title
stringlengths
6
151
text
stringlengths
74
19.5k
यूएईका श्रमिकसँग दूतावासको संवाद कार्यक्रम
नेपाली दूतावास अबुधावीले यूनाईटेड अरब ईमिरेट्स (यूएईमा) कार्यरत श्रमिक मजदुरहरुसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमको थालनी गरेको छ ।
सामुदायिक विद्यालयको स्तर सुधार्ने कार्यक्रममा अन्योल
गुणस्तरीय शिक्षाका लागि आवश्यक न्यूनतम पूर्वाधार भएका नमुना विद्यालय देशभरि नै निर्माण गर्ने सरकारी कार्यक्रम कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।
एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा
बुढासुब्बा गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिष्पर्धा हुने भएको छ । धरान रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै एनआरटीले एन्फा मोरङसंगको भेट पक्का गरेको हो ।
एनसीसी कोरियाले रजत जयन्ती मनाए
दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाले रजत जयन्ती मनाएको छ । कोरियास्थित नेपाली राजदूताबास भन्दा पनि पहिला स्थापना भएको एनसीसी कोरियामा विदेशीहरुको सबैभन्दा पहिलो संस्था बताइन्छ ।
विपत् न्यूनीकरणका लागि पूर्वतयारी सुरु
प्राकृतिक विपत्को ‘हटस्पट’ का रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम थालिएका छन्। जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो।
कोरोनाभाइरसः कतारमा कार्यरत नेपाली श्रमिक सोध्छन्, 'खोइ त हाम्रो सरकार'
चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।
पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।
राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकालाई
बाह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण पदकसहित प्रथम स्थान पाएको हो । बागलुङ नगरपालिकाले १९ रजत र १६ कास्य पदक समेत जितेको छ ।
माइभ्याली गोल्डकप: आयोजकको पहिलो जित
आयोजक माइभ्याली फुटबल क्लबले सरदमुकामस्थित टुँडिखेलमा बिहीबार सुरु चौथो माइभ्याली गोल्डकप फुटबलमा कास्की ११ लाई ३–२ ले पराजित गरेको छ । माइभ्यालीको चौथो संस्करणसम्म आइपुग्दा यो आयोजकको पहिलो जित हो ।
इन्धन कारोबारबाट राजस्व सङ्कलन वृद्धि
लक्ष्मी सापकोटाकाठमाडौंँ, वैशाख १० गते । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थको कारोबारबाट ८७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा एक खर्ब ८७ अर्ब रुपियाँ बराबरको इन्धन आयात गरेकाले ८७ अर्ब ३४ करोड ४९ लाख ९० रुपियाँ राजस्व सङ्कलन भएको हो । सो अवधिमा २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन (डिजल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास) आयात भएको थियो । इन्धन कारोबारबाट आव २०७७÷७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६÷७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन कारोबारमा निगमले मासिक १२ अर्ब रुपियाँ राजस्व तिर्ने गरेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयात र प्रयोगमा विभिन्न शुल्क र कर लगाइएको छ । यी सबै भन्सार बिन्दुमा नै राजस्व सङ्कलन हुने गर्छ ।पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार शुल्कबापत ३१ अर्ब २६ करोड ६० लाख नौ हजार, पूर्वाधार शुल्कबाट १८ अर्ब ६० करोड ५३ लाख रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । यस्तै सो अवधिमा सडक मर्मत दस्तुरबाट चार अर्ब ८२ करोड ३० लाख ९६ हजार, प्रदूषण कर दुई अर्ब ७९ करोड ७९ लाख पाँच हजार रुपियाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ३० अर्ब ९९ करोड १० लाख सात हजार रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । निगमले पेट्रोलमा भन्सार महसुल २५ रुपियाँ २० पैसा, सडक मर्मत दस्तुर चार रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६० पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, भ्याट १८ रुपियाँ ४१ पैसा गरेर प्रतिलिटरमा ६० रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । यस्तै डिजलमा भन्सार महसुल १२ रुपियाँ, सडक मर्मत दस्तुर दुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ४३ पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १६ रुपियाँ ४५ पैसा गरेर प्रतिलिटर डिजलमा ४३ रुपियाँ ४१ पैसा राजस्व सङ्कलन हुने गरेको छ । हवाई इन्धनमा भन्सार महसुल दुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ५६ पैसा, मूल्य अभिवृद्धि कर १७ रुपियाँ ९५ पैसा गरेर प्रतिलिटरमा २१ रुपियाँ ६४ पैसा राजस्व सङ्कलन हुने गरेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यास (एलपीजी)मा भन्सार शुल्कबापत १०२ रुपियाँ ४३ पैसा, मूल्य स्थिरीकरण कोषमा १६ रुपियाँ, मूल्य अभिवृद्धि कर १७९ गरेर प्रतिसिलिन्डर ग्यासमा २९७ रुपियाँ कर लिने गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले हाल पेट्रोल प्रतिलिटरमा २२ रुपियाँ ९८ पैसा, डिजलमा २८ रुपियाँ र ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म एक खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७÷७८ मा एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
आफ्नो राज्यस्तरमा पनि नेपालसँग रक्षा सम्बन्ध जोड्ने अमेरिकाको इच्छा
अघिल्लो साता काठमाण्डू भ्रमण गरेका एक उच्च अमेरिकी अधिकारीले आफ्नो देशको रक्षा मन्त्रालय अन्तर्गतको एउटा विशेष कार्यक्रममा नेपाललाई समेट्न चाहेको बताएका छन्।
'चिसो मान्छे' को ट्रेलर सार्वजनिक
काठमाडौं, जेठ ९ गते । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'चिसो मान्छे' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन रहेको छ । दीर्घ खड्काले सम्पादन गर्नुभएको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।कर्णाली क्षेत्रको कथा देखाइएको फिल्मको ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल लगायत स्वस्तिमालाई कर्णाली भेषभुसामा देखाइएको छ ।फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । फिल्म असार १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
ब्याजदर घट्दा पनि बढ्न सकेन कर्जा प्रवाह
बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
‘झरनाको चिसो पानी’
झरनाको ‘चिसो पानी’ गीत न गुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।
४ अर्बको ब्रान्डेड उत्पादन जलाइयो
विश्व बजारमा अचेल ब्रान्डेड कपडा, अत्तरलगायत सामग्रीहरू खरिद गर्ने बढेका छन् । यो सँगै कम्पनीहरूलाई आआफ्नो ब्रान्डको साख जोगाउन चुनौती पनि थपिएकै छ । खासगरी ‘आउट डेटेड’ र बजारमा नबिकेका उत्पादनहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती कम्पनीहरूको रहँदै आएको छ ।
हाउन्ड्सको लगातार हार
घरेलु कोर्टमा पाएको उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन नसक्दा क्वीक्स बास्केटबल लिगअन्तर्गत हिमालयन हाउन्ड्स टोली मंगलबार विशाल मिलन केन्द्र (बीएमके) सँग पराजित भएको छ ।
बहुपति प्रथामा ‘सूर्योदय’ बन्ने
निर्माण घोषणाको झन्डै नौ वर्षपछि फिल्म ‘सूर्योदय : द सनराइज सोनम एण्ड हर हसब्यान्डस’ बन्ने पक्कापक्की भएको छ । हिमाली भेगमा विद्यमान बहुपति प्रथामाथि आधारित उक्त फिल्मको निर्देशन आकाश अधिकारीले गर्ने भएका छन् ।
स्कुटी र बस ठोक्किएर एकको मृत्यु
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ –३, झुम्सापुल नजिकै बस र स्कुटी एकापसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो। चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ।
सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद
सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा (एमाले)ले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।
जनसम्पर्क समिति बेल्जियममा सापकोटा
कांग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सिता सापकोटा निर्वाचित भएकी छन् । प्रत्यासी माधव सापकोटालाई ८५ मतले हराउँदै सापकोटा निर्वाचित भएकी हुन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते
कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका ९ शंकरपुरमा मंगलबार राती विपरित दिशातर्फ गुडिरहेका सु.प.प्र.०१–००९ प. ७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ ।
लागूऔषध ब्राउन सुगरसहित चार पक्राउ
कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट
यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
याकचौंरीको ‘हब’ मनाङ
बर्सेनि मनाङका किसानले पालेका याकचौंरीका बाच्छाबाच्छी हिउँ चितुवाको आक्रमण पर्ने गरेका छन् । हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ ।
राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
ट्रम्प-किमबीच शिखरवार्ता जुन महिनामा सिंगापुरमा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन्।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ ।
राउण्ड धवलागिरिलाई विश्वभर प्रचार गर्न पदयात्रा
राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन गर्न १२ दिनको चक्रीय धवलागिरि पदयात्राको आयोजना गरिएको हो । पदयात्राले राउण्ड धवलागिरिको पर्यटन प्रवद्र्धन टेवा मिल्ने विश्वास गरिएको छ ।
राजा च्याउले पाउन थाल्यो बजार
नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । ‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो । व्यापारकै सिलसिलामा कोरोना महामारीभन्दा केहीअघि चीन पुग्दा उहाँले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको महसुस गरेपछि यसको व्यावसायिक उत्पादन सुरु गरेको बताउनुहुन्छ ।
लर्डसमा नेपाली टिमलाई स्वागत गर्न आतुर छ डायस्पोरा
करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिमलाई फेरि स्वागत गर्न आतुर छ यहांको नेपाली डायस्पोरा । २९ जुलाईमा नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा हुने टी टवान्टी त्रिकोणात्मक श्रृंखला हेर्न खेलप्रेमी युवा उत्साहित भएका हुन् ।
इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनु भएको छ ।
तराईमा उल्लासपूर्वक होली मनाइँदै
कैलालीसहित तराईमा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । एक–अर्कालाई रङ, अबिर दलेर रङ्गहरुको पर्व उल्लासपूर्वक मनाउन लागिएको हो ।
स्मार्टफोनको सुरक्षा योजना
मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाका लागि योजना सुरु गरेको छ । यो योजनाअनुसार कुनै पनि स्मार्टफोन ड्यामेज भए, हराए वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउनेछन् ।
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय
लन्डनका सफल व्यवसायी कुल आचार्यले अघिल्लो सोमबार दक्षिण पश्चिम लन्डनको पटनीमा नयाँ रेस्टुराँ खोले । बेलायतमा ‘होली काउ’ समूहको यो नवौं तथा पहिलो सिट इन हो । यसअघि आचार्यका सबै रेस्टुराँ ‘टेक अवे’ थिए । नयाँ रेस्टुराँमा करिब सय सिट छन्, दर्जन बढी कामदार ।
गुल्मीदरबारमा निःशुल्क स्वास्थ्य शिविर
गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
कुरूप बन्यो बहुप्राविधिक शिक्षालय
मर्मतसम्भार नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । वेलायत सरकारको सहयोगमा विसं २०४० मा स्थापना भएको यो शिक्षालयमा मर्मतसंभारको अभावमा जिर्ण बनेको हो ।
कोरोनाभाइरस: चीनबाट उद्धार गरिने नेपालीलाई 'क्वारन्टीन'मा राख्न चार स्थान चयन
कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तबाट १८० जना नेपालीहरू उद्धारको पर्खाइमा रहेका बेला सरकारले उनीहरूलाई 'क्वारन्टीन' गर्ने चार स्थानको टुङ्गो लगाएको अधिकारीहरूले बताएका छन्।
बालचलचित्र प्रदर्शन
चलचित्र विकास बोर्डको विशेष सहकार्यमा शैली थिएटरले बालचलचित्र प्रदर्शनी तथा संवाद सम्पन्न गरेको छ । शुक्रबार आयोजित ‘नेपालमा बाल चलचित्रको महत्व र आवश्यकता’ विषयक संवाद कार्यक्रमका वक्ताले बालबालिकाका लागि चलचित्र कम बन्ने गरेको धारणा व्यक्त गर्नुभएको छ ।
चन्द्रमाबाट नमुना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । सिन्ह्वा न्युज एजेन्सीका अनुसार मानवरहित चिनियाँ चन्द्रयान चांग'ई-६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको हो ।
राष्ट्रिय सुरक्षामा बहकिएको बहस
बहुदल र गणतन्त्र केवल व्यक्ति विशेषका (कु)आकांक्षा पूरा गर्न र कुनै समूहको स्वार्थ साधना गर्नका लागि होइन । देश र जनताको सर्वोपरि हित, समृद्धि र गरिमाका लागि हो । तर, यस्ता विषय ओझेलमा पारिन थालेका छन् । राष्ट्रिय हित र देशभक्ति कतिपयका लागि खोक्रो लाग्न थालेको छ । त्यस्ताले बाह्य शक्तिको आडमा गरिने स्वार्थपूर्ण सत्ताको खेललाई उत्कृष्ट मान्न लागेका छन् । छिमेकी तथा शक्तिशाली धनी मानिएका अन्य देशले अहोरात्र राष्ट्रिय हितमा लागिरहँदा नेपालमा राष्ट्रिय हितका कुरा गर्नेहरूलाई सत्ताका दलालहरूले अन्ध राष्ट्रवादी भन्दै सत्तोसराप गर्ने स्थिति निर्माण गरिँदै छ ।
वायु प्रदूषण रोक्न स्कुल तहबाटै सिकाऊँ
नेपालमा वायु प्रदूषण बढ्दै गइरहेकाले स्कुल तहबाटै विद्यार्थीलाई प्रदूषण रोकथामका लागि सीप सिकाउनु पर्ने अमेरिकी अध्येताले बताउनुभएको छ । सो अध्ययनमा स्वास्थ्य कक्षाहरूमा वायु गुणस्तर पाठहरू समेत पढाउनु उपयुक्त हुने उहाँको सुझाव छ ।
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन १६ गतेबाट सुरु हुने
भवानी ऐरगोदावरी (कैलाली), जेठ १३ गते । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेश जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो । जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उहाँको भनाइ थियो । मन्त्रीपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्री रावलकाअनुसार आजको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले १५ औं गणतन्त्र दिवस भव्यताकासाथ ३ दिनसम्म मनाउने निर्णय गरेको मुख्यमन्त्री भट्टको स्वकीय सचिवालयले जनाएको छ । विगत केही वर्ष कोरोना संक्रमणका कारण बाजागाजासहितको ¥याली गरेर मनाउन नसकिएको दिवस यस वर्ष भव्यताकासाथ मनाइने मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमवहादुर कुँवरले बताउनुभयो ।
अन्तर्राष्ट्रिय किसानको बैठक भोलिदेखि नेपालमा हुँदै
अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ ।
प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए
पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई 'जनताको नासो' भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ।
काबुल आक्रमण: सूचना मन्त्रालयमा भएको घटनामा सात जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गर्दा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकी आयातमा कर बढाइने: चीन
चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने एक सयभन्दा बढी वस्तुहरूमा २५ प्रतिशतले भन्सार शुल्क बढाउँदै छ।
‘जापानबाट नेपालले सिक्नुपर्छ’
जापानको राजनीति, विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । जापानी विश्वविद्यालय अलुमुनाइ एसोसिएसन नेपालले शनिबार आयोजना गरेको जापानको विगत, वर्तमान र भविष्य विषयक गोष्ठीमा बोल्दै धेरै विषयमा नेपाल–जापानबीच समानता भए पनि नेपालले विकास पथमा अघि बढ्न नसक्नुका कारणको खोजी गर्नुपर्नेमा उहाँहरूको जोड थियो ।
कर्मले बदलिएको नाम ‘तरकारी काका’
घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ ।
आर्थिक संकटमा परेपछि वायुसेवा निगमले गुहार्‍यो सरकार, मासिक ३१ करोड ७७ लाख घाटा
नौवटा साना तथा पाँचवटा ठूला जेट विमान गरी १४ वटा जहाज भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले स्वेतपत्र जारी गर्दै आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ ।
लुक्लामा हवाई चाप उच्च
पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् ।
रोजगारी सिर्जनामा समाज र सरकारले के गर्न सक्छन् ?
रोजगारीको अभावमा विदेश पलायन भएका युवाले पठाएको रेमिट्यान्सले नै देश चलायमान छ । यसमा कुनै दुई मत छैन । तर, युवा देशबाट पलायन भइरहँदा र मूल्य अभिवृद्धि नहुँदा अर्थतन्त्र कमजोर अवस्थामा पुग्यो । सामाजिक अवस्था खलबलियो । यो चिन्ताको विषय हो । युवा बिदेसिएका मात्र छैनन्, करिब ८ लाख विदेशी कामदार नेपालमा काम गरिरहेका छन् । यो संख्यालाई नेपाली युवाले प्रतिस्थापन गर्न सक्थे ।
पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी
नेपालका पशुजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा पहुँच वृद्धिका लागि सरकारले नीति निर्माणमा विभिन्न दातृ निकायसँग सहकार्य र सम्झौता गर्दै आएको छ । केही दिनअघि मात्र पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको थियो । यसअघि दुधमा आत्मनिर्भरका लागि हेफर इन्टरनेसनले नेपाललाई कोरेली गाई तथा बाछा उपलब्ध गराइसकेको छ । हेफर इन्टरनेसनमार्फत दिएको कोरेली गाई सिन्धुलीका किसानलाई वितरण गरिसकिएको छ । यसअघि नेपालले अमेरिकाबाट पनि नस्ल सुधारका लागि साँढे ल्याइसकेको छ ।
राष्ट्रिय क्लब टिम बुद्धिचाल सुरु
च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल सोमबार सुरु भएको छ ।
हामी दोहोरो हितका परियोजनामा लगानी गर्न चाहन्छौँ
निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको तलबको केही हिस्सा जोगाएर लगानीयोग्य रकम जोहो गर्न सक्ने ठूलो हैसियत बनाएको नागरिक लगानी कोषमा आठ लाख जनाको करिब दुई खर्ब छ अर्ब रुपियाँ छ। कोष स्थापनाको ३३औँ वार्षिकोत्सवका अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
तनहुँ जलविद्युत् आयोजनाको ट्रान्समिटर जडान कार्य पुनः सुरु
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवरोध भएको प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ ।
विधिको शासन जोगाऊ
विधिको शासन आधुनिक राज्यको आधार हो, जुन न्यायपूर्ण र निष्पक्ष समाजका लागि अपरिहार्य हुन्छ । लोकतान्त्रिक देशको मूल मर्म नै विधिको शासन हो जो नभए लोकतन्त्र लोकतन्त्र रहँदैन ।
हिमाल र पहाडमा भन्दा तराईमा धेरै मूल्यवृद्धि
चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ ।
डिआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
कोरोना भाइरस: 'जीटुजी'बाट नेपाल ल्याइने विभिन्न स्वास्थ्य सामानको सूचीले पायो अन्तिम रूप
नेपाल सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथामका निम्ति विदेशबाट खरिद गरेर ल्याउने औषधी र स्वास्थ्य सामग्रीको सूची टुङ्गो लगाएको छ।
अनेकतामा एकता हाम्रो मौलिक पहिचान: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताउनुभएको छ । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ ९धान्यपूर्णिमा० एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
जनगणनाको पूर्ण विवरण फागुन पहिलो सातामा सार्वजनिक हुने
नेपालको पछिल्लो जनगणनाको वास्तविक तथ्यांक सार्वजनिक हुन अझै एक महिना लाग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
सर्वोच्चको आदेशविरुद्ध सांसदलाई बजेट बाँड्न प्रदेशको हठ
सर्वोच्च अदालतले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत रकम विनियोजन, निकासा र खर्चमा रोक लगाउन अन्तरिम आदेश जारी गरे पनि प्रदेश सरकारहरूले वैकल्पिक शब्द र योजनामार्फत फेरि सांसदलाई रकम बाँड्ने गृहकार्य गरेका छन् ।
‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।
कोरोना भाइरस नेपाल: शैक्षिक सत्र नै रद्द हुन सक्ने संशय
नयाँ शैक्षिक सत्रको तीन महिना नाघिसक्दा पनि सरकारी अधिकारीहरूले विद्यालय खुल्ने समयको आकलन समेत गर्न नसकेका कारण विद्यार्थीको पूरै सत्र खेर जाने विज्ञहरूको संशय छ।
आर्मीले जित्यो सिमरा गोल्डकप
त्रिभुवन आर्मी क्लबले रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार फाइनल थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै आर्मीले दोस्रोपल्ट सिमरा गोल्डकप जितेको हो । २०७१ सालमा छैंटौं संस्करण च्याम्पियन आर्मीले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ ।
भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जेठ २ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा दोस्रो पटक निर्वाचित भएपछि हुन लागेको उहाँको यो
तमिमको संन्यास
बंगलादेशका एकदिवसीय अन्तर्राष्ट्रिय टोलीका कप्तान तमिम इकवालले बिहीबार तत्काल लागू हुनेगरी सबै किसिमको क्रिकेटबाट सन्यांस घोषणा गरेका छन् । उनले अफगानिस्तानविरुद्धको शृंखला चलिरहँदा अस्वाभाविक रूपमा सन्यांस घोषणा गरेका हुन् ।
तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात् ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ।
कन्टेजन: के १० वर्षअघि बनेको यो चलचित्रले कोरोनाभाइरस महामारीको पूर्वानुमान गरेको थियो?
सन् २०११ मा सार्वजनिक हुँदा खासै व्यापार गर्न नसकेको अङ्ग्रेजी चलचित्र 'कन्टेजन' (contagion) लाई सफल चलचित्र भन्न सकिने आधार न्यून छ।
करातेमा श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट
नवौं इन्डो–नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलमा स्वर्ण जितेका मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनिकी स्वर्ण विजेता कालिकाशरण स्कुलकी लक्ष्मी वाइबा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
युरोपा च्याम्पियनका अनपेक्षित नायक
विश्व फुटबलले बुधबार एउटा अनपेक्षित उत्तर पाएको छ । प्रश्न थियो, सन् १९७५ यता युरोपेली फुटबलको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी को हुन सक्छ ? उत्तरमा एडेमोला लुकमन आयो । उनकै तीन गोलप्रेरित एटलान्टाले बायर लेभरकुजनलाई फाइनलमा ३–० ले हराएको छ र युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औँ लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ ।
शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो।
शिक्षकहरूलाई सडकबाट कक्षाकोठा फर्काऊ
चक–डस्टर/मार्कर बिसाएर ब्यानरसहित राजधानी ओइरिएका शिक्षकहरू अहिले आन्दोलनमा छन् । शिक्षक मात्र होइन, कुनै पनि नागरिक सडकमा आउनै नपर्ने अवस्था सिर्जना गर्ने र आएको अवस्थामा पनि उनीहरूको आवाज सम्बोधन गर्ने वातावरण बनाउने जिम्मेवारी राज्यको हो । अहिले सडकमा आएका शिक्षकसँग भइरहेको वार्तालाई पनि तत्काल निष्कर्षमा पुर्‍याउने र उनीहरूलाई कक्षाकोठामा फर्काउन सरोकारवाला निकायले इमानका साथ पहल गर्नुपर्छ ।
फ्रेन्च ओपन : अल्काराज र सिसिपास क्वाटरफाइनलमा भिड्ने
स्पेनका तेस्रो वरीयताका कार्लोस अल्काराजले फेलिक्स एगरलाई सजिलै पराजित गर्दै आइतबार फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्थान बनाएका छन् । उनले क्यानाडाका एगरलाई ६–३, ६–३ र ६–१ ले हराए ।
गन्तव्य दोलखा
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।
भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।
निगम भैरहवा जान तयार
नेपाल वायुसेवा निगम अन्ततः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न तयार भएको छ। गत जेठदेखि व्यावसायिक सञ्चालनमा आएको यो विमानस्थलमा दैनिक उडान शून्य प्रायः भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको हिउँदे उडान तालिका अनुसार निगम बाध्य भएर भैरहवामा उडान भर्न तयार भएको हो।
नेपालको अर्थतन्त्र, बैंकिङ र अबको बाटो
विश्व अर्थव्यवस्थामा देखिएका उतारचढावहरूमाझ अबको अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने विषयमा विभिन्न प्रक्षेपण भइरहेका छन् । कोभिड–१९ र तत्पश्चात् सुरु भएको रुस–युक्रेन युद्धका कारण पूरै विश्वमा फरक परिस्थिति उत्पन्न भएको छ ।
नेपाली कामदार: कतारमा आशा, मलेशियामा अन्योल
कतारमा वर्षौँदेखि घर फर्कन नपाएका नेपाली कामदारहरू सजिलै स्वदेश फर्कन पाउने आशामा रहेका बेला मलेशियामा भने कैयौँ नेपाली कामदार कसरी घर फर्कने भन्ने अन्योलमा रहेका छन्।
बाख्रापालनबाट मनग्गे आम्दानी
भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुनुहुन्छ जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।
क्यान्सर: विरामी बढे, स्रोत-साधन अपुग
क्यान्सरका नयाँ विरामीहरुको संख्या पछिल्ला वर्षहरुमा तीब्र रुपमा बढ्दै गएको स्वास्थ्य निकायहरुले बताइरहेका बेला उक्त रोगको उपचारमा आवश्यक उपकरण र जनशक्तिको कमी रहेको चिकित्सकहरुले बताएका छन्।
जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान
थारू तथा मधेशी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सप्तरी महिला समूहले शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। एक साताअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सप्तरी महिला समूहको आयोजनामा गरिएको जितिया समारोहमा उपस्थित हुँदै अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनितीकर्मी, पत्रकार आदीबासी महिलाको सहभागिता थियो ।
एक वर्षमै एक करोड प्रयोगकर्ता थपिए
नेपालमा फोरजी सार्वजनिक भएको पाँचौँ वर्षमा मात्रै यसका प्रयोगकर्ताको सङ्ख्या व्यापक बढेको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजी पु-याउन गरेको लगानी र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२२ भित्र देशैभर यो प्रविधि पु-याउन दिएको समयसीमाको प्रभाव यतिबेला फोरजीमा देखिन थालेको छ ।
भूमिसुधारको भुलभुलैया
कृषि नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत हो । विगतमा जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएका कारण नेपाललाई कृषि प्रधान देशका रूपमा लिइन्थ्यो । २०६८ को जनगणनाअनुसार नेपालमा ७१ प्रतिशत परिवार कृषिमा संलग्न थिए भने २०७८ को तथ्यांकअनुसार ६२ प्रतिशत परिवार कृषिमा संलग्न छन् ।
सन् १९३३ मा आजकै दिन : गोल्डेन गेट पुल निर्माण
सन् १९३३ मा आजकै दिन (जनवरी ५) मा अमेरिकाको क्यालिफोर्नियास्थित गोल्डेन गेट पुल बनाउन सुरु गरिएको थियो । यो पुल अमेरिकाको शक्ति र प्रगतिको प्रतीक मानिन्छ ।
दक्षिण कोरियामा चिकित्सकहरूको आन्दोलन, स्वास्थ्य सेवा अवरोध
दक्षिण कोरियाको सरकारले बिहीबारदेखि काममा नफर्के हडतालमा रहेका हजारौं जुनियर डाक्टरहरूलाई कानुनी कारबाही गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने धम्की दिएको छ । देशका करिब तीन चौथाई डाक्टरहरूले गत हप्तामा आफ्नो जागिर छोडेका छन् । जसका कारण प्रमुख शिक्षण अस्पतालहरूमा शल्यक्रियामा समेत अवरोध र ढिलाइ निम्त्याएको छ ।
‘युटोपिया’ को टिजर रिलिज
सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया एक सुन्दर भविष्य’ को टिजर विवाहपञ्चमीका अवसरमा सार्वजनिक गरिएको छ । युटोपियाको अर्थ रामराज्य हुने भएकाले पनि रामसीता विवाहका अवसरमा सार्वजनिक गरिएको हो । टिजरमा सनातन धर्म, संस्कृतिभित्र लुकेका रहस्यहरू उजागर गर्ने निर्माता पक्षले जनाएको छ ।
पोखरा थिएटरमा ‘१२ दुर्वासा’
अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेख्नुभएको नाटक १२ एङ्ग्री मेन अर्थात् ‘१२ दुर्वासा’ पोखरा थिएटरमा मञ्चन हुने भएको छ । रोजले उक्त ‘कोर्ट रुम’ नाटक सन् १९५४ लेख्नुभएको थियो । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको नाटकमा आधारित रहेर थुप्रै भाषामा नाट्य रूपान्तरण तथा चलचित्र बनिसकेको छ ।
छाँयाक्षेत्रको आम्दानी साढे ६ लाख
महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।
शहीदको सम्झनामा पार्क र छात्रावास निर्माण
तनहुँमा शहीदको सम्झनामा पार्क तथा छात्रावास निर्माण गरिएको छ । व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क निर्माण गरिएको हो ।
देवदहसँग बुटवल राइनोज २ विकेटले पराजित
भैरहवामा आइतबारदेखि सुरु सुपर लिगको पहिलो खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा दुई दशक अघिदेखि वर्षेनि हुँदै आएको सुपर लिग अन्तर्गत सिद्धार्थ रंगशालामा भएको खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गरेको हो ।
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
70
Edit dataset card