title
stringlengths 7
151
| summary
stringlengths 17
19.5k
| url
stringlengths 35
219
| text
stringlengths 70
73.1k
| category
stringclasses 10
values | __index_level_0__
int64 0
70.8k
|
---|---|---|---|---|---|
प्रधानमन्त्रीको सम्बोधन आज | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो । | https://gorkhapatraonline.com/news/93378 | गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुता मुसेभेनीले आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुने छ । साइड लाइन बैठकमा उहाँले शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका मित्रराष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा लगानी भिœयाउने र दोहोरो साझेदारी गर्नका लागि आवश्यक पहल गर्नुहुने जनाइएको छ । शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि छलफल गर्दै यसबिचमा भएका प्रगतिको समीक्षा गर्दै नयाँ साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने छ । मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पाला घोषणापत्र पारित गर्दै बैठक सकिने छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक भएकाले पनि यसका निर्देशक सिद्धान्तप्रति सदैव प्रतिबद्ध रहेको छ ।मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नामको मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसक्नुभयो । मन्त्री साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा रहनु भएको छ । यसैबिच मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउदले नामको मन्त्रीस्तरीय बैठकमा बुधबार सहभागिता जनाउनुभएको छ । | News | 51,933 |
गौरव र स्वर्णिम योजना कार्यान्वयनमा | काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ। | https://gorkhapatraonline.com/news/73727 | काठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आमनागरिकसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई महानगर गौरव र स्वर्णिम योजनाका रूपमा कार्यान्वयनमा ल्याइएको बताउनुभयो। गौरवका स्वर्णिम योजनालाई तीन वर्षभित्र सम्पन्न गरिने छ। महानगरको १३ औँ नगर सभाले यी योजनालाई पारित गरिसकेको छ।महानगर गौरवका योजनामा उज्यालो सहर मेरो महानगर, महानगरले देख्छ, धुलोरहित सडक, रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि, मेरो रहर सुन्दर र हरित सहर, संस्कृति, सम्पदा र पर्यटन महानगरको धन, सुलभ स्वास्थ्य सेवा नागरिकलाई टेवा, सबैको चाहना ढुङ्गेधारा हिटी र पोखरीको पुनस्र्थापना, सुशासनका लागि अनलाइन सेवा र गरिखाने शिक्षा महानगरको इच्छा रहेका छन्।त्यसै गरी स्वर्णिम योजना अन्तर्गत सुन्दर विद्यालय परियोजना, स्वच्छ भान्सा कार्यक्रम, खेलकुद पूर्वाधार परियोजना, एग्रो पुलिङ परियोजना, पूर्वाधार एम्बुलेन्स, एकल सेवा केन्द्र, श्रम बैङ्क, न्याय चौतारी, पिउने पानी तथा सार्वजनिक शौचालय, इरेन्टल, सुलभ फार्मेसी, यातायात तथा ट्राफिक कार्यक्रम रहेका छन्।कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नदी सफाइ, डुबान समाधान, ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण, आरोग्य जीवन, मेट्रो मार्ट, साथी महानगर, स्मार्ट टोल, सांस्कृतिक सहर, पर्यटकीय सहर, सम्पदा मर्मत तथा संरक्षण कार्य, अनुसन्धान तथा अन्वेषण केन्द्र, सबैको योजना, सबैको विकास र सुन्दर महानगरलाई स्वर्णिम योजना अन्तर्गत सूचीकृत गरेर काम अगाडि बढाइएको बताउनुभयो। | News | 54,558 |
‘सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता’ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सरकारले आर्थिक समृद्धि र सुशासनको प्रमुख आधारका रूपमा लिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा | https://gorkhapatraonline.com/news/107312 | गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सरकारले आर्थिक समृद्धि र सुशासनको प्रमुख आधारका रूपमा लिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । सूचना तथा सञ्चार प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुव्रmबार सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सुशासनको अभियानलाई अगाडि बढाउन सूचना प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने भएकाले सूचना प्रविधि क्षेत्रलाई नीतिगत र संरचनागत रूपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिताका साथै नेतृत्वदायी भूमिकासमेत हुनुपर्नेमा जोड दिँदै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यव्रmम र बजेटमा विशेष योजना अगाडि सारेको र यस क्षेत्रको विकासका लागि सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जानकारी दिनुभयो । प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको भन्दै मन्त्री शर्माले पछिल्लो तथ्याङ्क अनुसार सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट नेपालमा वार्षिक करिब ६६ अर्ब रुपियाँ विदेशी मुद्रा भित्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ । यसबिचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन् ।”नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले सूचना प्रविधिको क्षेत्रमा महिलाको पहुँचका साथै नेतृत्वदायी भूमिकाका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा रहेका विभिन्न चुनौतीलाई विचार र मनन गरी आवश्यक पहलका लागि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यव्रmममा प्रविधिमा महिला नेतृत्वका लागि नीति तथा कार्यक्रम र प्रविधिमा महिला नेतृत्वसम्बन्धी विषयमा प्यानल छलफल भएको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आह्वानमा नेपालमा सन् २०१३ देखि नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसलाई विभिन्न रचनात्मक र कार्यव्रmमसाथ मनाई विभिन्न सङ्घ संस्थालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई उत्प्रेरित गर्न आह्वान गर्दै आएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले ‘नेतृत्व’ भन्ने मूल नाराका साथ दिवसका कार्यव्रmम सञ्चालन गर्न आह्वान गरेको छ । यस वर्ष ‘प्रविधिमा महिला नेतृत्व : सबल भविष्यको मातृत्व’ राष्ट्रिय नारा तय गरिएको छ । | News | 50,648 |
बिहीबारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने | निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नमावली संकलन तथा अद्यावधिक गर्नेभएको छ । | https://gorkhapatraonline.com/news/25766 | गोरखापत्र अनलाइनकाठमाडौं, असोज ५ गते । निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । “अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।” सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा यसअघि नै आदेश दिएको थियो । ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली सङ्कलन गरी मतदान गर्न पाउने व्यवस्था छ । “असोज ८ गतेदेखि २६ गतेसम्म कार्यविधिमा उल्लेख भएअनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न (प्रदेश÷जिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्नेछ” विज्ञप्तिमा भनिएको छ । आगामी कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदनउपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने व्यवस्था आयोगले मिलाउने भएको छ ।सोहीअनुसार दाबी विरोधको निवेदनउपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।सङ्कलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापन समितिले गर्ने आयोगले जनाएको छ । यो व्यवस्थाले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फको मतदानमा उल्लेख्य वृद्धि हुने आयोगको बुझाइ छ । मुख्य निर्वाचन अधिकृत नियुक्तनिर्वाचन आयोगले असोज ११ गतेदेखि लागू हुनेगरी न्याय परिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको सिफारिसमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगका प्रवक्ता पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा सो कुरा जनाइएको हो । ७७ वटै जिल्लाका न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ । | News | 61,459 |
चार दिवसीय छठको मुख्य विधि शुरु | श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् । | https://gorkhapatraonline.com/news/42725 | महेशकुमार दासजलेश्वर, कार्तिक ११ गते । श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाय पनि भन्ने गरिन्छ । शुक्रबार छठि व्रत गर्ने व्रतालुहरुले नजिकैको खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका छन् । छठ व्रत गर्ने व्रतालुहरुले शुक्रबारदेखि भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु वरर्जित गरेर व्रत बस्न शुरु गर्नुभएकाे छ । व्रतालुले नहायखायलाई आँखा पनि भन्ने गर्दछन् । यसैगरि पञ्चमी तिथि शनिबार छठ व्रत गर्ने व्रतालुहरुले खरना गर्नुहुनेछ । पर्वको दोस्रो दिनलाई संरक्षण अर्थात पापको क्षय पनि भन्ने गरिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्दछन् । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ९खीर० चढाई सोही प्रसाद ग्रहण गर्नुहुन्छ । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । मैथिली संस्कृतिमा मनाइने हरेक चाडपर्वमध्ये कार्तिक शुक्ल षष्ठीमा मनाईने छठ पर्वको आफ्नै विशेषता र महत्वका कारण यस पर्वलाई महापर्व भनेर पनि चिनिने गरिन्छ । यस पर्वलाई हिन्दुहरुको चाँड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरुको उतिकै सहभागिता देखिन्छ । अस्ताउँदो सूर्यलाई छठी मैयाँ तथा उदाउँदो सूर्यलाई दिनकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । यो व्रत सप्तमीयुक्त षष्ठीमा गर्नुपर्ने विधान छ । यो पर्वको सन्दर्भमा पुराणमा “आरोग्य भाष्करं दिच्छेत्” श्लाेकले पुष्टि गरेको पाइन्छ । त्यसैगरी पद्मपुराणले तपस्या, व्रतबाट पाइने फलभन्दा कयौं गुणा अधिक फल यो व्रत गर्दा प्राप्त हुने जनविश्वास रहि आएको छ । मनोवाञ्छित फलको साथ साथै यश कीर्ति पाउने पर्वको रुपमा यसलाई लिने गरिन्छ । अहिंसाको भावना, जातजातिमाथि छुवाछूत र काटमारबाट टाढा रहेको यो पर्वले आत्मीय शान्ति, भ्रातृत्व प्रेम र सबैमा समान व्यवहार भाव दर्शाउने गरेको पाइन्छ । यो पर्वमा उपयोग गरिने छिटा, ढकिया, चङेरा, कोशिया, कुरवार , हाथि घोडा, माला लगायतका सामग्रीहरु कुम्हार, डोम, माली लगायतका जातजातिबाट लिने गरिएकोे कारण यो पर्व छुवाछूतभन्दा पनि पर रहेको भन्न सकिन्छ ।विशेष गरेर तराईवासीले कार्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिवसीय हुन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । यता छठ पर्व शुक्रबारदेखि धार्मिक परम्परा अनुसार मुख्यविधि शुरु भएपछि छठको हर्षोल्लास जताततै देख्न सकिन्छ । छठको अर्घ दिन आवश्यक पर्ने सामग्री खरिद गर्नेहरुको भीड अहिले बजारहरुमा बढेको देखिएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न तराईवासीको महान् चाड हो, छठ पर्व । महाभारतका अनुसार द्राैपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल हास् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनसूयाले छठ व्रत गरेकी थिइन्, फलस्वरुप उनले अटल सौभाग्य र प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नु भएकाले त्यही दिन सूर्यको आराधना सुरु भएको कथन पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिषी तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शाक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्साले कैयाैं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैयाैं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वरा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । | News | 33,570 |
त्रिविबाट साढे ७३ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम गर्ने दाबी | त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । | https://ekantipur.com/news/2023/12/18/73-and-a-half-thousand-students-from-the-university-claiming-to-set-a-world-record-33-51.html | काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा आएका थिए । विद्यार्थी, अभिभावकको भीडभाडले त्यसक्षेत्रको ट्राफिक व्यवस्था भने प्रभावित भएको थियो ।गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । यस पटक भने त्रिविले विश्व रेकर्ड कायम गर्ने दाबीसमेत गरेको छ । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दावी प्रस्तुत गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएको जोशीले बताए ।गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेको उनले जनाए । उपकुलपति शिवलाल भुषालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआएको दाबी गरे । ‘देशभित्रका विभिन्न विधामा कार्यरत होस् वा विदेशमा अध्ययन र रोजगारी वा वैज्ञानिक खोज अनुसन्धानका क्षेत्रमा किन नहोस् । त्रिविको उत्पादनले आफूलाई अब्बल सावित गरिरहेकोमा हामी गौरवान्वित छौं,’ उनले भने ।स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए । विश्वविद्यालयले छिट्टै साइबर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, ‘माउन्टेन टुरिज्म’ र ‘माउन्टेन साइन्स’ जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उनले घोषणा गरे । | News | 7,075 |
धानमा आत्मनिर्भर हुन चैते धानको क्षेत्रफल विस्तार गरिँदै | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । | https://gorkhapatraonline.com/news/93700 | काठमाडौँ, माघ ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । चैते धान विस्तार, त्यसको विकासका लागि के के गर्नु पर्छ भनी वैज्ञानिक ढङ्गबाट अध्ययन गर्नका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई अध्ययन गरेर प्रतिवेदन बुझाउन जिम्मेवारी पनि दिएको छ । बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएकाले धानमा चाँडै आत्मनिर्भर भई निर्यात पनि गर्न सकिने उद्देश्यले यसको विस्तारमा जोड दिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार चैते धानको विकास र विस्तारका लागि १८ हजार हेक्टर क्षेत्रफलमा ठुला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पुर्याएर २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन गर्न कृषि मन्त्रालयले तयारी थालेको छ । चैते धान उत्पादन कार्यक्रमका लागि करिब ३० करोड रुपियाँ खर्च हुने कृषि मन्त्रालयले जनाएको छ । चालु आवमा स्थानीय तहभन्दा सङ्घीय तहबाटै चैते धान उत्पादनमा लाग्ने कृषि मन्त्रालयले जनाएको छ । नार्कले बिउ वितरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइहरूले र कृषि विभाग अन्तर्गतको कृषि विकास फार्म सुन्दरपुर कञ्चनपुर, कृषि विकास फार्म चन्द्रडाँगी झापाले सिँचाइसँग समन्वय गरेर चैतै धानको क्षेत्रफल विस्तार गर्ने कृषि मन्त्रालयको तयारी रहेको छ । चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्ध हुने, बिउ किन्नु परेमा ५० प्रतिशत अनुदान दिइने व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । त्यस्तै सिँचाइ सुविधा पनि दिन कृषि मन्त्रालयले तयारी थालेको उहाँले बताउनुभयो । चैते धानको उत्पादकत्व हाल रहेको प्रतिहेक्टर ४.९७ मेट्रिक टनलाई छ मेट्रिक टन पुर्याउने लक्ष्य रहेको छ । हाल चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ भने बर्खे धानको प्रतिहेक्टर ३.९० रहेको छ । | News | 35,604 |
इन्टरनेटमा खोज: अब गुगलको एकछत्र राज सकियो | एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो। | https://www.bbc.com/nepali/news-48960983 | गुगलको प्रयोगले हामीलाई इन्टरनेटमा चाहेको कुरा खोज्न सक्ने बनाएको छ यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। "लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो," गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन्। गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट अरूभन्दा छिटो चाहेको नतिजा निकाल्न सकिने कारण यो अरूभन्दा ठूलो बन्यो। यसले मानिसले खोजेको वेबसाइट, ब्लग वा विकिपिडियाका पानासम्म छिटो र सही तरिकाले पुर्यायो। ती दिनहरूमा कम्प्युटर प्रयोग गरेर कुनै कुरा खोज्नु भनेको सीधा र सहज काम थियो, इम्मोट भन्छन्। इन्टरनेटको आकारको कारण यसका सबै जानकारीहरूलाई संग्रहित गर्नु गार्हो काम थियो र अझै पनि छ। यसका लागि कुनै पनि वेब पानामा भएका शब्दहरूलाई विश्लेषण गरेर त्यो वेब पानामा कति जना मानिसहरू आए भन्ने कुराको रेकर्ड राख्नु पर्थ्यो। इम्मोटको भनाइमा अहिले इन्टरनेटमा खोज्ने प्रक्रिया धेरै जटिल भएको छ। यसको कारण अनलाइनमा हाम्रो जटिल हुँदै गइरहेको जीवन हो। छिटो जवाफ हाम्रो खोज आजकल वेब पानाहरू मात्रै होइन्, प्रेमीप्रेमिका खोज्नेदेखि ट्याक्सी खोज्ने वा जिन्दगीभर हेर्न सकिनेभन्दा धेरै चलचित्र खोज्नेमा पुगिसकेको छ। "यदि तपाईँहरू एपहरू प्रयोग गर्नुहुन्छ भने दिनभर एउटा वा अर्को तरिकाले तपाईँ थुप्रै फरक फरक सर्च इन्जिन र सेवाहरू चलाउनु हुन्छ," इम्मोट भन्छन्। आजकल तीमध्ये धेरै खोजहरूमा गुगल प्रविधि प्रयोग हुँदैन। गुगलको उपाधि खोस्न इलास्टिक र सोलर जस्ता नयाँ प्रतिस्पर्धा तयार छन्। पुराना दिनमा खोज्नु भनेको शब्दहरू लेख्नु थियो। अब त्यस्तो छैन। आजकल खोज्नु भनेको दाहिनेतिर औंला चलाउनु वा नक्शामा औंला चलाउनु वा एपमा बोल्नु भएको इलास्टिकका संस्थापक शे ब्यानोन भन्छन्। इलास्टिकले विकास गरेको खोज प्रविधि प्रेमीप्रेमिका खोज्ने टिन्डर, अनलाइन किनमेल गर्ने इबे, ट्याक्सी खोज्ने उबर, लिफ्ट र चलचित्र हेर्ने नेटफ्लिक्स जस्ता एपहरूले प्रयोग गर्छन्। ब्यानोनका अनुसार खोज बाकसको युग पछि सही उत्तर खोज्ने कार्यको विधि धेरै फरक छ। उदाहरणको लागि टिन्डरमा कसैको जानकारीलाई दाहिनेतिर सार्दा तपाईँका व्यवहारले स्थापित गरेका तथ्यहरूको आधारमा नयाँ खोज हुन्छ। यो गुगलले भनेजस्तो खोज होइन्। उबर र लिफ्टमा तपाईँको स्थानस्थितिका साथसाथै तपाईँले मन पराएका वा नपराएका चालकहरूको आधारमा ट्याक्सी वा वाहन खोजिन्छ। त्यस्तै नेटफ्लिक्स र इबेले तपाईँहरूको पुरानो चयनका आधारमा धेरै गणना गरेर तपाईँलाई उपयोगी लाग्ने सम्भावना भएका जानकारी देखाउँछ। खाद्य तथ्य ब्यानोनले इलास्टिकको पहिलो संस्करण खाना पकाउने सेफ बन्न अध्ययनरत पत्नीलाई सहयोग गर्न बनाएका थिए। "मैले उनलाई खाना बनाउने विधिहरूको एप बनाउने निर्णय गरेँ र त्यसका लागि उनले थुपारेका ज्ञानहरूमा चाहिएको कुरा खोज्ने प्रणाली चाहिन्थ्यो," उनी भन्छन्। टिन्डरको सफलताको लागि छिटो र सही जानकारी खोज्ने सर्च इन्जिन आवश्यक छ त्यसका लागि सबै विधिहरूको ज्ञान र अन्य उनले सिकेका कुराहरू थुपार्नु मात्रै यथेष्ट थिएन्। "मलाई यस्तो खोज चाहिन्थ्यो जहाँ उनले अनुभव र उनको ज्ञानको आधारमा चयन गरिएका नतिजा देखाउनु पर्थ्यो," उनी भन्छन्। यसको अर्थ फरक फरक जानकारीबीचको सम्बन्ध पहिल्याउनु र त्यसकै आधारमा तिनलाई एकिकृत गर्नुपर्ने आवश्यकता थियो। टिन्डरले दिनमा ३० करोड खोजहरू इलास्टिकको मद्दतले गर्छ। नयाँ सोच नेटफ्लिक्स र टिन्डरजस्ता संस्थाका लागि आफू व्यवस्थित हुन कुन खोज्ने तरिका राख्ने भन्ने कुरा सहज थियो। "उनीहरूले खालि पन्नाबाट शुरू गरे," अलकामी नामक डेटा संस्थाका संस्थापक हेडेन जोन्स भन्छन्। यसको अर्थ उनीहरूले कुन खोज प्रविधि प्रयोग गर्ने भन्ने छनौट गर्न छुट पाए। यो छुट स्थापिन संस्थाहरूले पाउँदैनन्। आधुनिक खोज प्रविधि शब्दहरूको ठूलो झोला होइन्, बरु धेरै तथ्याङ्कहरू गणनाबाट निस्कने उपयोगी जानकारी हो। | Others | 64,420 |
निर्णायक खेलमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । | https://ekantipur.com/sports/2023/03/16/167893585506179533.html | काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ । | Sports | 18,032 |
दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा | दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थित क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गरे । | https://ekantipur.com/sports/2024/03/01/dangali-lions-and-tulsipur-royals-in-the-final-21-57.html | दाङ — दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थित क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गरे ।लिगको उपाधिको लागि शनिवार दंगाली लायन्स र तुलसीपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको सम्पूर्ण खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंक सहित शीर्ष स्थानमा रह्यो । दोश्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हार दर्ता गर्यो । घोराही टाइगर्स ४ अंकसहित तेश्रो, पुरनधारा च्यालेन्जर्स २ अंकसहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौ स्थानमा रह्यो । पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो । देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो । दंगाली लायन्सको लागि ओपनर शंकर रानाले अबिजित ६७ रनको योगदान दिए । प्लेयर अफ द म्याच घोषित रानाले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । बसिर अहमदले २५ र शिशिर डागीले अविजित १७ रन बनाए । तेश्रो विकेटको लागि शंकर र बसिरले ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे ।देउखुरीका विशाल विक्रम केसीले २ तथा सुभम खनाल र प्रज्वल थापाले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।देउखुरीको लागि ओपनर विशाल विक्रम केसीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा सुभम खनालले अविजित १० रन योगदान दिए । बलिङतर्फ दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए । शंकर रानाले २ तथा बिपिन खत्री, बिर बहादुर घर्ती मगर र प्रकाश जैसीले १/१ विकेट लिए ।दोश्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो । फाइनल पुग्न घोराहीले १५१ रनको लक्ष्य ११.३ ओभरमा पछ्याउनुपर्ने समीकरण थियो तर घोराहीले २० ओभर ब्याटिङ गर्दा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । घोराहीको लागि दिपेश काडेलले सर्वाधिक २४ रन, सुशान्त सिंह थापाले २२ रन, युनिस विक्रम सिंहले १७ तथा रबिन थापाले १३ रन योगदान दिएता पनि जित्न पर्याप्त भएन । तुलसीपुर रोयल्सको बलिङमा अमर सिंह रौटेला र नबिन बिकले २/२ तथा रुपेश सिंह, दिवान पुन र बिराट सिंह भण्डारीले १/१ विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । तुलसीपुरको लागि शंकर बुढाले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । बिपिन रावल ४६ बलमा ३१ तथा अमर सिंह रौटेलाले १४ बलमा ३० रन बनाए । रौटेलाले २ चौका र ३ छक्का प्रहार गरे । भुवन कार्कीले १३ रन बनाए । घोराही टाइगर्सको बलिङमा दिपेश काडेलले सर्वाधिक ३ विकेट लिए । मिलन बुढाथोकीले २ तथा रबिन थापा र युनिष विक्रम सिंहले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए । दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पााच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए । | Sports | 14,537 |
लैनचौर तेक्वान्दो डोजाङलाई च्याम्पियन ट्रफी | लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदकसहित टिम च्याम्पियन टफी जितेको छ । | https://ekantipur.com/sports/2024/01/13/champion-trophy-to-lainchour-taekwondo-dojang-59-27.html | काठमाडौँ — लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदकसहित टिम च्याम्पियन टफी जितेको छ ।एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु स्कुलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा द नेक्स्ट लेभल तेक्वान्दोले ५ स्वर्ण, ४ रजत र १ कांस्यसहित दोस्रो तथा तुखियाा तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र १ कांस्यसहित तेस्रो स्थान हात पारे ।टोखा नगरपालिका ५ को समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबीसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी याञ्चेन लामा उत्कृष्ट खेलाडी भए । दुईदिने प्रतियोगितामा करिब ५ सय खेलाडीले ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । | Sports | 15,271 |
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने | स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैतको पहिलो साता ‘देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो । | https://ekantipur.com/sports/2021/01/05/16098492552507115.html | काठमाडौँ — स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैतको पहिलो साता ‘देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।लैनचोरस्थिति राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत २ देखि ७ सम्म हुनेछ । प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुनेछ । लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मेन्स भेट्रान सिंग्लस (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा समावेश गरिएको छ । देशभरका वडाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहनेछ । विजयी खेलाडीले सिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सिंगल्स स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ । | Sports | 23,973 |
घट्यो सुनचाँदीको मूल्य | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ । | https://gorkhapatraonline.com/news/53144 | काठमाडौँ, माघ २० गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु.एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु. एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख छ हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख सात हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३० ले घटेर रु एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । | News | 39,164 |
हिसेडोमाको निधनले गाउँ शोकमय | सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमय बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमय बनेको हो । | https://gorkhapatraonline.com/news/72579 | चन्द्र पन्दाकताप्लेजुङ, साउन ११ गते । सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो । गएको मङ्गलबार मेची राजमार्गको इलाम–पाँचथर सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका –२ साम्दिनमा मे १ ज १९४१ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी शेर्पालाई सोही दिन उपचारका लागि बीएनसी लगिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा शेर्पाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको पापुङका स्थानीय सागर शेर्पाले बताउनुभयो । हाल काठमाडौं होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा पर्नुभएको थियो ।उहाँको उपचारको क्रममा मृत्यु भएको थियो । शेर्पाको शव कानुनी प्रक्रिया पूरा गरेर आफ्नै गाउँ पापुङको सिम्बुक ल्याएर अन्त्येष्टि (दाहसंस्कार) गरिने पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो ।यसअघि सो दुर्घटनामा परी ताप्लेजुङकै मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको सोही दिन निधन भएको छ । चालकसहित १४ जना यात्रु सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । | News | 54,732 |
डेढ वर्षपछि खुल्यो ट्रान्जिट | कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो। यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए। | https://gorkhapatraonline.com/news/22868 | मीनराज भण्डारी काठमाडौँ, भदौ ८ गते । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो।यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टे«लिया, साउदीलगायतका मुलुक जाने गरेका थिए। यसैबीच सरकारले विदेशी नागरिकलाई नेपालको बाटो प्रयोग गरेर यात्रा गर्न दिने भएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन्। प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर सरकारको पछिल्लो निर्णयले हवाई उडान सङ्ख्या बढ्नुका साथै अध्यागमन विभागले लिँदै आएको एक दिने ट्रान्जिट भिसा शुल्कबाट राजस्वसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो। ट्रान्जिटले पर्यटन उद्योग चलायमान हुनुका साथै एक पटक नेपाल टेकेका यात्रु पुनः नेपाल ट्रान्जिट भएर आउँदा केही समय बस्ने गरी आउने सम्भावनालाई पनि बढाएको उहाँले बताउनुभयो।“सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल आउने पर्यटकको आगमनलाई दृष्टिगत गर्दै विमानस्थलमा ‘कन्वेयर बेल्ट’ थपेर तीनबाट पाँच, एक्सरे मेसिन थपेर दुईबाट चार, थप कर्मचारी परिचालनलगायतका तयारी गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “आन्तरिकतर्फका उडानमा हुने चापलाई समेत दृष्टिगत गर्दै हवाई व्यवस्थापनको तयारी भइरहेको छ।”हाल अध्यागमन विभागको ट्रान्जिट भिसासम्बन्धी प्रावधानअनुसार २४ घण्टाका लागि अध्यागमनले पाँच डलरमा एक दिने ट्रान्जिट भिसा दिने व्यवस्था रहेको छ। सरकारले ट्रान्जिटमार्फत विदेशीलाई नेपालको ढोका खोले पनि ट्रान्जिट भिसासम्बन्धी समस्या भने यथावत् छ। अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोकिएको ट्रान्जिट भिसा खोल्नेबारे निर्णय भए पनि सुचारु हुन नसक्दा एकातर्फ भिसा राजस्व गुमेको छ भने अर्काेतर्फ पर्यटन क्षेत्रमा पनि त्यसको असर पर्दै आएको छ। विमानस्थलस्थित अध्यागमन विभागका सूचना अधिकारी माधव मरासिनीका अनुसार कोभिड महामारी भएयता ट्रान्जिट भिसा बन्द छ। ट्रान्जिट भिसा खुलाउन पहल भइरहेको उहाँले बताउनुभयो। | News | 61,900 |
१५ पात्रो छाप्न स्वीकृति | वि.सं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । | https://gorkhapatraonline.com/news/52138 | काठमाडौं, माघ ११ गते । वि.सं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् ।विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो ।गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझुन् भनी घडीपलालाई बजेमा रूपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ । गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस् काम हुनसकेको छैन । गतवर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरिएको थियो । स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेन ।कारबाही गर्ने निर्देशिका नबनेकाले गत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताउनुभयो । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो । तर भित्तेपात्रो प्रकाशन गर्नेहरूले समितिसँग समन्वय गरेका छैनन् ।यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ । जस अनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने भएको छ । अनुगमन समितिले आवश्यकता अनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ । निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ ।समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको छ । सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुन अनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।गत वर्ष जस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले सोमबार विज्ञप्तिमार्फत पनि आग्रह गरेको छ । | News | 58,865 |
प्रदेशहरूको बजेट: मोनोरेलदेखि केबलकारसम्म | नेपालको सङ्घीय स्वरूप विधिवत् कार्यान्वयनमा आएपछि पहिलो पटक बजेट प्रस्तुत गरेका प्रदेशहरूले पूर्वाधार निर्माण, पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। | https://www.bbc.com/nepali/news-44497386 | महत्त्वाकाङ्क्षी भनी टिप्पणी गरिएका कतिपय ठूला पूर्वाधारका योजनादेखि लिएर स्थानीय रूपमा वृक्षरोपण जस्ता लक्ष्य पनि समेटिएका छन्। मूलत: केन्द्रकै अनुदानमा भर पर्नुपर्ने प्रदेशहरूले आन्तरिक रूपमा राजस्व तथा ऋण उठाएर खर्च जुटाउने लक्ष्य लिएका छन्। सातवटै प्रदेशहरूको बजेटको संक्षिप्त विवरण तल प्रस्तुत गरिएको छ। प्रदेश १: 'केचनादेखि सगरमाथा आधार शिविरसम्म सडक' प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री इन्द्र आङ्बोले प्रस्तुत गरेको बजेटमा नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म जोड्ने सडक बनाउने योजना समेटिएको छ। विराटनगर-किमाथाङ्का सडक, विराटनगर-धरान मोनोरेल निर्माण तथा लुक्ला, नाम्चे एवम् सगरमाथा आधारक्षेत्रमा केबलकार र चतरा-किमाथाङ्का जलमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने लगायतका महत्त्वाकाङ्क्षी योजना पनि बजेटमा समाविष्ट छन्। प्रदेश २: 'बेटी पढाऊ बेटी बचाऊ' प्रदेश २ को सरकारले पौने ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ। विकासतर्फ सवा १५ अर्ब रुपैयाँ र चालु खर्चतर्फ करिब साढे १४ अर्ब रुपैयाँ छुट्टयाइएको छ। सर्वाधिक बजेट भौतिक पूर्वाधारको क्षेत्रमा छुट्टयाइएको छ। प्रदेश २ मा बजेट पेस गर्न लाग्दा विपक्षी दलहरूबाट अवरोध भएको थियो। अवरोधका कारण संसद् एक घण्टाका लागि स्थगित भयो। विपक्षी सांसदहरूले मन्त्रीमुखी बजेट भएको आरोप लगाए। बजेटमा बालिकाहरूलाई लक्षित गरी 'मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ' योजना पनि ल्याइएको छ। प्रदेश ३: '१० वर्षमा डिजेल र पेट्रोल उपभोग अन्त्य' प्रदेश ३ को सरकारले आर्थिक वर्ष २०७५/७६का लागि कुल रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रस्तुत गरेको बजेटमा ६१ प्रतिशत विकासतर्फ एवम् ३९ प्रतिशत प्रशासनिक क्षेत्रतर्फ छुट्टाइएको छ। प्राथमिकताका आधारमा भौतिक पूर्वाधार र सामाजिक सेवासँग सम्बन्धित मन्त्रालयहरूलाई सबैभन्दा बढी बजेट छुट्टयाइएको छ। प्रदेशको आन्तरिक राजस्वबाट १० अर्ब रुपैयाँ भन्दा बढी सङ्कलन गर्ने अनुमान गरिएको छ। काठमाण्डू-हेटौँडा जोड्ने पुष्पलाल सुरुङमार्ग, चक्रपथ निर्माण तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण मुख्य प्राथमिकतामा राखिएको छ। त्यसका अतिरिक्त जलविद्युत् आयोजना, विश्वसम्पदा सूचीमा रहेका संरचनाको संरक्षण र प्रवर्धन, वन्यजन्तु संरक्षण तथा पर्यटन प्रवर्धन गर्ने कार्यक्रम छन्। साथै १० वर्षमा डिजेल र पेट्रोल उपभोग पूर्ण रूपमा अन्त्य गर्ने र तीन वर्षमा प्लास्टिक प्रयोग विस्थापित गर्ने योजना रहेको छ। प्रदेश ४: 'दुई वर्षमा सबै गाउँमा बिजुली र खानेपानी' प्रदेश ४ ले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। दुई वर्षभित्र सबै गाउँमा बिजुली र खानेपानी पुर्याउने लक्ष्य लिइएको छ। फेवा-बेगनास र रूपा ताल जोड्ने गरी मोनोरेल निर्माण गर्ने योजना समेटिएको छ। पोखरा उपत्यका बृहत् चक्रपथ निर्माणको आयोजना पनि ल्याइएको छ। पाँच वर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य पनि लिइएको छ। प्रदेश ५: 'तिलौराकोटबाट लुम्बिनीसम्म मोनोरेल' प्रदेश ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड रुपैयाँ जतिको बजेट विनियोजन गरेको छ। अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको कुल खर्चमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान करिब ७ अर्ब, सशर्त अनुदान झन्डै पौने १० अर्ब र राजस्व बाँडफाँटबाट साढे ८ अर्ब प्राप्त हुने बताइएको छ। त्यस्तै प्रदेशको आन्तरिक राजस्वबाट साढे २ अर्ब उठ्ने अनुमान गरिएको छ। बजेटमा बुद्धसँग सम्वन्धित स्थान तिलौराकोटबाट लुम्बिनी र रामग्रामसम्म मोनोरेल तथा भैरहवा-बुटवल-नेपालगन्ज-कोहलपुर तथा लमही-घोराही सडकमा विद्युतीय बस सञ्चालनका लागि अध्ययन गर्ने बताइएको छ। मुख्य राजमार्गको वरिपरि वृक्षरोपण गर्न प्रतिबिरुवा एक सय रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने तथा एक निर्वाचन क्षेत्रमा एक गाउँलाई कृषि गाउँको रूपमा विकास गर्ने पनि उल्लेख गरिएको छ। बजेटमा आउँदो साल अर्थात् २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने कार्यक्रम पनि सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश: 'कर्णालीको प्रचारप्रसारलाई ६० करोड' छैठौँ अर्थात् कर्णाली प्रदेशको सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख रुपैयाँ रकम विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार, पर्यटन, कृषि र रोजगारीलाई प्राथामिकतामा राखिएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ पर्ने गरेर १ अर्ब २० करोड, राजधानी पूर्वाधार कार्यक्रमका लागि ११ करोड, अन्तर्प्रादेशिक सडक निर्माणका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरिएको छ। जडीबुटी संरक्षणका लागि कार्यक्रमदेखि लिएर महिलामाथि हुने हिंसासम्म अन्त्यसम्मका योजना समेटिएका छन्। कर्णालीको प्रचारप्रसारका लागि भनेर ६० करोड रकम विनियोजन गरिएको छ। कर्णाली प्रदेशको हुम्ला र डोल्पा जिल्लामा अझै पनि सडक नजोडिएको हुनाले हवाई यातायातको लागि ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई एक हजार रुपैयाँ अनुदान दिइने भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा आन्तरिक उडानका लागि इन्धनको व्यवस्था गर्नुका साथै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानको सम्भाव्यता अध्ययन गरिने भएको छ। प्रदेश ७: 'प्रदेश बस सेवा' प्रदेश ७ को सरकारले २५ अर्ब ६ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आज प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार‚ कृषि र पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्ने योजना पनि ल्याएको छ। बजेटमा दलित नेता टीकाराम पार्की र जयपृथ्वी बहादुर सिंहको नाममा दलित विद्यार्थी उच्चशिक्षाका लागि ५ करोड छुट्याइएको छ। | Others | 66,687 |
‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’ | प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ । | https://gorkhapatraonline.com/news/15122 | काठमाडौं, जेठ २३ गते । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँहरुले समय सापेक्ष रुपमा कानुनलाई परिमार्जन गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमृता थापाले कानुन बनाउँदा दीर्घकालीन रुपमा सोचेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले घटना हुन नदिनु नै सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पीडक नछुटोस् र पीडितले न्याय पाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्नुभयो ।सांसद दुर्गा पौडेलले गम्भीर प्रकारको अपराधको रुपमा रहेको यौन हिंसाका घटना दैनिक बढ्दो क्रममा रहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले यौन हिंसाका घटना घट्नुमा एउटा मात्रै कारण नभएकाले परिवारबाटै सचेतना फैलाउनु जरुरी छ भन्नुभयो ।उहाँले यौन हिंसा सम्बन्धिका घटनाका लागि उजुरी दिने हदम्याद बढाउनुपर्नेमा जोड दिँदै घटना के कस्तो भएको हो रु त्यसको प्रकृतिलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बलात्कृत महिलाले समाजमा बाँच्नै नसक्ने अवस्था हुन्छ, हाम्रो सामाजिक संरचना नै त्यस्तै छ, पीडितको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।” अर्का सांसद प्रेम सुवालले सबैको सांस्कृतिक स्तर उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । | News | 62,993 |
राज्यमन्त्री वलीले दिनुभयो पदबाट राजीनामा | लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाउनु भएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो । | https://gorkhapatraonline.com/news/17346 | छविलाल पाण्डेबुटवल, असार १५ गते । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाउनु भएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो । राज्यमन्त्री वलीले गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रदेश सरकारले छानवीन समिति गठन गरेर घटनाको अध्ययन गरिरहेको छ । लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठन भएको छानवीन समितिले केही दिनअघि दाङ गएर घटनाको विषयमा छानवीन गरेर फर्केको थियो । छानवीन समितिले प्रतिवेदन दिने तयारी गर्दैगर्दा वलीको राजिनामा आएको छ । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा उहाँका श्रीमति र छोरीमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर बुटवल पठाएको थियो । बुटवलमा राज्यमन्त्री वलीको मधुमेह र उच्च रक्तचाप बढेपछि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । पछि उहाँ डिस्चार्ज भएपछि दाङ फर्किनुभएको थियो । | News | 62,657 |
राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक | राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । | https://gorkhapatraonline.com/news/82563 | देवरामप्रसाद यादवसप्तरी, कार्तिक १ गते । राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधवार एक समारोहबिच कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।कार्यक्रममा राजविराज नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष जयनारायण मण्डलले आर्थिक वर्ष २०८०/०८१ लागि नगर सभाबाट पारित विनियोजन विधेयक २०८० मा समावेश एक अर्ब ११ करोड ३२ लाख ७८ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।उहाँले आर्थिक वर्ष २०७८/०७९ र ०७९/०८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरूको लागि १४ करोड रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।कार्यवाहक नगरप्रमुख इसरत परविनले विगतमा सम्पन्न कामको भुक्तानी गर्ने किसिमले दायित्व मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ बजेट नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले काम गरेको पैसा दिनुपर्छ भन्ने मान्यताको साथ बजेट ल्याइएको स्पष्ट पार्नुभयो ।उहाँले नगरपालिकाबाट भएका कमिकम्जोरीलाई सच्याउन निरन्तर खबरदारी गरि सहयोग गरिदिन पत्रकारहरूलाई पनि आग्रह गर्नुभयो । उहाँका अनुसार आर्थिक विकास तर्फ कृषि, पशुपन्क्षी, रोजगार तथा आप्रवास, पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । यसैगरी, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला बालबालिका, दलित, आदिवासी जनजाति, मधेशी, पिछडा वर्ग, हरुवाचरुवा, ज्येष्ठ नागरिक अपाङ्गता भएकाहरूको उत्थान तथा विकासलाई बजेटले जोड दिइएको उहाँको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले पर्याप्तता स्रोत साधन तथा जनशक्ति हुँदाहुँदै राजविराज नगरपालिका सरसफाइमा पछाडि परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।गत असोज १५ र १६ गते सम्पन्न राजविराज नगरपालिकाको नगर सभा भएको दुई हप्तापछि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । | News | 36,423 |
लमजुङमा छैन गतिलो पूर्वाधार | बेंसीसहरको एकमात्र खेल मैदान सहजी रंगशालामा गत वर्ष इलेभेन–ए साइडमा फुटबल खेलाइयो । तर मैदानमा तोकिएको मापदण्ड छैन । | https://ekantipur.com/sports/2017/10/06/20171006065657.html | लमजुङ — बेंसीसहरको एकमात्र खेल मैदान सहजी रंगशालामा गत वर्ष इलेभेन–ए साइडमा फुटबल खेलाइयो । तर मैदानमा तोकिएको मापदण्ड छैन ।वर्षायामको बाढीपहिरोले उक्त मैदानलाई पुन: समस्याग्रस्त बनाएको छ । अब पुस दोस्रो साता फुटबल प्रतियोगिता हुँदा मर्मत गर्नुपर्ने हुन्छ । सहरमा मात्रै होइन, ग्रामीण भेगका खेलमैदानको पूर्वाधार र संरचना दुवै कमजोर छन् । मस्र्याङदी गाउँपालिका ६, बाहुनडाँडामा यसपटक तीजको अवसर पारेर साताभर फुटबल स्पर्धा भएको थियो । खुला महिला तथा पुरुष फुटबल प्रतियोगिता हिलोमै सञ्चालन गरियो । मैदानको अवस्था कर्नरसमेत हान्न नमिल्ने छ । गोलपोस्टको खम्बा बाँसका थिए । मैदानमा जाने बाटो समेत राम्रो छैन । ‘खेलको विकास गाउँगाउँबाट’ भन्ने नारा झुन्डयाएर मैदानमा एक दशकयता फुटबल प्रतियोगिताहरू भइरहेका छन् । उक्त प्रतियोगिता उत्तरी क्षेत्रकै सबैभन्दा ठूलो मानिन्छ । बाहुनडाँडास्थित योङ स्टार क्लबका उपाध्यक्ष विष्णु गुरुङ भन्छन्, ‘खेलको भौतिक पूर्वाधारका लागि न सरकारी निकायले हेर्छ, न निजी क्षेत्रले नै । खेल आयोजना हुने बेला मैदान आफैं मर्मत गर्नुपर्ने बाध्यता छ । दीर्घकालीन सहयोग कसैको छैन ।’ जिल्लामा प्राय: हरेक चाडपर्वका अवसर पारेर विभिन्न खेलकुद र विशेषत: फुटबल प्रतियोगिता हुँदै आएको छ । भलिबल र बास्केटबल प्रतियोगिता खासै हुँदैन । दसैंतिहार, लोसार, माघे संक्रान्ति, शिवरात्रि, चैतेदसैं, तीज लगायतका चाडपर्वमा फुटबल स्पर्धा हुँदै आएको छ । हरेकपल्ट मैदान निर्माणका लागि स्थानीयले आफैं वा विदेशमा रहेका आफन्तबाट सहयोग जुटाउँदै आएका छन् । ती सहयोग सबै कामचलाउ मात्रै हुँदै आएका छन् । प्रतियोगिताका लागि पनि विदेशमा रहेका आफन्तसँग सहयोग माग्नुपर्ने गुनासो गर्छन् एन्फाका रेफ्रीसमेत रहेका उपाध्यक्ष गुरुङ । मैदान निर्माण र मर्मतका लागि सरकारी पक्षबाट बजेट विनियोजन हुन नसकेको लमजुङ फुटबल एकेडेमीका प्रशिक्षक इन्द्र राना बताउँछन् । उनका अनुसार पहिले जिविस, नगरपालिका, गाविसले मात्रै नभएर अहिले स्थानीय निकायले पनि खेलकुद पूर्वाधार र संरचना निर्माण र मर्मतमा खासै बजेट विनियोजन गरेको छैन ।जिल्लाका सहरदेखि ग्रामीण भेगका हरेक गाउँमा फुटबल खेल्न मिल्ने मैदान छन् । साविकको ६१ गाविसमा मात्रै नभई प्राय: टोलटोलमै फुटबल मैदान रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतले बताए । अहिलेको ८ स्थानीय तहको ७५ वटै वडामा खेल मैदान छ । तर ती सबै भौतिक पूर्वाधारले पर्याप्त छैनन् । ‘कुनै खेल मैदान जीर्ण छ । कुनै मर्मत गरेरमात्रै खेल्न मिल्ने खाले छ,’ उनले भने, ‘खेलकुदको विकास र खेल पर्यटनका लागि बजेट नहुनु दुर्भाग्य हो ।’ सबै मिलेर पहल गरेमा खेलकुद र खेल पर्यटनको विकास गर्न सकिने उनले बताए । ‘केही राष्ट्रिय खेलाडी समेत लमजुङले उत्पादन गरिसकेको छ,’ अध्यक्ष बस्नेतले भने, ‘यहाँ राष्ट्रिय खेलाडी बन्न लायक प्रतिभा छन् । तर भौतिक पूर्वाधार र संरचनाको अभावमा उनीहरूले राम्रो प्रशिक्षण गर्न नपाउँदा उनीहरूको प्रतिभा निखारिन नपाउँदै हराउने गर्छ ।’ | Sports | 31,277 |
साताका सात तस्बिर | दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती। | https://gorkhapatraonline.com/news/20575 | दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती। १२ वर्षपछि पुरानै ठाउँ फर्कने गरेका राउटे समुदाय यो ठाउँमा २० वर्षपछि फर्किएका हुन्। जंगलमा बस्ने, कन्दमुल, सिकार गरेर जीवन चलाउँदै आएको राउटे समुदाय पछिल्लो समयमा सडक पहुँच भएको स्थानमा बसाइँ सर्ने गरेका छन्। तस्बिर : विशाल सुनारकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे फाँटमा हरियाली भएको धानबाली। यहाँ दुई वर्ष अघिसम्म आठ वटा इँट्टाभट्टा उद्योगले खेत भाडामा लिएर इँट्टा बनाउँदै आएका थिए। तस्बिरः राजकुमार पराजुली/राससपर्यटकीयस्थल चन्द्रागिरी हिल्स आसपास क्षेत्रबाट देखिएको काठमाडौं। तस्बिरः चन्द्रकला क्षेत्री/राससभोजपुरको पर्यटकीय क्षेत्र चखेवाडाँडा। तस्बिर : युवराज विष्ट/राससनगरकोटबाट देखिएको भक्तपुर सहर। तस्बिर ः चन्द्रकला क्षेत्री, राससतनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वी राजमार्ग सडक छेउको बिजुली तारमा तोप चराले गुँड । तस्बिर: सानेबहादुर नेपाली /रासस साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले मनाउने गठामुंगः पर्वको अवसर मामंगलबार भक्तपुर दत्तात्रयमा गठामुंगः को पुत्लालाई जलाएर पर्व मनाउँदै स्थानीय। तस्बिर : सुजन गुरुङ | News | 62,214 |
‘पानीफोटो’ मा गुरुचेला | रंगकर्मी अनुप बराल र खगेन्द्र लामिछाने गुरुचेला । अभिनयका गुरु अनुपले नै खगेन्द्रलाई सिकाए । प्रदर्शनको तयारीमा रहेको ‘पानीफोटो’ मा भने यी दुईको भूमिका फेरिएको छ । आफ्नो पुस्तकमा आधारित रहेर बनाएको फिल्ममा खगेन्द्रले गुरुलाई अभिनय गराएका छन् । अनुपले गुरु हुँ भन्ने भान नगराउँदा फिल्म छायांकन सहज भएको उनले बताए । | https://ekantipur.com/entertainment/2022/07/16/165793577522185631.html | काठमाडौँ — रंगकर्मी अनुप बराल र खगेन्द्र लामिछाने गुरुचेला । अभिनयका गुरु अनुपले नै खगेन्द्रलाई सिकाए । प्रदर्शनको तयारीमा रहेको ‘पानीफोटो’ मा भने यी दुईको भूमिका फेरिएको छ । आफ्नो पुस्तकमा आधारित रहेर बनाएको फिल्ममा खगेन्द्रले गुरुलाई अभिनय गराएका छन् । अनुपले गुरु हुँ भन्ने भान नगराउँदा फिल्म छायांकन सहज भएको उनले बताए । ‘अनुप दाइ मेरो गुरुजी । उहाँका लागि त्यो आदर, सम्मान छ । उहाँले मलाई छायांकन अथवा अर्को कुनै दिन पनि म तेरो गुरुजी हो भनेर भावना देखाउनुभएन । उहाँ मेरो गुरु म उहाँको चेला । तर, सेटमा उहाँ कलाकार म निर्देशक हो नि त । हामीले अनुशासनमा बसेर काम गर्यौं,’ खगेन्द्रले भने, ‘सबै कलाकारले जिम्मेवारी बुझेर काम इमानदारीपूर्वक गर्यो भने समस्या हुँदैन । हाम्रो फिल्ममा समस्या नआउनुको कारण सबैले आ–आफ्नो ठाउँमा रहेर काम गर्नुभयो । उहाँले म तेरो गुरुजी हो भन्ने भावना कहीं न कहीं देखाउनुभएको भए समस्या हुने थियो ।’अनुप पनि छायांकनका क्रममा आफूले खगेन्द्रलाई कहिल्यै चेलाको रूपमा महसुस नगरेको सुनाउँछन् । ‘यो फिल्ममा म एक्टिङ कोच थिएँ । फिल्ममा अनुबन्धित भएका कलाकारलाई आफ्नो चरित्रसँग कसरी नजिक हुने भनेर मैले वर्कसप दिएँ । त्यही क्रममा मैले फिल्ममा सानो भूमिका पाएँ, पछि ठूलो भूमिका पाए । कोचले त गोल कसरी हान्ने भनेर सिकाउँछ । तर, आफूले हान्न सक्दैन नि । हो, मलाई छायांकनको क्रममा अभिनय गर्न गाह्रो भयो,’ अनुपले छायांकनका समय सम्झँदै भने, ‘त्यसपछि खगेन्द्रसँग कुरा हुन्थ्यो । अनि उसले जस्तो गरिरहनुभएको छ त्यसै गर्नुस् भन्थ्यो, अनि मलाई सजिलो हुन्थ्यो । त्यसपछि मैले कहिल्यै पनि उसलाई चेला भनेर महसुस नै गरिनँ ।’खगेन्द्रको डेब्यु निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’ मा अभिनेत्री मेनुका प्रधानको अभिनय छ । अनुप मेनुकाको पनि गुरु । आफ्नो गुरुसँगै पर्दामा जोडी बनेर अभिनय गर्न उनलाई पनि गाह्रो भएको रहेछ । तर, अनुप र खगेन्द्रले साथ दिएपछि आफूले फिल्ममा गुरुसँग अभिनय गर्न सकेको मेनुकाले बताइन् । ‘फिल्ममा मैले जुन चरित्र पाएको छु । त्यो चरित्र निभाउन मलाई एकदम डर लागेको थियो । तर, उहाँहरू दुवै जनाले मेरो हात समाएर मलाई डोर्याउनुभयो,’ मेनुकाले सुनाइन् । | Entertainment | 7,972 |
बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने | यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । | https://gorkhapatraonline.com/news/23653 | काठमाडौं, भदौ १६ गते । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ ।जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।यही भदौ २४ गते १०९ औँ बीपी जन्म जयन्ती मनाइँदै छ । सो अवसरमा ट्रष्टले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । सोही समारोहमा यस वर्षको साहित्य सम्मान पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गर्न लागिएको हो । गौतमलाई प्रदान गरिने पुरस्कार राशि एक लाख एक हजार रहेको छ ।ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरू डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो । त्यसरी, ट्रष्टले प्रतिवर्ष प्रदान गर्ने बीपी सेनानी सम्मान पुरस्कार–२०७९ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्याउने ९१ वर्षीया श्रीमती शान्ति कार्कीलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशि ५१ हजार रहेको छ ।यसअघि विसं. २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान पुरस्कार नृतन थपलिया, २०७२ मा साहित्यकार गोपाल पराजुली र सेनानी सम्मान स्व. तारानाथ कोइराला, २०७३ साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठ, २०७४ मा साहित्यतर्फ प्रा.डा.अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैत, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्रप्रसाद बास्तोला, २०७६ मा बीपी साहित्य सम्मान तिल विक्रम नेवाङलाई (वैरागी काइँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरी सकिएको छ ।यसैगरी, विसं. २०७७ सालको वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । यसैगरी, बीपी सेनानी सम्मान पुरस्कार–२०७७ प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्याउने होमनाथ दाहाललाई प्रदान गरिएको थियो । त्यस्तै, विसं. २०७८ को साहित्य सम्मान कवि मदन रेग्मी र सेनानी सम्मान भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गरिसकेको छ । | News | 61,780 |
यात्रु अभावले उडान बन्द | निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु गर्न चासो देखाएका छैनन् । यात्रु अभावकै कारण हालै मात्र बुद्व एयरले सुरु गरेको पोखरा–भद्रपुर उडान पनि रोकिएको छ । | https://gorkhapatraonline.com/news/58424 | काठमाडौँ, चैत १० गते । निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् ।पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु गर्न चासो देखाएका छैनन् । यात्रु अभावकै कारण हालै मात्र बुद्व एयरले सुरु गरेको पोखरा–भद्रपुर उडान पनि रोकिएको छ ।पोखरा विमानस्थलका प्रवक्ता जशोदा सुवेदीले पोखराबाट नयाँ गन्तव्यमा विस्तार भएका उडान पुनः सुचारु गर्न तीनै तहका सरकार, व्यवसायी र हवाई कम्पनीले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय दैनिक २५ सयको हाराहारीमा पोखरामा विभिन्न गन्तव्यबाट यात्रुको ओहोरदोहोर बढेको छ । उडान सङ्ख्यासमेत दैनिक सरदर २५ को हाराहारीमा पुगेकाले प्रदेश, स्थानीय, केन्द्र सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धनका कार्यक्रम थप सशक्त रूपमा अघि बढे यहाँको उड्डयन चलायमान हुन सहज हुन्छ ।”पोखरा विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्ष्य गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो । हाल बुद्ध एयर र तारा एयरले काठमाडौँबाहेक भरतपुर, भैरहवा, नेपालगञ्जमा दैनिक एक उडान गर्दै आएका छन् । त्यस्तै तारा एयर र समिट एयरले नियमित जोमसोम उडान गर्दै आएका छन् । उडान बन्द भएका गन्तव्यमा समेत पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन् ।”पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने, पुनः सुचारु गर्ने र नयाँ गन्तव्यमा उडान विस्तार गर्ने उहाँले बताउनुभयो । हाल बुद्वले काठमाडौँ बाहेक नेपालगञ्ज, भरतपुर, भैरहवामा दैनिक एक र तारा एयरले नेपालगञ्जमा दैनिक एक उडान गर्दै आएको उहाँको भनाइ छ । हिउँदमा बन्द रहेको पोखरा–जोमसोममा नियमित उडान सुरु भएको छ । पुरानो विमानस्थलबाट दुर्गममा उडान हुँदै आएको जोमसोममा समिट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएका छन् । | News | 38,650 |
झन् माथि हिमाल चढ्दै यार्चागुम्बु | जलवायु परिर्वतनको असरले बहुमूल्य जडिबुटी यार्चागुम्बुप्रति वर्ष अग्ला हिमालतिर सर्दै जान थालेको छ । चौरी चराउने वनपाखामा पाइने यार्चा अब भारी बोकेर हिमाल चढ्नु पर्ने परिस्थिति छ ।
तलतिर जमिनको तापक्रम बढदै जाँदा यार्चाको प्रजनन प्रकृया माथि चिसो सर्न लागेको हो । तिब्बती भाषामा यार भनेको वर्षा र चा भनेको झार अर्थात् घाँस भन्ने गरिन्छ ।
| https://ekantipur.com/feature/2017/06/09/20170609152745.html | मुगु — जलवायु परिर्वतनको असरले बहुमूल्य जडिबुटी यार्चागुम्बुप्रति वर्ष अग्ला हिमालतिर सर्दै जान थालेको छ । चौरी चराउने वनपाखामा पाइने यार्चा अब भारी बोकेर हिमाल चढ्नु पर्ने परिस्थिति छ । तलतिर जमिनको तापक्रम बढदै जाँदा यार्चाको प्रजनन प्रकृया माथि चिसो सर्न लागेको हो । तिब्बती भाषामा यार भनेको वर्षा र चा भनेको झार अर्थात् घाँस भन्ने गरिन्छ । जलवायु परिर्वतनको असरले बहुमूल्य जडिबुटी यार्चागुम्बुप्रति वर्ष अग्ला हिमालतिर सर्दै जान थालेको छ । चौरी चराउने वनपाखामा पाइने यार्चा अब भारी बोकेर हिमाल चढ्नु पर्ने परिस्थिति छ । तलतिर जमिनको तापक्रम बढदै जाँदा यार्चाको प्रजनन प्रकृया माथि चिसो सर्न लागेको हो । तिब्बती भाषामा यार भनेको वर्षा र चा भनेको झार अर्थात् घाँस भन्ने गरिन्छ । तापक्रमले वर्षा नभई र घाँस नै सुकेर ढुङ्गा माटो बाँकी रहेपछि यार्चाले आफ्नो स्थान छोडेर माथि उक्लिएको छ । जलवायु परिर्वतनले छोटो हिमालमा हिउँ नजम्ने र अग्ला हिमालमा मात्र हिउँ जम्न थालेपछि यार्चा त्यहीं उम्रिन लागेको छ । तिब्बतसँगको सीमा मुगुगाउँको आसपासका क्षेत्रबाट यार्चा सरेर सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँकेलगायत स्थानमा सरेको पाँच वर्ष पुगेको छ । गत वर्षदेखि उक्त स्थानबाट पनि यार्चा टिप्न अझै माथि जान थालेका छन् । माथिको उक्त स्थान भन्दा अझै १ दिन टाढा ताक्ले, सुन्धोवन, तुरावन, सकेरीवन, छयार्पु, च्यार्कुसम्म पुगेर यार्चा खोज्ने गरेका छन् । माथि उक्लिन ४५ वर्षभन्दा माथिका मानिसलाई समस्या हुन थालेको छ ।'ओ भाइ अब त यार्चा टिप्न नसकिने भइसक्यो' साविक मुगु गाविस मुगुगाउँका पेमायाङजु तामाङले भनिन्, 'यार्चा माथि माथि अग्ला हिमालमा सर्न थाल्यो हामीलाई त्यहाँ पुग्न कठिनाई हुन थाल्यो ।' 'चौंरी चराउन जाँदा यार्चा टिपेर ल्याउथ्यौं, अचेल त पिठियूँमा भारी बोकेर हिमालमा पुग्दा पनि यार्चा पाइँदैन्' केमाले सुनाइन् । यार्चा खोज्दै तिब्बतको सीमा नै पुग्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।प्रतिकिलो यार्चाको १८ लाखदेखि २५ लाखसम्म मूल्य पर्ने गरेपछि पैसाको लोभले जति कठिनाई भएपनि यार्चा खोज्न छोडेका छैनन् । जहाँ यार्चा पाइन्छ भारी बोकेरी त्यही पुग्न थालेका छन् । समुद्री सतहदेखि ४५ सय मिटर उचाईको स्थान छोडेर करिब ६५ सय उचाईमा यार्चा पुगेको अनुमान गरिएको छ । यार्चा माथि सर्न थालेपछि विज्ञले जलवायु परिवर्तनको असरले लोप हुने आशंका गरेका छन् ।यार्चा एक प्रकारको झुसिल किरा नै भएको र हिउँभित्र हिँड्ने र हिउँ पग्लिंदै जाँदा यार्चा जडिबुटी बनेर जमिनमा देखिने गरेको छ । जमिनदेखि ५ इन्चभन्दा तल यार्चा रहेको छ ।तलको हिमाल सुक्खा हुँदै गएको र माथिल्ला अग्ला हिमालमा हिउँ जम्न थालेपछि यार्चा पनि त्यहीं सरेको माग्री महगाउँका छिरिङ्गक्याप्ने लामाले बताए । उनकै अनुभवमा यार्चा माथि सर्न थालेपछि उत्पादन न्यून भइसक्यो । 'हाम्रै महगाउँको लेकतिर पनि पहिले स्थानीयले यार्चा टिप्थे । तर, अहिले पाइँदैन हिमालतिर उक्लिनु पर्छ' छिरिङ्गक्याप्नेले बताए । यार्चागुम्बुको विषयमा अध्ययन/अनुसन्धान गर्न जरुरी रहेको उनको भनाइ छ । पुरानो स्थानमा बिक्री नै गर्न धौंधौं हुने सानो यार्चा पाइने गरेको छ । उक्त यार्चाको कलर पनि सेतो देखिन्छ । हिमालतिर पाइने यार्चा ठूलो सुनौला रंगको र मूल्यवान हुने गर्दछ । यार्चाको बीउ हावामार्फत अन्यत्र सर्ने गरेको छ । यो करिब ४.५ सेमी लम्बाई हुने गरेको छ । तिब्बती भाषामा यार भनेको वर्षा र चा भनेको घाँस हो । यो मैदानमा उम्रने जीवनबुटी नामले परिचित छ । पहिले समुद्री सतहदेखि ३५ सय ४ हजार मिटर उचाईमा पाईने यार्चा केही वर्षयतादेखि ४५ सय ५ हजार मिटरभन्दा माथि उचाईमा पुगेको सहायक वन अधिकृत द्धोणविक्रम कार्कीले बताए ।यार्चा सीमित पैसाको निम्ति मात्र नभएर मानव शरीरको निम्ति पनि उपयोगी मानिन्छ । नपुशकका लागि यौनबर्द्धक औषधिको रुपमा प्रयोग हुने भएकोले विदेशमा यार्चालाई 'हिमालयन भियाग्रा' भनेर पनि चिन्ने गरिएको छ । यौनबर्द्धकका साथै लहरेखोकी, किडनीको उपचार, फोक्सोको उपचार, उच्च तथा न्यून रक्तचापका बिरामीको लागि यार्चा मुख्य औषधि मानिने भएकोले संरक्षण गर्न आवश्यक देखिएको सहायक वन अधिकृतको भनाइ छ । फाइल तस्बिरहरु : राजबहादुर शाही र सुरविन्द पुन/कान्तिपुर । | Feature | 1,701 |
साहसी महिलाप्रति श्रद्धासुमन ! | ‘स्वतन्त्रता सेनानीकी जीवनसङ्गिनीले पति हुँदाहुँदै पनि विधवाको जीवन बाँच्नुपर्ने हुन्छ ।’ विश्वव्यापी रोल मोडल छवि बनाएका नेल्सन मन्डेलाको कृतिबाट लिइएको यो प्रसङ्गबाट द्रौपदा शर्मा पोखरेल आमाबारे छोटो चर्चा गर्न सान्दर्भिक लाग्यो । तनहुँ जिल्लाको म्याग्देका तेजप्रसाद र चेतकुमारी पण्डितकी छोरी द्रौपदाको विवाह तनहुँकै क्रान्ति योद्धा गोवर्धन शर्मा पोखरेलसँग भयो । विसं २००७ सालको परिवर्तनसँगै पतना देवी र द्रौपदा आमाहरूले महिलालाई सङ्गठित गरे । गाउँमा परिवर्तनकारी गतिविधिमा संलग्न भएर समाजमा विद्यमान सबै प्रकारका भेदभावको जरै उखेल्ने अभियानको थालनी गरे । १०२ | https://gorkhapatraonline.com/news/95091 | ‘स्वतन्त्रता सेनानीकी जीवनसङ्गिनीले पति हुँदाहुँदै पनि विधवाको जीवन बाँच्नुपर्ने हुन्छ ।’ विश्वव्यापी रोल मोडल छवि बनाएका नेल्सन मन्डेलाको कृतिबाट लिइएको यो प्रसङ्गबाट द्रौपदा शर्मा पोखरेल आमाबारे छोटो चर्चा गर्न सान्दर्भिक लाग्यो । तनहुँ जिल्लाको म्याग्देका तेजप्रसाद र चेतकुमारी पण्डितकी छोरी द्रौपदाको विवाह तनहुँकै क्रान्ति योद्धा गोवर्धन शर्मा पोखरेलसँग भयो । विसं २००७ सालको परिवर्तनसँगै पतना देवी र द्रौपदा आमाहरूले महिलालाई सङ्गठित गरे । गाउँमा परिवर्तनकारी गतिविधिमा संलग्न भएर समाजमा विद्यमान सबै प्रकारका भेदभावको जरै उखेल्ने अभियानको थालनी गरे । १०२ वर्षको उमेरमा दिवङ्गत पहिलो पुस्ताकी द्रौपदा आमाको बाह्रौँ पुण्य तिथिका दिन उनीप्रति श्रद्धाका फूल शब्दमार्फत चढाउने प्रयास गरेको हुँ । गण्डकी प्रदेश, व्यास नगरपालिका–११, तनहुँको अर्चलचौरस्थित राधाराम पोखरेलको परिवारको पुख्र्यौली थलोमा सङ्घर्षै सङ्घर्षले हुर्केका क्रान्तियोद्धा गोवर्धन शर्मा पोखरेलसँग द्रौपदा विवाह बन्धनमा बाधिँनु पनि त्यतिबेलाका लागि चुनौतीपूर्ण सम्झौता थियो । आफूलाई पूरै रूपान्तरण गरेर क्रान्तिमा होमिएको मान्छेले ठुला ठुला जोखिम उठाउनु पर्छ । पुरुषले उठाएको जोखिमको असरले सर्वाधिक असर महिलामाथि पर्छ । २००७ सालको जनक्रन्तिमा अर्चलचौर र त्यस वरपरका दलित समुदायका युवा पनि समावेश थिए । बन्दीपुरमा भएको नारा जुलुसमा उनीहरूले आफूहरू पनि सबैसरह पूर्ण मानव भएर बाँच्न पाउनु पर्छ भनेर नारा घन्काएका थिए । यसको प्रमुख श्रेय गोवर्धन पोखरेललाई जान्छ । परम्परामा मात्र बाँचेको समुदायमा समतामूलक गतिविधिले ठुलै ‘भूकम्प’ ल्याउँछ । त्यही भूकम्पको परकम्पले महिलालाई बहिष्कृतसमेत बनाउँछ । त्यसबाट उनी र उनका सहकर्मीले धेरै असजिला क्षण बिताए । धेरै अप्ठ्यासँग उनीहरू निरन्तर जुधिरहे । संवैधानिक भनिएका तर तत्कालीन तानासाह राजा महेन्द्रले लोकतन्त्रको गला निमोठेपछिको पहिलो सशस्त्र सङ्घर्षमा ठुला नेताहरू जेलमा पुर्याइए । केही अवसरवादीबाहेक कांग्रेसी सिपाही भूमिगत भए । यिनै भूमिगत हुनेहरूमध्ये गोवर्धन पनि एक थिए, तनहुँबाट १६ जना सर्वस्व हरणमा परेका थिए । तिनका परिवारले आफ्नो जग्गा खनजोत गरेर खान पनि नपाउने अवस्था आयो । गाउँ समाजले लुकीछिपी सहयोग गर्ने गर्थे । अघोषित रूपमा यस्ता परिवारले दुःखसाथ बाँच्नु पर्यो । यो नियति पोखरेल परिवारले पनि भोग्नै पर्यो । चार छोरा र दुई छोरीलाई द्रौपदाले नै पालनपोषण गर्नु पर्यो । केही समयपछि ठुलो छोरा किशोर रामचन्द्र पोखरेल पोखरा जेल चलान भए । मर्न मार्न भूमिगत भएका गोवर्धनलाई परिवारभन्दा सशस्त्र सङ्घर्ष नै पहिलो रोजाइ भयो । अभाव र तनावमा बाँच्न अभिशप्त द्रौपदालाई घरमा आएका सुरक्षाकर्मीले उनको सधवा पहिरनलाई हाँसोको विषय बनाउँथे । कतिपय मान्छेले उनलाई विधवा भनेर लज्जित बनाउने कोसिससमेत गर्थे । २०१८ सालको फागुन महिना हुनु पर्छ, छोराहरू कृष्णचन्द्र र जगदीशचन्द्रको व्रतबन्धको सबै तयारी सकिएको बेलामा आएका सरकारी सुरक्षाकर्मीले जग्गे भत्काउने काम गरे । दुःखले जम्मा गरिएको खाद्य पदार्थ छरपस्ट पारिदिएको इतिहास पढेर थाहा भयो । यो घटनामा ती दुई बटुक हुन लागेका बालकको मनोदशा कस्तो भयो होला ? अर्को घटना पनि द्रौपदाले बेहोर्नु पर्यो । २०१८ सालमै पोखरा गोश्वाराबाट गोवर्धन खोज्न सुरक्षाकर्मी उनको गाउँघरमा पुगे । घरपरिवारलाई पुनः आतङ्कित पार्न उनीहरूले कुनै कसर बाँकी राखेनन् । गोवर्धन कहाँ छन् ? हामीलाई बताउनुपर्यो । यथार्थ बताउनै पर्यो । लुकाउन पाइँदैन भनेर उनीहरूले द्रौपदालाई हायलकायल बनाएर पोखरा लिएर गए । एक जना गाउँकी महिलाले यो काममा साथ दिइन् । शारीरिक रूपमा असमर्थ भएको बेलामा पनि दुई दिन लगाएर पोखरा जान उनी विवश भइन् । त्यहाँ लगेर धेरै केरकार गरियो । धेरै थर्काउने काम गरियो ।महिलालाई मान्छे नगन्ने त्यो बेलामा उनलाई कति मानसिक हिंसा भयो होला ? यसको अनुमान मात्र गर्न सकिन्छ । लिखित प्रतिबद्धतामा हस्ताक्षर गराइयो । श्रीमान् लिएर आउँछु भन्ने बनाइयो तर द्रौपदासँग अरूलाई बचाउन र आफू पनि बाँच्न कसरी सकिन्छ भन्ने राम्रो ज्ञान थियो । उनलाई यो कुरा सिकाउन कसैले पनि पर्दैन थियो । उनी विवेकी र सज्जन थिइन् । वैचारिक रूपमा क्रान्ति वीरङ्गना पनि थिइन् । घरमा सेनाले खानतलासी गर्दा पनि पत्र छ कि छैन भन्ने प्रश्न गर्ने गर्थिन् । त्यो अदम्य साहस उनमा थियो । अनपढ नै भए पनि प्रजातान्त्रिक संस्कार मात्र हैन, आचरण र व्यवहार पनि पूर्ण प्रजातान्त्रिक थियो । द्रौपदा मन, वचन र कर्ममा जति अडिग थिइन्, त्यति इमानदार र असल पनि । यो सन्दर्भमा पोखरेल परिवार नेपालका सीमित परिवारभित्र पर्छ । राजनेताका परिवारमा कस्तो संस्कार हुनु पर्छ भन्ने जान्न मन लागे नेपाली कांग्रेसका स्थापित महारथीहरूको घरपरिवार हेरेर धारण बनाउन सकिन्छ । आज त्यो परिवारमा उल्लेख्य सम्पत्ति छैन, सिङ्गो परिवारमा कमाउने मोह पनि छैन । अवसर नपाउँदा त्यहा कुण्ठा पनि छैन । यस परिवारका सदस्य आफ्नै मौलिकतामा बाँचेका छन् । आफ्नै योग्यता र सिपले गरिखाएका छन् । पारिवारिक इतिहास सगर्व शिरोधार्य गरेर बाँचेका छन् । राजनीतिक महत्वाकाङ्क्षा सबैसँग हुन्छ तर उनीहरूसँग पद प्राप्तिका लागि मुलाहिजा गर्ने जाँगर र मन छैन । पार्टीले जजसलाई टिकट दिए पनि पोखरेल परिवारले हार्दिकताका साथ सहयोग पाउँछ । द्रौपदाको व्यवहार बुझेका मान्छेले उनका परिवारका सदस्यलाई नकार्न कहिल्यै सकेन ।द्रौपदाको १०२ वर्षको जीवनबाट सिक्नुपर्ने पाठ धेरै छन् । पहिलो त परिवर्तनकारीले आफूलाई पूरै परिवर्तन नगरी रूपान्तरण सम्भव छैन भनेर बुझ्नु पर्छ । खास गरी महिलाले धेरै प्रेरणा लिन सक्नु पर्छ । अनुशासन र मर्यादा, त्याग र बलिदान तथा धैर्यता र सहनशीलता द्रौपदाबाट सिक्नुपर्ने विषय हुन् । आज प्रश्न गर्नेभन्दा पहुँच पुर्याउने प्रवृत्ति बढ्दै गएको छ । लोकतन्त्रको आत्मा प्रश्न गर्ने संस्कृतिले मात्र बचाउँछ । यो संस्कृतिको सुरुवात राष्ट्रकै ठुलो राजनीतिक दल नेपाली कांग्रेसले गर्नु पर्छ । त्यसका लागि कहाँनेर कमजोरी भयो भनेर आत्मसमीक्षा गर्नु पर्छ । आफैँलाई फर्केर हेर्न सक्नु पर्छ । द्रौपदा आमाप्रति शब्दमार्फत श्रद्धा सुमन ! | News | 46,101 |
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलव ६८ मा पुगेको छ । | https://gorkhapatraonline.com/news/52829 | काठमाडौं, माघ १७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलव ६८ मा पुगेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३६ अङ्कले ओरालो लागेर चार सय दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने अन्य १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।कूल ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर रु दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ मूल्यमा खरिद बिक्री भयो । आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४७ अर्ब २६ करोड ६९ लाख ३९ हजार तीन सय ३४ बराबर रहेको छ ।नेप्सेका अनुसार कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड २० लाख ५४ हजार पाँच सय ८७ बराबरको कारोबार भयो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स रु १४ करोड ३७ लाख तीन हजार, गुराँस लाइफ इन्स्योरेन्स रु सात करोड ६७ लाख ७२ हजार तीन सय ८८, एनआइसी एसिया बैङ्क रु सात करोड १० लाख ८३ हजार चार सय तीन र सूर्योज्योति लाइफ इन्स्योरन्स रु छ करोड ७१ लाख ३५ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । वाराही हाइड्रोपावर सात दशमलव ३७, लुम्बिनी जनरल इन्स्योरेन्स छ दशमलव २०, इस्टर्न हाइड्रोपावर पाँच दशमलव ८६, पिपल्स पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाएका छन् ।यस्तै, प्राइम लाइफ इन्स्योरेन्स पाँच दशमलव २१, मनकामना स्मार्ट लघुवित्त चार दशमलव ९७, गणपति लघुवित्त चार दशमलव ४६, सगरमाथा इन्स्योरेन्स चार दशमलव ३० र नेरुडे लघुवित्तका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् । | News | 39,203 |
देशभर २७ प्रतिशत रोपाइँ | गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। | https://gorkhapatraonline.com/news/70285 | काठमाडौं, असार २२ गते। मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ।गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो।विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो। आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ। रासस | News | 37,484 |
सामाजिक न्यायका पर्याय ‘बराल बा’ | सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ । | https://ekantipur.com/feature/2023/09/10/16943142496516476.html | पोखरा — सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ ।महिलाविरुद्धको हिंसा होस् वा दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्ध सधै अग्रमोर्चामा उभिने ‘बराल बा’लाई ८४ वर्षको उमेरमा पोखराले गुमाएको छ । प्रजातन्त्रवादीबाट वामपन्थी हुँदै जीवनको उत्तरार्धमा मानवअधिकारवादी नेताको परिचय बनाएका उनले भदौ १२ मा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । हरेकजसो राजनीतिक र नागरिक आन्दोलनमा पोखराबाट आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याउँदै आएका उनी राणाशासनदेखि गणतन्त्रसम्म आधुनिक नेपालका साक्षी थिए । रोगले च्याप्दै लगेपछि केही वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । बैदाममा रहेको महेन्द्रकालीन ‘रत्न मन्दिर’ दरबार यही गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिँदा सकिनसकी पुगे । विसं १९९६ मा बैदामको नुवारथोकमा सम्पन्न परिवारमा जन्मिएका उनी सुरुआती समयमा प्रजातान्त्रिक विचारबाट प्रभावित थिए । प्रेम चैतन्य र कानो जोगीले पोखरामा चलाएको राणाशासन विरोधी आन्दोलनबाट प्रभावित भएका उनी २०१३ सालमा रात्रि पाठशालामा छात्र संगठनको अध्यक्ष बने । आठ कक्षा पास गरेर शिक्षक तालिम लिएपछि विभिन्न विद्यालयमा पढाए । गोरखा, लमजुङ, तनहुँसम्म पढाउन पुगे । केही साथीसँग मिलेर बैदाममै विसं २०१५ मा जनज्योति प्रावि स्थापना गरेर त्यहीँ पढाउन थाले । ०१७ मा बीपी कोइरालाको सरकार अपदस्त भएपछि पञ्चायत आयो । कांग्रेस निकट नेपाल युवक संगठनको उनी कास्की जिल्ला सभापति भए । २०१८ सालको एक महिना उनले मोहरिया टोलमा संगठनको बैठक राखेका थिए । मोहरिया टोलमा तत्कालीन् बडा हाकिम धन शम्शेर बस्ने घर थियो । घरबाट बैदामको रत्न मन्दिर पुर्याएको टेलिफोन तार त्यही रात चोरी भयो । बडा हाकिमले राज्य विद्रोह गर्न तार काटेको शंकामा टेकनाथ सहित कांग्रेस, कम्युनिस्ट नेता र केही समाजसेवीलाई पक्राउ गराए । उनीहरुलाई रानीपौवाको जेलमा राखियो । एक महिना प्रहरी र दुई महिना मिलिटरी कस्टडीमा राखेपछि उनलाई धवलागिरी अञ्चलमा हाजिर हुने गरी पुर्जी थमाएर छाडियो । तारेखमा जानुको साटो उनी केही साथी बटुलेर चितवन हानिए । पहिलोपल्ट गाडी चढेर नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं पुगे । त्यसपछि उनी बनारस गए । त्यहीबाट मेट्रिक पास गरे । २० को दशकको सुरुआतमा आईए पढ्दै गर्दा पुष्पलालले उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाए । बनारस रहँदा विद्यार्थी संगठनमा रहेर काम गरे । विभिन्न मुखपत्र प्रकाशन गरे । क्याम्पसमा भएको नेपाल छात्र संगठनको चुनाव पहिलोपल्ट नेकपाको विद्यार्थी संगठनले जितेको थियो । त्यतिबेला उनी सचिव चुनिए ।त्यहाँबाट फर्केपछि उनी गण्डकी धौलागिरी क्षेत्रमा संगठन निर्माणमा लागे । उनी तत्कालीन सरकारले उनलाई राज्य विरुद्ध प्रकाशन गरेको भन्दै ०२३ सालमा गिरफ्तार गर्यो । उनी २ वर्षपछि ०२५ मा रिहा भए ।०२२ सालदेखि नै पोखरा ६ मा रहेको उनको घर कम्युनिस्ट नेता, कार्यकर्ताको आश्रयस्थल थियो । २०२९ सालमा उनी देश निकाला भए । सकभर देशमै बस्ने उद्देश्यले उनी कास्की, गोरखा र तनहुँका लेकमा भूमिगत बनेर संगठन बनाउन लागे । ०३० सालमा उनी पुनः वनारस निर्वासित भए । ०३३ सम्म उनले पुष्पलालसँगै पार्टीको काम गरे । ०३३ देखि ०३६ सम्म उनी भारतका असाम, मेघालय, नागाल्यान्डमा विभिन्न क्षेत्रमा शिक्षकको रुपमा घुमे । त्यहाँ पनि उनी नेकपाको संगठन बनाउन क्रियाशील थिए ।राजनीतिक कारणले निर्वासित भएर लामो समय बनारसमा बिताएका, संस्थापक नेता पुष्पलालको सान्निध्यमा बसेका बराल जनमतसंग्रहको खुकुलो वातावरणपछि पोखरा फर्किए । उनी ०३६ सालमा नेपाल फर्किएर जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय बने । नेकपा विभाजनपछि भने उनी कतै लागेनन् । बरु स्वतन्त्र वामपन्थी नेताका रुपमा आफूलाई उभ्याए । टुटफुट भएको कम्युनिस्ट आन्दोलनलाई एक बनाउन प्रयत्नशील रहे । उनी स्वतन्त्र भएकैले ०४६ सालको आन्दोलनमा ६ वाम पार्टीले उनलाई वाममोर्चाको गण्डकी अञ्चल अक्ष्यक्ष बनाए । वाममोर्चाको अध्यक्ष भएर उनले कांग्रेससँग मिलेर पोखरामा आन्दोलन हाँके । आन्दोलन सफल भए पछि उनी मानवअधिकार, सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणको वकालतमा सक्रिय भए । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।माओवादी सशत्र युद्धको सुरुआतसँगै उनी मानवअधिकार तथा मानवीय कानुन उल्लंघनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा भूमिका निर्वाह गरे । द्वन्द्वकालमा उनले जनअधिकार संरक्षण मञ्च नामक संस्था गठन गरेर वेपत्ता, यातनापीडित, राजवन्दीको अधिकारको क्षेत्रमा निरन्तर लडे । दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी उनले त्यसयता आन्दोलनका उपलब्धि संस्थागत नभएको र सामाजिक रुपान्तरण नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।राजनीतिक विश्लेषक झलक सुवेदीका अनुसार बरालले परम्परागत रूपमा हिन्दू परिवारले सम्पन्न गर्ने सांस्कृतिक या धार्मिक चाडपर्व या परम्परा मनाउँदैन्थे । दसैंमा टीका लगाउने, दक्षिणा दिने, पितृश्राद्ध गर्ने परम्परा उनले त्यागेको दशकौं भएको थियो । उनी जहिलेदेखि कम्युनिस्ट पार्टीमा लागे त्यतिबेलादेखि नै विद्रोही स्वभाव निरन्तर लिएर बसेका थिए । त्यसयता यिनले स्थानीय पार्टी समर्थक र कार्यकर्तासँग मिलेर परम्परागत संस्कृतिले मानिसलाई समान हुनबाट छेक्छ भन्दै नयाँ संस्कृतिको अभ्यास गर्ने प्रायस गरे । उनले आफ्ना सन्तानको बिहेमा कहिल्यै पनि परम्परागत पिताको भूमिका खेलेनन् ।उनी आफ्ना मान्यताबाट पछि हटेनन् । बरु आफ्नो पुर्ख्यौली सम्पत्ति एक छोरा, तीन छोरी, श्रीमती र आफूलाई अलग–अलग भाग लगाएर पुष्पलाल पार्कको ठीक पश्चिमपट्टिको एउटा भिरालो पाखामा रहेको पुरानो घरमा भैंसी पालेर बसे । सांस्कृतिक रूपान्तरणको मामिलामा परिवारमा एक्लै हुँदै गए ।पोखराका धेरैजसो कार्यक्रममा अतिथि बन्न पुग्ने उनी हरेकजसो कार्यक्रममा संस्कृतिबारे कुरा उठाउँथे । आफूलाई नास्तिक र मान्छेको जातको एउटा मान्छे मात्र भनेर परिचय दिन्थे । प्रगतिवादी भनिने साहित्यले समेत सांस्कृतिक रूपान्तरणमा खासै भूमिका खेल्न नसकेको भनेर आलोचना गर्थे । विश्लेषक सुवेदी बराललाई जीवनका आदर्श र जीवनशैलीलाई सँगै लिएर हिँड्ने त्यागी योगीको रुपमा सम्झन्छन् । भन्छन्, ‘सम्पूर्ण जीवनमा व्यक्तिगत जीवनको पाटोलाई कम समय दिएर मानवता र मानिसको मुक्तिको लागि, सामाजिक न्यायको लागि बिताउनुभयो ।’ टेकनाथकी छोरी प्रभा एमाले केन्द्रीय सदस्य, छोरा विद्याविमल गण्डकी प्रदेश कमिटी सदस्य र छोरी शोभा कास्की जिल्ला कमिटी सदस्य छन् । नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा पनि टेकनाथलाई एक संघर्षशील व्यक्तित्वको रुपमा सम्झन्छन् । ‘समाजका विभिन्न पाटामा संलग्न भएर उहाँले योगदान गर्नुभयो, दुःख गर्नुभयो तर उपलब्धि आउने बेलासम्म त्यही टिक्नु भएन । उहाँ पश्चिमाञ्चलकै सबैभन्दा उच्च पदमा पुग्न सक्ने क्षमता भएको मानिस हुनुहुन्थ्यो,’ उनी भन्छन् । बराल मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष भएका थिए । त्यसबाहेक कुनै लाभको पद उनले लिएनन् । पटक पटक कम्युनिस्ट नेतृत्वको सरकार बन्दा समेत उनले गरेको योगदानको कुनै कदर नभएको वामपन्थी नेता रामराज रेग्मी बताउँछन् । ‘अचेल पार्टीमा आवद्ध भएकै आधारमा पुरस्कृत गरिँदा पुरस्कारकै बद्नाम भएको छ,’ उनी भन्छन्, ‘उहाँ(बराल)को जीवनकालमा सरकारले सम्मान गर्न कन्जुस्याइँ गर्नु दुःखद हो ।’ | Feature | 252 |
जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय | सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । | https://ekantipur.com/news/2023/12/19/unified-samajwadis-decision-to-postpone-the-district-convention-05-41.html | काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।उनले भने, 'कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ,' उनले भने । उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा पनि छलफल भइरहेको बताए । ‘छलफलको केन्द्रविन्दु केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? निर्वाचनको विधि कसरी गर्ने ? प्रत्यक्ष निर्वाचन गर्ने कि महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रीय परिषद् छानेर, केन्द्रीय परिषद्ले केन्द्रीय कमिटीको निर्वाचन गर्ने, केन्द्रीय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो कि ? भन्ने छलफल भइरहेको छ,' उनले भने, 'संगठनको संरचनालाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौं । यो विषयमा पनि कसरी अघि बढ्न र सबै खालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’ | News | 7,045 |
फुटबलबाट सकारात्मक सन्देश दिँदै युक्रेन | रोमानियालाई युरो छनोटमा केही गाह्रो भएन र सजिलै आफ्नो समूहको विजेता रह्यो । तर, यही रोमानियाले युरो २०२४ को आफ्नो पहिलो खेलमा सोमबार आत्मप्रेरित युक्रेनको सामना गर्दा यो सजिलो काम भने हुने छैन । | https://ekantipur.com/sports/2024/06/17/ukraine-sending-a-positive-message-through-football-35-02.html | काठमाडौँ — रोमानियालाई युरो छनोटमा केही गाह्रो भएन र सजिलै आफ्नो समूहको विजेता रह्यो । तर, यही रोमानियाले युरो २०२४ को आफ्नो पहिलो खेलमा सोमबार आत्मप्रेरित युक्रेनको सामना गर्दा यो सजिलो काम भने हुने छैन ।युक्रेन लगातार चौथोपल्ट युरो खेल्दै छ र टिम आफैंमा प्रतिभाशाली छ । चेल्सीका विङ्गर मिखाइलो मोडरिक सबैको आँखा पर्ने खेलाडी हुन् । खासमा युक्रेन फुटबलबाट सकारात्मक सन्देश दिन चाहन्छ युद्ध सामना गरिररहेकालाई । सन् २०२२ मा रुसले आक्रामक गरेयता सर्हेयी रेब्रोको फ्रशिक्षणमा रहेको युत्रेनी टिम पहिलो पटक ठूलो फुटबल प्रतियोगितमा खेल्दै छ । म्युनिख फुटबल एरिनामा हुने प्रतियोगिताको समूह ‘ई’ को आफ्नो पहिलो खेललाई रेब्रो ठूलो महत्त्व दिन्छन् । ‘जतिबेला हामी फुटबल खेल्छौं, हामीलाई धेरैको समर्थन प्राप्त हुन्छ । यसैले हामीलाई राम्रो खेल्न प्रेरणा मिल्छ । फुटबल हाम्रा लागि सकारात्मक धारणाको स्रोत हो ।’ केही फुटबल फण्डित युक्रेनलाई प्रतियोगिता ‘डार्क हर्स’ मान्छन् । यो समूहमा बेल्जियममै बलियो मानिएको छ । स्लोभाकिया अर्को बलियो टिम रहेको छ । तर, जुन टिमसँग रियल म्याड्रिडका गोलरक्षक एन्ड्रियी लुनिन, आर्सनलका फुलब्याक अलेक्जेन्डर जिचेन्को र ला लिगामा सर्वाधिक गोल गर्ने आर्टेम डोभयक छन् । त्यो युक्रेन पक्कै पनि बलियो रहेको मान्न सकिन्छ । रोमानियाली टिम भने एडवार्ड इरडान्सस्कुको प्रशिक्षणमा छ । उनका अधिकांश खेलाडी नयाँ छन् । त्यसैले अनुभवको केही कमी देखिन्छ । छनोट चरणमा यही रोमानियाली टिम अपराजित रहेको थियो । ‘हाम्रा खेलाडीले आफूले सक्दो मात्र खेल्ने हो भने पनि हामी राम्रो नतिजाको अपेक्षा गर्न सक्छौं । मलाई आफ्ना खेलाडीमा विश्वास छ,’ प्रशिक्षक इरडान्सस्कुले भनेका छन् । रोमानियाली टिमका तीन प्रमुख खेलाडी छन्, टोटेनहमका डिफेन्डर राडु ड्रागसिनसँगै कप्तान निकाल स्टाकु र डिफेन्डर आन्द्रे बुर्का । उनीहरू दुवै साउदी अरेबियामा व्यावसायिक फुटबल खेल्छन् । | Sports | 13,278 |
सिद्धिचरण राजमार्ग जीर्ण | नियमित मर्मत सम्भार र स्तरोन्नतिमा राज्यको नजर नपर्दा सिद्धिचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैया देखि उदयपुरको घुर्मीसम्मको सडक जीर्ण बनेका छ । कटारी नगरपालिका हुँदै माथिल्लो सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको यो सडकलाई सरकारी निकायले चासो नदिँदा जीर्ण बनेको हो । | https://gorkhapatraonline.com/news/55396 | मिर्चैया–घुर्मीको यात्रा अति जोखिमपूर्ण भक्तिविलास पोखरेल गाईघाट,फागुन १२ गते । नियमित मर्मत सम्भार र स्तरोन्नतिमा राज्यको नजर नपर्दा सिद्धिचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको घुर्मीसम्मको सडक जीर्ण बनेकाे छ । कटारी नगरपालिका हुँदै माथिल्लो सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको यो सडकलाई सरकारी निकायले चासो नदिँदा जीर्ण बनेको हो ।सडक निर्माण गर्ने सम्बन्धित निकायले ध्यान पुग्न सकेको छैन । जसले गर्दा सो खण्डको करिब ७२ किलोमिटर यात्रा अत्यन्तै जोखिमपूर्ण बनेको छ । सिराहाको मिर्चैयादेखि कटारी हुँदै उदयपुरको घुर्मीसम्मको सडक यात्रामा साना ठूला दुर्घटना दैनिक जसो हुने गरेको त्यस क्षेत्रमा सवारी चलाउँदै आएका यातायात ब्यावसायीहरु बताउँछन् । विगतमा कालोपत्रे गरिएको भनिएको सो सडकमा अचम्म त के छ भने आजभोलि कालोपत्रे कतै देख्न पाइँदैन । जताततै खाल्टा परेको, धुलैधुलोले भरिएको साँघुरो र भिरालो सडकमा अब पल्टिने पो हो कि भन्ने झैँ गरी दायाँ बायाँ दुवैतिर हल्लिदै सवारी गुडाउनुपर्दा सवारी साधन चलाउन कठिनाइ मात्र भएको छैन यात्रुहरूको ज्यानसमेत सदाबहार जोखिमपूर्ण हुने गरेको यातायात व्यवसायी नवराज साहीले बताउनुभयो ।सडक राम्रो नभएपछि दैनिक उपभोग्य सामग्रीहरूको ढुवानी खर्च दोब्बर हुने गरेको र यसबाट पहाडी जिल्लाका बासिन्दाहरू थप मारमा पर्ने गरेको कटारीका समाजसेवी गोपी पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो सडकको जीर्ण अवस्थाले ढुवानी खर्चको प्रत्यक्ष असर उपभोक्तालाई परेको छ भने व्यवसायीसमेत समस्यामा परेका छन् । सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी सडक खण्डमा विभिन्न सिमेन्ट उद्योगहरूले मापदण्डविपरीत ओभरलोड चुनढुङ्गा ओसार्ने गरेको र दैनिक एक हजार पाँच सयभन्दा बढी टिपरले चुन ढुङ्गा ओसारेका कारण अधिकांश सडक भत्किएको छ । सडकमा ठुलठुला खाल्डा परेकाले समस्या झन् जटिल बन्दै गएको उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्का बताउनुहुन्छ । १० टन भार बहन क्षमताको सडकमा क्षमताभन्दा बढी भार बोकेर मालवाहक सवारी गुड्दा समस्या बढेको हो । तराईसँग ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुलाई जोडने मुख्य सडक जीर्ण बन्दा यात्रा जोखिमपूर्ण बनेको छ । विश्वकै अग्लो सगरमाथा, पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी महादेव दर्शनका लागि भुटान तथा भारतबाट समेत आउने तीर्थ यात्रुसमेत जोखिम मोल्न बाध्य हुने गरेको उहाँ बताउनुहुन्छ ।सडकको दुरावस्थाका कारण जोखिम बढेको भन्दै जनप्रतिनिधिले पटक–पटक सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरेको बताएका छन । तर, अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ भने हुन सकेको छैन भन्दै चार वटै जिल्लाबाट विजयी हुनुभएका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा यो सडकको सुधारका लागि आवश्यक रकम विनियोजन गराउन आफूहरू लागि पर्ने बताउनुभएको छ । पहाडी जिल्लाहरुमा खाद्यान्न, लत्ताकपडा, औषधि तथा निर्माण सामग्रीहरू ढुवानी गर्ने प्रमुख सडकको यस्तो दुरा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका साँसदहरुसँग सम्पर्क गर्दा उहाँहरूले यस्तो प्रतिक्रिया दिनुभयो । सांसदहरु रामहरि खतिवडा, रामकुमार राई, मानवीर राई र अम्बरबहादुर रायमाझी । तस्बिरः गोरखापत्रओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा :नेपाली काँग्रेसबाट विजयी हुनुभएका ओखलढुङ्गा जिल्लाका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले यो बाटो बनाउनका लागि आफू धेरै पहिलेदेखि लागि परेको र पछिल्लो समय सडक विभागका महानिर्देशकदेखि अर्थ मन्त्रालयमा चार अर्बको बजेट सुनिश्चितताका लागि फायल बोक्ने काम गरेको बताउनुभयो । उहाँले यो सडक उदयपुर जिल्लाका लागि भन्दा पनि माथिल्लो पहाडी भेगका तीन जिल्लाका लागि अत्यन्तै महत्त्वपूर्ण सडक भएकोले यसको स्तर उन्नतिका लागि सडक र सदन दुवैतर्फबाट दबाब दिन आफू पछि नहट्ने भन्दै प्रदेश १ को राजधानी जान अर्काे विकल्प पनि नभएको र तीन वटा जिल्लाको भौतिक विकासका पूर्वाधारहरू निर्माण गर्दा चाहिने सिमेन्ट,छड लगायत अन्य सामग्रीहरू ढुवानीमा जटिलता भएकोले सामरिक महत्त्वको यो सडक निर्माण गराउन आफू अहोरात्र लागिपर्ने बताउनुभयो । उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी :नेकपा एमालेबाट विजयी हुनुभएका उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले शिध्दचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै घुर्मीसम्मको सडक खण्ड अत्यन्तै नाजुक भएकोले यसको स्तरोन्नति गरी चौडाइ बढाएर कालोपत्रे गर्नका लागि आफ्नाे बुताले भ्याएसम्म कुनै कसर बाँकी नराख्ने भन्दै आफूले प्रतिनिधि सभामा समेत यस विषयमा कुरा राखिसकेको बताउनुभयो । उहाँले वर्तमान अर्थमन्त्री, अर्थ सचिव,सडक पूर्वाधार तथा भौतिक योजना मन्त्रालयका सचिवसमेतलाई भेटेर मिर्चैया घुर्मी खण्डको सडकलाई जतिसक्दो छिटो कालोपत्रे बनाउन आवश्यक बजेट व्यवस्था गरी योजनामा समावेश गर्न आफूले अनुरोधसमेत गरी सकेको र यो सडकको सुधार नभएसम्म यस विषयलाई उठान गरिरहने बताउनुभयो ।सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य मानवीर राई :नेकपा एमालेबाट विजयी हुनुभएका सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य मानवीर राईले शिध्दचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बुसम्म जोडिएको हुँदा उच्च पहाडी जिल्लाको आर्थिक,सामाजिक र भौतिक विकासमा यो सडक अत्यन्त महत्त्वपूर्ण सडक भएकोले यसको तत्काल स्तरोन्नति गरी सवारी आवागमनलाई सहज बनाउन आफ्नाे तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले हिमाली क्षेत्रको पर्यटकीय स्थलहरूको अवलोकन गर्ने नेपालको तराई क्षेत्रका मात्र नभएर छिमेकी मुलुक भारत तथा सडक यात्राबाट आउन चाहने विश्वभरका आगन्तुकहरूका लागि यही सडकबाट आउजाउ गर्ने वातावरण मिलाउने हो भने चार जिल्लाको आर्थिक विकासले फड्को मार्न सक्छ । त्यसैले यो सडक उदयपुरको मात्र नभएर उदयपुरभन्दा माथिका पहाडी जिल्लाका बासिन्दाहरुको समेत भाग्य र भविष्य जोडिएकोले यसलाई तत्काल कालोपत्रे गर्न बजेटको व्यवस्था मिलाउन नेपाल सरकारलाई बारम्बार झकझक्याउने काम आफूले गरी रहने बताउनुभयो । खोटाङबाट प्रतिनिधिसभा सदस्य रामकुमार राई :नेकपा माओवादीबाट विजयी हुनुभएका खोटाङ जिल्लाका प्रतिनिधिसभा सदस्य रामकुमार राईले सरकारले दुर्गम क्षेत्रको विकासमा बजेट थोरै विनियोजन गर्ने,अनि विनियोजित गरेको बजेट पनि कटौती गर्ने, बीसाैं वर्षमा पनि सम्पन्न हुन नसक्ने गरी योजना बनाउने जस्ता कामहरू गर्ने गरेकोले अव आफूहरू यस्तो प्रवृत्तिका विरुद्ध सडक र सदन दुवैतर्फबाट आवाज उठाउने बताउनुभयो । उहाँले कटारी घुर्मीखण्डको सडक जीर्ण भएकै कारण हलेसी महादेवको दर्शन गर्न आउने भक्तजनहरूको जति मात्रामा उपस्थित हुनुपर्नेहो त्यति हुन नसकेको भन्दै यसको यथाशीघ्र स्तरोन्नति गरी कालोपत्रे बनाउन सम्बन्धित निकायले आवश्यक बजेटको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आफू लागिपर्ने बताउनुभयो ।कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ :कटारी नगरपालीकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार २०३४ सालमा सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडिएको सडक नेपाली सेनाले निर्माण गरी ट्र्याक खोलेपछि २०५८ सालदेखि कटारीबाट घुर्मीसम्म यातायात सञ्चालन हुँदै आएको भए पनि सडकको स्तरोन्नति भने हालसम्म हुन सकेको छैन । अहिले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म सिधा यातायात सञ्चालन हुने भए पनि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सडक सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा समेत जोखिमपूर्ण हुदाँ पनि प्रदेश र सङ्घीय सरकारको ध्यान नजाँदा स्थानीय तहबाट मात्र लगानी गरेर जोखिम न्यूनीकरण गर्न कठिन हुने नगर प्रमुख श्रेष्ठले बताउनुहुन्छ ।हाल कटारीमा मिर्चैया कटारी घुर्मी सडक खण्ड आयोजना कार्यालय स्थापना गरिएको भए पनि कुल लागत १० अर्बको डिपिआर अनुसारको बजेट नहुँदा कार्यालयले कुनै काम अगाडि बढाउन सकेको छैन । चालु आर्थिक वर्षको विनियोजित चार अर्ब सरकारी बजेट सुनिश्चितताका लागि गत भदौमा नै अर्थ मन्त्रालयमा फायल पुर्याइएको भए पनि हालसम्म त्यसको कुनै सुनुवाइ नहुँदा मिर्चैया कटारी खण्डको करिब ७ किलोमिटरमा ग्राभेल गर्ने काम मात्रै भएको कटारीस्थित योजना प्रमुख केशव ओझाले बताउनुभयो । | News | 38,923 |
बेल्जियममा नेपाली खाना महोत्सव | बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो । | https://ekantipur.com/diaspora/2024/05/29/nepali-food-festival-in-belgium-37-16.html | लन्डन — बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो । खाना महोत्सवमा १५ देशका राजदूत, युरोपियन युनियन प्रमुख, पार्लियामेन्ट बेल्जियमका सदस्य, लुभेनका मेयरसहित अन्य विभिन्न देशबाट आएका गरि करिब २२ हजार नेपाली र बेल्जियमवासी नागरिक सहभागी भएको आयोजकले जनाएका छन् । कार्यक्रममा १४ वटा नेपाली खानाका स्टल, दुईवटा हस्तकला, १०० वटा बालबालिका नृत्य, ५० वटा सांस्कृतिक नाच साथै विभिन्न भेषभूषासहितको नृत्य प्रस्तुत गरिएको थियो ।नेपाली पर्यटन प्रवर्धन गर्न आयोजकले भाग्यचिट्ठाद्वारा एकजनालाई आवतजावत हवाई टिकट र अर्को एकजनालाई काठमाडौंमा तीन रातको होटल बसाई निःशुल्क प्रदान गरेका छन्। विदेशमा रहेर पनि नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धन गरी नेपाल राष्ट्रको सम्वृद्धि र विकास गर्ने उद्देश्यले महोत्सव गरिएको संयोजक काशी दनैले बताए । लुभेनमा दोस्रो पटक भएको नेपाली खाना महोत्सव निकै व्यवस्थित भन्दै स्थानीय मेयरले निकै प्रशंसा गरेका थिए । कार्यक्रम व्यवस्थित बनाउन स्वयंसेवकहरु र सुरक्षालाई मध्यनजर राख्दै रेडक्रस टिम खटाइएको थियो । नेपाली व्यवसायी संघ बेल्जियमले कार्यक्रम सफल भएको भन्दै सबैमा आभार व्यक्त गरेको छ । | Diaspora | 12,279 |
पारिवारिक पुनर्मिलनको चाड दशैँ | दशैँ विशेषतः नेपालीले धुमधामका साथ मनाउने गर्छन्। यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष निकै गहिरो छ। यसले गर्दा दशैँलाई महìवका साथ हेर्ने गरिन्छ । सांस्कृतिक रूपमा हाम्रा हरेक चाडपर्वले दिने सन्देश अर्थपूर्ण मानिन्छ। अतः राष्ट्रिय चाडपर्वमध्ये दशैँलाई विशेष मान्ने गरिएको हो। यसबाट धार्मिक र सामाजिक सहिष्णुता बढाउन यसको भूमिका निकै प्रभावकारी देखिन्छ। | https://gorkhapatraonline.com/news/40004 | दशैँ विशेषतः नेपालीले धुमधामका साथ मनाउने गर्छन्। यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष निकै गहिरो छ। यसले गर्दा दशैँलाई महìवका साथ हेर्ने गरिन्छ । सांस्कृतिक रूपमा हाम्रा हरेक चाडपर्वले दिने सन्देश अर्थपूर्ण मानिन्छ। अतः राष्ट्रिय चाडपर्वमध्ये दशैँलाई विशेष मान्ने गरिएको हो। यसबाट धार्मिक र सामाजिक सहिष्णुता बढाउन यसको भूमिका निकै प्रभावकारी देखिन्छ। नेपालमा वर्षको दुई पटक दशैँ मनाउँदै आइरहेका छौँ। नेपाली समाजमा परम्परागत रूपमा मनाइने दशैँका दुई पक्ष छन्। आश्विन शुक्ल पक्षमा मनाइने दशैँलाई बडादशैँ पनि भनिन्छ । चैत्र शुक्ल पक्षमा मनाइने दशैँलाई सानो दशैँ अथवा चैत महिनाको दशैँ भएकाले यसलाई चैते दशैँ भनिन्छ। संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो– ‘दशैँ’ । नेपालमा मनाइने विभिन्न चाडमा प्रमुख राष्ट्रिय चाड भएर नै यसलाई ‘बडा’ अर्थात् सर्वश्रेष्ठ चाड मानी ‘बडादशैँ’ भनिएको छ। संस्कृतिविद् पुण्यरत्न वज्राचार्यका अनुसार दशैँ किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन धुमधामका साथ मनाउने भएकाले दशैँ भनिएको हो अर्थात् यो चाड मनाउने बेलामा गर्नुपर्ने दस संयम हो। यही संयम नै दशैँ भएको हुनुपर्छ। चैते दशैँ र बडादशैँ भनेर नेपाली समाजमा मनाइने गरेको चाड कतै चारपल्टसम्म मनाइने गरेको प्रमाण विगतका साहित्यमा भेटिन्छन्। देवीभागवतमा पनि चारैवटा दशैँको उल्लेख छ। भनिन्छ, पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशैँ मनाउने चलन थियो।दशैँ कहिलेदेखि मनाउन थाले भन्ने विषयमा केही अभिलेखले यसो भन्छ, प्राचीन धर्मग्रन्थ र शास्त्रहरूका अतिरिक्त ऐतिहासिक सामग्री पाटन च्यासल टोलको लिच्छविकालका अभिलेखमा समेत ‘दशमी गोष्ठी’ शब्द पाइन्छ। जसअनुसार लिच्छविकालमा पनि दशैँ मनाउने चलन रहेको बुझिन्छ। यस्तै ‘ठ्यासफू’को प्रमाणबाट मल्लकालमा दशैँ धुमधामका साथ मनाइन्थ्यो भन्ने थाहा पाइन्छ। मल्ल राजाहरूका लागि दशैँको महìव कतिसम्म थियो भन्ने कुराको ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ६८६ तद्नुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा पाइएको छ । सो पत्रमा लेखिएको छ, ‘सोही साल आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार गरे, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाका लागि मन्दिर पनि बनाए।’दशैँ चाडको उत्पत्ति नेपालमा कहिलेदेखि भए होला भन्ने कुरामा दुई धारणा छन्। एउटा मतअनुसार नेपालमा दशैँ चाडमा खड्ग यात्रा (पायाः वनेगु) चलन भएकाले यो चाड मनाउने चलन नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि नै भएको हो भन्ने एकथरि विद्वान्को छ। अर्को इतिहासले भने सिम्रौनगढका राजा हरिसिंहदेवले ने.सं. ४०४ मा तुलजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दशैँ सुरु भएको अनुमान गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन मान्ने भएका कारण पनि दशैँ भनेको भन्नेहरू पनि छन्। दशैँको प्रारम्भ प्रतिपदाको दिन घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ। नदीबाट ल्याइएको बालुवाको वेदी बनाई पूजाकोठा वा विशेष दशैँ कोठामा सफासुग्घर गरी टपरी, भिउँट वा भुइँमै राखेर जौ छरिन्छ। विभिन्न जातजातिमा धान, गहुँ, मकैजस्ता अन्य पनि जौमा मिसाएर छर्ने चलन छ। जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ। जमरा राख्ने नेपाली संस्कृति एवं परम्पराको परिपूरक शब्द हो। नेपाली भाषामा घटस्थापना भनिन्छ। घट भनेको कलश हो, कलश थापना गरेर जमरा राख्ने भएको हुनाले घटस्थापना भनिएको हो। यसै दिनबाट दशैँ सुरु भएको मानिन्छ।यसै दिन स्थानीय नेवार नौ दिनसम्म विभिन्न तीर्थस्थलमा गएर नुहाउने र देवदेवी वा शक्तिपीठको दर्शन गर्ने भएको हुनाले नवरात्रि (नौरथ) पनि भनिन्छ । सहरको टोलटोलमा धर्मावलम्बीहरू जम्मा भएर बाजा बजाउँदै प्रत्येक दिन सूर्योदय हुनुअगावै नुहाउन जाने गर्छन्। त्यसपछि सप्तमीदेखि दशैँको भव्य सुरु हुन्छ। यस दिनलाई फूलपाती भनिन्छ। यस दिन घरघरमा फलफूल र विशेष किसिमका फूल जमरा राखेको स्थान र श्रीभगवतीलाई पूजा गर्ने कोठामा भिœयाइन्छ भने गोरखाबाट ल्याएर जमलमा राखिएको फूलपातीलाई जङ्गी, निजामती कर्मचारीलगायत उपस्थित भई हनुमानढोकामा भित्र्याइन्छ। यसै दिन टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिन्छ। नेपालका केही नेवार समुदायमा सप्तमीको बदला अष्टमीको दिनमा मात्र फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ।फूलपातीमा नौ प्रकारका बिरुवाका पत्र वा पालुवा हुने हुनाले संस्कृतमा यसलाई नवपत्रिका पनि भनिन्छ। नवपत्रिकाको परिचय दिँदै संस्कृत ग्रन्थमा भनिएको छ – ‘वदली दाडिमी धान्या हरिद्रा मानक कचु विल्वाशोकौँ जयन्ती च विज्ञेया नवपत्रिका।।’ अर्थात् नवपत्रिका भनेको केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती हो। यी नौवटा बिरुवाका पत्रलाई महासप्तमीको दिन अपराह्नको शुभसाइतमा भिœयाई बेलुकी नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रमा विभिन्न देवीहरूको पूजा गरिन्छ।त्यसपछि महाअष्टमी र महानवमीका दिन श्री दुर्गा भवानीको विशेष पूजा हुन्छ। यसै दिन वर्षको एक दिन मात्र सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला गरिन्छ। अष्टमी र नवमीको मध्यरातलाई कालारात्रि भनिन्छ। कालरात्रिमा देवीस्थानमा पहिलेदेखि चलिआएको विधिअनुरूप पूजा र पाठ गर्ने कार्य हुन्छ, यसलाई गुप्त पूजा पनि भनिन्छ। विशेषगरी बलि लाग्ने देवदेवीहरूका स्थान कोट, पीठ र मौलामा बलि दिएर पूजा गर्छन्। उक्त रात महाकाली जागा भइरहने किंवदन्तीअनुसार हनुमानढोका दशैँघरमा पनि ५४ बोका र ५४ राँगाको बलि दिनुका साथै खड्गसिद्धि पनि गरिन्छ।दशैँको अन्तिम दिन दशमीका दिन विशेष महìवपूर्ण मानिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरा विसर्जन गरी दुर्गालाई चढाएको रातो र सेतो वस्त्रको कपडालाई प्रसादका रूपमा घाँटीमा लगाइन्छ भने घरको मूली वा मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ। यस दिन मान्यजन, इष्टमित्र, नाताकुटुम्बकहाँ टीका थाप्न जानेहरू उत्तिकै हुन्छन् तर असन, वटु, मूबहालमा भने टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिनमा मात्र विजय दशमीको टीका थाप्ने गरिन्छ। यसरी टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। पूर्णिमादेखि दशैँ चाडको अन्त्य हुन्छ। दशैँ पारिवारिक एकता, पारिवारिक भेटघाट र पारिवारिक पुनर्मिलनको प्रतीक होभन्दा अत्युक्ति नहोला। | News | 47,850 |
आर्मीले जित्यो राष्ट्रिय महिला हक्कीको उपाधि | त्रिभुवन आर्मी क्लबले छैटौं मंगलबार सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । | https://ekantipur.com/sports/2024/04/30/army-won-the-national-womens-hockey-title-35-16.html | काठमाडौँ — त्रिभुवन आर्मी क्लबले छैटौं मंगलबार सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।धुलिखेल खेल मैदानमा भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ४–१ गोलले हराएर उपाधि जितेको थियो । आर्मीको जितमा सरस्वती तामाङले दुई गोल गरिन् । त्यसमा सीमा खड्का र कमला चन्दले गोल थपे । गण्डकीको एकमात्र गोल सीतामाया बलको नाममा रह्यो ।खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । गण्डकीकी सीताले १६ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याइन् । लगत्तै १८ औं मिनेटमा सरस्वतीले गोल थपेर टिमलाई २–१ गोलको अग्रता दिलाइन् ।त्यसपछि आर्मी हाबी खेलमा २४ औं मिनेटमा कमला र ५७ औं मिनेटमा सीमाले गोल थप्दै उपाधि जिताए । फाइनलमा प्लेयर अफ द म्याच कमला चन्द चुनिन् ।विजेता आर्मीले एक लाख र उपविजेता गण्डकीले ७५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थानलाई भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई १–० ले हरायो । सुदूरका लागि २७ औं मिनेटमा बबिता उराँवले गोल गरिन् । इमर्जिङ प्लेयर सुदूरपश्चिमकी नमिता एसके चुनिइन् । उत्कृष्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, उत्कृष्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेयर अफ द टुर्नामेन्ट भइन् । सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती उत्कृष्ट स्कोरर हुन सफल भए । विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता थियो । | Sports | 13,776 |
दुम्कौलीको तापक्रम ४४ डिग्री : अर्को वर्ष अझ तापक्रम बढ्ने वैज्ञानिकको प्रक्षेपण | अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । | https://gorkhapatraonline.com/news/67266 | काठमाडौं,जेठ २८ गते । अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । विभागका अनुसार नवलपरासी जिल्लाको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगिसकेको छ । जेठ २६ गते मापन गरिएको यो तापक्रम हालसम्मकै उच्च रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाइसकेको छ । आगामी वर्ष सन् २०२४ मा तापक्रम अझै बढ्ने मौसमविद्ले जनाएका छन् । अमेरिकनकाे राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले जलवायु परिवर्तन आउन लागेको जनाएका हुन । उनीहरूका अनुसार आगामी वर्ष तापक्रम सबैभन्दा बढी हुने जनाएको छ । एनओएए का वैज्ञानिकहरूका अनुसार आगामी वर्ष प्रशान्त महासागरमा एलनिनो देखापर्ने छ । यसले चरम मौसम र उच्च तापक्रमको अवस्था ल्याउने छ । प्रशान्त महासागरमा एल नीनोको निर्माण भएकाले आगामी वर्षको तापक्रम पनि बढ्ने वैज्ञानिकले जनाएका हुन । सामान्यतया एलनिनो देखापर्दा दक्षिण एसियामा कम पानी पर्ने सम्भावना रहन्छ । कुनै क्षेत्रमा पानी पर्ने त कुनै क्षेत्रमा पानी नै नपरेर खण्डवृष्टिको अवस्था सिर्जना हुने पनि छ । के हो एलनिनो ?प्रशान्त महासागरको तापक्रम त्यसमाथिको वायुमण्डलको तापक्रमभन्दा १.५ डिग्री बढी भएको अवस्थामा एल निनो निर्माण हुने गर्दछ । यस अवस्थामा वायुको नियमित प्रणाली खलबलिँदा यसको समस्या देखा पर्दछ । प्रशान्त महासागरमा एलनिनो देखापर्दा दक्षिणी एसियामा कम पानी पर्ने हुन्छ । एलनिनोको अनुगमन प्रत्येक वर्षको डिसेम्बरदेखि तीन महिनासम्म प्रशान्त महासागरको पानीको तापक्रम अनुगमन गर्ने गरेर पत्ता लगाइन्छ । .समुद्रको तापक्रम सामान्यतया २३/२४ डिग्री सेल्सियस हुन्छ । यदि यो तापक्रममा १.५ डिग्री बढी भएको खण्डमा एलनिनो हुने गर्दछ । यदि १.५ डिग्री तापक्रम कम भएको खण्डमा एलानीनो हुन्छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रशान्त महासागरमा एलनिनो देखापर्ने बित्तिकै दक्षिणी एसिया महादेशमा सधैँ कम पानी पर्छ भन्ने अवस्था नहुने बताउनु हुन्छ । उहाँका अनुसार यस क्षेत्रमा पानी पर्ने प्रक्रियामा अन्य मनसुनी प्रणालीको पनि गतिविधि हुने भएकाले एलनिनो देखापर्ने बित्तिकै पानी कम पर्छ भन्ने सम्भावना हुँदैन ।उहाँले भन्नुभयो, सामान्यतया प्रशान्त महासागरमा एलनिनो देखापर्दा विश्वभर कम पानी पर्ने आङ्कलन गरिएको हुन्छ । तर, दक्षिणी एसियाको हकमा भने अन्य मौसमी प्रणालीहरू पनि विकसित हुने भएका कारण एलनिनो देखिँदैमा कम पानी पर्छ भन्ने सोच्नु हुँदैन । विगतका वर्षमा पनि प्रशान्त महासागमा एल निनो देखापर्दा नेपाललगायत दक्षिण एसियामा मनसुनको समयमा पर्याप्त मात्रामा पानी परेकाले एलनिनो देखा पर्दा पानी नै पर्दैन भन्न नसकिने उहाँको भनाइ छ । उहाँका अनुसार एलनिनोको ठीक उल्टो प्रक्रिया लानिनो हो । यदि प्रशान्त महासागरमा लानिनो भएको खण्डमा दक्षिण एसियालगायत विश्वमा बढी पानी पर्ने प्रक्षेपण गरिन्छ । यदि प्रशान्त महासागरको पानीको तापक्रम त्यसमाथि हुने वायुमण्डलको तापक्रमभन्दा कम भएको अवस्थामा लानिनो हुन्छ । यदि लानिनो बनेको अवस्थामा दक्षिण एसियामा बढी पानी पर्ने हुन्छ । गत वर्ष नेपालमा लानिनोकै प्रभावका कारण बढी पानी परेको थियो, जसका कारण बाढी तथा भू–क्षय भएको थियो । मौसमविद् मानन्धरका अनुसार पाँच देखि सात वर्षको अन्तरमा एलनिनो देखा पर्ने हुन्छ । सात वर्षको अन्तरमा प्रशान्त महासागरमा पानीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने गरेको छ । | News | 55,785 |
‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’ | सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ । | https://gorkhapatraonline.com/news/72728 | सुर्खेत (छिन्चु), साउन १२ गते । सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ । उहाँहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अर्डर लिएको जस्तो पनि देखिएको थियो । उहाँको दुई दम्पतीका काम हेर्दा लाग्दैन उहाँहरु शारीरिक रुपमा अशक्त हुनुहुन्छ भन्ने । करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिनुहुन्छ, सधैँजसो । ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त हुनुहुन्छ । शारीरिक अवस्थाका हिसाबले उहाँका दुवै खुट्टा चल्दैनन् । यो अवस्थामा रहनुभएका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आउनुभएका चौलागाईको जीवन धेरैले सोचेभन्दा भिन्न छ ।पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उहाँमा मात्र होइन, उहाँकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्नुहुन्न । पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपाङ्गता छ । तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ । मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्धे नहुने अर्थात शारीरिकरुपले अपाङ्गहरुले मात्रै हो । सबलाङ्गहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उहाँलाई दयाभाव देखाउँदा पनि उहाँले कहिल्यै आश गर्नुभएन । उहाँ भन्ने गर्नुहुन्छ, ‘‘शरिको एक अङ्ग कमजोर भए पनि अर्को अङ्ग ठीक छ भने किन अर्काको आश गर्ने ?’’ उहाँको मेहनत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्दछन् । वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उहााँले आफ्नो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । मिठार्ई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाईंले उद्योग थालेको अहिले २२/२४ वर्षमा लागिसकेको छ ।उहाँ भन्नुहुन्छ, ‘‘उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जाँगर पनि सेलाउँदै गएको छ ।’’ दृष्टिविहीन् भएपनि काममा उहाँको पत्नी नन्दारुपाले सघाउँदै आउनुभएको छ । चौलागाईं दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ । शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैँमा कम चुनौतीपूर्ण छ तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ ।नन्दप्रसाद २०५२ सालमा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झर्नुभएको थियो । जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो । पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उहाँ उपचारका लागि सुर्खेत झर्नुभएको थियो । सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उहाँले दुःखेसो पोख्नुभयो ।विसं. २०४१ मा चौलागाईंको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन । आफ्नो खुट्टा नचल्ने भएपछि श्रीमतीको भरमा पर्नुभएका उहाँलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो । नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो । तैपनि चौलागाई दम्पतीले हरेश खाएन र मिठार्ईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु गर्यो । पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन् । ती पनि सुस्त मनस्थितिकी । उहाँहरुले थप संर्घष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहनुभयो । उहाँहरुको त्यो आत्मविश्वासले अन्य अपाङ्गता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ । एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ ।अपाङ्गमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिंड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थाप्नुभएको छ । अपाङ्गता भएर पनि पौरखी काम गर्दै आउनुभएका उहाँले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउनुहुन्छ । उहाँको साहस, सङ्घर्ष र सफलताको कथा सपाङ्ग व्यक्तिहरुको लागि पनि प्रेरणाको स्रोत बनेको छ । वार्षिक कारोवार रकम करिब रु.पाँच लाख गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक एक लाख रुपियाँभन्दा बढी नै बचत हुन्छ । चौलागाईको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो । दुई छोरा र एक छोरीसहित परिवारमा पाँच जना सदस्य छन् । व्यवसायलाई उहाँको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागिअन्य कामदार राख्नु नपरेको उहाँ बताउनुहुन्छ ।नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही हुनुहुन्थ्यो । उहाँले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गर्नुभएको थियो । विसं २०३२ चैत १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गर्नुभएका उहाँले सेनाको अमल्दार पदबाट अवकाश लिनुभएको थियो । सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उहाँका दुवै खुट्टाले काम गर्न छाडे । आफ्नो साहसिक सङ्घर्ष र लगनशीलताको यात्राबाट उहाँले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ । जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन’’ उहाँले विगत सम्झँदै भन्नुभयो, “उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाइँ सरेको हुँ ।’’ जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति वडा नं ४ लाम्रा गाउँमा जन्मनुभएका उहाँ २०५२ सालमा सुर्खेत बसाइसराइँ गरी आउनुभएको र सो समयमा दश धुर जग्गाबाट बसाइँ सुरु गरिएको उहाँले बताउनुभयो । कामप्रतिको लगाव, मेहनत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोड्नुभएको छ । विसं २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन सङ्घको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठार्ईको बट्टा बनाउन थाल्नुभएको हो । सो तालिममा २५ जनाको सहभागिता थियो तर सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी हुुनुहुन्छ । उहाँले भन्नुभयो, “तालिमपछि कागजका थैला, झोला, मिठाईका बट्टा बनाउन जानेका छौँ । सुरुआती समयमा हामीले बनाएका मिठाईका बट्टाले बजार पाए । तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन । त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो ।” हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनः प्रयोग र वातावरणमा समेत सुधार आउने उहाँको भनाइ छ । बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ ।”पछिल्लो समय प्लाष्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिनुहुन्छ । यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन् । छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन् । रासस | News | 54,705 |
जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै | राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । | https://gorkhapatraonline.com/news/50791 | गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २८ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । | News | 59,158 |
इन्टरलाई हराउँदै सेभियाले जित्यो छैटौं पटक युरोपा लिगको उपाधि | युरोपा लिगको ‘किङ’ मानिने सेभियाले इन्टर मिलानलाई हराउँदै छैटौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पाऱ्यो । | https://ekantipur.com/sports/2020/08/22/159805892550874823.html | कोलोन — युरोपा लिगको ‘किङ’ मानिने सेभियाले इन्टर मिलानलाई हराउँदै छैटौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पाऱ्यो ।सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए । यसक्रममा उनले यस सिजनमा आफ्नो गोल संख्या ३४ पुऱ्याएका छन् ।खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुऱ्याए ।खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो ।यस्तै नौ वर्षयता इन्टरले कुनै उपाधि जित्न सकेको छैन । सेभियाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभियाले सन् २०१४–२०१६ बीच लगातार तीन पल्ट युरोपाकप जितेको थियो । अहिले उपाधि जितेको सेभिया टिम भने नयाँ हो ।प्रशिक्षक जुलेन लोपेटेगुईले टिम सम्हालेयता सेभियाले पहिलो पटक उपाधि जितेको हो । फेब्रुअरीयता सेभिया लगातार २१ वटा खेलमा अपराजित रहेको छ । | Sports | 24,707 |
स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए | गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् । | https://gorkhapatraonline.com/news/66552 | काठमाडौँ, जेठ २२ गते । गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो सङ्कलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताउनुभयो । “एक पटक सोधिएको प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन,” उहाँले भन्नुभयो, “स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ । घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन ।”बोर्डले पहिलो चरणमा यस वर्षदेखि कक्षा १० (एसईई) को गणित, विज्ञान र अङ्ग्रेजीमा यो प्रणाली लागु गरेको छ । आगामी वर्ष अन्य कक्षामा लागु गरिने छ । बोर्डले यसका लागि प्रश्नपत्रका हजारौँ सेट तयार गरिरहेको छ । देशका सयौँ शिक्षकबाट ती प्रश्नपत्र तयार गरिएका हुन् । प्रश्नपत्रको परीक्षणसमेत गरिएको छ । तिनै सेटबाट पालिकादेखि बोर्डसम्मले प्रश्नपत्र तयार गर्नेछन् । प्रश्नपत्रको पहुँच सीमित व्यक्तिमा मात्र हुने हुँदा गोपनीयता कायम रहने दाबी बोर्डको छ ।उहाँले परीक्षार्थीहरू नियमित रूपमा कक्षाकोठामा पढेर रचनात्मक क्षमता विकास गर्नेभन्दा पनि परीक्षामुखी मात्रै बन्न थालेपछि स्तरीकृत परीक्षा प्रणाली लागु गरिएको बताउनुभयो । बोर्डका अध्यक्ष डा शर्माले पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीमा सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पु-याउने अपेक्षा गरिएको बताउनुभयो । “शिक्षकले पाठ्यपुस्तकका कुरा होइन, पाठ्यक्रममा आधारित भएर अध्यापन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पाठ्यपुस्तकमा मात्र भर पर्दा विद्यार्थीको सिकाइ र बुझाइ कमजोर भएको छ ।”यस क्रममा बोर्डले सजिला, मध्यम र कठिन प्रश्नपत्र तयार गरेको थियो । विद्यार्थीमा परीक्षण गराउँदा कमजोर विद्यार्थीलाई कठिन प्रश्न उपयुक्त नभएको र अब्बल विद्यार्थीलाई सजिलो प्रश्न उपयुक्त नभएको देखिएपछि मध्यम प्रश्नपत्र तयार गरिएको छ । विद्यालय तहको परीक्षामा एउटै उत्तरपुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा दिने अङ्कमा निकै तलमाथि रहेको पाइएको छ । यो अन्तर घटाउन पनि स्तरीकृत परीक्षा प्रणाली उपयुक्त रहेको ठम्याइ बोर्डको छ । “एउटै उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरूले २० अङ्कसम्म पनि अन्तर रहेको पाइयो । उही शिक्षकले आज दिने अङ्क र केही दिनपछि त्यसैलाई दिने अङ्क नै फरक हुने पनि देखियो,” बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले भन्नुभयो, “यो अन्तरले गर्दा विद्यार्थी मर्कामा पर्छन् । उनीहरूमाथि अन्याय हुन्छ । यसलाई कम गर्न स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने देखिएको छ ।”स्तरीकृत परीक्षा प्रणाली विज्ञ प्राडा प्रकाशमान श्रेष्ठले यो प्रणाली परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने परम्परागत शैलीको तुलनामा निकै प्रभावकारी हुने तर प्रणाली लागु गर्नुअघि प्रशस्त अध्ययन हुनुपर्ने बताउनुभयो । “धेरै सङ्ख्यामा नमुना प्रश्नपत्र तयार गरी तिनको परीक्षण विद्यार्थीमाथि गरिनुपर्छ । यसको विश्लेषणपछि उपयुक्त प्रश्नपत्र तयार गर्न सकिन्छ,” उहाँले भन्नुभयो । | News | 42,523 |
सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार | ३२ केभी बिद्युत लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । बिद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ । | https://gorkhapatraonline.com/news/110946 | पुस्कर भण्डारीडडेल्धुरा, जेठ २४ गते । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । विद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ । हिजो बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लामा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ । राति बिग्रेकाले कुन ठाउँमा लाइन बिग्रिएको पत्ता लगाउन नसकिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि माथि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । सो क्षेत्र अत्तरिया ग्रिडको हो । | News | 50,354 |
महिलालाई जीवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ | बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो । | https://gorkhapatraonline.com/news/22744 | कपिल ज्ञवालीसिद्धार्थनगर, भदौं ६ गते । बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो । गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएपछि प्रहरीले अनुसन्धान थालेको छ । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताउनुभयो । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो रहेको बताएको उनले बताएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा चर्चका पास्टर गोतामेले भुइँमा सुतेका महिलालाई सन्चो बनाएको र पछि उठेर सरासर हिँडेर नमस्कार गरेको देखिएको छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीको भनाइ छ । | News | 61,920 |
कोरोना भाइरस: औषधि निर्यातमा लागेको प्रतिबन्ध खुलेपनि नेपाल ल्याउन कठिन | भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्। | https://www.bbc.com/nepali/news-52240310 | समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको र सहज भएमा ती औषधि छिट्टै नेपाल ल्याइने उनीहरूको भनाइ छ। भारतले निर्यात प्रतिबन्ध हटाएका औषधिहरूमा नेपालमा उत्पादन नहुने जीवनरक्षाका लागि प्रयोग हुने र सीसीयू तथा आईसीयुमा प्रयोग हुने औषधी रहेको बताइएको छ। कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखियो। कस्ता अप्ठेरा छन्? विभिन्न देशको आग्रहपछि हाल उसले प्यारासिटामोल बाहेकका सबै औषधीको निर्यात माथिको प्रतिबन्ध हटाएको छ। यसबाट उत्साहित नेपाली व्यवसायीहरूले त्यस्ता औषधी आयातको योजना बनाइसकेका छन्। तर दुवै देशमा लकडाउनको स्थितिमा सामान ल्याउन समस्या देखिएको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए। "हामीले आयातका लागि भनेका छौँ। तर भारतमा पनि लकडाउन भएकाले त्यहाँ ढुवानीकर्ताको व्यवस्थापन गर्न अनि सामान बोक्न र झिक्न आवश्यक कामदार जुटाउन समस्या परिरहेको बताइएको छ," उनले भने। मजदुरलाई पासको माग एउटै प्रकारको औषधि र एउटै व्यवसायीको भएमा मात्रै ढुवानीकर्ताहरूले सहजै ल्याइदिने गरेको अनुभव व्यवसायीहरूको छ। दुवै देशका भन्सार जाँचका क्रममा आवश्यक पर्ने मजदुरलाई समेत पासको व्यवस्था गर्नुपर्ने उनीहरूको अनुरोध छ। भारतको औषधि निर्यात खुल्ला गर्ने निर्णयसँगै नेपालमा उत्पादन हुने औषधिका लागि भारतबाट आयात गर्नुपर्ने कच्चापदार्थ पनि सहज हुने अपेक्षा औषधि उत्पादकहरूले गरेका छन्। तर त्यसका लागि पनि ढुवानी र मजदुर दुवैको व्यवस्थालाई सहज पारिनुपर्ने औषधि उत्पादक सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताए। आफूहरूसँग हाल केही कच्चा पदार्थ भएपनि लकडाउन अझै लम्बिँदै गएमा त्यसको प्रभाव नेपालमा उत्पादन हुने औषधिमा समेत पर्न सक्ने उनको भनाइ छ। | Others | 66,644 |
लिभरपुललाई लिग कप पिरलो | योर्गन क्लोपले इंग्लिस लिग कपको समाधन अझै गर्न नसकेको स्वीकारेका छन् । आर्सनलमाथि निर्धारित समयमा ५–५ को बराबरीपछि पेनाल्टी शुटआउटमा रोमाञ्चक जित हात पारेको लिभरपुलले लिग कपको क्वाटरफाइनलमा एस्टन भिल्लासँग खेल्नुपर्नेछ । जुन समयमा लिग कपको क्वाटरफाइनल खेल्नुपर्ने हो त्यो समयमा लिभरपुल क्लब विश्वकप खेल्ने कतार लागिसकेको हुनेछ । | https://ekantipur.com/sports/2019/11/02/157266049940549521.html | लन्डन — योर्गन क्लोपले इंग्लिस लिग कपको समाधन अझै गर्न नसकेको स्वीकारेका छन् । आर्सनलमाथि निर्धारित समयमा ५–५ को बराबरीपछि पेनाल्टी शुटआउटमा रोमाञ्चक जित हात पारेको लिभरपुलले लिग कपको क्वाटरफाइनलमा एस्टन भिल्लासँग खेल्नुपर्नेछ । जुन समयमा लिग कपको क्वाटरफाइनल खेल्नुपर्ने हो त्यो समयमा लिभरपुल क्लब विश्वकप खेल्ने कतार लागिसकेको हुनेछ । लिग कपको क्वाटरफाइनल तोकिएको समयअनुसार डिसेम्बर १६ को सप्ताहमा पर्नेछ, जबकि लिभरपुलले क्लब विश्वकपमा डिसेम्बर १८ मा पहिलो खेल खेल्नुपर्ने कार्यक्रम छ । आर्सनलसँग लिग कपको पछिल्लो खेलमा जित पाएपछि क्लोपले क्वाटरफाइनललाई उपयुक्त समय नआएमा लिभरपुलले प्रतियोगिता त्याग्न सक्ने चेतावनी दिएका थिए । कतारमा गएर खेल्नुपर्ने भएकाले लिभरपुलको वेस्ट ह्यामसँगको प्रिमियर लिग खेल यसअघि नै सारिएको छ । युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनमा कुल ७ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले चेल्सीलाई पेनाल्टी शुटआउटमै पराजित गरी यूईएफए सुपर कप जितिसकेको छ । इंग्लिस प्रिमियर लिग, लिग कप र च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरिरहेको लिभरपुलले एफए कप र क्लब विश्वकप पनि खेल्नुपर्नेछ ।क्लोपले लिग कप र क्लब विश्वकपमा छुट्टाछुट्टै टिम उतारेर समस्या समाधन गर्न खोजिरहेका छन् । तर लिग कपको यो क्वाटरफाइनल जनवरीको सुरुआतमा सर्न पनि सक्छ । यस्तो भएमा लिग कपको एउटा सेमिफाइनलको पहिलो लेग जनवरी ६ मा भइरहेको अवस्थामा लिभरपुल र एस्टन भिल्ला क्वाटरफाइनलमै भिडिरहेका हुन सक्छन् । डिसेम्बरमा लिभरपुलसँग अर्को खेल खेल्न कुनै समय नै छैन । यो अवधिमा एनफिल्ड टोलीले ८ खेल खेल्नुपर्नेछ ।‘हामीले विकल्पका धेरै विषयमा छलफल गरिसकेका छौं । निर्णय गर्नका लागि हामीसँग पर्याप्त समय छैन, त्यही पनि अन्तिम निर्णय अझै गर्न सकेका छैनौं,’ क्लोपले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘हामी कतार खेल्न गयौं भने दुई टिम उतार्नुपर्ने हुन्छ । तर लिग कप खेल्न लागि हामी खेलाडी छाडेर जान सक्दैनौं । निकै व्यस्त समयमा हामीले कतारसँग दुई खेल खेल्नुपर्नेछ । त्यस्तो अवस्थामा ११ खेलाडी लगेर कतारमा दुई खेल खेल्ने ११ खेलाडी यिनै हुन् र बाँकी ११ खेलाडी एस्टन भिल्लासँगको खेलका लागि छन् भनेर भन्न सक्दैनौं ।’क्लोपले शीर्ष प्रिमियर लिग क्लबहरू व्यस्तसत्रमा रहने हुनाले लिग कपको संरचना नै परिवर्तन गर्नुपर्ने जनाएका छन् । लिग कपको सेमिफाइनलमा ‘होम र अवे’ गरेर दुई लेग खेल्नुपर्ने हुन्छ । त्यसमा क्लोपको आपत्ति छ । स्पेन, इटालीको फुटबल संरचनाको तुलनामा इंग्ल्यान्डको घरेलु फुटबलमा एक प्रतियोगिता बढिरहेको छ । विश्वका ठुला मानिएका स्पेन र इटालीमा मुख्य लिग र एक नकआउट प्रतियोगिता रहेकोमा इंग्ल्यान्डमा लिगबाहेक लिग कप र एफए कपजस्ता प्रतियोगिता पनि छ । यसले इंग्ल्यान्डको घरेलु फुटबललाई निकै व्यस्त बनाएको गुनासो आइरहेको छ । निरन्तर खेलले खेलाडीको स्वास्थ्य जोखिम बनाइरहेकामा क्लोप चिन्तित छन् । ‘एफएको लिग कपसँग र फुटबल लिगको एफए कपसँग सामीप्यता छ, तर कोही पनि यस विषयमा छलफल गर्न चाहँदैनन्,’ क्लोपले भने । | Sports | 26,264 |
सार्वजनिक सेवाको सुदृढीकरण | राज्यका तर्फबाट जनहित प्रवर्धनका निमित्त प्रदान गरिने सबै प्रकारका सेवाले सार्वजनिक सेवालाई समेटेको हुन्छ । राज्यको उत्पत्तिदेखि अनौपचारिक र औपचारिक कालखण्डमा शासन व्यवस्था जस्तो किसिमको भए पनि कुनै न कुनै हिसाबले सार्वजनिक सेवामा लगानी गर्नैपर्ने बाध्यतासँगै यो हुँदै पनि आएको छ । विभिन्न स्वरूपको लगानीसँगै नागरि | https://gorkhapatraonline.com/news/112492 | राज्यका तर्फबाट जनहित प्रवर्धनका निमित्त प्रदान गरिने सबै प्रकारका सेवाले सार्वजनिक सेवालाई समेटेको हुन्छ । राज्यको उत्पत्तिदेखि अनौपचारिक र औपचारिक कालखण्डमा शासन व्यवस्था जस्तो किसिमको भए पनि कुनै न कुनै हिसाबले सार्वजनिक सेवामा लगानी गर्नैपर्ने बाध्यतासँगै यो हुँदै पनि आएको छ । विभिन्न स्वरूपको लगानीसँगै नागरिक चेतनाको बढ्दो स्तर तथा विश्वव्यापीकरणको फैलिँदो प्रभावले वर्तमान शासकीय तौरतरिकामा पनि व्यापक परिवर्तन भएको छ । आज सार्वजनिक सेवाले सरकारी सेवा मात्र नभएर निजी क्षेत्र तथा गैरसरकारी सङ्घ संस्थाबाट प्रवाह हुने साथै सर्वपक्षीय संलग्नता र साझेदारीमा प्रवाह हुने सेवासमेतलाई बुझाउँछ । नेपालको सन्दर्भमा सार्वजनिक सेवाप्रदायकका रूपमा राज्य प्रणालीलाई सहयोग गर्ने विभिन्न समयका अभ्यासको परिमार्जन हुँदै जाँदा हाल निजी, गैरसरकारी तथा सार्वजनिक–निजी साझेदारीबाहेकका निजामती सङ्गठन, सैनिक तथा प्रहरी सङ्गठनसँगै सार्वजनिक संस्थानहरूले सार्वजनिक सेवाप्रदायकको भूमिका निर्वाह गर्दै आएका छन् । अधिकांश क्षेत्रमा योग्यता प्रणाली अनुसरण गरी सेवाप्रदायक जनशक्ति छनोट गरिन्छ, जुन विश्वका लोकतान्त्रिक व्यवस्था अवलम्बन हुने मुलुकमा सामान्य सिद्धान्तसरह रहेको छ । नेपाल यस्तो मुलुक हो, जहाँ प्रशस्त सम्भावना र अवसर भएको तथ्य अध्ययन गरिन्छ र अध्यापन गराइन्छ । पूरा गर्नुपर्ने जिम्मेवारी छुट्याइन्छ, जसले गर्दा आधुनिक विकासको गतिमा धक्का लागेको छ । उठेर बामे सर्ने हाम्रो बानी भए पनि विकासको तीव्र गतिका अघि हाम्रो हिँडाइको गति कमजोर छ । यसबाट प्राप्त भएका विभिन्न नतिजामध्ये सबैभन्दा जटिल विषय नागरिक असन्तुष्टि हो, जसले सम्पूर्ण दोष सार्वजनिक सेवाप्रति इङ्गित गर्छ । सार्वजनिक सेवामा पनि नागरिकले निजी र गैरसरकारी संयन्त्रलाई कम मात्र दोष लगाउने गर्दछन् । जानेर वा नजानेर नेतृत्वकर्ता सरकार र यसको सरकारी संयन्त्र नै बढी जिम्मेवार हो भन्ने कुरा सामान्य नागरिकले बुझेका छन् । सामाजिक सञ्जालमा नकारात्मक सामग्री अधिक मात्रामा चर्चित भइरहने आजको समय हो । बहस गर्नका लागि राजनीतिक संयन्त्र स्थिर र नैतिकवान् नभएको तथ्य जाहेर गर्न सकिन्छ । यद्यपि सार्वजनिक सेवा प्रदान गर्ने मानवीय शक्तिमा नैतिकता, इमानदारी र पूर्ण बफादारी कायम गर्न सक्ने हो भने सेवाको गुणस्तरमार्फत नागरिक सन्तोष सम्भव हुन्छ । सबैभन्दा सानो तर व्यवहारमा महìवपूर्ण हुने नैतिक शिक्षा ग्रहण गर्ने र गराउने कर्तव्य सरोकारवालाले पूरा गरे मात्र पनि सार्वजनिक सेवाका हरेक क्षेत्रमा रूपान्तरणको सम्भावना रहन्छ । समग्र सार्वजनिक सेवा सम्बन्धमा नागरिकको विश्वास ओरालो लाग्नुमा न्यून नीतिगत तथा कानुनी र अधिक व्यवहारजन्य पक्ष जिम्मेवार छन् । कानुनी तथा नीतिगत पक्षका व्यावहारिकताले सिर्जना गरेका अन्योल पनि उत्तिकै महत्वपूर्ण छन् । यी दुवैका लागि धेरै दृष्टान्त प्रस्तुत गर्न सकिन्छ । सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु संविधानले व्यवस्था गरेको नागरिक कर्तव्य हो । यद्यपि सरकारी सवारीसाधन र सरकारी कार्यालय नागरिकको सहजताभन्दा बढी कर्मचारीको हित अनुकूल प्रयोग हुन्छन् भन्ने गुनासो छ । यो सोचाइका बिचमा रहेर नागरिकले सार्वजनिक स्रोत र सम्पत्तिमाथि आफ्नो अपनत्व महसुस गर्नै सक्दैनन् । अझ सार्वजनिक स्रोतको प्रयोग गरी खरिद भएका भौतिक साधनको उपयोग सम्बन्धमा भएका कानुनी व्यवस्था फिक्का हुँदा नागरिक आक्रोश झनै बढ्छ । उदाहरणका लागि राजनीतिक पदाधिकारीका रूपमा सवारीसाधनका लागि गाउँपालिकाको प्रमुखले मासिक ७०–८० लिटर इन्धन पाउने कानुनी व्यवस्था हुन्छ, जसले कतिपय भूगोलमा आफ्नो मातहतको सरकारको एक फन्को लगाउन पुग्दैन । नैतिकताको पाठ मात्र अध्ययन गर्न राजनीतिक पदाधिकारीहरू सुविधाका लागि नभएर सेवाका लागि आउने हुँदा यो दृष्टान्त उपयुक्त नदेख्नु हाम्रो जस्तो आर्थिक अवस्था र राजनीतिक संस्कार भएको मुलुकमा कतिसम्म व्यावहारिक छ, त्यो आफैँमा सोचमग्न विषय हो । यो समस्या गाउँका सिंहदरबारदेखि काठमाडौँको सिंहदरबारसम्म छ । कानुनी बाध्यताले कतिपय कुरा रोक्न नसकिने हुँदा सार्वजनिक निकायमा स्रोतको यस किसिमको प्रयोगको सम्बन्धमा बर्सैपिच्छे बेरुजु कायम हुन्छ । अन्ततः पारदर्शिताको अभ्यास विकेन्द्रीकरण भएसँगै यस्ता विषय नागरिकमा नकारात्मकता भर्न पर्याप्त हुन्छन् । यति हुँदाहुँदै पनि न त कानुनी व्यवस्थाको सुधार गरी व्यावहारिक बनाइएको छ न त वैकल्पिक उपाय अवलम्बन गरिएको छ । यो हाम्रो सार्वजनिक क्षेत्रमा विद्यमान समस्याको परम्परागत संस्कृति हो ।सार्वजनिक निकायलाई पारदर्शिताको छडी धेरै देखाइएको छ तर यसबाट उत्पन्न भएको एउटा वास्तविक अवस्था यस्तो छ कि, सार्वजनिक सेवाप्रदायक पदाधिकारी अख्तियारमा पर्ने उजुरी, न्याय सम्पादनको समयावधि र सामाजिक प्रतिष्ठा आदिका कारण जागिर जोगाउने बहानामा अनिर्णीत अवस्थामा बस्ने प्रवृत्ति बढेको छ । प्रक्रियामा हुने अनियमितताको छानबिन गर्ने संयन्त्रमा राजनीतिको छाया, न्याय प्रणालीको जटिलता, प्राविधिक जनशक्तिको कमी, सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अनुदार संस्कृति तथा कार्यप्रकृति र बोझको तुलनामा भद्दा जनशक्ति संरचना आदिका कारण लगानीको प्रतिफल हासिल हुन सकेको छैन । राज्यले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा गरेको लगानी कुल बजेटको झन्डै एक चौथाइ हुन्छ । विडम्बना यी क्षेत्रमा सरकारी गुणस्तर कमजोर त भएको छ नै । साथसाथै बजारीकरण होइन, सामाजिक विकास अन्तर्गतको सेवामा पनि व्यापारीकरण भएको छ । यीलगायत अधिकांश सार्वजनिक सेवाप्रदायकको सन्दर्भमा योग्यता प्रणालीबाट जनशक्ति छनोट गरिएको छ तर प्रतिस्पर्धी बनाउन पर्याप्त प्रयत्न भएका छैनन् । निजामती कर्मचारी संयन्त्र राजनीतिको रबर स्ट्याम्प भएको आरोप लाग्ने गरेको छ । यस सङ्गठनभित्र पनि प्रथम श्रेणीको अधिकृत नहुँदासम्म अनिवार्य खुला परीक्षा प्रणालीबाट वृत्ति निर्माण र विकास गर्नुपर्ने हुँदा उत्प्रेरणाको कमजोर अभ्यास छ । प्रस्तुत तमाम मामिलाले गर्दा सार्वजनिक निकायमा कार्यरत जनशक्तिको गुणस्तर कमजोर बनेको छ । यसको नतिजा कमजोर कार्यसम्पादनमार्फत नागरिकमा असन्तुष्टि र विकासको गति धिमा हुन्छ । जति पनि सार्वजनिक सेवाको प्रभावकारी वितरणका अवरोध छन् । तिनीहरूमध्ये सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा भएको ढिलासुस्तीबाहेक व्यवहारजन्य पक्षले नै धेरै ठाउँ ओगटेको छ । सार्वजनिक निकायमा कार्यरत जनशक्तिले आफ्नो नैतिकवान् आचरणमार्फत सेवाग्राहीलाई अँगाल्न सक्नेबित्तिकै धेरै समस्या समाधान हुन्छन् । सार्वजनिक स्रोतसाधनको उपयोगमा नागरिकलाई अपनत्व बोध गराउने, काम गरेकै कारण वृत्ति प्रणाली समाप्त हुन्छ भन्ने भ्रममुक्त गर्ने, निष्पक्ष न्याय प्रणालीप्रति सबैलाई विश्वस्त पार्ने, सामाजिक विकासतर्फ भएको लगानीको प्रतिफल उठाउन पहल गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा भरपर्दो र बलियो कूटनीतिक सम्बन्ध निर्माणमा सक्षम कर्मचारी संयन्त्रको विकास गर्ने हो भने सार्वजनिक सेवाको साख फर्काउन कति पनि समय लाग्दैन । यसका लागि सेवा प्रवाहकर्ताले नै बढी रुचि राख्नु पर्छ । सबै प्रकारका संरचना निर्माणमा राज्यले पहलकदमी लिनु पर्छ । | News | 45,583 |
पहिले बढाउने, मध्यावधिपछि घटाउने | सङ्घीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब ४४ अर्ब रुपियाँले घटाएको जानकारी गराउनुभयो । | https://gorkhapatraonline.com/news/54751 | काठमाडौँ, फागुन ६ गते । सङ्घीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब ४४ अर्ब रुपियाँले घटाएको जानकारी गराउनुभयो । स्रोतका हिसाबले अत्यन्त चाप बढेकाले बजेटको लक्ष्य र उद्देश्य पूरा गर्न प्रतिकूलता सिर्जना भएपछि आकार घटाइएको उहाँको तर्क थियो । बजेटसँगै खर्चतर्फका सबै शीर्षक, राजस्व लक्ष्य र वैदेशिक सहायता प्राप्तिको अनुमान पनि सरकारले घटाएको छ । सँगै चालू आवको बजेटले लिएको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि पूरा हुन नसक्ने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । आर्थिक वर्ष पूरा भएको छ महिनापछि त्यसको समीक्षा गर्दै बजेटको आकार घटाइएको यो पहिलो घटना भने होइन । खर्च गर्ने क्षमता बढाउन नसक्ने तर ठूलो आकारको बजेट बनाउने होडबाजीले पछिल्ला वर्ष बजेट कार्यान्वयनको आधा समयमै घटाउने प्रवृत्ति नियमितजस्तै बनेको छ । पछिल्ला केही आर्थिक वर्षयता प्रस्तुत बजेटमा अर्धवार्षिक समीक्षा मूल्याङ्कन गर्दै सरकारले बजेटको आकार घटाउने सुविधा प्रयोग गर्दै आएको छ ।पछिल्ला पाँच वर्षयताको बजेटको अर्धवार्षिक समीक्षाको मूल्याङ्कन गर्दा न्यूनतम एक खर्बदेखि साढे दुई खर्ब रुपियाँसम्म बजेटको आकार घटाएको पाइएको छ । त्यसरी घटाइएको संशोधित बजेटमा पनि नयाँ बजेट प्रस्तुत गर्दा लक्ष्य झन् घटाउने गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १४ खर्ब ७४ अर्ब रुपियाँको सुरु बजेट विनियोजन गरेको सरकारले मध्यावधि समीक्षामार्फत १३ खर्ब ४४ अर्ब रुपियाँ मात्र खर्च हुने अनुमान पेस गरेको थियो । २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त आवमा सुरु बजेटको ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको थियो । कोभिड–१९ ले अर्थतन्त्र कमजोर बनाएपछि सरकारले यस्तो अनुमान पेस गरेको थियो । कोभिडजस्ता प्रतिकूल अवस्थामा बाहेक पनि सरकारले खर्च हुन नसकेको कारण देखाउँदै बजेटको आकार भने घटाएको देखिन्छ । अवस्था प्रतिकूल रहेको जानकारी हुँदाहुँदै पनि बजेट अनावश्यक ठूलो बनाउँदा पनि धेरै बजेट कटौती गर्नुपर्ने अवस्था बनेको देखिन्छ । अर्थतन्त्रको आन्तरिक र बाह्य परिस्थिति अनुकूल नहुँदा पनि चालू आवमा करिब १८ खर्बको बजेट निर्माण हुनु यसको उदाहरण हो । बजेट संशोधन सामान्य प्रचलन भए पनि मध्यावधि समीक्षामार्फत धेरै बजेट कटौती गर्दा त्यसले बजेटकै साख घटाउने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउनुहुन्छ । “५÷६ प्रतिशत बजेट तलमाथि हुनु सामान्य हो तर जब १५÷२० प्रतिशत नै बजेट कटौती गरिन्छ, त्यसले बजेट हचुवामा बनाएको भन्ने बुझिन्छ,” उहाँले भन्नुभयो । संसद्ले दिएको सुविधाको दुरुपयोग हुनेगरी बजेट घटाउँदा त्यसले समग्र बजेटकै साख गिर्ने उहाँको भनाइ छ । लोक रिझ्याइँ र मत प्राप्तिको राजनीतिका लागि काल्पनिक र अवास्तविक तथ्याङ्क राखेर खर्च र स्रोतको विनियोजन गर्ने प्रणालीले बजेट घटाउनुपर्ने अवस्था बन्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल बताउनुहुन्छ । “यसरी बनाइने बजेट कार्यान्वयन हुन सक्दैन अनि बाध्य भएर घटाउने गरिन्छ,” उहाँले भन्नुभयो ।पोखरेलको जस्तै मत छ पूर्वअर्थसचिव शङ्कर अधिकारीको पनि । ठूलो बजेट बनाए वाहवाही पाइन्छ भन्ने मानसिकताले खर्च र स्रोतको यथार्थपरक इस्टिमेट नगर्दा पछि बजेट घटाउनुपर्ने बाध्यता हुने उहाँको भनाइ छ । “सत्तामा पुगेपछि लोकप्रिय कार्यक्रम ल्याउने प्रवृत्तिले हचुवाका भरमा आयोजनामा विनियोजन गर्दा खर्च हुन नसक्ने अवस्था बन्छ,” उहाँले भन्नुभयो, “त्यसपछि बजेट घटाइन्छ ।” पर्न सक्छ दीर्घकालीन असरसंसद्ले नै विनियोजन र आर्थिक विधेयकको संशोधनमा अर्थ मन्त्रालयलाई सुविधा दिए पनि समीक्षामार्फत बारम्बार खर्च कटौती गर्दा त्यसको दीर्घकालीन असर पनि पर्नसक्ने देखिन्छ । यस्तो परम्पराले समग्र प्रणालीमाथिकै विश्वसनीयता घट्न सक्ने पूर्वउपाध्यक्ष डा. पोखरेलको भनाइ छ । मध्यावधि समीक्षामा जनताको खासै चासो पनि नहुने भएकाले यस्तो प्रवृत्तिले बजेट अनुशासनमै समस्या पार्ने उहाँले बताउनुभयो । समीक्षा गर्दा अनावश्यक शीर्षकमा नघटाउने तर आवश्यकमा खर्च नपुग्ने अवस्था बनेमा त्यसले दीर्घकालमा मुलुकको समग्र विकासलाई नै धीमा बनाउन सक्ने पूर्वसचिव अधिकारीको भनाइ छ । यथार्थपरक बनाउन यसो गरौँमध्यावधि समीक्षामार्फत बजेटको ठूलो अङ्क कटौती गर्नुभन्दा त्यसलाई सुरु विनियोजनमै यथार्थपरक बनाउन सके त्यो कार्यान्वयनयोग्य हुनसक्छ । त्यसका लागि खर्च हुन नसक्ने कारणको पहिचान गरेर त्यसको समाधान गर्नेतर्फ सरकार लाग्नुपर्ने विज्ञको सुझाव छ । योजना आयोगलगायत धेरै संस्थाले लामो अध्ययन अनुसन्धान गरेर सरकारलाई दिएका सुझाव कार्यान्वयन गर्न सके बजेट वास्तविक आकारको बन्ने पोखरेलको भनाइ छ । समस्या समाधान गर्नतिर नलाग्ने तर बजेट मात्र बढाउने प्रवृत्तिले बजेट यथार्थपरक बन्न नसकेको उहाँको बुझाइ छ । पूर्वअर्थसचिव अधिकारी भने मुलुक आर्थिक मन्दीको चपेटामा रहेकाले बजेट कार्यान्वयनका सन्दर्भमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुहुन्छ । “सङ्घीय संरचनालाई ‘डाउनसाइज’ गरियो भने अर्को वर्ष यथार्थपरक बजेट बनाउन सकिन्छ,” उहाँले भन्नुभयो । पूर्वअर्थमन्त्री खतिवडा भने बारम्बार मध्यावधि मूल्याङ्कनबाट बजेटको आकार धेरै घटाउन थालियो भने त्यसले बजेट प्रणालीकै साख गिर्ने भएकाले विनियोजन विधेयक र आर्थिक ऐनमै १० प्रतिशतभन्दा बढी बजेट घटाउन नमिल्ने कुरा उल्लेख गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ । | News | 38,978 |
पारा तेक्वान्दोलाई सम्मान र प्रायोजन | नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सलटेन्सीले सम्मान गर्दै दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको छ । | https://ekantipur.com/sports/2018/06/04/152807993097937663.html | काठमाडौँ — नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सलटेन्सीले सम्मान गर्दै दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको छ ।आइतबार एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक जितेका पलेसा गोबर्धन, रञ्जना धामी र सीता भण्डारीलाई कन्सल्टेन्सीले १०–१० हजार रुपैयाँ प्रदान गर्यो ।सोही कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र मेन्टर कन्सलटेन्सीका प्रबन्ध निर्देशक हेमन्त भट्टराईले प्रयोजन सम्झौतामा हस्ताक्षर पनि गरे । सम्झौताअनुसार कन्सलटेन्सीले पारा तेक्वान्दो खेलाडीको सम्पूर्ण खेल सामग्रीसहित डाइटहरू उपलब्ध गराउनेछ । मेन्टरले सन् २०२० मा हुने टोकियो ओलम्पिकमा पनि पारा तेक्वान्दो खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । | Sports | 29,194 |
ललितपुरको भिद्यं जात्रा सम्पन्न | ललितपुरमा मनाइने भीमसेन जात्रा अर्थात् भिंद्य जात्रा शनिबार राति सम्पन्न भएको छ । मङ्गलबजारबाट सुरु भएको भीमसेनको खट यात्रा ललितपुरको भित्री शहरमा नगर परिक्रमा गराइ पुन मंगलबजारमै पुगेर सम्पन्न भएको थियो । | https://gorkhapatraonline.com/news/22636 | काठमाडौं, भदौ ५ गते । ललितपुरमा मनाइने भिमसेन जात्रा अर्थात् भिंद्य जात्रा शनिबार राति सम्पन्न भएको छ । मङ्गलबजारबाट सुरु भएको भीमसेनको खट यात्रा ललितपुरको भित्री शहरमा नगर परिक्रमा गराइ पुनः मङ्गलबजारमै पुगेर सम्पन्न भएको थियो ।भीमसेन मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई खटमा राखेर नगर परिक्रमा गराइने परम्परा छ । भीमसेन खटयात्रा सँगसँगै भक्तजनहरु पनि बासनादार धूप बाली नगर परिक्रमा गर्दछन् । भीमसेनलाई विशेषत नेवार समुदायले आफनो व्यापार व्यवसायको सफल कामनाका लागि मान्ने गरेको पाइन्छ ।कोरोना सङ्क्रमणकालका कारण गत दुई वर्षदेखि रोकिएको यस वर्ष भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको थियो । यो जात्रा भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने गरिन्छ ।तस्विरहरुः मनोजरत्न शाही | News | 33,827 |
पाकिस्तानलाई दर्जन गोल | साफ यू–१८ महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको छ । फरवार्ड रेखा पौडेल एक्लैले ७ गोल गरेपछि नेपालले सहज जित दर्ता गरेको हो । | https://ekantipur.com/sports/2018/09/29/153818686204633697.html | काठमाडौँ — साफ यू–१८ महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको छ । फरवार्ड रेखा पौडेल एक्लैले ७ गोल गरेपछि नेपालले सहज जित दर्ता गरेको हो ।समूह ‘बी’ को पहिलो खेलमा नेपालले पहिलो हाफमा नै ६–० को अग्रता बनाएको थियो । नेपालका लागि अन्य गोल कप्तान सरु लिम्बु, मन्जलीकुमारी योन्जन, मनीषा राउत, एलिशा जिम्बा र रश्मीकुमारी घिसिङले गरे ।त्यसअघि भारतले समूह ‘ए’ को पहिलो खेलमा आयोजक भुटानमाथि ४–० को जित दर्ता गरेको थियो । नेपालले अब समूहको अर्को खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । ६ राष्ट्र सहभागी प्रतियोगिता अर्को महिना हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको तयारीको रूपमा लिइएको छ । | Sports | 28,664 |
सगरमाथामा राखिएका उपकरणले पठाउँदैछन् यस्ता मौसम विवरण | तापक्रम -१५.४६ डिग्री सेल्सियस। हावाको गति -२.५३४ मिटर प्रति सेकेन्ड। सापेक्षित आर्द्रता- ८४ प्रतिशत | https://www.bbc.com/nepali/news-48636548 | मौसम सम्बन्धी यो विवरण कहाँ को होला? पक्कै पनि तपाईंले कुनै चिसो स्थानको नै हो भन्ने अनुमान लगाउनु भयो होला। त्यसो हो भने तपाईं सही हुनुहुन्छ। तर कुन होला त त्यो चिसो स्थान? शुक्रवार बिहान ७ बजे यस्तो मौसम भएको स्थान हो- सगरमाथाको चुचुरो भन्दा ठ्याक्कै ४ सय १८ मिटर तलको भाग अर्थात् सगरमाथाको ८ हजार ४ सय ३० मिटर उचाइ क्षेत्र। जसलाई बाल्कोनी पनि भनिन्छ। तर यो विवरण सगरमाथा क्षेत्रमा बसेर हेरिएको भने होइन। न त नजिकैको स्थानमा बसेर कुनै व्यक्तिले पठाएको नै। यस्तो विवरण आएको हो, हालै मात्र खुम्बु क्षेत्र, सगरमाथा आधार शिविरदेखि ८ हजार ४ सय ३० मिटर क्षेत्रमा राखिएका मौसमको जानकारी दिने उपकरणहरूबाट। सगरमाथा क्षेत्रका पाँच स्थानमा राखिएका ती उपकरणहरूले हाल दैनिक रूपमा जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्व विद्यालय जल तथा मौसम विभागमा पठाइरहेका छन्। अनि कम्प्युटरमा ती विवरणहरू हेरेर अध्ययन गर्न चाहनेहरूले सगरमाथा क्षेत्रको मौसम परिवर्तन सम्बन्धी नयाँ जानकारीहरू बटुलिरहेका छन्। न्याशनल जियोग्राफिक सोसाइटी र त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले गत एप्रिलदेखि यही जुन महिनासम्म राखेका ती उपकरणहरूलाई न्याशनल जियोग्राफीले "विश्वैकै सबैभन्दा उच्च स्थानमा राखिएका मौसम सम्बन्धी जानकारी दिने उपकरण" भनेर दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्: ‘सगरमाथामा भिड हल्ला मात्र’ उक्त टोली र परियोजनामा सामेल नेपाली वैज्ञानिकहरूका अनुसार सगरमाथा क्षेत्रको उच्च भागमा 'रियल टाइम' अर्थात् तत्कालको तत्कालै सूचना दिने यस्ता खाले उपकरणहरू राखिएको पहिलो पटक हो। किन राखियो उपकरण? ती उपकरणहरू राखिनुको उद्देश्य वैज्ञानिक अनुसन्धान रहेको न्याशनल जियोग्राफीले जनाएको छ। उसले बिहीवार जारी गरेको विज्ञप्तीमा "जलवायु परिवर्तनबाट सगरमाथा क्षेत्रबाट हुनसक्ने खतरा"बाट बच्न यस क्षेत्रका १ अर्ब भन्दा बढी मानिसहरूलाई सहायता गर्न ती उपकरणहरू राखिएको दाबी गरेको छ। नेपाल सरकारले चाहिँ सगरमाथाको उचाइ मापन गर्न विभिन्न स्थानमा उपकरणहरू राखेर उचाइ मापन गरेको थियो। यसले हिमालय क्षेत्रमा हिमनदीहरूको अवस्थाबारे अध्ययन गर्न र थप नयाँ ज्ञान आर्जन गर्न सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ। सगरमाथा क्षेत्रमा यस्ता उपकरण राख्ने परियोजनाको एउटा साझेदार त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख दीपक अर्यालले पनि उपकरणहरू राख्नुको मुख्य उद्देश्य अनुसन्धान नै भएको बताए। उनले भने-"यी उपकरण राख्नुको उद्देश्य भनेकै सगरमाथा क्षेत्रको मौसम सम्बन्धी विवरण रियल टाइममा नि:शुल्क रूपमा सबैलाई उपलब्ध गराउनु हो। हाम्रो विभाग, जल तथा मौसम विज्ञान विभाग र न्याशनल जियोग्राफीको सिस्टममा (तथ्याङ्क) डेटा स्टोर हुन्छ र त्यो सबैलाई उपलब्ध गराउने सम्झौता छ।" मौसम विवरण दिने उपकरणहरू जडान गर्ने काममा सगरमाथा क्षेत्रमा उक्त टोलीमा सहभागी भएका त्रिभुवन विश्वविद्यालयका एकजना जल तथा मौसम विज्ञानका विद्यार्थी अरविन्द्र खड्काका अनुसार नियमित रूपमा मौसम अनुगमन गर्ने काम ती उपकरणहरूले गर्नेछन्। उनले भने, "ती उपकरणले नियमित मौसमको अनुगमन गर्छन्। ती सूचना हेरेर भविष्यमा पनि मौसम के हुन्छ हेर्न सकिन्छ।" खुम्बु क्षेत्रमा राखिएको मौसम सम्बन्धी विवरण दिने उपकरण। तस्बिर सौजन्य: अरविन्द्र खड्का कसरी काम गर्छन् उपकरणले? सगरमाथा क्षेत्रका पाँच स्थानमा राखिएका उपकरणहरूले हरेक दिन डेटा पठाउने खड्काले जानकारी दिए। उनले भने, "ती उपकरणहरूले स्याटलाइट र मोबाइल नेटवर्कबाट पनि डेटा पठाउँछन्। त्यसलाई हाम्रो विभाग, जल तथा मौसम विज्ञान विभाग र न्याशनल जियोग्राफीका सेन्टरमा पनि हेर्न सकिन्छ।" सगरमाथा क्षेत्रमा राखिएका ती उपकरणहरू हिउँ र चिसोले असर कम गर्ने खालका रहेको अर्यालले बताए। उनका अनुसार 'क्याम्पबेल' नामक कम्पनीका उपकरण प्रयोग गरिएको र उक्त कम्पनीले धेरै अत्यन्त हिउँ पर्ने स्थानमा पनि यी उपकरण जडान गरेको पाइएपछि सगरमाथा क्षेत्रमा राखिएको दाबी गरे। उनीहरूका अनुसार पहिले स्याटलाइटबाट मात्र प्राप्त हुने सूचनाहरूले 'रियल टाइम'मा जमिनस्तरको मौसमबारे यकिन जानकारी नपठाउँदा कतिपय दुर्घटना भएकामा अब त्यसमा कमी ल्याउन सकिनेछ। "हरेक वर्ष धेरै आरोहीको मृत्यु हुने गर्छ। अहिलेसम्म सगरमाथाको मौसमबारे हामी स्याटलाइटमा भर परिरहेका छौँ। रियल टाइममा यी उपकरणले जानकारी दिन्छन्। त्यसले यस्ता दुर्घटना कम गर्न सक्छन्," अर्यालले भने। अनुमति वैज्ञानिक खोज र अनुसन्धानका नाममा सगरमाथा क्षेत्रमा विना अनुमति पनि यस्ता उपकरण राखिएको विवरणहरू सार्वजनिक हुने जानकारहरू बताउँछन्। तर न्याशनल जियोग्रफीको र त्रिभुवन विश्वविद्यालयको उक्त टोलीले भने अनुमति लिएर नै यस्ता उपकरणहरू राखेको अर्यालले बताए। "यसमा त हामी सरकारी निकायकै मानिसहरू संलग्न छौँ। सम्झौताहरू भएका छन् त्यसका आधारमा अनुमति र सरकारी सहमतिमा नै उपकरणहरू राखिएको हो," उनले भने। सगरमाथा क्षेत्रमा राखिएका उपकरणहरू बिग्रिएमा तत्कालै निकालेर ल्याउने र मर्मत हुने भए गरेर फेरि जडान गरेर पठाउने व्यवस्था मिलाइएको उनले बताए। पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पनि उक्त टोलीले विभिन्न निकायबाट सगरमाथा क्षेत्रमा यस्ता उपकरण राख्ने सम्झौता गरेका पत्रहरू पेश गरेको जानकारी दिइन्। "उहाँहरूले पेश गरेका कागजातमा विभिन्न निकायबाट लिनुपर्ने अनुमति अनुसारकै कागजपत्र देखिएको छ," उनले भनिन्, "हामीले यहाँबाट आरोहण अनुमति मात्र दिने हो। अन्य कामका लागि सम्बन्धित निकायहरूबाटै अनुमति लिनुपर्छ।" तर कानुन अनुसार सगरमाथा क्षेत्रमा गर्न नपाइने भनेर तोकिएका गतिविधि गरेको पाइएमा त्यस्ता आरोहीलाई भविष्यमा आरोहण गर्न नपाउने गरेर रोक लगाउने र अन्य कारबाही समेत हुनसक्ने उनले बताइन्। सगरमाथामा पहिलो अफ्रिकी महिला | Others | 66,624 |
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा | म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो । | https://ekantipur.com/sports/2021/11/24/163771670896421012.html | काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो ।उसका लागि क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक-एक गोल गरे । जितपछि निमित्त प्रशिक्षक माइकल क्यारिकले यो सफलतालाई सोल्सारप्रति नै समर्पित गरे ।दिनको अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युभेन्ट्सलाई ४–० ले हरायो । यस्तै बायर्न म्युनिकले डायनामो किभलाई २–१, लिलले साल्सबर्गलाई २–१ र सेभियाले उल्भ्सबर्गलाई २–० हरायो । यस्तै बार्सिलोना र बेनफिकाले गोलरहित बराबरी खेले । योङ ब्वाइज र एटलान्टाबीचको खेल पनि ३–३ को बराबरीमा टुंगियो । | Sports | 21,844 |
नेपाल: बाघ बढे, दोबर बनाउन कति सम्भव | चार वर्षपछि पाटे बाघको संख्या अढाई सय पुर्याउने सरकारको लक्ष्य पूरा हुने दिशामा नेपाल अग्रसर देखिएको बाघ विज्ञहरूले बताएका छन्। | https://www.bbc.com/nepali/news-45618439 | राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले पनि चार वर्षअघि र आज सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्क हेर्दा लक्ष्य पूरा गर्न सकिने ठानेको छ। तर लक्ष्य पुरा गर्न बाघको संख्या धेरै बढ्नुपर्ने अवस्था नरहे पनि भएकै बाघको संरक्षणका लागि वासस्थान र उनीहरूको आहारा लगायतमा ध्यान दिनुपर्ने संरक्षणविद्हरूले औंल्याएका छन्। बाघ पाइने विश्वभरका १३ वटा राष्ट्रले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघको जनसंख्या बढाउनेबारे आ-आफ्नो प्रतिबद्धता जनाएका थिए। लक्ष्य नेपालले बाघको संख्या १ सय २१ बाट सन् २०२२ मा २ सय ५० पुर्याउने लक्ष्य घोषणा गरेको थियो। त्यसयता पहिलोपटक सन् २०१४ मा सार्वजनिक भएको बाघको संख्या १ सय ९८ पुगेकोमा सन् २०१७ मा बाघको तस्बिर र तथ्यांकको विश्लेषणका आधारमा गरिएको बाघको गणनाले त्यो संख्या लक्ष्य नजिक देखाएको छ। आज संरक्षण दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त गणनाबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, "४ हजार फोटोहरूलाई विश्लेषण गर्दा एकअर्कासँग नमिल्ने भन्ने २ सय ९ वटा पर्यो। अब यो तथ्याङ्क विश्लेषण गर्दा २२१ देखि २७४ को बीचमा हाम्रो बाघहरू हुनसक्छ भन्ने आकलन गर्दा पाटे बाघको संख्या २ सय ३५ को अनुमान गरिएको छ।" सुझाव पाँच निकुञ्जमध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाइएका छन्। विगत चार वर्षमा ३७ वटा बाघ बढेको आकलन गरिएकोले अबको चार वर्षमा लक्ष्य पूरा गर्न जम्मा १५ वटा बाघको थपिनु पर्ने देखिन्छ। त्यसका लागि बढ्दो जनसंख्या र शहरीकरण चुनौतीपूर्ण रहेको बताउँछन् बाघबारे विद्यावारिधि गरेका चिरञ्जिबीप्रसाद पोखरेल बताउँछन्। बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन् उनले भने, "मानव र वन्यजन्तुको द्वन्द्वको कुरा, चोरी शिकारी रोकथाम गर्न र जनावरको स्वास्थ्यसम्बन्धी विभिन्न रोगको अनुसन्धानजस्ता विषयमा ध्यान दिनुपर्ने चुनौती छ।" सबैभन्दा बढी बाघ चितवनमा देखिए पनि यो गणनामा संख्या घटेको छ। पोहोर चितवनमा आएको बाढी त्यसको कारण हुनसक्ने भन्दै विज्ञहरूले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाएका छन्। | Others | 65,102 |
असिना पानीले जौँ, गहुँ र उवा बाली नष्ट | दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो । | https://gorkhapatraonline.com/news/65616 | राजन रावतहुम्ला, जेठ १३ गते । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो । मेलाखा गाउँका किसान रामबहादुर ऐडीले पाकेर भित्र्याउन लागेको जेठासी बाली (जौ, उवा र गहुँ) असिना पानीले नष्ट गरेको बताउनुभयो । भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर सोतरै बनाएको बताउँदै सिङ्गो गाउँको बालीमा क्षति पुगेको बताउनुभयो । उहाँको मात्र आठ हल जेठासी बालीमा क्षति पुगेको छ । पाकेको बालीलाई क्षति पुगेपछि किसानलाई खाद्यान्न समस्या हुने देखिएको छ । क्षतिको कारण सिङ्गो गाउँका किसान चिन्तित बनेको बताउँदै उहाँले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारसँग आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले अविरल वर्षासँगै परेको असिना पानीका कारण मेखाला गाउँका ५० घरधुरीको गहुँ, जौ र उवामा क्षति पुगेको बताउनुभयो । असिनाबाट तीन सय रोपनी जग्गामा लगाएको बाली नष्ट भएको प्रहरीले जनाएको छ । तीस लाख असी हजार मूल्य बराबरको बाली नष्ट भएको किसानको भनाइ छ । असिनाले उक्त गाउँको खेतमा लगाएको बालीहरू सिमी, फलफूल, मकै र आलु लगायतमा पनि क्षति गरेको छ । | News | 56,209 |
‘सहकारीको रकम अपचलनबारे छानबिन हुनै पर्छ’ | नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ । उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो । | https://gorkhapatraonline.com/news/108579 | काठमाडौँ, जेठ ७ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ । उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो । महामन्त्री थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा उठेका प्रश्नमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने र त्यसको कार्यादेशमा उहाँको नाम समावेश हुने प्रस्ट पार्नुभयो । उहाँले संसदीय छानबिन समिति चोख्याउने नभई, सहकारीबाट ठगिएका नागरिकको भविष्यसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सांसद रवि लामिछानेको विषयमा छानबिन गरौँ भनेको होइन । उहाँ अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँको काममा प्रश्न उठेकाले समिति गठन गर्नुपरेको हो । म दोषी देखिए मैले कारबाही भोग्ने हो, तपाईं दोषी देखिए तपाईंले सजाय भोग्ने हो ।”महामन्त्री थापाले विभिन्न विषयमा नेतामाथि लागेका आरोपबाट फाइल खोल्न, समिति बनाउन गृहमन्त्री र संसद्मै प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गृहमन्त्रीले छानबिन समिति बनाउने हो । मेरो अनुसन्धान गर्ने भए तेरो पनि गर्दिऊँ ? भन्ने होइन । गल्ती गरेको छ भने निर्णय गर्ने हो, अनुसन्धान गर्ने हो, कारबाही गर्ने हो, फैसला गराउने हो ।” | News | 50,565 |
एलपीएल फागुनमा, पुरस्कार रकम घटाइयो | क्रिकेटको सहर धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) पछिको दोस्रो ठूलो लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) फागुन अन्तिम साता हुने भएको छ । | https://ekantipur.com/sports/2020/12/15/160800148169524955.html | धनगढी — क्रिकेटको सहर धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) पछिको दोस्रो ठूलो लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) फागुन अन्तिम साता हुने भएको छ ।आयोजक टिमका अध्यक्ष रामचन्द्र शाहीले कोभिड–१९ को माहामारीको अवस्था सामान्य अवस्थामा फर्केपछि फागुन अन्तिम साता एलपीएल गर्ने गरी तयारी भइरहेको बताए । ‘आयोजनाका लागि प्रायोजक खोज्नेदेखि खेलाडीको बन्दसत्र राख्नेसम्मको तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘कोभिड–१९ को असरले पुनः देश लकडाउनको अवस्थामा फर्केमात्रै रोक्न सकिन्छ । नत्र जसरी पनि आयोजना गर्ने तयारीमा छौं ।’उनले हरेक संस्करणमा पुरस्कार राशि बढाउँदै गएका बेला कोभिड–१९ का कारण एलपीएलको पुरस्कार राशि घट्ने जानकारी दिए । गत वर्ष एलपीएल विजेताले दुई लाख र दोस्रोले एक लाख रुपैयाँ पुरस्कार पाएका थिए । कोभिडका कारण पाँचौं संस्करण विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् । ‘प्रतिकूल अवस्थामा पनि एलपीएलले निरन्तरता पाओस् भनेर पुरस्कार राशि घटाएका छौं,’ उनले भने, ‘खेलकुद गतिविधि ठप्प भएका बेला यो प्रतियोगिताले खेलाडीलाई अवसर प्रदान गर्नेछ ।’ क्रिकेटप्रेमीका लागि बहुचर्चित धनगढी क्रिकेट प्रिमियर लिगको आर्कषणसँगै क्रिकेटको सहर धनगढीमा हरेक वर्ष तिहारपछि एलपीएल आयोजना हुँदै आएको थियो ।टिममा देशका यू–१९ का राष्ट्रिय खेलाडीको सहभागिता बढाएर आकर्षण र रोमाञ्चकारी बनाउँदै लगेको छ । यो संस्करणमा पनि विभिन्न कलेजको टिमबाट यू–१९ का खेलाडीको सहभागिता हुने जनाइएको छ । उनले एलपीएलको नियमअनुसार एउटा विद्यालय तथा कलेज टिमले यू–१९ का चार खेलाडीसम्म अनुबन्धन गर्न पाउनेछन् । खेलाडी उत्पादन गर्ने प्रतियोगिताका रूपमा समेत एलपीएललाई सम्झनुपर्ने आयोजक शाही बताउँछन् । ‘देशका प्रतिष्ठित विद्यालयको टिमबाट यू–१९ का खेलाडीको बेजोड प्रस्तुतिले प्रतियोगिता आकर्षक र रोमाञ्चकारी बनाउने छ,’ उनले भने, ‘यू–१९ का खेलाडीसंँग विद्यालयस्तरका खेलाडी राख्न पाउँदा राम्रा खेलाडी उत्पादन हुने मौका मिल्दछ ।’ | Sports | 24,104 |
खानेपानीका लागि ३७ अर्ब ३५ करोड | सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । | https://gorkhapatraonline.com/news/14448 | गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १६ गते । सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा खानेपानी आयोजनाको विकास र विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने पनि योजना प्रस्तुत गर्नुभयो । बजेटमा मकवानपुर र काठमाडौँको सिमानामा रहेको सिस्नेरी तथा दक्षिणी ललितपुरमा रहेको ठोस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्नेबारे अध्ययन गर्ने उल्लेख छ । सरकारले काठमाडौँ उपत्यकामा बढ्दै गएको खानेपानीको मागलाई पूरा गर्न वरपरका जलस्रोत तथा उपत्यकाभित्र खानेपानीका वैकल्पिक स्रोतलाई समेत उपयोग गर्ने घोषणा गरेको छ ।पानीका स्रोतहरुको संरक्षण गरी सहज उपलब्धताका लागि पानी सङ्कलन गर्ने पोखरी निर्माण तथा त्यस्ता जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले दिएको छ । अर्थमन्त्रीले एक हजार घरधुरीका लागि खानेपानी आयोजना तथा पाँच करोडसम्मका सिँचाइ आयोजना स्थानीय तथा प्रदेश मार्फत सञ्चालन गर्ने घोषणा गर्नुभयो । सरकारले बजेटमार्फत मेलम्ची खानेपानी आयोजना निर्माणका लागि स्थापना भएको मेलम्ची खानेपानी विकास समिति तथा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति खारेज गर्ने घोषणा पनि गरेको छ । त्यसको जिम्मेवारी खानेपानी तथा ढल निकास विभागलाई तोकिएको छ । | News | 40,954 |
देशभक्तिको कथा ‘योद्धा’ | ‘शेरशाह’, ‘फाइटर’ जस्ता देशभक्ति र भारतीय सेनाको साहस र वीरतामा आधारित चलचित्र अहिले धेरै बन्न थालेका छन् । चलचित्र ‘योद्धा’ पनि देशभक्तिमै केन्द्रित छ । यस चलचित्रको कथा आफ्नो बुवा जस्तै देशका लागि केही गर्न चाहने भारतीय सैनिकको हो । अरुण कटियाल आफ्ना बुवा सुरेन्द्र कटियालले सुरु गरेको ‘योद्धा’ को समूहका बहादुर अधिकारी हुन् । जब उनी देशको सबैभन्दा ठुला वैज्ञानिकसँग सुरक्षाका लागि उडानमा जान्छन्, त्यसपछि उनको अपहरण हुन्छ । उनीहरूलाई उद्धार गर्दा अरुण र अन्य सैनिकबिच केही अलमल हुन्छ । अपहरणकर्ताले वैज्ञानिकको हत्या गरिदिन्छन् । उक्त हत्याको दोष योद्धाको सिपाहीका फोर्समा पर्छ । अरुण आफ्नो बुवाले बाँकी राखेका सबै काम गर्न चाहन्छन् । केही वर्षपछि फेरि यस्तै घटना दोहोरिन्छ । अरुण फेरि योजना बनाएर दिल्लीबाट लन्डनको उडानमा चढ्छन् । त्यसपछि उनको फोनमा उडानको फेरि अपरहण हुन लागेको हो भने सन्देश आउँछ । यस्तो परिस्थितिमा अरुणको हातमा कस्ता कुरा आउँछ भने भारतीय सरकारका जनताले उनलाई अपहरणकर्ता ठान्छन् । चलचित्रमा भारत–पाक कोण पनि देखाइएको छ । | https://gorkhapatraonline.com/news/101777 | काठमाडौँ, चैत १७ गते । ‘शेरशाह’, ‘फाइटर’ जस्ता देशभक्ति र भारतीय सेनाको साहस र वीरतामा आधारित चलचित्र अहिले धेरै बन्न थालेका छन् । चलचित्र ‘योद्धा’ पनि देशभक्तिमै केन्द्रित छ । यस चलचित्रको कथा आफ्नो बुवा जस्तै देशका लागि केही गर्न चाहने भारतीय सैनिकको हो । अरुण कटियाल आफ्ना बुवा सुरेन्द्र कटियालले सुरु गरेको ‘योद्धा’ को समूहका बहादुर अधिकारी हुन् । जब उनी देशको सबैभन्दा ठुला वैज्ञानिकसँग सुरक्षाका लागि उडानमा जान्छन्, त्यसपछि उनको अपहरण हुन्छ । उनीहरूलाई उद्धार गर्दा अरुण र अन्य सैनिकबिच केही अलमल हुन्छ । अपहरणकर्ताले वैज्ञानिकको हत्या गरिदिन्छन् । उक्त हत्याको दोष योद्धाको सिपाहीका फोर्समा पर्छ । अरुण आफ्नो बुवाले बाँकी राखेका सबै काम गर्न चाहन्छन् । केही वर्षपछि फेरि यस्तै घटना दोहोरिन्छ । अरुण फेरि योजना बनाएर दिल्लीबाट लन्डनको उडानमा चढ्छन् । त्यसपछि उनको फोनमा उडानको फेरि अपरहण हुन लागेको हो भने सन्देश आउँछ । यस्तो परिस्थितिमा अरुणको हातमा कस्ता कुरा आउँछ भने भारतीय सरकारका जनताले उनलाई अपहरणकर्ता ठान्छन् । चलचित्रमा भारत–पाक कोण पनि देखाइएको छ । चलचित्रको कथा उत्कृष्ट हुनुका साथै सागर अम्बरे र पुष्कर ओझाको निर्देशकीय पक्ष राम्रो छ । उनले हरेक कलाकारलाई अनेकन ढङ्गबाट अभिनयमा प्रयोग गरेका छन् । कथा अनुसार कलाकार छनोट, चरित्र चित्रण, समयावधि र वेशभूषामा विशेष ध्यान दिइएको छ । प्रभावकारी र सङ्क्षिप्त संवाद चलचित्रको विशेषता हो । सम्पादन सटिक छ । भारतीय देशभक्तको कथा भए पनि चलचित्र प्रेम, बिछोड र एक्सनको सम्मिश्रण बनेको छ । | News | 43,488 |
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता | प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् ।प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए । | https://ekantipur.com/news/2024/06/10/prime-ministers-return-home-00-08.html | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् ।प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए ।प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । भारतमा रहँदा प्रधानमन्त्री भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए ।प्रधानमन्त्री दाहालका साथमा छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए । | News | 2,699 |
पानी नपर्दा धानको बीउ राख्न समस्या | पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् । | https://gorkhapatraonline.com/news/66654 | मीना कंडेलकावासोती, जेठ २२ गते । पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् । असार १५ मा रोपाई गर्न जेठ १५ सम्म बीउ राखिसक्नुपर्ने हो । तर पानी नपरेका कारण जेठ महिना सकिन लाग्दा पनि बीउ राख्न पाइएको छैन, कावासोतीका कृषक पूर्णप्रसाद सापकोटाले गुनासो गर्नुभयो ।असारको पहिलो सातासम्म बीउ नछर्ने हो भने रोपाइँ ढिलो हुने र उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ । एक हप्तादेखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो । यसको प्रत्यक्ष असर किसानलाई परेको उहाँको भनाइ छ । बीउ राखिसकेका किसानहरू पनि घामले बीउ सुक्ने होकि भन्ने चिन्तामा रहेका छन् “बोरिङबाट पानी तानेर बीउ त राखियो पानी परेन भने बोरिङको पानीले कति धान्ला ?”‘जेठ महिनाको मध्यसमयमा वर्षा हुनुपर्ने हो । केही वर्षअघि आकाशे पानीको भरमा धानको बीउ राख्ने गरिन्थ्यो, अहिले खडेरी परेको छ’ कावासोती –१७ का नारायण पौडेलले भन्नुभयो, ‘सिँचाइ सुविधा हुनेले राखेको बीउ पनि चर्को घामले पानी तातेर सुक्न लागेको छ ।’ धान रोप्न ढिलाइ हुँदा उत्पादन घट्नसक्ने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार धानको बीउ राख्ने समयमा पानी नपर्नु र अत्यधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या भएको छ । पम्पबाट पानी तानेर सिँचाइ गर्न नदी तथा तलाउको सतह घटेको छ, पानी नपरेका कारण किसान समस्यामा परेको लामिछानेले बताउनुभयो । अब एक साता पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने उहाँको भनाइ छ । पूर्वी नवलपरासीमा १८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । एक वर्षमा असार र चैत गरेर दुई पटकसम्म किसानले धान खेती गर्ने गर्दछन् । | News | 55,944 |
प्रधान सेनापति शर्मा भारत प्रस्थान | प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ । | https://gorkhapatraonline.com/news/79451 | काठमाडौं, असोज ७ गते । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको १३ औँ इन्डो प्यासिफिक आमिज चिफ कन्फेन्समा सहभागी हुन प्रधान सेनापति शर्मा भारत जानुभएको हो । सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्यक्रम असोज आठदेखि १० गतेसम्म चल्नेछ । यस्तै, भ्रमण सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । | News | 53,662 |
प्रत्येक आधारभूत अस्पतालमा विशेषज्ञ | सरकारले प्रत्येक आधारभूत अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडिजिपी चिकित्सक रहने योजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको छ। शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडीजीपी चिकित्सक राख्ने घोषणा गरिएको छ। अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने बताउनुभयो। यस्तै आधारभूत अस्पतालमा आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इसिजी लगायतका उपकरण हुनेछ। | https://gorkhapatraonline.com/news/64829 | काठमाडौँ, जेठ ६ गते । सरकारले प्रत्येक आधारभूत अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडिजिपी चिकित्सक रहने योजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको छ। शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडीजीपी चिकित्सक राख्ने घोषणा गरिएको छ। अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने बताउनुभयो। यस्तै आधारभूत अस्पतालमा आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इसिजी लगायतका उपकरण हुनेछ। कार्यक्रममा अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने उल्लेख छ। हाल देशका सबै स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा रहेको छ। सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था हुने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ। त्यस्तै सबै सामुदायिक अस्पतालमा बिहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा अनिवार्य गरिने छ। नीति तथा कार्यक्रममा आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्चशिक्षा अध्ययनमा अवसर दिने उल्लेख छ। नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिने, स्वास्थ्य बिमा कार्यक्रमको पुनरावलोकन गरिने, प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सका रूपमा राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिने उल्लेख गरिएको छ। यस्तै दुर्गम क्षेत्रमा समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्युको क्रम रोक्न अति दुर्गम, सुदूरपश्चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्लाबराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने उल्लेख गरिएको छ।यस्तै केन्द्रीकृत डाटाबेससहितको राष्ट्रिय एम्बुलेन्स सेवा व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ। त्यस्तै नवजात शिशु र मातृ मृत्युदर बढी भएका स्थानीय तहमा मातृ तथा नवजात शिशु स्याहार तथा उपचार सेवाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ।स्वास्थ्य संस्थामा अटिजम रोग निदान र उपचार व्यवस्था मिलाइने, महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमका रूपमा क्रमशः देशभर विस्तार गरिने उल्लेख छ।सातै प्रदेशका सङ्घीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिने, प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिने, सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रको स्तरोन्नति गरिने नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ।यस्तै ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा छुट र सहुलियत प्रदान गरिने तथा प्रदेश तथा स्थानीय तहको समन्वयमा प्रदेश तथा पालिकामा सुविधायुक्त ज्येष्ठ नागरिक आवास गृह निर्माण गरिने उल्लेख छ। यसै गरी सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधि उत्पादन र उपलब्धता वृद्धि गरिने उल्लेख गरिएको छ। आयुर्वेदिक अस्पतालको सेवा प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख छ। | News | 56,391 |
नवनियुक्त मुख्य सचिव डा. अर्यालद्वारा पदभार ग्रहण | नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा नियुक्त गरेको हो । | https://gorkhapatraonline.com/news/67757 | काठमाडौं, जेठ ३२ गते । नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा नियुक्त गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ । अर्थविद्समेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । | News | 55,660 |
'हनी बनी' बन्ने घोषणा | ‘क्याप्टेन', ऐश्वर्य’ निर्देशन गरेका दीवाकर भट्टराईले नयाँ फिल्म बनाउने भएका छन् । क्रिसमसको अवसरमा भट्टराईले नयाँ फिल्म 'हनी बनी' बनाउने घोषणा गरेका हुन् । | https://ekantipur.com/entertainment/2021/12/27/164059775058916803.html | काठमाडौँ — ‘क्याप्टेन', ऐश्वर्य’ निर्देशन गरेका दीवाकर भट्टराईले नयाँ फिल्म बनाउने भएका छन् । क्रिसमसको अवसरमा भट्टराईले नयाँ फिल्म 'हनी बनी' बनाउने घोषणा गरेका हुन् ।फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिने बताइएको छ । फिल्मका लागि कलाकारबारे भने यकिन भइसकेको छैन । निर्माण टोलीले आफूहरू अडिसनको तयारीमा जुटेको बताएको छ ।फिल्मलाई ‘पासवर्ड', 'सम्हालिन्छ कहिले मन’ लगायत फिल्म निर्माण गरिसकेको कम्पनी एबी इन्टरनेसनलको प्रस्तुती र गौतम प्रोडक्सन, भ्वाइस फिल्म्सले सहकार्य गर्ने भएको छ ।लभस्टोरी विधामा निर्माण हुने फिल्ममा करिब ७ करोड लगानी लाग्ने निर्माण कम्पनीले जनाएको छ । निर्देशक भट्टराईका अनुसार फिल्मको योजना कोरोना महामारीअघि नै बनेको थियो ।तर महामारीकै कारण फिल्मको काम अगाडि बढाउन नसकेको बताइएको छ । निर्देशक भट्टराई अब छिट्टै छायांकनमा जाने तयारीमा छन् । दुई वर्षअघि घोषणा गरेको आफ्नै प्रोडक्सन हाउसको फिल्म ‘तिमीसँगै हुने मन छ’ र ‘हनी बनी’को छायांकन अघिपछि गरेर हुने पनि उनले जानकारी दिए । | Entertainment | 8,113 |
हनुमानढोकामा बढे पर्यटक | विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो । | https://gorkhapatraonline.com/news/62975 | काठमाडौँ, वैशाख १९ गते । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।आर्थिक वर्ष २०७९/८० को नौ महिनामा बिम्स्टेक राष्ट्रहरूबाट २८ हजार २५३ र अन्य राष्ट्रबाट ६९ हजार २२६ जना विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । तथ्याङ्कअनुसार गत वर्षको साउनमा सार्क राष्ट्रबाट एक हजार तीन सय र अन्य देशबाट दुई हजार ८६४ जनाले दरबार क्षेत्रको भ्रमण गरेका छन् । त्यसैगरी भदौमा सार्क राष्ट्रबाट एक हजार ८९३ र अन्य देशबाट तीन हजार ६१०, असोजमा सार्क राष्ट्रबाट सार्क राष्ट्रबाट तीन हजार १७८ र अन्य मुलुकबाट १० हजार ५९४, कात्तिकमा सार्क राष्ट्रबाट तीन हजार ८०२ र अन्य मुलुकबाट १५ हजार ११७, मङ्सिरमा सार्क राष्ट्रबाट तीन हजार ५३ र अन्य मुलुकबाट छ हजार २१६, पुसमा सार्क राष्ट्रबाट चार हजार ६०२ र अन्य मुलुकबाट चार हजार १६०, माघमा सार्क राष्ट्रबाट दुई हजार ६२ र अन्य मुलुकबाट चार हजार २७५, फागुनमा सार्क राष्ट्रबाट तीन हजार ८१८ र अन्य मुलुकबाट आठ हजार चार सय र चैतमा सार्क राष्ट्रबाट चार हजार ४४६ र अन्य मुलुकबाट १३ हजार ९९० विदेशी पर्यटकले दरबार क्षेत्रको भ्रमण गरेका छन् ।महानगरका अनुसार उक्त अवधिमा दरबार क्षेत्रमा प्रवेश गर्ने पर्यटक शुल्कबाट सरकारलाई सात करोड ३४ लाख ६३ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी नौ महिनाको सोही अवधिमा दरबार क्षेत्रमा चलचित्र छायाङ्कनको अनुमतिबाट दुई लाख ७५ हजार रुपियाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रमले सार्क देशका पर्यटकसँग १५० रुपियाँ र सार्क बाहिरी देशका पर्यटकसँग एक हजार रुपियाँ शुल्क लिने गरेको छ । | News | 49,355 |
वर्षाले केही घट्यो वायु प्रदूषण | मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ छ । | https://ekantipur.com/news/2024/05/07/rain-has-reduced-air-pollution-21-09.html | काठमाडौँ — मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ छ ।वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ पुगेको हो । डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी गराए । वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने बताउँछन्, वातावरण अभियानकर्मी वर्षा पराजुली । यता मौसमविद्ले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको जानकारी दिएका छन् । मौसमविद्ले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोसी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना छ । 'बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको छ, २४ घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,' उनले भने, 'आज अपराह्नमा भने काठमाडौँ उपत्यकामा हावाहुरी चट्याङ्सहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।' विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो संकेतले चिनिन्छ । '५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी एक सय ०१ देखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ,' उनले भने, '१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । दुई सय ०१ देखि तीन सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र ४०१ देखि ५०० लाई धरै खतरा मानिएको छ ।' काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । | News | 3,602 |
तनहुँमा बढ्दै घरेलु हिंसा | तनहुँमा घरेलु हिंसा बढ्दै गएको छ । प्राप्त तथ्याङ्कले जिल्ला प्रहरी कार्यालय तनहुँमा यससम्बन्धी उजुरीहरू बढ्दै गएको देखिएको छ । | https://gorkhapatraonline.com/news/48463 | अमरराज नहर्की तनहुँ, पुस ५ गते । तनहुँमा घरेलु हिंसा बढ्दै गएको छ । प्राप्त तथ्याङ्कले जिल्ला प्रहरी कार्यालय तनहुँमा यससम्बन्धी उजुरीहरू बढ्दै गएको देखिएको छ ।चालु आर्थिक वर्षको पाँच महिनामा घरेलु हिंसासम्बन्धी २६७ वटा ठाडो उजुरीहरू दर्ता भएका छन् । सो सङ्ख्यामध्ये ४१ वटा सामाजिक हिंसाको उजुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।कुल दर्ता भएका उजुरीमध्ये १७७ वटाको मिलापत्र भएको, ६० वटा फर्छ्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल)ले जनाएको छ ।गत साउन महिनादेखि मङ्सिर मसान्तसम्म शारीरिक यातना (कुटपिट), मानसिक यातना (वास्ता नगरेको तथा गालीगलौज), आर्थिक यातना (खान लाउन नदिएको), यौनजन्य यातना, श्रीमान् पीडित भएको (श्रीमती परपुरुषको सम्बन्ध तथा घर छाडी हिँड्ने गरेको), स्थानीयसँग झैँझगडा र गालीगलौजसम्बन्धी ठाडो उजुरीहरू दर्ता भएको महिला सेलकी निमित्त प्रमुख एवम् प्रहरी हवल्दार सुजाता कार्कीले जानकारी दिनुभयो ।महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी परेका ठाडो उजुरी उपर सम्बन्धित पक्षहरूलाई छलफल गराई समाधान निकाल्ने गरिएको छ ।हिंसा बढ्नु समाजका लागि राम्रो सन्देश नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मी बताउनुहुन्छ ।समाज शिक्षित, जागरूक हुँदै जाँदा हिंसा कम हुनुपर्ने तर नैतिक तथा आध्यात्मिक शिक्षाको कमी भएकाले हिंसा बढ्दै गएको बढेको उहाँको भनाइ छ ।आर्थिक वर्ष २०७७/०७८ मा घरेलु हिंसासम्बन्धी २११ वटा ठाडो उजुरी दर्ता भएकोमा १६७ वटाको मिलापत्र गरिएको, ३८ वटा अदालती प्रक्रियामा गएको र ६ वटा फर्छ्यौट हुन बाँकी थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा कुल दर्ता भएका २८६ वटा उजुरीमध्ये २३५ वटाको मिलापत्र भएको, ५१ वटा अदालती प्रक्रियामा गएको, आर्थिक वर्ष २०७६/०७७ मा २११ वटा उजुरी दर्ता भएकोमा १७३ वटाको मिलापत्र भएको, ३८ वटा अदालती प्रक्रियामा गएको सो केन्द्रको तथ्याङ्कले देखाएको छ । | News | 59,695 |
नेपाल र दक्षिण कोरिया कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाइयो | नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षगाँठको उपलक्ष्यमा मंगलबार शुभआरम्भ समारोह गरिएको छ । | https://ekantipur.com/news/2024/01/30/nepal-and-south-korea-celebrated-the-50th-anniversary-of-diplomatic-relations-42-14.html | काठमाडौँ — नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षगाँठको उपलक्ष्यमा मंगलबार शुभआरम्भ समारोह गरिएको छ ।नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । उक्त अवसरमा रोजगार अनुमति प्रणाली (इपीएस) लगायत कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु समेटिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ विमोचन र ५० औं वार्षिकोत्सवको लोगोसमेत सार्वजनिक गरिएको छ । पुस्तक शिवप्रसाद पोखरेलले लेखेका हुन् । पुस्तकको परराष्ट्रमन्त्री एनपी साउद, कोरियाका राजदूत पार्क थेयङ्, श्रम मन्त्रालयका सचिव केवल भण्डारी र परराष्ट्र मन्त्रालय सहसचिव कृष्णप्रसाद ढकालले गरे । वार्षिकोत्सव मनाउन शुभारम्भ गरिएको लोगोको परराष्ट्रमन्त्री साउद र राजदूत पार्कले सार्वजनिक गरे । लोगोमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र तत्वहरु समावेश गरिएको छ ।‘एभरेस्टिङ फ्रेन्डसिप कोरिया–नेपाल ५० औं वार्षिकोत्सव’ भन्ने नारा माउन्ट एभरेष्ट नेपालको प्रतिनिधित्व गर्दै दुई देश बीचको शाश्वत मित्रता र साझेदारीलाई अनन्त प्रवर्द्धन गर्दै शब्द चयन गरिएको दूतावासले जनाएको छ ।राजदूत पार्कले दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना सुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायत विभिन्न क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान निरन्तर वृद्धि हुँदै सुमधुर सम्बन्ध स्थापना भएको उल्लेख गरे । परराष्ट्रमन्त्री साउदले कोरियालाई नेपालमा थप लगानी गर्न आग्रह गरे । | News | 6,045 |
कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यका र सहरी क्षेत्रमा सङ्क्रमण फैलिनमा जिम्मेवार 'गम्भीर पाँच त्रुटि | केही सातायता उच्च अधिकारीहरूले कोरोनाभाइरस रोकथामका लागि "नागरिकहरूले आवश्यक सहयोग नगरेको" आशयका अभिव्यक्ति दिँदै स्वास्थ्य मापदण्ड पालन गर्न चेतावनी दिइरहेका छन्। | https://www.bbc.com/nepali/news-54508603 | काठमाण्डू उपत्यकामा लकडाउन खुलेपछि सङ्क्रमणको दर ह्वात्तै बढेको देखिन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बारम्बार दोहोर्याउने गरेको चेतावनीलाई मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले पनि दोहोर्याउन थालेका छन्। आइतवार भएको त्यस्तै पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पनि रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुन: नागरिकहरूलाई जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्न आग्रह गरे। काठमाण्डू उपत्यकासहित सहरी क्षेत्रमा सङ्क्रमण उच्च हुन थालेपछि सरकारी अधिकारीहरूको यस्तो आग्रह आइरहेको छ। मन्त्रीको भनाइ आइतवारको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, "कोरोनमाभाइरस सङ्क्रमण खास गरेर काठमाण्डूमा निकै तीव्र बन्दै गएको छ। बाहिर कतिपय जिल्लाहरूले राम्रैसँग व्यवस्थापन गरेको देखिएको भए पनि काठमाण्डूको व्यवस्थापनमा गम्भीर चुनौतीहरू पनि देखा परेका छन्।" मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवाली "त्यसो भएर यसमा कुनै पनि अर्थमा हल्का ढङ्गले नलिनका निम्ति म यहाँहरूमार्फत् सबै आम दाजुभाइ दिदीबहिनीहरूमा आग्रह गर्न चाहन्छु।" उनले विश्वभरी साढे १० लाखभन्दा बढीको ज्यान लिने यो रोग सामान्य नभएको भन्दै भने, "काठमाण्डू धेरै हिसाबले देशलाई एउटा दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो। हरेक राजनीतिक परिवर्तनहरूमा, हरेक सामाजिक परिवर्तनहरूमा यसले त्यही भूमिका खेलेको छ। तर कताकता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाण्डू पछाडि परेको हो कि जस्तो देखिँदैछ।" उनले बाँके, कपिलवस्तु, पर्सा, उदयपुरलगायतका उदाहरण दिँदै ती स्थानमा गरिएका नियन्त्रणका पहलका राम्रा अभ्यासहरूलाई आत्मसात् गर्न पनि काठमाण्डूका जनप्रतिनिधिहरूलाई आग्रह गरे। उनले काठमाण्डूमा स्थिति नियन्त्रणबाहिर गएमा भयावह अवस्था आउने चेतावनी पनि दिए। तर कोरोनाभाइरस नियन्त्रणमा नागरिकलाई जिम्मेवारी सम्झाइरहेको सरकारका तर्फबाट भएका केही त्रुटिहरू भनेर जनस्वास्थ्यविद्हरूले पहिचान गरेका छन्। कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण उनीहरूले देखेका सरकारका पाँच गम्भीर त्रुटि यस्ता छन् - १. 'कोरोनाभाइरस प्राथमिकतामा परेन' कतिपय जनस्वास्थ्यविद्का बुझाइमा सुरुदेखि नै नेपालमा सरकारले कोरोनाभाइरस रोकथामका लागि गम्भीर भएर काम गरेन। तर सरकारी अधिकारीहरू सरकारले पर्याप्त काम गरेको दाबी गर्छन्। नेपालमा दुई जनामा कोरोनाभाइरस देखिनेबित्तिकै देशैभरि लकडाउन गर्ने निर्णय भयो। लकडाउन लगाएपछि सर्वसाधारण जनताले दुःख पाए तर सरकार रोग नियन्त्रणका लागि भन्दा पनि राजनीतिक मुद्दामा अलमलिएको धेरैले टिप्पणी गर्ने गरेका छन्। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, "लकडाउन भनेको नियन्त्रण र रोकथामका लागि थप काम गर्नका निम्ति तयारीको अवसर हो। तर नेपालमा राजनीतिक मुद्दाका अगाडि कोरोनाभाइरस छायामा पर्यो।" लकडाउनकै अवधिमा सत्ताधारी पार्टीभित्र किचलो देखिने, पार्टी फुटाउन सजिलो पार्ने खालको अध्यादेश ल्याउने, नयाँ नक्सा जारी गर्ने, संविधान संशोधन गर्ने जस्ता मुद्दामा सङ्घीय सरकार अल्झिएको पाण्डे बताउँछन्। त्यसले गर्दा सङ्घीय सरकार र सत्ताधारी दलले कोरोनाभाइरसलाई गम्भीर रूपमा लिएनन् र अहिले स्थिति भयावह हुन लागेको पाण्डेको तर्क छ। गत साता बीबीसीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले अहिले देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए। लकडाउनले "बिरामी सन्चो नहुने" तर त्यसबाट बिरामीको सङ्ख्या भने केही कम हुने उनको तर्क थियो। "दुई हप्तामा बिरामी सन्चो हुन्छन् अनि नयाँ बिरामी राख्न सकिन्छ भनेर त्यसो गर्ने हो।" २. उच्च नेतृत्वको आचरण र अभिव्यक्ति जनस्वास्थ्यविद्हरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरूको सार्वजनिक रूपमा देखिने आचरण र अभिव्यक्तिका कारण पनि कोरोनाभाइरस नियन्त्रणमा समस्या देखिएको हुन सक्छ। प्रधानमन्त्रीले सार्वजनिक रूपमै कोरोनाभाइरसलाई सामान्य रुघाखोकीका रूपमा व्याख्या गरिदिनु, बेसारपानीले निको भइहाल्छ भन्नुले जनमानसमा 'यो रोग त केही होइन रहेछ' भन्ने सन्देश प्रवाह गरेको उनीहरूको दाबी छ। धेरैले सुरुमा अपनाउन थालेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पनि अपनाउन छाडेको कतिपय जनस्वास्थ्यविद्को तर्क छ। प्रधानमन्त्री ओलीले कोरोनाभाइरस सङ्क्रमण सामान्य रुघाखोकीजस्तो मात्र भएको टिप्पणी गरेका थिए नेताहरू र उच्च अधिकारीहरूले आफैले तोकिएका स्वास्थ्य मापदण्डहरू पनि पालन नगरेको नेपाल जनस्वास्थ्य सङ्घका उपाध्यक्ष कृष्णमान शाक्य बताउँछन्। त्यस्ता कुराहरूमा सार्वजनिक स्थानमा ठूला जमघटहरू गर्ने, मास्क नलगाई धेरै मानिसहरू भएको कार्यक्रममा भाषण गर्न जाने, हरेक दिन पत्रकार सम्मेलन गर्ने जस्ता क्रियाकलापहरू रहेको उनले बताए। शाक्य भन्छन्, "हाम्रो जनसमुदायका लागि नेतृत्वमा रहेका व्यक्तिहरू भनेका उहाँहरू रोल मोडल हो।" "उहाँहरू रहेक दिन टेलिभिजनमा देखिनुहुन्छ। उहाँहरूले जसरी बोल्नुहुन्छ र जस्तो व्यवहार गर्नुहुन्छ त्यसको गहिरो प्रभाव पर्छ। कतिपय अवस्थामा उहाँहरू वैज्ञानिक तथ्यमा आधारित नभई मनगढन्ते कुरा गर्नुहुन्छ, त्यसले ठूलो प्रभाव पार्छ।" के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ? ३. सडकमा लकडाउन, गल्लीमा खुला नेपालले तुलनात्मक रूपमा अन्य देशमा जस्तो धेरै सङ्क्रमण नफैलिँदै लकडाउन लगाएको भए पनि त्यो प्रभावकारी नभएको जनस्वास्थ्यविद्हरूको भनाइ छ। जनस्वास्थ्यविद् पाण्डे भन्छन्, "हरेक पटकका लकडाउनमा मुख्य सडकमा सुनसान बनाउने तर बस्ती भएका र गल्लीमा पसलहरू समेत खुला राखेर बस्न छाडिदिने गरियो। त्यसले गर्दा भित्रभित्र सङ्क्रमण फैलिने क्रम रोकिएन।" उनी कामकाजी र कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई कसरी गुजाराका लागि सहायता गर्ने भन्नेमा पनि सरकारी निकायले ध्यान नदिएको बताउँछन्। मास्क र साबुन किन्न नसक्नेलाई सरकारले आफैँले पुर्याइदिनुपर्ने र त्यसमा स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा त्यो पनि नभएको पाण्डेको भनाइ छ। त्यसमा सञ्चारमाध्यमले पनि साथ दिएको पाण्डेको आरोप छ। उनी भन्छन्, "टेलिभिजनहरूले पनि बानेश्वरको बन्द भएको सडक मात्र देखाए भित्र गल्लीमा के भइरहेको छ भन्ने खोजी गरेनन्।" त्यसले गर्दा धेरैमा कोरोनाभाइरसबाट बच्नका लागि लकडाउन लगाइएको हो र त्यसमा यस्ता सुक्षात्मक उपाय अपनाउनुपर्छ भन्ने जागरुकता आउनुको साटो कर्फ्यू कसरी छल्न सकिन्छ भने झैँ लकडाउन छल्ने प्रवृत्ति विकास भएको उनको तर्क छ। ४. लकडाउनलाई समाधानको माध्यम ठान्नु जनस्वास्थ्य सङ्घका उपाध्यक्ष शाक्य सङ्घीयदेखि स्थानीय सरकारसम्मले लकडाउनलाई समाधानको उपायजस्तो ठानेको र त्यसलाई व्यवस्थापनका लागि समय हो भन्ने नसोचेको बताउँछन्। लकडाउनको अवधिमा फैलिन सक्ने सङ्क्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना बनाउनुपर्नेमा कसैले पनि त्यस्तो नगरेको उनको भनाइ छ। त्यस्तै लकडाउनकै अवधिमा आफ्नै क्षेत्रमा भित्रिएका मानिसहरूलाई अनिवार्य क्वारन्टीनमा राख्ने, सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्नेलगायतका काममा स्थानीय तहहरूले चासो नदेखाएको जनस्वास्थ्यविद्को आरोप छ। यद्यपि बीबीसीसँग विभिन्न समयमा भएका कुराकानीमा स्थानीय तहका प्रतिनिधिहरूले आफूहरूसँग स्रोत र जनशक्तिको अभावमा त्यसो गर्न नसकिएको बताउने गरेका छन्। जनस्वास्थ्यविद् पाण्डे पनि सरकारले अन्य कुनै कुराहरू नगर्ने तर 'लकडाउन लगाइदिएपछि भइहाल्छ नि' भनेजस्तो व्यवहार देखाएको बताउँछन्। उनी भन्छन्, "संसारमा कुनै युद्ध छैन जुन शस्त्रबलले जितिएको होस्, युद्ध जित्न रणनीति चाहिन्छ। तर यो महामारीको युद्ध जित्न सरकारले रणनीति नै बनाएन। त्यसका लागि लकडाउन उपयुक्त समय थियो। त्यस बेला रणनीति बनाएर काम गरेको भए अहिले यो अवस्था आउने थिएन।" शाक्य काठमाण्डूको उदाहरण दिँदै भन्छन्, "काठमाण्डू पस्ने नाकाहरूमा परीक्षण गर्दा १० प्रतिशतमा सङ्क्रमण देखिएको थियो। तर नाकाबाट प्रवेश गरिसकेपछि ती मानिसहरू कहाँ पुगे भन्नेसम्मको विवरण सरकारी निकायसँग भएन।" उनीहरू सरकारले परीक्षणको दायरालाई पनि फराकिलो नबनाएको र कन्ट्याक ट्रेसिङलाई महत्त्व नदिएको आरोप लगाउँछन्। चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने ५. सरोकारवालालाई परिचालन गर्न नसक्नु जनस्वास्थ्यविद्हरूले कोरोनाभाइरस नियन्त्रण हुन नसक्नुमा अर्को कारण सबै सरोकारवालालाई सरकारले परिचान गर्न नसक्नु भएको बताएका छन्। विशेषगरी सहरी क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिदेखि महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति, सहकारीआदिलाई परिचालन गर्न सकिने उनीहरूको तर्क छ। तर सरकारले अहिलेसम्म त्यस्तो गर्न नसकेको र कतिपय सामाजिक सङ्घसंस्थाले कोरोनाभाइरस लक्षित काम गर्न खोज्दा पनि रोकिएका उदाहरण रहेको उनीहरू बताउँछन्। पाण्डेका भनाइमा चुनावका बेला घरदैलो गर्दै घरघर पुग्ने कार्यकर्ता भएका राजनीतिक दलहरूले पनि यो सङ्कटका बेला कमसेकम जनचेतना जगाउन भए पनि स्वयंसेवा गर्नुपर्ने थियो। तर त्यस्तो पनि हुन नसकेको उनी बताउँछन्। जनस्वास्थ्य सङ्घका उपाध्यक्ष शाक्य भन्छन्, "सरकारले एक्लैले मात्र काम गर्न खोजेर यत्रो महामारी नियन्त्रण हुन सक्दैन। बहु-सरोकारवालाहरू परिचालन गर्नेगरी काम अघि बढाएको भए यस्तो अवस्था आउँदैन थियो। तर सरकारले अझै त्यसमा ध्यान दिएको छैन।" अन्य कारण र सुझाव यी बाहेक अन्य विभिन्न कारणले पनि कोरोनाभाइरस सङ्क्रमणको दर बढ्दो रहेको उनीहरूको भनाइ छ। त्यस्ता कारणहरूमा कोभिड र अन्य रोगको उपचारका लागि छुट्टाछुट्टै अस्पतालहरूलाई तोक्नुपर्नेमा एउटैमा कोभिड वार्ड मात्र बनाउनु, समूहमा गएर धेरैको परीक्षण नगरिनु, होम आइसोलेशनमा बस्नेहरूको अनुगमन नहुनु, कन्ट्याक ट्रेसिङलाई वास्ता नगर्नु आदि छन्। जनस्वास्थ्यविद्हरू अहिलेको अवस्था निकै जटिल बनेको बताउँछन्। ढिलै भए पनि सरकारले सङ्क्रमण फैलिएका क्षेत्रमा अधिकभन्दा अधिक परीक्षण गरेर सुधारका लागि पहल गरेमा सङ्क्रमणबाट हुने मृत्युदर कम गर्न सकिने उनीहरूको भनाइ छ। अबको मुख्य चुनौती भनेको अस्पतालमा आईसीयू र भेन्टिलेटर तथा दक्ष जनशक्तिमार्फत् सघन उपचार सेवा नपाउने कुरा रहेको उनीहरू बताउँछन्। वास्तवमा कोरोनाभाइरस के हो? सरकारी स्पष्टीकरण कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) अपरेशन समितिका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईँले बीबीसीका नेत्र केसीसँग कुराकानी गर्दै कोरोनाभाइरसको पछिल्लो अवस्थालाई विश्लेषण गरिरहेको बताए। उनले भने, "काठमाण्डू उपत्यकामा वृद्धि भइरहेको सङ्क्रमणको अवस्थालाई विश्लेषण गर्ने र भएका तथ्य तथ्याङ्कलाई नक्सामा प्लटिङ गर्ने र एरिया छुट्याउने काम भइरहेको छ।" "त्यसबारे सीसीएमसीको नियमित बैठकमा छलफल पनि भइरहेको छ। केही विशेष व्यवस्थाहरू गर्नु आवश्यक हुन्छ भन्ने छलफलको निष्कर्ष छ। निर्णय चाहिँ मन्त्रिषरिषद्मा छलफल गरेर टुङ्ग्याउने भन्ने निर्णय भएका छन्।" उनले केही व्यवस्थापकीय सुधार र नियन्त्रणका लागि रणनीतिक विषयहरू पनि त्यसमा समावेश भएको बताए। गुरागाईँले स्थान र अवस्थाका आधारमा आवश्यक निर्णय गर्दै जाने जानकारी दिए। अस्पतालको सुधार, आइसोलेशन व्यवस्थापन गर्ने र उपचारको व्यवस्था गर्नेलगायतका काम स्वास्थ्य मन्त्रालयले गरिरहेको गुरागाईँको भनाइ छ। उनले अहिले सङ्क्रमण फैलिरहेकाले चाडवाडमा विशेष सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे। | Others | 63,958 |
गोरखापत्रमा पहिलो वर्ष | नेपाली पत्रकारिताको गौरवमय संस्था गोरखापत्र संस्थानमा काम गर्न थालेको एक वर्ष पुगेछ। २०७८ असोज ११ को मन्त्रिपरिषद्को निर्णयबमोजिम असोज १३ गतेदेखि मैले संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ। सरकारी पत्रिकाको परिचय बोकेर परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्र अहिले अलि ‘स्मार्ट’ भएको छ। | https://gorkhapatraonline.com/news/40299 | नेपाली पत्रकारिताको गौरवमय संस्था गोरखापत्र संस्थानमा काम गर्न थालेको एक वर्ष पुगेछ। २०७८ असोज ११ को मन्त्रिपरिषद्को निर्णयबमोजिम असोज १३ गतेदेखि मैले संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ। सरकारी पत्रिकाको परिचय बोकेर परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्र अहिले अलि ‘स्मार्ट’ भएको छ। यो हाम्रो निष्कर्ष वा दाबीभन्दा पनि आमपाठकबाट आएको प्रतिक्रिया हो। गोरखापत्र र यसका अन्य प्रकाशनको डिजाइन, लेआउट मात्रै परिवर्तन भएको छैन; समाचार तथा अन्य सामग्री पनि थप गुणस्तरीय र पठनीय बनाउने कोसिस हामीले गरेका छौँ।जब म गोरखापत्रमा जाने कुरा चल्यो; मैले सपना देख्न थालेँ– डिजिटल युगको ‘स्मार्ट गोरखापत्र’ कसरी बनाउन सकिन्छ भनेर। त्यो लक्ष्य हासिल गर्न मेरो भूमिका र सक्रियता कस्तो प्रकारको हुनुपर्छ होला भनेर मैले आफैँसँग पनि धेरै प्रश्न गरेँ। मैले जिम्मेवारी सम्हाल्दा सङ्क्रमण अनि अलि असहज अवस्था थियो। न्युज प्रिन्टको सङ्कट, गोदामको अभाव, बजेट स्वीकृत नभएको अप्ठ्यारो अवस्था थियो। संस्थाभित्र हार्दिक वातावरण थिएन। आपसी विश्वासको अभाव देखिन्थ्यो। त्रसित र पीडित मनोदशाले कर्मचारीको मनोबल थिचिएको थियो। प्रतिशोध र आक्रोशको मनोविज्ञान हाबी थियो। कसैको तलब रोकिएको, कसैको ग्रेड खोसिएको, अवकाश पाएर भुक्तानी अड्किएको, जिम्मेवारीबिनाको सरुवा थमाइएको, लेखा परीक्षण तथा आन्तरिक नियमन अलपत्र छोडिएको, काम सम्पन्न भएको तर भुक्तानी नभएका थुप्रै फाइलको चाङ थियो। विगतमा केही सीमित पात्रको सनक र स्वार्थबाट संस्थालाई चलाउन खोज्दा संस्थागत संरचना र पद्धति बिथोलिएको अवस्था मैले अनुभव गरेँ। वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तनको अभियान सुरु भइसकेको छ।यो असहज अवस्थालाई ख्याल गर्दै सबै पक्षका साथीहरूलाई विश्वासमा लिएर संस्थालाई एउटा लिकमा हिँडाउने मेरो पहिलो चुनौती थियो। विगतलाई हामीले हेर्ने हो भने गोरखापत्रमा धेरै लफडा र झगडा हुने गरेको पाइन्छ। कहिले तालाबन्दी त कहिले घेराउ। विगतको त्यो चित्रले म अलि सचेत थिएँ तर म आएपछि संयोग भनौँ वा सबैको साथ सद्भावले पनि होला, कुनै त्यस्तो लफडा र झगडा भएको छैन। एकदम हार्दिक वातावरण बनेको छ। राजनीतिक हिसाबले असहयोग गर्ने वा दबाब दिने गतिविधि छैन। सबै पक्षका साथीहरूको सहयोग छ। नेतृत्व सही लिकमा अघि बढ्यो भने मातहतका सहकर्मी र कर्मचारीबाट समस्या हुँदैन भन्ने अनुभूति मैले गरेको छु। संस्थामा प्रवेश गरेपछि मैले यहाँको अवस्था र विगतसँगै यसको सकस, सम्भावना र भविष्यबारे सघन अध्ययन गरेँ। संस्थाका पदाधिकारी, कर्मचारी तथा बाहिरका विज्ञहरूसँग पनि व्यक्तिगत रूपमा भेटेर छलफल गरेँ। झन्डै एक महिनाको अध्ययन र परामर्शपछि मैले गोरखापत्र सुधारको एउटा विस्तृत मार्गचित्र तयार गरेँ। त्यसलाई सञ्चालक समितिको बैठकबाट समेत अनुमोदन गरेर मन्त्रालयमा पनि पेस गरेको थिएँ। त्यही मार्गचित्रअनुसार मैले सुधार अभियान अगाडि बढाएको थिएँ। वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार तथा परिवर्तनको अभियान सुरु भइसकेको छ। अहिलेको डिजिटल युगको प्रतिस्पर्धात्मक बजारमा आफूलाई प्रभावकारी रूपमा उभ्याउन हामीले हाम्रो सोच, शैली र गति बदल्नैपर्छ। संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो। त्यसका लागि हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’तर्फ उन्मुख भइसकेको छ। बितेका १२ महिनामा भएका कामलाई यहाँ १२ वटा बुँदामा समेटिएको छ : १. कोहलपुरको आफ्नै प्रकाशन गृहबाट पश्चिम प्रकाशनको सुरुवात बितेको एक वर्षको सबैभन्दा ठूलो उपलब्धि हो। मैले जिम्मेवारी सम्हाल्दा कोहलपुर प्रकाशनको योजना अलपत्रजस्तै थियो। प्रकाशन गृहको निर्माण झन्डै सात महिनादेखि रोकिएको थियो। पुरानो व्यवस्थापनसँगको विवादका कारण ठेकेदारले काम छोडिसकेको अवस्था थियो। त्यहाँ लगिएको प्रिन्टिङ मेसिन असुरक्षित अवस्थामा नौ महिनादेखि थन्किएको थियो। पश्चिमका ३१ जिल्लामा हाम्रो उपस्थिति निकै खुम्चिएको अवस्था थियो। धेरै जिल्लामा हामी शून्यजस्तै थियौँ। मन्त्रालय, निर्माण व्यवसायी, परामर्शदातासहितको टिमले स्थलगत अध्ययन र छलफल गरी निर्माणलाई युद्धस्तरमा अघि बढाएर फागुन ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको समुद्घाटन गरियो। अहिले पश्चिम क्षेत्रमा गोरखापत्र र यसका प्रकाशनहरूको पहुँच सहज भएको छ। पूर्व क्षेत्रलाई समेट्ने गरी यसअघि नै हामीले विराटनगरबाट क्षेत्रीय प्रकाशन सुरु गरिसकेका छौँ। अब पूर्व र पश्चिम दुवैतर्फ गोरखापत्र र यसका अन्य प्रकाशनको उत्पादन तथा वितरण प्रभावकारी बनाउन हामीले सम्पादकीय गुणस्तरको अभिवृद्धिसँगै बजार प्रवर्द्धनको अभियान पनि अघि बढाएका छौँ। निकट भविष्यमा प्रदेश सरकारसँगको सहकार्यमा हरेक प्रदेशबाट प्रादेशिक प्रकाशन सुरु गर्नका लागि हामीले छलफल तथा आन्तरिक गृहकार्य अघि बढाएका छौँ। स्थानीय तहबाट समाचार, सूचना तथा अन्य सामग्रीको प्रभावकारी संयोजन तथा सम्प्रेषण गरेर यो क्षेत्रको समृद्धि तथा यहाँको संस्कृति तथा सम्पदाको प्रवर्द्धन तथा संवर्धनमा हामीले महत्वपूर्ण योगदान पुर्याउन सक्छौँ। २. गोरखापत्र दैनिक तथा द राइजिङ नेपालको परम्परागत डिजाइन र लेआउट पूरै परिवर्तन गरेर ‘स्मार्ट लुक’मा प्रकाशन भइरहेको छ। नयाँ डिजाइन र लेआउटको पाठकबाट सराहना तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। डिजाइन विज्ञसहितको टोली गठन गरेर अध्ययन तथा अभ्यासमा आधारित हुँदै यसरी व्यवस्थित रूपमा डिजाइन र लेआउट परिवर्तन गरिएको पहिलो पटक हो। डिजाइन तथा लेआउटमा परिवर्तनसँगै समाचार तथा अन्य सामग्री प्रस्तुतिको ढाँचा तथा गुणस्तर सुधार्ने प्रयास पनि भएको छ। नितान्त औपचारिक सभा समारोह तथा भाषण विज्ञप्तिभन्दा जनसरोकार तथा सामाजिक मुद्दामा केन्द्रित भएर खोजमूलक समाचार दिन थालिएको छ। विचार तथा दृष्टिकोणमा सन्तुलन कायम गर्दै विविधता थपिएको छ। गोरखापत्रले खालि सरकारको ‘भाका र भाषण’ मात्रै छाप्छ भन्ने जुन खालको भाष्य निर्माण भएको थियो अनि सरकारी भूत र भ्रमले हामी खुम्चिएको वा अनावश्यक रूपमा स्वनियन्त्रित भएको अवस्था थियो; त्यो आज लगभग अन्त्य भएको छ। सामाजिक बेथिति र जनसरोकारका प्रत्यक्ष मुद्दामा गोरखापत्रले निजी क्षेत्रका मिडियाभन्दा अगाडि बढेर खोजमूलक स्टोरी तथा सामग्री पस्किरहेको छ। आमपाठकबाट हामीले निकै उत्साहजनक प्रतिक्रिया पाएका छौँ। ३. समाचार छनोटको प्राथमिकता र सम्पादकीय नीतिलाई थप स्पष्ट पार्दै समाचार निर्देशिका तयार गरिएको छ। यसले समाचारको उत्पादन, छनोट, प्रशोधन र सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। भाषा र व्याकरणको प्रयोगमा एकरूपता ल्याउँदै थप परिमार्जित गर्न नयाँ शैली पुस्तिका निर्माणको काम भइरहेको छ। ४. प्रविधिको अभूतपूर्व विकास तथा विस्तारसँगै सामाजिक सञ्जालको आक्रामक उपस्थिति हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो। २४ घण्टा कुरेर पाठकले किन गोरखापत्र र राइजिङ नेपाल पढ्नुपर्ने ? यो प्रश्न नै अब हाम्रो यात्राको मूल चुनौती हो। अब हाम्रो जोड ‘डिजिटल प्लेटफर्म’को आक्रामक विकासतिर छ। गोरखापत्र र राइजिङ नेपाल दुवैको न्युज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ। न्युज पोर्टलसहित नयाँ डिजाइनको डिजिटल ‘प्लेटफर्म पनि हामीले ‘लन्च’ गरिसकेका छौँ। सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामीले गरिरहेका छौँ। पहिले हामी सामाजिक सञ्जालमा गुमनामजस्तै थियौँ। एकदमै कमजोर उपस्थिति थियो। मैले जिम्मेवारी सम्हालेकै दिनदेखि सामाजिक सञ्जालमा हाम्रो उपस्थितिलाई प्रभावकारी बनाउन प्रयत्न सुरु गरैँ। आज फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा गोरखापत्रका समाचार तथा सामग्रीबारे चर्चा अनि बहस हुन थालेको छ। ५. लेखा परीक्षण र वित्तीय अनुशासनको अवस्था भद्रगोलजस्तै थियो। अघिल्ला आर्थिक वर्षहरूको लेखा परीक्षण सम्पन्न गरेर संस्थाको वित्तीय प्रणालीलाई लिकमा ल्याउने कोसिस गरेका छौँ। भुक्तानी, बिलिङ, आम्दानी, करलगायतका आर्थिक कारोबार एवं नियमनलाई वैज्ञानिक र छरितो बनाउने कोसिस गरिएको छ। बाँकी बक्यौता असुलीका लागि विशेष कार्यदल बनाएर कार्ययोजनासहित काम थालिएको छ भने बेरुजु न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण र नियमन प्रणालीलाई प्रभावकारी बनाइएको छ। आन्तरिक सुशासन तथा नियमनमा कडाइ गरिएको छ। खरिद प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन खरिद गुरुयोजना, खरिद कार्ययोजना तथा खरिद क्यालेन्डर तयार गरेर काम अगाडि बढाइएको छ। ६. समावेशी प्रकाशनमार्फत चालीसभन्दा बढी भाषामा सामग्री प्रकाशित गरेर राष्ट्रिय एकता र साम्प्रदायिक सद्भावलाई प्रवर्द्धन गर्ने काम पनि हामीले गरिरहेका छौँ। नयाँ नेपालको समावेशी चित्र र चरित्र समावेशी प्रकाशनमार्फत झल्किएको छ। यसले सबै भाषाभाषी र समुदायसँग गोरखापत्रलाई जोड्ने काम गरिरहेको छ। समावेशी प्रकाशनलाई अझ व्यवस्थित र परिणाममुखी बनाउन हामीले विज्ञहरूसहितको टोली बनाएर अध्ययन सुरु गरेका छौँ।७. गोरखापत्र तथा यसका अन्य प्रकाशनको ‘डिजिटल अर्काइभ’ गर्ने कुरा पहिलेदेखि नै चले पनि यो काम खासै अघि बढ्न सकेको थिएन। यसका लागि मन्त्रालयले प्रदान गरेको अनुदानको रकमसमेत खर्च नभएर फ्रिज हुने अवस्था थियो। गोरखापत्रको वि.सं. १९५८ तथा द राइजिङ नेपालको वि.सं. २०२२ देखि प्रकाशित हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरलाई व्यवस्थित र सुरक्षित रूपमा सङ्ग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवर्द्धन गर्ने ‘डिजिटल अर्काइभ’को योजनालाई अहिले प्राथमिकतासाथ अघि बढाइएको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय अभिलेखालयसँग समेत सहकार्यका लागि सम्झौता गरिसकिएको छ। ‘डिजिटल अर्काइभ’सँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ। ८. गोरखापत्रको पुस्तकालय स्तरोन्नति गरेर यसलाई व्यवस्थित गर्दै ‘स्मार्ट’ बनाउने प्रयास गरेका छौँ। पुस्तकालयको परम्परागत स्वरूप परिवर्तन गरेर त्यहाँ रहेका सामग्रीको सुरक्षित व्यवस्थापन र प्रयोगका लागि मापदण्ड बनाइएको छ। ९. वितरणको परम्परागत संरचना र प्रणालीमा आमूल परिवर्तन गरेर संस्थालाई कम आर्थिक बोझ पर्ने गरी नयाँ ‘स्मार्ट’ प्रणाली लागू गर्ने तयारीमा छौँ। हरेक बिहान तपाईंले आफ्नै घरआँगनमा गोरखापत्र तथा यसका अन्य प्रकाशन सहज र सुलभ रूपमा प्राप्त गर्ने प्रबन्ध मिलाउन वितरण तथा अन्य व्यवस्थापकीय पक्षमा नीतिगत सुधार तथा वितरकहरूलाई अभिमुखीकरण गर्ने अभियान थालेका छौँ। अहिलेको वितरणको संरचना र प्रणाली निकै खर्चिलो र भद्दा भएकाले यसलाई बिस्तारै दीर्घकालीन रूपमा ‘आउटसोर्स’ गर्नेबारेमा हामीले छलफल र अध्ययन थालेका छौँ। १०. संस्थानसँग उपलब्ध स्रोतसाधन तथा जनशक्तिको प्रभावकारी परिचालन गरेर संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर र दिगो बनाउन विज्ञापन, व्यापार प्रवद्र्धन तथा आम्दानी वृद्धिको नयाँ रणनीति र कार्ययोजनाका साथ अघि बढेका छौँ। केन्द्रीय स्तरका सरकारी कार्यालयका विज्ञापन तथा सूचनामा निर्भर देखिएको हाम्रो आम्दानी स्रोतको दायरालाई फराकिलो बनाउने कोसिस गरेका छौँ। अब बजेटको ठूलो हिस्सा स्थानीय तहमा छ। त्यसैले वडा, गाउँपालिका र नगरपालिकासँग सहकार्य गरेर व्यापार प्रवर्द्धनको नयाँ कार्ययोजनासहित हामी अगाडि बढेका छौँ। त्यसैगरी निजी क्षेत्रका कर्पोरेट विज्ञापन प्राप्तिका लागि पनि नयाँ रणनीतिका साथ काम थालेका छौँ। ११. गोरखापत्रका सहप्रकाशन मधुपर्क, युवामञ्च र मुनालाई प्रविधिमैत्री बनाउँदै यसको डिजाइन र लेआउट परिवर्तन गर्न काम थालिएको छ। त्यसैगरी सामग्री छनोट एवं प्रस्तुतिमा विविधता थप्दै समय सुहाउँदो परिवर्तन गर्न आन्तरिक गृहकार्य सुरु भएको छ। १२. न्युजरुम, विज्ञापन, आर्थिक कारोबार, भण्डार, वितरणलगायतका कामलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर खरिद गरी सम्पूर्ण कार्य प्रणालीलाई ‘स्मार्ट’ बनाउने प्रक्रिया प्रारम्भ गरिएको छ। जनशक्तिलाई प्रविधिमैत्री तथा व्यावसायिक रूपमा थप दक्ष बनाउन अनुशिक्षण तथा तालिममा जोड दिइएको छ। संस्थानको विनियम संशोधन प्रक्रियामा विलम्ब हुँदा झन्डै चार वर्षदेखि कर्मचारीको स्वाभाविक वृत्ति विकास रोकिएको छ भने नयाँ जनशक्ति पदपूर्ति प्रक्रिया ठप्प छ। यसले कर्मचारीको मनोबलमा नकारात्मक असर पर्नुका साथै संस्थानको संरचनासमेत उल्टो पिरामिड ढाँचामा खुम्चिँदै गएको छ। यो अवस्था अन्त्य गर्न नयाँ विनियमावलीअनुसार पदपूर्ति प्रक्रिया अघि बढाइएको छ। | News | 47,814 |
अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल | उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ। | https://gorkhapatraonline.com/news/54224 | काठमाडौं, माघ २९ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताउनुभएको हो। उहाँले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याको समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीको सूक्ष्म विश्लेषण गरेर ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गर्नुभयो। उहाँले भन्नुभयो,‘‘सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी विद्यमान चुनौतीको सामना गर्नेछ। नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा सिर्जित समस्याको पृष्ठभूमिमा समाधान खोज्नुपर्ने हुन्छ। वर्तमान समय अर्थतन्त्रको चुनौतीहरूको विश्लेषण गरी ठोस कदम चाल्न सकेनौँ र टालेटुले समाधानमा रमायौँ भने ठूलो गल्ती हुनेछ।’’अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको सुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताउनुभयो। उहाँले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौती रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो, ‘‘अर्थतन्त्रको सुधारको आगामी यात्राको सुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाउने विषयबाट हुनुपर्छ। सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु अर्को चुनौती हो। पुँजीगत खर्च बढाउन आवश्यक सुधार गर्न आवश्यक छ।’’ | News | 39,039 |
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने कांग्रेससँग समझदारी भएको छ : एमाले महासचिव पोखरेल | एमाले महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने बताएका छन् । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न लागेको बताएका हुन् । त्यसका लागि कांग्रेससँग समझदारी भएको पनि महासचिव पोखरेलले बताएका छन् । | https://ekantipur.com/news/2024/07/02/an-understanding-has-been-reached-with-the-congress-to-amend-the-constitution-for-political-stability-uml-general-secretary-pokharel-06-55.html | काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने बताएका छन् । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न लागेको बताएका हुन् । त्यसका लागि कांग्रेससँग समझदारी भएको पनि महासचिव पोखरेलले बताएका छन् ।'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरूपका कानु समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने,' महासचिव पोखरेलले लेखेका छन् । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । | News | 2,119 |
मेसीको कीर्तिमानी ह्याट्रिक | लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो । | https://ekantipur.com/sports/2019/12/08/157576978568853729.html | म्याड्रिड — लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो ।सप्ताहन्त मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।लिग तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवै १५ खेलबाट समान ३४ अंकमा छन् । रियलले यसअघि इस्पनयोललाई २–० ले हराएको थियो । | Sports | 26,072 |
अर्थतन्त्र सुधारको कार्यदिशा | समयक्रमसँगै अर्थतन्त्रमा परिवर्तन आइरहन्छ । अर्थतन्त्रले समय समयमा आन्तरिक र बाह्य दबाबहरू झेल्नुपर्ने हुन्छ । जनसाङ्ख्यायिक बनोट, उपभोक्ताको चाहना, र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भूराजनीतिक द्वन्द्व, देशहरूबिचका आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाहरूका नियम आउने परिवर्तनले पनि अर्थतन्त्रमा परिवर्तन ल्याइरहन्छ । कहिलेकाहीँ यस्ता परिवर्तनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ भने कहिले नकारात्मक पनि । हाल नेपाली अर्थतन्त्रमा शिथि | https://gorkhapatraonline.com/news/84559 | समयक्रमसँगै अर्थतन्त्रमा परिवर्तन आइरहन्छ । अर्थतन्त्रले समय समयमा आन्तरिक र बाह्य दबाबहरू झेल्नुपर्ने हुन्छ । जनसाङ्ख्यायिक बनोट, उपभोक्ताको चाहना, र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भूराजनीतिक द्वन्द्व, देशहरूबिचका आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाहरूका नियम आउने परिवर्तनले पनि अर्थतन्त्रमा परिवर्तन ल्याइरहन्छ । कहिलेकाहीँ यस्ता परिवर्तनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ भने कहिले नकारात्मक पनि । हाल नेपाली अर्थतन्त्रमा शिथिलता आएको चर्चा परिचर्चाहरू छन् । पछिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कम रहन गएको छ । केही आर्थिक गतिविधि शिथिल रहेका छन् । मुख्य बजार केन्द्रका सटरहरू खाली भएका छन् । हालको आर्थिक स्थितिकोभिड रोगले सृजित अप्रत्यक्ष प्रभावहरू अर्थतन्त्रमा अझै पनि पर्दै छ । लामो समयपछिसम्म पर्ने र पर्न सक्ने देखिन्छ । करिब एक सय वर्षको अन्तरालपछि एक्काइसौँ शताब्दीको पहिलो विश्वव्यापी रूपमा फैलिएको डरलाग्दो महामारीको रूपमा कोभिड–१९ रह्यो । यसबाट सबै देशहरू सङ्क्रमित र प्रभावित हुन पुगे । कोभिड–१९ को सङ्क्रमण रोक्न, र यसबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकार, नेपाल राष्ट्र बैङ्क र अन्य सङ्घसंस्थाबाट सक्दो प्रयासहरू भए । आर्थिक सहयोग र नीतिगत लचकता अपनाइए । उद्योग व्यवसायलाई कर छुट, मौद्रिक नीतिलाई लचक बनाई सस्तो ब्याजदरमा कर्जा उपलब्धता र नियामकीय नीतिहरू लचक बनाई कर्जा तिर्ने समयहरू थपिए । कोभिड सुरुवात भएको आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक रहन गयो । दक्षिण एसियाली देशमध्ये दोस्रो कम ऋणात्मक आर्थिक वृद्धिदर नेपालको थियो । २०७७/७८ मा नेपाली अर्थतन्त्र ४.८ प्रतिशत र २०७८/७९ (सन् २०२१/२२) मा ५.६ प्रतिशतले वृद्धि हुन पुग्यो । दुई वर्षको आर्थिक पुनरुत्थानपश्चात् आर्थिक वर्ष २०७९/८० मा नेपाली अर्थतन्त्र शिथिल हुन पुग्यो । खास गरी विश्व अर्थतन्त्रको प्रतिकूल अवस्थाले सृजित बाह्य क्षेत्रमा परेको दबाबले गर्दा तरलतामा कमी र ब्याजदर बढ्न गयो । यसै समयमा ठुलो सङ्ख्यामा नेपालबाट वैदेशिक रोजगारी र अध्ययनका लागि युवा बाहिर गएको हुँदा पनि आन्तरिक माग घटेर आर्थिक शिथिलता ल्याउन सहयोग पुग्यो । कोभिडपछि बढेको विद्युतीय कारोबारले गर्दा व्यापारको ढाँचामा परिवर्तन ल्याएको हुँदा परम्परागत व्यापार व्यवसायमा धक्का पुग्न गएको छ ।आर्थिक वृद्धिदर कमजोर रहे पनि बाह्य प्रभावका कारण नेपालको मुद्रास्फीति अझै उच्च नै रहेको छ । नेपालमा कोभिड–१९ सुरु हुनुभन्दा अगाडि मूल्यवृद्धि छ प्रतिशतभन्दा माथि रहेको थियो । कोभिड सुरु भएपछि मागमा आएको कमीले गर्दा मूल्यवृद्धि घट्न सुरु ग¥यो । जसले गर्दा आर्थिक वर्ष २०७७÷७८ मा नेपालको मुद्रास्फीति दर ३.६ प्रतिशत रहन गयो । विश्वव्यापी मूल्यवृद्धिसँगै नेपालमा पनि सन् २०२१ को जुन ( २०७८ जेठ) बाट मूल्य बढ्न थाल्यो । खास गरी २०२२ फेब्रअरीमा रसिया यक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी मूल्य वृद्धिसँगै नेपालमा पनि थप मूल्य वृद्धि हुन थाल्यो । युद्धले गर्दा पेट्रोलियम पदार्थ, खाद्यान्न र धातुजन्य वस्तुहरूको मूल्य विश्वव्यापी रूपमा बढ्न गए । विश्वव्यापी मूल्यवृद्धि र अमेरिकी डलरसँग अवमूल्यनले गर्दा २०७८/७९ मा मूल्यवृद्धि वार्षिक औसत ६.३ प्रतिशत पुग्यो । मूल्यवृद्धि बढ्ने क्रमले निरन्तरता पाएकोले २०७९/८० मा वार्षिक मूल्यवृद्धि ७.७ प्रतिशत रहन गयो । सन् २०२२ दक्षिण एसियाली देशको औसत मूल्यवृद्धि ७.८ प्रतिशत र विश्वको औसत मूल्यवृद्धि ८.७ प्रतिशत थियो । यिनीहरूको तुलनामा नेपालको मूल्यवृद्धि कमै हो । पछिल्लो समय मौद्रिक कडाइका कारण विश्वमा मूल्यवृद्धिमा केही कमी आए पनि भूराजनीतिक द्वन्द्वले गर्दा मूल्यवृद्धिको चाप अझै कायम रहेको छ । विश्वको औसत मूल्यवृद्धि सात प्रतिशतभन्दा कम हुन थाले पनि नेपालमा अझै योभन्दा माथि रहेको छ । नेपालको बाह्य क्षेत्र कमजोर रहने गरेको छ । न्यून निर्यात र उच्च आयातको स्थिति छ । वस्तु तथा सेवा व्यापार दुवै घाटामा रहेको छ । विप्रेषण आप्रवाह र वैदेशिक ऋणको आप्रवाहले भुक्तान सन्तुलनको अवस्था निर्धारण गर्ने गरेको छ । भारतीय रुपियाँसँग स्थिर विनिमिय दर भएकोले भुक्तान सन्तुलनको अवस्थाले बैङ्किङ प्रणालीको तरलता र ब्याजदरमा असर पार्ने गरेको छ । हालै बाह्य क्षेत्रमा सुधार आउन थालेसँगै तरलतामा सुधार भई ब्याजदर कम हुने क्रममा रहेको छ । २०७९ चैतदेखि यस्तो ब्याजदरमा कमी आउन थालेको छ । शोधनान्तर स्थिति निरन्तर बचतमा रही विदेशी विनिमय सञ्चितिको मात्रा बढ्दै गएको सन्दर्भमा ब्याजदरमा थप कमी आउने देखिन्छ । नेपाल सरकारको करिब आधा जसो राजस्व भन्सारमा आधारित रहेको छ । तसर्थ आयात बढ्दा राजस्व बढ्ने र घट्दा घट्ने गर्छ । २०७८/७९ मा बाह्य क्षेत्रमा दबाब परेपछि आयात घटाउने उपायहरू अवलम्बन गरेपछि सरकारको राजस्व सङ्कलन पनि प्रभावित हुन गयो । आर्थिक वर्ष २०७९/८० को राजस्व सङ्कलन ९.३ प्रतिशतले घट्यो । २०७९ को पुसदेखि आयातमा लगाइएको प्रतिबन्ध र बन्देजहरू हटाए पनि आयात खासै नबढेकोले राजस्व सङ्कलनमा खासै सुधार हुन सकेको छैन । अर्कोतर्फ सङ्घीयता कार्यान्वयनसँगै तीन तहको संरचना र बढ्दो सामाजिक सुरक्षाका कारण सरकारको खर्च निरन्तर बढिरहेको छ । खर्च र राजस्वको खाडल पूरा गर्न सरकारले आन्तरिक र बाह्य ऋण लिइरहेको छ । सरकारको ऋण आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत पुगेको छ, जुन चार वर्षअगाडि २०७५/७६ मा २७ प्रतिशत मात्र थियो । यसले गर्दा ऋणको साँवा ब्याज भुक्तानीको दायित्व पनि बर्सेनि बढ्दो छ । यी सबै पक्षलाई हेर्दा सरकारी वित्त व्यवस्थापन चुनौती पूर्ण मोडमा रहेको छ । सुधारको कार्यदिशाहाललाई शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक माग बढाउनु जरुरी छ । यसका लागि तत्काललाई उच्च प्रतिफल दिने विकास तथा भौतिक परियोजनाको कार्यान्वयनलाई तीव्रता दिई पुँजीगत खर्च बढाउनु पर्छ । नयाँ भौतिक पूर्वाधारहरू उत्पादन र उत्पादकत्व बढाई उच्च प्रतिफल दिने खालका मात्र छनोट गरिनु पर्छ । साथै अनावश्यक सरकारी खर्चमा कटौती, विवेकशील विनियोजन र राजस्व चुहावट नियन्त्रण गर्दै जानुपर्ने आवश्यकता छ ।दोस्रो नेपालमा राजनीतिक राष्ट्रवाद ज्यादै हाबी छ तर हामीलाई आर्थिक राष्ट्रवाद चाहिएको छ । यो भनेको अर्थतन्त्रको विकासका लागि ध्यान दिने, आन्तरिक उत्पादन र यसको उपभोग बढाउने, नेपालमा उपलब्ध प्राकृतिक साधनहरूको उच्चतम उपयोग गरी निर्यात बढाउने र यसका लागि रणनीतिक ढङ्गले विश्व बजारको खोजी गर्ने, निर्यात प्रवर्धन र आयात प्रतिस्थापनलाई जोड दिने भन्ने हो । तेस्रो नेपालको भूगोल अनुरूप कृषि, विश्वको मूल्य अभिवृद्धि शृङ्खला अनुरूप औद्योगिक उत्पादन, र नेपालको प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक पक्षलाई समेटेर पर्यटन विस्तार गर्नुपर्ने र यी क्षेत्रका समस्याहरू प्रतिबद्धतापूर्ण ढङ्गले समाधान गर्दै जानुपर्ने देखिन्छ । भूमि बैङ्कको अवधारणा लागु गरी खेती गर्न चाहनेहरूको लागि सहज जग्गाको उपलब्धता गराई कृषि योग्य भूमि बाँझो नराख्ने गरी व्यावसायिक रूपमा उच्च मूल्य पाउन सकिने गरी कृषि कर्म गर्नुपर्ने देखिन्छ । चौथो कर्जा लिएर सेयर बजार र घरजग्गामा लगानी गरेर सहजै कमाउने ध्यानभन्दा पनि कडा मेहनत, परिश्रम, नवीन कामहरू गरेर मूल्य र सम्पत्ति सिर्जना गर्ने काममा लाग्नु पर्दछ । नेपालमा उपलब्ध कृषि भूमि, वनजङ्गल, जलस्रोत र जडीबुटीको उच्चतम प्रयोग गरी आम्दानी र सम्पत्ति सिर्जना गरिनु पर्छ । पाँचौ कानुनी शासन, भ्रष्टाचार नियन्त्रण, संस्थागत क्षमता विकास, मनोमानीभन्दा पद्धति र प्रणालीको विकास गरेर नेपालको अस्तव्यस्त अर्थतन्त्र तथा शासन व्यवस्थामा सुधार ल्याउनु जरुरी छ । छैठौँ आर्थिक मुद्दाहरूमा बहस, छलफल, सहमति र यसबाट निस्क्ने निष्कर्षहरूलाई प्रतिबद्धता पूर्ण ढङ्गले कार्यान्वयन गरिनु पर्छ । साताँै सही ढङ्गले कर्जा व्यवस्थापन गर्दै पुँजी बजारमार्फत वैकल्पिक माध्यमबाट पुँजी परिचालन गरी बैङ्किङ क्षेत्रमा प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्नु जरुरी छ । वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धा र बाह्य पुँजी आप्रवाह बढाउने हो भने नेपालमा दिगो रूपमा ब्याजदर कम हुन सक्छ । अर्कोतर्फ अर्थतन्त्र दरिलो भएमा पेग विनिमय दर परिवर्तन गर्न सकिन्छ । अन्तमा हाल नेपालको अर्थतन्त्र मिश्रित खालको रहेको छ । कोभिडपछि पुनरुत्थान भएको अर्थतन्त्र केही शिथिल भएको छ, मूल्य वृद्धि उच्च छ र कर्जा अझै महँगै रहेको छ तापनि उच्च दबाबबाट बचेर शोधनान्तर स्थिति बचतमा पुगेको छ । तीव्रदर घटेको विदेशी विनिमय सञ्चिति बढ्दो व्रmममा रहेको छ । पर्यटन आगमन कोभिडपूर्वको अवस्था पुगेको छ । उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारीमा गएको र विप्रेषण बढाउनका लागि लिएको नीतिहरूले गर्दा विप्रेषण आप्रवाह उच्च रहेको छ । बढ्दो विदेशी विनिमय सञ्चितिले गर्दा बैङ्किङ प्रणालीमा तरलतामा सुधार भई ब्याजदरहरू घट्न थालेका छन् । पछिल्लो समय नेपालले छिमेकी देशमा विद्युत् र सिमेन्ट निर्यात गर्न थालेको छ । नेपालको अर्थतन्त्र आफैँमा कमजोर छ, संरचनात्मक समस्या रहेका छन् । उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धी क्षमता खासै बढ्न सकेको छैन । आन्तरिक रोजगारी सिर्जना नहुँदा बाह्य रोजगारी निर्भर रहनु परेको छ । कमजोर निर्यात, आयातमुखी राजस्व, बढ्दो सरकारी खर्चले सरकारी वित्त व्यवस्थापन दबाबमा रहेको छ । यस सन्दर्भमा माथि उल्लेख गरेका कार्यदिशाहरू अवलम्बन गर्न सकिएमा आगामी दिनहरूमा नेपाली अर्थतन्त्र दरिलो हुन गई भूसंवेदनशीलता बिच निरन्तर रूपमा आइरहने विभिन्न खालका दबाब झेल्न सक्षम हुने छ । | News | 46,422 |
घर फर्किएका नागानुमा | २४ वर्ष । यो कल्कलाउँदो उमेर खेलाडीका रूपमा स्थापित हुने समय हो । कोही त यही उमेरमै स्टार पनि भइसकेका हुन्छन् । काजुएकी नागानुमा यही उमेरमा जापानको टोकियोबाट काठमाडौं आएका थिए, प्रतिस्पर्धा गर्न नभई नेपाली एथलेटिक्सको प्रशिक्षक बन्न । | https://ekantipur.com/sports/2018/10/06/153879096856555682.html | काठमाडौँ — २४ वर्ष । यो कल्कलाउँदो उमेर खेलाडीका रूपमा स्थापित हुने समय हो । कोही त यही उमेरमै स्टार पनि भइसकेका हुन्छन् । काजुएकी नागानुमा यही उमेरमा जापानको टोकियोबाट काठमाडौं आएका थिए, प्रतिस्पर्धा गर्न नभई नेपाली एथलेटिक्सको प्रशिक्षक बन्न ।नागानुमालाई नेपालका हिमालहरूबाहेक केही थाहा थिएन । कस्तो होला नेपाल भनेर कल्पना गर्थे । उनको बुवा घुम्नै भनेर तीनपल्ट नेपाल आइसकेका थिए । उनलाई नेपाल मोहले तान्नुको कारण यति नै थियो । त्यसैले कस्तो छ त नेपाल भनेर नागानुमाले काठमाडौं आउने निर्णय गरेका थिए । यहाँ आएपछि उनले नेपालीहरू जापानिजजस्तै पाए । खासै फरक देखेनन् । उनी चाँडै घुलमिल भइहाले ।जापान ओभरसिज कप्रोरेसन भोलेन्टियर्स (जेओसीभी) मा आबद्ध थिए नागानुमा । नेपाली खेलाडीलाई प्रशिक्षण दिन उद्देश्यसाथ जेओसीभीमा निवेदन दिएका थिए, त्यहीअनुरुप उनलाई सन् १९८४ मा काठमाडौं पठाइएको थियो । नेपालको एथलेटिक्स कुन स्थितिमा छ, नेपाली खेलाडी कस्ता छन् उनलाई यहाँ आउनेक्रममा केही थाहा थिएन । उनभित्र नेपाली खेलाडीलाई सिकाउँछु भन्ने एउटा छुट्टै जोश भने थियो ।‘नेपाली खेलाडीको स्तर त्यति माथि थिएन । उनीहरू सोझा थिए, तर एकोहोरो खालका थिए । भनेको निर्देशन मान्थे, अभ्यास तोकेको समयभन्दा अगाडि नै आइपुग्थे, अनुशासित थिए,’ नागानुमा ३४ वर्षअगाडि पहिलोपल्ट नेपाल आउँदाको दिन सम्झँदैथिए, ‘बाटोमा गाडी र मोटरसाइकल खासै हुँदैनथ्यो । खेलाडीले मज्जाले दौडिएर दैनिक अभ्यास गर्न पाउँथे । भक्तपुर माथिसम्म पुगेर मज्जासँग रंगशाला फर्किएर ३० किलोमिटर अभ्यास गथ्र्यौं । सवारीसाधनको भिडभाड नहुने भएकाले म खेलाडीलाई दौडिनेक्रममै सजिलै रोडमै गएर समयको अवगत गराउँथें ।’पहिलो दक्षिण एसियाली खेलकुद (साग, तत्कालीन साफ) सुरु हुनु १० महिनाअघि जस्तो नागानुमा नेपाल आएका थिए । साग हुने हल्ला थियो, निश्चित केही थिएन । रघुराज वन्तसँग पहिलोपल्ट भेटेर ट्रेनिङ प्रोग्राम तयार पारेका थिए । ‘जापानिज र नेपालको मन, विचार गर्ने तरिका धेरै मिल्थ्यो । मैले प्रशिक्षण दिएका खेलाडी नराम्रो थिएनन्,’ उनले भने । आमिरी यादव, सुनील राजवंशी, पुष्पराज ओझा, अर्जुन पण्डित, वैकुण्ठ मानन्धर, सुशील नरसिंह राणा, जोद्धा गुरुङ, विमला जोशी, नारायण श्रेष्ठलगायत उनले प्रशिक्षण दिएका खेलाडी थिए । यादव अहिले नेपाली एथलेटिक्सका प्रमुख प्रशिक्षक हुन् । राजवंशी नेपाल एथलेटिक्स संघका महासचिव भएका छन् । ओझा र राणा सक्रिय प्रशिक्षणमा छन् । म्याराथन दौड्नेलाई ४ सय मिटर इन्टरभल ट्रेनिङ सुरुआत गराए यी जापानिज प्रशिक्षकले । खेलाडीले भने यो शैलीमा प्रशिक्षण गर्दा दिक्क मानेको उनले पाएका थिए । ‘खेलाडीको रूपमा अगाडि बढ्नु छ भने यो प्रशिक्षण अत्यावश्यक छ भनेपछि बल्ल उनीहरू राजी भएका थिए । यो शैलीको प्रशिक्षण गरेमा विदेश जाने मौका आउन सक्छ, ओलम्पिकलाई अवसर हुनसक्छ भनेपछि खेलाडी सकारात्मक भएका थिए,’ नागानुमा आफ्नो प्रशिक्षण शैलीबारे भन्छन्, ‘मनोवैज्ञानिक प्रशिक्षण आवश्यक रहेको मैले पाएको थिएँ । त्यही भएर खेलाडीलाई कोठामा लगेर खाना खुवाउँथे । सबै खेलाडीलाई आफ्नो परिवारको सदस्यजस्तो बनाएँ ।’उनको सक्रियतामा जापानी दूतावासले एउटा म्याराथन इभेन्टलाई सहयोग गरेको थियो । वर्षका अन्त्य अर्थात चैत मसान्तमा हुने त्यस प्रतियोगितालाई ‘इयर इन्ड म्याराथन’ भनिन्थ्यो । सिद्धार्थ वनस्थली स्कुलबाट सुरु उक्त दौड चाबहिलमा पुगेर टुंगिन्थ्यो । आमिरी र विमलाले उक्त दौड जितेका थिए । यही म्याराथनबाट ओलम्पिक खेल्ने खेलाडी निस्किन थाल्यो । वैकुण्ठले पहिलो साफमा स्वर्ण जितिहाले । उनी मिहनेती खेलाडी भएको नागानुमाले पाए । तर वैकुण्ठ ४ सय होस् वा ८ सय मिटर वा म्याराथनमा एकैनासले दौडिन्थे । नागानुमाको ४ सय मिटर इन्टरभल ट्रेनिङ वैकुण्ठको त्यही शैली सुधारलाई थियो । ‘मेरो अभ्यास शैलीले उनलाई साफमा स्वर्ण जित्न अलिकति मद्दत गर्यो होला । वैकुण्ठ नेपाली खेलाडीमध्ये स्लो रनर थिए । लामो दूरीका धावकले एकोहोरो दौडिएर मात्र पुग्दैन, अन्तिममा स्पिड नभएकाको जित्ने सम्भावना कम हुन्छ,’ वैकुण्ठले साफमा स्वर्ण जित्दाको क्षण सम्झन्छन्, ‘सँगै काम गरेको निकै सम्झन्छु । उनले जित्नु एउटा ठाउँमा होला त्यसले बनाएको पृष्ठभूमि म कहिल्यै बिर्सन सक्दिनँ ।’ दौड सकिएपछि रिल्याक्स गर्नुपर्छ मान्यता नागानुमाको थियो । त्यसैले वैकुण्ठले स्वर्ण जितेपछि उनलाई चुस्की लगाउन अनुमति दिएका थिए ।सन् १९८४ मा जापानिज प्रशिक्षक काजुएकी नागानुमाकाे प्रशिक्षणका क्रममा नेपाली खेलाडी बायाँबाट क्रमश: आमिरी यादव, सुनील राजवंशी, पुष्पराज ओझा, अर्जुन पण्डित, वैकुण्ठ मानन्धर, सुशील नरसिंह राणालगायत । सन् १९८४ मा उनको प्रशिक्षणका क्रममा नेपाली खेलाडी बायाँबाट क्रमश: आमिरी यादव, सुनील राजवंशी, पुष्पराज ओझा, अर्जुन पण्डित, वैकुण्ठ मानन्धर, सुशील नरसिंह राणालगायत ।एथलेटिक्सका पदाधिकारीको पारिवारिक माहोलले उनलाई छोएको थियो । उनका अनुसार खाने, बस्ने, सुत्ने सबै समूहमै हुन्थ्यो । नेपालमा आएर अहिले पनि प्रशिक्षक बन्ने इच्छा उनमा छँदै छ । युवा अवस्थामा प्रशिक्षक भएर नेपाल आएका उनी अहिले ५९ वर्षे उमेरमा दौडिन आएका हुन् ।शनिबार हुने १२ औं काठमाडौं म्याराथनका उनी पनि प्रतिस्पर्धी हुन् । उपाधि जित्ने दौडका लागि नभएर उनी आफ्नो ‘जीवन’ सँग जोडिएर आएका हुन् ।बूढो भए पनि नेपाल आएर दौडिने इच्छा उनको कहिल्यै मरेको छैन । उनी आफ्नै बुवाको कीर्तिमान तोड्दै पाँचौंपल्ट नेपाल आइसकेका छन् । उनी तेस्रोपल्ट काठमाडौं म्याराथनमा दौड्न लागेका हुन् । उनी काठमाडौं म्याराथनका आयोजक प्रमुख नीलेन्द्र श्रेष्ठको घरमा सँगै बसेका छन् । दुई वर्षअघि पनि उनले काठमाडौं म्याराथन दौडेका थिए । वर्षमा एक पटक फुल म्याराथन र ४–५ पटक हाफ म्याराथन दौडिन्छन् उनी । ‘फुल म्याराथनलाई गम्भीर रूपमा लिएर सबै मिलाउनुपर्छ, खानपिनदेखि आफ्नो तालिका सबै । म्याराथन मेरो जीवन हो,’ उनी दौडले आफूलाई पूर्ण सन्तुष्टि दिएको बताउँछन् ।५ वर्षअघि न्युयोर्क म्याराथनमा जाने योजना बनाइसकेका थिए उनले । वन्तले नेपाल आउनु भनेपछि उनी काठमाडौं म्याराथन दौडिन लागेका हुन् । अब विदेशको म्याराथनमा इच्छा हराइसकेको जनाउँदै उनले नेपाल र जापानमा मात्र दौडिने बताउँछन् । उनले प्रतिष्ठित टोकियो म्याराथन छपल्ट दौडिसकेका छन् । प्रतिस्पर्धी धेरै हुनाले त्यहाँ दौडिने अवसर पाउनै मुस्किल बन्दै गएको उनी सुनाउँछन् । उनका अनुसार ३५ हजारले टोकियो म्याराथन दौड्न निवेदन दिएका हुन्छन् त्यसमा १० प्रतिशतले मात्र मौका पाउँछन् ।७ वर्षअगाडि टोकियो म्याराथन दौडिनेक्रममा उनले नेपाल लेखेको टी–सर्ट लगाएर दौडिन लागेको मान्छेलाई देखे । त्यसले उनलाई त्यही मानिसतर्फ तानिहाल्यो । नागानुमाले उनलाई नजिकै गएर हेरे । उनी थिए भेट्रान धावक दीपक रन्जित । दीपक उनैले सिकाएका खेलाडी थिए । देख्नेबित्तिकै दीपकले ‘गुरु नमस्ते’ भनिहाले । दुई साताअघि मात्र नागानुमाले टोकियोमा हाफ म्याराथन दौडिएका थिए ।काठमाडौं म्याराथनमा प्रत्येक वर्ष दौड्दै आफ्ना पुराना साथीसँग यसै विषयमा गफ गर्ने उनको इच्छा छ । दुई वर्षपछि हुने टोकियो ओलम्पिकमा नेपाली धावकले म्याराथनमा भाग लिओस् ताकि उनले आफ्नो देशमा नेपाली खेलाडीलाई सहयोग गर्न पाइन्छ भन्ने छ । नागानुमा नेपाली राम्रैसँग बोल्छन् । त्यही भएर नेपाली खेलाडीलाई टोकियोमा नेपाली बोलेरै सहयोग गर्न पाइन्छ भन्ने आसमा छन् उनी ।उनका दुई छोरी (२६, ३० वर्ष) छन् । छोरी सानो हुँदा उनको नेपाल आउनेक्रम जारी थियो । जतिखेर श्रीमतीले हामीहरूलाई पनि समय दिने कि नेपाल गएर प्रशिक्षण दिने भनेर प्रश्न गर्थिन् रे । अहिले स्थिति फेरिएको छ । अहिले नेपाल जान्छुभन्दा श्रीमतीले राम्रोसँग जानुस भनेर आफूलाई शुभकामना दिने गरेको नागानुमा सुनाउँछन् । उनलाई नेपाल आफ्नो घरजस्तै लाग्छ । टोकियोमा अफिसबाट फर्किएपछि राति ८ बजेदेखि उनको अभ्यास सुरु हुन्छ । ४० मिनेट दौडिने र स्ट्रेचिङ गर्ने गर्छन् । उनी साताको ४ दिन यही तरिकामा हुन्छन् । शनिबार र आइतबार बिदाको दिन १५ देखि २० किलोमिटर दौडिन्छन् । यो हिसाबमा उनी साताको २ सय किलोमिटरसम्म दौडिन्छन् ।‘म सिरियस रनर होइन, फन रनर हुँ,’ उनी दौडबारे अथ्र्याउँछन्, ‘म्याराथन अभ्यास गरेपछि सबै मिल्छ । खाना रुच्छ, निन्द्रा लाग्छ, खोकी लाग्दैन, ब्लडप्रेसर ठीक ठाउँमा राख्छ, जीउ फूर्तिलो बनाउँछ ।’ यसपालि नेपालमा आउँदा उनले विगतभन्दा बढी मर्निङवाक गर्न पाए । उनी सबैलाई दैनिक एक घण्टा हिँड्न सुझाव दिन्छन् । खुट्टा कमजोर भयो भने सबै खत्तम जस्तै हुन्छ, त्यसैले दौडने वा हिँड्नु आवश्यक भएको उनी बताउँछन् । दैनिक अभ्यास गरेमा आफूजस्तै हुने भनेर आफ्नो सुगठित ज्यान देखाउँछन् ।अहिलेका नेपाली खेलाडीबारे उनलाई थाहा छैन । काठमाडौं म्याराथन दौडकै क्रममा नेपाली खेलाडीलाई हेर्ने उनको प्रयास रहनेछ । ५ किलोमिटर दौडमा विद्यार्थी खेलाडी पनि आउने सुनेकाले त्यसले उनलाई उत्साही बनाएको छ । त्यसमा दौडिन सक्ने खेलाडी नै भोलिको भविष्य हुने उनको आँकलन छ । उनले दुई वर्ष नेपालका प्रशिक्षक जीवन बिताएका थिए । भेट्रान फुल म्याराथनमा ३ घण्टा २० मिनेट र हाफ म्याराथनमा १ घण्टा ३३ मिनेट उनको टाइमिङ हो । बुढ्यौलीले छोपिरहेको अवस्थामा उनलाई त्यो टाइमिङले चुनौती थप्दैछ । नागानुमाको भने त्यो टाइमिङ उछिन्ने प्रयासमा निरन्तर लागिरहेका छन् । | Sports | 28,620 |
प्रिन्स र जेशिका पुष्पलाल स्मृति ब्याडमिन्टनको फाइनलमा | पुलिसका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ विराटनगरमा जारी 'लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन' प्रतियोगिताको एकलतर्फ फाइनललमा प्रवेश गरेका छन् । | https://ekantipur.com/sports/2023/02/18/167672331227698112.html | विराटनगर — पुलिसका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ विराटनगरमा जारी 'लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन' प्रतियोगिताको एकलतर्फ फाइनललमा प्रवेश गरेका छन् ।शीर्ष १६ वरीयताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका विष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए । हालै इटहरीमा भएको प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि उचालेका थिए ।महिला शीर्ष १२ वरीयताभित्रको एकलतर्फ प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङले पुनः एक पटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । जेशिकाले आर्मीकी रसिलालाई १४–२१, २१–१६, २१–१२ ले पराजित गर्दै फाइनलमा आर्मीकी अनुमाया राईसँगको भेट पक्का गरेकी हुन् । अनुले फाइनल प्रवेश गर्ने क्रममा आर्मीकै प्राथना देउवालाई २१–१२, २१–११ ले पराजित गरेकी हुन् । पुरुषको शीर्ष १६ वरीयतादेखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपीएफका सुजन थापा उपाधि नजिक पुगेका छन् । पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१, २१–१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१, २१–६ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।महिला शीर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी विष्णा विष्टले पाँचथरकी रिना तामाङलाई २१–१५, २१–१३ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी छन् । अब उपाधिका लागि विष्णाले झापाकी अन्जना राईसँग प्रतिस्पर्धा गर्नेछिन् । राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६, २१–१३ ले पराजित गर्दै उपाधि निकट पुगेकी हुन् ।पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपीएफका रोशन साउद र आर्मीका अनिल मल्लबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । रोशनले आर्मीका कविर के.सी.लाई २१–१३, १९–२१, २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५, २१–१५ ले पराजित गर्दै फाइनल यात्र तय गरेका हुन् । महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४, २१–१३ ले पराजित गर्दै उपाधिका लागि आर्मीकी टिशा रानी शाक्यसँगको भेट पक्का गरेकी छिन् । शाक्यले ताप्लेजुङकी नुमा लिम्बुलाई २१–१९, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।पुरुष युगलतर्फको खेलमा एपीएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाइनल प्रवेश गरे । मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५–२१, २१–१९, २१–१३ ले पराजित गर्दै उपाधिका लागि पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालसँगको भेट पक्का गरेका हुन् । कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।महिला युगल तर्फ एपीएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी फाइनल प्रवेश गरेको छ । आर्मीकी रशिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी विष्ण विष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भएपछि शोभा र निताले स्वतः फाइनल यात्रा तय गरेका थिए । अमिता गिरी र निलिमा महरा खेलका दौरान खुट्टामा चोट बोक्न पुगेका कारण खेल खेल्न असमर्थ भएका थिए । महिला एकलतर्फकै अर्को खेलमा आर्मीका प्राथना देउवा र अनुमाया राईको जोडी फाइनल प्रवेश गरे । देउवा र राईको जोडीले एपीएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङलाई २१–१५, २१–१५ तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेले बेलबारीका दीपक आङ्गदम्बे र मोरङका विकास श्रेष्ठको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।पुरुष ५५ वर्षमाथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै फाइनल प्रवेश गरेका छन् । राम र संजयको जोडीले बी.बी.सी.का केशव कार्की र आर.के. सिंहको जोडीलाई २१–१९, २१–११ ले पराजित गरेका हुन् । अर्को खेलमा कास्कीका रमेश भट्टचन र खोटाङ्गका दीपक राईको जोडीले सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडीलाई २१–१५, १०–२१, २३–२१ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल खेल शनिबार हुनेछ । | Sports | 18,354 |
ब्रुकको शतकमा हैदराबाद विजयी | ह्यारी ब्रुकको शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग २०२३ मा शुक्रबार कोलकाता नाइट राइटडर्सलाई २३ रनले पराजित गरेको छ । ब्रुकको यो पहिलो आईपीएल शतक हो । | https://ekantipur.com/sports/2023/04/15/168152293966188761.html | काठमाडौँ — ह्यारी ब्रुकको शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग २०२३ मा शुक्रबार कोलकाता नाइट राइटडर्सलाई २३ रनले पराजित गरेको छ । ब्रुकको यो पहिलो आईपीएल शतक हो ।यस्तै यसपल्टको प्रतियोगिताकै यो पहिलो शतक पनि हो । इंग्लिस ब्याटरले १२ चौका र तीन छक्कको मद्दतमा ५५ बलमा सय रन बनाए । पहिले ब्याटिङ गरेको हैदराबादले४ विकेटको क्षतिमा २ सय २८ रन बनाउन सफल रह्यो ।जवाफमा कोलकाताले ७ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । रिन्कु सिंहले त्यसमा सर्वाधिक ५८ रन बनाए । यो जितपछि हैदरावादको चार खेलबाट चार अंक भएको छ । कोलकाताको पनि चार अंक नै रहेको छ । | Sports | 17,708 |
एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य | एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । | https://ekantipur.com/sports/2023/09/04/169383649398897539.html | काठमाडौँ — एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । त्यस्तै मोहम्मद शामीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहम्मद शामी र हार्दिक पाण्ड्याले १-१ विकेट लिए । नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ । | Sports | 16,401 |
खेल खेल्न पोखरा | आकाशमा एक टुक्रा बादल छैन । लस्करै उभिएका छन् सेताम्मे हिमाल । | https://ekantipur.com/sports/2018/10/27/154061056748672484.html | लेखनाथ — आकाशमा एक टुक्रा बादल छैन । लस्करै उभिएका छन् सेताम्मे हिमाल ।हिमालकै काखमा झल्किन्छ पोखरा रंगशालाको शालीनता । दक्षिणतिरको क्रिकेट मैदानमा ब्याट्सम्यान पुलुक्क हिमालतिर हेर्छन् । बलरको चाल बुझ्छन् । ब्याट घुमाउँछन् । चौका/छक्का हान्छन् ।शुक्रबार सुरु पोखरा प्रिमियर लिग (पीपीएल) मा केहीको चर्चा भएको छ भने त्यो हो मैदानकै । उघ्रेको हिमाल पृष्ठभूमिमा राखेर खिचिएको मैदानको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको सामुन्ने रहेको मैदानको चर्चा चुलिएको छ । क्रिकेटको ‘मेगा इभेन्ट’ चलिरहँदा खेल पर्यटनको बहस पनि सँगसँगै चलेको छ । वर्षैभर हुने विभिन्न खेलकुद प्रतियोगिता पोखरालाई खेलकुदको राजधानीका रूपमा चिनाएको छ । खेलकुदका ठुल्ठूला प्रतियोगिता आयोजकको रोजाइ पोखरा बन्न थालेको छ ।पीपीएलको उद्घाटनमा सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्नसक्ने बताए । ‘प्रकृतिको वरदान रहेको पोखरामा पर्यटनसँग खेललाई जोड्न सकिन्छ,’ उनले भने, ‘हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके यहाँको सुन्दरता देशविदेशसम्म पुग्छ ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरालाई पर्यटनको मात्र नभई खेलकुदको राजधानीसमेत बनाउन सकिने बताउँछन् । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उनको धारणा छ । ‘खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको छ,’ उनी भन्छन्, ‘पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको हो ।’पोखरामा भएको ट्रेल रेस सिरिजपीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा पीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै अवलोकन गर्ने भएकाले महत्त्वपूर्ण रहेको बताउँछन् । उनले पीपीएल पछि अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुनसक्ने सम्भावना औंल्याए । ‘माछापुच्छ्ेर र अन्नपूर्ण हिमशृंखलालाई पृष्ठभूमि राखेर क्रिकेट खेल्न पाउनु चानचुने कुरा होइन,’ उनले भने, ‘यसपछि यहाँका खेलाडीले पनि गुणस्तरीय मैदान पाउँनेछन् ।’ पोखरा क्रिकेट मैदान ‘न्युट्रल भेन्यु’ को रूपमा विकास गर्न ढोका खुल्ने उनी बताउँछन् ।त्यसो त, पोखरामा खेल पर्यटनको विकास गर्ने श्रेय साहसिक खेललाई जान्छ । हालै एसियाली खेलकुदमा रजत पदक जित्न सफल पाराग्लाइडिङको सुरुआतसँगै पोखरामा साहसिक पर्यटनले फड्को मार्यो । सुरुमा खेलभन्दा पनि साहसिक मनोरञ्जनात्मक क्रियाकलापको रूपमा पाराग्लाइडिङलाई लिइन्थ्यो । सन् १९९९ मा पोखरा भित्रिएको पाराग्लाइडिङले सन् २०१० तिरबाट बल्ल व्यावसायिक रूप पाएको व्यवसायी बसन्तराज दवाडी सम्झिन्छन् । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव समेत रहेका उनलाई पहिले विदेशीले मात्रै चासो देखाएको सम्झना छ । उनका अनुसार सन् २००४ देखि युवापुस्ता आकर्षित भए । नेपालमै पाइलट उत्पादन भए । सन् २०१० मा आउँदा साहसिक खेलमा दरियो । अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकले पाराग्लाइडिङ धानेका छन् । विदेशी पाइलटलाई पनि नेपालीले विस्थापित गरेका छन् । ‘२००८ सम्म यसलाई खेल नै होइन भनिन्थ्यो,’ उनी भन्छन्, ‘राखेपबाट मान्यता पाएपछि मात्रै खेल पनि रहेछ भनेर बुझ्न थालियो ।’आहा–रारा गोल्डकप फुटबलहवाई संस्था नाले नेपालमा १८ औं संस्करणसम्म राष्ट्रिय च्याम्पियनसिप, एक/एकपल्ट एसियाली च्याम्पियनसिप र दुईपल्ट प्रि–वल्र्डकप आयोजना गरिसकेको छ । प्रतियोगितामा सहभागी हुन युरोप, अमेरिका र एसियाका विभिन्न मुलुकका पाइलट पोखरा आउँछन् । पोखरामा व्यावसायिक उडान गराउने ६२ पाराग्लाइडिङ कम्पनी पुगिसकेका छन् । ती कम्पनीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अस्थायी लाइसेन्सप्राप्त ३ सय पाइलट छन् । खेलकुदमा सहभागी हुन नेपाल हवाई खेलकुद संस्था (ना) बाट छुट्टै लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिने पाइलट २५ मात्रै छन् ।पोखरा नजिकैको मोदी खोला र सेतीमा कायकिङ प्रतियोगिता वार्षिक रूपमा हुने गर्छ । ‘फ्रेस वाटर’ र्याफ्टिङका लागि मोदी र सेती उत्तम नदी हुन् । ल्वाङघलेलमा भएका पोखरा क्यानोइनिङ र ड्रिमल्यान्ड क्यानोइनिङ र वीरेठाँटी क्यानोइनिङले पर्यटक आकर्षित गरेका छन् । सराङकोटबाट गरिने जिप फ्लायर र हेम्जाको बन्जी जम्प पनि साहसिक गतिविधिमा दरिएका छन् । पोखरा पर्वतीय संग्रहालयमा रहेको कृत्रिम चट्टानमा पर्यटकले रक क्लाइम्बिङको मज्जा पनि लिन सक्छन् ।साहसिक खेलपछि पोखरालाई चिनाएको फुटबलले हो । सहारा क्लबले गर्ने आहा–रारा गोल्डकप पोखराको ब्रान्ड नै बनिसकेको छ । ०५८ मा क्याराभान गोल्डकपबाट सुरु प्रतियोगिताले १६ औं संस्करण पार गरिसकेको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता हेर्न विभिन्न सहरबाट दर्शक पोखरा आउँछन् । एन्फा कास्कीले गर्ने मनकामना पोखरा कप पोखरामा हुँदै आएको छ । भण्डारढिकको आदर्श क्लबले आदर्श कप फुटबल प्रतियोगिताको २७ औं संस्करण पुर्याइसकेको छ । ढिकुरपोखरी युवा सञ्जालले हरेक वर्ष क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्छ । सेभेन–ए–साइडको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि पोखरामा भएको छ ।राष्ट्रियस्तरको भलिबल प्रतियोगिता बर्सेनि पोखरामा हुँदै आएको छ । पश्चिमाञ्चल भलिबल संघले वार्षिक रूपमा राष्ट्रिय प्रतियोगिता पोखरामा गर्छ । लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्षको तीजमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्दै आएको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल पोखरा भलिबलको केन्द्र नै भएको बताउँछन् । ‘पोखरा र यसवरपरका अन्य जिल्ला भलिबलका लागि उर्बरभूमि हुन्,’ उनी भन्छन्, ‘यहाँ हुने प्रतियोगिताले पनि पोखरालाई चिनाएका छन् ।’ ह्यान्डबलको पूर्वाधार पनि पोखरा रंगशालामा तयार भएको छ । यू–१२, यू–१४ र यू–१६ का ह्यान्डबल प्रतियोगिता हुने गर्छन् । ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ विभिन्न मेला महोत्सवमा हुने ह्यान्डबल प्रतियोगिताले आन्तरिक पर्यटकलाई आकर्षित गरेको बताउँछन् ।पर्यटन र खेललाई जोड्ने अर्को विधा साइक्लिङ पनि हो । कास्की जिल्ला साइक्लिङ संघले वर्षैभरि विभिन्न इभेन्ट गर्छ । मिलिनियम ट्रेक व्यवस्थापन समितिले ट्रेकिङ रुटको प्रवद्र्धन गर्न दुई वर्षयता साइकल टुर गरिरहेको छ । पछिल्लोपल्ट समितिले तनहुँको दुलेगौंडाबाट स्याङ्जाको राङभाङ, माझकोट, शिवालय, वालिङ हुँदै पोखरा आइपुग्ने टुर गरेको थियो । उक्त टुरमा २५ साइक्लिस्ट सहभागी भएको समितिका महासचिव हर्क गुरुङ बताउँछन् । ‘खेलसँगै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनी भन्छन् । साइकल सिटी पोखराले बृहत साइकल र्याली ‘टुर डे पोखरा’ वार्षिक रूपमा गर्छ । उक्त र्यालीमा सहभागी हुन विभिन्न सहरबाट साइक्लिस्ट पोखरा आउँछन् । नेपाल अटो स्पोटर््स एसोसिएसन (नासा) ले गर्ने गाडी र्यालीबाट पनि पोखरामा पर्यटक भित्रिन्छन् । नासाका गण्डकी प्रदेश उपाध्यक्ष शिव श्रेष्ठ एक र्यालीमा ५० वटासम्म गाडी पोखरा भित्रिने बताउँछन् । उनका अनुसार गाडीमा आउनेले २ देखि ३ रातसम्म पोखरामा बिताउँछन् ।उकाली–ओराली दगुर्ने ट्रेल रेस सिरिज पनि पोखरामा बर्सेनि हुन्छ । हिमशृंखला, ताल र प्राकृतिक दृश्यको अवलोकन गर्दै दौडन विभिन्न मुलुकका पर्यटक पोखरा आइपुग्छन् । अन्नपूर्ण आधारसिविरबाट एक सय किलोमिटरको दौड प्रतियोगितामा सहभागी हुन विदेशी र स्वदेशी धावकले विशेष चासो दिन्छन् ।भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष सफल पोखरा म्याराथन आयोजना गर्दै आएको छ । नेपाली धावकसँगै विदेशीलाई पनि सहभागी गराइने म्याराथन पोखरा आएर दौडन रमाउनेका लागि चासोको प्रतियोगिता हुँदै आएको छ ।पोखराको खेल पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने अर्को विधा हो गल्फ । पोखराको मझेरीपाटनमा हिमालयन गल्फ क्लबको गल्फ कोर्ष उत्कृष्टमध्येको मानिन्छ । उक्त कोर्समा वार्षिक सूर्य नेपाल वेस्टर्न ओपन गल्फ हुन्छ । दक्षिण एसियालीस्तरको ट्रायथलन च्याम्पियनसिप पोखरामै हुन्छ । ट्रायथलन संघले हरेक वर्ष गर्ने प्रतियोगिताको छैटौं संस्करण पूरा भइसकेको छ । स्प्रिन्ट विधाको पौडी ७ सय ५० मिटर, साइक्लिङ १० किलोमिटर र दौड ५ किमीको दूरीमा सहभागीले प्रतिस्पर्धा गर्छन् । फेवाताल पारी पुम्दीभुम्दीमा ट्रायथलन भेन्युसमेत निर्माण भइरहेको छ । कास्की जिल्ला टेनिस संघले नेपाल आईटीएफ सिनियर सर्किट वान च्याम्पियनसिप हरेक वर्ष आयोजना गर्छ । प्रतियोगितामा भाग लिन भारत, न्युजिल्यान्डका खेलाडी आउँछन् । पोखरा रंगशालाभित्र ५ लनटेनिस कोर्ट छन् ।राष्ट्रिय खेलकुद परिषद्ले यसै वर्ष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पोखरामा गर्यो । पौडी संघले ओपन वाटर पौडी प्रतियोगिता हरेक वर्ष दसैंअघि फेवातालमा गर्छ । प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुन्छन् । नेपाल योग खेलकुद संघले गत वैशाखमा दोस्रो दक्षिण एसियाली योग खेलकुद पोखरामा नै गर्यो । प्रतियोगितामा नेपालका १ सय २०, भारतका ९०, पाकिस्तानका ४, अफगानिस्तानका ६, बंगलादेश ४ र माल्दिभ्सका ६ खेलाडीले सहभागिता जनाए ।पोखराको खेल पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिँदैछ । पोखरा उद्योग वाणिज्य संघले चीनको कुङमिन नगरको सहयोगमा पोखरामा ‘पहिलो हिमालयन माउनटेन क्रस कन्ट्री च्यालेन्ज’ आयोजना गर्दै छ । सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिता नोभेम्बरमा सरेको संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले बताए । संघको यो अभियानलाई पश्चिमाञ्चल होटल संघले पनि सघाएको छ । ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र पौडी समावेश हुने यो प्रतियोगिता लेकसाइडबाट सुरु भई मट्टिखान कुभिन्डे, फुस्रेखोला, पातले छाँगो हुँदै लेकसाइडमा नै आएर अन्त्य हुनेछ । यो दौडमा एक समूहमा तीन सहभागी हुनेछन् । एक महिला अनिवार्य गरिएको छ । तीन जनाको समूहमा दुई महिला र एक पुरुष पनि हुन सक्ने छन् । कुङमिन माउन्टेनेयरिङ एसोसिएनका विज्ञले लामो स्थलगत अध्ययनपछि दौडको लागि यो क्षेत्र चयन गरेका हुन् ।प्रतियोगिताको नारा नै ‘रन फर लभ’ राखिएको छ । प्रतियोगितामा तीन सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा चीनको कुङमिनबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् । कुङमिन सँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडी आउने छन् । ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि हामीले थालेको यो सानो प्रयास हो,’ पालिखे भन्छन्, ‘पोखराको पर्यटन प्रवद्र्धनका ागि यो प्रतियोगिता कोसेढुंगा सावित हुनेछ ।’ उनका अनुसार प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपले प्रवद्र्धन गरिनेछ । चिनियाँ मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको दाबी छ ।नेपालमै हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबल, भलिबल, लन टेनिस, आर्चरी, ह्यान्डबल, ट्रायथलन र पाराग्लाइडिङ पोखरामा हुँदै छन् । त्यसो त, गण्डकी प्रदेशले पोखरालाई ‘स्पोटर््स हब’ का रूपमा विकास गर्न चासो देखाएको छ । प्रदेशस्तरको खेलकुद एकेडेमी स्थापनाका लागि नीति तर्जुमा गर्ने व्यवस्था मिलाउने प्रदेशले तयारी गरेको छ ।अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेल मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण गर्न एक करोड रुपैयाँ बजेट प्रदेशले विनियोजन गरेको छ । एक स्थानीय तह, एक खेल मैदान निर्माणका लागि ७ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको निर्माण कार्यको थालनी गर्न १ करोड रुपैयाँ प्रदेशले छुटयाएको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र गल्फ कोर्स निर्माणका लागि स्थान पहिचानसहित कार्ययोजना तयार पार्ने पनि प्रदेशको योजना छ । | Sports | 28,520 |
दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने | पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रीवास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो । | https://gorkhapatraonline.com/news/98514 | कोकिला भण्डारीधनकुटा, फागुन २० गते । पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रिबास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो ।९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने पाख्रिबास नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने जानकारी गराएको छ । राष्ट्रिय दादुरा रुबेला खोप अभियान अन्तर्गत नगरको सम्पूर्ण वडाका साविक २३ र थप २१ गरी जम्मा ४४ खोप केन्द्रमार्फत नगरभरिका १ हजार ६ सय २८ बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ । प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मीसहित २ जना स्वयंसेवक खटाइने पाख्रिबास आधारभूत अस्पतालका डाक्टर अङ्कित शर्माले जानकारी दिनुभयो । दादुरा रुबेलाको समस्या, यसका लक्षण, यसबाट बच्ने उपायसहित जानकारी गराउँदै खोप अभियान सुरू गर्न लागिएको स्वास्थ्य शाखाका सिअनमि ईशा राईले जानकारी दिनुभयो । | News | 51,465 |
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/62586 | काठमाडौं, वैशाख १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ । आज (शुक्रबार) यहाँ आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उहाँले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभएको हो । मन्त्री मोदीले भन्नुभयो, “निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौँ । यसका लागि आगामी आवमा बजेटको व्यवस्था गर्न खोजिरहेका छौँ ।” उहाँले अस्पताल निर्माणको योजनाबारे जानकारी दिँदै भन्नुभयो, “ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौँ ।”मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमा चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुनर्निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । समारोहमा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “विगत केही दशकयता, नेपाल सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ । यसबीच चीन सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई एउटा उचाई दिलाएको छ”, उहाँले भन्नुभयो ।अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने बताउनुभयो । उक्त भवनमा एक सय पाँच साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन् । रासस | News | 56,820 |
भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न सक्दैन : अध्यक्ष नेपाल | नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार व्याप्त रहेसम्म कुनै पनि व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न नसक्ने बताएका छन् । उनले अहिले जनताले छिटो–छिटो गतिमा भ्रष्टाचारको अन्त्य र सुशासन चाहेको बताए । | https://ekantipur.com/news/2024/01/01/as-long-as-there-is-corruption-no-system-can-fulfill-the-aspirations-of-the-people-president-nepal-18-00.html | काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार व्याप्त रहेसम्म कुनै पनि व्यवस्थाले जनताको आकांक्षा पूरा गर्न नसक्ने बताएका छन् । उनले अहिले जनताले छिटो–छिटो गतिमा भ्रष्टाचारको अन्त्य र सुशासन चाहेको बताए ।राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘भ्रष्टाचार रहेसम्म कुनै पनि व्यवस्थाले जनतालाई विकास र संमृद्धि दिन सक्दैन । त्यसकारण भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सक्ने हो भने हामीले अहिले ल्याएको व्यवस्था नै दुनियाँकै सबैभन्दा उत्तम हो ।’पछिल्लो समय एकथरीहरूले राजतन्त्रको वकालत गरिरहेको र अर्कोथरीले कार्यकारी राष्ट्रपतिको कुरा गरिरहेको भन्दै अध्यक्ष नेपालले संमृद्ध संसदीय प्रणालीभन्दा राम्रो अर्को व्यवस्था दुनियाँमा कहीँ पनि नदेखेको बताए ।‘हामी साँच्चै देशको विकास गर्न चाहान्छौँ भने बोली एउटा, व्यवहार अर्को हुनुभएन । हामीले इमान्दार भएर काम गर्ने हो भने संसदीय प्रणाली नै सर्वोत्तम व्यवस्था हो,’ उनले भने, ‘संसदीय प्रणालीको विकल्प संमृद्ध संसदीय प्रणाली हुनसक्छ, तर अरू कुनै व्यवस्था यसको राम्रो विकल्प हुनै सक्दैन । यो संसारभरिका देशहरूलाई उदाहरणका लागि हेरेर पनि प्रष्ट हुन सकिन्छ ।’उनले अहिले दलहरूबीच आपसी समन्वय र मेलमिलाप गरेर नै देशलाई विकास र संमृद्धिको बाटोमा अघि बढाउनुपर्ने बेला रहेको बताए । | News | 6,731 |
च्याम्पियन्स लिग फुटबल : रियल र युभेन्ट्स अन्तिम १६ मा | डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । | https://ekantipur.com/sports/2018/11/29/154346003853242722.html | पेरिस — डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् ।यी दुई टिमसँग कुल सात टिमले नकआउट चरणमा आफ्नो स्थान निश्चित गरेका छन् । सर्जियो अगुइरोले लियोनविरुद्ध खेलको अन्त्यतिर बराबरी गोल गरेपछि म्यानचेस्टर सिटी पनि अगाडि बढ्न सफल भयो । बायर्न म्युनिखले यस्तै उपलब्धिका लागि बेन्फिकालाई ५–१ ले हराएको छ ।यस सहज जितपछि बायर्नका प्रशिक्षक निको कोभाचलाई ठूलो राहत मिलेको छ । ‘यो निकै सजिलो र प्रभावशाली जित रह्यो । हामीलाई अहिले यस्तै जित आवश्यक छ,’ आर्येन रोबेनले भने । उनले खराब समयबाट गुज्रिरहेको बायर्नका लागि दुई गोल गरे । रियलको हातबाट २–० को हार बेहोरे पनि एएस रोमाले पनि नकआउट चरण खेल्नेछ । यस्तै पूर्व युरोपेली विजेता एजाक्सले एईके एथेन्सलाई २–० ले पन्छायो र नकआउट चरण पुग्यो ।त्यस खेलका क्रममा स्थानीय प्रहरी र डच क्लब समर्थकबीच झगडा पनि भएको थियो । मारोउने फेलानीले ९१ औं मिनेटमा योङ ब्वाइजविरुद्ध विजयी गोल गरेपछि म्यानचेस्टर युनाइटेडले जित हात पार्न सकेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा स्वीस टिमविरुद्ध जित निकाल्न युनाइटेडले संघर्ष गर्नुपरेको थियो । फेलानीको गोलपछि म्यानचेस्टरका व्यवस्थापक जोसे मोउरिन्होले पानीको बोटल प्रहार गर्दै खुसीयाली मनाए । टिमको औसत प्रदर्शनमा उनी पनि दबाबमा छन् ।समूह ‘जी’ सीएसकेए मस्को घरमा भएको खेलमा भिक्टोरिया प्लाजेनसँग २–१ ले हारेपछि रियल र रोमाले आफ्नो खेल अगाडि नै अन्तिम १६ मा स्थान बनाउने निश्चित भइसकेको थियो । रियलको २–० जितमा गारेथ बेलले एक गोल गरे भने अर्को गोलको अवसर सिर्जना गरे । उनकै पासमा लुकास भाजक्वेजले दोस्रो गोल गरे । यसअघि रियल घरेलु स्पेनी ला लिगमा आइतबारको हातबाट ३–० ले पराजित भएर दबाबमा आएको थियो ।‘लिगको त्यो हारपछि अहिले तुरुन्तै अर्को जित आवश्यक थियो र हामीले त्यसलाई प्राप्त गर्न पनि सफल रह्यौं,’ प्रशिक्षक सान्टियागो सोलारीले भने, ‘हामी यो जितमा निकै खुसी छौं ।’ यो समूहमा रियल रोमाको तुलनामा ३ अंकले अगाडि छ । युभेन्ट्सले भने भ्यालेन्सियालाई १–० ले हरायो । त्यसमा रोनाल्डोको क्रममा मारियो मान्डुजकिचले सजिलै गोल गरे । युभेन्ट्ससँग १२ अंक छ र यो युनाइटेडभन्दा २ अंकको अग्रता हो । साख्तर डोनेस्कले अर्को खेलमा होफेनहेमलाई ३–२ ले पराजित गर्यो ।मंगलबारको नतिजापछि अन्तिम १६ मा पुगेका टोली समूह ‘ई’बायर्न म्युनिख (जर्मनी)एजाक्स (नेदरल्यान्ड्स)समूह ‘एफ’म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)समूह ‘जी’रियल म्याड्रिड (स्पेन)एएस रोमा (इटाली)समूह ‘एच’युभेन्ट्स (इटाली)म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड) | Sports | 28,348 |
नगद अभावले भारतबाट मल ल्याउन समस्या | नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ । | https://gorkhapatraonline.com/news/60176 | काठमाडौँ, चैत २५ गते । नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ ।त्यस्तै २०२२–२३ मा एक लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी, २०२३–२४ मा एक लाख १५ हजार मेट्रिक टन युरिया र ८० हजार टन डीएपी, २०२४–२५ मा एक लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डीएपी तथा २०२५–२६ मा पनि एक लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार टन डीएपी मल ल्याउने गरी सम्झौता भएको थियो । एक आर्थिक वर्ष बितिसक्यो तर हालसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३० हजार मेट्रिक टनभन्दा बढी मल ल्याउन सकेको छैन । जब कि टेन्डर प्रक्रियाबाट रासायनिक मलबाट नियमित रूपमा आइरहेको छ तर भारत सरकारसँग गरेको सम्झौताअनुसार जीटुजीको मल ल्याउन कृषि मन्त्रालयले सकिरहेको छैन । कृषि मन्त्रालयका एक सहसचिवका अनुसार जीटुजी प्रणालीबाट मल ल्याउँदा अग्रिम नै नगद रकम बुझाउनुपर्छ तर टेन्डरबाट मल ल्याउँदा गोदाममा आइसकेपछि मात्र रकम बुझाउनुपर्छ । त्यही भएर भारतबाट जीटुजीको मल ल्याउन ढिलाइ भएको हो । भारतबाट जीटुजी माध्यमबाट मल ल्याउँदा अग्रिम रकम बुझाउनुपर्छ । अग्रिम रकम बुझाएपछि मात्र मल दिन्छ । अहिले आर्थिक मन्दीले गर्दा नगदको अभाव भएका कारण भारतबाट मल ल्याउन नसकेको मन्त्रालयका सहसचिवले बताउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख विष्णुप्रसाद पोखरेलले पनि भारतबाट जीटुजीको मल ल्याउन अग्रिम रकम पठाउनुपर्छ तर अग्रिम पठाउनका लागि अहिले रकम अभाव भएका कारण तत्कालै सो मल ल्याउन नसकेको बताउनुभयो । टेन्डरको मल गोदाममा आइसकेपछि मात्र ठेकेदार कम्पनीलाई रकम भुक्तानी गर्नुपर्छ तर जीटुजीबाट मल ल्याउँदा अग्रिम दिनुपर्ने भएकाले अहिले तत्काल त्यस्तो समस्या देखेको उहाँले बताउनुभयो । यद्यपि भारतसँग भएको सम्झौताअनुसारको मल ल्याउने प्रक्रियामै रहेको उहाँले बताउनुभयो । अहिले किसानका लागि मलको अभाव नरहेको दाबी उहाँले गर्नुभयो । ३६ हजार आठ सय मेट्रिक टन युरिया र १८ हजार मेट्रिक टन डीएपी मल गोदाममा मौज्दात रहेको उहाँले जानकारी गराउनुभयो । २० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी जहाजमा लोड भइसकेका छन् । यता ९० हजार मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी मलका लागि टेन्डर भइसकेको उहाँले जानकारी गराउनुभयो । सरकारले मल खरिदका लागि ३८ अर्ब ५० करोड रुपियाँ दिएको छ । त्यसमध्ये २१ अर्बको मल खरिद भइसकेको छ । अरू बाँकी रकम अर्थ मन्त्रालयले सुनिश्चित गरे पनि हालसम्म नदिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ । | News | 38,470 |
मिर्गौला उपचारमा फड्को | सन् २००८ तिरको कुरा हो, विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपाल जस्तो विकासोन्मुख मुलुकमा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा बढी रोगी केही महिनामै मृत्युवरण गर्न बाध्य हुन्थे । त्यसताका नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन र डाइलायसिस सेवा अत्यन्तै कम उपलब्ध थियो । मिर्गौला प्रत्यारोपण गर्न छि | https://gorkhapatraonline.com/news/99878 | सन् २००८ तिरको कुरा हो, विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपाल जस्तो विकासोन्मुख मुलुकमा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा बढी रोगी केही महिनामै मृत्युवरण गर्न बाध्य हुन्थे । त्यसताका नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन र डाइलायसिस सेवा अत्यन्तै कम उपलब्ध थियो । मिर्गौला प्रत्यारोपण गर्न छिमेकी देश जाने आर्थिक क्षमता पनि अधिकांश नेपालीमा थिएन । सीमित मात्रामा उपलब्ध डाइलायसिस सेवाको पालो पाउन पनि असम्भव प्रायः थियो र पाएकाले पनि मासिक ४० देखि ५० हजार रुपियाँ खर्च धन्न मुस्किल थियो । सन् २००८ को अन्त्यतिर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सुरुवात भयो । यो सेवासँगै मिर्गौला रोगीहरूमा बाँच्ने आशा पलायो । चार वर्ष अवधिमा वीर अस्पतालमा ९९ जनाको मिर्गौला प्रत्यारोपण भयो, जसमा ९९ प्रतिशत सफलता प्राप्त भएको थियो । त्यो नै नेपालमा मिर्गौला उपचारमा फड्को मार्ने आधार बन्यो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१२ मा विभिन्न अङ्ग फेल भएकाका लागि उपचार गर्ने छुट्टै विशिष्टीकृत अस्पताल खोल्ने निर्णय ग¥यो । फलस्वरूप सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना सन् २०१३ मा भयो । यसको स्थापना नै देशभर डाइलायसिस र मिर्गौला प्रत्यारोपण विस्तार गर्ने आधार बन्यो । देशको विभिन्न भागमा डाइलायसिस विस्तार गर्ने व्रmममा पूर्वमा जनकपुर र पश्चिममा धनगढीको सरकारी अस्पतालमा केन्द्रले आफ्नै मेसिन तथा जनशक्ति उपलब्ध गराई डाइलायसिस सेवाको सुरुवात ग¥यो । तत्पश्चात् डाइलायसिस मेसिन खरिद गरी देशभरि वितरण गर्न सरकारलाई सघायो । त्यसका लागि एक हजार जनाभन्दा बढी नर्स, चिकित्सक तथा अन्य प्राविधिकलाई तालिम दिई सेवा विस्तारमा महìवपूर्ण भूमिका निर्वाह ग¥यो । आज देशभरि ९० भन्दा बढी केन्द्रमा डाइलायसिस सेवा विस्तार भएको छ । यो सेवाबाट करिब आठ हजार मिर्गौला फेल भएका बिरामीले नियमित डाइलायसिस गराइरहेका छन् । मिर्गौला उपचारको सेवा विस्तारपछि भने अङ्गदान र प्रत्यारोपणमा चरम लैङ्गिक विभेद भएको पाइएको छ । पङक्तिकारले वीर अस्पतालमा ९९ जनाको मिर्गौला प्रत्यारोपण गर्दा ९० प्रतिशत दाता महिला र ९० प्रतिशत ग्रहणकर्ता पुरुष थिए । लैङ्गिक शोषणको यति चरम सीमा अरू क्षेत्रमा बिरलै पाइन्छ होला । यसलाई न्यूनीकरण गर्न पुरुष अङ्गदातालाई आर्थिक सहायता दिने, महिला पुरुष समाजमा समान हुन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत विगत १६ वर्षदेखिको प्रयास तथा प्रत्यारोपण नियमावलीमा मस्तिष्क मृत्यु भएका अङ्गदाताबाट प्राप्त हुने मिर्गौला पुरुषलाई भन्दा महिलालाई तीन गुण बढी अङ्क दिने व्यवस्था भएबाट अङ्गदान र प्रत्यारोपणमा कायम लैङ्गिक विभेदमा केही कमी अवश्य आएको छ । हालसम्मको तथ्याङ्क हेर्दा केन्द्रमा एक हजार २१४ जनाको मिर्गौला प्रत्यारोपण भएकोमा ग्रहणकर्ता ८० प्रतिशत (९५९ जना) पुरुष छन् भने महिला २० प्रतिशत (२४५ जना) मात्र रहेका छन् । मिर्गौला दातामा भने २७ प्रतिशत (३२८ जना) पुरुष र महिला ७३ प्रतिशत (८७६ जना) रहेका छन् । उदार कानुन छ । महिलाका सबै अधिकारका लागि निरन्तर प्रयास भइरहेका छन् तर महिला पुरुषले व्यवहारमा समान अवसर भने पाउने कहिले ? सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकै अगुवाइमा देशको सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य भइरहेको छ । केन्द्रको नेतृत्वमा गण्डकी प्रदेशको पोखरामा र कर्णाली प्रदेशको सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी, बागमती प्रदेशको हेटौँडा, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको छ । केन्द्र स्थापना भएको १२ वर्ष नपुग्दै एक हजार दुई सय जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण भई ९९ प्रतिशत सफलता प्राप्त भएको छ । केन्द्रमा मिर्गौला प्रत्यारोपण निःशुल्क हुनु र वार्षिक दुई सय जनासम्मको प्रत्यारोपण सेवा उपलब्ध हुनुले केन्द्र संसारकै ठुलो प्रत्यारोपण केन्द्रमध्ये एक भएको प्रमाणित हुन्छ । मिर्गौला प्रत्यारोपणको वार्षिक माग करिब तीन हजारसम्म रहेको छ । केन्द्रबाट दुई सय जना र अन्य अस्पतालबाट सय जना गरी जम्मा तीन सय जनाको मात्र वार्षिक मिर्गौला प्रत्यारोपण हुने गरेको छ । माग अनुसार यो अत्यन्त न्यून सङ्ख्या हो ।सन् २००८ मा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा धेरै केही महिनामै मृत्युवरण गर्न पुग्थे । यो तथ्याङ्कको ठिक विपरीत केन्द्रमा अब ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण गरेकाहरू र ९५ प्रतिशत डाइलायसिसमा बसेकाहरूको जीवन बचाउन सकिएको छ । यसले नेपालमा मिर्गौला उपचारले फड्को मारेको प्रमाणित हुन्छ तर यस सेवालाई केन्द्रमा मात्र सीमित नराखी देशको सात वटै प्रदेशमा विस्तार गरी सबैको पहुँचभित्र ल्याउन सके मात्र सही अर्थमा गरिब नेपाली दाजुभाइ, दिदीबहिनीको उद्धार हुने थियो । यसका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको यस राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवन हुनु पर्छ । यसको खाँचो केन्द्रलाई छ । देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि जरुरी छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले मिर्गौला स्वस्थ राख्न नियमित शारीरिक व्यायाम गर्ने, खानामा परहेज गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान र मध्यपान नगर्ने, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, चिकित्सकको परामर्शबिना नदुख्ने औषधी तथा एन्टिबायोटिक आदिको सेवन नगर्ने, प्रशस्त मात्रामा पानी पिउने, कम्तीमा वर्षको एक पटक मिर्गौला तथा अरू अङ्ग स्वास्थ्य छ कि छैन भनी चिकित्सकीय जाँच गर्नु पर्छ । उल्लिखित नियम पालना ग¥यौँ भने मिर्गौला तथा अन्य अङ्ग फेल हुनबाट बच्न÷बचाउन धेरै मद्दत पुग्छ । आज मार्च १४ तारिख । संसारभरि विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदै छ । यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ । | News | 45,948 |
प्राप्त उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्छ : महामन्त्री थापा | सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । | https://ekantipur.com/news/2024/02/24/all-political-parties-should-unite-to-stop-the-attack-on-the-achieved-achievements-mahamantri-thapa-45-34.html | काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित सूचनाको चलखेल र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताए । उनले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । महामन्त्री थापाले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए । उनले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए ।उनले भने, ‘राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छौं । हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ । यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पुर्याउनुपर्ने हुन्छ । गर्नुपर्छ/ हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी ? भन्नेकुरामा छलफल गर्नुपर्छ । राजनीतिक पार्टीहरु हुनुपर्छ ।’महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताए । | News | 5,402 |
सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने | आगामी साता स्पार्क कारको स्पार्क एडभेन्चरबाट रामेछाप दोलखाबिचमा रहेको सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने भएको छ । | https://gorkhapatraonline.com/news/78950 | बाबुराम शर्मा दोलखा, असोज ३ गते । आगामी साता स्पार्क कारको स्पार्क एडभेन्चरबाट रामेछाप दोलखाबिचमा रहेको सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने भएको छ ।असोज ११ देखि १३ गते तीन दिने प्याकेजमा पर्यटकले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय प्रसिद्धि हुँदाहुँदै पनि ओझेलमा परको सैलुङको चौँरी तथा भेडी गोठ र सैलुङ अन्वेषणसँगै सांस्कृतिक कार्यक्रमको अनुभव लिन सक्ने आयोजक कम्पनी स्पार्क एड्भेन्चरले जनाएको छ ।कार्यक्रम संयोजक अमर दीप भट्टराईले सैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गरेर दोस्रो पटक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको सम्पूर्ण खर्च आयोजकले मिलाएको छ । सहभागीले पनि अपनत्वका लागि सीमित आर्थिक व्यहोर्नु पर्नेछ ।यो कार्यक्रममा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, कलाकार निखिल उप्रेती, सन्दीप क्षेत्री, गायक यशकुमार, गरिमा शर्मा तथा लेखक बुद्धि सागर, ट्राभलर सिर्जना सिज्जु तथा विशिष्ट व्यक्तिहरूलगायत १५० को उपस्थिति र ३५ वटा गाडीको व्यवस्था हुने बताइएको छ । स्पार्क कारले ७७ वटै जिल्लामा भाडामा गाडीको व्यवसाय गर्दै आएको छ भने एडभेन्चरले वर्षमा एक पटक आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम गर्दै आएको छ । गत वर्ष लमजुङको भुजुङमा भीर मह कार्यक्रम गरेको थियो । यसमा दुई सय जना सहभागी र ५० वटा गाडी प्रयोग भएका थिए । | News | 36,712 |
रुसी सेनामा भर्ती भएकालाई फिर्ता ल्याइदिन परिवारको आग्रह | सीटीईभीटीबाट इलेक्ट्रिसियनको तालिम प्राप्त प्रशिक्षक, आफ्नै घरमा चलिरहेको फेन्सी पसल । आमा, श्रीमती र एक छोरासहितको सानो परिवार । पूर्वी नवलपरासी देवचुली नगरपालिका–१३ का ३६ वर्षीय भरत न्यौपानेलाई उतिधेरै हन्डर र ठक्कर थिएन । तर मनमा थिर पनि थिएन । | https://ekantipur.com/news/2024/04/03/family-pleads-for-repatriation-of-conscripts-to-russian-army-43-32.html | परासी — सीटीईभीटीबाट इलेक्ट्रिसियनको तालिम प्राप्त प्रशिक्षक, आफ्नै घरमा चलिरहेको फेन्सी पसल । आमा, श्रीमती र एक छोरासहितको सानो परिवार । पूर्वी नवलपरासी देवचुली नगरपालिका–१३ का ३६ वर्षीय भरत न्यौपानेलाई उतिधेरै हन्डर र ठक्कर थिएन । तर मनमा थिर पनि थिएन ।चिनेजानेका सबैजसो साथीभाइ विदेश गएको देखेर उनी घरमै बसेर भइरहेको राम्रो आम्दानीबाट पनि खुसी भइरहेका थिएनन् । कामको खोजीमा एक पटक दुबई पुगे पनि भनेजस्तो नभएपछि तीन महिनामै नेपाल फर्के । दुबई जाँदाको खर्च, विदेशमै गएर कमाउने हुटहुटीबीच उनी एक्कासि दलालको प्रलोभनमा परेर रुस हान्निए । कतिसम्म भने उनले रुसी सेनामा भर्ती हुने कुरा घरमा समेत भनेका थिएनन् । परिवारका अनुसार दसैंपछि लगत्तै धनगढीमा इलेक्ट्रिसियनको तालिम छ भनेर निस्किएका न्यौपाने काठमाडौंबाट पर्यटक भिसामा दुबई हुँदै रुस जाने योजनामा रहेछन् । तर, त्रिभुवन विमानस्थलमा पर्यटक भिसामा जाने नेपालीलाई कडाइ गरेको थाहा पाएपछि उनी दलालको सहयोगमा भारत हुँदै रुस पुगे । साता दिनपछि श्रीमती सुधालाई ह्वाट्सएपमा कल गरे तर आफू रुस पुगेको बताएनन् । बरु तालिम भइरहेको र गाउँमा फोन नलाग्ने भन्दै झुक्याए । एक दिन कुरै कुरामा सुधाले श्रीमान् नेपाल नभएको पत्ता लगाइन् । अनि थाहा पाइन्, साथीभाइको लहैलहैमा लागेर श्रीमान् रुसी सेनामा भर्ती भई तालिम गरिरहेको । श्रीमान् रुसी सेनामा भर्ती भएको खबरले आत्तिएकी सुधा हिजोआज झनै अशान्त छिन् । ‘कहिले १ महिना कहिले डेढ महिनामा मात्र सम्पर्क हुन्छ । मन आत्तिन्छ,’ उनले भनिन् । सरकारले जतिसक्दो रुसी सेनामा भर्ती भएका नेपाली नागरिकहरूलाई फिर्ता ल्याउन पहल गरोस् भन्ने उनको अपेक्षा छ । भरतकै जस्तो समस्या छ, पूर्वी नवलपरासी विनयत्रिवेणी–७ का ३८ वर्षका भीमबहादुर विकको परिवारमा पनि । नेपाली सेनाबाट सेवा निवृत्त भीम दलालको प्रलोभनमा परेर दसैंअघि नै रुस पुगी भर्ती भए पनि पछिल्लो ६ महिनायता परिवारको सम्पर्कमा छैनन् । उनका दाइ नवराजले श्रीमती र दुई छोराका अभिभावक रुसमा गएर लामो समय सम्पर्कविहीन हुँदा परिवार चिन्तामा परेको बताए । उनले भने, ‘भाइको खोजीका लागि गृह, परराष्ट्रलगायतका सरकारी निकाय धाइरहेका छौं । नेपाल सरकारले जसरी भए पनि फिर्ता ल्याउन पहल गर्नुपर्यो ।’रुस पुगेर सम्पर्कविहीन भएका र बेलाबखत मात्रै परिवारको सम्पर्कमा आउनेहरू पनि आफ्नो उद्धारबारे खुलेर बोलिरहेका देखिन्नन् । देवचुलीका एक परिवारले आफ्नो आफन्ती रुसी सेनामा भएको र तत्काल उद्धार गर्नुपर्ने भए पनि मिडियामा समाचार आउँदा ती व्यक्तिमाथि निगरानी बढ्ने भएकाले खुलेर यसबारे बोल्न गाह्रो भइरहेको बताए । कान्तिपुरसँग सम्पर्कमा आएकी एक महिलाले भने नाम उल्लेख नगर्ने सर्तमा सरकारले फिर्ता ल्याउन नसके दलालमार्फत पनि श्रीमान् फिर्ता ल्याउन पहल थाल्ने बताइन् । | News | 4,426 |
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण | म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् । | https://gorkhapatraonline.com/news/112317 | म्याग्दी, असार २ गते । म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् । क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताउनुभयो । “आराम गरेर बस्न मिल्ने फलामको बेन्च, फुटपाथ, फोहर व्यवस्थापन, चौतारी निर्माण गर्न ८० हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “मेला सञ्चालन गरेर भएको आम्दानीबाट रङ्ग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रङ्गाइएको छ ।” नगद बाहेक क्लबमा आबद्ध १५ जना युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए । फोहर व्यवस्थापन गर्ने डष्टविन पनि राखेको छ । बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ । जङ्गलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ । एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्नसक्ने स्थानीय बताउँछन् । सिङ्गा तातोपानी जाने बेनी-दरबाङ सडकको नजिकै उद्यान रहेको छ । जङ्गलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ । हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ । पैदलमार्गको दायाँ र बायाँ ढुङ्गालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ । उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो । सांस्कृतिक कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । रासस | News | 48,477 |
७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा | भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) को सुरुवात भएको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्वसँग जोडिएको हो । सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पुर्याउन सफल भएको छ । हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा प्रदान गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट सरकारले कर्णालीलाई सिंहदरबारसित प्रत्यक्ष रूपमा जोड्न सफल भएको बताउनुभयो । सिंहदरबारमा आइतबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवाको शुभारम्भ गर्दै उहाँले सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा आगामी दशक सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्नुभयो । | https://gorkhapatraonline.com/news/108577 | काठमाडौँ, जेठ ७ गते । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) को सुरुवात भएको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्वसँग जोडिएको हो । सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पुर्याउन सफल भएको छ । हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा प्रदान गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट सरकारले कर्णालीलाई सिंहदरबारसित प्रत्यक्ष रूपमा जोड्न सफल भएको बताउनुभयो । सिंहदरबारमा आइतबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवाको शुभारम्भ गर्दै उहाँले सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा आगामी दशक सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई सूचना प्रविधिमा आत्मनिर्भर बनाउँदै यस क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गरेर मुलुकको आर्थिकस्तर बढाउन लाग्नुपर्ने बताउनुभयो । डिजिटल रूपान्तरणका लागि दूरसञ्चार सेवा अनिवार्य आवश्यक रहेको भन्दै उहाँले कुनै बेला सरकारले ‘हात हातमा मोबाइल घर घरमा इन्टरनेट’ को नारा ल्याउँदा असम्भव जस्तै ठानिएको विषय अहिले आएर सम्भव भएको उल्लेख गर्नुभयो । “सूचना प्रविधिको अधिकतम उपयोग गरेर मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल हुन सक्छ । यसलाई सार्थक बनाउन सबैको साथ र सहयोगको अपेक्षा सरकारले गरेको छ,” उहाँले भन्नुभयो । नेपालको नयाँ समृद्धिको ढोका खोल्ने प्रदेश कर्णाली भएको भन्दै उहाँले यो प्रदेश आफैँमा थुप्रै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो । मन्त्री शर्माले रारा घुम्न जाने पर्यटकलाई केन्द्रमा राखेर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको प्रबन्ध गर्दा त्यसबाट जिल्लालाई मात्रै नभई देशलाई आर्थिक लाभ हुने बताउनुभयो । “दु्रत गतिको इन्टरनेट सेवा पुग्न बाँकी रहेको जिल्ला अब हुम्ला जिल्ला हो । आउँदो आर्थिक वर्षमा यहाँ पनि हामीले यो सेवा पुर्याउँछौँ । दु्रत गतिको इन्टरनेट सुविधा पुर्याउने भनिरहेका छौँ । अर्कोतर्फ विद्युत्को असुविधा छ । छिटोभन्दा छिटो बिजुलीबत्ती पुग्यो भने यो काम सहज ढङ्गले गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो । सञ्चारमन्त्री शर्माले यहाँका मुख्य पर्यटकीय स्थल तथा जिल्लाका चार वटै पालिकालाई केन्द्रमा राखेर दु्रत गतिको इन्टरनेट सेवा पुर्याउन निर्देशन दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विकट र दूरदराजका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ रूपमा इन्टरनेट पुर्याउने सरकारको दायित्वका साथै नीति रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिलाई समात्न सकिएन भने सरकारले लिएका लक्ष्य हासिल गर्न सकिँदैन । इन्टरनेटको पहुँचले मात्र पुग्दैन, गुणस्तरीय सेवा पनि दिनु पर्छ । यसका लागि तीनै वटा तहका सरकारको आवश्यक समन्वय चाहिन्छ ।” नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले आउँदो वर्ष हुम्लामा समेत टेलिकमको दु्रत गतिको इन्टरनेट सेवा पुर्याउन आफूहरू प्रयत्नरत रहेको जानकारी दिनुभयो । उहाँले दुर्गम स्थानमा बिजुलीको अभावमा सहज रूपमा सेवा विस्तारमा कठिनाइ हुने गरेको भन्दै ती कठिनाइको समाधान गर्न सञ्चार मन्त्रालयलगायत सरोकारवाला पक्षबिच समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।सङ्घीय सांसद ऐनबहादुर शाहीले सरकारले मुगु जिल्लामा टेलिकमले विस्तार गरेको एफटिटिएच सेवाले आमनागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो । जिल्लामा अझै पनि गुणस्तरीय मोबाइलमा टुजी सेवा उपलब्ध नभएको भन्दै उहाँले मोबाइलमा फोन नलाग्ने समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार एक वर्षयता ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला, कालीकोट, रुकुमपूर्व, डोल्पा र मुगुसमेत गरी ७६ जिल्लामा एफटिटिएच विस्तार गरिएको र हुम्लामा पनि चाँडै पुर्याउने गरी काम थालिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७९ माघ ३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आधारभूत डिजिटल पूर्वाधारका रूपमा रहेको दूरसञ्चारको विकासमा ध्यानकेन्द्रित गरेर पहलकदमी लिएको र पहिलो निर्णय नै राजमार्ग क्षेत्रमा दूरसञ्चारको सहज पहुँच स्थापित गर्ने उद्देश्यले ‘हाइवे कभरेज’ कार्यक्रमसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको र त्यसै अनुसार नेपाल टेलिकमले सुधारका काम गरिरहेको छ ।यस्तै मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको काम अघि बढाउने अभियान तीव्र रूपमा सञ्चालन भएको, कोशी प्रदेशभित्र ६८३ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि गत पुसमा धनकुटामा कोशी खण्डको महामार्ग उद्घाटन गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उद्घाटनको तयारी छ । मध्यपहाडी लोकमार्गको गण्डकी र लुम्बिनी खण्डमा निर्माणको जिम्मा लिएको कम्पनीले काम नगरी उल्टै अदालत गएकाले केही वर्ष अवरुद्ध हुन पुगेकामा केही समयअघि यो मुद्दा सरकारले जितेकाले अब चाँडै काम सुरु गर्ने आधार तयार भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्य अन्तर्गत हालसम्म १५ हजार किलोमिटरसहित देशभर २५ हजार किलोमिटर भूभागमा अप्टिकल फाइबर बिछ्याउने कार्य पूरा भएको छ । नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रूपमा विकास गर्नका लागि १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने नमुना जिल्ला कार्यक्रम सुरु गरिएको छ । दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको र दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ र सेवाप्रदायकबाट पनि कुल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने गरी ऐन संशोधनको काम भइरहेको मन्त्रालयले जनाएको छ । फाइभजीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको र त्यसबाट फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजस्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सरकारको छ । फ्रिक्वेन्सी नीतिलाई परिमार्जन गरी जारी गरिएको फ्रिक्वेन्सी नीति, २०८० को कार्यान्वयनबाट २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागु हुने र त्यसबाट राजस्वमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा सरकारको छ । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली पनि संशोधन गरी सम्पत्तिको व्यवस्थापन गर्नुको साथै प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने र सीमित प्राकृतिक स्रोतका रूपमा रहेको राज्यको महत्वपूर्ण सम्पत्ति रेडियो फ्रिक्वेन्सीको दुरूपयोग रोक्न नीतिगत व्यवस्था गरिएको छ । सूचना तथा सञ्चार प्रविधि नीति २०७२, दूरसञ्चार नीति २०६० र ब्रोडब्यान्ड नीति २०७१ लाई पुनरवलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ । विदेशबाट ब्यान्डविथ खरिदलाई थप प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औसतमा वार्षिक डेढ अर्ब बचत हुने अवस्था सिर्जना भएको छ । यसबाट सेवाप्रदायकको लागत कम हुँदै जाँदा उपभोक्ताले तिर्ने शुल्क घटाउँदै लैजान सकिने विश्वास मन्त्रालयको छ । | News | 34,524 |
लिलाम नहुँदा लाखौँ मूल्य बराबरको काठ कुहिँदै | यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् । | https://gorkhapatraonline.com/news/15536 | प्रतीक इच्छुक शर्मासल्यान, जेठ २७ गते । यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् ।जिल्लामा अहिले मुद्दा फैसला भइसकेको ५ सय क्युफिट र फैसला हुन बाँकी तीन सय क्युफिट गरी ८ सय क्युफिट काठ मौज्दात छ । डिभिजन वन कार्यालय सल्यान मुद्दा शाखाका विजय मुलामीले काठ तस्करी मुद्दामा पक्राउ परेको काठ, फायर लाइनमा ढलेर अवरुद्ध गरेका रुखहरु काटेर नजिकको कार्यालयमा राख्नेगरेको वताउनुभयो ।उहाँकाअनुसार लिलामका लागि पटक पटक सूचना जारी गर्दा पनि कुनै निकायले निवेदन नदिएको र मुद्दा चलिरहेको अवस्थामा त्यसको किनारा नलागुन्जेल केही गर्न मिल्दैन । मुद्दा किनारा लागिसक्दा काठ पनि कुहिसकेको हुन्छ ।डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले लिलाम गर्दा काठको गुणस्तर धेरै खस्किसकेको हुँदा कुनै निकायले खरिद गर्न इच्छा व्यक्त नगरेको वताउनुभयो । उहाँका अनुसार मुद्दा प्रक्रिया समय लाग्दा काठ कुहिने समस्या रहेको छ । आर्थिक वर्ष २०७२–७३ देखि काठ लिलाम हुन नसकेको मुलामीले बताउनुभयो । | News | 62,920 |
गुल्मीको कालीगण्डकीले विद्यालय बन्द गरे कारबाही गर्ने | गुल्मीको कालीगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित पठनपाठनको हक अधिकारलाई बञ्चित नगर्नको लागि नियमित विद्यालय सञ्चालन गर्न यहाँका सबै विद्यालयलाई अनुरोध गरिएको छ । | https://gorkhapatraonline.com/news/79240 | रमेश विश्वकर्मागुल्मी, असोज ५ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित पठनपाठनको हक अधिकारलाई वञ्चित नगर्न नियमित विद्यालय सञ्चालन गर्न यहाँका सबै विद्यालयलाई अनुरोध गरिएको छ ।गत भदौ २७ गते सङ्घीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को सम्बन्धमा असहमति जनाई यस गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत सङ्गठनहरुले असोज ३ गतेदेखि गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंमा भइरहेको आन्दोलनलाई सहयोग गर्ने जनाएका थिए ।शिक्षक कर्मचारीका पीरमर्काका विषयमा पालिका संवेदनशील रहेको भन्दै जायज मुद्दा सम्बोधनमा पालिकाले सक्दो सहयोग गर्ने अध्यक्षले वेदबहादुर थापाले बताउनुभयो । शिक्षकले आफ्नो अधिकार खोज्ने क्रममा विद्यार्थीको अधिकार हननतर्फ सचेत रहन आग्रह गर्नुभयो । शिक्षक तथा विद्यालय कर्मचारीहरुको विषयमा कार्यपालिकामा व्यापक छलफल भएको उहाँले बताउनुभयो ।नेपाल सरकारको २०६८ जेठ ११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा नं. ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो । | News | 42,197 |
भानुभक्तको घर भग्नावशेषमा परिणत | नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका –४ स्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भएपनि आगोलागीले खण्डहर भएको वर्षौं बितेपनि पुनरनिर्माण हुन सकेको छैन । | https://gorkhapatraonline.com/news/18789 | अमरराज नहर्कीतनहुँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका –४ स्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगोलागीले खण्डहर भएको वर्षौं बिते पनि पुनर्निर्माण हुन सकेको छैन । देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयको भनाइ छ । भानुको घर झारले ढाकेको छ । घरमा प्रयोग भएका काठका झ्यालढोका डढेलोले खाएको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयको भनाइ छ । भानुभक्तको घर भग्नावशेष मात्रै देख्दा मन रोएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । केही समयअघि अन्तर्राष्ट्रिय कवि सम्मेलन चुँदीरम्घामा गर्दा भानुभक्तको घर संरक्षणविहीन भएको देखेर स्वदेशी तथा विदेशी साहित्यकार मन भारी भएको पाएको उहाँले बताउनुभयो । ‘‘सरकारले तुरुन्तै बजेट विनियोजन गरेर घरको पुनर्निर्माण गर्नुपर्ने हो तर त्यसमा ध्यान नदिनु भनेको भानुप्रतिको अपमान हो’’ अध्यक्ष अधिकारीले भन्नुभयो । अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले त्यहाँ पुग्दा भग्नावशेष घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताउनुभयो । भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको अनुभूति भएको उहाँले बताउनुभयो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थललाई भानुधामको रुपमा विकास गर्ने योजना अन्तर्गत चाँडै नै भानुको घर पुनर्निर्माण गरिने बताउनुभयो । ‘‘सङ्घ सररकारले नै घर बनाउन ध्यान दिनुपर्ने हो पहिले बनाउन नसके पनि अब हामी पुनर्निर्माण गर्छौ’ नगर प्रमुख त्रिपाठीले भन्नुभयो । २०५२ सालमा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको रुपमा नयाँ गठन गरेको छ । समितिले २०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो । २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा.रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खनन्को क्रममा घडेरीसम्मको जगको अवशेष, मूलढोकाको सँघार, थाम अड्काउने इलम ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पीलगायतका फेला पारिएका सबै सामग्री चुँदी रम्घाबेंसीको समितिको कार्यालयमा राखिएको छ । जङ्गलबीचको खरको छानाको उक्त घर २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो । २०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो । ६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनि शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । जङ्गल बीचमा घर रहेकाले पुनर्निर्माण गर्दा आगोबाट सुरक्षित हुने किसिमको बनाउन जरुरी रहेको स्थानीय तहले मात्रै घरको पुनर्निर्माण गर्न कठिन भएकाले सङ्घीय वा प्रदेश सरकारको सहयोग आवश्यक रहेको समितिका अध्यक्ष ऋषिराम पन्तले बताउनुभयो । | News | 62,472 |
गृहमन्त्री लामिछानेका कारण अन्य सहकारी ठग्नेविरुद्ध पनि मुद्दा चलेन : प्रमुख सचेतक लेखक | प्रतिनिधिसभाको तेस्रो अधिवेशन सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको मागका बीच सकिएको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएपछि सदनका कामकारबाहीमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । | https://ekantipur.com/news/2024/04/25/due-to-home-minister-lamichhane-the-case-against-other-co-operative-fraudsters-was-not-prosecuted-chief-whistleblower-writer-45-14.html | काठमाडौँ — प्रतिनिधिसभाको तेस्रो अधिवेशन सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको मागका बीच सकिएको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएपछि सदनका कामकारबाहीमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।कांग्रेसले आगामी बजेट अधिवेशनमा पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्न समिति मागको मागलाई अझ कडाइका साथ उठाउने घोषणा गरेको छ । लामिछानेका कारण सहकारीको रकम ठग्ने अन्य व्यक्तिविरुद्ध पनि मुद्दा नलच्ने अवस्था आएको भन्दै कांग्रेसले आफ्नो मागलाई थप कडाइका साथ उठाउने बताएको छ । रुपन्देहीको सुप्रिम सहकारीबाट कानुनविपरीत रकम लिएर लामिछानेले गोर्खा मिडियामा लगाएको प्रमाण प्राप्त हुँदा पनि प्रहरीले मुद्दा दायर नगरेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । लामिछानेले जसरी प्रक्रिया पूरा नगरी सहकारीको बचत लिने र फिर्ता नगर्ने, अपचलन गर्नेविरुद्ध मुद्दा नचल्ने अवस्था भएकाले कांग्रेसले संसद्को आगामी अधिवेशनमा अझ कडाइका साथ आफ्नो माग उठाउने लेखकले घोषणा गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै लेखकले कांग्रेसले आवश्यक परेमा रवि लामिछानेमाथि मुद्दा नचल्दा कुन-कुन सहकारी ठगहरूविरुद्ध मुद्दा चल्दैन भन्ने नामावली सार्वजनिक गर्ने बताए । 'एकजना मानिसका कारणले सहकारीको सम्पत्ति हिनामिना गर्ने तमाम मान्छेमाथि मुद्दा नचल्ने स्थिति बन्यो । सहकारीबाट ऋण लिने कुनै पनि प्रक्रिया पूरा नगर्ने, ऋण लिन नपाउने मान्छे प्रक्रिया पूरा नगरेर सहकारीको पैसा अपचलन गरेको, दुरुपयोग गरेको, हिनामिना गरेको, ठगी गरेका मान्छेमाथि मुद्दा चलाउन सक्नुहुन्न अब,' लेखकले भने, 'किन चलाउन सक्नुहुन्न भन्दा प्रक्रिया नै नपुर्याएर ऋण लिएको मान्छे एक जनालाई प्रतिवादी बनाउनु भएन भने अर्को मान्छेलाई कसरी बनाउनुहुन्छ ? त्यसकारण अहिले पनि जुन अभियोगपत्र दर्ता भएको छ रुपन्देही जिल्ला अदादलतमा त्यो अभियोगपमा एकजना माननीय मन्त्रीजीका कारणले अरु ठग्ने मान्छे पनि बचे ।'रुपन्देही प्रहरीले अभियोगपत्रमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई छोडेको लेखकको भनाइ छ । रवि लामिछानेका कुन-कुन व्यक्तिमाथि मुद्दा चलेन भन्ने प्रमाण कांग्रेससँग रहेको लेखकको भनाइ छ । लामिछानेले सहकारी संचालकको सम्पत्ति बेच्नका लागि अध्यादेश ल्याएर भए पनि कानुनी व्यवस्था गर्ने र बचतकर्ताको पैसा फिर्ता गर्ने बताएका थिए । कांग्रेस प्रमुख सचेतक लेखकले लामिछानेको उक्त भनाइमाथि पनि प्रश्न उठाए । 'तपाईंले इलामको मञ्चमा उभिएर, मिडियाको क्यामेरा अगाडि उभिएर, म सारा संचालकहरूलाई थुनेर सम्पत्ति जफत गरेर तपाईंहरूको पैसा फिर्ता गर्छु भन्या कसैले पत्याउँछ ?,' लेखकले भने, 'तपाईं संचालकको सम्पत्ति जफत गर्ने र पैसा उठाउने, अनि तपाईंले लग्या पैसा के हुने ? तपाईंले गरेको अपचलन र दुरुपयोगको के हुने ?'रवि लामिछानलेले सहकारी कानुन मिचेर ऋण लिएकाले अन्य व्यक्तिहरू पनि कानुनको दायराभन्दा बाहिर रहेको लेखकको भनाइ छ । सरकारले नै सहकारीको रकम ठग्नेमाथि मुद्दा चलाउन नकस्ने अवस्थामा स्थिति पुर्याएको उनले बताए । 'अहिले सरकार जुन ढंगले अगाडि बढिराख्या छ, कहाँनेर सरकार पुर्याउन खोज्दैछ भने सहकारीको रकम ठग्ने, अपचलन गर्ने मान्छेमाथि मुद्दा चलाउन सक्नुहुन्न । त्यो ठाउँमा सरकार पुर्याउँदैछ अनि अब कांग्रेस चुप लागेर बस्ने हो त ?,' उनले भने । सरकार संसद् र जनताप्रति जिम्मेवार हुनुपर्ने लेखकले बताएका छन् । उनले सहकारी ठगीका विषयमा सरकार गम्भीर र चिन्तित भएन भने आगामी दिनमा अवस्था गाह्रो हुने बताए । 'आगामी अधिवेशन ठीक ढंगले संचालन भएन भने त्यसको जिम्मा सरकारले लिनुपर्ने हुन्छ,' उनले भने ।कांग्रेसको अवरोधका कारणले संसद् चल्न सकेन भन्ने आरोप नलगाउन पनि प्रमुख सचेतक लेखकको भनाइ थियो । विगतमा लामो समय संसद् अवरोध गर्ने पार्टीहरूले कांग्रेसलाई आरोप लगाउन नसुहाउने लेखकले बताए ।'कांग्रेसले अवरोध गरेका कारणले अधिवेशन अन्त्य गर्नुपर्यो भन्ने जुन भनाइ छ नि, कमसेकम त्यो पार्टीले यस्तो कुरा नगरोस् जसले संसद्का बैठक अवरोध गर्नेमा गोल्डमेडल प्राप्त गरेको छ,' सत्तारुढ एमालेप्रति लक्षित गर्दै लेखकले भने, 'संसद् अवरोधमा उहाँहरू त स्वर्ण पदक विजेता हो ! हामी त छेउछाउ पनि पुग्दैनौं ।जनता गणना गरेर बस्या छ, कुन अधिवेशनमा कसका कारण कति दिन हाउस अवरुद्ध भयो भनेर ।' | News | 3,900 |
राप्ती हाइड्रोको आइपिओ खुला | राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । | https://gorkhapatraonline.com/news/15190 | काठमाडौँ, जेठ २४ गते । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।त्यस्तै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । | News | 40,899 |
अन्तिम अभ्यास खेलमा इंग्ल्यान्ड विजयी | डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल्यान्डले १ सय ९७ रनको परिमार्जित लक्ष्य ७७ बलको खेल बाँकी छँदै हात पारेको थियो । | https://ekantipur.com/sports/2023/10/03/england-won-the-final-warm-up-match-44-27.html | गुवाहटी — डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल्यान्डले १ सय ९७ रनको परिमार्जित लक्ष्य ७७ बलको खेल बाँकी छँदै हात पारेको थियो ।त्यसअघि रिस टोपलीले २३ रनमा तीन विकेट लिएपछि बंगलादेशले ३७ ओभरमा नौ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । बंगलादेशी इनिङ्सको मध्यमा खेल वर्षाले तीन घण्टा बिथोलिएको थियो ।वान डे विश्वकपको बिहीबारको उद्घाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । न्युजिल्यान्डले सोमबारको अर्को अभ्यास खेलमा दक्षिण अफ्रिकालाई डीएसएल नियमअनुसार सात रनले पराजित गर्यो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै तिरुवन्तपुरममा भएको खेलमा ६ विकेटमा ३ सय २१ रन बनाएको थियो ।जितका लागि ३७ ओभरमा २ सय १९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले चार विकेटमा २ सय ११ रन मात्र बनाउन सक्यो । | Sports | 16,189 |
समर्थकप्रेरित टर्कीको विश्वास | युरोको आफ्नो पहिलो खेलमा प्राप्त जित र समर्थकहरूको अपार उपस्थितिले टर्की एक अर्को राम्रो प्रदर्शनका लागि प्रेरित रहनेछ । | https://ekantipur.com/sports/2024/06/22/supporter-inspired-turkish-faith-33-23.html | डर्टमन्ड — युरोको आफ्नो पहिलो खेलमा प्राप्त जित र समर्थकहरूको अपार उपस्थितिले टर्की एक अर्को राम्रो प्रदर्शनका लागि प्रेरित रहनेछ । टर्कीले आफ्नो दोस्रो खेलमा शनिबार पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले भने इन्ज्युरी समयको गोल मदतमा चेक गणतन्त्रलाई गाह्रोसँग २–१ ले हराएको थियो । फ्रान्सिस्को कोन्सेकाउले खेलको अन्त्यतिर गोल गरेका थिए । त्यसैले प्रतियोगिता अगाडि उपाधिको बलियो दाबेदार रहेको पोर्चुगलमाथि शंका उत्पन्न भएको थियो । रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको पोर्चुगलले छनोटका सबै १० खेल जितेको थियो । यो टिमसँग सबैभन्दा ठूलो सम्पत्तिका रूपमा ३९ वर्षीय जादुयी कप्तान क्रिस्टियानो रोनाल्डो छन् । यस्तै ठूलो आशाकै कारण चेक टिमविरुद्ध जित निस्के पनि पोर्चुगल फिक्का देखिएको थियो । यसपल्ट पोर्चुगलसामु यो भन्दा बलियो प्रतिद्वन्द्वी छ टर्की । टोली भने जर्जियामाथि ३–१ को प्रभावशाली जित निकाल्न सफल रहेको थियो । दसौं हजारको संख्यामा रहेका टर्कीका समर्थक अहिले जर्मनीमा छन् । उनीहरू सबै देशका रातो झण्डासँग मिल्ने गरेर रातै देखिएका छन् । पोर्चुगलविरुद्धको खेलअघि अझ बढी टर्कीका समर्थक जर्मनी आइपुग्ने विश्वास छ । ‘हाम्रा समर्थक जर्जियाविरुद्धको खेलमा अविश्वसनीय रहे । खराब मौसमका बेला पनि ती समर्थक हाम्रा लागि रंगशालामा थिए । अनि हाम्रा लागि ठूलो स्वरमा नारा लगाइरहेका थिए,’ धेरै भूमिकामा खेल्न सक्ने फेर्डीले भने । ‘हाम्रा समर्थक हाम्रा लागि १२ औं खेलाडी हुन्,’ उनी थप्छन् । जर्मनीमा तीस लाखभन्दा बढी टर्की मूलका छन् । सन् ६० को दशकमा टर्कीबाट जर्मनीमा पलायनको क्रम सुरु भएको थियो । जर्मन र टर्कीको फुटबल टिममा पनि धेरै समानता पाइन्छ । जर्मन कप्तान इल्काये गुन्डोगन स्वयं टर्की मूलका हुन् । अर्कोतर्फ टर्कीका मध्यपंक्ति खेलाडी सालिह ओजकन कोलोनमा जन्मेका हुन् । उनी जर्मनीमै बोरुसिया डर्टमन्डका लागि खेल्छन् । टर्कीविरुद्ध पोर्चुगलको खेल खासमा पुस्ता–पुस्ताबीचको खेल पनि रहनेछ, किनभने टर्की पोर्चुगललाई स्तब्ध पार्न चाहन्छ । अहिलेको पोर्चुगल त्यो टिम हो, जसले ठूलो अपेक्षाको बावजुत पनि धेरै ठूला सफलता हात पार्न सकेको छैन । पोर्चुगाली फरवार्ड डिएगो जोटा भन्छन्, ‘कुनै पनि खेल आफैंमा सजिलो हुन्न । टर्कीविरुद्धको खेल फरक हुनेछ । चेक टिमको तुलनामा टर्कीका खेलाडी उत्कृष्ट छन् । त्यसैले हाम्रो आफ्नै खेल पनि माथिल्लो स्तरको हुनुपर्नेछ ।’ चेक गणतन्त्र–जर्जियात्यस खेलअगाडि चेक गणतन्त्र र जर्जिया एक आपसमा भिड्ने छन् । दुवै टिमलाई के राम्रोसँग थाहा छ भने एक अर्को हारको अर्थ प्रतियोगिताबाट बाहिरिने सम्भावना हुनेछ । जर्जिया समूह ‘एफ’ को अन्तिम स्थानमा छ । जर्जिया एक स्वतन्त्र देशका रूपमा पहिलो पटक कुनै ठूलो फुटबल प्रतियोगिता खेलिरहेको छ । पूरा सम्भावना के छ भने जर्जियाले टर्कीविरुद्धको हारमा ठूलो शिक्षा प्राप्त गरेको हुनुपर्छ । बायर्न म्युनिखका पूर्व खेलाडी रहेका विली सागनोल जर्जिया टिमका प्रशिक्षक छन् । उनी भन्छन्, ‘अहिलेको जर्जिया टिममा अलिकति प्रतिभा र अलिकति अनुभव कम रहेको छ । हामीले जति ठूला प्रतियोगिता खेल्नेछौं, हामी उत्तिकै बढी अनुभवी टिम हुनेछौं ।’ पोर्चुगलविरुद्ध गोल गरेका लुकास प्रोभोडसँगै अन्य चेक खेलाडी अबको दोस्रो खेलमा सुधारिएको खेल प्रदर्शन गर्न चाहन्छन् । प्रोभोड आफैं के मान्छन् भने अबको खेलमा सफलता चाख्ने हो भने बढीभन्दा बढी आक्रमण गर्नुपर्नेछ, त्यो पनि सटिक । | Sports | 13,208 |
माओवादीलाई कांग्रेस र राप्रपालाई एमालेको ‘धोका’ : दुवै गठबन्धनमा मत क्रस | सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । | https://ekantipur.com/news/2024/01/26/the-cheat-of-congress-to-maoists-and-uml-to-rpp-cross-votes-in-both-alliances-18-19.html | काठमाडौँ — सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादी चम्पादेवीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । प्रतिपक्षी गठबन्धनबाट राप्रपाका पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गर्दा एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् ।यो विजयसँगै सिटौलाले संसदीय र सत्ता यात्रामा पुनरागमन गरेका छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट लगातार पराजित भएपछि उनको संसदीय यात्रामा अल्पविराम लागेको थियो । कोशीमा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत थियो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मतभार जोड्दा एमालेभन्दा अगाडि थियो । त्यहाँ एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादीको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ थियो । सत्ता गठबन्धनको ५ हजार ४ सय ३६ मतभार थियो भने प्रतिपक्षी एमाले–राप्रपा गठबन्धनको ४ हजार ६ सय ४२ थियो । तर, पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गरे । यसलाई राप्रपाले ‘धोका’ को टिप्पणी गरेको छ ।राप्रपासँग गठबन्धन गरेर एमालेले परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय गराएको थियो तर उनलाई एक प्रदेश सांसद र पाँच स्थानीय जनप्रतिनिधिले मत दिएका छन् । कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसको एक समूहले अन्तर्घात गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री माओवादीलाई दिन नहुने लबिइङमा लागेको कांग्रेसको एक समूहले राष्ट्रिय सभा निर्वाचनमा पनि धोका दिएकाले प्रदेशमा गठबन्धनको औचित्य सकिएको उनको भनाइ छ । राष्ट्रिय सभा परिणामले सत्तारूढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादीलाई भने झस्काएको छ । सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई कतिसम्म विश्वास गर्ने भन्नेमा संशय पैदा भएको प्रतिक्रिया दिए । कोशीको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रिय सभा निर्वाचनको परिणाम हेर्दा कांग्रेसमाथि संशय पैदा भएको र त्यसको हल निकाल्नुपर्ने उनको भनाइ छ । ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट यस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘यसअघि मुख्यमन्त्री चयन गर्दा हाम्रो दलका नेता इन्द्र आङ्बोलाई बनाउने गरी गठबन्धनले निर्णय लियो । कांग्रेसको एउटा समूहले एमालेको समर्थन लिएर सरकार बनायो र पनि हामीले समर्थन गरिदियौं । अहिले कांग्रेसमा त्यही प्रवृत्ति दोहोरियो, आफ्ना उम्मेदवार जिताउने र हामीलाई हराउने गर्दा अविश्वास बढ्यो ।’ प्रतिपक्षी एमाले र राप्रपा गठबन्धनमा पनि धोका भएको भन्दै असन्तुष्टिको स्वर आएको छ । राप्रपाको भोट लिएर एमालेले आफ्ना उम्मेदवार रुक्मिणी कोइरालालाई जिताएको तर सोहीअनुसार आफ्ना उम्मेदवारलाई भोट नआएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘हामीले इमानदारीपूर्वक मतदान गर्यौं तर एमालेबाट सहमतिअनुरूपको भोट आउन सकेन । धोका भयो ,’ उनले भने । एमालेको जित अन्य राजनीतिक दलसँगको ‘मित्रवत् सहकार्य’ ले सम्भव भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रतिक्रिया छ । उनले आफ्नै भोट थोरै भएको राप्रपाले आफ्ना उम्मेदवार नजित्दा एमालेले राजनीतिक बेइमानी गरेको भन्न नहुने बताए । ‘हामीले जित्नुका पछाडिका कारण एमालेले अहिले कोशीमा अन्य दलहरूसँग गरेको मित्रवत् सहकार्य हो । सांसद र स्थानीय पालिकाका साथीहरूसँग सहकार्य गर्ने व्यक्तित्व उम्मेदवार बनाउनु र एमालेले राष्ट्रियस्तरमा लिएको नीति नै हाम्रो जितको मूल कारण हो,’ उनले भने, ‘एमालेले राप्रपालाई धोका दिएको होइन, इमानदारी देखाएको छ । ३ सय भोट भएकालाई त्यति मतभारसम्म पुर्याएको छ ।’ एमालेका केही मतदाताले आफ्नो उम्मेदवार नभएको सूर्य चुनाव चिह्नमा भोट हालेको विषयमा आन्तरिक रूपमा छलफल हुने खतिवडाको भनाइ छ । राप्रपा प्रवक्ता श्रेष्ठ भने एमालेले उम्मेदवारी दिने बेलादेखि नै ‘राजनीतिक बेइमानी’ को संकेत गरेको बताउँछन् । सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने माओवादी उम्मेदवार पराजित भएको विषयमा अध्ययन हुने बताए । यसअघिको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम स्मरण गर्दै उनले भने, ‘गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार हारेको हो । दुई वर्षअघि पनि कोशीमा गठबन्धनको एउटा उम्मेदवार जितेको, एउटा हारेको र अर्को गोलाबाट जित्नुपर्ने अवस्था आयो । यस पटक करिब ८ सय मतले गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अनपेक्षित परिणाम आएको छ ।’ कोशीको निर्वाचन परिणामले माओवादीभित्र संशय पैदा हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘संगठित रूपमा लागेका हुन् या व्यक्तिगत रूपमा भएका गल्ती हुन् भन्ने अध्ययन गरी सत्यतथ्य खोजीका क्रममा छौं,’ उनले भने । कतिपय प्रदेशमा भने दुवै गठबन्धन एकढिक्का देखिन्छन् । मधेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगानाले ७ हजार ३ सय ७० मतभार प्राप्त गरेर विजयी भए भने जसपाकी पूजा चौधरीले ७ हजार ९ सय २३ मतभार ल्याइन् । मधेशका १ सय ३६ पालिकाको शतप्रतिशत मत आएको थियो भने प्रदेशसभाका १ सय ७ सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ । लोसपाका सांसद अभिराम शर्माले भने मत खसालेनन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर सांसद शर्मा राष्ट्रिय सभाको चुनावमा मत दिन नगएका हुन् । निर्वाचन बिथोल्ने मनसायले प्रभु साहको आम जनता पार्टीले जनकपुर लक्षित प्रदर्शन गर्दा ६० भन्दा बढी कार्यकर्ता पक्राउ परे ।वाग्मतीमा कांग्रेसकी विष्णुकुमारी पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरेर विजयी भइन् । अपांगतर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरे भने दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार पाए । अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरे । काठमाडौंका मेयर बालेन्द्र शाहले मतदान गरेनन् । गण्डकीमा गठबन्धनबाट माओवादी उम्मेदवारले कम भोट पाएर विजयी भए । खुला र अपांगतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार निर्वाचित हुँदा महिलातर्फ माओवादीका मनरूपा शर्मा विजयी भइन् । यी तीन उम्मेदवारका मतदाता गठबन्धनका हिसाबले एउटै भए पनि सबैभन्दा कम भोट पाउने भने माओवादीकी शर्मा रहिन् । उनले ३ हजार ६ सय ६० मतभार पाइन् भने कांग्रेसका श्रेष्ठले ३ हजार ८ सय ८ र परियारले ३ हजार ७ सय ७४ मतभार पाए । गण्डकीमा कुल मतभार ६ हजार १ सय ४० थियो । यहाँ ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० मतदाता थिए । केही मत बदर भएको थियो भने केही मतदाताले ‘भोट क्रस’ गरेका थिए । कुल २ सय ३० मध्ये २ सय २९ जनाले मत खसाले । सहकारी ठगीमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानमा अनुपस्थित रहे । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झन्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ । गण्डकीमा राष्ट्रिय सभाको रिक्त तीन क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ उम्मेदवार चुनावी मैदानमा थिए । लुम्बिनीमा भने सत्ता गठबन्धनका दुवै उम्मेदवारले समान मत प्राप्त गरेर विजयी भएका छन् । माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सापकोटाले समान ५ हजार ४ सय ३५ मतभार प्राप्त गरे । लुम्बिनीमा प्रदेशसभा सदस्यतर्फ ८७ मतदाता रहेकामा शतप्रतिशत मत खसेको थियो । स्थानीयतर्फ २ सय १८ मतदातामध्ये २ सय १६ जनाले मत खसालेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । १ सय ६ मतभार बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय अनुपस्थित रहे । कर्णालीमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भए । यहाँ माओवादीका विष्णु विकले ३ हजार ८ सय १७, एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७ सय २२ र कांग्रेसका कृष्णबहादुर रोकायले ३ हजार ८ सय ७० मतभार प्राप्त गरे । कर्णालीका ७९ स्थानीय तहका कुल १ सय ५८ र प्रदेशसभाका ४० मतदातामध्ये १ सय ५६ जनाले मतदान गरेका थिए । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र जाजरकोटको नलगाड उपप्रमुख सरिता सिंहको निधन भएको थियो । सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा माओवादीका रेनु चन्द विजयी भएका हुन् । यहाँ बोहराले ४ हजार ३ सय २८ मतभार प्राप्त गरेका थिए । भट्टले ४ हजार ४ सय १९ र चन्दले ४ हजार ४ सय ५३ मतभार प्राप्त गरे । यहाँ स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ र प्रदेशसभाका ५२ जनाले मतदान गरे । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान गरेनन् । बाजुराको स्वामीकार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ । | News | 6,167 |
अस्थिर नीतिको भुमरीमा क्यासिनो | कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको बन्दाबन्दी र निषेधाज्ञाले लगभग शून्यमै पुगेको नेपालको होटल व्यवसायले बिस्तारै गति लिन थालेको छ । फस्टाउँदो पर्यटनलाई पछ्याउँदै यो क्षेत्र पनि विस्तारित बन्दै छ । पाँचतारेसहित अन्य सुविधासम्पन्न होटल खुल्न थालेका छन् तर पाँचतारे होटल स्थापनामा लागेका व्यवसायीहरू निराश छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मै निर्माणाधीन होटलका सञ्चालकमा निराशा छाएको छ । | https://gorkhapatraonline.com/news/92756 | क्यासिनोलाई व्यवस्थित किसिमले अध्ययन र अनुसन्धान गरी दिगो नीति नियम ल्याइनुपर्ने अहिलेको आवश्यकता हो । एउटाले काम गर्छ र अर्कोलाई चित्त बुझ्दैन । यस्तो गर्दा समस्या हुन्छ । हुन त सरकारले क्यासिनोसम्बन्धी नियमावली बनाउँदै छ । यसमा दिगो रूपमा सम्बोधन गर्नुपर्ने सरोकारवाला बताउँछन् ।कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको बन्दाबन्दी र निषेधाज्ञाले लगभग शून्यमै पुगेको नेपालको होटल व्यवसायले बिस्तारै गति लिन थालेको छ । फस्टाउँदो पर्यटनलाई पछ्याउँदै यो क्षेत्र पनि विस्तारित बन्दै छ । पाँचतारेसहित अन्य सुविधासम्पन्न होटल खुल्न थालेका छन् तर पाँचतारे होटल स्थापनामा लागेका व्यवसायीहरू निराश छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मै निर्माणाधीन होटलका सञ्चालकमा निराशा छाएको छ । होटल निर्माणमा दुई सय करोड रुपियाँभन्दा बढी खन्याइसकेका व्यवसायीमा होटल निर्माण सुरु गर्दाको उत्साह अहिले छैन । यसो हुनुको मुख्य कारण नेपाल सरकारको अस्थिर नीतिगत प्रणाली नै हो । सरकारले नयाँ क्यासिनो सञ्चालनमा थप कडाइ गर्ने तयारी गरेपछि धेरै व्यवसायी तनावमा छन् । अर्बौं खर्च गरेर सुरु गरेको सपना पूरा हुने बेलामा आएको अवरोधले होटल व्यवसायीमा तनाव बढेको छ । क्यासिनो सञ्चालनका लागि तोकिएको दुरीलाई झनै बढाएर नयाँ व्यवस्था गर्न लागिएपछि यसअघिको प्रावधान अनुसार निर्माण सुरु गरेका व्यवसायीमा तनाव बढेको हो । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह अहिले एकपछि अर्को होटल खुलिरहेको भन्दै व्यक्तिगत फाइदाका लागि नियम बन्न नहुने बताउनुहुन्छ । क्यासिनोको लक्ष्य भनेकै भारतीय नागरिक भएको भन्दै उहाँले बढीभन्दा बढी भारतीयलाई ल्याएर क्यासिनो खेलाउनु नै समग्रमा राम्रो हुने बताउनुहुन्छ । भारतीयलाई लक्षित गरेर खोलेपछि शून्य किलोमिटरमै खोले पनि के फरक पर्ने हो र ? जति नजिक भयो त्यति पर्यटक आउने हो । आखिर नेपाली जान पाउने होइनन् । जान पनि दिइँदैन । यसबाट राज्यलाई राजस्व आउने, रोजगारी सिर्जना हुने, समाजका विभिन्न वर्गलाई फाइदा पुग्ने पक्का छ । यसले क्यासिनो चलाउनेलाई मात्रै फाइदा पुग्ने त होइन ।क्यासिनोलाई व्यवस्थित किसिमले अध्ययन र अनुसन्धान गरी दिगो नीति नियम ल्याइनुपर्ने अहिलेको आवश्यकता हो । एउटाले काम गर्छ र अर्कोलाई चित्त बुझ्दैन । यस्तो गर्दा समस्या हुन्छ । हुन त सरकारले क्यासिनोसम्बन्धी नियमावली बनाउँदै छ । यसमा दिगो रूपमा सम्बोधन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले क्यासिनो सञ्चालनका लागि पाँच किलोमिटरको दुरी तोक्ने व्यवस्थासहित विधेयकलाई अन्तिम रूप दिएपछि होटल निर्माणको काम सुरु गरेका व्यवसायीमा अन्योल बढेको हो, जुन यसअघि तीन किलोमिटरको सीमा थियो । पाँच किलोमिटरको दुरी नभएका क्यासिनोलाई निश्चित समय दिएर हटाउने भनिएको छ । निश्चित समय कति भन्नेबारे भने समितिले निर्णय गरेको छैन । समितिले विधेयकमाथि दफाबार छलफल गरी प्रतिवेदन तयार पार्न एक महिनाअघि ११ सदस्यीय उपसमिति गठन गरेको थियो । त्यो उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमा क्यासिनो सञ्चालनका लागि दुरी तोक्नेबारे केही उल्लेख नभए पनि समितिले पाँच किलोमिटरको दुरी तोक्ने व्यवस्था थपेर प्रतिवेदन पारित गरेको छ ।समितिको प्रतिवेदनकै कारण दुई दर्जनभन्दा बढी होटल प्रभावित हुने देखिएको छ । एउटा क्यासिनोमा चार सयभन्दा बढीले रोजगारी पाउँछन् । त्यस्तै करोडौँ, अर्बांै रुपियाँ कर तिर्ने क्यासिनोलाई अन्योलमा राख्नु विडम्बना भएको व्यवसायीहरू बताउँछन् । सीमा क्षेत्रमा भन्सार छन्, मनी एक्सचेन्ज छन्, अस्पताल छन्, उद्योगहरू छन्, चियाबगान छन्; तिनीहरू सबै सुरक्षित हुने अनि होटल र क्यासिनोहरू कसरी असुरक्षित भए भन्ने व्यवसायीको प्रश्न छ । अधिकांश सीमा क्षेत्रमा खुल्ने सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाउने हो ।समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने व्रmममा क्यासिनो सञ्चालनमा कडाइ गर्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस गर्ने समितिको तयारी छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरी राष्ट्रपतिले प्रमाणीकरण गरेपछि प्रस्तावित व्यवस्थाले कानुनी मान्यता पाउने छ । रोयल्टी नतिर्ने क्यासिनोलाई कस्नका लागि उपसमितिले गरेको प्रस्ताव समितिले जस्ताको तस्तै पारित गरेको छ । क्यासिनो सञ्चालनको इजाजतपत्र प्राप्त व्यक्तिले ग्राहकबाट करबापत कट्टा गरिएको रकम कट्टा भएकै दिन राजस्व खातामा जम्मा गर्नुपर्ने उपसमितिको प्रस्ताव समितिले हेरफेर नगरी पारित गरेको हो । अहिले विभिन्न सात क्यासिनोले सरकारलाई दुई अर्ब २६ करोड रुपियाँ रोयल्टी बुझाउन बाँकी छ । यस्तै कुनै पनि कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने भएका छन् । समितिले पारित गरेको प्रतिवेदन अनुसार एकभन्दा बढी क्यासिनो सञ्चालन गर्नेलाई कुनै एक रोज्न २०८१ चैतसम्मको समय दिइने बताइएको छ । यदि दुवै क्यासिनो सञ्चालन गर्न चाहेमा अलग्गै कम्पनी खडा गर्नुपर्ने छ । त्यसका लागि २०८३ चैतसम्मको समय दिन उपसमितिले प्रस्ताव गरेको छ ।कति छन् होटल र क्यासिनो ?आर्थिक सर्वेक्षण २०७९-८० का अनुसार डिलक्स सहितका पाँचतारे होटल २०७८ फागुनसम्म १६२ रहेकोमा २०७९ फागुनसम्म १७३ पुगेको छ । त्यसै गरी तारेस्तरबाहेकको डिलक्स-लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०७८ फागुनसम्म एक हजार १८३ रहेकामा २०७९ फागुनसम्म एक हजार २२८ पुगेको छ । तारेस्तरका होटलमा रहेका शøयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म ५६० थप भई हालसम्म १६ हजार ३३५ पुगेको छ । यसै गरी तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स-लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शøयाको सङ्ख्यामा चालु आर्थिक वर्षको फागुनसम्म चार हजार ३९३ थप भई हालसम्म ३७ हजार ३० पुगेको छ । २०७९ फागुनसम्म क्यासिनो र मिनिक्यासिनो गरी २८ वटा सञ्चालनमा रहेका छन् । २०७९ असारसम्म यस्तो सङ्ख्या २४ रहेको थियो ।पर्यटक पछ्याउँदै होटलविविध चुनौती र प्रतिकूलताबिच सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्रयाउने सरकारको लक्ष्य पूरा भएको छ । पर्यटनसँगै नङमासुको सम्बन्ध रहेको होटल व्यवसायका पनि दिन फिर्दै छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार १० लाख आठ हजार ६१४ पर्यटक भित्रिइसकेका छन् । यो तथ्याङ्कले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन बिस्तारै बिउँतिँदै छ । महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनरुत्थान भएको हो । सरकारले चालु आवको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याउने उल्लेख गरेको थियो ।हानका अध्यक्ष शाह पर्यटक आगमन उत्साहवर्धक रहेको र आगामी दिनमा थप वृद्धि हुँदा होटल व्यवसायमा समेत ऊर्जा थपिएको बताउनुहुन्छ । एकपछि अर्को ठुला तारे होटल खुल्ने क्रमकाे बहार आएको भन्दै उहाँले एक वर्षमा दर्जनभन्दा बढी नयाँ होटल थपिन लागेको जानकारी दिनुभयो । सरकारको सही र दिगो नीति नियम अवलम्बन हुन सके पर्यटन र होटल व्यवसायले नै अर्थतन्त्रमा बहार ल्याउने उहाँको दाबी छ । विश्वसँगै आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको छ । विभिन्न पेसा व्यवसायमा यसको असर परेको छ । उद्योगदेखि बजारसम्म सुस्तता छाइरहेको छ तर यस्तो चुनौतीलाई पछारेर नेपालको पर्यटन र होटल व्यवसाय जुर्मुराउँदै छ । सिङ्गो अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने यो क्षेत्रलाई बेलैमा सम्बोधन गरी हौसला बढाउन सरकारले कुनै कन्जुस्याइँ गर्नु हुँदैन । पर्यटन क्षेत्रको विकास र विस्तारमा होटल व्यवसायको ठुलो योगदान रहेको हुन्छ । यो तथ्यलाई बेलैमा बुझ्न जरुरी छ ।भ्रमण वर्ष र क्यासिनोसरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाएर ३५ लाख पर्यटक भित्रयाउने लक्ष्य लिइएको छ । चालु आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनुका साथै पर्यटन प्रवर्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । सञ्चालनमा आउन लागेका क्यासिनो सञ्चालकलाई रनभुल्लमा पारेर कसरी भ्रमण वर्ष सफल होला ? कुल पर्यटन सङ्ख्यामा हेर्दा पनि भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको छ । सीमा क्षेत्रमा खुल्दै गरेका क्यासिनोले यसलाई अझै बढाउनेमा कुनै शङ्का छैन । उद्योगको मान्यता दिन मागअर्थतन्त्रमा विशेष योगदान पुर्याउने होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योगसरहको सेवासुविधा प्रदान गर्न व्यवसायीले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले दुई साताअघि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेरै होटल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेका थिए । होटल जस्तो महत्वपूर्ण क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन, २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको जनाउँदै समितिले अबका दिनमा राष्ट्रिया प्राथमिकताप्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो । भेटमा अर्थमन्त्री डा. महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने जनाउँदै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतिजा दिने विश्वास दिलाउनुभएको थियो । | News | 46,182 |
पिपिएको नीतिगत प्रतिवेदनको स्वागत | निजी ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) ले विद्युत् खरिदबिक्री सम्झौतासम्बन्धी नीतिगत परिवर्तन गर्ने नेपाल विद्युत् प्राधिकरणको प्रयासलाई सराहनीय भनेको छ । आइतबार इप्पान सचिवालयमै पत्रकार सम्मेलन गरी इप्पान पदाधिकारीले विद्युत् खरिदबिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदनले विद्यु्त् खरिदबिक्री सम्झौताका विद्यमान जटिलता हटाउने र नयाँ आयोजना निर्माणलाई समेत प्रवर्धन गर्ने निष्कर्ष सार्वजनिक गरेका हुन् । | https://gorkhapatraonline.com/news/74732 | काठमाडौँ, साउन २९ गते । निजी ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) ले विद्युत् खरिदबिक्री सम्झौतासम्बन्धी नीतिगत परिवर्तन गर्ने नेपाल विद्युत् प्राधिकरणको प्रयासलाई सराहनीय भनेको छ । आइतबार इप्पान सचिवालयमै पत्रकार सम्मेलन गरी इप्पान पदाधिकारीले विद्युत् खरिदबिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदनले विद्यु्त् खरिदबिक्री सम्झौताका विद्यमान जटिलता हटाउने र नयाँ आयोजना निर्माणलाई समेत प्रवर्धन गर्ने निष्कर्ष सार्वजनिक गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौतामा नीतिगत रूपान्तरण गरी आयोजना विकासलाई प्रवर्धन गर्ने नीति अनुसार आयोजनाको डिजाइन क्राइटेरिया परिवर्तनलगायतका विषयमा अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । इप्पानले नयाँ प्रतिवेदनले पटके निर्णय गरी पिपिए खुलाउनेभन्दा नीतिगत व्यवस्था गरी समस्याको समाधान निकाल्न खोजेको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नका लागि सन् २०२८ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने साबिक राष्ट्रिय लक्ष्य हासिल गर्न तथा नेपालबाट १० हजार मेगावाटसम्मको विद्युत् भारत निर्यात गर्नसमेत यसले योगदान पु-याउने अपेक्षा गर्नुभयो । प्रतिवदेनमा उल्लिखित ऊर्जा सम्मिश्रणको सीमाभन्दा ३५ प्रतिशत थपसम्ममा आयोजनाको विद्युत् खरिदबिक्री हुन सक्ने व्यवस्थालाई इप्पानले उल्लेख्य भनेको छ । प्रतिवेदनले अर्धजलाशययुक्त आयोजना निर्धारणको मापदण्ड निर्धारणमा पनि सहजता अपनाइएको उल्लेख छ । त्यस्तै पिपिएका निमित्त आवश्यक मानिँदै आएको १७.५ प्रतिशतको स्वपुँजी प्रतिफल (रिर्टन अन इक्विटी) को न्यूनतम मापदण्ड नै हटाइँदा स्वदेशी लगानीबाट नै ठुला आयोजना बनाउन सरकार उत्सुक रहेको महसुस भएको र यो निर्णय स्वदेशी लगानीकर्ताका लागि कोसेढुङ्गा नै हुने उल्लेख छ । प्रतिवेदनले विद्युत्को आन्तरिक खपत बढाउन र निर्यातको राष्ट्रिय लक्ष्य पूरा गर्न प्रसारण लाइन संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने तथा वन तथा वातावरणसम्बन्धी कानुनी समस्यालाई प्राथमिकताका साथ निराकरण गर्ने विषयलाई समेटिएकामा पनि इप्पानले खुसी व्यक्त गरेको छ । कोभिड महामारी र तरलता सङ्कटको कारण देखाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको पिपिए खारेज गर्न नहुने बताएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी इप्पान अध्यक्ष गणेश कार्कीले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेको तर त्यस्ता आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) र अनुमतिपत्र खारेज गर्ने निर्णय न्यायसङ्गत नभएको बताउनुभएको हो । यस्ता आयोजनालाई एक वर्षको विशेष अवधि थप गर्न माग गरिएको छ । आयोजनाको अध्यययन तथा अन्य व्यवस्थापकीय कार्यमा निजी क्षेत्रले करोडौँ रुपियाँ लगानी गरिसकेको हुने तर बिचमै पिपिए खारेज हुँदा समस्या आउने उहाँको भनाइ थियो । | News | 37,062 |