title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
कोरोना भाइरस खोप: फागुन २३ देखि ६० वर्ष माथिका सबैलाई खोप, यस्ता परिचयपत्र सहित यसरी दिइनेछ
माघ १४ देखि भारतबाट अनुदानमा प्राप्त कोभिड खोप प्रयोग गर्दै आएको नेपालले अर्को महत्त्वपूर्ण चरणको घोषणा गर्दै 'फागुन २३ वा अझ अगाडिबाटै' उमेर समूहका मानिसहरूलाई खोप दिन थाल्ने बताएको छ।
https://www.bbc.com/nepali/news-56108460
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, "खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै हामी ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउँदैछौँ।" मन्त्री त्रिपाठीले बिहीवार बीबीसीसँगको अन्तर्वार्तामा यस्तो बताएका छन्। अन्तर्वार्ता बिहीवार साँझ ८:४५ बजेको बीबीसी नेपाली सेवामा प्रशारण हुनेछ। उनका अनुसार ६० वर्षभन्दा माथिका करिब २८-२९ लाख जनसङ्ख्या रहेको अनि ५५ वर्ष माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको छ। खोप लिन कहाँ, कसरी जाने? भारतबाट अनुदानमा प्राप्त कोभिशील्डको दश लाख मात्राको सुरुवाती चरणमा अग्रपङ्तिमा खटिनेहरूलाई सरकारले खोप उपलब्ध गराइरहेको छ। यतिञ्जेल जसरी खोप दिइँदै आएको थियो अब भने त्यसमा निकै परिवर्तन हुने मन्त्री त्रिपाठीले बताए। "अहिलेसम्म हामीले अस्पतालमा बोलाएर खोप दिइरहेका थियौँ। तर अबको चरणमा भने खोप केन्द्रहरूमार्फत् खोप दिलाइनेछ," उनले भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अब उमेर समूहका मानिसहरूलाई दिने गरी जोहो गरिएको बताए त्यसको निम्ति ६० वर्ष माथिका मानिसहरूले नागरिकता वा मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर पायक पर्ने खोप केन्द्रमा जानुपर्ने उनले बताए। खासगरि प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध हुने केन्द्रहरूलाई खोप केन्द्रको रूपमा उपयोग गरिने उनको भनाइ थियो। "परिचयपत्रको हकमा पनि हामीले धेरै कडाइ गर्ने छैनौँ किनभने यो कोरोना रोग परिचयपत्र भएकालाई मात्र लाग्ने, नभएकालाई नलाग्ने होइन। कुनै परिचयपत्र छैन भने वडाको सिफारिसबाट पनि खोप पाइने छ," मन्त्री त्रिपाठीले भने। यही चरणमा कम उमेर भए पनि गम्भीर रोग लागेका तथा चाँडो खोप दिनुपर्ने व्यक्तिहरूलाई समेत समेटिने उनले बताए। डाइलायसिस गराइरहेका वा क्यान्सर रोगीहरूलाई प्राथमिकता दिइने बताइएको छ। भारतले नेपाललाई दिएको खोप नेपालमा प्रयोग भइरहेको छ कति समय चल्छ अभियान? नेपालमा कोरोनाभाइरस विरुद्धको खोप अभियान माघ १४ मा शुरू भएको हो। पहिले स्वास्थ्य तथा सफाइमा संलग्न अग्रपङ्तिका मानिसहरू अनि त्यसपछि पत्रकार, सरकारी कर्मचारी र ब्याङ्क कर्मचारीलाई लगाइएको छ। अनुदानमा उपलब्ध दश लाख मात्रामध्ये पहिलो मात्रा लगाइसक्दा करिब ८० प्रतिशतले लगाएको सरकारी अनुमान रहेको मन्त्री त्रिपाठीको भनाइ छ। यो चरणमा झन्डै एक महिना खर्च भएपनि अर्को चरणका निम्ति धेरै समय नलाग्ने उनले बताए। "शुरू गरिएको हप्ता-दश दिनमै अभियान पूर्ण हुने गरी काम गरिरहेका छौँ। खोप लगाउन भ्याक्सिनेटर वा खोपकर्ताहरूको तालिम अब भइहाल्ने छ," उनले भने। खोप लगाउनसक्ने सामान्य ज्ञानका अतिरिक्त कोरोनाभाइरस खोप लगाएपछि आवश्यक परामर्श दिनसक्ने गरी तालिम दिइने उनले बताए। भारतीय कम्पनी भारत बायोटेकले पनि छुट्टै कोभ्याक्सीन नामक खोप बनाएको छ 'खोपको जोहो भइसक्यो' उमेर समूहका मानिसहरूलाई खोप दिलाउन पुग्ने गरी खोपको जोहो भइसकेको सरकारको भनाइ छ। "चार डलरमा सीरम इन्स्टिच्युटबाट खरिद गरेर अक्सफर्ड आस्ट्राजेनेकाको थप २० लाख मात्राको खोप ल्याउने काम टुङ्गोमा पुगिरहेको छ। कोभ्याक्सबाट पनि थप खोप आउनेछ। त्यसले हामीलाई सहज हुन्छ," उनले भने। अन्तर्राष्ट्रिय खोप सहयोगको सञ्जाल कोभ्याक्समार्फत् नेपालले फेब्रुअरीको अन्त्यसम्म साढे २२ लाख मात्राको खोप पाउने जनाइएको छ। त्योबाहेक चिनियाँ सिनोफार्म कम्पनीको खोपलाई पनि औषधि व्यवस्था विभागले सशर्त प्रयोगको अनुमति दिएकाले चिनियाँ खोप पनि आउने बाटो खुलेको बताइन्छ।
Others
65,146
के शुक्र ग्रहमा मडारिने बादलमा कुनै जीव हुनसक्छ?
शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिक चर्चा सुरु भएको छ।
https://www.bbc.com/nepali/news-54159059
शुक्र ग्रहमा फस्फीन ग्यास फेला परेको छ त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन्। त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रोजनका तीनवटा परमाणु मिलेर बन्छ। पृथ्वीमा पेन्ग्विनको पेटमा वा कम अक्सिजन हुने धापमा बस्ने सूक्ष्मजीवले फस्फीन बनाउँछन्। यो ग्यास कारखानामा उत्पादन गर्न सकिन्छ। तर शुक्र ग्रहमा कुनै कारखान छैन र त्यहाँ पेन्ग्विन हुने कुरै भएन। त्यसोभए शुक्रको वायुमण्डलमा सतहबाट ५० किलोमिटर माथि यो ग्यास किन छ त? कार्डिफ यूनिभर्सिटीका प्राध्यापक जेन ग्रीभ्स र उनका सहयोगीहरू यही प्रश्नमा घोत्लिरहेका छन्। उनीहरूले शुक्रमा देखिएको फस्फीन ग्यासबारे आफ्नो अध्ययन र त्यो प्राकृतिक रूपमा बन्न सक्ने सम्बन्धमा अनुसन्धान गरेर नेचर एस्ट्रनमीमा भर्खरै एउटा शोध प्रकाशन गरेका छन्। तर अहिले उनीहरू तीनछक्क परेका छन्। यो कुरा उनीहरूले बीबीसीको स्काई एट नाईट कार्यक्रममा विस्तृतमा बताएका छन्। शुक्र ग्रहबारे हामीले जे थाहा छ र त्यहाँ जेजस्तो अवस्था छ त्यसको आधारमा भेटिएको जति मात्रामा फस्फीन ग्यास त्यहाँ कसरी उत्पन्न भयो भन्नेबारे कसैले भन्न सकेको छैन। यसको अर्थ त्यहाँ जीवन हुनसक्ने सम्भावनामा विचार गरिनुपर्ने उनीहरूको भनाइ छ। हाइड्रोजन र फस्फरसका परमाणु मिलेर फस्फीन ग्यास बन्छ "मेरो शोधजीवनभरि म यो ब्रह्माण्डमा अन्यत्र पनि जीवन छ कि भनेर खोज्न इच्छुक रहेँ। त्यसैले यो कुराको सम्भावनाले मात्रै पनि म चकित छु," प्राध्यापक ग्रीभ्सले भने। "तर हामीले कुनै कुरा अध्ययन गर्न छुटायौँ कि भनेर अन्य मानिसका कुरा सुन्न चाहन्छौँ। त्यसैले हाम्रो लेख र तथ्याङ्क सबैका लागि निःशुल्क उपलब्ध छ। विज्ञानले यसरी नै काम गर्छ।" पत्ता लागेको कुरा के हो? प्राध्यापक ग्रीभ्सको टोलीले सुरुमा अमेरिकाको हवाईमा रहेको जेम्स क्लेर्क म्याक्स्वेल टेलिस्कोपबाट शुक्रमा फस्फीन ग्यास गरेको पत्ता लगाए र त्यसपछि त्यो कुरालाई चिलेमा रहेको अटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर अरेबाट प्रमाणित गरे। शुक्रको वायुमण्डलमा त्यो ग्यासको मात्रा कम छ। एक करोड अंशमा १०-२० अंश मात्रै। तर त्यहाँको अवस्थाका हिसाबले त्यो धेरै नै भएको वैज्ञानिकहरूको बुझाइ छ। पृथ्वीबाहिर जीवनको कुरा गर्दा शुक्रमा हुनसक्ने सम्भावनाको खासै कुरा हुँदैन। पृथ्वीसँग तुलना गर्दा शुक्र नर्क हो। यसको वायुमण्डलमा ९६ प्रतिशत कार्बन डाईअक्साईड छ जसको ग्रीनहाउस असरले त्यहाँको जमिनको तापक्रम भट्टीमा जस्तो ४०० डिग्री सेल्सीअसभन्दा माथि हुन्छ। शुक्रमा पुगेका अन्तरिक्ष अध्ययन गर्ने उपकरण केही मिनेटमै ध्वस्त भएका छन्। तर त्यो जमिनको ५०-६० किलोमिटरमाथि आकाशमा भने तापक्रम हाम्रो लागि सामान्य छ। त्यसैले शुक्रमा जीवन छ भने त्यही स्थानमा मात्र सम्भव छ। काल्पनिक चित्रः शुक्रको वातावरण नारकीय छ र त्यहाँको सतहमा जीवन हुने सम्भावना न्यून भएको वैज्ञानिकहरूको बुझाइ छ तर किन हामीले शङ्का गर्नुपर्छ? त्यहाँको बादल बाक्लो र ७५ देखि ९५ प्रतिशत सल्फ्युरिक एसिडले बनेको छ जुन पृथ्वीमा पाइने जस्तो जीवको कोषका लागि विनाशकारी विष हो। अमेरिकी जीववैज्ञानिक डा. विलियम बेन्स पनि यो अध्यनमा सहभागी भएका थिए। उनले त्यो ग्यास त्यहाँ ज्वालामुखी फुट्दा वा बिजुली चम्किँदा उत्पादन भएको हो कि भनेर अध्ययन गरे। तर त्यति मात्रामा फस्फीन ग्यास बनाउन ज्वालामुखी वा बिजुली १०,००० गुना शक्तिशाली हुनुपर्ने निष्कर्षमा उनी पुगे। त्यहाँको मात्रामा रहेको सल्फ्युरिक एसिडबाट कुनै जीवित कोषलाई जोगिन कि जीवरासायनिक संरचनामा ठूलो परिवर्तन भएको हुनुपर्छ कि अन्य कुनै ढाल सिर्जना भएको हुनुपर्छ। प्रतिक्रिया कस्तो छ? ग्रीभ्सको टोलीले शुक्र ग्रहमा जीव पत्ता लागेको दाबी गरेको छैन। शुक्र ग्रहको सतहमा पुगेका सोभियत प्रोबहरू केही चित्र पठाएपछि नष्ट भएका थिए उनीहरूले खालि यस विषयमा सम्भावनाबारे विचार गर्नुपर्ने बताएका छन्। अक्सफर्ड यूनिभर्सिटीका डा. कोलिन विल्सनका अनुसार सन् २००६ देखि २०१४ सम्म युरोपियन स्पेस एजेन्सीको शुक्र अन्वेषण योजनामा काम गरेका थिए। उनले ग्रीभ्सको अनुसन्धानले सो ग्रहको अध्ययनमा नयाँ आयाम थप्ने बताए। "यो साँच्चिकै उत्सुकताको कुरो हो र त्यो ग्यास त्यहाँ नभएकै भए पनि यसले नयाँ तथ्यहरू पत्ता लगाउनेछ," उनले भने। वेस्टमिन्स्टर यूनिभर्सिटीका प्राध्यापक लेविस डार्ट्नेलले भने मङ्गल अथवा बृहस्पतिका चन्द्रमाहरू वा शनि ग्रहमा जीवन हुने बढी सम्भावना रहेको बताए। चिलेस्थित अल्मा टेलिस्कोपले शुक्र ग्रहमा फस्फीन ग्यास भएको पत्ता लगाएको थियो थप कुरा कसरी पत्ता लाग्छ? यस विषयमा थप जानकारी पत्ता लगाउन शुक्रको वायुमण्डल अध्ययन गर्ने अन्वेषण नै पठाउनुपर्छ। नासाले हालै वैज्ञानिकहरूलाई सन् २०३० को दशकमा सम्भावित अन्वेषण गर्न योजनाको प्रारूप तयार पार्न भनेको छ। तर त्यो एकदमै खर्चिलो काम हो। नासाले एक प्रकारको बलूनलाई शुक्रको वायुमण्डलमा छोड्ने खालको योजना बनाउन भनेको छ। "सन् १९८५ मा रुसले भेगा बलूनबाट यस्तो गरेको थियो," टोलीमा रहेकी प्राध्यापक सारा सिगरले भनिन्। "बलूनलाई सल्फ्युरिक एसिडबाट बचाउन टेफ्लनले छोपिएको थियो र त्यो केही दिन त्यहाँको आकाशमा रहेको थियो।" काल्पनिक चित्रः शुक्र ग्रहमा उपकरणसहित बलून पठाएर अहिलेको अन्योल हटाउन सकिन्छ
Others
67,693
रामकुमार र शान्तिश्रीको गीत 'छानू'
काठमाडौं, भदौ १९ गते । लोकदोहोरी गायक अमृत भारतीको शब्द तथा सङ्गीतमा छानू (मेलोबाबा-२) गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'भारती पिक्चर्स' युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गीतमा रामकुमार नेपाली र शान्तिश्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा सागर लम्साल अर्थात् ‘बले’, गीता ढुङ्गाना र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । यस्तै, गीत सङ्गीत संयोजन केशव बडुले गर्नुभएको छ चने भिडियो प्रकाश भट्टले निर्देशन गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/23956
काठमाडौं, भदौ १९ गते । लोकदोहोरी गायक अमृत भारतीको शब्द तथा सङ्गीतमा छानू (मेलोबाबा-२) गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'भारती पिक्चर्स' युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गीतमा रामकुमार नेपाली र शान्तिश्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा सागर लम्साल अर्थात् ‘बले’, गीता ढुङ्गाना र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । यस्तै, गीत सङ्गीत संयोजन केशव बडुले गर्नुभएको छ चने भिडियो प्रकाश भट्टले निर्देशन गर्नुभएको हो । 
News
45,099
तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाइने
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।
https://ekantipur.com/sports/2024/01/11/gautam-buddha-cricket-stadium-will-be-built-with-three-levels-of-investment-22-19.html
चितवन — धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रंगशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् ।प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न संघीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रंगशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रंगशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागेको उनले बताइन् ।महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु एक अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ ।प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले संघीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।
Sports
15,299
आरसीटी र श्री कुमारीको बराबरी
सहिद स्मारक लिग 'बी' डिभिजनमा बिहीबार आरसीटी र श्री कुमारीले १–१ को बराबरी खेलेका छन् । आरसीटीले तेस्रो मिनेटमै अजित गुरुङको गोलले अग्रता लिएको थियो ।
https://ekantipur.com/sports/2021/03/04/161485891377359416.html
काठमाडौँ — सहिद स्मारक लिग 'बी' डिभिजनमा बिहीबार आरसीटी र श्री कुमारीले १–१ को बराबरी खेलेका छन् । आरसीटीले तेस्रो मिनेटमै अजित गुरुङको गोलले अग्रता लिएको थियो ।तर त्यसलाई कायम राख्न सकेन र श्री कुमारीले २२ औं मिनेटमा बराबरी गोल फर्काए । श्री कुमारीका लागि युवराज राईले गोल गरे । यो नतिजापछि आरसीटीको १३ अंक भएको छ । श्री कुमार भने आठ अंक पुगेको छ ।यसअघि दिनको पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो । श्री भगवतीको जितमा नवराज गुरुङ र मोहनबहादुर थापाले एक एक गोल गरे ।अर्को गोल आत्मघाती रह्यो । झम्सिखेलकातर्फबाट मदन स्याङ्तान र अनिश चौधरीलै एक एक गोल फर्काए । श्री भगवतीको नौ अंक भएको छ भने झम्सिखेल छ अंकमा सीमित रह्यो ।
Sports
23,569
विराटनगर प्लेअफमा
विराटनगर वारियर्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफ पुग्ने पहिलो टोली भएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हरायो । टोलीको यो लगातार तेस्रो जित हो ।
https://ekantipur.com/sports/2017/12/23/20171223084238.html
काठमाडौँ — विराटनगर वारियर्स टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफ पुग्ने पहिलो टोली भएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हरायो । टोलीको यो लगातार तेस्रो जित हो ।आधा दर्जन फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा शीर्ष चार टोली दोस्रो चरण पुग्ने प्रावधान छ । त्यसमा शीर्ष दुई टोली फाइनल पुग्नका लागि क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गरेर फाइनल यात्रा तय गर्नुपर्नेछ । नियमित कप्तान पृथु बाँस्कोटाबिनै खेलिरहेको चितवन लगातार तेस्रो हारपछि राउन्ड रोबिनबाटै बाहिरिने स्थितिमा पुगेको छ । प्रतियोगितामा पहिलोपल्ट टस जितेको चितवनको फिल्डिङ गर्ने निर्णयमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ७४ रन बनायो । प्रतियोगितामा यो उच्च स्कोर हो । दिनको खेलमा यस्ता अन्य धेरै कीर्तिमान बने । बाबर हायतले २५ बलमा ५० रन बनाई सबैभन्दा छिटो अर्धशतक बनाए । उनले चितवनका कप्तान दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा लगातार ४ छक्कासहित ३० रन बटुले । ८१ रन बनाएका बाबरको ईपीएलको यस संस्करणमा व्यक्तिगत उच्च स्कोर पनि हो । उनले ४२ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । बाबरले हङकङका अर्का खेलाडी अंशुमन रथसँग दोस्रो विकेटमा १ सय ७ रनको साझेदारी गरे । प्रतियोगिताको यो दोस्रो ठूलो साझेदारी हो । अर्का ओपनर आसिफ शेखले २१ र पारसले २ छक्कासहित १६ रन बनाए । चितवनले पछिल्लो १० बलमा ५ रनमात्र दिएर विराटनगरको ६ विकेट खोस्न सफल भयो । प्रमेश कुमारले १९ औं ओभरमा लगातार बलमा पारस र बाबरलाई आउट गरेका थिए । चितवनका अर्का भारतीय खेलाडी प्रवीण गुप्ताले अनिल शाह, प्रनित थापा, पुष्प थापा र बसन्त रेग्मीलाई आउट गरे । त्यसमा प्रनितले २ रन बनाउनु बाहेक अन्यले खाता खोल्न पनि भ्याएनन् । गुप्ताले २० औं ओभरको चौथो बलमा प्रनितलाई वाइड बलमा स्टम्प आउट गराए । त्यसपछिको अन्तिम दुई बलमा पनि विकेट लिँदै उनले आफ्नो विकेटसंख्या ५ पुर्‍याए । उनी यस ईपीएलको एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । सो क्रममा उनले ४ ओभरमा २३ रन खर्चे । चितवन १८.३ ओभरमा १ सय २ रनमा अलआउट भयो । ओपनर दिलीप नाथलाई शून्यमा गुमाएको चितवनबाट भीम सार्कीले २० बलमा २४ रन बनाए । सन्दीप सुनारले १६, कमलसिंह ऐरी र गुप्ताले १३–१३ तथा सावेज खानले १२ रनमा आउट भए । विराटनगरका बसन्त रेग्मीले ३.४ ओभरमा ११ रन खर्चेर ४, अविनाश कर्णले २ तथा करण केसी, अंशुमन र पुष्पले १–१ विकेट लिए । शुक्रबारको पहिलो खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुग्ने सम्भावना बलियो बनायो । पोखराको तीन खेलमा दोस्रो जित हो । श्रीलंकाका अलराउन्डर फरवेज महारुफको कप्तानीमा रहेको काठमाडौंले ४ मध्ये ३ खेल हारेको छ । तीव्र बलर विक्रम सोबले पहिलो ओभरमै अमित श्रेष्ठ र महारुफलाई आउट गरेपछि सम्हालिन नसकेको काठमाडौंले टस हारेर ब्याटिङ गर्न पर्दा ८ विकेट गुमाई ९८ रनमात्र बनायो । अमितलाई पहिलो बलमा आउट गरेका विक्रमले चार बलपछि महारुफको महत्त्वपूर्ण विकेट पनि लिए । ओपनर सागर पुनले काठमाडौंबाट सर्वाधिक ३६ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ४७ बल खेली २ चौका र १ छक्का प्रहार गरे । राजु रिजालले १७ र सोमपाल कामीले १० रन बनाए । विक्रमसँगै पोखराबाट कप्तान शक्ति गौचन र सुशन भारीले २–२ तथा पाकिस्तानी खेलाडी ताज वाली र इर्सार उल्लाहले १–१ विकेट लिए । ओपनर इर्सार उल्लाहले नटआउट ४५ रन बनाएपछि पोखराले १० बलअगाडि लक्ष्य पूरा गर्‍यो । ४८ बल खेलेका म्यान अफ द म्याच उनले ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल धमला २३ बलमा २० रन बनाई आउट भए । विनोद भण्डारी ४, अली ३ र राजेश पुलामी ८ रनमा आउट भए पनि शक्तिले १८ बलमा १८ रन बनाई पोखरालाई सुरक्षित बनाए । काठमाडौंका सागरले २ र विक्रमले १ विकेट लिए ।
Sports
30,559
'स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्ट' सम्पन्न
प्रथम स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्टमा पाँचहजार नयाँ व्यवसाय र व्यापार गर्न चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन् ।
https://gorkhapatraonline.com/news/51031
गोरखापत्र अनलाइनकाठमाडौँ, पुस ३० गते । प्रथम स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्टमा पाँचहजार नयाँ व्यवसाय र व्यापार गर्न चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन् ।एटलान्टिक इटरनेशनल कलेजले व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्न शुक्रबार एकदिने फेष्टमा पच्चीस स्टलहरू राखेका थिए । अवलोकन तथा मेला आयोजनाले उद्योग तथा व्यापार व्यवसायमा लाग्न चाहनेहरूलाई मार्गनिर्देशन भएको कलेजका प्राचार्य शंकरनाथ अधिकारीले बताउनुभयो । बिबिए तथा बिबिए–बैङ्किङ र इन्सुरेन्स विषयमा तीन हजारभन्दा बढी जनशक्ति उत्पादन गरेको पनि जानकारी गराउनुभयो ।विभिन्न क्षेत्रमा सम्भावित व्यापार तथा व्यवसायहरूको पहिचान गरी त्यसलाई उद्योग तथा व्यापार क्षेत्रमा अवगत गराउनु यस मेलाको उद्देश्य रहेको मेलाको संयोजक धुब्रप्रसाद सुवेदीले बताउनुभयो । 
News
39,377
महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि
स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।
https://gorkhapatraonline.com/news/59008
रवीन्द्र उप्रेतीबर्दिबास, चैत १५ गते । स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।शिक्षा विकाश तथा समन्वय इकाईका अनुसार शुक्रबार (१७ चैत) देखि सञ्चालन हुने एसइईमा महोत्तरी जिल्लाबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या नौ हजार ५४ पुगेको हो । यसमध्ये नियमित साधारणतर्फ आठ हजार ४२०, प्रविधितर्फ ४०१ र ग्रेड वृद्धितर्फका परीक्षार्थीको सङ्ख्या १९८ रहेको छ ।गत वर्ष (०७८) महोत्तरीबाट एसइई दिनेको सङ्ख्या आठ हजार ७५८ मात्र थियो । परीक्षार्थीको सङ्ख्या वृद्धिसँगै परीक्षा केन्द्रसमेत थप गरिएको छ । इकाई प्रमुख भरतबाबु सुवेदीका अनुसार गत वर्षको तुलनामा एउटा केन्द्र थप भई परीक्षा केन्द्रको सङ्ख्या ३१ पुगेको छ । नयाँ थपिएका केन्द्रमा दुर्गा मावि पथलैया हो ।तोकिएका केन्द्रमध्ये श्रीप्रसाद मावि औरहीबाट सबैभन्दा बढी ४०४ तथा सबैभन्दा कम नयाँ केन्द्र पथलैयाबाट १९८ जना विद्यार्थी सहभागी हुने छन् ।महोत्तरीमा सञ्चालित निजी तथा सामुदायिक गरी १३० माध्यमिक विद्यालयले यो वर्ष एसइईमा विद्यार्थी सहभागी गराइने छ । गत वर्ष सहभागी हुने विद्यालयको सङ्ख्या १२६ थियो ।केन्द्र निर्धारण लगत्तै परीक्षा समन्वय समितिको बैठकले ३१ केन्द्राध्यक्ष, ५९ सह केन्द्राध्यक्ष, ९० परीक्षा सहायक र १८१ कार्यालय सहयोगी परिचालन गर्ने तयारी गरेको छ । यो पटक महोत्तरीका कुनै पनि केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएको छैन । केन्द्राध्यक्ष नियुक्तिमा कुनै प्रकारको भागबण्डा नभएको इकाई प्रमुख सुवेदीको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान राखेकाले यस्ता अनियमितता अन्त्य भएको उहाँले बताउनुभयो  ।‘‘परीक्षा केन्द्रमा सहभागी नभएका विद्यालयका प्रावि र निमावि शिक्षकलाई निरीक्षकलगायतको जिम्मेवारी दिने बोर्डको नियमावलीमै प्रावधान राखिएकाले सोर्स र दबाब आउने छैन,’’ सुवेदीले भन्नु भयो ।प्रहरी उपरीक्षक प्रकाश मल्लले परीक्षामा शान्ति सुव्यवस्था कायम गर्न चार तहको सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।प्रहरी परीक्षक मल्लकाअनुसार जिल्लाभरका केन्द्रमा सादा फोसाकामा सशस्त्र र नेपाल प्रहरीका गरी करिब पाँच सय सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।शिक्षा विकाश तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख पङ्कज झाले परीक्षाका सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । ‘‘सबै केन्द्रमा प्रश्न पत्र, उत्तर पुस्तिकालगायतका परीक्षा सामाग्रीसमेत पुर्‍याई सकिएको छ’’ उहाँले भन्नुभयो ।जिल्ला परीक्षा समन्वय समितिले एसइईलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय तह लगायत सरोकारवाला सबैसँग आग्रह गरेको छ ।
News
42,710
सडक सुरक्षा दिने ट्राफिक प्रहरी नै असुरक्षित
गत फागुन २० गते कोटेश्वर चोकमा जुनेली यातायातको बसले ठक्कर दिँदा ४१ वर्षीय प्रहरी नायब निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । ड्युटीमा खटिएका खत्रीलाई प्र ३–०१ ००५ ख ९७५५ नम्बरको बसले बिहान ९ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा २७ गते दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भयो ।  
https://ekantipur.com/news/2024/03/17/the-traffic-police-who-provide-road-safety-are-insecure-24-31.html
काठमाडौँ — गत फागुन २० गते कोटेश्वर चोकमा जुनेली यातायातको बसले ठक्कर दिँदा ४१ वर्षीय प्रहरी नायब निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । ड्युटीमा खटिएका खत्रीलाई प्र ३–०१ ००५ ख ९७५५ नम्बरको बसले बिहान ९ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा २७ गते दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भयो ।  सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीहरूकै सुरक्षामाथि सवाल उठ्ने प्रकारको घटना यो नै पहिलो भने होइन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठका अनुसार पछिल्लो पाँच वर्ष (आव ७६/७७ देखि ८०/८१ फागुनसम्म) मा काठमाडौं उपत्यकामा १ सय ७ जना ट्राफिक प्रहरी दुर्घटनामा परेर घाइते भए । यो दर बर्सेनि बढिरहेको छ ।आव ०७६/७७ मा १७ जना, आव ०७७/७८ मा २० जना, आव ०७८/७९ मा २७, आव ७९/८० मा २८जना र चालु आवको हालसम्म १५ जना घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेख छ । बढ्दो दुर्घटना दरले सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीहरू नै जोखिममा रहेको स्पष्ट हुन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा उल्लेख गरिएअनुसार काठमाडौं उपत्यकामा १ हजार ११३ जना ट्राफिक प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीहरूकै सुरक्षाका निम्ति फ्लरोसेन्ट ज्याकेट लगाउने, सुरक्षित ठाउँमा उभिने, राति म्याजिक लाइटको प्रयोग गर्ने, चेक पोइन्टभन्दा अगाडि नै जनाउ बोर्ड राख्ने र स्वास्थ्य सावधानीका लागि मास्क र चस्माको बन्दोबस्त मिलाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ बताउँछन् । ट्राफिकलाई बन्दोबस्तीसहित फिल्डमा खटाइने गरेको उनले बताए पनि ट्राफिक प्रहरीहरू निर्धक्कका साथ सडकमा निस्कनका लागि जोखिम भने टरेको छैन । ट्राफिकहरूलाई सडकमा हुने दुर्घटनाको जोखिम न्युनिकरणलाई मध्यनजर गर्दै पर्याप्त नीति र मापदण्ड तयार नभएको हुँदा यस्ता दुर्घटना भविष्यमा बढ्न सक्ने सम्भावना रहेको सडक सुरक्षा विज्ञ भगवती सेढाइँले बताइन् । ट्राफिक पोशाक लगाएर दिनहुँ सडक सुरक्षा र व्यवस्थापनमा खटिने प्रहरीहरूलाई कुनबेला सडकमै दुर्घटनाको शिकार बन्ने हो थाहा हुँदैन ।‘श्रम ऐनले उनीहरूको कार्यक्षेत्रमा सुरक्षाका विषय समेटे पनि सडक सुरक्षासम्बन्धी कार्ययोजना र मापदण्डहरूमा केही नियम समेटिएको छैन,’ सेढाईंले भनिन् । उनका अनुसार पैदल यात्रीका लागि फुटपाथमा हिँड्ने र सवारी चालकका लागि दाहिने तिरबाट ओभरटेक गर्ने जस्ता नियम ट्राफिक प्रहरीका लागि बनेका छैनन् । ‘एक दिनको अभिमुखीकरण कक्षा गराएर सडक सुरक्षामा पठाइने चलन छ, न तालिम छ, न प्रशिक्षण, न पुनर्ताजकी तालिम छ,’ उनले भनिन् ।सडकको बीचमा उभिएर सडक व्यवस्थापन गर्ने परम्परागत अभ्यासबाट प्रविधितर्फ परिष्किृत गर्नुपर्ने यातायात विज्ञ आशिष गजुरेलको सुझाव छ । ‘अझै पनि चोकको बीचमा ट्राफिक उभिनलाई पर्याप्त सुरक्षित ठाउँ अर्थात् आइल्याण्ड बनेका छैनन्,’ गजुरेलले भने, ‘त्यस्तै ट्राफिक रहने अधिकांश स्थानहरूभन्दा अगाडि हम्प्स वा रम्बल स्ट्राइपस (सवारीको गति घटाउन प्रयोग गरिने उबडखाबड) उपलब्ध छैनन् ।’अझ विभिन्न ठाउँमा ट्राफिक बत्तीहरु नचल्ने हुँदा ट्राफिक प्रहरीहरूको थप कार्यभार बढेको मात्र छैन, उनीहरू दिनभर सडकबीच नै उभिनुपर्ने बाध्यता छ । यस्तै कारणहरूले गर्दा ट्राफिकहरूका निम्ति हरेक दिन जोखिम बढ्दै गएको गजुरेल बताउँछन् । विदेशमा जसरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन र सञ्चालनका निम्ति नयाँ योजनाहरू तयार गर्दै, लागु गर्दै जानुपर्ने गजुरेलले भने । यसले ट्राफिकहरूको सुरक्षा संगै सडक व्यवस्थापनलाई प्रभावकारी, मितव्ययी बनाउने बताए । ‘सडक आफैंमा जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँ दिनभर उभिएर सवारीसाधन बीच काम गर्नु असुरक्षित हुने नै भयो, प्रविधिको प्रयोग बढाए यो समस्या न्युनीकरण हुँदै जान्छ,’ गजुरेलले बताए । ट्राफिक प्रहरी नै दुर्घटनामा परेको घटना बढ्दै जानुले सडक प्रयोग गर्ने जो कोही यात्रुलाई त्रसित बनाउने र देशकै सडक सुरक्षाको दयनीय अवस्थालाई छर्लङ पारिदिन्छ । त्यति मात्र नभई यस्ता जोखिम न्यूनीकरण हुन नसके भविष्यमा ट्राफिक प्रहरीको पेशा नै जोखिमपूर्ण हुँदै जाने विज्ञहरुको तर्क छ । (दुलाल प्रशिक्षार्थी पत्रकार हुन् ।)
News
4,824
आफ्नो मृत्युमा अर्कोलाई नयाँ जुनी
लाजिम्पाटका मिलनमान श्रेष्ठको १० वर्षको कलिलो उमेरमै मिर्गौला फेल भयो । उनलाई २ वर्षको उमेरदेखि नै मिर्गौलामा समस्या देखिएको थियो । खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरमा नै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण बाहेकको राम्रो चिकित्सकीय विकल्प थिएन । तर प्रत्यारोपणका लागि कुनै परिवारका सदस्यको मिर्गौला उनीसँग ‘म्याच’ भएन ।
https://ekantipur.com/feature/2022/03/11/164698383374587342.html
काठमाडौँ — लाजिम्पाटका मिलनमान श्रेष्ठको १० वर्षको कलिलो उमेरमै मिर्गौला फेल भयो । उनलाई २ वर्षको उमेरदेखि नै मिर्गौलामा समस्या देखिएको थियो । खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरमा नै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण बाहेकको राम्रो चिकित्सकीय विकल्प थिएन । तर प्रत्यारोपणका लागि कुनै परिवारका सदस्यको मिर्गौला उनीसँग ‘म्याच’ भएन ।प्रत्यारोपणको आशा मारेर डायलासिसको भर पर्न थालेका श्रेष्ठ परिवारमा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) भएका बिरामीको परिवारले अंग दान गरे प्रत्यारोपणको विकल्प अझै बाँकी छ भन्ने थाह पाएपछि भने केही आश पलायो । त्यसबेला नेपालमा ब्रेन डेथ भएकाहरुले अंग दान गर्न पाउने सम्बन्धी व्यवस्था भर्खरै पारित भएको थियो । अहिले १९ वर्ष पुगेका मिलन आफूलाई भाग्यमानी ठान्छन् । किनकी ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्राप्त गरेर मिर्गौला प्रत्यारोपण सम्भव भएका उनी नेपालकै पहिलो व्यक्ति हुन् । २०७४ वैशाख २८ गते १५ वर्षको उमेरमा हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रुपमा नाम फेरिएको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणको दिन सम्झिँदै भन्छन्– ‘मलाई त खुसी र डर दुवै लागेको थियो । नयाँ जीवन पाउन सफल भएँ । अहिले म स्वस्थ छु ।’निकै फुर्तिलो देखिने हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । ‘म आफ्नो पुनर्जीवनका लागि कृतज्ञ छु,’ उनले भने ।कसैको मृत्यु भएपछि त्यसै खेर जाने अंग दान गरे त्यो प्राप्त गर्ने व्यक्तिले भने नयाँ जीवन पाउँछन् भन्ने उदाहरण हुन् मिलन । उनलाई फिक्कल गाउँपालिका खाङसाङ सिन्धुलीका ३० वर्षीय गोविन्दबहादुर भुजेलको मिर्गौला प्रत्यारोपण गरिएको थियो । निर्वाचन प्रचार-प्रसारको क्रममा सडक दुर्घटनामा परेपछि ‘ब्रेन डेथ’ भएका भुजेलको परिवारले ठूलो मन राखेर अंग दान गर्न राजी भएपछि नेपालमा पहिलो पटक यस प्रकारको प्रत्यारोपणको सुरुआत भएको हो । भुजेलले दान गरेको दुईवटा मिर्गौला मिलन र उपत्यका बाहिरका एकजना बिरामीमा सफल प्रत्यारोपण गरिएको थियो ।‘कसैले ठूलो मन राखेर दिएको अंगका कारणले मैले सहज जीवन बाँचिरहेको छु । मरेपछि खेर जाने अंग दान गर्नु महान कार्य हो,’ उनले भने, ‘म पनि अन्त्यमा अंग दान गर्छु । यो मेरो अठोट हो । अरुलाई पनि अंग दान गर्न आग्रह गर्छु ।’इलामका ४८ वर्षीय वीरबहादुर मगर सिंगापुर प्रहरीबाट अवकाश प्राप्त व्यक्ति हुन् । २०६८ सालमा मिर्गौला फेल भएका उनलाई ०६९ चैत ७ गते सिंगापुरमै भाइले मिर्गौला दिए । तर, उक्त मिर्गौलाले केही सातापछि नै काम गर्न छोड्यो । उनी दुई वर्षपछि नेपाल फर्किए र डायलासिसको भरमा बाँच्न थाले । एकपटक परिवारको सदस्यबाट मिर्गौला पाइसकेका उनले ब्रेन डेथ भएका व्यक्तिबाट पनि अंग दान प्राप्त गर्न मिल्छ भन्ने थाहा पाएपछि सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्राप्त गर्नका लागि फारम भरे । कसैबाट मिर्गौला प्राप्त भइ हाल्छ कि भने आशा गरेको दुई वर्षपछि एकदिन एक्कासी अस्पतालबाट फोन आयो । त्यसबेला उनी डायलासिस गराइरहेका थिए । प्रत्यारोपण केन्द्रले कोरिया नेपाल मैत्री अस्पतालमा ब्रेन डेथ भएका ३२ वर्षका बिरामीको परिवार राजी भएपछि उनीसहित ३ जनाको परीक्षण गर्नका लागि अस्पताल बोलाएको थियो ।ती व्यक्तिको मिर्गौला मगर र अर्का एक बिरामीलाई मिल्ने देखियो । दुवैको २०७५ माघ ३ गते मिर्गौला प्रत्यारोपण भयो । ‘मलाई अंग दिने व्यक्ति र उनको परिवारप्रति म सदैव कृतज्ञ रहने छु,’ मगरले भने ।त्यो नेपालमा ब्रेन डेथ भएका व्यक्तिबाट गरिएको तेस्रो प्रत्यारोपण थियो । २०७५ माघ यता केन्द्रमा ब्रेन डेथ भएका बिरामीको सूचना आएपनि परिवारले नमानेका कारण त्यसपछि भने यस प्रकारको प्रत्यारोपण भइरहेको छैन ।फागुन १८ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चाबहिलको दीर्घायु अस्पतालबाट एक बिरामीको मस्तिष्क मृत्यु भएको खबर आयो । अस्पतालको जानकारी अनुसार बिरामीको परिवारका सदस्यहरू अंग दान दिनका लागि तयार पनि भइसकेका थिए । यो सूचना पाएसँगै बिरामीको अंग प्राप्त गर्न केन्द्रको टोली त्यहाँ पुग्दा भने परिवारको मनस्थितिमा परिवर्तन भइसकेको थियो । बिरामीको आमाले अंग दान गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि टोली खाली हात फर्कियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ कसैको मृत्युपछि खेर जाने अंगले अरुलाई नयाँ जीवन दिनसक्छ भन्ने कुरा बुझाउनै नसकिएको बताउँछन् ।‘आफन्त गुमाएकाहरु यसै शोकमा हुन्छन् । त्यसमाथि अंग दिनुस्भन्दा पक्कै पनि अर्को अर्थले बुझ्न सक्छन् । अंगदान सम्बन्धी फारम पहिले नै भराउँदा यस्तो समस्या आउँदैन थियो होला,’ उनले भने, ‘९९ प्रतिशतलाई अंग दान बारे थाहा नै छैन । उस्तै पर्‍यो भने त अंग निकाल्नलाई नै पो मारेको हो कि भनेर शंका गरिएको पनि पाइन्छ ।’ विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारोपण ब्रेन डेथ भएका व्यक्तिहरूबाट प्राप्त हुने अंगबाट गरिन्छ भने केवल २० प्रतिशतमात्रै जिवित दाता हुन्छन् । डा. श्रेष्ठकाअनुसार नेपालमा चिकित्सकहरु यसबारे जानकार भएपनि व्यवहारमा लागू गर्न भने कठिन मान्ने गरेका छन् ।उनको भनाइमा स्थानीय तहमै यसबारे जनचेतना फैलाउन जरुरी छ । यस्तै केही व्यक्तिमा भने अंगदान गरे अर्को जुनीमा दान गरिएको अंगबिना जन्मिन्छ भन्ने अन्धविश्वासका कारण पनि ब्रेन डेथ भएकाहरुबाट अंग प्राप्त गर्न जटिलता थपिएको छ । ‘म मरेपछि मेरो अंगदान दिन्छु भनेर आजै मञ्जुरीनामा दिन मिल्छ । बस मनको कुरा हो । सहयोग गर्ने भावना हुनुपर्‍यो,’ उनले भने ।केन्द्रका अनुसार हालसम्म विभिन्न अस्पतालबाट २१ पटकमात्रै ब्रेन डेथ भएका व्यक्तिहरूको सूचना आएको छ । जसमध्ये १६ जना ब्रेन डेथ भएका बिरामीले अंग दान गर्न अस्वीकार गरेका छन् । यस्तै केही केस भने ढिलो गरी खबर गरिएकाले प्रत्यारोपण गर्न मिल्ने अवस्था नबनेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । डा. श्रेष्ठका अनुसार सडक दुर्घटना लगायतको कारणबाट काठमाडौं उपत्यकामा मात्रै वर्सेनी करीब १००० जनाको ब्रेन डेथ हुने गर्दछ । जसबाट हजारौंको संख्यामा विभिन्न अंगहरु प्राप्त हुने सम्भावना रहन्छ । ‘पहिलो कुरा त हामी कहाँ ब्रेन डेथ भएका व्यक्तिहरुको सूचना नै कम आउँछ । सूचना प्राप्त भएको खण्डमा पनि बिरामीको आफन्तलाई अंग दान बारे सम्झाउन निकै गाह्रो हुन्छ,’ उनले भने ।नेपाल प्रहरीको तथ्यांक अनुसार २०७७/७८ मा ९ हजार ५४५ वटा साना–ठूला दुर्घटनाहरु भएका छन् । चिकित्सकहरुका अनुसार गम्भिर प्रकृतिको दुर्घटनामा परेका आधाभन्दा बढीको ब्रेन डेथ हुने सम्भावना हुन्छ । नेपालमा १८ वर्षमाथिकाले अंगदान गर्न मिल्छ । अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संशोधन, २०७२ ले अंगदाताको दायरालाई केही फराकिलो बनाएको छ । जसका कारण नाता पर्ने सबैजसो व्यक्तिले आफ्ना परिवारका सदस्यलाई अंग दान दिन सक्छन् । मानव अंग प्रत्यारोपण ऐनले सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त हुने अंग प्रत्यारोपणको समन्वय एकाई तोकिएको छ । केन्द्रका अनुसार २०७४ यता ब्रेन डेथ भएका ३ जनाबाट हालसम्म ६ जनामा मिर्गौला र १ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । दाताबाट अंग प्राप्त गर्नका लागि अहिले ६१३ जना पर्खाइमा छन् भने लगभग २३०० जनाले अंगदान गर्न फारम भरेका छन् ।कुनै दुर्घटना वा मस्तिष्कघात, हृदयघात, मस्तिष्कको धमनीमा रगत जम्नुका साथै कुनै संक्रमण वा ब्रेन ट्युमरका कारण मस्तिष्कले सम्पूर्णरुपमा काम गर्न नसक्ने अवस्थामा पुगेमा त्यस्ता बिरामीलाई ‘ब्रेथ डेथ’ वा मस्तिष्क मृत्यु भएको भनेर बुझिन्छ । ब्रेन डेथ भएको यकिन भएका व्यक्तिहरु फेरि होसमा आउने सम्भावना रहँदैन र केवल मेसिनको साहयताले मात्रै उनीहरुको स्वासप्रस्वासलाई सुचारु राख्न सकिन्छ । त्यस्ता व्यक्तिको स्वस्थ अंग विभिन्न अंगले काम गर्न छोडेका बिरामीहरुमा सजिलै प्रत्यारोपित गर्न सकिन्छ । त्रिवि शिक्षण अस्पतालका न्यूरोसर्जन डा. गोपाल सेढाईका अनुसार बिरामीको मस्तिष्क कुनै हालतमा पनि अब काम गर्देन भन्ने चिकित्सकीय रुपमा पुष्टि भएपछि मात्र ब्रेन डेथ वा मस्तिष्क मृत्यु भएको घोषणा गरिन्छ । ‘कुनै बिरामीको मस्तिष्कले काम नगरेका कारण आफैं स्वासप्रस्वास गर्न सकेन तर शरीरका अन्य प्रणालीले भने मेसिनको साहयातामा काम गरिरहेको छ भने त्यस्ता बिरामीको अंग दान गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार बिरामीको ब्रेन डेथ नै भएको हो वा होइन भन्ने यकिन गर्नका लागि भने ‘एप्निया टेस्ट’ गर्ने गरिन्छ । ‘बिरामीलाई मेकानिकल भेन्टिलेटरबाट निकालेर सामान्य ट्युबबाट अक्सिजन दिइन्छ । बिरामीको शरीरमा कार्बनडाइअक्साइडको तह ६० भन्दा माथि पुग्दा बिरामीले स्वासप्रस्वासको कुनै पनि संकेत दिएन भने मस्तिष्क मृत्यु भएको यकिन हुन्छ,’ उनले भने, ‘त्यो भन्दाअघि आँखामा लाइट बालेर आँखाको नानी चलायमान भए/नभएको हेर्ने र कानमा पानी हालेर हेर्ने पनि गरिन्छ ।’डा. सेढाईको अनुभवमा ब्रेन डेथ भएका व्यक्तिहरुले अंग दान गर्न सक्ने भनेर परिवारका सदस्यहरुलाई जानकारी दिने गरिएपनि मानवीय संवेदनाका कारण बुझाउन भने निकै कठिन हुन्छ । ‘परिवारका सदस्यहरू मरेको व्यक्तिको अंग के काम लाग्छ र यदी अंग काम लाग्छ भने त मरेको छैन कि भनेर सोच्नु हुन्छ । हामीलाई धेरै सोधिने प्रश्न पनि त्यही हो,’ उनले भने, ‘उहाँहरुलाई सो बिरामी मेसिनको साहयताले मात्रै स्वास फेरिरहेको र झिक्ने बित्तिकै मृत्यु हुन्छ भनेर त बुझाउने प्रयास हुन्छ । तर, अंग दान गर्ने हो भने मेसिन बन्द गर्नु अघि नै निर्णय गर्नुपर्छ जुन धेरै जसोले गर्न मान्नु हुन्न ।’एकजना ब्रेन डेथ भएका व्यक्तिले कम्तीमा ८ वटा महत्त्वपूर्ण अंगहरु दान गर्न सक्छन् । त्यस्ता बिरामीबाट दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज (अग्नाशय), सानो आंद्रालगायत दुईवटा आाखाका नानी र छाला दानका रुपमा प्राप्त गर्न मिल्छ । प्रत्यारोपणका लागि कलेजोको समस्या भएका, एचआईभी एडस लगायतका केही संक्रामक रोगका साथै दीर्घरोगीहरुको अंग निकाल्न मिल्दैन । नेपालमा आँखाको नानी, मिर्गौला, कलेजो र छालाको प्रत्यारोपण हुने गरेको भएपनि मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्राको प्रत्यारोपण भने गरिदैन । चिकित्सकका अनुसार ब्रेन डेथ भएका व्यक्तिहरुबाट प्राप्त मिर्गौला निकालेको २४ घण्टा भित्र, कलेजो १० देखि १२ घण्टा भित्र, मुटु र फोक्सो ४ देखि ६ घण्टा भित्र प्रत्यारोपित गरिसक्नुपर्छ । त्यसैले अस्पताल र प्रत्यारोपण केन्द्रबीच राम्रो समन्वय भए मात्रै ब्रेन डेथ भएका बिरामीले गरेको अंग दानले सार्थकता पाउँछ । नेपालमा अहिले सबैभन्दा धेरै गरिने अंग दानमा आँखाको नानी पर्छ । यो निकै सफल अंग दान कार्यक्रम हो । तिलगंगा आँखा अस्पतालस्थित आँखा बैंकका प्रबन्धक शंखनारायण त्वयनाका अनुसार २०५१ देखि हालसम्म १७ हजार ६५३ जनाले दानमा प्राप्त आँखाको नानीबाट नयाँ दृष्टि पाइसकेका छन् । यस्तै, ७९ हजार जनाले आँखा दानको घोषणा गरेका छन् । चिकित्सकहरुका अनुसार नेपालमा वार्षिक करिब ३ हजार जनाको मिर्गौला र १ हजार बढीको कलेजो फेल हुने गरेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार हाल करिब ५ हजार मिर्गौला रोगीले निःशुल्क नियमित डायलसिस गराइरहेका छन् ।
Feature
539
ऊर्जा: 'चीनसँग पनि भारतसँगको जस्तै समझदारी'
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिने ऊर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
https://www.bbc.com/nepali/news-44516691
चिनियाँ कम्पनीले निर्माण गर्न इच्छा व्यक्त गरेको बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी निर्णय अघिल्लो सरकारले परिवर्तन गरेको थियो। उक्त सहमति भएपछि नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा लागनी गर्ने, विद्युत आदानप्रदान गर्ने जस्ता विषयमा सरकारी स्तरमा छलफल गर्न सहज हुने बताइएको छ। चीनले नेपालका ठूला जलविद्युत आयोजना निर्माण गर्न अग्रसरता देखाएपनि ती अघि बढ्न सकेका छैनन्। त्यस्तै मध्येको बुढीगण्डकी जलविद्युत परियोजना सम्बन्धी प्रस्ताव अघिल्लो सरकारले परिवर्तन गरेको थियो भने अर्को परियोजना पश्चिम सेती चिनियाँ पक्षले बनाउने भन्ने प्रस्ताव पनि अन्योलमा परेको छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबेला ती आयोजनालाई सजिलो पार्ने गरी केही सहमति गर्ने तयारी भएको ऊर्जा मन्त्रालयले जनाएको छ। 'वातावरण' ‘भारतीयभन्दा चिनियाँ लगानीकर्ता दोब्बर’ 'तीन वर्षमा विद्युत्‌मा आत्मनिर्भर हुन्छौँ' ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने, "ऊर्जा सहयोगबारे समझदारीपत्रमा हस्तारक्षर हुनेछ। नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा हुने आयोजनाहरुलाई दुईपक्षीय वार्ताबाट तय गर्न विभिन्न समिति बनाउने कुरा हुन्छ। भारतसँग भएको जस्तै ऊर्जा सचिव स्तरीय संयन्त्र चीनसँग पनि बन्छ र चीनसँग पनि बैठकहरू बस्ने वातावरण बन्छ।" यस्तै नेपाल र चीनबीच अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्नका लागि गल्छि-केरुङ-रसुवागढी अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुवै देशले सहमति गर्ने जनाइएको छ। चीनले नेपालमा जलविद्युत आयोजना निर्माण गर्न अग्रसरता देखाएको बताइन्छ। तर उसले निर्माण गर्न इच्छा व्यक्त गरेको बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी निर्णय अघिल्लो सरकारले परिवर्तन गरेको थियो। यस्तै अर्को आयोजना पश्चिम सेतीको निर्माण पनि अन्योलमा परेको छ। घिमिरेका अनुसार यी आयोजना चीन भ्रमणको सूचीमा परेका छैनन्। प्रस्ताव उनले भने, "यस्ता जलविद्युत आयोजना कार्यासूचिमा परेका छैनन्। अझ पश्चिम सेतीको बारेमा बजेटमा पनि नयाँ आएकै छ। यसलाई नेपाल सरकारले निर्णय गर्न पर्ने र यी विषय चीन भ्रमणको एजेण्डामा छैन।" ठूला जलविद्युत आयोजना र प्रसारणलाइन निर्माण गर्नका लागि चीनले नेपाल सरकारसँग हालै प्रस्ताव माग गरेको थियो। यस सन्दर्भमा नेपालले राम्रो तयारी गर्न सके मात्र प्रधानमन्त्रीको भ्रमणका क्रममा उत्तरी छिमेकीसँग चाहेको सहयोग लिन सकिने जानकारहरु बताउँछन्।
Others
69,137
धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु
“घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।
https://gorkhapatraonline.com/news/53770
निशा राईधरान, माघ २५ गते । “घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।  दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष धरान उपमहानगरपालिकामा प्रदेश १ का उद्योग कृषि तथा सहकारी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले बुधबार उद्घाटन गर्नुभयो ।उहाँले फूल सुख दुःख दुवैमा चाहिने भएकाले यसको प्रवर्धन र व्यावसायिक रूपमा अगाडि बढाउन सके नेपालमै करोडौँ आम्दानीको स्रोत हुने भएकाले पुष्पखेतीको प्रवर्धन र विकासका लागि बर्सेनि अनुदान दिँदैआएको बताउनुभयो । अनुदानका लागि पुष्पखेतीका कृषकहरूले पुष्पखेती व्यावसायिक रूपमा गर्दैछौं भनी जानकारी दिन आग्रह गर्दै पुष्पखेतीलाई प्रवर्धन र विकासका लागि सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।प्रदेश १ का सांसद रमेशकुमार बस्नेतले आफ्नै ठाउँमा पर्याप्त फूल उत्पादन गर्न सकेमा बाहिरबाट फूल आयात गर्न नपर्ने चर्चा गर्नुभयो । फ्लोरीकल्चर एसोसिएसन सुनसरीले आयोजना गरेको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको फ्लोरीकल्चर एसोसिएसन नेपालको अध्यक्ष  मीनबहादुर तामाङले बताउनुभयो । अहिले देशभर ४८ जिल्लामा १७८ हेक्टर क्षेत्रफलमा ७३२ भन्दा बढी व्यवसायीहरूले पुष्प व्यवसाय गरिएको उहाँले बताउनुभयो । जसमा ४० हजार जनाले रोजगारी पाएको उहाँको भनाइ छ । गतवर्ष मात्र ३६ करोड रुपियाँको फूल आयात भएको छ । १ करोड बरावरको फूल निर्यात भएको उहाँले बताउनुभयो । यसैगरी धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्र विक्रम बेघाले आफूलाई चाहिने फूल आफै उत्पादन गर्नसके हाम्रो देशको करोडौँ रुपियाँ बाहिर जानबाट जोगिन सक्ने बताउनुभयो । पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहेको छ । ती स्टलमा मौसमी, आलङ्कारिक बोटबिरुवा, सुनाखरी, कम्पोस्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गर्न राखिएको छ । 
News
58,545
खाद्यवस्तु अभाव नहुने
नेपालमा तत्काल खाद्यवस्तुको अभाव हुने अवस्था नरहेको बताइएको छ । छ महिनालाई आवश्यक पर्ने खाद्यवस्तु आयात भइसकेकाले तत्काल आयात रोकिए पनि अभाव नहुने बताइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राल
https://gorkhapatraonline.com/news/14641
काठमाडौँ, जेठ १८ गते  । नेपालमा तत्काल खाद्यवस्तुको अभाव हुने अवस्था नरहेको बताइएको छ । छ महिनालाई आवश्यक पर्ने खाद्यवस्तु आयात भइसकेकाले तत्काल आयात रोकिए पनि अभाव नहुने बताइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा छ महिनालाई पुग्ने खाद्यवस्तु भित्रिसकेकाले आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले अबको छ महिनालाई पुग्ने सबै प्रकारको खाद्यवस्तुको मौज्दात रहेको जानकारी उद्योगीबाट आएकाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनावश्यक रूपमा खाद्यवस्तुको सञ्चित नगरी आवश्यक मात्रै खरिद गरेमा तत्काल अभावको समस्या छैन ।” भारतले आफ्नो देशको माग र आपूर्तिको अवस्थालाई ध्यानमा राखेर खाद्य सञ्चितको नीति लिई गहुँ र चिनी निर्यातमा रोक लगाएसँगै आमउपभोक्तामा अन्य खाद्यवस्तुुको पनि आयात रोकिने हो कि आशङ्का बढेको छ । कतिपय उपभोक्ताले खाद्य अभाव हुने डरले खरिद गरेर भण्डारण (होल्ड) गर्न थालेका छन् । उपभोक्ता अधिकारकर्मी एवं खाद्य तथा उपभोक्ता संरक्षण परिषद्का सदस्य माधव तिम्लिसेनाले नेपालका जिम्मेवार निकायसँग अहिलेसम्म खाद्यवस्तुको उत्पादन, माग, खपतलगायतको कुनै पनि तथ्याङ्क व्यवस्थित नहुँदा बजारमा निजी व्यापारीबाट चलखेल हुने गरेको बताउनुभयो । कुन–कुन उपभोग्य वस्तुमा हाम्रो उत्पादन कति हो ? माग र खपत कति हो ? र आपूर्ति कति भएको छ भन्ने तथ्याङ्क सरकारका जिम्मेवार निकाय, भन्सार विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नहुने निजी व्यापारीकै भर पर्नुपर्ने अवस्था रहनुपर्ने भएकाले उपभोक्ता मर्कामा परेको उहाँको भनाइ छ ।  माग, आपूर्ति र मौज्दातको अवस्था भन्न सक्ने अवस्थामा सरकार हनुपर्ने हो तर अहिलेसम्म यस प्रकारको तथ्याङ्क नभएको वाणिज्य मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले स्वीकार गर्नुभयो । यस्तै कृषिजन्य, उत्पादन, खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ । उपभोक्ता अधिकारकर्मी तिम्लिसेनाले यस्ता वस्तुुको माग, उत्पादन र मौज्दातको अवस्था नै नबुझी आयात कटौती गर्दा बजारमा आपूर्तिमा असहज हुन्छ नै योसँगै बजारमा कृत्रिम अभाव, कालोबजारी सुरु हुने बताउनुभयो । वाणिज्य मन्त्रालयका सहप्रवक्ता केसीले उत्पादनको अवस्थाका विषयमा सम्बन्धित उद्योगी व्यवसायीसँगको छलफलपछि आयात कटौती गर्दा समस्या नहुने भएर नै कटौती गरिएको स्पष्ट पार्नुभयो ।कटौतीको बहाना बनाएर बजारमा व्यापारी चलखेल होला भनेर उपभोक्ता हित प्रवद्र्धन गर्न बजार अनुगमन प्रणालीलाई थप क्रियाशील बनाउँदै स्वच्छ र प्रतिस्पर्धी बजारको विकास गर्ने विषय पनि बजेटमा समेटिएको उहाँको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार कम्पनीसँग एक लाख ४४ हजार ५१० क्विन्टल खाद्यान्न मौज्दात छ । जसमा चामल ८१ हजार ३६४ क्विन्टल, धान ६२ हजार ७६१ क्विन्टल र गहुँ ३८५ क्विन्टल रहेको छ ।भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा धान वा चामल ४२ अर्ब, गहुँ छ अर्ब, मकै १६ अर्बको आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मानेर पनि तत्काल खाद्यवस्तुको अभाव हुन नसक्ने बताउँदै आएको छ ।
News
40,937
स्वतन्त्र समितिमा आईसीसीका तीन जना
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि विगत दुई वर्षदेखि लागेको निलम्बन फुकुवा गर्ने प्रयासमा स्वतन्त्र समिति बनाउने कार्य सुरु गरेको छ । वैशाख ६ गते निर्वाचित क्यानको साधारणसभाले सल्लाहकार समितिमार्फत आएको विधानलाई हुबहु पारित गरेको थियो ।
https://ekantipur.com/sports/2018/06/11/152868190284242549.html
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि विगत दुई वर्षदेखि लागेको निलम्बन फुकुवा गर्ने प्रयासमा स्वतन्त्र समिति बनाउने कार्य सुरु गरेको छ । वैशाख ६ गते निर्वाचित क्यानको साधारणसभाले सल्लाहकार समितिमार्फत आएको विधानलाई हुबहु पारित गरेको थियो ।त्यसपछि क्यानको निर्वाचन प्रक्रिया अगाडि बढ्नका लागि स्वतन्त्र समिति बनाइनुपर्ने थियो, तर विशेष साधारणसभाले विधान पास गरेको ५० दिन बितिसक्दा पनि स्वतन्त्र समिति बनाइएको थिएन । आईसीसीका सहायक प्रमुख इमरान ख्वाजाले तीन दिनअघि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई पत्र लेख्दै स्वतन्त्र समिति र अन्यबारे अवगत गराएका छन् ।स्वतन्त्र समितिमा आईसीसीबाट आन्तरिक लेखा प्रमुख मुहम्मद अली अस्लाम, स्ट्राजेटिक प्रोजेक्ट्स अमर शेख र फाइनान्स र अप्रेसन अफिसर–एसिया नितिशा कोथारी रहने छन् । त्यस्तै समितिमा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषदका १–१ जना प्रतिनिधि हुनेछन् । कान्तिपुरलाई आईसीसीको पत्रमा आईसीसीले निर्वाचित क्यान र परिषद्लाई पनि १ हप्ताभित्र समितिमा आफ्नो प्रतिनिधि सिफारिस गर्न मिति तोकेको छ । आईसीसीले पत्रमा नौ बुँदा लेख्दै त्यसलाई कार्यान्वयन गर्न भनेको छ । जसअनुसार राखेपबाट पास गरेको विधान आईसीसीलाई लिखित रूपमा दिनुपर्ने, वैशाख ६ मा भएको विशेष साधारणसभाको माइन्युट कपी आईसीसीलाई दिनुपर्ने, जहाँ प्रस्तावित विधान पारित गरिएको थियो । नेपाली क्रिकेटसँग सरोकार राख्नेहरूले कानुनी प्रक्रिया सकाउनुपर्ने, चुनाव लगायत अन्य कार्यक्रमहरू आईसीसीका लागि रिभ्यु गर्न चाहिने छन् ।त्यस्तै आईसीसीको सहयोगमा क्यानका पदाधिकारीहरूको पेस्की फछ्र्योट टुंगो लगाउने, स्वतन्त्र समितिले सदस्यताबारे निर्णय गरेपछि जिल्ला, प्रदेश र केन्द्रको चुनाव हुनेछन् । आईसीसीले यसलाई सकेसम्म जति चाँडो टुंगो लगाए क्यानको निलम्बन फुकुवा हुन सक्ने जनाएको छ । यसका लागि आईसीसीको प्रतिनिधिमण्डल यसै महिनाको अन्तसम्म नेपाल आउने छ ।जुलाई १ मा हुने आईसीसीको वार्षिक साधारणसभामा यसबारे छलफल हुने त्यसमै क्यानको निलम्बनको फुकुवाको निर्णय हुन सक्ने आईसीसीको पत्रमा लेखिएको छ । क्यानको निर्वाचन निष्पक्ष नभएको र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले २५ महिना अगाडि क्यानलाई निलम्बन गरेको थियो ।त्यसयता आईसीसीले आफ्नै रेखदेखमा नेपाली क्रिकेटको गतिविधि चलाइरहेको छ । नेपाली क्रिकेटको निकासका लागि आईसीसीले स्वतन्त्र व्यक्तिहरूलाई समेट्दै सल्लाहकार समिति गठन गरेको थियो । त्यही सल्लाहकार समितिले विभिन्न चरणको बैठकपछि बनाएको प्रस्तावित विधानलाई निर्वाचित क्यानको विशेष साधारणसभामा दोस्रो प्रयासमा पारित गरिएको थियो ।
Sports
29,157
सन् २००४ मा आजकै दिन : भारतको प्रधानमन्त्रीमा सिंह 
सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो । 
https://ekantipur.com/world/2024/05/22/on-this-day-in-2004-singh-as-prime-minister-of-india-38-57.html
काठमाडौँ — सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सिंहले १९६६ देखि १९६९ सम्म संयुक्त राष्ट्रसंघमा समेत काम गरेका थिए । त्यसलगत्तै उद्योग तथा वाणिज्य मन्त्रालयको सल्लाहकार रहेका सिंहले १९७० र ८० को दशकमा भारत सरकारअन्तर्गतका विभिन्न प्रमुख पदको जिम्मेवारी सम्हालेका थिए । १९९१ मा भारतमा आर्थिक संकट उत्पन्न भएसँगै सिंहलाई प्रधानमन्त्री पीभी नरसिंह रावले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । त्यतिबेला उनको नेतृत्वमा भारतको आर्थिक संकट अन्त्य भएको थियो ।२००४ मा कंग्रेस नेतृत्वको यूपीए गठबन्धन सत्तामा आएपछि कंग्रेस नेतृ सोनिया गान्धीले सिंहलाई प्रधानमन्त्रीमा अघि सारेकी थिइन् । २००९ को आमनिर्वाचनमा यूपीए गठबन्धन विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका थिए ।
World
11,690
अन्नपूर्ण स्कुल चेस भोलिदेखि
अन्नपूर्ण स्कुल चेसको १८ औं संस्करण शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा यू–९, यू–११ र यू–१३ मा दुई–दुई समूह तथा यू–१५ र यू–१७ मा एक–एक समूह विभाजन गरेर खेल हुनेछ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । तीन दिन चल्ने प्रतिस्पर्धा स्विस लिग प्रणालीका आधारमा हुनेछ ।
https://ekantipur.com/sports/2023/06/08/168618651837288179.html
काठमाडौँ — अन्नपूर्ण स्कुल चेसको १८ औं संस्करण शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा यू–९, यू–११ र यू–१३ मा दुई–दुई समूह तथा यू–१५ र यू–१७ मा एक–एक समूह विभाजन गरेर खेल हुनेछ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । तीन दिन चल्ने प्रतिस्पर्धा स्विस लिग प्रणालीका आधारमा हुनेछ ।प्रत्येक समूहमा पहिलोदेखि दसौं स्थानसम्म आउने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट अंक ल्याउने विद्यालयलाई विशेष ट्रफी प्रदान गरिनेछ ।समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्दै एसियाली चेस प्रतियोगितामा समेत सहभागिता गराइने छ । प्रतियोगिताको कुल बजेट २ लाख १० हजार रुपैयाँ रहेको छ । १० जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । विद्यालयले ०६१ देखि प्रतियोगिता सुरु गरेको थियो । नेपाली चेसमा अन्नपूर्ण स्कुलद्वारा आयोजित यो प्रतियोगिता सबैभन्दा ठूलो र नियमित आयोजना भइरहेको एकमात्र प्रतिस्पर्धा छ ।
Sports
17,133
न्यूयोर्कका नेपाली : त्राससँगै आशमा
कोभिड १९ को नयाँ इपिसेन्टर भनिएको न्युयोर्क सहर अहिले सन्त्रासमा छ । न्युयोर्क राज्यमा संक्रमितहरुको संख्या १ लाख ३० हजार नाघेको छ । मृतकहरुको संख्या पाँच हजारको निकट पुगेको छ ।
https://ekantipur.com/diaspora/2020/04/07/158623569162711005.html
न्युयोर्क — कोभिड १९ को नयाँ इपिसेन्टर भनिएको न्युयोर्क सहर अहिले सन्त्रासमा छ । न्युयोर्क राज्यमा संक्रमितहरुको संख्या १ लाख ३० हजार नाघेको छ । मृतकहरुको संख्या पाँच हजारको निकट पुगेको छ ।आगामी केही साता संक्रमणको स्थिति झनै डरलाग्दो हुने सरकारी चेतावनी छ । सहर पूर्णरुपमा ठप्प त छैन तर सुनसान छ । यहाँ नेपाली आप्रबासीहरुको उल्लेख्य बसोबास छ । कोभिड १९ का कारण तीनजना नेपालीको न्युयोर्कमा मृत्यु भइसकेको महावाणिज्यदूतावासले बताएको छ । भाइरसको त्रासले नेपालीहरुलाई कसरी प्रभावित पार्दैछ ? दैनिकी कसरी चल्दैछ ? कोभिड १९ को सन्त्रासको पुष्ठभूमिमा केन्द्रित गरिएको संवादको अंश :तारा कोइरालाब्युटिसीयन मेरो पेशा हो । घर काठमाडौं, माईती घर झापा हो । १६ बर्षदेखि परिवारसँग अमेरिकामा छु । पहिलोपटक अमेरिकामा यो स्थितिले चिन्तित बनाएको छ । यस्तो भाइरसको कल्पना नै थिएन । हामी करिब तीन सातादेखि अपार्टमेन्टमा ‘क्वारेनटाइन’ को स्थितिमा छौं । के हुन्छ ? कसैलाई थाहा छैन । यो त्रासबाट मुक्ति पाउन हरेक बिहान पुजा गर्दै भजन गाउँछौं । भगवानले सबैको रक्षा गर्लान् भन्ने आशा छ । आवश्यक खाद्यान भए पनि दैनिक चाहिने तरकारी, सागसब्जी दुधको व्यबस्थापन गर्न गाह्रो भइरहेको छ । बाहिर कसरी जाने ? भाइरसको संक्रमणको चपेटामा परिन्छ कि भन्ने चिन्ता छ । दैनिकी रोकिएको छ ।मनमोहन घिमिरेगुल्मी पुर्खौली घर हो । नौं बर्षदेखि पारालिगल एवं शैक्षिक परामर्शको पेशामा कार्यरत छु । भाइरसले जिन्दगी ठप्प भएको छ । स्वास्थ्य र आर्थिक अवस्थामा गम्भीर त्रास छाएको छ । बाहिर जान सानोतिनो हिम्मत चाहिने बेला आएको छ । गइहाले पनि कसरी सुरक्षित हुने भन्ने चिन्ता छ । अत्यावश्यक सामान लिएर घर फर्केपछि, कतै भाइरस सँगै त आएन भनेर डर लाग्छ । भित्र पस्नुअघि समानलाई ‘वाईप’ गर्ने, आफूले लगाएको लुगा एवं जुत्ता धुने र नुहाउने कार्य अनिवार्य बनेको छ । यो सन्त्रासमा केही भइहाले, नाबालक बच्चाहरुको स्थिति सोच्दा पनि आँखा भरिन्छ । आम्दानी पनि ठप्प छ । बिष्णु राना मगरमेरो घर नुवाकोट हो । उबर ड्राइभरको काम गर्छु । यहाँको स्थिति राम्रो नभए पनि मलाई ब्यक्तिगतरुपमा त्यस्तो डर त लागेको छैन । तैपनि बाहिर निस्कनु पर्छ । बासस्थानमा फर्कदा सधै एकखाले चिन्ता लाग्छ । घरमा बालबच्चा छन् । सासु र ससुरा अहिले घुम्न अमेरिका आएकोले यतै हुनुहुन्छ । ससुरा ७५ बर्षको हुनु भयो । उहाँमा विगतमा फोक्सोको समस्या थियो । अहिले ठीकै छ । तैपनि यो स्थितिमा चिन्ता लाग्छ । छोराछोरीचाहिँ घरमै रमाएका छन् । स्थिति चाँडै सुध्रिएला भन्ने आशा छ । सँधै त यसरी कसरी बस्ने ? कसरी धानिएला र ? नेपालतिर जान पाए पनि हुन्थ्यो तर कसरी जानु ? कमला प्रसाई म स्वास्थ्य विज्ञानको विद्यार्थी हुँ । माइती विराटनगर र घर काठमाडौं हो । धेरै चिन्ता र डरको स्थिति छ । केही निकट परिचित नेपालीहरुको निधन भएकोले झनै स्तब्ध छौं । हरेक बिहान समाचार आउँछ, ‘आज यति सयको निधन भयो । हजारौं संक्रमित भए । मर्नेहरुको संख्या हजारौं पुग्यो ।’ यस्तो हेर्दा, सुन्दा, कहाली लागेर आउँछ । मन अत्तालिन्छ । एक महिना भयो, छोरा र म घरबाट बाहिर ननिस्किएको । अत्यावश्यक सरसामान लिन श्रीमान कहिलेकाहीं बाहिर निस्कनु हुन्छ । हरेक दिन नेपालमा रहेका आफन्तहरुले फोन, फेसबुकमा मार्फत् सुरक्षित रहनु भनिरहेको अवस्था छ ।पासाङ शेर्पामेरो जन्मथलो सोलुखुम्बु हो । परिवारसहित चौध बर्षदेखि अमेरिकामा छु । मेरो हेयर कटिङको व्यबसाय छ । यसअघि कहिलेकाहीं समुन्द्री आँधी र चर्को हिउपातले जीवन केही दिन अस्तब्यस्त हुन्थ्यो । तर, अहिले कल्पनै नगरेको स्थिति आयो । के गर्ने, कसो गर्ने भेउ नै छैन । भर्खरै म्यानहाटनमा रेन्टुरेन्टको ब्यबसाय सुरु गरेको थिए । स्थिति यस्तो भयावह भयो । एक महिना भयो, ब्यबसाय बन्द भएको । विज्ञानको उन्नति भव्य भईरहेको यो स्थितिमा कसैले यो भाइरसलाई निस्तेज गर्न नसकेको देख्दा, मन अत्तालिन्छ । हरेक दिन मृतकहरुको आँकडा उकालो लागेको देख्दा मनमा त्रास फैलिन्छ । परिस्थिति चाँडै सुध्रेला भन्ने आशमा छु । तर कहिले आउने हो त्यो अवस्था ? केही ठेगान छैन ।
Diaspora
12,781
विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने माग गरे । उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
https://ekantipur.com/news/2024/04/15/an-umbrella-law-for-universities-should-be-made-mp-paudel-36-08.html
काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने माग गरे । उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा धेरै विश्वविद्यालयहरु भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो ? भनेर पनि प्रश्न समेत गरे । ‘मान्छेमा बास्तविक सीप भर्ने नयाँ तरिका यो विश्वविद्यालयले के ल्याएको छ ? नवप्रवर्द्धनका विषयहरु पढाउने भनेर भनेको छ । सीपयुक्त जनशक्ति उत्पादन गर्ने भनेको छ । यो कुरा त अन्य विश्वविद्यालय, अन्य सरकारका निकायहरुले पनि भनेको स्थिति छ,' उनले भने, 'यसले त्यो भन्दा फरक काम के गर्छ ? हामीलाई यतिधेरै विश्वविद्यालय किन चाहिएको हो वा के आवश्यक हो?'उनले समान उद्देश्यका धेरै विश्वविद्यालय खोल्नुको सट्टा कुनै विश्वविद्यालयमातहतमा कलेजहरु खोल्नु उपयुक्त हुने सुझाव दिए । 'सामुदायिक क्याम्पसहरुले विश्वविद्यालयको सम्वन्धनका निम्ति आवेदन दिएको स्थिति छ । त्यसलाई किन नदिने ? खोप इन्जिनियरिङ कलेजलाई सम्बन्धन किन नदिने ? मेडिकल विश्वविद्यालय बनाउनुपर्छ भनेर भनिएको छ, त्यसलाई सम्बन्धन किन नदिने ?,' पौडेलले प्रश्न गर्दै भने, 'त्यसैले सबैलाई सम्बन्धन दिने हो र विश्वविद्यालयको संख्या बढाउने हो भने हामीले एउटा छाता ऐन बनाऔँ । त्यही ऐन मातहतमा रहेर सम्बन्धन दिने व्यवस्था गरौँ ।'सांसद पौडेलले विधेयकमा विश्वविद्यालयहरुले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा प्रष्ट हुनुपर्ने बताए ।
News
4,137
पच्चिस देशमा पुग्छ नेपाली छुर्पी
दुग्धजन्य उत्पादन विदेश निर्यात समस्याका रूपमा देखिएको खोरेत रोग नियन्त्रण गर्न कोशी प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ । पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ । खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्क्रमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्क्रमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन । त्यस्ता वस्तुको निर्यातले रोगको प्रसार हुन सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा नेपालबाट दुधजन्य वस्तुको निर्यातमा बाधा पुगिरहेको छ ।
https://gorkhapatraonline.com/news/102128
शशिधर पराजुलीविराटनगर, चैत २० गते । दुग्धजन्य उत्पादन विदेश निर्यात समस्याका रूपमा देखिएको खोरेत रोग नियन्त्रण गर्न कोशी प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ । पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ । खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्क्रमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्क्रमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन । त्यस्ता वस्तुको निर्यातले रोगको प्रसार हुन सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा नेपालबाट दुधजन्य वस्तुको निर्यातमा बाधा पुगिरहेको छ । कोशी प्रदेश सरकारले चालु वर्षमा बढी भएको पाउडर दुध र नौनी घिउ निर्यातलाई प्रोत्साहन गर्न बजेटमै अनुदानको व्यवस्था गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुदान दाबी गर्न नआएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले बताए ।  प्रदेशबाट पछिल्ला दिनमा छुर्पीको निर्यात उल्लेख्य मात्रामा भइरहेको र विदेशी मुद्रा आर्जनका लागि छुर्पी तथा चिज निर्यातको सम्भावना राम्रो देखिएको छ । त्यसैले पहिलो चरणमा दुध उत्पादन क्षेत्रलाई खोरेत नियन्त्रण प्राथमिकतामा राख्नुपर्ने सुझाव कार्यक्रमका सहभागीले दिएका छन् । नेपालमा उत्पादित छुर्पी अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी विश्वका २५ मुलुकमा निर्यात भइरहेको र युरोपबाट पनि माग भइरहेको भन्दै खोरेत नियन्त्रण अनिवार्य भएको सङ्घीय कृषि मन्त्रालय पशु स्वास्थ्य महाशाखाका सहसचिव सम्झना काफ्लेले बताउनुभयो । पशु स्वास्थ्यको क्षेत्रमा समस्याका रूपमा रहेको खोरेत नियन्त्रणका लागि प्रदेश सरकारले देखाएको चासोको उहाँले प्रशंसा गर्दै सङ्घीय सरकारका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने बताउनुभयो । सङ्घीय सरकारले तीन दशकभन्दा बढी समयदेखि नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण नभएको खोरेतलाई निश्चित क्षेत्रबाट नियन्त्रण गर्दै जाने गरी प्रदेश सरकारले दीर्घकालीन रणनीति बनाइरहेको छ । त्यसका लागि प्रदेशले विज्ञको टोलीसँग निरन्तर छलफल गरिरहेको छ भने केही दिनभित्रै रणनीतिक योजनालाई अन्तिम रूप दिने तयारी गरेको छ । विज्ञहरूले सीमित साधन र स्रोतबाट ठुलो क्षेत्रमा एकै पटक खोरेत नियन्त्रण गर्न सम्भव नहुने भन्दै विशेष क्षेत्रमा नियन्त्रण गर्दै जाने नीति प्रभावकारी हुने सुझाव दिनुभएको छ । कोशी प्रदेशका छ जिल्लामा खोरेत रोगको सङ्क्रमण देखिएको छ । मुख्य गरी मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुङ्गामा खोरेतको सङ्क्रमण भेटिएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो पाँच वर्षयता खोरेतको सङ्क्रमण भेटिएको छैन । यी जिल्लाबाहेक इलाममा पछिल्लो तीन वर्षदेखि खोरेतको सङ्क्रमण देखिएको छैन । अब तीन वर्षदेखि खोरेत नदेखिएका केही जिल्लालाई लक्षित गरेर जोनका रूपमा विकास गर्ने र अन्य जिल्लामा निरोधका लागि नियमित खोप कार्यक्रम चलाउने गरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयले तयारी बढाएको हो । प्रदेश सरकारले तीन वर्षभित्र दुध उत्पादन जोनभित्र खोरेत पूर्ण रूपमा नियन्त्रण गर्ने गरी अभियान चलाउने करिब निष्कर्ष निकालेको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेश सरकार खोरेत नियन्त्रण गर्न दृढ रहेको र तीन वर्षभित्रै जोन क्षेत्रमा रोग नियन्त्रण गर्ने गरी प्रभावकारी योजना बनाइने बताउनुभयो ।  उहाँले कोशी प्रदेशबाट सात अर्ब रुपियाँभन्दा बढीको छुर्पी र सात अर्ब जतिको चिज विदेश निर्यात भएकाले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य रहेको उहाँको भनाइ थियो । पशु सेवा विभागका निर्देशक डा. उमेश दाहालले कोशी प्रदेशले सुरु गरेको खोरेत रोग नियन्त्रणको प्रयासमा विभागको भरपुर सहयोग हुने र खोपका लागि कोशीलाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिनुभयो । 
News
35,017
स्थानीय तहबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री दाहाल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 
https://ekantipur.com/news/2024/01/09/170478712686525828.html
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले भने, 'वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।'
News
6,537
चितवनलाई च्याम्पियन बनाएपछि टोलीका प्रशिक्षक र खेलाडी
चितवनलाई च्याम्पियन बनाएपछि टोलीका प्रशिक्षक र खेलाडी के भने ?
https://ekantipur.com/sports/2021/10/10/16338281834248011.html
काठमाडौँ — चितवनलाई च्याम्पियन बनाएपछि टोलीका प्रशिक्षक र खेलाडी के भने ? श्यामसन जंग थापा (प्रशिक्षक)हाम्रो टिम सन्तुलित थियो, मोहम्मद साहजाद टिममा हुनु ठूलो प्लस प्वाइन्ट थियो । उनी भएको समयमा हामीले पावर प्ले ब्याटिङको राम्रो सदुपयोग गर्न पाउथ्यौं । नेपालको उत्कृष्ट तीव्र गतिका बलर र स्पिनर हाम्रै टिममा थियो । करिम जन्नत र सेकुगु आएपछि हाम्रो बलिङ झनै बलियो भएको थियो । भीम सार्की, राजेश पुलामी भएकाले ब्याटिङमा हामीसँग अन्तिमसम्मै विकल्प थियो । कमलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौंसँगको खेल जिताएका थिए । त्यसैले हामी जुनसुकै स्थितिप्रति ढुक्क थियौं । प्रतियोगिता सुरु हुनुअगाडि नै पनि म सकारात्मक थिएँ । हामी ‘डार्कहर्स’ को रूपमा थियौं । अरूले महत्त्वमा नराख्नुको फाइदा हामीलाई थियो । हामीले अभ्यास सुरु गर्दा भीम सार्की, दिलीप नाथ टचमा थिएनन् । हामीले मिहिनेत गरेका थियौं, यसपालि उनीहरू लयमा फर्किए । ब्याटिङमा हाम्रो गहिराइ थियो । सागर ढकाल र शाहब आलमबाहेक सबै ब्याटिङ गर्न सक्थे । राजेश पुलामीईपीएल मैले पहिलो पटक जितेको छु । त्यसैले अवश्य पनि निकै राम्रो महसुस गरिरहेको छु । मिहिनेत धेरै गरेको थिएँ, त्यसैको फल पनि हो जस्तो लाग्छ । आज पनि फिनिस गर्नुपर्ने हो, अलिकतिले सकिएन । मलाई पोखराले रिलिज गरेको थियो, अहिले पोखरालाई नै हराउन पाएका छौं । त्योभन्दा पनि उपाधि ठूलो हो । पोखराबाट होस् वा चितवनबाट होस् उपाधि भनेको उपाधि नै हो । मलाई कसैले नलिइरहेको अवस्थामा सोमपाल र चितवन टाइगर्सका मालिकले विश्वास गर्नुभयो । उहाँहरूले विश्वासमा मैले पनि केही योगदान दिनुपर्छ भनेर अलिकति दबाब महसुस गरेको थिएँ । हाम्रो टिमले दुई साताभन्दा अगाडिदेखि नै तयारी गरेको थियो, त्यसैको प्रभाव होला टिम संयोजन निकै मिलेको थियो । अरू टिमको सन्तुलन मिलाउँदा मिलाउँदै प्रतियोगिता नै सकिएजस्तो लागेको छ । कमलसिंह ऐरीसुरुका विकेटहरूभन्दा आज विकेट फरक थियो । अरू दिन विकेट स्किड थियो, ब्याटमा बल आइरहेको थियो । आज ब्याटिङका लागि विकेट त्यति सहज थिएन । त्यही भएर राइज बल अलिक प्रभावशाली हुन्छ जस्तो लागेर त्यहीअनुसारको योजना बनाएर बलिङ गरिरहेको थिएँ । लेभीले पहिलो ओभरमा मलाई जसरी खेले, त्यहींदेखि नै मेरो आत्मविश्वास बढेको थियो । त्यसपछि मलाई विकेट लिन सजिलो भयो । प्रतियोगिता सुर हुनु अगाडिदेखि नै म सबै खेलाडीसँग कुराकानी गरिरहन्थे । जित्नका लागि सोचौं नतिजा आफ्नो ठाउँमा छ भनेर भन्थें । हामी दाबेदार थिएनौं, त्यही भएर पनि जित्न सजिलो भयो । मलाईचाहिँ हामी च्याम्पियन बन्छौं भन्ने थियो, अरूको थाहा भएन । तर सबै आत्मविश्वासी देखिन्थे । पहिलो खेलदेखि नै हाम्रो बलिङ राम्रो भएको थियो, कसैलाई १ सय ५० रनभन्दा बढी बनाउन दिएनौं । भीम सार्कीआज लक्ष्य कम थियो, हाम्रो विकेट पनि सुरुमा चाँडो गयो । दोस्रो इनिङ्समा ब्याटिङ गर्नुपरेकाले सजिलो भयो । विकेट गइरहेका हुनाले मैले खेल्नुपर्छ भन्ने थियो । यसअघिका दुई खेलमा मैले सजिलै विकेट दिएर गएको थिएँ, त्यसैले आज सुधारिएर खेल्छु भनेर खेलेको हो । ठूलो स्कोर पनि नभएकाले गाह्रो भएन । बलिङ त उनीहरूको पनि राम्रो थियो, सामान्य हिसाबमै खेलेर लक्ष्य पूरा गर्‍यौं । लाइनमा आएको बल हेरेर खेल्यौं । म नेपाली सेनाको प्रशिक्षणमा थिएँ । क्रिकेट खेल्न नपाएको ६ महिना भइसकेको थियो । चितवन टाइगर्सका मालिकले भनेपछि नेपाली सेनाले विश्वास गरेर खेल्न छुट दिएको थियो । आफैंमा विश्वास थियो । मौका पाएँ भने आफ्नो उत्कृष्ट दिन्छु भनेर बसिरहेको थिएँ । सेनाको प्रशिक्षणमा हुँदा अनुशासन, समयको महत्त्व, ध्यान गर्दै आफैलाई कसरी अगाडि बढाउनेलगायतको कुरा सिकेको थिएँ, त्यसले राम्रो खेल्न प्रेरित गर्‍यो । सागर ढकाल मैले प्लेयर अफ द सिरिज पाउनुभन्दा पनि टिमले उपाधि जितेको छ । त्यसले मलाई बढी खुसी बनाएको छ । टिमले जित्छ भन्दा पनि मैले उत्कृष्ट दिन्छु भन्ने थियो । एकले अर्कालाई विश्वास गरेको भएर नै टिमले सफलता पाएको हो जस्तो लाग्छ । म पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोको प्रशंसक भएकाले उनकै शैलीमा विकेट लिएपछि खुसी मनाउने गर्छु । रोनाल्डो जुन टिममा गयो त्यही टिमलाई समर्थन गर्छु । बल टु बल हरेक खेलमा राम्रो गर्छु भन्ने थियो, प्लेयर अफ द सिरिज नै हुन्छु भन्ने सोचेको थिइनँ । आफ्नो टिमलाई कसरी योगदान दिने भनेर मात्र सोचिन्छ । १४ विकेटको कीर्तिमान मैले भर्खरै थाहा पाएँ । हाम्रो एकदमै राम्रो बलिङ युनिट थियो । सोमपाल दाइ, कमल, जन्नत आफ्नो राष्ट्रिय टोलीका लागि खेलिसकेका भएर जहिले पनि चितवनलाई राम्रो सुरुआत दिलाउनुभएको थियो ।
Sports
22,093
प्रेमको निरन्तरता चलचित्र ‘ए मेरो हजुर ४’
सुकृत नेपालकाठमाडौँ, वैशाख ५ गते । माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा देखापरेको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् । मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ । धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् । नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् । प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ । चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर पे्रम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महìवाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ । आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ । समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता÷निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो¥याई तेह¥याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ रहने छैन  ।
https://gorkhapatraonline.com/news/10408
सुकृत नेपालकाठमाडौँ, वैशाख ५ गते । माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा  देखापरेको छ ।  स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् ।  मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार  बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ ।   धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् । नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् ।  प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ । चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर पे्रम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महìवाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ । आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ ।   समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता÷निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो¥याई तेह¥याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ रहने छैन  ।
News
45,504
पहिलो टेस्टका लागि इंग्लिस टिमको घोषणा
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टका लागि इंग्ल्यान्डले शनिबार १३ सदस्यीय टिमको घोषणा गरेको छ । पहिलो टेस्ट बुधबार साउथह्याम्पटनमा सुरु हुनेछ ।
https://ekantipur.com/sports/2020/07/04/159386229229443699.html
लन्डन — वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टका लागि इंग्ल्यान्डले शनिबार १३ सदस्यीय टिमको घोषणा गरेको छ । पहिलो टेस्ट बुधबार साउथह्याम्पटनमा सुरु हुनेछ ।छनोटकर्ताले ज्याक लेच र मोइन अलिको स्थानमा अफ स्पिनर डोमिनिक बेसलाई अवसर दिएका छन् । पहिलो टेस्टमा इंग्ल्यान्डको नेतृत्व बेन स्टोक्सले गर्दैछन् ।घोषित टिममा परेका अन्य खेलाडीमा जेम्स एन्डरसन, जोफ्रा आर्सचर, स्टुवार्ट ब्रोड, रोरी बन्र्स, जस बटलर (विकेटकिपर), ज्याक क्राउली, जोए डेन्ली, ओलि पोप, डम सिब्ले, क्रिस वक्स र मार्क उड छन् ।कोरोना भाइरस संक्रमणको महामारीपछि आयोजना हुन लागेको यो टेस्ट पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ ।
Sports
24,982
दोस्रो चापाकोट महोत्सव सुरु
स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो ।
https://gorkhapatraonline.com/news/96620
राधाकृष्ण डुम्रेवालिङ, फागुन ३ गते । स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो । चापाकोट नगरपालिका–९ स्थित गङ्गालाल माविको खेलमैदानमा सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, रत्यौली, भजन, नृत्य र जिल्लास्तरीय भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । गाउँमा उत्पादित मौलिक एवम् कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई प्राथमिकतामा राखिएको अध्यक्ष रानाले बताउनुभयो । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू छन् । महोत्सवको सङ्घीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेश सांसद महेश भट्टराई, चापाकोट नगरपालिका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)) गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल राना लगायतले बोल्नु भएको थियो ।  चापाकोट महोत्सव एवम् व्यापार मेला फागुन १३ गतेसम्म चल्नेछ ।
News
48,741
‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’
नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ ।
https://gorkhapatraonline.com/news/94428
नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न काठमाडौँ, माघ १४ गते । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ । नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५.३०४ हेक्टर जमिन ओगट्छ भने ०.२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४.५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ । वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो । बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताउनुभयो । उहाँका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । पारिस्थितिक प्रणालीमा असर शाखा अधिकृत घिमिरेले ती क्षेत्रका ८० हजार २५८ वटा विभिन्न प्रजातिका रुख काट्नुपर्ने प्रस्तावमा उल्लेख भएको तर त्यो कटान दोब्बरले बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नियमावली टेकेर भन्नुपर्दा अहिले पाँच सेन्टिमिटर रेडियसको बिरुवा पनि कटानमा गनिन्छ । त्यसैले प्रस्तावमा भनिएभन्दा दोब्बरले बढी (दुई लाख हाराहारी) रुखबिरुवाको विनाश हुने देखिन्छ ।” यसरी कटान हुँदा शिवपुरीको जैविक विविधतायुक्त पारिस्थितिक प्रणालीमा निकै उथलपुथल आउने छ । प्राकृतिक रूपमा उम्रिएका जडीबुटी र बुट्यानको वंशनाश हुने छ । नागमती बाँधले निकै ठुलो क्षेत्र र गहिराइ ओगट्छ । जसले धाप ड्यामले भन्दा कैयौँ गुणा बढी क्षेत्र खाली बनाउँछ । उहाँका अनुसार त्यति फराकिलो र उचाइको बाँध बनाउन चाहिने ढुङ्गा तथा अन्य कच्चा पदार्थ कहाँबाट ल्याइन्छ भन्ने खुलाइएको छैन । बाँध निर्माण गर्दा सो क्षेत्रमा भारी सवारीसाधन कहाँबाट लैजाने भन्ने पनि खुलाइएको छैन । त्यसरी सवारीसाधन लैजान प्रतिबन्ध लगाइएको छ । केही सेवामूलक फाइदा आयोजनाले देखाए पनि त्यो बहुउद्देश्यीय परियोजना होइन भन्नेमा स्पष्ट छ । पछि थपिएका लाभका विषयले औचित्य पुष्टि गर्दैन र परियोजना सेवामुखी र विकासमुखी दुवै नभएकोमा मन्त्रालय स्पष्ट छ । अधिकृत घिमिरेले थप्नुभयो, “आकाशबाट परेको पानी जम्मा गर्ने र बागमती पखाल्न पठाउने एक मात्र उद्देश्य देखिन्छ । त्यसका लागि यति धेरै खर्च र प्राकृतिक नोक्सानीको औचित्यमा प्रस्तावप्रति मन्त्रालय सन्तुष्ट छैन ।”नागमती आयोजनाका प्रमुख जया सिंहले मन्त्रालयले फिर्ता गरेको इआइए प्रस्तावमा मागेका सुझाव समेटेर लैजाने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।   
News
51,850
पहिलो दिन 'तानाजी'को कमाइ १५ करोड, 'छपाक'लाई ५ करोड
शुक्रबार प्रदर्शनमा आएका दुई बलिउड फिल्म 'तानाजी' र 'छपाक'को व्यापारलाई लिएर विभिन्न अनुमान गरिएका थिए । अजय देवगन–सैफअलि खानले अभिनय गरेको इतिहासका एक पात्र तानाजी मालुसुरेको कथा रहेको 'तानाजी' र दीपिका पादुकोणको मूख्य भूमिका रहेको एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको जीवनमा आधारित 'छपाक' भिन्न विषय र शैलीका फिल्म हुन् ।
https://ekantipur.com/entertainment/2020/01/11/157872696145126503.html
काठमाडौँ — शुक्रबार प्रदर्शनमा आएका दुई बलिउड फिल्म 'तानाजी' र 'छपाक'को व्यापारलाई लिएर विभिन्न अनुमान गरिएका थिए । अजय देवगन–सैफअलि खानले अभिनय गरेको इतिहासका एक पात्र तानाजी मालुसुरेको कथा रहेको 'तानाजी' र दीपिका पादुकोणको मूख्य भूमिका रहेको एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको जीवनमा आधारित 'छपाक' भिन्न विषय र शैलीका फिल्म हुन् ।तैपनि, दुवै फिल्ममा ठूला स्टारहरु र भव्य प्रचार भएकाले व्यापारमा कसले बाजी मार्ला भन्ने थियो । पहिलो दिनको व्यापार आँकडामा अजय देवगनको 'तानाजी' निकै अगाडि देखिएको छ । फिल्मले पहिलो दिन भारतभरीबाट झन्डै १६ करोडको व्यापार गरेको छ। बलिउडका बजार बिश्लेषक तरन आदर्शलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार यो फिल्मले पहिलो दिन १५.१० करोडको व्यापार गर्‍यो। 'छपाक' ले भने ४.७५ करोडको कमाइ गर्‍यो। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको सरकार विरोधी विद्यार्थीको प्रदर्शनमा सहभागी भएपछि दीपिकाको आलोचना भएको थियो । सत्तारुढ भाजपा समर्थकले 'बाइकट दीपिका' भन्ने अभियान नै चलाएका थिए ।
Entertainment
8,739
माहुरी चराउन तराईतिर
बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका हुन् । दशरथचन्द नगरपालिका–५, पोटा, बैतडीका सुदर्शन लेखक १२५ घार माहुरी लिएर कैलालीको फूलबारी पुग्नुभएको छ । तराईमा तोरी फुलेकाले सेरेना जातको माहुरी चराउन उहाँ पहिलो पटक बैतडीबाट तराई झर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/48518
गोकर्ण दयाल बैतडी, पुस ६ गते । बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका हुन् । दशरथचन्द नगरपालिका–५, पोटा, बैतडीका सुदर्शन लेखक १२५ घार माहुरी लिएर कैलालीको फूलबारी पुग्नुभएको छ । तराईमा तोरी फुलेकाले सेरेना जातको माहुरी चराउन उहाँ पहिलो पटक बैतडीबाट तराई झर्नुभएको हो । माहुरीपालन व्यवसायबाट वार्षिक १० लाख रुपियाँ आम्दानी गर्दै आइरहनुभएका लेखकले यस वर्ष पहाडमा अधिक बर्सात हुँदा माहुरीका लागि चरन क्षेत्र अभाव भएको बताउनुभयो । “अघिल्ला वर्ष १५ क्विन्टलसम्म मह उत्पादन हुन्थ्यो,” उहाँले भन्नुभयो, “यस वर्ष असोजमा भारी बर्सात हुँदा माहुरीको चरन क्षेत्र अभाव भयो । मह उत्पादन पनि जम्मा चार क्विन्टल मात्रै भयो ।” पहाडमा माहुरीको चरन क्षेत्र अभाव हुँदा बैतडीका माहुरी पालक किसान समस्यामा परेको उहाँले बताउनुभयो । स्थानीय तह र कृषि ज्ञान केन्द्रले सहयोग नगरेपछि आफैँले ६० हजार रुपियाँ खर्च गरेर घार लिएर तराई झर्नुपरेको उहाँले बाध्यता सुनाउनुभयो । कृषि ज्ञान केन्द्रले दुई सय माहुरीका घार किन्ने भनेपछि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेर माहुरीको घार निर्माण र माहुरी उत्पादन गरे पनि अन्तिम अवस्थामा माहुरी नलगेपछि समस्यामा परेको उहाँले बताउनुभयो । नागार्जुन माहुरीपालन उद्योग सञ्चालन गरेर मह उत्पादनमा लाग्नुभएका लेखकले तराई झरेको एक महिनामै मह काढ्न थालेको बताउनुभयो । पहाडको जस्तो महको स्वाद नभए पनि प्रतिकिलो एक हजार तीन सय रुपियाँमा मह बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । माहुरीपालन गरेर लेखकले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । माहुरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुन सक्ने तथा अरिङ्गालले खाने समस्या हुने भएकाले माहुरीको रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएको उहाँले बताउनुभयो । लेखक मात्र होइन माहुरीपालन व्यवसायमा बैतडीका अन्य किसान पनि लागेका छन् । केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक माहुरी पालनमा आकर्षित हुन थालेका छन् । यस वर्ष बैतडीमा चरन क्षेत्र अभावका कारण माहुरीमा भोकमरी हुँदा मह उत्पादन घट्दा किसान निराश भएको बैतडीका अगुवा माहुरी पालक किसान वासुदेव भट्टले बताउनुभयो । “चरन क्षेत्र आभाव हुँदा केही किसान माहुरी चराउन तराई झरे पनि सबै किसानले आफ्नो खर्चमा माहुरी चराउन लैजान सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “यस्तो बेलामा स्थानीय सरकार र कृषि ज्ञानकेन्द्रले यातायात खर्च बेहोर्न चासो नदिँदा किसान समस्यामा छन् ।”माहुरी चरेको ठाउँमा कृषि उत्पादन पनि बढ्छ । माहुरीले फूलको पराग र रस चुस्दा एकअर्को बोटमा राम्रो परागशेचन भएर कृषि उत्पादनसमेत बढ्ने भएकाले स्थानीय सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने किसानको सुझाव छ ।   
News
39,667
केयूमा डेटा साइन्समा स्नातक  
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको हो ।
https://ekantipur.com/Education/2024/06/07/bachelors-in-data-science-at-ku-13-26.html
काठमाडौँ — काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको हो ।पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका बीडीएस्सीको अध्ययन/अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । बीडीएस्सीका विद्यार्थीले गणितको गहन अध्ययनमार्फत सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने विश्वविद्यालयका गणित विभाग प्रमुख प्रा.डा. रवीन्द्र कायस्थले बताए । एक सय २० क्रेडिट आवरको बीडीएस्सी गणित, कम्प्युटर साइन्स, तथ्यांकशास्त्र र बिजनेश इन्टेलिजेन्सको एकीकृत कोर्स हो । यसअर्न्तगत सुरुका दुई वर्ष कम्प्युटिङका लागि आवश्यक पर्ने कोडिङ, ग्राफिक्स, सिस्टम, नेटवर्क र डेटाबेसबारे अध्यापन हुन्छ ।कक्षा १२ अथवा सो सरहको परीक्षामा कम्तीमा २.० सीजीपीए वा ५० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थी बीडीएस्सीमा भर्ना हुन सक्ने जनाइएको छ । विश्वविद्यालयले एक शैक्षिक सत्रमा बढीमा ३० जना विद्यार्थी भर्ना गर्ने र प्रवेश परीक्षाको प्राप्तांकका आधारमा तीन जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । त्यसका साथै, प्रत्येक सेमेस्टरमा मेरिटका आधारमा एक जनाले छात्रवृत्ति पाउने प्राध्यापक कायस्थले बताए । बीडीएस्सी उत्तीर्ण विद्यार्थीले प्रविधि कम्पनीमा डेटा इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्टका रूपमा कार्य गर्न सक्ने कायस्थले बताए । त्यस्तै, विद्यार्थीहरूले मेसिन लर्निङ, सफ्टवेयर डेभलपमेन्ट लगायतका क्षेत्रमा पनि काम गर्ने सक्ने उनको भनाइ छ । ‘डिजिटल जमानामा डेटा निकै बहुमूल्य सम्पत्ति हो,’ प्राध्यापक कायस्थले भने, ‘बीडीएस्सीको अध्ययनपछि विद्यार्थीमा डेटा के हो र यसको आवश्यकता, महत्व र प्रयोगबारे स्पष्ट हुन्छ ।’ विश्वविद्यालयको गणित विभागले हाल प्रविधिमैत्री चार वर्षे कम्प्यूटेशनल म्याथमाटिक्सका साथै एमएस्सी, एमफिल, पिएचडी इन गणित र तथ्यांकशास्त्र पनि सञ्चालन गर्दै आएको छ ।
Education
12,069
कोरोना भाइरस: के कोरोनाभाइरसको दोस्रो लहर आउँछ
विश्वभरि लकडाउनलाई कहिले खुकुलो पार्न सकिन्छ भनेर योजना बनिरहेका छन्।
https://www.bbc.com/nepali/news-52849920
यो योजनामा कोरोनाभाइरस सङ्क्रमणको सम्भावित दोस्रो लहरको चर्चा हुने गरेको छ। र अहिले यसको दोस्रो वा तेस्रो लहर कसरी व्यवस्थापन गर्ने भन्ने पनि विचार विमर्श भइरहेको छ। कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावन कति छ त? हेर्नुहोस् एउटा भिडिओ - अनि यो पनि: कसरी बिरामी उँटहरूले दक्षिण कोरियालाई महामारी नियन्त्रण गर्न सहयोग गरे कोरोनाभाइरस नियन्त्रण गर्न परीक्षण किन महत्त्वपूर्ण कस्तो मास्कले कति सुरक्षा दिन्छ?
Others
63,738
नेदरल्यान्ड्स उपाधि भिडन्तमा
फिफा महिला विश्वकपको फाइनलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति नेदरल्यान्ड्सले स्विडेनलाई अतिरिक्त समयमा १–० ले हराएको थियो । ज्याकी ग्रोनेनले निर्णायक गोल गरिन् ।
https://ekantipur.com/sports/2019/07/05/156230086796786029.html
लियोन — फिफा महिला विश्वकपको फाइनलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति नेदरल्यान्ड्सले स्विडेनलाई अतिरिक्त समयमा १–० ले हराएको थियो । ज्याकी ग्रोनेनले निर्णायक गोल गरिन् ।पेनाल्टी एरियाबाहिरबाट ९९ औं मिनेटमा ग्रोनेनले गरेको प्रहारमा स्वीडिस गोलरक्षक हेडभिज लिन्डालले बचाउ गर्न सकिनन् ।ग्रोनेनको यो प्रतियोगितामा पहिलो गोल हो । दुवै टिमले खेलमा खासै राम्रा अवसर सिर्जना गर्न सकेनन् । अब आइतबार स्टेड डे लियोनमा अमेरिका र युरोपेली च्याम्यिन नेदरल्यान्ड्सबीच फाइनल हुनेछ । यसपल्ट दुई टिमको फाइनलको अर्थ उपाधि भिडन्त दुई महिला प्रशिक्षकबीचको खेल पनि हुनेछ ।अमेरिकी टिमको प्रशिक्षक ली एलिस छिन् भने डच टिमको जिम्मा सरिना वेगमनको हातमा छ । नेदरल्यान्ड्सको विश्वकपको फाइनल यात्रा निकै छिटो र नाटकीय रहेको छ । सन् २०१५ मा विश्वकपमा डेब्यु गरेको डच टिमले त्यति बेला अन्तिम १६ सम्म यात्रा गरेको थियो । सन् २०१७ मा यही टिम युरोपेली उपाधि जित्न सफल रह्यो ।त्यो प्रतियोगिता डच भूमिमै भएको थियो । अमेरिकापछि सेमिफाइनल खेलेको नेदरल्यान्ड्सामु अब फाइनलका लागि तयार हुन पनि आफ्नो प्रतिद्वन्द्वीभन्दा एक दिनमात्र कम प्राप्त हुनेछ । यसअघि अमेरिकाले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यस नाटकीय र विवादास्पद खेलको तुलनामा दोस्रो सेमिफाइनल निरस र विवादरहित जस्तै रह्यो ।
Sports
27,029
सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप
युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।
https://ekantipur.com/sports/2023/09/28/united-gold-cup-to-central-college-30-55.html
पूर्वीनवलपरासी — युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।२० फुटवल क्लब सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीको कप सेन्ट्रल कलेज २८ बिगाहका जितेश गुरुङले जितेका छन् भने सर्वाधिक गोलकर्ताको कप नवज्योति युवा क्लब हसौराका आशीष महत्तोले हात पारे । उनले खेल अवधिभर ८ गोल गरेका थिए ।नवज्योति युवा क्लबका किपर राहुल मुखियाले उत्कृष्ट किपरको पुरस्कार प्राप्त गर्दा अनुशासित टिमको पुरस्कार चोरमारा युवा क्लबले प्राप्त गरेको छ । सेमिफाइनल प्रवेश गरेर बाहिरिने गोर्खा फोर्स सिसेनी र हरियाली युवा क्लब रजहरले २५ हजार ५ सय ५५ नगद पाए ।भदौ २२ गतेदेखि सरस्वती मावि गिरुबारीको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको हो । आयोजक युनाइटेड युवा क्लबले गोल्डकपको ३८ औं संस्करण संचालन गर्ने घोषणा गरेको छ ।
Sports
16,218
कुसुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित
विराटनगर महानगरपालिकाले महिला राष्ट्रिय लिग फुटबलमा बुधबार पहिलो जित निकालेको छ । उसले चन्द्रपुर नगरपालिकालाई ५–० ले हरायो । विराटनगर पहिलो हाफमा दुई गोलले अगाडि थियो । 
https://ekantipur.com/sports/2021/01/27/161174367303778914.html
काठमाडौँ — विराटनगर महानगरपालिकाले महिला राष्ट्रिय लिग फुटबलमा बुधबार पहिलो जित निकालेको छ । उसले चन्द्रपुर नगरपालिकालाई ५–० ले हरायो । विराटनगर पहिलो हाफमा दुई गोलले अगाडि थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरका लागि कुसुम खड्काले ह्याट्रिक गरिन् ।यस्तै अनु राई र सरिता शेर्पाको नाममा एक/एक गोल रह्यो । कुसुमले १२ औं मिनेटमा टिमका लागि पहिलो गोल गरेपछि ७५ औं मिनेटमा ह्याट्रिक गरिन् र यो टिमको अन्तिम गोल पनि रह्यो ।
Sports
23,817
आठ करोड ७० लाख लगानीमा प्रदेश जनस्वाथ्य प्रयोगशाला
रुपन्देहीको बुटवल उपमहानगरपालिका –१२ मा प्रदेश जनस्वाथ्य प्रयोगशाला उद्घाटन गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपियाँ लागतमा निर्माण भएको भवन एक कार्यक्रमबीच आज प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गर्नुभयो ।
https://gorkhapatraonline.com/news/73121
कपिल ज्ञवालीसिद्धार्थनगर, साउन १५ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका –१२ मा प्रदेश जनस्वाथ्य प्रयोगशाला उद्घाटन गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपियाँ लागतमा निर्माण भएको भवन एक कार्यक्रमबीच आज प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गर्नुभयो ।ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको सहयोगमा निर्मित सो प्रयोगशाला सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर हेयथर कम्पबेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चौधरीलाई हस्तान्तरण गर्नुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पहलमा भवन निर्माण भएको हो ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रयोगशालालाई अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेशकै नमुनाका रुपमा प्रयोगशालालाई सञ्चालन गर्न निर्देशन दिनुभयो । ‘आमनागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउनुपर्छ, प्रयोगशालाले सही प्रतिवेदन दिर्नुपर्छ, प्रयोगशालाको गुणस्तरलाई ध्यान दिनुहोला’ उहाँले भन्नुभयो, ‘अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गरेर दक्ष जनशक्ति तयार गर्ने गरी तालिम चलाउने, यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।’ प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । प्रदेश संरचना निर्माणपछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको चर्चा गर्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई आर्थिक चलायमान बनाउनुपर्ने समय आएको बताउनुभयो । बुटवल १२ स्थित तामनगरमा निर्माण सम्पन्न भएको यो प्रयोगशालाको प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७८ सालमा शिलान्यास गर्नुभएको थियो ।प्रयोगशालामा रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाईल परीक्षण जस्ता नियमित परीक्षण, गरिने छ । त्यस्तैगरि भने प्रादेशिक रक्तसंचार सेवा केन्द्र स्थापना तथा संचालन, ब्लड कल्चर र औषधी संवेदनशीलता परीक्षण लगायतका माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणहरु, एचआईभी भाईरल लोड टेस्टिङ जस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढिकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने जनाइएको छ  ।
News
54,648
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
https://gorkhapatraonline.com/news/84531
गोविन्द शर्माबाँके, कात्तिक १९ गते । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।आइतबार भएको खेलमा निर्धारित समय अवधिभर गोलरहित भएपछि पेनाल्टी सुटआउटका आधारमा विदेशी टोली स्तब्ध भयो । पेनाल्टीमा दुधौलीले ६ का विरुद्ध ७ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित १३ बिघा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुनेछ । आइतबारको खेलमा म्यान अफ द म्याच दुधौली स्पोर्ट्स क्लबका जर्सी नं. २२ का लोकेश चौधरी हुनुभयो ।  सोमबार त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्टस क्लबबिच सेमिफाइनल खेल हुनेछ । 
News
52,888
थपिए छ लाख ६५ हजार फोरजी प्रयोगकर्ता
दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।
https://gorkhapatraonline.com/news/58667
काठमाडौँ, चैत १२ गते । दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा फोरजीको समग्र पहुँच बढेको हो । मङ्सिरसम्म टेलिकमका एक करोड १५ लाख ५० हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड २१ लाख ९७ हजार नाघेको छ । यस हिसाबले एक महिनामै टेलिकमले छ लाख ४७ हजार फोरजी प्रयोगकर्ता थपेको छ । टेलिकमको तुलनामा एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या भने सामान्य मात्र बढेको छ । मङ्सिरसम्म एनसेलका ६८ लाख १९ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा करिब ६८ लाख ४५ हजार मात्र पुगेको छ । अर्को सेवाप्रदायक स्मार्ट टेलिकम भने सेवा विस्तारमा अत्यन्त कमजोर देखिएको छ । स्मार्टका प्रयोगकर्ता बढ्नुको साटो घट्ने क्रममा छन् । मङ्सिरसम्म स्मार्टका एक लाख १४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा घटेर एक लाख सात हजार पुगेका छन् । घट्दै थ्रीजी प्रयोगकर्ता फोरजीका कारण पुरानो प्रविधि बन्दै गएको थ्रीजीका प्रयोगकर्ता भने घट्दो क्रममा छन् । सेवा प्रदायकले थ्रीजी प्रयोगकर्तालाई समेत फोरजीमा ‘अपगे्रड’ गर्ने नीति लिँदा यसका प्रयोगकर्ता घटिरहेका हुन् । तथ्याङ्कअनुसार मङ्सिरको तुलनामा पुसमा नौ लाख ७७ हजार थ्रीजी प्रयोगकर्ता घटेका छन् । मङ्सिरसम्म ८८ लाख ९४ हजार थ्रीजी प्रयोगकर्ता रहेकामा पुसमा घटेर ७९ लाख १७ हजार पुगेको छ । फोरजी प्रयोगकर्ता बढाएको नेपाल टेलिकमकै मात्र थ्रीजी प्रयोगकर्ता घटेका छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता भने सामान्य मात्र बढेको छ । प्राधिकरणका अनुसार मङ्सिरसम्म टेलिकमका ७० लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता रहेकामा पुसमा करिब १० लाखले घटेर ६० लाख ५१ हजारमा झरेको छ । एनसेलले एक महिनाको उक्त अवधिमा १० हजार थ्रीजी प्रयोगकर्ता बढाएको छ । मङ्सिरसम्म एनसेलका १८ लाख ५५ हजार थ्रीजी प्रयोगकर्ता रहेकोमा पुसमा १८ लाख ६५ हजार पुगेको हो । देशभर मोबाइल इन्टरनेटको पहुँच भने कुल जनसङ्ख्याको ९३ प्रतिशत नाघेको छ । प्राधिकरणका अनुसार देशका दुई करोड ७१ लाख जनसङ्ख्या मोबाइल, इन्टरनेटको पहुँचमा छन् ।  
News
38,624
एकै पटक ४२८ स्थायी शिक्षक नियुक्त
बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उतीर्ण भएका शिक्षकहरूलाई समन्वय इकाईले नियुक्त पत्र प्रदान गर्दै कार्य क्षेत्रमा खटाएको हो ।
https://gorkhapatraonline.com/news/60221
नवीन शिशिर बागलुङ, चैत्र २५ गते । बागलुङमा एकै पटक ४२८ जना स्थायी शिक्षक नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट उतीर्ण भएका शिक्षकहरूलाई समन्वय इकाईले नियुक्त पत्र प्रदान गर्दै कार्य क्षेत्रमा खटाएको हो । ठुलो सङ्ख्यामा एकै पटक नियुक्त भएको पहिलो पटक हो । प्राथमिक तहको शिक्षक परीक्षामा उत्तीर्ण भएका शिक्षकलाई नियुक्ति दिएर पठाइएको इकाई प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।तीमध्ये बडिगाड गाउँपालिकामा १०८ जना शिक्षक नियुक्ति भएका छन् । लामो समयदेखि जिल्लामा ५ सय ३३ शिक्षक दरबन्दी खाली भएकाले शिक्षक पदपूर्ति गर्न आवश्यक थियो । शिक्षक दरबन्दी खाली हुँदा निजी श्रोतका शिक्षक व्यवस्थापन गरेर पठन पाठन गरिएको थियो । कतिपय विद्यालयमा गणित, अङ्ग्रेजी र विज्ञान शिक्षक खाली थिए । ‘महत्त्वपूर्ण विषयका शिक्षक नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरसमेत समस्या थियो’ इकाई प्रमुख उपाध्यायले भन्नुभयो– ‘अब गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’यो पटक उत्तीर्ण भएर आउने अधिकांश शिक्षक स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेर आएका छन् । उनीहरूबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन र गुणस्तर सुधार गर्न सहयोग मिल्ने उपाध्यायको भनाइ छ ।  आवश्यकताको आधारमा पालिकालाई दरबन्दीका शिक्षक पठाएपछि पालिकाले ती शिक्षकलाई पुनः नियुक्ति दिएर विद्यालयमा पठाउने व्यवस्था गर्ने छ । सबैभन्दा धेरै बडिगाडका ६५ वटा विद्यालयमा शिक्षक दरबन्दी अभाव थियो । यसअघि निमावि र मावि तहको शिक्षक दरबन्दी पनि वितरण भइसकेको छ ।
News
42,679
ज्ञान महर्जनको 'प्याड म्यान' यात्रा
हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
https://gorkhapatraonline.com/news/60560
काठमाडौं, वैशाख १३ गते । हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।उहाँ सन् २००७ देखि महिनावारी, यौन दुराचार, महिला हिंसाविरुद्ध सक्रिय रूपमा काम गर्दै आउनुभएको छ । सुरुवाती दिनमा उहाँलाई यो क्षेत्रमा जनचेतनामूलक अभियान चलाउन सहज भने थिएन । महिनावारी, महिला हिंसालगायतका विषयमा कुरा गर्दा आफ्नै नजिकका साथीहरू र आफन्तबाट टाढिनु परेको पीडा महर्जनलाई छ ।साथीभाइ टाढिए पनि उहाँका परिवारको पूर्ण सहयोग थियो । त्यसैले उहाँले हार नमानी आफ्नो कामलाई निरन्तरता दिइरहनुभयो । उहाँ भन्नुहुन्छ, “यही विषयमा कुरा गर्‍यो भनेर धेरै साथीभाइ आफन्त टाढिए । बुबा आमाको भने पूर्ण साथ थियो । श्रीमतीलाई सुरुवाती चरणमा सम्झाउन गाह्रो भयो तर पछि उनले पनि बुझ्दै गएपछि सहयोग गर्न थालिन् ।” उहाँले नेपाली प्याड बनाएर नै महिलालाई वितरण गर्नुभयो । लामो सङ्घर्षको परिणाम यतिबेला उहाँ नेपालभित्र मात्रै नभएर विदेशमा पनि ‘नेपाली प्याड म्यान’का रूपमा चिनिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले प्याड बनाएर वितरण गरे । महिला हिंसाविरुद्ध निरन्तर अभियान चलाए । जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने मौका मिल्यो ।” ‘सुरुवाती चरणमा महिनावारी विषयमा कुरा गर्दा अप्ठ्यारो मान्नेहरू त्यतिबेला मसँग खुसी भए जब भारतमा ‘प्याड म्यान’ चलचित्र रिलिज भयो,’ उहाँ भन्नुहुन्छ, ‘‘सम्मान पनि पाउन थालेपछि मेरो कामको पनि तारिफ हुन थाल्यो ।’’ ज्ञान महर्जनदेखि प्याड म्यानसम्म ज्ञान महर्जनदेखि प्याड म्यानसम्मको यात्रा त्यति सजिलो थिएन । सानैदेखि आफ्नै घरपरिवारमा महिला हिंसा देख्दै आउनुभएका महर्जनले यस्तो किन हुन्छ होला भनेर जिज्ञासा राख्ने गरेको हामीलाई सुनाउनुभयो । उमेर बढ्दै जाँदा हिंसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने लागेर उहाँले सन् २००७ देखि एक्स्पोज नेपाल नामक संस्थाबाट यौन दुराचारमा परेका दिदीबहिनीलाई महिला हिंसासम्बन्धी जनचेतना जगाउन थाल्नुभयो । सन् २०१४ मा जर्मनीबाट महिनावारीका विषयमा बोल्नुपर्छ भन्ने आवाज उठेपछि सन् २०१५ को अन्त्यतिर महिनावारी विषयमा काम गर्न सुरु गरेको उहाँले सुनाउनुभयो । उहाँले महिनावारीका विषयमा काम गर्दै जाँदा विभेदका विषयमा थाहा पाउने मौका मिलेको बताउनुभयो । महिनावारी  हुँदा महिलाहरूले रगतको व्यवस्थापन कसरी गर्छन् भन्ने विषयमा रुचि जागेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाले महिनावारीमा बग्ने रगतलाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयमा थप बुझ्न मन लाग्यो । त्यसैले, महिलाले महिनावारीमा कस्तो खालको प्याड लगाउँछन् भन्ने बुझ्न थाले ।”   पुराना कपडा च्यातेर प्याड  सुरुवाती चरणमा दिदीबहिनीसँग महिनावारीको विषयमा जिज्ञासा राख्दा उहाँहरूले हाँसेरै टारिदिन्थे । कसैले तपाईँको चासोको विषय होइन भन्दै कुरा गर्न चाहेनन् । पछि उहाँले आफ्नै श्रीमती र महिला हिंसाविरुद्ध अभियानमा लागेमा महिलाहरूसँग सोध्दा थाहा पाउनुभयो, ‘धेरैले पुरानो सारी, पुरानो कपडा र तन्नाहरूलाई प्याडको रूपमा प्रयोग गर्ने गरेका रहेछन् ।’ केमिकल भएका प्याडको प्रयोग अत्यधिक नेपाली महिलाले महिनावारीको समयमा प्रयोग गर्ने प्याडमा अत्यधिक केमिकल हुने गरेको महर्जनको अध्ययनले देखाउँछ । महिनावारीका बेला सहजका लागि प्रयोग गरिने प्याडमा अत्यधिक केमिकल प्रयोग हुने र त्यसले उनीहरूको स्वास्थ्यमा नै असर पर्ने गरेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “प्याड बनाउने क्रममा धेरै खोजीनिती गरेका थियौँ। बजारमा पाइने ‘युज एन्ड थ्रो प्याड’ करिब ९० प्रतिशत प्लास्टिक र प्लास्टिकजन्य पदार्थबाट बनेका छन्। जसले गर्दा वातावरण प्रदूषणसँगै प्रयोगकर्तालाई प्याडले घाउ बनाउनुका साथै इन्फेक्सन भएको थाहा पायौँ ।” अनि उहाँ केमिकलरहित प्याड निर्माणमा लाग्नुभयो । बजारमा पाइने प्याडको बीच भागको  निलो या हरियो घेरामा केमिकल र युरिन मिसिएको हुने हुनाले त्यसले मानव स्वास्थ्यमा असर पार्ने महर्जनको दाबी छ । त्यसका अलावा प्याडले धेरैलाई घाउ बनाउने, चिलाउने, पोल्नेजस्ता विभिन्न समस्या भोग्नुपरेको उहाँले अध्ययनबाट पत्ता लगाउनुभयो । कपडाको वातावरणमैत्री प्याड बनाउने योजना एकातिर पुराना कपडा च्यातेर प्याडको प्रयोग अनि अर्कोतर्फ धेरैले केमिकलसहितको प्याड प्रयोग गर्ने थाहा पाएपछि महर्जनले नेपालमा नै केमिकलरहित प्याड बनाउने विषयमा सोच्न थाल्नुभयो । त्यसका लागि आवश्यक अध्ययन गर्नतिर लाग्नुभयो । कटन कपडालाई मोडिफाई गरेर केमिकलरहित प्याड बनाउन सकिने निष्कर्षमा पुगेपछि उहाँले व्यवस्थित रूपमै प्याड बनाउने काम सुरु गर्नुभयो । उहाँका अनुसार मोडिफाई गरेर बनाएको कपडाको प्याड वातावरण मैत्री  हुनुका साथै धोएर राखे पनि लामो समयसम्म प्रयोग गर्न मिल्छ ।  उहाँ भन्नुहुन्छ, “यो प्याड वातावरणमैत्री त छ नै, साथै धोएर घाममा सुकाएपछि पनि लामो समयसम्म प्रयोग गर्न मिल्छ ।’ उहाँको दाबी छ, यस्तो प्याडको मूल्य बजारमा पाइने अन्यभन्दा पनि सस्तो छ । सुरुमा महिलालाई बुझाउनै गाह्रो  प्याड बनाए पनि सुरुवाती चरणमा नेपालमै बनेको वातावरणमैत्री प्याडका बारेमा प्रयोगकर्तालाई बुझाउनै गाह्रो भएको महर्जनको अनुभव छ । ‘कपडाको प्याड राम्रो हुन्छ भनेर बुझाउनै निकै समय लाग्यो,’ उहाँ भन्नुहुन्छ, ‘सुरुसुरुमा त महिनामा ४० वटा पनि बेच्न गाह्रो भयो ।’निरन्तरको अभियानले अहिले भने सार्थकता पाउँदै गएको उहाँको बुझाइ छ । अहिले महिनामा दुई सय बट्टा प्याड बेच्ने गरेको उहाँले बताउनुभयो । आफूहरूले बनाएको प्याडको माग बढ्दै गए पनि कपडाको अभावले  माग जति उत्पादन गर्न नसकेको उहाँको गुनासो छ । कपडाबाट बनेका प्याड प्रयोग गर्न सजिलो हुनुका साथै सफा पनि उत्तिकै सजिलो हुने उहाँ बताउनुहुन्छ । “एउटा भाँडोमा पानी र नुन राखेर १० मिनेट भिजाउने र साबुनले धोएर घाममा सुकाउँदा रगतको दाग पनि नबस्ने र कीटाणुरहित हुन्छ ”  प्याड सफा गर्नेबारे महर्जनले बताउनुभयो । ६० जनालाई रोजगारी महिनावारीका विषयमा सचेतना अभियान सुरु गरेर आफैँ प्याड बनाउन थालेका महर्जनले अहिले धेरैलाई रोजगारी पनि दिनुभएको छ । उहाँले ६० जनालाई महिलालाई रोजगार दिनुका साथै स्थानीय तहमा गएर प्याड बनाउने तामिल दिइरहनुभएको छ । अहिलेसम्म विभिन्न जिल्लाका ६ हजार महिलालाई प्याड बनाउने तालिम दिइसकेको उहाँको भनाइ छ। प्रस्तुत छ प्याड म्यान ज्ञान महर्जनसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :   भिडियो : मनोजरत्न शाही 
News
56,863
पहिरो प्रभावित परिवारका लागि बन्ने अस्थायी टहराको ‘डिजाइन’ तयार
मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो।
https://gorkhapatraonline.com/news/71526
चन्द्र पन्दाकताप्लेजुङ, साउन २ गते। मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो। गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढी पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्ती जोखिममा रहेको छ। केही दिनअघि मैवाखोला गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित सर्वपक्षीय बैठकले उक्त जोखिममा परेको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने भनी निर्णय गरेको थियो। सर्वपक्षीय बैठकमार्फत निर्णय भएसँगै ओदकका ६४ परिवारलाई सुरक्षित स्थानमा अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गर्नेगरी टहराको ड्रइङ डिजाइन तयार पारिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। अध्यक्ष वनेमकाअनुसार पहिरोको जोखिममा रहेका ओदकका बासिन्दालाई तत्कालका लागि वडा ३ साँघुस्थित मदन भण्डारी रङ्गशालाको जग्गामा अस्थायी टहरा निर्माण गरेर स्थानान्तरण गरिने भएको हो।उक्त रङ्गशालाको जग्गामा सानो–ठुलो गरी ६४ वटा अस्थायी टहरा निर्माण गर्नेगरी ड्रइङ डिजाइन तयार पारिएको अध्यक्ष वनेमले बताउनुभयो। उहाँकाअनुसार पाँच जनासम्म बस्न मिल्ने ३५ वटा, आठ जनासम्म बस्न मिल्ने २३ र ११ जनासम्म बस्न मिल्ने खालको छ वटा अस्थायी टहरा निर्माण गरिने भएको छ। कोठा सङ्ख्याका आधारमा टहरा सानो ठुलो हुने भए पनि एकै प्रकृतिको टहरा संरचना निर्माण गर्नेगरी डिजाइन तयार गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै प्रत्येक टहरामा एकै किसिमको भान्सा कोठा रहने छन् भने दुई-दुईवटा टहरामा बस्ने परिवारले प्रयोग गर्न मिल्नेगरी स्नान कक्षसहित शौचालय र धारा निर्माण गरिने भएको छ। शौचालय अपाङ्गमैत्री बन्ने छन् भने रबरको ड्रम (हिल ट्याङ्की) राखेर निर्माण गरिने पानीको धारा बालमैत्री हुने पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो। यता ड्रइङ डिजाइनअनुसार अस्थायी टहरा (संरचना) निर्माण गर्नलाई रङ्गशालाको जग्गामा नाप तथा सिमाङ्कनको कार्य मङ्गलबारदेखि नै सुरु गरिएको गाउँपालिकाले जनाएको छ। टहरा निर्माणको कार्य भने आउँदो आइतबारदेखि सुरु गरिने भएको छ। अस्थायी टहरा सर्वपक्षीय बैठकको निर्णयअनुसार स्थानीयस्तरमा रहेका सबै राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधिसहित जनशक्ति जुटेर श्रमदानमार्फत निर्माण गरिने पनि पालिका अध्यक्ष वनेमको भनाइ छ।
News
54,900
भारत रेल्वेलगायतका पूर्वाधारमा थप सहयोग गर्न इच्छुक
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले शिष्टाचार भेट गर्नुभएकाे छ ।
https://gorkhapatraonline.com/news/50027
गाेरखापत्र अनलाइनकाठमाडाैँ, पुस २० गते । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएकाे छ । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुग्नुभएकाे हाे । राजदूत श्रीवास्तबले भारत सरकार र भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिनुभयाे । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकासको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।भारतीय सहयोगमा चालू रहेका विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताउनुभयाे । शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीलगायतका अधिकारीको उपस्थिति थियो। 
News
59,323
बालकोटमा ओली, प्रचण्ड, लामिछानेलगायतका नेताहरू छलफलमा
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ ।
https://gorkhapatraonline.com/news/49001
काठमाडौं, पुस १० गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगााइँले अध्यक्ष ओलीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई छलफलमा हुनुहुन्छ । उहाँहरुबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो । राष्ट्रपतिद्वारा सरकार गठनका लागि आव्हान गरिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
News
59,561
‘यस्तो नियति कसैले भोग्न नपरोस्’
इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार रुपियाँ कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ ।
https://gorkhapatraonline.com/news/48585
काठमाडौं, पुस ६ गते । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार रुपियाँ कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आउनुभएकी उहाँ एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आउनुभएको हो । उहाँ ५० वर्षदेखि काठमाडौंको विभिन्न स्थानमा  बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताउनुहुन्छ ।तीन वर्षको उमेरदेखि नै राजधानी आउनुभएकी उहाँ हाल भक्तपुरको बाल्कोटमा बस्दै आउनुभएको छ । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उहाँ ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएको उहाँले बताउनुहुन्छ । एक छोरा, एक छोरीको आमा हुनुभएको उहाँले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो ।उहाँले भन्नुभयो, “बदाम एकैचोटि भण्डारण गर्न  गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले ल्याउने र त्यही बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु ।”टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आउनुभएकी उहाँले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताउनुहुन्छ । बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आउनुभएको छ । कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आउनुभएको छ ।बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको जनाउँदै कोही कोही महानगरपालिकाका कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना सुनाउनुभयो ।छोराको साथ नपाउनुभएकी उहाँले आफ्नै छोराछोरी हुँदाहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोख्नुभयो । उहाँ जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुः ख आफैँका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत  गरेर आत्मनिर्भर हुनुपर्ने बताउनुहुन्छ ।त्यस्तै, टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आउनुभएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आउनुभएकी सुनिता कार्कीको पनि जीवन कथा र व्यथा उहाँसँग मिल्दोजुल्दो छ । श्रीमान् गुमाएपछि  १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आउनुभएको छ । सानै उमेरमा छिमेकीले काठमाडौं ल्याएका र यही आफ्नो जीवनयापन बित्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “श्रीमान्को साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ । आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन । खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेको बताउनुहुन्छ ।”टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आउनुभएकी काभ्रेपञ्लानचोक घर भई हाल लगनचोकमा बसोबास गर्दै आउनुभएको  रमिता तिमिल्सिना (नाम परिवर्तन) आफ्नो दिदीले गाउँमा गरेको व्यापार देखेर आफ्नो विवाहपश्चात् काठमाडौं आएर यो व्यापार सुरु गरेको बताउनुहुन्छ । साथमा दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौंमा सानोतिनो जागिर गर्दै आउनुभएको छ ।जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले बताउनुहुन्छ । छोराहरूको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उहाँ भनाइ छ ।जाडोयाममा घाम ताप्न खुल्ला ठाउँ उपयुक्त हुनाले मानिसको सङ्ख्या बढी हुने गरेको बदाम  व्यापार  बढी हुने र आम्दानी पनि सोहीअनुसार हुनाले बचत गर्न सकिने बताउँदै अरू याममा भने काँक्रोको व्यापार गर्ने उहाँले बताउनुभयो ।आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाउनुभएको छ । गेटको नजिकै निश्चित स्थानमा बस्दै आउनुभएको उहाँले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पुर्‍याउन पठाउने र आएको आम्दानी बाँडफाँट गर्ने गरेको बताउनुहुन्छ । उक्त व्यक्ति अशक्त रहेकाले औषधि उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणको साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आउनुभएको छ ।बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ । व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरै हुनाले धेरै व्यापारीहरू बदाम व्यापारमा आकर्षित भएका छन् ।
News
59,661
नेपाल पहिलो खेलमा आयोजक बंगलादेश पराजित
नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । 
https://ekantipur.com/sports/2022/12/22/16717154029266143.html
काठमाडौँ — नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्दा पुस ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
Sports
18,894
एमाले-माओवादी-नयां शक्तिबीच एकता सहमति
नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताहरु सामेल भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै दलले चुनावमा गठबन्धन र चाँडै एकता गर्ने बताए।
https://www.bbc.com/nepali/news-41486095
उक्त सहमतिमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी समेत सामेल भएको छ। ६ बुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्। तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य रहेको सहमतिपत्रमा उल्लेख छ। प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका निम्ति एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत गरी सिट तालमेल गरेर लड्ने दुवै दलले सहमति गरेका छन्। नयाँ शक्ति पार्टीलाई आपसी सहमतिमा सिट दिने बताइएको छ। पार्टि एकताका निम्ति ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ। आगामी चुनावपछि विधिवत एकता थालिने बताइएको छ। मंसिरको चुनावका निम्ति साझा घोषणापत्र बनाइने पनि बताइएको छ। चुनाव चिन्ह भने हालका निम्ति आ-आफ्नै प्रयोग गर्ने नेताहरुले बताएका छन्। एकताको ढोका यो सहमतिले भावी दिनमा वाम एकता भनिने कम्युनिष्ट पार्टीहरुको वृहत एकताको ढोका खोल्ने उनीहरुले बताए। मंगलबार भएको संयुक्त पत्रकार सम्मेलनमा नेताहरुले पार्टीको एकताका लागि संयोजन समितिको पनि घोषणा गरे। "नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमान माथि उठाउन चाहन्छौं। त्यसको निम्ति एकताबद्ध हुन आवश्यक छ," ओलीले बताए। कुनै पनि दलले आफ्ना कुनै मौलिक अडान नछाडेको उनले बताए। उक्त सम्मेलनमा बाबुराम भट्टराई तथा प्रचण्डले पनि सम्बोधन गरेका थिए। "यो सहमति ऐतिहासिक आवश्यकता र आकस्मिकताका कारण भएको छ। यो कसैको विरुद्ध परिलक्षित छैन," प्रचण्डले बताए। माओवादी केन्द्र र एमाले मिल्ने भएपछि अब वर्तमान सत्ता गठबन्धन प्रभावित हुने कतिपयको अनुमान छ। के छ सहमति पत्रमा? सो सहमतिपत्रमा एमालेको तर्फबाट ४ जना, माओवादी केन्द्रका ३ जना र नयाँ शक्ति पार्टिबाट १ जना रहने गरि एकता संयोजन समिति बनाइने उल्लेख छ। एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय उक्त समितिको प्रमुख नेताको रुपमा रहने छन्। उक्त समितिले पार्टि एकता र संगठनात्मक एकताको विस्तृत खाका तयार गर्ने जनाइएको छ। त्यस्तै एकीकृत पार्टिको घोषणापत्र र विधान तयार गर्न एक दस्तावेज मस्यौदा समिति गठन गर्ने र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए पश्चात् पार्टि एकता विधिवत् रुपमा सम्पन्न गर्ने सहमतिपत्रमा उल्लेख छ। सहमति घोषणा कार्यक्रममा बोल्ने तीनै नेताहरुले पार्टि एकीकरण सम्पन्न नभएसम्म एकअर्काप्रति नकारात्मक टिप्पणी र आलोचना नगर्न सचेत समेत पारे।
Others
66,694
फरार सांसद कोइरीको बिदा निवेदन संसद् सचिवालयमा
फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहनुभएका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले बिदा स्वीकृतिको निवेदन संसद् सचिवालयमा दिनुभएको छ। बिनासूचना १० बैठकभन्दा बढी अनुपस्थित भए स्थान रिक्तसमेत हुने नियमावलीको व्यवस्था छल्न कोइरीले बिरामी बिदाको निवेदन दिनुभएको पाइएको हो । बिदाका दुईवटा निवेदन कोइरीले प्रतिनिधि सभा सचिवालयमा पठाउनुभएको छ।
https://gorkhapatraonline.com/news/62508
काठमाडौँ, वैशाख १५ गते । फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहनुभएका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले बिदा स्वीकृतिको निवेदन संसद् सचिवालयमा दिनुभएको छ। बिनासूचना १० बैठकभन्दा बढी अनुपस्थित भए स्थान रिक्तसमेत हुने नियमावलीको व्यवस्था छल्न कोइरीले बिरामी बिदाको निवेदन दिनुभएको पाइएको हो । बिदाका दुईवटा निवेदन कोइरीले प्रतिनिधि सभा सचिवालयमा पठाउनुभएको छ। फौजदारी मुद्दामा फरार रहनुभएका उहाँले २०७९ माघ २५ देखि बिरामी परेकाले बैठकमा उपस्थित हुन नसकेको निवेदन दिनुभएको हो। स्वास्थ्य अवस्था ठिक भएपछि बैठकमा उपस्थित हुने जानकारी उहाँले गराउनुभएको छ। सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले कोइरीको निवेदन आएको बताउनुभयो। गिरीले भन्नुभयो, “उहाँका दुईवटा निवेदन आएका छन्। पछिल्लो पटककोमा आफू अस्वस्थ भएको जानकारी दिनुभएको छ। प्राप्त निवेदन हामी कार्यव्यवस्थामा पेस गरेर आवश्यक प्रक्रिया अघि बढाउँछौँ।”प्रतिनिधि सभा नियमावलीले यस्ता निवेदन अनलाइनबाट समेत पठाउन सक्ने व्यवस्था गरेको छ। अधिवेशन अन्त्यको सम्मुखमा निवेदन पठाइएको हो। अधिवेशन अन्त्यका क्रममा यस्ता निवेदनबारे जानकारी गराइन्छ। कोइरीसँगै स्वास्थ्य उपचाररत अन्य सांसदको पनि निवेदन प्राप्त भएको सचिवालयले जनाएको छ।यस्तो थियो घटनाक्रम संविधान जारीको पूर्वसन्ध्यामा भएको मधेश आन्दोलनका क्रममा कोइरीसहितको समूहले सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको थियो। २०७२ भदौ २५ गते उक्त समूहले विकलाई घाइते अवस्थामा उपचारका लागि लैजानेक्रममा घेरा हाली कुटपिट गरी हत्या गरेको आरोप थियो। आरोपमा प्रहरीले कर्तव्य जारी मुद्दा चलाएको थियो। मुद्दामा जिल्ला अदालत महोत्तरीले कोइरीलाई एक लाख रुपियाँ धरौटीमा छाड्न आदेश गरेको थियो। थुनछेक आदेशउपर सरकारी वकिल उच्च अदालत जनकपुर गएको थियो। उच्च अदालतले सुरु अदालतको आदेश बदर गर्दै महतोलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। २०७७ मङ्सिर १९ गते नै उक्त आदेश जारी भए पनि महतो पक्राउ पर्नुभएको छैन। फरार रहेकै अवस्थामा महतोले वारेसबाटै निर्वाचनमा मनोनयन दर्ता र निर्वाचित भएपछि प्रहरीले चासो अघि बढाएको थियो। उहाँ महोत्तरी १ बाट निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभा तथा जनस्तरमा पनि महतोलाई पक्राउ गर्न दबाब परेपछि प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद्लाई महतो फरार रहेको र उच्च अदालतको आदेश कार्यान्वयनका लागि सहयोग गर्न पत्राचार गरेको थियो। २०७९ पुस ७ गते प्रहरीले संसद् सचिवालयलाई पत्र लेखेको थियो। प्रहरीको पत्राचारपछि पनि महतोले २०७९ पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन उपस्थित हुनुभएको थियो। त्यसयता भने महतो प्रतिनिधि सभामा उपस्थित हुनुभएको छैन। संसद् सचिवालयका अनुसार अहिलेसम्म महतोको पारिश्रमिक भुक्तानी भएको छैन। निलम्बन हुन्छ कि हुन्न ?प्रतिनिधि सभा नियमावली–२०७९ अनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश भई फरार रहेको अवस्थामा सदस्य निलम्बन हुने व्यवस्था छ। नियम २४८ (३) मा फरार अवस्थामा रहे पनि निलम्बन व्यवस्था छ। तर प्रहरीले जानकारी यस अघि नै पठाए पनि निलम्बन प्रक्रिया अघि बढेको छैन।निलम्बन गर्न मिल्ने वा नमिल्नेमा सचिवालयमै एकमत छैन। नयाँ नियमावली पारित हुनुअघि नै प्रहरीले जानकारी गराएको र लिखित रूपमा पछिल्लो अवस्थाबारे सचिवालय जानकार नरहेको प्रवक्ता गिरीको भनाइ छ।तर कतिपयले भने संसद्लाई फरार अवस्थाको जानकारी गराइसकेको अवस्थामा नियमावलीको व्यवस्थाअनुसार निलम्बनमा कुनै बाधा नपर्ने बताउने गरेका छन्। पुरानै पत्रका आधारमा समेत निलम्बनको प्रक्रिया अघि बढाउन सकिने कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमको भनाइ छ।    
News
56,837
दलित समुदायको दुश्चक्र
समाजमा जातव्यवस्था सुरु भएयता दलित समुदायले कहिल्यै चैन पाएको छैन । परिवर्तनका हरेक आन्दोलनमा उनीहरू बलि चढ्छन् तर त्यसको प्रतिफल पाउन सकेका छैनन् । दलित समुदायप्रति अपहेलना, विभेद र वञ्चितीकरण आजसम्म पनि ज्युँका त्युँ छन् ।
https://ekantipur.com/opinion/2023/09/21/16952593607042754.html
समाजमा जातव्यवस्था सुरु भएयता दलित समुदायले कहिल्यै चैन पाएको छैन । परिवर्तनका हरेक आन्दोलनमा उनीहरू बलि चढ्छन् तर त्यसको प्रतिफल पाउन सकेका छैनन् । दलित समुदायप्रति अपहेलना, विभेद र वञ्चितीकरण आजसम्म पनि ज्युँका त्युँ छन् । शासकहरूले सीमान्तीकरण र वञ्चितीकरण अभ्यासको जरो समाजमा यसरी गाडेका छन् कि यसलाई उखेल्ने प्रयास सफल हुन सकिरहेको छैन । अझ नयाँ योजनाकारमा पनि विभेद अनेक रूपमा अभिव्यक्त भइरहँदा दलित समुदायप्रति राज्य उदार बन्न नसकेको आभास हुने गरेको छ ।जातीय व्यवस्थाका कारण पछि परेका समुदायलाई आरक्षणको माध्यमबाट अघि ल्याउने प्रयास अहिलेको राज्यव्यवस्थाले गरे पनि यो प्रभावकारी बन्न सकिरहेको छैन । अझ आरक्षणको नाममा दलित समुदायलाई भकुन्डो बनाउने प्रवृत्तिले दलित मुक्ति, अधिकार र स्वतन्त्रतामा राज्यसमेत बैरी साबित भएको छ । राज्यका नयाँ योजनाकारले दलित समुदायलाई दलित भएको आभास दिलाउने गरी उनीहरूलाई राख्न छुट्टै ठाउँ खोज्नु, गाउँको कुनै छेउकुना, बस्तीभन्दा टाढा, समुदायभन्दा अलग स्थानमा आवास योजना बनाउनु विभेदका नयाँ रूप हुन् ।राज्यले दलित समुदायका लागि ल्याएका योजना सफल नहुनुले पनि विभेदका पर्खालहरू अझै भत्किन सकेका छैनन् । यसबीचमा दलित तथा सीमान्तीकृत समुदायलक्षित समानुपातिक समावेशिता, कोटा, जनता आवास र छानो फेर्ने सुरक्षित आवासजस्ता कार्यक्रम ल्याइएको छ । तर, ती कार्यक्रमले विपन्न दलित समुदायको जीवनस्तरलाई फेर्न सकेको छैन । वर्षौंदेखि जातीय व्यवस्थाको दमनले समाजमा पछाडि परेका दलितहरूलाई अघि ल्याउन कोटाको व्यवस्था गरिए पनि अहिले त्यसैको होच्याउने प्रवृत्ति बढेको छ ।दलित समुदायको अवस्था ज्युँका त्युँ रहनुको अर्को कारण हो, दलितलाई देखाएर गरिने राजनीति । दलित समुदायलाई देखाएर सत्ता र शक्तिमा पुग्न, दलितका समस्यालाई कमाइखाने भाँडो बनाउन, डलर कमाउन र भ्रष्टाचार गर्न सजिलो छ । किनभने दलित समुदायको सवाल भनेको मनुष्यको दर्जाको सवाल हो । आत्मसम्मान र स्वाभिमानको सवाल हो । झूटो र अनावश्यक आश्वासनको सवाल होइन । आजसम्म दलितहरू आफ्नै पौरखले बाँचेका छन्, कसैको दयाले होइन । त्यसैले आत्मसम्मानसहितको छुवाछुतरहित आजीविका अहिलेको दलित कार्यक्रमले कसरी सुनिश्चित गर्न सक्छ ? मनुष्यको दर्जा कसरी दिलाउँछ ? उनीहरूलाई समाजको स्वीकार्य अंग कसरी बनाउँछ ? समतामूलक समाजको निर्माण कसरी गर्छ ? यस्ता सवाल अनेक छन् र गम्भीर छन् ।मनुस्मृतिमार्फत जातव्यवस्था बीजारोपणसँगै समाजमा विभेद र छुवाछुतजस्तो अपराधले पनि प्रश्रय पाउन थाल्यो । यो व्यवस्थाले करोडौं मानिसलाई ‘तिमीहरू दास हौ, दासभन्दा पनि अझ तलका हौ, मानिस नै होइनौं’ भन्ने भाष्य स्थापित गर्‍यो । जुन व्यवस्था नेपालमा जयस्थिति मल्ल, राम शाह हुँदै जंगबहादुरको मुलुकी ऐनमा आइपुग्दा अझ जब्बर बन्यो । विभेदलाई राज्यले मूल नीति बनाउँदा पिछडिएका दलित समुदाय आजसम्म मानवको दर्जा पाउन अभिशप्त छन् । दलित समुदायले यसबाट निरन्तर मुक्ति खोजिरहेको छ । यसकै निम्ति उनीहरूले हरेक आन्दोलनमा आफ्नो अमूल्य योगदान दिँदै आएका छन् । अरू कुनै ठूलो आशाको दृष्टिले होइन, मानिसको दर्जा पाइन्छ कि भनेर । तर, शासकले हरेक परिवर्तनलाई उनीहरूविरुद्ध बन्धकी राख्दै आएका छन् । मुलुकमा यतिका परिवर्तन हुँदा पनि दलित समुदायले मनुष्यको दर्जा पाएर बाँच्न सकेको छैन । दलित समुदायको मुल समस्यालाई केन्द्रमा राखेर कुनै पनि परिवर्तनले व्यवस्थापनको प्रयास गरेको छैन । विभेद समूल नष्ट हुनेगरी राज्यको पुनःसंरचना सुरुआतै गरिएको छैन । यसको कारण हो, हरेक परिवर्तनमुखी आन्दोलनमा नस्लवादी चिन्तन हावी हुनु । दलित समुदायले अनागरिक, भूमिहीन सुकुम्बासी, अशिक्षित, गरिबी र बेरोजगारी लगायत दुश्चक्रमा बाँच्नुपरेको छ । मूलवासी भएर पनि उनीहरूसँग नागरिकता छैन । पुस्तौंदेखि बसोबास गरेको जमिनको लालपुर्जासमेत छैन, राज्य दिन्नँ भन्छ । उनीहरूको बस्तीको कुना, छेउ, पुच्छरमा र काम नलाग्ने ठाउँमा सार्न योजना बनाउँछ । स्वास्थ्य, शिक्षा र रोजगारमा पहुँच दिँदैन ।दलित, गरिब तथा विपन्न समुदायको मूल समस्यालाई केन्द्रमा राखेर कुनै पनि विकास–निर्माणका कार्यक्रम सम्पन्न हुन सकेको छैन । छात्रवृत्ति सम्बन्धी कार्यक्रम होस्, या लोकसेवामा दलित कोटाको सवाल होस्, वा राजनीतिक रूपमा समानुपातिक समावेशिताको कुरा होस्, वा जनताआवास कार्यक्रम होस्, यी सबै योजना र कार्यक्रम दलितका समस्या निराकरणमा असफल साबित भएका छन् । आफ्नो मुक्ति र अधिकार, स्वतन्त्रता र समानताका लागि दलित समुदायले निरन्तर आन्दोलनमा रहनुपरेको छ । यतिसम्म कि बाँच्नकै लागि मानव अधिकारको खोजीसमेत गर्नुपरेको छ । दलितको सवालमा राज्यको मनुवादी नीतिमा अझै उल्लेख्य परिवर्तन नहुँदा दलित समुदायले आफ्नै एकता, आवश्यकता र बलबुताबारे बुझ्न जरुरी भएको छ ।दलित समुदायलाई सामूहिक बस्तीभन्दा अलग, सामाजिक जीवनभन्दा पर राख्नु भनेको अधिकार वञ्चितीकरणको नयाँ स्वरूप हो । यो दलित समुदाय र समस्यालाई यथास्थितिमै राख्ने प्रपञ्च हो । जातव्यवस्था अन्त्यका लागि अहिलेसम्म कुनै किसिमको साझा र सामूहिक अभियान चलेको देखिँदैन । जेजति गरेका छन्, त्यो दलित समुदायले आफ्नै बलबुतामा गरेका छन् । विभेद र उत्पीडनका आधारमा क्षतिपूर्तिसहित बेलैमा बुद्धि पुर्‍याएर सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई अपनत्वबोध हुनेगरी राज्य पुनःसंरचना गर्न जरुरी छ । सरकारी वा निजीस्तरका सबै स्वास्थ र शिक्षा लगायतका आधारभूतस्तरमा दलित सीमान्तीकृत समुदायको निःसर्त र निःशुल्क प्रवेश गराउनुपर्छ । समाजिक, आर्थिक र राजनीतिक रूपमा क्षतिपूर्तिसहित विशेष अधिकार र छुट्टै कानुनको ग्यारेन्टी गर्न जरुरी छ । अनि मात्र दलित, गरिब तथा सीमान्त समुदायको पहिचान र आत्मसम्मान समाजमा कायम गर्न सकिन्छ ।
Opinion
10,131
नार्कको पुनर्संरचना गर्ने प्रतिवेदन तयार
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गर्नुभएको थियो ।
https://gorkhapatraonline.com/news/76801
काठमाडौँ, भदौ १४ गते ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गर्नुभएको थियो ।कृषि मन्त्रालयले तोकिएको समयमा नै उपसमितिका संयोजक गुरुङले आफ्नो प्रारम्भिक प्रतिवेदन पेस गर्नुभएको हो । तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्न समयसीमा तोकिएको थियो । कृषि मन्त्रालयमा छुट्टै सचिवकृषि मन्त्रालयमा नार्कका कार्यकारी निर्देशकलाई कृषि अनुसन्धान सचिवका रूपमा राख्नुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । कृषि मन्त्रालयमा कृषि र पशुपन्छीतर्फबाट छुट्टाछुट्टै सचिव छन् तर अनुसन्धानका सचिव छुट्टै नहुँदा काम प्रभावकारी नभएको गुनासो भइरहेकाले उपसमितिको अध्ययनले पनि कृषि अनुसन्धानको छुट्टै सचिव राख्नुपर्ने सुझाव दिएको छ । मानित विश्वविद्यालयत्यस्तै कृषि अनुसन्धानमा मास्टर्स तथा पिएचडीको मान्यता दिनका लागि नार्क अन्तर्गत मानित विश्वविद्यालयको अवधारणा पनि प्रतिवेदनमा उल्लेख छ । यद्यपि नार्कले यसअघि पनि नार्क अन्तर्गत मानित विश्वविद्यालय राख्ने कार्यक्रममा काम गरेको हो । मानित विश्वविद्यालयका लागि भारतले सहयोग गर्ने भनी सम्झौता पनि भएको छ तर ऐन संशोधन नभएका कारण त्यो अगाडि बढेको छैन । वैज्ञानिकको स्तर पनि छुट्याउनुपर्ने प्रतिवेदनले भनेको छ । वैज्ञानिकलाई उपप्रध्यापक, वरिष्ठ वैज्ञानिकलाई सहप्रध्यापक र मुख्य वैज्ञानिकलाई पा्रध्यापकको दर्जा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो मान्यता मानित विश्वविद्यालयले दिने छ । सही मान्छे सही ठाउँजो जे वस्तुका वैज्ञानिक छन्, त्यसलाई त्यही राख्ने वा त्यस्तै ठाउँमा मात्र सरुवा गर्ने सुझाव उपसमितिले दिएको छ । नार्कभित्र एउटा क्षेत्रको वैज्ञानिकलाई अर्को क्षेत्रमा सरुवा गरेका कारण अनुसन्धान प्रभावित हुने गरेको प्रतिवेदनले औँल्याएको छ । नार्कका कार्यकारी निर्देशक डा. धु्रवराज भट्टराईले भन्नुभयो, “स्याउका वैज्ञानिकलाई आलुमा सरुवा गर्नु हुँदैन तर नार्कमा पहिला त्यस्तै भइरहेको थियो तर अबदेखि जो जे कुरामा विज्ञता हासिल गरेका छन्, उनीहरूलाई त्यहीँ रहन दिने प्रावधान ल्याउँदै छौँ ।” सही मान्छेलाई सही ठाउँमा राख्नाले काम छिटोछरितो र प्रभावकारी हुन्छ भन्दै उहाँले खास गरी अनुसन्धान क्षेत्रमा विज्ञताको ख्याल गर्नुपर्ने हुन्छ तर यसअघि धानको वैज्ञानिकलाई तरकारीमा, तरकारीको वैज्ञानिकलाई स्याउमा सरुवा गरेको पनि उदाहरण भेटिने गरेको बताउनुभयो । सेवाकालीन तालिमनार्कमा कृषि सेवा प्रवेश तालिमको व्यवस्था गर्नुपर्ने प्रतिवेदनले भनेको छ । कृषिमा प्रवेश गरेपछि त्यसको सेवाकालीन तालिम हुने गरेको छैन । अब नार्कमा त्यसको व्यवस्था गर्नुपर्ने उपसमितिले सुझाव दिएको छ । प्रतिवेदन प्रस्तुतिपछि मन्त्री भुसालले मानित विश्वविद्यालय बनाउनका लागि अझै अध्ययनको आवश्यकता रहेको बताउनुभयो । कृषिमा अनुसन्धान आफैँ गर्नु पर्छ, त्यसका लागि मानित विश्वविद्यालय नै चाहिँदैन, यदि मानितमा जाने हो भने यही ऐनले हुँदैन, त्यसलाई संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।  ‘पानामा’ रोग नियन्त्रण गर्न निर्देशन कार्यक्रममा केरामा देखिएको नयाँ रोग ‘पानामा’ (टिआर–४) का बारेमा पनि जानकारी गराइएको थियो । त्यसका बारेमा कृषिमन्त्री भुसालले यसलाई कसरी नियन्त्रण गर्नु पर्छ, त्यसका लागि सरकारले के के गर्नु पर्छ, तुरुन्तै एउटा लिखित प्रतिवेदन आफूलाई दिन निर्देशन दिनुभयो । केरामा रोग देखिइसकेको छ, यो सर्न पनि सक्छ भन्ने थाहा हुँदाहुँदै यसमा लापरबाही गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, “मलाई आजै एउटा लिखित रूपमा जानकारी दिनुस्, म तुरुन्तै प्रधानमन्त्रीसँग कुरा गरेर यसलाई अगाडि बढाउँछु ।”‘लम्पी स्किन’ मा सरकारबाट लापरबाही भएका कारण महामारीका रूप लिएको हो, समयमा यसको नियन्त्रणका लागि कदम चालेको भए यो रूप लिने थिएन, अहिले केरामा लागेको ‘पानामा’ रोगलाई समयमा नियन्त्रण गर्न सकिएन भने देशभरका केरा समाप्त हुन सक्ने भएकाले यसमा सक्रिय भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो ।    
News
36,869
माधव नेपाल: केपी शर्मा ओलीले निलम्बन गरेपछि प्रचण्डसँग नमिली नेकपा एमाले पुनर्गठन गर्ने घोषणा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि गरिएको निलम्बनको कारबाहीपछि प्रचण्डसँग नमिलीकनै अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने बताएका छन्।
https://www.bbc.com/nepali/news-56567488
प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले देशभरि 'जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको' बताए। सोमवार अपराह्न प्रधानमन्त्री ओलीले नेता नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निलम्बन गरेका थिए। ओली हाल नेकपा एमालेको 'वैधानिक अध्यक्ष नरहेको' भन्दै नेता नेपालले आफूविरुद्धको कारबाहीलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताए। नेता नेपालसँग बीबीसीका लागि विष्णु पोखरेलले गरेको कुराकानीः प्रधानमन्त्रीको कदमप्रति तपाईँको प्रतिक्रिया के छ? यो कदमबाट उहाँ कति निरङ्कुश हुनुहुन्छ, कति स्वेच्छाचारी हुनुहुन्छ भन्ने कुरालाई बताइरहेको छ। उहाँ कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने कुरामा पार्टीलाई छिन्नभिन्न बनाउने कुरामा उद्यत हुनुहुन्छ। उहाँलाई कम्युनिस्ट आन्दोलन र पार्टीको कुनै माया छैन। उहाँको आफ्नै हैसियत अवैधानिक भइसकेको छ। उहाँले फाल्गुन २८ गते बैठकको नाममा जुन गुटको भेला गर्नुभयो त्यो नै अवैधानिक भएकाले त्यसबाट गरिएका कुनै पनि निर्णय स्वीकार गर्न सकिँदैन। त्यही भएर उहाँको यो कदमलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। देशभरका कार्यकर्ताहरूलाई दृढताका साथ केपी ओली गुटविरुद्ध सङ्घर्षको मैदानमा उत्रिन म आह्वान गर्छु। उनको सामु कसैले आत्मसमर्पण गर्न जरुरी छैन। दृढताका साथ मोर्चामा उभिनुपर्छ। आन्दोलनको पक्षमा अघि बढ्नुपर्दछ। नेपालले माओवादी-एमाले एकता प्रक्रियामा आफू वाधक बनेको आरोप अस्वीकार गरेका छन् यो कारबाहीपछि नेकपा एमाले पनि विभाजनको दिशामा जान लागेको हो? त्यो कुरा म पछि गर्छु, सबैको बीचमा छलफल गरेर। केपी ओलीले यो पार्टी टुक्र्याउन, छिन्नभिन्न पार्न खोजिरहेका छन्। उनी यो पार्टीको केन्द्रीय कमिटीको वैधानिक अध्यक्ष पनि रहेनन्। उनले केन्द्रीय कमिटी भङ्ग गरिसके। अहिले उनले केन्द्रीय कमिटीको अध्यक्षको हैसियत नै गुमाइसके। कतिपयले तपाईँ पार्टीमा अब एक्लिनुभयो, तपाईँकै पक्षका मानिसहरूले पनि साथ दिइरहेका छैनन् भन्छन् नि? सबै साथमा हुनुहुन्छ। म आजै बैठक बसिरहेको छु। दृढताका साथ अघि बढ्न भनेर देशभरिबाट फोन आइरहेको छ। अघि बढ्नुहोस्। हामी तपाईँको साथमा छौँ भनिरहनुभएको छ। पार्टीभित्रका असल र क्रान्तिकारी कार्यकर्ताहरू मेरो साथमा छन् र हामी एकताबद्ध भएर अघि बढिरहेका छौँ। प्रधानमन्त्रीको पक्षका नेताहरूले विगतमा तपाईँले कारबाही गर्नुभएको थियो अहिले ओलीले गर्नुभयो। 'जस्तालाई त्यस्तै' भयो भनिरहेका छन्। यसबारेमा के भन्नुहुन्छ? उहाँहरूले नेकपा छोडेर हिँड्नुभएको थियो। नेकपा एमाले हाम्रो हो। केपी ओलीको होइन। यसको निर्माणमा केपी ओलीको कुनै भूमिका पनि छैन र एमालेलाई सिध्याउन खोजिएको हो। अब तपाईँहरू एक ठाउँमा बस्ने अवस्था देखिएन। पार्टी दुईवटा नै हुने भयो होइन? लक्षण त्यस्तै छ। अन्त्यमा, अब तपाईँ प्रचण्डसँग मिलेर अघि बढ्नुहुन्छ कि? त्यस्तो चाहिँदै चाहिँदैन। हामीले देशव्यापी रूपमा सङ्गठन निर्माण गरिरहेका छौँ। गोर्खा, अर्घाखाँचीमा जिल्ला कमिटीहरू बनिसकेको छ। जम्मै ठाउँमा जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको छ। देशव्यापी रूपमा कार्यकर्ता भेलाहरू सुरु हुन थालिसकेकै छ। केपी ओलीसामु आत्मसमर्पण गर्ने व्यक्तिहरू कम्युनिस्ट आन्दोलनलाई सिध्याउने व्यक्तिहरू हुनेछन् र उनको गुटवादी जमातमा जाने व्यक्तिहरू हुनेछन्। कम्युनिस्ट पार्टीको पक्षमा रहनेहरू एक ठाउँमा उभिनेछन्।
Others
66,164
तस्बिरमा गिरिजाप्रसाद
सत्ता समीकरण परिवर्तनको राजनीतिक वातावरणको तापक्रम बढेको बेला मनसुने झरीले मङ्गलबार दिनभर नै राजधानीको चिसो बनायो । समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेसले आयोजना गरेको अर्को कार्यक्रमले भने राजनीतिक मिलनको वातावरण बनायो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा विद्यमान र नयाँ राजनीतिक समीकरण दुवैका नेता हार्दिकतासाथ सहभागी हुनुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकको ऐतिहसिक फोटो प्रदर्शनीमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई सहभागी हुनुभयो ।
https://gorkhapatraonline.com/news/114353
ललितपुर, असार १९ गते । सत्ता समीकरण परिवर्तनको राजनीतिक वातावरणको तापक्रम बढेको बेला मनसुने झरीले मङ्गलबार दिनभर नै राजधानीको चिसो बनायो । समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेसले आयोजना गरेको अर्को कार्यक्रमले भने राजनीतिक मिलनको वातावरण बनायो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा विद्यमान र नयाँ राजनीतिक समीकरण दुवैका नेता हार्दिकतासाथ सहभागी हुनुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकको ऐतिहसिक फोटो प्रदर्शनीमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई सहभागी हुनुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सोमबार मध्यरातमा सत्ता सहकार्य गर्ने सहमति भएपछि बदलिएको परिस्थितिमा शान्ति प्रक्रियाका महानायक, शिखरपुरुष कोइरालाको शताब्दी जन्मोत्सवमा आयोजित उहाँको योगदानमाथि भएको विमर्श र फोटो प्रदर्शनीमा नेताहरू सहभागी हुनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित विभिन्न दलका नेताले फोटो प्रदर्शनी अवलोकन गर्नुभयो । सानेपामा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुभयो । उहाँहरूबिच केहीबेर समसामयिक विषयमा छलफल पनि भयो । त्यसै गरी सभापति देउवासहित कांग्रेस पदाधिकारीसँग एमाले अध्यक्ष ओलीले पनि फोटो प्रदर्शनी अवलोकनपछि छलफल गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली केही समय अघि–पछि सानेपा पुग्नुभएको थियो । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष आउनुभयो तर राजनीतिक उतारचढावबिच सौहार्दपूर्ण छलफल भयो ।” कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा आयोजित फोटो प्रदर्शनीमा नेता कोइरालासँग सम्बन्धित १५१ वटा तस्बिर प्रदर्शनीमा राखिएको थियो ।  कोइरालाकै कारण गणतन्त्र आयो : देउवापूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र  शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइराला कारण देशमा गणतन्त्र आएको बताउनुभयो । उहाँले नेता कोइराला प्रजातान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्दै जीवनको उत्तरार्धमा गणतन्त्र ल्याउन सफल हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबु नभएको यो देशमा गणतन्त्र पनि आउने थिएन । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्र आएको छ ।”उहाँले विद्यार्थी हुँदै पूर्वप्रधानमन्त्री कोइरालासँग परिचय भएको र त्यतिबेला उहाँकै सहयोगमा विश्वविद्यालयको निर्वाचनमा प्रतिस्पर्धा गरे पनि आफ्नै साथीहरूको असहयोगले पराजित भएको बताउनुभयो ।साथै उहाँले नेपाल विद्यार्थी सङ्घको सभापति हुँदा पनि नेता कोइरालाले साथ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (गिरिजाप्रसाद कोइराला) को समर्थन भएकै कारण पनि म नेविसङ्घको सभापति भएको हुँ । उहाँ कहिल्यै नथाक्ने मान्छे हो ।”‘शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ’कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा आयोजना गरेको वैचारिक विमर्शमा सहभागी नेताहरूले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम तत्कालै टुङ्ग्याउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालाको योगदान र लिनुभएको ऐतिहासिक निर्णयको सम्मान गर्दै सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले गिरिजाबाबुको योगदानको सम्मान गर्नकै लागि पनि सरकार र राजनीतिक दलका तर्फबाट शान्ति प्रक्रिया टुङ्ग्याउने प्रतिबद्धता आउनुपर्ने बताउनुभयो । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि शान्ति प्रक्रियाका बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले गिरिजाबाबुप्रति उच्च सम्मान हुने र पीडितले न्याय पाउने गरी शान्ति प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले बेपत्ता पारिएको व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति जुटाएर कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौता अनुसार पीडितले न्याय पाउने गरी यो विषय टुङ्गो लगाउनुपर्ने बताउनुभयो । पूर्वमन्त्री एवं एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाका नायक कोइरालालाई नेपाली राजनीतिको विशिष्ट व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विषयलाई सहमतिमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व कायम गरी समृद्धि र आर्थिक विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । आर्थिक अवधारणामाथि बहसकार्यक्रममा ‘समुन्नतिको दोस्रो जग’ शीर्षकमा काठमाडौँ विश्वविद्यालयका प्राडा अच्युत वाग्ले राजनीतिक विश्लेषकद्वय मञ्चला झा र हरि शर्माले राजनीतिक रूपान्तरणपछि आर्थिक विकासको विस्तृत अवधारणा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँहरूले संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकार र राजनीतिक दलबाट भएका प्रयासबारे चर्चा गर्दै नयाँ अवधारणा निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसै गरी ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार, उषा तितिक्षु, विकास रौनियार र प्रकाश माथेमाले विमर्श गर्नुभयो । उहाँहरूले नेपालको फोटो पत्रकारिताको इतिहासमा भोगेका चुनौती र वर्तमानको अवस्थाबारे आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । उहाँहरूले गोरखापत्रमा फोटोग्राफी शाखा स्थापनादेखि अहिले नयाँ सञ्चारको विकाससम्मको बारेमा आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।   
News
50,059
प्रिन्स र जेसिका च्याम्पियन
पुलिस क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकी जेसिका गुरुङले प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
https://ekantipur.com/sports/2023/02/12/167616513194787810.html
इटहरी — पुलिस क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकी जेसिका गुरुङले प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ को सोझो सेटमा हराएर ५० हजार रुपैयाँसहित ट्रफी जिते । उपविजेता प्रफुलले २५ हजार पाए । पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन तेस्रो स्थानमा रहे । दुवैले समान १० हजार थापे । प्रिन्सले डबल्समा पनि उपाधि जिते । उनले विष्णुसँग मिलेर प्रफुल र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले हराएका थिए । विजेता जोडीले ३० हजार जित्यो ।महिला एकलमा जेसिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गरिन् । उनले ५० हजार जितिन् । अमिताले २५ हजार पाइन् । आर्मीकी रसिला महर्जन र कस्तुरी कलेजकी सीमा राजवंशीले तेस्रो हुँदै समान १० हजार पाए । डबल्समा भने जेसिका पराजित रहिन् । आर्मीकी अमिता गिरी र रसिला महर्जनको जोडीसँग जेसिका र सुनयना मुखियाको जोडी २१–१०, २१–९ ले पराजित भएको थियो । सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको मिक्स्ड डबल्समा आर्मीका प्रफुल र रसिलाको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधि जित्यो । भेट्रान ४५ वर्षमाथि सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी विजयी भयो । ५५ वर्षमाथि धादिङका बिष्णुलाल श्रेष्ठले गुवाहाटीका वास्तव नियोगसँग मिलेर उपाधि जिते ।छात्र यू–११ तर्फ एपीएफका आरुस सिम्खडाले भोजपुरका तयाबुङ राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै उपाधि जिते । छात्रातर्फ कास्कीकी निभा राई विजयी भइन् । भोजपुरकी रितु तामाङ खुट्टामा चोट बोक्दै रिटायर्ड हर्ट भएपछि निभाको जित सजिलो भयो । यू–१३ तर्फ आर्मीका रिजन मगरले एपीएफका आरुस सिम्खडालाई २१–१७, २१–१२ ले हराएर उपाधि उचाले । छात्रातर्फ आर्मीकी रिहाना शेरचन विजयी भइन् । टिसारानी शाक्य रिटायर्ड हर्ट भएपछि रिहानाले सहजै खेल जितिन् ।
Sports
18,439
कोरोनाभाइरस: महामारीका बेला नेपालका चिकित्सकहरू के कुरामा चिन्तित छन्
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको महामारीसँग जुझ्ने एउटा प्रमुख उपाय- सङ्क्रमणको शङ्का लागेका धेरैभन्दा धेरै मानिसहरूको जाँच गर्नुपर्ने बताएका छन्।
https://www.bbc.com/nepali/news-52047275
तर अग्रमोर्चामा रहेका त्यस्ता जाँच र सङ्क्रमितको उपचारमा संलग्न हुने चिकित्सक एवम् स्वास्थ्यकर्मीहरू के सुरक्षित छन्? भन्ने प्रश्न अहिले नेपालमा टडकारो भएको छ। डब्लूएचओका अनुसार शनिवारसम्म विश्वका २०१ देश तथा क्षेत्रमा यो रोग पुगिसकेको छ। नेपालमा समेत चार जनामाऔपचारिक विवरणमाझ सावधानीका उपायहरू निरन्तर अवलम्बन नगरे जतिखेर पनि स्थिति नियन्त्रणबाहिर जानसक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्। प्रस्तुत छ यिनै बिषयमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीर्सँग प्रदीप बस्यालले बीबीसीको 'नेपाल सन्दर्भ' कार्यक्रममा गरेको कुराकानी।
Others
64,289
विश्वकप लिग २ : कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट [अपडेट]
आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको दोस्रो विकेट झरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् । 
https://ekantipur.com/sports/2021/09/14/163161533592224419.html
काठमाडौँ — आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको दोस्रो विकेट झरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् । मोहम्मद नदीमको बलमा क्याच आउट हुनुअघि ३३ बल खेलेका कप्तान मल्लले एक चौका प्रहार गरेका थिए । उनले आसिफ शेखसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । पहिलो ओभरको दोस्रो बलमा कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए । यो समाचार तयार पर्दासम्म १२ ओभर खेलको नेपालले २ विकेट गुमाएर ५९ रन बनाएको छ ।०००००आईसीसी विश्वकप लिग-२ प्रतियोगिता अन्तर्गत मंगलबार ओमानविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । त्रिदेशीय क्रिकेट श्रृंखलाअन्तर्गत ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल भइरहेको छ ।यस प्रतियोगतामा नेपाल, अमेरिका र ओमान छन् । डिभिजन २ मा १० खेल खेलको ओमानले ८ जित निकालेको छ । ऊ १६ अंककासाथ पहिलो स्थानमा छ । १३ खेल खेलको अमेरिकाले ६ खेलमा जित र ७ खेलमा हार व्यहोरेको छ । उसले १२ अंक जोडेको छ ।नेपालले प्रतियोगितामा पाँच खेल खेलको छ । तीन खेलमा नेपालले जितेको छ । नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपालले सोमबार अमेरिकासँगको खेलाएको टिममा कुनै परिवर्तन गरेको छैन ।प्रतियोगिताअघि नेपालले पपुवा न्यु गिनीसँग अभ्यास खेल लेखेको थियो । ती दुवै खेलमा नेपालले जित हासिल गरेको थियो ।
Sports
22,331
बुढासुब्बा मन्दिरको पुनर्निर्माण गरिँदै
बूढासुब्बा मन्दिरको महत्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बूढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।
https://gorkhapatraonline.com/news/40104
निशा राई धरान, असोज १० गते । बुढासुब्बा मन्दिरको महत्त्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बुढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्त्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।बुढासुब्बाकाे ऐतिहासिकतालाई जोगाउन कंक्रिटको खम्बालाई विस्थापित गरी काठको कलात्मक ढङ्गको संरचना निर्माण गरिन लागेको छ । धार्मिक पर्यटकीयस्थल धरानको बुढासुब्बा मन्दिरको आफ्नै अस्तित्व छ । नेपालमा कहीँ पनि नपाइने टुप्पोविनाको बाँस यहाँ पाइन्छ । बाँसमा प्रेमी प्रेमिकाहरूको नाम लेखेमा नछुटिने विश्वास गरिन्छ । वैशाख पूर्णिमाका बेला मात्र बाँसलाई छुइन्छ र लडेको, मर्केको बाँसलाई उठाइन्छ । बाँसको टुक्राहरू घरमा लगेर राखेमा शुभ हुने जनविश्वास रहेको स्थानीयको भनाइ छ ।बुढासुब्बा मन्दिरमा कंक्रिटको खम्बा २०६० को दशकमा निर्माण गरिएको थियो । मन्दिरका पुजारी उत्तम आलेमगरका अनुसार २०५५ देखि २०६० तिर मन्दिरको जीर्णोद्धार गर्ने क्रममा बलियो हुने र संरक्षण गर्न कंक्रिटका पिल्लरहरू बनाइएका थिए । सो अघि पनि मन्दिरमा काठका खम्बाहरू राखिएका थिए ।पुरातात्त्विक विभागले नेपालका सम्पदालाई मूल रूपमै ल्याउन पुनर्निर्माणको काम गरिरहेको छ । पुरातात्त्विक विभागले पछिल्लो चार वर्ष यता बुढासुब्बा मन्दिरलाई ऐतिहासिकता प्रदान गर्न बजेट विनियोजन गर्दैआएको छ । पुजारी मगरका अनुसार मन्दिर तिहारसम्ममा निर्माणको काम सकिनेछ ।   
News
33,735
विश्वकप क्रिकेट : अफगानिस्तान सेमिफाइनल होडमा कायम
रहमत शाह र हसमतुल्लाह साहिदको अर्धशतकको मद्दतले अफगानिस्तानले नेदरल्यान्ड्सलाई विश्वकप क्रिकेट-२०२३ मा सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको होडमा कायम रह्यो । यो जितपछि अफगानिस्तानको सात खेलबाट ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।
https://ekantipur.com/sports/2023/11/03/cricket-world-cup-afghanistan-remain-in-the-semi-final-41-32.html
लखनउ — रहमत शाह र हसमतुल्लाह साहिदको अर्धशतकको मद्दतले अफगानिस्तानले नेदरल्यान्ड्सलाई विश्वकप क्रिकेट-२०२३ मा सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको होडमा कायम रह्यो । यो जितपछि अफगानिस्तानको सात खेलबाट ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।नेदरल्यान्ड्स भने ४ अंकमै सीमित रह्यो । जितका लागि १ सय ८० रनको लक्ष्य पाइको अफगानिस्तानले ३१.३ ओभरमा तीन विकेट गुमाएर १ सय ८१ रन बनायो । त्यसमा रहमतले ५४ बलमा ५२ रन बनाए । यस्तै हसमतुल्लाहले ६४ बलमा ५६ रन बनाए । त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले अपेक्षा गर्न रन बटुल्न सकेन ।पूरा टिम ४६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । सेब्रान्ड इगेलब्रेट्चले ८५ बलमा सर्वाधिक ५८ रन बनाए । उनले छ चौका प्रहार गरे । यस्तै म्याक ओ’डोउडले ४२ रनको योगदान दिए । नेदरल्यान्ड्सले एक समय एक विकेट गुमाएर ७३ रन बनाएको स्थितिबाट १ सय १३ रन बनाउँदासम्म छ विकेट गुमाएको थियो ।अफगान बलरमध्ये मोहम्मद नाबीले तीन महत्त्वपूर्ण विकेट लिए । नूर अहमदले दुई विकेट प्राप्त गरे । शनिबार प्रतियोगिताका दुई खेल हुनेछन् । त्यसमध्ये पहिलो डे खेलमा न्युजिल्यान्डले बेंगलुरुमा पाकिस्तानको सामना गर्नेछ । अर्को डे नाइट खेलमा अस्ट्रेलिया र इंग्ल्यान्ड अहमदावादमा भिड्ने छन् ।
Sports
15,932
भारत: हावाहुरी र चट्याङले दर्जनौँ मानिसको मृत्यु
उत्तर भारतमा मङ्गलवार चट्याङ र हावाहुरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-44305223
मङ्गलवार रातिको हावाहुरी र चट्याङबाट धेरै गाउँहरू प्रभावित भएका छन्। घरका भित्ता भत्किँदा दर्जनौँ मानिसहरू घाइते भएका छन्। बिहार राज्यमा मात्रै चट्याङमा परेर २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। उत्तर प्रदेशमा १५ जना र झारखण्डमा कम्तीमा पनि १२ जनाको ज्यान गएको अधिकारीहरूले बीबीसी हिन्दीलाई बताए। समाचार संस्था पीटीआईका अनुसार ढलेको रूखले किच्दा उत्तराखण्ड राज्यमा तीन बालबालिकाको ज्यान गएको छ। अधिकांश पीडितहरू घरमा सुतिराखेका बेला चट्याङ र हावाहुरीले घर भत्काएर पुरिएका थिए। केही हप्ताअगाडि धूलोयुक्त आँधी र भीषण वर्षाका कारण उत्तरी राज्यहरूमा १०० जनाभन्दा बढी मानिसहरूको ज्यान गएको थियो। पूर्वानुमान मनसुनका बेला चट्याङ पर्नु भारतमा सामान्य नै मानिन्छ। भारतको मौसम विभागका अनुसार आगामी हप्ताहरूमा उत्तर भारतमा तापक्रम ४७ डिग्री सेल्सिअससम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ। त्यसो हुँदा तीव्र गतिमा हावाहुरी र आँधी आउने सम्भावना बढ्छ। प्रतिकूल मौसमका कारण उत्तरी राज्यहरूमा बिजुली काटिनसक्ने पनि बताइएको छ। सरकारी तथ्याङ्कले भारतमा सन् २००५ देखि प्रत्येक वर्ष कम्तीमा दुई हजार मानिसहरूको चट्याङमा परेर मृत्यु भएको देखाउँछ।
Others
67,881
रियलको नजर एमबाप्पेमा
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडको सामना गर्दै छ । फ्रान्सेली क्लब त्यसमा जित निकालेर आफ्ना स्टार खेलाडी केलियन एमबाप्पेलाई बुझाउन चाहन्छ स्पेनी राजधानीमा जानुभन्दा पेरिसमै रहनु ठीक भनेर । विश्वकप विजेता खेलाडी र पीएसजीबीचको अनुबन्ध जुनमा सकिँदै छ । एमबाप्पे ५ वर्षअघि २० करोड ४० लाख डलरमा आफ्नो घरेलु क्लब मोनाकोबाट पेरिस आएका थिए ।
https://ekantipur.com/sports/2022/02/15/1644889531465547.html
पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडको सामना गर्दै छ । फ्रान्सेली क्लब त्यसमा जित निकालेर आफ्ना स्टार खेलाडी केलियन एमबाप्पेलाई बुझाउन चाहन्छ स्पेनी राजधानीमा जानुभन्दा पेरिसमै रहनु ठीक भनेर । विश्वकप विजेता खेलाडी र पीएसजीबीचको अनुबन्ध जुनमा सकिँदै छ । एमबाप्पे ५ वर्षअघि २० करोड ४० लाख डलरमा आफ्नो घरेलु क्लब मोनाकोबाट पेरिस आएका थिए ।अगस्टमा रियलले एमबाप्पेका लागि त्यत्तिकै बराबरको रकम तिर्ने प्रस्ताव राखेको थियो, तर त्यसलाई पीएसजीले स्वीकारेको थिएन । यस्तोमा एमबाप्पे कम्तीमा एक सिजनमात्र पीएसजीमै रहने निश्चित भएको थियो । यसक्रममा क्लबको आक्रमण उनीसँगै लियोनल मेसी र नेयमरमा केन्द्रित भएको थियो । यसको अर्थ क्लबका कतारी मालिकका लागि पैसा केही पनि नभएको साबित भएको थियो । तर अब तिनै मालिक २३ वर्षीय एमबाप्पेलाई रियल जानबाट रोक्न असमर्थ देखिएको छ । रियलले एमबाप्पेलाई किशोर उमेरदेखि नै अनुबन्ध गर्न खोजिरहेको थियो । यसक्रममा क्लबले उनीमात्र नभएर परिवारलाई नै सान्टियागो बेर्नाबेउमा बोलाएको थियो । त्यही बेला प्रशिक्षक जिनेदिन जिदानले उनलाई भेटेका थिए । तर उनले मोनाकोकै लागि खेल्ने निर्णय गरे । सन् २०१७ मा पनि उनले पीएसजीकै बाटो रोजे । अब भने उनको रियल जाने बाटो खुलेको देखिएको छ । मेसी आइसक्दा पनि उनी फ्रान्सेली लिग वानका पछिल्ला दुई सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । अहिले मेसी र नेयमर टिममा रहे पनि उनी नै पीएसजीका लागि निर्णायक खेलाडी साबित भएका छन् । गत शुक्रबार मात्रै उनकै निर्णायक गोल मदतमा पीएसजीले रेनेसलाई हराएको थियो । यस सिजन त्यो उनको २१ औं गोल थियो । मेसी, नेयमर, एन्जेल डी मारिया र माउरो इकार्डी सबैको गोल जोडेर पनि एमबाप्पे नै यस होडमा अगाडि छन् । क्लब कप्तान माक्र्विन्होसले एमबाप्पे क्लब इतिहासकै सर्वाधिक महान खेलाडी रहेको बताइसकेका छन् । अन्तिम १६ को खेलमा पीएसजीले रियललाई हराउने हो भने एमबाप्पेको मन फेरिनेमा क्लब आशावादी छ । त्यसको पहिलो लेगको खेल मंगलबार पेरिसमा हुनेछ । दोस्रो लेगको खेल मार्च ९ मा स्पेनमा हुनेछ । गत साता एमबाप्पेले भनेका थिए, ‘मैले केही निर्णय गरेको छैन । तत्काल हामीले रियलको सामना गर्दैछौं र यो खेलले धेरै स्थिति निर्धारण गर्नेछ ।’सिटीविरुद्ध लिस्वनम्यानचेस्टर– म्यानचेस्टर सिटीको युरोपेली च्याम्पियन्स लिग खेल्ने सपनाको यसपल्टको नकआउट यात्रा मंगलबार सुरु हुनेछ । सिटीले स्पोर्टिङ लिस्वनको सामना गर्नेछ । सिटीले पोर्चुगलको यात्रा गर्दै छ । यो टोलीका तीन प्रमुख खेलाडीको घर फर्काइ पनि हुनेछ । जाओ क्यान्सेलो, रुबेन डियास र बर्नार्डो सिल्भा सबैले आफ्नो खेलजीवन लिस्वनको अर्को क्लब बेन्फिकाबाट सुरु गरेका थिए । सिटी अहिले ५ वर्षयता चौथोपल्ट इंग्लिस प्रिमियर लिग जित्ने संघारमा छ । तर सिटीका लागि च्याम्पियन्स लिग उपाधि अझै सपनामै सीमित छ । अबुधाबीका क्लब मालिकले करोडौं डलर लगानी गरे पनि सिटी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न असफल छ । सिटी गत सिजन फाइनलमा चेल्सीको हातबाट पराजित भयो ।
Sports
21,225
पारिश्रमिक नपाएका कलाकार भन्छन् :  काम गरेको पैसा त देऊ !
हालै अभिनेता पल शाहले आफ्नो फेसबुक पेजमार्फत कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे लामो स्टाटस लेखे ।
https://ekantipur.com/entertainment/2020/06/24/159298464539197580.html
काठमाडौँ — हालै अभिनेता पल शाहले आफ्नो फेसबुक पेजमार्फत कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे लामो स्टाटस लेखे ।'फिल्मी क्षेत्रमा नातावाद, कृपावाद, ग्रुपिजम अनि ड्रिप्रेसन, सुसाइडको कुरा चलिरहँदा अर्को एउटा कुरा उठाउन मन लाग्यो । के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?, के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौं वर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुई हात जोड्नु परेको छ ?' प्रश्न राख्दै पलले लेखेका छन्, 'यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौलां भन्ने सोच गरेको कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौं वर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?'उनले यो विषय उठाएसँगै फेरि एक पटक सामाजिक सञ्जालमा कलाकारले समयमा पारिश्रमिक नपाएको कुरा छताछुल्ल भएको छ । कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे यो पहिलो पटक उठेको विषय भने होइन । पारिश्रमिकको विवाद बेलाबखत मिडियामा उठिरहन्छ । केही समय यो विषयले सामाजिक सञ्जाल तताउँछ तर, त्यसरी नै सेलाउँछ पनि । एक वर्षअघि मात्रै 'रोजी'का निर्माता निरक पौडलले फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री मिरुना मगर, संगीतकार एलिस कार्की र प्राविधिक श्रीकृष्ण श्रेष्ठलाई पूरा पारिश्रमिक नदिएको कुराले यसबारेमा व्यापक चर्चा भएको थियो ।तर अझै पनि यो समस्या जस्ताको त्यस्तै छ । केही उदाहरणहरु हेरौं । सुरुमा पलकै समस्या पढौं ।२५ लाख पाएको छैन : पल शाहअभिनेता पल शाह अभिनित एक फिल्म(नाम खुलाउन चाहेनन्) प्रदर्शनमा आएको २ वर्ष भयो । फिल्मबाट लगभग ७५ प्रतिशत रकम उनले पाएका छैनन् । २५ प्रतिशत एडभान्स फिल्मअघि नै लिएका थिए । फिल्ममा हस्ताक्षर गर्दा आफ्नै समस्या सुनाएर रकम पछि दिन्छु भन्दै निर्माता छेउ लागे । सुटिङको समय पनि त्यस्तै गरेर पन्छिए । उनले बारम्बार आफ्नो कामको पारिश्रमिक मागे । तर, निर्माताले आफ्नो समस्या देखाउँदै पन्छिन सुरु गरे । सम्बन्ध नबिगार्ने सोचले उनले पनि धेरै गनगन पनि गरेनन् । तर, निर्माताले फिल्मको प्रचारसम्म आइपुग्दा अनेक बहाना देखाइरहे ।अन्तत: फिल्म प्रदर्शनपछि नै पूरा रकम दिने ढाडस दिए । पलले त्यो कुरा पनि स्वीकारे । तर फिल्म प्रदर्शनपछि पनि उक्त निर्माताले समस्या देखाउन छोडेनन् । २ वर्षदेखि विभिन्न बहाना बनाएर निर्माताले पललाई झुलाइरहेका छन् । केही फिल्मका निर्माताले भने किस्ताकिस्तामा कहिले १० त कहिले २० हजार गर्दै रकम दिँदै झुलाइरहेका छन् । उनका कति कलाकार साथीले त ती फिल्मको पारिश्रमिक पाउने आश नै मारिसके । तर आफ्नो आम्दानीको स्रोत नै फिल्म क्षेत्र बनाएका पललाई ती रकम माया मार्न गाह्रै छ । यसरी समयमा पारिश्रमिक नदिएको तीन फिल्मबाट अझै २५ लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गर्छन् पल । ती सबै फिल्म चलेकै ब्यानरबाट प्रदर्शनमा आएको थियो ।कर्मा भन्छन् : निर्माता कहाँ खोज्न जानु ?अभिनेता कर्मा नेपाली फिल्म इन्डस्ट्रीमा अब्बल कलाकार मानिन्छन् । अहिलेसम्म उनले १० वटा फिल्ममा अभिनय गरेका छन् । नेपाली फिल्म उद्योगको यो समस्याबाट उनी पनि अछुत छैनन् । अभिनय गरेको ४ वटा फिल्मबाट उनले पनि पूरा पारिश्रमिक पाएका छैनन् । अभिनय गरिसकेको कति फिल्म त अहिलेसम्म प्रदर्शनमा पनि आइसकेको छैन । ती फिल्मको निर्माता अहिले सम्पर्कविहीन भइसके ।'प्रदर्शनपछि दिन्छु' भन्ने निर्माताले पनि उनलाई झुलारहेका छन् । एक/दुई पटकसम्म मागिसकेपछि दोहोर्‍याएर पैसा मागिरहन उनलाई मन पर्दैन । उनी प्रश्न गर्छन्, 'अब प्रदर्शनमै नआइसकेको फिल्मको पारिश्रमिक कसलाई, कहाँ भन्न जाने हो ? कहाँ हो निर्माता त्यो पनि थाहा छैन । अब कहाँ माग्न जाने ?'एकैपटक तीन महिनाको भाडा तिर्नुपरेको छ : नाजिर हुसेननाजिरलाई पनि २ वटा फिल्मका निर्माताले ७ महिनादेखि झुलाइरहेका छन् । एउटा फिल्मबाट त एक रुपैयाँ पनि पारिश्रमिक नलिएको बताउँछन् उनी । अन्य कलाकारले झैं विश्वासकै आधारमा उनले उक्त फिल्मको काम थाले । तर अहिले निर्माताले उनलाई झुलाउन थालेको महिनौं भयो । निर्माता आफ्नो समस्या देखाउँदै भाग्छन् ।यसरी आफूले काम गरेको फिल्मको पारिश्रमिक समयमै नआउँदा सबैभन्दा उनलाई घरभाडाको पीर लाग्छ । भाडा दिनुपर्ने समय नजिकिँदै गर्दा अप्ठ्यारो महसुस गर्छन् । घरभाडा तिर्नुपर्ने समय नाघ्दै गर्दा घरभेटीसँग आँखा जुधाउन पनि उनलाई गाह्रो पर्छ । त्यस्तोबेला ढोकाबाट भित्र छिर्दा उनको आँखा सिधै घरबेटी बस्ने तल्लामा पुगिसक्छ । यस्तै समस्याले गर्दा उनले एकपटक तीन महिनाको भाडा एकैपटक दिएका पनि छन् । ०००नेपाली फिल्म उद्योगमा चार किस्ता गरेर कलाकारलाई पारिश्रमिक दिइन्छ । सुरुमा एड्भान्स रकम । फिल्ममा हस्ताक्षर गर्दा दोस्रो किस्ता, त्यसपछि सुटिङ भइरहँदा तेस्रो र डबिङ सकिएपछि चौथो किस्ता दिने प्रचलन छ । तर, पछिल्लो समय अधिकांश कलाकारले डबिङको रकम त माया नै मार्नु परेको अवस्था छ । हस्ताक्षर र सुटिङ गर्दाको रकम पनि दिन आनाकानी गर्छन् निर्माता । अभिनेत्री केकी अधिकारीले पनि समयमा पारिश्रमिक नपाउँदा तनावपूर्ण अवस्थाको सामना गरेकी छिन् । उनले पनि कति फिल्मको डबिङपछिको रकम त माया नै मार्नुपरेको बताउँछिन् । आफैले बुझेर नदिएपछि निर्मातासँग विभिन्न समस्या देखाएर पारिश्रमिक माग्दै आएकी छिन् उनी । 'अस्पताल जानुपर्‍यो, कतै पैसा बुझाउनुपर्ने भनेर आवश्यकता नदेखाएसम्म पैसा झिक्दैनन् । आफ्नो पारिश्रमिक पाउन विभिन्न कारण देखाइरहनुपर्छ,' उनले सुनाइन्, 'डबिङपछिको किस्ता पाउन एकदमै गाह्रो हुन्छ । त्यतिखेर फिल्मको प्रदर्शनलाई लिएर निर्माता तनावमा रहेको अवस्थामा माग्न पनि अप्ठ्यारो ।'केकीले आफ्नो फिल्मी करियरमा ३/४ वटा फिल्मबाट पूरा पारिश्रमिक पाएकी छैनन् । ती फिल्महरुले उनलाई ४ वर्षदेखि झुलाइरहेको छ । अब त उनले आश पनि मारिसकेको बताउँछिन् । नेपाली फिल्म उद्योगमा स्थापित हुन खोजेको कलाकारलाई पारिश्रमिक समस्याले सताउँछ भने नयाँ कलाकारका लागि त झनै कठिन रहेको अभिनेता पल सुनाउँछन् । 'तनाव त हुन्छ नि । पाउनुपर्ने रकमलाई लिएर १ वर्षपछि यो गर्छु, २ वर्षपछि त्यो गर्छु भन्ने योजना बनाएको हुन्छ । त्यो योजनाअनुसार चल्न नसक्ने बित्तिकै किन म यो इन्डस्ट्रीमा काम गरिरहेको छु भन्ने अनुभव हुँदो रहेछ,' उनले आफ्नो तीतो अनुभव सुनाए । पारिश्रमिकको समस्या नातावादभन्दा ठूलो समस्या रहेको उनी बताउँछन् । 'यो त नातावादभन्दा पनि ठूलो समस्या भइरहेको छ । मानिसहरु विस्थापित भइराखेका छन् । किन कोही कलाकार विदेसिन्छ, अथवा अन्य व्यापार व्यवसायमा लाग्छन् त । यसै कारण हो,' उनले सुनाए, 'पारिश्रमिकको तनावले म ड्रिप्रेसनमा गइनँ । नयाँ कलाकार त डिप्रेसनमा जानुहुन्छ नि । सम्बन्धित निकायले यसबारे सोचिहाल्नुपर्छ ।'कर्माको मत पनि त्यस्तै छ । 'मजस्तो कलाकार जसले यही क्षेत्रलाई आम्दानीको स्रोत मानेको छ । यही स्रोतबाट जीवन गुजारा गर्न मलाई गाह्रो छ भने काठमाडौंमा भाडा गरेर बस्नुपर्ने कलाकारलाई कस्तो हुँदो हो ?, प्रश्न गर्दै उनले भने, 'मेरो बुवाआमा काठमाडौंमै हुनुहुन्छ । खान लाउनलाई समस्या नुहँदा त समयमा पैसा नआउँदा तनाव हुन्छ ।'पल पारिश्रमिककै समस्याले पनि कलाकार विदेशिने गरेको तर्क गर्छन् । 'कलाकार विदेशिने कुरामा चर्चापरिचर्चा भइरहन्छ । यही कारणले पनि कलाकार विदेसिन बाध्य हुन्छन्,' उनले सुनाए, 'त्यही निर्माताले हामीलाई बाहिर जान बाध्य गराउनुहुन्छ । कतिञ्जेल बिनापैसा काम गर्ने के ? या एडभान्स रकममा कहिलेसम्म अड्केर बस्ने ?'नाजिरलाई धेरैले म्युजिक भिडियोमा देखिएको भन्दै टिप्पणी पनि गर्छन् । तर, उनी नेपाली फिल्म उद्योगको यही समस्याले गर्दा जीवन गुजारा गर्न म्युजिक भिडियोमा काम गर्न थालेको बताउँछन् । 'मलाई त अधिकांशले म्युजिक भिडियो किन गरेको भनेर प्रश्न गर्नुहुन्छ,' उनले भने, 'हामीलाई बाँच्नु छ नि त । पारिश्रमिक नपाएपछि काम गर्नै पर्‍यो । अहिलेको समयमा टिक्न जरुरी छ । हाम्रो आयस्रोत भनेको यही एउटा ठाउँ हो ।'कलाकारहरु प्रचारप्रसारमा उपस्थित नभइदिने पनि पारिश्रमिककै लफडा रहेको कर्मा सुनाउँछन् । 'कलाकारहरु पब्लिसिटीमा नआइदिएको समाचार धेरै सुनिन्छ । समय नभ्याउनु प्रमुख कारण होला। तर पारिश्रमिकको यस्तो समस्याले पनि कलाकारहरु प्रचारमा उपस्थित हुँदैनन्,' उनले भने, 'कलाकारहरुले प्रचारको बेला अनि नआएर बदला लिइदिनुहुन्छ ।' यो समस्या म्युजिक भिडियोदेखि विज्ञापनतिर पनि उस्तै छ । तर, कतिपय समयमा फिल्म नचलिदिँदा पनि पारिश्रमिक पूरा नपाउने गरेको कर्माको अनुभवले भन्छ । 'कतिवटा फिल्मको पैसा त मैले माया मारिसकेँ । अब कसलाई भन्न जाने ? कहाँ भन्न जाने ? धेरैजस्तो पारिश्रमिक पूरै नआएको फिल्म चाहिँ नचलेर पनि हो', उनले भने । फिल्म नचल्दा बलिउड कलाकारले पारिश्रमिक नै फिर्ता गरिदिएको कुरा पनि नाजिरसँग धेरै निर्माताले राखेका छन् । तर बलिउडमा फिल्म सुपरहिट हुँदा आम्दानीको रकम पनि कलाकारलाई थपिदिने बताउँदै यो अभ्यास नेपालको हकमा सान्दर्भिक नरहेको बताइदिन्छन् । उनको एउटै माग छ, 'म पैसा थपेर दिनुपर्छ भन्दिनँ । तर, पाउनुपर्ने पारिश्रमिक त समयमा देऊ ।'पछिल्लो समय कर्मा यस विषयलाई लिएर सजग पनि भएका छन् । अहिले त सुरुमै सबै पारिश्रमिक बुझेर मात्र फिल्ममा हस्ताक्षर गर्न थालेका छन् उनले । प्राविधिक समूहमा पनि पारिश्रमिकको समस्या सुनिन्छ । तर उनीहरुका हकमा तोकिएको समयावधि लम्बियो भने अर्को सम्झौता हुन्छ तर सुटिङ १ महिना लम्बियो भने कलाकारले उही पारिश्रमिकमा काम गर्नुपर्ने विडम्बना छ नेपाली फिल्म उद्योगमा । जुन पारिश्रमिक पाउन पनि कलाकारले अभिनय(नाटक) नै गर्नुपर्छ । नाजिरले २ फिल्मबाट अझै ७ लाख पाउन बाँकी छ । उनी यस्तो समस्याले काठमाडौं बसेर संघर्ष गर्ने आफूजस्ता कलाकारलाई पिरोल्ने गरेको बताउँछन् । 'कलाकारहरु कलाकारिताबाट बाँच्न गाह्रो भएर पन्छिन नपरोस् । सपना बोकेर यहाँ आएको कलाकारहरु त्यतिकै फर्केर जानु नपरोस्,' उनले भने, 'म जस्तो धेरै कलाकार हुनुहुन्छ जो काठमाडौंमा भाडा तिरेर बस्नुहुन्छ ।'समाधान के त ? अभिनेत्री केकी अधिकारी यो समस्या सुल्झाउन थर्ड पार्टी राखेर सम्झौता गर्नुपर्ने बताउँछिन् । 'जबसम्म हामी राम्रो टिम बनाएर थर्ड पार्टी राखेर सम्झौता गर्दैनौं तबसम्म यो समस्या रहिरहन्छ होला । हाम्रो पीआर टिम हुँदैन । कर्पोरेट कल्चर नभएको हुनाले यस्तो समस्या भएको हो,' उनले भनिन्, 'यो त हाम्रो उद्योगको ठूलै समस्या जस्तो लाग्छ मलाई । हामीले दुईवटा पार्टीबीच नै सम्झौता गरेको हुन्छ ।'अभिनेता नाजिर निर्माता आफै यस विषयउपर जिम्मेवार भइदिए समस्या समाधान हुने बताउँछन् । त्यसो त कलाकारको समस्या सुनिदिन चलचित्र कलाकार संघ पनि छ । पलले आफ्नो पारिश्रमिकको समस्याबारे धेरैअघि कलाकार संघमा पनि कुरा राखेका थिए । तर, फिल्महरुमा व्यस्त हुँदा कुरा त्यतिमै सीमित भइदियो । संघका अध्यक्ष रवीन्द्र खड्का कलाकारले आफ्नो पारिश्रमिकको समस्याबारे संघमा उजुरी गर्नुपर्ने बताउँछन् । 'कलाकारले आफ्नो समस्या संघमा राख्नुपर्‍यो । उजुरी आएपछि हामी दुई पक्षबीच वार्ता गराउँछौं,' उनले भने,'निर्माताले मानेन भने उहाँको फिल्म सेन्सरअघि रोक्न सक्ने अधिकार पनि हामीसँग छ ।'कतिपय अवस्थामा सम्झौता नगरी विश्वासकै आधारमा यसरी अगाडि बढ्दा पनि पारिश्रमिकको समस्या देखिने गरेको अध्यक्ष खड्काले बताउँछन् । 'संघमा जानकारी आएपछि हामी मुठ्ठी बाँधेर बस्दैनौं । उहाँहरुका लागि अगाडि बढ्छौं । तर कति अवस्थामा उहाँहरु विश्वासको आधारमा काम गर्नुहुन्छ । त्यसले पनि समस्या पार्छ' उनले भने ।निर्माता संघका अध्यक्ष आकाश अधिकारी कलाकारसँग पारिश्रमिकको सम्झौता पत्र छ भने सिधै संघमा सम्पर्क गर्न आग्रह गर्छन् । 'कसैलाई पनि मार पर्नु भएन । न कलाकार न प्राविधिक । निर्मातालाई पनि मार पर्नु भएन,' उनले भने, 'कलाकार र निर्माताले साथीभाइ सम्बन्धको आधारमा नभई व्यावसायिक हिसाबले नै सम्झौता गरेको हुनुपर्‍यो ।'
Entertainment
8,493
सेता थोप्ला भएको दुर्लभ जेब्रा
केन्याको मासाई मारा राष्ट्रिय निकुञ्जमा सेता थोप्ला भएको जेब्राको बछेडो फेला परेको छ।
https://www.bbc.com/nepali/news-49779890
जेब्राको शरीरमा सेता धर्सा हुन्छन्। तर छालाको रङ्ग कालो बनाउने मेलिनन अत्यधिक उत्पादन हुँदा यो जेब्रामा सेता धर्सा आंशिक रूपमा मात्रै बनेर थोप्लाको रूप लिएको अनुमान गरिएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
Others
63,899
एसबीआई र हेफरबीच सम्झौता
नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ ।
https://gorkhapatraonline.com/news/19898
काठमाडौँ, साउन ८ गते । नेपाल एसबीआई बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ । कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रमा बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृङ्खलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन बैङ्क र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको जनाइएको छ । यस साझेदारी को मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने बैङ्कले जनाएको छ ।   
News
40,589
१७ मन्त्रीको मन्त्रालय तोकियो [सूचीसहित]
प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।
https://ekantipur.com/news/2024/03/06/ministry-of-17-ministers-appointed-who-has-which-ministry-list-43-21.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।एमालेरघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारपदम गिरी, कानुन न्याय तथा संसदीय मामिलाहरि उप्रेती, रक्षाभगवती चौधरी, महिला बालबालिका राजेन्द्र राई, खानेपानीदामोदर भण्डारी, उद्योगज्वालाकुमारी साह, कृषिबलराम अधिकारी, भूमि व्यवस्थामाओवादी नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रवर्षमान पुन, अर्थशक्ति बस्नेत, उर्जारेखा शर्मा, सञ्चारहितबहादुर तामाङ, पर्यटनरास्वपारवि लामिछाने, उपप्रधान तथा गृहडीपी अर्याल, श्रमविराजभक्त श्रेष्ठ, युवा तथा खेलकुदसुमना श्रेष्ठ, शिक्षा
News
5,132
शिक्षामा सात दशक
गुरुका आश्रममा गएर वा गुरुले भनेका स्थानमा पुगेर शिक्षा आर्जन गर्ने परम्परा थियो । यसलाई गुरुकुल परम्परा भनिन्थ्यो । यसरी शिक्षा आर्जन गर्दा वर्षभरि आवश्यक पर्ने खाद्यान्न लिएर जाने चलन थियो । गुरुले चण्डी, रुद्री, व्याकरण, छन्द, ज्योतिष, वेद, कर्मकाण्ड, साधारण गणित आदि अध्यापन गर्थे । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा थापाथली दरबारमा अङ्ग्रेजी स्कुल स्थापना गरेपछि बल्ल आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । प्रधानमन्त्री देवशमशेरका
https://gorkhapatraonline.com/news/97101
गुरुका आश्रममा गएर वा गुरुले भनेका स्थानमा पुगेर शिक्षा आर्जन गर्ने परम्परा थियो । यसलाई गुरुकुल परम्परा भनिन्थ्यो । यसरी शिक्षा आर्जन गर्दा वर्षभरि आवश्यक पर्ने खाद्यान्न लिएर जाने चलन थियो । गुरुले चण्डी, रुद्री, व्याकरण, छन्द, ज्योतिष, वेद, कर्मकाण्ड, साधारण गणित आदि अध्यापन गर्थे । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा थापाथली दरबारमा अङ्ग्रेजी स्कुल स्थापना गरेपछि बल्ल आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । प्रधानमन्त्री देवशमशेरका पालामा धेरै पाठशाला स्थापना भए । उनलाई पदच्युत गरिँदैन थियो भने नेपालको शिक्षाले त्यसैबेला निकै छलाङ मारिसक्थ्यो । उनले विभिन्न विषय अध्ययनका लागि आठ जना विद्यार्थीलाई जापान पठाउने व्यवस्थाका लागि पहल सुरु गरेका थिए । पछि चन्द्रशमशेरका पालामा बल्ल ती विद्यार्थी जापान जान पाए । विसं २००७ फागुन ७ गते निरङ्कुश राणा शासन अन्त्य हुनुका साथै नयाँ राजनीतिक व्यवस्था स्थापना भयो । राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै आर्थिक र सामाजिक व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने राज्यको दायित्व हो । त्यसबेला नेपालको जनसङ्ख्या करिब ८० लाख थियो । साक्षरता दर करिब २ प्रतिशत थियो । उच्च शिक्षाका नाममा त्रिचन्द्र कलेज थियो । २००५–२००६ सालसम्ममा छ वटा हाइस्कुल भए । २०११ साल आइपुग्दा नपुग्दै ७७ देखि ८४ वटासम्म हाइस्कुल खुलिसकेका थिए । मुलुकमा विभिन्न खाले एक हजार ३२० वटा विद्यालय थिए । २०११ सालसम्म त महाविद्यालयको सङ्ख्या सात पुगिसकेको थियो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले विसं २००५ वैशाख १८ गते सिन्दुरजात्रा गर्दा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरे । विश्वविद्यालय योजना सभा गठन गरियो । विश्वविद्यालय स्थापनाका लागि पाँच लाख रुपियाँ विनियोजन गरिएको थियो । क्रान्तिको आगो दन्किन थालेपछि विश्वविद्यालय स्थापनाको विषय प्राथमिकतामा परेन र तुहिएर गयो ।२०११ सालमा नेपाल राष्ट्रिय शिक्षा आयोगले विश्वविद्यालय स्थापना गर्न सिफारिस गरेको थियो । विसं २०१२ चैत १८ गते तत्कालीन राजा त्रिभुवनकी दुवै रानीको इच्छाबमोजिम राजा त्रिभुवनको वार्षिक पुण्य तिथिमा टुँडिखेलमा सभाको आयोजना गरेर त्रिभुवन विश्वविद्यालयको घोषणा गरियो । विसं २०१५ असार ११ गते नेपालको पहिलो विश्वविद्यालयको भवन निर्माणका लागि शिलान्यास गरियो । २०१६ साल जेठमा त्रिभुवन विश्वविद्यालय ऐन जारी गरियो । २०१६ सालमा पहिलो परीक्षामा एक हजार ९३९ जना विद्यार्थी सम्मिलित भएका थिए । २०१७ सालबाट दीक्षान्त समारोह आयोजना गर्न लागेको त्रिविले यस वर्ष ४९ औँ दीक्षान्त समारोहको आयोजनासमेत गरिसकेको छ ।मुलुकमा प्रजातन्त्र प्राप्तिको डेढ दशकपछि निजी विद्यालय पनि खुल्ने क्रम सुरु भयो । छात्रा शिक्षा झाँगिँदै गयो । छात्रा विद्यालय पनि खुल्ने क्रम बढ्दै गयो । यतिबेला मुलुकमा झन्डै ३४ हजार विद्यालय छन् । यसबिचमा राजनीतिक व्यवस्था परिवर्तन हुने क्रम पनि जारी रह्यो । हरेक राजनीतिक परिवर्तनपछि नयाँ शिक्षाको अवधारणा पनि ल्याइयो । २०१८ सालमा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको प्रतिवेदन, २०४९ सालमा राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ सालको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याइए । मुलुकमा २०२८ सालमा ल्याइएको राष्ट्रिय शिक्षा पद्धतिले नयाँ शिक्षा लागु भयो । निजी शिक्षण संस्थालाई राष्ट्रियकरण गर्ने कार्य गरियो । व्यावसायिक शिक्षालाई अनिवार्य गरियो । धेरै समयसम्म राज्यले थेग्न नसक्दा राष्ट्रियकरणको अवधारणा २०३६ साल पुग्दा नपुग्दै तुहियो । पञ्चायती व्यवस्थाको अन्त्यपछि पुनः प्रजातन्त्र बहाली भयो र सरकारले नयाँ शिक्षा अवधारणा ल्यायो । २०६२/६३ को जनआन्दोलनले राजसंस्था सधैँका लागि अन्त्य ग¥यो । नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयनमा ल्याइयो ।सुधारशिक्षा प्रणालीमा सुधार गर्न, नयाँ विधिबाट अगाडि बढाउन र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन हुन सक्ने शिक्षा पद्धतिको माग हुँदै आयो । २०७५ सालमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिससहितको प्रतिवेदन प्रस्तुत ग¥यो । त्यसलाई औपचारिक रूपमा सार्वजनिक गरिएन तर त्यसैको जगमा उभिएर २०७६ सालमा राष्ट्रिय शिक्षा नीति ल्याइयो । २०७९ सालमा शिक्षाको सोचपत्र पनि लागु गरिएको छ ।शिक्षामा समयानुकूल परिवर्तन भएको छ । सामुदायिक शिक्षा निःशुल्क बनाइएको छ । निःशुल्क दैनिक खाजा उपलब्ध गराइएको छ । पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने गरिएको छ । छात्राले सेनेटरी प्याड निःशुल्क पाउँछन् । विद्यालयमा सबैको पहुँच अभिवृद्धि गरिएको छ । समावेशी शिक्षा कार्यान्वयनमा आएको छ । परीक्षा प्रणालीमा परिवर्तन गरिएको छ । विद्यालय तहमा नयाँ संरचना लागु गरिएको छ । कक्षा १–८ (आधारभूत तह) र कक्षा ९–१२ (माध्यमिक तह) बनाइएको छ । कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तह मानिएको छ । माध्यमिक तहमा साधारण र प्राविधिक गरी दुई धारको शिक्षा उपलब्ध गराइएको छ । उच्च शिक्षामा स्नातक तह कम्तीमा चार वर्षको बनाइएको छ । विद्यालयदेखि उच्च शिक्षासम्म अक्षराङ्कन पद्धतिबाट विद्यार्थीको मूल्याङ्कन गर्ने परिपाटी थालिएको छ । कक्षा १–८ मा स्थानीय पाठ्यक्रम वा मातृभाषामा शिक्षा उपलब्ध गराउने व्यवस्थाले विद्यार्थीले आफ्नो मातृभाषा संरक्षण गर्ने वा बसोबास गरेको भूगोलका बारेमा जानकार हुने अवस्था बनेको छ । छात्रवृत्तिमा चिकित्सा शिक्षा, इन्जिनियरिङलगायतका महँगो शिक्षा प्राप्त गर्ने अवसर मिलेको छ ।समस्याकुल राष्ट्रिय बजेटको सबैभन्दा बढी लगानी शिक्षामा छ । यति हुँदाहुँदै समस्या पनि छन् । सबैलाई साक्षर तुल्याउन सकिएको छैन । विद्यार्थीलाई शिक्षण संस्थासम्म ल्याउने, टिकाउने, सिकाउने र बिकाउनेमा समस्या छ । राज्यले शिक्षामा गरेको लगानीको अधिक हिस्सा शिक्षक तथा कर्मचारीको तलबमै खर्च हुन्छ । सिकाइ वा शैक्षिक पूर्वाधारमा लगानी कम छ । विश्वमा सूचना प्रविधिले व्यापक फड्को मार्दा पनि परम्परागत विधिलाई छाड्न सकेका छैनौँ । जिम्मेवारी, उत्तरदायी र कर्तव्यबोधको कमी छ । दूरदृष्टिको पनि उत्तिकै कमी छ । पछिल्लो समय युवा स्वदेशमा बस्नै नचाहने परिस्थिति सिर्जना भएको छ । नेपालका विश्वविद्यालय रित्तो हुँदै जानु र विद्यार्थीको भिड ‘नो अब्जेक्सन लेटर’ लिने लाममा हुनुलाई शुभ मान्न सकिँदैन । विश्वका विश्वविद्यालयले अध्यापन गर्ने अधिकांश विषय नेपालमै पढ्न पाइन्छ । यस्तो सुविधा र पहुँच हुँदाहुँदै पनि विद्यार्थीको आकर्षण विदेश हुनु सोचनीय पक्ष हो । यसले देशको अर्थ व्यवस्थालाई असर गर्नुका साथै मुलुकको समग्र विकासमा नै धक्का पर्ने निश्चित छ । समाधाननिरक्षरता उन्मूलन हुन नसकेको सन्दर्भमा राज्यले उपलब्ध गराउने सेवासुविधासँग साक्षरतालाई जोड्न सक्नु पर्छ । विद्यालय शिक्षामा २०७६ सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप कार्यान्वयन भयो । अब पाठ्यक्रममा देखिएका समस्याबारे समीक्षा गर्ने समय आयो । विज्ञले बनाएका पाठ्यक्रम पूर्ण हुन्छन् र सुधार जरुरी हुँदैन भन्नु गलत हुन्छ । जतिसुकै अब्बल पाठ्यक्रम तयार गरिए पनि कार्यान्वयनका क्रममा तिनमा कहीँकतै समस्या पक्कै फेला  पर्छ । शिक्षकवृत्तबाट बेलाबखतमा कमजोरी उठान हुँदै आएको छ । तिनलाई सम्बोधन गर्ने अवसर प्रारूप समीक्षाका माध्यमबाट दिइनु  पर्छ । उच्च शिक्षाका कतिपय विषय बजारमा बिकाउ छैनन् । विद्यार्थीको रुचि वा आकर्षण नभएका विषयलाई हटाउने वा त्यसलाई बजारसँग जोड्ने नयाँ उपाय अवलम्बन गर्नु  पर्छ । नयाँ विषय थप गर्दै लैजाने उपाय हुन सक्छ । रोजगारीलाई पनि उत्तिकै समानान्तर रूपमा अगाडि बढाउनु  पर्छ । रोजगारीका अवसर उपलब्ध नगराउँदासम्म युवालाई स्वदेशमा टिकाउन सकिँदैन । प्राविधिक विषयका शिक्षण संस्थाको विस्तार जरुरी छ । साधारण शिक्षामा पनि छोटो अवधिका प्राविधिक तालिमलाई जोड्न सक्दा स्वरोजगारी सिर्जनामा मद्दत पुग्छ । बितेको ७३ वर्षमा शिक्षाले साँच्चिकै फड्को मारेकै हो । मुलुक सङ्घीयतामा गइसकेपछि विद्यालय तह स्थानीय सरकारलाई जिम्मा लगाइएको छ । स्थानीय सरकारले विद्यालय तहको शिक्षामा राम्रा र नौला अभ्यास थालेका छन् । पछिल्लो समय प्रादेशिक विश्वविद्यालय पनि स्थापना हुन थालेका छन् । विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम पनि स्वदेशमा उपलब्ध छ । शिक्षाकै लागि विदेश जानैपर्ने बाध्यता हुँदै होइन । यससँग रोजगारीका विषय जोडिन्छन् । शिक्षा र रोजगारी सिर्जना राज्यको दायित्व हो । यी दुवैलाई जोड्ने उपाय निकालौँ । भौगोलिक सौन्दर्यका कारण पनि विदेशी विद्यार्थीलाई आकर्षण गर्न सक्ने अवस्था छ । विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न सहज वातावरण तयार गरिदिनु  पर्छ । यसका लागि राजनीतिक इच्छाशक्ति प्रमुख हो । तसर्थ यस मामिलामा सबै दलको साझा सङ्कल्प हुनु अपरिहार्य छ ।   
News
46,038
स्तन क्यान्सर कसरी पत्ता लगाउने
कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति , व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-45017603
पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको विज्ञहरू बताउँछन्। नेपालमा क्यान्सर रोगको अवस्था तिनको जाँच गर्ने विधि र उपचारका विषयमा यो साता काठमाण्डूमा एक सम्मेलनमा विज्ञहरूले छलफल गरिरहेका छन्। क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाई पनि त्यो सम्मेलनमा सहभागी भइरहेकी छिन्। जाँच उनी भन्छिन्, "नदुख्ने गाँठो आएको थाहा पाउने बित्तिकै त्यो क्यान्सर रोगको लक्षण हो कि होइन भनेर जाँच गराउनु पर्छ। स्तन वा अन्य अङ्गको गाँठो ठूलो भएर रगत बग्न थालेपछि जाँच्न आउने होइन।" चिकित्सकहरू भन्छन् बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ। नेपालमा खाना नली र स्तन क्यान्सरको अवस्थाबारे क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानीको अंश सुन्न अडिओ लिङ्कमा थिच्नुहोला। क्यान्सरको औषधिको मूल्यमा 'मनोमानी' क्यान्सर परीक्षणमा ठूलो उपलब्धि: वैज्ञानिक
Others
64,199
नेसनल लाइफद्वारा तालिम सञ्चालन
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।प्रशिक्षणबाट कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागि उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ ।
https://gorkhapatraonline.com/news/112973
काठमाडौँ, असार ८ गते । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।प्रशिक्षणबाट कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागि उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ । विविध पक्षलाई समेटेर तयार पारिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यावसायिकतामा वृद्धि हुने र कर्मचारीलाई स्वस्थ्य वातावरणमा नवीनतम ढङ्गले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  
News
34,105
ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड
इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो । 
https://ekantipur.com/entertainment/2024/05/03/awards-to-wheels-on-the-bus-in-trento-27-57.html
काठमाडौँ — इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो । १६ मिनेट लामो यो फिल्म फेस्टिभलको हाइल्यान्ड शीर्षकमा छनौट भएको थियो । फिल्ममा फरक वर्गका दुई मित्रहरुको मित्रतामार्फत समाजमा विद्यमान रहेको जात व्यवस्था र विभेद प्रस्तुत गरिएको छ ।बर्लिन फिल्म फेस्टिभलको जेनेरेसन के प्लसतर्फ विश्व प्रिमियर भएको यो फिल्मले विकास बोर्डले आयोजना गरेको 'राष्ट्रिय लघु फिल्म प्रतिस्पर्धा' तर्फ प्रथम अवार्ड, किम्फलगायत थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । फिल्मलाई जगदीश हमाल, राजेशप्रसाद खत्री र निर्देशक सूर्य मिलेर लेखेका हुन् । यो फिल्मलाई सुशान्त श्रेष्ठले निर्माण गरेका हुन् ।
Entertainment
7,166
‘पशुपति प्रसाद २’ छायांकन सकियो
नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सकिएको छ । निर्देशक दीपेन्द्र के खनाल सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गर्दै फिल्मको करिब दुई महिनाको अवधिमा फिल्मको छायांकन सकिएको उल्लेख गरेका हुन् । ‘लगभग २ महिनाको परिश्रम र मिहिनेतका साथ आज फिल्मको छायांकन सकिएको छ,’ फेसबुकमा उनले लेखेका छन् ।
https://ekantipur.com/entertainment/2023/05/19/168446578385486220.html
काठमाडौँ — नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सकिएको छ । निर्देशक दीपेन्द्र के खनाल सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गर्दै फिल्मको करिब दुई महिनाको अवधिमा फिल्मको छायांकन सकिएको उल्लेख गरेका हुन् । ‘लगभग २ महिनाको परिश्रम र मिहिनेतका साथ आज फिल्मको छायांकन सकिएको छ,’ फेसबुकमा उनले लेखेका छन् ।फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रीविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, मिस्श्री थापा, सजन थापा मगरलगायतका कलाकारले अभिनय गरेका छन् । टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । उनी फिल्मको निर्माता पनि हुन् । कृष्ण थापाले छायांकन गरेको फिल्मको सम्पादन दीर्घ खड्का गर्नेछन् । फिल्म आगामी बडादसैंको फूलपातीका दिन रिलिज हुने जनाइएको छ ।
Entertainment
7,601
सीमा सुरक्षाका लागि नेपाली सेनामा अलग्गै संरचना
नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले कार्य प्रारम्भ गरेको जनाएको छ।
https://www.bbc.com/nepali/news-50429214
गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाल, भारत र चीन नजिकैको त्रिदेशीय विन्दुमा रहेको कालापानीलाई भारतमा राखेपछि उत्पन्न परिस्थितिबीच सेनाले तीन महिनाअघि आफ्नो सीमा अनुगमन संयन्त्र गठन भएको जनाएको हो। हाल नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको छ। नयाँ निर्देशनालय अघिल्लो साल फाल्गुनमा रक्षामन्त्री ईश्वर पोखरेलको तहबाट भएको निर्णयमा राष्ट्रिय सुरक्षासम्बन्धी दुइपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजहरूको संरक्षण तथा अनुसन्धानलाई प्रवर्धन गर्न अनुसन्धान केन्द्र बनाउन नेपाली सेनालाई निर्देशन दिइएको थियो। त्यसकै आधारमा गएको चैत्रमा रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्राचार गरेको थियो जसलाई टेकेर हालै सीमाको सर्भे र अनुगमनको जिम्मेवारी दिएर निर्देशनालयलाई सञ्चालनमा ल्याइएको सेनाको भनाइ छ। सहायक रथीको नेतृत्वमा रहने उक्त निकायको दरबन्दी र जिम्मेवारी सहितका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्न भने बाँकी छ। सेनाको समग्र सङ्गठनात्मक सुधार सहितको प्रस्तावसँगै यस विषयको जानकारी सरकारलाई बुझाउने पाण्डे बताउँछन्। उनले भने, "अहिले हामीले काम सुरु गर्न एक जना ब्रिगेडियर जनरललाई जिम्मेवारी दिएर निर्देशनालयलाई अघि बढाएका छौँ।" "यस मातहतमा तीनवटा शाखा राख्ने र लगभग ६० देखि ७० जना जनशक्ति खटाउने अनि सीमा सुरक्षा सम्बन्धी सेनाको मूल इकाइका रूपमा विकास गर्दै लैजाने हाम्रो सोचाइ छ।" पाण्डेका अनुसार हाल उक्त निर्देशनालयलाई निम्न जिम्मेवारी दिइएको छ: उक्त निर्देशनालय अन्तर्गत सीमा अनुगमन तथा समन्वय महाशाखा, सन्धि सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा र सर्भे महाशाखा रहनेछन्। हाल नेपाली सेनाको सर्भे हेर्ने निकायले आफ्ना भवन तथा जग्गासम्बन्धी काम मात्र हेर्दै आएको छ। श्रोत साधन बीबीसी बहस: कालापानी सीमा विवादको हल प्रवक्ता पाण्डे भन्छन्, "भविष्यमा आउने जिम्वेवारीलाई पनि ध्यान दिएर अहिलेको अवस्थामा हामीले यो संरचना गठन गरेका हौँ।" रक्षा मन्त्रालयका प्रवक्ताले नेपाली सेनामा गठन भएको भनिएको निर्देशनालयबारे आफूले बुझिरहेको बीबीसीलाई बताएका छन्। कतिपय विज्ञहरूले सीमा सुरक्षाका लागि हाल जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल सहितका निकायहरूलाई श्रोतसाधनसम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। नेपालको तीन दिशामा भारतसँग १,७५१ किलोमिटर लामो खुल्ला सीमा रहेको छ। नेपाल र भारतबीच कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रको नक्साङ्कनमा सहमति भइसकेको दुवै देशका अधिकारीहरूले बताउने गरेका छन्। उत्तरतर्फ नेपाल र चीनबीच १,४१४ किलोमिटर लामो सीमा रहेको छ।
Others
69,140
एपीएफ विजयी
हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा शुक्रबार सुरु केशवलाल स्मृति राष्ट्रिय पुरुष भलिबलमा एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
https://ekantipur.com/sports/2017/09/16/20170916065624.html
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा शुक्रबार सुरु केशवलाल स्मृति राष्ट्रिय पुरुष भलिबलमा एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले युवा तथा खेलकुद समन्वय समितिसँग मिलेर आयोजना गरेको हो । एपीएफले घरेलु टोली मकवानपुरलाई २५–१५, २५–१८, २५–१२ को सेटमा पराजित गरेको थियो ।खराब प्रकाशका कारण त्रिभुवन आर्मी र नेपाल प्रहरीबीचको खेल हुन सकेन । यो खेल पुन: शनिबार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा एपीएफ, आर्मी र प्रहरीसहित पूर्वाञ्चल, पश्चिमाञ्चल, सुदूरपश्चिम, आयोजक, सिपापोखरे युवा सञ्जाल सिन्धुपाल्चोक गरी ८ टोली सहभागी छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता विजेताले विजेता २ लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले क्रमश: ५० र २५ हजार रुपैयाँ पाउने छन् । हेटौंडा निवासी तत्कालीन भलिबलका मुख्य राष्ट्रिय प्रशिक्षक श्रेष्ठको २०७२ साल वैशाख १२ को भूकम्पमा परेर निधन भएको थियो । प्रतिष्ठानले हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयपरिसरमा श्रेष्ठको अर्धकदको शालिक निर्माण गरेको छ । 
Sports
31,452
चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाले सामान
काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।
https://gorkhapatraonline.com/news/12533
काठमाडौँ, वैशाख ३०  गते  । काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्न‘भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले तीन वर्ष लगाएर यसको निर्माण सम्पन्न गरेको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अहिलेसम्म १० वटा ट्रक सामान लिएर चोभारमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सञ्चालन भएको एक महिना मात्रै भएकाले धेरै सामान आउन सकेका छैन । नयाँ बन्दरगाह भएकाले यसबारे जानकारी पाउन समय लाग्ने हुँदा बिस्तारै आवागमन बढ्छ ।” व्यवसायी र व्यापारी भैरहवा, विराटनगर, वीरगञ्जमा सामान लैजान बानी परेका र चोभार नयाँ बन्दरगाह भएकाले पनि बुझ्न समय लाग्ने उहाँले बताउनुुभयो । यस विषयमा निजी क्षेत्रसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने गजुरेलको बताउनुभयो । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) बन्द भएको र आयातमा कडाइ गरिएकाले धेरै सामान आउन नसकेको बताउनुभयो । चोभार सुक्खा बन्दरगाहसम्म सामान ल्याउन छुट्टै एलसी खोल्नुपर्ने र भन्सार बिन्दुमा कर र भ्याट दुवै शुल्क तिर्न‘पर्ने भएकाले व्यवसायीले सामान ल्याउन नसकेको उहाँले जानकारी दिनुभयो । चोभार सुक्खा बन्दरगाहले आयात निर्यात व्यापारमा सहजीकरण गर्ने सम्भावना रहे पनि अझै केही समस्या रहेको निजी क्षेत्रले बताएका छन् । समितिले बन्दरगाहमा सबै पूर्वाधार तयार भएको बताए पनि मालवाहक सवारीसाधनका लागि पार्किङ स्लट, स्टोर र वितरण सेन्टर अझै तयार भइनसकेको निजी क्षेत्रले जनाएका छन् ।व्यवसायीहरूले वीरगञ्ज, भैरहवा भन्सारका लागि एलसी खोलिसकेकाले चोभारमा तत्काल आकर्षण नदेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो । अन्य नाकाबाट आउँदा कन्टेनरको ‘लक’ बिग्रिएको अवस्थामा र तोकेकै समयमै ट्रक आइनपुगेको अवस्थामा भन्सार र जरिवाना गरी तिर्न‘पर्ने रकम २०० प्रतिशत हुन्छ । बाटोमा चालकले बदमासी गरेर ‘लक’ बिगारे थप रकम तिर्नुपर्छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष अधिकारीका अनुसार सिपिङ कन्टेनर काठमाडौँ ल्याउँदा कन्टेनरमा समस्या भए बीमाको सुविधा नरहेको र कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने भन्ने समस्या छ ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहले आयातित वस्तु काठमाडौँ ल्याउन र यहाँबाट निर्यात गर्न सहजीकरण गर्ने बताउनुभयो । मुलुकमा हुने कुल आयात निर्यात व्यापारको करिब ५० प्रतिशत काठमाडौँबाटै हुने भएकाले चोभार सुक्खा बन्दरगाह उपलब्धिमूलक भएको उहाँले बताउनुभयो ।  यो बन्दरगाहबाट पस्मिना, हस्तकलाका सामान, कार्पेट, जडीबुटीलगायतका सामानको ब्रान्डिङ गरेर निर्यात गर्न सकिने उहाँले जानकारी दिनुभयो । चोभार बन्दरगाहको सम्भावना धेरै रहेकाले साना–ठूला निर्यातकर्ताका लागि उपयुक्त रहेको व्यवसायीको भनाइ छ । समितिका अनुसार पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । यो बन्दरगाहभित्र भन्सार जाँचपाँस कार्यलय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेका छन् । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा यो बन्दरगाह निर्माण भएको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।
News
41,048
रैथाने बालीको बिउ बैङ्क स्थापना
गाउँपालिका र सहकारी संस्थाको समन्वयमा रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको छ । रैथाने बालीको संरक्षण तथा विविधीकरण गर्नका लागि बैङ्क स्थापना गरिएको हो । सर्केगार्ड गाउँपालिका–७ का स्थानीय कृष्णप्रसाद जैसीले बुधबारबाट रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको बताउनुभयो ।
https://gorkhapatraonline.com/news/65364
हुम्ला समाचारदाताहुम्ला, जेठ ११ गते । गाउँपालिका र सहकारी संस्थाको समन्वयमा रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको छ । रैथाने बालीको संरक्षण तथा विविधीकरण गर्नका लागि बैङ्क स्थापना गरिएको हो । सर्केगार्ड गाउँपालिका–७ का स्थानीय कृष्णप्रसाद जैसीले बुधबारबाट रैथाने बालीको बिउ बैङ्क स्थापना गरिएको बताउनुभयो । घरघरमा छरिएर रहेको बिउलाई एकीकृत रूपमा बिक्री वितरण गर्न सो बैङ्क स्थापना गरिएको हो । उक्त वडाको थुम कृषि सहकारी संस्थाले रोडिकोट गाउँको कार्कीबाडामा सामुदायिक बिउ बैङ्क स्थापना गरेको हो । बैङ्कमा स्थानीय रैथाने बाली चिनो, कागुनो, सिमी, मकै, कोदो, मार्सी धान, गहुँ, जौ, उवा, भट्ट र तरकारीमा प्याजलगायत रहेका छन् । एउटा भाडाको घरमा कोठा लिएर बिउ बैङ्क स्थापना गरिएको छ । बैङ्कमा राखिएका बिउहरूको गुणस्तरसमेत परीक्षण गरिएको छ । सहकारीले आफ्ना सदस्य सबैलाई सो बैङ्कबाट सीमित मुनाफा लिएर बिउ बिक्री गर्ने छ । त्योसँगै जिल्लाका अन्य किसानले पनि बिउ खरिद गर्न सक्ने छन् । बिउ बैङ्क स्थापनाका लागि स्थानीय सहयोगी संस्था सिप नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको र त्यसको बजारीकरणको समेत सहजीकरण गर्ने सिप नेपालका फिल्ड संयोजक कालीबहादुर भण्डारीले बताउनुभयो ।   
News
37,979
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 
https://ekantipur.com/news/2024/03/28/national-assembly-vice-speaker-urmila-aryal-resigned-37-21.html
काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर बीचमा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएको बताइएको छ । गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए । त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ को सहमतिमा भने उक्त कुरा राखिएको थिएन ।
News
4,559
हदम्याद हटाउने निर्णय अध्ययनपछि मात्र
प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । अब विधेयकमा ७२ घण्टासम्म संशोधन दर्ताको समय हुनेछ । हाल माग भइरहेको बलात्कार मुद्दाको हदम्याद हटाउनेलगायतका विषयमा यही चरणमा सांसदहरूले संशोधन दर्ता गर्न सक्नेछन् ।
https://gorkhapatraonline.com/news/15187
काठमाडौँ, जेठ २४ गते । प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । अब विधेयकमा ७२ घण्टासम्म संशोधन दर्ताको समय हुनेछ । हाल माग भइरहेको बलात्कार मुद्दाको हदम्याद हटाउनेलगायतका विषयमा यही चरणमा सांसदहरूले संशोधन दर्ता गर्न सक्नेछन् । संसद् अधिवेशन प्रारम्भसँगै जारी अन्य अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस नभए पनि यौन हिंसाविरुद्धको अध्यादेश प्रतिस्थापनको प्रक्रिया भने अघि बढाइएको हो । अध्यादेशलाई अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापन गरिसक्नुपर्नेछ । संशोधन दर्ताका लागि अनुमोदित विधेयकमा अब संशोधनको प्रतिवेदनसहितको विधेयक पुनः प्रतिनिधि सभामा पेस हुनेछ । त्यसपछि सदनले दफाबार छलफलको प्रक्रिया तय गर्नेछ । समिति वा सदनमै दफाबार छलफल गरेर छलफलको प्रतिवेदनसहित विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ । विधेयकमाथिको छलफलमा सांसदहरूले बलात्कारसम्बन्धी मुद्दाको हदम्यादबारे पर्याप्त छलफल आवश्यक रहेको बताउनुभयो । छलफलमा भाग लिँदै कांग्रेस सांसद मीन विश्वकर्माले पर्याप्त छलफलबाट मात्र हदम्यादको विषय निष्कर्षमा पुग्न आवश्यक हुने बताउनुभयो । हदम्याद नभएको अवस्थामा दुरुपयोग हुन नहुनेबारे पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । यस्तै एमाले सांसद् गङ्गा चौधरीले हदम्याद हुनुपर्ने बताउनुभयो । केही मुद्दाकै उदाहरण दिएर उहाँले हदम्याद नहुँदा दुरुपयोग हुने धारणा राख्नुभयो । यस्तै सांसद अमृता थापा तथा दुर्गा पौडेलले सर्वपक्षीय अध्ययनबाट हदम्यादबारे निर्णय गर्न उचित हुने बताउनुभयो । सांसदका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री कोइरालाले अध्ययनपछि सरकार हदम्यादबारे निर्णयमा पुग्ने बताउनुभयो । पछिल्लो समय हदम्याद हटाउन माग बढेपछि कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिइएको उहाँको भनाइ छ । आयोगले अन्तर्राष्ट्रिय अनुभव सर्वोच्चका फैसलासमेत अध्ययन गरेर दिएको प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनको सुधार एउटा परिघटनाका आधारमा मात्र भन्दा समाजको सर्वपक्षीय अध्ययनबाट हुनुपर्छ । हामीले पछिल्लो समय उठेका मागबारे कानुन आयोगलाई अध्ययन गर्न भनेका छौँ । सो प्रतिवेदन आएपछि हामी कुन–कुन कानुन सुधार आवश्यक छ अघि बढ्छौँ ।”विधेयकमा के छ ?दुई विधेयकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकले प्रमाण ऐन, न्याय प्रशासन ऐन, मुलुकी अपराधसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनका केही व्यवस्था संशोधन गर्नेछ । करणी कसुर र तेजाब आक्रमणबाट ज्यान गएमा, अङ्गभङ्ग भए तथा शारीरिक रूपमा क्षति पुगेमा कसुरदारलाई कैद छुट नहुने व्यवस्था अध्यादेशमा उल्लेख छ । अध्यादेशकै व्यवस्था प्रतिस्थापन विधेयकमा पनि निरन्तरता दिइएको हो । यस्तै करणीका मुद्दाहरू मिलापत्र गराएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ । प्रतिस्थापन विधेयकमा पनि सोही व्यवस्थालाई निरन्तरता दिइएको हो । यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले मिलापत्र गराएमा थप छ महिना कैद हुने अध्यादेशमा उल्लेख छ । करणी कसुरका मुद्दामा कसुरदारलाई हुने जरिवाना पनि बढाइएको छ । यस्तै झुटा उजुरी वा बकपत्र गर्नेलाई कसुरदारलाई हुने सजायको आधा कैद हुने व्यवस्था अध्यादेशमा उल्लेख छ । अध्यादेशको व्यवस्था नै प्रतिस्थापन विधेयकमा पनि निरन्तरता दिइएको हो । 
News
62,975
एपीएफका खेलाडी पुनः ड्युटीमा
कोभिड १९ को प्रकोपले सम्पूर्ण खेलकुद कार्यक्रम बन्द भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडी आ–आफ्नो ड्युटीमा फर्किएका छन् । 
https://ekantipur.com/sports/2020/04/02/158582699336762242.html
काठमाडौँ — कोभिड १९ को प्रकोपले सम्पूर्ण खेलकुद कार्यक्रम बन्द भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडी आ–आफ्नो ड्युटीमा फर्किएका छन् । कुनै पनि खेलकुद कार्यक्रम नभएपछि गृह मन्त्रालयको आदेशअनुसार बुधबारदेखि खेलाडीलाई ड्युटीमा फर्काइएको हो । बुधबार सम्पूर्ण खेलाडीलाई ड्युटीमा बोलाइएको थियो भने बिहीबार सागमा समावेश भएका खेलाडीलाई ड्युटीमा नबोलाउने भनिएको उच्च स्रोतले बताएको छ ।राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी दुवै दिन ड्युटीमा गइन् । ‘बुधबार र बिहीबार ड्युटीमा आयौं, भर्खरै मात्रै सागमा समावेश खेलाडीलाई नबोलाउने जानकारी दिइएको छ,’ उनले भनिन् ।
Sports
25,365
लिभरपुल समूह चरण नजिक
किशोर खेलाडी ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले युरोपेली डेब्यूमा फ्रि–किकबाट उत्कृष्ट गोल गरेपछि लिभरपुलले मंगलबार घर बाहिर होफेनहेइमलाई २–१ ले हरायो ।
https://ekantipur.com/sports/2017/08/17/20170817064138.html
बर्न — किशोर खेलाडी ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले युरोपेली डेब्यूमा फ्रि–किकबाट उत्कृष्ट गोल गरेपछि लिभरपुलले मंगलबार घर बाहिर होफेनहेइमलाई २–१ ले हरायो । यो जितले लिभरपुल युरोपेली च्याम्पियन्स लिगको समूह चरण नजिक पुग्यो । लिभरपुलका गोलरक्षक सिमोन मिग्नोलेटले सुरुमै पेनाल्टी बचाउ गरे । त्यसयता जेम्स मिल्नरको प्रहार हार्भड नोर्डभेटसँग डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत भयो । कसिम नुबुले खेलको अन्तिम क्षणतिर गरेको पीडादायी आत्मघाती गोल मदतले सीएसकेए मस्कोले योङ ब्वाइजलाई १–० ले हरायो । यता लिभरपुलका लागि पहिलो हाफ सकिन १० मिनेटअगाडि १८ वर्षीय अलेक्जान्डर आर्नोल्डले गोल गरेका हुन् । उनले डिसेम्बरमा मात्र प्रिमियर लिगमा डेब्यू गरेका थिए । 
Sports
31,730
दुर्घटनाको जोखिम घटाउने योजनामा ट्राफिक प्रहरी
चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ ।
https://gorkhapatraonline.com/news/81006
जानु पाण्डेकपिलवस्तु, असोज १९ गते । चाडपर्वमा सवारी दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी सक्रिय रहेको छ । त्यसकालागि आज यातायात व्यवसायीबीच अन्तरक्रिया गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रुबाहक सवारी साधन, अटो व्यवसायीवीच दुर्घटनाको जोखिम कम हुनेखालका योजना लागुगर्ने सहमती भएको छ । सवारी साधनको प्राविधिक चेँकजाँच गर्ने, चालकको मापसे र लापसे चेँकजाँच गर्ने, तोकिएभन्दा धेरै यात्रु नराख्ने, यात्रु सहायता कक्ष सञ्चालन गर्ने विषयमा छलफल भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो । बसपार्क नभएका स्थानमा चोकमा बस लाग्ने भएको हुँदा सडक व्यापारीको कारण दुर्घटनाको जोखिम हुन सक्ने यातायात व्यवसायीले गुनासो गरेका छन् । चाडपर्व सुरु भएपछि यात्रुको चाप बढ्ने हुँदा सवारी साधनको पहुँच बढाउने पश्चिमाञ्चल यातायात प्रालिका कर्मचारी रामु बेल्वासेले बताउनुभयो । 
News
53,422
पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
https://gorkhapatraonline.com/news/64798
यादवराज पुरीरौतहट, जेठ ५ गते । रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्दै आएको छ । १८ वटा स्थानीय तह रहेको रौतहटमा बौधिमाई, देवाहीगोनाही, परोहा, गरुडा, चन्द्रपुर, माधवनारायण, फतुवावीजयपुर र गौरसहित आठ वटा नगरपालिकामा पूर्णखोप सुनिश्चितता भइसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख  सुरेशप्रसाद यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार सुनिश्चितता भएको ती पालिकामा पूर्णखोप दिगोपन कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।बाँकी १० वटा पालिकामा खोप कार्यक्रम तीव्रताकासाथ अघि बढेको छ । पालिकाका प्रत्येक वडाको तीनदेखि पाँच स्थानमा खोप केन्द्र स्थापना गरी निरन्तररुपमा खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालय रौतहटका ‘खोप फोकल पर्सन’ अनिलकुमार कर्णले माघ, फागुन र चैत महिनामा खोप बाट वञ्चित वा पूर्ण खोप नलिएका बालबालिकाको खोजी गरी उनीहरूलाई खोप लगाउने गरेको बताउनुभयो । उहाँकाअनुसार खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई पनि खोप लगाइँदै छ ।बच्चा जन्मेदेखि १५ महिनासम्म लगाइने विभिन्न रोग प्रतिरोधात्मक खोपले बालबालिकामा हुने क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, निमोनिया, पोलियो, दादुरा रुबेला, इन्फ्ल्युन्जा, टाइफाइड, झाडापखालालगायत १३ प्रकारका प्राणघातक रोगबाट बचाउने फोकल पर्सन कर्णले जानकारी दिनुभयो ।
News
56,397
नीति तथा कार्यक्रम: 'महिला मुद्दामा फितलो'
सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा महिलाका लागि विशेष कार्यक्रम ल्याउन नसकेको भन्दै महिला अधिकारकर्मीहरूले गुनासो गरेका छन्।
https://www.bbc.com/nepali/news-44203201
लामो समयपछि बनेको स्थिर सरकारले आर्थिक समृद्धि, औद्योगिकीकरण जस्ता विषय अघि सारे पनि त्यसमा महिलालाई कसरी समावेश गर्ने र उनीहरूको आयआर्जन कसरी बढाउने जस्ता विषय उल्लेख नै नभएको उनीहरूको भनाइ छ। महिलासँग सम्बन्धित उठेका केही विषय पनि यसअघिका सरकारले ल्याएका कार्यक्रमको निरन्तरता मात्र रहेको उनीहरूले बताएका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमवार संसद्‌मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आर्थिक समृद्धि हासिल गर्ने, पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाइने, र ‍औद्योगिकीकरणमा जोड दिने बताइन्। तर आर्थिक समृद्धि र औद्योगिकीकरणको अभियानमा महिलालाई कसरी समावेश गर्ने र यसबाट उनीहरूलाई कसरी लाभान्वित गर्न सकिन्छ भन्ने संकेत नगरेको अर्थविद् मीना आचार्यले बताइन्। अभियान सरकारले समावेशितालाई अंगीकार गर्न नसकेको प्रस्ट भएको अर्थविद् आचार्य बताउँछिन्, "महिलाहरूकै लागि भनेर यस नीति तथा कार्यक्रममा केही पनि ल्याइएको छैन। व्यावसायिक शिक्षाको कुरा गरिएको छ। तर यसमा महिलालाई कसरी समावेश गर्ने भनी केही उल्लेख भएको छैन। यस्तै कृषिको कुरा गर्दा कृषिमा लागेका महिलाको ज्ञान बढाउने भनेर एक वाक्य त आउन सक्थ्यो नि! त्यो पनि छैन।" समान ज्याला, सबैको आय समान बनाउने, लैङ्गिक हिंसाविरूद्ध अभियान चलाउने खालका कार्यक्रम सरकारले ल्याउने राष्ट्रपतिले बताएकी थिइन्। संसद्‌मा उनले भनिन्, "नेपालीबीचको आय असमानता कम गर्दै लगिने छ। गुणस्तरीय शिक्षा, सीप विकास, खानेपानी तथा सरसफाइमा लगानी वृद्धि गरिने छ। आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गरिने छ। " पुरानै तर यसमध्ये महिलासँग सम्बन्धित धेरै कार्यक्रम नयाँ नभएको अर्थविद् मीना आचार्यको भनाइ छ, "महिला हिंसा र सामाजिक कुरीतिविरूद्ध अभियान सञ्चालन गर्न भन्ने कार्यक्रम पहिलेदेखि नै चल्दै आएको हो। अर्बौँको बजेटभित्र राष्ट्रपति महिला उत्थान कार्यक्रम एकदम सानो कार्यक्रम हो। यस्तो सानो कार्यक्रमले महिलाका समस्या समाधान हुन सक्दैनन् भनेर हामीले पहिलेदेखि नै उठाएको विषय हो। लैङ्गिक हिसाबले सन्तोषजनक हुन सकेन नीति तथा कार्यक्रम।" दुई वर्षअघि थालिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हाल १९ जिल्लामा हिंसाबाट पीडित भएखआ महिलाहरूका लागि आवास गृह सञ्चालन गरिरहेको छ। यो आर्थिक वर्षमा त्यसलाई २५ जिल्लामा विस्तार गर्ने योजना रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले बताएका छन्। गत वर्ष यस कार्यक्रमका लागि ११ करोड रुपैयाँ विनियोजन भएको बताइएको छ। अपुग आगामी पाँच वर्षभित्र कामका लागि नेपालीहरू विदेश जाने अवस्था अन्त्य गर्ने, विद्युत् उत्पादन बढाउने, कृषिमा औद्योगिकीकरण गर्ने भनी उठेका कतिपय कार्यक्रमले घुमाउरो पारामा महिलालाई पनि लाभान्वित पार्ने अर्थशास्त्र तथा लैङ्गिक विषयकी सह प्राध्यापक पुष्पा निरौला घिमिरेले बताइन्। उनले भनिन्, "ऊर्जा, खानेपानी लगायत प्रधानमन्त्री रोजगार कार्यक्रम अथवा कृषिको उत्थान कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन हुन सक्यो भने त्यसबाट महिला अप्रत्यक्ष रूपमा लाभान्वित हुन सक्छन्।" तर महिलाको सीप बढाउन र उनीहरूको कामको बोझ घटाउन, रोजगारी बढाउने अनि महिला सशक्तीकरणकै लागि भनेर कुनै पनि कार्यक्रम नआएको घिमिरेले बताइन्। महिलाभित्र रहेका विविधता र स्थान र समुदाय विशेष महिलाका समस्याहरू पहिचान गरी तिनलाई पनि सम्बोधन गर्ने किसिमको कार्यक्रम भने नआएको धेरैले बताएका छन्। तर कतिपयले नीति तथा कार्यक्रममा सबै विषय नअटाउने भएकाले अर्को साता आउने बजेटसम्म पर्खेर मात्र प्रतिक्रिया दिनु उचित हुने बताएका छन्।
Others
67,381
बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।
https://ekantipur.com/news/2024/04/15/four-arrested-for-cutting-bodhichitta-tree-14-59.html
काभ्रे — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए। उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी छिन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ ।
News
4,141
तीन गम्भीर रोगका बिरामीलाई दिइने भत्ता 'खारेज'
क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई जीविकोपार्जनका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले काटेको भन्दै पीडित बिरामीहरूले दु:ख व्यक्त गरेका छन्।
https://www.bbc.com/nepali/news-44312074
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउँदै बिरामीहरू अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेटमा ती तीन थरी रोगबाट पीडित भएकालाई भत्ता दिने व्यवस्था नभएकोले भत्ता वितरण गर्न सम्भव नहुने बताएका छन्। अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यका अनुसार क्यान्सर, मिर्गौला र मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई दिने भनी भनिएको जीविकोपार्जन भत्ता दिने व्यवस्था नयाँ आर्थिक वर्षको बजेटमा छैन। उनले भने, "बजेट विनियोजन पनि नभएको र त्यो विषय सम्बोधन नभएकोले त्यो खारेज नै भएको भन्ने बुझ्नुपर्‍यो।" निवेदन सरकारको बजेटमा नराखिएका कारणले तीन थरी रोगका ‍हजारौँ बिरामी‍ निराश हुने देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बल्लबल्ल बिरामीको प्रमाणपत्र पाएका झन्डै दुई हजार व्यक्तिले उक्त भत्ताका लागि निवेदन दिइसकेका थिए। बाँकी बिरामी पनि निवेदन दिने तरखरमा थिए। गत वर्ष पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा गएर केही बिरामीलाई भत्ता वितरण पनि गरेका थिए। तर बाँकी बिरामीलाई भने भत्ता दिइएको थिएन। चेतावनी मेरुदण्डमा चोटपटक भएका केही बिरामीले घोषणा गरेको तर भत्ता नदिएकोमा असन्तुष्टि प्रकट गर्न चक्काजाम र धर्ना गर्दै आएका थिए। भत्ता खारेज भएको सङ्केत पाएपछि उनीहरूले त्यसको सशक्त विरोध गर्ने चेतावनी दिएका छन्। स्पाइनल इन्जुरी पीडित संघर्ष समितिका संयोजक बाबुराम मिश्रले भने, "अब हामी आन्दोलन गर्छौँ। पहिले रिले अनशन गर्छौँ।" यस विषयमा सुनुवाइ नभए आफूहरू आमरण अनशनमा बस्ने उनले बताए। 'राजनीतीकरण' कतिपयले देउवा सरकारको मन्त्रिपरिषद्ले चार महिनाअगाडि उक्त निर्णय गर्दै वितरणका लागि १२ करोड रुपैयाँ विनियोजन गरिसक्दा पनि रकम वितरण नहुनुलाई राजनीतीकरण भएको मानेका छन्। तर स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक विकास देवकोटाले स्रोतको निरन्तरताको समस्या रहेकोले वितरण नभएको बताए। उनले भने, "अहिले निवेदन दिएका बिरामीलाई मात्र भत्ता वितरण गर्नु ठूलो कुरा होइन। मुख्य कुरा अर्को सालको लागि बजेट छैन भने हामीले कहाँबाट दिने? हिजो भत्ता रोकिएको कारण पनि त्यही होला।" अघिल्ला सरकारले गरेको निर्णयहरुलाई निरन्तरता नदिने नेपाली राजनीतिक चलनको खासगरी विपक्षी दलहरूबाट आलोचना हुने गरेको छ। यो पनि हेर्नुहोस् क्यान्सर रोगको उपचार गर्ने नयाँ विधि प्रभावकारी
Others
64,020
कलाकार सम्मानित
‘टप राजधानी रोधी क्लब’ ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । क्लबले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुभयो ।
https://gorkhapatraonline.com/news/89199
काठमाडौँ, मङ्सिर २९ गते । ‘टप राजधानी रोधी क्लब’ ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । क्लबले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुभयो । नेपाली गीतसङ्गीतमा योगदान दिएको भन्दै  कार्यक्रममा सञ्चारकर्मी तथा कलाकारलाई सम्मानित गरियो । राजधानी दैनिकका पत्रकार डब्बु क्षत्री, मध्याह्न दैनिकका पत्रकार सानुकाजी श्रेष्ठ, विश्व घटनाका पत्रकार अनन्त वाग्ले, गोरखापत्र दैनिकका पत्रकार सुकृत नेपाललाई कार्यक्रममा सम्मानित गरियो । त्यस्तै जनसवाल दैनिकका सम्पादक रामजी बगालेलाई विशेष सम्मान गरिएको कार्यक्रममा आर्टिस्ट खबरका पत्रकार गोपीकृष्ण चापागार्इं, ब्युटी न्युज नेपालका पत्रकार सरिता भारती, पत्रकार नरेन्द्र रेउलेलगायतलाई कदरपत्र प्रदान गरियो । समारोहमा विभिन्न कलाकार तथा सहयोगीलाई पनि सम्मान गरिएको थियो । समारोहमा विभिन्न कलाकारले आआफ्ना नृत्य र गायन प्रस्तुत गरेका थिए ।  
News
43,725
तस्बिरमा ईपीएल फाइनल
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै उपाधि जित्यो । निकै रोमान्चक फाइनलमा उपाधिको छिनोफानो अन्तिम बलमा लागेको थियो । अन्तिम ओभरमा ९ रन आवश्यक परेको अवस्थामा भैरहवाले ३ विकेट गुमाउँदै ७ रनमात्र जोड्न सक्यो ।
https://ekantipur.com/sports/2017/12/30/20171230192215.html
काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै उपाधि जित्यो । निकै रोमान्चक फाइनलमा उपाधिको छिनोफानो अन्तिम बलमा लागेको थियो । अन्तिम ओभरमा ९ रन आवश्यक परेको अवस्थामा भैरहवाले ३ विकेट गुमाउँदै ७ रनमात्र जोड्न सक्यो ।
Sports
30,476
ट्वान्टी–२० विश्वकप : पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो
ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतविरुद्ध ऐतिहासिक जित हात पारेको पाकिस्तानले मंगलबार न्युजिल्यान्डलाई पनि हराएको छ । मंगलबार सारजहाँमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको छ । 
https://ekantipur.com/sports/2021/10/27/163529915808156617.html
काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भारतविरुद्ध ऐतिहासिक जित हात पारेको पाकिस्तानले मंगलबार न्युजिल्यान्डलाई पनि हराएको छ । मंगलबार सारजहाँमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाएको थियो । न्युजिल्यान्डका लागि डेरिल मिचेल र डेभोन कोन्वेले २७–२७ रन बनाए ।त्यस्तै ओपनर मार्टिन गुप्टिल १७ रनमा आउट हुँदा केन विलियम्सनले २५ रन बनाए । पाकिस्तानका लागि हरिश रौफले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । उनले ४ ओभरमा २२ रन खर्चिंदै न्युजिल्यान्डको ४ विकेट लिएका थिए ।१३५ रनको लक्ष्य पाएको पाकिस्तानले ८ बल बाँकी छँदा ५ विकेट गुमाउँदै जित हात पार्‍यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३३ रन बनाए भने असिफ अलीले २७ रनमा नटआउट रहे । भारतविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान बाबर आजम भने टिम साउदीको बलमा ९ रनमै बोल्ड भएका थिए ।
Sports
22,009
अल्जेरियाका राष्ट्रपतिको राजनीतिक उतारचढाव कस्तो रह्यो?
अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि त्यहाँका राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले राजीनामा दिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।
https://www.bbc.com/nepali/news-47794376
८२ वर्षे राष्ट्रपति बतेफ्लिका त्यहाँ २० वर्षदेखि शक्तिमा थिए। गत महिना उनले पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएसँगै प्रदर्शनहरू सुरु भएका थिए जुन पछि उनले उक्त मनसाय त्यागेको बताए पनि रोकिएको थिएन। पहिल्यै तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नगरिएकाले पनि धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका थिए। उदय अल्जेरियामा फ्रान्सेली उपनिवेश रहँदाका पछिल्ला वर्षमा बतेफ्लिका त्यहाँ सैन्य अधिकृत थिए। स्वतन्त्रतापछि एक दशकभन्दा बढी समय त्यहाँका विदेशमन्त्री रहेका उनी त्यसबीचमा भएको सैन्य 'कू'का एक सहभागी समेत हुन्। सन् १९९९ मा राष्ट्रपतिका रूपमा उदाउनु चाहिँ उनका लागि योजना र संयोग दुवैले काम गरेको थियो। पहिलोपटक राष्ट्रपति हुँदा उनको मुख्य काम देशलाई पुनर्निर्माण गर्दै आर्थिक रूपमा उकास्नु थियो। अल्जेरिया एउटा क्रुर तर सुस्ताइरहेको गृहयुद्धमा रहेका बेला बतेफ्लिकाले त्यसलाई अन्त्य गर्न काम गरेका थिए। अब्देल्लाजिज बतेफ्लिका सन् १९९० को दशकको सुरुतिर चुनाव जितेको इस्लामिक साल्भाटन फ्रन्टलाई त्यहाँको सेनाले वैधता नदिएसँगै सुरु भएको उक्त युद्धमा डेढ लाख मानिसहरूले ज्यान गुमाएका थिए। त्यहाँका थुप्रै इस्लामिक लडाकुहरूलाई अपराधका लागि क्षमा दिइयो जुन रणनीतिले सुरुमा काम पनि गर्यो। पछि अल कायदाले त्यहाँको विशाल मरुभूमिमा नयाँ अस्थिरता सिर्जना गर्दा रणनीतिले केही धक्का बेहोरेको थियो। रणनीति समयक्रममा बतेफ्लिकाले पश्चिमा विश्वसँग सम्बन्ध सुधार्दै आर्थिक सुधारका लागि उदारता देखाउँदै गए। त्यसले खनिज तेलमा निर्भर देशको अर्थतन्त्रको विकल्प खोज्न, सार्वजनिक ऋण घटाउन र बढ्दो बेरोजगारीसँग जुझ्न केही हदसम्म सघाउ पुर्‍यायो। सन् १९३७ मा मोरक्कोमा जन्मिएका बतेफ्लिकाले दुई दशक 'भारी मत'ले निर्वाचन जित्दै आएका थिए। त्यहाँको विकृत राजनीतिले बतेफ्लिका वा उनको न्याश्‍नल लिवरेसन फ्रन्टलाई विस्थापित गर्न सक्ने बलियो विपक्षी उदाउन नै रोकेको थियो। पछिल्ला वर्षमा समेत देशका सेना र गुप्तचरका वरिष्ठ अधिकारीहरू पाखा लगाइएका थिए। यद्यपि उनको दल सन् १९६२ मा अल फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएयता त्यहाँ शासन गरिरहेको छ। पछिल्लो प्रदर्शनमा उक्त पार्टी र अल्जेरियाको राजनीतिमा मुख्य प्रभाव राख्ने सेनामा सुधार गर्नुपर्ने कुरा समेत उठेको थियो। नयाँ चुनावको मिति भने टुङ्गो लाग्न बाँकी छ। तर अल्जेरियाको संविधान अनुसार ताजा निर्वाचन नभएसम्मका लागि माथिल्लो सदन सिनेटका सभामुखले अन्तरिम राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नेछन्। पछिल्लो समय सरकारी समाचार संस्थाले प्रकाशित गरेको राजीनामा पत्रका अनुसार बतेफ्लिकाले संवैधानिक परिषद्लाई आफ्नो बहिर्गमन देश र जनताको पक्षमा रहेको उल्लेख गरेका छन्। सन् २०१३ मा स्ट्रोक भएयता उनी ह्विलचेयरमा छन् र विरलै सार्वजनिक उपस्थिति जनाउँछन्। आफ्ना सहयोगी वा लिखित मन्तव्यमार्फत् उनले जनतामाझ आफ्ना भनाइ राख्ने गरेका थिए। यसले धेरैलाई देशको वास्तविक नेतृत्वकर्ता को हो भन्नेमै शंका उत्पन्न गराएको थियो। त्यस्तो अवस्थामा समेत पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएपछि धेरैलाई आक्रोशित पार्‍यो। त्यहाँ ३० वर्षभन्दा कम उमेरका मानिसहरूको जनसङ्ख्या आधाजसो छ जसको बाहुल्यता पछिल्ला प्रदर्शनमा देखिएको थियो। सन् २०११ को 'अरब स्प्रिङ' भनिने आन्दोलनले अल्जेरियालाई समेत छोएको भए पनि त्यस क्षेत्रका अन्य थुप्रै नेताहरूझैं उनको पद भने गएन। त्यतिबेला त्यहाँ चर्को मूल्यवृद्धि र बेरोजगारीविरुद्ध प्रदर्शन भए पनि बतेफ्लिकाले प्रदर्शनकारीको मुख्य माग पूरा गरिदिएका थिए।
Others
64,599
अन्तर्राष्ट्रिय च्यालेन्ज पहिलोपल्ट 
नेपाल ब्याडमिन्टन संघको आयोजनामा अर्को साता अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन हुने भएको छ । नेपालमा अन्तर्राष्ट्रिय च्यालेन्जका प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो ।
https://ekantipur.com/sports/2019/11/11/157344625530869161.html
काठमाडौँ — नेपाल ब्याडमिन्टन संघको आयोजनामा अर्को साता अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन हुने भएको छ । नेपालमा अन्तर्राष्ट्रिय च्यालेन्जका प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो ।कार्तिक २७ देखि मंसिर १ सम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीले चुनौती पेस गर्नेछन् । यसअघि नेपालमा अन्तर्राष्ट्रिय सिरिजका प्रतियोगिता मात्र भएका छन् । च्यालेन्जका प्रतियोगिता सिरिजको भन्दा माथिल्लो दर्जाको हुन्छ । ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा यो नेपालमा आयोजना भएको अहिलेसम्मकै सबैभन्दा माथिल्लो दर्जाको प्रतियोगिता रहेको र यसबाट नेपाली खेलाडीले बहुमूल्य अनुभव बटुल्न सक्ने बताए ।२५ हजार डलर पुरस्कार राशिको प्रतियोगितामा नेपालसँगै भारत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, रुस, बंगलादेश, क्यानाडा, माल्दिझ्स, युत्रेन, भियतनाम, मंगोलिया, अस्ट्रेलिया, मलेसिया, टर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्यान्डका खेलाडीको सहभागिता हुनेछ । पाँच स्पर्धा समावेश पुरुष एकलमा ६७, महिला एकलमा ३८, पुरुष डबल्समा २१, महिला डबल्समा १७ र मिक्स डबल्समा २२ जोडीको सहभागिता रहनेछ ।
Sports
26,195
पर्यटकीय स्थलमा फोटो खिचेर आम्दानी
कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् ।
https://gorkhapatraonline.com/news/112433
अविनाश चौधरीधनगढी, असार ३ गते । कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् । पर्यटकीय स्थलमा फोटोग्राफी आम्दानीको गतिलो माध्यम बनेपछि त्यसतर्फ युवा पुस्ताको आकर्षण बढिररहेको छ । उनीहरुले दैनिक पाँच हजार रुपियाँसम्म कमाउने गरेका छन् । फोटोग्राफी गरेर राम्रो कमाइ हुन थालेपछि यस कार्यमा युवाको आकर्षण बढिरहेको कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित भाइरल पुलमा फोटोग्राफीमा सक्रिय युवा नितिन भट्टराईले बताउनुभयो । उहाँले एउटै पुलमा २६ जना युवाले फोटोग्राफी गर्ने कार्य गरिरहेको बताउनुभयो । “पहिले हामी थोरै यो काममा थियौं”, भट्टराईले भन्नुभयो,“अहिले यहाँमात्रै २६ जना फोटोग्राफर छन् ।”घुम्न आएका हरकोहीले आफ्नो घुमफिरलाई यादगार बनाउन फोटो र भिडियो खिचाउने गरेका छन् । फोटोग्राफरहरुले एक सय रुपियाँमा पाँच वटा फोटो खिचेर तत्कालै मोबाइलमा दिने गरेका छन् । घुमफिर गर्न आएकाहरुको भिडभाडको बेला बढी आम्दानी हुने गरेको भट्टराईको भनाइ छ ।युवाले धनगढीस्थित जाखोर ताल, घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल, भाटभटेनी सुपर मार्केटमा फोटो खिच्ने काम गरिरहेका छन् । यस्ता पर्यटकीय स्थलमा विभिन्न जातजातिको मौलिक पहिरन भाडामा दिएर आम्दानी गर्ने कार्य पनि भइरहेको छ । गोदावरीस्थित भाइरल पुलमा घुम्न आएकाहरुलाई मौलिक पहिरन भाडामा दिएर दैनिक आठ हजार रुपियाँसम्म कमाउने गरेको बताउनुभयो ।
News
48,474
इलाम-२ मा ४० हजार मत खस्यो 
प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । 
https://ekantipur.com/news/2024/04/27/40-thousand-votes-fell-in-ilam-2-15-53.html
इलाम — प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । एमालेका सुहाङ नेम्वाङले इलामस्थित महेन्द्र रत्न क्याम्पसमा बिहान साढे ७ बजे मतदान गरेका थिए । नेपाली कांग्रेसका उम्मेद्धार डम्बर खड्काले पनि सोही केन्द्रमा मतदान गरे । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्वुले माङ्सेवुङ-२ स्थित जनता कल्याण आमाविमा र पहिचान पक्षधर उम्मेद्धार डकेन्द्र सिं थेगिम लिम्वुले फाकफोकथुम गाउँपालिकास्थित शुक्रबारेको सिंहदेवी माविमा बिहानै मतदान गरेका थिए । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाउँदै अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाए । इलाम-२ मा १ सय ४९ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा (वडा नम्वर १० बाहेक) सबैभन्दा बढी ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् ।त्यस्तै चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ गरी कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा १ हजार तीन सय ६३ प्रहरी परिचालन गरिएको छ ।
News
3,850
जिइएफबाट सवा अर्ब प्राप्त हुने
सरकारले विश्व वातावरण सुविधा (जिइएफ) बाट विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मार्फत प्राप्त हुने एक अर्ब २० करोड रुपियाँ (९० लाख २४ हजार ३१२ अमेरिकी डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय शुव्रmबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्व वातावरण सुविधाबापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/107302
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २९ गते । सरकारले विश्व वातावरण सुविधा (जिइएफ) बाट विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) मार्फत प्राप्त हुने एक अर्ब २० करोड रुपियाँ (९० लाख २४ हजार ३१२ अमेरिकी डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्व वातावरण सुविधाबापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताउनुभएको हो ।मन्त्री शर्माले इजरायल घटनामा परी निधन भएका छ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु-याउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपियाँ खर्च सरकारले बेहोर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको सात वटा सवारीसाधन स्वीकार गर्ने निर्णय भएको छ । यस्तै मन्त्रीपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई इन्डोनेसियाको बालीमा आगामी जेठ ७ देखि ८ सम्म आयोजना हुने कार्यव्रmममा जान, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवलाल अधिकारी बङ्गलादेशमा यही वैशाख २९ गतेदेखि जेठ ४ सम्म ‘लर्निङ एक्सचेन्ज एन्ड एक्स्पेरियन्स सेयरसङ भिजिट’ कार्यव्रmममा जान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा. सुमित्रा अमात्यलाई मलेसियामा आगामी जेठ १४ देखि १८ सम्म आयोजना हुने कार्यव्रmममा जान स्वीकृति दिएको छ । मन्त्रीपरिषद् बैठकले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा र चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माणका लागि करिब दुई हजार २६ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यस्तै सैनिक गट्ठाघर, भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, सेती राजमार्ग अन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगङ्गा दोभान सडकखण्ड निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिनुका साथै त्यस क्षेत्रमा भएका रुखसमेत हटाउन दिने स्वीकृति दिएको छ । यस्तै अमरगढी नगरपालिकाको बसपार्क निर्माण गर्न राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न दिनुका साथै रुख हटाउने स्वीकृत दिएको छ । मन्त्रीपरिषद् बैठकले लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल सिलगढी नगरपालिका डोटी र तुम्बेवा गाउँपालिका पाँचथरलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१, राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम कर्तव्य र अधिकार तोक्ने, जलस्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्ने र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको छ । मन्त्रीपरिषद् बैठकले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ भारत फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
News
50,649
समाजवादी मोर्चाको रसायन
लामो समयदेखि देश र जनताको भावना बेचेर सत्तामा बस्दै आएका पुराना राजनीतिक दलहरू र नेताहरू यति बेला चरम संकटमा छन् । उनीहरू अस्तित्व जोगाउन चुनावमा गठबन्धन र सरकार चलाउन मोर्चाको सहारा लिनुपर्ने कमजोर अवस्थामा पुगेका छन् । यतिसम्म कि, विपरीत राजनीतिक आदर्श बोकेका राजनीतिक दलहरूका बीचमा पनि गठजोड हुन थालेको छ । र पनि उनीहरूले आफ्नो अस्तित्वरक्षा गर्न सकिरहेका छैनन् ।
https://ekantipur.com/opinion/2023/07/06/16886088339093329.html
लामो समयदेखि देश र जनताको भावना बेचेर सत्तामा बस्दै आएका पुराना राजनीतिक दलहरू र नेताहरू यति बेला चरम संकटमा छन् । उनीहरू अस्तित्व जोगाउन चुनावमा गठबन्धन र सरकार चलाउन मोर्चाको सहारा लिनुपर्ने कमजोर अवस्थामा पुगेका छन् । यतिसम्म कि, विपरीत राजनीतिक आदर्श बोकेका राजनीतिक दलहरूका बीचमा पनि गठजोड हुन थालेको छ । र पनि उनीहरूले आफ्नो अस्तित्वरक्षा गर्न सकिरहेका छैनन् ।कुनै वैचारिक समरूपताबिना गठबन्धन बनाउने अभ्यास नेपालमा नयाँ भने होइन । तर पछिल्लो समयका सिद्धान्तहीन र नितान्त स्वार्थमा आधारित गठबन्धनका अभ्यासहरू प्रश्नयोग्य छन् ।हाल सालै सत्तापक्षीय दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगै संसद्वादविरुद्ध संघर्षरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसमेत मिलाएर बनाइएको समाजवादी मोर्चा प्रश्नैप्रश्नको घेरामा छ । आफ्ना पार्टी, संगठन र नेता–कार्यकर्ता जोगाउन हम्मे परेकैले समाजवादी मोर्चा बनाएर नेता–कार्यकर्ता अलमल्याइराख्ने र सत्ता जोगाइराख्ने उनीहरूको रणनीति छुपेको विषय होइन । एकअर्काको अस्तित्वरक्षामा मोर्चाको हतियार कति फलदायी होला, त्यो भने समयले लिने परीक्षाले तय गर्नेछ ।आखिर यो गठबन्धनलाई जोड्ने रसायन के हो ? समाजवाद हो कि राजनीतिक रूपान्तरण र शुद्धीकरण ? कि सत्तास्वार्थ र अस्तित्वरक्षा ? मोर्चामा आबद्ध दलहरूबीच प्रशस्तै विरोधाभास छन् । माओवादी केन्द्र माओवाद मान्छ । एकीकृत समाजवादी मार्क्सवाद र लेनिनवाद मात्रै मान्छ । जसपा कम्युनिस्ट पार्टी होइन । नेपाल कम्युनिस्ट पार्टी भने संसद्वाद र वर्तमान संविधानप्रति नै प्रश्न गर्दै हतियार उठाएर जनधनको क्षति गराउँदै आएको पार्टी हो । यति धेरै सैद्धान्तिक भिन्नता र फरक अस्तित्वका बीच उनीहरू किन एउटै मोर्चाको छातामुनि आए ? कुन नीति र नियतिले, कुन विचार र सिद्धान्तले जोडेको छ उनीहरूलाई ? देशको आवश्यकता कि कुर्सीको स्वार्थले ? यसलाई जोड्ने तन्तु के हो ? बुझ्न, खोतल्न जरुरी छ । पालैपालो नेतृत्व गर्न बनेको समाजवादी मोर्चामा आबद्ध दलहरूबारे केही चर्चा गरौं ।खुम्चिँदो माओवादी केन्द्रएकपछि अर्को चुनावपछि निरन्तर खुम्चिँदै गएको माओवादी केन्द्र एक्लै चुनाव लड्नै नसक्ने अवस्थामा पुगेको छ । कुनै बेला देशकै ठूलो दल यति बेला ३२ सिटमा खुम्चिएको छ र पनि सत्ताको शक्तिशाली खेलाडी बनेको छ । जनताको मन जित्नभन्दा मत तान्न बढी चिन्ता गरिरहेका छन् माओवादी अध्यक्ष प्रचण्ड । उनलाई एमाले अध्यक्ष ओलीको अगाडि केही गर्नैपर्ने र टिक्नैपर्ने चुनौती छ ।अर्को चुनाव एक्लै लडे माओवादीको हालत के हुन्छ ? माओवादी एक प्रकारले सक्किने अवस्थामा पुगेको छ । यो कुरा प्रचण्डलाई राम्रोसँग थाहा छ । त्यसैले, सरकार टिकाउन अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । विभिन्न दलका भ्रष्ट नेतादेखि कर्मचारीसम्मको फाइल खोलेर केही गरेको भान दिन कोसिस गरिरहेका छन् । उनले यसलाई किनारा लगाउन सके भने मात्रै फाइल–खोलाइको औचित्य सिद्ध हुनेछ । राज्य प्रणाली नै कमजोर रहेको अवस्थामा देखावटी काम गरेर केही समयका लागि चर्चा त कमाइएला तर त्यसले दीर्घकालीन समाधान दिनेछैन । विचार र संगठनकै शल्यक्रिया गर्नुपर्ने आवश्यकतालाई दुत्कारेर गरिने कस्मेटिक उपचारले माओवादी केन्द्र तंग्रिने ठान्नु प्रचण्डको भूल हो ।विप्लवले बदलेको बाटोविप्लवले अन्ततः पार्टी विभाजन र हिंसात्मक बाटोको औचित्य पुष्टि गर्न सकेनन् । प्रचण्डले जनतालाई धोका दिएर माओवादी महापतन भएको आरोप लगाउँदै विद्रोह गर्दै हतियार उठाएका थिए उनले । उनको क्रान्ति चन्दा असुल्ने क्रियाकलापभन्दा माथि उठ्नै सकेन ।नयाँ समाजवादी क्रान्ति गर्छु भनेर उनले हिंसाको बाटो रोजे । कुमार पौडेलसहित १२ जनाले ज्यानै गुमाउनुपर्‍यो । कति घाइते र अपांग भए ! कति अझै जेलमा छन् ! कैयौंले मुद्दा खेपिरहेका छन् । आफैंले लेखेको पुस्तकको शीर्षकझैं महापतनको बाटामा विप्लव आफैं लम्किन पुगेका छन् ।उनको आन्दोलनमा केही मान्छेको वर्गउत्थान भयो । पार्टी वैचारिक विचलनमा फसेपछि केही नेता–कार्यकर्ता पुरानै पार्टीमा फर्के । उनको पार्टी पनि विभाजन भएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन भयो । जे होस्, विप्लवले विद्रोहको औचित्य पुष्टि गर्न सकेनन् । उनी क्रान्तिका पक्षमा टिक्न सकेनन् । क्रान्ति गर्न पनि नसक्ने, क्रान्ति भन्न पनि नछाड्ने अवस्थामा समाजवादी मोर्चाको फेरो समाउन आइपुगेका छन् । आफैंले गरेका गालीहरूको व्यवस्थापन कसरी गर्ने ? आफैंले बनाएका भ्रातृ संगठनहरूलाई कसरी काउन्टर गर्ने ? विप्लवलाई ठूलै चुनौती छ ।फुटको औचित्य खोज्दै एकीकृत समाजवादी एकीकृत समाजवादीको अवस्था पनि त्यस्तै छ । एमाले किन र केका लागि विभाजन गरियो ? फुटको औचित्य पुष्टि गर्न सकेको छैन । पार्टीभित्रै एक प्रकारको विग्रह र विवाद मौलाउँदै छ । नेता–कार्यकर्ताहरूको एमाले फर्किने क्रम चलिरहेको छ । नयाँ विचार, योजना र कार्यक्रम केही दिनै सकिरहेको छैन उसले पनि । राजेन्द्र पाण्डे बजेट पास नगर्ने धम्की दिन्छन् । झलनाथ खनाल वर्ग दुश्मन खोजिरहेका छन् । नेताहरू पण्डितको गोठको गाईको मानसिकतामा छन् । ओलीको अगाडि नैतिक रूपमा महासंकटको सामना गरिरहेका छन् ।न क्षेत्रीय शक्ति, न राष्ट्रिय‘मधेशको मुक्तिदाता मै हुँ’ भनेर लामो समयदेखि मधेश मुक्तिको ठेक्का लिइरहेका उपेन्द्र र उनी नेतृत्वको जसपा पनि निरन्तर खुम्चँदै छ । मधेशी जनताको भावनासँग उनले पटकपटक सत्ता साटेका छन् । सत्ताशक्तिमा बसेकाहरूसँग घाँटी जोडेर सिंहदरबारसँग सौदाबाजी गर्नु उनको नियत र नियति दुवै भएको छ । उनी पनि आफ्नो अस्तित्वरक्षा गर्न समाजवादी मोर्चाको फुर्को समातेर राजनीतिक वैतरणी तर्न खोजिरहेका छन् । न क्षेत्रीय शक्तिका रूपमा प्रभावशाली रहने न राष्ट्रिय शक्तिका रूपमा फैलन सक्ने अवस्थामा पुगेको छ, जसपा ।मधेशमा उदाएका डा. सीके राउत नेतृत्वको जनमत पार्टी यसरी नै विस्तार हुँदै जाने हो भने उपेन्द्र मधेशबाट विस्थापित हुने दिन धेरै टाढा छैन । उनी पछिल्लो उपनिर्वाचनमा सत्ता र गठबन्धनको शक्ति दुरुपयोग गरेर निर्वाचित भएका हुन् । चुनाव जितेर पनि राजनीति हारेका उपेन्द्रले उपनिर्वाचनबाट दिएको सन्देश हो— अब उनी मधेशमा एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् ।उता पश्चिम तराईमा थरुहट आन्दोलनको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टी प्रभावशाली बनिरहेको छ । यस्तो अवस्थामा उपेन्द्रसँग विगतका आन्दोलनको व्याख्यानबाहेक भविष्यको कुनै योजना छैन । त्यसैले उनी संघीयता र नागरिकता प्राप्तिको जस आफ्नो पोल्टामा पार्न प्रयत्नरत छन् । २२ जिल्लाको मधेश ८ जिल्लामा सीमित भएको छ, पहिचानविहीन सात प्रदेशको गठन भएको छ, समानुपातिक समावेशिता गुम्दै गएको छ तर यी विषयको अपजस लिनबाट भने उनी भाग्न खोजिरहेका छन् । बाहिरै बाबुराममाओवादी नेतृत्वले सधैं लगाउने नारा हो— जसको नीति, उसैको नेतृत्व । तर, समाजवादको भाष्य कथ्दै आइरहेका डा. बाबुराम भट्टराई र नेपाल समाजवादी पार्टी यो मोर्चाबाहिरै छन् । यसबाट मोर्चा दीर्घकालीन राजनीतिक उद्देश्यभन्दा अल्पकालीन दलीय स्वार्थले बनेको आशंका थप बलियो बनेको छ ।समाजवादी मोर्चामा दलहरूलाई जोड्ने रसायन न राजनीतिक शुद्धीकरणको इच्छाशक्ति हो न त जनहित र राष्ट्रहितको चाहना । न विगतका गल्ती स्विकार्ने मनसाय न त समाजवादको माया । यो त केवल व्यक्तिगत र दलगत स्वार्थकेन्द्रित क्षणिक आवश्यकताको प्रतिफल मात्रै हो । संसद्वादी र गैरसंसद्वादी, कम्युनिस्ट र गैरकम्युनिस्ट, पहिचानवादी र गैरपहिचानवादी शक्तिहरू सत्तास्वार्थका लागि एक ठाउँमा आउनु ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’ मा भनेजस्तै राजनीतिक नौटंकीका रूपमा देखा परेको छ । प्रचण्डले ३२ सिटबाट ५४ सिट पुर्‍याइदिन खोजेको सन्देश उनकै लागि प्रत्युत्पादक हुने जोखिमको प्रारम्भिक संकेत देखिएको छ । विपक्षीलाई गिज्याउने, होच्याउने र उचाल्ने काम गर्दा कांग्रेस, एमाले लगायतका दल मिल्ने सम्भावना बढेर गएको छ । समाजवादी मोर्चा नामको खिचडी पकाउनुको अन्तर्य के हो ? विपरीत रसायनहरूको रासायनिक प्रतिक्रियाले विषाक्त र ध्वंसात्मक प्रतिफल मात्रै दिने जोखिम हुन्छ । यसले देशलाई निकास नदिने निश्चित छ ।
Opinion
10,404
ला लिगामा बार्सिलोनाको सानदार सुरुवात
रोनाल्ड कोम्यानको टिम बार्सिलोनाले स्पेनी ला लिगामा भिल्लारियललाई ४–० ले हराउँदै शानदार सुरुवात गरेको छ । 
https://ekantipur.com/sports/2020/09/28/160125795422381866.html
बार्सिलोना — रोनाल्ड कोम्यानको टिम बार्सिलोनाले स्पेनी ला लिगामा भिल्लारियललाई ४–० ले हराउँदै शानदार सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाको यो सानदार सुरुवात हो । किशोर फरवार्ड अन्सु फाटीले सुरुमा दुई गोल गरे । फाटीले खेलको १५औं र १९औं मिनेटमा गोल गरेका थिए । क्लबको एकेडेमीबाट उत्पादन भएका १७ वर्षीय फाटी बार्सिलोनाको सिनियर टिममा दोस्रो वर्ष खेलिरहेका छन् ।खेलको ३५औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान मेसीले गोलमा परिणत गरे । बार्सिलोनाको चौथो गोल भिल्लारियल डिफेन्डर पउल टोरेसको नाममा आत्मघाती रह्यो ।यसअघि एटलेटिको म्याड्रिडले ग्रेनेडालाई पनि सजिलै ६–१ ले हरायो र त्यसमा डेब्यु गरिरहेका लुइस स्वारेजले दुई गोल गरे ।
Sports
24,502
‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन
देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/95828
काठमाडौँ, माघ २६ गते । देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ । त्यसै गरी हास्य, मित्रता, प्रेम र सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘हात्तीछाप’ मा भूकम्पको कथादेखि राजनीतिक कथा जोडिएको छ । चलचित्रमा नायक सौगात मल्ल ‘बोतल राजा’ का रूपमा प्रस्तुत हुनुभएको छ । राजाको भूमिकामा देखिनुभएका सौगातमै चलचित्रको कथा रुमलिएको छ । सिमोस सुनुवार निर्देशित चलचित्रलाई किरण नेपालीले निर्माण गर्नुभएको हो ।  
News
43,606
एक महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ ।
https://gorkhapatraonline.com/news/75042
दोधारा चाँदनी (कञ्चनपुर),  साउन ३१ गते । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ ।  राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । केन्दीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उहाँले भन्नुभयो, “अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।”राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताउनुभयो । “पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो, “दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।” यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयको दैनिक कामकाज एक महिनादेखि ठप्प छ । रासस
News
42,299
कोरोना भाइरस नेपाल: के अब लकडाउनको शैली परिवर्तन हुनु जरुरी छ?
अढाइ महिनादेखि जारी लकडाउनका कारण खर्बौँको क्षति भइसकेको बताउने निजी क्षेत्रले अब बिस्तारै सावधानीका उपाय अपनाउँदै लकडाउनको विधि परिमार्जन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।
https://www.bbc.com/nepali/news-52867484
चैत ११ गते देशभरिमा दुई जनामा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका बेला लागु गरिएको लकडाउन झन्डै ७० दिन पुग्दा देशमा सङ्क्रमितको सङ्ख्या १,५०० नाघेको छ। प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। मृत्यु हुनेहरूको सङ्ख्या पनि क्रमश: बढिरहेको छ। तर अब अहिलेको लकडाउनको शैली कतिन्जेल धान्न सकिएला भन्ने बहस पनि सँगसँगै सुरु भएको छ। 'सतर्कताका साथ अर्थतन्त्र खोल' लकडाउन गरिएको साठी दिन पुगेपछि आफूहरूले सरकारलाई अब यसलाई सुरक्षित परिमार्जन गर्न अनुरोध गरिसकेको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले बताएका छन्। "उद्योग चाहिँ खोल्न दिने तर बजार बन्द रहनुको कुनै अर्थ छैन। हामीले त सरकारलाई विभिन्न आर्थिक गतिविधि सञ्चालन गर्न एउटा मापदण्ड नै बनाएर दिइसकेका छौँ," उनले भने। लामो समय आर्थिक गतिविधि ठप्प पार्दा खर्बौँ रुपैयाँको नोक्सानी भइसकेको र आर्थिक वृद्धि दर ऋणात्मक हुने उनले चेतावनी दिए। महासङ्घका पूर्व अध्यक्ष एवम् अगुवा व्यवसायी पशुपति मुरारका पनि अब लकडाउनबारे गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको बताउँछन्। "यो विषयमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण हुन आउँछ। तर अब सुरक्षाका उपाय अपनाउँदै हामीले बाँच्नु पनि सिक्नुपर्छ। त्यसैले जन पनि धन पनि दुवै जोगिने उपाय गर्नुपर्छ। निरन्तर लकडाउन मात्र पनि औषधि हो जस्तो लागेन," मुरारकाले बताए। 'भोकभोकै पर्न सक्छन्' लकडाउनका अवधिमा स्वास्थ्यकै क्षेत्रमा पनि विभिन्न अन्य सङ्कट देखा परेका छन्। पोखराको घारीपाटनमा मकै बेच्दै ८२ वर्षीया वृद्धा सुरक्षित सुत्केरी हुन नपाएर महिलाहरूले ज्यान गुमाएको, खोपको नियमित कार्यक्रम प्रभावित भएका जस्ता विवरण आएका छन्। कोरोनाभाइरसको जोखिमका कारण कैयौँ मानिसहरू अस्पताल जान नसकेको वा नचाहेको अवस्था छ। यसले निकट भविष्यमा उनीहरूको स्वास्थ्यमा अनपेक्षित जोखिम बढ्ने बताइन्छ। "बिस्तारै लकडाउन नखोलेर साध्य छैन। अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहलाई स्वास्थ्य, क्वारन्टीन सुविधा तथा राहतका निम्ति स्रोत उपलब्ध गराउने अनि अवस्था हेरेर अर्थतन्त्र खोल्दै जानुको विकल्प छैन। नत्र मानिसहरू भोकभोकै पर्न सक्छन्," अर्थविद् डा. शङ्कर शर्माले बताए। कोरोनाभाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान दुई महिनापछि सुरु भएको छ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानका अनुसार अहिले अर्थतन्त्र सबभन्दा चलायमान हुने चैतदेखि असारसम्मको समयमा नै बन्दाबन्दीमा परेको छ। "जनजीवन अस्तव्यस्त भइसकेको छ। अब सरकारले निजी क्षेत्रसँग सरसल्लाह र समन्वय गरेर यसको सम्बोधन गर्नुपर्छ भन्ने हामी ठान्छौँ," उनले भने। स्थान र क्षेत्रविशेष मापदण्ड नेपालले सुरुमा नै कडा लकडाउन लागु गरेर सङ्क्रमणलाई सीमित पारेकोमा अधिकांश जनस्वास्थ्यविद् सहमत छन्। यसैको कारण सङ्क्रमण धेरै फैलिन नपाएको र स्वास्थ्यसंस्थाहरूले तयारीको समय पाएको ठानिन्छ। तर अब सधैँका निम्ति सबै ठाउँमा लकडाउन गरिराख्नु झन् हानिकारक हुनसक्ने कतिपय विज्ञहरूले बताएका छन्। जनस्वास्थ्य विज्ञ एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार महामारीसँग जुझ्न अपनाइने लकडाउनले काम गर्ने सीमित समय मात्र हुन्छ। "नेपालमा लकडाउनले प्रभावकारी काम गरेन भनेर म भन्दिनँ। तर अब यो समस्या त अझै दुई वर्ष लम्बियो भने यसै गरेर बसिरहन साध्य चल्दैन," उनले भने। डा. मरासिनीले अब दुई थरी रणनीति लिनुपर्ने बताए। एक, जुन ठाउँमा सङ्क्रमण ज्यादा छ त्यहाँ कडिकडाउ गरेर अन्यत्र खोल्दै जाने अनि अर्को हरेक क्षेत्रका लागि निश्चित मापदण्ड बनाएर लागु गर्ने। "उदाहरणका लागि खेलकुद होस् वा उद्योगधन्दा वा रेस्टुराँ वा सिनेमाघर। यी सबैका निम्ति छुट्टाछुट्टै मापदण्ड बनाएर लागु गराउन सकिन्छ," उनले भने। हालसम्म धेरै घटना विदेशबाट भित्रिने नेपालीहरूमै देखिएकाले उनीहरूलाई झन् सुरक्षित तवरले फिर्ता ल्याउने अनि परीक्षणजस्ता कार्य गर्नु जरुरी भएको उनले बताए। सरकारको मनस्थिति के छ? पुन: १२ दिनका निम्ति लकडाउनको अवधि थप्ने निर्णय मन्त्रिपरिषद्ले शनिवार गरेपछि बोल्दै अर्थमन्त्री एवं सरकारका प्रवक्ताले अब लकडाउनको शैली परिमार्जन हुन सक्ने सङ्केत गरे। क्षेत्र वा क्रियाकलाप विशेषलाई हेरेर जोखिम अनुसारको व्यवस्थापन गरिने उनले बताए। "लकडाउनको शैली सबै क्षेत्र र सबै व्यावसायिक क्रियाकलापमा एउटै हुन्छ भन्ने छैन। कोरोनाको रोकथाम भइसक्ला अनि त्यसपछि अन्य काम गरौँला भन्ने सुविधा हामीलाई छैन।" उनले लकडाउनका विधि, मापदण्ड वा प्रक्रिया परिमार्जन गर्ने भन्ने कुरा भएको र केही दिनभित्र उच्चस्तरीय समन्वय समितिले यसबारे छलफल गरेर मन्त्रिपरिषदमा प्रस्ताव गर्ने बताए। कमजोर स्वास्थ्य सेवा भएको नेपालजस्ता देशका निम्ति महामारीसँग जुझ्न लकडाउन महत्त्वपूर्ण हतियार भएकोमा दुई मत छैन। तर अब सँगसँगै पर्याप्त सुरक्षाको निम्ति विश्व स्वास्थ्य सङ्गठनले दिएका मापदण्ड अपनाउँदै अघि बढ्नुको पनि विकल्प नरहेको धेरैको ठम्याइ छ। कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
Others
64,862
विराटनगर भन्सारले थाल्यो आफैँ गस्ती
सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले समेत गस्ती सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार विभागको परिपत्रअनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको जानकारी दिनुभयो । विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ ।
https://gorkhapatraonline.com/news/41405
नवराज कट्टेलविराटनगर, असोज २७ गते । सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले समेत गस्ती सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार विभागको परिपत्रअनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको जानकारी दिनुभयो । विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ । यसैगरी भदौमा चार अर्ब ७६ करोड ८५ लाख २९ हजार लक्ष्य राखेकामा तीन अर्ब ११ करोड एक लाख ८० हजार असुली गरेको छ । भदौमा लक्ष्यको ६५.२३ प्रतिशत मात्रै असुली भएको हो । गत आर्थिक वर्ष यी दुई महिनामा लक्ष्यको क्रमशः ९६.५६ र ९३.०१ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।अवैध आयात र राजस्व चुहावट नियन्त्रणमा प्रहरी प्रशासनले असहयोग गरेकाले आफूहरूले गस्ती सुरु गरेको भन्सार कार्यालयका प्रमुख सापकोटाको बताउनुभयो । मिलेमतोमा भन्सार क्षेत्रबाट अवैध आयात फस्टाउँदासमेत सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी मूकदर्शक मात्रै बन्ने गरेको उहाँको दाबी छ । नेपाल प्रहरीले समेत अवैध आयात रोक्न पहल लिएजस्तो गरेर सेटिङमा काम गरिरहेको आरोप उहाँको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख सापकोटाले मङ्गलबार साँझ र बुधबार बिहान खटिएको गस्ती टोलीले एक ट्याक्टर सामान साबिक रानी भन्सार नाकाबाट नियन्त्रणमा लिएको छ । “रानी नाकाको भन्सार प्रशासन बुधनगरमा सरेपछि त्यहाँ अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी छ तर उनीहरू त्यहाँ मोबाइल हेरेर दिन कटाउने मात्रै गर्छन्,” सापकोटाले भन्नुभयो । मोरङमा खुला सीमा क्षेत्रबाट अवैध कारोबार फस्टाउनुमा प्रहरी र कारोबारीको मिलेमतो नै प्रमुख कारण बनेको छ । दरैया, मटेर्वा, इस्लामपुर, भेडियारी, भुटाहा, नोचा, डुमरिया, खयरबोना र चोप्राहाबाट रातभर तस्करी हुने गरेको छ । तस्करले सेटिङमा नाका नै भागबन्डा गरेर अवैध आयात गर्दा त्यसको असर भन्सार राजस्वमा परेको भन्दै विभागले स्थानीय प्रशासनसँग समन्वय गरेर गस्ती गर्न निर्देशन दिएको छ । भन्सार विभागले सीमा गस्तीसँगै व्यवसायीका गोदामको स्टक परीक्षण गर्नेसम्मको निर्देशन दिइएको छ । त्यसका लागि आन्तरिक राजस्व कार्यालयले समेत सहयोग गर्नुपर्ने हुन्छ । विभागको परिपत्रमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको राजस्व चुहावट नियन्त्रण समितिलाई सक्रिय बनाउन अनुरोध गरिएको छ ।    
News
40,108
पुलिस उपाधि नजिक
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब बुधबार दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीमाथि १–० गोलको कठिन जित निकाल्दै अगाडिको यात्रा तय गरेको हो ।
https://ekantipur.com/sports/2022/03/31/16486888193234670.html
विर्तामोड — डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब बुधबार दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीमाथि १–० गोलको कठिन जित निकाल्दै अगाडिको यात्रा तय गरेको हो ।पुलिसका लागि नीरकुमार राईको गोल निर्णायक बन्यो । उनले ५९ औं मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । रवि पासवानको छोटो पासमा नीरकुमारले दर्शनीय गोल गरेका थिए । लगातारको दसौं पटकको प्रहारमा मात्र पुलिसले गोर्खा ब्वाइजको पोस्टमा गोलको सफलता पाएको हो । दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक थियो । छैटौं मिनेटमा पुलिसका नीरकुमारको तथा १७ औं मिनेटमा अजित भण्डारीको प्रहार पोस्ट बार नजिकैबाट बाहिरिएको थियो । ५२ औं मिनेटमा पुलिसका सन्तोष हेमरनको प्रहार गोर्खाका गोलकिपर देव लिम्बुले नियन्त्रणमा लिए । त्यसअघिका पुलिसको करिब एक दर्जन प्रहार पोस्ट नजिकैबाट बाहिरिए । रूपन्देहीले खेलको १६ औं मिनेटबाट पुलिसको पोस्टमा धावा बोल्न सुरु गरेको थियो । टोलीका सन्जोग राईले बक्सबाट गरेको कडा प्रहार सेकेन्डबार नजिकैबाट बाहिरियो । २० औं मिनेटमा बक्सबाटै अनिल खड्काले गरेको प्रहार आकासियो । त्यसपछि गोर्खाका सुसन लामा, बुद्ध तामाङ, संजोग र अनिलका प्रहार पोस्टको फ्रेमभित्र पर्न सकेनन् ।गोलकर्ता नीरकुमार प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिका लागि पुलिसले शुक्रबार मनाङ मर्स्याङ्दी क्लबसँग फाइनल खेल्नेछ । विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजारसहित ट्रफी जित्नेछन् ।
Sports
20,810
भाइटीकाको दिन मौसम सफा रहने
भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
https://gorkhapatraonline.com/news/85501
काठमाडौं, कात्तिक २८ गते । भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै भूकम्प प्रभावित कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिम पट्टिको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ । देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले अनुरोध गरेका छन् । 
News
52,743
विनोदले ओपनिङ गर्ने
विकेटकिपर एवं आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले यूएईसँगको पहिलो खेलमा ओपनिङ ब्याटिङ गर्ने भएका छन् ।
https://ekantipur.com/sports/2019/01/25/154838376937868828.html
यूएई — विकेटकिपर एवं आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले यूएईसँगको पहिलो खेलमा ओपनिङ ब्याटिङ गर्ने भएका छन् ।पछिल्ला केही वर्षमा शीर्षपंक्तिका ब्याट्सम्यानहरू लगातार असफल भएपछि कप्तान पारस खड्का आफैंले ओपनिङ ब्याटिङको जिम्मेवारी लिने सम्भावना प्रवल देखिएको थियो । नेपाली टोलीका ब्याटिङ परामर्शदाता उमेश पटवालले पारस एकदिवसीयभन्दा पनि ट्वान्टी–२० मा ओपनिङमा आउने जनाए । नेपालले यूएईसँग तीन एकदिवसीयपछि ३ ट्वान्टी–२० शृंखला खेल्नेछ । ‘पारस ५० ओभरमा तेस्रो नम्बरमै ठीक छन् र हामीले उनलाई ट्वान्टी–२० मा ओपनिङ ब्याटिङ गराउने तयारी गराएका छौं,’ पटवालले कान्तिपुरसँग भने, ‘हामीले बनाएको योजनाअनुसार पहिलो खेलमा विनोद भण्डारीलाई ओपनिङका रूपमा हेरिरहेका छौं । उनी शटहरू प्रहार गर्न सक्छन् तर हामीले उनलाई प्रत्येक बल हेरेर खेल्न निर्देशन दिएका छौं ।’ हालैका घरेलु प्रतियोगितामा उनी ओपनिङमा ब्याटिङ गर्न आए, जसमा उनी केही सफल पनि भएका थिए । ‘हामीले उनलाई उसको भूमिकाबारे स्पष्ट बनाइसकेका छौं । उनी यदि १० ओभर त्यहाँ टिक्छन् र त्यसमा टिमले २० रनमात्र बनाउँछ भने पनि कुनै समस्या छैन । उनले बललाई राम्रोसँग नियालेर त्यहीअनुसारको शट प्रहार गर्न सक्नुपर्छ,’ पटवालले भने ।आफूले ओपनिङ गर्न लागेको पारसले ठाडै अस्वीकार गरिदिए । ‘पछिल्लो एक वर्ष मैले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेको छु । तेस्रो नम्बरमा ब्याटिङ गर्नु भनेको ओपनिङ गर्नु जस्तै हो । किनभने एक बलमै ओपनर आउट भएको खण्डमा तेस्रो नम्बरमा खेल्नेले नयाँ बल सामान गर्नुपर्छ,’ पारसले भने, ‘मैले कहाँ ब्याटिङ गर्ने भनेर धेरै चर्चा भएका छन् । तर जहाँबाट ब्याटिङ गरे पनि रन बनाउनु ठूलो हो । व्यक्तिगत रूपमा जुनै स्थानमा ब्याटिङ गरे पनि म सधैं आफ्नो उत्कृष्ट दिन खोजिरहेको हुन्छु ।’वसन्तले खेल्नेमा शंकाभेट्रान देव्रेहाते स्पिनर वसन्त रेग्मीले नेपालको पहिलो खेल खेल्नेमा शंका देखिएको छ । नेपाली टोली बुधबार राति दुबई आएदेखि नै वसन्त ज्वरोबाट सताइएका छन् र उनी अझै निको भएका छैनन् । नेपाली टोलीले बिहीबार गरेको दुई घण्टाको अभ्याससत्र पनि वसन्तले गुमाएका थिए । नेपाली टोलीका व्यवस्थापक एवं टेक्निकल एनालिस्ट रमन सिवाकोटीले पछिल्लो दुई दिन नै अस्वस्थताका कारण वसन्तले अभ्यास नगरेकाले पहिलो खेल खेल्ने सम्भावना कम रहेको बताए ।वसन्तले नखेलेमा ललितनारायण राजवंशीले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गर्ने निश्चित नै हुनेछ । ललित विश्वकप छनोटदेखि नै नेपाली टोलीमा छन्, जहाँबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको सम्भावित ११ : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने ।
Sports
28,076
देशमै सम्भावना खोज्ने युवालाई किन पारिन्छ निरुत्साहित ?
राष्ट्रिय जनगणना २०७८ले २० देखि २९ वर्षको उमेर समूहको जनसंख्या १७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ। उत्पादनशील उमेर समूहमा रहेको यति ठूलो जनसंख्या पढाइ वा काम जेसुकै भिसामा होस् विदेश पलायन हुन चाहने र त्यसलाई समाज र घरपरिवारको मनोविज्ञानले समेत यसैगरी मलजल गरिरहने हो भने भविष्यमा हुनसक्ने अनेक सामाजिक सांस्कृतिक समस्यासँगै देखा पर्नसक्ने जनसांख्यिक असन्तुलनप्रति के सरकार जानकार छ?
https://www.kantipurdaily.com/blog/2024/05/08/youth-escape-27-33.html
राष्ट्रिय जनगणना २०७८ले २० देखि २९ वर्षको उमेर समूहको जनसंख्या १७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ। उत्पादनशील उमेर समूहमा रहेको यति ठूलो जनसंख्या पढाइ वा काम जेसुकै भिसामा होस् विदेश पलायन हुन चाहने र त्यसलाई समाज र घरपरिवारको मनोविज्ञानले समेत यसैगरी मलजल गरिरहने हो भने भविष्यमा हुनसक्ने अनेक सामाजिक सांस्कृतिक समस्यासँगै देखा पर्नसक्ने जनसांख्यिक असन्तुलनप्रति के सरकार जानकार छ?वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले नेपालबाट दैनिक औसत तीन हजार युवायुवती रोजगारीको खोजीमा विदेसिने गरेको देखाएको छ। यसरी पलायन हुने जनसंख्याको उमेर समूह अनुसारको अध्ययन नभएपनि यसको ठूलो हिस्सा २० देखि २९ वर्षकै हुन्छ भन्नेमा कुनै सन्देह छैन। यसरी विदेसिने जनसंख्याले गन्तव्य मुलुकमा भोग्नुपर्ने समस्याको चर्चाको पाटो बेग्लै हुनसक्छ।नेपालले युवा जतिलाई विदेश पठाइरहँदा देखापरिरहेका समस्याहरूबारे गम्भीर भएर सोच्न ढिला भइसकेको छ। सन् २०१९ को अन्त्यतिरबाट विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीले दुई वर्षसम्म मानिसहरूको वैदेशिक यात्रा नगण्य नै भयो । कोरोनाका सम्बन्धमा लगाइएका प्रोटोकलहरूका कारण नेपालबाट पनि वैदेशिक रोजगारीमा जान झन्डै ठप्प भएको अवस्था थियो। तर विस्तारै सन् २०२२ पछि विश्व फेरि खुला हुँदै गयो । कोरोनापछि नेपालबाट अध्ययन भिसामा विदेसिने झन् धेरै बढेका छन्।आर्थिक वर्ष २०७८/७९ मा विदेश पढ्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने १ लाख १४ हजार रहेकोमा गत आर्थिक वर्ष २०७९/ ८० मा १ लाख ९ हजार ८ सय ३६ जनाले एनओसी लिएका छन् । तीमध्ये सबैभन्दा धेरै झन्डै ३४ हजार युवा अध्ययन भिसामा अस्ट्रेलिया गए । शिक्षा मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार हाल दैनिक औसत १२ सय जनाले एनओसी लिने गरेका छन्। यो तथ्यांकलाई वार्षिक औसतमा बदल्दा चालु आर्थिक वर्षमा एनओसी लिने चार लाख हाराहारी पुग्ने देखिन्छ।मेरो गोरखाको साथी मन्दीप पोखरामा बसेर स्नातक गरिरहेको थियो । ट्राभल कम्पनीमा काम गर्दै पढ्ने उनी पढाइ खर्च धानेर परिवारलाई पनि भरथेग गरिरहेको थियो । आफ्नो पढाइ पूरा गर्नै लाग्दा ऊ खुसी नै थियो।तर उसको खुसीका अघि एउटा झेल्नै नसक्ने सामाजिक र पारिवारिक दबाब थियो। हरेक पटक घर पुग्दा एउटा प्रश्न सामना गर्नुपर्थ्यो - त्यति कमाइले नेपालमा के हुन्छ? कहिले जान्छस् विदेश? पढे अनुसारको जागिर पाइन्छ?आमाबाबुले नै मन्दीपलाई बिदेसिएका युवाको सूची सुनाउँथे। गाउँमा पोर्चुगल, रोमानिया, क्रोएसियादेखि जापान, कोरिया पुगेकाको सूची लामै थियो।सबै आफ्नो खुसीले मात्रै कहाँ चल्छ र! कहिले आफ्नो त कहिले आफ्नाका लागि खुसी भइदिनुपर्ने रहेछ। बाआमाकै इच्छा भएपछि मन्दीपले पनि सेन्जेन भिसाका लागि दलाललाई १० लाख रुपैयाँ बुझायो। भिसा आएन पैसा डुब्यो। त्यही तोडमा अर्को दलालमार्फत् माल्टा हानियो। माल्टामा तीन महिनासम्म बेरोजगार बनेपछि फेरि दलाललाई मोटो रकम बुझाएर पोर्चुगल पुग्यो। अहिले ऊ खेतीको काम गर्छ।छरछिमेकका छोरा-छोरी विदेश गइरहँदा बुबाआमा समेत आफ्ना सन्तान विदेश जाउन् भन्ने चाहनाको मन्दीप उदाहरण मात्रै हो । यो समस्याबाट म आफैं पनि अछुतो छैन । पढाइ खर्च पुर्‍याएर घरमा पनि सहयोग गर्छु। तर छिमेकीका छोराछोरी विदेश गएर होला मेरा बुबाआमालाई पनि छोरा विदेशै गए हुन्थ्यो भन्ने लाग्ने रहेछ।गत माघमा म बिदा मिलाएर गाउँ गएँ। तर मलाई गर्ने प्रश्न पनि त्यस्तै नै भयो परिवारबाट, अहिले त हरेक अभिभावकले देशमै केही गर्न सकिन्छ भनेर ढाडस दिनै छाडेका छन्।हिजोआज दुई जना भेट हुँदा होस् वा घर-घर, गल्ली-गल्ली, चोक-चोकदेखि लिएर कुनै औपचारिक सभा समारोहमा समेत चल्ने र सुन्ने कुरा भनेकै विदेशकै छ। समाचारका हेडलाइन्समा पनि ‘यति विदेसिए, उति विदेसिए’ भन्ने प्रसंगले प्राथमिकता पाएको देखिन्छ। सामाजिक सञ्जाल विमानस्थलमा लाइन लागेका युवाका फोटो भिडिओले भरिएका छन् ।दिनानुदिन बढ्दो यस्तो दृश्य र गतिविधिले सोचमग्न बनाउँछ अनि एकान्तमा हुँदा होस् वा मध्यरातमा निद्रा नपर्दा होस् आफ्नै मनसित अन्तर्द्वन्द्व सिर्जना हुन थाल्दछ । अनि मजस्ता स्वदेशमै केही गर्न सकिन्छ कि भनी सम्भावना खोजेकालाई निरुत्साहित गर्ने अनेक चरित्र सल्बलाउन थाल्छन्।यस्ता देशैभरि छन्। तिनीहरूको प्रगति र आर्थिक समुन्नतिलाई तटस्थ आँखाले हेरुँभन्दा हाम्रो समाजले सँगैको फलानो साथी विदेश गएर यस्तो प्रगति गरिसक्यो उस्तो प्रगति गरिसक्यो फलानो भने नेपालमै हल्लिरहेको छ भन्नेजस्तो निराशाजनक मूल्याङ्कन गरिदिन्छ।हाम्रो गाउँ समाज कतातिर जाँदैछ भन्ने कुरा यसबाट पनि छर्लङ्ग हुन्छ। अनि सोच्न बाध्य गराउँछ -के समृद्धिको पर्याय विदेश नै हो त? विदेश निर्विकल्प विकल्प नै हो त? युवा र ऊर्जाशील उमेर परदेशी भूमिमै तिलाञ्जली दिनुपर्ने हो? अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेज गुडाउँदै नउडेसम्म घरपरिवारमा खुसी र समृद्धि नभित्रिने नै हो? स्वदेशमै केही गरौँ भनी परिस्थितिसँग डटिरहेका युवालाई यी यावत कुराहरूले बेचैन बनाइदिन्छन्। सायद निराशाको चरम उत्कर्ष भनेको पनि यही त होला।वैदेशिक रोजगार विभाग र शिक्षा मन्त्रालयले उपलब्ध गराउने यो निराशा लाग्दो तस्बिर के यो देशको सत्ता सञ्चालकहरूले पढ्दैनन् वा थाहा पाएर पनि गम्भीर हुँदैनन्? यहाँनिर प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति यहाँ प्रासंगिक हुन आउँछ।एक प्रसङ्गमा उनले केही समय अगाडि भनेका थिए, 'नेपालमा ८० हजारको जागिर गरिरहेको युवा ८० लाख रुपैयाँ तिरेर भए पनि पलायन हुन खोज्छ।'के उनले यस्तो अभिव्यक्ति दिँदैमा जिम्मेवारीबाट पन्छिन सक्छन् त? किनभने २०६२/०६३ को आन्दोलनपछि नेपालको सत्ता राजनीतिको केन्द्रमा दाहाल नै छन्। झन्डै दुई दशक सत्ताको केन्द्रमा रहँदा युवा जनसंख्यालाई स्वदेशमा टिक्ने वातावरण सिर्जना गर्न नसक्नुमा उनी पनि उत्तिकै हिस्सेदार छन्। गुणस्तरीय शिक्षा, रोजगार सिर्जना, भ्रष्टाचार न्यूनीकरण, सुशासन अभिवृद्धिभन्दा पनि नेतृत्वमा सत्तालिप्सा नै केन्द्रमा छ। नेतृत्वको प्रवृत्ति कतिसम्म निराशाजनक छ भने उनीहरू निर्वाचनमा मत माग्ने बेलामा समेत जनताका छोराछोरीलाई सित्तैमा विदेश पठाइदिन्छौँ भन्ने आश्वासन दिन्छन्।पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गृह जिल्ला रौतहट पुगेर गरेको भाषण र कैलालीबाट उम्मेदवार बनेकी कांग्रेस नेता आरजु राणा देउवाले गरेको भाषण यसैको उदाहरण हो। जनतालाई मात्र होइन कि नेताहरूलाई पनि विदेशको मोह उत्तिकै छ । नेतृत्वको चरित्र र सोचले नै नागरिकको मानसिकता निर्धारण गर्ने हुनाले युवा जमात जति विदेश जान खोज्ने प्रवृत्तिका लागि अन्ततः नेतृत्व नै जिम्मेवार छ। सत्ताको लुछाचुँडीले अझै केही वर्षसम्म नागरिकका मुद्दा नेतृत्वको प्राथमिकतामा पर्दैनन् भन्ने निश्चित छ।
Blog
12,241
बीपी र ‘फास्ट ट्र्याक’ कांग्रेस
वि.सं. १९७४ देखि निर्वासित भएसँगै बनारस र भारतका विभिन्न ठाउँमा रहेर राणा शासनको विरोधमा जनमत तयार पार्नु त छँदै थियो, साथै भारतको स्वतन्त्रता आन्दोलनमा हरतरहले सहयोग गर्नु अर्को प्रमुख काम थियो, कृष्णप्रसाद कोइरालाका लागि । यसरी आन्दोलनका घटनाबाट पिताजीसँगै निर्वासनमा रहनुभएका बीपीमा चेतनाका आँखा खुल्दै गए । बीपीमा आन्दोलनको प्रभाव यतिसम्म परेको थियो कि बनारसको सरकारी स्कुल नै बहिष्कार गर्नुभयो । भारतमा ब्रिटिस शासन
https://gorkhapatraonline.com/news/59611
वि.सं. १९७४ देखि निर्वासित भएसँगै बनारस र भारतका विभिन्न ठाउँमा रहेर राणा शासनको विरोधमा जनमत तयार पार्नु त छँदै थियो, साथै भारतको स्वतन्त्रता आन्दोलनमा हरतरहले सहयोग गर्नु अर्को प्रमुख काम थियो, कृष्णप्रसाद कोइरालाका लागि । यसरी आन्दोलनका घटनाबाट पिताजीसँगै निर्वासनमा रहनुभएका बीपीमा चेतनाका आँखा खुल्दै गए । बीपीमा आन्दोलनको प्रभाव यतिसम्म परेको थियो कि बनारसको सरकारी स्कुल नै बहिष्कार गर्नुभयो । भारतमा ब्रिटिस शासन कायम रहेसम्म नेपालमा राणा शासन हटाउन सकिँदैन भन्ने बुझेर बाल्यकालदेखि नै भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न हुनुएको थियो उहाँ । बिहारको चम्पारन जिल्लाको बेतियामा भएको एउटा काण्डको अभियोगमा सन् १९३० अक्टोबरमा बीपी र मातृका पक्राउ परे । जतिबेला बीपी १६ वर्षका हुनुहुन्थ्यो । त्यसपछि पनि उहाँ बिहारका अनेक ठाउँबाट पटक पटक पक्राउ पर्नुभयो । भारतीय राष्ट्रिय कांग्रेसको ‘भारत छोडो’ आन्दोलनका क्रममा केही समय भूमिगत भएर बीपीले बिहार र उत्तरप्रदेशमा आन्दोलनको नेतृत्व सम्हाल्नुभयो । यसरी भारतीय जनता र भारतमा रहेका नेपालीहरूमा बीपीको लोकप्रियता तथा राणा शासन विरोधी गतिविधिका कारण राणाहरू क्रुद्ध त थिए नै, साथै उत्तिकै सशङ्कित पनि थिए । राणाहरू बीपीलाई आफ्नो कब्जामा लिएर उहाँका गतिविधि रोक्न चाहन्थे । त्यसैले बीपीलाई नेपालमा सुपुर्दगीका लागि गरेको अनुरोध ब्रिटिस सरकारले स्वीका¥यो । त्यसपछि बीपीलाई लिन रक्सौलमा आउन भनी राणाहरूलाई पत्र पठाइयो । हत्कडीसहित राणाहरूले पठाएको टोली रक्सौल पुग्यो तर बीपीको तर्फबाट वकालत गरेका वरिष्ठ कानुनविद्हरूले सङ्घीय अदालतमा ब्रिटिस सरकारले बीपीलाई भारतमै राजनीतिक गतिविधिमा संलग्न भएकोले पक्राउ गरेका कारण नेपालमा सुपुर्दगी गर्न मिल्दैन भन्ने मागसहित रिट हाले । अदालतले रिटको माग जायज ठहर गरेपछि बीपीलाई सुपुर्दगी गरिएन । यसैबीच, राणाविरोधी आन्दोलनका क्रममा बनारसबाट डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, राजेश्वरीप्रसाद उपाध्याय, मनमोहन अधिकारीलगायतका नेता पक्राउ परेका थिए । उता, गणेशमान सिंह सानै उमेरदेखि राणा शासनको विरोधी गतिविधिमा संलग्न हुनुहुन्थ्यो । देश र देशवासीका लागि जस्तोसुकै जोखिम मोल्न तयार सिंहलाई वि.सं. १९९७ कात्तिक २ गते पक्राउ गरी भद्रगोल जेलमा राखियो । राणा शासन समाप्त पार्ने योजनाअनुसार जेलभित्रै सुरुङ खनेर बाहिर निस्कने सिंहको पहिलो योजना सफल हुन सकेन । त्यसपछि अर्को योजनाअनुसार वि.सं. २००१ असार ७ गते १६ फिट अग्लो बाहिरी पर्खालमा बाँधेको कपडाको डोरी समातेर उहाँ भाग्न सफल हुनुभयो । यसरी कष्टपूर्वक जेलबाट भागेर गणेशमान भारत पुग्न सफल हुनुभएको हो । प्रजातन्त्र प्राप्तिका लागि बीपी र गणेशमानले ज्यानको बाजी थापेर आन्दोलनमा होमिएको यो त सानो दृष्टान्त मात्र हो । आन्दोलनको मोर्चामा रहेर सङ्घर्ष गर्दै गर्दा नेपालमा छिट्टै प्रजातन्त्र आउला भनेर उनीहरूले कल्पना समेत गरेका थिएनन् । राणा शासनको दमनका विरुद्ध आन्दोलन गरेर स्वतन्त्रताको लडाइँमा होमिँदा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतका नेतामा जीवनमा पद र शक्ति पाउने आशा त टाढाको कुरा भयो, बाँच्न पाइने हो कि होइन भने थियो । तैपनि लोकतन्त्र स्थापनाका लागि उनीहरू एकोहोरो ढङ्गबाट निष्ठापूर्वक अनवरत लागिरहे । नेताहरू एउटा के कुरामा ढुक्क थिए भने निरङ्कुश व्यवस्था लामो समय टिक्न सक्दैन । आन्दोलनका क्रममा जेलनेलमा भोगेका पीडा र कष्ट बिर्सेर वैचारिक रूपमा उनीहरू प्रस्ट थिए । कांग्रेसका विचारक भनेकै उनीहरू थिए र आजका दिनमा पनि उनीहरूकै विचारलाई आदर्श मानेर कांग्रेस अघि बढिरहेको छ । त्यसैले त प्रजातन्त्र स्थापनाको लडाइँ र त्यसप्रतिको सम्मानले नेताहरूका प्रति सर्वसाधारणको आस्था र विश्वास भएको हो । ‘फास्ट ट्र्याक’ को हुटहुटी कांग्रेसको १४औँ महाधिवेशनको तथ्याङ्क हेर्दा आठ लाख ५२ हजार क्रियाशील सदस्य छन् । तीमध्ये आधाभन्दा बढीले कम्तीमा दुई दशक कांग्रेसका जिल्लादेखि केन्द्र तहका विभिन्न समितिमा बसेर काम गरेका छन् । जसमा अवसर पाउनेको सङ्ख्या ज्यादै न्यून छ र पनि मैले केही पाइनँ भनेर उनीहरूको गुनासो सुनिँदैन । पछिल्लो केही दिनदेखि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेको विषय चर्चामा छ । १० वर्षदेखि कांग्रेसको राजनीतिमा जोडिएका वाग्लेले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रोज्दा आफ्नो क्षमताको मूल्याङ्कन पार्टीभित्र हुन नसकेको गुनासो गर्र्नुभएको छ । जब कि पछिल्लो एक दशकमा कांग्रेसबाट पटक पटक अवसर पाउनेमध्येमा डा. वाग्ले पर्नुहुन्छ । २०७० सालमा प्रधानमन्त्री सुशील कोइरालाले वाग्लेलाई राष्ट्रिय योजना आयोगमा सदस्य नियुक्त गरे । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७३ भदौ २६ मा कांग्रेस सभापति देउवाको सिफासिमा वाग्लेलाई पुनः सदस्यमा नै नियुक्ति गरियो । आयोगका सदस्यको दोस्रो कार्यकाल सकिन नपाउँदै तत्कालीन प्रधानमन्त्री देउवाले वाग्लेलाई २०७४ साउन १९ मा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्नुभयो । पटक पटक सरकारी लाभको पद पाएका वाग्लेलाई सभापति देउवाले पार्टीभित्र अवसर पनि उत्तिकै दिएको देखिन्छ । २०७२ सालमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले डा. वाग्लेलाई महासमिति सदस्यमा मनोनित गर्नुभयो । त्यस्तै, २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा पनि वाग्लेलाई राखिएको थियो । यसरी घटनाक्रम हेर्दा कांग्रेसले वाग्लेको योग्यताको कदर गरेको कहीँकतै लुकेको देखिँदैन । डा. वाग्लेको भनाइअनुसार उहाँको परिवारको तीन पुस्ता कांग्रेसको राजनीतिमा छ । तीनपुस्ता कांग्रेसको राजनीतिमा लागेका उहाँजस्ता योग्य व्यक्ति कांग्रेसमा हजारौँ छन् । यदि कांग्रेसले उहाँको योग्यताको कदर नगरेको भए योजना आयोगको उपाध्यक्ष कसरी बन्न सम्भव भयो ? यति मात्र होइन, आयोगको उपाध्यक्ष नियुक्त भएपछि त्यसैका आधारमा उहाँले अन्तर्राष्टिय संस्थामा समेत अवसर जुरेको हो । त्यसका लागि कांग्रेसकाप्रति वाग्ले कृतज्ञ हुनुपर्ने हो तर कांग्रेसले आफ्नो मूल्याङ्कन गरेन भनेर उहाँको गुनासो मात्र सुनिएको छ । कांग्रेसको राजनीतिमा जोडिएका वाग्ले मात्र होइन, चार दशकदेखि कुनै अवसर नपाएका धेरै कांग्रेसजनले मङ्सिरको निर्वाचनमा टिकटको आकाङ्क्षा राखेका थिए । सीमित सिटमा सबैले अवसर पाउँदैनन् । त्यस अर्थमा वाग्लेले टिकट नपाउनु स्वाभाविकै थियो र पछिल्लो समय उपनिर्वाचनमा टिकटका लागि उहाँजस्तै धेरैले आकाङ्क्षा राखेका थिए । जसमध्ये तनहुँ १ बाट प्रतिनिधि सभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको स्थानमा स्वाभाविक दाबेदार कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई नै हो । भट्टराई २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुनुभएको थियो । तनहुँमा समकालीन नेतामध्ये धेरैले अवसर पाउँदा भट्टराईले अहिलेसम्म अवसर पाउनुभएको थिएन । भट्टराईले पहिलो पटक सङ्घीय संसद्को निर्वाचनमा पार्टीको तर्फबाट टिकट पाउनुभएको छ । ४० वर्षदेखि निरन्तर सक्रिय भट्टराईले टिकट पाउँदै गर्दा भर्खर १० वर्षदेखि यता मात्रै कांग्रेसको राजनीतिमा सक्रिय भएका वाग्लेको तर्क छ, कांग्रेसले आफूमाथि अन्याय ग¥यो । कुनै दलमा आबद्ध पढालेखा आजको पुस्तामा तत्कालै मैले केही पाइहाल्नुपर्छ भन्ने सोच हाबी छ । पार्टीका लागि कति योगदान गरेको छु भन्ने कुरा भुलेर पुरानो पुस्ताको तेजोवध गर्ने प्रवृत्तिबाट प्रस्ट हुन्छ नयाँ पुस्ताले राजनीतिमा ‘फास्ट ट्र्याक’ खोजेको छ । हुन त कांग्रेसमा बेलाबेलामा ‘फास्ट ट्र्याक’ ले मलजल पाएको देखिन्छ । पार्टीको सदस्यता लिएको भोलिपल्ट टिकट पाउने, चुनावमा जिताइदिनुपर्ने र जितेर आएपछि मन्त्री हुनैपर्ने । अनि मन्त्री नबनाएपछि पार्टीले मूल्याङ्कन गरेन भनेर गुनासो गर्ने प्रवृत्ति छ । गुनासो गर्ने मात्र होइन, अवसर पर्दा पार्टी छाड्न पनि तयार हुन्छन् । मानौँ कि धैर्य शब्द उनीहरूको शब्दकोशमै छैन । यस्ता घटनाबाट नेतृत्वले बुझ्नुपर्छ कि अवसरका लागि यो प्रवृत्ति जसरी सत्तासँग टाँसिन्छ, सत्ताबाट बाहिरिएपछि त्यसैगरी कतिबेला फुत्कने भन्ने छट्पटी हुन्छ । लेखक पत्रकार हुनुहुन्छ ।   
News
47,183
वन्यजन्तुको पछिपछि
बाघ गर्जिरहेको छ, मयूर नाचिरहेको, चराहरू उडिरहेका छन्, एकसिंगे गैंडा मस्तसँग पानीमा पस्दै छ । साँच्चिकै हैन, तस्बिरमा । राजधानीको भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा जारी ‘वाइल्ड लाइफ फोटो प्रदर्शनी’ मा राखिएका तस्बिरहरू भने साँच्चिकै जस्ता छन् । यी तस्बिर खिचेका हुन् चितवनका वाइल्ड लाइफ फोटोग्राफर सागर गिरीले । 
https://ekantipur.com/feature/2019/04/09/155477790381641131.html
काठमाडौँ — बाघ गर्जिरहेको छ, मयूर नाचिरहेको, चराहरू उडिरहेका छन्, एकसिंगे गैंडा मस्तसँग पानीमा पस्दै छ । साँच्चिकै हैन, तस्बिरमा । राजधानीको भृकुटी मण्डपस्थित पर्यटन बोर्डमा जारी ‘वाइल्ड लाइफ फोटो प्रदर्शनी’ मा राखिएका तस्बिरहरू भने साँच्चिकै जस्ता छन् । यी तस्बिर खिचेका हुन् चितवनका वाइल्ड लाइफ फोटोग्राफर सागर गिरीले । उनले वाइल्ड लाइफ फोटोग्राफी गर्न थालेको धेरै भएको छैन । आधा दशककै बीचमा उनले चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत तराई विभिन्न भूभागमा पुगेर अनगिन्ती तस्बिर खिच्न भ्याएका छन् । तीमध्ये एक सिंगेगैंडा, हात्ती, पातेबाघ, चितुवा, भालु, कृष्णसार, बाह्रसिंहे, गौरलगायतका जंगली जनावरसँगै मयूर, सारस, डार्टर, पोन्ड हेरोनलगायतका पक्षीहरूको ३८ थान तस्बिर यति बेला प्रदर्शनीमा हेर्न सकिन्छ । नेपालको तराई भूभागमा पाइने जंगली जनावर एवं पक्षीहरूलाई विश्वमाझ चिनाउने उनको खास ध्येय हो । यसमा उनको आफ्नै धारणा पनि छ । ‘फोटो र भिडियोहरूमा देखिने जनावर भन्नेबित्तिकै अफ्रिकाका जंगलको हो भन्ने नेपालीकै बुझाइ छ,’ उनले भने, ‘हाम्रै मुलुकमा पनि सुन्दर वन्यजन्तु छन् भन्ने देखाउन चाहना पूरा गर्न वन्यजन्तु फोटोग्राफी रोजेको हुँ । नेपालको पर्यटन भन्नेबित्तिकै सामान्यतः हिमाली पर्यटन बुझिने अवस्था रहेकोमा त्यसलाई विविधीकरण गर्न पनि आफूले तराई क्षेत्र रोजेको उनले बताए । उनले खिचेका तस्बिरहरू निकै कलात्मक छन् । कलात्मक फ्रेमिङमा वन्यजन्तुको चाल पकडन उनी सफल छन् । प्रदर्शनी अवलोकन गर्न पुगेका फोटो पत्रकार मीनरत्न बज्राचार्यले सागरले खिचेका तस्बिरहरू अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरे । ‘जनावर एवं पक्षीहरूको चाललाई राम्रोसँग खिचेका छन्,’ उनले भने, ‘यसले उनको फोटोग्राफी क्षमता त देखाउँछ नै, उनका तस्बिरहरूले नेपाललाई विश्वमाझ चिनाउन पनि मद्दत पुर्‍याउँछ ।’ तस्बिर नियाल्दै गर्ने क्रममै भेटिए, रत्नराज्य लक्ष्मी क्याम्पसका फोटो पत्रकारिता अध्यापक नरेश श्रेष्ठ । उनले पनि सागरको फोटोग्राफी कम्पोजिसन ‘सिर्जनात्मक र माझिएको’ भन्दै प्रशंसा गरे । ‘सागरको फोटो हेरेपछि फोटो खिचेकै स्थानमा गएर ती जनावर एवं पक्षीहरू हेर्न मन लाग्छ,’ उनले भने । पर्यटन बोर्ड र भिजिट नेपाल टान्टी टान्टीले प्रदर्शनी गरेको हो । बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले फोटो प्रदर्शनीले नेपालको जैविक विविधतालाई चिनाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । ‘जैविक सम्पदाबारे विश्वले थाहा पाउन यस्ता तस्बिरहरूले सघाउँछन्,’ उनले भने । प्रदर्शनी चैत २८ गतेसम्म जारी रहनेछ ।
Feature
1,161
भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् ।
https://gorkhapatraonline.com/news/92502
भैरहवा, पुस २६ गते । लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् । पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले सरकारी अव्यावहारिक नियमले भारतीय पर्यटकलाई हैरानी भइरहेको बताउनुभयो । घुम्न आए पर्यटकले मनलाग्दी खर्च गर्न पाउने प्रावधानसमेत नभएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो । कम्तीमा एक लाख भारुसम्म बोकेर आउन दिनुपर्ने व्यवसायीहरूको माग छ । यसबारे प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो । बाँकेको नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देलले पुरानै नियमले भारतीय पर्यटक पीडित बनेको बताउनुभयो । उहाँका अनुसार पहिले २५ हजार भारुले घुमफिर गर्न पुग्थ्यो । अहिले त्यति रकमले एकदिन पनि नधान्ने बताउँदै उहाँले पर्याप्त रकम बोकेर आउन नपाउँदा भारतीय पर्यटकले मनग्गे खर्च गर्न नपाएको बताउनुभयो । रुपन्देहीको भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपियाँ (भारु) मात्र नगद बोकेर आउन पाउने नियमले कठिनाइ भइरहेको बताउनुभयो । त्यसबाहेक पोखरा, चितवन, काठमाडौँ र मुक्तिनाथसम्म भारतीय पुगिरहेका छन् । उनीहरूले बोकेर ल्याउने नगद रकमको दायरा साँघुरो भएकाले समस्यामा पर्ने गरेको बजिमयले बताउनुभयो ।आन्तरिक र भारतीयलाई पर्यटकको सूचीमा नराखेका कारण धेरै झन्झट बेहोर्नु परिरहेको उहाँले भनाइ छ । उहाँले नेपालबाट चीन र भारतमा असीमित मुद्रा पठाउन मिल्ने भए पनि उताबाट यहाँका लागि सीमित मुद्रा मात्र बोकेर ल्याउन र पठाउन मिल्ने बनाइएकाले दुःख पाइरहेको बताउनुभयो । उहाँले राजमार्ग भद्रगोल रहेको अवस्थामा ठाउँ ठाउँमा भारतीय पर्यटकलाई रोकेर चेकिङका नाममा दुःख दिने गरिएकाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जान नसकेको बताउनुभयो । 
News
48,810
चौरजहारीमा घर बनाउँदै स्याङ्जाको युवा सङ्घ
गत कात्तिक १७ गते गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको परिवारको घर निर्माण कार्यमा युवा सङ्घ स्याङ्जाको टोली रुकुमपश्चिममा सक्रिय रहेको छ ।
https://gorkhapatraonline.com/news/86386
अर्जुन काफ्लेस्याङ्जा, मङसिर ७ गते ।  गत कात्तिक १७ गते गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको परिवारको घर निर्माण कार्यमा युवा सङ्घ स्याङ्जाको टोली रुकुमपश्चिममा सक्रिय रहेको छ ।  भूकम्पले घर क्षति भएकाहरूको अस्थायी घर बनाएर चिसोबाट बचाउन युवा सङ्घका अध्यक्ष सुशील खनालको नेतृत्वमा रुकुमको चौरजहारीमा टोली सक्रिय रहेको हो । भूकम्प गएको १५ औँ दिनमा पुगेको नौ जनाको टोलीले चौरजाहरी –११ मा दुई दिनमा तीन वटा त्रिपालले छाएर अस्थायी घर बनाएको अध्यक्ष खनालले बताउनुभयो । चौरजहारी पुगेको र पुग्ने टोलीले १५ दिन भूकम्पका घर क्षति भएका परिवारको लागि अस्थायी आवास निर्माण गर्ने खनालले बताउनुभयो । जिल्लाबाटै आवश्यक सामग्री लिएर पुगेको टोलीले तोकिएको समयमा ५० भन्दा बढी अस्थायी आवास बनाउने र पीडामा परेकालाई सहयोग गर्ने खनालको भनाइ छ । 
News
52,625
शक्तिको आडमा थिचिएको वर्ष
सन् २०२३ सुखद वर्ष रहेन । शक्तिको आडमा थिचिएको वर्ष बन्यो । हत्या, हिंसा, युद्ध, दुर्घटना, प्राकृतिक विपत्ति आदिले विश्ववासी आक्रान्त बने । शान्ति, मानव अधिकार, मेलमिलाप ओझेलमा परे । शक्ति राष्ट्रहरूबिच दुरी बढ्यो । इजरायली र प्यालेस्टिनी हमासबिचको युद्ध यस वर्षको सबैभन्दा पीडादायक र अमानवीय घटना बन्यो । अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठुलो आक्रमण हमास लडाकुहरूले गरेसँगै सुरु भएको युद्धमा १२ सय इजरायली र २० हजार प्यालेस्टिनी मारिएका छन् । आठ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका र सात हजारभन्दा
https://gorkhapatraonline.com/news/90803
सन् २०२३ सुखद वर्ष रहेन । शक्तिको आडमा थिचिएको वर्ष बन्यो । हत्या, हिंसा, युद्ध, दुर्घटना, प्राकृतिक विपत्ति आदिले विश्ववासी आक्रान्त बने । शान्ति, मानव अधिकार, मेलमिलाप ओझेलमा परे । शक्ति राष्ट्रहरूबिच दुरी बढ्यो ।इजरायली र प्यालेस्टिनी हमासबिचको युद्ध यस वर्षको सबैभन्दा पीडादायक र अमानवीय घटना बन्यो । अक्टोबर ७ मा इजरायलको इतिहासमै नभएको ठुलो आक्रमण हमास लडाकुहरूले गरेसँगै सुरु भएको युद्धमा १२ सय इजरायली र २० हजार प्यालेस्टिनी मारिएका छन् । आठ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका र सात हजारभन्दा बढी महिला युद्धका क्रममा मारिए । ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् । युद्धबाट प्यालेस्टिन भूमि गाजा क्षेत्र ध्वस्त भयो । २० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भए । युद्धमा दुवै पक्षले युद्धअपराध गरे पनि कारबाही भएन । इजरायल र हमासबिचको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घले पटक पटक प्रयास गर्‍यो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा बडापत्रको धारा ९९ लागु गर्नुभयो । आपत्कालीन महासभाले युद्धविराम गर्ने प्रस्ताव पारित गर्‍यो । सुरक्षा परिषद्मा ल्याइएको युद्ध रोक्ने प्रस्तावमाथि अमेरिकाले इजरायलको पक्षमा भिटो प्रयोग गरेकाले युद्ध रोकिएन, जसले गर्दा प्यालेस्टिनी पक्षमा ठुलो क्षति भयो । निहत्था आमप्यालेस्टिनी मारिएकोमा विश्वव्यापी रूपमा निन्दा गर्दै चिन्ता व्यक्त गरियो । हमासलाई समाप्त नपारेसम्म युद्ध नरोक्ने अडान लिएको इजरायलले हमासतर्फ भने ठुलो क्षति पुर्‍याउन सकेन । हमास कमजोर नभएकाले आत्मसमर्पण गरेन ।  रोकिएन रुस–युक्रेन युद्धअर्कोतर्फ रुस र युक्रेनबिच सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको युद्ध यस वर्ष पनि अन्त्य भएन । चीनका राष्ट्रपति सी चिनफिङले रुसको भ्रमण गरी रुस–युक्रेन युद्ध रोक्ने चीनको शान्ति योजनाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्नुभयो । युद्ध अन्त्य गराउने प्रयास भने सफल भएन । रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबिच मस्कोमा शिखर वार्ता भयो । युद्धका क्रममा रुसले युक्रेनको १५ प्रतिशत भूभाग कब्जा गरेको छ । सैनिक र गैरसैनिक गरी एक लाखभन्दा बढीको ज्यान गइसकेको यस युद्धमा १४० अर्ब डलरको भौतिक क्षति भइसकेको छ । पश्चिमा देशहरूले रुसलाई एक्ल्याउँदै युक्रेनलाई आर्थिक र हतियार सहयोग गरेकाले युद्ध लम्बियो । आक्रोशित रुस अमेरिकासितको परमाणु हतियार कटौतीसम्बन्धी न्यु स्टार्ट सन्धिबाट अलग भयो । रुसले कृष्णसागरमा उडिरहेको अमेरिकी ड्रोनलाई खसालिदिएपछि थप तनाव उत्पन्न भयो । लिथुवानियामा भएको नेटो शिखर सम्मेलनले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सदस्यता दिने निर्णय भने गरेन । रुसको आपत्तिका बिच फिनल्यान्ड नेटोको ३१ औँ सदस्य राष्ट्र बन्यो । रुसले बेलारुसमा परमाणु हतियार तैनाथ गरेपछि परिस्थिति झन् जटिल बन्यो । यो युद्धले विश्व अर्थतन्त्र नै थप प्रभावित बन्यो । रुसमा भाडामा सैनिक उपलब्ध गराउने वाग्नर समूहले विद्रोह गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि चुनौती थपियो । कडा कारबाही गर्ने पुटिनको चेतावनीपछि दुई दिने विद्रोह अन्त्य गर्दै वाग्नर समूह प्रमुख येभ्गेनी प्रिगोजिन बेलारुसको शरणमा गए । केही दिनपछि विमान दुर्घटनामा उनको मृत्यु भयो । अमेरिकामा बन्दुक आतङ्कअमेरिकाको क्यालिफोर्नियास्थित मोन्टरी पार्कमा बन्दुकधारीले गोली बर्साउँदा ११ जनाको मृत्यु भयो । क्यालिफोर्नियामा नै फेरि अर्को गोलीकाण्ड हुँदा सात जनाको मृत्यु भयो । मिसिसिपीमा एक बन्दुकधारीले पूर्वपत्नीसहित छ जनाको गाली हानी हत्या गर्‍यो । अमेरिकाको नास्भिल सहरको एउटा प्राथमिक विद्यालयमा बन्धुकधारीले गोली चलाउँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भयो । केन्टकीस्थित वल्र्ड नेसनल बैङ्कका कर्मचारीले बैङ्कभित्र गोली चलाउँदा पाँच जनाको मृत्यु भयो । जर्मनीको ह्याम्वर्गमा बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भयो । न्युजिल्यान्डमा पहिलो महिला प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिनुभयो । उहाँको स्थानमा ४४ वर्षीय क्रिस हिप्किन्स नयाँ प्रधानमन्त्री बन्नुभयो । चीन–अमेरिका तनावअमेरिकी सेनाले अमेरिका र क्यानडाको आकाशमा उडेका चार अज्ञात वस्तु क्षेप्यास्त्र प्रहार गरी खसाल्यो । खसालिएकोमध्ये एउटा चिनियाँ बेलुन थियो । अमेरिकाको जासुसी गर्न बेलुन छाडेको भने पनि अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) ले त्यस्तो कुनै प्रमाण फेला पार्न सकेन । यो घटनाले चीन र अमेरिकाबिच कूटनीतिक तनाव बढ्यो । तनाव कम गर्न भनी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनद्वारा पाँच वर्षपछि चीनको भ्रमण गर्नुभयो । महान् अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जर सय वर्षको उमेरमा बेइजिङ आएर राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभयो । अमेरिकाका राष्ट्रपति जोए बाइडेन र चीनका राष्ट्रपति सीबिच क्यालिफोर्नियामा वार्ता भयो तर पनि सम्बन्ध सहज भएन । ताइवानी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन मेकार्थीलाई भेटेपछि चीन झन् क्रुद्ध बन्यो । चीनद्वारा ताइवान घेर्ने तीन दिने विशाल सैन्य अभ्यास गर्‍यो । चीनमा संसद्को १४ औँ वार्षिक अधिवेशनले राष्ट्रपति सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्‍यो । नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित हुनुभयो । चीनको मध्यस्थतामा इरान र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्ने सम्झौता भयो । यी देशबिच सन् २०१६ मा सम्बन्ध विच्छेद भएको थियो । आणविक पनडुब्बी परियोजनाअमेरिका, बेलायत र अस्ट्रेलियाबिच थप ओकस सम्झौता भयो । तीन देशबिच आणविक पनडुब्बी परियोजनामा सहमति भयो । अमेरिकाले अस्ट्रेलियालाई २२० वटा क्रुज क्षेप्यास्त्र बिव्रmी ग-यो । त्यसै गरी अमेरिकी राष्ट्रपति बाइडेन र दक्षिण कोरियाली समकक्षी योन सुक नेलबिच अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने सहमति भयो । पूर्वराष्ट्रपति ट्रम्प २० मिनेट जेलमासन् २०२० को राष्ट्रपति चुनाव हार्ने भएपछि परिणाम उल्टाउन आपराधिक क्रसयाकलाप गरेको आरोपको मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जर्जियाको फुल्टन काउन्टी जेल पुगेर आत्मसमर्पण गर्नुभयो । उहाँ २० मिनेट जेल बसेर दुई लाख डलर जमानत तिरेर रिहा हुनुभयो । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई जेल हालेको यो पहिलो घटना हो । त्यसै गरी ट्रम्पविरुद्ध पोर्नस्टार स्टोर्मी डेनियल्ससँगको सम्बन्धलाई लिएर न्युयोर्कस्थित फौजदारी अदालतमा मुद्दा दायर भएपछि उहाँले अदालतसमक्ष आत्मसमर्पण गरी बयान दिनुभयो । अमेरिकाको इतिहासमा फौजदारी मुद्दा खेप्नेमा पनि ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नु भयो । त्यसै गरी लेखिका इजिन क्यारोलमाथि यौन दुव्र्यवहार गरेको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै ५० लाख डलर जरिबाना गरियो । भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावादस्थित उच्च अदालत परिसरबाट पक्राउ पर्नुभयो । उहाँ धरौटीमा रिहा हुनुभयो । उहाँ अर्को मुद्दामा पक्राउ पर्नुभयो । उहाँलाई तीन वर्ष जेल सजाय र पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध लगाइयो । भ्रष्टाचारको मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय भयो ।कोभिड सङ्कट काल अन्त्यमे ५ मा कोभिड–१९ विश्वव्यापी सङ्कटकाल अन्त्य भएको विश्व स्वास्थ्य सङ्गठनले घोषणा गर्‍यो । सन् २०१९ डिसेम्बर ३१ मा चीनबाट सुरु भएको कोरोनाबाट विश्वभर ७० लाख मानिसको मृत्यु भएको औपचारिक पुष्टि भयो । समग्रमा दुई करोड मानिस मरेको अनुमान गरिएको छ । जलवायु परिवर्तनको असरजलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा देखियो । यो वर्ष इतिहासकै सर्वाधिक तातो वर्ष बन्यो । चीनको राजधानी बेइजिङमा १४० वर्षयताकै ठुलो वर्षा भयो । ७४४ मिलिमिटर वर्षाले जनजीवन प्रभावित बन्यो । २० जनाको मृत्यु भयो । अमेरिकाको मिसिसिपी राज्यको रोलिङ फर्क सहर भुमरीको चपेटामा पर्दा २६ जनाको मृत्यु भयो । अमेरिकाको हवाईमा डढेलोबाट ११० जनाको मृत्यु भयो । १३ सय सम्पर्कविहीन भए भने १२ हजार घर नष्ट भए । लिवियामा समुद्री आँधीसँगै मुसलधारे वर्षापछि बाढी आयो । पाँच हजारभन्दा बढी मानिसको मृत्यु भयो भने १० हजार बेपत्ता भए । अन्टाक्र्टिकामा बरफ टुक्रिँदा हजारौँ पेन्गुविन मरे । भारतको उत्तरपूर्वी राज्य सिक्किममा मुसलधारे वर्षापछि आएको बाढीमा १४ जनाको मृत्यु भयो । २२ सैनिकसहित १०५ जना बेपत्ता भए । सोमालियामा भीषण बाढी आउँदा एक सय जनाको मृत्यु भयो भने सात लाख ५० हजार घरवारविहीन बने । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २३ जनाको मृत्यु भयो ।फेबु्रअरी ६ मा गएका दुई शक्तिशाली भूकम्प (७.८ र ७.५ रेक्टर स्केल) मा टर्कीए र सिरियामा गरी ४१ हजारभन्दा बढीको मृत्यु भयो । टर्कीएमा फेबु्रअरी २० मा फेरि ६.४ र ५.८ रेक्टर स्केलको भूकम्प जाँदा तीन जनाको मृत्यु भयो छ सयभन्दा बढी घाइते भए । मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प जाँदा दुई हजार आठ सयभन्दा बढीको मृत्यु भयो । अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भयो । नेपालको जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५४ को मृत्यु भयो भने चार सयभन्दा बढी घाइते भए । जलवायु परिवर्तनको असर कम गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भयो । जीवाश्मा इन्धनको प्रयोगबाट क्रमशः टाढा हुने सहमति गरे पनि ठुलो उपलब्धि भएन । थाई राजनीतिमा सेना हाबीथाइल्यान्डमा भएको संसदीय आमनिर्वाचनमा पिटा रिम्जार्‍याटको मुभ फर्वार्ड पार्टी विजयी भयो तर त्यहाँको संसद् नयाँ प्रधानमन्त्रीका रूपमा पिटालाई निर्वाचित गर्न असफल भयो । सेनाको दबाबमा संसद्द्वारा फेउ थाई पार्टीका नेता श्रीथा थाविसिनलाई प्रधानमन्त्री निर्वाचित गरियो । १५ वर्ष निर्वासनबाट फर्किएका थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षका लागि जेल चलान गरियो । मोदीको अमेरिका भ्रमणभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको औपचारिक भ्रमण गर्नुभयो । उहाँलाई रातो कार्पेट बिछ्याएर अमेरिकाले स्वागत गर्‍यो । रक्षा र प्राविधिक सहयोगका विषयमा सहमति भयो । मोदी र अमेरिकाका राष्ट्रपति बाइडेनबिच महत्वपूर्ण विषयमा छलफल भयो । त्यसै गरी प्रधानमन्त्री मोदीले फ्रान्सको भ्रमण गर्नुभयो । भारतले फ्रान्ससँग २६ वटा राफेल लडाकु विमान किन्ने सहमति गर्‍यो । चन्द्रमामा पुग्यो भारतभारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी धु्रवमा सफल अवतरण गर्‍यो । भारत दक्षिणी धु्रवमा यान अवतरण गराउने पहिलो र चन्द्रमामा यान पठाउने चौथो मुलुक बन्यो । त्यसै गरी रुसले झन्डै ५० वर्षपछि चन्द्रमाको दक्षिणी धुव्रमा अवतरण गराउन चन्द्रयान लुना–२५ प्रक्षेपण गर्‍यो । लुना–२५ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएकाले मिसन पूरा भएन ।जुन २ मा भारतको उडिसामा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा २८८ जनाको मृत्यु भयो भने आठ सयभन्दा बढी घाइते भए । पाकिस्तानको दक्षिणी भागमा एक हजार यात्रु बोकेको रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भयो भने एक सयभन्दा बढी घाइते भए । ग्रिसमा दुई रेल ठोक्किएर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भयो भने ८५ जना घाइते भए । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा बिक्स शिखर सम्मेलन सम्पन्न भयो भने भारतले जी–२० शिखर सम्मेलन गर्‍यो । अति कम विकसित मुलुकहरूको पाँचौँ शिखर सम्मेलन कतारको दोहामा सम्पन्न भयो । धनी मुलुकहरूलाई सहयोग बढाउन आग्रह गरियो । पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैनिक ‘कु’ भयो । राष्ट्रपति मोहम्मद बजुमको सरकार बर्खास्त गरी मुलुकभर सङ्कटकाल लागु गरियो । सुडानमा सेना र अर्धसैनिक बलबिच भिडन्त भयो । भिडन्तमा १८५ जनाको मृत्यु भयो भने १८ सयभन्दा बढी घाइते भए । अर्को अफ्रिकी मुलुक ग्याबोनमा सेनाद्वारा सत्ता कब्जा गरियो । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी अधिकारवादी महिला नर्गिस मोहम्मदीलाई प्रदान गरियो । अमेरिकी कूटनीतिज्ञ डा. हेनरी किसिन्जरको सय वर्षको उमेरमा, चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा, कुवेतका अमिर शेख नवाफ अल अहमद शवाहको ८६ वर्षको उमेरमा र पाकिस्तानका पूर्वसैनिक शासक पर्बेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन भयो ।   
News
46,245