headings
stringlengths
6
104
paras
stringlengths
57
472
label
stringclasses
3 values
तनहुँ हाइड्रोले तोड्यो सीएमसीसँगको सम्झौता
तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । १ सय ४० मेगावाटको आयोजनाको हेडवर्क्सको काम सीएमसीले पाएको थियो । हेडवर्क्सअन्तर्गत नदी फर्काउने र बाँधसहितको संरचना निर्माणको काम पर्छन् । 
business
मनाङ र संकटा सुरुमै भिड्ने
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणलाई विशेष बनाइने भएको छ । धरान फुटबल क्लबको आयोजनामा माघ २० देखि २७ सम्म धरान रंगशालामा हुने प्रतियोगिता दुई दशक पुगेकाले विशेष बनाइन लागेको हो ।
sports
सम्वृद्धिका लागि भवानी राणाका चार सुझाव
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्वृद्धि नारा र भाषणले मात्रै नआउने भएकाले यसका लागि सरकारले गर्नुपर्ने चारवटा कामको विवरण दिएकी छन् । 
business
परिसूचक र कारोबार रकम दुवै बढे
अघिल्लो दिनको तुलनामा मंगलबार सेयर बजारमा नेप्से परिसूचक कारोबार रकम दुवै बढे । अघिल्लो दिनको तुलनामा परिसूचक ३३.६१ अंकले बढेपछि समग्र नेप्से १ हजार ३ सय ३१.१८ विन्दुमा पुगेको छ ।
business
विश्वकप छनोट प्लेअफ: सुनौलो अवसर
नतिजाका हिसाबमा नेपालले बिहीबार आफ्नो क्रिकेट इतिहासकै सबभन्दा ठूलोमध्ये एक खेल खेल्दै छ । नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेल जिते र अर्को प्लेअफमा आफूअनुकूल नतिजा आएमा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता र आई–कप प्रतियोगिता खेल्ने अवसर पाउनेछ । फोर–डे प्रतियोगिता आई–कपलाई भविष्यमा टेस्ट मान्यताप्राप्त गर्ने बाटोको रूपमा पनि हेरिएको छ ।
sports
एन्फा निर्वाचन स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गरिएको छ ।
sports
अञ्जलीको ल्याक्मे सम्झना
१४ डिसेम्बर । यो कुनै खास दिन होइन । कुनै दिवस पर्दैन । तर, मोडल अञ्जली लामा यो मिति भुल्न सक्दिनन् । उनले प्रतिष्ठित ल्याक्मे फेसन विकमा र्‍याम्प वाक गरेको दिन थियो यो, २०१७ मा । उनका लागि महत्त्वपूर्ण हुने नै भयो ।
entertainment
विवादमा पहिरन
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु घुँडा देखिने स्कर्ट लगाएको निहुँमा अभिनेत्री प्रियंका चोपडाको खिल्ली उडाइएको थियो । उनलाई ‘संस्कार नभएकी’ भन्दै मान्छेले खेदो खने ।
entertainment
मनाङको कठिन जित
आयोजक माईभ्याली फुटबल क्लबविरुद्ध कठिन जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब सोमबार चौथो आमन्त्रण माईभ्याली फुटबलको सेमिफाइनल पुगेको छ । पहिलो सेमिफाइनलमा मनाङले १–० को जित निकाल्यो ।
sports
एउटै गाउँबाट ३२ टन सिमी उत्पादन
आमाछोदिङमो गाउँपालिका ३ गतलाङमा यस वर्ष ३२ टन सिमी उत्पादन भएको छ । बजार पाउन थालेपछि गतलाङमा सिमी उत्पादन गर्ने कृषकहरूको संख्या क्रमश बढ्दै गएको छ । 
business
मोबाइल खर्च ५३ अर्बभन्दा बढी
एक नेपालीले मोबाइल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ? प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला ।
business
कलेज प्रिमियर लिग १० सहरमा
एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट देशका विभिन्न १० प्रमुख सहरमा हुने भएको छ ।,
sports
रारामा बढ्यो रौनक
दसैं–तिहारको अवसर पारेर देशका विभिन्न ठाउँबाट पर्यटक ओइरिएपछि रारामा रौनक बढेको छ । ताल वरपरका स्थान, मचानमा पर्यटक भरिभराउ देखिन थालेका छन् । यसले रारा रुटको आर्थिक गतिविधि पनि बढेको छ ।
business
बिमस्टेकमा परराष्ट्रको बाहेक १५ करोड खर्च
गत साता काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनमा परराष्ट्रबाहेकका निकायले करिब १५ करोड रुपैयाँ खर्चको प्रस्ताव पेस गरेका छन् ।
business
लिरिल फ्रेस फेस फिनालेतिर
लिरिल फ्रेस फेसको चौथो संस्करण ग्रान्ड फिनालेतिर लम्किएको छ । यस पटकको संस्करण दर्शकका लागि जति बढी रोमाञ्चक बन्दै छ, सहभागीका भने उत्ति नै चुनौतीपूर्ण हुने आयोजकले जनाएको छ । विजेताले शीर्ष उपाधिका साथ १ लाख र स्कुटर पाउने आयोजकले घोषणा गरेको छ ।
entertainment
चन्दननाथले लगानी सम्मेलन गर्ने
जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी २९ गते लगानी सम्मेलन गर्ने भएको छ । जुम्लाको सम्भावना देखाउँदै लगानीको आह्वान गर्न नगरपालिकाले सम्मेलनको आयोजना गर्न लागेको हो ।
business
मन्त्रीहरू भन्छन्–‘आर्थिक विकासका लागि कूटनीति’
नेपाल शान्ति र राजनीतिक स्थायित्वको बाटोमा अघि बढेकाले अब कूटनीति आर्थिक विकासका लागि सहयोगी हुने गरी अघि बढेको सरकारका दुई मन्त्रीले बताएका छन् ।
business
सलोन र सारा लिएर सुश्री सम्पत्ति
‘अधकट्टी’ बाट निर्देशनमा डेब्यु गरेका सञ्चारकर्मी सुव्रत आचार्यले आइतबार दोस्रो फिल्मका रूपमा ‘सुश्री सम्पत्ति’ को घोषणा गरेका छन् । कमेडी जानरामा बन्ने उक्त फिल्ममा सलोन बस्नेत र सारा सिर्पाइली मुख्य भूमिकामा रहनेछ । 
entertainment
आर्मी अपराजित
त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगमा बुधबार बूढानीलकण्ठ नगरपालिकालाई ८९–८४ स्कोरले पराजित गरेको छ ।
sports
सिकलेसमा पर्यटकको चहलपहल
सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य सिकलेस गाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । पहिले पनि आन्तरिक पर्यटकको रोजाइमा रहेको यो गाउँमा सरकारी घोषणाले झनै उत्साह थपिएको स्थानीयवासी बताउँछन् । 
business
साफ महिला च्याम्पियनसिप विराटनगरमा गर्ने तयारी
पुस पहिलो साता नेपालमा हुने तय भएको दक्षीण एसियाली महिला फुटबल प्रतियोगिता विराटनगरमा सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको छ  ।
sports
२८ लाई कृति अवार्ड्स
नेपाल विज्ञापन संघले राजधानीमा दसौं कृति अवार्ड्स ०७५ सम्पन्न गरेको छ । कार्यक्रममा विजयी २८ विधाका विज्ञापनहरूलाई अवार्ड्स प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
business
सिटीको पहिलो हार
चेल्सीले म्यानचेस्टर सिटीलाई यस सिजनको इङलिस प्रिमियर लिगमा पहिलो पराजय चखाएको छ । चेल्सीले शनिबार राति स्टामफोर्ड ब्रिजमा सिटीमाथि २–० को जित हात पार्‍यो । १६ औं खेलमा  आएर सिटीले पहिलो पराजय भोगेको हो । 
sports
सरकारले फेरि लगानी सम्मेलन गर्ने
सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाका अनुसार लगानी सम्मेलनको तयारी भइरहेको छ । ‘हामी लगानी सम्मेलन गर्दै छौं,’ आर्थिक पत्रकार समाज (सेजन) को बुधबार आयोजित वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले भने । 
business
ट्वान्टी–२० ले ल्याएको सम्भावना
क्रिकेटको पूरा इतिहास नै पल्टाउने हो भने पछिल्लो एक दशकमा जति परिवर्तन भएको छ । त्यो यसअघि कहिल्यै पनि भएको छैन । माथिल्लो दर्जाको क्रिकेट भनेपछि धेरै लामो समय टेस्ट क्रिकेटमात्रै थियो ।
sports
मंगोलियन हार्टको रजत कन्सर्ट 
आकाशमा सरर प्लेन उडिरहेको थियो । जमिनमा गायक राजु लामा ‘मेरो नेपाल...’ भन्दै भावुक बने । कालो पहिरनमा सजिएका उनी देशको झण्डा लिएर स्टेज उक्लिए । अनि भने—
entertainment
बजेटको मध्यावधि समीक्षा आज
सरकारी राजस्व संकलन र पुँजीगत खर्च कम हुनका समस्याहरू औंल्याउदै चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा आज (बुधबार) सार्वजनिक हुने भएको छ ।
business
नेदरल्यान्ड्स–नेपाल : परम्परागत प्रतिद्वन्द्वी बन्दै
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १८ वर्षपछि मात्र नेदरल्यान्ड्ससँगको भेट सम्भव भएको थियो । यसको मुख्य कारण थियो यी दुई टोलीबीच ठूलो असमानता । नेदरल्यान्ड्स निकै माथि थियो भने नेपाल धेरै तल ।
sports
बन्दरगाह निर्माणले गति लियो
नेपाल–भारत सीमा नाका जयसपुरमा सुख्खा बन्दरगाह निर्माण कार्यले गति लिएको छ । बन्दरगाहलाई जोड्ने ३ सय १५ मिटर पहुँच मार्ग ग्राबेल गरिएको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको दूरी २ हजार ७ सय मिटर छ । त्यसका लागि गत वर्ष सरकारले ४० लाख रुपैयाँ बजेट छुटयाएको थियो ।
business
मकवानपुरका क्लबहरूले प्रशासन गुहारे
जिल्ला फुटबल संघ मकवानपुरको अधिवेशन माग गर्दै जिल्लाका क्लबहरूको एक समूह स्थानीय प्रशासनमा पुगेको छ ।
sports
‘बुढ्यौलीमा सुन्दर जोस’
वरिष्ठ साहित्य साधक दुर्गालाल श्रेष्ठले लेखन थाल्दा मुलुकमा जहानिया राणा शासन थियो । नेपाली र नेवार भाषा–साहित्यमा अनगिन्ती कृति दिएका यी ८१ वर्षे साधक बिहीबार बुढ्यौली जोसमा थिए ।
entertainment
सूर्य नेपाल च्यालेन्ज : रामे दुई स्ट्रोक अगाडि
रामे मगरले घरेलु कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा पाँच अन्डर ६३ स्कोर गर्दै सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बिहीबार शीर्षस्थान ओगटेका छन् । ५४ होलको समाप्तिमा ५ अन्डर १ सय ९९ को अवस्थामा रहेका उनले भुवन नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका हुन् ।
sports
पुलिससँग च्याम्पियन मनाङ पराजित
लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
sports
महिला साफ च्याम्पियनसिप : लक्ष्य उपाधिकै
दक्षिण एसिया क्षेत्रको विश्वकप मानिने साफ च्याम्पियनसिपमा नेपाल सधैं अभागी सावित हुँदै आएको छ । राष्ट्रिय पुरुष टोली गत साता बंगलादेशबाट चौथोपल्ट सेमिफाइनलमा रोकिएर घर फर्कियो । यो नै नेपालको अहिलेसम्मको सफल प्रदर्शन पनि रह्यो ।
sports
सिटीलाई कीर्तिमानको भोक
पेप ग्वार्डिओलाले पूरा दिन गल्फ खेले । रहिम स्टर्लिङ घरको सोफामा आराम गरिरहेका थिए अनि भिन्सेन्ट कोम्पनी आफ्नो परिवारसँग म्यानचेस्टर सिटीको आफ्नै टेलिभिजनमा व्यस्त थिए ।
sports
बलिउडमा जो भए आफ्नै बलबुतामा स्थापित
बलिउडलाई रहस्यमयी मानिन्छ । कतिपय यो दुनियाँमा छिर्न असाध्यै मुस्किल रहेको बताउँछन् । कोही चाहिँ आफूमा क्षमता छ भने बलिउड स्वागतका लागि तम्तयार रहेको सुनाउँछन् । यद्यपि, त्यहाँ नातावाद वा भाइभतिजावादको प्रसंग धेरै आउने गरेको छ ।
entertainment
निगमका सबै चिनियाँ विमान ग्राउन्डेड
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड छन् ।
business
सांसदहरूको आरोप, ‘आर्थिक प्रलोभनमा बूढीगण्डकी गेजुवालाई’
राष्ट्रियसभाका सदस्यहरूले बूढीगण्डकी जलविद्युत् आयोजना आर्थिक प्रलोभनमा परी चिनियाँ कम्पनी गेजुवालाई बिनाप्रतिस्पर्धा दिएको आरोप लगाएका छन् ।
business
दमक गोल्डकपको तयारी तीव्र
वैशाख १९ देखि २८ सम्म हुने प्रथम दमक गोल्डकप फुटबलको तयारी तीव्र पारिएको छ । दमक नगरपालिकाको आयोजनामा हुने गोल्डकपका लागि मैदान सम्याउने, प्यारापिट निर्माण, प्रचारप्रसार, विषयगत विज्ञसँग नियमित छलफल लगायतका काममा तीव्रता दिइएको छ ।
sports
डीपीएल वर्षाले प्रभावित, काठमाडौं र विराटनगरबीचको खेल रद्द
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ ।
sports
फर्कियो पोस्टरमा साइकल
पोस्टर फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने पहिलो अस्त्र हो । अहिले जस्तो टिजर, ट्ेरलर वा यस्तै प्रचार सामग्रीको चलनचल्ती नहुँदैदेखि फिल्मका पोस्टर बनाइन्थे र चोक–चोकमा टाँसिन्थे । फिल्मका सुरुवाती दिनमा पेन्टिङबाट निर्मित पोस्टर बन्थे ।
entertainment
कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा
धनगढी उपमहानगरपालिका–११ कैलाली गाउँकी फुलमती चौधरीले हाल हाटबजारमा तरकारी बेच्न छोडिसकेकी छन् । उनी आफ्नो घरको उत्पादित तरकारी त्यतैका थोक बिक्रेतालाई बेच्ने गर्छिन् ।
business
केन्डलको पेप्सी एड विवादमा
गर्मीलाई लक्षित गरी हालै पेप्सीले ल्याएको साढे दुई मिनेट लामो आक्रामक विज्ञापन छोटो समयमै इन्टरनेटमा भाइरल भएको छ । मोडल केन्डल जेन्नर अभिनीत उक्त विज्ञापनलाई खासगरी ट्वीटेहरूले बढी उडाएका छन् । काला जातका आन्दोलनकारीहरू हिँडेको जुलुसलाई रोक्न बसेका तनावग्रस्त सुरक्षाकर्मीलाई केन्डलले भीडबाट निस्केर पुलिस अफिसरलाई पेप्सीको क्यान थमाउँछिन् ।
entertainment
जनकपुरमा घराना संगीत महोत्सव
जानकी मन्दिर परिसर सारंगी र मुरलीको धुनले तरंगित भयो । बुधबार साँझ संगीतमय बन्यो जनकपुर । जनकपुरीयालाई छठको अवसरमा सारंगी र मुरलीको कर्णप्रिय धुनले प्रफुल्लीत बनायो । पूर्वीय शास्त्रीय संगीत र सद्‌भाव प्रवर्द्धनको लागि जनकपुरमा आयोजित घराना संगीत महोत्सवको प्रस्तुतिले जानकी मन्दिरमा उपस्थित दर्शकको मन थामिएन । बुधबार अबेर रातिसम्म चलेको घराना संगीत महोत्सवमा जनकपुरीयाले ठुम्का लगाए ।
entertainment
इन्डियन साकिरा
भारतकी प्रख्यात प्लेब्याक सिंगरमध्येकी एक हुन्, नेहा कक्कर । सन् २००६ मा भएको दोस्रो इन्डियन आइडल हुँदै उनी संगीत क्षेत्रमा लागेकी थिइन् । सन् २००८ मा ‘नेहा द रक स्टार’ नामक एल्बम निकालेकी उनलाई गायनको नयाँ सेन्सेसन मानिन्छ । उनी चर्चित गायक/गायिका सोनु र टोनी कक्करकी बहिनी पनि हुन् ।
entertainment
हाई अल्टिच्युडमा खेलकुद
मनाङको २ हजार ६ सय ३५ मिटर उचाइको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणसँगै विभिन्न तालिम तथा खेल गतिविधि अघि बढाइएको छ ।
sports
लघुवित्त कारोबार गर्ने संस्था ९२ पुगे
वित्तीय संस्थाको संख्या घटाएर गुणस्तर वृद्धि गर्ने उद्देश्य विपरीत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या बढाएर करिब सवा सय पुर्‍याउन लागेको छ । यही क्रममा हालसम्म राष्ट्र बैंकले ९२ वटा संस्थालाई सञ्चालन अनुमति दिइसकेको छ ।
business
नेपालको अफगानसँग हार
परम्परागत प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपाल विश्वकप छनोट क्रिकेटको समूह चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ । शनिबारको पराजय जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालको लगातार तेस्रो हो ।
sports
ईपीएलमा चितवनको लगातार दोस्रो हार
चितवन टाइगर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा लगातार दोस्रो हार व्यहोरेको छ । चितवन सोमबार काठमाडौं किंस- ११ सँग ६ विकेटले पराजित भयो । यसअघि पहिलो खेलमा आइतबार चितवन ललितपुर प्याट्रियट्ससँग ११ रनले पराजित भएको थियो ।
sports
‘पञ्चायत’ को ट्रेलर
पचास वर्षअघिको सामाजिक संरचना र किशोरीको मनोभावलाई समेटेर बनाइएको ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक गरिएको छ । निता ढुंगाना फिल्मकी मुख्य चरित्रका रूपमा रहेकी छन् । ट्रेलरमा उनले गाउँकी किशोरीको यौनमनोभावलाई दर्साएको देख्न सकिन्छ । 
entertainment
दुई अर्ब ३८ करोडको सेयर कारोबार
यो साता बजारमा दुई अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम घटेको हो । २६ हजार ७ सय ३८ कारोबारबाट १ सय ९० कम्पनीका ८९ लाख २७ हजार ९ सय १९ कित्ता सेयर खरिद–बिक्री भए ।
business
गरिब मुलुकमा अर्बपति बन्ने काइदा
गरिबी र अशिक्षाले जेलिएका मुलुकहरूमा धनाढय बन्नेहरूले थरीथरीका शैलीहरू अपनाउने गरेको पाइन्छ । कोही धर्मलाई त कोही ईश्वरवादलाई धन कमाउने माध्यम बनाउने गरेका छन् । तीमध्येका एक हुन अफ्रिकी महाद्वीपको दक्षिण क्षेत्रमा अवस्थित मुलुक मलावीका ४० वर्षीय पादरी सेफर्ड बसिरी । १ करोड ६० लाख मात्रै जनसंख्या रहेको मलावी एउटा भूपरिवेष्ठित मुलुक हो ।
business
सडक पूर्वाधारमा १ खर्ब बजेट : व्यस्त राजमार्गमा सुरुङ, रेलको डीपीआर तयार पारिने
सरकारले मुख्य राजमार्गलाई एक्सप्रेस वेको रुपमा विकास गर्ने, रेल आयोजनाको सम्भाव्यता अध्ययन थाल्ने र व्यस्त राजमार्गमा सुरुङ बनाउनेसहितका महत्वकांक्षी योजना समेटेर सतह मार्गसम्बन्धी कार्यक्रम घोषणा गरेको छ ।
business
कान्समा नेपाली फड्को
संसारकै प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली सिर्जनाले बाजी मारेको छ । फेस्टिभलको सात दशक लामो इतिहासमै किरण पोखरेलको सर्ट फिल्म ‘विङ्स’ ले एउटा विधामा अवार्ड पाएको हो ।
entertainment
जंगबहादुरसँग सेल्फी
राजदरबारभित्र, भलाद्मी पाराले उनी हातको तरबार भुइँमा अडयाउँदै सानका साथ उभिएका छन् । हरियो रंगको पहिरनमा श्रीपेच लगाएका उनमा लोभलाग्दो ठाँट देखिन्छ । उनलाई देख्ने धेरैले सँगै उभिएर फोटो खिचिरहेका थिए । तर, उनी को हुन् ? चित्रमुनिको क्याप्सन नहेरिकनै सबैले भन्थे, ‘जंगे पो हुन् त ।’
entertainment
आँखैअघि दा भिन्ची
मोनालिसा र साल्भाटोर मुन्डी त लियोनार्दो दा भिन्चीका महानतम कलाकृति भइगए, तीबाहेक पनि उनका थुप्रै ‘मास्टरपिस’ छन्, जसका लागि कलाको लिलामी बजार हरेकपल्ट उचालिने गर्छ । तर, लिलामीमा उनका कला विरलै उपलब्ध हुन्छन् ।
entertainment
बजेट प्रतिक्रिया: ‘कार्यान्वयन चुनौतीपूर्ण’
'बजेट सरसर्ती सुन्दा नराम्रो भन्न सकिन्न । आकांक्षा, इच्छाहरू धेरै छन् तर कार्यान्वयनको विश्वसनीय आधार देखिन्न । बजेटमा धेरै कार्यक्रम र योजनाहरू विगतकै निरन्तरता छन्, जुन स्वाभाविक पनि छन् । कतिपय क्षेत्रमा धेरै लक्ष्य लिइएको छ तर कार्यान्वयनको प्रश्न पनि उत्तिकै छ ।'
business
खाना–खाजा बोकेर कञ्चनजंघातिर पर्यटक
चौधजना रसियाली नागरिकको टोली आइतबार सदरमुकाम फुङलिङको मेवाखोला हिल रिसोर्टमा बस्यो । लुक्ला हुँदै आएका थप १३ जनासमेत गरी २७ जनाको समूह सोमबार दिउँसो भेला भइसकेपछि गाडीमा थिवासम्म गए र छिरुवामा बास बसे ।
business
लोकगीत सम्मेलन
बुढयौलीले गल्दै गएको जीउ, चाउरी परेका गाला, माइक समाउँदा थरथर कामिरहेका हात । लौरी भुइँमा राख्दै माइक समाउँदै गाउन जोस्सियो एक जोडी :
entertainment
एसिया कपमा हङकङ
हङकङले यूएईमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।
sports
सन्दीपको टोली बाहिरियो
सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । तर उनको टोली मोन्ट्रियल टाइगर्सले अर्को खेलमा पराजय भोग्दै प्रतियोगिता टुंग्याएको छ । मोन्ट्रियललाई आइतबार टोरन्टो नेसनलले रोचक खेलमा १ विकेटले पराजित गर्‍यो ।
sports
‘राज्जा रानी’ एक साताअगाडि
नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’ को प्रदर्शन मिति निर्धातिर समयभन्दा एक साताअघि तानिएको छ ।
entertainment
विदेशी मुद्रामा ल्याएको ऋण सस्तो नहुने
वाणिज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पनि सस्तो नहुने भएको छ । बैंकहरूले विदेशबाट ल्याएको ऋण पनि प्रचलित ब्याजदरमै लगानी गर्ने छुट राष्ट्र बैंकले दिएकाले अपेक्षा गरिए जस्तो सस्तो नहुने भएको हो ।
business
बेलायतमा ब्लाइन्ड रक्सको प्रिमियर शो
वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले ।
entertainment
विद्युत् नियमन आयोग गठनमा ढिलाइले अर्बौंको अनुदान अन्योलमा
सरकारले विद्युत् नियमन आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्राप्त सहयोग कार्यान्वयनमा अन्योल बढेको छ ।
business
वर्षामा तरकारी निर्यात हिउँदमा आयात
बर्खामा पूर्वी तराई हुँदै भारतीय बजारमा करोडौं मूल्यका तरकारी निर्यात गर्ने जिल्लाका किसान हिउँदमा भने उतैको तरकारीमा निर्भर गर्छन् । बेमौसमी तरकारी खेतीमा अव्बल मानिएका जिल्लाका किसानसमेत मंसिरयता भारत, बंगलादेश र चीनमा उत्पादित तरकारीकै भरमा भान्सा टारिहेका छन् । 
business
प्रत्याशीका आ–आफ्नै दाबी
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समितिले वैशाख २२ लाई तोकेको चुनाव मिति विधानसम्मत नभएको अध्यक्षका प्रत्याशी मणि कुँवर पक्षधरले दाबी गरेका छन् । कुँवर पक्षधरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिलाई अर्को पक्षले डर र धम्की देखाएर वैशाख २२ लाई चुनावी मिति तोकेको आरोप पनि लगाएको छ ।
sports
साफ वुमेन्स च्याम्पियनसिप : नेपाली खेलाडीको क्षमता
नेपाली टोलीकी कप्तान नीरु थापा चौथोपल्ट साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल्दै छिन्  । सुरुमा डिफेन्स, त्यसपछि मिडफिल्ड हुँदै यसपालि फरवार्डको जिम्मेवारी पाएकी उनी टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन्  ।
sports
“मन त परदेशी” पुस १४ देखि
वैदेशिक रोजगारीमा गएका युवाको समस्या तथा प्रेम सम्बन्ध समेटिएको ‘मन त परदेशी’ पुस १४ देखि देशभरका ४० हलभन्दा बढी हलमा प्रदर्शनमा आउने भएको छ । फिल्मको डिसेम्बर २५ मा कतारमा च्यारिटी सो गर्दा दर्शकको संख्या उल्लेख्य पाएपछि निर्माण पक्षले फिल्म सफल हुने दाबी गर्दै आएको छ । निर्माण पक्ष र कलाकारहरू फिल्म प्रमोसनका लागि देश दौडाहामा छन् । एबी फिल्म्स प्रोडक्सनले फिल्म प्रदर्शनमा ल्याउन लागेको हो । 
entertainment
मनकामनाका सुन्तलालाई स्टिकर
अरू ठाउँका सुन्तला मनकामनाको भन्दै बिक्री हुन थालेपछि गोरखामा स्टिकर टाँसेर मात्रै बजारमा पठाउने गरिएको छ । 
business
एकीकृत भन्सार जाँच चौकी : अस्थायी रूपमा सञ्चालन गरिने
विराटनगर नाकाबाट सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्न एकीकृत भन्सार जाँच चौकी अस्थायी रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
business
अस्ट्रेलियाको जित
अस्ट्रेलियाका पेस बलर चम्किएपछि घरेलु टोलीले इंग्ल्यान्डविरुद्धको वान डे शृंखलाको चौथो खेलमा ३ विकेटको जित दर्ता गरेको छ।
sports
‘टेक अर पे’ प्रावधानले प्राधिकरणलाई वित्तीय जोखिम
टेक अर पे प्रावधानसहित विद्युत् खरिद सम्झौता गर्ने सीमा बढाइएपछि विद्युत् प्राधिकरणले ८४ अर्ब रुपैयाँ बराबरको थप विद्युत खरिद गर्नुपर्ने भएको छ ।
business
सञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)
सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् । तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन...’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।
entertainment
अत्तरियालाई ह्वाइट हाउसको साथ
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा प्रतिस्पर्धा गर्न लागेको फ्रेन्चाइज टोली सीवाईसी अत्तरियालाई ह्वाइट हाउस इन्टरनेश्नल स्कुल र कलेजले प्रयोजन गरेको छ । निर्धारित तालिका अनुसार अत्तरियाले आइतबार विराटनगर किंग्ससँग खेल्ने कार्यक्रम छ । 
sports
कोमन आएयता पहिलो जित
रोनाल्ड कोमनले नेदरल्यान्ड्स प्रशिक्षकका रूपमा सोमबार पहिलो जित निकालेका छन् । डच टिमले फिक्का देखिएको पोर्चुगलमाथि सजिलो ३–० को सफलता हात पार्‍यो । तीन पल्टको विश्वकप उप विजेता नेदरल्यान्ड्स रुसमा हुने यसपल्टको प्रतियोगितामा छनोट हुन सफल रहेको छ ।
sports
‘दुई रूपैयाँ’ मा निश्चल
फिल्म ‘लुट’ बाट निर्देशनमा चर्चित हुनुअघि नै निश्चल बस्नेत सांगीतिक क्षेत्रमा पनि संघर्षरत थिए । निर्देशनमा हाइट बनाएपछि उनले गायनलाई पनि निरन्तरता दिए । आखिर गायनमा पनि जमेका निश्चल फिल्म अभिनयदेखि आइटम डान्समा समेत नाच्न भ्याए ।
entertainment
इन्टरनेट थप महँगो
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा थपेको कर मंगलबारदेखि लागू भएको छ । यो आर्थिक वर्षदेखि इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क शीर्षकमा १३ प्रतिशत कर लिने निर्णय सरकारले गरेको थियो ।
business
साढे दुई वर्षदेखि वनले रूख कटान रोकेको आरोप
मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि रूख काट्न नपाउँदा हेटौंडा–ढल्केबर–दुहबी ४ सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम दुई वर्षदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । डिभिजन वन कार्यालय सप्तरीले रूख काट्न नदिएको प्राधिकरणको भनाइ छ । 
business
सुस्ताउँदो ब्यान्ड म्युजिक
तपाईंलाई मन पर्ने नयाँ नेपाली ब्यान्ड कुन हो ? प्रश्न सुनेपछि गायक मुक्ति शाक्य एक छिन टोलाए । निराशजस्तै देखिए । अनि भने, ‘विगत पाँच/सात वर्षयता नयाँ ब्यान्ड आएको छैन । रक सिनमा राम्रो गरिरहेको अन्डरसाइड छ । तर, यो नयाँ ब्यान्ड होइन ।’
entertainment
सामूहिक कृषि उत्पादनमा युवा
चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् ।
business
एडीएसएलको भाउ नबढ्ने
सरकारले नयाँ बजेटमार्फत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि नेपाल टेलिकमले केही सेवाहरूमा भने भाउ नबढाउने भएको छ । उपभोक्तामाझ लोकप्रिय रहेका केही सेवामा उपभोक्तालाई आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
business
खलंगालाई मेयर कप
दशरथ चन्द नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम मेयर कप क्रिकेट उपाधि नपा २ देहिमाण्डौलाई ६ विकेटले हराउँदै नपा ४ खलंगाले उपाधि जितेको छ ।
sports
डर डन्डीफोरको
हालै सम्पन्न गोल्डेन ग्लोब अवार्ड समारोहमा अमेरिकी सुपर मोडल केन्डल जेनर कालो स्ट्रापलेस गाउनमा उपस्थित भइन् । उनको पहिरनको निकै चर्चा भयो । जताततै फोटो छापियो । सुरुमा त तारिफ पनि पाइन् । तर, बिस्तारै कुरा मोडियो । मान्छेहरू उनको लवाइ होइन कि अनुहारको डन्डीफोरबारे बोल्न थाले । धेरैले आलोचना गरे । 
entertainment
नेपाली फिल्म क्षेत्र कस्तो हुनुपर्छ ?
नेपाली फिल्म राम्रा भएनन्, हेर्न लायक बनेनन्, फिल्म फेस्टिभल पर्याप्त भएनन् भन्ने खालका गुनासा धेरै सुनिन्छन् । थापाथलीस्थित डकस्कुलले गरेको कार्यक्रममा पनि यस्तै दुखेसा सुनिए । गुनासा बढी आएपछि फिल्म निर्देशक मनोज पण्डितले प्रसंग मोड्न चाहे । ‘खासमा तपाईंहरू नेपाली फिल्म वा फिल्म क्षेत्र कस्तो भएको हेर्न चाहनुहुन्छ ?’ उनले सोधे ।
entertainment
पुराना टायरबाट फर्नेस तेल
यहाँस्थित एउटा कम्पनीले पुराना टायरहरू प्रशोधन गरी महँगो औद्योगिक तेल ‘फर्नेस’ उत्पादन थालेको छ । देवदह ४ केरवानीस्थित स्पिड इनर्जीजले ठूला उद्योगहरूलाई चाहिने फर्नेस तेल उत्पादन सुरु गरेको हो । तीन जना व्यवसायीले ५ करोड रुपैयाँको लागतमा उक्त कम्पनी स्थापना गरेका हुन् ।
business
कुटुमा कुटु नम्बर टु साम्राज्ञी टेन
दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को लोभलाग्दो यात्रा अझै जारी छ । हलहरूबाट यो अझै उत्रिसकेको छैन । अमरेन्द्र/महेन्द्र बाहुबलीको भूमिकामा अभिनेता प्रभासले धुम मच्चाइरहेका छन् । यही बेला साउथकै अर्का एक्सन–स्टार अल्लु अर्जुन भने युट्युबमा छाइरहेका छन् । हिन्दीमा डब गरिएको, उनी अभिनीत ‘सराइनोडु’ फिल्म यसै साता युट्युबमा रिलिज गरिएको थियो ।
entertainment
दिदीभाइको च्याम्पियन लय
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ पुष्पलाल स्मति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौंपल्ट च्याम्पियन भएका छन् । 
sports
किन बलियो बन्दै छ अमेरिकी डलर ?
केही सातायता अमेरिकी डलर निरन्तर रुपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन झन बलियो बन्दै गएको हो । डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रुपमा कमजोर बनेको छ ।
business
मिस नेवा:को लाइब्रेरी अभियान
मिस नेवा: इशु श्रेष्ठ पुस्तकालय निर्माण अभियानमा जुटेकी छन् । हालै उनले कमलपोखरीस्थित कमलनारायण निमाविमा पुस्तकालय बनाएकी छन् ।
entertainment
कोन्टेलाई जितको राहत
इंग्लिस प्रिमियर लिगमा चेल्सीले सोमबार राति वेस्ट ब्रुमलाई ३–० ले हरायो र यससँगै प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दबाब कम भएको छ । बर्नमाउथ र वाटफोर्डविरुद्धको खेल गुमाएयता व्यवस्थापक कोन्टे वर्खास्तीमा पर्न सक्ने बताइएको थियो । 
sports
रेलिगेसनमा स्टोक
घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २–१ को पराजय बेहोरेसँगै स्टक सिटी प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको एक खेल बाँकीको अवस्थामा स्टोक पुछारबाट दोस्रो स्थानमा छ ।
sports
नरगिसजस्तै मनीषा !
सामाजिक सञ्जालमा यति बेला अभिनेत्री मनीषा कोइराला नरगिसमय बनेकी छन् । बलिउडकी पुरानी अभिनेत्री नरगिसजस्तै देखिन मनीषाले फिल्म ‘सन्जु’ मा अथक मिहिनेत गरेकी छन् ।
entertainment
‘कमजोर’ कम्पनीलाई सेयर निकाल्न रोक
धितोपत्र बोर्डले कमजोर कम्पनीले सेयर निकाल्न नपाउने व्यवस्था गरेको छ । बोर्डका अनुसार सबैभन्दा कम रेटिङ पाउने कम्पनीले प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न नपाउने भएका हुन् । 
business
अनेक स्वरमा कलकत्ते काइँयो
लोकगायक एवं अभिनेता जयनन्द लामाका धेरै गीत रिमेक/रिमिक्स्ड गरिएका छन् । ‘डल्ली रेसम...’, ‘चुइँचुइँ चुइँकने जुत्ता...’, ‘आँखाको रमझम...’ लगायत उनका गीत नयाँ–नयाँ भर्सनमा आए । यीमध्ये सबैभन्दा बढी चल्यो, ‘कलकत्ते काइँयो...’ ।
entertainment
शोभितले बनाउने भए ‘बाबु कान्छा’
कुनै बेला निर्देशक शोभित बस्नेतलाई फिल्म मेसिन नै भनिन्थ्यो । छोटो समयमै लगालग फिल्म बनाउनमा खप्पिस शोभितका पछिल्ला फिल्म व्यापारिक रूपमा असफल हुँदै गएपछि केही समय सुस्ताए । दुई वर्षअघि ‘जाऊ हिँड पोखरा’ मा झुल्केका भए पनि फेरि सेलाए ।
entertainment
सक्षम च्याम्पियन
पाँचौं नेपाल जुनियर खुला लनटेनिस च्याम्पियनसिपको यू–१० ब्वाइजको उपाधि सक्षमविक्रम शाहले जितेका छन् । सातदोबाटोस्थित कोर्टमा सोमबार सक्षमले फाइनलमा राजवीर प्रधानलाई ६–४, ६–४ को सेटमा हराए । 
sports
पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा
मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो बैंक सञ्चालनमा आएको हो । बुधबार अर्थमन्त्री युवराज खतिवडाले बैंकको शुभारम्भ गरेका हुन् ।
business
रूपन्देही सेमिफाइनलमा
कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बुधबार रूपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र एबीसी स्पोर्ट्स क्रिकेट क्लब विजयी भएका छन् ।
sports
‘माई लभ’ मंसिरमा
जापानी निर्देशक तोसिआकी इतोह निर्देशित ‘माई लभ : प्रमिस फर काठमान्डु’ मंसिरमा देशभर रिलिज हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी रिलिज डेट सार्वजनिक गरिएको हो ।
entertainment