headings
stringlengths
6
104
paras
stringlengths
57
472
label
stringclasses
3 values
साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत
एसियाली खेलकुदमा नेपालले पाकिस्तानविरुद्ध बेहोरेको हार संयोग मात्र थिएन । बरु नमिठो संयोग के रह्यो भने नेपालले साफ च्याम्पियसिपको उद्घाटन खेलमा पनि त्यही अन्तरको हार बेहोर्‍यो ।
sports
कृषिका कार्यक्रममा समस्यै समस्या
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रममा समस्यै समस्या देखिएको छ ।कृषकलाई प्रोत्साहन, कृषि उत्पादन र बजारीकरण गर्न सञ्चालित अधिकांश कार्यक्रममा समस्या देखिएको हो ।
business
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : धावनमार्ग, टर्मिनल भवन र टावर धमाधम
निर्माण सुरु भएको केही महिनापछि भूकम्प, मधेस आन्दोलन, नाकाबन्दी, ठेकेदार र सहठेकेदारबीच विवादले सुस्ताएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिएको छ ।
business
बजार अनुगमन ठप्प
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको हस्तक्षेपमा बजार अनुगमन ठप्प भएको छ । व्यावसायिक दबाबमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई अनुगमन नगर्न दबाब दिएपछि एक महिनायता बजार अनुगमन ठप्प भएको हो ।
business
‘कान्छी’ को चरी गीत
नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को बिहीबार नयाँ गीत ‘चरी चट्ट परी...’ को भिडियो रिलिज गरिएको छ । राजनराज सिवाकोटीको रचना तथा संगीत रहेको उक्त गीत सिवाकोटीले अञ्जु पन्तसँग मिलेर गाएका हुन् ।
entertainment
‘आग्रह गर्दा नटेरे बाध्य पार्छाैं’
सरकारले पुँजी बजारमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनीहरूलाई सूचीकृत हुन बाध्य पार्ने नीति आउने संकेत देखिएको छ । पछिल्ला वर्षहरूमा बजारमा रियल सेक्टरका कम्पनी भित्र्याउन पटकपटक आग्रह गरिए पनि अपेक्षित रूपमा कम्पनी नआइरहेको समयमा अर्थमन्त्री युवराज खतिवडाले यस्तो खुलासा गरेका हुन् ।
business
वितरणले जित्यो फुटसल
कान्तिपुर पब्लिकेशन्स प्रालिको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित आन्तरिक विभागीय फुटसल प्रतियोगिता वितरण विभागको ‘ए’ टिमले जितेको छ ।
sports
दिनभर साकार
फेसबुक लाइभ गरेर अनेक अभिव्यक्ति दिँदै आएका र्‍यापर साकार अधिकारी उर्फ लील बुद्ध अहिले खबरहरूमा छन् । उनी बुधबार युटयुबमा खुब हेरिए ।
entertainment
दिइयो टोरेन्टो नेपाली फिल्म अवार्ड
हरेक वर्ष क्यानडामा ‘टोरन्टो नेपाली फिल्म फेस्टिभल (टीएनएफएफ)’ हुँदै आएको छ । नेपाली फिल्मको बजारिया दायरा बलियो बनाउन सघाउँदै आएको यो फेस्टिभलको अवार्ड समारोहमा भने नेपालमा हुँदै आएको छ ।
entertainment
पहिलोपटक अन्तरसरकारी वित्त परिषद्को बैठक
संघीय र प्रदेश सरकारका अर्थमन्त्रीहरूको रहने अन्तरसरकारी वित्त परिषदको पहिलोपटक बैठक आयोजना भएको छ । संघीय र प्रदेशको बजेट बनाउनुपूर्व केन्द्रीय अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा उक्त बैठक बसेको हो । संघीय बजेट जेठ १५ गते ल्याउनुपर्ने प्रावधान छ ।
business
दक्षिण अफ्रिका विजयी
तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर तब्रेज साम्सीले ४–४ विकेट लिएपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिलो वान–डेमा ५ विकेटको जित दर्ता गरेको छ । आइतबार डम्बुलामा भएको खेलमा श्रीलंकाको शीर्षक्रमलाई ध्वस्त पारेका रबाडाले ४१ रन खर्चेर ४ विकेट लिए ।
sports
एपीएफ र न्यु डायमन्ड भिड्ने
विभागीय टोली शिवम् न्यु डायमन्ड र नेपाल एपीएफ क्लब आरबीबी–एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।
sports
मेघालाई 'लभ स्टेशन'को साथ 
पछिल्लो समय कलाकर्मीहरु सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका छन् । फिल्म 'लभ स्टेसन' को टोलीले बुधबार भक्तपुर पुगे, करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई भेट्न । अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही, संगीतकार एलिस कार्कीसहितको टोलीले मेघालाई १ लाख रुपैयाँ सहयोग गरे ।
entertainment
खुश्बुलाई एएफसीको अवार्ड
एसियाली फुटबल महासंघ (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ ।
sports
नेपाली गीतमा उडिया गला
भारतको उडिसाको भुवनेश्वरकी दीपशिखा मिश्राको नेपाल र नेपाली भाषासँग टाढाको साइनोसम्म थिएन । उनी अझ नेपाली गीत संगीतबारे विल्कुलै अनभिज्ञ । तर दुई पटक गरी एक दशकभन्दा लामो नेपाल बसाइले गर्दा उनको नेपाली गीतसंगीतसँग नाता जोडिएको छ । कतिसम्म भने, तीन वर्षयता नेपाली गीत गाइरहेकी छन् ।
entertainment
जापानलाई ठूलो सफलता
युया ओसाकोले खेलको अन्तिम समयमा गोल गरेपछि जापानले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई समूह ‘एच’ को खेलमा मंगलबार २–१ ले पराजित गरेको छ । यो जितसँगै जापान कुनै पनि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र बन्यो ।
sports
विनीतालाई प्रो कार्ड
विनीता राई शारीरिक सुगठनको विश्व प्रसिद्ध प्रतियोगिता मिस्टर ओलम्पियाका लागि छनोट हुने पहिलो नेपाली बनेकी छन् । शनिबार राजधानीमा आयोजित आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफयरमा विनीतासहित चार खेलाडीले फरक विधाबाट मिस्टर ओलम्पियालाई प्रो कार्ड पाएका छन् ।
sports
धनगढीसँग ग्लोबल कलेज
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले साथ दिएको छ । ग्लोबल कलेज माघ २६ गतेदेखि धनगढीमा हुने डीपीएलमा धनगढी स्टार्सको प्रमुख प्रायोजकको रूपमा रहनेछ । 
sports
क्रिकेट विश्वकप छनोट: हङकङविरुद्ध नेपाल (अपडेट)
नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।
sports
हल थप्दै ‘जय शम्भु’
शुक्रबारदेखि प्रदर्शनरत ‘जय शम्भु’ को प्रारम्भिक व्यापार ‘सुखद’ भएपछि हलमा सो थपेको छ ।
entertainment
नेपालकै कारण भारु साटिएन
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रूपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरूमा रहेको रकम यत्तिकै थन्किएको छ ।
business
बजेट १५ खर्बमा सीमित गर्न सुझाव
आगामी बजेटको आकार करिब १५ खर्ब रुपैयाँभित्र सीमित गर्न राष्ट्र बैंकले सुझाएको छ । मुलुक संघीयतामा गएसँगै आगामी बजेट तीन तहको सरकारको एकीकृत भएकाले करिब १५ खर्ब रुपैयाँ हाराहारीको बनाउनुपर्ने देखिएको राष्ट्र बैंकले बताएको हो ।
business
सेयरमा लाभकर विवाद : लगानीकर्ता आन्दोलित
हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोधमा लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका छन् । 
business
रेखा भन्छिन्– सत्य कुरा नपच्ने रहेछ
पछिल्लो समय नेपाली फिल्मबारे धारणाहरू परिवर्तन हुँदै गएका छन् । मनोरञ्जन मात्रै नभई मानिसलाई जागृत बनाउने काम पनि फिल्मले गर्नुपर्ने धारणाहरू अगाडि आएका छन् ।
entertainment
एसियामा नयाँ शक्ति
कीर्तिमानी चारपल्टको च्याम्पियन जापानलाई ३–१ ले स्तब्ध पार्दै शुक्रबार कतारले ऐतिहासिक रूपमा पहिलोपल्ट एसियन कप फुटबलको उपाधि उचालेको छ ।
sports
चामल उद्योगमा बद्मासी
चामल उद्योगले मनोमानी रूपमा मूल्य असुल्दै आएको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चितवन, नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा गरेको अनुगमन तथा मूल्य संकलनको क्रममा यस्तो फेला परेको हो ।
business
अण्डामा ठगिँदै किसान र उपभोक्ता
अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ ।
business
सहकारीको ६६ लाख हिनामिना गर्ने पक्राउ
राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । 
business
साडी सौन्दर्य
अहिलेको पुस्ता फास्टफुड शैलीमा रमाउँछ, लवाइ होस् या खवाइ । फेसनको मामिलामा त ‘साडी’ को पहिरन झनै झन्झटिलो मानिन्छ । तर, यस्ता केही व्यक्तित्व छन्, जो साडीबाहेक अरू पहिरनमा सहज मान्दैनन् ।
entertainment
आर्मी विजेता
विभागीय टोली आर्मी क्लब सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
sports
‘शुभलभ’ मा हरिहर र कृष्टिन
सानो उमेरमै ज्योतिष विद्यामा आफूलाई चिनाइसकेका हरिहर अधिकारी अब भने नायक बनेर चिनिने तयारीमा छन् । प्रदीपकुमार उदयको प्रस्तुतिमा बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘शुभलभ’ मा हरिहर कृष्टिन पौडेलसँगको केमेस्ट्रीमा पर्दामा देखिने भएका छन् ।
entertainment
‘ल्याङ ल्याङ’ गर्दै करण
फिल्म निर्माणदेखि वितरणसम्म गर्दै आएका करण श्रेष्ठ अब भने निर्देशनमा समेत होमिएका छन् ।
entertainment
यार्चा बेचेको ६ महिनामा पनि पाएनन् रकम
‘गाउँका पसलहरूमा सामान छैन भन्छन् । बाहिरबाट किनेर ल्याऊँ भने हातमा नगद छैन । भोकमरी हुने अवस्था भइसक्यो । छ महिना भइसक्यो किराको पैसा दिएका छैनन् ।’ 
business
कतारमा आईएलओ
नेपालीसहित आप्रवासी कामदारका उजुरी लिन पाउने गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यालय कतारमा आइतबार स्थापना भएको छ । आप्रवासी कामदारको बाहुल्य रहेको खाडीका ६ देशमध्ये कतारमा मात्रै आईएलओको कार्यालय सञ्चालन भएको हो ।
business
अगुइरोको ह्याट्रिक
सर्जियो अगुइरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले शनिबार न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पुन: १२ अंकको अग्रता लिएको छ । गत साता लिभरपुलसँग ४–३ ले पराजित भएपछि घरेलु फुटबलमा सिटीको ३० खेलको अपराजित यात्रा टुंगिएको थियो । 
sports
यार्सामा निर्भर स्थानीय भन्छन्– ‘किरा पाउनै छाड्यो, अब के खाने ?’
‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका) का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा अनौपचारिक कुराकानीका क्रममा चिन्ता व्यक्त गरे । 
business
कान्तिपुर हाफ म्याराथनको उपाधि हरि रिमाल र कान्छिमाया कोजूलाई
कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन् । पुरुष तर्फको उपाधि नेपाली सेनाका रिमालले जितेका हुन् भने महिला तर्फ सशस्त्र प्रहरीकी कोजूले जितिन् । दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन् ।
sports
परिसूचक र कारोबार रकम दुवै बढे
सातामा कारोबारको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४४ प्रतिशतले बढयो ।
business
'संरक्षण' ट्रेलरमा मधेस पीडा
स्थानीय निर्वाचनका कारण यति बेला मुलुकको मधेस क्षेत्र गर्माएको छ । त्यसो त पछिल्लो समय मधेस राजनीति केन्द्रको नजरमा पर्न थालेको छ । यस्तोमा नेपाली फिल्मका विषयवस्तु पनि बिस्तारै मधेसकेन्द्रित देखिन थालेका छन् ।
entertainment
सहुलियत कर्जामा बैंकको बेवास्ता
बैंक तथा वित्तीय संस्थाले चासो नदिदा सर्वसाधारणले सहुलियतपूर्ण कर्जा सुविधा पाएका छैनन् । राष्ट्र बैंकले एक महिनाअघि (असोज ११) सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि जारी गरेर कार्यान्वयन गर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले चासो नदिँदा लाभग्राही उक्त सुविधाबाट वञ्चित भएका हुन् । 
business
अरुण निर्माणमा सडक समस्या
अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणमा पहुँच सडक बाधक भएको सरोकारवालाले बताएका छन् । सदरमुकाम खाँदबारीमा बुधबार लगानी बोर्डले आयोजना गरेको कार्यक्रममा भारतीय सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतीशकुमार शर्माले सानो र हिलाम्मे सडक भएकाले ठूला यातायातका साधन गुड्न समस्या भएको बताएका हुन् ।
business
पूरक बजेटबारे सोचेकै छैनौं : अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडाले पूरकबजेटबारे केही पनि नसोचिएको बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याउन सकिने संकेत गरेको डेढ सातामै अर्थमन्त्रीले यसबारे सरकारमा कुनै छलफल नभएको बताएका हुन् ।
business
कारोबार रकम ४६ प्रतिशत घट्यो
यो साता दोस्रो बजारमा १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ४५.९६ प्रतिशतले कम हो ।
business
उपाधि जित्न सुदूरपश्चिमको भर
भलिबल कप्तान जनक खड्का डोटीका स्थायी बासिन्दा हुन् । तर उनी अधिकांश राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा महेन्द्रनगर र धनगढीको नेतृत्व गर्छन् । उनको खेल त्यतिमा मात्र सीमित छैन । सुर्खेतको चुली युथ क्लबको कप्तानी जिम्मा पनि उनैमा छ । 
sports
जो ब्ल्याकलिस्टेड भए
हल्का झयापुल्ले कपाल भएका एउटा गोरो तन्नेरी अचेल कुमारी हलतिर दिनहुँ भेटिन्छन् । कतै सुदूर सम्झनामा हराइरहेको मनोदशामा भेटिने यिनीसित आफ्नै जीवनका थुप्रै कहानी छन् ।
entertainment
तिब्बतको व्यापार ठप्प
दार्चुला 'हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन,' यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको । 
business
मनाङको कब्जामा लिग
खेल मैदानमै मुक्काको वर्षा भएपछि ठमेल ११ का केही खेलाडी निलम्बनमा परे । औपचारिक रूपमै ठमेल ११ को फुटबल यात्रामा पूर्णविराम लाग्यो । त्यही घटनाले जन्माएको क्लब हो, मनाङ मस्र्याङदी क्लब । ३६ वर्षअघि मनाङ स्थापना हुनुअघि नै संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीनपल्ट च्याम्पियन भइसकेको थियो ।
sports
सगुनको मिनी आईपीओमा २६ जुलाईसम्म लगानी गर्न पाइने
सगुनको मिनी आईपीओमा लगानी गर्ने समय बिहीबार सकिँदै छ । लगानीकर्ताहरुले यही जुलाई २६ को मध्यरातसम्म आवेदन दिन मिल्ने सगुनले जनाएको छ । मिनी आइपिओमा लगानी गर्ने समय सकिनै लाग्दा सगुनले अन्तिम ५ दिनका लागि बोनस शेयरको समेत घोषणा गरेको छ ।
business
नेपाल उद्यमशीलता सम्मेलन हुँदै
सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौंमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ । 
business
मनास्लुमा बर्सेनि बढ्दै पर्यटक
मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि आउने पर्यटक बर्सेनि बढेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ ७ हजार २ सय ३ पर्यटक मनास्लु घुम्न आएका थिए ।
business
घरैपिच्छे डेरी उद्योग
इलामका कृषक दुग्ध व्यवसायमा आफैं उद्यमी बनेका छन् । यहाँ उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री भएकाले डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको हो । हाल छुर्पीको बजार भने अनिश्चित भएको भन्दै उद्यमी चिन्तामा छन् । 
business
तेस्रो संस्करणको ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सलाई
टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो ।
sports
रुकुमको दूध जिल्ला बाहिर
सानीभेरी गाउँपालिका ११ का मानबहादुर ओलीको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए दही जमाएर घिउ उत्पादन गर्ने गरेका ओलीले अब सोझै दूध बेच्न थालेका छन् ।
business
‘चंगा’ को ‘कम्पनी माला’
जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चंगा’ को पहिलो गीत ‘कम्पनी माला...’ रिलिज भएको छ । लोकलयको गीत राजेन्द्र थापाले लेखेका हुन् भने, संगीत राजनराज शिवाकोटीले दिएका हुन् ।
entertainment
चितवनमा महिला क्रिकेट हुने
राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्लू) को आयोजनामा पहिलो महिला टी–२० क्रिकेट लिग बुधबारदेखि चितवनमा हुने भएको छ । त्यसमा तीन नेपाली र एक भारतीय टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
sports
क्षतिग्रस्त विद्युत् आयोजनाको मर्मत तीव्र
भूकम्प, भोटेकोसी बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मतले तीव्रता पाएको छ । भोटेकोसीदेखि सुनकोसी क्षेत्रमा रहेका साना ठूला आयोजनाहरू छिटोभन्दाछिटो सञ्चालनका लागि मर्मत भइरहेको हो ।
business
ज्योति बनिन् ‘मिस क्विन लेखनाथ’
तेस्रो ‘मिस क्विन लेखनाथ’ को उपाधि ज्योति खत्रीले जितेकी छन् । यहाँ शनिबार भएको फाइनलमा उनले सात प्रतिस्पर्धीलाई पछि पारिन् । फस्ट रनरअप सब्रिना ओली र सेकेन्ड रनरअप दीपा आचार्य भए । ज्योतिले पुरस्कारबापत स्कुटर पाइन् । फस्ट र सेकेन्ड रनरअपले क्रमश: ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।
entertainment
पुलिसविरुद्ध आर्मीको जित
विभागीय प्रतिद्वन्द्वीलाई पन्छाउँदै बुधबार त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौतीलाई टाइब्रेकरमा ४–२ ले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको हो ।
sports
पैसा कहाँ छ ?
पैसा कहाँ छ ? यसको जवाफ सबैका लागि रुचिकर हुन सक्छ । कान्तिपुर कन्क्लेभमा सोमबार यही प्रश्नमा उत्तरको खोजी गरियो । व्यक्तिका लागि नभएर देशको विकास निर्माणका लागि लगानीको खोजीमा छलफल केन्द्रित थियो । उक्त सत्रका वक्ताहरूको निचोड थियो— पैसा कहाँ छ भन्ने जानेर मात्र हुन्न, त्यसलाई प्राप्त गर्ने उपाय थाहा पाउनुपर्नेछ ।
business
निर्णायक खेल आज
नेपाली टिमले एएफसी यू–१९ महिला च्याम्पियनसिप २०१९ छनोटको दोस्रो चरण प्रवेशका लागि निर्णायक खेलमा आइतबार पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ  । बैंककस्थित चोनबुरी रंगशालामा हुने खेलमा जित हात पार्न सके नेपाल समूह ‘बी’ मा उपविजेता हुनसक्छ  ।
sports
लिम्बू चलचित्र महोत्सव सुरू
यहाँ बुधबारदेखि यहाँ तीनदिने लिम्बू चलचित्र महोत्सव सुरु भएको छ । जातीय संस्कृति संरक्षण एवं प्रवद्र्धनका लागि महोत्सव गरेको आयोजक याक्थुङ मुन्चईत चोक सयङका महासचिव विक्रम फागो वनेमले बताएका छन् ।
entertainment
अफ्रिकी जितमा रबाडा नायक
कागिसो रबाडाले मैदानबाहिरको अनुशासनसम्बन्धी कारबाहीलाई बेवास्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि दोस्रो टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले ६ विकेटको जितसँगै शृंखला बराबरी गरेको छ ।
sports
फयुजन पेकिङ ओपेरा
दुवै हातमा बीस मिटर लामो रेसमको सल फर्फराउँदै नाच्दा उनी परीकथाकी राजकुमारीझैं लाग्थिन् । नीलो–सेतो चिनियाँ जामामा सजिएर उनले ‘डिप नाइट’ शीर्षकमा लोक नृत्य देखाइन् ।
entertainment
जयप्रतापका कविता
जयप्रताप मल्ल कविता संग्रह लिएर पाठकमाझ आएका छन् । ‘मेरो कथा मूर्खको घर’ फ्रेन्ड्स अफ नयाँगाउँको भेटघाट कार्यक्रममा पूर्वजर्नेल भरत मल्लसहितले सार्वजनिक गरे ।
entertainment
विदेशी मुद्रा धितोमा ऋण
विदेशी लगानीकर्ताले परिवत्र्य विदेशी मुद्रा धितो राखेर बैंकबाट नेपाली मुद्रामा ऋण लिन पाउने भएका छन् । विदेशी लगानीबाट सञ्चालित परियोजनामा अल्पकालीन फन्ड व्यवस्थापन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।
business
उपभोक्तावादी संस्था नियन्त्रण गर्न मापदण्ड
सरकारले ‘झोले’ उपभोक्तावादी संस्था नियन्त्रण गर्न मापदण्ड तयार गरेको छ । संस्थागत स्वरूप नभएका, दर्ताका भरमा सञ्चालन हुँदै आएका उपभोक्तावादीलाई कडाइ गर्न आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।
business
मरिच र रहरको तस्करी बढयो
जिल्लाको ग्रामीण नाकाहरूबाट भारततर्फ मरिच र रहर दानाको व्यापक तस्करी भइरहेको छ । जानकीटोला, बुढगाई, अपरपट्टी, धोरे र प्रसौनीभाठा नाकाबाट यी वस्तुको तस्करी भइरहेको छ । मरिच तस्करीमा भरियाका रूपमा महिला र बालबालिकाको बढी प्रयोग भएको छ ।
business
बेखबर छ दिल्ली
जेठ २९ मा सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका प्रमुख शासक किम जोङ उनबीचको ऐतिहासिक वार्तापछि अहिलेको सारा विश्वको ध्यान रुसतिर मोडिएको छ । बिहीबार रुसको लुजनिकी रंगशालाबाट सुरु २१ औं फिफा विश्वकपमा सारा विश्वको ध्यान केन्द्रित छ ।
sports
झरीले इँटा नोक्सान
माघ महिनामा पटकपटकको हिउँदे झरीले पृथ्वी राजमार्ग वरपर सञ्चालित ४१ इँटा भट्टामा २० करोड २५ लाख मूल्य बराबरको इँटा क्षति भएको छ । एउटा इँटा भट्टामा करिब १५ लाख बराबरको इँटा पानीले बिग्रेको छ भने जिल्लाका सबैजसो भट्टामा वर्षात्ले पकाउन राखेका सबै काचो इँटा नोक्सान गरेको छ । 
business
युभेन्ट्समाथि रियलको जित, बायर्न पनि विजयी
क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन सँगै युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति रियल म्याड्रिडले युभेन्टसलाई ३-० ले पराजित गरेको छ ।
sports
चार जिल्लाका ७ सय स्थानमा नि:शुल्क ईन्टरनेट सेवा
नेपाल टेलिकमले भूकम्प प्रभावित चार जिल्लाका ७ सय ४७ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको छ ।
business
लन्डनमा ‘लिलिबिली’ धमाधम
मिलन चाम्सको निर्देशन रहेको ‘लिलिबिली’ को यति बेला लन्डनमा सुटिङ धमाधम चलिरहेको छ । स्कटल्यान्ड र लन्डनमा सुटिङ चलिरहँदा फिल्मका निर्माता गोविन्द शाहीले केही फोटो मिडियालाई उपलब्ध गराएका हुन् ।
entertainment
आर्मी समूहबाटै बाहिरियो
शिवम् न्यु डायमन्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ पराजित गर्दै केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पश्चिमाञ्चल भलिबल संघले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
sports
नारायणी किनारमा धमाधम होटल रिसोर्ट
पूर्वी नवलपरासीको नारायणी किनार मध्यवर्ती क्षेत्रमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र होटल सञ्चालन गर्न पाइँदैन । त्यसैले पर्यटकीय सेवा व्यवसायमा लगानी गर्नेहरू यतिबेला निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रतर्फ आकर्षित भएका छन् ।
business
तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य
अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।
business