headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
ईपीएलः ललितपुरमा तीन भारतीय खेलाडी | ललितपुर प्याट्रियटसले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि आवश्यक तीन विदेशी खेलाडीमा भारतीय खेलाडी लिएको छ । विकेटकिपर ब्याट्सम्यान जयकिशन कोल्सावाला तथा अलराउन्डरद्वय सन्नी पटेल र गौरव तोमार नेपाली क्रिकेटसँग परिचित छन् । | sports |
प्राथमिक क्षेत्रमा कर्जा लगानी : बैंकहरूलाई थप ६ महिना | राष्ट्र बैंकले तोकेको सीमामा कृषि ऋण विस्तार बैंकहरूले थप ६ महिना समय पाएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाअनुसार कृषिलगायत प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको न्यूनतम सीमा पुर्याउन बैंकहरूलाई उक्त समय दिइएको हो । | business |
नेप्से तीन वर्षयताकै न्यून | सेयर कारोबार मापक नेप्से परिसूचक गत बिहीबार १ हजार १ सय ४८ विन्दुमा ओर्लियो । यो करिब तीन वर्षयताकै न्यून हो । यसअघि ०७२ पुस १४ मा नेप्से १ हजार १ सय ४२ विन्दुमा थियो । | business |
‘तक्मे बूढा’ को तरक्की | विल्सनविक्रम राईलाई कलाकार बन्ने हुटहुटी सानैदेखि थियो । संयोगले लक्ष्मीनाथ शर्मा निर्देशित ‘साथी’ फिल्ममा छोटो भूमिका गर्ने मौका जुर्यो । उति बेला विल्सन मात्रै १० वर्षका थिए । साना साथीहरूसँग तास खेल्दै गरेको करिब ३० सेकेन्डको दृश्यमा विल्सन देखिन्छन् । उनको संवाद छैन । बोल्न नपाउँदै भागिहाल्नुपर्ने दृश्य छ । | entertainment |
पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो | इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै आयात पनि बढेको हो । आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र करिब २७ लाख किलोलिटर/टन इन्धन आयात भयो । | business |
सहिद स्मारक लिग : रोमाञ्चक प्रतिस्पर्धाको आशा | सहिद स्मारक ‘ए’ डिभिजन लिगको दुई चरणको खेलसम्म मनाङ मस्र्याङदी, संकटा र थ्रीस्टारले अधिकतम ६–६ अंक जोडेका छन् । | sports |
सात महिनापछि मुलुक बचतमा | सात महिनायता लगातार घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति गत असारमा सुध्रिएको छ । मुलुक भित्रिने र बाहिरिने रकमको विवरण देखाउने शोधनान्तर असारमा ९६ करोड रुपैयाँले बचतमा रहेको हो । | business |
बिपिनको नवौं एल्बम | लोकप्रिय युवा गीतकार बिपिन किरण नवौँ एल्बमसहित आएका छन् । ‘रूपम’ मा आधुनिक शैलीका गीत छन् । उक्त एल्बममा चार गीत छन् : ‘दुख्दिनँ म...,’ ‘तिमी भन्छौ...,’ ‘चौबन्दीको तुनामा...’ र ‘माया मारी...’ । तीन वटा गीतमा रुद्रशेखर शर्माको स्वर सुन्न सकिन्छ भने एउटामा रुद्र र मेलिना राईको । सबै गीतलाई नारायण सुवेदी ‘आभास’ ले संगीतबद्ध गरेका हुन् । | entertainment |
नाम मात्रैका उद्योगको छानबिन गरिने | सरकारी रेकर्डमा दर्ता भई सञ्चालन नभएका उद्योगको छानबिन हुने भएको छ । केही उद्योगले उत्पादनको नाममा आयातित सामान नेपाली टयाग राखेर बिक्री गरेको गुनासोपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । | business |
‘डे ब्रुएनको स्थान कसैले लिन सक्दैन’ | केभिन डे ब्रुएनलाई स्थानान्तरण गर्न निकै कठिन हुने म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले बताएका छन् । घुँडाको चोटका कारण बेल्जियमका खेलाडी डे ब्रुएन तीन महिना खेल्न नसक्ने भएपछि उनले यस्तो जनाएका हुन् । | sports |
धनगढी फेरि च्याम्पियन | पिच राम्रो हुनुपर्छ । ट्वान्टी–ट्वान्टी क्रिकेट आफ्नो चरम उत्कृष्टमा हुन्छ । डीपीएल–२ को शुक्रबार सम्पन्न फाइनल यस्तै रह्यो । संघीय प्रहरी इकाई कार्यालय मैदानको पिचले पूरा प्रतियोगितामा यति राम्रो व्यवहार कहिल्यै गरेको थिएन । त्यसले ब्याट र बल दुवैलाई न्याय गर्यो । र, अन्त्यमा विजयी रह्यो टिम चौराह धनगढी । | sports |
उत्कृष्ट विश्वकप | विश्वकप २०१८ साँच्चै के अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप फुटबल रह्यो त ? यसको उत्तर सकारात्मक हो भने यसलाई समर्थन गर्ने तथ्यांकहरू छन् । सायद यसपालिको विश्वकप धेरैभन्दा धेरैले अपेक्षा गरिएको फुटबलको सर्वोच्च प्रतियोगिता थिएन । यसका धेरै कारण होलान् । | sports |
एन्फा विवाद : घले पदच्युत, चार जिल्ला अध्यक्षलाई कारबाही गरिने | अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना पदाधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाएका चार जिल्ला संघका अध्यक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । | sports |
किसानसम्म पुगेन नार्क | कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धान गर्ने स्वायत्त निकाय ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (नार्क) गठन हुनु चार वर्षअघिसम्म नेपालले धान चामल निर्यात गथ्र्यो । चामल निर्यात रोकिएको चार वर्षपछि २०४८ सालमा नार्क गठन भयो । | business |
रुपक डोटेलको ‘कम्मर मर्काई, आँखा सन्काई’ (भिडियोसहित) | गायक रुपक डोटेलको गीत ‘कम्मर मर्काई, आँखा सन्काई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मोक्ष अधिकारी र अनु शाहले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । | entertainment |
‘कान्तिपुर कन्क्लेभ’ भोलिदेखि : ११ वटा सत्र, ५१ जनाको बहस | कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गर्न लागेको ‘कान्तिपुर कन्क्लेभ’ आइतबार सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने कन्क्लेभमा छलफलका अधिकांश विषय अर्थतन्त्रका विद्यमान मुद्दा र अवसरमा केन्द्रित रहनेछन् । | business |
‘लिलिबिली’ को ट्रेलर | प्रेमकथामा आधारित फिल्म ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक गरिएको छ । युवा अभिनेता प्रदीप खड्का स्टारर फिल्मको मंगलबार राजधानीमा अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । | entertainment |
भैरहवा ग्ल्याडिएटर्स ईपीएलको प्लेअफमा | विराटनगर वारियर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्ल्याडिएटर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा प्रवेश गरेको छ । भैरहवाको यो लगातार तेस्रो जित हो । | sports |
पूर्वप्रेममा फर्किए जस्टिन | क्यानेडियन गायक जस्टिन बिबर अहिले पुरानी प्रेमिकासँग नयाँ सम्बन्ध विस्तार गर्दै छन् । सेलेना गोमेजसँगको सम्बन्ध टुक्रिएपछि उनी पुन: हाली बाल्डविनतिर फर्किएका छन् । | entertainment |
दिनमा सुत्ने रातमा जाग्ने ! | कुनै बेलाका सञ्चारकर्मी मोहन राईले आफूलाई डकुमेन्ट्री मेकरका रूपमा स्थापित गरेका थिए । उनी निर्देशित ‘सखी’, ‘अञ्जली’, ‘जर्नी इन्टु थिएटर’, ‘किसानको साथी मनिराम’, जस्ता डकुमेन्ट्री चर्चित भए । पछिल्लो डकुमेन्ट्री ‘अञ्जली’ ले त भिन्न लैंगिक पहिचान बोकेकी अञ्जली लामाको जीवनमा ठूलो बदलाब नै ल्याइदियो । | entertainment |
५७ अर्बको कृषि वस्तु आयात | चालु आर्थिक वर्षको पहिलो ७ महिनामा साढे ७५ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । रासायनिक मल, सिँचाइ र बजारीकरणको अभावले कृषि उपजको आयात बढेको हो । | business |
तिनाउ तीरमा यानी माया | मंसिर छिप्पिन थालेसँगै बुटवलमा पनि जाडो बढदै छ । चुरेबाट दक्षिण चल्ने हावाले झन् चिस्याउने गर्छ यो सहरलाई । तर चिसोले सबैलाई उसै गरे बाधा गर्दैन । | entertainment |
फोजीको लागत बढी किन ? | नेपाल टेलिकमले देशैभर विस्तार गर्न लागेको फोजी सेवा विस्तारमा लागत ‘किन बढी ?’ भन्दै सांसदहरूले चासो देखाएका छन् । | business |
दीपेन्द्रलाई ग्लोबलको साथ | राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं यू–१९ कप्तान दीपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले वार्षिक ४ लाख रुपैयाँबराबर प्रायोजन सम्झौता गरेको छ । | sports |
फास्टट्रयाकको डीपीआर तयार गर्न कोरियाली कम्पनी छानियो | मुलुकको केन्द्रीय राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने राष्ट्रिय गौरवको आयोजना दु्रतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरेको हो । | business |
ऋण नतिर्ने बढे | बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्ने ऋणीको संख्या बढेको छ । पछिल्ला वर्षहरूमा कर्जा प्रवाह बढेसँगै ऋण लिनेको संख्या बढेपछि नतिर्ने (कालोसूचीमा पर्ने) ऋणी पनि बढेका हुन् । | business |
पुलिससँग मनाङ स्तब्ध | साविक विजेता मनाङ मस्र्याङ्दीलाई ३–१ ले हराउँदै पुलिस क्लब १६ औं आहा–रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । | sports |
चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक | चिया मजदुरले बगान र कारखानामा श्रम ऐन कार्यान्वयन गर्न र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन् । उनीहरूले यसका लागि सोमबार प्रदर्शनसमेत गरेका छन् । | business |
जितेन्द्र र प्रेरणालाई उपाधि | जितेन्द्र परियार र प्रेरणा कोइराला शनिबार छैटौं सिटिजन्स बैंक खुला टेनिसमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेपको टेनिस कोर्टमा पुरुष एकल फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्रले कमल भण्डारीलाई ६–३, ३–६, ६–३ को सेटमा हरायो । उनले यो तेस्रोपल्ट उपाधि जितेका हुन् । | sports |
“अझै पनि समाज बाधक” | अग्लो कद, सुन्दर अनुहार । अनुहारजस्तै सोच । दुई वर्षअघि मिस नेपालको अडिसनमा आयोजक द हिडन ट्रेजरका प्रमुख गोपालसुन्दरलाल कक्षपतीले यस्ती युवती भेटे, नेपालगन्जमा । | entertainment |
‘डायरी’ को एक्सनप्रधान ट्रेलर | फिल्म ‘डायरी’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । रिभेन्ज लभ स्टोरीमा आधारित भनिएको उक्त फिल्मको साढे दुई मिनेट लामो ट्रेलर पनि एक्सनप्रधान बनाइएको छ ।
| entertainment |
दूरसञ्चार पूर्वाधार विस्तार सुस्त उपकरण आयात घटयो | दूरसञ्चार सेवा प्रदायकहरूले पूर्वाधार विस्तार नगर्दा नेपालमा दूरसञ्चार उपकरण आयात पनि घटेको छ । नेपालका टेलिकम सेवा प्रदायकहरूले २०७४ सालभरमा साढे ५ अर्बभन्दा बढीको उपकरण आयात गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष ५ अर्ब ४२ करोड २९ लाख ९६ हजारको टेलिकम उपकरण आयात भएको थियो । | business |
सिर्सिया सुक्खा बन्दरगाह : २४ घण्टा सञ्चालनको माग | वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह चौबीसै घण्टा सञ्चालन हुनुपर्ने माग बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले गरेको छ । | business |
सौगात र सृष्टि सँगै | अफस्क्रिन जोडीसमेत रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठले अब भने फिल्ममा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । | entertainment |
ठूलो परिमाणमा सेतक चिनी अलपत्र | किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी(खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो । | business |
‘युरोपको कालोसूचीबाट हट्ने काम गर’ | संघीय संसद् मातहतको सार्वजनिक लेखा समितिले युरोपियन युनियनको सेफ्टी लिस्ट (कालोसूची) बाट नेपाललाई तत्काल हटाउनका लागि पहल गर्न सरकारसहित सरोकार राख्ने निकायलाई निर्देशन दिएको छ । | business |
‘डाइङ क्यान्डल’ लाई सिंगापुरमा अवार्ड | सिंगापुर साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले अभिनेत्री र सिनेमाटोग्राफीतर्फका दुई विधामा अवार्ड जितेको छ । | entertainment |
किन बन्द थियो साँफेबगर विमानस्थल ? | अछामको व्यापारिक केन्द्र साँफेबगरमा १५ वर्षपछि समिट एयरको लेट विमानले परीक्षण उडान गरेको छ । हुम्लाको सिमकोटबाट नेपालगन्जका लागि उडेको समिटको विमानले साँफेबगर विमानस्थलमा ‘टचडाउन’ गरी नेपालगन्ज फर्केको थियो । | business |
‘डेटिङ’ ले टोबीलाई बनायो अर्बपति | टोबिया लुटे क्यानाडाको ‘सपिफाई इनकर्पोरेट’ कम्पनीका संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । | business |
‘लोक–पप मेलोडी मर्दैन’ | करिब दुई दशकअघि कन्दरा ब्यान्डको लोकपप मेलोडी गीत सुनेर हुर्केका उति बेलाका धराने किशोरकिशोरी सोमबार फेरि तिनै गीत सुन्दा आफूलाई किशोरावस्थामै पुगेको महसुस गरे । | entertainment |
लघुवित्तलाई ‘स्वच्छ बनाउन’ सम्मेलन | लघुवित्त क्षेत्रमा देखिएका विभिन्न विकृतिबारे छलफल गर्ने उद्देश्यले काठमाडौंमा दुईदिने राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ । | business |
सुर वाहिनीमा सुकर्म | लोक–शास्त्रीय ब्यान्ड सुकर्मले मंगलबार काठमाडौंको सेन्ट जेभियर्स कलेजमा प्रस्तुति दिएको छ । कलेजको सांगीतिक पहल ‘सुर वाहिनी’ को निम्तोमा सुकर्मले शास्त्रीय र लोकधुनहरू सुनायो । | entertainment |
देखिएन अर्थतन्त्रको आकृति | आर्थिक वर्षको बजेटमा उत्पादनमूलक उद्योगलाई सेयर जारी गर्नैपर्ने बाध्यात्मक व्यवस्था ल्याइएको छ । बजेट अनुसार १ अर्बभन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य रूपमा सेयर जारी गरी पब्लिक लिमिटेड कम्पनीका रूपमा काम गर्नु पर्नेछ । | business |
टिसर्टमा नेपाली पारा | ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ...’ । नारायणगोपालको यो सदाबहार गीत गुनगुनाउने प्रशस्तै छन् । स्वर हुनेका लागि गाउँदाको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर, अलिकति पनि लय हाल्न नजान्नेले चाहिँ मन परेको गीत के गर्लान् ? | entertainment |
राम्रा म्युजिक भिडियो कम | निकेश खड्का अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशकमध्येका एक हुन् । उनी महिनामा ५/७ वटा भिडियो बनाउँछन् । अचेल आफ्नो दोस्रो फिल्म ‘फाटेको जुत्ता’ को प्रचारप्रसारमा लागेर उनले भिडियोको काम थाँती राखेका छन् । | entertainment |
करोडौंका चित्र किन्नेहरू | ललितकलाको दुनियाँमा क्रेताहरूको भिन्न महत्त्व हुन्छ । चर्चित चित्रकारका कलाकृति संकलनको ठूलो सौख राख्नेहरू संसारमा थुप्रै छन् । विख्यात चित्रकार लियोनार्दो दा भिन्ची, पिकासोदेखि साल्भाडोर डालीसम्मका चित्र करोडौं मूल्यमा लिलाम बढाबढ हुनु नौलो मानिँदैन । | entertainment |
बिजुलीको उज्यालोमा चेपाङ बस्ती | टुकीको भरमा जीवन गुजार्दै आएका मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाहरू अहिले गाउँमै उत्पादन गरेको बिजुलीको उज्यालोमा बस्न पाउँदा दंग परेका छन् । | business |
नेपाली चलचित्रको गीतमा सन्नी लियोन | चर्चित बलिउड नायिका सन्नी लियोन निर्माणाधिन नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेर लन्डनबाट मुम्बइ फर्किएकी छन् । | entertainment |
रोहितको टिम प्रेसिडेन्ट कप च्याम्पियन | नेपाली फुटबलर रोहित चन्दको टिमले शनिबार पर्सिजा जकार्ताले इन्डोनेसियाको प्रेसिडेन्ट कपको उपाधि जितेको छ । | sports |
आर्मी र थ्रीस्टारको लक्ष्य एउटै, अभियान फरक | बाराको सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलको उपाधि कस्ले जित्ला ? सिमरामा शनिबारसम्मका लागि चर्चाको विषय बनेको छ । | sports |
होमलाललाई लुम्बिनी म्याराथन | त्रिभुवन आर्मी क्लबका धावक होमलाल श्रेष्ठ चौथो लुम्बिनी पिस म्याराथन च्याम्पियन बनेका छन् । बिहीबार उनले ४२.१९५ किमि दूरी २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । | sports |
उदीपको प्रेममा सिपोरा | भलिबल खेलाडी एवं नायिका सिपोरा गुरुङ यति बेला रिलिज हुन लागेको फिल्म ‘भुइँमान्छे’ को कारण सबैजसोको चासोमा छिन्। फिल्म प्रोमोसनमा देश दौडाहामा निस्केकी उनको चर्चाको विषय अर्को पनि भएको छ। त्यो हो–उनको प्रेमसम्बन्ध। | entertainment |
उखुले बजार पाएन | बलेफी गाउँपालिका जलबिरे फेदीका रत्नबहादुर न्यौपाने उत्पादित उखु नबिक्दा चिन्तित छन् । अघिल्लो वर्ष उखु बेचेर ५० हजार रुपैयाँसम्म कमाएका उनले यो वर्ष बेच्नै सकेका छैनन् । | business |
दिल्ली र सन्दीपको भविष्य | दिल्ली डेयरडेभिल्सले बुधबार एकाएक पत्रकार सम्मेलन गर्ने खबरसँगै केही अनपेक्षित घटनाको आशंका गरिएको थियो । नभन्दै अपरान्हको पत्रकार सम्मेलनमा टिमको नेतृत्व अब गौतम गम्भीरले नभएर श्रेयस् ऐय्यरले गर्ने जानकारी दिइयो । | sports |
ज्याकीको युद्ध कथा | इसापूर्व २२७ लाई चीनको कालो समयको रूपमा लिइन्छ । निर्दयी युद्ध सरदारहरू आत्मसन्तुष्टकै लागि क्रूर आक्रमण गर्थे । लाखौं मानिस मारिए, बाँचेकालाई पनि दुई रोजाइ दिइन्थ्यो– मर्ने या मार्ने । इतिहासको यही समयमाथि चिनियाँ अभिनेता ज्याकी च्यानले ‘लिटिल बिग सोल्जर’ फिल्मको स्क्रिप्ट तयार पारे । ज्याकीले नै फिल्म निर्माणसँगै अभिनयसमेत गरे । | entertainment |
पिंकाथन शनिबार | भारतका आठ सहरमा गरी ७० हजार महिला सहभागी हुने पिंकाथन दौड गत सालदेखि नेपालमा पनि सुरु भएको हो । यसका संस्थापक मिलिन्द सोमन कार्यक्रमका लागि पटक–पटक नेपाल आउने गरेका छन् । काठमाडौंको दौडमा पहिले करिब २५ सय महिला सहभागी थिए । | sports |
भेदभाव छिचोल्दै सफलता | सफलता रातारात पाइन्न, अथक संघर्ष गर्नुपर्छ । अझ विभेदमा बाँचेकाहरूले त सफलता पाउन झनै धेरै बाधा र अवरोध छिछोल्नुपर्ने हुन सक्छ । जीवनका विभिन्न बाधालाई चिर्दै सफल हुनेमा इथियोपियाका मार्कस जोर स्याम्युएल्सन पनि एक हुन् । | business |
युटयुबकी सानी स्टार | युटयुबकी सानी सेलिब्रिटी हुन्, जिग्मे छयोकी घिसिङ । उनको स्वर धेरैले रुचाएका छन् । मेलिना राईको गीत ‘तिम्ले बाटो फेर्यौ अरे...’ को किड भर्सनमा जिग्मेले गतिलो प्रतिक्रिया मात्रै पाएकी छैन, तीस लाख भन्दा बढी भ्युअर्स कमाएकी छन् । | entertainment |
४५ सालअघिको प्रमुख नाका खण्डहर | ठूला बंगला जीर्ण छन् । खाली घरभित्र घाँस हुर्किरहेको छ । कुनैबेला आकर्षक घर अहिले तर्साउने बंगला बनेका छन् । राजस्व संकलनको हिसाबले मुलुककै ऐतिहासिक ठूलो नाकाका रूपमा रहेको गढवा गाउँपालिका ८ स्थित कोइलाबासको दृश्य हो यो । कोइलाबास मुख्य व्यापारिक केन्द्र थियो । | business |
स्वास्थ्य बिमा ३६ जिल्लामा सीमित | चालु आर्थिक वर्ष मुलुकभर स्वास्थ्य बिमा पुर्याउने सरकारी लक्ष्य भए पनि हालसम्म ३६ जिल्लामा मात्र पुगेको छ । काम कारबाहीमा ढिलासुस्ती, लामो समयसम्म बिमा बोर्डमा नेतृत्व चयन हुन नसक्नुलगायत कारण हालसम्म लक्ष्यभन्दा आधा कम जिल्लामा पनि स्वास्थ्य बिमा पुग्न नसकेको हो । | business |
मोहनाको बगरमा उखु खेती | वाढीले उब्जाउ जमिन बगर बनेपछि बिचल्लीमा परेका कैलाली मोहनपुर र ललितपुरका कृषकका लागि त्यही बगर अहिले वरदान सावित भएको छ । | business |
प्रदेश ३ ले छुटयायो खेलकुदलाई ६० करोड | खेलकुद विकासका लागि प्रदेश ३ सरकारले चालु आव ०७५/०७६ मा ६० करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । | sports |
मध्यमोदीमा स्थानीयबासीको अवरोध | स्थानीयबासीको अवरोधका कारण मध्यमोदी जलविद्युत् आयोजनाको काम रोकिएको छ । निर्माणाधीन १५ दशमलव १ मेगावाटको आयोजनामा अवरोध गरेका हुन् । सुरुङ खन्न गराइएको बिस्फोटका कारण मोदी २ देउपुरस्थित मख, कल्लेनी, ओख्ले, ठाना र सिमखेतका केही घरटहरा चर्किएका छन् । | business |
भिन्न शैलीका गणेश | भरतनाट्यम् नृत्य गर्दा गणेश देवतालाई स्तुति गर्ने मुद्राहरू छुट्टै हुन्छन् । तर गणेशले नै भरतनाट्यम् नृत्य गरेको भने सुनिँदैन । तर चित्रकार सुष्मा राजभण्डारीले गणेश आफैंले नै भरतनाट्यम् गर्दै गरेको पेन्टिङ बनाएकी छन् । | entertainment |
तेस्रो प्राथमिकताका आयोजना नै नहुने | योजना आयोगले आयोजनाहरूलाई पहिलो प्राथमिकता (पी वान) र दोस्रो प्राथमिकता (पी टु) मा मात्रै वर्गीकरण गर्ने निर्णय गरेको छ । | business |
बिरामीबाट लिने शुल्क निर्धारण गर्न आलटाल | सरकारले बिरामीबाट लिने शुल्क निर्धारण गर्न आलटाल गर्दै आएको छ । सेवा शुल्कका नाममा निजी अस्पतालहरूले चर्को रकम असुल्दै आाएको फेला परेपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण गर्ने निर्णय गरे पनि प्रगति हुन सकेको छैन । | business |
पर्थमा “रेशम फिरिरि...” | नेपाली लोक धुनमा लठयाउनु कुटुम्ब ब्यान्डको विशेषतै हो । सधैं एकनासको संगीत सुनिरहेका पश्चिम अस्ट्रेलियालीहरू यसपटक कुटुम्बसँग लटठिए । | entertainment |
सेल फोन सर्ट फिल्म कम्पिटिसन : ‘रात १३’ उत्कृष्ट | देशभरबाट प्राप्त ६ सय सर्ट फिल्ममध्ये अनोज पाण्डे निर्देशित ‘रात १३’ सर्वोत्कृष्ट भएको छ । दोस्रो राष्ट्रव्यापी मोबाइल सर्ट फिल्म प्रतियोगिता ‘दृश्यांश’ मा पहिलो भएबापत् निर्देशकले ७५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वनाम थिएटरमा उत्कृष्ट दस फिल्म प्रदर्शन गर्नुका साथै विजेता घोषणा गरिएको थियो । | entertainment |
बजार अनुगमनको संख्या मात्रै धेरै | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वर्षअघि दैनिक ६ वटा व्यावसायिक फर्ममा अनुगमन गथ्र्यो । तीमध्ये प्राय: सबै व्यावसायिक फर्ममा कैफियत फेला परेका थिए । गत आर्थिक वर्षमा औसत दैनिक १४ वटा व्यावसायिक फर्ममा अनुगमन भयो । | business |
चार महिनामा २ सय ३६ शाखा खुल्दै | आगामी असारभित्र थप २ सय ३६ स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म ती स्थानीय तहमा वाणिज्य बैंकहरूले शाखा स्थापना गर्न लागेका हुन् । | business |
चार सहरलाई ९ अर्ब ऋण | एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा प्रदेश ७ का चार सहरमा स्तरोन्नतिको काम सुरु भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाले पञ्चवर्षीय योजनाअन्तर्गत काम सुरु गरेको हो । | business |
बिसन भए मिस्टर काठमाडौं | कान्तिपुर फिटनेसका बिसन गुरुङले शनिबार तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगितामा बिसनले एक लाख नगद, ब्यालेट र ट्रफी प्राप्त गरे । | sports |
छुर्पीको मागमा गिरावट | नेपालबाट विभिन्न मुलुकमा निर्यात हुँदै आएको छुर्पीको मूल्यमा गिरावट आएको छ । केही महिनायता छुर्पीको निर्यात र मूल्यसमेत घटेपछि समस्या भएको कृषकहरूले बताएका छन् । गाउँगाउँ पुगेर संकलन गर्ने व्यवसायीले माग कम भएको भन्दै छुर्पी खरिद गर्नसमेत छाडेको उनीहरूको गुनासो छ । | business |
एपीएफ विजयी | मैत्रीपूर्ण महिला भलिबलमा शिवम् न्यु डायमन्ड एकेडेमीविरुद्ध एपीएफ क्लब विजयी भएको छ । नेपाल भलिबल संघले ओलम्पिक डे का अवसरमा शनिबार पोखरा रंगशालामा दुई टिमबीच प्रतिस्पर्धा गराएको हो । | sports |
क्रिकेटरलाई ५ लाख दिइने | संयुक्त अबर इमिरेट्स (युएई) मा सम्पन्न एकदिवसीय र टान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेका नेपाली क्रिकेट खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । | sports |
मिथिला चित्रमा तीन देश | माटाका गाग्राहरूमा पानी छैन, रुख उम्रिएका छन् । पहिले गाउँघरमा माटाका गाग्राहरू पानी ओसार्न प्रयोग हुन्थे । जब ती प्वाल पर्थे, गमला बन्थे । अहिले सिल्भर, मेटल, प्लास्टिकका गाग्राहरूले माटाका गाग्राहरू विस्थापित गर्दै लगेका छन् । | entertainment |
ओभरड्राफ्टमा कडाइ भएन | ओभरड्राफ्टमा धेरै कर्जा प्रवाह भएपछि केन्द्रीय बैंकले कडाइ गर्ने नीति ल्याए पनि कार्यान्यवन भएको छैन । बैंक तथा वित्तीय संस्थाले मनपरी ओभरड्राफ्टमा ऋण प्रवाह गर्न थालेपछि विकृति बढेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा मार्फत कडाइ गरिने बताएको थियो । | business |
मिस युनिभर्स बनिन् फिलिपिन्सकी क्याट्रिओना | मिस युनिभर्सको ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइलेन्डमा सोमबार सम्पन्न प्रतिगोगितामा ९३ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै २४ वर्षिया ग्रे मिस यूनिर्भस-२०१८ को विजेता बनेकी हुन् । | entertainment |
पुँजी बजार प्रदर्शनी आजदेखि | पुँजी बजारसम्बन्धी प्रदर्शनी बुधबारदेखि सुरु हुँदै छ । धितोपत्रको प्राथमिक र दोस्रो बजारसम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार र बिहीबार (वैशाख २६ र २७ गते) पुँजी बजार प्रदर्शनी (क्यापिटल मार्केट एक्स्पो) हुन लागेको हो । | business |
‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’ | तपाईंलाई चिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोला– केही अघिसम्म मोबाइल वा इमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्याे । | business |
कोसी करिडोरको समस्या सामाधान गर्न कार्यदल गठन | कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहानगरपालिकाको अवरोध हटाउने गरी समस्या समाधान गर्न कार्यदल गठन भएको छ । धरानको वडा नम्बर २० मा आफ्नो आयोजना निर्माण गर्नुपर्ने भन्दै उपमहानगरपालिका कार्यालयले आयोजनामा अवरोध गर्दै आएको छ । | business |
सनको उत्कृष्ट गोल | टोटेनहम हटस्परका फरवार्ड सन ह्युङ–मिनले सनसनीपूर्ण गोल गरेपछि विश्वकपको तयारीमा सोमबार भएको मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले होन्डुरसलाई २–० ले हराएको छ । | sports |
क्रिकेट टोली युरोप यात्रामा | पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखला तथा लर्ड्समा हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नका लागि नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने भएको छ । मार्चमा सम्पन्न विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपालले नेदरल्यान्ड्ससँग दुई वान–डे खेल खेल्दैछ । | sports |
ढाका कपडा युरोप निर्यात | हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडा युरोप निर्यात हुन थालेको छ । घरघरमा हाते तान राखेर तयार गरिएका ढाकाका कपडा स्तरीय र आकर्षक भएको भन्दै युरोपेली मुलुकबाट माग बढेको छ । | business |
अरहान्त र भावना च्याम्पियन | अरहान्तकेशर सिंह र भावना सुनुवार तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वासको च्याम्पियन भएका छन् । पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेस्रोपल्ट हो । | sports |
टुक्रे घडेरीमा रोक | जग्गा खण्डीकरण रोक्न सहरी क्षेत्रका स्थानीय तहले विभिन्न योजना अघि सारेका छन् । जथाभावी जग्गा खण्डीकरण गरी घडेरी बनाउने, मापदण्डविपरीतका सडक खोल्ने, विद्युत् तार विस्तार गर्ने र खेतीयोग्य जमिन नष्ट गर्ने क्रम बढेपछि स्थानीय तह यसप्रति सचेत भएका हुन् । | business |
पोखरा आइपुग्यो मैंरिमो | मुलुकमा नेपाली भाषापछि धेरै बनेका भाषाभाषीका फिल्ममा गुरुङ फिल्मको संख्या धेरै छ । गुरुङ भाषाका कुनै पनि फिल्म पोखरा आइपुगेनन् भने तिनको निर्माणले सार्थकता नपाउने सिनेकर्मीहरूको भनाइ छ । पछिल्लोपटक बनेको भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु/मिस यु) को प्रदर्शन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । | entertainment |
अमृता र विक्रमादित्य बने मोडल हन्ट | २१ वर्षीया अमृता अधिकारी र १८ वर्षीय विक्रमादित्य महासेठ यस वर्षको मोडल हन्ट नेपालको उपाधि चुम्न सफल भएका छन् । | entertainment |
विदेशमा लगानी खोल्न व्यवसायीको माग | नेपाल उद्योग परिसंघ र परिसंघ प्रबुद्ध परिषद्ले विदेशमा लगानी गर्न निषेध गरिएको ऐन खारेज गर्नुपर्ने माग गरेका छन् । | business |
प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल गर्ने मुख्यमन्त्रीको घोषणा | मुख्यमन्त्री लालबावु राउतले प्रदेश नम्बर २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरेका छन् । | sports |
मिलनले जिते धर्मश्री | आयोजक नेपाल व्यायाम मन्दिरका मिलन सिजापती शनिबार १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन भएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले उपाधि जित्दा १३ औं धर्मश्री विजेता महेश्वर महर्जनलाई पछाडि पारेका थिए । | sports |
किन दौडिएनन् यामसाजन ? | नेपाली धावक यामसाजन सुनार १८ औं एसियाली खेलकुदको २०० मिटर दौडमा सहभागी नै नभई स्वदेश फर्किएका छन् । यसलाई नेपाली एसियाड टोलीका ‘सेभ द मिसन’ केशवकुमार विष्टले खेलाडीको गैरजिम्मेवारीपूर्ण कार्य भनेका छन् । | sports |
जथाभावी कर नलिन अर्थ मन्त्रालयको पत्राचार | स्थानीय निकायलाई जथाभावी कर नलिन अर्थ मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रिपरिषद् र स्थानीय विकास मन्त्रालयमार्फत पत्राचार गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । केही स्थानीय तह र निकायले विभिन्न शीर्षकमा कर संकलन गर्न थालेको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै पत्रचार गरेको हो । | business |
छिटो फल लाग्ने महँगो स्याउ बोट | सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ । | business |
बाहिरिए मोउरिन्हो | प्रिमियर लिगमा सबैभन्दा खराब सुरुआतको रूपमा लिभरपुलसँग आइतबार ३–१ गोलले पराजित भएको दुई दिनपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्हो जिम्मेवारीबाट अलग भएका छन् । | sports |
औद्योगिक क्षेत्रको मुआब्जा वितरण सुरु | ‘दमक औद्योगिक क्षेत्र’ का लागि जग्गा अधिग्रहणसहित मुआब्जा वितरणको काम सुरु भएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मुआब्जा वितरणका लागि मंगलबार दमक नगरपालिका परिसरमा कार्यालय स्थापना गरेको छ । | business |
मुखमा जे आयो त्यही गाउने बंगलादेशी गायिका | उनी पहिले बुर्का लगाएर गाउँथिन् । त्यो बेला कतिपयले खिसी गर्थे । अहिले बुर्का खोलेकी छन् । अहिले पनि खिसी गर्ने छँदै छन् । मान्छेलाई जसो गरे पनि नहुने ! | entertainment |
श्रीदेवीलाई मरणोपरान्त नेसनल अवार्ड | दुबईमा भएको असामयिक निधनको डेढ महिनापछि बलिउड अभिनेत्री श्रीदेवीले ६५ औं नेसनल फिल्म अवार्ड जितेकी छन् । उनलाई फिल्म ‘मोंम’ का लागि उक्त अवार्ड दिने भएको हो । | entertainment |
फेसबुकमा सन्तान चर्चा | अचेल सामाजिक सञ्जाल पारिवारिक सन्दर्भ सेयर गर्ने गतिलो थलो बन्दै गइरहेको छ । संसारको जुनसुकै थलोमा रहे पनि आफ्ना शुभचिन्तकसित नियमित सम्पर्कमा रहिरहने माध्यमको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । | entertainment |
नेम्पा अवार्ड मनोनयन सार्वजनिक | नेपाल चलचित्र संघले आयोजना गर्न लागेको नेम्पा फिल्म अवार्डको शुक्रबार विधागत उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक गरेको छ । | entertainment |