text
stringlengths
0
345
रहेका हुन्छन् भन्ने क्रो जान्नुपर्दछ । विनाशको कलाबाट मृत्युलाई पार गरेर सम्भूतिका
कलाले अमरता प्राप्त गर्न सकिन्छ ।
अन्ध तमः प्र विशन्ति येविद्यामुपासते । ततो भूय इव ते तमो य उ
विद्याया४, रताः ॥१२॥
जसले अविद्याको उपासना गर्दछन्, उनीहरू गहिरो अन्धकारमा डुब्दछन् र जसले विद्याको
उपासना गर्दछन्, उनीहरू पनि उसै किसिमले अञज्चानरूपी अन्धकारमै डुबेका हुन्छन् ।
अन्यदेवाहुर्विद्याया अन्यदाहुरविद्यायाः । इति शुश्रुम धीराणां ये
नस्तद्विचचक्षिरे ॥१३॥
जुन दिव्य पुरुषले हाम्रै लागि विशेष रूपले यो कुरो भनेका छन्, विद्या र अविद्याको
प्रभाव केही रूपमा भिन्नभिन्न किसिमका हुन्छन् भनेर हामीले उनै दिव्य पुरुषबाट
सुनेका छौँ ।
विद्या चाविद्या च यस्तद्वेदोभयथ, सह । अविद्यया मृत्यु तीर्त्वा
विद्ययामृतमश्नुते ॥१४॥
त्यसै कारणले यस्ता विद्या र अविद्या दुवैको ज्ञानलाई एकै साथ प्राप्त गरौँ ।
अविद्याका प्रभावले मृत्युलाई पार गरेर विद्याद्वारा अमृतत्त्वलाई प्राप्त गर्न सकिन्छ ।
वायुरनिलममृतमथेदं भस्मान्तथ, शरीरम् । ओइम् क्रतो स्मर । क्लिबे स्मर ।
कृत स्मर ॥१५॥
यस जीवनको अस्तित्व पृथ्वी, जल, तेज, वायु र आकाश आदि पञ्च महाभूतका
संयोगले बनेको छ । शरीर त आखिरमा भस्म हुने नै हो । त्यसैले हे सङ्कल्पकर्ता
हा ! तिमीहरू पनि परमात्मालाई उपासना गर । आआफ्ना सामर्थ्यले स्मरण गरेर
जुनजुन कर्म गरिसकेका छौ, तिनलाई स्मरण गर ।
अग्ने नय सुपथा राये अस्मान्विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नम उक्ति विधेम ॥१६॥
दिव्य गुणले युक्त हे अग्निदेवे ! सबै मार्ग जानेका हुनाले हामी याजकहरूलाई यज्ञको
फल प्राप्त गराउनका लागि तिमी नै सन्मार्गतिर लैजा । हामीलाई कुटिल आचरण
भएका शत्रु र पापबाट मुक्त राख । तिम्रा लागि स्तोत्र र नमस्कारको व्यवस्था गर्दछौँ ।
हिरण्मयेन पात्रेण सत्यस्यापिहित मुखम् । योसावादित्ये पुरुषः
सोसावहम् ॥१७॥
सुनको चम्किलो पात्रजस्तै भएर सत्यको मुखरूपी स्वरूप सधैँ छोपिएको हुन्छ । त्यस
आवरणलाई हटाएपछि त्यो आदित्यका रूपमा रहेको पुरुष मै हुँ भनेर थाहा पाइन्छ ।
३० खं ब्रह्म ॥१८॥
५० अक्षर आकाशभरि त्रह्यका रूपमा सर्वत्र व्याप्त भएर रहेको छ ।
॥ इति चत्वारिंशो ध्यायः ॥
।॥।चालीसीँ अध्याय सकियो ॥
इति शुक्लयजुर्वेदसंहिता समाप्ता
॥ शुक्लयजुर्वेद सकियो ॥