title
stringlengths 7
151
| summary
stringlengths 17
19.5k
| url
stringlengths 35
219
| text
stringlengths 70
73.1k
| category
stringclasses 10
values | __index_level_0__
int64 0
70.8k
|
---|---|---|---|---|---|
तस्बिरमा हेरौं बंगलादेश विरुद्ध नेपालले जितेको खेल | नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । | https://ekantipur.com/sports/2018/09/08/153642456468868160.html | बंगलादेश (ढाका) — नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्यो । | Sports | 28,761 |
खुला दिसामुक्त नारा कम प्रभावकारी | नेपालमा शौचालयबाहेक बाहिर खुला स्थानमा दिसा बन्द भएको चार वर्ष भयो तर यो कागज र घोषणामा मात्र हो । २०७६ सालमा नै नेपाल खुला दिसामुक्त देशको घोषणा गरिए पनि तराईमा ‘मैदान जाने’ क्रममा कमी आएको छैन । यस तथ्यलाई कुनै सर्वसाधारणले होइन सङ्घीय सरकारका मन्त्रीले नै मङ्गलबार उजागर गर्नुभएको हो । यससँगै सरकारका नीति र कार्यक्रम सबैले बुझ्ने भाषामा नहुँदा त्यसले ठ्याक्कै उल्टो नतिजा आउने देखिएको छ । तथापि यो कार्यक्रम भने नागरिकको लगानीमा नै भएको दाबी छ । एक दशकमा यसका लागि ठुलो रकम खर्च भएको छ । | https://gorkhapatraonline.com/news/79737 | काठमाडौँ, असोज १० गते । नेपालमा शौचालयबाहेक बाहिर खुला स्थानमा दिसा बन्द भएको चार वर्ष भयो तर यो कागज र घोषणामा मात्र हो । २०७६ सालमा नै नेपाल खुला दिसामुक्त देशको घोषणा गरिए पनि तराईमा ‘मैदान जाने’ क्रममा कमी आएको छैन ।यस तथ्यलाई कुनै सर्वसाधारणले होइन सङ्घीय सरकारका मन्त्रीले नै मङ्गलबार उजागर गर्नुभएको हो । यससँगै सरकारका नीति र कार्यक्रम सबैले बुझ्ने भाषामा नहुँदा त्यसले ठ्याक्कै उल्टो नतिजा आउने देखिएको छ । तथापि यो कार्यक्रम भने नागरिकको लगानीमा नै भएको दाबी छ । एक दशकमा यसका लागि ठुलो रकम खर्च भएको छ ।नेपाल जस्तो बहुभाषिक देशमा एक भाषामा र त्यो पनि दाताले परियोजना दस्ताबेजमा राखेका अङ्ग्रेजी शब्द वा पदावलीको शाब्दिक अनुवाद गरेर कार्यान्वनमा जाँदा हुने भाषिक सञ्चारको समस्याको पोल पनि यसले खोलेको छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको ‘खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले बताउनु भए अनुसार तराईमा अझै पनि खुला दिसामुक्त भनेको खुला ठाउँमा दिसा गर्ने हो भन्ने बुझाइ छ । त्यसैले मानिस त्यहाँ लहरै लोटा बोकेर ढुक्कले मैदान जान्छन् । सहरका सुत्ने कोठाभन्दा राम्रा शौचालय बन्ने क्रम सुरु भए पनि गाउँमा अझै पनि घरभित्र चर्पी राख्नु नहुने धारणाको अन्त्य गर्न नसकिएको स्वीकार मन्त्री भण्डारीले गर्नुभयो । बनाइएका धेरै चर्पीमा पराल, कुटो, कोदाली र अन्य सामग्री राख्ने गरेको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो । मन्त्री भण्डारी त्यहाँ उपस्थित हुनुपर्ने खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण दलमा गएका कारण उक्त कार्यक्रममा जान नपाएकाले उहाँको प्रतिनिधित्व गर्दै पुग्नुभएको हो । मधेश प्रदेशको महोत्तरीका मन्त्री भण्डारीले भाषिक सञ्चारमा कमजोरी रहेका कारण सरसफाइको क्षेत्रमा राज्यले गरेको लगानी र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातिमाथि प्रश्न गर्नुभयो ।खासमा खुला दिसामुक्त भनेको नेपाली भाषामा नै पनि बुझ्न कठिन भएको अवस्थामा अरू पनि भाषिक समुदायमा त्यसले सही सन्देश प्रवाह गरेर काम गरेको छैन । त्यसका लागि आवश्यक शौचालय, पानी र अन्य प्रसाधनको अभाव बेग्लै छ ।यो सोच परिवर्तन गर्न खानेपानी र शौचालयलाई नेपाली संस्कार र संस्कृतिसँग जोडेर अघि बढाउन यो क्षेत्रमा काम गर्ने सरोकारवालालाई मन्त्री भण्डारीले सुझाउनुभयो । सरकारले यस वर्षदेखि राष्ट्रिय सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन गर्ने पनि घोषणा गरिसकेको छ । यस्तोमा शुद्ध खानेपानी पाउने जनताको मौलिक अघिकार सुनिश्चित गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।अन्य सरोकारवालाहरूले आमजनताको पहुँचमा खानेपानी र सरसफाइको पहुँच पुग्न नसक्नु दुःखद रहेको बताउनुभयो । स्वच्छ खानेपानी र सरसफाइका योजना पूर्ण कार्यान्वयनमा जान नसक्दा नेपाली जनता अझै पनि पूर्ण रूपमा खानेपानी र सरसफाइबाट वञ्चित छन् । सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नसक्ने कुरामा नियम कार्यविधि बनाएर समय खेर फाल्ने प्रवृत्तिको अन्त्य गरेर सक्ने कुरामा सहकार्य गर्नु जरुरी रहेको बताउनुभयो । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीका अनुसार एक दशकअघि कुल ८५ प्रतिशत जनतामाझ खानेपानीको पहुँच पुगेकोमा अहिले ९४ प्रतिशतमा पहुँच पुगेको छ । त्यस्तै सरसफाइको क्षेत्रमा दशकअघि ७५ प्रतिशतको घरमा शौचालय रहेकोमा अहिले ९५ प्रतिशत पुगेको छ । त्यस्तै देशभर १० प्रतिशत ढलसहितको व्यवस्थापन छ भने प्रशोधित फोहोर पानीको स्तर ३ प्रतिशतमा सीमित छ, जसले गर्दा नदी तथा खोलाका पानीका स्रोतको प्रदूषण उच्च छ ।खानेपानीको आपूर्तिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालको पानीका स्रोत सुक्दै गएकाले पानीको स्रोत जोगाउन कार्बन उत्सर्जन न्यूनीकरणसँगै प्रतिदिन ३८० लाख लिटर ढल प्रशोधन गर्न र ६० हजार घनमिटर मलमूत्र प्रशोधन गर्नेतर्फ नेपाल अग्रसर हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै विज्ञ नारायणप्रसाद आचार्यले सुशासनका विषयमा प्रस्तुति दिँदै संविधानले प्रदान गरेका मौकिल हक संरक्षण गर्न बनेको ऐन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुयो । | News | 53,604 |
मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने | औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो । | https://gorkhapatraonline.com/news/89051 | बुटवल समाचारदाताबुटवल, मङ्सिर २८ गते । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ ।उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा अयोजना गरेको मोतीपुर औद्योगिक क्षेत्रको निर्माण र सेज सञ्चालनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफू नेतृत्वमा आएसँगै मोतीपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना सञ्चालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबिच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । सरकारले सञ्चालनमा ल्याएका सेज सञ्चालनमा कठिनाइ देखिएको हुँदा त्यसलाई औद्योगिक क्षेत्रसँग मर्जको प्रस्ताव अगाडि बढाएको र सेजमा देखिएका समस्या समाधान गरी उद्योगमैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडि बढेको अध्यक्ष पन्तले जानकारी गराउनुभयो । आफू उद्योगीसमेत भएका कारण उद्योगीको समस्यालाई छाडेर कुनै काम अगाडि नबढाउने प्रतिबद्धता जनाउँदै पन्तले उद्योगीका सुझाव र आवश्यकता अनुसार औद्योगिक विकासमा लाग्ने बताउनुभयो ।रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले मोतीपुर औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोध हटाएर निर्माणलाई प्राथमिकता दिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग अनुरोध गर्नुभयो । उहाँले बु्टवल धागो कारखानाको व्यवस्थापन र भैरहवास्थित सेज सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका थिए । उनीहरूले मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलमले मोतीपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकै पटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभयो । | News | 35,962 |
माओवादी महासचिव गुरुङको नेतृत्वमा टोली चीन भ्रमणमा व्यस्त | नयाँ सत्ता समीकरण बनेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रको उच्च स्तरीय टोली १० दिने भ्रमणमा व्यस्त रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टील (सीपीसी)को निमन्त्रणमा महासचिव देव गुरुङको नेतृत्वमा चीन भ्रमणमा गएको हो । त्यसअघि माओवादीको टोली सोमबार हुनान पुगी त्यहाँको कम्युनिस्ट पार्टी प्रमुखसँग छलफल गरेको छ । | https://ekantipur.com/news/2024/04/23/the-team-led-by-maoist-general-secretary-gurung-is-busy-visiting-china-21-44.html | काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रको उच्च स्तरीय टोली १० दिने भ्रमणमा व्यस्त रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टील (सीपीसी)को निमन्त्रणमा महासचिव देव गुरुङको नेतृत्वमा चीन भ्रमणमा गएको हो । त्यसअघि माओवादीको टोली सोमबार हुनान पुगी त्यहाँको कम्युनिस्ट पार्टी प्रमुखसँग छलफल गरेको छ ।माओवादी टोलीले सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ चिनचाओसँग शनिबार बेइजिङमा भेटवार्ता गरेको थियो । भेटवार्तामा माओवादी र सीपीसीबीच थप सम्बन्ध विस्तारबारे छलफल भएको भ्रमण टोलीमा रहेका प्रवास विभाग प्रमुख ओम शर्माले जानकारी दिए ।‘खासगरी दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध बलियो बनाउनेबारे छलफल केन्द्रित भयो,’ उनले भने, ‘दुई कम्युनिस्ट एमाले माओवादीको नेतृत्वमा नयाँ समीकरण बनेपछि हाम्रो पार्टीको उच्चस्तरीय भ्रमण हो ।’ महासचिव गुरुङले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर चीन गएका हुन् ।भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउले नेपालमा वामपन्थीबीच सहकार्य हुनु राम्रो भएको उल्लेख गर्दै सीपीसी माओवादीसँग सम्बन्ध विस्तार गरी काम गर्न इच्छुक भएको धारणा राखेका थिए ।एमाले माओवादीसहितको नयाँ सत्ता समीकरण बनेपछि चीनले सन्तुष्टि व्यक्त गर्दै नेपालमा वामपन्थी मिल्नु उचित हुने सुझाव दिँदै आएको छ । महासचिव गुरुङ चीनले लिएको नीतिप्रति नजिक देखिन्छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनको विरोध गर्दै यसको नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए ।त्यस्तै माओवादी टोलीले हुनान प्रान्तका पार्टी सचिव सेन चाओ मिङसँग पनि भेटवार्ता गरेको छ । त्यसपछि कुइचाउ प्रान्तको भ्रमण गर्ने तालिका रहेको छ । वैशाख ५ मा प्रस्थान गरेको भ्रमण टोलीमा महासचिव गुरुङ, स्थायी कमिटी सदस्य परशुराम तामाङ, कमला रोका, केन्द्रीय सदस्य ओम शर्मालगायत टोली छन् । २०८० साउनमा पनि गुरुङले चीन भ्रमण गरेका थिए । गत जेठमा उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमण भएको थियो । | News | 3,943 |
नेपाल र अफगानिस्तान दुबै दबाबमा | नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले अफगानिस्तानको सामना गर्दैछ । दुबै टोलीलाई सुपर लिगमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । | https://ekantipur.com/sports/2018/03/10/20180310124035.html | काठमाडौँ — नेपालले विश्वकप छनोट क्रिकेटमा अहिले अफगानिस्तानको सामना गर्दैछ । दुबै टोलीलाई सुपर लिगमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।नेपाल पहिलो दुई खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले र स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।अफगानिस्तानको हालत नेपालभन्दा झन दयनीय छ । अफगानिस्तान पहिलो तीन खेलमा स्कटल्यान्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ ।अफगानिस्तान सन् २००४ मा मलेसियामा भएको एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएको थियो । त्यसको प्लेट फाइनलमा नेपालले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । त्यसपछि अफगानिस्तानसँग ५० ओभरको खेलमा लगातार ६ पराजय भोगेको छ । २०१४ को विश्व ट्वान्टी–२० मा भने नेपालले बंगलादेशमा अफगानिस्तानमाथी ९ रनको अविस्मरणीय विजय हात पारेको थियो ।नियमीत कप्तान असघर स्टानिकजाई र अर्का प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजाद गुमाएपछि अफगानिस्तान गहिरो संकटमा छ । स्टानिकजाई अस्वस्थ भई प्रतियोगिताबाट बाहिरिए भने शाहजादलाई आचर संहिता उल्लङघन गरेकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले दुई खेलको प्रतिबन्ध लगाउदा उनले नेपालसँगको खेल पनि गुमाउन लागेका हुन् । | Sports | 29,815 |
थारु समुदायमा मुर्गा पूजन | पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । | https://gorkhapatraonline.com/news/40785 | खजुरा, असोज १९ गते । पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताउनुभयो । “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उहाँले भन्नुभयो, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”, उहाँका अनुसार दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रूपमा चल्दै आएको छ । “महिला पुरुष, युवायुवती सबैको सामूहिकरूपमा नाचगानमा सहभागिता रहेको छ, यसबेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्”, उहाँले भन्नुभयो ।मङ्गलबार नवमीको दिन थारु समुदायले मुर्गा पुज्नाका रूपमा मनाएका छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ती बालेर मुर्गा पुजेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने शम्भु थारुले बताउनुभयो । उहाँका अनुसार टपरीमाथि बह्रनी, जमरा, बेवरी, आदि चढाइएको हुन्छ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । “दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ”, स्थानीयवासी सीताशरण थारुले भन्नुभयो, “बलि चढाएपछि धुप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।” मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरूपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । यसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।सामूहिकरूपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्याउने उहाँको भनाइ छ । दशैंका बेला नाच १० देखि १५ दिनसम्म आयोजना गरिन्छ । अरू बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।दशैंका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु मदिरासँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गर्छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको अर्का स्थानीयवासी प्रतापशील थारुले बताउनुभयो । उहाँका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँगरुलगायतको प्रयोग बढी हुने गर्छ । दशैंका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (वडघर) बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरू समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने छैन । थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् । पहिला चामलको पिठोको सेतो टीका दशैंका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ । | News | 33,658 |
कोहलपुर गोल्डकप : उपाधि जित्नेमा दुवैका कप्तानको दाबी | कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज क्लब भिड्ने भएका छन् । फाइनलको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आर्मी र चर्च ब्वाइजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । | https://ekantipur.com/sports/2023/11/07/kohlpur-gold-cup-both-captains-claim-to-win-the-title-59-38.html | नेपालगन्ज — कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज क्लब भिड्ने भएका छन् । फाइनलको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आर्मी र चर्च ब्वाइजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।आर्मीका कप्तान भरत खवासले आफूले राष्ट्रियदेखि लिग हुँदै ‘ए’ डिभिजन खेल खेलेको आफ्नो टिमले कोहलपुरमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । टिममा दुई राष्ट्रिय खेलाडी र अन्य स्थानीय खेलाडीहरू भएकाले उपाधि हात पार्नेमा आफूहरू ढुक्क भएको उनले सुनाए ।आर्मीका प्रशिक्षक आदर्श मल्लले आफ्नो साख जोगाउन उपाधि जित्न कुनै कसर बाँकी नराख्ने सुनाए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल्दै उपाधि जित्ने छौं ।’चर्च ब्वाइजका कप्तान बिकु राई पनि उपाधि जित्नेमा ढुक्क छन् । आफ्नो टिममा युवा खेलाडीको भरोसा नै जितको आधार भएको बताउँदै उनले सबै एकै उमेर समूहका खेलाडी रहेकाले सोचेजस्तो खेल हुने दाबी गरे ।चर्च ब्वाइजकै प्रशिक्षक रुविन राईले खेलमा जितहार भइरहन्छ, खेलाडीहरूको मिहिनेत आफ्नो टिम फाइनलसम्म पुग्नु नै ठूलो उपलब्धि रहेको बताए । ‘अहिले सबै स्थानीय खेलाडी छन्, उनीहरूको मिहिनेतले फाइनल पुगेका छौं, यो नै ठूलो उपलब्धि हो,’ उनले भने, ‘उपाधि जिते थप उपलब्धि हुनेछ ।’अहिलेको पूरै नयाँ टिम रहेको र भविष्यमा यी खेलाडीलाई देशकै उत्कृष्ट खेलाडी बनाउने आफ्नो सपना रहेको प्रशिक्षक राईले सुनाए ।सेमिफाइनलमा आर्मीले दूधौली स्पोर्टस क्लब सिन्धुलीलाई ४–१ ले र चर्च ब्वाइजले गोर्खा ब्वाइजलाई ३–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी जित्ने छन् । फाइनलमा प्यारापिटतर्फ १ सय र मैदानतर्फ ५० रुपैयाँको टिकटदर राखिएको आयोजक रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । | Sports | 15,886 |
भारत-पाकिस्तान द्वन्द्व: पाकिस्तानको कब्जामा परेका अभिनन्दन वर्तमान को हुन्? | भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई आग्रह गरेको छ। | https://www.bbc.com/nepali/news-47397432 | ती पाइलट भारतीय वायु विङ कमान्डर अभिनन्दन वर्तमान हुन्। उनले बुधवार बिहान लडाकु विमान मिग २१ उडाएका थिए। भारतले पनि आफ्नो वायुसेनाले पाकिस्तानको लडाकु विमान एफ-१६ खसालेको दाबी गरेको छ। तर पाकिस्तानले त्यो कुरा अस्वीकार गरेको छ। अभिनन्दन अवस्था अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लियो। पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ। पाकिस्तानबाट पहिले सार्वजनिक गरिएको भिडिओमा अभिनन्दनको अनुहारमा रगत पोतिएको र उनी घाइते अवस्थामा देखिन्छन्। एउटा भिडिओमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ। अर्को भिडिओमा अभिनन्दनको आँखामा पट्टी बाँधिएको छ। त्यसमा उनले भनेका छन्, "मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सेवा नम्बर २७९८१ हो। म विमान चालक र हिन्दू हुँ।" अर्को भिडिओ पनि सार्वजनिक भएको छ। जसमा अभिनन्दनले चिया वा कफी पिइरहेको देखिन्छ। त्यसमा कसैले प्रश्न सोधिरहेको र उनले उत्तर दिइरहेका छन्। अभिनन्दनले त्यस भिडिओमा आफूसँग निकै राम्रो व्यवहार भइरहेको र यदि भारत फर्किए भने पनि त्यही कुरा भन्ने बताएका छन्। तीव्र प्रतिक्रिया त्यस भिडिओमा अभिनन्दनले आफूलाई दक्षिण भारतको बासिन्दा भनेका छन्। आफ्नो वैवाहिक स्थितिबारे सोध्दा उनले आफू विवाहित भएको बताएका छन्। अभिनन्दनका बुवा पनि वायुसेनामै थिए। भाइ पनि वायुसेवामै छन्। अभिनन्दनले सन् २००४ मा वायुसेवामा सेवा थालेका हुन्। उनी पाकिस्तानको कब्जामा परेको समाचार आएपछि भारतीय प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया व्यक्त गरेका छन्। कांग्रेस प्रमुख राहुल गान्धीले अभिनन्दन सुरक्षित फिर्ता हुने आशा व्यक्त गरेका छन्। जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन स्वदेश नआएसम्मका निम्ति सबै राजनीतिक कार्यक्रम रद्द गर्न आग्रह गरेका छन्। | Others | 67,297 |
माधवको नीति, माधवकै नेतृत्व | जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो । देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता | https://gorkhapatraonline.com/news/113211 | जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो ।देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता माधवकुमार नेपालको पछिल्लो पहिचानलाई त्यही चुनौतीपूर्ण अध्यायले स्थापित गर्छ । अर्थात् नेपाली जनताले वर्षौंदेखि लडेर ल्याएका राजनीतिक उपलब्धिसँगै २०७२ सालमा जारी भएको पहिलो सङ्घीय गणतान्त्रिक संविधानसमेतको विघटन गर्ने प्रपञ्चका विरुद्ध विद्रोहको नेतृत्व गर्ने नेताका रूपमा माधवकुमार नेपाल चिनिनुहुन्छ । उहाँले आफूसम्बद्ध राजनीतिक दल नेकपा (एमाले) को मूल नेतृत्वबाट मुलुकमाथि भइरहेको बेइमानीविरुद्ध विद्रोह गरेर राजनीतिक दलका रूपमा २०७८ भदौमा नेकपा (एकीकृत समाजवादी) को स्थापना गर्नुभयो । सोही दल अहिले १० औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।१० औँ नै किन ? स्थापना भएको ३३ महिनापछि नेकपा (एकीकृत समाजवादी) महाधिवेशनका निम्ति जुटिरहेको छ । यसले आफ्नो महाधिवेशनका प्रतिनिधि चयन गर्नका निम्ति जारी गरेको मापदण्ड अनुसार सदस्यता प्राप्त भएको कम्तीमा ३६ महिना (तीन वर्ष) हुनुपर्ने उल्लेख गरेको छ । प्रश्न उठेका छन्, स्थापना भएको ३३ महिनापछि हुन लागेको महाधिवेशनका प्रतिनिधिले सदस्यता पाएको कम्तीमा ३६ महिना पूरा गर्नुपर्ने कारण के हो ? अनि, स्थापना भएको तीन वर्ष पनि नपुग्दै महाधिवेशन हुँदै छ । त्यो महाधिवेशन कसरी १० औँ भयो ?नेपाल र विश्वकै कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि विद्रोह र रूपान्तरणका अनगन्ती घटना छन् । कम्युनिस्ट पार्टीमा चलिरहेको अभ्यास अनुसार एउटा दलभित्र राजनीतिक, सैद्धान्तिक तथा कार्यदिशागत विमति भएमा दलको विभाजन वा विद्रोह अपरिहार्य मान्ने गरिन्छ । त्यसरी विभाजन वा विद्रोह गरिँदा अघिल्लो दलको राजनीतिक तथा साङ्गठानिक विरासतसहित विद्रोह भइरहेको हुन्छ । यसर्थ, एउटा कम्युनिस्ट पार्टीको सदस्य अर्को कम्युनिस्ट पार्टीमा प्रवेश गर्दा ऊ अघिल्लो दलको सदस्यका रूपमा जति इतिहास निर्माण गरेर आएको छ, त्यसैले मान्यता पाउँछ । कोही गैरकम्युनिस्ट दलबाट कम्युनिस्ट दलमा सदस्य बन्न गएमा उसले नयाँ सदस्यका रूपमा पार्टीमा काम गर्नुपर्ने अभ्यास कम्युनिस्ट पार्टीमा हुने गरेको छ ।यो मान्यता अनुसार हिजोको नेकपा (एमाले) को इतिहास र आदर्श त्यतिबेलासम्म गलत थिएन, जब त्यसले आफ्नो नवौँ महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन ग¥यो । नवौँ महाधिवेशनपछिका गतिविधि क्रमशः नीतिप्रधान नभएर व्यक्तिकेन्द्रित हुन थाल्यो । पार्टीका राजनीतिक तथा साङ्गठानिक गतिविधि अध्यक्ष केपी ओलीको व्यक्तिवादी अहङ्कारको चङ्गुलमा प¥यो । उक्त पार्टीले राष्ट्रिय राजनीति, जनजीविका एवं मुलुकको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सम्पादन गर्नुपर्ने थुप्रै कार्यभारलाई पार्टीको नीति र सिद्धान्तको अधीनमा रहेर सम्पन्न गरेन । पूर्णतः केपी ओली र उनका भक्तको जय जयकार गाउनुपर्ने स्थितिमा एमाले पुग्यो । २०७४ सालको आमनिर्वाचनले एमाले र माओवादी केन्द्रको गठबन्धनले करिब करिब दुई तिहाइ जनमत हासिल ग¥यो । सरकारको नेतृत्व एमाले अध्यक्षका हैसियतले केपी ओलीले गर्नुभयो । त्यसपछि पार्टी एकता भई नयाँ दलको नाम नेकपा कायम भयो । दुई अध्यक्षको अभ्यास गरियो । यति हुँदासम्म पनि दलको सञ्चालन कुनै नीति, विधि र परम्परामा आधारित नभई अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको व्यक्तिवादी शैलीमा हुन थाल्यो । उक्त शैलीले केवल नेकपाको जीवनमाथि मात्रै चुनौती ल्याएन, मुलुकको सङ्घीयता, लोकतन्त्र र गणतन्त्रमाथि नै अनगन्ती प्रश्न खडा गरे । हुँदाहुँदा २०७७ पुस ५ गते संविधान कुल्चिएर संसद्को विघटन गर्नेसम्मको काम भयो ।यस्ता गतिविधिका कारण केवल नवगठित एकीकृत दल नेकपा मात्रै विभाजित भएन, पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग हुने परिस्थिति निर्माण हुँदै मुख्यतः पूर्वएमाले दुई चिरामा विभक्त भयो । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पार्टीभित्रै सङ्घर्ष गर्ने विभिन्न चरणमा असफल भएपछि माधवकुमार नेपाल नेतृत्वको समूह पार्टीबाट विद्रोह गर्न बाध्य भयो र नेकपा (एकीकृत समाजवादी) को स्थापना भयो । यसर्थ, अहिलेको १० औँ महाधिवेशन एमालेको ९ औँ महाधिवेशनका अपूरा कार्यभारलाई सम्पन्न गर्नका निम्ति आयोजना भइरहेको हो । किनभने, नेकपा (एकीकृत समाजवादी) भनेको ९ औँ महाधिवेशनसम्मको नेकपा (एमाले) को विद्रोह र रूपान्तरण हो । हिजोका एमालेका सदस्य नै आजको एकीकृत समाजवादी गठनका आधार हुन् । यसबाहेक पार्टी गठन भएयता यसमा विभिन्न कम्युनिस्ट घटकबाट सामेल भएका सदस्य सङ्गठित भएका छन् ।नीति र नेतृत्व नेकपा (एकीकृत समाजवादी) एउटा जटिल र विशिष्ट राजनीतिक परिस्थितिमा स्थापना भएको दल हो । संविधान र राजनीतिक व्यवस्था तथा कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति आफैँले स्थापना गरेको दलबाट विद्रोह गर्नुपर्ने बाध्यात्मक स्थितिमा माधवकुमार नेपाल र उहाँको सघन समूह पुगेको थियो । विद्रोह आफैँमा एउटा जटिल चरण हो । यथास्थितिबाट अग्रगमनतर्फ जान नसकिँदा वा अग्रगमनतर्फ जाने मार्ग निषेध गरिँदा विद्रोह अनिवार्य बन्यो र नेकपा (एकीकृत समाजवादी) स्थापना भयो । माधवकुमार नेपालको नेतृत्वमा भएको त्यो विद्रोहको सान्दर्भिकता समाप्त भएको छैन । बरु, विद्रोहको औचित्यलाई अझ घनीभूत रूपमा पुष्टि गर्नुपर्ने जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) लाई थपिएको छ । जसरी ०६२÷०६३ सालको जनआन्दोलनअघि सशस्त्र द्वन्द्वमा सामेल नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा ल्याउने नीति माधवकुमार नेपालले अख्तियार गर्नुभयो । त्यसका निम्ति आफ्नो पार्टीका नेतालाई रोल्पा पठाउनेदेखि आफैँ भारतीय भूमिमा पुग्नेसम्मका काम गर्नुभयो र प्रकारान्तरमा उहाँको उक्त नीतिले सार्थकता लियो । ०६२/६३ को जनआन्दोलनअघि खुला राजनीतिक अभ्यासमा सामेल भएका दलमध्ये माधवकुमार नेपाल नेतृत्वको नेकपा (एमाले) नै थियो, जसले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको नीति अवलम्बन ग¥यो । त्यो पनि सफल भयो तर, त्यसले मुलुक, जनता र जनजीविकाका पक्षमा यथेष्ट परिणाम दिन सकेन । यसबिचमा दलीय खिचातानीमा मुलुक फँस्यो । स्वयम् माधवकुमार नेपालहरू आफैँले खडा गरेको एउटा गौरवशाली विरासतबाट विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गर्नुभयो । यसर्थ, फेरि पनि उहाँले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी) उहाँकै नीति र उहाँकै नेतृत्वका साथ अगाडि बढ्दै छ ।एउटा जीवन्त राजनीतिक दलभित्र विचार र कार्यशैलीका विषयमा मतभेद वा मतान्तर हुनु स्वाभाविक हो । त्यसमा पनि वैचारिक, राजनीतिक अभ्यासको लामो शृङ्खला पार गरेका थुप्रै नेता संलग्न भएको एकीकृत समाजवादी जस्तो दलभित्र त्यस्तो बहस चल्नु स्वाभाविक मानिन्छ । महाधिवेशनको सँघारमा पुग्दा उक्त दलभित्र नीति र विचारमा विमति छैन । मात्रै, कार्यशैली कस्तो अपनाउने र समृद्ध कम्युनिस्टलाई कसरी अगाडि लैजाने भन्ने बहस चलिरहेको छ । यस सन्दर्भमा अलग अलग विषयमा तीन नेताले अलग अलग दस्ताबेज तयार पारिरहनुभएको छ । माधवकुमार नेपालको नीति र नेतृत्वको जगमा तयार भइरहेका ती दस्ताबेजले मुलुक र कम्युनिस्ट आन्दोलनको समृद्धिलाई सुनिश्चित गर्ने महत्वपूर्ण कदम चाल्ने विश्वास लिइएको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव पेस गर्नुहुने भएको छ । पुस्तान्तरण नेपालको राजनीतिक परिदृश्यमा पहिलो पटक एकीकृत समाजवादीले दलभित्र पुस्तान्तरणको औपचारिक र विधिवत् प्रयत्न सुरु गरेको छ । व्यक्तिलाई खुसी पार्न वा भाग पु¥याउने नाममा ठुलो वा भद्दा कमिटी गठन गर्ने क्रमलाई यसले नियन्त्रण गरेको छ । केन्द्रीय कमिटीको सङ्ख्यालाई घटाएर १९९ कायम गरिएको छ । निर्वाचित हुने कुल सदस्यमध्ये २० प्रतिशत युवा हुनुपर्ने वैधानिक व्यवस्था गरिएको छ । ४० वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई युवा मान्दै उक्त उमेरभित्रका करिब ४० जना युवाले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो सशक्त उपस्थिति जनाउने भएका छन् । | News | 45,561 |
डोल्पामा १२० हिउँचितुवा | हिमाली जिल्ला डोल्पामा १ सय २० वटा हिउँचितुवा भेटिएको छ । शुक्रबार वन्यजन्तु सप्ताह पारेर डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० वटा गरी १ सय २० वटा दुर्लभ हिउँचितुवा भेटिएको तथ्यांक सार्वजनिक गरिएको हो । | https://ekantipur.com/news/2024/04/20/120-snow-leopards-in-dolpa-40-10.html | मुगु — हिमाली जिल्ला डोल्पामा १ सय २० वटा हिउँचितुवा भेटिएको छ । शुक्रबार वन्यजन्तु सप्ताह पारेर डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० वटा गरी १ सय २० वटा दुर्लभ हिउँचितुवा भेटिएको तथ्यांक सार्वजनिक गरिएको हो । निकुञ्ज क्षेत्रमा ९० वटा हिउँचितुवा र वन क्षेत्रमा ३० वटा हिउँ चितुवा भेटिएको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत विश्व सीमसार दिवसको अवसर पारेर फेब्रुअरी २०२४ मा ९० वटा हिउँचितुवाको संख्या सार्वजनिक गरेको थियो सन २०१९ मा हिउँचितुवा गणनाका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको छ ।दुर्लभ हिउँचितुवा गणनाका निम्ति निकुञ्जको ८० लाख र सामुदायिक वन क्षेत्रमा ४८ लाख खर्च भएको विश्व बन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए । उक्त आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको उनले बताए । हिमचितुवाको मुख्य आहारा झारल, घोरल नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या निकुञ्जमा ४ हजारभन्दा बढी रहेको निकुञ्जले जनाएको छ । २०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको प्रख्यात क्षेत्र रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराए । फिल्ड कार्यक्रम अधिकृत हमालका अनुसार निकुञ्ज क्षेत्रको करिब ३ हजार देखि ४५ सय मिटर उचाइमा हिमचितुवा भेटिने गरेको छ । ३५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल निकुञ्जले ओगटेको छ । यो निकुञ्जभित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीन वटा गरी ४ वटा स्थानीय तह पर्दछन् । | News | 4,032 |
दिन ढल्यो अँधेरी रातमा... | धेरै कलाकार जन्माएको इलामको सांगीतिक पर्याय मुलुकमै उँचो छ । कोभिडलगायतका कारणले इलाममा यस्तो जमघट कम भइरहेको थियो । तर, बिहीबार रमणीय करफोक नजिकैको झ्याम्टे डाँडामा सांगीतिक महफिल जम्यो । नेपाली सुरका दिग्गजहरू भेला भएको कार्यक्रमले दर्शकलाई खुबै रौस्याएको थियो । | https://ekantipur.com/entertainment/2022/12/09/167059618130539630.html | इलाम — धेरै कलाकार जन्माएको इलामको सांगीतिक पर्याय मुलुकमै उँचो छ । कोभिडलगायतका कारणले इलाममा यस्तो जमघट कम भइरहेको थियो । तर, बिहीबार रमणीय करफोक नजिकैको झ्याम्टे डाँडामा सांगीतिक महफिल जम्यो । नेपाली सुरका दिग्गजहरू भेला भएको कार्यक्रमले दर्शकलाई खुबै रौस्याएको थियो ।दीप श्रेष्ठ, दीपक लिम्बू, कोमल निरौला, भूपेन्द्र राईलगायत कलाकारसहितले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा इलामको सूर्योदयस्थित वरबोटेमा नै पुर्ख्यौली थलो भएर राजधानी हुँदै हङकङसम्म महफिल जमाएका गणेश र यशोदा पराजुलीको प्रस्तुतिले पनि दर्शकको मन छोयो ।पराजुली दम्पत्ति लामो समयपछि गाउँठाउँमा नै प्रस्तुति दिन आएका थिए । द्वन्द्वकालदेखि रोकिएको झ्याम्टे मेला अघिल्लो वर्षदेखि लाग्न थालेसँगै आइतबारे युवा क्लबले यो पटक भव्य जमघटको आयोजना गरेको हो । कार्यक्रममा गायक दीपले ‘बितेका कुराले’ ‘साइलीवरि चियाबारीमा’ लगायत गीत सुनाए । नेपाली तारा दीपक लिम्बूले ‘मुटु माग्यौ तिमीले’ गाएर दर्शकको मन जिते । आफ्नै थातथलोमा रम्ने क्रममा पराजुली दम्पतीले ‘दिन ढल्यो अँधेरी रातमा’ सहित आफ्ना र नारायण गोपालका गीत सुनाए । पराजुली जोडिको पूर्वी दौडाहाकै क्रममा स्वर सम्राट् नारायण गोपालको ३२ औं स्मृति साँझले थप रोमाञ्चकता थप्यो । मोरङको विराटचोक हुँदै आफ्नै जन्मथलोमा संगीतका पारखीलाई मनोरन्जन दिनका लागि आएका उनीहरूले धीत खोलेर गाए, नाचे ।पराजुली जोडीको सांगीतिक माहोलका लागि इलाममा चाँजोपाँजो मिलाएको थियो वडा ७ को कार्यालयले । गणेश पराजुलीको संगीत र ज्ञानेन्द्र गदालको शब्द रहेको ‘दिन ढल्यो अँधेरी रातमा’ गीत धेरै पारखीको मुखबाट गुन्जिने गरेको छ । यहि गीत यशोदाले इलामको सिटी हलमा गाउँदा दर्शकले भरपुर साथ दिए । पराजुली जोडीले यो कार्यक्रममा नारायण गोपालका थुप्रै कर्णप्रिय गीत सुनाए । सँगसँगै बीचबीचमा आफ्नै गीत पनि सुनाएर दर्शकलाई झुमाए । पराजुली जोडिको ‘गाउँको माया’, ‘सहयात्रा’, ‘फुर्सदमा’ र ‘सम्बन्धमा’ एल्बम छन् । उनीहरूका फुटकरसहित २ सय बढी गीत रेकर्ड भएका छन् । यो कार्यक्रममा प्राज्ञ कोमल निरौला, भूपेन्द्र राई, नन्दकुमार श्रेष्ठ, रमेश श्रेष्ठ, राजेश चाम्लिङ, देवी गौतम, रिना घिमिरे, तुलाराम पौडेललगायतले गीत गाएका थिए ।इलामको करफोकस्थित झ्याम्टे मेलामा गीत गाउँदै दीपक लिम्बू । तस्बिर : कान्तिपुर | Entertainment | 7,864 |
महासचिव गुटेरेसको सन्देश र नेपाल | संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने भ्रमणको सन्दर्भ र सेरोफेरोमा यो हप्ता नेपालका सञ्चारजगत् र बौद्धिक समुदाय रुमलिन पुगे । उच्चस्तरीय भ्रमण र त्यसले जोड्न खोजेका एजेन्डाका सन्दर्भमा रहेर हेर्दा समग्र राष्ट्रले यसलाई दिन खोजेको महत्त्वलाई अन्यथा भन्न मिलेन । किनभने, भ्रमण केका लागि भनेर प्रश्न गर्न खोज्नेहरूका लागि नेपालीका तराईदेखि पहाड र उच्च हिमालसम्मको जनजीविकाका सवाललाई त्यसमा जोड्ने प्रयास भयो । | https://ekantipur.com/opinion/2023/11/02/message-of-secretary-general-guterres-and-nepal-55-44.html | संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने भ्रमणको सन्दर्भ र सेरोफेरोमा यो हप्ता नेपालका सञ्चारजगत् र बौद्धिक समुदाय रुमलिन पुगे । उच्चस्तरीय भ्रमण र त्यसले जोड्न खोजेका एजेन्डाका सन्दर्भमा रहेर हेर्दा समग्र राष्ट्रले यसलाई दिन खोजेको महत्त्वलाई अन्यथा भन्न मिलेन । किनभने, भ्रमण केका लागि भनेर प्रश्न गर्न खोज्नेहरूका लागि नेपालीका तराईदेखि पहाड र उच्च हिमालसम्मको जनजीविकाका सवाललाई त्यसमा जोड्ने प्रयास भयो ।विगत दुई दशकदेखि बेपत्ता पारिएका र द्वन्द्वमा अन्य रूपले पीडित भएकाहरूका पीडा र घाउहरूमा खाटा बसाउनेतर्फको यात्रा छिट्टै सहजीकरणतर्फ जाँदै छ कि भन्ने आभास यस भ्रमणलाई जोडेर दिन खोजियो । गुटेरेस काठमाडौं उत्रनासाथ आफ्नो टिम लिएर द्विपक्षीय र बहुपक्षीय उच्च राजनीतिक भेटघाटमा लागिहाले । यसै क्रममा उनका ‘चासो’ भन्दै हाम्रा नेताहरूले आफूले पालेका कुण्ठाहरू सञ्चारमाध्यममार्फत आफैं बाहिर ल्याउन थाले । आफैंले गर्न सक्ने र गर्नैपर्ने विषयको दोष पनि विदेशी पाहुनाका अगाडि अरूलाई दिएर उम्कन खोज्नेदेखि अनावश्यक रूपमा जस लिन खोज्नेसम्मको प्रवृत्तिले गुटेरेससँगको भेटघाटमा पनि स्थान पाएको देखियो ।हुन पनि हाम्रो बुझाइ र अपेक्षाको स्तर आफैंमा अनौठो छ, कतिपयले नेपालले अघि सारेको चुच्चे नक्साको आधिकारिकताका सन्दर्भमा यस भ्रमणलाई जोडेर हेर्न खोजे भने कतिपयले गौतम बुद्धको जन्मस्थान र नेपालको शान्ति क्षेत्रको प्रयासलाई । यसरी हेर्दा अबको केही समयका लागि नेपालका उच्च नेतादेखि सांसदसम्म अनि हिमालयका सन्दर्भमा कलम र मुख चलाउनेदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वका सन्दर्भमा जोडिन चाहनेसम्मलाई यो भ्रमणले आआफ्नै तालमा डम्फु बजाउन मसला दिएको छ ।समग्रमा हेर्दा गुटेरेस आफैंमा सकारात्मक र फराकिलो सोचका देखिए । सुरुमै उनले पहिलेदेखि नेपाल पक्ष भएका मञ्च एवं यस देशका सबल पक्ष र नयाँ उपलब्धिहरूको उठान गरिदिएर आफू नेपालबारेमा सकारात्मक, अद्यावधिक र पूर्णतः जानकार रहेको मात्र सन्देश दिएनन्, कर्ताहरूलाई प्रसन्न बनाउन काबिल रहेको पुष्टिसमेत गरे । शान्ति कायमसहित गणतन्त्र स्थापना गरेको, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध लागिपरेको र आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको भनेर मुक्तकण्ठले प्रशंसा गर्दै सुरु भएको उनको भ्रमणका चार दिन आवश्यक परेका खण्डमा सहयोगका हातहरू फैलाउनमै केन्द्रित देखिए ।‘दुई ठूला शक्तिबीच रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपालीहरू आफैंले बनाउनुभएको छ, विगत बीस वर्षको तपाईंहरूको यात्रा हेर्नलायकको छ, अद्भुत छ, नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्र संघको बडापत्र छ’ भनेर नेपालले लिएको विदेशनीतिदेखि आन्तरिक राजनीतिसम्मको बाटोलाई उनले जोडे । संक्रमणकालीन न्यायका सन्दर्भमा पनि उनको भनाइ सकारात्मक सोचबाटै प्रेरित थियो । उनले संसद्मा बोल्दै भने, ‘तपाईंहरूको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो, जसलाई समर्थन गर्न संयुक्त राष्ट्र संघ प्रतिबद्ध छ । तपाईंहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ, र संक्रमणकालीन न्यायका माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ ।’ यस सन्दर्भमा नेपाल केकेमा सजग हुनुपर्ला भन्नेमा उनका केही सुझाव आए, त्यो पनि सावधानीका साथ र नेपाल पक्षलाई नै जस दिँदै र नेपालको शान्तितर्फको यात्रामा राष्ट्र संघको साथ र सहयोगका प्रतिबद्धता गर्दै । शान्ति प्रक्रियाले अन्यायबाट त्रस्त पीडित व्यक्ति, परिवार र समुदायलाई ढुक्क पार्दै विगतलाई पूर्णविराम दिन मदत गर्नुपर्छ भन्दै गर्दा त्यसतर्फका जटिलतातर्फ सजग हुँदै उनले थपे, ‘संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन ।स्वभावतः यो नाजुक र जटिल प्रक्रिया हो । हामीलाई के थाहा छ भने, संक्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना तब नै हुन्छ जब यो समावेशी र बृहत् हुन्छ, र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यति मात्र होइन, जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त, जब मानवाधिकार उल्लंघनका सबै पीडितले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईंहरू एक्लो हुनुहुन्न ।’नेपालले विगत ३० वर्षमा, खास गरी २०४६ पश्चात्को लोकतन्त्रीकरणका सन्दर्भमा अँगालेको पथबारे एक विदेशी नागरिकले गर्ने कमेन्ट सकारात्मक नै हुन्छ; यो स्वाभाविकै हो । नेपालको शान्ति प्रक्रियाको सन्दर्भ पनि मौलिक र विश्वसमुदायलाई नै सन्देश दिने प्रकारको भएकामा शंका छैन ।नेपालभित्र एउटा सानो समूह यो प्रक्रियाका कमजोर पक्ष मात्र उजागर गरी खिसिट्युरी गर्न लालायित देखिए पनि स्वयंमा संयुक्त राष्ट्र संघका लागि पनि यो नौलो अनुभव भएको कुरा छिपेको छैन र ऊ मौका पाए यसमा सहभागी भएर जस लिन चाहन्छ । दोहोर्याएर आएको ‘विगत बीस वर्षको तपाईंहरूको यात्रा हेर्नलायकको छ, अद्भुत छ’ भन्ने विश्वका १९३ देशका प्रतिनिधि महासचिव गुटेरेसको भनाइ आफैंमा अहिले नेपालमा केही भएन, या सबै गलत नै भइरहेको छ भन्दै नवयुवा र सीधासादा नेपालीलाई भड्काएर जनमत प्रमुख राजनीतिक दलहरूविरोधी बनाई नेपाललाई पुनः अस्थिरतातर्फ धकेल्ने र धमिलो पानीमा माछा मार्ने दाउ हेर्न उद्यत पुनरुत्थानवादीविरुद्ध तत्कालका लागि गतिलो झापड बनेको छ । यसबाट संविधान र अहिलेको संवैधानिक–राजनीतिक संरचनाको जगमा काम गर्नेहरूलाई ऊर्जा मिलेको छ र देश राजनीतिक रूपमा ‘डिरेल’ भएको छैन भन्ने विश्वासले विश्वमान्यता प्राप्त गरेको छ । साथै त्यस भाष्यमा काम गर्नेलाई थप विश्वास र आधार मिलेको छ । लडाकु व्यवस्थापनमा सीमित भूमिका पाएर नेपाल आएको राष्ट्रसंघीय मिसन आफ्नो नेपालबसाइ लम्ब्याउन शान्ति प्रक्रियामा अरू भूमिका खोज्दै थियो, र आज पनि नेपालले चाहँदा ऊ अन्य भूमिकामा पुनरागमनका लागि आतुर छ भन्ने आशयका प्रशस्त भनाइ सुन्दै गर्दा धेरैले गुटेरेसको भ्रमणलाई शान्ति प्रक्रियासँगै जोड्न खोजे, जसका कारण सायद उनी र उनको टिमलाई कतिपय सन्दर्भमा हौसला पनि मिल्यो होला, तर तत्कालका लागि यस्तो सम्भावना देखिँदैन ।जहाँसम्म जलवायु परिवर्तन र नेपालको भूमिकाको प्रसंग छ, उनले पाउन सक्ने फिडब्याक नेपालले दिन सकेन कि भन्ने हो । जलवायु सम्बन्धी कार्यमा नेपाल अग्रपंक्तिमा छ भनिरहँदा केमा अगाडि भन्ने प्रश्नको जवाफ आइरहेको छैन । ‘तपार्इंहरू सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने लक्ष्यतिर बढिरहनुभएको छ’ भनेर असाधारण वनजंगलको पुनःस्थापनाका प्रयासहरूका लागि धन्यवाद भन्दै उनले वनले अब मुलुकको लगभग आधा भाग ओगटेको तथ्यतिर औंल्याए । तर के त्यो नेपाल सरकारको चाहना हो र ?आज वन पैदावारको उपयोग गर्ने समुदायको गाउँछिमेकबाट सहर र विदेशतर्फको बसाइँसराइ र पलायनका कारण जंगल बढेको हो । खेतीसँगै पशुपालनलाई अँगाल्ने हाम्रा ग्रामीण परिवेशमा आज यी पेसाबाट मानिसहरूको विस्थापनले न खेती कमाइ भइरहेको छ, न त ती खेतका कान्ला र कुनाकाप्चामा हुर्क्रेका डालेघाँस र स्याउलाले घरगोठमा उपभोक्ता पाइरहेका छन् । त्यसैले गाउँका खेतबारीहरू बाँदर र बँदेलजस्ता जंगली जनावरको चरनक्षेत्रमा परिणत भइरहेका छन् ।परिणामतः, बचेखुचेका किसानहरू बाली लगाए पनि जंगली जनावरका कारण बचाउन नसक्ने भएर कम खर्चमा खेती हुने खेत पनि बाँझै छाड्न र आयातित अन्नमा भर पर्न बाध्य छन् । नेपालको जनजीविका र खाद्य सुरक्षालाई हेर्दा मुलुकमा वनको यस्तो बढोत्तरीे दिगो विकासका लागि उपयुक्त हैन, र मुलुकले धान्न पनि सक्दैन । ‘हरियो वन नेपालको धन’ नै धान्न कठिन भैरहेको परिवेशमा ‘नेपालको वन, सबैको धन’ मान्ने हिसाबले अघि बढ्न नेपालले सक्ने देखिँदैन । अरू कसैका कामको खराब परिणाम सम्बोधनका वैश्विक चाह र पहलमा विश्वग्रामको एक सदस्यराष्ट्र नेपालले सामर्थ्यले भ्याएसम्म सहयोगी बन्नु स्वाभाविक भए पनि जानाजान अझै बलि चढिरहन र क्षति बेहोरिरहन सक्दैन, र हुँदैन भन्ने सन्देश पुग्ने गरी नेपालले आफैं अभ्यास गर्नु आवश्यक छ । हो, सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने लक्ष्य नेपालको आफ्नै अहं र विश्वसमुदायका लागि सन्देश लायक छ, तर आज हामी सन् २०२३ लाई बिदाइ दिएर २०२४ मा प्रवेश गरिरहँदा नेपालमा भइरहेका गतिविधि हेर्दा यो कागजी मात्र हो भन्न बाध्य भइएको छ । नेपाल सरकार, नेता र नीतिदेखि जनताले अपनाइरहेको उत्पादनमुखीभन्दा उपभोक्तावादी जीवनशैलीलाई हेर्दा यसतर्फ १ प्रतिशत पनि काम हुनेमा शंका छ । यो भनेको के हो र यसतर्फको यात्राका लागि व्यक्ति, घर, परिवार र समाजले कहाँकहाँ ध्यान दिनुपर्ला भन्नेमा आजसम्म बृहत् छलफलसम्म भएको सुनिएको छैन । यसो भनिरहँदा पाँचतारे होटलमा बसेर गरिएका केही छलफलको फेहरिस्त त आउला, तर त्यस्ता छलफलका निचोडले गाउँ र बस्तीको जनजीवनलाई जोड्न सक्ने कुरै भएन । त्यस्ता बैठकहरूमा विज्ञदेखि सहभागीसम्मले अरूविरुद्ध औंला ठड्याउने होड चल्ने गरेको छ तर आफैंमा एक व्यक्ति र परिवारचाहिँ केकेमा सजग हुने त भनेर सुझाउन र त्यसलाई अनुसरण गर्न हामी कि त डराइरहेका छौं, कि आफैंमा प्रस्ट छैनौं । स्थानीय स्तरमा उपलब्ध सीप र ज्ञानको समयसापेक्ष स्तरीकरणको कुरा गर्न छाडेर जब ‘वैज्ञानिक,’ ‘स्मार्ट’ जस्ता शब्दजालका पछि लागिन्छ, त्यो यात्रा कार्बनको शून्य उत्सर्जनतर्फको होइन, बढीभन्दा बढी उत्सर्जन बढाउनेतर्फको हुने वास्तविकता मनन गर्ने कसले र गराउने कसले भन्ने सवालमै यो विषय रुमलिएको छ ।नेपालको भौगोलिक विविधताको अवस्थाका कारण यहाँका फरकफरक स्थानको विकासको मोडल फरकफरक नै हुनुपर्छ । तराईमा जुन स्केलमा ठूला सडक चाहिन्छन्, र जसरी हेभी डोजर प्रयोग गरेर सडक बनाइन सम्भव छ, त्यो कमजोर चट्टान भएका पहाडी र हिमाली क्षेत्रमा सम्भव छैन भनेर भनिदिने र त्यसलाई नीतिमा ढाल्ने काम कहिले सुरु गर्ने हो भन्ने यससँग जोडिएको अर्को सन्दर्भ छ ।हेर्दा शान्ति प्रक्रियाकेन्द्रित देखिए पनि महासचिव गुटेरेस यूएईमा हुन लागेको कोप बैठकलाई कसरी प्रभावकारी बनाउन सकिएला भनेर आफ्नो अवधारणा बनाउने क्रममा अनुभव र प्रमाणमा आधारित तथ्यसहित स्वयं उपस्थित भएर ज्ञान लिन र अध्ययनमा आधारित विचारसहित विश्वलाई संवेदनशील बन्न निकै ढिला हुन गैरहेको सन्देश दिन नेपालका गाउँबस्ती पुगेका थिए । उनी हिन्दुकुश हिमालय क्षेत्रको महत्त्वपूर्ण हिस्सामा रहेको नेपालबाट सिक्ने आशामा थिए भन्ने कुरा हिमनदीहरू असामान्य गतिमा पग्लिरहेको र विगत तीन दशकमा एकतिहाइ हिउँ पग्लिएर हिमाल पहाड र चट्टानमा परिणत भएको, त्यसको प्रभाव विनाशकारी भएको, पहिरो तथा हिमपहिरो, हिमताल फुट्ने र आँधीहुरीले पहाडहरू जोखिममा भएको एवं स्थानीय बस्ती खास गरी तल्लो वर्गका मानिस त्यसको सिकार हुँदै सिंगो देश प्रभावित भएको जस्ता विषयमा केन्द्रित उनको भनाइले पुष्टि गर्छ ।संसद्मा उनले यी कुरा उठाइरहँदा ताली पिट्ने सांसदहरूले बुझिदिनुपर्ने कुरा के थियो भने, जब हिमालका पातला बस्तीहरूका घरघरमा सडक पुर्याउन तराईमै जस्तो हेभी मेसिनकै प्रयोग गरिन्छ, त्यस क्षेत्रको बरबादीका लागि अरूले केही गर्नैपर्दैन; अरू देशले हैन, हाम्रा सांसदहरूकै योजना, नीति र कार्यशैलीले त्यसमा सहयोग गर्छ, त्यसैले नयाँ नीति अवलम्बन गर्न ढिला गर्न हुन्न । हामीले अँगालेको विकासका कारण पीडित हिमाली जनजीवन हेरेर फर्कंदै गर्दा संसद्मा महासचिव गुटेरेसले भने, ‘तपाईंहरू सबै पहलका लागि हाम्रो पूर्वचेतावनी प्रणालीका अग्रणीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो ।’ हेर्दा सकारात्मक सन्देशजस्तो देखिए पनि यो एक प्रकारको व्यंग्यजस्तै थियो ।गुटेरेसको सकारात्मक किसिमको त्यो भनाइले दिन खोजेको चेतले नेपाली विधायकी र नीतिनिर्माण तहमा काम गरेको छु भन्नेहरूलाई कति छुन सक्यो, अहिले नै भन्न छिटो हुन्छ । तर उनको यो महत्त्वपूर्ण सन्देशले आजैदेखि नीतिनिर्माताहरूभित्र र बीचका छलफलमा प्रवेश पाउनुपर्छ; केही हप्तामा हाम्रो परिवेशको विस्तृत दस्तावेज अहिलेको आवश्यकता हो र आन्तरिक हिसाबले त्यसकै सेरोफेरोमा उनको भ्रमणको सार्थकता खोज्न र हेर्न सकिन्छ । | Opinion | 10,008 |
उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति | निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो । | https://gorkhapatraonline.com/news/52998 | काठमाडौँ, माघ १९ गते । निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो । तुलनात्मक लाभ भएका वस्तुका रूपमा रहेको चियाको उत्पादन दीर्घकालीन रूपमा वृद्धि गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न रणनीति बनाउन लागिएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाको उत्पादनसँग बजारीकरण गर्न रणनीति तयार गर्न लागिएको जानकारी दिनुभयो । विश्व बजारमा स्वदेशी चियाको माग उच्च भए पनि निर्यात गर्न सकिएको छैन, गुणस्तरयुक्त चिया उत्पादन गरेर विदेशी मुद्रा आर्जन गर्न रणनीति तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।“चियाको उत्पादन, प्रवद्र्धन बजारीकरण गर्ने छुट्टै रणनीति नभएकाले पहिलो पटक तयार गर्न लागेका छौँ । यसले स्वदेशी चियाको उत्पादन बढाएर आन्तरिकसँगै विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास छ,” उहाँले भन्नुभयो । निर्यातको प्रयाप्त सम्भावना हुँदाहुँदै पनि रणनीति नहुँदा निर्यात बढाउन नसकिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गए पनि पर्याप्त उत्पादन नहुँदा मागअनुसार निर्यात गर्न नसकिएको बोर्डले जनाएको छ । चिया क्षेत्रमा कसरी लगानी बढाउने र बजारीकरण गर्ने विषयलाई रणनीतिमा जोड दिइनेछ । आगामी पाँच वर्षमा चियाको उत्पादन र निर्यात कति गर्ने भनेर रणनीतिमा समावेश गरिने भट्टराईले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएसमा)मा तुलनात्मक लाभ भएका वस्तुमा चियालाई समेत राखिएको छ । छ महिनामा साढे दुई अर्बको निर्यातभन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म दुई अर्ब ५१ करोड ६० लाख ६६ हजार रुपियाँको ११ हजार ५४६ मेट्रिक टन चिया निर्यात भएको छ । आव २०७८/७९ तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । अमेरिका, स्विजरल्यान्ड, अस्टे«ेलिया, क्यानडा, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, इटाली, जापान, कोरिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, स्पेनलगायतका देशमा स्वदेशी चिया निर्यात हुने गर्छ ।१७ हजार हेक्टरमा चिया खेतीबोर्डका अनुसार आव २०७७/७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृङ्खलामा संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यवसायिक रूपमा चिया खेती बढ्दै गएको छ । पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी जिल्लामा हुने चिया खेती पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थाेडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ । | News | 39,179 |
चार मुवाँथाइ खेलाडीले जिते स्वर्ण | भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले ४ स्वर्ण पदक जितेका छन् । नेपालबाट २–२ पुरुष/महिला खेलाडी सहभागी भएकामा सबैले स्वर्ण जितेका हुन् । | https://ekantipur.com/sports/2023/12/21/four-boys-won-gold-20-24.html | काठमाडौँ — भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले ४ स्वर्ण पदक जितेका छन् । नेपालबाट २–२ पुरुष/महिला खेलाडी सहभागी भएकामा सबैले स्वर्ण जितेका हुन् ।नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष तथा टिम प्रशिक्षक राहुल मोक्तानका अनुसार पुरुष ६५ केजीमा मुकेश लुइँटेल खत्रीले भारतका शिभान्स भार्गवलाई हराएर स्वर्ण जिते । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउटमा हराएर स्वर्ण जिते । महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई हराएर स्वर्ण जितिन् । राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी कांस्य विजेता हुन् । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिव्यान्शीलाई हराएर स्वर्ण जितेकी छन् । | Sports | 15,524 |
वित्त आयोगद्वारा सशर्त अनुदानको आधार सिफारिस | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुुदानका आधार सिफारिस गरेको छ । | https://gorkhapatraonline.com/news/54772 | वित्तीय स्वायत्ततामा जोड लक्ष्मी सापकोटाकाठमाडौँ, फागुन ६ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुुदानका आधार सिफारिस गरेको छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने ससर्त अनुुदान आयोगले सिफारिस गर्नुुपर्ने संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आगामी वर्षका लागि अनुुदान सिफारिस गरेको हो । आयोगले दिएको आधारमा अन्तर्राष्ट्रिय आर्थिक सहायता, परिचालन भएका कार्यक्रम वा आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुुपर्ने र सन्तुलित विकासका निमित्त आवश्यक रणनीतिक महत्वका परियोजना ससर्त अनुुदानका आधार रहेका छन् । नेपाल सरकारको अधिकार सूूचीभित्रका कुुनै विषय वा कार्यक्रम र आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय नीति तथा कार्यक्रमलाई प्रदेश तथा स्थानीय तहमार्फत कार्यान्वयन गर्नुुपर्ने, प्रदेश तथा स्थानीय तहमा राष्ट्रिय मानक स्थापना कार्यान्वयन गर्नुुपर्ने आधार रहेका छन् ।प्रदेश तथा स्थानीय तहको वित्तीय स्वायत्तता र व्यवस्थापकीय क्षमतालाई बलियो बनाउँदै लैजाने उद्देश्यसहित कुल अनुुदानमा ससर्त अनुुदानको हिस्सा क्रमशः कम गर्दै लैजाने र त्यसको परिपूर्ति वित्तीय समानीकरण अनुदानमार्फत गर्दै जान आयोगको सुुझाव यस्तै सङ्घीय सरकारले प्रदान गर्ने ससर्त अनुदानको सम्बन्धमा आयोगले तयार गरी कार्यान्वयनका लागि सिफारिस गरेका आधारको पूर्ण पालना गर्नुुपर्ने, ससर्त अनुुदानलाई समेत मुुलुकको सन्तुलित विकासको लक्ष्यसँग आबद्ध गरी निश्चित नीति, सूचक र मापदण्डमा आधारित रहेर पारदर्शी रूपमा प्रदान गर्नुपर्ने आयोगले सुुझाव दिएको छ । केन्द्रीय सरकारले प्रदेश तथा स्थानीय तहलाई ससर्त अनुुदान प्रदान गर्दा राष्ट्रिय नीति, प्राथमिकता, दीर्घकालीन लाभ र फराकिलो तथा समतामूूलक आर्थिक वृद्धिलाई टेवा पुुग्ने प्रकृतिका ठूला तथा मझौला र रणनीतिक महत्वका आयोजना कार्यान्वयनमा जोड दिनुुपर्ने सुुझाव दिएको छ ।समानीकरण अनुदान बढाउन सुझावयस्तै प्रदेश तथा स्थानीय तहको वित्तीय स्वायत्तता र व्यवस्थापकीय क्षमतालाई बलियो बनाउँदै लैजाने उद्देश्यसहित कुल अनुुदानमा ससर्त अनुुदानको हिस्सा क्रमशः कम गर्दै लैजाने र त्यसको परिपूर्ति वित्तीय समानीकरण अनुदानमार्फत गर्दै जान आयोगको सुुझाव छ । प्रदेशका लागि घट्दो अनुदानसङ्घीय सरकारको कुुल बजेटमा प्रदेशमा हस्तान्तरणका लागि विनियोजन गरिएको कुुल अनुुदानको हिस्सा आव २०७५÷७६ देखि २०७८÷७९ सम्म घट्दो क्रममा रहेकामा आव २०७९÷८० मा भने सामान्य रूपमा वृद्धि भएको आयोगको तथ्याङ्क छ ।आव २०७९÷८० को १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको सङ्घीय बजेटमध्ये प्रदेशमा विनियोजन गरिएको कुुल अनुुदान रकम एक खर्ब २९ अर्ब ४६ करोड रुपियाँ रहेको छ । यो कुुल बजेटको ६ दशमलव ३५ प्रतिशत हो । चालू आर्थिक वर्षको कुल सङ्घीय अनुदानमध्ये प्रदेशका लागि विनियोजन गरिएको ससर्त अनुुदान ५७ अर्ब १६ करोड रुपियाँ रहेको छ । यस्तै प्रदेशका लागि ६१ अर्ब ४३ करोड रुपियाँ वित्तीय समानीकरण अनुुदान रहेको छ । आव २०७८-७९ मा कुल सङ्घीय बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपियाँ रहेकामा प्रदेशका लागि विनियोजन गरेको कुुल अनुुदान एक खर्ब ३७ अर्ब रुपियाँ रहेको थियो, जसमध्ये ससर्त अनुुदान ३५ अर्ब ८७ करोड रुपियाँ र वित्तीय समानीकरण अनुुदान ५७ अर्ब ९५ करोड रुपियाँ रहेको थियो । यस्तै प्रदेशमा हस्तान्तरणका लागि विनियोजन गरिएको ससर्त अनुुदान रकम आव २०७५-७६ मा ६३ अर्ब १३ करोड, २०७६-७७ मा ४४ अर्ब ५४ करोड, २०७७-७८ मा ३६ अर्ब ३५ करोड, २०७८-७९ मा ३५ अर्ब ८७ करोड र २०७९-८० मा ५७ अर्ब १६ करोड रुपियाँ रहेको छ । प्रदेशका लागि सङ्घीय ससर्त अनुुदानको अनुुपात बढेको छ भने वित्तीय समानीकरण अनुुदानको हिस्सा घटेको देखिएको छ । घट्दो समानीकरण अनुदानसङ्घीय सरकारको कुल बजेटमा स्थानीय तहका लागि विनियोजन गरिएको कुुल अनुुदानको परिमाण आव २०७७-७८ र २०७८-७९ को तुलनामा २०७९-८० मा घटेको छ । सङ्घीय सरकारले स्थानीय तहका लागि विनियोजन गरेको कुुल वित्तीय हस्तान्तरणमा ससर्त अनुदानको हिस्सा आव २०७५-७६ मा ५६ दशमलव ३१ प्रतिशत रहेकामा आव २०७८-७९ मा ६१ दशमलव ३० प्रतिशत र २०७९-८० मा ६१ दशमलव १६ प्रतिशत पुुगेको छ । कुुल सङ्घीय वित्तीय हस्तान्तरणमा वित्तीय समानीकरण अनुुदानको हिस्सा आव २०७५-७६ मा ४३ दशमलव ६८ प्रतिशत रहेकामा आव २०७८-७९ मा ३३ दशमलव ४१ प्रतिशत र आव २०७९-८० मा ३३ दशमलव ३६ प्रतिशतमा सीमित हुुन पुुगेको छ । आव २०७९-८० मा सबभन्दा धेरै वित्तीय समानीकरण अनुुदान र ससर्त अनुुदान पाउने जिल्लामा पर्वत, कास्की, जाजरकोट, अर्घाखाँची र रुकुुमपश्चिम रहेका छन् । सो अवधिमा सबभन्दा थोरै वित्तीय समानीकरण र ससर्त अनुुदान पाउने जिल्लामा मनाङ, मुुस्ताङ, धादिङ, काठमाडौँ र धनुुषा रहेका छन् । | News | 38,977 |
चेन्नाई उक्लियो शीर्षमा | चेन्नाई सुपर किंग्स आइतबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा चेन्नाई ले कोलकाता नाइट राइडर्सलाई सजिलै ४९ रनले पराजित गरेको हो । | https://ekantipur.com/sports/2023/04/24/16822972376136828.html | कोलकाता — चेन्नाई सुपर किंग्स आइतबार इन्डियन प्रिमियर लिग २०२३ को शीर्ष स्थानमा उक्लेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा चेन्नाई ले कोलकाता नाइट राइडर्सलाई सजिलै ४९ रनले पराजित गरेको हो ।यो जितपछि चेन्नाईको सात खेलबाट १० अंक भएको छ । कोलकाता भने चार अंकमा आठौं स्थानमा छ । इडेन गार्डेनमा भएको खेलमा चेन्नाईले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो ।त्यसमा ‘प्लेयर अफ द म्याच’ अजिन्के रहानेले २९ बलमा ७१ रन बनाए । यस्तै, डेभन कनवेले ५६ तथा शिभव दुबेले ५० रन बनाए । जवाफमा कोलकाताले आठ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । | Sports | 17,600 |
नेपाल संसद् विघटनः के अब सभामुखले बैठक बोलाउलान्? | राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा विघटन गरिएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग परामर्श थालेको उनको सचिवालयले जनाएको छ। | https://www.bbc.com/nepali/news-55412159 | प्रतिनिधिसभाको विघटन असंवैधानिक भन्दै सभामुखले त्यसको प्रतिकार स्वरूप बैठक बोलाउनु पर्ने सुझावहरू पनि सार्वजनिक भइरहेका बेला त्यस सन्दर्भमा विज्ञहरूसँग कानुनी परामर्शमा उनी जुटेको बताइएको छ। उनको अनौपचारिक परामर्श प्रतिनिधिसभाको बैठक बोलाउन उनले प्रयोग गर्न सक्ने विशेषाधिकारका विषयमा पनि रहेको बुझिएको छ। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने भने, "सभामुखले संविधानविद् र कानुनविद्सँग नियमित रूपमा विचारविमर्श गरिरहनुभएको छ र नियमित छलफलमा हुनुहुन्छ।" तर सभामुखको विशेषाधिकारबारे कानुनविद्हरूबीचमा पनि मत बाझिएको छ। विशेषाधिकार प्रयोग संविधानको धारा १०३ मा रहेको विशेषाधिकारको प्रयोग गरेर सभामुखले बैठक बोलाउन सक्ने एकपक्षको तर्क छ। तर उनले त्यसबारे औपचारिक रूपमा यसबारे मुख खोलेका छैनन्। अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधिसभा विघटन गर्ने कदम गैरसंवैधानिक र अनधिकृत भएकोले संसद् जीवित नै रहेको बताए। सैद्धान्तिक आधार उनले भने, ''कार्यपालिकाले संसद् बोलाउने कुरामा अवरोध खडा गरिसकेपछि आफ्नो विशेषाधिकारलाई प्रयोग गरेर सभामुखले संसद् बैठक बोलाउन सक्नुहुन्छ।'' त्यसका अतिरिक्त छ महिना पुग्न लाग्दासम्म संसद् अधिवेशन नडाकिएको र पौष १७ गते छ महिना पुग्ने हुनाले संसद् बैठक बोलाउन सकिने सैद्धान्तिक आधारहरु रहेको उनले बताए। अधिवक्ता टीकाराम भट्टराईका विचारमा पनि संविधानत: प्रतिनिधिसभा जिवितै रहेकोले मर्दै नमरेको प्रतिनिधिसभाको बैठक बोलाउन कुनै अवरोध छैन। उनले भने, ''राष्ट्रपतिले बोलाउनुपर्ने बैठक नबोलाइएमा सभामुखले राजनीतिक रूपमा सांसदहरूलाई बोलाएर बैठक गर्न सक्नुहुन्छ।'' 'प्रतिनिधिसभा मरिसक्यो' तर नेपाल बार एशोसिएशनका पूर्व महासचिव सुनिल पोखरेलका भनाइमा प्रतिनिधिसभा विघटन भैसकेकोले सभामुखले बैठक बोलाउन मिल्दैन। पोखरेलले भने, ''राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिसकेपछि उक्त कदम असंवैधानिक नै भएपनि त्यो निर्णय बदर नभएसम्म प्रतिनिधिसभा जीवित हुँदैन, त्यसको अस्तित्व छैन।'' "अस्तित्वमा नै नभएको प्रतिनिधिसभाको बैठक आह्वान गर्नु संविधानसम्मत हुँदैन र यसरी बैठक आह्वान गर्न मिल्छ भन्ने बेतुकका हुन्।" उनले विगतमा पनि प्रतिनिधिसभा विघटन हुँदा सडकमा चित्रलेखा यादवको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बोलाइएको र त्यसले कानुनी वैधता पाउन नसकेको उदाहरण प्रस्तुत गरे। केही कानुन व्यवसायी तथा विज्ञले विशेषाधिकारको नाममा सभामुखले बैठक आह्वान गर्न सक्ने भनेर गरेको चर्चालाई राजनीतिक रूपमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई दबाव दिने रणनीतिका रूपमा चित्रण गरेका छन्। 'संसद् हैन सर्वोच्चको विषय' सर्वोच्च अदालतमा प्रवेश गरेको विषयमा सभामुखले केही गर्न नमिल्ने उनीहरूको धारणा छ। सभामुखको विशेषाधिकारको विषयसँग जोडिएको संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, "संविधानको अधीनमा रही सङ्घीय संसद्को प्रत्येक सदनलाई आफ्नो कामकारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ। यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन।'' तर नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रूद्र पोखरेलका भनाइमा धारा १०३ ले सभामुखले आफ्नो काम कारबाही आफैले नियमित गर्न सक्ने आधार लिएको भएपनि संसद् चलेको बेलामा मात्र सभामुखको त्यस्तो भूमिका हुने बताउँछन्। उनले थपे, ''तर अहिले संसद् नै नभएको बेला सभामुखको विशेषाधिकार स्वत: अनुचित र अवैधानिक हुन्छ।'' त्यसरी सभामुखले बैठक आह्वान गरे मुलुक थप ठूलो मुठभेडमा जाने उनको चिन्ता छ। | Others | 65,432 |
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद | सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलीगरी नेपाल ल्याइएका ६ लाख रुपियाँ बढीको अवैध सामान बरामद गरेको छ । | https://gorkhapatraonline.com/news/105767 | गजेन्द्र गुरुङखजुरा, वैशाख १७ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलीगरी नेपाल ल्याइएका ६ लाख रुपियाँ बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल वागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ६ लाख २४ हजार ४० रुपियाँ बराबरका सामान बरामद गरेको जानकारी दिनुभयो ।सशस्त्र प्रहरी उपरीक्षक डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा १५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका एक लाख ५० हजार रुपियाँ बराबरको एक सय थान किप्याड मोबाइल, दुई लाख ३४ हजार चार सय नौ रुपियाँ बराबरका लत्ताकपडा, चिसो पेय पदार्थ, सुर्तीजन्य पदार्थ तथा किराना सामग्री र ७९ हजार पाँच सय रुपियाँ बराबरको तरकारी बरामद गरेको हो ।त्यसैगरी सशस्त्रको जमुनाहस्थित बिओपीले जमुनाह नाकाबाट भारतबाट ल्याउँदै गरेका ४२ हजार सातसय रुपियाँ बराबरको अवैध लत्ताकपडालगायतका अन्य सामग्री बरामद गरेको छ । आइतबार नै कालाबञ्जार बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ कालाबञ्जारबाट भन्सार छली गरेर ल्याइएका ल्याइएको १७ हजार एक रुपियाँ बराबरको लत्ताकपडालगायतका अवैध सामग्री बरामद गरेको डाँगीले बताउनुभयो ।बरामद गरिएका सबै अवैध सामग्रीहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।सिमाक्षेत्रमा हुने सबै किसिमका अवैध तस्करीलगायतका अन्य गतिविधिहरु रोकथाम तथा न्यूनीकरण गर्न त्यसका विरुद्ध सशस्त्र प्रहरीले सिमानाका क्षेत्रमा कडा निगरानी गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो । | News | 50,774 |
१६ जिल्लामा भएन साक्षरता घोषणा | मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्। | https://gorkhapatraonline.com/news/24307 | काठमाडौँ, भदौ २३ गते । मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्।सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बिहीबार कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “आगामी वर्ष मुलुकलाई पूर्ण साक्षर घोषणा गर्न सम्भव छ। त्यो सम्भव गरेर देखाउँदै छौँ।”केन्द्रसँग हाल बाँकी रहेका १५ देखि ६० उमेर समूहका निरक्षरको यकिन सङ्ख्या उपलब्ध छैन। केन्द्रले ती जिल्लामा ७५ देखि ९० प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको छ। कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला वा पालिका वा प्रदेश घोषणा गर्न सकिने व्यवस्था छ। | News | 43,054 |
ठूलो अन्तरको जितसँगै भारतलाई वान डे सिरिज | भारतले वेस्ट इन्डिजलाई मंगलबार दुई सय रनको ठूलो अन्तरले पराजित गर्दै तीन खेलको वान डे सिरिज २–१ ले जितेको छ । भारतले दोस्रो वान डेमा गरेको खराब प्रदर्शनलाई ओझेलमा पार्दै ब्रायन लारा स्टेडियमा यो सफलता चुमेको हो । | https://ekantipur.com/sports/2023/08/02/169093748832817719.html | ट्रिनिडाड एन्ड टोबागो — भारतले वेस्ट इन्डिजलाई मंगलबार दुई सय रनको ठूलो अन्तरले पराजित गर्दै तीन खेलको वान डे सिरिज २–१ ले जितेको छ । भारतले दोस्रो वान डेमा गरेको खराब प्रदर्शनलाई ओझेलमा पार्दै ब्रायन लारा स्टेडियमा यो सफलता चुमेको हो ।नियमित कप्तान रोहित शर्मा र विराट कोहलीलाई आराम दिएको भारतले त्यसका बावजुत पनि पहिले ब्याटिङ गर्दै पाँच विकेटमा ३ सय ५१ रन बनाएको थियो । त्यसको जवाफमा वेस्ट इन्डिजले ३५.३ ओभरमा अलआउट हुन अगाडि १ सय ५१ रन मात्र बनाउन सक्यो ।वान डे क्रिकेटमा वेस्ट इन्डिजमाथि भारतको यो रनको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । यससँगै भारत वेस्ट इन्डिजविरुद्धका पछिल्ला १३ वान डे सिरिजमा लगातार विजयी रहेको छ । भारतका लागि इसन किसनले ७७, शुभमन गिलले ८५, सन्जु सामसनले ५१ र कप्तान हार्द्धिक पान्ड्याले ७० रन बनाए । | Sports | 16,679 |
समिटको दण्डनीय बलमिच्याइँ | ललितपुरको कुपण्डोल हाइटमा वरपरका घर नै भासिने गरी समिट अपार्टमेन्ट होटलका नाममा विशाल संरचना बनाउन थालिनु आफैंमा अन्यायपूर्ण छ । त्यसमाथि यसले संरचना निर्माणका लागि अत्यावश्यकीय कानुनी प्रक्रिया पनि पूरा गरेको छैन, जुन सरासर दण्डनीय छ । | https://ekantipur.com/opinion/2023/04/12/168126482417959298.html | ललितपुरको कुपण्डोल हाइटमा वरपरका घर नै भासिने गरी समिट अपार्टमेन्ट होटलका नाममा विशाल संरचना बनाउन थालिनु आफैंमा अन्यायपूर्ण छ । त्यसमाथि यसले संरचना निर्माणका लागि अत्यावश्यकीय कानुनी प्रक्रिया पनि पूरा गरेको छैन, जुन सरासर दण्डनीय छ ।जोकोहीलाई थाहा छ—नगर क्षेत्रमा सानोभन्दा सानो स्थायी संरचना निर्माण गर्दा पनि नक्सापास लगायत निश्चित रीत पुर्याउनुपर्छ । र, यो नियम ‘राजादेखि रंक’ सम्म सबैलाई उत्तिकै लागू हुन्छ । अझ, यति घना सहरमाझ भीमकाय संरचना निर्माण गर्दा त त्यसका सम्भावित दुष्परिणामप्रति पनि विचार पुर्याउनुपर्छ । परन्तु, समिट अपार्टमेन्टले भने न नक्सा पारित गरेको छ, न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नै । तैपनि, अपार्टमेन्ट संरचना निर्माणका लागि ३ महिनादेखि माटो भर्ने काम भइरहेको थियो । डोजरले खन्दा जमिन परसम्म थर्किएर छेउछाउका घरहरू हल्लिन्थे । त्यही कारण, छिमेकी अनिदा थिए । निर्माणाधीन संरचनाले त्रास निम्त्याएपछि उनीहरूले वडा कार्यालय र महानगर गुहारेका पनि थिए, निर्माण पक्षसँग पटक–पटक छलफल गरेका थिए । तर पनि निर्माण जारी रहँदा शुक्रबार राति वरिपरिका घर भासिए, स्थानीय बासिन्दाको उठीबास लाग्यो । अचम्म त, अपार्टमेन्ट निर्माणमा नाम चलेका उद्यमीहरू नै संलग्न छन् । चौधरी समूहका अध्यक्ष तथा सांसद विनोद चौधरीÙ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा अपार्टमेन्ट होटल बन्न लागेको हो । १८ रोपनीमा ६ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यस परियोजनामा १३० कोठाको पाँचतारे होटलदेखि १६० युनिट लक्जरी अपार्टमेन्टसम्म हुनेछन्, जसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइँदै छन् ।यस मामिलामा निर्माण पक्ष कानुनी प्रक्रियाबारे जानकार थिएन भन्ने कल्पना पनि गर्न सकिन्न । देश–विदेशमा कैयौं उद्यम–व्यवसाय सञ्चालन गरिरहेकालाई यति आधारभूत आवश्यकता थाहा नहुने प्रश्नै भएन । तर पनि उनीहरूले किन बलमिच्याइँ गरे ? प्रक्रिया पूरै नगरी किन निर्माण थाले ? र, वरपरका बस्तीको सुरक्षाबारे किन कत्ति पनि ध्यान पुर्याएनन् ? प्रश्नहरू संगीन छन् । उनीहरूले यिनको चित्तबुझ्दो जवाफ दिएर मात्रै पुग्दैन, उचित दण्डको भागीदार पनि हुनुपर्छ । ललितपुर महानगरपालिका, उपत्यका विकास प्राधिकरण र बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयजस्ता राज्यका निकायहरूले यसबारे आवश्यक अनुसन्धान गरी दण्ड–सजाय दिलाउने आफ्नो दायित्व अनिवार्य रूपमा पूरा गर्नुपर्छ । नक्सा र ईआईए पारितबिनै निर्माण कार्य थालिएकामा क्रमशः महानगर र मन्त्रालयले हदैसम्म कारबाही गर्ने भनी सार्वजनिक प्रतिबद्धता जनाएका छन्, जुन व्यवहारमा पनि देखिनुपर्छ । कुनै दबाब–प्रभावमा नपरी उनीहरूले कानुन मिच्नेउपर कारबाही गरी पीडित घर–परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुपर्छ । बुझ्न मुस्किल छैन— पहुँचवाला भएकैले यी व्यवसायीहरूले राज्यको कानुनलाई यो हदसम्म अटेर गर्न सकेका हुन् । विधिप्रक्रियाको धज्जी उडाएका हुन् । छेउछाउका बस्तीको परबाह नगरी खालि आफ्नो संरचना ठड्याउने दुस्साहस गरेका हुन् । स्मरणीय छ, आफ्नो पहुँचको दुरुपयोग गर्दै व्यवसायीहरूले गत वर्षै ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२’ का प्रावधानहरू परिवर्तन गराएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री र रामकुमारी झाँक्री सहरी विकासमन्त्री भएका बेला मापदण्ड संशोधन गर्दै भवन र जग्गाको क्षेत्रफलको अनुपात र सेटब्याक (सँधियारतर्फ छोड्नुपर्ने जग्गा) सम्बन्धी मापदण्ड खुकुल्याइएको छ । सय मिटरसम्मको ठूलो भवन बनाउँदा पहिले २५ मिटर छाड्नुपर्नेमा अहिले १२ मिटर मात्र छाड्नुपर्ने बनाइएको छ । र, सोही परिवर्तित मापदण्ड अनुसार संरचना बनाउन लाग्दा यो परिणति निम्तिएको हो । पहुँचवालाहरूले कसरी राज्यनीति नै आफ्नो निहित स्वार्थका निम्ति बनाउँछन्/बदल्छन् भन्ने यो दृष्टान्तले मुलुकमा झाँगिइरहेको नीतिगत भ्रष्टतालाई थप उजागर गरेको छ । यो मापदण्ड यथारूप रहुन्जेल फेरि यस्तै अर्को संरचनाको मारमा अरू पनि पर्ने निश्चित छ । कानुनी प्रक्रिया पूरा गरेरै निर्माण गर्दा पनि यो मापदण्डले निम्त्याउन सक्ने जोखिम निकै छ । तसर्थ, स्वार्थ समूहको दबाबमा संशोधित मापदण्डलाई पूर्ववत् फर्काउन सरकारले गृहकार्य गर्नुपर्छ । भूकम्पपछि सिकेको शिक्षा अनुरूप गरिएको प्रबन्धलाई पुनः ब्युँताउनुपर्छ । ताकि, भोलि अन्यत्र कोही पहुँचवालाले यस्तै संरचना बनाउँदा त्यहाँका छिमेकीहरूको चैन नहराओस् । र, व्यवहारतः पनि कानुनका अधीनमा सबै समान होऊन् । | Opinion | 10,726 |
फिल्मबाट समानता र अधिकारको सन्देश | बलिउड अभिनेत्री भूमि पेडनेकर चलचित्रमा आफूले अभिनय गरेका भूमिकाबाट महिलामा परिवर्नत आएको देख्न चाहन्छिन् । ‘दम लगा के हैसा’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री पेडनेकरले ‘ट्वाइलेट एक प्रेमकथा’, ‘शुभमंगल सावधान’, ‘बाला’, ‘साँढ की आँखा’ र ‘सोनचिडियाँ’लगायतका फिल्ममा दमदार भूमिका निभाएकी छन् । | https://ekantipur.com/entertainment/2020/05/07/158886320314667390.html | काठमाडौँ — बलिउड अभिनेत्री भूमि पेडनेकर चलचित्रमा आफूले अभिनय गरेका भूमिकाबाट महिलामा परिवर्नत आएको देख्न चाहन्छिन् । ‘दम लगा के हैसा’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री पेडनेकरले ‘ट्वाइलेट एक प्रेमकथा’, ‘शुभमंगल सावधान’, ‘बाला’, ‘साँढ की आँखा’ र ‘सोनचिडियाँ’लगायतका फिल्ममा दमदार भूमिका निभाएकी छन् ।ती महिला पात्रहरुमार्फत् समाजमा समानता र स्वतन्त्राको सन्देश पुर्याउन खोजेको उनले ‘दैनिक भाष्कर’लाई बताएकी छन् । ‘म स्क्रिनमा महिला चरित्रलाई कसरी प्रस्तुत गर्छु, त्यो मेरा लागि सबैभन्दा ठूलो कुरा हो । फिल्ममा मानिसको सोच बदल्ने शक्ति हुन्छ, त्यसैले मलाई लाग्छ म महिला चरित्रद्वारा समानता र स्वतन्त्रताको सन्देश सबैकहाँ पुर्याउन सक्छु,’ उनले भनेकी छन्, ‘मैले सधैं यस्तै चरित्र खोजकी छु र यस्तो चरित्रलाई पूरा मनले निभाएकी छु । म भाग्यमानी छु कि मैले यस्ता चरित्रमा अभिनय गर्ने मौका पाएँ ।’यी पात्रहरुबाट भूमिले जानेकी छिन्, समाजमा महिलाले आज पनि बराबरीको अधिकार पाएका छैनन् । ती महिलाले त्यो अधिकार पाउन भन्ने भूमिको चाहना छ । उनी भन्छिन्, ‘म सँधै यस्ता महिलाको भूमिका खोज्नेछु, जसको कहानी म पर्दाबाट दर्शकबीच प्रस्तुत गर्न सकुँ । मलाई लाग्छ, जब मानिस यस्तो महिला र उनीहरुका जिन्दगी, संघर्ष, पीडा, सपना र जीत देख्नेछन् उनीहरुमा परिवर्तन आउनेछ ।’पछिल्लो समय ‘पति पत्नी और वो’मा अभिनय गरेकी भूमि फिल्म ‘दुर्गावती’सँगै, ‘डली किट्टी’ र ‘चमकते सितारे’मा देखिँदै छन् । | Entertainment | 8,522 |
कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ । | https://ekantipur.com/news/2024/07/03/lospas-decision-to-support-the-congress-uml-alliance-33-54.html | काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए ।सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताए । | News | 2,072 |
कार्यान्वयनयोग्य कार्यक्रमको अपेक्षा | गत पुस ४ गते सिंहदरबारमा आयोजित कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, “... पुस महिनाभित्रै राम्रो अन्तव्र्रिmया गर्ने र नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गरिने भएकाले त्यसरी नै सोच्नुहोला ।” सरकारको वार्षिक नीति तथा कार्यक्रम सधैँ आकर्षक र कर्णप्रिय आउने तर त्यसको कार्यान्वयनको पक्ष फितलो देखिइरहँदा वार्षिक नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्ने प्रधानमन्त्रीको उद्घोषले नीति तथा कार्यक्रम र बजेटमा केही सुधार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । | https://gorkhapatraonline.com/news/98477 | गत पुस ४ गते सिंहदरबारमा आयोजित कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, “... पुस महिनाभित्रै राम्रो अन्तव्र्रिmया गर्ने र नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गरिने भएकाले त्यसरी नै सोच्नुहोला ।” सरकारको वार्षिक नीति तथा कार्यक्रम सधैँ आकर्षक र कर्णप्रिय आउने तर त्यसको कार्यान्वयनको पक्ष फितलो देखिइरहँदा वार्षिक नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्ने प्रधानमन्त्रीको उद्घोषले नीति तथा कार्यक्रम र बजेटमा केही सुधार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । यसै सिलसिलामा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नुभन्दा ठिक तीन महिनाअघि (१४ फागुनमा) नै विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत भइसकेको छ । यसले वास्तवमै सरकार नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचामा केही परिवर्तन गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गरेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट आउनुपूर्व संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछ । सिद्धान्ततः वार्षिक नीति तथा कार्यक्रममा आधारित भएर वार्षिक बजेट निर्माण गरिने भएकाले वार्षिक बजेटलाई सरकारको वार्षिक नीति तथा कार्यक्रमले दिशानिर्देश गर्छ, गर्नु पर्छ । सामान्यतः सरकारले एक आर्थिक वर्षमा सम्पन्न गर्ने तथा बहुवर्षीय प्रकृतिका दीर्घकालीन महìवका योजना तथा कार्यक्रमको विवरण नै वार्षिक नीति तथा कार्यक्रम हो । ती नीति तथा कार्यक्रमलाई बजेटले कार्यान्वयनमा लैजाने हुँदा नीति तथा कार्यक्रम र बजेटको बिचमा तालमेल कायम हुनु पर्छ । नीति तथा कार्यक्रम यथार्थमा आधारित, प्रस्ट तथा कार्यान्वयनयोग्य हुनु पर्छ । स्रोतको सुनिश्चितता भएका योजनालाई मात्रै नीति तथा कार्यक्रममा समावेश गर्नु पर्छ । नेपालमा नीति कार्यान्वयनका विषयमा एउटा गलत भाष्य निर्माण भएको छ– नीति राम्रा बन्छन् तर कार्यान्वयनमा जाँदैनन् । कार्यान्वयनमै जान नसक्ने नीतिलाई ‘राम्रो’ को पगरी गुथाउनु भनेको नीति निर्माताले आफैँलाई आत्मसन्तुष्टि दिनुबाहेक अरू केही होइन । हरेक वर्ष आउने सरकारको वार्षिक नीति तथा कार्यक्रमले विकास र सुशासनमा छलाङ मार्ने परिकल्पना गरेको हुन्छ तर कार्यान्वयनको पक्ष असाध्यै फितलो हुन्छ । नीति बाध्यकारी नभएको हुँदा किन कार्यान्वयन भएन र कसले कार्यान्वयन गरेन भन्ने विषयले महत्व नै पाउँदैन । यसैबिच सरकारको नीति तथा कार्यक्रम अनुसन्धानको विषय बन्नु पर्छ भन्ने निष्कर्षका साथ सरकारको ‘थिङ्क ट्याङ्क’ नीति अनुसन्धान प्रतिष्ठानले २०७७ सालमा पाँच वर्ष (आव २०७२/७३–२०७६/७७ सम्म) को नीति तथा कार्यक्रमको अध्ययन गरेको थियो । नेपाल सरकारकै पूर्वसचिवको संयोजकत्वमा अध्ययन गरी तयार पारिएको उक्त अध्ययन प्रतिवेदनमा आधारित भएर यो आलेखमा नीति तथा कार्यक्रमको सैद्धान्तिक प्रारूपका बारेमा विवेचना गरिएको छ; जसले फरक ढाँचामा नीति तथा कार्यक्रम ल्याउने प्रधानमन्त्रीको सोचलाई आधार प्रदान गर्न सक्छ । संरचनाउल्लिखित पाँच वर्षको नीति तथा कार्यक्रमलाई अध्ययन गर्दा पाँच खण्डमा चित्रण गर्न सकिन्छ । पहिलो, ऐतिहासिक क्षण तथा व्यक्तित्व र उनीहरूको योगदानको स्मरण । दोस्रो, तत्कालीक अवस्थाको सङ्क्षिप्त विश्लेषणसहित राजनीतिक दृष्टिकोण । तेस्रो, चालु आर्थिक वर्षको उपलब्धि, सिकाइ तथा चुनौती । चौथो, आउँदो वर्षका लागि प्रस्तावित कार्यक्रम । र, पाँचौँ, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा योगदान पु¥याउने स्वदेशी तथा विदेशी सङ्घ संस्था, निकाय तथा व्यक्तिप्रति धन्यवाद अर्पण । साथै सोही अवधिका नीति तथा कार्यक्रम न्यूनतम दुई हजार ३२६ देखि सात हजार ६८४ शब्दमा संरचित देखिन्छ । नीति तथा कार्यक्रममा तितामिठा सबै विषय समेट्नैपर्ने मनोदशाबाट निर्देशित हुँदा नीति तथा कार्यक्रम भद्दा तथा लामो हुनुका साथै विषयवस्तुमा केन्द्रित हुन नसकेको देखिन्छ । संरचनागत रूपमा नीति तथा कार्यक्रम विषयवस्तुमा केन्द्रित, स्पष्ट, सम्भव भएसम्म छोटो र कार्यान्वयनयोग्य हुनु पर्छ । विषयवस्तुको प्रस्तुतीकरणनीति तथा कार्यक्रम केवल एक वर्षमा सम्पन्न गर्ने योजनाको फेहरिस्त मात्रै होइन, कतिपय बहुवर्षीय योजना पनि हुन्छन् । नयाँ नीति तथा कार्यक्रमले विगत वर्षका बहुवर्षीय कार्यक्रम के के हुन्, तिनीहरूको कार्यसम्पादन कुन चरणमा पुगेको छ, अब त्यसलाई सम्पन्न गर्न समय र स्रोत कति लाग्छ भन्नेतर्फ मौन रहेको देखिन्छ । त्यसै गरी परियोजना उही, तर नाम, लक्ष्य र कार्यान्वयनको समयसीमा हरेक पटक फरक रूपमा आउँदा कार्यान्वयनको पक्ष स्वतः ओझेलमा पर्ने नै भयो ।यसै सन्दर्भमा एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिकै हुने छ, “पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–सिमरा खण्ड निर्माण कार्यलाई निरन्तरता दिइने छ” (बुँदा ५४, आव २०७२÷७३), “पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण योजनालाई अगाडि बढाइने छ” (बुँदा ६१, आव २०७३/७४), “पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, मेट्रो, फ्लाइओभर, टनेल मार्गको विकासलाई प्राथमिकता दिइने छ” (बुँदा १७, आव २०७४/७५), “मेची–महाकाली रेलमार्ग, काठमाडौँ–वीरगन्ज रेलमार्ग, रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण कार्य अघि बढाइने छ” (बुँदा ५२, आव २०७५/७६), “आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य सुरु गरिने छ” (बुँदा ५४, आव २०७६/७७) । यस्ता भुलभुलैया नीति तथा कार्यक्रममा प्रशस्तै देखिन्छन् । रेलमार्गलगायत बहुवर्षीय योजनाको सन्दर्भमा नीति तथा कार्यक्रमले नै प्रस्ट बोल्न आवश्यक हुन्छ । नीति तथा कार्यक्रमलाई यथार्थपरक र अनुमानयोग्य बनाउन बहुवर्षीय योजनाको हकमा अघिल्लो वर्षको सम्बोधनमा जे प्रतिबद्धता जनाइएको थियो, सोही योजनाको प्रगतिको स्तरबाट सुरु गरी प्रस्तावित थप लक्ष्य र समयसहित प्रस्तुत गर्दा स्पष्टता आउने र लक्ष्यको अनुगमन गर्न पनि सहज हुने देखिन्छ । समयान्तरक्षेत्रगत नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुको एउटा कारण स्रोतको सुनिश्चितता हुन नसक्नु पनि हो । अन्तरनीति तालमेल र अन्तरनिकाय समन्वय अभावले पनि नीति कार्यान्वयनको पक्ष स्वतः कमजोर भएको देखिन्छ । नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा पनि यो विषय लागु हुन्छ । कतिपय अवस्थामा स्रोत सुनिश्चितता नभएका योजना नीति तथा कार्यक्रममा समावेश हुने वा अन्तिम समयमा नयाँ विषय थप्दा नीति तथा कार्यक्रम र बजेटको बिचमा तालमेल कायम हुन नसकेको पनि देखिन्छ । नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणको बिचमा समयान्तर छोटो हुँदा त्यस प्रकारका समस्या हरेक वर्ष दोहोरिन्छन् । आव २०७४/७५ मा नीति तथा कार्यक्रम सार्वजनिक भएको केवल चार दिनमै बजेट आएको पनि देखिन्छ । नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणबिचको समयान्तरमा केही सुधार गर्न सक्ने हो भने नीति तथा कार्यक्रमका केस्रा केस्रा केलाउन र सोही अनुसार बजेटको सुनिश्चितता गर्न सकिन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणबिचको समयान्तर कम्तीमा पनि एक महिनाको गर्न वाञ्छनीय हुन्छ । मस्यौदा समिति निर्माणनीति तथा कार्यक्रम लेखनको परम्परागत प्रक्रिया तथा तौरतरिका छ । प्रधानमन्त्रीले अब नयाँ ढङ्गले अघि बढ्ने भनिरहँदा नीति तथा कार्यक्रम लेखनको तयारी नै फरक ढङ्गले गर्न आवश्यक छ । भनिन्छ, प्रक्रिया सही भयो सही नतिजा आउँछ । दबाब, प्रभाव वा कुनै वर्गविशेषलाई खुसी बनाउन नयाँ नयाँ योजना प्रस्ताव गरिहाल्ने अपरिपक्व निर्णय गर्दा त्यस्ता योजना स्रोतको अभावमा कार्यान्वयन नहुने गरेको देखिन्छ । यसमा रूपान्तरण जरुरी छ । नीति तथा कार्यक्रममा समावेश भएका प्राथमिकताका विषय बजेटमा समेट्न सक्ने संयन्त्रको व्यवस्था गर्नु पर्छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नेतृत्वमा नीति तथा कार्यक्रम मस्यौदा समिति निर्माण गर्ने र उक्त मस्यौदा समितिमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका उच्चस्तरीय पदाधिकारी राख्ने ।साथै नीति तथा कार्यक्रममा अनुसन्धान र नीतिगत विषयले समेत ठुलो महìव राख्ने भएकाले नीति अनुसन्धान प्रतिष्ठानको पनि संलग्नता अनिवार्य देखिन्छ । समितिले नीति तथा कार्यक्रम मस्यौदा तर्जुमाका साथै उक्त नीतिहरूका लागि बजेट आवश्यक पर्ने, नपर्ने र आवश्यक पर्ने भए सम्बन्धित मन्त्रालयको बजेटमा समावेश भए, नभएको सुनिश्चित गर्ने । उक्त समितिले नीति तथा कार्यक्रमको प्रस्तुतीकरणपश्चात् पनि अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गरे/नगरेको सुनिश्चित गर्ने प्रणालीको विकास गर्न आवश्यक छ ।लक्ष्य, समय, संयन्त्र र स्रोतनीति तथा कार्यक्रममा समावेश भएका अधिकांश योजना अनुमानमा आधारित देखिन्छन् । ‘अघि बढाइने छ’, ‘जोड दिइने छ’, ‘क्रमशः कार्यान्वयन गरिने छ’, ‘थप जोड दिइने छ’ जस्ता आश्वासनयुक्त शब्दावलीको अत्यधिक प्रयोगले स्वतः अनुमानको भरमा, वर्गविशेषलाई चित्त बुझाउन वा सस्तो लोकप्रियता आर्जन गर्न ल्याइएका योजना जस्तो देखिन्छ । नीति तथा कार्यक्रममा समावेश गरिएका योजनाको लक्ष्य, सम्पन्न गर्न लाग्ने समय, परिचालन गरिने संयन्त्र र स्रोतको सुनिश्चितता नगरी अनुमान, दबाब र प्रभावमा ल्याइने योजना कार्यान्वयन हुने सम्भावना न्यून हुन्छ । त्यसकारण नयाँ योजना तथा बहुवर्षीय प्रकृतिका पुराना योजनाको सवालमा पनि लक्ष्य, समय, संयन्त्र र स्रोत सुनिश्चितता भएका योजनालाई मात्रै नीति तथा कार्यक्रममा समेट्ने प्रणालीको विकास गर्ने हो भने कार्यान्वयनको पक्षमा स्वतः सुधार हुन्छ । बहुवर्षीय र पुराना योजनालाई नीति तथा कार्यक्रममा समावेश गर्नुपूर्व त्यसको वस्तुनिष्ठ समीक्षा गरी कार्यान्वयन हुन नसकेका योजना वा प्रारम्भ नै नभएका योजनाको हकमा पुनः निरन्तरता दिनुपर्ने भए त्यसको आवश्यकता, औचित्य, लक्ष्य, समय, संयन्त्र र स्रोतको सुनिश्चितता अनिवार्य रूपमा गर्नुपर्ने प्रणालीको विकास गर्ने । अनुसन्धानको उपयोगअनुसन्धान र प्रमाणमा आधारित नीति बन्नु पर्छ भन्ने मान्यता र बहसले नयाँ पुस्तामा केही स्थान पाएको देखिन्छ । कर्मचारी संयन्त्रको एउटा हिस्सा र राजनीतिक दलका नेतृत्व वर्ग अनुसन्धान र प्रमाण भन्ने विषयलाई महìव नै दिँदैनन् । उनीहरू अफूले बुझेको र गरेको अन्तिम सत्य जस्तै ठान्दछन् । सरकारी ‘थिङ्क ट्याङ्क’ नीति अनुसन्धान प्रतिष्ठानलाई गरिएको उपेक्षाले यही तथ्यलाई पुष्टि गरिरहेको छ । दाताको सहयोग र संलग्नतामा नीतिगत मामिलामा काम गर्न अभ्यस्त कर्मचारी संयन्त्रलाई राजनीतिक नेतृत्वले साथ दिँदा एकातर्फ सरकारका नीति र कार्यक्रम हात्तीको देखाउने दाँत जस्ता भएका छन् भने अर्कोतर्फ सरकारले नै स्थापना गरेका ‘थिङ्क ट्याङ्क’ हरूको सदुपयोग हुन सकिरहेको छैन । यो मामिलामा राजनीतिक नेतृत्वले गम्भीर भएर पुनर्विचार गर्न जरुरी छ । कम्तीमा पनि दीर्घकालीन महत्व र बहुवर्षीय प्रकृतिका योजनाको हकमा अनुसन्धान र प्रमाणले कार्यान्वयनयोग्य भनेर साबित गरेका योजनालाई मात्रै नीति तथा कार्यक्रममा समावेश गर्ने प्रणालीको विकास गर्न जरुरी छ । अन्त्यमा हाम्रा नीति तथा कार्यक्रम अनुसन्धान र प्रमाणमा आधारित बन्न सकिरहेका छैनन् । योजना अनुमान, आग्रह, दबाब, प्रभाव, जोस र देखाउनैपर्ने भएर पनि नीति तथा कार्यक्रममा समावेश हुन्छन् । अनुमान, आग्रह र बाध्यतामा आउने योजनाका न लक्ष्य, न समय, न संयन्त्र, न त स्रोतको नै सुनिश्चितता हुन्छ । परिणामतः अर्को वर्ष त्यही दोहोरिन्छ । परिणाम चाहिएको छ, पुरानै ढाँचाबाट परिणाम आउँदैन भन्ने कुरा पनि प्रमाणित भइसकेको छ । नीति तथा कार्यक्रम निर्माणको चरणमै यसको सैद्धान्तिक प्रारूपका बारेमा प्रस्ट र प्रतिबद्ध हुने हो भने कार्यान्वयन पक्षमा गुणात्मक तथा परिमाणात्मक सुधार हुन सक्छ । | News | 45,993 |
विदेशी ऋणमा हेजिङ र सरकारको अलमल | नेपालजस्तो विकासोन्मुख देशका लागि दिगो आर्थिक विकासका आवश्यक पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारमार्फत् आर्थिक वृद्धि हासिल गर्न आफ्नो मात्र स्रोतसाधन अपर्याप्त छ । त्यसैले पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारका लागि हामीले विदेशी लगानी तथा ऋण आकर्षित गर्नर्पुर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी परिभाषित गरेको छ । | https://ekantipur.com/opinion/2023/11/24/hedging-and-government-confusion-over-foreign-debt-39-49.html | नेपालजस्तो विकासोन्मुख देशका लागि दिगो आर्थिक विकासका आवश्यक पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारमार्फत् आर्थिक वृद्धि हासिल गर्न आफ्नो मात्र स्रोतसाधन अपर्याप्त छ । त्यसैले पूर्वाधार निर्माण तथा उद्योग–व्यवसाय विस्तारका लागि हामीले विदेशी लगानी तथा ऋण आकर्षित गर्नर्पुर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी परिभाषित गरेको छ ।त्यसमा विदेशी बैंक तथा वित्तीय संस्था, विदेशी सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट स्वीकृति प्राप्त गरेका लगानी कम्पनी, पेन्सन फन्ड, हेज फन्ड, अन्तर्राष्ट्रिय संस्था, विदेशी लगानीमा स्थापित कम्पनी/उद्योगका प्यारेन्ट कम्पनी/प्यारेन्ट कम्पनीको समूह, होल्डिङ कम्पनी वा होल्डिङ कम्पनीअन्तर्गतका अन्य कम्पनीहरूको समूह, विदेशी फर्म, कम्पनी तथा संस्थालगायतका विदेशी व्यक्ति, गैरआवासीय नेपालीले उद्योग, कम्पनी वा परियोजनामा विदेशी मुद्रामा गरिने सेयर लगानी, सेयरबाट प्राप्त लाभांश रकमको पुनः लगानीलगायत पर्छन् । विदेशी लगानीकर्ताले लगानीबाट प्राप्त मुनाफा वा लाभांश रकम, सेयर बिक्री, लिक्विडेसनमा गएको अवस्थामा खारेजी वा लिक्विडेसनपश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम फिर्ता लिएर जान पाउँछ । नेपाली रुपैयाँ फिर्ता लैजाँदाका दिनमा कायम रहेको विनिमय दरले परिवर्तन गरी लगानीकर्ताले जुन मुद्रामा लगानी गरेको हो, सोही मुद्रामा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा लैजान सक्छन् । निश्चित समयभित्र साँवा र ब्याज भुक्तानी हुनेगरी सरकार, उद्योग वा कम्पनीले विदेशी मुद्रामा लगानीकर्ता निकायबाट प्राप्त गरेको कर्जा सापटी नै विदेशी ऋण हो । विदेशी ऋण भुक्तानी गर्दा पनि जुन दाताबाट विदेशी मुद्रामा ऋण भित्रिएको हो, सोही ऋणदाताका नाममा सोही देशमा रहेको बैंक खातामा सोही मुद्रामा रकम जम्मा हुनेगरी तोकिएको अवधिभित्र ऋणको भुक्तानी हुने गर्छ । देशमा पर्याप्त सुरक्षित तथा सहज लगानीका अवसरहरू प्रदान गरे विदेशी लगानीकर्ताहरू आकर्षित भई विदेशी लगानी भित्र्याउन सफल भए आर्थिक समृद्धिमा ठूलो योगदान पुग्छ । लगानीका लागि पर्याप्त रकम जुट्न नसकेको अवस्थामा सरकारी तथा निजी क्षेत्रबाट पनि विदेशी ऋण प्राप्त गरी आवश्यकता पूरा गर्न जरुरी हुन्छ । लगानीयोग्य पुँजीको अभाव भएका बेला वा अन्तर्राष्ट्रिय न्यून ब्याजदरमा ऋणको अवसर प्राप्त भएमा विदेशी ऋण प्राप्त गर्नु पनि श्रेयस्कर हुन्छ । विदेशी लगानी गर्दाको अवस्थामा कहिले र कति रकम फिर्ता हुने निश्चित गर्न नसकिने भएकाले विनिमय दरमा हुने परिवर्तनको जोखिमका लागि हेजिङको व्यवस्था गरिने प्रचलन हुँदैन । विदेशी ऋणका हकमा भने ऋण प्राप्त गर्दा र ऋण भुक्तानी गर्दा विनिमयदरमा हुन सक्ने उतारचढाबबाट ऋणीलाई पर्न जाने क्षतिका लागि हेजिङ गरिएको हुन्छ । विदेशी ऋण लिने परियोजनाहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । विदेशी मुद्राको कर्जामा ऋणीलाई विदेशी विनिमयबाट उत्पन्न हुने जोखिम व्यवस्थापनका लागि हेजिङ आवश्यक हुन्छ भने ऋणदाता निकायले पनि ऋणीको जोखिमबाट आफूलाई पनि जोखिम उत्पन्न हुन सक्ने भएकाले सामान्यतः हेजिङको सर्त राखिएको हुन्छ ।हेजिङ गर्दा ऋण प्रदान गर्ने निकायले ‘सेक्युर्ड ओभरनाइट फाइनान्सियल रेट’ (एसओएफआर) मा आफ्नो शुल्क (प्रिमियम) थप गरी ब्याज निर्धारण गर्छन् । २ वर्षअघि ०.०५ प्रतिशत रहेको एसओएफआर १ वर्षअघि ३.८० प्रतिशत कायम भएको थियो । हाल यो दर ५.३२ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्याजदरमा भएको वृद्धिले विदेशी कर्जा पनि महँगो हुन गएको हो । बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा एसओएफआरमा अधिकतम ४.५० प्रतिशत प्रिमियम र अन्य फर्म तथा कम्पनीले एसओएफआरमा अधिकतम ६ प्रतिशत प्रिमियम जोडी २ वर्षअघि ४.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए भने हाल ९.८२ प्रतिशत ब्याजदर हुन आउछ । त्यसमा पनि हेजिङ शुल्क थप हुँदा ऋणको लागत उच्च हुने त भयो नै । अन्य फर्म तथा कम्पनीका हकमा थप १.५ प्रतिशत बढी हुन्छ । यति हुँदा पनि ऋणको लागतभन्दा आन्तरिक प्रतिफल दर उच्च हुने अवस्था भए ऋण लिनु उचित नै हुन्छ । हेजिङ नियमावली २०७९ मा ‘हेजिङ भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ राइट्स (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा गरेको ऋण लगानी फिर्ता गर्दा हुन सक्ने विदेशी विनिमय दर जोखिम न्यूनीकरणका लागि त्यस्तो लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो, सोही विनिमय दरमा हेजिङ सम्झौतामा निर्धारण भएबमोजिम ऋणको साँवा ब्याज भुक्तानी गरी लगानी फिर्ता लैजान पाउने गरी गरिएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गर्ने कार्य सम्झनुपर्छ’ भनिएको छ । यसलाई ‘हेजिङ भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको एसडीआरभित्र पर्ने विदेशी मुद्रामा गरेको ऋण लगानी फिर्ता गर्दा हुन सक्ने विदेशी विनिमय दर जोखिम न्यूनीकरणका लागि त्यस्तो लगानी गर्दा जुन विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो, सोही मुद्रामा हेजिङ सम्झौतामा निर्धारण भएबमोजिम विनिमय दरका हिसाबले ऋणको साँवा–ब्याज भुक्तानी गरी लगानी फिर्ता लैजान पाउने गरी गरिएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गर्ने कार्य सम्झनुपर्छ’ भनेर पुनर्परिभाषित गर्न आवश्यक देखिन्छ । ऋण भुक्तान गर्ने बेला विदेशी मुद्राको तुलनामा आफ्नो मुद्रा कमजोर भएमा ऋणीलाई साँवा भुक्तानीमा थप व्ययभार थपिन्छ । त्यसैले ऋणीले त्यस्तो जोखिमबाट सुरक्षित रहन हेजिङ आवश्यक हुन्छ । ऋण भुक्तान गर्ने बेला विदेशी मुद्राको तुलनामा आफ्नो मुद्रा कमजोर नहुने परिस्थितिमा विदेशी मुद्रामा सस्तो ब्याजदरमा ऋण लिनु श्रेयस्कर मानिन्छ । नेपालका सन्दर्भमा नेपाली रुपैयाँको निरन्तर अवमूल्यन भइरहेको हामी पाउँछौँ । उदाहरणका लागि २०८० मंसिर १ मा २० मिलियन अमेरिकी डलर कर्जा ५ वर्ष अवधिका लागि लिएको छ भने उक्त दिनको विनिमय दर १३२.९० का दरले ३ अर्ब ६५ करोड ८० लाख रुपैयाँ ऋणीको खातामा जम्मा हुन्छ । ऋणमा तोकिएबमोजिम समय–समयमा ब्याज तिर्नुको साथै ५ वर्ष व्यतीत भएपश्चात् २० मिलियन अमेरिकी डलरसमेत फिर्ता गर्नुपर्छ । मानौं, हेजिङ प्रतिअमेरिकी डलर १ सय ४५ रुपैयाँ कायम भएको छ तर ५ वर्षको अन्तमा विनिमयदर १ सय ५० रुपैयाँ हुन आयो भने पनि ऋणीले १ सय ४५ रुपैयाँ विनिमय दरको हिसाबले बुझाउनुपर्छ । बाँकी विनिमय दर फरक रकम हेजिङ गर्ने संस्थाले व्यहोरेर ऋणदाताले भने २० मिलियन डलर नै प्राप्त गर्छ ।हेजिङ नियमावली–२०७९ को नियम ६ मा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गनुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाबमोजिम २०७९ मंसिर २१ मा अर्थ मन्त्रालयबाट हेजिङ सुविधा दिने संस्थाले व्यावसायिक कार्ययोजना पेस गर्ने बारेको १५ दिने सूचना प्रकशन गरिएको थियो । पंक्तिकार तत्कालीन समयमा नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कार्यरत थियो । उक्त सूचनाबमोजिम कार्ययोजना पेस गर्न असमर्थ भएपछि केही समय थप मागियो तर सेवा निवृत्त हुँदाको अवस्थामा समेत अन्योल कायम रहेकाले पेस गर्न सकिएन । उक्त नियमावलीबमोजिम हेजिङ गर्ने संस्थाका रूपमा सरकारी लगानीका बैंकलाई तोकिने मनसाय रहेको देखिएको थियो । तर प्रारम्भिकमा अधिकतम १२ वर्षसम्मका लागि र थप गर्न सकिने ५ वर्षसमेत गरेर हुन आउने १७ वर्षका लागि विदेशी बैंकको दक्षता हुन सके पनि नेपाली बैंकको देखिँदैन । नेपालका बैंकहरूले अल्पकालीन व्यापारिक कारोबारहरूका सन्दर्भमा ‘फरवार्ड कन्ट्र्याक्ट’ गरी हेजिङ गर्ने गरेका छन् तर दीर्घकालीन अवधिको हेजिङ गरेका छैनन् । सामान्यतः व्यापारिक प्रयोजनका लागि खोलिने प्रतीतपत्रमा ‘युजेन्स लेटर अफ क्रेडिट’ का लागि अधिकतम १ सय ८० दिनसम्म आयातकर्ताले विनिमय दरमा हुन सक्ने अवमूल्यनलाई दृष्टिगत गरी आफ्नो जोखिम कम गर्न बैंकबाट फरवार्ड कन्ट्र्याक्ट गर्न सक्छन् । तर यहाँ प्रश्न उठ्छ— लामो अवधिको हेजिङको सुविधा दिन नेपालमा कुन संस्था तयार छ ? यसका लागि विशिष्टीकृत संस्थाबाट सञ्चालित कोष विदेशी ऋण लिने निकायलाई आफ्नो विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न सहज बनाउन स्थापना हुनु आवश्यक देखिन्छ । हाल नेपालमा कुनै बैंकले लिएको विदेशी ऋणको हेजिङ विदेशी कम्पनी/फन्डबाट गराई विदेशी विनिमय जोखिमको व्यवस्थापन गरेको छ भने कुनै बैंकले नन–डेलिभरेबल फरवार्ड कन्ट्र्याक्ट गरी अल्पकालीन तवरबाट समेत व्यवस्थापन गरेका छन् । निजी क्षेत्रले विदेशी ऋण लिने सन्दर्भमा धेरै जोखिम यथावतै छ ।दीर्घकालीन निश्चित परियोजनाहरूका लागि गरिएको हेजिङमा ५ देखि २० प्रतिशतसम्म हेजिङ शुल्कसमेत नेपाल सरकारले बेहोर्ने व्यवस्था छ । १०० मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्धजलाशययुक्त विद्युत् परियोजना, २२० केभी वा सोभन्दा बढी भोल्टेज लेभेलको ३० किलोमिटरभन्दा लामो विद्युत् प्रसारण लाइन, १० किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्ग निर्माण स्वदेशी पुँजीबाट मात्र सम्भव छैन । यस्तै शुल्क लिई सञ्चालन गरिने सडक, फ्लाइओभर, अन्डर पास, सिग्नेचर पुल वा सुरुङ मार्ग तथा ५० किलोमिटरभन्दा लामो द्रुतमार्ग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल तथा क्षमता विस्तार, २ अर्ब रुपैयाँभन्दा माथिका स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र सहरी विकाससम्बन्धी पूर्वाधार निर्माण परियोजनाका लागि पनि विदेशी लगानी तथा ऋण जरुरी छ । नेपाल सरकारको आकांक्षा पनि यस्ता ठूला परियोजनाहरूमा विदेशी ऋणसमेत प्राप्त होस् भन्ने देखिन्छ । तर ऋण लिनका लागि संरचनागत स्वरूप तयार गर्न सरकार अलमलिएको छ । यस कारण लगानीकर्ताको जोखिम व्यवस्थापनका लागि विशिष्टीकृत कोष आवश्यक देखिएको छ । धितोपत्रसम्बन्धी ऐन–२०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली–२०७५ बनाएको छ । नियमावलीमा प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड र हेज फन्डजस्ता विशिष्टीकृत कोषहरू छन् । १२ कम्पनीले प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल कोष व्यवस्थापकका रूपमा कार्य गर्ने स्वीकृति पाइसकेका छन् भने हालसम्म कुनै पनि हेज फन्ड दर्ता भएको छैन । नियमावलीमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डका सम्बन्धमा विस्तृत व्यवस्था गरिएको छ । तर हेज फन्डका सम्बन्धमा बोर्डले निर्देशिका बनाई थप व्यवस्था गर्नुपर्नेछ । त्यस्तो निर्देशिका लागू नभएसम्म हेज फन्ड दर्ता तथा सञ्चालन गर्न सकिने छैन ।‘हेज फन्ड भन्नाले लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोषलाई सम्झनुपर्छ’ भनी विशिष्टीकृत लगानी कोष नियमावली–२०७५ को परिच्छेद ४, दफा १४ को उपदफा ३ मा परिभाषित गरिएको छ । यस परिभाषाले गर्दा माथि उल्लिखित ३ वटै फन्डका बीचमा खास भिन्नता देखिँदैन तर प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डभन्दा हेज फन्डमा विदेशी विनिमयबाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्ने थप विशेषता हुन्छ । विदेशी विनिमय जोखिमका लागि हेज फन्डले विभिन्न औजार (डेरिभेटिभ) हरू प्रयोग गर्न हुन्छ । त्यस्ता औजारमध्ये ‘फरवार्ड कन्ट्र्याक्ट’ बैंक तथा वित्तीय संस्थाबाट नियमित गरिने कारोबार हो । ‘फ्युचर कन्ट्र्याक्ट’ तथा ‘अप्सन’ धितोपत्र बजारबाट समेत गर्न सकिन्छ । दीर्घकालीन ‘करेन्सी स्वाप’ हेज फन्डको विशेषज्ञताभित्र पर्छ । ‘अप्सन’ र ‘फ्युचर कन्ट्र्याक्ट’ पुँजी बजारमा देखिएका समस्याहरू समाधान गर्न तथा विस्तार गर्न सहयोगी हुनेछन् ।हालसालै नेपाल वायुसेवा निगमले नेपालका वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजदरको भार न्यून बनाउन र नयाँ जहाज खरिद गर्नका लागि समेत विदेशी ऋण ल्याउने चर्चा चलिरहेको छ । विदेशबाट उक्त ऋणको स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुरोध भएकामा हेजिङसम्बन्धमा हेजिङ नियमावली–२०७९ बमोजिम हुने भन्ने बेहोरा जानकारीमा आएको छ । यस नियमावलीमा उल्लेख भएबमोजिम हेजिङ गर्ने संस्थाका रूपमा छनोट गर्ने तथा हेजिङ फन्ड खडा गर्नुपर्ने भन्ने व्यवस्था धितोपत्र ऐन तथा विशिष्टीकृत कोष नियमावली–२०७५ बमोजिम नभएको र स्वयं धितोपत्र बोर्डले विशिष्टीकृत कोष नियमावली–२०७५ लागू गरेको ५ वर्ष बितिसक्दासमेत हेज फन्डसम्बन्धी निर्देशिका बनाई नसकेको अवस्था छ ।त्यसैले नेपालबाटै तत्काल उक्त विदेशी ऋणको हेजिङ हुने सम्भावना शून्यप्रायः छ । उद्योगी–व्यवसायीहरूले अधैर्यका साथ हेजिङ सुविधाको प्रतीक्षा गरिरहेका छन् । यसर्थ धितोपत्र बोर्डले विलम्ब नगरिकन निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याए अन्य विषयले पनि गति लिने थियो । -अधिकारी नेपाल बैंक लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । | Opinion | 9,953 |
डायस्पोरा साहित्यमाथि विमर्श | विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले मंगलबार राजधानीमा काव्य विमर्श तथा विशेष कवि गोष्ठी गरेको छ । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुक बाहिर नेपाली पहिचान प्रवर्द्धनमा प्रवासी स्रष्टाको योगदान रहेको बताए । | https://ekantipur.com/entertainment/2019/10/24/157188823710198765.html | काठमाडौँ — विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले मंगलबार राजधानीमा काव्य विमर्श तथा विशेष कवि गोष्ठी गरेको छ । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुक बाहिर नेपाली पहिचान प्रवर्द्धनमा प्रवासी स्रष्टाको योगदान रहेको बताए । डायस्पोरा साहित्यका ज्ञाता प्रा.डा. गोविन्दराज भट्टराईले अनुवादमार्फत् नेपाली साहित्य विश्वभर फैलाउनुपर्ने औंल्याए । प्रतिष्ठान काव्य विभाग प्रमुख हेमनाथ पौडेलले ‘पछिल्लो समय नेपालीमा कविता लेख्नेको संख्या वृद्धि भएको दाबी गरे । विश्व नेपाली साहित्य महासंघबाट ‘साहित्यदूत कञ्चनजंगा’ बाट सम्मानित प्रा.डा. टंकप्रसाद न्यौपानेले ‘मान्छे जहाँ गए पनि भाषा र साहित्य त्यहीँ जान्छ त्यसैले विश्वमा छरिएका स्रष्टाको योगदान रहेको बताए । महासंघको प्रकाशन ‘साहित्य संसार’ लोकार्पण गरियो । कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, मनप्रसाद सुब्बा र भीम विरही राईलाई साहित्यदूत सम्मान गरियो । समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, साहित्य सञ्चार संयोजक रमेश कँडेल, अर्थसचिव खगेन्द्र अधिकारी अमृतले महासंघको गतिविधिमाथि प्रकाश पारे भने सीता तुम्खेवा, रमी श्रेष्ठ, समाश्री रावत, प्रगति राई, सीता भट्टराई, उर्मिला पाण्डेय, प्राज्ञसभा सदस्य नन्दु उप्रेती, डम्बर पहाडी, भावना न्यौपानेले कविता सुनाए । | Entertainment | 8,940 |
एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना | म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन । पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ । यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् । | https://gorkhapatraonline.com/news/23899 | ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), भदौ १९ गते । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन । पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ । यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् । धौलागिरि गाउँपालिका–४, मुदीको जेल्टुङमा ३७ मेगावाटको अपर म्याग्दी र मुदीकै दोभानमा निर्माण हुने ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावरको पहुँच मार्ग निर्माण हँुदै छ । मुदीमा निर्माण हुने जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । हाइड्रो इम्पायर प्रालि, काठमाडौँले धौलागिरि–४, मुदीमा ३७ मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । सो आयोजनाका अध्यक्ष जितबहादुर घर्तीले पहुँच मार्ग निर्माण सकेपछि सुरुङ, विद्युत्गृह निर्माण थाल्ने तयारी भएको बताउनुभयो । यसैगरी ५३ मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो, १४ मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । अप्पर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ । मुदीमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धौलागिरि–१, गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।एभरेस्ट इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर प्रालिले मुदीमा १४ मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । यसैगरी दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, मुदीमा सिम्कोस हाइड्रोपावर लिमिटेडले मुदीमा ३.४५ मेगावाट क्षमताको सिम्कोस जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले १२.७३ मेगावाट क्षमताको अप्पर मुदी र सुसमित इनर्जीले ९.५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बी’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएको छ । प्रकाश जोशीले मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिनुभएको छ । प्राधिकरणले मालिका गाउँपालिका–७, डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेसन निर्माण सुरु गरेको छ । डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा बन्ने सबस्टेसन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । अनुमति पाएका जलविद्युत् आयोजना सम्पन्न भएपछि धौलागिरि गाउँपालिकामा जलविद्युत् विकासले फड्को मार्ने विश्वास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । जलविद्युत् आयोजनालाई बिनाअवरोध निर्माणलाई अगाडि बढाउन गाउँपालिकाले सहजीकरण गरी सहज वातावरण तयार पार्ने उहाँले बताउनुभयो । | News | 40,345 |
चेल्सीमाथि टोटनहमको ऐतिहासिक जित | डेल अलिले दोस्रो हाफको चार मिनेटमा दुई गोल गरेपछि टोटनहमले आइतबार राति चेल्सीलाई ३–१ ले हराएको छ । टोटनहमले स्टायनफोर्ड ब्रिजमा चेल्सीलाई हराएको यो प्रिमियर लिगमा २८ वर्षयता पहिलो हो । | https://ekantipur.com/sports/2018/04/02/152263440944122652.html | लन्डन — डेल अलिले दोस्रो हाफको चार मिनेटमा दुई गोल गरेपछि टोटनहमले आइतबार राति चेल्सीलाई ३–१ ले हराएको छ । टोटनहमले स्टायनफोर्ड ब्रिजमा चेल्सीलाई हराएको यो प्रिमियर लिगमा २८ वर्षयता पहिलो हो । हारपछि चेल्सीको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ । टोटनहमले चौथो स्थानमा चेल्सीमाथि आठ अंकको अग्रता लिएको छ । लन्डन प्रतिद्वन्द्वीमाथि प्राप्त यस जितले प्रशिक्षक मोउरिसो पोचेटिनोको नेतृत्वमा टोटनहमले हात पारेको प्रगति पनि प्रस्ट भएको छ । यसक्रममा टोटनहमले अर्को सिजन लगातार तेस्रो पल्ट च्याम्पियन्स लिग खेल्ने तय जस्तै भएको छ । टोटनहमले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हुँदा यो जित अझ महत्त्वपूर्ण रह्यो । कप्तान ह्युगो लोलेसको भुलमा एलभारो मोराटाले चेल्सीका लागि पहिलो गोल गरे । पहिलो हाफको अन्त्यतिर क्रिस्टियना एरिक्सनको सुन्दर गोलपछि खेल बराबरीमा रह्यो । त्यसयता अलि खेलको केन्द्रमा रहेर दुई गोल गरे । लिगमा यसअघि आर्सनलले स्टोक सिटीलाई ३–० ले हराएको थियो । | Sports | 29,628 |
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडियो | तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ । | https://gorkhapatraonline.com/news/53049 | अमरराज नहर्की तनहुँ, माघ १९ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मंगलबार छिचोलिएको आयोजनाको निमित्त प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो ।शिल्पकारले भन्नुभयो, ‘‘जटिल र महत्त्वपूर्ण यो काम पूरा हुँदा निकै खुसी लागेको छ, व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग सकिनेछ ।’’आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने उहाँले जानकारी दिनुभयो । प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरू लैजान र आवतजावतका लागि सहज भएको छ ।आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो विस्फोट गराइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा. लि. नेपाल जे. भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।कुल ५३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१को ब्रेक थ्रु भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । | News | 58,676 |
जहाँ पुरुषले महिलासँग मागेर खर्च चलाउँछन् | पूर्वी रुकुमको तकसेरास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक यन्श्वर पुनले तलब बुझेर सधैँ श्रीमतीलाई दिन्छन्। | https://www.bbc.com/nepali/news-51704129 | वर्षौँदेखि घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएका मैकोट कान्छावार टोलका महिला पाँच वर्षअघिसम्म आफ्नो कमाइ आमालाई राख्न दिने गरेका उनले आमा बितेपछि त्यो जिम्मेवारी श्रीमतीको काँधमा सारेको बताए। पुन मात्र होइन रुकुमका खामभाषी मगर समुदायका पुरुषले वर्षौँदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै आएका छन्। पूर्वी र पश्चिम रुकुमको तकसेरा, हुकाम, मैकोट, काक्री, लुकुम, कलराङसी, महत, कोल, जाङ, प्वाङ, मोरवाङ, चुनवाङ, स्यालापाखा, दुलीलगायतका ठाउँका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन्। 'म्याडम ब्याङ्क' पुन भन्छन, "म्याडम (श्रीमती) भनेकै ब्याङ्क हुन्। पैसा कमाएर राख्न दियो, चाहिएको बेला मागेर खर्च गर्यो।" उनकी श्रीमती जुनु पनि घरमूलीको जिम्मेवारी वहन गर्दा गौरवको अनुभूति हुने बताउँछिन्। उनी भन्छिन्, "श्रीमानले कमाएर पैसा राख्न दिँदा महिलाको आत्मबल र विश्वास दुवै बढ्ने गर्छ।" थैली महिलाकै अधीनमा रुकुमका मगर समुदायमा आर्थिक विषय महिलाकै अधीनमा हुने भएकाले त्यसमा पुरुषको केही चल्दैन। पुथा हिमालय माध्यमिक विद्यालय मैकोटका शिक्षक ढुन्डीराज पुन भन्छन्, "कमाएको पैसा महिलालाई राख्न दिने र चाहिएको बेला मागेर खर्च गर्नुको विकल्प छैन।" गाउँका मेलामा हुने व्यापारमा पनि महिला नै अग्रसर पाइन्छन् श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन्। पुरुषले आफूले कमाएको पैसा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजु वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेको उनीहरू बताउँछन्। महिलाको सहमति अनिवार्य विशेषगरि खामभाषी मगर समुदायमा मातृसत्तात्मक प्रणाली झल्कने गरेको बताइन्छ। भूमे गाउँपालिका महतकी सविना रोङखामी मगर भन्छिन, "आर्थिक जिम्मा महिलाकै काँधमा हुने भएकोले परिवार उनीहरूकै खटनपटनमा चल्छ।" जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐँचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ। आफूले भनेको पुरुषले नमाने महिलाहरू सम्बन्धविच्छेद गर्न समेत पछि नपर्ने उनी बताउँछिन्। पुरुष कमाउन देश-विदेश जाने र भेडाबाख्रा चराउन गोठालो जाने भएकोले महिलाले नै घर हाँक्छन्। "घरमूली नै महिला हुने भएकोले उनीहरूले हुन्छ नभनेसम्म कुनै पनि काम हुँदैन," पूर्वी रुकुमको सिस्ने गाउँपालिकाका मोहन रोका भन्छन्। आर्थिक कारोबार आफ्नै हातमा हुने भएकोले मगर समुदायमा पुरुषभन्दा महिला बढी शक्तिशाली र सम्मानित हुने गरेको तकसेराकी शिक्षिका सीता बुढामगर बताउँछिन्। उनी भन्छिन्, "पैसाको आवश्यकता पर्दा पुरुषले वास्ता गदैनन्, महिलाले नै आफन्त र छिमेकीसँग ऋणसापट गरेर चलाउने गर्छन्।" फजुल खर्च जोगिने महिलाले अनावश्यक खर्च नगर्ने हुनाले महिलासँग मागेर पैसा चलाउँदा फजुल खर्च समेत जोगिने पुरुष स्वयं बताउँछन्। आफ्नो कमाइ श्रीमती वा आमालाई दिँदा परिवारमा बेमेल नहुने, श्रीमान-श्रीमतीबीच विश्वास बढ्ने र घरमा शान्ति हुने गरेको अनुभव महिला-पुरुष सुनाउँछन्। कतिपय पुरुष आर्थिक अधिकार महिलाको हातमा हुने भएकोले आफ्नो कमाइ आफ्नै इच्छा अनुसार खर्च गर्न नपाएको गुनासो पनि गर्छन्। तकसेराका सुरेन्द्र पुन भन्छन, "हामीले कमाएर दिन्छौँ त्यसपछि कहाँ, कसरी, कुन काममा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार महिलाकै हुन्छ।" हेपिनु र हिंसा 'सहनु पर्दैन' "घर आफ्नै हातमा हुने भएकोले महिला नै सर्वेसर्वा हुन्छन। पुरुषहरू महिलाकै सल्लाह अनुसार चल्नुपर्छ," चुनवाङका वडाध्यक्ष प्रवेश पुनले भने। व्यापार व्यवसाय गरेर आफू पनि आत्मनिर्भर हुने भएकोले कसैबाट पनि हेपिनु र घरेलु हिंसा सहने नपर्ने अम्रिमाया पुन बताउँछिन्। उनीहरूले भेडाबाख्राको ऊनबाट राडीपाखी बनाएर बेच्ने गरेको अनि जडीबुटीको व्यापार गरेर आयआर्जन गदै आएका छन्। मगर समुदायका महिला निडर स्वभावका हुने भएकाले एक्लै घरबाहिर गएर व्यापार गर्ने महिला उद्यमी तीर्था पुन मगर बताउँछिन्। आर्थिक अधिकार महिलाको हातमा रहेको पूर्वी रुकुमको तकसेरा बस्ती अरू समुदायमा पुरुषको भूमिका नै प्रधान हुने भएकोले महिला हेपिएका पनि हुन्छन्। खामभाषी मगर समुदायमा भने अपवादको रूपमा मात्रै आर्थिक कारोबार पुरुषको हातमा हुन्छ। अरू समुदायमा छोराले मात्रै दागबत्ती दिने चलन भएपनि मगर समुदायमा भने छोरीले समेत दागबत्ती दिने गरेको बताइन्छ। इतिहासमा बाइसे-चौबीसे राज्यको पालादेखि नै मगर समुदायमा मातृसत्तात्मक प्रणाली चलेको मगर सुमदायका अगुवा बताउँछन्। उनीहरूका अनुसार त्यतिबेला बाहिरी आक्रमणबाट मगर राज्यलाई जोगाउन घरको सबै अधिकार महिलाको जिम्मा छाडेर पुरुषहरू लडाइँमा जान्थे। अहिले संविधानमा महिला अधिकारको कुरा लेखिएपनि मगर समुदायमा भने पुर्खादेखि नै उनीहरू अधिकार सम्पन्न भएको तकसेराका वडाध्यक्ष ज्योतिमान गुरुङले बताए। उनी भन्छन्, "आर्थिक रूपमा मात्र होइन, समूह, सहकारी, विभिन्न सङ्घसंस्थाको नेतृत्व पनि महिलाले नै गर्दै आएका छन्।" | Others | 66,036 |
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दलको प्रस्तावमा सरकारको प्रतिक्रिया, ‘छद्मभेषी कुराको पछि लाग्दैनौँ’ | माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले वार्ताका निम्ति अघि सारेको सर्तबारे टिप्पणी गर्दै सरकारले 'छद्मभेषी कुराका पछि नलाग्ने' बताएको छ। | https://www.bbc.com/nepali/news-50138620 | विगतमा दुवै पक्षबीच भएका भनिएका वार्ता प्रयास सार्थक हुन नसकेको देखिएका बेला विप्लवले वार्ताको निम्ति केही सर्त सार्वजनिक गरेका थिए। विप्लवको हस्ताक्षरसहित असोज २०७६ मिति लेखिएको सोमवार जारी विज्ञप्तिमार्फत् केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिएको छ। उक्त विज्ञप्तिमा भनिएको छ, "सरकारले आफ्नो फासीवादी दमनलाई ढाकछोप गर्न 'वार्ता' को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ।" मन्त्रीको प्रश्न: पैसा किन दिने? सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यसलाई 'छद्मभेषी कुरा'को सङ्ज्ञा दिए। उनले भने, "सरकार त्यस्ता छद्मभेषी कुराको पछि लाग्न मिल्दैन। उहाँहरूले त्यतिमात्र भन्नु भएको छैन। स्वैच्छिक चन्दा अभियान भनेर चन्दा आतङ्क गर्ने र के-के दस्ता निर्माण गर्ने कुरा पनि आएका छन्। ती पो पहिला बन्द गर्नुपर्यो त।" स्वैच्छिक भनिएको आर्थिक सङ्कलन अभियान चलाउने विप्लवको दलको घोषणालाई उनले चन्दा आतङ्कको सङ्ज्ञा दिए। "कोसँग बढी पैसा हुन्छ र अनावश्यक रूपमा चन्दा दिनुपर्यो? आफ्ना कार्यकर्तासँग पैसा उठाएर पार्टी चलाउनु पर्यो नि।" सरकारको पनि सर्त यसअघि सरकारले विप्लवलाई बिनासर्त वार्तामा आउन आग्रह गरेको थियो। विप्लवको दलका सर्त भए सरकारका पनि सर्तहरू रहेको मन्त्री बाँस्कोटाको भनाइ छ। "हिंसा गर्न, औजार बनाउन र आतङ्क फैलाउनका निम्ति चन्दा माग्ने भन्ने र 'कार्यकर्ता छोड अनि मात्र वार्ता' भनेर हुँदैन।" उनले विप्लवको दललाई आग्रह गरे, "पहिला हिंसा छोड, अनि वार्ता।" विप्लवको दलले देशका विभिन्न स्थानमा बेला बखत हुने हिंसात्मक घटनाको जिम्मेवारी लिए पनि सशस्त्र विद्रोहमा उत्रिएको औपचारिक घोषणा गरेको छैन। उसले उल्टै सरकारमाथि हिंसा फैलाएको आरोप लगाउने गरेको छ। विप्लवको दल संविधानविरुद्ध छ। सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। गिरफ्तारी बढ्दो पछिल्ला महिना देशका विभिन्न स्थानबाट उक्त दलका नेता तथा कार्यकर्ताहरू पक्राउ पर्ने क्रम तीव्र देखिन्छ। गत हप्ता नेकपाका केन्द्रीयसदस्य सहित २१ जना दाङबाट पक्राउ परेका थिए। दाङमा भारतीय सीमानजिकै प्रहरीले छापा मार्दा त्यसरी पक्राउ पर्नेमा विप्लवका दाइ पनि छन्। प्रहरीले सोही दलका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीलाई मङ्गलवार चितवनमा गिरफ्तार गरेको छ। चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले लोहनीलाई जिल्लाको बसेनी भोजाडबाट पक्राउ गरिएको हाम्रा सम्वाददाता ईश्वर जोशीलाई जानकारी दिए। लोहनी तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य थिए। सोमवार सार्वजनिक भएको नेकपाको विज्ञप्तिमा लोहनी दलको केन्द्रीय सदस्य नरहेको उल्लेख थियो। उनको स्वास्थ्यमा समस्या रहेको बताइएको छ। गृहमन्त्री रामबहादुर थापाले गत साउन महिनामा पत्रकार सम्मेलन गर्दै विप्लवका नेता-कार्यकर्ता नियन्त्रणमा लिने सरकारको नीतिले उक्त दल वार्तामा आउने सम्भावना बढाएको बताएका थिए। वार्ताबाट समस्या समाधानको निम्ति दुवै पक्ष तयार भए 'समाधानका सूत्र'हरू रहेको राजनीतिक टिप्पणीकारहरू बताउँछन्। तर दुवै पक्ष त्यसको निम्ति तत्काल तयार रहेको देखिएको छैन। | Others | 70,407 |
भारतीय सेनाबाट अवकाश भएर भैंसीपालन | राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा जीवन विताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो । | https://gorkhapatraonline.com/news/110404 | गजेन्द्र गुरुङखजुरा, जेठ २० गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा बिताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो ।साविकको कल्याण गाविस वडा नं. ७ सुर्खेतका बासिन्दा कँडेल २०५६ सालमा बसाइसराइ गरेर त्यहाँबाट बाँके झर्नुभएको हो । २३ वर्ष भारतीय सेनामा कार्य गरेपछि दुई वर्ष पहिले अवकाश भएको र विगत एक वर्षदेखि भैंसीपालन सुरु गरेको कँडेल बताउनुहुन्छ ।“तत्कालीन समयमा देशमा विद्रोही र सरकारबिच युद्ध चलिरहेको थियो, हामी युवाअवस्थामा हुँदा तत्कालीन विद्रोही पक्षले लडाकु हुनुपर्छ भन्ने तथा सरकारी पक्षका सेनाले विद्रोही पक्षको आशङ्का गरेर सोधपुछ गर्नेलगायतका कार्य गर्दा दैनिक जीवन बिताउन अतिनै कष्टकर हुँदैगयो ।” कँडेलले भन्नुभयो, “जीवनरक्षाका लागि पनि आफ्नो ठाउँ छोडेर विदेशिनु प¥यो, विदेश जाने कत्ति इच्छा नहुँदानहुँदै पनि तत्कालीन अवस्थाले विदेशिन बाध्य बनायो ।”“गाउँ छाडेपछि भारतीय सेनामा भर्ती भएर २३ वर्ष भारतीय सेनामा जीवन व्यतित गरेपछि दुई वर्ष अँघि रिटायर्ड भएँ, रिटायर्ड भएर आएपछि फेरी विदेश जानुपर्छ भनेर कैयौं साथीहरुले सल्लाह दिनुभयो, सिङ्गापुरबाट मासिक ढाई लाख रुपियाँसम्म कमाइ हुने भनेर अफर पनि आयो तर म विदेश जान मानिन ।” उहाँले भन्नुभयो, “नचाहँदा नचाहँदै पनि त्यत्रो वर्ष विदेश बसेर आएँ, अब नेपालमै केही गर्छु भन्ने मनमा लाग्यो र यहीँ आफ्नै पेशा व्यवसाय सुरु गरें ।”सुरुमा भैंसी नै पाल्छु भनेर व्यवसाय सुरु नगरेको उहाँले बताउनुभयो । “सुरुमा भैंसीपानल व्यवसाय गर्छु भनेर सुरु गरेको होइन, एकदिन यूट्युबमा भारतबाट बर्सेनि अर्बौं रुपियाँको कागती नेपाल आउने गरेको भिडिओ हेरें, त्यसपछि कागतीखेती गर्नतर्फ मेरो ध्यान गयो र कागतीखेती सुरु गरें ।”नेपालमा कागतीको यत्रो ठुलो बजार रहेछ भन्ने त्यही भिडिओबाट जानकारी भएपछि कागतीखेती सुरु गरेको कँडेलले बताउनुभयो । “कागतीखेती सुरु गरेपछि बिरुवामा हाल्नका लागि मल चाहिँदोरहेछ, मलका लागि बल्ल भैंसी पाल्ने सोच गरें र व्यवसायिक रुपमा भैंसीपालन सुरु गरें ।” कँडेलले भन्नुभयो ।भैंसीपालनबाट उत्पादन भएको दूध अरुलाई बिक्री गर्दा कम पैसामा लिने गरेको थाहा पाएपछि आफैँ दूध सङ्कलन केन्द्रका साथै बिक्री कक्षसमेत आफै सञ्चालन गर्न थालेको उहाँले जानकारी दिनुभयो । कँडेलले हाल फर्ममा करिब एक करोड बढी लगानीमा ३० देखि ३५ वटा उन्नत जातका भैंसी र केही गाईसमेत पालन गर्नुभएको छ । उहाँले आफ्नो फर्मबाट दैनिक एक सय लिटर दूध उत्पादन गर्नुहुन्छ भने नरैनापुर गाउँपालिका वडा नं. ६ जमुनीमा राखेको सङ्कलन केन्द्रबाट त्यहाँका किसानले उत्पादन गरेको दैनिक दुई सय लिटर दूधसमेत खरिद गर्ने गर्नुभएको छ ।उहाँले आफ्नो फर्म र सङ्कलन केन्द्रमा सङ्कलन गरिएको दूधलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० चारवाहिनी रोडस्थित बिक्री केन्द्रबाट बिक्री वितरण गर्दै आउनुभएको छ । फर्म र सङ्कलन केन्द्रमा गरी स्थानीय ६ जनालाई समेत रोजगारी प्रदान गरेको कँडलले बताउनुभयो ।उहाँले ३० कट्ठा आफ्नो व्यक्तिगत र २० कट्ठा भाडाको जमिन गरी जम्मा ५० कट्ठा जमिनमा भैंसीपालन व्यवसाय गर्दै आएको बताउनुभयो । फर्ममा भैंसीपालन मात्र नभएर चार सय ५० गोटा सुनकागती–१ जातको कागतीको विरुवा र भैंसीलाई आवश्यक पर्ने एमपी चरी र बहुवर्षीय नेपियर जातको घाँस उत्पादनसमेत गरेको कँडेलले जानकारी दिनुभयो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नेपालगन्जबाट गतवर्ष भैंसी मल्टीपलायर हर्ड व्यवस्थापन कार्यक्रममार्फत् गोठ निर्माण तथा सुधार कार्यक्रम र चिलिङ भ्याट खरिदका लागि पाँच लाख रुपियाँको अनुदान सहयोग प्राप्त गरेको जानकारी दिनुभयो ।देशमा काम छैन, रोजगारी छैन भन्ने युवायुवतीहरुले आफैँ कुनै सिप सिकेर सानोतिनो व्यवसाय गरेर देशकै माटो खोस्रिनुपर्ने कँडेलको भनाइ छ । “देशमा उत्पादनको जरुरी छ, चाहे जुन क्षेत्रबाट भए पनि उत्पादनमूलक काम गर्याे भने बजारीकरणको समस्या छैन ।” किसान कँडेलले भन्नुभयो, “सबै चिज खपत हुन्छ, खपत हुनका लागि उत्पादन जरुरी हुन्छ, तसर्थः उत्पादनमूलक क्षेत्रमै काम गर्नुपर्छ ।”टोल, समाज तथा राष्ट्रकै आर्थिक उन्नतिका लागि युवाहरु देशमै बसेर उत्पादनमूलक क्षेत्रमा काम गरी स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्ने कँडेलको भनाइ छ । | News | 50,396 |
हिंसा रोक्न कानुन कार्यान्वयन आवश्यक | अधिकारकर्मी तथा सरोकारवालाले कानुनले महिलालाई सशक्त बनाएको भए पनि कार्यान्वयन पाटो सोचेभन्दा फितलो हुँदा महिला हिंसा जारी रहेको बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/88344 | बिन्दु थापा पाल्पा, मंसिर २२ गते । अधिकारकर्मी तथा सरोकारवालाले कानुनले महिलालाई सशक्त बनाएको भए पनि कार्यान्वयन पाटो सोचेभन्दा फितलो हुँदा महिला हिंसा जारी रहेको बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय पाल्पाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको अवसरमा आज भएको सचेतना कार्यक्रममा बोल्ने महिला अधिकारकर्मी तथा सरोकारवालाले सो कुरा बताउनुभएको हो ।महिलाबारे बनेका सरकारी नीति नियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिला पछाडि परिरहेको र अन्याय सहन बाध्य भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले महिला अधिकारलाई अधिकारका रूपमा नलिएर दया, माया र निगाहका रूपमा लिने समस्या रहेकाले घर परिवारदेखि नै नारीप्रतिको हेराइ, सोच र अधिकारप्रति व्यापक अभियान चलाउन जरुरी रहेको बताउनुभयो । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले समाज एक रथका दुई पांग्रा र एक सिक्कामा दुई पाटाको रुपमा नारी–पुरुष समान भनी आवाज उठाए पनि व्यवहारमा सो दर्जा दिन नसकेको बताउनुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले आजको २१ औँ शताब्दीमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथाजस्ता अमानवीय व्यवहार भइरहेको बताउनुभयो । | News | 52,386 |
दृष्टि फाउन्डेसनलाई सहयोग | सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ । | https://gorkhapatraonline.com/news/79969 | अविनाश चौधरीधनगढी, असोज ११ गते । सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ । सामाजिक संस्था हेल्प फर ह्यापिनेस सुदूरपश्चिमले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न, शैक्षिक सामग्री तथा न्यानो लुगा फाउन्डेसनलाई सहयोग गरेको हो । हेल्प फर ह्यापिनेसका प्रदेश संयोजक घनश्याम भण्डारीले फाउन्डेसनका अध्यक्ष कल्पना भट्टलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । सो क्रममा उहाँले फाउन्डेसनमा आश्रित सडक मानव र बालबालिकालाई सहयोग पुगोस् भनेर संस्थाले सहयोग गरेको बताउनुभयो । सहयोगी भावना भएका युवाहरू आबद्ध हेल्प फर ह्यापिनेसले बिरामीलाई उपचारमा सहयोग, रगत व्यवस्थापन, छाडा पशुको उपचारलगायतको काम गर्दैआएको छ । एक वर्षमा १४९ जनाका लागि रगतको व्यवस्थापन गरेको संयोजक भण्डारीले जानकारी दिनुभयो । यसैगरी, १६९ छाडा चौपायाको उपचार, नौ जना बिरामीलाई उपचारमा सहयोग र डिप्रेसनमा परेका नौ जनालाई मनो परामर्श दिएको उहाँले बताउनुभयो ।स्वास्थ्य सेवा सुधारका लागि खबरदारी गर्ने, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिएको भण्डारीले बताउनुभयो ।वार्षिकोत्सवको अवसरमा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा दृष्टि फाउन्डेसनका अध्यक्ष कल्पना भट्ट, संस्थामा सर्वोत्कृष्ट कार्य गर्ने असहाय कोषका सदस्य एवम् बैतडी संयोजक भरत विष्ट, सदस्य आरती दाहाल र नीरज पाठक रहनुभएको छ । | News | 53,575 |
चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु | तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । | https://gorkhapatraonline.com/news/15891 | तनहुँ, जेठ ३० गते । तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए । जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएका छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ । शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि खोर थापिएको हो । वनको खोरमा बाख्रासमेतको पासो राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त क्षेत्रमा चितुवाको आङ्तकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उहाँले बताउनुभयो ।डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा सतर्कताका लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरिएको बताउनुभयो । | News | 62,865 |
ग्लोबल रम एम्बेसडर इआन नेपालमा | नेपाल डिस्ट्रिलरिजद्वारा उत्पादित खुकुरी रमको आयोजनामा ‘खुकुरी मास्टरक्लास विथ इआन वरेल’ तालिम तथा कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा ग्लोबल रम एम्बेसडर इआन वरेलले नेपालका बारटेन्डिङ स्कुल, स्टार होटल, चल्तीका रेस्टुरेन्ट लगायतमा कार्यरत तथा अध्ययनरत ५० जना बार टेन्डरलाई प्रशिक्षण दिएका थिए । | https://ekantipur.com/news/2024/06/07/global-rum-ambassador-ian-in-nepal-54-21.html | काठमाडौँ — नेपाल डिस्ट्रिलरिजद्वारा उत्पादित खुकुरी रमको आयोजनामा ‘खुकुरी मास्टरक्लास विथ इआन वरेल’ तालिम तथा कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा ग्लोबल रम एम्बेसडर इआन वरेलले नेपालका बारटेन्डिङ स्कुल, स्टार होटल, चल्तीका रेस्टुरेन्ट लगायतमा कार्यरत तथा अध्ययनरत ५० जना बार टेन्डरलाई प्रशिक्षण दिएका थिए ।कार्यशालामा उनले रम कल्चरलाई बढावा दिने उपाय, रम पिउने समय र तरिका लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन गरे । ‘यसले रम कल्चरसम्बन्धी ज्ञानको दायरालाई अझै फराकिलो बनाउने र नेपाल जस्तो कृषिप्रधान देशका उत्पादनलाई कसरी विश्वव्यापी बजारमा स्थापित गराउने भन्ने लक्ष्यरेखा कोर्न सहयोग प्रदान गर्नेछ,’ उनले भने, ‘सुन्दर देश नेपालबारे धेरै सुनेको थिएँ, नेपाल ओर्लिसकेपछि यहाँको लोकल तोङबा, छ्याङ, एैला चाख्ने मौका पाएँ । यहाँकै लोकल कच्चा पदार्थबाट तयार भएका यी सबै स्थानीय उत्पादनको स्वादमा एक किसिमको अद्भुत मौलिकता छ । यसले नेपाली संस्कृतिको गन्ध दिन्छ ।’सन् १९५९ देखि नेपालमा उत्पादन हुँदै आएको खुकुरी रम नेपाली लिक्वयर्सको क्षेत्रमा ‘सिग्नेचर’ सावित भइसकेको र यसले आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल भएको इआनको भनाइ छ । भर्खरै लन्डनमा सम्पन्न आईडब्लूएससी वर्ल्डवाइड कम्पिटिसनमा नेपालबाट प्रतिनिधित्व गरेको खुकुरी रमको ट्रिपल एक्स तथा स्पाइसले ८९ अंक प्राप्त गर्दै ब्रञ्ज र न्युड सुपेरियरले ९१ अंक प्राप्त गर्दै सिल्भर अवार्ड जित्न सफल भएको थियो । उक्त कम्पिटिसनका मुख्य निर्णायकसमेत रहेका इआनले विभिन्न देशका हजारभन्दा बढी प्रकृतिका रमको स्वाद चाखिसकेका छन् । | News | 2,774 |
‘कानुन सङ्कायको पाठ्यक्रम परिमार्जन गनुपर्ने’ | कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ । | https://gorkhapatraonline.com/news/111369 | भक्तपुर, जेठ २७ गते । कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिइएको छ । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले आयोजना गरेको ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ का सहभागी विज्ञहरुले कानुन सङ्कायको पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।शुक्रबारदेखि भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजना गरिएको उक्त सम्मेलनले कानुनमा सुधारको आवश्यकता पहिचान गर्दै आठ बुँदे घोषणापत्र जारी गरेको सो सम्मेलनका संयोजक प्रदीप पाठकले जानकारी दिनुभयो । सम्मेलनले कानुन शिक्षामा देखा परेका समसामयिक चुनौतीको पहिचान गरी त्यसलाई समाधान गर्न सम्बन्धित नियमनकारी निकायसँग समन्वय तथा सहकार्य गर्ने र कानुन शिक्षाको क्रमबद्ध विकास गर्न नेपाल सरकार तथा सबै नियमनकारी निकायको ध्यानाकर्षण गर्दै यस्ता नियमनकारी निकायबाट कानुन शिक्षा उन्नयनका लागि सक्रियताको आह्वान गर्ने घोषणा गरेको उहाँले पठाउनुभयो । त्यस्तै, कानुन अध्यापन गर्ने विभिन्न विश्वविद्यालय एवम् कानुनको पढाइ हुने क्याम्पसबिच अध्ययन र अनुसन्धानका सम्बन्धमा शिक्षक एवम् विद्यार्थीको सह-आदान प्रदानको प्रवद्र्धन गरी प्राज्ञिक सहकार्यको वातावरण निर्माण गरिने भएको छ । अनुसन्धानको सवालमा सह-शिक्षण, अनुसन्धान, विधायन मस्यौदा, अभ्यास अदालत र कानुनी शिक्षाको समसामयिक स्तरोन्नतिका क्षेत्रमा सहकार्य गरिने भएको छ । विभिन्न विश्वविद्यालय र कानुनको पढाइ हुने क्याम्पसका पुस्तकालयमा सबैको समान पहुँच निर्माण गरी प्रयोग गर्न पाउने वातावरणको सिर्जना गर्नुका साथै यसका लागि सम्भव भएसम्म पुस्तक निश्चित समयका लागि आपसमा लेनदेन गर्ने प्रबन्धका लागि पहल गरिने संयोजक पाठकले बताउनुभयो । सम्मेलनले कानुनको पढाइ हुने क्याम्पसका विद्यार्थीको क्षमता अभिमुखीकरण र अभिवृद्धिका लागि सामूहिक अध्ययन तथा शोधको प्रवृत्ति विकास गर्न विद्यार्थी विमर्श क्लब निर्माण गरी सोद्वारा नियमित कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । पाठ्यक्रममा आवश्यक स्तरोन्नति र स्वशान्दर्भीकरण गर्न कानुन पढाइ हुने क्याम्पसबिच सम्पर्क संयन्त्र निर्माण गर्ने र ‘सामूहिक सहभागिताबाट जर्नल प्रकाशित गर्ने’ वातावरण बनाइने भएको छ । कानुनी शिक्षण पद्धतिमा विशिष्टीकृत तरिकाहरु निरुपनिवेशीकरण, कार्यमूलक पद्दति, अनुसन्धानमूलक शिक्षण र आलोचनात्मक समिक्षाको प्रयोग गर्दै नेपालको कानुन शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्नेसमेत सम्मेलनले निर्णय गरेको छ । यस्तै विद्यार्थीको प्राज्ञिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, समाजको आवश्यकताअनुरुप परीक्षा मोडललाई परिमार्जन गरी एकरुपता ल्याउन पहल गर्दै परीक्षामा केही खास विषयको अध्यापन नेपाली भाषामा गरी परीक्षामा प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवैमा तयार गर्ने घोषणा गरिएको छ । नेपाल कानुन व्यवसायी परिषदले कानुनी शिक्षा नियमावलीमा व्यवस्था भएबमोजिम विभिन्न विश्वविद्यालय अन्तर्गत रहेका कानुन पढाइ हुने क्याम्पसको अध्ययन अनुसन्धान गरी परिषद्को वार्षिक प्रतिवेदनमा ल्याउनुपर्ने र सम्बन्धित विश्वविद्यालयको सुधार-विकासका लागि सूचीतसमेत गर्ने व्यवस्था भएको छ । सम्मेलनले देशभरिका कानुनका विद्यार्थी र शिक्षकलाई एकै मञ्चमा उपस्थित हुने मौका दिएको र विद्यार्थीमा सहभागिताको उत्कृष्ट वातावरण तयार पारेको अनुभूति गरेको आयोजक काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा.डा.युवराज सङ्ग्रौलाले जानकारी दिनुभयो । उक्त सम्मेलनमा १३ विश्वविद्यालयको सहभागिता थियो । सम्मेलनमा कानुन अध्ययन भइरहेका सबै क्याम्पसका दुई-दुई विद्यार्थी तथा शिक्षकले गरी ५० वटा कार्यपत्र प्रस्तुत गरी बृहत् छलफल गरिएको थियो । रासस | News | 41,374 |
बरन्जामा धुमधाम धुलेमेला | मङ्गला गाउँपालिकाको बरम्जा क्षेत्रमा मनाइने धुलेमेलाको औपचारिक मुख्य विधि मङ्गलबारदेखि सुरु भएको छ । जेठ ८ गते आफ्नो पौराणिक विधि पूरा गरी जाँड राखेपछि धुलेमेला थालनी हुन्छ । धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाका अनुसार धुलेको मुख्य विधि तीन दिनसम्म हुने गर्दछ । मङ्गलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरन्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ । मङ्गलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले | https://gorkhapatraonline.com/news/109983 | अमृतप्रसाद पौडेलम्याग्दी, जेठ १७ गते । मङ्गला गाउँपालिकाको बरम्जा क्षेत्रमा मनाइने धुलेमेलाको औपचारिक मुख्य विधि मङ्गलबारदेखि सुरु भएको छ । जेठ ८ गते आफ्नो पौराणिक विधि पूरा गरी जाँड राखेपछि धुलेमेला थालनी हुन्छ । धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाका अनुसार धुलेको मुख्य विधि तीन दिनसम्म हुने गर्दछ । मङ्गलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरन्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ । मङ्गलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले औपचारिक रूपमा समापन हुन्छ । त्यसपछि खेतीपातीको काम खुल्छ । मङ्गलबार पितृ चढाएपछि नुहाउने, धुने तथा घरबाहिरको खनजोत जस्ता कार्य गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने गरिन्छ ।यस क्षेत्रकै सबैभन्दा पुरानो पर्व धुलेमेला मङ्गला गाउँपालिका–३ र ४ बरन्जा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरको आफ्नो मौलिक संस्कार हो । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुले १५ गते मङ्गलबारबाट सुरु भएको हो । मङ्गला गाउँपालिका–४, बुकेनीका बुद्धिबहादुर घर्तीका अनुसार बरन्जा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरले विसं १३१२ मा बरन्जाको थर्पुमा कोतघर निर्माण गरेसँगै धुलेमेला मनाउन थालेको तथ्य भेटिएको छ । १३ औँ शताब्दीदेखिको यो परम्परागत पर्व अहिले पनि मनाउँदै आइएको उहाँको भनाइ छ । धुलेमेला पितृ उद्धारका लागि हरेक वर्ष गरिने र मेलापछि पितृ खुसी हुने धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाइ छ । प्राचीनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरु भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएको उहाँको भनाइ छ । बरन्जा क्षेत्रमा ५४ कुरिया मगरको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौ थरका पुर्खा मिलेर घुम्दै हतियार धनुष वाँण बोकेर जङ्गली जनावरको सिकार गर्दै तरुल, भ्याकुर खोजेर खाँदै आफ्ना परिवारसहित बरन्जामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि त्यही क्षेत्रमा बसाइँ बसेको हुन सक्ने उनीहरूको अनुमान छ ।धुलेमेलाको समयमा मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ तर कोतघर नजिक ५४ कुरियाबाहेकका अन्यलाई जान निषेध गरिन्छ । महेन्द्ररत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाका अनुसार बरन्जाका घर्ती, रोका, बुढाथोकी र पुनमगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण भएको मान्न सकिन्छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचीनकालको सुन्दर उपहार भएको बताउनुभयो । अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोतघरभित्रका पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ धुलेमेला समापन हुन्छ । धुलेमेलाका माकुर बा अर्थात् जसवीर घर्तीको वैशाखमा लडेर मृत्यु भएको थियो । उहाँले १४ वर्षको उमेरदेखि धुलेको मूल दिनमा माकुरको भूमिका निर्वाह गर्न थाल्नुभएको थियो । अब नयाँ माकुर बन्ने छन् । धनुकाँड समातेर दर्शकलाई मनोरञ्जन गर्दै आफ्नो पितृकार्य पनि गर्ने कार्यलाई धुलेमा माकुर भन्ने धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रोकाले जानकारी दिनुभयो । | News | 31,855 |
कोरोना भाइरस नेपाल: सङ्क्रमितको कुल सङ्ख्या १५०० नाघ्यो, बाजुरामा एक बालिकाको मृत्यु भएको पुष्टि | नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ। | https://www.bbc.com/nepali/news-52867229 | मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ। शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उनले पुष्टि गरे। दैलेखमा मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरस देखिएको प्रदेश सरकारले शनिवार नै पुष्टि गरेको थियो। डा. देवकोटाका अनुसार बाजुरामा मृत्यु हुने दुई वर्षीया बालिका आफ्ना आमाबुवासँग भारतबाट फर्किएकी थिइन्। शनिवार सरकारले १८९ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। यससँगै अब नेपालमा कोभिड-१९सँग सम्बन्धित मृत्युको सङ्ख्या आठ पुगेको छ। अरू तथ्याङ्क के छ? मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २२० छ। अहिलेसम्म पीसीआर विधिबाट कुल ६९,५८२ वटा परीक्षण गरिएको छ। विगत २४ घण्टामा २,८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १,१९,१९२ व्यक्ति क्वारन्टीन र १,३४९ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्। जेठ १८ आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क १,५६७कुल सङ्क्रमण ५७सङ्क्रमण देखिएका जिल्ला पीसीआर विधिबाट परीक्षण ६९,५८२ चिकित्सकीय निगरानीमा अलग्गै१,३४९ देशभरि क्वारन्टीनमा१,१९,१९२ अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका २२० अहिले देशका ५७ जिल्लामा सङ्क्रमण फैलिएको छ। प्रवक्ता देवकोटाले पीसीआर परीक्षण बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको जानकारी दिए। अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्। अधिकांश सङ्क्रमित भारतबाट फर्किएका व्यक्ति भएको बताइन्छ। | Others | 68,116 |
राजनीतिक नियुक्ति खारेजी चर्को विवादमा | अघिल्लो सरकारले निश्चित अवधिमा गरेका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने सरकारी निर्णयले चर्को विवाद निम्त्याएको छ। | https://www.bbc.com/nepali/news-44729987 | विपक्षी कांग्रेसले त्यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै कैयौँको हकमा कानुन उल्लङ्घन हुने तर्क गरेको छ। कतिपय विज्ञले चाहिँ राजनीतिक नियुक्ति सरकारको क्षेत्राधिकारको विषय भएपनि निर्वाचन आचारसंहितासँग त्यसलाई अहिले जोड्नु सान्दर्भिक नहुने धारणा राखेका छन्। दायरा निर्वाचनको मतपरिणामपछि आफू सरकारको नेतृत्व सम्हाल्ने पर्खाइमा रहँदै गर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने घोषणा गरेकै पथमा पछिल्लो निर्णय आएको देखिन्छ। त्यसमा पनि थप, निर्वाचन आचारसंहिता लागु भएयताकै नियुक्तिलाई पनि समेटेर सरकारले खारेजीको दायरा अझ फराकिलो बनाएको छ। अहिले एमालेसँग एकीकरण गरेर एउटै दल नेपाल कम्युनिस्ट पार्टी गठन गरेको तत्कालीन माओवादी केन्द्रसमेत रहेको आफ्नो सरकारले गरेका नियुक्तिको खारेजीले विपक्षी कांग्रेसलाई रुष्ट बनाएको छ। उक्त दलका प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, "सहकार्यका लागि निम्तो नदिएर प्रतिपक्षीलाई भिडन्तका लागि खुला आमन्त्रण गरेजस्तो देखियो। यसलाई नियमित निर्णयभन्दा पनि त्यसपछिका नियतका आधारमा विश्लेषण गरिनुपर्छ।" तर कांग्रेस नेतृत्वको सरकारले पनि विगतमा अघिल्ला सरकारले गरेका नियुक्ति खारेज गरेका उदाहरण पाइन्छन्। उक्त प्रसङ्ग उप्काउँदा कांग्रेस प्रवक्ता शर्माले बचाउमा भने, "हुकुम प्रमाङ्गी जस्तै शैलीमा एउटै निर्णयबाट सबै बर्खास्त भन्ने खालको निर्णयप्रति एउटा व्यक्तिले कानुनी ढङ्गले कुन आधारमा नियुक्त भएको थियो र अहिले कुन आधारमा खारेज गरियो भनेर प्रश्न गर्न त पाउँछ।" तर्क राजनीतिक नियुक्तिसम्बन्धी सरकारको क्षेत्राधिकारभित्र पर्ने भन्दै कतिपय विज्ञ त्यसलाई स्वाभाविक ठान्नुपर्ने तर्क गर्छन्। तर निर्वाचन आचारसंहितालाई पनि नियुक्ति खारेजीसँग जोडिएको विषयलाई भने उनीहरू सान्दर्भिक ठान्दैनन्। त्यस्तैमध्येका एक पूर्वमन्त्री एवम् सचिव विद्याधर मल्लिक भन्छन्, "चुनाव सकिएर यतिका महिना भइसक्यो, दलहरू सरकारमा आइसके। अब फेरि त्यतिबेला नियुक्त भएका व्यक्तिलाई उसको कार्यक्षमता लगायतका आधारमा नभई निर्वाचन आचारसंहितासँग जोडेर बर्खास्त गर्नु त्यति सान्दर्भिक देखिँदैन।" चुनावी आचारसंहितालाई जोड्ने पछिल्लो सरकारी निर्णयबारे सोध्दा निर्वाचन आयुक्तहरूले प्रतिक्रिया दिन अस्वीकार गरे। दलीय भागबन्डा आधारमा नियुक्त भएका आयुक्तहरूको मत भने एकार्कासँग बाझिएको उनीहरूसँग गरिएका अनौपचारिक कुराकानीहरूबाट प्रतीत हुन्छ। | Others | 65,787 |
भीरबाट लडेर एकको मृत्यु | भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । अदानचुली गाउँपालिका –१ को कल्खे गाउँका युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुख फर्कने क्रममा भीरबाट लडेर उहाँको मृत्यु भएको हो । | https://gorkhapatraonline.com/news/66638 | राजन रावतहुम्ला, जेठ २२ गते । भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । अदानचुली गाउँपालिका –१ को कल्खे गाउँका युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुख फर्कने क्रममा भीरबाट लडेर उहाँको मृत्यु भएको हो । स्थानीय परबहादुर थापाले दिउँसो कल्खे गाउँमा दशरा मेला हेरेर दोमुख फर्कनेक्रममा लौठारुख भीरबाट लडेर मृत्यु भएको बताउनुभयो । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुगेपछि परिवारका अन्य सदस्यहरू आत्तिनुभएको थियो । सोमबार बिहानै खोजीमा जानेक्रममा दानी मृतक अवस्थामा दोमुख नजिक भेटिनुभएको बताउनुभयो । मृतक दानी दोमुखमा होटेल व्यवसाय सञ्चालन गर्दै आउनुभएको बताउनुभयो । दसरा पुर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । मृतक दानी सो हेर्न दोमुखबाट कल्खेगाउँ जानुभएको थियो । लडेर मृत्यु भएको खबर पाउने बित्तिकै गल्फागाड प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । मृतक दानीको सोमबारै अन्तिम दाहसंस्कार गरिएको छ । | News | 55,948 |
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने | विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । | https://gorkhapatraonline.com/news/101452 | काठमाडौँ, चैत १४ गते । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । रासस | News | 41,702 |
झिनो अङ्कले घट्यो नेप्से परिसूचक | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । | https://gorkhapatraonline.com/news/70587 | काठमाडौं, असार ५ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ । विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता शेयर रु. तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्यमा कारोबार भएको छ । आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स रु. २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२, प्राइम बैंक रु. २४ करोड ८९ लाख ५० हजार पाँच सय, शिवम् सिमेन्ट रु. १५ करोड ५१ लाख ५३ हजार छ सय १८ र सिटी होटल रु. नौ करोड एक लाख ६२ हजार सात सय ६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको शेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ ।आजको कारोबारमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ । रासस | News | 55,075 |
गाउँमा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान | बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्युनिकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी इकाईहरुले आत्महत्या न्यूनिकरणको अभियान चलाएका हुन् । | https://gorkhapatraonline.com/news/77897 | गोविन्द शर्माबाँके, भदौं २४ गते । बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्यूनीकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी एकाइहरुले आत्महत्या न्यूनीकरणको अभियान चलाएका हुन् । इलाका प्रहरी कार्यालय धनौलीले ग्रामीणस्तरमा आत्महत्या न्यूनीकरण अभियान चलाएको प्रहरी नायब निरीक्षक लिलबहादुर नेपालीले जानकारी दिनुभयो । प्रहरी नायब निरीक्षक नेपालीले भन्नुभयो, ‘स्थानीयलाई टोल–टोलमा जम्मा गरी आत्महत्या न्यूनीकरणका लागि सचेत पार्न कार्यक्रम चलाइरहेका छौं ।’ आर्थिक, सामाजिक र पारिवारिक कारणले व्यक्तिले आत्महत्या गर्ने भएकाले समुदायका व्यक्तिलाई त्यसबारेमा सचेत पार्न अभियान चलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार पछिल्लो तीनवर्षे अवधिमा आत्महत्याका घटना तीन गुणाले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा बाँकेमा १०१ जनाले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाङ्गीले भन्नुभयो, ‘आत्महत्या गर्नेमा सबै उमेर समूहका व्यक्ति छन् ।’प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा ३१ जना र २०७८–७९ मा ४७ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार कतिपय आत्महत्याका घटनामा विभिन्न व्यक्तिलाई दबाब दिएको भन्दै आत्महत्या दुरुत्साहनमा समेत कारवाहीका लागि मुद्दा दर्ता हुनेगरेको छ । आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि प्रहरीको तथ्याङ्कअनुसार आत्महत्या दिन प्रतिदिन बढिरहेको छ । चिकित्सकका अनुसार डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण हो । | News | 53,886 |
मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानी | सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्याउन भ्याई नभ्याई छ । | https://gorkhapatraonline.com/news/82621 | चित्र मिजारसिन्धुपाल्चोक, कात्तिक २ गते । सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्याउन भ्याई नभ्याई छ ।मधुमेह र अन्य रोगका बिरामीलाई खानामा अति उपयुक्त हुने मकैको च्याँख्ला निरोगीहरूबाट पनि अत्यधिक माग बढेको कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुपाल्चोकका महिलाहरूको आर्थिक उर्पाजन सहयोगका लागि कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाले मकैको च्याँख्ला बनाउने कार्य सुरु गरेको हो ।महिलाहरूले मकैलाई पिठो र च्याँख्ला बनाएर बेच्दै आएका छन् । पिठो र च्याँख्लाको माग धान्नै मुस्किल परेको छ । गाउँभरका महिलाहरूले मकैबाट च्याँख्ला बनाई बिक्री गरेर राम्रो कमाउन थालेपछि सिन्धुपाल्चोक दर्जनौँ गाउँका महिलाहरूले च्याँख्ला उत्पादन र बिक्री गर्न थालेका छन् । महिलाहरूले लोकल मकैबाट बनाएका च्याँख्ला सदरमुकाम चौतारा, साँगचोक, मेलम्ची, बाह्रबिसे, काभ्रेको बनेपा, धुलिखेल, राजधानीका सुपर मार्केटमा माग बढिरहेको महिला अगुवासमेत रहनुभएकी पौडेलले बताउनुभयो । बजारमा माग बढेसँगै महिलाहरूले च्याँख्ला बनाउने काम तीव्र रूपमा चलिरहेको उहाँले भन्नुभयो ।स्थानीय अर्ग्यानिक ताजा मकैबाट निमार्ण गरिएको च्याँख्ला स्वादिलो र पोसिलो छ । दिर्घरोगीदेखि निरोगी सबैले च्याँख्ला खानाको रूपमा प्रयोग गर्न थालेपछि माग पूरा गर्न हम्मेहम्मे परेको पौडेलले बताउनुभएको छ । च्याँख्लामा कुनै पनि रासायनिक बस्तु नमिलाएका कारण पनि माग बढेको बढै छ । बोटमै मज्जाले सुकेको मकैलाई आधुनिक मेशिनबाट पिँधेर च्याँख्ला र पिठो बनाउन थालेसँगै व्यापारीहरू महिलाहरूले च्याँख्ला बनाउने उद्योगमै पुगेर च्याँख्ला उठाउने गर्छन् । च्याँख्लालाई अहिले प्याकिङ, ब्राण्डिङ गरी सुपर मार्केटमा पनि पुर्याउन थालिएको छ । च्याँख्ला बनाउनका लागि स्थानीय कृषकहरूले अर्ग्यानिक रूपमा उत्पादन गरेको लोकल मकै खरिद गर्दे आएको महिलाहरूले जनाएका छन् । किसानका मकै पनि बिक्री भइरहेको छ भने महिलाहरूलाई घर गाउँमै स्वरोजगार मिलेको छ । उक्त च्याँख्ला बनाउने महिलाको सङ्ख्या दिनहुँ बढिरहेको छ । | News | 36,415 |
स्वस्थ खसीबोका बिक्री गर्न पहल | पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ । | https://gorkhapatraonline.com/news/82205 | काठमाडौँ, असोज २९ गते । पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ ।उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको हो । कलङ्की खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाकामा यस्तो परीक्षण गर्न थालिएको छ । त्यस्तै लगनखेल, धापाखेल आकासेधारा, सुकेधारा र चन्द्रागिरि (थानकोट) दाउरा डिपो, दहचोक, मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा सङ्कलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सुरु गरिएको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको स्थानमा पाँचदेखि सात जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । यो टोलीमा पशु स्वास्थ्यकर्मी र प्राविधिक परिचालन गरी क्लिनिकल परीक्षण गरिने छ ।विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द ढकालले दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने हुँदा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थ खसीबोका भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । शुद्ध र स्वस्थ मासुका लागि हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो । यस्तो परीक्षण आगामी कात्तिक ६ गतेसम्म गर्ने जनाइएको छ । पशु चिकित्सकले दसैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।“दसैँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगवाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ,” डा. ढकालले भन्नुभयो, “मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्यक्रम सुरु गरेको हो ।”पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिँगान र ¥याल बगेको, मलद्वारबाट पातलो दिसा बगेर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा सङ्व्रmमित रोगबाट कानमा घाउ भएको वा रगत बगेको परीक्षण गरिन्छ । त्यस्तै शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्याउने, घरी घरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गर्ने छन् । परीक्षणका क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रङ लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिने व्यवस्था गरिएको छ । निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पिपिआर, क्षयरोग, रेबिज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानीमा राखेर उपचार गरिने छ । विभागका अनुसार निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचारपश्चात् स्वस्थ भएका खसीबोकालाई पुनः बिक्रीका लागि बजार पठाइने छ । खोरेत, पिपिआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि सर्तमा बिक्री गर्न अनुमति नदिने विभागले जनाएको छ ।पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पिपिआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुन्छ । मानिसको ज्यान पनि जोखिममा पर्न सक्छ । उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा ‘साल्मोनेल्ला’ को जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ । विभागका अनुसार गत वर्षको दसैँमा खसीबोका ५१ हजार, च्याङ्ग्रा दुई हजार पाँच सय तथा राँगा पाँच सयको हाराहारीमा उपत्यकामा भित्रिएका थिए । | News | 53,214 |
पछौटेपनभित्र लुकेको रहस्य | पूर्वीय दर्शनको दाबी छ– “श्रम गर फलको आस नगर” । यस भनाइले श्रमप्रति इमानदार र अनुसाशित हुन प्रेरित गर्छ । श्रम स्वस्थ जीवनको आधार हो । शारीरिक तथा मानसिक सुखको स्रोत हो । जीवनयापनको प्रमुख अस्त्र हो । समृद्धिको मूल हो । श्रमपछिको आनन्द, श्रमपछिको भोक, श्रमपछिको सुख र श्रमपछिको शान्ति यस धर्तीमा सायद नै मिल्छ होला । श्रम शारीरिक र मानसिक दुवै हुन्छ । कतिपय अवस्थामा शारीरि | https://gorkhapatraonline.com/news/106030 | पूर्वीय दर्शनको दाबी छ– “श्रम गर फलको आस नगर” । यस भनाइले श्रमप्रति इमानदार र अनुसाशित हुन प्रेरित गर्छ । श्रम स्वस्थ जीवनको आधार हो । शारीरिक तथा मानसिक सुखको स्रोत हो । जीवनयापनको प्रमुख अस्त्र हो । समृद्धिको मूल हो । श्रमपछिको आनन्द, श्रमपछिको भोक, श्रमपछिको सुख र श्रमपछिको शान्ति यस धर्तीमा सायद नै मिल्छ होला । श्रम शारीरिक र मानसिक दुवै हुन्छ । कतिपय अवस्थामा शारीरिक श्रमलाई घृणाको भावले हेर्ने परिपाटी पनि छ । त्यही जमात फेरि बिहान बेलुका जिम हलमा झोला बोकेर अनुत्पादक श्रमका लागि दौडिरहेको छ । त्यही जमात ब्याडमिन्टन भिरेर व्यायाम गर्ने नाममा फजुल श्रममा उत्पादक समय बिताइरहेको छ । जे भए पनि मानव जीवनको अस्तित्व रक्षाका लागि श्रम आवश्यक छ ।विश्वको वर्तमान अवस्थालाई नियाल्दा नेपालमा श्रम शोषण भएको पुष्टि हुन्छ । लक्जेम्बर्गमा एक महिनाको ज्याला तीन हजार ३५७ अमेरिकी डलर छ । नेदरल्यान्डमा एक महिनाको दुई हजार ४२५ अमेरिकी डलर छ । एसियन देश जापानमा एक महिनाको एक हजार २०९ अमेरिकी डलर छ । सिङ्गापुरको एक हजार ४०० अमेरिकी डलर छ भने नेपालको न्यूनतम ज्याला प्रतिमहिना सत्र हजार ३०० रुपियाँ छ, जुन १२९ अमेरिकी डलर मात्र हो । यसले श्रममा आकर्षण होइन, विकर्षण पैदा गरेको छ, जसले अर्थतन्त्रको दिगोपनामा पनि चुनौती थपिरहेको छ ।नेपाल एउटा विकासशील देशमा फड्को मारिरहेको विकासोन्मुख देश हो । त्यसैले यो देशमा क्रमशः विकासका कार्य तथा योजनाअगाडि बढ्ने क्रममा छन् । सडक सञ्जाल गाउँ–गाउँ बस्ती–बस्तीमा पुगिरहेका छन । विद्यालयहरू परिणामात्मक हिसाबले पनि बढिरहेका छन् भने गुणस्तरीयता पनि क्रमशः बढ्ने क्रममा छ । स्वास्थ्य पूर्वाधार पनि निराशाजनक छैन । सांस्कृतिक विभेदहरू पनि दिनप्रतिदिन अस्ताउँदो गतिमा छन् । राजनीतिक तथा सामाजिक चेतना पनि बढ्दो गतिमा छ । यति हुँदाहुँदै पनि किन युवाको मन यी पूर्वाधारले जित्न सकेका छैनन् ? किन मानिसको मनमा आशाको दियो बल्न सकेन ? धनी र गरिबबिचको बढ्दो खाडल किन हट्न सकेन ? गिनी कोफिसियन्ट किन बढ्दो छ ? विश्वको अर्थतन्त्र किन सीमित व्यक्तिको हातमा गइरहेको छ ? यी प्रश्नको कारण धेरै हुन सक्छन् तर मुख्य कारणचाहिँ श्रमको उचित सम्मान, कदर, मूल्य, प्रतिफल नुहुनु पनि एउटा हो । सामान्य उदहारण– एउटा मानिसलाई मजदुरले मालिक बनाउँछ तर मजदुर सडकमा राहत थप्न बाध्य छन् । त्यही पनि एउटा पातलो बस्त्रमा पुस, माघको जाडोमा । आफ्ना लालाबाला र अर्धाङ्गिनीसहित उभिएको दृश्य हामी माझ नौलो विषय होइन । के नेपालको श्रमसम्बन्धी व्यवस्थाले यसलाई टुलुटुलु हेरेको मात्र छ ? के छन् त समस्या निराकरणका मुख्य प्रावधान ? के ती प्रभावकारी छन् त ?नेपालको संविधानको भाग ३ धारा ३४ मा श्रमको हकको व्यवस्था छ । यो धाराले प्रत्येक श्रमिकलाई उचित श्रमको, पारिश्रमिक सुविधाको, सामाजिक सुरक्षाको सामूहिक सौदाबाजीको, ट्रेड युनियनको हकको सुनिश्चित गरेको छ । यही भागको धारा २९ ले कुनै पनि प्रकारका शोषण नहुने कुराको ग्यारेन्टी गरेको छ । कसैलाई निजको इच्छाविरुद्ध काम लगाउन नपाइने व्यवस्था गरेको छ । यही भागको धारा १८ मा समानताको हक अन्तर्गत लैङ्गिक आधारमा सामाजिक सुरक्षा तथा पारिश्रमिकमा भेदभाव गर्न नपाइने प्रावधान छ । धारा ४२ मा सामाजिक न्यायको हकको प्रावधान छ । धारा ३९ मा बालबालिकाको हकको व्यवस्था छ । धारा ३३ मा रोजगारीको सुनिश्चितताका लागि प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था छ । श्रम ऐन, २०७४ को दफा ४,५,६,७,८ मा श्रमिकको हक अधिकारबारे प्रस्ट पारिएको छ, जहाँ कुनै पनि वर्ण, लिङ्ग, जात, उत्पत्ति, भाषा, धर्म, वैचारिक आस्थाको आधारमा भेदभाव गर्न नपाइने विषय पनि स्पष्ट परिएको छ । श्रम नियमावली, २०७५ पनि जारी भइसकेको अवस्था छ । समान कामका लागि समान पारिश्रमिकबारे नागरिकलाई सुसूचित बनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को पनि व्यवस्था छ तर यो श्रमसम्बन्धी व्यवस्था कतिपय अवस्थामा भुत्ते खुकुरीसरह साबित भएको छ । कागजी बागमा सीमित भएको छ । अन्तर्राष्ट्रिय देखावटी छवि निर्माणको आधार मात्र भएको छ । यस श्रमसम्बन्धी कानुनी प्रावधानलाई बसको ढोकामा हातमा पैसा बोकेर हिँड्ने १३ वर्षको सहचालकले गिज्याएको छ । निर्माणमा काम गर्ने महिला र पुरुषको पारिश्रमिकमा हुने विभेदले नाङ्गो बनाएको छ । विदेश जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यो लामो लाइनले उदाङ्गो बनाएको छ । कतिपय होटलमा काम गर्ने बाल मजदुरको कथा व्यथाले चुनौती दिइरहेको छ ।नेपालमा व्यावसायिक र जिम्मेवार बन्न अझै बाँकी रहेको निजी क्षेत्र, उपेक्षित रहेको कृषि क्षेत्र, कतिपय कलकारखाना, वैदेशिक रोजगार श्रम शोषणका मुख्य क्षेत्र हुन् । नेपालको पछिल्लो तथ्याङ्क अनुसार ७४ प्रतिशत अदक्ष मानिस वैदेशिक श्रममा जान्छन् । कतिपय मानिस बाकसमा मृत फर्कन्छन् । यो अवस्थाको कारण केही हदसम्म वैदेशिक श्रम शोषण पनि हो । यो किन बढिरहेको छ त ?सामाजिक–संस्कृतिक भड्किलोपन, छिटो धनी बन्ने चाहना, गरिबी, बेरोजगारी, अमानवीयता, अशिक्षा, वैदेशिक रोजगारीमा अन्धाधुन्ध प्रवेश, भड्किलो चुनाबी खर्च, नागरिक शिक्षाको कमी यसका मुख्य कारण हुन् । प्रभावकारी खोज पत्रकारिताको अभाव, फितलो कर्मकाण्डी अनुगमन तथा मूल्याङ्कन, लोकतन्त्रको उपहास, जनचेतनाको कमी, नागरिक समाजको राजनीतीकरण, सामन्तवादको अवशेष, तराईको जमिनदारी प्रथा, श्रमको कमजोर मूल्याङ्कन, गाउँघरमा अझै प्रचलनमा रहेको बालीघरे प्रथा श्रम शोषणका अरू उत्प्रेरक तत्व हुन् ।श्रम शोषणले ल्याएका विकराल समस्यामा ब्रेन ड्रेन, मसल ड्रेन, अन्तरिक कलह तथा द्वन्द्व, बढ्दो आयात, घट्दो निर्यात, बसाइँ सराइमा तीव्रता, सुस्ताउँदो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बाँझो जमिन, बढ्दो कृषि आयात, बढ्दो आत्महत्या, चोरी–डकैती–लुटपाट, बेस्यावृत्तिसमेत पर्छन् । यसलाई रोक्न सबैको साझा प्रयास अति आवश्यक छ । समस्या समाधानको खाकामा मुख्यतः कानुनको प्रभावकारी कार्यान्वयन र अक्षरशः पालना नै प्रथममा आउँछ । प्राविधिक, व्यावसायिक, सिपमूलक, जीवन उपयोगी, उत्पादनमुखी तथा व्यावहारिक शिक्षा श्रम शोषण निर्मूलको दोस्रो हतियार हो । सिप विकास तालिम सञ्चालन गर्ने, व्यक्तिमा सिपको विकास गर्ने, लगानीको वातावरण निर्माण गर्ने, उत्पादन गर्ने, बजारको प्रबन्ध गर्ने, पुनः लगानीको वातावरण निर्माण गर्ने, जसले सामान्य आम्दानीका लागि अर्काको शरणमा जानु नपर्ने अवस्था सिर्जना गर्छ ।वैदेशिक रोजगारीमा जाँदा म कुन देशमा जाँदै छु, के कामका लागि जाँदै छु, त्यो काम कसरी गर्ने, जाँदा कति पैसा लाग्छ, मैले जाँदा खर्च गरेको पैसा कताबाट आयो, त्यसको ब्याज कति हो, त्यो मिटर ब्याज हो कि आदि आधारभूत ज्ञान जान्नै पर्छ । वैदेशिक रोजगारीमा जानेलाई कामको प्रकृति हेरी न्यूनतम ज्ञान तथा तालिम सरकारले विदेश जानुअघि आनिवार्य प्रदान गर्नु पर्छ । यो तेस्रो उपाय हो । खुला बजार अर्थतन्त्रमा सरकार उत्प्रेरक, सहजकर्ता, वातावरण निर्माता त हुनै पर्छ तर यसका अतिरिक्त कडा नियामक हुनु पनि जुरुरी छ । जसले बाटो बिराउँछ, उसलाई जसरी भए पनि सही ट्र्याकमा ल्याउनु पर्छ । छाडा छोडेको बजारलाई सकारात्मक लगाम लगाउनु पर्छ । यो चौथो उपाय हो । श्रम शोषण अन्त्य गर्ने पाँचौँ अर्को अस्त्र भनेको व्यावसायिक पत्रकारिता पनि हो, जसको माध्यमबाट समाजका विकृति विसङ्गति सहजै उजगार हुन सक्छ । मौजुदा कानुनको पर्याप्त सञ्चार गर्ने तथा जानकारी दिलाउने प्रभावकारी नागरिक चेतना प्रवाह गर्ने काम पनि सञ्चार माध्यमबाट सम्भव छ । दण्डहीनताको संस्कृतिको अन्त्यका लागि सुरक्षा निकायलाई दबाब, अभाव तथा प्रभावबाट टाढा राख्नु पनि अर्को प्रभावकारी छैटौँ उपाय हो । समय अनुसारको उचित श्रमको मूल्य दिएर पनि यसको समूल अन्त्य गर्न सकिन्छ । आज माध्यमिक तहको गणित शिक्षक काम गर्न कोरिया जान्छ । बहालवाला मुख्य सचिव आफ्नो पद छोडेर विदेशी संस्थामा प्रस्थान गर्छन् । हजारौँ युवा विदेश भासिन्छन् । यसमा हजारौँ कारण होलान् तर एउटा अकाट्य कारण श्रमको उचित मूल्य, इज्जत सम्मान नभएर हो भन्दा दुई मत नहोला । नेपालको संविधानको मुख्य उद्देश्य पनि सुशासन, सामाजिक न्याय, शान्ति, समृद्धि र विकास नै हो । उक्त उद्देश्य पूरा गर्न पनि श्रमको उचित सम्मान, कदर र मूल्य सिर्जना हुनु पर्छ, जुन आजको आवश्यकता हो । भ्रष्टाचारको दुर्गन्ध हटाएर सुशासनको सुगन्धको तयार गर्नु पर्छ । यो विदेश जाने लर्को रोक्ने मन्त्र पनि हो । | News | 45,771 |
'डिसेम्बर फल्स'को 'फकाउनै जानिन' गीत सार्वजनिक | फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् । | https://gorkhapatraonline.com/news/46423 | काठमाडौं, मङ्सिर १२ गते । फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिन’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् ।दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ । आर्यन र उपासनाको पहिलो सहकार्य रहेको यो फिल्म आगामी पुस १५ गते रिलिज हुने धएको छ । भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नुभएको फिल्ममा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ । | News | 44,865 |
सेनाले सञ्चालन गरेको मेडिकल कलेज उत्कृष्ट | नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते स्थापना भएको गैर नाफा मूलक यस संस्था त्रिभुवन विश्वविद्यालय पछि मेडिकल शिक्षाका विद्यार्थीको आर्कषणको केन्द्र बनेको छ । | https://gorkhapatraonline.com/news/13887 | काठमाडौँ, जेठ १० गते । नेपालमा चिकित्सा शिक्षा अन्तर्गतको पढाई हुने मेडिकल कलेहरुमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान उत्कृष्ट बनेको छ । नेपाली सेना, सैनिक कल्याणकारी कोषको आर्थिक सहयोगमा २०६८ जेठ १० गते स्थापना भएको गैर नाफा मूलक यस संस्था त्रिभुवन विश्वविद्यालय पछि मेडिकल शिक्षाका विद्यार्थीको आर्कषणको केन्द्र बनेको छ ।संस्थानले स्थापनको १० बर्ष पुरा गरेको अवसरमा मंगलबार विशेष समारोहको आयोजना गरियो । प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा आयोजना गरिएको बार्षिक उत्सव समारहेमा सेनापति शर्माले संस्थानमा अध्यायनरत उत्कृष्ट विद्यार्थी, प्रध्यापक तथा कलेज सञ्चालन र स्थापनाका लागि सहयोग गर्ने व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गर्नुभयो । काठमाडौँ सानो भ¥याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले सैनिक तथा पूर्वसैनिकका छोरा छोरीलगायत चिकित्सा शिक्षा अध्ययन गर्न चाहने देश विदेशका विद्यार्थीलाई भर्ना लिने गरेको छ । यहाँ सैनिक तथा आश्रित परिवारका विद्यार्थीका लागि ४९ प्रतिशत तथा गैर सैनिक परिवारका विद्यार्थीका लागि ५१ प्रतिशत सिटको व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष एवं व्यावसायीक जनशक्ति उत्पादन गर्ने स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सो उक्त संस्थान स्थापना गरेको थियो । संस्थानमा हाल चिकिस्सा शिक्षाअन्तर्गत स्नातक तहमा एमबीबीएस, बिएस्सी नर्सिङ, बिएन, बिपीएच तथा बीएससीएमएलटी गरी पाँच विषय तथा प्रमाणपत्र तहमा पिसिएल नर्सिङ, जनरल मेडिसिन, फार्मेसी, रेडियो ग्राफी, फिजियो थेरापी तथा सिएमएलटी गरी ६ विषयमा कक्षा सञ्चालन हुँदै आएको छ । हालसम्म सो संस्थानबाट ४२९ जना विद्यार्थीले एमबीबीएस र पिविएन तथा विएनएच अन्तर्गत २३९ जना विएस्सी नर्सिङ तर्फ १६९ जना एमएसबाट १० जना एमबीएमएस तर्फ ३१ जना पिसिएल नर्सिङबाट २७९ जना तथा प्रमाणपत्र तहका अन्य तर्फ २७३ जना विद्यार्थीले उत्कृष्ट नजिता सहित उतृर्ण भएका छन् ।नेपाल मेडिकल काउन्सीलबाट लिईने एमबीबीएसको लाईसेन्सको परिक्षामा संस्थानमा अध्ययन पुरा गरेका सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण हुने गरेको संस्थानले जनाएको छ । संस्थानले हाल एमबीएमएसतर्फ १९ वटा विषयमा कक्षा सञ्चालन गर्दै आएको छ । जसमा ८३ जना विद्यार्थी अध्ययन गरीरहेका छन् । संस्थालने एमबीबीएस तर्फ ६५१ जना बिपिएचतर्फ २० जना, बिएस्सी एमटीमा १२ जना, स्नातक नर्सिङका तीनवटा विषयमा १८ जना, विएस्सी नर्सिङमा १५९ जना, विद्यार्थीले अध्ययन गरिरहेको जनाएको छ ।यसैगरी बीएन तर्फ १११ जना, पिसिएल नर्सिङमा १२१ जना, प्रमाणपत्र तहका विभिन्न विषयमा ४५८ गरी जम्मा एकहजार ६२१ जना विद्यार्थी अध्ययन गरिरहेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले जनाएको छ । संस्थानलाई अन्तरराष्ट्रिय स्तरको मेडिकल कलेजको रुपमा विकास गर्न प्रविधिक तथा पूर्वाधारको विकासमा विशेष ध्यान दिइएको छ । बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुरा शर्माले शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने उद्देश्यले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान स्थापना भएको बताउँनुभयो । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्रा.डा.दिव्यसिंह शाह, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलगायतले संस्थानले छाटो समयमा कायम गरेको शैक्षिक गुणस्तर र प्राप्त गरेको नतिजा उदाहरणीइ रहेको धारणा राख्नुभएको थियो । कार्यक्रमा संस्थानका कार्यकारी निर्देशक तथा अवकाश प्राप्त प्राविधिक उपरथी प्रा.डा. नागेन्द्रप्रसाद केसीले संस्थानको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । | News | 43,283 |
मासुजन्य रोगबाट बच्ने उपाय | मासुको सेवन वा प्रयोगबाट मानिसमा सर्ने धेरै रोग छन् । जसलाई मासुजन्य रोग भनिन्छ । यीमध्ये केही रोग प्राकृतिक रूपमा जनावर र मानिसबिच सर्ने गर्दछन् र तिनीहरूलाई जुनोटिक रोग भनिन्छ । यसमा ब्याक्टेरिया, भाइरल, माइकोटिक र परजीवी जुनोटिक रोगहरू समावेश छन् । जुनोटिक रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । जङ्गली जनावरको प्राकृतिक बासस्थानमा मानव घुसपैठ जुनोटिक रोगहरूको सङ्ख्यामा यो व्रmमिक वृद्धिको पछाडि एक कारण हो । वधशालामा काम गर्ने कामदार, उपउत्पादन प्रयोग गर्ने प्लान्ट र भेटेरिनरी डाक्टरहरूलाई जुनोटिक रोग लाग्ने बढी जोखिम रहने गर्छ । अनुचित पूर्वमार्टम र पोस्टमार्टम निरीक्षणको कारणले रोगी जनावर मासु शृङ्खलामा प्रवेश गर्न सक्छन् । | https://gorkhapatraonline.com/news/78412 | मासुको सेवन वा प्रयोगबाट मानिसमा सर्ने धेरै रोग छन् । जसलाई मासुजन्य रोग भनिन्छ । यीमध्ये केही रोग प्राकृतिक रूपमा जनावर र मानिसबिच सर्ने गर्दछन् र तिनीहरूलाई जुनोटिक रोग भनिन्छ । यसमा ब्याक्टेरिया, भाइरल, माइकोटिक र परजीवी जुनोटिक रोगहरू समावेश छन् । जुनोटिक रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । जङ्गली जनावरको प्राकृतिक बासस्थानमा मानव घुसपैठ जुनोटिक रोगहरूको सङ्ख्यामा यो क्रमिक वृद्धिको पछाडि एक कारण हो । वधशालामा काम गर्ने कामदार, उपउत्पादन प्रयोग गर्ने प्लान्ट र भेटेरिनरी डाक्टरहरूलाई जुनोटिक रोग लाग्ने बढी जोखिम रहने गर्छ । अनुचित पूर्वमार्टम र पोस्टमार्टम निरीक्षणको कारणले रोगी जनावर मासु शृङ्खलामा प्रवेश गर्न सक्छन् । यसबाहेक, मासु र मासुजन्य पदार्थको उत्पादनका विभिन्न चरणमा सरसफाइको अभावले गर्दा मासुजन्य रोगहरू हुने प्रमुख कारण हुन् । जुनोटिक रोगहरू जनावर र मानिसबिचमा फैलिने सङ्क्रमणको कारणले हुन्छन् । मानिसहरूमा यी रोगहरूको गम्भीरता हल्कादेखि जीवनलाई चुनौती दिनेसम्मका हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू ब्याक्टेरिया, भाइरस र परजीवीहरू जस्ता रोगजनक (रोग निम्त्याउने) सूक्ष्मजीवद्वारा दूषित खाना वा पानीको उपभोगका कारण हुने गर्छन् । तिनीहरू शरीरमा प्रवेश गरेपछि मानवमा पहिलो चरणका लक्षणहरू देखा पर्ने गर्छन् । यी धेरै सूक्ष्म जीव सामान्यतया स्वस्थ खाना उत्पादन गर्ने जनावरहरूको आन्द्रामा पाइन्छ । प्रदूषणको जोखिम खेतदेखि काँटासम्म हुन्छ र खाद्य शृङ्खलामा रोकथाम र नियन्त्रण आवश्यक हुन्छ । सबैभन्दा सामान्य खानाजन्य रोगहरू क्याम्पिलो ब्याक्टर, साल्मोनेला, येर्सिनिया, इकोलाई र लिस्टेरियाका कारण हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू एक महìवपूर्ण र विश्वव्यापी रूपमा स्वास्थ्यका लागि निकै खतरायुक्त कुरा हुन् ।खाना कसरी दूषित हुन्छ ?प्रदूषण चेनको साथमा खाना जुनसुकै बिन्दुमा हुन सक्छ । त्यो कृषि फार्ममा, वधशालामा, प्रशोधन वा तयारीको क्रममालगायत जुनसुकै चरणमा पनि खानेकुरा प्रदूषित हुन सक्छ । यदि खाना गलत तरिकाले भान्सामा प्रवेश गरेमा वा पकाएको छ भने खाना प्रदूषित हुने सम्भावना बढी रहन्छ । उत्पादन स्तरमा पनि खाद्यपदार्थ प्रदूषित हुने गर्छ । तिनका प्रमुख कारणहरूमा ब्याक्टेरियाले जनावरहरूमा सङ्क्रमण निम्त्याउन सक्छ । परजीवी जसले खाना उत्पादन गर्ने जनावरहरूलाई सङ्क्रमित गर्न सक्छ । त्यसै गरी मल वा वातावरणीय धुलोको सम्पर्कबाट दुध दूषित बन्दा दुग्धजन्य पदार्थहरू दूषित हुने गर्छन् ।त्यसै गरी मल र वरिपरिको वातावरणद्वारा दूषित जनावरको छालाले पनि खाद्य पदार्थलाई दूषित पार्न सक्छ । वधशाला फोहोर हुँदा, भुँडी, आन्द्राजन्य पदार्थ अरू राम्रो भागमा मिसिँदा समेत मानिसले खाने खाना प्रदूषित हुन सक्छ । कतिपय अवस्थामा मासुजन्य तथा अन्य खाद्य पदार्थलाई प्रशोधन गर्दा पनि विभिन्न कुरासँग सम्पर्कमा आउँदा प्रदूषित हुने गर्छ । अन्य कच्चा कृषि उत्पादनमा वा खाद्य सम्पर्क सतहमा उपस्थित सूक्ष्म जीवद्वारा पनि खाद्य पदार्थ दूषित हुने हुन्छ भने सङ्क्रमित व्यक्तिद्वारा छुँदा वा लसपस हुँदासमेत स्वच्छ खाना प्रदूषित हुने गर्छ । त्यति मात्र नभई तयारी खाना पनि प्रदूषित हुने उत्तिकै डर हुने गर्छ । भाँडा वा भान्साको सतहहरूको अनुचित प्रयोग, जसले ब्याक्टेरिया फैलाउन योगदान पु¥याउन सक्छ । त्यसैले काँचो मासु र अन्य कच्चा खाद्य सामग्रीको सुरक्षित भण्डारण, राम्ररी पकाउने र भान्साको राम्रो सरसफाइले यी सूक्ष्म जीवहरूबाट हुने जोखिमलाई रोक्न वा कम गर्न सक्छ ।जनावर वा पशुजन्य वस्तुको सम्पर्कबाट मानिसमा धेरै रोग लाग्ने गर्दछ । जनावरहरूमा पाइने कारक जीवहरू दूषित मासुको माध्यमबाट मानिसमा फैलिन सक्छ, त्यसैले जनावरहरूमा जीवहरूको उपस्थिति पहिचान गर्न, मासुमा पत्ता लगाउन र सार्वजनिक स्वास्थ्य खतराहरूको मूल्याङ्कन गर्न आवश्यक छ । यसका लागि मासुजन्य पदार्थसँग सम्पर्कमा आउन सक्ने महत्वपूर्ण पक्षहरू विस्तृत रूपमा अध्ययन गर्नु पर्छ । एक अध्ययनमा मानिसमा हुने रोग, जनावरमा जीवाणुको फैलावट, मासु परीक्षणमा पत्ता लगाउने र जनस्वास्थ्यमा महत्व रहेको छ । वधशाला मासु उत्पादन गर्ने काम सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै जनावरहरूलाई अत्यन्तै स्वच्छतापूर्ण अवस्थामा मार्ने कामलाई सुनिश्चित गर्न अधिकतम रूपमा ती जीवजन्तुको हेरचाह गर्नु पर्छ । विशेष गरी भारत जस्ता विश्वका केही देशमा खाद्यजन्य रोग गम्भीर समस्या बनिरहेका छन् । विश्वभर खाद्यजन्य रोगको मुख्य स्रोत मासु हो । त्यसैले जनावरको मृत शरीरको ब्याक्टेरिया दूषित हुनु मानव स्वास्थ्यका लागि निकै र दीर्घकालीन चुनौती हो । त्यसैले मासुमा जनावर प्रशोधनको काम अपरिहार्य हुन आउँछ । यो प्रदूषण प्रशोधन उपकरण, कामदार र वातावरणबाट आउन सक्छ, तर प्राथमिक स्रोतहरू जनावरहरू नै हुन् । जनावरको खुर, आन्द्राको सामग्री र रगतमा ब्याक्टेरियाको ठुलो सङ्ख्या हुन सक्छ, यी चिजहरू रोगजनक हुन्छन् नै । त्यस कारण त्यस्ता सबै देखिने प्रदूषणहरू शवको सतहहरूबाट हटाइनु पर्छ । त्यस्ता खालका मासुहरू खानु मानव जीवनका लागि स्वस्थ्यकर हुँदैनन् । मासुजन्य रोगहरू ती रोगहरू हुन्, जुन मासु र मासुजन्य पदार्थको एजेन्सीमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मारिएका जनावरहरूबाट सर्ने गर्छन् । यी ब्याक्टेरिया, भाइरल, परजीवी, माइकोटिक, रिकेट्सियल र रासायनिक उत्पत्ति हुन सक्छन् । पशुको मासु व्यवस्थापन, पशु वध गर्ने, मासु तथा मासुजन्य पदार्थ प्रशोधन गर्ने, वधशालाको उपउत्पादनको व्यवस्थापन गर्ने, मासु तथा मासुको निरीक्षण गर्ने, मासु तथा मासुजन्य पदार्थको बजारीकरण तथा वितरण गर्ने कार्यमा संलग्न व्यक्तिलाई यस्ता रोग लाग्ने गरेका छन् । दूषित मासु र मासुजन्य पदार्थको सेवनबाट पनि उपभोक्तालाई सङ्क्रमण हुने गरेको छ । त्यसैले मासुजन्य रोगको नियन्त्रण र रोकथामका लागि उचित उपाय अपनाउनु पर्दछ । पशु वध गर्नु अघि र पछि मासुजन्य रोगको निरीक्षण, मासुजन्य पदार्थको स्वच्छतापूर्ण वध र प्रशोधन, निन्दित सामग्रीको उचित विसर्जन र जुनोज, गुणस्तर नियन्त्रण प्रणाली र जनचेतनाको सिर्जना जस्ता थुप्रै उपाय छन् ।हामीले केही सावधानी अपनाएर यस्ता सङ्क्रमणबाट आफूलाई बचाउन सक्छौँ जस्तै : बिरामी जनावरहरूलाई अलग्गै राखेर उपचार गर्ने, काट्ने र खरोंचहरूमा तुरुन्त र प्रभावकारी प्राथमिक उपचार प्रदान गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरणहरू प्रयोग गर्ने, समग्र कपडा, पन्जा, जुत्ता, चस्मा, एप्रोन लगाएर काम गर्ने र काम गर्न ठाउँका उपकरणहरू सफा गर्ने र कीटाणुरहित गर्ने, घरपालुवा जनावर र पशुधनलाई बेलाबेला खोप लगाउनु पर्छ । घरपालुवा जनावरहरूको बस्ने ठाउँमा मुसालाई नियन्त्रण गर्ने, जनावरहरको श्वासप्रश्वास सुरक्षा, सधैँ पाश्चराइज्ड सबै दुध र अन्य दुग्धजन्य उत्पादनहरू प्रयोग गर्ने बानी बसाल्नु पर्छ । पाश्चराइज्ड दुग्ध उत्पादनहरू यात्राका क्रममा खानु हुँदैन । अनि मात्र मासुजन्य, दुग्धजन्य पदार्थ सेवनबाट हुने रोगको सङ्क्रमणबाट बच्न सकिन्छ । | News | 46,602 |
वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय कार्यान्वयन | मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो । | https://gorkhapatraonline.com/news/71144 | महेशकुमार दास जलेश्वर, असार ३० गते । मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।दोस्रो पटक नगरप्रमुखको पदभार ग्रहण गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डलले वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय गर्नुभएको थियो । नगरप्रमुख मण्डलले नगरवासीलाई आगलागीको घटना न्यूनीकरण गर्न वारुणयन्त्र खरिद गर्ने र शिक्षामा छात्राको पहुँच मजबुत पार्न प्रोत्साहन स्वरूप साइकल वितरण गर्ने निर्णय गर्नु भएको थियो ।नगरप्रमुख मण्डलले वारुणयन्त्र खरिद गर्न प्रक्रियाहरू पूरा गर्न समय लागेका कारण केही ढिलाइ भए पनि नगरवासीसँग गरेको वाचा पूरा गर्न सफल भएको बताउनुभयो ।५९ लाख २५ हजारको लागतमा खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी बोक्न सक्ने क्षमता रहेको मटिहानी नगरपालिकाको इन्जिनियर विमलेश साहले बताउनुभयो ।छ हजार ४६० घर धुरी रहेको मटिहानी नगरपालिका वारुणयन्त्र खरिद भई सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन् । पालिकामा वारुणयन्त्र नहुँदा आगलागी लगायतका घटनाहरूमा छिमेकी नगरपालिका र जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो ।यसैबीच, वारुणयन्त्रको नगर प्रमुख मण्डलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले चाँडै नै वारुणयन्त्रको व्यवस्थापन गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । | News | 54,980 |
इंग्ल्यान्डको नयाँ क्रिकेट अध्याय | जम्माजम्मी तीन सातामा बेन स्टोक्सले त्यो उपलब्धि आत्मसात् गरेका छन् । जुन जो रुट र क्रिस सिल्भरउडले तीन वर्षमा पनि हात पारेका थिएनन् । स्टोक्सले इंग्लिस क्रिकेटका लागि टेस्ट नयाँ परिचय थपिदिएका छन् । यो वास्तवमै फरक छ । | https://ekantipur.com/sports/2022/06/29/165647167831587256.html | लन्डन — जम्माजम्मी तीन सातामा बेन स्टोक्सले त्यो उपलब्धि आत्मसात् गरेका छन् । जुन जो रुट र क्रिस सिल्भरउडले तीन वर्षमा पनि हात पारेका थिएनन् । स्टोक्सले इंग्लिस क्रिकेटका लागि टेस्ट नयाँ परिचय थपिदिएका छन् । यो वास्तवमै फरक छ ।सायद अहिलेसम्म कोही पनि कप्तानले यति समयमा यति धेरै आफूलाई स्थापित गर्न सके । उनले इंग्ल्यान्डको खेल्ने शैलीमै परिवर्तन ल्याए । यसलाई क्रान्तिकै नाम दिँदा पनि केही फरक पर्दैन । तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड ७ विकेटले विजय भएको औपचारिकता पूरा भएपछि विश्व च्याम्पियन न्युजिल्यान्डमाथि उनको ह्वाइटवास पनि सम्भव भयो । सन् २०११ यता इंग्ल्यान्डले दुई वा त्यो भन्दा बढीको टेस्ट शृंखलामा यस्तो एकपक्षीय जित निकालेको यो पहिलोपल्ट हो । यो सफलताको श्रेय स्टोक्सले इंग्ल्यान्डकै एकदिवसीय कप्तान इयोन मोर्गनलाई दिन चाहे, जसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मोर्गनले एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डका लागि यस्तै क्रान्ति रचेका थिए । त्यो न्युजिल्यान्डविरुद्ध नै थियो । स्टोक्स मान्छन्, एकदिवसीय टिमका लागि मोर्गनले जे जस्तो गरे आफूले पनि टेस्ट क्रिकेटमा त्यसलाई पछ्याए । टेस्ट क्रिकेट मनपराउने र त्यसमा आफूलाई सिद्ध गर्न खोज्ने इंग्लिस खेलाडीका लागि अब सबथोक स्पष्ट भएको छ, त्यो भनेको आफ्नो काम र जिम्मेवारी । अझ ठ्याक्कैभन्दा ब्याटर हो भने सकारात्मक रहने र रन बटुल्ने । बलर हो भने आक्रामक पारामा खेल्ने । खासमा यो अस्ट्रेलियाली पाराको क्रिकेट हो, जसलाई न्युजिल्यान्डमा जन्मेका स्टोक्स र ब्रेन्डन म्याकलमले इंग्लिस क्रिकेटमा पनि भित्र्याए । प्रशिक्षक म्याकलमले इंग्लिस क्रिकेट टिमको जिम्मेवारी सम्हालेको पनि धेरै भएको छैन खाली २५ दिन । अचेल कप्तान स्टोक्स र प्रशिक्षक म्याकलमबीच खुबै कुरा मिल्छ । उनीहरूबीच विचार मिलेको देखिन्छ, किनभने दुवै धेरै बोल्न खालका होइनन् । तर, स्टोक्स र म्याकलमले ठीक समयमा ठीक बोलेका छन् । जसलाई सबै खेलाडीले बुझेका छन् । परिस्थितिले पनि इंग्लिस क्रिकेटलाई अहिले मदत गरेको छ । सबै तीनै टेस्टका लागि प्रयोग भएका पिच ‘फ्लाट’ रहे । त्यसैले पूरा शृंखलामा १५ ड्युक बल प्रयोगमा आयो । विश्व टेस्ट च्याम्पियनसिपपछि न्युजिल्यान्ड त्यस्तो टिम रह्यो, जसले आफ्नो दिशा गुमायो । त्यही समय इंग्ल्यान्डले लय समातेको छ । सायद न्युजिल्यान्डलाई आफ्ना खेलाडीप्रति विश्वास कम हुन थालेको छ । त्यसैले त जहाँ इंग्ल्यान्डले आफ्नो स्पिनरमाथि पूर्ण विश्वास देखायो, त्यहीं न्युजिल्यान्ड कप्तान केन विलियम्सनले एजाज पटेललाई खेलाएनन् । लर्डसमा भएको खेलमा स्टोक्सले उनीमाथि निर्ममतापूर्वक रन बटुलेका थिए । उनको स्थानमा आए माइकल ब्रेसवेल । उनी पनि उत्तिकै महँगा साबित भए । प्रत्येक ओभरमा ६ को हाराहारीमा रन दिए । पिचले बलरलाई मदत गरिरहेको नभए पनि इंग्ल्यान्डले शृंखलामा ६० विकेट लियो । त्यहीं ब्याटिङ पनि उत्तिकै आक्रामक रह्यो । तीन टेस्टमा इंग्ल्यान्डले प्रतिओभर ४.५४ को औसतले रन बनाएको थियो । सन् २००५ यता घरेलु मैदानमा इंग्ल्यान्डको यो प्रदर्शन अहिलेसम्मकै उच्च हो । इंग्ल्यान्डको यस्तो सबै प्रदर्शन न्युजिल्यान्डले पहिले ब्याटिङ गरेपछि हो । इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्छ भने उसको प्रदर्शन कस्तो हुनेछ, त्यो हेर्न लायक रहनेछ । विश्वास गर्न सकिन्छ, यो आक्रामक शैली हराउने छैन । अर्को साता इंग्ल्यान्डले भारतको सामना गर्नेछ र यो भारतीय टिम न्युजिल्यान्डभन्दा पक्कै केही सुदृढ देखिन्छ । लगातार तीन टेस्टको चौथो इनिङ्समा २ सय ५० रनभन्दा माथिको स्कोर सफलतापूर्वक पछ्याउने काम हुन्छ भने इंग्ल्यान्डको प्रदर्शनलाई भाग्यले साथ दिएको मात्र पक्कै भन्न मिल्दैन । यस्तो खेल्ने सोचका लागि केही हदसम्म मोर्गनलाई धन्यवाद दिर्नैपर्छ । मार्चतिर वेस्ट इन्डिजविरुद्ध निकै खराब खेलेका खेलाडी नै अहिलेको इंग्लिस टिममा छन् । यस्तोमा यो प्रदर्शनको परिवर्तनको खास श्रेय स्टोक्स र म्याकलमलाई नै दिनुपर्छ । पूरा शृंखलामा त्यस्तो मोड प्रत्येक खेलमा आयो, जतिबेला न्युजिल्यान्डले प्रतिस्पर्धामाथि आफ्नो पूर्ण पकड राख्न सक्थ्यो । तर, पाहुना टिम प्रत्येकपल्ट चुकेको थियो । पूरा शृंखलामा खास त्यस्ता मोड धेरै छन्, जसले देखाउँछ यसमा इंग्ल्यान्डले वास्तवमै धेरै सुदृढ खेल प्रदर्शन गरेको छ । अन्त्यमा म्याकलमले ठीकै भनेका छन्, ‘म त्यस्तो प्रशिक्षक होइन, जसले खेलाडीलाई कसरी खेल्ने भनेर सिकाउने गर्छ । म रणनीतिमात्र तय गर्ने गर्छु ।’इंग्ल्यान्डको यो शृंखला जितले सम्भवतः घरेलु काउन्टी क्रिकेटका लागि पनि सकारात्मक सन्देश हुनसक्छ । कप्तान स्टोक्सले भनेका छन्, अहिले इंग्ल्यान्डले अहिले जसरी खेलेको छ, त्यसरी खेल्न रूचाउनका लागि इंग्लिस टेस्ट टिमको ढोका खुला छ । उनी भन्छन्, ‘अब हामी त्यसरी खेल्नेछौं, जसको उद्देश्य तथ्यांकका लागि हुने छैन । कोही कसैले कसरी खेल्छ, त्यो नै महत्त्वपूर्ण हुनेछ ।’ इंग्ल्यान्डले लेखेको नयाँ क्रिकेट अध्याय यही त हो, जुन वास्तमवै रोचक छ । | Sports | 20,124 |
नौ वर्षदेखि पालमुनिको बसाइ | निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ । | https://gorkhapatraonline.com/news/44688 | रजनी योगी सुर्खेत, कात्तिक ३० गते । निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।पाँच वर्षअघिकै आश्वासन लिएर फेरि बाढी प्रभावितको मत तान्ने कसरतमा उम्मेदवार लागेको शिविरका प्रतिनिधिको दुःखेसो छ । राजनीतिक दल र नेताहरूले २०७४ को चुनावताका शिविरको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यतिबेला बाढी प्रभावितको सवाल प्राथमिकताका साथ उठाएका उम्मेदवारले निर्वाचनपछि बेवास्ता गरेको अस्थायी शिविरका बासिन्दाको गुनासो छ । २०७१ को बाढीका कारण विस्थापित बराहताल गाउँपालिका –२ का एक सय २५ घरधुरी अहिले पनि गिरीघाटसँग जोडिएको वीरेन्द्रनगर –१ को सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । त्रिपाल र छाप्रोमा बस्दै आएका उहाँहरूलाई कर्णाली प्रदेश सरकारले व्यवस्थापनका लागि तीन चरणमा राहत रकम उपलब्ध गराएको भए पनि त्रिपालको बासबाट मुक्ति पाउनुभएको छैन । पुनर्स्थापना लागि सो रकम न्यून भएको प्रभावित परिवारहरू बताउँछन् । जो अघिल्लो निर्वाचनका बेला मात्र होइन, झन्डै नौ वर्षदेखि त्रिपालमुनि छन् । ‘चुनाव आएमात्र पीडा सुन्न भन्दै नेताहरू आउँछन्’ शिविरकी विनीता विकले भन्नुुभयो ‘हाम्रो व्यवस्थापनमा कसैले चासो देखाएनन्, वर्षाैंदेखि भ्वाङ्ग परेका त्रिपालमा कष्टर जीवन काटिरहेका छौँ ।’गिरीघाट शिविरमा केही दिनयता नेताको आउजाउ बाक्लै छ । सबैजसो उम्मेदवारले आफ्नो प्रतिबद्धतापत्रको एउटा बुँदामा लेखेका छन्, ‘बाढीपीडित परिवारको उचित व्यवस्थापनका लागि पहल गरिनेछ ।’ ठूलादेखि साना सबै दल र उम्मेदवारले सो बस्ती व्यवस्थापनलाई जोड दिने प्रतिबद्धता जनाएका छन् । शिविरमा बस्दै आएका ५६ वर्षीय धनबहादुर विकले नेताहरूका बाचा खोक्रो आश्वासन मात्र लाग्नेगरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नेता र सरकारविनाका नागरिकजस्तै भयौँ ।’ अस्थायी शिविरका बासिन्दाको मुख्य माग जग्गाधनी पुर्जा रहेको छ । कतिपय परिवारले अझै पनि राहत रकम नपाएको गुनासो गरेका छन् । तीन वटै तहका सरकारले राहत रकम दिने भने पनि प्रदेश सरकारबाट मात्र प्रतिघरधुरी तीन लाख रकम प्राप्त भएको उहाँहरूको भनाइ छ ।शिविरका शान्ति सारुले आफ्ना समस्या सम्बोधन गर्नेखालका नेता कोही नआएको बताउनुभयो । यसअघि राजनीतिक दल र नेताहरूको करकापमा मत दिनेगरेको भए पनि यसपल्ट त्यसो नगर्ने बताउनुभयो । ‘घर बनाइदिन्छौँ, रोजगारी दिन्छौँ, ढुक्कसँग बस्नुहोला भन्ने उम्मेदवारहरू शिविरमा मत माग्न आएका छन्’ उहाँले भन्नुभयो । बाढीपीडित सङ्घर्ष समितिका संयोजक रामचन्द्र पुरीले उचित ठाउँमा जग्गाको व्यवस्थापन गरी बस्ती विकास गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलेकै ठाउँमा फर्कन सक्ने अवस्था छैन, त्यहाँ तटबन्ध गर्नुपर्ने हुन्छ ।’ कैयन हिउँद बर्खा त्रिपालमा कटाएका बाढी प्रभावित परिवार सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । यो पालिकाका वडा नं. २ र ३ मा गरी पाँच सय घरधुरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । त्यसका लागि उपयुक्त स्थानको अध्ययनको तयारी थालिएको उहाँको भनाइ छ । | News | 60,443 |
कोरोनाबाट जोगिन स्वास्थ्य सतर्कता | विश्वका अन्य देशसँगै नेपालमा पनि पछिल्लो समय कोरोना (कोभिड–१९)को सङ्क्रमणको दर क्रमशः उकालो लागेको पाइएको छ। कोरोना सङ्क्रमण बढेसँगै पर्याप्त सतर्कता पनि आवश्यक देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार ९१५ जना कोरोना सङ्क्रमित भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार छ हजार दुई जनाको नमुना परीक्षण गर्दा ९१५ जना सङ्क्रमित भेटिएका हुन्। ९१५ जना नयाँ सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ। | https://gorkhapatraonline.com/news/21113 | विश्वका अन्य देशसँगै नेपालमा पनि पछिल्लो समय कोरोना (कोभिड–१९)को सङ्क्रमणको दर क्रमशः उकालो लागेको पाइएको छ। कोरोना सङ्क्रमण बढेसँगै पर्याप्त सतर्कता पनि आवश्यक देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार ९१५ जना कोरोना सङ्क्रमित भेटिएको जनाएको छ। मन्त्रालयका अनुसार छ हजार दुई जनाको नमुना परीक्षण गर्दा ९१५ जना सङ्क्रमित भेटिएका हुन्। ९१५ जना नयाँ सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३३ पुगेको छ। नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६८ पुगिसकेको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकार र मातहतका सम्बद्ध निकायले सचेतना अभियान सञ्चालन गरेर सतर्कतामा जोड दिएका छन् तर जनसामान्य भने स्वास्थ्य मापदण्डको पालनामा उदासीन पाइएको छ। कोरोनाको भाइरस मानिसबाटै मानिसमा सर्छ भन्ने प्रमाणित भइसकेको अवस्थामा मानिसले मानिसबाटै सतर्क रहनुको विकल्प छैन। नागरिकले यो तथ्य जति छिटो बुझ्ने प्रयत्न गर्छ, यसको रोकथाम पनि त्यति नै छिटो हुन्छ। कोरोना नाम स्वयंमा नयाँ होइन तर वर्तमानमा अचानक यो नाम चर्चाको शिखरमा पुगेको छ। यसको कारण हो– कोरोना भाइरसको आतङ्क। विज्ञहरूका अनुसार कोरोना भाइरस पनि नयाँ होइन। विगतमा पनि कुनै न कुनै रूपमा यो अस्तित्वमा थियो तर यति विघ्न आतङ्क फैलिएको थिएन। हालसम्म प्राप्त विवरणका आधारमा विश्लेषण गर्ने हो भने यो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर)सँग जोडिएको छ। जुन भूगोलका व्यक्तिमा प्रतिरोधात्मक क्षमता कमजोर र स्वास्थ्य सेवाको उपलब्धता जटिल छ, त्यहाँ यसले बढी आक्रमण गरेको छ। कमजोर प्रतिरोधात्मक क्षमताकै कारण यस भाइरसले ६० वर्षभन्दा माथिका व्यक्तिलाई बढी समस्याग्रस्त बनाएको पाइएको छ। त्यसो त यसका सन्दर्भमा अनेक विश्लेषण गरेर विद्वता देखाउनेको कमी छैन। हुँदाहुँदा एक जना विश्लेषकको एउटा आलेख नेपालको नाम चलेको पत्रिकामा प्रकाशित भयो। तिनले यसको सम्बन्ध पुँजीवादी व्यवस्थासँग पनि जोडे। यस्ता मत राख्नेहरूका अनुसार पुँजीवादीले आफ्नो व्यापार बढाउन कोरोनाको आतङ्क प्रसार गरेका हुन्। अर्काथरि कथित विद्वान् छन्, उनीहरूले यसमा जैविक हतियारको सम्भावना देख्छन्। त्यस्ताका अनुसार यो अमेरिका र चीनबीचको सङ्घर्षको परिणाम हो र कोरोनालाई जैविक हतियारका रूपमा परीक्षण गरिएको हो। त्यस्ता विद्वान् अमेरिका र चीनबीच कस्तो र केका लागि सङ्घर्ष छ भन्नेचाहिँ खुलाउन चाहँदैनन्। यस्तै एकथरि स्वनामधारी छन्, जो कोरोनाको आतङ्क प्रसारमा पश्चिमा मिडियाको चलखेल देख्छन्। उनीहरूका अनुसाार कोरोना जति खतरनाक छ, त्योभन्दा बढी खतरनाक यसलाई पश्चिमा मिडियाले बनाएका छन्। उनीहरूले आफ्ना पक्षमा अतिरञ्जित तरिकाले कोरोनालाई जनसमक्ष पस्केका छन्। सत्य जेसुकै पनि हुन सक्छ वा सत्य यीमध्ये केही नहुन पनि सक्छ। एउटा सत्य कुराचाहिँ के हो भने कोरोना कमजोर भाइरस हो। कतिपय सन्दर्भमा रुघाखोकीको सामान्य औषधि र केही सचेतनामूलक कार्यले यो भाइरस परास्त हुन सक्छ। सबभन्दा चिन्ताको विषय के हो भने यसमा एक ठाउँबाट अर्को ठाउँसम्म सर्न सक्ने क्षमता धेरै छ। आमव्यक्ति सबभन्दा बढी सचेत हुनुपर्ने यसै सन्दर्भमा हो। कोरोना भाइरसका कारण अहिले सम्पूर्ण विश्व त्रस्त र आक्रान्त बन्न पुगेको छ। समकालीन विश्वमा महामारीको रूप ग्रहण गरिरहेको यो भाइरसजन्य रोग अहिले स्वास्थ्य विज्ञानका लागि चुनौती बनेको छ। विज्ञहरूका अनुसार निमोनियाजस्तै रोग निम्त्याउने यो भाइरसले सामान्यतया रुघा, खोकी र ज्वरोको लक्षण देखाउँछ। शरीर दुख्ने, अत्यधिक थकान अनुभव हुने र श्वास लिन कठिन हुनेजस्ता समस्यालाई विस्तार गर्दै यो भाइरसले मानिसलाई मृत्युको मुखसम्म लैजाने कुरा विज्ञहरूले बताएका छन्। विश्वमा यो भाइरस पछिल्लोपटक सबभन्दा पहिलो चीनमा देखिएको हो । सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिचान भएको हो। यो भाइरसजन्य रोग सोही डिसेम्बरपछि विश्वभरि फैलियो। त्यसपछि पटकपटक गरी तीन पटक यस रोगको सङ्क्रमणको लहरबाट विश्व आक्रान्त हुन पुग्यो। अहिले एक पटक पुनः यस भाइरसको सङ्क्रमण बढेको अनुभव गरिएको छ। यस रोगबाट कति जनाको मृत्यु भएको कुरा हालसम्म यकिन हुन सकेको छैन तर एउटा कुरा के सत्य हो भने उपयुक्त औषधिको अभावमा थुप्रै व्यक्तिले समस्या भोग्नु परेको छ। त्यसो त पछिल्लो समयमा यस रोगसँग सङ्घर्ष गर्ने सन्दर्भमा केही खोपको अविष्कार त भएको छ तर यी खोप पनि दीर्घकालीन प्रभावका नहुँदा भविष्यमा समस्या निम्तिन सक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन। यो भाइरस हावाभन्दा पनि सिँगान, खकार, हाँच्छ्यु, पसिना, हातको सम्पर्क आदिबाट सर्ने सम्भावना व्यक्त गरिएको छ। विज्ञहरूले जनसामान्यलाई मास्क प्रयोग गर्न, साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गरी हात सफा राख्न, भीडभाडमा नजान, एकआपसमा हात नमिलाउनजस्ता सावधानी अपनाउन आह्वान गर्दै आएका छन्। यस आधारमा सरकारले पनि आवश्यक तयारी गर्नुपर्ने हो, आशा गरौँ, सरकार यसप्रति निश्चय पनि गम्भीर होला नै। जनतालाई परेको यस पीडाबाट लाभ उठाउन व्यापारीले कालाबजारीलाई प्रश्रय दिएको पाइएको छ तर नियन्त्रणका दिशामा खासै पहल हुन सकेको पाइएको छैन। भीडभाडमा जनसामान्यलाई नजान भनिए पनि सार्वजनिक यातायातका साधनको सङ्ख्या र स्तरमा सुधारतर्फ भने सरकारले हालसम्म कुनै तदारुकता अपनाएको पाइँदैन। देशको राजधानीकै यो हालत छ भने देशका दूर दराजका गाउँको हालत के होला ? स्वतः अनुमान गर्न सकिन्छ। नेपाली जनता धैर्यवान र चेतनशील छन्। जस्तै समस्याको समाधान पनि जनस्तरबाटै खोज्न सक्ने क्षमताका धनी छन्। यस पटक पनि समस्याको समाधान मिलेरै गर्नेछन्। यो भाइरसलाई जुन प्रकारले हौवा बनाइएको छ, खासमा त्यस्तो होइन। यो शक्ति राष्ट्रबीचको सङ्घर्षको परिणाम पनि होइन। यो पुँजीवादी शक्तिहरूको रणनीति पनि होइन। यो त सामान्य भाइरस हो, जो मानिसकै कारणले अत्यधिक प्रसार हुने अवस्थामा आयो। यो भाइरसबाट लाग्ने रोगको मृत्युदर अत्यन्त न्यून भएको पाइएबाट यो रोग चर्चामा रहेजस्तो भयानक होइन तर समस्या के हो भने यसको कुनै औषधि अहिलेसम्म निर्माण हुन सकेको छैन। त्यसैले सावधानी अपनाउनु नै यो रोगको प्रतिकारको मुख्य औजार हो। यसमा देशका प्रत्येक तहका सरकारको भूमिका सहयोगी हुनु अनिवार्य छ तर यस दिशामा सरकार एक्लैको प्रयास मात्र पर्याप्त नहुने पक्का छ। आमव्यक्तिले हतोत्साही हुनुपर्ने कुनै कारण छैन। सावधानी र सतर्कता अपनाइए यस भाइरसबाट हुने जोखिम न्यून गर्न सकिन्छ। निश्चय पनि नेपाली जनता यसका लागि तयार रहेको विश्वास गर्न सकिन्छ। मिडियाले पनि अतिरञ्जनालाई त्यागेर सचेतना जागृत गर्ने महाअभियानमा जुट्नु अनिवार्य छ। | News | 48,040 |
माछामासुनै नखाने र पशुपंक्षी नपाल्ने जनजातिको गाउँ | प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ । | https://gorkhapatraonline.com/news/15732 | धनकुटा(हिले), जेठ ३० गते । प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ । साम्बु गाँउका ७२ बर्षीय भरतलाल राईको घरमा राँगा, बंगुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पंक्षि र पशुबस्तुको खोर छैनन् । चाडपर्ब होस् वा भोज भतेमा होस् भान्छामा कहिले पनि मासुका परिकार बन्दैनन् । हरेक महिनाको शुक्लपक्षमा परिवारलेनै पूर्णब्रत लिन्छन् । राई समुदायका उहाँहरुले साकाहारि भोजन र सात्विक जीवनशैली अंगालेका छन् । “हामि खान त खाँदै खादैनौ, पाल्न समेत पाल्दैनौ किनकी प्राणि प्रेम र अहिंसा हाम्रो मुल मन्त्र हो” राई भन्नु हुन्छ ।सुन्दा अचम्म लाग्ने भरतलाल राईको जस्तै केहि यस्ता बस्ती पनि छन् जहा माछामासु खान त परको कुरा मासुका लागि प्रयोगहुने पंक्षि र जनावरनै पाल्दैनन् । शहिदभूमिका १५० परिवार भन्दा बढीले यो परम्परा अगाल्दै आएको पाइन्छ । उनिहरुको घरैपिच्छे एउटा तुलसीको मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएको सेता रङ्गका ध्वाजा राखिएको हुन्छ । यो उनिहरुको पहिचान हो । उहाँहरु माछामासु मात्रै होइन, जाँडरक्सी र सुर्तीचुरोट पनि सेवन गर्दैनन् । बुढापाका देखि यूवा पुस्तामा पनि पशुवली र प्राणिहत्या पाप हो भन्ने विश्वास उहाँहरुमा छ । “अहिले पशुबलिको बिरोधमा कुरा उठ्ने गरेको छ तर हामि त पहिले देखिनै यसको विपक्षी हौ पशुबलि राम्रो हैन” स्थानीय यमकुमार राई भन्नुहुन्छ ।जीविकोपार्जनको माध्यम कृषिनै भएपनि यी गाउँका स्थानीयहरु बंगुर, हाँस, कुखुरा, परेवा बाख्रा पाल्दैनन् । दुधका लागि गाइभैंसि पाले पनि राँगा पाल्न मनही गरेको छ । पुजाआजा र बैद्धिक कार्यमा फूल र नरिवल चढाउँछन् । भोजभतेरमा पनि मासु र मादक पदार्थ चल्दैन । हाम्रो आफ्नै परम्परा छ । “हामी भोजभतेरमा पनि मासु र मादक पदार्थ चलाउदैनौ र चलाएको ठाँउमा गएर खाँदैनौ पनि” सहिदभुमी गाँउपालिका वडानम्बर २ साम्बु गाँउका रुपलाल राइ भन्नुहुन्छ । यो चलन नयाँ भने हैन करिब एक सताब्दी अघिवाट यो प्रचलन यहाँ चलेको उहाँ बताउनुहुन्छ । | News | 62,887 |
नेकपा दर्तामा निर्वाचन आयोगकै 'निरीहता' | कानूनमा सुनिश्चित गरिएको महिला प्रतिनिधित्वलाई बेवास्ता गर्दै विगतको नजिरमा टेकेर निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गरेर गल्ती गरेको पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले बताएका छन्। | https://www.bbc.com/nepali/news-44422681 | तर निर्वाचन आयोगले विगतको त्रुटिका कारण कानून विपरीत भए पनि नेकपालाई मान्यता दिन बाध्य भएको भन्दै आफ्नो बचाउ गरेको छ। राजनीतिक दल दर्ता ऐनले दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुनैपर्ने व्यवस्था गरेको छ। तर २० प्रतिशत पनि महिला केन्द्रीय सदस्य नरहेको र अन्य समितिमा पनि महिलाहरूको संख्या न्यून भएको नेपाल कम्युनिष्ट पार्टीलाई बिहीवार आयोगले दलको मान्यता दिएको थियो। उल्लंघन संविधानले नै समानुपातिक प्रतिनिधित्वको सुचिनितता गरिसकेको सन्दर्भमा आयोगले कानून उल्लघंन गरेको भन्दै उसको आलोचना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नै गरेका छन्। पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले भने, "यो प्रचलित कानूनको सरासर उल्लघंन हो र उल्लघंन गर्ने छुट कसैलाई पनि छैन। यस्ता क्रियाकलापले आयोग स्वयं कमजोर हुन्छ, उसको साख घट्छ।" उनी थप्छन् "बलियो कार्यकारी भएका बेलामा संविधानले व्यवस्था गरेका यी आयोगहरू अझ सशक्त र तटस्थ र निर्भीक रूपले काम गर्नुपर्ने हुन्छ।" संविधानले महिलाको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि आफ्नो स्वार्थका लागि त्यसको पालना नगरेकोमा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरलले दलहरूको पनि आलोचना गरे। यसअघि महिला प्रतिनिधित्व कानून अनुसार नपुर्याएको राप्रपा (प्रजातान्त्रिक) र राष्ट्रिय जनता पार्टी नेपाललाई दलको मान्यता दिएकाले नेकपालाई पनि दिनुपरेको तर्क आयोगले गरेको छ। गल्ती यी दलहरुलाई मान्यता दिँदाको गल्ती आयोगले फेरि दोहोर्याएको अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताए। नेकपाका नेताहरूले पार्टी अधिवेशनपछि संरचना कानून अनुसार बनाउने शर्तमा दलको मान्यता दिएको आयोगले जनाएको छ। पुर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ दलहरूलाई कानून पालना गराउनुपर्ने काम आयोगकै रहेको बताउँछन्। उनले भने, "यहाँनेर मिलेन भनेर भन्न सक्नुपर्यो, राजनीतिक प्रभावमा पर्नुभएन। तर निर्वाचन आयोग निरीह छ, के गर्नसक्छ।" संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि बनेका संवैधानिक आयोगले नै कानून नमान्दा उनीहरू राजनीतिक प्रभावमा पर्दै गएका हुन् कि भन्ने आशङ्काहरू बलियो हुने कतिपयले टिप्पणी गरेका छन्। | Others | 69,445 |
एन्डुरो रत्नाङ्गेमा ह्युगो र कोरिन च्याम्पियन | फ्रान्सेली ह्युगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि जितेका छन् । सोलुखुम्बुका फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो विजेता भए । साबिक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो भए । | https://ekantipur.com/sports/2024/03/25/hugo-and-corinne-champion-in-enduro-ratnange-28-41.html | सोलुखुम्बु — फ्रान्सेली ह्युगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि जितेका छन् । सोलुखुम्बुका फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो विजेता भए । साबिक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो भए ।महिलातर्फको स्पर्धामा कोरिन पहिलो हुँदा उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो भएका थिए ।संसारको सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभूमिमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लुमा सम्पन्न भएको हो । प्रतियोगितामा विश्व स्तरका बाइक राइडरसहित ४९ साहसिक खेलाडीले भाग लिएका थिए । एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रूपमा विकसित गरिँदै छ ।दोस्रो संस्करणको प्रतियोगितामा फ्रान्सका तीन प्रतिष्ठित खेलाडीको रूपमा रेमी एब्सलान, ह्युगो पिजन र एमेरिक इन्जर सहभागी थिए । कठिन रुटमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीको रुपमा प्रसिद्ध राइडरले प्रतियोगितामा नयाँ आयाम थपेका थिए । रत्नाङ्गे ट्रेल सेन्टरमा आयोजित प्रतियोगिताबाट दर्शकलाई रोमाञ्चक खेल अवलोकनमात्र नभएर स्थानीय समुदायमा महत्त्वपूर्ण आर्थिक सम्भावना प्रस्फुटन गर्ने आयोजक फाप्लु माउन्टेन बाइक क्लबले जनाएको छ । | Sports | 14,224 |
‘पन्छीहरू’ सार्वजनिक | नेपाली पङ्क रक ब्यान्ड ‘झिल्के एन्ड दी कम्पनी’ले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । तीन वर्षदेखि नेपाली रक सङ्गीत क्षेत्रमा सक्रिय ‘झिल्के एन्ड दी कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीई नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । ब्यान्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् । | https://gorkhapatraonline.com/news/55305 | काठमाडौँ, फागुन ११ गते । नेपाली पङ्क रक ब्यान्ड ‘झिल्के एन्ड दी कम्पनी’ले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । तीन वर्षदेखि नेपाली रक सङ्गीत क्षेत्रमा सक्रिय ‘झिल्के एन्ड दी कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीई नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । ब्यान्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् ।भिडियोमा प्रनब केसी र शुभेक्षा पौडेल फिचर्ड छन् । गीत ‘झिल्के फायर इपी’मा सङ्गृहीत छ । गीतमा नौलो सङ्गीत, सरल शब्द र मुखमा झुन्डिने लय राखिएको छ । ‘झिल्के एन्ड दी कम्पनी’का गीतहरू युट्युब, स्पोटीफाई, एप्पल म्युजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छन् । | News | 44,605 |
नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ७ सय खेलाडी | गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट सकिएको छ । भदौ ३१ देखि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न खेलको छनोट प्रतियोगिता गरिएको हो । | https://ekantipur.com/sports/2022/09/25/166407262965989125.html | धनगढी — गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट सकिएको छ । भदौ ३१ देखि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न खेलको छनोट प्रतियोगिता गरिएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, भारोत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खोखो, बुद्धिचाल, कुस्तीलगायतका खेलमा खेलाडी छनोट भएका छन् । नवौं राष्ट्रिय खेलकुदमा हुने ३६ खेलमध्ये सुदूरपश्चिमले ३३ खेलमा सहभागिता जनाएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता उपलब्ध गराएको थियो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा झन्डै तीन हजार खेलाडीले सहभागिता जनाएका थिए । त्यसमध्ये नवौं राष्टिय खेलकुदका लागि सुदूरपश्चिमबाट झन्डै सात सय खेलाडी छनोट भएका छन् ।राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदै छ । | Sports | 19,549 |
कृषि उद्यम प्रवद्र्धन गर्न ‘एक्सिलेटर’ कार्यक्रम | प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचमहिने ‘एक्सिलेटर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । लगानी आकर्षित गर्ने लक्ष्यसहित बढी सम्भावना भएको कृषि क्षेत्रमा काम गरिरहेका व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो । | https://gorkhapatraonline.com/news/51470 | रङ्गेली समाचारदाताविराटनगर, माघ ५ गते । प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचमहिने ‘एक्सिलेटर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । लगानी आकर्षित गर्ने लक्ष्यसहित बढी सम्भावना भएको कृषि क्षेत्रमा काम गरिरहेका व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्विस कन्ट्याक्टअन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम)को साझेदारी तथा प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने भएको हो । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सम्भावना र अवसर भएका क्षेत्रमा लगानी प्रवद्र्धन गरिने जानकारी दिइयो । यसका लागि प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँग अद्यान्त फन्ड म्यानेजमेन्टबीच समझदारीमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी भए पनि कृषिको औद्योगिकीकरणका लागि लगानी आकर्षित गरेर सम्भावनालाई अवसरमा बदल्ने प्रयास गरिने उपाध्यक्ष राउतले बताउनुभयो । कृषिमा आधारित उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न आवश्यक स्रोत–सामग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अद्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिनुभयो । आवेदकमध्येबाट १० उद्यमी छनोट गरी १२ हप्ताको पुँजी, बजार पहुँच र प्राविधिकलगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिनेछ । यसैगरी सम्भावना देखिएका कृषि उद्यमीसँग विज्ञ र उद्योगीको सम्पर्क गराइनेछ, जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभयो । “यस्तो कार्यक्रम यसअघि राजधानी केन्द्रित मात्रै थियो । प्रदेश १ मा अद्यान्तले कार्यक्रम विस्तार गर्नु राम्रो कुरा हो । यसले केही न केही सुधार गर्ने अपेक्षा लिएका छौँ,” प्राधिकरणका निर्देशक कोइरालाले भन्नुभयो । कार्यक्रमका लागि कृषि उद्यमका क्षेत्रमा क्रियाशील व्यक्तिले माघ ४ देखि १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत आवेदन दिने सुविधा दिइएको छ । | News | 39,344 |
सुमनको ऐतिहासिक होल इन वान | नेपाली गल्फ इतिहासमै पहिलोपल्ट होल इन वान भएको छ । गोकर्ण गल्फ कोर्समा शनिबार आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताका क्रममा सुमन जोशीले होल इन वान गरेका हुन् । | https://ekantipur.com/sports/2021/03/07/161508850309092704.html | काठमाडौँ — नेपाली गल्फ इतिहासमै पहिलोपल्ट होल इन वान भएको छ । गोकर्ण गल्फ कोर्समा शनिबार आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताका क्रममा सुमन जोशीले होल इन वान गरेका हुन् ।इतिहास रचेका उनले होल इन वान गर्दै कार पुरस्कार जितेका छन् । उनले कियाको सोनेट कार पाए । यसअघि नेपाली गल्फर सुहृद घिमिरेले कोरियामा एकपल्ट होल इन वान गरेको इतिहास छ ।१ सय ६० जनाले भाग लिएकोप्रतियोगिताको उपाधि भने ४१ अंक बटुल्दै सुनील कार्कीले जितेका छन् । ४० अंक लिएर ताहिर शाह उपविजेता बने । हृदेशकुमार सिंहले ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जिते । ग्रसमा रनरअप विजय श्रेष्ठ इनहाउस भए । महिलामा ३८ अंक जोड्दै कस्मिरा शाह विजेता र गीता गुरुङ उपविजेता भए । सिनियरतर्फ प्रदीपकुमार श्रेष्ठ विजेता बने । जुनियरको उपाधि ४४ अंक जोडेका सयान बस्नेतले जिते ।तासी छिरिङ डोङ लङगेस्ट ड्राइभको विजेता भए भने दावा शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । क्लोटेस्ट टु द पिनमा सुरेन्द्र फुयाल सफल भए । स्व. आङछिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३) मा बाबु शेर्पा सबैभन्दा नजिक प्रहार गरी विजेता बने । | Sports | 23,546 |
गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ हुँदै | इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु-याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्रान्डिङ गर्ने भएको हो । गाउँपालिकाले छ महिनाअघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो ।” गुन्द्रुकलाई गुणकारी खाद्यवस्तुका रूपमा समेत चिनिने गरेको उहाँले जानकारी दिनुभयो । | https://gorkhapatraonline.com/news/72420 | प्रेम अधिकारी पशुपतिनगर (इलाम), साउन १० गते । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ गरी बजार पठाउन सफल भएपछि यस बर्ष सिस्नोको ब्रान्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु-याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँ सभाबाट पारित गर्दै सिस्नोको ब्रान्डिङ गर्ने भएको हो । गाउँपालिकाले छ महिनाअघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो ।” गुन्द्रुकलाई गुणकारी खाद्यवस्तुका रूपमा समेत चिनिने गरेको उहाँले जानकारी दिनुभयो । रोङ गुन्द्रुक प्याकेजिङ गरिएकै उद्योगमा प्रशोधन गर्न सकिने भएको हुनाले पूर्वाधारको एउटै लगानीमा दुवै वस्तुको उत्पादन हुने गरी सिस्नु ब्रान्डिङ योजना अघि बढाइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिनुभयो । किसानलाई बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सिस्नु रोपिएको स्थानमा बाँदरले दुःख नदिने भएकाले पनि उक्त कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो । सिस्नोले पोलेपछि बाँदर भाग्ने गर्छ ।कच्चा पदार्थको सहज उपलब्धता र उच्च मागका कारण सिस्नो ब्रान्डिङ कार्यक्रम सफल हुने आधार भएको अध्यक्ष स्याङ्बोले बताउनुभयो । गाउँपालिकाले सिस्नोको ब्रान्डिङबारे प्राविधिक अध्ययन सुरु भइसकेको र चाँडै काम थालिने जनाएको छ । गाउँ सभामार्फत बजेट नै विनियोजन गरेर सिस्नोको ब्रान्डिङ गर्ने तयारी थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जानकारी दिनुभयो । सिस्नो गुणकारी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत हुने विश्वास पनि गाउँपालिकाको छ । “यसको उत्पादनसँगै बजारीकरणमा पनि हामी आक्रामक रूपमा लाग्ने छौँ,” अध्यक्ष स्याङ्बोले भन्नुभयो, “विस्तृत योजना बनिसकेको छ ।”आफ्नो कार्यकालको पहिलो वर्षमा गुन्द्रुक उत्पादन गरेर बजारमा लगेको गाउँपालिकाले यो वर्ष सिस्नोसँगै ‘रोङ मह’ को पनि ब्रान्डिङ गर्दै छ । गाउँघरमा सिस्नो जताततै पाइए पनि बजारमा बिक्रीका लागि खासै पुग्दैन । गाउँमा खेर गइरहेको सिस्नो सहकारीमार्फत खरिद गरी गाउँपालिकाले प्रशोधन गरेर बजारीकरण गर्ने योजनामा छ । | News | 37,269 |
श्रीमानद्वारा जलाइएकी प्रमिलाको मृत्यु | श्रीमानले आगो लगाएर जलाइएकी प्रमिला सदाको मृत्यु भएको छ । आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते हुनुभएको सदाको आइतबार राति मृत्यु भएको हो । | https://gorkhapatraonline.com/news/22119 | महेशकुमार दासजलेश्वर, साउन ३० गते । श्रीमानले आगो लगाएर जलाइएकी प्रमिला सदाको मृत्यु भएको छ । आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते हुनुभएको सदाको आइतबार राति मृत्यु भएको हो । सदाको भतिजो ललित सदाले काठमाडौं कीर्तिपुरस्थित वर्नवार्डमा उपचाररत प्रमिलाको मृत्यु भएको जानकारी दिनुभयो । औरही नगरपालिका –८ भोइल टिमकीया घर भएका ४० वर्षीय शंकर सदाले साउन २१ गते राति भंगहा नगरपालिका –९ कञ्चनवनस्थित माइतीमा आमासँगै सुत्नुभएको प्रमिला र सासु रेशमा देवीमाथि मट्टितेल छर्केर आगो लगाउनुभएको थियो । महोत्तरी प्रहरीले श्रीमान् शंकर सदालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले श्रीमती र सासुलाई आगो लगाएर फररा भएका शंकरलाई साउन २५ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको जानकारी दिनुभयो । यसैगरी, आगोले जलेर घाइते हुनुभएका ६५ वर्षीय सासु रेशमा देवीको भने १० प्रतिशत शरीर जलेको छ भने उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ । शंकर सदाले वैदेशिक रोजगारीबाट कमाएको सम्पती श्रीमती र सासुले मिलेर सिध्याएको र श्रीमती परपुरुषसँग लागेको भन्दै दुबैलाई आगो लगाई हत्या गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेका शंकरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रखिएको छ भने ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । | News | 61,993 |
बंगलादेशमाथि दक्षिण अफ्रिकाको शानदार जित | दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–२ मा बिहीबार १ सय ४ रनको शानदार जित निकालेको छ । जिम्बावेविरुद्धको खेल वर्षाले बिथोलिएपछि दक्षिण अफ्रिकालाई नेट रन रेट बढाउने यस्तो जित आवश्यक रहेको थियो । यो जितसँगै दक्षिण अफ्रिकाको दुई खेलबाट तीन अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । | https://ekantipur.com/sports/2022/10/27/166685377707464357.html | सिड्नी — दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–२ मा बिहीबार १ सय ४ रनको शानदार जित निकालेको छ । जिम्बावेविरुद्धको खेल वर्षाले बिथोलिएपछि दक्षिण अफ्रिकालाई नेट रन रेट बढाउने यस्तो जित आवश्यक रहेको थियो । यो जितसँगै दक्षिण अफ्रिकाको दुई खेलबाट तीन अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ ।सिड्नी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रिले रोसीले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरे र ५६ बलमा १ सय ९ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । यसपल्टको विश्वकपको यो पहिलो शतक हो । उनले क्विन्टन डे ककसँग मिलेर दोस्रो विकेटका लागि कीर्तिमान १ सय ६८ रनको साझेदारी पनि गरे ।डे ककले ३८ बलमा ६३ रन बनाए । जितका लागि ठूलो लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १ सय १ रन बनाएर अलआउट भयो । लिटन दासले बनाएको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दक्षिण अफ्रिकी बलरमध्ये एनरिच नोकिएले चार तथा ताब्रिज सम्सीले तीन विकेट लिए । यो हारपछि बंगलादेश दुई अंकबाट दुई अंकमै सीमित रह्यो । | Sports | 19,277 |
कोरोना भाइरस भारतः कोभिड महामारीका कारण अन्तिम संस्कार गर्ने स्थानमा ठूलो चाप | कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ। | https://www.bbc.com/nepali/news-56823619 | भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ। सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्याइदिएको छ। त्यहाँ दैनिक १,००० जनाको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको छ। "दैनिक ५०-६० जनाको अन्त्येष्टि गर्छौँ" भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ। पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, "अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ।" प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ। "हामीसँग छवटा फ्रिज मात्र छन्, तर धेरै शव ल्याइन्छ। मानिसहरूले आफन्तको शव लिएर बाहिर पर्खिनुपर्छ।" वरुणका अनुसार उनको कामको जिम्मेदारी आठ घन्टा हो तर कामको बोझ निकै बढी छ। आफ्नो तोकिएको सरकारी समय सकिए पनि उनले कैयौँ घण्टा अतिरिक्त समय काम गर्छन्। राजकोटमा सङ्क्रमणबाट ज्यान गुमाएको अन्त्यष्टि मास्क, पन्जा वा पीपीइ नलगाएरै गरिँदै छ उनी अन्त्येष्टि प्रक्रियाका क्रममा लगाउन भनेर पीपीई दिइएका थोरै कर्मचारीहरूमध्ये एक हुन्। सङ्क्रमण फैलिँदै गएको गुजरातजस्ता राज्यमा सरकारद्वारा सञ्चालित शवदाहगृहमा काम गर्नेहरू मास्क वा पन्जा नलगाएरै कोभिड पीडितको दाहसंस्कार गर्न बाध्य छन्। कर्मचारीहरूले बीबीसीलाई बताएअनुसार एम्बुलेन्समा यात्रा गरेका बेला उनीहरूले अस्पतालहरूबाट कहिलेकाहीँ पन्जा पाउँछन् अन्यथा उनीहरूसँग सुरक्षा सामग्री हुँदैन। समाचारसंस्था रोएटर्सले कैयौँ प्रमुख सहरमा कोभिड-१९ को आधिकारिक मृत्यु तथ्याङ्कभन्दा मसानघाट र समाधिस्थलमा निकै धेरै सङ्ख्यामा शव पुग्ने गरेको उल्लेख गरेको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा शवदाहगृहमा लगातार ग्यास र काठ बालेर शव जलाउनु पर्दा त्यसको धातुको भाग पग्लिन थालेको छ। '१२ घण्टा पर्खिनुपर्ने बाध्यता तर शवदाहगृहका कर्मचारीहरूले मात्र पीडा भोग्नुपरेको होइन। निगमबोध घाटमा आफन्तको अन्त्यष्टि हेर्दै एक नातेदार परिवारका सदस्यहरूले पनि आफ्ना प्रियजनको निम्ति शय्या खोज्दै एउटा अस्पतालबाट अर्कोमा दौडिँदादौडिँदै तिनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि लामो समय पर्खिनुपर्ने अवस्था छ। केही अस्पतालहरूले देशमा शवदाहगृहहरूमा चाप बढेकाले शव दिन ढिलाइ गर्ने गरेको बताइएको छ। गुजरातका हेमन्त जादवले बताएअनुसार भाइको मृत्युपछि शव पाउन उनले १२ घण्टाभन्दा बढी समय पर्खिनुपरेको थियो। भाइसँग फोनमा कुरा गर्दा उनको स्वास्थ्यमा सुधार भइरहेको जस्तो जादवलाई लागेको थियो। कोभिड-१९ भारतः 'हामीले पहिला नदेखेको कोरोना भाइरस सुनामी' उनले भने, "उसलाई सन्चो हुने र ऊ घर फर्किन्छ जस्तो लागेको थियो, तर अस्पतालबाट उसको मृत्यु भएको खबर पायौँ।" मानिसहरूलाई टोकन नम्बर दिइन्छ र उनीहरूले शवगृहबाहिर लामो समय पर्खिनुपर्छ। हालै एक नातेदारको अन्त्येष्टि गरेका शक्तिलाल त्रिवेदीले टोकन पाए पनि छ घण्टापछि पालो आएको सुनाए। अवस्था किन भयावह? भारत एप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ। भारतमा एप्रिल १५ तारिखयता दिनहुँ दुई लाखभन्दा धेरै सङ्क्रमित देखा परेका छन्। जुन गत वर्ष सङ्क्रमण उच्चबिन्दुमा पुग्दाको भन्दा धेरै सङ्ख्या हो। त्यसबेला दैनिक सरदर ९३,००० जना सङ्क्रमित हुने गरेका थिए। राजधानी दिल्लीसहित नराम्ररी प्रभावित मुम्बई, लखनऊ र अहमदाबादजस्ता सहरका अस्पतालहरूले कोभिडका बिरामीको उपचार गर्न सङ्घर्ष गर्नु परिरहेको छ। कैयौँ राज्यहरूमा कोभिड वार्ड र आईसीयूमा शय्याको ठूलो अभाव रहेको बताइएको छ। व्यापक मागका कारण परीक्षण परिणाममा ढिलाइ हुँदा रोगको पहिचान र उपचार समयमा हुन नसक्ने अवस्था बढिरहेको चिकित्सकहरूले जनाएका छन्। विज्ञहरू दोस्रो लहरको चेतावनीलाई भारत सरकारले बेवास्ता गरेको र रोकथाम तथा नियन्त्रणको निम्ति थोरै काम गरेको बताउँछन्। उनीहरू त्यसको उदाहरणको रूपमा क्रिकेट हेर्न मास्क नलगाएर जम्मा भएको भिड, कोभिड सुरक्षाका आधारभूत नियम पालना नगरेको देखिने ठूला चुनावी र्याली र गङ्गा नदीमा स्नान गर्न दशौँ लाख मानिसहरू कुम्भमेलामा सहभागी भएका घटनाहरू औँल्याउँछन्। कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ? | Others | 66,674 |
ढाकाले फेरिदियो जीवनस्तर | सामान्य परिवारमा जन्मिनुभएका लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो । कमजोर आर्थिक अवस्थाकी तेयुङ सानोमा विद्यालय आउजाउ गरिरहँदा पनि तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्ने गर्नुहुन्थ्यो । ढाका बुनिरहेका महिलासँग कहिलेकाहीँ उहाँ सीप सिकाइदिन अनुरोध पनि गर्नुहुन्थ्यो । | https://gorkhapatraonline.com/news/24306 | ठाकुर सेनेहाङतेह्रथुम, भदौ २३ गते । सामान्य परिवारमा जन्मिनुभएका लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो । कमजोर आर्थिक अवस्थाकी तेयुङ सानोमा विद्यालय आउजाउ गरिरहँदा पनि तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्ने गर्नुहुन्थ्यो । ढाका बुनिरहेका महिलासँग कहिलेकाहीँ उहाँ सीप सिकाइदिन अनुरोध पनि गर्नुहुन्थ्यो ।बाल्यकालको उहाँको त्यो चासो अहिले व्यावसायिक कर्म बनेको छ । उहाँले अहिले म्याङ्लुङ बजारमा आफ्नै ढाका कपडा उद्योग सञ्चालनमा ल्याउनुभएको छ । आफ्नो उद्योगमा ३५ जनालाई रोजगारी दिनुभएकी उहाँ अहिले म्याङ्लुङमा सफल उद्यमीका रूपमा परिचित हुनुहुन्छ । उहाँको यो सफलताको पछाडि घरेलु तथा साना उद्योग विकास समिति र सहयोगी संस्था मेडेपको प्राविधिक सहयोगमा सञ्चालित ढाका कपडा बुनाइसम्बन्धी तीनमहिने तालिम महत्वपूर्ण कारण बनेको छ । २०५७ सालमा लिएको त्यही तालिमले उहाँको जीवनस्तर फेरिएको हो । तालिममा सहभागीमध्ये उत्कृष्ट हुनुभएकी तेयुङलार्ई घरेलुबाट केही इनाम मिलेपछि त्यही आत्मविश्वासले आत्मर्नभर बन्ने बाटो खुल्यो । तीनमहिने सिकाइबाट उहाँले ढाका कपडाबाट तयार हुने पछ्यौरी, सर्ट, चौबन्दी, साडी, गलबन्दी, स्कार्फ, टाई, कोट, ब्लाउज, रुमाल, बर्को, हाते झोलालगायत विभिन्न किसिमका सामग्री तयार गर्न सिक्नुभयो । आफ्ना उत्पादनले बजारबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि २०६६ सालमा उहाँ आफैँले ढाका कपडा उद्योग दर्ता गरेर व्यावसायिक ढाका कपडा उत्पादनको सुरुवात गर्नुभयो ।उद्योगबाट मासिक बचत पनि रामैै्र हुन थाल्यो । ढाका बुनाइको सीपमा पनि वृद्धि भएपछि आकर्षक कपडा बुन्ने भएकाले बजारको कुनै समस्या भएन । उद्योगबाट अहिले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । ढाका कपडा व्यावसायिक रूपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप सिकेपछि अरू महिलालाई पनि सिकाएको उहाँ बताउनुुहुन्छ । ढाका कपडाको व्यवसायमा बढ्दो आकर्षणकै कारण अहिले जिल्लामा करिब पाँच हजार ढाका उद्यमी रहेका छन् । जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजारभन्दा बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग विकास अधिकृत नवीन पौडलले बताउनुभयो ।तेह्रथुममा तयार भएका ढाकाका सामग्री नेपालका विभिन्न स्थान तथा भारतको सिक्किम, दार्जिलिङ, कोलिम्पोङलगायत सिङ्गापुर, हङ्कङ, यूके, अमेरिका, बेलायत, जापानसम्म निर्यात हुने गरेको छ । | News | 40,317 |
पहिलो दिन मार्सको शतक | मिचेल मार्सले चार वर्षयता आफ्नो पहिलो शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टको पहिलो दिन बिहीबार पहिलो इनिङ्समा अलआउट हुनुअगाडि २ सय ६३ रन बनाएको छ । इंग्ल्यान्डले शृंखलाबद्ध रूपमा क्याच छाडेको थियो । यसको मूल्य महँगो साबित हुन सक्नेछ । | https://ekantipur.com/sports/2023/07/07/168869061026555785.html | लिड्स — मिचेल मार्सले चार वर्षयता आफ्नो पहिलो शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टको पहिलो दिन बिहीबार पहिलो इनिङ्समा अलआउट हुनुअगाडि २ सय ६३ रन बनाएको छ । इंग्ल्यान्डले शृंखलाबद्ध रूपमा क्याच छाडेको थियो । यसको मूल्य महँगो साबित हुन सक्नेछ ।घरेलु टिमले चार क्याच ड्रप गरेको थियो । त्यसमा जो रुटले दुई तथा जोनी बेरिस्टोले दुई क्याच छाडे । स्टिभ स्मिथको विकेटसँगै पहिले ब्याटिङ गरेको अस्ट्रेलिया एक समय ४ विकेट गुमाएर ८५ रनको खराब स्थितिमा संघर्षरत थियो । तर चिया सत्रपछि पाहुना टिमले आफूलाई सम्हाल्न सफल रह्यो । टोलीले ५ विकेटमा २ सय ४० रन बनाएको थियो । त्यसयता अस्ट्रेलिया फेरि एकपल्ट पतनको सिकार भयो । इंग्ल्यान्डका मार्क उड सबैभन्दा सफल बलर रहे । उनले ३४ रनमात्र खर्चेर ५ विकेट लिए । उडले चिया सत्रपछि १६ बलमा ४ विकेट लिए । यसबीच ५ रनमात्रै खर्चे । उनलाई क्रिस वक्सले बलियो साथ दिए । उनले ७३ रन दिएर ३ विकेट लिए ।मार्सले १ सय १८ रन बनाए । उनी वक्सकै सिकार भए । स्टुआर्ट ब्रोडले पनि २ विकेट हात पारे । ५ टेस्टको एसेज सिरिजमा आफ्नो चुनौती कायम राख्न इंग्ल्यान्डलाई यो खेलमा निश्चित जित निकाल्न आवश्यक छ । अस्ट्रेलियाले सुरुआती दुई टेस्ट जित्दै शृंखलामा २–० को अग्रता लिएको छ । | Sports | 16,881 |
प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी | राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भाग लिने खेलाडीको छनोट प्रतियोगिता गर्ने जिम्मेवारी दिएको छ । | https://ekantipur.com/sports/2024/05/08/coach-kapali-is-in-charge-of-two-qualifiers-42-38.html | काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भाग लिने खेलाडीको छनोट प्रतियोगिता गर्ने जिम्मेवारी दिएको छ ।सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा तीन सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ । समितिका सदस्यमा नायव वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजिव ढुंगेल छन् ।पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट रहेको छ । नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ सम्म हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रबाट २–२ पुरुष/महिला गरी १० खेलाडी सहभागी हुनेछन् ।१–१ पुरुष/महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान सुरक्षित गर्नेछन् ।नेपालबाट पुरुषमा संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले भाग लिने छन् ।अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ । श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ सम्म हुनेछ । यो छनोटबाट ६–६ पुरुष/महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्नेछन् । दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । | Sports | 13,702 |
विपत् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने | सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपत् कोषमा जम्मा गरेको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण खर्च गरिने पनि बताउनुभयो । | https://gorkhapatraonline.com/news/92495 | गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २६ गते । सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपत् कोषमा जम्मा गरेको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण खर्च गरिने पनि बताउनुभयो । त्यस्तै राष्ट्रिय विकास परिषद्मा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी- व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । यस्तै बैठकले भारतको गुजरातमा हुने दसौँ क्वारेन्टाइन गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन अर्थमन्त्री प्रकाशशरण महतलाई पुस २४ देखि २७ सम्म जान दिने स्वीकृति दिने, २०८० पुस २५ गते हुन लागेको भर्चुअल मिटिङ अफ सिसिएसआई ट्रेड मिनिस्टर बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपालका तर्फबाट सहभागिता जनाउन स्वीकृत दिने र पुस २७–२८ सम्म काठमाडौँमा हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूचीसहित एजेन्डा स्वीकृत दिने निर्णय गरेको छ । विश्व बैङ्कबाट प्राप्त हुने प्रस्तावित दस करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता र कार्यव्रmमसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय भएको छ ।यस्तै सशस्त्र प्रहरी बलको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथम स्तर, द्वितीय स्तर, तृतीय स्तर, चतुर्थ स्तर र पाँचौँ स्तर पदको सुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत भएको छ । यसै सन्दर्भमा सशस्त्र प्रहरीकै प्रहरी नायव महानिरीक्षक ई. किशोर प्रधानको पुस २२ गतेदेखि लागु हुने गरी एक वर्ष पदावधि थएिको छ । बैठकले गोदक सोयाङ १२३ केभी प्रसारणलाइन आयोजनाको इलाम जिल्ला, इलाम नगरपालिका ९, १० र ११ मा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर गरी जम्मा १८ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोहीभित्र रहेका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने निर्णय गरेको छ । यस्तै ताप्लेजुङ जिल्लाको फावाखोला तथा आठराई त्रिवेणी गाउँपालिका र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोहीभित्र रहेका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने पनि निर्णय भएको छ ।यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८१ असार मसान्तसम्म थप्ने संलग्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने गरी सूचना राजपत्रमा प्रकाशन गर्ने र सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । न्याय सेवा आयोगको सिफारिसमा न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै सर्वोच्च अदालतमा सहरजिस्ट्रार विमल पौडेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको छ ।तानसेन नगरपालिका–१, भुसाल डाँडामा प्रस्तावित ढल तथा फोहोर पानी प्रशोधन तथा व्यवस्थापनका लागि ध्रुवघाट सामुदायिक वनको रुख नभएको १०१७.४७ वर्गमिटर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने, हेवा ए साना जलविद्युत् आयोजना निर्माणका लागि पाँचथर जिल्लाको फाले गाउँपालिका १, २, ३, ७ र ८ मा रहेको राष्ट्रिय वनको १.४७ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका २७५ वटा रूख काट्न स्वीकृत दिने पनि निर्णय भएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका ३ र न्यायालय गाउँपालिका–७ मा रहेको चिसापानी–मङ्गलसेन (१६ किमी) सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिका ४७२ वटा रूख काट्ने स्वीकृति दिने, सुर्खेतको चौकुने–मायाताल–लगाम बजार २८ किलोमिटर सडक खण्डको स्तरोन्नतिका लागि चौकुने गाउँपालिका २, ३, ४ र ५ अन्तर्गत रहेको राष्ट्रिय वनको २७.७६ हेक्टर जग्गा प्रयोग गर्न दिन एक हजार ८८४ वटा रुख काट्न दिने स्वीकृति दिइएको छ ।विश्वसम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको तोकिएबमोजिमको चार किल्लाभित्रको क्षेत्रलाई लुम्बिनी संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने गरी राजपत्रमा प्रकाशन गर्ने, भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशाला निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि सहमति प्रदान गर्ने पनि निर्णय भएको छ । मन्त्री शर्माले एनसेलको सेयर खरिदबिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन समितिको समय माघ १५ गतेसम्म थप्ने निर्णय भएको बताउनुभयो । | News | 52,009 |
पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल | म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वरधाम दर्शनका लागि पछिल्ला केही वर्षयता भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजारदेखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाइमा पर्न थालेको छ । | https://gorkhapatraonline.com/news/73511 | बेनी समाचारदाता म्याग्दी (बेनी), साउन १९ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वरधाम दर्शनका लागि पछिल्ला केही वर्षयता भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजारदेखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाइमा पर्न थालेको छ । सुविधासम्पन्न होटलको सङ्ख्या कम भएकाले पर्यटक अहिले गलेश्वरमा बास बस्दैनन् । यहाँ अहिले होटल प्याराडाइज, होटल ताजमहल र होटल रिभरसाइड सञ्चालनमा छन् । दुई वर्षअघि होटल ताजमहल खुलेको हो । पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि नयाँ होटल खुल्ने क्रम बढेको होटल प्याराडाइजका सञ्चालक पदम छन्त्यालले बताउनुभयो । पर्यटकीय सिजनमा होटलको अभाव हुने गरेको उहाँले बताउनुभयो । २० वर्षदेखि बेनीबजारमा होटल व्यवसाय गर्दै आउनुभएका होटल याकका सञ्चालक बाबुराम आचार्यले गलेश्वर क्षेत्रमा दुई रोपनी क्षेत्रफलमा करिब १४ करोड लगानीमा सुविधासम्पन्न नयाँ होटल निर्माण गर्दै हुनुहुन्छ । “भविष्यमा गलेश्वर क्षेत्र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास हुने सम्भावना देखेर नयाँ होटल निर्माणको योजना अगाडि सारेको हुँ,” होटल याकका सञ्चालक आचार्यले भन्नुभयो, “गलेश्वर धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र भएको र पछिल्लो समय पर्यटक आगमन वृद्धि भएसँगै होटलको आवश्यकता महसुस गरेर नयाँ होटल सञ्चालनको तयारी गरेको छु ।” बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भई पूर्ण रूपमा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्यामा अझै वृद्धि हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । शान्त वातावरण, धार्मिक क्षेत्र र कालीगण्डकी नदीको चिसो हावापानीसहित दृश्यावलोकनका लागि पनि उपयुक्त भएकाले नयाँ होटलका लागि गलेश्वर रोजेको उहाँको भनाइ छ । | News | 49,169 |
सकारात्मक अठोट गरे अर्थतन्त्रको सुधार सम्भव छ : प्रधानमन्त्री प्रचण्ड | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/54220 | काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ । आइतबार साँझ नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दृढताका साथ अठोट गरे नेपाली अर्थतन्त्रको सुधार गर्न सकिने बताउनुभएको हो ।‘‘मैले राष्ट्र र जनताका अगाडि गरेको सङ्कल्पलाई पूरा गर्ने सङ्कल्प लिएको छु । यो सङ्कल्पमा एक जुट हुन सबैलाई अनुरोध गर्दछु । अर्थतन्त्र सुधार गर्ने कुरा, नेपाली अर्थतन्त्रको अबको बाटो निर्धारित गर्ने कुरा र संस्कार बदल्ने कुरा सजिलो छैन । तर हामीले परिस्थितिलाई सकारात्मक परिवर्तन ल्याउने अठोट गरेमा असम्भव हुँदैन ।’’ अर्थतन्त्र सुधारका लागि राष्ट्र र अन्तर्राष्ट्रिय परिस्थितिको सवाललाई सामना गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ यात्राको रूपमा परिभाषित गरेर सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । बेथिति र नेपाली युवाले पाइरहेको हैरानीलाई कम गर्नेगरी सरकार अगाडि बढेकोसमेत बताउनुभयो।सरकारको प्राथमिकता र न्यूनतम कार्यक्रममा अब यो देशले लिनुपर्ने बाटोको प्रारम्भिक मार्गचित्र प्रस्तुत गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले गम्भीरताका साथ संसद्मा आफ्ना विचार संक्षिप्त भए पनि राखेको छु । परम्परागत ढङ्गले हुँदैन, नयाँ संरचनामा जानुपर्छ भनेको छु ।’’ प्रधानमन्त्री प्रचण्डले अहिले आफूलाई अर्थशास्त्रका विज्ञको असाध्यै खाँचो भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले मैले अर्थशास्त्रका बारेमा विज्ञको असाध्यै बढी आवश्यकता महसुस गरेको छु ।’’प्रधानमन्त्री प्रचण्डले लामो राजनीतिक सङ्घर्ष र नयाँ संविधानले दिएको अधिकार खोस्ने कुरा भए त्यो दुर्भाग्यपूर्ण हुनेसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘जनताका अधिकार खोस्ने कुरा गरियो भने त्यो भन्दा दुर्भाग्यपूर्ण कुरा केही पनि हुँदैन । सङ्घीयता कार्यान्वयनका विषयमा हामी इमान्दर बन्नुपर्छ । सोच बदल्ने कुराको निम्ति नै मैले नयाँ ‘ओरियन्टेसन’तर्फ जाने कुरा गरिरहेको छु ।’’ प्रधानमन्त्रीको सम्बोधनका १५ बुँदा १. सर्वप्रथम म नेपाल आर्थिक पत्रकार समाज- “सेजन” ले अत्यन्त समय-सान्दर्भिक विषयमा यो महत्त्वपूर्ण सम्मेलन आयोजना गरेकोमा समाजलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु । यस सम्मेलनमा प्रस्तुत गरिएको सारगर्भित कार्यपत्र र गहन अन्तरक्रियाबाट म निकै लाभान्वित भएको छु।२. आन्तरिक कारण साथै बाह्य कारणले गर्दा मुलुकको अर्थतन्त्र विगत केही समयदेखि अप्ठेरो स्थितिबाट गुज्रिरहेको छ।सरकारले विभिन्न निकायहरूमार्फत अर्थतन्त्रका चुनौतीहरूको सामना गर्न र अर्थतन्त्रलाई थप अप्ठेरो दिशातर्फ जानबाट रोक्न विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरिआएको सर्वविदितै छ।३. यस पृष्ठभूमिमा यो सम्मेलनको आयोजनामार्फत अर्थतन्त्रको समस्याको चिरफार गर्दै नेपाली अर्थतन्त्रको आगामी बाटो तय गर्ने कार्यमा सघाउ पुर्याउन “सेजन” ले गरेको प्रयास सर्हानीय छ। ४. कार्यपत्र प्रस्तुतकर्ता प्राध्यापक अच्युत वाग्लेले निकै गहन ढङ्गले हाम्रो अर्थतन्त्रको केस्रा-केस्रा केलाउनुभएको छ। कार्यपत्रमा मुलुकको अर्थतन्त्रको अवस्था र समस्याका जडहरूबारेमा सैद्धान्तिक साथै व्यवहारिक कोणबाट व्याख्या-विश्लेषण गरिएको छ। कुनै पनि विषय-वस्तुलाई हेर्ने र विश्लेषण गर्ने आधार र दृष्टिकोण फरक हुन सक्दछन्।तर प्राध्यापक वाग्लेले प्रस्तुत गरेका अधिकांश विषयवस्तुहरूमा सबैको एकमत हुने देखिन्छ। थोरै विषयमात्र यस्ता छन् जसमा वास्तविकता र व्यवहारिकताका अन्य आयाम पनि हुन सक्दछन्।५. मुलुकको आजको अवस्था कुनै छोटो समयमा विकसित भएको होइन। मुलुकले विगतमा अपनाएको राजनीतिक व्यवस्था र त्यसअन्तर्गतको शासकीय प्रणाली र कुशासनले हामीलाई अविकास र पछौटेपनको अवस्थामा रहन बाध्य पारेको थियो। त्यसैले जनताले विभिन्न राजनीतिक पार्टीहरूको नेतृत्वमा आन्दोलन र मेरो नेतृत्वमा जनयुद्ध गर्नुपरेको हो। जनताको ठूलो बलिदानीबाट हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ र २०७२ मा बनेको नयाँ संविधानअन्तर्गत दोस्रो निर्वाचन भएर अहिले तीनबटै तहमा नयाँ सरकारहरू बनेको अवस्था छ।६. मुलुकले सही राजनीतिक प्रणाली अवलम्बन नगरी अर्थतन्त्रको सुदृढीकरण र जनताले चाहेको विकास तथा समृद्धि हासिल हुन सक्दैन भन्ने प्रष्ट छ। त्यसैले लामो समयसम्म हाम्रो ध्यान र मेहनत राजनीतिक परिवर्तन हासिल गर्नेतर्फ केन्द्रित गर्नुपर्यो। अब भने एकाग्र भएर हामी विकास र समृद्धिको कार्यभारतर्फ लाग्न सक्छौँ। अझ पनि जनताले चाहेअनुरुपको राजनीतिक व्यवस्थाको सुदृढीकरण र स्थिरताको लागि निरन्तर मेहनत गर्नुपर्ने जिम्मेवारी छँदैछ, तर राजनीतिक परिवर्तनको ठूलो युद्ध हामीले जितिसकेका छौँ।७. हाम्रो आर्थिक-सामाजिक अवस्थाको कुरा गर्दा “अहिलेसम्म केही भएन, अब पनि केही हुँदैन” भन्ने निष्कर्ष ननिकालौँ। लामो समयसम्मको कुशासनबाट सिर्जना गरिएका संरचना, विधि, अभ्यास र सोच बदल्न केही समय लाग्छ नै। २०७२ को संविधान पछि बनेको नयाँ राज्य संरचनाले सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुर्याउने आधार तयार गरेको छ। पहिलो कार्यकालमा प्रदेश र स्थानीय तहमा अधिकांश ऐन-कानुन, पूर्वाधार र प्रणाली निर्माणका कार्य भएका छन् । अबको दोस्रो कार्यकालमा प्रदेश त स्थानीय सरकारहरूले पहिलो कार्यकालको अनुभवबाट पाठ सिक्दै जनअपेक्षा अनुसारका काम नतिजा देखिने गरी गर्नसक्ने वातावरण बनेको छ।८. हामीले विभिन्न योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तर तिनको कार्यान्वयन नहुने अवस्था लामो समयदेखि भोगिआएका छौँ। तर केही सकारात्मक हस्तक्षेपहरू अघि बढाउन सकेमा नतिजा हासिल हुन्छ भन्ने कुरा मेरै दोस्रो प्रधानमन्त्रीत्व कालमा गरिएका काम र हासिल भएका नतिजाबाट पनि प्रष्ट हुन्छ, उदाहरणका लागि टाढा जानु पर्दैन। त्यस बखत मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गरिएकाले राजमार्गहरू अवरोध हुन छोडेको, लोडसेडिङ मुक्तिका लागि चालिएका कदमबाट जनजीवन सहज हुनुका साथै उद्योगहरूको क्षमता बढेको, उत्पादन लागत घटेको, महत्त्वपूर्ण आयोजनाहरूको अनुगमनमा म स्वयं जान थालेकाले कतिपय आयोजनाको कार्य द्रुत गतिमा अघि बढेको र विभिन्न विधिगत र प्रक्रियागत सुधार समेतबाट तयार गरिएको आधारमा टेकेर नै चौधौँ त्रिवर्षीय योजनाले तोकेको ७.२ प्रतिशतभन्दा बढी ७.५ प्रतिशतको आर्थिक वृद्धि हुन सकेको थियो।९. पन्ध्रौँ योजनाको सुरुकै वर्ष कोभिड-१९ को महामारी भोग्नुपर्यो भने यसले हाम्रो अर्थतन्त्रमा रहेका संरचनागत कमजोरीहरू पनि उजागर गरिदिएको छ। हामीले हालसम्म विकास र समृद्धिका लागि भनेर गरिआएका कामहरू साथै हाम्रो आर्थिक नीति तथा विकास मोडेल बारेमा पनि पुनरावलोकन गर्नु जरुरी छ। हामीले विकासको पूर्वाधार तयार गर्न हालसम्म यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा गरेको लगानीले उत्पादन र रोजगारी बढाउन खासै मद्दत पुर्यान । फलस्वरूप मुलुकभित्र उत्पादन नहुने पेट्रोलियम पदार्थ, मेशिनरी र कच्चा पदार्थमात्र नभई कृषिजन्य वस्तु पनि खर्बौँको आयात गरिरहेका छौँ। हरेक दिन रोजगारीका लागि बिदेसिने युवाहरूको सङ्ख्या बढ्दो छ।१०. कोभिड-१९ को महामारी, रुस-युक्रेन युद्ध र आन्तरिक संरचनात्मक समस्याका कारण नेपालले उच्च व्यापार घाटा, उच्च शोधनान्तर घाटा र विदेशी विनिमयको संचितिमा ह्रासको सामना गर्नुपर्यो। बैङ्किङ क्षेत्रमा तरलताको अभाव, उच्च ब्याजदर र कर्जा अभावको अवस्था पनि शोधनान्तर घाटासँग सम्बन्धित रहेको छन्। यस समस्याको समाधानका लागि चालिएका कदमबाट केही सकारात्मक नतिजा देखिएता पनि जोखिम कायम नै छ र अन्य क्षेत्रमा परेको प्रभाव पनि विचारणीय छ।११. यहाँ प्रस्तुत कार्यपत्रले समग्र अर्थतन्त्रको संरचनात्मक समस्या र व्यवहारगत कमजोरी बारेमा विश्लेषण गरेको छ। त्यसमध्येका प्रमुख विषयहरूलाई सम्बोधन गर्ने सिलसिलामा हाम्रा नीति तथा कार्यक्रमहरूले तत्कालका समस्याहरूको समाधान गर्न प्राथमिकता दिनुपर्ने कार्यभार छ। यस सन्दर्भमा पछि ठूलो सङ्कटमा पर्नुभन्दा अहिले नै केही अप्ठेरो सहन सबै सरकारवालाहरू तयार हुनुपर्दछ र समन्वयात्मक प्रयास गर्नु आवश्यक छ।१२. हाम्रो तत्कालको आर्थिक समस्या समाधान गर्ने र आगामी दिनमा उच्च आर्थिक वृद्धिको आधार तयार गर्ने क्रममा हाम्रो प्रमुख ध्यान उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्दछ। मैले सरकारका सबै निकायहरूलाई यसैतर्फ केन्द्रित भएर आगामी वर्षको बजेट तथा कार्यक्रमहरू तय गर्न निर्देशित गर्नेछु। निजी क्षेत्र, लगानीकर्ता र विकास साझेदारहरूलाई पनि म व्यापारबाट उत्पादन तथा रोजगारी बढाउने क्रियाकलापमा लाग्न आव्हान गर्दछु। सरकारले यस क्षेत्रमा सक्दो सहयोग गर्नेछ।१३. हाम्रो अर्थतन्त्रमा रहेको अनौपचारिक अंशलाई औपचारिक प्रणालीमा ल्याउने; तस्करी, अवैध कारोबार तथा राजस्व चुहावट रोक्ने दिशामा निर्ममतापूर्वक लाग्ने गरी कार्ययोजनाहरु तयार गर्ने र लागू गर्ने कार्य गरिँदैछन्। यसमा सरकारी निकाय, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरूको समेत सहयोगको आवश्यकता छ।१४. अहिलेको सरकारको साझा न्यूनतम कार्यक्रम, मैले विश्वासको मत लिँदा संसद्मा व्यक्त गरेका प्रतिबद्धता र मैले सचिवहरूलाई सुरुमा दिएका निर्देशनहरूमा यहाँ छलफलमा आएका धेरै विषयवस्तुहरूलाई समेटिएका छन्। तीनको कार्यान्वयनको लागि एकीकृत कार्ययोजना पनि तयार भएर कार्यान्वयनमा जाने अवस्थामा पुगेको छ। बाँकी विषयहरूलाई पनि आत्मसात् गरी आगामी दिनमा अघि बढाइने छ।१५. हाम्रो संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सक्यौँ भने आगामी ५ वर्षभित्रै हामी विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्नेछौँ। त्यसकारण बाँकी कानुन निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरूमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्नेछ। | News | 39,040 |
क्रिकेट खेलाडीले क्षमता देखाए, अब पालो सरकारको | मोहम्मद अलीसँग हेभिवेट बक्सिङमा भिड्न पाएको भए कस्तो हुन्थ्यो ? जमैकाका युसेन बोल्टसँग एथलेटिक्सको ट्र्याकमा सय मिटर दौडिन पाएको भए ? पेलेको ब्राजिलसँग फुटबलको मैदानमा खेल्न पाएको भए ? अथवा भनौं, लियोनल मेसीकै विश्वकप विजयी अर्जेन्टिनासामु चुनौती पेस गर्न पाएको भए ? | https://ekantipur.com/opinion/2023/09/06/169396562678331963.html | मोहम्मद अलीसँग हेभिवेट बक्सिङमा भिड्न पाएको भए कस्तो हुन्थ्यो ? जमैकाका युसेन बोल्टसँग एथलेटिक्सको ट्र्याकमा सय मिटर दौडिन पाएको भए ? पेलेको ब्राजिलसँग फुटबलको मैदानमा खेल्न पाएको भए ? अथवा भनौं, लियोनल मेसीकै विश्वकप विजयी अर्जेन्टिनासामु चुनौती पेस गर्न पाएको भए ?नेपाली खेलकुदले यस्तो मौका पाउँदै पाउँदैन । उनीहरू विश्व खेलकुदले आत्मसात् गरेका सबैभन्दा उच्चस्तरका खेलाडी हुन् । नेपाली क्रिकेट भने भाग्यमानी रह्यो, जसले यस्तै उच्च स्तरको चुनौती सामना गर्न पायो । हामी सबै धन्य रह्यौं, नेपालले विश्व क्रिकेटका सबैभन्दा अब्बल दर्जाका दुई टिमसँग खेलेको हेर्न पायौं । यो यस्तो ऐतिहासिक मोड थियो, जसलाई अहिलेको नेपाली पुस्ताले कहिल्यै बिर्सनेछैन र अबका सन्ततिलाई कथा बुनेर सुनाउनेछ । एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘एसियाकप २०२३’ मा नेपालले पाकिस्तान र भारतको सामना गर्ने अवसर पाएको थियो । दुवै खेलमा नेपालले आफूअनुकूल नतिजा निकाल्न सकेन । तर नेपालको लक्ष्य रातारात कायापलट हुने गरेर प्रदर्शन गर्नु पनि थिएन । नेपालले आफ्ना दुवै छिमेकी दक्षिण एसियाली देशविरुद्ध जसरी प्रदर्शन गर्यो, त्यसबाट हामी शिर उठाएरै एसियाकप खेल्यौं भन्न सक्छौं । एकदिवसीय क्रिकेटको नम्बर १ टिम पाकिस्तानविरुद्ध गत बुधबार नेपाल २ सय ३८ रनले पराजित रह्यो । भारतविरुद्धको सोमबारको खेल नेपालले १० विकेटले गुमायो । भनिन्छ, खेलको तथ्यांकले सबथोक भन्दैन । यी दुवै खेलमा नेपालको हारको अन्तर ठूलै रहे पनि सकारात्मक पक्ष धेरै छ । पाकिस्तानविरुद्ध मुल्तानको मैदानमा नेपालले पहिले बलिङ गर्दा सुरुका ३० ओभरसम्मको प्रदर्शन तारिफयोग्य रह्यो । यस अवधिमा नेपालले पाकिस्तानी ब्याटरलाई दबाबमा राखेको थियो । विश्व क्रिकेटकै महाशक्ति भारतविरुद्धको खेलमा पनि नेपालले पहिले ब्याटिङ गर्दै जसरी २ सय ३० रनको स्कोर खडा गर्यो, त्यसमा पनि प्रशंसा गर्नुपर्ने अनेक कारण छन् । नेपाली ब्याटरले भारतको बलिङ आक्रमणलाई डटेर सामना मात्र गरेन, उनीहरूलाई दबाबमा ल्याउन पनि सफल रहे । त्यसैले अहिले सारा विश्व क्रिकेटले नेपालको प्रदर्शनको प्रशंसा गरिरहेको छ, बधाई आइरहेको छ । सबैले नेपाली क्रिकेटको सम्भावना राम्रो छ भनिरहेका छन् । धेरैले नेपाली क्रिकेटलाई माथि उठाउन अरूले सहयोग गर्नुपर्छ भनिरहेका छन् । केहीले त सहयोग गर्ने तत्परता पनि देखाइरहेका छन् । यस्तो लोभलाग्दो स्थितिको फाइदा अहिले नलिने हो भने कहिले ? सधैं यस्तो अवस्था आउँदैन, न त बन्छ नै । यो खेलको अझ विकासमा काम गर्ने ठीक समय यही हो । हाम्रा खेलाडीले मैदानमा खेलेर देखाए, अब त्यसको जवाफमा सुहाउँदो क्रिकेटको माहोल तयार पार्ने पालो आएको छ । विश्व खेलकुदमा नेपालको कुनै एक खास खेलमा धेरै सम्भावना छ भने त्यो क्रिकेट मात्रै हो । देश र सरकारले चाहने हो भने ढिलो–चाँडो नेपालले टेस्ट क्रिकेटको मान्यता पाउन सक्छ, लगातार अन्तर्राष्ट्रिय एकदिवसीय र ट्वान्टी–ट्वान्टी क्रिकेट खेलिरहन सक्छ । यी दुवै ढाँचाका विश्वकपमा नेपाल पुग्न सक्छ । त्यसका लागि यति बेला सटीक योजना चाहिएको छ । अहिले नै हामीलाई हजारौं दर्शक अट्ने ठूलठूला क्रिकेटका रंगशाला नभए पनि हुन्छ, कम्तीमा सातै क्षेत्रमा सुविधासम्पन्न क्रिकेट मैदान हुनुपर्छ । लगातार प्रतियोगिता हुनुपर्छ । खेलाडीले खेलेर कमाउन सक्ने वातावरण हुनुपर्छ । एक दिनभन्दा बढी समय खेलिने पारम्परिक क्रिकेट सुरु गर्न हतार भइसकेको छ । प्रतियोगिता नियमित आयोजनाका लागि दक्ष जनशक्ति पनि उत्तिकै आवश्यक छ, यसतर्फ पनि ध्यान जानुपर्छ । निजी क्षेत्रबाट पनि नेपाली क्रिकेटमा मन खोलेर लगानी गर्न जरुरी छ । नेपाली क्रिकेटको एउटा बलियो पक्ष के हो भने खेलाडी हाम्रा आफ्नै प्रतिभा हुन्, हामीलाई अरूले जस्तो खेलाडी आयात गर्नुपर्दैन । राम्रो खेल हुनुपर्छ, कहिल्यै दर्शक अभाव हुँदैन । पैसा तिरेर क्रिकेट हेर्न चाहने समर्थक र दर्शकको कमी छैन । यसले नेपाली क्रिकेटमा अहिले गरेको लगानी भविष्यमा मजाले उठ्छ भन्ने देखाउँछ । त्यसैले लगानीमा कन्जुस्याइँ गर्नु हुँदैन । नेपाली क्रिकेट विकासका सबै सर्त पूरा गर्न नेपाल क्रिकेट संघ (क्यान) आफैंमा बलियो हुनुपर्छ । क्यान विधिसंगत ढंगले चल्नुपर्छ, यसको व्यवस्थापन चुस्त हुनुपर्छ । क्यान अहिले नयाँ कार्यसमिति चयनको प्रक्रियामा छ । यस क्रममा केही आसलाग्दा अनुहार पनि देखा परेका छन् । नेपाली क्रिकेटमा अहिले तयार भएको राम्रो मौका गुमाउनु हुँदैन । नेपालले क्रिकेटलाई आफ्नो गौरवकै योजना बनाउँदा त्यसबाट राम्रो मात्रै हुन्छ, नराम्रो केही हुनेछैन । | Opinion | 10,191 |
ब्रेक्जिट: युके विना सम्झौता इयुबाट बाहिरिने प्रस्तावमा मतदानको तयारी | ब्रिटेनका सांसदहरूले आगामी मार्च २९ मा युकेलाई विना कुनै सम्झौता इयुबाट बाहिरिनबाट रोक्ने की नरोक्ने भन्ने विषयमा बुधबार मतदान गर्दैछन्। | https://www.bbc.com/nepali/news-47554016 | ब्रेक्जिट सम्बन्धी प्रधानमन्त्री टरिजा मेले प्रस्तुत गरेको परिमार्जन सहितको मस्यौदा प्रस्ताव मङ्गलवारको मतदानमा सांसदहरूले अस्वीकृत गरेका थिए। युकेको इयुबाट बहिर्गमन सम्बन्धी उक्त प्रस्ताव १४९ मतले संसदमा पराजित भएको थियो। यसैबीच युके सरकारले विना कुनै सम्झौता इयुबाट बाहिरिनु पर्ने अवस्था आएमा इयु बाहिरबाट गरिने आयातमा कर कटौती गरिने र उत्तरी आयरल्याण्डमा पक्का सिमाना स्थापना गर्नु पर्ने अवस्थाबाट जोगिन विभिन्न उपायहरू गरिने बताएको छ। मङ्गलवार ब्रिटिश प्रधानमन्त्रीको नयाँ प्रस्ताव संसदमा पराजित भएपछि विना कुनै सम्झौता ब्रिटेन इयुबाट बाहिरिएको अवस्था सम्बन्धी योजनाहरू बनाउनु "अब पहिलेभन्दा पनि बढी महत्त्वपूर्ण" भएको इयुले बताएको छ। निराशा इयुका कतिपय नेताहरूले प्रधानमन्त्री मेको प्रस्ताव २४२ का विरुद्ध ३९१ मतले अस्वीकृत भएपछि निराशा व्यक्त गरेका छन्। बुधवारको मतदान के विषयमा हो? प्रधानमन्त्री टरिजा मेले भनेकी छन् बुधवार साँझ हुने मतदानमा उनको कन्जरभेटिभ पार्टीका सांसदहरूले स्वेच्छाले मतदान गर्न पाउनेछन्। त्यसको अर्थ सरकारका मन्त्री तथा सत्तापक्षीय सांसदहरूले पार्टीको निर्देशनको आधारमा नभई आफ्नो विवेकका आधारमा मतदान गर्न सक्नेछन्, जुन ब्रेक्जिट जस्तो नीतिगतरूपमा ठूलो र महत्त्वपूर्ण विषयमा सत्ताधारी दलले अवलम्बन गरेको असाधारण कदम हो। युकेमा स्थानीय समय अनुसार बेलुकीको सात बजे सांसदहरूले सरकारले प्रस्तुत गर्ने प्रस्तावमाथि मतदान गर्नेछन्। जसको व्यहोरा यसप्रकार रहने छ: "यो सदन आगामी २९ मार्चका दिन विना कुनै बहिर्गमन सहमति र भावी सम्बन्धका बारे कुनै ढाँचा विना युरोपेली संघबाट बाहिरिने कुरालाई अनुमोदन गर्न अस्वीकार गर्दछ।" विना सहमति इयुबाट बाहिरिने प्रस्ताव अस्वीकृत भएमा सांसदहरूले बिहीवार अब ब्रेक्जिटमा ढिलाइ गर्नका लागि आर्टिकल फिफ्टी भनिने इयुबाट कुनै सदस्य राष्ट्र बाहिरिन चाहेमा पालना गर्नुपर्ने शर्तहरू उल्लेखित बुँदाको प्रावधानमा केही समय थप गर्ने विषयमा मतदान गर्नेछन्। इयुले त्यस्तो समयसीमा लम्बाउनका लागि आफू समक्ष "पत्यारलाग्दो औचित्य" प्रस्तुत गर्न आवश्यक रहेको बताएको छ। विपक्षी पार्टी लेबोरले विना सम्झौता ब्रेक्जिटमा अघि बढ्ने प्रस्तावलाई "टेबलबाट हटाउन" माग गरेको छ। र त्यसको बदलामा आफूले वैकल्पिक ब्रेक्जिट प्रस्तावलाई अघि बढाउने सो पार्टीले जनाएको छ। | Others | 69,197 |
पानी बाँड्दै गाउँपालिका | चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।” | https://gorkhapatraonline.com/news/72891 | सर्लाही समाचारदातासर्लाही, साउन १४ गते । चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।” गाउँपालिकाले भर्खरै गत आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका अध्यक्ष योजना अन्तर्गत पानी ट्याङकर खरिद गरेको थियो। गाउँपालिका अध्यक्ष महतोका अनुसार पहिलो चरणमा चापाकलबाट पानी नै आउन छाडेको फरिद टोल, कोइरियाही टोल, मोहनपुर, बडबुर्वा, बबरगन्ज, रतनपुर, पोखरियालगायतका स्थानमा नियमित ट्याङ्कर पठाएर पानी खुवाउने काम भइरहेको छ। बस्तीमा खानेपानीको ट्याङ्कर आउनासाथ स्थानीय गाग्रो तथा अन्य भाँडा बोकेर पानी थाप्न पुग्ने गरेका छन्। गाउँपालिकाले डिप बोरिङबाट ट्याङ्करमा पानी भरेर बस्तीमा वितरणका लागि पठाउने गरेको छ। चापाकल सुकेर पानीको समस्या भइरहेका बेला केही दिनदेखि गाउँपालिकाले यसरी बस्तीमै पानी पठाउन थालेपछि स्थानीय खुसी भएका छन्। गाउँपालिका अध्यक्ष महतोले पानीको अभाव भएको प्रत्येक टोलमा पानी पु-याउने प्रयास गरिरहेको बताउनुभएको छ। “सातवटै वडामा ट्याङ्कर पु-याएर पानी खुवाउने योजना छ, अहिले बढी कल सुकेको टोललाई प्राथमिकता दिएका छौँ,” गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो। जिल्लामा अहिले अन्य पालिकामा पनि चापाकल सुकेर पानी आउन छाड्दा स्थानीय बासिन्दाले खानेपानीको समस्या झेलिरहेका छन्। | News | 37,228 |
२०८४ मा कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : महामन्त्री थापा | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टी बनाउन सकिने बताएका छन् । | https://ekantipur.com/news/2024/06/22/congress-can-be-made-a-majority-party-in-2084-mahamantri-thapa-41-04.html | काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टी बनाउन सकिने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा थापाले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको पार्टी बनाउन सकिने बताए । उनले कांग्रेसलाई ५ वर्ष ढुक्कले सरकार चलाउने पार्टी बनाउन सकिने बताए ।नेपालले अहिले अपनाएको निर्वाचन प्रणालीबाटै २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टीका रूपमा कांग्रेसलाई बनाउन सकिने महामन्त्री थापाको भनाइ थियो । ‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, भत्किएला, त्यो केही पनि हुँदैन । २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट विपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो । यो पार्टीको कार्यकर्ताहरु हौँ हामी । हामीभित्र केही सुधार चाहिएको छ । हामी भित्र केही फोहोर सफा गर्नुपर्नेछ । हामी भित्र माया, प्रेम चाहिएको छ । सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं,' महामन्त्री थापाले भने, 'यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईहरूको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौं ।’ महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए । | News | 2,375 |
मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ । | https://gorkhapatraonline.com/news/113432 | चितवन, असार ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ । भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएपछि यसको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने गरी काम भइरहेका छ । हाल सङ्ग्रहालय मर्मतको ९० प्रतिशत काम सम्पन्न भएको छ दिदीबहिनी निर्माण सेवाले ९२ लाखमा मर्मतको ठेक्का पाएको छ । दरबारभित्र पहिलो तलामा ठुलो बैठक कक्ष छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार बनेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको छ । दरबारमा पाँच वटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । ऐतिहासिक यो स्थल ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ । रासस | News | 50,153 |
चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित | चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । | https://gorkhapatraonline.com/news/61977 | चितवन, वैशाख १० गते । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान स्थगित भएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।” यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ ।आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो । रासस | News | 56,945 |
सुजाता र ऋषिकेशबीच चुनावी प्रतिस्पर्धा | निर्वाचनको मिति नजिकिएसँगै मोरङ – २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ । | https://gorkhapatraonline.com/news/43592 | हरि कोइरालाउर्लाबारी, कात्तिक २० गते । निर्वाचनको मिति नजिकिएसँगै मोरङ– २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष तथा पूर्व सांसद ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ । अन्यमा राप्रपाले गोपाल दाहाल, नेमकिपाले सुरेश कवाँ, लोसपाले नारायणप्रसाद गनगाईं, राष्ट्रिय स्वतन्त्र पार्टीले ठगेन्द्रप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यस्तै, नेशनल पिपलिष्ट पार्टीले मीना कटुवाल बुढाथोकी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले खिलबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनले नारायण विशंखे र हाम्रो नेपाली पार्टीले विनोदमणि भट्टराईलाई उम्मेदवार बनाएको छ । यसैगरी, राजकुमार शिवाकोटी, विशेश्वर ऋषिदेव र सुनीलकुमार साह स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनका उम्मेदवार सुजाता कोइराला गठबन्धनको सहयोगमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । दिवंगत हुनुभएका गिरिजाप्रसाद कोइरालाको राजनीतिक भूमिमा विगतमा उहाँले गरेका विकास निर्माणलाई चुनावी एजेण्डा बनाउनुभएको छ । कोइरालाले विपन्नका लागि स्वरोजगार कार्यक्रम, कृषि उत्पादनका लागि सिंचाइ र प्रविधि रतुवाको पुल निर्माण र खोला तटबन्धलाई प्रमुख एजेण्डा बनाउनुभएको छ । नेत्री कोइरालाले एमालेले दुई दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संवैधानिक सङ्कटमा पारेकाले संविधानको रक्षा, प्रजातन्त्र र बहुलवादको संरक्षणका लागि मत मागिरहनुभएको छ । यता, एमाले उम्मेदवार ऋषिकेश पोख्रेल तेस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायलाई हराएर सिंहदवार छिर्नुभएका पोख्रेल वि.सं. २०७४ को निर्वाचनमा कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालसँग पराजित हुनुभएको थियो ।वि.सं. २०७४ मा प्रतिनिधि सभामा वाम गठबन्धनका सबै उम्मेदवारले जित्दा पोख्रेल मात्र पराजित हुुनुभएको थियो । रिजाल एक हजार ८०५ मतले पछि पार्दै निर्वाचित हुनुभएको थियो थियो । रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्दा वाम गठबन्धनका उम्मेदवार पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभएको थियो ।पोख्रेल अहिले शिक्षा, स्वास्थ्य, नदी नियन्त्रण र व्यवस्थापन, नागरिकका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका लागि नीति निर्माण, परम्परागत कृषि प्रणालीलाई सुधार गर्ने एजेण्डा लिएर मत मागिरहनुभएको छ । उहाँले गोरखापत्रसँग भन्नुभयो – ‘विगतमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा थियो । अहिले प्रतिस्पर्धा छैन, एमाले जित नजिक पुगेको उहाँले भन्नुभयो ।’ मोरङ क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती, एमालेतर्फबाट दानबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ सात वटा दल र चार जना स्वतन्त्र गरी ११ जनाको उम्मेदवारी परेको छ । यहाँ ६१ हजार ५८ मतदाता छन् । त्यस्तै, मोरङ २(२) मा नेपाली कांग्रेसका विनोद कार्की र नेकपा एमालेका लीलावल्लभ अधिकारी मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । ६३ हजार ६७१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ७ दल र २ स्वतन्त्र गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । मोरङ २ मा ६८ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् । दक्षिण पूर्वी मोरङका रतुवामाई र सुनवर्सी नगरपालिका, पथरीशनिश्चरे नगरपालिकाका दुईवटा वडा (५ र ६), कानेपोखरी गाउँपालिकाका ३ वटा वडा (१, २ र ३) र रङ्गेली नगरपालिकाका ५ वटा वडा १, २, ३, ८ र ९) रहेको यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ६१५ जना मतदाता छन् । | News | 60,624 |
हिंसामाथि निर्मम बहस गरौं | यौनहिंसा कहीँ पनि र कुनै पनि सर्तमा मान्य हुने वा जायज ठहरिने विषय होइन । त्यसमाथि पनि जबर्जस्ती करणी जघन्य अपराधको कोटिमा राखिएको कसुर हो । | https://ekantipur.com/opinion/2022/09/13/166303526048851844.html | यौनहिंसा कहीँ पनि र कुनै पनि सर्तमा मान्य हुने वा जायज ठहरिने विषय होइन । त्यसमाथि पनि जबर्जस्ती करणी जघन्य अपराधको कोटिमा राखिएको कसुर हो ।कसैले तथ्य, प्रमाण र स्थितिजन्य साक्ष्यसहित आफू वा आफ्नो संरक्षणमा रहेको व्यक्तिमाथि यस्तो अपराध भएको छ भनी उजुरी गर्दा कुनै दबाब र प्रभावबिना गरिएको अनुसन्धानले उक्त अपराध ठहर हुन्छ भने अरूले यसमा टीकाटिप्पणी गर्नु वा प्रचलित कानुनलाई दोष दिनु गलत हुन्छ । तर यतिखेर, यौनजन्य कसुरमा आरोपित व्यक्तिको ख्याति र लोकप्रियताकै आधारमा जेजसरी न्यूनतम विवेकको धज्जी उडाएर प्रचलित कानुन र पीडित/जाहेरीवालीको अपमान गरिएको छ, त्यसमाथि निर्मम छलफल हुनु आवश्यक देखिन्छ ।०००‘महिला’ हरेक समाजमा धर्म, वर्ग, वर्ण र जातभित्रै अन्तर्भूत एउटा त्यस्तो ‘क्लस्टर’ हो जो हजारौं वर्षदेखि संरचनात्मक विभेद, हिंसा, घनघोर अपमान, कठोर नैतिक घेराबन्दी र लाञ्छनाहरूको मनो–सामाजिक आतंकले प्रताडित छन् । ‘आधा धरती’ भनेर अलंकार दिइने यो सिंगो समुदायले खेपेजसरी लगातार हजारौं वर्ष लामो कोप, अन्याय र दमन खेप्ने अर्को समुदाय छैन । दमनकारी संरचनाका पत्रेदार शोषण–शृंखलाभित्र र तीदेखि बाहिर दुवैतर्फ महिलाले सांस्कृतिक अधीनस्थताका कारण भोग्नुपर्ने सबै प्रकारका विभेद त भोगेकै छन्, तीबाहेक पनि जन्मसिद्ध रूपमा यौनांग सँगै लिएर बाँचिरहेको शारीरिक–मानसिक त्रासदीले थिलथिलो परेका छन् । त्यति मात्र होइन, आफूमाथिको हिंसाविरुद्ध न्यायिक अपिल र विद्रोह गर्दासमेत भोग्नुपर्ने तमाम लाञ्छना र प्रहारहरूको एकोहोरो निसाना पनि महिला नै बन्नुपरेको यथार्थबीच उभिएर कठोरतापूर्वक सोच्नुपर्ने भएको छ । शिक्षा, आलोचनात्मक चेतना र विश्वव्यापीकरणका स्वाभाविक प्रभावले समाज नयाँ रूप, नयाँ संरचनातर्फ संक्रमण गर्ने क्रममा छ । महिलामाथिका परम्परित नैतिक आग्रह क्रमशः खण्डित भइरहेका छन् । स्त्री–पुरुषबीचका सांस्कृतिक–आर्थिक सम्बन्धका आयामहरू बदलिँदै छन् । विभेदहरूलाई स्थायी बनाइरहन खोज्ने सबै खालका संस्थागत भित्ता र पर्खालहरू दिनानुदिन भत्कने क्रममा छन् । यसले ऐतिहासिक–संरचनात्मक रूपमै दमित र अधीनस्थ स्थितिमा बसेका महिलाहरूलाई नयाँ आत्मविश्वास र संघर्षको चेत दिएको छ । तर परम्परित सहुलियत र सुविधामा टसमस नभई हिंसाको वैधकरण गर्न बानी परेको एउटा ठूलो तप्का पनि यहीँ छ जुन वर्ग–क्षेत्र–जात–लिंग र पहिचानहरूबीच पूरै ‘इन्टरलक्ड’ भएर बसेको छ । एक थरी अन्याय, विभेदकारी–हिंसाकारी विषय र प्रसंगमा ‘प्रगतिशील’, रूपान्तरणकारी देखिने व्यक्ति उस्तै अर्को विषयमा घोर अनुदार, असहिष्णु र हिंसावादी देखिन्छ । आपसमा पूरै बटारिँदै जोडिएका मानिसहरूको यो जालो तोड्नु हिजो राजतन्त्र फाल्न या गणतन्त्र ल्याउन लडिएको सोलोडोलो ‘क्रान्ति’ गर्नुभन्दा कैयौं गुणा बढी जटिल रहेछ भन्ने कुरा अनुभवहरूले पुष्टि गर्दै छन् । ०००जबजब यौनजन्य हिंसा र बलात्कारजस्ता मुद्दा सतहमा आउँछन्, त्यसको परिणतिको जिम्मेवारी र दायित्व महिलामाथि मात्रै थोपर्न उद्यत प्रतिक्रियाहरू यति दारुण र विवेकहीन छन् कि आफू यही समाजमा बाँच्दै छु भन्ने ठान्न सकस हुन्छ । पछिल्ला महिनाहरूमा सार्वजनिक भएका यौनहिंसाका ‘केस’ माथि व्यक्त अधिकांश टिप्पणीबाट स्पष्ट देखिन्छ, समाजको ठूलो तप्का एकनास र निरपेक्ष रुपले महिलाद्वेषी त छ नै, समग्र राजनीतिक आन्दोलनका उपलब्धिपछि बनेका मानवमर्यादाजन्य कानुनविरोधीसमेत छ । कलाकार सन्तोष पन्त वा शिव परियार, पूर्वप्रशासकसमेत रहेका भीम उपाध्याय र श्यामप्रसाद मैनालीदेखि ‘विज्ञ’ भनिने मदन राईसम्मले पितृसत्ताको उत्तरदानमा प्राप्त सुविधामूलक स्थानको ओटमा सार्वजनिक स्पेसबाट जे भन्दै छन्, तिनका ‘फ्यान–फलोअर्स’ हरूलाई मात्रै होइन, धेरैलाई लागेको छ- कुरो त ठीक हो ! देशको प्रचलित कानुन अनुसार एउटा न्यायिक प्रक्रियाभित्र प्रवेश गरिसकेको संवेदनशील विषयमा व्यक्ति–व्यक्तिलाई जे लाग्यो, त्यो भन्दै हिँड्ने र ठूलो संख्यामा मानिसहरूलाई दिग्भ्रमित बनाउने छुट यी महाशयहरूलाई छ ? राज्यको स्रोत, शक्ति र लोकप्रियताको दुरुपयोग गरेर यी मानिसहरू जाहेरीवाली सत्रवर्षे नाबालिगमाथि भएको जबर्जस्ती करणीजस्तो संगीन विषयमा दिएका अभिव्यक्तिका लागि कारबाहीभागी हुनुपर्दैन ?हिंसामाथिको कानुनी र नैतिक उपचारको बाटो खोज्दा हरेकपल्ट जुनसुकै उमेर र अवस्थाकी महिलामाथि नै थोपिने नियमित शैली हो- पीडितमाथिकै लान्छना र प्रहार अर्थात् भिक्टिम ब्लेमिङ र सेमिङ । ‘वरिष्ठ’ को पगरी लगाएका कानुनकर्मीहरू नै बलात्कार मुद्दालाई ‘सेलेब्रिटी फँसाएर लाखौं कमाउने’ व्यवसाय र एनजीओ/आईएनजीओको नामबाट करोडौं डलर कुम्याउने खेलोफड्को भन्दै मिडियामा आउँछन् । जबकि ‘डिफेन्स’ का नामबाट आरोपित संरक्षण गरेरै तिनको ‘व्यवसाय’ धानिएको हुन्छ । तिनलाई आरोपितको ‘डिफेन्स’ गर्ने हक जति छ, नाबालिग उमेरकी पीडित वा पीडितको मुद्दामाथि समभाव राख्ने पंक्तिलाई न्यायका निम्ति बोल्ने र कानुनी उपचार पाउने हक त्यति नै छ भन्ने हेक्कासम्म नराखी सार्वजनिक स्पेसमा कानुनकर्मीहरू बोल्न मिल्छ कि मिल्दैन ? त्यस्ता अभिव्यक्तिले यौनहिंसालाई सामान्यीकरण गर्दै लैजाने र पीडितलाई नै दोषभागी बनाएर हिंसाको वैधकरण गर्छन् कि गर्दैनन् ? राज्यका जिम्मेवार निकायहरूले अविलम्ब ध्यान दिऊन् । ०००कानुन अतीतदर्शी होइन, वर्तमानका अनुभवबाट भविष्यदर्शी भएर निर्माण हुनुपर्छ । सारवान् कानुनको लक्ष्य नै हिजो वा अस्ति होइन, आज र भोलि हो । समाजलाई मर्यादा र अनुशासनमा राख्न कतिपय परम्परा र मूल्य–मान्यताको अहम् भूमिका हुँदाहुँदै पनि कैयौं सामाजिक विभेद, रूढि र गलत सांस्कृतिक अभ्यासहरूले गर्दा नैतिकता र मर्यादाका नाममा सबै परम्परा बिनासर्त रक्षा गर्नलायक हुँदैनन् । कतिपय सोच, चलन र तौरतरिकालाई निर्ममतापूर्वक उखेलेर फ्याँक्नुको विकल्प नै रहँदैन । आदर्श, समताकारी र सभ्य मानवसमाजका लागि ती विषतुल्य हुन्छन् । तिनैमध्येको एउटा हो- स्त्री–पुरुषबीचको यौन र यौनसम्बन्धबारे रहेको प्रचलित दृष्टि जसले यौनक्रिया (सेक्स) स्त्री शरीरमाथि अतिक्रमण गर्दै उसको स्वत्वमाथि नै शासन गर्ने हतियारका रूपमा बुझ्दै–बुझाउँदै आएको छ । ‘पुरुषका लागि’ शारीरिक आनन्द र वंश/उत्तराधिकारी उत्पादनको ध्येय नै यौनक्रिया हो भन्ने बुझिँदै आइएको र महिला पुरुषकी अधीनस्थ निष्क्रिय कर्ता मात्रै हो भन्ने ठान्ने गरिएकैले पहिलेका ‘थिति बसाल्ने’ भनिएका कानुनमा समेत महिलामाथिका करणीजन्य कसुरको क्षतिपूर्ति वा दायित्व पीडित महिलासँग होइन, उसको लोग्ने वा पितासँग रहने गर्थ्यो । त्यति मात्र नभई, ‘घटी–बढी जात’ अनुसार, ‘मासिन्या–नमासिन्या’ पहिचान अनुसार करणी कसुरका परिभाषा र सजायसमेत भिन्दाभिन्दै हुन्थे । यी सबैको लहरो उक्त महिलाको लोग्ने वा पतिको पहिचान/ स्थितिअनुकूल हुन्थ्यो । मुलुकी ऐन–१९१० को ‘करणी गर्न्याको’ महलमा यी सबै कुरा भेटिन्छन् ।समयक्रममा ठूला राजनीतिक परिवर्तनका कारण जातीय र जातजन्य विभेदविरुद्धका कानुनसँगै लैंगिक उत्पीडनविरुद्ध समेत नयाँ कानुनहरू निर्माण भए । मानवीय मर्यादा र आदर्शका नयाँ रूपकहरू बने । देशको न्यायपालिकामा पेस भएका कैयौं मुद्दाका नजिरबाट प्रतिपादित न्यायिक दृष्टिकोणसमेत बने । त्यसै अनुसार कानुनहरूमा संशोधन र परिमार्जन मात्रै भएनन्, हाल सम्पूर्ण रूपले नयाँ कानुनको लेखन र प्रचलन नै भएको छ । यसका लागि इजलासभित्र र बाहिरका कानुनी बहस र अभ्यासका अनेकौं अनुभव, सयौं मानिसले गरेको अनुसन्धान, विवेक र ऊर्जा लागेको छ । कतिपयका तर्क सुनिन्छन्, सहज मानवीय आकर्षण र उद्वेगको उमेरलाई कानुनले रोक्न पाइँदैन । कतिपय भन्छन्, नेपाली समाजको संरचना र कहीँकहीँ अझै पनि बालविवाह गर्ने चलनका हिसाबले नाबालिग उमेरको सीमा घटाइनुपर्छ । कतिपय त अझ केसम्म भन्छन् भने, १८ वर्षे उमेरहदका कारण जबर्जस्ती करणीका मुद्दा बढे, पीडित ‘नाबालिग’ छिन् भन्दै होनहार सेलेब्रिटीहरू फँसाइए ! यसो भन्नेमा मन्त्रीदेखि अधिकारकर्मीसम्मै छन् । करणी सम्बन्धी हाल प्रचलित कानुन निर्माण गर्ने तत्कालको विधायकी मनसाय के थियो, सम्बन्धित व्यक्तिहरूले धेरै गहिरोसँग भन्न र बुझाउन सक्लान्, तर न्यूनतम मानवीय विवेकको आँखाबाट हेर्दा पनि के देखिन्छ भने अतीतको सांस्कृतिक अभ्यासले यौनसम्बन्धलाई कसरी हेर्थ्यो भन्ने कोण अब आधारहीन र बेकम्मा भैसकेको छ । यौनक्रियाका लागि सहमतिको उमेर तोक्दा त्यसमा सँगै जोडिएर आउने सबै किसिमका परिणामहरू झेल्ने आत्मविश्वास, आत्मनिर्भरता र सामर्थ्यलाई समेत विचार गरिएको हुनुपर्छ भन्ने सामान्य अनुमान गर्न सकिन्छ । हालको कानुनले तोकेको ‘सहमतिको उमेर’ माथि प्रश्न उठाउनेहरूले उत्तर दिऊन्, के अहिलेकै जसरी बलात्कार मुद्दामा जाहेरी दिने अवस्थामा स्वयम् तिनका बहिनी, छोरी वा नातिनीहरू परेको खण्डमा पनि तिनको तर्क यही हुन्छ ?तीतो सत्य हो, आज पनि नेपालमा यौनजन्य हिंसालाई कुनै हिंसा नै मानिँदैन । आम वर्ग र ‘परम्परावादी/प्रतिक्रियावादी’ कित्ताका दलहरूमा मात्रै होइन, क्रान्तिकारी दाबी गरिरहेका पार्टी, समूह र कार्यकर्ता पंक्तिसम्ममा यौनहिंसाको सामान्यीकरण कति डरलाग्दो छ भन्ने कुरा कम्युनिस्ट पार्टीभित्र प्रभावशाली राजनीति गरेका ठूलठूला नामहरूका सार्वजनिक र असार्वजनिक इतिवृत्तहरूले आफैं बताउँछन् । यौनहिंसा कुनै पनि दलको छलफलको एजेन्डा नै बन्दैन । कथम् बनाइयो भने सम्भवतः परिणाम अपार र भयावह रूपले आउन सक्छ । त्यसैले राजनीतिक दलहरू यी विषयमा चुइँक्क पनि बोल्दैनन् । संसदीय राजनीतिलाई दलाल पुँजीवादी र ‘हिंसा संरक्षक’ करार गर्ने वामपन्थी दलहरू पनि यो विषयलाई राजनीतिक मुद्दा बनाउँदैनन् । राजनीतिलाई नयाँ कोर्समा लैजाने दाबी गर्दै ‘पाठशाला’ चलाउन रोमाञ्चित हुनेहरूमध्येको एउटा समूह त आफ्ना मुख्य सदस्यमाथि लागेको यौन हिंसाको आरोप र त्यसको न्यायिक सुनुवाइका क्रममा भर्खरै पूरै अनावरण भएर नांगियो । बाँकी समूहहरू पनि परीक्षाको कठघराभित्रै छन् । राजनीतिक बाहेकका क्षेत्रमा पनि जबर्जस्ती बन्धक बनाएर, शरीर कोपर्दै लुछ्दै, कपडा च्यातिने गरी नियन्त्रणमा लिएर यौनक्रिया गर्नुलाई मात्रै ‘जबर्जस्ती करणी’ मान्ने अन्यथा सबै खाले करणी सहमतिजन्य हुन्छन् भन्ने ढिठ धेरैमा देखिन्छ । कानुनमा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई वा मन्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्ता महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ (मुलुकी अपराध संहिता–२०७४ को दफा २१९) स्पष्ट व्यवस्था गरिएको छ तर ‘विद्वान्’ कानुनचीहरू करणीजन्य कसुरको ‘ग्राउन्ड’ नै नहेरी सेलेब्रिटी ध्वस्त हुने चिन्तामा घाँटी सुकाउँछन् । पुरुष भएकैले उसलाई लहसिने, उमेरजन्य फन्डा र किस्साहरू बनाउने, मोजमस्ती गर्ने छुट दिएकाले पुरुषलाई स्वाभाविक रूपमा ‘बक्स’ दिनुपर्छ भन्ने सोच राख्नेहरू कुनै न कुनै रूपले कि त स्वयम् आफैं बलात्कारका लागि उद्यत भइरहेका पीडकहरू हुन् कि चाहिँ बलात्कारलाई पुरुषार्थ ठान्ने संरचनाका अनवरत लाभग्राही । महिलाहरू जोजो यस्तो विचारका पक्षपाती छन्, ती कि त आत्मघाती मूर्ख हुन् कि यो सांस्कृतिक सत्ताको चरित्र नै बुझ्न नभ्याएका वा नसकेका दयाका पात्र । जबसम्म प्रश्न र शंकाको सुईबाट पुरुषलाई संरचनात्मक छुट दिइराखिन्छ, महिला अपवादकै रूपमै सही, कसैलाई फँसाउने नियतबाटै आफूमाथि हिंसा भयो भन्न अगाडि आउँछिन् भने पनि उनलाई बिनासर्त विश्वास गर्नुको विकल्प रहँदैन । त्यसमा पनि उमेरदार पुरुष र नाबालिग स्त्रीको हकमा कानुनी उपचारमा ‘नाबालिगपन’ ले प्राप्त गर्ने अग्राधिकारको व्यवस्था किन गरिएको हो भन्ने नबुझी बहस गर्न उत्रिनु कानुनी रूपले साक्षरसम्म नहुनु हो ।विचार गरौं, पुरुष स्वतः विशेषाधिकारसम्पन्न (प्रिभ्लेज्ड) रहिरहने र महिला अन्यायविरुद्ध मुख खोल्नु त परै जाओस्, खुलेर हाँस्दासमेत ‘वेश्या हुन्या हाँस्तछन्’ भनिने स्टेरियोटाइप्ड ‘नैतिक मूल्य’ ले जेलिएको समाजमा कोही ‘मलाई हिंसा भयो’ भन्दै अनाहक किन फिराद गर्ली ? कुनै खास कुराको प्रतिशोध साध्न वा ‘केही लाख कुम्ल्याउन’ सामाजिक सञ्जालभित्र र बाहिरका सबै खाले बेइज्जती खप्न, त्यसबाट आइपर्ने भयानक अभिघात झेल्न र परिवारलाई समेत मानसिक तनाव बेहोर्ने बनाउन किन तयार होली ? त्यसैले यौनहिंसाका विषयमा पीडितमाथि लाञ्छना थोपर्नु र टिप्पणी गर्नुअघि सयौंपल्ट आफ्नै विवेकसँग प्रश्न गर्नु जरुरी छ, हरेकपल्ट यस्ता हिंसाबारे कुरा गर्दा तपाईं–हामी आरोपित पुरुषमाथि चाहिँ किन निर्मम हुन सक्दैनौं ? किन उसलाई प्रश्नबाट उन्मुक्ति दिन्छौं ? किन अनुसन्धानका परिणाम आउनुअघि नै आरोपितलाई ‘सफाइ’ दिन हतारिन्छौं ? | Opinion | 11,513 |
नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभा | चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् । | https://ekantipur.com/diaspora/2020/10/21/160327890748087536.html | बेइजिङ — चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् ।दुई दशकदेखि चीनको पल्लो शान्सीको सिआनस्थित चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्चमा कार्यरत डा.राजीवकुमार झालाई बुधबार शान्सी प्रान्तीय वैदेशिक विशेषज्ञ मामिला ब्यूरोले यस्तो प्रतिभामा छनोट गरेको हो । यसअघि उनलाई सन् २०१५ मा १०० विदेशी प्रतिभा (ट्यालेन्ट) मा छनोट गरिएको थियो । त्यस यता उनले चीनको राष्ट्रिय स्तरको ग्रान्ट (आर्थिक सहायता) पाएर काम गरेका थिए भने क्यान्सर रोग सम्बन्धित रिसर्च पेपरहरू प्रकाशित गरेका थिए । पछिल्लो पटक उनले कोरोना भाइरस सम्बन्धी अनुसन्धान प्रकाशित गरेका थिए । ब्यूरोले कामको मूल्यांकन गरेर यस्ता विदेशीहरूलाई चीनमा सेवा गर्नका लागि सुविधा दिने गरेको छ । डा. झाले कान्तिपुरसँग भने,‘एउटा स्तर निर्धारण भयो। अब नेपालको राजनीतिक प्रणाली, पर्यटन, अर्थव्यवस्था इत्यादि जे जस्ता विषयमा लेक्चरका लागि बोलाइन्छ, यसबाट नेपालको हितमा कुराहरू राख्न सकिन्छ ।’सिआन सहरले आफ्नो प्रक्रिया पार भएपछि विदेशी प्रतिभालाई यस्तो खालको सूचीमा राखेर आवश्यक सहुलियत सुविधा दिने गर्दछ । विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले विदेशी विद्वानहरूलाई स्वेदशको उत्थानमा टेवा पुर्याउन विदेशी प्रतिभाहरू भित्र्याउँदै गएको छ । यस्ता प्रतिभाहरूलाई चीनको पीआर मानिने १० वर्षे भिसा सुविधा उपलब्ध गराउनुका साथै चाइनिज एकेडेमी अफ साइन्स वा युनिभर्सिटीका नामी विशेषज्ञ बराबरको महत्व र सुविधा दिने गर्दछ ।यसैबीच बुधबार नै शान्सी प्रान्तीय उपगभर्नर फाङ् क्वाङ ह्वाले डा. झाको रिसर्च सेन्टरको अवलोकन गरेका छन् । भ्रमणका क्रममा उनले रिसर्च सेन्टरलाई बेल्ट एण्ड रोड इनिसियटिभका माध्यमबाट उपयोग गर्न सकिने प्रस्ताव राखेका छन् । नेपालको अवस्थाप्रति जानकार उनले शान्सीमा महामारी नियन्त्रणमा जे जस्ता कदमहरू चालिएका थिए, त्यसै प्रकारले नेपालको महामारी रोकथाममा पाइला चाल्नुपर्ने सुझाव दिए। उनले भने, ‘नियन्त्रणको कदम नचाल्ने हो भने स्थिति झन् झन् भयावह हुनसक्छ ।’सन् २०१३ र २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआनस्थित सो रिसर्च सेन्टरको भ्रमण गरेका थिए । त्यसक्रममा उनले नेपालका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखे । | Diaspora | 12,695 |
जेनतेन धानिँदै लुतो फाल्ने संस्कृति | नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिनुहुन्छ । | https://gorkhapatraonline.com/news/19262 | काठमाडौँ, साउन २ गते । नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिनुहुन्छ । यो विस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएको प्रति गुनासो गर्नुहुन्छ । ‘२० वर्ष भयो लुतो फाल्न छाडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो, उहाँ भन्नुहुन्छ, “साउन महिनाको १ गते सङ्क्रान्तिका दिन यसरी चारै दिशातिर लुतो लैजा, पिलो लैजा भन्दै धँयरीको दाउरा जलाएर फाल्ने चलन छ ।” ज्योतिषी आदित्य राज भन्नुहुन्छ, बढ्दो आधुनिकीकरणले गर्दा हाम्रो समाजमा यस्ता मौलिक रीतिरिवाजको लोप हुँदै जान लागेको हो । यो पर्वमा गरिने कार्यको धेरै महत्त्व रहेको प्रस्ट पार्दै उहाँले शरीरमा वर्षाका बेला अनेकौँ कीराले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यका लागि कन्डारक पूजा गर्ने र लुतो फाल्ने चलन चलेको बतानुभयो । ज्योतिष शास्त्रानुसार पनि सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिएको हो । ज्योतिषी राजको अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) तथा मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।यसै दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने पनि उहाँले जानकारी दिनुभयो । कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन रहेको पनि ज्योतिषी राजले बताउनुभयो । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिक स्थलमा सामाजिक रूपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । | News | 33,913 |
फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक | चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा कलाकार सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्काको अभिनय देख्न सकिन्छ । | https://gorkhapatraonline.com/news/57016 | काठमाडौं, फागुन २७ गते । चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा कलाकार सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्काको अभिनय देख्न सकिन्छ ।ट्रेलरले त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको छ । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतको अभिनय छ ।फिल्मलाई विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गर्नुभएको हो । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत समावेश छ । | News | 44,564 |
संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ। | https://gorkhapatraonline.com/news/88371 | काठमाडौं, मङ्सिर २२ गते। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताउनुभयो। उहाँले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन। हामी त्यसमै गइरहेका छौं। कमी कमजोरीहरु छन्। केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् भन्ने चिन्ता र चासो छ। नेपाली काँग्रेस यो विषयमा गम्भीर हुनु जरुरी छ। असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ। असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाविरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली कांग्रेस सबैभन्दा ज्यादा सेचत हुनुपर्छ। विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न जरुरी छ। ’’प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै कांग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो। | News | 52,383 |
ट्रम्प-किम वार्ता: रेल चढेर उत्तर कोरियाली नेता भियतनाम पुगे, नक्कली किमलाई देशनिकाला | उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका छन्। | https://www.bbc.com/nepali/news-47366604 | Mr Kim arrived by train at the border station of Dong Dang दुई दिनभन्दा बढी समय लगाएर उनले प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए। ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए। अहिलेको उनीहरूको भेटघाट कार्यक्रमबारे बल्ल केही स्पष्ट हुन थालेको छ। आइतवार किम प्योङ्याङबाट हिँडेको पुष्टि भएपछि मात्र शिखरवार्तामा उनको सहभागिताबारे पहिलो स्वीकारोक्ति आएको थियो। ट्रम्पले समेत आफू हनोईतर्फ लागेको भन्दै ट्वीट गरेका छन्। भेटघाट र वार्ता ह्वाइट हाउसकी प्रवक्ताले बताएअनुसार बुधवार साँझ उनीहरूले एक्लाएक्लै सङ्क्षिप्त वार्ता गर्नेछन्। त्यसपछि आफ्ना केही सल्लाहकारसँगै बसेर साँझको खाना खानेछन्। बिहीवार भने उनीहरूबीच चरणबद्ध वार्ताहरू हुनेछन्। यो बैठक खासगरी सिङ्गापुर वार्ताबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ। सिङ्गापुर वार्तापछि दुई देशबीच कूटनीतिक तहमा खासै प्रगति हुन सकेको थिए। बरु दुवै पक्षबाट तिक्ततापूर्ण भनाइहरू व्यक्त भएका थिए। यस पटक दुवै नेताले स्पष्ट प्रगति देखिनेगरी सम्वाद गर्ने ठानिएको छ। गत वर्ष किम र ट्रम्पबीच पहिलो पटक सिङ्गापुरमा भेटेवार्ता भएको थियो तर ठूलो अपेक्षालाई मत्थर गर्नेगरी ट्रम्पले भने "आफू हतारमा नरहेको" प्रतिक्रिया दिएका छन्। उत्तर कोरियालाई निरस्त्रीकरण गर्न दबाव दिन आफू हतारमा नरहेको जनाउ दिँदै ट्रम्पले ट्वीटमा लेखेका छन्, "म कसैलाई हतार गर्न लाउन चाहन्नँ। म [अस्त्र] परीक्षण नहोस् भन्ने चाहन्छु। परीक्षण नहुने हो भने हामी सन्तुष्ट नै छौँ।" लामो रेलयात्रा किम पहिलो पटक दुई कोरियाको असैनिकीकृत क्षेत्रमा देखा पर्दा उनको गाडीसँगै दौडेका सुरक्षाकर्मीको भिन्न शैलीले धेरैको ध्यानाकृष्ट भएको थियो। सिङ्गापुर जाँदा भने उनी चिनियाँ विमानको प्रयोग गरेका थिए। यस पटक उनले आफ्ना हजुरबुवा किम इल-सङको पदचाप पच्छ्याउँदै लामो दूरी रेलमा यात्रा गरे। केही घण्टामै हवाइजहाजमा तय गर्न सकिने उक्त यात्राका लागि रेल रोज्दा बाटोमा पर्ने मार्ग र रेल स्टेशनहरू सर्वसाधारणका लागि बन्द गरिएका थिए। Kim Jong-un boards his train यात्राको सबैभन्दा बढी भूभाग समेटिएको चीनमा परेको असरप्रति आक्रोश र व्यङ्ग्य त्यहाँका सामाजिक सञ्जालमा पोखिएको थियो। आफ्नो देशबाट निस्केपछि यात्राले समेट्ने भूभागमा चीन र भियतनाम मात्र रहेकोले पनि उनले सुरक्षाका दृष्टिले त्यस्तो विकल्प ठानेको बताइएको छ। चीन र भियतनाम दुवै कम्युनिस्ट सत्ता भएका देश हुन् र उनीहरूको उत्तर कोरियासँग निकै राम्रो सम्बन्ध छ। उता कुनै समय अमेरिकाको कट्टर शत्रुका रूपमा रहेको भियतनाममा ट्रम्प जानुलाई 'उसले तिक्ततापूर्ण विगत मेट्न सकिन्छ' भन्ने साङ्केतिक सन्देश दिन खोजेको देखिन्छ। 'नक्कली किम'लाई देशनिकाला किम जङ-अनजस्तै देखिने एक युवालाई शिखरवार्ताअघि भियतनामबाट निकाला गरिएको छ। यसअघि किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले समातेर झपारेको थियो। किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइट उनीहरू हनोईमा ती दुई नेताको भेष धारण गरेर नक्कल गरिरहेका थिए। त्यसो गर्न नछोडे उनीहरूलाई देशबाट निकालिदिने चेतावनी भियतनामी पक्षले दिएको थियो। एक्स हङकङका बासिन्दा हुन्। उनका अनुसार प्रहरीले उनको भिसा नक्कली भएको बताएर देशबाहिर पठाएको हो। किमजस्ता देखिने उनले भने, "जुनकुनै तानाशाहीका लागि व्यङ्ग्य शक्तिशाली हतियार हो। साँच्चैजस्तो देखिने केही मानिसहरूबाट उनीहरू आत्तिए।" आफूलाई निकालिनुको एउटा कारण किमसँग 'हास्यव्यङ्ग्यको चेत नहुनु' पनि रहेको उनको तर्क छ। | Others | 67,870 |
सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै | सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । | https://gorkhapatraonline.com/news/22271 | अविनाश चौधरीधनगढी, भदौ १ गते । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन पहाडी समुदायले सद्भाव बाँड्ने चलन रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताउनुभयो । उहाँका अनुसार ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) बाँड्ने चलन पनि रहेको छ । विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ । ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएको जोशीले बताउनुभयो । यो पर्वको दिन गाउँ नजिकै चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाँड्ने गरिन्छ । जसलाई बूढी हाल्ने भनिन्छ । ओल्केको दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ । भदौ मसान्तमा जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’ भन्ने गरिन्छ । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ । साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको अध्यक्ष जोशीले बताउनुभयो । पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको जोशीले उल्लेख गर्नुभयो । ओल्के प्रत्येक वर्ष सिंहसङ्क्रान्ति अर्थात भाद्र सङ्क्रान्तिका दिन मनाइने पर्व रहेको प्राध्यापक डा. जयराज पन्तद्वारा लिखित लेखमा उल्लेख छ । यो पर्व विशेषतः तल्लो वर्गका मान्छेका पर्व रहेको उहाँको ठहर छ । सबभन्दा तल्लो जात र वर्ग यो पर्वमा निकै उत्साहित देखिने गरेको उहाँको लेखमा उल्लेख गरिएको छ । ओल्के पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । | News | 33,846 |
'बिरामी निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन' | यही साउनमा ६० लागे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम । अहिले पनि उत्तिकै सक्रिय र फिट छन् । जोश र जाँगरमा कुनै परिवर्तन आएको छैन । इमर्जेन्सीबाहेक दैनिक २ देखि ४ वटा शल्यक्रिया गर्दै आइरहेका छन् । सरकारी सेवामा २७ वर्ष बिताएका उनले यही वर्ष अवकासप्राप्त गरे र हाल फुलटाइम चिकित्सा पेसामा आबद्ध छन् । | https://ekantipur.com/feature/2022/09/11/166289997282749053.html | काठमाडौँ — यही साउनमा ६० लागे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम । अहिले पनि उत्तिकै सक्रिय र फिट छन् । जोश र जाँगरमा कुनै परिवर्तन आएको छैन । इमर्जेन्सीबाहेक दैनिक २ देखि ४ वटा शल्यक्रिया गर्दै आइरहेका छन् । सरकारी सेवामा २७ वर्ष बिताएका उनले यही वर्ष अवकासप्राप्त गरे र हाल फुलटाइम चिकित्सा पेसामा आबद्ध छन् ।बिहान साढे ५ सम्ममा उठिसक्ने उनी ब्रेकफास्ट खाएर ८ बजे ओम अस्पताल आइसक्छन् र साँझ ६ बजे घर फर्किन्छन् । भन्छन्–‘म त स्वास्थ्यले साथ दिए ७० वर्षसम्म काम गर्छु होला । बिरामीकै सेवामा रमाउने मान्छे मलाई अल्छी लाग्दैन ।’ शनिबारको दिन ओपीडी नहुँदा उनी घरपरिवारसँग रमाउँछन् । केही काम दिइएन भने एकदम छटपटी हुने उनले सुनाए । उनका अनुसार अहिले सरकारी जिम्मेवारी नभएकाले पनि सहज भएको छ । उनलाई आफू प्रशासनिकभन्दा पनि चिकित्सा पेसामा नै बढी उपयुक्त रहने व्यक्ति ठान्छन् । ‘प्रशासनिक कामलाई त्यति इच्छुक मान्छे होइन तर मलाई सरकारले जहाँ खटाए पनि कुशलतापूर्वक काम गरें तर बिरामीको उपचारको लागि नै ठीक मान्छे हो जस्तो लाग्छ,’ उनले भने ।उनी आफू नथाक्ने व्यक्तिको रुपमा चिनाउँछन् । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहँदा पनि बचेको समयमा बिरामीको सेवामा लागे । बिहानै ६ बजे शल्यक्रिया गर्न अस्पताल पुग्थे, कहिले त ३ वटासम्म भए । ४ बजे पनि अस्पताल पुगेका छन् उनी । उनी प्रवक्ता रहँदा कोभिड महामारी थियो, शल्यक्रिया सिध्याएर साढे ८ बजेसम्म मन्त्रालय आइपुग्थे । उनी भन्छन्–‘कामको प्रेरणा म आफैंबाट लिन्छु । त्यतिबेलाको कामको निकै धपेडी हुन्थ्यो तर पनि बिरामीको सेवामा खटिएको छु । लगनशीलता छ भने बाधाले छेक्दैन ।'उनलाई सबैभन्दा सन्तुष्टि मिल्ने क्षण बिरामीको खुसी हो । बिरामीको खुसीले नै काम गरिराख्न उर्जा र उत्साह पलाइराख्ने उनको बुझाइ छ । उनले मुस्कुराउँदै सुनाए–‘आज शल्यक्रिया गरेको बिरामी भोलि बिहान बेडमा बसेर सुप खाइरहेको हुन्छ । केही दिनमा डिस्चार्ज हुन्छ । निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन ।’ पर्वतको सामान्य किसान परिवारमा हुर्केका उनलाई आफ्नै गाउँघरमा कोही डेलिभरी हुन नसकेर बितेको, पाठेघरको समस्याले सताएको दृश्य देखिरहन्थे । मनमा चिसो पस्थ्यो । डा गौतम त्यतिबेला भर्खर एमबीबीएस सकाएर घुम्नका लागि जुम्ला पुगेका थिए । एक १६ वर्षीया किशोरीको व्यथा लागेर मुगुबाट जुम्ला फर्किँदै गर्दा बाटोमै मृत्यु भयो । आमा बिरामी हुँदा चिकित्सक बन्छु भन्ने सपना पालेका उनलाई त्यो किशोरीको घटनाले नै स्त्रीरोग विशेषज्ञ बन्ने प्रेरणा दियो । हालसम्म ४० हजारभन्दा बढी प्रसूतिसम्बन्धी शल्यक्रिया गरिसकेका उनले यी यात्रामा विभिन्न रोचक पात्रहरु भेटाएका छन् जुन उनको मानसपाटलमा घुमिरहन्छ । चाबहिलस्थित ओम अस्पतालमा २ वर्षअघि एक महिलालाई पाठेघर फुटेको अवस्थामा ल्याइएको थियो । उनको यसअघि दुई जना बच्चाहरु थिए । तेस्रो बच्चाको बेला भने केही जटिलता देखिए । पाठघेर फुटेको थियो । डा गौतमले तुरुन्त शल्यक्रिया गरे । बच्चा र आमा दुवैको स्वास्थ्यस्थिति केही हुन पाएन । डा गौतम खुसी हुँदै सुनाउँछन्–‘धन्यवाद त कति पटक भन्नुभयो नि ! मेरो जन्मदिनमा पनि थुप्रै गिफ्टहरु लिएर आउनुभएको थियो ।’ उनलाई ती महिलाले प्यान्ट, कमिज, बेल्ट र घडी ल्याइदिएकी रहिछन् । संयोगवश अन्तर्वार्ताको समयमा डा गौतमले सोही सर्ट र प्यान्ट लगाएका थिए । उनले आफ्नो लुगा हेर्दै केही कुरा स्मरण गरे र भने–‘यही त बिरामीले दिने खुसी रहेछ । उनीहरुले मायाले ल्याएका चिज सहर्ष स्वीकार्छु । जस्तोसुकै गुणस्तरको किन नहोस् सिलाएर लगाउँछु । गिफ्ट रहँदा उनीहरुको सम्झना हुन्छ । उनीहरुको हार्दिकतालाई सम्मान गर्छु ।’ उनले उपचार गरेका बिरामीहरु कसैले घिउ, गुन्द्रुक, फलफूल लिएर भेट्न आएका हुन्छन् । उनले उपचार गरेका नवलपरासीकी एक महिला त विगत २२ वर्षदेखि आँप फल्ने सिजनमा डा गौतमलाई भेट्न आइराख्छिन् । उनी कहाँ आउने बिरामीलाई उनले सकेसम्म खुसी बनाएर पठाउने गर्छन् । ती खुसीका कथाहरु उनीसँग हजारौं छन् । २०५७ सालमा उनी चितवनमा काम गर्थे । एक महिलाको १२ पटक गर्भपतन भएको रहेछ । त्यसैको उपचारमा ५ बिघा खेत सिद्धिएर १० कठ्ठामा सीमित भएको रहेछ । उनले त्यो घटना सम्झँदै भन्छन्–‘धेरै ठाउँमा हार खाएर मेरोमा आउनुभएको रहेछ । पाठेघरमा समस्या थियो । उनी गर्भवती भएपछि पाठेघरको मुखमा टाँका लगाइदिएँ । उनको शल्यक्रिया गरेर बच्चा निकालियो ।जिउँदो बच्चा दिएर पठाउँदा खुसी भएँ।’ उनले चितवनकै अर्को घटना सम्झिए । चितवनको भरतपुर अस्पतालमा ५५ वर्षीया महिला पाठेघर खसेको उपचारका लागि आएकी थिइन् । उनको पाठेघर घुँडासम्म झरेको थियो जुन भलिबल जत्रो थियो । डा गौतमले ती महिलाको घटना सुनाउँदै भने–‘६ महिनासम्म उभिनसकेकी रहेनछिन् । घाउ भएको थियो । उनको एक हप्तापछि शल्यक्रिया गरियो । निको भइन् ।’ उनलाई ४ दिनपछि नै डिस्चार्ज गरियो। ‘डाक्टरसाब म त अहिले भंगेराजस्तै भएको छु । हिँड्नमात्र होइन उड्न पनि सक्छु होला’ बिरामीको यो शब्द अहिले पनि डा गौतमको मनमा गुन्जिरहन्छ र आह्लादित बनाउँछ । बिरामीलाई उपचार गरेर उनीहरुको खुसी नै चिकित्सकको ठूलो सफलता हो भन्ने लाग्छ उनलाई । त्यसैले त बिरामी पनि उनको सेवाप्रति कृतज्ञ रहन्छन् । केही समयअघि ओम अस्पतालमा भक्तपुरमा बस्ने एक गर्भवती महिलालाई पेटमा पानी धेरै भएपछि उठ्न बस्न नै गाह्रो बनाएको अवस्थामा आएकी थिइन् । उनको गर्भमा जुम्ल्याहा बच्चा थियो ।धेरै चिकित्सकहरुले बच्चा काम लाग्दैन फाल्नुपर्छ भनेर भनेका रहेछन् । ‘त्यो चमत्कार नै भयो । दुवै बच्चा जन्मिए । त्यो केशले मलाई निकै रोमान्चित बनाउँछ,’ उनले प्रफुल्ल हुँदै सुनाए । केही दिनअघि मात्र ती महिला दुवै बच्चा बोकेर डा गौतमसँग फोटो खिचाउनकै लागि आएकी थिइन् । दुवै हातमा बच्चा बोकेको फोटो डा गौतमले फेसबुकमा पनि पोस्ट गरेका छन् । डा गौतम पहिलेभन्दा अहिले महिला स्वास्थ्यमा सुधार हुँदै गएको देख्छन् । उनका अनुसार विकट जिल्लाको सरकरी अस्पतालमा पनि प्रसूतिसम्बन्धी शल्यक्रिया हुन थालेका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रमको अवधारणा ल्याउनमा पनि सहयोग गरेका डा गौतमले यो सुविधा सबै जिल्लामा विस्तार गर्नुपर्ने राय राख्छन् । भन्छन्–‘हाल २६ जिल्लामा मात्र छ जुन सबै जिल्लामा गर्नुपर्छ । जहाँ एम्बुलेन्स जान्छ त्यहाँ एम्बुलेन्स लाने र नजाने ठाउँमा हेलिकप्टर प्रयोग गर्नुपर्छ ।’ | Feature | 482 |
चार लाख पर्यटक भित्र्याउने तयारी | झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । | https://gorkhapatraonline.com/news/87518 | झापा, मङ्सिर १६ गते । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताउनुभयो ।यस वर्षको मेलामा नेपाल, भारत र भुटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ । सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको तस्बिरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ । “महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरूको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रूपमा यस धामलाई मानिएको छ”, अध्यक्ष गट्टानीले भन्नुभयो, “विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरू पुनः फर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।” उहाँका अनुसार अहिले धाम परिसरमा रहेको ठुलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रूपमा आउनुहुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आचार्य बालकृष्णसहित पतञ्जलि योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ । धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उहाँका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । “धामको स्थापना खडेबाबा नामका एक साधुले गरेका कारण उहाँको स्मृतिमा धाम परिसरमा सालिकसहितको एउटा पार्क निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताउनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित गुरुकुल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वैच्छिक सहयोगको आह्वान गरेको छ । धामका प्रचार संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकुल अक्षयकोष सञ्चालनका लागि एक करोडका दरले दुई अलग-अलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ । रासस | News | 32,413 |
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित | सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । | https://ekantipur.com/news/2023/12/30/security-officer-who-ordered-shooting-at-balkumari-suspended-34-44.html | काठमाडौँ — सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताए । प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिए । | News | 6,778 |
प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ | मालवाहक ट्रकमा लुकाई छिपाई प्रतिबन्धित लागुऔषध ल्याएको आरोपमा पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश २–०३–००१ क १९३४ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । | https://gorkhapatraonline.com/news/53766 | दिपकप्रसाद गौतमवीरगञ्ज, माघ २५ गते । मालवाहक ट्रकमा लुकाई छिपाई प्रतिबन्धित लागुऔषध ल्याएको आरोपमा पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश २–०३–००१ क १९३४ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । लागु औषधसहित पक्राउ पर्नेमा ट्रकचालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा ९ का ४२ वर्षीय निर्मल पौडेल, सोही स्थानका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का रहेका छन् ।जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोराभित्र लुकाइ छिपाइ ल्याइएको २३३ बोत्तल प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको छ । प्रहरीले प्रतिबन्धित लागुऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषध र ट्रकसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । | News | 58,547 |
पन्चैबाजा संरक्षणमा जुटे महिला | बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील रहँदै आएका छन् । पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो । | https://gorkhapatraonline.com/news/68526 | सिराज खाननेपालगन्ज, असार ७ गते । बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील रहँदै आएका छन् । पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो । अचेल उहाँहरू हरेकजसो विवाहलगायतका कार्यक्रममा पन्चैबाजा बजाएर अरूलाई पनि त्यसतर्फ प्रोत्साहित गरिहनुभएको छ । खत्रीका अनुसार पन्चैबाजा समूहमा १९ जना महिला आबद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्की (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङा र नेपाली पोसाक छन् । महिलाहरूको प्रयासलाई गाउँपालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । राप्तीसोनारीका अध्यक्ष हर्कबहादुर विष्टले लोप हुँदै गएको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाई राख्न महिला समूहलाई पन्चैबाजा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८, ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पुर्खाले पहाडमा जोगाई राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगाउने उद्देश्यले पन्चैबाजा समूह गठन गरिएको हो । समूहमा आबद्ध रहनुभएकी भीमा विष्टले समूहले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै आम्दानी पनि गरिरहेको बताउनुभयो । उहाँका अनुसार सो समूहको कोषमा अहिले पन्चैबाजा बजाएर नै ६५ हजार रुपियाँ जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले एक लाख ३२ हजार रुपियाँ कमाएको छ । बाजा बजाउन पन्चैबाजा समूहका महिलाहरू बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यान हुँदै रुकुमसम्म पुग्ने गरेका छन् । सो समूहमा ३० देखि ६५ वर्षसम्मका महिला आबद्ध छन् । | News | 44,167 |
प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन | राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ । | https://gorkhapatraonline.com/news/59213 | नारद कोहारतौलिहवा, चैत १६ गते । राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ । उहाँहरू शिक्षासहित भिक्षाटन गर्न बुद्धस्थल प्राचीन तिलौराकोट आएका हुन । दुई साताअघि उनीहरू पाँचसय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।भिक्षु जीवनमा प्रवेश गरेको तीन सय बढी नवप्रवेशीहरु भिक्षाटन गरेका हुन । तिलौराकोट आएका उहाँहरूलाई कपिलवस्तु नगरपालिका –३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिनेश हमाल, व्यवसायी देवेश जैसवालले भिक्षादान गरेका थिए । तिलौराकोटको पश्चिमद्वारमा भिक्षा ग्रहणलगत्तै उहाँहरूले दरबार परिसर, मौर्याकालिन पोखरी र पूर्वीद्वारलगायतका क्षेत्रको अवलोकन समेत गरेको थिए । साथै तिलौराकोट आएर उहाँहरूले विश्व शान्तिका लागि प्रार्थना र पाठ समेत गरेका थिए । उहाँहरूले तिलौराकोटमा पश्चिमी र पूर्वीद्वार तथा राजप्रसादका भग्नावशेष परिक्रमा गरेका हुन ।पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका पाँच सय जनाले सामूहिक रूपमा प्रव्रज्या लिएर गत चैत २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुट्किलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो । भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र सङ्घर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर केही दिनदेखि दीक्षित गरिदैआएको छ । नव प्रतिवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० सिल सिकाइएको छ । तच पञ्चक ध्यान सिकाइएको छ। भिक्षुहरुले राम्ररी व्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु सङ्घले पूर्णभिक्षु बनाउन सक्ने भिक्षु महासङ्घ अध्यक्ष शोभन महाअस्थबीरले बताउनुभयो ।नबप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ । त्यस्तै, भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा ज्ञान दिइएको छ ।२० दिने अल्पकालीन भिक्षु बनाउने कार्यक्रम भोलि चैत १७ गते सकिँदै छ । बुद्ध धर्मअनुसार शाक्यहरू एक दिनका लागि भए पनि भिक्षु बन्नपर्छ भन्ने मान्यता रहेको छ । प्रव्रज्या लिएपछि कतिपय भिक्षु जीवन नै व्यतीत गर्छन् । कतिपय फेरि गृहस्थ जीवनमै फर्कन्छन् । गौतमबद्धको अनुयायी बन्न कठिन परिश्रम र सङ्घर्ष गर्नुपर्छ भन्ने अनुभूति दिलाउन पारिवारिक मोह मायाबाट अलग राखेर दीक्षा दिँदै श्रामनेर बनाइएको हो । भिक्षु जीवनमा प्रवेश गरेका उहाँहरूले बुद्ध शिक्षा, सिल र चीवर लिएर भिक्षु बन्नुभएको हो । | News | 57,499 |
काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि | काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम रहेको छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर रहेको छ । | https://gorkhapatraonline.com/news/45462 | केदार तिमल्सिना काभ्रेपलाञ्चोक, मङ्सिर ६ गते । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर छ । मङ्गलबार साँझ ५ बजेसम्मको मतपरिणामअनुसार काङ्ग्रेसका हुमागाइँले सात हजार ८१ मत र एमालेका बाँस्कोटाले ६ हजार ३५४ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार हुमागाइँ र एमालेका उम्मेदवारपछि राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइँले एक हजार ४५३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृको कार्यालयले जनाएको छ ।यो क्षेत्रमा यी तीन दलका उम्मेदवारपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार यशु आले मगरले १०८ मत प्राप्त गर्नुभएको छ । अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका उम्मेदवारले एक सय मतसमेत कटाउन सक्नुभएको छैन । यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि १६ जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै, प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (ख) मा सत्ता गठबन्धन नेकपा (एस) का उम्मेदवार लक्ष्मण लम्साल एमालेका उम्मेदवार कुमार खकुरेलभन्दा बढी मत प्राप्त गर्नुभएको छ । लम्सालले ८०५ र खकुरेलले ५५२, नेमकिपाका सूर्यलाल तामाङले ९६ मत प्राप्त गर्नुभएको छ । यसैगरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का सूर्यमान तामाङ दोङ, एमालेका उम्मेदवार रेशम लामाभन्दा अग्रस्थानमा रहुनभएको छ । दोङ र लामाबीच साँझ ५ बजेसम्म ४१५ मतको मतान्तर छ । माओवादी केन्द्रका दोङको एक हजार २९६ र एमालेका लामाले ८८१ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा १ मा १७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा एमालेका उम्मेदवार दिलबहादुर तामाङ, सत्ता गठबन्धन माओवादी केन्द्रका रत्न ढकालभन्दा अगाडि रहनुभएको छ । तामाङले हालसम्म ८५७ र ढकालले ८०३ मत पाउनुभएको छ । यसैगरी प्रदेश सभा (ख) मा सत्ता गठबन्धन काङ्ग्रेसका तीर्थबहादुर लामा, एमालेका उम्मेदवार चन्द्रबहादुर लामाभन्दा अघि रहनुभएको छ । काङ्ग्रेसका लामाको एक हजार ३५४ मत रहेको छ भने एमालेका लामाको ८३८ मत छ । | News | 60,296 |
यसरी तयार हुँदैछ कोभिड-१९ का लागि एपीएफ अस्पताल | बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल कोभिड-१९ विशेष अस्पतालका रुपमा तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयको अगुवाइमा सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल प्रहरीको पहलमा विशेष अस्पतालको रुपमा खडा गरिँदै छ। कोभिड शंकास्पद र संक्रमित बिरामी भर्ना गर्दा बिरामी जोखिममा नपरुन् भनेर यहाँका बिरामी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल स्थानान्तरण भइसके। | https://ekantipur.com/feature/2020/04/10/15865241685046804.html | काठमाडौँ — बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल कोभिड-१९ विशेष अस्पतालका रुपमा तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयको अगुवाइमा सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल प्रहरीको पहलमा विशेष अस्पतालको रुपमा खडा गरिँदै छ। कोभिड शंकास्पद र संक्रमित बिरामी भर्ना गर्दा बिरामी जोखिममा नपरुन् भनेर यहाँका बिरामी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल स्थानान्तरण भइसके। यसअघि यो अस्पताल एक १० बेडको थियो जहाँबाट सशस्त्र प्रहरी, उनका परिवार र केही सर्वसाधारणले उपचार पाउँथे। दैनिक ३ सय बिरामी उपचारका लागि आउँथे। अहिले अस्पताल खाली छ। अस्पतालको ओपीडी र आकस्मिक सेवा पनि बन्द भइसकेको छ। ज्वरो क्लिनिक मात्रै सञ्चालनमा छ। ज्वरो क्लिनिकबाट चन्द्रागिरी नगरपालिकामा विदेशबाट आएका स्थानीयको ज्वरो नाप्ने र शंकास्पदको स्वाब लिएर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने गरिएको छ। एपीएफकै स्वास्थ्यकर्मी समुदायमा पुगेर शंकास्पद बिरामी खोज्नेसमेत गरिरहेका छन्। अहिलेसम्म ती स्वास्थ्यकर्मीले एक सय ५८ शंकास्पद बिरामी खोजे, सबैको रिपोर्ट नेगेटिभ आयो। यहाँ सञ्चालित कार्यालयहरू पनि अन्यत्र सारिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईइजी प्रविणकुमार श्रेष्ठले बताए। ‘नौ नम्बर पशुपति बाहिनीलाई कालोपुलस्थित सानो गौचरनमा सारिएको छ,’ उनले भने, ‘प्राविधिक शिक्षालय मातातीर्थमा सारिएको छ। अन्य कार्यालय पनि सार्ने तयारीमा छौं।’ त्यस्तै कोभिड उपचार विशेष बनाउन भवनहरुको ममर्तसम्भार कार्य तीव्र गतिमा चलिरहेको छ। विशेष अस्पतालका लागि अहिले यहाँ मुख्य तीन वटा भवनलाई तयार पारिँदै छ। दुई वटा छुट्टाछुट्टै भवनमा शंकास्पद र संक्रमित भर्ना गरिन्छ भने एउटा भवन गम्भीर बिरामी राख्ने आईसीयूका लागि हो। एउटा भवनमा ६० जना बिरामी अट्ने क्षमता भएको अस्पताल प्रमुख डीआईजी हरिशचन्द्र अधिकारीले बताए। ‘अस्पतालको क्षेत्रफल, वातावरण र भवन संरचना हेर्दा कोभिड १९ जस्तै संक्रमित बिरामी उपचार गर्न सुहाउँदो छ,’ उनले भने, ‘केही अपुग पूर्वाधार हामी थप्दै छौं।’ कोभिड विशेष अस्पताल नै तोकेपछि स्वाब परीक्षण गर्ने प्रयोगशाला विस्तार गरिदिन सरकारसँग माग गरिएको उनले बताए। २० बेड क्षमताको आईसीयू भवन पनि तयार हुँदै छ। जम्माजम्मी एक पटकमा एक सय ४० बिरामी भर्ना गर्न अस्पताल सक्षम हुँदै छ। ‘आईसीयूमा आवश्यक भेन्टिलेटरलगायत अन्य उपकरण तयार छ,’ अधिकारीले भने, ‘भवन तयार भएपछि जोड्न मात्रै बाँकी हो।’ बिरामी बस्ने हरेक कोठा र वार्डका लागि छुट्टै खानेपानीका धारा पुर्याउने तयारी छ। पुरानो भवनमा भए पनि सबै वार्डका लागि छुट्टै शौचालय बनिरहेका छन्। बिरामीलाई समय कटाउन सजिलो होस् भनेर एक वार्डमा एक टीभी जडान गरिँदै छ। लुगा धुन छुट्टै वासिङ मेसिन, कपडा सुकाउन डोरी टाँग्ने काम भइरहेको छ।बिरामीको निगरानी गर्न सीसीटीभी समेत जडान छ। अस्पतालबाट उत्पादित फोहोर व्यवस्थापनमा पनि काम भइरहेको छ। अस्पतालमै फोहोर गाड्ने तरिका, सुरक्षित तरिकाले फोहोर बाहिर कसरी लैजाने, कहाँ जिम्मा जिम्मा लगाउने जस्ता व्यवस्थापनका उपाय खोजी भइरहेको छ। फोहोरलाई संक्रमणमुक्त बनाउने अटोक्लेभ मेसिन पनि झिकाइदैँछ ।‘बाँकी बिरामीको खाना बन्दोबस्त कसरी गर्ने भन्ने कुरा भइरहेको छ,’ उनले भने, ‘आइसोलेनसम्म औषधि सप्लाई गर्न पनि छुट्टै तरिका अपनाइन्छ।’ बिरामी बस्ने हरेक कोठा र वार्डका लागि छुट्टै खानेपानी धारा पुर्याउने तयारी छ। बारम्बार बिरामीको नजिक गएर स्वास्थ्यकर्मीले जोखिम मोल्नुभन्दा भाइबर ग्रुपबाटै उनीहरूको अपडेट लिइने उनले बताए। प्लान्ट राखेर अस्पतालमै अक्सिजन उत्पादनको तयारी पनि भइरहेको छ। अन्य आवश्यक उपकरण आर्मी, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयसँग माग गरिने उनको भनाइ छ। सैनिक अस्पतालमा बिरामी लगेपछि एफीएफको फार्मेसी पनि उतै सारिएको छ। बिहीबार हामी अस्पताल पुग्दा औषधि ढुवानीको काम चलिरहेको थियो।चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालमै राखिनेअस्पतालमा भएका ३३ जना विशेषज्ञ चिकित्सक, ९० जना मेडिकल अफिसर र ७८ नर्स छन्। उपचार सेवा बन्द भएपछि यहाँका मेडिकल जनशक्ति अहिले कोभिड १९ को बिरामी उपचार गर्ने तालिम लिइरहेका छन्। ‘पीपीई कसरी लगाउने, सुरक्षित ढंगले कसरी फुकाल्ने सिक्दै छन्,' अधिकारीले भने, ‘भोलि संक्रमित बिरामी आईसीयूमा भर्ना भए आफू बचेर भेन्टिलेटर कसरी जोड्ने भनेर रिहर्सल गरिरहेका छन्,फोहोर व्यवस्थापनको तालिम पनि चलिरहेको छ।’ कोभिड १९ पोजिटिभ बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालमै बस्ने व्यवस्था गरिँदै छ। यहाँभित्र भएका कार्यालय भवन खाली गरेर चिकित्सक आवास बनाइने उनले बताए। ‘मेडिकल टिमले पालैपालो बिरामी हेर्नेगरी मिलाइएको छ, एउटा टिम १४ दिन क्वारेन्टाइनमा बसेर स्वस्थ भएमात्रै फेरि उपचारमा खटिने हो,’ उनले भने। यसरी व्यवस्थापन गर्दा धेरै जनशक्ति आवश्यकता पर्ने उनको भनाइ छ।सरकारले विशेष अस्पताल बनाउन निर्देशन दिए पनि अस्पतालसँग पर्याप्त जनशक्ति छैन। त्यस्तै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि निकै कम भएको उनले बताए। अस्पतालसँग अहिले ६० थान मात्रै पीपीई छन् ती पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका नभई स्थानीय स्तरका हुन्। स्वास्थ्य सेवा विभागले नै यस्ता पीपीई उपलब्ध गराएको उनले बताए। ‘विभागसँग अझै पीपीई माग गरेका छौं,’ उनले भने, ‘माग गरेजति आउँदैन, ५ सय थान माग्दा ५० वटा दिए।’ मास्क पनि केही मात्रामा मात्रै छ, भोलि धेरैभन्दा धेरै बिरामी भर्ना भए भने भएका उपकरण र सामग्रीले नधान्ने उनले बताए।तस्बिर : फातिमा/कान्तिपुर | Feature | 893 |
तिलोत्तमामा एक्स्ट्राटेक लिजेन्ड कप सुरु | रुपन्देहीको तिलोत्तमामा सोमबार बिहान एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सुरु भएको छ । बिहान तिलोत्तमा-१७ दरखसवामा रहेको मैदानमा प्रतियोगिता सुरु भएको हो । पूर्व दरखसवामा अवस्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन अवसरमा सोमबार प्रतियोगिता आयोजना गरिएको हो। | https://ekantipur.com/sports/2024/03/11/extratech-legends-cup-begins-at-tilottama-26-16.html | तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सोमबार बिहान एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सुरु भएको छ । बिहान तिलोत्तमा-१७ दरखसवामा रहेको मैदानमा प्रतियोगिता सुरु भएको हो । पूर्व दरखसवामा अवस्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन अवसरमा सोमबार प्रतियोगिता आयोजना गरिएको हो।तस्बिर : हेमन्त श्रेष्ठटी-१० संरचनामा सञ्चालन भइरहेको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उदघाटन अवसरमा आयोजित कार्यक्रममा सहभागी स्थानीय तह, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले वैदेशिक रोजगारीमा अस्ट्रेलियामा रहेका व्यक्तिको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरेर प्रतियोगिता आयोजना गरिएकोमा प्रशंसा गरे । उदघाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन प्रमुख अतिथि छन् ।रुपन्देहीबाट संघमा प्रतिनिधित्व गर्ने विष्णु पौडेल, छविलाल विश्वकर्मा, बासुदेव घिमिरेका साथै गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र गोकर्ण विष्टले नीजि लगानीमा रंगशाला निर्माणले वैदेशिक रोजगारीमा रहेर मुलुकमा केही गर्न चाहने युवालाई प्रोत्साहन गर्ने जनाए ।पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टिमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टिमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खडकाले गरिरहेका छन् । तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरका रूपमा यती एयरलायन्स रहेको छ । अस्ट्रेलियामा रहेका गुल्मीका विनोद कुँवरको लगानीमा गत जेठ २९ गते शिलान्यास भएको यो मैदान पिच निर्माणका साथै मैदान हरियो भएपछि तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको आयोजक एक्स्ट्राटेक प्रालिले जनाएको छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरी अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य रहेको लगानीकर्ता कुँवरले बताए । उक्त रंगशाला २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको हुनेछ । एक्स्ट्राटेक ओभल प्रालि निर्देशक कुँवरले रंगशाला निर्माणको घोषणा गर्दा यसले पूर्णता हाँसिल गर्नेमा शंका रहेको जनाउँदै समयै निर्माण पूरा गरेर शंका निवारण गरेको जनाए । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक कप्तान उत्तमकुमार कर्माचार्य विदेशमा रहेकाले उनी लिजेन्ड्स ९६ टोलीमा हुने छैनन् भने विकेटकिपर गणेश शाहीको निधन भइसकेको छ ।नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी-२० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोलीबीचको कम्बिनेसन रहेको रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गर्नेछन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित नेपालबाट अन्तर्राष्ट्रिय खेलेका खेलाडी रहेका छन् ।२००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको नेपालको पहिला महिला क्रिकेट टोलीका चार खेलाडीले लिजेन्ड कपमा सहभागिता जनाइरहेका छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट सहभागी छन् । त्यस्तै गायक प्रमोद खरेलले रेस्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट प्रतिस्पर्धा गरिरहेका छन् । | Sports | 14,398 |
०१७ साल भाग-३ ! | प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाजस्ता घटनाक्रमको विकास हुनुभन्दा चार दिनअघि कवि अर्जुन पराजुलीले धर्के कापीमा सफा अक्षरमा लेखिएको कविता फेसबुकमा पोस्ट गरे । | https://ekantipur.com/feature/2020/12/23/160869428381177481.html | काठमाडौँ — प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाजस्ता घटनाक्रमको विकास हुनुभन्दा चार दिनअघि कवि अर्जुन पराजुलीले धर्के कापीमा सफा अक्षरमा लेखिएको कविता फेसबुकमा पोस्ट गरे ।दोस्रो जनआन्दोलनताका सडकमा शक्तिशाली कविता वाचन गर्ने र नागरिकलाई लोकतन्त्रका निम्ति उत्प्रेरित गर्ने कविले लेखेका थिए– जंगबहादुर हुनुहुँदो रहेछ तपाईं जुँगा उखेल्नुभो हजुरले जुगको थुकौं भने पनि तपाईंलाई अपमान हुनेभो मेरो थुकको ।पराजुलीको यस्तो कविता फेसबुकबाट अन्य ट्वीटर, इन्स्टा र टिकटकजस्ता अन्य सामाजिक सञ्जालमा पनि फैलियो । यसैको चार दिनपछि दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विग्रह सुल्झाउनुको साटो निर्वाचित संसद् विघटन गरेर राजनीतिको नयाँ कोर्स समाते । पछिल्ला राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका कवि पराजुलीलाई शासकहरूले यसरी लोकतन्त्रकै मर्ममाथि ठाडो प्रहार हुने कदमहरू चालेको देख्दा मान्छेले राज्य चलाउँछन् भनेको हैन रहेछ कि क्या हो भनेजस्तो महसुस भएको छ । त्यसो त राजनीतिको बिग्रँदो स्वरूप र यसले लोकतन्त्रको मर्म कुल्चिरहेको देखेर उनले हरेक दिनजसो लामा–छोटा कविता लेखिरहेकै छन् । ती प्रत्येक कविताको भावमा दलका नेताहरूको संकीर्ण राजनीतिक चेहरा, गुटका झगडा र त्यसबाट लोकतन्त्रको मर्ममाथि भइरहेको प्रहारलाई बुझाउँछ । कवि पराजुलीलाई पछिल्ला दिनहरूमा आफूले लेखेकामध्ये ‘जंगबहादुर हुनुहुँदो रहेछ तपाईं’ कविता नै अरूभन्दा बलियो लागिरहेको छ । उनले रोष पोख्दै भने, ‘मान्छेले त यतिसम्म गर्दैनन् नि । आफ्नो सपना पूरा गर्न सहिदका सपना झुन्ड्याउन पाइन्छ ?’पछिल्लो राजनीतिक घटनाक्रमलाई युगकै कलंकका रूपमा आएको भन्दै उनले दुई तिहाइ बहुमतको अनादर गर्ने कदमलाई घृणा गर्ने कुनै बिम्ब नै आफूले नपाएको बताए । ‘यसलाई पुग्ने गरी भन्ने कुनै शब्द भेटेको छैन,’ उनले भने ।नेपाली राजनीतिक इतिहासमा जनताको मतको घोर अपमान हुने राजनीतिक कदम चालिएका घटनाहरू यसअघि पनि नभएका होइनन् । कवि पराजुलीले पछिल्लो राजनीतिक कदमलाई भने २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले पञ्चायत लादेको समयसँग तुलना गरेका छन् । उनले सोमबार दुई लाइनको अर्को कविता लेखेर फेसबुकमा पोस्ट गरे । जसमा छ– चुनाव त अब अठहत्तर सालमा हुन्छ महोदय गन्नोस् कति वर्ष बाँकी छ, हिजोमात्रै सत्र साल आयो । जनताले लोकतन्त्रको संवर्द्धन गर्न भनेर दिएको मतको अपमान हुने गरी चालिएको पछिल्लो कदमलाई उनले सत्र साल भाग–३ को नाम दिएका छन् । उनले सुनाए, ‘यो चुनाव गर्ने नियतले चालिएको कदम नै हैन । कहीं दुई तिहाइको बहुमत प्राप्त सरकारले संसद् भंग गर्छ ?’ तोकिएको मितिमा चुनाव पनि नहुने र हुर्किंदै गरेको गणतन्त्र पनि मास्ने गरी राजनीतिक कदम चालिएकाले उनले सत्र साल दोहोरिएको बताएका हुन् । उनले भने, ‘छँदाखाँदाको संसद् विघटन गर्ने यो कदम राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा निरंकुश काम हो । त्योभन्दा ठूलो अपराध हो ।’समय फेसबुक र टिकटकको हो र मानिसहरू लामो कुरा पढ्न, लामो कुरा हेर्न फुर्सदिला छैनन् भन्ने बुझेका कविले व्यवस्थाविरुद्ध जाने गरी चालिएको पछिल्लो कदमले आफूलाई बेचैन बनाएको र त्यसैबाट छोटा–छोटा कविता जन्मिएको बताए । उनले भने, ‘दुई पानामा भन्न नसकिने कुरा दुई लाइनमै भन्न सकिन्छ भने किन लामो लेख्नु ?’संविधानको कुन धाराअन्तर्गत पछिल्लो कदम चालिएको हो भनेर भन्न नसकिएको भन्दै उनले यो राजनीतिक अपराध भएको र सरकारी पैसा खाएका बाहेकले यो कदमलाई ठीक नभन्ने बताए । उनले पार्टीभित्रै पनि यस्तो कदमको पक्षमा मानिसहरू नरहेको बताए । जनताको बलमा स्थापित गणतन्त्रलाई निर्वाचित सरकारले हत्या गरेको बताउँदै उनले अरूले भन्न नसक्ने कुरालाई आफूले कवितामार्फत भनेको बताए । हामीले बाहिरबाट हेरेजस्तो हल्का तरिकाले मात्रै यो कदम नचालिएको र अब झनै गलत राजनीतिक कदमहरू चालिन सक्ने अनुमान उनले सुनाए । उनले अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्रको कुनचाहिँ जुलुसमा हिँडेका थिए, कहिले, कहाँ, के भाषण गरेका थिए भनेर पनि हेर्न सुझाए ।गणतन्त्रप्रति माया नै नभएकाहरूको हातमा सत्ता पुगेको र उनीहरूले काखमा राखेर गणतन्त्रको हत्या गरेको बुझाइ आफ्नो रहेको उनले बताए । ‘गणतन्त्रवादीले यो हदसम्मको कदम चाल्नै सक्दैन,’ उनले भने ।कवि पराजुलीले प्रत्येक दिन विकसित राजनीति घटनाक्रम र त्यसले पक्रिरहेको बाटो देख्दा आफूलाई दुःखमात्रै लाग्ने गरेको सुनाए । मंगलबार बिहान त सिंगो सहर नउठ्दै उनी ३ बजे नै ब्युँझिएका थिए । त्यतिबेला पनि मनमा कुरा खेलिरहेको थियो । नजिकै रहेको कापी ताने र लेखे–लगौटी लगायौं हामीले तिम्रो संविधान अब लुगा लगाउनुपर्छ भन्ने कर छैन पेसा राम्रो प्रतिगमन हो अरू पेसाको भर छैन ।केही घण्टापछि उनले यो कविताको पनि फोटो खिचे र फेसबुकमा पोस्ट गरे । उनले गणतान्त्रिक व्यवस्थामा भन्दा पनि यसलाई सम्हाल्नेहरूमा समस्या रहेको प्रस्ट्याए । भने, ‘हामीले राम्रो घर बनायौं । तर घर मालिकले घरमा आगो लगाइदियो भने हामीले घडेरीलाई दोष दिन मिल्छ र ?’ उनले योभन्दा उत्तम व्यवस्था अरू हुन नसक्ने तर नीति, नियम, कानुन र संविधान केही पनि नमान्ने शैलीले समस्या निम्तिएको बताए ।बोल्न नसक्नेहरूको बोली आफूले बोलिदिनुपर्नेछ भन्ने भाव रहेको र जुनसुकै सरकार आए पनि आफू सरकारविरोधी हुने उनले बताए । किन ? उनले अर्थ्याए, ‘किनकि सरकारले जनताको हित गर्ने गरी काम गर्दो रहेनछ ।’समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारसँग उखु किसानहरूले काठमाडौंसम्म धाएर आफ्ना हिसाब मागिरहेको देखेर नै उनको कवि मन उद्वेलित भएको थियो । गत शुक्रबार उनले दुई लाइनको कविता लेखेका थिए– विश्वमा एउटा यस्तो पनि ठाउँ छ जहाँ उखु पेल्दा रस आउँदैन आँसु आउँछ ।पछिल्लो राजनीतिक कदमले जनजीविकाका यावत् समस्याहरू छायामा परेको बताउँदै उनले समस्याको झनै ठूलो बुल्डोजरले जनताका समस्याहरूलाई किचिदिएको बताए । उनले भने, ‘अबका दिनमा हाम्रो समस्याको गुणन हुने भए घटाउ हुने भएन ।’ | Feature | 722 |
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो | मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ४८ पुगेको छ । | https://ekantipur.com/world/2024/01/02/the-death-toll-from-the-earthquake-in-japan-has-reached-48-36-58.html | काठमाडौँ — मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मंगलबार अपराह्नसम्म ४८ पुगेको छ ।तस्बिरहरू : क्योदो न्युज एजेन्सी
इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको प्रधानमन्त्री किशिदा फुमियोले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 'प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,' एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ । | World | 11,985 |
यौनको पक्षमा | बलिउड अभिनेत्री कंगना रनावत सनसनीपूर्ण अभिव्यक्ति दिनमा माहिर मानिन्छिन् । कहिले आफ्नै सहकर्मीमाथि मौखिक हमलामा उत्रिन्छिन् भने कहिले विवादास्पद विषयमा उत्तेजक भनाइ दिएर । त्यसैले पनि बलिउडमा उनको छवि लडाकु स्वभावको छ । हत्तपत्त कोही पनि कंगनासँग सवालजवाफमा उत्रन चाहन्नन् । | https://ekantipur.com/entertainment/2019/10/01/156990200489371469.html | काठमाडौँ — बलिउड अभिनेत्री कंगना रनावत सनसनीपूर्ण अभिव्यक्ति दिनमा माहिर मानिन्छिन् । कहिले आफ्नै सहकर्मीमाथि मौखिक हमलामा उत्रिन्छिन् भने कहिले विवादास्पद विषयमा उत्तेजक भनाइ दिएर । त्यसैले पनि बलिउडमा उनको छवि लडाकु स्वभावको छ । हत्तपत्त कोही पनि कंगनासँग सवालजवाफमा उत्रन चाहन्नन् । यतिबेला पनि कंगनाले सेक्सको मामिलामा उदारतापूर्ण अभिव्यक्ति दिएकी छन् । उनले हरेक अभिभावकले आफ्ना सन्तानलाई यौनप्रति प्रोत्साहित गर्नुपर्ने धारणा राखेकी छन् । भारतीय समाजमा यौनलाई सार्वजनिक रूपमा वर्जित विषय मानिनेमा यी अभिनेत्रीले आपत्ति जनाउँदै हालै एक कार्यक्रममा भनेकी छन्, ‘यौन भनेको हरेक व्यक्तिको जीवनको महत्त्वपूर्ण पक्ष हो । जब तपार्इंलाई यौनेच्छा हुन्छ, तब पूरा गर्नुहोस् । यसमा नलगाउनुहोस् । र, अभिभावकहरू त आफ्ना सन्तानले यौन सुख लिएको थाहा पाएमा खुसी हुनुपर्छ । सन्तानहरू पनि यौनप्रति बढी जिम्मेवारचाहिं हुनुपर्छ ।’ कंगनाले आफूले पनि सानै उमेरमा यौन संसर्ग गरेको बताउँदै भनिन्, ‘मेरा अभिभावक त त्यतिबेला सक्ड नै भए जतिबेला म यौनका मामिलामा सक्रिय थिएँ । खासमा परिवार आफ्ना सन्तानको यौनप्रति चासो दिनुपर्छ र यसका लागि प्रेरित पनि गर्नुपर्छ ।’३२ वर्षीया अविवाहित कंगनाले आफू कहिल्यै विवाह नगर्ने पनि बताएकी थिइन् । त्यसको कारणमा उनले विवाह गरेर आफू बन्धनमा पर्न नचाहेको अभिव्यक्ति दिएकी थिइन् । त्यसो त उनी लभ अफेयर्समा भने विश्वास गर्छिन् । उनको लामो समय अभिनेता हृत्तिक रोशनसँग प्रेमसम्बन्ध चलेको पनि बताइन्छ । पछि सम्बन्धमा खटपट भएपछि कंगनाले अभिनेताविरुद्ध हृयारासमेन्टको आरोपसमेत लगाएकी थिइन् । कंगनाले यौनप्रतिको पुरातनवादी सोचको पनि विरोध गरेकी छन् । ‘पहिले पहिले त अझ जो व्यक्तिप्रति आकर्षित भएको हुन्छ वा ऊप्रति यौनसम्पर्क भएको हुन्छ, त्यसैसँग समाजका मान्छेले जबरजस्ती विवाह गराइदिन्थे । त्यो सोच अहिले पनि खासै बदलिएको छैन । अभिभावकले आफ्ना छोराछोरीलाई विवाहअघि यौनसम्पर्कका लागि अनुमति दिएको पाइँदैन । तर यो ठीक हैन,’ कंगनाले भनेकी छन् । कंगना पछिल्लो पटक फिल्म ‘जजमेन्टल है क्या’ मा अभिनेता राजकुमार रावसँगै देखिएकी थिइन् । नेसनल अवार्ड विजेता कंगनाले यतिबेला तामिलनाडुकी राजनीतिक नेता जय ललिताको बायोपिकका लागि तयारी गरिरहेकी छन् । त्यसबाहेक ‘पङ्गा’ र ‘धाकड’ पनि उनका पाइप– लाइनमा छन् । | Entertainment | 8,999 |
जुनियर जुडोमा नागार्जुन टिम च्याम्पियन | नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको ट्रफी जितेको छ । | https://ekantipur.com/sports/2024/01/06/nagarjuna-team-champion-in-junior-judo-57-19.html | काठमाडौँ — नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको ट्रफी जितेको छ ।महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा शनिबार नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जितेको थियो ।४ स्वर्ण, १ रजत र १ कांस्य साथ काठमाडौं महानगरपालिका दोस्रो भयो । तेस्रो स्थानको महालक्ष्मी नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । १८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिकाले १–१ स्वर्ण जिते ।पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली र महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी भए ।विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनलगायतले पुरस्कृत गरे । हाम्रो पाठशालामा स्कुलको मैदानमा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । | Sports | 15,349 |
अन्तिम तयारीमा नेपाल | आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल हो । | https://ekantipur.com/sports/2024/05/27/nepal-in-final-preparation-55-31.html | डालास, अमेरिका — आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये पहिलो अभ्यास खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्नेछ । मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्नेछन् ।नेपालले दुवै खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेल्ने छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।मे पहिलो साता नेपाली टोली फ्लोरिडा आइपुगेको थियो । त्यसपछि एक साता वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा पुगेर घरेलु टोलीसँग दुई अभ्यास खेल खेलेको नेपाली टोली पुनः अमेरिका फर्किएको थियो । अमेरिकाको ह्युस्टनमा नेपालले ह्युस्टन हरिकन्ससँग दुई अभ्यास खेल खेल्यो । पहिलो खेल ‘टाइ’ भएपछि सुपर ओभरमा सफलता हात पारेको नेपालले शनिबार दोस्रो खेलमा हरिकन्सलाई २७ रनले हरायो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सक्यो । कप्तान रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ४१ बलमा २ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३१ बलमा २ चौकासहित २३ र गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाए । तल्लोक्रममा सन्दीप जोरा १३ बलमा १२ र सोमपाल कामी १० बलमा १२ रन बनाई अविजित रहे । कुनै छक्का प्रहार नभएको नेपाली इनिङ्समा आसिफ शेख १, अनिल साह ४, कुशल मल्ल २ रनमा आउट भए । हरिकन्सबाट इमरान खान जुनियर र जिया सेहजादले २–२ विकेट लिएका थिए । सेहजादले २९ बलमा ३५ रन बनाए पनि प्रेरी भ्यू मैदानमा हरिकन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच सेहजादले १ चौका र २ छक्का प्रहार गरे । लाहिरू मिलान्था र इमरानले समान १६ रन बनाए । अघिल्लो वर्ष काठमाडौं गएर लुम्बिनी अल स्टार्सबाट नेपाल ट्वान्टी–२० लिग खेलेका मिलान्था रनआउट हुनु हरिकन्सको दुर्भाग्य बन्यो । हरिकन्सबाट अरूले दोहोरो स्कोर बनाउन सकेनन् । नेपालबाट करण केसीले ३ विकेट लिए । उनले ३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे । सोमपालले ४ ओभरमा १२ रन खर्चेर २ तथा रोहित, अविनाश बोहरा र सागर ढकालले १–१ विकेट लिए । म्याचलगत्तै ह्युस्टनबाट निस्केको नेपाली टोली डालास आइपुगेको छ । स्थानीय टोलीसँग खेलेर नेपाल कन्डिसनमा भिज्ने प्रयास गरिरहेको छ । क्यानडा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको छ । वेस्ट इन्डिजको सेन्ट किट्समा अभ्यास खेल खेलेर क्यानडाको टोली डालास आइपुगेको छ । विश्वकपको एक साताअघि क्यानडाले पुबुदुलाई बर्खास्त गरेको खबर सञ्चारमाध्यममा आए पनि त्यसलाई पछि क्रिकेट क्यानडाले खण्डन गरेको थियो । नेपालले यसअघिको एकमात्र ट्वान्टी–२० विश्वकप २०१४ मा पुबुदुकै प्रशिक्षणमा खेलेको थियो । सन् २०११ मा पहिलो पटक नेपालको प्रशिक्षक भएका पुबुदु २०१५ मा फर्किएका थिए र पछि अमेरिकाको प्रशिक्षक भए । सन् २०२२ मा पुनः नेपालको प्रशिक्षक भए पनि पुबुदुको कार्यकाल ६ महिनामात्र टिक्न सक्यो । नेपालबाट फर्किएलगत्तै उनी क्यानडाको प्रशिक्षक बनेका थिए । फेब्रुअरीमा पुबुदुको प्रशिक्षणमा क्यानडा टोली काठमाडौं आएर तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला र नेपाल ‘ए’ सँग खेलेको थियो । क्यानडाले त्यसपछि दुबई गएर यूएई र स्कटल्यान्डसँग २–२ गरी सबै चार खेल जितेर विश्वकप क्रिकेट लिग २ को शीर्षस्थानमा छ । क्यानडाले ट्वान्टी–२० विश्वकपमा भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिकासँग समूह चरणमा खेल्दै छ । छिमेकी प्रतिद्घन्द्घी अमेरिकासँग डालासमा जुन १ मा खेलेर क्यानडाले विश्वकप यात्रा सुरु गर्नेछ । | Sports | 13,516 |
जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल | गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ । | https://gorkhapatraonline.com/news/105238 | गोकर्ण पौडेल तुलसीपुर, वैशाख १३ गते । गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ ।पालिकाको सबैभन्दा बढी जोखिम वडा नम्बर १३ मा रहेको छ । वैशाख ४ गते एकै दिन तीन वटा घरमा आगलागी हुँदा घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । नजिककै रहेको गौरी सामुदायिक वनमा लागेको डढेलो स्थानीयले निभाउँदा निभाउँदै बस्तीमा पुगेको थियो ।तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेलले बस्ती नजिकै जङ्गल भएका कारण डढेलो लागेपछि जोगाउन निकै मुस्किल हुने गरेको बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘‘बस्तीमा फुसका छाना भएका घर छन्, त्यस्ता घरमा आगो छिट्टै लाग्छ ।’’पौडेलका अनुसार वडा नम्बर १३ मा मात्रै फुसका छाना भएका एक सय २७ वटा घर छन् । त्यस्तै, जङ्गलमा आगलागी हुँदा बस्ती मात्रै जोखिममा परेका छैनन् मुहानको पानी ल्याउने पाइप समेत जलेर खानेपानीको अभाव हुँदै आएको छ ।तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले जङ्गलबिचमा रहेका बस्ती जोगाउन निकै सकस परेको बताउनुहुन्छ । उहाँले भौगोलिक विकटताका कारण डढेलो नियन्त्रणमा निकै समस्या हुने गरेको बताउनुभयो । वडा नम्बर १३ का केही जङ्गलमा अझै पनि डढेलो लागेको छ । | News | 50,826 |