग २०४८ बाटै सुरु भएको हो । त्यसभन्दा अगाडिको कुरा चर्चा गर्न अहिले आवश्यक छैन । २०४८ पछिको कुरा जनताले वा न्यायको हक खोज्नेले न्याय सरल तरिकाबाट पाएको महसुस छैन । स्थानीय तहमा चलेको न्यायिक समिति सामान्यतः स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत राजनीतिक संयन्त्रबाट बनेकाले यसले सामान्य कुरा मात्र हेर्ने गरेको छ । मेलमिलापतिर पनि जोड दिएको छ । यसलाई राजनीतिक पूर्वाग्रही भएर पनि हेरेको देखिन्छ । तसर्थ मुद्दा नै हेर्न सक्ने न्यायिक निकाय स्थानीय वा वडा स्तरमा वा घुम्ती अदालतसमेत चलाउन सकिने गरी कानुन बनाउन सकिन्छ । यसै गरी संसदीय सुनुवाइलाई बढी प्रभावकारी बनाउन आवश्यक छ । हुन त एकथरीले संसदीय सुनुवाइ आवश्यक छैन भन्ने तर्क गरिरहेको देखिन्छ । यो उनीहरूको सामन्ती संस्कार हो । संसदीय सुनुवाइ जवाफदेहीको सिद्धान्त अन्तर्गत छ । न्यायाधीश जनताप्रति उत्तरदायी हुनु पर्छ । संविधानप्रति उत्तरदायी हुनु पर्छ । नत्र न्यायिक अराजकता हुन गई लोकतन्त्र नै धरापमा पर्छ । अराजकता निरङ्कुशता कुनै पनि अङ्गमा हुनु हुँदैन । संसदीय सुनुवाइ मन नपराउनेहरूले यसलाई निस्तेज पार्न सङ्घीय संसद्का नियमावली बनाई संविधानलाई साँघु¥याएका छन् । सङ्घीय संसद्को नियमावलीले संसदीय सुनुवाइलाई अझ प्रभावकारी बनाउनुपर्नेमा त्यसलाई देखाउने दाँत जस्तो बनाएका छन् । तसर्थ यो प्राविधिक कुरा सच्याउनु पर्छ । संवैधानिक परिषद् वा न्याय परिषद्का व्यक्तिले राज्यको पदलाई लेनदेन सट्टापट्टा गरेर भागबन्डा गर्न सक्छन्, जुन विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसलाई नियन्त्रण गर्ने अस्त्र नै संसदीय सुनुवाइ हो । यसलाई सक्रिय बनाउनुपर्ने दायित्व संसद्को हो तर संसद् दलीय नेतृत्वको साँघुरो घेरामा छ । सांसद सबै कुरामा निर्देशनमा चल्ने परिस्थितिको विकास हुँदै छ । सबै विषयमा निर्देशन हुनु हुँदैन । निर्देशन दिने संसद्का समिति छन् । जुन कुरा राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख छ । तसर्थ संसदीय सुनुवाइलाई नियमावली संशोधन गरेर प्रभावकारी बनाऔँ । महाभियोग संसद्को एक मात्र अधिकार हो । यो अधिकारमा अरू कसैले हस्तक्षेप गर्न पाइँदैन । महाभियोग दुरुपयोग भयो भने पनि संसद्ले नै नियन्त्रण गर्ने हो । अदालतको विषय यो होइन । अहिले अदालतबाट महाभियोगलाई हस्तक्षेप गरेर पङ्गु बनाइएको छ । महाभियोगका बारेमा अदालत हैन संसद् नै अन्तिम निर्णायक हो । यस विषयमा पनि संसद् नै चनाखो हुनुपर्ने हो । संसद्ले कसलाई महाभियोग लगाउने, कसरी लगाउने यो उसको विषय हो । सर्वोच्च अदालतका न्यायाधीशलाई कहीँकतै उजुर गर्ने ठाउँ छैन, निगरानी गर्ने निकाय छैन, यस्तोमा यही महाभियोग मात्र हो । मातहतका अदालतलाई न्यायपरिषद्ले छानबिन र निगरानी गर्छ । यसमा पनि राजनीतिक दल कमजोर भएको देखिन्छ । संविधानको प्रावधान अनुसार महाभियोग प्रभावकारी छैन । यसलाई अदालतले हस्तक्षेप गरेर कमजोर बनाइदिएको छ । राजनीतिक दल वा संसद् पनि यस विषयमा अलमलमा छन् । यो प्रभावकारी उपचार हो । राज्यका ठुला पदाधिकारीलाई कानुनबमोजिम काममा लगाउने व्यवस्था । महाभियोग प्रस्तावमा सांसदलाई ह्विप नलाग्ने स्पष्ट व्यवस्था हुनु पर्छ । यसलाई प्रभावकारी बनाउनुपर्ने छ ।     उच्च अदालतलाई अभिलेख अदालत बनाउन संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । यसतर्फ सरोकारवालाको ध्यान जाओस् । सर्वोच्च अदालतमा जनताका मुद्दा असरल्ल परेका छन् । राजनीतिक मुद्दा बढ्दो छ । खात लागेर बसेका छन् । संवैधानिक निकायका नियुक्ति बेवारिस भएको छ । नियुक्ति पाउनेहरू सधैँ दोधारे मानसिकताका छन् । नियुक्ति गलत हो भने गलत मान्छेले कार्य गर्दै छन् । यस्तो मुद्दा हाम्रो अदालत हेर्न नै चाहँदैन भने जस्तो गरी ढिलाइ भइरहेको छ । तसर्थ संवैधानिक अदालतको आवश्यकता देखिएको छ । संवैधानिक इजलास प्रभावकारी नदेखिएको मात्र हैन, जनताका मुद्दा असरल्ल परेका छन् । प्रधान न्यायाधीशलाई कुनै पनि कार्यकारिणी काम दिन हुँदैन । उसको कार्य न्याय सम्पादनमा सीमित गरिनु पर्छ । न्याय प्रशासन हेर्ने पनि उसको कार्य होइन । न्याय सम्पादन गर्ने र सोका लागि न्यायिक सिद्धान्त बनाउन मात्र उसलाई सीमित गरिनु पर्छ । न्यायपरिषद्मा पनि न्यायाधीश राखिनु हुँदैन । विधिवेत्ता विधि शास्त्रका दिग्गज नै त्यहाँ आवश्यक छ । ती विधिशास्त्रका प्राध्यापक पनि हुन सक्छन् । न्याय सम्पादन गर्ने न्यायाधीशलाई प्रशासनिक कार्यमा अलमल्याउन हुँदैन ।  प्रधान न्यायाधीश सर्वोच्च अदलतको मात्र होइन, नेपालकै हो । तसर्थ विधिशास्त्रीय ज्ञान प्रचुर भएको विधि विज्ञबाट प्रधान न्यायाधीश चयन गर्ने व्यवस्था हुन जरुरी छ । यति वर्ष जागिर खाएको वा सिनियर भनेर सीमित गरिनु हुँदैन । प्रत्यायोजित विधायनको अनुगमन संसद्ले गर्छ । सर्वोच्च अदालतले पनि प्रत्यायोजित विधायनको सर्वमान्य सिद्धान्त मिचेका दर्जनौँ उदाहरण देखिन्छ । यसलाई सच्याउन आवश्यक छ । यिनै विषयमा नेपाल बारको छलफल सीमित हुनु पर्छ । न्यायालयको पुनर्संरचनाको नारासहित राष्ट्रिय सम्मेलनमा छलफल गरी निर्णयमा पुग्नु पर्छ ।    
News
45,692
न्यु डायमन्ड र एपीएफ विजयी
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । डायमन्डकी रिमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।
https://ekantipur.com/sports/2023/02/04/167551459091915793.html
काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । डायमन्डकी रिमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले १० हजारसहित ट्रफी प्रदान गरे ।दोस्रो खेलमा साबिक विजेता नेपाल एपीएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गर्‍यो । पुलिस सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप विजेता टोली हो । एपीएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजारसहित ट्रफी प्राप्त गरिन् ।यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्यसचिव घिसिङले भलिबलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गरे ।प्रतियोगितामा तीन विभागीय टोली र न्यु डायमन्डको सहभागिता छ । गण्डकी प्रदेश टिम र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने बताइए पनि दुई टिमले भाग लिएनन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित प्रतियोगिता माघ २४ सम्म चल्नेछ । विजेताले ३ लाख, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सलिना सम्मानितन्यु डायमन्डकी लिबेरो एवं राष्ट्रिय भलिबल टोलीकी सलिना श्रेष्ठलाई शेरबहादुर खड्का प्रतिष्ठानले उद्घाटनका अनवरमा नगदसहित सम्मान गरेको छ । उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका कदर गर्दै ५० हजारसहित स्पेसल अवार्डबाट सम्मानित गरिएको होशेरबहादुर खड्का स्मृति प्रतिष्ठानबाट न्यु डायमण्ड युथ स्पोर्टसकी सलिना श्रेष्ठ स्पेसल अवार्ड ग्रहण गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
Sports
18,521
चेल्सी र नर्वीचको बराबरी, सिटी विजयी
एफए कप अन्तर्गत शनिबार प्रिमियर लिग च्याम्पियन चेल्सी तल्लो श्रेणीको नर्वीचसँग गोलरहित बराबरीमा रोकियो । दोस्रो रोजाइको टोली उतारेको चेल्सीले अब घरेलु मैदानमा नर्वीचको सामना गर्नेछ ।
https://ekantipur.com/sports/2018/01/07/20180107090701.html
लन्डन — एफए कप अन्तर्गत शनिबार प्रिमियर लिग च्याम्पियन चेल्सी तल्लो श्रेणीको नर्वीचसँग गोलरहित बराबरीमा रोकियो । दोस्रो रोजाइको टोली उतारेको चेल्सीले अब घरेलु मैदानमा नर्वीचको सामना गर्नेछ ।म्यानचेस्टर सिटीले बर्नलीलाई ४-१ ले पराजित गर्‍यो । पहिलो हाफमा १-० ले पछाडि रहेपनि सर्जियो अगुएरोले २ गोल गरेपछि सिटी खेलमा फर्किएको थियो । न्युकासल युनाइटेडले ल्युटन टाउनलाई ३-१ ले पराजित गर्दा स्टोक सिटी भने कभेन्ट्रिसँग २-१ ले पराजित भयो ।लेस्टरले फ्लिटवुड र स्वान्सीले वल्भससँग गोलरहित बराबरी खेले । वाटफर्डले ब्रिस्टल सिटीलाई ३-० ले पाखा लगायो । साउथह्याम्प्टनले फुलहमलाई १-० तथा हडर्सफिल्ड टाउनले बोल्टनलाई २-१ ले पराजित गर्‍यो ।
Sports
30,403
शक्ति प्रदर्शन होइन, शान्तिको पक्षमा छ विश्व समुदाय 
इजरायल र प्यालिस्टाइनी लडाकु समूह हमासबीच साढे ६ महिनादेखि जारी पछिल्लो युद्ध थामिनेभन्दा फैलिने जोखिम बढेको छ । हमास आक्रमणमा १४ सय मारिएपछि इजरायलको प्रत्याक्रमणमा ३५ हजारको ज्यान गएको छ । इजरायलमाथि दबाब बढाउन भन्दै यमन र लेबनानका लडाकु समूहले इजरायलसँग भिडन्त गर्दै आएका छन् ।
https://ekantipur.com/opinion/2024/04/15/the-world-community-is-in-favor-of-peace-not-a-show-of-power-09-27.html
इजरायल र प्यालिस्टाइनी लडाकु समूह हमासबीच साढे ६ महिनादेखि जारी पछिल्लो युद्ध थामिनेभन्दा फैलिने जोखिम बढेको छ । हमास आक्रमणमा १४ सय मारिएपछि इजरायलको प्रत्याक्रमणमा ३५ हजारको ज्यान गएको छ । इजरायलमाथि दबाब बढाउन भन्दै यमन र लेबनानका लडाकु समूहले इजरायलसँग भिडन्त गर्दै आएका छन् ।इरानद्वारा प्रहार गरिएको रकेट आक्रमण निस्तेज पार्दै इजरायली आइरन डोम । तस्बिर : रोयटर्सअझ अहिले आएर उनीहरूलाई समर्थन गर्दै आएको दाबी गरिएको इरान सोझै द्वन्द्वमा मिसिएको छ । यद्यपि इरानको सिरियास्थित उच्चायोगमा इजरायलले बम आक्रमण गरेको भन्दै इरानले जवाफ दिएको दाबी गरेको छ । इजरायल र इरानका तर्क के कति बलिया छन् भन्ने प्रश्न अलग्गै छ, तर यो परिस्थितिले पश्चिम एसिया र समग्र विश्व शान्ति नै नाजुक मोडमा पुगेको छ । एकअर्कालाई धम्क्याउने उद्देश्यले सक्रिय हुँदै आएका शक्ति र समूहले वास्तवमा सर्वसाधारणलाई तर्साइरहेका छन् । हमास आक्रमणको बदलामा उसलाई ‘निमिट्यान्न’ पार्ने दाबीका साथ इजरायल युद्धमा उत्रँदा ज्यान गुमाउनेमा बालबालिका मात्रै १३ हजारभन्दा बढी छन् । लाखौं विस्थापित छन् । औषधिउपचार, खानपिन, बसोबास समस्याले उनीहरूको जनजीवन कष्टप्रद हुँदा पनि इजरायलले हमलालाई निरन्तरता दिएको छ । भौतिक संरचनाको क्षति बेहिसाब छ । प्यालेस्टाइनी भूमि वेस्ट बैंकका बासिन्दासमेत इजरायली निसानामा छन् । युद्ध रोक्न विश्व नागरिक समुदायले याचना गर्दै आएको छ भने राष्ट्रसंघका विभिन्न निकायले युद्धविरामका लागि दर्जन पटक प्रस्ताव पारित गरेका छन् । तर अमेरिकाजस्ता शक्तिराष्ट्रबाट पुलपुलिएको इजरायल युद्धविरामका हरेक प्रस्तावलाई बेवास्ता गर्दै आएको छ । उता अर्को शक्तिराष्ट्र रुस आफ्नै छिमेकी युक्रेनको सार्वभौमिकतालाई ‘दण्डित’ गर्ने लहडमा जनधनको अथाह क्षतिमा रमाइरहेको छ । बेलायत, फ्रान्स र चीनजस्ता देशका लागि तर्कशीलता, शान्ति र मानवीय मूल्यभन्दा ध्रुवीकरण महत्त्वपूर्ण देखिएको छ । वातावरणलाई थप उत्तेजित बनाउन हिजबुल्लाह र हुथी समूहले लेबनान र यमनको भूमिबाट इजरायली भूमिमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गर्दै आएका छन् । हमासको समर्थनमा यमनको विद्रोही समूह हुथीले लालसागरमा व्यापारिक मार्ग लामो समयदेखि तनावपूर्ण बनाएको छ । हुथीले लालसागरमा पानीजहाजमाथि आक्रमण चर्काएपछि अमेरिका र बेलायतले पटक–पटक हुथीलाई लक्ष्य गर्दै यमनमा हमला गरेका छन् । विद्रोही समूहलाई तह लगाउने भन्दै अमेरिका, फ्रान्स र बेलायतले सैनिक र युद्धपोतको सक्रियता बढाइरहेका छन् । यसैबीच दुई साताअघि इजरायलले सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा हवाई आक्रमण गरेको भन्दै इरानले बदला लिने घोषणा गरेको थियो । उसले शनिबार राति इजरायलविरुद्ध करिब तीन सय ड्रोन र क्षेप्यास्त्र प्रहार गरेपछि परिस्थिति थप तनावपूर्ण भएको छ । इजरायल–हमास युद्ध सुरु भएयता गत मंसिरमा मानवीय मूल्यका आधारमा छोटो समयका लागि थामिएबाहेक निरन्तर छ । यसले मानवीय तथा भौतिक क्षति त गराइरहेकै छ, विश्व अर्थतन्त्रलाई चरम असर पार्दै छ । तर शक्ति सम्पन्न मुलुकहरू स्थितिलाई साम्य बनाउनेभन्दा पनि एकअर्कालाई उत्तेजित बनाउने भूमिकामा देखिनु उदेकलाग्दो छ । विश्व शान्ति र सुरक्षा सुनिश्चितताका लागि स्थापित संयुक्त राष्ट्रसंघसमेत पश्चिम एसियाको तनाव साम्य पार्न निष्प्रभावी देखिँदै आएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा युद्धविरामसम्बन्धी प्रस्तावविरुद्ध पहिले अमेरिकाले पटक–पटक भिटो (विशेषाधिकार) प्रयोग गर्‍यो, अर्को पटक अमेरिकाको प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरेर रोके ।अमेरिकाको अनुपस्थितिमा तीन साताअघि सुरक्षा परिषद्ले रमजान पर्वभरका लागि युद्धविराम र बन्धक बनेका सबैको बिनासर्त रिहाइ गर्न आह्वानसहितको प्रस्ताव पारित गरेको थियो । सुरक्षा परिषद्बाट पारित प्रस्ताव पालनामा इजरायललाई कसैले पनि बाध्य बनाउन नसकिरहेकै बेला इरान हमलामा मिसिएको छ । फेरि पनि युद्ध चर्काउनु भनेको मानवीय विनाश बढाउनु हो, विश्व अर्थतन्त्रलाई पनि धराशायी बनाउनु हो । विनाश गराउनु कुनै बहादुरी होइन । बरु, युद्धविराम गरेरै वार्ता–संवादबाट निकास खोज्न र मानवीय मूल्य जोगाउन सकेमा मात्र प्रभावशालीहरूको खास प्रभाव स्थापित हुनेछ । यसमा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत निकायले प्रभावकारी सहजीकरण गर्नुपर्छ । युद्धसँगै सोझो सम्बन्ध नभएको नेपालले यसको अथाह मूल्य चुकाइसकेको छ । हमासले गत असोज २० (अक्टोबर ७) मा इजरायली भूमिमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यही दिन हमासबाट बन्धक बनाइएका एक नेपाली अझै रिहा भएका छैनन् । लेबनानको विद्रोही समूह हिजबुल्लाहसँग इजरायली सेनाको आक्रमण–प्रत्याक्रमण चल्दा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते हुन पुगे । करिब हजार माइल हवाई दूरीमा रहेका इजरायल र इरान घोषित रूपमै युद्धमा उत्रिए भने बीचमा रहेका जोर्डन, इराक, सिरिया, लेबनानलगायत मुलुक पनि तानिन सक्छन् । ती सबै मुलुकमा नेपाली छन् ।पश्चिम एसियामा एकाएक तनाव चुलिएपछि नेपालको परराष्ट्र मन्त्रालयले आइतबारै इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्था मूल्यांकन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ । युद्ध चर्किएमा आफ्ना नागरिकलाई आपत्कालीन उद्धार गर्न पनि सरकारले संयन्त्रहरू तम्तयार राख्नुपर्छ । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक रिहाइका लागि कूटनीतिक सक्रियता पनि बढाउनुपर्छ ।
Opinion
9,495
मातृभाषा पत्रकारिताको व्यावसायिकतामा जोड
मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासीन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् ।
https://gorkhapatraonline.com/news/63316
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २२ गते । मातृभाषा पत्रकारिताको व्यावसायिकताप्रति सरकार उदासीन रहेको गुनासो गर्दै मातृभाषी पत्रकारले आवश्यक ऐन र नीति बनाउन माग गरेका छन् । नेवाः पत्रकार राष्ट्रिय दवुको आयोजनामा भएको आठौं मातृभाषा दिवसको अवसरमा मातृभाषी पत्रकारले सो माग गरेका हुन् । धर्मादित्य धर्माचार्य (जगतमान) बैद्यले नेपाल भाषामा सबैभन्दा पहिले मातृभाषा पत्रकारिताको शुरुवात गरेको दिनलाई मातृभाषा दिवसको रुपमा मनाउन दवुका मातृभाषी पत्रकारको माग छ । धर्मादित्यको १२१ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वक्ताहरुले मातृभाषा उत्थान र व्यावसायिकताका लागि सरकारले लगानी गर्न नसकेको बताएका थिए । मातृभाषा पत्रकारिताका अभियन्ता सुरेश किरण मानन्धरले मातृभाषाको व्यावासायिकताका लागि सरकारले अहिलेसम्म ऐन, नीति बनाउन नसक्दा मातृभाषा पत्रकारिता समस्यामा पर्दैआएको बताउनुभयो । मुलुक सङ्घीय शासन व्यवस्थामा गए पनि मातृभाषा सञ्चार माध्यमका लागि कुनै सरकारी सहयोग नभएको र ऐन समेत बन्न नसकेको उहाँको गुनासो छ । पत्रकार गणेश राईले मातृभाषाका सञ्चार माध्यमलाई सरकारले प्राथमिकतामा नराखेकाले सरकारी अनुदान, विज्ञापन उपलब्ध हुन नसकेको बताउनुभयो । सरकारले मातृभषाका सञ्चार माध्यमका लागि सहयोग गर्ने कुनै ऐन, नीति नबनाउँदा मातृभाषी सञ्चार माध्यम सङ्कटमा परेको उहाँले बताउनुभयो । नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले सरकार मातृभाषा पत्रकारिताप्रति उदासिन भए पनि मातृभाषी समुदायलाई त्यसबारे सचेत गराउन नसक्दा समस्या भएको बताउनुभयो । अहिले स्थानीय तहमा मातृभाषी केही नेतृत्व आए पनि मातृभाषाको महत्वबारे बुझाउन नसक्दा सहयोग प्राप्त हुन नसकेको चर्चा गर्नुभयो । मातृभाषा पत्रकारिताको व्यावसायिकताका लागि मातृभाषा विज्ञसँग प्राज्ञिक वहस चलाई स्थानीय तहमा आवश्यक ऐन, नीति बनाउन दवाव दिन सकिने उहाँले सुझाउनुभयो । मातृभाषा पत्रकारिता आम पत्रकारिताभन्दा चुनौतीपूर्ण रहेको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष चौधरीले मातृभाषा सबै समुदायको पहिचान र शान भएकाले त्यसको व्यावसायिकताका लागि सरोकारवालाबीच छलफल गरी अगाडि बढ्न सकिने बताउनुभयो । समुदाय स्वयम् मातृभाषाको संरक्षक रहेकाले समुदाय नै त्यसमा बढी जिम्मेवार हुनुपर्ने उहाँले चर्चा गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मातृभाषी पत्रकार राजु नापित, सुनिल महर्जन, केके मानन्धर, उपेन्द्र प्रधानलगायतले मातृभाषा दिवस तथा मातृभाषा पत्रकारिताका विषयमा चर्चा गर्नुभएको थियो । 
News
56,677
कोरोना जितेपछि नेवार समुदायमा भैरव जात्रा (फोटो फिचर)
कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् ।
https://gorkhapatraonline.com/news/40362
जानु पाण्डेकपिलवस्तु, असोज १३ गते । कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा बुधवार राति भैरव नाच हेर्नका लागि स्थानीय र आसपास पालिकाका नागरिकहरूको घुइँचो लागेको थियो । कपिलवस्तु नेवा समाजले कोरोना महामारी सकिएपछि भैरव जात्राको आयोजना गरेका थिए । अर्घाखाँची सन्धिखर्क नगरपालिका –१२ झेँडीका युवाहरूले भैरव नाच प्रदर्शन गरेका थिए । नेवारी संस्कृतिअनुसार भैरव नाच कृष्ण जन्माष्टमीको दिन सुरुगरी कात्तिक औँसीसम्म प्रदर्शन गरिन्छ । रातो– कालो–सेतो मुकुट लगाएकाहरू डंकेनीसँगै नाच्ने गरेको भैरव नाच्दैआएको अर्घाखाँचीका पत्रकार तथा वसन्त श्रेष्ठले बताउनुभयो । कालो मुकुट लगाउनेलाई काल भैरव, रातो मुकुट लगाउने देवी र सेतो मुकुट लगाउनेलाई गणेशको प्रतीकको रूपमा मान्ने गरिन्छ । भैरव नाचमा ७ ताल हुने र हरेक तालमा करिब २० मिनेटसम्म नृत्य प्रदर्शन गरिन्छ । भैरवसँगै भुच्याङ्ग, टाकुनडोली (लाठी नाच), घोडा नाच, चरा नाच, भालु नाच, लाहुरे लाहुरेनी नाच समेत प्रदर्शन गरिएको बुद्धभूमि –२ का सन्तोष श्रेष्ठले बताउनुभयो । अर्घाखाँची भैरव नाचको उर्वर भूमिको रूपमा चिनिन्छ । 
News
33,708
शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
https://gorkhapatraonline.com/news/14866
जानु पाण्डेकपिलवस्तु, जेठ २० गते । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो । “शिवराज नगरपालिका भित्रका विद्यालयले अव कुनै पनि बहानामा शुल्क लिन पाउँदैनन् । विद्यालयलाई नपुग हुने रकम नगरपालिकाबाट अनुदानस्वरुप दिइनेछ” नगर प्रमुख अजय थापाले बताउनुभयो । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न १५ करोड रुपियाँ नगरपालिकाले विनियोजन गर्ने तयारी गरेको छ । हाल नपाले विद्यालयसँग आवश्यक छलफल गरिरहेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।आर्थिक बर्ष २०७९÷८० र शैक्षिकसत्र २०८० बाट अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा लागु गर्ने निर्णय कार्यपालिकाले गरेको छ । यस सम्बन्धमा गृहकार्य गरी प्रतिवेदन तयार गर्न बैठकले नगर प्रमुख थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थारुले बताउनुभयो । कार्यदलमा उपप्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्षहरु रिजवान अहमद, रामगोपाल चौधरी, मन्जु मिश्र, माहेताब आलम खा, सामाजिक विकास समितिको संयोजक, आर्थिक प्रशासन शाखा प्रमुख सदस्यहरु रहेका छन । शिक्षा युवा तथा खेलकुद शाखा सदस्य सचिव रहनेगरी कार्यदल गठन गरिएको छ ।
News
43,258
शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र आवश्यक देखिएको छ : गृहसचिव 
काठमाडौं र ललितपुरमा लगाइएको निषेधित क्षेत्र शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक देखिएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् । 
https://ekantipur.com/news/2024/03/27/prohibited-areas-are-necessary-to-maintain-peace-and-security-home-secretary-49-19.html
काठमाडौँ — काठमाडौं र ललितपुरमा लगाइएको निषेधित क्षेत्र शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक देखिएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । 'काठमाडौं र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ,' गृहसचिव अर्यालले भने । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्र प्रदर्शनका लागि निषेधित तोकेको थियो । चार जना भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनी यी दुई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको थियो । गृहसचिव अर्यालले निषेधित क्षेत्रको विरोध भइरहेपनि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक भएको भन्दै उक्त कार्यको बचाउ गरे । त्यस्तै, ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको दुई युवाको ज्यान जाने घटनासम्बन्धि अनुसन्धान समितिले दिएको प्रतिवेदन अध्ययनकै चरणमा रहेको गृहसचिव अर्यालले जानकारी दिए ।
News
4,588
ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छिन् ।
https://ekantipur.com/news/2024/01/30/oli-is-the-most-talented-leader-of-contemporary-nepali-politics-former-president-bhandari-48-59.html
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छिन् ।मंगलबार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘संसद्‍मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै भण्डारीले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको समेत बताइन् । 'यस पुस्तकका नायक शकेपी शर्मा ओलीज्यु समकालीन राजनीतिक नेताहरूमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ,' पूर्वराष्ट्रपति भण्डारीले भनिन् । पूर्वराष्ट्रपति भण्डारीले संसद्‍मा ओलीले गरेका सम्बोधनहरू राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन् । उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तीका रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् ।
News
6,054
नेपालको लगातार दोस्रो हार
अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ ।
https://ekantipur.com/sports/2023/12/10/nepals-second-defeat-in-a-row-52-14.html
काठमाडौँ — अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ ।तस्बिर : क्यानयूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले अब मंगलबार भारतविरुद्ध खेल्ने छ ।दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अलआउट भयो । जबाफमा आएको नेपालबाट ओपनिङ ब्याटर अर्जुनले उत्कृष्ट इनिङ्स खेले पनि अन्यबाट गतिलो साथ नपाउदा नेपाल दोस्रो खेलमा पनि पराजित हुन पुग्यो । नेपालको इनिङ्स ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो ।अर्जुनको इनिङ्स यू–१९ एसिया कप क्रिकेट इतिहासमा नेपाली ब्याटरको उच्च स्कोर हो । दीपेन्द्रसिंह ऐरीले २०१६ मा श्रीलंकाविरुद्ध कोलम्बोमा बनाएको ९० रन नेपाली ब्याटरको यू–१९ एसिया कपमा यसअघिको उच्च स्कोर हो ।्आउट हुने अन्तिम खेलाडी अर्जुनले १ सय ८ बल खेल्दै १३ चौका प्रहार गरे । कप्तान देव खनालले ३७ बल खेली १ चौकासहित २४, गुल्शन झाले दुई छक्कासहित १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए । अफगानिस्तानका फारिदुन दावुदजाई र नासिर खानले ३–३ विकेट लिए ।यसअघि अफगानिस्तानबाट जम्सिद जादरानले अविजित १ सय ६ रन बनाएका थिए । प्रतियोगिताको यो पहिलो शतक थियो । क्राम्प भएका कारण अन्तिममा रिटायर्ड आउट भएका उनले १ सय ५२ बल खेली ८ चौका प्रहार गरे । नुमन शाहले ४१ बल खेली ५ चौका र ३ छक्कासहित ६० तथा रहिमुल्लाह जुर्मातीले ३५ रन बनाए ।नेपालबाट गुल्शन झा, सुवास भण्डारी र हेमन्त धामीले २–२ तथा दीपेश र आकाश चन्दले १–१ विकेट लिए ।
Sports
15,610
समन्यायिक विकासका समस्या
विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले यसको अवस्थामा पनि परिवर्तन भई नै रहेको हुन्छ। यस कारणले गर्दा पनि विकासको परिभाषाबारे एउटै मत छैन। अल्पविकसित, विकासोन्मुख र विकसित देशले विकासलाई हेर्ने दृष्टिकोण र परिभाषित गर्ने सन्दर्भमा फरक फरक विचार भएको देखिन्छ। अल्पविकसित देशका लागि गाँस, बास र कपासको समस्या रहेको हुन्छ। यिनीहरूको सहज किसिमबाट उपलब्ध गराउन सकियो भने जनतालाई योभन्दा ठूलो विकास केही हुँदैन। त्यसैले उनीहरूका लागि विकास भन्नु नै गाँस, बास र कपासको उपलब्धता हो। नेपालको सन्दर्भमा पनि यही तीन कुराको विकासलाई लिन सकिन्छ।
https://gorkhapatraonline.com/news/50580
विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले यसको अवस्थामा पनि परिवर्तन भई नै रहेको हुन्छ। यस कारणले गर्दा पनि विकासको परिभाषाबारे एउटै मत छैन। अल्पविकसित, विकासोन्मुख र विकसित देशले विकासलाई हेर्ने दृष्टिकोण र परिभाषित गर्ने सन्दर्भमा फरक फरक विचार भएको देखिन्छ। अल्पविकसित देशका लागि गाँस, बास र कपासको समस्या रहेको हुन्छ। यिनीहरूको सहज किसिमबाट उपलब्ध गराउन सकियो भने जनतालाई योभन्दा ठूलो विकास केही हुँदैन। त्यसैले उनीहरूका लागि विकास भन्नु नै गाँस, बास र कपासको उपलब्धता हो। नेपालको सन्दर्भमा पनि यही तीन कुराको विकासलाई लिन सकिन्छ।विकासोन्मुख देशको सन्दर्भमा भन्ने हो भने अल्पविकसित देशको भन्दा अलि फरक किसिमको अर्थात् केही सम्पन्नता भएको बुझ्नुपर्छ। यी देशमा जनताका आवश्यकता गाँस, बास र कपासभन्दा माथिल्लो श्रेणीका हुन्छन्। न्यूनतम आधारभूत आवश्यकता सँगसँगै अन्य आवश्यकता परिपूर्ति भएका हुन्छन्। यसबाट यो बुझ्न सकिन्छ कि विकासोन्मुख देशको सन्दर्भमा विकास भन्नाले अल्पविकसित देश र विकसित देशबीचको अवस्थालाई लिन सकिन्छ। विकसित देशमा विकासका अवयव उच्च तहमा पुगेका हुँदा जनताको जीवनस्तर पनि उच्च भएको हुन्छ। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति भइसकेका हुनाले त्यसभन्दा माथिल्लो लक्ष्य प्राप्तिका लागि प्रयत्नशील भएका हुन्छन्। त्यसकारण नेपालजस्ता अल्पविकसित देश र अमेरिकाजस्ता विकसित देशले विकासलाई हेर्ने दृष्टिकोण एकदम पृथक् भएको हुन्छ। विकासको गति तीव्र, सुस्त वा क्रमिक जे पनि हुन सक्छ। केही न केही मात्रामा विकास भएकै हुन्छ। विकास नै नहुने हो भने मानिसको अस्तित्वसमेत नहुन सक्छ। त्यसैले यसलाई निरन्तर चलिरहने प्रक्रिया भनिने गरिन्छ र यसको अन्तिम गन्तव्य पनि हुँदैन। एउटा शृङ्खला पार ग¥यो अर्को शृङ्खला आइहाल्छ।विकास जहिले पनि सकारात्मक र परिवर्तनमुखी हुन्छ। नकारात्मक नतिजाले विकासलाई सङ्केत गरेको हुँदैन। यसैकारणले गर्दा विकासविद्ले विकासलाई सकारात्मक रूपले हेरेको पाइन्छन् र यसले आर्थिक, सामाजिक, वातावरणीय क्षेत्रलाई बढावा गरेको हुन्छ। विकास त्यस्तो प्रक्रिया हो, जहाँ केही बढ्छ वा परिवर्तन हुन्छ र परिणामस्वरूप अधिक उन्नति, प्रगति वा वृद्धि भएको हुन्छ।विकास मानवीय पक्षसँग सम्बन्धित भएको हुँदा यसले व्यक्तिका लागि उच्च स्तरको जीवन बनाउने प्राथमिकताको लक्ष्य लिएको हुन्छ। आर्थिक, सामाजिक तथा वातावरणीय संरक्षणमा जोड दिएको हुन्छ। यसरी विकासलाई बहुमुखी चरित्रका रूपमा लिएको देखिन्छ।विकासलाई सबैले समृद्धिका रूपमा लिएका देखिन्छन्। नेपालको विकास कसरी गर्ने र यसको मोडेलको विषयमा नेपालको संविधानमा नै उल्लेख भएको छ। संविधानको प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्ने भनी उल्लेख भएबाट पनि विकासलाई संवैधानिक मान्यता दिइएको पाइन्छ।यसैगरी संविधानको निर्देशक सिद्धान्तमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको माध्यमबाट तीव्र आर्थिक वृद्धि गर्ने सिद्धान्त अवलम्बन गरिएको छ। नेपालजस्तो अल्पविकसित देशमा मौजुदा साधन स्रोत न्यून हुने भएकाले उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा दिगो आर्थिक विकास गर्ने उद्देश्य छ। प्राप्त उपलब्धिको न्यायोचित वितरण तथा आर्थिक असमानताको अन्त्य गरी राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भनी उल्लेख गरिएको छ। यसले के देखाउँछ भने विकासको प्रतिफल न्यायोचित वितरण र सबैले उपभोग गर्न पाउनु पर्छ भन्ने सङ्केत गरेको देखिन्छ।संविधानमा नै नेपालको विकासबारे स्पष्ट अवधारणा उल्लेख भएको हुँदा राज्यले यसैलाई मार्ग निर्देशन मानी विकास गर्नुपर्ने हुन आउँछ। विकासका मुख्य अभिकर्ताका रूपमा सार्वजनिक, निजी र सहकारी क्षेत्र नै हुन्। यिनीहरूको नै मुख्य भूमिका हुने हुँदा यिनीहरू परिवर्तनका घटक देखिन्छन्। उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्ने र प्राप्त उपलब्धिलाई न्यायोचित किसिमले वितरण गर्नुपर्ने उल्लेख भएबाट नेपालको संविधान विकासप्रति कति संवेदनशील रहेछ भन्ने प्रस्ट हुन आउँछ। आर्थिक, सामाजिक क्षेत्रलगायत अन्य क्षेत्रलाई समेत सँगसँगै समेटी विकासको फल तल्लो तहका जनतासम्म पु¥याइ समृद्ध राष्ट्र बनाउनु नै विकासप्रतिको प्रतिबद्धता भन्न सकिन्छ।कुनै भूगोल, क्षेत्र, वर्गका लागि मात्र हुने गरी विकास प्रक्रियाको थालनी गरियो भने त्यस्तो विकास बहुजन हिताय हुन सक्दैन। यस्तो विकासले निश्चित क्षेत्र तथा निश्चित मानिसका लागि फाइदा होला। सबैको हित नगर्ने हुँदा विकास निर्माण कार्य असन्तुलित हुन पुग्छ। हुने र नहुनेबीचको खाडलको दूरी बढ्दै गएको हुन्छ। मानिस मानिसबीच वैमनस्यता आउन सक्छ। सरकारदेखि जनता हृष्ट हुन सक्ने अवस्था सिर्जना हुन सक्छ। यस्ता विकास निर्माण कार्यक्रमले वितृष्णा ल्याउने हुन्छन्। त्यसैले सबैको आवश्यकता र चाहनाका आधारमा विकास निर्माण कार्यको तर्जुमा गरिनुपर्छ। यस प्रकारका विकास योजना तर्जुमा गर्दा समन्यायिक हुने गरी गरिनुपर्छ।प्रश्न आउँछ समन्यायिक विकास भनेको के हो ? समन्यायिक भनेको सबैलाई बराबरी चरणमा राखिनु हो। कसैलाई विकासै विकास, कसैलाई विकासको अभाव हुन नदिनु हो। विकासको दृष्टिकोणवाट सबै तह र तप्कालाई समान किसिमको व्यवहार गरेर समान किसिमले न्याय प्रदान गर्नु हो। नेपालको सङ्घीय संविधानमा हाम्रो विकासको मोडेल कस्तो हुनुपर्छ भन्ने विषयमा संविधानको निर्देशक सिद्धान्तले मार्ग निर्देश गरेको देखिन्छ। जस्मा उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा प्राप्त उपलब्धिको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य हुनेछ भनिएको छ। यसबाट के बुझ्न सकिन्छ भने सङ्घीय शासन व्यवस्थामा जति पनि विकास निर्माणका कार्य सञ्चालन हुन्छन् ती सबै न्यायोचित हुने गरी सञ्चालन गरिनुपर्छ।नेपालको भौगोलिक अवस्था र प्राकृतिक स्रोत साधनको दृष्टिकोणबाट भिन्न भिन्न अवस्था भएको पाइन्छ। यस अवस्थाले गर्दा पनि विभिन्न क्षेत्रको विकास गर्ने कुरालाई फरक रूपले हेर्नुपर्ने आवश्यकता सङ्घीय शासन प्रणाली आउनुअघि नै महसुस भएको देखिन्छ। त्यसैले गर्दा विकासको दृष्टिकोणबाट पाँच विकास क्षेत्रको अवधारणा ल्याइयो र विकास निर्माणका कार्यक्रम तदनुरूप सञ्चालनमा ल्याइए पनि। निर्दलीय शासन व्यवस्थामा विभिन्न दलको उपस्थिति नहुने हुँदा केन्द्रीय सरकारको स्वेच्छाचारी प्रवृत्ति वृद्धि हुँदै आयो। पहुँचवालाले आफ्नो क्षेत्रको विकासका लागि अनावश्यक रूपमा बजेट विनियोजन गर्ने काम पनि नभएको होइन। यसरी पहुँचवालाले आ–आफ्नो क्षेत्रका लागि बजेट पु¥याउने कार्यमा एक प्रकारको प्रतिस्पर्धा नै हुन गयो। जसको कारणबाट विकास प्रक्रियाले निर्दिष्ट मार्ग अवलम्बन गर्न सकेन र यस्तो व्यवस्था सङ्घीय शासन प्रणाली प्रादुर्भाव नभएसम्म नै रह्यो।हुन त सङ्घीय शासन प्रणालीमा पनि सातवटा प्रदेशको संरचना गरिएको छ। यी प्रदेश विकासका लागि मात्र नभई शासकीय सञ्चालनका लागि पनि हुन्। संविधानको मस्कद भनेको यी सातै प्रदेशबीच विकासका लागि प्रतिस्पर्धा हुन्छ भन्ने अनुमान रहेको थियो तर त्यस्तो अवस्था देखिएको छैन। विश्वमा नै उत्कृष्ट मानिएको सङ्घीय शासन प्रणाली अपनाइए पनि नेपाली जनताले विकासको फल वाञ्छित मात्रामा पाउन सकेका छैनन्। अहिले पनि देशका कुना काप्चामा रहेका जनताले सरकारको अनुभूति गर्न पाएका छैनन् र मानवीय आधारभूत आवश्यकताबाट वञ्चित भएको अवस्था छ। यो परिस्थिति आउनुमा व्यवस्थाको दोष होइन कि विकास प्रक्रिया सञ्चालनको हो। योजना तर्जुमा गर्दा स्थानीय तहले पिंधमा रहेका जनताको आवश्यकता र आकाङ्क्षाअनुसार गर्नुपर्ने हो तर जनताले चाहेअनुसार भएको अवस्था पनि देखिँदैन। अहिले स्थानीय तहको संरचना वडाभन्दा पनि तल टोल, बस्ती, समूह, क्लबसम्म सरकारको उपस्थिति पुगेको छ। यसरी सरकारको उपस्थिति पुगेको भए पनि तलैदेखि उनीहरूको आवश्यकता र चाहनाअनुसार योजना तर्जुमा भएको देखिँदैन। त्यसैले स्थानीय जनताले योजना पाउन नसकेका गुनासा आई नै रहेका छन्।नेपालको संविधानमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने उल्लेख भएको छ। संविधानको भावनाअनुसार कुनै पनि विकास निर्माणका योजना तर्जुमा गर्दा समानुपातिक समावेशी र सहभागिता हुनुपर्छ। तर, व्यवहारमा त्यस्तो भएको देखिँदैन। पहुँच र राजनीतिक दबाबका आधारमा योजना छनोट हुने र तिनै योजना स्वीकृति हुने परिपाटी नै अहिलेको मुख्य समस्या हो।विकास योजना समन्यायिक हुन सके मात्र योजना सफल हुन सक्छन्। सबैलाई न्याय हुने गरी योजना तर्जुमा गरिनु पर्छ। संविधानको मर्मअनुसार समानुपातिक समावेशी र सहभागितामा आधारित हुनुपर्छ। अन्यथा जनताको आवश्यकता र चाहना एकातिर योजना तर्जुमा अर्कोतिर हुँदा जनतामा अन्याय हुन जान्छ र समन्यायिक सिद्धान्त असफल हुन जान्छ।समन्यायिक योजना तर्जुमाको आधार भनेका तलैदेखि सबै क्षेत्र, वर्ग, जातजातिले विकासको फल पाउने गरी योजना तर्जुमा गरिनुपर्छ भन्ने हो। स्थानीय तहमा योजना तर्जुमा गर्दा चुनौती पनि आउने गरेका छन्। त्यसकारण योजना तर्जुमा गर्दा आवश्यक आँकडा, उपलब्ध स्रोत साधन, जनताका आवश्यकता र चाहनाजस्ता कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन्।अहिले तीन तहको सरकार भए पनि विकासको दृष्टिकोणबाट हेर्ने हो भने स्थानीय सरकारको भूमिका महत्वपूर्ण देखिन्छ। देशको ठूलो जनसङ्ख्या ग्रामीण क्षेत्रमा रहने हुँदा उनीहरूलाई केन्द्रबिन्दु नबनाउने हो भने विकासको कुनै अर्थ हुँदैन। त्यसैले गर्दा स्थानीय तहमा विकास योजना तर्जुमा गर्दा महिला, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग व्यक्ति आदिको प्रतिनिधित्व हुने गरी विकास योजना तर्जुमा गर्नुपर्छ। यो भनेको विकासको समन्यायिक प्रणाली हो। विकासले छुन नसकेका लक्षित समूह तथा वर्गको हितलाई ध्यान दिएर नै यस किसिमको प्रणाली अवलम्बन गरिएको देखिन्छ। यसबाट कुनै पनि वर्ग तथा समूह विकासबाट बाहिर रहनुपर्ने अवस्था हुँदैन र विकास समन्यायिक हुन जान्छ। यिनै विषयमा केन्द्रित भएर स्थानीय तहहरूले योजना तर्जुमा गरेको अवस्थामा तलैदेखि विकासको आधार बलियो हुनेछ र समन्यायिक पनि बन्नेछ।   
News
47,478
बानेश्वरमा अण्डरपास निर्माण अघि बढ्दै, कन्सलटेन्ट हायर
काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ ।
https://gorkhapatraonline.com/news/43591
काठमाडौं, कात्तिक २० गते । काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अन्डरग्राउन्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बानेश्वरमा बन्न लागेको नयाँ अण्डरपास निर्माणका लागि हाल डिजाइन तयार पार्न कन्सलटेन्ट हायर गर्ने काम भएको छ । गत सोमबार हायरको सूचना निकालेका थियौँ ।’अबको एक हप्तामा नयाँ कन्सलटेन्टसँग बर्ता भएर सम्झौता नै गर्ने तयारी भएको उहाँको भनाइ छ । यस्तै, सम्झौतापश्चात् कस्तो प्रकृतिको अण्डरपास निर्माण गर्ने भन्ने र लागत कति लाग्छ यकिन हुने बज्राचार्यले बताउनुभयो । सोहीअनुसार यो अण्डरपास सडकको लागत बारेमा पनि डिजाइन तयार भएपछि नै थाहा हुने उहाँको भनाइ छ । बज्राचार्यले भन्नुभयो, ‘यो अण्डरपास सडकको लागत कति र यसको प्रकृति कस्तो हुने भन्ने कुरा डिजाइन पश्चात् नै थाहा हुन्छ । अहिले नै कस्तो हुने र कति लागत लाग्छ भन्न सकिँदैन ।’ उहाँका अनुसार डिजाइनका लागि १८ महिनाको समय दिइनेछ । डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर प्रतिक्रियापछि दुई साता फाइनल डिजाइनका लागि समय दिइने उहाँले बताउनुभयो । तर डिजाइन पूरा गर्न नै तीन महिना लाग्ने उहाँले बताउनुभयो ।  नयाँ बानेश्वरमा बन्ने अण्डरपास सडक बागमती नदीको आसपास पर्ने गरी निर्माण गर्ने तयारीका साथ यसको सर्भे भइरहेको बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बानेश्वरमा बन्ने अण्डरपास सडक बागमती नदीको छेउछाउ हुने गरी निर्माण गर्ने योजना छ । यसको सर्भे पनि यही प्रक्रियाबाट हुन्छ ।’ बानेश्वरमा रहेको ट्राफिक व्यवस्थापनका लागि यो अण्डरपास निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा सरकारले यसको डिजाइन सक्न ३० लाख रुपियाँ मात्र छुट्याइएको छ । डिजाइन सकेपछि निर्माणका लागि छुट्टै कम्पनीलाई ठेक्का लगाइने पनि उहाँले बताउनुभयो । बानेश्वरमा बन्ने अण्डरपास कलङ्कीमा हाल रहेको अण्डरपास सडकको मोडेलकै हुने बज्राचार्यको भनाइ छ । यो वर्ष सर्भे सकेर डिजाइन तयार गर्ने र आगामी वर्षदेखि यसको निर्माणकार्य सुरु गर्ने सडक विभागको योजना रहेको छ । कोटेश्वरमा बन्ने भनिएको अण्डरपास कस्तो बनाउने भन्ने अहिलेसम्म निश्चित भइनसकेको उहाँको भनाइ छ । 
News
60,626
नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य, विजेता टोली यू–१९ विश्वकप पुग्ने
नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भयो । 
https://ekantipur.com/sports/2023/03/02/167774430258675631.html
काठमाडौँ — नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भयो । यस खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ । नेपाल र यूएई दुवैले राउन्ड रोबिनको पहिलो चार खेल जितेर निर्णायक खेलमा उभिएका हुन् । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन । इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत गरेको थियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई गतिलो झट्का दिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो । कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए । विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो । उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमा रनआउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके । हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए । ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए ।
Sports
18,197
लेस्टर दोस्रो स्थान उक्लिएर उपाधि होडमा
इंग्लिस प्रिमियर लिगमा  शनिबार च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरमा २–० ले हरायो ।
https://ekantipur.com/sports/2021/01/17/161084796880249258.html
लन्डन — इंग्लिस प्रिमियर लिगमा  शनिबार च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरमा २–० ले हरायो ।यो जितपछि लेस्टर पनि उपाधि होडमा सामेल भएको हो । ब्रेन्डन रोजर्सको टिमको अब १८ खेलबाट ३५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग एक अंकको दूरी हो ।अर्को खेलमा चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १–० ले हरायो । यसले व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई राहत प्रदान गरेको छ । खेलको निर्णायक गोल मेसन माउन्टले खेलको अन्त्यतिर गरे र टिम २९ अंकमा सातौं स्थानमा उक्लियो ।यस्तै वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । त्यसमा मिचाइल एन्टोनियोले एक मात्र गोल गरे । जितपछि वेस्ट ह्याम आठौं स्थानमा उक्लेको छ ।
Sports
23,895
हाजिर गरेरै तलब गाडीबिना नै ड्राइभर
अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ ।
https://gorkhapatraonline.com/news/16600
काठमाडौँ, असार ८ गते । अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् । उनीहरूको काम कार्यालयमा आउने, हाजिरी गर्ने अनि तलब भत्ता लिने मात्र भएको कार्यालयकै कर्मचारी बताउँछन् । ‘कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ ।काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले बाहिरी चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उहाँले स्वीकार गर्नुभयो ।आयोजना प्रमुख जगदीश लामिछानेले करार कर्मचारीले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा हाजिरी गर्ने गरेको बताउनुभयो । छ÷छ महिनामा करार कर्मचारीको म्याद थप हुन्छ । अहिले चक्रपथ आयोजनामा स्थायी कर्मचारीका रूपमा जगदीश लामिछाने (आयोजना प्रमुख), रवीन्द्र घिमिरे (नासु) र सुदीप पौडेल (सर्वेक्षक) हुनुहुन्छ । त्यसैगरी करार सेवामा इन्जिनियर अञ्जु नेपाली (राप तृतीय), सबइन्जिनियर विवेक भट्टराई (राप अनं प्रथम), नासु सोभिता गोतामे, खरिदार सरस्वती पोखरेल, अमिन देवेन्द्रप्रसाद साहु कार्यरत हुनुहुन्छ ।सवारीसाधन छैन, चालक तीन जना बाहिरी चक्रपथ आयोजनामा एउटा पनि सवारीसाधन नभए पनि तीन जना सवारीचालक करारमा नियुक्त गरिएको छ । डेन्डी शेर्पा, रामशरण थापा र विष्णुप्रसाद उप्रेतीलाई हलुका सवारी चालकका रूपमा नियुक्त गरिएको छ । उहाँहरू सवारीसाधन नै नचलाई तलब सुविधा लिनुहुन्छ ।प्राधिकरणको स्रोतका अनुसार त्योभन्दा पनि चालू आर्थिक वर्षमा सवारीसाधन मर्मत शीर्षकमा ४१ हजार र इन्धनमा एक लाख रुपियाँ खर्च भइसकेको पाइएको छ । त्यसैगरी आयोजनामा चार जनालाई करारमा कार्यालय सहयोगीका रूपमा नियुक्त गरिएको छ । वेदनाथ घिमिरे, कृष्णप्रसाद तिवारी, निरमाया राना र हुकुमबहादुर जीसी कार्यालय सहयोगीका रूपमा नियुक्त हुनुहुन्छ । कार्यालय सहयोगी घिमिरे २०६२ सालमा र तिवारी २०६३ सालमा नियुक्त भई अहिलेसम्म निरन्तर सेवासुविधा लिँदै आउनुभएको छ । कर्मचारीका अतिरिक्त सो आयोजनाले साइट कार्यालय सञ्चालन, फर्निचर, कम्प्युटर खरिद, बिजुली, पानी, फोन, नेट, मसलन्द खर्च आदि शीर्षकमा मासिक ठूलो परिमाणमा खर्च गर्दै आएको छ । आयोजनाको प्रारम्भदेखि नै चालू खर्च वार्षिक एक करोडभन्दा बढी खर्च हुँदै आएको छ भने पुँजीगत खर्च शून्य छ ।अहिलेसम्म सो आयोजनामा चालू खर्चको नाममा बीस करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा सो आयोजनाको चालूतर्फ ९९ लाख ८७ हजार र पुँजीगततर्फ ३५ लाख पचास हजार रुपियाँ विनियोजन गरिएकोमा अहिलेसम्म चालूतर्फको विनियोजित बजेट पूरा खर्च भइसकेको छ भने पुँजीगततर्फको आर्थिक प्रगति शून्य छ ।खारेज हुन्छ : मन्त्री झाँक्रीबाहिरी चक्रपथ आयोजनामा करारमा राखिएका कर्मचारी र काल्पनिक शीर्षकमा गरिएको खर्चबारे सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई अहिलेसम्म केही जानकारी छैन । गोरखापत्रको जिज्ञासामा मन्त्री झाँक्रीले सो आयोजनामा भइरहेको गतिविधिबारे अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो मन्त्रालयको कुरा मलाई जानकारी छैन भनेर भन्न त मिलेन ।” उहाँले अगाडि भन्नुभयो, “आयोजना सञ्चालन भएन त्यो खारेज हुन्छ । दायित्व किन बोक्ने ?”उहाँले भन्नुभयो, “आयोजनामा पर्ने अत्यधिक जग्गा कित्ताकाट भइसकेको र घर पनि बनेकाले बाहिरी चक्रपथ निर्माण नहुने सम्भावनाको नजिक छ । १८ वर्षअघि परिकल्पना गरिएको रेखाङ्कनमा चक्रपथ बनिहाल्ला भन्न सकिने अवस्था छैन । आयोजना सञ्चालन हुँदैन भन्ने कुरामा लगभग अब अनौपचारिक हिसाबले त निश्चित नै छ ।” 
News
62,755
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ।
https://gorkhapatraonline.com/news/65709
काठमाडौं, जेठ १४ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ। नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्। नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन्। यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन्। रासस 
News
37,959
अत्तरियाको च्याम्पियन शैली
सबैभन्दा कमजोर मानिएको सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । अघिल्लो दुई संस्करणमा पहिलो चरण कटाउन नै संघर्ष गरेको अत्तरियाले शनिबार डीपीएल–३ को रोमाञ्चक फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्‍यो । 
https://ekantipur.com/sports/2019/02/24/155097660851765635.html
धनगढी — सबैभन्दा कमजोर मानिएको सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । अघिल्लो दुई संस्करणमा पहिलो चरण कटाउन नै संघर्ष गरेको अत्तरियाले शनिबार डीपीएल–३ को रोमाञ्चक फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्‍यो । फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको महेन्द्रनगर निर्धारित २० ओभर खेल्दै १ सय २३ रनमा अलआउट भयो । विजयनिम्ति २ बलमा ३ रन आवश्यक हुँदा सन्नी पटेलले अविनाश बोहरालाई स्ट्रेट छक्का प्रहार गरे । सर्वाधिक पुरस्कार राशिको डीपीएल जितेर अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता महेन्द्रनगरको भागमा १२ लाख पर्‍यो । सीवाईसी अत्तरिया १७ ओभरमा ९५–६ को स्थितिमा थियो । टोलीलाई अन्तिम ३ ओभरमा जित पाउन २९ रन चाहिन्थ्यो । अविनाशले इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्समाथि अन्तिम ओभरमा ३ रनमात्र दिई महेन्द्रनगरलाई १ रनको जित दिलाएर फाइनलमा पुर्‍याएका थिए । तर शनिबार अविनाशले फालेको १८ औं ओभरमा अत्तरियाले १५ रन जोड्यो । अर्को ओभरमा यूएईका तीव्र गतिका बलर मोहम्मद नाभेदले कमलसिंह ऐरीलाई बोल्ड गर्दै ७ रनमात्र खर्चे । अन्तिम ओभरको पहिलो चार बलमा १–१ रन लिएपछि दोस्रो अन्तिम बलले खेल रोचक बनाइसकेको थियो । प्रतियोगिताको सर्वाधिक रनकर्ता पटेलले आफ्नो अनुभव देखाउँदै छक्का प्रहार गरी अत्तरियालाई उपाधि दिलाए । अत्तरियाले १९.५ ओभर खेल्दै १ सय २७ रन जोड्यो । ‘स्थिति कस्तो छ केही मतलब छैन, तर हामी अन्तिमसम्म बसेर ब्याटिङ गर्नुपर्छ भनेर कप्तान दीपेन्द्रसँग विकेटमा सल्लाह गरेका थियौं । अन्तिम ३ ओभरमा ३०–३५ रन चाहिने स्थिति रहेमा बलिङ टोलीलाई दबाब हुन्थ्यो र रन बनिहाल्थ्यो,’ पटेलले भने, ‘म अनुभवी खेलाडी भए पनि यहाँ धेरै सिकेको छु । क्रिकेटमा प्रत्येक दिन नयाँ केही सिकिन्छ, पूर्ण कोही हुँदैन । अन्तिम ओभरमा जितेन्द्रसिंह ठकुरी स्ट्राइकमा हुँदा उसले आत्तिनुपर्दैन रन बनिहाल्छ भन्यो, यसले मेरो मनोबल झन उँचो भयो ।’उनले अन्तिम दुई ओभरबारेमा भने, ‘१४ रन चाहिन्थ्यो, त्यस्तो दुई खराब बल आए पुग्थ्यो । त्यसैले त्यो २ खराब बल कुर्नुपर्ने थियो ।’ म्यान अफ द फाइनल पटेलले २६ बल खेली ३ चौका र ३ छक्का प्रहार गरी अविजित ४७ रन बनाए । जितेन्द्र ४ बलमा ३ रन बनाई अविजित रहे । ओपनर जयकिसन कोल्सावालाले २७ बलमा ५ चौका प्रहार गरी ३० रन बनाए । कप्तान दीपेन्द्रले ३५ बल खेल्दै १ चौकासाथ १७ रन जोडे । ज्ञानेन्द्र कुँवर ७, सन्दीप जोरा २, रित गौतम शून्य र भुवन कार्की ८ रनमा आउट भए । महेन्द्रनगरका सागर ढकालले ४ ओभरमा १७ र नाभेदले ४ ओभरमा १९ रन खर्चेर २,२ तथा अविनाश र शाहब आलमले १–१ विकेट लिए । ‘फाइनल एकदमै रोमाञ्चक भयो । जुन हिसाबले सन्नीले खेलिरहेका थिए र मलाई पनि सिकाइरहेको थियो, त्यसबाहेक यसअघिका लिगहरूमा पनि सन्नीले जसरी खेलेका थिए त्यसबाट मलाई उसले खेल जिताउँछ भन्ने आशा लागेको थियो,’ अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले भने, ‘आजको विकेट राम्रो थियो । अलि कति टर्न कम थियो, त्यही हिसाबमा पनि लक्ष्य पछ्याउन सकिन्छ जस्तो थियो ।’ आफ्नो टोलीमा खासै नाम कहलिएका खेलाडी खासै नभए पनि पहिलो खेलमा धनगढी स्टार्सलाई ९० रनमा अलआउट गरी ५ रनको जित हात पारेपछि टोलीको मनोबल बढ्दै गएको जनाए । अत्तरियाले प्रतियोगिताभर एक खेलमात्र हार्‍यो, जुन राउन्ड रोबिनमा वर्षाका कारण ६–६ ओभरमा छोट्याइएको खेलमा महेन्द्रनगरसँगै ६ विकेटको हार थियो । फिल्डिङका हस्ती दक्षिण अफ्रिकी जोन्टी रोड्स अत्तरियाका मेन्टर थिए । उनीसँगै दक्षिण अफ्रिकी रायन मेरोनको प्रभाव अत्तरियाको टोलीले फाइनलमा पनि देखायो । अत्तरियाले महेन्द्रनगरका ५ खेलाडीलाई रनआउट गरिदियो । कप्तान शरद भेषावकर आफूले सामना गरेको पहिलो बलमै नन स्ट्राइक एन्डमा रनआउट भए । उनीसँगै आनन्द सुब्रमन्यम (२), कुशल मल्ल, अविनाश र शाहब रनआउट भए । अविनाश र शाहबले खाता खोल्न पनि सकेनन् । ओपनरका रूपमा पठाइएका नाभेदले पहिलो ओभरमा पटेललाई चौका प्रहार गरे । दोस्रो ओभरको पहिलो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेका नाभेद अर्को बलमा क्याच दिन पुगे । आनन्द त्यही ओभरको अन्तिम बलमा रनआउट भए । आरिफ र अर्का ओपनर दिलीप नाथले ८ ओभरमा अत्तरियाको स्कोर ४० रन पुर्‍याए । नाभेदजस्तै आरिफ पनि ११ रनमा आउट भए । अर्का ओपनर दिलीपले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । कुशलले २२ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरी २५, रोहित पौडेलले २० बलमा १ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । कप्तान दीपेन्द्रले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अन्तिम तीनमध्ये २ ओभर गरेका युवा दीपेन्द्र राउतले ११ रन खर्चेर २ विकेट लिए । पटेलले ४ ओभरमा ११ रनमात्र खर्चेर १ विकेट लिए । सन्नीको दबदबासन्नी पटेलले डीपीएल–३ मा दबदबा जमाए । उनले म्यान अफ द फाइनलका साथै उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिजको पुरस्कार पाए । पटेलले प्रतियोगितामा सर्वाधिक २ सय ४ रन बनाउनुका साथै ९ विकेट लिए । पटेलले उत्कृष्ट ब्याट्सम्यान भए वापत १ लाख र म्यान अफ द सिरिज भएवापत २ लाख पुरस्कार पाए । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष ३ स्थानमा अत्तरियाकै खेलाडी थिए । कप्तान दीपेन्द्रले १ सय ६७ र जयकिसन कोल्सावालाले १ सय ५९ रन बनाए । १० विकेट पनि लिएका दीपेन्द्रलाई मोस्ट भ्यालुएबल खेलाडीको पुरस्कार दिइएको थियो । उनलाई त्यसवापत गोल्डस्टारद्वारा प्रायोजित गोल्डेन बुट प्रदान गरिएको थियो । अत्तरियाकै भुवन कार्की सर्वाधिक १४ विकेट लिँदै उत्कृष्ट बलर बने । उनले १ लाख रुपैयाँ पाए ।
Sports
27,877
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि समितिबाट पारित
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ संसदीय समितिबाट सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले सो विधेयक पारित गर्ने निर्णय गरेको हो । 
https://ekantipur.com/news/2024/02/16/food-hygiene-and-quality-bill-passed-by-agriculture-committee-00-03.html
काठमाडौँ — खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ संसदीय समितिबाट सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले सो विधेयक पारित गर्ने निर्णय गरेको हो । समितिका सभापति आरजु राणा देउवाले विभिन्न सरोकारवाला, कृषि, कानून र उद्योग मन्त्रीहरुसँगको पटक–पटकको छलफलपछि आवश्यक संशोधनसहित सर्वसम्मतरुपमा समितिबाट विधेयक पारित गरिएको जानकारी दिइन् । राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस्य बीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति समेत बनाएर लामो छलफलपछि शुक्रबार पारित भएको हो ।सभापति राणाले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य श्रृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्ने गरी खाद्य स्वच्छता सम्बन्धी विधेयक पारित गरिएको बताइन् । ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कृषि समितिबाट पास भयो । २०७७ सालदेखि माथिल्लो सदनमा उत्पन्न भएको विधेयक त्यहाँ धेरै छलफल भएर यहाँसम्म आइपुगेको थियो,' उनले भनिन्, 'समितिमा पटक–पटक छलफल, कृषि ,कानून र उद्योग मन्त्रीहरुसहित सरोकारवालासँगको छलफलपछि आवश्यक संशोधनसहित विधेयक पारित भएको छ ।'समितिबाट पारित भएको विधेयक अब प्रतिनिधिसभामा पेश हुने छ ।
News
5,620
सभापति देउवाद्वारा बडादसैँको शुभकामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/83058
काठमाडौँ, कात्तिक ७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । 
News
32,649
बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण
बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।
https://ekantipur.com/diaspora/2020/04/09/158639906374374311.html
काठमाडौँ — बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो । राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए । यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए । राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ । बुधबारसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । संक्रमित ३ सय ४९ जनाको उपचार जारी छ । ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ४ सय ६७ जनालाई निको भइसकेको छ । दूतावासले ७ अप्रिलदेखि डिसेम्बर ३१ सम्म अवैधानिक कामदारलाई स्वदेश फिर्नका लागि आममाफी दिएको जनाएको छ ।
Diaspora
12,776
साहित्यकार पंगेनी अस्पताल भर्ना
गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
https://gorkhapatraonline.com/news/104048
फडिन्द्र अधिकारीलेखनाथ, चैत ४ गते । गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ । अस्पतालको भेन्टिलेटरमा सोमबारदेखि उहाँको उपचार भइरहेको छ । अस्पतालका अनुसार उहाँको  अवस्था गम्भीर रहेको छ । पंगेनीका साथीसमेत रहनुभएका साहित्यकार तीर्थ श्रेष्ठले उहाँको अवस्था गम्भीर रहेको र उपचारमा सहयोगका लागि रकम सङ्कलन गर्न थालिएको बताउनुभयो । पंगेनीको फोक्सोमा सङ्क्रमण भएको छ । श्वास–प्रश्वासमा पनि समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । पंगेनी पूर्वअध्यक्ष रहनुभएको पोखरेली युवा सांस्कृतिक परिवारले २५ हजार रुपियाँ सहयोग कोषमा जम्मा गरी अन्य दातासँग पनि सहयोगको आग्रह गरेको छ । साहित्यकार पंगेनीका ‘जुनको चिठी जुनालाई, प्रणय वेदका ऋचाहरु’ लगायतका कृति प्रकाशित छन् ।
News
50,922
के नेपालमा महिला मुद्दामा नेत्रीहरूको आवाज सशक्त नभएकै हो
नेपाली महिलाका कतिपय मुद्दामा राजनीतिक दलका नेत्री तथा महिला सांसदहरू पार्टीभित्रै र संसद्‌मा सशक्त रूपमा उभिन नसकेको आरोप छ।
https://www.bbc.com/nepali/news-53146202
पछिल्लो समय वैवाहिक अङ्गीकृत नागरिकताको सवाल होस् अथवा विगतमा मन्त्रिपरिषद्‌मा वा दलकै संरचनाभित्र महिला सहभागिताको सवाल किन होस्, महिलाको सशक्त सहभागिता कम देखिन्छ। महिलाहरू जोडिएका यस्ता कैयौँ विषयमा पुरुष नेतृत्वलाई नेत्रीहरूले चाहिने जति 'धक्का' दिन नसकेको महिला अधिकारकर्मीहरूको गुनासो रहिआएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमाको २३ सदस्यीय मन्त्रिपरिषद्‌मा जम्मा तीनजना मात्रै महिला छन्। असमान सहभागिता महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पनि पुरुष छन्। पार्वत गुरुङले सो मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। महिलासँग प्रत्यक्ष जोडिएका सवालमा पनि सशक्त रूपमा उभिन नसक्नुमा एउटा मात्रै कारण नभएको महिला अधिकारकर्मीहरूको ठम्याइ छ। तर केही साझा कारणमा चाहिँ महिला अधिकारकर्मीहरू सहमत देखिन्छन्। त्यो हो पितृसत्तात्मक संरचना र त्यसका सिकाइ/संस्कार। "परिवारको संरचनाको परावर्तन हाम्रो समाजमा देखिन्छ र त्यसकै हुबहु परावर्तन यहाँका पार्टी संरचनामा देख्न सकिन्छ," लेखिका तथा अधिकारकर्मी सरिता तिवारीले मङ्गलवार बीबीसी न्यूज नेपालीसँग भनिन्। हालै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको नौ सदस्यीय सचिवालय बैठकले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले विवाह गरेको सात वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता पाउने प्रावधानको पक्षमा उभिने निर्णय गर्‍यो। "राज्यमा पित्तृसत्ताको दबाव यति धेरै भयो कि महिला [नेत्री] हरू एकदमै दमित भए। पार्टीभित्र एक ठाउँमा आउन सक्ने वातावरण पनि उनीहरूले बनाउन सकेका छैनन्," तिवारीले थपिन्। कतिपय नेत्रीहरू समेत पितृसत्तात्मक सोचबाट बाहिर निस्किन नसकेको अर्की लेखिका तथा महिला अधिकारकर्मी सावित्री गौतमको ठम्याइ छ। गौतम भन्छिन्, "हामीलाई हुर्काइने-बढाइने हाम्रो समाजको जुन तरिका छ त्यो खासमा पितृसत्तात्मक 'स्कूलिङ्ग' नै छ। त्यसैले महिला हुँदैमा पितृसत्तात्मक सोचबाट सबैजना मुक्त हुन्छन् भन्न मिल्दैन।" पार्टीको नीति र त्यसका सिकाइ नेत्रीहरूमाथि हाबी भएर पनि उनीहरूले कतिपय मुद्दाको पक्षमा दह्रो रूपमा खुट्टा टेक्न नसकेको गौतम बताउँछिन्। पद गुम्ने डर महिला अधिकारकर्मी रीता साहको विचारमा पार्टीभित्रै वा बाहिर राम्रो स्थानमा पुगेका कतिपय नेत्रीमा त्यो स्थान गुम्न सक्ने मनोविज्ञानले पनि उनीहरूलाई कैयौँ मुद्दामा बोल्न रोकेको हुन्छ। यो तर्कमा महिला अधिकारकर्मीद्वय गौतम र तिवारी पनि सहमत छन्। साह भन्छिन्, "निर्णायक तहमा धेरैजसो पुरुष नै छन्। आफूले पाएको पदलाई सुरक्षित राखिराख्न पनि कतिपय नेत्री नेतृत्वको पित्तृसत्तात्मक सोचविरुद्ध जान चाहँदैनन्।" नेत्रीहरूले पार्टीभित्र वा संसद्‌मा महिलाका मुद्दामा पर्याप्त आवाज नै नउठाएको दाबीसँग नेकपाकी सांसद विन्दा पाण्डे सहमत छैनन्। नेत्रीहरूले आफ्नो तर्फबाट सक्दो आवाज उठाइरहे पनि सञ्चारमाध्यमहरूको नजरमा अझै राम्रोसँग पर्न नसकेको उनको दाबी छ। तर कतिपय नेत्रीले शक्तिलाई चिढ्याउन नचाहेको कुरामा उनी विमति राख्दिनन्। "ठाउँमा पुगेपछि शक्ति [सत्ता] को गिद्धे आँखामा किन पर्ने भनेर सिद्धान्तलाई पनि बिर्सने प्रवृत्ति कतिपयमा देखिन्छ,"उनले थपिन्। आफू माथि पुगेपछि बाँकी सबै क्षमता नभएका हुन् भन्ने मानसिकता नेपाली महिला आन्दोलनका लागि सबैभन्दा घातक पक्ष भएको पाण्डेको बुझाइ छ। महिला सवाल र त्यसको उठानप्रति नै सही दृष्टिकोण नरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डिला सङ्ग्रौला पन्तको तर्क छ। "महिलाहरूले हरेक सवाल उठाएकै छन्। तर महिलासँग गाँसिएर आउने हरेक मुद्दा महिलाले नै बहस गर्नुपर्ने होऽ उनीहरूले नै उठाउनुपर्ने हो भन्ने सोच र मानसिकता नेपाली समाजमा अहिले पनि व्याप्त छ,"उनले भनिन्। समाधानका उपाय के? पछिल्लो समय महिलाका कतिपय सवालमा क्रमिक रूपमा राम्रो हुँदै गए पनि सुधारका पक्ष अझ धेरै रहेको अधिकारकर्मी र नेत्रीहरू बताउँछन्। त्यसका लागि नेपाली समाजको सिङ्गो संरचना बदल्नतर्फ लाग्नुपर्ने सांसद पाण्डेको सुझाव छ। त्यसबाहेक परिवर्तनका लागि सञ्चारमाध्यमको पनि महत्त्वपूर्ण भूमिका हुन सक्ने उनको विश्वास छ। "सञ्चारमाध्यमलाई पनि हामीले पितृसत्ताबाट मुक्त गर्न सक्यौँ भने परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्न सक्छ।" महिला जनप्रतिनिधिका दुई वर्ष: गुनासा र असन्तुष्टि धेरै बाहिर भएकाहरूले नागरिकको हैसियतमा गर्न सक्ने सीमित कुरा मात्रै भएको तथ्य नेत्रीहरूले बुझ्नुपर्ने महिला अधिकारकर्मीहरूको तर्क छ। अधिकारकर्मी गौतम भन्छिन्, "बाहिरबाट दिनुपर्ने बल हामीले नागरिकको हैसियतमा दिइरहने भए पनि भित्र सङ्घर्ष गर्ने नेत्रीहरूले नै हो। सोचको दायरा फराकिलो बनाएर उहाँहरू अघि बढ्नुपर्ने हुन्छ।" जुनसुकै पार्टी वा समुदायको भए पनि महिलाका सवालमा एकजुट हुनुपर्ने अधिकारकर्मी साहको सुझाव छ। अधिकारकर्मी तिवारीको विचारमा महिलासँगै सबै न्यायप्रेमी पुरुषहरूले पनि महिलासँग जोडिएका सवाललाई उत्तिकै महत्त्वका साथ उठाउनुपर्ने हुन्छ। त्यसबाहेक नेत्रीहरूलाई उनको सुझाव छ, "महिलाको मुद्दालाई मानवीय दृष्टिले हेर्नुपर्‍यो, पार्टीको आँखाले मात्रै हेर्न भएन। शीर्षस्थ नेता के चाहन्छन् भन्ने हिसाबले हेर्न भएन।"
Others
66,129
फिफा वरीयतामा नेपाल यथावत् रहन सफल
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।
https://ekantipur.com/sports/2020/04/09/158643141784712300.html
काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औं स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९औं स्थानमा छ भने बंगलादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलंका २०६औं स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ ।
Sports
25,338
विवादबीच अष्ट्रेलिया विजयी
अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट पाँचौं दिन सोमबार १ सय १८ रनले जितेको छ । तर, यो टेस्टलाई अष्ट्रेलियाको सहज जितभन्दा पनि डेविड वार्नर र क्विन्टन डी ककबीचको झगडाका कारण सम्झिने छ । अष्ट्रेलियालाई जितसम्म पुग्न अन्तिम दिन १८ बल र २२ मिनेट मात्र आवश्यक थियो । 
https://ekantipur.com/sports/2018/03/06/20180306072136.html
डर्बान — अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट पाँचौं दिन सोमबार १ सय १८ रनले जितेको छ । तर, यो टेस्टलाई अष्ट्रेलियाको सहज जितभन्दा पनि डेविड वार्नर र क्विन्टन डी ककबीचको झगडाका कारण सम्झिने छ । अष्ट्रेलियालाई जितसम्म पुग्न अन्तिम दिन १८ बल र २२ मिनेट मात्र आवश्यक थियो । जोस हेजलउडको बलमा डी कक एलबीडब्लू आउट भएपछि दक्षिण अफ्रिकी दोस्रो इनिङ्स समाप्त भएको थियो । घरेलु टोली २ सय ९८ रनमा अलआउट भयो । उसले २९३/९ रनको अघिल्लो दिनको स्कोरमा ५ रनमात्र थप्न सक्यो । यससँगै अस्ट्रेलियाले चार टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । चौथो दिन वार्नर र डी ककबीचको झगडा बाहिर आएपछि सबैको ध्यान त्यसमै मोडिले उनीहरूलाई छुटयाउनुपरेको थियो । चौथो दिन चियासत्रपछि दुवै टिम ड्रेसिङ रूममा फर्कने बेलामा यो स्थिति उत्पन्न भएको थियो । यसअघि पनि अस्ट्रेलियाली खेलाडीको व्यवहारलाई लिएर आलोचना भएको थियो ।
Sports
29,855
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो।
https://gorkhapatraonline.com/news/98812
काठमाडौं, फागुन २२ गते। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो।उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।”प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उहाँले मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिनुभयो।उहाँले भन्नुभयो, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन। मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पाँच बुँदे निर्णय पनि सार्वजनिक गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहालको नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ ।’’कांग्रेसले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘‘२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन । संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ । कार्यसम्पादन समितिको यो बैठक यो घटनालाई गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भुमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ ।’’यसैगरी, बैठकले २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा  उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ । 
News
51,443
घलेलाई नहटाउन आदेश
पाटन उच्च अदालतले टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्कालका लागि नहटाउन अन्तरिम आदेश दिएको छ ।
https://ekantipur.com/sports/2019/02/23/155089156215851641.html
काठमाडौँ — पाटन उच्च अदालतले टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्कालका लागि नहटाउन अन्तरिम आदेश दिएको छ ।गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध घलेले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दामा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश केशवराज जोशीको एकल इजलासले घलेलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो । आदेशमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म घलेलाई पदबाट नहटाउन भनिएको छ । माघ ३ मा एन्फाको कार्यसमिति बैठकले टासी घलेलाई मानार्थ अध्यक्षबाट हटाएको थियो । वैशाखमा निर्वाचित एन्फाको नेतृत्वले घलेलाई मानार्थ अध्यक्ष नियुक्त गरेको थियो । कर्माछरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा जिताउन भूमिका निर्वाह गरेका कारण घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको हो ।घलेले एन्फा नेतृत्वसँग अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन माग गर्दै आएका थिए । एन्फाले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिइएपछि घलेले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय एन्फा कार्यसमितिका पदाधिकारीमाथि अनियमितताको आरोप लगाउने असन्तुष्ट समूहलाई घलेले सहयोग गरेपछि एन्फा नेतृत्व रुष्ट बनेको थियो ।
Sports
27,885
छ महिनादेखि विद्यालयमै थन्कियो स्कुल बस
बागमती प्रदेश सरकारले दोलखाको क्षेत्रवती माध्यमिक विद्यालयलाई प्रदान गरेको स्कुल बस छ महिनादेखि विद्यालयमै थन्किएको छ ।
https://gorkhapatraonline.com/news/54071
सुजन काफ्लेचरीकोट, माघ २८ गते । बागमती प्रदेश सरकारले दोलखाको क्षेत्रवती माध्यमिक विद्यालयलाई प्रदान गरेको स्कुल बस छ महिनादेखि विद्यालयमै थन्किएको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुई वर्ष अगाडि बैत्यश्वर गाउँपालिका–८ क्षेत्रपामा रहेको क्षेत्रवति माध्यमिक विद्यालयलाई स्कुल बस प्रदान गरेको थियो ।विद्यालयमा टाढा–टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै प्रदेश सरकारले विद्यालयलाई बस प्रदान गरेको थियो ।केही समय सञ्चालन भए पनि आर्थिक र प्राविधिक समस्याका कारण बस थन्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘बस सञ्चालन गर्न आर्थिक अभाव छ । विद्यालयको आम्दानीको स्रोत छैन, दुःखले केही समय बस चलायौँ । अन्तिममा केही नलागेपछि साउनदेखि बस चलाउन सकिएको छैन ।’’बसका लागि चालक राख्न मासिक करिब २५ हजार तलब दिनुपर्ने विद्यार्थीबाट उठेको पैसाले सामान्य मर्मत खर्च मात्र पुग्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले सहयोग गर्ने बताएकाले आगामी शैक्षिक सत्रबाट बस सञ्चालन हुने जानकारी दिनुभयो ।विद्यालयले स्कुल बस सञ्चालन गर्न सहयोग गरिदिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत स्कुल बस सहयोग गरेको हो । ४२ सिट क्षमता रहेको बस २५ लाखमा खरिद गरिएको थियो ।जिल्लाकै नमुना विद्यालयको रूपमा चिनिने सो विद्यालय २०२३ सालमा स्थापना भएको थियो । बालकक्षादेखि १२ कक्षासम्म अध्ययन हुने सो विद्यालयमा हाल तीन सय ६८ जना विद्यार्थी रहेका छन् ।
News
42,831
नेपाल सुपर लिगका खेल नरोकिने
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग (एनएसएल) नरोकिने मंगलबार बताएका छन् ।
https://ekantipur.com/sports/2021/04/27/161950660852469627.html
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग (एनएसएल) नरोकिने मंगलबार बताएका छन् ।कोभिड–१९ संक्रमण रोक्न सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताको निरन्तरताबारे अन्योल छाएको थियो ।सदस्य सचिव सिलवालले कान्तिपुरलाई भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्नेछ ।’नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।
Sports
23,162
गणतन्त्रमाथि खतरा छैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
https://ekantipur.com/news/2024/02/03/there-is-no-threat-to-the-republic-prime-minister-57-16.html
सिन्धुली — प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।सिन्धुलीको दुधौली–५ मा दुधौली नगर अस्पताल भवन उद्घाटनमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गरिँदै । तस्बिर : राजकुमार कार्की/कान्तिपुरदुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको उनको भनाइ थियो ।सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले सुझाए । व्यवस्थाविरुद्ध भ्रम र अफवाह कसले फैलाएको भन्नेबारे प्रधानमन्त्रीले केही खुलाएनन् ।अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गर्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । रेमिट्यान्स ३० प्रतिशत बढेकोमा भने आफू खुसी नभएको प्रधानमन्त्रीले सुनाए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।सरकारको अर्जुनदृष्टि कृषि क्षेत्र भएकाले त्यसको विकासका लागि कृषिमा आधारित नयाँ उद्योग खोल्न र रुग्ण तथा बन्द भएका उद्योग संचालनका लागि काम थालनी भैसकेको उनले बताए । भारत र चीनसँग समेत कृषि उत्पादन बढाउनका लागि सहकार्य भएको उनले सुनाए ।संघीय सरकारको १८ करोड लागतमा निर्माण भएको दुधौली नगर अस्पताल भवनमा आफु काठमाडौं फर्कने बितिक्कै चिकित्सक र उपकरणको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले आश्वासन दिए । उपचारको अभावमा दुधौलीमा सर्पदंशबाट बर्सेनि कैयौं स्थानीयको मृत्यु हुने गरेकोमा अब आइसीयू, भेन्टिलेटर, औषधि तथा दक्ष चिकित्सको व्यवस्था गरिने प्रधानमन्त्री दाहालले बताए । यो वर्ष विषालु सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य र शिक्षामा नयाँ काम थालनी बताए पनि कस्तो काम भन्ने चाही खुलाएनन् ।कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारले नदीजन्य पदार्थ बिक्री भएर हुने आम्दानी अब प्रदेशलाई नदिनुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु श्याम घिमिरे र लेखनाथ दाहालले कमला नदी नियन्त्रणको लागि बजेट व्यवस्था गर्नं प्रधानमन्त्री समक्ष माग गरेका थिए ।
News
5,951
दुई पालिकामा समावेशी शिक्षा परियोजना
जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।
https://gorkhapatraonline.com/news/91717
चितवन, पुस १९ गते । जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै विद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । उक्त परियोजनाले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ती पालिकामा सात वटा स्रोत केन्द्र र तीन वटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ । परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । चौंतिस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ । सन् २०२२ देखि यस्तो काम गर्दै आएको सो परियोजनाले यो समयमा जिल्लाका एक हजार सात सय पाँच अभिभावकसँग सम्पर्क गरेको अवसरमा जानकारी दिइयो ।समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिनुभयो । अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरुको परिवारसमेत समस्यामा परेको उहाँले बताउनुभयो । रासस  
News
41,963
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । 
https://ekantipur.com/news/2024/01/12/if-veer-hospital-is-locked-i-will-come-and-open-it-myself-minister-basnet-52-13.html
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा शुक्रबार आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, 'मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।'महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए । उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताए ।
News
6,448
विश्वकप रंगशाला क्षेत्रमा मदिरा प्रतिबन्ध
कतारमा विश्वकप फुटबल सुरु हुन दुई दिनअघि फिफाले फुटबल स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने फिफाले पुष्टि गरेको हो ।
https://ekantipur.com/sports/2022/11/18/166877851828738254.html
काठमाडौँ — कतारमा विश्वकप फुटबल सुरु हुन दुई दिनअघि फिफाले फुटबल स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने फिफाले पुष्टि गरेको हो ।फिफाले आयोजक राष्ट्रका अधिकारीहरू र फिफाबीच छलफलपछि यस्तो निर्णय गरेको फिफाले जनाएको छ । यस्तै विश्वकप रंगशाला क्षेत्रबाट बियर लगायत मदिरा बिक्री स्टेसनहरू पनि हटाइएको छ । फिफाले हालै यसबारे विज्ञप्ति जारी गर्दै मदिरा रोक लगाएको पुष्टि गरेको हो ।गत सेप्टेम्बरमा कतारले खेलभन्दा पहिले र पछिका निर्धारित समयमा लाइसेन्सप्राप्त दर्शकहरूका लागि बियर लगायतका मदिरा किन्ने अनुमति दिने जनाएको थियो । यद्यपि बड वाइजर सहितका 'जिरो अल्कोहल' हुने पेय पदार्थमा भने रोक नलगाइएको बताइएको छ ।कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मका लागि विश्वकप फुटबलको तयारी भइरहेको छ । यसका लागि हाल विश्वभरका खेलाडी र प्रशंसकहरू कतार पुगेका छन् । पछिल्लो समय आर्थिक रुपमा विकसित मानिएको कतार विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वी मुलुक पनि हो । कतारमा २६ हजार श्रमिकले २०२२ को विश्वकप रंगशाला निर्माण गरेका हुन् ।
Sports
19,071
'दसैं फेस्ट' हुँदै 
दसैंको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गेतिक महोत्सव 'दसैं फेस्ट' हुने भएको छ ।  असोज १५ मा सुरु हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजंग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतले प्रस्तुति दिनेछन् । 
https://ekantipur.com/entertainment/2022/09/06/166244131939997280.html
काठमाडौँ — दसैंको अवसरमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गेतिक महोत्सव 'दसैं फेस्ट' हुने भएको छ ।  असोज १५ मा सुरु हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजंग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतले प्रस्तुति दिनेछन् । दसैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू पाउने आयोजकले बताएको छ ।लामो समयदेखि काठमाण्डौं लगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सवलगायत विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा महोत्सव हुने भएको हो ।
Entertainment
7,918
फ्लोयडको समर्थन गर्दै सान्चोको ह्याट्रिक
इंग्लिस विन्गर जाडोन सान्चोले आइतबार राति जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डका लागि ह्याट्रिक गरे । त्यस क्रममा उनले अमेरिकी अश्वेत जर्ज फ्लोयडको समर्थनमा लेखिएको टी–सर्ट प्रदर्शन गरे ।
https://ekantipur.com/sports/2020/06/01/15909749999591415.html
डर्टमन्ड — इंग्लिस विन्गर जाडोन सान्चोले आइतबार राति जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डका लागि ह्याट्रिक गरे । त्यस क्रममा उनले अमेरिकी अश्वेत जर्ज फ्लोयडको समर्थनमा लेखिएको टी–सर्ट प्रदर्शन गरे ।अमेरिकामा हालै मात्र प्रहरी नियन्त्रणमा फ्लोयडको मृत्यु भएको थियो । सान्चोले ‘जर्ज फ्लोयडका लागि न्याय’ लेखिएको टी–सर्ट प्रदर्शन गरेका थिए ।उनको ह्याट्रिकको मद्दतमा डर्टमन्डले पुछारतिर रहेको पार्डाबोनलाई ६–१ ले हरायो । उसका लागि थोरगन हजार्ड, आचरफ हाकिमी र मार्सेल स्पेलरले पनि गोल गरे ।यो जितपछि दोस्रोमा रहेको डर्टमन्डले शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखसँगको दूरी सात अंकमा छोट्याएको छ ।यसअघि भएको आइतबारको अर्को खेलमा बोरुसिया मुन्छेनग्लाडबाखले युनियन बर्लिनलाई ४–१ ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।
Sports
25,139
पुल अलपत्र: ठेकेदार बेपत्ता
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।
https://gorkhapatraonline.com/news/76714
राजकुमार भट्टराईखोटाङ, भदौ १३ गते । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा  छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन । पुल निर्माणका क्रममा तयार गरिएको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म  पुल निर्माणको काम भएको छैन । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिँडेको स्थानीयको भनाइ छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भए पनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार वसन्त बुढाथोकी अहिले सम्पर्कविहीन भएका छन् । निर्माण सम्पन्न नहुँदै चैतमा टावर नै ढलेको थियो । झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइसकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको स्थानीय सुनकोसी आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल राईले बताउनुभयो । उहाँका अनुसार १३ स्टेपमध्ये एक वर्ष अगाडि नौ स्टेप निर्माण गरिएको थियो । टावर ढल्ने केही दिन अगाडि मात्र बाकी पाँच स्टेप जडान गरिएको थियो । टावर ढलेपछि टावरको सामान लिएर कामदारसहित ठेकेदार हिँडेको प्रधानाध्यापक राईको भनाइ छ । प्राविधिक कारणले पुलको टावर ढलेपछि समस्या भएको ठेकेदार बुढाथोकीको भनाइ छ । ढलेको टावर पुनः जडान गर्न सामान बनाउन लगिएको उहाँको भनाइ छ । पुरानो सामानले काम नगर्ने भएकाले नयाँ सामान तयारी गरिएको छ । बर्खाको समयमा सामान ल्याउने बाटो असहज भएकाले पानी पर्न रोकिएपछि आएर पुल निर्माणको काम पुनः सुरु गर्ने उहाँको भनाइ छ । सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनी डाँडाका स्थानीय जोखिम मोलेर काठको ढुङ्गा चढेर नदीमा वारपार गर्ने गरेका छन् । अहिले कोसीमा पानीको मात्रा बढी भएकाले ढुङ्गा चलाउन पनि रोकिएको छ । जस कारण करिब ९-१० किलोमिटर टाढा रहेको अर्को पुल तरेर यात्रा गरिरहेको स्थानीय बताउँछन् । उदयपुरको कटारी बजार, डिकुवा र बाहुनी डाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो । त्यसैले झोलुङ्गे पुल चाँडो निर्माण हुनुपर्ने उनीहरूको माग छ ।  यता नियामक निकाय भने पुल निर्माणको सम्झौता समय सकिँदा समेत निर्माण नभए पनि कुनै प्रतिक्रिया दिन मानेका छैनन् । ठेकेदारसँग उल्टै मिलेमतो गरी निर्माणमा ढिलाइ गरेको स्थानीयको आरोप छ । 
News
36,878
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्यास छिट्टै : प्रधानमन्त्री
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।
https://gorkhapatraonline.com/news/74777
काठमाडौँ,  साउन २९ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताउनुभएको छ ।गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वाासमा लिएर अगाडि बढाउने विश्वास दिलाउनुभएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनःनिर्माण समेत तत्काल शुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशूलीको बाढीले क्षति पुर्याएको छ ।सो अवसरमा अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।यस्तै सुदूरपश्चिम अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा(माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्नसमेत निर्देशन दिनुभएको थियो ।रासस
News
54,389
सिटी र लिभरपुल लिगकपको चौथो चरणमा
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई बिहीबार २–१ ले हराएर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरे ।
https://ekantipur.com/sports/2020/09/25/160099891383513399.html
लन्डन — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई बिहीबार २–१ ले हराएर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरे ।प्रतियोगिताको पछिल्ला तीन संस्करणका विजेता सिटीले आफ्नो दोस्रो रोजाईका खेलाडी बाहुल्य रहेको टिम उतारेको थियो । कम समयमा धेरै खेल्नु पर्ने हुनाले अधिकांश ठूला टिमले यस प्रतियोगितामा युवा खेलाडी सम्मिलित टिम उतार्ने गरेका छन् ।सिटीले बर्नमाउथविरुद्ध भने लियान डेलापको गोलले अग्रता लिएको थियो । बर्नमाउथका तर्फबाट साम स्टुरेजले गोल गरे । अब सिटीले बर्नलीविरुद्ध अन्तिम १६ को खेलमा खेल्नेछ । लिभरपुलले भने लिन्कनलाई ७–२ ले हरायो ।लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले दुई-दुई गोल गरे ।
Sports
24,515