title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
नारीवादी विदेश नीतिको चर्चा
नेपालमा मंगलबार नारीवादी विदेश नीतिको बारेमा चर्चा भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको नारीवादी विदेश नीतिको सम्बन्धमा चर्चा भएको हो ।
https://ekantipur.com/news/2024/05/07/a-discussion-of-feminist-foreign-policy-13-22.html
काठमाडौँ — नेपालमा मंगलबार नारीवादी विदेश नीतिको बारेमा चर्चा भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको नारीवादी विदेश नीतिको सम्बन्धमा चर्चा भएको हो ।कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेकी नेपालको पहिलो महिला परराष्ट्र सचिव सेवा लम्सालले नेपालजस्ता मुलुकहरुमा विस्तारै नारीवादी विदेश नीतिले स्थान हासिल गर्न थालेको बताइन् । उनले लैंगिक समानताका लागि नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उल्लेख गरिन् । उनले लामो समयसम्म लैंगिक क्षेत्रमा लागेका व्यक्तिहरु तथा संस्थाहरूको निरन्तर वकालतपछि नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायिक निकायका साथै निजामती सेवामा महिला प्रतिनिधित्वलाई क्रमशः सुधार गरिरहेको बताइन् । उनले भनिन्, 'लैंगिक समानता हासिल गर्न र हाम्रो परराष्ट्र नीतिले नारीवादी विदेश नीतिको सिद्धान्तहरू समावेश गरेको सुनिश्चित गर्न हामीले अझै लामो बाटो तय गर्न बाँकी रहेको छ ।'अर्की प्रमुख वक्ता राष्ट्रिय सभाका सदस्य तथा पूर्वराजदूत अन्जन शाक्यले महिला सहभागिता प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र र नेपालको संवैधानिक प्रावधानमा जोड दिएकी थिइन् । तर उनले नेपालमा उच्च पदमा महिलाको निरन्तर अभावलाई रहेको बताइन् । 'कानुनी प्रावधानहरूले तल्लो तहमा महिला र केटीहरूमा ठूलो आशा जगाएको छ, उनीहरूलाई भोलिको नेता बन्न प्रेरित गर्दछ,' उनले भनिन् ।सेसिफका कार्यकारी अध्यक्ष तथा पूर्वराजदूत विजयकान्त कर्णले नारीवादी विदेश नीतिसम्बन्धी चर्चा गर्न लागिरहेको कार्यक्रमको उद्देश्य नेपालको परराष्ट्र नीतिको सन्दर्भमा नारीवादी परिप्रेक्ष्यलाई मूलप्रवाहमा ल्याउने, सम्भावित मार्गहरू पहिचान गर्ने र नारीवादी परराष्ट्र नीति सिद्धान्तहरूलाई नेपालको परराष्ट्र नीतिको ढाँचामा एकीकृत गर्ने मार्गचित्र तयार गर्ने सम्बन्धमा संवाद गर्न लागेको जानकारी दिए ।कार्यक्रममा नारीवादी विदेश नीतिको सम्बन्धमा दुई कार्यपत्रहरु प्रस्तुत भएका थिए भने विभिन्न सेसनहरुमा छलफल पनि भएको थियो ।
News
3,594
विराटनगर र जनकपुरबाट श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो ।
https://gorkhapatraonline.com/news/50454
काठमाडौँ, पुस २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो । यस्तै सुर्खेत र धनगढीका श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ । श्रम, रोजगार तथा  सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले आइतबारदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत दिन थालिएको जानकारी दिनुभयो । योसँगै सातवटै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको उहाँले बताउनुभयो । सचिव अर्यालले श्रम स्वीकृति लिनका लागि भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यामा ध्यानमा राखेर अनलाइनमार्फत सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको बताउनुभयो । पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्णरूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्नु पर्दैन । यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए ।    
News
59,219
धार्मिक पर्यटकीय स्थल बनाउन गाैशालामा पूर्वाधार निर्माण
म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ ।
https://gorkhapatraonline.com/news/111885
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ ३१ गते । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गाैशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ । गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रा पछि पुग्न सकिन्छ । गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ । गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा चालु आर्थिक वर्षमा एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाँ बजेटमा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गौशालालाई पालिकाको मुख्य तिर्थस्थल बनाउने योजना अनुसार करिब १२ करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर संघ र पालिकाको ५०/५० प्रतिशत खर्च गर्ने गरी भौतिक पूर्वाधार निर्माण थालिएको हो । चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि पालिकाले २०८० मङ्सिरमा सिमरन इन्फास्ट्रक्चर सप्लायर्स प्रा.लि.सँग आगामी असार २० गते भित्र योजना सम्पन्न गर्नगरी ठेक्का सम्झौता गरेको थियो । जेठको तेस्रो सातासम्म योजनाको ९० प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो । जेठ १० गते सङ्घीय सरकारबाट प्रस्ताव गरिएको बजेटमा समपुरक अनुदानबापत एककरोड ४५ लाख रुपियाँ  विनियोजन भएको र आगामी आर्थिक वर्षको सुरुवातमै ठेक्का लगाएर पूर्वाधार निर्माणमा जुट्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो  । स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तीर्थस्थल, पर्यटकीय क्षेत्र बनाउने र हिन्दुधर्मावलम्बीको ध्यान तान्ने योजना अनुसार पूर्वाधार निर्माणमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल बनाउने, मन्दिर निर्माण गर्ने लगायतका योजना रहेका छन् । गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक सर्किटका रुपमा जोड्ने योजना रहेको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । २०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाईबाट सुरु भएकोमा अहिले ४६ वटा पुगेका छन् । गौशालाको विकासका लागि चारवर्ष अघि आयोजना गरिएको पहिलो गौ महोत्सवबाट सङ्कलित रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट यसअघि पनि केही संरचना बनेका छन् । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा २०७१ सालमा यहाँका स्थानीयवासीको सक्रियतामा गौशालाको स्थापना गरिएको थियो । गाईको संरक्षण गर्ने र गाईको महत्त्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना पालिका अध्यक्ष आचार्यले सुनाउनुभयो । गौशाला, वराह शिवालय, भुमेथान हुँदै जलजला क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अनुरुप अहिले भौतिक पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । गौशालामा व्यवस्थित भौतिक पूर्वाधार निर्माण गरी देश विदेशमा प्रचारप्रसार गरेर मुक्तिनाथ दर्शनका लागि आएका भारतीय हिन्दु धर्मावलम्बीलाई यहाँ आकर्षित  गर्नसकेमा महत्त्वपूर्ण तीर्थीथल बन्नसक्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।
News
48,483
क्राइस्टचर्च मस्जिद आक्रमण: न्यूजिल्यान्डमा बाङ्ग्लादेशी क्रिकेट खेलाडीहरू 'भाग्यले जोगिए'
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए।
https://www.bbc.com/nepali/news-47579738
न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रवार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अल नूर मस्जिद जाँदै थिए। तर आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए। बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ। ढाकाबाट बीबीसी संवाददाता अकबर हुसेन भन्छन् - नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे। न्यूजिल्यान्डकी प्रधानमन्त्रीले "आतङ्ककारी घटना" भनेको सो आक्रमणमा परेर कम्तीमा ४९ जनाको ज्यान गइसकेको छ भने २० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। तीमध्ये कम्तीमा तीन जना बाङ्ग्लादेशी मूलका भएका विवरणहरू प्राप्त भएका छन्। आक्रमणकारीले तारो बनाएका अल नूर मस्जिदमा ४१ जना र लिनउड मस्जिदमा आठ जनाको मृत्यु भएको थियो। 'भाग्यमानी' बाङ्ग्लादेशी टोलीका प्रबन्धक खालिद मशुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो। तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन्। मस्जिदमा आक्रमण "हामीले आतङ्कको त्यस्तो क्षण कहिल्यै देखेका थिएनौँ।" सबै घटना आफूलाई चलचित्रको जस्तो लागेको बताउँदै उनी भन्छन्, "कहीँ पनि त्यस्तो आक्रमण होला भन्ने हामीलाई लागेको थिएन्। हाम्रा १७ खेलाडी त्यहाँ थिए, दुई जना होटलमै बसेका थिए।" टोलीका सदस्य मुश्फिकर रहिमले सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएका र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन्। टोलीका केही सदस्यहरू पत्रकार सम्मेलनमा गएकाले सबै जना सँगसँगै मस्जिद जान ढिलो भएको बताइएको छ। अन्यथा उनीहरू त्यतिबेला मस्जिदभित्र हुने थिए। टोलीसँगै ईएसपीएनका बाङ्ग्लादेश संवाददाता मोहम्मद इसाम पनि थिए। उनी भन्छन्, "हामी उद्यान हुँदै भाग्यौँ र चौरमा सुरक्षित रूपमा फर्क्यौँ।" उनका अनुसार उनीहरूले त्यहाँ एक घण्टा बिताए। "खेलाडीहरूले गोली चलेको सुने, उनीहरूले मानिसहरू ढोकाबाहिर लडेको र बसमुनि लुकेको देखे।" बाङ्ग्लादेशी र न्यूजिल्यान्डका टोलीहरूबीच शनिवारदेखि खेल हुने योजना थियो। तर घटनापछि त्यो स्थगित भएको छ। यसअघि बाङ्ग्लादेशी टोलीका सदस्यहरूले पनि आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका थिए। मुश्फिकर रहिमले पनि सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएको र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन्। सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले बाङ्ग्लादेशी टोलीप्रति सहानुभूति प्रकट गरेका छन्। पाकिस्तानका पूर्वखेलाडी शाहिद अफ्रिदीले क्राइस्टचर्चमा भएको घटनाप्रति दु:ख प्रकट गर्दै बाङ्ग्लादेशी टोली सुरक्षित रहेको थाहा पाउँदा आफूलाई राहत अनुभूति भएको जनाएका छन्।
Others
68,011
बूढानीलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
काठमाडौं बुढानीलकण्ठ नगरप्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नुभयो ।
https://gorkhapatraonline.com/news/13246
काठमाडौं, जेठ ४ गते । काठमाडौं बूढानीलकण्ठ नगरप्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी) बालकृष्ण श्रेष्ठले दुई हजार २२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका निना भेटुवालले एक हजार ३९, नेकपा (माओवादी केन्द्र) डम्बरप्रसाद अधिकारीले ६५९, लोकतान्त्रिक समाजवादी पार्टीका सीताराम विश्वकर्माले २० मत प्राप्त गर्नुभएको छ ।यसैगरी, नगर उपप्रमुखमा एमालेकी अनिता लामा १४ हजार ३१४ मतसहित विजयी हुनुभयो । लामाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिता वाग्लेले ११ हजार ९७२ मत प्राप्त गर्नुभयो । नेकपा (एस) की प्रमिला सापकोटाले एक हजार ८८८, माओवादी केन्द्रकी कमला गौतले ८२७ मत ल्याउनुभयो ।एमालेका तर्फबाट बूढानीलकण्ठ – १ को वडाअध्यक्षमा सुरेन्द्र लामा, २ मा राजेन्द्र श्रेष्ठ, ६ मा रवि खड्का, ७ मा बस नारायण महर्जन, ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी पाण्डे, १० मा नवराज भट्टराई, ११ मा राजु अधिकारी, १२ मा शम्भुप्रसाद भट्टराई र १३ को वडाअध्यक्षमा टीकानारायण श्रेष्ठ विजयी हुनुहुन्छ । काँग्रेसबाट ४ को वडाअध्यक्षमा श्रीराम केसी र ५ मा कृष्ण शाह (ठकुरी) निर्वाचित हुनुभयो । नगरको ३ नं. वडाअध्यक्षमा खानेपानीको धारा निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार आकाश धिताल निर्वाचित हुनुभएको छ ।
News
63,310
मन्त्री ज्वालाका ९ महिना : गतिबिनाको पूर्वाधार, गन्तव्यबिनाको यातायात
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाको नौ महिना पुगेको छ । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण काम झन्झन् सुस्त हुँदै गएका छन् भने इम्बोस्ड नम्बर र लाइसेन्स वितरणजस्ता सार्वजनिक सेवा प्रवाह ठप्प जस्तै छन् । 
https://ekantipur.com/news/2024/01/02/9-months-of-minister-jwala-infrastructure-without-speed-transport-without-destination-03-01.html
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाको नौ महिना पुगेको छ । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण काम झन्झन् सुस्त हुँदै गएका छन् भने इम्बोस्ड नम्बर र लाइसेन्स वितरणजस्ता सार्वजनिक सेवा प्रवाह ठप्प जस्तै छन् । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने स्मार्ट लाइसेन्स वितरण ७ महिनादेखि ठप्प छ । प्रक्रिया पूरा गरेर लाइसेन्स माग गर्ने साढे १३ लाख नागरिकको खल्तीमा अहिले पैसा तिरेको भौचर मात्र छ । यातायातमा स्मार्ट अभ्यास गर्ने भनिएकामा कागजको चिर्कटोलाई नै लाइसेन्स मान्ने अनौठो जमाना आएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल भने माघ दोस्रो साताबाट लाइसेन्स वितरण सहज हुने दाबी गर्छन् । ‘पुस १७ गते जर्मनीबाट कार्ड आउने भन्ने छ,’ भन्छन्, ‘आइपुग्न पाँच दिन लाग्ला, आएपछि पहिला कार्डको गुणस्तर जाँच हुन्छ, त्यसपछि माघ दोस्रो साताबाट प्रिन्ट गरेर वितरण थालिनेछ ।’ जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्तिको ठेक्का लिएको हो । पुरानो ठेक्काअनुसार दुई खेपमा गरी अहिले १२ लाख कार्ड आउने र थप ठेक्कामार्फत १५ लाख कार्ड ल्याइने महानिर्देशक रिजालले बताए । १२ लाखमध्ये पनि पहिलो लटमा ६ लाख र दोस्रो लटमा थप ६ लाख कार्ड आउनेछ । कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको विभागको भनाइ छ । तर, यी कार्ड आए पनि छपाइमा हुने ढिलाइ अर्को समस्या छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार २०७९ भदौदेखिको कार्डसमेत छपाइ हुन बाँकी रहेकाले अहिले नै प्रक्रिया पूरा भएका सेवाग्राहीको पालो आउन अझै दुई वर्ष लाग्ने अवस्था छ ।यातायातमा ‘क्रोनिक’ समस्या लाइसेन्सको भएका बताउँदै मन्त्री ज्वाला भन्छन्, ‘प्रिन्टर, कार्ड र सफ्टवेयरको पहिल्यै ठेक्का भएकाले क्लियर गरेर कार्यान्वयन गर्ने काम भइरहेको छ । सबै समस्या समाधान गरेर कार्ड आउने तयारीमा छ, क्रिसमस र नयाँ वर्षले गर्दा केही ढिलाइ भएको हो ।’ लाइसेन्स प्रिन्ट गर्ने मेसिन अहिले एउटा मात्र छ । थप अर्को मेसिन ल्याउन ठेक्का भएको उनको भनाइ छ । ‘एउटा मेसिनले एक दिनमा करिब ७ हजार हाराहारी कार्ड प्रिन्ट गर्छ । दुईवटा मेसिन भएपछि तीन सिफ्ट गरेर प्रिन्ट गर्छौं,’ उनी भन्छन्, ‘त्यसपछि प्रक्रिया पूरा गरेकालाई तुरुन्त लाइसेन्स प्रिन्ट गरेर दिनेछौं ।’ प्रदेश यातायात कार्यालयहरूले पनि प्रिन्टर किन्ने भएकाले लाइसेन्सको समस्या छिटै समाधान हुने उनको भनाइ छ ।इम्बोस्ड नम्बर लागू गर्ने विषयमा पनि समस्या छ । सरकारले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भने पनि कडाइका साथ लागू हुन सकेका छैनन् । ठेक्का भएको ७ वर्षमा ५५ हजार हाराहारी सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । भौतिक मन्त्रालयले २०७८ कात्तिक २२ मा राजपत्रमा प्रकाशन गर्दै सोही वर्षको मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सूचना जारी गरेको थियो । तर वाग्मती, गण्डकी र लुम्बिनीबाहेकका प्रदेशमा यो नियम सुरु नै हुन सकेको छैन । नम्बर प्लेट जडान सुरु गरिएका प्रदेशमा पनि सरकारले अनिवार्य गर्न सकेको छैन । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका लागि नम्बर प्लेट तयार भए पनि लागू नै हुन सकेको छैन । इम्बोस्ड नम्बर जडानका लागि बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ०७३ जेठ १९ मा ज्वाइन्ट भेन्चरमा ठेक्का लिएको हो । सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने हो । तर अहिलेसम्म त्यसको २.१७ प्रतिशत मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । ०७८ असारमा म्याद सकिएपछि ०८० मंसिर १२ सम्म म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम पूरा नभएपछि फेरि दुई वर्ष थप गरिएको छ । सुरु ठेक्का रकम ४ अर्ब १६ करोड ७९ लाख ५० हजार (मूल्य अभिवृद्धि करबाहेक) रुपैयाँ रहेकामा पछि म्याद थपसँगै २२.५० प्रतिशतले रकम बढाइएको छ । यता, सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन गर्न भन्दै मन्त्री ज्वालाले तामझामका साथ उद्घाटन गरेका थिए । तर, पर्याप्त अध्ययन र पूर्वाधारबिना ल्याइएको भन्दै निकै आलोचना भयो । १८.५ किमिको द्रुत बसको बाटो रंग्याउन र बोर्ड राख्नमै दुई करोड २० लाख खर्च गरियो । कात्तिकमा बन्द भएको द्रुत बससेवा मंसिरबाट पुनः सञ्चालन गरिएको छ । द्रुत बस गुड्ने समय बिहान साढे ८ देखि र दिउँसो साढे ३ देखि दुई–दुई घण्टा तोकिएको छ । तर, जम्मा ३६ वटा बसका लागि अन्य हजारौं सवारीसाधन ट्राफिक जाममा पर्नॅपर्छ । यता कालो सडकमा लगाइएको रातो रंग पनि मेटिँदै गएको छ । मन्त्री ज्वालाकै नेतृत्वमा रहेको पूर्वाधार मन्त्रालय मातहत पर्ने पोखरा–मुग्लिङ र नारायणगढ–बुटवल सडकको समस्या उनी आउनुअघिकै अवस्थामा छ । दुवै सडकमा यात्रा गर्नेले धूलो र ट्राफिक जाममा सास्ती खेप्नुपर्ने बाध्यता छ । नारायणगढ–बुटवल सडकको दुरवस्था उस्तै छ । ११३ किलोमिटर सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिए पनि प्रगति नभएपछि ०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । काममा प्रगति नभए पनि दोस्रो पटक ०८१ असारसम्मका लागि म्याद थपिएको छ ।एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति गर्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो । ०७५ पुस ५ मा सुरु भएको ठेक्काअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने हो । ५ वर्ष बित्दा भौतिक प्रगति ४१ प्रतिशत छ । सम्झौताअनुसार यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । विगतमा गति लिन नसकेका काममा अहिले सुधार भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजनाका प्रमुख चूडाराज ढकालको दाबी छ । ‘तर जुन गतिमा काम हुनुपर्ने हो, त्यो अनुसार हुन सकेको छैन,’ उनले भने, ‘तुलनात्मक रूपमा पहिलाभन्दा केही सुधार छ, अहिले भएको प्रगतिले नपुग्ने भएकाले कामको गति बढाउन दबाब दिइरहेका छौं ।’ अत्यधिक सवारी चाप हुने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा पनि भौतिक प्रगति न्यून छ । आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै ०७७/७८ मा यसको ठेक्का भएको हो । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । आर्थिक वर्ष ०८१/८२ भित्र सकिसक्नुपर्ने गरी १३ अर्ब ६ करोड रुपैयाँमा ठेक्का भएको हो । एडीबीको ऋण सहयोगमा सडकलाई ४ देखि ६ लेनमा स्तरोन्नति गर्न र ७ ठूला तथा २२ साना पक्की पुल निर्माण गर्ने गरी ठेक्का लगाइएको हो । पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । दोस्रो (पश्चिम) खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । पहिलो खण्डको भौतिक प्रगति करिब ४१ प्रतिशत छ । पश्चिम खण्डको प्रगति भने १३ प्रतिशत छ । ‘पश्चिम खण्डमा गत वर्षसम्म प्रगति दुई प्रतिशत थियो,’ ढकाल भन्छन्, ‘ठेकेदारको पुरै व्यवस्थापन परिवर्तन गर्दा निर्माणमा केही सुधार भएको छ, प्रगति केही बढेको छ ।’ अर्को समस्याग्रस्त सडक हो, कमल विनायक–नगरकोट । निर्माणमा प्रगति नभएपछि ठेक्का तोड्ने चेतावनी दिँदै ०७९ चैत १३ मा भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले १४ दिने सूचना निकाल्यो । तर न ठेक्का तोडियो, न सडकै सम्पन्न भयो । अहिलेसम्म यो सडक निर्माणको काम सकिएको छैन । नवौं पटक म्याद थप्दा पनि अझै काम अझै बाँकी छ । सडककै कारण नगरकोट क्षेत्रको होटल व्यवसाय प्रभावित बन्दै आएको छ । यसको ठेक्का ०७१ जेठ २२ मा भएको हो । ठेक्का आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनले संयुक्त लिएका हुन् । सम्झौताअनुसार काम गरिएको भए ०७३ असार ३ मा नगरकोटको सडक पूरा भइसक्थ्यो ।०८० पुस मसान्तसम्म म्याद थप गरिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताए । ‘अहिलेसम्म भौतिक प्रगति ९४ प्रतिशत छ,’ उनले भने, ‘काम भइरहेको छ, पुसभित्र काम सकिन्छ ।’ उनका अनुसार चार सय मिटर खण्डमा कालोपत्र गर्न बाँकी छ । निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ । सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ भने ३२ करोड १० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । दोलखाको मुडे–चरिकोट सडक पनि अपूरो छ । यस सडकको ०७२ सालमा ठेक्का भए पनि काम सकिएको छैन । सम्झौताअनुसार ३० किमि कालोपत्रस्तरमा दुई लेन सडक स्तरोन्नति गर्नॅपर्ने हो । तर, सात पटक म्याद थप्दासमेत आयोजना पूरा भएन । यता पाँचथर, इलाम र धनकुटा जोड्ने रवि–राँके–भेडेटार निर्माण थालेको ५ वर्ष बित्दा सोचेअनुरूप प्रगति छैन । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण ५ वर्ष बित्दा १ सय १ किमि दूरी सडकको प्रगति सोचेअनुरूप छैन । समस्याग्रस्त सडक लमही–घोराही–तुलसीपुरको ठेक्कामा पाँच पटक म्याद थप्दा पनि प्रगति नभएपछि तोडिएको छ । कति काम पूर्वभौतिक मन्त्रीहरूकै पालामा सुरु भए । कति काम अहिले ज्वाला आएपछि थालिए । तर लामो समयदेखि समस्याग्रस्त सडक पूर्वाधारलाई निकास दिन ज्वालाको भूमिका प्रभावकारी देखिएन ।पहिला ढिलाइ भएका आयोजनामा अहिले केही सन्तोषजनक काम भइरहेको मन्त्री ज्वालाको दाबी छ । ‘नारायणगढ–बुटवल सडकमा गत वर्षको फागुनसम्मको प्रगति र अहिलेको प्रगति हेर्दा थाहा हुन्छ, कति प्रगति भयो,’ मन्त्री ज्वाला भन्छन्, ‘पोखरा–मुग्लिङ सडकमा पनि प्रगति पहिलाभन्दा धेरै बढेको छ, तर अत्यन्त राम्रो र उत्साहजनक छ भन्ने स्थिति अझै बनेको छैन ।’ सडक पूर्वाधारमा गत वर्षहरूको तुलनामा केही बजेट घटेकाले पनि काम गर्न समस्या भएको हुन सक्ने पूर्वसचिव तुलसी सिटौलाले बताउँछन् । ‘अध्ययन नगरी द्रुत बस सञ्चालनमा ल्याइयो, जसले गर्दा यो प्रभावकारी बन्न सकेको छैन,’ उनले भने, ‘तर केही नयाँ गर्न सकिन्छ कि भन्ने प्रयास गर्नु भएको छ, पूर्वाधारको क्षेत्रमा काम गर्नासाथ तत्काल परिणाम नदेखिने भएकाले काम गरेको नदेखिएको हुन सक्छ ।’मन्त्रालय समीक्षा
News
6,719
१८ औं एसियाली खेलकुद: तेक्वान्दोकै पथमा कराँते र बक्सिङ
एसियाडमा पदक जितेको इतिहास बोकेका कराँते र बक्सिङ पनि १८ औं एसियाली खेलकुदमा पदकविहीन भएका छन् ।
https://ekantipur.com/sports/2018/08/28/15354223652283551.html
जकार्ता — एसियाडमा पदक जितेको इतिहास बोकेका कराँते र बक्सिङ पनि १८ औं एसियाली खेलकुदमा पदकविहीन भएका छन् ।पदकको भरपर्दो आशा गरिएको दुवै खेलमा सोमबार नेपालको अन्तिम प्रतिस्पर्धा थियो । यसअघि पदक जित्ने बलियो इतिहास बोकेको तेक्वान्दो पदक नजिती जकार्ताबाट स्वदेश फर्किसकेको छ ।कराँते ५० केजी तौल समूहको कांस्यपदक भिडन्तमा पुगेकी अनु अधिकारी जापानी प्रतिद्वन्द्वी मियाहारा मिहोसँग पराजित भएपछि कराँतेबाट नेपालको पदक सम्भावना टुटेको थियो । अनुसहित काताकी चञ्चला दनुवार र कुमितेकी रीता कार्कीले कांस्यपदकका लागि प्रतिस्पर्धा गरेका थिए ।जीसीसी हलको तातामी १ मा कुमिते ५० केजी तौल समूहकी अनुले मिहोसँग आक्रामक खेल खेल्नुअघि लगातार तीन फाइट खेलिसकेकी थिइन् । त्यसमा दुई फाइट जितेकी थिइन् । त्यसले गर्दा मिहोलाई अनुको खेलशैली बुझ्न सजिलो भयो । पदकको फाइटमा भने लगातार अनुमाथि हाबी भइन् । उनी ९–० अंकले पराजित भइन् । अनुले दुई इप्पोन र तीन युकोबाट अंक गुमाइन् । विश्व वरीयताको पहिलो नम्बरमा रहेकी मिहो वल्र्ड च्याम्पियनसिपकी रजत विजेता हुन् ।पहिलो खेलमा मकाउकी चिन चेयुङलाई ५–१ ले हराउँदै क्वाटरफाइनल पुगेकी अनु त्यहाँ चाइनिज ताइपेईकी सियाउसुङ गुसँग पराजित भइन् । ताइपेईकी गु भने उनै मिहोलाई हराउँदै फाइनल पुगेपछि अनुले रिपिचेजको अवसर पाइन् । त्यसमा उनी लाओसकी सिरिभिमोनलाई ३–१ ले हराउँदै पदकतर्फ लम्केकी थिइन् ।साहसिक प्रदर्शन गर्नुका बावजुद ११ औं ढाका सागकी रजत विजेता अनुले क्वाटरफाइनलमा ताइपेईसँग जितिसकेकी खेल गुमाएकी हुन् । उनले युकोबाट अंक लिँदै राम्रो सुरुआत गरिन् । त्यसपछि उनी २–१ ले पछाडि रहिन् । फेरि युकोमा अंक बटुल्दै खेल बराबरी गरिन् । अन्तिम १० सेकेन्ड रोकिन नसक्दा उनी ७–२ ले पराजित हुँदै सेमिफाइनलबाट आउट भएकी थिइन् । यस खेलमा अनुले अन्तिममा इप्पोन र वाजारी खाइन् ।इन्चोन एसियाडको अनुभव बटुलेकी अनुले आफूले पदक जित्नका लागि ज्यानै दिएर खेलेको बताइन् । उनले भनिन्, ‘आज देशका लागि पदक जित्ने भनेर खेलेकी थिएँ । त्यहीअनुसार नतिजा पनि आएको थियो । जापानी प्रतिद्वन्द्वी विश्व नम्बर वान खेलाडी हुन् । उनी पनि अरू पदकबाट टाढिएकाले कांस्य जित्न चाहन्थिन् । म पनि त्यही सोचमा थिएँ । तर अन्तिममा म आफैं चुक्न पुगें । पदक जित्न सकिनँ, यसका लागि ‘सरी’ ।’अनुभवी प्रतिद्वन्द्वी भए पनि नियमित ट्रेनिङ र जापानको वैदेशिक प्रशिक्षणले आफू रिङमा ढुक्क भएर उत्रन सकेको सुनाइन् । त्यो उनले रिङमा प्रमाणित पनि गरेकी हुन् । अनुले अहिले पदक जित्न नसके पनि आउने साग खेलकुदमा पदक जित्ने आशा व्यक्त गरिन् । उनले भने, ‘१२ औं सागमा कराँते समावेश भएन । खेल्न पाइएन । अबको सागमा स्वर्ण जित्ने लक्ष्य छ ।’कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले अनुको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘अनुले निकै राम्रो खेलेकी हुन् । एसियाका उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध यो स्तरमा खेल्नु भनेको धेरै राम्रो हो । यसले हामीलाई हौसला मिलेको छ ।’प्रशिक्षक श्रेष्ठले समग्रमा कराँतेले पदक जित्न नसक्नुको कारण खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर नहुनु र तयारी नपुग्ने भएको बताए । उनले भने, ‘हामी विश्वका उत्कृष्ट खेलाडीसँग फाइट गर्न आउँछौं । तर हाम्रो तयारी दुई महिना पनि हुँदैन । अन्तर्राष्ट्रिय एक्सपोजर भनेको खेलाडीका लागि परीक्षा हो । त्यसबाटै आफ्नो स्तर थाहा हुन्छ । त्यसैले लामो तयारी गरेर आयौं भने मात्र पदक जित्न सकिन्छ । तयारी त हामीमात्र होइन प्रतिद्वन्द्वीले पनि गरेका हुन्छन् । त्यसैले ऊभन्दा अब्बल गर्न सक्छु भन्ने गरी हुनुपर्छ ।’त्यसअघि कराँतेको पुरुषतर्फ ८४ केजीमुनिको तौलमा नेपालका दिवस श्रेष्ठ इरानका जाबिउल्लाह पुरसबसँग ८–० ले पराजित भए ।त्यस्तै बक्सिङमा सोमबार पुरुष ७५ केजी तौल समूहमा दीपक श्रेष्ठ ताइपेईका चियावेई कानसँग अंकका आधारमा ५–० ले पराजित भएसँगै बक्सिङमा नेपालको एसियाड यात्रा सकिएको हो ।सेपाकटाक्रोमेन्स रेगुतर्फ नेपालले समूह चरणका एउटै खेल जित्न सकेन । समूह ‘बी’ मा रहेको नेपालले सोमबार अन्तिम खेल भारतसँग २–० ले गुमायो । नेपालले पहिलो गेम २१–५, दोस्रो गेम २१–१५ ले गुमाएको हो । यसअघि मलेसिया, दक्षिण कोरिया र चीनसँग पराजित भएको थियो । समूह ‘बी’ बाट मलेसिया र कोरिया सेमिफाइनल पुगे । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रूपेश सुनार र सञ्जित धिमालको सहभागिता थियो । नेपालले सेपाकटाक्रोको क्वाडरान्ड इभेन्टमा प्रतिस्पर्धा गर्न बाँकी छ ।स्क्वास मेन्स टिम इभेन्टमा नेपाल सोमबार दक्षिण कोरियासँग ३–० ले पराजित भयो । अमृत थापा मगर कोरियाका योङजिओ कोसँग ११–२, ११–२, ११–४ ले पराजित भए । अर्को खेल राजेन्द्र शाक्यले ली सेयुङटेकसँग ११–०, ११–५, ११–५ ले गुमाएका थिए । तेस्रो खेलमा अरहान्तकेशर सिंह पनि सेन ह्युन लीसँग हारे । उनले ११–४, ११–३, ११–४ ले खेल गुमाए । सोमबारै पाकिस्तानसँग नेपाली टोली ३–० ले नै हारेको थियो । अमृत पाकिस्तानी मोहम्मद असिमसँग ११–२, ११–२, ११–२ ले, ज्ञानु चौधरी पाकिस्तानी अहमद फरिदसँग ११–२, ११–४, ११–१ ले र अरहान्तकेशर इस्रार अहमदसँग ११–५, ११–२, ११–४ ले पराजित भए । नेपालले टिमतर्फ जापानसँग मंगलबार, फिलिपिन्ससँग बुधबार र हङकङसँग बिहीबार खेल्नेछ ।टेबलटेनिस मेन्स टिम इभेन्टमा नेपालले तेस्रो खेलमा लाओसलाई ३–१ ले हराएको छ । अमरलाल मल्लले दुई खेल जित्दा स्यान्टु श्रेष्ठले एक खेल जितेका थिए । तेस्रो खेलमा दीप साउन लाओसका खेलाडीसँगको खेल ३–१ सेटले गुमाएका थिए । अमरले साथाथोनलाई ८–११, ११–७, ११–४, ११–७ ले हराए । स्यान्टुले मोन्गासिंहलाई ११–६, ११–६, ११–३ र अमरले फेरि अर्को खेलमा सेन अर्थिडलाई ९–११, ११–९, ११–९, ११–६, ९–११, ११–३ ले पराजित गरेका थिए ।त्यसअघि लगातार दोस्रो खेल हारेको थियो । अघिल्लो दिन चीनसँग पराजित नेपाल सोमबार उत्तर कोरियासँग ३–० ले पराजित भयो । पहिलो खेलमा राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ कोरियाली जी सङसँगको खेल ११–४, ११–६, ११–६ ले टुंग्याएका थिए । अर्कोमा अमललाल मल्लले यु सङ हमसँगको खेल ११–६, ११–९, ११–७ ले गुमाएका थिए । सिन ह्योक पाकविरुद्धको खेलमा नेपालका दीप साउनले पहिलो सेट ११–३ ले गुमाए पनि पछिल्लो दुई सेटमा उत्कृष्ट खेल्दै अंक बटुले । उनले ११–९, १२–१० ले सेट गुमाएका थिए ।वुमेन्स टिममा नेपाली टोलीले लगातार तेस्रो खेल गुमाएको छ । नेपालले सोमबार हङकङसँगको खेल ३–० ले गुमायो । अघिल्लो दिन मलेसिया र सिंगापुरसँग पनि नेपाल सोही अन्तरमा हारेको हो । नेपाली नम्बर एक नविता श्रेष्ठ हङकङकी ली चिङ वानसँग ११–७, ११–३, ११–३ ले, स्वेच्छा नेम्वाङ भने याम मिन्नी सु वाईसँग ११–६, ११–२, ११–४ ले र रविना महर्जन हङकङकी कारेन लेयसँग ११–६, ११–१, १२–१४, ११–१ ले पराजित भएका थिए । महिलामै नेपालले भियतनामसँगको खेल पनि ३–० ले गुमाएको थियो ।इतिहास र यसपालिका तीनएसियाडको पदक इतिहासमा नेपालले तीन खेलमा मात्र पदक जितेको छ । ती तेक्वान्दो, बक्सिङ र कराँते हुन् । तर तीनै खेलले जकार्ता एसियाडमा एउटै पदक जित्न सकेनन् । पछिल्लो दुई एसियाडमा समेत पदक नजितेको तेक्वान्दोले खाली हात फर्केर पदक शून्यतामा ह्याट्रिक गर्दा बक्सिङ र कराँतेको पनि उही हालत भयो ।एसियाडमा नेपालले जितेको १ रजत र २२ कांस्य तेक्वान्दो, बक्सिङ र कराँतेका हुन् । त्यसमा बक्सिङले ६ र कराँतेले ३ कांस्य जितेका थिए । अरू सबै तेक्वान्दोका हुन् । यसपल्ट तेक्वान्दोका १४ खेलाडीले खेलेका थिए । बक्सिङका लागि सोल एसियाड, १९८६ मा स्व.दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य जितेका थिए । त्यसपछि १९९० को बेइजिङ एसियाडमा चित्रबहादुर गुरुङले कांस्य जित्दै बक्सिङको पदक जितलाई कायम राखेका थिए । यो बेइजिङमा नेपालले जितेको एक्लो पदक पनि हो । ग्वाङझाउ एसियाड २०१० मा दीपक महर्जनले जितेको कांस्यपदक बक्सिङको पछिल्लो एसियाड पदक हो । यस संस्करणमा पनि अरू खेलका खेलाडीले पदक जित्न सकेनन् । त्यस्तै आयोजक जापानले हिरोसिमा एसियाड १९९४ मा कराँतेलाई डेब्यु गरायो । नेपालका लागि कुमिते ६० केजीमाथि तौलमा सीता राईले डेब्यु संस्करणमै कांस्यपदक जितिन् । १९९८ को बैंकक एसियाडमा समरबहादुर गोलेले कांस्य जितेर कराँतेको गौरव कायमै राखे । त्यसपछि एकचोटि इन्चोन एसियाड २०१४ मा कराँतेले कांस्य जितेको थियो । विमला तामाङले व्यक्तिगत कातामा कांस्य जितेर कराँते र नेपालको सान राखेकी थिइन् । इन्चोनमा नेपालले जितेको कांस्य पनि एक्लो पदक हो । एसियाली खेलकुदमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल र श्रीलंकाले मात्र कराँतेबाट पदक जितेका छन् । श्रीलंकाले एक कांस्य जितेको छ, जुन २००२ को बुसान एसियाडमा कातामा थियो ।बक्सिङतर्फ जकार्तामा पुरुष ५ र महिला ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ विमला श्रेष्ठ, पुनम रावल र संगीता सुनुवारले सहभागिता जनाएका हुन् । पुरुषमा तेजबहादुर देउजा, प्रेम चौधरी, भूपेन्द्र थापा, विष्णुप्रसाद घले र दीपक श्रेष्ठ थिए । सबै खेलाडीले प्रतिस्पर्धात्मक बाउट खेल्दै अंकका आधारमा खेल गुमाए । बक्सिङ टोली एसियाडका लागि थाइल्यान्डमा प्रशिक्षण गरेर आएको हो । कराँतेमा ४–४ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कातामा चञ्चला दनुवार र कुमिते ६९ केजीमुनि प्रतिस्पर्धा गरेकी रीता कार्की कांस्यपदकको मुखैबाट टाढा हुनुपर्‍यो । अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन । पुरुषोत्तम बाँस्तोला (काता), कुमितेका सोनाम लामा, विजय लामा, दिवस श्रेष्ठ, सुनीता महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
Sports
28,826
अर्थतन्त्रमा सुधारको खाँचो
अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले मुलुकमा देखा परेको आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था सही ठाउँमा ल्याउन तत्कालीन र दीर्घकालीन उपाय पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले प्राथमिकताका साथ सोच्नुपर्ने चर्चा गर्दै उहाँले २४–२५ वर्षपछि सार्वजनिक वित्तको अवस्था कमजोर हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
https://gorkhapatraonline.com/news/57217
काठमाडौँ, फागुन २९ गते । अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले मुलुकमा देखा परेको आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था सही ठाउँमा ल्याउन तत्कालीन र दीर्घकालीन उपाय पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले प्राथमिकताका साथ सोच्नुपर्ने चर्चा गर्दै उहाँले २४–२५ वर्षपछि सार्वजनिक वित्तको अवस्था कमजोर हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले जनतालाई देश श्रीलङ्का हुन्छ भन्दै डर देखाउनेभन्दा पनि प्रधानमन्त्री र उहाँको टिम हरेक क्षण आफू डराएर अर्थतन्त्रबारे विवेचना गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अबको पाँच वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसके दण्ड र सजाय भोग्न सबै सत्तारूढ दल तयार हुनुपर्ने उहाँको भनाइ थियो ।बजेट विनियोजन र खर्चको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने थापाले सुझाव दिनुभयो । “बैङ्कमा तरलताको अभाव छ, कर्जासँगै ऋण पाउन कठिन छ, प्रत्येक क्षेत्रमा तत्काल कसरी सुधार गर्ने भन्नेतर्फ लाग्नुपर्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा अर्थशास्त्री डा. गोविन्द नेपालले मुलुकको आर्थिक समृद्धिका निम्ति नयाँ सरकार सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्थतन्त्रका सूचक सामान्य हुँदै गएकाले समग्र आर्थिक अवस्था भने सङ्कट उन्मुख भइनसकेको उहाँको भनाइ छ । आर्थिक समस्या समाधान र सुधार गर्न नयाँ सरकारले लगानी आकर्षण गर्ने, पूर्वाधार विकास, रोजगारी वृद्धि गर्न कृषि र पर्यटन केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।    
News
38,749
बाँसबारी जग्गा हिनामिना प्रकरण : सांसद एवं उद्योगी विनोद चौधरीसँग बयान जारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बयान लिइरहेको छ । 
https://ekantipur.com/news/2024/03/21/cib-taking-statements-from-mp-and-industrialist-vinod-chaudhary-46-10.html
काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बयान लिइरहेको छ । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरसीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा बयान लिइरहेको हो । अहिले पनि बयान जारी छ । बुधबार मात्रै (सीआईबी) ले चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । सभामुखलाई जानकारी गराएको भोलिपल्ट बयान लिइएको हो । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गामा सांसद चौधरीको संलग्नताबारे केही दिनयता विस्तृत छलफल भएको र त्यसकै निष्कर्षअनुसार अगाडि बढिएको सीआईबीका एक अधिकारीले बताए । कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो ।अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको छ ।गृहमन्त्री रवि लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गरेर विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन सीआईबीलाई निर्देशन दिएका थिए । लामिछानेले सीआईबीलाई निर्देशन दिएको भोलिपल्ट सांसद चौधरीले प्रतिनिधिसभाको रोस्ट्रमबाट उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए ।यसअघि भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन गत माघ अन्तिम साता च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको थियो ।के हो बाँसबारी जग्गा हिनामिना प्रकरणकपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी छ ।२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो ।यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सीआईबीको अनुसन्धानबाट पत्ता लागेको थियो । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । बाँसबारीको २५ प्रतिशत सेयर पनि लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो ।यस क्रममा चौधरी परिवारका अरू सदस्य हटेर अरुण र पत्नी शिलाको स्वामित्व कायम भएको थियो । २०६६ कात्तिक २५ मा डिल्लीबजार मालपोत कार्यालयबाट हालसाबिक गरेर यो जग्गा अरुण चौधरीसहितका नाममा कायम भएको देखिएको थियो । च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेकामा यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ ।बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।
News
4,728
धर्ममा उच्च, व्यवहारमा विभेद
हिन्दुको महान् पर्व विजयादशमी शक्ति स्वरूपा नवदुर्गा भवानीको धुमधामले पूजा गरी मनाइँदै छ । अर्को ठुलो पर्व दीपावलीमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । हिन्दु धर्मावलम्बीले मनाउने प्रायः चाडपर्वमा नारीलाई ज्ञान, विवेक, धन सम्पत्ति, सौभाग्य तथा शक्ति प्राप्तिको कामना गर्दै पुज्ने गर्छन् । सृष्टि, पालन र संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वरले पनि आफ्नो सौर्य र शक्तिको प्राप्तिका लागि देवीकै आराधना गरेको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ । ‘जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’ भन्ने उक्ति हिन्दु दर्शनमा भेटिन्छ । त्यही दर्शन, धर्म र संस्कृतिको पृष्ठभूमिमा आधारित रहेर चलाइएका हाम्रा रीतिरिवाज र परम्परा समग्र नारीलाई गर्ने व्यवहारमा निकै फरक छन् । धर्मलाई आड बनाएर वा धर्म संस्कृतिको गलत अनुसरण गरेर नेपालमा महिलामाथि विभिन्न धार्मिक, सांस्कृतिक विभेद र हिंसा गरिएको छ । हिन्दु धर्ममा महिलाले रजश्वला हुँदा छुवाछुत नगरी छुट्टै बस्नुपर्ने, विवाहित महिलाले बिहान उठेपछि श्रीमान् तथा अन्य मान्यजनको दर्शन नगरी अन्य काम धन्दा गर्न नहुने, श्रीमान्को खुट्टाको जल नखाई अन्न ग्रहण गर्न नहुने, मन्दिरमा पुजारी भएर बस्न नहुने, वेद पढ्न तथा शङ्ख बजाउन नहुने, दाजुभाइसरह आमाबाबुको काजकिरिया गर्न नहुने, मलामी जान नहुने, विधवाले शुभकार्यको प्रारम्भ गर्न नहुने जस्ता गलत परम्परा अहिले पनि यदाकदा भेटिन्छन् । धर्म, संस्कृति तथा प्रचलनको नाउँमा अझै पनि महिलाले सामाजिक अपमान तथा धार्मिक हिंसा भोग्नु परेको छ । धर्मको नाममा चलाइएका परम्पराबाट महिला प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पीडित हुनु परेको छ । त्यसो त हिन्दु धर्ममा महिलालाई उच्च स्थानमा राखेको छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता खुसी हुन्छन् भनेर हिन्दु धर्मले महिलालाई उच्च सम्मानको दृष्टिले हेरेको हाम्रो जस्तो समावेशी र समानतामा आधारित वैदिक परम्परालाई व्यवहारमा भने गलत तरिकाले अवलम्बन गरिएको पाइन्छ । महिलाको सम्मान गरेर राखिएका व्यवस्था व्यवहारमा कार्यान्वयन भएका छैनन् । संस्कृतिविद्हरूका अनुसार यस्ता परम्परा झट्ट हेर्दा सामान्य लागे पनि यसको पालना गर्दा महिलाले धेरै प्रकारका असमान तथा विभेद सहनु परेको छ । परम्पराको नाउँमा महिलामाथि लादिएका अन्धविश्वास र विभेदपूर्ण व्यवहारले नै महिला पछि परेका हुन् । महिलालाई पछि पार्ने दृष्टिले गरिएका भेदभावपूर्ण व्यवहारलाई भने धर्म वा परम्पराको नाउँमा निरन्तरता दिइएको छ । जसले गर्दा एकातिर परम्परा पालना गर्दा महिलाले आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ भने अर्कोतिर परम्परा पालना नगर्ने हो भने महिलाले अनेकथरीका लाञ्छना सहेर समाजबाट अपहेलित र अपमानित हुनु परेको छ । हालै एक गैरसरकारी संस्थाले गरेको अध्ययनले कतिपय परम्पराले महिलालाई प्रत्यक्ष रूपमा फाइदा हुने देखिए पनि अप्रत्यक्ष रूपमा बेफाइदा पु¥याएको घटना पनि उत्तिकै आउने गरेको तथा धर्म, संस्कृति र परम्पराको नाउँमा भएका दुव्र्यवहार तथा असमान व्यवहारको तीव्र विरोध गरिए पनि त्यसको न्यूनीकरणमा सरकारले त्यति ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ । धार्मिक प्रचलनकै आधारमा भएका दुव्र्यवहारका घटनाविरुद्ध आवाज उठाएर न्यायका लागि आउने प्रवृत्ति पनि बनिनसकेको अधिकारकर्मीहरूको तर्क छ । धर्म र प्रचलनको नाममा दुव्र्यवहार बढे पनि पीडितले त्यसविरुद्ध आवाज उठाएर न्यायको प्रव्रिmयासम्म पनि पुग्दैनन् । महिलाले धर्म, संस्कृति तथा परम्पराका नाउँमा भएका असमान व्यवहार सहेर बस्ने तर त्यसविरुद्ध न्यायका लागि अदालत तथा प्रशासनिक निकायमा कमै मात्रामा जाने गर्छन् । धर्म, संस्कार, परम्पराका नाउँमा हुने अन्धविश्वास, कुरीति र कुप्रथाको विरुद्धमा आवाज बुलन्द पार्दै यस्ता अमानजनक र दुव्र्यवहारपूर्ण प्रथा र प्रचलनको विरुद्धमा स्पष्ट कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा महिला अधिकारवादीले जोड दिँदै आएका छन् । हाम्रो समाजमा अझै छाउपडी, देउकी, कुमारी आदि प्रथा प्रचलनमा छन् । जसबाट महिलामाथि प्रत्यक्ष वा परोक्ष रूपमा शोषण, अन्याय हुने गरेको छ । धर्म तथा संस्कृतिको नाममा चलाइएका प्रथाले महिलाको मानव अधिकार तथा मौलिक हकको स्वतन्त्रतापूर्वक प्रयोगमा बाधा उत्पन्न गरेको छ । प्रथा र परम्पराको नाउँमा महिलाविरुद्ध भेदभाव भएकाले त्यसबाट पीडितको मनभित्र द्वन्द्व सिर्जना गर्ने र त्यसबाट थप समस्या निम्तिने हुँदा पारिवारिक वातावरण अशान्त हुन सक्छ । धर्म, संस्कृति, परम्परा तथा प्रथाको नाममा हुने व्यवहारबाट पनि आन्तरिक द्वन्द्व उत्पन्न हुने तर त्यसको निराकरणका लागि विद्रोह पनि गर्न नसकिने हुँदा धर्मको आधारमा हुने हिंसाको परिणाम नराम्रो हुन्छ । धार्मिक आस्था र मान्यतामा महिलालाई जोडेर भएका प्रचलनले परोक्ष वा अपरोक्ष रूपमा उनीहरूभित्र द्वन्द्व सिर्जना गरेको हुन्छ । नेपालका संस्कृति तथा परम्परा अनुसार महिलाले मात्र पालना गर्नुपर्ने केही त्यस्ता कठोर आचरण, व्यवहार र सामाजिक बन्धनले महिलामाथि मानसिक तथा शारीरिक हिंसालाई बढाउन मद्दत गरेको छ । धर्मले महिलालाई कुनै असमानता, विभेद, अपमान नगरे पनि धर्मसँग जोडेर हेरिने प्रथा, परम्परा र संस्कारको नाममा भएका व्यवहार भने विभेदपूर्ण देखिन्छन् । प्रथा, परम्परा र संस्कार विभिन्न जातजाति, समुदाय वा सम्प्रदायमा फरक फरक हुने गर्दछन् । अन्धविश्वासका कारणले महिलालाई शारीरिक वा मानसिक दुर्लभता र अशक्तता देख्ने, श्रम विभाजनमा जिम्मेवारीपूर्ण काम नदिने, होच्याउने र हेयको दृष्टिले हेर्ने जस्ता व्रिmयाकलापले महिलामाथि दुव्र्यवहार हुने गरेका छन् । सर्वोच्च अदालतबाट प्रकाशित बुलेटिनहरूका अनुसार कतिपय समुदायमा महिलाको हकमा मात्र लागु हुने गरी बनाइएका प्रथा वा रीतिथितिले उनीहरूमाथि सामाजिक दुव्र्यवहार भएको विश्लेषण गर्न सकिन्छ । महिलाको हकमा मात्र पालना गर्नुपर्ने गरी व्यवस्था गरिएका छाउपडी, देउकी, झुमा प्रथाले महिलालाई विभेद गरेका छन् । कुमारी प्रथाले महिलालाई सम्मानको दृष्टिले हेरेको छ तर अरू प्रथाले महिलालाई होच्याउने, स्वभिमानमा ठेस पु¥याउने तथा हिंसा र दुव्र्यवहारजन्य व्रिmयाकलाप हुने गरेको विश्लेषण गरिएको छ । यी प्रथामा अन्धविश्वास र रूढिवादीजन्य प्रवृत्ति व्याप्त भएकाले यसले महिलालाई अपमान गरेको छ । यस्ता प्रथालाई धर्मको खोल ओढेर संरक्षण दिइने गरेको पाइन्छ । धर्मको डर, त्रासका कारण यस्ता नकारात्मक प्रथा र प्रचलनले निरन्तरता पाइराखेका छन् । यसबाट महिला बढी अपमानित र प्रताडित हुनु परेको छ । छाउपडी प्रथा महिलाको मानवीय संवेदनशीलता नै बिर्सेर छुद्र र तल्लो स्तरको व्यवहार प्रदर्शन गरिने भएकाले यो महिलामाथिको घोर अपमानजनक र हिंसात्मक व्यवहार हो । देउकी प्रथाले पनि महिलालाई उपभोग्य वस्तुका रूपमा चित्रण गर्न खोजिएको र नारीको आत्मसम्मानमा आघात पु¥याउने भएकाले यो प्रथा अपमानजनक र अन्यायपूर्ण छ । प्रथा वा प्रचलन धार्मिक तथा सम्प्रदायको आस्थाका आधारमा सामाजिक सुव्यवस्था कायम गर्न राम्रो दृष्टिकोण र मान्यताका आधारमा यस्ता प्रथा प्रचलनमा ल्याइएको देखिन्छ । यसको मुख्य उद्देश्य समाजमा अनुशासन कायम गराउनु हो । हालसम्म बनाइएका संविधान, कानुन, नीति तथा योजनामा महिलाको आर्थिक, सामाजिक उत्थानका लागि विभिन्न व्यवस्था गरिएको छ । संविधानले महिलाको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरेको छ । चालु योजनाले महिलाको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैङ्गिक भेदभाव हटाई समानता प्रदान गर्ने, राजनीतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यमा महिलाको सशक्तीकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिएको छ तर पनि यसबाट खासै प्रगति भएको देखिँदैन । महिला र पुरुषबिच समानता कायम गर्न, पिछडिएका महिलाको उत्थानका लागि विशेष कानुन बनाई अगाडि बढाउने भनिए पनि महिलाको उत्थानका लागि विशेष किसिमको कानुन बनाएर कार्यान्वयन गरिएका छैनन् । जसरी महिलालाई प्रकृतिले शारीरिक रूपमा अतिरिक्त जिम्मेवारी दिएको छ, त्यसै गरी कानुनले पनि संरक्षण दिन नसकी कमजोर बनाएको छ । महिला स्वभावतः सहनशील र दयालु हुन्छन् । उनीहरूले आफूविरुद्धका अन्यान्यपूर्ण व्रिmयाकलाप सहजै बाहिर ल्याउन सक्दैनन् र कतिपय अवस्थामा चाहँदैनन् । यसैले झट्ट हेर्दा विभेद गरेको नदेखिए पनि ती सामाजिक नियमहरू पालना गर्दा धेरै कठिनाइ सहन गर्नु परेको छ । बहुसङ्ख्यक समाज पितृसत्तात्मक र विभिन्न सम्प्रदायमा विभाजन भएको कारणले पनि आ–आफ्नै चलन तथा रीतिथिति छन् । कतिपय प्रथा रूढिवादी र अन्धविश्वासमा पनि चलेका छन् । त्यसैले महिला हेपिनु र दबिनु परेको छ । सामाजिक मान्यता र प्रचलनका विरुद्धमा न्यायिक उपचार खोज्ने प्रावधान र प्रचलन पनि छैन । त्यसैले पनि कतिपय व्यवस्थाले निरन्तता पाइराखेका छन् । यस्ता विकृति, विसङ्गति हटाउन जनचेतना, शैक्षिक स्तरमा विस्तार र सुधार तथा महिला सशक्तीकरण जस्ता कार्यव्रmमको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । प्रभावित र पीडित वर्गले पनि सामूहिक र सङ्गठित रूपमा अन्यायपूर्ण व्यवहारको विरोध गर्नु पर्छ र न्यायिक उपचार खोज्नु पर्छ । त्यस्ता असमानपूर्ण व्यवहार कानुनबमोजिम दण्डनीय भएकाले राज्यले पनि सामाजिक विभेद अन्त्यका लागि आवश्यक नीति योजना तथा कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।
https://gorkhapatraonline.com/news/82906
हिन्दुको महान् पर्व विजयादशमी शक्ति स्वरूपा नवदुर्गा भवानीको धुमधामले पूजा गरी मनाइँदै छ । अर्को ठुलो पर्व दीपावलीमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । हिन्दु धर्मावलम्बीले मनाउने प्रायः चाडपर्वमा नारीलाई ज्ञान, विवेक, धन सम्पत्ति, सौभाग्य तथा शक्ति प्राप्तिको कामना गर्दै पुज्ने गर्छन् । सृष्टि, पालन र संहारकर्ता ब्रह्मा, विष्णु र महेश्वरले पनि आफ्नो सौर्य र शक्तिको प्राप्तिका लागि देवीकै आराधना गरेको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ । ‘जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्’ भन्ने उक्ति हिन्दु दर्शनमा भेटिन्छ । त्यही दर्शन, धर्म र संस्कृतिको पृष्ठभूमिमा आधारित रहेर चलाइएका हाम्रा रीतिरिवाज र परम्परा समग्र नारीलाई गर्ने व्यवहारमा निकै फरक छन् । धर्मलाई आड बनाएर वा धर्म संस्कृतिको गलत अनुसरण गरेर नेपालमा महिलामाथि विभिन्न धार्मिक, सांस्कृतिक विभेद र हिंसा गरिएको छ । हिन्दु धर्ममा महिलाले रजश्वला हुँदा छुवाछुत नगरी छुट्टै बस्नुपर्ने, विवाहित महिलाले बिहान उठेपछि श्रीमान् तथा अन्य मान्यजनको दर्शन नगरी अन्य काम धन्दा गर्न नहुने, श्रीमान्को खुट्टाको जल नखाई अन्न ग्रहण गर्न नहुने, मन्दिरमा पुजारी भएर बस्न नहुने, वेद पढ्न तथा शङ्ख बजाउन नहुने, दाजुभाइसरह आमाबाबुको काजकिरिया गर्न नहुने, मलामी जान नहुने, विधवाले शुभकार्यको प्रारम्भ गर्न नहुने जस्ता गलत परम्परा अहिले पनि यदाकदा भेटिन्छन् । धर्म, संस्कृति तथा प्रचलनको नाउँमा अझै पनि महिलाले सामाजिक अपमान तथा धार्मिक हिंसा भोग्नु परेको छ । धर्मको नाममा चलाइएका परम्पराबाट महिला प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पीडित हुनु परेको छ । त्यसो त हिन्दु धर्ममा महिलालाई उच्च स्थानमा राखेको छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता खुसी हुन्छन् भनेर हिन्दु धर्मले महिलालाई उच्च सम्मानको दृष्टिले हेरेको हाम्रो जस्तो समावेशी र समानतामा आधारित वैदिक परम्परालाई व्यवहारमा भने गलत तरिकाले अवलम्बन गरिएको पाइन्छ । महिलाको सम्मान गरेर राखिएका व्यवस्था व्यवहारमा कार्यान्वयन भएका छैनन् । संस्कृतिविद्हरूका अनुसार यस्ता परम्परा झट्ट हेर्दा सामान्य लागे पनि यसको पालना गर्दा महिलाले धेरै प्रकारका असमान तथा विभेद सहनु परेको छ । परम्पराको नाउँमा महिलामाथि लादिएका अन्धविश्वास र विभेदपूर्ण व्यवहारले नै महिला पछि परेका हुन् । महिलालाई पछि पार्ने दृष्टिले गरिएका भेदभावपूर्ण व्यवहारलाई भने धर्म वा परम्पराको नाउँमा निरन्तरता दिइएको छ । जसले गर्दा एकातिर परम्परा पालना गर्दा महिलाले आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु परेको छ भने अर्कोतिर परम्परा पालना नगर्ने हो भने महिलाले अनेकथरीका लाञ्छना सहेर समाजबाट अपहेलित र अपमानित हुनु परेको छ । हालै एक गैरसरकारी संस्थाले गरेको अध्ययनले कतिपय परम्पराले महिलालाई प्रत्यक्ष रूपमा फाइदा हुने देखिए पनि अप्रत्यक्ष रूपमा बेफाइदा पु¥याएको घटना पनि उत्तिकै आउने गरेको तथा धर्म, संस्कृति र परम्पराको नाउँमा भएका दुव्र्यवहार तथा असमान व्यवहारको तीव्र विरोध गरिए पनि त्यसको न्यूनीकरणमा सरकारले त्यति ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ । धार्मिक प्रचलनकै आधारमा भएका दुव्र्यवहारका घटनाविरुद्ध आवाज उठाएर न्यायका लागि आउने प्रवृत्ति पनि बनिनसकेको अधिकारकर्मीहरूको तर्क छ । धर्म र प्रचलनको नाममा दुव्र्यवहार बढे पनि पीडितले त्यसविरुद्ध आवाज उठाएर न्यायको प्रव्रिmयासम्म पनि पुग्दैनन् । महिलाले धर्म, संस्कृति तथा परम्पराका नाउँमा भएका असमान व्यवहार सहेर बस्ने तर त्यसविरुद्ध न्यायका लागि अदालत तथा प्रशासनिक निकायमा कमै मात्रामा जाने गर्छन् । धर्म, संस्कार, परम्पराका नाउँमा हुने अन्धविश्वास, कुरीति र कुप्रथाको विरुद्धमा आवाज बुलन्द पार्दै यस्ता अमानजनक र दुव्र्यवहारपूर्ण प्रथा र प्रचलनको विरुद्धमा स्पष्ट कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा महिला अधिकारवादीले जोड दिँदै आएका छन् । हाम्रो समाजमा अझै छाउपडी, देउकी, कुमारी आदि प्रथा प्रचलनमा छन् । जसबाट महिलामाथि प्रत्यक्ष वा परोक्ष रूपमा शोषण, अन्याय हुने गरेको छ । धर्म तथा संस्कृतिको नाममा चलाइएका प्रथाले महिलाको मानव अधिकार तथा मौलिक हकको स्वतन्त्रतापूर्वक प्रयोगमा बाधा उत्पन्न गरेको छ । प्रथा र परम्पराको नाउँमा महिलाविरुद्ध भेदभाव भएकाले त्यसबाट पीडितको मनभित्र द्वन्द्व सिर्जना गर्ने र त्यसबाट थप समस्या निम्तिने हुँदा पारिवारिक वातावरण अशान्त हुन सक्छ । धर्म, संस्कृति, परम्परा तथा प्रथाको नाममा हुने व्यवहारबाट पनि आन्तरिक द्वन्द्व उत्पन्न हुने तर त्यसको निराकरणका लागि विद्रोह पनि गर्न नसकिने हुँदा धर्मको आधारमा हुने हिंसाको परिणाम नराम्रो हुन्छ । धार्मिक आस्था र मान्यतामा महिलालाई जोडेर भएका प्रचलनले परोक्ष वा अपरोक्ष रूपमा उनीहरूभित्र द्वन्द्व सिर्जना गरेको हुन्छ । नेपालका संस्कृति तथा परम्परा अनुसार महिलाले मात्र पालना गर्नुपर्ने केही त्यस्ता कठोर आचरण, व्यवहार र सामाजिक बन्धनले महिलामाथि मानसिक तथा शारीरिक हिंसालाई बढाउन मद्दत गरेको छ । धर्मले महिलालाई कुनै असमानता, विभेद, अपमान नगरे पनि धर्मसँग जोडेर हेरिने प्रथा, परम्परा र संस्कारको नाममा भएका व्यवहार भने विभेदपूर्ण देखिन्छन् । प्रथा, परम्परा र संस्कार विभिन्न जातजाति, समुदाय वा सम्प्रदायमा फरक फरक हुने गर्दछन् । अन्धविश्वासका कारणले महिलालाई शारीरिक वा मानसिक दुर्लभता र अशक्तता देख्ने, श्रम विभाजनमा जिम्मेवारीपूर्ण काम नदिने, होच्याउने र हेयको दृष्टिले हेर्ने जस्ता व्रिmयाकलापले महिलामाथि दुव्र्यवहार हुने गरेका छन् । सर्वोच्च अदालतबाट प्रकाशित बुलेटिनहरूका अनुसार कतिपय समुदायमा महिलाको हकमा मात्र लागु हुने गरी बनाइएका प्रथा वा रीतिथितिले उनीहरूमाथि सामाजिक दुव्र्यवहार भएको विश्लेषण गर्न सकिन्छ । महिलाको हकमा मात्र पालना गर्नुपर्ने गरी व्यवस्था गरिएका छाउपडी, देउकी, झुमा प्रथाले महिलालाई विभेद गरेका छन् । कुमारी प्रथाले महिलालाई सम्मानको दृष्टिले हेरेको छ तर अरू प्रथाले महिलालाई होच्याउने, स्वभिमानमा ठेस पु¥याउने तथा हिंसा र दुव्र्यवहारजन्य व्रिmयाकलाप हुने गरेको विश्लेषण गरिएको छ । यी प्रथामा अन्धविश्वास र रूढिवादीजन्य प्रवृत्ति व्याप्त भएकाले यसले महिलालाई अपमान गरेको छ । यस्ता प्रथालाई धर्मको खोल ओढेर संरक्षण दिइने गरेको पाइन्छ । धर्मको डर, त्रासका कारण यस्ता नकारात्मक प्रथा र प्रचलनले निरन्तरता पाइराखेका छन् । यसबाट महिला बढी अपमानित र प्रताडित हुनु परेको छ । छाउपडी प्रथा महिलाको मानवीय संवेदनशीलता नै बिर्सेर छुद्र र तल्लो स्तरको व्यवहार प्रदर्शन गरिने भएकाले यो महिलामाथिको घोर अपमानजनक र हिंसात्मक व्यवहार हो । देउकी प्रथाले पनि महिलालाई उपभोग्य वस्तुका रूपमा चित्रण गर्न खोजिएको र नारीको आत्मसम्मानमा आघात पु¥याउने भएकाले यो प्रथा अपमानजनक र अन्यायपूर्ण छ । प्रथा वा प्रचलन धार्मिक तथा सम्प्रदायको आस्थाका आधारमा सामाजिक सुव्यवस्था कायम गर्न राम्रो दृष्टिकोण र मान्यताका आधारमा यस्ता प्रथा प्रचलनमा ल्याइएको देखिन्छ । यसको मुख्य उद्देश्य समाजमा अनुशासन कायम गराउनु हो । हालसम्म बनाइएका संविधान, कानुन, नीति तथा योजनामा महिलाको आर्थिक, सामाजिक उत्थानका लागि विभिन्न व्यवस्था गरिएको छ । संविधानले महिलाको हकलाई मौलिक हककै रूपमा व्यवस्था गरेको छ । चालु योजनाले महिलाको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैङ्गिक भेदभाव हटाई समानता प्रदान गर्ने, राजनीतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यमा महिलाको सशक्तीकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिएको छ तर पनि यसबाट खासै प्रगति भएको देखिँदैन । महिला र पुरुषबिच समानता कायम गर्न, पिछडिएका महिलाको उत्थानका लागि विशेष कानुन बनाई अगाडि बढाउने भनिए पनि महिलाको उत्थानका लागि विशेष किसिमको कानुन बनाएर कार्यान्वयन गरिएका छैनन् । जसरी महिलालाई प्रकृतिले शारीरिक रूपमा अतिरिक्त जिम्मेवारी दिएको छ, त्यसै गरी कानुनले पनि संरक्षण दिन नसकी कमजोर बनाएको छ । महिला स्वभावतः सहनशील र दयालु हुन्छन् । उनीहरूले आफूविरुद्धका अन्यान्यपूर्ण व्रिmयाकलाप सहजै बाहिर ल्याउन सक्दैनन् र कतिपय अवस्थामा चाहँदैनन् । यसैले झट्ट हेर्दा विभेद गरेको नदेखिए पनि ती सामाजिक नियमहरू पालना गर्दा धेरै कठिनाइ सहन गर्नु परेको छ । बहुसङ्ख्यक समाज पितृसत्तात्मक र विभिन्न सम्प्रदायमा विभाजन भएको कारणले पनि आ–आफ्नै चलन तथा रीतिथिति छन् । कतिपय प्रथा रूढिवादी र अन्धविश्वासमा पनि चलेका छन् । त्यसैले महिला हेपिनु र दबिनु परेको छ । सामाजिक मान्यता र प्रचलनका विरुद्धमा न्यायिक उपचार खोज्ने प्रावधान र प्रचलन पनि छैन । त्यसैले पनि कतिपय व्यवस्थाले निरन्तता पाइराखेका छन् । यस्ता विकृति, विसङ्गति हटाउन जनचेतना, शैक्षिक स्तरमा विस्तार र सुधार तथा महिला सशक्तीकरण जस्ता कार्यव्रmमको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । प्रभावित र पीडित वर्गले पनि सामूहिक र सङ्गठित रूपमा अन्यायपूर्ण व्यवहारको विरोध गर्नु पर्छ र न्यायिक उपचार खोज्नु पर्छ । त्यस्ता असमानपूर्ण व्यवहार कानुनबमोजिम दण्डनीय भएकाले राज्यले पनि सामाजिक विभेद अन्त्यका लागि आवश्यक नीति योजना तथा कार्यव्रmम सञ्चालन गर्नु पर्छ । 
News
46,459
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।
https://gorkhapatraonline.com/news/110781
म्याग्दी, जेठ २३ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा  कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् । बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ । केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताउनुभयो । उहाँका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ । केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताउनुभयो । “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ”, उहाँले भन्नुभयो ।तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गर्नुभएको थियो । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिनुभयो । केराको थामबाट बनेका सामग्री प्राकृतिकरुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।  बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा  निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ । 
News
34,307
बाँकेमा तीन हजार होटल सञ्चालन
भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।
https://gorkhapatraonline.com/news/56769
नेपालगञ्ज समाचारदातानेपालगञ्ज, फागुन २५ गते । भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ । नेपालगञ्जबाट हुम्ला सिमकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएका कारण खास गरी भारतीय पर्यटक बढ्न थालेसँगै होटल व्यवसायमा लगानी थपिने क्रम पनि बढेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले बताउनुभयो । अहिले बाँकेमा सञ्चालनमा रहेका सबै किसिमका होटलमा एकै पटक १० हजारजतिलाई राख्न सकिने पाँच हजार कोठा रहेको उहाँले जानकारी दिनुभयो । कोरोना महामारीको सङ्क्रमण कम भएसँगै भारतीय धार्मिकलगायतसहित आन्तरिक पर्यटकको आवागमन बढेपछि सबै किसिमका होटलको व्यापार पुनः राम्रो हुन थालेको सङ्घले जनाएको छ । होटल व्यवसायी सङ्घका अनुसार बाँकेमा हालसम्म कोहलपुर र नेपालगञ्जमा गरेर दुईवटा पाँचतारे होटल खुलिसकेका छन् भने दुईवटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् ।पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य भीम कँडेलले बताउनुभयो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको केन्द्रीय सदस्य कँडेलको भनाइ छ । यस क्षेत्रका आधा दर्जनभन्दा बढी होटलमा क्यासिनो सञ्चालनमा आएपछि क्यासिनो खेल्न आउने भारतीयको सङ्ख्या बढ्न थालेपछि होटलको व्यवसाय राम्रो हुँदै गएको उहाँले बताउनुभयो । नेपालगञ्जमा रहेको क्षेत्रीय विमानस्थल, नेपालगञ्ज–पोखरा उडान र भारतका विभिन्न सहरसँग सडक यातायातमार्फतको कनेक्टिभिटीका कारण यहाँ पर्यटक आगमन बढ्दै गएको छ । बाँके, बर्दिया, सुर्खेत, कर्णाली, रारा, स्वर्गद्वारी, कर्णाली चिसापानीलगायत विभिन्न स्थानमा जाने आन्तरिक पर्यटक पहिले नेपालगञ्ज र कोहलपुर नै पुग्नुपर्ने भएकाले पनि होटलको भविष्य राम्रो रहेको सङ्घले जनाएको छ । पर्यटक आगमन बढ्नुका साथै सरकारी र गैरसरकारी निकायका ठूला कार्यक्रम पनि बढ्न थालेपछि होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताउनुभयो । यसैगरी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको गत केही वर्षको निरन्तर प्रयासले भारतीय पर्यटक बढ्न थालेपछि होटल व्यवसायलगायत अन्य आर्थिक गतिविधि फस्टाउँदै गएको बताउनुभयो । भारतका एक सयभन्दा बढी पर्यटन व्यवसायी बोलाएर यो क्षेत्र देखाउनुका साथै वागेश्वरी मन्दिरलाई मुख्य धार्मिक पर्यटन क्षेत्रका रूपमा स्थापित गर्न सुरु गरिएको साप्ताहिक महाआरतीले पनि भारतीय पर्यटक आउने क्रम बढेको नाट्टा बाँकेको ठम्याइ छ ।   
News
49,485
‘ब्रिटेन-इयु भावी सम्बन्धका आधारबारे सहमति’
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मन्त्रीहरूसँग आफूले गरेको एक दिन लामो सघन वार्ताहरूपछि युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनपछिको भावी सम्बन्धबारे आन्तरिक सहमति जुटेको बताएकी छन्।
https://www.bbc.com/nepali/news-44748835
सहमतिले ब्रिटेन र इयुबीचको मालसामानको स्वतन्त्र व्यापारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ। तर अहिलेको जस्तो स्वतन्त्र रूपमा हुँदै आएको मानिसको आवतजावतलाई अन्त्य गरिने त्यसमा उल्लेख गरिएको छ। प्रधानमन्त्री मेले बहिर्गमनबारे कडा धारणा राख्ने आफ्नै कन्जरभेटिभ पार्टीका नेता र इयुका बाँकी २७ सदस्य राष्ट्रहरूलाई मनाउन प्रयत्न गर्नुपर्ने हुन्छ। महत्त्वपूर्ण प्रधानमन्त्री मेले भनिन्, "यो युरोपेली संघसँगको हाम्रो वार्ताका लागि थप कदम, एउटा महत्त्वपूर्ण थप कदम हो। यसले हाम्रा जनताको सुरक्षा र समृद्धि प्रत्याभूत गर्छ।" इयुका प्रमुख वार्ताकार माइकल बर्निएरले ब्रिटेनको प्रस्ताव काम लाग्ने र व्यवहारिक भए वा नभएको आफूले मूल्याङ्कन गर्ने धारणा ट्विटरमा लेखेका छन्। मे महत्वपूर्ण 'ब्रेक्जिट' विधेयकमा विफल ब्रेक्जिट: संक्रमणकालीन अवधिसम्बन्धी सहमति प्रस्तावित सहमतिले सेवामूलक क्षेत्रहरूमा भने साँझा नियमबाट अघि नबढ्ने उल्लेख गरेको छ। त्यसबाहेक इयु आबद्ध देशबाट भएका मानिसका खुल्ला आवतजावतलाई पनि रोक्ने भनिएको छ। ब्रिटेनले दुई वर्षअघि इयुबाट बाहिरिने निर्णय जनमत संग्रहमार्फत गरेको थियो। विभाजित अबको लगभग नौ महिनापछि उ औपचारिक रूपमा इयुबाट अलग हुँदैछ। यस्तोमा भावी मार्गचित्रबाट आफ्नो विभाजित मन्त्रिपरिषद्‌मा सहमति कायम गराएको प्रधानमन्त्री मेले बताएकी हुन्। प्रस्तावित प्रावधानले उत्पादकहरूलाई खुशी बनाउनेछ र उत्तरी आयरल्याण्ड र आइरिस रिपब्लिकबीच सीमा कायम गर्नुपर्ने आवश्यकतालाई पनि अन्त्य गर्नेछ। बीबीसीका राजीनितिक संवाददाता रब वाट्सन भन्छन्, यदि साँच्चिकै मन्त्रिपरिषद्‍मा सहमति भएको भएपनि प्रधानमन्त्री मेलाई आफ्नो प्रस्तावको पक्षमा व्यवसायीहरू र इयुसँगको बहिर्गमनबारे कट्टर धारणाहरू राख्ने सत्तारुढ कन्जरभेटिभ पार्टीका नेताहरूलाई सहमत गराउन कठिन हुने देखिन्छ। त्यसबाहेक इयुका अन्य २७ सदस्य राष्ट्रसँग सहमति जुटाउने काम पनि सजिलो हुनेछैन।
Others
68,312
नयाँ बजारमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण
इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो ।
https://gorkhapatraonline.com/news/53725
प्रेम अधिकारीपशुपतिनगर (इलाम), माघ २५ गते । इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो । माइजोगमाई गाउँपालिका नयाँ बजारका युवा व्यवसायी मुकेश भण्डारीले सो गणेशको प्रतिमा आफ्नो एक्लो लगानीमा निर्माण गरेका हुन् । प्रतिमा निर्माण गर्दा २२ लाख खर्च लागेको भण्डारीले जानकारी दिनुभयो ।हाल काठमाडौं बस्दै आउनुभएका भण्डारीले धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा उक्त ठाउँलाई विकास गर्न आफूले गणेशको प्रतिमा आफ्नै खर्चमा बनाएको जानकारी दिनुभयो । दुर्गा मन्दिर संरक्षण समिति स्थानीयवासी समाजसेवीलगायत भण्डारीको उपस्थितिमा प्रतिमाको अनावरण गरिएको थियो । रोजन आर्ट स्टुडियो धरानका कलाकारले प्रतिमा निर्माण गर्नुभएको हो । 
News
58,563
अस्ट्रेलियाद्वारा शृंखला बराबर
नाथन लायनको स्पिनमा अस्ट्रेलियाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा बंगलादेशलाई ७ विकेटले पराजित गरी शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । अफ स्पिनर लायनले १ सय ५४ रन खर्चेर कुल १३ विकेट लिँदै घरेलु टोलीलाई तहसनहस पारेका थिए ।
https://ekantipur.com/sports/2017/09/08/20170908071747.html
चित्तागोङ — नाथन लायनको स्पिनमा अस्ट्रेलियाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा बंगलादेशलाई ७ विकेटले पराजित गरी शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । अफ स्पिनर लायनले १ सय ५४ रन खर्चेर कुल १३ विकेट लिँदै घरेलु टोलीलाई तहसनहस पारेका थिए । ८६ रनको लक्ष्य अस्ट्रेलियाले चित्तागोङमा शीर्ष तीन ब्याट्सम्यान गुमाए पनि चौथो दिन खेलको अन्तिम सत्रमा मात्र पूरा गरेको हो । विजयी छक्का प्रहार गरेका ग्लेन म्याक्सवेल २५ र पिटर ह्यान्ड्सकोम्ब १६ रनमा नटआउट रहे । बंगलादेशले ढाकाको टेस्टमा ऐतिहासिक विजय हात पारी शृंखलामा अग्रता लिएको थियो । सिरिज जित्ने बंगलादेशको आशालाई लायनको स्पिन बलिङले घुमाइदिएको थियो । टेस्ट क्रिकेटमा यो उनको उत्कृष्ट बलिङ पनि हो । उनले लगातार तेस्रो पटक एकै इनिङ्समा ६ विकेट लिएपछि बंगलादेशको दोस्रो इनिङ्स १ सय ५७ रनमा सीमित भयो । उनले शृंखलामा कुल २२ विकेट लिए । दुई टेस्टको शृंखलामा अस्ट्रेलियाली बलरको यो सबैभन्दा बढी विकेट हो । ओपनर डेविड वार्नर पनि लगातार दुई शतक बनाउँदै प्रभावशाली रहे । उनले पहिलो इनिङ्समा बनाएको १ सय २३ रनमा अस्ट्रेलियाले ७२ रनको अग्रता लिएको थियो । ‘बेला बेलामा हामीले राम्रो क्रिकेट खेल्यौं, उनीहरूलाई पहिलो इनिङ्समा जुन स्कोरमा रोक्यौं त्यो हाम्रो सफलता थियो,’ स्टिभ स्मिथले लायनका बारेमा भने, ‘विकेटमा त्यस्तो केही चहलपहल थिएन । तर उनी असाधारण थिए ।’लायनले ९४ रन खर्चेर ७ विकेट लिँदा अस्ट्रेलियाले बंगलादेशको पहिलो इनिङ्सलाई ३ सय ५ रनमा रोकेको थियो । ‘उनले राम्रो प्रयास गरेर सिरिजमा २२ विकेट लिए । तर यसको श्रेय बंगलादेशलाई दिनुपर्छ, उनीहरूले शृंखलामा हामीलाई निकै चुनौती दिए,’ स्मिथले भने । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ७७ रन बनाएको थियो । बंगलादेशबाट कप्तान मुस्फिकर रहिमले १ सय ३ बलमा सर्वाधिक ३१ रन बनाए । तर लायनलाई रोक्न बंगलादेशका अन्य ब्याट्सम्यानलाई हम्मे–हम्मे पर्‍यो । बंगलादेशले ११ औं नम्बरका ब्याट्सम्यान लायनलाई दोस्रो ओभरमा आउट गरी दिनको खेल सुरु गरेको थियो । तिनै लायनले भोजन समयसम्म बंगलादेशलाई ८३–५ को स्थितिमा पुर्‍याइदिए । मुस्फिकर र सबिर रहमानले छैटौं विकेटमा ५४ रनको साझेदारी गरेपछि बंगलादेशको स्कोर हेर्नलायक बनेको हो । सबिरलाई २४ रनमा लायनले स्टम्पआउट गराएर यो साझेदारी तोडे । मुस्फिकरलाई प्याट कुमिन्सले आउट गरी बंगलादेशलाई घुँडा टेकाए । कुमिन्स र स्टिभ ओ’किफले २–२ विकेट लिए । अस्ट्रेलियाबाट दोस्रो इनिङ्समा वार्नर ८, म्याट रेनस २२ र स्मिथ १६ रनमा आउट भए । अस्ट्रेलियाले अब भारतसँग ५ वान डे अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–ट्वान्टी खेल्नेछ ।
Sports
31,537
उजुरी नपर्ने गरी काम गर्न निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकमा सुशासन कायम गर्ने सबैको दायित्व रहेको बताउँदै उजुरी नपर्ने गरी कार्य सम्पादन गर्न सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सरकारका सचिव तथा विभागीय प्रमुखसँग आयोगद्वारा राजधानीमा आयोजित दुईदिने अन्तक्रियामा प्रमुख आयुक्त राईले अनुगमन र मूल्याङ्कनका क्रममा देखिएका समस्या तत्कालै समाधान गरे मात्र आयोगमा पर्ने उजुरीको सङ्ख्यामा कमी आउने बताउनुभयो ।
https://gorkhapatraonline.com/news/21685
काठमाडौँ, साउन २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकमा सुशासन कायम गर्ने सबैको दायित्व रहेको बताउँदै उजुरी नपर्ने गरी कार्य सम्पादन गर्न सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सरकारका सचिव तथा विभागीय प्रमुखसँग आयोगद्वारा राजधानीमा आयोजित दुईदिने अन्तक्रियामा  प्रमुख आयुक्त राईले अनुगमन र मूल्याङ्कनका क्रममा देखिएका समस्या तत्कालै समाधान गरे मात्र आयोगमा पर्ने उजुरीको सङ्ख्यामा कमी आउने बताउनुभयो । आगोगको विज्ञप्तिअनुसार प्रमुख आयुक्त राईले मन्त्रालयहरूबाट गरिने अनुगमन तथा मूल्याङ्कन कार्र्य थप प्रभावकारी बनाउनुपर्ने, निर्धारित कार्यविवरण तयार गरी कर्मचारीलाई जिम्मेवार बनाउने, मन्त्रालयबाट हुने अनुगमन र सुपरिवेक्षण थप प्रभावकारी बनाउनुपर्ने  विषयमा निर्देशन दिनुभयो ।त्यसैगरी उहाँले सम्पत्ति विवरण सबै कर्मचारीले समयमा बुझाउने र रुग्ण ठेक्का व्यवस्थापन गर्नुपर्ने बताउँदै आगामी दिनमा गरिने यस प्रकारका अन्तक्रियामा  अहिले उठेका समस्याहरू नदोहोरिनेतर्फ ध्यान दिनसमेत निर्देश गर्नुभयो ।कार्यक्रममा मुख्यसचिव शङ्करदास वैरागीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दिइएका सुझाव सबैले गम्भीरतासाथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयगत सुधार कार्ययोजना, आयोजना व्यवस्थापन, नेतृत्व मूल्याङ्कन, जनशक्ति व्यवस्थापन, अनलाइन प्रणालीमा सुधार, बजेट तर्जुमा प्रणालीमा सुधार, खरिद प्रणालीमा सुधार गर्दै एकीकृत विकास निर्माणमा समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । आयोगका आयुक्तहरूले मन्त्रालयहरू विकासनिर्माणका हकमा दूरदर्शी भएर अघि बढ्नुपर्ने, तथ्याङ्कहरूको सही प्रयोग गरेर विकास आयोजनाहरूको ड्रइङ डिजाइन गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो । अन्तक्रियामा  राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सविच र मातहतका विभाग तथा सम्बन्धित निकायका प्रमुखहरूको सहभागिता थियो ।   
News
62,051
कृषिमा उत्पादन वृद्धि
हु न त प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई विश्वका अधिकांशजसो मुलुकले रातो कार्पेट बिछ्याएरै स्वागत गरेका देखिन्छन् । खासगरी डब्लुटीओ, आईएमएफ, विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ, सार्क, साफ्टा, बिम्स्टेकलगायतका थुप्रै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ सङ्गठन र त्यसमा विश्वका मुलुकको आबद्धता र साझेदारीले पनि वैदेशिक लगानीको विश्वव्यापी प्रवद्र्धनमा सघाउ पु-याएको छ । त्यसकारण आजको समयमा कुनै पनि देशका लागि वैदेशिक लगानी नौलो विषय भने होइन ।
https://gorkhapatraonline.com/news/59819
हु न त प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई विश्वका अधिकांशजसो मुलुकले रातो कार्पेट बिछ्याएरै स्वागत गरेका देखिन्छन् । खासगरी डब्लुटीओ, आईएमएफ, विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ, सार्क, साफ्टा, बिम्स्टेकलगायतका थुप्रै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ सङ्गठन र त्यसमा विश्वका मुलुकको आबद्धता र साझेदारीले पनि वैदेशिक लगानीको विश्वव्यापी प्रवद्र्धनमा सघाउ पु-याएको छ । त्यसकारण आजको समयमा कुनै पनि देशका लागि वैदेशिक लगानी नौलो विषय भने होइन । खासगरी पछिल्ला केही दशकयता भइरहेको सूचना, सञ्चार र पारवहनको विश्वव्यापीकरणले असम्भवझैँ लाग्ने धेरै कुरासमेत सम्भव भइरहेका छन् । कनेक्टिभिटी र व्यापार गर्ने कुराको दायरा फराकिलो भएर संसारका देशलाई भयङ्कर अवसर सिर्जना भएका छन् । नेपाललगायतका कतिपय अल्पविकसित एवं गरिब राष्ट्रले विश्वव्यापीकरण, सञ्चार एवं कनेक्टिभिटीको भूमण्डलीकरणबाट लाभ लिन भने कत्ति पनि सकेका छैनन् । बरु अरू देशका बजार बनिरहेका देखिन्छन् । अन्यथा विश्व्यापीकरणले धनी तथा गरिब सबैखालका मुलुकलाई उस्तैखालका अवसर सिर्जना गरेको हो । नेपालमा फल्ने बासमती धान अहिले कसको हो भन्ने विवादमा छ । बासमती चामलको बेलैमा जीआई राइट नलिँदा अहिले यसको हक–अधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ ।बासमती धान नेपालको मौलिक त हुँदै हो । नेपालमा यस धानको प्राचीनकालदेखि नै खेती गरिँदै आएको हो । यो भारत र पाकिस्तानमा पनि फल्ने हुँदा उनीहरूले समेत आफ्नो मौलिक भएको दाबी पेस गरेका छन् । यस्ता अरू धेरै–धेरै नेपालका मौलिक उत्पादन छन्, जसलाई नेपालले ‘प्याटेन्ट राइट’ लिएर ब्रान्डिङ नगर्दा त्यसको चित्तबुझ्दो लाभ लिने बाटोमा नेपाल छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालका नदीमा बग्ने सङ्लो पानीमा सुन्दर जवानी देख्नुहुन्छ । क्षणभरमै कलकल बग्ने नदीका पानीको अपार महत्वबारे उहाँ कल्पिनुहुन्छ । नेपालका काम गर्ने भन्ने ओहदामा पुगेर थाकेका बूढा गोरुजस्ता छन् । नेपालमा १७ प्रतिशत भू–भाग मात्रै समथर छ । बाँकी अग्ला पहाड र हिमालले सजिसजाउ छन् । यहाँको भूगोल पनि कृषिमा वैदेशिक लगानी नै भित्र्याउनुपर्ने वा खुला गर्नुपर्नेखालको अवश्य छैन । बजेटका नीति तथा कार्यक्रममा प्रत्येक वर्ष कृषि नै पहिलो प्राथमिकतामा परेको देखिन्छ । चालु आर्थिक वर्षको नीति कार्यक्रममा पनि कृषि पहिलो प्राथमिकतामा छ । बजेट विनियोजन गर्दा न्यून प्राथमिकतामा पारियो । जम्माजम्मी बजेटको २ प्रतिशत रकम कृषिका लागि विनियोजन गरेर ५० प्रतिशतभन्दा धेरै मानिस आश्रित कृषि क्षेत्रले कसरी फड्को मार्न सक्ला त ? हिजोआज सबैजसो नेपाली कुनै न कुनै माध्यमबाट समाचारको पहुँचमै छन् । धेरैलाई थाहा होला कि भारतले अघिल्लो वर्ष प्याज अभाव हुँदा प्याज निर्यातलाई बन्देज लगायो । त्यसैगरी पाम आयल अभाव हुँदा पाम आयल निर्यातमा रोक लगायो । यसबाट के बुझिन्छ भने कृषि आधारभूत र संवेदनशील विषय हो । यस्तो विषयमा ठट्टा गरिनु घातक हुन्छ । कृषिलाई नेपाल र नेपालीको सामीप्यबाट टाढा राख्नु अवश्य हुँदैन । नेपालीले विकास र आधुनिकताका नाममा अरू नसके पनि आफ्नै माटोमा खनिखोस्री अर्गानिक उत्पादन गरेर खान पाउनुपर्छ । यस क्षेत्रमा आन्तरिक लगानीलाई बढावा दिनुपर्छ । यस क्षेत्रमा काम गर्न धेरै दिमाग लगाउनु नपर्ने, माटो संरक्षण गर्नुपर्ने, मौलिकता जोगाउनुपर्ने आदि कारण पनि यस क्षेत्रलाई विदेशीको पहुँचबाट टाढा राख्न जरुरी छ । त्यसमा पनि नेपाल एउटा पर्यटकीय सम्भावना बोकेको सानो सुन्दर मुलुक हो । यहाँको जैविक विविधता र अर्गानिकतालाई जीवित राख्न जरुरी छ । विश्वले कृत्रिम ढङ्गको जतिसुकै विकास गरोस् तर प्राकृतिक मौलिकता हामीले जोगाउन सक्यौँ भने अबको विश्वमा त्यसले नै बाजी मार्छ । किनकि विश्व कृत्रिमताबाट प्राकृतिकतामा फर्किरहेको छ । त्यसकारण अत्यधिक विषादी हालेर बढी उब्जनी गर्ने नाममा, व्यावसायिक कृषिको नाममा यहाँको भौगोलिक बनावट र मौलिकतामाथि आँच आउने काम गर्नुहुन्न । ६५ प्रतिशत नेपाली कृषि पेसामै छन्, त्यो भुल्नुहुँदैन । बरु जनशक्ति कसरी परिचालन गर्ने, कसरी तालिम दिने, कसरी मल, बिउ उपलब्ध गराउने, कसरी उत्पादकत्व बढाउने, कसरी किसान हुँ भनेर गर्व गर्नलायक बनाउने भन्ने विषयमा राज्यले सोच्न जरुरी छ । नेपालको कुल गार्हस्थ उत्पादनमा हिजोआजका वर्षमा (०७८/७९) समेत कृषिले नै २३.९५ प्रतिशत योगदान राखेको केन्द्रीय तथ्याङ्क विभागको अभिलेख छ । अर्थात् अन्य क्षेत्रको तुलनामा यस क्षेत्रले रेमिट्यान्सपछि सबैभन्दा बढी योगदान राख्दै आएको छ । जुन तथ्य राज्यले यस्ता कानुन बनाउँदा भुल्नुहुँदैन । राज्यको यस क्षेत्रमा लगानीको अवस्थालाई हेर्दा कृषि र किसानमाथि अन्याय नै गरिएको ठहर्छ । विडम्बना कृषि क्षेत्रमा छुट्ट्याइएका निम्छरैखालका बजेट पनि खर्च हुन सकेका हुँदैनन् । विगत वर्षमा ३० अर्बसम्म कृषि बजेट खर्च नभएका उदाहरण छन् । त्यसबाहेक सरकारले किसानलाई दिइँदै आएको अनुदानसमेत वास्तविक किसानको हातमा पर्ने गरेकै छैन । त्यस्ता रकम राजनीतिक छत्रछायामा रहेका बिचौलिया ठगको हातमा पर्ने गरेको छ । सरकारले कृषिमा बजेट केही बढाए पनि मलमा समेत कर बढाएर किसानको ढाड घुमाउरो तवरले सेकेकै छ । सरकारले कुनै पनि तवरले किसानको भलो चिताएको देखिँदैन । फगत भाषणमा मात्रै कृषि कार्यक्रम सीमित छन् । किसान हेपिएका मात्रै छैनन्, पिल्सिएका पनि छन् । जब किसानले बालीनाली भिœयाएर बेच्ने बेला आउँछ, त्यतिबेला एउटा–एउटा निहुँले बिचौलिया व्यापारीले किसानको उत्पादन कौडीको भाउमा गुटमुट्याउने गरेका छन् । त्यस्ता गतिविधि निरुत्साहित गर्न, किसानको बजार सुरक्षा गर्न राज्यले कत्ति पनि ध्यान दिएको पाइँदैन । लेखक, अर्थ–राजनीतिमा लेख्नुहुन्छ ।   
News
47,180
सरकारी कर्मचारीका सन्तानले निजी विद्यालय पढ्न नपाउने प्रस्ताव किन आयो
उच्चस्तरीय शिक्षा आयोगले सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाए पनि त्यसको कार्यान्वयन सहज नहुने जानकारहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-46931085
बरु राज्यले बाध्यकारी व्यवस्था गर्नुको सट्टा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउने दिशामा अघि बढ्न उनीहरूको सुझाव छ। आयोगका सदस्य समेत रहेका एकजना शिक्षाविद्‌ले चाहिँ बालबालिकालाई सरकारी विद्यालय पठाउन प्रोत्साहित गर्दै गए त्यो असम्भव नभएको तर्क गरेका छन्। संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न भन्दै सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगले केही दिनअघि बुझाएको प्रतिवेदनमा शिक्षा क्षेत्रमा सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने थुप्रै सुझाव समेटिएका छन्। किन गाह्रो छ? आयोगका सुझावमध्ये एउटा सुझाव छ, सरकारी सुविधा लिनेका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था मिलाउनू। तर जानकारहरूका अनुसार त्यसलाई बाध्यात्मक बनाउन असम्भवजस्तै छ। त्यस्तै धारणा भएकामध्येकी एक त्रिभुवन विश्वविद्यालयकी सह-प्राध्यापक सुसन आचार्य भन्छिन्, बालबालिकाको अधिकारसम्बन्धी महासन्धिको हस्ताक्षरकर्ता रहेको नेपाल विद्यालय चयनसम्बन्धी बाध्यात्मक व्यवस्थामा जान सक्ने देखिँदैन। "अभिभावकले आफ्ना बालबच्चाका लागि विद्यालय छान्न पाउने भन्ने व्यवस्था भएको बालबालिकाको शिक्षासम्बन्धी अधिकार र मानव अधिकारसम्बन्धी महासन्धिमा नेपालले हस्ताक्षर गरिसकेकोले त्यो बाध्यकारी हुन सक्दैन।" उसो भए राज्य आफैँले हस्ताक्षर गरिसकेका महासन्धि विपरीतको व्यवस्थामा जान सरकारलाई किन सुझाइएको होला त? जवाफमा सह-प्राध्यापक आचार्य भन्छिन्, समाजवाद उन्मुख राज्य भनिसकेपछि केही देखाउनलाई भए पनि त्यसो गरिएको हुन सक्छ। शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको विचारमा पनि आयोगको त्यो सुझाव कार्यान्वयन हुने सम्भावना निकै कम छ। उपाय के त? उनी भन्छन्, आयोगले सिफारिस गरेकै भरमा धेरै आस गर्नुपर्ने अवस्था छैन। यद्यपि सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्न सकिए समस्या समाधान हुन सक्ने दाहालको बुझाइ छ। "राज्यले तलदेखि माथिका आफ्ना सबै विद्यालयलाई गुणस्तरीय र पढ्न जाऊँ जाऊँ जस्तो बनाउन सक्यो भने निजी विद्यालय आफैँ बन्द हुन्छन्।" उच्चस्तरीय शिक्षा आयोगका एक सदस्य समेत रहेका शिक्षाविद्‌ विद्यानाथ कोइराला चाहिँ बालअधिकारलाई प्रभावित पार्ने गरी आयोगको सुझाव नरहेको बताउँछन्। उनी भन्छन्, "सरकारी सुविधा पनि लिने र आफ्ना केटाकेटीलाई बाहिर पठाइयो भन्दै विद्यालयमा बेवास्ता गर्ने भएकोले बाध्यकारी बनाउन भनिएको हो।" आयोगको प्रतिवेदनमा निजी विद्यालयहरूलाई सेवामूलक संस्था बनाउन पनि भनिएको छ। तर जानकारहरू भन्छन्, कैयौँ निजी विद्यालयमा राजनीतिक दलनिकटका मानिसहरूको पनि लगानी भएको पृष्ठभूमिमा आयोगका सुझावहरू कार्यान्वयन गर्नु फलामको चिउरा चपाएसरह हुनेछ।
Others
65,880
कुम्यायकलाई गोर्खा पाँचथर कप
फिदिममा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ । टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथर टिमलाई ५–० ले हराएको हो ।
https://ekantipur.com/sports/2023/03/04/167794118728761721.html
पाँचथर — फिदिममा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ । टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथर टिमलाई ५–० ले हराएको हो ।दोस्रो मिनेटमै कुम्मायकका लक्ष्मण राईले गोल गर्दै टिमलाई अगाडि बढाए । त्यसपछि दिलकुमार लिम्बू एक्लैले ३ गोल गरेका थिए । उनले ४१, ५५ र ६२ औं मिनेटमा गोल गरेका थिए । थप एक गोल सुनील सुब्बाले ६३ औं मिनेटमा गरेका थिए ।विजेता कुम्मायकले १ लाख र उपविजेता जिप्रकाले ५० हजार रुपैयाँ पुरस्कार पाए । म्यान अफ द म्याच प्रहरीका सुजन चाम्लिङ राईले ५ हजार पुरस्कार पाए ।कुम्मायकका हेमन्त दर्नाल उत्कृष्ट खेलाडी, दिलकुमार सम्बाहाम्फे सर्वाधिक गोलकर्ता, कृष्ण क्षेत्री उत्कृष्ट गोलकिपर, सुवास तामाङ उत्कृष्ट रक्षक र भीमप्रसाद लावती उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए । आयोजक तुम्याहाङ युवा क्लबका प्रणाम तुम्बापोलाई राइजिङ प्लेयरमा पुरस्कृत गरियो । विजेतालाई कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे एवं कोसी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीले पुरस्कृत गरे । प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।
Sports
18,170
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
https://gorkhapatraonline.com/news/99372
गलेश्वर (म्याग्दी), फागुन २७  गते ।  विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ । “विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ”, उहाँले भन्नुभयो ।विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उहाँको भनाइ छ । विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको  विद्यार्थी बताउँछन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् । विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ । रासस
News
41,759
एकता कपुरलाई बलात्कारको धम्की
विवादित वेब सिरिज 'त्रिपल- अनसेन्सर्ड' का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ ।
https://ekantipur.com/entertainment/2020/06/07/159152357031722905.html
काठमाडौँ — विवादित वेब सिरिज 'त्रिपल- अनसेन्सर्ड' का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ ।अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा उनको विरोध गरेका छन् । कतिले सिरिज नै बन्द गर्नुपर्ने टिप्पणी दिएका छन् । केही दिनअघि एकताविरुद्ध युट्युबर विकास पाठकले सिरिजको उक्त दृश्यलाई लिएर प्रहरीमा उजुरीसमेत गरेका थिए । सेनाको पहिरनलाई इरोटिक दृश्यमा प्रस्तुत गरेकै कारण अहिले उनलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की आउन थालेको 'हिन्दुस्तान टाइम्स' मा उल्लेख छ । 'यो महान मानिस जो आफूलाई देशभक्त ठान्छ । उसले मेरो आमा र मलाई दुर्व्यवहार गरेको छ । सामाजिक सञ्जालमा खुलेआम बलात्कार गर्ने धम्की दिइसकेको छ,' उनले भारतीय मिडियालाई भनेकी छिन्, 'यो अब आर्मीको विषयवस्तु वा सेक्सुअल कन्टेन्टको मात्र कुरा भएन । सेक्सुअल कन्टेन्ट बनाएको आधारमा 'एक महिलालाई बलात्कार गर्नु, उसको छोराको बलात्कार अनि उसको ७१ वर्षिया आमाको बलात्कार गर्नु' भन्ने विचारको अर्थ त यौन खराब हो तर बलात्कार चाहीँ ठिक्कै छ भन्ने हो नि ।' एकताले उक्त दृश्य सिरिजबाट हटाउनु र माफी माग्नु आफ्नो लागि ठूलो विषय नै नभएको बताएकी छिन् । उक्त विवादित दृश्य केही दिन अघि नै सिरिजबाट हटाइसकेको छ । सामाजिक सञ्जालमा यसरी बलात्कारको धम्की आउन थालेपछि एकताले 'साइबर बुलिङ' विरुद्ध खडा हुने सोचेकी छिन् । 'यदि उनीहरुले आज मेरो नांगो तस्बिर इन्टरनेटमा सार्वजनिक गर्छु भन्न सक्छ भने भोलि अन्य महिलालाई जे पनि गर्न सक्छ,' उनले भनिन् । कुनै सेनाको संस्थाले नै माफी माग्नु पर्ने कुरा गरेमा आफू पछाडि नहट्ने एकता बताउँछिन् । तर एउटा सेक्सुअल कन्टेन्टकै आधारमा साइबर बुलिङ र बलात्कारको धम्की सहन नसकिने उनको तर्क छ ।
Entertainment
8,498
कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।
https://gorkhapatraonline.com/news/46013
प्रेमराज सिम्खडाकालीकोट मङ्सिर ९ गते । कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।  गठबन्धनबाट निर्वाचित विष्टले १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । उहाँले नेकपा (एमाले) का बिरेन्द्रबहादुर वोगटीलाई ७ हजार ९४४ मतान्तरले पराजित गर्नुभयो । एमालेका वोगटीले पाँच हजार ८३९ मत प्राप्त गर्नुभयो । प्रदेश सभामा निर्वाचित विष्ट अधिबक्ता पनि हुनुहुन्छ । 
News
60,174
आदिवासी संस्कृति संरक्षण गर्नु राज्यको दायित्त्व हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/21553
काठमाडौं, साउन २४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षणका लागि सरकार गम्भीर रहेको समेत उल्लेख गर्नुभयो। उहाँले नेपालमा विभिन्न जातजाति, भाषा, धर्मका मानिस बसे तापनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यस प्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण्ण राख्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘नेपालको कुल जनसंख्याको एक तिहाइभन्दा बढी जनसंख्या आदिवासी जनजातिको रहेको छ। विभिन्न सूचीकृत आदिवासी, जनजातिको जीवित मातृभाषा छन्। ती सबै अमूल्य भाषा, संस्कृति, लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व हो। यसतर्फ सरकार गम्भीर छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। विविधताभित्रको एकता नै हाम्रो मूल मन्त्र हो। यहाँ विविध जातजाति, भाषा, सम्प्रदाय, धर्म मान्ने मानिस रहे तापनि एक, अर्काप्रति सामाजिक सद्भाव, सहिष्णुता अत्यन्तै राम्रो छ। यो नेपालको विशिष्ट पहिचान हो। यसलाई हामीले दीर्घकालसम्म अक्षुण्ण राख्नुपर्दछ।’’ प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध रहेको बताउनु भयो। उनीहरुलाई राज्यको मूलधारमा ल्याएर कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले जनजातिसँग रहेका परम्परागत सीप तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपालका आदिवासी जनजातिको हक र हितको संरक्षण, सम्बर्धन तथा सांस्कृतिक पहिचानको सवालमा म सदा प्रतिबद्ध रहने छु । आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरुलाई राज्यको मूलधारमा कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्नु आवश्यक छ।’’  उहाँले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘राज्यका हरेक तह र तप्कामा समावेशीकरण नीतिलाई प्रभावकारी तवरले आत्मसात गर्दै राष्ट्रको विकास, समृद्धिका लागि उनीहरुको योगदानलाई अझ उच्च बनाउन हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ। आदिवासी जनजातिका भाषा, संस्कार, संस्कृति तथा ज्ञान, सीप संरक्षण हुनुपर्छ भन्ने कुरामा दृढ छु। उहाँहरुसँग रहेका परम्परागत सीप, कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ। यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ।’’
News
62,076
बजेटमा सधैं उपेक्षित खेलकुद
सरकारले खेलकुदलाई प्राथमिकतामै राखेन, पर्याप्त बजेट नै छुट्याएन, खेलकुद बुझ्ने राजनीतिज्ञ नै भएन लगायतका बहस खेलकुद जगत्मा नयाँ होइनन् । खेलकुदलाई प्राथमिकतामा राखेर बहस गर्दैगर्दा नेपाली जनताको आर्थिक–सामाजिकसहित समग्र अवस्थालाई पनि भुल्नु हुँदैन । सरकार र जनताको पहिलो प्राथमिकता भनेको पक्कै पनि गाँस, बास र कपास नै हो । त्यसपछि मात्र खेलकुदलगायतका पर्ने गर्छन् र सोहीअनुरूप विश्वको जुनसुकै सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउने गर्छ । त्यसैले त प्रायः समृद्ध राष्ट्रहरू खेलकुदमा पनि अगाडि नै देखिन्छन् ।
https://ekantipur.com/opinion/2023/06/22/168739813233829498.html
सरकारले खेलकुदलाई प्राथमिकतामै राखेन, पर्याप्त बजेट नै छुट्याएन, खेलकुद बुझ्ने राजनीतिज्ञ नै भएन लगायतका बहस खेलकुद जगत्मा नयाँ होइनन् । खेलकुदलाई प्राथमिकतामा राखेर बहस गर्दैगर्दा नेपाली जनताको आर्थिक–सामाजिकसहित समग्र अवस्थालाई पनि भुल्नु हुँदैन । सरकार र जनताको पहिलो प्राथमिकता भनेको पक्कै पनि गाँस, बास र कपास नै हो । त्यसपछि मात्र खेलकुदलगायतका पर्ने गर्छन् र सोहीअनुरूप विश्वको जुनसुकै सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउने गर्छ । त्यसैले त प्रायः समृद्ध राष्ट्रहरू खेलकुदमा पनि अगाडि नै देखिन्छन् ।समृद्ध राष्ट्रमा उच्च ओहदाका व्यक्तिहरूका तुलनामा खेलाडीको इज्जत, प्रतिष्ठा र सम्मान बढी नै हुने गर्छ । ती राष्ट्रका खेलाडीको हैसियत संसारको कुनै राजनीतिज्ञभन्दा कम हुन्न । छिमेकी मुलुक भारतमै क्रिकेट खेलाडीप्रति सम्मान कुनै राजनेताभन्दा कम हुन्न । युरोपेली र अफ्रिकी देशका फुटबल खेलाडीको लोकप्रियता अझ बढी हुने गर्छ । बजेट सरकारको खर्च र आम्दानीको प्रारम्भिक रूप हो । सरकारले विगतमा गरेका कार्यहरूको समीक्षा र वर्तमान स्थितिको अध्ययन गरी भावी कार्यक्रम र कार्यदिशासहितको आय र व्ययको अनुमानित योजना नै बजेट हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने निर्धारण गर्छ । आगामी वर्षमा कुन क्षेत्रमा के गर्ने र कसरी गर्ने आदिबारे आम्दानी र खर्चसहितको विस्तृत विवरण बजेटमा समावेश गरिएको हुन्छ । प्रत्येक आर्थिक वर्ष प्रारम्भ हुनुभन्दा अगाडि सरकारले ल्याउने बजेटमा निर्धारित अवधिभित्र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा के–कति खर्च गर्ने भनी विनियोजन गर्ने र सोको स्रोत पनि अनुमान गर्ने गरिन्छ ।विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको अवस्थामा समेत नेपाल सरकारले चालु वर्षकै हाराहारीमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । मनोरञ्जनात्मक र खेलकुद सेवाहरूतर्फ भन्ने शीर्षकमा २ अर्ब ७४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ० दशमलव १६ प्रतिशतभन्दा कम हो । यसलाई खेलकुद विकासका निम्ति पर्याप्त मान्न सकिँदैन ।नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हालैका दिनहरूमा प्राप्त सफलतालाई हेर्दा यसपालिको बजेटमा सरकारले क्रिकेटलाई विशेष प्राथमिकता दिएको देखिन्छ । त्रिवि क्रिकेट मैदानसहित विभिन्न ठाउँका क्रिकेट रंगशालाको पूर्वाधार निर्माणमा बजेट छुट्याइएको छ । खेलाडीहरू स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने र खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत विषयलाई यो बजेटको सकारात्मक पक्ष मान्न सकिन्छ ।नेपालमा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र लिने गरिएको छ, जसमा परिवर्तन ल्याउनुपर्ने देखिन्छ । राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए पनि पढाइभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई नकारात्मक भावले हेर्ने प्रवृत्ति यथावतै छ । यस्तो चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय–विश्वविद्यालयको पठनपाठनमा तत्काल समावेश गर्नुपर्छ जसले गर्दा धेरै खेलकर्मीले रोजगारी पाउन सक्छन् ।मुलुकका अरू क्षेत्रमा जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएको छ, जसका कारण प्रतिभा पलायन बढ्दो छ । कतिपय खेलाडीले सधैं अवसर पाइरहने तर कतिपय खेलाडी प्रतिभावान् भईकन पनि ओझेलमा पर्ने गरेका उदाहरण प्रशस्त छन् जसले गर्दा समग्र खेलाडीको मनोबल घट्दै गएको छ । केही समयपहिले मात्र अत्यन्तै सक्षम, सफल र करियरको उच्चतम बिन्दुमा रहेका ख्याति प्राप्त थुप्रै राष्ट्रिय फुटबल खेलाडी नेपालमा भविष्य सुनिश्चित नदेखेर अस्ट्रेलिया पलायन भएका थिए ।अर्कातिर, नेपाली खेलकुदले नैतिकतावान् र इमानदार खेलकुदकर्मीको अभाव झेलिरहेको छ । कतिपय व्यक्ति सदाबहार रूपमै खेल क्षेत्रमा स्थापित छन् । कतिसम्म भने, एउटै व्यक्तिले धेरै वटा खेलकुद संस्थाको नेतृत्वमा हैकम जमाइरहेको देख्न सकिन्छ । नियम, विधानले अवरोध गरेको अवस्थामा एउटा संघमा नेतृत्व गरिरहेको व्यक्तिलाई एकरत्ति ज्ञानै नभएको अर्को संघको नेतृत्वमा पनि हामीले देखेका छौं । आफू नेतृत्वमा पुगिसकेपछि विभिन्न बखेडा झिकी त्यसैमा टाँसिइरहने स्वभावले नेपाली खेलकुदमा धेरै सक्षम व्यक्तिले अवसर पाउन सकेका छैनन्, चाकडी र चाप्लुसी बढ्दै गएको छ । त्यस्ता व्यक्तिले खेल र खेलाडीको उन्नतिभन्दा आफ्नो फाइदालाई प्राथमिकतामा राख्दा नेपालको खेल क्षेत्र अन्य पेसा–व्यवसायभन्दा पछाडि त परेको छ नै, आम जनताले दिने मानसम्मान, इज्जतमा पनि कमी हुँदै गएको छ । राजनीतिक पार्टी र राजनीतिज्ञहरूले पनि खेल क्षेत्रलाई त्यत्ति महत्त्वका साथ हेर्ने गरेको पाइँदैन । त्यसैले त सरकार गठनका क्रममा मन्त्रालय बाँडफाँटमा युवा तथा खेलकुद मन्त्रालय सधैं ओझेलमा पर्ने गरेको छ । सबै राजनीतिक पार्टीहरू अरू मन्त्रालय नपाएको अवस्थामा मात्र खेलकुदको जिम्मा लिन तयार हुन्छन् । सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने खेलकुद क्षेत्र सधैं उपेक्षित हुँदै आएको छ । पर्याप्त बजेट छुट्याउन सकेमा खेलकुद क्षेत्रको उन्नति हुनुका साथै राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव बढाउने खेलकुद र खेलकर्मीप्रति न्याय गरिएको महसुस हुनेछ ।प्रजापति पूर्वबक्सिङ खेलाडी तथा आइबा रेफ्री हुन् ।
Opinion
10,455
वित्तीय पहुँचमा चुनौती
केही वर्षअघि सहरमा निजी गाडी प्रयोगमा प्रोत्साहन गर्ने अचम्मका तौरतरिका थिए । छ प्रतिशत हाराहारीमा ऋण लगानी गर्न बैङ्क तथा वित्तीय संस्थाहरूको होडबाजी नै थियो । सार्वजनिक सवारी संरचना कमजोर हुँदा यो केही बाध्यता र केही अरूथोक पनि हो । सस्तो ब्याजदरमा निजी सवारीसाधनको पहुँच राम्रै गरी बढ्यो । धितोको समस्या थिएन । सवारीसाधन नै धितो हुने भइगयो । ठीक त्यसै समयमा गाउँमा भने किसानले भैँसी किन्नु पर्दा दुई अङ्कको उच्च ब्याजदरमा पनि ऋण पाउन कठिन थियो । अझै कठिन छ र झन् कठिन हुने
https://gorkhapatraonline.com/news/54256
केही वर्षअघि सहरमा निजी गाडी प्रयोगमा प्रोत्साहन गर्ने अचम्मका तौरतरिका थिए । छ प्रतिशत हाराहारीमा ऋण लगानी गर्न बैङ्क तथा वित्तीय संस्थाहरूको होडबाजी नै थियो । सार्वजनिक सवारी संरचना कमजोर हुँदा यो केही बाध्यता र केही अरूथोक पनि हो । सस्तो ब्याजदरमा निजी सवारीसाधनको पहुँच राम्रै गरी बढ्यो । धितोको समस्या थिएन । सवारीसाधन नै धितो हुने भइगयो । ठीक त्यसै समयमा गाउँमा भने किसानले भैँसी किन्नु पर्दा दुई अङ्कको उच्च ब्याजदरमा पनि ऋण पाउन कठिन थियो । अझै कठिन छ र झन् कठिन हुने प्रवृत्तिमा वित्तीय मार्गरेखा अगाडि बढ्दै छ । त्यो सस्तो सवारीसाधन कर्जासँगै अरू ब्याजको पारो चढ्दै गयो । बाह्य कारणसमेतले समग्र वित्तीय प्रणाली नै उच्च ब्याजदरतिर अग्रसर हुँदा समस्या जटिल हुँदै छ । अब पहुँचधारीबाहेकले ऋण पाउन सक्ने अवस्था साँघुरो हुँदै छ । वित्तीय पहुँचमा गम्भीर चुनौती सिर्जना हुँदैछ ।त्यसो त पहुँच भएकाहरूलाई हाम्रो वित्तीय प्रणालीमा ऋण लिन ठूलो समस्या होइन । हिजो पनि थिएन र आज पनि छैन । बिनाधितो पनि लाखमा होइन, करोडमा होइन, अर्बमा ऋण पाइरहेको बताउने केही नवधनाढ्य खुलेआम मिडियामा बकिरहेका छन् । बैङ्क तथा वित्तीय संस्थाको ऋण पनि राजनीतीकरण भएको जस्तै छ, पहुँचबिना असम्भव । व्यावसायिक उद्यमशीलता जोखिममा छ, मर्दैछ । प्रेम आचार्य ताजा पाठ हुन् । वित्तीय पहुँच सीमित सहरी क्षेत्रमा खुम्चँदै जानु जोखिमपूर्ण छ । बैङ्क तथा वित्तीय संस्थाको चित्र र चरित्रले हाम्रो वित्तीय प्रणाली राजधानी काठमाडौँ, यसको चक्रपथ वरपर र केही सीमित सहरतर्फ केन्द्रीकरण हुँदै छ । उत्पादनशील कर्जा नारामा सीमित छ । व्यवसायीको उच्च ब्याजदर नारामा समेत खोटविहीन छैन । बजारले ब्याजदर निर्धारण गर्ने प्रणालीमा तलवितल हुँदा धेरै थोक बिग्रन्छ । बिग्रिरहेकै छ । लघुवित्तदेखि सहकारी र बैङ्कसम्म सर्वसाधारणको निक्षेप जोखिमै छ ।दुई दशकअघि बैङ्क तथा वित्तीय संस्था खुल्ने क्रमले व्यापकता पायो । देशमा ‘क’ श्रेणीका ३२ वटा वाणिज्य बैङ्क खुले । यति धेरै वाणिज्य बैङ्क धनी मुलुकमा समेत कमै छन् । विकास र वित्त कम्पनीको सङ्ख्या ८०/८० हाराहारीमा थियो । चलखेल गर्न सक्ने र शक्तिमा पहुँच हुनेले बैङ्क तथा वित्तीय संस्था खोल्ने भए, खोले पनि । वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनी पनि खोल्न नसक्नेले सहरमा सहकारीका मालिक भए । सहकारीका मर्म र भावना तिनैले सके, सक्दैछन् । कारोबारको अभ्यास बैङ्क तथा वित्तीय संस्थाकै जस्तो मात्र गरेनन्, साहुकारिता अभ्यास बढाए । कालो धन पनि सेतो पार्न उद्यम फस्टायो । सहरी सहकारीको समस्याले सही कर्मका सहकारीलाई उभिन कठिन पर्दैछ ।गाउँतिर लघु वित्तको चटारो । लघु वित्तले पनि लघु वित्तको प्रवृत्ति कमै लियो । प्राध्यापक युनुसले बङ्गलादेशको परिवर्तन गरे लघु वित्तबाटै । एसिया तथा अफ्रिकाको धेरै ग्रामीण जीवन परिवर्तन गरे पनि नेपालमा कमै मर्म बाँकी रह्यो । लघु वित्त लगानीको खेल भयो । एउटा लघु वित्तको प्रतिकित्ता सेयर मूल्य चार–पाँच हजार पुग्ने अवस्था बनाए । एक सय लगानी गर्नेको चार–पाँच हजार पुग्ने भयो । लघुवित्त ऋणीको हालत आज गाउँगाउँ रोइरहेछ । मानिस घर छोड्न बाध्य छन् । बाटो बिराएपछि पुग्ने लक्ष्यविहीन गन्तव्य नै हो । सुधार्न ढिला हुँदै छ ।समय र संरचना बदलिए पनि प्रवृत्ति उस्तै छ । जति वित्तीय संस्था भए पनि तिनको प्रत्यक्ष र अप्रत्यक्ष लगानीको ठूलो अंश भने घरजग्गा गएर थुप्रियो । बाँकी सेयर कारोबारमा गयो र उपभोक्ता कर्जामै केन्द्रित भयो, उत्पादनशील कर्जा सीमित मात्रै । यस्तो प्रवृत्तिले केन्द्रीय बैङ्कलाई गम्भीर बनाउनु स्वाभाविक थियो । केन्द्रीय बैङ्कका कतिपय गभर्नर देशको वित्तीय प्रणालीप्रति गम्भीर भएकै देखिएको इतिहासले बक्दो हो । त्यसैले हुनुपर्छ, बैङ्क तथा वित्तीय संस्थाको एकीकरणको नीति आयो । विलयको नीति आयो । त्यसका निम्ति डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैङ्कमा गभर्नर हुँदा राम्रै काम भएछ । फलस्वरूप एकीकरण र विलयको नीतिले काम ग-यो । अहिले वाणिज्य बैङ्कको सङ्ख्या २२ मा झरेको छ । विकास बैङ्क र वित्त कम्पनीको सङ्ख्या डेढ दर्जन हाराहारीमा सीमित भएको छ । गभर्नर महाप्रसाद अधिकारीले त केही दिनअघि सरकारी स्वामित्वका तीनवटा बैङ्कलाई एउटै छातामा आउन सुझाउनुभयो । नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कलाई अब अप्रत्यक्ष दबाब परेको छ । केन्द्रीय बैङ्कका गभर्नरको भनाइ केवल शान्त सुुझाव मात्र हुँदैन, सुझावमा नीतिगत सामथ्र्यसमेत हुन्छ ।कतिपय वित्त विश्लेषकका अनुसार वाणिज्य बैङ्कको सङ्ख्या नेपालजस्तो देशमा पाँचदेखि सातमा सीमित हुनुपर्छ । केन्द्रीय बैङ्कका गभर्नरले तीन सरकारी स्वामित्वका बैङ्कलाई एकीकरणमा जाने सल्लाहमा केही वर्षपछि वाणिज्य बैङ्कको सङ्ख्या १० भन्दा तल आउन सक्ने सम्भावना छ । बैङ्क तथा वित्तीय संस्था एकीकरण र विलयमा नगएका भए अहिले ठूलै समस्या आउने थियो । अहिले निक्षेप र कर्जाबीचका अन्तर चार प्रतिशतको हाराहारीमा आउन सक्ने अवस्था थिएन तर बैङ्क तथा वित्तीय संस्थाको वास्तविक वित्तीय प्रशासनिक खर्च अझै घट्न सकेको छैन । धेरै तलब सुविधा खाने माथिल्लो सीमित कार्यकारी पद राजनीतिक पार्टीको भागबिलोजस्तै बाँडिएको छ । तलका कर्मचारी थोरै रकममा दलिएका छन् । देशभित्र बस्न सक्ने अवस्था सिर्जना नगर्नमा बैङ्क तथा वित्तीय संस्थाहरूको समेत भूमिका बढ्दो छ । लगानीकर्ताको आफन्त नभई क्षमताका आधारमा मात्र बैङ्क तथा वित्तीय संस्थामा भुइँको कर्मचारी माथि उठ्ने सम्भावना न्यून छ । कुनै बेला बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स बाँडेरसमेत ठूलो नीतिगत भ्रष्टाचार गरियो । केन्द्रीय बैङ्क सुधार गर्न होइन, शक्तिसँग सौदाबाजी गरेर केन्द्रीय बैङ्कमा पुग्नेहरू थिए र तिनले गर्नु गरे । कतिपय तिनै प्रवृत्तिका कारण सरकारी स्वामित्वका बैङ्क वित्तीय सुधारअन्तर्गत विदेशीको ऋण लिएर, उतैको व्यवस्थापन बोलाएर व्यवस्थापन जिम्मा लगाउनु परेको थियो । कतिपय बैङ्क तथा वित्तीय संस्था फेरि गलत व्यवस्थापकको हात परिसकेका छन् । सबैभन्दा डरलाग्दो पक्ष त मुलुकमा वित्तीय एकाधिकार बढ्न थालेको छ । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्न थालेसँगै तिनको अधिकांश केन्द्रीय कार्यालय राजधानी काठमाडौँमा छन् । देश सङ्घीयतामा गए पनि संस्थागत र नीतिगत रूपमा बैङ्क तथा वित्तीय संस्था एकात्मक प्रणालीमा अझ कसिलो हुँदैछन् । एकीकरण र विलयको मर्मले काम गरेको छैन ।बैङ्क तथा वित्तीय संस्थाको पछिल्लो प्रवृत्तिले वित्तीय पहुँच साँघुरिँदै जाने खतरा बढ्न थालेको छ । देशभर शाखा विस्तार भएका बैङ्क तथा वित्तीय संस्थाहरूको शाखा केवल निक्षेप सङ्कलनका निम्ति मात्र केन्द्रित हुँदैछन् । बैङ्क तथा वित्तीय संस्था भनेको सर्वसाधारणकै निक्षेप हो । वित्तीय मध्यस्थकर्ता हुन्– बैङ्क तथा वित्तीय संस्था । तिनको प्रभावकारी व्यवस्थापनले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ तर अहिले नीति र संस्थागत रूपमा वित्तीय केन्द्रीकरण हुँदै छ । देशभरबाट जम्मा पारेको निक्षेप केही सीमित घरानिया र पहुँचधारीले उपभोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार नेपालको वित्तीय प्रणालीमा ४० प्रतिशत कर्जा जोखिममा छ । त्यस्तो अधिकांश कर्जा क्रमशः अद्यावधिक गर्दै लगिएको र आवरणभित्र खराब कर्जाको थुप्रो छ । त्यो सर्वसाधारणकै निक्षेप हो । बचत हो ।वित्तीय संस्थाहरूको चित्र र चरित्र अचम्मको बन्दै गएको छ । कर्जा सहरी, शक्तिसम्पन्न, साधन र स्रोत भएका सीमित व्यक्ति तथा संस्थाको पकडतिर अग्रसर हुँदै छ । कुल गार्हस्थ्य उत्पादन हाराहारी र त्योभन्दा बढी कर्जा प्रवाह भएको देखिएको छ र आर्थिक वृद्धिमा त्यसको सही योगदान छैन । झन्डै आठ प्रतिशतको मुद्रास्फीतिको अवस्था हेर्दा खुद पुँजी निर्माण नकारात्मक अवस्थातिर जाँदै छ । यसले हाम्रो अर्थतन्त्रको जोखिम बढाएको छ । केही सीमित वर्ग र व्यक्ति बिग्रनेबित्तिकै अर्थतन्त्र धराशायी हुन सक्नेछ । उत्पादनमूलक, साना तथा मझौला उद्यममा कर्जा लगानी कमजोर हुँदै जानु यसको खास कारण हो । देशका तीनै तहका सरकार वित्तीय एकाधिकार बढ्दै गएकोप्रति गम्भीर हुनुपर्ने देखिएको छ । दबाब बढाउनु जरुरी छ । सहकारी र लघुवित्तको मर्म र भावनालाई सही तवरले स्थानीय तह र प्रदेशमा पहुँच विस्तार गर्ने गरी व्यावसायिक मोडल विकास गर्नुपर्नेछ । यसमा केन्द्रीय बैङ्कको भूमिका प्रभावकारी हुनुपर्छ । कर्जा विस्तारको मौजुदा अवस्था चित्तबुझ्दो छैन । विद्युत् पहुँच विस्तार हुँदै छ र बाह्य लगानी आकर्षित गर्ने गरी विद्युत्लाई उत्पादनको साधन बनाउनु जरुरी छ । बाह्य लगानीसँगै प्रविधि आकर्षित गर्न सकिनेछ । चीनबाट विस्थापित हुँदै गएको कम्पनी भियतनाम पुग्दा नेपाल किन असम्भव ? कतिपय सूचना प्रविधि, मोबाइललगायत तिनका सहउत्पादन, वित्तीय प्रविधिका साधन उत्पादन गर्ने कम्पनीका निम्ति नेपालमा सम्भावना छ । त्यसमा बाह्य लगानी आकर्षित गर्न सकिन्छ । सिंहदरबारको नीति यसमा उपयोगी हुन सक्छ ।बाह्य लगानीले विदेशी मुद्रा आई देशभित्रको वित्तीय साधनमा न्यून चाप पर्छ । देशभरिबाट निक्षेप सङ्कलन गरेर केन्द्रमै ल्याई लगानी गर्नुपर्ने बाध्यताका पछाडि हाम्रो समग्र नीति जिम्मेवार छ । घरजग्गा, सेयर, सवारीसाधन र उपभोगलाई नियन्त्रण गर्ने गरी केही दिनअघिको केन्द्रीय बैङ्कको मौद्रिक समीक्षा उचित छ । अर्थतन्त्रको बाह्य सन्तुलनमा केही सकारात्मक अवस्था भए पनि माग बढ्ने गरी कर्जाको वास्तविक माग किन कठिन हुँदै छ ? बढ्दो महँगीले पनि आन्तरिक वस्तुको माग नबढेको चितवनको सडकमा तरकारी पोखिएकोबाट स्पष्ट हुन्छ । व्यावसायिक उद्यमशीलतामा भुइँ तहदेखि ग्रामीण, साना, मझौला उद्यमीको सक्रियता, नवप्रवर्तनमा जोड दिने वित्तीय प्रणालीबिना अर्थतन्त्र उँभो लाग्न सक्ने देखिन्न । समयमै ध्यान दिनु वाञ्छनीय छ ।   
News
47,359
उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/60269
जनकपुरधाम, चैत २५ गते । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराउनुभएको थियो ।उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आउनुभएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गर्नुभएको हो । सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।रासस 
News
33,227
न्युज–ग्राउन्ड
करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए । 
https://ekantipur.com/feature/2018/02/19/20180219124648.html
काठमाडौँ — करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए । २०७२ वैशाख १२ गते ११:५६ बजे -कान्तिपुरको तीनकुनेस्थित भवनको चौथो तलामा थिए– बलराम बानियाँ, अब्दुल्लाह मियाँ, जगदीश्वर पाण्डे र बसन्त बस्नेत । भूकम्पले जब साढे ६ तले भवन हल्लाउन थाल्यो मियाँ, पाण्डे र बस्नेत टेबुलमुनि पसे । बानियाँचाहिँ हतारहतार भर्‍याङको सिँढीबाट तल ओर्लिन थाले । ओर्लिंदा ओर्लिंदै भित्ताका कुना यसरी चिरिन थाले कि उनलाई लाग्यो– ती चिराहरू मलाई नै पछयाउँदै आइरहेका छन् । तल्लो तलामा सुरक्षित होइएला कि भनेर पसे । यसो माथितिर हेर्दा त्यहाँ पनि पिल्लर र बिम छुट्टिइसकेका थिए । जसोतसो उनी भुइँतलामा पुगे । फोटो पत्रकार सुरविन्द्रकुमार पुन बेतोडले बाहिर निस्किन खोज्दा सिसाको ढोकामा नराम्ररी बजारिए । ‘मैले उनलाई च्याप्पै समातेँ र ढोका बाहिर हुत्याइदिएँ,’ बानियाँ सम्झन्छन्, ‘त्यसपछि कता गए पत्तो भएन । मचाहिँ कुदेर सडकमा पुगेँ । एक घण्टा जतिमा सम्पादक सुधीर शर्मा आइपुग्नुभयो । जसरी भए पनि पत्रिका निकाल्ने सल्लाह भयो ।’-संवादाताहरू अतुल मिश्र र घनश्याम खड्का योगगुरू रामदेवको अन्तर्वार्ता लिन मोटरसाइकलमा गोल्फुटारतर्फ जाँदै थिए । मानिस रुँदै कराँउँदै सडकमा दगुर्न थाले । खड्कालाई लाग्यो– कुनै गोलीकाण्ड चलेछ क्यारे ∕ उनले बाइकमा पछाडि बसेका मिश्रलाई टाउको निहुराउन भने । तर एकैछिनमा मोटरसाइकल असन्तुलित भएर लड्यो । अनि पो थाहा पाए– भूकम्प आएको रहेछ ∕ ‘लगत्तै घरमा फोन गरेको सम्पर्क हुन सकेन,’ खड्का भन्छन्, ‘बल्ल तल्ल सम्पादकजीलाई फोन लाग्यो । उहाँले अब त्यतैबाट जेजे देखिन्छ हेर्दै आउनुस्, जसरी भए पनि पत्रिका निकाल्नुपर्छ भन्नुभयो । हाम्रो असाइन्मेन्ट बीचैमा चेन्ज भयो । हामी त्रिवि शिक्षण अस्पताल, सुन्धारा हुँदै ठाउँठाउँ घुमेर पेप्सीकोलास्थित कान्तिपुर छापाखानामा पुग्यौं ।’ -फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ठमेलस्थित आफ्नै घरको पाँचौं तलामा थिए । भूकम्प नरोकिएसम्म उनी छोरीलाई च्यापेर कौसीमा बसे । ५६ सेकेन्डभित्र काठमाडौं पूरै धुलाम्य भइसकेको थियो । उनलाई लाग्यो, ‘यो त इतिहासकै भयानक घटना भयो । यसलाई मैले फोटोमा उतार्नै पर्छ ।’ त्यसपछि उनी सानी छोरी र श्रीमतीलाई घरमै छाडी क्यामेरा लिएर निस्किए । नजिकै नयाँ घर बनाउन लागेका कामदार पुरानो घर भत्किएर पुरिएका थिए । टाउको मात्रै देखिएका एक जनाको उद्धार प्रयास भइरहेको थियो । उनले त्यो दृश्य कैद गरे । लगत्तै सुन्धारा पुगे । त्यहाँ २०३ फिट अग्लो राजधानीको प्रमुख पहिचान धूलिसात भएको थियो । त्यसपछि पनि उनी अरू ठाउँको फोटो खिच्दै हिँडे । ‘फोटो खिच्दै जाँदा रोइरहेकी एक बालिकालाई देखेपछि पो म झसंग भएँ,’ श्रेष्ठ सम्झन्छन्, ‘ओहो ∕ म त सानी छोरी र श्रीमतीलाई ५ तलामाथि छोडेर पो आएको छु त ∕ दौडिएर घर पुग्दा उनीहरू त्यहाँ थिएनन् । सरस्वती क्याम्पसको खुला चौरमा पुगेछन् ।’ पछि थाहा भयो, धरहरा ढल्दा त्यहाँ करिब ५ दर्जन व्यक्ति पुरिएछन् । भोलिपल्टको कान्तिपुरको मुख्य तस्बिरमध्ये एउटा त्यही थियो ।-सिन्धुपाल्चोक संवाददाता ऋषिराम पौड्याल रिपोर्टिङका सिलसिलामा चौताराबाट अरनिको राजमार्ग हुँदै लामोसाँघुतर्फ जाँदै थिए । एक्कासि डाँडाबाट सडकमा ढुंगा खस्न थाल्यो । ढुंगा खस्दाखस्दै चालकले गाडी कुदाएर वनदेउडाँडामा पुर्‍याए । उनले तत्काल घरगाउँमा फोन गरे, तर लागेन । भूकम्पले तारन्तार धक्का दिने क्रम जारी थियो । चारैतिर धूलो देखिन थाल्यो । पारि गाउँबाट मानिस कराएको आवाज आयो । उनले आफ्नै गाउँको डाँडाबाट पनि धूलो आइरहेको देखे । ‘राजधानीमा रहेका श्रीमती र छोराछोरी अब के हुन्छ भन्दै फोनमा रून थाले,’ उनले सुनाए, ‘आमा, दाइ र भाउजूको अवस्था थाहा पाउन सकिएन । केहीबेरमै घरले किचेर बेहोस एक बच्चालाई डोलीमा राखेर हामी भएतिर ल्याए । मैले हत्तपत्त क्यामेरा झिकेर फोटो खिचेँ । त्यसपछि त हरेक गाउँबाट घर भत्केका र मृत्यु भएका खबर आउन थाले । समाचार टिप्दाटिप्दै गाउँको आफ्नो घर पनि भत्केछ भन्ने साँझ मात्रै थाहा भयो ।’ -पिङ मच्चिएझै घर हल्लिन थालेपछि दोलखा संवाददाता राजेन्द्र मानन्धर र उनकी श्रीमतीले नुहाउँदै गरेका छोराछोरीलाई रुमालमा बेरेर बाहिर ल्याए । उनीहरूलाई बचाउन मात्रै जोगिए जस्तो गरी केही बेरमै ५ तल्ले घर जगैदेखि गल्र्याम्मगुर्लुम्म भयो । तर घर ढल्नेमा उनी एक्लो थिएनन् । ‘सिंगो बस्ती ध्वस्त भएको देखेपछि त्यहीँ बसिरहन मनले मानेन,’ मानन्धर भन्छन्, ‘अनि म डरले काँपिरहेका बच्चा र श्रीमतीलाई बारीको पाटामा छाडेर रिर्पोटिङ गर्न निस्किएँ ।’-भूकम्पका बेला काठमाडौंमा रहेका कृष्ण थापा नुवाकोटस्थित आफ्नो घर चिराचिरा परेर बस्न नहुने भएको खबर थाहा पाए पनि रिपोर्टिंङका लागि रसुवा लागे भने संवाददाता मकर श्रेष्ठलाई रुँदैरुँदै पछ्याइरहेकी छोरी र श्रीमतीलाई छाडेर काममा गयो भन्दै छिमेकी र आफन्तले गाली गरे । वैशाख २९ मा अर्को शक्तिशाली भूकम्प गएपछि पनि त्यस्तै भयो । श्रेष्ठ भन्छन्, ‘बारम्बार भूकम्प र पहिरो आइरहेका बेला रिपोर्टिङ गर्न दोलखा जाने निधो गरेपछि उनीहरूले झनै असहज महसुस गरे ।’करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको उक्त कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए । कतिको घर पूरै लडेको थियो भने कति परिवारजनबाट सम्पर्कविहीन अवस्थामा थिए । समाचार सम्पादक हरिबहादुर थापाको काभ्रेस्थित घर भत्किएको थियो । संवाददाताहरू राजेन्द्र मानन्धर, नगेन्द्र अधिकारी, मकर श्रेष्ठ, ऋषिराम पौड्याल र कृष्ण थापाका पनि घर भत्किए । त्रिपालभित्रको बसाइ र सीमित उपभोग्य वस्तुको भरमा गुजारा गर्नुपरेका दिन आफैंमा अत्यन्तै कष्टकर थिए । तर ती सबै प्रतिकूलतामा पनि भूकम्प प्रभावित क्षेत्रका समाचार र तस्बिरहरू दिनहुँ कभरेज गर्न साथीहरूले ठूलो हिम्मत र उत्साह देखाए । त्यसलाई सम्पादन, संयोजन र प्रकाशन गर्नमा डेस्क र डिजाइनिङका साथीहरूको उत्तिकै भूमिका थियो । भूकम्पलगत्तै इन्टरनेटर सम्पर्क टुटेको थियो । फोन पनि बेलाबेलामा मात्रै लाग्थ्यो । तीनकुनेस्थित कार्यालयमा बसेर काम गर्न त परै, भित्र पस्न पनि सकिने अवस्था थिएन । तर त्यस्तो असहज परिस्थितिमा पनि सम्पादकीय र व्यवस्थापकीय नेतृत्वले पत्रिकाको प्रकाशन नरोक्ने निर्णय केही घण्टाभित्रै लिइसकेको थियो । छापाखानाकै टहरामा गएर काम अघि बढाउने टुंगो भयो । टुंगो त भयो तर त्यहाँ समाचार लेख्न अनि सम्पादन र डिजाइनिङ गर्न पर्याप्त कम्प्युटर थिएनन् । सम्भव भए जति ल्यापटप जुटाइयो । कम्प्युटर विभागका ब्राइडेन सुब्बा, मनोज कर्माचार्य, सुवास मजगाईं र सुरक्षागार्डहरूले डिजाइनिङका कम्प्युटर निकाल्न ठूलो साहस देखाए । त्यो दिन मुस्किलले २/३ वटा मात्र निकाल्न सकियो । जसोतसो काम चलाइयो । इन्टरनेट त थिएन नै कम्प्युटरहरूबीचको नेटवर्क पनि भएन । प्रत्येक समाचार र तस्बिरका फाइल रिपोर्टरबाट लिन, सम्पादनका लागि अर्को कम्प्युटरमा दिन र डिजाइनिङमा पठाउन हरेकपल्ट पेन ड्राइभमा राख्दै झिक्दै गर्नुपथ्र्यो । प्रविधिको सहजतामा अभ्यस्त हुँदै गइरहेका हामीलाई अलिकति मात्रै पछाडि फर्कनुपर्दा पनि कत्रो झन्झट आइलाग्दो रहेछ भन्ने त्यति बेला राम्ररी महसुस भयो । डिजाइनिङ विभागका विश्वेश्वर श्रेष्ठ पेजहरू फाइनल गरेर राति ११:३० तिर घर पुगे । घर भन्नु के थियो, उनको पनि टहराकै बसाइ थियो । ‘भूकम्पका धक्काहरूबीच राति ३ बजेतिर यसो निदाउन लागेको मात्रै के थिएँ, प्रेसबाट ब्राइडेनजीको फोन आयो,’ उनी भन्छन्, ‘प्रेसमा पठाउन तयार पारिएका केही पेज करप्ट भएछ । उहाँले जसरी पनि आउनुपर्ने भयो, नत्र भोलि पत्रिका निस्कँदैन भन्नुभयो । अनि म त्यति नै बेला फेरि मोटरसाइकल लिएर पुगेँ ।’ भोलिपल्ट पनि परकम्प आइरहेकै थिए । जसरी भए पनि कम्प्युटर निकाल्नै पर्ने थियो । सुब्बा सम्झन्छन्, ‘म, मनोज, सुवास र केही सुरक्षागार्ड कम्प्युटर निकाल्न तेस्रो र चौथो तल्लामा गयौं । त्यति नै बेला घरबाट श्रीमतीको फोन आयो । उनले साढे ३ बजे फेरि ठूलो भूकम्प जाँदै छ रे भित्र नपस्नू भनिन् । मैले ल ल हुन्छ भनें । तर हामी धमाधम कम्प्युटरका तार थुतिरहेका थियौं । कम्प्युटर निकाल्दा निकाल्दै पनि भूकम्पले नराम्ररी झट्का दियो ।’ १३ गतेदेखि छापाखानाका टहरामा नेटवर्क जोडेर काम गर्न थालियो । ठाउँ साँघुरो थियो । सुरुका दिनमा भूकम्पका कारण सबै सहकर्मी आउन नसकेकाले खासै भीडभाड भएन । तर जब सबै आउन थाले समाचार लेख्न बस्ने ठाउँसमेत भएन । टहराबाहिर पाल टाँगेर टेबुल कुर्सी राखियो । वर्षायाम सुरु हुनै लागेकाले घरीघरी पानी पथ्र्यो । पालबाट पानी चुहिँदा लेख्दालेख्दैको ठाउँ छोडेर अन्तै हिँड्नुपथ्र्यो । घाम लागेका बेला भने प्राय: साथी टहरा अघिल्तिर खुला चौरमा दुबोमाथि बसेर काम गर्थे । न्युज मिटिङ पनि हामी त्यही चौरमा गथ्र्यौं । हामी न्युज–रुमबाट न्युज–ग्राउन्डमा पुगेका थियों । विमानस्थल नजिकै भएकाले जहाज उड्न र बस्न लागेका बेला चर्को आवाज आउँथ्यो । एकैछिन कुरेर आवाज मधुरो भएपछि फेरि मिटिङ अगाडि बढाउँथ्यौं । कुनै फरक प्रकृतिका कार्गो जहाज आएको देखियो भने कुन मुलुकबाट के राहत आयो भन्ने सोधिखोजी हुन्थ्यो । मिटिङ सकेर उठेपछि मात्र पछाडि चिसो भइसकेको हेक्का हुन्थ्यो । कैयौं पटक डिजाइनिङ सकिएर पेजहरू छापिनै लाग्दा ठूला झट्का जान्थे । तिनलाई पनि हामी सकेसम्म अपडेट गथ्र्यौं । दिनभरिमा कतिपल्ट परकम्प गयो भनेर अपडेट लिने एउटा नियमित कामजस्तै हुन्थ्यो । छापाखानाका लागि निर्मित टहरामा कान्तिपुर, काठमाडौं पोस्ट, नेपाल, साप्ताहिक, नारी र केहीपछि कान्तिपुर टेलिभिजनसमेत अटाएर काम गर्नुपर्दा एकदमै साँघुरो भएको थियो । वर्षायाममा रातिका बेला लामखुट्टेले समेत सताउन थालेको थियो । सुरुवाती दिनका खाजा चिउरा, दालमोठ र पानी मात्रै भए पनि व्यवस्थापनले बेलुकीका लागि राम्रो खानाको प्रबन्ध गरिदिएको थियो । सहकर्मीको हौसला बढाउन र काम गर्ने वातावरण सहज बनाउन व्यवस्थापनले सक्दो प्रयास गरेको थियो । सम्पादकीय विभागका साथै कम्प्युटर, मुद्रण, वितरण र अन्य सबै विभागका सहकर्मीको सहकार्यको परिणामस्वरूप भवन भत्किएर कार्यालय नै विस्थापित भएका बेलासमेत हामीले कान्तिपुर दैनिकको प्रकाशनलाई कुनै दिन पनि १६ पृष्ठमा नघटाई निरन्तरता दिन सफल भयौं । भूकम्प गएको दिनदेखि करिब एक सातासम्म हामीले प्रभावित जिल्लामा भएका क्षति, घर भत्किएका र आफन्त गुमाएकाका पीडा, सम्पदाहरूमा पुगेको क्षति, भत्किएको घरमा च्यापिएकाको जीवितै उद्धार गर्ने सुरक्षाकर्मी र सर्वसाधाणका कथाव्यथालाई प्राथमिकताका साथ प्रस्तुत गर्‍यौं । त्यसपछि पनि राहतमा हुन थालेका घोटालादेखि लिएर जनसाधारणका सरोकारहरूप्रति निरन्तर खबरदारी गर्दै रहयौं । यो सिलसिला पुनर्निर्माणमा देखिएको लापरबाही र उदासीनताप्रति अहिलेसम्मै जारी छ । भूकम्पमा परी करिब ५ लाख घर पूरै भत्किए भने ३ लाख क्षतिग्रस्त भए । भूकम्पीय जोखिमका दृष्टिले विश्वमै ११ औं स्थानमा रहेको हाम्रो मुलुकमा यस्ता विपत्तिबाट बच्ने उपाय र मानवीय चेतना भने असाध्यै न्यून छ । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बेइमानी केलाउने हो भने त भूगोलभन्दा पनि यहाँको राज्यसंयन्त्र झनै डरलाग्दो छ । आमसरोकारका विषय निरन्तर उठाइरहने केही सहकर्मीको हालत अहिले पनि नाजुक नै छ । आँखै अघिल्तिर आफ्नो घर ढलेको प्रत्यक्ष देखेका राजेन्द्र मानन्धरका श्रीमती र छोराछोरी अझै पनि तर्सिरहन्छन् । घर बनाएको ऋण जस्ताको तस्तै छ । सहुलियतका लागि जति नै धाए पनि बैंकलाई घाटा नपर्ने गरी सावाँ–ब्याज बुझाउनै पर्ने दायित्व छँदै छ । यसबीचमा टहराको चिसोले निमोनिया लागेकैले नगेन्द्र अधिकारीकी हजुरआमाको निधन भएको छ भने उनको परिबार टहरामै छ । तर यति हुँदाहुँदै पनि आ–आफ्नो जिम्मेवारीबाट कोही पछि हटेको छैन । समाज र राष्ट्रप्रतिको यही दायित्वबोधले नै आफ्नो २५ वर्षे इतिहासमा कान्तिपुर सदैव अग्रणी रहन सफल भएको छ । भण्डारी कान्तिपुरका समाचार डेस्क संयोजक हुन् ।
Feature
1,530
संघीयताका ‘जनकहरू’, प्रणालीलाई हेलाहोचो नगर
संघीयता अहिले सबैको ‘पन्चिङ ब्याग’ भएको छ । नागरिकको सामर्थ्य काठमाडौंमा र त्यसमा पनि दरबारको पटाङ्गिनीमा बन्दी बनाउँदै आएका शक्तिका पुजारीहरूलाई त संघीयता अरुचिकर लाग्ने नै भयो । तर राज्य पुनःसंरचनाका लागि गाउँबस्तीमा संघर्ष गरेको भन्दै जसदाबी गर्दै आएका दलका नेताहरूले नै संघीयतालाई अलपत्र पार्न खोजिरहेका छन् ।
https://ekantipur.com/opinion/2023/05/26/168506510642078446.html
संघीयता अहिले सबैको ‘पन्चिङ ब्याग’ भएको छ । नागरिकको सामर्थ्य काठमाडौंमा र त्यसमा पनि दरबारको पटाङ्गिनीमा बन्दी बनाउँदै आएका शक्तिका पुजारीहरूलाई त संघीयता अरुचिकर लाग्ने नै भयो । तर राज्य पुनःसंरचनाका लागि गाउँबस्तीमा संघर्ष गरेको भन्दै जसदाबी गर्दै आएका दलका नेताहरूले नै संघीयतालाई अलपत्र पार्न खोजिरहेका छन् ।आधा दशकअघि निर्वाचन भएर प्रदेशमा संसद् र सरकारहरू बनेदेखि अधिकार बाँडफाँटमा केन्द्रले देखाउँदै आएको अनुदार व्यवहार त्यसैको प्रमाण हो । २०७४ को निर्वाचनपछि बनेको संघीय सरकारले प्रदेशले संविधानतः प्राप्त गर्ने अधिकारलाई कुण्ठित गरेको थियो, त्यसपछि बनेका सरकारले पनि यही शैलीलाई निरन्तरता दिएका छन् । अहिले पनि मुख्यमन्त्रीहरूको बैठक रोक्न लगाएर प्रधानमन्त्रीले मुख्यमन्त्री विशेषलाई होइन, प्रदेशहरू र समग्रमा संघीयताको मर्मलाई उपेक्षा गरेका छन् । यो आफैंमा दुःखद पक्ष हो । ‘संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुन सक्ने राजनीतिक विवाद समाधान गर्न’ संविधानले नै प्रधानमन्त्री नेतृत्वमा अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ, तर परिषद् चार वर्षयता निष्क्रिय छ । अर्कोतिर, मुख्यमन्त्रीहरूको बैठक पनि संघकै हस्तक्षेपमा रोकिनु विडम्बना हो । गण्डकी सरकारले बोलाएको मुख्यमन्त्री बैठकले राज्यका कुनै निकायलाई चुनौती दिएको होइन, बरु अन्तर्यमा संघीयतालाई बलियो बनाउन खोजेको देखिन्छ । बैठकको औपचारिक कार्यसूची प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने भए पनि यसको मूल उद्देश्य संघीयता कार्यान्वयन र स्रोत तथा अधिकारप्राप्तिको विषयमा साझा धारणा बनाउने थियो । अन्तरप्रदेश परिषद् बैठक बोलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने पनि मुख्यमन्त्रीहरूको योजना थियो । प्रधानमन्त्रीको अध्यक्षतामा त्यहीँ ‘अन्तरप्रदेश परिषद्’ को अनौपचारिक बैठक बसाउनेसम्म उनीहरूको रणनीति थियो । तर प्रधानमन्त्री र सत्तारूढ दलहरूको दबाबका कारण बैठक नै स्थगित भएको छ । २०७५ भदौमा पोखरामै मुख्यमन्त्रीहरूको बैठक हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘गुटबन्दी’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । अन्तरप्रदेश परिषद् बैठक स्थगित गर्दै उनले मुख्यमन्त्रीहरूको मागअनुसार सामूहिक भेट दिन पनि अस्वीकार गरेका थिए । सार्वजनिक रूपमै प्रदेशहरू संघीय सरकारका एकाइ भएको बताउने ओलीमा उक्त प्रवृत्ति हुनु अनौठो होइन । तर अहिले, आफू र आफ्नो दललाई संघीयताको हिमायतीका रूपमा चिनाएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री रहेका बेला त्यही प्रवृत्ति दोहोरिनु स्वाभाविक मान्न सकिँदैन । निश्चय पनि संघीयता नेपालका निम्ति सर्वथा नौलो अभ्यास हो । विश्वअभ्यासको आलोक र हाम्रै संविधानको दिशानिर्देशका आधारमा सिक्दै–सच्चिँदै अघि बढ्दा नै यो व्यवस्थाको उद्विकास हुँदै जाने हो । प्रस्ट हुनुपर्छ, संविधानमा व्यवस्था नभए पनि मुख्यमन्त्रीहरूको बैठकले अन्तरप्रदेश समन्वय सुदृढ बनाउन निःसन्देह सघाउँछ । संघीयता अपनाएका भारतलगायत कतिपय देशले त प्रदेश सरकार प्रमुखहरूको बैठक राख्ने अभ्यास कानुनी रूपमै गरेका छन् । हामीकहाँ पनि प्रदेशहरूबीच व्यवस्थित समन्वय स्थापित गर्न संविधान वा कानुनमै मुख्यमन्त्रीहरूको कुनै संरचना निर्माण गर्न सकिन्छ । त्यसो नगरिए पनि यस्ता बैठकलाई स्वागतयोग्य नै मान्नुपर्छ । संविधानमा भएका अधिकारहरू संस्थागत गर्न, प्राकृतिक स्रोतमा देखिएका/देखिने प्रदेश–प्रदेश र प्रदेश–संघबीचको विवाद अन्त्य गर्ने उपायहरू पहिल्याउन र असल अभ्यास एवं सिकाइ आदानप्रदान गर्न यस्ता बैठकहरू सहायकै हुन्छन् । त्यसैले, संघले यसलाई आफूविरुद्धको षड्यन्त्रका रूपमा बुझ्न जरुरी छैन । संविधानमा व्यवस्था नभए पनि यस्ता बैठक डाक्नु मुख्यमन्त्रीहरूको सिर्जनशील उपाय नै हो । संघले आवश्यक कानुनहरू नबनाइदिँदा संघीयताको स्वाभाविक विकास अवरुद्ध छ । प्रदेश प्रहरी गठन, निजामती कर्मचारी ऐन नबन्दा प्रदेशहरूले आफ्नो पूर्ण शासकीय अभ्यास गर्न पाएकै छैनन् । संघीय शिक्षा ऐन नबन्दा त प्रदेश मात्र होइन, स्थानीय तहहरू पनि कतिपय विषयमा रनभुल्लमा छन् । यिनै कारण, प्रदेशहरूसित संघीय सरकारलाई सुनाउनुपर्ने थुप्रै गुनासा छन् । यस्तो अवस्थामा संघले मुख्यमन्त्रीहरूको बैठक त रोक्न हुँदैन नै, अन्तरप्रदेश परिषद् बैठक गर्नबाट भाग्नसमेत मिल्दैन । संघले संविधानअनुसार बैठक बोलाएर संवादमार्फत संशय हटाउनुपर्छ । र, आवश्यक कानुन निर्माणमार्फत संघीयता कार्यान्वयनका गाँठाहरू फुकाउनुपर्छ । प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन–२०७७ ले व्यवस्था गरेको प्रधानमन्त्रीको अध्यक्षताको २० सदस्यीय राष्ट्रिय समन्वय परिषद्लाई पनि यथाशीघ्र गठन गर्नुपर्छ । यस्ता संवैधानिक एवं कानुनी संरचनाहरूलाई सक्रिय तुल्याएर प्रभावकारी संवादमार्फत सबै तहका सरकारले आपसी उल्झन र अविश्वास हटाउनुपर्छ, र उचित साझेदारीमा जोड दिनुपर्छ । अनि मात्रै, संघीयताले स्वाभाविक लय समाउनेछ ।
Opinion
10,559
लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
https://gorkhapatraonline.com/news/15113
नमराज सुवेदीरसुवा, जेठ २३ गते । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो । निकुञ्जको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/९ को १० महिनामा साढे १५ हजार पर्यटक निकुञ्ज भित्रिएका छन् । कार्यालयअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म १५ हजार ६४१ पर्यटक आएका हुन् । जसमा १३ हजार १२० नेपाली, दुई हजार ३८८ विदेशी र सार्क राष्ट्रका १९३ पर्यटक छन् ।विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्षसम्म पर्यटक आउने क्रम घटेको थियो । कोरोनाको सङ्क्रमण रोकथामका लागि देशमा लकडाउन भएपछि पर्यटक आउने क्रम शून्यमा झरेको थियो । पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले धेरै खर्च गर्दछन् । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि हजारौं पर्यटक आउने गरेका छन् । निकुञ्जमा आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन र अवलोकन गर्न पुग्ने गर्दछन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् । हरेक वर्षको असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बा¥है महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरूमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, बेलायत, कोरिया, रुस, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । यसअघि निकुञ्जमा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेकोमा अहिले गोसाइँकुण्डमा जानेको सङ्ख्या बढेको छ ।निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमशृङ्खला, गोसाइँकुण्डलगायतका विभिन्न कुण्ड, ऐतिहासिकस्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ ।
News
49,895
पूर्वलडाकुको बन्दुकदेखि सुईसम्मको यात्रा
पहिला बन्दुक बोकेका उनका हातले अहिले बिरामीको उपचार गर्छन्। परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्वमा सहभागी भएकी र अरूलाई गोली हान्न पनि पछि नपरेकी उनी अहिले सुई र औषधिका ट्याब्लेटलाई नियमित हतियार बनाउँदैछिन्।
https://www.bbc.com/nepali/44301305
मोरङमा जन्मिएकी ३४ वर्षीया मेनुका दाहाल अहिले झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर स्वास्थ्य चौकीकी प्रमुख छिन्। तर यो भूमिका र स्थानसम्म आइपुग्न उनले जीवनमा धेरै सङ्घर्ष र आफैँसँग अन्तर्सङ्घर्ष गर्नुपर्‍यो। उनी भन्छिन्, "विगत सम्झँदा दुःख लाग्छ।" उन्नाइस वर्षको उमेरमा 'क्रान्ति' र 'जनमुक्ति' का कुराले उनलाई लट्ठ्यायो। त्यतिखेर देशमा सशस्त्र द्वन्द्व चल्दै थियो र उनी माओवादी बनिन्। एक वर्षमै बन्दुक बोकेर २०६१ सालदेखि उनी माओवादी लडाकुका रूपमा विभिन्न स्थानमा आक्रमण गर्न गइन्। रक्तपात र मृत्यु नजिकैबाट देखिन्। नयाँ सङ्घर्ष समयले कोल्टे फेर्‍यो, शान्तिसम्झौता भयो। क्यान्टोन्मेन्टमा हुँदा प्लाटुन कमान्डर बनेकी मेनुकाको सहकर्मी प्रकाश अधिकारीसँग सैनिक पोसाकमै बिहे भयो। तर परिवर्तनको मोहमा पढाइ छोडेकी मेनुका दाहालको आफ्नै जीवनमा परिवर्तन आवश्यक भयो। उनले स्वेच्छिक अवकाश लिइन्। त्यसपछि सुरु भयो उनको जीवनमा नयाँ सङ्घर्ष। भविष्यको चिन्ताले राम्रो सीपको आवश्यकता महसुस भयो। उनी स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) को प्राविधिक शिक्षा लिन थालिन्। छोरी जन्मेको १२ दिनमै पहिलो वर्षको परीक्षा दिनुपर्‍यो। रक्तस्राव हुँदा पनि उनले हिम्मत हारिनन्। "अरूलाई परीक्षा कसरी पास गर्ने भन्ने चिन्ता हुन्थ्यो। मलाई चाहिँ सुत्केरी भएपछि परीक्षा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।" जागिर तेस्रो वर्षको परीक्षामा उत्तीर्ण भएपछि उनले प्राविधिक खरदारको पदका लागि लोकसेवा आयोगको परीक्षा दिन तयारी थालिन्। यता घरपरिवार र सानी छोरी, उता भविष्यको चिन्ता। मेनुका भन्छिन्, "त्यो बेला मलाई एकदमै गाह्रो भयो। सानो छोरी थिइन्।" लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण हुन त्यति सजिलो मानिँदैन। तर उनले नाम निकालिन्। धनकुटामा खटिएको नौ महिनामै एक तह माथि प्राविधिक सुब्बाको परीक्षाको तयारी थालेको उनी बताउँछिन्। त्यसमा पनि उनी उत्तीर्ण भइन्। सरकारले उनलाई सोलुखुम्बु पठायो। सोही पदमा सरुवा भएर हाल उनी झापामा कार्यरत छिन्। आफ्ना दिदीबहिनी र श्रीमान्‌को सहयोगविना यो अवस्थामा आइपुग्न असम्भव थियो भन्ने उनलाई लाग्छ। अनुभव द्वन्द्वकालमा बन्दुक बोकेर लड्न गएको अनुभव सुनाउँदै उनले भनिन्, "यिनै हात हुन् बन्दुक बोक्ने पनि।" के कुराले उनलाई स्वास्थ्य सेवामा तान्यो त? झापाको सुरुङ्गा तथा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गर्दा घाइते भएका माओवादी लडाकुहरूलाई बचाएको उनले सुनाइन्। त्यही अनुभव र सम्झना जीवनको त्यो मोडमा निर्णायक भइदिए। उनी भन्छिन्, "घाइते साथीहरूको सेवा गर्ने मौका पाएकोले स्वास्थ्य क्षेत्रमै जाने इच्छा जागेर आयो। त्यसपछि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा लिन सुरु गरेँ।" भिन्नता व्यावहारिक र व्यावसायिक अनुभव बटुल्दै गर्दा पढाइका बारेमा भने उनमा केही पछुतो छ कि भन्ने सङ्केत भेटिन्छ। उनी भन्छिन्, "त्यतिबेला नियमित कलेज गएको भए, आज म यो भन्दा माथि उठ्थेँ होला...।" पहिला र अहिलेको उनको जीवनमा कस्तो भिन्नता छ त? उनी भन्छिन्, "पहिला म एउटा राजनीतिक दलकी सैनिक थिएँ, अहिले म जनताकी सेविका भएकी छु। फरक त्यत्ति हो।"
Others
63,634
विश्वकप क्रिकेट लिग २: ‌ओमानद्वारा नेपाल सहजै पराजित
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल बनाए पनि घरेलु मैदानमा ओमानसँग आठ विकेटले पराजित भएको छ।
https://www.bbc.com/nepali/news-51432422
नेपालले दिएको २५० रनको लक्ष्यलाई ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको छ। ओमानका लागि अकिब इलयासले पहिलो एकदिवसीय शतक बनाउँदै विजय निश्चित गरेका हुन्। ३७ रनमा हुँदा अरिफ शेखले छोडेको क्याचको फाइदा उठाउँदै उनले १०८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनाए। प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा दोस्रो हार हो। यसअघि पनि नेपाल ओमानसँग हारेको थियो भने अमेरिकालाई हराएको थियो। कमजोर बलिङ ‌ओमानका कप्तान जीशान मकसूदले ६८ रन बनाएर नटआउट रहे। आउट भएका खेलाडीहरू खभर अलीले ४१ र जतिन्दर सिंहले २३ रन बनाएका थिए। नेपालका सुसन भारी र कुशल मल्लले १-१ विकेट लिएका हुन्। नेपालका बलरहरू कमजोर साबित भएका थिए। सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्च गरे भने अर्का स्पीनर भारीले ७ ओभरमा ४० रन खर्चे। अघिल्ला दुई खेलामा ८ विकेट लिएका करण केसीले पनि १० ओभरमा ४४ रन खर्चेर कुनै विकेट लिन सकेनन्। नेपालको दोस्रो ठूलो योगफल यसअघि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानलाई विजयका लागि २५० रनको लक्ष्य दिएको थियो। विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा मल्लको ५६ रनको सहयोगले नेपालले ५० ओ‌भरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो। यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उच्च योगफल २५५/६यूएईविरुद्ध, सन् २०१९ २४९/८ओमानविरुद्ध, सन् २०२० २४२/९यूएईविरुद्ध, सन् २०१९ २१६ नेदरल्यान्डविरुद्ध, सन् २०१८ पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाए। अरिफ शेख र कुशल मल्लले समान २८ रन बनाए। ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए। टस जितेको ओमानका लागि इलयासले ४ र मोहम्मद नदिमले ३ विकेट लिए। मल्लको अर्धशतक नेपालका लागि कप्तान मल्लले राम्रो इनिङ खेलेका थिए। नवौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका मल्लले आफ्नो दोस्रो अर्धशतक र व्यक्तिगत उच्च रन बनाए। उनले ७६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरेका थिए। एक जित, दुई हार नेपालले प्रतियोगितामा एक जित र एक हार हात पारेको छ। शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको नेपाल बुधवार भने ओमानसँग १८ रनले पराजित भएको थियो। सात देशले अगस्ट २०१९ देखि ज्यानुअरी २०२२ सम्म खेल्ने यो प्रतियोगिता सन् २०२३ को विश्वकपको छनोट प्रतियोगिता पनि हो। स्कटल्यान्ड, नामिबिया, यूएई र पपुआ न्यूगिनी समेत रहेको प्रतियोगितामा अन्य टोलीले कम्तीमा ७ खेल खेलिसकेका छन्।
Others
69,831
तीर्थकुमारीको पहिलो एकल साँझ हुँदै
लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ मंसीर ८ मा हुने भएको छ । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको हो । 
https://ekantipur.com/entertainment/2023/11/06/tirtha-kumaris-first-solo-evening-00-08.html
काठमाडौँ — लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ मंसीर ८ मा हुने भएको छ । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघर जमलमा एकल साँझ हुने भएको हो । ५ दशकदेखि लोकसंगीतमा सक्रिय थापाको 'म त खाँदिनँ कुवाको पानी हो', 'ढुङ्गे बगर माया', 'झम्के फूली, नाकैमा बुलाकी', 'उकालीमा पनि हजुर मोटर जाँदो रैछ', 'बारीको डिलमा ओखरबोट', 'माछी मार न हे दाइ हो'लगायतका २ दर्जन गीत चर्चित छन् । यही लोकप्रिय गीतलाई थापाले प्रस्तुत गर्नेछिन् । गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य रूपले आयोजना गर्ने तयारी भइरहेको जनाए । 'यो आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु,' उनले भने । २०२८ मा रेडियो नेपालमा रेकर्डिङ गर्दै गायन यात्रा थालेकी थापाले हालसम्म एक हजार बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकिन् ।
Entertainment
7,395
चितवन गोल्डकप भदौ २५ देखि
भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ देखि सर्वाधिक राशिको ‘इसुजु चितवन गोल्डकप फुटबल–२०७९’ सुरु हुने भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा अफ्रिकन टोली, बिहार मोतिहारीको टोलीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
https://ekantipur.com/sports/2022/09/06/166242620104655253.html
चितवन — भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ देखि सर्वाधिक राशिको ‘इसुजु चितवन गोल्डकप फुटबल–२०७९’ सुरु हुने भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा अफ्रिकन टोली, बिहार मोतिहारीको टोलीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुनेछ । ‘यो चितवनमा सञ्चालित सबैभन्दा ठूलो नगद पुरस्कार भएको प्रतियोगिता हो,’ गोल्डकपका संयोजक ध्रुव भुसालले भने । विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न एन्फाले स्वीकृति दिएको र तोकेका मापदण्डहरू पालना गरिएको उनले बताए । विभागीय टिम त्रिभुवन आर्मी, एपीएफका साथै मनाङ मर्स्याङ्दी, सिमराको जनजागृति युथ क्लब, आयोजक भरतपुर फुटबल क्लब, मकवानपुर–११, सर्लाहीको वाग्मती नगरपालिका टिम र रूपन्देहीको फर्साटिकर फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । अफ्रिकन युनाइटेड र भारतको मोतिहारी क्लबले पनि भाग लिने भएकाले यसलाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भनिएको छ । पहिलो खेलमा आयोजक टिमसँग मोतिहारी भिड्ने छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने संयोजक भुसालले जानकारी दिए । खेलस्थल क्याम्पाचौरमा ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ । कोरोनाका कारण शिथिल खेलकुद गतिविधिलाई प्रतियोगिताले उकास्न मदत पुग्ने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । फुटबलका कारण खेलकुदमा मात्रै नभएर आर्थिक क्षेत्रमा पनि राम्रो प्रभाव पर्ने उनको दाबी छ ।
Sports
19,687
मेसी र रोनाल्डोसँग भिड्दै लेवनडोस्की
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले शुक्रबार वर्षको उत्कृष्ट खेलाडीका लागि अन्तिम तीनको नाम जारी गरेको छ । त्यसमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँग भिड्ने भएका छन्, रोबर्ट लेवनडोस्की ।
https://ekantipur.com/sports/2020/12/12/160774979088457095.html
जुरिच — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले शुक्रबार वर्षको उत्कृष्ट खेलाडीका लागि अन्तिम तीनको नाम जारी गरेको छ । त्यसमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँग भिड्ने भएका छन्, रोबर्ट लेवनडोस्की ।मेसी र रोनाल्डो यो अवार्डका लागि लामो समयदेखि प्रत्यासी रहने गरेका छन् । यसपल्ट भने पोल्यान्डका लेवनडोस्कीसँग यी खेलाडीको विश्व फुटबलमा रहेको वर्चश्व तोड्ने अवसर हुनेछ ।लेवनडोस्कीले गत सिजन बायर्नलाई तीन महत्त्वपूर्ण उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए, त्यसमा रहेका छन्, युरोपेली च्याम्यिन्स लिग, जर्मन बुन्डेसलिगा र जर्मनकप । यस्तै क्लबले यूईएफए सुपर कप पनि जितेको छ ।उनले गत सिजन ५५ गोल गरे, जसमध्ये एक गोल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनामाथि प्राप्त ८–२ जितमा पनि रहेको छ । लेवनडोस्की सन् २०१८ यता मेसी र रोनाल्डोलाई यो अवार्ड जित्नबाट रोक्न सक्ने दोस्रो खेलाडी हुनेछन् । त्यस वर्ष लुका मोड्रिचले मेसी र रोनाल्डोलाई उछिन्दै वर्ष खेलाडीको अवार्ड हात पारेका थिए ।
Sports
24,125
नेदरल्यान्ड्स–नेपाल : परम्परागत प्रतिद्वन्द्वी बन्दै
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १८ वर्षपछि मात्र नेदरल्यान्ड्ससँगको भेट सम्भव भएको थियो । यसको मुख्य कारण थियो यी दुई टोलीबीच ठूलो असमानता । नेदरल्यान्ड्स निकै माथि थियो भने नेपाल धेरै तल ।
https://ekantipur.com/sports/2018/08/01/153310514273993383.html
काठमाडौँ — नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १८ वर्षपछि मात्र नेदरल्यान्ड्ससँगको भेट सम्भव भएको थियो । यसको मुख्य कारण थियो यी दुई टोलीबीच ठूलो असमानता । नेदरल्यान्ड्स निकै माथि थियो भने नेपाल धेरै तल ।नेदरल्यान्ड्सले सन् १९९६ को फेब्रुअरीमा न्युजिल्यान्डसँग विश्वकपमा खेल्दै पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यतिखेर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको मानचित्रमा थिएन । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट सदस्यता आउने क्रममै थियो । १९९६ को सेप्टेम्बरमा बंगलादेशसँग खेल्दै नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्‍यो ।नेपालले क्यानडाबाट २००१ मा आईसीसी ट्रफी (विश्वकप छनोट) बाट बल्ल आईसीसीको प्रतियोगितामा ढोका खोल्यो । जबकि नेदरल्यान्ड्सले त्यतिबेला विश्वकपको अनुभव बटुलिसकेको थियो । नेदरल्यान्ड्सले भने १९७९ मै आईसीसी ट्रफी खेल्न सुरु गरेको थियो ।नेपाल २००८ मा विश्व क्रिकेट लिगको मुख्य संरचनामा आयो । नेदरल्यान्ड्सले जतिबेला तीन विश्वकप खेलिसकेको थियो । २०११ मा चौथो पटक एकदिवसीय विश्वकप खेलेपछि नेदरल्यान्ड्सको प्रदर्शन त्यहीअनुरुप रहेन । नेपालले त्यसै वर्ष पुबुदु दासानायकेलाई प्रशिक्षकको नयाँ जिम्मेवारी दियो ।यहींबाट नेदरल्यान्ड्स र नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा दूरी छोटिन थाग्यो । २०१२ मा विश्व क्रिकट लिग डिभिजन ४ जितेको नेपाल त्यसको अर्को वर्ष डिभिजन ३ जितेर विश्वकप छनोटमा पुग्यो । नेदरल्यान्ड्स विश्वकप खेल्दै आएको राष्ट्र भए पनि उसका लागि विश्वकप छनोट नै प्रमुख प्रतियोगिता थियो ।संयोग के रहयो भने २०१४ मा न्युजिल्यान्डको विश्वकप छनोटमा नेदरल्यान्ड्स र नेपाल दुवैले समूह चरण पार गर्न सकेनन् । नेदरल्यान्ड्सले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नपाउने निश्चित भयो । पहिलो पटक सहभागिता जनाइरहेको नेपालका लागि ठूलो शिक्षा मिल्यो । यो सँगै दुवै टोली कम्तीमा डिभिजन २ मा झर्ने पनि निश्चित भइसकेको थियो ।सोही प्रतियोगिताको सातौं स्थानको प्लेअफ खेल नेदरल्यान्ड्स र नेपालबीचको पहिलो भेट थियो । पारस खड्का र सुवास खकुरेल पूरा प्रतियोगिताभर चोटले सताइएका थिए । प्रमुख दुई खेलाडीबिना नेपालको प्रदर्शन पनि त्यस्तै थियो । नेपालले पूरा ५० ओभर खेली ९ विकेट गुमाएर १ सय ७१ रनमात्र बनाउन सक्यो । प्रतियोगिताको अघिल्ला खेलहरूको तुलनामा नेपालको ब्याटिङ केही खुलेको थियो । तर सुपर सिक्समा पुग्न नसकेको रिस नेदरल्यान्ड्सले नेपालमाथि ३२ ओभरभित्र लक्ष्य पूरा गरेर फेर्‍यो । नेदरल्यान्ड्स डिभिजन २ मै रोकियो । युगान्डालाई पराजित गरेर नवौं भए पनि नेपाल उक्त प्रतियोगिताबाट डिभिजन ३ मा घटुवा भयो ।डिभिजन ३ जित्दै नेपाल फेरि डिभिजन २ मा पुग्यो । नेपाल र नेदरल्यान्ड्स फेरि आमने–सामने भए । नामिबियामा भएको डिभिजन २ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५० ओभर खेल्नुअगाडि १ सय ५८ रनमा अलआउट गर्‍यो । नेपालले तीन बलअघि लक्ष्य पूरा गर्‍यो । युगान्डासँग पहिलो खेलमै अप्रत्यासित हारले रन्थनिएको नेपाल राउन्ड रोबिनको अन्तिम खेलमा केन्यालाई पराजित असफल भयो । केन्यालाई पराजित गरेको भए नेपालले प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय कप खेल्न पाउँथ्यो । केन्याको जितले उल्टो नेदरल्यान्ड्सलाई त्यो मौका मिल्यो ।नेपालको हारलगत्तै नेदरल्यान्ड्सले ट्विटबाट नेपालको टिम स्पिरिटको प्रशंसा गर्‍यो । यथार्थमा नेपाल चार वर्ष पछाडि धकेलिएको थियो । डिभिजन २ मा चौथो भए पनि नेपालले भलै विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका पाएको थियो ।नेपालले बुधबार ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल्न लागेको एमस्ट्र्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानमा २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो दुई खेल खेल्दै थियो । नेपाल ४० ओभर पनि नखेली ९४ रनमै अलआउट भयो । नेदरल्यान्ड्सले १७ ओभरमा लक्ष्य पूरा गर्‍यो ।दोस्रो खेलमा नेपालको निकै फेरिएको प्रदर्शन गर्‍यो । नेपालले ९ विकेट गुमाई २ सय १७ रन बनायो । कप्तान पारस खड्काको अलराउन्ड प्रदर्शनपछि नेदरल्यान्ड्सलाई ३ बलअगाडि १ सय ९८ रनमा अलाउट गर्दै नेपालले १९ रनको अविस्मरणीय विजय हात पार्‍यो ।नेदरल्यान्ड्स र नेपालको हैसियत लगभग अहिले उस्तै छ । त्यसैले यी दुई टोली परम्परागत प्रतिद्वन्द्वीजस्ता भइसकेका छन् । मार्चमा विश्वकप छनोटमा सातौं स्थानका लागि भएको भेट यसैको निरन्तरता थियो । नेपालले उक्त खेलअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थियो । नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा रोक्न सके पनि नेपाल १ सय ४४ रनमै अलआउट भयो ।२०१४ मा विश्वकप छनोटबाट सुरु नेदरल्यान्ड्स र नेपालबीचको प्रतिस्पर्धामा पालैपालो दुवैले एक अर्कामाथि जित हात पारिरहेका छन् । त्यसलाई आधार मान्ने हो भने बुधबारको खेलमा जित हात पार्ने पालो नेपालकै छ । तस्बिरहरु : क्रिकेटिङ नेपाल
Sports
28,965
रेडहर्स सेमिफाइनलमा
पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लब शनिबार सेमिफाइनलमा पुगेको छ । रेडहर्सले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।
https://ekantipur.com/sports/2019/08/18/156609341682728353.html
ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लब शनिबार सेमिफाइनलमा पुगेको छ । रेडहर्सले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पहिलो हाफ गोलरहित भएको खेलमा इलामले मध्यान्तरपछि छैटौं मिनेटमा गोलको खाता खोल्यो । फोफोनाले गोल गरेर टिमलाई अग्रता दिलाएको तीन मिनेटपछि नै फिदिमका मनोज गुरुङले गोल फर्काएर आफ्नो टिमलाइ बराबरीमा पुर्‍याए । समय घर्किएकाले अतिरिक्त समयमा नखेलाएर सिधै टाइब्रेकरमा नतिजा निकालिएको हो । रेडहर्सको तर्फबाट टम्पी, फोफोना र विवेक राईले गोल गरे भने प्रदीप विष्ट र हरि सिटौलाले गोल गर्न सकेनन् । उनीहरूको प्रहार फिदिमका गोलकिपर सुरेश गुरुङले रोकेका थिए । फिदिमका प्रवीण जबेगु र जमिन लक्समको प्रहार गोलकिपर सौरभ सुवेदीले बचाए भने मनोज गुरुङको प्रहार पोस्ट माथिबाट बाहिरियो । टोलीका लागि शरण बस्नेत र गजिन राईले मात्र गोल गरे । खेलमा म्यान अफ द म्याच इलामका गोलकिपर सौरभ भए । रेडहर्सले भदौ २ मा एलेभेन एरोज सुनसरी र युकेएफसी दार्जलिङको विजेता टिमसँग फाइनल पुग्नका लागि खेल्नेछ । आइतबार मोरङका टोली बेलबारी फुटबल क्लब र डाँगीहाट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
Sports
26,788
कोभिड भारत: कोरोना भाइरस सङ्क्रमणका कारण आईपीएल स्थगित
क्रिकेट खेलाडीहरूमा कोभिड-१९ बढेपछि भारतमा भइरहेको इन्डियन प्रीमीअर लीग आईपीएल स्थगित गरिएको छ।
https://www.bbc.com/nepali/news-56976808
कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती पनि कोरोनाभाइरस सङ्क्रमित भएका खेलाडी हुन् मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि खेलाइएको थिएन। एक विज्ञप्तिमा आईपीएलले एउटा आपत्कालीन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय भएको बताएको छ। "भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैन," विज्ञप्तिमा भनिएको छ। "यो निर्णय सबै जनाको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर लिइएको हो।" "विशेषगरी भारतको यो कठिन परिस्थितिमा हामीले केही सकारात्मकता र खुसी ल्याउने प्रयास गरेका थियौँ तर अब प्रतियोगिता निलम्बन गरेर सबै जनालाई यो कठिन अवस्थामा आफ्नो परिवारसँग फिर्ता जानुको विकल्प रहेन।" "आईपीएल २०२१ को सबै सहभागीलाई सुरक्षित मार्ग दिनका लागि बीसीसीआईले सकेको सहयोग गर्नेछ।" के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो बुधवारको चेन्नई सुपर किङ्ग र राजस्थान रोयल्सबीचको खेल पनि चेन्नईका खेलाडी लक्ष्मीपति बालाजी सङ्क्रमित भएपछि यसअघि नै नखेलाइने निर्णय गरिएको थियो। विश्व क्रिकेटमा आईपीएल सबैभन्दा धनी क्रिकेट प्रतियोगिता हो जसमा आठ टोलीले २० ओभरमा क्रिकेट खेल्ने गर्छन्। आईपीएलमा विश्वभरिका चर्चित खेलाडीहरूले विभिन्न टोलीबाट महँगो अनुबन्धमा खेल्ने गर्छन्। गत सप्ताहान्तमा भारतमा महामारीयता सबैभन्दा धेरै मानिसको कोभिडसम्बन्धी कारणले मृत्यु भएको थियो। कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ? भारतमा हालसम्म दुई करोड जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। आईपीएलका खेलहरू भारतका छवटा सहर चेन्नई, बेङ्ग्लोर, दिल्ली, मुम्बई, कोलकाता र अहमदाबादमा भइरहेका थिए। आईपीएलका लागि खेलाडीहरू निजी वा भाडामा लिइएका विमानमा आवतजावत गरिरहेका थिए। खेलाडीहरू होटल र रिसोर्टमा सुरक्षित क्षेत्रमा बाहिरी सम्पर्कबिना बसेका थिए। आईपीएलमा खेलहरू बिनादर्शक भएका थिए र फाइनल खेल मे ३० मा हुने योजना थियो। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
Others
70,210
आठौं राष्ट्रिय खेलकुद : एनआरएनएका २४ खेलाडी
आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली (एनआरएनए) बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । 
https://ekantipur.com/sports/2019/03/25/155347999302083657.html
काठमाडौँ — आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली (एनआरएनए) बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । आठौं राष्ट्रिय खेलकुद प्रदेश पाँचमा हुने भए पनि यसको मिति अझै टुंगो लागेको छैन । एनआरएनएका अध्यक्ष भवन भट्टले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो टोलीको सहभागिता निश्चित गरेका हुन् । खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुनेछन् ।सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खडका तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् । करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा १७ औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्नेछिन् ।फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा यूएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा यूएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जानउने जानकारी दिइयो । पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धासमेत सार्वजनिक गरिएको थियो । निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनील लामा र पर्शुराम घिमिरे छन् । बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी/प्रहरी/एपीएफ) गरी ११ टिमको सहभागिता रहनेछ ।
Sports
27,697
कम हुन्न घरायसी कामको महत्त्व 
हालसालै, क्लाउडिया गोल्डिनले श्रम बजारमा विद्यमान महिलाका रोजगारीसम्बन्धी प्रमुख लैंगिक अवरोधहरू उजागर गर्ने अनुसन्धानका लागि अक्टोबर २०२३ मा आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कार प्राप्त गरिन् । उनको अनुसन्धानले विभिन्न पुस्ताका महिलाले आफ्नो करिअर र परिवारलाई सन्तुलनमा राख्नका लागि गरेका संघर्षहरूको गहिरो विश्लेषण गरेको छ ।
https://ekantipur.com/opinion/2023/10/29/the-importance-of-household-work-is-not-less-11-58.html
हालसालै, क्लाउडिया गोल्डिनले श्रम बजारमा विद्यमान महिलाका रोजगारीसम्बन्धी प्रमुख लैंगिक अवरोधहरू उजागर गर्ने अनुसन्धानका लागि अक्टोबर २०२३ मा आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कार प्राप्त गरिन् । उनको अनुसन्धानले विभिन्न पुस्ताका महिलाले आफ्नो करिअर र परिवारलाई सन्तुलनमा राख्नका लागि गरेका संघर्षहरूको गहिरो विश्लेषण गरेको छ ।लैंगिक समानताका लागि ‘केयर वर्क’ प्रतिको दृष्टिकोणमा आधारभूत परिवर्तन हुनुपर्ने र यसको महत्त्वलाई बुझ्नुपर्ने उनको अनुसन्धानको निष्कर्ष छ ।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ, सन् २०२०) का अनुसार, नेपालमा ८५ प्रतिशत महिलाले बिनापारिश्रमिक गरिने दैनिक काम धानेका छन् । अर्थात्, नेपाली महिलाहरू अवैतनिक रूपमा दैनिक २ करोड ९० लाख घण्टा खटिरहेका छन् । औसतमा एसिया–प्रशान्त क्षेत्रमा महिलाले धानेका बिनापारिश्रमिक गरिने केयर वर्क, पुरुषका तुलनामा चार गुणा रहेकामा, नेपालको अनुपात ६ गुणा बढी छ ।बिनापारिश्रमिकका स्याहारसुसारका जिम्मेवारीको यो असमान वितरणले नेपाली महिलाहरूलाई समयाभाव (टाइम पोभर्टी) को अवस्थामा धकेल्ने हुनाले शिक्षा, राजनीति, सामाजिक गतिविधि र मर्यादित रोजगारीका अवसरहरूमा उनीहरूको संलग्नता कम हुने गर्छ । प्रजनन् भूमिकाका कारण उनीहरूलाई जन्मजात सुसारेका रूपमा लैंगिक प्रक्रियामार्फत सामान्यीकरण गरिएको छ । तर पनि, यी योगदानहरू हाम्रा घरहरूभित्रै पनि अदृश्य छन् र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा पनि तिनको गणना गरिँदैन । यसकारण, लैंगिक समानताका लागि समान अवसर सिर्जना गर्ने हो भने, स्याहारसुसार गर्नेको महत्त्वलाई मान्यता दिनुपर्छ । केयर वर्कलाई आर्थिक प्रक्रियाका रूपमा बुझ्दाकेयर वर्क अर्थात् घरेलु र स्याहारसुसारसम्बन्धी काम बालबालिका, वृद्धवृद्धा र अपांगता भएका व्यक्ति वा बिरामीहरूलाई दिइने सहयोग हो, जुन केयर अर्थतन्त्रको आधार हो । यस अर्थतन्त्रमा नुहाउने र खुवाउनेजस्ता प्रत्यक्ष स्याहारका कामदेखि लिएर खाना पकाउने र घरपरिवार व्यवस्थापन गर्नेजस्ता अप्रत्यक्ष जिम्मेवारीलगायतका पारिश्रमिक पाइने र नपाइने गतिविधिहरूसम्म पर्छन् । यसमा पारिश्रमिकसहितका स्वास्थ्य सेवा, सामाजिक सेवा र शिक्षा क्षेत्रका कामका साथसाथै पारिश्रमिकबिनाका घरायसी र सामुदायिक कामहरू पर्छन् ।नारीवादी अर्थशास्त्रीहरूले बिनापारिश्रमिक गरिने घरेलु र स्याहारसुसारसम्बन्धी कामको असमान वितरणको निन्दा गर्दै आएका छन् र यसलाई लैंगिक असमानताको मूल कारक मानेका छन् । पारिश्रमिकबिनाको स्याहार तथा घरायसी काम पारिश्रमिक लिएर गरिने कामजत्तिकै मूल्यवान् हुने र आर्थिक प्रगतिमापनमा यसलाई समावेश गरिनुपर्ने तर्क उनीहरूको छ । तसर्थ, स्याहारसुसारको लैंगिक समानुपातिक वितरण आर्थिक न्याय र अधिकारका लागि महत्त्वपूर्ण पाटो मानिन्छ ।अवैतनिक केयर वर्कबाट मर्यादित अवसरहरूको सिर्जनाकेयर वर्कको जिम्मेवारी धानेका महिलाहरूले प्रायः स्वरोजगारका रूपमा अनौपचारिक क्षेत्रमा केन्द्रित रहेर पारिवारिक श्रमिकका रूपमा योगदान गर्ने गर्छन् । यसले गर्दा उनीहरूले श्रम कानुनअन्तर्गत कुनै संरक्षण पाउँदैनन् र सामाजिक सुरक्षामा पनि पहुँच हुँदैन । फलस्वरूप, उनीहरू शोषणयुक्त कामको वातावरण र कोभिड महामारीजस्ता संकटहरूको उच्च जोखिममा पर्ने गर्छन् । औपचारिक रोजगारीमा पाउन सकिने आर्थिक लाभमा समेत उनीहरूको पहुँच हुँदैन र लैंगिक असमानताहरू अझै उनीहरूमाथि नै थपिन्छन् ।नेपालको सन् २०१७–१८ को राष्ट्रिय श्रम सर्वेक्षणमा ३९.७ प्रतिशत श्रम बजारमा निष्क्रिय महिलाहरूले ‘पारिश्रमिकबिनाको स्याहारसुसार’ लाई श्रमशक्तिमा भाग नलिनुको मुख्य कारकका रूपमा उल्लेख गरेका थिए भने, यही तर्क दिने पुरुषहरूको प्रतिशत ४.६ मात्र थियो । यसले पनि लैंगिक असमानता ठूलै रहेको दर्साएको छ । नेपालको समावेशी वृद्धि र विकासका महत्त्वाकांक्षाका लागि यो असमानता प्रमुख बाधा बनेको छ र यसले पुस्तौंसम्म लैंगिक असमानतालाई निरन्तरता दिने सम्भावना देखिन्छ ।मर्यादित स्याहारसुसारका लागि ‘फाइभ आर फ्रेमवर्क’ ले केयर वर्कसँग सम्बन्धित असमानताहरूलाई कम गर्ने, पारिश्रमिकसहितको काममा प्रवेश गर्न महिलाहरूका लागि विद्यमान अवरोधहरू सम्बोधन गर्ने र सबै स्याहारकर्मीका लागि कामको वातावरणमा सुधार ल्याउने प्रयास गरेको छ । यो फ्रेमवर्कमा पारिश्रमिकबिनाको स्याहारसुसारलाई पहिचान गर्ने, घटाउन र पुनः वितरण गर्ने, स्याहारकर्मीहरूलाई उचित सम्मान दिने एवं स्याहारका माग पूरा गर्न स्याहारसम्बन्धी पर्याप्त कामहरू सिर्जना गर्ने व्यवस्था उल्लेख छ । यसबाहेक, स्याहारकर्मीका आवाज र प्रतिनिधित्वका रूपमा सामाजिक संवाद र सामूहिक सौदाबाजीमा स्याहारसुसारलाई सार्वजनिक हितका रूपमा विचार गर्ने अधिकार पनि यसले दिन्छ ।सन् २०२२ मा आईएलओद्वारा प्रकाशित ‘केयर एट वर्कर्’ को प्रतिवेदन अनुसार, त्यस्ता नीतिहरू अन्तर्राष्ट्रिय श्रम मापदण्डको अवलम्बनसहित देशको परिवेशअनुरूप जीवनचक्रीय अवधारणामा आधारित हुनु आवश्यक छ । यसमा स्याहारको आवश्यकता भएकाहरू र स्याहारकर्मीहरूलाई स्याहारसुसार गर्न सक्षम बनाउने समय (बिदा), सुविधा (आय सुरक्षा), अधिकार र सेवाहरूको उचित संयोजन पर्छन् । अधिकारमा आधारित, साथै एकतामा आधारित, प्रतिनिधित्व र सामाजिक संवादजस्ता पक्षले स्याहार नीतिका प्याकेजहरूलाई अझ प्रभावकारी बनाउन सक्छन् ।केयर अर्थतन्त्रमा लगानीयूएन वुमन र आईएलओद्वारा सन् २०२१ मा प्रकाशित ‘केयर अर्थतन्त्रमा निजी लगानीका लागि मार्गदर्शन’ अनुसार, स्याहारसुसारमा लाग्ने श्रमको खर्चलाई भौतिक पूर्वाधार र निर्माणजस्ता अन्य क्षेत्रमा भइरहेको खर्चसँग तुलना गर्दा, स्याहार क्षेत्रमा खर्च हुने प्रत्येक पैसाले ती अन्य क्षेत्रका तुलनामा दुई गुणादेखि तीन गुणासम्म बढी रोजगारी सिर्जना गर्ने सम्भावना हुन्छ । स्याहारसुसारसम्बन्धी सेवाहरूमा लगानीको लाभांशका रूपमा प्रत्यक्ष सेवाका अवसरले नयाँ रोजगार सिर्जना हुनु यसको कारण हो ।यसबाहेक, स्याहार सेवाहरूको गुणस्तर र पहुँचमा सुधार गरिएमा, महिलाहरूले घरमा बिनापारिश्रमिक काम गर्दा सामना गर्ने समयाभावलाई कम गरेर कार्यस्थलमा उनीहरूको उत्पादकत्व बढाउन सकिन्छ । शिक्षक तथा स्वास्थ्य सेवाकर्मीहरूको श्रमबल विस्तार गरेर, वा थप विद्यालय र अस्पतालहरू निर्माण गरेर, वा केयरका क्षेत्रमा व्यापक कानुन र बिमा योजनाहरू लागू गरेर केयर अर्थतन्त्रमा लगानी गरेमा हामीले आर्थिक वृद्धिका लागि सुदृढ, समतामूलक, समावेशी र दिगो विकासमा सहयोग गर्न सक्छौं । तसर्थ, केयर अर्थतन्त्रमा लगानी गर्दा मर्यादित कामको रोजगारी सिर्जना, लैंगिक र अन्तरसम्बन्धित असमानता कम एवं स्वास्थ्यावस्थामा सुधार हुनुका साथै मानव पुँजी तथा क्षमता विकासलाई बढावा मिल्छ ।केयरमा लगानीबाट हुने प्रतिफलको अनुमानयूएन वुमन, आईएलओ र सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले नेपालमा गरेको संयुक्त अध्ययनअनुसार, नेपालको शिक्षा र स्वास्थ्य सेवामा स्याहारसुसारको कमीलाई सम्बोधन गर्न २ खर्ब ७२ अर्ब २३ करोड २० लाख रुपैयाँ लगानी गरिएमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १३ लाख ८६ हजार वटा रोजगारीको सिर्जना हुन्छ ।यस्ता रोजगारीको कम्तीमा ६० प्रतिशत स्थान महिलाले ओगट्ने र यो लैंगिक समावेशितातर्फ महत्त्वपूर्ण कदम हुने हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक प्रभाव पर्छ; लगानीबाट विशेष गरी रोजगारी सिर्जनाका सन्दर्भमा गुणात्मक प्रभाव उत्पन्न हुन्छ । यसले नेपालमा लैंगिक समानता, पारिवारिक सुस्वास्थ्य, रोजगारी सिर्जना र समृद्धिका लागि उत्प्रेरकका रूपमा केयर अर्थतन्त्रलाई प्राथमिकता दिइनुपर्ने कुरालाई थप जोड दिन्छ ।संक्षेपमा, नेपाल सरकारले यूएन वुमन र आईएलओसँगको साझेदारीमा केयर अर्थतन्त्रमा मर्यादित रोजगारीका अवसरहरूको सिर्जनाका लागि पहल गरिरहेको छ । यद्यपि, गुणस्तरीय स्याहार सेवा दिन सक्ने र राष्ट्रिय आर्थिक वृद्धिलाई अगाडि बढाउन सक्ने यस क्षेत्रको सम्भाव्यतामा थप प्रयासहरू आवश्यक छन् ।त्यस्ता प्रयास हुन्— सरोकारवालामा सचेतना बढाउनु, बिनापारिश्रमिक गरिने घरेलु काम र स्याहारसुसार घटाउनु, त्यस्तो कामलाई मान्यता दिनु र पुनः वितरण गर्नु, स्याहारकर्मीहरूको सम्मान र प्रतिनिधित्व सुनिश्चित गर्नु । यसका लागि उत्पादकत्व वृद्धि, सामाजिक पूर्वाधारमा लगानी (सुरक्षित पिउने पानी र वैकल्पिक इन्धन लगायत) र महिलाका विविध आवश्यकताअनुरूपका नीतिहरू महत्त्वपूर्ण हुन्छन् । केयर अर्थतन्त्रलाई प्राथमिकता दिएर नेपालले थप समतामूलक र दिगो रूपान्तरित भविष्यका लागि पनि मार्ग प्रशस्त गर्न सक्छ ।२९ अक्टोबरलाई विश्वव्यापी रूपमा पहिलो चोटि अन्तर्राष्ट्रिय केयर दिवसका रूपमा मनाइँदै गर्दा महिलासम्बन्धी राष्ट्रिय नीति (सन् २०१९) र लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति (सन् २०२१–२६) दुवैले सबै क्षेत्र र तहमा लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने परिकल्पना गरेका छन् ।यसले महिला तथा बालिकालाई पूर्ण रूपले सक्षम तुल्याउन र देशको विकासमा योगदान गर्नयोग्य बनाउन सक्छ । तर यो उद्देश्यप्राप्तिका लागि केयर अर्थतन्त्रको प्रचूर सम्भावनालाई मान्यता दिइनुपर्छ । यो अवसरको सदुपयोग गरेर नेपालले आफ्ना सबै नागरिकका लागि उज्यालो एवं समतामूलक भविष्य निर्माण गर्न सक्छ; राष्ट्रिय दूरदृष्टि र नीतिहरूमा प्रतिविम्बित भएजस्तै विश्वव्यापी उदाहरण बन्न सक्छ ।-प्याट्रिसिया यूएन वुमनकी नेपाल प्रतिनिधि हुन् भने नुमान अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका निर्देशक हुन् ।
Opinion
10,027
‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासल र शंखमूल नजिकिँदै
पोखराको स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमूल फुटसलले बुधबार आ–आफ्नो खेल जितेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको क्वालिफायर नजिक पुगेका छन् । अंकतालिकामा अगाडि रहेका यी टोलीले पुछारका टोलीमाथि सहज जित निकाले । समान ६ खेलबाट स्पोर्ट्स क्यासल १६ र शंखमूल १४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।
https://ekantipur.com/sports/2021/09/30/163296819179346346.html
पोखरा — पोखराको स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमूल फुटसलले बुधबार आ–आफ्नो खेल जितेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको क्वालिफायर नजिक पुगेका छन् । अंकतालिकामा अगाडि रहेका यी टोलीले पुछारका टोलीमाथि सहज जित निकाले । समान ६ खेलबाट स्पोर्ट्स क्यासल १६ र शंखमूल १४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।तीन चरणको खेल बाँकी हुँदा उनीहरूलाई कम्तीमा एक जितले पनि शीर्ष चारभित्र स्थान सुरक्षित गर्नेछ । यस लिगमा शीर्ष चार टोलीले क्वालिफायर र इलिमिनेटरमा खेल्नेछन् । दुवै टोलीले शीर्ष स्थानमा रहेर लिग टुंग्याउने लक्ष्य राखेका छन् । बुधबार दोस्रो खेलमा स्पोर्ट्स क्यासलले पुछारको झरना स्पोर्ट्सलाई ५–१ गोलले हरायो । खेलमा क्यासललाई जितको अधिक आत्मविश्वास र झरनालाई लगातार हारको निराशा प्रस्ट झल्कन्थ्यो । झरनाले लिगको छैटौं खेलसम्म आउँदा अंक बटुल्न सकेको छैन । रेलिगेसन नजिकको झरना हारपछि लिग चरणबाटै घर फर्कने निश्चित भएको छ । ६ खेलबाट १६ अंकसहित क्यासल शीर्षस्थानमा कायमै छ । टोलीले एउटै खेल हारेको छैन । पोखराका सुमित श्रेष्ठ दोहोरो पहेँलो कार्डका कारण यो खेल निलम्बनमा गुमाए । प्रशिक्षक विष्णु गुरुङले दोस्रो रोजाइका खेलाडीबाट खेल सुरु गरेका थिए । कमजोर टोलीसँग सोहीअनुसारको टिम बनाएर अंक लिने रणनीतिमा स्पोर्ट्स क्यासल उत्रियो । सुरुमा झरनाले बल पोजेसन लिन थालेपछि खिमराज गुरुङ सब्स्टिच्युड भएर मैदान छिरे । उनी प्रवेश गरेलगत्तै विजय गुरुङले पाँचौं मिनेटमा रिबाउन्ड बलमा गोल गरी अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर चार मिनेट अन्तरमा चार गोल थपेर क्यासलले ५–० को अग्रता बनाएको थियो । १४ औं मिनेटमा खिमराज, १५ औं मिनेटमा भीषण गुरुङ, १६ औं मिनेटमा किशोर गुरुङ र १८ औं मिनेटमा पुनः खिमराजले गोल गरे । दोस्रो हाफमा गोल गर्नभन्दा समय बिताउन केन्द्रित क्यासलले गोल थप्न सकेन । झरनाका नारायण थापामगरले २९ औं मिनेटमा एक गोल गरे । लगातारको हारबाट झरना टिम निरास छ । तर, हतोत्साही भने भएको छैन । एकनासको प्रदर्शन गर्ने झरनाको शैली स्पोर्ट्स क्यासलसँगको खेलमा पनि कायम रह्यो । धेरैभन्दा धेरै बल पोजेसन लिने तर काउन्टर एट्याकमा ध्यान पुर्‍याउन नसकेका उनीहरू फुटबलको शैलीमा अभ्यस्त देखिन्थे । ‘हामीले सबै खेलाडीलाई मिहिनेत गर्न भनिरहेका छौं । सबै खेलमा केन्द्रित हुनुपर्छ । हामीलाई नतिजाको प्रवाह छैन । हारे पनि धेरै कुरा सिकेर जाँदै छौं,’ झरनाका टिम म्यानेजर सिजन थापाले कान्तिपुरसँग भने, ‘अरू टिमको तुलनामा हामीले तयारी समय कम पायौं । अर्को वर्ष खेल्दा हामी धेरै तयारी गरेर आउँछौं । फुटबलमात्र खेल्ने खेलाडीका लागि थोरै समय तयारी गरेर आउँदा कमजोर प्रदर्शन भएकै हो ।’ उनले बुटबलमा पनि वास्तविक फुटसल मैदान बनेको खण्डमा स्तरीय खेलाडी उत्पादन गर्न सकिने औंल्याए । ‘यहाँ आएपछि मात्रै हामीलाई फुटसल भनेको के हो भन्ने थाहा भयो । सरकारीस्तरबाट सबै क्षेत्रमा फुटसल मैदान भयो भने राम्रा फुटसल खेलाडी उत्पादन गर्न सजिलो हुन्थ्यो ।’ प्रदेश २ को छनोटमा कुनै पनि टोली नआएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन प्रदेशको एकीकृत छनोटको फाइनलमा पराजित झरनालाई असार १७ गते फाइनल प्रतियोगिता खेल्न छनोट गर्ने निर्णय गरेको थियो । स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले आफ्ना खेलाडीले विपक्षीअनुसार प्रदर्शन गरेको स्वीकारे । ‘कमजोर विपक्षी भएपछि खेलाडीले पनि खेललाई सहज रूपमा लिए । सजिलो जित निस्कियो,’ उनले भने, ‘हाम्रो लक्ष्य शीर्ष दुईभित्र पर्ने हो । हामीले हरेक खेललाई आफ्नो प्रदर्शन सुधार्नमै केन्द्रित गरेका छौं ।’ शंखमूलको सानलुम्बिनी फुटसलमाथि ३–२ को जितसँगै शंखमूल क्वालिफायर नजिक पुगेको छ । ६ खेलबाट १४ अंकसहित दोस्रोमा उक्लिएको शंखमूल अपराजित छ । मुख्य पिभोट मणि लामाको अनुस्थितिले शंखमूलको खेल खस्कियो । मणिको उपस्थितिमा हुने आक्रामक फुटसल लुम्बिनीविरुद्ध नदेखिए पनि शंखमूलले सन्तुलित खेल भने खेलेको थियो । प्रशिक्षक प्रकाश परियार पनि आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट थिएनन् । ‘यो खेल चित्तबुझ्दो थिएन । तर, हामीले जित्यौं । ३ अंक हाम्रा लागि महत्त्वपूर्ण हो ।’पुछारका टोलीसँगको खेललाई सहज लिइएको हो भन्ने प्रश्नमा उनले भने, ‘यो प्रतियोगितामा सहभागी सबै टोली आआफ्नो क्षेत्रबाट छनोट प्रक्रिया पूरा गरेर आएका हुन् । सबै उत्तिकै सशक्त छन् । लुम्बिनीका खेलाडीहरू परिचित छन् । विपक्षीलाई बुझेर खेल्दा सजिलो भएको हो ।’ शंखमूलले बाँकी तीनमध्ये एक खेल जितेको स्थितिमा पनि क्वालिफायर सुरक्षित गर्नेछ । यसको विपरीत लुम्बिनी टोली भने रेलिगेसनको सन्नीकट छ । रूपन्देहीकै झरना स्पोर्ट्स छैटौं खेलसम्म जितविहीन बन्दा लिग चरणबाटै बाहिरिने निश्चित भएको छ । रूपन्देहीका दुवै टोलीलाई रेलिगेसन खतरा छ । प्रशिक्षक प्रज्वल श्रेष्ठले पनि रेलिगेसनको दबाब बढ्न थालेको बताए । ‘लगातारको हारले हामीलाई रेलिगेसनको खतरा बढ्दै गएको छ । तर बाँकी खेलमा रेलिगेसनबाट जोगिने गरी सन्तुलित प्रदर्शन अपेक्षा गरेको छु ।’ उनले शंखमूलविरुद्ध आफ्ना खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरे । उनले खेलाडीको मानसिकताप्रति नै शंका व्यक्त गरेका छन् । ‘खेलाडीहरू जितको मानसिकतामा खेलेको देखिएन । उनीहरूले आफ्नो क्षमताअनुसार खेलेनन् वा खेल्न सकेनन्,’ उनले भने ।विवेक पण्डितले गोल गरेपछि शंखमूलले आठौं मिनेटमा अग्रता बनायो । तर एक मिनेटपछि नै रुपेन बराइलीको गोलमार्फत लुम्बिनीले खेल बराबरीमा ल्यायो । कृजल खड्काले १३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा शंखमूल २–१ ले अगाडि रह्यो । दोस्रो हाफमा दुवै टोलीले १–१ गोल थपे । ३० औं मिनेटमा शंखमूलका सागर थिङले गोल गरे भने खेलको अन्तिम मिनेटमा रफी महर्जनले लुम्बिनीले एक गोल फर्काएको थियो । प्रभातफेरीलाई रेलिगेसन डरस्काइ गोल्ससँग रोमाञ्चक खेलमा ५–४ गोलले पराजित भएपछि प्रभातफेरी क्लबले रेलिगेसन जोखिम रहेको महसुस गर्न थालेको छ । ६ खेलमा १ जित र १ बराबरीसहित ४ अंक जोडेको प्रभातफेरी पुछारबाट तेस्रो स्थानमा छ । यो नतिजाबाट गोल्सको भने शीर्ष चारभित्र पर्ने आस बढेको छ । समान ६ खेलबाट स्काइको ९ अंक छ । सन्तलाल गुरुङले आत्मघाती गोल गरेपछि स्काइले पहिलो मिनेटमै अग्रता बनायो । सातौं मिनेटमा विशाल सारु मगरले प्रभातफेरीका लागि बराबरी गोल फर्काए । आठौं मिनेटमा स्काइका कप्तान निर्मल गुरुङ र नवौं मिनेटमा प्रभातफेरीका विशालले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ २–२ को बराबरी टुंगियो । २३ र २४ औं मिनेटमा क्रमशः श्रीकृष्ण श्रेष्ठ र आशिष सुनामले गोल गरेपछि स्काइले पुनः अग्रता बनायो । ३२ औं मिनेटमा अखिलेश कार्कीले प्रभातफेरीका लागि एक गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा प्रभातफेरीका धिरज जोशीलाई स्काइका गोलरक्षक लक्ष्मण थापाले बक्स बाहिरबाट ट्याकल र हातले बल छोएकामा रेफ्रीले फाउल नदिएको भन्दै खेल सकिएपछि प्रभातफेरीका अफिसियलहरू रेफ्रीसँग झगडा गर्न उत्रिएका थिए । ‘जहिले पनि एउटै कुरा गर्नुपरेको छ । अन्तिमतिर विपक्षी गोलरक्षकले बाहिर आएर हातले बल छोएर अझ खुट्टा पनि तानिदिएको छ । यसो हुँदा पनि रेफ्रीले फाउल दिएन । सुरुदेखि नै रेफ्रीले हामीलाई पक्षपाती व्यवहार गरिरहेको थियो,’ प्रभातफेरीका प्रशिक्षक सरोज थापाले भने, ‘हामी जित्न भनेर आएका थियौं तर रेफ्रीले हराइदियो । रेफ्रीकै कारणले हारेपछि अब हामीलाई रेलिगेसन डर सुरु भएको छ ।’गोल्सका प्रशिक्षक रमेश सिन्केमानले पनि रेफ्रीको निर्णय अझै परिपक्व र विश्वासलाग्दो हुन नसकेको गुनासो गरे । मुस्किलले जित निस्किएकोमा भने उनी खुसी थिए । ‘पाएको अवसरमा गोल हुन नसक्दा अन्तिमतिर धेरै नै दबाब भयो । रेफ्रीले पनि राम्रो निर्णय गर्न सकिरहेका छैनन् । आज पनि त्यो देखियो,’ आफ्नो टिमको प्रदर्शनबारे उनले भने, ‘खेलाडीले धेरै फाउल खेलिरहेका छन् । उनीहरूलाई खेलको माहौल बुझेर खेल्न भनिरहेको छ् ु। खेलाडीले अझै वास्तविक फुटसल खेल्न सकिरहेका छैनन् । फुटबलकै शैलीमा फुटसल खेलिरहेका छन् ।’ प्रशिक्षक सिन्केमानले शीर्ष चारभित्र पर्न बाँकी तीनै खेल जित्ने प्रयासमा रहने बताए । स्काइ गोल्सले अब शंखमूल, ढुकु र लुम्बिनी फुटसलसँग खेल्न बाँकी छ ।
Sports
22,190
निःशुल्क जिपिएस पनि जोडेनन् व्यवसायीले
सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ ।
https://gorkhapatraonline.com/news/85967
काठमाडौँ, मङ्सिर ४ गते । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस जडानको काम सुरु भए पनि हालसम्म जम्मा ३५ वटा सवारीसाधनले मात्र जडान गरेका छन् । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका लागि एक सय वटा कोटा तय गरिएकामा ६५ वटा अझै बाँकी रहेको विभागले जनाएको छ ।    विभागले निःशुल्क सेवासहित नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो । तर यातायात व्यवसायीहरू नै अनिच्छुक भएपछि विभागको अभियानले गति लिन सकेको छैन । व्यवसायी नै जडान गर्न नआएपछि केही गर्न नसकेको विभागले जनाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “जडान गर्ने सिस्टम तयारी अवस्थामा छ, सवारीसाधन नै जडानका लागि आएका छैनन् । व्यवसायी इच्छुक छैनन् । हामी तत्काल सेवा दिन सक्ने अवस्थामै छौँ ।” विभागले जिपिएस प्रणाली जडान गर्न व्यवसायीलाई पटक पटक अनुरोध गरेको प्रवक्ता पनेरूको भनाइ छ । जिपिएस जडान गर्दा ड्राइभर र सहचालक पनि निगरानीमा हुने हुँदा व्यवसायीहरू अनिच्छुक भएको विभागको दाबी छ । पनेरूले भन्नुभयो, “उहाँहरूकै सुरक्षाका लागि हो । निःशुल्क जोड्न आउनुस्, नभए हामी नै तपाईंकै ठाउँमा आएर जोडिदिन्छौँ भनेर पनि अनुरोध गरेका छौँ ।”     जिपिएस जडानलाई अनिवार्य नगरिँदा व्यवसायीहरूले अटेर गरिरहेको विभागले जनाएको छ । अनिवार्य बनाउनका लागि कानुन नै बनाउनु पर्ने अवस्था रहेको पनेरूले जानकारी दिनुभयो ।विभागले गण्डकी र मधेश प्रदेशको जनकपुरलाई केन्द्रित गरेर जिपिएस लागु गर्न खोजेको थियो तर व्यवसायीले चासो नदिएपछि प्रभावकारी हुन सकेन।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “विभागसँग नीति र कार्ययोजना छैन, हामी तयार छौँ तर जिपिएस जोड्न आउ भनेर मात्र हुँदैन। किन जोड्ने भन्ने कुराको क्लियर हुनु पर्छ । व्यवसायीलाई दोष दिएर विभाग पन्छिन मिल्दैन ।”      विभागका अनुसार जिपिएसले सवारीसाधनलाई प्रत्यक्ष रूपमा अनलाइनबाट नियमन गर्दछ। जिपिएस लागु गरिएपछि नियन्त्रण कक्षबाट देशभरका सार्वजनिक सवारी व्यवस्थापन र नियमन गर्न सकिन्छ।विभागका अनुसार ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिका कारण हुन्छन्। तोकिएभन्दा बढी गतिमा दौडने प्रवृत्तिलाई जिपिएस सिस्टमले नियमन गर्ने हुँदा सवारी दुर्घटना कम हुने पनेरूको भनाइ छ। जिपिएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै हुने छ। गाडीको गति र स्थानको जानकारी हुने छ । साथै सार्वजनिक यातायातका विकृति तथा हुन सक्ने आपराधिक घटना नियन्त्रणमा सहयोग हुने र ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विभागको दाबी छ ।      
News
52,687
मनाङका सात गाउँलेले मनाए नयाँ वर्ष
मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका ससाथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।
https://gorkhapatraonline.com/news/92699
यदुप्रसाद भट्टमनाङ, पुस २७ गते । मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका साथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।मनाङ समाजसेवा समितिको आयोजनामा काठमाडौं स्वयम्भूस्थित मनाङ गुम्बामा उनीहरुले होलताङपा ल्होसार मनाएका हुन् । होलताङपा ल्होसार मनाङका सात गाउँलेले मात्र मनाउँदछन् । यो ल्होसारलाई उनीहरुले नयाँ वर्षका रुपमा नाचगान गरी, मीठोमसिनो खाएर मनाएका हुन् । ‘‘ल्होसारमा एकआपसमा शुभकामना लिनेदिने तथा सुखशान्ति तथा समृद्धिको कामना गर्ने गरिन्छ, यो केवल सात गाउँलेको मात्र ल्होसार हो ।,’’ ङिस्याङ खाङ्सारका युवा पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो । उहाँले मनाङका सात गाउँ भन्नासाथ साविकका भ्राका, खाङ्सार, मनाङ, पिसाङ, टङ्कीमनाङ, घ्यारू र नगवाल सात गाउँ विकास समितिलाई जनाउने सात गाउँलेको मात्र ल्होसार भएको जानकारी दिनुभयो ।‘‘जाडो चिसो बढेसँगै हिउँद याममा मनाङीहरु जाडो छल्न सहर बस्ने गर्छन् । अधिकांश मनाङीको काठमाडौंमै बसोबास छ । हामी धेरैजसो सातगाउँले काठमाडौंमै भएकाले मनाङमा मनाउनुपर्ने नयाँ वर्ष काठमाडौंमा मनाएका हौं ।,’’ पिसाङका ८० वर्षीय याङ्डु गुरुङले जानकारी दिनुभयो ।विशेष गरी माथिल्लो मनाङ यति बेला सुनसान छ । स्थानीय कृषकबाहेक सबै जाडो छल्न बेँसी तथा अन्य जिल्ला झरिसके । घरकुरुवा र गोठालमा मात्र गाउँमा भएकाले चाडपर्व सहरमै मनाउने गरेको उहाँको भनाइ थियो ।
News
51,999
आर्मी र डब्लूएसए च्याम्पियन
नेपाल आर्मी र डब्लूएसएले शनिबार इन्गेज इम्पावरिङ ह्विलचियर बास्केटबल लिगको उपाधि जितेका छन् ।
https://ekantipur.com/sports/2018/07/01/153041300742778461.html
काठमाडौँ — नेपाल आर्मी र डब्लूएसएले शनिबार इन्गेज इम्पावरिङ ह्विलचियर बास्केटबल लिगको उपाधि जितेका छन् ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले जावलाखेललाई ३७–२७ स्कोरले हरायो । आर्मीको जितमा राजु कटुवालले २३ स्कोर गरेका थिए ।महिलाको फाइनलमा डब्लूएसएले डब्लूडब्लूबीएलाई १८–११ स्कोरले हराउँदा ज्योति अर्यालले ४ स्कोर जोडिन् ।दुवैमा बीआईए तेस्रो भयो । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार जिते । पुरुषमा जावलाखेलका प्रेम बिक र महिलामा डब्लूएसएकी हेमकला सुनुवार उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा आर्मीका राजु कटुवाल र महिलामा डब्लूएसएकी ज्योति अर्याल सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर राजुले १ सय ७२ र ज्योतिले ३१ स्कोर गरे । दुवै उत्कृष्टले ६ हजार, सर्वाधिक स्कोरकर्ताले ५ हजार नगद पुरस्कार पाए । पुरुषमा ९ र महिलामा ५ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग विजेता र उपविजेतालाई उपाधिका लागि पुन: खेलाइएको थियो ।
Sports
29,095
रानीतालमा पर्यटक तान्दै मोटरबोट
धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् ।
https://gorkhapatraonline.com/news/89993
कबिराज घिमिरेहिले, पुस ५ गते । धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् । मोटरबोट पहिले राखेको भए पनि मागको आधारमा अहिले २२ लाख लगानी बढाएको सुकपाल चेम्जोङले बताउनुभयो । पहिले मोटरबोट सञ्चालन गरिए पनि बिचमा सञ्चालन नहुँदा पर्यटक घटेको उहाँको भनाइ छ । पुनः मोटरबोट सञ्चालनमा ल्याएपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ ।  छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि धनकुटाको रानीताल आकर्षणको केन्द्र बन्दैगएको छ । तालको रमणीय वातावरण तथा तालमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । मोटरबोट चढ्दा प्रतिव्यक्ति २ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । पूर्वकै पर्यटकीय क्षेत्र भेडेटार हुँदै पुगिने राजारानीमा रानी तालले छुट्टै आकर्षण थपेको छ । कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय मोटरबोट सञ्चालनपछि उकास्न सहज भएको रानीताल संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले बताउनुभयो । राजारानीमा शनिबारको दिन बढी पर्यटक आउनेगरेका छन् । चौबिसे गाउँपालिकाले ताल किनार व्यवस्थित बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश र सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले बजेट विनियोजन गरेर ताललाई आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनुभयो । बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका पनि हो । राजा र रानी छुट्टाछुट्टै ताल रहेको राजा–रानीमा रानीतालमा मात्र पानी छ, राजा ताल सुकिसकेको छ । रानी तालमा पर्यटक आकर्षित गर्न संरचना निर्माणका साथै बोटिङको पनि व्यवस्था छ ।
News
48,859
टाइम्सको जित निरन्तर
टाइम्स इन्टरनेसनल कलेजले नेसनल बास्केटबल लिगमा आफ्नो विजय यात्रालाई कायमै राखेको छ । टाइम्सले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा आइतबार गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८९–६५ स्कोरमा पराजित गर्‍यो । 
https://ekantipur.com/sports/2023/10/08/the-times-continues-to-win-52-24.html
काठमाडौँ — टाइम्स इन्टरनेसनल कलेजले नेसनल बास्केटबल लिगमा आफ्नो विजय यात्रालाई कायमै राखेको छ । टाइम्सले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा आइतबार गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८९–६५ स्कोरमा पराजित गर्‍यो । टाइम्स ५ खेल खेल्दै सबैमा जित हात पारी अंक तालिकाको शीर्षस्थानमा रहेको छ । कीर्तिपुर बास्केटबल क्लब ५ खेलमा ८ अंक जोडी दोस्रो स्थानमा छ । लिगमा तेस्रो जित हात पार्ने क्रममा कीर्तिपुरले रोयल स्पोर्ट्स सेन्ट्रललाई १०२–९३ ले पराजित गर्‍यो । रोयलले पनि ५ खेलबाट ८ अंक जोडेको छ र टोली तेस्रो स्थानमा छ । कीर्तिपुर सुरुआतदेखि खेलमा हावी भएको थियो र टोलीले पहिलो क्वाटरमै ३५–१४ को फराकिलो अग्रता बनाएको थियो । टोलीले दोस्रो क्वाटर ६५–३१, तेस्रो ७७–५९ को अग्रतासँगै खेल आफ्नो पक्षमा पारेको थियो । कीर्तिपुरका जयदीप २८ स्कोर गर्दै प्लेयर अफ द म्याच भए । श्रेयषबहादुर शाहको २१ अंकबाट प्रेरित टाइम्सले गोल्डेनगेटमाथि प्रभावशाली जित हात पारेको हो । टाइम्स पहिलो क्वाटरमा २३–१८ स्कोरले अगाडि थियो । टोली दोस्रो क्वाटर ४६–३३, तेस्रो ६६–५२ को अग्रताका साथ खेलमा हावी भएको थियो ।
Sports
16,132
क्रिकेट संघ दार्चुलामा भट्ट
दार्चुला जिल्ला क्रिकेट संघको अध्यक्षमा देवेन्द्र भट्ट पुन: निर्विरोध चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा आइतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । संघको उपाध्यक्षमा हर्कबहादुर ठगुन्ना, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा विक्रमसिंह बडाल चयन भएका छन् । 
https://ekantipur.com/sports/2023/08/06/16913170378575843.html
दार्चुला — दार्चुला जिल्ला क्रिकेट संघको अध्यक्षमा देवेन्द्र भट्ट पुन: निर्विरोध चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा आइतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । संघको उपाध्यक्षमा हर्कबहादुर ठगुन्ना, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा विक्रमसिंह बडाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भोजराज जोशी, धनेन्द्रसिंह धामी, कैलाश ठगुन्ना, तेज कार्की, हरिप्रसाद भट्ट, मिरा भट्ट, इन्द्रदेव पन्त र भुवन जोशी चयन भएको निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले बताए । अधिवेशन उद्घाटन सत्रमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले पहाडी जिल्लाहरुमा मैदानको अभावका कारण खेलाडी उत्पादनमा समस्या आएको बताए । जिल्ला संघले स्थानीय तहको सहयोगमा प्रतियोगिताहरु आयोजना गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने भन्दै उलने त्यसका लागि नेपाल क्रिकेट संघले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।अध्यक्ष चन्दले चार वर्षमा हुने नेपाल क्रिकेट संघको महाधिवेशनका लागि अहिले जिल्ला संघको निर्वाचन चलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका बाजुराबाहेकका ८ जिल्लासँगै देशभरबाट ४६ जिल्लामा क्रिकेट संघ गठन गरिएको उनले जानकारी दिए ।
Sports
16,652
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो राखेका थिए । 
https://ekantipur.com/news/2024/03/29/the-main-basis-of-womens-empowerment-is-economic-empowerment-prime-minister-13-53.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो राखेका थिए । प्रधानमन्त्री दाहालले भने, 'विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।' पछिल्लो समय सशक्तीकरणको विषय शक्तिसँग जोडिएकोमा पनि प्रधानमन्त्रीले जोड दिए । उनले भने, 'सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।'सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, 'महिला उद्यमशीलताको विकासका माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ । सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवद्र्धन गर्न कर छुटदेखि अन्य सहुलियतपूर्ण व्यवस्था गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ ।'
News
4,538
सहयोग जुटाउने संगीत
हेर्न रहर जागेपछि रङ इन्द्रेणीको आँखै मागौं जस्तो भयो सँग इन्द्रेणीको अप्ठ्यारोमा परेकालाई खोज्दै–खोज्दै आउनुभयो सधैं चञ्चल चंग रहोस् चंग इन्द्रेणीको
https://ekantipur.com/entertainment/2020/09/11/15997913046025193.html
सुर्खेत — हेर्न रहर जागेपछि रङ इन्द्रेणीकोआँखै मागौं जस्तो भयो सँग इन्द्रेणीकोअप्ठ्यारोमा परेकालाई खोज्दै–खोज्दै आउनुभयोसधैं चञ्चल चंग रहोस् चंग इन्द्रेणीकोसोमना खड्काले यसो भन्दा गायक तथा सञ्चारकर्मी कृष्ण कँडेलका आँखा रसाए । उनी लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अपांगता भएका व्यक्ति, मिर्गौला र क्यान्सर रोगका बिरामीलाई आर्थिक सहयोग गर्न असार पहिलो साता सुर्खेत आएका थिए । कँडेलले ३२ वर्षीया दृष्टिविहीन सोमनालाई राहतस्वरूप १० हजार रुपैयाँ दिन खोजेका थिए । उनी भने आँखाको ज्योति माग्ने भावनात्मक गहिराइसम्म पुगिन् । निकै उद्देलित भएका कँडेलले गीति लयमै सोमनालाई सम्झाए–मिल्यो भने यसैगरी फेरि गीत गाउँलाअझै ठूलो कष्ट परे फेरि फर्की आउँलायही प्रकृति कर्णालीमा चोखो माया लाउँलासुर्खेत, बाबियाचौरका कँडेल इन्द्रेणी कार्यक्रमका कारण चर्चित छन् । सोही कार्यक्रममा गीत–संगीतको माध्यमबाट दुःखमा परेकालाई सहयोग जुटाउँछन् । कुनाकन्दरामा रहेका लोकभाकालाई इन्द्रेणीमार्फत गुन्जाउँछन् । त्यसैले त सोमनाजस्ता दृष्टिविहीनसमेत उनीबाट प्रभावित छन् । सोमनाले भनिन्, ‘हुन त मेरा बाहिरी आँखाले उहाँ को चिन्दैनन्, मनको आँखाले भने कति सफाचट देखेका ?’ कँडेलको समाजसेवा गर्ने तरिका अरूभन्दा भिन्न छ । उनले सहयोग (समाज सेवा) अभियानलाई गीत–संगीतसँग जोड्ने गरेका छन् । त्यसैले पनि उनीमार्फत सहयोग गर्ने दाताहरूको कमी छैन । एक दशक लामो यात्रामा करिब ३४ करोड रुपैयाँ सहयोग हन्तान्तरण गरिसकेको कँडेलको भनाइ छ । ‘तराईका बाढीपीडितदेखि पहाडका पहिरोपीडितलाई सहयोग जुटाइयो, विदेशमा मृत्युदण्ड पाएका नेपालीलाई बचाउन ‘ब्लडमनी’ पनि संकलन गर्‍यौं,’ उनी भन्छन्, ‘हामी त सहयोग जुटाउने माध्यम मात्र हौं, हाम्रो कार्यक्रम हेरेर दाताहरूले सहयोग गर्ने गर्नुहुन्छ ।’कँडेलले संगीतलाई समाज सेवासँग जोड्ने अभियान थालेको करिब ११ वर्ष भयो । यो क्रममा उनले देशका करिब ६० जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पुगेर लोकभाकालाई संकलन गरेर प्रसारण गरेका छन् । पछिल्लो समय कोरोनाका कारण भएको लकडाउनमा गरिएको सहयोग कार्यक्रम भने निकै उल्लेखनीय रहेको उनी बताउँछन् । चैतयता करिब ४ करोड रुपैयाँको सहयोग वितरण गरेको बताउने कँडेलले सुर्खेतमा मात्र करिब ३ सय जनालाई आर्थिक सहयोग गरेका छन् । तीमध्येका एक हुन्, मिर्गौला रोगबाट पीडित इत्रामका १९ वर्षीय प्रभात पन्त । ‘उमेर छँदै दुइटै मिर्गौला काम नलाग्ने भए, प्रेसरले हानेपछि आँखा पनि देख्दैन,’ उनले कँडेलसँग भने, ‘बेला–बेला यस्तै सहयोग पाए त अलिकति भए पनि राहत मिल्ने थियो ।’इन्द्रेणीमा करिब २६ जनाको टिम भए पनि लकडाउनमा उनी ६ जनाको समूह लिएर हिँडिरहेका छन् । कोरोना संक्रमण नदेखिए पनि निमोनियाका कारण समूहका सदस्यहरू भानु देउवा, दीपक घिमिरेलगायत अहिले आइसोलेसनमा छन् । यसले गर्दा म्याग्दी र कालीकोटका बाढीपीडित तथा हुम्लाका अग्निपीडितलाई सहयोग गर्ने कार्यक्रम स्थगित गरिएको कँडेलले बताए । उनका अनुसार बाढीपीडितका लागि ४५ लाख र अग्निपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने योजना बनाइएको छ । ‘साथीहरू सन्चो भएपछि सहयोग अभियान फेरि सुरु गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘मान्छेलाई सहयोग चाहिने भनेकै विपद्का बेला हो, हामीमाथि जोखिम भए पनि सावधानी अपनाएर फेरि सहयोग अभियानमा हिँड्नेछौं ।’लोकभाकाको खोजीअसार पहिलो साता सुर्खेत, साटाखानीको राउटे बस्तीमा पुग्नेबित्तिकै मुखिया ऐनबहादुर शाही र अर्का युवा प्रकाश शाहीले उनलाई चिनिहाले । कृष्ण त्यसअघि पनि बस्तीका पुगेका थिए । उनले तीन–चार जनाको समूहलाई इन्द्रेणीको काठमाडौंस्थित स्टुडियोमै लगेर कार्यक्रम रेकर्ड पनि गराएका थिए । ‘तुमी कृष्ण कँडेललाई हामी चिन्दाछौं, आज क्या ल्याएर आयौ त,’ मुखिया ऐनबहादुरले सोधिहाले, ‘गीत पनि गाउँला, चामल र खसी पनि दिनुपर्छ ।’कँडेलले मिनी ट्रकमा चामल, दाल लगेर गएका थिए । राउटे परिवारलाई वितरण गरे । राहत वितरणपछि राउटेका रैथाने गीत, नाच क्यामेरामा कैद गरे । ‘यति सुन्दर लोकभाका र कला–संस्कृतिलाई हामीले अहिल्यैदेखि जोगाउनुपर्छ, संरक्षणका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘हामीले त्यही भएर कार्यक्रमलाई सहरभन्दा गाउँ केन्द्रित गर्ने गरेका छौं ।’ हुन पनि कृष्णको कार्यक्रममा पूर्वदेखि पश्चिम र तराईदेखि हिमाल–पहाडका लोकभाकाहरू गुन्जिएका छन् । भाषा–संस्कृति समेटिएका छन् । त्यहाँका स्रष्टाहरूले स्थान पाएका छन् । सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी कँडेलले आफ्नो कलाकारितालाई समाज सेवा र पत्रकारितासँग जोडेको बताउँछन् । ‘गाउँका कुनाकाप्चामा गएर लोप हुन लागेका भाकालाई उजागर गर्नु र मान्छेका सुख–दुःखका कथालाई देखाएर आर्थिक सहयोग जुटाउनु भनेको समाज सेवा र पत्रकारिता दुवै हो,’ उनले भने, ‘आफूभित्र भएको कलाकारितालाई उहाँले नयाँ ढंगले सदुपयोग गर्नुभएको छ ।’कसरी जुट्छ सहयोग ?कँडेलको सहयोग जुटाउने प्रमुख माध्यम सांगीतिक कार्यक्रम इन्द्रेणी हो । साप्ताहिक रूपमा एउटा टेलिभिजनमा समेत प्रसारण हुने उक्त कार्यक्रमको युट्युबमा मात्र १७ लाख ४० हजार ‘सब्सक्राइबर’ छन् । सुख, दुःखका कथालाई सांगीतिक शैलीमा हेरेर रुचाउनेहरूले नै कार्यक्रममार्फत सहयोग पठाउने गरेको कँडेल बताउँछन् । ‘धेरै जनाले सहयोग गर्न खोजेको व्यक्तिको नामै तोकेर रकम पठाउनुहुन्छ, हामीले सम्बन्धित व्यक्तिलाई भेटेर हस्तान्तरण गर्छौं,’ उनले भने, ‘कतिपयले आवश्यकताअनुसार सहयोग गर्नुहोला भनेर रकम दिनुहुन्छ ।’ लकडाउनअघिको कार्यक्रम हेरेर विभिन्न व्यक्तिलाई हस्तान्तरण गर्न दाताहरूले पठाएको करिब ८० लाख रुपैयाँ बैंकमा थन्किएको उनले बताए । अहिलेको प्राथमिकता लकडाउनबाट प्रभावित बिरामी, अपांगता भएका व्यक्ति र काम गुमाएका मजदुरहरू रहेकाले सहयोग कार्यक्रम त्यसमै केन्द्रित गरिएको उनको भनाइ छ ।असार पहिलो साता कँडेल बुलबुले गेटमा सहयोग लिनका लागि जम्मा भएका केही मान्छेसँग कुरा गर्दै थिए । हिँड्ने बेला स्थानीय एक महिलाले कँडेलको हातमा चेक थमाउँदै भनिन्, ‘मेरोतर्फबाट दीन–दुःखीलाई सहयोग गर्नुहोला, कृपया मेरो नाम उल्लेख नगर्नुहोला, भिडियो पनि नखिच्नुहोला ।’ बुलबुले गेटबाट उनी सहयोग वितरण गर्दै देउतीबज्यै चोकमा पुगे । त्यहाँ पनि सहयोगको अपेक्षामा मान्छेहरू लस्करै लागेका थिए । एक महिलासहित दुई पुरुषले उही शैलीमा कृष्णलाई सहयोग रकम हस्तान्तरण गरे । ‘हुन त उहाँहरूले आफैं सहयोग गरे पनि हुन्थ्यो, तर हामीप्रतिको विश्वासले कार्यक्रममार्फत सहयोग गर्न चाहनुहुन्छ,’ कृष्णले भने, ‘हामी दान दिने र लिनेलाई जोड्ने सेतुको भूमिका निर्वाह गरिरहेका छौं ।’कँडेलको अनुभवमा नेपालीहरू कोमल मनका हुन्छन् । विदेशमा बस्नेहरू त अझ बढी भावुक हुन्छन् । गाउँघरका लोकभाका, कला–संस्कृति, रीतिरिवाजलाई जस्ताको तस्तै टिपेर प्रसारण गर्दा विदेशमा बस्नेहरू निकै प्रभावित हुने गरेका उनले बताए । ‘संगीतसँग जोडेर दुःखका कथा प्रसारण गरेपछि सहयोगको ओइरो नै लाग्छ,’ उनले भने, ‘यस्तै सहयोगका कारण कतिले नयाँ जीवन पाए, कतिको जीवन फेरियो भनेर सम्भव छैन ।’ ३ वर्षअघि करेन्ट लागेर हातखुट्टा काट्नुपरेका रुकुमका कृष्ण ओलीको कथा प्रसारण गर्दा ८४ लाख रुपैयाँ संकलन भएको उनले बताए । त्यस्तै साउदी अरबमा मृत्युदण्डको सजाय तोकिएका काभ्रेका रामचन्द्र तिमिल्सिनालाई इन्द्रेणीमार्फत ५० लाख जुटेको उनको भनाइ छ ।
Entertainment
8,421
जापान एसियन कपको क्वाटरफाइनलमा
चार पल्टको च्याम्पियन जापानले बहराइनलाई सजिलै ३–१ ले पराजित गर्दै एसियन कप २०२३ को क्वाटरफाइनल पुगेको छ । उपाधिको बलियो दावेदार जापान प्रतियोगिताको इतिहासमा क्वाटरफाइनल पुगेको यो लगातार नवौं पटक हो ।
https://ekantipur.com/sports/2024/01/31/japan-in-the-quarterfinals-of-the-asian-cup-08-17.html
दोहा, एजेन्सी — चार पल्टको च्याम्पियन जापानले बहराइनलाई सजिलै ३–१ ले पराजित गर्दै एसियन कप २०२३ को क्वाटरफाइनल पुगेको छ । उपाधिको बलियो दावेदार जापान प्रतियोगिताको इतिहासमा क्वाटरफाइनल पुगेको यो लगातार नवौं पटक हो । जापानका लागि रित्सु डोनले गोलको खाता खोलेयता ताकेफुसा कुबा र आयासे उडाले एक एक गोल थपे । बहराइनबाट सम्भव एक मात्र गोल जापानी गोलरक्षक जिओन सुजुकीको नाममा आत्मघाती रह्यो ।बहराइनले दक्षिण कोरिया सम्मिलित समूह जिते पनि त्यस्तै खेल जापानविरुद्ध प्रदर्शन गर्न सकेन् । अब जापानले इरान र सिरियाबीच हुने अन्तिम १६ को खेलको विजेताको सामना गर्नेछ । जापानले प्रतियोगिताको पछिल्लो संस्करणको उप–विजेता हो ।
Sports
15,026
चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।
https://gorkhapatraonline.com/news/103205
गजेन्द्र गुरुङखजुरा, चैत २८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।विद्यार्थीलाई चिट चोराउने क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगन्जस्थित लोटस इंग्लिस मिडियम हाई स्कूलका प्रिन्सिपल तपनकुमार शर्मा र सोही स्कूलका पार्ट टाइम शिक्षक अल्ताब खाँलाई जिल्ला प्रशासन कार्यालयबाट मङ्गलबार जनही ६०/६० हजार रुपियाँ धरौटीमा रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।गत चैत २० गते नेपालगन्जको ज्ञानोदय विद्या निकेतन परीक्षा केन्द्रमा सञ्चालन भएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा आफ्ना स्कूलका विद्यार्थीहरुलाई चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।उनीहरुसहित चिट चोराउने कार्यमा संलग्न ए वान क्लासेस नामक कन्सल्टेन्सीका कर्मचारी दिलिप विक र सन्तोष नेपाली, कन्सलटेन्सीका सञ्चालक ईरफान अलि मिकरानी तथा रिसेप्सेनिस्ट स्नेहा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रिसेप्सेनिस्ट चौधरीलाई भने सोधपुछ पश्चात सोही दिन छाडिएको थियो ।परीक्षाको मर्यादा विपरीतका गतिविधिमा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो । जसमध्ये एक जना नाबालक भएकाले उनलाई सरकारी वकिलमार्फत् बाँके जिल्ला अदालत बाल ईजलासमा पेश गरिएको र बाँकी चार जनालाई शिक्षा ऐन बमोजिम परीक्षाको मर्यादा विपरीतको कसुर र सजायको मागदाबीसहित प्रशासनसमक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशमा प्रिन्सिपल र शिक्षक दुबै जनालाई जनही ६०/६० हजार र कन्सल्टेन्सीबाट पक्राउ परेका दुई जनालाई जनही ३०/३० हजार रुपियाँ धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हाललाई चार जनालाई नै धरौटीमा छाडने निर्णय भएको र थप प्रमाण बुझी फैसला भने पछि नै हुने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुले ह्वाट्स एप ग्रुप बनाई मोबाइलमार्फत् विद्यार्थीहरुलाई प्रश्नको उत्तर लेखी पठाउने गरेको पाइएको थियो । प्रहरीले उनीहरुबाट पाँच थान मोबाइल, एक थान ल्यापटप, केही थान गाईड तथा सोलुसन बुक, प्रश्न उत्तर लेखिएको कागजपत्र, विभिन्न व्यक्तिहरुको सम्पर्क नम्बर लेखिएको कागजसमेत बरामद गरि अनुसन्धान सुरु गरेको थियो ।
News
41,614
जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/50563
धर्बेन्द्र झा धनुषा, पुस २५ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित हुनुभएको छ । जसपा संसदीय दलको नेताका लागि सोमबार भएको निर्वाचनबाट यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन समितिले दिउँसो ३.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेगरी निर्वाचन कार्यतालिका बनाएको थियो ।  उम्मेदवारीपछि दुवै जनाबीच सहमति भएपश्चात् मुख्यमन्त्री लालबाबु राउतले समयमै उम्मेदवारी फिर्ता लिएपछि यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुने बाटो खुलेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताउनुभयो । मधेश प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको जसपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना छ । 
News
59,200
जीवित देवी कुमारी साधारण जीवनमा फर्केपछि मानिसको व्यवहारले अचम्भित
केटा र केटीबीच भेदभाव हुँदोरहेछ भनेर काठमाण्डू, वसन्तपुरमा जीवित देवी कुमारी रहेकी प्रीति शाक्यलाई साधारण जीवनमा फर्केपछि मात्रै थाहा भयो।
https://www.bbc.com/nepali/news-49686140
उनी भन्छिन्: "एकदमै दु:ख लाग्यो।" शाक्य चार वर्षको उमेरमा कुमारी चुनिइन् र ११ वर्षको उमेरमा आफ्नो घर फर्किइन्। अहिले २२ वर्षकी उनलाई 'मानिसको जीवन' बानी परिसकेको छ। आठ दिनसम्म चल्ने इन्द्रजात्राका बेला कुमारीलाई रथमा राखेर काठमाण्डूका पुराना बस्तीहरूमा तीन दिन परिक्रमा गराइन्छ। उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ। अनि यो पनि:
Others
64,448
भीमबहादुर र रोजिनाले जिते खिजिदेम्बा अल्ट्रा म्याराथन
खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् । 
https://ekantipur.com/sports/2020/03/02/1583137659933163.html
खिजिफलाँटे, ओखलढुंगा — खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् । खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै पुगेर टुंगिएको हो । फुल म्याराथन अन्तर्गत ४२ किलोमिटर दूरी पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरे ।त्यसैगरी महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर साविक विजेता हुन् । त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गर्दै दोश्रो भए । दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धारित दूरी पार गर्दै तेश्रो भए ।महिलातर्फ साविक विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै दोश्रो भइन् । स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो भइन् । म्याराथनमा पुरुष २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए । साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथन आयोजना गर्दै आएको हो । विजेताहरुले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरे । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइबाट दौड सुरु भई ३ हजार ६ सय मिटर दूरी पार गर्दै पुनः २ हजार २ सय मिटरमै आएर दौड टुंगिएको हो । विजेताहरुलाई प्रतिनिभिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार वितरण गरे ।
Sports
25,515
बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियलको सामना गर्ने
बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । उसले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २–० ले हरायो । फाइनल आइतबार हुनेछ ।
https://ekantipur.com/sports/2024/01/12/barcelona-will-face-real-in-the-final-of-the-spanish-super-cup-24-18.html
काठमाडौँ — बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । उसले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २–० ले हरायो । फाइनल आइतबार हुनेछ ।बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र लामिन यामलले दोस्रो हाफमा एक-एक गोल गरे । पछिल्लो सिजनको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए र त्यस ‘एल क्लासिको’ मा बार्सिलोना विजयी रहेको थियो ।रियलले यसपल्टको अर्को सेमिफाइनलमा एटलेटिको म्याड्रिडलाई पराजित गरेको थियो । बार्सिलोना कीर्तिमान १४ पल्टको स्पेनी सुपरकप विजेता हो । ओसासुनाविरुद्ध उसले राम्रो सुरुआत लिन सकेन् र पहिलो हाफ गोलरहित बराबरीमै टुंगेको थियो ।लेवनडोस्कीले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि यामलले दोस्रो इन्ज्युरी समयमा अर्को गोल थपे । प्रतियोगितामा गत सिजनको स्पेनी ला लिगाको शीर्ष तीनमा रहेका बार्सिलोना, रियल र एटलेटिको तथा कोपा डेल रेको फाइनल खेलेको आसोसुना सहभागी छन् ।
Sports
15,295
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
https://gorkhapatraonline.com/news/75555
अमरराज नहर्कीतनहुँ, भदौ ३ गते । विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम हालै सुरु गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने रिजालले जानकारी दिनुभयो । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । पहिलो चरणमा नौ हजार आठ सय ४५ थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जिल्लाबाट फारम भरी पेस भएका ६५ हजारमध्ये पहिलो चरणमा सो सङ्ख्यामा तयार भएर आएको र हालसम्म ५० जनाले परिचयपत्र लिइसेकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका वितरण अपरेटर प्रताप पण्डितले जानकारी दिनुभयो । व्यास नगरपालिका–३ निवासी प्रमीला श्रेष्ठले राष्ट्रिय परिचयपत्र साथमा लिएर हिँडेपछि अन्य धरै कागजपत्र बोक्न नपर्ने भएकोले प्राप्त गर्दा खुसी लागेको बताउनुभयो ।प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा वितरणको लागि कार्यालयले राष्ट्रिय पचियपत्र तथा पञ्जिकरण विभाग स्थापना गरिएको छ । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन् । जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ । 
News
54,232
पाथीभरा क्षेत्रमा मदिरा निषेध
ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।
https://gorkhapatraonline.com/news/104335
चन्द्र पन्दाकताप्लेजुङ, बैशाख ६ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटल सञ्चालनमा रहेका छन् । सो क्षेत्रमा मदिराजन्य वस्तुको सेवन तथा कारोबार गर्न निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गरी मदिरा निषेध गरिएको छ । समितिको बैठकले काफ्लेपाटी र सोभन्दा माथिको क्षेत्रमा मदिराजन्य वस्तु सेवन गर्न र बेचबिखन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको हाङ्बाङले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री वितरण गर्न पूर्णरुपमा निषेध गरिएसँगै यसलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ । मदिरा निषेध गर्ने निर्णयको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने पनि समितिले सम्बन्धित सबैलाई सचेत गराएको छ ।    
News
50,899
राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्यो
दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्नेगरेको छ ।
https://gorkhapatraonline.com/news/49302
लीलाधर वली घोराही, पुस १३ गते । दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्ने गरेको छ । पार्कमा पिकनिक खाने, घरफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिकजसो चहलपहल हुने गरेको छ । पार्कलाई आकर्षक बनाउन गेटबाट प्रवेश गरेलगत्तै राखिएको शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति हेर्नदेखि शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरु वन जङ्गलसहितको सुन्दर वातावरणमा रमाउन आन्तरिक पर्यटकका रुपमा दिनहुँ मानिसहरु पार्क पुग्ने गर्छन् । जसलेगर्दा सामुदायिक वनले राम्रो आम्दानी समेत गर्दैआएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएसँगै वन समूहकाे आम्दानी समेत बढेको छ । ‘सामुदायिक वन क्षेत्रमा रहेको पार्क आफैंमा सुन्दर छ । पार्कलाई आकर्षक बनाउन बुद्धको मूर्तिदेखि जङ्गली जनावर राखिएकाले  पार्कमा अहिले बालक, वृद्ध जोकोही पनि रमाउने गर्छन्’ स्थानीय रविन्द्र केसीले भन्नुभयो, ‘त्यसैले गर्दा पछिल्लो समय धेरै आन्तरिक पर्यटक पिकनिक तथा घुमफिरका लागि आउने गर्नुहुन्छ ।’ पार्क व्यवस्थापन समितिका अनुसार अन्य दिनहरुको तुलनामा शनिवार वा सार्वजनिक बिदाका दिन धेरै भीडभाड हुनेगरेको छ । पार्कमा प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतम बुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । पार्कभित्रका पस्दा पानीको फोहरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चालगायतका जनवारसँग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका देखिन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिएका छन् । तुलसीपुर क्षेत्रको मुख्य पर्यटकीय केन्द्रको रूपमा रहेको राप्ती शान्ति पार्क पर्यटकको मुख्य केन्द्र बन्दै गएको छ । कुनै समयमा नामको मात्र रहेको पार्कमा हिजोआज भौतिक संरचना र अन्य पर्यटकलाई आकर्षण गर्ने संरचनाहरू बन्दैगएपछि स्थानीय पर्यटकको निकै भीडभाड हुनेगर्छ । वि.सं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निर्माणको काम शुरु गरिएको थियो । शुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरे पनि उद्यानको विकासका लागि अझै गर्न बाँकी रहेको बताउनुभयो । 
News
59,488
नेपालको थाइल्यान्डसँग हार
भारतको आग्रामा सुरु विद्यालयस्तरीय ४६ औं एसियन यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ । नेपाली टिम शनिबार थाइल्यान्डसँग २–० ले पराजित भयो ।
https://ekantipur.com/sports/2018/09/23/153767363810348853.html
विराटनगर — भारतको आग्रामा सुरु विद्यालयस्तरीय ४६ औं एसियन यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ । नेपाली टिम शनिबार थाइल्यान्डसँग २–० ले पराजित भयो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाली टोलीविरुद्ध थाइल्यान्डले २१ औं मिनेटमा गोल गरेको थियो । उक्त गोल पाडुङकिट आटिकानले फ्रिकिकबाट गरे ।थाइल्यान्डका थाना इसोरले ७६ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जित पक्का गरे । ६४ औं मिनेटमा नेपाली टोली १० खेलाडीमा सीमित भएपछि थाइल्यान्डले दबाबमा बढायो । नेपालका फरवार्ड बुद्ध बल तामाङ दोहोरो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिए ।पहिलो हाफमा विपक्षीलाई दबाबमा राखेर खेलेको नेपाली खेलाडी फिनिसिङमा चुक्दा पराजय भोग्न बाध्य भए । खेलको छैटौं मिनेटमा अनिल महर्जनको प्रहार पोस्ट बाहिरिँदा नेपाल अग्रता लिन चुकेको थियो ।कप्तान दिनेश हेन्जनको २८ औं मिनेटको फ्रिकिक पोस्ट नजिकबाट बाहिरिँदा टिमको खेलमा फर्कने अवसर गुमेको थियो । ३०, ३७ र ३९ आैं मिनेटमा नितिन थापा, जय गुरुङ र अनिलको प्रहार थाई गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ कमजोर हुँदा पराजय भोग्नुपरेको नेपालका प्रंशिक्षक चेतनारायण श्रेष्ठले बताए ।नेपालसहित समूह ‘ए’ मा थाइल्यान्ड, इन्डोनेसिया, अफगानिस्तान र चीन छन् । समूहको पहिलो खेलमा चीनले अफगानलाई ८–० ले हराएको थियो ।
Sports
28,695
अमेरिका राष्ट्रपति शपथः डोनल्ड ट्रम्प बाहिरिए, जो बाइडनको कार्यकालको स्वागत
राष्ट्रपति डोनल्ड ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने उनको टोलीले जनाएको छ।
https://www.bbc.com/nepali/news-55738069
बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्नेछन्। युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्। उनले भनिन्, "माननीय सदस्यहरू! यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम्‌ विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।" जो बाइडन: को हुन् अमेरिकाको नयाँ राष्ट्रपति साझेदारी युरोपेली आयोगकी प्रमुखले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्। बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्। कार्यभार सकिन लागेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट केहीबेरअघि बाहिरिएका छन्। राष्ट्रपतिको हेलिकप्टरबाट एन्ड्र्युज एअर फोर्स बेस पुर्‍याइएका ट्रम्पले त्यहाँ सङ्क्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे। त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाए। सम्बोधन सम्बोधनका क्रममा उनले नयाँ प्रशासनलाई शुभकामना दिए पनि राष्ट्रपति निर्वाचित बाइडनको नाम चाहिँ उल्लेख गरेनन्। उनले अझैसम्म हार स्वीकारेका छैनन् र सन् १८६९ यता आफ्ना उत्तराधिकारीले पदभार सम्हाल्ने कार्यक्रममा अनुपस्थित हुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। कुनै न कुनै रूपमा आफू पुनः फर्कने ट्रम्पले बताए। त्यहाँबाट उनी श्रीमतीसहित फ्लोरिडास्थित आफ्नो निजी क्लब जानेछन्। आफ्नो कार्यकाल सकिनुभन्दा केही घण्टाअगाडि ट्रम्पले करिब १४० जनालाई क्षमादान दिएका छन् अथवा उनीहरूले पाएको सजायमा कटौती गरेका छन्। तीमध्ये धेरैजना उनका समर्थक रहेको विवरणमा जनाइएको छ। त्यसमा उनका पूर्वप्रमुख रणनीतिकार स्टीभ बेनन छन्। बेननमाथि मेक्सिकोसँग सीमामा पर्खाल लगाउने अभियानका लागि गरिएको रकम सङ्कलनमा हिनाहिना गरेको आरोप छ। अमेरिका: पूर्वराष्ट्रपतिले के के पाउँछन्
Others
69,568
कोरोनाभाइरस: सङ्क्रमण फैलिन थालेपछि दक्षिण कोरियामा कार्यरत नेपाली नागरिकमा 'मनोवैज्ञानिक त्रास'
दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप फैलिएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरूले आफूहरू आत्तिएको बताएका छन्।
https://www.bbc.com/nepali/news-51602528
दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन्। सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस फैलिएका स्थानमा नेपालीहरू छरिएर रहेकाले उनीहरूलाई सतर्क रहन भनिएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ। अहिलेसम्म दक्षिण कोरियामा ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले "उच्चतम तह" को सतर्कता घोषणा गरेको छ। दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या चीनपछिको सर्वाधिक हो। के भन्छ नेपाली दूतावास? दक्षिणपूर्वी सहर डेगुमा सङ्क्रमित मानिसको सङ्ख्या धेरै देखिएकोले त्यहाँ भएका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको सोलस्थित नेपाली दूतावासले जनाएको छ। "उक्त क्षेत्रका गैरनेपाली सङ्घका प्रतिनिधि र विद्यार्थी सङ्गठनसँग हामी निरन्तर सम्पर्कमा छौँ। उहाँहरूलाई हामीले विशेष सावधानी अपनाउन र यहाँको सरकारले भनेका स्वास्थ्यसम्बन्धी नियममा रहन अनुरोध गरेका छौँ," कार्यवाहक राजदूत रामसिंह थापाले भने। डेगुमा विद्यार्थी र ईपीएसमार्फत् रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १,५०० जति भएको दूतावासको अनुमान छ। "पछिल्ला दिनमा कोरियामा झनै तीव्र गतिमा सङ्क्रमितहरू फेला पर्न थालेको अवस्था छ," दक्षिण कोरियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "तसर्थ कोरियाली सरकार र सम्बद्ध निकायहरूले समयसमयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढङ्गले अवलम्बन गरी कोरोनाभाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास सोल विशेष अनुरोध छ।" डेगुबाहेक सोल, बुसान, खाउन्दो सहरमा पनि सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेपछि स्थानीय स्तरमा सर्वसाधारणहरूलाई सचेत रहन आग्रह गरिएको छ। के भन्छन् दक्षिण कोरियामा कार्यरत नेपाली? दक्षिण कोरियामा कार्यरत केही नेपालीले कोरोनाभाइरसको प्रकोप फैलिएकाले नेपालीहरू भयभीत भएको बीबीसीलाई बताएका छन्। "रुघा लाग्दा पनि सङ्क्रमण भयो कि भन्ने खालको मनोवैज्ञानिक त्रासमा हामीहरू छौँ," एउटा विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा कार्यरत रोशन शर्मा पौडेलले बीबीसीलाई बताए। सङ्क्रमण देखिएका सहरमा मानिसहरूलाई समूहमा नहिँड्न, विशेष खालको मास्क अनिवार्य लगाउन, स्वास्थ्यमा समस्या देखिए उपचार गरिहाल्न र सङ्क्रमण भएको शङ्का लागे तुरुन्त जानकारी गराउन सूचना जारी गरिएको पनि उनले बताए। "कुनै भवनमा सङ्क्रमण पाइयो भने त्यसलाई पूरै बन्द गरेर राखिन्छ," पौडेलले भने, "यहाँका शैक्षिक संस्थामा नयाँ सत्र मार्चबाट सुरु हुने भए पनि कोरोनाभाइरसकै कारण दुई हप्ता पछि सारिएको छ।" उनका अनुसार पहिला घुँइचो हुने सार्वजनिक सवारीसाधनहरू हिजोआज सुनसान देखिन्छन्। दक्षिण कोरियाकै अर्को सहरमा रहेकी मञ्जु पन्थीले पनि आफूहरू त्यहाँको सरकारले भनेका नियमहरूबारे सचेत रहेको बताइन्। "अहिलेसम्म डराइ हाल्नुपर्ने अवस्था त छैन, तर पनि सङ्क्रमण बढेकाले हामी पूर्ण रूपमा सतर्क भएर बसेका छौँ," उनले भनिन्। नेपालीहरूको अवस्था के छ? गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपालीहरूमा सङ्क्रमण नदेखिएको भए पनि सतर्क रहन निरन्तर रूपमा भनिएको बीबीसीलाई बताए। "अहिलेसम्म नेपालीहरूलाई सङ्क्रमण देखिएको छैन। तर यहाँका सबैजसो सहरमा नेपालीहरू रोजगारी वा अध्ययनका लागि रहेकाले हामीले सतर्क रहन भनेका छौँ," सुवेदीले भने। कोरोनाभाइरस चीनबाहिर २९ वटा देशमा फैलिएको पुष्टि भइसकेको छ कतिपय ठूला कम्पनीहरूले कामदारलाई काममा नआउन भनिसकेको र केहीमा चाहिँ काम जारी रहेको उनले बताए। कतिपय कामदारले एउटा कम्पनी छोडेर अर्कोमा काम खोज्दै गर्दा कोरोनाभाइरस सङ्क्रमणको असर त्यसमा पनि परेको देखिएको सुवेदीले बताए। "नेपालीहरू ९० दिनभन्दा बढी कामविहीन भएर बस्न नपाइने नियम छ। त्यसैले आज यहाँको दूतावासले मानव संशाधन विभागमा पत्राचार गरेर त्यो अवधिलाई विचार गर्न अनुरोध गर्न लागेको छ," सुवेदीले भने। के भन्छ नेपाल सरकार? दक्षिण कोरियामा जोखिम देखिएकाले नेपाल सरकारले ईपीएसमार्फत् रोजगारीमा जान लागेका नेपालीका दुईवटा टोलीलाई तत्काल जान रोक लगाएको छ। "दक्षिण कोरियामा जोखिम बढी छ भनेपछि हामीले दुईवटा लट रोकेका छौँ। अब जोखिम नघट्दासम्म वा पठाउन सुरक्षित छ भन्ने नहुँदासम्म हामी पठाउँदैनौँ, " श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बीबीसीलाई भने। त्यसैगरी दक्षिण कोरियाबाट नेपाल आउबे सबै यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। भाइरस र अन्य कीटाणुबाट जोगिन यसरी हात धुनुपर्छ
Others
66,681
दोहोरो भूमिकामा जनप्रतिनिधि
नेपालको समकालीन राजनीतिक गतिविधिहरू कवि हरिभक्त कटुवालको माथि उद्दत बाल गीतमा उल्लेख बालहठको गतितर्फ त गइरहेको छैन ? राजनीतिक पार्टी र ती पार्टीका प्रतिनिधिहरू तथा जननिर्वाचित प्रतिनिधिहरूको परिभाषा तथा जिम्मेवारीका सम्बन्धमा भएको बुझाइ र व्यवहारले केही सन्देह भने गराएको छ। सिद्धान्तत नेपालले अहिले अपनाएको राज्य प्रणाली भनेको जनताबाट निर्वाचित प्रतिनिधिले नै राज्यको सञ्चालन वा नेतृत्व गर्ने हो। राज्य सञ्चालनका दैनिकी, विकास निर्माण र जनताका सेवा सुविधा, अर्थ तथा परराष्ट्र मामिला आदिको नीति निर्माण तथा निर्णयहरू जननिर्वाचित प्रतिनिधिमार्फत नै गर्ने हो । अल्पमतको सम्मानपूर्वक सुनुवाइ तथा बहुमतको निर्णय कार्यान्वयन अहिलेसम्मको सबैभन्दा उदार र प्रजातान्त्रिक मानिएको राज्य व्यवस्थाको सिद्धान्त पनि यही नै मानिन्छ। विश्वका अधिकांश देशमा कि यही प्रणाली अप
https://gorkhapatraonline.com/news/23588
कहाँ जाने कहाँ जाने पुतलीका हूलजता जता फुलेका छन् मिठा मिठा फूल।नेपालको समकालीन राजनीतिक गतिविधिहरू कवि हरिभक्त कटुवालको माथि उद्दत बाल गीतमा उल्लेख बालहठको गतितर्फ त गइरहेको छैन ? राजनीतिक पार्टी र ती पार्टीका प्रतिनिधिहरू तथा जननिर्वाचित प्रतिनिधिहरूको परिभाषा तथा जिम्मेवारीका सम्बन्धमा भएको बुझाइ र व्यवहारले केही सन्देह भने गराएको छ। सिद्धान्तत नेपालले अहिले अपनाएको राज्य प्रणाली भनेको जनताबाट निर्वाचित प्रतिनिधिले नै राज्यको सञ्चालन वा नेतृत्व गर्ने हो। राज्य सञ्चालनका दैनिकी, विकास निर्माण र जनताका सेवा सुविधा, अर्थ तथा परराष्ट्र मामिला आदिको नीति निर्माण तथा निर्णयहरू जननिर्वाचित प्रतिनिधिमार्फत नै गर्ने हो । अल्पमतको सम्मानपूर्वक सुनुवाइ तथा बहुमतको निर्णय कार्यान्वयन अहिलेसम्मको सबैभन्दा उदार र प्रजातान्त्रिक मानिएको राज्य व्यवस्थाको सिद्धान्त पनि यही नै मानिन्छ। विश्वका अधिकांश देशमा कि यही प्रणाली अपनाइएको छ कि अपनाउने क्रम जारी छ। कुनै पनि राजनीतिक पार्टीको कुनै पनि प्रतिनिधि सेवा होस् वा लाभको पदमा म नै पुग्नुपर्छ र त्यो पनि आजै पुग्नुपर्छ भनेर किन मरिहत्ते गर्छन् ? यसको कारण अनुमान गर्न सकिन्छ, लाभ होस् वा सेवा जहाँ गए पनि आफ्नो राजनीतिक पार्टीको पुरानो हैसियत र हैकम यथावत् रहनसक्छ। यथावत् रहने मात्र होइन, पदको राप ताप वा प्रभावले राजनीतिक पद र हैसियतलाई अझै सशक्त बनाउन पनि सहयोग गर्छ तर त्यस्ता पदमा जानु पहिले वा गएपछि राजनीतिक हैसियतको पद सो लाभको होस् वा स्वयंसेवी नै सही तर राज्यको प्रतिनिधिका रूपमा रहेको कुनै पनि पदमा रहुन्जेलसम्म चाहिँ आफू संलग्न रहेको राजनीतिक पार्टीको पद भने निस्क्रिय हुने भए जो कसैलाई पनि सजिलै त्यस्तो जोखिम मोल्न सोच्नैपर्ने हुन्छ । किनकी त्यस्ता पदमा गएर राम्रो काम गरेर समुदायमा आफ्नो छवि सकारात्मक बनाउन र राम्रो प्रभाव छोड्न नसके पहिलेको राजनीतिक पदबाट माथि उठ्न पनि समय लाग्न सक्छ। यो डर र दबाबले पनि इमानदार र जनताप्रति जवाफदेही भएर राम्रो काम गर्न प्रेरित गर्ने थियो जनप्रतिनिधिहरूलाई तर अहिलेको दोहोरो जिम्मेवारी कायमै रहने अर्थात् निर्वाचित जनप्रिनिधि भए पनि राजनीतिक पार्टीको पद र भूमिका यथावत् रहने भएकोले कुनै पनि जनप्रतिनिधि वा राजनीतिक पार्टीलाई त्यो मनोवैज्ञानिक दबाब महसुस हुँदैन।एकातिर एकै व्यक्तिले दोहोरो भूमिकामा काम गर्नुपर्दा सम्बन्धित व्यक्तिले दुवैतर्फ राम्रो भूमिका निर्वाह नगर्नु स्वाभाविक हुन्छ। अर्कातिर राजनीतिक पार्टीमा पनि नयाँ र सक्षम नेतृत्वले अवसर पाउन तथा आफ्नो क्षमता प्रमाणित गर्न सकिरहेका छैनन्। यसले राजनीतिमा आउन चाहने नवप्रतिभा कुण्ठित वा पलायन हुने क्रम पनि बढेको छ। तसर्थ, आगामी निर्वाचनमा जान चाहने उम्मेदवारहरू र निर्वाचित हुने जनप्रतिनिधिले पनि आफ्नो दोहोरो भूमिकाको बारेमा आजैबाट कसरी र कतातर्फ प्रतिबद्ध हुने सङ्कल्प लिनु आवश्यक हुन्छ। यसमा सम्बन्धित राजनीतिक पार्टीहरूले पनि आफ्ना पार्टीका प्रतिनिधि नेता र कार्यकर्ताको भूमिकालाई जनताबाट निर्वाचित भएपछि समग्र जनता तथा राज्यका प्रतिनिधिका रूपमा कसरी बढीभन्दा बढी प्रभावकारी बनाउन सकिन्छ भनेर पार्टीका गतिविधिबाट अलग गर्न सक्नुपर्छ। तिनको भूमिकाको कारण देश र जनताले कसरी बढीभन्दा बढी लाभ पाउन सक्छन् भनेर सोच्नु पर्दछ। जुन सोचले सम्बन्धित पार्टीलाई यसपछिका अन्य निर्वाचनमा पनि जनताका बीचमा जान र आफ्ना थप नेता र कार्यकर्तालाई निर्वाचित गरेर पार्टीको नीति तथा कार्यक्रम लागू गराउन सहयोग पु-याउनेछ। विशेष गरेर राजनीतिक पार्टीहरूले एक मङ्सिरले मात्र जाडो सकिँदैन भनेर लामो यात्राको नीति अपनाउन सके जाति हुन्छ।जननिर्वाचित निकायका प्रतिनिधिहरूको सर्वोच्च संस्था प्रतिनिधि सभाका सम्बन्धमा गएको हप्ता र यो हप्ता एकै प्रकृतिका केही समाचार सार्वजनकि भए तर यी सबै समाचारका विषयमा हामी कसैले गम्भीरतापूर्वक सोचेनौँ वा ध्यान नै दिएनौँ। किनकी यस्तो पहिलो पटक पनि त भएको थिएन। पहिलो समाचार थियो, प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको। दोस्रो समाचार थियो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप विधेयक माथि छलफल गर्न बोलाइएको प्रतिनिधि सभाको बैठकमा पनि स्थगित भएको। यी दुवै बैठक हाजिर गरेर पनि सांसदहरू प्रतिनिधि सभाको बैठकमा भने सहभागी नभएकाले सांसदहरूको गणपूरक सङ्ख्या नै नपुगेर स्थगित भएका थिए। यी पछिल्ला समाचारबाहेक यसभन्दा पहिले पनि गणपूरक सङ्ख्या नपुगेका कारण प्रतिनिधि सभाका बैठकहरू दर्जनौँ पटक स्थगित भएका छन्। त्यसबाहेक राजनीतिक पार्टीहरूले पनि धेरै पटक आफ्ना पार्टीका गतिविधि सञ्चालन गर्नका लागि सभामुखमार्फत पनि संसद्का बैठकहरू स्थगित गराउँदै आएका छन्। निर्वाचित प्रतिनिधि भएपछि राज्यका प्रतिनिधिका रूपमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नु तिनको दायित्व हो। जनताको श्रम पसिनाबाट आर्जित सेवा सुविधा लिएपछि उनीहरूले राज्यको नीति निर्माण गर्ने निकायमा बसेर काम गर्नुपर्छ तर यसो गर्नुको सट्टा यताबाट बिदा लिएर वा हाजिर गरेर सेवा सुविधा लिने तर पार्टीका काममा वा अन्य गतिविधिमा सहभागी भने गर्नै हुँदैन। यो स्वआचारसंहिता र प्रतिबद्धता व्यक्तिगत रूपमा जनप्रतिनिधिमा पनि हुनुपर्छ। राजनीतिक पार्टीले पनि यसमा ध्यान दिनै पर्छ। अर्को सूचना पनि यसै हप्ता नै सार्वजनिक भएको थियो, सरकारी सुरक्षा निकायहरूको तर्फबाट। आगामी संसदीय निर्वाचन सम्पन्न भएर निर्वाचनको परिणाम आउनुभन्दा पहिले ती कुनै पनि निकायमा कार्यरत कर्मचारीहरूले आफ्नो पदबाट राजीनामा दिन नपाउने। यस्तो सूचना जारी गर्नुको कारण नखुलाइएको भए पनि दुई कारण अनुमान गर्न सकिन्छ। पहिलो कारण हुनसक्छ, निर्वाचनका लागि आवश्यक जनशक्ति अभाव हुन नदिनु। यो सामान्य र स्वाभाविक पनि हो तर अर्को प्रमुख र लुकाइएको कारण हुनुपर्छ, आसन्न संसदीय निर्वाचनमा ती सरकारी निकायबाट राजीनामा दिएर राजनीतिक पार्टीहरूको टिकट लिएर होस् वा स्वतन्त्रका नाममा राजनीतिक गतिविधिमा सहभागी हुनु र निर्वाचनमा उम्मेदवार हुने प्रवृत्ति विगतका चुनावदेखि नै बढ्न थाल्नु। यो प्रवृत्ति सामान्य वा स्वाभाविक होइन। एकातिर राजनीतिमा नयाँ पुस्तामा आकर्षण घट्दै पनि गइरहेको छ भने अर्कातिर कोही किन राजनीतिक गतिविधिमा हाम फाल्न सबै मूल्य चुकाएर तयार हुँदैछन् ? अहिलेको मुख्य प्रश्न यो हो। यो प्रश्नको उत्तर हो, राजनीतिमा सहभागी हुनु वा निर्वाचित प्रतिनिधिका रूपमा अवसर पाउनु भनेको राज्यका प्रतिनिधिका रूपमा जनताको स्वतन्त्र र निष्पक्ष भएर सेवा गर्नु नभएर विभिन्न स्वार्थ समूहका अवाञ्छित गतिविधिमा सहयोग गर्नु र नाजायज फाइदाहरू लिन सक्नु हो।केही समययता त यस्तो प्रवृत्ति पनि बढ्दै गएको छ। राज्यका स्थायी संरचनाहरूमा बसेर आजीवन सेवा गरेकाहरूले पनि सेवा निवृत्त भएपछि राजनीतिमा प्रवेश गर्ने, राजनीतिक नियुक्तिहरूमा भाग खोज्ने र एकाएक विभिन्न विधि विज्ञका रूपमा अर्ति उपदेशका पुलिन्दाहरू बाँड्न थाल्ने गरेको पनि पाइन्छ। आजीवन अर्थात् वर्षौं आफूले काम गरेका निकायहरूमा सरकारी काम कहिले जाला घाम भनेर अवकाश पाएपछि प्राप्त हुने सुविधाको हिसाब गरेर समय बिताएका पूर्वप्रशासक जसले आफ्नो पद र अधिकार हुँदा सुधार गर्न वा सच्याउन पर्ने कुनै काममा सिन्को पनि भाँचेनन्, आज तिनीहरू नै विज्ञको रूपमा देखापरेका छन् । सबै पूर्वप्रशासकलाई नै यही डालोमा राख्नु हुन्न तर अधिकांशमा चाहिँ यही प्रवृत्ति देखिएको छ। राजनीतिक पार्टीहरूको नजिक पुगेर जीवन पर्यन्त सुविधा लिने मोह देखिन्छ। यसमा राजनीतिक पार्टीहरूले सचेत भूमिका खेल्न र निगरानी गर्नु जरुरी छ। समकालीन नेपालको राजनीतिमा प्रभाव र व्यक्तित्वका दृष्टिकोणले धेरै अगाडि रहेर पनि सत्ताको मोहमा नलागेका थोरै नेताको उदाहरणमा पर्ने व्यक्ति थिए, समाजवादी चिन्तक प्रदीप गिरी। उनको निधनबाट देशलाई, राजनीतिलाई र समाजलाई अपूरणीय क्षति भएको भनेर शोक मनाइरहेको अहिलेको नेपाली समाज र राजनीतिक नेतृत्वले नै न हिजो उनीबाट केही सिक्यो न भोलि नै केही सिक्ला भनेर आशा गर्न सकिन्छ तर पनि हाम्रो समाज वा हामीहरूका लागि स्वनामधन्य प्रदीप गिरीहरू अपूरणीय क्षतिका शोक वक्तव्य, आत्मीय संस्मरण लेखहरूको अतिरिक्त उनको कृतित्व र व्यक्तित्वको चर्चा परिचर्चा आगामी दिनमा अवश्य पनि हुने नै छन्, भइरहेका पनि छन् । हामी यस्ता व्यक्तिबाट तिनमा भएका राम्रा गुण सिक्न र अपनाउन किन कहिल्यै सक्दैनौँ ? कहिलेसम्म यस्तो क्षतिको दस्तावेजीकरण मात्र गरिरहने हो ?  
News
47,941
दशकको हिट हिरो अक्षयकुमार !
२०१९ को समाप्तिसँगै २१ औं शताब्दिको दोस्रो दशक पनि समाप्त भएको छ । यससँगै यस दशकमा कुन फिल्म र कुन कलाकार सबभन्दा हिट भए भन्ने बहस सुरु भएको छ ।
https://ekantipur.com/entertainment/2020/01/01/157788966915112177.html
२०१९ को समाप्तिसँगै २१ औं शताब्दिको दोस्रो दशक पनि समाप्त भएको छ । यससँगै यस दशकमा कुन फिल्म र कुन कलाकार सबभन्दा हिट भए भन्ने बहस सुरु भएको छ ।बलिउडको एक व्यापार विश्लेषण गर्ने साइट कोइमोइले यसअघि नै आमिर खानको फिल्म 'दगंल' लाई दशककै हिट घोषणा गरेको थियो । यो साइटले अहिले अक्षय कुमार दशककै सबभन्दा सफल हिरो भएको देखाएको छ । गएको दशकभरी प्रदर्शनमा आएका फिल्मको कमाइको हिसाब गर्दा अक्षय कुमारले अभिनय गरेका फिल्मको कमाइ सबभन्दा बढी भएको हो । यो दस वर्षमा आएका अक्षयका ३२ वटा फिल्मले कूल ३ हजार १ सय १८ करोडको व्यापार गरे । दस वर्षमा ३ हजार करोडभन्दा बढीको व्यापार गर्ने हिरो पनि अक्षय कुमार मात्रै हुन् । उनको एउटा फिल्मले औषतमा ९७ करोड ४५ लाख कमाइ गरेका छन् । कूल कमाइमा धेरै भए पनि प्रति फिल्म कमाइमा भने आमिर खान सबभन्दा अगाडि छन् । दस वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेका आमिरका फिल्मले कूल १२ सय ५८ करोड कमाइ गरेका छन् । औषतमा उनको एउटा फिल्मले नै २ सय करोडभन्दा बढी कमाइ गरेका छन् । थोरै फिल्म भएर पनि अक्षयभन्दा बढी व्यापार गर्नेमा सलमान खान अगाडि छन् । दस वर्षमा आएका सलमानका १५ फिल्मले नै झन्डै अक्षयको जति २ हजार ९ सय १८ करोडको व्यापार गरेका छन् । उनको फिल्मको व्यापार प्रतिफिल्म १ सय ९४ करोड ५६ लाख छ । सय करोड कमाउने फिल्म पनि सलमानकै सबभन्दा बढी छन् ।यो दशकमा शाहरुख खानका ११ र आमिर खानका ६ फिल्मको कमाई झन्डै बराबर छन् । शाहरुखका फिल्मले कूल १३ सय ७८ करोड व्यापार गरेका छन् । उनको प्रतिफिल्म औषत १ सय २५ करोड छ । सय करोड क्लबमा पुगेका फिल्मको कमाइको हिसाबले बनाइएको पावरलिस्टमा अहिले सलमान खान एक नम्बरमा छन् । भने उनीपछि अक्षय कुमार, आमिर खान, अजय देवगन र शाहरुख खान छन् ।
Entertainment
8,761
ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि
सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ ।
https://gorkhapatraonline.com/news/46104
जयकृष्ण यादवइनरुवा, मङ्सिर १० गते । सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ ।शनिबार मध्याह्न १२ बजेसम्मको मतगणनाअनुसार मन्त्री कार्कीले नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई २४६ मतले पछि पार्नुभएको हो ।मन्त्री कार्कीले २२ हजार ७१७ मतसहित अग्रता लिनुभएको छ भने कुसियैतले २२ हजार ४७१ मत ल्याउनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मतगणना जारी रहेको छ । त्यस्तै, सुनसरी ४ मा सात वटा वडामा मत गन्न बाँकी छ ।
News
60,160
नेपाल मनसुनः रौतहटका बाढीपीडित भन्छन्, ‘हामीलाई सुन्ने कोही छैन’
नेपालभरि अविरल वर्षाका कारण बाढी तथा पहिरोले जनधनको ठूलो क्षति हुनुका साथै थुप्रै स्थानहरू जोखिममा परेका छन्।
https://www.bbc.com/nepali/news-53446544
स्रोत तथा साधनको अभावबीच उद्धार र राहतमा सक्रियताका साथ जुटेको स्थानीय सरकारका प्रतिनिधिहरूले बताएपनि पीडितहरूले भने विगतमा जस्तै समस्या भोग्नुपरेको गुनासो गरेका छन्। मनसुन सुरु भएयता झन्डै १०० जनाको मृत्यु भएको र पचास जनाभन्दा बढी मानिस बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
Others
64,209
लागू भएन स्थानीय पाठ्यक्रम
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन ।
https://gorkhapatraonline.com/news/77268
प्रेमराज सिम्खडाकालीकोट भदौ १८ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भन्दै नगरसभाबाट बजेट विनियोजन गरिएपनि अझै त्यो पाठ्यक्रम लागू हुन सकेको छैन । नगरपालिकाले शिक्षामा केही परिवर्तन गर्ने भन्दै आर्थिक वर्ष २०७९-२०८० मा १५ लाख बजेट विनियोज गर्‍याे । स्थानीय पाठ्यक्रम निर्माण गर्ने भन्दै विषय विज्ञका रुपमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकसमेत बोलायो । नगरपालिकामा दुई पटक गोष्ठी पनि गरियो । विनियोजित बजेट पनि सकियो । तर पाठ्यक्रम अझै पनि प्रयोगमा आउन सकेको छैन । शिक्षा शाखा प्रमुख खेमराज शाहीले पाठ्यक्रम तयार भएको तर प्रबाेधीकरण गर्न बाँकी रहेकाले लागू नभएको दाबी गरिरहनुभएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि स्थानीय सरकारले निर्माण गरेको भनिएको पाठ्यक्रम प्रयोगमा नआएपछि नागरिक स्तरबाट विरोध हुन थालेको छ । रास्कोट नगरपालिका वडा नं ६ का महेश फर्सालले जनताले तिरेको करबाट जम्मा भएको बजेट खर्च गर्ने तर पाठ्यक्रम तयार नगर्नु नगरपालिकाको कमजाेरी भएको बताउनुभयो। उहाँले विषय विज्ञका रुपमा पनि आफ्नो विचार मिल्ने, सङ्गठनमा आबद्ध भएकाहरुलाई ल्याएर नगरपालिका प्रमुख धर्मराज शाही पार्टीको घेराभन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभयो । रास्कोट नगरपालिकाले गतवर्ष मङ्सिर १४ गते नगरपालिकामा गुणस्तरीय शिक्षाका लागि स्थानीय पाठ्यक्रमसम्बन्धी अन्तरक्रिया राखेको थियो । उक्त अन्तरक्रियामा नेकपा माओवादी निकट प्राध्यापकहरुको सङ्गठनमा आबद्ध लक्ष्मणसिंह लगायतका विषय विज्ञलाई ल्याएका थिए । शिक्षासम्बन्धी राम्रो दखल राख्ने अरु प्राध्यापक भए पनि नगरप्रमुख शाहीले आफ्नो विचार मिल्नेहरुलाई मात्र भेला पार्दा नागरिक सशङ्कित भइरहेका छन् । गतवर्ष बजेट खर्च भए पनि पाठ्यक्रम अहिलेसम्म प्रयोगमा आएको छैन । नगरपालिका लेखा सहायक वीरबहादुर रावतले गत आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको र यो वर्ष पनि बजेट छुट्टाइएको बताउनुभयो । बजेट खर्च पनि भएको छ । पाठ्यक्रम तयार भए नभएको शिक्षा शाखालाई जानकारी हुने बताउनुभयो । 
News
42,255
एन्टिमाइक्रोबियलका चुनौती र अवसर
एन्टिमाइक्रोबियलको प्रयोगले संक्रामक रोगहरूको सफल उपचारका अतिरिक्त शल्यचिकित्सा, क्यान्सर उपचार, संक्रमण व्यवस्थापनसहित धेरै आधुनिक चिकित्सकीय प्रक्रियाहरूलाई सम्भवप्रायः बनाएको छ । त्यसैले एन्टिमाइक्रोबियलको विकास र प्रयोगलाई बीसौं शताब्दीको महान् चिकित्सकीय सफलता र उपलब्धि मानिन्छ ।
https://ekantipur.com/opinion/2023/11/23/challenges-and-opportunities-of-antimicrobials-57-50.html
एन्टिमाइक्रोबियलको प्रयोगले संक्रामक रोगहरूको सफल उपचारका अतिरिक्त शल्यचिकित्सा, क्यान्सर उपचार, संक्रमण व्यवस्थापनसहित धेरै आधुनिक चिकित्सकीय प्रक्रियाहरूलाई सम्भवप्रायः बनाएको छ । त्यसैले एन्टिमाइक्रोबियलको विकास र प्रयोगलाई बीसौं शताब्दीको महान् चिकित्सकीय सफलता र उपलब्धि मानिन्छ ।एन्टिमाइक्रोबियल प्राकृतिक वा सिन्थेटिक (मानवनिर्मित) रसायन तथा औषधिहरूले रोग लगाउने प्याथोजेनिक जीवाणुहरू ब्याक्टेरिया, भाइरस, फंगस अर्थात् ढुसी र परजीवीलाई नष्ट गर्छन्, निष्क्रिय पार्छन् वा वृद्धिलाई रोक्छन् । सबैभन्दा महत्त्वपूर्ण एन्टिमाइक्रोबियल एन्टिबायोटिक हो, जुन प्याथोजेनिक ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूको उपचारका लागि प्रभावकारी हुन्छ । तसर्थ यसको प्रयोग विश्वव्यापी छ । एन्टिमाइक्रोबियललाई प्रतिजैविक औषधि पनि भन्ने गरिन्छ ।प्रयोग प्राचीनकालदेखि एन्टिमाइक्रोबियल खोजको इतिहास निकै लामो छ, जसले मानव रोगविरुद्धको लडाइमा निरन्तर संघर्ष गर्दै फड्को मारेको छ । मानव समाजले प्राचीनकालदेखि एन्टिमाइक्रोबियल प्रयोग गरेको उल्लेख पुरातात्त्विक दस्तावेजमा भेटिएको छ । बीसौं शताब्दीको उत्तरार्द्धमा एन्टिमाइक्रोबियल क्रान्तिको आगमनभन्दा पहिले नै मानव समाजले स्वचालित रूपमा दुई हजार वर्षभन्दा बढी समयदेखि संक्रामक रोगविरुद्ध एन्टिमाइक्रोबियलको प्रयोग गर्दै आएको अनुमान गरिन्छ ।इसापूर्व १५५० को ‘एबर प्यापिरस’ को उपचारको सूचीमा औषधीय ढुसी रोटी र माटो समावेश छ, जुन हालसम्मको सबैभन्दा पुरानो संरक्षित चिकित्सा दस्तावेज हो । मिश्र, सर्बिया, चीन, ग्रिस र रोम साम्राज्यका पुरातन समाजहरूमा व्यापक चिकित्सीय उपयोगका रूपमा ढुसी रोटीको शरीरमा प्रत्यक्ष प्रयोगलाई नै एन्टिमाइक्रोबियलको प्रसंग र महत्त्वको प्रमुख दस्तावेज मान्न सकिन्छ । सन् १६४० मा प्रकाशित जोन पार्किन्सनको ‘थियाट्रम बोटानिकम’ मा ढुसीका विभिन्न प्रक्रिया र तरिकाको व्यापक प्रयोगको दस्तावेजीकरणले एन्टिमाइक्रोबियलको महत्त्व परापूर्वकालदेखि रहेको उजागर गरेको छ । प्राचीन कलाका माध्यमबाट बियर बनाउने मिश्रवासीहरूले ब्याक्टेरियाको उपयोग, एन्टिबायोटिक टेट्रासाइक्लिनको उत्पादन, उक्त पेय पदार्थ मानवलाई औषधि र पवित्र वस्तुका रूपमा देवताको महान् उपहार मान्ने प्राचीन सभ्यताजस्ता पुरातात्त्विक प्रमाणका आधारमा जोन पेकले ‘प्राचीन मिश्रवासीहरूले एन्टिबायोटिकको आविष्कार गरेका हुन्’ भन्ने निर्क्योल गरेका छन् । थप, इजिप्ट (मिश्र) मा पाइएका पुरातात्त्विक मानव कंकालहरूमा टेट्रासाइक्लिनको निसाना फेला पर्नुले मिश्रवासी र न्युबियनहरूले प्राचीनकालदेखि एन्टिबायोटिक प्रयोग गरेको पुष्टि गर्छ ।एन्टोनी भ्यान लिउवेनहकले सत्रौं शताब्दीमा आफ्नो माइक्रोस्कोपबाट ब्याक्टेरिया पत्ता लगाएसँगै ब्याक्टेरिया विज्ञानको अध्ययन सुरु भयो । त्यसपश्चात् आधुनिक एन्टिमाइक्रोबियलको खोजले गति लियो । इस्वीको अठारौं शताब्दीको उत्तरार्द्धमा सूक्ष्मजीवाणुविद् रोबर्ट कोच र लुइस पाश्चरको अनुसन्धानले ब्याक्टेरिया र रोगबीच सम्बन्ध रहेको आधार स्थापित गर्‍यो । यस खोजले आधुनिक चिकित्सामा दूरगामी प्रभाव पारेको थियो जुन आजसम्म आधारभूत मानकका रूपमा कायम छ ।एन्टिमाइक्रोबियल अध्ययन–अनुसन्धानको व्यवस्थित सुरुआत उन्नाइसौं शताब्दीमा भयो । केही विरोधाभासपूर्ण तर्कहरूका अलावा, ‘पियोसाइनेज’ लाई मानवमा संक्रामक रोगको उपचारका लागि प्रयोग गरिएको पहिलो एन्टिबायोटिक मान्ने गरिन्छ । दुई जर्मन चिकित्सक रुडोल्फ एमेरिच र ओस्कर लोले पत्ता लगाएको पियोसाइनेज ब्याक्टेरिया स्युडोमोनास एरुगिनोसाले उत्पादन गर्ने एउटा तत्त्व हो जुन विभिन्न प्रकारका रोगाणुविरुद्ध प्रभावकारी देखिएको हुँदा सन् १८९० देखि १९१० सम्मको दशकमा सयौं बिरामीको उपचारमा प्रयोग गरिएको थियो । प्रभावशाली जर्मन रसायनशास्त्री पाउल एर्लिचले सन् १९१० मा ट्रिपोनेमा प्यालिडम नामक ब्याक्टेरियाले हुने यौन रोग सिफिलिस वा भिरिंगीको उपचारका लागि सिन्थेटिक प्रोड्रग आर्सफेनेमिन वा ‘साल्वार्सन’ को खोज गरेका थिए । प्रोड्रग यस्तो निष्क्रिय जैविक तत्त्व हो, जुन शरीरमा पाचनपछि पूर्वनिर्दिष्ट औषधि उत्पादन गर्न सक्षम हुन्छ । यसरी आधुनिक एन्टिबायोटिकको विकासमा विशेष योगदानको कदर गर्दै पाउल एर्लिचलाई एन्टिमाइक्रोबियल केमोथेरापीका पिता मानिन्छ । अन्ततः साल्वार्सनलाई बिस्तारै सल्फोनामाइड प्रोड्रग प्रोन्टोसिलले प्रतिस्थापित गर्‍यो, जुन गेरहार्ड डोमागकले सन् १९२९–३२ मा पत्ता लगाएका थिए । यद्यपि सल्फोनामाइडहरू अझै पनि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकका रूपमा चिकित्सीय उपयोगमा छन् । यी औषधिहरूको व्यापक प्रयोगलाई पेनिसिलिनको खोजले बिस्तारै प्रतिस्थापित गर्दै लग्यो ।सेप्टेम्बर १९२८ मा स्कटल्यान्डका सूक्ष्मजीवाणुविद् अलेक्जेन्डर फ्लेमिङले प्रयोगशालामा हरियो ढुसी पेनिसिलियम नोटाटमले दुर्घटनावश दूषित भएको पिट्री डिसमा ब्याक्टेरियालाई नष्ट गरेको पत्ता लगाएका थिए । तत्पश्चात् अस्ट्रेलियाली प्याथोलोजिस्ट हावर्ड फ्लोरे र बेलायती बायोकेमिस्ट अर्नेस्ट बोरिस चेनले १९३० को दशकको अन्त्यतिर पेनिसिलिनलाई अलग र शुद्ध पारे । १९४०–४१ सम्ममा विभिन्न ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूको उपचारात्मक प्रयोगका लागि औषधिको इन्जेक्सन वा सुई उपलब्ध भएपछि पेनिसिलिन नै औपचारिक रूपमा पहिलो एन्टिमाइक्रोबियलमा दर्ज भयो । पेनिसिलिनको खोज, उत्पादन र क्लिनिकल प्रयोगसँगै एन्टिबायोटिकको स्वर्णयुग सुरु भयो ।यो एन्टिमाइक्रोबियलले हालसम्म विश्वमा लाखौं मानिसको ज्यान बचाइसकेको छ । दोस्रो विश्वयुद्धताका यो एन्टिबायोटिक गम्भीर घाइते सैनिकहरूको उपचारमा रामवाण साबित भयो र यसलाई चामत्कारिक औषधिको उपनाम दिइयो । सबै गम्भीर घाइते सैनिकहरू यसको प्रभावकारिताका कारण निको हुँदै सकुशल घर फर्कन सक्ने संकल्प गरियो । तर केही वर्षमै तिनै ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूप्रति यसको औषधीय प्रभावकारिता निष्क्रिय हुँदै गयो । एन्टिबायोटिकलाई ‘अन्य जीवाणु नष्ट गर्न सूक्ष्म जीवाणुहरूले बनाएको तत्त्व वा पदार्थ’ का रूपमा परिभाषित गर्ने र ’एन्टिबायोटिक्स’ शब्द पहिलो पटक प्रयोग गर्ने श्रेय रुसी मूलका अमेरिकी सूक्ष्म जीवाणुविद् सेलम्यान वाक्सम्यानलाई दिइएको छ । उनको अनुसन्धान टिमले सन् १९३०–५० सम्म माटोमा बस्ने ब्याक्टेरिया एक्टिनोमाइसेटिसबाट पन्ध्रभन्दा बढी एन्टिबायोटिक पत्ता लगाएका थिए जसमा प्रभावकारी एन्टिबायोटिक एक्टिनोमाइसिन, स्ट्रेप्टोमाइसिन, नियोमाइसिन समावेश थिए, जसबाट क्षयरोगको पहिलो प्रभावकारी उपचार सम्भव भएको थियो । सन् १९४०–६० को समयलाई एन्टिबायोटिक खोजको स्वर्णिम युग मानिन्छ । यस अवधिमा पत्ता लागेका अधिकांश एन्टिबायोटिक आज पनि चिकित्सकीय प्रयोगमा छन् । तथापि, एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् प्रतिरोधका कारण समयसँगै तिनको प्रभावकारितामा उल्लेखनीय गिरावट देखिएको छ ।सन् १९७० को दशकपछि एन्टिबायोटिक पत्ता लगाउने दरमा अचानक आएको गिरावट र विद्यमान एन्टिबायोटिकको अत्यधिक प्रयोग एन्टिबायोटिक प्रतिरोधको प्राथमिक कारण हो । हाल केही सिन्थेटिक एन्टिबायोटिक वा डेरिभेटिभहरू अनुसन्धान क्रममा छन्, जसबाट बहुऔषधि–प्रतिरोधी ब्याक्टेरिया संक्रमणको उपचारका लागि नयाँ एन्टिबायोटिकको विकास हुन सक्ने आशा गर्न सकिन्छ ।एन्टिमाइक्रोबियल रेसिस्टेन्स : सुस्त महामारीएन्टिमाइक्रोबियल रेसिस्टेन्सको शाब्दिक अर्थ हो— एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता अबउप्रान्त जीवाणुका कारण हुने संक्रमणलाई रोक्न वा नियन्त्रण गर्न असमर्थ छ, जुन पहिले प्रभावकारी थियो । एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।यस ब्रह्माण्डमा सबैभन्दा प्रबल जेनेटिक स्वरूपको अस्तित्व मात्र जोगिने हुँदा, सूक्ष्म जीवाणुहरू समयसँगै निरन्तर कोष संरचनामै परिवर्तनशील हुँदै सक्षम, प्रबल र आक्रामक भएर बाँच्न चाहन्छन् । अनुकूल अवसरमा एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता निष्क्रिय पार्दै यिनीहरू गम्भीर संक्रमण गराउन, रोग फैलाउन र मृत्युको उच्च जोखिम सम्भव तुल्याउन सफल हुन्छन् । प्रतिरोधी जीवाणुहरू एन्टिमाइक्रोबियललाई निष्क्रिय पार्दै मानव, पशुपक्षी र वातावरण (माटो, पानी), खाद्य आहारमा फैलिन सक्षम हुन्छन् र कमजोर स्वास्थ्य सेवा प्रणाली भएका देश/क्षेत्रहरूमा गम्भिर जनस्वास्थ्य जोखिम निम्त्याउन सक्छन् ।एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) लाई सुस्त महामारी मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो हाल प्रमुख दसौं विश्वव्यापी जनस्वास्थ्य चुनौतीमध्ये एउटा हो । यसको जोखिम द्रुत गतिमा बढिरहेको छ । हाल स्वास्थ्य सेवा प्रणाली सुदृढ नभइसकेका देशहरूमा मृत्युको एउटा प्रमुख कारक यही बनिरहेको छ ।बेलायतको अक्सफोर्ड विश्वविद्यालयको शोधकर्ता टिमले सन् २०१९ मा २०४ देश र क्षेत्रहरूबाट संकलित २३ प्याथोजेनिक ब्याक्टेरिया र ८८ ब्याक्टेरिया–एन्टिमाइक्रोबियल सम्बन्धको तथ्यांक विश्लेषण गरेको थियो । उक्त अनुसन्धानले ब्याक्टेरिया–एन्टिमाइक्रोबियल रेसिस्टेन्स २०१९ मात्र १२ लाख ७० हजार मानिसको मृत्युको प्रत्यक्ष कारक रहेको र ४९ लाख ५० हजार मृत्युसँग सम्बन्धित भएको देखायो (ल्यान्सेट जर्नल, सन् २०२२) । विभिन्न वैज्ञानिक प्रमाणलाई आधार मानेर विश्लेषण गर्दा, प्रतिवर्ष एएमआरको विश्वव्यापी तथ्याङ्कले १०–१५ लाख मानवमृत्युको प्रत्यक्ष कारक रहेको पुष्टि गर्छ, जुन एचआईभी–एड्स र मलेरियाका कारण हुने संयुक्त मृत्युभन्दा बढी हो ।एउटा एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरिया स्टेफाइलोकोकस आरियसले विश्वव्यापी रुपमा वार्षिक १ लाखभन्दा बढी मानवमृत्युको प्रत्यक्ष जिम्मेवार हुने गर्छ । मुख्य ६ प्रकारका एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण प्रत्येक वर्ष लगभग १० लाख मानिसको मृत्यु हुने गरेको छ । यसको मृत्युदर र गम्भीर जनस्वास्थ्य खतरा तुलनात्मक रूपमा न्यून आय भएका देशहरूमा उल्लेखनीय छ । बेलायत सरकारको ’एन्टिमाइक्रोबियल रेसिस्टेन्स समीक्षा–२०१६’ ले यसको नियन्त्रणविरुद्ध अहिले नै कुनै कदम चालिएन भने, सन् २०५० सम्ममा बर्सेनि १ करोड मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकको २०१७ को प्रतिवेदन अनुसार, २०३० सम्ममा यो समस्याले विश्वमा २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने, २०५० सम्ममा विश्वव्यापी वार्षिक कुल गार्हस्थ्य उत्पादनको ३.८ प्रतिशत गुमाउने अथवा १०० ट्रिलियन अमेरिकी डलरको आर्थिक क्षति बेहोर्नुपर्नेछ । यस अनुमानित आर्थिक भारलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा १,३१,९०० खर्ब रुपैयाँ हुन्छ, जुन नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटभन्दा ७,५०० गुणा बढी हुन्छ ।एन्टिबायोटिक प्रतिरोध–२०१९ रिपोर्टअनुसार, संयुक्त राज्य अमेरिकामा मात्र एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण बर्सेनि कम्तीमा ३० लाख मानिस बिरामी हुने गरेको छ र ४८ हजार जनाको मृत्यु हुने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, अमेरिकामा मात्र एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण हुने संक्रमणको वार्षिक लागत करिब ५ अर्ब अमेरिकी डलर हुने अनुमान गरेको छ । हाल गरिब देश मात्र होइन, विकसित देशहरूलाई पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्सको उच्च आर्थिक भारले थिचिरहेको छ, जसले आर्थिक पाटोमा समेत संकट खडा गरेको छ ।यसरी तीव्र गतिमा बढिरहेको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण नेपालले पनि ठूलठूला चुनौतीहरूको सामना गरिरहेको छ । क्लिनिकल अध्ययनहरूले स्वास्थ्य सेवामा व्यापक रूपमा प्रयोग हुने पहिलो र दोस्रो श्रेणीका एन्टिबायोटिकमा प्रतिरोधको विकास भएको र रोगका जीवाणु निष्क्रिय पार्न उच्च स्तरका बहुप्रतिजैविक औषधिको आवश्यकता पर्ने भएको देखाएका छन् । यसले नेपालमा मानव, पशुपक्षी, खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको व्यापक अनुचित र अनियन्त्रित प्रयोगले बहुप्रतिजैविक प्रतिरोधी घातक जीवाणुको उदय हुने खतरा देखाउछ । काठमाडौंवरिपरि सुकुम्बासी बस्तीमा मानव–पशु–वातावरणको सम्बन्धबारे गरिएको अनुसन्धानमा विश्वव्यापी स्वास्थ्य महत्त्वको प्रतिजैविक प्रतिरोधी जीन वा आनुवांशिक तत्त्वहरूको पहिचान हुनाले हामीमाझ यसले अदृश्य महामारीको संकट ल्याएको पुष्टि हुन्छ ।मानिसमा एन्टिबायोटिकको व्यापक गलत प्रयोग, चिकित्सकको परामर्सबिना नै अभ्यास, प्रयोगशाला निदानको प्रमाणबिना गलत चिकित्सक प्रेस्क्रिप्सन, अत्यधिक एन्टिमाइक्रोबियलको सेवन, जनचेतनाको कमी र एन्टिमाइक्रोबियल बिक्री, वितरण र प्रयोगको अपर्याप्त अनुगमन, निगरानी र मूल्यांकन नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स उच्च वृद्धि गराउने प्रमुख कारक हुन् ।त्यस्तै, पशुपक्षीको तौल बढाउन जथाभावी र अनुचित एन्टिमाइक्रोबियलको अत्यधिक प्रयोग हुनु, पशु चिकित्सकको परामर्स र प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक दिनु, उचित पशुपक्षीको रोग संक्रमणको निदान र उपचार नहुनु, पशुपक्षी पालनमा सरसफाइ र स्वच्छताको कमी हुनु, गुणस्तरीय खाद्य उत्पादन अभ्यास लागू नगर्नु, शिक्षा र चेतनाको कमी हुनु, एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोगको अनुगमन र निगरानी नहुनु, एन्टिबायोटिक प्रयोगका लागि उपयुक्त नियम–कानुनको तर्जुमा नहुनु र भएका नियम–कानुनको समेत उचित कार्यान्वयन नहुनु एन्टिमाइक्रोबियल रेसिस्टेन्सको तीव्र वृद्धिका मुख्य कारक हुन् । उदाहरणका लागि, उच्च श्रेणीको र शक्तिशाली एन्टिबायोटिक कोलिस्टिन नेपालमा कुखुराको तौल बढाउने हिसाबले प्रयोग गर्नमा प्रतिबन्धित छ, तर यसको दुरुपयोगले कोलिस्टिनप्रतिरोधी जीवाणुहरूको विकास र पहिचान भएको अध्ययनहरूले पुष्टि गरेका छन् ।पशुपक्षी र कृषि–खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको दुरुपयोग भएर हामीले अन्डा, मासु, दूध, सागसब्जी र फलफूलबाट जानी–नजानी एन्टिमाइक्रोबियल खानाले शरीरमा प्रतिरोधी जीवाणु विकास हुने हुँदा पछि एन्टिमाइक्रोबियलको प्रभावकारिता नष्ट भएर सामान्य चोटपटकको घाउबाटै संक्रमण भएर ज्यान जान सक्छ । मानव, पशुपक्षी र कृषि–खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको सिफारिस र प्रयोग गर्ने बानी तत्काल बदल्नुपर्नेछ । नयाँ एन्टिमाइक्रोबियल औषधिहरूको विकास भइरहे पनि व्यवहार परिवर्तनबिना एन्टिमाइक्रोबियलप्रतिरोध एउटा प्रमुख जनस्वास्थ्य खतरा रही नै रहनेछ ।तसर्थ एन्टिमाइक्रोबियल प्रतिरोधको कहरलाई रोकथाम गर्न, मानव र पशुपक्षी स्वास्थ्यका लागि राष्ट्रिय एन्टिबायोटिक उपचार निर्देशिका शीघ्र अनुमोदन र कार्यान्वयन गर्नुपर्छ । राष्ट्रिय स्वास्थ्य नीति–२०१९ ले एन्टिमाइक्रोबियल प्रतिरोधलाई जनस्वास्थ्य चुनौतीका रूपमा व्याख्या गरेकाले यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना–२०२३–२८ चाँडो औपचारिक अनुमोदन र कार्यान्वयनको आवश्यकता छ ।यसको शीघ्र र प्रभावकारी कार्यान्वयन हुन सके प्रमाणमा आधारित शिक्षा, सञ्चार र प्रशिक्षिणमार्फत एन्टिमाइक्रोबियलको उचित प्रयोग, प्रतिरोधसम्बन्धी रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि अभिमुखीकरण, जनचेतना र बुझाइमा सुधार गर्न सकिन्छ । निगरानी प्रणालीमा सुधारका गतिविधिहरू हुनेछन् । नीति र कार्यक्रम सुधार गरी संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी कदमले अस्पतालबाट निस्किएको जोखिमयुक्त फोहोरको उचित व्यवस्थापनका साथै नयाँ संक्रामक रोगहरूको उचित प्रारम्भिक निदान, नियन्त्रण र रोकथाममा अझ सशक्त कार्यलाई दिशानिर्देश गर्छ । मानव, पशुपक्षी, कृषि र वातावरण स्वास्थ्यमा एन्टिमाइक्रोबियलको उचित प्रयोगमा नियमसंगत रहन प्रोत्साहन गर्छ । एन्टिमाइक्रोबियलसम्बन्धी अनुसन्धानका लागि स्वास्थ्य रणनीति, बहुआयामिक दृष्टिकोण र बहुपक्षीय संलग्नता, अन्तर्राष्ट्रिय सहयोग र लगानीमा विशेष पहल गर्छ ।एन्टिमाइक्रोबियल औषधिको उत्पादन, बिक्री–वितरण, प्रयोग र विसर्जनको असल अभ्यास र मापदण्डमा रहेको खाडल पूरा गर्न एवं एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगका लागि राष्ट्रिय औषधि नीति–२०५१ मा संशोधन हुन आवश्यक छ । खुला सीमाका कारण अवैध रूपमा ओसारपसार हुने गुणस्तरहीन, दर्ता नगरिएका पटके एन्टिमाइक्रोबियल औषधिको प्रभावकारी नियमन हुनु अत्यावश्यक छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२३ ‘सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौं’ नाराका साथ अहिले मनाइँदै गर्दा हामीले सरोकारवालाहरू हातमा हात मिलाएर बहुआयामिक तथा बहुक्षेत्रीय रणनीतिहरूसहित स्वस्थ मानिस, स्वस्थ पशुपक्षी, स्वच्छ वातावरण बनाउन अग्रणी भूमिका खेल्नुपर्छ । अझै सामान्य ज्वरो र रूघाखोकीमा क्लिनिकल र प्रयोगशाला परीक्षणबिना चकलेट जसरी आफूखुसी एन्टिमाइक्रोबियल औषधिको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभियानलाई देशव्यापी तुल्याउन सके, औषधि पसलहरूले चिकित्सक प्रेस्क्रिप्सनबिनै ‘ओभर द काउन्टर‘ एन्टिमाइक्रोबियल औषधिको बिक्री–वितरणमा रोक लगाउन सके, मानव–पशुपक्षी–कृषि–वातावरणमा एन्टिमाइक्रोबियल दुरुपयोगलाई मानक दिशानिर्देश र नियमकानुनमा बाध्न सके एवं र प्रयोगशाला परीक्षणको प्रमाणलाई मानक नमानी हचुवाका भरमा व्यक्तिगत लाभका लागि आवश्यकताभन्दा बढी एन्टिमाइक्रोबियल औषधिको सिफारिस गर्ने चिकित्सकहरूको बानीलाई नीतिगत र नियमको दायरामा ल्याउन सके मात्र पनि लाख हुन्छ । यी कार्यहरू साबिकमा एन्टिमाइक्रोबियल प्रतिरोधको गम्भीर जनस्वास्थ्य समस्यालाई रोकथाम र न्यूनीकरणमा ‘ब्रह्मास्त्र’ साबित हुन सक्छन् । अनि मात्र हामीले नयाँ पिढीलाई एन्टिमाइक्रोबियल औषधिहरू संरक्षण गरी जीवनदान दिन सक्छौं ।
Opinion
9,956
कोभिड नेपाल: प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सहायताको अपील गरेपछि दाताहरूलाई पत्राचार
कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ।
https://www.bbc.com/nepali/news-57070313
नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको 'द गार्डियन' मा प्रकाशित भएको थियो। त्यसमा धनी राष्ट्रहरूको समूह जी-७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनिएको छ। प्रधानमन्त्रीको उक्त लेखसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक सहायताको सूचीको विवरण राखेर विकास साझेदारलाई पत्राचार गरेको छ। न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले नेपालस्थित राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिले कोभिड-१९ को बढ्दो सङ्क्रमण दरसँग जुझ्न थप आर्थिक र प्राविधिक सहायता परिचालन गरेको जनाएको छन्। स्वास्थ्य मन्त्रालय के भन्छ? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रधानमन्त्रीले नै देश अप्ठेरो अवस्थामा रहेको, आपत्कालीन सहयोगहरू चाहिएको भन्दै अनुरोध गरेको र अवस्था चुनौतीपूर्ण रहेको बताए। उनी भन्छन्, "हामीलाई अहिले निक्कै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन।" उनले थपे, "त्यही भएर हामीले सबै विकास साझेदारहरूलाई अनुरोध गरेका हौँ। हामीले प्राथमिकताको आधारमा सामग्रीहरू उपलब्ध गराउन सूची तयार पारेर दिएका छौँ। यति गरेपछि सहयोग आउन थाल्छ भन्ने हाम्रो विश्वास हो।" डा. अधिकारीले तत्कालै नियमित आपूर्ति प्रणाली कायम हुने गरी प्लान्टको व्यवस्थापनसहित कम्तीमा २०,००० थान अक्सिजन सिलिन्डर आवश्यक रहेको बताए। सोमवार लेखिएको पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालहरूले दबाव झेलिरहेको भन्दै अत्यावश्यक औषधि, अक्सिजन र अन्य उपकरणको अभाव रहेको उल्लेख गरिएको छ। के माग गरिएको छ? उक्त पत्रमा अक्सिजन, आईसीयू र अन्य उपकरण, औषधिहरू, सङ्क्रमणको पहिचानसँग सम्बन्धित उपकरण, कोभिड खोप, पीपीई र अन्य सामग्रीहरू नेपाललाई उपलब्ध गराउन भनिएको छ। सरकारी अनुरोधमा सातवटा अक्सिजन उत्पादन प्लान्ट, भ्यापराइजरसहितको १० वटा तरल अक्सिजन ट्याङ्क, प्रतिदिन २० टन तरल अक्सिजन र १० हजार वटा अक्सिजन कन्सेन्ट्रेटर ३० दिनभित्र उपलब्ध गराउन अपील गरिएको छ। त्यसबाहेक ६०,००० थान अक्सिजन सिलिन्डर र ९०० थान भेन्टिलेटर उपलब्ध गराउन पनि आह्वान गरिएको छ। एक महिनाको अवधिमा प्रदेश र केन्द्रमा गरी २,००० आईसीयू बेड स्थापनाका लागि मद्दत गर्न भनिएको छ। सरकारले १५ दिनभित्र २० लाखभन्दा बढी पीसीआर परीक्षण सामग्री र ११ लाख एन्टिजन परीक्षण सामग्री उपलब्ध गराउन पनि बाह्य विकास साझेदारलाई भनेको छ। त्यसबाहेक प्राथमिकतामा पर्ने समूहका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भनिएको छ। सरकारी पत्रमा ३ करोड ७० लाख मात्रा खोप माग गरिएको छ। सरकारले आफैँले भारत, चीन र रुस सहितका देशबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको भए पनि उक्त प्रयास कुनै निष्कर्षमा नपुगेको अधिकारीहरूले बताउँदै आएका छन्। सहायता निकायहरूबाट सरकारले लाखौँको सङ्ख्यामा सर्जिकल मास्क, पन्जा, एन९५ मास्क, शरीर ढाक्ने गाउन, स्यानिटाइजर, फेसशील्ड र सुरक्षा चस्मासहितका सामग्री माग गरेको छ। त्यसबाहेक अस्थायी अस्पतालका लागि १५० टेन्ट, अस्थायी जाँच केन्द्रका लागि १५० टेन्ट सीसीएमसीले माग गरेको र आठवटा कल सेन्टरका लागि उपकरणहरू उपलब्ध गराउन माग गरिएको छ। अन्तर्राष्ट्रिय निकायहरूले प्रतिक्रिया कस्तो छ? प्रधानमन्त्रीले सहायताका लागि अपिल गरेकै दिन न्यूयोर्कमा राष्ट्रसङ्घका प्रवक्ताले नेपाललाई थप सहयोग उपलब्ध गराउन थालिएको जनाएका छन्। उनले अक्सिजन कन्सेन्ट्रेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको भन्दै छिमेकी भारतबाट हजारौँ मानिसहरू फर्किएका हुनाले सीमा अधिकारीहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरण युनिसेफ र आइओएमले उपलब्ध गराएको जनाएका छन्। त्यसबाहेक सूचना, यात्रा सुझाव र स्वास्थ्य सन्देशहरूमा मद्दत गरेको भनिएको छ। सरकारको पछिल्लो अनुरोधबारे दातृनिकायहरूले कुनै प्रतिक्रिया दिइसकेका छैनन्। अघिल्लो साता समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य उपकरणसहितका क्षेत्रमा मद्दत गर्न आग्रह गरेको थियो। त्यसमा आफूहरू सघाउन तयार रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठनका प्रतिनिधिले बीबीसीलाई बताएका थिए। कसबाट कस्तो सहयोग आएको छ? मे महिनाको पहिलो साता संयुक्त राज्य अमेरिकाले हालसम्म कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाललाई ३ करोड ९९ लाख डलर बराबरको सहयोग गरेको जनाएको थियो। त्यसमा १०० वटा भेन्टिलेटर र ११,००० पीपीईसहितका सामग्री रहेको उसको भनाइ छ। नेपाललाई महामारीसँग जुझ्न चीनले ५० लाख आरएमबी अर्थात् झन्डै नौ करोड १५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता हालै गरेको थियो। बेइजिङबाट नेपाल वायुसेवा निगमको विमानले पहिलो खेपमा मङ्गलवार ४०० वटा सिलिन्डर र १० वटा भेन्टिलेटर ल्याएको चीनस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन सुशीलकुमार लम्सालले बताए। उनका अनुसार दोस्रो खेपमा थप १,६०० अक्सिजन सिलिन्डर हवाईमार्गबाट र तेस्रो खेपमा १,५०० सय सिलिन्डर सडक मार्गबाट केरुङ हुँदै नेपाल भित्र्याउने तयारी छ। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ? त्यसबाहेक चीनमा समुदाय स्तरबाट झन्डै २०० अक्सिजन कन्सेन्ट्रेटर सङ्कलन गरिएको र कतिपयले सिलिन्डर र भेन्टिलेटर पनि उपलब्ध गराउने भन्दै जानकारी लिइरहेको लम्सालको भनाइ छ। त्यसरी सहयोगमा प्राप्त सामग्री आपूर्ति गर्न नीतिगत निर्णय सरकारले लिनुपर्ने अवस्था रहेको बताइन्छ। यसअघि नेपाली सेनालाई सहित गरी भारतले ११ लाख कोरोनाभाइरसविरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। काठमाण्डूस्थित भारतीय दूतावासले केही थान भेन्टिलेटर पनि नेपाललाई उपलब्ध गराएको थियो। चीनले आफ्नो देशमा निर्मित आठ लाख थान खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।
Others
67,229
बसले किचेर मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिका –१४ हडाहामा बसले ठक्कर दिँदा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट अर्घाखाँची जाँदैगरेको लु १ ख ८७५८ नम्बरको बसले ओर्लनेक्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईलाई ठक्कर दिँदा उपचारको क्रममा कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उहाँको निधन भएको हो ।
https://gorkhapatraonline.com/news/50054
गणेश खनालअर्घाखाँची, पुस २० गते । अर्घाखाँचीको शितगंगा नगरपालिका –१४ हडाहामा बसले ठक्कर दिँदा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट अर्घाखाँची जाँदैगरेको लु १ ख ८७५८ नम्बरको बसले ओर्लनेक्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईलाई ठक्कर दिँदा उपचारको क्रममा कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उहाँको निधन भएको हो ।भट्टराईलाई सोही बसको पछाडिको चक्काले ओर्लनेक्रममा ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । चालक र बसलार्इ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
News
59,312
अस्ट्रेलियन ओपनमा राडुकानुको डेब्यु
पूर्वविश्व नम्बर एक एन्डी मरेले मंगलबार अस्ट्रेलियन ओपन टेनिसमा निकै संघर्ष गर्दै जित निकालेका छन् । उपाधिका बलियो प्रत्याशी डानियल मेदभेदेभले भने दोस्रो चरणमा निक किर्गियोसको कडा चुनौती सामना गर्नुपर्ने भएको छ ।
https://ekantipur.com/sports/2022/01/18/164252237260638357.html
मेलबर्न — पूर्वविश्व नम्बर एक एन्डी मरेले मंगलबार अस्ट्रेलियन ओपन टेनिसमा निकै संघर्ष गर्दै जित निकालेका छन् । उपाधिका बलियो प्रत्याशी डानियल मेदभेदेभले भने दोस्रो चरणमा निक किर्गियोसको कडा चुनौती सामना गर्नुपर्ने भएको छ ।महिलातर्फ शीर्ष दसौं वरीयतामा रहेका स्पेनका गाब्रिन मुगुरुजा, पोल्यान्डका इगा स्वाटिक र इस्टोनियाका एनेट कोन्टाभेटले सहज निकालेका छन् । रोमानियाका सिमोन हालेप र बेलारुसकी आर्यन सवालेन्काले संघर्ष गर्दै जित आत्मसात् गरे ।यूएस ओपन विजेता बेलायती किशोरी इमा राडुकानुले पनि अस्ट्रेलियन ओपनमा डेब्यु गरिन् । र, जित हात पारिन् । तर क्यानडेली १९ वर्षीया लेयलाह फर्नान्डेज भने पराजित पहिलो चरणमै पराजित रहिन् । उनलाई नै हराएर राडुकानुले यूएस ओपन जितेकी थिइन् । प्रतियोगितामा २३ औं वरीयताप्राप्त फर्नान्डेज अस्ट्रेलियाली वाइल्डकार्ड प्राप्त खेलाडी म्याडिसन इनगिल्ससँग ६–४, ६–२ ले पराजित रहिन् । प्रतियोगिताले दोस्रो दिन छुँदा आफ्नो स्वाभाविक बाटो लिएको छ ।आइतबारमात्रै पुरुषतर्फका डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक नोभाक जोकोभिचको प्रवेशाज्ञा रद्द भएयता चर्चा कोर्टमै केन्द्रित रह्यो । मरेले पनि त्यसको फाइदा उठाए । वाइल्ड कार्डप्राप्त गरेर खेलिरहेका ३४ वर्षीय मरेले आफू किन तीनपल्टको ग्रान्ड स्लाम विजेता रहेका थिए भनेर प्रमाणित गरे । उनले पाँच सेटको म्याराथन खेलमा २१ औं वरीयताप्राप्त निकोलोज बासिलाभिलीलाई ६–१, ३–६, ६–४, ६–७, ६–४ पराजित गरे ।खेलपछि मरेले भने, ‘पाँच सेटको खेल जित्नुको रोमाञ्च अलग्गै छ । यो जित मेरो लागि निकै सुखद छ ।’ रुसी खेलाडी मेदभेदेभले भने आफ्नो जितका लागि संघर्ष गर्नुपरेन । दोस्रो वरीयताका मेदभेदेभले ९१ औं वरीयतामा रहेका हेनरी लाकसोननलाई ६–१, ६–४, ७–६ ले हराए । जोकोभिच र रोजर फेडेररको अनुपस्थितिमा २५ वर्षीय रुसी खेलाडी र स्पेनी अनुभवी खेलाडी राफेल नडाल उपाधिका लागि बलियो प्रत्याशी रहेका छन् ।गत वर्षको अस्ट्रेलियन ओपन फाइनलमा मेदभेदेभ भने जोकोभिचकै हातबाट पराजित रहेका थिए । तर, उनले यूएस ओपनको फाइनलमा भने सर्बियाली खेलाडीलाई पन्छाएका थिए । यसपल्ट उनले उपाधिको यात्रा तय गर्न सबैभन्दा पहिले प्रतिभाशाली घरेलु खेलाडी किर्गियोसलाई दोस्रो चरणमा परास्त गर्नुपर्नेछ ।महिलातर्फ विश्व नम्बर तीन स्पेनी खेलाडी मुगुरुजाले फ्रान्सेली क्लारा बुरेलाई ६–३, ६–४ ले पन्छाए । दुई वर्षअगाडि मुगुरुजाले मेलबर्नमा फाइनल खेलेकी थिइन् ।पूर्व विश्व नम्बर एक हालेपले पोल्यान्डका माग्दालेना फ्रेचलाई ६–४, ६–१ लाई हराइन् । दोस्रो वरीयताकी सवलेन्काले आफ्नो उत्कृष्ट लय देखाउन असफल रहिन् । तर, उनको त्यो खेल पनि स्ट्रोम सान्डर्सलाई ५–७, ६–३, ६–२ ले हराउन पर्याप्त रह्यो ।दिनको अन्तिम खेलमा राडुकानुले अमेरिकी प्रतिद्वन्द्वी स्लोनी स्टेफेन्समाथि ६–०, २–६, ६–१ को जित रचिन् । यो जितपछि बेलायती खेलाडीले पनि आफू उपाधि होडमा रहेको प्रमाणित गरिन् ।
Sports
21,388
शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।
https://gorkhapatraonline.com/news/70639
बुटवल समाचारदाताबुटवल, असार २६ गते । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।   अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । सिडब्लुसीको उपस्थिति विश्वका १५० देशका सात सय स्थानमा रहेको बैङ्कले जनाएको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गर्नुभएको बैङ्कले जनाएको छ । देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ भने बैङ्कको चार अर्ब २८ करोड चुक्ता पुँजी छ ।  
News
37,445
असार ३१ म पुजा र आकाशको 'सम्झना बिर्सना'
काठमाडौं, जेठ २४ गते । अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना बिर्सना' को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई अब ३१ असारको लागि प्रदर्शन घोषणा गरिएको हो । फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्ममा संवाद लेखनमा अभिनेता राणा र शिव ढकालले खिच्नुभएको हो। यस्तै, राजन इशान र सुदर्शन तामाङको सङ्गीतसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गीय विशारद बस्नेत हुन् ।
https://gorkhapatraonline.com/news/15224
काठमाडौं, जेठ २४ गते । अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना बिर्सना' को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि जेठ ६ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई अब ३१ असारको लागि प्रदर्शन घोषणा गरिएको हो । फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको सिनेमामा पूजा, आकाशका अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्ममा संवाद लेखनमा अभिनेता राणा र शिव ढकालले खिच्नुभएको हो। यस्तै, राजन इशान र सुदर्शन तामाङको सङ्गीतसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको सिनेमाको क्रिएटिभ हेड स्वर्गीय विशारद बस्नेत हुन् ।
News
45,360
क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन : पारस खड्का
नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले  भने, 'क्रिकेटबाट टाढिएको छैन र टाढिएको पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।'
https://ekantipur.com/sports/2021/08/04/162806975393927289.html
काठमाडौँ — नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले  भने, 'क्रिकेटबाट टाढिएको छैन र टाढिएको पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।'उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, 'संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।'यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए । उनले भने, 'म क्रिकेट संघमा जान्छु । तर संघको भूमिकामा रहने भविष्यले बताउँछ । आजबाट मेरो करिअर र चुनौती सुरु भएको छ ।'
Sports
22,601
न्यूजिल्याण्डकी प्रमद्वारा गर्भवती भएको घोषणा
न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्।
https://www.bbc.com/nepali/news-42742327
सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो। यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्। उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन्। समर्थन ३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन्। शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ। प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने बताइन्। आर्डनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, "हामीलाई लाग्यो कि सन् २०१७ महत्वपूर्ण वर्ष हो।" नेतृत्व आर्डनको पार्टीले सेप्टेम्बरको चुनावमा दोस्रो स्थान पाएको थियो भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्। लेबर पार्टीले पिटर्सको फर्स्ट पार्टीसँग गत वर्षको अक्टोबर महिनामा गठबन्धन गरेको थियो। उक्त ६ हप्ताभर आफू उपप्रधानमन्त्रीसँग सम्पर्कमै रहने र आवश्यकता पर्दा जुनसुकै बेला उपलब्ध हुने उनले एउटा विज्ञप्तिमार्फत बताएकी छन्। आर्डनले आफू प्रधानमन्त्री हुनु ६ दिनअघि आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको बताएकी हुन्। उनले उक्त विज्ञप्तिमा बच्चासँगै काम गर्ने महिला आफूमात्रै नभइ थुप्रै भएको र यसअघि थुप्रै महिलाले यस्तो गर्दै आएको बताएकी छन्। उनलाई बधाई दिनेको शुरुको सूचीमा न्यूजिल्याण्डका दुई पूर्व प्रधानमन्त्रीहरू रहेका छन्। आर्डनले गत जुलाईमा लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन्।
Others
69,492
आईएम हर्षको अग्रता
काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिताको आठौं चरण सकिँदा भारतीय इन्टरनेसनल मास्टर हर्ष भाराथाकोटी (२४२४) ले ७ अंकसहित एकल अग्रता लिएका छन् । उनले सोमबार आफ्नै देशका ग्रान्ड मास्टर (२५७९) दीपसेन गुप्तालाई हराए ।
https://ekantipur.com/sports/2018/04/17/152393074347766203.html
काठमाडौँ — काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिताको आठौं चरण सकिँदा भारतीय इन्टरनेसनल मास्टर हर्ष भाराथाकोटी (२४२४) ले ७ अंकसहित एकल अग्रता लिएका छन् । उनले सोमबार आफ्नै देशका ग्रान्ड मास्टर (२५७९) दीपसेन गुप्तालाई हराए ।युक्रेनका २५४९ रेटेड ग्रान्ड मास्टर तर्लेभ कन्स्टेन्टिन र अजरबैजानका २५०४ रेटेड ग्रान्ड मास्टर मिर्जोभ अजरबीचको खेल ड्र भयो । दुवै ६.५ अंकसहित दोस्रो स्थानमा छन् । सातौं चरणमा तेर्लेभले भारतका आईएम प्रिन्स बजाजसँग बराबरी खेले भने मिर्जोभले भारतकै निरन्जन नभलगुन्डलाई हराएका थिए ।इजरायली ग्रान्ड मास्टर (२४९०) ग्रिनफिल्ड अलोनले भारतीय खेलाडी श्रीजित पाटिल र भारतीय आईएम हिमाल गोसाईंले आफ्नै देशका सप्तर्षि गुप्तालाई हराए । दुवै विजेता ६.५ अंक पाएका छन् । त्यस्तै भारतीय ग्रान्ड मास्टर सन्दीपन चन्दाले आईएम पी श्यामनिखिलसँग बराबरी खेले ।नेपाली उच्च वरीयता (२२६३) का विवेक थिङ ६ अंकसहित संयुक्त तेस्रो स्थानमा छन् । आठौं चरणमा उनले भारतीय शुभम शुक्ला र सातौंमा नेपालकै पुरुषोत्तम चौलागाईंलाई हराएका थिए ।आठौं चरणमा इन्टरनेशनल मास्टर पद्मिनी राउतलाई हराएका भारतका ग्रान्ड मास्टर श्रीराम झा सातौंमा ग्रान्ड मास्टर दीपसेन गुप्तासँग पराजित भए । श्रीरामको पनि ६ अंक छ ।रुसका ग्रान्ड मास्टरद्वय फोमिनी अलेक्जेन्डर (२३९१) र भोल्कोभ सर्गेइ (२५९८) ले आठौं चरणमा बराबरी खेले । दुवैसँग समान ६ अंक छ । बेलारुसका ग्रान्ड मास्टर कास्पारोभ सर्गेइ आठौं चरणमा भारतीय जीबी हर्षबर्धनसँग पराजित भए ।भारतीय कस्तुभ कुण्डुले नेपाली क्यान्डिडेड मास्टर नवीन तण्डुकारलाई हराए । नेपाली फिडे मास्टर रुपेश जैसवालले भने भारतीयका प्रतीक पाटिलसँग बराबरी खेले । रुपेशले सातौंमा भारतीय स्यानतान चन्द्रालाई हराएका थिए । रुपेशसँग साढे ५ अंक छ ।आठौं चरणमा नेपालीका सुश्रुत दाहाल (१७९२) ले भारतीय आईएम अनुप देशमुख (२२८२) र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भारतका भाग्यश्री पाटिललाई हराए । दुवैको ५.५ अंक छ ।क्यान्डिडेड मास्टर केशव श्रेष्ठ भारतका शुभ्रदिप्ता दास र बद्रीलाल नेपाली भारतीय फिडे मास्टर सी लक्ष्मीसँग पराजित भए । बंगलादेशी फिडे मास्टर अब्दुल मोहम्मदले भारतका स्यानतानलाई पराजित गरे । रोमानियाकी इन्टरनेसनल मास्टर लामी एलिनाले नेपालका पुण्यमान कर्माचार्यलाई हराइन् ।
Sports
29,519
आन्दोलनरत शिक्षकलाई वार्ताका लागि आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।
https://gorkhapatraonline.com/news/78817
काठमाडौँ, असोज २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ।मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।मन्त्रालयले विज्ञप्तिमार्फत महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल गरी पेस गरिएका सुझावलाई यथाशक्य समावेश गरिएको उल्लेख गरेको छ। मन्त्रालयले महासङ्घले घोषणा गरेको आन्दोलनलाई स्थगन गर्न पनि अनुरोध गरेको छ। उसले देशभरिबाट दुई लाख शिक्षक राजधानीमा उतारेर आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ।  
News
42,222
यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य व्यवस्था
आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् ।
https://ekantipur.com/news/2024/05/14/these-are-the-main-provisions-of-the-governments-policies-and-programs-46-39.html
काठमाडौँ — आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् ।बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव कार्यान्वयन गरिनेछ । लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ ।– सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिनेछ ।– गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योग लगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिनेछ ।– आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिनेछ ।– आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचान कार्य सम्पन्न गरिनेछ । पहिचान भएका गरिबको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिनेछ । गरिबीको रेखामुनि रहेका घरपरिवारका लागि विद्युतीय चुलो, ट्युबवेललगायतका सामग्री उपलब्ध गराइनेछ ।– आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ । कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइनेछ ।– खरिद कानुनमा पुनरावलोकन गरी खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र विकासमैत्री बनाइनेछ ।– अध्ययन अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति, मापदण्ड र आचारसंहिता तयार गरिनेछ । सबै प्रकारका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड तयार गरिनेछ ।– राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गरिनेछ । तीनै तहबाट उत्पादित तथ्याङ्क तथा सूचना राष्ट्रिय तथ्यगत विवरण प्रणालीमा समावेश गरी आवश्यक तथ्याङ्क सहजै उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।– तीनवटै तहका सरकार, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा ‘उत्पादन र रोजगारीका लागि साझेदारी’ कार्यक्रम सञ्चालन गरिनेछ ।– आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिनेछ ।– उत्पादन चक्र सुरु हुनुपूर्व नै आधारभूत कृषि उपज तथा पशुजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनेछ ।– सम्भाव्यताको आधारमा महानगर तथा उप–महानगरपालिकाहरूमा चिस्यान कक्षसहितका बहुतले कृषि तथा फलफूल थोकबजार सञ्चालनमा ल्याइनेछ ।– युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको रूपमा विकास गरिनेछ ।– फलफूल नर्सरी र बेर्ना रोपणलाई व्यापक रूपमा विस्तार गरी पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइनेछ । दुई वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भरता हासिल गरिनेछ ।– तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा १ हजार गाई भैँसीपालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास गरिनेछ ।– हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी लगायतका पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ सञ्चालन गरिनेछ ।– आगामी आर्थिक वर्षमा थप १५ हजार सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरिनेछ । तराई–मधेसका तीन लाख १८ हजार हेक्टर खेतीयोग्य जमिनमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सेवा विस्तार गरिनेछ ।– कर्णाली प्रदेशमा ‘एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम’ कार्यान्वयन गरिनेछ ।– आगामी आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ । गुठीलगायत सबै जग्गाको दोहोरो स्वामित्वसम्बन्धी समस्या समाधान गरिनेछ ।– डढेलो, सुक्खा, बाढी व्यवस्थापन र जल पुनर्भरण गर्न चुरे क्षेत्र र भित्री मधेसका स्थानीय तहहरूमा स्थानीय सामग्री प्रयोग गरी कम्तीमा १० वटा जलाशय निर्माण गरिनेछ ।– कर्णाली प्रदेशको प्राकृतिक स्रोतलाई स्थानीय जनताको समृद्धिमा उपयोग गर्न स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा कृषि र वन पैदावारमा आधारित ‘समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरिनेछ ।– जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका राष्ट्रिय नीति तथा कार्ययोजना कार्यान्वयन गरिनेछ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गरिनेछ । जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिनेछ ।– दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।– नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ । आगामी आर्थिक वर्ष कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिनेछ ।– आगामी आर्थिक वर्ष कम्तीमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ ।– गोरखामा एग्रो इण्डस्ट्रियल पार्क, सुदूरपश्चिम प्रदेशमा मेगा फुड पार्क तथा कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्रको स्थापना गरिनेछ । घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।– उपभोक्ताको संवैधानिक अधिकार प्रत्याभूति गर्न उपभोक्ता अदालत गठन गरिनेछ ।– राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ ।– हलिउड तथा बलिउडलगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिनेछ ।– पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ ।– जानकी मन्दिर लगायतका महत्वपूर्ण सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ । बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धधन गरिनेछ ।– ‘परिवर्तनका लागि कला र साहित्य कार्यक्रम’ सञ्चालन गरिनेछ ।– काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक निर्माण विसं २०८३ भित्र सम्पन्न गरिनेछ । आगामी आर्थिक वर्षभित्र नागढुङ्गा सुरुङमार्ग र ग्वार्को ओभरपास सञ्चालनमा ल्याइनेछ ।– पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिनेछ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिनेछ । रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ ।– सुनकोशी र नारायणी नदीमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ । समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिनेछ ।– निजी क्षेत्रले समेत जग्गा विकास कार्यक्रम सञ्चालन गर्नसक्ने नीतिगत व्यवस्था गरिनेछ ।– क्लस्टर सिटीको अवधारणामा लुम्बिनी, पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरिनेछ ।– आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता चार हजार पाँच सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पु¥याइनेछ ।– बूढीगण्डकी र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाइनेछ । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिनेछ । माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी–५, जगदुल्ला, चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरु गरिनेछ ।– हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिनेछ । बूढीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिनेछ । न्यू बुटवल–गोरखपुर खण्डको प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ । इनरुवा–पूर्णिया र दोदोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तय गरी निर्माण प्रारम्भ गरिनेछ ।–सिँचाइ, कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत्मा सहुलियत प्रदान गरिनेछ ।– महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ । सबै प्रहरी चौकीमा महिला सहायता कक्षको व्यवस्था गरिनेछ ।– बालसुधार गृहमा रहेका सबै बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरिनेछ । विसं २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ ।– ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवं औषधि उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।– आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गरिनेछ । गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइनेछ ।– विपन्नलक्षित छात्रवृत्ति १२ कक्षासम्म विस्तार गरिनेछ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीको आधारभूत तालिम प्रदान गरिनेछ ।– माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिपमा पठाउने प्रबन्ध गरिनेछ ।– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ । उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ ।– वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिनेछ ।– प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ ।– देशभरका सरकारी, गैरसरकारी लगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ ।– वैदेशिक रोजगारबाट फर्केका नागरिकका सिप र व्यावसायिक दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तह एवं वैदेशिक रोजगार बोर्डसमेतको संलग्नतामा व्यवसाय सञ्चालन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिनेछ ।– सरकारी र निजी प्रतिष्ठानमा अनिवार्य श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइनेछ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई औपचारिकीकरण गर्न राष्ट्रिय रणनीति तर्जुमा गरिनेछ ।– विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ ।– नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । डाटा सेन्टरको निर्माण र सञ्चालनसम्बन्धी मापदण्ड तयार गरिनेछ । सूचना प्रविधि राष्ट्रिय ज्ञानपार्क स्थापनाको कार्य अगाडि बढाइनेछ ।– सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर, नेटवर्क, साइबर सुरक्षालगायतका सूचना प्रविधि प्रणालीहरूको प्राविधिक परीक्षण गरिनेछ ।– सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइनेछ ।– सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिनेछ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी कम्तीमा ५ हजार रोजगारी सिर्जना गरिनेछ ।– अत्याधुनिक, गुणस्तरीय र प्रतिस्पर्धी मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानीजस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ ।– विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।– आगामी आर्थिक वर्षमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ । आधुनिक प्रविधियुक्त इ–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।– काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइनेछ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ ।– सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।– प्रदेशसँगको समन्वयमा खुला कारागार सञ्चालन गरिनेछ ।– राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवासुविधासँग आबद्ध गरिनेछ । नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाइनेछ ।– गाँजाको औषधीजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गरिनेछ ।– राष्ट्रका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री, अत्यावश्यक गोलीगट्ठा, विस्फोटक पदार्थ, लत्ताकपडा लगायत अन्य सैन्य सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै जाने नीति लिइनेछ ।– प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानुनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।– शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गरिनेछ । शान्ति प्रक्रिया र द्वन्द्व रूपान्तरणका क्रममा भएका सहमति, समझदारी एवं सम्झौताको एकीकृत अभिलेख तयार गरिनेछ । जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपांगको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ ।– सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवननिर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनःस्थापना र परिपूरणलगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिनेछ ।– राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ । द्वन्द्वका क्रममा अपाङ्ग भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधोपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकिनेछ ।– जाजरकोट, बझाङ, डोटी केन्द्रबिन्दु बनाई गएका भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना कार्य शीघ्र सम्पन्न गरिनेछ ।– संघीय निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याईनेछ ।– सरकारी सेवाप्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिनेछ ।– दलित समुदायका परम्परागत सिप, ज्ञान र पेसालाई आधुनिकीकरण एवं व्यवसायिकीकरण गर्न सातवटै प्रदेशमा ‘शिल्पी उद्यमशीलता विशेष कार्यक्रम’ सञ्चालन गरिनेछ । मुस्लिम, पिछडिएका वर्ग र आदिवासी जनजातिको उत्थानका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।– ठगी, मिटर ब्याजलगायतका अनुचित लेनदेन, जालसाजीजस्ता आर्थिक तथा वित्तीय अपराध र सार्वजनिक सम्पत्ति एवं स्रोतसाधनको अनुचित दोहनजस्ता गैरकानुनी कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।– प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवं व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ ।– पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिनेछ ।– राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवं सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ । सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिनेछ ।– तराई–मधेस क्षेत्रमा थोक वितरण प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न विस्तृत अध्ययन गर्नुका साथै डिप ट्युबवेल जडान गरी खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।– मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिनेछ । काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रबन्ध मिलाइनेछ ।
News
3,415
नेपालका हिमालचुली निजी क्षेत्रलाई भाडामा दिने बाटो खुल्न लागेको चिन्ता किन बढ्यो
नेपाल सरकारको पर्यटन मन्त्रालयले नयाँ संघीय पर्यटन विधेयकको मस्यौदा तयार पार्दै गर्दा पर्वतारोही तथा हिमालप्रेमीहरूले नेपालका हिमालय क्षेत्रका चुचुराहरूलाई निजी क्षेत्रलाई भाडामा दिने गरी कानुन बनाउन नहुने माग गरेका छन्।
https://www.bbc.com/nepali/news-46833647
कस्तो कानुन बनाउँदै छ त सरकार? पर्यटन मन्त्रालयले नयाँ पर्यटन विधेयकको मस्यौदा तयार पार्दै गर्दा पर्वतारोही तथा हिमालय प्रेमीहरूले नेपालका हिमाली चुचुराहरूलाई कुनै पनि अवस्थामा निजी क्षेत्रलाई भाडामा दिन नहुने पक्षमा आवाज बुलन्द गरिरहेका छन्। हिमाली चुचुराहरूको प्रवर्द्धन र तिनमा पर्यटकीय गतिविधि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई लगाउँदा तिनमा व्यवसायीहरू हाबी हुने र स्थानीय आदिवासीहरूको रोजगारीको हक छिनिने अनि हिमाली क्षेत्रको वातावरणमा समेत क्षति पुग्ने चिन्ता उनीहरूले व्यक्त गरिरहेका छन्। तर कानुनको मस्यौदा बनाउन लागिपरिरहेका पर्यटनका अधिकारीहरूले भने हिमाली चुचुराको जिम्मा निजी क्षेत्रलाई दिने गरी कुनै पनि कानुन नबनाइने बताएका छन्। पर्यटन ऐन २०३५ अनुसार अहिले नेपालका अधिकांश हिमाली चुचुरा प्रवर्द्धन र तिनमा पर्वतारोहण गतिविधि सञ्चालनको जिम्मा नेपाल सरकार आफैँले लिएको छ। ६५ सय मिटरभन्दा कम उचाइका २७ वटा चुचुराको प्रवर्द्धन तथा आरोहण अनुमतिको जिम्मा भने नेपाल पर्वतारोहण संघ नामक संस्थाले पाइरहेको छ। हिमाल प्रेमीको मनमा किन चिसो पस्यो? हिमालय प्रेमी तथा नेपाल पर्वतारोहण संघ नामक संस्था आबद्ध आरोहीहरूले चिन्ता गर्नुको कारण यस्तो छ: चार वर्षअघि सरकारले ६,५०० मिटरभन्दा कम उचाइका हिमाली चुचुराहरूको प्रवर्द्धन तथा सञ्चालन गर्ने जिम्मेवारी निजी कम्पनीहरूलाई दिने एक प्रस्ताव ल्याएको थियो। त्यसमा नेपालका सबैजसो हिमाली चुचुराहरूको प्रवर्द्धन र पर्यटकीय गतिविधि सञ्चालनको जिम्मेवारी सर्तहरू सहित निजी क्षेत्रलाई दिन सकिने व्यवस्था गरिएको थियो। त्यसलाई तत्कालीन मन्त्रिपरिषद्ले समेत पारित गरिदिएको थियो। त्यो घटनाले विभिन्न हिमाली चुचुराहरूको रेखदेख तथा प्रवर्द्धन गर्ने जिम्मा पाएको संस्था नेपाल पर्वतारोहण संघलाई अदालतको ढोका ढकढक्याउन बाध्य तुल्याइदियो। अदालतले त्यतिबेला सरकारी निर्णय कार्यान्वयन नगर्नु भन्ने आशयको आदेश दिएपछि पर्वतारोहण संघ शान्त भएको थियो। तर अहिले पर्यटन मन्त्रालयमा २०३५ सालको पर्यटन ऐनलाई संशोधन गर्न नयाँ विधेयक तर्जुमा गर्ने काम सुरु भएपछि पर्वतारोही तथा हिमालय प्रेमीको मनमा चिसो पसेको हो। पूर्व आरोही एवं आरोही संघ नेपालका अध्यक्ष जिम्मा जाङ्मु शेर्पा भन्छन्, "सरकारले फेरि पनि कुनै निजी व्यवसायीको इसारामा चलखेल गर्ला र हिमाली चुचुराहरू उनीहरूलाई ओगट्न बाटो खोलिदेला भन्ने हाम्रो चिन्ता हो। त्यसो हुनु हुँदैन।" संघीय पर्यटन विधेयक २०७५ को मस्यौदामा चाहिँ के छ? हिमालय प्रेमीहरू मस्यौदाको परिच्छेद ४ को ३१ मा राखिएको पर्वतारोहणका लागि विशेष व्यवस्थामा उल्लेखित बुँदाका कारण थोरै आत्तिएका हुन्। त्यसको २ मा भनिएको छ, "नेपाल सरकारले आवश्यक देखेमा निश्चित उचाइसम्मका तोकेका हिमालचुलीको आरोहण अनुमति प्रदान गर्ने तथा यसको व्यवस्थापन एवम् प्रवर्द्धन गर्ने जिम्मेवारी तोकिएको सर्तमा पर्वतारोहण सम्बन्धी गैर नाफामूलक संगठित संस्थालाई दिन सक्नेछ।" नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं अग्रणी पर्वतारोहण व्यवसायी आङछिरिङ शेर्पाको डर छ विधेयकलाई अन्तिम रूप दिने बेला सम्ममा "हिमालचुलीको आरोहण अनुमति प्रदान गर्ने तथा यसको व्यवस्थापन एवम् प्रवर्द्धन गर्ने जिम्मेवारी तोकिएको सर्तमा पर्वतारोहण सम्बन्धी गैर नाफामूलक संगठित संस्थालाई दिन सक्नेछ" भन्ने प्रावधानमा "चलखेल भएर ठूला व्यवसायीहरूलाई हिमालचुली हडप्ने बाटो खुल्न सक्छ।" हिमालय प्रेमीको मुख्य चिन्ता के हो? आङछिरिङ शेर्पाका विचारमा हिमालमा ठूला व्यवसायीलाई प्रवेश गराउनु उचित हुँदैन। उनले बीबीसी नेपाली सेवासँग भने, "हामीलाई के डर छ भने नयाँ नयाँमा पर्वतारोहीहरूको संख्या बढाउने नाममा ठूला व्यावसायिक समूहको दबाबमा सरकारले फेरि हिमाली चुचुरा निजी क्षेत्रलाई दिने बाटो खोल्ने कानुन ल्याउन सक्छ।" उनी भन्छन्, "त्यसो गरिएमा हिमाली चुचुराहरू निजी व्यवसायीहरूको नियन्त्रणमा जान सक्छ र त्यहाँ उनीहरूको मनलागी सुरु हुन सक्छ। त्यस्तो अवस्थामा स्थानीयवासीले पाइरहेको रोजगारी छिनिनेछ। व्यवसायिक प्रतिस्पर्धा बढ्न थालेपछि स्थानीय संस्कृति र प्रकृतिमा समेत नकारात्मक असरहरू पर्न सक्छ।" पर्यटन मन्त्रालयका अधिकारीहरू के भन्छन्? पर्यटन ऐन २०३५ लाई विस्थापित गर्न नयाँ कानुनको मस्यौदा बनाइएको हो। संघीय पर्यटन विधेयक २०७५ को प्रारम्भिक मस्यौदा माथि गत मंसिर १२ गते एक अन्तरक्रिया समेत गराइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले विधेयकको मस्यौदामा कतै पनि हिमालचुलीलाई निजी व्यवसायीलाई दिने व्यवस्था नगरिएको बताए। उपाध्यायले बीबीसी नेपाली सेवासँग भने, "हाम्रा हिमालचुली, हिमाली वातावरण र त्यहाँको संस्कृति जोगाउनु पर्छ भन्ने विषयमा हामीहरू पनि अन्य हिमालप्रेमी जत्तिकै गम्भीर छौँ। हामी निजी व्यवसायीहरूको हातमा हिमालचुली जान दिने पक्षमा छैनौँ।" उनका अनुसार प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूसँग अझै केही चरणमा छलफल हुन बाँकी नै छ। त्यसपछि मात्रै त्यो मन्त्रिपरिषद् र त्यसपछि संसदमा पुग्नेछ। हिमाल र पर्वतारोहण निकै संवेदनशील विषय भएकोले संसदमा पनि नयाँ पर्यटन विधेयकका विषयमा बहस चर्किने संकेतहरू देखिएका छन्। नेपालमा कुनकुन हिमाल चढ्न पाइन्छ? सबैभन्दा धेरै उच्च हिमालचुली रहेको नेपाल विश्वभरिका पर्वतारोहीहरूको प्रमुख गन्तव्य हो। नेपालमा आठ हजार मिटरभन्दा बढी उचाइ भएका आठ वटा हिमालचुली रहेका छन्। त्यसैले विश्वभरिका पर्वतारोही र पर्वतप्रेमीहरू नेपाललाई जीवनमा एक पटक नपुगि नहुने गन्तव्य मान्दछन्। अधिकांश हिमाल आरोहणको अनुमति पर्यटन विभागले दिने गरेको छ। केही हिमालको जिम्मा सरकारले निकै पहिले नै नेपाल पर्वतारोहण संघलाई दिएको थियो, जुन अझै कायम छ। नेपाल पर्वतारोहण संघका अनुसार नेपालमा ५,८०० मिटर भन्दा अग्ला १,७९२ हिमाल चुचुरा मध्ये १,३८९ आरोहणका लागि अझै खुल्ला छैनन्। केवल ४०३ हिमाल चुचुराहरू मात्र आरोहणका लागि खुल्ला छन्। सगरमाथा क्षेत्रमा पर्वतारोहीहरूको घुईँचो लाग्ने हिमालचुलीहरू नजिकै फोहरमैला बढ्न थालेको र वातावरण बिग्रिन थालेको चिन्ताहरू यसअघि नै सार्वजनिक भइसकेका छन्। अब खुल्ने नयाँ हिमालचुली नजिकै मानिसहरूको भिड बढ्ने अवस्था सृजना हुनुअघि वातावरण संरक्षण गर्ने उपायहरू बेलैमा अवलम्बन गर्नु पर्ने सुझाव हिमालय प्रेमीहरूको छ। पर्यटन विधेयकको मस्यौदामा ती विषय पनि समेटिएका छन्। तर यतिखेर हिमालयप्रेमीहरूको मुख्य चिन्ता यहि हो: थुप्रै नयाँ हिमाली चुचुराहरू खुल्न बाँकी रहेकोले नयाँ कानुनको प्रावधानमा टेकेर ठूला व्यवसायीहरू घुमाउरो बाटो हुँदै हिमाली चुचुरा ओगट्न पुग्ने हुन् कि? सगरमाथा आरोही एवं नेपाल पर्यटन बोर्डका सद्भावना दूत काजी शेर्पाले भने, "सरकारले हिमालको जिम्मा निजी क्षेत्रलाई दिने वातावरण कदापि बनाउनु हुँदैन। यदि सरकारले त्यस्तै हो भने त उसले बोलपत्र आह्वान गरेर पूरै देशलाई नै निजी क्षेत्रलाई दिए पनि त भइहाल्छ नि।"
Others
68,172
साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु
साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सहभागी छन् । बैठकले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)को तयारीबारे  छलफल गर्ने छ । 
https://ekantipur.com/sports/2019/11/09/157327430006877230.html
काठमाडौँ — साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सहभागी छन् । बैठकले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)को तयारीबारे  छलफल गर्ने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले बैठकमा दक्षिण एशियाली खेलकुद (साग) को तयारीको अपडेट प्रस्तुत गर्नेछन् । आजै सहभागी देशका सेभ द मिसनका प्रतिनिधिहरुका सेमिनार पनि हुने छ । यसअघि उद्घाटन समारोहमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले म‌ंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको लागि तयारी अन्तिम चरणमा पुगेको र सबै विदेशी पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछन् ।
Sports
26,206
साफ च्याम्पियनसिपः तस्बिरमा नेपाल र माल्दिभ्सबीचको खेल
नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।
https://ekantipur.com/sports/2018/09/12/153676530119284728.html
काठमाडौँ — नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ८३ औं र ८६ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हसनले दुई गवल गर्दै टिमलाई जित दिलाए ।
Sports
28,745
चर्च ब्वाइज र आयोजक भिड्ने
प्रथम दूधे गोल्डकप फुटबलको बुधबार उद्घाटन खेलमा आयोजक दूधे युथ क्लबले चर्च व्बाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछन् ।
https://ekantipur.com/sports/2017/09/20/20170920070938.html
दमक — प्रथम दूधे गोल्डकप फुटबलको बुधबार उद्घाटन खेलमा आयोजक दूधे युथ क्लबले चर्च व्बाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछन् ।आयोजक क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बू अनुसार प्रतियोगितामा रूपन्देही, हिमालयन शेर्पा, झापा, मोरङ, चर्च ब्वाइज काठमाडौं, आयोजक, त्रिभुवन आर्मी र एपीएफ सहभागी हुने छन् ।झापाको शिवसताक्षी नगरपालिकामा असोज ११ सम्म चल्ने गोल्डकप विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । दर्शकका लागि १० हजार सिट क्षमताको बाँसको प्यारापिट बनाइएको छ । जिल्लामा यो सिजनको पहिलो प्रतियोगिता हो । जिल्लामा सिजनको दोस्रो गोल्डकप कात्तिक २८ देखि हुनेछ । झिलझिलेमा हुने गोल्डकपमा ‘ए’ डिभिजनका ८ सहित १० टिमको सहभागिता रहने छ । 
Sports
31,407
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाशकुमार चौधरीको पनि दाबी पेस
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 
https://ekantipur.com/news/2024/04/14/kailash-kumar-chaudhary-also-submitted-his-claim-for-the-chief-minister-of-far-west-06-15.html
काठमाडौँ — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यसअघि नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोर चौधरीले कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नागरिक उन्मुक्तिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीपक्षबीच विवादका कारण एकै दलबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्रीमा दाबी पेस गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । अध्यक्ष श्रेष्ठका पक्षमा दुई र संरक्षक चौधरीका पक्षमा चार सांसद छन् ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५१ सदस्य रहेका छन् । कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीलाई केही दिनअघि उनकै पार्टीले पदमुक्त गराएको छ । सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ ।नवगठित सत्ता गठबन्धनमा रहेका दलअन्तर्गत हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ सांसद छन् ।त्यस्तै कांग्रेसको १८ र राप्रपाका १ सांसद छन् । त्यस्तै तारा जोशी स्वतन्त्र सांसदका रूपमा रहेका छन् ।
News
4,164
बैतडीको पञ्चदेवलमा प्राचीन गौरा प्रदर्शन
बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ ।
https://gorkhapatraonline.com/news/76091
गोकर्ण दयाल बैतडी, भदौ ७ गते । बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ । दशरथचन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा हरेक वर्ष मनाइने गौरा पर्वका दिन मुख्य आकर्षणका रूपमा लाखे नाच रहनेगरेको छ । लाखे नाच हेर्ने यहाँ भारतबाट समेत दर्शनार्थी आउनेगरेका छन् ।  स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुखविरुवाका पातले शरीर ढाकेर हातमा त्रिशूल समातेर लाखे नाच नाच्दै गौरा मनाउने चलन छ ।  स्थानीय भट्ट  र मार्कण्ड जातिका मानिसलाई लाखे नाच नाच्ने जिम्मेवारी हुन्छ । लाखे नाच नाच्न मन्दिरबाट एकसय मिटर दूरीमा रहेको सुकनाली कुवामा स्नानगरी शरीरमा तरुलका लहरा, केराको पात अन्य आयुर्वेदिक लहरा र पात प्रयोग गरिन्छ ।  लाखे नृत्यमा सहभागी हुनेले कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन रहेको स्थानीय जानकार ईश्वरीदत्त भट्टले बताउनुभयो । लाखे नृत्यमा शिवको भजन गाइने उहाँले बताउनुभयो ।  पाण्डवकालीन समयमा निर्माण भएको विश्वास गरिदैंआएको पञ्चदेवलमा मात्रै यस्तो लाखे नाच रहेको संस्कृतिका जानकार उद्धव मार्कण्डले बताउनुभयो । उहाँले व्रतालु महिलाले बिरुँडाको प्रयोग गरी पार्वतीको पूजा गर्दा पुरुषहरूले शिवको आराधना गर्दै लाखे नाच नाच्ने परम्परा रहेको उहाँले बताउनुभयो । शिखर वास्तुशालीमै सुर्किको प्रयोग गरी निर्माण गरिएका सातवटा देवल रहेको स्थानलाई पञ्चदेवल नामले प्रसिद्ध छ । पुरातात्त्विक विभागले पञ्चदेवलको जीर्णोद्धार गर्दै आइरहेको छ । पञ्चदेवलमा प्राचीनकालका ढाल, तरबार र सुनचाँदीका भाँडावर्तन रहेका छन् । पञ्चपरेवली गौरापञ्चदेवलमा मनाइने गौराको नाम नै पञ्चपरेवली (पाँचभन्दा बढी परिवार) का नामले मनाइँदैआएको छ । मार्कण्ड जातीका भण्डारे र भट्ट जाती पुजारी रहने परम्पराअनुसार चन्द, भण्डारी, ठगुन्ना, बोहरा, तिरुवा र सार्की जातिका मानिस मिलेर गौरा मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार ईश्वरीदत्त भट्टले बताउनुभयो । महिलाले निराहार व्रत बसेर गौरीको पूजा गरेका छन् । पुरुष वर्गले शिवको भजन गाउँदै लाखे नृत्यमा रमाएर गौरा पर्व मनाएको स्थानीय रोयल हिल यूथ क्लबका मोहित भण्डारीले बताउनुभयो । 
News
32,942
'लालसिंह चड्डा' नचल्दा आमिरलाई गहिरो प्रभाव
बलिउड निर्माता किरण राव हालै 'लालसिंह चड्ढा'को बक्स अफिस असफलताले अभिनेता आमिर खानलाई पारेको प्रभावबारे बोलेकी छन् । फिल्म नचल्दा बलिउड अभिनेता खानलाई गहिरो असर परेको उनकी पूर्व पत्नीसमेत रहेकी रावले हालै भारतीय संचार माध्यमलाई बताएकी हुन् । 
https://ekantipur.com/entertainment/2024/02/11/deep-impact-on-aamir-when-lalsingh-chadha-did-not-run-34-15.html
काठमाडौँ — बलिउड निर्माता किरण राव हालै 'लालसिंह चड्ढा'को बक्स अफिस असफलताले अभिनेता आमिर खानलाई पारेको प्रभावबारे बोलेकी छन् । फिल्म नचल्दा बलिउड अभिनेता खानलाई गहिरो असर परेको उनकी पूर्व पत्नीसमेत रहेकी रावले हालै भारतीय संचार माध्यमलाई बताएकी हुन् । 'तपाईंले कुनै कुरामा निकै मिहेनत गर्नुहुन्छ र त्यसको नतिजा राम्रो निस्केन भने पक्कै मन दुख्छ । लालसिंह चड्ढामा भएको त्यही थियो । हो, फिल्मले आमिरमा पनि गहिरो असर पार्‍यो । त्यसले हामी सबैलाई पनि असर पार्‍यो । यो फिल्म आमिरको सपना थियो । फिल्म बनाउनुअघि निकै अगाडिदेखि स्क्रिप्टलाई सहि बनाउन आमिर लागेको लाग्यै थियो,'लापत्ता लेडिजको प्रचारका क्रममा किरणले यसबारे बोलेकी हुन् । ओटीटी प्रदर्शनसँगै फिल्मले पाएको प्रतिक्रियामा आफ्नो खुसी पनि किरणले व्यक्त गरिन् । 'म वास्तवमा फिल्मले सामाजिक सञ्जालमा पाएको प्रतिक्रियाले खुसी छु । फिल्मले जति मौका पाउनुपर्ने हो त्यो नपाएको हो भन्ने मलाई लाग्छ,'उनी थप्छिन्,'तर फिल्मले राम्रो गर्न सकेन, दर्शकले फिल्म मनपराएनन् अथवा हेर्न चाहेनन् भन्ने सत्यलाई पनि मैले स्वीकारेको छु ।'हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लालसिंह चड्ढा'ले प्रदर्शनताका बलिउडको बहिष्करण सामना गर्नु परेको थियो । फिल्ममा अभिनेता आमिरसँगै अभिनेत्री करिना कपुरको अभिनय छ ।
Entertainment
7,283
हुन सकेन न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल
लगातारको वर्षाका कारण ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–वानको न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल बुधबार हुन सकेन । एक बल पनि नखेलेर यो प्रतिस्पर्धा सकिएको हो । यस नतिजापछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् ।
https://ekantipur.com/sports/2022/10/26/166678115972294650.html
मेलबर्न — लगातारको वर्षाका कारण ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–वानको न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल बुधबार हुन सकेन । एक बल पनि नखेलेर यो प्रतिस्पर्धा सकिएको हो । यस नतिजापछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् ।यसपल्टको विश्वकपमा एकै बल नखेलेर टुंगिएको यो नै पहिलो खेल हो । यस अगाडि ग्रुप–टुमा दक्षिण अफ्रिका र जिम्बावे बीचको खेल पनि पूरा हुन सकेको थिएन र प्रतिस्पर्धा नतिजाविहीन रह्यो ।ग्रुप–वानका सबै छ टिमले दुई/दुई खेल खेलिसक्दा न्युजिल्यान्ड तीन अंकमा शीर्ष स्थानमा छ । त्यसपछि समान दुई अंकमा श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलिया रहेका छन् । अफगानिस्तान भने अहिलेसम्म जितहीन रहेको छ र उसको एक अंक मात्र रहेको छ ।
Sports
19,280
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।
https://gorkhapatraonline.com/news/111378
काठमाडौँ, जेठ २७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ । एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर रु पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो । नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स सात दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर पाँच दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ५२ प्रतिशतले गुमाएका छन् । रासस 
News
34,255
पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनु पर्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/72253
काठमाडौं, साउन ८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै पुराना राजनीतिक दल सङ्कटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताउनुभयो । उहाँले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राख्नुभएको हो । मैले पार्टी फुटाउने कुरा गरेको छैन । संसदीय दलको नेता फेर्ने कुरा गर्दा केही आत्तिनु पर्दैन ।’’उहाँले भन्नुभयो, ‘‘सबै पुराना राजनीतिक दल सङ्कटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन् । त्यसैले पनि मानिसहरू रिसाएका छन् । त्यसैले पार्टी परिवर्तन गर्नुपर्छ । यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यू मेरो पितातुल्य हुनुहुन्छ । तर म सार्वजनिक रूपमै भन्छु, नेपालको राजनीतिमा यो विषयले प्रवेश पाएन भने र यो व्यवस्था गरिएन भने के हुन्छ ? हाम्रो पार्टीको एउटा पद्धति छ । त्यो पद्धतिबाट पार्टी सत्तामा आउँछ । त्यो पार्टी सत्तामा हाम्रो पकड भएको कारणले गर्दा हामी त्यसको सत्तामा आउँछौँ । हामीले घुमिफिरी एक जना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ । मेरो प्रयास जारी हुन्छ । त्यही भएर मैले नेपाली कांग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ । सकिनँ, परिणामलाई माने, मान्नपर्छ ।’’उहाँले भन्नुभयो, ‘‘तर अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ, आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आस नगर्ने हो । मलाई लाग्छ गाह्रो छ, सांसदहरूको मत पाउने कुरा भनेको गाह्रै छ नि । गाह्रो छ थाहा छ, तर गाह्रो छ भनेर ठिक भएको काम छोड्न हुँदैन । म के चाहन्छु भने, सभापतिज्यूले यसो एक दुई महिनापछि ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुने ? को हुने हो अघि आऊ भनिदिनुहुन्छ की ? राम्रै हो । म हुनुपर्छ पर्दैन, जो भएपनि हुन्छ । मैले साथ दिने हो तर कोही अघि नबढ्दा अघि बढ्ने हो नि । साथीहरू किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिज्यूलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ । धेरै चिन्ता गर्नुपर्दैन । म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब ।’’महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धनको नेता कांग्रेस भएकाले आफ्ना सर्तहरूमाथि सम्झौता गर्नु नहुने बताउनु भयो । उहाँले अबको चार वर्षमा देशमा सङ्घीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको पनि उल्लेख गर्नुभयो । 
News
54,782
दार्चुलामा भीरबाट खसेर दुई जनाको मृत्यु
दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।
https://gorkhapatraonline.com/news/47228
लोकेन्द्र जोशी दार्चुला, मङ्सिर २१ गते। दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट लडेर ऐरी दुई सय मिटर तल महाकाली नदीमा खस्नुभएको थियो। बुधबार बिहान ११ बजेतिर महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ। हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उहाँ कल्चौँडे खोलामा खसेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो। भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। उहाँ पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको पारिवारिक स्रोतले जनाएको छ। दार्चुलामा हरेक वर्ष भीरबाट लडेर धेरैले अल्पायुमै ज्यान गुमाउँदै आएका छन्। भीरबाट लड्नुको प्रमुख कारण अप्ठ्यारो जोखिमपूर्ण बाटो र मदिरा सेवन रहेको प्रहरीको भनाइ छ।
News
59,944
चुनौती बेहोर्दै रिबेरी
बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरीले सिरी ‘ए’ क्लब फिओरेन्टिनासँग दुईवर्षे सम्झौता गर्दै बुधबार अन्तिमपल्ट चुनौती बेहोर्न लागेको बताएका छन् । फ्रान्सेली विंगरले ‘फ्रि–एजेन्ट’ को रूपमा गत मेमा १२ सिजनपछि बायर्न छाडेका हुन् ।
https://ekantipur.com/sports/2019/08/22/156643883873514827.html
मिलान — बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरीले सिरी ‘ए’ क्लब फिओरेन्टिनासँग दुईवर्षे सम्झौता गर्दै बुधबार अन्तिमपल्ट चुनौती बेहोर्न लागेको बताएका छन् । फ्रान्सेली विंगरले ‘फ्रि–एजेन्ट’ को रूपमा गत मेमा १२ सिजनपछि बायर्न छाडेका हुन् ।उनले बायर्नमा छँदा बुन्डेसलिगामा सर्वाधिक नौ उपाधिका लागि ‘केइजर फ्रान्क’ को उपनाम पाएका थिए । उनले बायर्नबाट क्लब स्तरमा २३ उपाधि जिते । उनी ३६ वर्षे उमेरमा पनि माथिल्लो स्तरको फुटबल खेल्नलाई निरन्तरता दिन चाहन्छन् । टस्कन क्लबसँग वार्षिक ४४ लाख डलर तथा बोनससहितको दुईवर्षे सम्झौतामा सहमति पनि जनाए ।‘फ्रान्क रिबेरी हाम्रो हुन् ∕ लिजेन्डलाई स्वागत छ ∕,’ अमेरिकी स्वामित्वको क्लबले बैजनी रङको जर्सीसँगै फिओरेन्टिनाको मफलरमा रिबेरीको फोटो देखाएको छ । त्यसपछि रिबेरी र उनका पत्नी वाहिबाले इन्स्टाग्राममा ‘नयाँ चुनौतीका लागि तयार’ भन्दै निजी विमानमा चढेको फोटो पोस्ट गरेका छन् ।रिबेरीलाई सन् १९८२ को विश्वकप विजेता र फिओरेन्टिनाका लिजेन्ड जियानकार्लो एन्टोग्नोनीले स्वागत गरेका थिए । जियानकार्लो क्लबको व्यवस्थापन पक्षमा संलग्न छन् । उनले इटाली सर्न मनाएका बायर्नका पूर्व सहकर्मी लुका टोनी (जो फिओरेन्टिनामा पनि खेलेका थिए) सहित हजारौं दर्शकलाई सम्बोधन गरे । ‘म खुसी छु । यहाँ म परिवारसहित आएको छु,’ रिबेरीले भने, ‘मैले फिओरेन्टिनासँग गत सातादेखि कुरा गरिरहेको थिएँ । लुका टोनीसँग पनि कुरा गरेँ । उनले फिओरेन्टिना महान् क्लब भएको बताए र सहर सुन्दर भएको पनि । मलाई पनि इटालियन मनपर्‍यो । मैले सुधार गर्नुपर्ने भए पनि यो बोल्छु ।’रिबेरीले यसअघि टर्किस क्लब गालातासारे र फ्रान्सेली क्लब मार्से, ब्रेस्ट र मेट्जबाट खेलेका थिए । ‘मेरो लागि यो महत्त्वपूर्ण हो कि दुई वर्षको सम्झौता गरेको छु,’ रिबेरीले भने, ‘अर्को महत्त्वपूर्ण पक्ष म मेरो परिवारसँगै हुनेछु । अर्को दुई वर्ष उच्चस्तरको फुटबल खेल्ने भएकोमा म धेरै खुसी छु ।’गत सिजन सिरी ‘ए’ मा १६ औं स्थानमा रहे पनि फिओरेन्टिनाले यसपालि ऐतिहासिक सफलता हात पार्ने महत्त्वाकांक्षा राखेको छ । क्लबका नयाँ मालिक इटालियन–अमेरिकी मिडिया व्यवसायी रोको कोमिसोका लागि रिबेरी पहिलो ठूलो अनुबन्ध हो । ‘भोलि उनलाई पूरा सहरसामु प्रस्तुत गर्नेछौं । हामी आर्टेमियो फ्रान्ची रंगशाला खोल्नेछौं, जहाँ उनलाई सबैले स्वागत गर्न सक्छन् । हामीले रंगशाला भरिने अपेक्षा गरेका छौं, जसका लागि च्याम्पियन (रिबेरी) योग्य छन्,’ कोमिसोका प्रतिनिधि जोए बारोनले भने ।युवा वर्चस्व र प्रतिभावान फेडेरिको चिएसा, डुसान भ्लाहोभिच र निकोला मिलेन्कोभिचहितको महत्त्वाकांक्षी टिमका लागि रिबेरीको अनुभव महत्त्वपूर्ण हुनसक्छ । ‘फ्रान्क नेता हुन्,’ टोनीले भने, ‘जसले उनलाई बुझेका छैनन्, उनलाई निश्चित व्यवहारले आबद्ध गर्छन् । उनी लकर रूममा मित्रवत् छन् र युवालाई सहयोग गर्छन् ।’ रिबेरीले पहिलो खेल शनिबार गत वर्षको उपविजेता नेपोलीविरुद्ध खेल्न सक्छन् । फिओरेन्टिनाले सिरी ‘ए’ को उपाधि सन् १९५६ र १९६९ मा जितेको थियो ।
Sports
26,768
कोरोना भाइरस लकडाउन: तीन महिनादेखि नेपालको लुक्लामा अड्किएको एउटा परिवार
विश्व भ्रमण गर्ने योजनामा रहेको स्कटल्यान्डको एउटा परिवारले नेपालको लकडाउनमा तीन महिना बिताएको छ।
https://www.bbc.com/nepali/news-53032494
क्रिस र जुली स्मिथ आफ्ना बच्चाहरू नौ वर्षीया इरिन र चार वर्षीय ज्याकोबलाई लिएर गत वर्ष जूनमा विश्व भ्रमण गर्ने योजनामा स्कटल्यान्डको एबरडीन सहरबाट हिँडेका थिए। तर मार्चमा कोरोनाभाइरसको कारण लकडाउन हुन थाल्यो। र स्मिथ परिवार नेपालको लुक्लाका अड्किए। नेपाल आउनु अगाडि उनीहरू भारत, जोर्डन, अल्बानिया, सर्बिया र हङ्गेरी पुगेका थिए। अहिले स्मिथ परिवार लु्क्का विमानस्थलसँगै रहेको होटलमा बसिरहेका छन्। "हामीले बच्चाहरूसँगै विश्व भ्रमण गर्ने योजनामा १२ महिना अगाडि स्कटल्यान्ड छोडेका थियौँ," ४१ वर्षीय क्रिस स्मिथले बीबीसी स्कटल्यान्डको द नाइनसँग भने। "यो हाम्रो उन्नाइसौँ देश हो र हामी यहाँ तीन महिना अगाडि आइपुगेका थियौँ। हामी अहिले अब के हुन्छ भनेर कुरिरहेका छौँ।" उनले लुक्लामा भएको सुविधालाई आधारभूत भएको बताउँदै त्यसमा जिउन अलिकति सङ्घर्ष भएको बताए। "हामीसँग राति तातो बनाउनको लागि एउटा मात्रै हिटर छ," उनले भने। 'सुरक्षित स्थानमा छौँ' "तर हामी सुरक्षित स्थानमा छौँ र बच्चाहरूका लागि खेल्न धेरै ठाउँ छ। त्यसैले हामी खुशी नै छौँ तर सकेसम्म छिटो यात्रालाई निरन्तरता दिन चाहन्छौँ।" ज्याकोबले आफ्नो चौथो जन्मदिन नेपालमै दिदी र बाबुआमासँग मनाए। "हामीले सात दिनको पदयात्रा गरेका थियौँ र त्यसपछि लकडाउन आयो," ४६ वर्षीय जुली स्मिथले भनिन्। "हामी सुन्दर स्थानमा छौँ र हामी भाग्यशाली महसुस गरिरहेका छौँ। हाम्रो टाउकोमाथि छाना छ र दिनमा तीन पटक खाना छ त्यसैले हामी भाग्यशाली छौँ। बच्चाहरू खुशी छन् जसले हामीलाई पनि खुशी बनाएको छ।" उनका अनुसार उनीहरू होटलकै चौरमा दिन बिताउँछन् किनभने त्यहाँबाट बाहिर जान लकडाउन छ। नेपाल बस्ने निर्णय "जब हामीले लकडाउनका बारेमा सुन्यौँ हामीले नेपालमै बस्ने निर्णय गर्यौँ," उनले भनिन्। "त्यो बेला स्कटल्यान्डमा सङ्क्रमण बढिरहेको थियो र हामीलाई बच्चाहरूलाई विमानमा चढाउन मन लागेन।" "लकडाउन अन्त्य भएपछि हामी यात्रा गर्न चाहन्छौँ तर हामीले कहाँ जाने भन्ने कुराको निर्णय गर्नु छ। हामी स्कटल्यान्ड पनि आउन सक्छौँ तर हामी जहाँ गए पनि बच्चाहरू सुरक्षित हुन भन्ने निश्चित गर्न चाहन्छौँ।" स्मिथ परिवारले श्रीलङ्का र भियतनाम यात्राको योजना बनाइरहेका छन् र सम्भव भएमा सगरमाथा आधार शिविरसम्म जाने इच्छा गरेका छन्।
Others
66,837
विषादी: नेपालमा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा तोकियो
नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट (एमआरएल) निर्धारण गरेको अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-49177394
विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै अब थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिनुपर्ने बताएका छन्। विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बीबीसी नेपालीलाई बताएअनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको छ। "प्रशोधित खानामा एमआरएल निर्धारण गर्दै आएको भए पनि फलफूल तथा तरकारीमा चाहिँ सीमा तोकिएको पहिलो पटक हो," वैद्यले भनिन्। थपमा गृहकार्य थप फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि गृहकार्य भइरहेको अधिकारीहरूले बताएका छन्। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार एमआरएल निर्धारणबारे विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) लाई जानकारी गराइसकिएको र त्यहाँबाट कुनै टिप्पणी नउठेपछि अब लागु गर्ने विषयमा राजपत्रमार्फत् सूचना जारी गरिनेछ। "राजपत्रमा प्रकाशित गर्नका लागि हामीले मन्त्रालयमा पठाइसकेका छौँ," महर्जनले थपे। महर्जनका अनुसार कुनै पनि सदस्य मुलुकले एमआरएल निर्धारणबारे डब्ल्यूटीओलाई जानकारी गराएपछि टिप्पणीका लागि उसले सदस्य राष्ट्रहरूलाई ६० दिने समय उपलब्ध गराउँछ। फलफूल तथा तरकारीमा नेपालको पछिल्लो एमआरएल निर्धारणबारे डब्ल्यूटीओ आबद्ध कुनै पनि देशले टिप्पणी नउठाएपछि कार्यान्वयनको प्रक्रियामा गएको महर्जनले बताए। विभागकी महानिर्देशक वैद्यका अनुसार सेप्टेम्बर १ तारिखदेखि एमआरएल लागु हुनेछ। जीवनाशक विषादीको प्रकार अनुसार स्याउ, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी आलु, गोलभेँडा र चियामा अवशेषको अधिकतम सीमा फरकफरक निर्धारण गरिएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ। विभागले आलुमा मात्रै ७१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकेको छ। उदाहरणका लागि बेन्टाजोन जीवनाशक विषादी प्रतिकिलो आलुमा ०.१ मिलिमिटर निर्धारण गरिएको छ अर्थात्‌ त्यति मात्रा भए खान मिल्छ। खाद्य गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोडेक्स मापदण्डभित्रै रही आफूहरूले एमआरएल निर्धारण गरेको विभागकी महानिर्देशक वैद्यले बताइन्। एमआरएलमा ढिलाइ किन? विगतमा त्यति धेरै व्यावसायिक खेती नहुने गरेको र विषादीको प्रयोग पनि अहिलेको जस्तो नभएको पृष्ठभूमिमा नेपालले फलफूल तथा तरकारीमा एमआरएल निर्धारणतर्फ ध्यान नदिएको कतिपय अधिकारीहरूको तर्क छ। विभागकी महानिर्देशक वैद्यका अनुसार एमआरएल निर्धारणसम्बन्धी एउटा अन्तर्राष्ट्रिय मापदण्ड बनाउन दुईदेखि चार वर्षसम्म लाग्ने गर्छ। "त्यसका लागि अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ। यो रेजिड्यू यति भयो भने हानि पुग्छ वा पुग्दैन भन्नेबारे वैज्ञानिक प्रमाण चाहिन्छ अनि बल्ल मापदण्ड निर्धारण हुन्छ," उनले थपिन्। नेपाल आफैँले त्यस्ता वैज्ञानिक अध्ययन, अनुसन्धान गर्न सक्ने अवस्था नभएको पृष्ठभूमिमा कोडेक्स मापदण्ड एवम्‌ नेपालले मुख्य व्यापार गर्ने छिमेकी मुलुकहरूले निर्धारण गरेका अधिकतम सीमाबारे अध्ययन गरी तोक्ने गरिएको वैद्यले बताइन्। काठमाण्डू इन्स्टिट्युट अफ एप्लाइड साइन्सेस नामक गैरसरकारी संस्थामा कार्यरत वैज्ञानिक डा. वसन्त गिरीको बुझाइमा विगतमा विषादीको मुद्दा त्यति नआएको र चासो पनि नदिइएकोले नेपालमा एमआरएल निर्धारणमा ढिलाइ भएको हो। विषादी जाँचको अवस्था काठमाण्डूको कालीमाटीसहित देशका विभिन्न सात स्थानमा रहेका द्रुत विश्लेषण प्रयोगशालामा दुईवटा समूहका विषादी मात्र जाँच्न हुन सक्ने बताइन्छ। विद्यमान प्रयोगशालाबाटै पनि पूर्ण क्षमताअनुसार काम लिन नसकिएको स्वयम्‌ अधिकारीहरूले नै स्वीकार्ने गरेका छन्। ८५ प्रतिशततरकारीमा प्रयोग ३९६ ग्रामप्रतिहेक्टर प्रयोग २ समूह(९ समूहका विषादीमध्ये) मात्रै जाँच सम्भव जाँच पूर्वाधार७ द्रूत प्रयोगशाला, १ केन्द्रीय प्रयोगशाल विज्ञहरूले विषादी जाँचको विद्यमान अवस्थामा सुधार ल्याउन आवश्यक रहेको औँल्याउने गरेका छन्। डा. गिरी सुझाउँछन्, "सबैभन्दा पहिला स्तरीय प्रयोगशालाहरू बनाउनुपर्छ। ती प्रयोगशालाले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विधि अपनाएर नमुना परीक्षण गरी सार्वजनिक गर्नुपर्छ।" त्यसबाहेक फलफूल तथा तरकारीमा जीवनाशक विषादीको प्रयोगबारे किसानहरूमा पर्याप्त सचेतना जगाउन पनि उत्तिकै अपरिहार्य रहेको विज्ञहरूको सुझाव छ। तोकिएको मात्राभन्दा बढी जीवनाशक विषादीको प्रयोग गर्दैमा उत्पादन बढ्ने सोचाइ किसानहरूले पनि त्याग्नुपर्ने उनीहरूको भनाइ छ।
Others
65,954
नेपाल विमान दुर्घटना: "एक घर फर्किए, २१ को उपचार हुँदै"
यूएस-बांग्ला एअरलाइन्सको विमान सोमवार दुर्घटना हुँदा घाइते भएका एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य २१ जनाको काठमाण्डूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-43386643
अस्पतालमा भर्ना भएका घाइतेमध्ये १० नेपाली, १० बांग्लादेशी र एक जना माल्दिभ्सका नागरिक भएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले दिएका छन्। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दिनेश हुमागाईँ नाम गरेका नेपाली बाँसबारीस्थित न्यूरो अस्पतालबाट उपचारपछि घर फर्किएका छन्। बांग्लादेशको ढाकाबाट ६७ यात्रु र चार चालकदलका सदस्यसहित उडेको यूबीजी २११ बीएस २११ उडान नम्बरको उक्त विमान सोमवार अपराह्ण २:१८ बजे अवतरणका क्रममा धावनमार्गनजिकै रहेको खुल्ला चौरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी बाँचेका घाइते के भन्छन्? उक्त विमानमा ३३ जना नेपाली, चालकदलका सदस्यसहित ३६ जना बांग्लादेशी, एक जना चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए। बांग्लादेशी टोली यसैबीच बांग्लादेशबाट घाइते तथा मृतक आफन्तहरू र एक मन्त्रीसम्मिलित उच्चस्तरीय टोली मङ्गलवार राजधानी आइपुगेका छन्। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बांग्लादेशी टोलीले नेपाली पक्षसँग साँझ भेट्ने कार्यक्रम रहेको थियो। शिक्षण अस्पतालमा चार वटा टोली शवपरीक्षण र अन्य आवश्यक प्रक्रियामा संलग्न छन् शवपरीक्षण घटनामा परी मृत्यु भएकाहरूको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। अस्पतालका डा प्रमोद श्रेष्ठले मङ्गलवार ११ वटा शवहरूको परीक्षण गरिएको तर मृतकको पहिचान गर्न नसकिएको बताए। शवपरीक्षण र अन्य आवश्यक प्रक्रियाका लागि चार वटा टोली खटिएका छन्। शिक्षण अस्पतालमा मृतकका आफन्तहरू जम्मा भएका थिए। विधिविज्ञान परीक्षणका लागि मृतकहरूको औँठाछाप र दाँतको ढाँचाको पनि अध्ययन हुँदैछ। तर परीक्षण गरिएका ११ शवमध्ये नौ वटामा मात्र औँठाछाप सङ्कलन गर्न सकिएको छ। पूरै जलेका शव हेरेर मात्रै पहिचान गर्न नसकिने हुँदा डीएनए परीक्षण आवश्यक रहेको भन्दै त्यसपछि मात्र मृतकका आफन्तलाई हस्तान्तरण गर्न सकिने डा श्रेष्ठले बताए। उनका अनुसार सबै शवको परीक्षण र अन्य नमुना सङ्कन गर्न कम्तीमा थप तीन दिन लाग्न सक्छ। दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई काठमाण्डूका विभिन्न अस्पताल लगिएको थियो
Others
68,714
सामाजिक सुरक्षा कोषको प्रभाव
राज्य, रोजगारदाता र ट्रेड युनियनहरूको संयुक्त प्रयासबाट जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र अन्य प्रत्यायोजित विधायनहरूका साथै यस अन्तर्गत स्थापना र सञ्चालन भएको सामाजिक सुरक्षा कोष प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । प्राप्त विवरण अनुसार ०७५ देखि ०८० असारसम्म पाँच वर्षमा सामाजिक सुरक्षा कोषमा रोजगारदाता १८,२३३ र योगदानकर्ता सात लाख ४६ भन्दा बढी आबद्ध भएका छन् । तीन लाख त विदेशमा जाने, गएका र स्वरोजगार भएका आबद्ध छन् । मुलुकमा एक लाख जति चालु प्रतिष्ठान र ४५ लाख श्रमिक छन् भन्ने गरिएको पाइन्छ । यी सबैला
https://gorkhapatraonline.com/news/112244
राज्य, रोजगारदाता र ट्रेड युनियनहरूको संयुक्त प्रयासबाट जारी गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र अन्य प्रत्यायोजित विधायनहरूका साथै यस अन्तर्गत स्थापना र सञ्चालन भएको सामाजिक सुरक्षा कोष प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । प्राप्त विवरण अनुसार ०७५ देखि ०८० असारसम्म पाँच वर्षमा सामाजिक सुरक्षा कोषमा रोजगारदाता १८,२३३ र योगदानकर्ता सात लाख ४६ भन्दा बढी आबद्ध भएका छन् । तीन लाख त विदेशमा जाने, गएका र स्वरोजगार भएका आबद्ध छन् । मुलुकमा एक लाख जति चालु प्रतिष्ठान र ४५ लाख श्रमिक छन् भन्ने गरिएको पाइन्छ । यी सबैलाई आबद्ध गराउने दायित्व सहमतिमा सहीछाप गर्ने सबैको दायित्व हो । सरकारकै संलग्नतामा न्यूनतम पारिश्रमिक लागु भएको छैन । रोजगारदाता यसमा झन् आलटाल गरिरहेका छन्, तसर्थ कडा नीति बनाएर कानुन कार्यान्वयनमा अगाडि बढ्नुको विकल्प छैन ।  फेरि सरकार, रोजगारदाता र ट्रेड युनियनबिच आबद्धता बढाउने सहमति भएको छ । आबद्ध नहुनुमा योगदानमा थप अनुदान दिन आलटाल गर्ने वा झुक्याउने प्रवृत्ति रोजगारदातामा देखिन्छ । सरकारमा भने दिनुपर्ने सुविधा दिँदा अल्झाउने, कार्यविधिमा समय लगाउनेसमेत देखिन्छ । जस्तै : राज्यले स्वास्थ्य बिमा गरेपछि वीरगन्जको मान्छे काठमाडौँ आउँदा बिरामी भई आकस्मिक सेवा लिन सरकारी अस्पतालमा जाँदा सिट छैन भने सो बिरामीले विकल्प खोज्नै पर्छ । नत्र ऊ मर्छ । विकल्प खोज्दा अर्को सरकारी अस्पताल भर्ना भई उपचार गर्छ अनि उसले अस्पताललाई बिमाको दाबी गर्छ । अस्पताल भन्छ, यो अस्पताल बिमामा संलग्न छैन । त्यसैले बिमा रकम दिन सकिन्न । बिरामी भन्छ, यो सरकारी अस्पताल हो, म स्वास्थ्य बिमाको सदस्य हुँ वा बिमक हुँ तर अस्पताल मान्दैन । अनि के मतलब भयो कि स्वास्थ्य बिमा गरेको ? राज्यले बिमा गरेपछि बिरामीलाई चाहे सरकारीमा होस् वा निजीमा बिमकलाई कानुनबमोजिम उपचार खर्च दिनै पर्छ । सरकारी अस्पतालले बिमकको उपचार प्राथमिकतामा राखेर गर्नुपर्ने नीति सरकार किन बनाउन सक्दैन भन्ने प्रश्न बिरामीको छ । योगदानकर्ताले पनि रोजगारदातासँग सुमधुर सम्बन्ध कायम गराई सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्ने कर्तव्यबाट च्युत भएको देखिन्छ । नेपालको सर्वोच्च अदातलले बैङ्कहरूलाई पनि कर्मचारीको हकमा श्रम ऐन लागु हुने भनी व्याख्या गरिसकेको छ । तसर्थ सबै वर्गका बैङ्क र विभिन्न लिमिटेड कम्पनी वा मुनाफारहित कम्पनीसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा त्यसो हुन सकेको छैन, त्यसले पनि सरकार लचिलो हुनुपर्ने छ । माथि उल्लेख गरिएका कुरा औपचारिक क्षेत्रका श्रमिक र रोजगारदाताको हो । नेपालमा लाखौँको सङ्ख्यामा अनौपचारिक क्षेत्रमा पनि श्रमिक छन् । हजारौँको सङ्ख्यामा रोजगारदाता छन् । यी कतै अभिलेखमा छैनन् । यिनले श्रम ऐन चिन्दैनन्, बिमा ऐन देख्दैनन् भने सामाजिक सुरक्षासम्बन्धी कुरा त परै जाओस् । माथिको ऐन वा सहायक कानुन र सरकारको नीतिमा ती क्षेत्रलाई पनि सामाजिक सुरक्षा वा योगदानमा आधारित सामाजिक सुरक्षाको संयन्त्रमा सूचीकृत गर्न र आबद्ध गर्न अपरिहार्य छ । यसका लागि औपचारिक क्षेत्रका श्रमिकबाहेकका लागि अलग्गै योजना खडा गरी कार्य गर्न सक्ने प्रावधान कानुनमा छ । यसका अतिरिक्त सरकारी कर्मचारी पनि यो कोषमा संलग्न हुन सक्ने प्रावधान छ । कोष दायित्व बेहोर्न असक्षम भएमा नेपाल सरकारले सो दायित्व बेहोर्नु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । उपरोक्त सामाजिक सुरक्षासमेतमा खर्च गर्न श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत स्थानीय तह र प्रदेश सरकारमा ससर्त अनुदान दिएको रकम नै (२०७६मा) ११ अर्ब ४२ करोड थियो । क्रमशः यो रकम बढ्दै गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर २०७६ मा अब पाँच वर्षभित्र विदेश रोजगारीका लागि जाने अवस्था अन्त्य गर्ने भनिएको थियो । हाल त्यो सङ्ख्या वृद्धि हुँदै गइरहेको अवगत नै छ । बेरोजगारलाई सूचीकृत गरी सार्वजनिक विकास कार्यमा लगाउने भनिएको थियो । संसद्मा रोजगारी प्रत्याभूतिसम्बन्धी विधेयक पेस गर्ने, सरकारी निर्माण काममा रोजगार केन्द्रबाट सिफारिस भई आएकालाई काममा लगाउने र दक्ष श्रम आपूर्ति सङ्घ, प्रदेश र स्थानीय तहमा स्थापना गर्ने भनिएको थियो । यी सबै कुरैमा सीमित भए । सय दिनको रोजगारी ग्यारेन्टी गर्ने, २२ लाख श्रम दिनको रोजगारी सिर्जना गर्ने भन्ने लिखित दस्ताबेज पनि कुरामा मात्र सीमित भएको देख्दा नेपालका सरकार र नीति भरपर्दा छैनन् भन्ने अवस्था उत्पन्न भएको छ । यी कुनै पनि कार्य सम्पन्न भएनन् तर यसको नाममा बजेट भने खर्च भए । सामाजिक सुरक्षा विश्वव्यापी रूपमा मानवता आवरणमा बृहत् नारा बन्न गएको छ । सामाजिक सुरक्षा राज्यले वा सत्ताले सर्वसाधारण व्यक्तिलाई दिने सुरक्षा हो । जहाँ लोकतान्त्रिक पद्धति छ त्यहाँ लोककल्याणकारी राज्यको अवधारणाले प्रवेश पाउँछ । लोक कल्याणकारी राज्यका विशेषतामध्ये प्रमुख विशेषता हो सामाजिक सुरक्षा । सामाजिक सुरक्षा राज्यको कर्तव्य वा धर्म वा दायित्व हो । सामाजिक सुरक्षा प्राप्त गर्नु नागरिकको जन्मसिद्ध अधिकार पनि हो । यही मर्म अनुसार नेपालको संविधान जारी गर्दा नै प्रस्तावनामा सामाजिक न्याय र समाजवादप्रति प्रतिबद्ध भई जनताले संविधान सभाबाट पारित संविधान जारी गरेको हो । सामाजिक न्यायभित्र नै सामाजिक सुरक्षा पर्छ । यसै गरी सामाजिक सुरक्षा समाजवादको औजार पनि हो । यसैलाई आधार मानेर नेपालको सविधानमा मौलिक हकको व्यवस्था गरी यसको सुनिश्चितता गरिएको छ । यो सुनिश्चिततालाई कार्यान्वयन गर्न नसकेमा अदालतबाट कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको छ । मौलिक अधिकारमा उल्लेख अधिकार पनि सामाजिक सुरक्षाका प्रावधान हुन । यी प्रावधानले प्रदान गरेका समानता, न्यायसम्बन्धी, अपराध पीडितसम्बन्धी, भेदभावविरुद्धको, शोषणविरुद्धको, शिक्षा स्वास्थ्य, रोजगारी तथा श्रमसम्बन्धी, महिला, दलित, बालक, ज्येष्ठ नागरिकका हकलगायत सामाजिक न्यायसम्बन्धी हकसहित सामाजिक सुरक्षाको हकलाई मौलिक हकको भागमा राखी नेपालको संविधानको धारा ४३ मा स्पष्ट हुने गरी सामाजिक सुरक्षाको हक किटान गरिएको छ । जसमा भनिएको छ : ‘आर्थिक रूपले विपन्न, असक्त, असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने छ ।’ यसैलाई मध्यनजर राखेर धारा ४७ मा यस्ता सबै कानुन संविधान लागु भएको तीन वर्षभित्र बनाइसक्नु पर्ने गरी अनिवार्य प्रावधान राखिएको हो । यसका अतिरिक्त मौलिक अधिकार कार्यान्वयन नभएमा संवैधानिक उपचारसमेत राखी यसलाई नागरिकको हकमा समावेश गरी न्यायपालिकालाई अख्तियारी दिएको छ । यति गर्दा पनि संविधानको यी प्रावधान सक्रिय रूपमा कार्यान्वयनमा छैनन् । यो हाम्रो दुर्भाग्य हो । सामाजिक सुरक्षा संसारभरका देशमा धेरथोर रहेको नै पाइन्छ । खास गरी जनताबाट कर लिने र सो करको रकमबाट राज्यले असहायलाई सहयोग गर्ने थिति हो । स्वास्थ्य उपचार बिमा, अवकाश तथा वृद्ध भत्ता, बेरोजगारी बिमा, जीवन र अपाङ्गता बिमा, प्रसूति तथा बाल केयर सुविधा, रुरल (ग्रामीण) जब ग्यारेन्टी साथै खाद्य सुरक्षामा समेत तोकेको देखिन्छ । यसै गरी अटल पेन्सन योजना जारी गरी अवकाशपछिको जीवन र गरिबीबारेमा प्रावधान राखिएको छ । प्रधानमन्त्री जीवन ज्योति बिमा अन्तर्गत एलआइसी खोलेर न्यून आय भएका र गरिबका निम्ति योजना बनाएको छ । त्यसै गरी प्रधानमन्त्री सुरक्षा बिमा योजना, किसान सम्मान योजना जारी गरिरहेको दस्ताबेजमा देखिन्छ । यही नक्कल हाम्रो देशले पनि गरेको देखिन्छ । ब्राजिलमा ९० प्रतिशतलाई सामाजिक सुरक्षा संलग्न गराइएको छ । भारतले जर्मनी मोडेललाई अपनाएको छ । सिङ्गापुरमा हरेक कामदारले कोषमा रकम जम्मा गर्न सक्छन् व्यक्तिगत रूपमा पनि । जसको उपयोग अवकाशपछि गर्ने छन् । यो अलग्गै सिस्टम छ । भारत यसलाई पनि अपनाउन कोसिस गरिरहेको छ । बेलायतमा सामाजिक सुरक्षा विभाग नै व्यवस्था गरिएको छ । त्यहाँ बेरोजगारी भत्ता, स्वास्थ्य र शिक्षा सबै नागरिकलाई निःशुल्क, पेन्सनको व्यवस्था, अपाङ्गता भएकालाई भत्ताको व्यवस्था गरिएको छ । बेरोजगारी, आयस्रोत न्यून, अपाङ्ग, पारिवारिक समस्या, आवास सुविधा राष्ट्रिय बिमा आयोजना अन्तर्गतका कामको पार्टनरको मृत्युमा समेत सुविधा पाउने आदि व्यवस्था छ । यी सबै कुरालाई व्यवस्थित गर्न ‘कन्ट्रिब्युसन एन्ड बेनिफिट एक्ट’ जारी गरिएको छ । सोसियल सेक्युरिटी ऐन, १९९८ जारी गरी सो ऐन अनुसार सामाजिक सुरक्षाका लागि ट्रिब्युनल नै गठन गरिएको छ । जसमा अपिल ट्रिब्युनल समेत छ । यही ऐनमा सामाजिक सुरक्षाको क्षेत्रसमेत तोकिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा नीति र कानुन अनुसार सन् २०२३ मा कोषमा प्रतिष्ठानले १५.०५ प्रतिशत र योगदानकर्ता कामदारले ३१.५५ प्रतिशत योगदान गरिरहेका छन् । जसमा पनि राज्यले करसमेत असुलिरहेको हुन्छ । बेलायत संसारकै राम्रो सामाजिक सुरक्षा हुने मुलुकमध्ये पर्छ । त्यहाँ सोसियल सेक्युरिटी मन्त्रालय नै छ । त्यस अन्तर्गत विभाग छ । यससम्बन्धी ११ वटा ऐन नियम छन् । आय अनुसार इन्स्योरेन्सको व्यवस्था गरिएको छ । स्वरोजगारमा पनि आय अनुसार इन्स्योरेन्स गराउने कानुन छ । सरकारले पनि खास खास विषयमा योगदान गरिरहने व्यवस्था छ । यी सबै कार्य अनलाइन सेवाबाटै गरिन्छ ।   
News
45,590
पाकिस्तानी गायिका नायरा नूरको निधन
काठमाडौं, भदौ ५ गते । पाकिस्तानी चर्चित गायिका नायरा नूरको आइतबार निधन भएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार ‘बुलबुल–ए–पाकिस्तान’नामबाट चिनिने ७१ नूरका भतिजा राणा जैदीले उहाँको निधनबारे जानकारी दिनुभएको हो । ‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा–ए–दिल’जस्ता गीतहरुमा उहाँले स्वर भर्नुभएको छ।
https://gorkhapatraonline.com/news/22645
काठमाडौं, भदौ ५ गते । पाकिस्तानी चर्चित गायिका नायरा नूरको आइतबार निधन भएको छ । भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार ‘बुलबुल–ए–पाकिस्तान’नामबाट चिनिने ७१ नूरका भतिजा राणा जैदीले उहाँको निधनबारे जानकारी दिनुभएको हो । ‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा–ए–दिल’जस्ता गीतहरुमा उहाँले स्वर भर्नुभएको छ। 
News
45,135
देवचुलीको कुमसोतले पर्यटक लोभ्याउँदै
कुनैबेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने सो ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकको घुम्ने स्थान भएको छ ।
https://gorkhapatraonline.com/news/63224
मीना कंडेलकावासोती, वैशाख २१ गते । कुनैबेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने सो ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकको घुम्ने स्थान भएको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई यहाँको वातावरणले लोभ्याउने गरेको छ । चारैतिर वनजङ्गलको बीचमा अवस्थित डाँडा देखेपछि त्यहाँ  पुग्ने जोकोही दङ्ग पर्दै रमाउने गर्छन् ।नगरकोटको झल्को दिने देवचुली वडा –६ मा अवस्थित कुमसोत अहिले धेरैको रोजाई बनेको छ । कुमसोतबाट नवलपुर क्षेत्र, चितवनका गाउँहरू, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको सौन्दर्य सहजरुपमा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यमा रम्न समय मिलाएर कुमसोत पुग्नेगरेको देवचुली ११ का तुलसी भट्टराईले बताउनुभयो । चाडपर्व तथा विशेष दिनहरूमा कुमसोत पुग्नेको भीड नै हुनेगरेको भट्टराईले बताउनुभयो । केही वर्षअघि सडक कालोपत्रे भए तापनि विधुतको समस्या झेल्दै आएका कुमसोत बासीलाई विधुत पुगेपछि सहजता थपिएको छ । विधुत प्रसारणसँगै कुमसोतमा होटलहरु सञ्चालनमा आएका छन् । अहिले ५ वटा होटलहरु सञ्चालनमा रहेको र केही होटलमा आवासको व्यवस्था पनि रहेको छ । दैनिक २०० देखि २५० जनाको हाराहारीमा पर्यटक पुग्नेगरेको देवचुली वडा –६ का अध्यक्ष मीनबहादुर सोती मगरले बताउनुभयो । सडक कालोपत्रेसहित विधुत र खानेपानीको सहजताले कुमसोतको विकासमा सहयोग गरेको वडा अध्यक्ष सोती मगरले बताउनुभयो ।कुमसोत डाँडामा भेटिनुभएकी देवचुली नगरपालिका –१ निवासी शोभा भण्डारी त्यहाँको वातावरण देखेर निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टि मिलेको छ । आफ्नो सपरिवार छोराछोरीसँगै पुग्नुभएकी भण्डारीले कुमसोत डाँडाबाट देखिने मनोरम दृश्य अवलोकनका साथै त्यहाँ खेलाइने पिङ खेलेर घण्टौँ बिताउन पाउँदा आनन्दको अनुभूति भएको बताउनुभयो ।पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको दलदले बजारबाट उत्तरतर्फ ३० मिनेटमा पुग्न सकिने भएकाले उक्त स्थानमा प्रायः मोटरसाइकल, अटो तथा कारमा यात्रा गर्न सहज छ । आन्तरिक पर्यटकहरू गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्नेगरेका छन् । चिसो हावापानी साथै हरियालीबीचमा रहेको कुमसोतमा प्राकृतिक सौन्दर्यले थप साथ दिएको छ ।पिङ खेल्नक लागि साथीहरूसँगै आउनुभएकी कावासोती नगरपालिकाका पवित्रा शर्मा पनि यहाँको वातावरण देख्दा खुसी लागेको बताउनुभयो । उहाँले डाँडामा पुगेर पिङ खेल्दा आकाशमै उडेकोजस्तो भान भएको बताउनुभयो । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गबीचमा रहेको कुमसोत डाँडाबाट देखिने देवचुलीको फाँट हेर्दा आनन्द लागेको उहाँको भनाइ छ । आन्तरिक र बाह्रय पर्यटक भित्र्याउनका लागि वडा कार्यालयले विशेष योजना बनाई काम गरिरहेको अध्यक्ष सोती मगरले बताउनुभयो । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने, गाउँमा होमस्टे निर्माणका लागि पहल गर्ने, गाउँलाई सफा र हरियाली बनाउने अभियान सञ्चालन गर्ने, स्थानीय रूपमा हुने कृषिउपज तथा पशुपन्छीको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता राखिएको छ ।८५ घरधुरी रहेको कुमसोतको अनुमानित जनसङ्ख्या चारसय रहेको छ । गर्मी महिनामा  डाँडा अवलोकन गर्न र पिङ खेल्न टाढा टाढाबाट आउने पर्यटकलाई पिङ खेलेबापत दुई सय रुपियाँ शुल्क लिनेगरिएको छ ।  
News
49,353
तारिफयोग्य ‘नीरफूल’
विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा ।
https://gorkhapatraonline.com/news/67576
काठमाडौँ, जेठ ३१ गते । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा । स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई) छोरीसँग सुख दुःख मिलेर जीवन बिताइरहेका हुन्छन् । स्यरल्हामोले चेन्जारोङलाई विदेश जान कर गरिरहन्छिन् ।  आखिरकार श्रीमतीको बोली हार्न नसकेर चेन्जारोङ मलेसिया पुग्छन् । चेन्जारोङ मलेसिया उडेपछि स्यरल्हामोमाथि ठूलो बज्रपात हुन्छ । सबै गाउँले आआफ्नो काममा लागिरहेका बेला अचानक रुबीभ्यालीमा आएको विनाशकारी भूकम्पले सबै कुरा तहसनहस बनाइदिन्छ । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । छोरी घरभित्र नै पुरिन्छिन् र उनलाई उपचारका लागि काठमाडौँ पु¥याइन्छ । यता आमाको अवस्था पनि उस्तै हुन्छ । घरीघरी छोरीको नाम मात्र लिइरहन्छिन् । यहीँबाट सुरु हुन्छ चलचित्रको मुख्य कथा । छोरी खोज्न काठमाडौँमा भौँतारिँदा एउटी आमाले के कस्तो दुःख बेहोर्नुपर्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय मिलेर पैसा कमाउने लोभमा कसरी एउटी बालिकालाई बिदेसीको हातमा सुम्पन खोज्छन् भन्ने विषय चलचित्रमा पेचिलो तरिकाले पस्कन खोजिएको छ । वैदेशिक रोजगारीमा गएका बुवा फर्किएपछि आफ्नो छोरी खोज्न उनले गरेको दुःख र कष्ट पनि चलचित्रमा देखिन्छ । मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले चलचित्रमा प्रस्तुत गरिएको छ ।तामाङ भाषाको संवादबाट सुरु हुने चलचित्रले सबटाइटल दिए पनि केही समय दर्शकलाई अल्छी लाग्न सक्छ तर बिस्तारै चलचित्रको कथा अगाडि बढ्दा रुचिकार लाग्छ । दर्शकलाई गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले नै आकर्षित गर्छ  । तामाङ भाषाको संवादलाई चलचित्रभित्र प्रयोगमा ल्याएर साहित्यकार तथा पत्रकार फूलमान बलले केही नयाँ कुरा गर्न खोज्नुभएको छ । प्रायः नेपाली भाषाका चलचित्र मात्र हेरिरहनुभएका दर्शकले ‘नीरफूल’ मा अवश्य नै नयाँ भाषाको स्वाद चाख्न पाउनुहुने छ । यसले चलचित्रभित्र अझ धेरै विविधता थप्ने काम गरेको छ । निर्देशक बलको निर्देशनमा बनेको चलचित्रले राम्रो विषयको कथा उठान गरेको छ । आफ्नो पहिलो चलचित्रबाट नै निर्देशक बल दर्शकको मन जित्न सफल हुनुभयो । धेरैले उहाँको निर्देशकीय पक्षको तारिफ गर्नुभएको छ । चलचित्रको कथा सङ्गीत, छायाङ्कनदेखि लिएर विशेष भूमिकामा देखिनुभएकी अभिनेतृ रेखा थापाको नृत्यले पनि दर्शकलाई हलसम्म तान्ने काम गर्छ । समग्रमा चलचित्र उत्कृष्ट कोटीको बनेको छ । चलचित्रमा देखाइएको गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले ‘नीरफूल’ लाई अझ गहकिलो बनाएको छ । चलचित्रमार्फत निर्देशक बलले आफ्नै परिवार र समाजको कथा भन्न खोज्नुभएको छ ।  भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न नै चलचित्रको मुख्य विषय हो । कलाकार दयाहाङ राई र शान्ति वाइबाको अभिनय तारिफयोग्य छ । अन्य कलाकारहरू बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय पनि उत्तिकै तारिफयोग्य रहेको छ ।    
News
44,195
वेस्ट ह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिग
ज्यारोड बावेनले ९० औं मिनेटमा गरेको नाटकीय गोलमा वेस्ट ह्यामले बुधबार फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फ्रेन्स लिग जितेको छ । उसले सन् १९६५यता क्लब इतिहासले कुनै ठूलो उपाधि जितेको यो पहिलो पल्ट हो ।
https://ekantipur.com/sports/2023/06/08/168618582907734773.html
काठमाडौँ — ज्यारोड बावेनले ९० औं मिनेटमा गरेको नाटकीय गोलमा वेस्ट ह्यामले बुधबार फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फ्रेन्स लिग जितेको छ । उसले सन् १९६५यता क्लब इतिहासले कुनै ठूलो उपाधि जितेको यो पहिलो पल्ट हो ।वेस्ट ह्यामले युरोपेली उपाधि जितेको यो दोस्रो पल्ट मात्रै हो । उसले ५८ वर्ष गाडि कप विनर्स कप जितेको थियो । वेस्ट ह्यामले सेड बेनरहमको गोलले ६२ औं मिनेटमा अग्रता लिएको थियो र यो पेनाल्टीमा सम्भव भएको थिया ।त्यसको पाँच मिनेटपछि जियाकोमो बोनाभेन्टुरले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए । यो जितसँगै वेस्ट ह्याम अर्को सिजनको युरोपा लिगका लागि पनि छनोट भएको छ ।
Sports
17,137
कोभिड नेपालः कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड बिरामीको उपचार गर्न 'विशेषज्ञ चिकित्सक परिचालित'
कोभिड-१९ का बिरामीहरूको उपचारको लागि कर्णालीका १० वटै जिल्लामा विशेषज्ञ चिकित्सकहरू खटाइएको अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-57228531
जिल्लामा र पालिका स्तरमा त्यस्ता चिकित्सकहरू खटाइएको उनीहरूको भनाइ छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र प्रदेश अस्पताल सुर्खेतमार्फत् सबै जिल्ला समेट्ने गरेर चिकित्सक खटाइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ। हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला र पश्चिम रुकुमका लागि एक जिल्लामा कोभिड-१९ सम्बन्धी एक विशेषज्ञ चिकित्सक र एक मेडिकल अधिकृत तहका स्वास्थ्यकर्मी खटाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए। प्रभाव कस्तो पर्छ गम्भीर खालका बिरामीलाई मात्र सदरमुकाम पठाउने गरिएको र अन्य बिरामीका लागि स्थानीय तहमा बनाइएका आइसोलेशनमा अक्सिजनको सुविधा भएको आइसीयूको पनि व्यवस्था गरिएको हुनाले सहज भइरहेको उनले जानकारी दिए। सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लामा रहेको कोभिड अस्पतालमा खटाइएको टोली सोमवार त्यसतर्फ प्रस्थान गरेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ। यसअघि जिल्लामा कोभिड-१९ का बिरामीहरूको लागि आवश्यक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सकको अभावका कारण सुर्खेत र जुम्लामा रिफर हुँदै आएका थिए। आफ्नै जिल्लामा चिकित्सकहरू भेटिने भएपछि सहज हुने अपेक्षा गरेको कालीकोट कोभिड अस्पतालको आइसोलेशनमा रहेकी वसुन्धरा पाण्डेले बताइन्। उनले भनिन्, "म मात्रै नभएर मजस्ता धेरै बिरामीलाई सहज हुने भएको छ।" सङ्क्रमणको अवस्था के छ कोभिड-१९ को जोखिमलाई कम गर्ने उद्देश्यले डोल्पा, हुम्ला र मुगुमा ५० शय्याको अस्पताल निर्माण गर्ने र अन्य छ जिल्लामा २०० शय्याको अस्पताल निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो। सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक बजेट पठाइसकेको हुनाले त्यही अनुसारको काम सुरु भइसकेको स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले जानकारी दिए। कर्णालीमा सोमवारसम्म ६,००० जना मा कोभिड-१९ पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ। कर्णालीका विभिन्न जिल्लामा अहिलेसम्म २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। 'नाच्दा मलाई कोभिड लागेको छैन जस्तो महसुस हुन्थ्यो'
Others
65,107
कोभिड भारतः झन्डै ९,००० जनामा म्यूकोर्माइकोसिस अर्थात् 'कालो ढुसी' को सङ्क्रमण
भारतमा म्यूकोर्माइकोसिस अर्थात् 'कालो ढुसी' को सङ्क्रमण भएका ८,८०० जनाभन्दा बढी बिरामी फेला परेका छन्।
https://www.bbc.com/nepali/news-57218158
प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ। कोभिड भएर निको हुके क्रममा रहेका मानिसहरू यसबाट पीडित भएको पाइएको छ। यो रोगमा मृत्युदर ५० प्रतिशत भएको बताइन्छ। सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको छ। कोभिड उपचारका क्रममा स्टेरोइड औषधिको प्रयोगका कारण म्यूकोर्माइकोसिस देखा परेको हुनसक्ने चिकित्सकहरूले बताएका छन्। मधुमेह भएका बिरामीमा यो ढुसीबाट सङ्क्रमण हुने ठूलो जोखिम छ। कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बीबीसीलाई बताएका छन्। अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन्। अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ। म्यूकोर भनिने यो ढुसी माटो, वनस्पति, मलखाद र कुहिएका फलफूल र तरकारीमा पाइन्छ इन्दौर सहरस्थित एउटा अस्पतालमा गत साता कालो ढुसी भएका आठ बिरामी थिए। तर शनिवार साँझसम्म त्यो सङ्ख्या बढेर १८५ पुगेको छ। उक्त अस्पतालमा कार्यरत डा. भीपी पाण्डेका अनुसार तीमध्ये ८० प्रतिशतभन्दा बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ। "कालो ढुसीको सङ्क्रमण अहिले कोभिड-१९ भन्दा बढी चुनौतीपूर्ण बनेको छ। बिरामीले समयमा राम्ररी उपचार नपाउने हो भने मृत्यदर ९४ प्रतिशतसम्म पुग्न सक्छ," उनले भने। उनका अनुसार यसको उपचार पनि महँगो छ तथा औषधिको अभाव छ। के हो म्यूकोर्माइकोसिस? यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ। यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ। मधुमेह वा प्रतिरोध क्षमता क्षीण भएका क्यान्सरका बिरामी वा एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ। चिकित्सकहरूका अनुसार एम्फोटेरिसिन बी अथवा एम्फो-बी भनिने एन्टी-फङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता दिनुपर्छ।
Others
69,001
पोखराले चितवनसँग फाइनल खेल्ने
पोखरा राइनोजले बिहीबार क्वालिफायर्स १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
https://ekantipur.com/sports/2021/10/07/163360284588294631.html
काठमाडौँ — पोखरा राइनोजले बिहीबार क्वालिफायर्स १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पोखराले १ सय २० रनको लक्ष्य १८.२ ओभरमा १ सय २३ रन बनाउँदै पूरा गर्‍यो । पोखराले शनिबार हुने फाइनलमा चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो दिन क्वालिफायर्समा चितवनले पोखरालाई नै ९ विकेटले पराजित गरेको थियो ।सहान अराचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गरि पोखरालाई विजय दिलाए । रिचर्ड लेभी १४, रित गौतम ६ र लोकेश बम शुन्यमा आउट भएपछि अराचिगे र विपनले पोखरालाई उकासेका हुन् ।अराचिगे ५३ र विपिन ४० रन बनाई अविजित रहे । अराचिगेले ४४ बल खेली ७ चौका र विपिनले ३४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सकेको थियो ।पोखराले सुरुआत मै दुई क्याच फुत्काए पनि भैरहवाले त्यसको फाइदा उठाउन सकेन । रोहित पौडेलले खेलको दोस्रो बलमै गरेको प्रहार विपिन रावलले फुत्काउन पुगेका थिए । ओपनिङ ब्याटिङमा आएका रोहित १७ बलमा २ छक्का प्रहार गर्दै १८ रनमै आउट भए ।बंगलादेशका ब्याटर तामिम इकबाल बिनै खेलेको भैरहवाका अर्का ओपनर प्रदीप ऐरी १० रनमा आउट भए । श्रीलंकाका उपुल थाराङ्गाले १२ बलमा १० रनमात्र बनाउन सके । मलेसियाका सर्भिन मुनिआन्डी ३ र कुशल मल्ल १ रनमै आउट भएपछि भैरहवा १० औं ओभरमा ५१–५ को नाजुक स्थितिमा पुगेको थियो ।कप्तान शरद भेषावकर र आरिफ शेखले स्थिति सुधार्ने प्रयास गरेका थिए । आरिफले २४ बल खेली १ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । शरद ३३ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ रन तथा धम्मिका प्रसाद ६ बलमा ४ रन बनाई अविजित रहे ।
Sports
22,114
उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/79879
काठमाडौँ, असोज ११ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।   कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ , “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु–स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उहाँको भनाइ छ । कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा–अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ । इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो ९ध्वजा० र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ । यसमा कुमारी, भैरव र गणेशको रथयात्रा पनि गर्ने परम्परा छ । यस पर्वमा विभिन्न मौलिक नाच र देवी–देवताको प्रदर्शन गर्नुले सांस्कृतिक र धार्मिक परम्परालाई जीवन्त बनाउन सहयोग पुग्दछ । काठमाडौँ उपत्यकाका रैथाने समुदायरजातजातिले आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा इन्द्रजात्रा मनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न मद्दत गर्दछ । तराई–मधेसतिर हरेक वर्षको भाद्रपद शुक्ल पक्ष चतुर्थीको दिन देवी लक्ष्मी र भगवान् विष्णुको विधि–विधानअनुसार पूजा–अर्चना गर्दै अनन्त चतुर्दशी [अनवत] बनाउने परम्परा छ । यसै दिन विष्णुको पूजा–उपासनापछि उहाँलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो ९धागो० बाँध्ने प्रचलन छ । यसले सुख, शान्ति, गृहक्लेशको अन्त्य, धन–धान्यमा वृद्धि र शुभलाभ हुने धार्मिक मान्यता रहिआएको छ । 
News
32,793