index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
1,859,371
अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिनुभयो । पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी छ । पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बताए । खोप लिनेको सङ्ख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले जानकारी दिए। यस क्षेत्रमा खोप लिनेको सङ्ख्यामा वृद्धि गराउन तथा शतप्रतिशत पुर्‍याउन अभियान नै चलाउनु परेको उनको भनाइ छ । कँडेलका अनुसार हाल दुईवटा पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ । बिन्दवासिनी गाउँपालिकामा पाँच वर्षदेखि ११ वर्ष उमेरका १२ हजार आठ सय ९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका चार सय ६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार तीन सय ५१ जनालाई खोप लगाइएको छ । साथै, पाँच वर्षदेखि ११ वर्षका तीन हजार सात सय २६ जना, १२ देखि १७ वर्षका दुई हजार आठ सय ५४ जना र १८ वर्षमाथि छ हजार नौ सय ४८ जनालाई खोप दिन बाँकी छ । यसैगरी पकहा मैनपुर गाउँपालिकामा पाँचदेखि ११ वर्ष उमेरका १३ हजार चार सय ७६ जना, १२ वर्षदेखि १७ वर्षका दुई हजार ८२ जनाले र १८ वर्षभन्दा माथिका १० हजार सात सय ७७ जनालाई खोप लागेको छ । साथै, पाँच वर्षदेखि ११ सम्मका पाँच हजार सात सय ७८ जना, १२ वर्षदेखि १७ वर्षका सात सय ४३ जना र १८ वर्षभन्दा माथिका पाँच हजार छ सय ५२ जनालाई खोप लगाउन बाँकी छ । खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ ।
nepalihealth.com
4,846,686
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति को बन्ने भन्ने विषयको चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्। दलहरुले दलीय आबद्धता नभएका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रुपमा विरोध र आलोचना भइरहेका बेला आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्। उनले ट्विट गर्दै राष्ट्रपतिको विषयमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्। देश, जनता र संविधानप्रति दिलदिमागदेखि पूर्ण प्रतिबद्ध व्यक्ति राष्ट्रपति बन्नुपर्ने धारणा राख्दै सो विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए। ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो? मेरो प्रस्ट धारणा छ, राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिलदिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्न सक्तैन, गर्नुहुँदैन,’ उनले ट्विटरमा लेखेका छन् ।
kathmandupress.com
1,062,076
अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेका छन् । त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ । सो आक्रमणको पुष्टि भएको भए पनि त्यसबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । शुक्रबार बिहान उनको घरमा नै हमला गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सरकारसमर्थित लडाकू समूहका एकजना कमाण्डर मालिक टुरको घरमा हमला भएको र त्यसबाट ठूलो क्षतिको अनुमान गरिएको बताए । प्रहरीले अनुसन्धान शुरु गरेको र त्यसबाट भएको क्षतिको बारेमा अहिले नै केही थाहा नभएको पनि उनले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
makalukhabar.com
1,550,053
प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका हुन् । मदन भण्डारी प्रतिष्ठानप्रति यतिधेरै वैरभाव राख्नेले आफ्ना सन्तानप्रति यतिका धेरै मोह राख्न नहुने उनको भनाइ छ । उनले भने–‘मदन भण्डारी फाउण्डेसन न पार्टीले बनाएको हो न यो पार्टीसँग सम्बन्धित छ । न पार्टीले सञ्चालन गर्छ । मदन भण्डारी प्रतिष्ठान र मदन भण्डारीप्रति यो वैरभाव किन ? प्रज्ञा फाउण्डेसन प्रज्ञा स्मृति प्रतिष्ठान के हो त ? अहिले भर्खर प्रचण्डले दुई वटा पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानमार्फत प्रकाशित गर्नुभएको छ । प्रकाश र ज्ञानुको नाम होइन त्यो ? मदन भण्डारीप्रति यत्रो वैरभाव किन ? छोरा छोरीप्रति यत्रो मोह किन ? पुष्पलाल मिलाप केन्द्र प्रज्ञा प्रतिष्ठान के हुन् ?’ आफ्ना छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेले मदन भण्डारी छोरी उषा किरणको अध्यक्षतामा संचालित फाउण्डेसनप्रति पनि आशंका गर्न नहुनेमा उनको जोड छ । त्यस्तै आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने कार्यकारी अध्यक्ष दाहालको बानी भएको इतिहासले पुष्टि गरेको प्रेस सल्लाहकार थापाको भनाइ छ ‘उहाँको ऐतिहासिक विकास क्रमलाई हेर्दा आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने देखिन्छ’–उनले भने ‘सुरुको बेलादेखि नै पुष्पलालको विरुद्धमा मोहन विक्रमले । चाहे मोहन विक्रमको विरुद्धमा उहाँहरुको संलग्नतामा भरत दाहालले यस्ता प्रस्तावहरु राख्दै आएको पाइन्छ । चाहे गद्दार पुष्पलाल होस् । चाहे अराजकवादी व्यक्तिवाद वा अवसरवादको नेपाली आयाम होस् ।’ साथै अहिले पनि यी चिजहरुकै निरन्तरताका लागि कार्यकारी अध्यक्ष दाहालले विवाद सृजना गर्ने गरेको उनको आरोप छ । कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सैद्धान्तिक, वैचारिक, राजनीतिक, नेतृत्व वा हरेक प्रकारको प्रतिस्पर्धा गर्न नसकेकाले तेजोवध गरिएको उनको भनाइ छ । त्यस्तैगरी कार्यकारी अध्यपक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताप्रति गैरजिम्मेवार रहेको उनको आरोप छ । उनले भने–‘एक वर्षदेखि पार्टी एकताका कामहरु स्थगित छन् । मंसिर ४ गते क. प्रचण्डले पार्टी एकताका काम गर्ने क। ओलीले पूरै पाँच वर्ष सरकार चलाउने सचिवालयले सहमति गरेको थियो । त्यसपछि स्थायी र केन्द्रीय कमिटी बैठक बसेपछि जारी गरिएको विज्ञप्तिमा १०, १५ वा एक महिनामा पार्टी एकताका बाँकी काम टुंग्याउने भनिएको थियो । पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई पार्टी एकताका काममा लागेको देख्नु भएको छ ? यो पार्टी एकताप्रतिको गैरजिम्मेवारीपन हो ।’ पार्टी एकताका काम गर्न कोरोना कहरले रोके पनि दिनहुँ गुट र उपगुटका बैठक गर्न नरोकेको सल्लाहकार थापाको आरोप छ । कोरोना कहरले पार्टी एकताका काम गर्न रोकेको भन्नु नजर एकातिर तीर अर्कोतिर भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई अयोग्य र असफल भएको व्यक्तिको रुपमा चित्रित गर्ने पात्रहरु आफू बसेको पद वा जिम्मेवारी पूरा गर्न नसक्नेहरु नै भएको उनको दाबी छ । साथै, कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल पक्षले पार्टीभित्र जति विधि र पद्धतिका कुरा गरे पनि अन्ततः विवाद भागबण्डामा नै गएर मिल्ने गरेको उनको भनाइ छ ।
kendrabindu.com
1,657,972
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। मनोरञ्जनमा खर्च बढ्नेछ। साँझतिर स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। साँझतिर वादविवाद बढ्ने र काममा व्यवधान हुने सम्भावना देखिन्छ। प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। साँझतिर वैधानिक समस्या आउन सक्छ। आफ्नो अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ। साँझतिर अध्ययनमा बाधा र काममा ढिलासुस्ती हुनाले पछि परिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। साँझतिर निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। तापनि साथीभाइको सहयोगले काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर अवसर प्राप्त भए पनि अरूको भरपर्दा काम रोकिन सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि साँझतिर मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। साँझतिर केही खर्च बढ्नेछ। यात्राको अवसर भने प्राप्त हुन सक्छ। अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। साँझतिर केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ ।
sansarnews.com
4,853,668
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक आज (शनिबार) काठमाडौंमा बसिरहेको छ। जनता समाजवादी पार्टी (जसपा) छाडेर नयाँ पार्टी गठनपछि अध्यक्ष भट्टराईले आजका पहिलो बैठक डाकेका थिए। ललितपुरको बालकुमारीमा जारी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा रूपान्तरण गर्ने आफूहरुको अन्तिम प्रयास पनि असफल भएपछि नयाँ पार्टी खोल्नुपरेको बताए। ‘जसपा पुरानै र क्षेत्रीय पार्टी बन्नतिर उन्मुख भइरह्यो। त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णताभन्दा माथि उठेर जान चाहेनन्,’ उनले भने, ‘अब जसपा क्षत्रीय पार्टीमा, संकीर्ण दलमा रुपान्तरण र पतन भएको छ। उसले वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन।’ जनजाति आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढे पनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए। नेपालको राजनीतिमा आफूहरुले दुईतीनवटा प्रयोग गरेको तर परिणाम दिन नसकेको बताउँदै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए। ‘नेपाली समाजको जटिलता, जटिल भूराजनीति परिस्थिति, बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ। यही अनुभूति गरेर नेपाल समाजवादी पार्टी गठन गरेका छौं।’ भट्टराईले आफूहरुले फेरि पनि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताए। ‘हामीले नयाँ इतिहास सुरु गर्ने हिम्मत गरेका छौं। नयाँ काम अप्ठेरो हुन्छ तर त्यससँग जुधेर मात्र ऐतिहासिक र रुपान्तरणकारी काम गर्न सकिन्छ,’ उनले भने, ‘सजिलो बाटो त जो पनि हिँड्छ। समस्याहरुको समाधानका लागि असजिलो बाटो हिँड्ने साहस गर्नुपर्छ। त्यो धेरै कठिन देखिन सक्छ।’ उनले सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष गरेर रुपान्तरणको अभियान अघि बढाउने धारणा राख्नुभयो । भट्टराईले निर्वाचन घोषणा भइसकेको अवस्थामा एक्लै वा बिचार मिल्ने शक्तिहरुसंग सहकार्य गर्ने भन्ने निर्णय बैठकले गर्ने जानकारी दिनुभयो । निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुपर्ने उहाको भनाई छ । डा. भट्टराईले आउने चुनावमा भाग लिने सन्दर्भमा बैठकमा छलफल हुने र गठबन्धन गर्ने बारेमा पनि पार्टीले निर्णय लिने बताए। उनले नयाँ पार्टीलाई देशव्यापी बनाउदै जनताले चाहेको रुपान्तरणसहितको परिवर्तनलाई स्थापीत गरेरै छाड्ने दाबी गरे। पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महिन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए । लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको सो दल बाबुराम भट्टराईले लिएका हुन् ।
kathmandupress.com
5,697,533
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीलगायतका किसान अगुवाहरूको उपस्थिति थियो । सोमबार दिउँसो २ बजेदेखि आधा घण्टा राजमार्गमा सुतेर विरोध प्रदर्शनको कार्यक्रम गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले जानकारी दिए । नेपाल उखु उत्पादक महासङ्घ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायत उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनको संयुक्त आयोजनामा केही दिनदेखि हरिवनमा विरोध प्रदर्शन भइरहेको छ । सरकारले उखु किसानको गत वर्षको बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्ने पहल गरे पनि सर्लाहीका उखु किसानले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसानको खातामा रकम नआउन्जेल र यो सिजनका लागि मूल्य कायम नहुन्जेल आन्दोलन जारी रहने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्याशी समेत रहेका इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेको जनाइएको छ ।
ejanakpuronline.com
4,099,021
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताइन् । सम्भाव्यता अध्ययनपछि आवश्यकताका आधारमा मात्र बहुतले भवन निर्माण गरिने उल्लेख गर्दै उनले सार्वजनिक एवं खुला स्थानको संरक्षण गरिनुपर्नेमा महानगर दृढ रहेको बताइन् । पार्किङका लागि अन्य विकल्प पनि भएको विषयमा पनि छलफल भइरहेको उपप्रख डङ्गोलको भनाइ थियो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माण गरिए वीर अस्पतालका बिरामीका लागि पनि असर गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिन आग्रह गरे । खुलामञ्च र टुँडिखेलको थोरै भागमात्र बाँकी रहेकाले यसको संरक्षण गरेर राखिनुपर्ने बताउँदै उनले राजधानीका धेरै पोखरी, धारा मासिए जसरी खुलामञ्चलाई मास्न नदिने प्रतिबद्धता जनाए । अभियानले विसं २०७६ कात्तिक २३ गतेदेखि मुक्त टुँडिखेल अभियान सञ्चालन गर्दै आएको छ । ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक विजय श्रेष्ठले यसलाई हल्का रुपमा लिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए । दशरथ रङ्गशालाबाट रानीपोखरीसम्मको भागलाई बचाउन अभियानले काम गरिरहेको उनले सुनाए । प्राकृतिक रिचार्ज क्षेत्रलाई कब्जा गर्नेगरी पार्किङसहितको बहुतले भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव बनाउने तयारी गरिएकामा पनि अभियानले आपत्ति जनाएको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
3,810,770
२०८१ श्रावन ०८ मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । रास्वपाले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीसहित सबै मन्त्रीलाई फिर्ता बोाउने निर्णय गरेको हो । आइतबार (आज) पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने तर मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको हो । आजै डा. कार्कीसहित सबै मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने बताइएको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।
healthpati.com
2,362,815
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेलभित्र छुट्टै सत्ता रहेको बताएका हुन् । समितिले केहि समयअघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन् । सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका हुन् । सांसदको जिज्ञाशामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए । राज्यव्यवस्था तथा सुशासन समितिले सभापति शशी श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दीगृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि नेपाल सरकारलाई जेल तथा बन्दीगृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।
ratopati.com
3,657,844
सांसदहरुको शपथका लागि प्रदेशप्रमुख उमाकान्त झा बुटवल आइपुगिसकेका छन् । प्रदेशप्रमुख झाले आइतबार (भोलि) बिहान १० बजे पदभारग्रहण गर्नेछन् । प्रदेशप्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन तयार पारिँदैछ । प्रदेशप्रमुखको पदभारग्रहणलगत्तै आइतबारै बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सांसदको शपथ गराइनेछ । शपथको तयारीका लागि जिल्लाका सरकारी कर्मचारी खटिएका छन् । प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाको शपथ एकसाथ हुनेछ । शपथग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेशसभा बैठकस्थलकारुपमा प्रयोग गर्ने तयारी छ । शपथ कार्यक्रमका लागि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बलियो बनाइएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने बताइएको छ । प्रदेशप्रमुखको निवासका लागि रामनगरस्थित सीप विकास केन्द्रको भवन छनोट गरिएको प्रजिअ मैनालीले बताए । ५ नम्बर प्रदेशका मन्त्रालयका लागि बुटवलस्थित श्रम कार्यालयका नवनिर्मित ६ तले भवन, सरकारी वकिलको कार्यालय भवन, आन्तरिक राजश्व कार्यालयको भवन, राजश्व अनुसन्धानको भवनमा तयारी थालिएको छ ।
imagekhabar.com
389,037
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि बागमतीबाट ९१ जनाको नाम पठाएको छ । कांग्रेस बागमती प्रदेश समितिबाट ९१ जनाको नाम पठाइएको हो । आकांक्षी धेरै देखिएपछि यति धेरैको नाम पठाइएको कांग्रेसले जनाएको छ । यी नाम पठाइएकामा चलचित्र निर्देशक तथा अभिनेता नीर शाहको नामसमेत परेको छ । राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।
hamrakura.com
6,115,941
चितवनका ७ पालिकामा निर्वाचन सकिन आधा घण्टा बाँकी रहँदासम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार नगर क्षेत्रमा ७० प्रतिशत र ग्रामीण भेगहरूका ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। साँझ ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । ‘मतदान केन्द्रमा संख्या निकै पातलो भइसकेको छ, त्यस्तो भिड छैन, अब केहिबेरमा सकिन्छ’ कार्यालय प्रमुख कार्कीले भने, ‘अहिलेसम्म शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको छ ।’ चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्राय: गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ । भरतपुरमा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेको गुनासो आएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको कार्यालय प्रमुख कार्कीले बताए । केही मतदान केन्द्रमा चिटसहित मतदाता भेटिएपछि विवाद भएको थियो ।
onlinekhabar.com
4,412,315
नगर विकास कोषको चालू आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत भएको छ । शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष रविन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा नगर विकास कोष सञ्चालन समितिको २०९औँ बैठकले चालू आवको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो । चालू आवमा कोषले २ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको छ । २ अर्ब ४ करोड रुपैयाँ असुली र ५० करोड रुपैयाँ बचत गर्ने लक्ष्यसहित कोषको नीति तथा कार्यक्रम स्वीकृत भएको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिकाखबरलाई बताए । अर्थविज्ञतर्फ नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डितलाई सञ्चालक समितिमा मनोनयन गर्ने निर्णय भएको उनले सुनाए । त्यस्तै, बैठकले स्याङ्जाको वालिङ नगरपालिकामा बसपार्क निर्माणको लागि १२ करोड २७ लाख लगानी गर्न स्वीकृत गरेको उनले बताए । त्यसमध्ये ३५ प्रतिशत अर्थात् ४ करोड २९ लाख रुपैयाँ नगरपालिकाले व्यहोर्नु पर्नेछ । लगानीमध्ये ५५ प्रतिशत अर्थात् ६ करोड ७५ लाख रुपैयाँ ऋण, १० प्रतिशत अर्थात् १ करोड २२ लाख अनुदान दिने गरी लगानी स्वीकृत भएको उनले बताए । उनका अनुसार आगामी २ वर्षभित्र बसपार्क निर्माण गर्नुपर्नेछ । सो ऋण २० वर्षभित्रमा वार्षिक ७ दशमलव ५ प्रतिशतमा कोषलाई नगरपालिकाले तिर्नुपर्ने कोषका कार्यकारी निर्देशक सापकोटाले जानकारी दिए ।
palikakhabar.com
1,248,583
बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको हो। कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि नेकपा विभाजनको दोसाँधमा उभिएको छ। शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। कलहले उत्कर्ष रूप लिइरहेको छ। ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’ नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ। दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए। तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो। ‘मंगलबार अध्यक्ष प्रचण्डसँग महासचिवले बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अर्का अध्यक्षको तर्फबाट प्रस्ताव गर्नु भएको रहेछ। उहाँ (प्रचण्ड)ले बैठक सार्ने कुरा हुँदैन भनिदिनुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने। दाहालले पौडेललाई बैठक सार्नै पर्ने भए पनि सचिवालय बैठक बसेरै यस सम्बन्धमा निर्णय लिइने जवाफ दिएको उनको सचिवालयले जनाएको छ। दिउँसो बालुवाटारमा ओलीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरूको छलफल भएको थियो। छलफलमा दाहालको प्रस्ताव फिर्ता र दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक राख्न नहुने निष्कर्ष नेताहरूले निकालेका थिए। त्यसपछि महासचिव पौडेलले बालुवाटारमा नेताहरूकै अगाडिबाट दाहाललाई टेलिफोन गरेका थिए। ‘सहमतिमा मात्र बैठक तय गरौं, भोलि (मंसिर ३) का लागि स्थगित गरौं,’ पौडेलले दाहाललाई टेलिफोनमा भने। ओली निकट नेता, संसदीय दलका उपनेता सुवास नेम्बाङले केही दिन बैठक रोकेर दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प नभएको बताए। गत स्थायी समितिको निर्णय कार्यान्वयन गरेर अगाडि बढ्नु र पार्टीलाई एक ढिक्का बनाएर जानुको विकल्प नरहेको उनको भनाइ छ। ‘बालुवाटारमा हामी प्रधानमन्त्रीसँग छलफल गर्दै गर्दा त्यहींबाट महासचिवले अध्यक्ष प्रचण्डलाई दिउँसो साढे ३ बजेतिर टेलिफोन गर्नुभएको थियो। दुई अध्यक्षसँग सल्लाह गरेर महासचिवले बैठक राख्ने र स्थगित गर्ने हो भन्दै उहाँले भोलि (३ मंसिर) का लागि स्थगित गरौं, केही दिन समय लिएर सहमति जुटाऔं। यसो गरौं भन्नुभयो,’ नेम्बाङले अन्नपूर्णसँग भने, ‘उता (दाहाल)बाट ठीक छ, सल्लाह गरेर म खबर गरौंला भन्नुभएको छ।’ दाहाल पक्षले सहमतिमा बैठक स्थगित गर्नेतिर नगएमा महासचिव पौडेलले बुधबार बिहान आफ्नो तर्फबाट सचिवालय बैठक स्थगित गरेको सूचना सार्वजनिक गर्ने तयारीमा ओली पक्ष छ। ‘अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने, सम्बन्धित कमिटीको बैठकको कार्यसूची पेस गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने विषय अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख भएको छ। त्यही टेकेर महासचिवले बुधबार बिहान दाहाल नेपाल पक्ष सहमतिमा नआए बैठक स्थगितको सूचना पठाउनुहुन्छ,’ ओली निकटका एक स्थायी समिति सदस्यले भने। दाहाल–नेपाल पक्षले भने मंगलबार अबेरसम्म बैठक रोक्ने विषयमा कुनै धारणा बनाइसकेको छैन। ओली पक्षीय नेताहरू बालुवाटारमा छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका थिए। उक्त छलफलमा पार्टी बैठक नरोक्ने, ओली पक्ष सहभागी नभए पनि बैठक राखेर स्थायी समिति बैठकको मिति तोकेर जाने तय गरियो। प्रवक्ता श्रेष्ठले बैठक नरोकिने बताए। ‘उहाँहरूका कुरा बैठकमै राख्नुपर्छ। बैठक रोकिंँदैन। सबै कुरा बैठकमा राखेर त्यहीँबाट समस्या समाधानको खोजी गर्नुपर्छ,’ श्रेष्ठले भने। नेकपामा दुई पक्ष आआफ्नै अडानमा रहने र बैठक राख्ने र नराख्नेमै नेताहरू घम्साघम्सी गरेमा पार्टी संकटमा पर्नेछ। सम्भाव्य जोखिम रोक्न पनि उपायको खोजी पहिले गर्नुपर्नेमा कतिपय नेताहरूको तर्क देखिन्छ। खुमलटारमा उपाध्यक्ष गौतम र वरिष्ठ नेता नेपालसँग भेट गरेपछि साँझ दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता बचाएर अगाडि बढ्न सुझाव दिएको स्रोतले बतायो। राष्ट्रपति भण्डारीले यसबीच उपाध्यक्ष गौतम, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरूसँग पनि भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्री ओलीले पनि कात्तिक २९ मा राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए। ओली पक्षीय नेता नेम्बाङले आफूले दुवै अध्यक्षलाई केही समय लिएर छलफल गरेर सहमतिमा बैठक बोलाएर जान सुझाव दिएको बताए। ‘खुमलटारमा अध्यक्षलाई पनि खबर पठाएको थिएँ, उहाँले तपार्इंलाई भेट्न बोलाउँछु हैं भनेर खबर पठाउनु भएको छ। तर यति हुँदाहँुदै पनि साथीभाइमार्फत खबर पठाएको छु। दुई अध्यक्षले छलफल गर्दै सहमतिमा पुग्नुको विकल्प छैन। विगत जुन स्थायी समितिको निर्णय छ, त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्छ। पार्टीलाई एक ढिक्का राख्नुपर्छ। यो सन्दर्भमा अहिले भोलि (मंसिर ३) बस्न लागेको सचिवालय बैठक अगाडि तपाईंहरूको आवश्यक तयारी पुगेको जस्तो लाग्दैन। त्यसकारण केही समय लिनुहोस्। केही समय बैठक रोक्नुहोस्। तपाईंहरूबीच आवश्यक तयारी गरेर मात्र अगाडि बढ्नु होला। त्यसो गर्नु राम्रो होला भन्ने सन्देश दुवै अध्यक्षकहाँ पु¥याउने काम गरेको छु’ नेम्बाङले भने। प्रधानमन्त्रीले भने आफू पार्टी एकताको पक्षमा ढृढ रहेको र यसलाई यताउती हुन नदिने आफूहरूसँग बताएको पनि नेम्बाङले सुनाए। यसबीच, ओलीले कात्तिक ३० मा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई महासचिव विष्णु पौडेललाई सँगै राखेर छुट्टाछुट्टै छलफल गरेका थिए। ओलीले दुवै नेतासँग दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताएका थिए ।
annapurnapost.com
1,850,901
अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ (सुदूरपश्चिम)का ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ हजार ४६८ व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेश ७ मा बैतडी, कैलाली, अछाम र बाजुरा गरी ४ जिल्लामा उक्त कार्यक्रम लागू गरिएको छ । सबैभन्दा बढी कैलालीमा २४ हजार ९३० जनाले स्वास्थ्य बीमा गरेका छन् जसमा ४ हजार ४३८ परिवार रहेका छन् । यस्तै, बैतडीमा ७८० परिवारका ३ हजार ८३० जना र अछामका ५४६ परिवारका २ हजार ७०८ जना यस कार्यक्रममा आबद्ध भएका छन् । बाजुरामा भने गत चैत २५ गतेमात्रै यो कार्यक्रम शुरु भएकाले विवरण आइसकेको छैन । स्वास्थ्य बीमा लागू भएका ४ जिल्लाको कूल जनसंख्या १२ लाख ८४ हजार ८४ छ भने २ दशमलव ५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमामा आबद्ध भएको देखिन्छ । भौगोलिक कठिनाइ, गरिबी, निरक्षर नागरिक लगायतका चुनौती रहेपनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको प्रदेश नं ७ का बोर्डका संयोजक जनक साउदले बताए । उनले भने – “थुप्रै चुनौतीका बीच पनि हामीले जनतालाई विश्वासमा लिन सफल भएका छौं ।” स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला गुणस्तरीय स्वास्थ्य सेवा पाउने र उपचारका लागि ऋण खोज्न नपर्ने भएकाले यसप्रति जनताको आकर्षण बढ्दै गएको हो । स्वास्थ्य बीमाबाट यस प्रदेश रु १ करोड ३५ लाख ८ हजार ५०५ योगदान रकम संकलन भएको छ । संयोजक साउदका अनुसार कूल योगदानबाट उठेको रकममध्येबाट ५२ रु लाख ३४ हजार ३४ हजार ९८० सेवा प्रदायक संस्थालाई दिइएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ४ जिल्लामा ४०० भन्दा बढी दर्ता सहयोगी परिचालन गरिएका छन् । उनीहरुले आ–आफ्नो वडामा घरदैलोमार्फत बीमा दर्ता गरिरहेका छन् । बैतडीवासीले जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटन, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिन सक्ने छन् । कैलालीवासीले सेती अञ्चल अस्पताल, मालाखेती अस्पताल, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, गेटा आँखा अस्पताल र घोडाघोडी अस्पतालबाट सेवा लिन सक्ने बोर्डले जनाएको छ । यसैगरी अछामवासीका लागि जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल, चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल सुर्खेत र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रदान भइरहेको छ भने बाजुरावासीले जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने छन् । सरकारले यो कार्यक्रम २०७२ चैत २५ गते कैलाली जिल्लाबाट शुरु गरेको हो । स्वास्थ्य बीमा ऐन स्वीकृत भएको ७ महिना बितिसक्दा पनि नियमावली आएको छैन । स्वास्थ्य बीमा ऐन २०७४ कात्तिक १ गते स्वीकृत भएको थियो । प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमामा आवद्ध हुनु पर्नेछ भनेर उक्त ऐनमा उल्लेख गरिएको छ । यस्तै, प्रचलित कानून बमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमामा आवद्ध हुनुपर्नेछ । गरीब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकूँन् भन्न उद्देश्यले सरकारले बीमा कार्यक्रम सञ्चालन गरेको हो । पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रति सदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्छन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा बढी सदस्य भएमा जनही रु १० हजार तिरेर बढीमा रु एक लाखसम्मको सेवा पाउन सकिने व्यवस्था छ । विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा योगदान रकममा बीमा बोर्डले छुट समेत दिने गरेको छ । अति गरीबलाई शतप्रतिशत, मध्यम गरीबलाई ५० प्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवार स्वास्थ्य बीमामा आबद्ध भए कूल योगदान रकमको रु २५० छुट दिइने बोर्डले जनाएको छ । हाल एक हजार ११८ प्रकारका औषधिहरु स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गरिएका छन् । यसका साथै सिटी स्क्यान, एमआरआई सुविधा पनि स्वास्थ्य बीमा कार्यक्रममा थपिएका छन् । कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ किसिमका सेवा पाउन सक्छन् । सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
nepalihealth.com
2,090,745
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाली समकक्षी मिल्टन डिकबीच भेटवार्ता भएको छ। अष्ट्रेलियाको संसद्‌मा आज भएको भेटमा उनीहरूबीच नेपाल–अस्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरेका छन्। दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गरेका थिए। त्यस अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो। अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका हुन्। उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्‌का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यू साउथ वेल्सका विधानसभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो। अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले भिक्टोरियाको संसदको भ्रमण गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलमा तीन वटा प्रदेशका सभामुख र चार वटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू छन्। ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गरेका छन् । आइतवार प्रतिनिधि सभामा उनले काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । काम नगर्ने अवस्थाको दमकल मर्मत काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गरेको छ ।
nepalipatra.com
276,620
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ। युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको हो। नेपाल एयरलाइन्सको चार्टर फ्लाइटबाट आइतबार साँझ त्यसतर्फ जान लागेको नेपाली सैनिक टोली रोकिएको हो। काभ्रेपाल्चोकको पाँचखालस्थित श्री वीरेन्द्र तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परिक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो। 'सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसरी पोजेटिभ देखिएका व्यक्तिहरूको कन्ट्र्याक्ट ट्रेसिङ गरी सबैजनाको पुनःस्वास्थ्य परिक्षण पश्चातः मात्र रोटेशन फ्लाइटको मिति तय गरिने व्यहोरा जानकारी गराइन्छ ।
setopati.com
3,644,313
इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ६० दिनभित्र सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ । तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले खासगरी इरानको आणविक हतियारमाथिको मोहलाई नियन्त्रण गर्ने प्रावधानहरूको व्यवस्था गरिएको थियो । ‘हामीलाई लाग्छ हामी समाधान निकाल्न सक्छौँ तर यदि आगामी ६० दिनमा समाधानको उपाय अवलम्बन गरिएन भने तेहरानले तेस्रो कदम चाल्न वाध्य हुनेछ,’ इरानी उप–विदेशमन्त्री अव्वास अराग्चीले तेहरानमा गरिएको पत्रकार सम्मेलनमा भने । इरानले पेट्रोलियम पदार्थको विक्रीमा आएको कमीलाई प्रोत्साहन गर्नुलाई समाधान प्रयासको पहिलो शर्तका रूपमा उल्लेख गरेको छ । सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहे पनि वर्तमान् ट्रम्प प्रशासनले गत बर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो । अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।
imagekhabar.com
2,173,566
कम्पनीले भारतीय बजारलाई लक्षित गरेर सस्तो स्मार्टफोन ल्याएको हो । जेन मोबाइल ल्याएको एडमायर स्टारमा ४.५ इन्चको एफडब्ल्यूभिजीए डिस्प्ले राखेको छ भने १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यो फोनमा ५१२ एमबीको र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबी पुर्याउन सकिन्छ । यो सस्तो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ भने फोटोका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा १.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । जेन एडमायर स्टारमा २,००० एमएएचको ब्याट्री राखिएको छ भने यसको मूल्य भारतीय बजारमा भारु ३,२९० तोकेको छ ।
technologykhabar.com
5,663
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे । ११०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ आइपुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिए । नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताए । “हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गर्थ्यौँ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उनले भने । अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उहाँले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए ।
canadanepal.com
5,021,834
किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो। ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने जनाइएको छ। बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए। ‘वालिङसहित देशव्यापीरूपमा किसान दाजुभाइ दिदीबहिनीका लागि बाँदर साझा समस्या हो’, उनले भने, ‘यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराइएको छ।’ सो प्रविधि सरल र सस्तो रहेको जनाइएको छ। ‘पहिलो चरणमा गाउँगाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडावडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गर्छौं’ उनले भने, ‘प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौँ।’ नगरपालिकाले बाँदर आतंकबाट प्रभावित भएका किसानलाई लक्षित गरी पहिलो चरणमा १०० उपकरण वितरण गरेको हो। भिरकोट–१ हेलुका बासिन्दा भवि कोइरालाले निर्माण गरेको यन्त्रलाई परिमार्जन गर्दै वालिङ–८ का इन्जिनियर सुरज रिजालले उत्पादन गरेका हुन्। बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे। गाउँगाउँमा मकै, तरकारी तथा फलफूल खाइदिने, टिपेर फालिदिनेजस्ता आतंक बाँदरले मच्चाउने गरेकामा नगरपालिकाले किसानको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेको वालिङ–५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताए। ‘गाउँमा मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्न लगाउँछौँ तर बाँदरको समस्याले निकै सास्ती भएको थियो’, किसान लामिछानेले भने, ‘यो यन्त्र चलाउन पनि सजिलो र यसबाट आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखेको छु।’ आलोपालो वा प्रत्येक घरबाट व्यावसायिकरूपमा लगाइएको सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारीमा बाँदरले केही खाने र केही टिपेर फाल्ने भएकाले किसान चिन्तित थिए। त्यस्तै, वालिङ–८ भीमटारीका किसान सूर्य रेग्मीले नगरपालिका कार्यालयबाट यन्त्र चलाउने प्रशिक्षण लिएर यन्त्र गाउँमा ल्याएको बताएका छन्। ‘गाउँमा कसैले व्यावसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाउनुभएको छ बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो’, किसान रेग्मीले भने, ‘यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुका साथै नगरपालिकाले किसानलाई उपकरण गराएकामा हामी खुशी छौँ ।
nepalkhabar.com
4,674,736
बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो ।
nepalpress.com
2,177,991
त्यसका लागि नगरपालिकासँग अनुमति लिएको सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिले निर्माण कार्य अगाडी बढाएको छ । चौराह बनाउने सम्झौता लगत्तै सिद्धार्थले काम समेत तिव्र रुपमा अगाडी बढाएको छ । ‘समयमै काम सक्ने गरी माटो पटान कार्य सकिसकेका छौं’, सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिजका केशव न्यौपानेले भने, ‘अब केही दिनमै कङ्क्रिट ल्याएर थप काम अगाडी बढाउने छौं । ५० लाख लागतमा बन्न लागेको कोहलपुर चौराह निर्माण पछि १५ बर्षसम्म सिद्धार्थले नै त्यसको संरक्षण गर्ने कोहलपुर नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिए । ‘चौराह कोहलपुरको नै शोभा बढ्ने गरी बन्नेछ’, उनले भने । कोहलपुर चौराहका लागि आवश्यक पर्ने पानी र विद्युतको ब्यबस्था कोहलपुर नगरपालिकाले गर्ने, कोहलपुर चौराहा एक सय मिटर वरपर कुनै पनि होर्डिङ्ग बोर्ड राख्न नदिने नगर प्रमुख रावतले बताएका छन् । ‘चौराह निर्माण गर्ने सिद्धार्थ ग्रुपले चौराहको वरीपरि आफ्नो व्यवसायिक प्रवद्र्धनका सामाग्री राख्न पाउनेछ’, नगर प्रमुख रावतले भने, ‘त्यसका लागि हामीले उचित स्थान उपलब्ध गराउने छौं ।’ यस्तै सिद्धार्थले निर्माण सम्पन्न गरेपछि पनि निरन्तर चौराहको संरक्षण गर्नेछ । सिद्धार्थले बत्ति र पानीको फिटिङ्ग, मालिको ब्यबस्था र निर्माणमा लाग्ने खर्च सबै बेहोर्नु पर्नेछ । चौराहमा चौबिसै घण्टा बित्ती र फोहोरा पानीको व्यवस्था गरिने नगरपालिकाले जानकारी दिएको छ । चौराहलाई सुन्दर बनाउने अभियान अन्तर्गत कोहलपुर नगरपालिकाले चोकमा जग्गा अतिक्रमण गरी खोलिएका घर, टहरा यसअघि नै हटाइसकेको छ । रावतले बाँकी रहेका फुटपात पसल समेत छिट्टै हटाइने बताएका छन् । त्यसका लागि इलाका प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरीसँग समन्वय गरिने नगर प्रमुख रावतले जानकारी दिए । चौराह आधुनिक, सुन्दर र आकर्षक पार्कको रुपमा निर्माण हुनेमा विश्वस्त हुँदै नगर प्रमुख रावत भन्छन्, ‘हामी कोहलपुरलाई सुन्दर बनाउन प्रतिबद्ध छौं ।
nepalgunjnews.com
1,214,466
संविधान कार्यान्वयनका दृष्टिले ५ वर्ष निकै महत्वपूर्ण रह्यो। जनतालाई मौलिक अधिकारले सम्पन्न गर्ने काम भएको छ। विश्वका अरू संविधानको सन्दर्भमा भन्नुपर्दा हाम्रो संविधानलाई उत्कृष्ट मानिएको छ। फेरि पनि चुनौती भनेको कार्यान्वयनकै हो। हामीले त्यही कुरालाई ध्यानमा राखेर समयभित्रै मौलिक हकसम्बन्धी कानुन निर्माण गर्‍यौं। देशका सबै पुराना कानुनमा संशोधन, परिमार्जन र एकीकृत गरेर संविधानसम्मत बनायौं। स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरेर कार्यान्वयनको महत्वपूर्ण चरण पार गर्‍यौं। यही अवधिमा संविधान कार्यान्वयनको अर्को महत्वपूर्ण पाटो शान्ति प्रक्रियासम्बन्धी कार्यमा हामीले ऐतिहासिक उपलब्धि हासिल गर्‍यौं। यससम्बन्धी दुईवटा आयोग गठन गर्दै क्रियाशील बनायौं। अर्कोतिर सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय प्रतिबद्धता र द्वन्द्वपीडितका सुझावसमेत ध्यानमा राखेर सत्य निरुपण र बेपत्तासम्बन्धी कानुनमा संशोधनको तयारी गरिरहेका छौं। संशोधन विधेयक लगभग तयार छ। संसद्को आगामी अधिवेशनमा त्यसलाई पेस गरेर पारित गर्ने र अब दुई वर्षभित्र शान्ति प्रक्रियासम्बन्धी काम पनि सम्पन्न गर्ने सोचाइ छ। समग्रमा संविधान कार्यान्वयनको स्थिति महत्वपूर्ण र सन्तोषप्रद नै मान्नुपर्छ। यी आधारमा उभिएर हामी भन्न सक्छौं, अब जनता अधिकारसम्पन्न भएका छन्। कुनै पनि राजनीतिक परिवर्तन गर्न अब आन्दोलन गर्नु नपर्ने स्थिति निर्माण गर्न सफल भएका छौं। संविधान बनेर कार्यान्वयन सुरु भएको ५ वर्ष भयो। यो अवधिमा भएका मूलभूत कामको माथि चर्चा गरें। स्वाभाविक रूपमा गर्नुपर्ने काम अझै थुप्रै छन्। तर पनि छोटो अवधिमा हामीले निकै महत्वपूर्ण काम गरेका छौं। यति आधार तयार भएपछि यसमा उभिएर जनतालाई समृद्धितर्फ लैजानुपर्ने र जनताले परिणाम महसुुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी छ। यसतर्फ सरकार र राजनीतिक दलको ध्यान जान जरुरी छ। संविधानलाई राम्रोसँग कार्यान्वयन गर्न, प्रभावकारी बनाउन त्यसलाई बोक्ने खालका उपयुक्त कानुनहरूको निर्माण गर्नुपर्छ। कानुनहरूलाई राम्ररी कार्यान्वयनमा लैजान आवश्यक नियम, निर्देशिका बनाउनुपर्छ। ती नियमहरू पनि व्यवहारमा त कार्यान्वयन हुनुपर्‍यो। यस्ता विषयहरू त सदासर्वदा उठिरहन्छन्। यस सन्दर्भमा कतिपय कमीकमजोरी देखिएका छन्। आउँदा दिनमा कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ भन्नेमा विवाद छैन। संवैधानिक आयोगहरू केही गठन भएका छन्। कतिपय बन्ने क्रममा छन्। राजनीतिक दलबीच आयोग गठन गर्ने र पूर्णता दिने विषयमा छलफल सुरु भएका छन्। कतिपय अप्ठ्याराहरूका कारणले गठनमा ढिलाइ भएको हो। राजनीतिक दलबीचको विवादले पनि अप्ठ्यारो बनाएको छ। तर, अब धेरै ढिलाइ गर्नु हुँदैन। जहाँसम्म भागबन्डाको प्रश्न छ, आयोग गठनको सिफारिसको जिम्मेवारी संवैधानिक परिषद्लाई नै दिएका छौं। संवैधानिक परिषद्मा प्रतिपक्षको महत्वपूर्ण उपस्थिति हुन्छ। सत्तापक्ष, प्रतिपक्ष मिलेर यो विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने अवस्था छ। यस्तो स्थितिमा सत्तापक्ष र प्रतिपक्ष पटकपटक छलफल गरिराखेका छन्। अहिले पनि छलफल भइरहेको छ। यस्तो कुरालाई भागबन्डा गर्न थाले भनेर टिप्पणी गरेको सुन्न पाइन्छ, त्यसो गर्नु हुन्न। स्वाभाविक रूपमा सत्तापक्ष र प्रतिपक्षको बीचमा छलफल गरेर समझदारीबाटै आयोग गठन र पूर्णता दिने काम टुंगियोस् भन्ने कोसिस छ। केही अप्ठ्याराले यो भएन। अर्कोतर्फ हामी आफैंभित्र पनि विवादले केही समय अप्ठ्यारोमा पर्‍यौं। बल्ल पार्टीको विवाद सल्टिने आधारहरू देखिएका छन्। स्वाभाविक रूपमा यसबीच केही समस्या देखा परेका हुन्। त्यसले पनि केही ढिलाइ भयो तर अब ढिलाइ हुँदैन। संविधानलाई लिएर छलफल हुनु, टिप्पणी हुनुलाई म अन्यथा मान्दिनँ। यो लोकतन्त्र हो। लोकतान्त्रिक व्यवस्थामा यस्ता छलफल हुन्छन्। तर एउटा कुरा हामीले हेक्का राख्नुपर्छ, नेपालको संवैधानिक इतिहासमा पहिलोपटक जनता नै अधिकारको स्रोत भएको संविधान हामीले बनाएका छौं। सोझो भाषामा भन्नुपर्दा, पहिलोपटक जनताले जनताका लागि संविधान बनाएका छन्। साह्रै समावेशी ढंगले संविधान बनेको छ। संविधान बनाउने योभन्दा माथि अरू कुनै पनि शक्ति छैन। छोटै अवधिमा सबैको निरन्तर प्रयासबाट सबैका लागि संविधान स्वीकार्य पनि भएको छ। असन्तुष्टि हुनु स्वाभाविक हो। संशोधन, परिमार्जनको प्रक्रियाबाट अघि बढ्दै र संविधानलाई समुन्नत बनाउँदै जानुपर्छ। भारतमा त १२२ भन्दा बढीपटक संविधान संशोधन भइसकेको छ। त्यसैले टिप्पणी हुनुलाई अन्यथा मान्नु हँुदैन। जनताले बनाएको संविधानलाई बलियो बनाएर काम गर्नुपर्छ। संविधानले अब राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ। पछिल्लो संविधान संशोधन जसमा अन्तर्राष्ट्रिय सिमानासम्बन्धी विधेयक पेस गरेका थियौं, त्यो सर्वसम्मत पारित भएको छ। भन्नुको अर्थ, अब सबैले जनताले बनाएको संविधानलाई स्वीकार गरेका छन्। त्यसैले यही संविधानमा उभिएर अग्रगामी छलाङ मार्नुपर्छ। जनताका लागि जनताले संविधान बनाएर कार्यान्वयनको चरणमा छौं। कतिपय कुरा एकदमै नौला छन्। कार्यान्वयनका चुनौती छन्, यो अवसर पनि हो। हामीले हिजो लामो समय अनुभव गरेका जुन अभ्यास छन्, त्यस क्रममा देखा परेका कतिपय विषय पनि छन्। त्यसलाई ध्यानमा राखेर संविधानमा कतिपय व्यवस्था गरेका छौं। उदाहरणका लागि एउटा व्यक्ति एक क्षेत्रबाट मात्र चुनाव लड्न पाउने व्यवस्था संविधानमै छ। प्रधानमन्त्रीविरुद्ध तीन÷चार महिनामा अविश्वासको प्रस्ताव आउन थालेपछि सरकार र राजनीतिक अस्थिरता पैदा भयो। कुनै पनि सरकार बनेको ६ महिनामै सरकार परिवर्तन गर्ने अभ्यास हुन थाल्थे। त्यसलाई रोक्न दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने, अविश्वास राख्नु परे पनि तिम्रो विकल्प के छ ? भनेर संविधानले माग गर्ने र विकल्पसहित आउनुपर्ने व्यवस्था राख्यौं। विकल्प दिन नसक्नेले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्नु त केवल अस्थिरता मात्र उत्पन्न गराउनु हो भन्ने मान्यता राख्यौं। प्रतिनिधिसभाले प्रधानमन्त्री दिन्छ तर प्रतिनिधिसभामा हारेका व्यक्ति प्रतिनिधिसभा कार्यकालमा मन्त्री बन्नु हुँदैन भन्ने संवैधानिक व्यवस्था छ। यी सबै व्यवस्था कसैका विरुद्ध लक्षित होइनन्। हिजोको अस्थिरता हेरेर, जनताको चाहना र भावनालाई महसुस गरेर, भविष्यमा यस्तो स्थिति नआओस्, फेरि देश अस्थिरतामा नजाओस् भनेर आवधिक निर्वाचनको व्यवस्था गर्दै प्रतिनिधिसभा ५ वर्षका लागि चल्छ भनेर व्यवस्था गर्‍यांै। कुनै व्यक्ति मन परेन, व्यक्ति फेर्नुहोस्। पार्टी मन परेन, पार्टी फेर्नुहोस्, यो अधिकार छ जनतालाई भनेर संविधानमै राख्यौं। त्यसैले यो नेपाली अनुभवमा आधारित व्यवस्था हो। यसलाई अवलम्बन गर्दै कार्यान्वयनको निष्कर्षमा पुग्नुपर्छ। जनतालाई बलियो बनाउँदै अघि बढ्नुपर्छ। एक एक कुरामा टिप्पणी गर्न चाहन्नँ। के कुरालाई ध्यानमा राखेर संविधान बनाएका छौं भन्ने सिद्धान्तको कुरामा जोड दिएको छु। यो संविधान बनेको भर्खरै ५ वर्षको अवधि व्यतीत भएको छ। संविधान कार्यान्वयन गर्न बनाइएको हो। देशभरिका सबै राजनीतिक शक्ति (३१ दल) को सहभागिता, समावेशिता र सहभागितामूलक संविधानसभाबाट संविधान निर्माण गरेका हौं। यो संविधान राजनीतिक समझदारी र सम्झौताको दस्तावेज हो। त्यसैले नेकपा मात्र होइन, यो देशका सबै राजनीतिक शक्तिप्रति प्रश्न उठेका छन्। आउने दिनमा कमीकमजोरी छ भने सच्याउँदै अघि बढ्नुपर्छ। मैले संविधान जारी गर्दै गर्दा असोज ३ गते भनेको थिएँ— संविधान जतिसुकै उत्कृष्ट र राम्रो होस् यसले अधिकार र कर्तव्यको व्यवस्था गर्छ तर वुद्धि, विवेक र क्षमता संविधानले बाँड्दैन। त्यो भने हामीले देखाउन सक्नुपर्छ। अब त्यो व्यवहारमा हेरौं। राष्ट्रियसभाका यावत् प्रक्रिया त अगाडि बढेका छन्। मन्त्रिपरिषद् पनि चाँडै पुनर्गठन होला। अहिले नै अनुमान गरेर टिप्पणी गर्नुभन्दा पनि राजनीतिक दल र नेताहरूले संविधानमा व्यक्त अक्षर र भावनाबमोजिम आफूलाई अघि बढाउनेछन् भन्नेमा विश्वास गरौं। विभिन्न कमीकमजोरीका बीच पनि देशलाई यो ठाउँसम्म यिनै राजनीतिक दल र नेताहरूले ल्याएका हुन्। दोहोर्‍याउँछु, मलाई विश्वास छ, कमीकमजोरी नभएका होइनन्। कमीकमजोरी सच्याउन तयार हुनुपर्छ। संविधान दिवसको दिनमा पछाडि फर्केर हाम्रा व्यवहार र कामकारबाही हेर्नुपर्छ। व्यक्तिभन्दा पार्टी ठूलो, पार्टीभन्दा देश र जनता ठूलो हो। प्रश्नहरू उठिरहेका छन्। सम्पूर्ण कुरा यही सत्य हो भन्ने पनि होइन। विकास निर्माणकै सन्दर्भमा पनि कतिपय महत्वपूर्ण काम भएका छन्। उदाहरणकै रूपमा भन्नुपर्दा अब यो देशले कहिल्यै पनि नाकाबन्दी भोग्नु पर्दैन। हामीले भूपरिवेष्टितबाट भूजडित देश बनायौं। त्यसका परिणाम देखिन थालेका छन्। कामहरू नभएका होइनन् तर हुनुपर्ने जति भएन भन्ने कोणबाट प्रश्नहरू उठ्नु स्वाभाविक हो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता विषय हाम्रा लागि नौला हुन्। त्यसैले काम गर्ने दौरानमा कतिपय कमीकमजोरी देखिए। यति राम्रो संविधान बनाएका छौं कि जनतालाई अधिकारसम्पन्न बनायौं। जनताको मन जितेर अब त जुनसुकै परिवर्तन गर्न सकिन्छ। मलाई व्यक्ति मन परेन, व्यक्ति परिवर्तन गर्न सक्छौं। दल मन परेन, दल परिवर्तन गर्न सक्छौं जुन संविधानमा छ। अब चुनाव आउन केही समय मात्र बाँकी छ। चुनावमा यी सबै राजनीतिक दल जनताको बीचमा जान्छन्। सत्तापक्षले आफ्नो हिसाब–किताब बुझाउँछ। प्रतिपक्षले दाबी प्रस्तुत गर्छ। जनताले उपयुक्त निर्णय गर्छन्। तर, सिद्धान्ततः कुरा गर्ने हो भने हामीले आवधिक निर्वाचनको व्यवस्था गरेका छौं। जनतालाई अधिकारसम्पन्न तुल्याइदिएका छौं। त्यसैले जनताले दूधको दूध पानीको पानी छुट्ट्याइदिन्छन्। अहिले त सत्तामा रहनेले जे गर्‍यो, सधैंभरि त्यही रहने अवस्था त छैन नि। जनताले निर्णय गर्ने त ठाउँ छँदैछ। त्यसैले मेरो बारम्बारको जोड के हो त भन्दा, के गर्नु हुन्छ, के हुँदैन आफैं सोचौं। जनताले हिसाब–किताब गर्नेछन् ।
annapurnapost.com
1,029,555
प्रदेश नम्बर १ मा आज (सोमबार) ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज २९ जना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोसी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९२ पुगेको छ । आज नै २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डी गढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
makalukhabar.com
2,819,075
घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकपअघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ । रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन ।
newskarobar.com
1,503,947
बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् । जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यी नै शर्लिनलाई ज्यानको धम्की आएको छ । शर्लिनका अनुसार उनलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । त्यहीकारण उनले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गराएकी छन् । शर्लिनले फाइनेन्सरले उनलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताइन् । त्यहीबेला उनीमाथि छेडछाड गरिएको थियो । ‘जब मैले उसलाई त्यो कामबाट रोकें, तब उसले मलाई गाली गर्यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उनले भनेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । शर्लिनलाई बलिउडमा विवादको पर्याय मानिन्छ । हालैमात्र उनले अर्की विवादास्पद अभिनेत्री तथा मोडल राखी सावन्तसँग झगडा गरेकी थिइन् । सोहीकारण उनी प्रहरीसमक्ष पुगेकी थिइन् ।
kendrabindu.com
1,292,268
भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो। सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए। जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्वपूर्ण रहने हुँदा एक दिने गरिएको बताइएको छ। बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानूनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालीम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए। कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन्। वडा नं ४, ५, र ६ का २५ पूजारी र धामीझाँक्रीको उपस्थिति थियो ।
annapurnapost.com
2,171,650
युरोपेली संघका सदस्य राष्ट्रहरूले कृत्रिम बुद्धिमत्ता(आर्टिफिसियल इन्टेलिजेन्स-एआई) सम्बन्धी नयाँ नियममा युरोपेली संसदसँग सम्झौता गरेका छन्। निर्माणमा लगभग तीन वर्ष लगाईएको छ। ईयू काउन्सिलको एक विज्ञप्ति अनुसार, नयाँ कानून एआई प्रणालीहरू सुरक्षित छन् र ईयूको मौलिक अधिकार र मूल्यहरूको सम्मान गर्न सुनिश्चित गर्न डिजाइन गरिएको छ। अन्तिम कानुनको पाठमा अझै पनि ईयू संस्थाहरुद्वारा मतदान हुनुपर्छ र त्यसपछिको दुई वर्ष पछि मात्र पूर्ण प्रभावकारीरुपमा लागू हुनेछ। इयू कमिश्नर थिएरी ब्रेटनले यसलाई ऐतिहासिक सम्झौता भनेका छन् । “ईयू एआई प्रयोगको लागि स्पष्ट नियमहरू तय गर्ने पहिलो महादेश बनेको छ,” उनले एक्समा लेखेका छन्, “एआईएक्ट एक नियम पुस्तिका भन्दा धेरै हो – यो इयू स्टार्ट-अपहरू र अनुसन्धानकर्ताहरूको लागि विश्वव्यापी एआई दौडको नेतृत्व गर्न लन्चप्याड हो।” युरोपेली संसदका सदस्यहरूले सदस्य राष्ट्रहरू र युरोपेली आयोग, ईयूको कार्यकारी निकायलाई अगाडि राख्नु अघि आफ्नो स्थितिमा बहस गर्दै वर्षौं बिताएका छन्। युरोपेली कम्पनीहरूले नयाँ कानुनमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । उनीहरुले टेक्नोलोजीमा अत्यधिक प्रतिबन्धित नियमहरू रहेको, जुन द्रुत रूपमा विकसित भइरहेको छ र ओपनएआईको च्याटजीपीटीको लोकप्रियता पछि आकर्षण प्राप्त गर्दछन्, र नवाचारमा बाधा पुर्याउनेछ ।
technologykhabar.com
1,031,207
रीता न्यौपानेको अध्यक्षतामा डोरी तान संघ प्रदेश १ समिति गठन भएको छ । १५ सदस्यीय संघको उपाध्यक्षमा झापाका सविता भेटवाल झापा, सचिवमा सुनसरीका युवराज चौधरी र कोषाध्यक्षमा झापाका राज कट्टेल चयन भएका छन् । संघको सदस्यमा उदयपुरका राजकुमार रोक्का, ईलामका युवराज प्रधान, मोरङका साक्षी न्यौपाने र सुनिता कार्की, सुनसरीका सन्तोेष तामाङ, खोटाङका पवन गुरुङ, धनकुटाका शिखर श्रेष्ठ, भोजपुरका अनिलकुमार राई र ताप्लेजुङका गगन गिरी रहेका छन् । समिति गठनका लागि डोरी तान संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिति बनाईएको थियो । समितिले पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएको छ । नव गठित समितिलाई बधाई तथा शुभकामना दिँदै डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा. सुवासश्री पोखरेलले अन्य खेल जस्तै डोरीतान पनि मौलिकता बोकेको खेल भएकोले यसलाई स्थापित गराउन प्रदेशले महत्वपुर्ण भूमिका खेलेको बताए । पदभार वहाली गर्दै नव निर्वाचित अध्यक्ष न्यौपानेले मोरङ जिल्लाका सबै पालिकामा गठन भएको डोरी तानलाई प्रदेश स्तरको बनाउन पाएकोमा खुसी ब्यक्त गरिन् । आगामी ३ महिना भित्रमा प्रदेशका सबै जिल्लामा डोरी तानलाई बिस्तार गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता प्रदेश १ मा गर्ने उनले दाबी गरिन् । डोरी तान खेलको शुरुवात नेपालमा बि.सं.२००७ सालदेखि भएको मानिन्छ । कर्णालीको हुम्ला, जुम्ला लगायत क्षेत्रमा यो खेललाई मौलिक खेलको रुपमा खेलिँदै आएकोमा पछिल्लो एक दशकदेखि ब्यवसायिकता पाएको हो । चाडपर्बका बेला रमाईलोको लागि डोरी तानातान गरेर खेलिने यो लेख २०६६ सालदेखि प्रतियोगिताका रुपमा खेलाउन थालिएको उपाध्यक्ष डा. पोखरेलले बताए ।
makalukhabar.com
5,502,906
देशको चरा र अर्नाको राजधानी मानिएको प्रदेश १ र मधेश प्रदेशमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिले माग गरेका छन्। देशको सानो आरक्षका रूपमा समेत रहेको कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटक भिœयाउन र जनमैत्री विकास गर्नका लागि राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब
gorkhapatraonline.com
2,486,060
आज विभिन्न मठ मन्दिरमा राखी र रक्षाबन्धन लगाउने घुँइचो लाग्ने गर्दछ । आजका रसुवाको गोसाइँकुण्डमा पनि भव्य मेला लाग्छ । माटोका घर, ढुगांको घर र आरसीसी घर निर्माण गर्दा कसरी भुकम्प प्रतिरोधी बन्न सक्छ भन्ने कुरा मोवाइल एप्स र वेवसाइटमा राखिएको जनाइएको छ । यी सामाग्रीहरु माटो, ढुगां वा सिमेन्टको घर वनाउन चाहनेहरुको लागि महत्वपूर्ण हुने आयोजकले विश्वास लिएको छ ।
ratopati.com
1,212,305
धेरैलाई लागेको थियो, संसद् पुनःस्थापना भएपछि मुलुकले गति लिन्छ। नेपाल कम्युनिस्ट पार्टी विवादको मुद्दामा सर्वोच्चले गरेको एक अर्को निर्णयले सत्तासीन दललाई नै छिन्नभिन्न पारिदियो। सबैले ससम्मान स्वीकार गरे पनि केहीले पछिल्लो निर्णय नियोजित थियो भन्ने ‘शंकाको सुविधा’ उपयोग गरे। निर्णय स्वीकार गरे पनि संसद्पुन:स्थापना प्रधानमन्त्रीलाई मन परेको छैन भने एकीकृत पार्टीको विभाजनले केपी ओलीविरोधी खेमालाई चित्त दुखाएको छ। सर्वोच्चको पछिल्लो निर्णयले सैद्धान्तिक रूपमा ‘कोदो र तोरी’ छुट्ट्याइदिने काम गरेको छ। त्यो मिसिएको अवस्थाले निरन्तरता पाइरहेको हुन्थ्यो भने न तेल निस्कन्थ्यो न त पिठो नै। अनुत्पादक दल, संसद्को गरिमा नबुझ्ने पात्र गैरजिम्मेवार नेतृत्व भएको मुलुकमा यस्तै निर्णय आउनु पथ्र्यो। यस मानेमा सर्वोच्च अदालतलाई धन्यवाद दिनुपर्छ। तर यसले संसदीय लोकतन्त्रलाई भने गलत बाटोमा लगेको छ। यस मानेमा हामी नागरिकलाई सचेत हुनुपर्ने दायित्व थपिएको छ। संविधान सही हो यो गलत भन्नुभन्दा पनि संवैधानिक दायित्व निर्वाह गर्न नसक्ने पात्रहरूको नियमित निगरानी गर्न नसक्नु हामी नागरिकको दोष हो। हामीले विश्वास गरेका प्रतिनिधि विभिन्न समूहमा विभाजित भएर नेतृत्वको टाउको गिन्तीमा मात्र गौरव गर्छन् भने आउने परिणाम यस्तै हो। त्यसकारण पनि ‘अर्ली इलेक्सन’ का पक्षमा उभिएर सही प्रतिनिधि छान्ने अभियान अबको नागरिक दायित्व हुनुपर्छ। यो संसद्प्रति न सरकारको विश्वास छ न त केही अपवादलाई छाडेर बाँकी जनप्रतिनिधिले नै यसको रक्षा गर्ने हैसियत राख्छन्। संविधान जस्तोसुकै बनाए पनि शासक र जनप्रतिनिधि सही भएनन् भने जुनसुकै व्यवस्था अपनाइए पनि मुलुकको हित हुन सक्दैन। कानुन उल्लंघनलाई आफ्नो अधिकारका रूपमा स्थापित गर्न खोज्ने नेतृत्वले संविधानको रक्षा कसरी गर्न सक्छ ? केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल वा शेरबहादुर देउवा भएका भए आज यही अवस्था आउने थियो। व्यवस्था बदलिए पनि पात्र र प्रवृत्ति नबदलिएपछि राजनीतिक अस्थिरताको अन्त्य हुन सक्दैन। लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सक्ने उदार, सौम्य, पारदर्शी र जनताप्रति उत्तरदायी प्रतिनिधि छान्नका लागि पनि अर्ली इलेक्सन सबैभन्दा उत्तम विकल्प हुन सक्छ। लोकतन्त्रका निम्ति राजनीतिक दल आवश्यक छ। सिद्धान्त र आदर्शपूर्ण नीतिका आधारमा नागरिकलाई संगठित गरी उनीहरूका आकांक्षा पूरा गर्नुपर्ने दायित्व दलहरूको हो। जनतामा निहित राजनीतिक स्वतन्त्रताको सम्मान गर्न जिम्मेवार सरकार दिने दायित्व दलहरूकै हो तर दलहरू यो जिम्मेदारीबाट पटकपटक चुक्दै आए। दलहरूबीच वैमनस्य, फुट, विवाद, व्यक्तिगत स्वार्थ र इगो साँध्ने शैलीले प्रश्रय पायो, त्यसले लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम बनायो। खराब पात्रको मार व्यवस्थाले खेप्नुपर्ने ? जसले मुलुकको स्वाभिमानमा आँच मात्र आएन; आम नागरिकको जीवनशैलीमा समेत प्रभाव पर्‍यो। दलहरूबीचको अप्राकृतिक शक्ति संघर्षले निम्त्याएको अन्योलको फाइदा देशी/विदेशी प्रतिक्रियावादी शक्तिले उठाए। राजनीतिक आदर्शका लागि पटकपटक भएका संघर्ष र बलिदानीको मूल्यलाई दलहरूले सत्ताको भर्‍याङ मात्र बनाए। त्यसको प्रतिफल छिटोछिटो सरकार परिवर्तन गर्ने खेल मात्र भए। नौ–नौ महिनामा सरकार गठन र विघटन हुन थाले। संसद्को पूरै कार्यकाल सरकार चल्नै सकेन। दुईतिहाइ बहुमतको भनिएको पछिल्लो सरकार पनि तीन वर्षमै पतनोत्मुख अवस्थामा पुगेको छ। यस्ता क्रियाकलापले सत्तालोलुपहरूलाई त क्षणिक फाइदा होला; तर मुलुकले केही पाउने छैन। नेतृत्वले लिने गलत निर्णयको सिकार मुलुकलाई बन्न नदिन पनि अब निर्वाचनमै जानुपर्छ। त्यसका लागि पनि नागरिक दबाब आवश्यक छ। सामाजिक न्यायलाई हराउने पात्रहरूलाई बिदाइ गरी नयाँ नेतृत्व छान्न पाउनुपर्ने नागरिक अधिकारको सम्मान गर्न पनि अर्ली इलेक्सन मात्र उपयुक्त विकल्प हुनसक्छ। लोकतन्त्रले मानेको संवैधानिक व्यवस्था, मानव अधिकारको प्रत्यभूति, आवधिक निर्वाचन, मौलिक अधिकार र प्रेस स्वतन्त्रता संरक्षणका लागि पनि आफूलाई पत्यार लाग्ने नेतृत्व छान्न पाउनु नागरिक अधिकार हो। विद्यमान नेतृत्वबाट लोकतन्त्रका कुनै पनि आधारभूत आवश्यकताको संरक्षण हुन सक्दैन। संसद्को तोकिएको आयु पुर्‍याउने भनेर सत्ता समीकरणमा लागिरहने हो भने त्यसले मुलुकको कदापि हित गर्दैन। व्यक्तिगत स्वार्थ, एकअर्काप्रतिको कुण्ठा भाव, अन्तरकलह जारी राखेर गरिने समीकरणले स्वस्थ प्रतिस्पर्धा र व्यवस्थालाई आघात पुर्‍याउँछ। संविधानको अपव्याख्या गर्ने, निर्वाचनलाई प्रतिगमन भन्ने, लोकतन्त्रका मूल्यमान्यताका कुरा गरेर नथाक्ने तर लोकतन्त्रकै घाँटी निमोठ्ने नेतृत्वले अब नागरिकसामु आत्मालोचना गरेर राजनीतिबाट बिदाइको घोषणा गर्नुपर्छ। त्यसको उपयुक्त विकल्प सहमतिमा अर्ली इलेक्सनको घोषणा मात्र हुन सक्छ। लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षा गर्न सक्ने उदार, सौम्य, पारदर्शी र जनताप्रति उत्तारदायी प्रतिनिधि छान्नका लागि पनि अर्ली इलेक्सन सबैभन्दा उत्तम विकल्प हुन सक्छ। मुलुकको संविधानले परिकल्पना गरेका संरचनाहरूको स्वतन्त्र र सार्थक हुनुपथ्र्यो। कार्यपालिका, विधायिका, न्यायपालिका तथा संवैधानिक संस्थाहरूको स्वतन्त्र अस्तित्व लोकतन्त्रको गहना हो। यी तीनै अंगको नेतृत्वले शक्तिपृथकीकरणको सिद्धान्तको सम्मान गर्न सकेको भए मुुलुक आज विदेशीको प्रयोगशाला बन्न सक्थ्यो ? राजनीतिक विश्लेषक सौरभले (एपीवान टेलिभिजनसँग ) नेपालको ७५ प्रतिशत राजधानी नयाँदिल्ली र २५ प्रतिशत ब्रसेल्स भन्ने अधिकार कहाँबाट पाउँथे ? अझै केही बिग्रिएको छैन, राज्यका संवैधानिक संस्थाले यसअघिका गलत निर्णयप्रति आत्मालोचना गरी कसैको दबाब र प्रभावमा नपर्ने उद्घोष गरे भने अन्योलतिर धकेलिएको राजनीतिले सही गन्तव्य लिन सक्छ। नेपालको राजधानी काठमाडौं भनेर संसारलाई पुनः एकपटक चिनाउन पनि नयाँ निर्वाचनलाई अवसरको रूपमा प्रयोग गरौं। नागरिकलाई परेको पीडामा मलम लगाउन नसक्ने तर व्यक्तिगत इच्छा–आकांक्षा पूरा गर्न जुनसुकै कदम पनि चाल्न पछि नपर्ने नेतृत्वले फेरि समाजलाई छिन्नभिन्न पार्ने खतराबाट जोगिन पनि यही भित्रैबाट विकल्प खोज्न निर्वाचनलाई विकल्प बनाउनुपर्छ। अब पनि नागरिक विभाजित भएर अक्षम नेतृत्वको पक्षपोषणमा कित्ताकाट भइरहने हो भने त्यसले मिलेर बसेको समाजलाई फेरि विभाजित गराउनेछ; जसको मूल्य निकै महँगो पर्ने छ। अन्त्यमा, श्रमजीवी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ। पत्रकारको नेता उम्मेदवार बन्न दलको नेतृत्वको ढोकाढोकामा चहारिरहेको छ। यो आम पत्रकारका लागि लज्जाको विषय होइन र ? हामी आफैं बसेर आफ्नो नेता छान्ने हक किन राख्न सक्दैनौं ? नागरिक अगुवा, पत्रकार, वकिल, चिकित्सक, कर्मचारीलगायत सबै लोकतन्त्रका पहरेदार हुन्। यिनीहरूले मात्र आफ्नो भूमिका निर्वाहमा नचुक्ने हो भने लोकतन्त्रका मूल्यमान्यताको खिल्ली उडाइरहेका नेताका ढोकामा जानु नै पर्दैन। नेता नै पेसागत संघसंगठनको दैलोमा घुँडा टेकेर आउन बाध्य हुनेछन्। यसका लागि पनि इलेक्सनमा गएर सही नेतृत्व छान्न नागरिक क्रियाशीलता बढाउनुपर्छ। अब पनि यही पुस्तालाई निरन्तरता दिइरहने हो भने न राजनीतिक दल सुध्रिन्छन्, न मुलुकमा स्थिरता कायम हुन सक्छ। हुन्छ केवल विदेशीको प्रयोगशाला, जसले मुलुकको अस्तित्व नामेट बनाउने छ। उनै बासी अनुहारको अघिपछि लागेर मुलुकलाई बन्धक र पार्टीहरूलाई फोहोरी पोखरी बनाइरहने कि बगिरहने कञ्चन खोला ? यसको फैसला नागरिकले गर्नुपर्छ। अर्ली इलेक्सन त्यसकारण चाहिएको हो, कसैको इच्छापूर्तिका लागि होइन। सहमतिमा सबैले मानेको नेताको नेतृत्वमा चुनावी सरकार बनाएर गरिने निष्पक्ष र ताजा जनादेशले मात्र लोकतन्त्र मतबुत बनाउने छ ।
annapurnapost.com
2,873,800
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन्। दुई सातादेखि काठमाडौंलगायत वर्षात् शुरू भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँ मासीका बिरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी गराउनुभयो। डा. पुनका अनुसार विगत वर्षमा झैं काठमाडौंमा हालसम्म हैजाका बिरामीभन्दा सिबेला ब्याक्टेरियाका कारण हुने आउँका बिरामी ह्वात्तै बढेका छन्। उता ललितपुरमा भने सिबेलासँगै हैजाका ब्याक्टेरिया पनि फेला परेकाले काठमाडांैमा नहोला भन्न नसकिने विज्ञहरूको भनाइ रहेको छ। यति बेलासम्म परीक्षणमा देखा नपरे पनि सम्भावना बढी रहेको बताइएको छ। टेकु अस्पतालमा अहिले कालीमाटी तथा कुलेश्वर क्षेत्रका बिरामी दैनिक १५ जनाको हाराहारीमा आकस्मिक रूपमा आउने र ओपीडीमा भर्ना हुने गरेको डा. पुनले जानकारी दिनुभयो । यति मात्र नभई यो गर्मी याममा खुला रूपमा बिक्रीवितरण गरिने काँक्रा, पानीपुरी, चटपटे, मेवा, मकैजस्ता खाद्यान्नले पनि रोग निम्त्याउन भूमिका खेलेको विज्ञहरूको भनाइ रहेको छ। यस्ता खानेकुरा बिक्री गर्ने व्यक्तिहरूले पनि उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी सफा र ताजा खानेकुरा बेच्ने र खानेले पनि तत्काल मुखबाट र्याल चुहिनासाथ आफ्नो स्वास्थ्यको ध्यान नदिनाले वर्षेनी वर्षा याममा यस्ता प्रकोप बढ्ने गरेको सम्बद्ध विज्ञको भनाइ रहेको छ। ‘उपभोक्ताको हकहितका लागि खाद्य सुरक्षा, अनुगमन, मूल्यांकन गरी आवश्यकताअनुसार सुरक्षा अपनाउने र उत्कृष्ट मापदण्डको पालना गर्नेलाई पुरस्कार र स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेलाई दण्ड सजायको व्यवस्था हुनुपर्छ’ –डा. पुनको भनाइ रहेको छ। झाडापखाला भएमा दिनभरि दिसा लाग्ने, दिसाबाट पातलो पानीजस्तो तरल पदार्थ बग्ने गर्दछ। यसले बिरामीलाई साह्रै कमजोर बनाउँदछ। विशेष गरी दिनमा ३ देखि ४ पटकभन्दा बढी पातलो दिसा लाग्यो भने यो पखाला वा रातो आउँ वा रातो मासी परेको बुझ्न सकिन्छ। झाडापखालाको समयमा पखाला लाग्नुभन्दा पहिला विस्तारै पेट दुख्ने, कहिले थोरै गाढा त कहिले पातलो पानीजस्तो दिसा आउने, पखाला लाग्दा चौलानी जस्तो सेतो आउँ आउने, कहिलेकाहीं पखाला लाग्दा रातो आउ वा रातो र सेतो मासी पनि आउने, दिसा बसिसकेपछि पनि फेरि बसुँ बसुँ जस्तो लाग्ने, मुख सुख्खा देखिने, पानी प्यास धेरै लाग्ने, शरीर पूरै गलेर हिँड्न गाह्रो भई जहाँ पायो त्यहीं बसौंजस्तो हुने लक्षणहरू देख्न सकिन्छ। बसपार्क, अस्पताल तथा मानिसको धेरै जमघट हुने स्थानमा काटेर खुला राखेको फलफूलहरू, झिँगा बसेको, धूलोमैलो परेको खानेकुराले झाडापखालाका साथै हैजा आउँ निम्त्याउँछ। विशेष गरी काठमाडौंमा यति बेला देखा परेको फोहोर मैला, धूलो, धूवाँलगायतका समस्या बढेको र खाना खुला राख्ने, सडक किनारामा राखिएका पसलहरूमा खुला पानी, बासी खानेकुरा, पानी आदि राख्नाले र ती खानेकुरा खाँदा समेत समस्या परेको विज्ञहरूको भनाइ रहेको छ। पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने, जीवनजल पानी वा नुन चिनी पानी प्रशस्त पिउने, पेट दुखेको अवस्थामा तातो कपडाले छोपेर राख्ने, खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने, हातको नङहरू समय समयमा काटी रहने, दिसा–पिसाबलाई रोकेर नराख्ने, कहिलेकाहीं चिसोको कारणले गर्दा पनि झाडापखाला तथा आउँ पर्ने हुनाले यसबाट बच्ने तथा बासी र सडेगलेका खाने कुराहरू नखाने हो भने रोकथाम हुने विज्ञहरू बताउँछन्। तरकारीहरू पखालेर वा काँचो सलाद तरकारीलाई तातो पानीले धोएर खाएमा राम्रो हुने सुझाव दिँदै विज्ञहरू भन्छन्– ‘अत्यधिक चिल्लो, पिरो, अमिलो, भुटेको खानेकुरा, राम्रोसँग नपाकेको माछा र मासुको परिकार खाँदा पनि गर्मीयाममा ध्यान दिनुपर्छ।’ उल्लिखित उपायहरू अपनाएको खण्डमा झाडापखाला लाग्ने सम्भावनाबाट बच्न सकिने डा. पुन बताउनुहुन्छ। यति बेला बालबालिकाहरू टाइफाइड र झाडापखालाका बढी शिकार हुने गरेका कारण अभिभावक तथा विद्यालय समयमा शिक्षकहरू अझ बढी सजग हुनुपर्ने समेत उहाँको सुझाव रहेको छ ।
newsofnepal.com
4,482,528
असार २९ मा गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २४ मन्त्री बनाउन दशैं कुर्नुपर्‍यो। असोज २२ गते १६ जना मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएपछि मात्रै सरकारले पूर्णाकार पायो। २१ गते नै दशैंको घटस्थापना भएकाले सपथ लिएलगतै १८ जना मन्त्रीले काम गर्न पाएनन्। उनीहरुले मन्त्री भएकोमा बधाइसँगै दशैंको शुभकामना पाए। २२ गते शुक्रवार सपथ लिएका उनीहरुका लागि कार्यालय खुल्ने दिन २४ र २५ गते मात्रै रह्यो। दशैं बिदाको बेलामा सरकारी कामकाज हुने कुरा भएन। मन्त्रालय बन्द भए, मन्त्री सुस्ताए। यसअघिको ३ महिना पनि देउवा सरकारका लागि 'होलिडे'जस्तै रह्यो। मन्त्रालयहरु मन्त्रीबिहीन हुँदा सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन। दशैं देउवा सरकारका लागि वाहना बन्न पुग्यो। कार्यालय खुल्ने बेलामै सुस्ताइरहेको सरकारले दशैंको बिदामा काम गर्ने कुरै भएन। मन्त्रालय बन्द रहे, नवनियुक्त मन्त्रीलाई मन्त्री भएकोमा र दशैंको शुभकामना लिने भ्याइनभ्याइमात्र। यसरी सुस्ताउनेमा नवनियुक्त मन्त्री मात्रै थिएनन्। सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दलका नेता र संघीय संसदका सांसदहरु पनि निस्क्रिय बने। असोज २५ देखि कार्तिक ९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित हुँदा दशैंपछि पनि सांसदहरु फुर्सदिला छन्। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेर प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राखेको छ। एमालेले नेकपा एकीकृत समाजवादीमा लागेका १४ जना सांसदलाई कारवाही गरेको सूचना सापकोटाले नटासेको भन्दै विरोधमा छ। पार्टी विभाजनमा सापकोटा पनि संलग्न भएको एमालेको आरोप छ। अब बस्ने बैठकमा पनि अवरोध नहटने एमालेका सांसदहरुले बताएका छन्। त्यसका लागि संवादको वातावरण नबनेको उनीहरुको भनाइ छ। दशैं विदाको १५ दिने (कुलिङ पिरेयड)मा संसदको अवरोध हटाउन सत्ता र प्रतिपक्षी दलका नेताले संवाद गरेनन्। त्यसैले एमालेको अवरोध कहिले हट्छ टुंगो छैन। यद्यपि, दशैंको शुभकामनामा सापकोटाले एमालेसँग संवाद गर्न आफू तयार रहेको सन्देश दिएका थिए। 'पहिला हाम्रो संवाद भइरहेको थियो। अहिले विवाद भइरहेको छ। अन्तिममा संवादको विकल्प छैन। ढिलो चाँडो संवादमा उहाँहरु आउनुहुन्छ भन्ने छ। संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ। अवरुद्ध भइरहेको छ। १५ दिनको समय पनि छ। कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु,' सापकोटाले भनेका थिए। सभामुखले प्रतिनिधिसभाको अवरोध हटाउन आफू सकारात्मक भएको सन्देश दिइरहँदा एमालेले भने उनीसँग संवाद गर्न अस्वीकार गरेको छ। सभामुखमाथि नै प्रश्न उठाएकाले सापकोटासँग संवाद नहुने एमालेको अडान छ। एमालेका सांसद तथा पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुख सँग वार्ता नहुने बताए। भने, 'हाम्रो प्रष्ट कुरा छ सभामुखसँग संवाद हुँदैन्। सभामुखमाथि नै प्रश्न उठेको छ। सत्ता पक्ष र प्रतिपक्ष बिचमा संवाद हुनसक्छ।' सभामुख सापकोटाले भदौ २८ गते बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। सत्ता गठबन्धन भित्रको विवादका कारण ३ महिनासम्म देउवा सरकारले पूर्णता पाउन सकेको थिएन। गठबन्धनका दलहरु बिचमा मतभिन्नता उत्पन्न भएपछि देउवा सरकार नै अप्ठेरोमा परेको थियो। राजनीतिक दलसम्बन्धि अध्यादेशमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक फरक धारणा राखेका थिए। अन्तत: सरकारले अध्यादेश फिर्ता लिएपछि मात्रै सरकारले पूर्णता पाएको थियो। गठबन्धनलाई अर्को अल्झाउने विषय हो-अमेरिकी साहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)। एमसीसीका बारेमा गठबन्धनमा समान धारणा छैन। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले एमसीसी अघि बढाउन नहुने अडान राख्दा नेपाली कांग्रेस र जनता समाजावादी पार्टीले भने एमसीसी तत्काल संसदबाट पास गर्नुपर्ने बताइरहेका छन्। एमसीसीकै बारेमा नेताहरुका बिचमा पटक-पटक संवाद भएको भए पनि सहमति भने भइसकेको छैन्। दशैंका बेला पनि गठबन्धनका शीर्ष नेताहरुले यसबारेमा संवाद गर्न सक्ने भए पनि त्यतातिर रुचि देखाएनन्। जसकारण अबको केही समय गठबन्धनलाई एमसीसीले अल्झाउने छ। गठबन्धनले प्रदेश नम्बर १ र वाग्मतीमा तत्काल सरकार परिवर्तन हुने बताएको थियो। त्यसका लागि दुवै ठाउँमा एकीकृत समाजावादीलाई नेतृत्व दिएर केन्द्रको सरकारमा मन्त्री भागवण्डाका बेला एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई गठबन्धनका शीर्ष नेताले मनाएका थिए। तर, केन्द्रमा भएको समहमति प्रदेशमा लागू गर्न आलटाल भएपछि गठबन्धन नयाँ सरकार गठनमा अलमलमा परेको छ। गठबन्धन अलमलमा पर्दा वागमतीमा अल्पमतमा रहेकी एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको कार्यकाल लम्बिएको छ। असोज २५ मै शाक्यलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भए पनि उनले दशैं पछिमात्रै विश्वासको मत लिने निर्णय गरेकी छिन। असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत सम्बन्धिको प्रस्ताव टेबल भएको थियो। एकीकृत समाजावादीका सांसद राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री हुने दावी गरिरहेका छन्। तर, नेपाली कांग्रेसको संसदीय दलको बैठकले सांसद इन्द्र बानियालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। जसले वागमतीमा सत्ता गठबन्धन अलमलमा रहेको प्रष्ट्याउछ। उता प्रदेश १ मा पनि गठबन्धन अलमलमै छ। अल्पमतमा रहेका एमालेका मुख्यमन्त्री भीम आचार्यले सरकार चलाइरहेका छन्। गठबन्धनले मुख्यमन्त्रीको उम्मेद्वार अघि सार्न नसक्दा आचार्यको कार्यकाल लम्बिँदो छ। एकीकृत समाजवादीका सांसद राजेन्द्र राईले आफू मुख्यमन्त्री हुने दावी गरिरहेका भए पनि सत्ता गठबन्धनले अझै उनलाई मुख्यमन्त्रीका रुपमा टुंगो लगाएको छैन। गठबन्धनले सुरुमै सरकारलाई गठबन्धनको मर्म अनुसार चलाउने बताएको थियो। त्यसका लागि गठबन्धनका शीर्ष नेताले कार्यदल मार्फत् न्युनतम साझा कार्यक्रम बनाएका थिए। साउन २४ गते नै प्रधानमन्त्री देउवा सहित शीर्ष नेताले न्युनतम साझा कार्यक्रम बुझेका थिए। तर, दुई महिनाभन्दा बढी समयसम्म पनि सरकारले न्युनतम साझा कार्यक्रम अनुसार काम गरेको छैन। संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयनका लागि संसदमा विचाराधीन विधेयक टुंगो लगाउने, महँगी नियन्त्रण र भ्रष्टाचार छानविनका लागि अग्रसरता लिने विषय उल्लेख थिए। यस्ता कुनै पनि विषयमा सरकारले तदारुकता देखाएको छैन। गठबन्धनको बैठकहरुमा समेत न्युनतम साझा कार्यक्रम कार्यान्वयनका विषयमा समेत छलफल हुन छोडेको छ। दशैं अघिसम्म गठबन्धनका धेरैजसो बैठकहरु मन्त्रिपरिषदमा भागबण्डा मिलाउनमै सीमित बनेका थिए ।
pahilopost.com
4,866,527
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन्। राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहकार्यमा आज यहाँ आयोजित कार्यक्रममा बेलायतबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन दत्तचित्त भएर लाग्नुपर्ने बेला आएको बताएका हुन्। 'सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले यसलाई अघि बढाएको छ,' मन्त्री बस्नेतले भने। यसवर्ष ‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि डिजिटलिकरण’ नारासहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो दिवस मनाएको हो । कार्यक्रममा मन्त्री बस्नेतका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणालीमार्फत हुनुपर्नेमा जोड दिँदै एकद्वार प्रणाली पूर्ण रुपमा लागू नभएकाले मन्त्रालयका महाशाखापिच्छे फरक–फरक तथ्याङ्क आउने समस्या रहेको बताए। मन्त्रालयका अतिरिक्त सचिव डा विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउँदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश एस पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने दाबी गर्दै मन्त्रालयले यस विषयमा आवश्यक पहल गरिरहेकोमा खुसी व्यक्त गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुगमन महासाखाका प्रमुख डा मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले वर्षैभरि डिजिटल स्वास्थ्य दिवस मनाउनुपर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारी, प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अधिकारीको सहभागिता थियो ।
kathmandupress.com
4,879,513
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ। कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ। गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ। तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगस्टमा ३.१ प्रतिशत पुगेको छ। योसँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगस्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो। यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ। कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने भएको छ। त्यस्तै, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायतका कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ। यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताए। उनले कम्पनी बन्द भई बेरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहेको बताए। कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने सुविधा भएकाले नेपालीहरूलाई खासै चिन्ता नहुने उनको भनाइ छ। यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन्। कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो ।
kathmandupress.com
4,644,937
अमेरिकाले तत्काल मिति नतोकी मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको लैजान आग्रह गरेको छ । पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको एमसीसीका अध्यक्ष तथा अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । उनले एन्ट्री इन टु फोर्स (इआईएफ) कार्यन्वयनमा अमेरिका सकरात्मक देखिएको जानकारी दिए । यसअघि अर्थले संसद्‌बाट अनुमोदन नभएको अवस्थामा दुवै पक्ष बसेर इआईएफ अर्थात परियोजना कार्यान्वयनको थालनी गर्ने समयको नयाँ मिति तोक्न एमसीसीलाई आग्रह गरेको थियो। ‘मिति तोक्नुअघि हामीले गर्नुपर्ने पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको छ’– उनले भने । संसदबाट एमसीसी कम्प्याक्ट पारित नभएर मिति गुज्रिएपछि अर्थ मन्त्रालयले पत्राचार गरेको थियो । असारको दोस्रो साता एमसीसी सम्झौता सकिएको थियो । परियोजनाको कार्यान्वयनको मितिसम्म पुग्न छ ओटामध्ये ४ ओटा मात्र पूरा भएका छन । बाँकी दुईवटामा एउटा संसद्‍बाट अनुमोदन गर्ने र अर्को जग्गा अधिग्रहणको काम गर्ने तथा प्रसारणलाइन बनाउँदा रूखहरूको कटानीको अनुमति लिनुपर्ने छन । परियोजनाअन्तर्गतका कामहरू सुरु भएको पाँच वर्षभित्रै पूरा गर्नुपर्ने छ । अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर करिब ५५ अर्ब रुपैयाँ अनुदान दिने छ । सम्झौताअनुसार नेपालले पनि पूर्वाधार विकासमा आफ्नोतर्फबाट करिब १५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ। एमसीसी परियोजनाको लागत ७० अर्ब रुपैयाँ छ ।
capitalnepal.com
2,612,684
११ वटा स्थानीय तह रहेको दैलेखमा ०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ । यस्तै नेपाली काँग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।
ratopati.com
5,542,988
वसन्त नवरात्राको अवसरमा मत्सरी दुर्गामन्दिरमा पूजापाठसँगै हरिवंश पुराण वाचन हुँदै । तस्बिर : सञ्जय कुमार मिश्र चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ । वर्षमा चार पटक मनाइने नवरात्रामध्ये सबैभन्दा प्रमुख शारदीय नवरात्रा असोज महिनामा तथा त्यसपछि चैत महिनामा वसन्त नवरात्राको आइतबार सातौँ दिन जिल्लास्थित शक्तिपिठहरुमा श्रद्धा एवम् भव्यताका साथ पूजापाठ गरी मनाइँदै छ । रौतहट जिल्लाकै प्रसिद्ध एवम् एक सय वर्ष पुरानो दुर्गाभगवती गाउँपालिका मत्सरीस्थित दुर्गा मन्दिरमा प्रत्येक वर्षको भाँती यस वर्ष पनि वैदिक रीतिरिवाज अनुसार हरिवंश पुराण वाचन एवम् पूजा ,पाठ ,जप ,भजन कीर्तन भइरहेको दुर्गा पूजा समिति मत्सरीले जनाएको छ । हरिवंश पुराण नियम तथा श्रद्धापूर्वक श्रवण गर्नाले वंशवृद्धिसँगै मनवान्सित फल पाउने धार्मिक मान्यता रहेको कथावाचक ओमप्रकाश मिश्रले बताउनुभयो । चैतेनवरात्राको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैँठो दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आँठौ दिन महागौरी तथा नवौँ दिन सिद्धीरात्री स्वरूप दुर्गाभगवतीको पूजापाठ गरिने दुर्गा मन्दिर मत्सरीका मूल पुरोहित पवन झाले बताउनुभयो । उहाँले माता दुर्गाभगवतीको नियम निष्ठा तथा विधिविधान पूर्वकले पूजा पाठ गर्नाले रोग दुःख, कष्ट, दारिद्रयबाट मनुष्य मुक्ति पाइ परिवारमा सुख, शान्ति तथा स्मृद्धिसँगै मनवान्सित फल पाउने समेत जानकारी दिनुभयो । मत्सरी दुर्गामन्दिरमा दैनिक पूजा पाठसँगै दिनहुँ सन्ध्या आरती तथा भजन कीर्तन हुने गरेको जानकारी दिँदै अध्यक्ष झाले नवरात्राको समयमा अहिले दैनिक ११जना विद्धान पण्डितहरू द्वारा पूजापाठ तथा जप भइरहेका दुर्गा पूजा समिति मत्सरीका अध्यक्ष अभिषेक झा (बब्लु ) ले बताउनुभयो । वैदिक रीतिरिवाज अनुसार पूर्ण विधि विधानले पूजापाठ हुने मत्सरी दुर्गा मन्दिरमा नवारत्रा लगायत अन्य दिन पनि जिल्ला लगायत आसपासका क्षेत्रसँगै सीमावर्ती भारतबाट भक्तजन पूजापाठका लागि आउने गरेको बताइएको छ । यसैगरी चैतेनवरात्राको अवसरमा जिल्लाको मत्सरी, गौर, राजदेवी, गरुडा, कटहरिया, शिवनगर, पचरुखी लगायत विभिन्न गाउँमा स्थित दुर्गा मन्दिर तथा शक्ति पीठहरूमा पूजा पाठ तथा दर्शन गर्ने भक्तजनहरूको भिडभाड बढ्दै गएको हो ।
gorkhapatraonline.com
398,213
प्रदेश नं २ मा आइतबार बिहान ९ः३० बजेसम्म १२५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको राजपाले २३, संघीय समाजवादी फोरमले २३, माओवादी केन्द्रले २१, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । १३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ४, संघीय फोरम ४, माओवादी १ र एमाले ३ तहमा अगाडि छ। जनकपुर उपमहानगरपालिका राजपाको कब्जामा गएको छ भने अब वीरगञ्जमा सबैका आँखा अडेका छन् । वीरगञ्ज महानगरपालिकामा काँग्रेस र संघीय समाजवादी फोरमबीच निकै टक्कर भइरहेको छ । सुरुआती अग्रता लिएको राजपा केही पछि छ ।
hamrakura.com
1,372,297
पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो। ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सबै ढोकाहरु उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उनको भनाइ थियो। सूचना अधिकारी पन्तले भने, 'पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ।' सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुङ्गाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उनले बताए। पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ। 'कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ। ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन। माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ', सूचना अधिकारी पन्तले भने, 'सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ।' गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उनको भनाइ थियो। धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ। पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो। सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आपइएको छ। वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताए। सुरुङमा रहेको १ नं ढोकाबाट पानी गएपछि नौ नं ढोकाले पखाल्ने काम गर्छ। पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ। सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ । विसं २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उनले बताए। संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ ।
annapurnapost.com
1,869,159
सप्तरीको कठौनामा सोमबार आयोजित खुला दिसामुक्त र पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले शौचालय प्रयोगले इज्जत र सम्मान बढ्ने भएकाले यसको नियमित प्रयोग हुनुपर्ने बताए । साथै चर्पी प्रयोगले स्वास्थ्यमा समेत समस्या कम हुनाले पनि आर्थिकरुपले सबल हुँदै जाने बताउँदै आफ्नै इज्जत, प्रतिष्ठा र स्वास्थ्यका लागि पनि सबैलाई चर्पी प्रयोग गर्न र नियमित खोप लगाउन समेत उनले आग्रह गरे । शम्भुनाथ नगरपालिकाका उपप्रमुख कविता सरदारको अध्यक्षतामा आयोजित समारोहमा नेपाल पत्रकार महासंघ, सप्तरीका सदस्य बृजमान तामाङ, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, नेपाली काँग्रेसका नेता सबुरलाल साह, शम्भुनाथ नगरपालिका–६ का वडाध्यक्ष मो। याकुब राईनलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले ब्यानर वाचन गरी शम्भुनाथ नगरपालिकालाई पूर्णखोप र खुला दिसामुक्त नगरपालिका घोषणा गर्नुभएको थियो । कार्यक्रममा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका प्रमुख रामाधार यादव, अनुसन्धान विभागका प्रहरी उपरीक्षक देवराज लिम्बू, जिल्ला समन्वय समिति, सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्कालगायतको उपस्थिति रहेको थियो ।
nepalihealth.com
6,226,682
बैतडीकी किशाेरी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद सजाय सुनाइएकाे छ । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर भागरथीकै सहपाठी दिनेश भट्टलाई दाेषी ठहर गर्दै साढे १२ वर्ष कैद सजाय सुनाएकाे हाे ।  जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आराेपी भट्टले प्रहरी र अदालतमा गरेको साबिती बयानका साथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् । दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथीको २१ माघ २०७७मा बलात्कारपछि हत्या भएकाे थियाे । उक्त दिन विद्यालयमा बिदा भएपछि सम्पर्कविहीन भएकी उनको भोलिपल्ट नजिकैको जंगलमा शव भेटिएको थियो । घटनापछि पक्राउ परेका  दिनेशले आफूले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए । 
shilapatra.com
3,726,511
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् ।  उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’ आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो’, उनले   भने । थापाले पार्टीका नेता कार्यकर्तालाई विधान अनुसार गतिविधि गर्न निर्देशन दिए ।
emountaintv.com
336,548
प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलको क्रममा उनले उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्न भनेका छन्। उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन समेत निर्देशन दिएका हुन्। कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडकको अवस्था र सार्वजनिक यातायातको क्षेत्रमा केही समय अघिसम्म रहेको सिण्डिकेटको पूर्ण रूपमा अन्त्य गर्नेे विषयलाई लिएर सञ्चार माध्यममा आएको समाचाहरूको सम्बन्धमा ध्यानाकर्षण भएको समेत उनले बताएका छन्। छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक र उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापन ५० दिनभित्र महसुस हुने गरी सुधार आउने बताएका छन् ।
setopati.com
515,759
भक्तपुरमा हिजो (शुक्रबार) साँझ थाहा भएको एकै परिवारका तीन सदस्यसहित घरमा पालेको कुकुर मृत्यु प्रकरणमा प्रहरीले मिहिन ढंगले अनुसन्धान गरिरहेको छ । विभत्स घटना भएका कारण पनि यसका प्राविधीकदेखी हरेक पाटो केलाउनुपर्ने भएको र फरेन्सिक ल्याबबाट आउने रिपोर्ट, प्रयोगशालाबाट आउने भिसेरा सबैको विश्लेषण नगरी हत्या वा हत्यापछिको आत्महत्याबारे अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ । घटनाको पहिलो साक्षी बनेका मृतक सुदीप अधिकारीका भाई सुनिल अधिकारीले अन्तिमपटक आफूहरुको भेट सोह्रश्राद्धमा आमाबुबा बसेकै घर (सोही नगरपलिकाको वडा नम्बर ६ मा) भएको प्रहरीसमक्ष बताएका छन् । मृतक सुदीप अधिकारीले घटना भएको घर केहि वर्षअघि किनेर मूलघरबाट सरेको र घर पनि बैंकमा धितो राखेको प्रहरी अनुसन्धानबाट देखिएको छ। उनले ससुरालीबाट २ लाख रुपैयाँ रिण लिएको पनि खुल्न आएको छ ।  मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो । भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे । त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुगेकी थिईन् । घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो । सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन । प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिइन् । महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिइन् । उनले भनिन्, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।” वरिष्ठ प्रहरी उपरीक्षक थापाले भनिन, “सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप (चुप्पी) भेटिएको छ । शव गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर हत्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।” प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भन्नुभयो, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।” घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ । मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए/नआएको याद नभएको भनाइ छ ।
lokpath.com
2,029,477
बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। ‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्यसलाई सशस्त्र प्रहरीद्धारा हटाएका छौं,’ अधिकारीले भने, ‘नेपाली भुमिमा ब्यारिएल लगाउन पाइँदैन, नेपालतर्फ बनाएको ब्यारियल बिहानै हटाएका छौं।’ बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले क्याम्प राखेको थियो ।
kathmandupati.com
3,735,740
गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ । ‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए ।
emountaintv.com
4,348,226
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवान एयरलाइन्सको जहाज होल्डमा रहेको छ । प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकोमा अहिले दुई हजार पाँच सय रहेको छ । होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेको प्रवक्ता झाले बताए । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् काठमाडौँ । काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।
pariwartankhabar.com
1,836,655
देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्र्तगत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधन । सदरमकामदेखि घोडाँबाधे सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँगको सहकार्यमा स्टार्ट फण्डको सहयोग, केएर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ स्थित याङ्ग्रीका–९० घरपारिवारलाई स्वच्छता सामग्री वितरण गरिँदै । असार १ गते याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, माक्स, सेनीटरी प्याड, तौलिया, स्यनिटाइजर, काँइयोलगायत सामग्री वितरण गरिएको थियो । केही दिनअघि परेको अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले व्यास नगरपालिका–३ स्थित चाइना पुल नजिक रहेको गुरुङ समुदायको क्वाइबो भवन । बागलुङको बलेवामा मिनी टेलरको सहायताले रोपाइँका लागि माटो सम्याउँदै किसान । घोराही उपमहानगरपालिका अन्तर्गत पद्मोदय नमूना मावि भरतपुरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका नागरिक । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय क्षेत्र । यसका लागि आवश्यक १० हजार ३०० रोपनी जग्गा अधिग्रहणको काम सकिएको छ भने चालू आर्थिक वर्षमा रु एक अर्ब ५५ करोड बजेट बिनियोजन गरिएको छ । श्रावण स्नानका क्रममा हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल प्रहरीको तालीम प्राप्त जनशक्ति । देवघाटधाममा त्रिशूली र कालीगण्डकी नदीको बहाव तीव्र भएका कारण हुनसक्ने दुर्घटना रोक्नका लागि वाग्मती प्रदेश विपत् व्यवस्थापन गुल्म हेटौँडाको टोलीलाई परिचालन गरिएको हो ।
arthasarokar.com
4,997,871
यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनसँग एकतागर्न जोड दिएकी छिन । शनिबार म्यूनिख सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिजेलेन्स्कीले रुससँग युक्रेनको चलिरहेको युद्धको लागि अन्तर्राष्ट्रिय समर्थनको आह्वान गरे । अमेरिकी सिनेटरहरू र विश्व नेताहरूले युक्रेनमा रूसको जीतले यसको सिमाना बाहिर नतिजा ल्याउनेछ भनेर बुझ्नुपर्छ,उनले भने । गत शुक्रबार साइबेरियाको कारागारमा हिरासतमा रहेका प्रमुख रुसी विपक्षी व्यक्तित्व एलेक्सी नाभाल्नीको मृत्यु र रुस विरुद्धको मोर्चामा रहेको प्रमुख युद्ध मैदान एभडिभकाबाट युक्रेनको यस हप्ता फिर्ता भएकोमा बिश्व नेताहरुलाई यसले निकै आक्रोस तुल्याएको छ । “नियममा आधारित विश्व व्यवस्था” को पुनर्स्थापनाको लागि आह्वान गर्दै, जेलेन्स्कीले रूसको आक्रमणलाई “कुनै पनि नियमहरू विरुद्धको युद्ध” भनेर वर्णन गरे। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीको छेउमा उभिएकी थिइन् । उनले रुस विरुद्धको निरन्तर लडाईमा उनको संकल्प र सफलताको प्रशंसा गरे र अमेरिका युक्रेनको पछाडि उभिने बताइन । जेलेन्स्कीले अमेरिका, युरोपेली संघ ,चीन र मध्य पूर्वका सुरक्षा अधिकारीहरूको श्रोताको अगाडि थप तोपखाना र लामो दूरीका हतियारहरूको लागि दबाब दिए। “युक्रेनीहरू ७२४ दिन देखि युद्धमा छन्,” उनले भने । युक्रेनले आफ्नो भूमि फिर्ता लिन र रुसविरुद्धको युद्ध जित्ने वाचा गरेपछि ठूलो ताली बजेको थियो । युक्रेनी सेनाहरू गत मे महिनामामा बाख्मुत शहरबाट फिर्ता भए यता देशको लागि प्रमुख शहर अवडिभकाबाट फिर्ता भएको बताए । शनिबार पछि जेलेन्स्कीसँगको छुट्टै संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ह्यारिसले भनिन ,उनी र राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसको विरुद्धमा सफल हुन आवश्यक पर्ने “स्रोत र हतियारहरू सुरक्षित गर्न” काम गर्नेछन । ह्यारिसले नाभाल्नीको मृत्यु “पुटिनको क्रूरताको प्रमाण” भनिन । जेलेन्स्की अमेरिकी सहायता सम्पुष्टि (प्याकेज)लाई आफ्नो देशको लागि “महत्वपूर्ण” भनेर वर्णन गर्दै, जेलेन्स्कीले ह्यारिससँगको आफ्नो पत्रकार सम्मेलनमा उनी संयुक्त राज्य अमेरिकामा भर परिरहेको बताए । सहायता कोषको लागि कुनै विकल्प युक्रेनले खोजि गरि नरहेको बताए । शनिबार सँगको अन्तर्वार्तामा, ह्यारिसले रिपब्लिकन नेताहरूको विरोधको बाबजुद व्यापक द्विदलीय समर्थनलाई उद्धृत गर्दै, सदनमा मतदानमा राखिएमा युक्रेनका लागि कोष पारित हुने “निश्चित” बताइन् ।
enepalese.com
489,118
युरो कप २०२४ मा समूह सीका दुबै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।गोलरहित बराबरीमा सबै टिमले एक-एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ । यसैगरी अर्को खेलमा डेनमार्क र सर्वियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुबैले तीन तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो । यसैगरी लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्विया भने प्रतियोगिताबाट बाहिर भएको छ । यसैगरी समूह डीको खेलमा अस्ट्रिया जित निकाल्दै समूह बिजेता बनेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले पहिलो गोल उपहार पाएको थियो । नेदरल्याण्ड्सका डोनियल मालेनले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रियाले अग्रता लिएको थियो । ४७औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी म्याथेसले बराबरी गोल गरेका थिए । ५९औँ मिनेटमा अस्ट्रियालेका रोमानोले गोल गरेपछि २–१ को अग्रता लियो । ७५औँ मिनेटमा नेदरल्याण्ड्सले मेफिस डीपेले बराबरी गोल गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा मार्केल सेबिट्जरले ८०औँ मिनेटमा गोल गरेपछि अन्ततः अस्ट्रिया ३–२ को जितका साथ शीर्ष स्थानमा रह्यो । यही समूहमा रहेको फ्रान्स र पोल्याण्डले भने एक एक गोलको बराबरी खेले । दुवै टिमले एक एक गोल पेनाल्टीमा गरेका हुन् । ५६औँ मिनेटमा केलियन एम्बाप्पे र ७९औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले आफ्ना टिमका लागि पेनाल्टीमा गोल गरेका थिए । बराबरीसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउँदा पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट उत्कृष्ट तेस्रो बन्दै नेदरल्याण्ड्सले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे सुरुहुने छ ।
lokpath.com
630,848
नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा आज सोमवार हस्ताक्षर भएको छ । नेपाल भलिबल संघले सोमवार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ । सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ । प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।
lokpath.com
5,614,802
सामाजिक परिवर्तन एक व्यक्ति वा व्यक्तिको समूहको जीवनमा नभई सम्पूर्ण समुदायको जीवनमा हुन्छ। यो एक सार्वभौमिक घटना हो र संसारभरि हुन्छ, यद्यपि गति र मापन एक समाजबाट अर्कोमा भिन्न हुन सक्छ। सामाजिक परिवर्तनका प्रमुख कारक या त प्रविधि, आर्थिक विकास वा जलवायु परिवर्तन हुन सक्छन्। मानिसको अन्तरसम्बन्ध, अर्थतन्त्रको अन्तरनिर्भरता र व्यापार आजजति व्यापक रूपमा देखापरेको थिएन। आर्थिक भूमण्डलीकरणले गरिबीबाट बाहिर निकालेको छ। विश्वव्यापी समृद्धिमा पनि सुधार ल्याएको छ, तर यससँगै विश्वमा असमानता उल्लेख्य रूपमा बढेको छ। नयाँ प्रविधिले सधैँ हाम्रो जीवनमा क्रान्ति ल्याउँछ र यसलाई नयाँ स्तरमा लैजान्छ। बिजुली, अटोमोबाइल, टेलिफोन, कम्प्युटर र स्मार्टफोनभन्दा अगाडिको जीवनको कल्पना गर्न गाह्रो छ। इन्टरनेटले संसारभरका कम्प्युटर प्रणालीलाई एउटै नेटवर्कमा जडान गर्न सुविधा दियो। अब संसारको एक भागमा सामाजिक परिवर्तन भयो भने बाँकी विश्व तुरुन्तै प्रभावित हुनेछ। हालको समयमा, सबै विषयको परिवर्तन तीव्र गतिले हुँदै छ। धेरैले ती परिवर्तनबाट उत्पन्न परिस्थितिको सामना गर्न सक्दैन। व्यावसायिक प्राथमिकतादेखि व्यक्तिगत सम्बन्धसम्म, मूल्य मान्यतादेखि विचारधारासम्म, विश्वासदेखि विश्वाससम्म, आज हामीले जे बुझ्छौँ, भोलि पूर्ण रूपमा यू–टर्न लिनुपर्ने बाध्यता हुन्छ। समाजमा आपसी विश्वासको कमी देखिएको छ। हामीले कुनै पनि प्रकारको सम्बन्धका लागि सम्झौता र लिखित कागजातमा भर पर्नुपर्छ। विश्वासको कमीले शङ्का निम्त्याउँछ, जुन समाजको हरेक खण्डमा मौलिक रूपमा फैलिएको छ। यसले सहअस्तित्वको जरालाई नै क्षति पु-याएको छ। व्यक्तिगत उपलब्धि नै उनीहरूको अस्तित्वको आधार बनेको छ। तुलना र प्रतिस्पर्धाले स्थान र दया र सहयोगको स्थान लिएको छ। यस्तो अवस्था कुनै पनि परिवार र समाजले कसरी भोग्न सक्छ भन्ने कसैको बुझाइभन्दा बाहिर छ ? यो यी सबैको अतिरिक्त, यो विश्वव्यापी महामारीका कारण, हामी नवीन समयबाट गुज्रिरहेका छौँ। सामाजिक परिवर्तनको दरलाई गति दिने कारक के हुन् ? परिवर्तनको दर भनेको समय र स्थानमा परिवर्तन हुने गति हो। परिवर्तनको दर सधैँ एउटै वा एक रूप भएको छैन। विगतमा परिवर्तन धेरै ढिलो भएको देखियो। जब कि पछिल्लो समय नयाँ प्रविधिको आविष्कार, फैलावट र सामाजिक क्रान्ति जस्ता विभिन्न कारणले परिवर्तन अपेक्षाकृत छिटो भएको छ। नयाँ आविष्कारमार्फत नयाँ वैज्ञानिक र प्राविधिक क्रान्तिले द्रुत परिवर्तनका लागि मार्गप्रशस्त गरेको छ। औद्योगिक क्रान्ति, जुन वस्तुको उत्पादन र वितरण प्रणालीमा ठूलो उपलब्धि थियो जसले आधुनिक समयमा ठूलो र द्रुत परिवर्तन ल्याएको छ। धेरै हदसम्म वैज्ञानिक र प्राविधिक आविष्कारको परिणाम हो। सामाजिक र/वा सांस्कृतिक क्रान्तिले प्राविधिक/भौतिक क्रान्तिबाहेक सामाजिक परिवर्तनको गतिमा पनि योगदान पु-याउँछ। के पुँजीवाद र अधिकतम नाफाको प्रयासले हामीलाई साँच्चै खुसी र तृप्ति दिएको छ ? हामीले सुपरमार्केटमा बेच्ने उत्पादन हाम्रा लागि राम्रो वा नराम्रो के हो भनेर प्रश्न गरेनौँ। हामीले भर्खरै स्वीकार गर्यौं कि ठूला ब्रान्डहरूले हामीलाई ठूलो नाफाका लागि गैरप्राकृतिक, प्रशोधित जङ्कफुड खुवाइरहेका छन्। अन्ततः यो परिवर्तन हुँदै छ ! हामीले सफा, स्वस्थ, अर्गानिक खाना र सुखी, सफल जीवनबीचको ठूलो सम्बन्ध देख्न थाल्यौँ। यसले हाम्रो सम्पूर्ण अर्थतन्त्रलाई परिवर्तन गर्नेछ। फेरि, शक्ति साना व्यवसाय, किसान वा हामी आफैँमा सर्दै छ। हामी घरमा खाना बनाउँदै छौँ वा सहरी बगैँचामा बाँडिरहेका छौँ ? सामाजिक परिवर्तन नेपाल जस्ता धेरैजसो विकासोन्मुख देशको विशेषता हो। नेपालमा क्रमिक र योजनाबद्ध दुवै प्रकारका सामाजिक र सांस्कृतिक परिवर्तन भएका छन्। यी विभिन्न प्रक्रिया र परिवर्तनका लागि, नेतृत्व जिम्मेवार छन्। नेपालको सन्दर्भमा, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि जिम्मेवार केही प्रक्रिया र कारकहरू छन्। बाढी, पहिरो, भूकम्पले मानिसलाई सहर वा अन्य गाउँजस्ता नयाँ ठाउँमा विस्थापित मात्र गरेको छैन तर आर्थिक गतिविधिमा परिवर्तन, पेसागत गतिशीलता, नयाँ क्षेत्रमा नयाँ संस्कृति अपनाउने जस्ता जीवनशैलीलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। प्रविधिको प्रयोगले नेपालमा पनि आमूल परिवर्तन ल्याएको छ। कृषिको यान्त्रिकीकरणले मानिसलाई कृषिबाट औद्योगिक (उत्पादन) क्षेत्रमा र त्यसैगरी सेवा क्षेत्रको रोजगारीमा पनि सम्भावना दिएको छ। सञ्चारको सजिलो र छिटो माध्यमले मानिस र राष्ट्रहरूबीचको दूरी मात्र कम गरेको छैन तर अन्तरसांस्कृतिक आदानप्रदानका लागि आधार पनि प्रदान गरेको छ। चिकित्सा, जनस्वास्थ्य, यातायात, ज्ञानको माध्यम, प्रसार र अन्तक्र्रियाको क्षेत्रमा भएका वैज्ञानिक आविष्कारले मानिसको जीवन सहज र सहज मात्र नभएर मानिसको मनोवृत्ति र व्यवहारमा पनि परिवर्तन ल्याएको छ। समाजमा सामाजिक परिवर्तन ल्याउन नयाँ कानुन बनाउने, पुरानालाई खारेज गर्ने शक्ति भएको राज्य सबैभन्दा शक्तिशाली संस्था हो। नेपालको संविधानमा व्यवस्था भएबमोजिम विभिन्न क्षेत्रमा महिलाका लागि आरक्षण, महिलाको क्षमता र पहिचानलाई मान्यता दिन अत्यावश्यक छ। नेपाल सरकारको प्राथमिकतामा शिक्षा रहेको लक्ष्य हो। नेपालमा सरकारी शैक्षिक संस्थाको अलावा निजी संस्था पनि फस्टाएको छ जसले रोजगारीका अवसरमा वृद्धि, परिवारको आकार र स्वस्थ जीवनशैलीमा आएको ह्रास, महिला स्वतन्त्रतालगायतका कारण राष्ट्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ। हामीले अपरेटिङ सिस्टम र स्मार्टफोनहरू सधैँ अपडेट गरिरहन्छौँ, हामी हाम्रो मानव प्रणाली, हाम्रो विश्वास र बानीहरू अद्यावधिक गर्न पूर्ण रूपमा बिर्सन्छौँ। के यो अनौठो होइन कि संसारको मानिसले पुरानो शिक्षा प्रणाली छाड्न थालेका छन्। प्रतिष्ठित विश्वविद्यालयहरूले अनलाइनमा निःशुल्क आफ्नो ज्ञान राख्छन्। उपलब्ध ट्युटोरियल, वेबिनार र अनलाइन पाठ्यक्रमको सङ्ख्याले हामीलाई हामीले सिक्न चाहेको कुराको नियन्त्रण दिन्छ र हामी यसलाई जहाँ पनि, कुनै पनि समय र जीवन र व्यवसायको कुनै पनि चरणमा गर्न सक्छौँ। हाम्रो स्वास्थ्य प्रणालीले हामीलाई अब मद्दत गरिरहेको छैन। हामी सबैलाई थाहा छ कि जीवनमा एक मात्र स्थिरता परिवर्तन हो। सयौँ/हजारौँ वर्षका लागि मानवका परिवर्तनका गति एकदम स्थिर र केही हदसम्म, अनुमानित थियो। अब, परिवर्तन एक अभूतपूर्व गतिमा छिटो छ। जीवनको गति पनि तीव्र छ। धेरै कुरा हाम्रो टेक्नोलोजीमा भएको प्रगतिको कारण हो। बल्र्डवाइड वेब र इन्टरनेटको आगमनसँगै हामीले अझ छिटो गति लियौँ। साथमा स्मार्टफोन र वायरलेस प्रविधि आए। पाठ, ध्वनि र छविमार्फत सञ्चार गर्ने हाम्रो गति र क्षमतामा सुधार भएपछि हामीले फेरि गति बढाएका छौँ। यसले अग्रिम जिन सम्पादन, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र थपमा मद्दत ग-यो। आज हामी एक अधिक उपस्थिति भरिएको जीवन बाँचिरहेका छौँ। हामी उत्पादनशील हुनुको सट्टा व्यस्त छौँ। हामी बाँचिरहेका छौँ तर उद्देश्यबिना। हामीसँग हामीलाई चाहिनेभन्दा बढी छ तर अझै पनि सधैँ घाटामा छौँ। किन यस्तो हुन्छ ? किनभने धेरैजसो मानिस कुनै उद्देश्यबिना नै जीवन बिताउँछन्। जीवनमा आफ्नो उद्देश्य थाहा पाउनुले तपाईंलाई इमानदारीका साथ जीवन बिताउन मद्दत गर्दछ। मानिसहरू जसले आफ्नो जीवनको उद्देश्य जान्दछन्, तिनीहरू को हुन्, तिनीहरू के हुन् र तिनीहरू किन हुन् भनेर जान्दछन्। आफ्नो उद्देश्य थाहा पाएका मानिस, परिवर्तनले गति लिइरहेको छ भन्ने विचार हाम्रो वरिपरि छ तर के जीवन सय वर्षअघिको तुलनामा अहिले छिटो परिवर्तन भएको छ ? मानिस जति बूढो हुन्छ, त्यति परिवर्तनलाई कम मन पराउँछ तर आज, यो सधैँ जस्तै अपरिहार्य मात्र छैन, यो छिटो छ। बीस वर्षपहिले यदि तपाईंले कसैलाई भन्नुभयो कि उनीहरूले उच्च गुणस्तरको क्यामेरा भएको फोन बोकेका छन्, उनीहरूले संसारमा जोकोहीसँग निःशुल्क कुरा गर्न सक्छन् र उनीहरूको फोनले उनीहरूको मुटुको गति, रगत र अक्सिजन पनि निगरानी गर्नेछ। तब तिनीहरू हास्ने थिए। अबको २० वर्षपछि हाम्रा फोन, घडी, फ्रिज र कारहरूले के गर्ने ?
gorkhapatraonline.com
5,324,744
जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । वर्षौँदेखि स्थानीयले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानीय नवराज राईले बताउनुभयो । “बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जीर्ण पुल तर्नुको विकल्प थिएन ।” राईले भन्नुभयो “कलिला बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई खोला वारिपारि गर्न समस्या थियो । कोही बिरामी परे अस्पताल लैजान समेत समस्या हुने गरेको थियो । अब पुल निर्माणसँगै सहज भएको छ ।” सङ्घीय सरकार, स्थानीय सरकार, सुनकोशी गाउँपालिका, सामाजिक तथा प्राविधिक सहयोग साहस नेपाल र स्थानीयको लागत गरी ४९ लाख ९२ हजार १२५ रुपियाँ ६७ पैसा लागतमा ९५ मिटर लामो झोलुङ्गे पुल बनेको हो । सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा नव निर्मित पुलको उद्घाटन गरिएको छ । काभ्रेटारबासीको एक समयको दुःखको अन्त्य भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा साहस नेपालका कार्यकारी निर्देशन डा.सुरेन्द्र श्रेष्ठले पुलको सुरक्षा र स्याहार गर्न सुझाव दिनुभएको छ । काभ्रेटारका स्थानीयले २०७० सालमा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढीले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गर्ने गरेका थिए । पुल बन्दा असाध्यै हर्ष लागेको कमला राईले बताउनुभयो ।
gorkhapatraonline.com
3,265,304
मोरङको विराटनगर महानगरपालिका–१४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् । ठक्करबाट गम्भिर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।
nepalijanta.com
4,900,166
प्राय उनी प्राय भुइँमा बस्दैन थिए । बुढो चिलाउनेको तेर्सो हाँगामा बस्थे र हामीलाई पनि वल्लो–पल्लो हाँगामा बस्न लाएर सिकाउथे । हिसाब सिकाएवापत हामीलाई फकाई फकाई गोरु फर्काउन लाउँथे । हामी खुरुक्कै मान्थ्यौं किनकी अरुले झैं हाम्लाई रुख नचढ लडिन्छ भन्दैन थे । रुख चढ्न हामी बाँदर जत्तिकै सिपालु थियौं । सीताकुण्ड, पुर्सुक पाखो र दशमुरे क्षेत्रमा हामी नचढेका चिलाउनेको रुख कुनै पनि छैन । कुनै अप्ठ्यारो रुख चढ्यो भने ‘बहादुर’ को उपाधी पाइन्थ्यो । त्यसकारण हामी सबै बहादुर बन्नका लागि जुनसुकै रुखका पनि टुप्पामा पुग्थ्यौ । हाम्लाई काठमाडौमा धरहरा छ भन्ने थाहा थिएन । टुप्पोमा पुगेपछि भन्थ्यौ । ‘मैले आकाश छोएँ ।’ गोठालो ग्याङ मध्येका अर्का प्रिय थिए अर्जुन दाई । ०४५ सालमा स्कुलमा स्थानीय पञ्चहरुले गरेको ज्यादतीबिरुद्ध आन्दोलनमा सहभागी भएवापत छ कक्षा पढ्दै गरेका अर्जुन दाईसहित पाँच जना विद्यार्थीलाई पञ्चायत समर्थक स्कुल प्रशासनले रेस्टिकेट गरिदियो । त्यसपछि पढिरहने झन्झट बोहेरेनन् । स्कुलमा भेट नभए पनि गोठालोमा हाम्रो नियमित भेट हुन्थ्यो । उनी हाम्लाई यसकारण रमाइलो लाग्थ्यो । दशमुरेको भिरालो चौरमा चिलाउनेको ठूलो हाँगा काटेर घिसारी खेल्ने चलन थियो । हामी भूरा पाटीलाई एकै पटक चार जना राखेर घसस पार्दै दौडिन्थे । हामीमध्ये कतिपय बीचमै छुट्थेम् । थर्काउथे ‘राम्रोसँग समाउनु पर्दैन तेरो पालो सक्कियो । अब मलाई तान ।’ उनी यसो पनि भन्थे ‘मैले तीमेरु चार जनालाई खेलाएँ अब मलाई तिमीहरुले चारपटक घिसार्नु पर्छ ।’ उनी गाडीको स्टेरिङ समाएको स्टाइलमा अगाडीको मोटो हाँगो च्याप्प समाएर बस्थे हामी चार पाँच जना मिलेर उसैगरी घिसाथ्र्यौ । जब हामी घिसार्न सुरु गथ्र्यौ । उनी आदेश दिन्थे । कुद केटा हो कुद् । उनलाई घिसार्दा हाम्रो ज्यानमा पसिना पसिना आउथ्यो । तर, पनि हाम्लाई कहिल्यै नमज्जा लागेन । बैशाख, जेठमा कतै पनि बाली हुन्थेन । त्यसकारण गोठालो जानु एकखालको मस्तिको काम थियो । बनमा लगेर गाईबस्तु छाडेपछि दिनभरि मस्तिले चर्थे । हराउने वा अरु कसैको बाली चोर्ने डर हुन्नथ्यो । प्रायः ५ बजेतिर गाई बस्तु उकालो लगाउने चलन थियो । घडी कसैको हातमा थिएन । घाम हेरेर बेला ठ्याक्कै अड्कल हुन्थ्यो । जब गाई बस्तु उकालो लगाउने बेला हुन्थ्यो । उनीहरु यति मज्जाले चर्थे । लौराले पिटी– पिटी बाटो लगाउनु पथ्र्यो । अहिले पनि कसैले गोठालो गएको कुरा सुनाउँदा । गोठालो वा मेलापातको कुरा गर्दा भित्रैदेखि सरक सरक भएर आउँछ । समय यसरी बद्लियो । अबका पुस्ताले चाहेर पनि गोठालो गएर सिलिली खेल्न पाउँदैनन् । राता, चिल्हा, र जुरो भएका गोरु हेर्नका लागि अब माघेसक्रान्ती छेको पारेर नुवाकोटै पुग्नु पर्ने भइसक्यो । घर–घरै वितरण गरिएका हाते ट्याक्टरले जुरे गोरु मात्रै बिस्थापित गरिदिएन, युवा पुस्ता शहर वा विदेशमा रमाउन थालेपछि घर अगाडीको पाटोमा समेत तितेपाती र बनमाराले आफ्नो साम्राज्य विस्तार गर्न थालेको छन् । हामीलाई ‘घामले पोल्छ छाता लिएर गोठालो जा’ भन्ने पुस्ताहरु अहिले पनि घर कुरेर पिँढिमै बसेका छन् । ती पनि छोरा नातीसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दागर्दै अर्कै भइसके । भोक लाग्दा हाँडीमा मकै भुट्दैनन्, पसलको चाउचाउ किनेर ग्याँस चुल्होमा उमाल्छन् । शहरमा बोडिङ स्कुल पढेका केटा केटीहरु आफ्नै हजुबा हजुरआमाको गुँडमा पनि पाहुन झैं जान्छन् । खुर्पेठ्याक, हलो, हलो जुवा चिन्दैनन् । मदानी देखे भने आमालाई सोध्छन् ‘ह्वाट इज दिन सेम टु फ्यान ।’ धन्न गाउँ ठाउँमै रमाइरहेका भविन कार्कीहरु छन् र बेला बेलामा हलो जोतेको, गाई चरेको वा दाउरा चिर्दै गरेको तस्विर पठाउँछन् समाचारसहित । हामी सुकुल गुण्डाजस्ता दिनै पिच्छे कोट फेर्दै, पालिस लाएको जुत्ता बजाउदै पिच सडक नाप्नेहरुलाई गाउँ सम्झाइदिन्छन् । भविनले फोटो मात्रै खिचेका हुन् कि गोठालो पनि गएका छन् भलाकुसारी भाछैन । यत्ति चाँही भन्छु । भविन सातटारेमा चरिरहेका गाईलाई साँझ परेपछि गोठमा बाँधिराख्न भन है । म एकदिन आउँछु घडी नबाँधिकन । हामी गोठालो जानुपर्छ । चौरमा बस्तु चर्न थालेपछि डण्डिबियो खेलौंला । तिम्ले पाँच हात खान पर्छ है । खेल्दा तिर्खा लाग्छ नजिकै रहेको कुवामा गएर पानी खाउला त्यसपछि म रुखको हाँगामा बसेर पात बजाउँछु । तिमी चौरीमा नाँच्नु पर्छ । घाम हेरेर बस्तु भाउलाई गोठ लैजाम्ला । मैले पात बजाएको र तिमी नाँचेको फोटो नारायण अमृतलाई मेल गरौंला ‘ओ डियर’ लेख्दै फेरि ट्वीटरमा पोष्ट गर्नेछन् नारायणले । त्यसपछि हामी पनि भाइरल ।
rajdhanidaily.com
5,838,419
कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ । कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन्, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन् । हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी माओवादी केन्द्रकी जुम्कित लामाले जनताका अपेक्षा र आशा अनुरूप काम गर्ने बताउँछिन् । हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन् । जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन् । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन् । उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए । पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए । जुम्ला प्रदेशसभा ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए । ४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।
khabarhub.com
694,286
राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहो¥याएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहो¥याएको बैठकमा सहभागी नेताले बताएका छन् । संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भएपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझ्न र अवगत हुन राष्ट्रपति भण्डारीले छलफलका लागि दलका शीर्ष नेतालाई बोलाउनुभएको थियो । बैठकमा मधेसकेन्द्रित दलका नेताले संशोधनको विधेयक अपुग भएको भन्दै थप परिमार्जनको माग गरेका थिए । संविधान संशोधन र परिमार्जन नभएसम्म वर्तमान समस्या समाधान नहुने भएकाले संशोधन विधेयकमा परिमार्जनको माग गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । संविधान परिमार्जन नगरी जबर्जस्ती अघिबढे थप सङ्कट र द्वन्द्व निम्तने धारणा राख्दै अध्यक्ष यादवले भन्नुभयो, “संशोधन विधेयकको यथास्थितिमा कुनै पनि निर्वाचन सम्भव छैन । विधेयक परिमार्जन भएर आओस् भन्ने हामीले धारणा राख्याँै ।” मधेसकेन्द्रित दलको मागपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संशोधनको प्रस्तावलाई सहमतिमा परिमार्जन गर्न सकिने आश्वासन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको आश्वासनले संवाद र सहमतिको बाटो खोलेको उहाँको धारणा थियो । बैठकमा राष्ट्रपति भण्डारीले सबै दल मिलेर वर्तमान समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो । नेकपा (माले)का महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन यस्तो पनि आउला मधेस नै गुमाउनुपर्ने हुनसक्छ” भन्नुभयो । बैठकमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलका नेताले प्रतिपक्षलाई अलग्याएर एकलौटी रुपमा ल्याइएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका थिए । “सीमाङ्कनको हेरफेर गर्ने अधिकार हालको संसद्लाई छैन, त्यसैले संशोधन फिर्ता लिनुपर्छ”– नेता मैनालीले भन्नुभयो । संशोधनका कतिपय कुरा वर्तमान संविधानमा नै भएकाले संशोधन आवश्यक नभएको प्रतिपक्ष दलको धारणा थियो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको विधेयक समस्या समाधानका लागि आवश्यक रहेकाले पारित गर्न आग्रह गर्नुभएको थियो । नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने । काठमाडौंको न्युरोड क्षेत्रमा भैरहेको फुटपाथ विस्तार काममा स्थानीयले फेरि अवरोध गरेका छन् । अदालतको आदेशपछि महानगरपालिकाले निरन्तरता दिएको न्युरोडको फुटपाथ विस्तारको कामको विरोधमा स्थानीय उत्रिएका हुन् । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उनकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् । नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो ।
everestdainik.com
2,282,343
नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएकाे छ। जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा कायम हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा खरिदबिक्री गर्न पाइनेछ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएकाे छ। साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.६४ पैसा विक्रीदर ४३०.५८ पैसा रहेको छ ।
dcnepal.com
3,759,355
ललितपुर महानगरपालिका १९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा.५० प २९४ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही महानगरपालिका १० कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । परियारले उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ड्युटीमा खटिएको प्रहरीले फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
emountaintv.com
2,128,438
रामग्रम–२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा दलित विद्यार्थीसँग सहयोग लिएको जनाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीसँग मनोमानीरुपमा भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कसमेत लिएको रामानन्द हरिजनले जानकारी दिए । संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालयले दलित विद्यार्थीसँग शुल्क लिएपछि चमार युवामञ्च तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजले जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ भर्नासँगै नवलपरासीका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयले विभिन्न बहनामा विद्यार्थीसँग शुल्क लिइएको चमार युवा मञ्चका अध्यक्ष सञ्जय चमारले जानकारी दिए । उनका अनुसार प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गरे पनि दलित विद्यार्थीसँग शुल्क उठाइएको छ । संविधानमा प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था गरिने छ भन्ने व्यवस्था भए पनि सामुदायिक तथा संस्थागत विद्यालयले शुल्क लिएका हुन् । पश्चिम नवलपरासी जिल्ला शिक्षा कार्यालय प्रमुख पूर्णबहादुर विश्वकर्माले निःशुल्क शिक्षाको लागि स्थानीय तहसँग पहल भइरहेको जानकारी दिए । उनका अनुसार प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था रहेकोले स्थानीय तहले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ । रामग्राम नगरपालिकाभित्रका सबै विद्यालयले दलित विद्यार्थीका अभिभावकसँग सहयोग लिने गरेको पवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले बताए ।
sagarmatha.tv
2,355,125
वैशाख २४ र २६ गते अलग–अलग कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते उलटफेर हुने भविष्यवाणी नै गर्नुभएको थियो । तर, आज १७ गते ओलीले भनेजस्तो केही भएन । ज्योतिषीय दृष्टिकोणले चाहीँ के छ त अवस्था ? समाजमा ज्योतिषशास्त्र मान्ने र नमान्ने दुवै पक्ष छन्। आम नागरिकमात्रै नभएर देशको नेतृत्व तहमा पुगिसेका राजनीतिककर्मीहरु त झन ज्योतिषशास्त्रमा बढी नै विश्वास गर्छन् । धर्म नै नमान्ने भन्ने कम्युनिष्ट पार्टीका नेताहरुमा ज्योतिषशास्त्रप्रति बढी नै लगाव रहेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ । उहाँले त वैशाखमा मात्रै असार १७ गते देशमा ठूलै उथलपुथल हुने ठोकुवा नै गर्नु भएको थियो । उहाँले भनेजस्तै असार १७ गते राजनीतिक घटनाक्रम परितर्वन भएन । आखिर ज्योतिषशास्त्र अनुसार कस्तो छ त ? ज्योतिषहरुका अनुसार यो वर्षको पूर्वावस्था त्यति गतिलो देखिँदैन् । असार १७ पूर्व अर्थात वैशाख, जेठ महिनामा आन्तरिक विवाद, विभाजन र प्राकृतिक विचलन हुने योग रहेको ज्योतिष बताउँछन् । नेता, प्रशासक, शक्तिकेन्द्रहरुबीच परस्पर शत्रुता देखिने, क्षणिक रुपमा निर्णय लिँदा अप्रीय दुर्घटना निम्तिन सक्ने योग रहेको बताइन्छ। असार १७ गतेदेखि भदौं १ गतेसम्म पनि देशका लागि समय प्रतिकुल नरहेको ज्योतिषहरुको तर्क छ । अचानक घटना हुने, राजनीतिकर्मीबीच आपसी द्वन्द्व, शक्तिकेन्द्रबीचमा खिचातानी निम्तिन सक्ने भविष्यवाणी रहेको छ । साउन १५ गते र सोही महिनाको २१ गते मंगल र राहु ग्रह एकै रेखामा पर्ने भएकाले त्यसले अनिष्ट निम्तिन सक्ने संभावना रहेको ज्योतिषविद्को दाबी छ । भदौं महिला तुलनात्मक रुपमा राम्रो मानिएपनि असोज लागिसकेपछि पुनः समस्या सुरु हुने ज्योतिषशास्त्रीको भनाइ छ । वर्षको पहिलो भाग अशुभ रहेको र उत्तरार्ध भने शुभ रहेको ज्योतिषविद्हरुको मत छ । असार १७ गतेदेखि भदौ १ गतेसम्म कुनै पनि महत्वपूर्ण कामको शुभारम्भ नगर्न ज्योतिषविद्हरुले शुझाव दिएका छन् । अहिलेको समय देशका लागि मात्रै नभएर व्यक्तिका लागि पनि उपयुक्त नरहेकाले आवश्यक सावधानी अपनाउन ज्योतिषविद्हरुले सुझाव दिएका छन् ।
nepalghatana.com
2,499,588
सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ लाख १३ हजार ३ सय ३० परिवारलाई परिचय पत्र दिइएको हो । गरिब परिवारलाई परिचय पत्र दिएको सरकारले के, कस्ता सुविधा दिने भन्ने निर्णय भने गरेको छैन । गरिब पहिचान र परिचय पत्र वितरणमा राज्यले ठुलो लगानी गरेको छ तर गरिबी घटाउने र गरिबको दैनिकीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालनमा भने प्राथमिकता दिएको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत एक दशकदेखि गरिब घर परिवार पहिचान कार्यक्रम जारी छ । सरकारले गरिब परिवार पहिचानका लागि आर्थिक वर्ष २०७०/७१ मा गरिब घर परिवार सहयोग समन्वय बोर्ड गठन गरेको थियो । बोर्डले चार वर्ष लगाएर २६ जिल्लामा ३ लाख ९१ हजार गरिब परिवार पहिचान गर्‍यो । तर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त तथ्याङ्क जाँच गर्दा ९० हजार मात्र गरिब परिवार भएको पाएको थियो । आजको मा समाचार छ ।
ratopati.com
6,220,513
गायक स्वरुपराज आचार्यको आवाजमा नयाँ गीत ‘बाहिरी रुप’ सार्वजनिक भएको छ । गीतमा बाहिर खुसी भए पनि भित्र दुःख पीडाले गाँजेको व्यक्तिको मनोदशबारे प्रस्तुत गरिएको छ । सुवास राई क्याप्टेनको शब्द रहेको गीतलाई डीआर अतुले संगीत भरेका छन् । राजु कार्कीले गीतको एरेन्ज गरेका छन् ।  
shilapatra.com
2,746,707
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरवपूर्ण ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका सङ्घर्षमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। बेपत्ता, घाइते योद्धा र पीडितहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। नेपालको युगान्तकारी परिवर्तनका लागि भएका राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु। कोभिड-१९महामारी व्यवस्थापनमा अग्रपङ्तिमा रही काम गर्ने सुरक्षाकर्मी, स्वास्थकर्मी र राष्ट्रसेवक तथा स्वयंसेवकहरुमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु।कोभिड महामारीको कारण मृत्युवरण गर्नु भएका सम्पूर्ण नेपालीहरुमा भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु।साथै, कोभिड-१९ को महामारीमा परिवारका सदस्य गुमाएका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र संक्रमणबाट गुज्रिरहेका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । नेपालको संविधानले आत्मसात गरेका शक्ति पृथककीरणको सिद्धान्त, मौलिक अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य, मानव अधिकार, समावेसी र समानुपातिक प्रतिनिधित्व, जनताको प्रतिस्पर्धात्मक बहुदलीय संसदीय शासन प्रणालीमा आधारित लोकतन्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहँदै लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध छ। सामाजिक तथा सांस्कृतिक विविधताका बीच एकतावद्ध गण्डकी प्रदेशको विकास र समृद्धिको लागि सबै प्रकारका विभेद, वञ्चितीकरण र असहिष्णुताको अन्त्य गरी समन्यायिक, समतामूलक र समृद्ध समाज निर्माण गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ। नेपालको संविधानले निर्दिष्ट गरेको प्रदेशको एकल र साझा अधिकारको प्रयोग गरी विभिन्‍न स्थान विशेषमा वसोवास गर्ने सबै तह र अवस्थाका जनताहरूले प्रदेश सरकारबाट आशा गरेका न्यूनतम प्रतिफलको प्रत्याभूति गराइने छ। उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नु वर्तमान कोभिड-१९ महामारीको अवस्थामा अझै महत्वपूर्ण हुन आउँछ । (ख) कोभिड-१९ संक्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण, सामग्री तथा औषधिको व्यवस्था गरिनेछ । (ग) कोभिड-१९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई नगद राहतको व्यवस्था गरिनेछ।साथै, कोभिड-१९ को संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइनेछ। (घ) कोभिड-१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्व्याजी कर्जा उपलब्ध गराउन सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइनेछ।स्थानीय तहसँगको साझेदारीमा गर्भवती र सुत्केरीको घर घरमा दक्ष स्वास्थ्यकर्मी सेवा बिस्तार गरिनेछ। ५० शैयाका सबै अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड संञ्चालन गर्दै लगिनेछ। डायलाइसिस सेवालाई विस्तार गरी गुणस्तरीय बनाउँदै लगिनेछ। प्राकृतिक चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न सो विषयमको अध्ययन-अध्यापनको व्यवस्था गरिनेछ।गण्डकी प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण गरिने छ। डायलिसिस सेवालाई नवलपुरको मध्यबिन्दु अस्पताल र लमजुङ्ग जिल्ला अस्पतालमा बिस्तार गरिनेछ। पोखरामा एक ट्रमा सेन्टरको निर्माण कार्य प्रारभ्म गरिनेछ।सामुदायिक अस्पतालहरुको संञ्चालनमा सहयोग गरिनेछ।बलात्कार वा अन्य प्रकृतिका यौन हिंसामा परेका बालिका तथा किशोरीहरुलाई उनीहरुको क्षमता र चाहना अनुसारको व्यवसायिक शिक्षा तथा उच्चशिक्षा निःशुल्क उपलब्ध गराइने छ ।प्रदेश भित्र सञ्चालित एम्बुलेन्स सेवालाई जि.पि.एस. ट्रयाकिङमार्फत एकीकृत प्रणालीमा आवद्ध गरी सञ्‍चालन गरिनेछ। चिकित्सा विज्ञानसूचना प्रविधि तथा सम्बन्धी विषयको अध्ययन-अध्यापन शुरु गरिनेछ। आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका पाठ्यक्रम विकास, तालिम प्रमाणीकरण तयारी गरी अटोमोबाइल इन्जिनियरिङ, कृषि/पशु विज्ञान र टुरिजम एण्ड हस्पिटालिटी मेनेजमेन्ट अध्ययन अध्यापन विषयमा अध्यापन शुरु गरिनेछ। गुरूकुल, गुम्बा, मदरसा, आश्रम र वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा सहजीकरण गर्दै यस्ता संस्थाबाट दिइने शिक्षालाई औपचारिक शिक्षा प्रणालीमा मूल प्रवाहीकरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।नवप्रवर्तनात्मक कार्य तथा सृजनात्मक क्षमता प्रदर्शन गर्ने प्रतिभालाई प्रोत्साहन गर्ने नीति लिइनेछ। शहीद स्मृति आवासीय माध्यमिक विद्यालयलाई व्यावसायिक विद्यालयको रुपमा सञ्चालन गरिनेछ। विद्यार्थीको सिकाइमा अनलाइन माध्यमलाई प्रयोग गर्न सहयोग पुर्याइनेछ। परम्परागत सीप एवं पेशालाई संरक्षण र आधुनिकीकरण गरिनेछ। निजी क्षेत्रको सहकार्यमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको सूचीकरण गर्ने कार्य प्रारम्भ गरिनेछ। सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न प्रोत्साहन गरिनेछ।महत्त्वपूर्ण पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक स्थल, ऐतिहासिक सम्पदाहरुको अभिलेख तयार गरी संरक्षण गरिनेछ। हिंसा प्रभावित एवम् मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिहरूको उद्घार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरिनेछ।जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार र संरक्षणको व्यवस्था गरिनेछ। सडक बालबालिकाको उद्धार, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गरिनेछ।बालमैत्री सामाजिक व्यवहारको मापदण्ड निर्माण गरिनेछ। संरक्षणमा राख्नुपर्ने बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको लागि संरक्षण गृह, ज्येष्ठ नागरिक आश्रम तथा दिवा सेवा केन्द्रहरुको संस्थागत विकास तथा भौतिक पूर्वाधार प्रवर्द्धनका लागि आवश्यक सहयोग गरिनेछ।ज्येष्ठ नागरिकहरुको अधिकार प्रवर्द्धन र प्रत्याभूत गराउन अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम तथा क्षमता विकासका कार्यक्रम सञ्‍चालन गरिनेछ।ज्येष्ठ नागरिकहरुको स्याहार सुसार सम्बन्धी सीप विकास गरिनेछ। प्रदेशका युवालाई विज्ञान तथा प्रविधिसँग जोड्न वैज्ञानिक सम्मेलनको आयोजना गरिनेछ।राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तह स्तरका र मैत्रीपूर्ण खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ। खेलकुद विकासको लागि वि.पी. खेलग्राम गैडाकोटमा स्थापना गरिनेछ ।सामुदायिक पार्क तथा एकीकृत आधारभूत खेलमैदान निर्माण गर्न स्थानीय तहलाई प्रोत्साहन गरिनेछ। संघीय सरकारसँगको समन्वयमा म्याग्दी, तनहुँ लगायतका स्थानमा रहेका गुठी जग्गा सम्बन्धी समस्या समाधान गरिनेछ। मुख्य तथा रैथाने खाद्यान्न बालीहरुको बीज वृद्धिलाई विशेष प्राथमिकता दिइनेछ। रैथाने तथा स्थानीय बाली लगायत मौलिक उत्पादनको प्रवर्द्धन तथा उपयोगमा जोड दिइनेछ।दलहन तथा तेलहन बालीको उत्पादनलाई प्रवर्द्धन गरिनेछ।विद्यालयहरुमा दिइने दिवा खाजा समेतमा स्थानीय उत्पादनको प्रयोग गरिनेछ। नेपाल सरकारसँगको सहकार्यमा डिजिटल स्वयल म्यापिङलाई प्रदेशमा कार्यान्वयन गरिनेछ। माटोको उत्पादकत्व बढाउन माटोमा प्राङ्गारिक पदार्थ र कार्बनको हिस्सा वृद्धि गरिनेछ। दिगो कृषि प्रणालीको विकास गर्न प्राङ्गारिक मलको उत्पादन र उपयोगलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइनेछ।बाँझो जग्गामा कृषि वनको विकासका लागि प्रयोग गर्न प्रोत्साहन गरिनेछ।किसानहरुलाई विश्वविद्यालय र अनुसन्धान केन्द्रका विज्ञहरुसँग आवद्ध गरिनेछ। स्थानीय तहसँगको सहकार्यमा डिजिटल प्रविधिको प्रयोग गरी कृषि सम्बन्धी सूचना तथा तथ्याङ्क अद्यावधिक गर्ने प्रणाली विकास गरिनेछ।कृषि उत्पादनलाई पर्यटनसँग जोडी कृषि क्षेत्रको पर्यटनसँग अग्र र पृष्ठ सम्बन्ध विकास गरिनेछ। विभिन्न बाली तथा वस्तुको व्यावसायिक खेती गर्न प्रोत्साहन गर्दै मूल्य श्रृङ्खला प्रवर्द्धन गरिनेछ। ग्रामीण साना कृषि उद्यम विकास सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइनेछ। गाईपालनमा आधुनिक प्रबिधिसमेत भित्र्याइ प्रदेशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाइनेछ।उच्च उत्पादन क्षमता भएका उन्नत नश्लका गाईभैसीको संख्यात्मक तथा गुणात्मक बढोत्तरी गर्न पशु नश्ल सुधार सम्बन्धी कार्यक्रम तथा पाडी बाच्छी हुर्काउन प्रोत्साहन गरिनेछ। मासुको लागि लिमे भैंसी र दूधउत्पादनका लागि पार्कोटे भैंसीको संरक्षण र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।गरिबी न्यूनीकरण गर्न सहकारी, कृषि, लघु उद्यम, पर्यटन तथा पूर्वाधार विकास क्षेत्रको भूमिकालाई प्रभावकारी बनाइनेछ। यसका लागि निजी, सहकारी एवं गैरसरकारी क्षेत्रसँग सहकार्य गरिनेछ। स्वदेशी र स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोगलाई प्राथमिकता दिइनेछ। उपभोक्ता हित संरक्षण सम्बन्धी कानूनी व्यवस्था गरिनेछ। प्रदेश पर्यटन गुरुयोजनाको पुनरावलोकन गरिनेछ। सामुदायिक होमस्टेलाई प्रदेशले तय गरेको नमूनाको आधारमा वर्गीकरण गरी सुदृढीकरण गरिनेछ।साथै, भद्रपुर, सिमरा, जनकपुर, जुम्ला र धनगढीमा सीधा हवाई सेवा सञ्‍चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिनेछ।धौलागिरी संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ।विदा पर्यटन कार्यक्रमलाई निरन्तरता दिइनेछ।साहसिक पर्यटन सञ्चालन गर्नका लागि पर्यटन व्यवसायी र निजी क्षेत्रसँगको सहकार्यमा साहसिक पर्यटकीय तालिम केन्द्रहरूको स्थापना गर्न सहयोग गरिनेछ। स्याङ्जाको स्वरेकमा रहेको प्याराग्लाइडिङ्ग तालिम केन्द्रलाई सुदृढीकरण गर्न सहयोग गरिनेछ। सामुदायिक वन क्षेत्रमा व्यावसायिक उत्पादनको सम्भावना रहेका वनजन्य फलफूलको वृक्षारोपण गरिनेछ। नवलपुर, तनहुँ र कास्कीमा एक एकवटा वन पैदावरमा आधारित मझौला उद्योग स्थापना गर्न सहयोग गरिनेछ । ‌औषधीजन्य जडिवुटीको मुल्य श्रृंखलाको लागि जडिवुटी प्रशोधन केन्द्रको स्थापना गर्न सहयोग गरिनेछ। मुस्ताङ, मनाङ, र उत्तरी गोरखामा वन क्षेत्र बढाउन भूगोल र जलवायु सुहाँउदो वृक्षारोपणलाई निरन्तरता दिइनेछ। भानुभक्त प्राणी उद्यान र पोखरा प्राणी उद्यानबीच अन्तरसञ्जाल निर्माण गरी मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहजीकरण गरिनेछ। स्थानीय तहसँगको समन्वयमा बढी सवारी चाप हुने शहरी क्षेत्रमा नियमित प्रदूषण मापन तथा प्रदूषण नियन्त्रणका कार्यहरु सञ्चालन गरिनेछ।आयातित प्रजातिको नियन्त्रणको कार्यलाई निरन्तरता दिइनेछ। ठूला नदीमा नवीन प्रविधिको प्रयोग गर्दै सडक पुल निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ। त्रिवेणीधाम-दुम्कीवास सडक निर्माण कार्य प्रारम्भ गरिनेछ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ।विद्युत वितरण लाइनमा रहेका जीर्ण काठका पोललाई नेपाल सरकार र स्थानीय तहको साझेदारीमा स्टिलपोलबाट प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।स्वच्छ तथा हरित ऊर्जा खपत वृद्धि गर्न विद्युतीय चूलो, विद्युतीय सवारी साधन र लिफ्ट खानेपानी तथा सिचाइ आयोजना प्रवर्द्धन गरिनेछ। भूमिगत सिँचाइ र नयाँ प्रविधिमा आधारित सिचाइ प्रणालीको कार्यान्वयनमा जोड दिइनेछ।सञ्‍चारकर्मीको क्षमता विकास गरिनेछ। सार्वजनिक सेवा प्रवाहमा नागरिकको सरल र सहज पहुँच वृद्धि गर्न आधुनिक सूचना प्रविधिको प्रयोग वृद्धि गरिनेछ। सार्वजनिक प्रशासन पारदर्शी, जवाफदेही, नागरिकमैत्री तथा भ्रष्टाचारमुक्त बनाइनेछ। राष्ट्र सेवकहरूमा ज्ञान, सीप र पेशागत मर्यादाको विकास गरी सरकारी सेवा उत्कृष्ट ढंगले प्रवाह गरिनेछ।प्रदेशमा कार्यरत कर्मचारीहरुको समयानुकुल क्षमता तथा दक्षता अभिवृद्धि गर्न तालिम, अन्तरप्रदेश भ्रमण र विदा पर्यटनलाई प्रोत्साहन गरिनेछ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो मुख्यमन्त्री कार्यक्रम, जनतासँग प्रदेश सरकार, विशेष कक्ष सञ्‍चालन कार्यलाई सुदृढीकरण गरिनेछ। प्रदेशले निर्धारण गरेका दिगो विकास लक्ष्यका सूचकहरुको प्रगति अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिनेछ। संघ, प्रदेश र स्थानीय तहबीच साझेदारीमा कार्यान्वयन गर्ने आयोजनालाई प्राथमिकता दिइनेछ।सार्वजनिक खर्चलाई मितव्ययी एवं नतिजामुखी बनाउन मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ।प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको सुदृढीकरण गरिनेछ। मनसुन जन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने कार्यको लागि नेपाल सरकार र स्थानीय तहसँग समन्वय तथा सहकार्य गरिनेछ।शान्ति सुरक्षा र अमनचयन कायम गर्न जनसंख्या, भूगोल र सुरक्षा चुनौतीका आधारमा प्रहरी परिचालनको व्यवस्था मिलाइनेछ । प्रदेशभित्रका द्वन्द्वपीडितहरुको तथ्याङ्कलाई अद्यावधिक गरी परिचयपत्र उपलब्ध गराइनेछ। यसका लागि स्रोत व्यवस्थापन गर्न स्रोत व्यवस्थापन समिति गठन गरी विकास आयोजनाको लागि स्रोतको व्यवस्था गरिनेछ। माननीय सभामुख महोदय, आर्थिक वर्ष २०७८/०७९ का नीति तथा कार्यक्रमको कार्यान्वयनबाट प्रदेश विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु। यस नीति तथा कार्यक्रमको आधारमा सरकारले ल्याउने बजेटको कार्यान्वयनबाट यस प्रदेशको समृद्धीमा टेवा पुग्ने अपेक्षा सहित सबै जनप्रतिनिधी, राजनैतिक दल, विकास साझेदार, निजी क्षेत्र, सञ्चार क्षेत्र, राष्ट्र सेवक कर्मचारी, नागरिक समाज, गैर-सरकारी क्षेत्र र सम्पूर्ण प्रदेशवासीहरुको साथ र सहयोगका लागि आग्रह गर्दछु। वाद ।
eadarsha.com
2,799,520
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १६२ जना नेपाली कामदार करिब तीन महिनादेखि अलपत्र परेका छन् ।
purbelinews.com
3,049,213
उनले जिल्ला अध्यक्षलाई आइतबार पत्र लेखी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् । पार्टीमा गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हँदा कर्तव्यनिष्ट, स्वच्छ र अनुभवी कार्यकर्ताको स्थान सकिएको पत्रमा लेखिएको छ । २०५३ सालमा एमालेका संगठित सदस्य भएर २ नम्बर क्षेत्रीय उपाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका थिकेले हाल एमाले आफूले खोजेको र रोजेजस्तो पार्टी नरहेकाले पार्टी त्यागी स्वतन्त्र बस्ने अठोट गरेको पत्रमा उल्लेख गरेका छन् । भीमफेदीका बासिन्दा थिके त्यस क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्व हुन् । चुनावको मुखमा उनको पार्टी परित्यागले एमालेलाई असर गर्ने स्थानीय बताउ“छन् ।
newsofnepal.com
2,125,020
दोस्रो कुरा बाबुकाजीले यो ब्लकको मानिसलाई पैसा खुवाए जस्तो छ । उसका पक्षमा वकालत गर्ने । बधाइ छ । हामी शिक्षा पत्रकारहरुले पैसा बार्गेनिँग गरेको कही कतै सबुत फेला पार्नु अनि लेख्नु । जे पायो त्यही लेख्ने तिमीहरु जस्ता चुत्थाहरुलाई अधिकार छैन । म तपाईंलाई राम्रोसंग चिन्दछु। तपाईंले लेख्ने कतिपय समाचार खोजीपूर्ण नै हुन्छन्। राहत कोटामा भएको हिनामिनाबारे तपाईंले लगातार समाचार लेखेका कारण नै केहि वर्षअघि रामचन्द्र कुशहवाले शिक्षामन्त्रीबाट हात धुनुपरेको थियो। तर मित्र, पछिल्लो समयमा तपाईंका समाचार पैसा दिनेहरुको पक्षमा लबिङ गर्ने र नदिनेहरुलाई सिध्याउने खालका छन्। दुई वर्ष अगाडिको घटना राम्ररी सम्झनुस त, बाबुकाजी कार्कीले दशैं खर्च दिन नमानेका कारण उहांकाविरुद्ध गोरखापत्रमा लगातार समाचार आएको। तपाईंहरु तीन चारजना मन्त्रालयमा ह्वार्र एक साथ आउनुहुन्छ र ठूला कुरा गर्नुहुन्छ। विरोधमा बोले बाबुकाजी सरलाई जसरी नै बलिको बोको बनाइएला भन्ने डरले हामीले मुख नखोलेका हौं। तपाईं र तपाईंसंग आउने पत्रकारलाई इज्जत दिएको जस्तो गरेका हौं। तपाईंहरुको आतंक सहन नसक्ने खालको भइसकेको छ। हामीले देखेका छौं कि तपाईंले शिक्षा विभागभित्रका अनियमितता र अख्तियारले पटक पटक खोजी गरेका जनक शिक्षाका रामचन्द्र सिलवालका विरुद्धमा समाचार लेख्नुभएको छैन। सिलवालले कानुनलाई मिचेर कमिशनको चक्कर आफूखुशी कागज किन्ने र मन लागेको प्रेसलाई किताब छाप्न दिएको बारेमा गोरखापत्रमा किन समाचार छापिंदैन? यसको कारण हामीले बुझेका छौं कि तपाईं र तपाईंको संस्था इजोनका सदस्यलाई विभाग र जनक शिक्षाले पटक पटक जिल्ला घुम्न जानका लागि हवाई टिकट र दैनिक भ्रमण भत्ता दिइरहेका छन्। आफ्नो कमजोरी सच्याउनु छैन उल्टै ब्लगवालाले पैसा खायो भनेर पानीमाथिको ओभानो बन्न खोज्ने? के पत्रकारको काम नै पैसा नदिनेको खेदो खन्ने अनि चारा हाल्नेहरुको पक्षमा वकालत गर्ने हो? पत्रकारिता भनेको त्यस्तै हो भने त मेरो भन्नु केही छैन। अर्को कुरा निजामती सेवा सम्बन्धी बिट भएका साथीले लेख्नुपर्ने न्युज भनेर पन्छिन खोजेको मलाइ मन परेन। के सूर्य गौतम शिक्षा बिटका पत्रकारले क्यारी गर्नुपर्ने मान्छे होइनन्? सूर्य गौतम र रामस्वरुप सिन्हाको बारेमा निजामती सेवा सम्बन्धी बिट भएका साथीलाई जानकारी हुन्छ कि शिक्षा बिट भएकालाई? हामीलाई स्पष्ट थाहा छ कि सूर्य गौतम भोलि शिक्षा विभागका महानिर्देशक हुन्छन् अनि बांडिचुंडी खान पाइन्छ भनेर तपाईं र तपाईं संलग्न इजोन भन्ने संस्थामा आवद्ध पत्रकारहरुले जानी जानी समाचार नलेखेको हो। त्यस्तै तपाईंले भनेको सांचो हो आंखा च्यातेर हेरेमा मात्र लोकसेवाको परीक्षा रद्द भएको समाचार देखिन्छ। साथी अन्य बेला तिललाई पहाड बनाएर लेख्ने तर यस्तो गम्भिर विषयमा चाहिं पाठकले थाहा पाउलान् जस्तो गर्ने? अर्को कुरा गोरखापत्रले तीन पृष्ठमा छापेको समाचारमा परीक्षा रद्द भनेर मात्र लेखिएको छ त्यो पनि जम्मा ५०, ६० शब्दमा। परीक्षा रद्द गर्नुपर्नाका कारण स्पष्ट खुलाइएको छैन। अनि युर्य गौतम शिक्षा मन्त्रालयका सहसचिव हुन् भनेर पनि खुलाइएको छैन। अन्तयमा हामीलाई भित्रैदेखि लागेको कमेण्ट गरिदिएकोमा रविजीलाई धन्यवाद ।
mysansar.com
1,266,676
इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ५९ वर्षीय छिरिङ ढुण्डुप लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घ्याल्जेन गत वैशाख १७ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका थिए। घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा भेटिएकाले स्थानीयवासी तथा प्रहरीले उनको हत्या भएको आशंका गरेका थिए। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमाण्डको टोली घटनास्थल पुगेर १० दिनसम्म अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए। ‘घाँटीको अगाडि भागमा चक्कु प्रहार गरेर मारेको अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘रिसिवीका कारण हत्या गरेको हुनसक्ने आशंका छ।’ पक्राउ परेका ढुण्डुपबिरुद्ध सोमबार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
annapurnapost.com
3,612,927
लगानीकर्ताहरुले अनलाइन प्रणालीमा सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गरेका छन् । सेयर लगानीकर्ताहरूले अनलाइन प्रणालीमा बारम्बर समस्या आएसँगै प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सोमबार भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय घेराउ गरेका हुन् । नेप्सेले गत कात्तिक २० गतेबाट अनलाइन प्रणाली सुरु गरेको थियो । अनलाइन प्रणाली सुरु गरेसँगै बजारमा सुधार आउने अपेक्षाविपरीत प्रणालीमा बारम्बार समस्या आउनुका साथै बजार झन् ओरालो लाग्दै आएको छ । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघलगायत लगानीकर्ताका संगठनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । लगानीकर्ताहरूले स्टक एक्सचेन्जले कमिसन खाएर सफ्टवेयर भित्र्याएको आरोपसमेत लगाएका छन् । स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने सुरुआती समय भएर केही सुस्त भएपनि अब समस्या नआउने प्रतिबद्धता व्यक्त गरे । आगामी मंसिर २३ गतेबाट लगानीकर्ताले आफ्नै युजर आइडी र पासवर्डबाट सेयरको किनबेच गर्न पाउने पनि उनले उल्लेख गरे । यता, नेप्सेको आधारहीन भविश्यवाणी गर्दै बजार अझै झर्छ भनी टिप्पणी गरेको भन्दै लगानीकर्ताहरुको भीडले प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालमाथि हातपात पनि गरेको थियो ।
imagekhabar.com
1,360,151
गौरा, सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो। गौरा अन्तर्गत सोमबार चौथो दिन, अठेवाली मनाइएको छ। पञ्चमीबाट सुरु हुने गौरा पर्वमा अठेवालीको दिन महत्वपूर्ण मानिन्छ। अठेवालीको दिनमा, पञ्चमीको दिन भिजाईको विरुडाले पती, छोरा छोरी र आफन्तहरुको टाउको पुजन गरी सुस्वास्थ्य एवम दिर्घायुको कामना गरिन्छ। आजको दिन शिवपार्वतीको विवाहको दिन हो । नजिकको गौरा मन्दिरमा गएर पुजाआजा गर्दै विवाहित महिलाहरुले, बेलुकी पख विरुडाले आफन्तको टाउको पुजन गर्ने गर्छन् । उनी भन्छन, ‘यो सामाजिक सद्भाव, पारिवारिक मिलनको पर्व हो।’ गौराका अवसरमा विदेशमा गएका छोरा बुहारी घरमा आउने, एकै ठाउँमा विरुडा भिजाएर पूजाआजा गर्ने, छरछिमेकमा पनि मिलेर महिलाहरुले विरुडा धुने र भिजाउने, सँगै फाग धुमारी गाएर गौरा मनाउने भएकाले पनि यो पर्व सामाजिक मिलनको पर्व हो।’ सुदूरपश्चिमका अधिकांस जिल्लामा अहिले पनि प्रशासनले निषेधाज्ञा नै जारी गरेकोछ। कोरोनाका बिरामीको संख्या नघटेपछि, प्रशासनले स्वास्थ्यका मापदण्डहरु पुरा गरेर नित्य पूजाका लागि भने रोक लगाएको छैन। सोमबार, अधिकांस गौरा मन्दिरहरुमा महिलाहरुले पूजाआजा गरेका छन्। शुक्रबार विरुडा भिजाएर गौराको विधिवत सुरुवात भएको हो। गुराउस, केराउ, गहत, गहुँ र मास गरी पाँचवटा अनाजलाई सुदूरपश्चिमको भाषामा विरुडा भनिन्छ। अंकुराएको यो पञ्चअनाजले, श्रीमान, छोरा छोरी र आफन्तको टाउको पूजा गर्‍यो भने दिर्घायु हुने विश्वास छ। ‘पञ्च विरुडाले आफन्तको पुजन गरिन्छ, भगवानलाई पारिवारिक सुखका लागि प्रार्थना गरिन्छ, यसरी टाउको पुजन गरियो भने दिर्घायु हुने विश्वास छ’ ब्रतालु कलावती भट्टले भनिन्। विवाहिता महिलाले पुरुषले जनै लगाएझैं आज दुबधागो लगाउने गर्छन्। रातो रङको घाँटीमा लगाउने दुबधागो लगाएर, आफन्तको टाउको पुजन पछि मात्रै भोजन खाने गरिन्छ। आजको दिन, महिला र पुरुषहरुले देउडा खेलेर रमाईलो गर्ने गरेपनि कोभिडका कारण शिवालयहरुमा नित्य पूजा बाहेकको रमाईलो भने भएन। प्रशासनले, भौतिक दुरी कायम गर्दै नित्य पूजा गर्न दिएपनि, भीडभाड नगर्न भनेपछि पुरुष र महिलाका देउडा नभएका हुन्। यद्यपी कुनै कुनै स्थानमा भने देउडा खेलेर रमाईलो पनि गरिएको छ। पञ्चमीका दिन विरुडा भिजाउने, षस्टीकम दिन धुने, सप्तमीका दिन गौरा भित्र्याउने र आज अठेवाली बनाउने चलन छ। गौरा पर्व अझै दुई तीन दिनसम्म मनाउने चलन छ। कुनै जिल्लामा त पाँच/छ दिनसम्म पनि रमाईलो गरी मनाउने गरिन्छ। तर कोरोनाका कारण अधिकांश स्थानमा सोमबार नै गौरा सेलाइएको छ ।
annapurnapost.com
1,751,012
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ। नयाँ मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ र डिजेल र मट्टितेलको समान १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
nepalviews.com
127,460
मृत्यु हुनेमा सुर्खेतका दुई र एक जना दैलेखका रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । कोरोना पुष्टिपछि गम्भीर बनेका उनीहरु एक सातादेखि आईसीयूमा उपचाररत थिए । यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । योसँगै कर्णालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
nepalwatch.com
874,065
प्रभावित जिल्लामा समयमै वर्षे खेती लगाउन सकिएन खाद्यान्न आयात गर्नुपर्नेछ ।
ekantipur.com
2,471,784
नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ । केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् । घटना पनि एकै ठाउँको थियो अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । घटनाको प्रकति पनि एउटै हो, ‘प्रहरीमाथि दुर्व्यवहार । ’ पारसविरुद्ध उजुरी दिने कसैको आँट गरेन भने गायिका राउतविरुद्ध शुक्रबार उजुरी परेको छ । यसरी बुझौं कि पारसको हकमा कानुन लागू भएन भने गायिका राउतको हकमा लागू भएको छ । पारस पूर्वयुवराज हुन् भने राउत गायिका । यहाँ पदको कुरा गर्ने हो भने गायिका राउतभन्दा पारस धेरै माथि छन् । पारस सुरक्षा गार्डसहित गाडीमा यात्रा गर्छन् भने गायिका राउत स्कुटीमा यात्रा गर्छिन् । गत भदौ २ गते पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपातै नै गरेको भिडियो सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भयो । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक (सई) माथि हातपात गरेका थिए । सार्वजनिकस्थलमै पारसले बर्दीधारी प्रहरीमाथि हातपात गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका सई ईश्वर खत्रीमाथि पारसले हातपात गरेका हुन् । आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ । त्यतिबेला सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको थियो । सामान्य नागरिकले पारसको जस्तो हर्कत गथ्र्यो भने तत्कालै पक्राउ पुर्जी जारी गरेर समात्न सक्ने नेपाल प्रहरी पारस प्रकरणमा भने मौन रह्यो । सई खत्रीले पनि पारसविरुद्ध उजुरी हाल्न सकेनन् । सायद उनलाई तत्कालीन विमानस्थल प्रहरी नेतृत्वले नै पारसविरुद्ध उजुरी नहाल्न भनेका थिए । मिडियामा प्रहरी नेतृत्वको नै चर्को आलोचना भएपछि तत्कालीन महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षत्रीले घटनाको छानबिन प्रक्रिया अघि बढेको बताएका थिए ।
ratopati.com
5,282,419
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् । सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।
gorkhapatraonline.com
536,015
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् । ‘अहिले कोरोना कायम छ । यस्तो बेलामा गाडी चलाउँदा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने हुन्छ । अर्कोतिर लामो समयदेखि गाडी ग्यारेजमा रहेकाले मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘हामीले बैंकको किस्ता, ५ प्रतिशत ब्याजदरमा ऋण लगायतका विषय सम्बोधन गरिदिन सरकारसँग आग्रह गरेका छौं, त्यो पूरा नभएसम्म गाडी सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’ उनले अहिले पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन खर्चिलो हुनेहुँदा यसका लागि सरकारले आवश्यक व्यवस्था र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । यातायात सञ्चालनका क्रममा कुनै कमजोरी हुन पुगे पछि यातायात व्यवसायीले कोरोना फैलाए भन्ने आरोप आउन सक्ने भन्दै उनले यातायात सञ्चालनका लागि पूर्णतयारी जरुरी रहेको बताए । ‘व्यवसायीलाई गाडी मर्मत गरेर निकाल्न नै समस्या रहेको अवस्थामा सेनिटाइजर, पीपीईलगायतको व्यवस्था गर्न समस्या छ । यसका लागि सरकारले पहल गर्नुका साथै चालक, सहचालकको स्वास्थ्य बिमालगायतका कुरा पनि छ, हामीलाई अहिले पैसा कमाउनु परेको होइन’, उनले भने । सरकारले छोटो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरेपनि अधिकांश यातायात व्यवसायी गाडी चलाएका छैनन् । उनीहरुले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । साथै लकडाउन अवधिमा बैंकमा बुझाउनुपर्ने व्याज नलिन, बैंकको किस्ता तिर्ने समय बढाउनुपर्ने, गाडी मर्मत गर्न ५ प्रतिशत ब्याजदरमा कर्जा दिनलगायतका माग पनि अघि सारेका छन् । यातायात व्यवसायीहरु आफ्नो माग पूरा गराउन सरकारका प्रतिनिधिसँग छलफलमा जुटिरहेको भएपनि हालसम्म सहमति भइसकेको छैन ।
lokpath.com
2,557,068
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
ratopati.com
2,168,907
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत् भर्चुअल दूतावास सेवा दिने घोषणा गरेको छ। नेपाली नियोगहरुको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दुतावासको अवधारणा अन्तर्गत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बजेत वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन्। यस्तै, आवश्यकता र औचित्वका आधारमा विदेशमा रहेको नियोगहरुको संख्या पुनरावलोकन गरिनेछ। ‘विद्युतीय राहदानी सहज र सरल तरिकाले उपलब्ध गराइने छ। राहदानी विभाग, जिल्ला प्रसाशन कार्यलहरुमा विदेश स्थिति नियोगहरुमा स्रोतको प्रबन्धन गरिएको छ,’ बजेट वक्तव्यमा उल्लेख गरिएको छ, ‘कन्सुलर सेवा थप सहज, सरल र प्रभावकारी बनाइने छ ।
technologykhabar.com
4,959,744
गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० बर्षिय अमर बहादुर महतारा अरुण तेस्रोको इटहरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसका राजन मेहता विजयी भएका छन् । भोजपुर । बृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी । ट्रिपरको ठक्करबाट इटहरी २० तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन भएको इटहरी । प्रदेश १ का १४ वटा जिल्लामा जिल्ला समन्वय समिति (गठन) गर्नका लागि पाँचवटा संखुवासभा । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ संखुवासभा । दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल उदयपुर । उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्तेका ३७ वर्षीय शिवराज विकलाई उदयपुर । त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई इलाम । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
1,326,620
नियमन निकायको कमजोरीका कारण उपभोक्ता ठगिइरहेका छन्। यो क्षेत्रको सुक्ष्म अध्ययन गरेर समयसापेक्ष मूल्य समायोजन हुनुपर्छ। विश्व बजारमा केही समयअघि एक मेगाबीट इन्टरनेटको प्रतिमहिना ३० अमेरिकी डलरसम्म पर्थ्यो। अहिले यो मूल्य घटेर ६ अमेरिकी डलरमा झरेको छ। तैपनि नेपाली उपभोक्ताले पहिलेकै मूल्यमा इन्टरनेट चलाइरहेका छन्। कोभिड– १९ को संक्रमण त्रासका कारण लकडाउन भएसँगै नेपाली बजारमा इन्टरनेट प्रयोगकर्ता बढिरहेको छ। लकडाउनले गर्दा स्कुल तथा कलेजले अनलाइनबाट पढाउन थालेका छन्। कर्मचारीले घरबाटै कार्यालयको काम गरिरहेका छन्। सरकारी तथा गैरसरकारी संस्थाहरूले समेत ठूला बैठक र निर्णय अनलाइनबाटै गरिरहेका छन्। यसले इनटरनेटको महत्तव र उपयोगिता विगतको तुलनामा निकै बढेको पुष्टि हुन्छ। यसको बजार र गुणस्तर प्रणाली भने पुरानै पाराको छ। शुल्कबारे मात्र होइन हामीले चलाइरहेको इन्टरनेटको गुणस्तरको विषयमा पनि समीक्षा हुनुपर्छ। मुलुकमा कुल जनसंख्याको ७३ प्रतिशतमा इन्टरनेट पहुँच छ। यस्ता प्रयोगकर्तामध्ये तार जोडेर इन्टरनेट प्रयोग गर्नेको संख्या १६ प्रतिशत छ। बाँकी सबै मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन्। जे भए पनि दुईतिहाइ जनसंख्यासँग प्रत्यक्ष जोडिएको यस क्षेत्रलाई राज्यले कम प्राथमिकतामा राख्नुहुन्न। इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई एमबीपीएसमा गणना गरेर इन्टरनेट सेवा दिइरहेका हुन्छन्। उनीहरूले ब्यान्डवीथ (नेटवर्क) सेवा प्रदायकसँग इन्टरनेट खरिद गर्छन्। ब्यान्डवीथ सेवा प्रदायकले भारत, चीनलगायत मुलुकका ठूला कम्पनीसँग सेवा खरिद गर्छन्। नेपाली बजारमा विशेषगरी भारतका एयरटेल र टाटा कम्पनीबाट ब्यान्डवीथ किन्ने गरिएको छ। नेपालमा १ सय २५ वटा इन्टरनेट सेवाप्रदायक संस्था छन्। ब्यान्डवीथ नेटवर्क सेवाप्रदायक १६ वटा छन्। इन्टरनेट सेवाको गुणस्तर र शुल्कको प्रसंग आउँदा राज्यले अनावश्यक कर थोपरेको कारण शुल्क महँगो भएको गुनासो सेवाप्रदायकबाट सुनिन्छ। तर राज्यले कर थुपार्‍यो भन्दैमा उपभोक्ताबाट शुल्क असुल्नु गलत हो। यो परिपाटीले लाखौं ग्राहकलाई पिरोलेको छ। कम्पनीहरूले उपभोक्तालाई सर्वसुलभ मूल्यमा सेवाप्रवाह गरेर राज्यसँग शुल्क छुटको सौदावाजी गर्नुपर्छ। यसो गर्दा उनीहरूको गुनासोमा उपभोक्ताबाट पनि सहानुभूति आउन सक्छन्। यति मात्र होइन, हरेक ग्राहकको घरमा इन्टरनेट सेवाप्रदायकले जोडिदिने गरेको निश्चित एमबीपीएस बराबरको इन्टरनेट जडान गरिएको छ कि छैन भन्ने विषयमा पनि गुनासा सुनिन्छ। पटकपटक इनटरनेट सेवा काटिनु, इन्टरनेटको सिग्नल आए पनि प्रभावकारी रूपमा काम नगर्नु जस्ता समस्या पनि उपभोक्ताले भोगिरहेका छन्। यसको अनुगमन गर्ने सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण यो समस्याप्रति सचेत छैन। यसमा दरो अनुगमन संयन्त्र बन्नुपर्छ। इन्टरनेटको क्षमता विकास र शुल्क सस्तो नहुनुमा सरकार पनि दोषी छ। केही वर्षयताका अधिकांश नीति तथा कार्यक्रममा सरकारी सेवालाई सूचना प्रविधिमा जोड्ने, हरेक नागरिकको पहुँच सूचना प्रविधिमा पुर्‍याउनेलगायतका कार्यक्रम समावेश भएको पाइन्छ। कार्यक्रम कार्यान्वयनका लागि जुटाउनुपर्ने पूर्वाधारको विकासमा भने चासो दिएको देखिँदैन। कार्यान्वयन नहुने नीतिको कुनै अर्थ छैन। लकडाउनको समयमा इन्टरनेटको महत्तव बढेकाले छलफललाई पनि घनीभूत बनाउने तर लकडाउन घट्नेबित्तिकै बिर्सने गर्नुहुँदैन। यो क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सरोकारवालाका सुझावलाई पनि मनन गर्नुपर्छ। एकपक्षीय रूपमा आएको नीति तथा कार्यक्रम कार्यान्वयन गराउन कठिन हुन्छ। इन्टरनेट सेवाप्रदायकका पनि समस्या हुनसक्छ। उनीहरूमाथि राज्यले लगाएको करको दायरलाई घटाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन र छलफल गर्नुपर्छ। अबको विश्व सूचना र प्रविधिको जगमै उभिने हो। विदेशतिरका राम्रा अभ्यासलाई यो क्षेत्रमा पनि लागू गर्नुपर्छ। मुख्य कुरा यसमा राज्यको लगानी बढ्नुपर्छ ।
annapurnapost.com
4,500,320
: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताएका छन्। पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फूटबल प्याराफिट (स्टेडियम) को शिलान्यास गर्दै उनले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताए। अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उनले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइने स्पष्ट पारे। उनले संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको भनाइ राखे । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताए। प्रदेशसभा सदस्य राजीव पहारीले नेपालमा पूर्वाधार निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै फुटबल स्टेडियम तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए। निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले गुणस्तरीय निर्माणसहित नमूना हुने गरी निर्धारित समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्टेडियमको काम सकिएपछि पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने बताए। करीब १८ हजार ५०० दर्शक क्षमताको फूटबल स्टेडियमको कूल लागत रु एक अर्व २८ करोड २२ लाख १८ हजार १७४ रहेको छ। स्टेडियम निर्माणका लागि गत पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) बीच सम्झौता भएको थियो। सो स्टेडियम आगामी असार मसान्तभित्रमा निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ। फ्रान्समा निर्मित सामग्रीको प्रयोग गरेर प्याराफिट निर्माण गरिनेछ ।
pahilopost.com
5,769,811
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हामीसँग बहुमत छ भन्ने प्रचण्ड–नेपाल समूहका गफमात्रै भएको बताएका छन् । काठमाडौंमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दाबी पनि कस्तो ?,” ओलीले भने, “रेस्लिङमा पहिले नै देखिन्छ नि खेल्ने कहिले हो कहिले लगाउने पहिले नै खोलेर लिन खोज्छ । रिङमा पुगेर मुक्का खाएपछि थाहा हुन्छ ।
baahrakhari.com
3,398,342
गम्भीर प्रकृतिको उजुरीमा छानविनमा तानेर जिम्मेवारविहीन पारिएका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्याय परिषदबाट निर्णय आउनुपूर्व नै गत शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले गरेका फैसला एकपछि अर्को विवादको घेरामा परेपछि उनी गत वर्ष नै न्याय परिषद्मा तानिएका थिए । जघन्य हत्याका अभियुक्तलाई मुद्दामा ‘क्लिन चिट’ दिएको आरोप भट्टराईमाथि थियो । ०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हतियारसहित पक्राउ परेका आरोपितलाई सफाइ दिएपछि फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषदमा उजुरी पर्यो । त्यसपछि परिषद जाँचबुझ समिति गठन गरेर बयान सकाएर कारवाही प्रतिवेदन दिने मुखैमा भट्टराईको राजीनामा आएको छ । परिषद्कै छानबिन समितिले न्यायमा गम्भीर विचलन देखिएको भन्दै कारवाही सिफारिस गरेका न्यायाधीशले राजीनामा दिएर उन्मुक्ति पाएपछि न्याय क्षेत्रमा दण्डहिनता मौलाउने चिन्ता बढेको छ । सँगसँगै न्याय परिषद्ले कारबाहीको निर्णय गर्नुपूर्व नै राजीनामा दिँदा विगतमा भएगरेका सबै अपराध र दोष मेटिने हो ? भन्ने प्रश्न समेत न्याय परिषदमाथि खडा भएको छ । राजीनामा दिएर घर फर्कनेमा न्यायाधीश भट्टराई मात्र एक्ला भने होइनन् । विगतमा पनि न्याय विचलनमा छानविनको घेरामा परेपछि उच्च अदालतका तत्कालिन न्यायाधीश जीवनहरि अधिकारी, ओम प्रसाद सुवेदी, नरबहादुर शाही, जिल्ला न्यायाधीश ओमकार उपाध्याय लगायत दर्जनौंले राजीनामा वा पदमुक्त भएर कारवाहीबाट उन्मुक्ति पाएका छन् । परिषद सचिवालयको अभिलेख अनुसार २०४७ साल देखि हालसम्म जिल्ला तथा तत्कालीन पुनरावेदन (हाल उच्च अदालत) सम्मका गरी कुल ३३ जना न्यायाधीशमाथि कारवाही गरिएको देखिन्छ छ । जसमध्ये ११ जना न्यायाधीश पद मुक्त मात्रै गरिएको छ । दुईजना न्यायाधीशविरुद्ध मात्रै भ्रष्टाचार मुद्दा अन्तर्गत कारवाही चलाइएको देखिन्छ । अरु न्यायाधीश ‘सचेत’ गर्ने निर्णयले जोगिएका छन् । विगतमा परिषदले खास खास पात्रका उजुरी थाती राखेर रातारात चोख्याएको भनेर समेत टीकाटिप्पणी भएका हुन् । पछिल्लो समय न्याय परिषदमा न्यायाधीशविरुद्ध चार सय ५२ उजुरी अझै छानविनमा रहेको तथ्य बाहिरिएको छ । ति उजुरी सबै तथ्यमा आधारित हुन् भन्न नसकिएला, तर खराव आचारण र अनियमितता देखिएमा छानविन कारवाही अघि बढाउनुपर्ने हुन्छ । भट्टराई प्रकरणले त्यस्ता उजुरीमा पनि कारवाही हुने चरणमा पुगेपछि राजिनाम दिएर उन्मुक्ति पाउने गलत अभ्यास बस्ने खतरा देखिएको छ । न्यायाधीश भट्टराईसँगै एकैपल्ट छानविनमा तानिएका उच्च अदालतका न्यायाधीश डा.नवराज थपलिया, जिल्ला न्यायाधीशहरु राजकुमार कोइराला र अम्बिका निरौला लगायतको छिनोफानो हुन बाँकी नै छ । न्याय परिषद् सदस्यकै नेतृत्वमा भएको छानबिनले उनीहरुमा गम्भीर विचलन किटान गरिसकेको छ । त्यसपछि सर्वोच्चका न्यायाधीशको नेतृत्वमा जाँचबुझ भई प्रतिवेदन आउनै लाग्दा न्यायाधीश भट्टराईले कारवाहीबाट उम्कन चलाखी गरेका छन् । अरु आरोपी न्यायाधीश ‘पर्ख र हेर’ को अवस्थामा छन् । विगतमा गम्भीर विवादमा परेका न्यायाधीशमाथि छानबिन नगरेको र छानबिन भइसकेका न्यायाधीशमाथि पनि कारबाहीमा तत्परता नदेखाएको भनेर न्याय परिषद् यसै पनि आलोचित बनेको थियो । विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशमा पदभार ग्रहण गर्दा न्यायिक सुशासनका लागि व्यक्त गरेको प्रतिबद्धताले न्यायप्रेमी सर्वसाधारणमा आशा जगाएको पनि हो । न्यायाधीशमाथिको कारबाहीले निःसन्देह गति लिने अपेक्षा सबैतिर थियो । तर गंभिर आरोप लागेका न्यायाधीश नै कारवाहीबाट उम्कन राजीनामा दिएर घर फर्किँदा न्याय परिषदको छानविन र कारवाही केवल नाटक मात्र हो कि भन्ने आशंका उत्पन्न भएको छ । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्व समितिको प्रतिवेदनले नै भनेको छ, ‘शक्तिकेन्द्रसँग नजिक रहेका न्यायाधीशहरू कारबाहीको दायरमा नआउने, तर अन्य न्यायाधीशहरू कारबाहीको त्रासमा रहनुपर्ने स्थिति छ, उस्तै प्रकारका गल्ती गर्ने न्यायाधीशउपर पनि फरक–फरक कारबाही हुने भएकाले स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न सक्ने अवस्था छैन ।’ कार्की प्रतिवेदनले भने झैं बदमास न्यायाधीश पर्याप्त तथ्य प्रमाण भएर पनि शक्ति केन्द्रको आडमा उन्मुक्ति पाउने हो भने भने असल पात्र कस्तो आत्मबल लिएर न्याय संपादन गर्लान् ? न्यायाधीश भट्टराई प्रकरणले राजीनामाको ढोकाबाट बदमास र फटाहा पात्रले सधैं उन्मुक्ति पाउँदै जाने काल पल्कने अवस्था देखिएको छ । आफूमाथि लागेको आरोपबाट मुक्ति पाउने र निवृत्तिभरण सुविधासमेत पाउने भएपछि कारवाहीका लागि दिएको प्रतिवदनको के अर्थ ? बर्खास्त गरेर मात्र पनि पुग्दैन, दोषी देखिएमा हदैसम्मको सजाय नगर्ने हो भने न्यायाधीशको मिचाहा र हेपाहा प्रवृत्ति रोकिँदैन । यसले न्यायमा अराजकता मात्र पैदा गर्दछ । ‘राजीनामा स्वीकृत भयो र पदबाट हटिसकेकाले केही गरिरहनु परेन’ भन्दै जाने हो भने छानविन र जाँचबुझ केवल परिषदको ‘टाइम पास’ गर्ने मेलो मात्र हुने छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
1,411,862
एमाले, माओवादी केन्द्र, मसाल र नेकपा संयुक्तका ३ सय ५० युवालाई कांग्रेस नेता गिरिले मंगलबार मार्क्सवाद पढाएका हुन् । कम्युनिस्ट पार्टीले कार्ल माक्र्सद्वारा प्रतिपादित सिद्धान्त मार्क्सवादका रूपमा अंगीकार गर्दै आएका छन् । कार्ल माक्र्स द्विशतवार्षिकी मूलसमारोह समितिले धुलिखेलमा आयोजना गरेको ५ दिवसीय प्रशिक्षणमा नेता गिरिले 'कार्ल माक्र्स र उनका देन' बारे कक्षा लिएका थिए । विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध पछिल्लो पुस्ता मार्क्सवादी मूल्य, मान्यता र दर्शनबाट विचलित हुन थालेको, अध्ययनमा उदासीन देखिएको र नयाँ अन्वेषण गर्न असफल भएको निष्कर्षसहित चार पार्टीमा आबद्ध युवा नेताले प्रशिक्षण सञ्चालन गरेका हुन् । प्रशिक्षण १८ भदौसम्म सञ्चालन हुनेछ । मंगलबार सुरु प्रशिक्षणमा कांग्रेस नेता गिरिले माक्र्सका व्यक्तिगत जीवनचर्याका अतिरिक्त एंगेल्सका कृतिहरूको प्रतिफलबाट मार्क्सवाद संरचना भएको विषयमा केन्द्रित रहेर कक्षा लिएका थिए । उनले प्रशिक्षार्थीलाई द्वन्द्वात्मक भौतिकवाद, अर्थशास्त्र र समाजवादको पनि व्याख्या गरेका थिए । मंगलबार गिरिसहित समाजशास्त्री चैतन्य मि श्रले पनि कक्षा लिएका थिए । मि श्रले 'मार्क्सवादी अध्ययनको महत्व र हालको विश्व अवस्था' बारे कक्षा लिएको आयोजक संस्थाका संयोजक एमाले उपमहासचिव घनश्याम भुसालले जानकारी दिए । मि श्रले पुँजीवाद मृत्युशड्ढयामा छ कि छैन ? नेपालमा कम्युनिस्ट पार्टी कस्तो समाजवाद बनाउन लागेका छन् ? पुँजीवाद स्वयं क्रान्तिकारी हुन सक्छ कि सक्दैन ? पँुजीवाद भएर मात्र समाजवादमा जान सकिन्छ कि फड्किन सकिन्छ ? र एउटै देशमा मात्र समाजवाद आउन सम्भव छ कि छैन ? जस्ता विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा देशभरका युवा प्रतिनिधिको सहभागिता छ । प्रशिक्षणको शुभारम्भ अभियानका संयोजकसमेत रहेका एमाले उपमहासचिव भुसालले गरेका थिए । माओवादी केन्द्रका नेता वर्षमान पुन, कार्ल माक्र्स द्विशतवार्षिकी मूल समारोह समितिका सह-संयोजक माओवादी नेता राम कार्की, एमाले नेता गोपीरमण उपाध्यायलगायतले धारणा व्यक्त गरेका थिए । प्रशिक्षणमा सहभागीले मार्क्सवादलाई ज्ञान विज्ञानका आधारमा अध्ययन तथा विश्लेषण गर्न र समाजवादी विचारधारा, सिद्धान्त र आन्दोलनमा योगदान गर्न प्रयत्न गर्ने, नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्न आफ्नो ज्ञान विवेक र क्षमताले भ्याएसम्म प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको नेता भुसालले बताए ।
annapurnapost.com
3,915,665
एपिएफकी ओपनर ज्योति पाण्डे २२ बलमा ३ चौकासहित २२ रनमा अविजित रहिन् । सिता रानामगर १८ बलमा १ चौकासहित १७ रनमा अविजित रहिन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४४ रन बनायो । लुम्बिनीको नेरी थापाले १५, लक्ष्मी चौधरी ११ र सरस्वती घर्तीमगरले ८ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । एपिएफकी रेखा रावलले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । सुमन विष्टको नाममा १ विकेट रह्यो । उपाधिको लागि एपिएफले सोमबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । एपिएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । ललितपुर महानगरपालिका आर्थिक सहयोगमा क्यानले यस प्रतियोगिता आयोजना गरेको हो । गत वर्ष एपिएफले सुदूरपश्चिमलाई फाइनलमा ८ विकेटले हराउँदै उपाधि जितेको थियो । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।
hamrokhelkud.com
1,874,458
पहिरोले पुरिएर बिरूवा गाउँपालिका–६, माझकोट की ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनीहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो । बिरूवा गाउँपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिराेमा परी पाँच जना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरूवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
2,208,611
भारतको रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको ज्यान गएको छ । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस विषयमा पूर्ण विवरण आउन बाँकी छ ।
dcnepal.com
1,111,034
तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । सृष्टि केसी गत अगस्त १ मा दोस्रो पटक प्याराग्लाइडिङ गरिरहेकी थिइन् । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय ठप्प हुने भएको छ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ ।
makalukhabar.com
6,173,151
२०७४ को स्थानीय चुनावमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रोचक नतिजा आयो । नेपाली कांग्रेसले नगरप्रमुख  जिते पनि वडा तहमा भने तेस्रो स्थानमा झर्‍याे । १२ वडा रहेको शुक्लाफाँटा नगरको मेयरमा पराजित एमालेले सबैभन्दा बढी चार वडा जित्दा पनि उपमेयरमा चित्त बुझाउनुपर्‍याे । माओवादी केन्द्रले चार वडा जित्याे ।  अझ रोचक कुरा त के छ भने २, ३, ७ र ८ को वडाध्यक्षमा विजयी भएकाे माओवादीले तीनवटा वडाहरू २, ३, ८ क्लिन स्वीप नै गर्‍याे । एमालले १, ४, ५, ११ र १२ वडामा विजय हासिल गरेको थियो । मेयर जितेकाे कांग्रेसले ६, ९ र १० वडामात्रै जित्न सक्यो । मेयरमा कांग्रेसका उम्मेदवार दिलबहादुर ऐरले एमालेका रणबहादुर महरालाई पराजित गरेका थिए । उनले महरालाई १ हजार १ सय ६५ मतले पराजित गरका थिए । उपमेयरमा भने एमालेकै तुलसीदेवी हमाल विजयी भइन् । आगामी ३० वैशाखमा हुने चुनावमा पनि मुख्य रूपमा यी तीन पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट हालकै मेयर ऐर दोहोरिने सम्भवना छ । उनीबाहेक चिन्तामणि भट्ट, लालबहादुर सिंह, दलबहादुर बोहरा, सिद्धराज भट्ट पनि आकांक्षी छन् ।  एमालेबाट मेयरको टिकटको लागि यसअघि पराजित रणबहादुर महरासहित प्रेम भट्ट, रमेश भट्ट, टेक हमाल, कृष्णदत्त जोशी, ज्ञानेन्द्र जोशीसहित  ६ जना प्रतिस्पर्धामा छन् । माओवादीबाट नवराज ऐर र लोकेन्द्रबहादुर ऐरको चर्चा छ । शुक्लाफाँटा नगरपालिकामा एकीकृत समाजवादीको पनि प्रभाव छ । समाजवादीबाट माधव पन्त मेयरका आकांक्षी हुन् ।  यद्पि केन्द्र सरकारमा रहेका कांग्रेससहित पाँच दलबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । शुक्लाफाँटा नगरपालिकामा गठबन्धन भए एमालेलाई यो स्थानीय तहमा पहिला जितेका वडाहरू पनि जोगाउन मुस्किल पर्ने देखिएको छ ।  उसो त २०७४ को स्थानीय चुनावमा एमालेले अन्तर्घातकै कारण मेयर पदमा हार्नु परेको चर्चा हुने गर्छ । यसपटक पनि एमालेबाट ६ जना मेयरको टिकटको दौडमा छन् । मेयरमा आकांक्षी धेरै भए पनि यसपटक अन्तर्घातकाे डर नरहेकाे आकांक्षी मध्येका एक प्रेम भट्टले बताए । ‘म मेयरको दाबेदार नै हो । तर, टिकट नपाउँदैमा कसैले पनि अन्तर्घात गर्नु हुन्न भन्ने हो । शुक्लाफाँटामा एमाले बलियो छ । हामी जित्ने गरेर चुनावमा होमिएका छौँ,’ उनले भने ।  उता कांग्रेसबाट मेयरका आकांक्षी चिन्तामणि भट्टले शुक्लाफाँटा नगरपालिमा कांग्रेस बलियाे रहेकाे बताउँदै फेरि पनि विजयी हुने बताए । ‘सकेसम्म हामी गठबन्धन गरेर नै चुनावमा जाने गरेर छलफलमा छौँ । गठबन्धनमा कुरा नमिले मित्रवत प्रतिस्पर्धा गरेर जाने हाे । हामी एक्लै चुनावमा जाँदा पनि जित्छौँ नै,’ भट्टले भने ।  एमालेले जितेको वडाहरूमा सोचे अनुसारको काम गर्न नसकेका कारण र एमाले फुटेर समाजवादी पार्टी निर्माण भएकाले पनि एमालेले जनाधार गुमाएको उनको भनाइ छ ।  माओबादी केन्द्रबाट मेयरका आंकाक्षी लोकेन्द्रबहादुर ऐर पनि शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्रको जनाधार बलियो रहेको दाबी गर्छन् । ‘हाम्रो जनाधार बलियो छ । तर, हामी केन्द्रको निर्यण मानेर गठबन्धन गरेर जान तयार नै छौँ । २०७४ को चुनावमा हामीले १२ वडामध्ये ६ वडा लिड गरेका थियौँ । केही वडाहरूमा हाम्रै साथीहरूको बागी उम्मेदवारीले मेयरमा हारिएको हो,’ ऐरले भने, ‘ यसपटक हामी एक्लै जाँदा पनि बलियो छौँ ।’  गठबन्धन भए एमाले बढारिने तर्क उनकाे छ । ५४ हजार ३ सय ७९ जनसंख्या रहेको शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४ सय ४८ मतदाता छन् । ०७४ को स्थानीय चुनावमा कांग्रेसका मेयर ऐरले ६ हजार ४ सय ३२ मत प्राप्त गरेर विजयी भएका थिए । एमाले उम्मेदवारले ५ हजार ४ सय २९ मत प्राप्त गरेका थिए । त्यस्तै तेस्रो स्थानमा रहेकाे माओवादीले ३ हजार ९ सय ६९ मत प्राप्त गरेको थियो । नगरपालिकाको पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र उत्तरमा डडेल्धराको चुरे पर्वत छ । 
shilapatra.com
4,794,565
युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरे । गएराति जर्मनीमा भएको खेलमा सख्तरले बसेलमाथि ४–१ को सहज जित निकाल्यो । सख्तरका जुनिएर मोराइसले खेलको दोस्रो मिनेटमा नै टोलीलाई १–० को अग्रता दिलाए। टाइसनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। खेलको ७४ औँ मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिततर्फ अगाडी बढाए। र डोमिल्सन कोरडिएरो डोस सान्तोसले ८८ औँ मिनेटमा गोल गर्दै शख्तरको फराकिलो जित पक्का गरे। यस्तै गएराति नै भएको अर्को खेलमा उल्भसलाई १–० ले पराजित गर्दै सेभिल्ला पनि सेमिफाइनलमा प्रवेश गरेको छ। सेभिल्लाको जितमा खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पसले गरेको गोल नै निर्णयक बन्यो। अब सेमिफाइनलमा सेभिल्लाले म्यानचेष्टर युनाइटेडसँग र सख्तर इन्टरमिलनसँग भिड्ने छ ।
kathmandupress.com
4,762,955
नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९६ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् । शर्माले २६८७७ मत ल्याउँदा पोखरेल २६६८१ मा रोकिए । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
nepalpress.com
971,084
भूकम्पका कारण लाखौं सर्वसाधारणले घरबारविहीन अवस्थामा हिउँद र बर्खा खेपिसकेपछि बल्ल पुनर्निर्माण नीति आएको छ । भूकम्प गएको १० महिनापछि आएको यो नीति पनि कार्यान्वयन हुने–नहुने आशंका कायमै छ ।प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आइतबार बसेको पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले नीति पारित गरेको हो । यसले पुनर्निर्माणका लागि तत्काल गर्नै पनि केही आधारभूत विषयवस्तुहरू समेटेको छ । यसमा केही लक्ष्यहरू निकै महत्त्वाकांक्षी देखिन्छन् ।सरकारले भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर निर्माणका लागि २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त अनुदान रकम घर निर्माणको चरणअनुसार किस्ताबन्दीमा उपलब्ध गराइने हो ।एकमुष्ट नगद दिँदा केही पीडितले दुरुपयोग गर्ने सम्भावना रहेकाले बैंक तथा वित्तीय संस्थामार्फत मात्रै उपलब्ध गराउने व्यवस्था नीतिले गरेको छ । वित्तीय पहुँच पुगेका नागरिकले बैंक तथा वित्तीय संस्थामार्फत अनुदान लिन सक्छन्, तर ग्रामीण भेगमा यसको कार्यान्वयन कठिन हुन सक्छ ।कार्यान्वयनका लागि पुनर्निर्माण स्रोतकेन्द्रहरूमा बैंकिङ शाखाको व्यवस्था गर्ने र ग्रामीण भेगमा लघुवित्त संस्थामार्फत अनुदान उपलब्ध गराउने भनिएको छ । नगद दुरुपयोग कम गर्न बैंक तथा वित्तीय संस्थाको प्रयोग उपयोगी नीति भए पनि कार्यान्वयनमा कठिनाइ देखिन सक्छ ।यसमा पुनर्निर्माण प्राधिकरण र बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी उपस्थिति आवश्यक छ । त्यस्तै नीतिले घरहरूको पुनर्निर्माणका लागि तीनदेखि छवटा गाविस र एक नगरपालिकामा एक/एकवटा स्रोतकेन्द्र स्थापना गर्ने व्यवस्था गरेको छ । यस्ता केन्द्रहरूमा निर्माण सामग्री, निर्माणकर्मी, इन्जिनियर, बैंकिङ सेवा, समुदाय परिचालक, गुनासो सुनुवाइ, सञ्चार व्यवस्था र एकद्वार प्रणाली कायम गर्ने उद्देश्य छ ।भूकम्पपीडितहरूका लागि उत्पादनमूलक जीविकोपार्जनका कार्यक्रमहरू गर्ने, घरेलु तथा साना व्यवसायीको पुन:स्थापनामा सहयोग गर्ने, पर्यटकीय सेवा तथा सुविधाको पुन:स्थापना गर्ने, स्वरोजगारीका नयाँ अवसरहरूको सिर्जनालगायतका कार्यक्रमको व्यवस्था गरिएको छ ।कर्मचारीको काम गर्ने शैली तथा प्रक्रिया, कानुनी व्यवस्था, निजी क्षेत्रको बजारमा सिन्डिकेट प्रवृत्तिको प्रभाव, पीडितका आफू अनुकूल इच्छा र प्रयासका कारण यी सबै योजना आफैंमा महत्त्वाकांक्षी देखिन्छन् ।तर राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको इच्छाशक्ति भएमा कार्यान्वयन नै असम्भव भने छैन । प्रभावकारी कार्यान्वयनका लागि पुनर्निर्माण प्राधिकरणले कानुनी व्यवस्थासँगै कार्यान्वयनका लागि सुरुका दिनबाटै प्रभावकारी उपस्थिति देखाउन जरुरी हुन्छ ।हाल पहिचान भएका जोखिमयुक्त १ सय ४३ वटा बस्तीलाई नजिकै सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत बस्ती बसाउने नीतिमा उल्लेख छ । एकीकृत बस्ती विकास गर्दा स्थानीय समुदायको रहनसहन, संस्कृति र परम्परागत व्यवसायलाई ध्यान दिनुपर्ने हुन्छ ।यदि उनीहरूको सहभागितामा आधारित बस्ती विकास गरिएन भने स्थानान्तरण नहुन पनि सक्छन् । पीडितहरूका लागि घर बनाउन तत्काल १७ वटा नमुना उपलब्ध गराउने र घरधनीले चाहेको नयाँ सुरक्षित डिजाइन बनाउन सकिने व्यवस्था गरिएको छ ।घरधनीले चाहेको नयाँ डिजाइनका नाममा पहुँचको भरमा मनपरी हावी हुन सक्छ । यस्ता सम्भावित जोखिमतर्फ प्राधिकरणले बेलैमा ध्यान दिन जरुरी छ ।नीतिमा सार्वजनिक पूर्वाधार संरचनाका विषयमा पनि केही अवधारणा सार्वजनिक गरेको छ । क्षतिग्रस्त आवासीय, सामुदायिक एवं सरकारी भवन, प्राचीन स्मारक पुनर्निर्माण एकीकृत तवरबाट गरिने, आपत्कालीन सामुदायिक भवन निर्माण गर्ने, एकीकृत प्रशासनिक भवनको अवधारणाअनुसार सुविधायुक्त बहुतले भवन निर्माण गर्ने लगायतका योजना छन् ।प्रशासनिक निकायहरूबाट यस्तै प्रकृतिका अवधारणाहरू भूकम्प जानुअघि पनि भएका हुन् । तर कार्यान्वयन हुन सकिरहेको छैन ।सम्पदा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय संघसंस्थालाई संलग्न गराउने तर राष्ट्रिय तथा स्थानीय सम्पदाका लागि स्थानीय स्रोत साधन परिचालनमा जोड दिइने उल्लेख छ । दुवै विषयमा गैरसरकारी तथा संघसंस्थाहरूले आफू अनुकूलका गतिविधि सम्पदा निर्माणमा गर्न सक्छन् । यसतर्फ पनि ध्यान दिनुपर्छ ।प्राधिकरणले योजना तयारी, बजेट व्यवस्थापन, आयोजना स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई एकीकृत ढंगले सञ्चालन गराउने र अनुगमन गर्ने, प्राधिकरणद्वारा तोकिएका मन्त्रालयहरूमार्फत विभागीय हैसियतमा रहने गरी विशेष इकाइद्वारा काम गर्ने उल्लेख गरिएको छ ।साथै अर्थ मन्त्रालयद्वारा एकमुष्ट बजेट रकम प्राधिकरणमा पठाउने र प्राधिकरणले सिधै निकासा एवं अख्तियारी सम्बन्धित आयोजना कार्यान्वयन इकाइलाई दिने व्यवस्था गरिएको छ ।कार्यान्वयनका लागि प्राधिकरण, अर्थ मन्त्रालय, आयोग र सम्बद्ध मन्त्रालयबीच बजेट तथा कार्यक्रम सिफारिस समिति गठन गरिने व्यवस्था छ । कानुनले नै प्राधिकरणलाई अधिकार दिए पनि समन्वय र कार्यान्वयनमा कठिनाइ देखिएको छ । एकपछि अर्को गर्दै यस्ता व्यवस्था ल्याए पनि कार्यान्वयन नै प्रमुख विषय हो ।विभिन्न बहानामा पुनर्निर्माणमा देखिएको सुस्तताका कारण पीडितहरूमा निराशा झन् बढ्दो छ । वास्तविक पुनर्निर्माण सुरु हुन अझै केही समय लाग्ने प्राधिकरणको तर्क छ ।तर अब पनि पुनर्निर्माणमा ढिलाइ भए पीडितमाथिको पीडा झन् थपिनेछ । सरकारले हालसम्म गरिएका व्यवस्थाहरूमा कार्यान्वयनका लागि प्रभावकारी उपस्थिति देखाए मात्रै पुनर्निर्माणले सार्थकता पाउने थियो । अब कार्यान्वयन निकाय तथा सरकारले यसमा ढिलाइ गर्न हुन्न ।
ekantipur.com
5,602,201
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नु भएको थियो ।
gorkhapatraonline.com
4,359,659
सिन्धुलीका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् । पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् । शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ । मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्याबसेक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले सबैभन्दा पहिला लकडाउनको घोषणा गरेको छ । जिल्ला सदरमुकाममा लकडाउन गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न कमलामाईले निर्देशन दिएको छ । पसल व्यवसाय भने बन्द भएको छ । बजारमा भने मानिसको आवतजावत भने बढ्दो अवस्थामा रहेको छ । व्यापार व्यवसाय बन्द गरिए पनि लकडाउन प्रभावकारी कार्यान्वयन नहुँदा जोखिम झन बढ्दो अवस्थामा रहेको छ । केही व्यवसायीले लुकीछिपी व्यवसाय सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । साथै चोक र सडकमा मानिस समूहमा जम्मा भई गफ गरेर समय बिताउनेको पनि जमात रहेको छ । स्थानीय तहले घोषणा गरेको लकडाउनको प्रभावकारिता कस्तो छ भनेर सडकमा बुझ्न आउने पनि धेरै रहेका छन् । यता सिन्धुली अस्पतालले अबको १४ दिन होम क्वारेन्टिनमा बस्न जिल्लावासीलाई आग्रह गगरेको छ । अस्पतालमा आइसोलेशनको श्ययाको कमी भएकाले कोरोना सङ्क्रमितलाई घरमा नै र क्वारेन्टिनमा नै राख्नुपर्ने अवस्था रहेको भन्दै लकडाउनको पूर्ण पालना गरी घरमा नै बस्न अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले आग्रह गरेका छन् । रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित धनुषा । यहाँको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा काठमाडौँ ।
pariwartankhabar.com
2,766,484
लमजुङ कृषि क्याम्पस सुन्दरबजारको परिसरमा शुरु प्रतियोगिताको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले उदघाटन गरेका हुन् । छात्रछात्रा गरी कूल १३ ईभेन्टमा जारी प्रतियोगिताको ३ हजार मिटर दौडको नतिजा प्राप्त भएको छ । उक्त दौडको छात्रतर्फको खेलमा दुधपोखरी गाउँपालिकाको गौंडा माविका आदित्य थापामगरले ८ मिनेट ३ दशमलव ३ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जितेका छन् । सुन्दरबजार नगरपालिकाको आदर्श बाल माविका प्रकाश नेपालीले ८ मिनेट ११ दशमलव १३ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक जिते । भैरवकाली मावि मध्यनेपाल नगरपालिकाका दिलिप भण्डारीले ८ मिनेट १३ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरी कास्य जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार ३ हजार मिटर दौडकै छात्रातर्फको खेलमा राइनास नगरपालिकाको वीरभक्ति माविका कुसुम परियारले १० मिनेट ५३ दशमलव ६ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै, मध्यनेपाल नगरपालिकाको कुसुमाकर माविकी ममता खनालले ११ मिनेट २० दशमलव ३ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक जितिन् दुधपोखारी गाउँपालिकाको गौडा माविकी राजकुमारी थापामगरले ११ मिनेट २४ दशमलव १६ सेकेण्डमा दौड पार गरी कास्य जितिन् । यसैगरी, छात्र र छात्रा भलिबल प्रतियोगिता चलिरहेको छ । जसमा छात्रको भलिवलमा मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका र सोही नगरपालिकाको लुज टिम अघि बढेका छन् । छात्रा भलिवलको सेमीफाइनलमा मध्यनेपाल फाइनलमा पुगेको छ । उसले बसीशहर नगरपालिकालाई हराएको हो । पहिलो सेटमा बेसीशहरले २५– १७ जितेको थियो । तर त्यसपछिका खेलमा मध्यनेपालले २६– २४ र २४–२२ मा जितेको थियो ।
eadarsha.com
1,166,047
दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । काम विशेष, अध्ययन तथा मजदुरीका लागि गएकाहरुसमेत आउन थाले हुन् । काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । उनले भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका हुन् । सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अतालिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । पोखरा । यसै ट्रान्सफर विन्डोमा पिएसजीबाट बहिर्गमन हुने अनुमान गरिएको छ । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।
makalukhabar.com