title
stringlengths 7
151
| summary
stringlengths 17
19.5k
| url
stringlengths 35
219
| text
stringlengths 70
73.1k
| category
stringclasses 10
values | __index_level_0__
int64 0
70.8k
|
---|---|---|---|---|---|
गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि | ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ । | https://gorkhapatraonline.com/news/59553 | चन्द्र पन्दाकताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।तिन्दु टोलकी एक गर्भवती महिलालाई शनिबार सुत्केरी व्यथा लागेपछि सोही वडामा घर भएका गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बू उद्धारमा खटिनुभयो । सडक पहुँच नभएकाले हत्तपत्त उपाध्यक्ष लिम्बूले स्टेचरको प्रबन्ध मिलाउन सहयोग गर्नुभएको थियो ।गर्भवती महिलालाई स्टेचरमा बोकेर करिब एक घण्टाको पैदल दूरीमा पर्ने खेजेनिम स्वास्थ्य संस्थामा लगिएको थियो । सुत्केरी व्यथा लागेकी स्थानीय सोममाया लिम्बूलाई स्टेचरमा बोकाएर गाउँको स्वास्थ्य संस्थामा पुग्दा उपचार सम्भव नहुने भन्दै जिल्ला अस्पताल लैजान सिफारिस (रेफर) गरियो ।आफैँले स्टेचरमा बोकेर प्रसूति केन्द्र लगेएकी गर्भवतीलाई थप सुविधा भएको स्वास्थ्य संस्था लैजान सिफारिस भएपछि उहाँलाई सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताल लगिएको थियो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले चढ्ने गाडी (सवारी साधन) मार्फत शनिबार नै गर्भवती महिलालाई जिल्ला अस्पताल लगिएको थियो । दुर्गम तथा असुविधा रहेको ठाउँबाट जनप्रतिनिधिको प्रत्यक्ष सहयोगमा सुत्केरी व्यथा लागेको गर्भवतीलाई जिल्ला अस्पताल लगेपछि बिरामी पनि ढुक्क हुनुभयो । यस्तै, प्रकृति अर्थात गर्भवतीसहित जटिल अवस्थाका बिरामीलाई उद्धार गर्ने भनेर फक्ताङ्लुङमा पालिका अध्यक्ष लिम्बूले चढ्ने गाढी सुरुदेखि नै एम्बुलेन्सको रुपमा प्रयोग गरिँदैआएको छ । कार्यकाल सुरु हुँदैदेखि प्रयोगमा ल्याइएको गाउँपालिकाको गाडीमार्फत हालसम्म करिब तीन सय जना बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ । यस्तै, गाउँपालिकाअन्तर्गत जिल्लाकै दुर्गम गाउँ ओलाङ्चुङगोला, याङ्मा, फले घुन्सामा प्रसूति व्यथा तथा सिकिस्त बिरामी भएकाको उद्धार गर्नुपरेमा हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ । | News | 57,419 |
लिमीमा चौरीको सङ्ख्या छ गुणाले वृद्धि | नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले सङ्ख्यामा वृद्धि भएको हो । | https://gorkhapatraonline.com/news/44258 | राजन रावतहुम्ला, कात्तिक २६ गते । नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले सङ्ख्यामा वृद्धि भएको हो । दुई वर्ष अगाडिसम्म लिमीमा पचास वटा चौरी गाई थिए । यो पेसा बढी दुःख हुने भन्दै किसानले अन्य व्यापार गर्न थालेपछि चौरी पालन लोप हुने अवस्थामा पुगेको थियो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले दुई वर्ष यता चौरीको सङ्ख्या ३९० पुगेको बताउनुभयो । लिमीवासीले बिस्तारै चौरी पालन छाड्दै गएकाबेला चौरी स्रोत केन्द्र स्थापना भएपछि स्थानीयमा चौरी पाल्ने आकर्षण बढेको उहाँको भनाइ छ ।हाल स्थानीयसँग डेढ सय चौरी रहेको र स्रोत केन्द्रमा २४० भन्दा बढी चौरी पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार लिमीमा दुई वर्षको अन्तरमा छ गुणाले चौरीको सङ्ख्या वृद्धि भएको छ । लिमीका तीन गाउँ चौरी पालनका लागि बढी सम्भावना भएको गाउँ हो । बिशेषगरी कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा स्रोत केन्द्र स्थापना हुँदा स्थानीय पुनः चौरी पालनमा फर्कन थालेको उहाँको भनाइ छ । पहिले एउटै घरमा चालीसदेखि पचास वटा चौरी रहेको स्मरण गर्दै वडा अध्यक्ष तामाङले चरन समस्या, दुख बढी, अन्य व्यापारबाट फाइदा देखेपछि लिमीमा चौरी पालन घटेको भए पनि अहिले सङ्ख्या बढेको बताउनुभयो । चौरी पालनमा सकारात्मक आशा पलाएको उहाँले बताउनुभयो । चौरी पालन बढ्न थालेपछि घ्यु, छुर्पी, चीज, नौनी उत्पादनमा समेत वृद्धि भएको उहाँको भनाइ छ । | News | 60,511 |
बाढी प्रभावितलाई बीमा कम्पनीको सहयोग | कालीकोट जिल्लाका बाढी प्रभावितलाई बीमा कम्पनीले राहत उपलब्ध गराएको छ । जिल्लाका तीन सय बाढीपहिरो प्रभावित परिवारलाई शिखर इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा सिरक डस्ना प्रदान गरिएको हो । | https://gorkhapatraonline.com/news/47502 | प्रेमराज सिम्खडा कालीकोट, मङ्सिर २४ गते । कालीकोट जिल्लाका बाढी प्रभावितलाई बीमा कम्पनीले राहत उपलब्ध गराएको छ । जिल्लाका तीन सय बाढीपहिरो प्रभावित परिवारलाई शिखर इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा सिरक डस्ना प्रदान गरिएको हो । नेपाली कांग्रेसका युवा नेता टेकराज शाहीको अगुवाइमा दुईवटा कम्पनीले तीन सय बाढी प्रभावित परिवारलाई एक–एक जोर सिरक डस्ना सहयोग गरेका हुन् । गत असोज १९ गतेबाट लगातार पाँच दिनसम्म परेको पानीका कारण प्रभावित चार स्थानीय तहका तीन सय घर परिवारलाई दुईवटा बिमा कम्पनीले नौ लाख खर्च गरेर राहत वितरण गरेका हुन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ देखि १०, महावै गाउँपालिका वडा नं १, शुभकालकिा गाउँपालिका वडा नं ३ र खाँडाचक्र नगरपालिका वडा नं ५ र १० का बाढी पहिरोबाट ज्यान गुमाएका र पूर्ण तथा आंशिक रुपमा घर क्षति भएका तीन सय परिवारले शाहीको पहलमा राहत पाएका हुन् । स्थानीय नेता शाहीले दुवै कम्पनीको केन्द्रसँग राम्रो सम्बन्ध भएकाले राहत उपलब्ध गराउन सहज भएको बताउनुभयो । उहाँले बाढी पहिरो प्रभावितलाई तत्काल दिन खोजेको तर जिल्ला प्रशासनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बेला व्यक्तिगत रुपमा आफैँले वितरण गर्न नमिल्ने भनेपछि आफुले चुनाव सकिएर परिणाम सार्वजनिक भएपछि वितरण गरेको सुनाउनुभयो । | News | 59,884 |
अभ्यासमा अर्को हार | विश्वकप क्रिकेट छनोटलाई अफ्रिका भ्रमणमा रहेको नेपालले लगातार तेस्रो हार बेहोरेको छ । जिम्बावेमा हुने विश्वकप छनोटका लागि आधिकारिक अभ्यास खेलमा नेपाल मंगलबार यूएईसँग ३ विकेटले पराजित भयो । | https://ekantipur.com/sports/2023/06/14/168670592574036741.html | काठमाडौँ — विश्वकप क्रिकेट छनोटलाई अफ्रिका भ्रमणमा रहेको नेपालले लगातार तेस्रो हार बेहोरेको छ । जिम्बावेमा हुने विश्वकप छनोटका लागि आधिकारिक अभ्यास खेलमा नेपाल मंगलबार यूएईसँग ३ विकेटले पराजित भयो ।टस जितेर ब्याटिङ रोजेको नेपाल हरारेमा ४९.५ ओभरमा २ सय ७६ रनमा अलआउट भयो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १९ ओभरभित्र पहिलो विकेटमा ८७ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । कुशल ५३ बलमा ६ चौकासहित ३९ रन बनाए । आसिफले भीम सार्कीसँग दोस्रो विकेटमा ५६ रन जोडे । भीमले ४६ बल खेल्दै २ चौकासहित २५ रन बनाए । आसिफले ७६ रनको ठोस इनिङ्स खेले । उनले १ सय ४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा १ चौका र ४ छक्कासहित ४६ र आरिफ शेखले ३३ बलमा ३ चौका र १ छक्कासहित ३५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ८, गुलशन झा ११, कप्तान रोहित पौडेल १, करण केसी ३ र सोमपाल कामी १६ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे । यूएईका एए नासिरले ४ तथा सन्चित शर्मा र कार्तिक मेइयापनले २–२ विकेट लिए । रोहन मुस्तफाले अविजित ७९ रन बनाएपछि यूएईले दोस्रो अन्तिम बलमा लक्ष्य पूरा गर्यो । उनले ५६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । ओपनर आर्यंश शर्माले ४९ बलमा ९ चौकासहित ५०, आर सहजादले ४३, असिफ खानले ३६, नासिरले २७ र कप्तान मोहम्मद वासिमले १९ रन बनाए । नेपालबाट करण र ललितले २–२ तथा सोमपाल, गुलशन र कुशल मल्लले १–१ विकेट लिए ।दक्षिण अफ्रिकामा खेलिएको यसअघिका दुई अभ्यास खेलमा नेपाल क्रमशः स्कटल्यान्डसँग ७ र नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको थियो । नेपालले बिहीबार ओमानसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले विश्वकप छनोटमा जिम्बावे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । मंगलबारका अरू अभ्यास खेलमा आयरल्यान्डले अमेरिकालाई ५ विकेट, वेस्ट इन्डिजले स्कटल्यान्डलाई ९१ रन, श्रीलंकाले नेदरल्यान्ड्सलाई ३ विकेट र जिम्बावेले ओमानलाई २९ रनले पराजित गरे । बुलावायोमा एरोन जोन्सको ८९ र कप्तान मोनांक पटेलको ७७ रनमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय १२ रन बनायो । ह्यारी टेक्टरले १ सय २३ बलमा अविजित १ सय ४९ रन बनाएपछि आयरल्यान्डले ४५.१ ओभरमै लक्ष्य पूरा गर्यो । उनले १० चौका र ७ छक्का प्रहार गरे । ओपनर पाउल स्टर्लिङले ५३ बलमा ५५ र लोर्कन टकरले ५९ बलमा ५ चौका र २ छक्कासहित ६८ रन बनाए । आयोजक जिम्बावेले सिकन्दर राजाको रिटायर्ड नटआउट १ सय ९ रनमा ६ विकेट गुमाई ३ सय ६७ रन बनायो । उनले ६६ बल खेल्दै समान ७ चौका र छक्का प्रहार गरे । रायन बर्लले ५३ बलमा ३ चौका र ४ छक्कासहित ६५ र सिन विलियम्सले ५२ बलमा ७ चौकासहित ६४ रन बनाए । अकिब इल्याजले १ सय ३ बलमा १५ चौका र १ छक्कासहित १ सय १३ र आयान खानले ७५ बलमा ९ चौका र ३ छक्कासहित ९२ रन बनाए पनि ओमान ४९.४ ओभरमा ३ सय ३९ रनमा अलआउट भयो । | Sports | 17,078 |
खड्का अस्ट्रेलियाका तीन प्रतियोगितामा निर्णायक | नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । वर्ल्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा विश्व वरीयताको जी टु इभेन्टका तीन प्रतियोगिता डब्लूटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनका लागि रेफ्री खड्का पुम्से विधातर्फ निर्णायक चुनिएका हु्न् । | https://ekantipur.com/sports/2023/06/30/168812880139515967.html | काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । वर्ल्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा विश्व वरीयताको जी टु इभेन्टका तीन प्रतियोगिता डब्लूटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनका लागि रेफ्री खड्का पुम्से विधातर्फ निर्णायक चुनिएका हु्न् ।प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसम्म हुनेछ । उनका अनुसार ती प्रतियोगितामा नेपालका खेलाडी कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । आइतबार रेफ्री खड्का अस्ट्रेलिया जानेछन् । उनी क्यारोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले अघिल्लो वर्ष पनि अस्ट्रेलिया ओपन खेलाएका थिए ।उनी इन्टरनेसनल पुम्से÷डान एक्जामिनर कोर्समा भाग लिन अस्ट्रेलियाबाटै दक्षिण कोरिया जाने छन् । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवान कोरियाको आयोजनामा उक्त कोर्स जुलाई १२ देखि १४ सम्म हुने छ । कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि खड्काले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।खेलाडी र प्रशिक्षकको रूपमा पनि उत्तिकै सक्रिय खड्का विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक रहिसकेका छन् । | Sports | 16,936 |
कोपा अमेरिका २०२४ : चिलीलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा | लउटारो मार्टिनेजले गरेको एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले बुधबार चिलीलाई कोपा अमेरिका २०२४ मा १–० ले हराएको छ । समूह ‘ए’ को खेलमा मार्टिनेजले ८८ औं मिनेटमा निर्णायक गोल गरे । | https://ekantipur.com/sports/2024/06/26/copa-america-2024-argentina-beat-chile-in-the-quarterfinals-03-52.html | काठमाडौँ — लउटारो मार्टिनेजले गरेको एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले बुधबार चिलीलाई कोपा अमेरिका २०२४ मा १–० ले हराएको छ । समूह ‘ए’ को खेलमा मार्टिनेजले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।पूरा खेलमा अर्जेन्टिना गोलका लागि संघर्ष रह्यो । यो जितपछि विश्वकप विजेता अर्जेन्टिना दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा रह्यो ।यससँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ । त्यस अगाडि यसै समूहको खेलका क्यानाडाले पेरुलाई १–० ले हराएको थियो । अर्जेन्टिनाको पछाडि दोस्रोमा क्यानाडा तीन अंकमा रह्यो । पेरु र चिलीको एक एक अंक छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानाडालाई २–० ले हराएको थियो ।क्यानाडाले दोस्रो खेलमा प्राप्त जितमा भने एक मात्र गोल जोनाथन डेविडले ७४ औं मिनेटमा गरे । म्याक्सिमिलिनो आरुजोले ५९ औं मिनेटमा रातो कार्ड खाएपछि पेरु १० खेलाडीमा सीमित रहेको थियो । क्यानाडाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो २४ वर्षयता पहिलो हो । अब समूहको अन्तिम दिनको खेलमा अर्जेन्टिनाले पेरु तथा क्यानाडाले चिलीको सामना गर्नेछ । | Sports | 13,147 |
आगोले जलेर ४ जनाको मृत्यु | आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो । | https://gorkhapatraonline.com/news/63811 | अर्घाखाँची, वैशाख २७ गते । आगो लागि परि घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधबार अस्पताल मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो । घाइते मध्ये २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ । जङ्गलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो ।पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा गए राति १० बजेतिर पदम र पीताम्बरको मृत्यु भएको प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधवार काठमाडौंमा निधन भएको प्रहरीको भनाइ छ ।जङ्गलमा आगो लगाएको हुन सक्ने आशङ्का गर्दै प्रहरीले आगो लगाउने व्यक्तिको खोजी गरिरहेको छ । | News | 56,574 |
कोरोनाभाइरसः सात दिनका लागि देशभरि अत्यावश्यकबाहेक अन्य सेवा बन्द, हिँडडुलमा प्रतिबन्ध | नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी 'लकडाउन' गर्ने आदेश जारी गरेको छ। | https://www.bbc.com/nepali/news-52007831 | उक्त निर्णय मङ्गलवार बिहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बीबीसी नेपालीलाई बताए। उनले भने, "कोभिड-१९ को रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन हामीले अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्किने खालको एउटा वातावरण बनाउन अपील गर्ने निर्णय गरेका छौँ।" सरकारले उक्त अवधिमा औषधोपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कोही पनि घरबाट निस्किन नपाउने उल्लेख गरेको छ। निर्णय अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ। सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गर्ने निर्णय भएको छ। अन्य कर्मचारीहरूलाई आवश्यक पर्दा उपस्थित हुनेगरी कार्यालय प्रमुखले बिदा दिने भनिएको छ। औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिने जनाइएको छ। कलकारखानामा काम गर्ने श्रमिकहरूलाई बिदा दिन भनिएको छ। 'लकडाउन'को समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाइएको छ। सरकारले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने जनाएको छ। आफ्नो आदेशको कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। यो आदेशको कार्यान्वयनमा बाधा पुर्याउनेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय हुने सोमवार साँझ सरकारले जारी गरेको सूचनामा उल्लेख छ। | Others | 67,987 |
कम निन्द्राले मस्तिष्कमा कस्तो असर पार्छ? | क्यानडाका वैज्ञानिकहरुले निन्द्राको कमीले मानिसमा पार्ने प्रभावबारे अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन शुरु गरेका छन्। | https://www.bbc.com/nepali/news-40546648 | वेस्टर्न युनिभर्सिटी ओन्टारियोले विश्वमा जुनसुकै ठाउँमा रहेका मानिसहरुलाई अनलाइनमार्फत हुने परीक्षणमा सहभागी हुन आग्रह गरेको छ। त्यसक्रममा विशेष रुपमा तयार पारिएका कम्प्युटर खेलहरुमार्फत तर्क गर्ने क्षमता, भाषाको ज्ञान र निर्णय क्षमताबारे परीक्षण गरिने बताइएको छ। लण्डनको ब्रेन एण्ड माइन्ड इन्स्टिच्युटका स्नायु वैज्ञानिक प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन्। परीक्षण उनी भन्छन्, "राम्रोसँग नसुत्दा हामी कस्तो महसुस गर्छौँ भन्ने हामीलाई थाहा छ तर निन्द्राले मस्तिष्कमा पारिरहेको असरका बारेमा हामीलाई एकदमै कम जानकारी छ, निन्द्राले हाम्रो बौद्धिकता, स्मरण क्षमता र ध्यान मग्न रहनसक्ने क्षमतामा कस्तो प्रभाव पार्छ भनेर हामीले जान्न खोजिरहेका छौँ।" प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् उक्त समूहले परीक्षणबाट प्राप्त हुने अंकलाई मानिसले सुत्न बिताएको समयसँग तुलना गर्नेछन्। कति समय सुतेकाले कति अंक प्राप्त गरे भनेर वैज्ञानिकहरुले हेर्नेछन्। व्यक्ति अनुसार निन्द्राको आवश्यकता फरक पर्ने गरेको छ तर यदि चाहिने संख्यामा मानिसहरुले यो अध्ययनलाई सहयोग गरे भने वैज्ञानिकहरुले मस्तिष्कलाई अधिकतम क्रियाशील बनाउन औसतमा आवश्यक निदाउने समय निर्धारण गर्न सक्नेछन्। कुनै पनि कम्प्युटर, ट्याब्लेट या स्मार्ट फोनमार्फत तोकिएका खेलमा सहभागी भएर उक्त परीक्षणमा सहभागिता जनाउन सकिन्छ। निन्द्रा मानिसहरुले आफ्नो जीवनको कूल समयको झण्डै एक तिहाई सुतेर बिताउने गरेका छन् र त्यो श्वासप्रश्वास र खानेकुरा जतिकै मानिसका लागि महत्वपूर्ण छ। तर चौबिसै घण्टा सक्रिय रहने संस्कृतिका कारण मानिसहरुले पहिलेभन्दा कम समय सुत्नमा खर्च गरिरहेको बुझिन्छ। अघिल्लो महिना नेचर रिभ्युज न्युरोसाइन्समा प्रकाशित एउटा लेखले लामोसमयसम्म कम सुत्दा त्यसले मस्तिष्कमा पार्ने असरबारे एकदमै कम जानकारी रहेको उल्लेख गरेको थियो। औद्योगिक राष्ट्रहरुमा सुत्ने समयावधिमा जोखिमकै तहको कमी देखिएको भन्दै तत्कालै अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको थियो। यो निन्द्रासम्बन्धी अध्ययनमा सहभागी हुने व्यक्तिहरुले समाज तथा विज्ञान दुवैले खोजिरहेका केही प्रश्नहरुको जवाफ दिनसक्ने ठानिएको छ। | Others | 69,273 |
एभिनियर सेमिफाइनलमा | एभिनियर एफसी क्यामरुन हेटौंडामा जारी पाँचौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । | https://ekantipur.com/sports/2023/02/16/167651025907585474.html | मकवानपुर — एभिनियर एफसी क्यामरुन हेटौंडामा जारी पाँचौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।पिप्ले क्याम्पा रंगशालामा बुधबार क्यामरुनले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो । एभिनियरको जितमा यानिक योहानाले ३ढ औं र साबाले ७४ औं मिनेटमा गोल गरेका थिए । टिम्बा टिम्बाले मिलाइदिएको बलमा यानिकले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । उनको प्रहारमा वीरगन्जका गोलरक्षक प्रमिजय चौधरीले कुनै मौका जनाएनन् । साबाले दोस्रो गोल मैदान छिरेको पहिलो मिनेटमै गरे । उनले रिचार्ड विल्सनको क्रसलाई सहर्ज पोस्टतर्फ प्रहार गरेका थिए ।खेलमा वीरगन्जले पनि धेरै मौका पाएको थियो । विशेष गरी वीरगन्जका सिसन थापा र कृपा चौधरीले पाएको मौका सदुपयोग गर्न सकेनन् । कृपाले ४० र ६५ औं मिनेटमा बक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक तासोह एलियनले उत्कृष्ट बचाउ गरे । सिसनले ८५ औं मिनेटमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । क्यामरुनी टोलीमा अग्ला र शारीरिक रूपमा बलिया खेलाडीको बाहुल्यता थियो । उनीहरूविरुद्ध वीरगन्जका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए । म्यान अफ दी म्याच वीरगन्जका उमेश कार्की भए । उनले १० हजार रुपैयाँ पाए । एभिनियरका प्रशिक्षक आशिक थापा मगरले आफ्ना खेलाडीको प्रदर्शनमा गुनासो गरे । ‘हामी उपाधि जित्नका लागि आएका टोली हौं । हाम्रो खेलाडीले खेल्नै सकेनन् । असाध्यै कमजोर खेले ।’ उनले खेलाडी घाइते भएका कारण पनि टिममा समस्या रहेको बताए । एभिनियरले पहिलो हाफमै दुई खेलाडी परिवर्तन गरेको थियो । बिहीबार त्रिभुवन आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । | Sports | 18,385 |
लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ। | https://gorkhapatraonline.com/news/69523 | अशोक घिमिरेछेन्दु (चीन), १५ असार (रासस)। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ।चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उहाँले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताउनुभयो। नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ। हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उहाँले भन्नुभयो। वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उहाँको भनाइ छ। लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उहाँले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताउनुभयो। “हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौँ। जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ। कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको छ। सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको छौँ। यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्नेछ।”उहाँले सिचुवान प्रान्तस्तरीय लगानी समूहले नेपालमा गरेको लगानीका लागि धन्यवाद दिनुभयो। सो समूहले नेपालमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। “अरु लगानी जसरी भए पनि ल्याउनुस्, लगानी भित्रयाउन हामीले जे गर्नुपर्छ हामी गर्छौँ, ढुक्क भएर विभिन्न क्षेत्रमा लगानीको तयारी गर्नुहोस्, यो मेरो विशेष अनुरोध हो”, उहाँले भन्नुभयो। उपप्रधानमन्त्री श्रेष्ठले कर प्रणाली र श्रम कानुन पनि लगानीमैत्री बनाइएको बताउनभयो। उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्रहरु निर्माण गरिएको जानकारी दिँदै उहाँले भारत र चीनको सीमा क्षेत्रमा सुख्खा बन्दरगाहा बनाइएको उल्लेख गर्नुभयो। कुनै समस्या भए लगानीकर्ताका सुझावका आधारमा समाधान गर्न सरकार तयार रहेको जनाउँदै उहाँले लगानीमैत्री वातावरण बनाउनका निम्ति सरकार क्रियाशील रहेको बताउनुभयो। “लगानीको प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो। “विभिन्न क्षेत्रको वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र लगानीलाई सुरक्षित गर्ने पक्षमा छौँ।” आर्थिक विकास नेपालको प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्रत्यक्ष वैदेशक लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो। लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि नीतिगत सुधार गरिएको उल्लेख गर्दै उहाँले लगानीका लागि अन्य सुधार गर्नुपर्ने विषय भए निर्धक्कसँग भन्न आग्रह गर्नुभयो। चीनले नेपालको विकास प्रक्रियामा धेरै नै सहयोग गर्दै आइरहेको जनाउँदै उहाँले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताउनुभयो। नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गर्नुभएको हो। त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गर्नुभएको छ। नेपाली प्रतिनिधिमण्डलसहित एयरलाइन्स पुग्नुभएका श्रेष्ठले एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गर्नुभएको हो।त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान एयरलाइन्स ग्रुपका अध्यक्ष सी चुईसँग छेन्दुस्थित कार्यालयमा भेटवार्ता भएको थियो। छेन्दुमा आयोजित ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’मा विशेष अतिथिको रूपमा सहभागी हुन उहाँ गत मंगलबार चीन भ्रमणमा निस्कनु भएको हो। उपप्रधानमन्त्री श्रेष्ठ आइतबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ। | News | 37,567 |
दरबार हत्याकाण्ड: यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना | विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ। | https://www.bbc.com/nepali/news-48488494 | जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घटनाहरू भएका छन्। सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सिध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला हत्याकाण्ड भएका छन्। विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो। कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्। यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घटना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन्। यही प्रसङ्गमा विष्णु पोखरेलले आधुनिक नेपालका केही महत्त्वपूर्ण घटनाको सारसङ्क्षेप यहाँ प्रस्तुत गरेका छन्। साठी र बयसट्ठी साल पर्व नेपाल एकीकरणको अभियान थालेका राजा पृथ्वीनारायण शाहको मृत्यु भएको केही वर्षपछिदेखि नै दरबारभित्र षड्यन्त्र बढेको र भाइभारदारबीच सत्तामा प्रभुत्व जमाउने होडबाजी चलेको थियो। विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने र उनको मृत्यु ५२ वर्षको उमेरमा भयो त्यसको मुख्य कारणमध्ये एक पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहलाई उनका पिता प्रतापसिंह शाहको मृत्युपछि अढाई वर्षको उमेरमै राजा बनाइनु भएको इतिहासकारहरूको मत छ। अढाई वर्षको उमेरमै राजा बनाइएका तिनै रणबहादुर शाहसहित विभिन्न व्यक्तिको हत्या भएको विसं १८६० ताकाका घटनाले नेपालको इतिहासलाई अर्कै बाटोमा डोर्याएको मानिन्छ। विक्षिप्त र सन्की राजा मानिएका रणबहादुर शाहको शासनकालमा दरबारभित्र तीन खालका शक्तिकेन्द्र रहेका र तिनले समानान्तर तीनवटा सत्ता चलाएको इतिहासकारहरूले लेखेका छन्। तत्कालीन परम्पराविपरीत एक विधवा ब्राह्मणकन्यासँग विवाह गरेका रणबहादुर शाहले आफू जीवितै हुँदा तिनै ब्राह्मणबाट जन्मिएका गिर्वाणयुद्धलाई डेढ वर्षको उमेरमै सिंहासनमा राखेर आफू सन्न्यासी बनेर काशी गएका थिए। त्यस बेला दरबारमा दामोदर पाँडेसहित पाँडेहरूको प्रभाव थियो भने रणबहादुर शाहसँगै भीमसेन थापा बनारस गएका थिए। पछि रणबहादुर शाह नेपाल फर्किएर आफ्नै छोराबाट मुख्तियारी लेखाई शासनसत्तामा फर्किए। छोराबाट मुख्तियारी अर्थात् राजप्रतिनिधिको उपाधि लिनुपूर्व नै भीमसेन थापालगायतको सल्लाहमा त्यस बेलाका मूलकाजी दामोदर पाँडेसहित कैयौँलाई चरम यातना दिएर रणबहादुर शाहकै आदेशमा मारिएको इतिहासकारहरूले वर्णन गरेका छन्। शासनसत्ता छाडेर गएका रणबहादुर शाह काठमाण्डू फर्कँदै गरेको थाहा पाई रोक्ने उद्देश्यले थानकोट पुगेको दामोदर पाँडे नेतृत्वको फौजका धेरै मानिसहरूलाई सुरुमा कैद गरेर पछि चरम यातना दिई मारिएको थियो। विसं १८६० सालमा भएको यो घटनालाई इतिहासकार बाबुराम आचार्यले साठी साल पर्व भनेका छन्। त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अध्ययन केन्द्रले प्रकाशन गर्ने जर्नल 'कन्ट्रिब्युशन टु नेप्लिज स्टडिज्' को सन् २००५ जुलाईमा प्रकाशित ३२(२) अङ्कमा गङ्गा कर्माचार्य (हाडा)ले दामोदर पाँडे र अरूलाई विसं १८६० फागुन २१ गते पक्राउ गरिएको लेखेकी छन्। उनी लेख्छिन्, "...त्यसको २०/२५ दिनपछि भारदारहरूलाई काट्न सुरु गरियो। त्यसको पहिलो सिकार दामोदर पाँडे र उनका छोराहरू रणकेशर र राजकेशर भए। काजी भीम खवास, सरदार इन्द्रमान खत्री, द्वारे सपनसिं, सुवेदार शङ्खधर, मानधन जम्मा आठ जना उक्त घटनामा काटिए।" बाबुराम आचार्यले 'अब यस्तो कहिल्यै नहोस्' मा लेखेअनुसार १८६० सालमा सुरु भएको उक्त काटमारको सिलसिला लामै समय चलेको देखिन्छ। दरबारमा पाँडे खलकसहित अन्य भाइभारदारलाई पाखा लगाएर आफू शक्तिशाली बन्ने चाहनामा भीमसेन थापाले विभिन्न षड्यन्त्र गरेको आचार्यले लेखेका छन्। त्यसै क्रममा रणबहादुर शाह निर्वासनमा रहँदा राज्यको ढुकुटीबाट १८ हजार रुपैयाँ हिनामिना गरिएको एउटा मुद्दा अघि सारेर विसं १८६२ चैत ३ गते काजी त्रिभुवन प्रधानलाई पहिले कैद गरी मृत्युदण्ड सुनाइयो। तर उनलाई मार्न भनी लगिएकै स्थानमा उनले "यो मामलामा अरू भाइभारदार पनि सामेल भएकाले सबैलाई बोलाई छिनोफानो होस्" भन्ने खालको अर्जीपत्र दिएपछि कैद गरेर राखिएको आचार्यले लेखेका छन्। यसलाई भीमसेन थापाले विशेष अवसरको रूपमा प्रयोग गरे। विसं १८६३ वैशाख १५ गते (कसैले १६ गते पनि लेखेका छन्) बेलुका काजी त्रिभुवन प्रधानकै घरमा कचहरी बोलाइयो। त्यसमा चौतारिया शेरबहादुर शाही तथा काजी नरसिंह गुरुङ आदिलाई अनिवार्य उपस्थित गराउन भीमसेन थापाले आफ्नो मातहतका सेनालाई आदेश दिएका थिए। शाही र अरू भारदार सहजै उक्त कचहरीमा उपस्थित भए। सबैको उपस्थितिमा कचहरी सुरु हुने बेला भीमसेन थापा भने बहाना गरेर बाहिरिएको आचार्यको पुस्तकमा उल्लेख छ। उनी लेख्छन्, "जुन बेला स्वामी महाराज (रणबहादुर) को उपस्थितिमा कचहरी प्रारम्भ भइरहेको थियो, ठिक त्यसै समयमा काजी भीमसेन थापा 'खाना खान जान्छु' भनी सभास्थलबाट खुरुक्क बाहिरतिर निस्किएका थिए।" यो पनि पढ्नुहोस् भीमसेन थापाको अनुपस्थितिमा सुरु भएको कचहरीमा रणबहादुरले काजी त्रिभुवन प्रधानले १८ हजार रुपैयाँ राज्यकोषबाट झिकेर मासेकोमा चौतारिया शेरबहादुर शाहीलगायत त्यहाँ उपस्थित भारदारहरूको पनि संलग्नता रहेको आरोप लगाए। उक्त आरोप आफूमाथि पनि लागेपछि रिसाएका शेरबहादुर शाहीले रणबहादुर शाहलाई आफ्नै तरबार निकालेर प्रहार गरेको इतिहासकारहरूले लेखेका छन्। त्यसपछि तत्कालै शेरबहादुर शाहीलाई पनि त्यही स्थानमा मारियो। अन्य केही भारदार र शेरबहादुर शाहीका अङ्गरक्षक तथा नातेदारहरूको पनि हत्या भयो। त्यसको भोलिपल्ट अन्य भारदारको पनि कुनै पुर्पक्ष नगरी विभिन्न आरोप लगाएर हत्या भयो। शेरबहादुर शाहीको सहयोगी ठानिएका र भीमसेन थापाले रणबहादुर शाहको हत्यामा संलग्न भनी आरोप लगाएका व्यक्तिका शाखासन्तान समाप्त हुनेगरी साना बालकहरूलाई समेत काटेर मारेको इतिहासकार आचार्यले लेखेका छन्। उनका अनुसार हत्याको क्रम झन्डै दुई सातासम्म चल्यो। त्यसमा १६ महिलालाई सती पठाइएको र झन्डै ७७ पुरूषको हत्या भएको आचार्यले लेखेका छन्। ती दुई हत्याकाण्डकै कारण नेपालमा राजसंस्थामाथि भारदार हावी भएको इतिहासकारहरूको विश्लेषण छ। ती हत्याकाण्डले शक्तिशाली बनेका भीमसेन थापाले राजाभन्दा बलियो बनेर झन्डै ३१ वर्ष नेपालको सत्ता सञ्चालन गरे। ती हत्याकाण्ड र भीमसेन थापाको उदयको परिणाम के भयो भन्नेबारे आचार्यले 'अब यस्तो कहिल्यै नहोस्' मा यसरी व्याख्या गरेका छन्- "यसरी स्वामी महाराजको यस हत्याकाण्डबाट पुराना तात्कालिक भाइभारदारहरू प्राय: सबैको दमन भयो। मुख्तियार भीमसेन थापा तथा यिनले बनाएका आलाकाँचा भारदारहरू मात्रै सत्तामा हाबी रहे। न योग्यताको कदर भयो न अनुभवको नै।" "भारदारका योगदानहरूको पनि कुनै पूछ भएन। यसको प्रतिफल पछि विसं १८७१ मा कम्पनी सरकारका अङ्ग्रेज पदाधिकारीहरूसँग नेपाल अधिराज्यको अनपेक्षित रूपमा युद्ध भयो र नेपाल अधिराज्य आफ्नो अङ्गभङ्ग गराउन विवश भयो।" कोत पर्व साठी र बयसट्ठी पर्वपछि नेपालको इतिहासमा घटेको अर्को ठूलो र चर्चित हत्याकाण्ड हो - कोत पर्व। दामोदर पाँडेको हत्या र दरबारमा भीमसेन थापाको उदयसँगै थापा एवम् पाँडे खलकबीचको द्वन्द्वमा कहिले को शक्तिशाली कहिले को शक्तिशाली बन्ने गरेको इतिहासकारहरूले लेखेका छन्। त्यस क्रममा एकले अर्कोलाई सिध्याउने खेल चल्ने गर्थ्यो। एकतीस वर्ष सत्तामा हालीमुहाली गरेका भीमसेन थापालाई एक राजकुमारलाई विष खुवाएर मारेको अभियोगमा फसाएपछि दरबारबाट तितरबितर भएको थापा खलक पछि फेरि दरबारकै आग्रहमा सत्ताको केन्द्रमा आइपुगेको इतिहासकारहरूले लेखेका छन्। त्यस क्रममा माथवरसिंह थापा नेपालको प्रधानमन्त्री र प्रधानसेनापति बने। तर विसं १९०२ मा उनी आफ्नै भान्जा जङ्गबहादुर कुँवरबाट मारिए। त्यस बेला पनि दरबारमा राजा राजेन्द्रविक्रम र रानी राज्यलक्ष्मीको दोहोरो सत्ता चलिरहेको थियो। तसर्थ माथवरसिंह थापाको हत्यापश्चात् रानी आफ्ना विश्वासपात्र गगनसिंह भण्डारीलाई प्रधानमन्त्री बनाउन चाहन्थिन्। तर राजाले भने भारतमा बसेका फत्यजङ्ग शाहलाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाए। रानीको आग्रहमा गगनसिंहलाई पनि मन्त्रिपरिषद्को सदस्य बनाइयो। तर दरबारमा रानी र उनका विश्वासपात्र गगनसिंहबीच अवैध सम्बन्ध रहेको हल्ला चल्यो। त्यसैले गर्दा राजा राजेन्द्र र युवराज सुरेन्द्र पनि गगनसिंहको विरोधी बनेको इतिहासकारहरूले लेखेका छन्। यस क्रममा जङ्गबहादुरले चलाखीपूर्वक लाल झा नामक व्यक्तिमार्फत् विसं १९०३ भदौमा गगनसिंहको हत्या गराए। त्यसबाट विचलित भएकी रानी राज्यलक्ष्मीले असोज २ गते गगनसिंहको हत्यारा पत्ता लगाउने नाममा सबैलाई कोतमा भेला हुन आदेश दिइन्। आफैँले षड्यन्त्र गरेर गगनसिंहलाई मारेका जङ्गबहादुरले यो अवसरलाई आफ्नो स्वार्थानुकूल प्रयोग गरेको इतिहासकारहरूले लेखेका छन्। बाबुराम आचार्यका अनुसार जङ्गबहादुरले उक्त अवसरलाई आफू शक्तिशाली बन्न झन्डै पाँच सयजति सैनिक र आफ्ना भाइहरूलाई खटाएर कोत प्रवेश गरेका थिए। त्यहाँ छलफल र भनाभनको क्रममा सुरुमा अभिमानसिंह बस्नेत मारिएका र त्यसपछि अन्य भारदारसहित प्रधानमन्त्री फत्यजङ्ग शाहको पनि हत्या भएको थियो। आचार्यले 'अब यस्तो कहिल्यै नहोस्' मा कोत पर्वमा मारिनेहरू २९ भाइभारदारको सूची राखेका छन्। तर उक्त घटनामा त्यसभन्दा धेरै मानिसहरू मारिएको अरू इतिहासकारको मत छ। कोत पर्वबाट शक्तिशाली बनेका जङ्गबहादुरले त्यसपछि राज्यलक्ष्मीले उनलाई मार्न गरेको षड्यन्त्र पहिलै थाहा पाउँछन्। आफूलाई मार्न भण्डारखालमा बोलाइएको थाहा पाएर ठूलो सैन्य बलसहित त्यहाँ पुगेका जङ्गबहादुर कुँवर रानी राज्यलक्ष्मी पक्षका सबैजसो भारदारलाई मारेर थप शक्तिशाली बन्न पुग्छन्। त्यस हत्याकाण्डलाई भण्डारखाल पर्वका रूपमा चिनिन्छ। जङ्बहादुरका छोरा पद्मजङ्ग राणाको पुस्तक 'लाइफ अफ महाराज सर जङ्गबहादुर राणा अफ नेपाल' मा कोतपर्वमा मारकाट चल्दै गर्दा नै राज्यलक्ष्मीले जङ्गबहादुरलाई प्रधानमन्त्री र प्रधानसेनापतिको सर्वोच्च पद प्रदान गरेको उल्लेख छ। तर भण्डारखाल पर्वपछि जङ्गबहादुरले नै राज्यलक्ष्मीलाई सत्ताच्युत गराए अनि राजा राजेन्द्रविक्रमबाट सत्ता आफ्नो हातमा लिनेगरी अधिकारपत्र लेखाएर लिए। नेपालको इतिहासमा कोत पर्वकै कारण एक सय वर्षभन्दा लामो जहानियाँ राणा शासनको थालनी भएको मानिन्छ। आचार्य लेख्छन्, "... जङ्गबहादुर कुँवर तथा यिनका भाइहरू नै नेपाल अधिराज्यको हर्ताकर्ता भइसकेका थिए। नेपाल तथा नेपाली नागरिकहरूको भाग्यविधाता पनि अब यिनीहरू नै बन्न आइपुगेका थिए। नेपाल अधिराज्यमा राणाशाही शासनरूपी भव्य महलको जग यस दुर्दान्त हत्याकाण्डपछि नै कायम हुन आएको हो।" बयालीस साल पर्व इतिहासकारहरूका अनुसार पृथ्वीनारायण शाहको मृत्युको केही वर्षपछिदेखि नै नेपालको दरबारभित्र सत्ताप्राप्तिका लागि बढ्न थालेको रक्तपातको क्रम पछिसम्म रोकिएन। एउटा ठूलो रक्तपात गरेर राजाको अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरका उत्तराधिकारीहरूले पनि त्यस्तै रक्तपातपूर्ण बाटो रोजे। नेपालमा राणा शासन सुरु भएपछिको त्यस्तै घटना हो बयालीस साल पर्व भनेर चिनिने विसं १९४२ को हत्याकाण्ड। यो हत्याकाण्ड पहिलेका हत्याकाण्डभन्दा केही पृथक् थियो। किनकि पहिलेजस्तो दुई फरक वंशका भारदारको झगडाभन्दा पनि यसमा राणाहरूकै दुई खलक संलग्न थिए। जङ्गबहादुरले आफूपछि भाइहरूमा उत्तराधिकार जाने निर्णय गरेका थिए। तदनुरूप जङ्गबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दीपसिंह प्रधानमन्त्री बनेका थिए। त्यसै बेला विसं १९३८ सालमा एउटा घटना भयो। त्यसलाई अठतीस साल पर्व पनि भनिन्छ। त्यस बेला युवराज त्रैलोक्यका भाइ नरेन्द्रविक्रम शाहद्वारा राणा प्रधानमन्त्रीलाई मारेर राजाबाट राणामा गएको शक्ति फिर्ता गराउने षड्यन्त्र भएको पत्ता लागेपछि २० जनालाई मृत्युदण्ड दिइयो। नरेन्द्रविक्रम स्वयंलाई भारतको चुनार किल्लामा बन्दी बनाइएको थियो। उक्त प्रकरणमा संलग्न भएको भनी दरबारभित्रै त्रैलोक्यलाई विष दिएर मारेको कतिपय इतिहासकारले लेखेका छन्। सोही प्रकरणमा जङ्गबहादुरका छोरा जगत्जङ्गलाई पनि आरोपी बनाइएको थियो। त्यसै कारण तीर्थ गर्न भनी भारत गएका जगत्जङ्ग नेपाल नफर्की उतै बसेका थिए। उनी भारतमै बसेकाले रणोद्दीपसिंहपश्चात् रोलक्रम पाएका उनको स्थानमा माइला भाइ जितजङ्गलाई राखिएको थियो। यो सबै प्रकरणमा धीरशमशेरको मुख्य भूमिका रहेको विभिन्न इतिहासकारले लेखेका छन्। त्यस बेला राणाहरू जङ्ग र शमशेर खलकमा बाँडिएको देखिन्छ। रोलक्रमलाई लिएर उनीहरूबीच बढेको त्यही अविश्वासका कारण विसं १८४२ सालमा धीरशमशेरका छोराहरू मिलेर नारायणहिटीस्थित आफ्नै दरबारमा प्रधानमन्त्री रणोद्दीपसिंहलाई हत्या गरेको घटनालाई बयालीस साल पर्व भनिन्छ। उक्त हत्याकाण्डपश्चात् त्यसको दोष जङ्ग खलकमा लगाइएको र जङ्ग खलकका भेटेजति सबै पुरुषलाई शमशेर खलकले सिध्याएको इतिहास छ। इतिहासकार पुरुषोत्तमशमशेर जबराले 'श्री ३ हरूको तथ्य वृत्तान्त - भाग एक' मा उक्त घटनाको विस्तृत विवरण दिएका छन्। जङ्ग र शमशेर खलकको सङ्घर्षमा परेर मारिएका रणोद्दीपसिंहबारे उनी लेख्छन्, "स्व. रणोद्दीपसिंह ज्यादै सोझा, धर्मपरायण हुनुका साथै नि:सन्तान पनि थिए। त्यस समय नेपाल सरकारको राजनीति उनीअनुकूल थिएन।" इतिहासकारहरूका भनाइमा उक्त घटनाले जहानियाँ राणा शासनमा पनि जङ्ग खलकको अस्तित्व मेटिदियो र त्यसपछि शमशेर खलकले मात्र नेपालको शासनसत्तामा आफ्नो हालीमुहाली गरे। नारायणहिटी राजदरबार हत्याकाण्ड विसं २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भयो। उक्त घटनाको १८ वर्ष हुँदा पनि त्यस हत्याकाण्डलाई धेरैले रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन्। उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले "आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको" भन्ने खालको विवरण सार्वजनिक गरेको थियो। तर त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन्। दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिएका छन्। डा. देवकोटाका अनुसार दरबारको घटनाको ढाकछोप गर्नका लागि युवराज दीपेन्द्रले लागुपदार्थ खाएको भनिएको हुन सक्छ। राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन्। तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ। तर ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन। दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण 'मैले देखेको दरबार' मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ। हालै सार्वजनिक भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक 'दरबारको दु:खान्त, राजपरिवार र संहार: मैले जसरी देखेँ' मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइ छ। तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन्। कतिपय इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्ने गर्छन्। विसं २०६२/६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो। त्यसले पनि धेरै नेपालीलाई गणतन्त्रतर्फ उन्मुख हुन उत्प्रेरित गरेको कतिपयको विश्लेषण हुने गरेको छ। ‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्। | Others | 63,608 |
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प | दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ । | https://ekantipur.com/world/2023/12/07/magnitude-71-earthquake-hits-southern-vanuatu-19-02.html | सिड्नी — दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ । यूएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२:५६ मा ४८ किलोमिटर गहिराइमा इसांगेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, 'यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।' भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन । तीन लाख २० हजार जनसंख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो । नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो । | World | 12,042 |
पहिचान नामांकन र सीमांकन मात्र होइन | राष्ट्रिय राजनीतिक वृत्तमा पहिचानको मुद्दा फेरि एक पटक विशद चर्चाको विषय बनेको छ । पूर्वीय प्रादेशिक क्षेत्रको नामांकन कोशी प्रदेशका रूपमा रहने गरी निर्णय भएयता त्यसप्रति असहमति प्रकट गर्दै सडक तताउने काम भइरहेको छ । त्यस भूभागका रैथाने समुदायहरू एकत्रित रूपमा त्यस निर्णयविरुद्ध संघर्षरत छन् । | https://ekantipur.com/opinion/2023/06/14/1686708173665818.html | राष्ट्रिय राजनीतिक वृत्तमा पहिचानको मुद्दा फेरि एक पटक विशद चर्चाको विषय बनेको छ । पूर्वीय प्रादेशिक क्षेत्रको नामांकन कोशी प्रदेशका रूपमा रहने गरी निर्णय भएयता त्यसप्रति असहमति प्रकट गर्दै सडक तताउने काम भइरहेको छ । त्यस भूभागका रैथाने समुदायहरू एकत्रित रूपमा त्यस निर्णयविरुद्ध संघर्षरत छन् ।उदेकलाग्दो कुरो, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू त्यस निर्णयका पक्षमा एकमत थिए, तर पनि रैथाने जनमत त्यस निर्णयलाई अनुमोदन गर्ने पक्षमा छैन । विरोधका स्वरहरू चर्किंदै छन् । प्रदेश सरकार अहिले वार्ताका लागि तयार भएको छ, तीनसदस्यीय वार्ता समितिसमेत गठन गरेको छ । यसले राजनीतिलाई कता पुर्याउने हो, अनुमान लगाउन सहज छैन ।त्यसो त नेपाली समाजमा पहिचानको मुद्दा नौलो होइन । समुदायहरूले आ–आफ्नो पृथक् अस्तित्वबोध गराउने क्रममा पहिचानजनित विविध प्रयत्न गर्दै आएका छन् । समय र परिस्थिति अनुसार ती कतिपय प्रसंगमा भाषा–साहित्यका गतिविधिका रूपमा अगाडि देखा परे होलान्Ù कुनै संस्कृति, परम्परा र रीतिमा प्रकट भए होलान्Ù कुनै चाड, पर्व, जात्रा, मेला अनि कुनैकुनै क्षेत्रीय–प्रादेशिक भिन्नतामा प्रस्तुत भए होलान् । एउटा कालखण्डमा रैथाने आदिवासीहरूले आफ्नो मौलिकता मंगोल, किरात, मगुराली, मधेशी, हिमालीका रूपमा पनि स्थापित गराउने चेष्टा गरे । तर पहिलो जनआन्दोलनपश्चात् पञ्चायती निरंकुश शासनको अन्त्य र लोकतान्त्रिक खुला परिवेशमा पहिचानको खोजीमा रैथानेहरू संगठित रूपमा अगाडि आएर आफूलाई आदिवासी/जनजातिका रूपमा स्थापित गराए । त्यस्तै, क्षेत्रीय रूपमा मधेशी र सामाजिक–सांस्कृतिक परिवेशमा दलितहरूले पनि आ–आफ्नो मौलिक पहिचानका झन्डा उठाए । सम्भवतः तत्पश्चात् नै पहिचानको सवाल राष्ट्रिय मूल प्रवाहको राजनीतिक वृत्तमा पनि सरोकारको विषय बन्यो । पहिचानलाई नै एउटा महत्त्वपूर्ण राजनीतिक मुद्दाका रूपमा लिएर सशस्त्र विद्रोहका लागि शक्ति सञ्चय गर्न सहज रणनीतिक उपाय पनि बनाइयो । पहिलो संविधानसभा गठनका लागि बन्दै गरेको चुनावी माहोल र त्यस पछाडिको विधायिकी गतिविधिसम्म आइपुग्दा त सबै राजनीतिक दलका लागि पहिचान एउटा अनिवार्य मुद्दा बन्यो । त्यही पृष्ठभूमिमा सर्वदलीय सहमतिमा राज्य पुनःसंरचना तथा शक्ति बाँडफाँटको संवैधानिक व्यवस्थापनका लागि पहिचानसहितका पाँच आधार तयार हुने स्थिति बन्यो । तर दोस्रो संविधानसभाको निर्णायक अवस्थामा पुग्दा भने ती राजनीतिक सहमति, प्रतिबद्धता तथा सिद्धान्तलाई तिलाञ्जली दिइयो । अन्ततः संघीय खाका कोर्नका लागि गरिएको राज्य पुनःसंरचनाका क्रममा पहिचानलाई अलिकति पनि सम्बोधन गरिएन, संघीयताको नाउँमा एक खाले प्रशासनिक विकेन्द्रीकरणका प्रादेशिक ढाँचाहरू मात्र तयार गरिए । कोशी प्रदेश त्यसैको पछिल्लो संस्करण थियो । यसो हुनुको मूल कारक हो— दलगत राजनीतिक नेतृत्व कब्जा गर्दै आएका कथित सम्भ्रान्त जात/समुदायद्वारा लादिएको पहिचानबारेको विकृत भाष्य । उनीहरूले सुनियोजित रूपमा रचेको भाष्यले भन्दै आएको छ— पहिचानको सवाल साम्प्रदायिक हो, जातीय हो, संकीर्ण र संकुचित होÙ यसले समाजमा विद्वेष, विग्रह र द्वन्द्व निम्त्याउँछÙ अन्ततः राष्ट्रलाई विखण्डनको स्थितिमा पुर्याउँछ । आफूलाई मार्क्सवादी पण्डित ठान्ने एक थरी जमातले त वर्गीय सम्बन्ध र संघर्षभन्दा पर सबै मिथ्या हो भन्ने शास्त्रीय सूत्रको मन्त्रणामा पहिचानको समग्र सवाललाई भुत्ते बनाउन आफ्नो बर्कत र विवेक खर्चियो । बहुलता र विविधतायुक्त मानवीय संरचना भएको नेपालजस्तो मुलुकमा पहिचानको मुद्दालाई सही रूपमा बुझ्नु र व्यवस्थापन गर्नु सामाजिक अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको दीर्घकालीन समाधानको आधारभूत आवश्यकता हो । एकलजातीय अहंकारको धरातलमा बलपूर्वक सामाजिक सम्मिलीकरणको बाटो लाग्ने कि सहअस्तित्व र समानताको मान्यतामा समावेशीय समाजको निर्माण गर्ने, मूल प्रश्न यत्ति नै हो । यसको उद्देश्य बहुलता र विविधतामा एकता अनि राष्ट्रभित्र एकीकृत शक्तिको सबलीकरण हो । सही अर्थमा जनतामा आधारित गौरवशाली राष्ट्रियताको धरातल निर्माण गर्नु हो । प्रथमतः, पहिचानको अर्थ केवल नामांकन र सीमांकन होइनÙ यो त रूप पक्ष मात्र हो, सार होइन । पहिचानलाई सम्बोधन गर्नु भनेको मूलतः कुनै निश्चित मानवीय समुदायसँग गाँसिएको आदिकालदेखिको इतिहास, परम्परा, संस्कार, संस्कृति, रीति अनि भाषाप्रतिको सम्मान हो । तसर्थ यो प्रत्यक्षतः थातथलो–भूमिसँग सम्बन्धित छ । अनि तत् भूमिमा सभ्यता विकासका लागि पुस्तौंपुस्तादेखि श्रम, सीप र ज्ञान खर्चिंदै आएको रैथाने समुदायको आस्था र जनजीविका निर्वाहका विभिन्न आयामसँग सम्बन्धित छ, जुन आधुनिक राज्यसत्ता अस्तित्वमा आउनुभन्दा धेरै अगाडिदेखि प्रचलनमा थिए र छन् । पहिचानको सवाल यथार्थमा तिनको सम्मान र मान्यताप्राप्ति हो । त्यसलाई कानुनी र संवैधानिक रूपमा सुनिश्चित गर्नु राज्यसत्ताको दायित्व हो । विशेषतः पहिचानलाई आदिवासी रैथानेहरूको दृष्टिकोणबाट सम्बोधन गर्नु भनेको ऐतिहासिक थातथलोभित्रका जल, जमिन र प्राकृतिक स्रोतसाधनको सदुपयोगमा समुदायविशेषको विशेषाधिकार सुनिश्चित गर्नु हो । त्यस अतिरिक्त राज्यका अन्य साधनस्रोतको परिचालनमा समेत सहज पहुँचको अवस्था हो, जसका लागि नीतिनिर्माणका सबै तहसम्म समानुपातिक प्रतिनिधित्व आधारभूत संवैधानिक आवश्यकता हो ।पाश्चात्य अनि वेस्टमिन्स्टर ढाँचाको संसदीय प्रणालीलाई मात्र असली लोकतन्त्र ठान्ने मानसिकताबाट ग्रस्त राजनीतिजीवीहरू केवल बहुमतीय सर्वोच्चताको कुरा गर्छन्, यही आधारमा गठन गरिने राज्य संरचनालाई नै निर्विकल्प ठान्छन् । बहुमतीय प्रणाली गणितीय शक्तिका आधारमा कायम गरिने राज्यशक्तिलाई वैधता दिने व्यवस्था हो । तर नेपालजस्तो बहुलतायुक्त समाजमा, जहाँ अधिकांश समुदाय ससाना छन् र जो गणितीय शक्तिका दृष्टिले निर्बल तथा निःसहाय छन्, ती कुनै पनि अवस्थामा राज्यशक्तिसम्म पुग्न सक्ने सम्भावना रहँदैन । परिणामतः, त्यस्ता ससाना समुदायहरू समाजका ठूलै समुदाय, वर्ग, तप्काबाट निरन्तर राष्ट्रिय राजनीतिक तहबाट बहिष्करणमा पारिन्छन् । अढाई सय वर्षदेखि सामन्ती राजशाहीले विभेद र उत्पीडनको यस्तै नीति अख्तियार गरिरह्यो । राजशाहीले बहुसंख्यक समुदाय र रैथानेहरूलाई रैती र मासिने जात ठान्यो । बहुलता र विविधतायुक्त समाजमा बहुमतीय पद्धति प्रकारान्तरले निषेधको अर्को नीतिबाहेक केही होइन । पहिचानको वर्तमान संघर्ष मुलुकमा लामो समयदेखि लादिएको बहुमतीय नामक निषेधात्मक प्रणालीको अन्त्य र समावेशीय राज्य निर्माणको प्रयत्न हो । अन्तर्राष्ट्रिय अनुभवले भन्छ— समावेशीय राज्य निर्माणको आधारभूत तत्त्व राजनीतिमा सहमतीय मानसिकता हो । संख्या, गणित र अल्पमत–बहुमतको समीकरणबाट सहमतीय समाज बन्न सक्दैन । ‘सबैको राज्य र राज्यमा सबै’ मा रूपान्तरणका लागि आवश्यक छ— सीमान्तकृत, पछाडि पारिएका, बहिष्कृत, अल्पसंख्यक, लोपोन्मुख जाति–समुदायको राज्यमा उचित सहभागिता । ती सबैको मूल आधार भनेको पहिचान हो, संख्या र शक्ति गौण ठहरिन्छ । बहुमतको गणितीय पुष्टिका लागि प्रतिस्पर्धा होइन, आवश्यकता अनि क्षमताको सापेक्षिक आधारमा सकारात्मक विभेद, आरक्षण, कोटा प्रणालीको व्यवस्था हुनुपर्छ । पहिचानको उचित सम्बोधन भन्नु नै नामांकन–सीमांकनदेखि राज्यको नीतिनिर्माण तहसम्म प्रतिनिधित्व र पहुँचको सुनिश्चितता हो । तर यसका लागि कहाँ, को, कति, कुन क्षमतामा छन् भन्नेर संख्यात्मक आकार र परिणाममा पुष्टि गर्न खोज्नुभन्दा विगतको इतिहास, भूमिसँगको सम्बन्ध, समुदायको निरन्तर बसोबास, मूर्त–अमूर्त सम्पदासँग जीवन्त सम्बन्ध अनि सभ्यता र संस्कृति निर्माणमा ऐतिहासिक योगदानको सही मूल्यांकन गरेर तिनलाई कदर गर्दै मान्यता दिनुपर्छ । विशेषतः हिजोको पुरातन एकात्मक राज्य व्यवस्थाको विघटन अनि संघीय मान्यता अनुरूप नयाँ राज्य पुनःसंरचनाको परिप्रेक्ष्यमा पहिचानको मुद्दा प्रत्यक्षतः अधिकारसँग सम्बन्धित हुन्छ । बहुलतायुक्त समाजमा समुदायहरू राजनीतिक रूपमा सबल होऊन्, आफ्ना सरोकारका मामिलामा आफैंले स्वविवेकपूर्ण निर्णय गर्न सकून् भनेर संघीयताले स्वायत्तता र आत्मनिर्णयका पक्षमा जोरदार वकालत गर्छ । त्यसैले संघीयताको कार्यान्वयनमा केन्द्रमा सबैको अपनत्व कायम हुने साझा नेतृत्वको सरकार र स्थानीय तहमा समुदायको स्वायत्त सरकारको अपेक्षा गरिन्छ । समुदाय अर्थात् ऐतिहासिक थातथलोको रैथाने समुदाय । | Opinion | 10,487 |
गहुँ खेतीमा रङ्गिन गरिँदै | कैलालीमा बीजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रङ्गिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रङ्गिन भइरहेको हो । | https://gorkhapatraonline.com/news/59133 | टीकापुर, चैत १६ गते । कैलालीमा बीजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रङ्गिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रङ्गिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रङ्गिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रङ्गिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रङ्गिन गराइरहेको छ । उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रङ्गिनको काम गराइरहेको रङ्गिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताउनुभयो । “हामी किसानसँगै रङ्गिन कार्यमा खटेका छौँ, रङ्गिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेको गहुँबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रङ्गिन भनिन्छ । रङ्गिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरूले रङ्गिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताउनुभयो । “बेजात, झारपात हटाउनका लागि रङ्गिन गरिएको हो”, उहाँले भन्नुभयो, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रङ्गिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रङ्गिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रङ्गिन बाली पसाउनु पूर्व र बाली तयारी पूर्व गर्ने गरिन्छ । यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रङ्गिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रङ्गिन गर्ने कार्य भइरहेको नमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताउनुभयो । बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रङ्गिन गर्नुपर्दछ । रङ्गिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रङ्गिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताउनुभयो । “विगत वर्षबाटै यो भइहरेको छ । रङ्गिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उहाँले भन्नुभयो, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रङ्गिन गर्न सल्लाह दिएका छौँ ।” रासस | News | 38,582 |
कृषि मन्त्रालयको २३ प्रतिशत बजेट खर्च | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ । | https://gorkhapatraonline.com/news/45320 | काठमाडौँ, मङ्सिर ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ ।मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा बजेट खर्च २३.६३ प्रतिशत भएको उल्लेख छ । चालू आवका लागि मन्त्रालयलाई ५५ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । पहिलो त्रैमासिक अवधिमा १३ अर्ब २० करोड रुपियाँ बराबर बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले चालूतर्फ १३ अर्ब आठ करोड दुई लाख ३८ हजार रुपियाँ र पुँजीगततर्फ १२ करोड ४९ लाख ८९ हजार रुपियाँ बराबर मात्रै खर्च गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्ममा ६९ अर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको छ । सो अवधिमा एक खर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको थियो । मन्त्रालयको गत आर्थिक वर्षसम्ममा फर्स्योट हुन बाँकी रहेको बेरुजु आठ अर्ब २० करोड ४७ लाख ७७ हजार रहेको थियो । पछिल्लो तीन महिनामा ९२ करोड ७३ लाख ४६ हजार फर्स्योट भएर अहिले सात अर्ब २७ करोड ७४ लाख ३१ हजार बेरुजु कायम रहेको पनि मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब रुपियाँ निकासा भएकोमा असोज मसान्तसम्ममा १० अर्ब ७७ करोड रुपियाँ बराबरको मल आयातका लागि रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ । पहिलो त्रैमासिक अवधिमा कुल दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि ठेक्का लगाइएकोमा ९७ हजार मेट्रिक टन रासायनिक मल आयात भइसकेको मन्त्रालयले जनाएको छ ।तीन महिनामा उखु किसानलाई उखु उत्पादन अनुदान वितरण गर्न विभिन्न आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा ७३ करोड ८७ लाख ४७ हजार रुपियाँ बजेट हस्तान्तरण भइसकेको मन्त्रालयले जनाएको छ । प्रतिक्विन्टल उखुको पाँच सय २० रुपियाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ भने सरकारले प्रतिक्विन्टल ७० रुपियाँ अनुदान उपलब्ध गराउने गरेको छ । कृषि बीमा प्रिमियम शुल्क अनुदानबापत चालू आर्थिक वर्षका लागि १६ करोड बजेट विनियोजन गरेकोमा असोज मसान्तसम्ममा ७८ लाख १४ हजार रुपियाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ । | News | 39,915 |
सगरमाथा युथले जित्यो इटहरी गोल्डकप | सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो । | https://ekantipur.com/sports/2022/04/10/164955396940095428.html | इटहरी — सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।निर्धारित ९० मिनेटसम्म गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । सगरमाथाका गोलरक्षक प्रिसोको प्रहार बाहिरिएको थियो भने अशोक खवास, सत्यम शर्मा, आशिष लामा र मिलन राईले गोल गरेका थिए ।आर्मीको तर्फबाट विकास खवास, टेकबहादुर बुढाथोकी र विवेक बस्नेतमात्र गोल गर्न सफल भए । गौतम श्रेष्ठको प्रहार सगरमाथाका प्रिसोले रोके भने सन्तोष तामाङको प्रहार बाहिरिएको थियो । आर्मीले रोलिङ क्लब धुलाबारीलाई पराजित गर्दै फाइनलमा तय गरेको थियो भने सगरमाथाले मनाङ मर्स्याङ्दी क्लबमाथि जित पाएको थियो । दुईपल्ट इटहरी गोल्डकपको ट्रफी उचालेको आर्मीले यसपालि ट्रफीमा ह्याट्रिक गर्न सकेन । घरेलु टोली सगरमाथाले पहिलो सहभागितामै उपाधि जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित टंक बस्नेत भए । उनले यामाहाको फ्यासिनो स्कुटी पुरस्कार पाए । उदीयमान खेलाडी आयोजक जागृति क्लबका मनीष भण्डारी भए । उनले ४२ इन्चको सामसुङ एलइडी टिभी प्राप्त गरे । प्रतियोगितामा सर्वाधिक तीन गोल गर्ने मनाङ मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आभास लामिछानेले जनही नगद १० हजार रुपैयाँ हात पारे । डिफेन्समा आर्मीका विकास खवास, गोलकिपरमा सगरमाथाका प्रिसो, मिडफिल्डरमा आर्मीका सन्तोष तामाङ, फरवार्डमा सगरमाथाका आशिष लामा र प्रशिक्षकमा सगरमाथाका युविन गुरुङले उत्कृष्ट हुँदै जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द फाइनल आर्मीका विश्वास चौधरीले १० हजार रुपैयाँ हात पारे । विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे । | Sports | 20,694 |
तिहार पर्व सांस्कृतिक मूल्य | तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ । | https://gorkhapatraonline.com/news/42525 | तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वतका साथै दाजुभाइ तथा दिदीबहिनीको पूजा हुने गर्छ, जुन भाइबहिनीलाई पनि थाहै हुनुपर्छ तर तिनका उद्देश्य के हुन् भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यसको महत्व र उद्देश्यका बारे चर्चा गरौँ है त । काग भनेको पन्छी प्रजातिको प्राणी हो । पन्छीहरू वातावरणीय सन्तुलनका दृष्टिले महìवपूर्ण मानिन्छन् । उनीहरूले बालीनालीमा लाग्ने कीरा खाएर हामीलाई जुन गुन लगाएका हुन्छन् त्यो आफैँमा बिर्सिनसक्नु छ । त्यसैले उनीहरूकै प्रतिनिधि पात्र मानेर कागको पूजा गर्ने परम्परा बसाइएको हो तर अझै पनि हामीबीच कतैकतै कागले नराम्रो सन्देश ल्याउँछ भन्ने मान्यता पाइन्छ । त्यसैले उनीहरू नजिक आएर कराए भने शुभ बोल भन्दै धपाउने गरिएको देखिन्छ । यसलाई कतै राम्रो भन्न सकिन्न, राम्रो मान्न सकिन्न । पहिलो कुरा त कागले नराम्रो खबर ल्याउँछ भन्ने नै हुँदैन । मानिसकै कारण आफ्नो खाने बस्ने स्थान नासिँदै गएकाले त्यसको व्यवस्था गरिदेऊ भन्न आएको पनि हुनसक्छ । दोस्रो कुरा खबर नै ल्याउँछ भनेर मान्ने हो पनि नराम्रो खबर मात्र ल्याउँछ भन्ने छैन । राम्रो खबर पनि ल्याएको हुन सक्छ । त्यसैले उनीहरू घरआँगनमा आएर कराए भने धपाउने होइन बरु खाने चिज दिने बानी बसाउनुपर्छ । यही सन्देश दिनकै लागि काग तिहार मनाउने गरिएको हो ।तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुर भनेको मानिसको नजिकको हितैषी प्राणी हो । संसारमा एक गाँस खस्रो मसिनो खान पाएको भरमा मालिकका लागि प्राणै दिन पछि नपर्ने प्राणी कुनै छ भने त्यो कुकुर नै हो भन्नु्पर्ने अवस्था छ । अझै मानिसले कुकुरसित सिक्नुपर्ने धेरै कुरा छन् । त्यसैले वर्षको एक पटक भए पनि उनीहरूको पनि सम्मान गर्ने परम्परा बसाइएको हो तर समाजमा अझै पनि कतै कसैलाई होच्याउनु प¥यो भने वा गाली गर्नु प¥यो भने कुकुरसित तुलना गर्ने गरिएको पाइन्छ, जुन कतै राम्रो होइन । पक्कै कुकुर गाली गर्न लायक वा होच्याउन लायक प्राणी होइन । त्यही कुराको सम्झना गराउनकै लागि कुकुर तिहार मनाउने परम्परा बसाइएको हो । तेस्रो दिन बिहान घरआँगन सरसफाइ गरी गाईको पूजा गरिन्छ । त्यसै दिन साँझ दीपावली गरेर लक्ष्मीको पूजा गर्ने चलन छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । उनीहरूले कृषि बालीलाई चाहिने मल मात्र होइन बहर (गोरु) उत्पादन गरेर मानिसलाई ठूलो गर्दै आएकी छन् । यसबाहेक अमृत समान दूध दिएर आमाले जस्तै हेर विचार गर्दै आउने कामसमेत गर्दै आएकी छन् । यसै अर्थमा गाईलाई गोमाता भन्ने गरिएको हो । यस दिन गाईको पूजा गर्नुको उद्देश्य सधैँभरि यसैगरी उनीहरूका सम्मान वा स्याहारसुसारमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनु हो । साँझ दीपावली गरी लक्ष्मी पूजा गर्दा धनसम्पत्ति वृद्धि हुन्छ भन्ने विश्वास छ तर यसको अर्थ पनि वर्ष एक दिन सरसफाइ गरी दीपावली गरेर लक्ष्मीको पूजा गर्दैमा धनसम्पत्ति वृद्धि हुन्छ भन्ने होइन । बरु सधैँभरि यसैगरी घरआँगन र शरीरको सफाइ गरी शरीर र मनलाई उज्यालो अर्थात् स्वच्छ राख्नुपर्छ भन्ने हो । यसो गर्दा शरीर स्वस्थ हुन्छ । शरीर स्वस्थ भए धन कमाउन सकिन्छ । किनभने धन कमाउने साधन भनेकै शरीर हो । यही सन्देश दिनकै दीपावली गरेर लक्ष्मीपूजा गर्ने चलन चलाइएको हो । चौथो दिन गोरु र गोवर्धन पर्वतको पूजा गरेर गोरु तिहार मनाइने गरिन्छ । गोरुहरूले हलो तानेर अन्नबाली उमार्न सहयोग पु¥याउँछन् । तराईतिर गाडा तान्ने काममा समेत यिनैको प्रयोग हुने गरेको छ । यद्यपि हिजोआज यस काममा मेसिनरी औजार प्रयोग गर्न थालिएको पाइन्छ । तथापि गोरुको प्रयोग पनि अझै हटेको छैन । हाम्रोजस्तो भौगोलिक विविधता भएको मुलुकमा हट्न सक्ने अवस्था पनि छैन । त्यसैले गोरुको पूजा गर्ने चलन चलाइएको हो तर यसको अर्थ वर्षको एकपछ गोरुको पूजा गरी अघिपछि जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने होइन । अपितु वर्षैभरि यसैगरी उनीहरूको स्याहारसुसारमा ध्यान दिनुपर्छ भन्ने हो । गोवर्धन पर्वत पूजा गर्नुको उद्देश्य पनि पशु बलि र कृषि बालीसितै सम्बन्धित छ । जति बेला गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको थियो त्यतिबेला त्यहाँको पशुधनको आधार गोवर्धन पर्वत नै थियो । त्यसैले कृष्णले इन्द्रको पूजा गर्ने परम्परा रोकेर गोवर्धन पर्वतको पूजा गर्न लगाएका थिए । यसैको सम्झनामा अहिलेसम्म पनि गोवर्धनको पर्वतको पूजा गर्ने गरिएको छ । यसको अर्थ वर्षको एक पटक गोबरको पर्वत बनाएर पूजा गर्ने भन्ने होइन । बरु सधैँभरि वनजङ्गलको संरक्षण गर्नुपर्छ भन्ने हो । वनजङ्गलको संरक्षण भए प्राकृतिक वातावरण सन्तुलन हुन्छ र प्रकृतिलाई पानीको वर्षा गराउन सजिलो हुन्छ । समयमा पानी पर्न थालेपछि वस्तुभाउले घास पाउँछन् । वनजङ्गल बढेर मानिसले प्रचुर मात्रामा अक्सिजन पाउँछन् । बाढीपहिरो रोकिएर पृथ्वीको उर्वरा शक्तिलाई बचाउँछ । यसै अर्थमा गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो । पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गरेर भाइ तिहार मनाइने गरिन्छ । यो भनेको मानिसले मानिसको सम्मान गर्नुपर्छ, गर्न जान्नुपर्छ, सिक्नुपर्छ भन्ने हो । जुन घरमा दाजुभाइ तथा दिदीबहिनीबीच माया, प्रेम, स्नेह र सद्भाव हुन्छ त्यो घर आफैँमा मन्दिर हुन पुग्छ । यसै पनि संसारमा अन्योन्याश्रय नभई कसैको पनि जीवन चल्दैन । त्यसमा पनि घरपरिवार तथा आफन्तबीचको सम्बन्ध त झनै प्रगाढ हुनुपर्छ । अन्यथा घरपरिवार । समाज श्मशानघाटको भूतभूतेमा परिणत हुन बेर लाग्दैन । यही र यस्तै यस्तै सन्देस दिनकै लागि भाइतिहार मनाउने परम्परा चलाइएको हो । | News | 33,605 |
इन्द्रजात्राको आठै दिन निकालिने ‘मजिपा’ लाखे (फोटो फिचर) | काठमाडौं, भदौ २५ गते। इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ।जात्राको मुख्य आकर्षण मजिपाः लाखे एक हो। मजिपाः लाखे रंजितले निकाल्ने गर्छन्। किवंदन्ती अनुसार लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई संरक्षक वा शान्त भैरवको रुपमा पूजा गरिन्छ। इन्द्रध्वजोत्थान अर्थात् उपाकुको दिनदेखि लाखे निकालिन्छ। पहिलो दिन ‘लाखे नःनी’बाट लाखे निकालेर उपाकु जाने बाटो परिक्रमा गरेर भक्तजनहरुलाई दर्शन दिने गरिन्छ। लाखेलाई ‘लाखे आजु’ भन्ने गरिन्छ। नेवार समुदायमा आफूभन्दा अग्रजलाई ‘आजु, अजी’ भन्ने प्रचलन भए अनुसार र लाखेलाई पनि शान्त भैरवको रुपमा पुज्ने भएकाले लाखेलाई सम्मान स्वरुप ‘आजु’ भनिएको हो। इन्द्रजात्राको आठै दिन ‘मजिपा’ लाखे निकाल्ने गरिन्छ। जात्राको मुख्य मुख्य दिन वा कुमारी जात्रा हुने बाटोमा मजिपा लाखेलाई परिक्रमा गराइन्छ। | https://gorkhapatraonline.com/news/24602 | काठमाडौं, भदौ २५ गते। इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ।जात्राको मुख्य आकर्षण मजिपाः लाखे एक हो। मजिपाः लाखे रंजितले निकाल्ने गर्छन्। किवंदन्ती अनुसार लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई संरक्षक वा शान्त भैरवको रुपमा पूजा गरिन्छ। इन्द्रध्वजोत्थान अर्थात् उपाकुको दिनदेखि लाखे निकालिन्छ। पहिलो दिन ‘लाखे नःनी’बाट लाखे निकालेर उपाकु जाने बाटो परिक्रमा गरेर भक्तजनहरुलाई दर्शन दिने गरिन्छ। लाखेलाई ‘लाखे आजु’ भन्ने गरिन्छ। नेवार समुदायमा आफूभन्दा अग्रजलाई ‘आजु, अजी’ भन्ने प्रचलन भए अनुसार र लाखेलाई पनि शान्त भैरवको रुपमा पुज्ने भएकाले लाखेलाई सम्मान स्वरुप ‘आजु’ भनिएको हो। इन्द्रजात्राको आठै दिन ‘मजिपा’ लाखे निकाल्ने गरिन्छ। जात्राको मुख्य मुख्य दिन वा कुमारी जात्रा हुने बाटोमा मजिपा लाखेलाई परिक्रमा गराइन्छ। | News | 33,769 |
नेपाल डाउन रिभरमा छैटौं | नेपाली टिमले डाउन रिभरमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेर क्वीन्सल्यान्डस्थित टाली नदीमा आइतबार सम्पन्न १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिप टुंग्याएको छ । अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम च्याम्पियनसिपको शीर्ष १० मा रह्यो । | https://ekantipur.com/sports/2019/05/19/155825722922759203.html | क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली टिमले डाउन रिभरमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेर क्वीन्सल्यान्डस्थित टाली नदीमा आइतबार सम्पन्न १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिप टुंग्याएको छ । अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम च्याम्पियनसिपको शीर्ष १० मा रह्यो ।अघिल्लो दिन समग्रमा १३ औं स्थानमा रहेको नेपालले पुछारमा आठ देशको समूहबाट डाउन रिभरको प्रतिस्पर्धा सुरु गरेको थियो । त्यो समूहमा पहिलो भएको नेपालले ४६ मिनेट ४८.३० सेकेन्डमा रेस पूरा गर्दै छैटौं स्थानमा रहेर डाउनरिभर टुंग्याएको हो ।आर ६ को विश्वकपको यस स्पर्धामा न्युजिल्यान्ड (४४ मिनेट ५८.४१ सकेन्ड), रुस (४५ मिनेट ३३.२७ सेकेन्ड) र ब्राजिल (४६ मिनेट २४.९७ सेकेन्ड) ले क्रमश: स्वर्ण, रजत र कास्यपदक जिते । १६ देश सहभागी यस स्पर्धामा नेपालभन्दा अगाडि चेक रिपब्लिक (४६ मिनेट २९.४४ सेकेन्ड) र जापान (४६ मिनेट ३१.९८ सेकेन्ड) रहे ।ओभरअलमा नेपाल दसौंमा रह्यो र यो नै विश्व र्याफ्टिङ च्याम्पियनसिपमा नेपालको सबभन्दा राम्रो प्रदर्शन हो । पुरुष खुलामा ब्राजिलले उपाधि रक्षा गर्यो । स्प्रिन्ट र स्ललोममा स्वर्णपदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउनरिभरमा तेस्रो भएपनि चार स्पर्धामा गरी सर्बाधिक अंक जोडेको आधारमा ब्राजिल फेरि च्याम्पियन भएको हो । | Sports | 27,256 |
सडकबिचको पोल हटाउन सुरु | ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरू हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरू हटाउन थालिएको हो । | https://gorkhapatraonline.com/news/113640 | राजन रावत हुम्ला, असार १३ गते । ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरू हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरू हटाउन थालिएको हो । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हाललाई सिमकोट बजारको मुख्य क्षेत्र रहेको एयरपोर्ट चोकदेखि काली चोकसम्मको सडकबिचमा रहेका बिधुतका पोलहरू हटाउने काम सुरु भएको बताउनुभयो । उहाँले यो काम अति आवश्यक रहेकाले बजार क्षेत्रका सबै पोलहरू हटाउनु पर्ने भए पनि पहिलो चरणमा उक्त सडकका पोलहरू हटाइएको बताउनुभयो ।अब बाँकी पोलहरू पनि चाँडै हटाइने बताउनुभयो । यसले गर्दा बजार क्षेत्रको सौन्दर्यकरणमा अवरोध गर्नुका साथै ढलान भएको सडकमा यातायातका साधन सञ्चालनमा समेत सदस्य देखिएका कारण ती पोलहरू हटाइएको उहाँले बताउनुभयो । पहिलो चरणमा सघन सहरी विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यी पोलहरू हटाइएको हो । यसका लागि सिमकोट गाउँपालिकाले सहजीकरण गरेको थियो । केही समयअघि बोलेरो जिप समेत सडकको बिचमा गाडिएका पोलमा ठोकिएको थियो । सिमकोट बजार क्षेत्रका ८० पोलहरू हटाउनु पर्ने विवरण हिल्दुम विधुत वितरण केन्द्रले निकालेको छ । अब बाँकी पोलहरू विधुत प्राधिकरणको आर्थिक सहयोगमा आगामी आर्थिक वर्षबाट सुरु गर्नेगरी तयारी गरिएको केन्द्रले जनाएको छ । | News | 50,132 |
सङ्घीयता: तीन तहको सरकारको औचित्यमा प्रश्न | सङ्घीयता अभ्यासको प्रारम्भिक चरणमै चरम असन्तुष्टि देखिँदा प्रदेश सरकारका मन्त्रीले समेत बलियो केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकारको औचित्यमाथि प्रश्न उठाएका छन्। | https://www.bbc.com/nepali/news-44566200 | कतिपय जानकारका बुझाइमा सङ्घीयताप्रति केही ठूला दलको अनिच्छाका कारण यस्तो स्थिति सिर्जना भएको छ। सरकारकै हैसियत दिएर अधिकारसम्पन्न स्थानीय तह बनाउँदा नै प्रदेश सरकारलाई दुर्बल बनाउन खोजिएको टिप्पणी गरिएको थियो। अभ्यास गर्दै जाँदा तीन थरी सरकारको औचित्य नरहेको भेउ पाएको अनुभव प्रादेशिक मन्त्रीले नै सुनाउन थालेका छन्। चिन्ता असीमित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले त्यही निचोड सुनाए। उनले भने, "वास्तवमा जनताले विकासनिर्माण, शान्तिसुरक्षा जस्ता तमाम कुरा तल्लो निकायबाटै चाहँदा रहेछन्। त्यसले गर्दा केन्द्र र स्थानीय तह मात्रै राखेको भए हुन्थ्यो, प्रदेश बनाउँदा भने स्थानीय निकायलाई पहिले जस्तै राखेको भए हुन्थ्यो भन्ने मेरो बुझाइ हो।" मुलुकको व्यापारघाटा, सानो अर्थतन्त्र, बढ्दो प्रशासनिक खर्च र घट्दो विकास बजेट। त्यसमाथि विभिन्न खालका प्रादेशिक संरचनाको खाँचो र खर्च बढ्ने अवस्था। यसलाई कैयौँले चिन्ताको रूपमा लिएका छन्। तर मन्त्री हिक्मत कार्कीको चिन्ता त्यतिमा सीमित छैन। केन्द्र, प्रदेश र स्थानीय तहमा आफ्नो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्चस्वले अनुकूलता प्रदान गरे पनि भविष्य चुनौतिपूर्ण रहेको बताउँदै उनी भन्छन्, "तर सबै तहमा फरकफरक दलको सरकार भएमा व्यवस्थापन गर्नै नसकिने गरी द्वन्द्व बढ्न सक्ने मैले देखेको छु।" राष्ट्रिय स्तरको नीति निर्माणमा केन्द्र सरकार र सेवा प्रवाहमा स्थानीय तहको भूमिका मुख्य देखिन्छ। केन्द्रप्रति आशङ्का स्थानीय तहमा सोझै बजेट पठाएर केन्द्रले त्यसको व्यवस्थापन र रेखदेखबाट प्रदेशलाई अलग्याएको आलोचकको बुझाइ पाइन्छ। विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमका विचारमा जातीयताको प्रवर्धन हुने त हैन भन्ने त्रासका कारण विशेषगि ठूला दलको योजनामै प्रदेशलाई कमजोर र स्थानीय तहलाई शक्ति सम्पन्न बनाइएको हो। केन्द्रको भूमिकाप्रति उनको अझै आशङ्का छ। हालसालै केही प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्दै गौतम प्रश्न गर्छन्, "सङ्घीयतामा प्रदेशको स्वशासन र केन्द्रमा साझा शासन भनिन्छ। तर कुन प्रावधान र संरचनाअन्तर्गत उहाँले प्रदेश सभाहरूमा सम्बोधन गर्नुभयो?" प्रादेशिक विकास, योजना, व्यापार र नियमनमा प्रदेश सरकारको मुख्य भूमिका हुनु पर्ने आवाज उठिरहेका छन्। संविधानमै पनि सुरक्षा निकाय लगायतका कतिपय महत्त्वपूर्ण अधिकारको प्रबन्ध गरिएको छ। प्रधानमन्त्रीप्रति आशङ्का तर केही 'अस्पष्टता' मा टेकेर केन्द्र सरकारले अधिकार नियन्त्रण गर्न खोजेको भन्दै प्रदेश सरकारले असन्तुष्टि व्यक्त गरेको पाइन्छ। कैयौँ विषयमा भने प्रदेश सरकार अलग र स्वायत्तभन्दा पनि केन्द्र र स्थानीय तहसँग साझेदारको रूपमा देखिन्छ। अधिकांश प्रदेशमा नेकपा नेतृत्वका सरकार छन्। तिनले अधिकार प्रयोगमा सक्रियता देखाउन सके तीनै तहको सरकारको अभ्यास संस्थागत हुनसक्ने ठम्याउँदै गौतमले त्यसमा जोखिम पनि रहेको बताए। उनले भने, "सबैभन्दा लाभान्वित त नेकपा नै हुन्छ। त्यसैले देखाउने रूपमा अघि बढाउँदै व्यक्तिगत लाभ लिइरहने र संस्थालाई बलियो नबनाउने काम पनि हुनसक्छ।" उनको बढी आशङ्का प्रधानमन्त्री केपी ओलीप्रति नै देखिन्छ। पार्टी एकीकरण गरेर एकजना अध्यक्ष बनेका प्रचण्डले त संसद्मै ओली सङ्घीयताप्रति अनिच्छुक रहेको बताएका थिए। 'पुनर्विचार गरे अस्थिरता' आफ्नो नेतृत्वको पहिलो सरकार ढाल्दा ओलीले भनेका थिए, "मन्त्रिपरिषद् बैठकमा होओस् वा बाहिर उहाँले आफूलाई सङ्घीयता मन नपरेको र बाध्य भएर स्वीकारेको मात्रै हो भनेर पटकपटक भन्नु भएको छ।" तर सत्ता पक्षधरले तीन तहको संरचनाबाट पछि हट्ने अवस्था नरहेको बताउने गरेका छन्। प्रधानमन्त्रीका विश्वासपात्र मानिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल वर्तमान सङ्घीय संरचनाको खाँचोबारे पहिले अध्ययन नगरिएको स्वीकार गर्छन्। तर अहिले त्यसबारे पुनर्विचार गर्दा थप अस्थिरता आउने बताउँदै उनी भन्छन्, "हिजो ठिक थियो कि थिएन भनेर मूल्याङ्कन नगर्ने। अब कम्तीमा पाँच-सात वर्ष अभ्यास नगरी परिणाम भन्न सक्दैनौँ। त्यसबेला आवश्यक लागेन भन्ने भयो भने सहमतिमा निर्णय गर्नुपर्छ। उपयोगी नै भयो भने अघि बढाउनुपर्छ।" स्थानीय तह पुनर्संरचना आयोगले तीन तहको सरकारको सङ्घीय अभ्यास गरेको दक्षिण अफ्रिकाको बढी अध्ययन गरेको थियो। औषधि कि विष? उस बेला आयोगका पदाधिकारी बढी प्रभावित लाग्ने त्यहाँ पनि प्रदेशको भूमिकाबारे प्रश्न उठ्ने गरेको बताइन्छ। तर तत्कालीन एमालेको चुनाव चिह्न लिएर निर्वाचित सङ्घीयताका कट्टर पक्षपाती सांसद हृदयेश त्रिपाठी "अब सङ्घीयता एक्लै विफल नहुने" बताउँछन्। उनको भनाइ छ, "म ठोकेर भन्छु, अब सङ्घीयता एक्लै घाइते हुँदैन, सँगसँगै आएका धेरै विषय घाइते हुन्छन्। र, सबभन्दा अप्ठेरो र घाइते हुनेमा संविधान नै हुन्छ।" पछिल्लो जनआन्दोलनको सफलतापश्चात् बनेको अन्तरिम संविधानमा सङ्घीयता उल्लेख थिएन। तराईमा आन्दोलन चर्किएपछि संविधानले सङ्घीयता अङ्गीकार गरेको थियो। कतिपय मानिस पहिलो पटक अँगालिएको सङ्घीयताबारे व्यापक वहस नगरिँदा एक थरीले त्यसलाई विष र अर्को थरीले अचूक औषधिको रूपमा लिने गरेकाले त्यसप्रतिको आशङ्का जीवित रहेको ठान्छन्। | Others | 69,086 |
ग्लोबल आइएमईद्वारा विपन्नवर्गका ३५ जनालाई छात्रवृत्ति | ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । | https://gorkhapatraonline.com/news/91371 | काठमाडौं, पुस १६ गते । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रम अन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपियाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिकरुपमा सबल हुनसमेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । | News | 35,769 |
माटो जोगाउने सन्देशसहित म्याराथन दौड | माटोको उर्वरा शक्ति जोगाउने सन्देशसहित म्याराथन दौडमा निस्किएका पर्वतका नवीन पुनमगर बिहीबार रामेछाप आइपुगेका छन् । ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका मगरले पूर्वको करिब १ हजार ३ सय किलोमिटर यात्रा पूरा गरिसकेका छन् । | https://ekantipur.com/sports/2022/07/14/165779366986863596.html | रामेछाप — माटोको उर्वरा शक्ति जोगाउने सन्देशसहित म्याराथन दौडमा निस्किएका पर्वतका नवीन पुनमगर बिहीबार रामेछाप आइपुगेका छन् । ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका मगरले पूर्वको करिब १ हजार ३ सय किलोमिटर यात्रा पूरा गरिसकेका छन् ।रासायनिक तत्त्वले विश्वव्यापीरुपमा माटोमा उर्वरा शक्ति विनाश भएकाले जैविक पदार्थमात्र प्रयोग गर्न सन्देश दिने अभियान लिएर ७० दिनमा ३० हजार किलोमिटरको यात्रा गर्न निस्केका पुन मगरले बालीमा पोषण पुर्याउन वनस्पति र जनावरको मल प्रयोग गर्न आग्रह गर्ने गरेका छन् । रासायनिक तत्त्वले माटोको उर्वरा शक्तिमा ५२ प्रतिशत विनाश भइसकेको र बाँकी ४८ प्रतिशत उर्वरा शक्तिले ६० वर्षसम्म मात्र धान्न सक्ने उनले विभिन्न प्रतिवेदनका आधारमा दाबी गरेका छन् । विश्वमा हरेक सेकेन्ड १ एकड माटो मरुभूमीकरण भइरहेको तथ्यांक रहेको अध्ययनले देखाएको उनले बताए । माटो जोगाएनौं र उत्पादन बढाउने नाममा जथाभावी रासायनिक तत्त्वको प्रयोग गर्यौं भने विश्वव्यापीरुपमा भोकमरी हुने र त्यसले नागरिक तहमै युद्ध निम्तिने खतरा रहेको उनले औंल्याए । विश्वमा हालसम्म ७४ वटा देशले नीतिगतरुपमा माटो बचाउन सम्झौता गरिसकेको र उक्त अभियान विश्वका १९२ वटा देशमा लैजाने लक्ष्य रहेको दौडका सहभागी सनम लिम्बुले बताए । उनका अनुसार नेपालमा पनि माटो जोगाउने नीति बनाउन सरकारलाई दबाब दिने उद्देश्यले विद्यालय तहबाट करिब ७ लाख हस्ताक्षर संकलन भएको र प्रधानमन्त्री र राष्ट्रपतिलाई सम्बोधन गरी इमेल पत्राचारका लागि आग्रह गरिएको छ । | Sports | 20,029 |
जलथल वनमा नौ प्रकारका नयाँ वनस्पति फेला | झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो । | https://gorkhapatraonline.com/news/41513 | विष्णुप्रसाद पोखरेलदमक, असोज २८ गते । झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।विगत तीन वर्षमा स्थानीय उपभोक्ता र विषय विज्ञहरूको सहभागितामा जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गरी यस वनको एउटा प्रोफाइल तयार पार्ने कार्य गर्ने क्रममा यो फेला परेको हो । जलथल वनको विस्तृत वन सर्वेक्षण गरी प्रोफाइलको लागि तथ्याङ्क तयार पारिएको छ, यस विषयमा अध्ययन गरिरहनुभएका फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता दिननाथ शर्माले बताउनुभयो ।जलथल वनमा पुतली, च्याउ, माछा, सर्प, भ्यागुता, रूख, झारपात र उन्यूहरूको सर्वेक्षण गरी सूची तयार पारिएको पनि उहाँले जानकारी दिनुभएको छ । नेपालमा कुनै एउटा वन क्षेत्रको गहिरो अध्ययन र यो तहको प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको सायद पहिलो हुनसक्छ, उहाँले भन्नुभयो ।नेपालको दक्षिण पूर्वी सिमावर्ती झापा जिल्लाको दक्षिणी भागमा लगभग छ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको वन कुनै बेला घना र अविच्छिन्न चारकोसे वनको बचेखुचेको एउटा खण्डको रुपमा लिइन्छ । जलथलमा मात्रै ५३० प्रजातिका वनस्पति भेटिएको शर्माले बताउनुभएको छ ।जलथल क्षेत्रका सिमसारहरुमा गरिएको सर्वेक्षणमा ४३ प्रजातिका माछा भेटिएको शर्माले जनाउनुभयो । विश्व संरक्षण सघ (आईयुसिएन)को रातो सूचीमा परेको हात्ती (सङ्कटापन्न) र लाम्चे कछुवा र सालक (अति सङ्कटापन्न) जस्ता वन्यजन्तु जलथलमा पाइएको छ ।जलथल जङ्गलमा नेपालकै दुर्लभ वनस्पतिको प्रजाति बाँदरको लिस्नो जस्तो देखिने यसप्रकारको लहरायुक्त रुख र यसलाई नागलहरा पनि भानिन्छ । | News | 60,967 |
सुटिङकी कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड | जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ । | https://ekantipur.com/sports/2021/05/28/162219085647175482.html | काठमाडौँ — जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् ।‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले भने ।उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ ।सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् । अन्य खेलमा वाइल्ड कार्ड प्राप्त हुने खेलाडीको भने निर्णय हुन बाँकी छ । | Sports | 23,013 |
चेल्सीसँग सिटीलाई एक अंक | रोड्रीले खेलको अन्त्यतिर गरेको गोलमा म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । | https://ekantipur.com/sports/2024/02/18/city-lead-chelsea-by-just-one-point-32-27.html | काठमाडौँ — रोड्रीले खेलको अन्त्यतिर गरेको गोलमा म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ ।यससँगै सिटीले आफ्नो घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो । तर खेलबाट प्राप्त एकै अंकले उसलाई उपाधि होडमा केही कमजोर भने बनाएको छ ।चेल्सीले रहिम स्टर्लिङको गोलले अग्रता लिएको थियो । यसअघि लिभरपुल र आर्सनल दुवैले आ–आफ्नो खेलमा जित निकालेका थिए । लिभरपुलको २५ खेलबाट ५७ अंक छ र लिग तालिकाको शीर्षमा छ । त्यत्तिकै खेलबाट आर्सनलको ५५ अंक छ र दोस्रो स्थानमा छ । सिटीले एक खेल कम खेलेको छ र ५३ अंकमा तेस्रोमा छ ।लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ ले आर्सनलले बर्नलीलाई ५–० ले हराएको थियो । यस्तै एस्टन भिल्लाले फुलहमलाई १–० ले हराएर चौथो स्थानमा उक्लेको छ । उसको ४९ अंक भयो । टोटनहम भने उल्भ्ससँग २–१ ले पराजित रह्यो र पाँचौं स्थानमा झर्यो । यस्तै न्युकासल युनाइटेड र बर्नमाउथले १–१ को बराबरी खेले भने नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २–० ले हरायो । | Sports | 14,762 |
नेपालको ऊर्जा क्षेत्रीयस्तरमै महत्वपूर्ण | अर्थमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्धनका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकामा रहनुभएका अर्थमन्त्रीले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्रक्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको जानकारी गराउनुभयो । सौर्य ऊर्जासँगै जलविद्युत्को क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको पनि उहाँले बताउनुभयो । | https://gorkhapatraonline.com/news/104371 | काठमाडौँ, वैशाख ७ गते । अर्थमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्धनका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकामा रहनुभएका अर्थमन्त्रीले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्रक्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको जानकारी गराउनुभयो । सौर्य ऊर्जासँगै जलविद्युत्को क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको पनि उहाँले बताउनुभयो । “नेपालले जलविद्युत् क्षेत्रमा गरेको उन्नति क्षेत्रीयस्तरमा नवीकरणीय ऊर्जा प्रवर्धन र विस्तारमा महत्वपूर्ण हुने छ,” उहाँले भन्नुभयो, “किनभने उत्पादित बिजुली नेपालमा मात्र नभई भारत र बङ्गलादेश जस्ता ऊर्जाको माग बढी भएका छिमेकी मुलुकमा पनि उपयोग हुने छ ।” सो क्रममा उहाँले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको तथा नेपाल र बङ्गलादेशबिच ४० मेगावाटको विद्युत् व्यापार सम्झौता भएको जानकारी दिनुभयो । जसका कारण पनि दक्षिण एसिया क्षेत्रका लागि स्वच्छ महत्वपूर्ण हरित ऊर्जाको स्रोत नेपाल रहेको उहाँको दाबी थियो । जलविद्युत् उत्पादनको सम्भावनालाई पूर्ण रूपमा सदुपयोग गर्न ऊर्जा क्षेत्रमा लगानीको ठुलो आवश्यकता रहेको उहाँले बताउनुभयो । “अन्तरदेशीय प्रसारण लाइनलगायत प्रसारण तथा वितरणसम्बन्धी पूर्वाधारमा ठुलो लगानी आवश्यक छ,” उहाँले भन्नुभयो, “हाम्रो आन्तरिक स्रोत मात्र त्यसका लागि पर्याप्त नभएकाले हामीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न अपिल गरिरहेका छौँ ।” प्रसारण लाइन आयोजना निर्माणमा निजी क्षेत्रका लागि समेत बाटो खोल्ने योजनामा सरकार रहेको अर्थमन्त्री पुनले जानकारी दिनुभयो । प्रक्रियामा रहेको नयाँ विद्युत् ऐनमा उक्त प्रावधान समावेश गरिएको उहाँले बताउनुभयो । सन् २०३५ सम्म नेपालले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमध्ये १५ हजार मेगावाट क्षेत्रीय बजारमा निर्यात गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । विश्व बैङ्क नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजना र एसियाली विकास बैङ्कको नेतृत्वमा ६७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारीको अवस्थामा रहेको जानकारी उहाँले बैठकलाई गराउनुभयो । जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री आयात शुल्कमा उल्लेख्य कटौती गरिएको, विद्युतीय सवारीसाधनमा कर घटाइएको, सौर्य प्यानलका लागि अनुदान उपलब्ध गराइएको तथा लघुजलविद्युत् आयोजनामा अनुदान दिने नीति अख्तियार गरेको उहाँले बताउनुभयो । आन्तरिक खपतलाई पनि बढाइने नीति सरकारले लिएको उहाँले जानकारी दिनुभयो । नेपालको ऊर्जा खपत दक्षिण एसियाका अन्य देश भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको तुलनामा कम रहेकामा पछिल्ला वर्षमा स्वच्छ ऊर्जाको पर्याप्त उपलब्धतासँगै ऊर्जा खपत बढ्दै गएको उहाँले बताउनुभयो । हालसम्म नौ हजार पाँच मेगावाटको पिपिए सम्पन्न भएको र थप १० हजार मेगावाट प्रक्रियामा रहेको तथा हालसम्म नेपालको कुल जडित क्षमता तीन हजार १५४ मेगावाट पुगेको उहाँले जानकारी दिनुभयो । | News | 34,862 |
फिल्म 'ए साथी सुन'को शीर्ष गीत | वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ । | https://gorkhapatraonline.com/news/55018 | काठमाडौं, फागुन ८ गते । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।सुरज अधिकारीको सङ्गीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेले नृत्य निर्देशन गर्नुभएको हो । फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा देख्न सकिन्छ । रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई विना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गर्नुभएको हो । | News | 44,618 |
तीव्र गतिमा कृषि अनुसन्धान | धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै | https://gorkhapatraonline.com/news/91058 | धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै खेतको सबभन्दा ठुलो गरो खुर्केर, लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको सङ्खुवासभा पाँचखपन नगरपालिका–१, ओतेनका भैरवबहादुर थापा पनि बताउनुहुन्छ । धानका लागि मात्र होइन, मकै गोड्न, कोदो चुट्न, दुध दुहुन, मकै छोडाउन, धान गोडमेल गर्न, कफीको बोक्रा छोडाउन, बिउ सफा गर्न, गहुँ छर्न, अदुवा सफा गर्न, भुसा काट्न, कृषि उपज सुकाउन पनि विभिन्न प्रविधिको विकास भइसकेको छ, जसले गर्दा किसानलाई खेती गर्न निकै सजिलो भएको छ । त्यसले उत्पादनमा पनि वृद्धि गरेको छ । आलु खन्ने मेसिन पनि आइसकेको छ । यो मेसिनले परम्परागत तरिकाले आलु खन्दा लाग्ने समयमा ६० प्रतिशत र ऊर्जामा ७८ प्रतिशत कम खर्चमा आलु खन्न सकिन्छ । श्रमिक अभावको समस्या समाधान गर्न यो मेसिन आलुमा मात्र होइन, गाँजर, चुकन्दर, मुला खन्नमा पनि प्रयोग भइरहेको छ । कफी छोडाउने एइडी कफी पल्पर मेसिन हात र खुट्टा दुवैले चलाउन सकिन्छ । हातले चलाउने मेसिनले एक घण्टामा ५० देखि ६० केजीसम्म कफीको बोक्रा छोडाउन सकिन्छ भने खुट्टाले चलाउने मेसिनले एक घण्टामा एक सयदेखि १२० केजीसम्म बोक्रा छोडाउन सकिन्छ । नार्कले मकै छोडाउने मसिनको विकास गरेको छ, जसले एक घण्टामा १३ किलोदेखि १५ किलोसम्मको मकै छोडाउन सकिन्छ । अर्थात् यी मेसिनले कामलाई निकै नै सहज बनाइदिएका छन् । चारपाङ्ग्रे ट्याक्टरबाट चल्ने कल्टिभेटरलाई सुधार गरी उखुमा गोडमेल गर्ने तथा उकेरा लगाउने मेसिनको समेत विकास भएको छ । तरकारी र मकै बाली गोडमेल गर्ने हलुका हाते औजारको पनि विकास भएको छ । तीनपाते सुन्तालाको बिउ निकाल्नका लागि तीन वटा मेसिन विकास भई सफलतापूर्वक परीक्षण पनि सम्पन्न भइसकेको छ । के के हुँदै छ ?गत मङ्सिर ९ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले कृषि वैज्ञानिक सम्मेलन ग¥यो । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले ११३ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । जलवायुबारे अध्ययन गरी डिजिटल नक्सा तयार गर्नका लागि सार्कका कृषि वैज्ञानिकको सम्मेलन मङ्सिर २४ गते सम्पन्न भयो । सो सम्मेलनले सार्क स्तरमै जलवायुको अवस्था थाहा पाउन डिजिटल नक्सा बनाउने निर्णय गरेको छ । मङ्सिरमै मात्र लम्पिस्किनविरुद्ध खोप तयार गर्ने विषयमा केन्याबाट वैज्ञानिक आएर छलफल गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहकार्यमा १० वर्षभित्रै उच्च पर्वतीय क्षेत्रमा नमुना जिन बैङ्क स्थापना गर्ने भएको छ । नार्कले गहुँ, मकैमा थप अनुसन्धान गर्नका लागि पनि काम गर्ने भएको छ । अर्थात् नार्कले कृषि अनुसन्धानको क्षेत्रमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासको यी केही उदाहरण मात्र हुन् । त्यस्तै पशुको नस्ल सुधारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट १५ वटा मुर्रा जातको भैँसी ल्याएको छ । कोरियाबाट १०१ वटा कोरेली गाई पनि ल्याइएको छ । दुध तथा मासुमा आत्मनिर्भर हुने उद्देश्यले यी गाई र भैँसी नेपाल ल्याइएको हो । नार्कले गाई, भैँसी, बाख्रा र बङ्गुरमा कृत्रिम गर्भधारणको सफल अनुसन्धान गरिरहेको छ । मासुका लागि पालिने पाख्रिबासे कालो बङ्गुर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले विकास गरिसकेको छ । यसै गरी खरी, सिंहल, तराई बाख्रा र च्याङ्ग्राको नस्ल सुधार गर्न सिफारिस गरिएको छ ।केही वर्षअघि अस्ट्रेलिया र अफ्रिकाबाट ल्याइएका बोयर जातका बाख्राबाट स्थानीय जातको बाख्राको नस्ल सुधार गर्ने काम अगाडि बढाइएको छ । नार्कले विकास गरेका टर्की, गिरिराज, अस्ट्रोलप, न्यु ह्याम्सैरलगायत कुखुराले छोटो समयमा नै राम्रो उत्पादन दिने तथा प्रतिकूल वातावरणमा पनि हुर्कने हुनाले निकै लोकप्रिय बनेका छन् ।कुखुराको उत्पादनमा दानाको लागत घटाउने उद्देश्यले कम्फ्रे घाँसको प्रयोग गरिन्छ । यस घाँसको प्रयोगले २० प्रतिशतसम्म कम दाना खुवाएर कुखुरा उत्पादन गर्न सकिन्छ । यो प्रविधिको विकास नार्कले गरेको हो । पशु आहारा अनुसन्धान केन्द्रले लामो समयको अनुसन्धानपछि दुधालु गाईभैँसीका लागि आहारामा अत्यन्तै पोषिलो युरिया मोलासेस मिनरल ब्लक प्रविधिको विकास पनि गरेको छ । कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानले यसको उत्पादन र उत्पादकत्व वृद्धि गरेर समग्र मुलुकको आर्थिक स्तरमा सुधार गर्ने काम पनि गरेको छ । नार्कले कृषि क्षेत्रका विभिन्न पक्षको अध्ययन अनुसन्धान गर्दै त्यसका समस्या पहिचान गरी समाधानको उपायसमेत पत्ता लगाउने गरेको छ । ऐनकानुनमा सुधारकृषिसम्बन्धी नीतिनियम निर्माण र संशोधन गर्न नेपाल सरकारलाई सहयोग गर्ने काम पनि नार्कले गर्दै आएको छ । नार्कको पुनर्संरचना गर्नका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले एउटा कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले मन्त्री भुसाललाई आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ । कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएर बुझाएको सो प्रतिवेदन कार्यान्वयन भयो भने कृषि अनुसन्धानको क्षेत्रमा एउटा ठुलो उपलब्धिका रूपमा लिइने विश्वास गरिएको छ । नार्क हालसम्म २०४८ सालकै ऐनबाट सञ्चालित भइरहेको छ । सो ऐनलाई संशोधनका लागि नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले कृषिमन्त्री डा. भुसाललाई मस्यौदा बुझाउनुभएको छ । कृषि क्षेत्रको अनुसन्धानका लागि समय सुहाउँदो नीति, ऐन, कानुन हुनुपर्नेमा जोड दिइएको छ र त्यसका लागि काम अगाडि बढेका छन् । नार्कले प्रदेश कृषि अनुसन्धान र समन्वय रणनीतिसमेत तयार गरेर कृषि मन्त्रालयमा बुझाइसकेको छ । त्यसै गरी टीकापुर कैलालीमा बहुआयामिक कृषि अनुसन्धान केन्द्र सञ्चालनका लागि अध्ययनको काम अगाडि बढाइएको छ । अनुसन्धानका कामबाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धानलगायत कृषि क्षेत्रको विविध पक्षको अनुसन्धान गर्न केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, बालीवस्तु कार्यक्रम, निर्देशनालय र प्रतिष्ठान गरी देशभर ६२ वटा अनुसन्धान कार्यालय सञ्चालनमा रहेका छन् । कृषिको समग्र विकासका लागि उन्नत प्रविधिको खोज, अनुसन्धान र विकास गरी अनुसन्धानबाट विकसित प्रविधिहरू कृषकको खेतबारीमा पु¥याउनका लागि नार्कले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नार्कले हालसम्म उच्चतम प्रतिफल दिने विभिन्न बालीका पाँच सयभन्दा बढी जात विकास गरिसकेको छ । नार्कले प्रविधि विस्तार एवं सेवाको सन्दर्भमा स्रोत बिउ, बेर्ना, पाठापाठी आदि उत्पादन तथा वितरण, तालिम सञ्चालन, बाह्य अनुसन्धानबाट प्रविधि प्रमाणीकरण र अन्य आधुनिक प्रविधिको जानकारी दिने कामसमेत गर्दै आएको छ । धानको उत्पादकत्व वृद्धि गर्न राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले सुक्खा, डुबान तथा चिसो सहन सक्ने र बढी उत्पादन दिने ७५ वटा जात उन्मोचन गरेको छ । धानपछि ठुलो हिस्सा ओगटेको बाली मकै हो । मकै बालीको उत्पादकत्व वृद्धिका लागि राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले हिमाल, पहाड र तराई क्षेत्रका लागि उपयुक्त करिब ४० वटा उन्नत तथा वर्णशङ्कर जात विकास गरेको छ । त्यस्तै गहुँको उत्पादकत्व वृद्धि गर्नका लागि राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले तातो सहन सक्ने तथा रोगप्रतिरोधी क्षमता भएका विभिन्न ४० वटाभन्दा बढी जात विकास गरेको छ । यसका साथै गहुँ छर्ने औजारको पनि विकास गरिएको छ । यो प्रविधिबाट गहुँ छर्दा परम्परागत तरिकाभन्दा कम लागत र राम्रो उत्पादन भएको अनुसन्धानबाट देखिएको छ । धान, मकै र गहुँ बालीपछि अन्य खाद्यबालीमा जौ, कोदो, फापर आदि पर्दछन् । पहाडी बाली अनुसन्धान कार्यक्रमले जौ, कोदो र फापर बालीको उन्नत प्रविधिको विकास गरी किसानलाई सिफारिस गरेको छ । कोदो, तर्फा ओख्ले, डल्ले, काब्रे कोदो १ र २ र फापरमा मिठे फापर १ सिफारिस गरिएको छ । कोसेबालीमा पनि लामो अनुसन्धानपछि उन्नत प्रविधिको विकास गरेर किसानसमक्ष सिफारिस गरिएको छ ।कोसेबाली अनुसन्धान कार्यक्रमले मुसुरोको उन्नत जात खजुरा मुसुरो ३ र ४, शीतल, शिखर, सिमल तथा महेश्वर भारती जात सिफारिस गरिएको छ । कल्याण र प्रतीक्षा जस्ता मुँग र कालो मासमा कालु, रामपुर मास र खजुरा मास १ विकास गरिएको छ । भटमासमा लुम्ले भटमास १, तरकारी भटमास १, पुजा, रेन्सोम, कब र सेती जस्ता जात सिफारिस गरिएको छ । चना समुहमा तारा, कालिका, कोसेली, अबरोधी जातको विकास गरिएको छ । यसै गरी गाजले बोडी, मालेपाटन १, सूर्य, आकाश र प्रकाश जस्ता बोडीका जात सिफारिस गरिएको छ । तेलहन बालीको उत्पादन बढाउनका लागि रााष्ट्रिय तेलहन बाली अनुसन्धान कार्यक्रमको स्थापना गरिएको छ । सलगम, गाँजर, प्याज, रामतोरिया, तनेबोडी, घ्युसिमी, केराउ, भेडे खुर्सानी, भन्टा, घिरौँला, काँक्रो, स्क्वास फर्सी, स्विस चार्ड, तितेकरेला, पालुँगो तथा रायोका सागलगायतका तरकारीका उन्नत प्रविधि र जातको विकास गर्नुका साथै बागबानी अनुसन्धान कार्यक्रमले रायो, काउली, बन्दा, मुला, टमाटर, बोडी, सिमी, काँक्रो जस्ता तरकारी बालीहरूमा प्लास्टिक टनेल र खुला स्थानमा समेत बाह्रै महिना उत्पादन गर्न सकिने खेती प्रविधिको विकास गरिसकिएको छ । कपिलवस्तुको वाणगङ्गामा न्यानो पानीमा हुने माछा अनुसन्धान कार्यक्रम स्थापनाको कार्यलाई पनि अगाडि बढाइएको छ । | News | 46,239 |
सूर्य नेपाल च्यालेन्ज आजदेखि | सूर्य नेपाल गल्फ टुर २०१८–१९ को छैटौं संस्करण ‘सूर्य नेपाल च्यालेन्ज’ रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ । | https://ekantipur.com/sports/2019/03/05/155175513722863764.html | काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०१८–१९ को छैटौं संस्करण ‘सूर्य नेपाल च्यालेन्ज’ रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ ।कुल चार लाख ४१ हजार रुपैयाँ पुरस्कारको चारदिने प्रतियोगितामा ३३ प्रो र ९ एमेच्योरसहित ४२ खेलाडी सहभागी हुने प्रोफेसनल गल्फर्स एसोसिएसन अफ नेपाल (एनपीजीए) ले जनाएको छ । ३६ होलको खेलपछि शीर्ष २१ प्रो र उत्कृष्ट ६ एमेच्योर गल्फर ‘कट’ बनाउँदै फाइनल चरणलाई छनोट हुनेछन् । उनीहरूबीच नै अन्तिम ३६ होलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।अधिकांश सहभागी खेलाडीले प्रतियोगिताको पूर्वसन्ध्यामा आरएनजीसीमा अभ्यास गरिसकेका छन् । डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटी, सूर्य नेपाल गल्फ टुरको पछिल्लो प्रतियोगितामा ट्रफी चुमेका सन्जय लामा, आरएनजीसीका रवि खड्कालगायत उपाधिको दाबेदार मानिएको छ । अमेरिकामा रहेकाले नेपाली व्यावसायिक गल्फकै सर्वाधिक सफल प्रो शिवराम श्रेष्ठ भने प्रतियोगितामा हुने छैनन् ।सूर्य नेपाल च्यालेन्जको विजेताले ८४ हजार पाउनेछन् । उपविजेताले ५३ हजार र तेस्रो हुनेले ३७ हजार हात पार्नेछन् । कट बनाएर फाइनल चरण प्रवेश गर्ने सबै (२१) प्रोले नगद पुरस्कार पाउनेछन् । एमेच्योरतर्फ टंकबहादुर कार्की, सुवास तामाङ, राहुल बिके, विनोद तामाङबीच उपाधिका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । | Sports | 27,821 |
चर्च ब्वाइज उपाधि नजिक | स्थानीय टिम नव प्रयास युथ क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौं पाथीभरा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शनिबार राज पौडेलले नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । | https://ekantipur.com/sports/2017/08/13/20170813072632.html | ताप्लेजुङ — स्थानीय टिम नव प्रयास युथ क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौं पाथीभरा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शनिबार राज पौडेलले नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पटक–पटक बल पोस्ट छेउ पुर्याए पनि गोल गर्न सकेन । चर्च ब्वाइजले ए डिभिजन खेलिसकेका खेलाडी मैदान उतारेको थियो । नवप्रयासबाट स्थानीय खेलाडी उत्रिएका थिए । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रवास गुरुङ भए । चर्च ब्वाइजले सोमबार हुने फाइनल सगरमाथा युवा क्लब विराटचोक मोरङ र सशस्त्र प्रहरी टिम दमकको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सदरमुकामस्थित भानुजन माविको मैदानमा सगरमाथा र सशस्त्र टिम आइतबार भिड्दै छन् । | Sports | 31,764 |
म्याराथनमा स्वर्ण जितेकी पुष्पा सम्मानित | ढाकामा भएको म्याराथन दौडमा स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई खेलकुद विकास समिति सल्यानले सम्मान गरेको छ । | https://ekantipur.com/sports/2023/02/06/167566707489983714.html | सल्यान — ढाकामा भएको म्याराथन दौडमा स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई खेलकुद विकास समिति सल्यानले सम्मान गरेको छ ।माघको पहिलो सातामा बंगलादेशको ढाकामा भएको बगबन्धु शेष मुजिक म्याराथन दौडमा ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जितेकी थिइन् । जिल्लाको शारदा नगरपालिका– १४ स्याला घर भएकी भण्डारीले म्याराथुन दौडमा जिल्लाको नाम देश तथा विदेशमा चिनाउन सफल थप प्रोत्साहन तथा हौसला बढाउन सम्मान गरिएको खेलकुद विकास समिती सल्यानका अध्यक्ष खडग आचार्यले बताए ।पुष्पाले बगबन्धु शेष मुजिम म्याराथुन २०२१ मा पनि स्वर्ण पदक जितेकी थिइन् । २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद पनि म्याराथन दौडमा २ घन्टा ५० मिनेट १९ सेकेन्डमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । | Sports | 18,503 |
'अब देशसँग कुनै गुनासो छैन': कोरोनाभाइरसका कारण चीनबाट उद्धार गरिएका नेपालीको एक महिनाको अनुभव | कोरोनाभाइरस प्रभावित चीनको वुहान शहरबाट शनिवार राति १० बजे नेपाल उडेका नेपालीहरूले आइतवारको सूर्योदय भक्तपुरको खरिपाटीबाट देखे। | https://www.bbc.com/nepali/news-51519736 | 'जैविक युद्धभूमि'बाट फर्किएको ठान्ने तिनैमध्येका एक सौरभ लुइटेलले स्वदेश फर्कँदाको अनुभूतिलाई शब्दमा व्याख्या गर्न नसकिने बताउँछन्। आइतवार बिहान उनले बीबीसी न्यूज नेपालीलाई भने: "मलाई अब कुनै गुनासो छैन।" "त्यहाँ बसेर उद्धार भइदिओस् भन्ने कामना गरिरहे पनि गरिब देशले गर्न सक्ने वा नसक्नेमा हामी ढुक्क थिएनौँ।" उनका अनुसार देश फर्कन पाएकोमा १७५ जना नेपालीहरू यति धेरै खुसी थिए कि विमान उड्दा र अवतरण गर्दा सबैले अनायसै लामो ताली पिटेका थिए। नेपाल वायुसेवाको विमानमा सबैका कुर्सीमा बदाम, केक, केरा र जुस राखिएका थिए। त्यो देखेर समेत धेरैका आँखा निकैबेर रसाएको लुइटेल बताउँछन्। 'फिल्मी सङ्कट'को केन्द्रमा यसअघि मानिसमा कहिल्यै नदेखिएको कोरोनाभाइरसको सङ्क्रमण रोक्न भन्दै झन्डै तीन साताअघि उनी बसेर पढिरहेको सहर अचानक बन्द गरियो। त्यो समय चिनियाँ नव वर्ष समेत पर्ने वसन्त पर्व सुरु हुने बेलाको छेकोमा थियो। करौडौँ चिनियाँहरू पारिवारिक पुर्नमिलका लागि यात्रा गर्न सुरु गर्दै थिए। मानिसहरू आफ्ना व्यावसायिक कर्मलाई थाँती राख्दै रमाउन थालिसकेको त्यो समय नेपालीले मनाउने दशैँ झैँ हुन्थ्यो। लुइटेलले सुनाए: "त्यसबेला सरकारी बिदा मात्र नभएर सामान्य पसलहरू समेत बन्द हुने हुँदा हामीले समेत कम्तीमा १० दिनका लागि खानेकुरा किनेर राखेका थियौँ।" तर सहरको स्वभाविक शून्यता अहिले महिना दिन पुग्न लाग्दा झन् अनिश्चिततातर्फ मात्र गइरहेको देखिएको उनले बीबीसीलाई सुनाए। सुपरमार्केटहरू समेत खुलेनन्। खानेपानीको समस्या हुन थाल्यो। लुइटेल भन्छन्: "समय अगाडि नै नबढेजस्तो हुने। अझ उद्धार हुने आश्वासन पाएर पर्खनुको पीडा त झनै कठिन हुँदो रहेछ।" त्यसबीचमा अन्य देशहरूले आफ्ना नागरिकलाई फिर्ता लैजान थाले। समाचारमा प्रकोपबारे झन् त्रासदीपूर्ण र अन्यौलग्रस्त समाचार देख्दा अत्तालिने मनोवैज्ञानिक समस्या पनि पीडादायी भएको लुइटेलको अनुभव छ। आशा फेब्रुअरी २४ सम्म वुहान र आसपासका विश्वविद्यालमा बिदा दिइएको छ। त्यसपछि नयाँ सूचना आउने बताइएको छ। लुइटेल चीनको वुहानमा कृषिमा स्नातकोत्तर गर्दै छन्। थुप्रै विश्वविद्यालयले सङ्कट लम्बिने भन्दै अझै 'केही समय' अनलाइनबाट कक्षाहरू सञ्चालन गर्ने बताउन थालेको लुइटेल बताउँछन्। "मुख्य कुरा घरबाट बाहिर निस्कने माहोल नै नभएपछि बाँकी कुरा गौण हुँदा रहेछन्। वुहान फिल्ममा मात्र देखिने भूतका सहर जस्तो बनेको छ।" नेपाल फर्कन खोजेपनि वुहानमै अवस्था सुध्रिएका कि भन्ने आशा समेत धेरैले गरेका थिए। तर प्रतिकूलताहरू बढिरहेपछि ती सबैले एउटै आवाजमा 'घर फर्कने' इच्छामात्र पोखिरहे। कुनै बेला त्यसमा आक्रोश मिसियो, कुनैबेला भावना र कुनैबेला घुर्की। "सबैतिरबाट बिग्रिएको अवस्थामाझ हामीलाई घरमात्र आफ्नो हुनसक्थ्यो," लुइटेल भन्छन्। यस सङ्कटले आफूलाई जीवनमा धेरै कुरा सिकाएको लुइटेल बताउँछन्। घर फर्कने बस चढेपछि प्रकृतिको अगाडि मानिसहरू कति कमजोर छन् र आशावादी हुनुको शक्ति कति धेरै छ भन्ने बोध उनलाई भयो। "दिनभर कोठामा थुनिएर बस्दा दिमागमा यस्तै कुरा मात्रै त खेलिरहे।" सङ्कटमा सबैको स्वर समेत एउटै हुँदो रहेछ। काठमाण्डू उत्रिएसँगै सबैले आफ्ना परिवारसँग 'अब चिन्ता नलिनु' भन्दै फोन गरेको उनले सम्झिए। खरिपाटी बास खरिपाटीमा आइतवार उनीहरूको रगत र खकारको नमूना परीक्षण हुने बताइएको छ। त्यहाँ दम्पतीहरूलाई एउटा कोठा र अन्यलाई एउटा कोठमा तीन जनालाई राखिएको छ। सुरक्षाकर्मीको नेतृत्वमा त्यहाँ उनीहरूको स्याहार भइरहेको छ। उनले आइतवार बिहानको ब्रेकफास्ट खाएपछि भने: "खाना तयार पारेर छाडिदिनुहुन्छ तर कोही देखिनुहुन्न। त्यो ठिक छ। सबैको जीवन मूल्यवान छ।" एक्लिएर बस्दा मन भुलाउन भन्दै क्वारन्टीनमा इन्टरनेटजस्ता थुप्रै सुविधाहरू राखिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ। इन्टरनेट सुस्त भए पनि लुइटेललाई अब त्यस्ता कुरामा गुनासो छैन। "मैले आशावादी हुन सिकेको छु, सकारात्मक हुन सिकेको छु।" कोरोनाभाइरस: क्वारन्टीन गरिने स्थाननजिकैका मानिसको त्रास र आक्रोश | Others | 67,599 |
कर्णाली करिडोरको यातायात अवरुद्ध | जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो । | https://gorkhapatraonline.com/news/115052 | राजन रावतहुम्ला असार २४ गते । जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो । वर्षाको कारण सबैभन्दा पहिले सिमकोट–हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका –५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षति गरेपछि यारी–हिल्सा खण्डको सडक बन्द भएको बताउनुभयो । त्यसैगरी च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भइरहने सिमकोट खार्पु खण्डको सडक पनि आइतबारदेखि बन्द रहेको उहाँले बताउनुभयो । यो खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक बन्द भएको छ । त्यस्तै, सर्केगार्ड गाउँपालिका –४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ ।त्यसैगरी सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका –१ को खच्चामा पहिरो गएको कारण सडक अबरुद्ध भएको उहाँले बताउनुभयो । त्यसैगरी ताँजाकोट गाउँपालिकाको पुइमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली करिडोरको हुम्ला खण्डको कुनै सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । त्यसैगरी आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएका कारण सडक हिलाम्मे भएको छ । | News | 49,977 |
एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो | झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ । | https://gorkhapatraonline.com/news/49276 | बाबुराम शर्मा दोलखा, पुस १३ गते । झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ । यसलाई बूढापुराना गाउँले दैविक शक्ति मान्छन् भने अहिलेका प्राकृतिकको कमाल मान्दछन् । तलबाट पनि बडेमाको ढुङ्गो छ । त्यसमाथि यो अडिएको छ । तल्लो माटोको भागमा गाडिएको छ भने यो त्यसमाथि अडिएको मात्र देखिन्छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आफ्नै घाटमा चलिरहन्छ । यो सरकारी जग्गामा छ । यसका नजिक कोइरालाबोट, गैरा टोल बस्ती छन् । गाउँको बुद्धचोकबाट १५/२० मिनेटमा पैदलबाट पुगिन्छ । गाउँपालिका प्रमुख हीरा थोकरले अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङ्गा प्रचार प्रसारको कमीले छायाँमा परेको बताउनुभयो । सिंहदरबारको अधिकार अब गाउँमा आएको छ । यसलाई सदुपयोग गर्दै यसलाई नेपाल मात्र होइन विश्व सामु पु–याउने गाउँपालिकाको सोच बनेको छ, उहाँले भन्नुभयो । ‘‘प्रथमत: विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँ पु–याएका छौँ । उहाँले भन्नुभयो, ‘‘संरक्षण कोष खडागरी यसको संरक्षण संवर्द्धन गर्दै आयआम्दानीको स्रोत पनि बनाउनेछौँ ।’’ मनमोहक सैलुङडाँडालाई पर्यटक मैत्री बनाएलगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा राखिएको छ । | News | 49,598 |
जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पाँचौँ संस्करण आज सुरु भएको छ । ४९ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो । | https://gorkhapatraonline.com/news/103627 | नेत्र शाहीजुम्ला, वैशाख १ गते । जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पाँचौँ संस्करण आज सुरु भएको छ । ४९ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो ।कर्णाली सपोर्ट क्लबको आयोजना, जिल्ला वन कार्यालय, जुम्लाका स्थानीय तहको सहयोगमा सञ्चालित पाँचौँ संस्करणमा जुम्ला देखी रारा सम्म ५७ जना खेलाडी सहभागी भएका छन् । आयोजक कर्णाली सपोर्ट क्लबका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला देखी रारा सम्मको ४८ किमीमा ५७ जना खेलाडीले भाग लिएका छन् । जसमा १५ जना महिला धावक र ४ जना विदेशी धावक सहभागी भएका छन् । .जुम्लामा पाँचौ संस्करणको म्याराथन प्रतियोगितामा एक किमी १० वर्ष मुनिका बालबालिका, ५ किमी, १६ वर्ष, मुनिका बालबालिका, १ किमी ज्येष्ठ नागरिक, ५ किमी व्यापारी र कर्मचारीहरूको समेत प्रतियोगिता पनि गरिएको छ । | News | 48,629 |
आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ | पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । | https://gorkhapatraonline.com/news/72934 | गलेश्वर, साउन १४ गते । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् ।च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्राङ्गारिक परिकारले नै पर्यटकको स्वागत गरिन्छ ।पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताउनुभयो । धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो हुन्छ । प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताउनुभयो ।“घरबासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”रातो च्याउ आलोमा रु आठ सय र सुकाएको रु चार हजारमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताउनुभयो ।जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । सुकेको रातो च्याउको माग धेरै भएपछि पु¥याउनै नसकिएको उहाँको भनाइ थियो । स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्री वितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताउनुभयो । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उहाँको भनाइ थियो । उच्च हिमाली भेगमा ठुला रूखमा रातो च्याउ पाइन्छ । जङ्गलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । रुमको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेरै सुकाएकै पाइन्छ । रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जङ्गलमा पाइन्छ ।रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रूपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्राङ्गारिक च्याउ उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताउनुभयो । उहाँले च्याउको महत्त्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेलीका रूपमा पठाउने गरेको जानकारी दिनुभयो ।देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देविस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जङ्गली रातो च्याउ सङ्कलन गरी बिक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै रु ४७ हजारको रातो च्याउ बिक्री गरेको जानकारी दिनुभयो ।व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ थियो । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ ।”यहाँको रातो च्याउ विदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ । रासस | News | 37,224 |
अभ्यास खेलमा ओमानमाथि नेपाल विजयी | नेपालले अभ्यास खेलमा शनिबार ओमानलाई सजिलै पाँच विकेटले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले जितका लागि २ सय ४७ रनको लक्ष्य पाएको थियो । | https://ekantipur.com/sports/2023/04/15/16815588268769472.html | काठमाडौँ — नेपालले अभ्यास खेलमा शनिबार ओमानलाई सजिलै पाँच विकेटले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले जितका लागि २ सय ४७ रनको लक्ष्य पाएको थियो ।४४.४ ओभरमा पाँच विकेट गुमाएर नेपालले लक्ष्य पूरा गरेको हो । पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटमा २ सय ४६ र बनाएको थियो ।एएफसी प्रिमियर लिगको तयारीका रूपमा यो खेल भएको हो । नेपालले त्यस प्रतियोगितााको आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्नेछ । यो प्रतियोगिता जित्ने टोली एसियाकपका लागि छनोट हुनेछ । | Sports | 17,705 |
पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको ध्यानाकर्षण | नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । | https://ekantipur.com/news/2024/06/30/the-attention-of-former-leaders-to-the-activities-of-the-federation-of-journalists-47-03.html | काठमाडौँ — नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् ।नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता, चासो र सरोकार जागेको बताएका हुन् । ‘लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्थासमेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं,’ जारी वक्तव्यमा भनिएको छ । महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवाद समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान पनि उनीहरूले महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं,’ वक्तव्यमा भनिएको छ । | News | 2,158 |
टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने | विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । | https://gorkhapatraonline.com/news/83068 | काठमाडौँ, कात्तिक ७ गते । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । त्रेतायुगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । | News | 32,642 |
टेबलटेनिस सुरु | अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । | https://ekantipur.com/sports/2022/09/03/166216714041398274.html | काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।प्रतियोगिताको पूर्वराष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रूपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । | Sports | 19,713 |
अर्थतन्त्रका बाह्य सूचकमा सुधार | नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको दस महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत छ । आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ । | https://gorkhapatraonline.com/news/67709 | नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको दस महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत छ । आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १४७० अर्ब ३३ करोड रुपियाँ र अमेरिकी डलरमा ११ अर्ब २१ करोड छ । सङ्घीय सरकारको खर्च १०४७ अर्ब ७६ करोड र राजस्व परिचालन ७५६ अर्ब २५ करोड रुपियाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत छ ।आर्थिक सूचकलाई वर्ग वा समूहमा विभाजन गर्न सकिन्छ । यी अधिकांश आर्थिक सूचकमा रिलिजका लागि एक विशेष तालिका छ, जसले लगानीकर्तालाई महिना र वर्षको निश्चित समयमा निश्चित जानकारी हेर्नका लागि तयारी गर्न र योजना बनाउन असहज गर्छ । प्रमुख सूचक, जस्तै उपज बव्रm, उपभोक्ता टिकाउ वस्तु, शुद्ध व्यापार संरचना र सेयर मूल्य, अर्थतन्त्रको भविष्यको प्रक्षेपण भविष्यवाणी गर्न प्रयोग गरिन्छ । यी वित्तीय सङ्केतमा सङ्ख्याले अर्थतन्त्र परिवर्तन हुने गर्छ । आर्थिक सूचक समष्टि आर्थिक मापन हो, जुन विश्लेषकद्वारा वर्तमान र भविष्यको आर्थिक गतिविधि र अवसर बुझ्न प्रयोग गरिन्छ । सबैभन्दा व्यापक रूपमा प्रयोग हुने आर्थिक सूचक सरकारी र गैरलाभकारी संस्था वा विश्वविद्यालयले जारी गरेको तथ्याङ्कबाट आउँछ ।संयोग सूचक; जसमा जिडिपी, रोजगारी स्तर र खुद्रा बिक्री जस्ता वस्तु समावेश हुन्छन् । विशेष आर्थिक गतिविधिको घटनासँग देखाइन्छ । मेट्रिक्सको यो वर्ग एक विशेष क्षेत्र वा क्षेत्रको गतिविधि देखाउँछ । धेरै नीति निर्माता र अर्थशास्त्रीले यो वास्तविक–समयसम्बन्धी तथ्याङ्क पछ्याउँछन् । सकल राष्ट्रिय उत्पादन, उपभोक्ता मूल्य सूची (सिपिआई), बेरोजगारी दर र ब्याजदर जस्ता सूचक कुनै खास आर्थिक गतिविधि भएपछि मात्र देखिन्छन् । नामले सङ्केत गरे जस्तै, यी डेटा सेटले घटनापछि जानकारी देखाउँछन् । यो ट्रेलिङ सूचक एक प्राविधिक सूचक हो; जुन ठुलो आर्थिक परिवर्तनपछि आउँछ ।आर्थिक सूचकलाई सही ढङ्गले व्याख्या गरेमा मात्रै उपयोगी हुन्छ । इतिहासले आर्थिक वृद्धि, जिडिपी र कर्पोरेट मुनाफा वृद्धिको मापन अनुसारको बलियो सम्बन्ध देखाएको छ । यद्यपि जिडिपीको एक सूचकको आधारमा एक विशिष्ट कम्पनीले आफ्नो आय बढाउन सक्छ कि भनेर निर्धारण गर्न लगभग असम्भव छ । प्रमुख सूचकले अर्थतन्त्र कहाँ जाँदै छ भन्ने पूर्वानुमान गर्छन् । शीर्ष प्रमुख सूचकमध्ये एक स्टक बजार आफैँ हो । यद्यपि सबैभन्दा महìवपूर्ण प्रमुख सूचक होइन, यो एक हो; जुन धेरै मानिसले हेर्छन् । किनकि स्टक मूल्यहरू अग्रगामी प्रदर्शनमा कारक हुन्छन्, बजारले अर्थतन्त्रको दिशा सङ्केत गर्न सक्छ, यदि आय अनुमान सही छ भने ।एक बलियो बजारले आय अनुमान माथि छ भनेर सुझाव दिन सक्छ । जसले समग्र आर्थिक गतिविधि बढेको सङ्केत पनि गर्छ । यसको विपरीत तल बजारले सङ्केत गर्न सक्छ कि कम्पनीको आयमा असर पर्ने अपेक्षा गरिएको छ । यद्यपि सूचकका रूपमा स्टक बजारको उपयोगितामा सीमितता छन् किनभने अनुमानमा प्रदर्शनको ग्यारेन्टी छैन, त्यसैले त्यहाँ जोखिम छ । कर्जाको सिर्जना वाणिज्य बैङ्क र वित्तीय संस्थाको सबैभन्दा महìवपूर्ण कार्य हो । बैङ्कहरूले ग्राहकबाट निक्षेप लिन्छन् र नगद सञ्चिति जस्ता आवश्यक सञ्चिति राखेर निक्षेपबाट ऋण उपलब्ध गराउँछन् । बैङ्किङ प्रणालीले व्यक्तिगत रूपमा बैङ्क नभई ऋण सिर्जना गर्छ । बैङ्कहरूले व्यवसाय र घरपरिवारमा ऋण विस्तार गरेर ऋण सिर्जना गर्छन् । उनीहरूले पहिले ग्राहकको बचत निक्षेप आकर्षित गर्न आवश्यक छ । वाणिज्य बैङ्कहरूले कर्जा अग्रिम र धितोपत्र खरिद गरेर ऋण सिर्जना गर्छन् । उनीहरूले जनताबाट स्वीकृत निक्षेपबाट व्यक्ति र व्यवसायलाई पैसा उधारो दिन्छन् ।वाणिज्य बैङ्कहरूले सार्वजनिक निक्षेपको पूरै रकम ऋण प्रयोजनमा प्रयोग गर्न पाउँदैनन् । आफ्नो खल्तीबाट निकालेको पैसाले सानो व्यवसाय चलाउन आजकल लगभग असम्भव छ । चाहे यो सूची खरिद होस्, नयाँ कर्मचारी भर्ना गर्नुहोस् वा थप स्थान खोल्नुहोस्, कुनै पनि प्रकारको विस्तारका लागि अतिरिक्त कार्यशील पुँजी चाहिन्छ । साना व्यवसाय मालिकका लागि बैङ्कमार्फत कोष सुरक्षित गर्न यो बढ्दो कठिन हुँदै गइरहेको तथ्यले यसलाई अझ चुनौतीपूर्ण बनाउँछ । बैङ्कहरूले साना व्यवसाय मालिकबाट ऋण अनुरोध अस्वीकार गर्नुका विभिन्न कारण छन् ।नेपालको बैङ्किङ प्रणालीको कुल सम्पत्तिको ठुलो हिस्सा वाणिज्य बैङ्कहरू हुन् । कर्जा विस्तार बैङ्किङ संस्थाहरूको प्रमुख कार्यमध्ये एक हो । बैङ्कहरू सक्षम छैनन् भने उनीहरूको ऋण दिने व्यवहारले आर्थिक वृद्धिमा योगदान नगर्न सक्छ । अर्कोतर्फ उनीहरूको अकुशल र अविवेकी बैङ्किङ अभ्यासले जोखिमपूर्ण वित्तीय अस्थिरता निम्त्याउन सक्छ । मुख्य अध्ययनको उद्देश्य व्यावसायिक निर्धारकको प्रभावकारिता परीक्षण र पुष्टि गर्नु हो – टाइम शृङ्खला साधारण कम वर्ग प्रतिगमन दृष्टिकोण प्रयोग गरेर नेपालमा बैङ्क ऋण व्यवहार अनुभवजन्य विश्लेषणका लागि । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप बढिरहे पनि कर्जा प्रवाहको गति न्यून रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । गत वैशाखसम्मको तथ्याङ्क अनुसार १० महिनामा बैङ्क तथा वित्तीय संस्थामा तीन खर्ब ७० अर्ब ७८ करोड रुपियाँ निक्षेप सङ्कलन भएको छ । गत असारको तुलनामा यो करिब ७.३ प्रतिशतको वृद्धि हो । क्रेडिट सिर्जनाले बैङ्कलाई अन्य वित्तीय संस्थाबाट अलग गर्छ । सरल शब्दमा ऋण सिर्जना भनेको निक्षेपको विस्तार हो । बैङ्कहरूले आफ्नो डिमान्ड डिपोजिटलाई नगद भण्डारको गुणाका रूपमा विस्तार गर्न सक्छन् किनभने माग निक्षेपले विनिमयको प्रमुख माध्यमका रूपमा काम गर्छ । नगद रिजर्भ अनुपात – बैङ्कहरूलाई थाहा छ कि सबै निक्षेपकर्ताले एकै समयमा सबै निक्षेप निकाल्दैनन् । तसर्थ उनीहरूले निक्षेपकर्ताको नगद माग पूरा गर्न कुल निक्षेपको एक अंश राख्छन् र बाँकी थप निक्षेप उधारो दिन्छन् । सिआरआर कुल निक्षेपहरूको प्रतिशत हो; जुन बैङ्कहरूले नगदका लागि निक्षेपकर्ताको माग पूरा गर्न नगद भण्डारमा राख्नु पर्छ । अतिरिक्त सञ्चिति – नगद सञ्चितिभन्दा माथिको सञ्चिति नै अतिरिक्त सञ्चिति हो । यी भण्डार ऋण र ऋण सिर्जना गर्न प्रयोग गरिन्छ । बैङ्कहरूले आफ्नो निक्षेपको धेरै उधारो दिन्छन् भने तिनीहरूले विशेष गरी आर्थिक मन्दीमा आफूलाई बढी विस्तार गर्न सक्छन् । यद्यपि यदि बैङ्कहरूले उनीहरूको निक्षेपको धेरै थोरै उधारो दिन्छन् भने तिनीहरूसँग अवसर लागत हुन सक्छ किनभने तिनीहरूको निक्षेपहरू तिनीहरूको ब्यालेन्स पानामा बसेर कुनै राजस्व कमाउने छन् । वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप दुई खर्ब ३१ अर्ब ३२ करोड (५.० प्रतिशत) ले बढेको थियो । यस्तै गत साउनदेखि वैशाखसम्म बैङ्क तथा वित्तीय संस्थाले कुल एक खर्ब ५३ अर्ब १७ करोड रुपियाँ कुल कर्जा प्रवाह भएको छ । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा पाँच खर्ब ४८ अर्ब १४ करोड (१३.४ प्रतिशत) ले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । यस्तै २०८० वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत थियो ।अर्थतन्त्रको बाह्य अवस्था र बैङ्कहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीतिमा पुनरवलोकन गरेसँगै बैङ्कहरूको ब्याजदर घट्न थालेको छ । कोभिड–१९ र रुस–युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीति लिएको थियो । त्यसले बैङ्कहरूको ब्याजदर उच्च बिन्दुमा पु-याएको थियो । अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैङ्कले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको माघमा बैङ्कहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैङ्कहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो । तरलताको अवस्था सहज भएर बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि आधारदर घटेर कर्जा सस्तो हुँदै भएको छ । यसबाहेक राष्ट्र बैङ्कले पनि मौद्रिक नीतिको समीक्षाबाट ब्याजदर घटाउन प्रोत्साहन गरेको छ । चालु आवको मौद्रिक नीतिबाट राष्ट्र बैङ्कले बैङ्कदर १.५ प्रतिशत बिन्दुले बढाएर ८.५ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशतबाट ७ प्रतिशत, निक्षेप सङ्कलन दर ४ प्रतिशतबाट ५.५ प्रतिशत पु¥याएको थियो । यसले गर्दा वृद्धि भएको ब्याजदरको चर्को आलोचना भएपछि राष्ट्र बैङ्कले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्पmत बैङ्कहरूको स्प्रेडदर (बैङ्क, वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबिचको अन्तर) घटाउने घोषणा ग-यो । त्यस अनुसार वाणिज्य बैङ्कहरूले २०७९ चैत महिनाबाट स्प्रेडदर ४.२ प्रतिशत र विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले ४.८ प्रतिशतमा कायम गरेका छन् । २०८० असारबाट भने वाणिज्य बैङ्कहरूले ४ प्रतिशत र विकास बैङ्क तथा फाइनान्सले ४.६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्ने छ । स्प्रेडदर घट्दा बैङ्कहरूको कर्जाको ब्याजदर सस्तो भएको छ । ब्याजदर घट्दै गएकाले बिस्तारै कर्जा प्रवाह हुने बैङ्करहरूको अपेक्षा छ । वैशाखसम्ममा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप तीन खर्ब ७० अर्ब ७८ करोड रुपियाँले बढ्दा कर्जा भने एक खर्ब ५३ अर्ब १७ करोड रुपियाँले मात्र बढेको छ ।नेपालको अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशित गरेको वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले पनि अर्थतन्त्रको बाह्य क्षेत्र अझ बलियो भएको र आन्तरिक अवस्था सुधार हुँदै गएको औँल्याएको छ । वैशाखसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब पाँच अर्ब १८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ०.५ प्रतिशतले बढेको थियो । यस्तै शोधनान्तर स्थिति पनि वैशाखमा दुई खर्ब १४ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड रुपियाँ घाटामा थियो । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाखमा १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाखमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । आव २०७९÷८० को १० महिनाको आयातका आधारमा उक्त विदेशी मुद्रा सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ । विदेशी मुद्रा सञ्चितिको अनावश्यक जम्माले देशलाई धेरै सम्भावित लाभबाट वञ्चित गर्ने छ । तसर्थ विदेशी विनिमय सञ्चितिलाई निश्चित सीमाभित्र राख्न र न्यूनतम तोकिएको सीमाभन्दा बढीको विदेशी विनिमय सञ्चितिको सदुपयोग गर्ने बृहत् नीति अवलम्बन गर्न आवश्यक हुने देखिन्छ । रेमिट्यान्स बढ्नुको मुख्य कारण कामका लागि बिदेसिएका नेपालीको सङ्ख्या वृद्धि हुनु, कतिपय मुलुकमा श्रमिकको ज्याला बढ्नु र अमेरिकी डलरको मूल्य बढ्दाको प्रभाव रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । शोधनान्तर स्थिति बचतमा गएसँगै मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ।कुनै पनि मुलुकको आयात र निर्यात गतिविधिले मुलुकको जिडिपी, यसको विनिमय दर र मुद्रास्फीति र ब्याजदरको स्तरलाई प्रभावित गर्न सक्छ । आयातको बढ्दो स्तर र बढ्दो व्यापार घाटाले देशको विनिमय दरमा नकारात्मक असर पार्न सक्छ । कमजोर घरेलु मुद्राले निर्यातमा कमी र आयात महँगो बनाउँछ । यसको विपरीत एक बलियो घरेलु मुद्राले निर्यात बढी र आयात सस्तो बनाउँछ । उच्च मुद्रास्फीतिले सामग्री र श्रम जस्ता इनपुट लागतमा प्रत्यक्ष असर पारी निर्यातलाई असर गर्न सक्छ । आयात र निर्यातको उचित सन्तुलन कायम राख्नु मुलुकका लागि महत्वपूर्ण छ । लेखक अर्थ राजनीतिक विषयमा कलम चलाउनुहुन्छ । | News | 46,928 |
सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन | राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ । | https://gorkhapatraonline.com/news/91510 | काठमाडौँ, पुस १८ गते । राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ ।विक्रम संवत् २०६८ र २०७८ को जनगणनाको नतिजालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको तुलनात्मक वर्गीकरणका आधारमा यस्तो असन्तुलित नतिजा आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्याङ्क दिवसका अवसरमा प्रकाशन गरिएको प्रतिवेदन अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत छ । तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७.०७ प्रतिशत मात्र छ । तथापि २०६८ को जनगणनाको तथ्याङ्क (२२.३१ प्रतिशत) भन्दा यो ४.७६ प्रतिशत बढी हो । देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क आयोगबाट अनुमोदन भएको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसार तथ्याङ्कको विश्लेषण गर्दा नेपालको नगरपालिका क्षेत्रको तुलनामा सहरी क्षेत्र ज्यादै कम रहेको देखिएको हो । नेपालमा ७५३ वटा स्थानीय तह रहेकामा २९३ वटा नगरपालिका (महानगर र उपमहानगरपालिकासमेत) रहेका छन् । राज्यको पुनर्संरचना हुँदा पहिलेका धेरै गाउँ विकास समिति नगरपालिका बनेका थिए । त्यसै आधारमा नगर क्षेत्र र नगरवासीको जनसङ्ख्या बढेको देखिएको हो । नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६.१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो । तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नयाँ वर्गीकरण अनुसार सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ३९.१९ प्रतिशतबाट नगन्य वृद्धि भई ३९.७५ प्रतिशत पुगेको छ । प्रतिवेदनमा भनिएको छ, “पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ । विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि ‘सहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा छ । ग्रामीण जनसङ्ख्या अझै पनि एकतिहाइ छ ।” महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका अहिले पनि बसोबास क्षेत्रको मुख्य विशेषता सहरोन्मुख मात्र रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल छ वटा महानगरपालिकाका १७४ वडामध्ये आठ वटा वडा ग्रामीण क्षेत्रमै छन् । महानगरपालिका भए पनि महानगरपालिकाका त्यस्ता वडा अझै पनि ग्रामीण परिवेशमा रहेका हुन् । पूर्वाधार र जनसङ्ख्याको दृष्टिले ती क्षेत्र गाउँमै पर्ने भए पनि त्यहाँका नागरिक कर भने महानगरकै बुझाउन बाध्य छन् । ११ वटा उपमहानगरपालिकाका कुल २३४ वडामध्ये २१ वटा, २७६ नगरपालिकाको तीन हजार १२० वटा वडामध्ये एक हजार २४४ वटा वडा ग्रामीण क्षेत्रमै छन् । ४६० वटा गाउँपालिकाका तीन हजार २१५ वडामध्ये १३९ वटा वडा भने सहरयुक्त छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार अब सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका निर्माणको मापदण्डै परिवर्तन गर्ने आधार तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा गाउँ र सहर निर्माणको आधार तय गरेकाले उक्त तथ्याङ्क गाउँपालिका र नगरपालिका निर्माणका लागि प्रभावकारी हुने छ ।” नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले ग्रामीण विशेषता भएका नगरपालिकाका वडालाई विशेष प्राथमिकता दिएर नगरपालिकाको मापदण्डभित्र पार्नुपर्ने दायित्व सबै नगरपालिकालाई थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरयोग्य नभएका नगरपालिका क्षेत्रमा नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै जानुपर्ने चुनौती थपिएको छ ।” तथ्याङ्कलाई उचित सदुपयोग गरौँ मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका तथ्याङ्कलाई सरकारले उचित रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई वार्षिक, आवधिक नीति निर्माण गर्न वास्तविक तथ्य र तथ्याङ्क आवश्यक पर्ने भन्दै त्यस्तो तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले उपलब्ध गराएर सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायले अहिले तीन वटै तहले तथ्याङ्क उत्पादन गर्दै आएको बताउनुभयो । | News | 52,082 |
वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष | वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । | https://gorkhapatraonline.com/news/91329 | काठमाडौं, पुस १६ गते । वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । परोक्ष प्रभाव भने विश्वभर देखियो । आपूर्ति शृङ्खला खलबलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मानव जगत्ले गर्नुपर्यो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा देखिएको व्यवधानलगायतका कारण मुद्रास्फीति उच्च रहन गएको पृष्ठभूमिमा हुन गएको ब्याजदरको बढोत्तरीले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखियो । कोभिड–१९ महामारीका कारण सिर्जित समस्याको निराकरण हुन नपाउँदै रूस–युक्रेन युद्ध र पछिल्लो समय इजराइल–हमास तनावका बाछिटा विश्व अर्थतन्त्रमा देखिए ।अन्तर्राष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । मुद्राकोषको गत अप्रिलको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२३ मा दुई दशमलव आठ प्रतिशत र सन् २०२४ मा तीन प्रतिशतले विस्तार हुने देखिएको छ । त्यस्तै, उच्च मुद्रास्फीतिको स्थिति विश्व अर्थतन्त्रका लागि यस वर्षको अर्को ठूलो समस्याका रूपमा रह्यो । सन् २०२३ मा विश्व मुद्रास्फीति सात प्रतिशत र सन् २०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण मुद्राकोषले गरेको छ । अधिकांश देशका केन्द्रीय बैङ्कहरूले सन् २०२२ को सुरुदेखि अवलम्बन गर्दै आएको कसिलो मौद्रिक नीतिको कार्यदिशालाई सन् २०२३ मा पनि कायमै राखे । विकसित मुलुकहरूले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रभाव वित्तीय बजारमा पर्न नदिन उदीयमान मुलुकहरूले पनि कसिलो मौद्रिक नीति अपनाए । चर्को ब्याजदर र कर्जा विस्तारमा सङ्कुचनको अवस्था अधिकांश मुलुकका बैङ्क वित्तीय संस्थामा देखियो । चर्को मूल्यवृद्धि र उपभोक्ता खपतमा ह्रासको स्थिति उपभोक्ता बजारमा देखियो ।अमेरिकी बैङ्क धराशायी आर्थिक र वित्तीयरूपमा अमेरिकाले यस वर्ष सन् २००८ को आर्थिक मन्दीयताको सबैभन्दा खराब समयको सामना गर्नुपर्यो । गत मार्चमा अमेरिकाको सिलिकन भ्याली बैङ्क डुब्यो । वित्तीयरूपमा समस्याग्रस्त भएर निक्षेपकर्ताको बचतसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेपछि उक्त बैङ्कलाई गत मार्च १० मा क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसल (डिएफपिआई) ले बन्द भएको घोषणा गर्यो । त्यस्तै, अमेरिकाकै सिग्नेचर बैङ्क मार्च १२ र रिपब्लिक बैङ्क मे १ मा बन्द भएको घोषणा गरियो । ती बैङ्कबाट ठूलो रकम लगानी भएका प्रविधि (टेक) कम्पनी डुब्नु र क्रिप्टोलगायत अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को कारोबारमा ठूलो गिरावट आउनुलाईलाई अमेरिकी बैंकिङ प्रणाली धराशायी हुनुको मुख्य कारण मानिएको छ । त्यस्तै, बैङ्कका निक्षेपकर्ताको बैङ्कप्रति विश्वास नहुनु र आफ्नो बचत एकैपटक फिर्ता माग्नु ती बैङ्क डुब्नुको कारण बन्यो ।आर्टिफिसियल इन्टेलिजेन्सको दबदबा कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रार्दुभाव, प्रयोग र त्यसको परिणाममाथिको विमर्श विश्वभर नै यस वर्ष ‘हटकेक’का रूपमा रह्यो । सन् २०२२ को अन्त्यतिर च्याटजिपिटी आएपछि त्यसले विश्वभर नै एक किसिमको तरङ्ग सिर्जना गर्यो । ओपनएआईको च्याट जिपिटी, गुगलको च्याटबट, क्यारेक्टर डट एआई, क्विलवोट, मिडजर्नी, हगिङ फेस, बार्ड, नोभेल एआई, क्यापकटलगायतका एआई टुलहरू प्रयोगमा छन् । विद्युतीय उपकरण अर्थात् मेसिनले नै मानिस जसरी सोच्नसक्ने र निर्णय लिनसक्ने क्षमतासहित बनाइएको एआईको प्रयोगका कारण विभिन्न पेशामा पार्नसक्ने असरको पक्ष एकातिर छ भने अर्कोतिर यसको दुरुपयोगको सम्भावनाबारे पनि विश्वभर अझै बहस चलिरहेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘कोलिन्स वर्ड अफ दि इयर’को उपमा दिइएको छ ।सुनको मूल्य हालसम्मकै उच्च यस वर्ष विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुग्यो । यही डिसेम्बर ४ मा विश्व बजारमा सुनको मूल्य प्रतिऔस अमेरिकी डलर दुई हजार एक सय ५२ दशमलव तीन डलर पुगेको थियो । भूराजनीतिक अस्थिरता र अमेरिकी डलरको भाउ घट्दै जाँदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । त्यस्तै, केन्द्रीय बैङ्कहरूले आफ्नो भुक्तानी पर्याप्तता (रिजर्भ) बलियो पार्न बैङ्क नोटको सट्टा सुनलाई जम्मा गर्न थालेका कारण पनि मूल्य बढेको ठानिएको छ । सङ्कटग्रस्त श्रमबजार मुख्यगरी प्रविधि कम्पनी र औद्योगिक क्षेत्रमा देखिएको समस्याका कारण कामदार कटौती गर्नुपरेको विषयले यस वर्ष विश्व श्रमबजारलाई तरङ्गित बनायो । गत जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गर्यो भने माइक्रोसफ्टले मार्चमा १० हजार कर्मचारी र त्यही महिना गुगलले १२ हजार कर्मचारी कटौती गर्ने निर्णय गरे । श्रमिक अधिकारका लागि अमेजन, वालमार्ट, फेडेक्स, टार्गेट, इन्स्टाकार्ट, अमेजनलगायत कम्पनीका कामदारले कोभिड महामारीपछि हड्ताल गर्नुपरेको समाचार विश्वभरका समाचार माध्याममा छाए । त्यस्तै, ‘राइटर्स गिल्ड अफ अमेरिका’ त्यहाँको मोसन पिक्चर्स र टेलिभिजन निर्माताको गठबन्धन विरुद्ध लामो समय आन्दोलन गरे । यो आन्दोलनको स्थिति सिर्जना हुनुमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण ‘कन्टेन्ट राइटर’ को जागिर खोसिएको विषयलाई पनि जोडेर हेरिएको छ । असमानताको वर्ष विश्व बैङ्कले आफ्नो समीक्षामा सन् २०२३ लाई असमानताको वर्ष भनेको छ । जलवायु परिवर्तन, युद्ध, खाद्य असुरक्षालगायतका कारण कोभिड महामारीको समयमा भन्दा पनि सन् २०२३ मा खराब स्थितिको सामना गर्नुपरेको उल्लेख गरेको छ । विश्व बैङ्कका अनुसार अहिले विश्वभर करिब ७० करोड मानिसले चरम गरिबीको सामना गरिरहेका छन् । त्यस्तै, करिब साढे १८ करोड मानिस अर्थात् विश्वको कुल जनसङ्ख्याको दुई दशमलव तीन प्रतिशत शरणार्थी र आप्रवासीका रूपमा बसिरहेका छन् । धनी र गरिबबीचको खाडल यस वर्ष थप गहिरिएको विश्व बैङ्कको ठहर छ । युद्धले अस्तव्यस्त विश्व व्यापारविश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सार्वजनिक गरेको ‘वर्ल्ड ट्रेड स्टाटिस्टिकल रिभ्यु २०२३’ प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, कसिला मौद्रिक नीति, अधिकांश मुलुकमा देखिएको सार्वजनिक ऋणको चापलगायतका कारण सन् २०२२ जस्तै २०२३ मा पनि विश्व व्यापारले अपेक्षित गति लिन सकेन र सहज अवस्था बन्न सकेन । सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको रुस–युक्रेन तनावका बाछिटा विश्व अर्थतन्त्रमा गम्भीररूपमा देखिइरहेका बेला गत अक्टोबर ७ मा इजराइल–हमास युद्ध शुरु भएपछि विश्व व्यापार थप अस्तव्यस्त भएको छ भने आपूर्ति श्रृङ्खला टुटेका छन् । यी दुई युद्धका कारण पेट्रोलियम र खाद्य पदार्थको बजार सबैभन्दा बढी प्रभावित हुन पुग्यो भने सहज आपूर्ति हुन नसक्दा मूल्यवृद्धि बढ्यो । विश्वको सबैभन्दा ठूलो चामल निर्यातक देश भारतले गत जुलाईमा निर्यात प्रतिबन्धको घोषणा ग¥यो । भारतले यस्तो निर्णय लिनुको मुख्य कारण भूराजनीतिक अस्थिरताका कारण बढ्दो खाद्य सङ्कटलाई मानिएको छ । यमनको हुथी समूहले यही डिसेम्बर पहिलो साता ‘रेड सी’को समुद्री मार्ग हुँदै गइरहेका पेट्रोलियम र कार्गो पानीजहाजमा आक्रमण गरे । यो समुद्री रुटबाट हुने व्यापारले विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । उक्त रुटमा हुथी समूहबाट भएको आक्रमणका कारण एसिया र युरोपको व्यापारमा नराम्रो असर परेको छ ।श्रम बजारमा महिलाको योगदानबारेको अध्ययनलाई नोबेल पुरस्कार श्रम बजारमा महिलाको योगदानबारे गरिएको अध्ययनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनलाई यो पुरस्कार दिइएको हो । श्रम बजार र पारिश्रमिकमा हुने लैङ्गिक विभेद विषय नयाँ होइन । तर क्लाउडियाले शताब्दीऔँदेखि महिलाको कमाइ र श्रम बजारको सहभागिताबारे बृहत् अध्ययन गर्नुभएको थियो । यो अध्ययनको केन्द्रमा महिलाको विवाह र घरपरिवारप्रतिको जिम्मेवारीलाई राखेर विश्लेषण गरिएको र महिलाले गर्ने कमाइलाई बहुआयामिक पक्षबाट विश्लेषण गरिएको जनाइएको छ ।ट्वीटरको रिब्राण्डिङ अर्बपति इलन मस्कले २०२२ अक्टोबरमा सामाजिक सञ्जाल ट्वीटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो विषयले विश्वभर चर्चा छायो । ट्वीटरलाई थप परिस्कृत र परिमार्जन गर्दै जाने बताउने गरेका मस्कले २०२३ जुलाई २३ देखि ट्वीटरलाई एक्सका रूपमा ‘रिब्रान्ड’ गर्नुभयो । एक ‘सुपर एप’का रूपमा एक्सलाई स्थापित गर्ने लक्ष्यसहित यस्तो निर्णय लिइएको मस्कको भनाइ थियो । त्यसो त ट्वीटर खरिदपछि पुराना कर्मचारीलाई मस्कले बर्खास्त गरेको र विभिन्न कानूनी उल्झनमा पर्नुपरेको विषय पनि चर्चामा रह्यो ।धेरै मुलुकमा टिकटक प्रतिबन्ध सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याएको ठहर गर्दै गत कात्तिक २७ गते नेपाल सरकारले मामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । नेपालले मात्र नभई यस वर्ष अरु थुप्रै देशले चिनियाँ टेक–कम्पनी बाइटडान्सअन्तर्गतको भिडियो सेयरिङ प्लेटफर्म टिकटकलाई बन्देज गर्ने घोषणा गरे । व्यक्तिगत गोपनीयता र तथ्याङ्कको गोपनीयतामाथि प्रश्न उठाउँदै सन् २०२३ को फेब्रुअरीमा युरोपियन कमिसन, युरोपियन पार्लियामेन्ट र युरोपियन युनियन काउन्सिलले सरकारी कर्मचारीको मोबाइल डिभाइसमा टिकटक बन्द गर्ने निर्णय गर्यो । त्यस्तै निर्णय अमेरिका र क्यानडाले पनि गरे । ती देशका सरकारी कर्मचारीलाई ३० दिनभित्र आफ्ना डिभाइसबाट टिकटक हटाउन भनिएको थियो । संयुक्त अधिराज्य, न्युजिल्याण्ड, डेनमार्कलगायत देशले पनि टिकटकमाथि प्रतिबन्ध लगाए ।विश्व तापमान हालसम्मकै उच्च नासाले २०२३ सेप्टेम्बर १४ मा पृथ्वीको तापमान हालसम्मकै उच्च विन्दुमा पुगेको जनायो । त्यस्तै, विश्व मौसम विज्ञान सङ्गठनले कोप २८ सम्मेलनका क्रममा सन् २०२३ लाई मानव इतिहासकै सबैभन्दा गर्मी भएको वर्षका रूपमा बतायो । अत्याधिक गर्मीका कारण हिमालय र अन्टार्टिकाको हिँउ तीव्ररूपमा पग्लिरहेको तथा समुद्रको सतह बढेको र पानी तातो हुँदै गएकोबारे सङ्गठनले विश्व समुदायको ध्यानाकर्षण गरायो । उदीयमान भारत गत मे महिनामा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्यो । त्यस्तै गत अगस्ट २३ मा भारतले चन्द्रयान–३ पठाएर चन्द्रमा पुग्ने चौथो मुलुक र चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बन्यो । रासस | News | 35,772 |
कोरोनापछि बलिउड : ठूला फिल्म भिड्ने भय | कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले विश्वभरका उद्योगहरुमा असर पारेको छ । फिल्म उद्योग पनि यसको मारमा परेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सुरुमै सिनेमा घर बन्द भए । | https://ekantipur.com/entertainment/2020/04/24/158772250692086051.html | काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले विश्वभरका उद्योगहरुमा असर पारेको छ । फिल्म उद्योग पनि यसको मारमा परेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सुरुमै सिनेमा घर बन्द भए ।फिल्मको छायाँकन र पोस्ट प्रोडक्सन रोकियो । बलिउड यो नोक्सानबाट अछुतो रहने कुरै भएन । बलिउड पण्डितहरुले विभिन्न कारणले उद्योगको अवस्था फेरि उस्तै नरहने विश्लेषण गरेका छन् । बक्स अफिसमा रस्साकस्सी सन् २०१९ लाई फर्केर हेर्दा, धेरै फिल्म एकसाथ प्रदर्शनमा आउँदा एकअर्कासँग भिड्नु परेको थियो । यो लकडाउनले फेरि त्यही दृश्य फर्काउने डर भारतका फिल्मकर्मीमा छ । अवस्था सामान्य भएपछि फिल्म हलहरु खुल्नेछन् । प्रदर्शनको पर्खाइमा धेरै फिल्म छन् । त्यतिबेला फिल्म प्रदर्शनका लागि होडबाजी हुने अनुमान छ । बक्स अफिस विश्लेषक तरन आदर्शले भनेका छन्, ‘भविष्यमा अराजक दृश्य देखिँदैछ । हिन्दीमात्र होइन, हलिउड, तामिल, तेलेगु, पञ्जाबीलगायत फिल्म एकसाथ प्रदर्शनमा आउनेछन् । सायद ठूला फिल्मका निर्माताहरु प्रदर्शन मितिबारे छलफल गरेर अगाडि बढ्लान् ।’फिल्म वितरक एवं प्ररदर्शक मनोज देसाई यसरी फिल्मको भिडन्त नगराउन सल्लाह दिन्छन् । ‘यदि निर्माता र निर्देशकको दिमाग छ भने उनीहरु एकसाथ आउनु हुन्न । प्रदर्शन मिति बाँडफाँड गर्नुपर्छ,’ उनले भनेका छन् । फिल्म वितरक अक्षय राठी फिल्मसम्बन्धी सबै संघसंस्थाले प्रदर्शनमा भिडन्त नगराउन अभ्यास गर्नुपर्ने बताउँछन् । ‘फिल्मको प्रदर्शन जुधाउने मुर्खता गर्नु हुँदैन । हलमा निश्चित समयसम्म फिल्म प्रदर्शन जारी राख्नुपर्छ । करिब २ हप्ताको फरकमा फिल्म प्रदर्शनमा ल्याउनुपर्छ । त्यसबीच साना फिल्म प्रदर्शनमा ल्याउँदा पनि फरक पर्देन,’ राठीले भने । हुन त लकडाउनअघि नै अभिनेता सलमान खान अभिनित ‘राधे ः योर मोस्ट वान्टेड भाइ’ र अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम्ब’ ईदमा एकसाथ प्रदर्शनमा आउने तयारी थियो । यसरी फिल्महरु एउटै मितीमा प्रदर्शनमा आउँदा साना फिल्मको हालत नाजुक हुने निर्माता आनन्द पण्डित बताउँछन् । ‘मलाई त साना प्रोजेक्टको चिन्ता छ । यो उद्योगमा बजेटभन्दा बढी कमाउँदा सफल मानिन्छ । तर, कतिले ऋण लिएर वा सम्पत्ति बेचेर पनि त फिल्म बनाएको हुन्छ,’ पण्डितले अगाडि थपे, ‘वर्षभरी बिना पैसा काम गर्नेहरु पनि होलान् । उनीहरु फिल्म प्रदर्शनकै प्रतिक्षामा होलान् । उनीहरुको लागि समय कठिन बनिदिन्छ ।’साना फिल्मको उद्दार गर्न ओटीटी साना फिल्मले थिएटरभन्दा पनि ओटीटी (ओभर दी टप) प्लेटफर्ममा फिल्म प्रदर्शन गर्नुपर्ने तरन बताउँछन् । ओटीटी अनलाइन प्लेटफर्म हो, जसमा फिल्म हेर्न सकिन्छ । नेटफ्लिक्स, हुलु, आइट्युन यसका उदाहरण हुन् । ‘फिल्महरु सिधै ओटीटीमा प्रदर्शनमा ल्याउन सकिन्छ । यदि तपाईँले आफ्नो फिल्म सिधै इन्टरनेटमा राख्नुहुन्छ भने हलबाट कमाई नहोला तर साना फिल्म हलमा कतिञ्जेल टिक्न सक्छन् र ?’ तरनले भने । १० करोडभन्दा थोरै बजेटमा फिल्म बनाउनेले अनलाइन प्लेटफर्मको विकल्प रोज्नुपर्ने वितरक गिरिश जोहर बताउँछन् । अर्का विश्लेषक अमोद मेहरा भने यो कुरामा सहमत देखिएनन् । ‘साना प्रोजेक्ट बनाउनेहरुले ओटीटीलाई फिल्म दिन राजी होलान् । तर, प्रश्न यो छ कि के ओटीटी प्लेटफर्म यी फिल्म किन्न इच्छुक छन् ? कन्टेन्ट राम्रो भएको फिल्म उनीहरुले रोज्ने हो,’ उनले भने, ‘यस्ता प्लेटफर्म सिरिजतिर बढी ध्यान दिन्छन्, फिल्ममा होइन । ठूला स्टारका फिल्म मात्र त्यस्तोमा स्थान पाइरहेको हुन्छ ।’अहिले भारतीय फिल्मकर्मीले मल्टिप्लेक्ससँग फिल्म प्रदर्शनको आठौं हप्तामा ओटीटीमा प्रदर्शन गर्ने सम्झौता गरेका हुन्छन् । सामाजिक दुरीको प्रभाव कोरोनाले मानिसहरुलाई सामाजिक दुरी कायम गर्ने बानी बसालिदिएको छ । यसको प्रभाव फिल्म क्षेत्रमा देखिने तरन तर्क गर्छन् । ‘एकअर्काबाट टाँढिएर बस्ने कुरा लामो समयसम्म अभ्यास हुनेछ । सुटिङ सेटले पनि सुरक्षामा धेरै ध्यान दिनुपर्छ । यसले किसिङ दृश्यलगायत धेरै अन्तरंग दृश्यमा कमी ल्याउने देखिन्छ’, तरणले भने । तरणको कुरामा हाँस्दै गिरिशले भनिहाले, ‘मलाई लाग्दैन यस्तो हुन्छ । बरु अमिताभले लकडाउनमा निकालेको लघु फिल्मजस्तो होला ।’(बलिउड हगंमाबाट) | Entertainment | 8,536 |
‘सिम्पल सिम्पल कान्छी २’ | पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ । | https://gorkhapatraonline.com/news/96078 | काठमाडौँ, माघ २८ गते । पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ । शुक्रबार सार्वजनिक गरिएको यस गीतमा नित्या शिवा र राजन श्रेष्ठको आवाज रहेको छ भने शङ्कर अधिकारी ‘घायल’ को शब्द र बाबुल गिरीले सङ्गीत गर्नुभएको छ । | News | 43,599 |
नापतौलमा ठगी गर्नेलाई तीन लाख जरिवाना | नापतौल यन्त्र बिगारी ठगी गर्ने वा तोकिएको परिमाणमा सामान उपलब्ध गराउने व्यवसायीलाई तीन लाख रुपियाँसम्म जरिवानाको व्यवस्था भएको छ। विद्यमान स्ट्यान्डर्ड नाप र तौल ऐनलाई संशोधन गरी नापतौल यन्त्रमा गडबडी गर्नेलाई अधिकतम तीन लाख रुपियाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो। | https://gorkhapatraonline.com/news/43433 | काठमाडौँ, कात्तिक १९ गते । नापतौल यन्त्र बिगारी ठगी गर्ने वा तोकिएको परिमाणमा सामान उपलब्ध गराउने व्यवसायीलाई तीन लाख रुपियाँसम्म जरिवानाको व्यवस्था भएको छ। विद्यमान स्ट्यान्डर्ड नाप र तौल ऐनलाई संशोधन गरी नापतौल यन्त्रमा गडबडी गर्नेलाई अधिकतम तीन लाख रुपियाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो। यसअघि एक हजार रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था थियो। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले ऐन संशोधन गरेर दण्ड जरिवाना बढाएकाले नापतौलमा हुने ठगी न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो। “विगतमा कैफियत देखिए पनि एक हजार रुपियाँ मात्रै जरिवाना तिरे पुग्थ्यो। सामान्य र ठूलो कैफियत हुँदा एउटै प्रकृतिको कारबाही हुन्थ्यो, सानो गल्ती गर्नेलाई ठूलो अन्याय भएको थियो। संशोधित ऐनमा छुट्टाछुट्टै कसुर र सजाय हुँदा सानो गल्ती गर्नेलाई अन्याय हुँदैन,” उहाँले भन्नुभयो।संशोधित ऐनअनुसार स्ट्यान्डर्ड नाप र तौलबाहेक अरू नाप र तौल प्रचलनमा ल्याए एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्म सजाय हुनेछ। कुनै खास व्यापार, लेनदेन वा करारका सम्बन्धमा खासखास सर्तहरूका अधीनमा रही नापेर वा तौलेर मात्रै कारोबार गर्न पाइनेछ। सरकारले दिएको निर्देशनको पालना नगरे वा त्यस्तो निर्देशनविपरीत काम गरे पाँच हजार रुपियाँदेखि १० हजार रुपियाँसम्म जरिवाना गर्न सकिने ऐनमा उल्लेख छ। व्यापारीले नापतौल वा नाप्ने, तौलने यन्त्र प्रयोग गर्न तोकिएको समयभित्र तोकिएको दस्तुर तिरी आफ्नो नाम दर्ता गराई अनुमतिपत्र लिनुपर्छ। यस्तै प्याकेजमा रहेका वस्तुको नाप वा तौल स्पष्ट उल्लेख गरी उक्त प्याकेजमा लेबल लगाएको हुनुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ। यसरी लेबल नलगाई वस्तुको प्याकेज कसैले बेच्ने, बेच्न लगाउन वा बेच्ने गरे पाँच हजारदेखि १० हजार रुपियाँसम्म, कुनै वस्तुको नाप वा तौलका आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद, बिक्री वा कारोबार गरेको हो, उक्त नाप वा तौलले निश्चित गरेको परिमाणभन्दा घटीबढी गरी लिए वा लिन लगाए वा दिए वा दिन लगाए पाँच हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना हुन सक्ने ऐनमा उल्लेख छ। तर, निर्माण सामग्री सुन, चाँदी वा मूल्यवान् धातु, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डर वा उद्योगको हकमा ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ। बजारमा व्यवसायीले सामान बिक्री गर्दा नापतौल यन्त्र बिगारी उपभोक्ता ठग्ने गरेको अनुगमनका क्रममा पाइएको थियो। | News | 40,002 |
मेलबर्नमा अघि बढ्दै ओसाका र बार्टी | नाओमी ओसाकाले मुस्कान छर्दै जित निकालिन् । शीर्ष वरीयताका अस्ट्रेलियन एस्ली बार्टीले भने एकपक्षीय जित निकालिन् । बुधबार प्राप्त यी जितसँगै अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा उनीहरूको भेट हुने सम्भावना बढेको छ । | https://ekantipur.com/sports/2022/01/20/16426424451099337.html | मेलबर्न — नाओमी ओसाकाले मुस्कान छर्दै जित निकालिन् । शीर्ष वरीयताका अस्ट्रेलियन एस्ली बार्टीले भने एकपक्षीय जित निकालिन् । बुधबार प्राप्त यी जितसँगै अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा उनीहरूको भेट हुने सम्भावना बढेको छ ।राफेल नडाल भने कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि हात पार्नेक्रममा एक अर्को जित निकाल्न सफल रहे । तर, स्पेनिस नडाल जर्मन क्वालिफायर यानिक ह्यान्फम्यानविरुद्ध प्राप्त यो जितका लागि ५ म्याच प्वाइन्ट खेर पठाउन बाध्य भए ।निकै लयमा देखिएकी बार्टी आफ्नो घरमा पहिलो ग्रान्ड स्लाम उपाधिलाई पछ्याइरहेकी छन् । उनले इटालीका क्वालिफायर लुसिया ब्रोनजेटीविरुद्ध प्राप्त जितमा खासै पसिना पनि बगाउनुपरेन । जम्मा ५२ मिनेट चलेको दोस्रो चरणको खेलमा बार्टी ६–१, ६–२ ले विजयी रहिन् । जापानी खेलाडी ओसाकाको जित पनि त्यति धेरै मिहिनेतको रहेन । उनले म्याडिसन ब्रेन्गलीविरुद्धको पहिलो सेट सजिलै ६–० ले जितिन् । तर दोस्रो सेटका लागि भने ओसाकाले केही संघर्ष गर्दै स्कोर ६–४ ले आफ्नो पक्षमा पारिन् ।खेलपछि ओसाकाले प्रतिद्वन्द्वी खेलाडीलाई नेटमा भेट्ने क्रममा मीठो मुस्कान छरेकी थिइन् । आफूबीच एक आपसमा ६ ठूला उपाधि जितेका बार्टी र ओसाकाबीच मेलबर्न पार्कमा अन्तिम १६ को खेलमा भेट हुन सक्नेछ । तर त्यसअघि नै विम्बल्डन च्याम्पियन तथा मेलबर्नमा उपाधिका लागि सबैभन्दा बलिया प्रत्याशी बार्टीले ३० औं वरीयताकी क्यामिला जियोर्जीलाई हराउनुपर्नेछ । यो खेल आफैंमा चुनौतीपूर्ण हुन सक्नेछ, किनभने क्यामिला आफैं पनि लयमा छिन् ।इटालीका क्यामिलाबारे बार्टी भन्छिन्, ‘क्यामिला निकै राम्रो खेलाडी हुन्, त्यसैले उनको सामना गर्दा सजग रहनुपर्नेछ ।’ बार्टी आफैं पनि लयमै छिन् । एडिलेडमा भएको वार्मअप उपाधि जितेकी बार्टीले यो वर्ष लगातार ४७ गेममा सर्भिस गुमाएकी छैनन् । ओसाकाले भने अब अमेरिकी अमान्डा एनिसिमोभाको सामना गर्नेछिन् । ओसाका सन् २०१९ र २०२१ की अस्ट्रेलियन ओपन विजेता हुन् । गत वर्ष उनले मानसिक दबाबका कारण देखाएर धेरै खेलिनन् ।पुरुषतर्फ २० ग्रान्ड स्लाम विजेता नडालले विश्व नम्बर एक सय २६ का खेलाडी ह्यान्फम्यानलाई ६–२, ६–३ र ६–४ ले पराजित गरे । यसै साता मात्र चोटमुक्त भएर मैदानमा फर्केका नडालले पाँच महिनायता पहिलो उपाधि जितेका थिए । सर्बियाली नोभाक जोकोभिचको अनुपस्थितिमा उनी उपाधिका लागि वास्तवमै बलियो दाबेदार देखिएका छन् । अब ३५ वर्षीय नडालले १८ औं वरीयताका रुसी खेलाडी करेन खचानोभको सामना गर्नेछन् । यो खेल उनका लागि बलियो चुनौती साबित हुन सक्नेछ । | Sports | 21,381 |
एपीएफ विजयी | मैत्रीपूर्ण महिला भलिबलमा शिवम् न्यु डायमन्ड एकेडेमीविरुद्ध एपीएफ क्लब विजयी भएको छ । नेपाल भलिबल संघले ओलम्पिक डे का अवसरमा शनिबार पोखरा रंगशालामा दुई टिमबीच प्रतिस्पर्धा गराएको हो । | https://ekantipur.com/sports/2018/06/17/15292060952185509.html | लेखनाथ — मैत्रीपूर्ण महिला भलिबलमा शिवम् न्यु डायमन्ड एकेडेमीविरुद्ध एपीएफ क्लब विजयी भएको छ । नेपाल भलिबल संघले ओलम्पिक डे का अवसरमा शनिबार पोखरा रंगशालामा दुई टिमबीच प्रतिस्पर्धा गराएको हो ।मैत्रीपूर्ण खेलमा एपीएफले ३–२ को सेटमा जित पायो । न्यु डायमन्डले पहिलो दुई सेट २५–१७, २५–२० अग्रता लिएको थियो । त्यसपछि एपीएफ लयमा फर्किदै लगातार २५–२०, २५–१६, १५–१३ ले सेटमा आफ्नो पक्षमा पार्दै जित हात पार्यो । राष्ट्रिय खेलाडीले भरिएका दुवै टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक थियो । वर्षाले केहीबेर खेल स्थगित भएको थियो । हरेक वर्ष जुन २३ लाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आधुनिक खेलको सुरुआत भएको दिन मान्दै ‘ओलम्पिक डे’ मनाउने प्रचलन छ । नेपाल ओलम्पिक कमिटीले एक सातासम्म विभिन्न खेल आयोजना गरेर यो दिवस मनाउँदै आएको छ । नेपालमा शनिबार औपचारिक रूपमा कार्यक्रम सुरु भएको हो । | Sports | 29,133 |
संसदीय छानबिन समितिले राजनीतिक दलहरूसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग्ने | सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । | https://ekantipur.com/news/2024/07/02/the-parliamentary-inquiry-committee-will-ask-political-parties-for-written-suggestions-on-cooperative-problem-solving-46-13.html | काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफलपछि यस्तो निर्णय गरेको हो ।छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न,तथ्य प्राप्त गर्न,समस्याको प्रवृत्ति विश्लेषण गरी समाधान गर्ने गरी कोशिस जारी रहेको बताए ।सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा भएको बताए । ' राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवं कर्मचारीहरूसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा लामो छलफल भयो । सहकारी समस्यालाई जस्ताको त्यस्तै बुझ्न,तथ्य प्राप्त गर्न,समस्याको प्रवृति विश्लेषण गरी समाधान खोज्ने सिलसिलाको कोशिस हो' सभापति थापाले भने ।मान्यता प्राप्त राजनीतिक दलहरुका बुझाइहरु पनि अध्ययन आवश्यक पर्ने भएकाले पत्राचार गर्ने निर्णय भएको उनले जानकारी दिए । 'राजनीतिक क्षेत्रबाट पनि अपेक्षा गरेका छौं । संगठित रुपमा सहकारी क्षेत्रको विकास प्रवर्द्धन र व्यवस्थापनमा राजनीतिक दलहरु जिम्मेवार छन् । राजनीतिक दलका विभिन्न व्यक्तिहरु संग्लन छन् । शुद्धीकरणका निम्ति पनि र समस्या समाधानको लागि राजनीति क्षेत्र जवाफदेही ढंगल छानबिन अभियानमा साथै रहनुपर्छ भन्ने बुझाईका साथ पत्रचार गर्ने निर्णय गरेका छौं’ उनले भने । | News | 2,105 |
बिहारमा गेष्ट हाउस : विरोधमा होटल व्यवसायी | लुम्बिनीमा रहेको विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमविपरीत गेष्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्। | https://gorkhapatraonline.com/news/101724 | लक्ष्मण पौडेलभैरहवा, चैत १६ गते। लुम्बिनीमा रहेको विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमविपरीत गेष्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्। लुम्बिनी होटल सङ्घ नेपालले बिहारमा गेष्ट हाउस सञ्चालन बन्द गर्न माग गर्दै चरणबद्ध आन्दोलन सुरु गरेको हो ।सङ्घले बिहीबार लुम्बिनी विकास कोष परिसर अगाडि दुई घण्टासम्म धर्ना दिएको छ।व्यवसायीले यो धर्नालाई एक सातासम्म निरन्तरता दिइने बताएका छन्।एक सातासम्म पनि माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी व्यवसायीले गरेका छन्।नियमविपरीत लुम्बिनीका गुम्बा तथा मन्दिरले गेष्ट हाउस सञ्चालन गर्दा पनि लुम्बिनी विकास कोषका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले कुनै कारवाही नगरेकाले संघले यो आन्दोलन कोषविरुद्ध सुरु गरेको हो ।होटल व्यवसायीले विगत १२ वर्षदेखि राख्र्दै आएको मागप्रति कोषले बेवास्ता गरेको सङ्घले आरोप लगाएको छ।संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी विकास कोषको पर्यटन व्यवसाय प्रतिको बेवास्ता र अन्य गलत नीतिका कारण लुम्बिनी क्षेत्रको पर्यटकीय वातावरण बिग्रिँदै गएको बताउनुभयो।व्यवसायीहरुले मोनाष्ट्री तथा बिहार बनाउन अनुमति दिने लुम्बिनी विकास कोष नियमविपरीतका निर्माण संरचना तयार पारी सञ्चालनमा ल्याउँदा पनि मौन रहेको, अनुगमन र कारवाही गर्नेतर्फ कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।लुम्बिनी विकास विनियमावली २०५८ अनुरुप, एउटा मोनाष्ट्रीमा पाँच जनासम्म भिक्षु र पाँच जनासम्म उनीहरुका लागि सहयोगी बस्ने क्षमताको मात्र निर्माण संरचना बनाउन पाइने नियम छ।कुन विदेशी कति दिनसम्म बस्ने हो ? भन्ने बारेमा सम्बन्धित बिहारले कोषलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।तर लुम्बिनीमा तीन सय जनासम्म अट्ने क्षमताका गेष्ट हाउसको संरचना तयार भएर सञचालनमा आएका छन्। सङ्घका महासचिव पुरुषोत्तम अर्यालले बिहारमा नियमविपरीत गेष्ट हाउस सञ्चालनमा आएकाले विरोध गर्नुपरेको बताउनुभयो।लुम्बिनीमा निर्माण गरिएका गौतमी भिक्षुणी बिहार, गोल्डेन ट्याम्पल म्यानमार, कम्बोडिया बिहार, महाबोधी सोसाइटी भारत, थाइल्याण्डको राजकीय बिहार, चिनियाँ बिहार, कोरियन बिहार, बज्रयान नेपाली बिहार, सिंगापुर बिहार लगायतले नियमविपरीत गेष्ट हाउसको निर्माण गरी सञ्चालनमा ल्याएको दाबी होटल व्यवसायीको छ ।लुम्बिनीका होटल व्यवसायी लीलामणि शर्माले लुम्बिनीका बिहारले लुम्बिनीमा मन्दिर तथा बिहार बनाउने भन्दै चन्दा सहयोग ल्याउने र यहाँ बिहारको नाममा कोषसँग ९९ वर्षका लागि सस्तोमा जग्गा भाडामा लिएर गेष्ट हाउस निर्माण गरी व्यापार गर्ने गरेको आरोप लगाउनुभयो। | News | 32,042 |
सकियो कार्यकाल | सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ । आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ । | https://gorkhapatraonline.com/news/25358 | नारायण काफ्लेकाठमाडौँ, असोज २ गते । सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ ।आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ ।२०७४ मङ्सिरमा भएको निर्वाचनको कार्यकाल सोही वर्षको फागुन २१ गतेदेखि सुरु भएको थियो । मङ्सिरमा निर्वाचन भए पनि दुवै सदनको निर्वाचन सम्पन्न गरेर अधिवेशन प्रारम्भमा केही ढिलाइ भएको थियो । सोअनुसार झन्डै पाँच महिनाअघि नै जनप्रतिनिधिमूलक संस्थाको कार्यकाल सकिएको हो । तर योपटक माथिल्लो सदनको निर्वाचन नहुने हुँदा प्रतिनिधि सभाको रिक्तता भने बढीमा तीन महिनाभन्दा बढी हुने अवस्था छैन । अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले सम्बोधनसमेत गर्नुभएको छ । वर्तमान संसद्लाई विभिन्न कारणले प्रभावकारी बनाउन नसकेको स्वयम् नेताहरूले स्वीकार गर्नुभएको छ । परमादेशले भेट्ने मौका दिएको छप्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्चको परमादेशबाटै संसद् जीवित भएको बताउनुभयो । देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै परमादेशकै कारण सँगै बसेर काम गर्ने मौका पाएको बताउनुभयो । देउवाले भन्नुभयो, “प्रतिपक्ष दलका नेताले परमादेशको सरकार भनेर जहिल्यै भन्नुभएको छ । यो संसद् नै परमादेशबाट आएको हो । यहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउँथेनौँ । परमादेशले हामीलाई भेट्ने मौका दिएको छ । न्याय गरेको महसुस गरेको छु ।”उहाँले लामो समय रोकिएको विधायिकी प्रक्रिया चालू अधिवेशनले अघि बढाएको देउवाले बताउनुभयो । उहाँले नागरिकता विधेयकले लामो समयदेखि नागरिकताविहीन नागरिकलाई न्याय गरेको बताउनुभयो । धेरै विधेयक चालू अधिवेशनले टुङ्गोमा पु-याउने उहाँले बताउनुभयो । निर्वाचन स्वच्छ रूपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । बर्सातका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले पीडितको राहत, उद्धार र क्षतिपूर्तिका लागि सरकार तत्पर रहेको बताउनुभयो । अछामलगायतका जिल्लामा भएको जनधनको क्षतिमा उहाँले दुःखसमेत व्यक्त गर्नुभयो । जनतामा जानु प्रतिगमन होइनयस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचनमा जाने विषय प्रतिगमन नभएको बताउनुभयो । ओलीले विघटनको बचाउ गर्दै निर्वाचन लोकतन्त्रकै एक आधारभूत पक्ष भएको बताउनुभयो । उहाँले परमादेश जारी हुँदा के–कति प्रयास भएको अहिले छताछुल्ल भएको बताउनुभयो । संसद्ले प्रारम्भमा राम्रा काम गरेको ओलीको भनाइ छ । संविधान अनुकूल बनाउनुपर्ने, मौलिक हक, सङ्घीयताको संरचनासम्बन्धी कानुन निर्माण भएको उहाँले बताउनुभयो । ओलीले नागरिकताका विषयमा राजनीतीकरण गरिएको दाबी गर्नुभयो । नागरिकका समस्यामा खेलवाड गर्ने पक्षमा एमाले नभएको स्पष्ट पार्दै ओलीले सत्तापक्षले राजनीति गर्न खोजेको टिप्पणी गर्नुभयो । नागरिकता विधेयकलाई राजनीतिक फाइदासँग जोडेको ओलीले बताउनुभयो । राज्यका सबै अङ्गलाई निष्प्रभावी बनाइएको ओलीको जिकिर छ । विघटन प्रतिगमन होयस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारीपछि विकास र समृद्धिको यात्रामा मुलुकले सहज बाटो लिने अपेक्षा गरे पनि सोअनुरूप नभएको बताउनुभयो । प्रचण्डले संविधानअनुसार प्रतिनिधि सभाको पूर्णकालको अपेक्षा भए पनि नभएको बताउनुभयो । एमाले अध्यक्ष ओलीप्रति व्यङ्ग्य गर्दै प्रचण्डले भन्नुभयो, “संविधानमा हुँदै नभएको अधिकार, अर्को सरकार गठन हुने अवस्था रहेसम्म सदन विघटन हुँदैन भनेर हामी सबैले भनेको होइन ? तर लोकतन्त्रको मान्यताविपरीत सरकारको नेतृत्व गरेको दलभित्र चर्चासमेत नगरी हठात् प्रतिनिधि सभा विघटन प्रतिगमन नभएर के हो ?” नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान जारीपछि मुलुकमा रूपान्तरणको अपेक्षा जनताले गरे पनि त्यसो नभएको बताउनुभयो । खनालले पाँच वर्ष पुग्दा पनि जनताका अपेक्षा अपेक्षामै बितेको बताउनुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक तरिकाबाट संसद् भङ्गको कीर्तिमान कायम भएको जिकिर गर्नुभयो । संविधानले सङ्घीय संरचनाको व्यवस्था गरे पनि एकात्मक सोच त्याग्न नसकेको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान जारीपछि पनि जनताले सुशासनको प्रत्याभूत गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले जनताको अधिकार र पहिचानमा कुनै सुधार नभएको बताउनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो मूल्याङ्कन आफैँले गर्नेभन्दा जनताका राय सुन्नुपर्ने बताउनुभयो । भट्टराईले नयाँ पुस्ता परम्परागत शक्तिका लागि चुनौती भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले पाँचवर्षे कार्यकाल पनि स्थिर हुन नसकेको बताउनुभयो । पौडेलले दुई पटकको संसद् विघटनका कारण जनअपेक्षाअनुसार काम नभएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एमसीसी र नागरिकता विधेयक पारित गर्नु गलत भएको बताउनुभयो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समेत लिखित वक्तव्य दिनुभयो । सापकोटाले संविधान संशोधनलगायतका विषयमा सभामा देखिएको एकतालाई अभूतपूर्व भन्नुभएको छ । प्रदेश सभा सञ्चालनसँग सम्बन्धित अनुभव आदान–प्रदानले संसद्लाई जीवन्त र जनमुखी बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । | News | 61,525 |
काँचो स्याउ नटिप्न किसानलाई आग्रह | कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो । | https://gorkhapatraonline.com/news/74482 | हुम्ला समाचारदाताहुम्ला, साउन २७ गते । कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका सूर्यबहादुर शाहीले यति बेलै काँचो स्याउ टिपेर खाने तथा बिक्री गर्न सुरु भएको बताउनुभयो । उहाँले गोठी गाउँमा स्याउ राम्रै फलेका कारण स्थानीयस्तरमा बिक्री मात्र हुने नभई सर्केगार्डसम्म यातायात सेवा जोडिएका कारण जिल्लाबाहिर निकासी हुने सम्भावना पनि उत्तिकै रहेको चिन्ता व्यक्त गर्नुभयो । उक्त गाउँमा तीनभन्दा बढी एक सयदेखि डेढ सय बोट फलेका स्याउका फार्म रहेका छन् । उहाँले यसरी नपाकेको स्याउको प्रयोगले एकातिर स्वास्थ्यमा हानि पु-याउने अर्कातिर जिल्लाबाहिर निकासी हुँदा जिल्लाका स्याउको सन्देश राम्रो नजाने बताउनुभयो । यसरी काँचो स्याउ टिप्ने गोठी गाउँ मात्र नभएर दक्षिणी हुम्लाका पाँच वटा खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँ पालिकामा यो समस्या रहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले काँचो स्याउ नटिप्न र बिक्री वितरण नगर्न किसानलाई आग्रह गर्नुभयो । माथिल्लो हुम्लामा स्याउ असोज अन्तिम हप्तापछि र दक्षिणी हुम्ला असोज पहिलो हप्तामा मात्र पाक्ने भएका कारण त्योभन्दा अगाडि नटिप्न उहाँले किसानलाई आग्रह गर्नुभयो । उहाँले अहिले काँचो स्याउ टिपेर बिक्री वितरण गर्दा नकारात्मक सन्देश जाने बताउँदै जिल्लाका स्याउको आफ्नै पहिचान बनाउनका लागि पनि पाक्ने समय कुर्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा सम्बन्धित गाउँपालिकाको कृषि शाखाको समेत ध्यान जानु आवश्यक रहेको बताउनुभयो । | News | 37,090 |
टुप्पाबाट उम्रिएका विश्वविद्यालय | यतिखेर नेपालको उच्च शिक्षा र विश्वविद्यालयहरू आम चर्चामा छन् । गुणस्तरको सदाबहार चासो त छँदै थियो, अहिले विश्वविद्यालयहरूको लथालिंग अवस्थाका साथै देशभित्रको घट्दो विद्यार्थी संख्या र विदेश जानेको लर्को थप चिन्ताको विषय बनेको छ । विश्वविद्यालयको विस्तार भने कमजोर देखिँदैन । | https://ekantipur.com/opinion/2023/12/25/a-university-that-grew-out-of-tuppah-09-31.html | यतिखेर नेपालको उच्च शिक्षा र विश्वविद्यालयहरू आम चर्चामा छन् । गुणस्तरको सदाबहार चासो त छँदै थियो, अहिले विश्वविद्यालयहरूको लथालिंग अवस्थाका साथै देशभित्रको घट्दो विद्यार्थी संख्या र विदेश जानेको लर्को थप चिन्ताको विषय बनेको छ । विश्वविद्यालयको विस्तार भने कमजोर देखिँदैन ।लामो समयसम्म मुलुकको उच्च शिक्षा त्रिवि एक्लैले धानिरहेकामा करिब पैंतीस वर्षभित्र एक दर्जनभन्दा बढी केन्द्रीय विश्वविद्यालय सञ्चालनमा आएका छन् । प्रदेश सरकारहरूले पनि विश्वविद्यालय चलाउन थालेका छन् । निजी क्षेत्रले कसिएरै शिक्षामा लगानी गरिरहेको छ । कतिपय निजी कलेज त आफूले गुणस्तरीय शिक्षा दिई विदेशिने थुप्रै युवालाई यतै रोकेर देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेको दाबीसमेत गर्छन् । विदेशी सम्बन्धनमा पनि उत्तिकै कलेज खुलेका छन् । तैपनि मुलुकको उच्च शिक्षा समस्याग्रस्त देखिन्छ । कतिसम्म भने शिक्षा क्षेत्रका अग्रणीहरूबाटै ‘उच्च शिक्षा धराशायी हुँदै छ, यो मरियल अवस्थामा छ’ जस्ता अभिव्यक्ति आइरहेका छन् । भएका विश्वविद्यालयहरू नै सञ्चालन गर्न कठिनाइ परिरहेका अवस्थामा भौतिक तथा बौद्धिक आधारबिना नै विश्वविद्यालयहरू थप्ने क्रम भने बढेको छ ।नेपालका अहिलेसम्मका सबै विश्वविद्यालय आआफ्ना अलग ऐनका आधारमा स्थापित भएका छन् । छाता ऐन कुरैमा सीमित देखिन्छ । कुनै एउटा शिक्षण संस्थाले विश्वविद्यालयको मान्यता पाउन कस्तो पूर्वाधार र कति कार्यक्रम हुनुपर्दछ भनेर कुनै मापदण्ड तयार भएको पाइँदैन । संस्कृत शिक्षाको विशिष्ट लक्ष्य र त्रिविबाट प्राप्त भौतिक, आर्थिक तथा बौद्धिक सहयोगका आधारमा संस्कृत विश्वविद्यालय स्थापना भएको थियो । तर, यस विश्वविद्यालयमा समेत समस्याहरू देखिएका छन् र त्यसको एउटा कारण यसले प्रदान गर्ने विशिष्ट शिक्षाको बजारसित सम्बन्धित छ । त्रिविले अपनाएको सबैका लागि सर्वसुलभ शिक्षाको हुम्बोल्टवादी सिद्धान्तविपरीत पहुँच पुर्याउन सक्नेका लागि उच्चस्तरीय शिक्षाको नेपोलियनवादी सिद्धान्तमा आधारित रहेर काठमाडौं विश्वविद्यालयको स्थापना भयो । यसपछि भने विश्वविद्यालयहरू टुप्पाबाट पलाउन थाले । मजबुत जगबिना, लगभग शून्य भौतिक तथा बौद्धिक आधारमै उपकुलपति तथा रजिस्ट्रार जस्ता पदाधिकारीको नियुक्ति गरेर विश्वविद्यालय आरम्भ गरियो । पूर्वाञ्चल तथा पोखरा विश्वविद्यालयलाई जनस्तरबाट सञ्चालन गर्ने प्रावधान राखियो । परिणामतः, सम्बन्धन दिएर बटुलेको पैसाका भरमा मात्र टिक्नुपर्ने गरी विश्वविद्यालय सञ्चालन हुन थाले । अहिले त त्रिविको अर्थतन्त्र पनि सम्बन्धनबाटै धानिएको छ ।सञ्चालनमा आएका विश्वविद्यालयहरूमा आर्थिक कठिनाइ मात्र होइन, नयाँ विश्वविद्यालयमा भौतिक तथा बौद्धिक पूर्वाधारको समेत अभाव खड्किएपछि दुई किसिमले यसलाई सुधार्ने प्रयास भएको देखिन्छ । पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका जनस्तरबाट सञ्चालन हुने प्रावधानलाई त्यसपछि खोलिएका विश्वविद्यालय ऐनबाट सावधानीपूर्वक हटाइयो । यसरी पूर्ण सरकारी स्वामित्वमा आएका विश्वविद्यालयहरूको पूर्वाधार विकास एवम् सञ्चालन खर्चको सम्पूर्ण दायित्व सरकारमा रहेको छ । सरकारले आफ्नै पहल र लगानीमा सञ्चालन गर्ने गरी ऐन पारित गरेर नयाँ विश्वविद्यालयहरूको घोषणा त गर्दै गयो तर आवश्यक पूर्वाधारको व्यवस्था गर्न भने सकेन । फलतः यी विश्वविद्यालय पनि त्यस्तै समस्यामा रुमलिए जुन अरू विश्वविद्यालयले भोगिरहेका थिए । सरकारले कतिसम्म गर्न सक्छ भन्ने लेखाजोखा नै नगरी पूर्ण सरकारी स्वामित्वमा विश्वविद्यालय ऐन पारित हुने तर उच्च पदाधिकारीको नियुक्तिबाहेक सरकारले पूर्ण जिम्मेवारी नलिने अवस्थामा विश्वविद्यालय धमाधम भने थपिइरहेका छन् ।टुप्पाबाट पलाएका विश्वविद्यालयलाई जरा हाल्न कठिन हुने देखिएपछि जग निर्माणको पनि कोसिस भएको छ । विश्व बैंकको सहयोगमा स्याटेलाइट प्रोग्राम भनेर विश्वविद्यालय निर्माणका लागि जग बसाल्ने लक्ष्यसहितको कार्यक्रम ल्याइयो । खास क्षेत्रमा चलिरहेको त्रिविको सबैभन्दा ठूलो क्याम्पसलाई केन्द्र बनाएर यसका वरिपरिका केही क्याम्पसलाई एउटा एकाइका रूपमा संगठित गर्ने कोसिस गरियो । केन्द्रीय क्याम्पसले झुन्डमा रहेका क्याम्पसहरूको परीक्षा सञ्चालन गर्ने कार्यबाट आरम्भ गरेर बिस्तारै प्रशासनिक र अन्य जिम्मेवारी लिँदै जाने र अन्ततः यो सिंगो एकाइलाई एउटा विश्वविद्यालयको रूप दिने योजना देखिन्छ । यो योजना सफल हुँदा भौतिक पूर्वाधार मात्र होइन, आवश्यक जनशक्ति र अनुभवसमेतको अभाव नखड्किईकनै नयाँ विश्वविद्यालय स्थापित हुँदै जाने आशा गरिएको हुन सक्छ । विश्व बैंकको रकम त खर्च भयो, तर योजना सफल भएन । यस्तो अवस्थालाई धेरैले स्पष्ट नीतिको अभावका रूपमा व्याख्या गर्छन् । सरसर्ती हेर्दा, नेपालको उच्च शिक्षामा नीतिगत अभाव वा अस्पष्टता भने देखिँदैन । नीतिले निर्धारण गरेको लक्ष्य र यसले निर्दिष्ट गरेको बाटो नपछ्याउनु चाहिँ समस्याको जड हो । २०७६ को शिक्षा नीतिले नै पनि नयाँ विश्वविद्यालय खोल्ने उद्देश्य र आवश्यक मार्गनिर्देश गरेकै भेटिन्छ ।शिक्षा क्षेत्रका धेरैको ठम्याइ के छ भने नेपालमा आवश्यकताको पहिचान र सम्भाव्यताको अध्ययनबिना राजनीतिक लहड र दबाबमा विश्वविद्यालयहरूको घोषणा हुँदै आएको छ । ऐन हेर्दा काठमाडौं, पूर्वाञ्चल र पोखराबाहेक सबै विश्वविद्यालय सरकारी पहल र लगानीमा खोलिएका देखिन्छन् । व्यवहारमा भने उच्च पदाधिकारीको नियुक्ति मात्र सरकारी दायित्व वा चासोको विषय रहेको भेटिन्छ । ऐन पारित भएपछि उपकुलपति र रजिस्ट्रार जस्ता पदाधिकारीको नियुक्ति हुन्छ र तिनले कार्यालयका लागि कोठाभाडामा खोज्न थाल्छन् । खर्च कम लाग्ने तर बढी विद्यार्थी पाउने सम्भावना भएका व्यवस्थापन, शिक्षा, कम्प्युटर साइन्स र इन्जिनियरिङ जस्ता विषयहरूबाट पढाइ सुरु गर्छन्, त्यो पनि प्रायः भाडाकै घरमा । यसरी आरम्भ गरिएका विश्वविद्यालयहरू आफ्नो विकासका लागि सरकारलाई दबाब दिइरहेका र सञ्चालन खर्च धान्न बढीभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिन लागिपरेका भेटिन्छन् । यस्तो अवस्थामा पनि नयाँ विश्वविद्यालय खोल्ने क्रम भने जारी नै छ । यसका पछाडि दुइटा कारण देखिन्छन् । एउटा, नियुक्ति वा जागिरको सम्भावना, र अर्को, विकासको चाहना । आखिर प्रदेश सरकारहरूसमेत नयाँ विश्वविद्यालय घोषणा गर्न हौसिएका छन्, किन ? काम नपाएर अर्थात् काम देखाउन ।राजनीतिक व्यक्तिहरूको विकासका काम गरेर देखाउने हुटहुटी र बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको नियुक्तिको चाहनाले पैदा गरेको दबाब नै नयाँ विश्वविद्यालय घोषणाको कारक हो । विश्वविद्यालय विकासको द्योतक हो । विश्वविद्यालय भर्तीकेन्द्र नै त होइनन् तैपनि नयाँ विश्वविद्यालयको स्थापनाले थुप्रै कामको सम्भावना बढाउँछ । घर भाडामा लगाउने र सानातिना पसल सञ्चालन गर्ने बढ्दै जाँदा यसवरिपरि सानो–ठूलो हिरको विकास हुन्छ । यी सब कारणले नयाँ विश्वविद्यालय खोल्ने कुराले राम्रै जनसमर्थन पनि पाउँछ । नेपालमा यसरी नै नयाँ विश्वविद्यालय खोल्नका लागि दबाब उत्पन्न भएको पाइन्छ । आवश्यकता र सम्भावना हेरेर योजनाबद्ध रूपमा होइन, भौतिक तथा बौद्धिक पूर्वाधारको व्यवस्था गरेर होइन, लगानीको स्रोतको समेत ख्याल नगरीकनै विश्वविद्यालय ऐन पारित हुँदै आएका छन् । उच्च शिक्षालाई समस्याग्रस्त बनाउने मुख्य कारक तत्त्वहरूमध्ये यो पनि एउटा हो ।ठीक यतिखेर आएर उच्च शिक्षाको चर्चा र चासो घट्दो विद्यार्थी संख्यामा केन्द्रित छ । एउटा भनाइ सुनिन थालेको छ— अठार वर्षमाथिका युवा विदेश जाने, पचास वर्षमाथिका बूढाले कलेज खोल्ने । युवाहरू शैक्षिकभन्दा पनि आर्थिक–राजनीतिक कारणले विदेशिएका भेटिन्छन् । विद्यार्थी भिसामा बाहिरिनेहरू विश्वविद्यालय वा पाठ्यक्रम रोजेर गएका हुँदैनन्, उनीहरूको चासो कुन देशको भिसा लाग्यो भन्नेमा मात्र रहने गरेको छ । विद्यार्थी भिसाले मात्र नेपालका कलेज र विश्वविद्यालयमा विद्यार्थी घटाएको भने होइन । विश्वविद्यालय मात्र होइन, कलेजहरू पनि जथाभावी अर्थात् सम्भाव्यताको अध्ययनबिना खुलिरहेका छन् । कुनै विश्वविद्यालयले सम्बन्धन खोल्यो भने कलेजका लागि निवेदन दिनेहरूको लर्को लाग्छ । सम्बन्धन दिने काम भने लाइसेन्स बाँड्ने जस्तो बनेको छ । एउटै सहरमा अनेक विश्वविद्यालयका एकैनासका कलेजहरू छन् । अहिले त दूरदराजका गाउँहरूमा पनि कलेजहरू खुलेका छन् । विद्यार्थी बाँडिनाले पनि कतिपय पुराना स्थापित कलेज वा विभागमा विद्यार्थीको अभाव हुन थालेको छ । कहिलेकाहीँ कलेजहरू मर्ज गर्ने कुरा पनि चर्चामा आउने गर्छ । विश्वका अधिकांश राम्रा विश्वविद्यालय आवासीय छन् । सम्बन्धन पनि आसपासका केही कलेजलाई मात्र दिने गर्छन् । हामीकहाँ परीक्षा सञ्चालन र अन्य थुप्रै प्रशासनिक कठिनाइ झेलेर भए पनि सबै विश्वविद्यालय मुलुकभरि फैलिने कोसिसमा हुन्छन् । यसरी हेर्दा सम्भावनाको ख्याल नगरी नाफामूलक व्यवसायका रूपमा वा श्रेय लिनका लागि मात्र विश्वविद्यालय वा कलेज खोल्ने काम तत्काल बन्द नगर्ने र यही प्रवृत्ति जारी रहने हो भने नेपालको उच्च शिक्षा अझ ठूला समस्यामा नपर्ला भन्न सकिन्न । अहिलेको परिस्थितिले त सम्पूर्ण उच्च शैक्षिक संस्थाहरूको पुनःसंरचनाको माग गरिरहेको देखिन्छ ।ढकाल पूर्वाञ्चल विश्वविद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् । | Opinion | 9,846 |
अमेरिका अपडेट: दङ्गा र चार जनाको मृत्युपछि सुरक्षा व्यवस्था कडा | अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबरजस्ती प्रवेश र तोडफोडको घटनापछि त्यहाँ भइरहेका पछिल्ला गतिविधिको सरसरती विवरण यस्तो छः | https://www.bbc.com/nepali/news-55571121 | सांसदहरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रक्रियामा सहभागी भइरहेका छन्। निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद् भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रक्रिया अवरुद्ध भएको थियो। प्रहरीको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको थियो भने अन्य तीन जनाको "मेडिकल आपत्कालीन अवस्था" कारण मृत्यु भएको प्रहरीले जनाएको छ। वाशिङ्टन डीसीमा कर्फ्यू आदेश जारी गरिएको छ र सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्। कर्फ्यू र पक्राउ हालसम्म कम्तीमा पनि ५२ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको र तीमध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ। राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी सङ्घीय संसद् भवनमा जबरजस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नुपरेको थियो। संसदीय प्रक्रिया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसदले आफ्नो ठाउँका निर्वाचन मतपरिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना उग्रसमर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन्। तर उनले "अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको" भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए। अमेरिका संसद्मा हङ्गामा | Others | 65,232 |
जङ्गली जनावरको आतङ्कले किसान हैरान | लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ । | https://gorkhapatraonline.com/news/89177 | लक्ष्मी चौधरीजनकपुरधाम, मङ्सिर २८ गते । लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ । धनुषा जिल्लास्थित बटेश्वर गाउँपालिका –१ का दीपेन्द्र सिंहले भन्नुभयो, ‘१० वर्ष पहिले ५० हजार लागतमा १० कठ्ठा जमिनमा बोडी तरकारी रोप्नुभएको थियो । भोलि बजारमा लिएर जानुपर्नेछ भनेर योजना बनाउँदै थिएँ, त्यही रात नीलगाई आएर सबै तरकारी (बोडी) सखाप पारेर गएछन् ।’दीपेन्द्र सिंहले आफ्नो समस्या सुनाउँदै मेरो मात्र नभएर पुरै गाउँ नै यो समस्याबाट पीडित भएको बताउनुभयो । उहाँले दिन प्रतिदिन नीलगाई (घोरगद्दर) सँगै बाँदरको आतङ्क पनि बढिरहेको बताउनुभयो । पहिला खेतबारीमा आउने बाँदर अब दिन प्रतिदिन घर आँगनमा पनि आउन थालेको छन् उहाँले भन्नुभयो । यी जङ्गली जनावरबाट धनुषामात्र नभएर मधेशका विभिन्न पालिकाका किसान पीडित रहेको बताउनुहुँदै सिंहले बाँदर, बँदेल र नीलगाईलाई धपाउन चौबिसै घण्टा कुरेर बस्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो ।गाउँपालिकाले यस आर्थिक वर्षमा जङ्गली जनावर नियन्त्रणका लागि १० लाख बजेट छुट्याएको छ । तर त्यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारे थाहा छैन । त्यसैले प्रदेश र स्थानीय सरकार यसबारे गम्भीर भएर लाग्नुपर्ने उहाँको आग्रह छ । यस्तै, महोत्तरीस्थित बर्दिबास नगरपालिका –९ पशुपतिनगरका जङ्गली जनावरबाट पीडित किसानकी छोरी बिना सिंहले भन्नुभयो, ‘महोत्तरीको पशुपतिनगरमा पर्ने जमिनमा मेरा बुवाले परवल तरकारी रोप्नु भएको थियो, भोजमा तरकारीका लागि परवल दिनुपर्ने भनेर एक क्विन्टलको अर्डर लिएर आउनुभयो, भोलिपल्ट बारीमा परवल टिप्न जाँदा दुई किलो परवल पनि निस्केन । सबै बाँदरले खाएर सखाप बनाइ सकेका थिए ।’जङ्गलमा खाने कुरा नभेटेर जङ्गली जनावर गाउँका खेतबारी पस्नेगरेको कृषकको भनाइ छ । यसैगरी मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले मधेशमा तीन किसिमका जङ्गली जनवारले आतङ्क गरिरहेको बताउनुभयो । चुरे क्षेत्र ओगटेर मानवबस्ती बसाल्ने, जनावरलाई चाहिने खानेपानी मासेर मानवले व्यापार गर्ने र जनावरको घर जङ्गलमा मानवले आतङ्क सिर्जना गरेकै कारण जङ्गली जनावर मानव बस्तीमा पस्नेगरेको उहाँको भनाइ छ ।मण्डलले भन्नुभयो,‘एक अध्ययनका अनुसार मधेशमा आगामी १० वर्षपछि मधेशका किसानले ५ किलो पनि नगदेबाली उब्जाउन नसक्ने अवस्था आउन सक्छ ।’ यस्ता समस्या समाधानका लागि केन्द्रले चासो नदिए पनि प्रदेश र स्थानीय सरकारले चाँडै गम्भीर भएर कदम चाल्नुपर्ने मण्डलको सुझाव छ । मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव अन्जना कायस्थले जङ्गली जनावरभन्दा पनि नीलगाई, बाँदर र बँदेलको आतङ्कलाई न्यूनीकरण गर्न अहिलेसम्म प्रदेश सरकारले आठ वटै जिल्लामा वन डिभिजन कार्यालयमार्फत सञ्चालन गरिने मानव वन्यजन्तु दण्ड न्यूनीकरण कार्यक्रम राखेको बताउनुभयो । | News | 52,304 |
तारादेवी र गणेशलाई नारायणगोपाल स्मृति सम्मान | स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसमा स्वर किन्नरी तारादेवी (मरणोपरान्त) र संगीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ । | https://ekantipur.com/entertainment/2023/12/07/narayangopal-smriti-samman-to-taradevi-and-ganesha-18-17.html | काठमाडौँ — स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसमा स्वर किन्नरी तारादेवी (मरणोपरान्त) र संगीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले दुईलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेका हुन् । सम्मानसँगै उनीहरुले नगद जनही ५१ हजार प्राप्त गरे ।दिवंगत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरेकी हुन् । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालका गीतमा प्रस्तुति दिए । | Entertainment | 7,378 |
बार्सिलोनाको जितमा यामलको कीर्तिमान | बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ४–० ले हराएको छ । यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको थियो । यस जितमा क्लबको एकेडेमी उत्पादन लामिन यामलले कीर्तिमानसमेत बनाए । | https://ekantipur.com/sports/2023/04/30/168281506905019597.html | काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ४–० ले हराएको छ । यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको थियो । यस जितमा क्लबको एकेडेमी उत्पादन लामिन यामलले कीर्तिमानसमेत बनाए ।बार्सिलोनाले यामल क्लबका लागि खेल्ने यो शताब्दीकै कान्छा खेलाडी भएको जनाएको छ । शनिबार बार्सिलोनाका लागि यामलले १५ वर्ष ९ महिना १६ दिनको उमेरमा डेब्यु गरेका हुन् । त्यस्तै उनी क्लबका लागि खेल्नै सबैभन्दा कान्छा खेलाडीमा दोस्रो नम्बरमा पर्छन् । यसअघि सन् १९०२ मा कोपा मकायामा अल्बर्ट अलमास्कले १३ वर्ष ११ महिना ६ दिनमा डेब्यु गरेका थिए । यसअघि अंसु फाटीले बार्सिलोनाका लागि सन् २०२० सेप्टेम्बर ३ मा १६ वर्ष ९ महिना २५ दिनमा डेब्यु गरेका थिए । १३ जुलाई २००७ मा जन्मिएका मातारोमा जन्मिएका यामल सन् २०१४ मा ७ वर्षकै उमेरमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले यू-१९ टिमका लागि यो सिजनमा ७ गोलसमेत गरेका छन् । शनिबारकै अर्को खेलमा दोस्रो स्थानमा रहेको रियलले आल्मेरियालाई ४–२ ले हरायो र यसमा करिम बेन्जेमाले ह्याट्रिक गरे । यस प्रदर्शनसँगै बेन्जेमा ला लिगा इतिहासमा सर्वाधि गोल गर्ने सूचीको चौथो स्थानमा उक्लेका छन् । *यसअघिको समाचारमा 'यामल बार्सिलोनाका लागि खेल्ने कान्छा खेलाडी' हुनुपर्नेमा 'यामल बार्सिलोनाका लागि गोल गर्ने कान्छा खेलाडी' हुन गएकोमा सच्याइएको छ । | Sports | 17,528 |
सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी | सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । | https://gorkhapatraonline.com/news/16261 | काठमाडौं, असार ४ गते । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु. एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु. १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु. एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएकोे हो ।आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई रु. तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई रु. एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ ।विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शुन्ना दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८दशमलव ३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा आठ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् ।कोषमा हालसम्म रु १८ अर्ब ८३ करोड योगदान रकम सङ्कलन भएको छ । जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ । | News | 62,810 |
क्षतिपूर्ति दिलाउन कानुनी व्यवस्था | गत वर्ष चीनको सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडको ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएका किसानले धान उत्पादन गर्न सकेनन् । धानको बोट राम्रो आए पनि दाना नलागेपछि बीउ बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टविरुद्ध किसानले उजुरी गरे र क्षतिपूर्ति माग गरे । | https://gorkhapatraonline.com/news/16987 | काठमाडौँ, असार १२ गते । गत वर्ष चीनको सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडको ‘डीवाई २८’ हाइब्रिड जातको धानको बीउ लगाएका किसानले धान उत्पादन गर्न सकेनन् । धानको बोट राम्रो आए पनि दाना नलागेपछि बीउ बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टविरुद्ध किसानले उजुरी गरे र क्षतिपूर्ति माग गरे ।किसानलाई क्षतिपूर्ति दिलाउन सरकारले पहल गरेपछि काष्ठमण्डपले केही किसानलाई क्षतिपूर्ति दिए पनि ऐनमा उल्लेख भएकोभन्दा बढी रकम तिर्नुपर्ने देखेपछि काष्ठमण्डप क्षतिपूर्ति दिनबाट पछाडि हट्यो । बीउबिजन ऐन, २०४५ मा किसानलाई क्षतिपूर्ति दिलाउने व्यवस्था नै थिएन तर अब सरकारले बीउबिजन ऐन, २०४५ लाई संशोधन गरी पीडित किसानका लागि क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको छ । यो कानुन कार्यान्वयनमा आएपछि अब कुनै पनि बिक्रेता वा आयातकर्ता क्षतिपूर्ति दिनबाट उम्किन पाउने छैनन् । यसअघि कसैले यस ऐनविपरीत बीउ बिक्री वितरण तथा प्रयोगशाला सञ्चालन गरेमा त्यसका लागि १० हजारदेखि ५० हजार रुपियाँसम्मको जरिवानाको व्यवस्था मात्र थियो । बीउ बिक्री गर्ने तथा आयात गर्नेले जरिवाना तिरेर पन्छिन्थे । किसानलाई क्षतिपूर्ति दिन बिक्रेता तयार हुँदैन थिए । ऐन संशोधन गरी क्षतिपूर्तिको व्यवस्था गरिएपछि बिक्रेतालाई जरिवानाका साथै किसानलाई क्षतिपूर्तिको पनि व्यवस्था गरेको छ । ऐनको दफा ११ लाई संशोधन गरी ११ घ १ थप गरिएको छ । यसमा उल्लेख छ, ‘कुनै सरकारी संस्था, निकाय, कम्पनी वा फर्मले सिफारिस गरेको बीउबिजन सिफारिस गरेको क्षेत्र र समयमा सिफारिस गरेको विधि, प्रक्रिया वा तरिकाबमोजिम गरेको खेती वा त्यस्तो संस्था, निकाय, कम्पनी वा फर्मबाट सिफारिस गरिएको बीउबिजन विधि, प्रक्रिया वा मल सिफारिस गरिएको तरिकाबमोजिम प्रयोग गरेको अवस्थामा कसैले बाली उत्पादन हुन नसकेमा वा सारभूत रूपमा बाली उत्पादनमा कमी आएमा त्यस्तो बीउबिजन, विधि, प्रक्रिया वा मल सिफारिस गर्ने संस्था, निकाय, कम्पनी वा फर्मले क्षतिपूर्ति दिनुपर्नेछ ।’“यसअघि बीउका कारण किसानलाई कुनै क्षति हुँदा बिक्रेता पन्छिने गर्थे । अब यो ऐन कार्यान्वयनमा आइसकेपछि त्यस्तो हुनेछैन,” राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनु प्रसाईंले भन्नुभयो । पछिल्लो समय किसानले विभिन्न उन्नत जातका बीउ प्रयोग गर्न थालेका छन् र बेलाबेलामा त्यसमा समस्या पनि आइरहेका हुन्छन् तर ऐनअनुसार पीडित किसानलाई न्याय दिलाउन सकिरहेका थिएन् । सामान्य जरिवाना तिरेर बिक्रेता तथा आयातकर्ता उम्किने गर्थे अब यो ऐन आइसकेपछि मूल्याङ्कन समितिले गरेको सिफारिसका आधारमा किसानलाई क्षतिपूर्ति र राहत दिनका लागि बाध्य हुने उहाँले बताउनुभयो । ऐनमा मूल्याङ्कन समितिको पनि व्यवस्था गरिएको छ । यो संशोधित ऐनमा ५० हजारदेखि एक लाख जरिवाना वा एक महिनादेखि तीन महिना जेल हुने वा दुवै सजाय हुने व्यवस्था छ । त्यसैगरी बीउबिजन निरीक्षक तथा बीउबिजन विश्लेषकलाई यो ऐन तथा यस ऐनअन्तर्गत बनेका नियम, निर्देशिका तथा कार्यविधि कार्यान्वयन गर्दाका बखत कुनै बाधा अवरोध खडा गरेमा वा धम्की दिएमा निरीक्षकले पटकैपिच्छे २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्थासमेत ऐनमा गरेको छ । बीउको जातको सूचीकरणको प्रक्रिया पनि छोटो बनाउनुका साथै बालीअनुसार सूचीकरणको प्रक्रिया पनि फरक हुने व्यवस्था पनि ऐनमा गरेको छ । यसअघि सबै बालीलाई एउटै प्रक्रियाबाट सूचीकरण गर्दा प्रक्रिया लामो झन्झटिलो हुन्थ्यो । यो ऐनमा बीउबिजनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको भूमिकालाई स्पष्ट पारेको छ । यसअघि बीउबिजन प्रयोगशाला केन्द्र (सङ्घ)मा मात्र खोल्ने प्रावधान थियो, अब प्रदेश र स्थानीय तहमा समेत खोल्न पाइने व्यवस्था ऐनमा गरिएको छ । यो संशोधित बीउबिजन ऐन २०४५ प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित भइसकेको छ । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएपछि सो ऐन कार्यान्वयनमा आउने बताइएको छ । | News | 40,761 |
कृषि अनुसन्धानका लागि सहकार्य | कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । | https://gorkhapatraonline.com/news/75369 | काठमाडौँ, भदौ २ गते । कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । नेपालको कृषि नीति विशेष गरी कृषि अनुसन्धानको नीतिलाई समयानुकूल परिमार्जन गर्न विशेष अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउँदै उहाँले कृषि अनुसन्धान, कृषि प्रसार, कृषि शिक्षा र कृषकबिचमा सहकार्य गर्न नीति निर्माणका लागि दुवै पक्षबिचमा सम्झौता हुने बताउनुभयो । कृषि अनुसन्धानको क्षेत्रमा प्रतिष्ठान र नार्कबिचमा सम्झौता भयो भने कोसेढुङ्गा साबित हुन नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । अनुसन्धानका लागि थुप्रै नीति आवश्यकता छ, त्यसका लागि प्रतिष्ठानसँग मिलेर नार्क अगाडि बढेको उहाँले बताउनुभयो । प्रतिष्ठानसँग हुने सहकार्य फलदायी हुने विश्वास आफूले लिएको बताउँदै उहाँले कृषि क्षेत्रमा अनुसन्धान नभएको होइन, ठुला ठुला अनुसन्धान भएका छन् तर त्यसलाई कार्यान्वयनमा ल्याउने, प्रचारप्रसार गर्ने, किसानसमक्ष पु-याउने खालको नीतिको अभाव रहेको बताउनुभयो । नीति अनुसन्धान प्रतिष्ठानका प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका प्रमुख डा. दीपककुमार खड्काले नीति अनुसन्धान प्रतिष्ठान र नार्कबिच हुने यसखालका सहकार्यले कृषि अनुसन्धानका क्षेत्रमा ठुलो उपलब्धि हुने विश्वास आफूले लिएको बताउनुभयो । | News | 36,996 |
पारिवारिक जेठानी देवरानीको कथा ‘झिँगेदाउ’ | काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो । | https://gorkhapatraonline.com/news/23655 | काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो । | News | 45,104 |
बार्सिलोना काडिजसँग बराबरीमा रोकियो | बार्सिलोनाले बिहीबार राति स्पेनी ला लिगामा काडिजसँग गोलरहित बराबरी खेलेको छ । पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन रहेको छ । यसले प्रशिक्षक रोनाल्ड कोमनमाथि अझ दबाब बढाएको छ । | https://ekantipur.com/sports/2021/09/24/163244772509083799.html | म्याड्रिड — बार्सिलोनाले बिहीबार राति स्पेनी ला लिगामा काडिजसँग गोलरहित बराबरी खेलेको छ । पछिल्ला तीन खेलमा बार्सिलोना जितविहीन रहेको छ । यसले प्रशिक्षक रोनाल्ड कोमनमाथि अझ दबाब बढाएको छ ।रोमन ड कारान्ज स्टेडियममा भएको खेलको ६५ औं मिनेटमा फ्रेन्क डे जोङलाई रातो कार्ड देखाएप्छि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । इन्ज्युरी समयमा कोमनलाई पनि रातो कार्ड देखाइएको थियो ।बार्सिलोनाले अब आइतबार घरमा लेभान्टेको सामना गर्नेछ र त्यस अगाडि कोमन क्लबका प्रशिक्षक रहने छन् अथवा छैनन्, त्यो प्रश्न बनेको छ । अहिलेको नतिजापछि बार्सिलोना लिग तालिकाको शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकले पछाडि परिसकेको छ । | Sports | 22,259 |
संघ–प्रदेश चुनाव अलगअलग | नेपालको संविधानले तीन तहका कार्यकारिणी सरकारको शासकीय स्वरूप तय गरेको छ । तर, सरकार गठन गर्न स्थानीय सरकारको चुनाव छुट्टै र संघ तथा प्रदेशको चुनाव एकै पटक गरियो । सरकार र निर्वाचन आयोगले यसको कारण दिए— खर्च जोगाउन संघ र प्रदेश चुनाव एकै पटक गरियो । | https://ekantipur.com/opinion/2023/01/20/16741793318212278.html | नेपालको संविधानले तीन तहका कार्यकारिणी सरकारको शासकीय स्वरूप तय गरेको छ । तर, सरकार गठन गर्न स्थानीय सरकारको चुनाव छुट्टै र संघ तथा प्रदेशको चुनाव एकै पटक गरियो । सरकार र निर्वाचन आयोगले यसको कारण दिए— खर्च जोगाउन संघ र प्रदेश चुनाव एकै पटक गरियो ।यसरी एकैचोटि दुइटा फरकफरक सरकारको चुनाव गराउनु भने निर्वाचन मनोविज्ञानको समेत विपरीत हो । संघीय राजनीतिक मुद्दाहरू भौगोलिक फैलावटका हिसाबले पनि ठूलो आयतनका हुन्छन्, तीसँग मिसाएर गरिने प्रादेशिक मुद्दाको बहस कमजोर हुने हुन्छ । निर्वाचन भनेको बाकसमा भोट खसाल्ने कर्मकाण्ड मात्रै होइन । बाकस थाप्यो, जनताले कागजको खोस्टामा छाप लगाए, मत गनियो र जितेको घोषणा गरियो । यतिले निर्वाचन प्रयोजन पूरा हुँदैन । निर्वाचन लोकतान्त्रिक उत्सव पनि हो र परिवर्तनको माध्यम पनि । जनताले बहसमा भाग लिनु, उम्मेदवारहरूका वाचा–कबोल सुन्नु, सही सूचना सही तरिकाले लिनु, प्रश्न गर्नु, कारण खोज्नु र रचनात्मक समाधानका उपाय पहिल्याउनु निर्वाचनका अभिन्न प्रक्रिया हुन् । जनताले निर्वाचनकै माध्यमबाट आफूले चाहेको व्यक्ति वा पार्टीलाई प्रतिनिधिका रूपमा छान्ने हुन् । तर दुर्भाग्य, यो संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई पटकका चुनावमा संघीयताको मियो मानिएको प्रदेशसभाको चुनावबारे कहीँकतै बहस र छलफल नै सुनिएन । कुनै पनि पार्टीले प्रदेशको पहिचान र सामर्थ्यबारे कहीँकतै बोलेको सुन्न पाइएन । कतिसम्म भने, संघीयताका चरम पक्षपातीहरू माओवादी र मधेशकेन्द्रित पार्टीहरूसमेत यस्ता विषयप्रति उदासीन देखिए । यसको एक मात्रै कारण थियो— संघको र प्रदेशको चुनाव एकै पटक गर्नु । प्रदेश तहको निर्वाचन संघीय चुनावको ओझेलमा पर्यो । संघ र प्रदेश चुनाव एकै पटक गर्दा त्यो राष्ट्रिय एजेन्डा र मुद्दामा मात्रै केन्द्रित भयो । पार्टीका राष्ट्रिय योजनाहरू, कार्यक्रम, गठबन्धन, वाम, लोकतान्त्रिक भन्दै राष्ट्रिय मुद्दाहरूमा राष्ट्रिय नेताका बहस र चुनावी जोडघटाउहरू भए । सञ्चारमाध्यमहरू तिनैमा केन्द्रित भए । प्रदेशको सरकार कस्तो बन्ने, कुन पार्टीका प्रदेशगत योजनाहरू केके हुन्, कुन प्रदेशमा मुख्यमन्त्रीमा कसले दाबी गरेका छन्, पहिचानको मुद्दामा कुन पार्टीको धारणा के छ, कसरी प्रदेशहरूलाई स्वावलम्बी र सक्षम बनाउने, प्रदेशको अर्थराजनीतिलाई कुन बाटो लैजाने भन्ने विषयले प्रदेशको दोस्रो चुनावमा पनि बहसको मौकै पाएनन् । प्रादेशिक एजेन्डाहरू संघीय चुनाव सम्बन्धी खलबलीमा विलीन भए । सम्भवतः आधाभन्दा धेरै मतदाताले प्रदेश सरकार अलग हो र त्यसको पनि चुनाव हो भन्ने नबुझीकनै निर्वाचन सकियो । हाम्रो सर्भे एजेन्सी मिडिया आउटलेटले गरेको सर्वेक्षणमा मतदाताहरूलाई ‘किन चारवटा मतपत्रमा मतदान गरेको’ भनी सोधिएको थियो । आधाभन्दा बढी मतदातालाई यसको वास्तविक कारण थाहै थिएन । ६० प्रतिशत मतदातालाई त आफ्नो प्रदेशका उम्मेदवार कोको हुन् भन्नेसम्म पत्तो थिएन । मतदाता रनभुल्लमा पर्ने यस्तो चुनाव गराएर निर्वाचन आयोग र आयुक्तहरू मक्ख थिए, ‘निर्वाचन सफल भयो’ भन्दै थिए । ‘यो निर्वाचन केका लागि हो, मेरो भोटले को निर्वाचित हुन्छ, कुन सरकार बनाउन मैले भोट हाल्दै छु’ भन्नेजस्ता प्रश्नबारे मतदातालाई बुझाउनतर्फ भने आयोगको ध्यान जान सकेन । आयोग निर्वाचनको कर्मकाण्डमा मात्रै रमायो । मतदाताहरूको मनोविज्ञान हेर्दा लाग्थ्यो— यो निर्वाचन संघको हो र त्यही संघले प्रदेशका सांसद छान्ने हो । हुन पनि त्यही भयो; पार्टीहरूले केन्द्रीय रूपमा जे निर्णय गरे, मतदाताले त्यसैमा छाप लगाइदिए । सबै पार्टीले प्रदेश तहको घोषणापत्र सार्वजनिक गरेनन् । गर्नेहरूका घोषणापत्रले पनि सञ्चारमाध्यममा अपेक्षित स्थान नै पाएनन् । बरु स्थानीय तहको निर्वाचनमा चाहिँ स्थानीय मुद्दा र एजेन्डामा प्रशस्त बहसहरू भएका थिए । त्यस बेला जनताले नयाँनयाँ बालेन, हर्क र गोपी हमालहरूलाई जिताएर स्थानीय सरकार प्रमुख पनि बनाए । सञ्चारमाध्यमहरूले प्रशस्तै समाचार, अन्तर्वार्ता, बहस, फिचरहरू कभर गरे । जनताले पनि उत्साहजनक सहभागिता जनाए । स्थानीय तहजस्तै प्रदेश अर्को तह हो र यसको चुनावमा पनि नयाँ बहस खडा गर्नुपर्छ भन्ने सोच कतै देखिएन । त्यही भएर पनि प्रदेश सरकारहरू प्रदेश सरकार होइन प्रदेश निकायजस्ता भए । मुख्यमन्त्री बन्नेहरूले कहीँ पनि प्रदेशको विकास, मुद्दा, योजना र खाकाबारे जनतालाई बताएन । केवल संघीय निर्वाचन र मुद्दाहरूमा बहस गराएर दुइटा महत्त्वपूर्ण चुनाव खेर गए, जबकि ती संघीयताको प्रभावकारिताका लागि निकै महत्त्वपूर्ण थिए । प्रतिनिधित्वको तह र संस्थाहरूभन्दा बाहिर ‘प्रदेश सरकारहरू सेता हात्तीजस्ता भए, खर्च बढी भयो, यिनको कामै छैन’ भन्नेजस्ता बहसहरू पनि हुन थालेका छन् । एउटा नयाँ पार्टी त यही मुद्दालाई अघि सारेर अस्तित्वमा आएको छोटो समयमै चौथो ठूलो पार्टी बन्न सफल भयो । यसले प्रदेश खारेजीको मुद्दा पेचिलो र धारिलो बन्दै गएको देखाउँछ । अब पार्टीहरूले प्रदेश सरकार चाहिन्छ–चाहिन्छ भन्नमा मात्र बल लगाउने होइन, यसको प्रभावकारितामा पनि ध्यान दिनुपर्छ । यसको सुरुआत संघ र प्रदेशको चुनाव अलगअलग गरेर गर्न सकिन्छ । संघीयताको प्रभावकारिताको पहिलो सर्त भनेकै संघ र प्रदेशको निर्वाचन फरकफरक समयमा गर्नु हो । प्रदेशको छुट्टै चुनाव गर्ने हो भने सम्बन्धित प्रदेशका मुद्दाहरूमाथि संस्थागत बहसहरू हुनेछन् र चुनाव उत्सवमय हुनेछ । संघीयतालाई शासकीय व्यवस्थाका रूपमा अवलम्बन गरिसकेपछि यसको हुर्काइबढाइ प्रभावकारी ढंगले हुन जरुरी छ; खालि खर्चको अत्तो थापेर हुन्न । बच्चाचाहिँ तीन जना पाउने, तर ‘दुई जनाले एउटै थालमा भात खाऊ, एउटै कपडा लगाऊ र एउटै किताब पढ’ त भन्नु भएन नि ! प्रदेश चुनावमा खर्चको कुरा पनि त्यस्तै हो । व्यवस्था बनाइसकेपछि त्यसको पालनपोषण गर्नैपर्छ । निर्वाचनमा गरिएको खर्चले स्थानीय अर्थतन्त्रलाई चलायमान नै बनाउने हो, जसका कारण राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । संसारकै ठूलो लोकतन्त्र मानिएको भारतमा सन् २०२४ मा संघको चुनाव हुँदै छ । त्यही वर्ष महाराष्ट्र, हरियाणा, झारखण्ड, उडिसा, अरुणाचल प्रदेश, आन्ध्र प्रदेश, सिक्किम गरी सात राज्यमा प्रादेशिक चुनावसमेत हुँदै छ । संघ र प्रदेशका चुनावी मुद्दाहरू एकअर्कामा विलीन नहोऊन् भनेर एकै वर्षमा भए पनि दुई तहको चुनाव अलगअलग गराउन लागिएको हो । १४० करोड जनसंख्या रहेको भारतमा त संघ र प्रदेशको चुनाव छुट्टाछुट्टै गरिन्छ भने संघीयताको जगै नबसेको हाम्रोजस्तो मुलुकमा एकै पटक गरिरहनु भनेको निर्वाचन आयोगले अदूरदर्शिता हो । | Opinion | 11,043 |
फर्केनन् वैज्ञानिक | देशमा एउटा वर्गको युवा पुस्ता उच्च शिक्षा अध्ययन गर्न युरोप, अमेरिका, अस्ट्रेलिया जान्छ । तीमध्ये अधिकांश उतै जागिर खान्छन् । कति उतै सेटल हुन्छन् । स्वदेश फर्कने कुरै गर्दैनन् । अमेरिका र अस्ट्रेलिया गएका यस्ता युवाको संख्या बढ्दो छ । | https://ekantipur.com/feature/2019/02/19/155058233286633405.html | काठमाडौँ — देशमा एउटा वर्गको युवा पुस्ता उच्च शिक्षा अध्ययन गर्न युरोप, अमेरिका, अस्ट्रेलिया जान्छ । तीमध्ये अधिकांश उतै जागिर खान्छन् । कति उतै सेटल हुन्छन् । स्वदेश फर्कने कुरै गर्दैनन् । अमेरिका र अस्ट्रेलिया गएका यस्ता युवाको संख्या बढ्दो छ ।ती मुलुकहरूमा विज्ञान र सूचना प्रविधि क्षेत्रमा दक्षता हासिल गरेका युवाहरू उतै बस्न रुचाउँछन् । जोकोही युवा देशका खम्बा हुन् । त्यसमाथि विज्ञानका विद्यार्थीको खाँचो हाम्रो जस्तो देशलाई अझ छ । यिनै युवा भने स्वदेशमा केही भएन भन्दै बिदेसिने गरेका छन् । नेपालमै भौतिक, रसायन, जीव, वातावरण, जलविज्ञान, भूगर्भशास्त्र, इन्जिनियरिङमा स्नातकोत्तर गरेका युवा पनि बिदेसिने विकल्प रोज्छन् । उनीहरूको सबैको जवाफ एउटै हुन्छ– पढेको कुरा लागू गर्ने ठाउँ छैन, सरकारबाट कुनै सहयोग र हौसला पाइँदैन । भौतिक विज्ञानमा स्नातकोत्तर गरेको कुनै एक युवाको विकल्प दुइटा हुन्छ, नेपालमै अध्यापन क्षेत्र रोज्ने कि बिदेसिने ।बिदेसिएका वैज्ञानिकलाई स्वदेश फर्काएकैले दक्षिण कोरिया, चीन र भारतले अहिले विज्ञान तथा प्रविधि क्षेत्रमा फड्को मारेका हुन् । यी देशले यस्तो अभियानै चलाएका छन् । भारतले सन् २०१४ देखि २०१६ सम्म ३ सय ७३ जना वैज्ञानिकलाई स्वदेश फर्कायो । अहिले ती वैज्ञानिक भारतमै स्वदेशका लागि काम गरिरहेका छन् । कति नेपाली वैज्ञानिक विदेशमा काम गरिरहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । भूकम्प गएको एक वर्षपछि सरकारले २०७३ सालमा बिदेसिएका वैज्ञानिकलाई सम्झियो । बिदेसिएका युवा वैज्ञानिकलाई स्वदेश फर्काउने जिम्मेवारी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) लाई दिइयो । नास्टले योजना ल्यायो, ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल ।’ उच्च शिक्षापछि विदेश पलायन हुने प्रवृत्ति निरुत्साहित गर्न तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयले यो योजना अघि सारेको थियो । उनीहरूले प्राप्त गरेको ज्ञान स्वदेशको विकास निर्माणमा प्रयोग गर्न अनुसन्धानको आधारभूत सुविधा उपलब्ध गराउने प्रतिबद्धता उसले जनाएको थियो । तैपनि वैज्ञानिकहरू खासै स्वदेश फर्किएनन् । स्वदेश फर्काउने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता देखेको मन्त्रालयको योजना विफल भयो । किन ?पहिलो गासमै ढुंगानास्टले यो कार्यक्रमअन्तर्गत ०७३/०७४ मा पहिलोपटक आवेदन खुलायो । १८ जनाले आवेदन दिए । एग्रो फरेस्ट्री, रसायन, ऊर्जा, बायोमेडिसिन, हाइड्रोलोजी इन्जिनियरिङ, भौतिक, कम्युनिकेसन इन्जिनियरिङ, मेडिकल, पब्लिक हेल्थ, प्रयोगात्मक भौतिकशास्त्र, फोटोटोनिक, मेटेरियल साइन्ससम्बन्धी दक्षता राख्ने युवा वैज्ञानिकले आवेदन दिए । तिनमा ५ जनाको अवधारणापत्र छानिए । तीमध्ये दुई जनाको मात्रै स्वीकृत भयो ।कार्यक्रमअन्तर्गत नास्टले दुई वैज्ञानिकलाई स्वदेश ल्याउन त सफल भयो तर त्यसमा पनि अपेक्षित सफलता मिलेन । एक जना विदेश नै फर्किए । अर्का एक जनाले अनुसन्धान त्यत्तिकै ‘छाडे’ । अनुसन्धान नतिजामुखी भएन । यसको दोष पनि नास्टलाई नै गयो ।एघार वर्षसम्म दक्षिण कोरिया अनुसन्धनात्मक कार्य संलग्न गोरखा पालुङटारका माधवप्रसाद न्यौपाने र कोरियामा ७ वर्ष अनुसन्धानमा कार्यरत तेह्रथुमका लक्ष्मीप्रसाद थापा छनोट भएका थिए त्यतिबेला । थापाको सूक्ष्म जीवाणुबाट जैविक इन्धन उत्पादन र न्यौपानेको जैविक पदार्थसम्बन्धी अवधारणापत्र स्वीकृत भएका थिए ।आफूले सिकेका ज्ञान र सीप मुलुकमै प्रयोग गर्न पाउनु ठूलो कुरा सम्झेर आएका थिए थापा र न्यौपानेले । उनीहरूले नास्टमा अनुसन्धान यात्रा त थाले तर पहिलो गासमै ढुंगा लाग्यो ।‘कोरियाबाट सबथोक त्यागेर आएको थिएँ,’ थापाले भने, ‘तर सोचेजस्तो भएन ।’ कान्तिपुरसँगको कुराकानीमा उनले नास्टका विविध कमजोरीहरू औंल्याए । सेवासुविधा अत्यन्त कम र अनुसन्धानको क्षेत्र साँघुरो भएको उनले बताए । त्रिपुरेश्वरमा सजिलैसँग पाइने सामान खरिद गर्न पनि नास्टले महिनौं वास्ता नगरेपछि अनुसन्धान त्यत्तिकै छाड्नुपरेको उनले गुनासो गरे । यहाँको कानुनी जटिलता, न्यून पारिश्रमिक, सार्वजनिक खरिद प्रक्रियालगायतका जटिलताले वैज्ञानिकहरू स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण नभएको थापाले सुनाए । हाल उनी केही साथीहरूसित मिलेर अनामनगरमा पोलिटेक्निक रिसर्च इन्स्टिच्युट नामक संस्था खोलेर अनुसन्धनात्मक कार्यमा सक्रिय छन् । न्यौपाने भने एक वर्ष समयावधि पूरा गरेर कोरिया नै फर्किए । अनुसन्धानका लागि चाहिने स्रोत साधन नास्टले जुटाउन नसकेपछि उनीहरूको स्वदेश आगमन उपलब्धिमूलक हुन सकेन । घट्दो बजेट२०७३/०७४ सालदेखि सरकारले विदेशमा रहेका वैज्ञानिकलाई फर्काउने भनेर ल्याएको यो कार्यक्रममा आकर्षण अझ घट्दो छ । पहिलो वर्षमा १८ जनाको आवेदन परेकामा ०७४/०७५ सालमा त कसैले पनि आवेदन दिएनन्। यो आर्थिक वर्षमा २ जनाको मात्र आवेदन परेको नास्टका प्रवद्र्धन तथा प्रचारप्रसार महाशाखाकी प्रमुख प्रमिला राउतले जानकारी दिइन् । यो वर्ष नास्टले ऊर्जा, नानो टेक्नोलोजी, स्मार्ट सिटी, सूचना प्रविधि र भूकम्प पूर्वसूचना प्रणालीलाई प्राथमिकता राखेको छ । पहिलो वर्ष सरकारले ५४ लाख रुपैयाँ, दोस्रो वर्ष ४० लाख ५० हजार र चालू आर्थिक वर्ष ४६ लाख ८० हजार बजेट विनियोजन गरेको छ । यही बजेटबाट अनुसन्धानकर्तालाई तलब तथा सेवा सुविधा, अनुसन्धानका लागि चाहिने स्रोत साधन किन्नुपर्छ ।‘फर्क फर्क वैज्ञानिक’ को कार्यविधिमा वैज्ञानिकहरूको स्थायित्वको कुरा कहीँ पनि उल्लेख छैन । उनीलाई द्वितीय श्रेणीका अधिकृतको बराबर तलब दिइन्छ । प्रयोगशाला भनेजस्तो छैन । वैज्ञानिकहरूले छुट्टै कार्यक्रम सञ्चालन, स्नातकोत्तर तथा विधावारिधि गरिरहेकाहरूलाई ‘गाइड’ गरिदिने वातावरण छैन । यही कारण, बिदेसिएका वैज्ञानिकहरूलाई यो कार्यक्रमप्रति खासै रुचि नभएको हो ।विज्ञानलाई बेवास्ताराज्यले विज्ञान क्षेत्रलाई बेवास्ता गर्ने गरेको सरोकारवालाको गुनासो छ । २०४४ देखि २०५५ सालसम्म नास्टमा अनुसन्धानका लागि सरकारले कुनै बजेट छुट्याएको थिएन । त्यसबेला कर्मचारीको तलब मात्र दिइन्थ्यो । ‘नेपालमा कुल गार्हस्थ उत्पादनको शून्य दशमलव ३८ प्रतिशत बजेट पनि विज्ञान तथा प्रविधिको क्षेत्रको विकास तथा अनुसन्धानमा विनियोजन हुँदैन,’ नास्टका प्रविधि विभागका प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले भने, ‘नास्टको वार्षिक बजेटको धेरै प्रतिशत तलब/भत्तामै खर्च हुन्छ । करिब ३ करोडको बजेटले अनुसन्धानमा खासै उल्लेखनीय उपलब्धि देखिँदैन ।’ जापान र अमेरिकाको विज्ञान तथा प्रविधि क्षेत्रमा कुल बजेटको ३ प्रतिशतभन्दा बढी हुन्छ । वैज्ञानिक फर्क कार्यक्रमलाई सफल बनाउन यसमा भएका कमीकमजोरी सच्याइनुपर्ने उनले बताए । ‘अनुसन्धान क्षेत्रमा दिइने बजेट अत्यन्त न्यून भएकाले यसलाई बढाउनुपर्छ,’ उनले भने, ‘सार्वजनिक खरिद प्रणालीका कारण सामान समयमा नै खरिद गर्न सकिने अवस्था छैन ।’ विश्व बजारमा नेपालमा उत्पादन भएका वैज्ञानिकहरूको ‘भाउ’ छ । अन्य मुलुकहरूले राम्रो सेवासुविधा दिएर उनीहरूलाई काममा लगाउँछन् । यस्ता ‘ड्रेन्ड ब्रेन’ हरूलाई राज्यले स्वदेश फर्काउन छुट्टै योजना ल्याउन जरुरी भएको ढकालको ठम्याइ छ ।नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ पनि कार्यक्रमको कार्यान्वयन पक्ष फितलो भएको स्विकार्छन् । ‘कार्यक्रम सुरु भएको तीन वर्षमात्र भएको छ । समीक्षा गरेर कमीकमजोरीलाई सच्याउँदै अगाडि लैजान सकिन्छ,’ उनले भने । आफू पनि युवा भएकाले अनुसन्धानको पाटोमा युवालाई आकर्षित गर्ने योजाहरू ल्याउने प्रतिबद्धता उनले जनाए ।र, यो पनिविदेशमा रहेका वैज्ञानिकलाई स्वदेश फर्काउन नास्ट असक्षम भइरहेका बेला अनुसन्धान सहायक वृत्ति कार्यक्रममा भने युवा वैज्ञानिकको आकर्षण बढ्दो छ । नास्टले प्रत्येक वर्ष विज्ञानमा स्नातकोत्तर सकेका २० युवालाई अनुसन्धान सहायक वृत्ति र सहायक अनुसन्धान फेलोअन्तर्गत छनोट गर्छ । यो कार्यक्रमअन्तर्गत एक जना युवाले एक वर्ष मात्रै काम गर्न पाउँछ । यहाँ अनुसन्धान सहायक भएर काम गरेकाहरूले विधावारिधिका लागि विदेशी विश्वविद्यालयहरूमा सजिलैसँग भर्ना पाएका छन् । चालू आर्थिक वर्षमा ८ जनाका लागि ६२ जनाले प्रतिस्पर्धा गरेका थिए । यो उत्साहजनक खबरभित्रको मुख्य सवाल पनि उही हो– यी प्रतिभाशालीहरूलाई भविष्यमा पनि स्वदेशमै अड्याउने वातावरण भने कहिले बन्ला ? | Feature | 1,189 |
सागका तीन पाकिस्तानी खेलाडी प्रतिबन्धित | १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका पाकिस्तानी खेलाडीहरू डोपिङ परीक्षणमा असफल भएका छन् । | https://ekantipur.com/sports/2020/08/13/159728522883262062.html | काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका पाकिस्तानी खेलाडीहरू डोपिङ परीक्षणमा असफल भएका छन् ।डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना भएको सागमा पाकिस्तानबाट दुई स्वर्ण र एक कांस्य पदक जितेका ३ खेलाडीले डोपिङ परीक्षणमा प्रतिबन्धित औषधि सेवन गरेको भेटिएको थियो ।नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएअनुसार सागमा स्वर्ण जितेका पाकिस्तानी खेलाडी मोहम्मद नइम, मेहबुब अली र कांस्य जितेका समी उल्लाहले प्रतिबन्धित औषधि सेवन गरेर प्रतियोगिता खेलेको पाइएको छ । नइमले १ सय १० मिटर हर्डल्स, अलीले ४ सय मिटर हर्डल्स र उल्लाहले १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।सागमा सहभागी खेलाडीको विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार डोपिङ परीक्षण गरिएको थियो । सहभागी खेलाडीको पिसाब परीक्षणको नमुना कतारको दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गर्दा पाकिस्तानी खेलाडीहरू नइम, अली र उल्लाहले विभिन्न प्रतिबन्धित औषधि सेवन गरेको पाइएको हो ।वाडाको नियमअनुसार ती खेलाडीलाई ‘ए’ स्याम्पलबारे जानकारी गराइएको एनओसीले जनाएको छ । त्यस्तोमा खेलाडीले ‘बी’ स्याम्पलको परीक्षण गर्न पाउने हुन्छ । स्वर्ण पदक विजेता नइम र अलीले ‘बी’ स्याम्पलको परीक्षण गर्दा पनि प्रतिबन्धित औषधि सेवन गरेको पाइएको थियो । जसअनुसार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियमबमोजिङ उनीहरूलाई चार वर्ष प्रतिबन्ध लगाइएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाएका छन् । उनीहरूको प्रतिबन्ध सन् २०२३ को डिसेम्बरमा सकिनेछ । | Sports | 24,747 |
जनमत पार्टीले औंल्यायो देश विकास हुन नसक्नुका पाँच कारण | मधेशमा वैकल्पिक शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकको विकास हुन नसक्नुको पाँच कारण भएको औल्याएका छन् । जनमत केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राउतले देशको विकास हुन नसक्नुमा राजनैतिक संरक्षणमा बेथितिलगायत पाँच मुख्य कारण भएको निष्कर्ष निकालेका छन् । | https://ekantipur.com/news/2024/02/05/ck-raut-pointed-out-five-reasons-why-the-country-could-not-develop-29-19.html | काठमाडौँ — मधेशमा वैकल्पिक शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकको विकास हुन नसक्नुको पाँच कारण भएको औल्याएका छन् । जनमत केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राउतले देशको विकास हुन नसक्नुमा राजनैतिक संरक्षणमा बेथितिलगायत पाँच मुख्य कारण भएको निष्कर्ष निकालेका छन् ।‘नेपालमा राजनीतिको आडमा र शीर्ष नेताको संरक्षणमा जे गरे पनि हुने, जे भत्काए पनि हुने, यहाँसम्म की हत्याहिंसा गरे पनि हुने मिलाउन सकिने खालको बेथिति छ’ राउतको निष्कर्ष छ, ‘विद्यालयको शुल्क तिर्नु छ – आन्दोलन वा तोडफोड गरे तिर्नु पर्दैन । सवारीले सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ– जिम्मेबार हुनै पर्दैन। अस्पतालमा तोडफोड गरेर पनि उम्किन सक्ने । उद्योगमा पनि उद्योगीहरूद्वारा पनि मनपरीतन्त्र छ भने आफू अनुकुल भएन भने कामदारहरू पनि जतिखेर पनि आन्दोलन गरेर बन्द गर्न सक्छन् ।’ उनले ‘यस्तो माहोलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा आदिसाग सम्बद्ध संस्थाहरू निर्धक्क भएर स्थापित हुन नसक्ने दाबी गरेका छन् । ‘निर्बाध रूपमा सेवाप्रवाह गर्न सक्दैनन्। लगानीकर्ताहरूलाई सुरक्षित महसूस हुँदैन। सरकारी तवरबाटै पनि कतिखेर कुन नीति आइदिने हो त्रास बनिराख्छ जसले गर्दा दीर्घकालीन नीति तहत लगानी हुँदैनन् ।’भूराजनैतिक परिवेशका कारणले पनि मुलुकको विकासमा असर परेको उनको ठहर छ । ‘नेपाल कागजी रूपमा स्वतन्त्र भए तापनि यथार्थमा यहाँ हरेक राजनैतिक र आर्थिक महत्वपूर्ण निर्णयहरू, गठबन्धन निर्माण र सरकार परिवर्तन बाहृय प्रभावमा नै हुन्छ’ उनले आरोप छ,' त्यसलाई झेल्न सक्ने राजनैतिक नेतृत्व वा दलहरू भइदिएनन्। जसले बाहृयशक्तिको निर्देशन विपरीत निर्णय गर्छ, उसको सरकार त्यतिने खेर ढल्छ र अर्को पात्र खडा गरिन्छ। यसबाट बन्नका लागि एउटै उपाय छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।’पुराना राजनीतिक दलको सत्ता मोहका कारण मुलुको विकासले गति लिन नसकेको जनमतको राजनीतिक प्रस्तावले औंल्याएको छ ।‘नेपालको नेतृत्व आफ्नो विभिन्न कमीकमजोरी र विगतका गल्तीहरूको कारणले गर्दा चाहेर पनि दूरदृष्टि राख्न सक्दैनन् र आसन्न सत्ता निर्माणमा नै उनीहरूको ध्यान र ऊर्जा केन्द्रित हुन्छ’ उनको टिप्पणी छ, ‘सत्तामा पुनका लागि आन्तरिक र बाहृय शक्ति केन्द्रहरूसँग जस्तोसुकै सम्झौता गर्न बाध्य हुन्छन् जुन आफू वा बढीमा आफ्नो पार्टी वा मान्छे बचाउन केन्द्रित हुन्छ । देश र जनताको अवस्था के छ र कस्तो हुनेछ, त्योसँग ईमान्दारीतापूर्वक कुनै सरोकार रहने गरेको छैन ।’राजनीतिक दलले सत्तामा पुग्न पनि वाहृय सहयोगको सहारा लिएको राउतको आरोप छ । ‘सत्तामा पुग्नका लागि वा बाहृय शक्ति केन्द्रहरूसँग सामीप्यता र बफादारी देखाउनका लागि ऋण लिइदिएको वा अन्य सम्झौताहरू गरिदिएको प्रशस्तै उदाहरणहरू छन्’ उनको आरोप छ, ‘ती ऋण र सम्झौताहरू स्पष्टरूपमा देश वा जनताको लागि केन्द्रहरूसँग सामीप्यता र बफादारी देखाउनका लागि ऋण लिइदिएको वा अन्य सम्झौताहरू गरिदिएको प्रशस्तै उदाहरणहरू छन्, 'भलै ती ऋण र सम्झौताहरू स्पष्टरूपमा देश वा जनताको लागि घातक नै थिए ।’उनले देशप्रति प्रतिबद्ध हुने र जनताप्रति जिम्मेबारी हुने स्तरको बोध नभएकाले मुलुकले गति लिन नसकेको दाबी गरेका छन् ।अस्थिर सरकारका कारण नीति तथा कार्यक्रमहरु बीचमै थन्किने समस्याका कारण मुलुकको थिति बिग्रिएको निष्कर्ष निकालेका छन् ।‘नेपालको सत्ता प्रजातन्त्र आए पछि कहिलेपनि स्थिर भएन र स्थित नभए पछि यसका नीति तथा कार्यक्रमहरू, रणनीति र योजनाहरू केही स्थिर हुने भएनन्। एउटा सरकारले गर्न खोजेको कुरा केही महिनापछि सरकार परिवर्तन भए पछि थन्किन्छ’ उनको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘महिनापछि सरकार परिवर्तन भए पछि थन्किन्छ । एउटा कार्यालय प्रमुखल गन थिति बसाउन खाजका कुरा अर्को आए पछि सकिन्छ ।’मुलुकको विकासका लागि राम्रो योजना भए पनि संस्थागत भ्रष्टाचार, दण्डहीनताका कारण विकासले गति लिन नसक्ने राउतको विश्लेषण छ । ‘जतिसुकै राम्रो योजना भए तापनि यदि भ्रष्टाचार छ, त्यो पनि नीतिगत, संस्थागत र दण्डहीनताको बीचमा भने त्यो देश विकसित हुन गाह्रो छ । त्यसमा पनि नेपाली समाजले भ्रष्टाचारलाई सामाजिक रूपमा स्वीकार्य गरेको अवस्था छ। अरूले गरेको भ्रष्टाचारलाई देख्ने मान्छे समेतले आफूले गरेको भ्रष्टाचारलाई भ्रष्टाचार भन्दैनन्’ उनको निष्कर्ष छ, ‘न त परिवार, समाज वा देशबाट नै भ्रष्टाचारीहरू सामाजिक रूपमा बहिष्कृत वा लज्जित हुनु परेको छ । बरू भ्रष्टाचार गर्न पाउनु आफूलाई पाको ठान्ने र जति ठूलो भ्रष्टाचार गर्यो, उति ठूलो गर्वको विषय जस्तो हुँदै आएको छ ।’ | News | 5,904 |
लगानी जुटाउन छलफल हुँदै | दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ । बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ । | https://gorkhapatraonline.com/news/24730 | काठमाडौँ, भदौ २७ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ । बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ । नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६)मा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धता पूरा गर्न साधनस्रोतको परिचालनमा कोसेढुङ्गा साबित हुने लगानी बोर्डले अपेक्षा गरेको छ । सो कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैङ्क, परियोजना विकासका सम्बन्धमा गरिने समझदारी तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाबारे विज्ञहरू बीच सैद्धान्तिक बहस हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।कार्यक्रममा रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यावसायिक निर्देशिका सार्वजनिक गरिनेछ । गत वर्ष लगानी बोर्डले दसौँ वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्नसमेत सार्थक हुने भट्टको भनाइ छ ।उक्त कार्यक्रममा नेपालमा जलवायु वित्त प्रवद्र्धन, ऊर्जामा लगानी तथा दिगो पूर्वाधार विकासमा व्यावसायिक वतावरणसम्बन्धी सत्रहरू पनि सञ्चालन हुने जनाइएको छ । | News | 40,296 |
हिले ब्याडमिन्टन क्लबमा याम्फु | धनकुटाको हिले ब्याडमिन्टन क्लबको पाँचौ साधारणसभाले भैरब याम्फुको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । | https://ekantipur.com/sports/2023/09/02/169367169291469243.html | धनकुटा — धनकुटाको हिले ब्याडमिन्टन क्लबको पाँचौ साधारणसभाले भैरब याम्फुको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । क्लबको शनिबार सम्पन्न साधारणसभाले याम्फुको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राम प्रधान, सचिव सन्तोष श्रेष्ठ, सहसचिव पेम्बा लामा र कोषाध्यक्षमा आशिष तामाङ रहेका छन् । सदस्यहरुमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी चयन भएका छन् ।साधारणसभा उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरे । उक्त अवसरमा मेयर तामाङले खेलकुद स्वास्थ्य र राष्ट्र दुवेका लागि महत्वपूर्ण रहेकोले यस क्षेत्रमा लगानी गर्न आफू तत्पर रहेको उल्लेख गरे । ब्याडमिन्टन क्लबले रक्तदानलगायत सामाजिक गतिविधिसमेत आयोजना गर्दै आएको संस्थाका सचिव सन्तोष श्रेष्ठले जनाए । उक्त अवसरमा क्लबलाई सहयोग पुर्याउने वितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ र जुन चियाबारीका म्यानेजर राजेश कटुवाललाई सम्मानसमेत गरिएको थियो । | Sports | 16,423 |
प्रजातान्त्रिक विचार समाजमा वाग्ले | प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२ औँ महाधिवेशन तथा २५ औँ साधारण सभाले बिहीबार वाग्लेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो । | https://gorkhapatraonline.com/news/64759 | गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ५ गते। प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२ औँ महाधिवेशन तथा २५ औँ साधारण सभाले बिहीबार वाग्लेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो । नवगठित समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालका अनुसार नवगठित कार्यकारिणी समितिले तीन जना सदस्य मनोनीत गर्नेछ । उहाँले समितिको अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष दुई जना, उपाध्यक्ष एक जना, सात वटै प्रदेशमा एक/एक जना उपाध्यक्ष, महिला उपाध्यक्ष दुई जना तथा महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव एक/एक जना चयन भएको जानकारी दिनुभयो । त्यसैगरी केन्द्रीय सदस्यमा १९ जना चयन हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः डा ईश्वरीराज लौडारी, कृष्ण केसी, डा. वासुदेव भण्डारी, सिभी मल्ल, पुष्पमान श्रेष्ठ र प्राध्यापक डा. अक्कलदेव मिश्र चयन हुनुभएको छ । त्यसैगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा क्रमशः जीवनकुमार राई, रामनारायण देव, भरतप्रसाद दवाडी, जीवलाल काफ्ले, शङ्कर दिवस मजगैया, ध्रुवबहादुर मल्ल र सुरेन्द्रबहादुर चन्द चयन हुनुभएको छ । समितिको महिला उपाध्यक्षमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ चयन हुनुभएको छ । | News | 56,401 |
लिभरपुल च्याम्पियन्स लिग फाइनलमा | इंग्लिस क्लब लिभरपुल रोमालाई समग्रमा ७-६ स्कोरले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार रोमाको घरेलु मैदानमा लिभरपुल ४-२ ले पराजित भएपनि समग्रमा जितसहिन अगाडि बढेको हो । | https://ekantipur.com/sports/2018/05/03/152531426756811557.html | रोम — इंग्लिस क्लब लिभरपुल रोमालाई समग्रमा ७-६ स्कोरले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार रोमाको घरेलु मैदानमा लिभरपुल ४-२ ले पराजित भएपनि समग्रमा जितसहिन अगाडि बढेको हो ।पहिलो हाफमा लिभरपुलले २-१ को अग्रता लिएको थियो । साडीयो माने र जियोर्जिनियो वाइनाल्डुमले टोलीलाई अगाडि राखेपनि जेम्स मिल्नरको आत्मघाती गोलले रोमाको सम्भावना जिवित राख्यो ।दोस्रो हाफमा रोमाले तीन गोल गर्यो । राड्जा नाइनगोलनले २ तथा एडिन जेकोले १ गोल गरेपनि रोमा सेमिफाइनलबाट बाहिरियो । फाइनल पुगेको लिभरपुलले उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ । | Sports | 29,409 |
‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीको निर्णयले तनाव | ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार धरान डर्बीमा राइजिङ क्लब र फुटसल फाइभबीचको खेल तनावपूर्ण रह्यो । पहिलो हाफ सकिन ५७ सेकेन्ड बाँकी हुँदा राइजिङका गोलरक्षक तथा कप्तान सचिन श्रेष्ठले बक्सबाहिर निस्केर बल क्लियर गर्दा फुटसल फाइभका रञ्जित गुरुङमाथि ट्याकल गरे । | https://ekantipur.com/sports/2021/10/01/163305319254874028.html | पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार धरान डर्बीमा राइजिङ क्लब र फुटसल फाइभबीचको खेल तनावपूर्ण रह्यो । पहिलो हाफ सकिन ५७ सेकेन्ड बाँकी हुँदा राइजिङका गोलरक्षक तथा कप्तान सचिन श्रेष्ठले बक्सबाहिर निस्केर बल क्लियर गर्दा फुटसल फाइभका रञ्जित गुरुङमाथि ट्याकल गरे ।करिब एक मिटर दूरीबाटै देखिरहेका मुख्य रेफ्री राजकुमार श्रेष्ठले तत्कालै सचिनलाई रातो कार्ड देखाए । त्यसपछि सुरु भयो, राइजिङको गैरव्यावसायिक हर्कत । उनीहरूको टोली रेफ्रीमाथि जाइलाग्यो । फिल्डभित्रै सुरक्षाकर्मी प्रवेश गराउनुपर्ने स्थिति आयो । करिब १० मिनेट खेल रोकियो ।बुधबार स्काई गोल्ससँग ४–३ गोलको हार बेहोरेपछि प्रभातफेरीका टिम म्यानेजर कृष्ण श्रेष्ठले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अफिसियलसँग झगडाकै तहमा प्रस्तुत भएका थिए । उनीहरूको आरोप रेफ्रीले पक्षपाती निर्णय लिएर विपक्षीलाई जितायो भन्ने थियो ।उक्त खेलको अन्तिम मिनेटमा प्रभातफेरीका धिरज जोशीलाई गोल्सका गोलरक्षक लक्ष्मण थापाले बक्सबाहिर ट्याकल गरेको र हातले बल छोएकामा रेफ्रीले फाउल नदिएको भन्दै खेल सकिएपछि प्रभातफेरीका अफिसियल रेफ्रीसँग झगडा गर्न उत्रिएका थिए । यो घटनामा एन्फाले मुख्य रेफ्री सन्तोष तामाङसहित थर्ड रेफ्री राजन थापा र टाइमकिपर सुवास तामाङलाई समेत पाँच खेलको प्रतिबन्ध लगाएको छ । असोज ८ मा खेलाइएको लिगको १८ औं खेल काठमाडौंको ढुकु फुटसल हब र प्रभातफेरीबीचको थियो । ३७ औं मिनेटमा ढुकुका विक्रान्तको प्रहार पोलमा लागेर फर्किंदा सुमन तामाङको हातमा लागेको थियो । उनले त्यही बल गोलमा परिणत गरेका हुन् । भिडियो फुटेजमा पनि उनले ह्यान्ड गरेको देखिन्छ । तर नजिकै रहेका मुख्य रेफ्री राजकुमार श्रेष्ठ र सेकेन्ड रेफ्री दीपेन्द्र तामाङले देखेनन् । आफ्नै आँखाअगाडि भएको घटनामा निर्णय लिन नसकेका कारण दीपेन्द्र कारबाहीमा परे । यो ढुकुको चौथो र बराबरी गोल थियो । यही गोलमा ढुकुले १ अंक हासिल गर्न सकेको थियो ।दीपेन्द्र कम अनुभव भएका रेफ्री हुन् । उनले यो प्रतियोगितामा सेकेन्ड रेफ्रीको भूमिका निभाएको त्यो पहिलो खेल थियो । त्यही खेल विवादमा परेपछि उनी पाँच खेलको प्रतिबन्धमा परे । त्यसपछि पनि थर्ड रेफ्रीको भूमिकामा फर्किएका छन् । स्रोतका अनुसार पोखराका स्थानीयसमेत रहेका दीपेन्द्रलाई सेकेन्ड वा मुख्य रेफ्रीको भूमिका दिन ‘माथिल्लो’ निकायबाट दबाबसमेत आएको थियो । यो कमजोरी त्यो दिन भएको थियो कि जुन खेल हुनुभन्दा आधा घण्टाअगाडि ढुकुका प्रशिक्षक राज महर्जनको नेतृत्वमा दसवटै क्लबले रेफ्रीविरुद्ध एन्फालाई ज्ञापनपत्र बुझाएका थिए । रेफ्रीको कमजोरीका कारण आफ्नो टोलीले बराबरी खेल्न सक्षम भएको महर्जनले त्यतिबेलै स्वीकारेका थिए ।यो प्रतियोगिताका लागि एन्फाले ११ जना रेफ्री उपलब्ध गराएको छ । रेफ्री एसेसर सुरज मानन्धरले उनीहरूलाई प्रशिक्षणसहित खेलको अनुभव दिलाइरहेका छन् । रेफ्री मानन्धरले फुटसल फाइभ र राइजिङबीचको खेलमा राइजिङका गोलरक्षकले पाएको रातो कार्ड फुटसलको अन्तर्राष्ट्रिय नियमअनुसार सही निर्णय भएको दाबी गरे । ‘विपक्षी टोलीले रेफ्रीले रातो कार्ड दिएको विषयमा असहमति राखिएको थियो । रेफ्रीले नियमका आधारमा रहेर खेल खेलाउने हो,’ मानन्धरले थपे, ‘फुटसल नियममा युजिङ एक्सेसिभ फोर्स (आवश्यकताभन्दा बढी शक्ति प्रयोग) गर्नेलाई रातो कार्ड नै हुन्छ । घटना भएलगत्तै हामीले भिडियो पनि हेर्यौं । हामी यसबाट के निश्चिन्त छौं भने मेरो रेफ्रीले सही निर्णय लिएका छन् ।’रेफ्री एसेसर मानन्धरले कमजोरी भएको ठाउँमा आत्मालोचना गरेको बताए । ‘दुई खेलमा रेफ्रीलाई चेतावनीसहित ५ खेलको निलम्बन गरेका छौं । तर यो प्रतियोगितामा रेफ्रीको प्रदर्शनबाट म सन्तुष्ट छु,’ उनले कान्तिपुरसँग भने, ‘सबैका लागि यो पहिलो प्रतियोगिता भएको हुनाले सबैसँग नयाँ अनुभव छ । सबैले सिक्दै जाने हो ।’राइजिङ क्लबका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको निर्णय पक्षपाती भएको बताए । उनले आफूहरू सुरुदेखि नै रेफ्रीको गलत निर्णयको सिकार भइरहेको आरोप लगाए । ‘हामीले पहिल्यैदेखि भन्दै आइरहेको हो । रेफ्रीबाट राइजिङ क्लबमात्र सिकार भइरहेको छ । आजको खेलमा पनि त्यही नै रह्यो हाम्रो । हाम्रो पहिलो गोलरक्षकलाई आफ्नो खुट्टामा बल हुँदा र उसैले बल क्लियर गर्दा अर्को आएर जुध्दा किपरले रातो कार्ड पाउने त्यो कुनै नियम हुन्छ जस्तो लाग्दैन । त्यही गल्तीको परिणाम हामीले त्यति धेरै अग्रता लिएर पनि खेल जित्न सकेनौं,’ उनले भने ।दुवै कप्तानले रातो कार्ड पाएको खेलबिहीबार धरान डर्बीमा फुटसल फाइभले ५–२ ले पछि परेको स्थिति उल्टाउँदै ७–५ गोलले खेल जित्दा तीन मिनेटको अन्तरमा ५ गोल गरेको थियो । सुदीप गुरुङले चौथो र आठौं मिनेटमा गोल गरेपछि राइजिङले सुरुमै अग्रता बनाएको थियो । १७ र २० औं मिनेटमा विजय श्रेष्ठले फुटसल फाइभबाट गोल गरे । २० औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमा गोल गरी ३–२ को स्थितिमा पुर्याए । १८ औं मिनेटमा कप्तान सन्दीप कार्की दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्नुपरेपछि फुटसल फाइभ दबाबमा परेको थियो । त्यसको एक मिनेटपछि नै राइजिङका गोलरक्षक कप्तान सचिनले रातो कार्ड पाए ।२४ औं मिनेटमा मिलन राई र २९ औं मिनेटमा हेमन्त थापामगरले गोल गरेपछि राइजिङले ५–२ को अग्रता बनायो । अन्तिम ५ मिनेट बाँकीमा खेलले नाटकीय मोड लियो । ३५ औं मिनेटमा फुटसल फाइभका सरोज तामाङले गोल गरे । एक मिनेट नबित्दै दुई गोल थपेर खेल बराबरीमा ल्याए भने ह्याट्रिकसमेत पूरा गरे । ३७ औं मिनेटमा रञ्जित गुरुङ र ३८ औं मिनेटमा प्रवेश जोशीले गोल गरेपछि फुटसल फाइभले रोमाञ्चक जित निकालयो । जितबाट फुटसल फाइभ ७ खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लने अवसर गुमाएको राइजिङ भने समान खेलबाट १३ अंकसहित चौथो स्थानमा झरेको छ ।‘हामीलाई रेफ्रीले नै गाह्रो बनाइदिएको छ । अब दुई खेल कठिन छन् । अरूको नतिजामा पनि भरपर्छ । यो खेल रेफ्रीकै कारणले घाटा भयो । समग्रमा नालायक अम्पायरको निर्णयले गर्दा हामीलाई शीर्ष चारमा कठिन हुन थाल्यो,’ राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले खेलपछि भने ।विजेताका प्रशिक्षक विश्वास लामा भने लगातार पुनरागमन जितले टोलीमा आत्मविश्वास बढेको भन्दै खुसी देखिए । ‘लगातार खेलमा कमब्याक जित निकाल्न सकेका छौं । यसले राम्रै आत्मविश्वास दिएको छ । गोल खाँदैमा आत्तिनु हुँदैन भनेर खेलाडीले सिकेका छन्,’ लामाले भने, ‘हाम्रो मुख्य स्कोरर नै कप्तान हो । उसले नै रातो कार्ड खाँदा हामी आत्तिएका थियौं । तर अन्य खेलाडी अन्तिमसम्म आस राखेर खेले । कार्डको कारणबारे बुझ्दा रेफ्रीसँग विवाद गरेका कारण पहिलो कार्ड पाएको भनियो । दोस्रो कार्ड चाहिँ सिधा हातले बल रोकेको छ । रेफ्रीसँग विवाद गरेर पनि काम छैन ।’ढुकु ढुक्क, लुम्बिनी चिन्तामादिनको अर्को खेलमा काठमाडौंको ढुकु फुटसलसँग ५–२ गोलले पराजित भएपछि लुम्बिनीलाई रेलिगेसनको चिन्ता अझै बढाएको छ । यो ३ अंकले ढुकु भने रेलिगेसनबाट जोगिनेमा ढुक्क हुन थालेको छ । ढुकुका लागि सातौं खेलमा दोस्रो जित हो भने समान खेलबाट लुम्बिनीको पाँचौं हार हो । ढुकुको ७ र लुम्बिनीको ४ अंक छ ।लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले सब्स्टिच्युट खेलाडीहरू स्तरीय नहुँदा एउटै सेटबाट धेरै अपेक्षा गर्न नसकिएको बताए । ‘सब्स्टिच्युट गर्न बेञ्चका खेलाडीमाथि भरोसा पनि भएन । जुन हिसाबका लागि तयारी गरेको र खेलाडी अनुबन्ध गरेको थिएँ, त्योअनुसार प्रदर्शन आएन । सुरुमा रेलिगेसन हुँदैन भनिएको थियो । अहिले रेलिगेसन राखियो,’ लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले भने, ‘हामीलाई रेलिगेसन जोखिम छ । अझै पनि अवसर त छ, प्रयास गर्नेछौं । हेरौं, भाग्यले कति साथ दिनेछ ।’लुम्बिनीले अग्रता लिएर हार बेहोर्नुपरेको हो । पहिलो हाफ गोलरहित भए पनि २४ र २९ औं मिनेटमा अनोज गैरेले गोल गरी लुम्बिनीलाई अग्रता दिलाए । तर, अन्तिम १० मिनेटमा ढुकुको प्रदर्शन सानदार थियो । ३१ र ३५ औं मिनेटमा ढुकुका प्रसिद्ध मगरले गोल गरी खेल बराबरीमा ल्याए । त्यसपछि तीन मिनेटमा ढुकुले तीन गोल थप्यो । विक्रान्त नरसिंह राणाले २ र अभय राणाले १ गोल गरे । ढुकुका राज महर्जनले रेलिगेसनबाट जोगिन यो जित निकै नै महत्त्वपूर्ण रहेको बताए । ‘जितले धेरै नै ढुक्क भएको छ । रेलिगेसनमा परिन्छ कि भन्ने डर थियो । जितले बाँकी दुई खेललाई आत्मविश्वास फर्किएको छ,’ उनले भने । | Sports | 22,179 |
महासमिति बैठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको छ : कोइराला | नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । महासमिति बैठकलाई लक्षित गर्दै नेता कोइरालाले शनिबार काठमाडौंमा गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । | https://ekantipur.com/news/2024/02/24/the-general-committee-meeting-has-given-a-message-to-the-congress-to-move-forward-as-a-single-block-koirala-19-25.html | काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । महासमिति बैठकलाई लक्षित गर्दै नेता कोइरालाले शनिबार काठमाडौंमा गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । 'महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ,' कोइरालाले भने । कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । 'विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन,' उनले भने ।जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने उनको भनाइ थियो । कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए। 'कार्यक्रममा कांग्रेस सभापति देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्यहरु सहभागी थिए । | News | 5,397 |
हुम्लामा हाइटेक नर्सरी स्थापनामा चार लाख भ्रष्टाचार | हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ। | https://gorkhapatraonline.com/news/68959 | काठमाडौं, असार १० गते। हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै अनियमितता भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिनुभएको हो। कार्यालय प्रमुख झा र तत्कालीन सबइन्जिनियर भीमबहादुर रोकाय, तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन केन्द्रकी सुष्मा कार्की भण्डारीविरुद्ध चार लाख ३८ हजार ५५७ रुपियाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७६/७७ मा मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। | News | 55,427 |
नारायणी नदीमा मोटरबोट | छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । | https://gorkhapatraonline.com/news/49308 | भरतपुर, पुस १३ गते । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् ।नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।कालिका नगरपालिका– ५ बाट आउनुभएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताउनुभयो । उहाँले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाउनुभयो । खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार आउनेको सङ्ख्या उत्तिकै छ ।नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरू नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् ।नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरू धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताउनुभयो । नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् ।मुलुककै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनमा नारायणी नदीको मोटरबोटले छुट्टै आकर्षण थपेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । उहाँले मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको वृद्धि भएसँगै व्यवसायीले मोटरबोटमा करोडौँको लगानी गरेको जानकारी दिनुभयो । नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चितवनको नयाँ मनोरञ्जन केन्द्रको रूपमा स्थापित हुँदै गएको युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी बताउनुहुन्छ । नारायणी नदीमा मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो ।मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । शनिबारको दिन भने बढी आउने गरेका छन् । भरतपुर महानगरपालिका–१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताउनुभयो । उहाँले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिनुभयो । केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।नारायणी नदीमा हाल विभिन्न कम्पनीका २३ मोटरबोट सञ्चालनमा रहेका छन् । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आकर्षक रहेको छ । | News | 59,485 |
केरामा फेला पर्यो ‘पानामा’ रोग | नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ । | https://gorkhapatraonline.com/news/75861 | काठमाडौँ, भदौ ६ गते । नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको हो । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार ‘पानामा’ (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो । यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने अन्यत्र पनि सर्न सक्ने र यसले केरा उत्पादनमा निकै प्रभाव पार्न सक्छ । यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । ‘पानामा’ (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आक्रमण गर्ने गरेको वैज्ञानिकले जनाएको बताउँदै महानिर्देशक केसीले यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गरेको वैज्ञानिकको अनुसन्धानबाट देखिएको बताउनुभयो । केराको थाम चिरेर भित्र हेर्दा खैरो गानाबाट माथिसम्म फैलिएको देखिन्छ । त्यसका जराहरू काला हुन्छन्, सड्छन् र बिस्तारै केराको बोट नै ढल्ने गरेको महानिर्देशक केसीले बताउनुभयो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले ‘पानामा’ रोग फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्ने गरेको बताउनुभयो । यो ढुसीका चार वटा रेस (प्रजाति) हुन्छन् । तीमध्ये रेस २ र ३ जङ्गली जातको केरामा लाग्ने गरेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा रेस १ लाग्ने गरेको र केही वर्षदेखि चितवनलगायत अन्य क्षेत्रमा यो रोग देखिन थालेको थियो । उहाँका अनुसार रेस ४ लाई टिआर–४ भनेर चिनिन्छ, त्यो रोगलाई टीकापुर क्षेत्रमा पिसिआरका साथै जिन सिक्वेस्सिङ विधिद्वारा पत्ता लगाउन मात्र सकिएको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायको टोलीले यो रोगका बारेमा जानकारी पाएपछि टीकापुर क्षेत्रमा लगाएको केरा खेती अवलोकन गरेको थियो । अवलोकन गर्दा ‘पानामा’ रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा कल्चर गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सी’का बीजाणु भेटिएको थियो । | News | 36,964 |
बालकुमारी घटना : मन्त्री ज्वालालाई बर्खास्त गर्न संसद्मा माग | बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको भन्दै बर्खास्त गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्री ज्वालालाई पदमुक्त गर्नुपर्ने माग राखेपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । | https://ekantipur.com/news/2024/02/19/child-kumari-incident-demand-in-parliament-to-dismiss-minister-jwala-43-06.html | काठमाडौँ — बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको भन्दै बर्खास्त गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्री ज्वालालाई पदमुक्त गर्नुपर्ने माग राखेपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला पुगेको र उनको सुरक्षाका क्रममा प्रहरीको बल प्रयोगबाट पुस १३ मा दुई युवाको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ मा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो । आयोगले ‘मन्त्रीको उपस्थितिले नै घटना भएको’ किटान गरी शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।प्रतिनिधिसभाको आइतबार बैठकमा प्रमुख प्रतिपक्षी एमालेले विशेष समय लिएर मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग राखेको हो । ‘प्रधानमन्त्रीले मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरेको सूचना पाएका छैनौं । हामीले सुन्दै छौं सामान्य सिपाहीहरूलाई कारबाहीको डन्डा अनि मन्त्रीहरूलाई उन्मुक्ति ? यो हुन सक्दैन,’ एमालेका सचेतक महेश बर्तौलाले पार्टीको माग राख्ने क्रममा संसद्मा भने । साना तहका अधिकारीलाई दोषी देखाएर जिम्मेवारीमा रहेका र जसका कारण घटना भएको भनेर सरकारी आयोगले नै किटान गरेको हो, उसलाई उन्मुक्ति दिन नहुने बर्तौलाको माग थियो । उनले भने, ‘घटनामा जोडिएका सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाइयोस् ।’रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि दुई युवाको ज्यान जाने गरी भएको घटना छानबिन समितिको प्रतिवेदन आउँदा पनि प्रधानमन्त्रीले कदम नचालेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले प्रतिवेदन बुझाइसकेपछि मन्त्री स्वयं हट्नुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै लामिछानेले आपत्ति जनाएका थिए । ‘छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा, जुन भन्दै आइएको पनि थियो, प्रतिवेदनले पनि स्पष्ट पार्यो । तर यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ न सरकार न त प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ,’ लामिछानेले भने, ‘यसमा गर्नुपर्ने के होला ? छानबिन आयोगले दोषी ठहर्याउँदा ठहर्याउँदै पनि चुइँक्क नबोलेर अन्य विषयमा भाषण गर्दै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ?’ प्रधानमन्त्रीले गठबन्धन जोगाउनका लागि यस्ता घटनामा संलग्न मन्त्रीहरूलाई कारबाही नगरेको आरोप लामिछानेले लगाए । ‘दुई होनहार युवाले ज्यान गुमाएको यो घटनालाई रास्वपाले सामान्य रूपमा लिन सक्दैन । बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो केही पनि माग छैन, प्रधानमन्त्रीले त्यो रोस्ट्रमबाट भन्नुहुनेछ,’ लामिछानेले भने ।मन्त्री ज्वालालाई पदबाट हटाउन राप्रपाले पनि माग गरेको छ । राप्रपा सांसद दीपकबहादुर सिंहले भने, ‘बालकुमारी घटनाले मन्त्री प्रकाश ज्वाला दोषी ठहर गरेको प्रतिवेदनले जनाइसकेको छ । तुरुन्त यो सरकारको मन्त्री पदबाट हटाउन राप्रपाले माग गर्दछ ।’ मन्त्री ज्वालामाथि संसद्मा उठेका विषयमा सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले मन्त्री ज्वालाबारे धारणा राखेपछि सभामुख घिमिरेले भने, ‘माननीय सदस्यले राख्नुभएको कुरामा ध्यानाकर्षण भएको छ, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।’सांसदहरूले मासिक रूपमा राख्ने प्रश्नको जवाफ दिनका लागि प्रधानमन्त्री दाहाल आइतबारको बैठकमा उपस्थित थिए । बालकुमारी घटनाबारे सांसदहरूका प्रश्न र सभामुखको ध्यानाकर्षणपछि प्रधानमन्त्री दाहालले छानबिन समितिको प्रतिवेदन आफूले बुझेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । बालकुमारी घटनालाई सरकारले निकै गम्भीर रूपले लिएर तत्कालै त्यसमा संलग्नलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाखका साथै रोजगारी दिने लगायतका काम भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा बुझाएको छ र आज (आइतबार) मैले बुझ्दै छु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दै छु, अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म यो विश्वास दिलाउन चाहन्छु ।’बालकुमारी घटनामा प्रहरीको बल प्रयोगबाट प्रदर्शनमा सहभागी अछाम चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर मृत्यु भएको निष्कर्ष आयोगले निकालेको छ भने रावतको छातीमा अश्रुग्यासको सेलले लागेर उपचारका क्रममा मृत्यु भएको थियो । आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले खेलाँची गरेर ‘एन्टी डिरेक्सन’ (गलत दिशा) मा गएको, फिल्ड कमान्डर डीएसपी उमेश लम्सालले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेर बल प्रयोग गरेको र पीएसओ बोधराज दनुवारले सुरक्षा नजरअन्दाज गरेर मन्त्रीलाई गलत ठाउँमा पुर्याएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । आयोगले प्रतिवेदनमा क्रमशः १, २ र ३ गरेर मन्त्री ज्वाला, डीएसपी लम्साल र पीएसओ दनुवारलाई दोषी सूचीमा सूचीकृत गरेर प्रतिवेदन बुझाएको छ । | News | 5,545 |
अन्तरप्रदेश राष्ट्रिय खेलकुद चैत २ बाट | वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगमी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने छन् । | https://ekantipur.com/sports/2024/03/04/inter-provincial-national-games-from-chait-2-31-03.html | हेटौंडा — वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगमी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगिताका लागि प्रदेशले फागुन २४ र २५ गते खेलाडी छनौटका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।प्रतियोगितामा लागि ९ विधामा खेलाडी छनौट गरिने प्रदेश खेलकुद परिषदले जानकारी दिएको छ । उक्त प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, कराते, एथ्लेटिक्स, ब्याड्मिन्टन र पौडी खेल समावेश गरिएको छ । प्रदेशले बक्सिङतर्फको खेलाडी भने छनौट गरिसकेको छ । प्रतियोगितामा ७ वटै प्रदेशले आफ्ना खेलाडी छनौट गरेर प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रदेशभित्रका खेलाडीको पहिचान र खेललाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गर्न लागेको परिषद्का सदस्य सचिव भण्डारीले वताए ।वाग्मती प्रदेशले पहिलेदेखि नै प्रतियोगिता आयोजना गर्नका लागि पहल गर्दै आएका कारण वाग्मतीले पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्ने अवसर पाएको उनको तर्क छ । अन्तर प्रदेश खेलकुद प्रतियोयगता सबै प्रदेशले पालैपालो गर्ने छन् । वाग्मती प्रदेश सरकारले उक्त प्रतियोगिताका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतियोगिताका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगितामा खेलाडी, अफिसियल, निर्णायक र खेलकुद समितीका गरी करिब ५० हजार सहभागी हुने अनुमान गरिएको छ ।वाग्मती प्रदेश सरकारको प्रमुख लगानी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई प्रचारप्रसार र निर्माणका लागि सबैको चासो पुर्याउन प्रतियोगिताको उद्घाटन कार्यक्रम चितवनमा राखिएको परिषद्ले जनाएको छ ।चितवनमा क्रिकेट खेलको सुरु गरेर प्रतियोगिताको शुभारम्भ गरिने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा सातै वटै प्रदेशका मुख्यमन्त्रीको उपस्थिति रहने जनाएको छ । प्रतियोगिताको समापन चैत ८ गते हेटौडा–५ स्थित पिप्ले रंगशालामा हुनेछ । प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुवैतर्फको खेल हेटौडामा आयोजना हुनेछ । महिलातर्फको खेल गौरिटार रंगशालामा र पुरुषतर्फको फुटबल खेल पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुनेछ । फुटबलको फाइनल समापनसँगै प्रतियोगिताको पनि समापन गरिने सदस्य–सचिव भण्डारीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत चितवनमा महिला र पुरुष दुवैतर्फको भलिबल, क्रिकेट, तेक्वान्दो, कराते, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेल आयोजना हुनेछ । | Sports | 14,481 |
उपकुलपति छनोटको मानक | त्रिभुवन विश्वविद्यालयको उपकुलपति कुलपतिले खुला प्रतिस्पर्धाबाट छनोट गर्ने अभ्यास प्रारम्भ भएको छ । यो अभ्यासले अब विश्वविद्यालयमा रेक्टर, रजिस्ट्रार, डिनलगायतका सार्वजनिक पदमा समेत यहीँ विधि अपनाउनु पर्छ भन्ने मान्यता स्थापित गर्ने आधार तय भएको छ । यो नै विश्वविद्यालय सुधारको प्रस्थान बिन्दु बन्ने छ । मानवीय चेत सकारात्मकभन्दा नकारात्मक भावनाबाट बढी ग्रसित हुने गर्छ । प्रधानमन्त्री एवं कुलपतिको यो कदमबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । प्राज्ञ–विज्ञका रायसहित आवेदनकर्ताका बारेमा समेत पत्रपत्रिकामा समाचार मात्र आएका छैनन् संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा समेत बहस भइरहेको छ । यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । | https://gorkhapatraonline.com/news/96545 | त्रिभुवन विश्वविद्यालयको उपकुलपति कुलपतिले खुला प्रतिस्पर्धाबाट छनोट गर्ने अभ्यास प्रारम्भ भएको छ । यो अभ्यासले अब विश्वविद्यालयमा रेक्टर, रजिस्ट्रार, डिनलगायतका सार्वजनिक पदमा समेत यहीँ विधि अपनाउनु पर्छ भन्ने मान्यता स्थापित गर्ने आधार तय भएको छ । यो नै विश्वविद्यालय सुधारको प्रस्थान बिन्दु बन्ने छ । मानवीय चेत सकारात्मकभन्दा नकारात्मक भावनाबाट बढी ग्रसित हुने गर्छ । प्रधानमन्त्री एवं कुलपतिको यो कदमबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । प्राज्ञ–विज्ञका रायसहित आवेदनकर्ताका बारेमा समेत पत्रपत्रिकामा समाचार मात्र आएका छैनन् संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा समेत बहस भइरहेको छ । यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।प्रचलित ऐन–नियम अनुसार हुने गरी भइरहेका छनोट प्रक्रियाका त्रुटिमाथि कमेन्ट गरेर समय बर्बाद गर्नु उपयुक्त होइन । यथाशीघ्र ऐन–नियम परिवर्तन गरी समय सापेक्ष बनाई पूर्ण–पारदर्शी ढङ्गबाट संस्थान तथा कम्पनीका प्रमुख छान्ने विधि तय गर्ने काममा संसद् तथा संसदीय समितिले मुख्य भूमिका खेल्नु पर्छ । त्यसै गरी, नेपालमा दूरसञ्चार र सूचना–प्रविधिको नेतृत्वदायी भूमिका खेल्दै यस क्षेत्रको व्यवस्थापन र अनुगमनका लागि स्थापित एउटै मात्र संस्था छ–नेपाल दूरसञ्चार प्राधिकरण । विश्वविद्यालय जस्तो हाल यो संस्थाको कुनै अर्को विकल्प देखिँदैन । एउटा सामान्य विश्वविद्यालयको कुलपति छनोटमा त्यति धेरै बहस गर्ने संसदीय समितिमा यति संवेदनशील र महìवपूर्ण क्षेत्रसँग सम्बन्धित नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष चयनका सम्बन्धमा भने कुनै बहस भएको पाइँदैन । देश विकासको एक मात्र मेरुदण्ड मानिने दूरसञ्चार र सूचना–प्रविधि क्षेत्र आफैँमा महत्वपूर्ण र अति संवेदनशील क्षेत्र मानिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद खाली भएलगत्तै नयाँ अध्यक्षको छनोट प्रक्रिया पनि सुरु भइसकेको छ । छनोटको मापदण्ड ऐन–नियम विपरीत भएको भनी थुप्रै समाचार प्रकाशन भए । छनोट समितिको सूचनाका विरुद्धमा मुद्दासमेत परेको छ । प्राधिकरण अध्यक्षलगायत सदस्य छनोटको पुरानै कार्यविधि अपनाइएको र सोही कार्यविधि अनुसार नै तत्कालीन पूर्वअध्यक्षको छनोट भएको एवं अन्य सदस्य पनि सोही कार्यविधि अनुसार नै छनोट भई कार्यरत छन् । २०५३ को दूरसञ्चार ऐन र २०५४ को दूरसञ्चार नियमावलीले उल्लिखित प्राधिकरणको अध्यक्ष र सदस्यको योग्यतामा विगत २५ वर्षसम्म परिमार्जन नगर्नु आफैँमा अनौठो मान्न सकिन्छ । प्राधिकरणको सामान्य सातौँ तहको शाखा अधिकृत स्तरको सहायक–निर्देशक बन्नलाई न्यूनतम योग्यता स्नातकोत्तर उपाधि कायम गरिएको छ भने अध्यक्ष बन्नलाई स्नातक भए पुग्ने देखिन्छ । स्नातक गरेको अध्यक्षले स्नातकोत्तर र विद्यावारिधि समेत गरेका कर्मचारीलाई काममा लगाउनु आफैँमा चुनौतीपूर्ण छ । २०५३/५४ सालमा निर्धारित सो योग्यता तत्कालीन समयको सबैभन्दा माथिल्लो योग्यता हो । तत्कालीन समयमा १० वर्ष अनुभव भई स्नातक गरेका प्राविधिक पाउन निकै गाह्रो थियो तर अहिले स्नातक तह भनेको विश्वविद्यालय प्रवेशको न्यूनतम उपाधि हो । हाल सम्बन्धित क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधि गरेका जनशक्ति प्रशस्त भइसकेका छन् । सञ्चार तथा सूचना प्रविधि जस्तो द्रुत परिवर्तन भइरहने क्षेत्रमा २५ वर्ष अगाडिका यस्ता ऐन नियमलाई यथाशीघ्र परिमार्जन गरी समय सुहाउँदो बनाउनु आवश्यक छ । प्राधिकरणको अध्यक्ष भनेको पूर्णकालीन कार्यकारी प्रमुख रहने पद हो । बोर्ड बैठकमा मात्रै सीमित हुने सदस्यको योग्यातामा भन्दा पूर्णकालीन कार्यकारी प्रमुखको योग्यता निर्धारण अति महत्वपूर्ण हुन्छ । कुशल व्यवस्थापकीयसहित कुशल नेतृत्वदायी क्षमता र दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको अब्बल प्राविधिक र प्रयोगात्मक ज्ञान अनि अनुभव प्राप्त व्यक्ति प्राधिकरणको अध्यक्ष हुनुपर्ने आजको आवश्यकता हो । सो सर्वगुण सम्पन्न व्यक्ति आवेदित मध्यबाटै खोज्नुपर्ने हुन्छ । जापानलगायत विकसित मुलुकमा विश्वविद्यालय र उद्योगसँगको बलियो सहकार्य हुने गर्छ, जसले गर्दा विश्वविद्यालयका प्राध्यापकमा किताबी ज्ञान मात्र नभएर सम्बन्धित क्षेत्रका उद्योग/संस्था सञ्चालन व्यवस्थापन गर्न सक्ने क्षमता विकसित भएकै कारणले विश्वविद्यालयका प्राध्यापकको स्थान सम्मानजनक छ । नेपालमा भने विश्वविद्यालय र उद्योगसँगको सहकार्यको अभाव छ । “विश्वविद्यालयका प्राध्यापकमा किताबी ज्ञान मात्र भएको बढी सैद्धान्तिक हुने” भन्ने राजनीतिक वृत्तमा जुन किसिमको भष्य सिर्जना भएको देखिन्छ सो विषयलाई मनन गर्दै अबका दिनमा विश्वविद्यालयहरूले उद्योगहरूसँगको सहकार्य बढाउनु पर्ने छ । विकसित मुलुकको जस्तै हाम्रा प्राध्यापकले देशलाई आवश्यक उपयुक्त विज्ञता प्रदान गर्न सक्ने र अनुभव प्राप्त पात्रको रूपमा खडा हुन सक्नु पर्छ ।विगत एक दशकमा प्राधिकरणमा भए गरेका कतिपय कामकारबाहीमा अख्तियारको दुरुपयोग भयो कि भनी भइरहेको अनुसन्धानले दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारीको मनोबल गिरेको छ । जुन गतिमा दूरसञ्चार प्राधिकरणले आफ्ना कार्ययोजना द्रुत गतिमा अघि बढाउनु पर्ने हो सो हुन नसकेको अवस्थाले अब आउने अध्यक्षलाई प्राधिकरण र यस क्षत्रलाई नै पुनर्संरचना गरी संस्थाको साखलाई नयाँ सिराबाट उचाइमा पु¥याउनु पर्ने चुनौती छ ।त्रिवि उपकुलपति, प्राधिकरणलगायत संस्थानका प्रमुख छनोटमा सर्च समितिले अपनाएको प्रक्रिया ठिक भएन भनेर आवाज उठिरहँदा उपयुक्त विधि तय गर्नु महìवपूर्ण हुन्छ । “सर्च समितिले आवेदन माग गर्ने हैन, उपयुक्त पात्र खोज्नु पर्छ” भन्ने भनाइ अनुसार छनोट गर्ने कार्य नेपाल जस्तो अविकसित देशमा सफल हुन सक्दैन जुन विगत वर्षका अभ्यासले देखाइसकेको छ । विगतमा त्यही हुने गर्दथ्यो । सर्च समिति बन्थे र समितिले उपयुक्त पात्रबाट तीन जना सिफारिस गरेर पठाउने र तिनैमध्येबाट कुलपतिले उपकुलपति नियुक्ति गर्ने गरेको अभ्यास सफल नभएरै नयाँ अभ्यास सुरु भएको हो । बिनाआवेदन उपयुक्त पात्र खोज्नु आफैँमा चुनौतीपूर्ण छ । कुनै पनि व्यक्तिका तत्कालीन समयको ज्ञान, अनुभव, नैतिकता र पूर्वअसल कार्यकालको मूल्याङ्कनका आधारमा सर्च समितिले सोझै नियुक्ति सिफारिस गर्न पनि सान्दर्भिक देखिँदैन, किनभने ती व्यक्तिगत सूचक समयको बहावसँगै परिवर्तन भइरहन्छन् । कुनै समयमा कुनै व्यक्तिको प्रख्यातिलाई मात्र आधार मानी सोझै नयाँ नियुक्त गर्दा संस्थामा सुधार आउँछ भन्न सकिँदैन । नियुक्ति सिफारिस गर्नु अघि व्यक्तिमा भएको दिमागी परिवर्तन, इच्छाशक्ति, ज्ञान अनुभव, प्रस्तुतीकरण÷सञ्चार–संवाद/सौदावाजी क्षमता आदिको पुनःमूल्याङ्कन हुन जरुरी छ । सर्च समितिले अपनाउनुपर्ने विधि के हो ?विश्वका कतिपय प्रतिष्ठित विश्वविद्यालय (जस्तै : इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) ले आफ्नो विश्वविद्यालयमा प्राध्यापक र पदाधिकारी छनोट गर्दा तल उल्लिखित विधि अपनाउने गरेको पाइन्छ । – सर्च समितिका सदस्यले गोप्य रूपमा विश्वभरिका क्षमतावान् व्यक्ति खोजी गरी अप्रत्यक्ष रूपमा सम्पर्क गरी कुराकानी गर्छन् । अनौपचारिक अन्तर्वार्ता गरेपछि पात्र उपयुक्त लागेमा आवेदन खुल्ने पूर्वजानकारी सहित आवेदन गर्न उत्प्रेरित गर्छन् । – संस्थालाई चाहिने आवश्यक सङ्ख्याको जनशक्ति अनौपचारिक रूपमा तय भएपछि खुला आवेदन आह्वान गरिन्छ र सो आवेदनमा सहभागी हुन अनुरोध गरिन्छ ।– तत्पश्चात् आधिकारिक रूपमा आवेदितको बायोडाटा मूल्याङ्कन, भिजन प्रस्तुतीकरण, अन्तर्वार्ता आदि प्रक्रियाबाट क्षमताको पूर्ण मूल्याङ्कन गरी उपयुक्त पात्र सिफारिस गर्दछन् । नेपालमा पनि विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिन र प्राधिकरणलगायत संस्थानका प्रमुख छनोट गर्दा माथि उल्लिखित उपयुक्त विधि अपनाउन सकिन्छ । | News | 46,055 |
तीन महिनादेखि बेपत्ता शाही मृत भेटिए | तीन महिनादेखि बेपत्ता भएका एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी र आफन्तले लगातार खोजी गर्ने क्रममा सर्केगार्ड गाउँपालिका –२ को उनापानीस्थित कर्णाली नदीको किनारमा उहाँको शव फेला पारेको हो । | https://gorkhapatraonline.com/news/56525 | राजन रावतहुम्ला, फागुन २२ गते । तीन महिनादेखि बेपत्ता भएका एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी र आफन्तले लगातार खोजी गर्ने क्रममा सर्केगार्ड गाउँपालिका –२ को उनापानीस्थित कर्णाली नदीको किनारमा उहाँको शव फेला पारेको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बेपत्ता भएका पुरुषको तीन महिनापछि लास भेटिएको बताउनुभयो । गत मङ्सिर १४ गते बेपत्ता भएका खार्पुनाथ गाउँपालिका –४ को नल्न गाउँका २८ वर्षीय पुरुष जसबहादुर शाहीको शव फागुन २१ गते बेलुका भेटिएको हो । त्यसयता शाही बेपत्ता रहनुभएको थियो । शाही बेपत्ता भएको तेस्रो दिन मङ्सिर १६ गते मृतक शाहीका दाइ कालीबहादुर शाहीले खोजीका लागि अस्थायी प्रहरी चौकी याङ्चु बजारमा निवेदन दिनुभएको थियो । शाही बेपत्ता भएदेखि नै आफन्त तथा प्रहरीले उहाँको खोजी गर्दैआएको थियो । उहाँले उनापानीको कर्णाली नदी किनारमा बेपत्ता शाहीको लास भेटिएको मृतकका आफन्त सुरेन्द्र शाहीले बताउनुभयो । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक दीपक मल्लको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । आफन्तले शव शाहीकै भएको पुष्टि गरेको छ । शाही घरबाट खच्चडमा सामान ढुवानी गरेर ल्याउन सलीसल्लातर्फ जाँदैगर्दा बेपत्ता हुनुभएको थियो । | News | 57,997 |
अभिषेकको दुई गोल | नेपाली फरवार्ड अभिषेक रिजालको दुई गोलको सहयोगमा मोहम्मडन एससीले अहमदवाद ऱ्याकेट एकेडेमीलाई ४—१ ले पन्छाउँदै आइतबार भारतको आई लिग क्वालिफायरमा लगातार दोस्रो जित हात पारेको छ । | https://ekantipur.com/sports/2020/10/11/160243294130847676.html | काठमाडौँ — नेपाली फरवार्ड अभिषेक रिजालको दुई गोलको सहयोगमा मोहम्मडन एससीले अहमदवाद ऱ्याकेट एकेडेमीलाई ४—१ ले पन्छाउँदै आइतबार भारतको आई लिग क्वालिफायरमा लगातार दोस्रो जित हात पारेको छ ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक विजेता नेपाल यू २३ टिमका अभिषेकले कल्याणी रंगशालामा सम्पन्न खेलमा दुवै गोल पहिलो हाफमा गरेका थिए । विलिस प्लाजाले अग्रता दिलाएपछि अभिषेकले ३५ औं मिनेटमा मोहम्मडनलाई २—० ले अगाडि बढाएका थिए । उनले दोस्रो गोल ४५ औं मिनेटमा गरेपछि मोहम्मडनले ३—० को अग्रता लिएको थियो । एसके फइयाजले अन्त्यतिर टिमको चोथो गोल गर्नुअघि मोहम्मडनले आत्मघाती गोल गर्न पुगेको थियो ।सागको स्वर्ण विजेता टिमका अर्का सदस्य राजेश परियारले अहमदवादबाट दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा मैदानमा प्रवशे गर्दै आई लिग क्वालिफायरमा डेब्यू गरेका थिए ।कोरोना भाइरसको महामारीको कारण आई लिग २ (दोस्रो डिभिजन) स्थगित भएपछि परिवर्तिन संरचनामा आई लिग क्वालिफायर आयोजना गरिएको हो, जहाँ इन्डियन सुपर लिग (आईएसएल) का रिजर्व टिम र कोभिड १९ को कारण आर्थिक समस्या जनाउँदै लिग त्यागेका तीन क्लब सहभागी छैनन् । राउन्ड रोबिन लिगको आधारमा कोलकाताको दुई रंगशालामा भइरहेको क्वालिफायरको विजेता टिम अर्को सिजनको आई लिगलाई छनोट हुनेछ ।लगातार दुई जितसहित मोहम्मडन ६ अंकसहित शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा गढवाललाई १—० ले पराजित गरेको थियो । अरु चार क्लबले एक/एक खेलमात्रै खेलेका छन् र यस्तोमा भवानीपुरले ३ अंक जोडेको छ । | Sports | 24,422 |
पाठ्यपुस्तक छपाइ तीव्र,समयमै पुर्याउन ताकिता | आउने शैक्षिक सत्रमा विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यसाथ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइलाई तीव्र्र बनाएको छ । अहिलेकै गतिमा पुस्तक छपाइको कामलाई निरन्तरता दिन सकिए शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक पुर्याउन कठिन नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले समेत पुस्तक छपाइको जिम्मा पाएको केन्द्रको अनुगमन गर्दै भर्नाअघि नै पाठ्यपुस्तक छपाइ सक्ने गरी काम गर्न निर्देशन दिइसकेको छ । | https://gorkhapatraonline.com/news/94195 | काठमाडौँ, माघ १२ गते । आउने शैक्षिक सत्रमा विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यसाथ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइलाई तीव्र बनाएको छ । अहिलेकै गतिमा पुस्तक छपाइको कामलाई निरन्तरता दिन सकिए शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक पुर्याउन कठिन नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले समेत पुस्तक छपाइको जिम्मा पाएको केन्द्रको अनुगमन गर्दै भर्नाअघि नै पाठ्यपुस्तक छपाइ सक्ने गरी काम गर्न निर्देशन दिइसकेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउने शैक्षिक सत्रका लागि विद्यालय तहको पाठ्यपुस्तक छपाइका लागि कक्षा एकदेखि चारसम्म निजी क्षेत्रका छापाखाना तथा कक्षा पाँचदेखि १२ सम्म जनक शिक्षालाई दिने निर्णय गरिसकेको छ । निजी क्षेत्रका छापाखानालाई समेत छनोट गर्न पाठ्यक्रम विकास केन्द्रले टेन्डर आह्वान गरिसकेको छ ।गत वर्ष भने सरकारले निजी क्षेत्रका मुद्रण संस्थालाई कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको थियो । यस पटक उक्त दायरा घटाएर चारसम्म झारिएको हो । अन्य वर्षको तुलनामा गत वर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनेबित्तिकै पाठ्यपुस्तक पाएका थिए । यसले जनक शिक्षा सामग्री केन्द्रको प्रशंसासमेत भएको थियो । केन्द्रले यस पटक सरकारले दिने हो भने कक्षा एकदेखिकै पाठ्यपुस्तक छापेर वितरण गर्न तयार रहेको समेत जनाएको थियो तर एकै निकायलाई सबै जिम्मेवारी दिँदा फेरि छपाइ तथा वितरणमा समस्या आउन सक्ने जोखिम रहेको भन्दै सरकारले निजी मुद्रण संस्थालाई पनि सहभागी गराउने निर्णय गरेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार कक्षा पाँचदेखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक पर्छ । जसमध्ये अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छ । माघ ७ गतेदेखि केन्द्रले आफ्नो छपाइ मेसिनमार्फत चौबिसै घण्टा पाठ्यपुस्तक छपाइको काम गरिरहेको छ । जसबाट दैनिक एक लाख थान पुस्तक छपाइ भइरहेको झाले बताउनुभयो । गत वर्ष पनि विद्यार्थीले धेरै वर्षको अन्तरालपछि केहीबाहेक अन्य विषयका पाठ्यपुस्तक भर्ना भएकै दिन पाएका थिए । यस वर्षको समग्र छपाइको अवस्थाबारे जानकारी दिँदै प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, चौबिसै घण्टा चलिरहेको छ ।”पाठ्यपुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको पनि झाले जानकारी दिनुभयो । गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयबाट गएको अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले पुस्तक छपाइको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । | News | 51,869 |
समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ : नेपाल | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् । | https://ekantipur.com/news/2024/06/29/the-responsibility-of-social-change-lies-on-the-shoulders-of-communists-nepal-44-30.html | काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम एकीकृत समाजवादीले ल्याउन लागेको बताए । उनले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनुहुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ । कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएका छन् । तरंग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ । हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदैछौँ ।’अध्यक्ष नेपालले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । | News | 2,190 |
लक्ष्मण र हुमीले जिते रसुवा च्यालेन्ज | लक्ष्मण मल्ल र हुमी बुढामगरले पहिलो हाइअल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि जितेका छन् । शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड लक्ष्मणले १ घण्टा २९ मिनेट १९ सेकेन्डबाट उपाधि जिते । सुरज रानामगर दोस्रो र प्रकाश थापामगर तेस्रो बने । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा दुरी पार गरे । | https://ekantipur.com/sports/2021/12/05/163867142600784936.html | काठमाडौँ — लक्ष्मण मल्ल र हुमी बुढामगरले पहिलो हाइअल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि जितेका छन् । शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड लक्ष्मणले १ घण्टा २९ मिनेट १९ सेकेन्डबाट उपाधि जिते । सुरज रानामगर दोस्रो र प्रकाश थापामगर तेस्रो बने । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा दुरी पार गरे ।महिला विजेता हुमीले १३ औं सागकी स्वर्ण विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पूरा गरिन् । तेस्रो भएकी इन्द्रकला नेम्वाङले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गरिन् । पुरुष र महिला च्याम्पियनले ४० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डबाट दोस्रा र पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डबाट तेस्रो भए । जुनियरमा विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दूरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डबाट दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्ड लगाए ।मास्टर्स र जुनियर विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे । १६ सय मिटर उचाइको कालिकास्थानबाट सुरु दौड घुम्तीबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाइको लोकिल पुगेर आलुखर्क, गोर्मु, सर्स्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुदै कालिकास्थानमै आएर टुंगिएको थियो ।प्रतियोगिता प्रदेश खेलकुद परिषद् वाग्मती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त आयोजना गरेका थिए । वाग्मती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्देश्यले प्रदेश खेलकुद परिषद् वाग्मती प्रदेशले हाइअल्टिच्युड गर्दै आएको छ । | Sports | 21,755 |
दशैं बिदापछि फर्कने यात्रु चर्को भाडाको मारमा | दशैं बिदापछि राजधानी वा अन्य शहर फर्किने यात्रुहरुले चर्को गाडी भाडा तिर्नुपरेको गुनासो गरेका छन्। | https://www.bbc.com/nepali/news-41475848 | गाडी सीमित हुने र समयमै फर्किनुपर्ने हुनाले बस व्यवसायीहरुलाई बढी भाडा तिर्न आफूहरु बाध्य भएको उनीहरुले बताएका छन्। तर बस ब्यवसायीले भने बढी भाडा नउठाएको दाबी गर्दै यदि त्यस्तो भेटिए त्यस्ता बसको यात्रु बोक्ने नियमित तालिका क्यु नै रद्ध गर्ने बताएका छन्। नेपाल प्रहरीले भने देशभरको सार्वजनिक यातायातमा कडाइका साथ जाँच गरिएको र हालसम्म ५० भन्दा बढी बसलाई कारबाही गरिएको जनाएको छ। बाध्यता काठमाण्डूट दशैं मनाउन गोरखाको बारपाक जाँदा सन्दिप श्रेष्ठले ४ सय ८० रुपैंया बस भाडा तिरेका थिए। तर फर्किंदा उनले झन्डै दोब्बर भाडा तिर्नुपर्यो। सोमबार काठमान्डू ओर्लेका उनले बीबीसीसंग भने, "लगभग दोब्बर नै तिर्नुपर्यो । गाडी त छ तर पनि काठमाण्डू आउने प्रायले ८ सय रुपैंया नै तिरेका छन्। सबै गाडी भरिभराउ छ । आउनै पर्यो। तिर्नै पर्यो भने जति । एकजना मात्र बोलेर भएन। " सन्दिप जस्तै काठमाण्डू लगायत गाँउबाट शहर फर्किने प्राय: यात्रु नियमित भन्दा चर्को भाडा तिर्न बाध्य भएको बताउँछन्। घर फर्किने चटारो हुने भएकोले भनेजति भाडा तिर्नुपरेको उनीहरुको गुनासो छ। दशैं जस्तो ठूला चाडका बेला सधै नै हुने यस्तो समस्या रोक्न भन्दै प्रहरीले देशभरि नै यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो। प्रहरीले बढी भाडा असुल्ने, बढी दरमा टिकट बेच्ने बिचौलिया र रुट इजाजत विना यात्रु बोक्नेलाई कारबाही गरिएको बताएको छ। कारबाही नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने, "बढी भाडा लिने लामो दूरीको सवारी चालक ५३, बढी दरमा टिकट बेच्ने बिचौलिया ३४ जना र रुट इजाजत विना चलाउने २१ गाडी माथि कारबाही गरिएको छ।" उनका अनुसार विगतका दाँजोमा यो वर्ष यात्रुहरु ठगिने प्रतिशत भने कम छ। तर बस ब्यवसायीहरुले भने सम्वन्धित स्थानको बाटोको स्थिति हेरेर स्थानीय अधिकारीहरुको रोहबरमा भाडा तय गरिएको र त्यो भन्दा बढी मूल्य नलिएको दाबी गर्छन्। नेपाल बस ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनाल भन्छन्, "टिकट काटेर बढी भाडा लिने कुरा हुंदैन। कसैले मिलेर रिजर्भ गरेर एक दुई हजार रुपैंया बढी दिनका लागि सहमति हुन्छ भने त्यो पाइन्छ। किनभने त्यहाँ अर्को यात्रु चढाउन पाइन्न।" यात्रुहरुले मद्दत गरे कारबाही प्रक्रिया अगाडि बढाउन अझ सहयोग पुग्ने प्रहरीको भनाइ छ। बढी मूल्य असुल गरेको पाए त्यस्ता बसधनीको 'क्यु' नै रद्ध गर्न सक्ने बस ब्यवसायी महासंघ बताउँछ। तर पनि यात्रुहरुले बढी मूल्य तिरेरै यात्रा गर्न क्रम भने नरोकिएको देखिन्छ। | Others | 67,291 |
शीर्षस्थानमा आर्मी | एपीएफलाई उछिन्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष क्लब लिग भलिबलको शीर्षस्थानमा पुगेको छ । हेल्प नेपालले खेल छाडेको फाइदा लिँदा आर्मीको भागमा स्पष्ट ३ अंक परेको हो । | https://ekantipur.com/sports/2018/12/21/154535980593674088.html | लेखनाथ — एपीएफलाई उछिन्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष क्लब लिग भलिबलको शीर्षस्थानमा पुगेको छ । हेल्प नेपालले खेल छाडेको फाइदा लिँदा आर्मीको भागमा स्पष्ट ३ अंक परेको हो । ६ खेल खेल्दा आर्मीले १५ अंक जोडेको छ भने एपीएफ र पुलिस १४ र १३ अंकसाथ क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । रूपन्देहीको मणिमुकुन्द भलिबल क्लब ११ अंकसाथ चौथो र नयाँबजार समाज स्पोटर््स क्लब ९ अंकसाथ पाँचांै स्थानमा छन् ।बिहीबार दुई खेल खेल्नुपर्ने हेल्प नेपाल स्पोर्ट्स क्लब बुधबारको विवादका कारण अनुपस्थित भयो । हेल्प नेपाल बाहिरिएको फाइदा आर्मी र जावलाखेलले लिए । उनीहरूको खातामा नियमानुसार ३/३ अंक जोडियो । ढोरपाटनले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ सेटमा पाखा लगाउँदै लिगमा जितको पहिलो खाता खोल्यो । ढोरपाटनले पहिलो सेट २५–१७ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमाउनुपर्यो । तेस्रो सेटमा लयमा फर्किंदै २५–१५ ले खेल आफ्नो पक्षमा पार्यो । चौथो सेट ढोरपाटनले २५–१८ ले जित्यो ।नयाँबजारले ढोरपाटनलाई सोझो सेटमा हरायो । नयाँबजारले २५–२२, २५–१८ र २५–१८ को सेटमा ढोरपाटनविरुद्ध सहज जित निकालेको हो । दुई विभागीय टोली एपीएफ र पुलिसबीचको खेल भने रोचक बन्यो । पुलिसले एपीएफलाई ३–१ को सेटमा रोक्दै शीर्षस्थानमा पुग्ने एपीएफको चाहनालाई विफल पार्यो । पहिलो दुई सेट २५–१७ र २५–२१ ले पुलिसले जितेको थियो । तेस्रो सेटमा भने एपीएफबाट २४–२६ मा रोकियो । पुलिसले चौथो सेटमा खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो ।बिहीबारको अन्तिम खेल भने मणिमुकुन्दले जावलाखेललाई सोझो सेटमा पराजित गर्यो । मणिमुकुन्द २५–१४, २५–१२ र २५–२० ले विजयी भयो । प्रतियोगिताको छैटौं दिन शुक्रबार ३ खेल हुने आयोजकले जनाएको छ । | Sports | 28,235 |
जनतालाई आशावादी बनाउने समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्री शर्माको आग्रह (भिडियो) | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/63519 | काठमाडौं, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।आइतबार गोरखापत्र संस्थानको १२३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्नुहुँदै सकारात्मकतर्फ लैजान सञ्चारमाध्यमहरूको भूमिका आवश्यक रहेको बताउनुभयो ।‘‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ । सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट जति पनि कामहरू भएका छन्, नकारात्मक कामहरू, सकारात्मक कामहरूका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जति पनि सकारात्मक कामहरू छन्, धेरै नै चर्चामा छन् । सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्याउन सक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका छ ।’’मन्त्री शर्माले सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट भएका कामहरूको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताउनुभयो । उहाँले सकारात्मक कामहरूलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने औँल्याउनुभयो । उहाँले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुन बनाउने प्रक्रियामा छौँ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान हामी सबैको मागको विषय छ । यो आवश्यक छ भन्नेकुरा छ, मन्त्रालयले पनि आवश्यक महसुस गरेको छ, त्यसको स्थापनाका लागि आम सञ्चार प्रतिष्ठान ऐन हामीले पहिला पारित गर्नुपर्छ । यसको हामी करिब अन्तिम तयारीमा पुगेका छौँ । आमसञ्चार प्रतिष्ठान गठन गरेर यस क्षेत्रमा सबैको वृत्ति विकासमा हामी निरन्तर प्रयत्नरत छौँ ।’’मन्त्री शर्माले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महसुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताउनुभयो । | News | 56,619 |
‘नाङ्गो गाउँ’ सर्तमा टिकेको कथा | चलचित्र ‘नाङ्गो गाउँ’ राजनीतिमा देखिने सही र गलत अभ्यासका कुराको सेरोफेरोमा बनाइएको कथा हो। चलचित्रको कथाले देशमा देखिएका विभिन्न राजनीतिक नेतृत्वको कामकाजलाई उठान गर्न खोजेको छ। नाङ्गो बन्न लागेको गाउँका लागि जनताले कस्तो नेता खोजिरहेका छन् र ती नेताले गाउँलाई नाङ्गो हुनबाट बचाउँछन् या आफैँ नाङ्गो भएर गाउँ छाड्न कसरी बाध्य हुन्छन् भन्ने कुरा चलचित्रको कथामा पाइन्छ। सधैँ जसो जनताको मुखमा एउटा कुरा सुनिन्छ नेताले देश बिगारे। बजारदेखि युवाको गफिने थलोसम्म नेताले देश बिगारे अब कसले बनाउने देश भन्ने चिन्ता मात्र सुनिन्छ। नेपालको विकास नहुनुमा नेताहरूको ठुलो हात छ। भ्रष्ट नेता र उनीहरूले गर्ने काम नै यसको मुख्य जड हो। यिनै कुराको सेरोफेरोमा चलचित्र ‘नाङ्गो गाउँ’ को कथा घुमेको छ। | https://gorkhapatraonline.com/news/79174 | काठमाडौँ, असोज ५ गते । चलचित्र ‘नाङ्गो गाउँ’ राजनीतिमा देखिने सही र गलत अभ्यासका कुराको सेरोफेरोमा बनाइएको कथा हो। चलचित्रको कथाले देशमा देखिएका विभिन्न राजनीतिक नेतृत्वको कामकाजलाई उठान गर्न खोजेको छ। नाङ्गो बन्न लागेको गाउँका लागि जनताले कस्तो नेता खोजिरहेका छन् र ती नेताले गाउँलाई नाङ्गो हुनबाट बचाउँछन् या आफैँ नाङ्गो भएर गाउँ छाड्न कसरी बाध्य हुन्छन् भन्ने कुरा चलचित्रको कथामा पाइन्छ। सधैँ जसो जनताको मुखमा एउटा कुरा सुनिन्छ नेताले देश बिगारे। बजारदेखि युवाको गफिने थलोसम्म नेताले देश बिगारे अब कसले बनाउने देश भन्ने चिन्ता मात्र सुनिन्छ। नेपालको विकास नहुनुमा नेताहरूको ठुलो हात छ। भ्रष्ट नेता र उनीहरूले गर्ने काम नै यसको मुख्य जड हो। यिनै कुराको सेरोफेरोमा चलचित्र ‘नाङ्गो गाउँ’ को कथा घुमेको छ।बेथानचोक गाउँपालिकामा भ्रष्ट नेता जरी लामा (शिशिर बाङ्देल) ले धेरैअघिदेखि आफ्नो पकड जमाएर बसेका छन्। उनले हरेक कुरामा भ्रष्टाचार गरेका छन्। यतिले नपुगेर उनको आँखा त्यहाँको विद्यालयमा पनि पुग्छ। तर यो कुरा गणित विषय पढाउने शिक्षक पासाङ (दयाहाङ राई) लाई मान्य हुँदैन तर त्यहाँका गाउँलेले यति हुँदासम्म पनि खासै केही बोल्दैनन्। उनीहरूलाई जस्तो नेतृत्व आए पनि उनीहरूको बिहान बेलुकीको गुजारा चल्न पाए पुग्छ। परिवर्तन कसैले भनेर हुँदैन। यो आफ्नो मनभित्रबाट जागेर आउनुपर्छ भन्ने हेतुले पासाङ विद्यालय र गाउँलेका निम्ति शिक्षक पेसा छाडेर राजनीतितिर होमिन्छन्। वर्षौंदेखि गाउँमा शासन गर्दै आइरहेका जरी भने गाउँपालिकाको अध्यक्ष पद परिवारवादको लागि मात्र हो भन्ने ठान्छन्। उनी विद्यालयमा आफ्नो कार्यकर्ता भर्ती गराउँछन्। उनीभित्र सधैँ उनले भाषणमा प्रयोग गरिरहने एउटा दम्भ हुन्छ। गाउँमा सडक बनाइदिएको र गाउँलाई थोत्रो एम्बुलेन्स किनिदिएको उनले सधैँ भनिरहने कुरा हो तर उनले किनिदिएको एम्बुलेन्समा एउटी गर्भवती महिला ठिक समयमा अस्पताल पुग्न नपाएर जीवन गुमाउनु परेको कुरा जरीलाई थाहा हुँदैन। जरीको यही प्रवृत्तिसँग दिक्क भएका गाउँलेले नै पासाङलाई चुनावमा उठाउँछन् तर यसमा पनि जरीले एउटा सर्त राख्छन्, “चुनावमा जसले हार्छ त्यसले मतगणनास्थलबाट नाङ्गै घर जानुपर्ने हुन्छ,” चलचित्रभित्रको कथाको यो नौलो पाटोलाई निकै रोचक ढङ्गले देखाउन खोजिएको छ।त्यस्तै जरीले आफू हार्छु भनेर अपनाएको अनेक तिकडमदेखि लिएर पासाङले पढाएका विद्यार्थी शङ्कर ‘कर्मा’ ले खेलेको दोहोरो चारित्रिक भूमिकाले पनि चलचित्रको कथामा ट्विस्ट ल्याउने काम गर्छ। शिक्षकको भूमिकामा दयाहाङलाई सुहाएको छ। गाउँपालिका प्रमुखको भूमिकामा देखिएका शिशिर बाङ्देलले आफ्नो अभिनय क्षमता प्रशस्त रूपमा देखाउन पाएका छन्। उनले आफ्नो भूमिकामा न्याय गरेका छन्। चलचित्रका अन्य कलाकारमा मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, अङ्कित खड्का, रवीन्द्र झालगायतको अभिनय छ। चलचित्रको सबैभन्दा रमाइलो पक्ष भनेकै अङ्कित खड्का र रवीन्द्र झाको अभिनय शैली हो। दुवैले बोल्ने शैलीलाई दर्शकले धेरै रुचाउँछन्। अन्य कलाकारको अभिनय भने खासै प्रभाव छाड्ने खाले देखिँदैन। सधैँ नयाँ कथा दर्शकलाई पस्कन खोज्ने निर्देशक दीपेन्द्र लामाले यस पटक चलचित्रमा राजनीतिक विषयवस्तुलाई नयाँ ढङ्गबाट देखाउन खोजेका छन्। उनले चलचित्रमा प्रत्येक पात्रको काममा न्याय गर्न खोजेका छन्। अन्य चलचित्र जस्तै यसमा पनि निर्देशक लामाले खासै तडकभडक अपनाएका छैनन्। त्यसैले पनि उनको निर्देशकीय र कथा लेखन रुचिकर र हेरुन्जेल आनन्दमय हुन्छ। | News | 43,919 |
राजर्षिलाई एनएसएसको उपाधि | राजर्षि गुरुकुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता जितेको छ । राजर्षिले आइतबार भएको फाइलनमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३० औं एनएसएसको उपाधि जितेको हो । | https://ekantipur.com/sports/2023/02/06/167564948008049945.html | काठमाडौँ — राजर्षि गुरुकुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता जितेको छ । राजर्षिले आइतबार भएको फाइलनमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३० औं एनएसएसको उपाधि जितेको हो ।निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा राजर्षि ५–४ ले विजयी भयो । विद्या संस्कृति स्कुल तेस्रो भयो । बास्केटबलतर्फको उपाधि बौद्ध एकेडेमी र भ्याली पब्लिक स्कुलले जितेका छन् । पुरुषतर्फ बौद्धले भ्याली पब्लिकलाई हरायो । सेन्ट जेभियरले तेस्रो स्थान प्राप्त गर्यो । महिलातर्फ भ्याली पब्लिकले फाइनलमा दीक्षालय स्कुललाई हरायो । संस्कृति अन्तर्राष्ट्रिय स्कुलले तेस्रो स्थान हासिल गर्यो । विजेतालाई एनएसएसका संस्थापक प्रिन्सिपल डा. माधवप्रसाद बराल, प्रतियोगिताका संयोजक प्रभात रिसाललगायतले पुरस्कृत गरे । फुटबलमा १२ र भलिबलमा ११ टोली सहभागी थिए । | Sports | 18,509 |
म्याद सकिन लागेपछि पुलको काम सुरु | खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा म्याद सकिन लाग्दा पुल निर्माणको काम सुरु भएको छ । | https://gorkhapatraonline.com/news/66869 | राजकुमार भट्टराईखोटाङ, जेठ २४ गते । खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा म्याद सकिन लाग्दा पुल निर्माणको काम सुरु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका –५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका –१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो ।एमएस कालिका–बेदांसी जेभीले भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सयमा निर्माणको जिम्मा पाएको हो । सम्झौताअनुसार आगामी २०८० असोजमा पुलको म्याद सकिदैछ । निर्माण कम्पनीले भर्खर काम सुरु गरेको छ ।म्याद सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनीले जेठ १९ गतेबाट पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो ।सम्झौताअनुसार बंशिलाघाटमा पाइल फाउण्डेसन भएको १५० मिटर लम्बाई भएको प्रिस्ट्रेस बक्स गिर्डर ब्रिज बन्नेछ । तर निर्माण कम्पनीले समयमा काम सक्ने छाँटकाँट देखिदैन । निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट बल्ल पुगेको प्रदेश सांसद भूपेन्द्र राईको भनाइ छ । हाल ठेकेदारले काम सुरु गरेको स्थानीयले बताएका छन् । पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो । पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताउनुभयो । | News | 55,888 |
बजेटमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/95879 | काठमाडौं, माघ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताउनुभयो ।हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उहाँको जोड थियो ।छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्त्वपूर्ण रहेको बताउनुहुँदै उहाँले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रियाअन्तर्गत नै छलफल आयोजना गरेको बताउनु भयो । “सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ ।,” प्रधनमन्त्री प्रचण्डले भन्नुभयो, “यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव सङ्केन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।”देशमा आर्थिक सङ्कट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसङ्गबारे चर्चा गर्नुहुँदै उहाँले सङ्कटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताउनुभयो । “म सङ्कटको बेला प्रधानमन्त्री भएँ । देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु ।” उहाँको भनाइ थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।”राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’ मा विभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिनुभएको थियो । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोह्रौँ योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिनुभएको थियो । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने उहाँको भनाइ थियो ।कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसङ्ख्यक जनताको पहुँच कसरी पुर्याउनेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । यसैगरी, वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उहाँहरुको थियो ।छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको बिरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिनुभएको थियो । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिनुभयो ।कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताउनुभयो । यसैगरी, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए ।यसैगरी, विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च वृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दबाबमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए । | News | 35,450 |
चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै | पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । | https://gorkhapatraonline.com/news/83595 | नेपालगन्ज समाचारदातानेपालगन्ज, कात्तिक १३ गते । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताउनुभयो । उहाँले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया जिल्लाकै बासिन्दा हुने बताउनुभयो । सो उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त उद्योगका लागि १० हजार केभिएको प्रसारण लाइनको आवश्यकता पर्ने हुँदा सोका लागि पनि पहल सुरु गरिसकिएको छ । पछिल्लो समयमा आएर बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले सो उद्योग सञ्चालन गर्न थालिएको जनाइएको छ । हाल सेरामिक टायल विभिन्न देशबाट आयात हुने गरेको हुँदा महँगोसमेत पर्ने गरेका छन् । सो उद्योगले सेरामिक टायलको आयात विस्थापन गर्ने उद्देश्य लिएको लगानीकर्ता धितालले बताउनुभयो । ।उद्योग प्रस्ताव गरिएको गुलरिया–८ का वडाध्यक्ष धर्मेन्द्रकुमार बनियाले उद्योगको काम धमाधम भइरहेको जनाउँदै यो उद्योगका कारण आफ्नो वडा पनि देश विदेशमा चिनिने तथा धेरै स्थानीयले रोजगारी पाउने बताउनुभयो । उहाँले उद्योग सञ्चालनबाट स्थानीय उत्साहित रहेको र धेरै जना रोजगारी पाइने आसमा पनि रहेको जानकारी दिनुभयो । छिटोभन्दा छिटो उद्योग सञ्चालन हुने वातावरण बनाउन वडाले पूर्ण सहयोग गरिरहेको वडाध्यक्ष बनियाको भनाइ छ । गुलरिया नगरपालिकाका प्रवक्ता सुंधाशु शर्माले उद्योगको काम अन्तिम चरणमा पुगेको र सम्भवतः आगामी जनवरी महिनाबाट सञ्चालन गर्ने गरी निर्माण कार्य चलिरहेको बताउनुभयो । | News | 36,359 |
करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित | करण केसीको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । | https://ekantipur.com/sports/2019/10/07/157044077434336119.html | काठमाडौँ — करण केसीको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आइतबार नेपालले हङकङलाई हराएको थियो । यो जितले नेपाल उपाधीको पनि बलियो प्रत्यासी बनेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । त्यसमा म्याक्स ओ डोडले सर्व्धािक ४३ रन बनाए । नेपाली बलरमध्ये १७ रनमा चार विकेट लिए । यस्तै सन्दीप लामिछानेले पनि २० रनमा चार विकेट लिए । जवाफमा नेपालले एक बल बाँकी हुँदा छ विकेट गुमाएर १ सय ३४ रन बनायो ।करण १४ बलमा ३१ रन जोडेर नटआउट रहे । नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा करणको ब्याट्बाट त्यति रन निस्केको थियो । नेपालका लागि कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रनको ठोस योगदान दिए । | Sports | 26,448 |
पेट्रोलियम पदार्थको आयातमा कमी | भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । | https://gorkhapatraonline.com/news/106259 | भैरहवा समाचारदाताभैरहवा, वैशाख २१ गते । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार एक सय किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६९ करोड ८४ लाख ७८ हजार रुपियाँ सङ्कलन भएको थियो । नौ महिनामा पेट्रोल आयात एक हजार एक सय किलोलिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटरभन्दा बढी फरक छ ।भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौ महिनामा ४६ हजार २६४ किलोलिटर डिजेल आयात हुँदा एक अर्ब ४५ करोड २४ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आवको नौ महिनामा डिजेल आयात खस्केर ३६ हजार ८३६ किलोलिटर भएको छ । चालु आवमा चार अर्ब तीन करोड १० लाख १८ हजार रुपियाँ बराबरको डिजेल आउँदा एक अर्ब ५२ करोड २३ लाख २५ हजार रुपियाँ राजस्व डिजेलबाट प्राप्त भएको छ ।गत वर्षको तुलनामा यस वर्ष डिजेल, पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ । यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वाभाविकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताउनुभयो ।यो नाका हुँदै आउने डिजेल, पेट्रोल नेपाल आयल निगमको भलबारीस्थित डिपोमा भण्डारणपछि रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, प्युठान तथा काठमाडौँ पठाइने गरिन्छ । निगमको भलबारीस्थित इन्धन भण्डारण डिपो कम क्षमताको भएको र यहाँको भण्डारण इन्धनले १४ दिनभन्दा बढी नधान्ने भएकाले इन्धनको भण्डारण क्षमता ठुलो बनाउने भन्दै रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी खोलाको बगरमा भण्डारण स्थल निर्माण कार्य गत साता मात्र सुरु भएको छ ।इन्धन आयात कम हुँदा त्यसको प्रभाव भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत परेको छ । भन्सार राजस्वमा डिजेल र पेट्रोल बढी राजस्व दिनेमध्ये एक रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । | News | 34,713 |
अजियाटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्छ : सांसद वाग्ले | राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताउनुभएको छ। | https://gorkhapatraonline.com/news/88081 | काठमाडौं, मङ्सिर २० गते। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताउनुभएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो माग गर्नुभएको हो। उहाँले अर्थ समितिमा आएर आजियाटा ग्रुपका सिइओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताउनुभयो। उहाँले आजियाटाका सिइओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताउनुभयो। उहाँले नेपालको अर्थ राजनीतिक माहौललाई सङ्केत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौती हबला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहने बताउनुभयो। उहाँले देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहौल बनाउनु पर्ने दस्ताबेजले बोल्ने बताउनुभयो। उहाँले निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो। सांसद वाग्लेले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताउनुभयो। उहाँले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठुलो प्रत्यक्ष लगानीकर्तामध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भीर प्रश्नहरू उठाएको बताउनुभयो। उहाँले वर्षको ४० अर्बदेखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरू, नीति निर्माता र मिडियालाई समेत वर्षौँदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताउनुभयो।उहाँले शेयर खरिद बिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गर्नुभयो। उहाँले आजियाटाका प्रबन्ध निर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो। | News | 36,035 |
ट्वान्टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई | मधेस प्रदेशको राजविराज नगरपालिकाले प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा राजविराजले मधेस प्रदेशकै जनकपुर उपमहानगरलाई १० रनले हराउँदै १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको हो । | https://ekantipur.com/sports/2022/04/09/164950687300853867.html | विराटनगर — मधेस प्रदेशको राजविराज नगरपालिकाले प्रथम मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा राजविराजले मधेस प्रदेशकै जनकपुर उपमहानगरलाई १० रनले हराउँदै १ लाख १ हजार नगदसहित ट्रफी हात पारेको हो ।दोस्रो हुँदै जनकपुरले ५१ हजारमा चित्त बुझायो । विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लबको प्राविधिक सहयोगमा बैजनाथपुर खेल मैदानमा आयोजकलाई हराएर उपाधि यात्रा थालेको राजविराजले टस जितेर पहिला ब्याटिङ गर्दा जनकपुरका सुमन रायको कसिलो बलिङसामु ८ विकेट गुमाएर ९७ रनको सामान्य योगफल तयार गर्यो ।राजविराजका लागि विवेश यादवले २१, भेट्रान खेलाडी महबुव आलमले १४, अभिषेक कार्कीले १३ र अमित यादवले ११ रनको योगदान गरे । रायले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवको नाममा समान दुई विकेट रह्यो ।९८ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । विरगन्ज महानगरलाई पराजित गर्दै फाइनलमा पुगेको जनकपुरका लागि विशाल सुस्लिमले ३३, विक्रान्त यादवले अविजित १९ रनको योगदान गरे । उसका लागि अकवर अली र रन्जित यादवले समान ११ रनको पारी खले । वलिङमा राजविराजका विकास दासले ३, विवेक यादवले १ र महबुव आलमले १ विकेट झारे ।राजविराजका विवेक यादव म्यान आफ द फाइनल भए । म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरु दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । विजयी टिमलाई महानगर प्रमुख भीम पराजुलीले पुरस्कार र ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशका दुई महानगरपालिकासहित ६ नगरको सहभागिता थियो । | Sports | 20,705 |
बुढासुब्बा गोल्डकप फागुन २६ देखि | मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण आगामी फागुन २६ देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यसवर्ष फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । | https://ekantipur.com/sports/2024/02/22/budhasubba-gold-cup-from-february-26-12-35.html | सुनसरी — मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण आगामी फागुन २६ देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यसवर्ष फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित ८ वटा क्लबले सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगितामा थ्रीस्टार क्लब, न्यूरोड टिम (एनआरटी), त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष तामाङले जानकारी दिए । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कूल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजकले जनाएको छ ।क्लबका अनुसार गतवर्ष सम्पन्न २३ औं संस्करणमा १२ लाख ७४ हजार खुद नाफा भएको थियो । ७७ लाख २० हजार ३ सय २८ रुपैयाँ आम्दानी भएको र ६४ लाख ४६ हजार खर्च हुँदा १२ लाख ७४ हजार ३ सय २८ रुपैयाँ नाफा भएको क्लबका महासचिव नबिन राईले जानकारी दिए । | Sports | 14,688 |
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प | पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । | https://gorkhapatraonline.com/news/94030 | ढोरपाटन (बागलुङ), माघ १० गते । पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका-९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताउनुभयो । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारी चौरलगायत तल्लो क्षेत्रमा झरेको उहाँको भनाइ छ । अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताउनुभयो । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उहाँ बताउनुहुन्छ । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उहाँको भनाइ छ । यो याममा हिउँ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको उहाँ बताउनुहुन्छ । “चिसो निकै छ, पाहुना आउँदैनन्, होटल व्यवसायी यत्तिकै बसेका छन्, पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिउँ परेपछि धेरै आउने थिए, अहिले हिउँ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ”, भण्डारीले भन्नुभयो, “यहाँ वरपर बस्नेहरू पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।”दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैनथे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उहाँको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला-बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो,“शनिरबार शुक्रबारका दिन अलिअलि आउँछन्, तर धेरैजसो फर्किहाल्ने हुँदा होटलमा पाहुना हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबैतिर जाँदा एउटा पाहुना पनि पुग्दैनन्, चिसो बढी छ, बिहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।” रासस | News | 48,786 |
प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी : सङ्घीय संसद् सचिवालय | सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ । | https://gorkhapatraonline.com/news/47216 | काठमाडौं, मङ्सिर २१ गते । सङ्घीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ ।सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निलम्बित प्रधानन्यायाधीश जबरामाथि तत्कालीन संसद्ले लगाएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी आज दिनुभयो ।संसद् सचिवालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र संवैधानिक परिषद्लाई महाभियोग प्रस्ताव निष्क्रिय भएको बेहोराको पत्र पठाएको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । उहाँका अनुसार सोमबार जबराले संसद् सचिवालयमा ‘महाभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ’ भन्दै निवेदन दिनुभएको थियो ।त्यसपछि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी पत्रमा भनिएको छ, ‘‘महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्रसमेत निष्प्रभावी भएको ब्यहोरा जानकारीका लागि अनुरोध गर्दछु । प्रधानन्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि उहाँले दिनुभएको निवेदनको छायाँ प्रति यसै साथ संलग्न रहेको छ ।’’ जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । | News | 59,950 |