headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
६४ करोडमा बिक्री भयो सौर्य एयरलाइन्स | चार वर्षअघि क्यानेडियन जेट विमान (बमबार्डियर सिआरजे २००) ल्याएर नेपाली आकासमा उडान थालेको सौर्य एयरलाइन्स बिक्री भएको छ । | business |
सरकारले तोक्यो उखुको मूल्य | सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ निर्धारण गरेको छ । उद्योगी र किसानबीच मूल्य विवादले उद्योगीहरूले उखु क्रसिङ सुरु नगरेपछि सरकारले न्युनतम मूल्य तोकेको हो । | business |
एसीसी यू–१९ एसिया कप: नेपालको भारतसँग परीक्षा | नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो दिन शनिबार भारत यू–१९ को सामना गर्दै छ । भारत र नेपालसहित समूह ‘ए’ मा अफगानिस्तान र यूएई यू–१९ छन् । बंगलादेशमा हुने प्रतियोगिताको समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका, आयोजक बंगलादेश र हङकङका यू–१९ टोली छन् । | sports |
झिनो आशामा नेपाल | नेपाल एसिया कप छनोटबाट बाहिरिसकेको छैन । फाइनल पुग्न पनि नेपाललाई सजिलो छैन । यही समीकरणमा रहेर नेपालले मंगलबार हङकङसँग राउन्ड रोबिनको अन्तिम खेल खेल्दै छ । | sports |
रंगकर्मी पनि उल्लासमा | होलीको रौनकले राजधानीका नाटकघरहरूलाई पनि छोयो । बिहीबार दिनभर रंगकर्मीहरू होलीमा व्यस्त भए । शिल्पी थिएटरमा रंगकर्मी मात्रै नभई साहित्यकारहरू पुगे ‘होली उत्सव’ मा रम्न । संस्कृतिविद् सत्यमोहन जोशीले सबैलाई रंग लगाइदिँदै आशीर्वाद दिए । | entertainment |
६ वर्षमा दोब्बर धान आयात | पछिल्लो ६ वर्षको अवधिमा धानको आयात दोब्बरले बढेको छ । सरकारले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रम घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा आयात बर्सेनि बढेको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार ६ वर्षको अवधिमा १ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँको धान आयात भएको छ । | business |
लघुवित्तको ध्यान नाफामा | सेयर बजारमा सूचीकृत ३३ लघुवित्त संस्थामध्ये ३१ कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँभन्दा बढी छ । तीमध्ये १७ कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा धेरै छ । तुलनात्मक रूपमा लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफल राम्रो भएकै कारण यिनीहरूको सेयरमा आकर्षण भएको हो । | business |
रक्सी बनाउन ३२ सय टन खाद्यान्न | दुर्गम जिल्लाले खाद्यान्न अभाव व्यहोर्दै आइरहेको अवस्थामा मकवानपुरमा भने बर्सेनि ३ हजार २ सय टनभन्दा बढी खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग गरिन्छ । | business |
केपा फर्किंदा चेल्सीको जित | विद्रोही गोलकिपर केपा एरिजाबालागालाई एक खेलमा बाहिर राखेपछि पहिलो रोजाइमा फर्काएको चेल्सीले आइतबार प्रिमियर लिगमा फुलहममाथि २–१ को जित निकालेको छ । | sports |
तरकारी कृषक घट्दै, व्यापारी बढ्दै | हेम्जाका केशव त्रिपाठी हरेक दिन विहानै शान्तिवनस्थित तरकारी तथा फलफूलको थोक बजारस्थल पुग्छन् । दिनदिनै संकलन हुने तरकारी लिएर भ्यानसँगै बजार आइपुग्ने उनी आफैँ किसान पनि हुन् । | business |
हेटौंडा सिमेन्टले क्षमता विस्तार गर्दै | सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्टले आफ्नो क्षमता विस्तार गर्न सुरु गरेको छ । निजी क्षेत्रबाट सञ्चालित उद्योगहरूसँग प्रतिस्पर्धामा गर्न क्षमता विस्तार गर्न लागेको हो । | business |
पुरस्कारको होड र इटहरी गोल्डकप | मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबलले फेरि ठूलो प्रतियोगिताको रूप लिएको छ । सहिद स्मारक ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ क्लब सहभागी इटहरी गोल्डकप शनिबार सुरु हुँदै छ । | sports |
विराट कप क्रिकेट हुने | पूर्वाञ्चल क्रिकेट एकेडेमीले विराट कप क्रिकेट प्रतियोगिता वैशाख २० बाट आयोजना गर्ने भएको छ । प्रतियोगिता विराटनगरको मिल्स एरियास्थित प्रहरी तालिम केन्द्रमा हुनेछ । | sports |
प्रवीण र रुबिनालाई स्वर्ण | नेपालका प्रवीण थापा र रुबिना घलेले थाइल्यान्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । | sports |
७० लागिन् ड्रिम गर्ल | हेमा मालिनीलाई बलिउडकी ड्रिम गर्ल भनिन्छ । यी अभिनेत्री भरतनाट्यमकी कुशल नृत्यांगना पनि हुन् । | entertainment |
आर्मी र रूपन्देही भिड्ने | कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ फाइनल पुगेका छन् । | sports |
पीपीएल : पारसको चितवन राइनोजले हात पार्यो पहिलो जित, धनगढी १२६ रनले पराजित (अपडेट) | चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो विजय हात पारेको छ । धनगढी एक्सपर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले विजयको खाता खोलेको हो । | sports |
'अन्तर बैंकलाई निक्षेपमा गणना नगर’ | बैंकबीचको लेनदेन (अन्तर बैंक सापटी) लाई निक्षेपमा गणना गर्न पाउने विद्यमान व्यवस्था ठीक नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले औंल्याएको छ । | business |
युभेन्टस बराबरीमा रोकियो | इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको शीर्षस्थानमा रहेको युभेन्टस रेलिगेसन क्षेत्र नजिकको एसपीएएलसँग गोलरहित बराबरीमा रोकिएको छ । | sports |
उँधौली रौनक | किरात समुदायको पराम्परागत चाड उँधौली पितृ र प्रकृतिको पूजासहित सुरु भएको छ । ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम (देवघर) मा मुन्धुमी पुजारीले विधिवत् पूजा गरेपछि सुरु भएको हो । | entertainment |
सहुलियत ऋणमा राष्ट्र बैंकको जोड | ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाहमा राष्ट्र बैंकले जोड दिएको छ । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्न थालेको छ । सोही क्रममा ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा/निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा छुट पाउने दिने भएको छ । | business |
यौन दुर्व्यवहारको आरोपमा फिल्मकर्मी | केही महिनाअघि मात्रै चर्चित कोरियाली निर्देशक किम किदुक एक अभिनेत्रीसितको यौन दुव्र्यवहार काण्डमा फसे । कान्स फिल्म फेस्टिभलमा एउटा र भेनिस फिल्म फेस्टिभलमा चार वटा अवार्ड जितिसकेका किमनलाई एउटा फिल्मको यौनजन्य दृश्यका लागि एक अभिनेत्रीलाई जबरजस्ती दबाब दिएको र हात हालेको आरोप लागेको थियो । | entertainment |
खाद्य संस्थानमा छानबिन गर्न समिति | सरकारले खाद्य संस्थानमा भएको आर्थिक अनियमितता तथा बेथिति छानबिन गर्न समिति गठन गरेको छ । खरिद बिक्री, ढुवानी, निर्माण, मर्मतलगायतमा अनियमितता भएको उजुरी परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो । | business |
डकुमेन्ट्रीमा डोरबहादुर | विसं २०५२ मा जुम्लाबाट बर्दिया हिँडेका मानवशास्त्री डोरबहादुर विष्ट त्यसपश्चात् हराए । उनी कहाँ गए, के भए अझै अत्तोपत्तो छैन । उनी हराउनुका अनेक कारण र तर्क सुन्नमा आएका छन् । केहीले उनलाई भारतमा प्रत्यक्ष भेटेको दाबीसमेत गर्दै आएका छन् । | entertainment |
दुवै पाहुना टोली पराजित | पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल शनिबार सुरु भएको छ । पहिलो दिन शिवम् न्यु डायमन्ड एकेडेमी, विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लब विजयी भएका छन् । | sports |
स्वर्णधारीको भव्य स्वागत | विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेर फर्केका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । | sports |
‘लभ स्टेसन’ को ट्रेलर | प्रदीप खड्का र जसिता गुरुङको जोडी अभिनीत फिल्म ‘लभ स्टेसन’ को मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । रेल स्टेसनमा एउटा रेल छुटे पनि अर्को रेल आएजस्तो लभ स्टेसनबाट छुटेको प्रेमी फेरि फर्केर आउँदैन भन्ने ट्याग लाइनमा फिल्म बनाइएको छ । जसलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्म चैत २२ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । | entertainment |
‘देशव्यापी प्रतिकार प्रशिक्षण दिने’ | शृंखलाबद्ध बलात्कार र महिला हिंसाविरुद्ध राष्ट्रिय खेलकुद परिषद्ले देशव्यापी रूपमा महिला सुरक्षा र हिंसाविरुद्धको प्रतिकार प्रशिक्षण दिने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले यहाँ आइतबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । | sports |
वर्ष दिनभित्रै १२३ मेगावाट विद्युत् | आगामी एक वर्षभित्रै रसुवामा १ सय २३ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । | business |
अफगानिस्तानको पीडादायी हार | टेस्ट क्रिकेटमा अफगानिस्तानको स्वप्निल प्रवेश शुक्रबार विश्व नम्बर एक टिम भारतको हातबाट पीडादायी हारमा टुंगेको छ । भारतले एक दिनभित्र अफगानिस्तानलाई दुईपल्ट अलआउट गर्यो । भारतले टेस्टमा डेब्यु गरेको अफगानलाई इनिङ्स र २ सय ६२ रन अन्तरले हरायो । | sports |
रियल स्टेट कर्जा २० प्रतिशत बढ्यो | सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल इस्टेट कारोबार सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी २० प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक हो । उक्त अवधिमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब रुपैयाँ बढी छ । | business |
गौतम बुद्ध विमानस्थलमा कार्गो भवन निर्माण सुरु | निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अत्याधुनिक कार्गो भवन निर्माण कार्य सुरु भएको छ । विमानस्थल आयोजना परिसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कार्गो भवनको शिलान्यास गरे । | business |
मेसी पेनाल्टी चुक्दा बार्सिलोना पराजित | स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना एस्पान्योलसँग १-० ले पराजित भएको छ । | sports |
चैतेधान लगाउने किसान बढे | झापामा यो वर्ष चैतेधान लगाउने किसानको संख्यामा वृद्धि भएको छ । मध्य झापामा सिँचाइ प्रणालीमा सुधार, किसानलाई अनुदान, प्राविधिक सहयोग तथा पश्चिम क्षेत्रमा विद्युत् प्रणालीमा सुधारलगायतका कारणले यस वर्ष चैतेधान लगाउने किसान बढेका हुन् । | business |
सहरमा लोकप्रिय हुँदै पञ्चै बाजा | राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर त्यो दिन उल्लासमय थियो । उनको सयौँ जन्मोत्सव शुभकामना दिनेमध्ये कतिपय छेउमै बजिरहेको पञ्चै बाजाको तालमा नाचिरहेका थिए । पञ्चैबाजा टोलीले घरी पाहुनाको चाहना अनुसार धुन बजाइरहेको थियो त घरी राष्ट्रकविको पूजा, स्वागत र सम्मान भाव झल्काउने गरी । केही समयपछि राष्ट्रकविले घरबाहिर निस्किनुपर्ने भयो । | entertainment |
नेफ्टा अवार्ड फागुनमा | नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले दसौं नेफ्टा फिल्म अवार्ड फागुन ३० मा आयोजना गर्ने भएको छ । पछिल्ला अवार्ड समारोह मलेसिया, हङकङ, कतार र दुबईमा गरेको नेफ्टाले यस पटक पनि विदेशमै कार्यक्रम गर्ने भएको छ । | entertainment |
युरोपको भन्सार सुविधामा समस्या | युरोपियन युनियनले नेपाललगायतका अतिकम विकसित मुलुकलाई दिँदै आएको भन्सार नतिरी सामान प्रवेश गर्न पाउने सुविधा हट्न सक्ने खतरा देखिएको छ । नेपाल सरकारले युनियनले लागू गरेको नयाँ प्रणालीअनुसार कार्यविधि बनाउन नसकेका कारण जोखिम बढेको हो । | business |
प्रतिनिधिमा लिग नै नखेलेको क्लब | बारा जिल्ला फुटबल संघको शनिबार सम्पन्न निर्वाचनमा लिग नै नखलेको क्लबलाई सहभागी गराइएको छ । निर्वाचनमा सहभागी भएका ११ क्लबमध्ये शिव शक्तिमान युवा क्लबले लिग नै नखलेको र अस्तित्वमा समेत नरहेको जिल्लाका खेलपदाधिकारीले आरोप लगाएका छन् । | sports |
‘मिस्टर भर्जिन’ गौरव | डेब्यु फिल्म ‘मञ्जरी’ ले नै गौरव पहारीलाई ‘फोहोरी केटा’ को टयाग लगाइदियो । उक्त टयागलाई यसै वर्ष एउटा गीतले एकाएक रिप्लेस गरिदियो । हेमन्त रानाको गायन रहेको ‘साइली’ गीतमा अभिनय गरेका गौरव त्यसपछि भने साइलाका रूपमा चिनिए । अब भने उनी ‘मिस्टर भर्जिन’ बन्ने भएका हुन् । | entertainment |
सिक्वेलमा ‘जात्रैजात्रा’ | पैसाको कथामा बनेको फिल्म ‘जात्रा’ ले दर्शक र समीक्षक दुवैबाट राम्रो साथ पाएको थियो । अब भने सोही फिल्मको सिक्वेल ‘जात्रैजात्रा’ बन्ने भएको छ । | entertainment |
ऐनविपरीत ५ संस्थामा राष्ट्र बैंकको लगानी | एउटा संस्थामा दस प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानुन पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको हो । | business |
एन्फाको १७ औं विशेष साधारणसभा: मताधिकार वृद्धि | संशोधित विधान पारित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार चितवनमा १७ औं विशेष साधारणसभा सम्पन्न गरेको छ । | sports |
बिमस्टेक राष्ट्रबीच ग्रिड कनेक्सन समझदारी : विद्युत् आदानप्रदान भारतमा निर्भर | काठमाडौंमा शुक्रबार सकिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य राष्ट्रबीच विद्युत् आदानप्रदान गर्नेबारे सहमति जुटेको छ । | business |
‘कथा काठमाडौं’ को ट्रेलर | असोज १२ मा रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’ को आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मकै एक गीत ‘रातका कुरा...’ रिलिज गर्दा मिश्रित प्रतिक्रिया आएका थिए । | entertainment |
पतंजली टेलिकम व्यवसायमा | भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतंजली टेलिकम क्षेत्रमा प्रवेश गरेको छ । एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) क्षेत्रमा एउटा ब्रान्ड बनिसकेको पतंजलीले भारतीय सरकारी टेलिकम कम्पनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) सँग सहकार्य गर्दै सिमकार्ड ल्याएको छ । | business |
नागढुंगा–नौबिसेको डीपीआर तयार | नागढुंगा–नौबिसे सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को खाका तयार भएको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले केही दिनमै उक्त डीपीआर मन्त्रालयले पाउने जनाएको छ । | business |
६ वर्ष बित्यो पुल बनेन | खलंगामा यातायात सञ्चालन भएको दशक बित्यो तर छिन्चु–जाजरकोट सडकको खलंगाबजार जोड्ने पासागाड खोलामा पुल निर्माण हुन सकेको छैन । सडक विभागको चरम लापरबाहीले खलंगाको पासागाड पुल निर्माण ६ वर्षदेखि अलपत्र परेको हो । | business |
‘सुन साइँली...’ लाई चार | पाच दशकदेखि संगीत क्षेत्रमा सक्रिय गायक दीप श्रेष्ठ सम्मानित भएका छन्। उनलाई ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। ‘म पत्थरको देउता होइन...’, ‘बितेका कुराले...’, ‘म त दूरदेखि आएँ...’, ‘हररात सपनीमा...’ जस्ता गीतका गायकले ‘ठूलो र आशा राखेको अवार्ड’ पाएको भन्दै हर्ष प्रकट गरे। | entertainment |
घरजग्गा व्यवसाय स्थिर | यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको वृद्धिदर स्थिर हुने देखिएको हो । | business |
महिला ब्यान्डसहित वुमेन इन कन्सर्ट | मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा १५ महिला संगीतकर्मीहरूले कन्सर्ट गर्ने भएका छन् । विगत तेह्र वर्षदेखि आयोजना हुँदै आएको ‘वुमेन इन कन्सर्ट’ को यो ताजा संस्करणमा तीन वटा महिला मात्रको ब्यान्ड समेत देखिनेछ । | entertainment |
आहा रारा गोल्डकपको पुरस्कार राशि वृद्धि | सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ । १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता विजेताले यसपल्ट ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । | sports |
नयाँ उपभोक्ता संरक्षण ऐन : ३१८ अनुगमन, ९ कारबाही | सरकारले नयाँ ऐनबाट बजार अनुगमन गरे पनि प्रतिफल न्यून देखिएको छ । बजारमा अनुगमन, मूल्य नियन्त्रण र पारदर्शी बनाउने मुख्य जिम्मेवार निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । | business |
‘यो क्यारेक्टरको जमाना हो’ | अहिले पनि धेरै नेपाली कलाकारको सपना बलिउड हुने गरेको छ । कतिपयले प्रयास पनि नगरेका हैनन्, तर ती मनीषा कोइराला जस्तो सफल हुन सकेनन् । | entertainment |
पिसाबबाट पैसा कमाउँदै किसान | सहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । | business |
जर्सी सहयोग | उर्लावारी नविन फाउण्डेशन फर एजुकेशन एण्ड स्पोर्टसले उर्लाबारी–२को चाँदनी युवा क्लबलाई दुई सेट जर्सी हस्तान्तरण गरेको छ । | sports |
दुई पुलिसलाई सभामुख कप | दुई पुलिस टोली नेपाल पुलिस र एपीएफ क्लब प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा च्याम्पियन भएका छन् । | sports |
२१ घण्टा विमानस्थल सञ्चालन असम्भव | जमिनमा बसेर नियन्त्रण बाहिरको आकाशमा उड्ने विमानहरूलाई टकरावबाट रोक्नेलगायतका सेवा प्रवाह गर्ने एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले हवाई सुरक्षाका दृष्टिले काठमाडौं विमानस्थल २१ घण्टा सञ्चालन गर्न ‘नसकिने’ जनाएको छ । | business |
पखेटामा कुच्चिएको खत देखिएपछि पहिलो वाइडबडी ग्राउन्डेड | दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको नेपाल वायुसेवा निगमको वाइड बडी विमान (अन्नपूर्ण) को पखेटामा डेन्ट (कुच्चिएको खत) देखिएपछि ग्राउन्डेड गरिएको छ । निगमका एक उच्च अधिकारीका अनुसार जहाजको बायाँ पखेटाको अग्रभागमा रहेको स्ल्याट्समा डेन्ट देखिएको छ । | business |
उद्योग वाणिज्य प्रवर्द्धन परिषद ३० सदस्यीय हुने | प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद ३० सदस्यीय हुने भएको छ । | business |
बांगेमुढामा अमूर्त समयको कथा | क्यानभासमा विभिन्न रंग पोतिएका छन् । तर तिनले निश्चित आकार लिएको भने छैन । झट्ट हेर्दा विषयवस्तु पनि बुझिन्न । सात दशक अघिदेखि यस्तै आकार प्रकारविहीन अमूर्त चित्र क्यानभासमा सजाउन सुरु गरेका चित्रकार गेहेन्द्रमान अमात्यले झन्डै चार दर्जन अमूर्त चित्रहरू समेटेर बांगेमुढामा ग्यालरी खोलेका छन्– अमात्य आर्ट ग्यालरी । | entertainment |
१८ का १८ प्रतिबद्धता | अंग्रेजी नयाँ वर्षको माहोलसँगै वर्षदिनका लागि योजना बनाउने क्रम सुरु भएको छ । विभिन्न क्षेत्रका हस्तीहरूले आआफ्ना सामाजिक सञ्जाल पेजमार्फत पुराना वर्षभरि भएका कामको समीक्षा गर्दै नयाँ वर्षका लागि नयाँ प्रतिबद्धता जाहेर गरेका छन् । | entertainment |
सामान्य अंकले बढ्यो शेयर बजार | अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ । | business |
निगमको अन्तर्राष्ट्रिय उडानमा छुट | राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । | business |
भुवनको दाबेदारी | दोस्रो वरीयताका भुवन नगरकोटीसामु अर्को सिजनका लागि नम्बर एक वरीयता हासिल गर्ने अवसर छ । | sports |
पशुपालन आर्थिक समृद्धिको महत्वपूर्ण पाटो : सभामुख | सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् । भेटेनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा उद्घाटन गरेपछि सभामुख महराले नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै कृषि क्षेत्र पशुपालन र भेटेनरी सेवासँग अभिन्न रुपमा गाँसिएको बताए । | business |
मुहारचित्रले प्रसिद्धि | विभिन्न फुटबल खेलाडीका मुहारचित्र (पोट्रेट) कोरेर फेसबुक र युटयुबतिर राख्दै आएका छन् सनिल चित्रकारले । यति बेला उनको चर्चाचाहिँ चुलिएको छ भने, उनका कलाकृति फिफा वल्र्डकपले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको छ । | entertainment |
मेलम्चीको पानी सुन्दरीजल आइपुग्न अझै चार महिना | मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । | business |
बैंकिङको कारोबार ६० प्रतिशत | सेयर बजार उकालो लाग्न थालेसँगै बैंकिङ क्षेत्रको कारोबारमा लगानीकर्ताको रुचि बढ्न थालेको छ । यो साताको कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको हिस्सा झन्डै ६० प्रतिशत छ । | business |
राजधानीमा बनाउँदै, मोफसलमा देखाउँदै | कुनै समय थियो, राजधानीका नाट्य फेस्टिभलहरूमा दूरदराजबाट कलाकारहरू आउँथे । यति बेला भने मोफसलमै रंगमञ्चीय गतिविधि बढ्दै छ । | entertainment |
घेरो तोड्ने ‘घेरो’ | समाज घेरैघेरोले जकडिएको छ । महिनावारी भयो, छाउको घेरो । वृद्ध र असहाय भयो, बोक्सीको घेरो । छिमेकछिमेकमा छुवाछूतको घेरो । निस्पट्ट अँध्यारोमा भूतप्रेतको घेरो । कुनै न कुनै घेरो तोड्न नसक्ने डरले हामीमा धेरथोर डेरा जमाएकै छ । | entertainment |
भक्तपुरमा अन्तरिम आदेश | भक्तपुर जिल्ला अदालतले भक्तपुर जिल्ला फुटबल संघको माघ ४ मा हुने अधिवेशन तथा निर्वाचन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको छ । | sports |
“बुट्टे जामा” अब्बल | पछिल्लो समय छोटो फिल्म बनाउने क्रम बढदो छ । छोटो फिल्म केन्द्रित विभिन्न फेस्टिभलदेखि कार्यशालाहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभाहरू भित्र्याइरहेका पनि छन् । राजधानी शुक्रबार सम्पन्न एक छोटो फिल्म प्रतियोगितामा भने कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ अब्बल बनेको छ । | entertainment |
पर्यटक उद्धार अब प्रहरीले गर्ने | पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई फर्जी बिरामी बनाई बिमा शुल्कमार्फत चर्को रकम असुल्दै आएका ट्रेकिङ एजेन्सी र हेलिकप्टर कम्पनीहरूले गर्दै आएको खोज तथा उद्धार कार्य अब नेपाल प्रहरीमार्फत हुने भएको छ । | business |
चर्को ब्याजदरप्रति महासंघको ध्यानाकर्षण | नेपाल राष्ट्रिय व्यवसाय महासंघले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । | business |
‘फाटेको जुत्ता’ डेढमहिने विदेश यात्रामा | यति बेला पहिलो सातामा चलिरहेको ‘फाटेको जुत्ता’ ले डेढमहिने विदेश यात्रा सुरु गरेको छ । नोभेम्बर ४ मा अस्ट्ेरलियाको सिडनीबाट प्रदर्शन यात्रा थालेको निकेश खडका निर्देशित उक्त फिल्मले सिडनी र जापानको टोकियोमा हाउसफुल सो सम्पन्न गरेको निर्माता अर्जुनकुमारले जनाएका छन् । | entertainment |
ह्वीलचियर बास्केटबल हुने | अपांग खेलकुद समिति कास्की र स्वावलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा छैटौं गोर्खा ज्वेलरी राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता २०७४ हुने भएको छ । | sports |
थ्रीस्टारको टाइब्रेकर जित | रुस्लान थ्रीस्टार क्लबले सोमबार फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै २० औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । | sports |
आर्मीलाई बराबरीको धक्का | उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कमजोर टिमको रूपमा लिइएको फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ । | sports |
आर्मीको ह्याट्रिक | त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धात्मक फाइनलमा पश्चिमाञ्चललाई ३–१ ले हराउँदै लगातार तेस्रोपटक प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । | sports |
सम्बन्ध सुधार्दै पिट र जोली | १० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने बेलामा एन्जेलिना जोलीले ब्राड पिटलाई आफ्नो छोराछोरीलाई पिट्ने गरेको आरोप लगाइन् । हलिउडको सबैभन्दा चर्चित यो जोडीले सनसनी मच्चाएको थियो । | entertainment |
जिदानको निर्णयले रियल स्तब्ध | युरोपियन च्याम्पियन्स लिगको उपाधि लगातार तेस्रो वर्ष जितेको केही दिनमै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सबैलाई स्तब्ध पार्दै बिहीबार क्लब छाडेका छन् । | sports |
गैरआवासीय नेपालीलाई नागरिकता: कानुन बनाई कार्यान्वयन गर्न माग | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संविधानले व्यवस्था गरेअनुसार नागरिकतासम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रतिनिधिसभाका दुुई सांसद सहभागी कार्यक्रममा एनआरएनएका अभियान्ताहरूले नागरिकतासम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् । | business |
संगीतबाट अर्बपति | उत्तरी अमेरिकाको क्यारिबियन सागर तटको बारबाडोस देशको नाम धेरैलाई थाहा नहुन सक्छ । तर उक्त देशकी ३० वर्षीया चर्चित गायिका, गीतकार तथा अभिनेत्री रोबिन रिहाना फेन्टीलाई चिन्ने धेरै हुन सक्छन् । | business |
बङ्गबन्धुको पुरस्कार अझै पाइएन | बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । | sports |
मेयर कप बास्केटबल | मेयर कप स्कुल ओलम्पिक बास्केटबल च्याम्पियनसिपमा बुधबार कार्मेल, पदम मेमोरियल, नवज्योति र जेम स्कुल सेमिफाइनल पुगेका छन् । | sports |
‘जीवन काँडा कि फूल’ देशभर आउँदै | साहित्यकार झमक घिमिरेको बायोपिक ‘जीवन काँडा कि फूल’ मुलुकभर एकसाथ प्रदर्शनमा आउने भएको छ । | entertainment |
गर्मीमा ‘रक क्लाइम्बिङ’ जाडोमा ‘आइस’ | हिमाली जिल्ला मनाङमा गर्मीमा ‘रक क्लाइम्बिङ’ गरिने क्षेत्रमा जाडो लागेसँगै ‘आइस क्लाइम्बिङ’ गर्ने तयारी भएको छ । आयोजकका अनुसार हुम्डेमा पहिलोपटक ‘आइस क्लाइम्बिङ फेस्टिभल’ हुन लागेको हो । | business |
सावित्राको ह्याट्रिक, एपीएफ च्याम्पियन | सावित्रा भण्डारीको उत्कृष्ट ह्याट्रिकसँगै नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै मंगलबार उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने आर्मी एक लाखमा चित्त बुझाउन बाध्य भयो । तेस्रो स्थानको रौतहटले ५० हजार रुपैयाँ पायो । | sports |
ट्रोल बनिन् सोनम कपुर | बलिउड नायिका सोनम कपुर फेरि एकपटक विवादमा मुछिएकी छन् । खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियाको ट्रोलमा छाएकी छन् । जब कि उनले ट्रोल्ससम्बन्धी लेखेको एक कोलमलाई भारतको हिन्दुस्तान टाइम्स दैनिकले छापेको थियो । | entertainment |
ज्ञवालीलाई कान्तिपुरको कार | बुटवलका त्रिलोचन ज्ञवालीले कान्तिपुरको तर्फबाट कार पुरस्कार पाएका छन् । २४ वर्षदेखि बुटवलमा कान्तिपुरका विक्रेता रहेका ज्ञवालीले ‘कान्तिपुर स्वर्णपुर–२’ अभियानअन्तर्गत कार पुरस्कार पाएका हुन् । | business |
पारस र सन्दीप साक्षात्कारमा | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतमा रहेका नेपालीसँग साक्षात्कार गर्नमा व्यस्त रहे । | sports |
युटयुबमा ल्याटिन क्रान्ति | अंग्रेजी नयाँ वर्ष संघारमा छ । यही मेसोमा संगीतसम्बन्धीको म्यागाजिन बिलबोर्डले सन् २०१७ का चर्चित युटयुब म्युजिक भिडियोबारे तथ्यांक निकालेको छ । उसका अनुसार यसपालि ल्याटिन अमेरिकी म्युजिक भिडियोले युटयुबमा वर्चस्व कायम गरे । टप टेन युटयुब म्युजिक भिडियोको सूचीमा ६ वटा त ल्याटिनो सङ नै परेका छन् । | entertainment |
पोखरामा जीवनशैली | सामाजिक कामका लागि काठमाडौंमा फेसन सो गर्दै आएको आर एन्ड आर गु्रपले गतसाता पोखरामा ‘जीवनशैली’ शीर्षकमा फेसन सो गरेको छ । एचआईभी/एड्स संक्रमित बालबालिकाहरूको शिक्षामा सहयोगार्थ उक्त फेसन सो आयोजना गरिएको बताइएको छ । | entertainment |
कपिलले सुनिल ग्रोभरलाई जुत्ताले हानेका थिए : प्रत्यक्षदर्शी | अष्ट्रेलियाबाट मुम्बई फर्किने बेलामा कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई जुत्ताको हानेको एक प्रत्यक्षदर्शीले बताएका छन् । | entertainment |
बिमामा पनि सम्पत्ति शुद्धीकरण | गैरकानुनी ढंगले कमाएको सम्पत्तिबाट बिमा गर्न पनि नपाइने भएको छ । बिमा क्षेत्रमा कालोधन पहिचान तथा निवारण गर्ने उद्देश्यले बिमा समितिले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन जारी गरेपछि यो क्षेत्रमा पनि कालोधनबारे सोधखोज हुने भएको हो । | business |
जोमसोममा हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगिता (तस्बिरसहित) | मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम प्रधान सेनापति हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगितमा नेपाली सेनाकै बी टिम प्रथम भएको छ । बी टिममा सेना दीपकसिंह भण्डारी र प्रताप थापा थिए । | sports |
भुवनको अग्रता कायमै | भुवन नगरकोटी इभन पार ६८ स्कोर गर्दै बुधबार रोयल नेपाल गल्फ क्लबमा भइरहेको सूर्य नेपाल काठमाडौं ओपन गल्फको शीर्षस्थानमा कायमै छन् । उनको कुल स्कोर तीन अन्डर १ सय ३३ रहेको छ । | sports |
थ्रीस्टार सेमिफाइनलमा | परिचित प्रतिद्वन्द्वी नेपाल पुसिल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै थ्रीस्टार क्लब इलाममा जारी माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । | sports |
नेपाली खेलाडी वान–डे वरीयतामा | नेपालले वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेसँगै नेपाली खेलाडी पनि वरीयतामा छिरेका छन् । नेपालले अगस्ट १ र ३ मा नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेल्दै वान–डे अन्तर्राष्ट्रियमा प्रवेश गरेको थियो । नेदरल्यान्ड्सले पनि २०१४ पछि वान–डे अन्तर्राष्ट्रियमा पुनरागमन गरेको हो । | sports |
बैंंक सञ्चालकको मदमासी: न्यौपानेलाई जरिवाना | जनता बैंकमा सञ्चालक रहेकै अवस्थामा गलत विवरण बुझाइ नबिल बैंकबाट ऋण लिएको विषयमा गुरुप्रसाद न्यौपानेलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ । | business |