title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
रसफोर्डको पेनाल्टीमा इंग्ल्यान्ड विजयी
युरो २०२० अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइतबार रोमानियालाई १–० ले हराएको छ । खेलको ६८औं मिनेटमा मार्कस रसफोर्डले पेनाल्टीबाट निर्णायक गोल गरे । 
https://ekantipur.com/sports/2021/06/07/16230294506473895.html
लन्डन — युरो २०२० अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आइतबार रोमानियालाई १–० ले हराएको छ । खेलको ६८औं मिनेटमा मार्कस रसफोर्डले पेनाल्टीबाट निर्णायक गोल गरे । इंग्ल्यान्डको कप्तानी पनि रसफोर्डले नै गरेका छन् । यस क्रममा उनी २३ वर्ष १८ दिनको उमेरमा इंग्लिस फुटबल टिमको कप्तान हुने सबैभन्दा कान्छो खेलाडीसमेत बने । आइतबारकै अन्य प्रमुख खेलमा बेल्जियमले क्रोएसियालाई १–० र नेदरल्यान्ड्सले जर्जियालाई ३–० ले हराए ।
Sports
22,959
मेयर कप राष्ट्रिय करातेको उपाधि सुदूरपश्चिमलाई
रौतहटको चन्द्रपुर–४ स्थित तुलसीलाल स्मृति खेल मैदानमा आइतबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदकसहित सुदूरपश्चिम प्रदेश टिमले उपाधि हात पारेको छ । ३ स्वर्णसहित प्रदेश २ द्वितिय र एक स्वर्णसहित प्रदेश १ तृतिय हुन सफल भएको छ ।
https://ekantipur.com/sports/2021/02/21/161390288873322281.html
रौतहट — रौतहटको चन्द्रपुर–४ स्थित तुलसीलाल स्मृति खेल मैदानमा आइतबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदकसहित सुदूरपश्चिम प्रदेश टिमले उपाधि हात पारेको छ । ३ स्वर्णसहित प्रदेश २ द्वितिय र एक स्वर्णसहित प्रदेश १ तृतिय हुन सफल भएको छ ।नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीका अनुसार हरेक तौल समूहमा प्रथम हुने खेलाडीले नगद ३ हजार पाएका छन् । त्यस्तै दोस्रोले २ हजार र तेस्रो हुने खेलाडीले नगद एक हजार हात पारेका छन् । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको २५ किलो तौल समूहमा सुदूरपश्चिमका सोनाम तामाङ प्रथम भए । सोही तौल समूहमा गण्डकी प्रदेशका रोमन नेपाली द्वितिय, वाग्मती प्रदेशका विजय थापा मगर र प्रदेश १ का मिण्डे शेर्पा तृतिय भए । ३० किलो तौल समूहमा सुदूरपश्चिमका सन्देश लामा प्रथम, गण्डकी प्रदेशका सन्दिप रुचाल द्वितिय प्रदेश १ का मुन्दुङ र वागमती प्रदेशका अंकित गुरुङ तृतिय भएका छन् । ३५ किलो तौल समूहमा सुदूरपश्चिमका राकेश मानन्धर प्रथम भए । प्रदेश २ का मनिष मगर द्वितिय भएका छन् । ४० किलो तौल समूहमा सुदूरपश्चिमका सुनिल ठगुन्ना प्रथम भए । ४५ किलो तौल समूहमा वाग्मती प्रदेशका रोशन खाती प्रथम भए । ५० किलो तौल समूहमा प्रदेश १ का धनकुमार राई प्रथम भएका छन् । ५५ किलो तौल समूहमा वाग्मती प्रदेशका सुबिन खत्री प्रथम भए । ६० किलो तौल समूहमा प्रदेश २ का स्वतन्त्र मगर प्रथम भएका छन् । ६७ किलो तौल समूहमा प्रदेश २ का सरोज पासवान प्रथम भए । कातातर्फ प्रदेश २ का बब्लु राईन प्रथम भए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीको उपाधि प्रदेश २ का स्वतन्त्र मगरले पाए । राष्ट्रिय प्रतियोगितामा ७ वटै प्रदेशका झन्डै २ सय खेलाडीले भाग लिएका थिए ।
Sports
23,631
कतारी अमिर : कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म
‘म शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्छु,’ २५ जुन २०१३ मा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै कतारका तत्कालीन अमिर हमाद बिन खालिफा अल थानीले भनेका थिए, ‘मैले युवा नेतृत्वका लागि बाटो खोल्ने निर्णय लिएको छु ।
https://ekantipur.com/news/2024/04/24/qatari-emirs-range-from-young-crown-princes-to-influential-rulers-30-22.html
काठमाडौँ — ‘म शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्छु,’ २५ जुन २०१३ मा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै कतारका तत्कालीन अमिर हमाद बिन खालिफा अल थानीले भनेका थिए, ‘मैले युवा नेतृत्वका लागि बाटो खोल्ने निर्णय लिएको छु ।उनी (तमिम) प्रति म पूर्ण रूपमा विश्वस्त छु । उनी आफ्नो जिम्मेवारी लिन सक्षम छन् । बलियो आत्मविश्वास छ । जिम्मेवारी बहन गर्न सक्छन् । आफ्नो मिसन पूरा गर्न सक्षम छन् ।’कतारमा राजाको जेठो छोरा नै उत्तराधिकारी हुने परम्परा छ । तर आफूमाथि तीन जना दाइ भए पनि तमिम अमिर बन्न सफल भए । जेठा दाइ मिस्हाललाई राज्यसत्ताप्रति कहिल्यै चासो भएन । माइला फहदको रुचि राजपाठभन्दा पनि इस्लामिक कट्टरपन्थतर्फ थियो । साइला दाजु जस्सिमले बुबा बिरामी भएको बेला केही समय राजकाज पनि हेरे । तर, पछि उनले पनि राजपाठमा चासो दिन छाडे । त्यसपछि २००३ मा तमिमलाई उत्तराधिकारी घोषणा गरियो । उत्तराधिकारी बनेपछिका हरेकजसो भूमिकामा सफल मानिएका तमिमलाई १० वर्षपछि ३३ वर्षको उमेरमा अमिर (राजा) को जिम्मेवारी दिइएको हो ।शान्तिपूर्ण सत्ता हस्तान्तरण खाडीका लागि दुर्लभ मानिन्छ । शासक (राष्ट्र प्रमुख) को मृत्यु नहुँदै सत्ता हस्तान्तरण विरलै हुने गर्छ । हमाद आफैंले पनि आफ्ना बुवा खलिफाबाट १९९५ मा रक्तविहीन ढंगबाट राज्यसत्ता खोसेका थिए । तमिमका लागि भने राज्यसत्ताको जिम्मेवारी पाउने अवसर दुर्लभ भइदियो । उमेर वा राजनीतिक कारणले शासनसत्ता सुम्पिने परम्परालाई तोड्दै ६१ वर्षीय शेख हमादले स्वेच्छाले युवराज तमिमलाई अमिरको आसनमा बसालेर राजपाठ सुम्पे । र, ‘फादर अमिर’ का रूपमा सल्लाहकारको हैसियतमा बस्न तयार भए ।कतारका संस्थापक शेख मोहम्मद बिन अल थानी (१८५०–१८७८) हुन् । अल थानी परिवारबाट कतारको शासनसत्ता सम्हाल्ने तमिम आठौं राजा हुन् । सन् २०१३ मा तमिमले कतारको शासन व्यवस्थाको बागडोर मात्र सम्हालेनन्, रोजगारीका लागि कतार पुगेका नेपालीसहित लाखौं आप्रवासी श्रमिकको भविष्य पनि उनीसँग जोडिन पुगेको थियो । कतारको कुल जनसंख्या २७ लाखमध्ये ३ लाख मात्र कतारी छन्, बाँकी सबै आप्रवासी कामदार हुन् ।संविधानले नै अमिरलाई कानुनसमेत बनाउन सक्ने कार्यकारी अधिकार दिएको छ । अमिर बनेलगत्तै तमिम सेनाको सर्वोच्च कमान्डर, आर्थिक मामिला र लगानीसम्बन्धी सर्वोच्च परिषद्को अध्यक्ष, सुप्रिम कमिटी फर डेलिभरी र लिगेसीको अध्यक्ष र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भए । उनीसामु प्रमुख तीन चुनौती थिए, बुबाको बलियो विरासतलाई कसरी जारी राख्ने, क्षत्रीय शक्ति सन्तुलन कसरी मिलाउने र विश्व मञ्चमा बलियोसँग छाएको कतारलाई कसरी व्यापक बनाउने ?तत्कालीन अवस्थामा तमिमका बारेमा दुई थरी दृष्टिकोण थिए । एकथरीले भन्थे, ‘उनी युवा कतारीका माग सुन्ने उदारवादी राजा हुन् । जसले राजनीतिक सुधार गर्न चाहन्छन् । मिलनसार र व्यावहारिक छन् । यदि कुनै समस्या आयो भने समाधान गर्न सक्षम छन् । अमेरिकासँग अझै घनिष्ठ सम्बन्ध राखेर विश्वसामु उदाउन सक्छन् ।’ अर्काथरीले उनको क्षमतामाथि प्रश्न उठाएका थिए, ‘खलिफाभन्दा तमिम स्वभावमा बढी रुढीवादी छन् । उनको शासनकालमा देशले कस्तो दिशा लिन्छ, शंकै छ ।’कतारसँग १५ अर्ब ब्यारल तेलको भण्डार र विश्वभर भएको प्राकृतिक ग्यासको १३ प्रतिशत छ । ९० को दशकमा १.५ अर्ब डलरको लगानीमा ग्यास उत्पादनको पहिलो चरण सम्पन्न भएपछि अर्थतन्त्र कायापलट हुन सुरु गरेको कतारलाई आधुनिक बनाउन ठूला आयोजनाहरू बनाउनेदेखि कतार विश्वकप फुटबल खेलाउने तहमा पुग्यो । छोटो समयमा नै मेट्रो रेल कुदाए ।शासनसत्ता हातमा लिएपछि तमिमले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको छैन । विश्वको सबैभन्दा धनी देश बनाउन विकास गरिएको ठूलो ग्यास भण्डारबाट प्राप्त पैसाले कतारको थप विकास गर्न मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा लगानीलाई फैलाएका छन् । उनले हासिल गरेको एकपछि अर्को सफलताले अन्तर्राष्ट्रिय क्षेत्रमा कतारलाई ‘सफ्ट पावर हाउस’का रूपमा परिणत गरिदिएको छ । यो सफलताका पछाडि बेलायतको सेरबोर्न स्कुल र बेलायती सैन्य एकेडेमी स्यान्डहर्स्टमा गरेको अध्ययन पनि जोडिएको छ ।तमिमले राजकाज हातमा लिएदेखि नै कतारमा काम गर्ने कामदारको विषय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नियमित छाउन थाल्यो । ती समाचारको केन्द्रमा नेपाली कामदार हुन्थे । २०२२ को विश्वकप फुटबल आयोजनाका लागि रंगशाला र पूर्वाधार निर्माणको काम गर्न गएका कामदारलाई आधुनिक दाससरह व्यवहार भइरहेको छ भनेर चित्रित हुन थालेको थियो । आर्थिक रूपमा शक्तिशाली, विश्वकै धनीमध्येको देश कतारमा काम गर्ने कामदारमाथि शोषण भइरहेको भन्दा विश्व तरंगित बनेको थियो । किनभने, कतारमा जे–जति पूर्वाधार विकास भएको थियो, त्यसका पछाडि आप्रवासी कामदारको भूमिका महत्त्वपूर्ण थियो । जसको प्रस्थान विन्दु सन् १९४९ बाट सुरु भएको तेलको प्रशोधनलाई मानिन्छ ।त्यतिखेर कतारसँग आफ्नै शैक्षिक र दक्ष औद्योगिक श्रमशक्ति थिएन । पूर्ण रूपमा विदेशी श्रमिकमाथि भर पर्नु पर्थ्यो । भारतीय उपमहाद्वीप र अन्य अरबी देशबाट कामदार लैजान थालिएको थियो । सन् १९७१ मा पहिलोपटक जनगणना हुँदा कतारको जनसंख्या १ लाख ११ हजार १ सय १३ थियो । जसमा कतारी नागरिक ४५ हजार ३९ र विदेशी कामदार ६६ हजार ९४ थिए । जब तेल र ग्यासबाट कतारको अर्थतन्त्र बलियो बन्दै गयो, तब कतारले ७० को दशकमा पहिलोपटक कतार बनाउने बृहत् गुरुयोजना ल्यायो । त्यो गुरुयोजना आएपछि निर्माणको कामले गति लिन थाल्यो । त्यो गुरुयोजना अनुसारको दोहा देख्ने र वैदेशिक रोजगारीका लागि कतार पुग्ने पहिलो पुस्ताका नेपाली अझै कतारको सार्वजनिक सेवामा भेटिन्छन् ।८० को दशकमा फाट्टफुट्ट भेटिन थालेका नेपाली २०१३ मा पुग्दा ४ लाख नाघिसकेका थिए । पछिल्लो दुई दशकमा मात्रै कतारमा १७ लाख नेपालीले काम गरिसकेका छन् । जसको ठूलो हिस्सा न्यून तलब पाउने अदक्ष र अर्धदक्ष कामदार हुन् ।अन्तर्राष्ट्रिय मिडिया विशेष गरी कतारको कफला प्रणाली (स्पोन्सरसिप सिस्टम)मा सुधार गर्नुपर्ने पक्षमा उभियो । कतारले कामदारको हितका पक्षमा कदम चाल्ने प्रतिबद्धता जाहेर गरिरह्यो । कतारले प्रतिबद्धता जाहेर गरेर मात्रै पुग्दैनथ्यो, उसले नतिजा नै देखाउनुपर्ने अवस्था थियो । २०१५ नोभेम्बरमा प्रत्येक महिनाको पहिलो हप्ताभित्र बैंकबाट तलब दिनुपर्ने नीतिलाई कार्यान्वयनमा ल्यायो । यसले पहिलाजस्तो हात–हातमा नगद थाप्नुपर्ने चलन अन्त्य गरिदियो । सबै कामदारको बैंकमा खाता खुल्यो । बाध्यकारी श्रम हटाउन कतार आफ्ना परम्परागत कानुनलाई सुधार गरी खाडीमै नमुना बन्ने बाटो लिन तयार भयो । त्यसका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग प्राविधिक सहयोग लिने र दोहामा यसको कार्यालय खोल्न सहमत भयो । जुन विश्व समुदायले चाहेको र खोजेको विषय थियो । ३० अप्रिल २०१८ मा दोहामा आईएलओको कार्यालय खुल्यो । घरेलु कामदारलाई श्रम ऐनभित्र समेटियो ।सबैभन्दा महत्त्वपूर्ण सुधार कफला प्रणालीको अन्त्य गर्नु थियो । अर्थात् कामदारले चाहेको बेला बिनारोकटोक स्वदेश फर्किन पाउनु हो । कतारले १६ जनवरी २०२० देखि श्रम कानुन लागू हुने कामदारलाई एक्जिट परमिट नचाहिने व्यवस्था गरेको छ । घरेलु कामदारले पनि आफूले चाहेका बेला स्वदेश फर्किन पाउने भएका छन् । आफूसँग भएका मध्ये पाँच प्रतिशत कामदारलाई मात्रै एक्जिट परमिटका लागि रोजगारदाताको स्वीकृति चाहिने व्यवस्था ल्याइयो । खाडीमै पहिलो पटक घरेलु कामदारलाई समेत लक्षित गरी कतारले २३ मार्च २०२१ मा विभेदरहित तलबमान तोक्ने काम भयो । यी सुधार गर्न कतारी अमिर तमिमले नेतृत्व लिएका थिए । ‘कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरेदेखि नै हामीमाथि अभूतपूर्व प्रहार हुने अभियानको सामना गर्नुपर्‍यो,’ तमिमले सुरा काउन्सिलसमक्ष भनेका थिए, ‘जुन अहिलेसम्म कुनै पनि आयोजक देशले सामना गर्नुपरेको थिएन । हामीले सुरुमा यस विषयलाई असल नियतले छलफल गर्‍यौं र केही आलोचनालाई सकारात्मक रूपमा पनि लियौं ।’ श्रम बजार सुधारका लागि बनाइएको कानुनको व्यावहारिक कार्यान्वयनमा भने अझै प्रश्न उठिरहेको छ ।कतारी जनताले तमिमको सबैभन्दा ठूलो परीक्षण नाकाबन्दीको समयमा गरे । ५ जुन २०१७ देखि साउदी अरब, संयुक्त अरव इमिरेट्स (यूएई), बहराइन र इजिप्टले १३ बुँदे माग राखेर कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै जल, हवाई र स्थल मार्गमा नाकाबन्दी नै लगाए । कतारको स्थल सम्बन्ध साउदीसँगै मात्रै छ । ती देशले ‘कतारले इरानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्नुपर्ने, गल्फ काउन्सिल (जीसीसी)को सुरक्षामा दख्खल नपर्ने गरी इरानसँगको व्यापार तथा वाणिज्य कारोबार गर्न पाउने, कतारमा राख्ने भनिएको टर्की सैनिक बेस तत्काल हटाउने र टर्कीसँगको सैन्य अभ्यास बन्द गर्नुपर्ने’ माग पनि राखे । यसका साथै, साउदी, यूएई, बहराइन र इजिप्टले आतंककारी घोषणा गरेको र भविष्यमा गर्ने संगठनसँगको सम्बन्ध आधिकारिक रूपमा अन्त्य गर्नुपर्ने र सहयोग गर्न नपाउने माग पनि तेर्स्याए । ‘कतारमा रहेका साउदी, यूएई, बहराइन, इजिप्ट, अमेरिकालगायत देशले आतंककारी घोषणा गरेको संगठन वा व्यक्तिलाई उनीहरूको आफ्नै देशमा बुझाउनुपर्ने र उनीहरूको सम्पत्ति फ्रिज गरी अल जजिरा नेटर्वक र यसका अन्य संस्थाहरू खारेज गर्नुपर्ने’ उनीहरूका थप माग थिए । यो नाकाबन्दी साउदीले साढे तीन वर्षपछि गल्फ कोअपरेसन काउन्सिलको ४१ औं बैठकको पूर्वसन्ध्यामा आएर हटाएको थियो ।तत्कालीन नाकाबन्दीविरुद्ध लड्न अमिर तमिम सफल रहेको कतारका लागि नेपालका पूर्वराजदूत नारदनाथ भारध्वज बताउँछन् । ‘नाकाबन्दी कतारका लागि निकै ठूलो चुनौती थियो । अमिरको आत्मविश्वास र उनको व्यक्तित्व नै मुलुकको सुरक्षा कवज हो भन्नेमा जनताको विश्वास थियो,’ उनले भने, ‘त्यसैले उनलाई सफलता दिलायो । त्यो नाकाबन्दीले कतारलाई झन् शक्तिशाली बनायो ।’नाकाबन्दीबाट तर्सिएका नागरिक र आप्रवासी कामदारलाई एकदिन पनि खाद्यान्नको अभाव हुन दिइएन । कतार दूधजन्य पदार्थ र खाद्यान्नमा साउदीमाथि पूर्ण निर्भर थियो । ‘टर्की र इरानबाट सामुद्रिक तथा हवाई मार्ग प्रयोग गरेर नियमित रूपमा दूध, खाद्यान्न र तरकारीको आयात भयो । खाद्य संकटलाई शून्यमा झारियो,’ नेपालका पूर्वराजदूत भारध्वजले भने, ‘हवाईजहाज चढेर आएको दूधको भाउ पनि साबिककै थियो । तरकारी बजारको चहलपहल सामान्य नै थियो । एक वर्षपछि त नाकाबन्दी छ भन्ने कुरा नै बिर्सिने परिस्थिति बन्यो ।’ परिणामस्वरूप साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इजिप्ट आफैंले नाकाबन्दी हटाएको घोषणा गरे । यसले अमिर तमिमको राजनीतिक छविले नयाँ उचाइ पाएको विश्लेषकहरू बताउँछन् ।पश्चिम एसियाको नक्सा नियाल्ने हो भने दुई ठूला मुलुक इरान र साउदी अरब देखिन्छन् । यी दुई प्रतिद्वन्द्वी मुलुकको बीचमा पर्सियन गल्फ समुद्र छ । त्यही समुद्रको किनार र साउदी अरबको एक छेउमा रहेको कतार नक्सामा हेर्नका लागि धेरै जुम गर्नुपर्छ । तर, भूगोल र जनसंख्यामा सानो रहेको यो मुलुक विश्वका लागि महत्त्वपूर्ण शक्ति हो । पश्चिम एसियादेखि विश्वका ठूलठूला लफडा र झगडा मिलाउनका लागि कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आइरहेको छ । यस मामिलामा कतारले विश्वको विश्वास जित्न सफल पनि भएको छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको पश्चिमा मुलुक र विश्वका अन्य स्थानमा जानका लागि एउटा टान्जिट हबका रूपमा कतार रहेको छ । यसका साथै, विश्वका ठूला र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनका निम्ति धेरैको रोजाइ कतार हुने गरेको छ । ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु हमास र इजरायलबीच युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय समुदायमा कतारको महत्त्व थप बढेर गएको छ । यी दुई पक्षबीच युद्धविराम गर्न कतारले नै मध्यस्थता गरिरहेको छ ।पश्चिम एसियामा कतारको यही प्रभावशाली भूमिका बुझेर नै होला, मंगलबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले त्यस क्षेत्रमा शान्ति बहाल गर्न लिएको पहलका लागि अमिर तमिमको प्रशंसा गरेका थिए । ‘कतारले तपार्इंको नेतृत्वमा पश्चिम एसियामा शान्ति स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै भने, ‘त्यस क्षेत्रमा द्वन्द्व अन्त्य गर्नका लागि तपाईंको मध्यस्थकर्ता प्रशंसायोग्य छ ।’
News
3,933
व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान
म्याग्दीको मङ्गला गाउँपालिकाले महिलालाई बाख्रापालनसम्बन्धी तालिम प्रदान गरेको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रम अन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलालाई लक्षित गरेर व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएको हो ।
https://gorkhapatraonline.com/news/110508
म्याग्दी समाचारदाताम्याग्दी, जेठ २१ गते । म्याग्दीको मङ्गला गाउँपालिकाले महिलालाई बाख्रापालनसम्बन्धी तालिम प्रदान गरेको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रम अन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलालाई लक्षित गरेर व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएको हो । मङ्गला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा एक हप्तासम्म चलेको व्यावसायिक बाख्रापालन तालिमले महिला व्यावसायिकतातर्फ अग्रसर हुने अपेक्षा गरिएको छ । तालिमपछि व्यवसाय सञ्चालन गर्न लगाउने र उनीहरूलाई पेसा तथा व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्य बाख्रापालन तालिम दिइएको मङ्गला गाउँपालिकाले जनाएको छ ।तालिममा बाख्राको जात, खोर तथा आहार व्यवस्थापन, प्रजनन क्षमता, घाँस खेती, रोग तथा उपचार, जोखिम न्यूनीकरणलगायतका विविध विषयमा सहजीकरण गरिएको थियो ।    
News
34,328
१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।
https://gorkhapatraonline.com/news/40094
कमला, असोज १० गते । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिनुभयो ।उहाँले बरामद गरिएको १९.४१७ केजी चाँदीको रु. १९ लाख ६४ हजार तीन सय ४० मूल्य बराबरको रहेको बताउनुभयो । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
News
61,322
बलियो प्रादेशिक संरचना
इतिहासमा पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ आठ वर्ष पूरा गरी नौ वर्षमा प्रवेश गरेको छ । सशस्त्र सङ्घर्ष र जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्ताबेजका रूपमा रहेको संविधान कार्यान्वयनका लागि तीन तहका सरकार सङ्घ, प्रदेश र स्थानीय तह क्रियाशील छन् । नेपाललाई सङ्घीय संरचनामा लैजाने सङ्घीयताको मुटुका रूपमा रहेका प्रदेश यो संविधानले व्यवस्था गरेको नयाँ संरचना हो । संविधानले दिएको अधिकारबमोजिम प्रदेशले कानुन निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । समाजवाद उन्मुख संविधानलाई कार्यान्वयन गर्न पनि प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ, त्यति छिटो संविधानको मर्मबमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिन्छ ।
https://gorkhapatraonline.com/news/78945
इतिहासमा पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ आठ वर्ष पूरा गरी नौ वर्षमा प्रवेश गरेको छ । सशस्त्र सङ्घर्ष र जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्ताबेजका रूपमा रहेको संविधान कार्यान्वयनका लागि तीन तहका सरकार सङ्घ, प्रदेश र स्थानीय तह क्रियाशील छन् । नेपाललाई सङ्घीय संरचनामा लैजाने सङ्घीयताको मुटुका रूपमा रहेका प्रदेश यो संविधानले व्यवस्था गरेको नयाँ संरचना हो । संविधानले दिएको अधिकारबमोजिम प्रदेशले कानुन निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । समाजवाद उन्मुख संविधानलाई कार्यान्वयन गर्न पनि प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ, त्यति छिटो संविधानको मर्मबमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिन्छ । समाजवादमा पुग्ने लक्ष्यसहित राजनीतिक दलहरूको नेतृत्व र प्रशासनिक नेतृत्वबिच गम्भीर आत्मसमीक्षा गरी छलफलमा जुट्न आवश्यक छ । विकास र समृद्धिका आधारहरू पहिचान गर्ने, ती आधारलाई कार्यान्वयनमा लैजान राष्ट्रिय योजना निर्माण गर्ने, ती योजनालाई जोसुकै सत्तामा भए पनि कार्यान्वयन गर्ने दिशामा लैजानुपर्ने हुन्छ । बहुवर्षीय योजनाले केही हदसम्म त्यो काम गरेको देखिन्छ तर त्यो मात्रै पर्याप्त छैन । सत्तापक्षमा रहेको शक्तिले प्रतिपक्षमा रहेको शक्तिलाई आफ्नो एजेन्डामा सहमति गराउन चाहने र प्रतिपक्षमा रहेको शक्तिले आफू सत्तामा गएको अवस्थामा आफ्ना एजेन्डालाई राष्ट्रिय नीति र योजनामा समेट्न खोज्ने प्रवृत्ति हुन्छ तर संविधान राजनीतिक सम्झौताको दस्ताबेज भए जस्तै विकास र समृद्धिको राष्ट्रिय योजनालाई पनि सम्झौताको दस्ताबेजका रूपमा विकास गर्न आवश्यक देखिएको छ ।  मुलुकको समग्र विकास र समृद्धिका लागि प्रादेशिक संरचनालाई बलियो र अधिकारसम्पन्न बनाउन सक्दा संविधानको मर्म प्रतिविम्बित हुन्छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तरप्रदेश समन्वय परिषद्का बैठक र छलफललाई जति घनीभूत र तार्किक बनाउन सकिन्छ, त्यति नै तीन वटै तहका सरकारका बिचमा समन्वय, सहअस्तित्व, सहकार्य, समझदारी र सहकारिता सुदृढ हुँदै जान्छन् । संविधानको अनुसूची–९ मा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारका साझा सूची छन् । संविधानको अनुसूची–८ मा स्थानीय तहका अधिकार सूची छन् । संविधानको अनुसूची–७ मा सङ्घ र प्रदेशको साझा अधिकारका सूची छन् । संविधानको अनुसूची–६ मा प्रदेशको अधिकारका सूची छन् । संविधानको अनुसूची–५ मा सङ्घको अधिकारका सूची छन् । संविधानको अनुसूची–४ मा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू छन् । नीति, योजना र कानुन निर्माण गर्दा आफू पनि नागरिक हुन्छु भन्ने सोचिदिने हो भने सङ्घ र प्रदेशमा बस्नेले केन्द्रीकृत मानसिकताबाट कानुन बनाउन पर्दैन । आजका नीतिनिर्माता भोलि नागरिक बन्दा सबैभन्दा नजिकको सरकार स्थानीय तहको पनि वडा कार्यालय हुन्छ भन्ने ढङ्गले सोचिदिने हो भने धेरै समस्या समाधान भएर जान्छन् । संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा लगभग कानुन निर्माण भइसकेका छन् भने सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी छन् । सङ्घीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्त रूप लिन सकिरहेका छैनन् । सङ्घ र स्थानीय तहको संरचना पुरानै भए पनि प्रादेशिक संरचना नयाँ छन् । प्रादेशिक संरचना नै सङ्घीयताको खम्बा हुन् । प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बलियो हुन सक्दैन । तीन वटै तहका सरकारको अधिकार क्षेत्रभित्र राखिएका विषयको कार्यान्वयनमा जटिलता आएका छन् । सङ्घीय कानुन नबन्दै प्रदेश र स्थानीय तहमा कार्यान्वयनमा गइसकेका छन् । एकै प्रकृतिका काम गर्न सङ्घ र प्रदेशमा फरक फरक संरचना खडा भएका छन् । त्यस्ता विषय पनि अन्तरप्रदेश समन्वय परिषद्ले छलफल गरी निष्कर्ष निकाल्नुपर्ने विषय हुन् । राजनीतिक सङ्घीयता, वित्तीय सङ्घीयता र प्रशासनिक सङ्घीयतालाई सहजै कार्यान्वयनमा लैजान पनि अन्तरप्रदेश समन्वय परिषद्, प्रदेश समन्वय परिषद् र विषयगत समन्वय परिषद्का बैठक निरन्तर भएमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या छिटो समाधान गर्न÷गराउन सहज हुन्छ । २०८० असार १६ गते पोखरामा भएको अन्तरप्रदेश समन्वय परिषद्को बैठकले लिएका १७ बुँदे निर्णय कार्यान्वयनको क्रममा कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनका लागि भइरहेका सुझाव सङ्कलन र प्राप्त सुझावका आधारमा लिइने निर्णयले संविधान कार्यान्वयनमा अर्को इँटा थपिने आशा जागेको छ । प्रदेशमा प्रहरी समायोजन नहुँदा, सङ्घीय निजामती सेवा ऐन नबन्दा, शिक्षा ऐन नआउँदा प्रादेशिक संरचनाले गति लिन सकिरहेका छैनन् । सङ्घ, प्रदेश र स्थानीय तहमा बनेका कानुन कार्यान्वयनका लागि एक अर्को सरकारका बिचमा सहअस्तित्वको सिद्धान्तलाई अङ्गीकार गर्दै समन्वय र सहकारिता गर्ने, पुराना कानुनलाई संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मबमोजिम परिमार्जन गर्ने कामलाई जति तीव्रता दिइन्छ, त्यति नै छिटो सङ्घीयता सुदृढ र बलियो बन्दै जान्छ । सङ्घमा प्रहरी ऐन बनेर पनि प्रहरी समायोजनको काम हुन सकेको छैन । यद्यपि गृह मन्त्रालयले प्रहरी समायोजनको तयारी भने थालेको छ । राष्ट्रिय नीतिमा प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट गरिदिँदा मात्रै राष्ट्रिय विकासमा प्रदेश र स्थानीय तहको पनि जिम्मेवारी तथा दायित्व देखिन्छ । सङ्घीय सरकारको संयन्त्रले अनुगमन गर्ने हो, कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिने हो । वित्तीय सङ्घीयता माथिबाट आउने मात्रै होइन, तलका योजनालाई ध्यान दिने र प्राथमिकता दिने पनि हो । संविधान गतिशील दस्ताबेज हो । मुलुकलाई समृद्धिको दिशामा लैजान संविधानले प्रशस्त ठाउँ दिएको छ । यदि कुनै त्यस्तो अवरोधपूर्ण दफा छ भने त्यसलाई परिमार्जन गर्न सकिन्छ । संविधानका मौलिक हकसँग सम्बन्धित विषयमा कानुन बनाएर संविधानले निर्देशित गरेका विषयलाई कार्यान्वयनमा लैजानु सङ्घ, प्रदेश र स्थानीय तहको दायित्व हो । तीन वटै तहका सरकारले आआफ्ना दायित्वलाई सम्झेर आफ्ना संयन्त्र र संरचना परिचालन गर्ने हो । सत्ता र शक्ति अस्थायी हो, सक्षम नागरिक बनाउने योजना स्थायी हो । सक्षम नागरिकले आफैँ समृद्धिको बाटो कोर्न सक्छन् र आफ्नो भविष्य मात्र समृद्ध बनाउँदैनन्, देशलाई नै समृद्धिको मार्गमा हिँडाउन सक्षम हुन्छन् । अरू मुलुकका विकासे मोडलको नक्कल होइन, आफ्नै देशभित्रका विकासका मोडल खोज्ने जाँगर सङ्घ, प्रदेश र स्थानीय सरकारले देखाउनु पर्छ । स्थानीय र प्रादेशिक संरचनाले राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न सक्ने काम गर्न सक्छन् भन्ने उदाहरण जहाँ जहाँ छन्, त्यहाँका सफलताका कथा खोजेर नेपाली विकास मोडल बनाउन सकिन्छ । बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको अनलाइन पत्रकारिता पुस्तक त्रिभुवन विश्वविद्यालयको प्राज्ञ परिषद्ले स्वीकृत गरी स्नातक तहको चौथो वर्षको पाठ्यक्रम बनेको छ । बागमती प्रदेशका मन्त्रालय र निकायको सूचना एउटै पोर्टलमा प्राप्त गर्ने गरी सूचना बैङ्क बनाइएको छ । यस्तै संयन्त्र बाँकी छ वटा प्रदेशले बनाउने र सङ्घीय सरकारले सात वटै प्रदेशका सूचना बैङ्कलाई एकीकृत गरेर नेपालको राष्ट्रिय सूचना बैङ्क बनाउन सकिन्छ । बागमती प्रदेशको अनुभव सङ्घीय सरकारका लागि अनुकरणीय हुन सक्छ । अरू प्रदेशले पनि केही न केही नयाँ पक्कै गरेका हुन सक्छन्, तिनको पनि अध्ययन अनुसन्धान गरी सङ्घीय सरकारले नेपालको विकास मोडल बनाउन सक्छ । नेपालको बारेमा सोच्ने व्यक्तिलाई स्वदेशमा राख्ने योजना बनाउने, ग्रामीण क्षेत्रमा बसेर नीति निर्माताले योजना बनाउने, स्वदेशमा वस्तु तथा सेवा उत्पादन गर्ने जनशक्तिलाई प्रोत्साहन गर्ने, स्वदेशमा उत्पादित सामानलाई उपयोग गर्न लगाउने, मौलिक संस्कृति र आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने, शैक्षिक संस्थालाई सिप र ज्ञानयुक्त जनशक्ति उत्पादन गर्न लगाउने, साना तथा मझौला उद्योगलाई प्रवर्धन गर्ने दिशामा सङ्घ, प्रदेश र स्थानीय तहलाई समन्वयात्मक रूपमा परिचालन गर्नु पर्छ । नेपाललाई समृद्ध बनाइदिने अरूले होइन, नेपाली आफैँले हो । हिमाल, पहाड, तराई–मधेशमा रहेका जमिन र ती जमिनमा उत्पादन हुने अन्न तथा फलफूल र त्यसलाई प्रशोधन गर्ने प्रविधि तथा उत्पादन गर्ने, बजारीकरण गर्ने विधि र प्रक्रिया सिकाउने सिप र ज्ञान आजको आवश्यकता हो । त्यही आवश्यकतामा आधारित सिप, ज्ञानको विकास गर्ने र त्यसलाई विस्तार गर्ने दिशामा राजनीतिक र प्रशासनिक नेतृत्वले काम गर्नु पर्छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाएर होइन, समस्याको पहिचान गर्ने र ती समस्यालाई समाधान गर्ने हिसाबले छलफल र बहस गरी निष्कर्ष निकाल्ने हो । नेपालका प्रत्येक स्थानीय तहमा रहेका साधनस्रोतको पहिचान सम्बन्धित पालिकाले पत्ता लगाउने, त्यसका लागि प्रदेशले सहयोग गर्ने र ती साधनस्रोत परिचालन गरेर प्रशोधन पर्ने उद्योग स्थापनामा सङ्घले योगदान गरिदिने मोडलमा अगाडि बढ्नु उपयुक्त हुन्छ । स्वदेशी श्रम, विदेशमा आर्जन भएको सिप र ज्ञानलाई परिचालन गर्ने योजना स्थानीय तह, प्रदेश र सङ्घले समन्वयात्मक ढङ्गले बनाएर कार्यान्वयन गर्नु पर्छ । फेरि पनि नेपालको विकासका लागि सत्तापक्ष र विपक्षी दलहरू फुटेर होइन, सहमति, सहकार्यका साथ अगाडि बढ्नुको विकल्प छैन । नेपालको संविधान सहमतिको दस्ताबेज हो । सहमतिको दस्ताबेजको मूल मर्म पनि यही हो ।    
News
46,585
महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)
आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
https://gorkhapatraonline.com/news/54789
काठमाडौं, फागुन ६ गते ।  आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड छ । आज बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेवलगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरूलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको जानकारी दिनुभयो ।त्यस्तै, अर्की एक दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सहज भएको बताउनुभयो । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको जनाउनुभयो ।महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएका थिए ।
News
58,339
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का कालिका खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/53993
काठमाडौं, माघ २७ गते । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का कालिका खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर के वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सबिन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन हुनुभएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गर्नुभयो ।अनलाइन खबरमा प्रधान सम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानुन क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पार्नुभयो । उहाँले विगतमा भन्दा अहिले कानुन पत्रकारिताको क्षेत्र फराकिलो भएको बताउनुभयो ।
News
58,494
मिडिया काउन्सिल विधेयक पुनर्लेखनको माग
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पुनर्लेखनको माग गरेका छन् ।
https://gorkhapatraonline.com/news/112713
गोरखापत्र अनलाइनकाठमाडौं, असार ५ गते । मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पुनर्लेखनको माग गरेका छन् ।आज नेपाल नेटवर्कले काठमाडौंमा गरेको मिडिया काउन्सिल विधेयक अन्तर संवाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले सो माग गरेका हुन् ।  कार्यक्रममा सांसदहरुले विधेयक जस्ताकोतस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौ प्रावधान सच्याउने प्रतिवद्धता जनाएका छन् । अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी छ । पत्रकार महासंघका पूर्व अध्यक्ष डा. शुरेस आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताकोतस्तै पारित भए मिडिया जगतले  बहिष्कार गर्ने बताउनुभयो । सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका अध्यक्ष नियुक्त गर्ने प्रावधान कानुन सचिवले न्यायाधीश नियुक्ति गरेजस्तै भएकाले त्यसमा गम्भीर असहमति जनाउनुभयो । विधेयक राष्ट्रिय सभामा ल्याउनुअघि सञ्चार मन्त्रालयले डा. आचार्यको संयोजकत्वमा गठित विज्ञ समूहमार्फत मस्यौदा तयार गर्न लगाएको थियो । विज्ञ समुहले बुझाएको सबै विषय फेरबदल गरेर विधेयक आएको आचार्यको भनाइ छ ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विधेयकको सैद्धान्तिक अवधारणापत्रमा नै दर्जनौं अस्पष्टता रहेको बताउनुभयो । बस्नेतले विधेयक पुनर्लेखनको आबश्यकता रहेकाले काउन्सिले लिखित रुपमा संसदीय समितिलाई सुझाव दिने जानकारी दिनुभयो । विधेयकको दफा ३३ मा काउन्सिललाई स्वायत्तता दिने भन्ने तर सञ्चार मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउने भनिएको विषय अमिल्दो भएको उहाँको तर्क छ । यस्तै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलभन्दा पनि पछाडि फर्किनेगरी विधेयक आएको टिप्पणी गर्नुभयो । काउन्सिललाई पूर्ण रुपमा स्वायत्त हुनुपर्ने मत जाहेर गर्दै उहाँले सचिव नेतृत्वको समितिले अध्यक्ष सिफारिस गर्ने र सरकारको प्रतिनिधि काउन्सिलको सदस्य रहने कुरा गलत भएको बताउनुभयो । विधेयकमा सञ्चार मन्त्रालयको सहसचिव काउन्सिलमा सदस्य रहने प्रस्ताव गरिएको छ । यो पूर्ण रुपमा स्वायत्त हुनुपर्छ, दाहालले भन्नुभयो, ‘सरकारले त्यहाँ पनि आफ्नो प्रतिनिधि खोज्नु हुँदैन । कर्मचारीतन्त्रको घेराबन्दी परेर स्वतन्त्र मिडिया कायम रहन सक्दैन ।’सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको, स्नातक उपाधि हासिल गरी पत्रकारिता क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भइ यो क्षेत्रमा विशिष्ट योगदान दिएको प्रस्तावित व्यवस्थालाई काटेर गलत तरिकाले नियुक्ति गर्न खोजेको उहाँको भनाइ छ । डिजिटल राइट्स नेपालका सन्तोष सिग्देलले मिडिया काउन्सिल विधेयकलाई संघीयताको आँखाबाट हेर्न नसकेको र यसको प्रस्तावना नै त्रुटीपूर्ण रहेको बताउनुभयो । यस्तै पत्रकार निर्मला शर्माले विधेयकमा सांसदहरुबिच स्पष्टता हुन जरुरी रहेका बताउनुभयो । उहाँले विधेयकमा समावेशिताको कुरा स्पष्ट लेखिनुपर्नेमा जोड दिनुभयो । छलफलमा राष्ट्रिय सभाको विधायन समितिका सभापतिसहित सांसदहरुले विधेयकमा भएको गलत र कमजोरीलाई संशोधन गरिने बताउनुभयो । समितिका सभापति जयन्ती राईले प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा सांसदहरु कसैको मतभिन्नता नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सभाका सदस्य कमलादेवी पन्तले विधेयकमा सरोकारवालले राखेका सवालभन्दा बाहिर गएर विधेयक पारित गर्न नदिने प्रतिवद्धता जनाउनुभयो । छलफलमा आएका सुझाव र अध्ययनपत्रलाई आधार मानेर छलफल अगाडि बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । विधायन समितिका सदस्य तथा एमालेबाट राष्ट्रिय सभाका प्रमुख सचेतक भगवती न्यौपानेले विज्ञका सुझावलाई समितिको मुख्य छलफलको विषय बनाउने प्रतिवद्धता जनाउनुभयो । विधायन समितिका सदस्य नारायणदत्त मिश्रले मिडिया काउन्सिल विधेयक आफ्ना स्वार्थ अनुकुल छलफल भइरहेको र अभिव्यक्ति स्वतन्त्रतालाई ध्यानमा राखेर बहस गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, विधायन समितिका पूर्व सदस्य अनिता देवकोटा, सांसद सुशीला श्रेष्ठ, नरबहादुर विष्ट लगायतले विधेयकमाथि धारणा राख्नुभएको थियो ।  
News
50,206
स्वदेशी उत्पादन प्रवद्र्धन केन्द्रित मौद्रिक नीति ल्याइने
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले तय गरेको उत्पादनशील अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धनको मूल उद्देश्यलाई नेपाल राष्ट्र बैङ्कले बनाउँदै गरेको मौद्रिक नीति पनि पछ्याउने देखिएको छ ।राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीको भनाइअनुसार राष्ट्रिय पुँजी स्रोतको परिचालन राष्ट्रिय अर्थतन्त्रको उत्पादशीलता बढाउनमा मौद्रिक नीति केन्द्रित हुनेछ । नेपाल व्यवस्थापन सङ्घले मङ्गलबार राजधानीमा गरेको मौद्रिक नीतिबारे सरोकारवालाबीचको अन्तक्र्रियामा अधिकारीले देशभित्र रहेको पुँजी स्रोतलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/18004
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २२ गते । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले तय गरेको उत्पादनशील अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धनको मूल उद्देश्यलाई नेपाल राष्ट्र बैङ्कले बनाउँदै गरेको मौद्रिक नीति पनि पछ्याउने देखिएको छ ।राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीको भनाइअनुसार राष्ट्रिय पुँजी स्रोतको परिचालन राष्ट्रिय अर्थतन्त्रको उत्पादशीलता बढाउनमा मौद्रिक नीति केन्द्रित हुनेछ । नेपाल व्यवस्थापन सङ्घले मङ्गलबार राजधानीमा गरेको मौद्रिक नीतिबारे सरोकारवालाबीचको अन्तक्र्रियामा अधिकारीले देशभित्र रहेको पुँजी स्रोतलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बताउनुभएको हो ।विभिन्न वर्गका वित्तीय संस्थासँग समग्रमा ५५ खर्ब पुँजी रहेको र त्यसलाई सही ढङ्गले परिचालन गर्ने हो भने स्वदेशमै उत्पादन प्रवद्र्धन गर्न सकिने र त्यसका लागि निजी क्षेत्रले पनि स्वपुँजी परिचालनमा लाग्नुपर्ने उहाँको भनाइ थियो । “नेपालको वित्तीय क्षेत्रको यो क्षमता कुल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनु बलियो पक्ष हो,” उहाँले भन्नुभयो, “यो क्षमतालाई सही रूपले परिचालन गर्न निजी क्षेत्रको स्वपुँजी लगानीलाई पनि पैmलाउन सक्नुपर्छ ।”वर्तमान अर्थतन्त्रको अवस्था सहज नभएको भन्दै विगतमा जस्तो सहज र सहुलियतपूर्ण नीति नआउने प्रस्ट सङ्केत उहाँको थियो । अधिकारीले अनुत्पादक क्षेत्रको लगानी नियन्त्रण गर्न त्यस्तो ऋणमा ब्याजदर धेरै पर्न सक्ने र कृषि उत्पादन प्रवद्र्धन हुने तथा साना मझौला उद्योगजस्तालाई भने फरक किसिमको ब्याज संरचना तय हुन सक्ने उहाँको भनाइ थियो । “केही सहनुपर्ने र सम्झौता गर्ने बेला छ,” उहाँले भन्नुभयो, केही समूहलाई ब्याज बेसी पर्ला तयार हुनुपर्छ ।”विदेशी मुद्रा सञ्चिति घटेका बेला आयातको खर्च घटाउनै पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वित्तीय क्षेत्र तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिले आगामी मौद्रिक नीतिका लागि विभिन्न सुझाव दिएका थिए । वित्त कम्पनी सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले कृषि क्षेत्र लक्षित कर्जा दुरुपयोग भएको भन्दै यसलाई अनुगमन गरेर आगामी लगानीलाई प्रभावकारी बनाउन सुझाव दिनु भएको थियो । त्यस्तै सेयर बजार सुधारका लागि माग गरिँदै आएको ४÷१२ को सीमा संशोधन गर्नु जरुरी नरहेको बताउनुभयो । अहिले कुनै सेयर लगानी कर्ताले कुनै पनि एक बैङ्कबाट सेयरका लागि बढीमा चार करोड र समग्रमा १२ करोड रुपियाँभन्दा धेरै ऋण लिन पाउँदैनन् ।बैङ्कर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले मौद्रिक नीतिले धेरै बाध्यात्मक नीति अख्तियार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोत परिचालन प्रभावकारी नभइरहेको भन्दै वित्तीय स्रोतको उच्चतम प्रयोग र  लाभ सिर्जना गर्ने गरी मौद्रिक नीति तय  गर्न  आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समग्र वित्तीय स्थिरता कायम हुने गरी मौद्रिक नीति आउने अपेक्षा रहेको बताउनुभयो ।
News
40,696
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री पौडेल
विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ ।
https://gorkhapatraonline.com/news/52261
काठमाडौं, माघ १२ गते । विभिन्न कार्यक्रमको आयोजना गरी आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो ।भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्नुहुँदै मन्त्री पौडेलले वैध व्यापारको प्रवर्द्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रूपमा रहेको व्यापार सहजीकरण, राजस्व सङ्कलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो ।उहाँले भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवम् राजस्व चुहावट नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो ।अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यक पर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गर्नुभयो ।राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमीकमजोरी तत्काल हटाउने र राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र र क्रियाकलापमा निगरानी बढाउन तथा कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको बताउनुभयो । विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
News
39,263
पब्जीमा एसियाड खेल्दै नेपाली
सरकारले बालबालिका र युवामा समस्या बढेको भन्दै ‘पब्जी’मा तीन वर्षअघि प्रतिबन्ध लगाएको थियो । तर, त्यो निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदियो । यही अनलाइन गेममा नेपाली टिमले एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धा गर्ने भएको छ । ओलम्पिकपछिको प्रतिष्ठित एसियाडमा सहभागी हुने नेपाली टिमको छनोट अहिले भइरहेको छ, जहाँ ६ सय ४४ टिम भर्चुअल युद्ध लडिरहेका छन् ।
https://ekantipur.com/sports/2022/04/20/165041833524151506.html
काठमाडौँ — सरकारले बालबालिका र युवामा समस्या बढेको भन्दै ‘पब्जी’मा तीन वर्षअघि प्रतिबन्ध लगाएको थियो । तर, त्यो निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदियो । यही अनलाइन गेममा नेपाली टिमले एसियाली खेलकुद (एसियाड) मा प्रतिस्पर्धा गर्ने भएको छ । ओलम्पिकपछिको प्रतिष्ठित एसियाडमा सहभागी हुने नेपाली टिमको छनोट अहिले भइरहेको छ, जहाँ ६ सय ४४ टिम भर्चुअल युद्ध लडिरहेका छन् ।सोमबार सुरु भएको प्रारम्भिक छनोट एक साता चल्नेछ । त्यसपछि छनोट भएका १६ टिमले वैशाख १४–१९ मा सेमिफाइनल्स खेल्नेछन्, जसको विजेताले देशको प्रतिनिधित्व गर्दै चीनको हाङझाउमा भदौ २५ देखि असोज ९ सम्म हुने १९ औं एसियाडमा प्रतिस्पर्धा गर्नेछ । नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) का अध्यक्ष सुरज डंगोलले भने, ‘जुनै पनि कुरा धेरै गर्‍यो भने नराम्रो भइहाल्यो । चिनी पनि बढी खायो भने तीतो हुन्छ । त्यसैले नियन्त्रण (पब्जीमा) हुनुपर्छ, तोकेरै खेल्ने समय दिनुपर्छ तर प्रतिबन्ध चाहिँ ठीक होइन । यसलाई कसरी उपयोग गर्न सकिन्छ, त्यतातिरध्यान दिनुपर्छ ।’ उनले थपे, ‘रातभरि खेलेर च्याम्पियन हुने होइन, समय मिलाएर व्यक्तिगत कुरा र स्वास्थ्यमा पनि ध्यान दिन खेलाडीलाई आग्रह गरेका छौं ।’कोभिड–१९ महामारीपछि अनलाइन गेम खेल्नेको संख्या निकै बढेको छ । ‘प्लेयरअननोन ब्याटल ग्राउन्ड्स’ को छोटो नाम पब्जीले चर्चित यस अनलाइन गेमको स्थानीय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि बाक्लिँदै गएको छ । नेपाली टिमले ‘पब्जी मोबाइल प्रो लिग–पीएमपीएल’ राम्रो प्रदर्शन पनि गरिरहेको छ । गत संस्करणमा गरिएको प्रदर्शन र यसपालिको छनोटबाट आएका पीएमपीएल साउथ एसिया स्प्रिङ २०२२ को लिग चरणका २० टिममा ११ टिम नेपाली थिए । उत्कृष्ट १६ ले प्रतिस्पर्धा गर्ने फाइनल्समा नेपालका १० टिम छनोट भएका छन् ।दुई सिजनयता उत्कृष्ट प्रदर्शन गरिरहेको डीआरएस (द रियल सोल्जर्स) का प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले भने, ‘ई–स्पोर्ट्सलाई विश्वव्यापी मान्यता दिइरहेको छ, यसमा नेपाल पनि परेको छ । जुनसुकै खेलका खेलाडीलाई पनि आफ्ना देशलाई केही योगदान गरौं, देशलाई चिनाउन पाऔं भन्ने हुन्छ । त्यसैले एसियाडमा पहिलोपल्ट पब्जीलाई समावेश गर्दा नै नेपाली टिमले प्रतिस्पर्धा गर्ने अवसर पाउनु गर्वको कुरा हो । यसले पब्जीको लोकप्रियता बढाउने छ ।’‘साउथ एसियामा नेपाल एकदम राम्रो छ,’ पौडेलले भने, ‘भारत बेग्लै क्षेत्रमा छ । तर, हामी उसलाई टक्कर दिने अवस्थामा छौं । नेपाली टिमलाई एसियामा पनि कमजोर आँक्न मिल्दैन ।’ दक्षिण कोरियाली कम्पनी ब्लुहोल इन्कले बनाएको पब्जी भारतमा प्रतिबन्धित छ । चीनमा प्रतिबन्धपछि सीमित समय खेल्न पाउने बनाइएको छ । पब्जीमा चीन र इन्डोनेसियाली टिम उत्कृष्ट मानिन्छन् । चीनमा यसलाई ‘गेम फर पिस’ अर्थात् शान्तिका लागि खेल नाम दिइएको छ ।एउटा द्वीपमा दर्जनौं खेलाडीले अरू खेलाडीलाई समाप्त गर्दै बाँच्नका लागि खेलिने यो भर्चुअल गेममा सन् २०१७ मा सुरु भएको थियो । अहिले विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन गेम बनेको छ पब्जी । एसियाडमा ईस्पोर्ट्सका जुन गेम लोकप्रिय छ, त्यसैलाई राखिएको छ ।ई–स्पोर्ट्सका ६ स्पर्धामा नेपालको चुनौतीसन् १९५१ मा दिल्लीबाट सुरु एसियाडमा यसपालि ई–स्पोर्ट्स (इलेक्ट्रोनिक स्पोर्ट्स) लाई औपचारिक खेलको रूपमा समावेश गरिएको हो । जसको निर्णय एसियन ओलम्पिक काउन्सिल (ओसीए) ले दुई वर्षअघि गरेको थियो । परीक्षणका लागि ई–स्पोर्ट्सलाई १८ औं एसियाड (जाकार्ता/पालेम्बाङ) मै प्रदर्शनी खेलको रूपमा राखिएको थियो । हाङझाउ संस्करणमा ३७ खेल समावेश गरिएको छ र त्यसमा एक खेलको रूपमा हुनेछ ई–स्पोर्ट्स । यसमा पब्जीसहित आठ स्पर्धा छन्, जसमा नेपालले ६ विधामा सहभागिता जनाउँदै छ ।एसियाडमा एरिना अफ भेलोर (एओभी), डोटा २, ड्रिम अफ द थ्री किङडोम्स २, फिफा अनलाइन ४, हर्थस्टोन, लिग अफ लिजेन्ड्स, पब्जी मोबाइल र स्ट्रिट फाइटर ५ गरी ई–स्पोर्ट्समा ८ स्वर्णमा प्रतिस्पर्धा हुनेछ । रोबोटिक्स र भर्चुअल रियालिटी (भीआर) लाई प्रदर्शनी खेलमा राखिएको छ । नेसा सञ्चालन गरिरहेको छनोटमा एओभीमा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । फिफा अनलाइन ४ मा १०९, हर्थस्टोनमा १० खेलाडीले नाम दर्ता गरेका छन् । छनोटमा डोटाका लागि सोमबार र ड्रिम अफ द थ्री किङ्डोम्समा मंगबालरदेखि दर्ता खोलिएको छ ।‘लिग अफ लिजेन्ड्समा हाम्रा टिम नै छैनन्, स्ट्रिट फाइटरमा हाम्रो समुदायमा खेलाडी नै भेटिएनन् । त्यसैले यी दुई खेलमा हाम्रो सहभािगता हुने छैन,’ नेसाका अध्यक्ष डंगोलले बताए । गत एसियाडमा लिग अफ लिजेन्ड्सको छनोट खेल्न थाइल्यान्ड पुगेको नेपाली टिम इन्डोनेसियामा स्थान बनाउन असफल भएको थियो । हाङझाउका दुई प्रदर्शनी खेलमा पनि नेपालको सहभागिता नहुने उनले बताए ।‘छनोटका आएका संख्याको हिसाबले ई–स्पोर्ट्समा नेपालमा लोकप्रिय पब्जी नै देखियो,’ अध्यक्ष डंगोलले भने, ‘हार्डकोर फ्यानले डोटा मन पराउँछन् । सजिलोका हिसाबले फिफा (भर्चुअल फुटबल) खेल्छन् ।’ एसियाडबारे उनले भने, ‘हामी पब्जीमा केन्द्रित छौं । यसमा हाम्रो क्षेत्रमा राम्रै गर्छजस्तो लाग्छ । डोटामा पनि नेपाली खेलाडी दक्षिण एसियाली क्षेत्रबाट छनोट भएर ठूलो प्रतियोगितामा गइसकेका छन् । त्यसैले राम्रै गर्छजस्तो लाग्छ । हर्थस्टोन ‘माइन्ड गेम’ हो र यसमा पनि राम्रै गर्ने अपेक्षा गरेका छौं ।’ सन् २०१६ मा स्थापना भएदेखि एमेच्योर गेमर्सलाई प्रवर्द्धन गरिरहेको नेसा आईएसएफ (इन्टरनेसनल ईस्पोर्ट्स फेडेरेसन), एईएसएफ (एसियन ईस्पोटर््स फेडेरेसन) र जीईएफ (ग्लोबल ईस्पोर्ट्स फेडेरेसन) सँग आबद्ध रहेको छ ।
Sports
20,613
उडान रोकिँदा पर्यटन व्यवसाय प्रभावित
मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ । पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।
https://gorkhapatraonline.com/news/49844
भैरहवा समाचारदाताभैरहवा, पुस १९ गते । मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ ।पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।उडान अनियमितताकै कारण पर्यटकको भ्रमण बुकिङ गर्न पनि समस्या परिरहेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो । “पुस, माघ, फागुन पर्यटक घुम्न रुचाउने महिना हो,” पन्तले भन्नुभयो, “यस्तो समयमा उडान नहुने तथा भएका आन्तरिक उडान पनि रद्द हुँदा पर्यटक नमीठो मान्ने गरेका छन् ।” यी सबै समस्याको निराकरणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रयास गर्नुपर्ने पन्तको भनाइ छ ।यो विमानस्थलमा विमान अवतरण प्रणाली इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । आईएलएस एक सटिक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । अरू बेला एक हजार पाँच सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा आठ सय मिटरसम्मको भिजिबिलिटीमा हवाईजहाज अवतरण गराउन सकिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्याट–२ का लागि पनि तयार गर्न सक्ने गरी लगानी गरिएको छ । पछि क्याट–२ मा लैजान सहज होस् भन्ने उद्देश्यले सोसम्बन्धी केही उपकरण तथा बत्ती अहिले नै जडान गरिसकिएको छ ।विमानस्थलमा उपकरण अवतरण प्रणाली रहे पनि यो उपयोगमा आउन सकेको छैन । यसको प्रयोगमा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकाले भारतको स्वीकृति आवश्यक पर्ने दाहालले बताउनुभयो । “आईएलएसमा अवतरण गराउँदा सीमामा रहेको विमानस्थल भएका कारण भारतको पनि केही आकाश प्रयोग हुन सक्छ,” दहालले भन्नुभयो, “यसका लागि भारतको स्वीकृति आवश्यक पर्ने हँुदा माथिल्लो निकायमा कुराकानी हुनुपर्छ ।”यो विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्रले पनि यस क्षेत्रमा उल्लेख्य लगानी गरेका छन् तर पूर्ण रूपमा विमानस्थल सञ्चालनमा नआउँदा यहाँको निजी क्षेत्रलाई चिन्ता थपिएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेका अनुसार भएको सुविधा पनि प्रयोग गर्न नसक्दा अहिले विमानस्थल बन्द रहेको छ । “यत्रो लगानी भइसकेको प्रविधिलाई केही प्राविधिक कारणले गर्दा रोक्न उचित हुँदैन,” न्यौपानेले भन्नुभयो ।   
News
39,517
अध्यक्ष नेपाललाई खनालको प्रश्न : हामीभन्दा ठूलो जबजवाला एमाले छ, त्यता किन नजाने ?
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले जनताको बहुदलीय जनवाद छोड्न नसकिने अध्यक्ष मानवकुमार नेपालको भनाइमा पनि प्रश्न उठाएका छन् । 
https://ekantipur.com/news/2024/01/29/khanals-question-to-president-nepal-uml-is-bigger-than-us-why-not-go-there-27-56.html
काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले जनताको बहुदलीय जनवाद छोड्न नसकिने अध्यक्ष मानवकुमार नेपालको भनाइमा पनि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय परिषदको सोमबारको बैठकलाई सम्बोधन गर्दै खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताएका हुन् । जनताको बहुदलीय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । ‘हामीले आउने महाधिवेशनलाई हरप्रकारले सफल महाधिवेशनको रूपमा सम्पन्न गर्न सक्नुपर्छ । त्यो महाधिवेशनमा प्रस्तुत गर्ने हाम्रा कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति, क्रान्तिको कार्यक्रम छ । हाम्रो क्रान्तिको बाटो छ, यी कुराहरूमा छ्याङ्ग हुनेगरी हामीले हाम्रा नीतिहरू तय गर्न सक्नुपर्छ,' उनले भने, 'कहिले हामी जबज भन्छौँ, कहिले समाजवाद भन्छौँ । कता जाने त ? जबज तपाईं भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ? ठूलो जबजवाला त एमाले छ ।'जबजका कुरा एकीकृत समाजवादीले भन्दा पनि एमाले अध्यक्ष केपी ओलीले भनेको सुन्ने धेरै रहेको खनालको भनाइ थियो । उनले जबजलाई मान्दा खतरा रहेको धारणा राखे ।
News
6,073
बजेटप्रति निजी क्षेत्र उत्साही
आइतबार संसद्मा पेस भएको आव २०७९/८० को बजेट वक्तव्यका प्रावधानलाई निजी क्षेत्रले स्वागत गरेका छ । नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), समुद्रपार निकासी पैठारी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र उत्थानमा केन्द्रित हुने अपेक्षा गरेका छन् । चम्बरले कृषि क्षेत्रको रूपान्तरण, औद्योगिक उत्पादन विस्तार, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा खपत वृद्धिको योजनालगायतका विषय स्वागतयोग्य रहेको जनाएको छ ।
https://gorkhapatraonline.com/news/14541
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १७ गते । आइतबार संसद्मा पेस भएको आव २०७९/८० को बजेट वक्तव्यका प्रावधानलाई निजी क्षेत्रले स्वागत गरेका छ ।  नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), समुद्रपार निकासी पैठारी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र उत्थानमा केन्द्रित हुने अपेक्षा गरेका छन् ।  चम्बरले कृषि क्षेत्रको रूपान्तरण, औद्योगिक उत्पादन विस्तार, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा खपत वृद्धिको योजनालगायतका विषय स्वागतयोग्य रहेको जनाएको छ । चेम्बरले बजेटले लक्षित गरेको आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति दर सात प्रतिशतमा सीमित गर्न भने कठिन हुने औँल्याएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनले आफ्ना माग सम्बोधन गरेको भन्दै गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम राखिएको भन्दै खुसी व्यक्त गरेको छ । बजेटले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ कायम गर्नुका साथै १० करोड रुपियाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गरेकामा खुसी व्यक्त गरेको छ । त्यस्तै धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने कुरालाई सङ्घले सकारात्मक भनेको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा व्यवस्था नवीकरणमा छुटको पनि स्वागत गरेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले बजेटका केही प्रावधान सकारात्मक भएको जनाएको छ । नेपालका निर्माण व्यवसायीले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी)को हकमा जरिवाना, थप दस्तुरमा शतप्रतिशत छुट र ब्याजमा ५० प्रतिशत मिनाहा हुने व्यवस्थालगायतका व्यवस्था सकारात्मक रहेको उल्लेख गरेको छ ।  नेपाल समुद्रपार निकासी पैठारी सङ्घले निकासीमा सरकारले अनुदान बढाएकामा स्वागत गरेको छ । सङ्घले अनुदान प्राप्त गर्ने प्रक्रिया सरल बनाउन पनि आग्रह गरेको छ ।   
News
40,946
म्याराथन गन्तव्य नेपालगन्ज
अनौपचारिक कुराकानीमा वैकुण्ठ मानन्धरले खुला दिलले भनेका छन्, आफ्नो नाममा रहेको म्याराथनको कीर्तिमान कसैले भंग गरे खुसी हुनेछ । सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) मा मानन्धरले बनाएको कीर्तिमानी प्रदर्शन अहिलेसम्म ज्युँको त्युँ छ । समय थियो २ घण्टा १५ मिनेट ०३ सेकेन्ड । लगभग ३५ वर्ष भइसकेको छ, यो दक्षिण एसियाकै कीर्तिमान अझै कायम छ ।
https://ekantipur.com/sports/2022/12/08/167046237637113378.html
काठमाडौँ — अनौपचारिक कुराकानीमा वैकुण्ठ मानन्धरले खुला दिलले भनेका छन्, आफ्नो नाममा रहेको म्याराथनको कीर्तिमान कसैले भंग गरे खुसी हुनेछ । सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) मा मानन्धरले बनाएको कीर्तिमानी प्रदर्शन अहिलेसम्म ज्युँको त्युँ छ । समय थियो २ घण्टा १५ मिनेट ०३ सेकेन्ड । लगभग ३५ वर्ष भइसकेको छ, यो दक्षिण एसियाकै कीर्तिमान अझै कायम छ ।खासमा यो समय आफैंमा उम्दा हो । त्यसैले कोही कसैलाई यसको छेउछाउ पुग्न उत्तिकै गाह्रो छ । नियमित प्रशिक्षणदेखि दृढ महत्त्वाकांक्षा चाहिनेछ यसलाई भंग गर्न । अहिलेको पुस्ताका अधिकांश म्याराथन धावकको मनमा त पक्कै होला, यस प्रदर्शनको छेउछाउ पुग्ने । भंग गर्ने कुरा आफ्नो ठाउँमा छँदै छ । यो सबै पृष्ठभूमि किनभने यही शनिबार नेपालगन्जमा हुने नेपालगन्ज म्याराथन धेरै हदसम्म कोही पनि धावकलाई आफ्नो प्रदर्शन सुधार्न ठीक गन्तव्य हुनेछ । म्याराथनमा दौडको रुट के कस्तो छ त्यसले धेरै फरक पार्नसक्छ । नेपालगन्ज म्याराथनको सबैभन्दा ठूलो विशेषता भन्नु नै यो यसको रुट गजब छ, ठ्याक्कैभन्दा ‘फ्लायट’ छ । समथल बाटोमा दौडिनु र उकालो ओरालो बाटोमा दौडिनुमा फरक हुने नै भयो । प्रतियोगितालाई लिएर केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बेला सागकी स्वर्णधारी खेलाडीद्वय गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले पनि मानेका थिए, नेपालगन्ज म्याराथनको रुट धावकका लागि सबैभन्दा सजिलो छ । फेरि यहाँनिर अर्को प्राविधिक तथ्य छ, नेपालगन्ज समुद्री सतहभन्दा जति माथि छ, त्यो भन्दा माथि काठमाडौं छ । त्यसैले काठमाडौंमा म्याराथन धावकलाई केही गाह्रो हुनसक्छ, विशेषतः विदेशीलाई । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका बेला पनि श्रीलंकाली एथलेटिक्स खेलाडीले भनेका थिए, ‘हाइअल्टिच्युड’ कारण आफूहरूलाई केही गाह्रो भएको थियो । त्यसमाथि काठमाडौंका बाटो उकालो ओरालोसहितका छन् । एथलेटिक्सका पूर्वप्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘ओरालोमा दौडिन अझ गाह्रो हुन्छ । जसले ओरालोमा दौडिन सजिलो भन्छ, त्यो नबुझ्नेले मात्र हो । पक्कै पनि नेपालगन्ज म्याराथनको रुट सजिलो छ । यसको मुख्य कारण भनेको एक त यो फ्लायट रुट हो, अर्को यो समुद्री सतहको काठमाडौंभन्दा तल छ ।’ उनी के मान्छन् भने खेलाडीले कडा मिहिनेत गर्ने हो र उत्तिकै लगनले खेल्ने हो भने नेपालगन्ज म्याराथन कीर्तिमान प्रदर्शनका लागि उपयुक्त गन्तव्य हो । सन् २०२० को नेपालगन्ज म्याराथनमा गोपीचन्द्रले नै २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेका थिए । यो आफैंमा निकै राम्रो समय हो । नेपाली भूमिमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन यसलाई मानिन्छ । त्यतिबेला दोस्रो स्थानमा आउने कृष्णबहादुर बस्नेतले पनि दौड २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरेका थिए । सन् २०१७ मा पहिलो भएका दुर्गाबहादुर बुढाले दौड २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।अझ सन् २०१९ मा नवराज साउदले २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा दौड सिध्याएका थिए । अहिलेसम्म भएका सात संस्करणका म्याराथनमध्ये अधिकांश समय राम्रै समय निस्किरहेको छ । यसको एउटा ठोस कारण त्यही सजिलो रुट र कम हाइअल्टिच्युड नै हो । गोपी त के मान्छन् भने नेपालगन्ज म्याराथन नै त्यस्तो प्रतियोगिता हुनेछ, जहाँ ढिलोचाँडो कुनै न कुनै दिन कीर्तिमानी प्रदर्शन हुनेछ । नेपाली एथलेटिक्स पनि त्यसकै प्रतीक्षामा छ ।
Sports
18,974
तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ ।
https://gorkhapatraonline.com/news/15341
रामपुर जेठ २५ गते । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ । पाल्पा सदरमुकाम तानसेन, रामपुर लगायतका क्षेत्रमा घुमफिर गर्नेको दैनिकजसो उत्साह भेटिन्छ । लामो समयसम्मको बन्दाबन्दी अन्त्य भएसँगै मानिसहरु घुम्न निस्किन थालेका हुन् । दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्कंदैछ ।धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा यतिबेला साथीभाइ, पारिवारिक रुपमा अवलोकन गर्न जानेको चहलपहल देखिन्छ । नेपालको ताजमहल भनेर चिनिने रानीमहल दरबार, एसियाकै ठूलो त्रिशूली रहेको भैरवस्थान, रम्भादेवी मन्दिर, तालपोखरा, राम्चे दृश्यावलोकन (भ्यू टावर) क्षेत्र, रामघाट, सिद्धबाबाधाम, श्रीनगरडाँडा लगायतका स्थानमा अवलोकन गर्न जानेको उपस्थिति बाक्लिँदै गएको छ ।रिब्दिकोट गाउँपालिका–४ स्थित भैरवस्थान मन्दिरमा पछिल्लो समय दैनिकजसो दर्शनार्थीको उपस्थिति बढ्दै जान थालेको छ । शनिबार र सार्वजनिक बिदाका दिन पाँचदेखि सात हजारसम्म पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ हुनुअघि भने शनिबार र बिदाका समयमा एक दिनमा १० देखि १२ हजारसम्म पर्यटक भित्रिने गरेका थिए । कोभिडले करिब दुई वर्षसम्म सुनसान बनेको मन्दिरमा अहिले पुनः पर्यटकको सङ्ख्या थपिँदै गएको छ ।जनजीवन सामान्य अवस्थामा फर्कंदै गएपछि अहिले रोटको व्यापार बढ्न थालेको व्यवसायी वीरबहादुर पोखरेलले बताउनुभयो । शनिबारका दिन बढीमा ५० देखि ६० सम्म रोट बिक्री हुने गरेको उहाँको भनाइ छ । भैरव मन्दिरमा रोट चढाउने परम्परा छ । “कोरोना कहरले रोटको व्यापार चौपट बन्यो, कोभिडको त्रास कम हुँदै जाँदा अहिले पुनः थलिएको व्यवसाय विस्तारै उठ्दैछ, पहिलाकै अवस्थामा त आउन सकेको छैन, तैपनि हिजोआज मन्दिरमा पर्यटकको दर्शनार्थी बढ्दै जान थालेपछि व्यापार विस्तारै फस्टाउँदैछ,” उहाँले भन्नुभयो । उहाँले भैरव मन्दिर परिसरमा १३ वर्षदेखि रोटको व्यापार गर्दै आउनुभएको छ । वैशाखदेखि यहाँ दर्शनार्थी बढ्दै गएको पोखरेल बताउनुहुन्छ । बिहान ६ देखि साँझ ४ बजेसम्म मन्दिरमा पूजाआजा हुने गर्दछ । यहाँ महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको त्यहाँका पुजारीको भनाइ छ । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ । भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले पाल्पासहित गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ्ग लगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् । पाल्पाका तत्कालीन सेनवंशी राजा मणिमुकुन्द सेनले १६औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । दुई तला रहेको मन्दिरमा माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा भयङ्कर काल भैरवको मूर्ति रहेको छ । यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गर्दछन् । यस्तै, तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गरेको पाइन्छ । भाकल गरेका कुरा पूरा हुने जनविश्वास, एसियाकै ठूलो त्रिशूली रहेकाले पनि यहाँ धेरै दर्शनार्थी आउने गर्दछन् । यहाँ राँगा, बोका, कुखुराको बलि दिइन्छ । पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुन्द्र सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छे, धौलागिरि, नीलगिरि लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् ।कोरोना कहरका कारण आठ महिना पूर्ण रुपमा बन्द हुन पुगेको मन्दिरमा अहिले पुनः पर्यटकको चहलपहल हुँदै जाँदा मन्दिर आसपासको क्षेत्रमा व्यापार व्यवसाय फस्टाउने क्रम बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो । लामो समय मन्दिर पूर्णरुपमा बन्द हुन जाँदा आम्दानीको स्रोत पनि घटेको छ । तर अहिले भने पुनः पूजाआजा सुरु भएसँगै आम्दानी गर्ने अवसर जुट्दैछ । “मन्दिरका कारण स्थानीयलाई आयआर्जन गर्ने राम्रो अवसर मिलेको छ, गाउँघरमा उत्पादन भएका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गतिलो माध्यम बनेको छ, मन्दिरले यहाँका ४० घरपरिवारलाई विभिन्न क्षेत्रमा स्वरोजगार सिर्जना गरेको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो । उहाँका अनुसार मन्दिरले मासिक रुपमा १८ जना कर्मचारीलाई रोजगारी दिइरहेको छ भने भिडभाड बढेका समयमा ज्यालादारीमा कर्मचारी परिचालन गर्ने गरिएको छ । मन्दिर क्षेत्रमा चारवटा राम्रा खालका रिसोर्ट सञ्चालन गरिएको छ भने निजीस्तरबाट पर्यटन प्रवद्र्धन गर्दै जीपलाइन सञ्चालन गरिएपछि यहाँ आउने पर्यटक बढ्दै गएका छन् । मूल मन्दिरको पुनःनिर्माण सम्पन्न गरी गत वैशाख १ गते विधिवत् रुपमा उद्घाटन गरिएको थियो ।रिब्दिकोट गाउँपालिका–५ र ६ को सिमानामा पर्ने जलेश्वर मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी बढ्दैछन् । भैरवस्थानबाट सो ठाउँमा पुग्न करिब नौ किलोमिटरको दूरी पर्छ । राजा मणिमुकुन्दले शनिबार भैरवस्थान मन्दिर दर्शन गर्ने, सोमबार जलेश्वर र मङ्गलबार पुनः भैरवमा आएर दर्शन गरेर फर्कने गरेको किंवदन्ती पनि छ । जलेश्वर मन्दिरमा केही समय चहलपहल कम हुँदै गएकामा स्थानीय सरकार बनेपछि भने पुनः चहलपहल बढ्दैछ । कोभिडका कारण लामो समयसम्म थलिएको पाल्पाको पर्यटन तङ्गँ्रदै जाँदा यहाँका पर्यटन व्यवसायी, उद्योगी, व्यापारीहरु उत्साहित बनेका छन् । बन्दाबन्दीले नाजुक अवस्थामा पुगेको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । बन्दाबन्दीले पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य बन्यो । यहाँ पर्यटक लक्षित व्यवसाय धाराशयी अवस्थामा नै नपुगेका पनि होइनन्, तैपनि व्यवसायीले भने हार खाएनन् । लामो समयको बन्दाबन्दी खुलेसँगै व्यावसायिक वातावरण बन्दै जाँदा व्यापार व्यवसाय विस्तारै व्यवसाय बढ्न थालेको बताउनुहुन्छ, न्यू होटल श्रीनगर एन्ड रेष्टुरेन्ट रामपुरका सञ्चालक महेश श्रेष्ठ । “पर्यटकलाई लक्षित गरी व्यवसाय बढाउने क्रममा कोभिडको मारमा परियो, व्यवसाय चौपट बन्यो, तैपनि अहिले फेरि बिस्तारै व्यापार अगाडि बढ्दैछ, अब केही हुन्छ कि भन्ने आशा पलाएको छ,” उहाँले भन्नुभयो ।ठूला लगानीमा चलाइएका व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको थियो व्यवसायीलाई । कोभिडको असर कम हुँदै गर्दा होटल तथा रेस्टुरेन्ट खुल्दै गए । लामो समय घरभित्र बन्द अवस्थामा बिताउन बाध्य पर्यटक कोभिडको त्रास कम भएपछि पारिवारिक तथा साथीभाइसँग घुमफिर र मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरु भित्रिने क्रम विस्तारै रहेको बताउनुहुन्छ, नमस्ते पाल्पा होटल एन्ड रेष्टुरेन्टका सञ्चालक कमल पाण्डेय । “व्यवसाय सुरु गरेको चार÷पाँच महिना नहुँदै बन्दाबन्दी सुरु भयो, लगानी ठूलो तर सोचेजस्तो व्यापार छैन, सुस्त गतिमा हिजोआज ग्राहक आउने क्रमले केही सन्तुष्टि मिलेको छ, हामीजस्ता ठूला व्यवसायीलाई कोभिडले नराम्रोसँग गाँजेको छ,” उहाँले भन्नुभयो ।रामपुरको राम्चे सामुदायिक वनको भ्युटावर क्षेत्रमा दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटक पुगेकै हुन्छन् । यहाँ अहिले वनभोज जानेको पनि उत्तिकै आकर्षण छ । शनिबार र बिदाका दिन सयभन्दा बढी पर्यटक आउने गरेको वन समूहका सचिव राधिका भण्डारी बताउनुहुन्छ । “बजार क्षेत्र नजिकै रहेको हुँदा बेझाड बजार घुम्न आएका, कामविशेषले सामान किनमेल गर्ने केही ग्राहक समय छुट्याएर भ्युटावर घुमेर फर्कने गर्छन्, गर्मीयाममा शीतलता हुने भएकाले दिउँसो र साँझ अबेरसम्म प्रकृतिसँग रमाउँदै कालीगण्डकी बेँसीको दृश्यावलोकन गर्नेको उत्साह बढ्दो छ,” उहाँले भन्नुभयो ।बजारको होहल्लाबाट शान्त वातावरणमा रहन, दिनभरको कामको थकान मेट्न साँझपख परिवारसहित, साथीभाइसँग मिलेर राम्चे भ्युटावर क्षेत्रमा पुग्ने गर्दछन् । रामपुर उपत्यकासँगै स्याङ्जा, तनहुँका केही भूभाग एकै नजरमा दृश्यावलोकन गर्न पाइने भएकाले यहाँको भ्युटावर अवलोकनकै निम्ति पनि कतिपय आन्तरिक पर्यटक भित्रिन्छन् ।चारैतिर हरियाली वन जङ्गल, उत्तरतर्फ कालीगण्डकी नदी बहेको दृश्य । झट्ट हेर्दा काठमाडौं उपत्यका जस्तै देखिने, सहरीकरणतर्फ उन्मुख रामपुर उपत्यका, बजार भरिँदै गरेको रामपुरको मुख्य मुटु बेझाड बजार । कालीगण्डकी बेँसीको दृश्य एकै नजरमा देख्न सकिने बेझाड बजारको सिरानमा रहेको राम्चे सामुदायिक वन यतिबेला पर्यटक आकर्षणको अर्को केन्द्रविन्दु बनेको छ । ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्बन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएपछि अहिले यहाँ रमाउन आउने पर्यटक बढ्दैछन् । कोभिडको समयमा घरभित्रै बस्न बाध्य भएका नागरिक वातावरण सामान्य बनेसँगै फुर्सदको समय घुमफिरमा बिताउन थालेका छन् ।हरियाली वनको चिसो शीतलता, चराचुरुङ्गीको मीठो गुञ्जयमान आवाज, उत्तरतिर हेर्दा सुन्दर रामपुर उपत्यकासँगै कालीगण्डकी बेँसीको दृश्य यहाँबाट हेर्दा मनका पीडा नै भुलाइदिने खालको प्राकृतिक सुन्दरता छ । रामपुर नगरपालिका–५ स्थित यो वन ९७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन क्षेत्रको पाँच हेक्टर क्षेत्रफल छुट्याएर पर्या–पर्यटनका रुपमा विकासका कामहरु भइरहेको छ । तीन कोठाको कार्यालय भवन, रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रम, वन समूहको भेला, बैठक, गोष्ठी सञ्चालन गर्नका लागि उपभोक्ता तथा विभिन्न व्यक्तिको सहयोगमा निर्मित ३५० मानिस अट्ने क्षमताको सभाहल पनि छ । जिल्ला भूक्षय तथा जलाधार नियन्त्रण कार्यालयको रु १० लाख सहयोगमा पानीको फोहरा निर्माण तथा पानीट्याङ्की निर्माण गरिएको छ । यहाँ पर्यटकलाई लक्षित गरी पानीको फोहरा, वनभोज स्थलको तल्लो भागदेखि दृश्यावलोकन स्तम्भसम्म पुग्ने पक्की पैदलमार्ग, दैनिक चार समूहसम्म अट्ने क्षमताका छुट्टाछुट्टै वनभोजका लागि संरचना तयार छ ।एक समूहबाट रु ५०० शुल्क कायम गरिएको छ भने घुम्नका लागि मात्रै आउनेलाई प्रतिव्यक्ति रु १० टिकटको व्यवस्था छ । बस, कार, भ्यानजस्ता ठूला सवारी साधनमा आउने भ्रमण टोलीलाई रु २५०, मोटरसाइकल, स्कुटरमा आउने एक जनाको रु ३०, दुई जना आउनेलाई रु ५० शुल्क तोकिएको छ । यहाँ बँदेल, मृग, खरायो, कालिज, चितुवा, दुम्सील गायतका वन्यजन्तु, चराचुरुङ्गी पाइन्छन् । साल, खयर, कटुस, अमला, हर्रो, बर्रो, सर्पगन्ध, कुरिलो लगायतका विभिन्न प्रजातिका बहुमूल्य वनस्पतिले यस क्षेत्रको जैविक विविधतालाई उजागर गरेको छ । देशका १०० पर्यटकीय गन्तव्य स्थलका रुपमा सूचीकृत तालपोखरामा कोरोना कहर कम हुँदै गएपछि डुङ्गा पुनः सञ्चालन गरिएको छ । कोभिडको समयमा जोखिमलाई दृष्टिगत गर्दै यहाँ डुङ्गा सञ्चालन बन्द गरिएको थियो । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङ्गा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ । उहाँका अनुसार बिहान ७ देखि साँझ रात नपरुन्जेलसम्म दुई डुङ्गा चालकले सेवा दिइरहेका छन् ।कोरोना कहर सामान्य बन्दै जाँदा तालपोखरा घुम्ने पर्यटक बढ्दै गएका छन् । यहाँ नियमित रुपमा दुईवटा डुङ्गा चलेकै हुन्छ । दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिन आउने पर्यटकको सङ्ख्या थपिँदै गएको बताउनुहुन्छ, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्ने गरेको उहाँको भनाइ छ ।
News
62,950
‘समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक’
नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् । नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने बताएका हुन् ।
https://gorkhapatraonline.com/news/101866
काठमाडौँ, चैत १७ गते । नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् । नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयका प्रा.डा.केशवराज जोशीले गाउँ तहसम्म पुगेर गहन ढङ्गले अनुसन्धान गर्नुपर्ने बताउनुभयो । “ग्रामीण क्षेत्रका समस्या के छन्, समाधानका उपाय के हुनसक्छ, सरोकारवालाको भूमिका कस्तो रहन सक्छ, भन्ने विषयलाई गहन अध्ययन गर्नुपर्छ, उक्त अध्ययनले देश विकासमा सहयोग पुग्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो ।प्रा डा जोशीले नेपालमा अनुसन्धान गर्ने क्रम कमी भएको बताउँदै समाजलाई योगदान गर्ने अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली सेना नर्सिङ क्याम्पसकी प्रा.डा.सरस्वती शर्माले अनुसन्धानलाई व्यापकता दिएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । अनुसन्धान क्षेत्रले मात्र नयाँ कुराहरु निर्माण गर्ने भएकाले नयाँ पुस्ता अनुसन्धानमा लाग्नुपर्ने उहाँको सुझाव थियो । एनपीआरसीका अध्यक्ष डा.तेजबहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । डा.दशरथ न्यौपानेले अनुसन्धान क्षेत्रको विकासका लागि बहुविषयक अनुसन्धान आवश्यक रहेको बताउनुभयो । अनुसन्धानदाता समाजका अध्यक्ष डा.दिवतकुमार श्रेष्ठले शिक्षा पद्दतिमा आमूल परिवर्तन गर्नका लागि नयाँ खोज र अनुसन्धान आवश्यक रहेको बताउनुभयो । समाजका उपाध्यक्ष डा.महेश्वरप्रसाद यादवले अनुसन्धानका नवीन विद्याहरु औँल्याउँदै अगाडि बढ्नुपर्ने जोड दिनुभयो । कार्यक्रममा अनुसन्धानदाताहरुले १५ वटा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस 
News
32,037
दक्षिण एसियामा कोरोना प्रभाव
कोरोना सङ्क्रमणको निदान र उपचारको प्रविधि, कोरोनाविरुद्धको भ्याक्सिन र यसप्रतिको जनचासो र जनचेतनाको विकासले गर्दा पछिल्लो समय विश्वभरि कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यो परिवेशमा दक्षिण एसियामा पनि पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ ।
https://gorkhapatraonline.com/news/46698
कोरोना सङ्क्रमणको निदान र उपचारको प्रविधि, कोरोनाविरुद्धको भ्याक्सिन र यसप्रतिको जनचासो र जनचेतनाको विकासले गर्दा पछिल्लो समय विश्वभरि कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यो परिवेशमा दक्षिण एसियामा पनि पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ ।सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरका अनुसार कोरोनाका कारण दक्षिण एसियामा हालसम्म (२०२२ नोभेम्बर २५ सम्म) जम्मा ५,०४,०५,३९२ जना सङ्क्रमित भएका छन् भने ६,२७,६४६ जनाको यसैका कारण मृत्यु भइसकेको छ । त्यस अर्थमा हालसम्म दक्षिण एसियाको कुल जनङ्ख्याको २.६% मा कोरोना सङ्क्रमण भइसकेको छ भने ०.३३% को यसैका कारण ज्यान गइसकेको छ ।स्मरण रहोस् दक्षिण एसियाको पछिल्लो जनसङ्ख्या करिब एक अर्ब नब्बे करोडभन्दा धेरै पुगेको छ । यहाँ विश्वका करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्छन् । यस क्षेत्र हाल विश्वकै उच्च जनसङ्ख्या र उच्च जनघनत्व भएको भौगोलिक क्षेत्र बनेको छ ।पछिल्लो समय दक्षिण एसियामा दैनिक कोरोना सङ्क्रमण र मृत्यु निकै न्यून देखिन्छ, जुन औसतमा क्रमशः एक हजार र १० भन्दा कम रहेको छ । जुन विश्वको कुल दैनिक सङ्क्रमणको करिब ०.५% भन्दा कम र कुल दैनिक मृत्युको करिब १–२% जति हुन आउँछ । त्यस अर्थमा पछिल्लो समय दक्षिण एसियामा कोरोना सङ्क्रमण अन्यत्रभन्दा निकै कम र शान्त देखिन्छ । स्मरण रहोस् दक्षिण एसियामा कोरोना प्यान्डेमिकका ठूल्ठूला लहर आएका बेला दैनिक तीन–चार लाख नयाँ सङ्क्रमण र दैनिक चार हजारभन्दा धेरै नयाँ मृत्यु भेटिने गरेको थियो । एक समय यति धेरै कोरोना सङ्क्रमण भेटिएको र विश्वको यति धेरै जनघनत्व भएको क्षेत्रमा १% भन्दा कम दैनिक कोरोना सङ्क्रमण देखिनुले पनि हाल यस क्षेत्रमा कोरोना सङ्क्रमण निकै कम छ भन्ने पुष्टि हुन्छ ।विश्वको कुल तथ्याङ्कसँग तुलना गर्दा हालसम्म दक्षिण एसियामा विश्वको कुल कोरोना सङ्क्रमणको करिब ७.९% सङ्क्रमण र कुल कोरोना मृत्युको करिब ९.५% मृत्यु देखिएको छ । त्यस्तै दक्षिण एसियामा एसियाको कुल सङ्क्रमणको करिब २५% सङ्क्रमण रहेको छ भने एसियाको कुल मृत्युको करिब ४२% कोरोना मृत्यु यसै क्षेत्रमा भेटिएको छ । त्यस अर्थमा दक्षिण एसियाको कोरोना सङ्क्रमणको तुलनामा मृत्यु अनुपात निकै धेरै रहेको छ । हालसम्म कोरोना सङ्क्रमण र मृत्यु सबैभन्दा धेरै देखिएको देश अमेरिकाको कोरोना तथ्याङ्कसँग दक्षिण एसियाको तुलना गर्ने हो भने यस क्षेत्रमा हालसम्म अमेरिकामा भन्दा कुल कोरोना सङ्क्रमण करिब आधा र कुल कोरोना मृत्यु करिब ६०% भेटिएको छ ।विश्वका अन्य भौगोलिक क्षेत्रको तथ्याङ्क हेर्ने हो भने विश्वको कुल कोरोना सङ्क्रमणको युरोपमा करिब ३७% रहेको छ भने एसियामा करिब ३०.५%, उत्तर अमेरिकामा १८.५%, दक्षिण अमेरिकामा १०%, अफ्रिकामा २% र अस्ट्रेलियामा २% सङ्क्रमण देखिएको छ । त्यस्तै मृत्युको हकमा युरोपमा करिब २९.५%, उत्तर अमेरिकामा २३.५%, एसियामा २२.५%, दक्षिण अमेरिकामा २०%, अफ्रिकामा ४% र अस्ट्रेलियामा ०.५% भन्दा कम कोरोनाबाट मृत्यु भएको देखिएको छ ।समग्रमा दक्षिण एसियाको कोरोना मृत्यु दर १.२५% देखिएको छ । अर्थात् दक्षिण एसियामा हालसम्म औसतमा प्रति १०० सङ्क्रमित १.२५ जना (प्रति १०,००० सङ्क्रमित १२५ जना) को कोरोनाका कारण मृत्यु हुने गरेको छ । विश्वको औसत कोरोना मृत्यु दर, ध्ज्इ को तथ्याङ्कअनुसार, करिब १.०४% रहेको छ भने एसियाको करिब ०.७६% रहेको छ, जुन दक्षिण एसियाको भन्दा निकै कम हो । अन्य क्षेत्रका कोरोना मृत्यु दर हेर्ने हो भने दक्षिण अमेरिकाको २%, अफ्रिकाको २%, उत्तर अमेरिकाको १.३%, युरोपको ०.८% र अस्ट्रेलियाको ०.१७% रहेको छ ।माथिका तथ्याङ्कले के देखाउँछ भने दक्षिण एसियामा कोरोना सङ्क्रमण तुलनात्मक रूपले अन्यत्रजस्तै या केही कम भए पनि कोरोनाबाट  मृत्यु हुने भने यस क्षेत्रमा धेरै छन् । सायद यसको कारण यस क्षेत्रको गरिबी, अशिक्षा र कमजोर स्वास्थ्य सेवा नै हुनुपर्छ ।सङ्क्रमण सङ्ख्याअनुसार हालसम्म (२०२२ नोभेम्बर २५ सम्म) दक्षिण एसियामा सबैभन्दा धेरै सङ्क्रमण क्रमशः भारतमा ४,४६,७०,८३०, बङ्गलादेशमा २०,३६,४४९, पाकिस्तानमा १५,७५,०३९, नेपालमा १०,००,८७५, श्रीलङ्कामा ६,७१,६१०, अफगानिस्तानमा २,०५,३९१, माल्दिभ्समा १,८५,५८४ र भुटानमा ५९,६१४ देखिएको छ ।त्यस अर्थमा दक्षिण एसियामा विभिन्न देशको कोरोना सङ्क्रमण अनुपात हेर्ने हो भने, दक्षिण एसियाको कुल सङ्क्रमणमध्ये भारतमा ८८.६%, बङ्गलादेशमा ४%, पाकिस्तानमा ३.१%, नेपालमा २%, श्रीलङ्कामा १.३%, अफगानिस्तानमा ०.४%, माल्दिभ्समा ०.३७% र भुटानमा ०.१% सङ्क्रमण देखिएको छ ।त्यस्तै कोरोना मृत्यु सङ्ख्याअनुसार हालसम्म सबैभन्दा धेरै मृत्यु क्रमशः भारतमा ५,३०,६०४, पाकिस्तानमा ३०,६३०, बङ्गलादेशमा २९,४३१, श्रीलङ्कामा १६,७९७, नेपालमा १२,०१९, अफगानिस्तानमा ७,८३३, माल्दिभ्समा ३११ र भुटानमा २१ मृत्यु देखिएको छ । त्यस अर्थमा दक्षिण एसियामा विभिन्न देशको कोरोना मृत्यु अनुपात हेर्ने हो भने दक्षिण एसियाको कुल मृत्युमध्ये भारतमा ८४.५%, पाकिस्तानमा ४.९%, बङ्गलादेशमा ४.७%, श्रीलङ्कामा २.७%, नेपालमा १.९%, अफगानिस्तानमा १.२%, माल्दिभ्समा ०.०५% र भुटानमा ०.००३% मृत्यु देखिएको छ ।त्यस्तै प्रत्येक देशको आफ्नो जनङ्ख्याका आधारमा कोरोना सङ्क्रमणको अनुपात हेर्ने हो भने सबैभन्दा धेरै क्रमशः माल्दिभ्समा ३४.४%, भुटानमा ७.७%, नेपालमा ३.४%, श्रीलङ्कामा ३.३%,भारतमा ३.२%, बङ्गलादेशमा १.२%, पाकिस्तानमा ०.७% र अफगानिस्तानमा ०.५% जनसङ्ख्यामा सङ्क्रमण देखिएको छ । कोरोना मृत्युको हकमा प्रत्येक देशको आफ्नो जनसङ्ख्याको आधारमा सबैभन्दा धेरै क्रमशः श्रीलङ्कामा ०.०८%, माल्दिभ्समा ०.०६%, भारतमा ०.०४%, नेपालमा ०.०४%, बङ्गलादेशमा ०.०२%, अफगानिस्तानमा ०.०२% पाकिस्तानमा ०.०१% र भुटानमा ०.००३% जनसङ्ख्याको यसैका कारण मृत्यु भएको छ । त्यस्तै दक्षिण एसियाली देशमा कोरोना मृत्यु दर हेर्ने हो भने (सङ्क्रमण भएकामध्ये) सबैभन्दा धेरै क्रमशः अफगानिस्तानमा ३.८%, श्रीलङ्कामा २.५%, पाकिस्तानमा १.९%, बङ्गलादेशमा १.५%, भारतमा १.२% , नेपालमा १.२%, माल्दिभ्समा ०.२ % र भुटानमा ०.०४% देखिएको छ । माथिका तथ्याङ्कका आधारमा कुल कोरोना सङ्क्रमण सङ्ख्या, कुल कोरोना मृत्यु सङ्ख्या र कोरोना मृत्यु दरको हिसाबले भुटान सबैभन्दा अब्बल देखिएको छ । त्यस अर्थमा भुटानमा कोरोना प्यान्डेमिकको रोकथाम र नियन्त्रण निकै राम्रो देखिन्छ । नेपालमा कोरोना प्यान्डेमिकको समग्र स्थिति हेर्ने हो भने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्दा सङ्क्रमण सङ्ख्या, मृत्यु सङ्ख्या, तिनीहरूको दक्षिण एसियाको कुल सङ्ख्यासँगको अनुपात, मृत्यु दर आदिको आधारमा सन्तोषजनक र औसतभन्दा माथि देखिन्छ ।   
News
47,614
भारतद्वारा माल्दिभ्स पराजित, नेपाल बाहिरियो
यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो ।
https://ekantipur.com/sports/2022/08/02/1659454504672887.html
काठमाडौँ — यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो ।यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । भारत नौ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो ।भारतका लागि गरकित सिंहले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । खेलको अन्त्यमा भारत १० खेलाडीमा सीमित रह्यो । पार्थिव गोगोइ रातो कार्डसँगै मैदान छाड्न बाध्य रहे ।नेपाल भने सात अंकमै सीमित रह्यो । नेपालले यसअगाडि बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग पराजित हुनु नै फाइनल पुग्न नसक्नुको मुख्य कारण बन्यो ।
Sports
19,916
महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेकालाई पक्राउ गर्नुपर्छः ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले आफूविरुद्ध महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेका कङ्ग्रेस सदस्यलाई देशद्रोहको आरोपमा पक्राउ गरिनुपर्ने बताएका छन्।
https://www.bbc.com/nepali/news-49878408
कुनै प्रमाणविनै संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एड्म सीफले अमेरिकी तथा युक्रेनी राष्ट्रपतिबीचको फोन कुराकानीको लिखित स्वरूप झूटो रूपमा प्रस्तुत गरेको ट्रम्पले आरोप लगाए। ट्रम्पले उनलाई पदबाट हटाइए गृहयुद्ध हुने भनी एकजना प्यास्टरले फक्स न्यूजलाई बताएको कुरा पनि उद्धृत गरेका छन्। ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन शुरू गराउने एकजना उजुरीकर्ताका वकिलहरूले राष्ट्रपतिका भनाइले उनी खतरामा परेको बताएका छन्। बयान युक्रेनी राष्ट्रपतिसँगको टेलिफोन कुराकानीको लिखित स्वरूप बाहिर आइसकेपछि ट्रम्पले उजुरीकर्तालाई सार्वजनिक गरिनुपर्ने बताएका छन्। डेमोक्र्याटहरूले पहिचानको रक्षा गरिने सुनिश्चित भएपछि उजुरीकर्तालाई "छिट्टै" बयान लिइने बताएका छन्। ट्रम्पले आफ्ना विपक्षीहरू राज्यद्रोहको आरोपमा पक्राउ पर्न सक्ने बताएका छन्। डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी अनुसन्धानको अगुवाइ गरेकी छन् युक्रेनी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा उनका सम्भावित डेमोक्र्याटिक प्रत्याशी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारको आरोपबारे छानबिन गर्न भनेको विवरण सार्वजनिक भइसकेको छ। उक्त टेलिफोन संवाद अमेरिकी राष्ट्रपतिमाथि महाभियोग लगाउने कुराको केन्द्रमा रहिआएको छ। यद्यपि त्यसका लागि रिपब्लिकन पार्टीका सदस्यहरू ट्रम्पविरुद्ध उभिनुपर्ने हुन्छ। वकिलहरूले के भनेका छन्? उजुरीकर्ताको कानुनी टोलीका सदस्यले राष्ट्रिय गुप्तचर निकायका कार्यवाहक निर्देशक जोसेफ मग्वायरलाई पठाएको पत्र शनिवार सार्वजनिक गरिएको हो। वकिल एन्ड्र्यु बकाजले पत्रमा लेखेका छन्, "हाम्रा सेवाग्राहीको पहिचान खुलाउने गत हप्ताको कुराले हाम्रो चिन्ता बढाएको छ र त्यसले उनलाई खतरामा पार्नेछ।" उजुरीकर्ताको पहिचान सार्वजनिक रूपमा खुलाउनुपर्ने ट्रम्पको आह्वानबारे तोकेरै भनिएको छ। पत्रमा ट्रम्पका दुईजना समर्थकले उजुरीकर्ताबारे जानकारी दिनेलाई ५० हजार डलर पुरस्कार दिन घोषणा गरेकोबारे पनि उल्लेख गरिएको छ। ट्रम्प हटाइने सम्भावना कति? यदि महाभियोग अघि बढ्यो भने कुनै पनि अभियोगमाथि तल्लो सदन प्रतिनिधिसभामा मतदान हुनेछ र त्यहाँ डेमोक्र्याटहरूको बहुमत रहेकाले सहजै पारित हुनसक्छ। तर त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। रिपब्लिनहरूको पकड रहेको सिनेटमा दुई तिहाइ बहुमतको खाँचो पर्छ। महाभियोगको आरोपको सामना गर्ने पछिल्लो राष्ट्रपति बिल क्लिन्टन हुन् डेमोक्र्याटहरूसँग मिलेर आफ्ना राष्ट्रपतिलाई हटाउन ठूलो सङ्ख्यामा रिपब्लिकन सिनेटहरू तयार हुने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन। अमेरिकाको इतिहासमा दुईजना राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो। सन् १८६८ मा एन्ड्र्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। तर कोही पनि हटाइएनन्।
Others
67,882
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
https://gorkhapatraonline.com/news/22100
मध्यपुर थिमि, साउन ३० गते । उपत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका गणकाे नाच पनि प्रदर्शन गरिएकाे छ । थिमिको तत्कालीन दरबारबाट निकालिने मल्लकालदेखिकाे इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको थियाे । ने.सं ६३३ साल अर्थात् ४८० वर्षअघि भक्तपुर जिल्लामा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गर्नुभएकाे थियाे । नेपाल सरकारका उच्च तहबाट पहिलाे पटक उपराष्ट्रपति नन्दबहादुर पुनले लायकु भैलः नाच शनिबार अवलोकन गर्नुभएको छ । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गर्नुभयाे । आइतबार राति मध्यपुरथिमिस्थित लायकू टाेलमा पुगेर गुठी संस्थानका प्रमुख किरण शाक्यले साे नाच हेर्नुभयाे ।नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गठन गरेकाे मध्यपुर पर्यटन विकास र प्रवर्द्वन फोरमकाे अगुवाइमा भएकाे एक अनाैपचारिक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका उपप्रमखु विजयकृष्ण श्रेष्ठले स्थानीय कला, संस्कृति र सम्पदाकाे संरक्षणसहित विदेशी पर्यटक लक्षित गरेर थुप्रै कार्यक्रमहरू ल्याएकाे जानकारी दिनुभयाे ।गुठी संस्थानका प्रमुख किरण शाक्यले स्थानीय तहसँग एकाकार भएर गुठी संस्थान अगाडि बढ्ने भएकाले विभिन्न सम्पदाकाे पुनःनिर्माण गरेपछि संस्कृति र धर्म संरक्षणकाे लागि पूजारी राख्ने दायित्व संस्थानले लिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । किम्वदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी आज्ञानुसार नाच सुरु गरेको हो ।भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा पाँच देवगणहरुको सहभागिता रहन्छ ।नाच अवलोकनमा आउने घरेलु तथा विदेशी पर्यटकको लागि स्थानीयस्तरमा नेवारी भाेज र लजसहितको व्यवस्था गरिएकाे छ। शनिबारदेखि सुरु भएको नाच प्रत्येक रात करिव साढे ८ बजेदेखि सुरु हुन्छ । साे नाच मंगलबार समापन हुँदैछ । –उपेश महर्जन
News
49,804
नेपालः लोडशेडिङ विनाको विश्वकप
अघिल्लो विश्वकप काठमाण्डू विश्वविद्यालयका आफ्ना साथीहरूसँग भाडामा लिएको प्रोजेक्टरमा हेरिरहँदा झ्यापझ्याप बिजुली गएको सिन्धुपाल्चोकका प्रवीण सापकोटाले बिर्सेका छैनन्।
https://www.bbc.com/nepali/news-44464528
सन् २०१४ को विश्वकप उनले समर्थन गरेको टोली जर्मनीले नै जित्यो। तर नेपालमा त्यसबेलाको ऊर्जा सङ्कटका कारण कतिपय खेल हेर्न कठिन भएको उनी सम्झिन्छन्। उनले भने, "ठ्याक्कै आफूले समर्थन गरेको टोलीले गोल हान्न लाग्दा वा गोल खान लाग्दा बत्ती गएको त्यतिबेलाको अनुभव अझै ताजै छ।" छटपटी "त्यसबेला छटपटी भएर मोबाइलको डेटा चलाएर के भइरहेको छ भनेर हेर्ने गरिन्थ्यो। अझ तीन-चार घण्टा बत्ती आएन भने त औडाहा नै हुन्थ्यो।" तर सापकोटा जस्ता फुटबलका नेपाली समर्थकहरूलाई यसपालि विगतका विश्वकपको जस्तो छटपटी छैन। कुनै समय दिनको १८ घण्टासम्म रहेको लोडशेडिङ यस वर्षबाट औपचारिक रूपमा अन्त्य भएको हालै नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको छ। विद्युत् प्राधिकरणको घोषणाबाट आफू उत्साहित भएको सापकोटा बताउँछन्। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको आठौँ सेमेस्टरमा अध्यननरत उनी भन्छन्, "यसपालि ढुक्कले विश्वकप हेर्न पाइने अपेक्षा गरेको छु, लोडशेडिङ नहुँदा एकदम रमाइलो हुनेवाला छ।" नियमित यसअघि विश्वकप फुटबलको आयोजना भएको साल सन् २०१० मा नेपालमा सातामा ९८ घण्टासम्म र सन् २०१४ मा साताको ८४ घण्टासम्म लोडशेडिङ भएको तथ्याङ्क विद्युत् प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रसँग छ। साधारणतया बर्खायाममा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले त्यसबेला सुक्खायाममा भन्दा कम लोडशेडिङ हुने गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ यसपटक विश्वकप फुटबलको समयमा बिजुली आपूर्ति नियमित हुने बताउँछन्। उनले भने, "विश्वकपको समयमा लोडशेडिङ हुँदैन। तर कम भोल्टेज र प्राविधिक समस्याहरू देखिन सक्छन्, स्थानीय स्तरमा ट्रान्सफर्मरमा केही समस्याहरू देखियो भने बिजुली आपूर्ति प्रभावित हुन सक्छ।" उनले यस पटक रातिको समयमा रुस विश्वकप फुटबलका खेलहरू भएकाले बिजुलीको खपत भने थोरै बढ्ने उल्लेख गरे। प्रसारण घिसिङ भन्छन्, "माग केही बढे पनि सबै जना विश्वकपमै केन्द्रित हुन्छन्, खेलका कारणले उद्योगहरू कम चल्न पनि सक्छन्। त्यहीँ भएर खासै धेरै माग बढ्ने देखिँदैन।" कुनै निश्चित एक टोलीको समर्थक नरहे पनि कार्यकारी निर्देशक घिसिङ स्वयंले पनि समय मिलेसम्म विश्वकप फुटबलका खेलहरू हेर्ने योजना बनाएका छन्। नेपालमा झन्डै ३६ लाख विद्युत्‌ प्राधिकरणका ग्राहक छन् र कुल जनसङ्ख्याको ७२.५ प्रतिशत हिस्सामा टेलिभिजनको पहुँच पुगेको बताइन्छ। आर्जेन्टिनाले जितेको सन् १९८६ को विश्वकप फुटबलका खेलहरू त्यसबेला भर्खरै प्रसारण थालेको नेपाल टेलिभिजनले 'रेकर्ड गरेर' प्रसारण गरेको थियो। त्यहीँ विश्वकपमा विश्वका चर्चित फुटबल खेलाडी माराडोनाको खेल कौशल देखेका नेपालीहरू त्यसबेलाबाट आर्जेन्टिनाको समर्थक बन्न थालेको बताइन्छ। समर्थन ब्राजिल र आर्जेन्टिनाजस्ता चर्चित टोलीलाई नै धेरै नेपालीहरूले समर्थन गर्ने गरेका छन्। हाल १०४४.६ मेगावाट बिजुली स्वदेशमै उत्पादन गरिरहेको नेपालले भारतबाट पनि थप बिजुली आयात गर्छ। देशको जनसङ्ख्याको करिब १८ प्रतिशतले नवीकरणीय ऊर्जाबाट विद्युत्‌मा पहुँच कायम गरेका छन्। तर अझै पनि ग्रामीण क्षेत्रका प्रत्येक १० मध्ये तीन परिवार अँध्यारोमा बस्न बाध्य छन्। नेपालः विश्वकप पुग्ने हालसम्मका प्रयास त्यस्ता कैयौँ परिवार यसपालि पनि विश्वकप फुटबलको रन्कोबाट टाढै हुने देखिन्छ।
Others
64,779
विमानमा बच्चासहित डाक्टर दम्पती पनि हुनुहुन्थ्यो
यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ।
https://gorkhapatraonline.com/news/51125
सरोज ढुङ्गेलकाठमाडौं, माघ १ गते  । यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ। वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको (एन–एनएनसी एटीआर) विमान पोखराकाे सेती खोचमा बिहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उहाँहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन जानुभएको थियो। राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले गोरखापत्रसँग कुरा गर्दै अघिल्लो दिनसम्म शल्यक्रिया गरेर बिदा बस्नुभएको जानकारी दिनुभयो। डा. सोना दिवाकर भने अहिले पिजिको तयारी गरिरहनुभएको थियो। डा. श्रेष्ठसँग इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भन्नुभयो, ‘ एक दुई दिन बिदामा बस्ने  भन्नुभएको थियो।’ चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गर्नुभएको थियो।
News
59,069
राजस्व लक्ष्य भेट्ने काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’
https://gorkhapatraonline.com/news/95664
भैरहवा, माघ २४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’उहाँले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नभएको बताउनुभएको छ। ‘‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छे हाम्रो राज्य संयन्त्रको अङ्ग हुन पाएका छैनन्। मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन्। प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईँहरू सन्तुष्ट हुनुपर्छ। मलाई यसले पुगेन, योभन्दा मलाई ठुलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ। जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन।’’भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिनुभयो।उहाँले कर्मचारीको क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला सरुवा गर्न सकिने बताउनुभयो। ‘‘मैले कर्मचारीलाई अविश्वास गर्न खोजेको होइन। तर कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन। क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’’ मन्त्री महतले भन्नुभयो। अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भन्नुभयो, ‘‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला’’, डा. महतले भन्नुभयो, ‘‘चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबिच एक अर्काको राम्रो समन्वय हुनुपर्छ।’’
News
35,466
पशुपतिमा साधुसन्तको चहलपहल (फोटो फिचर)
भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ ।
https://gorkhapatraonline.com/news/99047
काठमाडौं, फागुन २४ गते । भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।
News
32,141
भारोत्तोलक जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान
महिला भारोत्तोलक जुनुमाया छन्त्याल र विद्या राईले बिहीबार २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
https://ekantipur.com/sports/2024/01/11/national-records-of-weightlifters-junumaya-and-vidya-15-06.html
काठमाडौँ — महिला भारोत्तोलक जुनुमाया छन्त्याल र विद्या राईले बिहीबार २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।दुवै नेपाल पुलिस क्लबका खेलाडी हुन् । दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नामको कीर्तिमानमा सुधार गरेका थिए । मध्यपुर थिमिमा बिहीबार प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गरिन् । उनले स्न्याचमा ७३ केजी र क्लिनको ९३ सहित कुल १६६ केजी भार उचाल्दै स्वर्ण जितिन् ।सिनियर महिला ८७ केजी तौलमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान बनाउँदा ९२ केजी उठाइन् । उनले ९१ केजीको आफ्नै कीर्तिमान सुधारिन् । विद्याले क्लिनको ९२ केजी र स्न्याचको ६५ केजी गरी कुल १५७ केजी तौल उठाउँदै स्वर्ण पदक जितिन् । प्रतियोगिताको पहिलो दिन पुलिसका कृष्णकला विष्ट र दिलीप यादवले पनि राष्ट्रिय कीर्तिमान बनाएका थिए । नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि पुलिसकी जयन्ती श्रेष्ठ, ७६ केजीमा पुलिसकी पूजा कुमाल र ८१ केजीमुनि पुलिसकी तारादेवी पुन विजेता भए । युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी र ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।सिनियर पुरुष १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्षस्थान हात पारे । स्वर्ण विजेतात्रय पुलिस हुन् । जुनियर पुरुष १०२ केजीमा एपीएफका सञ्जय यादव र १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर पहिलो भए ।पुरुषमा प्रहरीका प्रकाश केसी र महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी चुनिए । तीनदिने प्रतियोगितामा १ सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।
Sports
15,296
आयोजक ग्रिनल्यान्ड विजयी
ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०–३८ स्कोरले पराजित गरेको छ ।
https://ekantipur.com/sports/2023/08/18/16923756519467252.html
काठमाडौँ — ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०–३८ स्कोरले पराजित गरेको छ ।सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६–१४, पुष्पसदनले जेनिथलाई ३६–३२, स्वर्णिमले एलआरआईलाई ३८–२७, पिपुल्स एकेडेमीले सिद्धार्थ बनस्थलीलाई ३७–१५ र सेबले रेडिअन्टलाई ३५–३३ स्कोरले हराए ।जुनियर ब्वाइजमा रेडियन्टले त्रिज्योतिलाई २६–९, सेबले पिपुल्सलाई १७–७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८–१२ ले हराए । सिनियर गर्ल्समा एलआरआईले ग्रिनफिल्ड ‘बी’ माथि १२–१० को स्कोरमा जित पायो ।
Sports
16,554
भक्तपुरको मूपात्र जात्रा आजदेखि
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
https://gorkhapatraonline.com/news/24787
भक्तपुर, भदौ २७ गते । इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।जात्रामा मूपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोसाक, अनुहारमा विभिन्न रङ लगाई तथा तरबार समात्न दिएर भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मूपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् ।जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दिप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई गणेश जात्रा गरिन्छ । त्यसपछि मूपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मूपात्रलाई यमःद्यो भएको ठाउँमामा परिक्रमा गराइन्छ ।जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मूपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो  द्योःछे (देवगृह)मा पुर्‍याइन्छ । जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरुपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बाली सकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरूप मसान भैरवको खट जात्रा गरिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विशेष)बाजा बजाएर भैरवनाथको खट नगर परिक्रमा गराइन्छ ।भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मूपात्र जात्रा निकालिन्छ ।इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लगाई गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् ।सो क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।
News
33,760
उपसमितिमा टुङ्गिँदै टिआरसी विधेयक
बेपत्ता पारिएका व्यक्तिको खोजिबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) मा संसदीय उपसमिति तहमा सहमति जुटेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विधेयकका विवादित विषयमा सहमति जुटाएको हो तर समितिमा पेस गर्नुअघि विषयवस्तुमा अन्तिम पटक छलफल गरेर प्रतिवेदन तयार गर्ने तयारी उपसमितिले गरेको छ । उपसमिति र समिति दुवै बैठक शुक्रबार बस्दै छ ।
https://gorkhapatraonline.com/news/80880
काठमाडौँ, असोज १९ गते । बेपत्ता पारिएका व्यक्तिको खोजिबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) मा संसदीय उपसमिति तहमा सहमति जुटेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विधेयकका विवादित विषयमा सहमति जुटाएको हो तर समितिमा पेस गर्नुअघि विषयवस्तुमा अन्तिम पटक छलफल गरेर प्रतिवेदन तयार गर्ने तयारी उपसमितिले गरेको छ । उपसमिति र समिति दुवै बैठक शुक्रबार बस्दै छ । उपसमिति संयोजक ध्रुवबहादुर प्रधानले विषयवस्तुमा सहमति भएको बताउनुभयो । प्रधानका अनुसार शुक्रबार समिति बैठकमा उपसमितिको प्रतिवेदन पेस गरिने छ । सोअघि प्रतिवेदनलाई अन्तिम रूप दिइने छ । सरकारले फागुन २५ गते प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो । चैत ५ गते विधेयक प्रतिनिधि सभामा पेस भएको थियो । उपसमितिले द्वन्द्वकालीन घटनालाई वर्गीकरण गर्ने व्यवस्था हटाएको छ । सबै घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेको छ । यसअघि विधेयकमा मानव अधिकारको गम्भीर उल्लङ्घन र मानव अधिकार उल्लङ्घनमा वर्गीकरण गरिएको थियो । मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन सकिने गरी विधेयक प्रस्ताव गरिएको थियो । उक्त सूचीमा व्यक्ति हत्या पनि थियो । सो प्रावधानमा सबैभन्दा बढी विवाद थियो । निःशस्त्र व्यक्तिको हत्या, यौनजन्य हिंसालगायतलाई मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न प्रस्ताव गरिएको थियो । प्रस्तावित विधेयकले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, जबर्जस्ती करणी, जबर्जस्ती व्यक्ति बेपत्ता पार्ने कार्य, अमानवीय वा क्रूरतापूर्वक दिएको यातनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेको थियो । अब यी दुवै सूची एउटैमा गाभिने छन् ।यस्तै उपसमितिले द्वन्द्वकालीन मुद्दा हेर्न छुट्टै विशेष अदालतमा सहमति गरेको छ । विशेष अदालतले गरेको फैसला सर्वोच्चमा पुनरावेदन लाग्ने छ । जसका लागि एक छुट्टै इजलासमा सहमति भएको उपसमिति संयोजक प्रधानले बताउनुभयो । उपसमितिले यौनजन्य हिंसाका घटनाका लागि विधेयक पारित भई आयोगले काम सुरु गरेपछि एक पटकका लागि पुनः उजुरीको समय दिने सहमति गरेको छ । जसका लागि तीन महिनाको समय दिने सहमति उपसमिति स्तरमा भएको छ । यस्ता द्वन्द्वकालीन समयमा विभिन्न निकायमा दिइएका उजुरीलाई पनि आयोगले जानकारी दिने उपसमितिमा सहमति भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग तथा राष्ट्रसङ्घको मानव अधिकार समितिलगायतमा द्वन्द्वकालीन समयका घटनाका उजुरी छन् । उपसमितिको सहमति अनुसार आयोगले यस्ता उजुरी जानकारीमा लिने छ । पीडक र पीडितबिच सहमति भएका घटनामा आममाफीको विकल्प भने उपसमितिले खुला नै राखेको छ । प्रधानका अनुसार सर्वोच्च अदालतले विभिन्न समयमा ऐनका विषयमा गरेका आदेशलाई उपसमितिले सम्बोधन गरेको छ । सरकारका तर्फबाट धेरै संशोधनमा लचकता भएकाले विधेयक चाँडै अघि बढ्ने विश्वास प्रधानको छ । कुनै नयाँ घटनाक्रम विकसित नभएमा शुक्रबार उपसमितिको प्रतिवेदन समितिमा पेस हुने छ । त्यसपछि प्रतिवेदन संसद्मा पठाइने छ ।   
News
53,441
नेपाल भारत सीमा विवाद: नेपालका दुई विज्ञ भन्छन् लिपुलेक-कालापानी विवादको एउटा पक्ष चीन पनि
लिपुलेकमा भारतले निर्माण गरेको सडक नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको विवरण आएपछि त्यसले नेपालमा तरङ्ग निम्त्याएको छ।
https://www.bbc.com/nepali/news-52630552?fbclid=IwAR3SYj9uv7sg2RpyWY3ds2txrdZodM8ca7LCDNji0Pf8ZYuf2-ZDwR075fU
नेपालले उक्त सडक आफ्नो भूमिमा पर्ने भन्दै सोमवार काठमाण्डूस्थित भारतीय राजदूतलाई बोलाएर विरोध पत्र दिएको छ। यो विषय कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने मत राखेका नेपाली अधिकारीहरूले भारतका कारण वार्तामा ढिलाइ भइरहेको बताउने गरेका छन्। परराष्ट्र मामिलालाई नजिकबाट नियाल्दै आएका नेपालका दुई जना विज्ञहरूले चाँहि लिपुलेकमा सडक बन्दा चीन पनि त्यसमा मुछिने भन्दै अब पनि काठमाण्डूले पुरानै पाराले कूटनीति सञ्चालन गरिरहे फलदायी नहुने टिप्पणी गरेका छन्। दुईजना विज्ञहरू प्राध्यापक ध्रुब कुमार र प्राध्यापक श्रीधर खत्रीसँग बीबीसी नेपालीका लागि फणीन्द्र दाहालले गरेको कुराकानी। नेपालले पाठ सिकेन: प्रा. धुब्र कुमार नेपालले भारतका तर्फबाट भएको भौगोलिक अतिक्रमणबारे आफ्नो दाबी प्रस्तुत गर्दा भारतले अस्वीकार गर्नु स्वाभाविक जस्तै भइसकेको छ। अहिले चासो व्यक्त भइरहेको र नेपालले आफ्नो दाबी गरिरहेको लिपुलेक लामो समयदेखि विवादित त्रिदेशीय बिन्दु भएपनि भारतले त्यसलाई स्वीकार गरेको छैन। सन् १९५४ मा तिब्बत चीनको सार्वभौम भूमि भएको मान्यता दिने गरी भारत र चीनले सन्धि गरेका थिए र नेपालको उल्लेख नै नगरी व्यापारिक रूपमा सम्भव हुने सडक बनाउने उल्लेख गरेका थिए। भारतसँग कुरा गर्नु नेपालका लागि फलामको चिउरा चपाउनु जस्तै हो। नेपालले आफ्नो सबल पक्ष हुँदाहुँदै र ऐतिहासिक रूपमा अकाट्य प्रमाण र दस्तावेज हुँदाहुँदै पनि आफ्नो मत सही रहेको सावित गर्न सकिरहेको छैन। र भारतीय वार्ताकारहरू भन्दा तलै पर्ने गरेको छ। नेपाल शक्तिहीन भएकाले यहाँको कूटनीतिमा वास्तविक शक्तिका निम्ति गरिने राजनीतिले (भारतसँगको) वार्ताको परिणामलाई समेत निर्धारण गर्छ। नेपालले कहिल्यै पनि अन्तर निर्भरताको प्रयास गरेन। बरू भारतसँग दैनिक अत्यावश्यक सामग्रीमा पनि निर्भरता बढाउँदै गयो जसका कारण आर्थिक नाकाबन्दी र आर्थिक संकुचनसम्मको अवस्था देखियो। नेपालले पाठ सिकेन। 'चीन पनि समस्याको हिस्सा' त्यही भएर नेपाल भारतसँग तल पर्दा लेनदेनका लागि कसरी बलियो स्थानमा पुग्नसक्छ? गोलपोष्ट पुरै खाली भएको र अरूले गोल गर्न कुरिरहेको जस्तो अवस्था नेपालको छ। यो मामिलामा चीन समाधान नभई समस्याको हिस्सा हो। चीनले नेपाल र भारतबीच मध्यस्थता गरिदिँदैन। सन् २०१५ को मे महिनामा भारत र चीनले संयुक्त विज्ञप्ति जारी गर्दा चीनले भारतलाई साथ दिँदै आफू व्यापार केन्द्रित राज्य भएको देखायो। नेपालले भारतसँग साधारण कुराकानीबारे मात्रै नसोचेर वार्ता नै भइहाल्यो भने त्यसको परिणाम के आउँछ सोच्नुपर्छ। नेपालका अघि छनोटका विकल्प छन् तर त्यसको लागि उसले आफूसँग भएका सम्पूर्ण श्रोत र साधनको प्रयोग गरेर जोखिम लिनका लागि गम्भिर पनि हुनुपर्छ। त्यसका लागि सन् १८१६ मा तत्कालिन ब्रिटिश इण्डियासँग भएको सुगौली सन्धी र सन् १८१६ यताका अहिलेसम्मका सम्पूर्ण प्रमाण सहित संयुक्त राष्ट्रसङ्घको नक्सा सम्बन्धी डिभिजनको ढोका समेत घच्घच्याउनुपर्छ। नेपालले इन्टरन्याश्नल कोर्ट अफ जस्टिसमा पनि आफ्नो दाबी पेश गर्दै यो मुद्दालाई जीवित राख्न सक्छ। सन् २०१५ को मेमा भारतीय प्रधानमन्त्रीले चीन भ्रमण गर्दा लिपुलेक नाकामा व्यापार विस्तार गर्ने सहमति भएको थियो आफ्नो सानो छिमेकी देशसँगको दुइपक्षीय समस्या सुल्झाउन भारतले कुनै तेश्रो पक्षको मध्यस्थतालाई स्वीकार्छ भन्ने नसोचे पनि हुन्छ। भारतले आफ्नो प्रभूत्व र दबदबा कायमै राख्नका लागि पनि दुईपक्षीयतावाद नै चाहन्छ। त्यही भएर उसले पाकिस्तानसँगको लामो विवाद हल गर्न राष्ट्रसङ्घको मध्यस्थतालाई अस्वीकार गर्‍यो। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै उक्त समस्या हल गर्नका लागि गरेको प्रस्तावलाई भारतले मानेन। अब नेपालले नयाँ रणनीतिमा जानुपर्छ: प्रा. श्रीधर खत्री लिपुलेक त्रिपक्षीय मुद्दा हो। लिपुलेकबारे चिनियाँ प्रधानमन्त्री भारत आएर सन् २०१५ मा सम्झौता गर्दा नेपालले विरोध गरेको थियो। त्यसयता परराष्ट्र सचिव तहमा गर्ने भनिएको बैठक किन भएन? यो बीचमा नेपाल भारत परराष्ट्र मन्त्री तहमा बैठक भएपनि नेपाल भारत प्रवुद्ध समूह (इपीजी) प्रतिवेदन र यी महत्वपूर्ण सवालमा कुरा अघि बढेन। हाम्रो त्रुटी हेर्नुपर्छ र जवाफदेहिताको खोजी गर्नुपर्छ। लिपुलेक सन्दर्भमा चिनियाँलाई पनि समेटेर भारतीय पक्ष अघि बढेको देखिन्छ। यसको उद्देश्य के हो? लिपुलेकमा बनेको बाटो भएर चीनको मानसरोवर जाने नै हो। त्यही भएर उनीहरू विवादको एउटा पक्ष बनेका छन्। नेकपाका नेता प्रचण्डले चिनियाँहरूसँग पनि कुरा गरेको बताएका छन्। भएको भए के कुरा भएको छ? विश्वका ठूला उदीयमान देशहरूमाझ रहेको सानो देश नेपालले आफ्ना कुनै पनि छिमेकी देशहरूसँग विवाद गर्नुहुँदैन। तर कूटनीतिक समाधान खोज्न नेपालले गरेको अनुरोध वेवास्ता गरिएको र अवस्था अझ प्रतिकूल बनेकाले अब नेपालले नयाँ रणनीतिमा जानुपर्छ। कसरी अघि बढ्ने फाइल तस्बिर पहिलो, हाम्रो दस्तावेज र नक्सालाई संसद र नागरिकसम्म पुर्‍याएर व्यापक जन समर्थन जुटाउनुपर्छ। नक्सा र दस्तावेज सार्वजनिक गरेर आफ्नो दाबी प्रस्तुत गर्नुपर्छ। प्रमाण यहाँस्थित विदेशी नियोगहरूलाई पनि उपलब्ध गराउनुपर्छ। यदि हाम्रो अवस्था मजबुत बनाउने हो भने सीमा अतिक्रमणको विषयमा सँधै निहुरिएर, हाँसेर, वा हात जोडेर वार्ता गर्छु भनेर हुँदैन। दोस्रो, यो विषय उच्च राजनीतिक तहमा पुग्नुपर्छ। चालु संसद् बैठकमा विशेष मुद्दा बनाएर छलफल गरी एउटा विवेकसम्मत प्रस्ताव पारित गर्नुपर्छ। यसबारे सबै ठूला साना दलबीच राष्ट्रिय सहमति हुनुपर्छ। संसदमा नभएका साना पार्टीहरू र मुख्यगरी तराई केन्द्रित दलहरूले पनि यो दस्तावेजलाई अनुमोदन गर्नुपर्छ। भौगोलिक अखण्डताको विषयमा नेपालीहरूले एक मत देखाउन सकेनन् भने दल र देश हेपाइमा पर्छ। तेश्रो, अब हामीले भारतलाई वार्ताका लागि कुन तहमा कहिले वार्ता हो मिति तोक्न नै भन्नुपर्छ। वार्ता गरौँ वा कूटनीतिक माध्यमबाट हल गरौँ भन्नु कमजोर भाषा भयो। नेपालले आफ्नोतर्फको कूटनीतिक अस्पष्टता अन्त्य गर्नुपर्छ। यी तीन चरणबाट एउटा निष्कर्षमा पुगिएन भनेमात्रै चौथो चरणमा यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र पाँचौमा अन्तर्राष्ट्रिय मध्यस्तता वा अन्तर्राष्ट्रिय अदालतको कुरा आउँछ। चीनसँग हाम्रो राजनीतिक सम्बन्ध अहिले देखा परिरहेको छ। भारतको तर्फबाट बोल्ने नेपाली कांग्रेस र चीनको तर्फबाट बोल्ने नेकपा जस्तो देखिएका अवस्थामा सीमाको विषयमा हाम्रोमा राष्ट्रिय एकता छ भन्ने देखाउने बेला अहिले हो। यो सुरूवात मात्रै पनि हुनसक्छ त्यही भएर हामीले समग्रतामा हेर्नुपर्छ। र अब हुने भारतसँगको छलफलमा प्रबुद्ध समूहको प्रतिवेदनसहित कैयौं विषय उठ्ने मैले देखेको छु। भारतको साउथ ब्लकको नेपाल हेर्ने निकाय सुतेर बसेको छैन। भविष्यमा आउनसक्ने अरू चुनौतीलाई समाधान गर्न पनि हामीले भौगोलिक अखण्डतासँग जोडिएको यो समस्या समाधान गर्नैपर्छ।
Others
67,885
तनहुँमा २० वटा क्रसर उद्योग बन्द
तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
https://gorkhapatraonline.com/news/50645
अमरराज नहर्कीतनहुँ, पुस २६ गते । तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।पुरानो मापदण्ड अनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिकाको प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएको समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो ।मन्त्रालयको परिपत्र प्राप्त गरेपछि पुस २१ गते जिल्लाका २० क्रसर उद्योग बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएकाले बन्द गरिएको उहाँले जानकारी दिनुभयो । दर्ता नै नगरी उद्योग पनि सञ्चालनमा रहेको खबर प्राप्त भएको  र त्यस्ता उद्योगलाई खोजी भइरहेको गैरेले बताउनुभयो ।जिल्लामा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग २० वटा रहेकोमा सबै प्रचलित कानुनविपरीत रहेको गैरे बताउनुहुन्छ । जिल्लामा सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा १३ वटा क्रसर उद्योग रहेको यहाँबाट विदेश समेत निर्यात हुँदै आएकोमा सो कार्य रोकिएको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो ।शुक्लागण्डकीको कोत्रेमा रहेको बालुवा नेपालकै सबैभन्दा उत्कृष्ट रहेकोले विदेशसमेत निर्यात हुँदै आएको गैरेले बताउनुभयो । भारतका अतिरिक्त कलकत्ताबाट समुद्री बाटो हुँदै कतारलगायतका देशमा कोत्रेको बालुवा निर्यात हुँदै आएको उहाँले जानकारी दिनुभयो । क्रसर उद्योग बन्द हुँदा विकास निर्माण प्रभावित हुने भएको छ । भण्डारण गरी राखिएको सामान समेत विक्री गर्न नपाइने भएकाले प्रभावित हुने अवस्था आएको हो । मापदण्ड पूरा गरेर सञ्चालन गरी समाधान गर्ने प्रयास भइरहेको सहायक प्रजिअ गैरे बताउनुहुन्छ ।  पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा मुग्लिङ सडक फराकिलो पार्ने काम भने प्रभावित नहुने भएको छ । सडक विस्तारको कामको लागि आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याइएकोले प्रभावित नहुने गैरेले जानकारी दिनुभयो ।२०७७ मा बनेको सरकारी मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट २ किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घना बस्ती, हाइटेन्सन लाइनबाट २ सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर तथा चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर टाढामात्र क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।व्यवसायीले भने नयाँ मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् । क्रसर व्यवसायी निरज श्रेष्ठले तनहुँमा नयाँ मापदण्ड पालन गर्ने मिल्ने खालको भूगोल नै नभएको बताउनुहुन्छ । ‘कतै विद्यालय नजिक पर्छ, कतै वन जङ्गल नजिक पर्छ, कतै राजमार्ग नजिक पर्छ सबै मापदण्ड पुरा गर्न सक्ने अवस्था छैन यसले गर्दा व्यवसायीलाई मर्का परेको छ’ बन्दीपुर गाउँपालिका डुम्रे निवासी व्यवसायी श्रेष्ठले भन्नुभयो । जिल्लामा शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् ।
News
59,185
कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।
https://gorkhapatraonline.com/news/103625
अमरराज नहर्कीतनहुँ, वैशाख १ गते । सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको  कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ । २० वर्षीय दुवै जनाले पहिलो प्रयासमै शिक्षक सेवा आयोगले लिएको सबै परीक्षाहरू उर्तीण गरेर स्थायी शिक्षकको नियुक्त पाई शिक्षण पेसा सुरु गरेपछि बधाई र शुभकामना थाप्न  यति बेला भ्याइ नभ्याई छ ।रानाभाट  ऋषिङ गाउँपालिका–४ भिर कोट र भण्डारी बन्दीपुर गाउँपालिका–३ गहते घर भई हाल सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।मेहनत गर्ने हो पहिलो प्रयासमै र कलिलै उमेरमा नै सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको शिक्षक विजयराज आचार्यले बताउनुभयो । उनी सानैदेखि पढाइमा अब्बल भएको र हाजिरी–जवाफ, वक्तृत्वकला र निबन्ध लेखनमा धेरै पटक प्रथम हुने गरेको आचार्यले जानकारी दिनुभयो । सानै उमेर देखि लगनशील भएर पढ्ने र नबुझेको कुरा शिक्षकलाई जिज्ञासा राख्न नडराउने, हाजिरी जवाफ तथा विभिन्न प्रतियोगितामा भाग लिने स्वभावले गर्दा उहाँलाई सफलता मिलेको शिक्षक आचार्यले बताउनुभयो ।शिक्षक आचार्यले भन्नुभयो, ‘कलिलै उमेरमा पहिलो प्रयासमा स्थायी शिक्षक भएपछि जताततै चर्चा छ । उहाँहरू दुवै जनाले एसइई सम्म अध्ययन गाउँकै विद्यालयमा गर्नु भएको हो । सुष्मिताले ऋषिङ गाउँपालिका–४ भिर कोटमा रहेको बाल विकास माध्यमिक विद्यालय र अन्जनाले व्यास नगरपालिका–१२ छिर्कने स्थित गाउँमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइई उर्तीण गर्नु भएको हो । बिहान क्याम्पसमा अध्ययन गर्नु पर्ने भएकोले व्यास नगरपालिका रोजेको र छानेकै पालिकामा पाउँदा खुसी लागेको उहाँहरूको भनाई छ ।सुष्मितालाई व्यास नगरपालिका–१४ स्थित केशव टार माध्यमिक  विद्यालय र अन्जनाले व्यास नगरपालिका–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा व्यास नगरपालिकाले बिहीबार नियुक्ति दिएको छ ।  उहाँहरू दुवै जनाको भविष्यमा माध्यमिक तहमा विज्ञान विषयको शिक्षक हुने सपना रहेको छ । शिक्षक पेसामा सबैभन्दा बढी सम्मान पाइने हुँदा यसलाई रोजेको सुष्मिताले बताउनुभयो । सुष्मिताले भन्नुभयो,  शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकै पल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन अनुभव हुन्छ भने र परीक्षा दिँदा उत्तीर्ण भइयो ।’ शिक्षक पेसा प्रति रुचि भएकोले सानै देखि शिक्षक सेवा आयोगसँग सम्बन्धित किताबहरू अध्ययन गर्ने गरेकोले नाम निकाल्न सजिलो भएको अञ्जनाले बताउनुभयो । अञ्जनाले भन्नुभयो, ‘अनुभव नभएकोले नाम निस्कन्छ जस्तो लागेको थिएन तर सफलता पहिलो पटक मै मिल्दा आफै दङ्ग परेको छु ।’ शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा उहाँहरू उर्तिण हुनु भएको हो । ठुलाबडा सबैले बधाई दिँदा जिम्मेवारी बढेको अनुभाव भएको अञ्जना बताउनुहुन्छ ।सानै देखि पढाइमा अब्बल उहाँहरू देशमै केही गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ  । देशमै बसेर काम गर्नुपर्छ भन्नेमा दुवै जना सहमत छन् । साथीहरूले धेरै धन कमाउनु पर्छ विदेश जानुपर्छ भन्ने गरे पनि त्यस प्रति रुचि नजागेको उहाँहरूको भनाई छ । सुष्मिताले भन्नुभयो, ‘पढाई राम्रो छ अमेरिका, अष्ट्रेलिया लगायतका विकसित देशमा ट्राई गर नाम निस्कन्छ भनिरहन्छन्  मलाई भने स्वदेशमै काम गर्ने रहर छ ।’ यस्तै भनाई छ अञ्जनाको पनि । अञ्जनाले भन्नुभयो, धेरै साथीहरूले विदेश जाने उतैको पिआर लिने सपना बोकेका छन् तर मलाई भने आफ्नै देश छोड्ने मन छैन ।’ उहाँहरूसँगै आदिकविमा अध्ययन गर्ने वर्ष २२ की व्यास नगरपालिका –९ गजौडेकी २२ वर्षीय नम्रता गोदारको पनि प्राथमिक तृतीय श्रेष्ठीमा नाम निस्किएको छ ।नम्रताले आफ्नो गाउँमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा नियुक्ति पाउनु भएको छ । उहाँहरू तीनै जना पढाइमा अब्बल रहेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश बताउनुहुन्छ । तिनै जना मिल्ने साथी र एक अर्काले अध्ययनको लागि सहयोग गर्ने गरेको पाइएको हड्खलेले जानकारी दिनुभयो । दृढ सङ्कल्प लिएर सृजनशील भएर अध्ययन गर्ने हो भने सफलता मिल्छ भन्ने सन्देश प्रवाह भएको क्याम्पस प्रमुख हड्खले बताउनुहुन्छ ।
News
41,602
'आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड' को मनोनयनमा पारस खड्का
नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।
https://ekantipur.com/sports/2020/11/24/160621444175493.html
काठमाडौँ — नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् । आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ ।पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।खड्का राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए ।
Sports
24,218
सुँगुरको मासु र भटमासमा थप कर नलगाउने चीनको घोषणा
चीनले अमेरिकाबाट आयात गरिने केही प्रमुख कृषि उत्पादनहरू, सुगुँरको मासु र भटमासमा, थप कर नलगाउने घोषणा गरेको छ।
https://www.bbc.com/nepali/news-49693064
अघिल्लो वर्ष चीनले अमेरिकी कृषि उत्पादनमा २५ प्रतिशत कर लगाएको थियो। दुई हप्ताअघि बेइजिङले भटमासमा थप पाँच प्रतिशत र सुँगुरको मासुमा १० प्रतिशत महसुल वृद्धि गर्ने निर्णय गरेको थियो। हालैका दिनमा कर लगाउने निर्णय स्थगन गर्दै चीनले दशवटा पानीजहाजभरि भटमास सहित अन्य अमेरिकी कृषि उत्पादन खरिद गरेपछि त्यसलाई दुवै देशहरूले व्यापार तनावमा सहमति कायम गर्ने इच्छा देखाएको सङ्केतका रूपमा लिइएको छ। चिनियाँ निर्यातविरूद्ध वासिङटनले चालेका कदमप्रति विरोध जनाउँदै बेइजिङले चीन भित्रिने अमेरिकी कृषि उत्पादनमा थप शुल्क लगाउने घोषणा गरेको थियो। अनिश्चित परिवेश अमेरिका र चीनबीचको व्यापार युद्ध विश्व आर्थिक परिवेशलाई अनिश्चित बनाउने एउटा प्रमुख कारण रहँदै आएको छ। पछिल्लो हप्तामा मात्रै दुवै पक्षले अब गर्ने भनिएका वार्तामा प्रगति हुनसक्ने सङ्केत दिने कदमहरू चालेका छन्। सुरूमा चीनले सीमित सङ्ख्यामा अमेरिकी सामग्रीहरूमा थप कर नलगाउने निर्णय लियो। त्यसपछि राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामग्रीमा घोषणा गरिएका थप शुल्क लगाउने निर्णयको कार्यान्वयन छोटो समयका लागि विलम्ब गरिने बताए। कसलाई फाइदा? बेइजिङको पछिल्लो कदमले अमेरिकी कृषकहरूलाई फाइदा पुर्‍याउन सक्छ। उक्त समूह अमेरिकी नेताका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण छ। यसअघि पनि यो विवाद मत्थर हुने सङ्केतहरू देखा परेका थिए तर ती कुनै निचोडमा पुग्न सकेका थिएनन्। तल्लो तहका अमेरिकी र चिनियाँ अधिकारीहरूबीच आगामी हप्ता व्यापारसम्बन्धी तनाव अन्त्य गर्ने विषयमा केन्द्रित रहि वासिङटनमा छलफल हुँदैछ। त्यसपछि अक्टोबर महिनामा दुई देशका उच्च अधिकारीहरू वार्तामा बस्ने भनिएको छ। बिहीवारमात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चीनसँग वृहत व्यापार सम्झौता गर्न चाहेको बताएका थिए। तर उनले अन्तरिम प्रकृतिको सहमतिको सम्भावनालाई पनि नकारेका छैनन्।
Others
70,108
पुलिसलाई दमक गोल्डकप
विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा मनाङ मस्र्याङी क्लब सिजनको दोस्रो गोल्डकपमा पनि उपाधि जित्न चुकेको छ । फाइनलमा मनाङ १–० ले पराजित भयो ।
https://ekantipur.com/sports/2018/05/11/15260547670405987.html
दमक — विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा मनाङ मस्र्याङी क्लब सिजनको दोस्रो गोल्डकपमा पनि उपाधि जित्न चुकेको छ । फाइनलमा मनाङ १–० ले पराजित भयो ।मना यसै महिना इलाममा सम्पन्न माईभ्याली गोल्डकपको फाइनलमा पनि थ्रीस्टार क्लबसँग पराजित भएको थियो । दमकको फाइनलमा पुलिसलाई उपाधि दिलाउँदा फरवार्ड रेजिन सुब्बा नायक बने । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । अभिषेक रिजालको पासमा मनाङका गोलकिपर विशाल श्रेष्ठ अघि बढेको मौका छोप्दै रेजिनले गोल गोल गरे । ट्रफीसँगै पुलिसले १३ लाख ११ हजार रुपैयाँले पुरस्कार जित्यो । मनाङले ६ लाख ११ हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो । बलमाथिको नियन्त्रण पनि पुलिसकै बढी थियो । नवौं मिनेटमा पुलिसका रेजिनलाई मनाङका खेलाडीले फाउल गरेपछि पुलिसका खेलाडीले प्राप्त फ्रिकिक पोस्टमाथिबाट बाहिरिएको थियो । १२ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार मनाङका डिफेन्डरले क्लियर गर्दै पुलिसलाई अग्रता लिन रोकेका थिए । १४ औं मिनेटमा पुलिसका रवि पासवानको प्रहार पनि पोस्ट माथिबाटै बाहिरियो ।पुलिसका अजित भण्डारीले २३ औं मिनेटमा गोल गर्ने अवसर गुमाए । उनले पाएको बल प्रहार गर्नुअघि नै मनाङका खेलाडीले क्लियर गरिदिए । मनाङको कर्नर प्रहार पुलिसका गोलकिपर किरण चेम्जोङले फुत्काएपछि पुलिसका डिफेन्डरले क्लियर गरेर संकट टारेका थिए । ३४ औं मिनेटमा पनि कर्नरबाट आएको बल पुलिसका रेजिन सुब्बाले प्रहार गर्न सकेनन् । मनाङका विदेशी खेलाडी काची ३९ औं मिनेटमा बल प्रहार गर्नबाट चुके । पेनाल्टी क्षेत्रमा काचीले पाएको बललाई पुलिसका डिफेन्डरले प्रहार गर्नुअघि क्लियर गरेका थिए । ६८ औं मिनेटमा मनाङका दीपक राईको पास विमल रानाले पोस्टको दिशा दिन सकेनन् । ७० औं मिनेटमा मनाङका खेलाडीको प्रहार पुलिसका डिफेन्डर सन्तोष हेमरुनले क्लियर गरेका थिए । पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ पाए । डिफेन्समा पुलिसका सन्तोष हेमरुन उत्कृष्ट भए । उत्कृष्ट मिडफिन्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फरवार्ड पुलिसका रेजिन सुब्बा र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पुलिसका गोलकिपर किरण चेम्जोङले पाए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने ३–३ गोल गरेका त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका म्याक्स ओलाला र एपीएफका हरि कार्कीलाई संयुक्त रूपमा प्रदान गरियो । विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाए । गोलकर्ताको २५ हजार भने तीन खेलाडीले बाँड्नुपरेको थियो । गोल्डकपमा सर्वोत्कष्ट खेलाडी घोषित किरणले टीभीएस कम्पनीको १६० सीसीको अपाचे मोटरसाइकल प्राप्त गरे । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टोलीले वैशाख १९ देखि प्रतिस्पर्धा गरेका थिए ।
Sports
29,345
फुलहमलाई हराएर भिल्ला पाँचौंमा
एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा मंगलबार फुलहमलाई १–० ले हराएको छ र लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ । भिल्ला पार्कमा प्राप्त जितमा टेरोन मिङ्गले निर्णायक गोल गरे ।
https://ekantipur.com/sports/2023/04/26/168246941094627923.html
लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा मंगलबार फुलहमलाई १–० ले हराएको छ र लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ । भिल्ला पार्कमा प्राप्त जितमा टेरोन मिङ्गले निर्णायक गोल गरे ।जितले भिल्लाको ५४ अंक भएको छ । भिल्ला लिगका पछिल्ला १० खेलमा अपराजित रहेको छ । अन्य खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १–० ले हरायो ।रेलिगेसनबाट बच्न संघर्षरत दुई टिमका भिडन्तमा लिड्स र लेस्टर सिटीले १–१ को बराबरी खेले । लिड्स ३० अंकमा १६ औं स्थानमा छ भने उसको ठीक पछाडि लेस्टर २९ अंकमा रहेको छ ।
Sports
17,580
ह्वावेई: पश्चिमा विश्व किन यो विशाल चिनियाँ कम्पनीसँग डराउँछ?
दूरसञ्चार अग्रणी ह्वावेई चीनको सबैभन्दा सफल एउटा विश्व स्तरको कम्पनी भइरहँदा पनि किन यसले पश्चिमा देशहरूमा आलोचना सिर्जना गरिरहेको छ?
https://www.bbc.com/nepali/news-47620666
अमेरिकाले चिनियाँ सरकारसँग उसको रहेको सुमधुर सम्बन्ध र अर्को पुस्ताको मोबाइल प्रविधि मानिएको फाइभ जीमा विश्वभर आधिपत्य जमाउने उसको योजनालाई जोडेर सो कम्पनीलाई शङ्काको घेरामा ल्याएको छ। उसले ठान्छ- यसले बेइजिङ्लाई पश्चिमा नागरिक, संस्था र सरकारहरूका सूचना संकलन गर्न सघाउनेछ। वासिङ्टनले ह्वावेईलाई 'राष्ट्रिय सुरक्षा खतरा' मान्दै आफ्ना संघीय सरकारी अङ्गका बोलपत्रमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। उसले आफ्ना साझेदारहरूलाई समेत उसको फाइभ जी मोबाइल नेटवर्क प्रयोग नगर्न दबाब दिँदै आएको छ। वासिङ्टनले त्यसमा अटेरी गर्दै 'अविश्वसनिय विक्रेता'को प्रयोग गर्ने देशहरूमाथि आफ्ना सूचना साझेदारीमा समेत कडाई गर्ने भन्दै तर्साएको छ। तर के ह्वावेईमाथि लागेका आरोपहरू पुष्टि भएका छन्? उक्त कम्पनीले आफू चिनियाँ सरकारलाई सूचना बाँड्नुपर्ने दबाबमाा रहेको भन्ने आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र अमेरिकी प्रतिबन्धलाई चुनौति दिनेगरी ऊविरुद्ध मुद्दा दायर गरेको छ। संस्थापक रेन जेङ्फीले सीएनएनसँग कुरा गर्दै आफूहरूविरुद्धको अमेरिकी अभियान 'आधारहीन' रहेको बताएका छन्। "विश्वभर सबैले साइबर सुरक्षाबारे कुरा गरिरहेका छन् र उनीहरूले ह्वावेईलाई अलग गर्न खोजिरहेका छन्। त्यसो भए इरिक्सनको के छ? सिस्कोको के छ? के उनीहरूसँग साइबर सुरक्षा मुद्दा छैनन्?"- उनले भने। यो विवादले अमेरिका र चीनबिचको व्यापारका मुद्दामा तनाव बढाएको छ। यो विवाद के हो भनेर हामीले यहाँ पाँच विभिन्न विषयलाई हेर्दैछौँ। सूचनामा अवरोध ह्वावेई चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो र विश्वमै दोस्रो ठूलो स्मार्टफोन उत्पादनकर्ता। गतवर्ष मात्र यसले विश्वभर २० करोड मोबाइल फोनहरू बेचेको थियो। चिनियाँ सैनासँग रहेको यस कम्पनीको नजिकको सम्बन्धले अमेरिकालाई सबैभन्दा बढी असहज बनाएको छ। रेन जेङ्फी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य मात्र नभई चिनियाँ सेनाका इन्जिनियर समेत हुन्। चीनमा यो कुनै असामान्य पृष्ठभूमि त होइन तर अमेरिका र पश्चिमा विश्वमा यसैले संशयहरू सिर्जना गरिरहेको छ। अमेरिकाको दाबी छ- यदि चीनले उक्त कम्पनीले संकलन गर्ने सूचना माग गर्‍यो भने ह्वावेई त्यो दिन बाध्य हुनुपर्छ। गोपनियता नियन्त्रणको मामिलामा अमेरिकी प्रतिस्पर्धी कम्पनीजस्तो चिनियाँ कम्पनीहरू नहुने वासिङ्टनको भनाइ छ। सन् २०१२ अघि अमेरिकी संसदको एक जाँचबुझ समितिले जारी गरेको एक प्रतिवेदन अनुसार ह्वावेई र जेडटिईजस्ता कम्पनीलाई आफ्नो देशमा प्रवेश दिइए त्यसले सूचना चुहिन सक्ने बताएको थियो। त्यसले अमेरिकाको उर्जा संयन्त्रजस्ता पूर्वाधारमा साइबर हमला हुनसक्ने जोखिम औँल्याएको थियो। र गतवर्ष अमेरिकी संसदमा दिइएका बयानमा सीआईए र एफबिआई सहितका अमेरिकाका ६ मुख्य जासुसी निकायका प्रमुखहरूले ह्वावेईका उपकरण र सेवा प्रयोगमा सजग गराएका थिए। 'पछाडिको बाटो' विज्ञहरु भन्छन्- प्रविधि कम्पनीहरूले आफ्ना हार्डवेयरमा पूर्ण नियन्त्रण गर्न 'पछाडिको बाटो' अपनाउन सक्छन्। त्यो भनेको सुरक्षा नियमहरू उलंघन गर्दै आपतकालिन अवस्थामा पहुँच दिनु हो। रेन जेङ्फीले भनेअनुसार चिनियाँ अधिकारीहरूले कहिल्यै 'अनधिकृत सूचना' मागेका छैनन्। 'ह्वावेई निजी कम्पनी हो र यसको चिनियाँ सरकारसँगको सम्बन्ध भनको कर तिर्नुसँग मात्र जोडिएको छ।' सीएनएनको रिपोर्टले सुझाए अनुसार ह्वावेईले 'हतियारको रुपमा' मोबाइल फोन टावरहरू अमेरिकाको मध्यपश्चिमको राज्य मोन्टानामा राख्न सक्छ र नजिकैका हवाई अड्डाका अन्तरमहादेशिय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा संयन्त्रमा हस्तक्षेप गर्नसक्छ। "हामीलाई थाहा छ चिनियाँहरू अमेरिकाविरूद्धको ठूलो जासुसी अभियानमा छन्," सीएनएनले वासिङ्टनमा रहेको सेन्टर फर स्ट्रयाटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विज्ञ जेम्स लेविसलाई उदृत गर्दै लेखेको छ। चिनियाँ विज्ञहरू त्यस्तो सोचलाई 'हास्यास्पद' र 'पूर्ण रूपबाट असंगत' भन्ने गर्छन्। पाँच आँखे गठबन्धन यो शब्दावली विज्ञानको दन्त्यकथा जस्तो लाग्छ तर यो दशकौँदेखि चर्चित् छ। 'फाइभ आइज्' गठबन्धन अंग्रेजी बोलिने पाँचवटा देशहरूको जासुसी निकायहरूको संगठन हो जसमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, क्यानाडा र न्यूजिल्याण्ड छन्। यो गठबन्धन दोस्रो विश्वयुद्धको अन्त्यसँगै सुरु भएको हो। शीतयुद्धका बेला यसको प्राथमिकता सोभियत संघ र उसको प्रभावमा रहेका देशहरूको सञ्चारलाई नियमन गर्नु हुन्थ्यो। सोभियत संघको विघटनपछि 'फाइभ आइज्'ले आफ्नो ध्यान प्रतिआतङ्कवादमा मोड्यो र अहिले त्यो चीन र उसका 'देशबाहिरका गतिविधि'मा केन्द्रित छ। यो सञ्जालबाट अमेरिकाको ह्वावेईप्रतिको चासो घटेको छैन बरू झन् बढिरहेको छ। अमेरिकी सुरक्षा अधिकारीहरूले ब्रिटेन र जर्मनीलाई दबाब दिँदै फाइभ जी प्रविधि सञ्जाल लागु गर्दा 'आपूर्तिचक्रिय सुरक्षा'लाई बलियो बनाउन भनेका छन्। जसको अर्थ हो- ह्वावेईबाट सचेत रहनु। स्वाभाविक रूपमा धेरै अमेरिकी साझेदारहरूले आफ्ना फाइभ जी प्रविधि सञ्जालबाट ह्वावेईलाई हटाइने बताएका छन्। अमेरिकाले आफ्नो सूचना साझेदारीमा कटौती गर्ने चेतावनी दिएपछि जर्मनीले आफ्नो दूरसञ्चार पूर्वाधारमा उच्चस्तरको सुरक्षा मापदण्ड सुनिश्चित गर्न चाहेको बताएको थियो। सरकारका प्रवक्ता अलराइक डेम्मरले पत्रकारहरूलाई भनिन्: "हामीले कस्ता ठोस छलफलहरू के गरिरहेका छौँ भनेर त म भन्दिन तर हामी हाम्रा जासुसी साझेदारहरूसँग सघन छलफलमा छौँ। जसमा स्वाभाविक रूपमा अमेरिका समेत छ।" जासुसी कानुन जुन २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीले एउटा राष्ट्रिय जासुसी कानुन पारित गरेपछि त्यसमार्फत धेरै आलोचकहरूले जासुसीलाई वृहत परिभाषा दिएको बताए। जसअनुसार कुनै पनि रूपमा संकलन गरिएका विवरणका लागि ढोका खुलै हुनेछ। पश्चिमा देशहरू खासगरी उक्त कानुनको धारा ७ का कारण सजग देखिन्छन्। उक्त व्यवस्थाले संस्थाहरू र नागरिकलाई राष्ट्रिय गुप्तचरी कामका लागि कानुन बमोजिम सहयोग र सहकार्य गर्नुपर्ने आदेश दिन्छ। यद्यपि चिनियाँ कानुनविद्हरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उक्त व्यवस्थाको प्रतिरक्षा गरिरहेका छन्। फाइनान्सियल टाइम्समा लेख्दै बेइजिङ् फरेन स्टडिज युनिभर्सिटीका डा गु बिनले भनेका छन्, "चिनियाँ कम्पनीमा पार्टीको प्रभावबारे पश्चिमाहरूको चिन्ता हदभन्दा बढी हो।" उनले धारा ७ लाई 'धेरैजसो गलत बुझिएको' र त्यसले 'पूर्वसावधानीका रूपमा जासुसी गर्ने अख्तियारी नदिने' भन्दै "राष्ट्रिय जासुसी कार्य रक्षात्मक प्रकृतिको हुनुपर्ने" बताए। जेसुकै भएपनि ह्वावेईले अहिले अन्तर्राष्ट्रिय अविश्वासको मार खेपिरहेको छ। जब चिनियाँ कम्पनीले अन्य देशमा सञ्जाल पूर्वाधारहरू तयार पार्छन् उनीहरू स्थानीय सरकारका विश्वास जित्न समस्या झेलिरहेका हुन्छन्। व्यापार युद्ध यो सबै विवाद अमेरिका र चीनबिच चलिरहेको व्यापार विवादकामाझ भइरहेको छ। डिसेम्बरमा जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० को मेसो पारेर अर्जेन्टिनामा यसबारे कुरा गरिरहेका थिए, क्यानाडाको प्रहरीले भने ह्वावेईकी प्रमुख आर्थिक अधिकृत मङ्ग वान्जूलाई भेनकुभर विमानस्थलबाट पक्राउ गरेको थियो। रेनकी छोरी मङ्गमाथि छल र इरानमाथिको अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ। चीनमा विश्लेषकहरूले उनको पक्राउलाई अपहरणको संज्ञा दिएका छन्। उनीहरूले त्यो र व्यापारिक उपायका कुराहरू एउटै योजनाको पाटो भएको बताउँछन्। उनीहरूका भनाइमा त्यसको अन्तिम लक्ष्य चीनलाई विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अवस्थाबाट रोक्नु हो। चीनले कहिल्यै विश्वव्यापी दबदबा नचाहेको कुरा दोहोर्‍याउँदै आएको छ, ह्वावेईकीका शीर्ष कार्यकारीहरूले आफ्नो महत्त्वाकांक्षा लुकाएका पनि छैनन्। फेब्रुअरी २०१८ मा ह्वावेईका ग्राहक व्यवसायका अध्यक्ष यु चेङ्गदोङ्ले बीबीसीलाई बताए अनुसार 'अमेरिकी बजार सहित वा त्यसबिनै हाम्रो बजार हिस्सा विश्वको एक नम्बर बन्न सक्छ।' अमेरिकी राजनीतिज्ञहरूले किन ह्वावेईलाई विश्वास गर्दैनन् भन्ने सवालमा उनी भन्छन्: "अमेरिकामा केही मानिसहरूले राजनीतिक अस्त्र प्रयोग गरेर हामीलाई रोक्न खोजेका छन्। किनभने हामी निकै प्रतिस्पर्धी छौं, हामीले प्रविधि र नविनतामा नेतृत्व गरिरहेका छौं। हामी निकै बलियो भयौँ भन्ने उनीहरूको चिन्ता हो।" ह्वावेईविरुद्धको आरोप अमेरिकी राजनीतिज्ञ र विचारकहरूमा रहेको गहिरो अविश्वासको एउटा पाटो हुनसक्छ। अमेरिकी कङ्ग्रेसमा चीनलाई मानव अधिकारको कसीमा आलोचना गर्ने डेमोक्र्याटहरू र राष्ट्रिय सुरक्षामा बल दिने रिपब्लिकनहरू दुवै यस कम्पनीमाथि प्रतिबन्ध लगाउन सहमत देखिन्छन्। ह्वावेईको घटनाक्रमले अमेरिका र चीनबिचको बढ्दो तनावको सङ्केत गर्छ। हामीलाई थाहा छैन दुई देशहरू यस तनावलाई थप फैलन दिनबाट रोक्छन् कि यो त्योभन्दा निकै पर झन् खराब अवस्थामा पुग्छन्।
Others
64,110
काठमाडौं ६ मा रास्वपाका शिशिर विजयी, सर्वेन्द्र पाँच हजार २९३ मतले पराजित
काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/45620
काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेर अगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार २०४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार ८०९ मत प्राप्त गर्नुभएको खनालले बताउनुभयो ।निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुनुहुन्छ । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुनुहुन्छ ।काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौंको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार ९१० मत खसेको थियो । यस्तै, एक हजार ५३२ मत बदर भएको छ ।
News
60,265
योजना कार्यान्वयनमा जोड
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२७) विश्वलाई मानवताविरुद्धको सबैभन्दा ठूलो चुनौतीसँग जुध्नका लागि आवश्यक आपसी सहकार्यमा जोड दिँदै इजिप्टको समुद्री तटीय सहर सार्म–एल–शेखमा भव्यताका साथ सुरु भएको छ।
https://gorkhapatraonline.com/news/43732
काठमाडौँ, कात्तिक २२ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२७) विश्वलाई मानवताविरुद्धको सबैभन्दा ठूलो चुनौतीसँग जुध्नका लागि आवश्यक आपसी सहकार्यमा जोड दिँदै इजिप्टको समुद्री तटीय सहर सार्म–एल–शेखमा भव्यताका साथ सुरु भएको छ।उद्घाटन सत्रमा विश्वस्तरीय जलवायु क्षेत्रका नेतृत्वकर्ताले जलवायु परिवर्तनबाट उत्पन्न समस्यासँग लड्न अघिल्ला सहमतिअनुसार बनाइएका योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ। उद्घाटन सत्रमा बोल्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले भन्नुभयो, “आजदेखि नयाँयुग सुरु हुँदैछ, पेरिस सम्मेलनले सम्झौता दियो, केटाविस र ग्लास्गोले हामीलाई योजना दिएको छ, हामी जे गर्छौं अब फरक तरिकाले गर्नुपर्छ र सार्म–एल–शेखले हामीलाई कार्यान्वयनतर्फ लैजाँदैछ।”अब कार्यान्वयनमा जोड दिनुपर्नेतर्फ औँल्याउँदै उहाँले अबको समय कोही पनि यात्री बनेर हेरेर बस्न नहुने बताउनुभयो। महासन्धि जलवायु प्रणालीमा खतरनाक तवरले आक्रामक बनेको मानव हस्तक्षेप रोक्नका लागि सन् १९९४ देखि लागू भएको हो। विश्वका १९८ देशले यो महासन्धि अनुमोदन गरेका छन्। पछिल्ला हरेक सम्मेलनले यसलाई थप विस्तारित बनाउँदै लगेको छ। अन्तर्राष्ट्रिय प्रयासलाई गति दिनु हरेक सदस्य राष्ट्रको कर्तव्य भएकाले त्यसका लागि मुख्य तीन महत्वपूर्ण कार्यदिशाको बारेमा उहाँले स्पष्ट पार्नुभयो। जसअनुसार वार्तालाई ठोस कार्यमा राखेर कार्यान्वयन पक्षमा अग्रसर हुनुपर्ने, कङ्क्रिट विकासलाई न्यूनीकरण गर्दै हानि नोक्सानीको क्षतिपूर्तिका लागि जलवायु अनुकूलन वित्तलाई आकार दिनुपर्ने र हरेक प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको सिद्धान्त अक्षरशः पालना गर्नुपर्नेमा जोड दिइनुपर्छ। नेपालसहित विश्वका २९ देश कोप–२६ पछि कडा राष्ट्रिय जलवायु योजना लिएर अगाडि आए पनि त्यसमा बहुमत नहुँदा कार्यान्वयनमा समस्या रहने विश्लेषण उद्घाटन सत्रमा गरिएको थियो। अझै १७० मुलुक राष्ट्रिय प्रतिबद्धतालाई  समीक्षा गरेर बलियो बनाउनमै अग्रसर रहेको टिप्पणी गरिएको थियो। उहाँले जस्तै अन्य जलवायु सम्बद्ध नेतृत्वकर्ताले गत वर्ष ग्लास्गोले दिएको कार्यदिशा पछ्याउँदै आफ्ना प्रतिबद्धताप्रति जवाफदेही हुन आह्वान गर्नुभयो। कोप–२६ का अध्यक्ष आलोक शर्माले उद्घाटन समारोहमा कोप–२७ का आयोजक इजिप्टका अध्यक्ष समेह शौकरीलाई आधिकारिक रूपमा सम्मेलनको छडी हस्तान्तरण गर्नुभयो। शर्माले ग्लास्गोमा भएका उपलब्धिहरूको समीक्षा गर्दै पेरिस नियम पुस्तिकालाई अन्तिम रूप दिने, सम्झौताको कसरी प्रसार हुन्छ भन्ने दिशानिर्देश गर्ने र बलियो वित्तीय प्रतिबद्धता निर्माण गराउने जिम्मेवारी कोप–२७ को काँधमा आएको बताउनुभयो। गत वर्ष गरिएका शून्य कार्बन उत्सर्जनका प्रतिबद्धतालगायतका सबै प्रतिबद्धता कार्यान्वयन हुने हो भने शताब्दीको अन्त्यसम्म विश्व कम्तीमा १.७ डिग्री सेल्सियस तापक्रम वृद्धिको बाटोमा जान सक्ने दाबी उहाँको थियो। आयोजक अध्यक्ष समेह शौकरीले प्रतिनिधिहरूलाई महत्वाकाङ्क्षा बढाउन र पहिले नै गरेका वाचा कार्यान्वयन गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “वार्ता र प्रतिबद्धताबाट कार्यान्वयनको युगमा प्रवेश गर्नु अबको प्राथमिकता हो।”क्षतिपूर्तिसम्बन्धी बहसजलवायु परिवर्तनबाट उत्पन्न ‘हानि र नोक्सानी’ यस सम्मेलनको प्रमुख कार्यसूची हो। सम्मेलनको मुख्य सत्रमा यसबारेमा बहस सुरु भएको छ। जलवायु महासन्धिका पक्षधर रहेका देशसहित जी–७७ र चीन समूहले सहमति जनाएपछि यो विषय प्रमुख कार्यसूचीका रूपमा तय  भएको हो।  जलवायु परिवर्तन, हिम गलन, मरुभूमीकरण र बढ्दो समुद्री सतहजस्ता चरम मौसमी घटनाका कारण विभिन्न देशमा गहिरो क्षति पुगिरहेको विभिन्न अध्ययन र परिघटनाले देखाएको छ। हानि नोक्सानी शब्दलाई परिभाषित गर्दा प्राकृतिक तथा मानव सिर्जित विकासको घटनाक्रमका कारण मानवको बास रहेको घर, जग्गा, खेती, व्यवसाय, आर्थिक क्रियाकलापका साथै विपत्बाट मानिसको मृत्यु हुनु, सामाजिक–सांस्कृतिक सम्पदामा क्षति हुनु, जैविक विविधता र अन्य विभिन्न क्षेत्रमा भइरहेको क्षति र नोक्सानी हुनु हो भन्ने विश्लेषण प्रस्ट रूपमा गरिएको छ। यसले विश्व औद्योगीकरणतर्फ अग्रसर हुँदा त्यसबाट उत्पन्न हरित गृह ग्यासका कारण तापक्रम वृद्धि भएर सर्वोच्च शिखर सगरमाथालगायतका हिउँ पग्लिनु, समुद्रको सतह बढ्नु र कम विकास गर्ने मुलुकका मानिसले अनेकथरी जलवायु सम्बद्ध समस्या भोग्नु आदिलाई समेट्छ। यस्ता प्राकृतिक प्रकोपको बढोत्तरीसँगै हरितगृह ग्यास उत्सर्जन वृद्धिका कारणले गर्दा शक्तिशाली तथा धनी औद्योगिक देशहरूबाट कमजोर विकासशील देशहरू सबैभन्दा बढी प्रताडित बनिरहेको तथ्यलाई हानि नोक्सानी एजेन्डाले मध्यनजर गरेको छ। हानि नोक्सानी खर्चको हिसाब गर्दै लस एण्ड ड्यामेज कोल्याबोरेसन समूहले प्रकाशन गरेको प्रतिवेदन हेर्ने हो भने सन् २००० देखि हालसम्म ५५ मुलुकले पाँच अर्बभन्दा बढी जलवायु संवेदनशील क्षति बेहोरेका छन्। अध्ययनअनुसार जति तापक्रम वृद्धि हुन्छ, त्यसप्रतिको अंश जलवायु परिवर्तनको क्षतितर्फ लक्षित हुन्छ। त्यसैले सन् २०३० सम्म २९० बिलियनदेखि ५८० बिलियन डलरसम्म थप नोक्सानी हुन सक्ने अनुमान गरिएको छ।    
News
60,589
रामबहादुर बमजनको सिन्धुली आश्रमनजिकैको गाउँमा त्रास, अनुयायीहरू अन्योलमा: स्थलगत विशेष रिपोर्ट
बिहिवार बिहानै 'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुग्दा उनका अनुयायी तथा अन्य केही सहयोगीहरू प्रहरीको बाटो हेरेर बसिरहेका थिए।
https://www.bbc.com/nepali/news-46820601
उनीहरू प्रहरीले माग गरेअनुसार आश्रममा बस्दै आएका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्र जुटाउँदै थिए। बुधवार अपराह्न प्रहरीको टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र देखाउन भनेको थियो। बमजन यही आश्रममा डेढ वर्षदेखि 'गहिरो ध्यान'मा बसेको उनका अनुयायीहरू बताउँछन्। बुधवार बीबीसी नेपाली सेवालाई आश्रमभित्र जान अनुमति नभएको भनि निषेध गरिएको थियो। तर बिहीवार भने प्रवेश दिइयो। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै केही स्थानीय बासिन्दाले आफूहरूलाई आश्रमनजिकै हिँडडुल गर्दा पनि ज्यान मार्ने धम्की दिइएको बताए। तर धेरैले बमजन र आश्रमबारे कुरा खुलेर कुरा गर्न गाह्रो माने। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको टोली आश्रम पुग्नेबित्तिकै बिभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्न थाल्यो। न्यून सङ्ख्यामा रहेका विदेशीहरू पनि प्रहरी आउने भनेपछि सतर्क देखिन्थे। दुई अनुयायी प्रहरी नियन्त्रणमा बोधी धर्म श्रवण सङ्घका स्थानीय प्रतिनिधि तथा बमजनका अनुयायीको अनुमान‍विपरीत आश्रममा बस्ने दुई जनालाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लग्यो। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि आश्रममा खैलाबैला मच्चियो। प्रहरी अनुसन्धानमा सघाउन तत्पर रहेको बेला पनि प्रहरीले एकाबिहानै ध्यानमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको भन्दै अन्य अनुयायीले प्रहरीकै नियतप्रति आशङ्का व्यक्त गरे। प्रहरीको कदमबाट रिसाएका उनीहरूले प्रहरीले ज्यादती गरेको बताए। नाम नबताउने शर्तमा बमजनका एक अनुयायीले भने, "विभिन्न स्थानमा बेपत्ता बनाइएको भनिएका व्यक्तिलाई चिनेको वा सम्बन्ध रहेको भनेको भएर प्रहरीले उनीहरूलाई सोधपुछका लागि लगेको हुनसक्छ।" जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सिन्धुपाल्चोकबाट समेत खटिएको टोलीलाई अनुसन्धानमा सघाउन आश्रमका दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए। कहाँ छ बमजनको आश्रम? सिन्धुली बजारबाट झन्डै पाँच किलोमिटर पश्चिमपट्टि रहेको जङ्गल क्षेत्रको पैरेमा बमजन रहेको भनिएको आश्रममा पुग्न सर्वसाधारणलाई सहज छैन। आश्रममा ध्यान र अध्ययन गर्नका नयाँ संरचनाहरू धमाधम बन्ने क्रममा छन्। महिला अनुयायी र पुरुष अनुयायी बस्नका लागि छुट्टाछुट्टै प्लास्टिकले बारेर टहराहरू बनाइएका छन्। एउटा संरचनादेखि अर्कोमा पुग्न १० मिनेट लाग्छ। हालैमात्र बमजन सरेको भनिएको निर्माणाधीन भवनको केही दूरीमा उनले उपहार पाएको सेतो घोडाका लागि तबेला र खोलाछेउ माछा पाल्नका लागि पोखरी निर्माण गरिएको छ। माछामासु नखाएपनि सोखका लागि माछा पालिएको उनीहरूको भनाइ छ। करिब २८ बिगाहा जग्गा आश्रमको स्वामित्वमा रहेको भनिएपनि त्यसको दोब्बर जमिन बमजनले भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ। बमजनका अनुयायीहरूले निजी जग्गाबाहेक चनदेवी र दक्षिणकाली सामुदायिक वनका जग्गा समेत नियन्त्रणमा लिई त्यहाँ स्थानीय बासिन्दालाई प्रवेश निषेध गरेको उनीहरू बताउँछन्। नियन्त्रित आवागमन बुधवार आश्रम पुग्दा मलाई भित्र पस्न अनुमति नभएको भन्दै प्रवेशद्वारबाटै फर्काइएको थियो। दिन बित्दै जाँदा प्याजी रङ्गको लुगा लगाएका अनुयायीहरूको उपस्थिति बाक्लिँदै थियो। साधारणतया कम बोल्ने उनीहरूमध्ये कोही मसँग मुसुक्क हाँस्दै अघि बढ्थे त कोही शङ्कालु देखिन्थे। जङ्गलमा खनिएको धुलाम्मे बाटोमा म प्रवेशद्वारतर्फ बढ्दै गर्दा एक अनुयायी बालकले मलाई टाढैबाट कता भनि सङ्केत गरे। मैले त्यहीँ आउँदै छु भनेर टाढैबाट चिच्याएपछि उनले प्रतिक्रिया दिएनन्। र म प्रवेशद्वारसम्म पुगेँ जहाँबाट मलाई भित्र छिर्न दिइएन्। विभिन्न जिल्लामा आश्रम भएका विवादित बमजन गएको डेढ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएको बताइन्छ। भय र कौतूहलमा स्थानीय बासिन्दा बमजनमाथि पाँच जना अनुयायीहरूको आश्रममा हत्या गरी बेपत्ता बनाएको र महिला अनुयायीहरूमाथि यौनजन्य हिंसा गरेको आरोप छ । आरोपमाथि प्रहरी अनुसन्धान भइरहँदा स्थानीयबासीमा भने भयमिश्रित कौतूहल देखिन्छ। बमजनको आश्रम बन्ने प्रक्रिया सुरु हुँदा भौतिक पूर्वाधारको विकासका साथै पर्यटन प्रवर्धनले यस क्षेत्रको समृद्धिको अपेक्षा गरेका स्थानीय बासिन्दा निराश छन्। सो आश्रमको झन्डै एक डेढ किलोमिटर आसपासका बस्तीहरूमा म पुग्दा स्थानीय बासिन्दाहरू बमजनसम्बन्धी हत्या, बेपत्ता र यौन हिंसाका समाचारबाट त्रसित र अन्योलको अवस्थामा देखिन्थे। विभिन्न खाले डरका कारणले आसपासका गाउँलेहरूले आश्रममा पुग्न त परै जाओस् बमजनका बारेमा कुराकानी गर्न समेत सङ्कोच माने। रोकतोक र 'ज्यान मार्ने' धम्की दैनिकजसो आश्रमआसपास घाँसदाउरा गर्नुपर्ने केही स्थानीय बासिन्दाहरूले भने आफ्ना समस्या सुनाए। कमलामाई नगरपालिका-५, सिलामेका २६ वर्षीय प्रेमबहादुर गुरुङ वर्षौँदेखि आफूले माछा मार्दै र खेल्दै आएको खोलामा समेत बमजनका अनुयायीहरूको डरका कारण खोलानजिक जान समेत समस्या भएको बताउँछन् । एक महिना अघिको घटना सुनाउँदै उनले भने, "उनीहरूले तारबार गरेको क्षेत्रमा हामी जाने कुरै आउँदैन्। आफ्नै जङ्गल क्षेत्रमा रहेको खोलामा माछा मार्न जाँदा बमजनका सहयोगीहरूले ज्यान मार्नेसम्मको धम्की दिएपछि आजकाल त्यसतर्फ जान छाडेका छौँ।" अर्का स्थानीय भक्तनारायण श्रेष्ठ भन्छन्, "सरकारले हाम्रो यस क्षेत्रमा सहज आवगमन तथा भरपर्दो सुरक्षा व्यवस्था गरिदिनुपर्छ। अन्यथा हाम्रा चेलीबेटी पनि सुरक्षित रहन गाह्रो भएको छ।" शङ्कास्पद गतिविधि बमजनको गतिविधिबारे आफूलाई कुनै चासो नभएको बताए पनि केही मानिसहरूले आश्रमका गतिविधि शङ्कास्पद रहेको दाबी गरे। उनीहरूले धार्मिक स्थलमा समेत स्थानीयलाई रोकतोक गरिनु आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन्। सोही क्षेत्रकी कमला श्रेष्ठले भनिन्, "हामीले आफ्नै घर आसपासको जङ्गलमा घाँसदाउरा गर्न जान डराउनु पर्ने अवस्था आएको छ । यो हामीमाथि अन्याय हो । आश्रम नजिकको निजी जङ्गलमा जान समेत रोकटोत गरिन्छ । धर्मको अनुयायीहरूले जङ्गलमा जान आउन पनि किन रोक लगाउँछन्?" "आश्रममा सहज पहुँच नहुनु र स्थानीयलाई समेत आवतजावतमा रोकतोक लगाइनुले आश्रमप्रतिको आशङ्कालाई थप बल पुर्‍याएको छ।" आश्रमका प्रतिनिधि भने ती आशङ्का र बाहिर सार्वजनिक भएका बमजनमाथिका आरोपको खण्डन गर्छन्। के भन्छ बमजनको आश्रम? गुरुमार्ग गुरु झ्याम्पा लोप्चेनले बीबीसी नेपाली सेवासँग भने, "जुनसुकै धर्मका प्रभावशाली गुरुहरूमाथि यस्ता आरोप प्रत्यारोप हुनु स्वाभाविक हो । गुरु (बमजन) माथि पनि जुन किसिमको गम्भीर आरोपहरू लगाइएको छ त्यो वास्तविकता भन्दा टाढा र भ्रामक छ। त्यसैले मैत्रेय धर्ममा आस्थावान् अनुयायीहरूले संयम र धैर्य अपनाउनुपर्छ। सत्य छर्लङ्ग हुँदै जानेछ।" उनले प्रहरीको अनुसन्धानलाई सघाउन आफूहरू तयार रहेको बताए। "केही तत्त्वहरुले गुरुको मार्गमा अवरोध खडा गर्न लागेका छन् तर हामी विचलितछैनौँ।" एक अनुयायीको सहयोगमा मैले बमजनका लागि निर्माणाधीन भवन समेत घुम्न पाएँ। आश्रममै पुगेपनि बमजनको दर्शन मौकाले मात्र पाइने रहेछ। अर्का अनुयायीले भने, "हामी यहीँ बस्छौँ तर पनि उहाँको दर्शन पाउन भाग्य जुरेको छैन। भाग्य भए कुनै दिन साक्षात्कार होला।" कार्यक्रमको तयारी बुधवार म प्रवेशद्वारमा पुग्दा त्यहाँ दुईजना अनुयायीहरू माघ ४ गतेदेखि आयोजना हुने कार्यक्रमका लागि झन्डा बनाउन लट्ठी काट्दै थिए। मोबाइल प्रयोग गर्न पनि अनुमति लिनुपर्ने उनीहरूको भनाइ थियो। आश्रममा हुने कार्यक्रममा पालो अनुसार स्वयंसेवा गर्नुपर्ने नियमानुसार लमजुङ जिल्लाका अनुयायी तथा सहयोगीहरू तयारी गरिरहेका थिए। आश्रमको सुरक्षा चेकजाँच तथा खानपान लगायतका सबैखाले व्यवस्थापनमा लमजुङ जिल्लाका अनुयायी खटाइएका छन्। उनीहरुले १२ दिनसम्मको कार्यक्रमको सम्पूर्ण जिम्मा लिएका छन्। सो कार्यक्रममा हाल ध्यानमा बसेका १७८ जना अनुयायीलाई मैत्री ज्ञान प्राप्त भएको घोषणा गरिने छ। बमजनलाई 'सुरक्षा खतरा' कार्यक्रममा बमजनले सम्बोधन गर्ने कार्यतालिकामा भने सुरक्षाका कारण परिवर्तन हुनसक्ने बोधी धर्म श्रवण सङ्घका प्रतिनिधि छत्र घिसिङले बताए। उनले भने, "कसैको विश्वास गर्नसक्ने अवस्था छैन, त्यसैले उहाँलाई हामी सार्वजनिक गर्न सक्दैनौँ।" तपस्वी बमजनमाथि लागेका आरोपमाथि प्रहरीले अनुसन्धान थालेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले बमजन कहाँ र कुन अवस्थामा छन् यकिन गर्न सकेको छैन। सिन्धुलीको आश्रममा रहेको भनिएपनि प्रहरी अन्योलमा छ।
Others
63,716
‘नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
https://gorkhapatraonline.com/news/100584
काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।“जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई अझ तीव्रताका साथ एवम् अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।”उहाँले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितअनुसार काम गर्न निर्देशन दिनुभयो ।“जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला ।”
News
51,226
कैदीबन्दीलाई मताधिकार
सर्वोच्च अदालतले कैदीबन्दीको नाम मतदाता नामावलीमा सङ्कलन र अद्यावधिक गर्न निर्वाचन आयोगको नाममा आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले असार १० गते नामावली सङ्कलनका लागि आदेश गरेको हो । कैदीको हिँडडुलबाहेकका अन्य अधिकार यथावत् रहेको भन्दै मतदानको अधिकार दिन पनि अदालतले आदेशमा भनेको छ ।
https://gorkhapatraonline.com/news/17185
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १४ गते । सर्वोच्च अदालतले कैदीबन्दीको नाम मतदाता नामावलीमा सङ्कलन र अद्यावधिक गर्न निर्वाचन आयोगको नाममा आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले असार १० गते नामावली सङ्कलनका लागि आदेश गरेको हो । कैदीको हिँडडुलबाहेकका अन्य अधिकार यथावत् रहेको भन्दै मतदानको अधिकार दिन पनि अदालतले आदेशमा भनेको छ । यसअघि दुई पटकका संविधान सभा सदस्य निर्वाचनमा मतदान गरेको विषयलाई पनि अदालतले आदेशमा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारु अवस्थामा रहेको हुँदा हाललाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको प्रयोजनका लागि कैदीबन्दीको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नू, गराउनू भनी सर्वोच्च अदालत नियमावलीबमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
News
62,672
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।
https://gorkhapatraonline.com/news/56648
गलकोट, फागुन २३ गते । बागलुङ बजार नजिकैको चर्चित ‘कृषि गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।वि‍सं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उहाँको परिवारले शर्त मञ्जुर गर्नुभयो र पालना पनि ।लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाल्नुभयो ।लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुन्नुभयो तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो । लक्ष्मीका श्रीमानले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेख्नुभएको थियो । त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उहाँका देवरलाई लिन गङ्गाबहादुर घर पुग्नुभयो । प्लस टु पढ्न लक्ष्मी श्रीमानसँग कुश्मिसेरा आउनुभयो । त्यो समयमा लक्ष्मीका श्रीमानले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो ।प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिनुभयो । हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन । त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमानसहित बागलुङ बजार आउनुभयो । परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गर्नुभयो ।श्रीमानले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गर्नुभयो । कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो ।आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमानले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थाल्नुभयो । देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान गङ्गाबहादुर नेपालकै पहिलो पटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ ।श्रीमानलाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्नुहुन्छ । “डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्नुहुन्छ, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्नुहुन्छ । फार्ममा लक्ष्मीका देवर–देउरानी हुनुहन्छ । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गर्नुभएको छ ।कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको अचेल सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ । म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उहाँको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ ।लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ । रासस
News
57,961
सप्तरीका चार निर्वाचन क्षेत्र : ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा
निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
https://gorkhapatraonline.com/news/44466
काठमाडौं, कात्तिक २८ गते । प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सप्तरीका चार वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगका अनुसार सप्तरी निर्वाचन क्षेत्र नं. १ मा २०, २ मा १६, ३ मा १८ र ४ मा १६ जना गरी ७० जना उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नं.१ यस क्षेत्रमा १० राजनीतिक दल र १० स्वतन्त्र गरी २० जना उम्मेदवार छन् । १९ पुरुष उम्मेदवार रहेको यस क्षेत्रमा एक जना मात्रै महिला उम्मेदवार छन् । एक लाख १३ हजार १९५ मतदाता रहेको सप्तरी क्षेत्र नं. १ मा ७९ मतदान स्थल र १४४ मतदान केन्द्र कायम गरिएको छ ।क्षेत्र नं.२९५ हजार ३९४ जना मतदाता रहेको यस क्षेत्रमा १२ राजनीतिक दल र चार स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारमध्ये १३ पुरुष र तीन महिला छन् । यस क्षेत्रमा ६८ मतदान स्थल र १२३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । क्षेत्र नं.३१२ राजनीतिक दल र छ स्वतन्त्र गरी १८ जना उम्मेदवार हुने यस क्षेत्रमा एक लाख चार हजार ८९२ जना मतदाता छन् । यस क्षेत्रमा ७४ मतदान स्थल र १३६ मतदान केन्द्र गरिएको छ । क्षेत्र नं.४यस क्षेत्रमा १० राजनीतिक दल र छ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा १५ पुरुष र एक महिला छन् । एक लाख चार हजार ८९३ जना मतदाता रहेको यस क्षेत्रमा ७४ मतदान स्थल र १३३ मतदान केन्द्र कायम गरिएको छ । इन्फोग्राफ : निर्वाचन आयोग नेपाल
News
60,483
कोरोना भाइरस महामारीः सङ्क्रमणपछि एन्टीबडीमा 'तीव्र गतिमा ह्रास'
अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्।
https://www.bbc.com/nepali/news-54705039
कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ। रोग प्रतिरोधी क्षमता कम भएको र कोरोनाभाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन्। निष्कर्ष यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले बढेको विवरण राष्ट्रिय तथ्याङ्क निकायले सार्वजनिक गरेकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो। रिएक्याट-टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन्टीबडी परीक्षणमा सामेल भएका थिए। जून महिनाको अन्त्यतिर र जुलाई महिनाको शुरूतिर गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा एन्टीबडिज पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो। कोरोनाभाइरस रोक्ने खोप कहिले आउला तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो। यसले गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले एन्टीबडिज घटेको देखाउँछ। अध्ययनमा सहभागीमध्ये एक प्राध्यापक हेलेन वार्डले भनिन्, "रोग प्रतिरोधी क्षमता एकदमै तीव्र गतिमा घटिरहेको देखिन्छ। पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले एन्टीबडिजमा २६ प्रतिशतले कमी आएको देखिरहेका छौँ।"
Others
66,754
बिजुली डलरमा खरिद गर्ने निर्णयको बचाउ
माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना निर्माण गर्न अग्रसर एक विदेशी लगानीको कम्पनीसँग डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरे पनि त्यसबाट घाटा नहुने भन्दै नेपाल विद्युत प्राधिकरणका प्रमुखले आफ्नो निर्णयको बचाउ गरेका छन्।
https://www.bbc.com/nepali/news-42849614
२१६ मेगावाट क्षमताको सो आयोजनाको लागि दक्षिण कोरियाली संयुक्त लगानीको एक कम्पनीसंग पीपीए सम्झौता गर्ने निर्णय प्राधिकरणले गत साता गरेको थियो। त्यसपछि अमेरिकी डलरमा बिजुली किन्ने गरी विगतमा सम्झौता गरिएका अन्य जलविद्युत आयोजनामा जस्तै यसमा पनि निकै घाटा हुनसक्ने भन्दै आलोचना भइरहेको छ। विगतमा खिम्ति, भोटेकोशी र माथिल्लो मर्स्याङ्दी जस्ता जलविद्युत आयोजनामा अमेरिकी डलरमा विद्युत खरिद गरिँदा डलरको विनिमय दरमा वृद्धि भएसंगै नेपाल विद्युत प्राधिकरणले ठूलो घाटा बेहोर्नु परेको थियो। चिन्ता माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना निर्माण गर्न अघि सरेको दक्षिण कोरियाली र नेपालीको संयुक्त लगानी रहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग डलरमा विद्युत खरिद गर्ने गरी प्राधिकरणले पीपीए गर्ने निर्णय गरेपछि चिन्ताहरू व्यक्त भएका हुन्। तर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसपटकको सम्झौताबाट कुनै घाटा नहुने बताएका छन्। उनले भने, "ऋणको भागको लागि मात्रै हामीले डलरमा भुक्तानी दिने गरी पीपीए गरेनौं भने विदेशी लगानी भित्रिने स्थिति रहँदैन। त्यो हिसाबले प्राधिकरणले सम्झौता गरेको छ। तर सम्झौता अनुसार कतै घाटा भने हुने छैन। " प्राधिकरणले अहिलेको विदेशी ऋणको अंशका लागि मात्र अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गरिने जनाएको छ। प्राधिकरणले माथिल्लो त्रिशुली-१ को बिजुली सुक्खा याममा प्रति युनिट ८ रुपैयाँ ४० पैसाको दरले किन्ने निर्णय गरेको हो। योजना तर जलविद्युत क्षेत्रका कतिपय जानकारहरू प्राधिकरणलाई फाइदा हुनेमा ढुक्क भइसकेका छैनन्। जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठको चिन्ता छ घाटाको असर उपभोक्तासम्म पर्न सक्छ। उनले भने, "प्राधिकरणले बिजुली महंगोमा किन्नु भनेको उपभोक्तालाई महंगोमा बेच्नु हो। महंगोमा बेचेन भने राज्य घाटामा जानेछ। यो कुरा चाहिँ नीति निर्माताहरूले बुझ्नु जरुरी छ। " तर यसपटक जोखिमबाट बच्न 'हेजिङ फन्ड' भनिने आर्थिक जोखिमको क्षतिपूर्ति बेहोर्न छुट्टै कोष खडा गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। उनले भने, "डलरको भाउ बढ्यो भने त्यसले पार्ने जति घाटा हुनेछ त्यो हेजिङ फन्डले तिर्नेछ। प्राधिकरणले त्यो तिर्नुपर्दैन।" निर्माता कम्पनीले माथिल्लो त्रिशुली-१ को काम सुनिश्चित गर्न 'पर्फर्मेन्स् ग्यारेन्टी' बापत २१ करोड ६० लाख रूपैयाँ बुझाएपछि मात्र पीपीएमा हस्ताक्षर गर्ने प्राधिकरणको योजना छ।
Others
67,103
अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने भण्डारीको घोषणा
नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने घोषणा सोमबार गरेका हुन् ।
https://ekantipur.com/news/2024/01/30/bhandaris-announcement-to-run-for-us-congress-00-50.html
काठमाडौँ — नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने घोषणा सोमबार गरेका हुन् ।उनले मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट केन्द्रमा निर्वाचन लड्ने घोषणा गरेका हुन् । २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आएका विधायक डच रुपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त खुला सिटमा उम्मेदवारी घोषणा गरेको भण्डारीले कान्तिपुरलाई जानकारी दिए । उक्त क्षेत्रबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार आगामी मे १४ मा हुने प्राइमरी निर्वाचनको नतिजाले तय गर्नेछ । उक्त निर्वाचनमा जिते भण्डारीले नै पार्टीको नेतृत्व गर्दै आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन राष्ट्रपति जो बाइडेनको दलबाट लड्नेछन् ।भण्डारी सन् २०१८ मा मेरिल्यान्ड राज्यमा नेपाली मूलको पहिलो निर्वाचित विधायक बनेका थिए । डेमोक्र्याट पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेमा भण्डारी त्यहाँको संघीय संसद्मा पुग्ने पहिलो नेपाली मूलका अमेरिकी बन्नेछन् । भण्डारीले आफू विधायक भएपछि मेरिल्यान्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको बताए । ‘डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि पहिलो नम्बरमा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन आउने अवसर हो । कम्तीमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु,’ भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्वीकार्छु र विनम्रतापूर्वक मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ का लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी घोषणा गर्न चाहन्छु ।’ उनले आफू अहिले मेरिल्यान्डको विधायक भएको र आगामी जितपछि अमेरिकाका ५० राज्यकै एक संसद् (कंग्रेसम्यान) हुने पनि बताए । ‘त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसम्यान पाउनेछन्,’ उनले भने । भण्डारीले उम्मेदवारी दिनु एउटा पक्ष भए पनि त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु निर्णायक रहेको प्रस्ट पारे ।भण्डारीको नेपाल घर पर्वत जिल्लाको तत्कालीन थापाठाना गाविस (हाल फलेवास नगरपालिका) हो । उनले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । मेरिल्यान्डमा राज्यको विधायक हुँदा उनले नेपालीहरूको चाड दसैंमा एक दिन बिदा दिने गरी मेरिल्यान्ड राज्यका दुवै संसद्बाट विधेयक पारित गराएर कानुन निर्माणमा अहम् भूमिका खेलेका थिए । उक्त कानुनअनुसार हरेक वर्ष ५ अक्टोबरमा दसैं बिदा दिइन्छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा सरकार तहबाट तिहारमा दीपावली मनाउनका लागि विद्यालयबाट बिदा दिने नीति पनि पास गराएका छन् ।मेरिल्यान्ड डिस्ट्रिक्ट–८ को विधायकका रूपमा आफूले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर जनताहरूले दोस्रो पटक अझ ठूलो मतका साथ जिताएको पनि भण्डारीले उल्लेख गरेका छन् । ‘यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ,’ उनले भने ।
News
6,038
प्रधानमन्त्री कप जेठ १ देखि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने देशकै एकमात्र एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । 
https://ekantipur.com/sports/2019/05/06/155712008297455805.html
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने देशकै एकमात्र एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको व्यवस्थापक संस्था नेपालय इन्टरनेसनलले आइतबार मिति सार्वजनिक गरे पनि टाइसिट भने सार्वजनिक गरेको छैन । २४ दिनसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । दिनमा एक खेल हुनेछ । विजेताले २० लाख र उपविजेताले १० लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल पुरस्कार पाउनेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एपीएफ क्लब गत संस्करणको विजेता हो ।प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेकोमा राखेपले ८० लाख रुपैयाँ खर्च गर्नेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले प्रायोजक, विज्ञापनलगायतबाट संकलन गर्नेछ । त्यससम्बन्धी सम्झौतापत्रमा राखेप सदस्य सचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवास प्रधानले आइतबारै हस्ताक्षर गरे । सम्झौताअनुसार नेपालयले प्रतियोगिताका लागि ९३ लाख रुपैयाँभन्दा बढी संकलन गर्न पाउने छैन । खेलकुदको विकासमा निजी क्षेत्रसँग सहकार्यको योजनाअनुसार प्रतियोगिता व्यवस्थापनको जिम्मा नेपालयलाई दिइएको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । अघिल्लो संस्करण पनि नेपालयकै व्यवस्थापनमा सम्पन्न भएको थियो । नेपालयका प्रबन्ध निर्देशक प्रधानले अघिल्लो संस्करणको भन्दा यसपल्ट प्रतियोगिता भव्य बनाउन हरेक खेलको इनिङ्स ब्रेकको समयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि 'किड क्लिनिक' सञ्चालन गर्न लागिएको जानकारी दिए । 'क्रिकेटको क्रेज बढिरहेको अवस्थामा बालबालिकामा क्रिकेटको आधारभूत जानकारी तथा खेलकुदमा प्रोत्साहनका लागि १० जनाभन्दा बढी प्रशिक्षकले क्लिनिक सञ्चालन गर्नुहुनेछ,' प्रधानले भने । खेलका क्रममा ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच गर्ने दर्शक/समर्थकलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको प्रधानले जनाए । 'नेपालले एकदिवसीय मान्यताप्राप्त गरिसकेको अवस्थामा अबको लक्ष्य टेस्ट मान्यता हो । त्यसका लागि एकदिवसीय प्रतियोगिता धेरैभन्दा धेरै आयोजना हुनु आवश्यक छ,' पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रधानले भने, 'तर, हाम्रो देशमा एकदिवसीय प्रतियोगिता नै भइरहेको छैन । यसलाई भव्य बनाउन हामीले सबै सीप प्रयोग गर्नेछौं ।' उनले राष्ट्रिय टोलीका सबै क्रिकेटरले सहभागिता जनाउने पनि जानकारी दिए । राखेप सदस्य सचिव विष्टले राष्ट्रपति कप अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी भइरहेको र बजेट पास भएमा अर्को वर्षदेखि अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट सञ्चालन गरिने जानकारी दिए । बजेट पास नभएमा प्रधानमन्त्री कपलाई नै अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गरिने सदस्य सचिव विष्टले दाबी गरे ।
Sports
27,345
नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ
दमक/झापामा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ ।
https://gorkhapatraonline.com/news/57592
विष्णुप्रसाद पोखरेलदमक, चैत २ गते । दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली  र विदेशी नोटसहित पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय  प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो ।दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
News
57,794
अत्यधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजीवन अस्तव्यस्त
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
https://gorkhapatraonline.com/news/15422
सिराज खान नेपालगञ्ज, जेठ २६ गते । बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ । अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् । अत्यधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।असह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत् आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयवासीको गुनासो छ ।विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । त्यस्तै, बजारमा फलफूल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री एक्कासि बढेको छ । पङ्खा, कुलर र एसीको बिक्री पनि बढेको व्यवसायीले जनाएका छन् । यसैबीच, अत्यधिक गर्मी र ‘लु’ ले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकले बताएका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरुले सुझाव दिएका छन् ।दैनिक प्रयोग गर्ने सामग्रीहरु सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यक कामबाहेर दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकहरुले सुझाएका छन् ।
News
62,938
रामकृष्ण ढकालले गाए, “रोएरै बसौं कि खरानी धसौं कि...”
हात्ती महोत्सवमा गायक रामकृष्ण ढकाललाई दर्शकको अनुरोध थियो ‘वचन तोडे कसम नि तोडे...’ भन्ने गीत गाउने । तर ट्र्याक नभएको भनेर उनले यो गीत सुनाएनन् । बरु ट्र्याक नै नभए पनि आफूलाई मन पर्ने भन्दै ‘म हुरीमा दियो जलेको देख्छु...’ बोलको गीत बिनाम्युजिक गाए । 
https://ekantipur.com/entertainment/2020/01/02/157793531171641414.html
चितवन — हात्ती महोत्सवमा गायक रामकृष्ण ढकाललाई दर्शकको अनुरोध थियो ‘वचन तोडे कसम नि तोडे...’ भन्ने गीत गाउने । तर ट्र्याक नभएको भनेर उनले यो गीत सुनाएनन् । बरु ट्र्याक नै नभए पनि आफूलाई मन पर्ने भन्दै ‘म हुरीमा दियो जलेको देख्छु...’ बोलको गीत बिनाम्युजिक गाए । महोत्सवमा ढकालले ‘बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस्’ बाट सुरुवात गरेका थिए । फिल्म ‘सीमारेखा’ को ‘छिटको गुन्यू तिमीले लगाउँदा...’ बोलको गीत गाउँदै गर्दा उनी स्टेजबाट झरेर दर्शकनजिक पुगे । यो गीतमा ढकाल दर्शकसँगै छमछमी नाचे । उनले ‘मन पराउने हजार भेटिन्छन्...’, ‘ओराली लागेको हरिणको चाल भयो...’, ‘पहाडको छुकछुके रेल...’ जस्ता सदाबहार गीत पनि गाए । कार्यक्रम बिट मार्ने बेलामा सञ्चालक सुरज पौडेलले कुनै एउटा गीत गाउन अनुरोध गरे । त्यो बेला ढकालले बिनाम्युजिक ट्र्याक नै गाए ‘रोएरै बसौं कि खरानी धसौं कि छोडी जाने भन्देऊ निष्ठुरी...’ गाएर बिदा भए । कार्यक्रममा पत्नि निलम शाह र छोरीसँगै सौराहा आए । कार्यक्रममा ढकालले आफ्ना गीत सुनाउँदा शाह र छोरी पनि सँगै स्टेजमै थिए ।
Entertainment
8,760
कतारसँग जोगियो नेपाल, शनिबार सेमिफाइनल खेल्ने
निराशाजनक ब्याटिङ गरे पनि नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामामा बिहीबार कतारलाई ६८ रनले पराजित गरेको छ ।
https://ekantipur.com/sports/2023/04/27/16825878208173489.html
काठमाडौँ — निराशाजनक ब्याटिङ गरे पनि नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामामा बिहीबार कतारलाई ६८ रनले पराजित गरेको छ ।एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।तर जवाफमा आएको कतारलाई पनि सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै ८९ रनमा अलआउट गर्‍यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ३ र ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।सबै चार खेल जिती नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यसै समूहबाट ओमान उपविजेता भई अघिल्लो दिन नै सेमिफाइनल पुगेको थियो । ओमानले ४ मध्येको तीन खेल जित्यो । समूह ‘बी’ बाट यसअघि नै यूएई सेमिफाइनल पुगिसकेको छ । यसअघि सन्दीप र ललितले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । उनले ५८ बल खेली ६ चौका प्रहार गरे । ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बल खेली १ रन बनाए ।विश्वकप लिग २ को पछिल्लो ३ महिनामा १२ मध्येको ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको नेपाललाई वरियताविहीन कतारले वास्तविक परीक्षा लिएको थियो ।समूहचरणको अन्तिम खेल खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । कतारसँगको विजयले नेपाललाई समूह विजेता बनाउथ्यो । कतार अघिल्ला तीन खेल नै हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।कुशल भुर्तेल २ रनमा मिडविकेटमा सिधा क्याच दिन पुगे । भीम सार्की चौथो ओभरमै रिभर्स स्विप गर्ने प्रयासमा ६ रन बनाई विकेटकिपरबाट क्याचआउट भए ।आसिफ शेख र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ४८ रनको साझेदारी गरे । आसिफले पुल गर्न खोज्दा डिप स्क्वायर लेगमा क्याच दिए । उनले २ चौका प्रहार गर्दै २७ बलमा १९ रन बनाए । रोहित कट बिहाइन्ड दिएको अम्पायरको निर्णयमा खुसी थिएनन् । उनले नेपालबाट सर्वाधिक २७ रन बनाउने क्रममा ३६ बल खेली २ चौका प्रहार गरे ।कुशल मल्लले ३ रनमात्र बनाउन सके । माथिल्लो क्रममा पठाइएका सोमपालले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनले पनि १२ रनमात्र बनाउन सके । क्रिजमा आउने बित्तिकै छक्का प्रहार गरेका गुलशन झा ७ रनमा आउट भए ।कतारबाट अमिर फारुकले ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चे । ओबाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ज्ञान मुनाविराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।
Sports
17,560