title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
तीन विश्वविद्यालय उपकुलपतिविहीन
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ ।
https://gorkhapatraonline.com/news/98468
काठमाडौँ, फागुन २० गते । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ । उहाँहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गर्नुभएको थियो । यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हालका लागि स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही पनि खुलाएको छैन । माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोचपत्रसहित चारवर्षे कार्ययोजना बुझाउनुभएको छ । उहाँहरूले आवेदन साथ पेस गर्नुभएको योजना तथा सोचपत्रको अध्ययन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।    
News
41,778
मधेश प्रदेश सभामुखमा मण्डल निर्वाचित
मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/51328
धीरेन्द्रप्रसाद साहजनकपुर, माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो । सभामुखमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य जंगीलालराय यादवले २९ मत प्राप्त गर्नुभएको थियो । 
News
59,019
श्रीलंकामाथि नेपालको दोस्रो सानदार जित
नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।
https://ekantipur.com/sports/2022/07/27/165893599290319409.html
काठमाडौँ — नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे । यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ र राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा छ । समान ६ अंकमा बंगलादेश दोस्रो स्थानमा छ ।यसअघि दिनको पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हरायो । बंगलादेशका लागि मोहमद नोभाले दुई गोल गरे । भारतका लागि गुर्किरात सिंहले एक गोल फर्काए ।
Sports
19,947
बेटिङ प्रचारमा पक्राउ परेका कलाकार सरकारी वकिल कार्यालयमा
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
https://gorkhapatraonline.com/news/67797
काठमाडौं, जेठ ३२ गते । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् ।बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए । प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयो । उहाँले पक्राउ परेकाहरूलाई जुवा ऐन र राष्ट्र बैङ्क ऐन आकर्षित हुने बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले भन्नुभयो, ‘‘आज हामीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने । पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ । पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलि सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरू छन् । हाम्रोमा यो गैरकानुनी हो । जुवा ऐन र राष्ट्र बैङ्क ऐन आकर्षित हुन्छ ।’’नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।
News
44,188
नेपाली टोलीको बिदाइ
माघ २६ देखि फागुन ३ सम्म भारतको भुवनेश्वरमा हुने चार देश सहभागी फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ । 
https://ekantipur.com/sports/2019/01/28/154864627499293021.html
काठमाडौँ — माघ २६ देखि फागुन ३ सम्म भारतको भुवनेश्वरमा हुने चार देश सहभागी फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीका रूपमा लिइएको प्रतियोगिताका लागि मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार नै २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।भारत प्रस्थान गर्नुअघि नेपाली टोलीले एक साता झापामा अभ्यास गर्नेछ । नेपाली टोली बुधबार झापा प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालसँगै भारत, म्यानमार र श्रीलंकाका राष्ट्रिय टोली सहभागी हुनेछन् ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरे ।कार्यक्रममा दक्षिण कोरियाली फुटबल संघले एन्फालाई दिएको ८ सय ९७ जोर जुत्ता हस्तान्तरण गरिएको थियो । ‘सबैभन्दा पहिला ओलम्पिक २०२० को छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिन चाहन्छु,’ कोरियाली फुटबल संघका अध्यक्ष ग्युले भने, ‘दोस्रो चरणको छनोटमा पनि उत्कृष्ट खेलेर ओलम्पिकमा पुग्नेछन् भन्ने मेरो आशा छ । र, यो अपेक्षा पनि छ कि ओलम्पिकमा नेपाल र कोरिया सँगै परुन् ।’एन्फा अध्यक्ष शेर्पाले पनि अन्तर्राष्ट्रियस्तरमा महिला टिमले राम्रो प्रदर्शन गरिरहेको र राष्ट्रले नै गर्व गर्ने उपलब्धि निस्कन धेरै समय नलाग्ने बताए । विराटनगरको सहिद रंगशालामा हुने साफ च्याम्पियनसिपमा नेपाल बंगलादेश, पाकिस्तान र भुटानसँगै समूह ‘ए’ मा छ ।
Sports
28,057
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याउनुले हुकुमी शासनको झल्को आयो : सांसद खतिवडा
कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् । 
https://ekantipur.com/news/2024/06/02/stopping-those-who-violate-traffic-rules-on-the-road-gives-the-impression-of-authoritarian-rule-mp-khatiwada-32-39.html
काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् । उनले मन्त्रीको मौखिक निर्देशनका भरमा कुनै नागरिकलाई सडकमा उभ्याउने कुरा गलत भएको भन्दै यो व्यवस्था हटाउनका लागि सदनबाट रुलिङ गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले भने,' मुलुक हुकुमी शासनमा चल्नुपर्छ । मापसे गरेरको मान्छेलाई सडकमा उभ्याउने कुन कानुनमा छ ? फेरि हुकुमी शासन चलाउने हो ? यो विषयमा रुलिङ हुनुपर्छ ।'गत जेठ १५ गते गणतन्त्र दिवसको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मौखिक रुपमा ट्राफिक नियम उल्लंघन गर्नेहरूले अनिवार्य रुपमा सडकमा ट्राफिक स्वयंसेवकको रुपमा काम गर्नुपर्ने निर्देशन दिएका थिए । त्यसपछि हरेक दिन प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा परिचालन गर्दै आएको छ ।
News
2,910
ट्वान्टी-२० विश्वकप : नामिबियाको पहिलो जित
डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।
https://ekantipur.com/sports/2021/10/21/16347769816272562.html
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।त्यसमै दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी विजले ५ छक्का र ४ चौका प्रहार गरे । त्यसकै मद्दतमा नामिबियाले ६ बल बाँकी छँदै १ सय ६५ रनको लक्ष्य पूरा गरेको थियो । विश्वकपमा नामिबियाको पहिलो ऐतिहासिक जित हो । यससँगै टोलीको सुपर १२ को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।सोमबार पहिलो खेलमा नामिबिया सन् २०१४ को विजेता श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । त्यसमा पूरा टिम ९६ रनमै अलआउट भएको थियो । म्यान अफ द म्याच विजले भने, ‘हाम्रो जित र प्रदर्शन दुवै उत्कृष्ट रह्यो । विश्वकपमा नामिबियाका लागि खेल्नुमा मेरा लागि धेरै ठूलो अर्थ छ ।’ उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाका लागि खेल्नुले अपार खुसी प्राप्त भएको बताए । यो हारपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिने तयजस्तै भएको छ । आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्स ७ विकेटले पराजित भएको थियो । शुक्रबार हुने खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरे पनि त्यो टिमका लागि पर्याप्त हुने छैन । सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाका लागि खेलेका ३६ वर्षीय विजले २९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनलाई कप्तान जेरार्ड इरामसले बलियो साथ दिए । उनले २२ बलमा ३२ रन बनाएर चौथो विकेटका लागि ९३ रनको साझेदारी गरे । नामिबियालाई जितबाट रोक्न डच कप्तान पिटर सिलारले आफ्ना सात बलर प्रयोग गरेका थिए ।जितपछि कप्तान इरामसले भने, ‘विश्वकप क्रिकेटमा पहिलो खेल जित्नु नामिबिया क्रिकेटका लागि विशेष अर्थ राख्छ ।’ यसअघि प्रारम्भिक ब्याट्सम्यान म्याक ओ’डाउडले लगातार दोस्रो अर्धशतक बनाए । टिमले पहिले ब्याटिङ निम्तो स्वीकार्दै ४ विकेटमा १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डमा जन्मेका म्याकले ५६ बलमा ७० रन बनाए । यसमा एक छक्का तथा ४ चौका सामेल थिए ।
Sports
22,045
कोरोना भाइरस नेपाल: '८० लाख मात्रा रुसी कोभिड खोप ल्याउने सम्झौता गर्न पहल, चीन र अमेरिकासँग पनि छलफल'
सन् २०२१ को अन्त्यसम्म नेपाललाई कोभिड खोपको ८० लाख मात्रा उपलब्ध गराउन रुसी उत्पादक निकायले प्रतिबद्धता जनाएको र त्यसको लागतसहितका विषयमा छलफल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बीबीसीलाई बताएका छन्।
https://www.bbc.com/nepali/news-56990507
स्पुत्निक-भी खोपलाई करिब ६० वटा देशले प्रयोगको अनुमति दिएको बताइन्छ भारतको सीरम इन्स्टिट्यूटले यसअघि खरिद सम्झौता भएको १० लाख अक्सफर्ड-आस्ट्राजेनेकाको खोप प्राप्तिमा ठोस प्रगति नभएको समयमा नेपालले अरू देशहरूसँग पनि छलफल अघि बढाएको मन्त्री त्रिपाठीले बताए। मन्त्री त्रिपाठीका अनुसार चीन र अमेरिकाबाट पनि खोप भित्र्याउने विषयमा दुवै देशका अधिकारीहरूसँग छलफल भइरहेको छ। खोपको आपूर्तिमा देखिएको अनिश्चितताले ज्येष्ठ नागरिकसहित पहिलो मात्रा कोभिशील्ड लिएका लाखौँ व्यक्तिहरूलाई दोस्रो खोप उपलब्ध गराउने सरकारी अभियान प्रभावित हुन सक्ने चिन्ता उत्पन्न भएको छ। खोप खरिदबारे के भइरहेको छ? सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग समन्वय गरी छिटोभन्दा छिटो खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका थिए। कोरोनाभाइरसको सङ्क्रमण उकालो लागिरहँदा प्रधानमन्त्रीले कोरोनाभाइरस सङ्क्रमितको परीक्षण, उपचार र अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेर्ने र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने बताएका थिए। उनले अन्तरमन्त्रालय समन्वयमा यी कामहरू गरिने उल्लेख गरेका थिए। बुधवार बीबीसी नेपालीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले रुसको खोप उत्पादक कम्पनी नेपालमा खोप उपलब्ध गराउने विषयमा सकारात्मक रहेको र नेपाल सरकारले उक्त कम्पनीको उत्पादन र आपूर्ति क्षमताबारे अध्ययन गरिरहेको बताए। यो खोप २ देखि ८ डिग्री सेल्सीअसमा भण्डारण गर्न सकिने बताइएको छ। उनले भने, "उनीहरूले आगामी डिसेम्बर महिनाको अन्त्यसम्ममा ८० लाख मात्रा उपलब्ध गराउने भनेका छन्। मैले अविलम्ब ४० लाख मात्रा उपलब्ध गराउन अनुरोध गरिरहेको छु।" उनले थपे, "हामी जबाफ कुरिरहेका छौँ। मैलै बुझेसम्म उनीहरू सकारात्मक छन्।" रुसको उक्त स्पुत्निक-भी खोपको आपूर्तिबारे छलफल गर्न रुसी प्रतिनिधिहरू नेपाल आएको र उनीहरू फर्किसकेको बताइन्छ। खोपको खरिद 'जीटुजी' अर्थात् दुई सरकाबीच हुनुपर्ने भन्नेबारे छलफल भए पनि कुल लागतसहितका विषयमा निष्कर्ष निस्किन बाँकी रहेको उनले बताए। रुसको प्रतिक्रिया के छ? मन्त्री त्रिपाठीले नेपालमै केही परिमाणमा रुसी खोप उत्पादनका लागि आफूहरूले प्रस्ताव राखेको पनि जानकारी दिए। "हाम्रो एउटा प्रस्ताव पहिलादेखि नै थियो त्यसमा उनीहरू सहमत भएका जस्ता पनि देखिन्छन्। केही खोपहरू नेपालमा नै उत्पादन गर्ने भन्ने कुरा हो। हाम्रो निजी क्षेत्रसँग उनीहरूको सहकार्य भइरहेको जस्तो बुझिन्छ। त्यसमा सरकारले सहजीकरण गरिदिन्छ।" गत वर्षको अक्टोबरमा रुसको सार्वभौम सम्पत्ति कोषअन्तर्गत रहेको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईएफले नेपालको एउटा निजी कम्पनीसँग अढाई करोड रुसी खोप आपूर्ति गर्ने सहमति भएको जनाएको थियो। बीबीसीले अघिल्लो साता आरडीआईएफलाई नेपाललाई खोप आपूर्ति गर्ने विषयमा भइरहेको पछिल्लो कुराकानीबारे सोधेको भए पनि त्यसको जबाफ प्राप्त भइसकेको छैन। स्वास्थ्यमन्त्री त्रिपाठीले रुसबाहेक अमेरिका र चीनबाट खोप भित्र्याउने सम्भावनाबारे पनि छलफल भइरहेको बताए। दुई साताअघि औषधि व्यवस्था विभागले रुसमा उत्पादित स्पुत्निक-भी खोपलाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको थियो। फेब्रुअरी महिनामा द लान्सिट जर्नलमा छापिएको एउटा अध्ययनअनुसार स्पुत्निक-भी खोप कोरोनाभाइरसविरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी पाइएको छ। खोप उपलब्ध गराउनेबारे अरू देशले के भनिरहेका छन्? अघिल्लो साता नेपालसहित दक्षिण एशियाका अन्य पाँच देशसँग भएको भर्चूअल कुराकानीमा चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङ यीले खोपका क्षेत्रमा सहकार्य गर्न आफ्नो देश तयार रहेको बताएका थिए। उक्त छलफलपछि जारी गरिएको विज्ञप्तिमा चीनले लचिलो भएर सहभागी देशहरूलाई खोप उपलब्ध गराउने र कोभिड-१९ विरुद्धको खोपको सहउत्पादनका क्षेत्रमा पनि काम गर्ने भनिएको छ। संसारको सबैभन्दा ठूलो खोप उत्पादक देश भारत आफैँलाई कोभिड सङ्कटले नराम्रोसँग गाँजिरहेकाले उसले अन्यत्र आपूर्ति गर्नुभन्दा पनि देशभित्र खोप पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेको विवरणहरू आएका छन्। भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणका अनुसार देशभित्र वृद्धि भएको सङ्क्रमण र देखिएको खोपको अभावका कारण बाङ्ग्लादेश, नेपाल र श्रीलङ्कालाई भारतले कम्तीमा आगामी जुलाई महिनासम्म खोप उपलब्ध गराउने सम्भावना छैन। भारतमा उत्पादित कोभिशील्ड खोपको थप मात्रा खरिद गर्ने आफ्नो प्रयासमा अवरोधहरू समाना गर्नुपरेको सरकारले बताउँदै आएको छ नेपालले रोकिएको १० लाख मात्रा खोप आपूर्तिको लागि सहजीकरण गरिदिन दिल्लीसँग अनुरोध गरेका पनि विवरण आएका छन्। भारतबाट आपूर्तिमा देखिएको अनिश्चितता माझ नेपालले संयुक्त राज्य अमेरिकाबाट समेत केही परिमाणमा खोप प्राप्त हुने आशा गरेको छ। मङ्गलवार सार्वजनिक गरेको नेपाललाई हालसम्म उपलब्ध गराइएको कोभिड-१९ सम्बन्धी तथ्याङ्कमा आगामी दुई महिनाभित्र छ करोड मात्रा आस्ट्राजेनेकाको खोप विभिन्न देशलाई वितरण गरिने भनिएको छ। अमेरिकी दूतावासले भनेको छ, "यी खोपलाई वितरण गर्ने मापदण्ड निर्धारण गरिएको छैन। तर जहाँ सबैभन्दा बढी आवश्यक छ र जहाँ सबैभन्दा बढी प्रभावकारी देखिन्छ त्यसलाई आधार मानेर यो निर्णय गरिनेछ।" चीनसहित दक्षिण एशियाली देशको संयुक्त विज्ञप्तिमा 'खोप राष्ट्रवाद' को विरोध गर्दै समानता र न्यायका आधारमा खोप वितरण गरिनुपर्ने उल्लेख गरिएको थियो। अमेरिकी विवरणमा राजनीतिक फाइदाका लागि खोपलाई प्रयोग नगर्ने उल्लेख गरिएको छ। विज्ञहरू के भन्छन्? सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात समुदायमा कोभिड-१९ प्रतिरोधी क्षमता विकास गर्न खोप उपलब्ध गराउनुको कुनै विकल्प नभएको बताउँछन्। चीनले नेपाललाई आठ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ त्यसका लागि सरकारले खोप कूटनीतिमा जोड दिनुपर्ने र हर हालतमा देशमा खोप भित्र्याउनुपर्ने उनको भनाइ छ। "अहिलेको सङ्कटको एउटै मात्र निकास खोप हो। यदि भारतबाट कोभिशील्ड भित्र्याउन सकिँदैन भने हामीले चीन, रुस र संयुक्त राज्य अमेरिकासँग सकेसम्म कुराकानी गरेर खोप भित्र्याउनुपर्छ र समुदाय स्तरमा खोप दिन थाल्नुपर्छ।" उनले थपे, "दुई विशाल देशको बीचमा अवस्थित हाम्रो देशले राम्रोसँग खोप कार्यक्रम सञ्चालन गर्न सक्यो भने हामी विश्वकै लागि उदाहरणीय हुन सक्छौँ। त्यही भएर अन्तर्राष्ट्रिय समुदायको भरोसा जितेर हामीले खोपमा नै जोड दिनुपर्छ।" उनले लकडाउन लगाएर मात्रै कोभिड-१९ को सङ्क्रमण नियन्त्रण नहुने भन्दै जनस्वास्थ्य मापदण्डको पालना र खोप कार्यक्रमको सञ्चालन साथ साथ अघि बढाइनुपर्नेमा जोड दिए। नेपालले हालसम्म भारत, चीन र कोभ्याक्स अभियानमार्फत् लगभग साढे ३२ लाख कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेको छ। हालसम्म २१ लाख १२ हजार भन्दा बढीले पहिलो मात्रा खोप लिएका छन्। दुवै मात्रा खोप प्राप्त गर्ने नेपालीको सङ्ख्या तीन लाख ६९ हजारभन्दा अलिकति बढी छ। विज्ञहरूले खोप प्राप्त गर्न अहिलेभन्दा आक्रामक स्तरको कूटनीतिक प्रयास सरकारले अघि बढाउनुपर्नेमा जोड दिइरहेका छन्।
Others
67,650
संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/69072
गोरखापत्र अनलाइनकाठमाडौं, असार ११ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । यो बजेट बजेट असार १३ गते पारित हुने उहाँको भनाइ छ । आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताउनुभयो । बजेटमा समानता भएन भन्ने सांसदको भनाइ उहाँहरूले मागेअनुसारको बजेट नभएर गुनासो आएको उहाँको भनाइ छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने तर संशोधन नहुने उहाँले प्रष्ट पार्नुभयो ।  “आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर बजेट ल्याइएको छ, अहिले आएको बजेट कार्यान्वयनका लागि पनि धेरै मेहनत गर्नुपर्छ” अर्थमन्त्री डा. महतले भन्नुभयो, “ आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आएको छ, थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु ।” मन्त्री महतले बजेट ल्याउनुपूर्व धेरै छलफल गरेर बजेट ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताउनुभयो । बजेटबारे संसद् बैठकमा सांसदहरूको अनेक प्रतिक्रिया आए पनि सो अनुसार बजेट संशोधन गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।  
News
55,402
गठबन्धन : कालो बादल र चाँदीको घेरा
गठबन्धनको बाध्यता अहिले देशमा चार (केही समयअघिसम्म पाँच) दलको गठबन्धन सरकार छ, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा । आफूहरूबीच सिद्धान्त, पृष्ठभूमि, पहिचान, राजनीतिक ‘स्पेस’, जनाधार, मताधार केही नमिल्ने भए पनि गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन पनि मिलेर लड्ने भएको छ । आफू गठबन्धन संस्कृतिकै विरोधमा रहेको बताउने प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि ‘केही स्थानमा तालमेल’ भन्दै त्यस्तै बेमेलका दल र उम्मेदवारहरूसँग चुनावी गठबन्धन गरेको छ, तर केही सानो आयतनको । चुनावलगत्तैको सरकार पनि दुईमध्ये एक गठबन्धनकै हुनेछ ।
https://ekantipur.com/opinion/2022/11/10/166804750170114431.html
गठबन्धनको बाध्यताअहिले देशमा चार (केही समयअघिसम्म पाँच) दलको गठबन्धन सरकार छ, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा । आफूहरूबीच सिद्धान्त, पृष्ठभूमि, पहिचान, राजनीतिक ‘स्पेस’, जनाधार, मताधार केही नमिल्ने भए पनि गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन पनि मिलेर लड्ने भएको छ । आफू गठबन्धन संस्कृतिकै विरोधमा रहेको बताउने प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि ‘केही स्थानमा तालमेल’ भन्दै त्यस्तै बेमेलका दल र उम्मेदवारहरूसँग चुनावी गठबन्धन गरेको छ, तर केही सानो आयतनको । चुनावलगत्तैको सरकार पनि दुईमध्ये एक गठबन्धनकै हुनेछ ।गठबन्धन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालीन सत्तारूढ नेकपाको आपसी झगडा र फुटले सृजिएको बाध्यता हो । आपसी झगडा र फुटको परिणामस्वरूप बहुमतको सरकार गुम्ने भएपछि समस्याको राजनीतिक र संवैधानिक समाधान खोज्नुको साटो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक संसद् विघटन गरेका थिए, जसलाई सर्वोच्च अदालतले बदर गरिदियो ।संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीले पनि गठबन्धनको बाध्यता सृजना गरेको छ । दलहरूले पाउने कुल मतका आधारमा विभिन्न जातीय क्लस्टर मिलाई नियमानुसार पूर्ति गरिनुपर्ने व्यवस्थाका कारण कुनै पनि दलले पूर्ण बहुमत ल्याउन लगभग असम्भव हुँदो रहेछ । सार्वजनिक खपतका लागि भन्ने गरेको जस्तो आफ्नो एकल बहुमत आउने देखेको भए एमालेले पनि यति व्यापक र बेमेलका चुनावी तालमेलहरू गर्ने थिएन ।सत्ता गठबन्धनतर्फ त प्रमुख घटक र सबभन्दा ठूलो दल नेपाली कांग्रेसले आफूले मात्र एकल बहुमत ल्याउन नसक्ने वास्तविकता सार्वजनिकै गरेको छ । अहिले आफूसँग गठबन्धनमा सँगै रहेका कम्युनिस्टहरू एमाले नेतृत्वको गठबन्धनमा जाने भयले पनि देउवाले चुनावी गठबन्धनमा जोड दिएका हुन् । ‘वैचारिक/ब्रान्डगत समानता’ को कार्ड लगायतका विभिन्न पत्ता फाल्दै गठबन्धनमा आबद्ध कम्युनिस्ट दलहरूलाई तोडेर आफूतिर ल्याउन ओलीले पनि भरमग्दुर प्रयास नगरेका होइनन्, तर सफल भएनन् ।हो, देउवाका अनगिन्ती आलोच्य पक्ष छन् तर आफ्नै दलभित्रको असन्तोषका बावजुद गठबन्धनको निर्माण र नेतृत्व गर्न अनि गठबन्धनबाट चुनावी सिटको बाँडफाँट मिलाउन राजनीतिक सम्झौताहरू गर्न खप्पिस उनी अन्ततः सफल भएका छन् । देउवा र गठबन्धनको अबको मुख्य चुनौतीे भनेको आफूसहित गठबन्धनका सबै घटकका कार्यकर्ताले आआफ्नो दलको मात्र नभई अर्को दलको उम्मेदवार भएका ठाउँमा उसलाई जिताउन सहयोग गर्छन् कि गर्दैनन् भन्ने हो । आफ्नो ‘कन्स्टिच्युएन्सी’ को मत गठबन्धनका उम्मेदवारलाई ‘ट्रान्सफर’ गराउन देउवा, प्रचण्ड, माधव सबका लागि वास्तवमै कठिन छ । एउटै दलको पूर्ण बहुमतको सरकार बन्न नसक्ने अवस्थामा संसारैभरि गठबन्धन सरकारहरू बन्ने गरेका छन् । तीमध्ये केही सफल हुन्छन् त केही असफल । हामीकहाँ चुनावी गठबन्धन र संयुक्त सरकारहरूको अभ्यास धेरै पुरानो नभए पनि यथेष्ट भने छ । त्यसो त एकल दलको बहुमतको सरकार पनि आफ्नै आन्तरिक झगडाका कारण असफल भएपछि गठबन्धन सरकार बनेका प्रशस्तै उदाहरण पनि यत्र तत्र सर्वत्र पाइन्छन् । यसर्थ बाध्यता बनेको गठबन्धनको नकारात्मक मात्र होइन, सकारात्मक पाटो पनि केलाइयो भने भविष्यमा गरिने गठबन्धनको अभ्यासमा परिष्कार र सुधार ल्याउन सकिनेछ ।गठबन्धनका आलोच्य पक्ष१. दुवै गठबन्धन विपरीत ध्रुवका दलहरूका संयुक्त मोर्चा मात्रै हुन् । त्यसैले उनीहरूको गठबन्धन टिकाउ हुन, एकमना ‘टिमवर्क’ बन्न अथवा विचार, नीति र कार्यक्रमको ऐक्यबद्धता हुन गाह्रो छ ।२. सत्ता गठबन्धन भविष्यमुखी एजेन्डा लिएर बनेको नभई एमाले र त्यसका नेताका असंवैधानिक कदम र सरकार र दल दुवैतिरको उनको स्वेच्छाचारी कार्यशैलीको प्रतिक्रियामा बनेको मोर्चा हो । भोलि उनीहरूको सरकारै बने पनि त्यस्तो सरकारको स्थायित्वको सम्भावना कमै छ ।३. प्रतिपक्षी गठबन्धन पनि जोजोसँग जहाँजहाँ मिलेर सत्ता गठबन्धनका उम्मेदवारलाई हराउन सकिन्छ त्यहाँत्यहाँ त्योत्योसँग मिल्ने सिद्धान्तहीन र अवसरवादी गठबन्धन हो जसको सरकार बन्ने, टिक्नेमा पनि माथिकै कुरा लागू हुन्छ । ४. दुवै गठबन्धनबीच तीन पक्षमा प्रतिस्पर्धा छ— सत्ताप्राप्तिका लागि, एकअर्कालाई देखाइदिने अहंतुष्टिका लागि, एमाले र माओवादी–नेकपा समाजवादीका बीच चाहिँ एकअर्कालाई समाप्तै पार्न, नसके पनि सकेसम्म कमजोर पार्नका लागि ।५. न सत्ता गठबन्धनले भन्ने गरेको लोकतन्त्र वा संविधानको रक्षा र ‘अग्रगमन,’ न त प्रतिपक्षीले भन्ने गरेको देशको विकास र जनताको समृद्धि नै उनीहरूका भित्री आदर्श वा मूल्यमान्यता हुन् । भोलिको गठबन्धन सरकारको काम पनि आजको देउवा सरकार वा हिजोको ओली सरकारको जस्तै आफ्नो राजनीतिक फाइदा र शक्ति सञ्चयका लागि राज्यको दोहन गर्ने हो । र त्यो प्रयोजनका लागि सत्ता र अवसरहरूका भागबन्डा गर्ने हो । भागबन्डामा ‘बार्गेन’ नमिले झगडा गर्ने र अर्कातिर मिल्न जाने हो, जसरी सत्ता गठबन्धनको महत्त्वपूर्ण र सुरुदेखिकै घटक भएर पनि जसपाले एमालेसँग तालमेल गर्‍यो ।गठबन्धनका सकारात्मक पक्ष१. गठबन्धनले परस्परविरोधी वा भिन्न विचारधारा भएका दलहरूलाई एकअर्कालाई बुझ्न र एकअर्काबाट सिक्न बाध्य बनाएको छ । २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना भएदेखि नै देशका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेमा एकअर्काको अवसानमा मात्र आफ्नो उन्नति देख्ने ‘जिरो सम’ मानसिकता हाबी भयो, जसको अभ्यास हाम्रो देशको राजनीति विकृत पार्ने प्रमुख कारक हो । तर अहिलेको मिसमास गठबन्धनले नेपाली कांग्रेस र कम्युनिस्टहरूबीच संवाद, सहअस्तित्व र सहकार्यको सम्भावनाको ढोका खोलेको छ ।२. एमाले र राप्रपाको चुनावी तालमेलले विभिन्न वादका नाममा राष्ट्रिय दलहरूसमेतलाई राजनीतिक अछुतको व्यवहार गर्ने निषेधको राजनीति अब समाप्त भएको देखाउँछ ।३. गठबन्धनबाट दलहरू, खास गरी दुवै खेमाका कम्युनिस्ट दलहरूको लोकतन्त्रीकरणले गति लिएको छ । उनीहरू विचारधारात्मक दलबाट राजनीतिक दल बन्ने, कार्यकर्तामा आधारितबाट सदस्यता दिनमा उदार ‘मास बेस्ड’ दल बन्ने प्रक्रिया तीव्र बनेको छ । हिजोसम्म आफैंले शत्रु, वर्गशत्रु घोषणा गरेका दलहरूसंग मिलेर ‘मित्रशक्ति’ भनेका दलविरुद्ध सत्ता साझेदारी र चुनावी तालमेल गरेबाट म्याद गुज्रेको यो शत्रु सिद्धान्तलाई उनीहरूले छोडेको देखिन्छ ।४. एउटै एजेन्डा बोकेका र एउटै जनाधार, मताधार र स्पेस भएका मधेशकेन्द्रित दलहरू जसपा र लोसपा आपसमा तालमेल नगरी जसपा एमालेसँग र लोसपा पहिले एमालेसँग र पछि गएर कांग्रेससँग मिल्नुबाट क्षेत्रीय दलहरू कमजोर हुँदै गएको र राष्ट्रिय दल नै राजनीतिको चालक सिटमा भएको पुष्टि भएको छ ।५. समग्रमा जातीय, क्षेत्रीय, वामपन्थी, दक्षिणपन्थीजस्ता विभिन्न आवरणका अतिवादबाट राजनीति मध्यमार्गतर्फ उन्मुख भएको संकेत गठबन्धनले गरेको छ ।अन्त्यमा, गठबन्धन गरेर दलहरूले आफ्नो विचार त्यागेको, उनीहरूबीच अब नीति तथा कार्यक्रममा कुनै भिन्नता नभएको भन्ने आलोचना धेरै सुनिएको छ, खास गरी कुनै न कुनै राजनीतिक वैचारिकीबाट दीक्षित मानिसहरूको समूहबाट । यसमा अलिकति ‘आउट अफ द बक्स’ गएर सोचौं त, राष्ट्रनिर्माण, जनसेवा वा आर्थिक विकासका लागि राजनीति गर्ने होइन कि अपरिवर्तनीय र जड बनाइएको मनोगत ‘वाद’ का नाममा सधैं आपसमा लडिरहने असंख्य दल हुनु देश र जनताका लागि राम्रो हो ? त्यो त होइन ।हो, सत्ताका लागि हुने गठबन्धन देशको समस्याको समाधान होइन, तर दुर्भाग्य, अहिलेका दुवै गठबन्धन मूलतः सत्ताप्राप्तिकै लागि हुन् । भोलि चुनावपछि दुवै खेमाको नेतृत्व गरेकाबाहेक अरू दल सत्तामा आकर्षक हिस्सेदारीको प्रस्ताव जताबाट आउँछ त्यतै जाने सम्भावना छ । परिणामतः, देश फेरि राजनीतिक अस्थिरताको चपेटामा पर्न सक्नेछ । यसले गर्दा जनचाहना बमोजिमको राजनीतिक स्थायित्व र विकास–निर्माण घटीमा अर्को पाँच वर्ष पर धकेलिनेछ । तर के गर्नु, बाध्यतै बनिसकेपछि गठबन्धनको आलोचना मात्र गरेर भएन ! यसका सकारात्मक पक्ष र सम्भावनाको पनि खोजी गर्नुपर्‍यो । अहिलेको गठबन्धन अभ्यासले भविष्यको न्यूनतम साझा कार्यक्रममा आधारित, नभए पनि मुद्दामा आधारित गठबन्धनका निम्ति बाटो खोल्न सके राजनीति धेरै सुध्रन्थ्यो ।
Opinion
11,324
पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।
https://gorkhapatraonline.com/news/93941
सन्तोष सुवेदीकास्की, माघ १० गते । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु  रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।गत वर्ष माघमा भएको हवाई दुर्घटनापछि करिब केही महिना प्रभावित बने पनि बिस्तारै गति लिँदै गएको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सबेरै र बेलुकी अबरेसम्म पनि उडान भइरहेका छन् । “अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारणले बिहान सबेरै र राति अबेरसम्म उडान सञ्चालन गर्न मिलेको छ । पुरानो विमानस्थलबाट दिउँसो ४:३० बजेपछि उडान हुँदैनथ्यो तर अहिले रातिसम्म उडान हुन्छ । रात्रिकालीन उडानका लागि पनि अहिले सहज भएको छ । यसले यात्रु सङ्ख्या बढाउन सघाएको छ,” उहाँले भन्नुभयो । पोखरा–काठमाडौँबाहेक पोखराबाट  नेपालगन्ज, भैरहवा, भरतपुरलगायतका गन्तव्यमा पनि उडान भएका छन् । सन् २०२२ मा पोखराका हवाई यात्रुको सङ्ख्या आठ लाख ८३ हजार ५३६ थियो । ती हवाई यात्रुमध्ये ८१ हजार १७६ जना विदेशी थिए ।   
News
35,587
शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/40169
गोरखापत्र अनलाइनकाठमाडौं, असोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै, पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ । साथै, सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औँ महासभालाई पनि सम्बोधन गर्नुभएको छ  । सम्बोधनमा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिहरूको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो ।उहाँले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पार्नुभयो । सोही अवसरमा मन्त्री पौडेलले आरसी एको ५०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाउनुभएको छ । सोही अवसरमा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसी एको सहयोग बहुमूल्य रहेको बताउनुभयो । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजना र आरसी परियोजनाहरूमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण  प्रयोगमा निरन्तर काम गरिरहेको उहाँको भनाइ छ । 
News
43,020
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/66438
काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको  छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।’’ प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण भविष्यका लागि मार्गदर्शनको रुपमा रहने दाबीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ । भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ।’’नकारात्मक धेरै कुरा गरेर नेपाललाई फाइदा छैनप्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।पत्रकारको एक जिज्ञासामा उहाँले सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोबारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताउनु भयो । भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्कनु भएको उहाँले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटक पटक दोहोराउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । मैले आफ्नो ढंगले आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ ।’’ उहाँले यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाहिँ बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएको छ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यस कारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ । कामकाजी भएको छ, प्रधानमन्त्रीको भनाइ छ । यसकारण गेरु बस्त्र लगाएँ प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्रधारण गर्नुपरेको बताउनु भयो । सो मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो बस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्ट पार्नुभयो । उहाँले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बीहरुप्रति समान व्यवहार गर्नुपर्छ । अव मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरी भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाएँ । त्यसले एकै दिनमा डेढ लाख मान्छेहरु जान्छन् त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौँ ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुबस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिश गर्नुभयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’’
News
56,000
लिफ्टिङ वर्ल्ड कपमा श्रुतीलाई स्वर्ण
भारतको मुम्बईमा आयोजित २१ औं पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सुर्खेतकी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत, पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
https://ekantipur.com/sports/2020/12/08/160742548179822566.html
सुर्खेत — भारतको मुम्बईमा आयोजित २१ औं पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सुर्खेतकी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत, पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।सोमबार साँझ सम्पन्न फाइनलमा कार्कीले ओभरलमा २५५ केजी तौल उचालेकी थिइन् भने रायले १७६ केजी उचालेकी थिइन् । कार्कीको समूहमा ११ जनाबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीजस्तो पिछडिएको प्रदेशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको लागि स्वर्ण पदक जित्दा थप ऊर्जा मिलेको उनले बताइन् ।बडी बिल्डिङ संघबाट छनोट भएर प्रतियोगितामा पुगेकी श्रुतीलाई सरकारको तर्फबाट भने कुनै सहयोग भएको छैन । उनलाई सुर्खेतस्थित मिडवेस्टर्न फिटनेस क्लबले आर्थिक सहयोग गरेर प्रतियोगितामा पठाएको थियो । क्लबका सञ्चालक प्रमोद हमालका अनुसार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मंसिर १४ गते कार्कीलाई बिदाइ गर्दै स्वर्ण जितेमा २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । ‘यो घोषणाबाहेक कार्कीलाई सरकारकोतर्फबाट कुनै सहयोग भएको छैन, राष्ट्रिय खेलकुद परिषदले पनि सहयोग गरेन,’ उनले भने, ‘देशको लागि स्वर्ण जित्ने खेलाडीलाई अब उचित सम्मान होला भन्ने हामीले विश्वास गरेका छौं ।’एसियन पावर लिफ्टिङ एसोसिएसनको आयोजनामा मंसिर १९ देखि चार दिनसम्म चलेको प्रतियोगितामा विश्वका २० देशका खेलाडी सहभागी थिए । नेपाललाई कार्कीका साथै सिनियरतर्फ हसन गुरुङ र जुनियरतर्फ आशिश आलेमगर स्वर्ण तथा राजेश सुवालले रजत पदक दिलाएका छन् ।
Sports
24,144
मन्त्रिपरिषद्‌द्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक संसद्‌मा पेस गर्न स्वीकृति 
सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । 
https://ekantipur.com/news/2024/01/17/approval-by-the-council-of-ministers-to-submit-the-political-party-act-amendment-bill-to-the-parliament-58-25.html
काठमाडौँ — सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।गृह मन्त्रालयको प्रस्तवमा उक्त विधेयक संघीय संसद्‌मा पेस गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
News
6,351
नेपाली क्लबले एएफसी प्रतियोगिता खेल्न नपाउने
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि दिएको निवेदन खारेज गरिदिएको छ । यसको अर्थ कुनै पनि नेपाली क्लबले एएफसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछैनन् । 
https://ekantipur.com/sports/2019/11/04/157284217326137311.html
काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि दिएको निवेदन खारेज गरिदिएको छ । यसको अर्थ कुनै पनि नेपाली क्लबले एएफसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेनिङ कमिटी र एएफसीको फर्स्ट इन्स्ट्यान्ट बडी (एफआईबी) सँगको बैठकपछि यो निर्णय आएको हो । १४ ‘ए’ डिभिजन क्लब : मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल युथ, संकला, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, एपीएफ, त्रिभुवन आर्मी, मछिन्द्र, एनआरटी र च्यासल युथ क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए । पुसदेखि सहिद स्मारक ए डिभिजन लिग फुटबल आयोजना हुँदै छ । एएफसीले क्लब लाइसेन्स नदिएपछि त्यस लिगको च्याम्पियनले एएफसी कप खेल्न पाउने छैन । आवश्यक मापदन्ड पूरा गरेमा एएफसीले अर्को वर्ष मात्र यस्तो लाइसेन्स दिनेछ । फुटबल खेल पूर्ण व्यावसायिक बन्न नसकेको नेपालजस्ता देशका लागि क्लब लाइसेन्स टाउको दुखाइको विषय बनिरहेको छ । एएफसीको मापदण्डअनुसार लाइसेन्सका लागि खेलाडीले नियमित र पारदर्शी पारिश्रमिक दिनुपर्ने, कम्तीमा १८ जना खेलाडीलाई वर्षैभर अनुबन्ध गर्नुपर्ने, आफ्नै प्रशिक्षणस्थल हुनुपर्ने, यू–१८, यू–१६ लगायत युथ टिम हुनुपर्नेछ । नेपालका कुनै पनि क्लबसँग यी मापदण्ड पूरा गर्ने आधार छैन ।
Sports
26,248
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष र सिटी दोस्रो स्थानमा
पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।
https://ekantipur.com/sports/2021/01/21/161119358836415383.html
लन्डन — पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगमा अपराजित यात्रा १७ खेल पुगेको छ ।यो जितपछि म्यानचेस्टरको १९ खेलबाट ४० अंक भएको छ । लिग तालिकामा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ र उसको १८ खेलबाट ३८ अंक छ । सिटीले अर्को खेलमा एस्टन भिल्लालाई २–० ले हरायो ।तस्बिर : रोयटर्सत्यसमा बर्नार्डो सिल्भा र इलकयी गुन्डोगनले खेलको अन्त्यतिर गोल गरे । भिल्ला भने २६ अंकमा ११ औं स्थानमा रह्यो । यस्तै फुलहम १२ अंकमा पुछारबाट तेस्रोमा छ ।
Sports
23,862
हराए ‘लेटर बक्स’
उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको
https://gorkhapatraonline.com/news/40296
काठमाडौँ, असोज १३ गते । उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको छ । विशेषगरी व्यक्तिगत चिठीपत्र लेटर बक्समा खसाल्ने गरिन्थ्यो । इमेल र सामाजिक सञ्जालले व्यक्तिगत चिठीपत्र पठाउने प्रचलन हराएपछि नयाँ पुस्ताका लागि लेटर बक्स नौलो वस्तु हुन थालिसकेको छ । स्कुले पाठ्यपुस्तकमा तस्बिर मात्र हेर्न पाएका विद्यार्थीलाई प्रत्यक्ष रूपमा लेटर बक्स देखाउन कतिपय विद्यालयले हुलाक कार्यालयमा लिएर जानेसमेत गरेका छन् । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयका प्रमुख लक्ष्मी शर्माले कार्यालयमा दुईवटा लेटर बक्स राखिएको बताउँदै भन्नुभयो, “त्यस बक्समा चिठी खस्दैनन् । त्यसैले ती प्रयोगमै छैनन् ।” कुनै बेला टोलैपिच्छे रहेका लेटर बक्स अचेल काठमाडौँको वसन्तपुर, ललितपुरको पाटनढोका आदि केही स्थानमा मात्र देख्न पाइन्छ । त्यसमा ताल्चा लगाइएको हुन्छ तर पत्र नखसालिने भएकाले ती वर्षाैंदेखि खोलिएका छैनन् ।हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले इमेलका कारण हुलाकको परम्परागत काम निकै घटिसकेको बताउनुभयो । “जुन बेला परम्परागत काम घट्न थालेको थियो, त्यो बेला नै आधुनिक काम के गर्ने भनेर हुलाक सेवा विभागले सोच्नुपथ्र्याे,” उहाँले भन्नुभयो, “धेरै ढिलो भइसकेको छ । अब यस्तै संरचना र विधिले संस्था सञ्चालन हुन सक्दैन । त्यसैले संस्थागत सुधार गर्दै आधुनिक काम गर्न सकिए मात्र टिक्न सकिन्छ ।”लेटर बक्स प्रयोगमा नभए पनि पोस्ट बक्स प्रयोगकर्ता घटेका छैनन् । डिल्लीबजारस्थित कार्यालयमा व्यक्ति र संस्थाका १० हजारभन्दा बढी पोस्ट बक्स छन् र अहिले पनि ती बर्सेनि नवीकरण गरिँदै आएको छ । विभागले बुधबार आयोजना गरेको अन्तक्र्रियामा टिकट सङ्कलक तथा नेपाल सरकारका पूर्वसचिव भुवनेशमान प्रधानले गोश्वारा कार्यालयलाई सुन्धाराबाट डिल्लीबजार सार्दा सेवाग्राहीलाई निकै अपायक भएको गुनासो गर्नुभयो । नेपाल फेलाटिकल सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाक सेवाको परम्परागत चलनलाई कम्प्युटरले विस्थापित गरिदिएको बताउँदै थप्नुभयो, “निजी कुरियर सेवाले तपाईंको चिठी आएको छ लिन आउनूस् भन्ने गरेका छन् । अब हुलाक सेवा विभागले घरघरमै चिठीपत्र पु¥याई निजीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।”कोभिड–१९ पछि अन्तर्राष्ट्रिय डाँक ढुवानी बन्द भएको छ । विदेशबाट आएका पार्सल पु¥याउने कार्य गरे पनि नयाँदिल्ली, मुम्बई, कतार र मलेसियाबाहेकमा पार्सल पठाउने व्यवस्था हुन सकेको छैन । विभागका महानिर्देशक घिमिरेले अन्तर्राष्ट्रिय विमान कम्पनीसँग यसबारे छलफल भइरहेको र सम्भवतः दशैँपछि अन्तर्राष्ट्रिय डाँक सेवा नियमित हुने जानकारी दिनुभयो ।विभागले हाल पासपोर्ट, इम्बोस्ड नम्बर प्लेटलगायत पु-याउने कार्य पनि गर्दै आएको छ । देशका ११ जिल्लामा २४ घण्टाभित्र, १८ जिल्लामा दुई दिनभित्र र बाँकी ४८ जिल्लामा तीन दिनभित्र डाँक पु¥याउने गरिएको छ । समयमा डाँक पुग्न नसक्दा जरिवानासमेत उपलब्ध गराउने गरिएको छ । तुलनात्मक रूपमा निजीभन्दा निकै सस्तो सेवा उपलब्ध गराइँदै आएको छ भने आफ्ना सातवटा ट्रक तथा पाँचवटा साना सवारीसाधनबाट डाँक सामग्री बोक्ने गरिएको छ । उपत्यकाभित्र दैनिक तीनवटा घुम्ती सेवा सञ्चालन गरी सरकारी कार्यालय तथा बैङ्कबाट चिठीपत्र ओसारपसार गर्ने गरिएको छ ।
News
61,179
छापा पत्रकारिताको कमजोर भविष्य
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ ।
https://gorkhapatraonline.com/news/113207
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ । निश्चय पनि छापा पत्रकारितामा कायम विभिन्न सीमाका कारण देशभरबाट प्रकाशन भइरहेका कैयौँ पत्रपत्रिका बन्द छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । प्रकाशन भइरहेका सीमित अखबारले पनि पहिलेको तुलनामा पृष्ठ घटाएको पाइन्छ, जसले गर्दा पत्रिका स्वयम् खिइएको भान हुन्छ । तुलनात्मक रूपमा हेर्दा मोफसलका अखबारले अझ बढी समस्या भोग्नु परेकाले सोही क्षेत्रका अधिकांश अखबारको प्रकाशन बन्द भइरहेको पाइन्छ । म्यागजिनको हालत पनि उस्तै छ । जसोतसो नियमित प्रकाशन भइरहेका पत्रिका धेरै जसो घाटामै छन् । पहिले रङ्गीन स्वरूपमा प्रकाशन हुने कैयौँ पत्रपत्रिका अहिले श्यामश्वेत रङमा रूपान्तरण भएका छन् । त्यति मात्र नभई कतिपय दैनिक पत्रिकाले त सातामै एक दिन आफ्नो नियमित प्रकाशन बन्द गर्ने गरेको पाइन्छ । पछिल्लो समय मोफसलका विभिन्न स्थानबाट संस्करण प्रकाशन गर्दै आएका राष्ट्रिय स्तरका ठुला भनिएका दैनिक पत्रिकाले समेत उक्त संस्करण बन्द गर्दै आएका छन् । केही नेपाली पत्रिकाले सुरु गरेको अन्तर्राष्ट्रिय संस्करण पनि अहिले पूर्णतः बन्द भई ‘इतिहास’ बनिसकेको प्रतीत हुन्छ ।नेपालको संविधानको अनुसूची ७ मा सङ्घ र प्रदेशको साझा अधिकारको सूची अन्तर्गत १४ मा ‘सञ्चार माध्यमसम्बन्धी’ व्यवस्था राखिएको छ । यसले छापा पत्रकारितासहित समग्र आमसञ्चार माध्यममा सङ्घ र प्रदेश दुवैको साझा दायित्व रहेको स्पष्ट पार्छ । यसै गरी स्थानीय सरकार पनि यसबाट पन्छिन मिल्दैन भन्ने तथ्य स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा भएका विभिन्न प्रावधानले स्पष्ट पार्छन् । यी विभिन्न व्यवस्थाका आधारमा तीनै तहका सरकारले पूर्णतः जिम्मेवार भएर नेपाली छापा पत्रकारितालाई प्रभावकारी रूपमा माथि उकास्ने रणनीति अख्तियार गर्नु पर्छ । यस्तै छापा पत्रकारिताको भिन्न पहिचान स्थापित गर्दै सम्बन्धित सञ्चार माध्यमले पनि आफूलाई टिकाइराख्न योजनाबद्ध कार्यक्रम विकास गर्नु पर्छ । छापा पत्रकारिताको ऐतिहासिक मात्र नभई प्रयोजनपरक महत्व स्थापित गर्न/गराउन सक्नु पर्छ । यो अन्य पत्रकारिताको तुलनामा आधिकारिक र प्रामाणिक दस्ताबेज सरह रहन्छ, जुन युगौँयुगसम्म लिपिबद्ध भइरहन्छ । भौतिक स्वरूपमा प्राप्त अखबार तथा म्यागजिनका विषयवस्तुलाई हठात् परिवर्तन गर्न नसकिने हुँदा अनलाइन पत्रकारिताको तुलनामा यो अझ बढी विश्वसनीय र वैध ठहरिन्छ । न्यूनतम एक दिनको अन्तरालमा मात्र पत्रपत्रिका प्रकाशन हुने हुँदा सामग्रीको सत्यापन र प्रामाणिकताका उच्च मापदण्डहरू अपनाउन सकिन्छ । सामाजिक सञ्जालमा पाइने विभिन्न भ्रामक अनलाइनका लिङ्क, प्रचारमुखी सामग्री सम्प्रेषण र आधारहीन युट्युबका सामग्रीले थप रनभुल्लमा पारिरहेकालाई विश्वासको राहत दिने कार्य पत्रपत्रिकाले नै गरिरहेका छन् । मानिसलाई अध्ययनशील बनाइराख्ने कार्यमा पनि पत्रपत्रिकाको अहम् भूमिका हुन सक्छ । यस्तो विशेष महìव बोकेको छापा पत्रकारिताको उपादेयता प्रस्ट्याउन पनि सरकारसहित अन्य सरोकारवाला सबैले योजनाबद्ध कार्य थाल्नु पर्छ । व्यावहारिक रूपमा आमसर्वसाधारण माझ पत्रपत्रिकाको सहज पहुँच पु¥याउन आवश्यक छ । यसका लागि केन्द्रीय, प्रादेशिक र स्थानीयस्तरका विभिन्न पुस्तकालय एवं वाचनालयमा पर्याप्त मात्रामा पत्रपत्रिकाको उपलब्धता हुनु पर्छ । पुस्तकालय तथा वाचनालय नभएका ठाउँमा स्थापनाका लागि पहल गरी स्थानीय स्तरबाटै पठन संस्कृतिको विकास गरिनु पर्छ । सम्पूर्ण पाठकमाझ पत्रपत्रिका (कागज) को बहुप्रयोग गर्न सकिने विषयमा खोजमूलक बहस सञ्चालन गर्न सकिन्छ । मिडिया स्वयम्ले पनि पुनःप्रयोग गरिएको कागजको उपयोग गरेर पर्यावरण संरक्षणको कार्य अगाडि बढाउनु पर्छ । छापा पत्रकारितामा प्रयोग गरिएको कागज पुन ः प्रयोग गर्न सकिने खालको प्रविधि देशभित्रै विकास गर्न सर्वपक्षीय पहल हुनु आवश्यक छ । कालान्तरसम्म ऐतिहासिक दस्ताबेजसरह राख्न सकिने पत्रपत्रिकाको महìवलाई अहिले त मानवीय स्वास्थ्यसँग पनि गाँस्न सकिन्छ । डिजिटल प्रविधिको दुष्परिणाम जस्तो आँखासम्बन्धी समस्या उत्पन्न नहुने विषय जोड्दै नयाँ पुस्तामाझ पत्रपत्रिकाको पठन संस्कृति बढाउन सक्नु पर्छ ।  नेपाली पत्रकारिताको समेत पुर्खा मानिने छापा पत्रकारितालाई भविष्यसम्म जीवन्त राख्नका लागि सरकारी नीतिमा समयानुकूल परिवर्तन गर्न जरुरी देखिन्छ । यसका लागि सरकारले पहिलो चरणमा पत्रपत्रिकाको मर्जर तथा एक्विजिसनसम्बन्धी नीतिगत व्यवस्था गर्नु पर्छ । यसले मूलतः पत्रपत्रिकाको सङ्ख्या घटाउनमा मात्र सहयोग नगरी कायम पत्रपत्रिकालाई अझ सबल र सक्षम बनाउन पनि मद्दत गर्छ । छापा मिडियाको मर्जर तथा एक्विजिसन भने बाध्यकारी नभई स्वैच्छिक बन्नु पर्छ । यसका लागि नियमावलीमा कुनै दुई वा दुईभन्दा बढी मिडिया मर्जरमा जाँदा उनीहरूले लोककल्याणकारी विज्ञापनबापत अलग अलग रूपमा पाउँदै आएको आर्थिक भुक्तानी अझ बढ्नु पर्छ । दुई वटा मिडिया मर्जर हुँदा माथिल्लो मिडियाको वर्गीकरण कायम राखी उक्त मिडियाले पाउने लोककल्याणकारी विज्ञापन रकमलाई दोब्बर पारिनु पर्छ । मर्जर वा एक्विजिसनपश्चात् कर्मचारी समायोजनमा पनि असर नपर्र्ने गरी ‘मिडिया व्यवस्थापन’ शीर्षकमा सरकारी सहयोग सुरु हुनु पर्छ भने कागज खरिदमा अनुदान दिने व्यवस्था हुनु पर्छ । यसै गरी नयाँ पत्रिका दर्ता गर्ने प्रक्रियामा पनि अलि व्यवस्थित र वैज्ञानिक नीति अख्तियार गर्नुपर्ने हुन्छ । अब व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा पत्रिका दर्ता गर्नेलाई प्रोत्साहन गरिनु पर्छ । हाल प्रेस काउन्सिल नेपालको वर्गीकरण अनुसार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकमलाई पनि समयानुकूल पुनरवलोकन गर्न जरुरी छ । यसका साथै विज्ञापनमा सबै सञ्चार माध्यमको पहुँच पुग्ने गरी पूर्णतः समानुपातिक विज्ञापन प्रणाली लागु गरिनु आवश्यक हुन्छ । केन्द्र सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि मिडिया प्रवर्धन कार्यक्रमको सुरुवात गरी आफ्नो क्षेत्राधिकारभित्रका पत्रपत्रिकाको स्तरवृद्धिका लागि पहलकदमी अगाडि बढाउनु पर्छ । स्थानीय र प्रादेशिक सरकारले छुट्टाछुट्टै ‘सञ्चार प्रतिष्ठान’ स्थापना गरेर पनि पत्रपत्रिकासहित समग्र सञ्चार क्षेत्रको श्रीवृद्धि गर्ने नीति अख्तियार गर्दै अगाडि बढ्नु पर्छ, जसमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने र खोज पत्रकारितालाई प्रवर्धन गर्ने जस्ता विशेष कार्यक्रमलाई केन्द्रमा राख्न सकिन्छ ।    छापा पत्रकारिताको वर्तमान स्तरलाई माथि उकास्नका लागि सम्बन्धित सञ्चार माध्यमले पनि विशेष योजना बनाई कार्यान्वयन गर्न अग्रसर हुनु पर्छ । अहिलेको ‘सूचनाक्रान्ति’ मानिने अनलाइन प्रसारण युगमा पनि छापा पत्रकारितामा निहित पुस्तौँदेखिको विश्वासलाई अक्षुण्ण राख्न सम्बन्धित मिडिया सधैँ चनाखो बन्नै पर्छ । यसका लागि प्रसारण पत्रकारिताभन्दा बढ्ता खोजमूलक सूचना पस्कनु छापा पत्रकारिताको प्रमुख कर्तव्य बन्छ । अनलाइन वा प्रसारण पत्रकारिताभन्दा छापा पत्रकारितामा विज्ञापनबाहेक पत्रिका खरिद वा सदस्यता शुल्क पनि जोडिएर आउँछ । अत्यन्त न्यून अर्थात् सीमान्त नाफा राखेर मात्रै सदस्यता शुल्क निर्धारण गरियो भने पत्रिका वितरणमा सहजता ल्याई ग्राहक सङ्ख्यालाई पनि बढोत्तरी गर्न सकिन्छ । यसै गरी विशेष प्रकृतिका सामग्री र सेवा प्रदान गरेर प्रिमियम सदस्यता मोडललाई समेत अपनाउन सकिन्छ, जसबाट पाठक स्वयम् विशेष सामग्रीका लागि थप शुल्क बुझाउन प्रेरित हुन्छ । अब छापा मिडियाले समेत आवश्यकता अनुसार डिजिटल प्लेटफर्महरूमा सामग्री प्रदान गरेर उत्पादन लागत घटाई अझ बढी पाठकवर्गमा पहुँच बढाउनु पर्छ । सबै जसो पत्रपत्रिकाले सामाजिक सञ्जालमा पत्रिकाका प्रमुख सामग्रीको अध्ययनका लागि स्रोत सम्प्रेषण गर्न सक्ने अवस्था बनेको छ । अन्त्यमा, ऐतिहासिक कालखण्डदेखि नै पत्रकारिताको प्रमुख पहिचान बनेको छापा पत्रकारिताको भविष्य मूलतः यसको महत्व र पहिचानमा निर्भर हुन्छ । मौजुदा सरकारी नीतिगत व्यवस्थालाई समेत समयानुकूल परिमार्जन गर्दै पूर्णतः अद्यावधिक छापामैत्री बनाउन जरुरी छ ।   
News
45,564
स्वर्णको ह्याट्रिक उपलब्धि
तेस्रो दक्षिण एसियाली खेलकुदलाई सम्झँदा नेपालको दृष्टिकोणले अगाडि आउने एकमात्र नाम हो, म्याराथन धावक वैकुण्ठ मानन्धर । पहिलो र दोस्रो संस्करणमा पनि स्वर्ण जितेको उनले तेस्रोमा पनि स्वर्ण नै जिते । आत्मसात् गरे ऐतिहासिक उपलब्धि । यो किन पनि अद्वितीय रह्यो भने यसै क्रममा म्याराथनमा बनेको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । मानन्धरले निकालेको समय थियो, २ घण्टा १५ मिनेट ०३ सेकेन्ड । 
https://ekantipur.com/sports/2019/11/26/157473460766383474.html
काठमाडौँ — तेस्रो दक्षिण एसियाली खेलकुदलाई सम्झँदा नेपालको दृष्टिकोणले अगाडि आउने एकमात्र नाम हो, म्याराथन धावक वैकुण्ठ मानन्धर । पहिलो र दोस्रो संस्करणमा पनि स्वर्ण जितेको उनले तेस्रोमा पनि स्वर्ण नै जिते । आत्मसात् गरे ऐतिहासिक उपलब्धि । यो किन पनि अद्वितीय रह्यो भने यसै क्रममा म्याराथनमा बनेको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । मानन्धरले निकालेको समय थियो, २ घण्टा १५ मिनेट ०३ सेकेन्ड । भारतले पहिलोपल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको वर्ष सन् १९८७ मा हो । त्यतिबेला आयोजक थियो, पश्चिम बंगालको प्रसिद्ध सहर कोलकाता । हुगली नदीको छेउमा रहेको सहर त्यतिबेला ‘कलकत्ता’ नामले परिचित थियो । नोभेम्बर २० देखि २७ सम्म आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा समावेश गरिएको खेलसंख्या बढेर १० पुगेको थियो । यसरी यो प्रतियोगिताको इतिहासमा समावेश खेलको संख्याले दोहोरो अंक छोएको पहिलोपल्ट हो ।प्रतियोगितामा समावेश एथलेटिक्स, बास्केटबल, बक्सिङ, फुटबल, कबड्डी, टेबलटेनिस, भलिबल, भारोत्तोलन र कुस्ती थिए । बास्केटबल, टेबलटेनिस र भलिबल पहिलोपल्ट समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बैंकटरमनले गरेका थिए । मुख्य आयोजनास्थल थियो, प्रसिद्ध साल्टलेक स्टेडियम । यो भारतकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला हो ।भारत आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै एकछत्र प्रभुत्व कायम राख्न सफल रह्यो । भारतले प्रतियोगिताका कुल १ सय १६ स्वर्णमध्ये ९१ आफ्नो नाममा लेखायो । भारतले टिमका रूपमा प्रतिस्पर्धा भएका सबै विधामा स्वर्ण हात पारेको थियो । नेपालका लागि बक्सिङमा पनि स्वर्ण प्राप्त भयो, दलबहादुर रानामगरबाट । एथलेटिक्समै फर्कन हो भने नेपालले एक स्वर्णमात्र होइन, ५ कांस्य पनि जितेको थियो । दलबहादुरले भने दक्षिण एसियाली खेलकुदमा दोस्रो व्यक्तितग स्वर्ण जित्ने क्रममा बंगलादेशका मोहम्मद अब्दुललाई फाइनलमा पराजित गरे । पुष्करध्वज शाही लगातार तेस्रोपल्ट फाइनल पुग्न सफल रहे । तर यसपल्ट उनी फाइनलमा पराजित रहे । यो खेलको फाइनलमा पराजित हुने खेलाडी थिए, रामबहादुर गिरी, चित्रबहादुर गुरुङ र विजय देउजा । मनोजबहादुर शाही, शम्भु बिक, लालबहादुर बिक, सुशील पोखरेल र कुमार थापाले कांस्य हात पारे । फुटबलमा नेपालले फाइनल यात्रा तय गर्न सफल रह्यो । साल्टलेक स्टेडियममा भएको फाइनलमा नेपाल भारतको हातबाट १–० ले पराजित रह्यो । खेलको एकमात्र गोल मोहम्मद फरिदाले गरेका थिए । त्यो खेल हेर्न साल्टलेकमा एक लाख दर्शक उपस्थित थिए । नेपालले खेलमा बलियो चुनौती पेस गरेपछि भाग्यले साथ दिएन । प्रतियोगितामा पहिलो समावेश गरिएको टेबलटेनिसबाट २ रजत र ४ कांस्य प्राप्त भयो । मिक्स डबल्समा सिजरिन शाह र धर्ममान वज्राचार्यले रजत दिलाए । महिला टिम स्पर्धाबाट पनि रजत आयो । पुरुष टिम स्पर्धामा भने तेस्रो स्थान । कांस्य जित्नेमा मेन्स डबल्समा धर्ममानसँगै अमन चित्रकार, वुमेन्स डबल्समा सिजरिन र गीता क्षेत्री तथा वुमेन्स सिंगलमा फेरि सिजरिनले कांस्य पदक जिते । भारोत्तोलनबाट फेरि एकपल्ट नेपाल धेरै संख्यामा पदक जित्न सफल रह्यो । नेपालले १९ कांस्य जितेको थियो त्यस खेलबाट ।
Sports
26,097
नर्सिङ सेवाभित्रका पीडा
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ ।
https://gorkhapatraonline.com/news/84113
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ । आकस्मिक रूपमा आइपरेका स्वास्थ्य समस्यामा तुरुन्त उपस्थिति जनाई आपत्कालीन अवस्थामा नियन्त्रण गर्न सहजता दिलाउन र मानवीय क्षति हुने सम्भावनालाई न्यूनीकरण गर्न स्वास्थ्य संस्थामा नर्सको उपस्थिति अनिवार्य मानिन्छ । त्यसैले बिरामी र नर्सको अनुपात पनि मिलाइएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनरल वार्डमा बिरामी र नर्सको अनुपात १ः४ मानिएको छ । त्यसै गरी क्रिटिकल केयर युनिटमा प्रति छ घण्टामा बिरामी र नर्सको अनुपात १ः१, सुत्केरी वार्डमा ३ः१, अपरेसन थिएटरमा ३ः१ र इमर्जेन्सी वार्डमा २ः१ हुनुपर्ने सिफारिस गरेको छ तर दुःख लाग्ने कुरा, पछिल्लो समयमा नेपालमा नर्सको सङ्ख्या निकै कम छ । स्वास्थ्य संस्थामा यो अनुपातमा नर्सको व्यवस्थापन हुन सकेको छैन । अहिले नेपालमा एउटा नर्सले छ घण्टाको ड्युटी समयले नपुगेर आठ घण्टा, १२ घण्टाको सट्टामा २४ घण्टासम्म काम गरिरहेका छन् । यसो हुनुको एउटै कारण हो, बिरामीको अनुपातमा नर्सको सङ्ख्या नेपालमा छैनन् । नेपालमा नर्सको ड्युटीको अवस्थाले के देखाउँछ भने न त नर्सको जीवन छ, न त बिरामीले भने र अपेक्षा गरे अनुसार सेवा नै पाइराखेका छन् । खाने र निद्राको समय दोस्रो प्राथमिकतामा राख्ने नर्सिङ सेवाको पहिलो कर्तव्य भनेको बिरामीलाई बचाउनु नै हो । एउटा नर्सले समाज स्वस्थ बनाई राख्नु मेरो पहिलो धर्म र कर्तव्य हो भन्ने कुरामा सदैव सचेत हुने गर्छ । अहिले स्वास्थ्य सेवा लिन अस्पताल पुगेका आमनागरिक स्वास्थ्य सेवाको गुणस्तरमा गुनासो बढेर स्वास्थ्यकर्मीमाथि नै हातपात गरेका घटना दिनप्रतिदिन सुनिन र देखिन थालेका छन् । फलस्वरूप बिरामीको सेवा गर्नुपर्ने स्वास्थ्यकर्मी आन्दोलनमा होमिनुपर्ने बाध्यता सिर्जना भइरहेको छ । पेसागत मर्यादाको सुनिश्चितताका लागि र जीवन सुरक्षाका लागि स्वास्थ्यकर्मी विरोधमा सडकमा छन् । नेपालमा यसो किन हुन थालेको छ, यस्तो हुनुको पछाडिको कारण के हो भनेर खोजीनीति हुनु जरुरी छ । स्वास्थ्य संस्थामा बिरामी मृत्युसँग लडिरहेका बेला साहस दिने, मलम लगाउने, स्वास्थ्यकर्मीले सकुन्जेल बचाउन कोसिस गर्छन् नै । कोसिस गर्नु पेसागत धर्म पनि हो । धर्म छाड्ने कुरा कुनै स्वास्थ्यकर्मीले कल्पना पनि गर्न सक्दैनन् । मृत्यु टारेर टर्दैन, यो सत्य कुरो हो । यसकारण कसैको मृत्यु हुनेबित्तिकै नर्स वा कुनै स्वास्थ्यकर्मीमाथि जाइलाग्नु समस्याको समाधान होइन । हो, कतै कतै कमीकमजोरी भएका रहेछन् भने त्यसमा सुधार पक्कै आवश्यक छ । सुध्रिने र सुधारिने निरन्तर हुने प्रक्रिया नै हो । यसमा स्वास्थ्यकर्मीले आफ्नो धरातल बुझ्नु पर्छ । स्वास्थ्य संस्थामा परामेडिक्सलाई संस्थाप्रमुख बनाइएको हुन्छ जबकि एक नर्स पनि उहाँहरूको समकक्षी कर्मचारी हो । स्टाफ नर्स र अहेबको शैक्षिक अवस्था हेर्ने हो भने माथिल्लो तह स्टाफ नर्स हो तर पनि अहेब स्वास्थ्य संंस्थाको इन्चार्ज बनाइने व्यवस्था नेपालमा छ । यसरी परामेडिक्सको निर्देशनमा नर्सले काम गर्नुपर्ने संरचनाले विभेद गरेको महसुस सबै नर्सले गरिरहेका छन् । औषधी वितरणमा नर्सलाई अनुमति पनि छैन । जसका कारणले समुदायले नर्सलाई हेला र तल्लो दर्जाको मानी पारामेडिक्समा मात्र विश्वास गर्नुपर्ने अवस्था रहेको छ । यी र यस्तै खालका विभेदपूर्ण नीति हो । अझ महìवपूर्ण विषय भनेको बिएस्सी नर्सिङ कार्यक्रम लागु भएको २० वर्ष जति भयो तर अहिलेसम्म जागिरको कार्य विवरण बनेको छैन । एक नर्स मास्टर डिग्री पास गरेर पनि संस्था प्रमुख पदमा जाने कानुनी व्यवस्था अहिलेसम्म छैन । के पढे लेखेर पनि, क्षमता भएर पनि संस्थाको प्रमुख हुन सकिँदैन र ? किन नियुक्ति र पदहरू नर्सका लागि बनाउन अवरोध भएको होला नेपालमा ? हरेक संस्थामा मेडिकल साइन्स पढेका मात्र प्रमुख छन्; जसले गर्दा त्यो ठाउँमा नर्सहरूलाई जाने बाटो बन्द छ । योभन्दा ठुलो विभेद कहाँ होला ?एउटा अस्पतालभन्दा बाहिर नर्सको कुनै अस्तित्व छैन । अस्पतालभित्रकै पनि कुरा गर्ने हो भने अस्पतालमा मेहनत र अथक् श्रम गरेका नर्सको तुलनामा अस्पतालका प्रशासनतर्फका कर्मचारीले शोषण गरेका छन् । नर्सले पाउने सेवासुविधामा विभेद गरिन्छ । यसकारण पनि नर्स नै अस्पतालमा प्रमुख पदमा राखिनु पर्छ भन्ने सबै नर्सको माग रहँदै आएको छ । एक नर्सले मात्र नर्सिङ केयर समस्याको निदान गर्न सक्ने हुन्छ र नर्सिङ विकासका लागि नर्सलाई जिम्मेवारी दिए देशमा नर्सिङ क्षेत्रमा केही महत्वाकाङ्क्षी योजना निर्माण गर्न सहज हुन सक्छ । सरकारी निकायमा नर्सको तलब भत्तासम्बन्धी बनेका नीति कार्यान्वयन नभएको गुनासो चौतर्फी सुनिन थालेका छन् । विशेष गरी स्थानीय निकायमा नर्सले पाउनुपर्ने जोखिम भत्ता, नाइट ड्युटी भत्तालगायत सेवासुविधाहरू हाल पाउन सकेका छैनन् । सरकारी निकायमा काम गर्ने नर्सका कुरा गर्नुपर्दा बढुवा हुनका लागि दुर्गम जानुपर्ने केही वर्ष दुर्गममै बस्नुपर्ने नीति छ । एकातिर दुर्गममा गएर सेवा गरे मात्र बढुवा हुन पाउने र अर्कोतिर दुर्गममा उचित सङ्ख्यामा नर्सको दरबन्दी नहुने कुरा आपसमा विरोधाभासपूर्ण छन् । सरकारी तलबले घरबाहिर दुर्गममा बसेर जीवन गुजारा चलाउन गाह्रो छ । यसको सट्टा त्यहीँका स्थानीयलाई नर्सिङ पढ्ने वातावरण र हौसलाको जरुरी छ । हालै लोक सेवा आयोगले मागेबमोजिम सुदूरपश्चिममा एउटै पनि नर्सको दरखास्त पर्न सकेन । बाहिरका नर्स गएर सेवा दिन नसक्ने तर स्थानीय रूपमा नर्स उत्पादन हुन नसक्ने भएपछि यस्तो हुनु स्वाभाविक हो । नीति निर्माण तहमा बस्ने कतिपय अधिकारीहरूले नर्सको सही तथ्याङ्क नहेरी नेपालमा नर्स धेरै भए भन्ने कुरा राखेको सुन्न पाइन्छ । स्वदेशमा उचित सम्मान नहुँदा दैनिक जसो नेपाली नर्स बिदेसिने क्रम बढिरहेको छ । त्यतातर्फ कसैको ध्यान जान सकेको छैन । नर्सलाई देशभित्रै काम गर्ने वातावरण बनाउन प्राइभेट प्राक्टिसमा नर्सले नर्सिङ काउन्सिलिङ केन्द्र, वृद्ध स्वास्थ्य सेवा केन्द्र, रिफरल केस, रिसर्च एन्ड केयर आदि युनिट खोलेर काम गर्ने वातावरण दिइयो भने स्वास्थ्य सेवाको पहुँचमा नरहेका समुदायले पनि छिटो स्वास्थ्य सेवा पाउने थिए र जनशक्ति बहिर्गमन हुनबाट बच्ने थियो ।  
News
46,436
विजयी सुरुआतसँगै चर्चामा योगेश
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/45201
गण्डकी, मङ्सिर ५ गते । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । प्रतिनिधि सभामा निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै गौचन विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाउनुभयो । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आउनुभएका उहाँ ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बन्नुभएको छ ।जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उहाँ नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिनुभएको थियो । उहाँ पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बन्नुभएको थियो । उहाँ पार्टीको साबिक लेते गाउँसभापति पनि बन्नुभएको थियो । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहनुभएको छ ।प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गर्नुभएको थियो । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्नुहुन्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फुपूका छोरा हुनुहुन्छ ।रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभएको थियो । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाउनुभयो । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । रोमी २०७३ मा वाणिज्यमन्त्री हुनुहुन्थ्यो । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताउनुभएको थियो । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाउनुभएको थियो । रासस
News
60,342
कथा नौलो, कथ्य शैली पुरानै 
जीवनकालमा हर कोहीले केही न केही गुमाइरहेकै हुन्छन् । सपना हराइरहेको हुन्छ । द्वन्द्वकालमा धेरैको आफन्त, इष्टमित्र हराए । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । उपचारका लागि काठमाडौं पुर्‍याइएको छोरीको अत्तोपत्तो नहुँदा त्यो दम्पतीमा कस्तो बज्रपात पर्ला ? विपद्मा आफ्नाहरूको खबर नहुँदाको पीडा र छटपटी कस्तो होला ? त्यही छटपटी र असह्य पीडाबीच स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई)ले छोरीको खोजी सुरु गर्छन् ।
https://ekantipur.com/entertainment/2023/06/10/168637268518351081.html
काठमाडौँ — जीवनकालमा हर कोहीले केही न केही गुमाइरहेकै हुन्छन् । सपना हराइरहेको हुन्छ । द्वन्द्वकालमा धेरैको आफन्त, इष्टमित्र हराए । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । उपचारका लागि काठमाडौं पुर्‍याइएको छोरीको अत्तोपत्तो नहुँदा त्यो दम्पतीमा कस्तो बज्रपात पर्ला ? विपद्मा आफ्नाहरूको खबर नहुँदाको पीडा र छटपटी कस्तो होला ? त्यही छटपटी र असह्य पीडाबीच स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई)ले छोरीको खोजी सुरु गर्छन् ।'नीरफूल'को कथा यो दम्पतीले छोरी खोज्न गर्ने संघर्षमा मात्र होइन । वैदेशिक रोजगारीको मोह/बाध्यता, राज्यको निकायमा गरिब जनताको पहुँच, प्रशासन र पत्रकारिताको असंवेदनशीलता र महिलामाथिको गलत दृष्टिकोणविरुद्धको कथा पनि हो 'नीरफूल'।फिल्मको कथा गम्भीर र बलियो छ । तर, प्रस्तुतीकरण फितलो हुँदा कथाले उठाएको मूल मर्म दर्शकले महसुस गर्न पाउँदैनन् । कमजोर पटकथा, औसत खिचाइ र शिथिल सम्पादनले फिल्मले उठाएको विषयवस्तुको गहिराइमा पुर्‍याउँदैन । तसर्थ, आफूले भन्न खोजेका कुरामा निर्देशक बल भने इमान्दार देखिएका छन् ।तपाईं राम्रो कथा लेख्नुहुन्छ । तर, त्यो कथालाई वाचन गर्ने शैली रोचक भइदिएन भने के हुन्छ ? पक्कै कथा सुन्नेहरूको ध्यान तानिँदैन । कथ्य शैलीमा नवीनता नहुँदा पत्रकार फूलमान बलको पहिलो निर्देशकीय फिल्म 'नीरफूल'ले पनि दर्शकको ध्यान तान्दैन ।फिल्मले पाङसाङ र रुबीभ्यालीको अन्तरवस्तु खोतल्दै पहिचानको विषयलाई पनि छुस्स छोएको छ । तर, विषयवस्तुलाई दृश्यभाषामा बलियो ढंगबाट प्रस्तुत गर्न नसक्दा 'नीरफूल' औसत बन्न पुगेको छ । पटकथा कसिलो नहुँदा यो कथासँग दर्शक अन्तरसम्बन्धित हुनै पाउँदैनन् । पात्रहरूप्रति सहानुभूति र समानुभूति निर्माणमा चुक्दा दर्शकलाई फिल्मले बाँधेर राख्न सक्दैन ।उदाहरणका लागि भूकम्प जाँदा स्यरल्हामो भत्किँदै गरेको घरभित्र परेकी छोरीका लागि तड्पिन्छिन् । तर, दर्शकलाई त्यो पीडा अनुभव नै हुँदैन । त्यतिबेला दर्शकमा उक्त पात्रपत्रि सहानुभूति र समानुभूति आभास हुनुपर्ने हो ।पटकथा लेखनले यी मिहीन कुरालाई ध्यान दिइएको भए दर्शक फिल्ममा बाँधिने थिए । रुबीभ्यालीमा भेंडा चराउनमै रमाइरहेका चेन्जारोङ पत्नीकै कारण मलेसिया पुग्छन् । स्यरल्हामोले चेन्जारोङलाई विदेश जान कर गरिरहन्छन् । चेन्जारोङ बाध्य भएर मलेसिया पुग्छन् । तर, स्यरल्हामोको कर र चेन्जारोङको बाध्यतालाई दृश्यमा विश्वासिलो ढंगबाट स्थापित गरिएको छैन । दर्शकले ती कुरालाई जबरजस्त बुझिदिनुपर्ने हुन्छ । फिल्ममा भीएफएक्सलाई चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । भूकम्पमा रुबीभ्यालीको घर भत्कँदै गरेको भीएफएक्स दृश्यमा मिहेनत झल्किन्छ । तर, बाँकीका भीएफएक्स दृश्यले भने आँखा बिजाउँछन् । भूकम्पका तस्बिरलाई प्रयोग गरिएको दृश्य विश्वस्नीय लाग्दैन । भूकम्पका अन्य दृश्यहरुमा पनि यस्तै गल्तीहरु दोहोरिएको छ ।भूकम्प गएको हप्तादिनमै स्यरल्हामो बौद्ध आइपुग्छिन् । बौद्ध स्तुपा भत्किएको देखाइन्छ, तर छेउका पसल/व्यवसाय मज्जाले खुलेका छन् । त्यस्तै अर्को दृश्य छ, जहाँ भूकम्पको समयमा निर्माण गरिएका अस्थायी घर छन् । तर, अस्थायी टेन्टपछाडि काठमाडौं सहर झलमल्ल बलेको देखाइन्छ । भूकम्प गएको हप्तादिनमै त्यसरी काठमाडौंका घरहरु झलमल्ल बलेको जस्तो त लाग्दैन ! समयसीमा निश्चित नहुँदा पनि बलले 'नीरफूल'को संसारभित्र घुस्न समय लाग्छ । फिल्ममा स्यरल्हामो र चेन्जारोङ बसेको गाउँ स्थापित गर्ने दृश्य छैन । पूजापाठमा छिमेकी उनीहरूलाई सहयोग गर्न आइपुगिरहन्छन् तर उनीहरू कहाँबाट आए पत्तो हुन्न । सम्पादनमा फिल्मलाई सुधार्ने थुप्रै ठाउँहरू थिए । केही दृश्य त यति लामा खिचिएका थिए कि त्यसलाई मज्जाले छोट्याउन सकिन्थ्यो । अनावश्यक दृश्य काट्ने थुप्रै स्थान सम्पादकले त्यतिकै छोडिदिएका छन् । अनावश्यक दृश्यको काँटछाँटले कथा वाचन बलियो बन्न सक्थ्यो । सम्पादनमै फिल्म चुक्दा 'नीरफूल'ले विषयवस्तुको साख नजोगाएको हो । फिल्ममा खिचाइ पनि उम्दा छैन । सिनेमेटोग्राफरले दृश्य भाषाका लागि प्रि-प्रोडक्सनमै अभ्यास गरेको भए विषयवस्तुको मुटु र आत्मामा दर्शक सरिक हुन पाउने थिए ।संवादमा फूलमानको लेखन अब्बलता देखिन्छ । दशकौंदेखि नेपाली भाषाका फिल्म हेरिरहेका दर्शकका लागि तामाङ भाषाको 'नीरफूल'लाई हेर्नु सकसपूर्ण होला । तामाङ भाषाको संवादलाई नेपाली सबटाइटलमा पढ्नु झन्झटिलो लाग्न सक्ला । तर, निर्देशक बलले यसमै नयाँ प्रयोग गरेका छन् । नेपाली भाषाकै फिल्मलाई मात्र फिल्म मान्नेहरूका भीडमा तामाङ भाषाको 'नीरफूल'ले विविधता थप्ने नै पक्का छ ।३० प्रतिशत तामाङ भाषा प्रयोग गरिएको फिल्मलाई मूलधारमा ल्याउने आँट लागि बलको तारिफ नगरी बस्न सकिन्न । तामाङ संस्कृति, विश्वास मिसाइएको 'नीरफूल'ले फिल्म क्षेत्रमा विविधताको रंग छर्किदिएको छ । कोरियन, जापानी, इरानी फिल्मलाई सब-टाइटलमा हेर्न रुचाउने दर्शकले अब देशका विविध भाषाको फिल्मलाई हेर्ने चस्मा बदल्नुपर्छ । प्रश्न यत्ति हो, अब यस्तो हिम्मत कसले गर्ला ?
Entertainment
7,565
पाकिस्तान हि्वलचियर क्रिकेट च्याम्पियन
मोहम्मद लतिफले विष्फोटक इनिङ्स खेल्दै १ सय ५६ रन बनाएपछि पहिलोपल्ट आयोजित एसिया कप ट्वान्टी-२० हि्वलचियर क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ५ विकेटले हरायो । 
https://ekantipur.com/sports/2019/05/19/155823383975996745.html
काठमाडौँ — मोहम्मद लतिफले विष्फोटक इनिङ्स खेल्दै १ सय ५६ रन बनाएपछि पहिलोपल्ट आयोजित एसिया कप ट्वान्टी-२० हि्वलचियर क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ५ विकेटले हरायो । २ सय ११ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै भेट्टाउने क्रममा चौथो नम्बरका ब्याट्सम्यान लतिफले १ सय ५६ रनको नटआउट इनिङ्स खेले । ६८ बलमा खेलेका उनले २७ चौका र ५ छक्का प्रहार गरे । सुरुआती तीन ब्याट्सम्यान सस्तैमा आउट भए पनि लतिफले इनिङ्स सम्हाले । मोहम्मद फियाज र सायेद अर्सालन मोहम्मदले समान १५ रन थपे । भारतका सौरभ मल्लिकले २ विकेट लिए । टस जितेको भारतले ओपनर सौरभको शतकीय इनिङ्समा निर्धारित ओभरमा २ विकेट गुमाई २ सय १० रन बनाएको थियो । मल्लिकले ६२ बलमा १९ चौका र १ छक्कासहित १ सय ४ रन जोडे । भारतका नकुल प्रजापतीले ३३ बलमा ६३ रन बनाउँदा १२ चौका प्रहार गरे । विश्वनाथ गुरभले २३ रन बनाए । पाकिस्तानका सायद अर्सालन र अदनान निसारले १-१ विकेट लिए । तलिफ म्यान अफ द फाइनल चुनिए । उनले समूह चरणमा नेपालविरुद्ध पनि १ सय ४६ रन प्रहार गरेका थिए । प्रतियोगिताभर ४ इनिङ्समा २ शतकसहित ३ सय ६६ रन प्रहार गरेका लतिफ उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीसमेत बने । भारतका सौरभ मल्लिक उत्कृष्ट बलर बने ।
Sports
27,260

This dataset was collected and compiled from various Nepali news portals to support the community knowledge and research, not for profit.

Sources:

Category Count
News 36798
Sports 18767
Others(Mix) 7258
Opinion 2358
Entertainment 2144
Feature 2014
Diaspora 750
World 462
Education 188
Blog 30
Total 70769

The following task can be performed using the dataset:

  • Nepali News Classification
  • Nepali Text Summarization
  • Nepali News Headline Generation
Downloads last month
46
Edit dataset card

Models trained or fine-tuned on caspro/Nepali_News_Dataset