headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
“मिस्टर झोले” ट्रेलर | चार वर्षअघि दयाहाङ राई र प्रियंका कार्कीलाई लिएर निर्देशक दीपेन्द्र के खनालले डार्क कमेडीको नयाँ स्वाद भित्र्याए, ‘झोले’ फिल्ममार्फत । दर्शकले फिल्म रुचाए पनि । सोही फिल्मबाट टेकेन खड्का फिल्म निर्माणमा छिरेका थिए । | entertainment |
‘मिस मंगोल’ को ट्यालेन्ट शो | ‘मिस मंगोल’ नेपालको नवौँ संस्करणका प्रतियोगीहरू शनिबार राजधानीमा ट्यालेन्ट शोमा उत्रिए । प्रतियोगीहरूले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति, वाद्यवादन, अभिनय, क्यारिकेचरलगायत प्रतिभा देखाए ।
| entertainment |
भदौभित्रै ‘हेजिङ’ सुविधा | विदेशी विनिमयदरको उचारचढावले आउने जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले हेजिङ सुविधा ल्याउन लागेको छ । विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त व्यवस्था ल्याउन लागिएको हो । | business |
‘धुन चोरी’ मा लेड जेपलिन | बेलायती रक ब्यान्ड लेड जेपलिनका सर्वाधिक चर्चितमध्ये एउटा गीत हो– ‘स्टेयरवे टु हेभन... ।’ सन् १९७१ मा रिलिज भएको गीतलाई ग्रेटेस्ट रक सङको सूचीमा राखिन्छ । तर, यही गीतका कारण ब्यान्ड अहिलेसम्म पनि मुद्दा–मामिला झेलिरहेको छ । | entertainment |
एक वर्षमा ७२ लाख हवाई यात्रु | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्ष (सन् २०१८) मा ७१ लाख ९० हजार हवाई यात्रुले ओहोरदोहोर गरेका छन् । यो हालसम्मकै सबैभन्दा धेरै हो भने १० वर्षको दाँजोमा १ सय ५० प्रतिशतले यात्रु ओहोरदोहोर बढेको हो । | business |
पूर्वाञ्चल गट ट्यालेन्ट | टिन्ज क्रयु सेन्टर, धनकुटाद्वारा आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ मा मोरङकी सोनी गुरुङले बाजी मारेकी छन् । | entertainment |
ठूला होटल खोल्ने होडबाजी | सम्भावना देखिएपछि प्रदेश ५ को राजधानी बुटवल आसपासमा ठूला होटल खुल्ने क्रम बढेको छ । पछिल्लोपटक विदेशी लगानीकर्ताले ५ अर्ब २० करोड लागतमा होटल सञ्चालनमा आएको छ । | business |
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा | थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । | sports |
लार्चा बन्दरगाह निर्माण अन्तिम चरणमा | चीनको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तर सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । २०६९ सालमा सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो । | business |
योजनाको ‘भगायो ड्राइभरले’ | सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित ढुङ्गेलको शब्द र विनय केटुको संगीत संयोजन रहेको गीतमा गौरभ दर्पणको संगीत रहेको छ । | entertainment |
‘अमेरिका बोइज’ बन्ने | कमेडी जानरामा ‘अमेरिका बोइज’ निर्माणको घोषणा गरिएको छ । प्रवेश पौडेलको डेब्यु निर्देशन रहने उक्त फिल्ममा अर्पण थापा, सुनील थापा, हरिहर शर्मा, सन्दिप क्षत्री, कामेश्वर चौरासिया, सृष्टि कार्कीलगायत कलाकारको मुख्य भूमिका रहनेछ । | entertainment |
इन्धनको भाउ बढ्यो, निगम नाफामा | नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको छ । निगमका अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप दुई रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्य ९७ रुपैयाँ कायम गरिएको छ । | business |
खेलाडी परिवारलाई बिमाको ७ लाख | साइक्लिङका खेलाडी नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बिमाको रकम सोमबार हस्तान्तरण गरिएको छ । | sports |
सिटीटेकमा गाभियो डीरोज टेक्नोलोजिस | बैंकिङ पद्धति विकास गरी सेवा दिँदै आएको डीरोज टेक्नोलोजिस सिटीटेक कम्पनीमा गाभिने भएको छ । | business |
युनाइटेड बराबरीमा, शाख्तार विजयी | युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभिल्लाको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । | sports |
विश्वकपलाई लामो यात्रा | नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट २०२० खेल्न तीन छनोट चरणका प्रतियोगिता पार गर्नुपर्ने भएको छ । भर्खरै मात्र वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरे पनि नेपालले एसियाका अन्य एसोसिएट राष्ट्रसँगै विश्वकप छनोटमा खेल्नुपरेको हो । विश्वकप सन् २०२० को १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुनेछ । | sports |
नागरिक उड्डयन विधेयक : सेवा दिने र नियमन
गर्ने दुइटा संस्था हुने | दुई दशकअघि गठन गरिएको ‘नागरिक उड्डयन प्राधिकरण’ संसदीय प्रक्रियालगायतका अल्झनमा नपरे चाँडै दुई वटा निकायमा विभाजन हुने भएको छ । | business |
एपीएफलाई उपाधि | नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबलको उपाधि जितेको छ । | sports |
बुलबुल चलचित्रको अनौठो टिजर | चलचित्र बुलबुलको टिजर युट्युवमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ । | entertainment |
‘निर्यात प्रतिस्थापनमा लाग्नुपर्छ सहकारी’ | कृषि तथा उत्पादनमूलक सहकारी संस्थाहरू निर्यात प्रतिस्थापनमा लाग्नुपर्ने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । | business |
गुणस्तरहीन घिउ उत्पादन गर्ने थुनामा | गुणस्तरहीन घिउ उत्पादन गरी वर्षौंदेखि बिक्री गर्दै आएका सञ्चालकमध्येका एक अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले दिएको छ । | business |
व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार | केन्द्रीय तथ्यांक विभागले मुलुकभर सबै प्रकृतिका व्यावसायिक संस्थाको संख्या ९ लाख २२ हजार ४ सय २५ रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बिहीबार राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । | business |
अनमोलको ‘क्याप्टेन’ लुक | अहिलेका हटकेक हिरो अनमोल केसी ‘कृ’ मा एकाएक एंग्री योङ लुकमा देखिए । लभरब्वाईको रूपमा फिल्ममा आफूलाई पस्कँदै आएका अनमोल बदलाभावको ‘कृ’ मा पनि फिट नै देखिए । | entertainment |
मोरङमा अलैंची खेती विस्तार हुँदै | अत्यधिक आम्दानी हुने अलैंची खेतीको विस्तार भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रको केराबार र मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकामा अलैंची खेती विस्तार भइरहेको हो । उक्त गाउँपालिका र नगरपालिकास्थित विकट गाउँका किसान अलैंची खेतीतर्फ आकर्षित भएका छन् । | business |
स्थानीय गल्फरको वर्चस्व | सूर्य नेपाल वेस्टर्न ओपनअन्तर्गत शनिबार प्रो–एम इभेन्टमा स्थानीय गल्फरले उपाधिमा वर्चस्व जमाएका छन् । | sports |
आर्मी सेमिफाइनलमा | त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति वान–डे राष्ट्रिय क्रिकेटको समूह ‘बी’ बाट सेमिफाइनल पुगेको छ । बुधबार आर्मीले प्रदेश ६ लाई २ सय ४९ रनले पराजित गर्यो । | sports |
तीन बाली धान खेती | जिल्लाका किसानले तीन बाली धान खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन कार्यान्वयनमा आएपछि जिल्लाका किसान बाह्रै महिना धान खेतीमा लागेका हुन् । | business |
विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित | आईसीसी महिला विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । | sports |
“समलिंगी होइन प्रेम कथा देखाउन खोजेको थिएँ” | सन् २०१३ को काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा पहिलोपटक प्रदर्शन भएको ‘सुनगाभा’ फिल्म त्यसको वर्ष दिनपछि मात्र हलमा आयो । | entertainment |
भीमबहादुर र पूर्णिमा च्याम्पियन | त्रिभुवन आर्मी क्लबका धावक भीमबहादुर गुरुङ १५ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन च्याम्पियन भएका छन् । | sports |
कृषि यन्त्रमा अनुदान हटाइयो | सरकारले कृषि उत्पादन दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायीकरण गर्ने दाबी गरे पनि कृषकलाई दिइने यन्त्र अनुदान हटाएको छ । | business |
मकवानपुरमा खेलकुदलाई साढे २ करोड | मकवानपुरको स्थानीय तहले खेलुकद क्षेत्रको विकास गर्न साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लामा खेलकुदका निम्ति यति धेरै रकम विनियोजित भएको यो पहिलो हो । स्थानीय तहले आ–आफनो उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा खेलकुदको समग्र विकास गर्ने उद्देश्यले चालु आवमा प्राथमिकतासाथ बजेट विनियोजन गरेको हो । | sports |
कारोबारले गति लिएन | यो साता सेयर बजार उत्साहित देखिएन । लामो प्रतिक्षापछि सुरु भएको पूर्ण स्वचालित विद्युतीय कारोबारले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन । | business |
यू–१२ टोली छनोट | जापानमा हुने यू–१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताका लागि नेपाली टोली छनोट गरिएको छ । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो । | sports |
हलमा ‘मट्टीमाला’ र ‘चंगा’ | फिल्म ‘मट्टीमाला’ बाट अभिनेता बुद्धि तामाङ पहिलोपटक रोमान्टिक अवतारमा देखा पर्दै छन् । | entertainment |
फिल्म चलाउन गीत | व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगनलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगानै हुन्न । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ । | entertainment |
पोखरामा पाख्रिनको सम्झना | पोखराको संगम सांस्कृतिक मञ्चले जनगायक खुसीराम पाख्रिनलाई आफ्नो कार्यक्रममा प्रमुख अतिथि बनिदिन निम्तो पत्र थमाएको थियो । पुस २२ को कार्यक्रममा आउन पाख्रिनले पनि सहमति जनाइसकेका थिए । तय भइसकेको कार्यक्रममा भाग नलिने गरी उनी संसारबाटै बिदा भए । मंसिर ५ मै उनी चितवनको चुनावी सभामा गीत गाउँदागाउँदै मञ्चमै ढले । | entertainment |
निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि | सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ । | business |
दशरथ रंगशालामा अन्तर्राष्ट्रिय गोल्डकप हुने | मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा माघ ९ देखि मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक समितिले प्रतियोगितामा ६ टोली सहभागी हुने जानकारी दिएको हो । | sports |
‘नाटकलाई भाषा चाहिँदैन’ | ‘नबोलीकनै आफ्नो कथा भन्नुस्, हात नचलाई नै अभिनय गर्नुस् । यो जानिसकेपछि मात्रै संवाद र प्रप्सहरूको प्रयोग गर्दा नाटक राम्रो बन्छ । | entertainment |
महिला पत्रकारलाई फुटबल प्रशिक्षण | महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण सुरु भएको छ । | sports |
रिस्सो सेमिफाइनलमा | पहिलो हाफ सम्हालिन नसक्दा ए डिभिजन टोली नेपाल पुलिस क्लब मंगलबार जापानको विश्वविद्यालयका खेलाडीसम्मिलित रिस्सो युनिभर्सिटी टिमसँग छैटौं मनकामना केबलकार पोखरा कपको क्वाटरफाइनलमा १–० ले पराजित भएको छ । | sports |
कृषिका जनशक्ति अपर्याप्त | स्थानीय तहका विषयगत कार्यालयमध्ये कृषि सेवाका कर्मचारीका लागि कामको भार बढेको छ । कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, मादी, रूपा गाउँपालिका र पोखरा महानगरपालिका गरी ५ स्थानीय तहमा करारसहित ११ जना कर्मचारीले काम चलाएका छन् । | business |
चेल्सीले जित्यो एफए कप | चेल्सीले शनिबार राति एफए कप जितेको छ । वेम्लीमा भएको फाइनलमा उसले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । | sports |
झापाले लियो बदला | आयोजक रमपम झापा ११ ले पाहुना टोली सुदूरपश्चिम एघारमाथि उद्घाटन खेलमा ५–० को सहज नतिजा निकाल्दै झापा गोल्डकप फुटबलको क्वाटरफाइनल तय गरेको छ । | sports |
गएको वर्ष १७ अर्ब ५१ करोड प्रत्यक्ष बैदेशिक लगानी | गएको वर्ष १७ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल भित्रियो । अघिल्लो वर्षको तुलनामा उक्त लगानी करिब ३० प्रतिशतले बढी हो । | business |
वीरगन्जमा भेटिए ‘देशप्रेमी’ | वीरगन्ज चिनी मिल पछाडिको बौद्धी माई मन्दिर परिसरमा हालैको साँझ प्रहरी र अपराधिक समूहबीच नक्कली भिडन्त भयो । नक्कली यस कारण कि यो फिल्म सुटिङ थियो । | entertainment |
नेपाली यू–१९ फाइनलबाट बाहिर | सन्दीप जोराले अर्धशतक बनाए पनि नेपाली यू–१९ क्रिकेट टोलीले चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा शुक्रबार भारत यू–१९ ‘ए’ सँग ८ विकेटको पराजय भोगेको छ । | sports |
कलमी कागतीको माग धेरै | केही वर्षयता जंगली सुन्तला (टाइफुलेट) लाई कलमी (ग्राफटिङ) गरी तयार पारिएको उन्नत जातको कागतीको बेर्नाको माग बढ्दै गएको छ । बेर्नाको माग बढेसँगै दक्ष प्राविधिकको जीविकोपार्जन गर्ने भरपर्दो माध्यम कलमी गर्ने बनेको छ । | business |
श्रीलंकामाथि जित | नेपाली पुरुष चेस टिमले ४३ औं चेस ओलम्पियाडमा जित पाएको छ । जर्जियामा भइरहेको ओलम्पियाडको छैटौं चरणमा नेपालले श्रीलंकालाई २.५–१.५ अंक अन्तरले हरायो । | sports |
एसियाडलाई उच्चस्तरीय समिति | इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पाको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । | sports |
२ सय ४३ स्थानीय तह बैंकविहीन | सरकारी घोषणा भएको एक वर्ष बितिसक्दा पनि अझै ठूलो संख्याका स्थानीय तहमा बैंक पुगेका छैनन् । | business |
बेलायतमा आरकेको एकल | गुरुङ भाषाका डेढ दर्जन फिल्ममा गीत गाएका रामकुमार (आरके) गुरुङ सप्ताहान्त अल्डरसटस्थित निरमाया रोदीघर झुल्किए । | entertainment |
लिग भलिबल प्रतियोगिता: विभागीयको विजयी सुरुआत | चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब स्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टिमले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल भए । | sports |
डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा | दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । | sports |
बैंकिङको कारोबार अंश ५३ प्रतिशत | यो साता कुल कारोबारमा वाणिज्य बैंक आबद्ध बैंकिङ समूहको अंश ५३.२८ प्रतिशत छ । अघिल्ला तीन साताको तुलनामा कारोबार हिस्सा कम हो । | business |
रिलिजको दुई सातामै निर्मातालाई रकम | एक त फिल्म प्रदर्शनमा आर्थिक अपारदर्शिता खेपिरहेका नेपाली फिल्म निर्माताहरूले प्रदर्शकबाट निकालिदिएको रकमसमेत लामो समयसम्म भुक्तान नपाउने अप्ठयारो रहँदै आएको छ । सोमबार नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच अबउप्रान्त फिल्म हलबाट उत्रेको दुई साताभित्र निर्माताले रकम पाउने गरी सहमति भएको छ । | entertainment |
धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो | आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । | sports |
बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बन्दै | आफूले बुझाउने सहकारीमा वर्षभरि सर्वाधिक दूध बिक्री गरेका काठेखोला–६ का झगराज कँडेल पुरस्कृत भए ।नमूना पशुपालन सहकारी संस्थामार्फत बिहुँका किसानको दूध संकलन र बिक्री हुन्छ । कँडेल र उनको छिमेकीले दैनिक दूधको मात्राअनुसार नगद पाउँछन् । | business |
इजरायली फिल्मलाई गोल्डेन बियर | इजरायली फिल्म ‘सिनोनियम्स’ लाई उत्कृष्ट फिल्मको गोल्डेन बियर सुम्पिँदै ६९ औं बर्लिन फिल्म फेस्टिभल सकिएको छ ।
इजरायलबाट फ्रान्स आएको यहुदी युवाले पेरिसमा आफ्नो पहिचान लुकाउन गर्ने प्रयत्नबारे यो फिल्म बनेको छ । फिल्मलाई इजरायली निर्देशक नादाव लुपिडले निर्देशन गरेका हुन् । यो उनको आफ्नै भोगाइमा आधारित फिल्म हो । | entertainment |
फुटबललाई अर्को जापानी सहयोग | नेपाली फुटबलको विकासमा विगत केही वर्षयता जापानी सहयोग कोसेढुंगा साबित हुँदै आएको छ । दुई वर्षअघि एन्फाको टेक्निकल डाइरेक्टर चियाकी ताकेदाको नियुक्तिबाट सुरु भएको जापानसँग नेपालको सहकार्यले बुधबार नयाँ आयाम लिएको छ । जापानी राजदूतावासले एन्फा मुख्यालयको स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । | sports |
जै घाँसको उत्पादन घट्दो | तीन दशकअघि जै घाँसको व्यावसायिक खेती सुरु गरेका यहाँका गोविन्द पौडेल अहिले निराश छन् । घाँस उत्पादन गरेर पोखरा, भैरहवा र धौलागिरिका सबै क्षेत्रमा पठाएका उनलाई अहिले काम गर्न साथ नपाएको अनुभव छ । | business |
यार्चागुम्बु संकलनमा कडाइ | हिमाली जिल्ला मनाङमा सबैभन्दा पहिले यार्चागुम्बु संकलनका लागि खुला गरिएको नम्ग्याखर्कमा यसपालि कडाइ गरिएको छ । नम्ग्याखर्क तत्कालीन ताचैबगरछाप, नार र चामे गाविसको सीमा क्षेत्र हो । | business |
१० हजार लगानीबाट अर्बपति बनिन् किरण | किरण मजुम्दार–सा एउटी भारतीय महिला उद्यमी, टेक्नोक्रेट, अनुसन्धानकर्मी र बायोटेक्नोलजी कम्पनी ‘बायोकोन लिमिटेड’ की संस्थापक, प्रबन्ध निर्देशक तथा अध्यक्ष हुन् । सन् १९७८ मा आफैंले सञ्चालन गरेको कम्पनीको आम्दानीबाट उनी विश्वका अर्बपतिहरूको सूचीमा दरिएकी छन् । | business |
‘बोरिङ जिन्दगी’ | कसलाई रहर नहोला, सलमान खानको जस्तो जिन्दगी जिउने ! तर, स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी छैनन् रे । उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् । | entertainment |
नेपाल–नेदरल्यान्ड्स खेललाई मान्यता | नेपालले जुलाईमा लर्ड्समा नेदरल्यान्ड्ससँग खेल्न लागेको खेलले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएको छ । जुलाई २९ मा हुने एकदिने त्रिकोणात्मक शृंखलामा अर्को टोली आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रतिस्पर्धा गर्दै छ । | sports |
राजस्व संकलन: ९ महिनामा २४ अर्ब कम | चालु आर्थिक वर्षको ९ महिनामा सरकारी राजस्व २४ अर्ब रुपैयाँ कम संकलन भएको छ ।
यो वर्ष राजस्व संकलन निरन्तर प्रतिकूल बनिरहेको छ । अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यअनुसारको असुली अधिकांश महिनामा हुन सकेको छैन । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार ९ महिना (साउनदेखि चैत) सम्ममा लक्ष्यभन्दा २४ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको हो । | business |
रोकिएन हुन्डी कारोबार | अवैध वित्तीय कारोबार (हुन्डी) सञ्चालन गरेको आरोपमा दुई भारतीयसहित ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । | business |
वधशाला उपत्यकाबाहिर लैजान प्रस्ताव | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वधशाला काठमाडौं उपत्यकाबाहिर सञ्चालन गर्ने सहितको प्रस्ताव तयार गरेको छ । उपत्यकाको बजार लक्षित स्वच्छ र स्वस्थ मासु आपूर्ति गर्न वधशालाहरू बाहिर सञ्चालन गर्ने प्रस्ताव मन्त्रालयले गरेको हो । | business |
आठौं राष्ट्रिय खेलकुद: संरचना निर्माणमा तीव्रता | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको छ । | sports |
बी–ब्वाईको ध्याउन्न ओलम्पिक | अर्जेन्टिनामा हुने ‘ब्युनस आइरस, २०१८ युथ ओलम्पिक गेम्स’ का लागि इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले तीन वटा नयाँ खेल थपेको छ । स्पोर्ट क्लाइम्बिङ, डान्स स्पोर्ट र रोलर स्पोट्र्स गरी अब युथ ओलम्पिकमा ३१ खेलमा प्रतिस्पर्धा हुनेछ । डान्स स्पोर्टभित्र ब्रेकडान्स राखिएको छ । यसका लागि अहिले छनोट खेलहरू भइरहेका छन् । | entertainment |
मञ्चमा दुर्गानन्दको कथा | २०१७ पुस १ गते पहिलो निर्वाचित सरकार र संसद्लाई ‘कु’ गरी राजा महेन्द्रले शाही निरंकुशता सुरु गरे । यसैको विरोधमा जनता संघर्षमा होमिए । २०१८ माघ १ गते जानकी मन्दिरनिर राजा महेन्द्र चढेको जिपमा बम प्रहार भयो । | entertainment |
आरबीबी–एनभीए महिला लिग हुने | नेपाल भलिबल संघले राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा जेठ तेस्रो साताबाट आरबीबी(एनभीए महिला क्लब लिग भलिबल आयोजना गर्दै छ । | sports |
क्यानलाई अन्तिम मौका | नेपाल क्रिकेट संघ (क्यान) को झन्डै दुई वर्षदेखि कायम विवाद सुल्झाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई अन्तिम मौका दिएको छ । आईसीसीका कार्यवाहक प्रमुख उस्मान ख्वाजाको नेतृत्वमा राजधानीमा आइतबार र सोमबार फरक–फरक समूहसँगको बैठकले जुनमा हुने आईसीसीको चुनावी साधारणसभाअगावै नेपालको विवाद सुल्झाउन अल्टिमेटम दिएको छ । | sports |
नेपाली ग्यास बुलेटको टुंगो लागेन | प्रधामन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपाली ग्यास बुलेट सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखे पनि टुंगो लाग्न सकेन । | business |
‘करको दायरा बढाउने हो’ | सरकारले करको दर नभई दायरा विस्तार गर्न खोजेको अर्थमन्त्री युवराज खतिवडाले प्रस्टयाएका छन् । यसअघि छुटेका क्षेत्रलाई पनि करको दायरामा समेटेर समग्र कर प्रणाली व्यवस्थित र पारदर्शी बनाउन लागिएको उनले बताए । | business |
परम्परागत लोकनृत्य गोष्ठी | पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा लोकनृत्य गोष्ठी सम्पन्न भएको छ । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा एकै स्थानमा हिमाल, पहाड र तराईका लोकनृत्यहरू प्रस्तुत गरिएको जनाइएको छ । | entertainment |
बाघचाल प्रतियोगिता हुँदै | मुलुकमै पहिलो पटक राष्ट्रिय बाघचाल प्रतियोगिता हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित आगामी साउन ११ र १२ गते प्रगतिवादी युवा समाज नेपालले पहिलो पटक बाघचाल प्रतियोगिता आयोजना गर्न लागेको हो । | sports |
अर्गानिक भनेर खाइने उत्पादन साँच्चिकै अर्गानिक होलान् त ? | अर्गानिक उत्पादनको नाममा कारोबार गर्ने चलन बढदो छ । उपत्यकामा टोलैपिच्छे यस्ता पसल भेटिन थालेका छन् । उपभोक्ताहरू अर्गानिक उत्पदानमा आकर्षित भइरहेको मौका छोपी व्यापारीले जथाभावी अर्गानिकको नाममा नाफा कमाउन थालेका हुन् । | business |
रैथाने बाली जोगाउन बीउ बैंक | जता हेरे पनि ‘हाइब्रिड’ कै प्रयोग । रैथाने बाली पाउनै मुस्किल । यही पाराले त मौलिक स्वाद हराएरै जाने भो । किसान चिन्तामा परे । त्यही चिन्ताले उपाय निकाल्यो– सबै मिलेर बीउ जोगाउने । | business |
युनाइटेड गोलरहित बराबरीमा रोकियो | म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबारको खेलमा गोलरहित बराबरी खेलेका छन् । | sports |
सन्दीपको अर्को उत्कृष्ट बलिङ | नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग–बास लिगमा अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् । | sports |
वियोन्से पछ्याउँदै प्रियंका | लस एन्जल्सबाट सञ्चालित बजनेट नामक सोसल मिडिया नेटवर्कले गरेको पोलमा गायिका वियोन्से विश्वकै सर्वाधिक सुन्दरीमा सूचीकृत भएकी छन् भने उनलाई बलिउड नायिका प्रियंका चोपडाले पछ्याएकी छन् । | entertainment |
हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन् | सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् । | business |
फेरि एकसाथ | आलिया भट्ट र सिद्धार्थ मल्होत्रा कति भाग्यमानी रहे भने, पहिलो फिल्म नै सुपरहिट भइदियो । ‘स्टुडेन्ट अफ द इयर’ ले उनीहरूले करिअरको पहिलो पाइलामै गजबको आत्मविश्वास दियो । ‘कपुर एन्ड सन्स’ मा दोहोरिएका उनीहरूले यसमा पनि सँगै काम गरे । | entertainment |
म्याड्रिड डर्बी बराबर | टिबाउट कोर्टियसले दुई उत्कृष्ट बचाउ गरेपछि रियल म्याड्रिडले शनिबार बर्नाबाउमा भएको स्पेनी ला लिगाको खेलमा एट्लेटिको म्याड्रिडलाई गोलरहित रोकेको छ । त्यसमा कोर्टियसले एन्टोइन ग्रिजमन र डिएगो कोस्टाको प्रहारलाई असफल पारेका थिए । | sports |
चिलिमे–त्रिशूलीमा वनको अवरोध | चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणमा डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको छ । रूख नभएको स्थानमा पनि वनको जग्गा प्रयोगको स्वीकृति नलिएको भन्दै डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको हो । | business |
‘आई लभ नेपाल’ | बलिउडको कपुर खानदान पुस्तौंदेखि फिल्म क्षेत्रमा सक्रिय छ । सन् १९२० को दशकमा पृथ्वीराज र त्रिलोक कपुरले अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि राज, शशी र शम्मी कपुर बलिउडमा छाए । सन् १९७० तिर पृथ्वीका नाति रणधीर र ऋषी कपुरले खानदानी विरासत थामे । | entertainment |
“लिली बिली” मा बल्ल प्रियंका | फिल्म ‘लिली बिली’ ले अभिनेत्री प्रियंका कार्कीलाई बल्ल सार्वजनिक गरेको छ । टर्कीको स्तानबुलमा खिचिएको गीत ‘हावा सरी...’को भिडियो आइतबार राजधानीमा सार्वजनिक गर्दै प्रियंकाको भूमिका खुलाइएको हो । | entertainment |
उठेन २२ करोड कर | स्थानीय जय बाबा सप्लायर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै नदिई स्टकबाट सामान बिक्री गर्छ भन्ने विराटनगरको आन्तरिक राजस्व कार्यालयमा पटकपटक सूचना आयो । | business |
हिमपातले किसान हर्षित | दशकयताकै ठूलो हिमपातका कारण बझाङका किसानहरू हर्षित भएका छन् । हिमपात नहुँदा खेतीपातीमा असर पर्न थालेकामा चिन्तित किसानहरू माघमा पटकपटकको बाक्लो हिमपातले खुसी भएका हुन् । | business |
फेरि ‘भद्र सहमति’ को तयारी | बैंकहरूबीच निक्षेपको ब्याज नबढाउने यसअघिको सहमति तोडिएको एक साता नबित्दै फेरि अर्को ‘भद्र सहमति’ को तयारी भएको छ । सहमति तोडिएको भोलिपल्टबाटै बैंकहरू ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि बैंकर्स संघले यस्तो तयारी गरेको हो । | business |
‘चंगा चेट’ ले निर्देशकलाई तनाव | शुक्रबारदेखि ‘चंगा चेट’ रिलिज हुँदै गर्दा यसका निर्देशक दीपेन्द्र के खनालमा तनावको पारो पनि चढिरहेको छ । रिलिजको पूर्वसन्ध्यामा कान्तिपुरसँगको कुराकानी क्रममा उनले दर्शक/समीक्षकको प्रतिक्रिया कस्तो आउला भन्ने सोचेर चिन्ता बढिरहेको सुनाए । | entertainment |
पीपीएल : विराटनगर टाइटन्स र काठमाडौं रोयल्सबीचको पहिलो इनिङका केही तस्बिरहरु | विराटनगर टाइटन्सले टस जितेर पहिलो ब्याटिङ गर्दै काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ । विराटनगर पहिलो जितको खोजीमा छ । हेर्नुहोस् पहिलो इनिङका केही तस्बिरहरु । | sports |
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियो सहित) | ‘आई लभ यु’मा करोड भ्यूज् पाएको र करोड नजिक पुगेको ‘जता जता पिरतीको बाटो’ पछि गायक सरोज ओलीले ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । | entertainment |
देशभर ९० प्रतिशत धान रोपाइँ | देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ । | business |
बुढासुब्बा गोल्डकप माघ २० देखि | पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बनेको बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघ २० देखि धरान रंगशालामा हुने भएको छ । प्रतियोगितामा यसपालि दुई दशक पुगेको अवसरमा पुरस्कार राशि वृद्धि गरिने आयोजक क्लबले जनाएको छ । कुल पुरस्कार ११ लाख ७७ हजार रुपैयाँ राशि रहेको छ । | sports |
युनाइटेड हारेपछि सिटी च्याम्पियन | म्यानचेस्टर सिटीले जारी सिजनको इंग्लिस प्रिमियर लिग उपाधि जितेको छ । शनिबार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिगको पुछारमा रहेको वेस्ट ब्रुमविच आल्बियनसँग १–० ले पराजित भएपछि सिटीको उपाधि पक्का भएको हो । | sports |
एपीएफ र पुलिस क्लब भिड्दै | एपीएफ क्लब पाँचौं प्रधानमन्त्री कप महिला भलिबलमा शनिबार सेमिफाइनल पुगेका छन् । नेपालगन्जस्थित कभर्डहलमा भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा हरायो । | sports |
नेपाल विरुद्ध युएई: नेपाल ४ विकेटले विजयी | विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । | sports |