title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
प्रदेशस्तरीय बास्केटबलमा हात्तीसारका टिम विजयी
प्रदेश १ स्तरीय बराह महिला–पुरुष अन्तर कलेज बास्केटबलको पहिलो दिन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका महिला र पुरुष टिम विजयी भएका छन् ।
https://ekantipur.com/sports/2021/03/15/161581859025392334.html
सुनसरी — प्रदेश १ स्तरीय बराह महिला–पुरुष अन्तर कलेज बास्केटबलको पहिलो दिन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका महिला र पुरुष टिम विजयी भएका छन् ।त्यस्तै धरान मेघा कलेज, वीकेभीएम विराटनगर, डिपोट आर्दश बहुमुखी क्याम्पस र सियोन स्कुल विजयी भएका छन् । २३ वर्षमुनिका विद्यार्थीले मात्र भाग लिएको प्रतियोगतामा सोमबार पुरुषतर्फ हात्तीसार कलेजले धरानकै एम्स एकेडेमीलाई ३०–२२ स्कोरले पराजित गर्‍यो । मेघाले सगरमाथा एसडीलाई २८–२६, बीकेभीएमले टावर टेम्पल बिर्तामोडलाई ३२–२९, डिपो आदर्शले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८–२४ र सियोनले सिटी कलेजलाई २७–२१ स्कोरले हराए ।महिलातर्फ हात्तीसारले धरान आर्दश टिमलाई १६–११ स्कोरले पराजित गरेको छ । पुरुषतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय तथा महिलातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार प्राप्त गर्नेछन् । धरान बास्केटबल संघद्वारा आयोजित प्रतियोगिता चैत ५ सम्म चल्नेछ ।
Sports
23,488
नागरिकप्रतिको उत्तरदायित्व
सार्वजनिक पद धारण गरेका व्यक्तिले शक्तिको व्यापार गरेर आफ्नो निजी स्वार्थका लागि अधिकारको दुरुपयोग गर्दै आइरहेका छन्। सामाजिक मूल्य, मान्यता र नैतिक आचरण विपरीतको कार्य बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ। म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भन्ने सरकारको नारा छ। विडम्बना सार्वजनिक तथा व्यक्तिगत स्वार्थ पूरा गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले नैतिकता, सदाचारिता, इमानदारी गुमाउँदै गएको कारण भ्रष्टाचारको खाडल दिन प्रति दिन गहिरिँदै गएको छ। व्यक्तिगत र समूहको स्वार्थका लागि नीतिगत भ्रष्टाचार सबैभन्दा डरलाग्दो छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० को अध्ययन
https://gorkhapatraonline.com/news/21474
सार्वजनिक पद धारण गरेका व्यक्तिले शक्तिको व्यापार गरेर आफ्नो निजी स्वार्थका लागि अधिकारको दुरुपयोग गर्दै आइरहेका छन्। सामाजिक मूल्य, मान्यता र नैतिक आचरण विपरीतको कार्य बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ। म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भन्ने सरकारको नारा छ। विडम्बना सार्वजनिक तथा व्यक्तिगत स्वार्थ पूरा गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले नैतिकता, सदाचारिता, इमानदारी गुमाउँदै गएको कारण भ्रष्टाचारको खाडल दिन प्रति दिन गहिरिँदै गएको छ। व्यक्तिगत र समूहको स्वार्थका लागि नीतिगत भ्रष्टाचार सबैभन्दा डरलाग्दो छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० को अध्ययनमा छनोट भएका १७ वटा देशमध्ये नेपाललाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा दर्ज गरिएको छ। भ्रष्टाचारको सूचीमा दक्षिण एसियाली क्षेत्रमा सन् २०२० मा भुटान ६८औँ अङ्क प्राप्त गरी दक्षिण एसियामा एक नम्बर र विश्वमा २४औँ स्थानमा छ। माल्दिभ्सले ४३औँ अङ्क प्राप्त गरी दक्षिण एसियामा दोस्रो र विश्वमा ७५औँ स्थानमा रहेको देखिन्छ । भारतले ४०औँ अङ्क प्राप्त गरी दक्षिण एसियामा तेस्रो र विश्वमा ८६औँ स्थानमा रहेको छ। नेपालले ३३औँ अङ्क प्राप्त गरी दक्षिण एसियामा चौथो र विश्वमा ११७औँ स्थानमा प्राप्त गरेको देखिन्छ। नेपालमा भ्रष्टाचारको जरा सबैतिर फिजिँदै गएको छ। सार्वजनिक, राजनीतिक, निजी, सामाजिकलगायतका कुनै पनि क्षेत्र यसबाट अछूतो छैन। सार्वजनिक, राजनीतिक र निजी क्षेत्रमा त अझ बढी भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२० को एसियाको प्रतिवेदनअनुसार जनमत सर्वेक्षणमा भ्रष्टाचार हुने देशमा एसियामा नेपाल प्रथम स्थानमा रहँदा भ्रष्टाचारमा उच्च सरकारी अधिकारी नै संलग्न रहेको र सरकार प्रमुख नै उनीहरूलाई संरक्षण गर्न उद्धत रहेको समेत औँल्याएको छ।भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीतिगत तथा संस्थागत व्यवस्था यथेष्ट मात्रामा छन्। भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घ महासन्धि १४ डिसेम्बर २००५ देखि लागू भएको हो। नेपाल यस महासन्धिको पक्ष राष्ट्र भएको छ। संविधानले सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, सक्षम, भ्रष्टाचारमुक्त जनसहभागितामूलक र पारदर्शी, बनाउने विषय उल्लेख छ। त्यस्तैगरी सङ्घीय लोकतान्त्रिक शासन पद्धति, शक्ति नियन्त्रण र सन्तुलन तथा विभिन्न संवैधानिक निकायको व्यवस्था गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, तथा नियमावली २०४९, भ्रष्टाचार निवारण ऐन २०५९, संशोधनसहित लगायतका २७ वटा कानुन र कार्यविधि आकर्षक रहेको देखिन्छ। सूचनाको हकसम्बन्धी ऐन, तथा नियमावली, सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन तथा नियमावली, आचारसंहिता, जवाफदेहितासम्बन्धी कानुन साथै राष्ट्रिय कार्ययोजना पनि छ। राजनीतिक, प्रशासनिक, न्यायिक, सार्वजनिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने नीति, लिइएको छ। साथै स्वच्छ निष्पक्ष, भ्रष्टाचारमुक्त सहभागितामूलक, पारदर्शी एवं जवाफदेही शासन पद्धतिका लागि मार्गदर्शन पनि गरेको पाइन्छ। संस्थागत संयन्त्रमा संवैधानिक आयोगको रूपमा अख्तियार रहेको छ। संसदीय समिति, लेखा नियन्त्रणको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, आदि भ्रष्टाचार नियन्त्रणका लागि स्थापित वैधानिक संयन्त्र हुन्। भ्रष्टाचार न्यूनीकरणमा यिनीहरूले प्राप्त जिम्मेवारी निभाउन निर्वाह गर्न सकेको पाइन्न। भ्रष्टाचार न्यूनीकरण हुनुको साटो झाँगिँदै जानुमा भ्रष्टाचारीलाई समाजले सम्मानका साथ उचित प्रश्रय दिनु, भ्रष्टाचारविरुद्धको अपराधलाई कानुनी दायरामा ल्याउन नसक्नु पनि त्यत्तिकै कमजोरी देखिन्छ। अनुगमन, छानबिन र अनुसन्धान पद्धतिलाई सबल, सक्षम र वैज्ञानिक बनाउन नसक्नुले पनि भ्रष्टाचारलाई प्रश्रय दिएको छ। खरिद प्रणालीलाई अनलाइनसँग जोड्न नसक्नु पनि अर्को कमजोरी हो। निजामती सेवामा राजस्व, भन्सार, यातायात, अध्यागमन विभाग, मालपोतलगायतका कार्यालय कर्मचारीको रोजाइमा पर्ने गर्छ। विकास निर्माणका काममा आफन्त, नातावाद, कृपावादका आधारमा ठेक्का दिने चलनले पनि भ्रष्टाचारलाई मलजल मिलेको पाइन्छ। वर्षमा एघार महिनासम्म काम काज नगर्ने आर्थिक वर्षको अन्त्यमा आएर रातारात बजेट सक्ने संस्कारले झनै भ्रष्टाचार बढाउन सहयोग गरेको छ। निजी क्षेत्रमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न कानुन र सरोकारवाला निकाय नभएको हो कि भन्ने भान हुन्छ। भ्रष्टाचार न्यूनीकरण गरी सुशासनयुक्त राज्य व्यवस्था स्थापना गर्न नसक्नुमा डरलाग्दो रोग बनेको खर्चिलो चुनाव पद्धति हो। राजनीतिमा गलत व्यक्ति प्रवेश गर्ने र शासनको वैधता गुमाई भ्रष्टाचार र अनैतिकतालाई संस्थागत गर्ने/गराउने क्रियाकलाप झनै भयावह छ। राजनीतिक अस्थिरताले भ्रष्टाचार उर्वर बन्दै जान्छ। नेतृत्व क्षमता सक्षम र सबल नहुँदा राजनीतिक संस्कारहीनताले पनि भ्रष्टाचारीलाई मलजल पुगेको छ। हाम्रो समग्र सामाजिक, सांस्कृतिक र राजनीतिक वातावरण नै भ्रष्टाचारमैत्री भएकाले जुनसुकै माध्यमबाट भए पनि शक्ति र स्रोत हासिल गर्नुलाई शक्तिशाली र सफल मान्दछ। नेपाली समाजले अदृश्य शक्ति, कसैको भक्ति वा चाकडी गरेका कारण शक्ति स्रोत र ऐश्वर्य प्राप्त गर्ने कुरामा विश्वास गर्छ। श्रम र सीपभन्दा पनि चमत्कार हुने कुरामा बढी विश्वास गर्दा नै सरकारी सेवालाई आर्थिक लाभको अवसरका रूपमा लिने, मौका मिलेमा आर्जन गर्ने द्रव्यमुखी सोच, नैतिकता र निष्ठाको खडेरी, तजबिजी अधिकारको प्रयोगले झनै उर्वर बनाउँदै लगेको पाइन्छ।भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने र उत्प्रेरक बन्नेलाई फाल्नका लागि नैतिक मूल्य शिक्षा, प्रशिक्षण, आध्यामिक ज्ञान नागरिक सचेतना, निरोधात्मक र प्रवर्धनात्मक व्यवस्था अपनाउन जरुरी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ओभरसाइड एजेन्सीहरूको संस्थागत दक्षता र अनुसन्धान क्षमतालाई विशिष्टीकरण गर्न जरुरी छ। भ्रष्टाचारविरुद्धको महासन्धिबमोजिम अदुअआको क्षेत्राधिकार र पुनर्संरचना गर्नु आवश्यक छ। कर्मचारीको न्यूनतम जीवनयापन हुने गरी आर्थिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ। यसका लागि कर्मचारी कल्याणकोषको स्थापना गरी सोबाट हरेक स्थानीय तहमा एउटा अन्तर्राष्ट्रिय स्तरको विद्यालय र हरेक प्रदेशमा निजामती अस्पताल निर्माण गरी पूर्ण निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। भ्रष्टाचार विरुद्धका कानुनी प्रावधानको पुनरवलोकन गर्न जरुरी छ। संयुक्त राष्ट्रसङ्घको सुझावअनुसार भ्रष्टाचारविरोधी संस्था दुई प्रकारको बनाउन जरुरी छ। सरोकारवाला सरकारी, गैरसरकारी निकाय, नागरिक समाजको खबरदारी, प्रभावकारी खोज मिडिया सबैको समन्वय सहकार्यका माध्यमबाट भ्रष्टाचारलाई निरुत्साहित गराउनुपर्छ। दलहरूले अनिवार्य आयव्ययको यथार्थ विवरण राख्ने पद्धतिको विकास गर्नुपर्छ। त्यसमा  पनि नियमित लेखा परीक्षण गराउने विधि अवलम्बन गर्नुपर्छ। अन्तर्राष्ट्रिय सन्धिप्रतिको प्रतिबद्धता अनुरूप आवश्यकतामा आधारित देश सुहाउँदो कानुन निर्माण गर्नुका साथसाथै समयसापेक्ष कानुनमा परिमार्जन गर्दै लैजाने परिपाटीको विकास गरिनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई आर्थिक, भौतिक, प्राविधिक र नैतिक रूपमा सक्षम बनाउन जोड दिनुपर्छ। विद्यालय तहदेखि नै नैतिक मूल्यमान्यताको प्रवद्र्धन गर्न नैतिक शिक्षा समावेश गर्ने। न्यायपालिकाले भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ फैसला गर्ने, शून्य सहनशीलताको नीति अपनाउने। सार्वजनिक पद धारण गरेका व्यक्तिलाई समाज, जनताप्रति उत्तरदायी बनाउँदै लैजानु आजको आवश्यकता हो।  
News
48,023
एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।
https://ekantipur.com/news/2024/07/01/if-there-is-an-agreement-on-the-agenda-there-can-be-cooperation-with-uml-spokesperson-mahat-40-49.html
काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा नेता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए । उनले भने, 'हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण कुरा होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमति हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यी सबै कुरामा समझदारी बन्यो भने अगाडि बढ्नसक्छ ।'उनले यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने बताए ।
News
2,140
एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।
https://ekantipur.com/sports/2023/07/26/169038248482823364.html
काठमाडौँ — चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशीष दुवाडी रहेका छन् । महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् । खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगस्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्यसचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहोर्‍याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।टर्च र्‍यालीमा दीपक सहभागी हुनेचीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च र्याली नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन् ।सदस्यसचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च र्‍यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।
Sports
16,728
कम्युनिस्ट एकताको खाँचो
नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन्। वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन्। विशेष गरी राजतन्त्र फ्याक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दसव
https://gorkhapatraonline.com/news/70536
नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन्। वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन्। विशेष गरी राजतन्त्र फ्याक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दसवर्षे जनयुद्धको थालनी) गरेको तत्कालीन नेकपा (माओवादी) यति बेला छिन्नभिन्नकै अवस्थामा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामकरण भएको छ। यो पार्टीले अहिले सरकार सञ्चालनको नेतृत्वसमेत गरिरहेको छ। एक महिनाअघि घोषणा भएको समाजवादी मोर्चाले नेपालका वामपन्थी पुनः एकताको डोरीमा बाँधिन लालायित छन् भन्ने कुराको झिनो सङ्केत भने दिएको छ।कुनै बेला एउटै पार्टीमा रहेका मोहन वैद्य (किरण) को नेतृत्वमा नेकपा–माओवादी पार्टी नामकरण भएको छ। नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यथावत् छ। त्यसै गरी डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) बनेको छ। उपेन्द्र यादवको पार्टी जनता समाजवादीका नाममा दर्ता छ। गोपाल किराँतीले माओवादी केन्द्रबाट राजनीतिक क्रियाकलाप अघि बढाउँदै हुनुहुन्छ। विप्लवसँग छुट्टिएका धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) निर्माण भएर पनि पुनः मोहन वैद्य नेतृत्वको पार्टीमा एकीकृत भएका छन्। त्यसै गरी कुनै समय प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेका पूर्वसभासद विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ।त्यसै गरी अन्य कम्युनिस्ट तथा वामपन्थी पार्टीमा कर्णजित बुढाथोकी ‘शुशील’ अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टी छ। ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी छ। केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले) छ। एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) निर्माण भएको छ भने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी छ। नारायणमान बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छ, जसले आफूलाई कम्युनिस्ट पार्टी नै भएको दाबी गर्छ। कम्युनिस्ट भनेका क्रान्तिकारी हुन्छन्। उनीहरू परिवर्तनका आवाज उठाउने शक्ति हुन्। उनीहरू कार्ल माक्र्स, लेनिन, ऐंगेल्स, माओ, चेग्वेभारा आदि आदर्शवान् व्यक्तिको विचारलाई २१ औँ शताब्दी अनुरूपमा ढालेरे विश्व परिस्थिति बुझ्न, जान्न र भोग्न प्रयत्नशील हुन्छन्। कम्युनिस्ट यथास्थितिमा रमाएर बस्दैनन्। द्वन्द्वात्मक भौतिकवाद नै कम्युनिस्टको मूल मन्त्र हो। जब देशमा कुनै राजनीतिक सङ्कट आइपर्छ तब नेपालका कम्युनिस्ट पार्टीका नेता एक हुनुपर्ने आवाज निकाल्छन्। पछिल्ला करिब दुई–तीन महिनादेखि प्रधानमन्त्री प्रचण्डले पनि माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको महसुस गर्दै एकताका निम्ति अपिल गर्दै आउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले जनयुद्ध थालनीको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने घोषणा गरेपछि र जनयुद्धका अयोग्य लडाकुलाई रकम प्रदान गर्न सर्वोच्च अदालतले दिएको निर्णयलाई कार्यान्वयन गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध जनाउँदै सत्तारूढ नेकपा (माओवादी) पार्टी र जनयुद्धलाई मात्र नभई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै व्यक्तिगत रूपमा लाञ्छना लगाउँदै गालीगलौज गरेपछि पूर्वमाओवादी घटक मिल्ने सङ्केत देखापरेको थियो। बिस्तारै ती गालीगलौज ओझेल पर्दै गएपछि पूर्वमाओवादी मिल्ने कुरा पनि सेलाउँदै गयो।जब नेपालको राजनीतिक दलका नेता आपसी मतभेदमा रुमलिन्छन्, त्यसको फाइदा लिन देशी तथा विदेशी प्रतिक्रियावादी पटक–पटक सल्बलाएको नेपालको इतिहास छ। नेपालको कम्युनिस्ट आन्दोलन, खास गरी माओवादी धारका पार्टीमा पनि आपसी मतभेदकै कारण वर्तमान स्थिति भोग्नु परेको तीतो यथार्थ हो। सिद्धान्तभन्दा पनि पदीय लडाइँका लागि कम्युनिस्ट फुट्ने गरेको नेपालको वामपन्थी आन्दोलनको कमजोर पक्ष हो। आफूहरूबिच नै गुट, र फुट हुँदा माओवादी आन्दोलनले प्राप्त गरेका उपलब्धि गुम्ने खतरा उत्तिकै बढेर गएको छ। देशका सरकारी तथा गैरसरकारी निकायका प्रमुख र केही सञ्चारमाध्यम ‘जनयुद्ध’ शब्द अझै सुन्नै चाहँदैनन्। जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड नै यो देशको प्रधानमन्त्री हुनुहुन्छ। जनयुद्धकी सङ्घर्षशील नेतृ रेखा शर्मा देशको सूचना तथा सञ्चार प्रविधि मन्त्री हुँदा पनि सरकारी सञ्चारमाध्यममा ‘जनयुद्ध’ शब्द उल्लेख गर्दा सेन्सर लगाइन्छ। जुन सङ्घर्षले हाल देशको राजनीतिक सफलता (सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्य, र समाजवादउन्मुख) हासिल गरेको छ, त्यो जनयुद्धकै देन हो। दही खाने तर दही जमाएको ठेकी भने लात्ताले हान्ने प्रवृत्ति कायम रहनु हुँदैन। परिवर्तनको एउटा महìवपूर्ण संवाहक नै माओवादी पार्टी हो। माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठुलो प्रवाहको रूपमा अगाडि आयो। विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गाला एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ। किनकि देशले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति, विसङ्गतिको अन्त्य खोजेको छ। आर्थिक समृद्धि चाहेको छ। भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नेर लोकाचार मच्चाउने ललिता निवासको फाइल प्रचण्ड नेतृत्वको सरकारले खोल्न थालेपछि पहिचान खुल्ने डरले खुट्टा कमाउँदै बर्बराउन थालेका छन्। परिवर्तन नचाहने र देशलाई फेरि पनि पुरानै दिशामा फर्काउन चेष्टा गर्नेहरूले टाउको उठाउन थालेका छन्। अब सम्भव भए सबै कम्युनिस्ट पार्टी एक हुने, सम्भव नभए कम्तीमा पूर्वमाओवादी भने एक ठाउँमा आउने वा चाँडै समाजवादी मोर्चालाई मूर्त रूप दिने हो भने भ्रष्टाचारी दोहोलो काढिने छन्। पूर्वमाओवादी घटक मात्र नभई सम्पूर्ण वामपन्थी आफ्ना टुटफुटका तिता अनुभवलाई समीक्षा गर्दै एकजुट हुन अब पनि ढिला गर्नु हुँदैन।  सरकारले गरिरहेको लोकप्रिय कामलाई अहिले विभिन्न आरोप प्रत्यारोप गर्दै शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौताका विरुद्धसमेत अगाडि बढ्ने कुचेष्टा भइरहेका छन्, यसका लागि वामपन्थी एकता एक मात्र सर्त हो।अहिले राजतन्त्रको पक्षमा केही व्यक्ति बाटोमा निस्किँदै छन्। इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान् सपुतहरू सिद्धिने छैनन्। आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन। राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुने गरेका पश्चगामी परिवर्तन विरोधीलाई एक पटक वामपन्थीले एकजुट बनेर चुनौती दिन सक्नु पर्छ। यो तथ्य नेपालको इतिहासमा पटक–पटक स्थापित भइसकेको पनि छ। लेखक पत्रकारिता एवं प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ।   
News
46,836
म्यानचेस्टरको युरोपेली लिगमा छनोट सम्भावना बलियो
ब्रुनो फर्नान्डेसको दुई गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
https://ekantipur.com/sports/2020/07/01/159356606805199460.html
ब्राइटन — ब्रुनो फर्नान्डेसको दुई गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।फर्नान्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर यो सिजनकै सबैभन्दा माथिल्लो दर्जाको फुटबल पस्कन सफल रह्यो ।एमेक्स स्टेडियममा म्यानचेस्टरले मेसन ग्रिनउडको गोलले अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर पाँचौं स्थानमा उक्लेको छ । उसलाई उल्भ्समाथि समान अंकमा गोल अन्तरको फाइदा छ । ओले गन सोल्सारको टिम चौथो स्थानमा रहेको चेल्सीभन्दा दुई अंकले मात्र पछाडि छ ।दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई अर्को सिजन युरोपमा खेल्नबाट प्रतिबन्ध लागे पाँचौं स्थानको टिमले पनि च्याम्पियन्स लिग खेल्न पाउनेछ । जनवरीमा लिस्वनबाट म्यानचेस्टर आएका फर्नान्डोले क्लबका लागि लिगमा ६ गोल गरिसकेका छन् । उनको आगमनपछि म्यानचेस्टरले आफ्नो पुरानो छवि फर्काउन थालेको छ ।
Sports
25,002
हात्ती संरक्षण प्रयासको सराहना
नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् ।
https://gorkhapatraonline.com/news/11483
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १८ गते  । नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् । काठमाडौँमा तीन दिनसम्म सञ्चालन भएको बैठकमा ती मुलुकका सरकारी उच्च अधिकारी, हात्ती अध्येता, संरक्षणविद् तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाहरूले नेपाल संरक्षणको क्षेत्रमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।बैठकमा नेपालसहित भारत, चीन, म्यान्मार, श्रीलङ्का, भुटान, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, भियतनाम, बङ्गलादेश, मलेसिया र कम्बोडियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सबै मुलुकका तर्फबाट काठमाडौँ घोषणापत्र जारी भएको छ । घोषणापत्रमा नेपालले संरक्षणमा हासिल गरेको सफल कार्यक्रम अन्य मुलुकले पनि अनुशरण गर्न सकिने उल्लेख गरिएको छ । हात्ती प्रकृतिको विशिष्ट वन्यजन्तु भएकाले यसको संरक्षणमा विशेष खालका चुनौती रहेको औँल्याउँदै संरक्षणका लागि प्राथमिकतासाथ काम गर्नुुपर्नेमा बैठकले जोड दिएको छ । घोषणापत्रमा हात्ती पाइने मुलुकबीच द्विपक्षीय र बहुपक्षीय सहयोग, समन्वय र साझेदारीमा काम गर्न सबै मुलुक सहमत भएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी स्थानीय समुदायसँगको मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न जीविकोपार्जनका गतिविधि सञ्चालन गर्नुुपर्ने, हात्तीको बासस्थान संरक्षण तथा सुधारका लागि भूमि प्रयोगको दीर्घकालीन योजना अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । हात्तीलगायतका दुर्लभ वन्यजन्तुको चोरी सिकार तथा तिनका अङ्गहरूको अवैध व्यापारलाई रोक्न अन्तरदेशीय र अन्तर्राष्ट्रिय साझा मञ्चमा एकमत भएर उभिने र कानुन कार्यान्वयनमा जोड दिने कुरामा बैठकमा सहभागी मुलुकहरू सहमत भएका छन् । घर पालुवा हात्तीबाट पर्यापर्यटनको प्रवद्र्धन भइरहेको सन्दर्भमा त्यस्ता हात्तीको आहार, विहार, औषधि उपचार तथा स्वास्थ्य परीक्षणलगायतका विषयमा संवेदनशील हुनुपर्ने कुरामा सबै मुलुक सहमत भएका छन् । हात्तीसम्बन्धी भए, गरेको विश्वव्यापी अध्ययन अनुसन्धान तथा संरक्षणका लागि अवलम्बन गरिएका प्रविधि र असल सिकाइको अनुुभव आदानप्रदान गर्ने र ती अनुुभवलाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाहरूलाई सहयोगका लागि आग्रह गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ । हात्ती संरक्षणमा देखिएका नयाँ चुनौतीलगायतका विषयका सूचनालाई हात्ती पाइने मुलुकहरूबीच आदानप्रदान गर्ने,  हात्ती संरक्षणको राष्ट्रिय कार्ययोजना निर्माण र कार्यान्वयन गर्न सबै मुलुक सहमत भएका छन् । बैठक समापनपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भन्नुुभयो, “हात्ती विशिष्ट खालको वन्यजन्तु भएकाले यसको संरक्षणका लागि विश्व समुदायलाई नै हातेमालो गर्न बैठकले आह्वान गरेको छ । हात्ती पाइने मुलुकले संरक्षण गर्नुु पहिलो दायित्व भए पनि संरक्षणमा अन्य मुलुकको पनि उत्तिकै दायित्व हुन्छ ।” विशेष गरी विकासोन्मुुख मुलुकहरूमा विकासका काम सञ्चालन गर्दा वातावरणमैत्री बनाउने नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि, सम्झौतालाई अक्षरशः पालना गर्न अभिप्रेरित गर्ने कुरामा पनि सहभागी मुलुक सहमत भएका छन् । 
News
63,432
अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व
अस्ट्रेलियामा रहेका नेपालीमुलका चिकित्सकहरूको संस्था 'अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन (एम्डा)'ले नयाँ नेतृत्व चयन गरेको छ । तास्मानियाका चिकित्सक महेश ढकालको अध्यक्षतामा दुई वर्षका लागि छानिएको नयाँ समितीमा विभिन्न राज्यका संयोजकसहित १५ सदस्यीय समिति चयन गरिएको हो । 
https://ekantipur.com/diaspora/2023/12/17/australian-doctors-elect-new-leadership-44-30.html
अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका नेपालीमुलका चिकित्सकहरूको संस्था 'अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन (एम्डा)'ले नयाँ नेतृत्व चयन गरेको छ । तास्मानियाका चिकित्सक महेश ढकालको अध्यक्षतामा दुई वर्षका लागि छानिएको नयाँ समितीमा विभिन्न राज्यका संयोजकसहित १५ सदस्यीय समिति चयन गरिएको हो । एम्डाका निर्वतमान अध्यक्ष डा. अनुपम पोखरेलले दिएको जानकारी अनुसार संस्थाको दुई उपाध्यक्षमा क्रमशः डा. सुजाता थपलिया र मिलन पिया चुनिएका छन् । यसै गरी महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्ष डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल छन् । साथै, नर्दन टेरिटोरी, क्युन्सल्याण्ड, दक्षिण अस्ट्रेलिया, राजधानी एसिटी, तास्मानिया, भिक्टोरिया र पश्चिम अस्ट्रेलियामा क्रमसः डा. रितेश भण्डारी, डा. अतुल धिताल, डा. अर्जुन बुर्लाकोटी, डा. पवन प्याकुरेल, डा. निरज उप्रेती, डा. बिकास अवाले र डा. नबिन दंगाल संयोजकका रुपमा चुनिएका छन् । अधिवेसनले न्युजिल्याण्डका लागि डा. निरञ्जन शर्मालाई संयोजकको जिम्मेवारी दिएका छ भने न्यु साउथ वेल्समा संयोजक छान्न् बाँकी रहेको जनाइएको छ । तास्मानियाको लन्चेस्टनमा सम्पन्न अधिवेसनले दुईबर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । यहाँ रहेका नेपाली चिकित्सकको यस संस्थाले बिभिन्न स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यहरु गर्दै आएको छ भने नेपालमा समेत बिभिन्न क्षेत्रमा स्वास्थ्य जनचेतनाका कार्य गर्दै आएको जनाएको छ ।
Diaspora
12,332
यूईएफए अवार्डमा रियलको वर्चस्व
स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीले बिहीबार राति मोनाकोमा भएको यूईएफए अवार्डमा वर्चस्व जमाएका छन् । 
https://ekantipur.com/sports/2018/08/31/15357157749365515.html
मोनाको — स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीले बिहीबार राति मोनाकोमा भएको यूईएफए अवार्डमा वर्चस्व जमाएका छन् । क्रोएसियाका लुका मोड्रीच उत्कृष्ट मिडफिल्डरसँगै गत सिजनको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकमा रियलका केलर नाभास तथा डिफेन्डरमा रियलका कप्तान सर्जियो रामोस चुनिए । यसै सिजनको सुरुआतमा रियल म्याड्रिड छाडेर इटालीको युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड घोषित भए । गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउँदा रोनाल्डोले १५ गोल गरेका थिए । रियलले त्यसबाहेक यूईएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि पनि हात पारेको थियो ।
Sports
28,812
जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ ।
https://gorkhapatraonline.com/news/105871
काठमाडौँ, वैशाख १७ गते । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । सरकारले १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महासङ्घले ‘श्रम कानुन कार्यान्वयनको अवस्था’ मा श्रम अडिट प्रतिवेदन २०८० सार्वजनिक गरेको थियो । यसमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ । युनियन क्रियाशील रहेका उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था २०७९ सालको भन्दा खासै फरक छैन । २०७९ सालको श्रम अडिट प्रतिवेदनअनुसार १५ दशमलव ३० प्रतिशत उद्योग-प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिएका थिएनन् । त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२ दशमलव छ प्रतिशत छ । प्रतिवेदनमा श्रम शोषण विकराल अवस्थातर्फ लम्किँदै गएको उल्लेख छ । श्रम ऐन २०७४ मा उद्योग प्रतिष्ठानमा दैनिक आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय श्रमिकलाई काममा लगाउन नपाइने व्यवस्था भए पनि पूर्णरुपमा लागू नभएको तथ्याङ्कले जनाएको छ । महासङ्घको अडिट ‘रिपोर्ट’मा गत वर्ष श्रम अडिट गरिएका उद्योग-प्रतिष्ठानमध्ये ४६ दशमलव ४० प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ६१ दशमलव एक प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ । यसबाट औद्योगिक प्रतिष्ठानमा काम बढेको स्पष्ट हुन्छ । यद्यपि बालश्रम प्रयोग गर्ने प्रतिष्ठान भने घट्दै गएको छ । गत वर्ष २०७९ मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान शून्य दशमलव ७५ प्रतिशत थियो भने २०८० सालमा घटेर शून्य दशमलव छ प्रतिशत पुगेको छ । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन महासङ्घले मे दिवसको सन्दर्भ पारेर २५ बुँदे घोषणापत्र तयार पारेको छ । ‘नयाँ सामाजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी’ विषयमा केन्द्रित भई श्रमिकका हकहित सुनिश्चित गराउने हेतुले उक्त घोषणापत्र तयार पारेको हो । काठमाडौँमा आज पत्रकार सम्मेलन माझ महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले घोषणापत्र पढेर सुनाउनु भएको थियो । श्रमजीवीको हकमा ऐन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो महासङ्घले सरकारसमक्ष गर्दै आएको छ । घोषणापत्रमा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको अवस्था, श्रम सम्बन्ध समिति गठन गर्ने प्रतिष्ठान नगण्य रहेको, श्रम अदालतमा सरुवाको विरुद्ध मुद्दा नलाग्ने व्यवस्थाले श्रमिकलाई निरुत्साहित गरेको, वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा जोड्ने असल कामको सुरुआत बिना तयारी गरेको, सामाजिक सुरक्षाका योजनाका बारेमा तालिम प्रशिक्षणलगायतका विषयमा बुँदागत माग गरिएको छ । त्यस्तै, १० प्रतिशत सेवा शुल्कमाथिको अन्यायपूर्ण आक्रमणको अन्त्य गरी यसको पुनः कार्यान्वयनका लागि होटल तथा पर्यटन क्षेत्रका युनियनहरूको परिचालन गरिनेछ, सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट हटाएर समान श्रमिक न्यायको विकास गर्ने, श्रमिकलाई जति सक्दो सामाजिक सुरक्षामा जोड्ने, तालिम (इन्टर)हरू युनियनको भविष्य हुन् भन्ने कुरा युनियनकर्मीहरूलाई बुझाउनेसहितका प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले श्रम ऐन पूर्णरुपमा अस्तव्यस्त रहेको बताउनुभयो । “कानुन छ तर त्यसको सदुपयोग गर्ने संयन्त्र चुस्त भएन”, उहाँले भन्नुभयो, “आगामी दिनमा महासङ्घले बुँदागत योजना बनाएर कार्यान्वयनमा जोड दिनेछौँ ।” श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीले राजनीतिक अस्थिर प्रणाली र उद्योग व्यवसायमा सिन्डिकेटको प्रवृत्तिले देशमा आर्थिक सङ्कट आएको बताउनुभयो । उहाँका अनुसार यसको प्रमुख मर्का नै श्रमजीवी मजदुरलाई परेको छ । “सङ्कट आयो भने तलब नदिने प्रवृत्ति सबै व्यवसायमा छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र चलायमान गराउन स्वच्छ व्यापार प्रतिस्पर्धा र मुलुक सुहाउँदो अर्थनीति ल्याउनुपर्छ ।” रासस  
News
34,742
रास्वपाको चियापान शीर्ष नेता सबै उपस्थित
मुलुककै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवस चियापान कार्यक्रम गरेर मनाएको छ । राजनीतिका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा केन्द्रीय कार्यालय बालाजुमा शुक्रबार चियापान कार्यक्रम गरिएको हो ।
https://ekantipur.com/news/2024/06/22/teapan-top-leaders-of-rsvp-were-all-present-26-26.html
काठमाडौँ — मुलुककै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवस चियापान कार्यक्रम गरेर मनाएको छ । राजनीतिका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा केन्द्रीय कार्यालय बालाजुमा शुक्रबार चियापान कार्यक्रम गरिएको हो ।कार्यक्रममा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, रास्वपा समर्थक र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । २०७९ असार ७ मा गठन भएको रास्वपा स्थापनाको छोटो समयमै मुलुकको चौथो ठूलो दलका रूपमा स्थापित भइसकेको छ । रास्वपाले ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सांसद निर्वाचित गर्न सफल भएको छ । रास्वपा अहिले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल छ । लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । साथै, रास्वपाबाट शिक्षामन्त्रीमा सुमना श्रेष्ठ, श्रममन्त्रीमा डीपी अर्याल र युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ रहेका छन् ।चियापान समारोहमा सञ्चारकर्मीसँग बोल्दै सभापति लामिछानेले जनताको अपेक्षा पूरा गर्न आफूहरूले इमानदारीपूर्वक कोसिस गरिरहेको बताए । ‘जनताका अपेक्षा असाध्यै धेरै छन्, तिनलाई पूरा गर्न मिहिनेत र लगनका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘वर्षौंदेखिको बेथिति चिर्न केही समय भने अवश्य लाग्छ ।’ सरकारमा गएको एक सय दिन पूरा भएको र यसबीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको पनि लामिछानेले उल्लेख गरे ।
News
2,388
रुपन्देही सुपर लिग : १ सय २५ रनले ज्ञानोदय विजयी
भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा ज्ञानोदय क्रिकेट क्लबले जित हात पारेको छ । उसले गोलपार्क क्रिकेट क्लबलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
https://ekantipur.com/sports/2024/03/15/rupandehi-super-league-gyanodaya-won-by-125-runs-09-15.html
तिलोत्तमा — भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा ज्ञानोदय क्रिकेट क्लबले जित हात पारेको छ । उसले गोलपार्क क्रिकेट क्लबलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय २६ रनको बलियो स्कोर खडा गर्‍यो । उसका लागि प्रतीक भट्टराईले ४४, प्रतीक केसी ३६, प्रवेश सारु ३१, मनिष पौडेल २८, निशान्त शर्मा २५ र लक्ष्मण खत्रीले ११ रन बनाए । बलिङमा गोलपार्कका रिक्की पुनले ४, प्रदीप भण्डारी र ईश्वर क्षेत्रीले २/२ तथा सन्देश भण्डारी र आशीष लोहनीले समान १/१ विकेट लिए ।जवाफी ब्याटिङमा आएको गोलपार्क २१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा ज्ञानोदयका लक्ष्मण खत्रीले ६ ओभरमा २ मेर्डन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । यस्तै, नवीन भट्टराई, युवराज सेन र सम्राट थापाले समान १/१ विकेट लिए ।गोलपार्कका ईश्वर क्षेत्रीले ५९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरले हार ब्यहोर्‍यो । ज्ञानोदयका लक्ष्मण खत्री म्यान अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे । शनिबारको खेलमा बुद्ध सीसी र बुटवल राइनोज भिड्ने लिगका संयोजक प्रथम पराजुलीले बताए ।
Sports
14,342
गोरखापत्र कर्मचारी सहकारीको १७ औँ वार्षिकोत्सव सम्पन्न
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको छ । आज सहिद पार्क गोकर्ण काठमाडौँमा सहकारीको वार्षिकोत्सव मनाइएको हो ।
https://gorkhapatraonline.com/news/91128
गोरखापत्र अनलाइनकाठमाडौं, पुस १४ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको छ । आज सहिद पार्क गोकर्ण काठमाडौँमा सहकारीको वार्षिकोत्सव मनाइएको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै संस्थानका कर्मचारीलाई एक थलोमा जोडेर राख्ने काम सहकारीले गरेको बताउनुभयो । वित्तीय अनुशासन कायम गर्नु निकै चुनौतीको काम भए पनि त्यसको चुस्तता र पारदर्शीताले सबैको विश्वास जित्न सकिने उहाँले बताउनुभयो । संस्थानका व्यवस्थापन पक्षले सहजकर्ताको भूमिका मात्र खेल्ने तर संस्थानका मालिक भनेका यहाँका कर्मचारी भएकाले सहकारीलाई संस्थानको विरासत र गौरवअनुरूप प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो । आजको दुनियाँ डिजिटलमा फड्को मारेकाले गोरखापत्रको सहकारीलाई पनि सोहीअनुरूप युग सुहाउँदो संस्था बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानभित्र र सहकारीमा कर्मचारीबिचको एकता कायम गर्ने चुनौती रहेकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । सहकारीलाई बलियो र आत्मनिर्भर बनाई कर्मचारीको हितमा लगाउन सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । कुनै पनि संस्था टिकाउन आपसी विश्वास र सहकार्य आवश्यक परेकाले कर्मचारीबिच त्यसको खाँचो रहेको उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष पुष्पराज जोशीले गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लि. लाई प्रभावशाली बनाउन सबै कर्मचारीको साथ सहयोगको खाँचो रहेको बताउनुभयो । सहकारीभित्र अहिले वित्तीय अनुशासन कायम गर्ने चुनौती रहेको चर्चा गर्नुहुँदै अध्यक्ष जोशीले सबैको प्रयास र सहयोगले सहकारीले प्रगति हासिल गर्दैगएको बताउनुभयो । सो अवसरमा उहाँले सहकारीभित्र ३६६ शेयर सदस्य रहेको र ३३ लाख ९३ हजार आठसय शेयर पुँजी सङ्कलन भएको जानकारी दिनुभयो । त्यस्तै, आ.व. २०७९–८० असार मसान्तसम्म सदस्यहरूबाट १ करोड ६० लाख ६० हजार निक्षेप सङ्कलन गरी १ करोड ८९ लाख ५९ हजार ऋण लगानी गरिएको जानकारी दिनुभयो । सहकारीले हाल शेयर सदस्यहरूलाई बढीमा २ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउँदैआएको पनि अध्यक्ष जोशीले जानकारी दिनुभयो । सो अवसरमा संस्थाका कोषाध्यक्ष माया आचार्यले वार्षिक आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । २०६३ मङ्सिर २१ गते स्थापना भएको सहकारीले अहिले १० प्रतिशतभन्दा कम ब्याजदरमा दुई लाख रुपियाँसम्म ऋण, घरायसी सामानहरूको किस्ताबन्दी कार्यक्रम, सदस्यहरूको जम्मा बचत र शेयर रकमको ८० प्रतिशतसम्मको विशेष ऋण स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।सो अवसरमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा चिन्तन तिवारी प्रथम, आदित्य श्रेष्ठ द्वितीय र कृतिका सापकोटा तेस्रो भएको सम्मान प्रदान गरिएको छ । त्यस्तै, तीन जनालाई सान्त्वना सम्मान प्रदान गरिएको छ । सान्त्वना पाउनेहरूमा युनिक शर्मा, पृथ्वीराज श्रेष्ठ र अभिक गिरी रहनुभएको छ । उहाँहरूलाई कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरीले सम्मान प्रदान गर्नुभयो । प्रथम हुने विद्यार्थीलाई तीन हजार पाँचसय, द्वितीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार पाँचसय र सान्त्वना हुनेलाई एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । 
News
52,120
मिसन ८४ मा गठबन्धन होइन, जनताको सरकार बन्नु पर्छ : ओली  
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मिसन ८४ मा गठबन्धनको नभई जनताको सरकार बन्नु पर्नेमा जोड दिएका छन् । ‘अब ८४ सालमा जनताको सरकार बन्नु पर्छ गठबन्धनको होइन,' उनले भने, ‘एमालेको सरकार बनेमात्र जनताको सरकार बन्ने छ । अहिलेको जस्तो गठबन्धनको सरकार होइन ।’
https://ekantipur.com/news/2024/02/08/mission-84-should-not-be-a-coalition-a-peoples-government-should-be-formed-oli-15-05.html
रौतहट — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मिसन ८४ मा गठबन्धनको नभई जनताको सरकार बन्नु पर्नेमा जोड दिएका छन् । ‘अब ८४ सालमा जनताको सरकार बन्नु पर्छ गठबन्धनको होइन,' उनले भने, ‘एमालेको सरकार बनेमात्र जनताको सरकार बन्ने छ । अहिलेको जस्तो गठबन्धनको सरकार होइन ।’रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको प्रांगणमा बिहीबार आजोजित एमाले रौतहटको १० औं जिल्ला अधिवेशन उद्घाटनका लागि आएका एमाले अध्यक्ष ओलीले मिसन ८४ मा गठबन्धनको सरकार बन्न नहुनेमा जोड दिए । उनलाई जिल्लाका नेता, कार्यकर्ताले १०१ किलोको माला लगाएर स्वागत गरेको थियो । अध्यक्ष ओलीले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल स्वतन्त्र सांसद भएको दाबी गरे । ‘उनको पार्टी राष्ट्रिय पार्टी नै होइन । उनी स्वतन्त्र सासद हुन्,’ उनले भने, ‘यिनले त्यस बेला थाहा पाउँछन् जति बेला गठबन्धनले लात लगाउनेछन् । अहिले गठबन्धनको पुच्छर समातेर हिँडेका छन् ।’ आगामी निर्वाचनमा एमाले त्यागेका नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले कुनै हालतमा नजित्ने दाबी गरे । साहको जमाना जफत हुने उनको भनाइ थियो । अध्यक्ष ओलीले गरुडामा लामो समयदेखि बन्द भएको चिनी मिल संचालनका लागि आफूले प्रधानमन्त्रीसित कुरा राख्ने सभामा सुनाए । ‘नेपालमा सरकारीभन्दा निजी क्षेत्र फस्टाउँछ भन्ने लागेको थियो तर यहाँ त निजी क्षेत्र पनि फस्टाएन’ उनले थपे ।’ अध्यक्ष ओलीले एमालेलाई धोखा दिएको भन्दै समाजवादीका अध्यक्ष नेपाल र आमजनता पार्टीका अध्यक्ष साहप्रति खरो टिप्पणी गरे । उनले बाटो बिराएर दुवैतिर लागेकाहरुलाई फर्कन अनुरोध गरे । दुई तिहाईको पार्टी तोडफोड गर्ने प्रदेश सरकार ढालेर कांग्रेसको पाउमा चढाउने समाजवादीका अध्यक्ष नेपाललाई गठबन्धनले लात लगाएपछि मात्र थाहा पाउने भन्दै अध्यक्ष ओलीले आक्रोश पोखे । जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतले बोलेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ । पार्टीको जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि पूर्वसभासद बबन सिंह, अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेलहको नाम चर्चामा छ ।
News
5,808
कोरोनाभाइरस: इतिहासमै पहिलो पटक ओलिम्पिक्स प्रतियोगिता सारिने
धेरैले निर्विकल्प देखेको विषय अब औपचारिक भएको छ- कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्।
https://www.bbc.com/nepali/news-52022200
एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्। प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताए। 'विजय उत्सव' यद्यपि त्यसलाई टोक्यो २०२० नै भनिने र उक्त आयोजना कोरोनाभाइरसमाथिको विजय उत्सवको रूपमा हुने आबेले बताए। बीबीसीका खेल संवाददाता एलेक्स क्याप्स्टिक भन्छन्- ओलिम्पिक प्रतियोगिता सारिएको यो पहिलो पटक हो। युद्धका बेला ओलिम्पिक्स रद्द गरिएको थियो तर कहिल्यै पर सारिएको थिएन। "तर त्यसको व्यवस्थापकीय चुनौती निकै ठूलो छ। प्रतियोगिता सार्न त्यति सजिलो छैन।" ओलिम्पिक कमिटिले आगामी २४ घण्टाभित्र औपचारिक रूपमा प्रतियोगिता सार्ने यस निर्णय अनुमोदन गर्ने ठानिएको छ। दबाब यसअघि न्यूजिल्याण्ड र अमेरिका समेतले ब्रिटेन, क्यानाडा र अस्ट्रेलियालाई पछ्याउँदै सन् २०२० को टोक्यो ओलिम्पिक्सको मिति सार्न माग गर्ने कित्तामा उभिएको जनाएका थिए। यसअघि आइओसीले प्रतियोगिता रद्द गर्ने आफ्नो एजेन्डा नभए पनि त्यसलाई सानो स्वरूपमा लैजान सकिने विकल्पबारे भने सोचिने जनाएको थियो। टोक्यो ओलिम्पिक्स जुलाई महिनामा आयोजना हुने तालिका थियो। टोक्यो पारालिम्पिक्स समेत अर्को वर्षसम्मलाई सारिनेछ। १२४ वर्षको आधुनिक इतिहासमा सन् १९१६, १९४० र १९४४ मा ओलिम्पिक्स रद्द गरिएको थियो। त्यसबेला प्रथम र द्वितीय विश्वयुद्ध भएका थिए।
Others
67,110
विश्वविद्यालय सुधारमा कोसेढुंगा थप्ने अवसर
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका जिम्मेवारी पाएका छन् । तमाम प्रश्नहरूका बीच पनि खुला प्रतिस्पर्धाबाट उपकुलपतिको चयन भएको छ, त्रिविको साढे ६ दशकको इतिहासमा यतिसम्म पनि भएको यो पहिलो पटक हो ।
https://ekantipur.com/opinion/2024/02/25/an-opportunity-to-add-a-milestone-in-university-reform-46-00.html
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका जिम्मेवारी पाएका छन् । तमाम प्रश्नहरूका बीच पनि खुला प्रतिस्पर्धाबाट उपकुलपतिको चयन भएको छ, त्रिविको साढे ६ दशकको इतिहासमा यतिसम्म पनि भएको यो पहिलो पटक हो ।त्रिविको खस्केको स्तर उकास्न सक्ने योग्य र दक्ष कार्यकारी नेतृत्व चयन गर्ने भनेर खुला प्रतिस्पर्धा गराइएको हो । यही मर्मअनुरूप त्रिविलाई समृद्धिको मार्गमा डोर्‍याउने मुख्य दायित्व नवनियुक्त उपकुलपति बरालसामु छ, यो चुनौतीपूर्ण छ तर असम्भव छैन । तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको पदावधि सकिएको झन्डै चार महिनापछि त्रिविले उपकुलपति पाएको हो । जबकि त्रिवि ऐनमा कुनै पदाधिकारीको पद रिक्त भएको तीन महिनाभित्र नियुक्त गर्नुपर्ने प्रावधान छ । खुला प्रतिस्पर्धाको प्रक्रिया नै ढिलो थालिँदा नियुक्ति बेलैमा हुन नसकेको हो । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक २४ मा सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरेका थिए । समितिले दुई महिनापछि मात्रै उपकुलपति पदमा दरखास्त आह्वान गर्‍यो । त्यहीअनुसार आवेदन दिएका ४३ मध्ये अल्पसूचीमा परेका १४ जनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले तीन जनाको नाम कुलपतिसमक्ष पेस गरेको थियो । सिफारिस सूचीमा रहेका मध्येबाट बराल कुलपति एवं प्रधानमन्त्री दाहालको रोजाइमा परेका हुन् । उपकुलपति छनोट पद्धतिका विषयमा अनेक टीकाटिप्पणी नआएका होइनन् । नवनियुक्त उपकुलपति बरालको राजनीतिक आस्था प्रधानमन्त्रीको दलसँग निकट रहेको भन्ने सवाल पनि उठेको छ । तर, तजबिजीमा सिफारिस र छनोटको परम्परा रहेका बेला खुला प्रतिस्पर्धा गराउने अभ्यास सुरु हुनुलाई सकारात्मक नै मान्नुपर्छ । प्रक्रियामा देखिएका कमजोरी सुधार गर्दै लान सकिन्छ, सुधार्नुपर्छ । तर यो प्रक्रिया विस्तार गर्दै रेक्टर, रजिस्ट्रारजस्ता पदमा पनि दलीय भागबन्डा रोक्न दबाब पुग्न सक्छ । राजनीतिक आस्थालाई जोडेर क्षमताजस्ता सवालमा उठाइएका प्रश्नको जवाफ भने अब उपकुलपति बरालले कार्यसम्पादनबाट दिनुपर्छ । नवनियुक्त उपकुलपति बरालले पदमा बहाल भएकै दिन शुक्रबार केही प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सन्देश पनि प्रवाह गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट दुई वर्षअघि अवकाश पाएका उनले त्रिभुवन विश्वविद्यालयबाट दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । त्रिविमा नियुक्त हुने अवकाशप्राप्त पदाधिकारीले दोहोरो सुविधा लिँदै आएका बेला उनको यस घोषणाले नजिर बसाउन सक्छ । आर्थिकरूपमा यो सांकेतिक प्रतिबद्धता मात्र हो तर यसले विश्वविद्यालयमा आर्थिक सुशासनको बाटोमा लग्न ठूलो सन्देश हुन सक्छ । उपकुलपति बरालले त्रिवि पुनःसंरचना गर्ने प्रतिबद्धता गरेका छन् । केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता पनि छ, जुन त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र ‘त्रिवि भिजन २०२०–२०३०’ मा समेत उल्लेख छ । विभिन्न अध्ययन कार्यदल र विज्ञहरूले पनि त्रिवि सुधारका लागि पुनःसंरचनामा जानुको विकल्प नरहेको पहिलेदेखि नै औंल्याउँदै आएका छन् । तर कसैले आँट गर्न नसकिरहेको अवस्थामा उपकुलपति बरालले योजनाबद्ध ढंगले पुनःसंरचनाको कदम चाले भने त्यो विश्वविद्यालयको प्राज्ञिक उन्नयनको कोसेढुंगा बन्न सक्छ । उपकुलपति बरालले शैक्षिक क्यालेन्डर कार्यान्वयनको प्रतिबद्धता पनि गरेका छन् । विश्वविद्यालयहरू आफैंले शैक्षिक क्यालेन्डर बनाउन र त्यसलाई पछ्याउन नसकेकै कारण विश्वविद्यालय अनुदान आयोगले एकीकृत क्यालेन्डर बनाएर यसै शैक्षिक सत्रदेखि सबैका लागि लागू गरिदिएको छ । तैपनि विश्वविद्यालयहरूलाई क्यालेन्डरअनुरूप शैक्षिक कार्यक्रम गर्न मुस्किल परिरहेको छ । शैक्षिक क्यालेन्डरलाई इमानपूर्वक पछ्याउन मात्र सके पनि त्रिविलाई आफ्नो साख फर्काउन धेरै सहज हुनेछ । विद्यार्थीकेन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, आयुर्वेद, आम्चीलगायत नयाँ विषय र कार्यक्रम सुरु गर्ने, श्रम बजारमा जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नेजस्ता उनका घोषणा पनि सकारात्मक सुनिन्छन् तर तिनलाई उपकुलपति बरालले परिणामबाट देखाउनुपर्नेछ । चारवर्षे स्नातकलाई तीनवर्षे बनाइने उपकुलपति बरालको भनाइ छ । दशकअघिसम्म केहीमा बाहेक तीनवर्षे स्नातक रहेकामा अन्तर्राष्ट्रिय रूपमा मिलाउन भन्दै चारवर्षे बनाइएको थियो । यसबारेमा कदम चाल्नुअघि पर्याप्त अध्ययन एवं विज्ञहरूको परामर्श चाहिन्छ । किनकि नेपाली उच्च शिक्षाले विश्वस्तरीय मापदण्ड पाउनु जरुरी छ ।उपकुलपति बराल त्रिवि सुधारमा दृढतापूर्वक अघि बढे भने पनि सबैभन्दा ठूलो चुनौती दलीय राजनीतिको प्रभाव सामना गर्नुपर्ने हुन सक्छ । त्रिविको साख ओरालो लाग्दै गएको नै राजनीतिक हस्तक्षेपले हो । विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठनले राजनीतिक आस्थाका आधारमा समर्थन, विरोध/आन्दोलन गर्ने संस्कार बसेको छ । उपकुलपति छनोट प्रक्रिया चलिरहेकै बेला पनि विभागीय प्रमुख, क्याम्पस प्रमुखमा केही राजनीतिक दलहरूले भागबन्डा गरेका थिए । उपकुलपति बरालले भागबन्डाको विकृति रोक्न सके र योग्यता–क्षमताका आधारमा जिम्मेवारी दिने पद्धति बसाल्न सके भने मात्र पनि त्रिविले लय समात्नेछ । कतिपय हस्तक्षेप र अवरोध उपकुलपतिको समन्वयकारी भूमिकाले पनि किनारा लगाउन सक्छ ।खुला प्रतिस्पर्धाबाट छनोट भएर आएकाले उपकुलपति बरालसँग नैतिक बल छ, अब त्यसलाई त्रिविको समृद्धिमा लगाउनुपर्छ । त्यसका लागि कुलपति र सहकुलपतिले अनुकूल वातावरण तयार गरिदिनुपर्छ । राजनीतिक दल, तिनका भ्रातृ संगठनहरूको पनि रचनात्मक भूमिका हुनुपर्छ । उपकुलपति बरालको होस्टेमा सरोकारवाला सबैको हैंसे भए विद्यार्थी, विश्वविद्यालय र समग्रमा मुलुकको भविष्य उज्ज्वल बन्ने आधार तयार हुनेछ ।
Opinion
9,644
आयोग सङ्घर्षको प्रतिफल हो, व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले सामूहिक भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौती समाधानमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
https://gorkhapatraonline.com/news/54660
गोरखापत्र अनलाइनकाठमाडौं, फागुन ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले सामूहिक भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौती समाधानमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले आयोगहरूको गठन धेरै ठूलो सङ्घर्ष र बहस पश्चात् भएको चर्चा गर्नुहुँदै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,  ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्छ ।’ आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूको लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । त्यसैगरी संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँहरूको सुझाव थियो । सो क्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिको सहभागिता रहेको थियो ।
News
58,366
पारसलाई वाग्मती क्रिकेटको जिम्मेवारी
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले पारसलाई प्राविधिक समिति प्रमुखको जिम्मेवारी दिइएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् ।
https://ekantipur.com/sports/2022/08/29/166178933182066626.html
काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले पारसलाई प्राविधिक समिति प्रमुखको जिम्मेवारी दिइएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी गराएका छन् ।प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेटमा संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्ने जनाइएको छ । वाग्मतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटमा स्वर्ण जित्ने लक्ष्य रहेको परिषद्ले जनाएको छ । वाग्मतीले ३६ खेलको तालिका सार्वजनिक गर्दै संयोजकसमेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद् वाग्मतीले भदौ १३ देखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ । सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भइसकेको छ ।वाग्मती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दसौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ । असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा वाग्मतीका लक्ष्यको पहिलो स्थान हो ।
Sports
19,744
'निफको अन्तिम तयारी'
चैत १० देखि सुरु हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करणको नयाँ मिति घोषणा गरिएको छ । अब यो महोत्सव चैत १७ देखि २१ सम्म भर्चुअली र भौतिक उपस्थितिमा आयोजना गर्ने बताइएको छ ।
https://ekantipur.com/entertainment/2022/02/28/164605051360946005.html
काठमाडौँ — चैत १० देखि सुरु हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करणको नयाँ मिति घोषणा गरिएको छ । अब यो महोत्सव चैत १७ देखि २१ सम्म भर्चुअली र भौतिक उपस्थितिमा आयोजना गर्ने बताइएको छ ।'एक महिनापछि महोत्सव हुँदैछ । तयारी लगभग सकियो । अहिले हामी प्रायोजक खोज्दैछौं । हामीलाई सबैभन्दा गाह्रो प्रायोजक खोज्न हुन्छ । आधा फिल्म हामी भर्चुअली देखाउँछौं । अनलाइनमा देखाउने भनेर धेरै फिल्म छनोट गरेका छौं,' निफ अध्यक्ष केपी पाठकले बताए,'यो वर्षको महोत्सव हामीले युवाहरुलाई केन्द्रित गरेका छौं । युवाहरुबाटै सेसन गर्दैछौं ।'महोत्सवले राष्ट्रिय सभागृह र र पर्यटन बोर्डको हलमा ३८ देशका ८९ फिल्म देखाइने बताइएको छ । महोत्सवमा ५५ देशका ४०० भन्दा बढी फिल्म प्राप्त भएको थियो । 'विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' नाराका साथ आयोजना हुने महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर, एनिमेटेड, वृत्तचित्र, लघु फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर, वृत्तचित्र र लघु फिल्महरूको आवेदन परेको थियो ।'फिल्म संस्कृति' विकास गर्ने उद्देश्यसहित सुरु भएको यो पटकको महोत्सवमा ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । नेपाली प्रतिस्पर्धामा पचास हजार नगद पुरस्कारसहितको 'वेष्ट डकुमेन्ट्री अवार्ड' पनि थप गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट इन्टरनेश्नल फेडरेसन अफ फिल्म सोसाइटिज डन किओते अवार्ड पनि प्रदान गरिनेछ ।यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अर्वाड प्रदान गरिनेछ । त्यस्तै नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा लघु फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने बताइएको छ ।
Entertainment
8,079
तिहार बिदामा पेट्रोल पम्प खुला रहने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ । तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो ।
https://gorkhapatraonline.com/news/42362
काठमाडौँ, कात्तिक ६ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठमा पम्प खुला गरिने निगमले जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपो खुला राख्न निर्देशन दिइएको निगमले जानकारी दिएको छ ।तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्प खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो । निगमका अनुसार पेट्रोल पम्प २४ घण्टा खुला हुने र त्यसका लागि निगमका १३ वटा डिपो बिदाको दिनमा खुला हुनेछन् ।   
News
40,047
रुसमा क्रिकेट अनधिकृत
रुसको खेलकुद मन्त्रालयले क्रिकेटलाई आधिकारिक खेलको रूपमा दर्ता गर्न अस्वीकार गरिदिएको छ । एकदिवसीय विश्वकपअन्तर्गत इंग्ल्यान्ड र न्युजिल्यान्डबीच नाटकीय फाइनलकै दिन रुसमा क्रिकेटको आधिकारिकता अस्वीकृत भएको हो । रुसमा पेटांक, ड्रग्ट र मिनी–गल्फले आधिकारिक मान्यता पाएका छन् । 
https://ekantipur.com/sports/2019/07/20/15635882149271247.html
मस्को — रुसको खेलकुद मन्त्रालयले क्रिकेटलाई आधिकारिक खेलको रूपमा दर्ता गर्न अस्वीकार गरिदिएको छ । एकदिवसीय विश्वकपअन्तर्गत इंग्ल्यान्ड र न्युजिल्यान्डबीच नाटकीय फाइनलकै दिन रुसमा क्रिकेटको आधिकारिकता अस्वीकृत भएको हो । रुसमा पेटांक, ड्रग्ट र मिनी–गल्फले आधिकारिक मान्यता पाएका छन् । आधिकारिक सूचीमा नहुनु भनेको प्रतिबन्धित हुनु चाहिँ होइन । तर यसको मतलब के हो भने क्रिकेटलाई त्यहाँको खेलकुद मन्त्रालयले समर्थन गर्दैन । मस्को क्रिकेट स्पोर्टस फेडेरेसनका एक सदस्य अलेक्जेन्दर सोरोकिनले आफूहरूको आवेदनमा त्रुटि भएको भन्दै मन्त्रालयले आधिकारिकता दिन अस्वीकार गरेको जनाएका छन् । उनले टीएएसएस समाचार एजेन्सीसँगको कुराकानीमा बताएअनुसार फेडेरेसनले प्रक्रिया पूरा गरी अर्को वर्ष पनि आवेदन दिनेछ । जुलाई १५ मा मन्त्रालयले जारी गरेको सूचीमा मुवाँथाईलाई पनि आधिकारिक खेलको मान्यता दिन अस्वीकृत गरिएको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले रुसको यो कदमलाई हास्यास्पद भन्दै टिप्पणी गरेका छन् ।‘क्रिकेट दुई विलियन मानिसले लगातार फलो गर्छन् । यो भारत, पाकिस्तानसँगै पूर्व ब्रिटिस औपनिवेशिक देशहरूमा सबैभन्दा लोकप्रिय खेल हो । त्यसैले उनीहरू एंग्लो–सेक्सन खेलबाट डराउँछन्,’ लोकप्रिय ट्वीटर ह्यान्डिल येखिदनिये भिटीबाट व्यंग्यात्मक ट्वीट गरेको छ । ‘खेलकुद मन्त्रालयले थाई बक्सिङ (मुवाँथाई) र क्रिकेटलाई आधिकारिक खेलको मान्यता दिन अस्वीकार गरेछ । जबकि त्यहाँ क्रिकेट र राष्ट्रिय टोली पनि छ,’ आरबीसी बिजनेस डेलीले ट्वीट गरेको छ ।
Sports
26,953
बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो।
https://gorkhapatraonline.com/news/71419
राममणि दाहालहेटौँडा, साउन २ गते । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ।पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो। उहाँले भाडा समायोजनका लागि सिफारिस गर्न समिति रहेको र समितिको सिफारिसका आधारमा मन्त्रालयले निर्णय गर्ने बताउँदै छलफलको क्रममा रहेको समायोजनमा प्रक्रियागत रूपमा ढिलाइ हुने बताउनुभयो। “मन्त्रालयले निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित भएपछि मात्र समायोजन भएको भाडा दर कार्यान्वयनमा आउँछ। बागमती प्रदेशमा बिहीबार र सोमबार मात्र प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था रहेकाले सार्वजनिक सवारीसाधनको नयाँ भाडा दर समायोजनमा ढिलाइ हुने छ। भाडा समायोजना प्रक्रिया यहाँका अलि लामो छ, त्यसैले ढिलाइ हुन्छ,” उहाँले गोरखापत्रलाई भन्नुभयो।छलफल र प्रक्रियामा रहेको बताउँदै गत जेठ महिनामा समेत यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर समायोजन गरेको एक सातापछि मात्रै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको थियो। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले जेठ ३ गते भाडा समायोजन गरेकोमा प्रक्रियागत ढिलाइ भन्दै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सातापछि जेठ १० गते भाडा समायोजन गर्दै करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर घटाएको थियो। मन्त्रालयका सूचना अधिकारी पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका आधारमा सार्वजनिक सवारीसाधनको भाडा दर घटाउने निर्णय भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले गर्ने बताउनुभयो।  यसअघि गत जेठमा सार्वजनिक सवारीका साधनलाई तीन वर्गमा विभाजन गरी भाडा दर समायोजन गरिएको थियो। उहाँका अनुसार भाडा निर्धारण/समायोजन सिफारिस समितिको निर्णयलगायत आवश्यक प्रक्रिया पूरा गरी राजपत्रमा प्रकाशित गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइने व्यवस्था छ।गत जेठमा मालवाहक सवारीसाधनमा चार प्रतिशतभन्दा केही बढी र उपत्यकाभित्र चल्ने सिटी बसमा झन्डै छ प्रतिशतका दरले भाडा दर घटाइएको थियो। साथै उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा ५.९० प्रतिशतले, बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने मालवाहक सवारीसाधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटेको थियो। यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णय अनुसार वैशाख १ गते नयाँ भाडा दर लागु गरिएको थियो। अन्तरप्रदेश यातायात भाडा घट्योसरकारले प्रदेशबिच सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर घटाएको छ । वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार इन्धनबापतको ४० प्रतिशत हिस्साको समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । जस अनुसार पेट्रोल र डिजेलको मूल्य पाँच प्रतिशतले बढेमा वा घटेमा सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्छ । समायोजन गरिएको नयाँ मूल्य अनुसार यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशतले घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ र तराईमा सञ्चालन हुने मालवाहकमा ३.०९ प्रतिशतले भाडा घटेको छ । पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर प्रणाली अनुसार भाडा घटाइएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो । घटाएको भाडादर सामेबारदेखि लागु भएको छ । स्वचालित प्रणाली अनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपियाँ घटेको थियो । सोही आधारमा विभागले भाडा घटाएको हो । विभागले अन्तरप्रदेशको भाडादर समायोजन गरे पनि प्रदेशभित्रको भाडादर समायोजन भने प्रदेश सरकारले गर्ने व्यवस्था छ । वैज्ञानिक भाडादर समायोजन प्रणालीमा ४० प्रतिशत इन्धनबापतको समायोजन गरिन्छ भने ६० प्रतिशत सवारीसाधनको पार्टपुर्जा, मोबिल, मर्मतलगायतको खर्च र बजार महँगीका आधारमा समायोजन गरिन्छ ।  
News
54,917
सिरिया: पूर्वी गुटामा एक सातामा '५०० जनाभन्दा बढीको मृत्यु'
सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-43183795
मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ। बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन्। ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्‍का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन्। त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन्। उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन। युद्ध विराम प्रस्ताव सिरियाः बमबारी रोक्न राष्ट्रसंघको माग सिरियाद्वारा अमेरिकी हमलाको निन्दा राष्ट्रसंघीय सुरक्षा परिषदमा पूर्वी गुटा क्षेत्रमा युद्ध विराम गर्ने प्रस्तावमा आजै शनिवार मतदान हुने कार्यक्रम छ। त्यसअघि त्यो प्रस्तावका शब्दावलीलाई लिएर सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुबीच विवाद भएको थियो। पूर्वी गुटामा सामान आपूर्ति गर्न र मानिसहरूलाई अन्यत्र सार्न ३० दिनसम्म आक्रमणहरू रोक्ने प्रस्तावको मस्यौदामा रुसले केही हेरफेर गर्न चाहेको थियो। तर पश्चिमा कूटनीतिज्ञहरूले सिरियालाई आक्रमणहरू जारी राख्न थप समय दिन खोजे जस्तो देखिने रुसी रबैयाको आलोचना गरेका थिए। अमेरिका ब्रिटेन र फ्रान्सले युद्ध विराम प्रस्ताव पारित गर्न थप ढिलाइ हुन नहुने मत राखिरहेका छन्। कुवेत र स्विडेनले अघि सारेको त्यो प्रस्ताव पारित भएको ७२ घन्टाभित्र सिरियाभर युद्ध विराम लागु गर्दै स्वास्थ्य सेवा तथा सहायता सामाग्री पठाउन थालिने भनिएको छ। मस्यौदामा १२ सय ४४ समुदायका ५६ लाख मानिस सहायताको पर्खाइमा रहेको उल्लेख गरिएको छ।
Others
68,605
सफारी दुर्घटनामा छ जना पर्यटक घाइते
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना पर्यटक घाइते भएका छन् । खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो ।
https://gorkhapatraonline.com/news/110466
चितवन, जेठ २० गते । पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना पर्यटक घाइते भएका छन् । खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन् ।घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे विजय मोरे, ५८ वर्षे वैशाली गुप्तेश्वर र ६२ वर्षे पङ्कज गुप्तेश्वर छन् । घाइतेहरूको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवन रत्ननगर नगरपालिका-४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस  
News
48,507
श्रीगाउँको जित
दाङको श्रीगाउँ खेलकुद विकास समितिले ढोरपाटन महिला डबल लिग भलिबलमा आइतबार दुई जित हात पारेको छ ।
https://ekantipur.com/sports/2018/01/29/20180129064359.html
काठमाडौँ — दाङको श्रीगाउँ खेलकुद विकास समितिले ढोरपाटन महिला डबल लिग भलिबलमा आइतबार दुई जित हात पारेको छ ।श्रीगाउँले स्प्रिन्डेल एकेडेमी र पूर्वाञ्चल भलिबल संघमाथि समान ३–० को जित रच्यो । उसले पहिलो खेलमा स्प्रिन्डेललाई सहजै २५–७, २५–८ र २५–१४ ले हरायो । दोस्रो खेल भने केही प्रतिस्पर्धात्मक रह्यो तर उसले पूर्वाञ्चलको चुनौती २५–१७, २५–२१ र २८–२६ ले समाप्त पार्‍यो ।त्यस्तै, टप्स उमावि, आर्मी, मेघौली, प्यारामाउन्टले पनि आइतबार सफलता हात पारे । नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा पोखराको टप्सले पूर्वाञ्चललाई २५–१३, २५–६ र २५–१३ ले पराजित गर्‍यो । आर्मीले मेघौलीलाई २५–१३, २५–१२ र २५–५ ले पन्छायो । मेघौलीले न्यु डायमण्ड स्पोटर््स क्लबविरुद्ध भने २५–१४, २५–७ र २५–११ को सफलता हात पार्‍यो । प्यारामाउन्टले पनि न्यु डायमण्डमाथि १८–२५, २५–२१, २५–१९ र २५–२० को जित दर्ता गर्‍यो ।प्रतियोगितामा अपराजित रहेको शिवम् न्यु डायमण्ड एकेडेमी १० खेलपछि ३० अंकसहित शीर्षस्थानमा छ । अर्को अपराजित टिम एपीएफले नौ खेलमा २७ अंक बनाएको छ । पुलिस ११ खेलमा २७ अंकसहित तेस्रोमा छ । पश्चिमाञ्चल टप्स उमावि, आर्मी र श्रीगाउँले १८–१८ अंक जोडेका छन् । मेघौली स्पोर्ट्स क्लब (१४) सातौंमा छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिंदैछ र यसमा शीर्ष सातमा रहने टिमहरूले उपाधि होडमा दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
Sports
30,198
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।
https://gorkhapatraonline.com/news/65595
काठमाडौं, जेठ १३ गते । प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज (शनिबार) शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।जलहरीका सम्बन्धमा संसदमा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी हुनुहुन्थ्यो । रासस
News
56,218
शुक्लाफाँटामा बाघको नामकरण
भर्खर आमाबाट छुट्टिएर आफ्नो बासस्थान बनाउन जंगल विचरण गरिरहेको करिब ४/५ वर्षको भाले बाघको नाम अब युवराज भएको छ । उस्तै उमेर र अवस्थाको अर्को भालेको नाम राजकुमार राखिएको छ । राजकुमार र युवराज मात्रै होइन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सबै बाघको नामकरण गरिएको छ ।
https://ekantipur.com/news/2024/04/21/tiger-naming-in-shuklaphanta-56-02.html
कञ्चनपुर — भर्खर आमाबाट छुट्टिएर आफ्नो बासस्थान बनाउन जंगल विचरण गरिरहेको करिब ४/५ वर्षको भाले बाघको नाम अब युवराज भएको छ । उस्तै उमेर र अवस्थाको अर्को भालेको नाम राजकुमार राखिएको छ । राजकुमार र युवराज मात्रै होइन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सबै बाघको नामकरण गरिएको छ । उमेर, शारीरिक अवस्था, शरीरमा भएका फरक चिह्न र तिनको विचरणका आधारमा बाघको नाम राखिएको हो । निकुञ्ज कार्यालयले नियमित अनुगमन तथा गणनाका क्रममा बाघको पहिचान खुल्ने गरी नाम पनि राखेको हो । धेरै लामो दूरीसम्म विचरण गर्नेलाई घुमन्ते, अरूभन्दा बलियो देखिनेलाई महाराजा, साना धर्का भएकालाई लघुधर्केलगायतका नाम राखिएका छन् । ‘बाघको पहिचान त विभिन्न तरिकाले गरिँदै आएको छ, तर हामीले पहिलो पटक नामकरण पनि गरेका छौं,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘समस्याग्रस्त वन्यजन्तुको नाम राख्ने चलन भने विगतदेखि नै हो, हामीले अहिले अनुगमनका क्रममा तिनले गर्ने विचरण, शरीरका चिह्न र शारीरिक अवस्थाका आधारमा नाम राखेका हौं ।’ निकुञ्ज कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लन्डन, हिमाली नेचरलगायतका संस्थाको सहयोगमा गत वर्ष बाघ र गैंडाको अुनगमन तथा गणना गरेको हो । सोही गणनाका क्रममा तिनीहरूको नाम पनि राखेको हो । यसले बाघको अनुगमनसँगै आगामी दिनमा गणना गर्दा होस् वा निकुञ्जभन्दा बाहिर कुन बाघ रहेछ भनेर पहिचान गर्न सजिलो हुने बताइएको छ । गत वर्ष फागुन ५ देखि २२ गतेसम्म क्यामरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार निकुञ्जमा बाघको संख्या २४ भाले, १७ पोथी र ३ विश्लेषणका आधारमा गरी ४४ पुगेको छ । सन् २०२२ मा गरिएको गणनाभन्दा यो संख्या ८ ले बढी हो । त्यतिबेला निकुञ्जमा बाघको संख्या झन्डै दोब्बरले वृद्धि भएर ३६ पुगेको थियो । बाघ गणनाको नतिजा शुक्रबार वन्यजन्तु सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले विगतका वर्षझैं निरन्तर रूपमा बाघको संख्या वृद्धि भइरहेको बताए । यसले संरक्षणकर्मीलाई हौस्याएको बताए । उनले बाघको संख्या वृद्धिसँगै आहारा र बासस्थान व्यवस्थापनमा चुनौती बढ्दै गएको बताए । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एक/एक जोडी क्यामरा जडान गरिएको थियो । १५ दिनसम्म राखिएका क्यामराको तस्बिर संकलन र विश्लेषण गरेर नतिजा निकालिएको हो । ‘संख्या कम भएको र चोरीसिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा नियमित रूपमा अनुगमन गर्नुपर्ने हुन्छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘राष्ट्रिय गणनासँगै हामीले नियमित रूपमा हरेक वर्ष पनि गणना र अनुगमन गर्दै आएका छौं ।’ यस पटकको गणनामा निकुञ्जको सबै क्षेत्रमा बाघको विचरण देखिएको छ । दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन । यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ । तत्कालीन वन्यजन्तु आरक्षको १ सय ५५ वर्गकिलोमिटर क्षेत्र विस्तार गरिएको हो । वन्यजन्तु आरक्षलाई २०७१ सालमा निकुञ्जमा स्तरोन्नति गरिएको हो ।
News
4,021
डिसहोममा नयाँ नेपाली चलचित्र
इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिसहोममा वर्षभर सार्वजनिक भएका सफल नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । सिनेमा हलमा गएर त्यस्ता सफल चलचित्र हेर्न छुटाएका दर्शकलाई लक्ष्य गरी यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रेमगीत ३, छक्कापन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउ जस्ता नयाँ र दर्शकले मन पराएका चलचित्र डिसहोम सिनेमाघर च्यानलमा हरेक दिन विभिन्न समयमा आठ वटा चलचित्र प्रदर्शन भइरहेका छन् ।
https://gorkhapatraonline.com/news/68656
काठमाडौँ, असार ८ गते । इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिसहोममा वर्षभर सार्वजनिक भएका सफल नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । सिनेमा हलमा गएर त्यस्ता सफल चलचित्र हेर्न छुटाएका दर्शकलाई लक्ष्य गरी यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रेमगीत ३, छक्कापन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउ जस्ता नयाँ र दर्शकले मन पराएका चलचित्र डिसहोम सिनेमाघर च्यानलमा हरेक दिन विभिन्न समयमा आठ वटा चलचित्र प्रदर्शन भइरहेका छन् । उक्त च्यानलमा चलचित्र हेर्न दर्शकले डिसहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, डिसहोम बिक्रेता तथा मोबाइलबाट एसएमएस पठाएर हेर्न सक्ने कम्पनीले जनाएको छ ।  
News
44,163
परम्परालाई चुनौती दिँदै ब्याले नाच्छन् यी ११ वर्षीय बालक
नाइजिरियाका एक ११ वर्षीय बालकले पानी परिरहँदा नाचेको भिडिओ इन्टरनेटमा भाइरल भयो।
https://www.bbc.com/nepali/news-53391375
हलीवुडका कलाकारहरूले पनि त्यो भिडिओ शेअर गरेका थिए। मादु मेसोमा एन्थोनी नामक ती बालकले कसरी परम्परागत मान्यतालाई चुनौती दिँदै ब्याले नृत्य सिके अनि त्यसमा पारङ्गत भए? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
Others
64,380
कार्डिफको नाटकीय विजय
कार्डिफ सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगमा दोस्रो विजय हात पारेको छ । त्यसका लागि टोलीले नाटकीय खेलको सहारा लिनुपर्‍यो । एक गोलले पछाडि परेको समयमा टोलीले १० खेलाडीमा सीमित ब्राइटनलाई २–१ ले पराजित गरेको हो । 
https://ekantipur.com/sports/2018/11/11/154190506086619695.html
कार्डिफ — कार्डिफ सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगमा दोस्रो विजय हात पारेको छ । त्यसका लागि टोलीले नाटकीय खेलको सहारा लिनुपर्‍यो । एक गोलले पछाडि परेको समयमा टोलीले १० खेलाडीमा सीमित ब्राइटनलाई २–१ ले पराजित गरेको हो । सोल बाम्बाले अन्तिम मिनेटमा गोल गर्दै कार्डिफलाई विजय दिलाएका हुन् । गोल हुनुअघि कार्डिफको दुई प्रहार पोस्टमा लागेको थियो । लुइस डङको गोलमा ब्राइटनले छैटौं मिनेटमै अग्रता लिएको थियो । कालुम पेटरसनले हेडमा गोल गरी कार्डिफलाई २८ औं मिनेटमा बराबरीमा ल्याए । कार्डिफका ग्रेग कुनिङहमलाई डर लाग्दो टयाकल प्रहार गरेपछि ब्राइटनका डेल स्टेफनसले सिधा रातो कार्ड पाएका थिए । त्यसको खेलको नक्सा नै परिवर्तन गर्‍यो । कार्डिफ यस जितपछि सिजनमा पहिलो पटक रेलिगेसन क्षेत्रभन्दा बाहिर रहन सफल भयो । ८ अंकसहित कार्डिफ १६ औं स्थानमा उक्लेको छ । ब्राइटन १४ अंकसहित १२ औं स्थानमा छ ।
Sports
28,455
ब्रेक्जिटः ब्रिटेनलाई ईयू नेताको चेतावनी
युरोपेली संघ (ईयू) का नेताहरूले ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि वार्ता नगर्ने चेतावनी दिएका छन्।
https://www.bbc.com/nepali/news-46231310
जर्मन चान्सलर एंगेला मर्केलले 'सम्झौताको दस्तावेज टेबलमा गइसकेकोले' पुनः वार्ता गर्ने 'प्रश्न नै नउठ्ने' बताएकी छन्। फ्रान्सका प्रधानमन्त्रीले ब्रिटेनमा देखिएको 'अनिश्चितता'का कारण सम्झौता नहुने कुराका लागि तयार रहनुपर्ने औंल्याएका छन्। नोभेम्बर २५ मा ब्रेक्जिट सम्झौताको मस्यौदालाई अनुमोदन गर्ने योजनाबीच ईयूले त्यसअघि थुप्रै बैठकहरू गर्दैछ। प्रगति यद्यपि ब्रिटिश प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति मन्त्रिपरिषद्‌को समर्थन पाएपछि सम्बोधन गर्नुपर्ने थुप्रै कुरा बाँकी भएको नेताहरूले स्वीकारेका छन्। ब्रेक्जिटसम्बन्धी ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले भने, "दुवै पक्षले अझै थुप्रै गर्न बाँकी छ।" यसअघि बिहीवार जर्मन चान्सलर मर्केलले ब्रेक्जिट वार्तामा भएको प्रगतिबाट आफू खुशी भएको बताएकी थिइन्। तर ब्रेक्जिट मामिला हेर्ने ब्रिटिशमन्त्री डोमिनिक राबसहितका मन्त्रीको राजीनामाको खबरपछि मर्केलले कुनै सम्झौता विनै ब्रिटेन बाहिरिन सक्ने सम्भावना रहेको बताइन्। ब्रेक्जिट सम्झौताको अहिले मस्यौदामा संशोधन गर्ने कुनै चाहना नरहेको पनि मर्केलले बताइन्। अनिश्चितता उनले भनिन्, "ब्रिटेन र ईयूका २७ सदस्य राष्ट्रहरूले सहमति गरेको दस्तावेज टेबलमा पुगिसकेको छ। अतः हामीले थप वार्ता गर्नुपर्ने प्रश्न नै उठ्दैन।" ब्रिटेनको राजनीतिक अनिश्चितताबारे फ्रान्सेली प्रधानमन्त्रीले पनि मर्केलको जस्तै धारणा राखेका छन्। उनले थपे, "ब्रिटेनको वर्तमान राजनीतिक स्थितिले अनिश्चितता निम्त्याउन सक्ने कुरालाई कसैले पन्छाउन सक्दैन।" यसअघि ब्रिटिश प्रधानमन्त्री मेले आफ्नो सरकारले ईयूसँग गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाको बचाउ गरेकी थिइन्। सरकारले समर्थन गरेको सम्झौताको मस्यौदा मुलुकको हितमा रहेको उनले दावी गरिन्।
Others
66,226
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
नेपालका वरिष्ठ गायक गायिका र नेपालीभाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।
https://gorkhapatraonline.com/news/88712
न्युयोर्क,  मङ्सिर २५ गते ।  नेपालका वरिष्ठ गायक गायिका र नेपालीभाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारले प्रस्तुति दिनुभएको थियो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविशा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपालीभाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए । त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शङ्कर विसी, पार्वती राई र रुपेस उप्रतीको साङ्गीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपालीभाषीलाई थप मनोरञ्जन दिएको थियो । कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।सो कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो ।  सो फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिनुभयो ।  त्यसैगरी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलाले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो साङ्गीतिक कार्यक्रममा स्थानीय कलाकारले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्य प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए । रासस
News
43,731
आगामी दिनमा बलियो टोलीसँग खेल्न पाउँछौं : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।
https://ekantipur.com/sports/2023/03/12/167862806298163084.html
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।आइतबार कीर्तिपुर खेल मैदानमा यूएईविरुद्ध १ सय ७७ रनको फराकिलो जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्न पाउने र थप अनुभव बटुल्ने मौका मिल्ने बताए ।उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिएका थिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको पनि उनको प्रतिक्रिया थियो । सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरैभन्दा धेरै खेलाडीले मौका पाउने बताए ।यसैबीच नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद् भएकोमा खुसी व्यक्त गरेका छन् । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिका उनीहरूले राम्रोसँग निभाएको बताए ।खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा उनले खुसी व्यक्त गरेका थिए । खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले भने जितको हिस्सेदार बन्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू टिम बाहिर रहे पनि टोलीको जितमा निकै खुसी भएको र टिममा पर्नैपर्ने आकंक्षा आफूमा नरहेको बताए ।
Sports
18,075
युनाइटेडले पन्छायो आर्सनललाई
मार्कस रसफोर्डको दुई तथा एन्टोनी सान्तोसले डेब्युमा गरेको गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई ३–१ ले हराएको छ । आयाक्सबाट युनाइटेड आएयता पहिलो खेलमै ब्राजिली खेलाडीले ३५ औं मिनेटमा गोल गरे । बुकायो साकाले आर्सनलका लागि बराबरी गोल फर्कायता मार्कस रसफोर्डले ६६ औं मिनेटमा निर्णायक गोल गरे ।
https://ekantipur.com/sports/2022/09/05/166233954639673219.html
लन्डन — मार्कस रसफोर्डको दुई तथा एन्टोनी सान्तोसले डेब्युमा गरेको गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई ३–१ ले हराएको छ । आयाक्सबाट युनाइटेड आएयता पहिलो खेलमै ब्राजिली खेलाडीले ३५ औं मिनेटमा गोल गरे । बुकायो साकाले आर्सनलका लागि बराबरी गोल फर्कायता मार्कस रसफोर्डले ६६ औं मिनेटमा निर्णायक गोल गरे ।उनले ७५ औं मिनेटमा आफ्नो दोस्रो गोल थपे । यससँगै आर्सनलको पाँच खेलको लगातार जितको यात्रामा टुंगो लागेको छ । आइतबारको अर्को खेलमा ब्राइटनले खराब लयबाट गुज्रिरहेको लेस्टर सिटीलाई ५–२ ले हरायो । लेस्टरले पहिलो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । उसका लागि ५१ औं सेकेन्डमा केलेची इहनेनाचोल गोल गरे । यो अग्रता आठ मिनेट मात्र कायम रह्यो र लुका थोमसले आत्मघाती गोल गरे ।त्यसयता एलेक्स म्याक एलिस्टरले ब्राइटनका लागि दुई गोल गरे भने मोसस काइसेडो र लियोनार्डो ट्रोसार्डले एक एक गोल गरे । लेस्टरको दोस्रो गोल प्याटसन डाकाको नाममा रह्यो । लेस्टर छ खेलबाट एक अंकसहित लिग तालिकाको सबैभन्दा पुछारमा छ । ब्राइटनको भने १३ अंक भएको छ । शनिबार डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएको थियो । यो नतिजापछि सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो । सिटीको छ खेलबाट १४ अंक भएको छ र दोस्रो स्थानमा छ । भिल्लापार्कमा भएको खेलमा सिटीले ५० औं मिनेटमा इर्लिङ हल्यान्डको गोलले अग्रता लिएको थियो । लिगमा उनको यो दसौं गोल रह्यो । दोस्रो हाफमा भिल्लाका लागि लियोन बेलीले बराबरी गोल फर्काए ।प्रभावशाली बार्सिलोनाम्याड्रिड– बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार सेभियालाई ३–० ले हराएर आफ्नो अपराजित यात्रा कायम राख्यो । जितसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ । उसको चार खेलबाट १० अंक भएको छ । बार्सिलोनाको जितमा राफिन्हा, रोबर्ट लेवानडोस्की र एरिक गार्सियाले एक एक गोल गरे ।रियल म्याड्रिड चार खेलबाट १२ अंकमा शीर्ष स्थानमा छ । रियलले आफ्नो शतप्रतिशत सुरुआत लिने क्रममा यसअघि रियल बेटिसलाई २–१ ले हराएको थियो । रियलका लागि भिनिसियस जुनियर र रोडरिगोलले एक एक गोल गरे । रियल सोसिडाड र एटलेटिको म्याड्रिड तथा मार्लोका तथा जिरोनाले समान १–१ को बराबरी खेले ।
Sports
19,699
रेफ्रीलाई बलले हानेका कारण जोकोभिच यूएस ओपन-२०२० बाट बाहिरिए
शीर्ष वरीयतामा रहेका नोभाक जोकोभिच एक जना लाइन जजलाई बलले हानेका कारण यूएस ओपन टेनिस प्रतियोगिताका लागि अयोग्य घोषित भएका छन् ।
https://ekantipur.com/sports/2020/09/07/159943961879813546.html
न्युयोर्क — शीर्ष वरीयतामा रहेका नोभाक जोकोभिच एक जना लाइन जजलाई बलले हानेका कारण यूएस ओपन टेनिस प्रतियोगिताका लागि अयोग्य घोषित भएका छन् ।स्पेनी खेलाडी पाब्लो कार्रेनो बुस्टासँग ६–५ ले पछाडि रहेका जोकोभिच निराश देखिन्थे । त्यत्तिकैमा उनले खल्तीबाट बल निकाल्दै टेनिस ऱ्याकेटले प्रहार गरे । त्यो बलले लाइन जजलाई लाग्न पुग्यो ।प्रतियोगिताका अधिकारीहरुले लामो बहसपछि जोकोभिचलाई अयोग्य घोषित गरेका हुन् । युनाइटेड स्टेट्स टेनिस एसोसियशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्र्यान्डस्लामको नियम पुस्तिकाअनुसार, उनलाई जानीजानी कसैलाई बलले हानेका कारण तथा कोर्टभित्र लापरबाहीपूर्वक खेल्नुको परिणामलाई गम्भीरतापूर्वक नलिएका कारण यूएस ओपनका रेफ्रीले यूएस ओपन–२०२० का लागि अयोग्य घोषित गरिएको हो ।’आफूले हानेको बलले लागेपछि जोकोभिच प्रतियोगिताका मुख्य रेफ्रीसँगै रेफ्री सोरेन फ्रिमेललाई कस्तो छ भनेर सोध्न पुगेका थिए । प्रतियोगिताबाट बाहिरिनुअघि उनले फ्रिमेलसँग केहीबेर कुराकानी पनि गरे । आधिकारिक रुपमा अयोग्य घोषित भएपछि दर्शकविहीन रंगशालाबाट जोकोभिच चुपचाप बाहिरिए । तर कार्रेनो बुस्टा भने यस घटनाबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् । ‘नोभाकविरुद्ध खेल्दा मैले यस्तो घटनाको कहिल्यै अपेक्षा गरेको थिइनँ,’ सन् २०१७ को यूएस ओपन सेमिफाइनलिस्टसमेत रहेका उनले भने, ‘यो मलाई पनि निकै कठिन क्षण थियो ।’यूएस टेनिस संघका अनुसार जोकोभिच प्रतियोगिताबाट प्राप्त गरेको वरीयता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ । जोकोभिचले चौथो चरणमा प्रवेश गरेसँगै २ लाख ५० हजार अमेरिकी डलर पुरस्कारमार्फत पाउने भएका थिए ।जोकोभिच जारी यूएस ओपनमा पुरुषतर्फको उपाधिका लागि दाबेदार मानिएका थिए । घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको प्रतिक्रिया लिएका छन् । ‘पूरै परिस्थितिका कारण म एकदमै दु:खी भएको छु । मैले लाइन पर्सनलाई कस्तो छ भनेर सोधेँ । प्रतियोगिताका अधिकारीहरुका अनुसार उनलाई ठीकै छ । मेरो कारणले उनलाई यस्तो तनाव हुन गएकोमा म माफी माग्न चाहन्छु । यो मैले जानीजानी गरेको होइन ।’
Sports
24,612
'फिल्म सेन्सर कि ग्रेडिङ ?'
"राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।"
https://gorkhapatraonline.com/news/97037
काठमाडाैं, फागुन ७ गते । चलचित्र पत्रकार सङ्घ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार सङ्घ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित कार्यक्रममा सोमबार चार सत्रमा अन्तर्संवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ । दोस्रो दिनको सत्रमामा ‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ भन्ने विषयमा अन्तर्संवाद गरिएको हो । पत्रकार सन्जोग बस्यालले सहजीकरण गर्नुभएको अन्तरसम्वादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ताको रूपमा प्रस्तुत हुनुभएको छ ।बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस भोग्नुपर्ने बत्ताउनुभयो । "सेन्सर बोर्डलाई बोर्डकै अधीनमा ल्याउनु पर्‍यो वा सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्‍यो", उहाँले भन्नुभयो, "सेन्सर बोर्डलाई प्रमाणीकरण बोर्ड नाम राखौँ । अनि ग्रेडिङको पनि काम गरौँ ।"फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग पनि हुनुपर्ने बत्ताउनुभयो । "राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।"बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सरपछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गर्नुभयो । उहाँले सेन्सर बोर्डका सदस्यलाई तीनदेखि पाँच वर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बत्ताउनुभयो ।सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिँडिरहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गर्नुभयो । उहाँले अहिलेको अवस्थामा बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने समेत बत्ताउनुभयो ।
News
43,578
सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै
८ असार : रौतहटको मौलापुर–६ पथरा बुधरामबाट भारतको बिहारका २० वर्षीय मोनुकुमार जैसवाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् । 
https://www.kantipurdaily.com/news/2024/07/05/increasing-presence-of-indian-criminals-in-border-districts-04-44.html
रौतहट र भैरहवा — ८ असार : रौतहटको मौलापुर–६ पथरा बुधरामबाट भारतको बिहारका २० वर्षीय मोनुकुमार जैसवाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् । ३१ जेठ : कलैयामा आदर्श कोतवाल नगरपालिका–२ खजुरियास्थित घरबाट सदरमुकाम कलैया फर्किने क्रममा रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या भयो । कात्तिक १३ : कलैया उपमहानगरपालिका–६ मदर्सा टोलमा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको गोली हानी हत्या भयो ।यी तीन घटना नै काफी छन्, समावर्ती मधेशको सुरक्षा अवस्थको चित्र बुझाउन । एकपछि अर्को उस्तै शैलीका व्यक्ति हत्याका घटना र हतियारधारीहरूको निर्वाध प्रवेशका घटनाले मधेशको सुरक्षा अवस्था ठिक नरहेको सहजै बुझाउँछ ।यी तीनै घटनामा एउटै खालको समानता पनि देखिन्छ । त्यो हो, नेपालमा अपराध गरेर भारतमा सेल्टर लिने र भारतबाट आएर नेपालमा हिंसा मच्याउने । जस्तो कि, शिक्षक रूपेश सर्राफको हत्या काण्डमा प्रहरीले कलैया उपमहानगरपालिका–६ मदर्सा टोलका २२ वर्षीया राधा गुप्ता, भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटीका २३ वर्षीय चन्दन कुमार र भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला–१२ का २३ वर्षीय अभिनवकुमार राजपुतलाई पक्राउ गरेको थियो । यतिबेला यी सबै अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । बारा प्रहरीका मुद्दाफाँटका प्रहरी निरीक्षक जट्टाशंकर यादवले यो घटनामा भारतकै केही व्यक्ति संलग्न रहेको र उनीहरूको खोजी भइरहेको बताए ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुरबाट पक्राउ परेका जैसवाल ३/४ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई आक्रमण गरेको घटनामा जेल बसेर छुटेका व्यक्ति हुन् । जेठ २२ मा जैसवालकै समूहले रौतहटको बौधिमाई नगरपालिका–८ का अरबिन्दकुमार दासलाई सहकारीको १७ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक मौलापुरमा जम्मा गर्न मोटरसाइकलमा ल्याउँदै गर्दा गोली हानी फरार भएको थियो । गोली लागी दास घाइते भए पनि लुटेराले लुटपाट गर्न सकेका थिएनन् । रौतहटका डीएसपी एलिजा गिरीले भनिन्, ‘यो समूहले सीमावर्ती क्षेत्रमा अपराधको सन्जाल बिस्तार गर्न खोजेको देखिन्छ ।’मध्य मधेशमा भएका व्यक्ति हत्याका धेरैजसो घटनाको अन्तर्यमा रिसइबी साँध्न भाडाका भारतीय अपराधीको प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । जस्तो कि, २०७९ पुस ८ मा बाराको कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका–२ भुतही पुल नजिक भारत छौडादानोस्थित पिप्राका ४५ वर्षीय शिवपुजन यादवको गोली हानी हत्या भयो । खाजा खाएर होटलबाट निस्केका यादवलाई दुई वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । प्रहरी अनुसन्धानबाट यादव भारतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको पृष्ठभूमि मात्रै फेला परेन, उनी भारतीय प्रहरीको खोजी सूचीमा रहेकाले नेपालमा आफन्तको घरमा लुकेर बसेको पनि थाहा भयो ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मधेश प्रदेशका जिल्लाहरूमा फेरि हत्याका घटना बढ्न थालेको बताए । ‘सबैभन्दा पहिला जिल्ला प्रहरी प्रमुख कमाण्डरको काम गराईमा भर पर्छ । उसले अपराधसित सम्झौता गर्छ कि गर्दैन भन्नेमा पनि भर पर्छ,’ उनले भने, ‘नेपाल–भारत खुला सीमा, विगतको सशस्त्र समूहको गतिविधि, राजनीतिक गतिविधिले पनि हत्याको घटनाले प्रश्रय पाएको हुन सक्छ ।’ क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्यामा सलग्नको आरोपमा बारा प्रहरीले ७ जनालाई पक्रेर ज्यान तथा हातहतियार र खरखजाना मुद्दा चलाइसकेको छ । घटनाको दोस्रो दिन नै प्रहरीको यो घटनामा संलग्न रहेको आरोपमा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ब्रह्मदेव राम, करैयामाई गाउँपालिका पिपराका मोतीलाल चौधरी, आदर्शकोतवाल–२ खजुरियाका अवधलालप्रसाद कुशवाह, चाँदसीप्रसाद कुशवाह, श्रवणकुमार साह, राधेशकुमार पटेल, विनोद राउत कुर्मीलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप र दुवै देशका सिमकार्ड बरामद गरेको छ । यो घटनामा भारतीय आपराधिक समुहका सदस्यको सहयोग लिइएको हुनसक्ने प्रारम्भिक अनुमान पनि प्रहरीले गरेको छ ।मधेशमा गोली प्रहार गरी व्यक्तिको ज्यानै लिने घटनाको शृंखला लामो छ । ०८० चैत २ को एउटा यस्तै घटना भयो, रौतहटको परोहा नगरपालिका–९ मा । स्थानीय २६ वर्षीय नितेश साहलाई मोटरसाइकलमा आएका तीन भारतीयले दिउँसै गोली हानी घाइते बनाए । प्रहरी अनुसन्धानबाट थाहा भयो, परोहा बजारमा शिव मनि ट्रान्सफरका सञ्चालन गरेर बसेका साहमाथि भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहको समूहले गोली प्रहार गरेको रहेछ । टाउकोमा गोली लागी घाइते साहलाई उपचारका लागि वीरगन्ज लगियो भने स्थानीयले भारतीय नम्बरको मोटरसाइकलमा भाग्नै लाग्दा नियन्त्रणमा लिए । यो घटनामा प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल र गोली बरामद गरेको थियो । पक्राउ परेका तीनै जना यसअघि पनि लुटपाट र हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्यो । रिसइबी साँध्न होस् वा लुटपाट गर्न भारतीय आपराधिक समूहको सहयोग लिने वा भारतीय मोटरसाइकल वा भारतीय सीमकार्डको प्रयोग गरेर अपराधको योजना बनाउने प्रवृत्ति सीमावर्ती जिल्लामा मौलाइरहेको छ । यस्तो प्रवृत्तिले अनुसन्धानलाई थप जटिल बनाएको छ र दोषीलाई पक्राउ गर्न कठिनाइ भइरहेको छ ।असार ९ गते राती नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले एक थान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गर्‍यो । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल राम पक्राउ परेको र उनीसँगै मोटरसाइकलका सवार अर्का व्यक्ति भने भारततर्फ भागेको बताए ।मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी यज्ञविनोद पोख्रेलले रिसइबी साँध्न भारतीय अपराधीको प्रयोग गर्ने रोग मधेशमा रहेको बताए । उनले भने, ‘भारतीयको सहयोगमा हत्या गरेर पारि लुक्न सकिन्छ भन्ने बुझाइले भारतीय अपराधी प्रयोग भएको देखिन्छ । यस्तो अपराधमा भाग्न सजिलो हुने हिसाबले प्राय: मोटरसाइकलको प्रयोग भएको छ ।’ जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरले सीमावर्ती क्षेत्रमा सीमापारिका आपराधिक समूहका ग्याङहरू नेपाल प्रवेश गरी बैंक एवं बित्तीय संस्था लुटपाट गर्ने र हत्या गर्नेसम्मका घटना हुन थालेको बताए । भने, ‘सीमाक्षेत्रमा हतियारको कारोबार पनि सुरक्षा चुनौती बनेको छ । साना कटुवा हतियार बोक्ने पारिका धेरै छन ।’मधेश प्रदेशको भन्दा उतिसारो फरक अवस्था छैन, लुम्बिनी प्रदेशको पनि । लुम्बिनी प्रदेशमा भारतसँग सीमा जोडिएका ६ जिल्ला छन् । यी जिल्लामा व्यक्ति हत्याका घटनामा भारतीय सुटरको प्रयोग भइरहेको देखिन्छ । यस्तो प्रवृत्ति सबैभन्दा धेरै कपिलवस्तुमा व्याप्त छ ।२०७९ भदौ १० कै घटना हेरौं । कपिलवस्तुको मायादेवी–६, मदराहवाका ५० वर्षीय घुरहु भनिने रामसमझ पासीमाथि गोली प्रहार भयो । बायाँ साप्रामा गोली लागेका पासीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । प्रहरी अनुसन्धानबाट उनीमाथि भारतको सिद्धार्थनगरको पण्डितपुर थानाका ३५ वर्षीय लवकुश यादवले गोली प्रहार गरेको खुल्यो । प्रहरीका अनुसार यो घटनामा भारतको कपिलवस्तु जिल्ला रजवापुरका अजय यावद पनि संलग्न थिए । लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठले गोली प्रहारमा संलग्न दुवै आरोपी फरार रहेको जनाए । उनका अनुसार उक्त घटनामा संलग्न आरोपी रामचन्द्र अहिर, मनोजकुमार यादव र मुकेशकुमार यादवमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।प्रहरीका अनुसार कतिपय घटनामा भने भारतीय नागरिकमाथि आक्रमण गर्न पनि नेपाली भूमि प्रयोग गरिएको देखिन्छ । त्यसैको उदाहरण हो, २०७९ मंसिर १५ मा कपिलवस्तुको मायादेवी गाउँपालिका–४, चाकरचौडामा भएको गोली प्रहारको घटना । गोली प्रहारबाट भारतको सिद्धार्थनगर जिल्ला पञ्चगवाका २७ वर्षीय इरशाद अहमद घाइते भए । प्रहरीका अनुसार यो घटनामा भारतको सिद्धार्थनगर जिल्ला ठाकुरापुराका पप्पु भनिने अब्दुल रहमान मुसलामान, मायादेवी–४, चाकरचौडामा मदिरा पसल सञ्चालन गर्ने भारतको सिद्धार्थनगर जिल्ला पञ्चगवाका लाला भनिने जनार्दन लोनिया, भारतको सिद्धार्थनगर जिल्ला नर्कुलका बब्बु भनिने अब्दुल बारी लगायत ४ जना संलग्न थिए ।लुम्बिनी प्रदेशका अपराधका पुराना घटना केलाउँदा पनि यस्तै प्रवृत्ति देखिन्छ । अर्थात् भारतीय अपराधीको नेपाली भूमिमा उपस्थिती । प्रदेश प्रहरी कार्यालयका अनुसार ०७६ भदौ २९ मा हुलाकी राजमार्गअन्तर्गत रोहिणी गाउँपालिका–३ स्थित वैकुण्ठपुरमा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाउँदा महेन्द्रप्रसाद कुर्मीको ज्यान गएको थियो । यो आपराधिक समूहले हत्यापछि कुर्मीको साथमा रहेको ५ लाख रुपैयाँ पनि लगेका थिए । प्रहरीले कुर्मीको हत्यामा संलग्न रहेको भन्दै भारतको गोरखपुर जिल्ला कम्पियरगन्जका मनीषकुमार हरिजन र त्यहीँका सुनीलकुमार सिंहलाई पक्राउ गरेपछि थाहा भयो– यो अपराधको भारतीय कनेक्सन । यही घटनामा संग्लन बिहारको गोपालगन्जका सोनु सिंह अहिलेसम्म फरार छन् ।प्रहरी तथ्यांक अनुसार लुम्बिनीमा भारतीय नागरिकको संलग्नतामा छिटफुट रूपमा यस्ता घटना भइरहेका छन् । ‘तर, २०८० सालमा एउटा पनि घटना भएको छैन,’ प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘हत्याका लागि सुपारी दिएर सुटर बोलाएका भन्दा नेपालमा आएर भारतीय नागरिकले अपराध गरेका घटना धेरै छन ।’मधेशप्रदेश प्रहरी प्रमुख भएर एक वर्ष बिताएका नेपाल प्रहरीका पूर्वएआईजी हरिबहादुर पाल तराई मधेशमा अपराधका घटना हुनुमा सबैभन्दा ठूलो समस्या नै खुला सिमाना रहेको बताउँछन् । उनले सीमावर्ती भारतीय बजारमा साना कटुवा बन्दुक केही हजारमै पाइने भएकाले पनि अपराधीहरूको हतियारमा सहज पहुँच भइरहेको बताए । भने, ‘सामान्य झैंझगडामै रिसइबी साँध्न पनि गोली हानेर हत्या गर्ने घटना मधेशमा धेरै छन् ।’पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले भारतबाट अपराधका लागि नेपाल प्रवेश गर्ने अधिकांश युवा हुने गरेको बताउँदै तीमध्ये धेरैजसो चरम गरिबीमा रहेको र १०/२० हजार रकम लिएर अपराधमा संग्लन हुने गरेको बताए । एसपी ढुंगेलले सूचना लिने कुरामा लगानी नभएको र त्यसकै कारण सीमाक्षेत्रमा अपराधका घटना हुने गरेको बताए । भने, ‘यस्तो चुनौती रोक्न हाम्रा प्रहरी कर्मचारीलाई भारतको कुनै ठाउँमा सूचना लिन खटायौं भने तस्कर र अपराधका घटना ठप्प हुन्छ । सूचना किन्न नसकेर मारमा परेका छौं ।’
News
2,019
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।
https://gorkhapatraonline.com/news/105059
त्रिवेणी (नवलपरासी), वैशाख १२ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।  डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको सङ्ख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । चैते पूर्णिमामा यहाँ पूजाका लागि ठुलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईकारुपमा पूजा गर्न देवचुली डाँडा आउँछन् । सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । थारु समुदायका मानिस देवचुली-६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन् । तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी पूजा गर्ने चलन छ । पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यस पटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए । पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो । समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ ।  तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका-६ का अध्यक्ष एवम् देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मीनबहादुर सोतीले बताउनुभयो । देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ । माइको पूजाआजा गर्नले जीवन र परलोकमासमेत सुख मिल्ने  धार्मिक मान्यता छ । १९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमशृङ्खला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्त्व छ ।  गुफाभित्र मानिस, जनावरका आकृति देखिने र सारङ्गीको धुन निस्कने ढुङ्गाहरुका कारण यो गुफा विशेष आकर्षणको केन्द्रबिन्दु बनेको छ ।पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुण्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटरको दूरीमा देवचुली डाँडा पर्छ । कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली पुग्न सकिन्छ । सवारी साधनमा जाने र पहाड पनि घुम्न रुचाउने बुलिङटार-४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट पनि चुली जान सक्छन् । कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरू चुलीको फेदीमा भेट हुन्छन् । पैदल यात्रुलाई सहज होस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङको व्यवस्था गरेको छ । चैत वैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउने पर्यटकलाई पुलकित बनाउने गर्दछ । तीनकन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण यहाँ आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको स्थानीय बताउँछन् । दलदले–बोझापोखरी-कोखेटार सडक, मुण्डे कीर्तिपुर सडकको निर्माणले पर्यटक यहाँ आउन सहज भएको छ । रासस 
News
31,936
माउरिन्होलाई अन्त्यमा खुसी
अमेरिकाको तनावपूर्ण भ्रमणमा अन्तत: रियल म्याड्रिडविरुद्ध हात पारेको २–१ को जितले जोसे माउरिन्होलाई केही खुसी दिएको छ । पहिलो हाफमा एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गरेपछि युनाइटेडले सफलता पाएको हो ।
https://ekantipur.com/sports/2018/08/02/153317621002177179.html
मियामी — अमेरिकाको तनावपूर्ण भ्रमणमा अन्तत: रियल म्याड्रिडविरुद्ध हात पारेको २–१ को जितले जोसे माउरिन्होलाई केही खुसी दिएको छ । पहिलो हाफमा एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गरेपछि युनाइटेडले सफलता पाएको हो ।दुई साताको अमेरिका भ्रमणमा माउरिन्हो केन्द्रमै रहे । स्थानान्तरण गतिविधिमा खासै ध्यान नदिएका उनले पहिलो रोजाइका आफ्ना केही खेलाडीको आलोचना पनि गरे । तर, पहिलो हाफमा दुई गोलको अग्रता लिँदा उनको टिम उत्साहप्रद देखिएको थियो । करिम बेन्जेमाले पहिलो हाफ सकिनुअघि गोल गर्दै स्पेनी महारथीको खेलमा पुनरागमन गर्ने सम्भावना जीवितै राखेका थिए ।‘मैले केही सिकिनँ (यस भ्रमणबाट),’ मोउरिन्होले भने, ‘एन्डर हरेरा, हुँवा माटा, एलेक्सिस सान्चेज मेरा लागि के हुन् भन्ने थाह छ । बच्चा धेरै युवा भएको मलाई थाह छ र उनीहरूलाई माथि आउन समय लाग्छ । खेलाडीले सबथोक दिएको मलाई थाह छ र अन्तिम १५ मिनेट हामी शिथिल रह्यौं । उसले (रियल) टोनी क्रुज, एसेन्सियो र इस्कोलाई ल्याएपछि हामीले रोक्न सक्छौं जस्तो लागेको थिएन तर गर्‍यौं ।’‘त्यो स्पिरिट हामीलाई आवश्यक थियो किनभने हामीलाई प्रिमियर लिगका सुरुका दुई वा तीन साता वास्तवमै कठिन हुनेछ । त्यसका लागि हामीले तयारी गरेका छैनौं,’ मोउरिन्होले बताए । यी पोर्चुगिज व्यवस्थापकसँग विश्वकपपछि भ्रमण र रमाइलोमा रहेका १२ खेलाडी थिएनन् । युनाइटेडले ६४,१४१ दर्शकसामु मियामीको हार्डरक रंगशालामा रियल म्याड्रिडविरुद्ध खेल सुरु गरेर प्रि–सिजनको तयारी पूरा गर्‍यो । स्पेनी ला लिगा इंग्ल्यान्डको प्रिमियर लिगभन्दा एक साता पछाडि सुरु हुनेछ । रियलका नयाँ व्यवस्थापक जुलेन लोपेटेगुईले गारेथ बेललाई पहिलो रोजाइमा खेलाए भने जर्मन स्टार टोनी क्रुजलाई बेन्चमा राखेका थिए ।
Sports
28,963
पाल्पामा हाफ म्याराथन
मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला शाखाले मंगलबार तानसेनमा हाफ म्याराथन दौड आयोजना गर्दै छ ।दौडमा ७२ जनाले भाग लिने आयोजकका अध्यक्ष सुरेन्द्र पोखरेलले बताए ।
https://ekantipur.com/sports/2017/09/19/20170919064616.html
पाल्पा — मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला शाखाले मंगलबार तानसेनमा हाफ म्याराथन दौड आयोजना गर्दै छ ।दौडमा ७२ जनाले भाग लिने आयोजकका अध्यक्ष सुरेन्द्र पोखरेलले बताए । विजेताले २१ हजार १ सय २१, उपविजेताले १५ हजार १ सय १५ र तेस्रो हुनेले १० हजार १ सय १० रुपैयाँँ, पुस्कार पाउने छन् । 
Sports
31,424
एसियन कप छनोटमा नेपाल र ताजिकिस्तान भिड्दै
नेपालले एसियन कप छनोटमा दुई खेलमात्र जितेको छ । भुटानलाई १७ वर्षअघि हराएको नेपालले अर्को सफलता सन् २००३ मा अफगानिस्तानविरुद्ध हात पारेको थियो । त्यसैले नेपाल आज सातदोबाटोमा ताजिकिस्तानको सामना गर्दा महादेशीय प्रतियोगिताको छनोटमा तेस्रो जित हात पार्ने अभियानमा छ ।
https://ekantipur.com/sports/2017/09/05/20170905122356.html
काठमाडौं — नेपालले एसियन कप छनोटमा दुई खेलमात्र जितेको छ । भुटानलाई १७ वर्षअघि हराएको नेपालले अर्को सफलता सन् २००३ मा अफगानिस्तानविरुद्ध हात पारेको थियो । त्यसैले नेपाल आज सातदोबाटोमा ताजिकिस्तानको सामना गर्दा महादेशीय प्रतियोगिताको छनोटमा तेस्रो जित हात पार्ने अभियानमा छ ।‘ताजिकस्तान हामीभन्दा राम्रो टिम हो तर उसलाई नसक्ने (हराउन) भन्ने छैन,’ नेपाली टिम कप्तान विराज महर्जनले भने, ‘स–साना गल्ती सच्याउँदै जित हात पार्नको लागि खेल्नेछौं ।’ राम्रो खेलेर पनि आफ्नै कमजोरीमा गोल बेहोर्दै जितबाट बञ्चित हुने नेपाली टिमको सम्सया छ । ‘हामी आक्रमक रणनीतिमा तीव्रगतिमा खेल्नेछौं र पहिलेका गल्तीहरू दोहोर्‍याउने छैनौं,’ उनले भने ।नेपालले ताजिकिस्तानसँग पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वसोभियत संघको सदस्य ताजिकिस्तानको यो दोस्रो नेपाल यात्रा हो । यसअघि उसले सन् २०१२ मा काठमाडौंमा भएको च्यालेन्ज कपको फाइनल चरण खेलेको थियो । तर, दुवै टिमका लागि एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’नयाँ मैदान हुनेछ । यसमा पुरुषका राष्ट्रिय टिमले औपचारिक प्रतियोगितामा पहिालेपल्ट खेल्न लागेको हो ।वैशाख, २०७२ को महाभूकम्पयता राष्ट्रिय टिमले नियमित प्रशिक्षण एन्फा कम्प्लेक्समै गर्दै आएको छ । त्यसैले यस मैदानसँग घरेलु खेलाडीहरू परिचित पनि छन् । मुख्य प्रशिक्षक ग्योतोकु कोजी सँधै ट्रेनिङ गर्ने मैदान भएकोले एस्ट्रो टर्फमा गाह्रो नहुने बताएका छन् । पाहुना टिमका मुख्य प्रशिक्षक फुजयलोभ खाकिमले पनि आर्टिफिसियल टर्फसँग अभ्यस्त भएको उस्तै जवाफ दिएका छन् । त्यसर्थ रोमाञ्चक खेलको अपेक्षा गर्न सकिन्छ । यसअघि आर्टिफिसयल टर्फमा ट्रेनिङ गरेपछि घाँसेमैदानमा प्रतिस्पर्धा गर्दै आएको नेपाली टिमलाई भने एन्फा कम्प्लेक्स फाइदा हुनसक्छ ।गतवर्ष एएफसी सोलिडारिटी कप च्याम्पियन भएको आधारमा नेपालले फेरि एसियन कप छनोटमा अवसर पाएको हो । नेपाली टिम फिफा वरीयताको १ सय ६९ औं स्थानमा छ भने ताजिकिस्तान १ सय ५१ औंमा । रसियन ब्लकको खेल शैलीबाट प्रभावित ताजिकिस्तानलाई पन्छाउँदै यस छनोटमा पहिले जित हात पार्ने योजनामा छ ।दुवैलाई जित्नैपर्ने दबाबछनोटको समूह ‘एफ’मा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो । हल्चोक मैदानमा भएको दोस्रो खेलमा भने यमनसँग गोलरहित खेल्दै नेपालले अंकको खाता खोलेको थियो । त्यसैले घरेलु मैदानमा हुने दोस्रो खेलमा नेपालले जित हात पार्ने लक्ष्य बनाएको छ । ताजिकिस्तान समूहको दुवै खेल हारेको टिम पनि हो । उसलाई यमनले दोहामा २–१ र उसैको घरेलु मैदान डुसान्बेमा फिलिपन्सले ४–३ ले हराएको थियो ।‘राम्रो खेल्ने योजना बनाएका छौं किनभने जित्न सकेन भने पनि अंक जोड्न चाहन्छौं,’ नेपाली टिमका जापानी प्रशिक्षक कोजीले भने, ‘ताजिकिस्तानको खेल हेरेर विश्लेषण गरेको छु । उसले कसरी खेल्छ हेर्नेछौं र त्यसैअनुसार हामी रणनीति अंगाल्नेछौं ।’उनका समकक्षी खाकिमले पनि उस्तै जवाफ दिए, ‘नेपालले यमनसँग खेलेको हेरेको छु । उसको गरेको संघर्ष हेरेको छु । त्यसैले खेल कठिन हुने विश्वास छ । दुवै टिमलाई अंक पनि आवश्यक छ ।’युएईमा सन् २०१९ मा हुने एसियन कपमा २४ टिमले प्रतिस्पर्धा गर्नेछ । त्यसमा अहिलेको अन्तिम छनोटका समूहमा शीर्ष दुई स्थानमा रहने टिमले अवसर पाउनेछन् । त्यसैले महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिता खेल्ने आशा कायमै राख्न पनि नेपाललाई ताजिकिस्तानसँग कम्तीमा बराबरी नतिजा आवश्यक छ । सन् २००६ को एएफसी च्यालेन्ज कप च्याम्पियन ताजिकिस्तानको स्थिति पनि उस्तै छ ।‘होम एन्ड अवे’को आधारमा हुने छनोटमा दुई चरणको खेलपछि फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा छ भने यमन (४) दोस्रोमा छ । नेपाल १ अंकसाथ तेस्रोमा छ । तयारीमा नेपाली टिमले १० दिने जापान भ्रमण पनि गरेको थियो । स्वदेश फर्केर प्रशिक्षक कोजीले जर्ज प्रिन्स कार्कीलाई पहिलोपल्ट राष्ट्रिय टिममा अवसर दिएका छन् । ‘संभावना (खेल्ने) भएरै उनलाई टिममा समावेश गरिएको हो । टिमका सबै खेलाडीको संभावना छ,’ उनले भने ।सम्भावित नेपाली टिमगोलकिपर : किरण चेम्जोङडिफेन्स : विराज महर्जन (कप्तान), देवेन्द्र तामाङ, अनन्त तामाङ, कमल श्रेष्ठमिडफिल्ड : अन्जन विष्ट, विशाल राई, रोहित चन्द, सुजल श्रेष्ठफरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास
Sports
31,568
युरोपा लिगमा क्वार्टरफाइनल समीकरण पूरा
पाँचपल्टको विजेता सेभियाले एएस रोमालाई बिहीबार २–० ले हराएर युरोपा लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । टोलीका लागि सर्जियो रेगुलियन र युसेफ एन नेसरीले गोल गरे । अन्तिम आठमा अब उसको सामना उल्भ्सविरुद्ध हुनेछ ।
https://ekantipur.com/sports/2020/08/07/159676239268611652.html
पेरिस — पाँचपल्टको विजेता सेभियाले एएस रोमालाई बिहीबार २–० ले हराएर युरोपा लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । टोलीका लागि सर्जियो रेगुलियन र युसेफ एन नेसरीले गोल गरे । अन्तिम आठमा अब उसको सामना उल्भ्सविरुद्ध हुनेछ ।इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले भने ओलम्पियाकोसलाई १–० पराजित गर्‍यो । उल्भ्सका लागि राउल जिमिनेजले पेनाल्टीबाट गोल गरे । यस्तै बायर लेवरकुसनले रेन्जर्सलाई र बासेलले आइनट्राख्ट फ्रान्कफर्टलाई समान १–० ले हराए । अब क्वार्टरफाइनलबाट यसपल्टको युरोपा लिगले ‘मिनी टुर्नामेन्ट’ को आकार लिनेछ । प्रतियोगिता नकआउटका आधारमा जर्मनीमा हुनेछन् ।क्वार्टरफाइनलमा साख्तर डोनेस्कविरुद्ध बासेल, म्यानचेस्टर युनाइटेडविरुद्ध कोपनहेगन, इन्टर मिलानविरुद्ध बायर लेवरकुसन र उल्भ्सविरुद्ध सेभिया भिड्नेछन् । फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।
Sports
24,784
भौतिक पूर्वाधारमा फड्को
भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले जेठ ११ देखि कार्यभार सम्हाल्नुभएको थियो। विसं २०७९ को निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको गठनबन्धनका उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले विजय हासिल गर्नुभयो। प्रमुख दाहाल २०७४ सालको निर्वाचनबाट पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख दाहालले महानगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ। उहाँ यो अवधिमा महानगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुहुन्छ। यस अवधिमा भएका काममध्ये सबैभन्दा महत्वपूर्ण सडक नै हो।
https://gorkhapatraonline.com/news/65381
शालिग्राम नेपाल चितवन, जेठ ११ गते । भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले जेठ ११ देखि कार्यभार सम्हाल्नुभएको थियो।  विसं २०७९ को निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको गठनबन्धनका उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले विजय हासिल गर्नुभयो। प्रमुख दाहाल २०७४ सालको निर्वाचनबाट पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख दाहालले महानगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ। उहाँ यो अवधिमा महानगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुहुन्छ। यस अवधिमा भएका काममध्ये सबैभन्दा महत्वपूर्ण सडक नै हो।महानगरपालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधि आउँदाको समयमा महानगरभित्र सडक त थिए तर भत्केका र ग्राभेल सडक मात्रै। अहिले २९ वटै वडा फराकिलो कालोपत्रे सडकको सञ्जालले जोडिएको छ। महानगरपालिकाभित्र पर्ने ग्रामीण क्षेत्रदेखि पहाडी क्षेत्र कविलाससम्म जाँदा अहिले कालोपत्रे सडक भएर पुगिन्छ। “महानगरपालिकालाई चिनाउने पहिलो आधार भनेकै सडक हो। त्यसैले हामीले यहाँका सडकलाई कालोपत्रे गर्न जोड दिएका थियौँ,” महानगर प्रमु्ख रेनु दाहालले भन्नुभयो। पहिलो कार्यकालदेखि नै सडकलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। “पहिला सडक कालोपत्रे गर्नु पर्छ भनेर काम सुरु गरेका थियौँ। अहिले मुख्य तथा सहायक एउटा सडक पनि कालोपत्रे नभएको छैन,” दाहालले भन्नुभयो। छ वर्षको अवधिमा भरतपुर महानगरका सात सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ। सडक कालोपत्रे गरिए पनि ढलको भने अभाव खड्किएको छ। पुलचोक–गोन्द्राङ छ लेन सडक महानगरपालिकाको गौरवको आयोजनाका रूपमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर–टाँडी खण्डको पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। महानगरपालिकामा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुने छ। एक अर्ब १२ करोड रुपियाँ निर्माण लागत रहेको सडक आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।मुख्य सडकमा स्मार्ट लाइटउज्यालो भरतपुर कार्यक्रम अन्तर्गत महानगरको मुख्य सडकमा स्मार्ट लाइट जडान गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ। भरतपुरमा पहिलो चरणमा ७८.२ किलोमिटर सडकमा १० वटा ‘हाई मास्ट’, ६० वटा ‘मिनी मास्ट’ जडान गरिएको थियो। यो अभियानमा भरतपुरभित्र छ हजारभन्दा धेरै स्मार्ट बत्ती जडान हुने छन्। दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानमा ११८ किलोमिटरमा तीन हजार ९३५ वटा सडक बत्ती, ६० वटा ‘मिनी मास्ट’ र आठवटा ‘हाई मास्ट’ जडान गर्ने कार्यव्रmम रहेको महानगरले जनाएको छ। नारायणीमा तटबन्धजमिन कटान र डुबानलाई जोगाउँदै पर्यटकीय स्थल निर्माण गर्न पाँच अर्ब रुपियाँको लगानीमा नारायणी नदीमा तटबन्ध निर्माणको काम भइरहेको छ। बहुवर्षीय आयोजनाका रूपमा नारायणी नदी किनारमा पाँच वटा प्याकेजमा तटबन्धको काम भइरहेको हो। गुरुयोजना अनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्ष रूपबाट लाभान्वित हुने छन्। १४ हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने र कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ। तीन हजार जना क्षमताको सिटी हलभरतपुरको वडा नं. १० बाइपास सडक नजिक तीन हजार जना क्षमताको सिटी हल निर्माण भइरहेको छ। चार बिघा चार कट्ठा जग्गामा अत्याधुनिक सिटी हल निर्माण भइरहेको हो। अन्तर्राष्ट्रियस्तरको हलमा सातवटा ठूला साना हल बन्ने छन्। ती हल दुई हजारदेखि तीन हजार जनासम्मको क्षमताका रहने छन्। हलबाहेक आधुनिक फुड कोर्ट, आइटी रुम, प्रशासनिक कोठा, पाहुना कक्ष रहने छन्। सिटी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।विद्युतीय तार भूमिगत प्रणालीमाभरतपुर महानगरपालिकाभित्रका मुख्य सडकमा विद्युतीय तार भूमिगत गरिएको छ। उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिकामा एकै पटक विद्युतीय तार भूमिगत गर्ने कार्य भइराखेको हो। महानगरको मुख्य सडकमा बिजुली, टेलिफोन तथा अप्टिकल फाइबरलाई भूमिगत प्रणालीमा लैजाने कार्य अगाडि बढाइएको छ।दुध उत्पादकलाई अनुदानमहानगरपालिकाले विगत पाँच वर्षदेखि दुधमा अनुदान दिँदै आएको छ। नेपालका ७५३ स्थानीय तहमा सबैभन्दा धेरै अनुदान दिनेमा भरतपुर पर्छ। आर्थिक वर्ष २०७४/७५ देखि प्रतिलिटर २५ पैसा अनुदान दिएर सुरु गरेको महानगरले हरेक आवमा वृद्धि गर्दै २०७८/७९ देखि अनुदान रकम बढाएर प्रतिलिटर तीन रुपियाँ पु-याएको छ। महानगरले यो अनुदान वृद्धि गरेर पाँच रुपियाँ पु¥याउने लक्ष्य लिएको नगर प्रमुख दाहालले बताउनुभयो। गत आवमा ५४ सहकारी संस्था र १३ वटा निजी व्यावसायिक फार्ममार्फत आठ हजार ७४८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ। बोरिङमार्फत सिँचाइपश्चिम चितवनको सुक्खाग्रस्त क्षेत्रमा बोरिङबाट बाह्रै महिना सिँचाइको व्यवस्था भएको छ। महानगरपालिका र चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामार्फत पश्चिम चितवनमा दुई वर्षको अवधिमा डिप ट्युबवेल र स्यालो ट्युबवेल निर्माण गरिरहेको हो। आयोजनाबाट ६० वटा ठूला डिप ट्युबवेल सिँचाइ र ३२५ वटा स्यालो ट्युबवेल निर्माण गरिएको छ। सिँचाइ सुविधा उपलब्ध भएसँगै यस क्षेत्रको चार हजार बिघा जमिन सिञ्चित भएको छ। सामुदायिक विद्यालयको स्तर वृद्धिविगत छ वर्षको अवधिमा भरतपुर महानगरका सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी थपिएका छन्। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अहिले निजी विद्यालयमा पढ्ने विद्यार्थी जस्तै गरी स्कुल बसमा जाने गर्छन्। ‘अटिजम’ तथा ‘डाउन सिन्ड्रोम’ भएका बालबालिकाका लागि अटिजम विशेष विद्यालय स्थापना गरिएको छ। सामुदायिक विद्यालयमा लोपोन्मुख तथा अति सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा निरन्तरताका लागि कक्षा १ देखि ८ सम्मका बालबालिकालाई महानगरपालिकाको आन्तरिक स्रोतबाट छात्रवृत्ति प्रदान गर्न बजेट विनियोजन गरी कार्यक्रम  अगाडि बढाइएको छ।घर घरमा शुद्ध खानेपानीभरतपुरका सबै जनतामा खानेपानीको पहुँच पु-याउन चार अर्ब रुपियाँको लागानीमा  खानेपानी आयोजना सञ्चालनमा छन्। भरतपुर महानगरपालिकामा २०७४ यता सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ खानेपानी आयोजनाको निर्माण एवं मर्मतसम्भार भएका छन्। सो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपियाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ। महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरेको छ।  भरतपुरलाई देशकै नमुना सहर बनाउँछौँ ० भरतपुर महानगरको प्रमुखमा दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। यो अवधि कस्तो रह्यो ? यो एक वर्ष महत्वपूर्ण रह्यो। पहिलो कार्यकालमा गर्छु भनेको तर गर्न बाँकी रहेका काम अगाडि बढायौँ। महानगर प्रमुखका रूपमा दोस्रो कार्यकालको पद बहालीकै व्रmममा दुई दूरगामी निर्णय ग¥यौँ– भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क जीवन बिमा र सात हजार युनिटसम्म पानी खपत गर्ने विपन्नलाई निःशुल्क खानेपानीको व्यवस्था। पहिलो कार्यकालमा सुरु भएका योजनालाई निरन्तरता दिँदै नयाँ योजना सुरु भएका छन्। हाम्रो ध्यान भरतपुरलाई दिगो ढङ्गबाट सन्तुलित विकास गर्नेतर्फ केन्द्रित छ। केही दूरगामी महत्वका विकासका परियोजनालाई निकास दिन सफल भएका छौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशाला, भरतपुर विमानस्थलको विस्तारलगायतका काम अगाडि बढेका छन्। ० यो अवधि कति उपलब्धिपूर्ण भएको मान्नुहुन्छ ?विकास निर्माणको हिसाबले पाँच छ वर्षमा भरतपुरमा निकै परिवर्तन भएको छ। पूर्वाधार मात्र विकास होइन भन्ने मान्यताका आधारमा भरतपुरवासीलाई खुसी बनाउने गरी कार्यक्रम  अगाडि बढाएका छौँ। सडकलगायतका भौतिक पूर्वाधार, शैक्षिक, खेलकुदलगायत चौतर्फी विकास भएको छ। नारायणीमा सिग्नेचर ब्रिज निर्माण हुँदै छ। अबको दुई वर्षपछि सडक निर्माणको काम लगभग सकिन्छ। हाम्रो प्राथमिकता सडकपछि हरियाली प्रवर्धन, सौन्दर्यीकरण र उत्पादनतर्फ छ। हामीले पहिलो कार्यकालमा जति पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका थियौँ, अहिले भने उत्पादनलाई राखेका छौँ। हामी सहरी पूर्वाधार विकासमा ७५३ मध्ये उत्कृष्ट, वित्त आयोगको मूल्याङ्कनमा उत्कृष्ट, खेलकुद क्षेत्र उत्कृष्ट, बेरुजु कम र आर्थिक पारदर्शितामा अब्बल छ। यही नतिजाबाटै थाहा हुन्छ, भरतपुरले विकासमा धेरै फड्को मारेको छ।० यो अवधिमा निर्वाचनको बेला तपाईंले गर्नुभएका वाचा कति पूरा भए ?निर्वाचनको समयमा गरेका वाचा धेरै छन्। भरतपुरको एकै वर्षमा पूरा गर्न सकिँदैन। अझै चार वर्ष बाँकी छ। प्राथमिकता र आवश्यकताका आधारमा ती वाचा व्रmमैसँग पूरा हुने छन्। भरतपुरलाई देशकै हेर्नलायक सहर बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ। स्थानीय सरकारले जनताका सानोभन्दा सानो समस्या पनि बुझेको हुन्छ। सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने स्थानीय सरकारको काम कर्तव्य पनि हो। त्यही अनुरूप हामीले जनतालाई कसरी खुसी र सुखी बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेका छौँ। यी सबै काम गर्न भने स्रोतको समस्या हुन्छ। भरतपुरको आन्तरिक राजस्वबाट मात्रै सबै काम गर्न सम्भव छैन। प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर हामी अगाडि बढेका छौँ। ० महानगर स्थानीय सरकार हो। त्यसैले महानगरले भौतिक पूर्वाधारलाई मात्रै जोड दिएको देखिन्छ। जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम  छन् कि छैनन् ? हामीले भौतिक विकाससँगै आर्थिक–सामाजिक पक्षलाई पनि ध्यान दिइरहेका छौँ।  जनताको जीवनस्तर उकास्न रोजगारी सिर्जना गर्नु पर्छ। जनतालाई उत्पादनसँग जोड्नु पर्छ । यसका लागि सीपमूलक तालिम, कृषि उत्पादन वृद्धि गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिई आत्मनिर्भर बनाउनेतर्फ काम अगाडि बढाएका छौँ। यसले नगरवासीको जीवनस्तर उकास्न सहयोग पु-याउनेमा हामी आशावादी छौँ। महानगरपालिकाले यस वर्ष मात्रै दुई हजार जनालाई निःशुल्क तालिम दिन लागेको छ। भरतपुरका ठूला निर्माण आयोजना सम्पन्न भएसँगै प्रशस्त रोजगारी सिर्जना हुन्छ। ० देशकै नमुना महानगर बनाउने बताउनुभयो। यसका लागि के कस्ता कार्यक्रम  छन् त ? एउटा व्यवस्थित महानगरलाई आवश्यक पर्ने सबै पूर्वाधारको निर्माण भइरहेका छन्। यी सबै जल, जमिन र जङ्गलसँग सम्बन्धित छन्। भरतपुरमा अहिले निर्माणाधीन आयोजना सम्पन्न भएसँगै आर्थिक, पर्यटन, शैक्षिक र स्वास्थ्यको हब बन्छ। भरतपुर स्मार्ट सिटी निर्माण गर्ने गरी गुरुयोजना अनुसार अगाडि बढेका छौँ। ०  जनताको अपेक्षा अनुसार काम भएको छैन भन्ने गुनासा पनि सुनिन्छन्। तपाईं के भन्नुहुन्छ ?भरतपुरमा विकास भएन भन्ने मान्छे मैले भेट्टाएको छैन। जनताले विकासको अनुभूति राम्रै गर्नुभएको छ। जनताका अपेक्षा अनुसार नै नीति तथा कार्यव्रmम ल्याएका छौँ। एकै पटकमा सबै अपेक्षा समेट्न नसकिए पनि बिस्तारै पूरा हुने छन्। ० फोहोर र पार्किङको दीर्घकालीन व्यवस्थापनमा महानगर चुकेको हो ? फोहोर र पार्किङको समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भएका छन्। दुवै प्राविधिक विषय भएकाले यसको थप कार्य अगाडि बढाउन केही असहज भएको मात्रै हो। यो कार्यकालमा यी दुवै कामले पूर्णता पाउँछ। मेरो पहिलो कार्यकालमा अधुरा रहेका आयोजना पूरा गर्नुलाई नै आफ्नो दोस्रो कार्यकालको लक्ष्य बनाएकी छु। अब ल्यान्डफिल साइट निर्माण गर्ने काम बाँकी छ। यो कार्यकालमा फोहोर व्यवस्थापनको कामले पूर्णता पाउँछ। 
News
56,276
निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित
चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।
https://gorkhapatraonline.com/news/47053
वसन्त पराजुलीभरतपुर, मङ्सिर २० गते । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ। “खाग र खुर नभएको गैँडाको अस्थिपञ्जर मात्रै भेटिनुले चोरी सिकारीले मारेको भन्ने त देखिन्छ नै तर धेरै महिनाअघि गैँडा मारिँदा पनि संरक्षणकर्ताले भेउसम्म नपाउनु अचम्मको कुरा हो”, गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउनुहुन्छ। उहाँले निकुञ्जबाहिरका क्षेत्रमा पछिल्लो समय गैँडा मर्ने क्रम बढिरहेकाप्रति चिन्ता व्यक्त गर्नुभयो। “गत असोज २७ गते निकुञ्जबाहिर सौराहा नजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको छ”, उहाँको गुनासो छ, “यसरी नै गैँडा मारिँदै जाने हो भने हाम्रा गैँडा सकिन कति समय लाग्छ र ?”चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज बाहिरी क्षेत्रमा आइतबारसहित गत साउनयता चारवटा गैँडा मरेका भेटिएका छन्। तीमध्ये दुईवटा मारिएका हुन्। एक वर्षअघि मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। मरेका वन्यजन्तुको पोस्टमार्टम गर्ने निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ यसरी धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताउनुहुन्छ। “अहिले निकुञ्जभित्र भन्दा बाहिरी क्षेत्रमा गैँडाको संरक्षणमा चुनौती देखियो”, उहाँले थप्नुभयो, “निकुञ्जमा सेनाको पनि प्रत्यक्ष निगरानी छ। अब बाहिरी क्षेत्रमा पनि संरक्षणको ठोस योजना अघि बढ्नुपर्ने देखियो”, उहाँले भन्नुभयो। उहाँले गैँडा चोरी सिकारीले कमजोर सुरक्षा भएकै क्षेत्र खोजेर गैँडा मार्ने पनि जनाउनुभयो। निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रमा निकुञ्जसँगै सेनाको सुरक्षा घेरामा रहन्छ भने निकुञ्जबाहिरका सामुदायिक वन र राष्ट्रिय वनको सुरक्षा जिल्ला वन कार्यालय मातहतमा रहन्छ। जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल पनि गैँडाको सुरक्षामा चुनौती थपिएको स्वीकार्नुहुन्छ। “हो गैँडाको सुरक्षामा चुनौती थपिएको छ तर पछिल्लो पटक अहिले अस्थिपञ्जर भेटिएको गैँडाको खाग र तीनवटा खुर चोरी भए पनि गैँडा के कारणले म¥यो भन्ने स्पष्ट भएको छैन”, उहाँको थप भनाइ छ, “नेपाल प्रकृति संरक्षण कोषका प्राविधिकले मृत गैँडाको अस्थिपञ्जरको नमुना परीक्षणका लागि लगेको हुँदा मृत्युको कारण चोरी सिकारी नै हो भन्ने निष्कर्षमै पुग्न अलि हतार हुन्छ कि ?”   निकुञ्ज बाहिरी क्षेत्रमा चोरी सिकारीको सक्रियता बढेसँगै यसको प्रत्यक्ष प्रभाव निकुञ्जमा पनि पर्ने देखिन्छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि पछिल्लो समय चितवन र यस आसपासका क्षेत्रमा गैँडा चोरी सिकारी बढेको बताउनुहुन्छ। निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन्। त्यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेको तथ्याङ्क निकुञ्जसँग छ। चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपरका वन क्षेत्र गैँडाको प्रमुख बासस्थान हो। पछिल्लो गणनामा देशैभर भेटिएका ७५२ वटा गैँडामध्ये चितवनमा मात्रै ६९४ थिए। यस अवस्थामा गैँडाविज्ञ रामप्रीत यादवले सरकारी निकायसँगै मध्यवर्ती र सामुदायिक वन क्षेत्रमा स्थानीय वन उपभोक्ताको पनि गैँडा संरक्षणमा सकारात्मक सहयोग आवश्यक हुने बताउनुभयो। “सामुदायिक वनका हेरालुलाई दिइँदै आएको दिनको २५ रुपियाँ खाजा खर्च पनि कटौती भएको छ। पाँच/छ महिनाअघि मरेको गैँडाको अस्थिपञ्जर भेटिएको घटनाले हेरालुको सक्रियता पनि घटेको मान्न सकिन्छ”, यादवले भन्नुभयो, “सरकारले वा दातृ निकाय कसले दिने हो, हेरालुलाई दिइँदै आएको खाजा खर्चमा अब निरन्तरता चाहिन्छ।”  फेरि मर्‍यो गैँडाचितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एउटा भाले गैँडा सोमबार मरेको भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार मृत भेटिएको गैँडाको खाग, खुर सुरक्षित छ। सो गैँडा बूढो भएर मरेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको पनि आचार्यले जानकारी दिनुभयो। मृत गैँडाको निकुञ्जका प्राविधिकहरूले पोस्टमार्टम गरेपछि दाहसंस्कार गरिएको छ।    
News
59,974
नेयमारलाई दुई खेलमा प्रतिबन्ध, पीएसजीको पहिलो जित
फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
https://ekantipur.com/sports/2020/09/17/16003053423622723.html
पेरिस — फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ । नेयमारबिना बुधबार नै मैदानमा उत्रेको पीएसजीले लिगमा पहिलो जित निकाल्न सफल रह्यो । उसले मेट्जलाई १–० ले हरायो ।तस्बिर : रोयटर्सखेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए । डिफेन्डिङ च्याम्पियन पीएसजीले लिगका सुरुवाति दुई खेल गुमाएयता तेस्रो प्रयासमा पहिलो जित निकालेको हो । सन् २०१० यता पीएसजीले लगातार तीन खेलमा हार बेहोरेको छैन ।
Sports
24,556
सार्क सक्रिय बनाउने नेपालको पहल किन 'नतिजाविहीन'
प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सक्रिय बनेको नेपालले देख्न चाहेको बताएका छन्।
https://www.bbc.com/nepali/news-45674798
मुलभूत रूपमा भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण आठ देशहरूको सो क्षेत्रीय सहयोग संगठन केही वर्ष यता निष्क्रिय जस्तो देखिएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रस‌घंको महासभा जस्तो अन्तर्राष्ट्रिय मञ्चबाट उक्त धारणा राखेका हुन्। राष्ट्रस‌ंघको मुख्यालय न्यूयोर्कमा स्थानीय समयअनुसार बिहीवार साँझ महासभालाई सम्बोधन गर्दै ओलीले सार्कलाई महत्त्वपूर्ण क्षेत्रीय स‌ंगठनका रूपमा नेपालले हेरेको बताए। सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक पनि बिहीबारै आयोजना गरेका छन्। बिम्स्टेक र सार्क सार्क-बिम्स्टेक किन प्रभावहीन? खाडीमा सार्कका कामदारलाई समान ज्याला? भारत-पाकिस्तान तिक्तताका कारण सन् २०१६ का लागि इस्लामावादमा हुने भनी निर्धारित सार्कको शिखर सम्मेलन अनिश्चितकालका लागि पर सरेको छ। भारतले पछिल्ला वर्षहरूमा बढेको तनावपूर्ण सम्बन्धका कारण पाकिस्तानलाई थप एक्लो बनाउने हिसाबले सार्क भन्दा बढ्ता प्राथमिकता अन्य क्षेत्रीय अवधारणाहरूलाई दिएको भन्ने आरोप खेप्ने गरेको छ। सन् २०१४ मा काठमाण्डूमा सार्क शिखर सम्मेलन गरेको नेपालले गएको अगष्टमा दक्षिण तथा दक्षिण पूर्वी एशियाका सात देश सम्मिलित बिम्स्टेकको शिखर बैठक समेत आयोजना गरिसकेको छ। राष्ट्रस‌ंघको महासभामा बोल्दा ओलीले बिम्स्टेकको पनि चर्चा गरे। उनले भने, "क्षेत्रीय सहकार्यलाई बढावा दिने हाम्रो विदेश नीतिको मर्म अनुसार हामीले हालै बिम्स्टेकको चौथौ शिखर बैठकको आयोजना गर्‍यौँ। हामी महत्त्वपूर्ण क्षेत्रीय स‌ंगठनका रूपमा सार्क पुन:सक्रिय भएको हेर्न चाहन्छौँ।" अनिश्चय तीन दशक भन्दा लामो इतिहास बोकेको सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाएको छ भने नेपाल हाल उक्त संगठनको अध्यक्ष छ। सन् २०१६ को नोभेम्बरमा सम्मेलन गर्ने भनेर मिति घोषणा गरिए पनि आफ्नो एउटा सैनिक ब्यारेकमा भएका हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मिति तय भइसकेको सम्मेलन बहिष्कार गरेको थियो। त्यसबेला अफगानिस्तान, बांग्लादेश र भूटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताए र त्यसयता सार्कको शिखर सम्मेलन अनिश्चित रहँदै आएको छ। प्रधानमन्त्री ओलीले सत्ता सम्हाले लगत्तै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपालको भ्रमण गरी सार्कलाई सक्रिय बनाउन सहयोग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। हालै भएको आम चुनावबाट इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध सुधारका कदमहरू चालिने ठानिएको थियो। खानले सम्बन्ध राम्रो बनाउन भारतले एउटा कदम अघि बढाए पाकिस्तानले दुई वटा कदम चाल्ने प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्री खानले राष्ट्रस‌ंघको महासभाको अवसर छोपेर दुई देशका विदेशमन्त्रीले न्यूयोर्कमा भेटवार्ता गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमा राखेका थिए। शुरूमा भारतले उक्त प्रस्ताव स्वीकार पनि गर्‍यो तर भोलिपल्टै न्यूयोर्कमा विदेशमन्त्रीको तहमा हुने वार्ता रद्द गरिएको घोषणा दिल्लीले गरेको थियो। मुख्यगरी आफ्ना सुरक्षाकर्मीको हत्यामा पाकिस्तान भित्रका समूह संलग्न भएको र कश्मिरी शहिद दिवस शीर्षक दिएर पाकिस्तानले जारी गरेका हुलाक टिकटहरूले 'आतंकवाद र आतंकवादी गतिविधिलाई प्रवर्धन गरेको' आरोप भारतको छ। नेपालको प्रयास उक्त घटनाक्रमपछि दुवै देश पुन: वाकयुद्धमा फर्किए जस्तो देखिएको समयमा न्यूयोर्कमा नेपालले भारत र पाकिस्तानका विदेशमन्त्रीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयत्न भने गरेको छ। सार्कको वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आठवटै सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक आयोजना गरेका छन्। अध्यक्ष राष्ट्रले महासभाको अवसर पारेर बर्सेनि आयोजना गर्दै आएको विदेशमन्त्री तहको त्यस्तो बैठकमा यसपटक ६ वटा देशका विदेशमन्त्री, भुटानका उपविदेशमन्त्री तथा माल्दिभ्सका स्थायी प्रतिनिधि सहभागी रहेको अधिकारीहरूले जानकारी दिएका छन्। उक्त बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले क्षेत्रीय सहकार्यलाई बढावा दिन सार्कले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए। आरोप प्रत्यारोप उक्त बैठकमा पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले सदस्य राष्ट्रहरू तयार हुने बित्तिकै जुनसुकै समयमा पनि शिखर सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको धारणा राखेको बैठकमा सहभागी एक जना अधिकारीले बताए। भारतीय अनलाइन एशियन एज डट कमका अनुसार उक्त मन्त्रिस्तरीय बैठकको बीचैमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज बाहिरिएकी थिइन्। सो अनलाइनका अनुसार बैठकमा पुरै सहभागी नभएकोमा स्वराजको आलोचना गर्दै पाकिस्तानी विदेशमन्त्रीले एउटा देशको कारण सार्कले व्यवधान खेपिरहेको बताएका थिए। बैठकबाट बाहिरिनुअघि आफ्नो मन्तव्य राख्ने क्रममा दक्षिण एशियाको शान्ति र स्थायित्वमा आतंकवादबाट जोखिम रहेको भन्दै त्यो नरोकिएसम्म सार्कमा उच्चतहको आबद्धता प्रभावकारी नहुने धारणा राखेको एशियन एजले जनाएको छ। जानकारहरू भन्छन्, राष्ट्रस‌ंघको महासभाको मौका छोपेर नेपालले सार्कलाई सक्रिय बनाउने कूटनीतिक पहल गरेपनि भारत पाकिस्तानबीचको तनावले त्यसलाई ओझेलमा पारिदिएको जस्तो देखिन्छ।
Others
66,596
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढे
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
https://gorkhapatraonline.com/news/24810
गोकर्ण दयाल बैतडी, भदौ २७ गते । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । बैतडी सदरमुकाममा डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियान थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बैतडीमा डेङ्गुको सङ्क्रम बढेको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।” डेङ्गुको संक्रमणबाट बच्न घर वरिपरि पानी जम्मा हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । कुहिने फोहरलगायत लामखुट्टे बस्ने ठाउँको सरसफाइ गरेर राति सुत्ने बेलामा अनिवार्य झुलको प्रयोग गर्न आव्हान गरिएको उहाँले बताउनुभयो । डेङ्गुको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घाँटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउनेलगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जँचाउन उहाँले आग्रह गर्नुभयो । बैतडीमा डेङ्गुसँगै स्क्रबटाइफसका सङ्क्रमित बढेकाले सचेतनामुलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवन जोशीले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “झाडी र घाँस भएका ठाउँमा माइट नामक किर्ना र भुसुना बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा बस्नु हुँदैन ।” माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । स्क्रब टाइफसको सङ्क्रमण भए पनि टाइफाइडजस्तै ज्वरोको लक्षण देखिने भएकाले समयमै परीक्षण गराउनु पर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले      बताउनुभयो । स्वास्थ्य परीक्षणपछि मात्रै रोगको पहिचान हुने भएकाले ज्वरो आएमा वा जिउ दुखेमा स्वास्थ्य परीक्षणपछि मात्रै औषधि सेवन गर्न उहाँले सुझाव दिनुभयो ।डा. श्रेष्ठले भन्नुभयो, “ज्वरो आएर जिउ दुखेमा जहाँ पायो त्यहीबाट आफूखुसी औषधि सेवन गनुहुँदैन । प्रसस्त पानी पिउने र आराम गर्नुपर्छ ।” 
News
61,623
बास्केटबलमा टाइम्स र आर्मी विजयी
टाइम्स र आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनल पुगेका छन् ।
https://ekantipur.com/sports/2023/12/13/times-and-army-win-in-basketball-24-47.html
काठमाडौँ — टाइम्स र आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनल पुगेका छन् ।नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा बुधबार टाइम्सले बूढानीलकण्ठलाई ८१–७१ ले पराजित गर्‍यो । टाइम्सका मनीष केसीले २३ स्कोर गरे । अमृत कोइरालाको २१ स्कोरमा आर्मीले स्नोल्यान्डलाई १०५–४० ले सहजै हरायो ।अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले । बलर्सले गोब्लिन्सलाई ७६–७३ ले हराउँदा बलर्सका साहिल गुरुङले २० स्कोर गरे । ओभ्सले आयोजक नखिपोट ‘बी’ लाई ७८–६० स्कोरले पराजित गर्‍यो । विजेताका सिमोन गुरुङले २९ स्कोर जोडे ।बिहीबारदेखि महिलाको प्रतिस्पर्धा सुरु हुनेछ । यू–२३ उमेर समूहको प्रतिस्पर्धामा ४ टिमले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगका शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन् ।
Sports
15,589
उम्मेदवारको खर्च सीमा बढाउने तयारी
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ।
https://gorkhapatraonline.com/news/26071
काठमाडौँ, असोज ९ गते ।  आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ। आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने तयारी गरेको हो।निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले असोज ११ गते राजनीतिक दलका पदाधिकारीसँग उक्त विषयमा छलफल गरिने बताउनुभयो। “तत्कालै खर्च सीमा यति तोकियो भन्न सकिन्न, दलसँगको छलफलमा आएका सुझावका आधारमा आयोगले निर्णय गर्नेछ,” उहाँले भन्नुभयो। आमनिर्वाचन २०७४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो। सूत्रअनुसार अधिकतम ४१ लाख खर्च गर्न पाउने मनासिव देखिए पनि अधिकतम सीमा ३३ लाख मात्रै कायम गर्नेगरी तयारी गरिएको छ। आयोगले खर्च सीमा तोक्न तीनवटा मापदण्ड बनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “मतदाता सङ्ख्या, क्षेत्रफल र मतदान केन्द्रको सङ्ख्यालाई आधार बनाइएको छ।” आयोग स्रोतका अनुसार खर्च सीमा तय गर्न निर्वाचन क्षेत्रमा रहेका मतदाताको कुल सङ्ख्याका लागि ५५ प्रतिशत भार निर्धारण गरिएको छ। निर्वाचन क्षेत्रको क्षेत्रफलअन्तर्गत २५ प्रतिशत र मतदान केन्द्रका लागि २० प्रतिशत भार दिइनेगरी सूत्र तयार गरिएको हो।  कुल १६५ वटा निर्वाचन क्षेत्रलाई पाँच समूहमा विभाजन गरी खर्च तोक्ने तयारी छ। आयोगको तयारीबमोजिमको खर्च स्वीकृत भए अधिकतम ३३ लाख खर्च गर्न पाउने अधिकांश हिमाली तथा पहाडका निर्वाचन क्षेत्र हुनेछन्। पूर्वी पहाड र तराई–मधेशका निर्वाचन क्षेत्र भने २९ लाख र ३१ लाख खर्च गर्न पाउने सीमाभित्र पर्नेछन्। यस्तै २५ लाख र २७ लाख खर्च गर्न पाउने अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकाभित्रका छन्। आयोगले तय गरेको आधारबमोजिम प्रदेश सभा सदस्यतर्फ एक जना प्रदेश सभा सदस्यतर्फ न्यूनतम १४ लाख र अधिकतम ३८ लाख खर्च सीमा हुन आउँछ। प्रदेश सभा सदस्य निर्वाचन–२०७४ मा भने उम्मेदवारको खर्च सीमा १५ लाख थियो। तर आगामी निर्वाचनका लागि न्यूनतम १५ लाख र अधिकतम २३ लाख खर्च पाउनेगरी सीमा निर्धारणको तयारी छ। प्रदेश सभामा सातवटै प्रदेशमा ३३० वटा निर्वाचन क्षेत्र छन्। १५ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको सङ्ख्या ५५ रहेका छन्। सूत्रबमोजिम १७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र १५२ वटा छन्। यसैगरी ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ लाख, ३१ वटामा २१ लाख र २८ वटा निर्वाचन क्षेत्रमा २३ लाख खर्च गर्न पाउने सीमा राख्ने तयारी गरिएको छ।      
News
61,402
म्याग्दीमा उनन्तिस हजारभन्दा बढी पर्यटक
गत आर्थिक वर्ष २०७९/८० मा २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आव २०७८/७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए ।
https://gorkhapatraonline.com/news/73144
दरबाङ समाचारदाता म्याग्दी (दरबाङ), साउन १६ गते । गत आर्थिक वर्ष २०७९/८० मा २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आव २०७८/७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए । गत वर्ष बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका र भारतबाट धेरै पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । यसै गरी स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट कम पर्यटक म्याग्दी आएका छन् । स्वदेशी तथा विदेशी पर्यटकले जिल्लास्थित विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको भ्रमण गरेका छन् ।गत आवमा म्याग्दी भित्रिने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको सङ्ख्या सात हजार ३०७ जना रहेको छ । जिल्लाको उत्तरी भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटक जिल्ला भित्रिने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा भढी पर्यटक जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी, पुनहिल क्षेत्र घुम्ने गरेका छन् । जिल्लामा अवस्थित धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रालेक, अन्नपूर्ण, धौलागिरि सेन्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत क्षेत्रको  भ्रमणका  लागि पर्यटक आउने गर्दछन् । घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले कोभिड–१९ पछि गत आवमा पर्यटकको सङ्ख्या वृद्धि भए पनि अपेक्षाकृत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडपछिका तीन वर्ष होटल बन्द गरेर बस्नु परेको थियो, गत आवमा भने पर्यटकको सङ्ख्या वृद्धि भयो ।” पथपदर्शकबिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्लै घुम्न चाहने पर्यटक नआएको उहाँको भनाइ छ ।    
News
49,178
सन्निकट वित्तीय संकट
पछिल्लो समय सार्वजनिक आर्थिक सूचकहरूले विदेशी मुद्रा सञ्चिति, विप्रेषणको प्राप्ति र चालु खाता घाटाका सूचकहरू सकारात्मक रहेको बताइरहँदा आन्तरिक आर्थिक सूचकका केही पक्ष भने गम्भीर संकटोन्मुख रहेको देखिइरहेका थिए ।
https://ekantipur.com/opinion/2023/02/12/167616738031116641.html
पछिल्लो समय सार्वजनिक आर्थिक सूचकहरूले विदेशी मुद्रा सञ्चिति, विप्रेषणको प्राप्ति र चालु खाता घाटाका सूचकहरू सकारात्मक रहेको बताइरहँदा आन्तरिक आर्थिक सूचकका केही पक्ष भने गम्भीर संकटोन्मुख रहेको देखिइरहेका थिए ।कोभिडका कारण सृजित विश्व आर्थिक मन्दीका लक्षणहरूको प्रभाव नेपालमा पनि पर्ने नै भयो । जसरी धनि देशको संकट निर्यात हुँदै गरिब र विकासोन्मुख देशमा पुग्ने व्यवस्था वर्तमान नवउदारवादी संस्थाहरूले मिलाएका छन्, त्यसरी नै गरिब देशका धनीहरूले पनि आफ्नै देशका गरिबहरूको खल्ती रित्याएर आफू धनी हुने उपाय रचिरहेका छन् । पछिल्लो समय नेपालको लघुवित्त क्षेत्र र सहकारी यसका उदाहरण बनेका छन् । यस आलेखमा नेपालका आम परिवारका सदस्यहरूले वित्तबजार र सहकारीमार्फत कसरी दुःख बेहोरिरहेका छन् अनि त्यसले कसरी विस्फोटक रूप लिइरहेको छ भन्ने विषयमा चर्चा गरिनेछ । एउटा दर्दनाक उदाहरणरौतहटको चन्द्रपुर नगरपालिकाको एउटा परिवार । लघुवित्तसँग जोडिएर महिलाले ऋण लिइन् तर तिर्न सकिनन् । लघुवित्तका मान्छेहरू बिहान, दिउँसो, राति जति बेला पनि आउने र ऋण तत्काल तिर्न दबाब दिँदै हप्कीदप्की गर्न थाले । घर छाडेर लुक्नुपर्ने अवस्था आउन थाल्यो । पछि लघुवित्तकै मानिसहरूले आफ्नो ऋण उठाउन मिटरब्याजीकहाँ जान बाध्य बनाए । ऋणको बोझमा परेको परिवारमा भइरहेको ज्यादतीबाट मानसिक दबाबमा परेपछि परिवारकी १३ वर्षीया छोरीले आत्महत्या गरिन् । लघुवित्तविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले मानेन । मिटरब्याजीलाई पैसा तिर्न नसकेर अप्ठेरोमा परेपछि परिवारमा झगडा हुन थाल्यो । यता मिटरब्याजी साहुले मुद्दा हाल्यो । बेमेल बढ्दै गएपछि लोग्ने–स्वास्नी सँगै बस्न सकेनन् । पुरुषले महिलालाइ नै दोष लगाएर झगडा गर्दै गएपछि महिला माइती गएर बसिन् । परिवार विघटनको संघारमा छ ।यो लेख्न बसिरहेकै बेला शिलापत्रमा डडेलधुराको एउटा समाचार प्रकाशित भयो । ‘लघुवित्तको त्रासले उठीबास, गाउँ छाडेर भाग्दै स्थानीय’ शीर्षक उक्त समाचारले अमरगढी–६ की ७२ वर्षीया मानी ताम्राकारसहित केही परिवारको कथा भन्छ जो लघुवित्तका कारण छिन्नभिन्न भएका छन् । छोराबुहारी भागेर बेपत्ता छन् । किस्ता र ब्याज तिर्दा पनि लघुवित्तको ऋणचाहिँ घटेको छैन ।सिरहाका केही गाउँमा लघुवित्तवालाको ज्यादती कतिसम्म छ भने, तिनीहरू राति मोटरसाइकलमा दुई–चार जना भएर ऋण लिने महिलाहरूको घर घेर्न आउँछन् । हप्कीदप्की गर्छन् । दस–बीस जति रुपैयाँ पाउँछन्, उठाएर लान्छन् । कतिसम्म भने, तिनले ऋणीलाई मिटरब्याजीकहाँ पठाउने मात्र होइन, शरीर बेचेर पैसा तिर्न भन्दै परिवारका अगाडि हप्काउँछन् । ‘बरु मरेदेखि ऋण मिनाहा हुन्छ, जीवित हुन्जेल नतिरेर सुख पाउन्नस्’ भन्दै तथानाम गर्छन्् । कतिपय महिला भागीभागी हिँड्नुपर्ने, बसाइँ नै जानुपर्ने अवस्थामा पुग्छन् । ऋणकै कारण आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ । लघुवित्तको ऋणले अत्याएपछि ‘बाँचौं र बचाऔं’ भन्ने नारासहित संगठित आन्दोलन गरिरहेकाहरूका अनुसार, अहिलेसम्म १,३०० जति ऋणीले आत्महत्या गरिसकेका छन् । राष्ट्र बैंकको २०७९ असोजको प्रतिवेदन अनुसार, नेपालमा कुल ६४ वटा लघुवित्तका ७७ वटै जिल्लामा गरी ५,०६८ शाखा छन् । तिनमा १३ लाख ७० हजार ७४८ समूह छन् । यस्ता समूहमा ५९ लाख ३६ हजार ९५ जना सदस्य छन् । तिनमा महिलाको संख्या ५७ लाख ५८ हजार ९३८ अर्थात् ९७ प्रतिशत छ । यसरी हेर्दा नेपालमा लघुवित्त कार्यक्रम नै महिलालक्षित रहेको प्रस्ट हुन्छ । यी सदस्यमध्ये ३२ लाख ११ हजार ८०७ महिला र ९९ हजार १५१ जना पुरुषले ऋण लिएका छन् । २०७८ असोजको प्रतिवेदन अनुसार, यस्ता ऋणीहरूले लघु उद्यम र व्यवसायका लागि १७ खर्ब ८४ अर्बभन्दा बढी ऋण लिएका छन् । ३३ लाखभन्दा बढी संख्यामा रहेका ऋणीमध्ये ७० प्रतिशतजति ऋण तिर्न नसक्ने अवस्थामा भएको माइक्रो फाइनान्सपीडितहरूको ऋण मिनाहाका पक्षमा अभियान चलाइरहेका अभियन्ताहरूको दाबी छ । लघुवित्तहरूको ज्यादतीविरुद्ध बनेका संघर्ष समितिहरूमा गाउँगाउँमा सयौंको संख्यामा महिलाहरू भेला हुने र आन्दोलित बन्ने क्रम बढ्दै गएको छ । त्यस्ता संघर्ष समिति झापा, मोरङ, सुनसरी, उदयपुर, महोत्तरी, रौतहट, परासी, सुर्खेत, डडेलधुरा लगायतमा सक्रिय छन् । लघुवित्तहरूले उहिलेका सुदखोर साहु–महाजन र अहिलेका मिटरब्याजीको ठाउँ लिँदै गएका छन् । २०२१ सालमा भूमिसुधार लागू हुनुपहिले जसरी गाउँमा साहुहरूले साधारण किसानलाई उठीबास लगाउँथे, अहिले लघुवित्तहरूले त्यही काम गरिरहेका छन् । राज्यले हस्तक्षेप नगर्ने हो भने लघुवित्त क्षेत्र संकटमा पर्ने छ र यसले खर्बौंको बचत तथा लगानी जोखिममा धकेल्ने निश्चित छ ।बंगलादेशी अभियन्ता मोहम्मद युनुसले लघुवित्तका माध्यमबाट गरिबी हटाउन गरेको प्रयासले विश्वको ध्यान खिचेको थियो । त्यसको सफलतासँगै उनले नोबेल पुरस्कारसमेत पाए । तर नेपालमा त्यसको भद्दा र अश्लील अनुकरण गरियो । आरम्भमा केही संस्थाले गरेको पहलबाट स्थानीय समुदायलाई लाभ पनि पुगेको थियो । तर अहिले लघुवित्तहरू बग्रेल्ती छन् । तिनले समूह गठन र ऋण प्रवाह गर्न मानिसहरूलाई जागिर दिन्छन् । यस्ता जागिरेहरूको जागिर कति जनालाई ऋण दिन सक्यो र कति ऋण असुली भयो भन्नेमा निर्भर हुन्छ । ऋण लिनेलाई साक्षरता, रुचि अनुसारको व्यवसाय छनोट, त्यसको बजारको सम्भावना र जोखिमको पूर्वआकलन, प्राविधिक दक्षता र ज्ञानको स्थानान्तरण तथा निरन्तरको अनुगमन पद्धति छैन । जीवनभर पेन्सन हुन्छ, छिट्टै धनी होइन्छ भन्दै फकाएर ऋण लिन लगाइन्छ । गरिबीको मारमा परेकाहरूले नगद पाउँदा व्यवसायको सफलता मात्र हेर्दैनन्, आफ्नै तत्कालका आवश्यकता पूर्तिका लागि ऋणको एउटा हिस्सा प्रयोग गर्नेबारे पनि सोचिरहन्छन् । ऋण दिँदा नै लघुवित्तले १० प्रतिशत बचत खातामा जम्मा गर्न लगाउने, अन्य शुल्क कटाएर १५ प्रतिशत कम नगद प्रवाह गर्ने गर्छन् । १८ प्रतिशतसम्म ब्याज लिन्छन् । एउटा संस्थाको ऋण तिर्न अर्को संस्थाले ऋण दिन्छन् । उठाउन नसकेपछि आफैं मिटरब्याजीकहाँ पठाउँछन् । अन्ततः जो गरिब भएर ऋण माग्छ, ऊ ऋणकै पासोमा पर्छ, ऋणको दुश्चक्रमा पर्छ । यस्तो ऋण लिनेमा दलित महिलाहरू, न्यून जायजेथा भएका गरिब किसान परिवारका महिलाहरू बढी छन् । उनीहरूको बचत त डुब्ने नै छ, भएको घरजग्गा पनि बच्नेछैन । साना बचतकर्ताको शोषण गरेर यता लघुवित्त संस्थाहरू सोयरवालालाई बोनस बाँडिरहेका हुन्छन् । अन्ततः गरिबहरूको पसिनाको कमाइ घुमाएर पैसा हुनेकै खल्तीमा पुगिरहन्छ । यसरी आधुनिक जमानाका शोषकहरूको माकुरे जालोले गाउँका गरिबहरूलाई सताइरहेको छ । सुके लुतोझैं सल्केको यो महामारीले बिस्तारै वित्तीय संस्थाको खर्बौं लगानी जोखिममा पार्ने निश्चित छ ।सहकारीका नाममासुधीर बस्नेत र इच्छाराज तामाङको जेलयात्रा जेजसरी भएको भए पनि सहकारी नेपालका सन्दर्भमा धेरै हदसम्म ठगी धन्दाको अर्को रूप बनेको साँचो हो । सहकारीको आधारभूत मान्यता त्यसका सदस्यहरूको साझा स्वार्थहरूको रक्षा गर्नु हो । सानोतिनो बचत र ऋणका माध्यमबाट सानो गर्जो टार्ने ऐंचोपैंचोको आधुनिक रूप मानिने सहकारी अहिले सानो कारोबार र ज्याला–मजदुरीबाट आयस्ता गर्नेहरूको सानो बचत जम्मा गर्ने र त्यसका व्यवस्थापकहरूले ठूलो कारोबारमा लगाएर नाफा कमाउने हतियार बनेको छ । म बसेको काठमाडौं उपत्यकाकै गाउँवरपर दिनैमा चार–पाँचवटासम्म सहकारीमा सय–दुई सय जम्मा गर्ने, त्यही सहकारीबाट सानो ऋण लिएर व्यवसाय गर्नेहरूको ठूलै संख्या देखिन्छ । हातैमा कलम र मोबाइल लिएका, स्कुटर चढ्ने या पैदलै हिँड्ने बचत संकलकहरू घरघर पुग्दै गरेका भेटिन्छन् । अघिल्लो साता म नजिकैको एउटा सहकारी पसलमा पुगेको थिएँ । पसल व्यवस्थापन हेर्नेसँग कुरा गर्दा उनले बताइन्, ‘धेरैजसो सहकारी संकटमा छन् । जम्मा भएको पैसा व्यवस्थापक र सञ्चालक मिलेर घरजग्गामा लगानी गरे । अहिले घरजग्गा कारोबार ठप्प छ । मन्दीका कारण ऋण असुली रोकिएको छ । जम्मा गर्नेहरू घटिरहेका छन् । बचत फिर्ता गर्न नसकेर सहकारीहरू संकटमा छन् । तर बचतबाट जग्गामा लगानी गर्नेहरूलाई केही भएको छैन ।’देशभर बचत तथा ऋण सहकारी करिब १४,००० र अरू सहकारी लगभग १६,००० गरेर ३० हजारजति सहकारी छन् । लामो समय सहकारी अभियानमा संलग्न एक अभियन्ताका अनुसार, देशभरका सहकारीबाट साधारण परिवारहरूको अन्दाजी २ खर्ब रुपैयाँ बचत जोखिममा परेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले २०७८ फागुनसम्म सहकारी संस्थाहरूको संख्या ३०,८७९Ù सेयर सदस्य संख्या ७३ लाख ३७ हजार २५२ तथा सेयर पुँजी ९४ अर्ब १२ करोड रहेको देखाएको छ । यसै गरी सहकारी क्षेत्रमा ४ खर्ब ७७ अर्ब ९९ करोडको बचत परिचालन र ४ खर्ब २६ अर्ब ३१ करोडको ऋण प्रवाह भएको छ । भिजन सञ्चार नेपाल प्रालिले कोभिडपछिको सहकारीको अवस्थाबारे २०७८ असारमा गरेको अध्ययन अनुसार, ७५ प्रतिशत सदस्य १२ कक्षा या सोभन्दा मुनिसम्म अध्ययन गरेका, ३४ प्रतिशत साना पसल व्यवसाय सञ्चालन गरेका, १२ प्रतिशत सिकर्मी–डकर्मी र पेन्टरजस्ता पेसामा लागेका र १६.९ प्रतिशत कृषि पशुजन्य व्यवसायमा रहेका छन् । अर्थात्, ६० प्रतिशतजति बचतकर्ता तथा ऋणीहरू साना व्यवसाय र निम्न आय भएकै छन् । यसको अर्थ हुन्छ— सहकारी डुब्दा पनि सिद्धिने–रित्तिने गरिबहरूकै खल्ती हो । जो गरिब छ, ऊ झन् गरिब हुने हो । यही तप्कासहित अलिअलि मध्यम र उच्च मध्यम वर्गका परिवारहरूको समेत सबै बचत सहकारीमा राखिएको हुन सक्छ, किनभने एक वर्षपहिलेसम्म पनि सहकारीले दिने ब्याज वाणिज्य बैंक तथा विकास बैंकहरूका तुलनामा निकै बढी थियो । सहकारी क्षेत्रको २ खर्ब रुपैयाँ जोखिममा पर्दा थप मानिसहरू गरिबीमा धकेलिनेछन् । सरकारको लापरबाही र केही टाठाबाठाहरूको ठगी धन्दाको सिकार बनेर लाखौं परिवार र साधारण नागरिकको बचत जोखिममा धकेलिएको छ । यसमा राष्ट्र बैंकको फितलो अनुगमन, सहकारीको नेतृत्व गर्ने राजनीतिक व्यक्तिहरूको बेवास्ता र सहकारीलाई सहकारीझैं चल्न बाध्य नपार्ने नियमनकारी निकायको लापरबाही मुख्य दोषी छ । ठूला बैंकहरूको ऋणमाथि सीमित व्यावसायिक घरानाको नियन्त्रण (टक्सार म्यागजिनका गजेन्द्र बुढाथोकीले गरेको अनुमानमा १०० परिवारका ६०० जति कम्पनीले ऋण प्रवाहको ६० प्रतिशत ओगटेका छन्) गर्ने र साना बचतकर्ताको बचतमाथि सीमित माइक्रो फाइनान्सवाला र सहकारीका टाठाबाठाले रजाइँ गर्ने भएपछि आम मध्यम वर्ग र गरिबहरूले संस्थागत ऋणमा पहुँच पाउने सम्भावना पनि भएन । उनीहरूको आर्थिक हितको संरक्षण हुने पनि भएन । क्रयशक्ति नभएका गरिबहरूको ठूलो संख्या हुने र राष्ट्रिय पुँजीपति वर्गले व्यवसायमा संरक्षण नपाउने अवस्थामा देशले स्वतन्त्र आर्थिक विकास गर्न सम्भव हुँदैन । नेपालको अविकासको दुश्चक्रको यो महत्त्वपूर्ण कारक हो ।एकातिर आर्थिक गतिविधि कम हुनु, रोजगारीका अवसर कम हुँदै जानु, महँगी बढ्नुÙ अर्कातिर ऋणले उठीबास लाग्नु तथा भएको बचत गुमाउन बाध्य हुनुले गरिबहरूलाई सताइरहेको छ । केही दिनअघि इलामका युवा व्यवसायी प्रेम आचार्यको आत्मदाह लगायतका घटनाले नेपालमा श्रम गरिखाने वर्ग मात्र हैन, उद्यम गरेर खान चाहने मध्यम तथा निम्नमध्यम वर्गसमेत उकुसमुकुसमा परिरहेको देखाउँछन् । सरकारले यो वर्गका समस्या बेलैमा समाधानको प्रयास गरेन भने देशले अर्को सामाजिक असन्तोषको लपेटो सामना गर्नु अनिवार्य छ ।
Opinion
10,956
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
https://gorkhapatraonline.com/news/83634
गोरखा,  कात्तिक १३ गते ।  लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।मन्त्रालयले अल्टिच्युड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उहाँको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिनुभयो ।रासस
News
48,989
एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/88386
काठमाडौं, मङ्सिर २२ गते।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताउनुभएको छ।  शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठुलो साँठगाँठ भएको दाबी गर्नुभएको हो।  उहाँले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको शेयर खरिद बिक्री नभएको बताउनुभयो।  उहाँले सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्ने बताउनुभयो।  उहाँले छानबिन समितिले यो प्रकरणलाई ढाकछोप गर्नसक्ने भन्दै त्यसको अनुगमन संसदीय समितिले गर्नुपर्ने बताउनुभयो।  उहाँले सो प्रकरणको ढाकछोप हुन खोजे संसदीय समितिले सो प्रयत्नलाई तोड्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘‘म के कुरा दाबाका साथ भन्नसक्छु, मेरो दाबा गलत हुनसक्छ कि एनसेलको सन्दर्भमा जे कुरा भएको छ, त्यो रातारात अहिले भएको होइन।  यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभइकन   यी प्रकरण भएको छैन।  यो गलत हो भन्ने कुरा लागेको भए सरकारलाई, सिधा कारबाहीको कुरामा जानुपर्थ्याे।  किनभने करको विषय भनेको त यति धेरै अधिकार दिएको आयकर ऐनले पनि, कर अधिकृतले पनि त्यसको बारेमा टुंगो लगाउन सक्छ। ’’ उहाँले सरकारले गठन गरेको समितिको काम हेर्ने जिम्मा नेता र संसद्को भएको बताउनुभयो।  ‘‘मन्त्रिपरिषद्ले निर्णय गरेर समिति बनाएको छ।  अब बल समितिको कोर्टमा छ। समितिले हेर्छ।  त्यो समितिले ठिक ढंगले काम गर्छ कि गर्दैन ? समितिको बनोटदेखि आफैँमा ठिक छ कि छैन ? यसलाई ढाकछोप गर्न पो समितिले लिएर जाने हो कि ? यो सबै फुस्सा बनाउनेतिर पो जाने हो कि भन्ने हो कि ? यसलाई कसले हेर्छ त ? यो समितिले हेर्नुपर्छ।  सरकारले समिति बनाएर हेरेको हुनाले त्यो समितिलाई त्यसले ठिक गर्‍यो कि गरेन, ठिक ढङ्गले गयो कि गएन ? न्यायोचित ढङ्गले हेर्नेगरी गएको छ कि छैन भनेर हेर्ने काम हाम्रो हो।  यो विषय हाम्रो क्षेत्राधिकारभित्र आयो’’, उहाँले भन्नुभयो। सांसद थापाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको प्रभावकारितामा ठूलो असर परिरहेको भन्दै यसतर्फ सङ्घीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।     
News
52,378
‘तिमीबिना जीवन’ सार्वजनिक
सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमीबिना जीवन’ सार्वजनिक भएको छ । गीतमा धु्रव विश्कोको शब्द तथा सङ्गीत, योगेशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ रहेको छ ।
https://gorkhapatraonline.com/news/68168
काठमाडौँ, असार ४ गते । सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमीबिना जीवन’ सार्वजनिक भएको छ । गीतमा धु्रव विश्कोको शब्द तथा सङ्गीत, योगेशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ रहेको छ ।सुदीप बरालको निर्देशन रहेको गीतमा सिमान्त र स्वरूप सुवाल देखिनुभएको छ भने गीतलाई टेकेन्द्र शाहले सम्पादन गर्नुभएको हो । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।   
News
44,174
पुरानै प्लटमा नयाँ प्रस्तुति
फिल्ममार्फत् निर्माण गर्न खोजेको भाष्य के हो, दर्शकलाई के देखाउन चाहन्छन् ? अधिकांश नेपाली फिल्मकर्मी यही प्रश्नको उत्तर दृश्यमा देखाउन चुक्छन् । भन्न खोजेको कुराप्रति प्रस्ट नभई बनाइएका फिल्महरूले दर्शकलाई कथासँग बाँधेर राख्न सक्दैन ।
https://ekantipur.com/entertainment/2022/11/09/166799919794916891.html
काठमाडौँ — फिल्ममार्फत् निर्माण गर्न खोजेको भाष्य के हो, दर्शकलाई के देखाउन चाहन्छन् ? अधिकांश नेपाली फिल्मकर्मी यही प्रश्नको उत्तर दृश्यमा देखाउन चुक्छन् । भन्न खोजेको कुराप्रति प्रस्ट नभई बनाइएका फिल्महरूले दर्शकलाई कथासँग बाँधेर राख्न सक्दैन ।फलस्वरुप केन्द्रीय द्वन्द्वमै फिल्म अलमलिन्छन् । तर, सम्राट बस्नेत निर्देशित फिल्म 'लाखे' भने केही हदसम्म दर्शकलाई कथासँग बाँधेर राख्न सफल भएको छ । थुप्रै फिल्मका प्लटहरू यसमा दोहोरिए पनि 'लाखे'को प्रस्तुतिकरणले दर्शकको ध्यान तान्छ ।देखाउन खोजेको कुरामा निर्देशक इमान्दार हुँदाको परिणाम बनेको छ, 'लाखे' । बैंक डकैतमाथि बनेका थुप्रै फिल्म हामीले हेरिसक्यौं । त्यसअर्थमा 'लाखे'को कथा नयाँ होइन । तर, फिल्मले प्रस्तुत गरेको विषयवस्तुमा कहीँ कतै नेपाली मुद्दा जोडिएको छ । थुप्रै दृश्य अनुमान गर्न सकिने भए पनि क्राइम विधामा बनेको फिल्मले दर्शकलाई कथासँग जोडेर राख्न सक्नु 'लाखे'को सफलता हो । फिल्मको पटकथा चुस्त छैन, संवादमा खासै दम भेटिँदैन । तर, फिल्मको कथा र पात्रहरूले दर्शकको ध्यान भड्किन दिँदैन । पटकथा र निर्देशनको साँठगाँठ अझै मजबुत भइदिएको भए 'लाखे' ‍औसतभन्दा माथि उठ्ने थियो । फिल्मले बैंक लुट्ने तीन पात्रहरूको कथा भन्छ । दीपशिखा बैंकमा काम गर्दै आइरहेका समीर महर्जन(सौगात मल्ल)लाई एकदिन अचानक बैंकिङ कसुरमा जेल सजाय सुनाइन्छ । यही घटनाले समीर छोरी र श्रीमतिबाट टाढिन्छन् । बिना गल्ती जेल सजाय भोगिरहेका समीरले त्यहाँ रक्की(आर्यन अधिकारी)लाई भेट्छन् । रक्की जेलका नाइके, उनीसँग सबै कैदी थरथर ! ठमेलका डन मेटल(अनुपविक्रम शाही)सँग पनि जेलमै भेट हुन्छ । जेलमै यी तीनले बैंक लुट्ने योजना बनाउँछन् । बैंक लुट्ने उनीहरूको योजना पूरा होला त ? 'लाखे'को कथा यही सेरोफेरोमा घुमेको छ ।जेलमा भेटिएका पात्रहरूबीच सुरु हुने मित्रता, उनीहरूले देख्ने सपना, बनाउने योजना थुप्रै फिल्ममा हेरिरहेकै हो । यसअघि देखिरहेकै यस्ता थुप्रै प्लटमा 'लाखे'को कथा उनिएको छ । तर, त्यही ‍पटकथाका दृश्यलाई मजबुत प्रस्तुत गर्न नसक्नु सम्राटको निर्देशकीय कमजोरी हो । झुठ्ठो मुद्दामा जेल सजाय भोग्नु परेका समीरमा आएको बदला भावलाई दृश्यमा खासै प्रस्तुत गर्न सकिएको छैन । त्यसैले फिल्म हेरुन्जेल समीरका लागि बैंक लुट्नुको कारण, रक्की र मेटललाई पैसाको आवश्यकता किन छ भन्ने कुरा दर्शकले खुट्याउनै सक्दैनन् । दर्शक आफैंले समीरको बदला भावलाई बुझिदिनुपर्छ । रक्की र मेटलको चरित्र चित्रणमा पनि लेखकले मेहनत गरेको देखिन्न । उनीहरूका पृष्ठभुमिमा कतै पैसाको आवश्यकता देखिँदैन । एउटा दृश्यमा समीरले १० वर्ष अगाडिको सपना पूरा गरिदिन्छु भन्दै रक्की र मेटललाई डकैतका लागि तयार गरिरहेका हुन्छन् । तर, यी दुई पात्रको पृष्ठभुमि खासै राम्रोसँग स्थापित हुन नसक्दा १० वर्ष अगाडिको उनीहरुको सपना के थियो भन्ने दर्शकलाई पत्तो हुँदैन । प्रमुख पात्रको पृष्ठभुमि स्थापितमै समस्या देखिँदा दर्शक लामो समय कथामा अडिन पाउँदैनन् । त्यस्तै समीरले रक्की र मेटलको विश्वास चाँडै जितेको दृश्य पनि पत्यारिलो छैन । यी दृश्यहरूमा निर्देशकको बलियो उपस्थिति भेटिँदैन । तर, फिल्मको कसिलो सम्पादन र कथ्य शैलीले दर्शकलाई फिल्मसँग जोडेर राखेको छ ।भीएफएक्स प्रयोगमा समस्या देखिन्छ । फिल्मको एउटा दृश्यमा पानी देखाउन प्रयोग गरिएको भीएफएक्स विश्वासिलो छैन । पानी छचल्किएको दृश्य त आँखामा बिझाउने किसिमले नै देखाइएको छ । अब पनि नेपाली दर्शकलाई यस्तै भीएफएक्समा अल्झाउन खोज्नु, नेपाली फिल्मले दर्शकको विश्वास गुमाउनु हो । 'लाखे'ले भीएफएक्सको दृश्यमा दर्शकको विश्वास जित्न सक्दैन । त्यस्तै फिल्ममा प्रयोग गरिएको 'तिम्रो पिरेम'बोलको गीतलाई भने जबर्जस्ती राखिएको देखिन्छ । यो गीतबिना पनि फिल्मको कथा अगाडि बढ्ने थियो । तर, 'खेला' शीर्षकको गीतले भने दर्शकलाई विषयवस्तुमा प्रवेश गराउन मद्दत मिल्छ ।यी कमजोरीहरूबीच पनि चरित्र चित्रणमा 'लाखे'टिमको मेहनत देखिन्छ । रक्की र मेटलको भूमिकामा आर्यन अधिकारी, अनि अनुपविक्रम शाही फिट लाग्छन् । उनीहरूको चरित्रले यी दुईलाई नै कुरेको देखिन्छ । उनी दुई चरित्रमा यत्ति सुहाउँदो देखिएकका छन् कि यी दुईबाहेक अन्यलाई यो चरित्र फिट नै हुँदैनथ्यो भन्ने लाग्छ । रक्कीको भूमिकामा आर्यनले गरेको अभिनय प्रशंसनीय छ । त्यस्तै, अनुपविक्रम शाही अन्य फिल्ममा भन्दा मेटलको भूमिकामा फरक देखिएका छन् । प्रशान्त ताम्राकारमा 'ऐश्वर्य' चरित्रको ह्यांग देखिन्छ । त्यस्तै, अभिनेता सौगात मल्लले समीरको निर्दोषपना र बदलाभावालाई अभिनयमार्फत प्रस्तुत गर्ने कोशिस गरेका छन् । तर, क्राइम विधाकै अन्य फिल्महरूमा देखिरहेकै दर्शकका लागि उनको चरित्रमा नौलोपन भेटिन्न । चरित्र सुहाउँदो भूमिकामा देखिएका अर्का कलाकार रोहित रुम्बा हुन् । 'आप्पा' चरित्रलाई पर्दामा उभ्याउन उनले गरेको अभिनयको तारिफ गर्न सकिन्छ । फिल्ममार्फत सुशील सिटौलाले भने आफ्नो अभिनयको दायरा बढाएको देखिन्छ । उनी प्रिन्सको भूमिकामा नौलो देखिएका छन् । उनको अभिनय दर्शकका लागि सरप्राइज बन्न सक्छ । अन्तमा, 'मनि हाइस्ट'का दर्शकका लागि 'लाखे' नयाँ विषय बन्न नसक्ला । तर, बैंक डकैतकै विषयलाई स्थानीय मुद्दा, स्थानीय पात्रसँग जोडेर भनिएको 'लाखे'को कथ्य शैलीले दर्शकलाई फिल्ममा बाँध्न सफल छ ।
Entertainment
7,880
दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता
निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
https://gorkhapatraonline.com/news/64503
काठमाडौँ, जेठ ३ गते । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउनुभयो। उहाँले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गर्नुभयो। “निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई डर लाग्न थालेको छ,” उहाँले भन्नुभयो, “मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु।”यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ। २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो। निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न यो विमानस्थलमा ३० अर्ब रुपियाँभन्दा बढी रकम खर्च भएको छ। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रूपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो। बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने हवाई यात्रुलाई लक्षित गरेर सञ्चालनमा रहेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। विमानस्थलको सञ्चालन खर्च उठाउन मात्रै दैनिक दुई अन्तर्राष्ट्रिय उडान आवश्यक पर्ने यो विमानस्थल सञ्चालनमा आएको एक वर्षमा ३५९ उडान तथा अवतरण भएका छन्। विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यका अनुसार पछिल्लो एक वर्षमा यहाँ १८० अवतरण र १७९ अन्तर्राष्ट्रिय उडान भएका छन्। उहाँले उक्त उडानबाट एक वर्षमा १४ हजार ७३९ हवाई यात्रुले ओहोरदोहोर गरेको बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यहाँ अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण, बिसान, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा थप एक वर्ष शतप्रतिशत छुट प्रदान गरिए पनि उडान गर्न अनुमतिको प्रव्रिmयामा कोही आएका छैनन्। यहाँ काठमाडौँबाट डाइभर्ट भएका कुनै जहाजसमेत अवतरण गरेका छैनन्।भैरहवामा मात्रै होइन, गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था झन् तल देखिन्छ। भैरहवा विमानस्थल सञ्चालन भएदेखि एक अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गरे पनि पोखरामा भने अझै एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पोखरा विमानस्थल प्रयोगमा विविध सेवा शुल्क निःशुल्क रहे पनि उडान अनुमतिको प्रव्रिmयामा एउटा पनि हवाई कम्पनीले चासो देखाएका छैनन्।  
News
38,062
ट्राइ–एड्भेन्चरमा आर्मीको क्लिन स्विप
सुरुमै ठाडो उकालो । त्यो पनि चट्टानमा । हात र खुट्टाले चट्टानमा बलियो पकड राखेरमात्रै हुँदैन, माथिबाट खस्न सक्ने ढुंगाबाट पनि जोगिनुपर्छ, जसका लागि हेल्मेट लाउनैपर्छ । हार्नेस र डोरीको सहयोगमा रक क्लाइम्बिङ गरेपछि डााडाको चेकपोस्ट नजिक पुग्न चारपाउ (हातखुट्टा) नटेकी सम्भव छैन ।
https://ekantipur.com/sports/2022/05/22/165318206558122730.html
जोमसोम — सुरुमै ठाडो उकालो । त्यो पनि चट्टानमा । हात र खुट्टाले चट्टानमा बलियो पकड राखेरमात्रै हुँदैन, माथिबाट खस्न सक्ने ढुंगाबाट पनि जोगिनुपर्छ, जसका लागि हेल्मेट लाउनैपर्छ । हार्नेस र डोरीको सहयोगमा रक क्लाइम्बिङ गरेपछि डााडाको चेकपोस्ट नजिक पुग्न चारपाउ (हातखुट्टा) नटेकी सम्भव छैन ।यसरी १ सय मिटर उक्लिएपछि ४.७५ किमिको ट्रेल रनिङ पूरा गरेपछि फेरि हार्नेस र डोरीको सहयोगमा कालीगण्डकी नदी तरेपछि १५.३५ किमि माउन्टेन बाइक हााक्नुपर्छ । अनि मात्रै जोमसोमको आर्मी ब्यारेकबाट सुरु भएको रेस चेकपोस्ट (माथि), कालीगण्डकी किनार, थिनिगाउा, ढुम्बालेक, मार्फा हुँदै जोमसोम बजार फर्कंदै २०.२ किमि पूरा गरी ब्यारेकमा टुंग्याइन्छ । समुद्री सतहदेखि २,७८० देखि ३,२०० मिटरसम्मको उचाइमा शनिबार आयोजित प्रधानसेनापति हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर प्रतियोगितामा सबैलाई उछिन्दै बाजी मारे त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाको टिमले ।१३ औं सागमा ट्रायथलनको स्वर्ण पदक जितेका हिमालले मानबहादुरसाग १ घन्टा १५ मिनेट २ सेकेन्डको कोर्स रेकर्ड बनाउादै हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरमा पहिलो स्थान हासिल गरे । यहाा हिमालले लगातार दोस्रो उपाधि जितेका हुन् । उनले वसन्त थारुसाग सहकार्य गर्दै तीन वर्षअघिको १ घन्टा १९ मिनेट ४२ सेकेन्डको कोर्स रेकर्ड यसपालि तोडेका हुन् । यो जोडी पहिलो संस्करण (२०७४ साल) मा दोस्रो भएको थियो । दोस्रो संस्करण (२०७६) मा मानबहादुर मिसनमा देशबाहिर गएपछि हिमालले वसन्तलाई सहकर्मी पाएका थिए ।‘कोर्स रेकर्ड बनाउने लक्ष्य थियो, त्यो पूरा भयो,’ १२ औं सागमा पनि रजत जितेका महेन्द्रगरका २९ वर्षे हिमालले भने, ‘प्रतिस्पर्धामा सुरुबाटै हामीले राम्रो गर्‍र्यौं । विशेषगरी साइक्लिङमा राम्रो भयो, जसले रेकर्डसहित उपाधि जित्न सजिलो बनायो ।’ नेपालगन्जका ३७ वर्षे मानबहादुरले बोले, ‘जोमसोमको चिसो र उचाइमा एक महिना तयारी गरेका थियौं । त्यसैले कोर्स रेकर्ड तोड्नेमा विश्वस्त थियौं । कोर्स रेकर्डसहित पहिलो हुँदा निकै खुसी लागेको छ ।’ नेपाली सेनाले साहसिक खेल (एड्भेन्चर स्पोर्ट्स) आठ वर्षअघि सुरु गरेको थियो । यसैका उत्पादन हुन् हिमाल र मानबहादुर ।तेस्रो संस्करणमा आएर अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरको खुला स्पर्धाको पदकमा आर्मीले क्लिन स्विप नै गर्यो । आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका चार टिम सहभागी थिए । चारै टिम शीर्ष चारमा रह्यो । १३ औं सागकै स्वर्ण विजेता वसन्त थारु र यो रेसका नयाँ खेलाडी नवराज न्यौपानेको टिम १ घन्टा १७ मिनेट १६ सेकेन्डसाथ दोस्रो भयो । तेस्रो स्थानका लागि चर्को प्रतिस्पर्धा भयो । कमल ओली र प्रेमसिंह मन्यालको टिम (१ घन्टा २१ मिनेट ३० सेकेन्ड) तेस्रो भयो भने ३२ सेकेन्ड पछाडि परेपछि सुरेश भुजेल र मुकेश थारुको टिम चौथोमा खुम्चियो ।अच्युतकृष्ण खरेल र कुमार तामाङ (स्कट एन्ड स्पेसलाइज्ड राइडर्स) ले आर्मीलाई चुनौती दिने प्रयास गरे । यो टिम १ घन्टा २२ मिनेट ५१ सेकेन्डसाथ पाँचौं भयो । हिमालयन ट्रेल बाइक्स (हिक्मत बिक र जोनाथन स्टेवार्ट/१ घन्टा ३५ मिनेट २ सेकेन्ड) छैटौं, भारतीय सेना (पिट्टु शिवकृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटे/१ घन्टा ३५ मिनेट ६ सेकेन्ड) सातौं र एथलेटिक पोखरा (विनोद सापकोटा र जगत ढोली/१ घन्टा ४१ मिनेट १६ सेकेन्ड) आठौंमा रहे । ब्रिटिस गोर्खा (सुन्दर शेरचन र नवीन श्रेष्ठ) र नेपाल कायक क्लब (दीपकराज भट्ट र रन्जन काडेल) समान १ घन्टा ५२ मिनेट २१ सेकेन्डसाथ शीर्ष दसमा अटाए । विदेशी तीन देशका (बेलायत, बंगलादेश र भारत) टिमको प्रतिस्पर्धामा सबैभन्दा अगाडि रहेर भारतीय उत्कृष्ट सेनाले अन्तर्राष्ट्रिय टिमको अवार्ड जिते ।हुमी र इन्द्रकलाको रेकर्डहाइअल्टिच्युड ट्राइ एड्भेन्चरमा महिलातर्फ पनि कोर्स रेकर्ड बन्यो । हिमालयन गर्ल्सका हुमी बुढामगर र इन्द्रकला नेम्वाङले १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड निकाल्दै आफ्नो विधामा पहिलो स्थानन हासिल गरे । उनीहरूले एपीएफका निर्जला ताम्राकार र सोनी गुरुङको १ घन्टा ४५ मिनेट ५४ सेकेन्डको रेकर्ड तोडेका हुन् ।‘साइक्लिङमा केही डर लागेको थियो तर सबै राम्रो भयो र कोर्स रेकर्डसहित पहिलो भयौं,’ प्युठानकी २३ वर्षीया हुमीले भनिन् । उनी १३ औं सागकी रजत विजेता हुन् । उनकी धराने सहकर्मी इन्द्रकलाले भनिन्, ‘हामी दुवै ट्रेल रन हौं । हामीले लक्ष्यअनुसारकै समय निकालेर उपाधि जितेका छौं । यो अल्टिच्युडमा आएर सफलता हात पार्नु गौरवको कुरा हो ।’आर्मीका उषा खनाल र मन्जुकुमारी खड्का (१ घन्टा ५० मिनेट ३६ सेकेन्ड) दोस्रोमा रहे । १३ औं सागमा रजत हात पारेका हुमी र उषाको जोडी दोस्रो संस्करणका उपविजेता हुन् । आर्मीकै अर्को टिम (केशरी थापामगर र सुधा राई) २ घन्टा १८ मिनेटसाथ तेस्रो भयो । महिलातर्फ ५ र खुलामा १७ गरी कुल २२ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा दुई खेलाडी थिए । दुवै खेलाडीले क्लाइम्बिङ, रनिङ र साइक्लिङ गर्नुपर्छ । दुई खेलाडीमध्ये अन्तिममा दूरी पार गर्नेको समय नै प्रतिस्पर्धामा निर्णायक हुने गर्छ । जोमसोमको अल्टिच्युडमा अभ्यस्त हुनका लागि विदेशी टिम जेठ २ र स्वदेशी खेलाडीहरू जेठ ४ गते आइपुगेका थिए ।खुलातर्फ विजेता टिमले ३ हजार अमेरिकी डलर (करिब १ लाख २४ हजार रुपैयाँ), दोस्रोले २ हजार र तेस्रोले १ हजार डलर प्राप्त गरे । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ हात पारे । विजेतालाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतले पुरस्कृत गरे ।
Sports
20,362
नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् । ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।
https://gorkhapatraonline.com/news/108161
काठमाडौँ, जेठ ४ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् ।ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।यसअघि ब्युरोले आइटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, वसन्त पाण्डे र बिर्जुकुमार चौधरीलाई पक्राउ गरेको थियो । यी ११ जना नै विभाग र मातहतका कार्यालयमा अस्थायी करार कर्मचारीका रूपमा कार्यरत रहेको र उनीहरूको मिलेमतोमा ठुलो सङ्ख्यामा नक्कली लाइसेन्स वितरण भएको पाइएको बोगटीले जानकारी दिनुभयो ।गत पुस २१ गते इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रेजिस्ट्रेसन सिस्टम (इडिएलभिआरएस) प्रणालीमा शङ्कास्पद रूपमा भण्डारण भएका तथ्याङ्कबारे छानबिन गर्न समिति गठन भएको थियो ।विभागको सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा बनेको समितिमा विभागका शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, बोधराज बराल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहाल सदस्य रहनुभएको छ ।समितिले तयार पारेको प्रतिवेदनमा देशभरका विभिन्न यातायात कार्यालयबाट एकभन्दा बढी नक्कली लाइसेन्स जारी गरेको खुलेपछि विभागले विस्तृत अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो । नक्कली लाइसेन्स जारी गर्दा कार्यालयका कर्मचारी र बिचौलियाबिचको मिलेमतोमा माइग्रेटेड एपमार्फत जारी भएको पाइएको छ ।  नक्कली लाइसेन्स बनाउने समूहले कार्यालयमा दर्ता भएका तर नवीकरण नगर्ने जस्ता सेवाग्राहीको लाइसेन्स, बिदेसिएकाको लाइसेन्स, मृत्यु भएकाका लाइसेन्समा रहेको विवरण मेटाएर नयाँ विवरण राखी जारी गरेको पाइएको छ ।   
News
50,599
समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा
सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्। सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
https://gorkhapatraonline.com/news/24611
काठमाडौँ, भदौ २६ गते । सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्।सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ। तत्कालीन यातायात सेवा समितिमा एक गाडी एक मताधिकार हुन्थ्यो। अनि समितिको चल अचल सम्पत्तिमा पनि सबै व्यवसायीको समान हक लाग्थ्यो। सयौँ व्यवसायीले दुःख–कष्ट सहेर जोडेको सम्पत्तिमाथि केही व्यक्तिको मात्रै भोगाधिकार रहेकोबारे व्यवसायीले पाँच वर्षपछि मात्रै जानकारी पाएको बताएका छन्। सेवा समितिलाई यातायात कम्पनीमा रूपान्तरण गर्दा तत्कालीन पदाधिकारीकै नाममा साबिकको सम्पत्ति स्थानान्तरण गरेर कम्पनी दर्ता भएका छन्। कोटेश्वर पूर्व जाने करिब एक दर्जन यातायात सेवा समिति कम्पनीमा रूपान्तरण हुँदा १० जनाभन्दा कम सदस्य राखिएको छ। काठमाडौँको कोटेश्वर पूर्व चल्ने तत्कालीन काभ्रे मिनिबस सेवा समितिका १८० वटा गाडी अहिले पनि नियमित सञ्चालनमा छन्। काभ्रे पुण्यमति सेवा प्रालिका नाममा रूपान्तरित काभ्रे मिनिबस सेवा समितिका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन पदाधिकारी तथा अन्य सदस्य नौ जनाको नाममा सरेको छ। त्यस्तै तत्कालीन काभ्रे बस सेवा समितिले कम्पनीमा रूपान्तरण गर्दा पाँच जनाको नाममा मात्रै कम्पनी दर्ता गरेको छ। सो कम्पनीका १८० भन्दा धेरै बस सञ्चालनमा छन्। काठमाडौँदेखि सिन्धुपाल्चोकसम्म यातायात सेवा दिने हेलम्बु यातायात सेवा समितिले १० जना सञ्चालक राखेर कम्पनी दर्ता गरेको छ। सो कम्पनीमा ७० वटा बस र अरनिको राजमार्गको बनेपाखण्डमा आफ्नै भवन छ।हिमाल तराई यातायात समितिले पनि नौ जनाको नाममा मात्रै कम्पनी दर्ता गरेको छ। नेपाल यातायात व्यवसायी महासङ्घमा आबद्ध भएका २९१ समितिमध्ये १२५ वटा कम्पनीमा गएर आफ्नो बैङ्क रोक्का फुकुवा गराएको कार्यालय सचिव रमेश महराले जानकारी दिनुभयो। कम्पनी दर्ता भएको लामो समयपछि मात्रै व्यवसायीले वास्तविकता थाहा पाएर विरोध गर्न थालेपछि समितिका पदाधिकारीले कम्पनीको सेयरबारे दसैँसम्म केही कुरा बाहिर नल्याउनू भन्ने आश्वासन दिन थालेका छन्। कोटेश्वर पूर्वका चारवटा समितिमा गाडी रहेका व्यवसायी रामप्रसाद गौतम र गणेश अधिकारीले यस विषयमा खुलेर विरोध गर्नुभयो। आफूहरूले यस्तो गलत कार्यको विरोध गर्दा ‘दसैँसम्म केही कुरा बाहिर नल्याउनू’ भन्ने आश्वासन दिएर मुख बन्द गर्न लगाएको व्यवसायी गौतमले बताउनुभयो। चार वर्षसम्म व्यवसायीलाई गुमराहमा राखेर अहिले आएर यस्तो कुरा गर्नुमा तत्कालीन समितिका पदाधिकारीको गलत आसय रहेको उहाँले आरोप लगाउनुभयो। यातायात सेवा समितिको स्वामित्वमा रहेको घर–जग्गा तथा बैङ्क मौज्दात रूपान्तरित कम्पनीमा जाने भएपछि नेतृत्व लोभिएर हजारौँ व्यवसायीले जोडेको सम्पत्तिको भोगाधिकार सीमित व्यक्तिको हातमा पु-याएको आरोप कोटेश्वर पूर्वमा लामो समयदेखि विभिन्न समितिमा गाडी सञ्चालन गरिरहेका व्यवसायी अधिकारीले बताउनुभयो। उहाँले १२५ भन्दा धेरै तत्कालीन सेवा समितिमा आबद्ध साना तथा व्यवसायी तथा स्वरोजगार मजदुरले ‘क्यु महसुल’ तिरेर जोडेको सम्पत्तिमाथि सीमित व्यक्तिको एकाधिकार मान्य नहुने बताउनुभयो। उहाँका अनुसार कम्पनीमा जाँदा तयार पारिएको कागजात पनि किर्ते छ। उहाँले भन्नुभयो, “कम्पनीमा जाँदा वर्षाैंदेखि सार्वजनिक गाडी चलाइरहेका यातायात व्यवसायीका गाडी भाडामा चलाइएको कागज खडा गरिएको छ। त्यो गलत हो।” बीमा कम्पनीले बीमा गरेबापत तथा व्यवसायीले नयाँ गाडी खरिद गरेबापत गाडी निर्माता कम्पनीले दिने कमिसनको रकमसमेत कम्पनीका पदाधिकारीको हातमा पर्ने उहाँले बताउनुभयो।यसअघि भने त्यस्तो रकम सिधै यातायात व्यवसायीले छुटबापत पाउने गरेका थिए। केही रकम भने यातायात सेवा समितिको आम्दानीका रूपमा दाखिला हुने गरेको थियो। तर सो रकम केही वर्षयता कम्पनी सञ्चालकका नाममा जाने गरेको अधिकारीले बताउनुभयो। कम्पनीमा गएपछि अध्यक्ष र प्रबन्ध निर्देशक हुनुपर्नेमा अझै अधिकांश समितिमा पदाधिकारी रहेको र यो कार्य कम्पनी ऐनविपरीत रहेको उहाँले दाबी गर्नुभयो। २० देखि १२ हजार सदस्य रहेका तत्कालीन सेवा समिति कम्पनीमा रूपान्तरण हुँदा पाँचदेखि नौ जनासम्मको सञ्चालक समिति हुने गरेर कम्पनी खोलिएको अधिकारीले दाबी गर्नुभयो। सबैभन्दा धेरै दुई सय जना सदस्य राखेर कम्पनी दर्ता गरेको पूर्वअरनिको यातायात सेवा प्रालिसँग ५८३ वटा गाडी दर्ता छन्।) उसले पनि ३८३ जना सेयर सदस्यलाई लुकाएर कम्पनी खोलेको छ। त्यसको सम्पत्तिमाथि बहुमत गाडीधनीले भोगाधिकार गुमाएका छन्।    
News
61,654
नेपाल साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा
नेपालले वुमेन्स साफ च्याम्पियनसिपको फाइनल बुधबार प्रवेश तय गरेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा ४-० ले पराजित गरेको हो ।
https://ekantipur.com/sports/2019/03/20/155306226393054587.html
काठमाडौँ — नेपालले वुमेन्स साफ च्याम्पियनसिपको फाइनल बुधबार प्रवेश तय गरेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा ४-० ले पराजित गरेको हो ।नेपाल प्रतियोगिताको इतिहासमा फाइनल पुगेका यो चौथो पल्ट हो । प्रतियोगिताका पाँच संस्करणमध्ये नेपाल एकै अवसरमा मात्र सेमिफाइनलमै रोकिएको छ । यसपल्ट नेपालले कुनै पनि गोल नखाएर फाइनल यात्रा तय पारेको हो ।अहिलेसमम नेपालले उपाधि भने जितेको छैन् । यस्तोमा अब नेपालसामु आफ्नै भूमिमा पहिलो पल्ट उपाधि चुम्ने अवसर हुनेछ । नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पहिलो हाफमा बलियो रक्षापंक्तिको नमुना पेस गरेपनि त्यसलाई खेलको अन्त्यसम्म कायम राख्न सकेन् । श्रीलंकामाथि नेपालको यो लगातार जित हो ।नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरिन् । उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन् ।दोस्रो गोल अनिता वस्नेतको नाममा रह्यो र यो ७३ औं मिनेटमा सम्भव भयो । सावित्री भण्डारीले ८२ औ मिनेटमा हेडबाट तेस्रो गोल थपिन् । रेखा पौडेलले ८६ औं मिनेटमा चौथो गोल गरिन् ।
Sports
27,734
गाउँसभामा जनप्रतिनिधिको विरोध
बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।
https://gorkhapatraonline.com/news/68713
गोविन्द शर्माबाँके, असार ८ गते । बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् । उहाँहरुले गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा घेराउ गर्नुभएको छ । वडा अध्यक्ष मिश्रले कानूनसम्मत माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको एमाले नेता शकिल अहमद खानले जानकारी दिनुभयो । चैतमा वितरण हुनुपर्ने भत्ता हालसम्म वितरण नभएको आन्दोलनमा उत्रिएका जनप्रतिनिधीको भनाइ छ । यसअघि एमाले र जनता समाजवादीबाट निर्वाचित वहुमत कार्यपालिका सदस्यहरुले संयुक्त आन्दोलन गरेका कारण चालु आवमा ६ महिना ढिलोगरी गाउँसभा भएको थियो । अहिले जसपाबाट निर्वाचित जनप्रतिनिधीलाई साथमा लिएर बहुमतका आडमा अध्यक्ष नरेन्द्र चौधरीले बलमिच्याइ गरेको खानले आरोप लगाउनुभयो । पहिलो चरणमा माग पूरा नभए दोस्रो चरणमा थप कार्यक्रम गरिने एमालेले जनाएको छ । अध्यक्ष चौधरीले सबै पक्षलाई मिलाएर गाउँपालिका चलाउन खोज्दा अवरोध हुनेगरेको बताउनुभयो ।  
News
55,472
सार्वजनिक संस्थानमा सुशासन
नेपालको संविधानले जनताको मौलिक अधिकारका रूपमा स्थापित गरेको खानेपानी वितरण, व्यवस्थापन र सहज उपलब्धतालाई राज्यले ध्यान दिन सकेको छैन । सहज, सरल र आवश्यकताका आधारमा पानी दिने गरी स्थापना भएको कार्यालयहरूले भने जस्तै सेवा दिन नसकेको अवस्था छ । सबै नागरिकको पहुँच र आफ्नै पहलमा सम्पूर्ण कार्य गर्न नसक्ने अवस्था स्पष्ट देखिन्छ ।
https://gorkhapatraonline.com/news/64611
नेपालको संविधानले जनताको मौलिक अधिकारका रूपमा स्थापित गरेको खानेपानी वितरण, व्यवस्थापन र सहज उपलब्धतालाई राज्यले ध्यान दिन सकेको छैन । सहज, सरल र आवश्यकताका आधारमा पानी दिने गरी स्थापना भएको कार्यालयहरूले भने जस्तै सेवा दिन नसकेको अवस्था छ । सबै नागरिकको पहुँच र आफ्नै पहलमा सम्पूर्ण कार्य गर्न नसक्ने अवस्था स्पष्ट देखिन्छ । संविधानमा व्याख्या र दिएको अधिकारलाई नेपालका मुख्य सहरमा नेपाल खानेपानी संस्थानले सेवा गरिरहेको छ । संस्थानले सुधार गर्नुपर्ने विषय बृहत् हुँदै गएको छ । नेपालको संविधान, २०७२ ले मौलिक हकमा विभिन्न ३२ वटा धारामा सबै नागरिकलाई समान ढङ्गले लागु गराउने उद्देश्यले प्रस्तुत गरिएको विषय हुन् । धारा ३५ उपधारा ४ मा स्पष्ट लेखिएको “प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ” भए पनि सबै किसिमको सेवा प्रवाह हुन सकेको छैन । राज्यले चाह्यो भने सबै पूरा हुन्छ तर भएको व्यवस्थालाई समेत बेवास्ता गरेर उत्तरदायित्वबाट पन्छने शैली नेपालमा पुरानै रोग हो । अब यस्तो छुट कसैलाई छैन । चाहे जस्तो कठिन परिस्थिति किन नआओस् । यसो भनिरहँदा नेपाल खानेपानी संस्थानले देशभर २३ वटा शाखा कार्यालयबाट देशकै सहरी क्षेत्रका उपभोक्तालाई सेवा प्रवाह गरिरहेको छ । वर्षायाम र हिउँदयाममा फरक पर्ने पानी वितरण प्रणाली सुधार गर्न कार्यालय मात्र लागेर नसकिने अवस्था छ । जसका लागि नयाँ थप आयोजना तथा योजना आवश्यक पर्दछ । आयोजना निर्माण नगरेसम्म पानीको उचित व्यवस्थापन हुन सक्दैन । भूकम्पपछि पहाडी जिल्लामा पानीको स्रोत सुक्ने, पानीको मुहान परिवर्तन हुनेलगायत समस्या पैदा भएको छ भने सहरी क्षेत्रमा नयाँ नयाँ बस्ती निर्माण हुनुले पानीको माग बढेको छ । यस अर्थमा पानीको क्षेत्र व्यापक भए पनि राज्यले आवश्यक प्रबन्ध मिलाएको छैन । सार्वजनिक संस्थान धराशायी २०४६ सालपछि स्थापना भएका सार्वजनिक संस्थानहरू धराशायी बन्दै गएका छन् । करिब २४–२५ वटा संस्थान घाटामा सञ्चालन भइरहेको छ । यसको अर्थ राज्यको ध्यान नपुगेकै देखिन्छ । उच्च पदका कर्मचारीले राजनीतिक भर्ती केन्द्रमा बढावा दिँदा समस्या पैदा भएको हो । राजनीतिक दलले राख्ने स्वार्थले थपिएको समस्या समाधान गर्न पुनः २०४६ देखि राम्रोसँग नियाल्नु जरुरी छ । निजीकरणको चपेटामा रहेको सार्वजनिक संस्थान दिनानुदिन कमजोर बन्दै जानु कार्यरत कर्मचारी पनि हुन् । कर्मचारीको दक्षता, क्षमता र अनुशासन मुख्य विषय हुन् । कर्मचारीको मनोभावमा मनोदशा बनाएर खेल्नेहरूले खेलिरहँदा आएको समस्या समाधान नगर्नु राज्य कमजोर भएको प्रमाणित पनि हो । अनेकन् समस्यामा जिम्मेवार निकायले ध्यान नदिँदा निजीकरणबाट फाइदा लुट्न पल्केकाको सञ्जालबाट समेत सार्वजनिक संस्थानमा असर परिरहेको छ । समस्या करार र ज्यालादारी नेपाल सरकारले खर्च घटाउने बहानामा देशभरका विभिन्न कार्यालयमा अस्थायी प्रकृतिको कर्मचारीबाट सेवा लिँदै आएको छ । मन, वचन र कर्मले सेवा गर्ने नेपाली नागरिकलाई राज्यले उपेक्षा गरेकै कारण सार्वजनिक संस्थान धराशायी बनेका हुन् । कामको आधारमा राज्यले श्रमिकलाई उचित पारिश्रमिक र स्थायी नगरेसम्म समस्या समाधान हुने देखिँदैन । करार सेवामा काम गर्दा कार्यालयले जिम्मेवारी प्रदान गर्न सक्दैन, चाहँदैन । यसको कारण श्रमिकको मनोबल घटेर जान्छ । मनोबल घटेको कर्मचारीले दिने सेवामा कार्यालयले सन्तुलित अवस्था खोज्न सक्दैन । विश्व परिवेशमा श्रमिकमैत्री राज्य नभएसम्म कुनै पनि देशको गतिविधि उचित नभएको अवस्था छ । श्रमिकलाई केन्द्रमा राखेर खोलिएको सङ्घ÷सङ्गठन पनि स्वार्थमा बिक्दा समस्या पैदा भएको छ । यस्तो प्रकृतिमा काम गर्ने श्रमिकको उचित व्यवस्थापन नभएसम्म नेपाल खानेपानी संस्थानमा सुधार हुने सङ्केत देखिँदैन । सञ्चालक समिति नियुक्तहरेक कार्यालयमा सम्बन्धित मन्त्रालयले सञ्चालक समितिमा राजनीतिक नियुक्ति गरेको छ । राजनीति गर्ने व्यक्ति निष्पक्ष, स्वतन्त्र र क्षमतावान् नहुँदा समस्या पैदा भएको छ । राजनीतिक दलले कसको क्षमता कस्तो छ ?, विगतको पृष्ठभूमिमा के देखिन्छ भन्ने हेक्का नराखी आर्थिक स्वार्थलाई केन्द्रमा राखेर गरिने यस्ता नियुक्तिले समस्या पैदा गर्दै आएको छ, यही भएर सार्वजनिक संस्थान धराशायी बन्दै गएको हो । आर्थिक लेनदेनको आधारमा हुने नियुक्तिले पनि संस्था खस्किएका छन् । तत्काल फाइदा होला, योजना नभएको, राजनीतिमा ठाउँ नपाएको, स्वच्छ छवि नभएको, मैले खाए त भइहाल्यो नि भन्ने मानसिकता बोक्ने जो कोहीबाट यस्ता अनेकन् सकारात्मक अपेक्षा राज्यले राख्न सक्दैन र अपेक्षा पूरा पनि हुँदैन । फजुल बैठक भत्ता, अनावश्यक शाखागत भ्रमण र कर्मचारी भिडाउने शैली, व्यवस्थापनलाई दोहन गर्ने कुनै पनि सञ्चालक समितिबाट कुनै पनि कार्यालयले सकारात्मक गति पाउँदैन । खानेपानी संस्थानले पनि यस्तै नियति भोगिरहेको आभास हुन्छ । खानेपानी संस्थानमा विनियमावली नेपाल खानेपानी संस्थानमा विनियमावली प्राप्त गर्न नसकेको १०–११ वर्ष भयो । कुनै पनि कार्यालय राम्रोसँग चल्न, कर्मचारीको उचित व्यवस्थापन गर्न, स्वच्छ र प्रभावकारी सेवा दिन कर्मचारी नै मुख्य मेरुदण्ड हुन् । विनियमावलीको अभावमा संस्थानमा कार्यरत झन्डै सात सय कर्मचारी मर्कामा परेका छन् । भएको कार्यालयमा प्रभावकारी सेवा दिन कर्मचारीको अभाव त छँदै छ, त्यसमा पनि करिब चार सयको सङ्ख्यामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी विगत ३० वर्षसम्म एउटै पद, एउटै सेवा अनि करारमै काम गर्दा कस्तो अवस्था हुन्छ ? खै व्यवस्थापनको ध्यान गएको? मितव्ययिताको खाँचो खानेपानी संस्थानमा आर्थिक मितव्ययितालाई ख्याल राखिएको छैन । संस्थानको स्रोत र साधनको उचित प्रयोगमा ल्याउन सक्नु पर्छ । देशभरका विभिन्न शाखा कार्यालय तथा प्रधान कार्यालयमा भएको खर्च तथा शाखा कार्यालयमा हुने फजुल खर्चलाई निरुत्साहित बनाउन व्यवस्थापन लाग्नु पर्छ । कमिसन र आर्थिक लेनदेनमा हुने सबै प्रकारको कारोबार रोक्न सक्नु नै नमुना कार्यालय स्थापना हुनु हो । सामान्य कार्यव्रmम गर्दासमेत भएको खर्च कटौती गर्ने हो भने संस्थानमा कार्यरत कर्मचारीलाई समान सेवा र सुविधा प्रदान गर्न सक्षम हुन्छ । व्यवस्थापनले एउटै प्रकृतिको काम गर्दा हुने असमान सुविधालाई समायोजन किन गर्दैन ? आज खानेपानी संस्थानमा तीन प्रकृतिको कर्मचारी र एउटै प्रकृतिको काममा असमानता कहिलेसम्म ? प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको छ । मनपरी ढङ्गबाट गरिने खर्चले शासक बन्ने महìवाकाङ्क्षा र निम्नस्तरका बोल्न नसक्ने कर्मचारीबिच विभेद अन्त्यका लागि गरिनुपर्ने पहल व्यवस्थापनबाट नहुनु दुःखद पक्ष हो । खानेपानी संस्थानलाई बलियो र प्रतिस्पर्धी कार्यालय बनाउन सबै ढोका खुला राखेर, कर्मचारीमैत्री कार्यालय स्थापना गरेर, उपभोक्तामैत्री व्यवहार र कार्यशैली प्रस्तुत गरेर अघि बढ्नुको विकल्प छैन । संस्थानले अनुशासन महाशाखा स्थापना गरेर, खरिद महाशाखा स्थापना गरेर, तालिम शाखा विस्तार गरेर, आर्थिक पारदर्शितालाई केन्द्रमा राखेर सबै ढोका खोल्नु पर्दछ । समान कामको समान ज्यालाको मुद्दा पुरानो हो तर यहाँ आजसम्म कमिसनको खेलले अनेकन् समस्या पैदा गरिरहँदा टुलुटुलु हेरेर बस्ने आमकर्मचारी पनि त्यसको दोषी हो । संस्थानमा व्रिmयाशील युनियनले गरेको सम्झौता कार्यान्वयन नहुनु, मन्त्री र सचिवलाई खुसी बनाउन संस्थानलाई दाउमा राख्नु, भएको विषय स्पष्ट ढङ्गबाट प्रस्तुत नगर्नु, आर्थिक लाभलाई ध्यान दिँदै कर्मचारीलाई जिम्मेवारी, सरुवा तथा बढुवासमेत हुनु, कर्मचारीमैत्री व्यवहार र उचित जिम्मेवारी केन्द्रदेखि शाखासम्म नहुनु, शाखाबाट केन्द्रमा कामको सिलसिलामा कर्मचारी पुग्दासमेत आर्थिक दृष्टिकोणले व्यवहार हुनुलगायत अनेकन् समस्या समाधान नभएसम्म संस्थानको गति अघि बढ्न सक्दैन । जबसम्म सुशासन र मितव्ययितालाई ध्यान दिइँदैन, तबसम्म हरेक कार्यालयको अवस्था नराम्रो दिशातर्फ अघि बढिरहन्छ । लेखक नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । 
News
47,028
गण्डकी गाउँपालिका अध्यक्षद्वारा पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण
गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/21930
गाेरखापत्र अनलाइनगोरखा, साउन २८ गते । गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक  दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।निर्वाचनको बेला शिक्षालाई प्राथमिकता दिने भनेर आफूले जनतालाई वचन दिएकाले भत्ता तथा सेवा सुविधामार्फत प्राप्त रकम विद्यालयलाई दिएको उहाँले जानकारी दिनुभयो । ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्राथमिकता दिन्छु भनेको थिएँ ’ उहाँले भन्नुभयो  ‘त्यसैले निर्वाचनपश्चात् कार्यसमितिसँग छलफल गरेर भत्ता तथा सेवा सुविधामार्फत प्राप्त भएको ३६ हजार २०० रुपियाँ मैले विद्यालयलाई दिएको हो ।’आफू पहिले यही विद्यालयमा अध्ययन गरेर राजनीतिक क्षेत्रमा आइपुगेको तथा गाउँपालिकाभित्रको नमुना विद्यालय भएकाले पनि अनुदानस्वरुप रकम दिएको उहाँले बताउनुभयो ।अहिले उक्त विद्यालयमा चेपाङ छात्राबास सञ्चालन भइरहेको छ । सो छात्राबास सञ्चालनमा केही सहयोग मिलोस् भनेर अनुदान दिएको उहाँको भनाइ छ ।आफूले दिएको रकमले त्यहाँ अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पढाइमा टेवा पुगी उच्च शिक्षा हासिल गर्न सहज हुने उहाँले अपेक्षा राख्नुभएको छ ।
News
43,105
लुम्बिनीमा २० वटा औद्योगिक ग्राम बन्दै
लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ । सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ ।
https://gorkhapatraonline.com/news/23493
घोराही समाचारदाताघोराही, भदौ १५ गते । लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ । सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । त्यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिएको छ । यी औद्योगिक ग्राममध्ये केही निर्माणाधीन अवस्थामा छन् भने केही तयारीमा रहेको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृत बालकृष्ण गैरेले जानकारी दिनुभयो । औद्योगिक क्षेत्र घोषणा भएका स्थानीय तहले सङ्घीय सरकारसँग समन्वय गरेर कार्यान्वयनका लागि अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । औद्योगिक ग्राममा लघु, घरेलु तथा साना उद्योग सञ्चालन हुने उहाँले बताउनुभयो । “औद्योगिक ग्राममा ठूला उद्योग रहँदैनन्, लघु, घरेलु तथा साना उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो । औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सहयोग पुग्ने र उद्योग स्थापनाले रोजगारी सिर्जनासँगै जनताको आर्थिकस्तरमा समेत सुधार गर्ने विश्वास व्यक्त गरिएको छ । आव २०७६÷७७ देखि लागू हुने गरी सरकारले हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने नीति अगाडि सारेको थियो । औद्योगिक ग्राम स्थापनाका लागि तराईमा सात बिघा जमिन, पहाडी क्षेत्रमा ३५ रोपनी र हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा २५ रोपनी जग्गा हुनुपर्ने न्यूनतम मापदण्ड तोकिएको छ । औद्योगिक ग्राम घनाबस्तीदेखि न्यूनतम एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था छ ।    
News
40,371
कर प्रणाली सुधार गर्नसके करिब तीन खर्ब राजस्व थपिन्छ : मल्लिक प्रतिवेदन
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने देखाएको छ ।
https://gorkhapatraonline.com/news/112450
हेमन्त जोशी काठमाडौँ, असार ३ गते । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने देखाएको छ । विभिन्न वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानी गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर लगाइनुपर्ने, सामाजिक सुरक्षा करमा परिमार्जन गर्नुपर्ने, नगद भुक्तानीको सीमा घटाएर डिजिटल भुक्तानीको सीमा बढाइनुपर्नेलगायत सुझाव समितिले दिएको हो ।सरकारको वि.सं.२०८० भदौ २९ गतेको निर्णयानुसार विद्याधर मल्लिकको अध्यक्षतामा गठन भएको चार सदस्यीय समितिले गत फागुनमा प्रतिवेदन बुझाएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार कर प्रणाली सुधारका लागि स्थायी बोर्ड गठन, प्रभावकारी न्याय निरुपण संयन्त्र निर्माण, विभिन्न कानुनी, नीतिगत तथा प्रक्रियागत सुधारलगायत सुझाव आएका छन् । कर प्रणाली सुधारका लागि सिफारिस गरिएका सुझावको प्रभावकारी कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा एक कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको छ । समितिले तयार पारेको कार्ययोजनामा उल्लिखित सुधारहरु कार्यान्वयन हुन सकेमा कर प्रणालीमा सुधार भई सरकारले प्रक्षेपण गरेको भन्दा करिब दुई खर्ब ९१ अर्ब थप राजस्व सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ । समितिमा लक्ष्मण अर्याल, प्रा.डा.रामप्रसाद ज्ञवाली र श्यामप्रसाद दाहाल सदस्य हुनुहुन्थ्यो ।कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिका अध्यक्ष विद्याधर मल्लिक पर्याप्त अध्ययन र क्षेत्रगत रुपमा हिसाब गरेरै करिब तीन खर्बको राजस्व थप गर्न सकिने सम्भावना प्रतिवेदनमा राखिएको बताउनुहुन्छ । “आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, भन्सारलगायतका कुन क्षेत्रमा कति राजस्व उठाउन सक्ने सम्भावना छ भनेर हिसाब गरेरै यो तथ्याङ्क राखिएको हो”, अध्यक्ष मल्लिक भन्नुहुन्छ, “विभिन्न कर छुट खारेज गरिनुपर्ने सुझाव समितिले दिएको छ । यो कठिन कार्य भएपनि असम्भव होइन ।”आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको बुँदा नम्बर तीन सय १९ मा कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै लगिने उल्लेख छ । सरकारको यो प्रतिवद्धताले ढिलो चाँडो प्रतिवेदन कार्यान्वयन हुनेमा आफु आशावादी रहेको अध्यक्ष मल्लिक बताउनुहुन्छ । “प्रतिवेदनले दिएका सुझाव एकैपटक कार्यान्वयनमा लैजानुपर्छ भन्ने पनि होइन । सरकारले कार्यान्वयन गर्छु भनेको छ । तीनदेखि पाँच वर्षभित्र कार्यान्वयन गर्नसके राम्रो नतिजा देखिन्छ”, उहाँले भन्नुभयो ।समितिका सदस्य एवम् पूर्व सचिव लक्ष्मण अर्याल प्रतिवेदनमार्फत् दिइएका सुझाव कार्यान्वयन गर्न सके तत्काल करिब तीन खर्ब थपिने दाबी गर्नुहुन्छ । “यो प्रतिवेदन कार्यान्वयनमा गयो भने अहिलेकै अवस्थामा करिब तीन खर्ब राजस्व थपिने देखिएको छ । दीर्घकालमा अझ बढी थपिन्छ । त्यो कसरी र कहाँबाट सम्भव छ भनेर प्रतिवेदनमा स्पष्टरुपमा उल्लेख छ”, उहाँले भन्नुभयो । प्रतिवेदन कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको भए पनि सरकारले यस्तो संयन्त्र हालसम्म बनाइसकेको छैन । त्यस्तै, स्थायी प्रकृतिको स्वायत्त राजस्व बोर्ड गठन गर्ने, करसम्बन्धि न्यायिक निरुपणका लागि छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने, कर प्रशासनसँग सम्बन्धित कामहरु राजस्व समूहका कर्मचारीमार्फत् गर्नेलगायतका सुझाव समितिले दिएको छ । नेपालको भ्याटको दर विश्वको औसत भ्याटदर भन्दा कम भए पनि आगामी पाँच वर्षसम्म यो एकल दरलाई स्थिर राख्ने एवं कर छुटको अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी कर छुट हटाई कराधारको विस्तार गरिनुपर्ने सुझाव समितिले दिएको छ । हाल भ्याटमा कूल कर छुट करिब दुई खर्ब बराबर देखिएकोले तत्कालै समयवद्ध रुपमा कर छुटको प्रणालीलाई न्यून करका दर र केही वस्तु तथा सेवामा कर खर्च प्रणालीमा लैजाने व्यवस्था गरिनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । “अबको पाँच वर्षभित्रमा सबै प्रकारका कर छुटका प्रबन्ध खारेज गर्नुपर्दछ । प्राकृतिक विपत्ति, महामारी, काबु बाहिरको परिस्थिति सिर्जना भएमा र समष्टिगत आर्थिक सङ्कटहरु देखिएको अवस्थामा मात्र सरकारले कानुन बनाएर कर छुट दिनसक्ने गरी व्यवस्था गर्ने र हाल अभ्यासमा रहेका आर्थिक ऐनबाट दिइने सबै प्रकारका राजस्व छुटको व्यवस्थालाई हटाउनु पर्दछ”, प्रतिवेदनमा भनिएको छ ।स्वास्थ्य तथा वातावरणलाई हानी तथा प्रकृतिजन्य वस्तुको संरक्षणका लागि अन्तःशुल्क वृद्धि गर्ने र अन्य वस्तुमा लागेको अन्तःशुल्क क्रमशः हटाउँदै जाने नीति लिइनुपर्ने सुझाव समितिको छ । कार्बन उत्सर्जन गर्ने, अतिरिक्त अन्तःशुल्क लाग्ने वस्तु तथा सेवामा हरित करको अवधारणा बमोजिम प्रणालीको विकास गर्ने र अन्तःशुल्क लागेका वस्तुलाई हरित करको क्षेत्रमा लैजानुपर्ने सुझाव छ । आर्थिक विधेयक २०८१ मार्फत् सरकारले पेट्रोलियम तथा कोइलाजन्य वस्तुको आयातमा हरित कर लगाउन सुरु गरिसकेको छ ।मुलुकको आर्थिक अवस्थामा सुधार आएसँगै आयकरका दर घटाउन पनि समितिले सुझाव दिएको छ । “संस्थागत आयकरको दरलाई प्रत्येक वर्ष एक प्रतिशतले कम गरी हालको २५ प्रतिशतबाट २० प्रतिशतमा ल्याई १० वर्षको लागि यो करको दर स्थिर राख्ने नीति घोषणा गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ, “व्यक्तिगत आयकरका तीन वटा दर कायम गर्नेगरी पुनरावलोकन गर्ने र व्यक्तिगत आयकरको अतिरिक्त कर (सरचार्ज) समेतको दर संस्थागत आयकरको दर भन्दा पाँच विन्दुले मात्र बढी कायम गर्नुपर्ने देखिन्छ ।”मदिरा तथा सुर्तिजन्य र बैंक तथा वित्तीय संस्थालाई तोकिएको ३० प्रतिशतको संस्थागत करको दरलाई यथावत राखी यस वर्गमा रहेका अन्यको हकमा क्रमशः २५ प्रतिशतको दर कायम गर्नुपर्ने सुझाव आएको छ । त्यस्तै, निर्यातमूलक व्यापार तथा व्यवसायलाई आयकरको दर १० प्रतिशत र अन्य सबै व्यवसायको संस्थागत आयकरको दर २० प्रतिशत कायम गरिनुपर्ने प्रतिवेदनमा जनाइएको छ । प्राकृतिक व्यक्तिको ५० लाख भन्दा माथिको ब्याज, लाभाङ्श र दीर्घकालीन पुँजीगत लाभमा कर क्रमशः १० प्रतिशत पुर्याउनुपर्ने निष्कर्ष समितिको छ । धितोपत्र खरिद विक्रीको लाभमा तीन सय ६५ दिनभन्दा बढी अवधिको लागि साढे सात प्रतिशत र सो भन्दा घटी अवधिको हितको निसर्गमा १० प्रतिशत करको दर कायम गरिनुपर्ने एवं कूल कारोबारको दुई प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न पनि सुझाव गरिएको छ ।सामाजिक सुरक्षा करमा पनि परिमार्जन गर्न समितिले सरकारलाई सुझाव दिएको छ । “हाल कायम रहेको एक प्रतिशतको सामाजिक सुरक्षा करलाई खारेज गरी व्यक्तिगत करयोग्य आयमा छुट बापतको रकम घटाइ सुरुको १० वर्षसम्म तीन प्रतिशतबाट सुरु गरी त्यसपछि क्रमशः यसलाई पाँच प्रतिशतको दरले सामाजिक सुरक्षा योगदान कर लगाई दिगो रुपमा सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ ।लगानीमैत्री कर प्रणाली, करको आधार एवं दायराको विस्तार र राष्ट्रिय कराधारको संरक्षणका लागि नेपालको कर प्रणालीमा सुधारको खाँचो औंँल्याइएको छ । “करका दर, कानुनी प्रबन्ध र कर प्रणालीका प्रक्रियागत व्यवस्थामा नीतिगत स्थिरता दिनुपर्ने देखिन्छ”, प्रतिवेदनमा उल्लेख गरिएको छ, “समानता कायम गर्ने, उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने कर नीतिको प्रमुख लक्ष्य निर्धारण गरी तदनुकूल सङ्घीय राजस्व नीति र दीर्घकालीन कर सुधारको समयबद्ध कार्य योजना बनाइ कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।”अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा सुधार तथा कर तटस्थताको सिद्धान्तलाई अनुपालन गर्न पनि सरकारलाई सुझाव दिइएको छ । घरजग्गा, शेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री एवम् सम्पत्ति निसर्ग बमोजिमको वार्षिक कारोबार अङ्ग तथा कारोबारको पटक सङ्ख्याको सीमा निर्धारण गरी त्यस्तो बिक्री-निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मानी करारोपण गर्न र प्राकृतिक व्यक्तिले वार्षिक ४० लाख भन्दाबढीको आयको अनिवार्य रुपमा आयविवरण दिने व्यवस्थाको अनुपालनामा जोड दिन सुझाव गरिएको छ ।विद्यमान ११ तहको भन्सार दरलाई छ तहमा झार्ने र त्यसपछिका वर्षमा तीन चरणमा गरी शून्य, १० र २० स्लाबहरुमा सीमित राख्नुपर्ने समितिको सुझाव छ । सार्वजनिक संस्थानले जगेडा राख्नुपर्ने वैधानिक कोषको लागि आवश्यक रकम छुट्याइ बाँकी सबै रकम लाभाङ्श आयको रुपमा नेपाल सरकारले प्राप्त गर्न व्यवस्था मिलाउन पनि सरकारलाई समितिले सुझाएको छ ।डिजिटल अर्थतन्त्रको विस्तार र यस क्षेत्रमा कराधारको विस्तारमा ध्यान दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “नेपाली कम्पनीले सफ्टवेयरलगायत विद्युतीय सेवा विदेशमा निर्यात गरेमा त्यस्तो कारोबारको आयमा आगामी दश वर्ष सम्मलाई निकासी सरहको दर कायम गर्ने, विदेशमा रहेका नेपालीले विकास गरेका सफ्टवेयर आदिको खरिदमा सरकारले प्राथमिकता दिने व्यवस्था गर्ने र विद्युतीय माध्यमबाट सिधैँ वस्तु तथा सेवाको आपूर्ति गर्ने गैर बासिन्दालाई नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने प्रबन्ध मिलाउनुपर्दछ”, समितिको सुझावमा भनिएको छ, “विद्युतीय लाग्ने कर, मूल्य अभिवृद्धि कर र सूचना प्रवाहको आयतनको आधारमा विद्युतीय डाटा कर लगाउन र यस क्षेत्रमा लाग्दै आएको मौजुदा करको पुनःसंरचना गर्नुपर्दछ । अन्तर्राष्ट्रिय भुक्तानी गेट-वे प्रणालीलाई सहज बनाउने र मोबाइल वालेट तथा फोन पेको अधिकतम सीमा तत्कालै बढाइनुपर्छ ।”अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन भुक्तानी कार्ड, विद्युतीय माध्यम र चेकबाट गरिने भुक्तानीलाई प्रोत्साहित गरी नगद भुक्तानी क्रमशः घटाउँदै लान भनिएको छ । “हालको दश लाखसम्मको नगद भुक्तानी गर्न पाउने रकमको सीमालाई पाँच लाखमा ल्याउनुपर्दछ । साथै, बैंकिङ कारोबारलाई प्रबद्र्धन गर्ने र बैंक खातामा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिने गरी प्रबन्ध गर्नुपर्दछ”, सुझावमा भनिएको छ ।कर प्रणालीको सुधार र सक्षमताको लागि राजस्व संरचना र प्रणालीमा तत्काल आवश्यकता टड्कारो रुपमा देखिएको सन्दर्भमा सङ्घीय राजस्व बोर्डको गठनको प्रक्रिया थाल्न ढिला भइसकेको समितिले औँल्याइएको छ । करदाता र सरकार दुवैकोहित संरक्षण गर्न सक्ने गरी कर विवादको स्थायी समाधान गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रासस  
News
34,162
गोलका भोका रोनाल्डो र सिक आमनेसामने
पछिल्लो युरोमा सबैभन्दा बढी ५ गोल गर्ने खेलाडी थिए क्रिस्टियानो रोनाल्डोसँगै प्याट्रिक सेक । युरो २०२४ को समूह ‘एफ’ को खेलमा मंगलबार फेरि यिनै दुई खेलाडीको भेट हुनेछ, जतिबेला पोर्चुगलले चेक गणतन्त्रको सामना गर्नेछ ।
https://ekantipur.com/sports/2024/06/18/goal-hungry-ronaldo-and-cic-face-to-face-05-54.html
काठमाडौँ — पछिल्लो युरोमा सबैभन्दा बढी ५ गोल गर्ने खेलाडी थिए क्रिस्टियानो रोनाल्डोसँगै प्याट्रिक सेक । युरो २०२४ को समूह ‘एफ’ को खेलमा मंगलबार फेरि यिनै दुई खेलाडीको भेट हुनेछ, जतिबेला पोर्चुगलले चेक गणतन्त्रको सामना गर्नेछ ।चेक गणतन्त्रका प्याट्रिक सिक र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । कोभिड–१९ ले प्रभावित गरेको त्यो युरोमा सबैभन्दा बढी गोल गरेका यी खेलाडीको काँधमा यसपल्ट यस्तै जिम्मेवारी हुनेछ, टिमका लागि गोल गर्ने । रोनाल्डो आफ्नो खेलजीवनको अन्तिम युरो खेलिरहेका छन् । तर, उनको अझै पनि गोलको भोक भने मेटिएको छैन । रोनाल्डो ३९ वर्षका भए । उनी आफ्नो खेल जीवनको छैटौं युरो खेलिरहेका छन् । उनी युरोपका ठूला लिग छाडेर साउदी अरेबियाको प्रो–लिग पुगिसके । तर, अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रभाव अझै उत्तिकै छ, लय कायमै छ । उनी युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी थिए । छनोटमा उनले १० गोल गरे । अल–नासरका लागि गत सिजन उनले ३१ गोल गरेका थिए । प्रतियोगिताकै पूर्वसन्ध्यामा आयरल्यान्डविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा पनि रोनाल्डोले दुई गोल गरे । सन् २०१६ मा उनले पोर्चुगलका लागि युरो जिते । उनी अझै यो उपाधि फेरि जित्न चाहन्छन् । आठ वर्षअगाडिको युरोको फाइनलमा रोनाल्डोले भने खेल्न पाएनन् । त्यसपछिका दुई–दुई विश्वकप र युरोमा उनले पोर्चुगलका लागि थप जादुयी प्रदर्शन गर्न सकेनन् । सन् २०२० को युरोमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो । अहिलेको पोर्चुगाली टिम धेरै हदसम्म युवा खेलाडीले भरिएको छ । तर टिममा रोनाल्डो मात्र होइन, ४१ वर्षीय डिफेन्डर पेपे पनि छन् । एकसेएक प्रतिभाभाली खेलाडीले भरिएको टिम हुनाले जर्मन भूमिमा पोर्चुगल उपाधिका लागि उत्तिकै बलियो प्रत्याशी रहेको छ । यसको प्रमाण त छनोटमै देखिएको छ, किनभने त्यस छनोटमा पोर्चुगलले सबै दसै खेलमात्र जितेन, ३६ गोल पनि गरेको थियो । टोलीविरुद्ध दुई गोल मात्रै भयो । तर, प्रशिक्षक रोबर्टो मार्टिनेजलाई के राम्रोसँग थाहा छ भने खेलाडी असाध्यै प्रतिभाशाली हुँदा उपाधि जित्ने भने होइन । बेल्जियमका प्रशिक्षकका रूपमा उनले यस्तै अनुभव बटुलेका छन् । उनी भन्छन्, ‘हामीसँग २३ खेलाडी छन्, सबै उत्तिकै महत्त्वका । रोनाल्डो भने विशेष रहनेछन्, किनभने उनी बाँकी खेलाडीलाई राम्रोसँग खेल्न प्रेरित गर्न सक्षम छन् ।’ मार्टिनेज के पनि मान्छन् भने ड्रेसिङ रुमलाई उत्साहित र सकारात्मक राख्न रोनाल्डो जत्तिको माहिर खेलाडी कोही पनि छैनन्, त्यसैले उनको उपस्थिति नै पोर्चुगलका लागि ठूलो हो । अर्कोतर्फ सन् २०२० मा सर्वाधिक आकर्षक गोल गरेका सिक चेक आक्रमणको केन्द्रमा रहनेछन् । पछिल्लो संस्करणमा उनले मैदानको बीच भागबाट स्कटल्यान्डविरुद्ध गोल गरेका थिए । छनोटमा अल्बानियापछि चेक दोस्रो स्थानमा रहेको थियो । सिकले त्यस छनोटका अन्तिम केही खेल खेलेनन्, किनभने उनी चोटग्रस्त रहे ।तर जर्मन बुन्डेसलिगाको गत सिजनमा उनको प्रदर्शन उच्च रह्यो । त्यसकै सहयोगमा बायर लेभरकुजनले क्लब इतिहासमै पहिलो पटक उपाधि जित्यो । जर्मन भूमिमा खेलेको अनुभव सिकका लागि मात्र होइन, चेक टिमकै लागि पनि फाइदाको विषय हुनेछ ।
Sports
13,262
महिला विद्रोहको कथा [भिडियो]
युवावस्थामै श्रीमान् वा श्रीमती गुमाएकाहरूलाई अहिलेको समाजले के भन्छ ? उत्तर सजिलो छ– ‘उमेर काट्न गाह्रो छ, चल्दोमिल्दो हेरेर जोडी बाँध्नुपर्छ । विगत सम्झेर भविष्य चल्दैन ।’ नेपाली समाज यति उदार हुन थालेको धेरै वर्ष भएको छैन । जीवनसाथीको असामयीक अवसान भोग्नलाई एक्लै कष्टकर जीवन बाँच्न बाध्य पार्ने समाज कस्तो थियो ? पुरुषका लागि सहज भए पनि महिलाका लागि निकै असहज थियो । त्यही परिवेश बुझाउँछ फिल्म- ‘जार' ले ।
https://ekantipur.com/entertainment/2022/07/07/165717887322439798.html
सिलिगुडी — युवावस्थामै श्रीमान् वा श्रीमती गुमाएकाहरूलाई अहिलेको समाजले के भन्छ ? उत्तर सजिलो छ– ‘उमेर काट्न गाह्रो छ, चल्दोमिल्दो हेरेर जोडी बाँध्नुपर्छ । विगत सम्झेर भविष्य चल्दैन ।’ नेपाली समाज यति उदार हुन थालेको धेरै वर्ष भएको छैन । जीवनसाथीको असामयीक अवसान भोग्नलाई एक्लै कष्टकर जीवन बाँच्न बाध्य पार्ने समाज कस्तो थियो ? पुरुषका लागि सहज भए पनि महिलाका लागि निकै असहज थियो । त्यही परिवेश बुझाउँछ फिल्म- ‘जार' ले ।राणाकालीन नेपाली समाजको कथा दार्जिलिङका इन्द्रबहादुर राईले वर्षौंअघि लेखेका हुन् । जसलाई धेरैअघि खगेन्द्र लामिछानेले नाट्य रूपान्तर गरेका थिए । नाटक निर्देशन गरेका थिए, सुनील पोखरेलले । अहिले भने दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाले उक्त कथालाई फिल्मी रूपान्तरण गरेका छन् । पोस्ट प्रोडक्सनको काम अन्तिममा पुगेको फिल्म प्रदर्शनको तयारीमा छ । ‘फिल्म छिटै रिलिज हुनेछ,’ सिलिगुडीमा भेटिएका लामाले भने, ‘हामी फिल्म फेस्टिभल मोडेलमा रिलिज गर्ने योजनामा छौं ।त्यसो हुँदा दुई वर्षभन्दा अघिदेखि ‘जार’ कुरेर बसेका सीमाना वारिपारिका दर्शकले तत्काल फिल्म हेर्न पाउने देखिँदैन । खासगरी यो फिल्ममा त्यो समयको कथा छ, जुन समयमा श्रीमान् छाडेर दोस्रो बिहे गर्ने साहस प्राय: महिलाहरूमा विरलै हुन्थ्यो । ‘जीवनका दुविधा र दु:खभन्दा पनि प्रेम मुख्य कुरा भएकाले प्रेमको जित निश्चित हुन्छ भन्ने भाव कथाले बाकेको छ,’ निर्देशक लामा भन्छन्, ‘दोस्रो बिहे गर्ने विद्रोही महिलाको कथा पनि यसले भन्छ ।’खासमा लामा र उनको टिमले सन् २०२० बाटै फिल्म निर्माण थाल्ने निधो गरेको थियो । तर, कोभिड–१९ संक्रमणको महामारी अचानक आइलागेपछि योजना बिथोलियो । ‘प्रि–प्रोडक्सन स्टेजमा थियौं, स्क्रिप्ट फाइनल भइसकेको थियो । अरू पनि धेरै काम सकिँदै गएको थियो,’ लामाले अनुभव साटे, ‘कोभिडले त चौपटै पारिहाल्यो नि !’कोभिड महामारी नआएको भए अहिले फिल्म रिलिज भइसक्ने थियो । त्यति मात्रै हैन, पर्यटकीय गन्तव्य घान्द्रुकमा फिल्म छायांकन हुने थियो । तर, कोभिडले आवागमन असहज भयो । अन्तत: सिक्किमको एक गाउँलाई घान्द्रुक मानेर फिल्म छायांकन भयो ।फिल्म निर्माणको योजनामा कोभिडपछि धेरै परिवर्तन भयो । सबैभन्दा बढी असर बजेटमा पर्‍यो । करिब ८५ लाख भारु लगानी फिर्ता भयो । ‘लगानीकर्ताले बीचैमा हात झिकिदिए,’ लामाले भने, ‘जसको आड भरोसामा काम गरेका थियौं उनैले हात झिकेपछि चौपट त हुने नै भयो ।’ बनारसकी अनिता देले काँध थापेपछि चाहिँ बल्ल फिल्म निर्माण सुरु भयो ।सुरुमा कथामा भए जस्तै असली बाघलाई फिल्म देखाउने योजना थियो । कजाकिस्तानतिर गएर खिच्ने योजना थियो । ‘अन्तिममा लाइभ एनिमल नगर्ने भइयो । कम्प्युटर ग्राफिक्समा करिब आधा करोड खर्च लाग्यो,’ उनले भने । फिल्मको ९० प्रतिशत काम सकिएको छ । ‘सोचेभन्दा ढिलो भयो, तर यो समयमा रिवर्क पनि गर्दै छौं,’ लामाले थपे, ‘ढिलो भएकोमा दु:ख छैन, राम्रैका लागि भएको छ, गल्ती कमजोरी सुधार्दै छौं । अब करिब २/३ महिनामा फाइनल हुन्छ ।’लामाले बलिउड र हलिउडमा फिल्मी अनुभव बटुलिसकेकी सिक्किमकी गीताञ्जली थापालाई फिल्ममा डेब्यु गराएका छन् । लामाको पनि ठूलो पर्दाको यो डेब्यु फिल्म हो । यसअघि उनीसँग ‘एक ढाकर जीवन’, ‘माछाको मोल’, ‘गोर्खे जिप’ र ‘भाले जुदाई’ आदि फिल्म निर्माण गरेको अनुभव थियो । फिचर फिल्मको अनुभवचाहिँ पहिलो हो । गीताञ्जलीसँग उनको पुरानै चिनापर्ची थियो । केही वर्षअघि पनि उनले गीताञ्जलीलाई एक फिल्मको स्क्रिप्ट पठाएका थिए । उनले मन पराएकी पनि थिइन् । तर, फिल्मचाहिँ बन्न पाएन । जार गर्ने भएपछि दिमागमा गीताञ्जलीकै अनुहार नाच्यो । ‘स्क्रिप्ट पठाएँ, उनले ओके गरिन्,’ लामाले भने, ‘नेदरल्यान्डबाट आएर फिल्ममा काम गरिन् ।’करिब १५ वर्षदेखि फिल्म निर्माणमा संलग्न लामाको व्यावसायिक मसला फिल्मभन्दा पनि विषय प्रधानप्रति बढी रुचि छ । विगतमा दार्जिलिङमा प्रताप सुब्बा, तुलसी घिमिरेहरूको दबदबा थियो । अहिले सेङपेन खिमसर, फुर्वा लामाहरू नयाँ सोच र योजनाका साथ उदाएका छन् । अमेरिकामा बस्दै आएका खरसाङका सेङपेन खिमसरले गोर्खाल्यान्ड आन्दोलनसँग सम्बन्धित ‘ब्रोकेन विङ्स’ फिल्म निर्देशन गरेका छन् ।
Entertainment
7,977
खुकुलो मौद्रिक नीतिले अर्थतन्त्र सुध्रिने अनुमान
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।
https://gorkhapatraonline.com/news/92497
काठमाडौँ, पुस २६ गते । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो । नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा धेरै हो भने दक्षिण एसियाली औसतको तुलनामा भने कम हो । विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा धिमा गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ । त्यस्तै विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद अर्थतन्त्र सुधार गरेको भारतका कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । जुन् सन् २०२३ को लागि अनुमान गरिएको ५.७ प्रतिशतभन्दा सामान्य मात्र कम हो ।दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ । यस वर्ष यस क्षेत्रमा बाह्य माग पनि बढ्ने अनुमान गरिएको छ । सार्वजनिक लगानी तथा सुधारिएको कर्पोरेट वासलातका कारणका भारतीय अर्थतन्त्रले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । आयातमा गरिएको प्रतिबन्धले निजी लगानी प्रभावित हुने र मुद्रास्फीतिका कारण व्यक्तिगत उपभोग घट्दा बङ्गलादेशको अर्थतन्त्रको वृद्धिदर केही घटेर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आवमा बङ्गलादेशले ६ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।  मौद्रिक नीतिमा गरिएको कडाइ र वित्त नीतिसँग पनि सामञ्जस्य नदेखिँदा पाकिस्तानको अर्थतन्त्र भने १.७ प्रतिशतमा सीमित रहने अनुमान छ । यो दर गत वर्षको ०.२ प्रतिशतको नकारात्मक वृद्धिदरको तुलनामा भने उल्लेख्य सुधार हो । श्रीलङ्काको अर्थतन्त्र अझै पनि अनिश्चित नै रहेको छ । बाह्य ऋणले थलिएको श्रीलङ्काली अर्थतन्त्रमा गर्न थालिएको ऋणको पुनर्संरचनालगायतका कामले श्रीलङ्काको अर्थतन्त्र निर्धारण गर्ने देखिएको छ । यस्तो परिस्थितिबिच पनि श्रीलङ्काले १.७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । सन् २०२४ मा श्रीलङ्काको वृद्धिदर ३.८ प्रतिशतले नकारात्मक रहने अनुमान छ ।पर्यटनमा आधारित लगानीका कारण माल्दिभ्सको अर्थतन्त्रले ५.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने र नयाँ जलविद्युत् परियोजनाका कारण भुटानको अर्थतन्त्रमा अर्को आर्थिक वर्षमा भने उल्लेख्य सुधार हुने प्रक्षेपण छ । चालु आवमा भने भुटानको अर्थतन्त्रमा प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ ।अर्थतन्त्र सुधारको अनुमान गरिएको दक्षिण एसियाली अर्थतन्त्र चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी मध्यपूर्वमा देखिएको विवाद तथा द्वन्द्वका कारण ऊर्जा र खाद्यको मूल्य बढ्ने तथा विकसित अर्थतन्त्रको नीतिगत दर बढ्न सक्ने अवस्थाका कारण त्यसको जोखिम दक्षिण एसिया क्षेत्रले पनि बेहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ । बढ्दो बाह्य सहायता, मौसमजन्य कारण तथा व्यापार साझेदारसँग घट्दो व्यापार पनि यस क्षेत्रको अर्थतन्त्र प्रभावित पार्ने अर्को कारणका रूपमा उल्लेख गरिएको छ । त्यस्तै केही मुलुकमा हुने निर्वाचनका कारण बढ्न सक्ने अनिश्चितताले पनि अर्थतन्त्रमा त्यसको असर देखिन सक्ने अनुमान छ । 
News
35,673
बक्सिङ टोली फुकेट जाने
थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
https://ekantipur.com/sports/2022/03/31/164874336602786009.html
काठमाडौँ — थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।उनीहरूसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट जाँदै छ । अप्रिल १ देखि १० सम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडी प्रतिस्पर्धी छन् । पुरुषमा १३ औं सागका स्वर्ण विजेता भूपेन्द्र थापामगरले ६३ केजी तौल समूह, महिला ४८ केजीमा सुस्मा तामाङ, ५१ केजीमा १३ औं सागकी स्वर्णधारी मीनु गुरुङ, ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रकाश थापामगर तथा निर्णायकमा रेफ्री/जज धनकुमार मैनाली छन् ।
Sports
20,799
मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष
धनुषा जिल्लाकी मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष हुनुभएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियानको संयोजकत्वमा प्लान इन्टरनेशनललगायतको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुसँगको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तरगत उहाँ शुक्रबार गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष बन्नुभएको हो ।
https://gorkhapatraonline.com/news/81890
काठमाडौँ, असोज २६ गते । धनुषा जिल्लाकी मनीषा पण्डित एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष हुनुभएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियानको संयोजकत्वमा प्लान इन्टरनेशनललगायतको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुसँगको सहकार्यमा गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत उहाँ शुक्रबार गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष बन्नुभएको हो । महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बालिका मनीषा पण्डितलाई अध्यक्ष पदको जिम्मेवारी दिंदै यस महासङ्घले नेपालका ४६० गाउँपालिकाको विकासका लागि विश्वका अन्य देशका गाउँ, नगरको विकासको प्रकृतिबारे अध्ययनका साथै नेपालको माटो सुहाउँदो योजनाहरु कार्यान्वयनको काम गर्ने समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालका सबै गाउँपालिकालाई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खेलकुद, जन्मदर्तालगायतका बालअधिकारमैत्री बनाउन महासङ्घले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।सो अवसरमा एक दिनका लागि गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष बन्नुभएकी मनीषा पण्डितले सबै गाउँपालिकालाई बालमैत्री, पोषणमैत्री, युवामैत्री बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुषा जिल्लाकै चन्चल मण्डल राष्ट्रिय बालअधिकार परिषद्को एक दिनका लागि उपाध्यक्ष बन्नुभएको थियो । परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।   उपाध्यक्ष बानियाँले राष्ट्रिय बालअधिकार परिषद्को स्थापनाको उद्देश्य र लक्ष्य कार्यक्रमबारे जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउने प्रयत्नको सराहना गर्नुभयो । उहाँले बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनललगायत बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले सञ्चालन गरेको कार्यक्रमले बालबालिकामा जिज्ञासा तथा प्रश्न गर्ने क्षमताको विकास भएको भन्दै खुुसी व्यक्त गर्नुभयो । बालबालिका शान्ति क्षेत्र अभियानका महासचिव तिलोत्तम पौडेलले बालबालिकाको सर्वाङ्गीण विकास र अधिकारबारे जागरण फैलाउने क्रममा उनीहरुको नेतृत्व विकासको अभ्यासका लागि गरिएको गर्ल्स चाइल्ड टेक ओभर कार्यक्रमले बालिका/किशोरीमा नेतृत्वदायी क्षमताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले यस कार्यक्रमले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र उहाँहरुले नेतृत्वदायी पदमा रहेर निर्वाह गर्नुपर्ने भूमिकाको साङ्केतिक अभ्यासको थालनी भएको बताउनुभयो । प्लान इन्टरनेशनलका लक्ष्मी चौधरीले परम्परादेखि नै विभेद खेप्दै आएका बालिका/किशोरीलाई अब यस विकृतिविरुद्ध लड्दै नीति निर्माण तहको नेतृत्व ग्रहण गर्न सिक्नुपर्छ भन्दै सो संस्थाले बालिका दिवसको अवसरमा विगत वर्षदेखि नै एक दिनका लागि नेतृत्व लिन प्रेरित गर्दै आएको बताउनुभयो ।  
News
42,126
५० वर्षअघि फर्कँदै रसिक
एउटा समय थियो, गीत–संगीतको स्वर्णिम युग भनेर कहलिएको समय । लोक, आधुनिक सबै विधामा उम्दा गीत–संगीतको माहोल चम्किएका बेला भोजपुरे गायक गणेश रसिक उदाएका थिए– आजभन्दा ५० वर्षअघि ।
https://ekantipur.com/entertainment/2023/09/21/169529742574446041.html
काठमाडौँ — एउटा समय थियो, गीत–संगीतको स्वर्णिम युग भनेर कहलिएको समय । लोक, आधुनिक सबै विधामा उम्दा गीत–संगीतको माहोल चम्किएका बेला भोजपुरे गायक गणेश रसिक उदाएका थिए– आजभन्दा ५० वर्षअघि ।‘यो नेपाली ठिटो’, ‘कुखुरी काँ, बासीभात खाँ’, ‘नखेल्नु जुवा र तास’, ‘घरबेटी नानी’, ‘मसँग एउटा तारा छ’ जस्ता दर्जनौं गीतसंगीतका नेपाली स्रोतामाझ चिनिँदै गएका उनै रसिक सिंगो जीवनको निचोड सम्झाउने गरी रसिक साँझ लिएर आउने भएका छन् । सिर्जनाको स्वर्णिम युग मात्रै होइन, उमेरकै स्वर्णकाल नाघेपछिका केही कलाकारको साथ र त्यति नै पुराना गीतसंगीतको भर परेर रसिक शनिबार(असोज ६) राष्ट्रिय नाचघरको सभाकक्षमा देखा पर्ने भएका छन् ।‘मसँग एउटा तारा छ मायाकोेयसलाई एउटा आकाश देऊमसँग एउटा डुँंगा छ ह्दयकोयसलाई एएटा सागर देऊप्रखर कवि बाशु शशीको यो कवितात्मक गीतलाई रसिकले २०२८ सालमा संगीत भरेका थिए । कवि शशीकै सामु थुप्रैपटक यो गीत सुनाएका थिए, गायिका कमला श्रेष्ठका साथमा । आज ५३ वर्षपछि यही गीत युवा पुस्ताकी गायिका झुमा लिम्बूका साथमा फेरि गाउनेछन् अर्का गायक ठूले राईले, रसिकको बितेको समय र संघर्षलाई सम्झेर ।अर्का भोजपुरे प्रतिभा हिरण्य भोजपुरेसँगको मितेरीमा खुलेको ‘लेकाली समूह’मा रहेर वा एक्लै पनि रसिक जेजति सिर्जनशील बन्न सके, त्यसमा जोडिएका धेरै कलाकार आज यो जगतमै छैनन् । इन्द्रनारायण, शशी भण्डारी, कमला श्रेष्ठ, तीर्थ शेरचन जस्ता कलाकार आज छैनन् ।लेकाली अभियन्तामध्ये हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठ लामो समयदेखि अमेरिकावासी बनेका छन् । ‘म पनि त्यही स्वर्णिम समय र उमेरको कलाकार परें, आज फेरि रसिक साँझमा जोडिन पाएको छु,’ पुराना गायक किरण प्रधानले भने–‘यो साँझ इतिहासको स्मरण मात्रै जोडिएको छैन, सम्मान पनि गाँसिएको छ ।’ प्रधानले यसअघि २०४५ सालमा रेकर्ड गराएको रसिकको गीत ‘घर छाडी परदेश लाग्दा’ फेरि पनि रसिक साँझमा गाउनेछन्, ३५ वर्षपछि । छिनामखु सरोकार समाजले आयोजना गर्न लागेको रसिक साँझका बारेमा समाजका सल्लाहकार उद्धव राईले ‘अग्रज पुस्ताका स्रष्टाको सम्मानमा अनुकरण गर्न सकिने तहको सांगीतिक उत्सव मनाइने’ तयारी भइरहेको बताए । यस्तै, गायक शम्भु राई, सूर्य थुलुङ, सत्यकला राई, रुपक चौधरी, सन्जय तुम्रोक, साजन राईसहितका गायकले रसिकका एक दर्जनभन्दा बढी गीतमा स्वर भर्नेछन् । रसिकले भने आफ्नो भोजपुर, घर नजिकैको ट्याम्के डाँडाको बयानमा खुबै चलेको ‘हाम्रो घरबाट ट्याम्के डाँडा’ सहित केही नयाँ र पुराना गीत सुनाउनेछन् ।उमेरसँगै रोग र शोकले गल्दै गएका गायक रसिक पछिल्ला केही वर्ष साधना वा सिर्जनाभन्दा बढी स्वास्थ्य उपचारमा अलिक लागिपरेका देखिन्छन् । ‘समय यसरी र यति मिलिक्कै बित्ला भन्ने थिएन, आज पछाडि फर्केर हेर्दा आफैंलाई अचम्म लागिरहेको छ,’ बागबजारस्थित राष्ट्रिय जनसाहित्यिक संघको सभाकक्षमा भइरहेको रिहर्सलमाझ रसिकले सुनाए–‘मैले भोगेको मसँगको हिजोको समयलाई अरुले जेजसो गरे पनि मैले भने बेस्सरी सम्झेको छु, त्यही सम्झना अरुसामु बाँड्न म फेरि रसिक साँझमा आउन लागेको हुँ ।’यति भनिरहँदा पुरानो समय सम्झाउने कलाकार जीवन राई तबला ट्युनिङमा व्यस्त देखिन्थे । अर्का कलाकार शिलाबहादुर मोक्तान आयुमा स्वर्णकाल नाघिसकेको जस्तो देखिने अकोर्डियम बाजाको स्केलमा रमाइरहेका थिए । रसिक साँझमा अर्केष्ट्रा–कोअर्डिनेटर बनेका अशोक ल्होरुङ राईको व्यस्तता चर्को देखिन्थ्यो, उनका अनुसार रसिक साँझको अर्केष्ट्रा बादनमा २ दर्जनजति कलाकार सहभागी हुने भएका छन् । रिहर्सलको यो भीडभाड माहोलमा अग्रज गायिका सुनिता सुब्बा आफूले २३ वर्षअघि रेकर्ड गरेको ‘भुल्न सकिनँ’ गीतको अन्तरा अभ्यासमा मग्न थिइन् । ‘यो गीतमा एकदमैं ठूलो कथा छ, तपाइँ वा मेरो जीवनमा आइपर्नसक्ने कथा छ यसमा,’ उनले हतारमै सुनाइन्–‘प्रेम, बियोग र सम्झनाको यो गीत सधैँसधैँ मेरो मन–मस्तिस्कमा आइरहने गरेको छ । अनि लाग्छ, कतै यो गीत यसका रचनाकार रसिकको आफ्नै कथा त होइन ? तर सोध्ने आँट गरिहालेकी छैन ।’अनि सुनिताले गीत सुनाइन्, दिल खोलेर–‘वर्षौंपछि तिम्रो हाम्रो त्यही ठाउँमा भेट भयोकहिले रुँदै कहिले हाँस्दै जाडोको रात त्यसै गयोअँगेनामा चिठीहरु दनदनी जल्दै थियोआशंका र डरको आगो मनभित्र निभ्दै गयोभुल्न सकिन, भुल्न सकिनतिम्रो मायाँलाई भुल्न सकिन...।’
Entertainment
7,424
यसरी हडपिएको थियो ललिता निवासको सरकारी जग्गा [भिडियो]
१९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार नै ‘ललिता निवास’ हो ।
https://ekantipur.com/news/2024/02/15/kantipur-explainer-what-is-the-lalita-residence-land-case-40-30.html
काठमाडौँ — १९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार नै ‘ललिता निवास’ हो । यही निवास परिसरको सरकारी जग्गा विभिन्न कालखण्डमा व्यक्तिका नाममा भयो । मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका हुन् । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो ।सुवर्णशमशेरले २०१७ असार २९ गते श्रीमती श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, काञ्चन र रुक्मशमशेरलाई ५७ रोपनीका दरले ‘हालैको बकसपत्र’ गरिदिए । बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखे । यसबाहेक केही जग्गा बाटामा गयो ।(भिडियोबारे नोट : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं ललिता निवास जग्गा किर्ते अभियोगमा काठमाडौं जिल्ला अदालतमा ३११ विरुद्ध मुद्दा दायर गरेपछि जग्गा हिनामिना नालिबेलीबारे गरिएको कुराकानीको अर्काइभ)राजनीतिक अधिग्रहणसुवर्णशमशेर नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेतासमेत हुन् । उनी राणाशासन ढलेपछिको पहिलो मन्त्रिपरिषद्मा अर्थमन्त्री र २०१६ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा उपप्रधानमन्त्री थिए ।राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातान्त्रिक सरकार भंग गरी शासनसत्ता आफ्ना हातमा लिए । आफ्नो कदममा साथ दिन महेन्द्रले गरेको आग्रहलाई अस्वीकार गर्दै सुवर्णशमशेर अघिल्लै दिन कोलकाता गएका थिए ।राजा महेन्द्रले भेटेजतिका कांग्रेस नेतालाई नजरबन्द गरे । नेपाल छाडेर गएका नेताको सम्पत्ति जफत गरेर बदला लिने रणनीति लिए । त्यसै योजनाअनुसार २०१७ सालमै ‘विशेष परिस्थिति ऐन’ ल्याए । उक्त ऐनमा राज्यविरुद्ध लागेका व्यक्तिको सम्पत्ति जफत गर्न सकिने व्यवस्था थियो । सरकारले त्यही ऐनअन्तर्गत ललिता निवासको सबै जग्गा ‘रोक्का’ गर्‍यो ।पछि २०१८ सालमा सरकारले ‘जग्गा प्राप्ति ऐन’ जारी गर्‍यो । त्यो ऐनअनुसार आवश्यक परे व्यक्तिको जग्गा मुआब्जा दिएर अधिग्रहण गर्न सक्ने भयो । त्यतिबेला ललिता निवाससहित काठमाडौं उपत्यकाका ६ वटा ठूला दरबार अधिग्रहण गरेर विभिन्न सरकारी निकाय स्थापना गरिए । सरकारले अधिग्रहण गरेपछि ललिता निवासको भवनमा नेपाल राष्ट्र बैंक बस्यो, जग्गामा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास बने । २०७२ सालको भूकम्पपछि राष्ट्र बैंकको भवन भत्काइयो ।अधिग्रहण भएको कि जफत ?ललिता निवास जफत भएको दाबी गर्दै राणा परिवारले अधिग्रहण गरिएको प्रमाण देखाउन चुनौती दिएका थिए । तर सरकारी कागज र प्रमाणले ती जग्गा अधिग्रहण भएको पुष्टि गर्थे । ललिता निवासको जग्गाका विषयमा छानबिन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले अर्को प्रमाण पनि पायो । सो दरबार र जग्गाको मुआब्जा दिइसकेकाले ती सम्पत्ति सरकारका नाममा दर्ता गरिदिनु भनेर अञ्चलाधीश कार्यालयले मालपोत कार्यालयलाई लेखेको पत्र समितिले भेटेको थियो ।सुवर्णशमशेरका छोरा कनकशमशेरले आफूलाई गोठ र तबेला चाहियो भनी राजालाई बिन्ती गरेपछि केही जग्गा फिर्ता पाएका थिए । त्यतिबेला उनीबाट अधिग्रहणका क्रममा सरकारले दिएको मुआब्जा बराबरको रकम लिएर जग्गा फिर्ता गरिएको थियो ।स्वामित्व हस्तान्तरण र अनियमिततात्रिताल प्रतिवेदनका अनुसार ललिता निवासको जग्गा २९९ रोपनी ९ आना भए पनि प्रधानमन्त्री निवास अघिल्तिरबाट बाटो, पर्खाल आदि बनाएपछि २७२ रोपनी १५ आना जग्गा बचेको थियो । त्यसमध्ये नेपाल राष्ट्र बैंकका नाममा ६० रोपनी गएपछि बाँकी रहेको २१२ रोपनी १५ आना जग्गा समरजंग कम्पनीका नाममा दर्ता भयो । समरजंग कम्पनी काठमाडौं उपत्यकाको रुख तथा काठदाउरा काट्न स्थापित गृह मन्त्रालयअन्तर्गतको निकाय थियो जुन गत वर्ष भंग गरियो । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसमेतको निवास यहीमध्येको ६० रोपनी १ आनामा बनाइयो ।पञ्चायतकालयो जग्गामध्ये केही २०३६ सालमा जेठ र कात्तिक गरी दुई पटक राजाको हुकुम प्रमाङ्गीबाट बाँडियो । सुवर्णशमशेरका जेठा छोरा कनक, पविता देवी, दामोदर उपाध्याय र लोकगायक कुमार बस्नेतलाई गरी १२ रोपनी ७ आना जग्गा दिइयो । ‘हुकुमको ओखती’ नभएको पञ्चायतकालमा राजाको हुकुमविरुद्ध कसैले प्रश्न उठाउने कुरै थिएन र उठाएनन् पनि ।बहुदल काल२०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । उक्त सरकारले प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण पञ्चायतकालमा व्यक्तिको सम्पत्ति जफत भएको भए छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निर्वाचित सरकार गठन भएपछि गृहमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा समिति गठन भयो तर त्यसले कुनै निर्णय गरेन । पछि थप छानबिन र निर्णय नभई डिल्लीबजार मालपोत कार्यालयले २०४९ कात्तिक २५ र पुस २३ गते ११२ रोपनी ४ आना जग्गा राणा परिवारका नाममा दर्ता गरिदियो ।यसरी दर्ता भएको मध्ये करिब २२ रोपनी जग्गा केही सातादेखि महिनाबीचमा राणा परिवारले विभिन्न कर्मचारी र तिनका नातेदारलाई घूसस्वरूप बकस दिएको उक्त प्रतिवेदनमा उल्लेख छ । बाँकीमध्ये आधा जग्गा नक्कली मोहीहरूले हात पारेर तत्कालै शोभाकान्त ढकाल र रामकुमार सुवेदी अनि उनका परिवारलाई ‘कौडीको भाउमा’ बेचे ।कसरी आए मोही यस जग्गामा जबरजस्ती मोही आइलागे । सीआईबीको प्रतिवेदनअनुसार ती मोही छुटाउन भनेर रामकल्याण अधिकारी र रामनाथ घिमिरेले ६ रोपनी जग्गा ‘खाइदिए’ । शोभाकान्त र रामकुमारहरूले जग्गामा मोहीको विवाद टुंगो लाग्नुअघि नै राणा परिवारसँग रोपनीको १६ लाख रुपैयाँका दरले बैना गरिसकेका थिए  ।समरजंग कम्पनीको जग्गामा खेती गरेर कुत बुझाउने किसानहरूलाई केही मानिसले उचाले । उनीहरूले लेखनदास रामकुमार सुवेदीको सहयोगमा मोहीको प्रमाणपत्र पाऊँ भनी भूमिसुधार कार्यालयमा निवेदन दिए । शोभाकान्त ढकाल र रामकुमार सुवेदीले ती किसानलाई उनीहरूले पाउने आधा जग्गा आफूहरूलाई दिनुपर्ने सर्तमा मोही दर्ता गराउन सहयोग गरे । भूमिसुधार कार्यालयका प्रमुख उमानाथप्रसाद ज्ञवालीले जग्गामा मोही कायम हुने फैसला गरिदिए ।यो निर्णयविरुद्ध राणा परिवार पुनरावेदन अदालत पाटन गयो । अदालतले पनि मोहीकै पक्षमा फैसला गर्‍यो । जग्गाधनीले आधा जग्गा पाए । यसरी दर्ता भएका ३७ जना मोहीबाट ढकाल र सुवेदीले करिब ३० रोपनी जग्गा लिए ।२०२१ मंसिर ६ गते भूमिसम्बन्धी ऐन लागू भयो । ऐनअनुसार जग्गा कमाउने मोही दर्ता हुन पाउँथे । ऐन लागू भएको १० दिनभित्रै ललिता निवासलगायत ६ वटै दरबारका जग्गा अधिग्रहण गर्न सूचना निस्कियो । यसबीचमा मोही बन्न सम्भव थिएन ।छुट दर्ताकनकशमशेरका नाममा पहिल्यै दर्ता भएको जग्गा नाप्दा १२ आना बढी पाइयो । २०६२ जेठ ३ गते छुट दर्ता समितिको सिफारिसका आधारमा यो जग्गा कनककी श्रीमती सुनितीका नाममा दर्ता गर्ने निर्णय भयो । पञ्चायतकालमा यो जग्गा सरकारकै नाममा दर्ता गर्ने निर्णय भएको थियो ।गणतन्त्रकाल२०६६ चैत र २०६७ वैशाखमा माधवकुमार नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवासबाहिर रहेको ललिता निवासको २७ रोपनी जग्गा प्रधानमन्त्री निवासअन्तर्गत ल्यायो । त्यहाँ ‘मोही रहेको’ नक्कली विवरण खडा गरियो अनि उनीहरूलाई पुनःस्थापनाका नाममा करिब १३ रोपनी जग्गा बाँडियो । बाटो बनाउँदा थप ५ रोपनी जग्गा घट्यो । यस पटक जग्गा पाउने १२ जना नक्कली मोहीले पनि आफूले जग्गा पाएको केही दिनमै उनै शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनका परिवारलाई बेचे । त्रिताल प्रतिवेदनले त्यही आधारमा दुवै जनालाई ‘भूमाफिया’ भन्यो । मोहीसम्बन्धी निर्णय भूमिसुधार कार्यालयबाट हुनुपर्नेमा त्यतिबेला मालपोत कार्यालयबाट गराइएको थियो । प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको आवतजावतलाई सहज हुने भनेर सरकारी जग्गाबाट बाटो बनाई भूमाफियाले गरेको प्लटिङमा जाने बाटो सहज पारियो । सडकका लागि साढे २ रोपनी छुट्याइएकामा करिब ५ रोपनी जग्गा उपयोग गरियो ।गुठीका नाममा दर्ता२०६९ माघ ५ गते मालपोत कार्यालयले ललिता निवासको तीन रोपनी १२ आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गर्‍यो । यस्तो निर्णय गर्न प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । सरकारी जग्गा गुठीका नाममा दर्ता गरेपछि त्यसमा मोही कायम गर्न सजिलो हुने र व्यक्तिका नाममा दर्ता गर्न सकिने भएकाले भूमाफियाले ‘गुठी दर्ताको प्रपञ्च रचेको’ त्रिताल प्रतिवेदनमा उल्लेख छ ।कुन निकायले के गरे ?ललिता निवासको जग्गा अनियमितता राज्यका अरू निकायको पनि आँखामा परेको हो तर भूमाफियाहरू कतिसम्म बलिया थिए भने उनीहरूले सबैतिर प्रभाव पारेर आफू अनुकूलको निर्णय गराए । अनियमितता पुष्टि गर्ने प्रमाण सर्वोच्च अदालतमा पेस गरिएको थियो । लेनदेनसम्बन्धी एक मुद्दाको प्रमाणका रूपमा सर्वोच्चमा पेस भएको अडियो रेकर्डमा शोभाकान्त ढकालले भनेका थिए, ‘सबैतिर मिलाउँदा मेरो धेरै रकम खर्च भएको छ । त्यो कहाँ कहाँ गयो भनेर सबै हिसाब अहिले दिन सक्दिनँ ।’ललिता निवासको मामिला विगतमा चार पटक अदालत पुगेको थियो । आफूले पाएको जग्गामा भूमिसुधार कार्यालयले मोही कायम गरिदिएको भन्दै राणा परिवार २०५६ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनमा गएको थियो । पुनरावेदनले समेत मोहीकै पक्षमा फैसला सुनाइदियो । अख्तियारले २०६४ जेठ २० गते ३५ रोपनी जग्गा सरकारका नाममा ल्याउन निर्देशन दिएको थियो । त्यसविरुद्ध परेको मुद्दामा २०६४ फागुन ३० गते सर्वोच्च अदालतले अख्तियारको निर्देशन बदर गरिदियो  ।गैरआवासीय नेपाली संघले गैरकानुनी रूपमा भवन बनाएको भनेर सर्वोच्च अदालतमा रिट परेको थियो तर सर्वोच्चले जग्गा सरकारी ठहरिए सोहीबमोजिम हुने भन्दै भवन निर्माण रोक्नु नपर्ने आदेश गरिदियो । व्यक्तिलाई जग्गा दिने निर्णय गलत थियो भन्दै त्यसविरुद्ध परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले आवश्यक प्रमाण र कागजात नझिकाई जग्गा व्यक्तिको नै भएको फैसला गरेको थियो । सो फैसला गर्ने न्यायाधीश रमेशराज पोखरेलमाथि न्यायपरिषद्ले छानबिन थालेको थियो तर छानबिन नटुंगिँदै उनलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरियो ।अख्तियारमा के भयो करिब डेढ दशकको अवधिमा अख्तियारका तीन जना प्रमुख आयुक्त र एक जना आयुक्तले बालुवाटार जग्गा प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएका थिए । अख्तियारले २०६० असार १८ गते ललिता निवाससम्बन्धी उजुरी तामेलीमा राख्ने निर्णय गर्‍यो ।त्यसको ९ महिनापछि २०६० चैत ३ गते अख्तियारले ‘गुठीमा जग्गा कायम हुने’ निर्णय गर्दै गुठी संस्थानलाई जग्गा संरक्षणका लागि पत्र लेख्यो । कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बू र आयुक्त वेदप्रसाद शिवाकोटीले गुठीको जग्गा कायम गराउने निर्णय गरेका थिए । पछि यो मिसिल अख्तियार र मालपोत कार्यालयबाट गायब बनाइयो ।लोकमानसिंह कार्कीले अख्तियार प्रमुख भएपछि विभिन्न विवादास्पद व्यक्तिलाई विज्ञका रूपमा अख्तियारमा भित्र्याए । तीमध्ये एक थिए, भूमिविज्ञ भनिएका हुपेन्द्रबहादुर केसी । उपसचिवका रूपमा मालपोतमा रहँदादेखि नै उनी विवादास्पद थिए । उनले ५ करोड रुपैयाँ खाएर ललिता निवासको जग्गा गैरकानुनी रूपमा दर्ता गरिदिएको भनी अख्तियारमा उजुरी परेको थियो । सो उजुरी हेर्ने जिम्मा उनैलाई दिइयो । अख्तियार स्रोतको भनाइमा त्यसपछि उजुरी दिनेलाई नै धम्क्याउन थालियो ।लोकमानसिंह कार्की ‘अयोग्य’ भएर अख्तियारबाट बाहिरिएपछि दीप बस्न्यात अख्तियार प्रमुख भए । उनका पालामा पनि २०६६ र ६७ सालमा मन्त्रिपरिषद्को निर्णयका आडमा जग्गा अतिक्रमण भएको भनी उजुरी परेको थियो । जग्गा अनियमिततामा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवका हैसियतले बस्न्यात स्वयं संलग्न थिए । त्यसैले यसबारे उनले छानबिन गरेनन् । बस्न्यातको अवकाशपछि अख्तियारले फेरि नयाँ ढंगले अनुसन्धान थाल्योसरकारले पनि ललिता निवासको अनियमितता छानबिन गर्‍यो । गृह मन्त्रालयमा उजुरी परेपछि पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा छानबिन समिति बनायो । समितिले अनियमितता भएको भनी जग्गा सरकारका नाममा फिर्ता ल्याउन सिफारिस गर्‍यो ।त्यसबारे थप अनुसन्धान गर्न सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मेवारी दिएको थियो । ब्यूरोको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले ३११ विरुद्ध दायर गरेको किर्ते सम्बन्धि मुद्दा काठमाडौं अदालतमा विचाराधीन छ ।
News
5,634
रौतहटमा गोली प्रहारबाट १ घाइते 
रौतहटको परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साह शुक्रबार दिउँसो गोली लागि घाइते भएका छन् । शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । 
https://ekantipur.com/news/2024/03/15/1-injured-in-firing-in-rautahat-33-54.html
रौतहट — रौतहटको परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साह शुक्रबार दिउँसो गोली लागि घाइते भएका छन् । शिव मनि ट्रान्सफरका सञ्चालक साहमाथि मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार भएको हो । गोली लागी घाइते साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । डीएसपी गिरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठसमेत पुगेका छन् ।
News
4,887
कोभिड-१९ उपचारः अक्सफर्ड यूनिभर्सिटीको खोपले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ७०% सुरक्षा दिने
यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ।
https://www.bbc.com/nepali/news-55040177
यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो। तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ। नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए। "आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ," उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्। यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ। यो परीक्षणले के देखायो? यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए। दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो। अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ। स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो। के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन। "हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ," प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बीबीसीलाई बताए। उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ। अरू कुन खोप विकास भइरहेको छ? आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्याङ्कहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ। अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन्। ती यस प्रकार छन्: कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?
Others
64,527
सुनको मूल्य तोलाको ९९ हजार
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ तोकिएको छ ।
https://gorkhapatraonline.com/news/11533
काठमाडौं, वैशख १८ गते । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार दुई सय रुपियाँमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला दुई सयले ओरालो लागेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार तीन सय रुपियाँमा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।
News
41,122
पारसलाई संन्यास फिर्ता लिन सदस्य सचिवको आग्रह
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा कप्तान पारस खड्कालाई संन्यास फिर्ता लिन आग्रह गरेका छन् । लगत्तै पारसले आफ्नो निर्णयबाट फिर्ता हुने कुनै सम्भावना नरहेको जवाफ दिए ।
https://ekantipur.com/sports/2021/09/03/16306855036524307.html
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा कप्तान पारस खड्कालाई संन्यास फिर्ता लिन आग्रह गरेका छन् । लगत्तै पारसले आफ्नो निर्णयबाट फिर्ता हुने कुनै सम्भावना नरहेको जवाफ दिए ।कसमस कलेजले पारसलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको कार्यक्रममा सदस्यसचिव सिलवालले पारसको अप्रत्याशित संन्यास घोषणाबाट अचम्मित भएको बताए । ‘नेपाली क्रिकेटमा महान् खेलाडी बन्ने गरी योगदान दिएका पारस खड्काले कुनै प्रतिस्पर्धात्मक खेलबाट संन्यास लिनुपर्छ भन्ने लागेको थियो,’ सिलवालले भने, ‘अभिभावक संस्था प्रमुखको हैसियतले उहाँले मसँग पनि परामर्श लिनुभएन । तर म उहाँको निर्णयको सम्मान गर्छु ।’नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट अघिल्लो महिना बिदा लिने निर्णय गरेका थिए । पारसको अप्रत्याशित निर्णयले नेपाल क्रिकेट संघ (क्यान) सहित समर्थक आश्चर्यमा परेका थिए ।‘क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडीहरूको सफलता हेर्दा उनीहरूले ३४ देखि ३८ वर्षको उमेरमा हासिल गरेको देखिन्छ । उहाँले ३४ वर्षको उमेरमै संन्यास लिन हतार गर्नुभयो कि ?,’ सदस्य सचिवले भने ।सदस्य सचिव सिलवालले लियोनल मेसीको उदाहरण दिँदै राष्ट्रलाई आवश्यक परेको अवस्थामा संन्यास फिर्ता लिन आग्रह गरे । ‘लगातार अन्तर्राष्ट्रिय असफलताका कारण लियोनल मेसीजस्ता खेलाडीले संन्यास लिए तर राष्ट्रको आवश्यकता र आग्रह स्विकार गरी फिर्ता गर्ने निर्णय लिए । यदि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा पारसले पनि संन्यास फिर्ता लिनुपर्छ । यो मेरो आग्रह हो ।’सदस्यसचिवको आग्रहअनुसार संन्यास फिर्ता सम्भव छ भन्ने प्रश्नमा पारसले प्रस्ट भाषामा इन्कार गरे । ‘सदस्यसचिव बन्नुभन्दा अगाडिदेखि नै रमेशसर मेरो अभिभावकजस्तै हुनुहुन्छ । उहाँले सधैं मेरा लागि राम्रो सोच्नुहुन्छ,’ पारसले भने, ‘तर क्रिकेटमा गर्नुपर्ने धेरै काम छन् । खेलाडीका रूपमा मात्र रहँदा त्यो सम्भव हुँदैनथ्यो । त्यसैले तत्कालका लागि पुन: अन्तर्राष्ट्रिय खेलमा फर्किने सम्भावना छैन ।’ उनले घरेलु क्रिकेट पनि खेल्ने नखेल्नेबारे निर्णय लिइ नसकेको बताए ।पूर्वकप्तान पारसले संन्यास घोषणा छिटो भयो भनेर चिन्ता गर्नेहरूप्रति सम्मान व्यक्त गर्दै भने, ‘कप्तानबाट राजीनामा गर्दा पनि अझै २–३ वर्ष कप्तानी छाड्न हुँदैनथ्यो भनेर धेरै प्रतिक्रिया आएका थिए । अहिले संन्यास लिँदा पनि धेरैले यस्तै भन्नुभएको छ ।’पारसले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) स्थापना गर्न लागेको जानकारीसमेत दिएका छन् । ‘यो सुविधा सम्पन्न क्रिकेट एकेडेमीको अवधारणा हो, हामी छिट्टै औपचारिक जानकारी गराउने छौं,’ पारसले आफूले स्थापना गर्न लागेको यही एकेडेमीसँग सहकार्य गर्ने गरी कसमस कलेजको सद्भावना दूतका रूपमा सम्झौता गरेका हुन् ।कसमस कलेजका अध्यक्ष लक्ष्मण पोखरेल र पारसले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरे । व्यवस्थापन र इन्जिनियरिङ अध्यापन गराइने कसमसले शिक्षालाई खेलकुदसँग जोडेर सहकार्यका लागि पारसलाई ब्रान्ड एम्बासडर बनाइएको प्रस्ट पारेको छ ।सम्झौताअनुसार पारसले स्थापना गर्ने एकेडेमीमा प्रशिक्षण गर्ने क्रिकेटरले नियमअनुसार कसमस कलेजमा अध्ययन गर्दा २५ देखि ५० प्रतिशतसम्म छात्रवृत्ति पाउनेछन् । एकेडेमीमार्फत राष्ट्रिय टोलीमा छनोट हुने खेलाडीले कसमस कलेजमा शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएपछि पारस पहिलोपल्ट कुनै संस्थासँग ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध भएका हुन् ।
Sports
22,413
बालबालिकाको खोपमा 'चरम लापरबाही', एक वर्षदेखि स्वास्थ्य मन्त्रालय बेखबर
विगत करिब एक वर्षयता देशभरका बालबालिकालाई विभिन्न रोगविरुद्ध दिइने खोपबारे संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकार नभएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-48862690
स्वास्थ्य सेवामा निकै महत्त्वपूर्ण मानिएको बालबालिकालाई लगाइने खोपको वर्तमान अवस्थाबारे स्वास्थ्य मन्त्रालय नै बेखबर रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। पहिला जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण गरिएपछि खोपबारेको प्रगति विवरण मन्त्रालयमा नपठाइँदा मन्त्रालय नै बेखबर बनेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। खोपको संक्षिप्त इतिहास खोपप्रतिको विश्वासमा कमी, विश्वव्यापी स्वास्थ्य सङ्कट तथ्याङ्क छैन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेका जिल्लाका स्वास्थ्य कार्यालयहरूमा खोपबारे कुनै तथ्याङ्क नरहेको प्रदेश नं १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेल बताउँछन्। उनले भने, "पहिला हुने गरेका तथ्याङ्कको 'चेन' सबै भत्किए। जब स्थानीय तहमा स्वास्थ्य संस्थाहरूमा हस्तान्तरण गरिए उहाँहरूका खोपका गतिविधिको तथ्याङ्क कतै पठाउनु भएको छैन। कहाँ पठाउने भन्ने टुंगो नभएर पनि हुनसक्छ।" झापाको भद्रपुरस्थित स्वास्थ्य कार्यालयमा कति बच्चाहरूलाई खोप लगाइँदैछ भन्ने तथ्याङ्क लिन जाँदा खोप सुपरिवेक्षक बालकृष्ण भण्डारीले विगत एक वर्षदेखि आफूसँग त्यसको कुनै तथ्याङ्क नरहेको जवाफ दिए। उनले भने, "चालू आर्थिक वर्ष सकिन लाग्यो। तर चालु आर्थिकको सुरुदेखिको तपाईंले खोजेको तथ्याङ्क मसँग छैन।" खोपबारे कुराकानी गरौं तथ्याङ्क स्थानीय तहका दराजमा जब स्वास्थ्य शाखा स्थानीय तहहरूमा स्थापित भए त्यसपछि उनीहरूले खोपको प्रगति विवरण आफ्नै कार्यालयमा एक वर्षदेखि थन्क्याएर राखेका छन्। उनीहरूका अनुसार खोपबारेको प्रगति विवरण कहाँ बुझाउने भन्ने थाहा नभएर दराजमै थन्क्याइएका हुन्। विर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र दंगालका अनुसार खोपका प्रगति विवरण फाइल गरेर दराजमा राखिएको छ। उनले भने, "हामीलाई अहिलेसम्म सूचित नगरिएको हुनाले प्रगति विवरण पठाउन नसकिएको हो।" मन्त्रालयसँग प्रगति विवरण नहुँदा अन्दाजका भरमा खोप वितरण भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ। त्यसको सीधा असर खोप केन्द्रहरूमा परिरहेको मोरङ उर्लाबारीकी स्वास्थ्य स्वयंसेविका डिकमाया लिम्बुले बताइन्। उनले भनिन्, "चार/महिना बीसीजी खोप आएन। त्यसपछि जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तीन/चार महिना नै आएन।" जोखिमयुक्त अवस्था तथ्याङ्क लिने र दिनेबीच तालमेल नहुनु र सम्बन्धित मन्त्रालय नै यसबारे जानकार नहुने जोखिमयुक्त अवस्था रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रदेश १ का स्वास्थ्य निर्देशक डोटेलले भने, "यो अवस्था भनेको 'अलार्मिङ' अवस्था हो।" बालबालिकाका लागि क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस बी, धनुषटंकार, पोलियो, जापानिज इन्सेफलाइटिसलगायत रोगविरुद्धका खोप लगाइने गरिन्छ। नेपालमा बालबालिकालाई खोप दिइँदैछ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले पत्याउन नसक्ने परिस्थिति आएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। उनले भने, "स्वास्थ्य क्षेत्रमा तथ्याङ्क महत्त्वपूर्ण हो। यही भएन भने नेपालमा बालबालिकालाई खोप लगाइँदैछ भन्ने कुरा विदेशी पनि पत्याउँदैनन्, तपाईं पनि पत्याउनु हुन्न र म पनि पत्याउँदिन। तथ्याङ्क छैन भने आगामी दिनका योजना कसरी बनाउने?" तल्ला सरकारहरू स्वायत्त भएकाले कमजोरी गर्नेलाई कारबाही तथा अनुगमनमा संघीय सरकारको फितलो भूमिका हुने उनले बताए। तर यो अवस्था सुधार गर्न मन्त्रालय प्रयासरत रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ।
Others
65,426
लुम्बिनी गुरुयोजना पूरा हुने दिशातर्फ
लक्ष्मण पौडेलभैरहवा, वैशाख १२ गते । लुम्बिनी विकासको गुरुयोजना अब पूरा हुने दिशातर्फ अगाडि बढेको छ । स्रोत व्यवस्थापन भएकाले अबको दुई वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने लुम्बिनी विकास कोषको दाबी छ ।कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भन्नुभयो, “नेपाल सरकारले दुई वर्षमा गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ, गएको आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौँ ।” गुरुयोजनाअनुसारको संरचना निर्माण दुई वर्षमा सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।गुरुयोजनामा उल्लेख भएअनुसार अहिलेसम्म लुम्बिनीको सुरक्षालाई ख्याल गरी १६ किलोमिटरको सुरक्षा पर्खाल, केन्द्रीय नहर निर्माण, पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोखरी निर्माणका काम सम्पन्न भइसकेका छन् । यसैगरी शौचालय निर्माण, विद्युतीकरण, पैदलयात्री हिँड्ने बाटो, भित्री बाटो कालोपत्रे, विभिन्न विहार निर्माण, विभिन्न महŒवपूर्ण भवन, ढल निकास, प्रशासनिक भवन, सूचना केन्द्र, सङ्ग्रहालय, पुस्तकालय, सङ्ग्रहालय, मायादेवी वरिपरि पोखरी निर्माण, १४ लाख लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण, सीसीक्यामरा जडान, कोषको भवन, आवासगृह निर्माणलगायतका संरचनाको काम पूरा भएको कोषले जनाएको छ ।लुम्बिनी विकास कोषका अनुसार जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजनाबमोजिम अब मुख्य छवटा ठूला काम बाँकी रहेका छन् । डोम आकारका छवटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि पाँच/छवटा जलाशय, हरियाली र पार्कसहितको सडकको विस्तारका काम सकिएपछि गुरुयोजना सम्पन्न हुनेछ । फोहोरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यवस्थापन र केही भवन निर्माणको काम बाँकी छ । भवन निर्माणमा निजी क्षेत्रले चासो देखाएका छन् । अन्यत्रबाट स्रोत जुटेन भने नेपाल सरकारबाट सहयोग गर्ने प्रतिबद्धता पाएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ ।
https://gorkhapatraonline.com/news/10970
लक्ष्मण पौडेलभैरहवा, वैशाख १२ गते । लुम्बिनी विकासको गुरुयोजना अब पूरा हुने दिशातर्फ अगाडि बढेको छ । स्रोत व्यवस्थापन भएकाले अबको दुई वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने लुम्बिनी विकास कोषको दाबी छ ।कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भन्नुभयो, “नेपाल सरकारले दुई वर्षमा गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ, गएको आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौँ ।” गुरुयोजनाअनुसारको संरचना निर्माण दुई वर्षमा सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।गुरुयोजनामा उल्लेख भएअनुसार अहिलेसम्म लुम्बिनीको सुरक्षालाई ख्याल गरी १६ किलोमिटरको सुरक्षा पर्खाल, केन्द्रीय नहर निर्माण, पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोखरी निर्माणका काम सम्पन्न भइसकेका छन् । यसैगरी शौचालय निर्माण, विद्युतीकरण, पैदलयात्री हिँड्ने बाटो, भित्री बाटो कालोपत्रे, विभिन्न विहार निर्माण, विभिन्न महŒवपूर्ण भवन, ढल निकास, प्रशासनिक भवन, सूचना केन्द्र, सङ्ग्रहालय, पुस्तकालय, सङ्ग्रहालय, मायादेवी वरिपरि पोखरी निर्माण, १४ लाख लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण, सीसीक्यामरा जडान, कोषको भवन, आवासगृह निर्माणलगायतका संरचनाको काम पूरा भएको कोषले जनाएको छ ।लुम्बिनी विकास कोषका अनुसार जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजनाबमोजिम अब मुख्य छवटा ठूला काम बाँकी रहेका छन् । डोम आकारका छवटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि पाँच/छवटा जलाशय, हरियाली र पार्कसहितको सडकको विस्तारका काम सकिएपछि गुरुयोजना सम्पन्न हुनेछ । फोहोरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यवस्थापन र केही भवन निर्माणको काम बाँकी छ । भवन निर्माणमा निजी क्षेत्रले चासो देखाएका छन् । अन्यत्रबाट स्रोत जुटेन भने नेपाल सरकारबाट सहयोग गर्ने प्रतिबद्धता पाएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । 
News
41,164
ऐतिहासिक फोटोहरू राखिएको पाइयो : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो ।
https://gorkhapatraonline.com/news/64377
काठमाडौं, जेठ १ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो । गोरखापत्र १२३ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवका अवसरमा वैशाख २४ गतेबाट सुरु भएको फोटो प्रदर्शनी जारी छ । प्रदर्शनीमा वि.सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक तस्बिर राखिएको छ । सभामुख घिमिरेले प्रदर्शनीमा राखिएका तस्वीरहरु अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । साथै उहाँले तस्वीरहरु कुन सन्दर्भ, कहिलेका हुन् भनी चासो पनि व्यक्त गर्नुभयो । फोटो प्रदर्शनीको अवलोकनपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले भन्नुभयो, “पुराना फोटोलाई जसरी राख्न सकियो, बडा ऐतिहासिक चीज संरक्षण भएको छ । यो भन्दा अझ पुरानालाई पनि राख्न सके अझ बेटर हुन्थ्यो भन्ने मलाई लागेको छ । खास कालखण्डको भयो यो । पहिलो प्रेसको रुपमा राणा प्रधानमन्त्री जङ्गबहादुरले ब्रिटेनबाट ल्याएको प्रेसले गोरखापत्र चाहिँ छाप्यो भन्ने छ नि, त्यसको फोटो कमसेकम हामीसँग होला सायद ।”सभामुख घिमिरेले गोरखापत्र एउटा सजीव इतिहास भएको पत्रिका हो भन्नुहुँदै पछि रङ्गीनमा प्रकाशन भएको र दैनिक प्रकाशन भएको छुट्टा–छुट्टै महत्व रहेको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “त्यतिबेलादेखि पछि त अब रङ्गीन निकालेको महत्व, डेली निस्कँदाको अर्को महत्व छ । मैले गोरखापत्र प्रकाशनको १२३ वर्ष पुगेको सन्दर्भमा पत्रकारिता दिवसमा पनि शुभकामना व्यक्त गरेको छु, जीवित इतिहासलाई अझ राम्रो बनाउनुपर्छ । अहिले ३८ भाषामा निकालेका यी सबै कुराहरु ऐतिहासिक कुरा हुन् ।” उहाँले आफूले गोरखापत्र पहिलो चोटि १७ वर्षको उमेरमा एसएलसीको परीक्षाफल हेर्न एक महिना कुरेर पढेको स्मरण पनि गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “पहिला पत्रिका भन्ने बित्तिकै गोरखापत्र भन्ने बुझिन्थ्यो । पत्रिका पढ्ने भनेकै, समाचार पढ्ने भनेकै गोरखापत्र भन्ने यसै पनि हुन्थ्यो । म १७ वर्षको हुँदा एसएलसी पास गरेको एक महिना पछाडि गोरखापत्र खोजेर गाउँमा मैले सिम्बोल नम्बर हेर्दा मान्छेहरुको भीड आएको मलाई सम्झना छ ।” फोटो प्रदर्शनी, डिजिटल अर्काभिङको अवलोकनपछि त्यहाँ राखिएको आगन्तुक पुस्तकमा उहाँले यस्तो लेख्नु भएको छ : आज २०८० जेठ १ गते गोरखापत्र १२३ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीमा आउने मौका मिल्यो । यस अवसरमा गोरखापत्रको ऐतिहासिकताको सजीवता देख्न पाउँदा म ज्यादै प्रभावित भएको छु । यस संस्थानका कर्मचारी र व्यवस्थापकहरुले गर्नुभएको प्रयास यसको अर्काइभका काम र विद्युतीय व्यवस्थापन भएको कुराले अझ महत्व राखेको छ । जीवित इतिहासलाई संस्थानको आफ्नै संग्रहालय बनाउने र त्यो नमुनाको रुपमा अरु सबैले सिक्नुपर्छ भन्ने मेरो ठम्याई छ । यो अवसरमा मलाई मसिनो गरी बुझाउने, बताउने र देखाउनु हुने सम्पूर्ण साथीहरुप्रति आभार व्यक्त गर्दै यो संस्थाको र यो ऐतिहासिक कामको अग्रगतिका साथ प्रगति हुन सकोस् हार्दिक शुभकामना ।यसैगरी, उहाँले गोरखापत्र संस्थानमा रहेको पुस्तकालयको पनि अवलोकन गर्नुभयो ।उहाँ संस्थानमा आइपुग्नु हुँदा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया लगायतले स्वागत गर्नुभएको थियो । फोटो प्रदर्शनीका बारेमा फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईले जानकारी गराउनु भएको थियो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरलाई संस्थानमा स्वागत गर्नुहुँदै संस्थानमा महाप्रबन्धक लालबहादुर ऐरी ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरलाई संस्थानमा स्वागत गर्नुहुँदै गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई ।मायाको चीनोस्वरुप गोरखापत्रको पहिलो अङ्क प्रतिनिधि सभाका समामुख देवराज घिमिरेलाई प्रदान गरिँदै । 
News
56,456
भूकम्प प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक न भवन
भूकम्पले घर भत्किएर शैक्षिक सामग्री पुरिँदा जाजरकोट र रुकुम पश्चिमका १४ हजार बालबालिकाले एक सातादेखि पाठ्यपुस्तकबिनै पढाइ थालेका छन् । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ती जिल्लामा मंसिर पहिलो सातादेखि पठनपाठन थालिएको थियो ।
https://ekantipur.com/Education/2023/12/01/textbooks-and-buildings-for-earthquake-affected-students-19-04.html
काठमाडौँ — भूकम्पले घर भत्किएर शैक्षिक सामग्री पुरिँदा जाजरकोट र रुकुम पश्चिमका १४ हजार बालबालिकाले एक सातादेखि पाठ्यपुस्तकबिनै पढाइ थालेका छन् । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ती जिल्लामा मंसिर पहिलो सातादेखि पठनपाठन थालिएको थियो ।शिक्षा मन्त्रालयका अनुसार भूकम्पले पूर्ण क्षति पुर्‍याएका २ सय ८ विद्यालयका विद्यार्थीका लागि अस्थायी टहरामा पठनपाठन सञ्चालन गरिएको छ । ४ सय १८ विद्यालय भवनमा आंशिक क्षति पुगेको छ । त्रिपाललगायत अस्थायी टहरामा पढाइ गर्दै आएका विद्यार्थीसँग पाठ्यपुस्तकसमेत अभाव भएको गुनासो छ ।रुकुम पश्चिमका ४१ हजार विद्यार्थीमध्ये ६ हजार विद्यार्थीको पाठ्यपुस्तक पुरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले बताए । ‘अस्थायी टहरा निर्माण गरेर विद्यालयहरू खुलेका छन्,’ उनले भने, ‘पाठ्यपुस्तक नभएका विद्यालयमा स्थानीय तहले उपलब्ध गराउँछन् ।’ जाजरकोटको नलगाड नगरपालिकाका विद्यालय निरीक्षक बलवीर विकले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीको संख्या पहिचान गरेर वितरणको प्रक्रियामा रहेको जनाए । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सुर्खेतबाट पाठ्यपुस्तक मगाएको उनको भनाइ छ । ‘पाठ्यपुस्तक गुमाएका विद्यार्थीलाई निःशुल्क उपलब्ध गरिन्छ,’ उनले भने, ‘प्रत्येक कक्षाका विद्यार्थीले छिट्टै पाठ्यपुस्तक सेट नै पाउँछन् ।’शिक्षा मन्त्रालयले पाठ्यपुस्तक नभएका विद्यार्थीलाई तत्काल नयाँ पुस्तक बिक्रीवितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पुस्तक वितरण सुरु गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव भोजराज काफ्लेले जनाए । ‘वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न स्थानीय तहमा बजेट पुगिसकेको छ । तत्कालका लागि त्यही बजेटबाट पुस्तक किनेर वितरण गर्न लागिएको हो,’ उनले भने, ‘सुर्खेत र धनगढीबाट जाजरकोट र रुकुम पश्चिमका पुस्तक पसलमा पाठ्यपुस्तक पठाएका छौं । पालिका र विद्यालयले किनेर विद्यार्थीलाई निःशुल्क वितरण गर्छन् ।’ पुस्तक अभाव नहोस् भनेर पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र र निजी पब्लिकेसन्ससँग माग गरिएको उनले जनाए ।शिक्षा मन्त्रालयले इकाइमार्फत संकलन गरेको तथ्यांकअनुसार पूर्ण र आंशिक गरी ६ सय २६ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको हो । ती विद्यालयका १८ सय १८ वटा कक्षाकोठामा क्षति पुगेको छ । जाजरकोटका १ सय ७३ विद्यालयका ५ सय १६ र रुकुम पश्चिमका ३५ विद्यालयका १ सय १६ कक्षाकोठा पूर्ण रूपमा क्षति भएको विवरण छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २ कोठे भवन निर्माण गर्न ६ लाख र ४ कोठे भवनका लागि १२ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ । क्षति पुगेका भवन निर्माण गर्न ५४ करोड बजेट आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । चालु शैक्षिक सत्रमा शिक्षा मन्त्रालयसँग भौतिक पूर्वाधार निर्माणतर्फ ४४ करोड बजेट विनियोजन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मात्रै विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ ।आगामी वर्षको बजेटबाट पाठ्यपुस्तक नभएका विद्यार्थीलाई पुस्तक वितरण गर्ने, विद्यालय भवन निर्माणका लागि आर्थिक स्रोतको जोहो गर्ने र क्षति यकिन विवरण संकलनलगायत पुनर्निर्माणको योजना बनाउन केन्द्रबाट प्रभावित क्षेत्रमा टोली पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । निर्णयअनुसार विद्यार्थीसम्म पाठ्यपुस्तक पुर्‍याउने प्रक्रिया सुरु भइसकेको उनले जनाए । ‘जनक शिक्षाले पाठ्यपुस्तक त्यहाँ पठाउँछ । विद्यालय र स्थानीय तहले खरिद गरेर विद्यार्थीलाई दिन्छन्,’ उनले भने । क्षति पुगेका विद्यालय भवन निर्माण गर्न अर्थ मन्त्रालयसँग स्वीकृति लिएर स्रोतको खोजी गरिने उनले बताए ।‘तत्काल अस्थायी टहरा बनाएर कक्षा सञ्चालन भएको छ, स्थायी भवन बनाउन मन्त्रालयले योजना बनाउँदै छ,’ सापकोटाले भने । त्यसका लागि केन्द्रको टोली जाजरकोट र रुकुमपश्चिम पठाएको उनले बताए । ‘टोली फर्केपछि योजना बनाएर पुनर्निर्माण सुरु हुन्छ,’ उनले भने । भूकम्पले ती जिल्लामा ६७ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने ७१ जना विद्यार्थी र दुई शिक्षक घाइते भएका थिए ।भूकम्पमा परी ८ जना विद्यार्थीको बाबुआमा दुवै र ३६ जनाको बाबुआमामध्ये एकको मृत्यु भएको थियो । ३ सय ३३ विद्यालयका शौचालयमा समेत क्षति पुगेको तथ्यांक छ । केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको छ । रुकुम पश्चिम २ सय ८८ र जाजरकोटमा ४ सय ३१ वटा विद्यालय सञ्चालनमा छन् ।
Education
12,197
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
https://gorkhapatraonline.com/news/108699
गोरखा, जेठ ७ गते । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत दुई करोड ५० लाख  ५८ हजार राजस्व सङ्कलन गरेको हो ।साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरूबाट एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ । सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ छ । यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ । रासस 
News
34,514
जंगल सफारीले पर्यटक बढाउने विश्वास
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ ।
https://gorkhapatraonline.com/news/59544
मीना कंडेलकावासोती, चैत १९ गते ।  पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुरको देवचुलीमा पहिलो पटक पिप्रहरबाट निकुञ्जमा जङ्गल सफारीको सुरुवात गरिएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ ।  पछिल्लो समय जङ्गल सफारीका लागि पर्यटकको मोह बढ्दो रहेकाले होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गत गिद्धेनी पोष्टदेखि पुरानो आइल्याण्ड क्पाम्पसम्मको नयाँ पर्यटन मार्गमा चल्ने जिप सफारीको सुरुवात गरिएको हो । नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटन मार्गको उद्घाटन भएसँगै देवचुली –१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको सुरुवात गरिएको छ ।नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएसँगै वन्यजन्तुको माध्यमबाट देवचुलीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने नगरप्रमुख हरिप्रसाद न्यौपानेले विश्वास व्यक्त गर्नुभयो । निकुञ्जको संरक्षणसँगै प्रवर्धनमा लाग्नसके यहाँका आम उपभोक्ताको जीविकोपार्जनमा पनि थप टेवा गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । जिप सफारीले नवलपुरमा पर्यटन प्रवर्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो । जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्त्वपूर्ण साबित हुने जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी सन्तोष धितालले बताउनुभयो । निकुञ्ज क्षेत्रमा जङ्गल सफारी अगाडि बढाउनका निम्ति विगतका दिनदेखि गरेको मेहनतेले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।पर्यटन विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको देवचुली वडा १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । नवलपुर जिल्ला पर्यटनका हिसाबले अग्रणी जिल्ला रहेकाले यहाँ रहेका पर्यटन प्रवर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
News
49,435
‘विश्व सम्पदा सूची’ मा पनौतीलाई समावेश गर्न पहल
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ लाई विश्व सम्पदा सूचीमा समावेश गर्न स्थानीयवासीसँग छलफल गरिएको छ । नगरपालिकाले २०५४ सालदेखि तत्कालीन वडा नं. ५, ६ र ७ (हालको वडा नं. ७) लाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेपछि नगरपालिकाले स्थानीयवासीसँग पुनः छलफल सुरु गरेको हो ।
https://gorkhapatraonline.com/news/84273
केदार तिमल्सिना बनेपा, कात्तिक १८ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ लाई विश्व सम्पदा सूचीमा समावेश गर्न स्थानीयवासीसँग छलफल गरिएको छ । नगरपालिकाले २०५४ सालदेखि तत्कालीन वडा नं. ५, ६ र ७ (हालको वडा नं. ७) लाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेपछि नगरपालिकाले स्थानीयवासीसँग पुनः छलफल सुरु गरेको हो । शुव्रmबार आयोजित अन्तव्रिर्mयामा नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत भएसँगै स्थानीयवासीलाई धेरै फाइदा हुने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासमा स्थानीयको योगदान महìवपूर्ण हुने र सूचीकृत भएपछि आर्थिकस्तर वृद्धि हुने बताउनुभयो । उहाँले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सङ्घीय सरकार, स्थानीय सरकार र स्थानीयवासीको संयुक्त पहलमा मात्रै सम्भव हुने बताउनुभयो । कार्यव्रmममा पुरातìव विभागका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक कागजात (डकुमेन्ट) तयार भए पनि कतिपय कुरा मिलाउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक कागजात (डकुमेन्ट) पूरा भएको दुई वर्षभित्रमा सूचीकृत हुने बताउनुभयो । सम्पदा सूचीमा समावेश भएपछि युनेस्कोले उक्त क्षेत्रको विकासका लागि धेरै बजेट दिन्छ भन्ने भ्रम भने राख्न नहुने चर्चा गर्दै उहाँले स्थानीय नागरिक स्वयं सचेत भई सम्पदामैत्री घर तथा संरचना निर्माण नगरेसम्म पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न नसकिने बताउनुभयो ।कार्यव्रmममा सम्पदा विज्ञ रवीन्द्र पुरी र विधुप्रसाद कायस्थले नेपाल सरकारले काभ्रेपलाञ्चोकको पनौतीका साथै नुवाकोट दरबार, रामजानकी मन्दिर, पाल्पाको तानसेन, कीर्तिपुर, खोकना, साँखु, लुम्बिनीको रामग्राम, लोमान्थाङ, गोरखा दरबार क्षेत्रलगायतका १५ वटा स्थानलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने पहल गरेको जानकारी दिनुभयो । उहाँहरूले पनौतीका थुप्रै सम्पदा भएकाले यो क्षेत्र सम्पदा सूचीमा समावेश भएको खण्डमा यहाँ संसारभरका नागरिकको चासो रहने भएकाले पर्यटनको समेत ठुलो सम्भावना रहने बताउनुभयो । नगरपालिकाले पनौतीको पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल सुरु गरेपछि विसं २०५४ मा तत्कालीन मन्त्रीपरिषद्ले पनौती गाविसलाई प्राचीन स्मारक क्षेत्र घोषणा गरेको थियो ।नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण, प्रवर्धन गर्न सम्पदा शाखाको स्थापना, स्मारक क्षेत्रभित्र रहेका पुराना शैलीमा निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड २०७७ जारी गरेको छ । नगरपालिकाले निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउने घरधनीलाई प्रोत्साहनस्वरूप रकमसमेत उपलब्ध गराउँदै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि स्मारक क्षेत्रभित्र मल्लकालीन तथा राणाकालीन शैलीमा घरमा पेटी, कार्नेस, बलेनी, पाखा, छाना राख्नु, प्रस्टसँग देखिने गरी इँटाको गारो हुनु, काठका आँखी झ्यालहरू हुनु, एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुदिएका बुट्टेदार झ्यालहरू हुनु, झिँगटीको छाना हुनु, इँटाको गारोमा प्लास्टर भएको हुनुपर्ने छ । 
News
52,920
नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ
नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
https://ekantipur.com/sports/2022/04/04/164905371876789955.html
काठमाडौँ — नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई टोलीमा फिर्ता बोलाएको छ । मलेसियासँगको अन्तिम खेलमा सोमपाललाई आराम दिँदै कमललाई मौका दिइएको थियो । दुई ओभर बलिङ गर्दै २ विकेट लिएका कमल फिल्डिङका क्रममा काँधमा चोट बोकेर मैदान बाहिरिएका थिए । आइतबार कमलको काँधको शल्यक्रिया गरिएको थियो र उनी ६ साता मैदान बाहिर रहने छन् । नेपालबाट सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल अलाम, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अविनाश बोहरा खेलिरहेका छन् । नेपाल अपराजित रहि फाइनलमा उत्रिएको हो । नेपालले राउन्ड रोबिनका चार खेलमा पीएनजी र मलेसियालाई २/२ पटक पराजित गरेको थियो । पीएनजीसँगको दुई खेलमा नेपालले क्रमशः १५ र ३७ रनको विजय हात पारेको थियो ।कप्तान सन्दीप लामिछाने २२ रन खर्चेर ३ विकेट लिँदै पीएनजीसँग राउन्ड रोबिनको पहिलो खेलमा प्लेयर अफ द म्याच बनेका थिए । पीएनजीसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रन बनाएका थिए भने बलिङमा करण केसीले ह्याट्रिक विकेट लिनुका साथै ५ विकेट पुरा गरेका थिए । पीएनजीले ४ मध्येको ३ खेलमा पराजित भए पनि मलेसियालाई रन रेटमा उछिन्दै नेपालसँगको फाइनल खेलिरहेको छ । अक्टोबरमा यूएईमा भएको विश्वकप खेलेयता पहिलोपटक ट्वान्टी २० मा खेलिरहेका पीएनजी जुलाईमा हुने ट्वान्टी २० विश्वकप छनोटको तयारीको रुपमा रहेको छ ।
Sports
20,757
कर्मचारी दरबन्दी कटौती गरिने
सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।
https://gorkhapatraonline.com/news/15381
काठमाडौँ, जेठ २६ गते । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी १० प्रतिशतले कटौती गर्ने उल्लेख गरिएको छ । बजेटअनुसार सरकारले कर्मचारी कटौती गर्ने प्रक्रिया अगाडि बढाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले प्रशासनिक सेवालाई चुस्त दुरुस्त पारी प्रशासनिक सुधार गर्न कर्मचारी कटौती गर्नेगरी बजेटमा उल्लेख गरिएको बताउनुभयो । उहाँका अनुसार थोरै कर्मचारी सङ्ख्या भए पनि सेवा सहज र प्रभावकारी हुने कार्यालयका अनावश्यक दरबन्दी कटौती हुनेछन् । दरबन्दीको सङ्ख्या र कार्यबोझका आधारमा सङ्घीय निजामती सेवा, स्वास्थ्य, स्थानीय र संसद् सेवालगायतका क्षेत्रका कर्मचारी कटौती हुनेछन् । त्यसका लागि सरकारले आवश्यक समिति निर्माण गरी उक्त समितिले दिएको सुझावका आधारमा कर्मचारी कटौती प्रक्रिया अगाडि बढाइनेछ । कुनै पनि निकायमा रहेको दरबन्दी आवश्यकताअनुसार छ कि छैन भन्ने कुरा उक्त समितिले अध्ययन गर्नेछ ।कर्मचारी कटौती भएसँगै निजामती सेवामा प्राविधिक अत्यावश्यकबाहेकका सेवामा नयाँ दरबन्दी थप गरिने छैन । उहाँले भन्नुभयो, “कर्मचारी समायोजनका क्रममा सङ्घको आवश्यकताभन्दा बढी कर्मचारीको दरबन्दी भएकाले त्यसमा कटौती गरिनेछ । गत तीन वर्षअघि कर्मचारी समायोजन गर्दा सङ्घका लागि ४८ हजार दरबन्दी स्वीकृत गरिएको थियो । सङ्घमा समायोजन भएकोभन्दा करिब पाँच हजार कर्मचारीको दरबन्दी थप भएको छ । त्यस्ता दरबन्दी कटौती हुन्छन् ।”  सरकारले निर्माण गर्ने समितिले आवश्यकता र औचित्यका आधारमा दरबन्दी सिर्जना नभएको तथा दायित्व बढाउने काममात्र भएको छ भने त्यस्तो दरबन्दीको पुनरवलोकन हुनेछ ।मन्त्रालयका अनुसार अनावश्यक रिक्त भएको दरबन्दीमा पदपूर्ति नै नगर्ने, दरबन्दीअनुसार काम गरिरहेका कर्मचारीलाई स्वेच्छिक अवकाश लिन लगाउनेगरी विकल्प तयार गर्ने र ती पदमा रिक्त हुन आएको दरबन्दी खारेज गर्न सकिनेछ ।माथिल्लो पदको अनावश्यक दरबन्दी नै खारेज गर्ने, एक जना सहसचिवको दरबन्दी हुँदा कम्तीमा पनि त्यसको सचिवालयमा एक जना नायब सुब्बा, एक जना कार्यालय सहयोगी र एक जना चालकको दरबन्दी थपिने हुँदा अनावश्यक रूपमा रहेका सहसचिवको दरबन्दी कटौती गर्न सकिने मन्त्रालयको बुझाइ छ । दरबन्दी कटौतीका नाममा भइरहेका कर्मचारीलाई जबरजस्ती भने ननिकालिने उहाँले स्पष्ट गर्नुभयो ।
News
62,945
अमेरिकाको गाह्रो यात्रा
दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका गाह्रो यात्रा तय गर्दै मंगलबार महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले पोर्चुगलसँग गोलरहित बराबरी खेल्दा आत्तिनुपर्ने स्थिति थियो । यस्तै स्थिति भने इंग्ल्यान्ड र नेदरल्यान्ड्सको रहेन । दुवै प्रभावशाली जितसँगै अगाडि बढ्न सफल रहे । 
https://ekantipur.com/sports/2023/08/02/169094556069885674.html
अकल्यान्ड — दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका गाह्रो यात्रा तय गर्दै मंगलबार महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले पोर्चुगलसँग गोलरहित बराबरी खेल्दा आत्तिनुपर्ने स्थिति थियो । यस्तै स्थिति भने इंग्ल्यान्ड र नेदरल्यान्ड्सको रहेन । दुवै प्रभावशाली जितसँगै अगाडि बढ्न सफल रहे । अस्ट्रेलिया र न्युजिल्यान्डमा फेरि एकपल्ट उपाधि जित्न सक्ने टिमका रूपमा अमेरिका गएको थियो । युरोपेली च्याम्पियन इंग्ल्यान्डभन्दा बलियो मानिएको अमेरिकासामु लगातार तीनपल्ट उपाधि जित्ने दुर्लभ अवसर पनि अझै कायम छ । तर टिमको प्रदर्शन त्यस्तो रहेको छैन, जस्तो अपेक्षित थियो । अन्तर्राष्ट्रिय फुटबलमा लामो समयदेखि वर्चस्व कायम राखेको अमेरिकाले प्रतियोगितामा अझै राम्रो गर्ने हो भने टिमको प्रदर्शनमा प्रशस्त सुधार गर्नुपर्नेछ । विश्वकपमा ‘डेब्यु’ गरिरहेको पोर्चुगल अमेरिकालाई स्तब्ध गर्न सक्ने स्थितिको नजिक पनि पुगेको थियो । तर ४१ हजार दर्शक अगाडि अकल्यान्डमा वैकल्पिक खेलाडी अना चपेटाको प्रहार पोस्टमा ठोकिएको थियो, त्यो पनि दोस्रो हाफको इन्ज्युरी समयमा । अब अमेरिकाले सम्भवतः स्विडेनको सामना गर्नेछ । यो त्यही प्रतिद्वन्द्वी हुनेछ जसले आफ्नो पछिल्लो खेलमा इटालीलाई ५–० ले पराजित गरेको थियो । अमेरिकी प्रशिक्षक भ्लाट्को एन्डोनोभ्स्की भने टिमको अहिलेसम्मको यात्रालाई सकारात्मक मान्नुपर्ने पक्षमा छन् ।फिफा वरीयताको नम्बर १ टिम अमेरिकाले अहिलेसम्म आफूलाई प्रमाणित गर्न सकेको छैन । प्रशिक्षक भन्छन्, ‘सबैभन्दा मुख्य उपलब्धि हो, हामी नकआउट चरण पुगेका छौं । सबैले के बुझ्नुपर्छ भने अहिलेको अमेरिकी टिम नयाँ छ, यसका खेलाडीले एकआपसमा खेलेको पनि धेरै समय भएको छैन । फेरि भन्न सकिन्न, जति जति टिमले बढी खेल्ने अवसर पाउनेछ, टिमको प्रदर्शनमा सुधार आउनेछ ।’ गत साता अमेरिकालाई नेदरल्यान्ड्सले १–१ को बराबरीमा रोकेको थियो ।यो सन् २०१९ को फाइनलको पुनरावृत्ति पनि थियो । यही नेदरल्यान्ड्स भियतनामलाई एकपक्षीय रूपमा ७–० ले हराउन सफल रह्यो । त्यसमा इस्मी ब्रुग्ट्स र जिल रुदले दुई–दुई गोल गरे । यो जितपछि नेदरल्यान्ड्स समूह ‘ई’ जित्न सफल रह्यो, सात अंकमा । अमेरिका भने दोस्रो स्थानमा रह्यो र उसको खातामा एक जित र दुई बराबरी रह्यो । यसअघि अमेरिकाले विश्वकप इतिहासमा कहिले पनि समूह चरणमा एकै जितमा सीमित रहेको थिएन ।चीनलाई इंग्ल्यान्डको दण्डसमूह ‘डी’ मा इंग्ल्यान्डले चीनलाई ६–१ ले दण्डित गर्‍यो र यो जितसँगै समूह विजेताका रूपमा अन्तिम १६ मा पुग्यो । त्यस चरणमा अब इंग्ल्यान्डले नाइजेरियाको सामना गर्नेछ । इंग्ल्यान्ड पछाडि दोस्रो स्थानमा रहेर डेनमार्क पनि नटआउट चरण पुग्यो । उसले अर्को खेलमा हाइटीलाई २–० ले हरायो । अब डेनमार्कले अर्को सहआयोजक अस्ट्रेलियाको सामना गर्नेछ । इंग्ल्यान्डका लागि चेल्सीकी स्टार खेलाडी लउरेन जेम्सले दुई गोल गरिन् ।सरिना वेमगनको टिमका लागि जेम्सको प्रदर्शन उत्कृष्ट रह्यो र पूरा खेल अवधिमा उनी जताततै छाइन् । उनले आफ्नो प्रदर्शनलाई सपनामा सोचे जस्तै भएको बताइन् । उनले भनिन्, ‘मैदानको मध्यभागमा होस् अथवा दायाँ बायाँ, मैले मज्जाले खेल्न पाएँ । यसरी खेल्न पाएकामा म खुसी छु ।
Sports
16,678
सार्वजनिक जग्गाको खोजीमा प्राधिकरण
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया अगाडि बढाएको छ। उपत्यकाको सार्वजनिक जग्गा संरक्षणको दायित्व आफ्नो रहेको भन्दै प्राधिकरणले अतिक्रमित जग्गा संरक्षण प्रक्रिया अगाडि बढाइएको हो। प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकाभित्रको सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन लागिएको बताउनुभयो।
https://gorkhapatraonline.com/news/46573
काठमाडौँ, मङ्सिर १५ गते । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया अगाडि बढाएको छ। उपत्यकाको सार्वजनिक जग्गा संरक्षणको दायित्व आफ्नो रहेको भन्दै प्राधिकरणले अतिक्रमित जग्गा संरक्षण प्रक्रिया अगाडि बढाइएको हो। प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकाभित्रको सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन लागिएको बताउनुभयो।उपत्यकाका नगरको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्न अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो। अनधिकृत संरचना हटाउन प्राधिकरणले ३५ दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम उपत्यकाभित्रको जुनसुकै ठाउँको सरकारी, सार्वजनिक, पर्ती, ऐलानी जग्गाको संरक्षणको जिम्मेवारी प्राधिकरणको रहेको बताउँदै उहाँले बाग्मती नदी किनारका सुकुम्बासी बस्तीसमेत प्राधिकरणकै क्षेत्राधिकारभित्र रहेको स्पष्ट पार्नुभयो। बाग्मती किनारको सुकुम्बासी बस्ती हटाउने कार्यमा प्राधिकरणले काठमाडौँ महानगरसँग सहकार्य गरिरहेको बताउनुभयो। प्रमुख विकास आयुक्त ढकालले भन्नुभयो, “प्राधिकरणले उपत्यकाभित्रको सार्वजनिक जग्गाको लगत, नक्सा, ‘फिल्डबुक’ सङ्कलन गरिरहेको छ। कतिपय व्यक्ति र सङ्घसंस्थाले सार्वजनिक जग्गा अतिक्रमण गरी स्थायी संरचना नै निर्माण गरेको भन्दै परेका उजुरीअनुसार पनि प्राधिकरणले मिचिएका सार्वजनिक जग्गाको खोजी गरिरहेको छ।’’ धेरै ठाउँका सूचना प्राधिकरणले सङ्कलन गरिसकेको बताउँदै उहाँले अहिले नै ती ठाउँको नाम सार्वजनिक गर्न मान्नुभएन। बाग्मती नदी किनार, धोबीखोला कोरिडोर, बल्खुखोला कोरिडोरलगायत धेरै ठाउँमा सार्वजनिक जग्गा मिचिएकोबारे सूचना र उजुरी प्राधिकरणमा आएको उहाँले बताउनुभयो। लगत, नक्सा, ‘फिल्डबुक’ सङ्कलन भइसकेपछि ती जग्गा सार्वजनिक हुन् कि होइनन् भन्ने पूर्ण रूपमा यकिन गरेपछि मात्र खाली गराइने उहाँले स्पष्ट पार्नुभयो।सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने आयुक्त ढकालले बताउनुभयो।    
News
60,062
भारतमा झडप: थप प्रदर्शनकारीको मृत्यु
उत्तरी भारतका प्रहरीले नागरिकताको नयाँ कानुनविरुद्ध चर्केको प्रदर्शनका क्रममा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको बताएको छ।
https://www.bbc.com/nepali/news-50877958
उत्तर प्रदेश राज्यको रामपुरमा सयौँ प्रदर्शनकारी तथा दङ्गा प्रहरीबीच झडप भएका छन्। प्रहरीले लाठीचार्ज एवं अश्रुग्यासको प्रयोग गरेको छ। ती प्रदर्शनकारीको मृत्य कसरी भयो भन्ने प्रस्ट भएको छैन। कम्तीमा १२ को मृत्यु गत केही दिनदेखि चर्किएको विरोध प्रदर्शनका क्रममा उत्तर प्रदेशमा कम्तीमा १२ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेहरूमध्ये अधिकांशलाई गोली लागेको छ। शनिवार भारतका अन्य कम्तीमा पाँच राज्यमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भएका छन्। दक्षिणी राज्य तामिलनाडुमा प्रदर्शनकारीहरूले रेलवे स्टेशन नजिकैको प्रहरी घेरा तोडेका छन्। पूर्वी बिहारमा विपक्षी दलले एकदिने हडतालको आह्वान गरेको छ। सो दलका समर्थकहरूले सडक तथा रेलसेवामा अवरोध उत्पन्न गराए। नयाँ कानुनमा के को विवाद? हाल विवादको केन्द्रमा रहेको नागरिकतासम्बन्धी नयाँ कानुन खासगरि मुस्लिम समुदायकाविरुद्ध विभेदकारी भएको आलोचकहरूले बताउने गरेका छन्। सीएए भनिएको नागरिकता संशोधनसम्बन्धी नयाँ ऐनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ। संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो। यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो। गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ। भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ। अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ। ६ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले नागरिकता पाउन सक्नेछन्।
Others
67,288
डीपीएल वर्षाले प्रभावित, काठमाडौं र विराटनगरबीचको खेल रद्द
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ ।
https://ekantipur.com/sports/2019/02/16/155029587529137456.html
धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण एक बल पनि नफ्याली रद्द भएको छ ।धनगढीस्थित फाप्ला क्रिकेट मैदान बिहीबार दिउँसोदेखि परेको पानीले जलमग्न बनेपछि खेल हुने कुनै सम्भावना नै बनेन । दुवै टोलीले १/१ अंक पाएका छन् । काठमाडौं ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । विराटनगरको ४ अंक छ । विराटनगरले बिहीबार पनि महेन्द्रनगर युनाइटेडसँगको खेल वर्षाका कारण रद्द भएपछि १ अंकमा नै चित्त बुझाएको थियो । मैदान भिजेका कारण धनगढी स्टार्स र महेन्द्रनगरबीच शनिबार हुने दोस्रो खेल पनि रद्द हुने सम्भावना बढी छ ।
Sports
27,935
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।
https://gorkhapatraonline.com/news/66298
मनाङ, जेठ १९ गते । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् । यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ । मनाङको मेरुदण्ड डुम्रे–बेँसीसहर–चामे सडकखण्डको विस्तार गर्दा पदमार्गकै ट्याकमा हुँदा भने समस्या भएको छ । मनाङको यात्रा गर्दा सडक मार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले धुलोको सास्ती भोग्नुपर्ने अवस्था छ ।मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्ग विस्तारसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले यसको वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो ।“सडक र पदमार्गको ट्र्याक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका छौँ, वैकल्पिक पदमार्ग निर्माणको योजना तय गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफलमा ल्याउने छौँ”, प्रदेशसभा सदस्य गुरुङले भन्नुभयो । वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्ती खेप्नुपर्ने समस्या हट्ने उहाँको भनाइ छ ।मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने र त्यसमाथि पदमार्गकै माध्यम अपनाउने भएकाले यसको वैकल्पिक योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । “मनाङ पर्यटकको ‘हब’ भएकाले सहज बनाउने कार्यमा पनि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “विकास निर्माण पनि हुनुपर्छ, राष्ट्रकै राजस्व वृद्धिमा सहयोग पुर्‍याउने क्षेत्रको संरक्षणमा सरकारलाई ध्यानाकर्षण गराउनु हाम्रो कर्तव्य हो ।”देशकै गहनाका रूपमा रहेका हिमाल र अन्नपूर्ण पदमार्गमा पर्यटकको आकर्षण सदा उस्तै बनाउनु सबैको जिम्मेवारी भएकाले सचेत हुनुपर्ने उहाँको भनाइ छ । अन्नपूर्ण पदमार्ग विश्वकै दसौँ स्थानमा पर्दछ । यस पदमार्गलाई जोखिमयुक्तसमेत मानिन्छ । साहसिक पर्यटक भने यस मार्गको यात्रामा रमाउने गरेका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख लेखनाथ गौतमले सरकारले जोखिमयुक्त मनाङ भ्रमणमा आउने पर्यटकले अनिवार्यरुपमा पथ प्रदर्शक ल्याउनुपर्ने प्रावधानले सूचना प्राप्त गर्न सहज भएको बताउनुभयो । “जोखिमयुक्त पदमार्गमा यात्रा गर्दा पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले ‘गाइड’ बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।” पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत वृद्धि हुने गरेको छ ।पर्यटक हिमाल तथा पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसीसरहसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत पर्यटक मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् । यहाँ भित्रिने पर्यटकलाई सहज बनाउन र आकर्षित गरिरहन वैकल्पिक पदमार्ग बनाउनसकेमा पर्यटकले अझ सुरक्षित तवरबाट मनाङको यात्रा गर्न पाउनेछन् । रासस
News
56,038
मानव अधिकारको प्रतिविम्ब
राजनीति र मानव अधिकार दुई भिन्न विषय हुन् तर आपसी सहयात्री पनि । राजनीतिक विकासबिना मानव अधिकार विकासको कल्पना हुँदैन । मानव अधिकारको लेपनबिना राजनीतिको सौन्दर्य हुँदैन । राजनीतिक विकासले मानव अधिकारको विकास हुन्छ र मानव अधिकारको लेपनले राजनीति थप जिम्मेवार हुन्छ । राजनीतिमा मानव अधिकारको स्पर्श र मानव अधिकारमा राजनीतिको प्रभाव भिन्न हुनै सक्दैनन् एकआपसमा अन्तरसम्बन्धित छन् । राजनीतिक गतिविधिले मानव अधिकारको विकासमा टेवा पु¥याउँछ भने मानव अधिकारमाथि नकारात्मक प्रभाव पनि पार्छ । उन्नत राजनीतिक व्यवस्था मानिएको लोकतन्त्रलाई मानव अधिकारको मेरुदण्ड पनि भन्ने गरिन्छ । लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक पनि हुन् । लोकतन्त्र, विकास र मानव अधिका
https://gorkhapatraonline.com/news/105597
राजनीति र मानव अधिकार दुई भिन्न विषय हुन् तर आपसी सहयात्री पनि । राजनीतिक विकासबिना मानव अधिकार विकासको कल्पना हुँदैन । मानव अधिकारको लेपनबिना राजनीतिको सौन्दर्य हुँदैन । राजनीतिक विकासले मानव अधिकारको विकास हुन्छ र मानव अधिकारको लेपनले राजनीति थप जिम्मेवार हुन्छ । राजनीतिमा मानव अधिकारको स्पर्श र मानव अधिकारमा राजनीतिको प्रभाव भिन्न हुनै सक्दैनन् एकआपसमा अन्तरसम्बन्धित छन् । राजनीतिक गतिविधिले मानव अधिकारको विकासमा टेवा पु¥याउँछ भने मानव अधिकारमाथि नकारात्मक प्रभाव पनि पार्छ ।उन्नत राजनीतिक व्यवस्था मानिएको लोकतन्त्रलाई मानव अधिकारको मेरुदण्ड पनि भन्ने गरिन्छ । लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक पनि हुन् । लोकतन्त्र, विकास र मानव अधिकार तथा आधारभूत अधिकारहरूको सम्मान एकअर्कामा अन्तर्निहित र पारस्परिक पनि हुन्छन् । जनताले स्वतन्त्रपूर्वक आफ्नो राजनीतिक गतिविधि, आर्थिक गतिविधि तथा सामाजिक र सांस्कृतिक परम्पराहरूको पूर्ण रूपमा उपभोग गर्न पाउनु नै मानव अधिकार हो र त्यो नै पूर्ण लोकतन्त्र हो । देशमा राजनीतिक व्यवस्था जति खुला हुन्छ, त्यति नै मानव अधिकारको विकास तीव्र र उपभोगको सुनिश्चितता बढी हुन्छ । राजनीति धुमिल हुँदा मानव अधिकार सङ्कटमा पर्ने र राजनीति सफा भए मानव अधिकारको सम्मान हुन्छ । राजनीतिक चेतना भएको मुलुकमा स्वतः मानव अधिकार चेतनाको स्तर माथि हुन्छ । राजनीति र मानव अधिकारको विकासको इतिहास लामो भए पनि आजको मानव अधिकारको बहस विश्वयुद्धपश्चात् नै भएको हो । लोकतन्त्रको विकास पनि पछिल्लो उपलब्धि हो । राजनीतिमा देखिने अनैतिक क्रियाकलापलाई नैतिक बनाउने काम मानव अधिकारले गर्छ । मानव अधिकार राजनीतिको शुद्धीकरण गर्ने औजार हो । मानव अधिकारको जगमा मात्र सुसंस्कृत राजनीति हुन्छ । राजनीतिक क्रियाकपलाप जति धेरै मानव अधिकार निरपेक्ष र विरोधी हुन्छन्, त्यो राजनीतिक व्यवस्था र अवस्था त्यति नै अनुत्तरदायी हुन्छ । राजनीतिलाई आदर्श बनाउने भनेकै मानव अधिकारले हो । मानव अधिकारमा राजनीतिक प्रभावमानव अधिकार र राजनीति सँगसँगै यात्रा गर्ने भएकाले एकअर्कासँग निरपेक्ष हुँदैनन् । एकअर्कासँग प्रभावित हुन्छन् । राजनीतिमा मानव अधिकारले भन्दा बढी राजनीतिले मानव अधिकारमा प्रभाव पार्दछ । प्रभाव स्वाभाविक छ । मानव अधिकारमा राजनीतिक प्रभाव कति सकारात्मक छ र कति नकारात्मक छ भन्ने बहस नै आजको प्रमुख बहस हो । मानव अधिकारको प्रत्याभूतिका लागि राजनीति नभई पनि नहुने हुनाले सकारात्मक प्रभाव मानव अधिकारका लागि स्वीकार्य छन् । नकारात्मक प्रभाव मानव अधिकारका बाधक हुन् । सकारात्मक प्रभावमानव अधिकारको चेतना वृद्धि : मानव अधिकारको प्रत्याभूतिका लागि नागरिक चेतना अभिवृद्धि अपरिहार्य छ । चेतनाको अभिवृद्धि मानव अधिकार शिक्षा, औपचारिक शैक्षिक उपाधि, सामाजिक क्रियाकलाप र राजनीतिक गतिविधिबाट हुन्छ । यीमध्ये सबैभन्दा प्रभावकारी माध्यम भनेको राजनीतिक क्रियाकलाप नै हो ।संविधान र ऐनमा मानव अधिकारसम्बन्धी व्यवस्था : नेपालको संविधानमा मानव अधिकारयुक्त प्रस्तावना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा विभिन्न मानव अधिकारसम्बद्ध आयोगसम्बन्धी व्यवस्था छ । संविधान राजनीतिक उपलब्धिको दस्ताबेज भएको हुँदा संविधानमा भएको मानव अधिकारसम्बन्धी व्यवस्था राजनीतिले मानव अधिकारमा पारेको सकारात्मक प्रभाव हो । राष्ट्रिय मानव अधिकार आयोग ऐन तथा अन्य संवैधानिक आयोगसम्बन्धी ऐन तथा अन्य मानव अधिकारसम्बन्धी ऐन राज्यले मानव अधिकारका लागि गरेका सकारात्मक कार्य हुन् ।मानव अधिकारसम्बन्धी आयोग स्थापना : संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायत अन्य मानव अधिकारसम्बन्धी आयोगहरूको स्थापना गरेको छ । मानव अधिकारसम्बन्धी गैरसरकारी संस्थासमेतलाई राज्यले कानुनद्वारा संरक्षित गरेको छ ।दलहरूको मानव अधिकारप्रति प्रतिबद्धता : दलहरूले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समेट्नुका साथै मानव अधिकारप्रति प्रतिबद्धता जनाएका छन् ।अन्तर्राष्ट्रिय प्रभाव र चासो : नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै न कुनै रूपमा मानव अधिकारको प्रभाव देखिन्छ । संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्रसमेत रहेको नेपालको मानव अधिकारप्रति राष्ट्रसङ्घको चासो छ । देशको अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिक र मानव अधिकार दुवै विषय हुन् ।नागरिक अधिकारको प्रत्याभूति : नागरिक अधिकारको प्रत्याभूतिका लागि नेपालको राजनीतिक आन्दोलनको योगदान छ । राजनीतिक आन्दोलनको उपलब्धि अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, बालिग मताधिकार, आवधिक निर्वाचन जस्ता विषय राजनीतिक मात्र नभएर मानव अधिकारका पनि विषय हुन् ।नकारात्मक प्रभावराज्यको अनुदार चरित्र : नेपालको मानव अधिकारको सवालमा जे जति प्राप्त भएको छ, त्यो राजनीतिक गतिविधि र राज्यको योगदान हो तर कानुनी दस्ताबेजमा बाध्यतावश केही प्रावधानको व्यवस्था गरिए व्यवहारतः मानव अधिकारप्रति राज्यको चरित्र अनुदार छ ।मानव अधिकारप्रति दलको उदासीनता : राजनीतिक दल मानव अधिकारका संवाहक हुन् । मानव अधिकारमाथि सबैभन्दा बढी नकारात्मक प्रभाव राजनीतिक दलको अप्रजातान्त्रिक क्रियाकलापमै पर्छ । राजनीतिक दलहरूले भाषणमा मानव अधिकारप्रति प्रतिबद्धता जनाए पनि व्यावहारिक क्रियाकलापमा भने दलहरू मानव अधिकारप्रति उदासीन छन् । राजनीतिक छाया : मानव अधिकार र राजनीतिको यात्रा समानान्तर भए पनि मानव अधिकार राजनीतिको छाया जस्तो मात्र छ । जसरी मानिसको छाया मानिससँगै हुन्छ तर अस्तित्व मान्छेको मात्र हुन्छ । त्यस्तै मानव अधिकार र राजनीतिको यात्रा सँगै भए पनि नेपालको राजनीतिसँग मानव अधिकारको यात्रा छाया जस्तो छ ।राजनीतिक द्वन्द्वमा मानव अधिकार उल्लङ्घन : राजनीतिक आन्दोलनले मानव अधिकारको विकासमा भूमिका निर्वाह गरेको भए पनि राजनीतिक द्वन्द्वको चपेटामा सर्वसाधारणको मानव अधिकारको हनन पनि हुन पुगेको छ । राणा कालको अन्त्य, पञ्चायत काल, बहुदलीय शासन व्यवस्थाको बहालीको आन्दोलन, दसवर्षे द्वन्द्व, मधेस आन्दोलन र जनआन्दोलन–२ मा समेत मानव अधिकारको हनन हुन पुगेको छ ।आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पूरै छायामा : नागरिक तथा राजनीतिक अधिकारको राज्यले केही हदसम्म सम्बोधन गरे पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा राज्यको ध्यान छैन । राजनीतिलाई मात्र सरकारले मानव अधिकार बुझेको छ । मानव अधिकारको उल्लङ्घन नगर्नु मात्र राज्यको दायित्व होइन, बरु मानव अधिकारको प्रत्याभूति पनि राज्यको दायित्व हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नु आवश्यक छ ।अहमतावादी चिन्तन : नेपालको राजनीतिमा पछिल्लो समय राजनीति नै सबै कुरा हो, राजनीतिज्ञले जे भन्छ, सरकार जे गर्छ, संसद्ले जे कानुन बनाउँछ, अदालतले जे फैसला गर्छ; त्यो नै मानव अधिकार हो भन्ने भाष्य सिर्जना गर्न खोजिँदै छ । सरकारले गलत पनि गर्न सक्छ, नेताको बुझाइ गलत हुन सक्छ, संसद्ले मानव अधिकारविरोधी कानुन पनि बनाउन सक्छ र अदालतको फैसला पनि मानव अधिकारमैत्री नहुन सक्छ । मैले गरेको सबै ठिक भन्ने राज्यका निकायका यस्ता स्वेच्छाचारी चिन्तन र क्रियाकलापले मानव अधिकार सङ्कटमा परेको छ ।निष्कर्षआजको युग लोकतन्त्रको युग हो । लोकतन्त्रमा मात्र मानव अधिकार फस्टाउँछ । लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई एकअर्काका परिपूरकका रूपमा समेत लिने गरिएको छ । लोकतन्त्रको सुन्दरता भनेकै मानव अधिकार हो । उदार राजनीतिक प्रणाली आफैँमा मानव अधिकारको प्रतिविम्ब हो । मानव अधिकारको विषय हरेक व्यक्तिको नैसर्गिक र जन्मसिद्ध अधिकारको विषय भए पनि यसको संरक्षण र प्रत्याभूतिको विषय राज्यसँग जोडिन्छ । राज्य राजनीतिक एकाइ हो । सरकार राजनीतिक क्रियाकलापबाट बन्छ । राजनीतिक कारणबाट बन्ने सरकारको प्रमुख दायित्व नै मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्धन र परिपूर्ति हुने हुँदा मानव अधिकार स्वतः राजनीति निरपेक्ष हुन सक्दैन । आज कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध मानव अधिकारको जगमा बनेको हुन्छ । देशहरूबिच सम्बन्ध सुमधुर छ कि समस्या छ, त्यो सम्बन्धको मियो मानव अधिकार हुन्छ । अन्तर्राष्ट्रिय महासन्धि मानव अधिकार र राजनीतिक दुवै विषय हुन् । लोकतान्त्रिक व्यवस्थामा देशको निर्वाचन प्रणाली, मताधिकार, न्यायिक प्रणालीसँग पनि मानव अधिकार जोडिन्छ । आदर्श राजनीतिको जग भनेकै मानव अधिकार हो । नेपालको सन्दर्भमा अहिले कतिपय राजनीतिक क्रियाकलापमा जनताको असन्तुष्टि देखिन्छ, त्यो सबै सरकार र राजनीतिक दलहरू मानव अधिकारमैत्री हुन नसक्दाका परिणाम हुन् । 
News
45,784
रूपन्देहीको दोस्रो जित
कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले लगातार तेस्रो जित पाएको छ । रूपन्देही ११ ले शनिबारै त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो । आर्मीको यो दोस्रो जित हो ।
https://ekantipur.com/sports/2018/05/20/152678074754366525.html
सुर्खेत — कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले लगातार तेस्रो जित पाएको छ । रूपन्देही ११ ले शनिबारै त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो । आर्मीको यो दोस्रो जित हो ।समूह ‘ए’ मा टीकापुर क्रिकेट क्लब र रूपन्देही समान ४ अंक बटुल्दै शीर्षस्थानमा छन् । समूह ‘बी’ मा ६ अंक बटुल्दै धनगढी अगाडि छ । मध्यपश्चिम क्रिकेट क्लब २ अंकसहित दोस्रो स्थानमा छ । मध्यपश्चिमले शनिबारै रोयल राइजिङ क्लबलाई ८ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको रोयलले १८.५ ओभरमा अलआउट हुँदा ८७ रनमात्रै बनायो । दीपेन्द्र रावत एक्लैले ४ विकेट हात पारे । सुनील सुनारले ३ र भीम धमलाले २ विकेट लिए । ओपनिङ ब्याटिङ गरेका प्रकाश जैसीले ३०, खुसीराम बिकले १६ र दिवान पुनले १३ रन बनाए ।८८ रनको लक्ष्य मध्यपश्चिमले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर मनोज सुनारले अविजित नटआउट ५३ रन बनाए । उनले २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । कप्तान सुवेन्दु पाण्डे र राजवीर सिंहले समान १४ रन बनाए । म्यान अफ द म्याच दीपेन्द्र रावत भए ।धनगढीले एबिसी स्पोर्ट्सलाई ३२ रनले हरायो । टस जितेको धनगढीले २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रन जोडेको थियो । ओपनर सुनील धमलाले ४० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । वसन्त कार्कीले ३० रन जोड्दा ३ छक्का र १ चौका प्रहार गरे । लोकेश बमले २५ र कप्तान भुवन कार्कीले १५ रन बनाए । एबीसीका सुनील मिश्रा, करण मल्ल र आकाश थापाले २–२ विकेट लिए । जवाफमा एबीसीले १ सय २१ रनमै समेटियो । आयुष्मान वमले ३१ र महेश खत्रीले २१ रन जोडे । धनगढीका सुनील धमला, विक्रम ठगुन्ना र भुवन कार्कीले २–२ विकेट लिए । प्लेयर अफ द म्याच सुनील धमला घोषित भए ।शनिबारै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ९ विकेट गुमाई १ सय ५५ रन बनायो । भीम सार्कीले ४३, कप्तान विनोद भण्डारीले ३२ र सागर पुनले २९ रन बनाए । भीमले ३० बलमा ४ चौका र २ छक्का तथा विनोदले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । रूपन्देहीका कृष्ण कार्की र बसिर अहमदले ४–४ विकेट झारेका थिए ।लक्ष्य पछयाएको रूपन्देहीले २.२ ओभरमा १ विकेट गुमाई २४ रन बनाउँदा वर्षा भयो । आधा घण्टापछि खेल सुचारु हुँदा रूपन्देहीले ११ ओभरमा ९३ रनको लक्ष्य पायो । रूपन्देहीले ५२ रन स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो । सुरज दराईले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेपछि रूपन्देहीले ६ बलअगावै लक्ष्य पूरा गरेको थियो । सातौं विकेटमा दराईले शक्ति गौचनसँग ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याए । प्लेयर अफ द म्याच सुरज दराई घोषित भए ।
Sports
29,283
संसद्को सात महिना तदर्थमै
प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक रूपमा समेत संसद् बन्धक छ ।
https://gorkhapatraonline.com/news/74722
काठमाडौँ, साउन २९ गते । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक रूपमा समेत संसद् बन्धक छ । २०७९ पुस २५ गते निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको थियो । प्रधानमन्त्रीको विश्वासको मत, सभाका पदाधिकारी चयन, नियमावली तर्जुमालगायतका काममा पहिलो अधिवेशन अल्झिएको थियो । करिब चार महिना चलेको अधिवेशन वैशाख २५ मा अन्त्य भएको थियो । उक्त अधिवेशनको चार महिनासम्म नियमावली तर्जुमा तथा संसदीय समिति गठनलगायतका आधारभूत कामसमेत हुन सकेनन् । संसद्मा भइरहेको अवरोधले नियमित कामकारबाहीसमेत प्रभावित भइरहेको सभामुख देवराज घिमिरेको भनाइ छ । पर्याप्त रूपमा संसद्ले जनजीविकाका सवालमा छलफल गर्न नसकेको घिमिरेले स्विकार्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले भन्नुभयो, “केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमा छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ । पछिल्लो समय संसद् अवरोधले नियमित कानुन बनाउन बाधक भएको छ ।”सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि अवरोधका कारण कतिपय विषय प्रभावकारी रूपमा अघि बढाउन नसकिएको बताउनुभयो । पाण्डेले अहिलेको अवरोधको स्थिति अन्त्य शीर्ष नेतृत्व तहबाट मात्र हुने बताउनुभयो । उहाँले भन्नुभयो, “माथिल्लो तहमा पुगेर अड्किएका छन् सबै विषय । हाम्रो तहबाट निकास निस्कने अवस्था छैन । अवरोधको अवस्था जारी छ । यसले कानुन निर्माणका कुरा रोकिए । समिति सभापति चयनको विषयलाई पनि यसले असर पारिरहेको छ ।” प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसद् सत्तापक्षकै कारण तदर्थमा सीमित भएको आरोप लगाउनुभयो । गिरीले भन्नुभयो, “सदनलाई बिजनेस दिने सरकारकै काम हो । समितिको नेतृत्व चयन पनि एकप्रकारको सहमति भइसकेको विषय हो । उहाँहरूकै आन्तरिक कारणले सहमति भएको छैन । अहिले हामीले उच्चस्तरीय समिति छानबिनका लागि माग गरेका छौँ । यो विषय उहाँहरू नाजायज पनि भन्न सक्नुहुन्न । समिति बनाउन तयार पनि हुनुहुन्न ।”नेतृत्वविहीन समितिमूल संसद्जस्तै मिनी संसद् पनि तदर्थमै चलिरहेका छन् । पहिलो अधिवेशन प्रारम्भ भएको करिब चार महिनापछि समिति गठन भएका थिए । वैशाख १५ गते समिति गठन भए पनि समितिले स्थायी नेतृत्व पाउन सकेका छैनन् । अहिले सबै समिति ज्येष्ठ सदस्यको अध्यक्षतामा चलिरहेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सार्वजनिक लेखाको सभापति चयन नभएसम्म बैठकमा सहभागी नहुने जनाउ सभामुख देवराज घिमिरेलाई समेत गराइसकेको छ । अन्य समितिमा पनि सभापति चयनको दबाब बढिरहेको छ । वैशाख ११ गते प्रमुख दलबिचमा समितिको भागबन्डा मिले पनि सभापति चयन प्रक्रिया अघि बढेको छैन । १० विषयगतमा सार्वजनिक लेखा र अन्य एक समिति एमालेलाई दिने सहमति शीर्ष तहमा भएको थियो ।  अन्य आठ समितिमा सत्तारूढ दल कांग्रेस तीन, माओवादी केन्द्र दुई, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीलाई एक एक भागबन्डा गर्ने गरी समझदारी बनेको थियो । दुई संयुक्तमध्ये एक कांग्रेस र एक एमालेले पाउने सहमति भएको थियो ।नियमावलीको प्रावधान अनुसार सभामुखले तोकेको मितिमा सभापति चयन प्रक्रिया अघि बढ्ने छ । तर सभामुख घिमिरेले सभापति चयन प्रक्रिया अघि बढाउनेबारे ठोस निर्णय नलिँदा मिनी संसद् प्रभावहीन भएका छन् । स्थायी रूपमा सभापति चयन नहुँदा विधेयकको छलफल हुन सकेका छैनन् । यस्तै महत्त्वपूर्ण समसामयिक विषयमा समेत समितिले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सकेको छैन । संसदीय अनुगमन, निगरानीका कार्य ठप्प छन् । विषयवस्तुमा अध्ययन गरी सरोकारवाला निकायसँगको छलफल र निर्देशनसमेत हुन सकिरहेका छैनन् । विधायिकी प्रक्रिया ठप्पपुसयता वर्तमान संसद्ले बजेटबाहेक एक मात्र विधेयक पारित गरेको छ । नियमित रूपमा वार्षिक बजेटबाहेक बाध्यात्मक रूपमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याजीसम्बन्धी) विधेयक सङ्घीय संसद्ले पारित गरेको छ । सरकारले नयाँ विधेयक दर्तालाई प्राथमिकता दिन नसके पनि यसअघि राष्ट्रिय सभामा उत्पत्ति भएका र केही नयाँसमेत गरी १५ विधेयक विचाराधीन छन् । १५ मध्ये अधिकांश विधेयक प्रतिनिधि सभामा थुप्रिएका छन् । प्रतिनिधि सभामा १२ विधेयक विचाराधीन हुँदा राष्ट्रिय सभामा तीन वटा विधेयक छन् । माथिल्लो सभामा राष्ट्रिय मर्यादासम्बन्धी एक गैरसरकारी र दुई सरकारी विधेयक छन् । सभामा विद्युतीय व्यापार विधेयक र अध्यागमन विधेयक विचाराधीन छन् । अध्यागमन विधेयक २०७६ देखि नै विचाराधीन छ । यस्तै प्रतिनिधि सभामा पनि अधिकांश विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका छन् । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पेस भएका भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, नेपाल विश्वविद्यालय, अनुगमन तथा मूल्याङ्कन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक छन् । यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक, सुरक्षण मुद्रणसम्बन्धी विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पनि माथिल्लो सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन छन् । प्रतिनिधि सभामा उत्पत्ति भएका अन्य चार विधेयक पनि विचाराधीन छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधि सभामा विचाराधीन छन् ।
News
54,394
नेपालको विकासमा एमसिसी
संयुक्त राज्य अमेरिका नेपालको पुरानो विकास साझेदार राष्ट्र हो । ७६ वर्षदेखि अमेरिकाले नेपालको लोकतन्त्र सबलीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ, जसले आधुनिक नेपाल निर्माणमा महìवपूर्ण योगदान पु¥याएको छ । विकाससँगै नेपालमा लोकतन्त्रको स्थापना र यसको संरचनागत विकासमा पनि अमेरिकाको अहम् भूमिका रहँदै आएको छ । पछिल्लो समयमा सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी चासो बढेको छ । अमेरिकाले कृषिलाई व्यवसायीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा शिक्षा क्षेत्रमा पनि लगानीको दायरा बढाएको छ ।
https://gorkhapatraonline.com/news/82606
संयुक्त राज्य अमेरिका नेपालको पुरानो विकास साझेदार राष्ट्र हो । ७६ वर्षदेखि अमेरिकाले नेपालको लोकतन्त्र सबलीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ, जसले आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको छ । विकाससँगै नेपालमा लोकतन्त्रको स्थापना र यसको संरचनागत विकासमा पनि अमेरिकाको अहम् भूमिका रहँदै आएको छ । पछिल्लो समयमा सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी चासो बढेको छ । अमेरिकाले कृषिलाई व्यवसायीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा शिक्षा क्षेत्रमा पनि लगानीको दायरा बढाएको छ । बदलिँदो समय अनुसार अमेरिकाले विश्वभरि आफ्ना साझेदार देशहरूको आवश्यकता अनुसार आर्थिक सहयोग तथा अनुदानको दायरालाई फराकिलो बनाउँदै आइरहेको छ । प्राथमिकताका क्षेत्रहरूको पहिचान भइरहेको छ । पछिल्लो समयमा अमेरिकाले विभिन्न क्षेत्रमा फरक फरक परियोजना र नवीनतम विकासको अवधारणालाई अङ्गीकार गरिरहेको छ, जसले समय अनुसारको विकास तथा परिवर्तनलाई आत्मसात् गरेको पाइन्छ । पछिल्लो एक दशकमा नेपालमा पनि अमेरिकाले लगानी तथा प्राथमिताका क्षेत्रको दायरा फाराकिलो बनाएको छ । सोही अनुसार अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामार्फत नेपालको पूर्वाधार विकास तथा सुदृढीकरणका गर्ने गरी अनुदान उपलब्ध गराएको छ, जुन नेपाललाई हालसम्म उपलब्ध गराएको अनुदान तथा आर्थिक सहायतामा अमेरिकाले गरेको लगानीमा सबैभन्दा ठुलो कार्यक्रम हो । यसले नेपाल–अमेरिका सम्बन्धलाई मजबुत तथा थप नयाँ उचाइमा पु¥याएको छ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो । यसले विकासशील देशहरूलाई गरिबी न्यूनीकरणमा सहयोग गर्दै आइरहेको छ । अमेरिकाले एमसिसी परियोजना विशुद्ध विकाससँग मात्र जोडिएको सहयोग रहेको जनाएको छ । यसले जुनसकै सैन्य गतिविधिलाई निषेध गर्छ । सैन्य उपस्थितिलाई स्वीकार्दैन । एमसिसी शतप्रतिशत अनुदानमा आधारित विकास योजना रहेको सम्झौतामा उल्लेख गरिएको छ । विसं २०७४ भदौ २९ गते नेपाल र एमसिसीबिच नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाल सरकार र अमेरिकी सरकारबिच भएको सम्झौता अनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) र एमसिसीको संयुक्त लगानीमा हुने भनिए अनुसार हाल सञ्चालनमा आइसकेको छ । एमसिसीको नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा शङ्का आशङ्का गर्न थालियो । परियोजनासँगै अमेरिकी सेना नेपालमा आउने हल्ला तथा भ्रम सिर्जना गरियो । सँगै एमसिसीलाई इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस) सँग जोडेर छिमेकी देशहरूको सुरक्षासँग अपव्याख्यासमेत गरियो । हरेक सम्झौता तथा सहायताका जस्तै एमसिसीका पनि आफ्नै सीमा हुन्छ, बाध्यता हुन्छ, सर्त हुन्छ, कठिनाइ हुन्छ, नियम–कानुन हुन्छ, समयावधि हुन्छ, प्रक्रिया हुन्छ अनि कार्यान्वयनको तरिका हुन्छ, जसले लगानी वा सहायताको सुनिश्चितता गर्छ र सम्बन्धित सहयोग गर्ने निकायलाई विश्वस्त बनाउँछ । अनि उसले सहज लगानी गर्दछ । त्यसैले एमसिसी द्विपक्षीय सम्झौता संसद्बाट पारित गरियो । एमसिसी परियोजनाले नेपालका सडक तथा जलविद्युत् विकासलाई मध्यनजर गरेर उपलब्ध गराएको अनुदान हो । एमसिसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १३ करोड अमेरिकी डलर गरी कुल ६३ करोड अमेरिकी डलरको विकास परियोजना हो, जस अन्र्तगत ३१२ किमी उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, तीन सबस्टेसन तथा नेपाल–भारत सीमापार प्रसारण लाइन र ९९ किमी सडक स्तरोन्नति गर्ने गरी परियोजना लागु भइसकेको छ । करिब एक दशकअघि सुरु भएको एमसिसी लागु भइसकेको छ । एमसिसीको अनुदान सहयोगमा काठमाडौँको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासी र सुनवलसम्म ३१२ किमी प्रसारण लाइन निर्माण हुने छ । सँगै रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेसन निर्माण हुने छ । सडकको स्तरोन्नति अन्तर्गत भालुवाङ–लमही (दाङ) २७ किमी, चन्द्रौटा (कपिलवस्तु)–भालुवाङ ३५ किमी र लमहीदेखि शिवखोला (दाङ) ३७ किमी सडक स्तरोन्नति हुने छ । एमसिए नेपालले आफ्नो आधिकारिक अफिसियल वेइब पेजमा एमसिसी लागु भएको डेढ महिना भएको र अब चार वर्ष १० महिना बाँकी रहेको जनाएको छ । एमसिसी परियोजना कार्यान्वयनको दिनगन्ती सुरु भइसकेको छ । सार्वजनिक रूपमा समय सीमासहित कार्य अघि बढेको यो पहिलो परियोजना हो । यसले नेपालका राष्ट्रिय गौरवका परियोजनाहरूका लागि पनि अनुसरणयोग्य अभ्यासको थालनी गरेको छ । नेपालमा विदेशी सहायता प्राप्त वा नेपाल सरकार आफ्नै लगानी भएका ठुला परियोजना हुन्, तोकिएको समयभित्र सम्पन्न हुन सकेका छैनन् । परिणामतः परियोजना समयमै सम्पन्न नहुनु तथा लागत बढ्ने गरेका छन् । परियोजना ढिलाइसँगै आर्थिक अनियमितता पनि बढ्ने भएका कारण पारदर्शिताको अभाव रहेको पाइन्छ, जुन नेपालको विकास अवरोधको मुख्य कारण बनेका छ । एमसिसीले यी सबै समस्या समाधान गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । एमसिसीले नपाल सरकारले माग गरेबमोजिम विद्युत् प्रसारण लाइन विस्तारका लागि सहयोग गरिरहेको छ । हाल नेपालमा सञ्चालन भइरहेका जलविद्युत् योजना पूर्ण रूपमा सञ्चालनमा आएपछि विद्युत् प्रसारण लाइनको चुनौती बन्ने निश्चित जस्तै छ । नेपालको विद्युत् खपतको मुख्य क्षेत्र भनेको भारत वा बङ्गलादेश नै हो । यसका लागि आधुनिक र बढी क्षमताको प्रसारण लाइन निर्माण आवश्यक हुन्छ । एमसिसी नेपालको आर्थिक उन्नति तथा विद्युत् व्यापारका लागि कोसेढुङ्गा साबित हुने छ । सँगै सडक विस्तारमा पनि एमसिसी परियोजना नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीय र सुविधासम्पन्न सडक स्तरोन्नति गर्ने छ । एमसिसी परियोजनाको अर्को महत्वपूर्ण पक्ष भनेको वातावरणमैत्री विकास हो । विद्युत् प्रसारण आयोजना तथा सडक मर्मत आयोजना दुवैको कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक मापदण्डसम्बन्धी राष्ट्रिय नीति तथा कानुनहरूको पूर्ण पालना गरिएको छ । एमसिसी कार्यान्वयनका लागि एमसीए–नेपालले न्यूनतम वातावरणीय तथा सामाजिक प्रभाव सुनिश्चित गर्न सरोकारवालासँगको परामर्श गर्ने गरी परियोजना तयार पारेको छ । एमसिसीबाट सिर्जना हुने अस्थायी सडक अवरोध, उत्खनन, ध्वनि तथा धुलो जस्ता समस्याको समाधान गर्ने छ । कामदार एवं सामुदायिक स्वास्थ्य एवं सुरक्षालाई मध्यनजर गरी उचित क्षतिपूर्ति, न्यूनीकरण वा व्यवस्थापनलाई सम्बोधन गर्ने नीति लिएको छ । नेपालमा विकासको नाममा भइरहेका वातावरण विनाशले स्थानीय समुदायमा नकारात्मक असर परिरहेका छ । सडक निर्माण तथा विस्तारका नाममा वनजङ्गलको फडानी, प्राकृतिक स्रोतसाधनको दुरुपयोग तथा उत्खननले प्राकृतिक विपत् आइरहेको छ । पहिरो जाने, बाढी आउने, डुबान हुने तथा खेतीयोग्य जमिन सुक्खा हुने गरेको छ तर एमसिसीले यी सबै समस्यालाई मध्यनजर गरी वातावरणमैत्री विकासलाई अङ्गीकार गरेको छ । एमसिसी परियोजनाले स्थानीयको सहभागिता तथा वृत्ति विकास पनि उत्तिकै प्राथमिकतामा राखेको छ । एमसिसी परियोजना लागु भएको क्षेत्रहरूमा प्रत्यक्ष प्रभावित स्थानीयलाई एकीकृत बस्ती विकास गरी स्थानान्तरण गरिने छ । प्रभावित क्षेत्र स्थानीयको रोजगारी तथा क्षमता विकासका लागि पनि नागरिक संस्था तथा स्थानीय सङ्घसंस्थामार्फत कार्यक्रम अघि बढाइरहेको छ । युवा रोजगार, स्थानीय उद्यमशीलता तथा व्यवसायका लागि एमसिसी परियोजनाले विभिन्न क्रियाकलाप तयार गरी लागु गरिरहेको छ । एमसिसीले लैङ्गिक नीति तथा एमसिसी लैङ्गिक एकीकरण मार्गनिर्देशिका (२०१६) जारी गरेको छ । परियोजना तर्ज‘मा तथा कार्यान्वयनका सबै चरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि आवश्यकता, प्रक्रियाहरू, भूमिका तथा उत्तरदायित्वबारे यस निर्देशिकाले सुनिश्चित गरेको छ । परियोजना कार्यान्वयनपूर्व सामाजिक तथा लैङ्गिक एकीकरण योजना तयार गर्न‘पर्ने नीति अनुसार तयार भई लागु भइसकेको छ । सन् २००४ मा स्थापना भए यता एमसिसीले लगभग ३० वटा देशसँग १३ अरब डलरभन्दा बढी रकमको ३७ वटा अनुदान सम्झौतामा हस्ताक्षर गरिसकेको छ । ३७ वटा सम्झौतामध्ये २५ वटा सम्पन्न भइसकेका छन् । बाँकी १२ वटा सम्झौता कार्यान्वयनमा छन् । अर्को महìवपूर्ण कुरा के भने, एमसिसी सम्पन्न भएका कुनै पनि देशमा सैन्य गतिविधि सञ्चालन भएका छैनन् । एमसिसी बारेमा जे जति भ्रम थिए, ती कार्यान्वयनको चरणमा आएर गलत प्रमाणित हुँदै गइरहेका छन् । एमसिसी सम्पन्न भएका अरू देशहरूमा पनि भनिए जस्तो न त राष्ट्रियता खतरामा परेको छ, न त राष्ट्रको अस्तित्व सङ्कटमा परेको छ । न त कुनै सैनिक हस्तक्षेप भएको छ । एमसिसी कार्यान्वयन भएका देशहरूमा कुनै बाधा अवरोध नभई परियोजना समयमै सम्पन्न भएका छन् । सम्बन्धित देशहरूको आर्थिक विकास तथा वृद्धिमा एमसिसीले सकारात्मक सहयोग गरेको पाइन्छ । अन्त्यमा, एमसिसीले नेपालको विकास सहायता नयाँ युगमा प्रवेश गराएको छ । सहकार्य तथा साझेदारीको नयाँ उचाइको आधार तयार गरेको छ । विश्वासको नयाँ जग बसाल्दै छ । देखिएका केही कानुनी तथा व्यावहारिक पक्ष पनि दुवै देशको समझदारीमा किनारा लगाइनु पर्छ । एमसिसी नेपाल–अमेरिका दुवै देशका लागि महत्व राख्ने भएकाले कार्यान्वयनसँगै परिणाममुखी बनाउनु दुवै देशको दायित्व हो र जिम्मेवारी पनि हो ।   
News
46,469
ओली र दाहाललाई नेपालको आग्रह : देश विकासको खाका बनाएर अघि बढौँ
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् ।
https://ekantipur.com/news/2024/02/20/nepals-request-to-oli-and-dahal-lets-move-forward-by-creating-a-blueprint-for-the-countrys-development-43-56.html
काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् ।सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताएका हुन् ।नेपालले सबै बुद्धिजीवी, अनुभव प्राप्त व्यक्तिहरूसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताए । उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।यस्तो छ नेपालको आग्रह‘मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेसनमा नपुग्दासम्म कुनैपनि बाटो खाल्डाखुल्डी नहोस् । नभए र देशप्रतिको धारणा राम्रो हुँदैन । हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईले प्रतिफल प्राप्त गर्न सक्नुहुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु । नेपालमा कति वटा हवाई मैदान चाहिन्छ, कहाँ कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्नेकुराको सामग्रिक दृष्टिकोणको अभाव छ । मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटकपटक भन्ने गरेको छु । हामी बसौँ । अनुभव भएकाहरु बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरु । विज्ञहरु सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।’
News
5,516
‘उत्तर कोरियाका परमाणु कार्यक्रम जारी’
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ।
https://www.bbc.com/nepali/news-45068310
प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई 'व्यापक रूपमा बढाएको' र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको छ। स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई शुक्रवार बुझाएको हो। उत्तर कोरियाले उक्त प्रतिवेदनका नतिजाबारे अहिलेसम्म कुनै टिप्पणी गरिसकेको छैन। निरस्त्रीकरण गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका थिए। यसअघि बलिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उनीहरूले द वाशिङटन पोस्ट पत्रिकालाई बताएका थिए। ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो। भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए। उल्लंघन त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट 'अब पारमाणविक खतरा नरहेको' बताएका थिए। तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेकोमा गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो। के हो उत्तर कोरियाली संकट? पारमाणविक र क्षेप्यास्त्र परीक्षण 'स्थगित' पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्योङयाङले अहिले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ। राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनको अनुगमन गर्दै आएका विज्ञहरूले सो प्रतिवेदन तयार पारेका हुन्। प्रतिवेदनमा भनिएको छ, "उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू रोकेको छैन र गैरकानूनी रूपमा जहाजबाट पेट्रोलियम पदार्थको ओसारपसारलाई व्यापक रूपमा बढाउनुका साथै सन् २०१८ मा कोइला ओसारपसार गर्दै सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गर्ने कामलाई निरन्तरता दिइरहेको छ।"
Others
70,452
बराबरीले क्रोएसियालाई गाह्रो
अल्बानियाले युरोमा बुधबार क्रोएसियालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । यससँगै क्रोएसियालाई समूह चरणबाटै बाहिरिने डर भएको छ । अल्बानियाका लागि क्लाउस जासुलाले दुई गोल गरे, दुवै फरक छेउतर्फ । त्यसमध्ये पहिलो गोल आत्मघाती रह्यो भने अर्को गोलले खेल बराबरीमा टुंग्याएको थियो । 
https://ekantipur.com/sports/2024/06/20/difficult-for-croatia-with-a-draw-43-32.html
काठमाडौँ — अल्बानियाले युरोमा बुधबार क्रोएसियालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । यससँगै क्रोएसियालाई समूह चरणबाटै बाहिरिने डर भएको छ । अल्बानियाका लागि क्लाउस जासुलाले दुई गोल गरे, दुवै फरक छेउतर्फ । त्यसमध्ये पहिलो गोल आत्मघाती रह्यो भने अर्को गोलले खेल बराबरीमा टुंग्याएको थियो । स्पेनविरुद्धको आफ्नो पहिलो खेलमा निराशाजनक ३–० को हार बेहोरेको क्रोएसिया सुरुमै एक गोलले पछाडि परेको थियो । काजिम लेसीले ११ औं मिनेटमा अल्बानियालाई सुरुआती अग्रता दिलाए । यसका लागि उनले हेड गर्दै बललाई पोस्टका दिशा दिएका थिए । दोस्रो हाफमा दुई सब्स्टिच्युट खेलाडीसँगै क्रोएसियाको खेलमा सुधार आएको आयो । यस्तै क्रममा आन्द्रेज क्रामरिकले बराबरी गोल गरे । त्यति बेला १६ मिनेटको खेल बाँकी थियो । लगत्तै जासुलाले आत्मघाती गोल गरे । तर खेलमा उनलाई नायक हुने कथा लेखिन बाँकी थियो । इन्ज्युरी समयको पाँचौं मिनेटमा उनले क्रोएसियाली पोस्टको कुना च्याप्दै गोल गरेका थिए । यससँगै अल्बानियाले बहुमूल्य एक अंक बटुलेको थियो । सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेको क्रोएसियाले समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन इटालीको सामना गर्नेछ । नकआउट चरण पुग्ने सम्भावना कायम राख्न त्यसमा निश्चित जित निकाल्न पर्नेछ । यस्तोमा आफूअनुकुल नतिजा निकाल्ने हो भने क्रोएसिया लगातार पाँचौं ठूलो प्रतियोगिताको नकआउट चरण पुग्नेछ । इटालीविरुद्ध बेहोरेको २–१ हारमा पनि आलोचकको प्रशंसा पाएको अल्बानियाले अन्तिम १६ को सम्भावना कायम राख्न बलियो स्पेनलाई हराउनुपर्नेछ । क्रोएसियाको स्वर्णिम पुस्ताका खेलाडीले भरिएको टिमले पहिलो हाफमा खराब प्रदर्शन गरेको थियो । यसै कारण टिम समूह चरणबाटै बाहिरिने डर तयार भएको हो ।
Sports
13,237
टिकटकको अँध्यारो पक्ष: भिडिओ एपले बालबालिकासँग माफी माग्यो
भिडिओ बनाउनका लागि प्रभावित गर्नेहरूले केही बालबालिका र युवाहरूलाई पैसा पठाउन दबाब दिएको खुलासा भएपछि भिडिओ शेअर गर्ने एप टिकटकले आफूलाई दु:ख लागेको बताएको छ।
https://www.bbc.com/nepali/news-48855550
टिकटकका प्रशंसकहरूले टिकटकका निर्माताहरूले पैसाका लागि आफूहरूलाई शोषण गरिरहेको आरोप लगाएका छन् टिकटकले प्रशंसकहरूलाई डिजिटल उपहार पठाउने सुविधा दिन्छ। त्यस्तो उपहार ६१ डलरसम्मको मूल्यका छन्। बीबीसीको एउटा अनुसन्धानले त्यसरी भिडिओ बनाउन प्रेरित गर्नेहरूले आफ्नो फोन नम्बर दिने वाचा गर्दै प्रशंसकहरूबाट उपहार लिने गरेको पत्ता लगाएको छ। टिकटकले आफ्ना नीति र निर्देशिकालाई बलियो बनाउने जनाएको छ। तर उसले त्यो कसरी गर्ने भन्ने चाहिँ व्याख्या गरेको छैन। क्लेएर (नाम परिवर्तन) ले बीबीसी न्यूजसँग बोल्दै आफूले टिकटकका सबैभन्दा मनपर्ने व्यक्तिको फोन नम्बर पाउनका लागि १ सय २५ डलर खर्च गरिन्। त्यसरी खर्च गरेको प्रति उनी अहिले पछुतो मान्छिन् किनभने उनले त्यसरी पाएको नम्बरमा फोन गर्दा कहिल्यै पनि उठेन। इंग्ल्याण्डको उत्तर-पश्चिममा बस्ने १२ वर्षीया क्लेएरले टिकटकमा निकै चर्चित रहेका सेबास्टिएन मोएलाई उनको भिडिओको प्रशंसा गर्द ६१ डलर बराबरको "ड्रामा क्वीन" उपहार पठाइन्। सेबास्टिएन मोएको टिकटकमा ३८ लाख प्रशंसकहरू छन् र जब मोएले आफ्नो व्यक्तिगत फोन नम्बर दिने भन्दै अर्कोपटक रकम मागे उनी केही क्षणका लागि बहकिइन्। अमेरिकामा रहेका सेबास्टिएन मोएको टिकटकमा ३८ लाख प्रशंसक छन् र उनले एपका कुनै पनि नियमहरू तोडेका छैनन्। बीबीसीले उनको प्रतिक्रियाका लागि अनुरोध गरे पनि उनले त्यसको जवाफ दिएका छैनन्। बजारको ठूलो हिस्सा टिकटक निकै छिटो मौलाएको सामाजिक सञ्जालसम्बन्धी एप हो जसका ५० करोड नियमित प्रयोगकर्ता छन्। कम्पनीले आफ्नो प्रयोगकर्ता कति छन् भन्ने चाहिँ खुलाएको छैन। एप स्टोरमा टिकटक एक अर्बभन्दा बढी पटक डाउनलोड गरिएको अनुमान गरिएको छ। उक्त एपमा १५ सेकेण्डसम्मको भिडिओहरू हाल्न मिल्छ। खासगरी अडियोमा स्वर मिलाएर भिडिओ बनाउने र ट्रेण्डमा रहेको संगीतमा नाच्ने अनि भिडिओ बनाउने गरिन्छ। "ड्रामा क्वीन" उपहार कम्पनीका अनुसार टिकटक धेरैजसो १६ देखि २४ वर्ष उमेर समूहका मानिसहरूबीच चर्चित छ। तर एपको नियम विपरित १३ वर्षभन्दा कम उमेरका थुप्रै प्रयोगकर्ता भएको प्रमाण पनि छ। १३ वर्षमुनिका बालबालिकासँग उनीहरूको व्यक्तिगत विवरण अभिभावकको सहमति बिना नै लिएको आरोपमा यसअघि नै उक्त कम्पनीलाई अमेरिकाको नियामक निकायले ५७ लाख डलर जरिवाना तिराइसकेको छ। मंगलवार युकेकी सूचना आयुक्तले पनि उक्त एपले कलिला प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको छ कि छैन भनेर छानबिन सुरु गरेको खुलासा गरेकी छन्। "अहिले टिकटकमाथि सक्रिय खालको अनुसन्धान भइरहेकोले तपाईँले त्यो हेर्नसक्नुहुन्छ," एलिजावेथ डेनह्यामले भनिन्। १ हजार भन्दा बढी मानिसहरूले फलो गरेपछि उक्त एपमा भिडिओ बनाउनेहरूले प्रत्यक्ष प्रशारण गर्न पाउँछन्। प्रशंसकहरूले आफूलाई प्रभावित पार्ने भिडिओ निर्मातालाई डिजिटल उपहार पठाउन सक्ने यति नै बेला हो। त्यस्ता डिजिटल उपहारहरू स्क्रिनमा देखापर्छन् र ती एक डलरभन्दा कमदेखि ६१ डलरसम्म पर्दछ। एपका चर्चित व्यक्तिहरूले एकपटक त्यसरी प्रत्यक्ष आउँदा हजारौं डल कमाउँछन्। त्यसरी पठाइने डिजिटल उपहारमार्फत् टिकटकले कति हिस्सा राख्छ भन्न उसले अस्वीकार गरेको छ। तर भिडिओ बनाउने केहीले बीबीसीलाई बताए अनुसार टिकटकले डिजिटल उपहारबाट उठेको ५० प्रतिशत पैसा आफूले राख्छ। बाचा गरिएका इनाम टिकटकमा मानिसहरूले उनीहरूको तस्बिर बदल्न सक्छन् १० हप्ताभर बीबीसीले दर्जनौं प्रत्यक्ष भिडिओहरूको अनुगमन गर्‍यो जहाँ एपका चर्चित व्यक्तिहरूले आफ्ना प्रशंसकलाई उपहार पठाउन भनेका छन्। त्यसको बदला प्रत्यक्ष भिडिओका बेला उनीहरूको नाम लिइदिने, 'फलो ब्याक' गर्ने र प्रशंसकसँग मिलेर भिडिओसमेत बनाउने प्रस्ताव गर्छन्। टिकटकमा अर्को व्यक्तिसँग मोबाइलको स्क्रिनमा दुई भागमा देखिने गरी अर्को व्यक्तिसँग मिलेर भिडिओ पनि बनाउन मिल्छ। एकजना भिडिओ निर्माताले आफ्ना प्रशंसकसँग "एक हप्ताभरी" इन्स्टाग्राममा कुरा गर्ने बाचा गरे र त्यसका लागि उनले १८५ डलर बराबरको तीनवटा उपहार पाए। केही निर्माताहरूले उपहारको बदला फोन नम्बर र व्यक्तिगत विवरणहरू नियमितजसो पठाउने प्रस्ताव गरे। बीबीसीले एउटा त्यस्तो समूह पनि पत्ता लगायो जसले को व्यक्तिले उपहार दिन्छ भनेर हेरि उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्ने र "लाइक्स" र "फलो" का लागि पैसा माग्ने पनि छ। शोषणमा टोरोन्टोकी स्टेफानी बारबरले आफ्नी ११ वर्षीया छोरीले ३ सय पाँच डलर सकेको फेला पारिन्। "पैसा के मा खर्च भयो भन्ने थाहा पाएर म त चकित भए," उनले भनिन्। "मैले मेरो छोरीलाई सोधेँ, 'तिमीले यसका लागि केही पनि पाउँदैनौं?'" र उसले जवाफमा भनि , 'अहँ।' "ठूला मानिसलाई राम्रोसँग थाहा हुनुपर्छ। र अरू किशोरावस्थाकाहरूलाई पनि - कि तिमीले बालबालिकासँग पैसा माग्नुहुँदैन।" टिकटककी अर्की प्रशंसक केल्लीले बीबीसीसँग आफूले डिजिटल उपहारका लागि ६ सय ३० डलरदेखि ७ सय ५० डलरसम्म आफ्नै पैसा खर्च गरेको बताइन्। उनलाई आफू ठगिएको जस्तो लागेर अहिले पैसा पठाउँदिनन्। "म बुझ्छु मानिसहरूलाई आजकाल सामाजिक सञ्चालमार्फत् पैसा कमाउन आवश्यक छ तर मलाई लाग्छ मानिसहरूलाई उनीहरूको कामबारे प्रशंसित महसुस गर्न वा त्यसबारे अरूले ख्याल गरेको थाहा पाउन जबरजस्ती पैसा दिन बाध्य पारिनछ," केल्लीले भनिन्। २० वषीया र्राइजले आफूले खर्च गरेको महसुस नै नगरीकन १२ सय ५० डलर खर्च गरेको बताए। "टिकटकमा उपहार दिनु भनेको धेरथोर जुवा खेल्नु जस्तै हो," उनले भने "यसको लत बस्छ। मैले तत्काल त केही गलत देखिनँ तर अहिले त्यो त्यति खर्च गर्न लायक होइन भन्ने लाग्छ। "मलाई केही देखाउन छैन। त्यो मेरो व्यक्तिगत रोजाइ हो तर मलाई लाग्छ टिकटकमा कति उमेरकोले चलाउने भनी उमेरको बन्देज लगाउनुपर्छ र कति समयसम्म खेल्ने भन्ने पनि तय गरिनुपर्छ।" बीबीसीले टिकटकमा चर्चित भएका र पैसा कमाउन उपायहरू चाल्ने त्यस्ता केही व्यक्तिहरूलाई सम्पर्क गर्‍यो तर ती मध्ये धेरैले जवाफ फर्काएनन्। पछुतो लाग्छ नेफाटी ब्रदर्स टिकटकमा नेफाटी ब्रदर्श नामले चिनिने दाजुभाइले जम्मा ६ महिनामा २५ लाख फलोअर्स बटुले। पोल्याण्डका २५ वर्षीया यी दाजुभाइ ल्यानकासाएरस्थित ब्ल्याकबर्नमा बस्छन्। उनीहरू आफ्नो नाँच र हास्यव्यङ्ग्यात्मक स्केचका कारण चर्चित छन्। उनीहरू फलो ब्याक गर्नका लागि ६१ डलरको "ड्रामा क्वीन" उपहार पठाउन र प्रशंसकको नाम आफ्नो टाउकोमा लेख्नका लागि एउटा भन्दा बढी त्यस्तो उपहारहरू पठाउन भन्छन्। उनीहरूले त्यस्ता उपहारहरू नियमित रुपमा पाउन थालेकाले आफूहरू पठाउन प्रस्ताव गरेको बीबीसीलाई बताए। उनीहरूले टिकटकका अरू चर्चित भिडिओ निर्माताहरूले गरिरहेको कुरालाई नै आफूले पनि पच्छ्याएको बताए। उनीहरूले त्यसरी उपहार पठाउने धेरै प्रशंसकहरू करिब ३० वर्षको भएको पनि बताए। तर उनीहरूले एकदमै कलिल प्रशंसकहरूबाट उपहार पाउँदाचाहिँ आफूलाई ग्लानी महसुस हुने बताए। "हामीलाई उपहार पठाउनेहरू एकदमै साना भएको मनपर्दैन, त्यसैले सामान्यता हामी उनीहरूसँग उपहार माग्दा त्यसबारे उनीहरूको अभिभावकलाई थाहा छ कि छैन भनेर सोध्छौं," उनीहरूले भने। "तर हामी उनीहरूलाई रोक्न सक्दैनौं। हामी पनि आफूलाई रोक्न सक्दैनौं। हामी प्रत्यक्ष केवल पैसाका लागि मात्रै गएका हैनौं हाम्रा दर्शक बढी पाउनका लागि पनि हो।" दक्षिणी वेल्सकी रियाको २५ लाख प्रशंसक छन्। उनको भिडिओ सम्पादनमा निकै कुशल र सिर्जनात्मक छिन्। रिया सिर्जनात्मक भिडिओहरू राख्छिन् उनले औसतमा आफ्ना प्रशंसकहरू १० देखि १४ वर्ष उमेरका भएको बताइन्। उनले आफूले उपहार माग्दा उनीहरू सधैँ एकदमै खुसी भएको पनि बताइन्। तर उनलाई पनि साना बालबालिकाबाट थुप्रै उपहार लिँदा असहज महसुस हुन्छ। उनलाई उपहारहरूमा पठाइने स्टीकरमा उमेरको कडा हदबन्दीसम्बन्धी नियम लागोस् भन्ने लाग्छ। "भिडिओ बनाउनेका हिसाबले यसले हामीलाई शान्ति दिन्छ," उनले बीबीसीसँग भनिन्। "यसले तपाईँलाई थप नैतिक बनाउँछ किनभने जीवन चलाउनका लागि बालबालिकाबाट पैसा लिनु साँच्चै राम्रो काम होइन।" धोका टिकटकले दिएको आवाज टिकटकमा प्रत्यक्ष भएका बेला उपहार दिने काम चीनमा सुरु भएको हो - जहाँ यसका मालिक बाइटडान्स बस्छन्। उपहार दिने यो चलन यहाँ धेरै नै चर्चित छ। लाइभ देखिने व्यवसायिक "क्याम गर्लस्" भनिने युवतीहरूले आफ्ना दर्शकबाट प्रशस्त पैसा कमाउँछन्। पश्चिममा, ट्वीचजस्ता खेल खेल्ने ठाउँमा पैसा दिने काम निकै सामान्य छ। यद्यपि, टिकटकमा छोटो समयमै प्रयोगकर्तामाझ यो व्यवसाय पहिला कहिल्यै नभएजसरी फस्टाएको छ। टिकटक बाइटडान्स नामक चिनियाँ कम्पनीको स्वामित्वमा छ। बीबीसीको खास प्रश्नमा जवाफ दिन अस्वीकार गरे पनि उसले डिजिटल उपहारबारे अनुसन्धान गरिरहेको बताएको छ। एउटा विज्ञप्तिमा उसले भनेको छ: "हामीले धोखा दिने खालको व्यवहार सहँदैनौं। केहि प्रयोगकर्ताको अनुभव सुनेर हामी दुखित छौं।" हामीलाई थाहा छ निर्देशिका बनाउने, सूचनालाई थप पहुँचयुक्त अनि सबै प्रयोगक्तालाई सहजै बुझ्न सकिने बनाउने जस्ता सुधारका लागि जहिले पनि ठाउँ हुन्छ। "हामी तपाईँको सुझावहरूको कदर गर्छौं र हाम्रा नीति र उत्पादनका सेवाहरूलाई थप बलियो बनाउँछौं।" कम्पनीले कस्ता नीतिहरू वा निर्देशिकाहरूमा परिवर्तन गर्ने भनेर चाहिँ त्यसको विवरण दिएन। दबाब इन्फ्लुएन्सर मार्केटिङ फ्याक्ट्रीका एलेसान्ड्रो बोगलिएरीले टिकटकमा थप परिवर्तनका लागि ठूलो दबाब थियो। "निकै चर्चित बनिरकेको ब्रान्ड बारे यस्ता खालका कुराहरू उठ्नु सामाजिक सञ्जालका लागि राम्रो होइन," उनले भने। "एपमा धेरै सम्भावना छ तर सुधार गर्नका लागि पनि स्पष्ट रुपम धेरै ठाउँ छ।" "मलाई लाग्छ अभिभावकले नियन्त्रण गर्ने थुप्रै फिचर्सहरू राख्नु एउटा राम्रो उपाए हुनसक्छ र एकपटक प्रत्यक्ष हुँदा कतिसम्म उपहारस्वरुप दिनसकिने भन्ने पनि तोकिनुपर्छ। "उनीहरूले निर्देशिकाहरू पनि थप स्पष्ट बनाउन सक्छन् र प्रयोगकर्तालाई महङ्गा पर्ने त्यस्ता केही खास कुराहरूमाथि प्रतिबन्ध लगाउन सक्छन्।" टिकटक स्टार
Others
63,931
बस दुर्घटनामा २५ जना घाइते
सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
https://gorkhapatraonline.com/news/15835
सुनसरी, जेठ ३१ गते । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 
News
62,868
बैजनाथपुर रंगशाला : ५ करोड सकिँदा पनि बनेन पिच
बैजनाथपुर क्रिकेट रंगशाला यससँग सम्बन्धित सबैलाई कमाइ खाने भाँडो भएको छ । अघिल्लो वर्ष एउटाले निर्माण गरेको काम अर्को वर्ष अर्को समितिले भत्काएर त्यही संरचना पुनर्निमाण गर्‍यो ।
https://ekantipur.com/sports/2020/06/26/159313911421367760.html
विराटनगर — बैजनाथपुर क्रिकेट रंगशाला यससँग सम्बन्धित सबैलाई कमाइ खाने भाँडो भएको छ । अघिल्लो वर्ष एउटाले निर्माण गरेको काम अर्को वर्ष अर्को समितिले भत्काएर त्यही संरचना पुनर्निमाण गर्‍यो ।पाँच वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् प्रदेश सरकार र विराटनगर महानगरपालिकाले करोडौं रुपैयाँ क्रिकेट मैदान निर्माणका नाममा जमिनमुनि गाडिसकेका छन् । तर अहिलेसम्म बैजनाथपुरमा क्रिकेट पिचको नमूनासमेत देखिँदैन । यहाँ अहिलेसम्म क्रिकेट पिच निर्माण गर्न आएका ठेकेदार वा खेलकुदका पदाधिकारी क्रिकेट पिच नभई आफ्नो भलाइको पिच निर्माण गर्नमा सफल हुँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्दै आएका छन् ।पछिल्लो निर्माण समितिबाहेक निर्माण समिति अख्तियारको छानबिनमा परिसकेका छन् । यो मैदानमा हरेक वर्ष असारे विकासका रूपमा निर्माण कार्य हुने गरेको छ । गत वर्ष एक करोड लागतमा पिच निर्माण कार्य हुँदा पानीले मैदान डुबेपछि निर्माण कार्य रोकिँदा बजेट नै फिर्ता गएको थियो । यसपालि पनि त्यही नियति छ । त्रिपाल टाँगेर क्रिकेट पिच निर्माण भइरहेको छ । यो अवधिमा एउटा समितिले लाखौं रुपैयाँ खर्च गरेर टर्फ विकेट पिच बनाउँछ । त्यो पिच ६ महिना पुरानो नहुँदै अर्को निर्माण समितिले त्यही पिच उप्काएर अर्को पिच बनाउने परम्पराले बैजनाथ रंगशालामा अहिलेसम्म साढे ४ करोड रुपैयाँ बालुवामा पानी जस्तै भएको छ ।संघीय सरकारले बैजनाथ रंगशालामा क्रिकेट मैदान र फुटबल मैदानमा ट्र्याक एन्ड फिल्ड र ड्रेनको डिजाइन रिभ्यु र निर्माणका नाममा आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यहाँ रकम अहिलेसम्म भएको लगानीको प्रतिफल हेर्दा कानो गोरुलाई औंसी न पूर्णेझैं हुने पक्का छ ।विराटनगरस्थित निर्माणाधीन बैजपुर क्रिकेट रंगशालामा टर्फ निर्माण गर्दै कामदार । तस्बिर : विनोद भण्डारी१५ बिघा क्षेत्रफलको यो खेल मैदानमा क्रिकेट, फुटबल, सफ्ट टेनिस र सुटिङ हलको निर्माण गर्ने राखेपको लक्ष्य थियो । सातौं राष्ट्रिय खेलकुदको अवसरमा २ करोड १८ लाखको लागतमा सफ्ट टेनिस र सुटिङ हलको निर्माण गरेर क्रिकेट पिचका लागि ६५ लाख खर्च गरेर एउटा टर्फ विकेट निर्माण गरी ३० यार्डमा घाँस उमारेर बाँकी माटो रहेको अवस्थामा पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । उतिबेला बनेका सफ्ट टेनिस कोर्ट र सुटिङ हल बेवारिसे अवस्थामा छन् भने क्रिकेट पिचमाथि थप तीन पटक गरेर झन्डै साढे ३ करोड रुपैयाँ लगानी भइसके पनि पिचको स्वरुप देखिएको छैन ।सुरुमा यो खेल मैदानमा क्षेत्रीय खेलकुद विकास समितिले ३२ लाखको लागतमा सिमेन्टको एउटा पक्की पिच र करिब सय जना दर्शक अटाउन सक्ने प्यारापिट निर्माण गर्‍यो । जुन प्यारापिट अहिले पनि छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले त्यही पक्की पिच उप्काएर सातौं राष्ट्रिय खेलकुदका नाममा ६५ लाखको लागतमा एउटा टर्फ विकेट पिच बनाएर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता गरेको हो ।सातौं राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै क्षेत्रीय खेलकुद समितिले राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको १ करोड ७२ लाखको लागतमा अस्तित्वमा रहेको टर्फ विकेट उप्काएर नयाँ टर्फ विकेट निर्माण गरी दुवैतर्फ साइट स्क्रिन र स्कोर बोर्ड निर्माणसहित ग्राउन्डमा माटो भर्ने, दक्षिणतर्फ नाला बनाउने र तटबन्धको काम गर्‍यो ।त्यति ठूलो बजेटले निर्माण गरिएका संरचना अहिले मैदानमा एउटा पनि देखिँदैन । यस विषयमा तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले उक्त काम सबै टेन्डरमार्फत गरेको र त्यसरी काम गर्दा बजेट बढी भएर थप काम गरेको दाबी गरे । तर नगरकोटीले उक्त निर्माणको काम गर्दा क्रिकेटसँग सम्बन्धित कोहीसँग पनि परामर्श नगरी काम गरेर बजेट सिध्याइएको विराटनगर क्रिकेटसँग नजिक एक पदाधिकारीले बताए । क्षेत्रीय खेलकुद विकास समितिले क्रिकेट पिच निर्माण, मैदानमा माटो भर्ने, साइड स्क्रिन बोर्ड, स्कोर बोर्ड र नाला बनाउन १ करोड ७२ लाख रुपैयाँ खर्च गरिसकेपछि त्यही पिच निर्माणका गर्न प्रदेश सरकारले गतवर्ष एक करोड रुपैयाँ विनियोजन गर्‍यो । जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष नवीन घिमिरेको नेतृत्वमा उक्त बजेटमध्ये ३६ लाखले भएका तीनवटा टर्फ विकेट खनेर जमिनमुनि ३५ हजार ५ सय इँटा गाडेर माटोले पुर्ने तयारी गर्दा विवाद भएपछि काम रोकिएको थियो । निर्माण समितिका एक सदस्यका अनुसार मूल्य अभिवृद्धि करबाहेक उपलब्ध भएको ८६ लाख रुपैयाँमध्ये ३६ लाखको काम गरेर बाँकी रकम फिर्ता गरिएको थियो ।यसपालि पनि प्रदेश सरकारले अघिल्लो वर्ष अधुरो रहेको निर्माण कार्यलाई निरन्तरता दिन ८४ लाख बजेट महानगरपालिकामार्फत उपलब्ध गराएको छ । त्यही बजेटले गत वर्ष इँटा गाडेर छाडेको स्थानमा त्रिपाल टाँगेर माटो भर्ने र पिच निर्माण कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष शिरीष उपाध्यायले बताए ।समयमा बजेट उपलब्ध नभएका कारण त्रिपाल टाँगेर पिच निर्माण कार्य भइरहेको छ । उनले भने, ‘गत वर्षको निर्माण समितिले ६ वटा टर्फ विकेट निर्माणका लागि जमिनमा ३५ हजार ५ सय इँटा गाडेर माटो भर्न छाडेको थियो । अहिले त्यही इँटामाथि सुनसरीको बर्जुवाटा कालो माटो ल्याएर भर्ने अनि टर्फ विकेट निर्माण गर्ने काम भइरहेको छ ।’ उपाध्यायका अनुसार उक्त बजेटले पुनः साइड स्क्रिन निर्माण गर्ने, पेभेलियनको कुर्सीसम्म उठाउने र सुख्खायाममा मैदानमा पानी पटाउने बोरिङ गाडिनेछ ।शृंखलाबद्ध रूपमा उल्लेखित निर्माण कार्यलाई नजिकबाट नियालेका एक क्रिकेट पारखीको भनाइ छ । पाँच वर्षदेखि बैजनाथपुर रंगशालामा क्रिकेट पिचका नाममा हरेक वर्ष लाखौं रुपैयाँ जमिनमुनि गाड्नेका काम भइरहेको छ तर अहिलेसम्म मैदानमा क्रिकेट पिच देखिँदैन ।
Sports
25,030