headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
बूढानीलकण्ठ फाइनलमा | बूढानीलकण्ठको पुरुष र महिला दुवै टोली प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताका फाइनल पुगेका छन् । | sports |
भदौमा ‘मिस्टर भर्जिन’ | तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर बनाइएको फिल्म ‘मिस्टर भर्जिन’ ले आफनो प्रदर्शन मिति तय गरेको छ । | entertainment |
मायांका र माहिका सेमिफाइनलमा | दसौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको महिला एकलतर्फ पुलिस क्लबकी दिदीबहिनी मायांका र माहिका राणा, आर्मीकी इरा रावत र पोखराकी गंगा शर्मा सेमिफाइनल पुगेका छन् । | sports |
साल्ट ट्रेडिङको लगानी घाटामा | सरकारको उल्लेख्य सेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गरेको ठूलो लगानी खराब भएको छ । | business |
क्याम्पाचौरले देखेको सन्दीप | नेपाली क्रिकेटमा राजु खड्का आफ्नो समयका उत्कृष्ट ब्याट्सम्यान थिए । नेचुरल हिटिङले उनलाई सफल ब्याट्सम्यान बनाएको थियो । उनी यही माध्यमबाट नेपाली राष्ट्रिय टोलीका कप्तान पनि बने । उनको पालामा क्रिकेटमा अहिलेजस्तो तामझाम केही थिएन । वर्षभर एउटा प्रतियोगिता खेल्यो र बस्यो । | sports |
भेरी–बबई सुरुङको काम २० प्रतिशत | नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीए) प्रयोग गरी निर्माण थालिएको
भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम करिब २० प्रतिशत सकिएको छ । आयोजनाका अनुसार अहिलेसम्म २ हजार ३ सय मिटर सुरुङ खनिएको छ । सुरुङ खन्ने काम साढे तीन महिनाअघि सुरु भएको हो । | business |
राहुलको किर्तिमानसँगै पञ्जावको दिल्ली माथि जित | इन्डियन प्रिमियर लिगमा किङ्गस इलेभन पञ्जावका केएल राहुलले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ५० रन बनाएर किर्तिमान रचे पछि दिल्ली डेयर डेभिल्सलाई आइतबार ६ विकेटले हराएको छ । | sports |
फाइटर्सलाई एमपीएल उपाधि | टिपटप–११ लाई ८ रनले पराजित गर्दै फाइटर्सले मारवाडी प्रिमियर लिग (एमपीएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल जित्दै फाइटर्सले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार हात पार्यो । उपविजेता टिपटप–११ ले ८१ हजार रुपैयाँमा चित्त बुझायो । | sports |
गन्तव्य चुचुरो | उनले जन्मदिने आमालाई कहिल्यै देखिनन् । आमा कस्ती थिइन् ? मनमा यही प्रश्न उब्जिरहन्थ्यो । कलिली बालिका रोजिता बुद्धाचार्यले जिज्ञासा मेट्न हजुरबालाई धेरै पटक सोधिन् । एक दिन हजुरबाले आकाशतिर देखाउँदै उनलाई भनेछन्, ‘तिम्री आमा तारा भइसकेकी छन्, आमा भेट्न तिमी त्यहीं पुग्नुपर्छ ।’ | entertainment |
ईपीएलः विराटनगरमा हायतसहित दुई डच खेलाडी | डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि सोमबार बाबर हायतसहित चार विदेशी खेलाडी र प्रशिक्षकको टुंगो लगाएको छ । | sports |
“म यस्तो गीत...” नम्बर वान | भिडियो सेयरिङ वेबसाइट युट्युबको नेपाल ट्रेन्डिङमा आइतबार नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर आएको छ । बुढा सुब्बा डिजिटल प्लेटफर्मबाट युट्युबमा राखिएको उक्त ट्रेलरले दुई दिनमा पौने पाँच लाख भ्युज बटुलेको छ ।
| entertainment |
भारतबाट मात्र सवा खर्ब रेमिटयान्स | गत आर्थिक वर्ष भारतबाट मात्र सवा खर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे २७ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षहरूमा रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विस्तारसँगै भारतबाट आउने रेमिटयान्समा पनि सुधार आएको छ । | business |
बर्दिया खाद्यान्न उत्पादनमा अब्बल | प्रदेश ५ को मुख्य आर्थिक उपार्जन कृषि हो । यहाँको कुल उत्पादनमा ४५ दशमलव ६ प्रतिशत योगदान कृषिको छ । यो कुल कृषि उत्पादनको १८ दशमलव ४ प्रतिशत हो । सरकारले सार्वजनिक गरेको स्थितिपत्रअनुसार प्रदेश धान र तेलहन उत्पादनमा देशमै पहिलो स्थानमा पर्छ । | business |
शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार | धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । | business |
पन्ध्र अंकले घटयो नेप्से | सेयर बजार ओरालो लाग्ने क्रम मंगलबार पनि थामिएन । केही साताहरूमा निरन्तर जस्तै घटिरहेको नेप्से मंगलबार करिब १५ अंकले घटयो । | business |
बजार हिस्सा बढाउँदै नेपाल टेलिकम | नेपाल टेलिकमले पछिल्ला ५ वर्षमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नेपाली दूरसञ्चार बजारमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगानीको सेवा प्रदायक एनसेलबीच प्रतिस्पर्धा रहँदै आएको छ । | business |
‘तिमी र म’ बन्ने | डेब्यु फिल्म ‘लम्फू’ ले अपेक्षित सफलता नपाए पनि यसका मुख्य अभिनेता कविर खड्काले दोस्रो फिल्म पाएका छन् । बुधबार निर्माण घोषणा गरिएको ‘तिमी र म’ मा कविर मुख्य भूमिकामा रहनेछन् । | entertainment |
दर्जन सडक योजनाको काम ठप्प | दैजीदेखि लिप्ना हुँदै डडेलधुराको जोगबुडासम्म जोड्ने १६ किलोमिटर सडक निर्माण सुरु भएको वर्षाैं भइसक्यो । उक्त सडक कालोपत्रेका लागि २ वर्षमा १९ करोड ४१ लाखमा ठेक्का सम्झौता पनि भयो । | business |
फोरजीको फन्को | नेपालमा ठूला आयोजना समयमै पूरा किन हुँदैनन् ? भन्ने उदाहरण खोज्न कहीँ जानु पर्दैन, दुई वर्षदेखि रुमल्लिइरहेको नेपाल टेलिकमको फोरजी विस्तार योजनालाई हेर्दा पुग्छ । | business |
चिनीको अस्वाभाविक आयात | पाकिस्तानमा सस्तिएपछि विराटनगर भन्सारबाट यस वर्ष चिनीको आयातमा अस्वाभाविक वृद्धि भएको छ । गत वर्षभर २ सय ४४ टन आयात भएको चिनी चालु आर्थिक वर्षको १० महिनामा ५७ हजार २ सय टन आयात भएको छ । यो अघिल्लो वर्षभरिको भन्दा २ सय ३४ गुणा बढी हो । | business |
मेलम्चीमा थाङ्का–पौभा | पुरानो नेपाली कला मानिन्छ थाङ्का–पौभा । नेपालबाटै सुरु भएर यो चीनको तिब्बत पुग्यो, अहिले संसारभर फैलिएको छ । मुलुकभित्रै पनि थाङ्का–पौभा कलाको व्यवसायी फस्टाएको मात्रै छैन, थुप्रैले रोजगारी पाएका छन् । | entertainment |
विराट सोसाइटी च्याम्पियन | विराट क्रिकेट सोसाइटी विराटनगर सोमबार फाइनलमा भारत दरभंगाको चर्चित आर रेजिमेन्टलाई ६ विकेटले हराएर नेपाल आइस सहिद कप टी–२० क्रिकेटमा बनेको छ । | sports |
प्रधानसेनापति खुला म्याराथन : कृष्ण लगातार च्याम्पियन | त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले शनिबार चौथो प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । लगातार दोस्रो उपाधिसँगै उनले व्यक्तिगत टाइमिङमा पनि उल्लेख्य सुधार गरी आर्मी रेकर्ड कायम गरेका छन् । | sports |
‘लभ लभ लभ’ ट्रेलर सार्वजनिक, बैशाख १ मा हुादैछ रिलिज | रिलिज मिति नजिकिंदै गर्दा चलचित्र लभ लभ लभको ट्रेलर सार्वजनिक भएको छ । फिल्म यही बैशाख १ गते रिलिज हुने निर्माण व्यानर सुरज सिने आर्टस्ले जनाएको छ । | entertainment |
किसानले बेचिसके, सरकार धान किन्न थाल्दै | किसानले धान बिक्री गरिसकेपछि बल्ल खाद्य संस्थानले खरिद सुरु गरेको छ । उत्पादन राम्रो भए पनि कैलालीका किसानले यो वर्ष पनि समयमै धानको उचित मूल्य पाउन सकेनन् । | business |
“तारेभीर” फस्ट सो | मध्यमवर्गीय परिवारका दुई युवतीको संघर्षमा आधारित ‘तारेभीर’ को धरानमा पहिलो प्रदर्शन गरिएको छ । अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएकी दुई दिदीबहिनीले अपराधीहरूसित गर्ने संघर्षलाई फिल्मको मूल कथानक हो । तीन दशकदेखि रंगमञ्च एवं फिल्ममा सक्रिय प्रेम सुब्बा निङ्लेकुले निर्देशनमा भने यही फिल्मबाट डेब्यु गरेका छन् । | entertainment |
सभामुख कप राष्ट्रिय महिला भलिबल | दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगितामा पहिलो हुनेले ३ लाख ५० हजार
रुपैयाँ पाउनेछ । | sports |
६० लागे किरण | असार १५ गते नेपालभर धान दिवस मनाइन्छ, जताततै रोपाइँ चल्छ । तर हास्यकलाकार किरण केसीले भने यही दिन बर्थ डे सेलिब्रेट गर्छन् ।
| entertainment |
बैंककै सेयरमा आकर्षण | केही सातायता घट्दो क्रममा रहेको बजारमा यो साता सुधार देखियो । उक्त अवधिमा बैंकिङ समूहअन्तर्गतका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखियो । | business |
चुहावट रोक्न ट्याङकरमा तालाबन्दी | नेपाल आयाल निगमले सोमबारदेखि भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि हुने पेट्रोलियम पदार्थको ढुवानीमा तालाबन्दी गरेको ट्याङकरको प्रयोग गर्ने भएको छ । | business |
‘प्रसारण लाइन नबन्दा काम गर्न सकेनौं’ | विद्युत् विकासले स्पष्टीकरण सोधेका अधिकांश जलविद्युत् आयोजना प्रवद्र्धकले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजना निर्माणमा ढिलाइ गरेको स्पष्टीकरण पेस गरेका छन् । | business |
छिरिङको नयाँ गीत | लामो समयको अन्तरालपछि गायक छिरिङ भुटियाले ‘यो चोखो माया...’ बोलको गीत भिडियोसहित ल्याएका छन् । | entertainment |
कटरैतलाई भलिबलको उपाधि | जनकपुर उपमहानगरपालिका–१८ भोइलस्थित सूर्य युवा क्लबले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओम युवा कमिटी कटरैतले जितेको छ । | sports |
किसानको दुई प्रतिशत धान सरकारले किन्ने | मुलुकमा उत्पादन हुने धानमध्ये करिब दुई प्रतिशत सरकारले किन्ने तयारी गरेको छ । किसानलाई राहत/प्रोत्साहन र उत्पाद वृद्धिको रणनीतिसहित चालु आर्थिक वर्षमा उक्त परिमाणको धान खरिद गर्ने तयारी गरेको हो । | business |
किबीले आम्दानी दिन थाल्यो | सुरुसुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थे । तर, अहिले भने सबैले उनलाई स्यावासी दिन थालेका छन् । | business |
एकैसाता दुई ठूला प्रतियोगिता | फुटबलमा पश्चिम क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबलको २० औं संस्करण र मोफसलकै ठूलो राशिको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता एकै साता बुटवलमै हुने भएको छ । | sports |
अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति | ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । | business |
बलियो स्थितिमा भारत | भारतको ब्याटिङ चलेपछि दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्टको तेस्रो दिन पाहुना टोली बलियो स्थितिमा देखिएको छ। | sports |
उपसमितिले सबै जहाजको विवरण माग्यो | संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायु सेवा निगमले पछिल्लो सयम खरिद कागजात मागेको छ । समितिले सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठन गरेको उपसमितिले निगमसँग जहाज खरिदसम्बन्धी सबै कागजात मागेको समितिका सदस्य सांसद दिव्यमणि राजभण्डारीले बताए । | business |
च्यारिटीतिर बेलायतका सुन्दरी | प्रतियोगिता सकिएपछि उपाधिमै रमाएर बस्ने परिपाटीबाट अलग छन् बेलायतका सुन्दरीहरु । प्रतियोगिता चालु हुंदा उनीहरुले नेपालका लागि च्यारिटी काम गर्ने एउटा वाचा गरेका थिए, त्यो शनिबार पुरा गरे ।
| entertainment |
देवदह र होराइजन सेमिफाइनलमा | सिद्धार्थ रंगशाला भैरहवामा जारी रूपन्देही टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार देवदह क्रिकेट युनिट र न्यु होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगेका छन् । | sports |
कलाकार भीमबहादुरको निधन | वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधबार बिहान निधन भयो । फोक्सो, मुटु र मृगौलामा समस्या झेल्दै आएका उनले मैतीदेवीस्थित आफ्नो निवासमा अन्तिम सास फेरे । | entertainment |
एसियाली खेलकुदको नालीबेली : जापान र चीन शक्तिशाली, नेपाल स्वर्णविहीन | एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् । | sports |
भारत जिततर्फ | अस्ट्रेलियाको चार विकेट खोसेपछि भारत पहिलो टेस्ट क्रिकेटमा जित नजिक पुगेको छ । ३ सय २३ रनको लक्ष्य लिएर आएको अस्ट्रेलिया आइतबार चौथो दिनको खेल समाप्तिमा १०४–४ को स्थितिमा छ । | sports |
दसैंमा ‘पिरम नलाउने...’ | दसैंलाई लक्षित गर्दै आशिष सचिन र मेलिना राईको स्वर रहेको गीत ‘पिरिम नलाउने...’ गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा चाडपर्व सम्झेर घर फिर्ने प्रेमीको सन्दर्भ र विदेश नगई मुलुकभित्रै केही गर्ने भाव समेटिएको छ । | entertainment |
सूचना प्रकाशित गरेर अनुगमन | बजेटपश्चात् बजारमा अचाक्ली मूल्य बढेपछि सरकारले सूचना प्रकाशित गरेर अनुगमन गर्ने भएको छ । बजारभाउ वृद्धिको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बिहीबार उद्योगी, व्यवसायीसँगको छलफलपश्चात् विभागले यस्तो निष्कर्ष निकाले हो । | business |
विद्युत् नियमन आयोग गठनको बाटो खुल्यो | मन्त्रिपरिषदले नियमावली पारित गरेपछि विद्युत् नियमन आयोग गठनको बाटो खुलेको छ । | business |
एन्फा चुनाव आज, कुँवर सहभागी नहुने | अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने केन्द्रीय कार्यसमिति निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले चुनावमा सहभागी नहुने घोषणा गरेका छन् । उनी र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा अध्ययक्षका प्रत्याशी हुन् । | sports |
बढी कर तिर्ने सम्मानित | गत वर्ष सबैभन्दा बढी कर बुुझाउने १५ करदातालाई सरकारले सम्मान गरेको छ । सातौ कर दिवसको अवसर पारेर सरकारले बढी कर बुुझाउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो । | business |
प्राधिकरणको नाफा १ अर्ब | नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड खुद नाफा कमाएको छ । अन्तिम लेखा परीक्षण गर्न बाँकी भए पनि प्राधिकरणले यति खुद नाफा हुने अनुमान गरेको हो । | business |
सौगातको प्रशंसा | गायनसम्बन्धी रियालिटी सो ‘नेपाल आइडल’ भर्खरै सकिएको छ । यद्यपि, यसका विभिन्न शृंखला युट्युबमा अझै ट्रेन्डिङ छन् । तर, ती भिडियोहरू ट्रेन्डिङको अलि पछाडि धकेलिन थालेका छन् । बरु, अर्को रियालटी सो ‘हिमालय रोडिज, राइजिङ थ्रु हेल’ अहिले युट्युबमा हिट छ । | entertainment |
फुटबल टोली बैंकक जाने | नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एसियाली खेलकुद तथा साफ च्याम्पियनसिप तयारीका लागि १० दिने प्रशिक्षण क्याम्पमा भाग लिन थाइल्यान्ड जाने भएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बैंककमा अर्को शुक्रबार सुरु हुने क्याम्पलाई २९ खेलाडी छनोट गरेका छन् । | sports |
‘बन्द हडतालको युग समाप्त’ | सत्ताधारी दल एमालेका शीर्ष नेता माधवकुमार नेपालले बन्द हडतालको युग समाप्त भई निर्माणको समय सुरु भएको बताएका छन् । मंगलबार संसद्मा भएको छलफलमा नेपालसहित दलका प्रमुख नेताहरूले मुलुकको आर्थिक विकासको चर्चा गरे । नेताहरूले पर्यटन र जलस्रोतको विकासपछि मात्रै मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । | business |
सूर्य नेपाल गल्फ टुर : शिवरामको उपाधि नम्बर ४२ | पहिलो दिन २, दोस्रोमा ७ र तेस्रो दिन १० स्ट्रोकको अग्रता । त्यसैले अन्तिम चरणको प्रतिस्पर्धा बाँकी छँदै शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्ने लगभग पक्का भइसकेको थियो । त्यसैले उनले बिहीबार गोकर्ण गल्फ क्लबमा औपचारिकता पूरा गर्दै करिअरको ४२ औं उपाधि हात पारे । | sports |
माथिल्लो कर्णालीमा लगानी बोर्डले निर्णय गर्न सकेन | लगानी बोर्ड कार्यालय माथिल्लो कर्णालीको विषयमा अनिर्णीत बनेको छ। आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जीएमआरलाई दिइएको म्याद असोजमै सकिए पनि बोर्ड कार्यालयले म्याद थप गर्ने वा नगर्ने विषयमा कुनै निर्णय गरेको छैन। जीएमआरले भदौमा म्याद थपका लागि बोर्ड कार्यालयमा निवेदन दिएको थियो। | business |
आईसीसी टोली नेपाल आउने | नेपाली क्रिकेट विवाद समाधानको प्रयासमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का कार्यवाहक प्रमुख इमरान ख्वाजाको नेतृत्वमा एउटा टोली फेरि काठमाडौं आउने भएको छ । | sports |
वाटफोर्डसँग चेल्सी ४-१ ले हार्यो | दस खेलाडीमा सीमित चेल्सीले सोमबार राति इंग्लिस प्रिमियर लिगमा वाटफोर्डको हातबाट स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ र यसले व्यवस्थापक एन्टोनियो कोन्टेमाथि चर्को दबाब सिर्जना भएको छ । | sports |
कभर्डहलका लागि कन्सर्ट | सानो माया आऊ न वर
भन्छन् सबै गाउँका मोरा
चौबन्दी चोली अनि रातो घाँघर... | entertainment |
लिभरपुल र चेल्सी विजयी | लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातर चौथो जित हात पारेका छन् । गोलरक्षक एलिसन बेकरको अक्षम्य गल्तीका बावजुद लिभरपुलले शनिबार लेस्टर सिटीलाई २–१ पराजित गर्यो । | sports |
टेलिकमको फोरजी विस्तार मूल्यांकनमै अड्कियो | टेन्डर खोलेको ७ महिना हुँदा पनि नेपाल टेलिकमले फोरजी एलटीई विस्तारको लागि ठेक्का प्रक्रियाले पूर्णता पाएको छैन । टेलिकमले देशैभर फोरजी एलटीई विस्तारका लागि गत कात्तिकमा टेन्डर आहवान गरेको थियो । पुस अन्तिम साता टेन्डर खोलेर मूल्यांकन प्रक्रिया सुरु भए पनि अहिलेसम्म यो टुंगिएको छैन । | business |
बम्बर फेसन | कुनै बेला सैन्य जहाजका पाइलटका लागि बनाइएको फ्लाइट ज्याकेट अर्थात् बम्बर मेनस्ट्रिम फेसन बनेको लामै भइसक्यो । अहिले बलिउडमा बम्बर ज्याकेट सबैको रोजाइमा पर्न थालेको छ । केही अघि अभिनेत्रीमाझ लोकप्रिय यो ज्याकेट अचेल पुरुष सेलेब्रिटीले पनि बाक्लै पहिरिएको देखिन्छ । | entertainment |
उड्ने कारको सपना साकार हुँदै | उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् । अब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् । | business |
आयोजक र सुदूरपश्चिम भिड्दै | तेस्रो मदन भण्डारी गोल्डकप फुटबलको शुक्रबार हुने उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंले सुदूरपश्चिम ११ सँग प्रतिस्पर्धा गर्ने भएको छ । | sports |
इन्डो–नेपाल आमन्त्रण खुला पुरुष भलिबल : आर्मीलाई उपाधि | चापाकोट नगरपालिका स्याङ्जाविरुद्ध कठिन जित निकाल्दै त्रिभुवन आर्मी क्लबले इन्डो–नेपाल आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । | sports |
पारससहित तीन क्रिकेटर अस्ट्रेलियातर्फ | क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध विस्तार गर्ने आसमा नेपालका कप्तान पारस खड्कासहितको टोली अस्ट्रेलिया गएको छ । | sports |
साफ यू–१५ च्याम्पियनसिप: नेपाली युथको लज्जास्पद खेल | दोस्रो हाफमा १० खेलाडीमा समेटिएको नेपाली टिममाथि ४–० को एकतर्फी जित निकाल्दै पाकिस्तान साफ यू–१५ च्याम्पियनसिपको फाइनल पुगेको छ । अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा हरायो । | sports |
डीपीएल अक्सन [प्रत्यक्ष अपडेट] | धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा चैत १७ बाट हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको खेलाडी खरिद (अक्सन) कार्यक्रमको प्रत्यक्ष अपडेट । | sports |
रेखाको “पलाँस” हलमा | नायिका रेखा थापा स्टारर ‘पलाँस’ फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा छ । नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् । यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् । | entertainment |
विद्याको हेलो–हाई | अडिसन राउन्डमै क्लासिकल फयुजन गाएर चर्चित बनेकी भए पनि हेटौंडाकी विद्या तिवारी नेपाल आइडलको टप १८ भन्दा माथि जान सकिनन्। यद्यपि, उनको गायन राम्रो मानिएको थियो। अहिले उनै विद्याले पहिलो एकल गीत श्रोतामाझ ल्याएकी छन्। | entertainment |
हिमाली गाउँमा कृषि आकर्षण | व्यास गाउँपालिका ४ सुन्सेराका मानसिंह कुँवर तरकारी उत्पादनमा लागेका छन् । गाउँपालिकाले कृषि पेसा गर्नेहरूलाई कृषि सामग्रीहरू अनुदानमा सहयोग गर्न थालेपछि उनीसँगै अन्य स्थानीयबासी समेत कृषि पेसामा जुट्न थालेका छन् । तर, यातायात र बजारको समस्या छ । | business |
म्युजिकल्ली माहोल | अभिनेत्री एलिजा गौतमले आफ्ना पत्रकार पति ऋषि धमलासँग बनाएको ‘एउटा कुरा सोधूँ...’ को म्युजिकल्ली भिडियो पछिल्लो समय भाइरल बन्यो । | entertainment |
मौज्दात सवारी साधनमा पनि कर | इटहरीस्थित यातायात व्यवस्था कार्यालयले गोदाममा मौज्दात रहेका सवारीका साधनको समेत नियम विपरीत सवारी कर लिन सुरु गरेको छ । यसले खरिद र बिक्री गर्ने दुवै पक्ष मर्कामा परेका छन् । | business |
शिवरामको पुनरागमन | गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गतिलो ‘कमब्याक’ गरेका छन् । पहिलो दिन इभन पार ७२ जोड्दै ११ औं स्थानमा रहेका उनले दोस्रो दिन ७ अन्डर ६५ को अंक जोडे । | sports |
गोंगबुमा बीएसआर मुभिज | गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । डल्बी अटमस साउन्ड सिस्टम नेपालमा भित्र्याउँदै दुइटा अत्याधुनिक फिल्म हल सञ्चालन ल्याएको बीरएसआर मुभिजले जनाएको छ । बीजी मलको व्यवस्थापनमा सुरु मुभिजको वरिष्ठ कलाकार नीर शाह र मलका अध्यक्ष वासु गिरीले उद्घाटन गरे । | entertainment |
नेपाल ४५ रनले पराजित [अपडेट] | विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो । | sports |
डफिन्स च्याम्पियन | क्यामरुनी टोली डफिन्स एफसीले बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा सोमबार सडनडेथमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै डफिन्सले उपाधि कब्जा गर्यो । डफिन्सको जारी सिजन यो तेस्रो उपाधि हो । | sports |
किसानलाई अनुदानमा स्याउका विरुवा | सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत किसानलाई ७० प्रतिशत अनुदानमा स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । | business |
पञ्चासे केबलकार : प्रवासीले ४० करोड लगानी गर्ने | निर्माण सुरु हुने तरखरमा रहेको पञ्चासे केबुलकारमा प्रवासमा रहेका पर्वत जिल्लाबासीले पनि लगानी गर्ने भएका छन् । वैदेशिक रोजगारीका क्रममा बिभिन्न देशमा रहेका पर्वतेलीहरूले ४० करोड लगानीको प्रतिबद्धता जनाएका छन् । | business |
यलमायामा आशा | यलमाया क्लासिकको १३६ औं शृंखलामा गायिका आशा थापा प्रस्तुत भएकी छन् । उनले राग मारु विहागमा बडा ख्याल, छोटा ख्याल प्रस्तुत गरिन् भने राग पहाडीमा आधारित ठुमरी पनि सुनाइन् । | entertainment |
सिटी उपाधि नजिक | म्यानचेस्टर सिटी शनिबार राति पाँचौं इंग्लिस लिग उपाधिको नजिक पुगेको छ । पछिल्लो एक साताको विर्सनलायक खराब प्रदर्शनयता सिटीलाई पुनरागमन गर्दै टोटनहमलाई वेम्बलीमा ३–१ ले हरायो । | sports |
झापालाई कटारी गोल्डकप | चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो । | sports |
डीपीएल अक्सन सकियो [अपडेट] | रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अक्सन भइरहेको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध छन् । | sports |
“तिमीले माया नगरे...” | बाक्लै कन्सर्ट हुने पाँचथरको फिदिम बजारमा शनिबार उर्लिएको भीड भने ठूलो थियो । भित्री पहाडी जिल्ला भए पनि सांगीतिक माहोल जम्ने यो थलोमा वर्षमा आधा दर्जन कन्सर्ट जम्छन् । | entertainment |
झापामा आलुको मूलबीउ उत्पादन सुरु | प्रदेश १ लाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन थालिएको छ । जैविक प्राविधिकहरूले टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व–मुलबीउ (प्रि–बेसिक सिड) उत्पादन गर्न लागेका हुन् । | business |
आर्मी उपाधि नजिक | त्रिभुवन आर्मी क्लब सिमरामा भइरहेको रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि भिडन्तमा थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको हो । आर्मी प्रतियोगितामा तेस्रोपल्ट फाइनल पुगेको हो । | sports |
साटिएन ५ करोड भारु | भारतीय मुद्रा पाँच सय र हजार दरका नोट चलनचल्तीबाट हटाएको करिब दुई वर्षसम्म पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन । | business |
म्याग्दी खोला जलविद्युत् सुरु | धौलागिरि हिमालबाट बग्ने म्याग्दी खोला करिडोरमा २५ मेगावाट क्षमताको पहिलो दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । | business |
'माइत जाने हो...' तीज कोसेली सार्वजनिक | नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गरेर 'माइत जाने हो...' म्युजिक भिडियो सार्वजनिक गरिएको छ । | entertainment |
‘वीराङ्गना’ बन्दै शिल्पा | सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र शान्ति–सुरक्षाको प्रत्याभूति गर्न/गराउन नेपाली नारीहरूले देखाउने वीरताको विषयमा ‘वीरांगना’ बन्ने भएको छ ।
| entertainment |
महिला क्रिकेट टोली स्वदेश फिर्ता | थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । | sports |
सबैतिर आवश्यक छ मी टु मुभमेन्ट | अभिनेत्री राधिका आप्टेले बलिउडमा ‘हयासटयाग मी टु मुभमेन्ट’ को आवश्यकताबारे बोलिरहँदा काजोलले पनि यसमा सही थापेकी छन् । तर, उनले बलिउड मात्र होइन, समाजका सम्पूर्ण अंगले महिलाविरुद्धको हिंसा अभियानमा साथ दिन जरुरी रहेको औँल्याएकी छन् । | entertainment |
४६ औं अतुल जयन्ती | ४६ औं अतुल जयन्तीको अवसरमा अतुल स्मृति गुरुकुलले तीन संगीतकर्मीलाई सम्मान गरेको छ । वरिष्ठ कलाकार गायक कुशेश्वर राईलाई सुकर्म अतुल स्मृति सम्मान, वरिष्ठ गायक कमल क्षेत्रीलाई अतुल स्मृति गुरुकुल सम्मान र युवा तवलाबादक विदुर राजकर्णिकारलाई सतिशचन्द्र–सानुबाबा स्मृति युवा पुरस्कार–२०७४ द्वारा सम्मान गरिएको हो । | entertainment |
श्रृंखला भइन् मिस नेपाल २०१८ | मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।
हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । | entertainment |
इलाममा विश्वकपको रौनक | मध्यइलाम बजारस्थित घनेन्द्र भक्तराजको घरमा ब्राजिल र अर्जेन्टिनाको झन्डा सँगै फरफराएको देख्न सकिन्छ । पुराना फुटबलर भत्तराजको सिंगो परिवार नै फुटबलसँग रुमलिएकाले विश्वकपमा कुनै पनि टिमलाई समर्थन जनाउनु नौलो होइन । | sports |
मुलुकभर २२ प्रतिशत रोपाइँ सम्पन्न | मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । | business |
बजेटले नाग्चेनाग्ला नाकालाई छोएन | तिब्बत जोड्ने नाक्चेनाग्ला नाकाका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । सरकारले नाका खोल्ने विषयमा प्रतिबद्धता जनाए पनि बजेट नछुट्याएको उनीहरूको भनाइ छ । | business |
युनाइटेडद्वारा चेल्सी पराजित | घरेलु मैदानमा एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सीलाई २-१ ले पराजित गरेको छ । | sports |
समर बास्केटबल सम्पन्न | गर्मी बिदालाई लक्षित गरी धरान बास्केटबल संघको आयोजना तथा जिल्ला बास्केटबल संघको सहयोगमा सञ्चालित तीन हप्ते दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प शनिबार समापन भएको छ । | sports |
डायमन्ड र पुलिस विजयी | चौथो एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा सोमबार हेल्प नेपाल स्पोर्ट्स र
नेपाल पुलिस क्लबले सफलता निकालेका छन् । | sports |
झरीका कारण विद्युत् खेर | आइतबार रातिदेखि देशभर लगातार परेको पानी र बाढीका कारण वितरण प्रणालीमा आएको समस्याले सोमबार करिब २ सय मेगावाट विद्युत् खेर गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । | business |