title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
यसरी हुन्छ वित्तीय सङ्कट न्यूनीकरण
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्काको हालको आर्थिक स्थितिले अन्य राष्ट्र पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना भएको छ । केही दशक अघिसम्म श्रीलङ्काको अवस्था दक्षिण एसियामा समुन्नत र बलियो मानिन्थ्यो । जहाँ सन् २००३ देखि २०१२ सम्म लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो । प्रतिव्यक्ति आय उच्च थियो तर अहिले यही देश गहिरो आर्थिक सङ्कटमा फसेको छ । तीन वर्ष अघिसम्म पनि राष्ट्रपति राजापाक्षेले यस्तो सङ्कटको कल्पना गर्नुभएको थिएन ।
https://gorkhapatraonline.com/news/11390
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्काको हालको आर्थिक स्थितिले अन्य राष्ट्र पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना भएको छ । केही दशक अघिसम्म श्रीलङ्काको अवस्था दक्षिण एसियामा समुन्नत र बलियो मानिन्थ्यो । जहाँ सन् २००३ देखि २०१२ सम्म लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो । प्रतिव्यक्ति आय उच्च थियो तर अहिले यही देश गहिरो आर्थिक सङ्कटमा फसेको छ । तीन वर्ष अघिसम्म पनि राष्ट्रपति राजापाक्षेले यस्तो सङ्कटको कल्पना गर्नुभएको थिएन ।श्रीलङ्काको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन व्यवसाय रहेको र सन् २०१५–१६ पछिको आतङ्कवाद तथा सन् २०१९ को कोरोनाको महामारीले यो व्यवसाय सङ्कटमा पर्दै गएकाले विदेशी मुद्राको सञ्चितिमा बिस्तारै ह्रास आउन थाल्यो । प्रत्यक्ष वैदेशिक लगानीमा निरन्तर कमी हुँदै जानु, रुस र युक्रेनबीचको युद्धले मुद्रास्फीति उच्च हुँदै जानु, चीनलगायत अन्य अन्तर्राष्ट्रिय मुलुकबाट उच्च ब्याजदरमा लिइएको ऋण तिर्न नसक्नुका कारणले विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थाल्यो । जसले गर्दा मलको आयातसमेत रोक्नुपर्ने अवस्था सिर्जना भयो । यसको प्रत्यक्ष असर प्रमुख निर्यात बालीमा प¥यो । हाल श्रीलङ्कामा दैनिक सात–आठ घण्टासम्मको लोडसेडिङ भइरहेको छ । जसले उद्योग व्यवसायलाई ठप्प पारेको छ । बाध्यतावश श्रीलङ्काले आफ्नो मुद्राको अवमूल्यन गर्नुपर्ने अवस्था आइपरेको छ, यसले आयात झन् महँगो हुँदै गइरहेको छ । विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्कामा स्कुल र कलेजको परीक्षासमेत सञ्चालन गर्न नसकेको, अत्यावश्यक वस्तुको उपभोगमा समेत जटिलता आएको, भोकमरी बढेकोजस्ता घटनाले हाम्रो देशका नागरिक पनि त्यस्तै अवस्था त आउँदैन भनेर सशङ्कित हुन थालेका छन् । आयातका लागि डलर खर्च गर्नुपर्ने अवस्था श्रीलङ्कालाई मात्र हैन, अन्य देशलाई पनि उत्तिकै छ ।श्रीलङ्काको कुल राष्ट्रिय ऋण जीडीपीको १११ प्रतिशत रहेको (झन्डै ७० विलियन) तर नेपालमा यस्तो ऋण ४०.५ प्रतिशत मात्र रहेको मुद्रास्फीति पनि नेपालमा ७ प्रतिशत मात्र रहेको र श्रीलङ्कामा २५ प्रतिशत बढी रहेको छ । त्यस्तै नेपालसंँग हाल १२ खर्बभन्दा बढी विदेशी मुद्राको सञ्चिति रहेको जसबाट झन्डै छ महिनाका लागि आयात धान्न पर्याप्त रहेको आँकडा छ । यो अवस्थामा सावधानीका उपाय नअपनाए गम्भीर आर्थिक सङ्कट नआउला भन्न सकिँदैन । सरकारले विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गरी वित्तीय सङ्कटको न्यूनीकरणको उपाय अवलम्बन गर्दै आयातमा नियन्त्रण तथा कडाइ गर्न खोजेको छ । त्यस्तै रेमिट्यान्स भिœयाउन हाउजिङ नियमावली पारित गरी विदेशी लगानी भिœयाउन, गैरआवासीय नेपालीलाई डलर खाता खोल्न गरिएका पहलले केही आशावादी हुने अवस्था देखिए पनि यसबाट तत्कालीन असहज अवस्थाको हल हुने अपेक्षा त गरिएको छ तर यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि वैदेशिक मुद्रा प्रवाह रोक्ने र त्यसको आप्रवाह बढाउने दीर्घकालीन रणनीति गरिनुपर्छ ।हाम्रोजस्तो आयातमुखी अर्थतन्त्रमा त विदेशीमुद्रा सञ्चिति अत्यन्त आवश्यक छ । कोभिडले धराशायी पर्यटन व्यवसाय, रेमिट्यान्स प्रवाह तथा वैदेशिक लगानीमा कमी, उच्च व्यापार घाटा आदि कारणले अहिलेको अवस्थामा अर्थतन्त्रमा सहजता ल्याउनु चुनौतीपूर्ण छ । विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत निकासी व्यापार पनि हो तर हाम्रो देशमा आयातको तुलनामा निर्यात १० प्रतिशत पनि छैन । वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, अनधिकृत रूपमा जमिनको प्लटिङ, उपभोग्य वस्तुको खपतमा वृद्धि, कृषिमा नयाँ प्रविधि र ज्ञानको अभाव, उन्नत मल बीउ समयमै किसानसम्म पुग्न नसक्नु आदि कारणले मुलुकमा खाद्यान्नको परनिर्भरतासमेत बढ्दै गइरहेको छ ।तसर्थ आफ्नै देशमा उत्पादन गर्न सकिने खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाई स्थानीय उत्पादनलाई व्यवसायीकरण गरिँदै लगिनुपर्छ । त्यसैगरी पेट्रोलियम पदार्थको आयातमा नेपालले बर्सेनि लगभग तीन विलियनभन्दा बढी डलर खर्चिनु परेको छ । जसका लागि वैकल्पिक ऊर्जाका स्रोत पहिचान गरी पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरण गर्न सकेमा मात्र पनि ठूलो विदेशी रकम जोगाउन सकिन्छ । चीन, भारतलगायत अन्य धेरै एसियाली राष्ट्रले समेत पछिल्लो तीन दशकमा तीव्र आर्थिक वृद्धिदर हासिल गरिसकेका छन् तर नेपालको आर्थिक वृद्धिदर सुस्त छ । केही वर्षअघिसम्म गरिब राष्ट्रका रूपमा चिनिएको छिमेकी मुलुक बङ्गलादेश उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएर अगाडि बढेको छ र विगत एक दशकदेखि औसत वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सफल पनि भएको छ । निर्यातमुखी उत्पादन उद्योगलाई प्राथमिकतामा राखी कृषि तथा औद्योगिक क्षेत्रलाई विविधीकरण गर्दै आत्मनिर्भर बन्दै गइरहेको छ । फलस्वरूप सन् २०३१ सम्म उच्च मध्यम आय भएको देश तथा सन् २०४१ सम्म उच्च आय भएको विकसित देशको परिचय बनाउने लक्ष्य लिएर अघि बढिरहेको छ । जसका लागि यातायात, सडक, विशेष आर्थिक क्षेत्र, बन्दरगाह आदि भौतिक पूर्वाधारलगायत ऊर्जा क्षेत्रको विकासमा बृहत् योजनासहित तीव्र रूपमा लगानी बढाएको छ । जसबाट देशमै स्वदेशी उद्योग र रोजगारीमा अभिवृद्धि गर्न सफल भएको छ । त्यस्तै बजार निर्देशित ग्रामीण वित्त सेवाको विस्तार गरी लघु कर्जामा आम नागरिकको पहुँच विस्तार गर्दै कर्जा आपूर्तिमा वृद्धि गरी स्वरोजगारमा टेवा पु-याउन सकेको छ । यसरी विभिन्न उपाय अवलम्बन गरी बङ्गलादेशले छोटो अवधिमा आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सफल भएको छ ।नेपालले बङ्गलादेशले लिएको बाटो पछ्याउन सकेको छैन । पुँजीगत बजेट साँघुरिँदै गएको छ । त्यसको एकतिहाइ पनि समयमै खर्च हुन नसक्दा पूर्वाधार निर्माणले गति लिन सक्दैन । जसले गर्दा रोजगारी उत्पादन र आम्दानीमा वृद्धि हुन सक्दैन । आर्थिक वर्षको अन्त्यतिर मात्र पुँजीगत खर्चको व्यापकता बढेर जाने गलत प्रवृत्तिको अन्त्य हुन नसक्दा दिगो पूर्वधार निर्माण हुन सक्दैन । राजनीतिक नेतृत्वबीचको आपसी असमझदारी, असमन्वय, कमजोर सहकार्यका कारण प्रारम्भ भएका विकास निर्माणका काम पनि अलपत्र परेका छन् ।राज्य व्यवस्था सञ्चालनका लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कर्मचारीतन्त्र राज्य सञ्चालनको मेरुदण्ड हो । राज्य सञ्चालनका लागि दक्ष, योग्य, कामप्रति निष्‍ठावान्, व्यावसायिक कर्मचारीको आवश्यकता पर्छ तर राजनीतिक क्षेत्रको अनावश्यक हस्तक्षेप र दलगत स्वार्थमा केन्द्रित भई सिद्धान्तविपरीतको हस्तक्षेपले कर्मचारीतन्त्र जनताप्रति उत्तरदायी नभई शासकप्रति उत्तरदायी भएको छ । कर्मचारीतन्त्र र राजनीतिक सीमारेखा प्रस्ट छैन । वृत्ति विकास, स्थानान्तरणजस्ता कुरामा राज्य केन्द्रीकरण भई आफ्नो शक्ति खर्चिरहेको छ । वृत्ति विकासमा योग्यता, क्षमता,इमानदारीजस्ता कुराको अवमूल्यन भइरहेको छ । जसले गर्दा आर्थिक चलखेल र भ्रष्टाचारले प्रश्रय पाइरहेको छ । दलीय स्वार्थ र राजनीतिक हस्तक्षेपले कर्मचारीलाई कामप्रति निष्ठावान् बनाउन सक्दैन । जिम्मेवारी बोध नगर्ने, व्यक्तिगत स्वार्थअनुरूप काम गर्ने, अनियमितता र भ्रष्टाचारमा रमाउने कर्मचारीले सङ्गठनको साख जोगाउन सक्दैनन् । भ्रष्टाचार र कुशासनबाट पीडित पाकिस्तानबाट समेत नेपालले बेलैमा पाठ सिकी निजामती सेवा होस् या सुरक्षा निकाय वा अन्य कुनै पनि गैरराजनीतिक संस्थालाई प्रतिबद्धतासहित काम गर्न स्वतन्त्र छोडिनुपर्छ । प्रजातन्त्रको आफ्नै निश्चित मूल्य, मान्यता, विधि र पद्धति हुन्छ तर यही प्रजातन्त्रले राम्ररी काम गर्न नसक्दा देश आत्मनिर्भरको बाटोमा डोरिन सकेन । देशमा चुनाव नजिकिँदो छ । आर्थिक सूचकाङ्क सकारात्मक छैनन् । तसर्थ देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजान सक्ने नीतिगत, संस्थागत र संरचनागत सुधार गर्न सक्ने सक्षम नेतृत्व चुनौँ । यस विषयमा बहस थालौँ । राजनीतिक दलहरू परिवर्तनका वाहक हुन् । संस्थाका सारथि हुन् । रातारात नेपाललाई सिङ्गापुर र स्विट्जरल्यान्ड बनाउने भ्रम छर्ने, आश्वासन दिने, अध्ययन अनुसन्धानबिनाका खोक्रा सपना बाँड्ने नेता हैन, व्यवहारपरक, भ्रष्टाचार नियन्त्रण गर्न सक्ने, जनताप्रति उत्तरदायी हुने र सुशासनको अनुभूति दिन सक्ने योग्य नेता चुनौँ । देशलाई आत्मनिर्भर बनाउन सक्ने नेताको टड्कारो आवश्यकता छ । व्यक्तिगत स्वार्थलाई हैन, राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्ने नेतृत्व चुनौँ । देशलाई सही दिशा निर्देश गर्न सक्ने सक्षम नेतृत्व चुनौँ ।
News
48,381
सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
https://gorkhapatraonline.com/news/50869
काठमाडौं, पुस २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।गत भदौ २१ गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।त्यसयता सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा राखेर अनुसन्धान गरिँदै आईएको थियो । यस मुद्दाको अन्तिम टुंगो भने काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ । 
News
59,139
हिमानीद्वारा दुई मन्दिरमा विशेष पूजा
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/93585
केदार तिमल्सिना बनेपा, माघ ६ गते । पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । हिमानीले शनिबार बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी भगवती र पनौती नगरपालिका –५ धनेश्वरमा रहेको धनेश्वर महादेवको विशेष पूजा अर्चना गर्नुभएको हो । विशेष पूजा अर्चनाका लागि काभ्रेपलाञ्चोक आउनुभएकी पूर्व युवराज्ञी शाहलाई उहाँका समर्थकले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङबाट मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका थिए । बिहान करिब साढे १० बजे जिल्ला आउनुभएकी हिमानीले करिब आधा घण्टा धनेश्वर महादेव मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । धनेश्वर महादेवको पूजा सकेपछि उहाँले मन्दिर नजिकै रहेको धनेश्वर आधारभूत विद्यालयका लागि हिमानी ट्रष्टको तर्फबाट विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । धनेश्वर महादेवको दर्शन तथा धनेश्वर आधारभूत विद्यालयको निरीक्षणपछि हिमानीले धुलिखेलमा जिल्लाका समर्थकहरूसँग भेटघाट गर्नुभयो । भेटघाटपछि पूर्व युवराज्ञी शाह ३ बजेदेखि करिब आधा घण्टा बनेपा नगरपालिका –५ स्थित चण्डेश्वरी भगवती मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । चण्डेश्वरीको दर्शनसँगै हिमानीले मन्दिरनजिक रहेको नारायणको दर्शन तथा नारायण रहेको परिसरमा स्थापना गरिएको घण्टको उद्घाटन गर्नुभयो । चण्डेश्वरी मन्दिरको दर्शनसँगै चण्डेश्वरी मन्दिर ज्येष्ठ नागरिक आश्रम निर्माण मूल समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले मन्दिरनजिक निर्माण हुन लागेको ज्येष्ठ नागरिक आश्रम निर्माण सहयोगका लागि मागपत्र प्रस्तुत गर्नुभएको थियो । 
News
51,909
नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित
क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।
https://ekantipur.com/sports/2023/03/13/167869126869673293.html
काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ कम नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे ।खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।त्यस्तै पपुवा न्युगिनीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाए । आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन् । आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण केसी आएका छन् ।तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुरआइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।नेपालले बिहीबार यूएईसँग खेल्दै छ ।
Sports
18,066
मानव बेचबिखनमा ‘राष्ट्रिय सहमति’
२०४६ सालको जनआन्दोलन उत्कर्षमा रहेका बेला म नख्खु जेलमा थिएँÙ मनमोहन, तुल्सीलाल, रोहित र पद्मरत्नहरूसँगै । जेलमा ल्याइएका विद्यार्थी नेतालाई जन्डिस लागेका कारण एक दिन अस्पताल लगियो । उनी त प्रहरीलाई पनि चक्मा दिएर अस्पतालबाटै भागेको सनसनीपूर्ण खबर फैलियो ।
https://ekantipur.com/opinion/2023/05/16/168420162947781578.html
२०४६ सालको जनआन्दोलन उत्कर्षमा रहेका बेला म नख्खु जेलमा थिएँÙ मनमोहन, तुल्सीलाल, रोहित र पद्मरत्नहरूसँगै । जेलमा ल्याइएका विद्यार्थी नेतालाई जन्डिस लागेका कारण एक दिन अस्पताल लगियो । उनी त प्रहरीलाई पनि चक्मा दिएर अस्पतालबाटै भागेको सनसनीपूर्ण खबर फैलियो ।राज्यको नजर छलेर भाग्नमा सिपालु अरू कोही थिएनन्, टोपबहादुर रायमाझी थिए । प्रहरी र सेनाको आँखा छलेर टाप कस्ने कौशल राज्यविरुद्ध माओवादीले चलाएको युद्धमा टोपबहादुरले कति प्रयोग गरे, उनी नै जानून्Ù राज्य चलाएर देश खाइसकेपछि भने उनको खुबी उपयोगी भएछ, यो सबैले देखे–जाने । मशाल, माओवादी र एमालेको नेता हुँदै, पाँच–पाँच पटक मन्त्रीसँगै उपप्रधानमन्त्री, सांसद र दलको सचिवसम्म हुन भ्याएका टोपबहादुरलाई टाप कस्ने विशेषताले नै यस पटक भने भाग्नै नसक्ने गरी अपराधको खाडलमा जाक्यो । दलपतिहरूको आशीर्वादमा वा न्याय–कानुनका मठाधीशहरूको कृपामा दण्डित हुनबाट कदाचित् बचिहाले भने पनि भगुवापनले नै उनको जघन्य अपराधलाई सिद्ध गरिसकेको छ । जसरी नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडले पक्राउ पर्दा नाटकीय पाराले आफ्ना अपराधमा प्रमाण लाग्ने ‘गोप्य कागज निल्दै’ आफूलाई पहिले नै दोषी सिद्ध गरे, त्यसरी नै टोपबहादुरले पनि गिरफ्तारीलाई छल्न फरारको भूमिका खेल्दै आफ्नो अपराधलाई थप उजागर गरे । काठमाडौंमा गिरफ्तारीपछि टोपबहादुरले क्रान्तिकारी नेतादेखि मानव बेचबिखनका अभियुक्तसम्मको भूमिका, त्यसमा पनि छोरा सन्दीप रायमाझीको संलग्नताबारे संस्मरण लेखेमा यस्ता खालका अपराधका अनेक अदृश्य पक्ष खुलस्त हुन सक्छन् । यही कुरा बालकृष्ण खाँड–मञ्जु खाँड, रामबहादुर थापा बादल–प्रतीक थापा, इन्द्रजित राई–नीरज राई र अन्यका हकमा पनि लागू हुन सक्छ । व्यक्ति र राज्य नै अपराधको जाल बुन्दै नक्कली शरणार्थी बनाउने ठगी प्रकरणमा टोपबहादुरदेखि बालकृष्णसहित ठूला राजनीतिक नेता र गृह प्रशासनका उच्च अधिकारीसम्म संलग्न रहेका थप तथ्य सार्वजनिक हुँदै छन् । १३ जना हाइप्रोफाइल राजनीतिक–प्रशासनिक व्यक्तिहरूको गिरफ्तारीको लहरो पनि कहाँ पुगेर टुंगिने हो, अनिश्चित छ । ठगी कसुर अनुसन्धानका क्रममा रहेको प्रहरी प्रशासन नक्कली शरणार्थी प्रकरण संगठित अपराध, सरकारी कागजात/छाप तथा दस्तखत किर्ते, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पदको दुरुपयोग/भ्रष्टाचार र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मात्रै होइन, राज्यविरुद्धको कसुर पनि हो भन्ने निष्कर्षमा पुग्दै छ । यसमा केही व्यक्ति र तिनका परिवारको आपराधिक भूमिका मात्रै बढी आलोचित हुने तथा संस्था, दल वा राज्यको नकारात्मक भूमिकाबारे उठ्नुपर्ने जब्बर प्रश्नचाहिँ अविचारणीय नै हुने सम्भावना पनि छ । यस प्रकरणमा जोडिएका व्यक्ति र परिवारको प्रश्नसँगसँगै संस्थागत सवालचाहिँ राजनीतिक–प्रशासनिक भ्रष्टाचारले जन्माएको आक्रोशबीच दबिने सम्भावना कम छैन । नेपाली नागरिकलाई भुटानबाट आएका शरणार्थी बनाउने अनि तिनै नक्कली शरणार्थीलाई अमेरिका पठाउने दुष्कर्म वास्तवमा अनागरिक बनाउने र तिनको तस्करी गर्ने मानव बेचबिखनको अपराध हो । यस्तो जघन्य अपराधमा वामपन्थी र लोकतान्त्रिक दलसँगै अनेक आन्दोलनको अगुवाइ गर्दै आ–आफ्ना दल र नेपाली राज्यका प्रमुख पदसम्म पुग्न सफल व्यक्तिहरूको प्रत्यक्ष संलग्नताका कारण राजनीतिक–प्रशासनिक नेतृत्व आलोचनाको तारो हुनु र सजायको भागीदार बनाइनु अति नै स्वाभाविक र जरुरी पक्ष हो । जुनसुकै व्यक्ति भए पनि, जुनसुकै पदाधिकारी भए पनि, जुनसुकै दल र राज्यको मठाधीश भए पनि यस्ता अपराधका लागि व्यक्तिलाई जिम्मेवार र जवाफदेह बनाउनु तथा दण्डित गर्नु नै पर्छ । नक्कली शरणार्थी प्रकरणमा अपराधको लहरो तान्दै जाँदा धुम्बाराहीको बलेसी, बालकोटको बार्दली र बालुवाटारको आँगन नै थर्किए भने पनि थर्किऊन् भन्ने हदसम्मको कानुनी शासनको प्रत्याभूति नागरिकको प्रबल माग हो । दण्डहीनताका लागि दलीय सहमतिको खतरा विडम्बनाको कुरा, यस्तो जघन्य अपराधमा पनि शीर्ष नेताहरूको चोचोमोचो, ठूला दलहरूको मिलेमतो र राजनीतिक सम्झौताका आधारमा दण्डहीनताबारे एकबुँदे ‘राष्ट्रिय सहमति’ हुने क्रममा दोषी र अपराधीले व्यक्तिगत उन्मुक्ति पाउने खतरा टरेको छैन । सत्तापक्ष र विपक्षको राजनीतिक सीमारेखा नै मेटिने गरी बालुवाटारमा तीन शीर्ष नेताहरूबीच जारी दैनिक गोप्य मन्त्रणाले अपराधकर्ममा संलग्न आफ्ना नेता र आसेपासेलाई बचाउने सम्भावित षड्यन्त्रको आशंका कारण सचेत आम नागरिक आक्रोशित छन् । पहिले प्रत्येकजसो राजनीतिक भ्रष्टाचार र जघन्य अपराधमा पनि दलको सांगठनिक टेको र दलपतिहरूको बलियो आशीर्वाद नै अपराधीहरूका लागि दण्डहीनताको कोसेली हुने गरेको इतिहास कसैले बिर्सेको छैन । त्यसैकारण पनि अपराध व्यक्तिगत मात्रै होइन, दलगत वा संस्थागत वा राज्यगत व्यवहार पनि हुँदै आएको छ, जसलाई जवाफदेह बनाउने र दण्डित गर्ने काम अपराधलाई व्यक्तिको थाप्लोमा मात्रै राख्ने प्रवृत्तिका कारण अछुतो रहने गरेको छ ।अपराधमा व्यक्ति किन र कसरी मुछिएको छ, प्रशासनिक प्रक्रिया र कानुनी विधि–विधान–पद्धतिबाट छानबिन हुनैपर्छ । सर्वहाराको मुक्तिको नारा लगाउँदै जनयुद्धको नेतृत्व गर्ने टोपबहादुर रायमाझीदेखि प्रजातन्त्र, उदारवाद र निजी स्वतन्त्रताको संघर्षमा लागिपरेका बालकृष्ण खाँडसम्मका नेताहरू किन र कसरी मानव बेचबिखनजस्तो जघन्य अपराधमा समेत सामेल हुन पुगे ? उनीहरूमा फैलिएको भोगविलास र धनसम्पत्तिका लागि जे पनि गर्ने आचरणका लागि जनयुद्धदेखि धनयुद्धसम्म एकै हुन्Ù प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र धन–सम्पत्ति सोहोर्ने तन्त्र मात्रै हुन् ? जनमुखी चिन्तक रूपचन्द्र बिष्टले भनेझैं, यो देशमा बेइमानी गर्ने अवसर नपाएकाहरू मात्रै इमानदार भइरहने हुन् ? कुनै पनि संघर्ष, दल, तन्त्रले व्यक्तिलाई इमानी मान्छेमा रूपान्तरण नै गर्न नपर्ने हो कि इमानी मानिसलाई पनि बेइमान बनाउँदै जाने हो ? भ्रष्ट नभईकन नेता नै नहुने, नेता भएपछि भ्रष्ट नभईनछाड्ने तथा जति बेसी भ्रष्ट नेता भइयो, त्यति धेरै मात्रामा कार्यकर्ता र दलपतिको प्रिय हुने भ्रष्ट–चक्करबाट कुन दल र राज्ययन्त्र मुक्त छन् ? यस अर्थमा भ्रष्टाचार, ठगी र मानव बेचबिखनजस्ता संगठित अपराधलाई व्यक्तिका कसुरका रूपमा सीमित गर्ने कि दल, संस्था र राज्यकै समस्याका रूपमा व्यापक अर्थमा बुझ्ने ? राजनीतिक भ्रष्टाचारको रेकर्डसात सालमै कांग्रेसबाट बडाहाकिम भएका वामपन्थी पार्टीका नेता निर्मल लामाले जीवनको उत्तरार्धमा राजनीतिक भ्रष्टाचारले संसदीय प्रजातन्त्रलाई खाएकामा गहिरो चिन्ता व्यक्त गरेका थिए । उनको मृत्युपछि स्थापित अनेक तन्त्रमा झन् बढी मात्रामा राजनीति, राजनीतिक दल र राजनीतिक नेताहरूको अपराधीकरण भइरहेको छÙ अपराध र अपराधीहरूको राजनीतीकरणसँगै संस्थानीकरण भइरहेको छ । त्यसैले त एकातिर, माओवादीबाट एमालेकृत रायमाझीलाई वैधानिक रूपमा समात्न खोज्दा बालकोटको बार्दलीबाट एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आरोपीलाई संरक्षण दिँदै भूमिगत हुन सघाउँछन् । अर्कातिर, आरजु देउवामाथि प्रश्न उठ्ला भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पटक–पटक प्रहरी प्रशासनसँगै सरकार–प्रमुखलाई पनि दबाबमा राख्छन् । भ्रष्टाचारको मामिलामा प्रमुख दलहरूको अगुवाइमा चलेको गृह प्रशासन र त्यसका सचिवहरूको रेकर्ड खराब छ । विशेष गरी २०४६ सालको जनआन्दोलनपछि धेरैजसो समय गृह मन्त्रालय चलाएका कांग्रेसका तीन जना पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी र बालकृष्ण खाँड हिरासतमै पुगेको दृष्टान्त छ । अदालतबाट बकाइदा भ्रष्टाचारी ठहर हुँदा पनि, भ्रष्ट आचरणका कारण जेल सजाय भोगे पनि दलका नेता भइरहने सुविधा कांग्रेसमा भलिभाँति कायम छ । भ्रष्ट नेताहरूका लागि सम्मान, सुरक्षा र संरक्षणको विशेष सहुलियतको व्यवस्था राजतन्त्रको आपराधिक विरासत र अन्य दलका लागि शिक्षाका रूपमा स्थापित छ । यसले नेपाली राज्यको गृह प्रशासनसँगसँगै त्यसलाई चलाउने दल, नेता र प्रशासकबाट भ्रष्टाचारलाई संस्थागत र संरक्षण गरिएको प्रमाणित गर्छ । यस्तो भयावह तथ्यबारे गृहमन्त्रीदेखि पटक–पटक प्रधानमन्त्रीसम्म भइसकेका देउवा र ओली लगायतका दलपति र तिनका दललाई भन्दा अरू कसलाई बेसी थाहा होला ? नेपाली राज्यको जगमा मानव बेचबिखनठगी, भ्रष्टाचार तथा अन्य कसुरमध्ये धेरै सजाय हुने एक अपराध हो- मानव बेचबिखन र ओसारपसार । अहिले जघन्य अपराध मानिने मानव बेचबिखन र ओसारपसार पनि समय र सन्दर्भ अनुसार कसुर नै नमानिने इतिहाससमेत छ । आज राजनीतिक–प्रशासनिक नेतृत्वले गरेको जघन्य अपराध पनि लामो समयसम्म नेपाली राज्य र राज्य सञ्चालकहरूको सामान्य नाफामूलक कार्य–व्यापार रहेको पाइन्छ । नेपाली राज्य निर्माणको जगमै भेडाबाख्रा जसरी बेचबिखन र ओसारपसार गरिएका मानिसका रगत, मासु र हाडखोर छन् । ‘गोर्खाली राज’ बाट ‘नेपाल अधिराज्य’ बनेको राज्यको जग उत्खनन गर्दा लाखौं गरिब र उत्पीडित मानिसलाई दास–दासीका रूपमा, लाहुरेका रूपमा, वैदेशिक रोजगारका रूपमा, वेश्याका रूपमा बेचिएका अनगिन्ती तथ्य भेटिन्छन् । मानिसहरूलाई दास बनाएर बेच्दै फैलाइएको गोर्खाली साम्राज्यको एउटा जग हो- कुमाउ–गढवालमा जनरल अमरसिंह थापाको औपनिवेशिक कज्याइँ । एक दशकको छोटो शासनकालमै दुई लाखभन्दा बेसी नयाँ रैतीको मैदान–तराईका मण्डीमा वस्तुभाउसरि बेचबिखन नेपाली बहादुरहरूका लागि वीरताको निसानी हुन सक्छ, तर कुमाउनी–गढवाली नजरमा क्रूर, निरंकुश र अमानवीय शासन र शोषणको चिनो हो । राणा शासनकालमा भारत र तिब्बतसम्म दास किनबेचको व्यापार फस्टाएको उदाहरण हो- जंगबहादुर कुँवर राणाले नैनशोभा नाम गरेकी केटीलाई तिब्बतमा बेच्न पठाएको पत्र । राज्यस्तरबाटै मानव बेचबिखनको इतिहासको अर्को अध्याय हो- भूमि र राज्य विस्तारका क्रममा ब्रिटिस साम्राज्यसँग भएको लडाइँमा हारेपछि गोर्खाली साम्राज्यले पहाडका लाखौं युवालाई लडाकु बनाउँदै बेचेको दुई सय वर्षको फेहरिस्त । सुगौली सन्धिपछि बलभद्र कुँवर लाहौर गई पन्जाबका राजाको सेनामा भर्ती भएर अफगान युद्धमा मारिएपछि व्यापक भएको लाहुरेकरण सगर्व जारी छ ।आफ्ना नागरिकलाई काम–माम दिएर स्वदेशमा टिकाउन नसक्ने नेपाली राज्यका लागि टिक्ने र बाँच्ने ठूलो आर्थिक आधार भएको छ- वैदेशिक रोजगारी र रेमिटेन्स । ब्रिटेन र भारतसँग ठूलो मात्रामा रोयल्टी लिएर स्वदेशी युवा बेच्ने नेपाली राज्य अचेल वैदेशिक रोजगारीको व्यापार गर्दै, आफ्नै देशका श्रमजीवीसँग रकम असुल्दै छ । त्यसमा पनि अवैध रूपमा मानव बेचबिखन र ओसारपसारको गोरखधन्दा कति डरलाग्दो रूपमा झाँगिएको छ, नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यशक्तिको भरपूर उपयोगले देखाएको छ । देशभित्र श्रमजीवी युवाको असन्तोष पनि निर्यात गर्न पाइने र तिनीहरूबाटै उल्टै लाखौंलाख असुल्न पाइने गोरखधन्दा खासमा राज्यबाटै प्रवर्द्धित मानव बेचबिखन र ओसारपसारकै अर्को रूप मात्रै हो । अपराधको हिमशिलामा ठोक्किने खतरा मतदातालाई निःशुल्क मलेसिया पठाउने आश्वासन दिने पूर्वप्रधानमन्त्री देउवाकी पत्नी एवं सांसद आरजू राणा देउवा होऊन् या आफू निर्वाचित भएपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्री भिसा र फ्री टिकटको व्यवस्थाको विश्वास दिलाउने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सबैले मानव बेचबिखन र ओसारपसारलाई नै प्रोत्साहित गरेका छन् । राज्यबाटै प्रवर्द्धित मानव बेचबिखनमा ठूलो भाग पाउन तस्करी वा अवैध बाटो समात्ने राई, रायमाझी, खाँड, पाण्डे, केसी, दुलाल, भण्डारी, शर्मा, गुरुङ, थापा र शेर्पाहरूको गिरोह खासमा अपराधको समुद्रमा टुप्लुक्क देखिएको ‘आइसबर्ग’ (हिमशिला) मात्रै हो । हिजो मानवमुक्ति वा प्रजातन्त्रको भाषण ठोक्ने नायकहरू आज यस्ता गिरोहमा संलग्न भएर मानव व्यापारका खलनायकका रूपमा प्रस्तुत हुनु त्यसको सानो संकेत मात्रै हो । भुटानी शरणार्थीलाई शरण दिने देश वा दाता राष्ट्रहरूको दबाबमा परेर होस् या आफूलाई ठगी, भ्रष्टाचार र मानव तस्करीविरुद्ध उभ्याएर महानायक बन्ने लालसाको प्रभावमा परेर, यस्तो आइसबर्ग फुटाल्ने प्रयास सराहनीय छ । खतरा के छ भने, अपराधको समुद्रमा देखिएको आइसबर्गमा ठोक्किएर बहुदलीय सरकारको टाइटनिक नै ढल्न सक्छ वा त्यही आइसबर्गबाट पाइने करोडौं रकमको लाभले लोभिएर ठूला माछालाई समुद्रमै छाड्ने कसुर पनि हुन सक्छ । बृहत् नागरिक आन्दोलनबाट आयोजित भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक प्रदर्शनमा केदारभक्त माथेमा र भोजराज पोखरेलहरूसँग लुँमधि (भद्रकाली) मा उभिइरहँदा लाग्यो- देशभरिका सडकमा नागरिक हस्तक्षेप भएन भने सरकारले खुट्टा कमाउन सक्छ, ठूला माछा बचाउने गरी राजनीतिक सहमति पनि हुन सक्छ । अतः ठगी, भ्रष्टाचार, संगठित अपराध तथा मानव बेचबिखनको अपराधमा संलग्न राजनीतिक–प्रशासनिक नेतृत्वलाई सजाय दिलाउन मात्रै होइन, त्यस्ता व्यापारको प्रवर्द्धन गर्दै आएको राज्यलाई पनि रूपान्तरण गर्न संगठित नागरिक हस्तक्षेफको निरन्तर शृंखला जरुरी छ ।
Opinion
10,596
ओमान ट्वान्टी–२० विश्वकपमा
ओमान अर्को वर्ष अस्ट्रेलियामा हुने विश्व ट्वान्टी–२० मा पुग्ने छैटौं तथा अन्तिम टोली बनेको छ । ओमानले विश्व ट्वान्टी–२० छनोटको बुधबार भएको अन्तिम प्लेअफमा हङकङलाई १२ रनले पराजित गर्‍यो । 
https://ekantipur.com/sports/2019/11/01/15725751182367715.html
दुबई — ओमान अर्को वर्ष अस्ट्रेलियामा हुने विश्व ट्वान्टी–२० मा पुग्ने छैटौं तथा अन्तिम टोली बनेको छ । ओमानले विश्व ट्वान्टी–२० छनोटको बुधबार भएको अन्तिम प्लेअफमा हङकङलाई १२ रनले पराजित गर्‍यो । यूएईमा भइरहेको प्रतियोगिताबाट शीर्ष ६ टोली ट्वान्टी–२० विश्वकपमा पुगेका हुन् । त्यसमा एसियाबाट छनोट हुने ओमान एक्लो टोली हो । हङकङ जस्तै आयोजक यूएई पनि प्लेअफमै पराजित हुन पुग्यो । नेपाललाई एसिया छनोटमा स्तब्ध पारेको सिंगापुर समूह ‘ए’ मा सहभागी आठ टोली सातौं भयो । पहिलो दुई खेलमा जित हात पारेको सिंगापुरले त्यसपछि कुनै खेल जित्न सकेन । ट्वान्टी–२० विश्वकपमा पुगेका आयरल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया र ओमानले विश्व ट्वान्टी–२० को समूह चरणमा श्रीलंका र बंगलादेशसँग खेल्ने छन् । यी आठ टोलीबाट शीर्ष दुई टोली दोस्रो चरणमा पुग्ने छन् । ओमानको यो लगातार दोस्रो ट्वान्टी–२० विश्वकप हुनेछ । टोलीले पछिल्लो पटक भारतमा सन् २०१६ मा आयोजित विश्व ट्वान्टी–२० पनि खेलेको थियो । हङकङको लगातार तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने प्रयास असफल भएको हो । दुबईमा ओपनर जतिन्दर सिंहले ५० बलमा अविजित ६७ रन बनाएपछि ९ ओभरमै ४२/६ मा पुगेको स्थिति सुधार्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३४ रन बनायो । नसिम खुसीले ९ बलमा २ चौका र २ छक्कासहित अविजित २६ रन बनाए । स्कोट म्याकेन्चीले ४६ बलमा ४४ रन बनाए पनि हङकङले ९ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सक्यो । ओमानका बिलाल खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।
Sports
26,279
भारतमा वैकल्पिक आवाज बनेका राठी
के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तानाशाह बन्दै छन् ? २०२४ मा चुनाव जिते उनले २०२९ मा चुनाव नै गराउँदैनन् त ? के भारतीय जनता पार्टी (भाजपा) ‘एक राष्ट्र, एक पार्टी’ को पथमा अघि बढ्दै हो ? ‘युट्युब–स्टार’ का रूपमा परिचित ध्रुव राठीको पछिल्लो भिडियोले मोदी तानाशाह बन्ने बाटोमा अग्रसर भइरहेको संकेत गर्छ ? 
https://ekantipur.com/world/2024/04/10/rathi-became-an-alternative-voice-in-india-25-08.html
काठमाडौँ — के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तानाशाह बन्दै छन् ? २०२४ मा चुनाव जिते उनले २०२९ मा चुनाव नै गराउँदैनन् त ? के भारतीय जनता पार्टी (भाजपा) ‘एक राष्ट्र, एक पार्टी’ को पथमा अघि बढ्दै हो ? ‘युट्युब–स्टार’ का रूपमा परिचित ध्रुव राठीको पछिल्लो भिडियोले मोदी तानाशाह बन्ने बाटोमा अग्रसर भइरहेको संकेत गर्छ ? मोदी सरकारबारे ध्रुव राठीले बनाएको पछिल्लो भिडियो यतिबेला चर्चामा छ । ‘डराएका तानाशाह ?’ लेखेर मोदीको तस्बिरसहितको थम्बनेल बनाइएको उक्त भिडियो अहिलेसम्म २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ । राठीले भारतमा अहिले नै तानाशाही शासन सुरु नभए पनि मोदी हुकुमी शासनको पथमा हिँडेको दाबी गर्छन् । विपक्षी दलका दुई मुख्यमन्त्री पक्राउ पर्नु, विपक्षी दलप्रति अनुसन्धान निकायहरू योजनाबद्ध रूपमा परिचालन गर्नु, सार्वजनिक संस्थान र आमसञ्चार माध्यमलाई आफ्नो कब्जामा लिनुलाई उनले यसका आधारका रूपमा प्रस्तुत गरेका छन् । यात्राका भ्लग बनाएर युट्युब करिअर सुरु गरेका राठीका पछिल्ला भिडियोले राजनीतिक तरंग नै ल्याइरहेका छन् । राठी त्यत्तिकै युट्युब–स्टार भने भएका होइनन् । निरन्तरको मिहिनेत र लगनपछि मात्र उनका भिडियो अत्यधिक रुचाइएका हुन् । २०१४ जुनमा ‘जेरो’ बाट सुरु भएको उनको युट्युबमा अहिले १ करोड ७० लाखभन्दा बढी सब्सक्राइबर्स छन् । राठीले युट्युबमा पोस्ट गरेको पहिलो सामग्री हो, जर्मनीको एउटा वाटरपार्कबारेको भिडियो । आइफोन–५ एसले खिचेको भिडियो पोस्ट भएको झन्डै १० वर्षमा पनि भ्युज १० लाख नाघेको छैन । तर, १ वर्षअघि अपोलो–११ चन्द्रयानबारे बनाएको उनको भिडियो मंगलबारसम्म २ करोड ५० लाख पटक हेरिएको छ । ५ वर्षअघि एनडीटीभी प्राइम टाइममा रवीश कुमारसँगको कुराकानीमा राठीले भनेका थिए, ‘म पत्रकार होइन, आफूलाई युट्युबर भन्न रुचाउँछु ।’ तर उनी मुख्यधारका पत्रकारले गर्नुपर्ने काम गरिरहेका छन् । उनले नभने पनि उनी खासमा जब्बर पत्रकारिता गरिरहेका छन् । नेता र कथित मुख्यधारका मिडियाका झूटलाई चिर्ने राठीले यति छिटो लोकप्रियता हासिल गरे कि उनलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘नेक्स्ट जेनेरेसन लिडर’ घोषणा गर्‍यो । युट्युब र ह्वाट्सएपमा आएका जुनसुकै कुरा पत्याउने जमात बढिरहेका बेला राठी ‘युट्युब एडुकेटर’ का रूपमा उदाएका छन् । हरियाणाको रोहतकमा जन्मिएका उनले जर्मनीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे । घुमन्ते भिडियोबाट युट्युब च्यानल सुरु गरी अहिले सामाजिक, राजनीतिक र शैक्षिक सामग्री पस्किरहेका छन् । उनी करिब २४ लाख सब्सक्राइबर्स भएको ‘ध्रुव राठी भ्लग्स’ नामको अर्को युट्युब च्यानल पनि चलाउँछन् ।दैनिकजसो टेलिभिजन शोहरूमा देखाइने ‘हिन्दु–मुस्लिम र पाकिस्तान’ का बहसबाट वाक्कदिक्क दर्शकका लागि राठी विकल्प भएका हुन् । उनी मात्र होइन, लामो समय मुख्यधारको पत्रकारितामा संलग्न भएका रवीश कुमार, अजित अन्जुम, बर्खा दत्त, आकाश बनर्जीलगायतले पनि युट्युबलाई नै आफ्नो मुख्य प्लेटफर्म बनाएका छन् । पहिलो र दोस्रो भिडियो पोस्ट भएको करिब २ वर्षपछि राठीले तेस्रो भिडियोमा भाजपा ‘आईटी सेल’ को चिरफार गरेका हुन् । उक्त भिडियोमा कसरी भाजपाको आईटी सेलले भ्रामक सूचना फैलाउन भूमिका निर्वाह गरेको छ भन्ने कुरा खुलासा गरेका छन् । यही बीचमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे पनि भिडियो बनाए । ‘योगी आदित्यनाथको वास्तविकता’ शीर्षक दिएर बनाइएको उक्त भिडियोमा योगी कसरी भड्किलो भाषण र हिंसात्मक अभिव्यक्ति दिँदै राजनीतिमा उदाए भन्ने खुलाइएको छ । आदित्यनाथ कुनै बेला भन्ने गर्थे, ‘शाहरूख खान र हफिज सइदको भाषामा कुनै फरक छैन...। शाहरूख खानहरू देशद्रोहीको श्रेणीमा आउँछन् ।’ सूचना, जागरण, राजनीतिलगायतका विविध विषयमा राठीले अहिलेसम्म ६ सयभन्दा बढी भिडियो बनाइसकेका छन् । सबै भिडियोको भ्युज जोड्दा साढे २ अर्ब नाघ्छ । १ महिनाको बीचमा मोदीबारे बनाइएका दुइटा भिडियो चर्चायोग्य छन् । मोदीकाललाई भारतमा ‘अमृतकाल’ र इतिहासमै तीव्र गतिमा विकास भइरहेको भन्ने पनि नभएका होइनन् । यस्तो परिस्थितिमा मुलुक ‘अधिनायकवाद’ तर्फ गइरहेको संकेत दिने राठीका भिडियो अत्यधिक हेरिनुको तात्पर्य के हो त ? दिल्ली विश्वविद्यालयका प्राध्यापक एवं लेखक अपूर्वानन्द द वायरमा लेख्छन्, ‘भारतमा सत्य जान्ने भोक अझै पनि बाँकी छ भन्ने संकेत त होइन यो ? भारतीय नागरिकलाई प्रजामा रूपान्तरित गर्न खोजिएकामा त्यसका विरुद्ध मानिसहरू लड्न तयार भएका हुन् त ?’ कथित सबै ठूला मिडिया बिहान–बेलुका मोदी सरकारको महिमा गाइरहेका छन् । यस्तोमा ‘वैकल्पिक आवाज’ का रूपमा राठी उदाएका हुन् । राठी पत्रपत्रिकामा आएकै कुरालाई रोचक र आलोचनात्मक तरिकाले प्रस्तुत गर्छन् । अपूर्वानन्द भन्छन्, ‘ध्रुव राठीले नयाँ त केही भनेका होइनन्, उनीभन्दा पहिले पनि यस्ता विश्लेषण धेरै पटक गरिएका छन् । तर पनि भिडियोको महत्त्वलाई कम आँक्न भने हुँदैन ।’त्यसो त द प्रिन्टका संस्थापक शेखर गुप्ता देशमा अधिनायकवाद आइनसकेको बताउँछन् । प्रिन्टकै ‘हेडलाइनके पिछे क्या है’ शृंखलामा उनी भन्छन्, ‘लोकतन्त्र समाप्तै भइसकेको भए त यस्ता चीज चल्नै सक्दैनन् यहाँ ।’ राठीले पनि अधिनायकवाद आइसक्यो भनेका त होइनन् । खालि त्यसको बाटोमा भारत अग्रसर भइरहेको चेतावनी दिएका हुन् । गुप्तालाई राठीको जवाफ छ, ‘अहिलेसम्म मेरो आवाज बन्द गरिएको छैन, त्यसमै खुसी मनाइरहेका छौं । तर, जसको आवाज दबाइसकिएको छ तिनीहरूको के नि ?’ राठी यसमा स्पष्ट छन् । सबै कुरा ठ्याक्कै ‘ब्ल्याक एन्ड ह्वाइट’ मा नहुने उनी बताउँछन् । ‘मैले कहिल्यै भनेको छैन कि देश शतप्रतिशत तानाशाहको हातमा गइसक्यो भनेर । मैले भनेको थिएँ, देश तानाशाही शासनतर्फ ढल्किरहेको छ । अहिले पनि यही भनिरहेको छु ।’ स्वीडेनको भेराइटी अफ डेमोक्रेसी इन्स्टिच्युटको हालै प्रकाशित ‘डेमोक्रेसी रिपोर्ट, २०२४’ मा भारत पूर्ण रूपमा हुकुमी शासन बन्नबाट केही मात्र टाढा रहेको उल्लेख छ । उक्त रिपोर्टमा भारतमा ‘इलेक्टोरल अटोक्रेसी’ रहेको बताइएको छ । ‘इलेक्टोरल अटोक्रेसी’ यस्तो शासन व्यवस्था हो, जहाँ आवधिक रूपमा चुनाव त हुन्छ तर प्रजातान्त्रिक संस्थानहरूलाई संकुचित पारिन्छ । उत्तर कोरिया र रुसमा पनि नियमित चुनाव हुने तर ती सबै देखावटी मात्र भएको राठीको दाबी छ । भारतमा बहुदलीय चुनाव भइरहे पनि प्रतिस्पर्धाका लागि स्वच्छ र भयरहित वातावरण नभएकाले सत्ताको दुरुपयोग पुष्टि भएको राठीले बताएका छन् । राठीलाई कतिपयले कांग्रेस त कतिपयले आम आदमी पार्टीबाट परिचालित भएको आरोप पनि लगाउँछन् । तर, उनी आफ्नो परिवारको समेत राजनीतिसँग ‘दूर–दूरसम्म’ को कुनै नाता–सम्बन्ध नरहेको दाबी गर्छन् । इन्दिरा गान्धीको शासनकालको आलोचनात्मक भिडियो बनाएका उनले त्यसबेलाको संकटकाललाई ‘भारतीय इतिहासको कालो धब्बा’ भनेका छन् । ‘हिजोको गल्ती देखाएर आजको गल्तीलाई सही ठहर्‍याउन सकिँदैन,’ उनी भन्छन्, ‘हिजो जे भयो त्यो पनि बहुत गलत हो, आज जे भइरहेको छ त्यो पनि बहुत गलत भइरहेको छ ।’ भारतमा अधिकांश मिडियालाई ठूला व्यापारिक घरानाले किनेका छन् । निर्भीक पत्रकारिता गर्दै आएको एनडीटीभी पनि मोदीका मित्र गौतम अडानीले किने । त्यसपछि त्यहाँ कार्यरत वरिष्ठ पत्रकार रवीश कुमारले आफ्नै युट्युब च्यानल खोले । अहिले उनको च्यानलमा झन्डै १ करोड सब्सक्राइबर्स छन् । बीबीसीमा १५ वर्षभन्दा बढी काम गरेका पत्रकार नारायण बारेठ पछिल्लो समय पत्रकारहरूले प्रश्न सोध्ने काम छाडेको बताउँछन् । ‘जुन समाजमा प्रश्न मर्छ, त्यस्तो समाज चेतनाशून्य बन्दै जान्छ । अब भारतमा कुनै पनि मञ्चमा प्रश्न सोधिँदैन । प्रश्न सोध्नु नै जोखिमपूर्ण काम बनेको छ,’ कान्तिपुरसँगको कुराकानीमा पत्रकारिताका अध्यापकसमेत रहेका उनले भने, ‘यो यस्तो धर्तीमा भइरहेको छ, जहाँ सबैभन्दा बढी प्रश्न सोध्ने अर्जुन जन्मेका थिए, यदि उनले प्रश्न सोध्दैनथे भने संसार गीताजस्तो ग्रन्थ पाउनबाट वञ्चित रहन्थ्यो ।’ सन् १९८४ मा संसद्मा भाजपाको २ सिट मात्र थियो । जनसत्ताका तत्कालीन सम्पादक प्रभास जोशीले भनेका थिए, ‘प्रतिपक्षी कमजोर हुँदा सत्ताधारी पार्टीको मनोमानी बढ्छ । सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ ।’ पछिल्लो समय युट्युब च्यानलहरूमा घृणा फैलाउने सामग्री पनि बढिरहेको बारेठको बुझाइ छ । उनी भन्छन्, ‘अहिले गाली गर्ने र गाली खाने दुवैले पैसा पाइरहेका छन् । त्यति मात्र होइन, पैसावालाको कब्जामा पुगेको छ मिडिया ।’ टेलिभिजनले नसमेटेका पक्षलाई उजागर गरेकाले राठी चर्चित बनेको उनी बताउँछन् । हिन्दी पत्रकारिताले चुनावी नतिजालाई नै उथलपुथल पार्ने क्षमता राख्छ । त्यसैले पनि सरकारले अधिकांश मिडिया हाउसलाई ‘कठपुतली’ बनाएको आरोप लाग्दै आएको छ । टेलिभिजन बहस कार्यक्रममा प्रस्तोता नै भाजपाको प्रवक्ताजस्तो देखिने गरी प्रस्तुत भइरहेका देखिन्छन् । प्यानलिस्टका रूपमा बोलाइएका वक्ताहरूसमेत मिलेर विपक्षी दलमाथि प्रश्न बर्साउँछन् । प्रधानमन्त्री र गृहमन्त्री सहमत भए चुनाव आयुक्त नियुक्त गर्न सक्ने कानुनका बारेमा ‘मूलधार’ का मिडियामा खासै बहस भएन । यसअघि प्रधानमन्त्री, विपक्षी दलका नेता र प्रधानन्यायाधीश सम्मिलित कमिटीबाट निर्वाचन आयुक्तहरू नियुक्त हुने व्यवस्था थियो । तर मोदी सरकारले आफूलाई सहज हुने गरी नयाँ कानुन ल्यायो । अब छनोट कमिटीमा प्रधानमन्त्री, संघीय मन्त्री र विपक्षी दलका नेता मात्रै रहने व्यवस्था गरिएको छ । अहिले दुई जना चुनाव आयुक्त यसरी नै छानिएका छन् । राठीले चुनाव आयुक्त छनोट प्रक्रियाबारे चर्चा गरे, ‘एक रात पहिले २१२ नामको सूची थमाइयो विपक्षी दलका नेता अधिर रञ्जन चौधरीलाई । बैठकको केही मिनेटअघि मात्र उनलाई ६ जनाको संक्षिप्त सूची दिइयो ।’ त्यसैले चौधरीले सूचीमा रहेका कसैको पनि पृष्ठभूमि हेर्न समय पाएनन् । प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले मनमर्जी ढंगले दुई जना चुनाव आयुक्त नियुक्त गरे । चुनाव आयुक्तमा नियुक्त ज्ञानेश कुमार र सुखवीर सन्धु भाजपानिकट मानिन्छन् । कुमार अवकाशप्राप्त आईएएस अधिकारी हुन्, जो २०१६ देखि २०२१ को बीचमा अमित शाहको कार्यालयमा कार्यरत थिए । सुखवीर सन्धु २०१४ देखि २०२३ सम्म परिवहन मन्त्रालयअन्तर्गतको भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणमा कार्यरत थिए । कर्मचारी मात्र होइन, न्यायाधीश पनि सत्तारूढ दलनिकट व्यवहार देखाइरहेका छन् । केही समयअघि कोलकाता उच्च अदालतका न्यायाधीश अभिजित गंगोपाध्याय राजीनामा दिनासाथ भाजपा प्रवेश गरे । राजीनामा दिनुपहिले नै आफू भाजपाको सम्पर्कमा रहेको उनले खुलस्त पारेका छन् । यत्तिमै रोकिएनन् उनी । गान्धी र गोड्सेबीच एक छान्नुपर्दा आफूलाई निकै सकस हुने गरेको समेत उनले सुनाए । यसैमा राठीको प्रश्न छ, ‘यस्ता न्यायाधीश राजनीतिक दलको सम्पर्कमा रहने हो भने के हाम्रो न्यायपालिका स्वतन्त्र छ भन्न सकिन्छ त ?’ बिनाप्रमाण जोकोहीलाई जेलमा राख्न सकिने सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन ‘पीएमएलए एक्ट’ बारे पनि राठीको खरो टिप्पणी छ । ‘बाँकी कानुनमा दोषी ठहर नभएसम्म निर्दोष मानिन्छ तर पीएमएलएमा निर्दोष सावित नभएसम्म दोषी ठानिन्छ,’ उनी भन्छन् । यसै ऐनमा टेकेर सरकारले चुनावअघि विपक्षी दलका नेताहरूलाई निसाना साधेको पनि उनको आरोप छ । त्यसको उदाहरण यो पनि हो कि, मदिरा नीति घोटालामा मुछिएका औरोबिन्दो फर्माका शरतचन्द्र रेड्डीसँगको भाजपाको हिमचिम । रेड्डीकै बयानका आधारमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको थियो । सुरुमा केजरीवालको पक्षमा बोलेका रेड्डीले बारम्बार बयान फेरेपछि रिहा भए । पक्राउ परेको ५ दिनपछि औरोविन्दो फर्माले भाजपालाई ५ करोड भारु चन्दा दियो । मे २०२३ मा जमानतमा रिहा भएको करिब ६ महिनापछि भाजपाले रेड्डीको सोही कम्पनीबाट थप २५ करोड चन्दा पाएको छ ।इन्डिया टुडे च्यानलमा आबद्ध वरिष्ठ पत्रकार राजदीप सरदेसाई भने राठीको भिडियो हेरे पनि सबै लोकतन्त्रको रक्षाका लागि लड्न तयार छन् त भनेर प्रश्न गर्छन् । ‘इन्दिरा गान्धीकालीन २१ महिनाको संकटकाल र सयौं नेतालाई पक्राउ गरेर गरिएको चुनावसँग २ जना विपक्षी दलका मुख्यमन्त्री पक्राउको घटना तुलना गर्न सकिँदैन,’ उनी भन्छन्, ‘ध्रुव राठीको ‘लोकतन्त्र खतरामा छ’ भन्ने भिडियो क्लिक गर्ने सबै मानिस सडकमा आउँछन् त ?’सनसनी विषयमा खोजमूलक सामग्री प्रस्तुत गरेकै कारण राठी युट्युब–स्टारका रूपमा उदाएका हुन् । प्रस्तुति शैली, सम्पादन र चुस्त ‘रिसर्च टिम’ का कारण पनि उनलाई धेरैले रुचाएका छन् । राठीले आफ्नै उदयबारे पनि युट्युबमा भिडियो बनाएका छन् । २० लाख सब्सक्राइबर्स हुँदासम्म मोबाइलले नै भिडियो बनाउने गरेका उनी अहिले ११ जनाको समूहको नेतृत्व गरिरहेका छन् । १९ वर्षको उमेरदेखि सुरु भएको युट्युब–करिअरले अहिले आफूलाई आर्थिक स्थायित्व पनि दिएको उनी बताउँछन् । नेसनल जियोग्राफी वा डिस्कभरी च्यानलको प्रस्तोता बन्ने कल्पना गरेका राठी अहिले धेरैको सपना बन्न सफल भएका छन् ।
World
11,775
कुकुरको मलमुत्र व्यवस्थापन : हेर्दा सानो, प्रभाव ठूलो 
तीन साता अघि घर अगाडि कुकुरलाई दिसापिसाब गराएको विषयमा विराटनगर–८, जयनेपाल चोकमा दुई छिमेकीबीचको झगडा छिनोफानोकोलागि जिल्ला प्रशासन कार्यालय मोरंगसम्म पुग्यो । यो पूर्वाञ्चलकै सर्वाधिक चर्चित एवं रोचक घटना हुन पुग्यो । अहिले यो मुद्दा उक्त कार्यालयम विचाराधीन छ ।
https://ekantipur.com/feature/2018/07/23/153233502126362421.html
विराटनगर — तीन साता अघि घर अगाडि कुकुरलाई दिसापिसाब गराएको विषयमा विराटनगर–८, जयनेपाल चोकमा दुई छिमेकीबीचको झगडा छिनोफानोकोलागि जिल्ला प्रशासन कार्यालय मोरंगसम्म पुग्यो । यो पूर्वाञ्चलकै सर्वाधिक चर्चित एवं रोचक घटना हुन पुग्यो । अहिले यो मुद्दा उक्त कार्यालयम विचाराधीन छ ।गत असार ८ को साँझ साढे छ बजे अपमानजनक शब्द प्रयोग गर्दै कुकुर साहुले दाँतले टोक्दा एक स्थानीय महिलाको कान्छी औंलाको अग्रभाग चुडियो । धेरै खोज्दा भोलिपल्ट मात्र भेटिएको औंलाको टुक्रा नीकै ढिलो भइसकेकोले यहाँका ठूलठूला अस्पतालका चिकित्सकहरुले समेत जोड्न सकेनन् ।सौन्दर्य व्यवसायी ती महिला अहिले औंलाको उपचारको लागि अस्पताल धाइरहेकी छन् । घर वरपर सफा राख्न खोज्दा उनी उल्टै पीडित बन्न पुगिन् । उल्लेखनीय के छ भने झगडामा संलग्न कुकुर साहु समाजका प्रतिष्ठित व्यक्तित्व एवं पुराना वासिन्दा हुन् । पीडित पक्ष पनि दुई दशकदेखि सपरिवार उक्त चोकमा बसिरहेका छन् ।सार्वजनिक हाँसोको पात्र बनिने डरले दुवै पक्ष खुलेर केही बोल्न चाँहदैनन् तर पीडित पक्ष र छरछिमेक धेरै पटक न्यायको लागि स्थानीय प्रहरी प्रशासन कार्यालय धाए । घटना विवरण अनुसार विरोध गरेकोमा कुकुर धनीले ‘सडक तिम्रो बाबुको बिर्ता हो’ भन्दै हातमा बोकिरहेको लठ्ठीले ती छिमेकी महिलालाई कुट्न थाले । श्रीमतीलाई बचाउन नजिकै रहेका श्रीमान् दौड्दै पुगे । दुई वर्षअघि मात्र ब्रेन हयामरेजबाट बचेर स्वास्थ्य लाभ गरिरहेका श्रीमानलाई समेत कुकुर साहुले लठ्ठीले आक्रमण गर्न थालेपछि पत्नीले जोगाउन खोजिन् । यो क्रममा उनको द्रेवे हातको दुई औंला ती कुकुर मालिकको मुखमा छिरेको थियो । ‘श्रीमतीको कान्छी औलाको टुप्पा चुडाइ दिए, अर्को औंला मुश्किलले जोगाइन्,’ पीडितका श्रीमानले भने ।हुन त अंगभंग र गाली बेइज्जतीको मुद्दा आकर्षित हुने यो घटना कानूनी कारवाहीको क्रममा अघि बढिसकेको छ । पीडकले उपचार खर्च समेत बेहोरेको छैन । तर पैदल यात्रु हिंडने सडक छेउछाउ एवं हरेक पल आवागमन हुने घर अघिल्तिर दिसापिसाब गराउने क्रममा विराटनगर महानगरपालिकामा कुकुर धनी र स्थानीयबीच भनाभन भइरहेको देखिनु दैनिकी झैं भएको छ ।बाटोको दुवै किनारमा यहाँ कुकुरको दिसापिसाब मात्र देखिने हुनाले बटुवालाई आउजाउमा कठिनाइ हुन्छ । जति नै सावधानीकासाथ हिंडेपनि दिसा कुल्चिने गरिएको स्थानीय ७० वर्षीय विश्वनाथ गिरीले बताए । ‘कहिलेकाहिं कामको हतारोमा घरबाट निस्कँदा प्रवेशद्वार छेउछाउकै दिसापिसाबमा खुट्टा परेर साइत नै बिग्रिन्छ,’ उनको गुनासो छ, ‘मजाले खुट्टा नधोइ हिंडेमा पैताला चिलाएर हैरान हुन्छ ।’कुकुर धनीले घरभित्रै दिसापिसाब गराएर पुर्ने वा प्लास्टिकमा गर्न लगाएर सुरक्षित थलोमा फाल्नु उचित हुने उनले सुझाए । बिहान साँझ घरको छत, झ्याल र बार्दलीबाट बाहिर हेर्दा कुकुर धनीको बाक्लो उपस्थितिले स्थानीय टोल गल्ली खुल्ला चर्पी झैं देखिने गरेको विराटनगर–७ का समाजसेवी शशी श्रेष्ठले बताइन् । ‘खुल्ला दिसा पिसाब मुक्त क्षेत्र भनेको मान्छेसँगै कुकुरलाई पनि लागू हुन्छ नि,’ उनले भनिन्, ‘सडक, नाला र फुटपाथमा गराइएको दिसापिसाब टेकिएर अन्तत: हाम्रै घरआँगन र बारीसम्म पुग्ने हो ।’विराटनगरका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले सार्वजनिक थलोमा गर्ने वा गराइने यस्ता मलमुत्र भोजनको माध्यमबाट शरीरमा पुगेर विभिन्न खाले जुकाको संक्रमण हुने बताए । वरिपरि जमेको पानीमा यी दिसापिसाब घुलिएर खेती, बारी र टेकिएर घरसम्म पुग्ने गरेको जनाए ।‘हातगोडा, तरकारी र सागपात राम्ररी पखालेर वा पकाएर नखाँदा दिसापिसाबको किटाणु अन्तत: पेटमा पुगेर रोगी बनाउने हो,’डा.यादवले भने । नागरिक समाजबाट लगातारको गुनासोपछि सार्वजनिक थलोमा दिसापिसाब नगर्न र नगराउन माइकिंग गरिरहेको विराटनगर महानगरपालिकाकी वातावरण विभाग प्रमुख अनीता न्यौपाने कोइरालाले बताइन् ।तुरुन्तै कारवाहीभन्दा पनि पहिलो चरणमा आफूहरुले महानगरवासीलाई सचेत एवं सावधान रहन घच्घचाइरहेको उनले जनाइन् । ‘माइकिंगबाट जनचेतना अभियानलाई अझैं तिव्रता दिन्छौं, त्यसपछि पनि नमान्नेहरुलाई ऐनअनुरुप हजारौं रुपैयाँ जरिवाना गर्छौं,’ उनले भनिन् । वरिपरि फोहोर फाल्ने र वातावरणलाई प्रदुषित पार्ने विभिन्न गतिविधिमा संलग्नलाई न्यून्तम ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्दै आएको उक्त विभागले जनाएको छ । महानगरपालिकामा यो वर्ष परेको ७९ उजुरीमा ७ वटामा जरिवाना, ७ वटामा दुवै पक्षबीच मिलापत्र र बाँकीमा सचेत गराइएको कोइरालाले बताइन् ।आफ्नो घर वरपर मात्र नभएर पुरा टोल सफा राख्नु सबै नागरिकको कर्तव्य भएको महानगरबासीलाई सिकाइराख्नु पर्ने विषयवस्तु नभएको कोइरालाले बताइन् । ‘महानगरमा घर र महल ठड्याउने सभ्य नागरिकलाई सडकमामा लगेर कुकुरलाई दिसापिसाब गराउन नहुने भनिराख्नु नपर्ने हो नि ?,’ कोइरालाले भन्छिन्, ‘तर, उनीहरुले नै यसो गरिरहेका हुन्छन् ।’
Feature
1,411
वराहक्षेत्रमा कात्तिके मेला सुरु
सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो ।
https://gorkhapatraonline.com/news/85859
बाबुराम कार्कीवराहक्षेत्र, मङ्सिर ३ गते । सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो । पौराणिक कालदेखि नै वराहक्षेत्रमा हरिबोधिनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमा सम्म पाँच दिन मेला सञ्चलन हुँदै आएको र अहिले पनि प्रत्येक वर्ष मेला लाग्दै आएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताउनु भयो । मेलाको लागि आवश्यक पूर्वाधारहरू घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरिएको मेलाको व्यवस्थापन गदै आएको वराहक्षेत्र  संरक्षण मञ्चले जनाएको छ । सचिव घिमिरेले भन्नु भयो “भारतको बिहारबाट हजारौ भक्तजनहरू कात्तिके मेलामा वर्षेनी आउने गर्नु भएको छ । बिहार बासीहरूले वराह भगवानलाई कुल देवता मान्ने भएको हुँदा विशेष गरी बिहारबाट ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्नु हुन्छ ।” वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा भगवान् विराजमान भएको स्थान वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी कात्तिके मेला मनाइने भएको हो । मेलामा वराह भगवानको दैनिक विशेष पूजा अर्चना हुनुका साथै विद्वान आचार्य हरूबाट वराह भगवानको कथा प्रवचन र भजन किर्तन हुने बताइएको छ । प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको कात्तिके मेलामा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्पराअनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावर बदलेको रूप धारण गरी संसारभरका प्राणीहरूको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख रहेको छ ।  पौराणिक कथाअनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनु भयो धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, वंगलादेशलगायत विश्वका विभिन्न देशबाट धार्मिक पर्यटकहरू आउने गरेका छन् । स्थानीयहरूले उत्पादन गरेको उपजहरू अम्रिसाे, कुचो, नाङ्लो, डालो र तेजपत्ताहरु मेलामा पाइने छन् ।
News
36,198
भारतका विदेशमन्त्री आज आउनुहुँदै
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ बिहीबार बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ ।
https://gorkhapatraonline.com/news/91639
काठमाडौँ, पुस १९ गते । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ बिहीबार बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ । उहाँले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्नुहुने छ । सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उहाँहरूले आफ्ना धारणा आदानप्रदान गर्नुहुने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्रीसहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्नुहुने छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उहाँका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।संयुक्त आयोगको बैठकमा  द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिए पनि नसक्ने र नहुने कुरामा नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताउनुभयो । 
News
52,067
‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे
सन्तोष राउतसोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।
https://gorkhapatraonline.com/news/22481
सन्तोष राउतसोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।
News
49,798
कोरोना भाइरस भारत: दिल्लीमा मृत्युदर बढिरहँदा थप शवदाह स्थलको खोजी
भारतको राजधानी दिल्लीका स्थानीय अधिकारीहरूलाई शवदाह गर्न सकिने थप नयाँ स्थान पहिचान गर्न त्यहाँको प्रहरीले आग्रह गरेको छ।
https://www.bbc.com/nepali/news-56939469
भारतको राजधानी दिल्लीमा प्रहरीले थप शवदाह स्थल व्यवस्था गरिदिन आग्रह गरेको छ भयानक रूपमा देखा परेको दोस्रो लहरबाट भारतको कैयौँ भाग प्रभावित भएको छ। यसले अस्पताल, शव गृह र शवदाह स्थलहरूमा ठूलो चाप परेको छ। बिहीवार कुल कोभिड बिरामी भएको सङ्ख्या एक करोड ८० लाख नाघेको छ। बिहीवार मात्रै थप तीन लाख ८६ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या संसारकै एउटा मुलुकमा एकदिनमा सङ्क्रमण भएको सबभन्दा बढी सङ्ख्या हो। बिहीवार दिल्लीमा मात्रै ३९० जनाभन्दा बढीको ज्यान गएको थियो। यो महामारी शुरू भएयताकै सर्वाधिक मृत्यु सङ्ख्या हो। "शहरको मृत्यु सङ्ख्या मुख्यत: कोभिडसँग सम्बन्धित छ र स्थान अभावका कारण मानिसहरूले आफ्ना प्रियजनहरूलाई कोभिड पीडितका लागि बनाइएकाभन्दा अन्यत्र नै शवदाह गर्नु परिरहेको छ," एनडीटीभी न्यूज च्यानललाई एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए। "त्यसै कारणले हामीले सरकारलाई थप शवदाह स्थल पहिचान गर्न भनेका हौँ।" दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै भारतमा अक्सिजन, औषधि र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन्। भारतको केन्द्रीय सरकारले महामारी मच्चिएका बेला चुनावी र धार्मिक कार्यक्रम जारी राख्न दिएको भन्दै व्यापक आलोचना खेपिरहेको छ। तर स्वास्थ्यमन्त्रीले बिहीवार सरकारको बचाउ गर्दै भारतमा मृत्युदर संसारकै न्यूनतम रहेको र अक्सिजन उपलब्धता 'पर्याप्त' रहेको बताएका छन्। मन्त्री हर्ष वर्धनले एएनआई समाचार एजेन्सीलाई अब अक्सिजन 'धेरै स्रोतहरूबाट उपलब्ध गराइएको', विदेशबाट पनि ल्याइएको र तिनको भण्डारणस्थल निर्माण भइरहेको बताए। अक्सिजन, औषधी र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन् विज्ञहरू लकडाउन लगाउनु र खोप लगाउनु मात्रै समाधान गर्ने उपाय भएको बताइरहेका छन्। शनिवारदेखि भारतमा १८ वर्ष माथिका सबैले खोप लगाउन पाउने व्यवस्था गरिएको छ। संसारकै सबभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने मुलुक भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब ८० करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन। कैयौँ राज्यहरूले खोपको अभाव भएको बताइरहेका छन्। दुई करोड जनसङ्ख्या भएको भारतको आर्थिक राजधानी मुम्बईमा खोप भण्डारण कम हुँदै गएकाले तीन दिनका लागि उसको खोप कार्यक्रम स्थगित गरेको त्यहाँको सरकारी निकायले विज्ञप्ति मार्फत जनाएको छ। मुम्बईका लागि महानगरीय आयुक्त अश्विनी भिडेले ट्विटरमा जनाए अनुसार अहिले भण्डारमा रहेको खोप ४५ वर्ष माथिका लागि छुट्टाइएको छ। कोरोना भाइरस भारतः गुरुद्वारामा कोभिड-१९ का बिरामीलाई निःशुल्क अक्सिजन
Others
66,524
बन्यो झमकको घर
अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने छैन । काठमाडौं गोठाटारस्थित साढे तीनतले घरको ग्राउन्ड फ्लोरमा उनी आगन्तुकसँग खुट्टाले संवाद गरिहेकी हुने छिन् । १२ आना क्षेत्रफलमा फैलिएको घरको बगैंचामा साहित्य सिर्जना गरिरहेकी हुने छिन् ।
https://ekantipur.com/feature/2019/08/08/156523242105483110.html
काठमाडौँ — अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने छैन । काठमाडौं गोठाटारस्थित साढे तीनतले घरको ग्राउन्ड फ्लोरमा उनी आगन्तुकसँग खुट्टाले संवाद गरिहेकी हुने छिन् । १२ आना क्षेत्रफलमा फैलिएको घरको बगैंचामा साहित्य सिर्जना गरिरहेकी हुने छिन् ।‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी उनलाई सरकारले घर बनाइदिएको छ । प्रक्रिया सुरु भएको झन्डै चार वर्षपछि घर निर्माण अन्तिम चरणमा पुगेको हो । बुधबार झमक साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामा घरको अवलोकनका लागि गोठाटार पुगेकी थिइन् । ‘दसैंअघि रंगरोगनसहित हरियाली बगैंचा पनि बनिसक्ने छ,’ ठेकेदार दीपक पराजुलीले लामालाई जानकारी दिए, ‘त्यहीअनुरूप तीव्रगतिमा काम भइरहेको छ ।’ बुधबार बिहान कामदारहरू फल्स सिलिङको काम गरिरहेका थिए । भुइँ र बाथरुममा पार्केटिङको कार्य पनि सुरु भएको छ । सरकारले गरेको घरको डिजाइनअनुसार झमकको बसाइ भुइँतलामा हुने छ । यो तलालाई पूरै अपांगमैत्री बनाइएको छ । घस्रिएर हिँड्नुपर्ने भएकाले ढोकाहरूको तल्लो भागको चौकास राखिएको छैन । बाथरूम झमकका लागि बेग्लै छ । आगन्तुक भेटघाट कक्ष, अध्ययन कक्षसँगै झमकका लागि यही तलामा भव्य पुस्तकालय पनि हुने छ । उनका लागि भान्साकोठा पनि यही तलामा छ । झमकको भेटघाट कक्षबाटै सुरु हुने लिफ्ट दोस्रो तलामा पुगेपछि शयन कक्ष देखिने छ । पाहुना र परिवारका लागि छुट्टाछुट्टै कोठा पनि यही तलामा हुने छन् । तेस्रो तलामा दक्षिण फर्केको सानो कौशी । यहीँबाट बौद्ध र पशुपति मास्तिरको खुला र शान्त आकाश हेर्न सकिन्छ । बेलाबेला साहित्यिक कार्यक्रम, मिनी कवि गोष्ठी एवं बैठक गर्ने गरी यही तलामा ठूलो सभाकक्ष पनि बनाइएको छ । झमक प्रतिष्ठानको कार्यलय पनि यहीँ हुने छ । सबै तलामा सजिलै जान सकिने गरी विद्युतीय लिफ्ट जडान गरिसकिएको छ । सागपात र फलफूल खेती गर्न सकिने गरी थोरै जग्गा छोडिएको छ आँगनमा । दसैंसम्ममा हरियो दुबो र फूलका गमलाले आँगनको केही भाग सजिने छ । ‘अब दसैं मनाएपछि झमकलाई यहाँ ल्याउँछौं,’ प्रतिष्ठानकी उपाध्यक्ष लामाले भनिन्, ‘यो खबरले झमक निकै खुसीमा छिन् ।’ प्रधानमन्त्री केपी ओलीको विशेष चासोमा आनन्द पोखरेल संस्कृति तथा पर्यटनमन्त्री भएको बेला झमकका लागि घर बनाउने प्रक्रिया अघि बढेको थियो । पशुपति विकास कोषले १२ आना एक पैसा जग्गा उपलब्ध गराए पनि निर्णय छिट्टै नटुंगिँदा ठेक्का प्रक्रिया ढिला हुन पुगेको थियो । उपाध्यक्ष लामाका अनुसार बीचमा प्रदेश सरकारले बनाउने कि संघीय सरकारको मन्त्रालयले बनाउने भन्ने अलमल पनि भयो । एकपटक प्रदेशको मन्त्रालयअन्तर्गत जिम्मेवारी पुगे पनि ढिलाइ हुने देखेपछि संघीय सरकारकै सहरी विकास मन्त्रालयमा जिम्मेवारी फर्कियो । यो बीचमा तीनपटक प्रधानमन्त्री पत्नी राधिका शाक्य निर्माण कार्यको अवलोकन गर्न पुगिन् । काम फटाफट अघि बढ्यो । ठेकेदार दीपक पराजुलीका अनुसार भवनको सम्पूर्ण लागत १ करोड ८० लाख हो । भूकम्पप्रतिरोधी, अपांगमैत्री अचारसंहिता र विश्व सम्पदा मापदण्डअनुसार घर बनाइएको उनले बताए । ‘एउटै पिलरमा २० बोरासम्म सिमेन्ट हालेर बनाइएको छ,’ उनले भने, ‘१६ इन्च मोटा डन्डी प्रयोग गरिएको छ ।’ पिलरका लागि पनि सामान्यतः जमिनमुनि पाँच वर्गफिटको जाली बनाइने भए पनि झमकको घरका लागि १० वर्गफिटको जाली राखिएको छ । सबै झ्यालहरू झमकले खोल्न सकिने गरी बनाइएको छ । विश्व सम्पदा क्षेत्रभित्र भएकोले सम्पदा मापदण्डअनुसार नेपाली घरको डिजाइनजस्तै देखिने गरी टायलको छडके छानो बनाउँदा भने कौशीको भाग केही अग्लो हुन गएको देखिन्छ । कौशीबाट पनि झमकले वरिपरि देखिने गरी आँखी झ्याल जस्तो संरचना बनाउन पाएको भए राम्रो हुन्थ्यो । ‘सम्पदा मापदण्डले गर्दा डिजाइन यस्तै बनेर आयो,’ निर्माण कम्पनी ज्ञानज्योति विर्ल्डसका पराजुलीले भने, ‘अब कौशीको संरचना फेर्नचाहिँ सम्भव छैन ।’ घर अवलोकनपछि बुधबार दिउँसै झमकसँग फेसबुक च्याट गर्ने क्रममा उनले आफू निकै खुसी रहेको बताइन् । तर, विस्तृत प्रतिक्रिया भने काठमाडौं आएर घर हेरेपछि मात्रै दिने जनाइन् । उनी यति बेला धनकुटा कचिडेस्थित जन्मघरमा बस्दै आएकी छन् । सेलेब्राल पाल्सी नामक प्रतिमस्तिकीय रोगबाट पीडित उनी जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने अवस्थाबाट गुजि्रँदै आएकी छन् । खुट्टाको ३ औंला मात्र चल्ने उनले तिनै ३ औंलाका भरमा थुप्रै कृति लेखेकी छन् । अचेल उनी खुट्टाका यी तीनवटा औंलाकै सहयताले मोबाइल चलाउँछिन्, फेसबुकमा पोस्ट राख्छिन् र च्याट पनि गर्छिन् । उनका चर्चित कृति ‘जीवन काँडा कि फूल’ सँगै ‘संकल्प’, ‘आफ्नै चिता अग्नि शिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ ‘क्वाँटी संग्रह’ लगायतका कविता कृति छन् । आत्मवृत्तान्त कृति ‘जीवन काँडा कि फूल’ माथि फिल्मसमेत निर्माण गरिएको छ ।
Feature
1,099
भानु कपको उपाधि सेभेन स्टारलाई
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसरमा आयोजित भानु कपको उपाधि भानु नगरपालिका–१ स्थित सेभेन स्टार युवा क्लबले जितेको छ ।
https://ekantipur.com/sports/2023/07/24/169017969654945575.html
तनहुँ — राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसरमा आयोजित भानु कपको उपाधि भानु नगरपालिका–१ स्थित सेभेन स्टार युवा क्लबले जितेको छ ।भन्सार युवा परिवार, सालबिस्ने युवा क्लव र भिमसेन युवा क्लबद्वारा आयोजित १६औं राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिता सेभेन स्टारले जितेको हो । असार २९ गतेदेखि साउन ७ गतेसम्म सञ्चालन गरिएको प्रतियोगिताको फाइनलमा सेभेन स्टारले भानु–३ स्थित फ्रेण्डसिप युवा क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो । ३२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता टिमलाई २ लाख २५ हजार २१०, उपविजेतालाई १ लाख १२ हजार २१० रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । यस्तै प्रतियोगितामा फ्रेन्डसिप युवा क्लबका जितेस गुरुङ उत्कृष्ट खेलाडी, सेभेन स्टारका रमेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक, फ्रेन्डसिप युवा क्लबका विक्की राइ (५ गोल) सर्वाधिक गोलकर्ता र म्याग्दे युवा क्लब अनुशासित टिमको पुरस्कार प्राप्त गर्न सफल भएका छन् । यसैगरी भानुजयन्तीकै अवसरमा आयोजित छेलो प्रतियोगितामा नेपाली सेना भैरव दल गणका साजन परियार प्रथम र बाघचाल प्रतियोगितामा भानु–२ का अनिल बजगाई प्रथम भएका थिए । उनीहरूलाई ५ हजार २१० रुपैयाँ नगद र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।
Sports
16,742
पहिरोको जोखिममा ओखलढुङ्गा, दुई स्थानमा क्षति
मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।
https://gorkhapatraonline.com/news/67747
शेरबहादुर राईओखलढुङ्गा, जेठ ३२ गते । मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।वर्षाका कारण कार्यालय माथिबाट माटोको ढिस्को खस्दा वडा कार्यालय पुरिएको स्थानीय दिपा फुयाँले जानकारी दिनुभयो । उक्त वडा कार्यालय संरक्षणका लागि चालु आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत मेसेनरीवाल लगाइएको थियो ।यसैगरी, जिल्लाको सिद्धिचरण नगरपालिका–११ रामबजारमा पहिरोले एक घर भत्काएको छ । स्थानीय सानुराम श्रेष्ठको काठ र जस्ताले बनेको दुई तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।पाँच लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक दासको भनाइ छ । सोही घरमा मोलुङ गाउँपालिका–४ का लक्ष्मी तामाङले सञ्चालन गर्दै आउनुभएको खाजा पसलमा समेत क्षति पुगेको छ । वर्षाले घरको मुनिबाट पहिरो गई श्रेष्ठको घर भत्किएको प्रहरीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । ओखलढुङ्गा पहिरोको उच्च जोखिम भएको जिल्ला हो ।
News
55,665
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
https://gorkhapatraonline.com/news/93762
काठमाडौं, माघ ८ गते । अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।  पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभिषेकको अनुष्ठान गरिएको हो । यो कार्यक्रम सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो । अयोध्यामा भएको रामलालाको जीवनको अभिषेक देशभर गुन्जिरहेको छ भने र यसलाई मानिसले दीपावलीजस्तै मनाइरहेका छन् । मूर्तिको अभिषेकपछि जनवरी २३ अर्थात् माघ ९ गते मङ्गलबारबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । अरुण योगीराजले भगवान् रामको ऐतिहासिक मूर्ति बनाउनुभएको हो भने बिहीबार मन्दिरको गर्भगृहमा ५१ इन्चको नयाँ मूर्ति राखिएको छ । भारतसँगै विदेशमा पनि रामललाको अयोध्यामा भएको प्राणप्रतिष्ठा कार्यक्रमको निकै चर्चा भइरहेको छ । यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ । राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो । राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार नै अयोध्या पुग्नुभएको छ । अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो । राम मन्दिरले नेपाल–भारत सम्बन्ध अझै प्रगाढ प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र अयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध कायम छ ।त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध चल्ने गरेको छ ।अहिले पनि मधेसको भूभागमा बसोबास गर्ने अधिकांश नेपाली नागरिकको विवाह भारतमा हुने गरेको पाइन्छ । भारतमा चेली विवाह गर्ने र भारतबाट बुहारी ल्याउने चलन पनि कायम छ मधेसको समाजमा । नेपाली चेली भारतमा विवाह गरेर बसेका छन् भने भारतीय चेली विवाह गरेर नेपालमा आएका छन् । दुई देशबिच वैवाहिक सिलसिला सदियौंदेखि चल्दै आएको छ ।जनकपुरधामबाट रामलाई पठाइयो उपहार जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । ‘श्रीराम मन्दिर प्राणप्रतिष्ठा’का लागि जनकपुरधाम–अयोध्या धाम यात्रासहित पुस ११ गते भार पठाइएको हो ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभएको थियो । मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भारसहित त्यसतर्फ पठाइएको हो ।कालीगण्डकी नदी किनारको शिला अयाेध्यामा हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान् राम र सीताको मूर्ति बनाउन नेपालको कालिगण्डकीको शिला लगिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो । उक्त शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा नेपाल र भारतबिच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।  नेपालबाट लगिएको शीलामा कुनै रुप दिन सकिएनलामो समय विवादमा परेको धार्मिक स्थल राम जन्मभूमि अयोध्या राम मन्दिर निर्माण स्थलको विवाद समाधानपछि भारत मात्र नभएर नेपाल पनि उक्त जितमा हर्षित भएको थियो । राम मन्दिर निर्माण हुने फैसलापछि नेपाल र भारतको त्रेतागुगको सम्बन्धलाई थप प्रगाढ बनाउन गतवर्ष मात्र नेपालस्थित काली गण्डकी नदीबाट निकालिएको विशालरुपी दुई शीला भारतस्थित अयोध्यामा रामको प्रतिमा निर्माणका लागि पुर्‍याइएको थियो । तर उक्त शीलालाई अहिलेसम्म कुनै रुप दिन सकिएको छैन, त्यसकारण शीलालाई मन्दिर परिसर भित्र राखिने छ । प्राण प्रतिष्ठाका पुजारी दुर्गा गौतमका अनुसार प्रतिमा कुँद्ने बेला शीलामा चिरा परिरहेको हुँदा शीलालाई कुनै रुप दिन सकिएको छैन । तर शिलालाई विशेष स्थान दिई मन्दिसम्बन्धलाईर परिसरमै राखिने उहाँको भनाइ छ ।
News
32,233
नेपाल विमान दुर्घटनाः २३ वटा शव बांग्लादेश पठाइयो
गत हप्ता भएको यूएस-बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट सोमवार बांग्लादेशको राजधानी ढाका पठाइएको छ।
https://www.bbc.com/nepali/news-43454630
बांग्लादेशी नागरिकहरूको शव लिन बांग्लादेश विमान वाहिनीको विशेष उडान काठमाण्डू आएको थियो। नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए। दूतावासका कन्सुलर अल अलेमुल इमामका अनुसार नेपाली पक्षले मृतकको पहिचानपछि हस्तान्तरण गरेका बांग्लादेशी नागरिकको शव बोकेको विमान अपराह्ण २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। उनका अनुसार ती शवहरू ढाकाको विमानस्थलबाट सैनिक रङ्गशाला लगिनेछ जहाँ विशेष प्रार्थनासभा आयोजना हुँदैछ। सो कार्यक्रममा प्रधानमन्त्री शेख हसिना पनि सहभागी हुने बुझिएको छ। "प्रार्थनासभापछि शवहरू मृतकका आफन्तलाई हस्तान्तरण गरिने योजना छ," इमामले भने। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार तीन जना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ। पहिचान पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए। काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो। घाइते दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए। तीमध्ये आठ बांग्लादेशी नागरिकलाई थप उपचारका लागि ढाका र दुई जनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए। यूएस-बांग्ला एअरलाइन्सका नेपालस्थित प्रतिनिधि संजीव घिमिरेका अनुसार हाल घटनामा घाइते भएका ११ मध्ये पाँच जना काठमाण्डूका अस्पतालमा छन्। अरू घर फर्किसकेका छन्। घाइतेमध्ये एक नेपालीलाई थप उपचारका लागि सिङ्गापुर पठाइने जानकारी घिमिरेले दिए। दुर्घटनामा परी बाँचेका घाइते के भन्छन्?
Others
64,661
अबको चुनावसम्मै कांग्रेस प्रतिपक्षमा : एमाले उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । 
https://ekantipur.com/news/2024/05/25/congress-in-the-opposition-until-the-next-election-uml-deputy-chairman-paudel-30-28.html
चितवन — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । शनिबारदेखि भरतपुरमा सुरू भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले भने, 'प्रतिपक्षमा बसेर चुनावमा भाग लिएको अनुभव कांग्रेसलाई छैन । तर आउँदो ८४ सालको चुनाव हुँदा कांग्रेस प्रतिपक्षमै हुन्छ । किनकि अहिलेको गठबन्धन सरकार चुनावसम्मै जान्छ ।'प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई चयन गर्दै पहिले बनाएको गठबन्धन राष्ट्रपति चुनावपछि भत्काएर कांग्रेसले आफू दिग्विजय भएँ भन्ने सोचेको र अहिले नयाँ गठबन्धन बनेपछि कांग्रेस भयानक बेचैइनी र छटपटिमा रहेको पौडेलले बताए । 'त्यसो त अहिले पनि कांग्रेस नयाँ सहयात्रा भंग गर्ने प्रयत्नमा छ । तर यो सहयात्रा ८४ सालको चुनावसम्मै कायम रहन्छ । यो थाहा पाएर कांग्रेस संसद्‌मा ताण्डव नृत्य मच्च्याइरहेको छ । संसद्‍को र सभामुखको कुनै मर्यादा गरेको छैन,' पौडेलले भने ।उनले कांग्रेसले अवरूद्ध गरेको संसद् खुलाउन संवाद गर्ने तर सहमतिमा नआए व्यवधान पन्छ्याएर अगाडि बढ्ने बताए । 'यो गठबन्धन रहे आफ्नो भविष्य छैन भन्ने कुरा कांग्रेसले बुझेको छ र नै अनेक प्रपञ्चमा छ,' पौडेलले भने । सोमबारसम्म चल्ने चितवन एमालेको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगनाका अनुसार जिल्ला अधिवेशनमा ७ सय ६१ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले १ सय २० जनाको कार्यसमिति गठन गर्ने छ । नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमल पाठकको नाम चर्चामा छ । त्यसैगरी कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि अध्यक्ष पदमा रुची देखाएका छन् । आइतबार मनोनयन दर्ताको कार्यक्रम छ । सर्वसम्मत नभए सोमबार मतदान हुने एमाले चितवनले जनाएको छ ।
News
3,096
अलिएक्सप्रेस: भारत-चीन सीमा विवाद टुङ्ग्याउने प्रयास हुँदै गर्दा दिल्लीको निसानामा अरू चिनियाँ एप पनि
चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउन थालेको भारतको निसानामा लोकप्रिय चिनियाँ ई-कमर्सको माध्यम अलिएक्सप्रेस पनि परेको छ।
https://www.bbc.com/nepali/news-55067607
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यसअघि भारतले ११८ वटा चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो साइबर सुरक्षाको कारण देखाउँदै भारतले थप ४३ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाएको छ। यससँगै भारतको प्रतिबन्धमा २२० वटा चिनियाँ एप परेका छन्। सीमा विवादका कारण उत्पन्न तनाव मत्थर पार्न दुई देशले प्रयास गरिरहेको बेला भारतले यो कदम चालेको यो। गत जुन महिनामा २० भारतीय सैनिकको ज्यान जानेगरी भएको सङ्घर्षपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको थियो। भारत सरकारले ती एपहरू भारतको "स्वायत्तता र अखण्डता" मा आघात गर्ने गतिविधिमा संलग्न भएको दाबी गरेको छ। चिनियाँ राजदूतावासका प्रवक्ताले भारतले फेरि राष्ट्रिय सुरक्षाको "निहुँ" पारेको टिप्पणी गरेका छन्। उनले आफूहरूले "निष्पक्ष र बिनाभेदभाव व्यापारिक वातावरण" को "अपेक्षा" गरेको बताएका छन्। विश्लेषकहरूले गोपनीयताका कारणभन्दा पनि चीनलाई प्रतिक्रियास्वरूप यो प्रतिबन्ध लगाइएको धारणा व्यक्त गरेका छन्। प्रविधिसम्बन्धी लेखक प्रशान्तो के रोय भन्छन्, "चीनसँग सम्बन्धित प्रत्येक एपलाई दिल्लीले नियाल्दै आएको र चीनलाई सन्देश दिन प्रतिबन्ध लगाउँदै आएको छ भन्ने स्पष्ट भएको छ।" उच्च हिमाली भेगमा रहेको लद्दाखलाई लिएर भारत र चीनबीच सीमा विवाद रहेको छ "तीमध्ये धेरैजसो एप असान्दर्भिक र अत्यन्तै कम प्रयोगका छन्। यसअघि टिकटक, वीच्याट, बाइडु र यस पटक अलिएक्सप्रेस निसानामा परेका मुख्य एप हुन्।" उनका अनुसार यसअघि वर्षौंसम्म चिनियाँ र अन्य एपबारे गोपनीयतालाई लिएर चासो व्यक्त भए पनि जुन २०२० अघि कुनै प्रतिबन्ध लगाइएको थिएन। 'चिन्ताको विषय' परमाणुशक्तिसम्पन्न दुई देशले आफ्ना सीमामा एप्रिल महिनादेखि नै सैनिक परिचालन गरेका थिए। तर गत जुनमा लद्दाखको हिमाली क्षेत्र गलवान उपत्यकामा उनीहरूबीच भिडन्त भएको थियो। उक्त भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो। भारतले चिनियाँ पक्षमा पनि सैनिकहरू हताहत भएको दाबी गरेको थियो। तर चीन त्यसबारे केही बोलेको छैन। त्यसयता दुवै देशले वार्ता थालेका छन्। तर जारी वार्तालाई पछिल्लो प्रतिबन्धले कसरी असर पार्छ भन्ने स्पष्ट छैन। तर रोयजस्ता विज्ञहरू भने अन्य चासो पनि रहेको बताउँछन्। उनी भन्छन्ः विद्यार्थीको विरोध होस वा एपमाथिको प्रतिबन्ध, धेरै कुरमा 'राष्ट्रिय सुरक्षा र स्वायत्तामाथिको खतरा' भनिनु चिन्तालाग्दो विषय हो। विगत दुई वर्षमा सरकारका आलोचक र अभियानकर्मीको विवादास्पद पक्राउलाई इङ्गित गर्दै उनले त्यसो भनेका हुन्। गोपनीयतासम्बन्धी कानुनहरू भारतमा कम हुनु पनि चिन्ताको विषय भएको उनले बताए। सर्वोच्च अदालतले गोपनीयतालाई मौलिक अधिकारका रूपमा उल्लेख गर्ने ऐतिहासिक फैसला सुनाएको तीन वर्षपछि पनि त्यसबारे कानुनको कमी छ। उनले भने, "भारतीय र अमेरिकी थुप्रै एपले आवश्यकताभन्दा बढी नै विवरण र अनुमतिहरू खोज्छन्।"
Others
65,237
तिलोत्तमा क्रिकेट क्लब ८१ रनले विजयी
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत बिहीबारको खेलमा तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । 
https://ekantipur.com/sports/2022/03/10/164691048732147789.html
तिलोत्तमा — भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत बिहीबारको खेलमा तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । बुद्ध क्रिकेट क्लबलाई ८१ रनले हराउँदै तिलोत्तमाले जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाका अमरसिंह राउटेलाले अर्ध शतकीय पारि खेल्दै ५२ रन बनाए । त्यस्तै, भुवन गैरेले ४८ रनको योगदान गरे । बलिङतर्फ बुद्ध क्रिकेट क्लबका अमित अग्रहरीले ३, विपीन खत्री, अमित अग्रहरी र अजय त्रिपाटीले समान २/२ विकेट लिए ।२ सयको टार्गेट पछ्याउने क्रममा बुद्ध क्रिकेट क्लबका खेलाडीले १ सय १८ रन मात्र बनाउन सके । बुद्धका लागि सलिम अलीले ३३ र सुवास भण्डारीले १८ रन बनाए । बलिङतर्फ तिलोत्तमाका अमरसिंह राउटेलाले ४, कृष्ण कार्की, कृष्ण पराजुली र कृष्ण भुसालले समान २/२ विकेट लिए । खेलमा तिलोत्तमाका अमरसिंह राउटेला म्यान अफ द म्याचबाट पुरस्कृत भए ।शुक्रबार तिरुपती क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुने रुपन्देही क्रिकेट संघका सचिव सन्जय गुरुङले बताए ।
Sports
21,037
मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । 
https://ekantipur.com/sports/2023/03/27/167992444946513376.html
धनगढी — मनाङ मर्स्याङ्दी क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता वाग्मतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । वाग्मतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो । वाग्मतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्‍यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसाग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ । प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३:३० बजे सुरु हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
Sports
17,906
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
https://gorkhapatraonline.com/news/86667
शशिधर पराजुलीविराटनगर, मङ्सिर ९ गते। कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो। प्रतिस्थापन विधेयकमा अध्यादेशले व्यवस्था गरेभन्दा ५० करोड रुपियाँ थप गर्दै नयाँ योजनासमेत समावेश गरिएको मुख्यमन्त्री कार्कीले सदनलाई जनाकारी गराउनुभयो। मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो। अघिल्लो सरकारले अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट ल्याएको थियो। प्रतिस्थापन विधेयकमा सरकारले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार रुपियाँ विनियोजन गरेको छ। जसमा सङ्घीय अनुदान बचत फिर्ताका लागि दुई अर्ब रुपियाँ फिर्ता गर्न चालु खर्चमा रकम व्यवस्था गरेको छ। प्रस्तुत बजेटमा प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय सामान्यीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपियाँ आम्दानी हुने भन्दै स्रोत व्यवस्थापन मिलाएको छ। प्रदेश सरकारले पहिलो चौमासिकमा चालतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपियाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ। यस्तै पुँजीगततर्फ भने हालसम्ममा १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपियाँ अर्थात् ७.५४ प्रतिशत खर्च गरिसकेको छ।कोशी सरकारले प्रतिस्थापन विधेयक पेस गर्दै त्यसका प्राथमिकता, उद्देश्य र लक्ष्य निर्धारण गरेको छ। मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘प्रदेशका सबै निर्वाचन क्षेत्रमा सकेसम्म समान ढङ्गले बजेट पुग्ने गरी योजना छनोट गरिएको छ र अध्यादेशमा भएका असन्तुलनलाई सन्तुलित बनाउने प्रयत्न गरिएको छ।’’मुख्यमन्त्री कार्कीले आर्थिक स्रोत सुनिश्चित नभएका र तत्काल कार्यान्वयन गर्न सम्भव नदेखिएका योजना काटिएको र २५ लाख रुपियाँ भन्दा कम विनियोजन भएको कतिपय योजनाहरूमा रकम थप गरेर २५ लाख पुर्‍याइएको र कतिपय योजना हटाइएको जानकारी दिनुभयो। यसैगरी सरकारले नवप्रवर्तन उद्यमी तालिम सञ्चालन गर्ने र उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने व्यवस्था मिलाएको मुख्यमन्त्री कार्कीले सदनलाई जानकारी गराउनुभयो।  हात्तीबाट हुने मानवीय र कृषि क्षेत्रको क्षति कम गर्न हात्ती कोरिडोर विकास गर्ने, तुवाचुङ र खुवालुङलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, ‘जसको जङ्गल उसको मङ्गल’ कार्यक्रम लागू गरी वन्यजन्तुमैत्री जङ्गल विकास गर्न वनमा फलफूलका बिरुवा रोप्ने, विकट क्षेत्रमा स्वचालित तुइन जडान गर्ने, तमोर नदीको पानी २.५ किलोमिटर सुरुङ मार्फत धरानको शिवजट्टासम्म ल्याउन अध्ययन गर्ने, कृषि र पशु विज्ञानतर्फ स्नातक तह अध्ययन गर्न हरेक पालिकाबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता नयाँ कार्यक्रम प्रतिस्थापन विधेयकमा समावेश गरिएको छ। 
News
36,141
डोनल्ड ट्रम्प: किमको आक्रोश र वैरभावले वार्ता स्थगन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनसँग गर्ने भनिएको शिखरवार्ता स्थगित गरेका छन्।
https://www.bbc.com/nepali/news-44244264
उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा पोखेको 'चरम आक्रोश र खुल्ला वैरभाव' का कारण उनीसँग अहिले भेट गर्नु उपयुक्त भएको ट्रम्पले बताएका छन्। किमलाई सम्बोधन गरिएको एउटा पत्रमा ट्रम्पले यो स्थगनबाट 'संसारले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको' भन्दै वार्ताको सम्भावना भने कायम रहेको उल्लेख गरेका छन्। जुन १२ मा सिङ्गापुरमा उनीहरूको भेट हुने बताइएको थियो। किम र ट्रम्पको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको थियो। उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणस्थलमा रहेका सुरुङहरू नष्ट गरेको केही घण्टामै ट्रम्पले वार्ता स्थगित भएको घोषणा गरेका हुन्। पुङ्गेरीमा पुगेका विदेशी पत्रकारहरूले परीक्षणस्थलमा ठूलो विस्फोट भएको देखेको बताएका छन्। ट्रम्पले के भने? अहिले स्थगित गरिएको शिखरवार्ता पछि गर्न आफू इच्छुक रहेको ट्रम्पले बताएका छन्। "तपाईँसँग त्यहाँ भेट्न म साह्रै उत्सुक थिएँ। दु:खको कुरा, तपाईँको पछिल्लो वक्तव्यमा प्रदर्शित चरम आक्रोश र खुल्ला वैरभावले धेरै पहिलादेखि योजना गरिएको भेट गर्नु अहिले मलाई उपयुक्त लागेन," उनले लेखेका छन्। "तपाईँ आफ्नो पारमाणविक क्षमताको कुरा गर्नुहुन्छ। तर हाम्रो पारमाणविक क्षमता यति विशाल र शक्तिशाली छ कि, म ईश्वरसँग प्रार्थना गर्छु, त्यसको प्रयोग कहिल्यै गर्नु नपरोस्।" पत्रको अन्त्यमा ट्रम्पले किमलाई यदि उनले मनस्थिति परिवर्तन गरे आफूलाई फोन गर्न आग्रह गरेका छन्। "विश्व र विशेषगरी उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको छ। यो पक्कै पनि इतिहासको दु:खद क्षण हो।" ट्रम्प र किमबीच सहमति होला? बिहीवार पूर्वाह्ण एक जना उत्तर कोरियाली अधिकारी च्वे सन-हीले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको 'उत्तर कोरिया लिबियाजस्तै सकिन सक्ने' भन्ने टिप्पणीलाई 'मूर्खतापूर्ण' भन्दै निन्दा गरेका थिए। च्वे उत्तर कोरियाले अमेरिकासँग गत दशकदेखि गर्दै आएका कूटनीतिक वार्ताहरूमा संलग्न हुँदै आएका अधिकारी हुन्। उत्तर कोरियाले वार्ताको भिक्षा नमाग्ने भन्दै उनले यदि कूटनीति असफल भए 'पारमाणविक मुठभेड' हुने चेतावनी दिएका थिए। प्रतिक्रिया ट्रम्पको घोषणापछि दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले आफ्ना सुरक्षा अधिकारीहरूसँग भेट्दैछन्। उनले गत महिना किमसँग वार्ता गरेका थिए। योन्हाप समाचार संस्थालाई सरकारी प्रवक्ताले "(हामी) राष्ट्रपति ट्रम्पको उद्देश्य र त्यसको अर्थ के हो भनेर बुझ्न खोज्दछौँ" भनेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेजले वार्ता स्थगित भएकाप्रति 'गम्भीर चासो' व्यक्त गरेका छन्। उनले सम्बन्धित पक्षहरूलाई कोरियाली प्राय:द्वीपलाई शान्तिपूर्ण तरिकाले निरस्त्रीकरण गर्न सम्वाद कायम राख्न आह्वान गरेका छन्।
Others
67,239
खेलाडी बने वडाध्यक्ष
चार महिना अघिसम्म यहाँको मानेभन्ज्याङ ५, उदैपुरका रामकुमार राई (३३ वर्ष) बिहान उठ्नेबित्तिकै ब्याडमिन्टनको र्‍याकेट भिरेर कोर्टमा पुग्थे । बिहानभरि खेल खेलेर अभ्यास गरिरहने उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दौडिरहनुपथ्र्यो ।
https://ekantipur.com/sports/2017/10/03/20171003065320.html
ओखलढुंगा — चार महिना अघिसम्म यहाँको मानेभन्ज्याङ ५, उदैपुरका रामकुमार राई (३३ वर्ष) बिहान उठ्नेबित्तिकै ब्याडमिन्टनको र्‍याकेट भिरेर कोर्टमा पुग्थे । बिहानभरि खेल खेलेर अभ्यास गरिरहने उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दौडिरहनुपथ्र्यो ।तर अहिले उनको दैनिकी पूरै फेरिएको छ । राजधानीको ब्याडमिन्टन कोर्टमा भेटिने रामकुमार अहिले गाउँको वडा कार्यालयमा भेटिन्छन् । नागरिकताको सिफारिसदेखि गाउँको समस्यामा कचहरी बस्न पुग्छन् । खेलजीवन त्यागेर उनी एक्कासि वडाध्यक्ष निर्वाचित भए । ‘सुरुमा त साह्रै गाह्रो लागेको थियो ।’ रामकुमारले भने, ‘खेल खेले जस्तो राजनीति गर्नु र निर्वाचित प्रतिनिधि बन्न सजिलो रहेनछ । अहिले अभ्यस्त हुन थालेको छु ।’ रामकुमार ब्याडमिन्टन जोडी (डबल्स) तर्फ नेपालको नम्बर १ खेलाडी हुन् । २०६४ सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा ललितपुर जिल्लाबाट सहभागी भई दोस्रो स्थान ल्याएपछि उनले एक दशक ब्याडमिन्टनमै बिताए ।दर्जनांै राष्ट्रियस्तरका उपाधि जितेका उनले २०७० देखि त्रिभुवन आर्मी क्लबबाट ब्याडमिन्टन खेल्दै आएका थिए । ललितपुरबाट खेल्दा उनको जोडी भिमल श्रेष्ठ थिए । त्रिभुवन आर्मीबाट भने रत्नजित तामाङ । रत्नजित सिंगलतर्फको हाल पनि च्याम्पियन खेलाडी हुन् ।रत्नजितसँगकै जोडीले पहिलोपटक ६ वर्षअघि भारतको हैदराबादमा नेपालको प्रतिनिधित्व गर्न पुग्यो । प्राय: सिंगल मात्र प्रतियोगिताका लागि देश बाहिर लाने चलन छ । सम्भवत: नेपाली ब्याडमिन्टन इतिहासमा पहिलो जोडीका रूपमा उनीहरू प्रतियोगितामा सहभागी हुन हैदराबाद गएका थिए । २०५८ सालमा गाउँमा माओवादी द्वन्द्वबाट प्रभावित भएपछि रामकुमार राजधानी छिरे । ‘गाउँमा स्कुले युवाहरू लिन माओवादी स्कुलमै आइपुग्थे ।’ उनले पुराना दिन सम्झँदै भने, ‘गाउँ बस्नै नसकिने भएपछि म राजधानी लागेँ ।’ खेलमा पहिलेदेखि रुचि थियो । गाउँमा बस्दा भलिबल खेल्थे । राजधानी गएपछि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा तीन महिनाको तालिम लिए । तर उचाइ नपुगेको भन्दै उनलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएन ।त्यसपछि उनी आफन्तसँगै बिहान, बेलुका ब्याडमिन्टन कोर्टमा टाइमपास गर्न पुगे । त्यही टाइमपासले उनलाई राष्ट्रियस्तरको खेलाडी बनायो । तिनै रामकुमार गत असार १४ को स्थानीय तह निर्वाचनमा यहाँको मानेभन्ज्याङ गाउँपालिका ५ को वडाध्यक्ष निर्वाचित भए कांग्रेसबाट टिकट पाएका उनले ६ सय ७८ मत ल्याएका थिए । उनको प्रतिद्वन्द्वीले ठ्याक्कै उनको भन्दा आधा मत ३ सय ३९ मत ल्याए ।रामकुमारलाई राजनीतिमा आइहाल्छु जस्तो लागेको थिएन । तर सामाजिक काममा रुचिचाहिँ थियो । वाम्बुले राई समाजको केन्द्रीय सचिव पदमा बसेर पनि उनले सामाजिक काम गरिरहेका थिए । जब चुनाव नजिकियो, उनलाई साथीभाइले हुट्हुटी लगाए । ‘तिमी जस्तो मान्छेले त राजनीति गर्नुपर्छ । पार्टीमा हामी कुरा गर्छौं । टिकट लिएर चुनाव लड ।’अनि उनको पनि ध्यान मोडियो । अन्तत: टिकट पाए र चुनावमा विजयी भए । उनको चुनावी अनुभव गज्जबकै छ । ‘भोट माग्न त स्टेजमा चढेर भाषणमात्र गर्नुपर्छ होला भन्ने लागेको थियो ।’ उनी भन्छन्, ‘तर राति राति गाउँगाउँमा हिँड्नुपर्ने । मतदाता फकाउनुपर्ने । त्यसमाथि नेता भनेपछि मतदाताले वास्तासमेत नगर्ने देख्दा त घरिघरि बेकार रहेछ जस्तो लागेको थियो ।’भोकभोकै भोट माग्न हिँड्नुपर्दा उनले गलत बाटो रोजियो कि भन्ने सोचेका थिए । तर अहिले त्यस्तो लागेको छैन उनलाई । वाणिज्य संकायमा स्नातकोत्तर गरेका राईले आफ्नो कार्यकालमा सके गाउँपालिका, नसके आफ्नो वडालाई खेलकुदमय बनाउने सोचेका छन् । उनकै परिकल्पनामा हालै वडास्तरीय फुटबल प्रतियोगिता आयोजना भयो । पूर्णकालीन राजनीति गरेपछि अरू पेसा गर्नुहुन्न भन्ने समाजमा भ्रम रहेको भन्दै त्यसलाई चिर्ने सोच उनको छ । ‘राजनीति गरेपछि अरू काम गर्नुहुन्न भन्छन्,’ रामकुमारले भने, ‘तर म राजनीतिलाई निरन्तरता दिनका लागि वैकल्पिक काम वा व्यवसाय गर्ने सोचमा छु । गरिखान सके पो इमानदार राजनीति गर्न सकिन्छ । नत्र कसरी असल नेता बन्नु ?’
Sports
31,300
चुनाव हारेकालाई राष्ट्रिय सभामा लिनेले नै व्यवस्थामाथि प्रहार भयो भनिरहेका छन् : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले संविधान र व्यवस्थाको भद्दा मजाक बनाउनेहरूले नै व्यवस्थामाथि प्रहार भइरहेको भन्ने अभिव्यक्ति दिइरहेको बताएका छन् । 
https://ekantipur.com/news/2024/01/13/those-who-have-lost-the-election-to-the-national-assembly-are-saying-that-the-system-has-been-attacked-lamichhane-41-20.html
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले संविधान र व्यवस्थाको भद्दा मजाक बनाउनेहरूले नै व्यवस्थामाथि प्रहार भइरहेको भन्ने अभिव्यक्ति दिइरहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएको र राष्ट्रपतिबाट मनोनीत गर्ने सिटबाट सांसद बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको सभापति लामिछानेले आलोचना गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित 'वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह' मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएको बताए । 'राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ?,' सभापति लामिछानेले भने, 'परिवर्तनमा प्रहार त्यसले गर्‍यो जसले भर्खरै चुनाव हारेका मान्छेलाई नभई नहुने, यिनीहरू नभए त हुँदै हुँदैन भने जसरी चोर बाटोबाट राष्ट्रिय सभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाए, जसले यो काम गरेर उनैले प्रहार गरिरहेका छन् र उनीहरू नै भन्छन् व्यवस्थामाथि प्रहार भयो भनिरहेका छन् ।'सभापति लामिछानेले राजनीतिलाई ट्र्याकमा ल्याउनका लागि कसैसँग केही उपाय भए आफूहरू सुन्न तयार रहेको बताए । सक्षम युवाहरू राजनीतिमा संलग्न भए राजनीतिलाई ट्र्याकमा ल्याउन सकिने र मुलुकलाई सही नीति लिनुपर्ने उनको भनाइ थियो । 'राजनीतिलाई ट्र्याकमा ल्याउने अर्को कुनै उपाय कसैसँग छ भने हामी सुन्न तयार छौं । हाम्रो बाटो गलत हो, अर्को कुनै बाटो सही हो भनेर कसैले भन्छ र त्यसलाई प्रमाणित गर्छ भने हामी तयार छौं,' लामिछानेले भने, 'तर, हामीलाई के लाग्छ भने ट्र्याकबाट बाहिर गइसकेको यो देशलाई योग्य, सक्षम, होनहार, इमानदार युवा साथीहरूलाई लिएर एकपटक ट्र्याकमा ल्याउन सकियो भने हामी चाँडै प्रगति गर्छौं । राजनीतिकको सिद्धान्त वाद एउटा परिचयनको कुरा होला तर देश नीतिले बन्छ र नीतिको राजा राजनीति हो । त्यसलाई नसंल्याइकन केही पनि बन्दैन । नीति राम्रो बनाउनका लागि सही नियत भएको नेतृत्वको आवश्यकता पर्छ ।'
News
6,423
जापानमा नेपाली टोलीको फराकिलो हार
एएफसी एसियन कप अन्तर्गत छनोट चरणको तेस्रो खेलको तयारीका लागि जापान पुगेको नेपाली टोलीले बिहीबार खेलेको खेलमा अमिटी स्पोर्ट्स क्लबसँग ५-० को हार व्येहोरेको छ । अमिटी जापानको पाँचौ श्रेणीको लिग कान्साई सकर लिगमा खेल्ने टोली हो ।
https://ekantipur.com/sports/2017/08/17/20170817123249.html
काठमाडौं — एएफसी एसियन कप अन्तर्गत छनोट चरणको तेस्रो खेलको तयारीका लागि जापान पुगेको नेपाली टोलीले बिहीबार खेलेको खेलमा अमिटी स्पोर्ट्स क्लबसँग ५-० को हार व्येहोरेको छ । अमिटी जापानको पाँचौ श्रेणीको लिग कान्साई सकर लिगमा खेल्ने टोली हो ।दोस्रो रोजाइका खेलाडी उतारेको नेपाली टोलीले पहिलो हाफमा ३ र दोस्रो मा २ गोल खाएको थियो । बुधबार क्वान्साई गाकुइनलाई २-१ले पराजित गर्दाको टोलीबाट पहिलो रोजाइका सबै खेलाडी परिवर्तन गरिएको थियो ।पहिलो खेलमा नेपालले गाम्बा ओसाका को यू २३ टोलीसँग १-१ को बराबरी खेलेको थियो । नेपाली टोलीले शुक्रबार हनान विश्वविद्यालयसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । नेपाल र ताजिकिस्तानको खेल आगामी भदौ २० गते काठमाडौँमा हुँदैछ  । 
Sports
31,727
बस्न सकेन धरान कार्यपालिका बैठक
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।
https://gorkhapatraonline.com/news/47993
निशा राई धरान, मङ्सिर २९ गते । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।सो कार्यपालिका बैठकमा नगर प्रमुख र वडाध्यक्षबीच सप्तरङ्गी पार्कको एजेण्डा पास गर्ने नगर्ने विषयमा विवाद भएपछि नगर प्रमुख हर्कराज राईले ‘तपाई जानुस्’ भन्ने शब्दलाई लिएर सो शब्दप्रति वडाध्यक्षको विमति भएपछि माफी माग्नुपर्ने माग राखेपछि नगर प्रमुख राईले माफी नमाग्ने अडान लिएपछि कार्यपालिका स्थगित भएको बताइएको छ । हालसम्म पनि सोही कुराको अडानमा चार पटकमा पनि कार्यपालिका बैठक बस्न सकेको छैन । गत कात्तिक १७ गते कार्यपालिका बैठकमा पनि नगर प्रमुख राईले माफी माग्ने विषयमा विवाद भएपछि कार्यपालिका बैठकको विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो । त्यस्तै, तेस्रो पटक कात्तिक २४ गते कार्यपालिकाको बैठक भनिए पनि नगर प्रमुख राई र उपप्रमुख आइन्द्रविक्रम बेघाको मात्र उपस्थिति थियो । यसैगरी चौथो पटक बिहीबार बिहान ८ बजे बोलाइएको बैठकमा चार जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा  १८ का नरेन्द्रकुमार राई, वडा ६ का भुपेन्द्र भट्टराई र कार्यपालिका सदस्य दिनेश गजमेर र वडा १४ बाट प्रतिनिधि भएर आउनुभएका झरना सुनुवारको उपस्थिति थियो ।  कार्यपालिका सदस्यहरुको तर्फबाट वडा १७ का अध्यक्ष एवम् नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताउनुभयो । उहाँका अनुसार नगरप्रमुख राईले आफ्नो गल्ती स्वीकार गर्नेभन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकाले पनि बैठकमा सहभागी नहुने बताउनुभयो । नगर प्रमुख राईले आफूले माफी माग्नुपर्ने अपमानजनक शब्द नबोलेको भन्दै माफी नमाग्ने अडान राख्नुभएको छ । “नगरप्रमुखले भनेको नमान्ने उल्टै मेरो भन्दा पनि नगरप्रमुख पदको अपमान गरेको” नगरप्रमुख राईले भन्नुभयो ।  उपप्रमुख अइन्द्रविक्रम बेघाले नगरप्रमुख र वडाअध्यक्षको आफ्नो जिद्दीका  कारण धरानको विकास, योजनाहरु र जनताका मुद्दाहरु ओझेल पर्ने भएकाले दुवै पक्षले समन्वय गरेर अगाडि बढ्न ढिलाइ नगर्न पनि आग्रह गर्नुभयो । कार्यपालिका बैठकबाट नगर सभाको मिति तोक्ने, ‘धरान डे’ तथा इष्ट टुरिजम मार्ट मनाउन, बाटोको नामकरण, ल्याब सामग्रीको दररेट, कृषि क्षेत्र कायम गर्ने, बहुसांस्कृतिक पार्क निर्माण गर्नेलगायतको विविध योजना रहेकोमा ढिलाइ हुँदा  धरानको विकासमा असर परिरहेको छ । 
News
59,787
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।”
https://gorkhapatraonline.com/news/91376
काठमाडौँ, पुस १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।”सरकारबाट पाउने अनुदान रकम नपाएको भन्दै उखु किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनुभएको थियो ।सो निर्देशनबमोजिम कृषि मन्त्रालयले पहिलो लटमा ८० करोड त्यसपछि ५२ करोड गरी एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको छ । सरकारबाट दिइने अनुदान रकम अब बाँकी छैन, चालु आवमा किसानले कति उखु क्रसिङ गराए, त्यसको तथ्याङ्क आइपुगेको छैन । तथ्याङ्क आएपछि त्यसको मूल्याङ्कनका आधारमा रकमका लागि प्रक्रिया सुरु गरिने महानिर्देशक केसीले बताउनुभयो ।सरकारले हालै यस वर्षको उखुको समर्थन मूल्य ६३५ रुपियाँ कायम गरेको छ । पुस ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चिनी उद्योगीले प्रतिक्विन्टल ५६५ रुपियाँ र सरकारले दिने अनुदान ७० रुपियाँ प्रतिक्विन्टल गरी ६३५ रुपियाँ कायम गरेको छ । सरकारले उखुको समर्थन मूल्य कायम गर्नुका साथै अनुदान रकम पनि भुक्तानी गरिसकेका कारण उखुको क्रसिङ धमाधम सुरु भएको छ ।    
News
52,092
क्राइस्टचर्च विमानस्थलमा जब विमाननजिकै चट्याङ पर्‍यो
न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्।
https://www.bbc.com/nepali/news-50498610
विमानको पछिल्तिर अलि पर चट्याङ परेको थियो एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपराह्ण ३:३० बजे खिचेका थिए। उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो। न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो। क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन्।
Others
64,772
७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म
चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।
https://ekantipur.com/feature/2024/06/16/ranjana-soda-since-77-years-from-kathmandu-to-doha-35-00.html
काठमाडौँ — चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।तस्बिर : सफलप्रकाश श्रेष्ठवि.सं. २००३ देखि सुरु भएको रञ्जना गल्लीको सोडा पसलको नाम नै ‘रञ्जना सोडा पसल’ बन्न पुगेको हो । बीचको केही समय यो पसल रञ्जना गल्लीबाट भूगोल पार्कमा सरेको थियो । अहिले रञ्जना गल्लीमै दुईवटा यस्ता सोडा पसल छन् । रञ्जना सोडा पसलको छुट्टै विरासत छ । घरमै सोडा बनाएर बेच्न थालेदेखि नै यसले आफ्नो छुट्टै पहिचान दिएको थियो । न्युरोडका बुद्धिराज सुवालले १९९८ सालमा घरमै सोडा बनाएर बेच्थे । उनले आफ्नै घरमा सोडाको ‘फ्याक्ट्री’ नै खोलेका थिए । सुवालले घरमा आउने ग्राहकदेखि विभिन्न पसलसम्म सोडा पुर्‍याएर बेच्थे । बुद्धिराजले २००३ सालदेखि मात्रै व्यावसायिक रूपमा सोडा पसल सञ्चालनमा ल्याएको सुवालका जेठा छोरा सुरेशले बताए । बुद्धिराज सुवाल ।त्रिदेव गुरुङले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘लगभग २००९ तिर शनिबारको अर्थ : खेलकुद र साथीहरू हुन्थ्यो । हामी बास्केटबल वा फुटबल रोज्थ्यौं । फुटबलका लागि टुँडिखेल घरेलु मैदानजस्तै थियो । खेल सकिएपछि प्रख्यात रञ्जना गल्लीको सोडा पिउने प्रचलन नै थियो ।’ गुरुङले भनेजस्तै रैथाने न्युरोडवासी धेरैले कुनै न कुनै माध्यमबाट रञ्जना गल्लीको सोडा पसललाई सम्झने गर्छन् । न्युरोडदेखि काठमाडौं उपत्यकामा जन्मेहुेर्केका जोकोहीका लागि ‘रञ्जना सोडा पसल’ विगत सम्झाउने र वर्तमानमा गर्मी छल्ने उपयुक्त माध्यम बन्दै आएको छ । उक्त पसलमा पुग्दा सोडा खानेको लाइन अझै पनि उस्तै देखिन्छ । लेमन, कोला, लिच्ची, आँप, ब्लुबेरी, मसलासम्मका विभिन्न प्रकारका सोडा यहाँ पाइन्छन् । पछिल्लो समय मोजितो, किबी, लस्सी, आइसगोला, आइसक्रिमदेखि पिच, ब्लुबेरी, कच्चा म्याङ्गो, ग्रेप्स, पिचसम्मका सोडा ग्राहकका लागि सर्भ गर्न लागिएको छ । जुन मौसमअनुसार पनि हुने गरेको छ । यद्यपि, सामान्यतया लेमन सोडा, कोला नै अधिकांश ग्राहकको रोजाइमा पर्छ । बुद्धिराज सुवालले आफ्नै चाहना र चासोमा भन्दा पनि राणा शासनकालमा निःशुल्क मेसिन पाएपछि सीप सिकेर पसल सञ्चालन गरेको स्थानीयहरू बताउँछन् । ‘दुई–चार पैसामै पाइने सोडा त्यसबेलाको महत्त्वपूर्ण पेय पदार्थ थियो,’ न्युरोडका बासिन्दा ७८ वर्षीय डिल्लीरत्न शाक्यले भने, ‘म त अहिले पनि गर्मी महिनामा दिनकै त्यही लेमन सोडा पिउँछु ।’ अन्य चिसो पेय पदार्थभन्दा यो सस्तो र नेपालमै उत्पादन गरिएकाले आफ्नो रोजाइमा पर्ने गरेको उनले सुनाए ।राणाकालमा सुवाल दरबारमा काम गर्ने कुनै सुबेदारको घरका सहयोगी थिए । तत्कालीन राणा शासकले विदेशीको सिको गर्दै जर्मनीबाट सोडा मेसिन ल्याएका थिए । ‘त्यसबेला राणाहरूले मदिरामा सोडा मिसाएर खाने चलन थियो रे,’ बुबाको भनाइ स्मरण गर्दै जेठा छोरा सुरेशले भने, ‘पछि राणाहरूले ती मेसिन भारदार वा नातेदारलाई उपहार दिन थाले । त्यही बेला दरबार निकट एक जना सुबेदारले पनि उपहारमा सोडा मेसिन पाएका रहेछन् ।’ सुरेशका अनुसार तिनै सुबेदारको घरमा उनका बुबाले पनि काम गर्थे । ‘ती सुबेदारले जसोतसो सोडा बनाउँथे र बुबालाई पनि सोडा बनाउन उनैले सिकाएका हुन्,’ सुरेशले भने, ‘बुबासँग सोडा बनाउने मेसिन थिएन, तर सुबेदारले मेसिनले बनाएको सोडाभन्दा बुबाले हातैले बनाएको सोडा मिठो भएपछि उनैले बुबालाई सोडा मेसिन दिएका रहेछन् ।’ ती सुबेदारले ‘हरेक महिना मलाई गुरुदक्षिणा दिनू’ भन्दै सोडा मेसिन बुबालाई सुम्पिएको बुद्धिराजले आफ्ना छोराहरूलाई सुनाएका थिए । सुबेदारले भनेअनुसार हरेक महिना केही रकम बुझाउने गरेको सुरेश अहिले पनि सम्झन्छन् । सुरुसुरुमा त बुद्धिराजले सोडा बनाउँदै खर्पनमा लगेर मेला–महोत्सवमा बेच्थे । फ्याक्ट्रीमा सोडा बनाएर अन्य पसलमा पुर्‍याउँथे । २००३ सालपछि भने व्यावसायिक रूपमै सोडा बेच्न थालेको सुरेशको स्मरणमा ताजै छ । बुबासँगै सोडा बनाउन सिकेर उनका दुवै छोरा सुरेश र नरेश अहिले न्युरोडस्थित रञ्जना गल्लीमै सोडा बेचिरहेका छन् । रञ्जना गल्लीमै नरेशले सोडा बेच्छन् भने सोही गल्लीको भित्रपट्टि सुरेशले सोडा पसल सञ्चालन गरेका छन् । सुरेश र नरेशले बुबाबाट सिकेको सीपलाई आफ्ना छोराहरूमा हस्तान्तरण गरेका छन् । अहिले बुद्धिराज सुवालको नाति पुस्ताले पनि सोडा बेचिरहेको छ । ‘एक पटक त बुबाले मातातीर्थ पुगेर दिनमा एउटा सोडा मात्रै बिक्री गरेर पनि आउनुभएको रहेछ, एउटा सोडा बेच्दा पनि उहाँ सन्तुष्ट हुनुहुन्थ्यो,’ बुद्धिराजका माइला छोरा नरेशले भने, ‘बुबाको त्यही कुरा हामीलाई गर्व गर्न लायक लाग्छ । सोडा व्यवसायमा टिकाउने माध्यम पनि त्यस्तै प्रेरणा हो भन्ने लाग्छ ।’ कोभिड–१९ को महामारीमा पसल बन्द हुँदासमेत बुबाको त्यही कुरा सम्झना आउँदा थप काम गर्न प्रेरित गर्ने गरेको उनले सुनाए । मेला, महोत्सव र जात्रामा पुगेर सोडा बेच्ने बुद्धिराजले २००३ तिर जनसेवा सिनेमा भवनको छेउमा सानो पसल भाडामा लिएर व्यवसाय सुरु गरेका थिए । व्यवसाय चलिरहेकै थियो । फिल्म हेर्न आउने धेरैको रोजाइमा सोडा पर्ने गर्थ्यो । सतिश पाण्डेले सन् २०२१ को अक्टोबरमा ‘रञ्जनाको पुरानो सोडा पसल’ भन्दै तस्बिर पोस्ट गरेपछि त्यसको जवाफ दिँदै फोटो पत्रकार विकास रौनियारले लेखेका छन्, ‘सन् १९८० को अन्त्यतिर हरेक शनिबार हामी रञ्जना हलमा फिल्म हेरेपछि रञ्जनाको गुच्चा सोडा र आरसी मोमो खान्थ्यौं ।’ २०१८ भदौमा जनसेवा सिनेमा भवनमा आगलागी भयो । केही मानिस राजनीतिक प्रतिशोधका कारणले आगलागी भएको बताउँछन् । त्यसपछि दयाराम भक्त माथेमाले पुनः निर्माण गर्न चाहेनन् । त्यसपछि बुद्धिराजले आफ्नो सोडा पसललाई भूगोलपार्कमा सारे । ‘भूगोलपार्कमै केही कुर्सी राखेर बुबाले सोडा व्यापार गर्न थाल्नुभयो,’ सुरेशले भने, ‘बुबाको मिहिनेतबाट खडा भएको त्यही रञ्जना सोडालाई अहिले हामी दुई छोरा र हाम्रा तीन सन्तानले निरन्तरता दिइरहेका छौं ।’ जनसेवा हल (हाल विशाल बजार भवन) बन्द भएपछि न्युरोडको रञ्जना गल्लीमा ‘रञ्जना हल’ खुल्यो । हल खुलेपछि फिल्म हेर्नेहरूको चहलपहल बढ्न थाल्यो । त्यसपछि बुद्धिराज भूगोलपार्कबाट रञ्जना हलतिर सरे र उनले हलअगाडि भुइँतलामा सोडा बेच्न थाले । त्यतिबेला आफू ६/७ वर्षको मात्रै रहेको सुरेश सम्झन्छन् । आफ्नै घर नहुँदा बुद्धिराज सुवालले अनेकौं दुःख व्यहोर्नुपर्‍यो । सोडा पसललाई रञ्जना गल्लीमै चारवटा घरमा सार्नुपरेको थियो । तर रञ्जना गल्ली छोडेनन् । २०२३ सालदेखि बुबालाई सघाउन थालेका थिए, सुरेशले । २०४१ सालदेखि सुरेश आफैंले पसल सञ्चालन गरेका हुन् । हाल रञ्जना गल्लीको भित्रपट्टि सुरेश र रञ्जना गल्लीमै नरेशले सोडा पसल सञ्चालन गरिरहेका छन् । २०६९ सालयता उनीहरूले यिनै घरबाट सोडा बेचिरहेका छन् । सुरुमा अनार, कागती र सुन्तलाका स्वादमा मात्रै सोडा पाइन्थ्यो । न्युरोडकै व्यापारीले ‘कोला’ सोडा बनाएर बेच्न सुझाए । साँच्चिकै कोला सोडा हरेकको रोजाइमा पर्न थाल्यो । त्यसपछि सुरेशले सोडाको ‘फ्लेभर’ (स्वाद) मा पनि काम गर्न थाले । त्यसकै बाबजुद अहिले दर्जनौं स्वादका सोडा बजारमा आइरहेका छन् । सुरेशका अनुसार २ पैसाबाट सोडा बेच्न थालेका उनले अहिले १ सय ५० रुपैयाँसम्ममा सोडा बेचिरहेका छन् । बुद्धिराजका तीन छोरामध्ये दुई छोरा सुरेश र नरेशले अहिले आ–आफ्नै सोडा पसल सञ्चालन गरिरहेका छन् भने एक छोराले रेस्टुरेन्ट सञ्चालन गर्छन् । कतिपयले आफूहरूले उत्पादन गरेका सोडा कीर्तिपुर, पाटन, भक्तपुर, कपनलगायत क्षेत्रमा लगेर पनि बेचिरहेको नरेशले सुनाए । ‘न्युरोड आउन नसक्ने व्यक्तिले पनि सोडा खान पाउनुपर्छ भनेर सोडा व्यवसाय गर्न चाहनेलाई हामी सघाइरहेका छौं,’ उनले भने, ‘आफैं व्यवसाय गर्न चाहनेलाई सिकाउँछौं पनि ।’ उपत्यकामा भएका रेस्टुराँ, बार र क्याफेमा समेत रञ्जना सोडा सप्लाई हुने गरेको नरेशले बताए । नरेशका छोरा प्रज्वल, सुरेशका छोरा मेकलक र सुमेरुले पनि आफ्ना हजुरबुबाकै पेसालाई अँगालिरहेका छन् । नरेशका छोरा प्रज्वल दैनिक रञ्जना गल्लीको पसलमा भेटिन्छन् । उनी हरेक दिन उपभोक्ताले इच्छाअनुसारका सोडा बनाउन व्यस्त हुन्छन् । उनी १२ कक्षाको अध्ययन पूरा गरेपछि सोडा पसलमा लागेका हुन् । ‘बच्चैदेखि पसल आउने भए पनि यसको जिम्मेवारी बोकेर हिँडेको केही वर्ष मात्रै भयो,’ उनले भने, ‘पहिला भने बुबा र ठूलोबुबालाई सघाउँथें । अहिले आफैं हेर्छु ।’ ग्राहकको इच्छाअनुसार सोडा बनाएर बेचिरहे पनि सोडाका लागि आवश्यक विभिन्न फ्लेभर भने सुरेशले नै बनाउँदै आएका छन् । गर्मीलाई लक्षित गरी यस पटक ग्रेप्स, पिच, ब्लुबेरी र कच्चा म्याङ्गो गरी चार नयाँ फ्लेभर बजारमा ल्याएको सुरेशका माइला छोरा सुमेरुले बताए । कच्चा म्याङ्गो फ्लेभर भने पहिलो पटक ल्याइएको उनको दाबी छ । अन्य तीन फ्लेभर भने झन्डै १७ वर्षपछि बजारमा ल्याइएको सुमेरुको भनाइ छ । ‘बुबा (सुरेश) ले मात्रै फ्लेभर बनाउनुहुन्छ, उहाँले धेरै पछि यो गर्मीलाई लक्षित गरी ग्रेप्स, पिच, ब्लुबेरीको फ्लेभर ल्याउनु भएको हो, त्यस्तै कच्चा म्याङ्गो पनि ल्याउनु भएको छ,’ उनले भने, ‘हामीलाई फ्लेभर बनाउन आउँदैन, यो काम अहिले पनि उहाँले गर्ने हो ।’ अन्य समयको तुलनामा यस पटक ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको सुरेशका जेठा छोरा मेकलक बताउँछन् । ‘व्यापारले राम्रै पिकअप लिएको छ, गर्मी बढेकाले पनि हुन सक्छ,’ उनले भने, ‘सोडामा अन्य वर्षभन्दा यस वर्ष नयाँ नयाँ फ्लेभर पनि आएका छन् ।’ अहिले काठमाडौंको रञ्जना गल्ली, बिजेश्वरी र चितवनमा रञ्जना सोडा बेचिरहेको उनको भनाइ छ । ‘रञ्जना गल्लीमा बुबा र म आफैं हुन्छौं, भाइबुहारी (सुमेरु) को बिजेश्वरीमा पसल छ, चितवनमा फ्रेन्चाइज दिएका हौं,’ उनले भने, ‘सुरुमा त रञ्जनाको सोडालाई काठमाडौंभरि फैलाउने योजना हो । तर त्यसमा पूर्ण रूपमा सफलता पाउन सकेका छैनौं ।’ आगामी दिनमा अस्ट्रेलियालगायत विभिन्न मुलुकमा ‘रञ्जना सोडा’ पुर्‍याउने योजना रहेको मेकलकले बताए ।खाडीको गर्मीमा पनि कतारको राजधानी दोहा सहरमा स्थानीय मोहमल अलीले रञ्जना सोडा बेचिरहेका छन् । काठमाडौं आउँदा नेपालको चिनोका रूपमा लैजाने भनेर खोजी गर्ने क्रममा उनी रञ्जना सोडा पसलमा आइपुगेको नरेश सुवालले सुनाए । ‘सोही क्रममा रञ्जनाबाट झन्डै १९ बक्स सोडा लिएर दोहा फर्केका थिए,’ उनले भने, ‘नेपालबाट लगेको सोही सोडा त्यहाँको फुड फेस्टिभलमा पहिलोसमेत भएको अलीले सुनाए ।’ तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ दोहामा नेपाली सोडा पुरस्कृत भएपछि अली दोहोर्‍याएर नेपाल आए । ‘त्यसपछि उनलाई सोडा बनाउन सिकायौं,’ नरेशका छोरा प्रज्वलले भने, ‘भारतबाट मेसिनसमेत किनेर पठाएपछि अलीले अहिले दोहामा रञ्जना सोडा बनाएर बेचिरहेका छन् ।’ अलीले फ्लेभरदेखि सबै काम आफैं गरेर रञ्जना सोडा दोहामा बेचिरहेको उनले सुनाए ।
Feature
17
सुरोजलाई चेस उपाधि
ललितपुरका सुरोज महर्जनले टोखा युवा खुला राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेसमा ललितपुर स्पोर्ट्स क्लवबाट खेलेका सुरोजले अन्तिम चरणमा काठमाडौंका धिरेन राईलाई हराएका थिए ।
https://ekantipur.com/sports/2024/01/20/chess-title-to-suroj-21-15.html
काठमाडौँ — ललितपुरका सुरोज महर्जनले टोखा युवा खुला राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेसमा ललितपुर स्पोर्ट्स क्लवबाट खेलेका सुरोजले अन्तिम चरणमा काठमाडौंका धिरेन राईलाई हराएका थिए ।उत्कृष्ट लयमा रहेका सुरोजले ८ खेलमा जित निकाले भने छैटौं चरणमा सुश्रुत दाहालसँग पराजित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । काठमाडौका सुदीप तामाङ दोस्रो र धिरेन राई तेस्रो हुँदै क्रमशः १० हजार र ७ हजार पुरस्कार जित्न सफल भए ।साढे ७ अंक जोडेका सुदीपले नवौं चरणमा विनय राइलाई हराए । धिरेनको साढे ७ अंक नै भए पनि सुदीपसँग प्रोग्रेसिभ अंकमा पछाडि परे ।टोखा युवा क्लबले टोखा नगरपालिका–३ को आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा झापाका सुश्रुत दाहाल चौथो र सुमन लामा पाँचौं स्थानमा रहे । उनीहरूले ५ र ४ हजार पुरस्कार पाए । झापाका सुमन मोक्तान, काठमाडौंका पुरुषोत्तम सिलवाल, धनुषाका सुशील चौधरी, काठमाडौंका सुभाष गुरुङ र प्रेमकृष्ण महर्जन छैटौंदेखि दसौं स्थानसम्म रहन सफल भए ।अनरेटेडमा फुर्वा लामा, भेट्रानमा भक्तपुरका गणेशमान दुवाल, महिलामा काठमाडौंकी पूर्णिमा गुरुङ र स्थानीयमा टोखाका जितेन्द्र डंगोल विजेता भए । यू–१४ मा छात्रातर्फ रिया श्रेष्ठ र छात्रमा अभिन पाण्डे विजेता बने । विजेता खेलाडीलाई टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले पुरस्कृत गरे ।
Sports
15,187
जयकर टेनिसमा बोरिस र आयुशमान विजयी
नेपालका बोरिस अधिकारी र आयुशमान घलेले २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ मा विजयी सुरुआत गरेका छन् ।पहिलो दिन ब्वाइज सिंगलमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकामा बोरिस र आयुशमानमात्र विजयी भए ।
https://ekantipur.com/sports/2022/12/12/167084921434456521.html
काठमाडौँ — नेपालका बोरिस अधिकारी र आयुशमान घलेले २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ मा विजयी सुरुआत गरेका छन् ।पहिलो दिन ब्वाइज सिंगलमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकामा बोरिस र आयुशमानमात्र विजयी भए ।सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–०, ६–० र आयुशमानले भारतकै पार्थ सेनलाई ६–२, ६–२ को सोझो सेटमा हराए ।मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगलमै हङकङका की छियोङ मोरिस हाङले नेपालका बृजेश अर्याललाई ६–२, ६–३ ले, बंगलादेशका मोहम्मद अलिफ हुसेनले भारतका अविर श्रीवास्तवलाई ६–१, ६–४ ले, भारतका आदित्य सिंहले नेपालमा असभसम्राट हाडालाई ६–३, ६–१ ले, भारतका भिभान मिर्धाले नेपालका निसाद जोशीलाई ६–०, ६–० ले हराए ।नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा निर्णायकलाई बल प्रदान गरी प्रतियोगिता उद्घाटन गर्दै । त्यस्तै बंगलादेशका मोहम्मद तनविर मुन तुसारले भारतका सन्जय गिरिश गुप्तालाई ६–३, ६–३ ले, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१, ६–० ले, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६–०, ६–१ र हङकङका यु हिन वोङले भारतका तनिश रेड्डीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे ।एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गर्ल्स सिंगलमा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई ६–०, ६–१ को सोझो सेटमा पन्छाइन् ।प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले उद्घाटन गरिन् । विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज/गर्ल्स सिंगल र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गर्ल्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणाले जानकारी गराइन् ।एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगत १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
Sports
18,948
एस्टन भिल्ला लिगकप फाइनलमा
ट्रेजग्वेटले अतिरिक्त समयको पनि अन्त्यतिर गोल गरेपछि एस्टन भिल्लाले मंगलबार राति लेस्टर सिटीलाई २–१ ले हरायो र लिगकपको फाइनल यात्रा तय गर्‍यो ।
https://ekantipur.com/sports/2020/01/29/15802616340264356.html
बर्मिङ्‍घम — ट्रेजग्वेटले अतिरिक्त समयको पनि अन्त्यतिर गोल गरेपछि एस्टन भिल्लाले मंगलबार राति लेस्टर सिटीलाई २–१ ले हरायो र लिगकपको फाइनल यात्रा तय गर्‍यो ।समग्रमा ३–२ ले विजयी रहेको भिल्ला प्रतियोगिताको फाइनल पुगेको एक दशकयता पहिलो पल्ट हो । म्याट टार्गेटले भिल्लालाई सुरुमा अग्रता दिलाएपछि लेस्टरले अधिकांश समय खेलमा नियन्त्रण राखेको थियो ।यसैक्रममा केलेची इहेनाचोले खेल सकिन १८ मिनेट अगाडि बराबरी गोल गरे । अब फाइनलमा भिल्लाको सामना म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ ।
Sports
25,776
'सरकारमा दलित मन्त्री : मिसाएजस्तो मात्र’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एक जना दलित महिला राज्यमन्त्री हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री हुनुहुन्छ । सरकारको २३ सदस्यीय मन्त्रिपरिषद्मा छ महिला मन्त्री र तीन जना राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदमा भएको दलित प्रतिनिधित्वलाई लिएर सो समुदायका अगुवाले ‘दलित’ मिसाएकोजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/51925
काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एक जना दलित महिला राज्यमन्त्री हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री हुनुहुन्छ । सरकारको २३ सदस्यीय मन्त्रिपरिषद्मा छ महिला मन्त्री र तीन जना राज्यमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषदमा भएको दलित प्रतिनिधित्वलाई लिएर सो समुदायका अगुवाले ‘दलित’ मिसाएकोजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ ।संविधानको मूल मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुन नसकेको अधिकारकर्मीले दुःखे सो पोख्नुभएको छ । उहाँले जनसङ्ख्याको आधारमा सरकारमा प्रतिनिधित्व नहुन ठूलो अन्याय भएको बताउनुभयो । “मुलुकको १८ देखि २० प्रतिशत रहेको दलित समुदायलाई ठूलो अन्याय भएको छ । सरकारले जातीय समानता र विभेदविरुद्ध ठूलो आन्दोलन गरेको दाबी गरिएको छ । यो सरकारबाट केही नभएपछि अरूबाट के आशा गर्नु ?” नेपालको संविधानले बाध्यता गरेको बाहेक स्वविवेकले समावेशी गरेको नदेखिएको विकले बताउनुभयो । स्वविवेकले समावेशी गरेको देखिँदैन । अलिकति फ्लेक्जिबल भएर समावेशिता, अहिलेको मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या उल्लेख्य हुनु सबल पक्ष भएको तर, अरू समुदायको हकमा यो हुन नसकेको उहाँको भनाइ छ । विकले भन्नुभयो, “बल्लतल्ल एउटा महिला मन्त्री मात्रै बनाउने चलन थियो, दलहरूलाई आफ्नो अनुकूलता हुँदा । वास्तवमा, नेपालको संविधानको सबै शासकीय संरचनामा क्याबिनेट भने देश चलाउने मुख्य संयन्त्र हो । अनुकूलता हुँदा मिसाएको जस्तो गर्ने, नभए नगर्ने चलन छ ।”नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विगतका सरकारले दलितको प्रतिनिधित्व गर्ने गरेकोमा अहिले त्यो हुन नसकेको बताउनुभयो । परियारले भन्नुभयो, “स्वाभाविक रूपमा यति ठूलो समुदायको प्रतिनिधित्व क्याबिनेटमा आएन भन्नु स्वाभाविक नै हो । यस बारेमा सत्तारुढ दलहरू गम्भीर रूपमा सोच्नुपर्छ । सिङ्गो समुदायलाई नै अपमान गरेको भन्ने महसुस भएको छ ।”“सरकारी आँकडाअनुसार करिब ३७ लाख जति हुन्छ । वास्तवमा दुर्भाग्यपूर्ण कुरा यो छ कि राजनीतिक नेतृत्वको चिन्तन मै समस्या छ । पार्टीको आफ्नो घोषणापत्र, विधानमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन हुनुपर्यो । समावेशी चरित्रको राज्य हुनुपर्छ । सबै जात, वर्ग, क्षेत्रको अपनत्व हुनुपर्छ”, उहाँले यसखाले चेतनाको विकास गर्नुपर्ने र कतिपय अवस्थामा बुझेर पनि बेवास्ता भएको अवस्था पनि रहेको उल्लेख बताउनुभयो । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता परशुराम रम्तेलले समानुपातिक समावेशिताको सिद्धान्त मुलुकको संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको बताउनुभयो । “मुख्यतः मौलिक अधिकारको रूपमा दलित समुदायको हकमा राज्यसत्ताको सबै अङ्ग र निकायमा समानुपातिक सिद्धान्तको हक हुनेछ । हरेक पटकको मन्त्रिमण्डलमा दलितहरू छुट्ने र समावेश नहुने स्थिति बन्दै आएको छ ।”सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्ड नेतृत्वको सरकारलाई सबैलाई समावेश गर्नुपर्ने स्थिति रहेको बताउनुभयो । “सबैलाई समावेश गर्नुपर्ने, पार्टीलाई समावेश गर्नुपर्ने स्थिति रह्यो । माओवादीले पाएको थोरै मन्त्रालयबाट मिलाउन सक्ने स्थिति भएन । बाध्यताको उपज जस्तो भयो । बाहिरबाट देख्न त, प्रधानमन्त्रीको मन्त्रिमण्डलमा कोही पनि दलितबाट क्याबिनेट मन्त्री बन्न पाउनुभएन । सम्भवतः समावेश गर्ने स्थिति पनि बन्छ होला ।” संविधान कार्यान्वयनमा जोडपूर्वमन्त्री विक यसखाले अवस्थाको अन्त्य गर्न संविधानमा व्यवस्था भए बमोजिम प्रतिनिधित्वको व्यवस्थापन, सञ्चालन गर्न नीति परिमार्जन आवश्यक हो भने त्यो पनि गर्नुपर्ने बताउनुहुन्छ । “कार्यपालिका र न्यायपालिकामा केही नीति फेर्नुपर्छ भने फेर्नुपर्‍यो । नभए, त्यो नहुने भन्ने कुरा संविधानको उपहास हो भन्ने लाग्छ । बरु, दश प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको जाति भएकाले प्रतिनिधित्व भएको हो भनेर नीतिगत व्यवस्था गर्न जरुरी छ ।” उहाँले जोड दिएर भन्नुभयो, “जतिबेला शक्ति, सङ्गठन चाहिन्छ त्यतिबेला दलितको कुरा उठाउने तर, निर्णायक ठाउँमा यो नउठाउने भयो । जसकारण, यो आन्दोलनमा लागेकाले सक्रिय रूपमा आवाज उठाउनुपर्‍यो । अरूले उठाएको सिजनको खेती जस्तो देखियो ।” यस्तै, माओवादी केन्द्रका नेता रम्तेलले दलित आन्दोलनको कोणबाट हेर्दा दलित समुदायप्रतिको बुझाइमै समस्या रहेको र दलितलाई जे दिए पनि हुन्छ भन्ने खालको परम्परावादी सोच र चिन्तनले काम गरेको बताउनुभयो । “संविधानको समानुपातिक समावेशिताको मूल मर्म र भावनाभन्दा राज्यमन्त्री मात्रै बन्ने कुरा त्यो विपरीत भयो । नेपालमा उत्पीडित समुदायमाथि जसरी तीव्र ढङ्गले दमन गरियो सोही अनुरूप विभेदको व्यवहार पनि हुँदै आयो । त्यसैको उपज हो, समग्र क्षेत्रबाट बहिष्करण गर्दै विभेदको व्यवहार गरियो ।” नेता रम्तेलले भन्नुभयो, ‘‘विभेदकारी मानसिकता अझै पनि छँदै छ । यसको दबदबा, प्रभाव पनि कहीँ न कहीँ राज्यका संरचना, पार्टीका नीति, निर्माणको तहमा स्वाभाविक रूपमा पर्दो रहेछ ।” 
News
58,896
२० आमाका कथा
आमा हरेकका लागि सबैभन्दा प्रिय हुन्छन् । हरेक सन्तान आमाको ममता र प्रेममा बाँधिएर हुर्केका हुन्छन् । कुनै  व्यक्तिको सफलताकोपछि मातृत्वको प्रभाव परेको हुन्छ ।
https://ekantipur.com/news/2024/05/08/20-mothers-tales-31-24.html
काठमाडौँ — आमा हरेकका लागि सबैभन्दा प्रिय हुन्छन् । हरेक सन्तान आमाको ममता र प्रेममा बाँधिएर हुर्केका हुन्छन् । कुनै  व्यक्तिको सफलताकोपछि मातृत्वको प्रभाव परेको हुन्छ ।त्यसैले समाजमा आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिका आमाहरूको संघर्ष, ममता र प्रेमका कथाहरू कान्तिपुरमा हरेक मंगलबार 'आमा' फिचर श्रृंखलामा प्रकाशित भइरहेका छन् ।गत पुस महिनाबाट सुरु भएको उक्त स्तम्भमा हालसम्म बैंकर अनिलकेशरी शाह, नायक राजेश हमाल, नेता शेखर कोइराला, सीके राउत, क्रिकेटर रोहित पौडेल, गायिका मेनुका पौडेल, गायक प्रकाश सपुतदेखि नायिका केकी अधिकारी लगायतका २० जना आमाहरूका कथा प्रकाशित भइसकेका छन् । मातातीर्थ औंसी अर्थात् 'आमा दिवस'को अवसरमा यो लिंक क्लिक गरेर https://ekantipur.com/tag/id-1660 पढ्नुहोस् २० जना आमाहरूको कथा ।
News
3,574
म्यानचेस्टर सिटीमाथिको प्रतिबन्धबारे सोमबार निर्णय हुँदै
म्यानचेस्टर सिटीको आबुधाबी महत्त्वकांक्षा र युरोपेली फुटबल महासंघको ‘फियर प्ले’ आचार संहिताबारे सोमबार सबैभन्दा ठूलो निर्णायक दिन साबित हुँदैछ, किनभने यही दिन सिटीमाथि लागेको दुई वर्षको युरोपेली फुटबल प्रतिबन्धविरुद्ध क्लबले हालेको उजुरीबारे कोर्ट अफ आर्बिट्रेसन (कास) ले निर्णय गर्दैछ ।
https://ekantipur.com/sports/2020/07/13/159460567121921288.html
म्यानचेस्टर — म्यानचेस्टर सिटीको आबुधाबी महत्त्वकांक्षा र युरोपेली फुटबल महासंघको ‘फियर प्ले’ आचार संहिताबारे सोमबार सबैभन्दा ठूलो निर्णायक दिन साबित हुँदैछ, किनभने यही दिन सिटीमाथि लागेको दुई वर्षको युरोपेली फुटबल प्रतिबन्धविरुद्ध क्लबले हालेको उजुरीबारे कोर्ट अफ आर्बिट्रेसन (कास) ले निर्णय गर्दैछ ।इंग्लिस फुटबल र सिटी क्लब स्वंयका लागि यो उत्तिकै निर्णायक दिन हुनेछ । सिटीले अहिलेसम्म पनि कुनै गलत काम नगरेको जिकिर गरिरहेको छ ।उनीहरूमाथि लागेको आरोप भने सन् २०१२ देखि २०१६ को बीचमा प्रायोजकबाट आएको रकम कम देखाउनु हो । सिटीका मालिक सेख मन्सुरले जानाजान महासंघको फेयर प्लेको आचार संहिता उल्लंघन गरेको मानिन्छ । गत फेब्रुअरीमा मात्रै महासंघले सिटीमाथि युरोपमा खेल्नबाट दुई वर्षको प्रतिबन्धसँगै तीन करोड २० लाख डलर जरिवाना गरेको थियो । सेख मन्जुरले १२ वर्ष अगाडि क्लब किनेका थिए र त्यसयता क्लबको भाग्य फेरिएको छ ।अधिकांश समय म्यानचेस्टर युनाइटेडको छाँयामा बिताएको सिटीले नयाँ लगानी आएयता आठ वर्षमा चार पल्ट इंग्लिस प्रिमियर लिग जितिसकेको छ । यस्तै उसले लिगसहित ११ प्रमुख उपाधि पनि जितिसकेको छ । यति सफल रहे पनि क्लबले सबैभन्दा ठूलो उपाधि भने जित्न सकेको छैन र त्यो युरोपेली च्याम्पियन्स लिग रहेको छ । प्रतिबन्धको नियम लागू भए, सिटीले यही प्रतियोगिता दुई वर्षका लागि खेल्न पाउने छैन ।कासको निर्णय जे जस्तै भए पनि सिटीसामु यसपल्टको च्याम्पियन्स लिग जित्ने अवसर भने छ । अन्तिम १६ खेलमा उसलाई रियल म्याड्रिडमाथि पहिलो लेगमा २–१ को अग्रता प्राप्त छ र यो नै पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीका लागि युरोपेली उपाधि जित्ने सबैभन्दा राम्रो अवसर हुन सक्छ । प्रतिबन्धमा परेमा सिटीलाई ठूलो आर्थिक नोक्सानी हुनेछ र त्यसको अन्त्यसम्ममा ग्वार्डिओलासँगको अनुबन्ध पनि समाप्त भइसकेको हुनेछ ।
Sports
24,925
‘ब्लु बस’मा रङ र रुटको समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
https://gorkhapatraonline.com/news/73837
वसन्त पराजुली/दीपक गौतमचितवन/वीरगन्ज, साउन २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको थियो। उहाँले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा सुरु गर्नुभएको छ। दुवैको रङ नीलो बनाइएको छ। एम्बुलेन्सबारे लेख्दा उहाँले बसमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ। फेसबुकमा लेख्नुभएको “ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छाडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट, हेडलाइन आतङ्क र ... हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ।”के छ बसमा समस्या ?उहाँले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस पनि समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ। यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरण अनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ ‘हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो। यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन। यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताउनुभयो। यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताउनुभयो तर यातायात व्यवस्था कार्यालय, भरतपुरले २०८० वैशाख १९ गते जारी गरेको जाँचपास प्रमाणपत्रमा भने ‘सुगा, हरियो, सेतो, सिल्भर पहेँलो, नीलो, गुलाबी’ लेखिएको छ। यो दर्ता हुँदा भनिए अनुसारको रङ होइन। यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउनुहुन्छ तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुरले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गर्नुभयो। “हेर्नुस् मसँग भएको प्रमाणपत्रमा नीलो रङको पनि अनुमति छ,” उहाँले भन्नुभयो। रङका साथै बस सञ्चालन गर्ने सडक अनुमति (रुट परमिट) पनि दर्ता हुँदाको वीरगन्ज, नारायणगढ, पोखरा, बाग्लुङ हो। त्यसै अनुसार पटक पटक नवीकरण भएको छ तर यो बस अहिले चितवनका भित्री सडकमा निर्विवाद गुडिरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ कुनै पनि भाडाका गाडीले जुन रुट परमिट लिएका छन्, त्यसैमा मात्र चल्नुपर्ने बताउनुहुन्छ। बाहिर चलाउनु परे अस्थायी परमिट लिनु पर्छ। सो बसले अस्थायी पटके पनि लिएको देखिँदैन। यसरी रुट परमिट नलिई चलाइएका भाडाका सवारीसाधनबाट ट्राफिक प्रहरीले हरेक पटक एक हजार पाँच सय रुपियाँसम्म जरिबाना गर्न सक्ने उहाँले जनाउनुभयो। गत साउन १७ गतेदेखि ‘ब्लु बस’ का रूपमा सञ्चालनमा आएको सो बस अहिले शक्तिखोर भरतपुर, नारायणगढ, रामनगर, नारायणगढबाट पश्चिमसम्मका भित्री सडकमा गुड्छ। बसका सञ्चालक भीमबहादुर तामाङ भने सो रुटमा अहिले पनि रुट परमिट नै नभएको दाबी गर्नुहुन्छ। “शक्तिखोर भरतपुर सडकमा रुट परमिट नै दिइँदैन। हामीले अन्यत्रकै परमिट लिएर चलाउने हो,” उहाँले भन्नुभयो। सो बस रास्वपाले मासिक एक लाख ३५ हजार रुपियाँ तिर्ने गरी भाडामा लिएको हो। बसमा चढ्न रास्वपाले महिलाका लागि कार्ड बनाएको छ। एम्बुलेन्स फिर्ता विवादराष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसङ्ख्या विभाग, बागमती प्रदेशका संयोजक तथा कलेज अफ मेडिकल साइन्सका निर्देशक प्राडा मनोहर प्रधानले विवादित एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई नै फिर्ता गरी मोबाइल क्लिनिकले अन्य सवारीसाधन प्रयोगमा ल्याएको बताउनुभयो तर उहाँकै कलेजले भने फिर्ता नभएको जनाएको छ। पुरानो मेडिकल कलेजको सवारीसाधन व्यवस्थापन युनिटका प्रमुख हिमनाथ घिमिरेले एम्बुलेन्स फिर्ता आएको नभई आउने जानकारी मात्र आएको बताउनुभयो। “मेडिकल कलेजमा अहिलेसम्म त्यो एम्बुलेन्स फिर्ता आएको छैन। एम्बुलेन्स लैजाँदा जुन रङ र अवस्थामा थियो, त्यही अवस्थामा फिर्ता हुनु पर्छ भन्ने हाम्रो अडान छ। त्यो भएन भने हामी एम्बुलेन्सको चाबी बुझ्दैनौँ,” उहाँले भन्नुभयो। “एम्बुलेन्स डेन्टिङपेन्टिङका लागि अहिले काठमाडौँ लगिएको छ। यसको पुरानै रङ बनाएर मात्र कलेजमा ल्याइने छ,” उहाँले भन्नुभयो।    
News
54,537
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।
https://gorkhapatraonline.com/news/47528
काठमाडौं, मङ्सिर २४ गते। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूची टुंगो लगाएको हो। जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनु भएको छ। त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ। खस आर्यबाट प्रा.डा.चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बन्नुभएको छ। लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरेर १३ जनालाई समानुपातिकतर्फको सांसद छनौट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पाएको १३ सिट अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनुभएको छ। आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ। खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगे र विनिता कठायतलाई समानुपातिकमा समावेश गरिएको छ। लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट राखिएको छ। अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई छनौंट गर्ने गरी निर्णय गरिएको छ।’राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात जना सांसदहरु निर्वाचित हुनुभएको छ। बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभारसमेत व्यक्त गरेको पनि प्रवक्ता ढकालले बताउनुभयो।
News
59,877
किरा-फट्याङ्ग्रा खान चरा आएपछि पोखरा विमानस्थल साढे ३ घण्टा बन्द
चरा सक्रिय हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार साढे ३ घण्टा बन्द भएको छ । शुक्रबार र शनिबारको सामान्य झरीपछि आइतबार बिहान विमान स्थलको धावनमार्गमा निस्किएका किरा–फट्याङ्ग्रा खान आकाशमा चिल र अन्य चराचुरुंगीको सक्रियता बढेपछि विमानस्थल बन्द गर्नुपरेको हो ।
https://ekantipur.com/news/2024/03/25/pokhara-airport-closed-for-3-and-a-half-hours-after-birds-came-to-eat-insects-and-grasshoppers-40-42.html
काठमाडौँ — चरा सक्रिय हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार साढे ३ घण्टा बन्द भएको छ । शुक्रबार र शनिबारको सामान्य झरीपछि आइतबार बिहान विमान स्थलको धावनमार्गमा निस्किएका किरा–फट्याङ्ग्रा खान आकाशमा चिल र अन्य चराचुरुंगीको सक्रियता बढेपछि विमानस्थल बन्द गर्नुपरेको हो ।विमानस्थल प्रवक्ता जशोदा सुवेदीका अनुसार बिहान ८ बजेदेखि साढे ११ बजेसम्म धावनमार्ग प्रभावित भएको थियो । ‘नयाँ विमानस्थलमा यसअघि पनि पानी परेपछि घाम लाग्दा किरा–फट्याङ्ग्रा निस्किन्थे,’ प्रवक्ता सुवेदीले भनिन्, ‘तर, यस पटक यति लामो समयसम्म उडान नै बन्द गर्नुपरेको पहिलो घटना हो ।’ उनका अनुसार आइतबार बिहान बुद्ध र यती एयरलाइन्सका तीनवटा उडान पोखराबाट काठमाडौंका लागि उडेपछि एकाएक छिचिन्द्रा, धमिरा, पखेटा भएका कमिला, गड्यौला धावनमार्ग छेउछाउमा देखिएपछि आकाशमा चराचुरुङ्गीको गतिविधि बढेको थियो ।‘चराको गतिविधि बढेपछि जहाजलाई उडान र अवतरणमा जोखिम हुने भएकाले धावनमार्ग नै बन्द गर्‍यौं,’ उनले भनिन्, ‘काठमाडौंबाट पोखरा जाँदै गरेका दुइटा विमान काठमाडौं नै डाइभर्ट भए ।’ पर्यटकीय सिजन र होली भएकाले आइतबार ५० भन्दा बढी आन्तरिक उडानको तालिका थियो । विमानस्थलले किरा–फट्याङ्ग्रा धपाउन दमकलमार्फत टेन्डर फम (रसायन) प्रयोग गरेर धावनमार्ग सफाइ गरेको थियो । ‘चरा, किरा धपाउन साइरन, सिकारी, गाडी, दमकल सबै प्रयोगमा ल्याएर झन्डै साढे तीन घण्टापछि विमानस्थल पुनः सञ्चालन भयो,’ प्रवक्ता सुवेदीले भनिन् ।पोखरामा पानी परेपछि विमानस्थल छेउछाउ गड्यौला, किरा निस्किन्छन् । यो समस्या पुरानो विमानस्थलमा पनि छ । हाल पुरानो विमानस्थलबाट जोमसोमका लागि नियमित उडान भइरहेका छन् । त्यस्तै हेलिकोप्टर र अल्ट्रालाइटको उडान पनि त्यहीबाट भइरहेको छ ।गत वर्षदेखि नयाँ विमानस्थलबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगन्ज, विराटनगरका लागि उडान हुने गरेका छन् । पोखरा विमानस्थलबाट दैनिक ४ हजारसम्म यात्रु ओहोरदोहोर गर्छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने नयाँ विमानस्थलबाट दैनिक १ सय २५ वटासम्म उडान भइरहेका छन् ।
News
4,641
कारागारबाट भारुसहित मोबाइल बरामद
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुगमन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो ।
https://gorkhapatraonline.com/news/68824
अविनाश चौधरीधनगढी, असार ९ गते । कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुगमन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो । शुक्रबार गरिएको अनुगमनको क्रममा एक भारतीय कैदीको साथबाट एक लाख ४ हजार भारु बरामद गरिएको हो । यसैगरी, १५ थान मोबाइल ३३ वटा चार्जर, केही थान इयरफोन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । लागुऔषधसमेत कारागार भित्रिने गरेको आशङ्कामा टोलीले अनुगमन गरेको हो । तर, त्यस्तो सामग्री फेला नपरेको जनाइएको छ । यस्तै, चार्जर सङ्ख्याअनुसार कारागारभित्र मोबाइल पनि फेला परेन । कैदीलाई कारागारभित्र मोबाइल प्रयोग प्रतिबन्ध गरिएको छ । तर, कैलाली कारागारभित्र कतिपय कैदीले अवैध तरिकाले मोबाइल प्रयोग गर्दैआएका छन् । बरामद गरिएको पैसासहित सामान कारागार कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । ५०० को २०८ थान भारु कैदीको साथमा कसरी आयो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको साउदले जानकारी दिनुभयो । उहाँका अनुसार पैसा राखेका कैदी १०–१२ वर्षदेखि कैलाली कारागारमा छन् । भेट्न आएका आफन्तले दिएको पैसा जम्मा गर्दैजाँदा त्यति रुपियाँ भएको ती कैदीले जिकिर गरेको प्रहरीले जनाएको छ । तर कारागारको जानकारीबिनै त्यति पैसा एउटा कैदीले राख्नु शङ्कास्पद देखिएको छ । धेरै पैसा राख्ने ती कैदीको सम्बन्ध अन्य अपराधसँग जोडिएको छ, छैन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । अनुगमन टोलीले कैदीका मोबाइल, चार्जर जफत गरेपछि गेटमा प्रहरी र कैदीबीच धक्कामुक्तकी भएको थियो । सो क्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई भूपेन्द्र सामन्तलाई चोट लागेको छ । चोट लागेर असई घाइते हुनुभएको प्रहरी निरीक्षक साउदले बताउनुभयो । 
News
55,444
टाइब्रेकरमा आर्मी सफल
साबिक विजेता त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरेको छ । आर्मीले फाइनल पुग्नका लागि मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ ।
https://ekantipur.com/sports/2018/02/20/20180220074127.html
हेटौंडा — साबिक विजेता त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरेको छ । आर्मीले फाइनल पुग्नका लागि मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ ।निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा आर्मीले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा आर्मीका नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक बस्नेत र विकेश कुथुले गोल गरे । सुदूरपश्चिमबाट नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र चेतन थारुमात्र गोल गर्न सफल भए । सुदूरका राकेश हमालको प्रहारबारे विवाद भयो । रेफ्रीले गोल नभएको बताएपछि सुदूरपश्चिमले विरोध जनाएको छ । दोस्रो हाफमा आर्मीको तर्फबाट स्ट्राइकर नवयुगले ६९ औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । अन्तिम तीन मिनेट बाँकी रहँदा सुदूरपश्चिमका विनोद केसीले गोल फर्काएका थिए । आधा दर्जन प्रहार बचाएका आर्मीका विकास कुथु म्यान अफ द म्याच घोषित भए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेल अवधिभर सुदूरपश्चिमले दबाब सिर्जना गरेको बताए । प्रशिक्षक सुरेश हमालले रेफ्रीबाट आफूहरू गलत निर्णयको सिकार भएको बताए । मंगलबार थ्रीस्टार क्लब र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।
Sports
29,989
लेखक तथा निर्देशक सुब्बा सम्मानित
याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/68089
निशा राई धरान, जेठ ३ गते । याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को अवसरमा लेखक तथा  निर्देशक उपेन्द्र सुब्बा, नवीन सुब्बा र सुरज सुब्बा नाल्वोसहित तीन जना सम्मानित हुनुभएको हो । जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग, चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फूल, बितेका पलका निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको छ, भने चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएको छ । याक्थुङ कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रमार्फत विश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरुलाई नेपाली चलचित्र बजारमा चिनाउन अथक प्रयास गरेर सफल भएकोले उहाँहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम बेघाले याक्थुङहरु कला, भाषा, साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिनुभयो । उहाँले कला, भाषा, साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न  आग्रह गर्नुभयो । आफ्नो  समुदायको कला, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता सङ्घ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गर्दै देशैभरिका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुनेसमेत बताउनुभयो।यसैगरी उत्सवको अवसरमा विगत चार दशकदेखी मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई, याक्थुङ वरिष्ठ कलाकार पदबाट र  किशोर सुब्बालाई वरिष्ठ याक्थुङ चलचित्रकर्मी पदवीबाट प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख बेघाले सम्मान गर्नुभयो ।  असार २ र ३ गते दुईदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्ला सत्र भएको थियो । भव्य रुपमा उद्घाटन भएको खुल्ला सत्रको उदघाटनमा च्याब्रुङसहित सांस्कृतिक झाँकी यालाङ, केलाङ, हाक्पारे, बिजुवा प्रदर्शन, विभिन्न गायक गायिकाको प्रस्तुति थियो । 
News
44,179
एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा
हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।
https://gorkhapatraonline.com/news/46165
प्रकृति अधिकारी / अजय शर्माकाठमाडौँ, मङ्सिर ११ गते । हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।निर्वाचनमा देशभर दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार ९२१ जनाको धरौटी सुरक्षित हुन सकेको छैन। हालसम्मको परिणामअनुसार ४९१ जना उम्मेदवारले धरौटी फिर्ता पाउने भएका छन्। यीमध्ये केही जिल्लाको मतगणना भइरहेकाले अन्तिम परिणाम आएको छैन तर बाँकी मतगणनाका आधारमा अधिकांशको धरौटी जोगिने सम्भव छैन।मतगणनाका आधारमा सबैभन्दा बढी बागमती प्रदेशमा ५१२ जनाको धरौटी गुमेको छ। सबैभन्दा कम कर्णालीमा ४७ जनाको धरौटी जोगिएन। प्रदेश नम्बर १ मा ३७० जना, मधेश प्रदेशमा ४९७ जना, गण्डकी प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २७३ जना र सुदूरपश्चिम प्रदेशमा ८३ जनाको धरौटी गुमेको अवस्था छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना भइसकेका स्थानमा धरौटी गुमाएकाहरूको अन्तिम विवरण औपचारिक रूपमा अझै सङ्कलन नगरिएको बताउनुभयो। हालसम्म धरौटी गुमाएकाको तथ्याङ्कअनुसार एक करोड ९२ लाख १० हजार रुपियाँ राज्यले फिर्ता दिइरहनुपर्ने छैन।आयोगका अनुसार हालसम्मको मतपरिणामअनुसार सबैभन्दा कम हुम्ला र मनाङमा एक–एक जनाको मात्र धरौटी गुमेको छ। दुवै जिल्लामा एउटा निर्वाचन क्षेत्र छ। ती दुवै जिल्लामा तीन–तीन जनाले मात्र उम्मेदवारी दिएका थिए। मनाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङ र हुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजबहादुर रावतको धरौटी गुमेको छ। मुस्ताङमा चार जनाले उम्मेदवारी दिएकोमा दुई जनाले धरौटी सुरक्षित राख्न सक्नुभएन।सबैभन्दा बढी काठमाडौँ क्षेत्र नम्बर ४ मा २९ जनाको धरौटी गुमेको छ। त्यस्तै मोरङ ३ र धनुषा ३ मा २८÷२८ जनाको धरौटी गुमेको छ। यसैगरी धनुषा क्षेत्र ४ र काठमाडौँ १ मा २७ तथा काठमाडौँ क्षेत्र नम्बर २, ५ र ७ मा २६/२६ जनाको धरौटी सुरक्षित हुन सकेन।प्रत्यक्षतर्फ शून्य मत प्राप्त गर्ने उम्मेदवार पनि छन्। धनुषा क्षेत्र नम्बर ४ का राजेशकुमार यादव (स्वतन्त्र)को शून्य मत रहेको छ। त्यस्तै कम मत पाउने अधिकांश स्वतन्त्रका उम्मेदवार छन्। एक मत प्राप्त गर्ने सबैभन्दा बढी धनुषा क्षेत्र ४ मा छन्। सो क्षेत्रमा पाँच जना उम्मेदवारले एक मात्र मत ल्याएका छन्। त्यस्तै मोरङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र दुई जना, काठमाडौँ १ मा स्वतन्त्र दुई जना, काठमाडौँ ४ मा स्वतन्त्र एक जना र चितवन ३ मा स्वतन्त्र एक जनाले एक/एक मत मात्र ल्याएका छन्।चर्चित नेताका रूपमा परिचित तथा पूर्वमन्त्री लक्ष्मणलाल कर्ण (पर्सा–१), राजेन्द्र श्रेष्ठ (काठमाडौँ–७) र रामवीर मानन्धर (काठमाडौँ–७) ले धरौटी जोगाउन सक्नुभएन। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता श्रेष्ठ दुई पटक सांसद र दुई पटक मन्त्री भइसक्नुभएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता कर्ण तीन पटक सांसद र एक पटक मन्त्री बन्नुभएको थियो। त्यस्तै मानन्धर दुई पटक सांसद र एक पटक राज्यमन्त्री भइसक्नुभएको थियो। उहाँ विगतमा नेकपा (एमाले)मा हुनुहुन्थ्यो। त्यस्तै अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर चर्चामा आउनुभएकी रञ्जु दर्शना (काठमाडौँ–५)ले पनि धरौटी सुरक्षित राख्न सक्नुभएन। एमालेले उम्मेदवार नबनाएको झोकमा पूर्वसांसद गङ्गा चौधरी सत्गौवा (दाङ–१) र लेखक युग पाठक (झापा–५)ले पनि धरौटी सुरक्षित गर्न सक्नुभएन।राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा (माले), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली कांग्रेस बीपी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, हाम्रो नेपाली पार्टी, गान्धीवादी पार्टी नेपाललगायतका दलका उम्मेदवारले धरौटी जोगाउन सकेनन्।   
News
60,142
बडीबिल्डर विशाल र सनमलाई स्वर्ण
नेपालका बडीबिल्डर विशाल पौडेल र सनम मुलगुठीले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
https://ekantipur.com/sports/2023/09/05/169388016952389420.html
काठमाडौँ — नेपालका बडीबिल्डर विशाल पौडेल र सनम मुलगुठीले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।याक एन्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा सोमबार विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीमाथिको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जिते । तेस्रो स्थानमा थाइल्यान्डका बालाकन पठान सिरावत रहे ।सनमले महिला स्विमसुट फिजिक खुला विधातर्फ स्वर्ण जितिन् । उनले हङकङकी मा सिन यीलाई पछि पार्दै स्वर्ण जितिन् हुन् । तेस्रो स्थानमा दक्षिण कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पुरुष ५५ केजीमा सुरेश दुवालले रजत पदक जितेका छन् । उनी भियतनामका बुइ दाक फि भुसँग पछाडि परेका थिए । मलेसियाका अज्री विन अस्मत सेफ्रीले कांस्य जिते । अर्को पदक नेपालले ६० केजी तौलमा जित्यो । अस्मिनबाबु गरुङ्गेले रजत र कमल भण्डारीले कांस्य जिते । यस विधामा थाइल्यान्डका जिराफन पोङ्कामले स्वर्ण जिते ।च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिप एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा भएको भएको हो । नेपालमा भएको यो पहिलो ठूलो शारीरिक सुगठनको प्रतियोगिता हो ।
Sports
16,393
लिभरपुलको कीर्तिमानी जित
लिभरपुलले टोटनहममाथि शनिबार राति १–० कीर्तिमानी जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १६ अंकको अग्रता खोलेको छ । साउथ ह्याम्पटनले दोस्रो स्थानमा रहेको लेस्टरलाई हराएरपछि लिभरपुललाई अझ फाइदा भएको हो ।
https://ekantipur.com/sports/2020/01/12/157879483679042714.html
लन्डन — लिभरपुलले टोटनहममाथि शनिबार राति १–० कीर्तिमानी जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १६ अंकको अग्रता खोलेको छ । साउथ ह्याम्पटनले दोस्रो स्थानमा रहेको लेस्टरलाई हराएरपछि लिभरपुललाई अझ फाइदा भएको हो ।शीर्ष चारको अभियानमा रहेका चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि आरामदायी जित निकालेका छन् । तर १० खेलाडीमा सीमित आर्सनल फेरि एकपल्ट कमजोर देखियो र क्रिस्टल प्यालेसमा बराबरीमा रोकियो ।योर्गन क्लोपको लिभरपुलका लागि लिगको २१ औं खेलमा २० जित निकाल्ने क्रममा रोबर्टो फिरमिनोले ३७ औं मिनेटमा निर्णायक गोल गरे । युरोपेली च्याम्पियनको ६१ अंक भएको छ ।लिभरपुललले २१ चरण सकिएयता प्राप्त गरेको यत्ति अंक युरोपकै प्रमुखका प्रमुख पाँच लिग सबैमा अहिलेसम्मकै सबैभन्दा बढी हो । लेस्टर साउथह्याम्टनको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले ३० वर्षयता पहिलो पल्ट लिग जित्ने सम्भावना अझ बलियो भएको हो ।
Sports
25,884
कर्पोरेटमा छन्, कार्यकारी छैनन् महिला
व्यवस्थापन परामर्शदाता ‘म्याकेन्सी एन्ड कम्पनी’ द्वारा गरिएको एक अध्ययनको निष्कर्ष छ– महिलालाई जागिर दिने कम्पनीले औसतमा पुरुषलाई भन्दा कम तलब दिन्छन् र एकदमै थोरै महिला मात्र कार्यकारी प्रमुख हुने अवसर पाउँछन् । गत वर्ष विश्वस्तरीय १ सय ३२ कम्पनीलाई आधार मानी गरिएको यो अध्ययनले नाम चलेका व्यावसायिक संस्थामा समेत महिलालाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ भन्ने देखाएको छ ।
https://ekantipur.com/feature/2017/03/08/20170308093937.html
व्यवस्थापन परामर्शदाता ‘म्याकेन्सी एन्ड कम्पनी’ द्वारा गरिएको एक अध्ययनको निष्कर्ष छ– महिलालाई जागिर दिने कम्पनीले औसतमा पुरुषलाई भन्दा कम तलब दिन्छन् र एकदमै थोरै महिला मात्र कार्यकारी प्रमुख हुने अवसर पाउँछन् । गत वर्ष विश्वस्तरीय १ सय ३२ कम्पनीलाई आधार मानी गरिएको यो अध्ययनले नाम चलेका व्यावसायिक संस्थामा समेत महिलालाई हेर्ने दृष्टिकोण विभेदपूर्ण छ भन्ने देखाएको छ । विश्वस्तरीय कम्पनीमा त यस्तो समस्या छ भने नेपालको कर्पोरेट समुदायमा महिलाको स्थान कहाँनेर होला ? ‘नेपालको कर्पोरेट क्षेत्रमा कति महिला छन् भन्ने अध्ययन भएको छैन,’ महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीडो) की सदस्य बन्दना राणा भन्छिन्, ‘हाम्रो अनुभवका आधारमा कर्पोरेटमा महिला सहभागिता अन्य क्षेत्रमा भन्दा कमजोर देखिन्छ ।’गणतन्त्रपश्चात नेपालमा महिलाले राजनीतिक र प्रशासनिक क्षेत्रमा आरक्षण पाउँदै आएका छन् । यी क्षेत्रमा पाएको ३३ प्रतिशत आरक्षणले महिलाको प्रतिनिधित्व बढाउँदै लगेको छ । सरकारी सेवा र राजनीतिमा महिलाको प्रतिनिधत्वका लागि आरक्षणको व्यवस्था गरिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरू (एनजीओ र आईएनजीओ) ले पनि आरक्षण दिन थालेका छन् । त्यसले यस्ता संस्थामा पनि महिला प्रतिनिधत्व बढ्न थालेको छ । सरकारी सेवा, राजनीति र सामाजिक संस्थामा महिला प्रतिनिधित्व बढिरहेका बेला व्यावसायिक क्षेत्रमा उनीहरूको उपस्थिति भने एकदमै कमजोर देखिएको छ । नेपालका केही औद्योगिक घरानाका सदस्यले आफूसँगै श्रीमती र छोरा, छोरी तथा बुहारीलाई पनि व्यवस्थापकीय जिम्मेवारी दिन थालेका छन् । जसले गर्दा आफ्नै उद्योग–व्यवसाय हुने केही व्यापारिक प्रतिष्ठानमा महिलाको उपस्थिति देखिन थालेको छ । केही महिला आफैंले पनि व्यवसाय सुरु गरेर चर्चामा छन् । आफ्नै व्यवसाय नभई रोजगारीबाटै कम्पनीको कार्यकारी पदमा पुग्ने महिलाको संख्या भने न्यून छ । कम्पनीहरूको प्रमुख कार्यकारी हुने महिलाको संख्या थोरै हुनुमा उनीहरूको क्षमता हैन, समाजले हेर्ने दृष्टिकोण मुख्य बाधक छ । पछिल्ला वर्षहरूमा नेपालमा कामकाजी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । काम गर्ने महिलाई गरिने सम्मान पनि बढेको छ । उनीहरूलाई कार्यकारी भूमिका दिन भने कम्पनीहरू तयार देखिँदैन । ‘काममा महिलालाई विभेद गर्ने प्रचलनमा कमी आए पनि उच्च नेतृत्व दिने सवालमा अझै विभेदै देखिन्छ,’ मेगा बैंककी उपप्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली भन्छिन्, ‘यसैले अहिलेसम्म कुनै पनि वाणिज्य बैंकमा महिला प्रमुख कार्यकारी अधिकृत बन्न सकेका छैनन् ।’ उनका अनुसार अहिले धेरै बैंकमा महिलाहरू नै विभागीय प्रमुख छन् । त्यसले आगामी दिनमा महिला कार्यकारी हुने सम्भावना भने बढेको देखिन्छ । महिलाले कार्यकारीको भूमिका नपाउनुको अर्को कारण हो– कम्पनीहरूको सञ्चालक समितिमा समेत पुरुषको बोलवाला । ‘सञ्चालक समितिमा सबै पुरुष, सीईओ चाहिँ महिला भनेर पनि नेतृत्व दिइँदैन,’ खुञ्जेलीले भनिन् । बैंकका तल्लो तहमा भने महिला र पुरुषमा विभेद नरहेको उनको अनुभव छ । ‘इमानदार र कार्यक्षमताका आधारमा कर्मचारीको स्तरोन्नति हुने भएकाले त्यहाँ लैंगिक विभेद हुँ‘दैन,’ उनले भनिन् । २८ वर्षअघि आफू बैंकिङ क्षेत्रमा प्रवेश गर्दा र अहिले महिलाको अवस्थामा धेरै सुधार भएको उनको अनुभव छ ।क्लिन इनर्जी डेभलपमेन्ट बैंककी पूर्वमहाप्रबन्धक वर्षा श्रेष्ठ समाजले महिलाप्रति गर्ने व्यवहार र सोचाइमा परिवर्तन भइरहेकाले कार्यकारी तहमा पुग्ने महिलाको संख्या बढ्दै जाने आँकलन गर्छिन् । ‘अहिले स्कुल कलेजदेखि नै मिहिनेत गर्न सिकाइन्छ, यसले महिलाहरूको काम गर्ने क्षमता अभिवृद्धि भएको छ,’ उनी भन्छिन्, ‘काम गर्ने मोह र क्षमता भए महिलालाई अवसर प्राप्त हुन सक्छ ।’ ३१ वर्षअघि आफू बैंकिङ क्षेत्रमा प्रवेश गर्दा महिलालाई हेर्ने दृष्टिकोण एकदमै संकुचित रहेको उनको अनुभव छ । ‘त्यतिबेला महिलाले बाहिर गएर काम गर्नु हुँदैन भन्ने गरिन्थ्यो, अहिले सुरुदेखि नै आत्मनिर्भर बन्न सिकाइन्छ,’ वर्षा भन्छिन् ।महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हँ‘दै गए पनि अझै कर्पोरेटमा महिलाले आफ्नो क्षमता देखाउन पुरुषभन्दा मिहिनेत गर्नुपर्ने अवस्था छ । ‘महिलाले पुरुषको तुलनामा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘तर पुरुषको तुलनामा महिला बढी इमानदार र जवाफदेही देखिएका छन्, उनीहरू काम र संस्थाप्रति बफादार हुन्छन् ।’ एनसीसी बैंककी उपप्रमुख कार्यकारी अधिकृत बन्दना पाठक समाजको सोच परिवर्तन हँ‘दै गएकाले त्यसको प्रभाव कर्पोरेट क्षेत्रमा पनि परेको बताउँछिन् । पहिलो ‘फ्रन्ट डेस्क’ का लागि मात्र महिलालाई रोजगारी दिने बैंकहरूले अहिले सबै विभागमा महिला राख्न थाल्नु त्यसको सूचक भएको बताइन् । उनले महिला भएकै कारण विभेद गर्ने अवस्था बैंकिङ क्षेत्रमा नरहेको दाबी गरिन् । समाजको सोचमा केही परिवर्तन भए पनि अझै पूर्णरूपमा परिवर्तन नहुँदा माथिल्लो तहमा पुग्न महिलालाई सजिलो भने छैन । ‘महिलाले निर्णय गर्न सक्दैनन् भन्ने मान्यता अहिले पनि छ,’ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी भन्छिन्, ‘महिलालाई कार्यकारी हुनबाट रोक्ने प्रयास हुने गर्छ तर महिला पुरुषभन्दा कम छैनन्, निर्णय क्षमता पनि उत्तिकै राख्छन् ।’ टेलिकमको इतिहासमै पहिलोपटक महिला प्रबन्ध निर्देशक बनेकी उनी महिला पुरुषको तुलनामा मिहिनेती र कामलाई बढी प्राथमिकता दिने स्वभावका हुने बताउँछिन् । ‘त्यसले कम्पनीको प्रगतिका लागि पनि महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउनु आवश्यक हुन्छ,’ उनी भन्छिन् ।सामाजिक सोच र व्यवहार मात्र होइन, राज्यको नीति र कानुनले समेत महिलालाई कर्पोरेट क्षेत्रमा जानबाट रोक्ने गरेको छ । गणतन्त्रपछि नेपालमा यस्ता विभेदकारी नीतिनियमहरू हटाइँदै गए पनि अझै कतिपय नीतिनियमले महिलालाई विभेद गरिरहेको अधिकारवादीहरू बताउँछन् । यस्ता विभेदहरू नेपालमा मात्र नभएर विश्वभर नै छन् । जसले महिलालाई कर्पोरेट क्षेत्रमा अघि बढ्नसमेत रोकिरहेको छ । गत वर्ष (सन् २०१६) मा विश्व बैंक समूहले निकाले ‘महिला, व्यापार र कानुन’ प्रतिवेदनअनुसार पनि विश्वका अधिकांश मुलुकमा महिलामाथि कानुनी विभेद कायमै छ । त्यसले उनीहरूलाई रोजगारी र उद्यमशीलतामा समेत बाधा गरिरहेको छ । १ सय ७३ मुलुकलाई समेटेर निकालिएको प्रतिवेदनमा नेपाल पनि सामेल छ । प्रतिवेदनको एउटा अध्ययनको विषयमा कर्पोरेट क्षेत्रमा महिलालाई आरक्षण छ वा छैन भन्नेसमेत समावेश गरिएको थियो । अध्ययनका आधारमा प्रतिवेदनले धेरै मुलुकमा यस्तो आरक्षण नभएको तथ्य बाहिर ल्याएको छ । नेपाल पनि कर्पोरेटमा महिलालाई आरक्षण नभएकै मुलुकमा पर्छ । ‘तथ्यांकले अविवाहित महिलाका लागि २१ र विवाहित महिलाका लागि २४ खाले विभेदयुक्त नीति रहेको देखाएको छ, यी नीतिहरूले महिलाको आर्थिक अवसरलाई असर गर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न ५ सूचकमा कुल ४७ वटा विभेदकारी नीति भेटिएको छ ।’ कानुनी विभेदमात्र होइन, महिलाले समान कामका लागि पुरुषसरह ज्याला नपाउने समस्या पनि विश्वभरै छ । अन्तर्राष्ट्रिय श्रम संगठनले गत वर्ष (सन् २०१६) मा प्रकाशित गरेको ‘काममा महिला’ (वुमन एट वर्क) प्रतिवेदनअनुसार अहिलेकै जसरी पुरुष र महिलाबीचको ज्यालादर घट्ने क्रम कायम रहे ७० वर्षपछि मात्र ज्यालादर समान हुनेछ । अहिले विश्वमा लैंगिक ज्यालादरमा औसत २३ प्रतिशत भिन्नता छ अर्थात् पुरुषले १ सय रुपैयाँ कमाउने काममा महिलाले भने ७७ रुपैयाँ मात्र पाउँछन् । श्रम संगठनको प्रतिवेदनलाई आधार मान्ने हो भने कतिपय उच्च प्रतिव्यक्ति आय हुने मुलुकले समेत महिलालाई कम ज्याला दिएर विभेद गरिरहेका छन् ।कर्पोरेटको कार्यकारी भूमिकामा महिलाको संख्या बढाउन सामाजिक सोचमा परिवर्तनका साथै सानैदेखि महिलाको क्षमता र आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकता महसुस गर्छिन् सीडोकी सदस्य राणा । ‘सबै अरूखाले क्षमता अभिवृद्धि र विभेद कम गर्न मात्र केन्द्रित भइरहेका छन्, अब त्यसलाई चिरेर कर्पोरेट क्षेत्रका लागि पनि काम गर्नुपर्ने देखिएको छ,’ उनले भनिन् ।
Feature
1,756
लकडाउनमा १९७४ एडी, यसरी बन्यो घर-घरबाट गीत 
ब्यान्डको पुनर्मिलन भइसकेपछि १९७४ एडीको एउटै उद्देश्य थियो, पूराना गीतलाई ब्यान्डकै च्यानलमा सार्वजनिक गर्ने । युट्युब च्यानललाई सक्रिय बनाउने ।
https://ekantipur.com/entertainment/2020/04/22/158754651304596161.html
काठमाडौँ — ब्यान्डको पुनर्मिलन भइसकेपछि १९७४ एडीको एउटै उद्देश्य थियो, पूराना गीतलाई ब्यान्डकै च्यानलमा सार्वजनिक गर्ने । युट्युब च्यानललाई सक्रिय बनाउने ।नयाँ गीतहरु त युट्युब च्यानलमा सार्वजनिक भइरहेकै थिए । तर, पूराना गीतहरु अरुका च्यानलमा थिए । त्यसैले ब्यान्ड सदस्यहरु पुराना गीतलाई नयाँ भर्सनमा गाएर आफ्नै च्यानलमा राख्न चाहन्थे । यो अभ्यास सुरु हुँदै गर्दा देशमा कोरोना भाइरस (कोभिड-१९) ले गर्दा लकडाउन भयो । कोरोनाले गर्दा ब्यान्डको अस्ट्रेलिया टुर रोकियो । घरमा थुनिएर बस्दा ब्यान्डले घरबाटै पुराना गीत रेकर्डिङ गर्ने योजना बनायो । त्यसपछि रेकर्ड भयो, 'त्यो रातको'। 'सञ्जय (श्रेष्ठ) र निराकार (याक्थुम्बा) दाइले अकस्टिक र बेस गीतार मोबाइलमै रेकर्डिङ गर्नुभयो । फिरोज (स्याङ्देन)दाइले पनि मोबाइलबाटै रेकर्डिङ गर्नुभो । मनोज (केसी)को घरमै सानो रेकर्डिङ स्टूडियो छ,' ब्यान्ड सदस्य एड्रियन प्रधानले सुनाए, 'मैले इलेक्ट्रिक ड्रम र भोकल रेकर्डिङ सफ्टवेरबाट रेकर्ड गरें । अहिलेको प्रविधिमा घरमै रेकर्डिङ गर्न सकिन्छ ।' एड्रियन खुमल्टार बस्छन् । सञ्जय र मनोज केसी धोबीघाट । फिरोज र निराकार भैंसीपाटी । सबैले भिन्नाभिन्नै समयमा फरक ठाउँबाट आ-आफ्नो भागको अडियो र भिडियो रेकर्ड गरे ।सुरुमा मनोजले रिदमको टाइमिङमा आफ्नो भागको रेकर्ड गराएर पठाएका थिए । त्यसपछि सबैजनाले आ-आफ्नो भाग उक्त रिदममा रेकर्ड गर्दै गए । सबै भागलाई एकमुस्ट तयार पारेर मिक्सिङ र मास्टरिङ गरेपछि गीत तयार भयो । 'निराकार र मेरोमा रेकर्डिङ सफ्टवेयरहरु छैन । हामीले एउटा फोनमा त्यो ट्र्याक बजाएर अर्को मोबाइलमा रेकर्डिङ गर्‍यौं । जस्तै मेरो गीतारको भाग मैले बजाएँ,' फिरोज लकडाउन रेकर्डिङको कथा सुनाउँछन्, 'मनोजले आफ्नो भाग बजाएर पठायो । त्यसपछि सबैले त्यसमाथि आ-आफ्नो भाग बनाउँदै गयौं । मोबाइलबाटै भिडियो खिच्यौं ।'एड्रियनका छोरा प्रज्वलले नै उक्त गीतको मिक्सिङ गरिदिएका थिए । ब्यान्डको म्यानेजमेन्ट कम्पनी आरबिट्रेरीले गीत फाइनल गर्‍यो । अनि ब्यान्डकै युट्युबबाट गीत सार्वजनिक भयो । महामारीको यो संकटमा संगीतमार्फत् दर्शक/स्रोतालाई साथ दिन यो प्रयास थालेको एड्रियन सुनाउँछन् । 'हामी संगीतकर्मीले यस्तो संकटको बेला गर्नसक्ने भनेको मोरल सपोर्ट नै हो । सकरात्मक सन्देश दिने ठाउँमा त्यसै किसिमको सन्देश दिने, दु:ख कष्टको बेलामा सहयोग रकम उठाउन कन्सर्ट/ कार्यक्रम गर्ने नै हो । दुखको घडीमा संगीत मार्फत हामीले जे गर्न सक्छौं त्यो हामीले गरेका हौं,' एड्रियनले भने । यो गीतलाई सन् १९९८ मा गायक प्रधानले नै रचेका थिए । यो गीत उनको जीवनकै पहिलो गीत हो । त्यतिबेला उनी भर्खर ब्यान्डमा आबद्ध भएका थिए । 'सम्झी बस्छु' भन्ने एल्बमका लागि एड्रियनले उक्त गीत तयार पारेका थिए । 'गीतारमा ई माइनर कर्डको स्ट्रमिङ गरिरहँदा यो गीत फुर्‍यो । 'साथी जेम्स राईको गीतार चलाउँदै थिएँ । त्योबेला मसँग आफ्नै गीतार पनि थिएन । त्यसपछि गीतार बजाउँदै जाँदा शब्दहरु निस्कियो,' पुराना दिन सम्झेर प्रधान नोस्टाल्जिक भए । 'सुमी लामासँग लभ पर्दाको समयमा लेखेको गीत हो । अहिले हामीले गाएको गीतको मिक्सिङ छोरा प्रज्वलले गर्‍यो । आमाको लागि लेखेको गीतमा उ पनि सहभागी भयो,' हाँस्दै थप्छन् । 'जुनेली रातमा त्यो कालो केसमा लुकी दिन्छु म', गीतको यो अन्तरा सुनेर ब्यान्डका सदस्य प्रधानलाई जिस्काउँदै भन्थे- केसमा लुकिदिने जुम्रा हौ र तिमी ? यो गीतको कथा सम्झँदा आज पनि प्रधान पुराना दिनमा फर्कन्छन् । लकडाउनमा सार्वजनिक गरेको यो गीत चौथौंपटक रेकर्ड गरिएको हो । यसअघि सन् १९९८ मा यो गीत रेकर्ड भएको थियो । त्यसपछि लिमिटेड एल्बममा फेरि रेकर्ड गराएका थिए । ब्यान्डमा बाँसुरी बादक मनोज सिंह जोडिएसँगै पुन: रेकर्ड भयो । सन् २०१४ मा उनले अनप्लग भर्सन पनि सार्वजनिक गरेका थिए । गीतलाई परिमार्जन गर्न रुचाउँछन् गायक प्रधान । 'संगीत महासागरभन्दा ठूलो लाग्छ, कहिल्यै पनि सिकेर सकिँदैन,' गायक प्रधान सुनाउँछन्, 'कति गीतहरु हजारौंपटक गाएँ होला । तर चित्त बुझिरहेको हुँदैन । त्यसैले म जति सक्दो परिमार्जन गरेर गीत गाइरहेको हुन्छु, अहिले त प्रविधिले गर्दा नै घरमा रेकर्डिङ गर्न सहज भएको हो ।'यो गीतले १ हप्तामै ५० हजार बढी भ्यूज प्राप्त गर्दा ब्यान्ड सदस्य सबै दंग छन् ।अमेरिका बस्दै आएका फिरोज खासमा कन्सर्टका लागि नेपाल आएका थिए । त्यसपछि अस्ट्रेलिया टुरमा जाने तयारी थियो । कोरोनाले गर्दा उनी यतै अड्किए । 'खासमा म त रोकिरहेको छु । लकडाउन कहिले खुल्ने हो ? लकडाउनले अड्कायो । ब्यान्डसँग कार्यक्रम सकेर अस्ट्रेलिया टुर जाने तयारी थियो । यतिबेला त म न्यूयोर्क पुगिसक्नुपर्ने । हाम्रो अस्ट्रेलिया टुर पनि सकिन्थ्यो । अब यहाँ खुले पनि उता कहिले खुल्ने हो,' उनी अन्यौलमा छन् ।
Entertainment
8,538
काडिजलाई हराएर बार्सिलोना शीर्षमा
बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजलाई ४–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ ।
https://ekantipur.com/sports/2022/09/11/166285775263325432.html
म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजलाई ४–० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ ।डच खेलाडी फ्रेन्क डे जोङले बार्सिलोनाका लागि पहिलो गोल गरेयता रोबर्ट लेवनडोस्कीले दोस्रो थपे । सब्टिच्युट अन्सु फाटीले तेस्रो तथा ओसमन डेम्बेलेले चौथो गोल गरे ।शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ४–१, सेभियाले इस्पनयोललाई ३–२ र भ्यालेन्सियाले रायो भाल्कानोलाई २–१ ले पराजित गरेको छ ।नेयमारको ११० गोलपेरिस– ब्राजिली फरवार्ड नेयमार फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि चौथो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको निर्णायक गोल मद्दतले पीएसजीले फ्रान्सेली ला लिगामा शनिबार ब्रेस्टलाई १–० ले हरायो ।पीएसजीका लागि नेयमारको गोल संख्या १ सय १० पुगेको छ ।
Sports
19,650
मिथिला कलाका लागि मिथिलाको 'विद्रोह'
जनकपुरकी ५६ वर्षीया मिथिला देवी यादवले झण्डै ३० वर्षअघि 'मिथिला हस्तकला पेन्टिङ उद्योग' स्थापना गरेर मिथिला चित्रकलाको विस्तार र व्यवसायीकरणमा योगदान पुर्‍याएकी छन्।
https://www.bbc.com/nepali/news-43537853
आफ्नो समुदायमा चाडपर्वका बेला बनाइने संस्कृतिका रूपमा रहेको मिथिला चित्रकलालाई उनले क्यानभासमा उतारेकी छन्। त्यति मात्रै होइन उनी ऐना, प्लेट जस्ता हस्तकलाका सामग्री पनि उत्पादन गर्छिन्। यो उद्योग शुरू गर्ने बेलामा उनलाई घरपरिवारबाट सहयोग थिएन। 'दा भिन्चीको चित्रकला' ४५ करोड डलरमा विक्री आँट श्रीमान्‌ले विरोध गरेपछि उनी दुई वर्ष काठमाण्डूमा सानो छोरा लिएर बसिन्। आफ्नो 'विद्रोह'ले तत्काल निम्त्याएको अवस्थाबारे उनी भन्छिन्, "दुई वर्ष त हामी श्रीमान्‌-श्रीमतीबीच बोलचाल नै भएन।" तर आफूले गरेको आँटले अहिलेको अवस्थामा पुर्‍याएकोमा उनी खुशी देखिन्छिन्। अहिले यादव प्रज्ञा परिषद्की सदस्य पनि छिन्। उनको सातजनाको परिवार यही व्यवसायमा आश्रित छ र नातिहरूको पढाइलेखाइ पनि यसबाटै हुन्छ। नेपालमा ‘प्रिन्टमेकिङ’ अर्थात छापा चित्रकलाप्रति बढ्दो चासो "मैले त्यतिबेला यो आँट नगरेको भए आज नातिलाई पढाउन सक्ने अवस्था हुने थिएन, एकतले भए पनि मैले पक्की घर बनाउने अवस्था हुने हुने थिएन।" सफलता घरमा कोही पढेलेखेको नहुँदा नातिहरू भने पढून् भन्ने उनको इच्छा छ। आफूजस्तै महिलाहरूलाई उनी कलामा लागिरहन प्रेरित गर्छिन्। उनी भन्छिन्, "म जस्तो घूँघटबाट बाहिर आएँ त्यस्तो घूँघटभित्र अझै धेरै महिला छन्।" "म उनीहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँसँग कला छ भने तपाईँ त्यसलाई निरन्तरता दिनुहोस्। संघर्ष गर्नुहोस्, एक न एक दिन सफलता अवश्य मिल्नेछ।" तराईमा अझै पनि धेरै महिलाहरू घूँघटभित्र देखिन्छन्। यादवले तराईमा व्याप्त दाइजो प्रथाविरोधी पनि चित्रकला बनाएकी छन्।
Others
70,621
एमयूद्वारा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम
मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले क्लिनिकल लिगल एजुकेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कानुन सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धानको दायरा फराकिलो बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
https://gorkhapatraonline.com/news/81240
रजनी योगी सुर्खेत, असोज २१ गते । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले क्लिनिकल लिगल एजुकेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कानुन सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धानको दायरा फराकिलो बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनासँगको समन्वयमा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम अघि बढाइएको छ ।विद्यार्थीले कर्णालीका पाँच जिल्लाका १५ स्थानीय तहमा पुगेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल का निर्देशक सुरेन्द्र अधिकारीले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत कानुन सङ्काय स्नातक तहका चार वटा सेमेस्टरका गरी ५० जना विद्यार्थीले अध्ययनमूलक स्थलगत अनुसन्धान गर्नेछन् । ‘‘यो अनुसन्धानको उद्देश्य समुदायका कानुनी सवालमा विद्यार्थीलाई पनि साक्षात्कार गराउने र जोड्ने रहेको छ,’’ निर्देशक अधिकारीले भन्नुभयो, ‘‘यसबाट समुदायमा कानुनी साक्षरता र सहायता प्रदान हुनेमा विश्वास लिइएको छ ।’’ खासगरी विद्यार्थीको अनुसन्धानमूलक कार्य भएकाले थुप्रै कानुनी सवालको उजागरसमेत हुने लक्ष्य राखिएको छ ।विद्यार्थीहरूले यस कार्यक्रमअन्तर्गत छाउपडी, छुवाछुत, जातीय भेदभाव, घरेलु हिंसा, ज्याला मजदरी, लागू औषधलगायत विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने छन् । यो अध्ययनले नीतिगत प्रभावकारिताको अवस्था हेर्ने, कानुन संशोधन गर्नुपर्ने भएमा सुझाव दिने र नयाँ कानुन निर्माणमा सहयोग पुर्‍याउने पनि अपेक्षा लिइएको छ । विद्यार्थीले दैलेखको गुराँस र नौमुले गाउँपालिका तथा आठबीस नगरपालिका, जाजरकोटको छेडागाड, भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, कालीकोटको खाडाचक्र नगरपालिका, सान्नी त्रिवेणी र पलाता गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कानुनी सहायता शिविर, कानुनी सचेतना अभियान, न्यायिक समितिको न्याय सम्पादन प्रक्रियामा सहयोग, विपन्न सीमान्तकृत समुदायका सवालबारे स्थलगत अध्ययन गरी कानुनी परामर्श प्रदान गर्नेछन् ।छुट्टाछुट्टै समूहमार्फत विद्यार्थीले समुदायमा स्थलगत अध्ययन गर्ने गरी तयारी थालिएको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका संयोजक इमान सुनारले जानकारी दिनुभयो ।
News
42,144
मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा (भिडियोसहित)
सानैदेखि बाइकका सौखिन ३० वर्षीय असिम पाण्डेले ९ वर्षकै उमेरमा कार चलाउन सिकिसकेका थिए । त्यसपछि बाइक पनि चलाउन थाले । उनलाई बाइकमा जडान गरिएका पार्टस्हरु कसरी बन्छ होला भन्ने खुलदुली लाग्थ्यो ।
https://ekantipur.com/feature/2019/12/25/1577279946643940.html
काठमाडौँ — सानैदेखि बाइकका सौखिन ३० वर्षीय असिम पाण्डेले ९ वर्षकै उमेरमा कार चलाउन सिकिसकेका थिए । त्यसपछि बाइक पनि चलाउन थाले । उनलाई बाइकमा जडान गरिएका पार्टस्हरु कसरी बन्छ होला भन्ने खुलदुली लाग्थ्यो ।उनी स्केच पनि राम्रो बनाउँथे । सोच्थे भविष्यमा खतरा कार/मोटरसाइकलको डिजाइन स्टुडियोमा काम गर्न पाए त कस्तो गज्जब हुन्थ्यो होला ! उनी आफ्नो सपनालाई पछ्याउँदै काठमाडौंको बुढानिलकण्ठबाट उच्च शिक्षाका लागि नेदरल्याण्ड्स पुगे ।नेदरल्याण्ड्सको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलेजीबाट मेकानिकल इञ्जिनियिरङ गरे । असिमले त्यहाँ हुँदा विभिन्न प्रोजेक्टमा काम गर्ने अवसर पाए । ‘डंकरभुट अटोमाेबाइल’ म्यानुफ्याकचरिङ कम्पनीमा २ वर्ष इन्टर्न गरे । यो कम्पनीले स्पोट्स कार बनाउने गर्दछ ।इलेक्ट्रिक कार फोर हृवीलर डिजाइन गर्ने प्रोजेक्टमा काम गर्दा उनले डिजाइन सम्बन्धी धेरै कुरा जानिसकेका थिए । उनको हातमा सीप छँदैथियो । एक मनले सोच्यो कि यतै बसेर काम सुरु गरौं । तर, फेरि कताकता आफ्नै देशमा गएर केही गरुम भन्ने लाग्यो । आखिर मातृभूमिको मायाले तान्यो ।बाल्यकालदेखि नै ‘खत्रा अनि भव्य’ युरोपियन डिजाइन स्टुडियोमा काम गर्ने सपना पालेका उनलाई नेपालमै यस्तो किन नगर्ने ? भन्ने इच्छा जाग्यो । त्यो इच्छाशक्तिले सन् २०१७ नोभेम्बरमा उनलाई नेपाल फर्कायो ।असिम भन्छन्, ‘कुनै समय नेपाल नै फकेर केही गर्छु भन्ने त कहिले पनि सोचेको थिइनँ । तर, केही नयाँ गर्नुपर्छ भन्ने लाग्थ्यो । मैले आँटे । आँटेको काममा लागिरह्यो भने सपना पूरा हुने रहेछ ।’बालुवाटारको कालिका टावरको दोस्रो तल्लामा छ डिजाइनर स्टुडियो प्रालि । स्टुडियोको अफिसमा बसेर आफ्नो यात्राको बारेमा सुनाइरहेका असिम आफ्नो निर्णयले खुसी देखिन्छन् ।मैले विदेशमा रहेर जुनस्तरको काम गर्ने मौका पाएँ, त्यो जानेको सीप यहाँ प्रयोग गर्नुपर्छ भन्ने लागेर नेपाल फर्किएँ,’ उनी सन्तुष्ट भावले भन्छन्, ‘आज खुसी छु । नेपालमा नै डिजाइन गरेको इलेक्ट्रिक बाइक बनाउन सफल भयौं ।’‘टेड–एक्स टक’ले जुटाएको टिमनेपालमै पनि आफूजस्तै युवाहरुको टिम सेटअप गर्न सकियो भने असम्भव केही छैन होला भन्ने असिमलाई लागिरह्यो । उनी आइपर्ने चुनौती सामना गर्न तयार थिए ।सुरुमा एक्लैले डिजाइन स्टुडियोको परिकल्पना गरिरहेका असिमलाई सन् २०१७ को फेब्रुअरीतिर टेड–एक्स टकमा आफ्ना कुराहरु भन्नका लागि निम्ता आयो । ती दिन सम्झिँदै उनी भन्छन्, ‘त्यो भीडमा अहिलेका साथीहरु पनि हुनुहुँदो रहेछ ।’उनको विचारमा अरु साथीहरु पनि हातेमालो गर्न आइपुगे । सन् २०१८ को जुनतिर टिम सेटअप भयो । हाल असिमको टिम अहिले १० जनाको टिममा परिणत भएको छ ।२२ वर्षदेखि २७ वर्षका युवाहरुको जमात छ यो टिममा । असिमका साथै कनिष्क सुवाल, रचिन्द्र श्रेष्ठ र अशेष श्रेष्ठ गरी ३ जना मेकानिकल इन्जिनियर छन् । साथै कृष्णप्रसाद श्रेष्ठ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरको रुपमा कार्यरत छन् । ठाकुर पौडेल र अदवेत रिजाल ब्याट्री सिस्टम इन्जिनियरको रुपमा काम गरिरहेका छन् । सुलभ लाल श्रेष्ठ इम्बेडेड सिस्टम इन्जिनियर र सार्थक शर्मा पौडेल मोबाइल एप डेभलपर हुन् ।टिममा साथीहरु जोडिँदै आएपछि मेरो सपनाले पनि मूर्त रुप लिँदै गयो असिम भन्छन्, ‘सम्पूर्ण टिमको सदस्यको अथक प्रयास र मिहिनेतले हाम्रो प्रोडक्ट बनेको हो ।’ डिसेम्बरमा डिजाइनर स्टुडियो प्रालि भनेर दर्ता गरिएको हो ।‘स्टेरियोटाइप’ लाई चिर्दैअसिमका अनुसार ‘स्टेरियोटाइप’ हरेक कुरामा देखिने रहेछ । नेपालमै नै आफ्नै डिजाइनमा बाइक बनाउँछु भन्दा सुरुवाती दिनमा असिमले त्यस्तै कुराको सामना गर्नुपर्‍यो । ‘नेपालमा निर्मित सामान न्यून गुणस्तरको र झुर बन्छ भन्ने धारणा धेरैमा छ । आफ्नो देशमा निर्मित सामान पनि राम्रो अनि गुणस्तरीय हुन्छ भन्ने देखाउन पनि हामीले सुरु गर्‍यौं,’ असिम भन्छन् ।‘नेपालमै बसेर बाइक बनाउने रे ? कसले किन्छ ? यस्तो नेपाली बाइकभन्दा विदेशी ठीक’ भन्नेहरु धेरै थिए तर असिमलाई त्यो कुराको प्रभाव परेन ।आफ्नो सपनालाई पछ्याउँदै ‘असिम’ सपना बोकेर नेपाल फर्केका उनले त्यस्ता भ्रमलाई चिर्नु थियो ।टिमका अधिकांश सदस्यहरु बाहिरबाट नै पढेर आएका हुन् । दक्ष जनशक्ति उतै नै पलायन रहेका बेला आफ्नै देशमा अवसरको खोजीमा आएका युवाहरु यात्रीमा जोडिन पाउँदा रमाइरहेका छन् ।यात्री टिमका सदस्य २४ वर्ष कनिष्क सुवालले अमेरिकाको बकनेल युनिभर्सिटीबाट मेकानिकल इन्जिनियिरिङ गरेका छन् । आफ्नै देशमा केही नयाँ सिक्ने चाहनाले यात्रीमा आएको उनको भनाइ छ । बाहिर केही गर्नुभन्दा आफ्नै घरमा गर्नुको सन्तुष्टि छुट्टै नै हुने रहेछ उनी भन्छन् ।हैदरावादको जहावारलाल नेहरु टेक्नोलोजिकल युनिभर्सिटीबाट इन्जिनियिरिङ गरेका २६ वर्षीय कृष्णप्रसाद श्रेष्ठ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियर हुन् । भन्छन्, ‘विकल्प धेरै थियो तर नेपालमै बसेर काम गर्ने अवसर जुरेको रहेछ ।’यति ठूलो कदम चाल्ने इच्छा पालिरहँदा घरपरिवारको कस्तो साथ र सहयोग रह्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सुरुदेखि नै मलाई परिवारको सपोर्ट थियो । सुरुमा विश्वास जित्न अलि गाह्रो भएको तर अहिले राम्रो मान्नु भएको छ ।’‘चुनौती नै ठूलो रोजेको थिएँ । एकचोटी सोच्ने हो कि भन्ने प्रतिक्रिया पाएँ धेरैबाट । तर त्यो सोचको परिणाम हो अहिले ।’ छोटो समयमा नै ‘यात्री’को यात्राले सुनौलो बिहानीको संकेत दिएको छ ।‘यात्री’ को के छ विशेषता ?नेपाली इन्जिनियरहरुको टिमले निर्माण गरेको इलेक्ट्रिक मोटरसाइकल अरु इलेक्ट्रिक मोटरसाइकलभन्दा भिन्न देखिन्छ । स्टाइलिस अनि हेर्दा बुलेट बाइकजस्तो देखिन्छ । असिमकै शब्दमा भन्नुपर्दा यात्री बाइक ‘लुक्स’ अनि गुणस्तरका हिसाबले अरुभन्दा फरक छ ।‘अलिकति फरक देखियोस् कम्तीमा सडकमा गुड्दा मान्छेले एकचोटी फर्केर हेरुन् भन्ने उद्देश्यले डिजाइनमा फरकपन दिन खोजेका छौं,’ असिम बताउँछन् ।विश्वमा नै वातावरण तथा जलवायु परिवर्तनका कुरा उठिरहेको छ । इन्धनबाट इलेक्ट्रिक साधनको प्रयोग गर्न चाहेनका लागि यो सबैको रोजाइ हुन सक्छ ।इलेक्ट्रिक भेहिकललाई स्विच गर्न चाहने धेरै सम्झौता गर्नुपर्ने देखिन्छ मार्केटको प्राइसको अवस्था हेरेर । जो त्यो व्यक्ति होस् जसले स्विच गर्न चाहेको छ उनीहरुले सम्झौता नगर्नुपरोस् भन्ने हिसाबले सुरु गरेको हो ।कम्पनीको पहिलो परियोजना ‘प्रोजेक्ट जिरो’ एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । यो बाइक साठीको दशकको रेसर डिजाइनबाट प्रभावित रहेको छ ।टिमका सदस्य कनिष्कका अनुसार यो बाइक सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको हो । यो बाइकमा एक फुल चार्ज गरेपछि २३० किमि गुड्न सक्छ । चार्ज गर्न २ घण्टा लाग्छ ।असिम भन्छन्, ‘हाम्रो बाइकमा अनबोर्ड चार्जर छ अरु धेरै बाइकमा अफबोर्ड चार्जर हुन्छ जसले गर्दा चार्जर आफूसित बोक्न पर्दैन । घरमै मज्जाले चार्ज गर्‍यो भने दिनभरी चल्छ ।’३० किलोवाट मोटरपावर रहेको छ जसले ४० हर्सपावर बराबरको काम गर्दछ । अधिकांश इलेक्ट्रिक कारको क्षमता ३ किलोवाट जति रहे पनि यो बाइकले १० गुणा बढी क्षमता रहेको छ । सिटको हाइट ८.४५ एमएम अग्लो छ भने हिृवलबेस १३७० एमएम छ जुन अरु बाइकभन्दा लामो छ । मोटरसाइकलमा मेटल प्रयोग गरिएको छैन । कार्बन फाइबरको प्रयोग गरिएको छ । जुन आकर्षक र हलुका छ ।मोबाइल एप डेभलपर सार्थक पौडेल भन्छन्, ‘प्रयोगकर्ताको जीवनशैली कसरी सहज बनाउने भन्ने कुरामा हामीले ध्यान दिएका छौं । बाइक प्रविधिमैत्री छ ।’आफूले कति ‘इनर्जी’ प्रयोग गरेको, आफ्नो एभरेज स्पिड कति छ सबै मोटरसाइकलको मोबाइल एप ‘यात्री हब’ बाट थाहा पाउन सकिन्छ । बाइकमा तीनवटा मोड छ, ‘सुस्ते’, ‘ठिक्क’ र ‘बबाल’ ।मोबाइल एप्लिकेसनले स्पिड नियन्त्रणको लागि पनि सहयोग गर्ने सार्थक बताउँछन् । एपमा लोकेसन ट्रयाकर तथा सर्भिसिङ गर्ने समयको पनि जानकारी लिन मिल्छ । मोटरसाइलकलको हरेक पार्टस् इन्जिनियिरिङ र यही इनहाउस डिजाइन गरिएको हो । डिजाइन गरिएका स्पेयर पार्टस् निर्माणका लागि अमेरिका, चीन, भारत, युरोपेली मुलुकका कम्पनीहरुसँग सहकार्य गर्ने गरिएको छ ।कम्पनीले यी मोटरसाइकलको मूल्य अझै तोकिसकेको छैन । संस्थापक असिम भन्छन्, ‘सुरुमा धेरै नै लगानी भइसकेको छ, थप उत्पादनका लागि अझै सहयोग चाहिन्छ । सन् २०२० सम्ममा मार्चसम्म ल्याउने तयारी हो मूल्य सहित ।’उनले मूल्य एकदमै महङ्गो नतोके पनि गुणस्तरका हिसाबले अरुभन्दा अलि बढी पर्न जाने बताए ।नसोचेको सकारात्मक प्रतिक्रियाकम्पनीले भर्सन वान, भर्सन टु, भर्सन २.१ गरी ३ वटा डिजाइन बनाएको छ जसमा २.१ को प्रिप्रोडक्सन मोडेल हालै मात्र सार्वजनिक गरिएको छ ।अहिलेसम्म दुईवटा बाइक बनाएको कम्पनीले सुरुको एक चरणमा ५० वटा प्रोडक्सन मोडल बनाउने तयारीमा जुटेको छ । प्रोडक्ट लन्च भएपछि सकरात्मक प्रतिक्रिया पाएका यात्री टिमले भविष्यमा अरु प्रोडक्टरहरु बनाउने लक्ष्य राखेको छ ।असिम भन्छन्, ‘हामी सुरुवाती चरणमा छौं, सम्भवत ५–१० वर्षमा अधिकांश नेपालीहरुलाई सुहाउँदो बाइक बनाउने विचार छ किनकी इलेक्ट्रिक नै भविष्य हो ।’असिमका अनुसार नेपालमा बाइक बिकाउनुभन्दा पनि पहिलो प्राथमिकता नेपालमै बाइकको इन्जिनियरिङ्ग र प्रोडक्ट डिजाइनको लेभल कस्तो छ भनेर देखाउनु थियो । घरपरिवारको लगानीबाट सुरु गरेका असिमका ठूलो बुबा विक्रम पाण्डेले लगानीका लागि धेरै सहयोग गरेको बताउँछन् । ‘उहाँको साथविना सायद यो प्रोजेक्टले पूर्णता पाउने थिएन होला ।’दक्ष जनशक्तिलाई आफ्नै देशमा सीपको प्रयोग गर्न उदाहरण दिएको यो टिम देशमै केही सकिन्छ है भन्ने सन्देश दिएको छ । सरकारले यस्तो परियोजनालाई सहयोग गर्नुपर्ने असिम बताउँछन् । ‘सरकारले यस्ता परियोजनाको लागि कर छुट दिने हो भने हामी आफ्नो उत्पादन विदेश निर्यातसम्म गर्न सक्षम छौं,’ उनले भने ।उनी भन्छन्, ‘पछिल्लोपटक मुलुकमा आयात बढ्नुका साथै त्यसले गर्दा व्यापार घाटा पनि बढेको छ । यात्री बाइकले मोटरसाइकलको आयात र पेट्रोलियम पदार्थको आयातमा पनि कमी ल्याउने लक्ष्य लिएका छौं ।’नेपाली दक्ष युवाको समूहले नेपालमा नै इलेक्ट्रिक मोटरसाइकल उत्पादन थालेपछि विदेशी मुद्रा बाहिर जानबाट रोकिने दाबीसमेत उनको छ । ‘केही कुरा परिवर्तन गर्नुछ भने हामीले सुरुवात गर्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ, बाधा अड्चन आफैं पन्छिदै जान्छन् ।’
Feature
1,038
अमेरिकी प्रतिबन्धविरुद्ध इरान आक्रोशित
इरानले आफ्नो न्यायपालिकाका प्रमुख आयोतल्लाह अमोली-लारिजानीमाथि प्रतिबन्धहरु लगाएर संयुक्त राज्य अमेरिकाले सीमा नाघेको प्रतिक्रिया दिएको छ।
https://www.bbc.com/nepali/news-42675988
इरानी ‍विदेश मन्त्रालयले ती प्रतिबन्धहरुको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ तर उसले कस्तो कदम लिने हो त्यो भने खुलाएको छैन। विश्वका शक्ति राष्ट्रहरुसँग भएको परमाणु कार्यक्रम सम्बन्धी सम्झौतामा कुनै परिवर्तन हुन नहुने अडान इरानले राखेको छ। राष्ट्रपति ट्रम्प सन् २०१५ मा इरानसँग भएको उक्त परमाणु कार्यक्रम सम्बन्धी सम्झौताका कट्टर आलोचक हुन्। उनले सो सम्झौताको पृष्ठभूमिमा केही प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेका छन्। उनले इरान र र विश्वका छ वटा शक्ति राष्ट्रहरुबीच, भएको परमाणु कार्यक्रम सम्बन्धी सम्झौतामा भएका गम्भीर त्रुटिहरुलाई सच्चाउन यूरोप र अमेरिकालाई अन्तिम मौका दिने बताए। कारबाही उक्त परमाणु सम्झौतापछि संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्धहरु स्थगन गरेको तर आतंकवाद, मानव अधिकार उल्लंघन तथा बलिस्टिक क्षेप्यास्त्र विकास गरेको भन्दै इरानमाथि कारबाही जारी राखेको छ। परमाणु सम्झौतापछि प्रतिबन्ध फुकुवा गरिने संकेत दिइए पनि संयुक्त राज्य अमेरिकाले मानव अधिकार उल्लंघन गरेको आरोपमा इरानी न्यायालयका प्रमुखसहित १४ जना व्यक्तिहरु तथा निकायहरुमाथि नयाँ प्रतिबन्धहरु लागू गरेको छ। शुक्रबार एक वक्तव्य जारी गर्दै यूएस ट्रेजररीले इरानी न्यायापालिकाका प्रमुख आयोतल्लाह अमोली-लारिजानी, इरानी कैदीहरुमाथि भएका निमर्म वा क्रुर, अमानवीय तथा अपमानजनक व्यवहार वा सजायका लागि जिम्मेवार रहेको बताएको छ। साथै विभिन्न इरानी शहरहरुमा हालै भएका सरकार-विरोधी प्रदर्शनहरुमा प्रदर्शनकारीहरुलाई कारवाही गर्न पनि उनी नै जिम्मेवार रहेको उसको ठहर छ। ह्वाईट हाउसले यूरेनियम प्रशोधन गर्ने कार्यको विरोधमा इरानमाथि स्थायी प्रतिबन्धहरु लगाउनु पर्नेमा यूरोपेली संघका हस्ताक्षरकर्ताहरु सहमत हुने अपेक्षा राखेको बताएको छ। वर्तमान परमाणु सम्झौताअनुसार ती प्रतिबन्धहरुको म्याद सन् २०२५पछि सकिनेछ।
Others
66,572
बन्द रंगशालामा बार्सिलोना विजयी
बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार राति लास पाल्मासलाई ३–० ले हरायो र यो उसको बन्द र दर्शकविहीन रंगशालामा सम्भव भएको थियो ।
https://ekantipur.com/sports/2017/10/02/20171002075003.html
लन्डन — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार राति लास पाल्मासलाई ३–० ले हरायो र यो उसको बन्द र दर्शकविहीन रंगशालामा सम्भव भएको थियो । स्पेनबाट क्याटलानको स्वतन्त्रताका लागि भएको जनमत संग्रहका कारण अप्रिय घटना होला भनेर बार्सिलोनाले खेल सुरु हुन २५ मिनेट अगाडि रंगशालामा दर्शक नभित्र्याउने निर्णय गरेको थियो । बार्सिलोनाका खेलाडीले भने स्पेनबाट क्याटलान अगल हुने निर्णयको समर्थन गर्दै त्यसमा एकबद्धता पनि जनाए र क्याटलान झन्डासँग मिल्ने जर्सि लगाए । अंक तालिकाको शीर्ष स्थानमा रहेको जितमा लियोनल मेसीले दुई गोल गरे । अर्को गोल सर्जियो बास्क्वटेसले गरे । जितपछि बार्सिलोनाको ७ खेलबाट २१ अंक छ । आइतबारको अर्को प्रमुख खेलमा रियल म्याड्रिडले इस्पनयोललाई २–० ले हरायो । दुवै गोल स्कोले गरे । रियलको ७ खेलबाट १४ अंक छ र पाँचौं स्थानमा छ ।
Sports
31,311
फेवा महोत्सव सुरु
पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।
https://gorkhapatraonline.com/news/60785
पोखरा समाचारदाता पोखरा, चैत ३० गते । पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउनुभयो। उहाँले सङ्घीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताउनुभयो। यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोलिने उहाँको भनाइ थियो। पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा सरकारसँग गम्भीर रूपमा कुरा राखिएको र  नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।  होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताउनुभयो। कोरोनापछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।होटल सङ्घ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राख्नुभयो।  पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्र्राष्ट्रिय उडान सञ्चालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराउनुभयो। महोत्सवका संयोजक लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणले व्यवसायी पलायन हुँदा र हजारौँको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको बताउनुभयो।   
News
49,409
‘खोइ मेरो राष्ट्रिय कीर्तिमान ?’–सन्तोषी श्रेष्ठ
‘मेरो राष्ट्रिय कीर्तिमान खोइ ?’ शनिबार हाफ म्याराथनको कीर्तिमानमै ४ मिनेटभन्दा बढी सुधार गरी उपाधि जितेकी सन्तोषी श्रेष्ठको जिज्ञासा हो यो । हाल रहेको १ घण्टा १८ मिनेट ४६ सेकेन्डको राष्ट्रिय कीर्तिमानभन्दा धेरै छिटो दौड पूरा गर्दै सन्तोषीले १ घण्टा १४ मिनेट १४ सेकेन्डको टाइमिङ निकालिन् । तर, उनको समयले राष्ट्रिय कीर्तिमानको मान्यता पाउन सकेन ।
https://ekantipur.com/sports/2021/12/19/163987741826583829.html
काठमाडौँ — ‘मेरो राष्ट्रिय कीर्तिमान खोइ ?’ शनिबार हाफ म्याराथनको कीर्तिमानमै ४ मिनेटभन्दा बढी सुधार गरी उपाधि जितेकी सन्तोषी श्रेष्ठको जिज्ञासा हो यो । हाल रहेको १ घण्टा १८ मिनेट ४६ सेकेन्डको राष्ट्रिय कीर्तिमानभन्दा धेरै छिटो दौड पूरा गर्दै सन्तोषीले १ घण्टा १४ मिनेट १४ सेकेन्डको टाइमिङ निकालिन् । तर, उनको समयले राष्ट्रिय कीर्तिमानको मान्यता पाउन सकेन ।‘नेपाल एथलेटिक्स संघले निर्धारण गरेको रुटमा कायम गरेको टाइमिङले राष्ट्रिय कीर्तिमानको आधिकारिक मान्यता नपाउनु मेरो दोष होइन । तर मान्यता पाउने हाम्रो अधिकार होइन ?’ सन्तोषीले प्रतिप्रश्न गरिन् ।एथलेटिक्स संघले नै कम टाइमिङ निस्किएका कतिपय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान भनेरै प्रचार गर्ने गरेको छ । तर, धेरैलाई थाहै छैन नेपालमा हुने सम्पूर्ण दौड प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन । अरू त नेपालमा हुने अन्तर्राष्ट्रिय दौड प्रतियोगिताले समेत विश्व एथलेटिक्स महासंघ (आईएएएफ) बाट आधिकारिकता पाउँदैन ।नेपाल एथलेटिक्स संघ र नेपाल भेटिनरी एसोसिएसनको संयुक्त आयोजना शनिबार भएको रन फर प्रोटिन हाफ म्याराथनमा सन्तोषीले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । आईएएएफबाट रुट मान्यता हुन्थ्यो भने उनको यो नयाँ राष्ट्रिय कीर्तिमान हो । उनले यसअघि ‘राष्ट्रिय कीर्तिमान’ भनेर चर्चा गरिएको कान्छीमाया कोजुको १ घण्टा १८ मिनेट २८ सेकेन्डलाई पनि उछिनेकी छन् । एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले यो दौडलाई विश्व एथलेटिक्सले मान्यता नदिएको प्रस्ट पारे । त्यसो भए एथलेटिक्सका दौड इभेन्टहरूमा राष्ट्रिय कीर्तिमान कसरी हुन्छ त ? एथलेटिक्स संघका पूर्व उपाध्यक्ष, पूर्वमुख्य प्रशिक्षक सुशील नरसिंह राणाका अनुसार राष्ट्रिय कीर्तिमान बन्न विश्व एथलेटिक्स महासंघ वा अन्तर्राष्ट्रिय म्याराथनको नियामक निकाय एसोसिएसन अफ अन्तर्राष्ट्रिय म्याराथन तथा डिस्ट्यान्स रेसेस (एम्डस) ले मान्यता दिएको रुट आवश्यक पर्छ । ‘विश्व एथलेटिक्स वा एम्डसले अन्तर्राष्ट्रिय व्यावसायिक रुट मापनकर्तालाई पठाएर उनीहरूले प्रमाणित गरेको रुटमा बनेको कीर्तिमानले राष्ट्रिय मान्यता पाउँछ,’ राणाले भने, ‘त्यतिमात्र पनि हुँदैन । अरू मापदण्ड पनि छन् । अन्तर्राष्ट्रिय मान्यता पाउन हरेक किलोमिटरको टाइमिङ आवश्यक पर्छ, डिजिटल टाइमिङ मेसिन प्रयोग गरिनुपर्छ ।’१३ औं सागकी स्वर्णधारी सन्तोषीले पनि राष्ट्रिय कीर्तिमानबारे सबैलाई सुसूचित बनाइनुपर्ने बताइन् । ‘हामीले अहिलेसम्म कान्छी दिदीकै टाइमिङलाई राष्ट्रिय कीर्तिमान मानेर त्यसलाई तोड्ने गरी तयारी गरिरहेका थियौं । तर, आज मैले जितेपछि त्यो कीर्तिमान होइन भनियो,’ सन्तोषीले भनिन्, ‘एथलेटिक्स संघले आधिकारिक रुट निर्धारण गरिदिएको भए आज मेरो राष्ट्रिय कीर्तिमान हुन्थ्यो ।’खेलविज्ञसमेत रहेका पूर्वप्रमुख प्रशिक्षक राणाले एथलेटिक्सका सटपुट, ज्याभलिन थ्रोजस्ता तत्कालै दूरी नाप्न सकिने इभेन्टबाहेक ट्र्याक र रोडमा हुने दौडले अन्तर्राष्ट्रिय मान्यता पाउन धेरै मापदण्ड पूरा हुनुपर्ने बताए । ‘दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि ट्र्याक र रोडमा भएका दौडहरूले अन्तर्राष्ट्रिय मान्यता पाउँदैनन् । नेपालमा भएका कुनै पनि दौडले अन्तर्राष्ट्रिय मान्यता पाउँदैनन्,’ राणाले भने, ‘अहिलेसम्म महिला हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान निर्मला भारतीको नाममा छ ।’ निर्मलाले सन् २००६ मा बर्लिन हाफ म्याराथन दौडिएकी थिइन् । त्यतिबेला उनले १ घण्टा १८ मिनेट ४६ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । घरेलु दौड प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपाली खेलाडीलाई अप्ठेरो पर्ने गरेको छ । त्यसको उदाहरणका लागि धेरै टाढा जानुपर्दैन । गत वर्ष नेपालगन्जमा दौडिएको टाइमिङका आधारमा गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन पाएनन् । किनभने त्यो अन्तर्राष्ट्रिय मान्यता थिएन । यसबारे एथलेटिक्स संघले सबैलाई समयमै सूचित गर्न नसक्दा ठूलो विवाद सिर्जना भएको थियो । ‘विश्व एथलेटिक्स र एम्डसले मान्यता दिएका विश्वका ६ वटा म्याराथनको टाइमिङले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउँछ । गोपीको नेपालगन्जको टाइमिङ ओलम्पिकका लागि आधिकारिक नै थिएन,’ राणाले भने । सन्तोषी र तीर्थ च्याम्पियनमहिलातर्फ सन्तोषी र पुरुषतर्फ तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार बाग्लुङका तीर्थले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरी उपाधि जिते । जुम्लाका दुर्गाबहादुर बुढाले १ घण्टा ३ मिनेट ४९ सेकेन्ड र एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ४ मिनेट २८ सेकेन्डबाट दोस्रो र तेस्रो भए । आर्मीका राजन रोका र होमलाल श्रेष्ठ क्रमशः चौथो र पाँचौं भए । शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फ एपीएफकी पुष्पा भण्डारी १ घण्टा १७ मिनेट ५८ सेकेन्डबाट दोस्रो भइन् । आर्मीकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ०१ सेकेन्डमा दूरी पूरा गरिन् । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाए । एपीएफकी बिन्द्राधान्के श्रेष्ठ चौथो र पुलिसकी रेशा विष्ट पाचौं हुँदै ४० र ३० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए ।सन्तोषीले अघिल्लो महिना नेपालगन्ज हाफ म्याराथन १ घण्टा १८ मिनेट ४८ सेकेन्डबाट जितेकी थिइन् । त्यसमा उनले उल्लेख्य सुधार गरेकी छन् । ‘मैले दिल्ली र ढाका हाफ म्याराथनलाई तयारी गरेको थिएँ । यो टाइमिङ अगाडि नै आइसक्नुपर्ने थियो । यसपल्ट म पूर्ण फिट थिएँ र तयारी पनि राम्रो थियो । शरीर र दिमागको राम्रो सन्तुलन भएकाले राम्रो टाइमिङसहित जित्न सकें,’ सन्तोषीले कान्तिपुरसँग भनिन् । १० किमि पुरुषमा मुकेश पाल पहिलो, अनिश थापामगर दोस्रो तथा दीपक अधिकारी तेस्रो भए । अजितकुमार यादव चौथो र वीरेन्द्र सिंह राउत पाँचौं भए । महिलातर्फ ५ किमि दौड पुलिसकी राजपुरा पछाईंले जितिन् । जुम्लाका राममाया बुढा दोस्रो, एपीएफकी फूलमती राना तेस्रो, पुलिसकी विर्सना कुमाल चौथो र एपीएफकी आशा राउत पाँचौं भए । ५ किमि छात्रतर्फ प्रकाश कठायतले उपाधि जिते । आशिष क्षेत्री, नागेश्वर ऐर, एकेन्द्र बिक र विश्वराम कुँवर क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं भए । ३ किलोमिटर छात्रातर्फ कर्णालीका धाविकाको वर्चस्व रह्यो । जुम्लाकी बन्दना बुढा पहिलो हुँदा समिता बुढा दोस्रो, कालीकोटकी लक्ष्मी शाही तेस्रो भए । स्वयम्भूकी सोनु घतानी चौथो र नेसिस स्कुलकी रेस्तिना सितिकुम पाँचौं भए । ह्विलचियर रेसमा प्रेमबहादुर बिक पहिलो भए । कृष्ण चौधरी दोस्रो र रामकाजी मिजार तेस्रो भए । प्रोटिनको महत्व र व्यापकताबारे चेतना फैलाउने उद्देश्यले आयोजित हाफ म्याराथनमा करिब २ हजार खेलाडीको सहभागिता थियो ।
Sports
21,644
कोरोना भाइरस नेपाल: वीरगञ्जमा के भइरहेको छ?
पर्सामा सांसद प्रदीप यादव कोरोनाभाइरस सङ्क्रमित भएका छन्।
https://www.bbc.com/nepali/news-53619271
वीरगञ्जका मेयर विजय सरावगी पनि सङ्क्रमित छन्। सांसद यादवका सवारी चालक र अङ्गरक्षकमा समेत सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि सांसद यादव आफ्नै घरमा आइसोलेशनमा बसेका छन्। शुक्रवार मात्रै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा १५ वर्षका किशोरदेखि ६८ वर्षकी महिलासम्म छन्। वीरगञ्जमा कोरोनाभाइरस सङ्क्रमणका कारण बिहीवार एकै दिन ३ जनाको मृत्यु भएको छ। यहीँ कुल १३ जनाको मृत्यु भइसकेको छ भने तीमध्ये १० को मृत्यु त गत दुई हप्तामा भएको छ। पर्सामा नारायणी अस्पतालका मात्रै ४७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेको मेडिकल सुपेरिटेन्डेन्ट मदन उपाध्यायले बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी नेपाल टेलिभिजनमा बोल्दै वीरगञ्जमा सङ्क्रमितमध्ये ८ जना डाक्टर रहेको जानकारी दिएका छन्। तीमध्ये केहीमा गम्भीर लक्षण रहेको पनि डा. गौतमले बताए। स्वास्थ्यकर्मी, सफाइकर्मी, नर्स, कर्मचारी, एम्बुलेन्स चालक, उद्योगी, उद्योगमा काम गर्ने मजदुर, व्यवसायी, सर्वसाधारण लगायत सङ्क्रमित भएका छन्। अहिलेसम्म दैनिक रूपमा २ सयको हाराहारीमा समुदाय स्तरमा स्वाब सङ्कलन भइरहेको छ। दैनिक ३० प्रतिशत सङ्क्रमित समुदायमा फेला परिरहेको बताइएको छ। डाक्टरको गुनासो उपचारमै संलग्न स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि जनशक्तिको अभाव भएको नारायणी अस्पतालका डाक्टर निरज सिँहले बताए। तराइको गर्मीका कारण पीपीइ सेट लगाउन मुस्किल भएको पनि उनले बताए। थप जनशक्तिका लागि तीन तहका सरकारलाई गुहारे पनि सुनुवाइ नभएको उनको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर स्वास्थ्यकर्मीलाई हरेक तीन घण्टामा फेर्नुपर्ने मास्क समेत तीन तहकै सरकारलाई उपलब्ध गराइदिन भनेपनि पर्याप्त मात्रामा पाउन नसकेको बताउँछन्। अस्पतालमा शैय्या अभाव ५० शैय्या क्षमताको वीरगञ्जको कोभिड अस्पतालमा अहिले ६२ जना सङ्क्रमितको उपचार भइरहेको नारायणी अस्पतालका डाक्टर निरज सिँहले बताए। तर बढ्दो सङ्क्रमणका कारण वीरगञ्ज हेल्थ केयर अस्पताललाई समेत कोभिड-१९ को उपचारमा प्रयोग गर्ने सहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। दुई अस्पतालमा गरी जम्मा १५० शैय्या, ३६ आइसीयू, १४ वटा भेन्टिलेटर रहेको तथ्याङ्क छ। होम आइसोलेशनका जोखिम लक्षण सहितका व्यक्तिलाई कोभिड-१९ अस्पतालमा राख्ने गरिएको छ। लक्षण नभएका मानिसहरूलाई घरमै राखिएको छ। त्यसरी घरमै आइसोलेशनमा बस्नेको 'लापर्बाही'ले ठूलो जोखिम बढेको बस्नेतले बताए। स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले कतिपय सङ्क्रमित एउटै कोठामा परिवारका सदस्यसँगै बस्दै आएको पाइएकाले जोखिम बढेको बताउँछन्। घरमै आईसोलेशनमा बसेको भनेर घरमा सूचना टाँस गरेको व्यक्ति गाउँमा डुलिरहेको गुनासो आएको पनि उनले बताए। वीरगञ्ज श्रीपुरका स्थानीयवासी सद्धाम हुसैनले सङ्क्रमित परिवारका सदस्यको घुमफिरबारे अनुगमन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। सीमा नाकामा लुकीछिपी ओहोरदोहोर सीमा नाका बन्द भएपनि लुकीछिपी वीरगञ्ज रक्सौल आवत जावत गर्ने गरेका कारण अवस्था चिन्ताजनक बनेको स्थानीय प्रशासनले स्वीकार गरेको छ। लकडाउन खुकुलो भएपछि वीरगञ्ज पथलैया औद्योगिक करीडरमा भारतीय कामदार लुकीछिपी आउने क्रम बढेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। उनले भारतबाट वैधानिक रूपमा आउने मानिसहरूलाई अनिवार्य क्वारन्टीनमा राखेर जाँचपछि मात्रै घर पठाउने गरेको भएपनि लुकीछिपी आउने मानिसहरूले गर्दा अवस्था जोखिमपूर्ण भएको बताए। पर्सामा अहिलेसम्म १० हजार ४ सय १३ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको बस्नेतले जानकारी गराए। के भन्छ प्रदेश सरकार? प्रदेश सरकारले पर्सामा फैलिएको सङ्क्रमण नियन्त्रण गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुने गरेको छ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले भने, "सबैले मेरो क्षेत्रमा कोभिड अस्पताल बनाउन नपाइने, मेरो क्षेत्रमा शव व्यवस्थापन गर्न नपाइने भन्दै विरोध गर्छन्। बाध्य भएर जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग रकम उपलब्ध गराएर काम अघि बढाउनु परेको छ।" उनले भने "एक करोड रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री र अस्पताल व्यवस्थापन, शव व्यवस्थापन, शव वाहन, एम्बुलेन्स व्यवस्थापनका लागि दिइएको छ।" उनले सङ्घीय सरकारलाई पटक पटक आग्रह गर्दै आएपनि तराइका जिल्लाका लागि केही नसोचेको र कुनै जबाफ नआएको गुनासो गरे। वीरगञ्जमा बिहीवार राजनीतिक दल, युवा अभियन्ता र उद्योगीको सहभागितामा बसेको सर्वपक्षीय बैठकले सङ्क्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै तत्काल विज्ञ , चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली पठाइदिन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गरेको छ।
Others
64,462
सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने
सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चय
https://gorkhapatraonline.com/news/77783
काठमाडौँ, भदौ २३  गते । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चयनको प्रक्रियासँगै नयाँ समिति गठनको राजनीतिक सहमति भइसकेको छ । राजनीतिक रूपमा प्रक्रिया अघि बढेसँगै समिति गठन हुन सक्ने संसद् सचिवालयले जनाएको छ । नयाँ समितिको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले पाउने पनि दलीय समझदारी छ । अहिलेका दुई समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले सभापति पाउने राजनीतिक सहमति यसअघि भइसकेको छ । दस विषयगत समितिमा सभापति चयन भए पनि संयुक्त समितिको नेतृत्व चयन प्रक्रिय अघि बढेको छैन । राष्ट्रिय सभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संयुक्त समिति गठनको सुझाव दिएको थियो । सङ्घीय शासन प्रणाली र कानुनी शासनको निरन्तर अनुगमन, पृष्ठपोषण दिनेगरी समिति गठनको सुझाव समितिले दिएको थियो । सांसद खिमलाल देवकोटाको संयोजकत्वको समितिले २०८० असार मसान्तसम्म समिति गठनको सुझाव दिएको थियो । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संयुक्त नियमावली तर्जुमाकै समयमा समिति गठन गरेर जाने समझदारी भएको बताउनुभयो । गिरीले भन्नुभयो, “समिति गठनको समझदारी नै छ । नियमावलीमा रहेको अन्य समिति गठनको विकल्पबाट अघि बढ्ने सहमति भएको थियो । तर त्यसयता कुनै पनि प्रक्रिया भने अघि बढेको छैन ।” नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संयुक्त समितिको सभापति चयन प्रक्रियासँगै समिति गठन हुने बताउनुभयो । पाण्डेले भन्नुभयो, “समिति गठनको राजनीतिक सहमति भइसकेको छ । दुई समितिको नेतृत्व चयनको प्रव्रिmया पनि सम्पन्न भएको छैन । समितिले सभापति चयन प्रव्रिmया अघि बढेसँगै नयाँको पनि गठन प्रक्रिया अघि बढ्छ ।”सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समिति गठनबारे सचिवालयलाई कुनै स्पष्ट निर्देशन नरहेको बताउनुभयो । गिरीले भन्नुभयो, “राजनीतिक रूपमा छलफल भइरहेको होला, हामीलाई कुनै जानकारी औपचारिक रूपमा आएको छैन । राजनीतिक सहमति भएर जानकारी आए सचिवालयले आफ्नो तयारी अघि बढाउँछ ।”नेपालको संविधानको धारा ९७(२) ले कुनै खास प्रयोजनका लागि सङ्घीय संसद्ले संयुक्त समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो समिति बढीमा २५ सदस्यीय हुने संवैधानिक प्रावधान छ । हाल कायम रहेका दुई समिति भने १५ सदस्यीय छन् । “कुनै खास कार्यका लागि दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनले प्रस्ताव पारित गरेमा संयुक्त समितिको गठन गरिने छ । त्यस्तो संयुक्त समितिमा प्रतिनिधि सभाका सदस्य पाँच जना र राष्ट्रिय सभाका सदस्य एक जनाको  अनुपातमा समावेशिताका आधारमा बढीमा पच्चीस जना सदस्य रहनेछन्,” संविधानको धारा ९७(२) मा भनिएको छ ।
News
53,904
सुधारिएको प्रदर्शनमा उपाधि
दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली फुटबलमा कमजोर मानिएका टिमलाई बोलाइएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ मा समूह चरणका दुई खेलमा स्वाभाविक लय गुमाएको मात्रै होइन, निकै फितलो प्रदर्शन गरेकाले नेपाली टिम आलोचित भएको थियो । यद्यपि फाइनलमा स्थान बनाएको नेपालले उपाधि होडमा सुधारिएको प्रदर्शन गर्दै लाओसविरुद्ध पछाडि परेको स्थिति उल्टाएर २–१ को नतिजासहित दशरथ रंगशालामा शुक्रबार उपाधि जितेको छ ।
https://ekantipur.com/sports/2023/04/01/16803140184411954.html
काठमाडौँ — दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली फुटबलमा कमजोर मानिएका टिमलाई बोलाइएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ मा समूह चरणका दुई खेलमा स्वाभाविक लय गुमाएको मात्रै होइन, निकै फितलो प्रदर्शन गरेकाले नेपाली टिम आलोचित भएको थियो । यद्यपि फाइनलमा स्थान बनाएको नेपालले उपाधि होडमा सुधारिएको प्रदर्शन गर्दै लाओसविरुद्ध पछाडि परेको स्थिति उल्टाएर २–१ को नतिजासहित दशरथ रंगशालामा शुक्रबार उपाधि जितेको छ ।‘फिफा मेन्स इन्टरनेसनल म्याच क्यालेन्डर’ को अवसरमा आयोजित अनौपचारिक प्रतियोगितामा दुवै टिमले तोकिएका दुई–दुई खेल खेलिसकेकाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मान्यता प्राप्त खेलको रूपमा नरहेको फाइनल वास्तवमै आकर्षक रह्यो । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र स्थापित खेलाडीको अस्ट्रेलिया पलायनपछि नयाँ फुटबलरको बाहुल्यमा नेपाली टिमले हिउँदे झरीमा रुझ्दै रंगशाला प्रवेश गरेका ९ हजार १ सय ६५ दर्शकसामु जितेको उपाधि अर्थपूर्ण रह्यो । मनीष डाँगीले ८८ औं मिनेटमा निर्णायक गोल गर्दै नेपालले नियमित समयमै सफलता दिलाएका हुन् ।पहिलो : फिफा वरीयतामा आफूभन्दा तलका टिम र स्तरकै हिसाबले पनि तल्लोस्तरका टिम ल्याएर पनि घरेलु टिमले आफ्नै मैदानमा समूह चरणमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । नेपालले उद्घाटनमा लाओसलाई २–० ले पराजित गरे पनि प्रदर्शनको आधारमा पाहुना टिम नै बलियो थियो । नयाँ स्ट्राइकर दीपकराज सिंह ठकुरीले इन्ज्युरी समयमा गोल गरेपछि नेपालले भुटानविरुद्ध हार टारेको खेल १–१ मा टुंग्याएको थियो । अर्को पहाडी मुलुकविरुद्ध ३९ वर्ष लामो प्रतिस्पर्धाको इतिहासमा नेपाली टिम पहिलोपल्ट जितबाट वञ्चित भएको थियो । खेलमा वर्चस्व पनि भुटानकै थियो । अर्थात् नतिजा र प्रदर्शन दुवै आधारमा नेपालले भुटानसँग इतिहासकै सबैभन्दा खराब फुटबल प्रधानमन्त्री कपमा आएर खेल्यो ।दोस्रो : राष्ट्रिय टिमका स्थापित र भविष्यका खेलाडीको अस्ट्रेलिया पलायनले नेपाली फुटबललाई ठूलै असर पारेको छ । नेपालकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा एएफसी सोलिडारिटी कप (सन् २०१६) को उपाधि जित्ने क्रममा फाइनलमा निर्णायक गोल गरेका सुजल श्रेष्ठले यही प्रतियोगिताकै दौरान देश छाडे । उनीसँगै राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रन्जित धिमाल पनि अस्ट्रेलियातिर लागे । फुटबल करिअरभन्दा राम्रो आम्दानीसहित सुरक्षित भविष्य रोज्नेक्रममा दुई वर्षयता ४० भन्दा बढी फुटबलर अस्ट्रेलिया पुगेका छन् । त्यसैले राष्ट्रिय टिममा अनुभवी खेलाडी थोरै छन्, नयाँकै बाहुल्य छ । यसकै उदाहरण हो, त्रिदेशीय कपका लागि छनोट गरिएको टिममा नयाँ ६ खेलाडी ।नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा कुचिङ (मलेसिया) मा सोलिडारिटी कपको ट्रफी चुमेको सात वर्ष पनि पूरा भएको छैन । तर, त्यो टिमका गोलकिपर किरण चेम्जोङ, डिफेन्डर अनन्त तामाङ, आदित्य चौधरी, अग्रपंक्तिका अञ्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास गरी ६ खेलाडीमात्रै प्रधानमन्त्री कपको उपाधि विजेता टिममा छन् । धेरै टाढा जानुपर्दैन । प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेको नेपाली टिमले बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तान यू–२३ टिम सहभागी ‘थ्री नेसन्स कप’ को उपाधि यही दशरथ रंगशालामा जितेको ठीक दुई वर्ष दुई दिनमात्रै भयो । तर, विवादास्पद प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, कार्यबाहक रहेका प्रदीप हुमागाईं र प्रवेश कटुवाल हुँदै इटालियन प्रशिक्षक एनेसको पहिलो जिम्मेवारीसम्म आइपुग्दा नेपाली टिममा आमूल परिवर्तन भएको छ ।नेपालले सन्जोक राई र विशाल राईले गोल गरेपछि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि (थ्री नेसन्स कप) जितेको थियो । त्यो फाइनलमा पहिलो रोजाइमा उत्रिएका सात खेलाडी (सन्जोक, विशाल, दिनेश राजवंशी, रन्जित धिमाल, सुनील बल, तेज तामाङ र त्रिदेव गुरुङ) अहिले टिममा छैनन् । कप्तान किरण, डिफेन्डर अनन्त, रोहित र अञ्जन विष्टमात्रै निरन्तर छन् एनेसको टिममा । ‘बेन्च’मा रहेका गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, मिडफिल्डर एरिक विष्ट र विंगर/फरवार्ड भरत खवासले उनीहरूसँगै प्रधानमन्त्री कपमा स्थान पाए । बाँकी आठ खेलाडी (विकेश कुथु, विराज, अजित भण्डारी, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, रविशंकर पासवान र दर्शन गुरुङ) टिमबाट छुटे/बाहिरिए । केही खेलाडी देशबाहिरै पुगेका छन्, केही छनोटमै परेनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई वर्षपछि त्रिदेशीय प्रतियोगिता आयोजना गर्दा नेपाली टिमका १५ खेलाडी फेरिएका छन् ।तेस्रो ः नयाँ प्रशिक्षकको आगमनले टिमको रणनीति फरक भयो भने त्यसमा अभ्यस्त हुन समय लाग्छ । तर, प्रशिक्षक एनेसले सम्हालेको यो नेपाली टिमले एकसाथ दुई दिनमात्रै अभ्यास गर्ने अवसर पायो । त्यसैले हुनसक्छ, सुरुका दुई खेलमा के नमिले, के नमिलेजस्तो गरी केही पनि नमिलेको देखिएको थियो । दुई कमजोर प्रतिस्पर्धी भएकाले नयाँ प्रशिक्षकसहितको नेपाली टिमलाई कमजोर प्रतिद्वन्द्वीविरुद्ध जित्नैपर्ने दबाब थियो ।नयाँ प्रशिक्षक, नयाँ खेलाडी र पुरानावीच मैदानभित्र र बाहिर ‘टिमवर्क’ मिलाउन सुरुमै मुस्किल हुन्छ । त्यस्तो समस्या देखियो पनि । तर, फाइनलमा आएर केही सुधार गर्‍यो । घरेलु मैदानमा खेलाडीहरू चिनजानकै जसरी खेल्न थालेजस्तो भयो । उनीहरू चार–पाँच पास खेल्न सक्ने भयो । त्यसैले सुरुमै पछाडि परेर पनि नेपालले दुई गोल फर्काएर प्रधानमन्त्री कपको ट्रफी स्वदेशमै राख्न सक्यो ।उत्कृष्ट फिनिसिङफोथाभोङ साङभिलेले १८ औं मिनेटमा गोल गर्दै लाओसलाई १–० को अग्रता दिलाउँदा केही सेकेन्ड रंगशालामा सन्नाटा छायो । त्यसमा बोनपछान बोन्कोङको पास यति उत्कृष्ट रह्यो कि उनले दिएको बल पेनाल्टी क्षेत्रभित्र फोथाभोङ पुग्दासम्म नेपालका सबै डिफेन्स बिट भइसकेको थियो । त्यसपछि कप्तान किरणको ठीक अगाडिबाट ‘भली’ मार्फत् फोथाभोङले बल जाली चुमाउँदै पाहुना टिमलाई उसको इतिहासकै पहिलो फाइनलमा अगाडि बढाएका थिए ।लाओसको अग्रता धेरैबेर टिकेन । आयुष घलानले १२ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी बनाए । एरिकले दिएको बल अगाडि बढाउँदै पेनाल्टी क्षेत्रभित्रैबाट उनले बायाँ खुट्टाले राम्रो ‘फिनिसिङ’ गर्दै घरेलु टिमलाई खेलमा फर्काए । त्यसअघि नवीन लामाको फ्रि–किकमा सनिश श्रेष्ठले प्रहार गरेको बल गोलकिपर सासाभाथ सुकाफोनले रोकेका थिए । बराबरी गरेको दुई मिनेटपछि नै नेपालले अग्रता लिने मौका पायो । तर, मनीषको पासमा नवीन आफैले प्रहार गर्नुपर्नेमा ढिलाइ गर्दै बल आयुषलाई दिए, जसमा आयुषको प्रहार फितलो भयो, सिधै गालकिपरको हातमा पुग्यो ।मनीष डाँगीपहिलो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा नेपाली टिमले आक्रामक रूप लियो । मनीषले सिर्जना गरेको अवसरमा ५६ औं मिनेटमा आयुष बललाई पोस्टको दिशा दिन चुके । सब्स्टिच्युट डिफेन्डर निशान खड्काले फ्रिकिकमा प्रहार गरेको बल ६९ औं मिनेटमा बारमा लागेर फर्कियो । ७१ औं मिनेटमा मनीषको फ्रि–हेडरमा पनि बल पोस्टतिर गएन । अञ्जनले हानेको बल गोलकिपर सुकाफोनले रोकेपछि ७४ औं मिनेटमा मनीषले गोललाइन पार गराए पनि त्यसमा सहायक रेफ्रीले अफसाइड दिएपछि नेपाल फेरि अग्रता लिनबाट रोकियो । अतिरिक्त समयतिर उन्मुख खेलको ८८ औं मिनेटमा अञ्जनको पासमा मनीषले दायाँ क्षेत्रबाट बललाई जाली चुमाउँदै निर्णायक गोल गर्दै नियमित समयमै नेपाललाई उपाधि दिलाए । तेस्रो अन्तर्राष्ट्रिय गोलमा उनको फिनिसिङ उत्कृष्ट रह्यो ।आयुश घलानपछाडि परेपछि लाओस हतारिएको अवस्थामा अफसाइड भएपछि अञ्जनले बल गोलपोस्टतर्फ हानेका थिए । लगत्तै उनलाई गोलकिपर सुकाफोनले धकेलेपछि दुई टिमका खेलाडीबीच एक मिनेट तनावपूर्ण अवस्था बन्यो । तर, तुरुन्तै खेल सुरु भयो र इन्ज्युरीको अन्तिम समयमा आयुष र मनीषले सहज अवसरमा पनि बललाई गोलमा परिणत गर्न सकेनन् । निलम्बनमा परेका डिफेन्सिभ मिडफिल्डर पूजन उपरकोटीको स्थानमा आएका मणिकुमार लामा, मनीष र आयुषको प्रदर्शन राम्रो रह्यो । मनीष फाइनलको उत्कृष्ट खेलाडी चुनिए । आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए ।–भिन्सेन्जो अल्बर्टो एनेसमुख्य प्रशिक्षक, नेपाली टिमहामीले प्रतियोगिताको प्रत्येक खेलमा सुधार गरेका छौं । तेस्रो खेलमा हामीले वर्चस्व राख्यौं, विशेषगरी दोस्रो हाफमा । धेरै अवसर सिर्जना गर्‍यौं । मैले नेपालमा काम गरेको एक महिनामात्रै भएको छ । राम्रोसँग बुझ्न आवश्यक छ । गल्ती गरेपछि खेलाडीहरू आफैंले सुधार गर्नु आवश्यक छ । विश्वमा हरेक प्रशिक्षकले गल्ती गर्छन् । अर्को प्रतियोगिताको लागि उत्कृष्ट खेलाडी छनोट गर्न आवश्यक छ ।मेरो विचारमा छोटो समयमै हामीले राम्रो गरेका छौं । वास्तवमै तयारीमा साह्रै छोटो समय पाएको थियो । मेरा खलाडीप्रति गर्व छ । पहिलो रोजाइमा दीपक र मणि नयाँ हुन् । हामी सबै नयाँ हौं र राम्रो फुटबल खेलेका छौं । समर्थकले पनि मज्जा लिएजस्तो लाग्छ । मैले पनि मज्जा लिएँ । अब अर्को खेलको लागि सोच्नुपर्छ । हामी आउने दिनमा राम्रो गर्न सक्छौं । हामीले धेरै गोलका अवसर गुमायौं । दोस्रो हाफमा नवीन, एरिक, मणिले धेरै राम्रो गरे । मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । मनीषका लागि त कुनै शब्द नै छैन । नेपालका केही खेलाडीले देशबाहिर अवसर पाउने आशा गरेको छु ।
Sports
17,862
हजार सपनाहरुको माया लागेर आउँछ...
झण्डै ४ वर्षे दिल्ली बसाइमा एकजना यादगार छिमेकी थिए— राजेन्द्रमान श्रेष्ठ । छिमेकी यस अर्थमा तत्कालीन जंगपुरा, रेल्वे स्टेशनको वार र पारका भाडाघरमा हामी बस्थ्यौं । कहिले मर्निङ वाककै सुरमा हमजाएगा हाप्पेन, तन्‍नेरी टाइपको टिसर्ट र स्पोर्टस् जुत्ताका भरमा राजेन्द्रमान आउँथे, मेरो डेरामा र, ‘बेल’ बजाउनासाथ भन्थे- भाइजान, कडक चाय मिलेगा क्या ?
https://ekantipur.com/feature/2020/02/11/158141458576661125.html
काठमाडौँ — झण्डै ४ वर्षे दिल्ली बसाइमा एकजना यादगार छिमेकी थिए— राजेन्द्रमान श्रेष्ठ । छिमेकी यस अर्थमा तत्कालीन जंगपुरा, रेल्वे स्टेशनको वार र पारका भाडाघरमा हामी बस्थ्यौं । कहिले मर्निङ वाककै सुरमा हमजाएगा हाप्पेन, तन्‍नेरी टाइपको टिसर्ट र स्पोर्टस् जुत्ताका भरमा राजेन्द्रमान आउँथे, मेरो डेरामा र, ‘बेल’ बजाउनासाथ भन्थे- भाइजान, कडक चाय मिलेगा क्या ?अनि गफ सुरु हुन्थ्यो, उडनतस्तरी टाइपका । नेपाली दूतावासमा काउन्सेलर पदमा कार्यरत नेपाल प्रहरीका एसपी राजेन्द्रमानको पेसागत हैसियत र उनको ख्यातीका बारे बरु अलिक पछि मात्रै थाहा हुन सक्यो । तर, ती ‘पुलिस सर’ यति निकटस्थ छिमेकी बने कि उनको सौख र स्वभावमा पनि हामी मनमिल्दा बन्यौं । कहिले सरोजिनी मार्केट, कहिले सेवानगर अथवा साकेत सेलेक्ट सिटी, सीपीमा सागै फुर्सद बिताउने मित्रवत राजेन्द्र सधैंजसो भनिरहन्थे— ‘भोलिपर्सि नेपालगञ्ज फर्कने हो, माछाखेती र गाइपालन गरेर गजबले बुढ्यौली बिताउने हो । अरु सपना–जपना केही छैन भाइ ।’दिल्ली नियोगमा नेपाल प्रहरी, अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा अधिकारीको ‘पोस्टिङ’ तैनाथ थियो, अहिले पनि छ । यदाकदा नेपाली मामलाकै मानव तस्करी, हत्याहिंसा र चेलीबेटी बेचबिखनका स्रोत सूचनासहित ‘रेस्क्यु’ गर्नुपर्ने अथवा समन्वय जुटाउनुपर्ने सम्मका जिम्मेवारी आइपर्थे । तर, अधिकांश सुरक्षा अधिकारीहरु सधैंजसो भन्थे—‘कुटनीतिक निकायबाट एकैचोटी कहींकतै जान मिल्दैन, विदेश मन्त्रालयमा खबर नगरी कतै ‘रेस्क्यु’मा जान पनि मिल्दैन । प्रक्रिया मिलाउन २/४ दिन लाग्छ नै ।’दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँगकाे भेटमा पूर्वराजदूत दीपकुमार उपाध्यायसहित राजेन्द्रहो पनि । अर्को देशमा भैरहेका अनाधिकृत गतिविधि अथवा नेपाली सरोकारका विषयमा पनि सम्बद्ध निकायलाई जानकारी दिनैपर्थ्यो । तर, यसमा कति सरोकार राखेर र कर्तव्यपरायण भएर काम गरिएको छ भन्ने थाहा भैहाल्छ । कुनै इच्छा, जाागर र चेष्टा नराखिकिएकै अवस्थामा गरिने पहलकदमीको के अर्थ ? जस्तो—तिहाड जेलमा कति नेपाली छन्, के अवस्थामा छन् भनेर दिल्ली नियोगले विदेश मन्त्रालयमार्फत बुझबुझारथ गर्न चाहेको वर्षौं भैसकेको थियो । तैपनि त्यस प्रकारको सूचना पाउन अथवा जेल भ्रमणमा ‘कन्सुलर एक्सेज’ पाउन कहिल्यै सकिएको होइन ।यसो भनेर, एकजना कन्सुलर राजेन्द्रमानको एकल सरोकार र पहुँचको जोडबलको मात्रै ‘काबिल’ थियो भन्न खोजिएको होइन । तर, आईपीएस ट्रेनिङ लिादा भारतीय सुरक्षा निकायका साथी हुन् अथवा अरु सरोकारका पात्र, जसरी भए पनि पहुाच बनाउन र सम्पर्क सूत्र जोड्‍नमा सफल रहन्थे । दिल्ली हुँदै इराक लैजान लागिएका चेलीबेटीको उद्धारमा उनी कहिले पहाडगञ्ज पुग्थे भने कहिले स्थानीय प्रहरी अघि लगाएर शंकाश्पद होटल चहार्न माल्वीयनगर जान्थे । गाजियाबाददेखि चण्डीगढसम्मका बाल आश्रम गृहमा नेपाली बालबच्चा रहेको सूचना र सुराकी पाएर उद्धार–समन्वयमा उनी पुग्थे । ब्याडमिन्टन, स्विमिङ, टेबलटेनिस सौखको छड्के–साक्षी बनेर यताउता गरिरहेकै बेला राजेन्द्रमान आफ्ना बाबु कृष्णमानको सादगी जीवन र राजनीतिक संघर्षका कथा पनि सुनाइरहेका हुन्थे । ‘तर राजनीतिमा भने गइन्न है भाइ, केहीकथन मरिगइयो भने पनि सम्झनेभन्दा बढी बिर्सनेहरु बढी हुन्छन्,’एकपटक साकेत गार्डेनमा खसी–सिकारसहितको पिकनिकमा राजेन्द्रले सुनाएका थिए । अर्को एउटा संयोग आइपर्यो, एकदिन जंगपुरा निवासमा एकसाँझ आइपुगे राजेन्द्रमान । त्यो उनको जन्मदिन थियो, सेप्टेम्बर पहिलो सातामा । जन्मदिनबारे अर्का छिमेकी एवं नियोगका कन्सुलर यदु खरेलले बताइसकेका थिए । छिनभरमैं केक मगायौं, दिल्लीभरमै ढुवानी सेवाका लागि फेमस साँल्दाइ(प्रमोद) पनि ‘बर्थडे विस’ गर्न आइपुगे । अनि राजेन्द्रमानले रोमान्टिक बनेरै भावुक गीत सुनाए— हजार सपनाहरुको माया लागेर आउँछ...।दिल्ली नियोगको छोटो दुई वर्षे कार्यकाल पूरा गरेर एकदिन राजेन्द्रमान काठमाडौं फर्कने खबर आयो । त्यो मुडमा उनले सुनाए— भाइ आज भिटामिन खानुपर्छ है । जंगपुरामा सााझको भिटामिन पार्टीमा सााल्दाइ (प्रमोद) खरेल, डा.दीपक गौतम, यदु खरेल, आकांक्षा शाह, प्रकाशराज पन्तसहितका शुभेच्छुक थिए । गायन–बादनमा त्यति पारंगत नभए पनि स्वच्छन्द–मनकारी स्वभावका राजेन्द्रमानले सुनाएका थिए— अल्झें कहीं त के भो बाटो भुलेको छैन...।अवकाशको यो घडीकाठमाडौं फर्केको केही समयमैं एसएसपी राजेन्द्रमान विराटनगरस्थित क्षेत्रीय तालिम केन्द्रमा प्रमुख भएर आएका थिए । म दिल्लीमै थिएा । फोनवार्ता भैरहन्थ्यो । २०१६ मार्चमा काठमाडौं हुँदै झापा जाने क्रममा राजेन्द्रमानले आफ्‍नो क्वार्टरमा सपरिवार बोलाए, दिल्ली सम्झना उधिन्ने काम भयो धेरैबेर ।त्यही वर्षको जुलाई (२०७३ साउन १५) गते एउटा विष्मयकारी समाचार सुनियो— एसएसपी राजेन्द्रमान धरानस्थित अञ्‍चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दै गर्दा अचानक लडेका थिए, त्यहाँबाट होस फिर्न सकेको छैन, झन्डै कोमा अवस्था छ । झापा गएको बेला धरान गएर राजेन्द्रमानलाई हेर्न पाएँ । ‘सर देवेन्द्र, जंगपुरावाले...’यसो निमेषभर आँखा खोलेजस्तो लाग्थ्यो, फेरि स्थिर हुन्थ्यो ।अचानक हृदयगति बन्द भएको र केही मिनेटमा सञ्‍चालन भएको अवस्थामा केही सेकेन्ड रक्तसञ्चार रोकिएको अवस्थामा मष्तिष्कमा अक्सिजन पुग्न नसकेको अवस्था रहेछ । मेडिकल टर्मिनोलोजीमा ‘लक्ड इन सिन्ड्रोम’ को यो अवस्थामा स्याहार गरेर बसिरहेकी छिन् श्रीमती आरधाना राणा श्रेष्ठ । एउटा विशिष्ट प्रकृतिको घटना भनेर र नेपाल प्रहरीकै सबैभन्दा अब्बलमध्येका मानिएका राजेन्द्रमानको योगदान सम्झेरै उनलाई अस्पतालमा रहेकै अवस्थामा २०७४ भदौ ५ मा विशेष प्रबन्धबाट एसएसपीबाट डीआईजी तहमा बढुवा गरिएको थियो । अहिले काठमाडौंको वीरेन्द्र प्रहरी अस्पतालमा विशेष सेवा–निगरानीमा उपचार (टेक–केयर) सुविधा पाइरहेका उनै राजेन्द्रमान सेवा–अवधि पूरा भएका आधारमा अवकाशको मुखैमा आइपुगेका छन् । २०४६ फागुन २८ मा प्रहरी निरीक्षक पदमा भर्ना भएका राजेन्द्रमान माघ २९ (बुधबार)का दिन सेवाबाट अवकाश पाउँदैछन् ।एउटा विडम्बनाको कुरा, सुरक्षा निकायको उच्च पदस्थ हुनासाथै जोकोहीलाई ‘अब्बल’ र ‘काबिल’ भनिने चलन छ हामीकहाँ । जस्तो, राष्ट्रिय सरोकारको मुद्दा निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा भएको ‘ऐतिहासिक लापर्बाही’मा ‘सरी’ भन्न नसक्‍ने प्रहरी प्रमुखलाई पनि यतिखेर ‘काबिल’ नै मानिएको छ । तर, राजेन्द्रमान भनेको वीरगञ्जको गााजाखेती उन्मूलनदेखि त्यहााका भूमिगत आतंकवादी गिरोहलाई काबुमा ल्याउनेसम्म र युनिटी ठगी काण्डका नाइके काशी गुरुङलाई भारतबाट पक्रेर ल्याउनेसम्मका देखिने कामका अब्बल अधिकारी हुन् । हो, राजेन्द्रमान जीवन जिउने अर्थमा यतिखेर निकै महंगो र संवेदनशील ‘ट्राकोस्टोमी श्वासप्रश्वास’का भरमा छन्, पेटमा प्वाल पारेर ‘पेग’ भरमा खानेकुरा, झोल, औषधि दिइन्छ । मस्तिष्क र शरीरका अंगबीच सञ्‍चार (संवाद) अवरुद्ध स्थिति छ । धन्य, राज्यपद्धति र प्रहरी प्रशासनको विवेकले उनी अस्पतालकै भरमा बाँचिरहेका छन् । ‘बुधबारबाट पदबाट अवकाश पाएपछि कहाँ जाने होला ? अब के गर्ने होला ? यो अवस्थामा घर लगिएमा शारीरिक अवस्था र स्वास्थ्य कसरी अनुकुल भएर बस्न सक्ला ?’,यी र यस्ता सहस्र प्रश्न अहिले उब्जिएका छन् । श्रीमान राजेन्द्रमानको सेवासुश्रुषमा रातदिन नभनी अस्पताल बसिरहेकी श्रीमती आरधनाको मनमा यतिखेर अनेकौं प्रश्नहरु खेलिरहेका छन् जसको जवाफ कहींकतैबाट आइगएको छैन । ‘भोलिबाट अस्पताल छाड्‍नु पनि भनिएको छैन, अथवा केही समय रहनु भनेर पनि भनिएको छैन,’श्रीमती आरधनाले भनिन्- ‘निकै अन्यौलका माझ बसिरहेकी छु ।’ र, राज्य पद्धतिमा कहींकतै मानवीय–संवेदना छ भने अथवा हामीकहाँ लोककल्याणकारी–संस्कार कहींकतै बाँचेको छ भने नेपाल प्रहरीका यी अब्बल सिपाही राजेन्द्रमानको जीवनको ‘ग्यारेन्टी’ अहिले झैं भए पनि गर्न सकिन्छ कि ?
Feature
1,004
ऊर्जा खपतमा असुरक्षित बन्दै मुलुक
नेपालको ऊर्जा खपतको रूपान्तरण सरकारी नीति योजना तथा कार्यक्रमले लक्षित गरेभन्दा प्रतिकूल अवस्थामा गइरहेको एक अध्ययनले देखाएको छ । दाउरा, गुइँठाजस्ता परम्परागत ऊर्जाका स्रोत खपत घटाएर स्वदेशी र स्वच्छ ऊर्जा खपत बढाउने नीति राज्यले लिइरहेको छ तर खपत भने आयातित ग्यास, पेट्रोल, कोइलाजस्ता आधुनिक तर आर्थिक तथा वातावरणीय हिसाबले नोक्सानी पुग्ने वस्तुको खपत बढेको देखिएको छ ।
https://gorkhapatraonline.com/news/22146
काठमाडौँ, साउन ३१ गते । नेपालको ऊर्जा खपतको रूपान्तरण सरकारी नीति योजना तथा कार्यक्रमले लक्षित गरेभन्दा प्रतिकूल अवस्थामा गइरहेको एक अध्ययनले देखाएको छ । दाउरा, गुइँठाजस्ता परम्परागत ऊर्जाका स्रोत खपत घटाएर स्वदेशी र स्वच्छ ऊर्जा खपत बढाउने नीति राज्यले लिइरहेको छ तर खपत भने आयातित ग्यास, पेट्रोल, कोइलाजस्ता आधुनिक तर आर्थिक तथा वातावरणीय हिसाबले नोक्सानी पुग्ने वस्तुको खपत बढेको देखिएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, काठमाडौँ विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ र नेपाल इनर्जी फाउन्डेसनले संयुक्त रूपमा अध्ययन गरी तयार पारेको नेपाल इनर्जी आउटलुक–२०२२ ले नेपालीले दाउरा, गुइँठाजस्ता अस्वस्थकर परम्परागत स्रोतको प्रयोग घटाएर एलपी ग्यास, कोइलाजस्ता पूर्ण आयातित वस्तुको खपत बढाइरहेको देखाएको छ । उक्त अध्ययनअनुसार डेढ दशकको अवधिमा परम्परागत ऊर्जाको हिस्सा ९० प्रतिशतबाट ७० प्रतिशतभन्दा तल ओर्लिएको छ । यसरी घटेको हिस्सा भने एलपी ग्यास, पेट्रोल, डिजेल र कोइलाले लिएको हो ।  स्वदेशी जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाले यसमा हस्तक्षेप गर्न नसकेको यो अध्ययनले देखाउँछ । यसकै लागि सरकारसँग करिब डेढ दर्जनभन्दा धेरै नीति कानुन तथा प्रतिबद्धताका व्यवस्था छन् । त्यसबेला १० प्रतिशतमा सीमित रहेको आयातित खाना पकाउने ग्यास, कोइला र पेट्रोलियम पदार्थको खपत करिव तीन गुणा बढेको छ । नीति तथा योजनाले प्रवद्र्धन गर्न चाहेको जलविद्युत्, बायोग्यासजस्ता स्वच्छ र नवीकरणीय ऊर्जाको योगदान अझै नगण्य (करिब ३ प्रतिशत)मा सीमित रहेको देखिएको छ । अध्ययनअनुसार आधुनिक ऊर्जाको खपतमध्ये ६५ प्रतिशत पेट्रोलियम, कोइला तथा अन्य स्रोतको हिस्सा २० प्रतिशत र विद्युत्को १५ प्रतिशत छ ।अध्ययनमा संलग्न नेपाल इनर्जी फाउन्डेसनका उपाध्यक्ष शेरसिंह भाटका अनुसार बढ्दो सहरीकरण ऊर्जाको यस्तो असन्तुलित र जोखिमपूर्ण खपत बढाइरहेको छ । “सहर बढे, सहरमा बसाइँसराइ बढ्यो र त्यही सहरले बिजुलीभन्दा पेट्रोलियम पदार्थकै खपत बढायो,” उहाँले भन्नुभयो । ऊर्जा सुरक्षा र आत्मनिर्भरताका हिसाबले नेपाल अत्यन्तै असुरक्षित रहेको उहाँले बताउनुभयो । “पछिल्लो जनगणनाअनुसार नेपालको ६६ प्रतिशत जनसङ्ख्या सहरमा छ । सहरको हरेक भान्सामा एलपी ग्यास र आँगनमा गाडी मोटरसाइकल छन्, तिनले खनिज इन्धन व्यापक बढाइरहेका छन्,” उहाँले भन्नुभयो । सरकारले अब यसमा ठूलो हस्तक्षेप गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार नेपालको कुल निर्यातभन्दा पेट्रोलियम आयात बढी छ । ऊर्जा खपतमा देखिएको यो प्रवृत्तिले नेपालको अर्थतन्त्रकै लागि खतरा हुने भन्दै समयमै उपयुक्त कदम चाल्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ । घरायसी, यातायात र औद्योगिक क्षेत्रमा यस्तो हस्तक्षेपलाई प्रभावकारी बनाउन सकेमा मात्र अर्थतन्त्रमाथि नै देखिएको जोखिमलाई निस्तेज गर्न सकिने सुझाव प्रतिवेदनमार्फत दिइएको छ । विद्युत्माथिको निर्भरता प्रवद्र्धन हुन नसक्नुमा त्यस्तको भरपर्दो उपलब्धताको अभाव मुख्य जिम्मेवार मानिएको छ । त्यस्तै विद्युत्बाहेकका अन्य स्वदेशी र हरित ऊर्जा प्रवद्र्धनको विकासमा पनि बेलैमा ध्यान दिन सरकारलाई सुझाइएको छ ।   
News
40,443
सम्पादक सल्लाहकार महर्जनद्वारा पद बहाली
गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
https://gorkhapatraonline.com/news/66010
काठमाडौं, जेठ १६ गते । गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।पदबहालीको क्रममा सम्पादक सल्लाहकार महर्जनले सरकारका सुशासन र समृद्धिको लक्ष्यलाई प्राथमिकता दिन र आवाजबिहीनहरूको आवाजलाई स्थान दिन आग्रह गर्नुभयो । गणतन्त्र, सङ्घीयता, समावेशीका विषयवस्तुलाई अझ प्राथमिकता दिन र नयाँ नेपालका ३८ भाषाका पृष्ठलाई अझ लोकप्रिय बनाउन सबैसँग सहकार्य गरेर जाने बताउनुभयो । यसअघि उहाँलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी,   महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाललगायतले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।  गोरखापत्रका संस्थापक जयपृथ्वीबहादुर सिंहको अर्धकदको शालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका नवनियुक्त सम्पादक सल्लाहकार उपेश महर्जन । काठमाडौं कीर्तिपुर नगरपालिका–७ इटागोल निवासी ४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्नुभएको छ । उहाँले गोरखापत्र दैनिक, गोरखापत्र अनलाइन तथा पृष्ठ संयोजक भएर कार्य गरिसक्नु भएको छ । प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्ष  महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएको छ । उहाँले नेपाल र विश्वको पहिचानमा आधारित सङ्घीयताका विषयमा शोधकार्य गर्नुभएको छ । उहाँका विभिन्न पत्रपत्रिकामा अनुसन्धानमूलक लेख रचना प्रकाशित छन् ।  उहाँ कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसमा प्राध्यापन पनि गर्नुहुन्छ । सम्पादक सल्लाहकार महर्जनसँग १० वर्षे जनयुद्धको क्रममा रोल्पा, रुकुमलगायतका सघन सङ्घर्ष भएका जिल्लामा रहेर युद्ध पत्रकारिता गरेको अनुभव पनि छ । गोरखापत्र संस्थानका नवनियुक्त सम्पादक सल्लाहकार उपेश महर्जनलाई बधाई दिनुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्बिर : सागर बस्नेत
News
56,107
भूकम्प पीडितका घरहरु बने, मान्छे बसेनन्
बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।
https://gorkhapatraonline.com/news/62131
सुजन काफ्ले      दोलखा, वैशाख ११ गते । बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो । बैशाख १२ गते गएको भुकम्पको केन्द्रबिन्दु गोरखा भए तापनि २९ गते गएको भुकम्पको केन्द्रबिन्दु भने दोलखा थियो । बैखाख १२ गतेभन्दा २९ गतेको भुकम्पले दोलखामा बढी क्षति गरेको थियो । भुकम्पले क्षति पुगेका ७३ हजारमध्ये दोलखामा ६२ हजार ५ सय ९० घर निर्माण सम्पन्न भएको सघन सहारी तथा भवन निर्माण आयोजना एसिस्टेन्ट सबइन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो । ७० देखि ८० जनाको किस्ता पठाइसकेको र बाँकी काम प्रक्रियामा रहेको उहाँले बताउनुभयो । जिल्लाको कालिन्चोक गाउँपालिका –४ हिलेपानीको घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मान्छे बस्ने गरेको स्थानीय रिता सुबेदिले बताउनुभयो । बाँकी २२ घर परिवारले अनुदानको घर निर्माण गरेर काठमाडौं बस्दैआएको सुबेदीको भनाइ छ । बस्तीमा खानेपानीको समस्या र बिभिन्न सुविधाको खोजीमा बसाइ सरेर सहर पस्न थालेपछि यहाँका घरहरु मानिसविहीन बनेको उहाँले बताउनुभयो ।मानिसबिनाका घरहरु बढ्दै गएपछि गाउँ बिरानो लाग्न थालेको अर्का स्थानीय राजकुमार कार्काीले बताउनुभयो । अहिले जिल्लाका बिभिन्न गाउँका मानिसहरु रोजगारीका सिलसिलामा, वैदेशिक रोजगार र नयाँ अवसरको खोजीमा जिल्ला बाहिर गएको भुकम्प लाभग्राहीले निर्माण गरेका अधिकांश घरमा ताला लागेको छ । यतिबेला अनुदानबाट बनेका घरहरुको उपयोगको अवस्था के कस्तो छ भनेर खोजी गर्नुपर्ने अवस्था आएको छ । कालिन्चोक गाउँपालिका –४ का वडा अध्यक्ष दिपक खुलालले गाउँमा तीब्र रुपमा बसाइसराइ बढ्दैगएको बताउनुभयो । आफ्नो वडामा मात्र नभइ पुरै गाउँपालिकाको अवस्था उस्तै रहेको खुलालले बताउनुभयो । गाउँमा कृषि, शिक्षा सडकमा लगानी गरिए तापनि गाउँमा मान्छे बस्न छाड्दैगएको उहाँले बताउनुभयो । 
News
56,906
चितवनका नदी किनारमा ठूला होटल
चितवनका नदी किनार होटल र रिसोर्टले भरिएका छन् । कुनै समय बाढीले जग्गा कटानको समस्या भोगेका किसान अहिले ठूला लगानीकर्ताले जग्गा खरिद गरेपछि त्यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । पश्चिम चितवनको जगतपुरदेखि मेघौलीसम्मको क्षेत्रमा पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राखेका छन् । ती क्षेत्रमा अहिले ठूला होटल खुलेका छन् भने कतिपयले पछि खोल्नका लागि जग्गा ओगटेर राखेका छन् ।
https://gorkhapatraonline.com/news/52185
चितवन, माघ १२ गते । चितवनका नदी किनार होटल र रिसोर्टले भरिएका छन् । कुनै समय बाढीले जग्गा कटानको समस्या भोगेका किसान अहिले ठूला लगानीकर्ताले जग्गा खरिद गरेपछि त्यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । पश्चिम चितवनको जगतपुरदेखि मेघौलीसम्मको क्षेत्रमा पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राखेका छन् । ती क्षेत्रमा अहिले ठूला होटल खुलेका छन् भने कतिपयले पछि खोल्नका लागि जग्गा ओगटेर राखेका छन् । जगतपुरदेखि मेघौलीसम्मको राप्ती नदी किनारमा स्थानीयको १० प्रतिशत मात्र जग्गा बाँकी रहेको भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष तथा पर्यटनविज्ञ विष्णुराज महतोले जानकारी दिनुभयो । “यो क्षेत्रमा पहिला जङ्गली जनावरको भय हुन्थ्यो । नदीको कटान र डुबान हुने भन्दै स्थानीयवासीले बिक्री गरेका थिए । अहिले ठूला लगानीकर्ताले सबै जग्गा खरिद गरेका छन्,” वडाअध्यक्ष महतोले भन्नुभयो । नदी किनारको जग्गा ठूला होटल व्यवसायी र सञ्चालक, गैरआवासीय नेपालीलगायतले खरिद गरेका छन् । त्यसरी खरिद गरेको जग्गामा तारबार लगाएर राखेको हुनाले राप्ती नदी हेर्नका लागि पनि बोटे गाउँ र अम्रेला स्ट्रिट भएर जानुपर्ने भएको वडाध्यक्ष महतोले भन्नुभयो । पश्चिम चितवनको मेघौलीदेखि नारायणगढसम्म नारायणी नदी किनारमा दुई अर्ब १९ करोड रुपियाँको लागतमा तटबन्धनको कार्य सुरु भएपछि ठूला होटल सञ्चालकले जग्गा खरिद गर्न थालेको पर्यटनविज्ञ डा. विश्व सुवेदीले जानकारी दिनुभयो । नदी किनार सुरक्षित हुँदै छ भन्ने सूचना पाएपछि सेराटन होटलले मेघौलीमा धेरै जग्गा खरिद गरेर राखेको उहाँले बताउनुभयो । काठमाडौँकै साङ्ग्रिला होटलले मेघौलीमा पाँचतारे होटल निर्माणको काम अगाडि बढाएको छ । सुवेदीले भन्नुभयो, “मेघौलीदेखि नारायणगढसम्मको नारायणी नदी किनारको जग्गा ३० प्रतिशत होटल, जग्गा व्यवसायी, पर्यटन व्यवसायीले खरिद गरेका छन् ।” नदी किनारमा रहेको जग्गा प्रतिकट्ठा पाँच लाख रुपियाँबाट पर्ने गरेकामा अहिले १० लाख रुपियाँमा खरिद–बिक्री हुन थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले पूर्वी चितवनको तुलनामा पश्चिम चितवनको नदी किनारको जग्गा धेरै पर्यटन व्यवसायीले लिएको बताउनुभयो । पूर्वी चितवनको सौराहादेखि पूर्व लोथरसम्मको स्थानमा अहिले पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राख्न थालेका छन् तर पश्चिम चितवनका भने जग्गा नपाइने अवस्था आइसकेको छैन । ठूला होटल सञ्चालनमा आएमा त्यसको सकारात्मक प्रभाव अन्य साना होटलमा हुने भएकाले चितवन पछिल्लो समय ठूला लगानीकर्ताको आँखामा पर्नु खुसीको कुरा भएको उहाँले बताउनुभयो । पटिहानी रिसोर्ट तथा सोल्टी होटलका निर्देशक ऋषि न्यौपानले पर्यटक शान्त वातावरण मन पराउने भएकाले नदी किनारलाई केन्द्र बनाएर होटल सञ्चालन गरेको बताउनुभयो । “एक वर्षअघिदेखि सञ्चालनमा आएको सोल्टी होटल खोल्नका लागि साथीहरूले प्रेरित गरेकाले राप्ती नदी किनार रोजेर एक अर्ब रुपियाँ लगानीमा निर्माण गरेका थियौँ, अहिले राम्रोसँग सञ्चालन भएको छ । नदी किनार र निकुञ्ज हेर्दै बस्न आउने धेरै छन् । यहाँको नदी किनारको ठाउँ राम्रो लागेरै मुग्लिन–नारायणगढ सडकखण्डको भतेरी जङ्गलनजिक त्रिशूली किनारमा अर्को रिसोर्ट निर्माण गरेका छौँ,” निर्देशक न्यौपानेले बताउनुभयो । अहिले भतेरी रिसोर्ट निर्माणको अन्तिम अवस्थामा पुगेको छ । यो त्रिशूली नदी किनारमा रहेको छ । यहाँबाट नदी र प्राकृतिक वातावरण राम्रो देखिन्छ । चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलदेखि दासढुङ्गाको प्रेसिडेन्सी रिसोर्ट हुँदै मेघौलीको सिजी ताज रिसोर्ट, वाराही जङ्गल लजलगायत ठूला लगानीमा स्टारसरह सुविधा भएका दर्जनौँ होटल सञ्चालनमा रहेका छन् ।    
News
49,552
स्थानीय तहमा योजना छनोट
नेपालको संविधानले सङ्घीय संरचनाका तीनै तहका सरकार सङ्घ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो बजेटमार्फत बित्त नीति बनाउने अधिकार प्रदान गरेको छ । संविधानले तीनै तहका सरकारलाई आफ्नो आर्थिक अधिकारसम्बन्धी विषयमा आवश्यकताअनुसार कानुन तथा वार्षिक बजेट बनाउनेलगायत विधान, नीति तथा योजना निर्माण गरेर त्यसको कार्यान्वयन गर्ने अधिकारको व्यवस्थालाई वित्तीय सङ्घीयताको आदर्श पक्षका रूपमा लिन सकिन्छ ।
https://gorkhapatraonline.com/news/16119
नेपालको संविधानले सङ्घीय संरचनाका तीनै तहका सरकार सङ्घ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो बजेटमार्फत बित्त नीति बनाउने अधिकार प्रदान गरेको छ । संविधानले तीनै तहका सरकारलाई आफ्नो आर्थिक अधिकारसम्बन्धी विषयमा आवश्यकताअनुसार कानुन तथा वार्षिक बजेट बनाउनेलगायत विधान, नीति तथा योजना निर्माण गरेर त्यसको कार्यान्वयन गर्ने अधिकारको व्यवस्थालाई वित्तीय सङ्घीयताको आदर्श पक्षका रूपमा लिन सकिन्छ । संविधान तथा कानुनले निर्दिष्ट गरेका मार्गदर्शन एवं बजेटका मूलभूत पक्षलाई दृष्टिगत गरी बजेट तर्जुमा गरिनु स्थानीय तहको प्रमुख दायित्व हो । बजेट विनियोजनका प्राथमिकता निर्धारण पारदर्शी, निष्पक्ष, वस्तुनिष्ठ, आवश्यकता र औचित्यको आधारमा गरिनुपर्छ । सीमित स्रोत–साधनको अधिकतम परिचालन गरेर लक्षित उद्देश्य हासिल गर्न अपनाइने विस्तृत विवरणलाई योजना भनिन्छ । योजना तर्जुमा गर्दा सम्बन्धित विषय क्षेत्रमा हामी कहाँ छौँ ? लक्ष्यमा पुग्न के कति स्रोतसाधनको खाँचो पर्छ ? आवश्यक स्रोतसाधनको कहाँ कसरी प्राप्त र परिचालन गर्ने ? मानवीय, भौतिक तथा आर्थिक स्रोतसाधनको प्रभावकारी परिचालन कसरी गर्ने ? योजनालाई चुस्त, दुरुस्त र गुणस्तरीय राख्दै तोकिएको समयमा नै सम्पन्न गर्न अनुगमन निरीक्षण प्रक्रियालाई कसरी परिचालन गर्ने आदिका बारेमा रौँचिरा विश्लेषण र निर्मम कार्यान्वयन अपरिहार्य रहन्छ । सामान्यतया योजना समयावधिको आधारमा तीन किसिममा वर्गीकरण गरिएको हुन्छ । दीर्घकालीन योजना १० देखि २५ वर्षसम्मको हुन्छ । मध्यकालीन योजना तीनदेखि १० वर्षसम्मको र अल्पकालीन योजना बढीमा तीन वर्षको हुन्छ । यी योजना तर्जुमा गर्दा विषय र क्षेत्रसँग मिल्दो दीर्घकालीन योजनाको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी तर्जुमा गर्नुपर्ने हुन्छ । दीर्घकालीन तथा मध्यकालीन योजनाको अन्त्यमा जनताको जीवनस्तर तथा पाउने सेवा सुविधा कस्तो हुन्छ भनी आकलन गरिन्छ । यी योजनाको तर्जुमा गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच समझदारी र सहकार्यको खाँचो पर्छ । तथापि वार्षिक योजनाको प्रभावकारितामा नै दीर्घकालीन र मध्यकालीन योजनाको लक्ष्य प्राप्तिमा अहं भूमिका रहन्छ ।सङ्घात्मक शासन व्यवस्थाको मर्मअनुसार स्थानीय सरकारलाई बढी जवाफदेही बनाउने नै हो । जनताले राज्यबाट पाउने सेवासुविधा सहज रूपमा आफ्नो घरदैलोमा नै पाउने सुनिश्चितता सङ्घीय शासन प्रणालीको एक सुन्दर पक्ष हो । जनताको हितका लागि जनताद्वारा विकासनिर्माण गर्ने हेतु राज्यको स्रोतसाधनको बाँडफाँटमा पनि स्थानीय तहलाई प्राथमिकता दिनुपर्ने पहिलो सर्त हो । राजस्व बाँडफाँट, अनुदान र स्थानीय तहले सङ्कलन गर्ने राजस्वसमेतले ठूलै आकारको स्रोत जुट्ने हुन्छ । बजेट खर्चलाई जनमुखी र पारदर्शी बनाउन विभिन्न नीतिगत व्यवस्था गरिएका छन् । तथापि बजेट बाँडफाँट तथा पारदर्शी र उपलब्धिमूलक खर्च व्यवस्थापनमा समस्या बग्रेल्ती छन् । बजेट निर्माण प्रक्रिया र विनियोजनमा सुशासनका आधारभूत सर्तलाई बेवास्ता गरिएका गुनासा पनि प्रशस्तै सुनिन्छन् । कतिपय स्थानीय तहमा फितलो संरचनागत स्रोतसाधनको व्यवस्थापन तथा कमजोर सुशासनका कारण बजेटका लक्षित उद्देश्य प्राप्तिमा चुनौती बनेका अनुभव र उदाहरण पनि छन् । स्रोतसाधनलाई व्यवस्थित रूपमा परिचालन गर्न स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउने हेतु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ जारी गरेको छ । संविधानको धारा २३१, २३२ र २३५ बमोजिम बनेका सङ्घीय कानुन नेपालभर लागू हुने नेपाल सरकारले स्थानीय तहलाई निर्देशन दिन सक्ने, समन्वय कायम गर्न सक्ने आदिका आधारमा वित्तीय सुशासन कायम गर्न विविध नीति तथा रणनीति अवलम्बन गरेको पाइन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७५, सङ्घ, प्रदेश र स्थानीय तह ऐन २०७७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बनेका छन् । त्यस्तै वित्तीय सुशासन कायम गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ र सार्वजनिक खरिद ऐन २०६३ तथा यी ऐनको सफल कार्यान्वयनका लागि आवश्यकताअनुसार नियम तथा कार्यविधि बनेका छन् । उल्लिखित ऐन नियम विद्यमान भए तापनि आर्थिक अनुशासन फितलो हुनुमा विविध कारण हुन सक्छन् । नेतृत्वको नियत खराब भएमा नियम कानुनले मात्र सुशासन कायम हुन सक्दैन ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र स्थानीय तहको प्रमुख वा अध्यक्षले वार्षिक बजेट र कार्यक्रम तयार गरी सभामा पेस गर्नुपर्ने हुन्छ । यसरी पेस भएको बजेट तथा कार्यक्रमलाई स्थानीय सभाले आवश्यक छलफल र सुझावको निष्कर्षसहित असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ । साथै स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन २०७४ ले दिशा निर्देश गरेको गरेको छ । विधिवत् निर्देशन पालना गरी बजेट निर्माण गर्दा फागुनबाटै सुरु भई विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । फागुन मसान्तभित्र सङ्घबाट, चैत मसान्तभित्र प्रदेशबाट सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरणको सीमा र मार्गदर्शन उपलब्ध गराउनुपर्ने, वैशाख १० गतेभित्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्नुपर्ने, वैशाख १५ गतेभित्र आर्थिक वर्षको बजेट सीमा वडामा पठाउनुपर्ने, जेठ १५ गतेभित्र वडास्तरीय योजना तर्जुमा र प्राथमिकता निर्धारण गर्नुपर्ने । यस प्रकार समग्रमा जेठ मसान्तभित्र स्थानीय तहले एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिसक्नुपर्ने व्यवस्था छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको मध्यमकालीन खर्च संरचना तर्जुमा दिग्दर्शन २०७८ लागू गरेको छ । मध्यमकालीन खर्च संरचनामा चक्रिय रूपमा प्रत्येक वर्ष तीन वर्षको बजेट आकलन गरिन्छ । जसअनुसार अब सबै स्थानीय तहले तीन आर्थिक वर्षको बजेट तयार गर्नुपर्ने हुन्छ । कानुनले मध्यमकालीन खर्च संरचना निर्माण गर्नुपर्ने भनिए तापनि स्पष्ट ढाँचा नभएकाले कार्यान्वयनमा प्रभावकारिता आएको थिएन तर दिग्दर्शनअनुसार मध्यमकालीन खर्च संरचनामा पहिलो आर्थिक वर्षमा बजेटको वास्तविक स्रोत र खर्चको अनुमान हुन्छ । तत्पश्चात् दुई आर्थिक वर्षको स्रोत र खर्चको प्रक्षेपण गरिन्छ । पहिलो वर्षको बजेट कार्यान्वयनको उपलब्धि, समीक्षा र दोस्रो वर्षको प्रक्षेपण संशोधन र परिमार्जन गरी आगामी वर्षको बजेट तयार गरिन्छ । मध्यमकालीन खर्च संरचनाले बजेट तर्जुमा प्रक्रियालाई बढी यथार्थपरक र वस्तुनिष्ठका साथै उपलब्धिमूलक बनाउँछ ।सरकारको नीति तथा कार्यक्रम र बजेट प्रणाली गरिब, विपन्न, पिछडिएका वर्ग र समुदायप्रति लक्षित हुन नसकेको, बजेट विनियोजन गर्दा प्राथमिकताका योजना तथा कार्यक्रम समयसापेक्ष र व्यावहारिक नभएको जनगुनासो सत्यको नजिक छ । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारको प्रभावकारिताबारे नकरात्मक बहस सुरु हुन थालेको छ । कार्यक्रम र बजेट विनियोजनमा चरम लापरबाही भएको गुनासोको वास्तविकता छानबिन र सम्बोधन गर्ने संस्कारको विकास भएको छैन । विगतमा कोरोना सङ्क्रमणलाई निस्तेज पार्नेतर्फ सहयोग र सहकार्यको प्रभावकारी रणनीति तीनै तहका सरकारमा विरलै पाइयो । कोरोना सङ्क्रमणको महामारीले आक्रान्त पारेको पृष्ठभूमिमा ल्याइने बजेट अन्य वर्षको भन्दा विशेष खालको हुनुपर्दछ । यो वर्षको बजेटलाई रोजगारी सिर्जना हुने, स्थानीयस्तरमै वस्तु तथा सेवा उत्पादन हुन सक्ने क्षेत्रमा बढी प्राथमिकता दिनु व्यावहारिक हुन्छ । ग्रामीण अर्थतन्त्रमा बल पुग्ने कृषि, सिँचाइ, साना उद्यम विकासलगायत रोजगारमूलक क्षेत्रलाई प्रोत्साहित गरिनुपर्दछ । खेतीपाती, पशुपालन, जडीबुटी खेती तथा प्रशोधन, सीप विकास, प्रविधि विकास र प्रवद्र्धन गर्ने नीति बजेटले अँगाल्नुपर्दछ । स्वदेश तथा विदेशबाट सीप सिकेर गाउँ फर्किएका युवा जनशक्तिलाई स्थानीय सरकारले उच्च प्राथमिकतासाथ परिचालन गर्न हिच्किचाउनु हुँदैन । हाम्रो सङ्घीय संरचनाअनुसार तीन तहको सरकारमध्ये जनताको नजिकबाट सेवा प्रवाह गर्ने भूमिकामा स्थानीय तह महìवपूर्ण छ । स्थानीय तहमा सुशासन कायम हुन नसकेमा जनताले अनावश्यक दुःख पाउने मात्र नभएर सङ्घीयताप्रति नै वितृष्णा जाग्ने वास्तविकता हो । स्थानीय तहमा वित्तीय सुशासन कमजोर रहेको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ  । राजनीतिक खिचातानी, पदाधिकारीहरूको मनोमानी, समयमा कर्मचारीको पदपूर्तिमा उदासीनता आदि कारणले बेरुजु र भ्रष्टाचार मौलाउँदो अवस्था स्थानीय तहमा देखिन्छ । भ्रष्टाचारका तथ्याङ्क र घटनाको ग्राफ पनि बढ्दो क्रममा नै छ । आर्थिक अनुशासन, वित्तीय अनुशासन पालना नभएमा अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने वास्तविकता हो । कमजोर व्यवस्थापनका कारण तोकिएको प्रक्रियाको पालना नहुँदा लक्षित वर्गले विकासको फल प्राप्त गर्न सक्दैनन् । 
News
48,211
कमल पंगेनी स्मृति प्रतिष्ठान गठन
संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको स्मृतिमा कमल पंगेनी स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
https://gorkhapatraonline.com/news/89565
अर्जुन काफ्ले स्याङ्जा, पुस २ गते । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन नेता कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गरिएको छ । २०७५ साउन २० गते स्वर्गारोहण हुनुभएका नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति पंगेनीको निधनको पाँच वर्षपछि प्रतिष्ठान गठन गरिएको हो ।पंगेनीको प्रथम स्मृति दिवस २०७६ साउन २० गते नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गर्न निर्देशन दिए अनुसार प्रतिष्ठान गठन गरिएको जानकारी कांग्रेस नेता रबिन केसीले बताउनुभयो ।लीला पंगेनीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गर्दै प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत् रूपमा आइतबार संस्था दर्ता गरिएको छ । अध्यक्ष स्वर्गीय पंगेनीका दाजु हुनुहुन्छ । संस्थामार्फत उहाँको सालिक स्थापना गर्नेलगायतका अपूरा सपना सामाजिक गतिविधिको माध्यमबाट पूरा गर्ने केसीले बताउनुभयो ।स्वर्गारोहण भएको छोटो समयमै प्रतिष्ठान बनाउने तयारी गरे पनि विधान बनाउनेलगायतका काम गर्न ढिलाइ हुँदा संस्था गठनमा पनि ढिलाइ भएको हो ।संस्था ऐन गठन २०३४ को दफा ४ बमोजिम गठन भएको प्रतिष्ठानको दर्ता नम्बर २७३५  छ भने यसको कार्यालय भिरकोट नगरपालिका ६ मा रहनेछ ।
News
52,266
युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् । 
https://ekantipur.com/news/2024/01/02/involvement-of-young-students-in-sports-is-the-basis-of-prosperity-success-and-society-building-president-53-30.html
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् । ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्,’ राष्ट्रपति पौडेलले भने । शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए । उनले भने, ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए । उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे ।खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उनले भने,‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठीक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’
News
6,708
विद्युत् प्राधिकरणलाई निःशुल्क ट्रान्सफर्मर
नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो । उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/63080
काठमाडौँ, वैशाख २० गते । नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो ।उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो । जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कारगिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको जनाइएको छ । प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रूपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।     
News
38,196
चुनौतीको चाङ र उत्साह
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने घोषणा तीन वर्षअघि नै भएको थियो । समयको गतिअनुसार तयारीको काम अघि बढेन, सुस्त नै रह्यो । एक साताअघिसम्म पनि पोखरामा अन्योलकै अवस्था थियो । 
https://ekantipur.com/sports/2022/10/14/166571027415583282.html
काठमाडौँ — नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने घोषणा तीन वर्षअघि नै भएको थियो । समयको गतिअनुसार तयारीको काम अघि बढेन, सुस्त नै रह्यो । एक साताअघिसम्म पनि पोखरामा अन्योलकै अवस्था थियो । धेरै खेल स्थल तयार भइसकेको थिएन । नयाँ पूर्वाधार निर्माण गरिएको होइन तर पुरानै संरचनाको मर्मतसम्भारको काम सकिएको थिएन । बडादसैंसँगै परेको लगातारको वर्षातले मैदान निर्माण तथा मर्मतसम्भारको कार्यलाई अवरोध पुर्‍याइरहेको थियो ।वालिङस्थित फुटबल मैदानमा दूबो ओछ्याउँदा–ओछ्याउँदै पानी जमेको थियो । कुनै मैदानमा भल बगिरहेको थियो । कतै घाँस काट्ने सुरसार नै थिएन । वर्षातले टेनिस कोर्टको सुर्की बगाइदियो । निरन्तरको वर्षातले अन्तिम समयको तयारी कार्यलाई असर गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ अत्तालिसकेका थिए । एक साताअघि नै पोखरा आएर बसेका उनी दिनरात खेलस्थलको निरीक्षण र प्रगति विवरण बुझ्न व्यस्त रहे । असोजको झरी दुई दिनअघि रोकियो । आकाश खुल्यो । माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला मनमोहक देखिन थाले । अनि बृहत् राष्ट्रिय खेलकुदको काम अगाडि बढ्यो, जसको उद्घाटन समारोह शुक्रबार पोखरा रंगशालामा हुँदै छ ।अधिकांश खेल पोखरा रंगशाला परिसरमा सञ्चालन हुँदै छ, जहाँ ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो । यहाँ २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद आयोजना हुँदा रंगशाला निर्माण गरिएको थियो । तीन वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्दाको प्रतियोगिता स्थल पनि हो पोखरा रंगशाला, जसका लागि रंगशालामा स्तरोन्नति गरेर संरचना थपिएको थियो । त्यसअघि बहुद्देश्यीय कभर्डहल निर्माण गरिएको थियो । यिनै रंगशाला र कभर्डहल नै नवौं राष्ट्रिय खेलकुदको मुख्य प्रतियोगिता स्थल हुन् ।‘नयाँ भौतिक संरचना निर्माण भएन तर पुरानै संरचनाको स्तरोन्नति र मर्मतसम्भार राष्ट्रिय खेलकुदको अवसरमा गरिएको छ,’ सदस्यसचिव घिसिङले भने, ‘१३ औं सागका लागि बनाइएका भौतिक पूर्वाधारमा अधिकांश खेल सञ्चालन गर्दै छौं । तर, फरक किसिमले प्रतियोगितालाई नयाँ रूपमा सञ्चालन गर्दै छौं । पहिलोपल्ट ट्रफी निर्माण गरेका छौं । यसैका लागि एप निर्माण गरेका छौं । खेलाडी र टिमको अनलाइन दर्ताको व्यवस्था ल्याएका छौं । खेलाडीमाथि वैज्ञानिक विधिअनुसार अनुसन्धान हुँदै छ । पहिलोपल्ट डोपिङ परीक्षण गर्दै छौं । देश संघीयतामा गइसकेपछि संघीय व्यवस्थाअनुसार पहिलोपल्ट नयाँ मोडालिटीमा राष्ट्रिय खेलकुद यसैपालि हुँदै छ, जसको सम्पूर्ण तयारी पूरा भएर प्रतिस्पर्धाको चरणमा पुगेको छ ।’प्राविधिक उपसमितिका सचिव प्रचण्ड शर्मा भन्छन्, ‘समावेश खेल र सहभागी खेलाडी संख्याको हिसाबले सबभन्दा ठूलो राष्ट्रिय खेलकुद यही (नवौं संस्करण) हो ।’ नयाँ खेलका रूपमा रग्वीले प्रवेश पाउँदा खेल संख्या ३६ पुगेको छ । क्यानोइङ र गण्डकीको परम्परागत खेल ठेलोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको छ । कात्तिक ३ गतेसम्म हुने प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, उति नै रजत र ६ सय कांस्य पदकका लागि ६ हजार १ सय २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक, निर्णायक, व्यवस्थापकलगायत गरी झन्डै १० हजार मानिस प्रतियोगितामा सहभागी छन् । २०७६ सालमा मध्यपश्चिममा भएको आठौं संस्करणमा ३५ खेलका ३ सय ३३ स्पर्धामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।'उत्साहित पोखरा' पर्यटकीय सहर पोखरालाई कोभिड–१९ महामारीले लगभग सुनसान बनाएको थियो । महामारीले यहाँको व्यवसाय चौपट बनाइदियो । केही गति लिन थालेको पोखराको पर्यटन व्यवसायलाई यो राष्ट्रिय खेलकुदले थप गति दिने अपेक्षा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन् । ‘पोखराको माहोल ३९ वर्षपछि खेलमय भएको छ,’ महानगर प्रमुख आचार्यले भने, ‘सबै तह र सबै वडामा यसको प्रचारप्रसार गरेका छौं । केही वडामा कार्यक्रम गरेका छौं । पाहुनाको आतिथ्यतामा सहयोग गरेका छौं । करिब १० हजारको आगमनले पर्यटकीय सहरमा चलपहल बढेको छ, राम्रो गरेको छ । यसलाई कमाउने मौकाका रूपमा भन्दा सेवाका रूपमा हेर्नका लागि आग्रह गरेको छु । नयाँ पूर्वाधार निर्माण नभए पनि प्रतियोगिताको प्रवर्द्धन, खेलाडीलाई प्रोत्साहनलगायत कार्य गरिरहेका छौं । राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सञ्चालन गर्न पोखरा उत्साहित छ ।’महिला फुटबल आयोजना गर्ने अवसर वालिङ नगरपालिकाले पाएको छ । नगर प्रमुख कृष्ण खाँणले भने, ‘हामीले चार दशकपछि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छौं । यसमा साह्रै खुसी छौं । वालिङ नगरवासी गौरवान्वित छ । खुसीको सीमा नै छैन ।’ उनले थपे, ‘कहिलेकाहीँ मात्रै यस्तो अवसर आउँछ । त्यसैले दोब्बर मिहिनेत गरेर रातारात मैदान तयार गरी आयोजनाको अवसर गुम्न दिएनौं ।’ मैदान निर्माण कार्य बुधबार मात्रै सकिएको थियो । महिला फुटबल प्रतियोगिता बिहीबार सुरु भयो ।व्यवस्थापनमा चर्को चुनौतीऔपचारिक उद्घाटन शुक्रबार हुने भए पनि क्रिकेट, ह्यान्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिपर्धा यसअघि नै सुरु भइसकेको छ । पहिलो स्वर्णको फैसला भएको एक महिना बित्न लाग्यो । कीर्तिपुर मैदान (काठमाडौं) मा भएको पुरुष क्रिकेटको फाइनलमा आर्मीलाई हराएर पुलिसले नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण हात पारेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजना गर्ने भन्दै प्रतियोगिता अगाडि सार्न राखेपसँग आग्रह गरेपछि पुरुष क्रिकेट राजधानीमै सञ्चालन गरिएको थियो, जुन भदौरे झरीसँगै सम्पन्न भएको थियो ।सुटिङ रेन्जको अभावमा सुटिङको प्रतिस्पर्धा सातदोबाटो (ललितपुर) मा हँॅदै छ । बाँकी ३४ खेल गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन हुँदै छन् । यो अवसरबाट मनाङ, मुस्ताङ र लमजुङ छुटेका छन् । कास्की, नवलपुर, तनहँॅ, गोरखा, म्याग्दी, स्याङ्जा, पर्वत र बागलुङले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएका छन् । अधिकांश खेल पोखरा रंगशाला परिसरमा हुनेछन् । पौडी सर्ट कोर्समा हुँदै छ भने भलिबललगायत केही इन्डोर (हलभित्र खेल्नुपर्ने) खेल खुला आकाशमै आयोजना गरिँदै छ । पोसाक वितरण, खेल सामग्रीको अभाव, खेल र होटल व्यवस्थापनको चर्को चुनौती राखेपले बेहोरिरहेको छ ।काठमाडौंबाट २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको थियो । सुरुआतको ४१ वर्ष हुँदासम्म बल्ल नवौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । सुरुमा १४ अञ्चलका टिम सहभागी थिए । त्यसपछि २०५५ सालमा ५ विकास क्षेत्र र २ विभागीय टिम (आर्मी र पुलिस) को टिम बन्यो । पाँचौं संस्करण (२०६५) मा माओवादीको पीएलए र एपीएफ थपिए, नौ टिम बन्यो । यसैमा राजनीति घुस्यो र पीएलए ल्याएको विरोधमा आर्मीले प्रतियोगिता नै छाड्यो ।आर्मीले अर्को संस्करण (२०६८) पनि खेलेन, जहाँ विश्वविद्यालय नयाँ टिम बन्यो । सातौं (२०७३) मा आएर पीएलए र विश्वविद्यालय बाहिरिएसँगै आर्मी प्रतियोगितामा फर्कियो । पुनरागमनमा आर्मीले सर्वाधिक स्वर्ण जित्यो । आठौं (२०७६) मा आएर फेरि संरचना फेरियो । सात प्रदेश, तीन विभागीय टिम र नवप्रवेशी गैरनेपाली आवासीय संघ (एनआरएनए) गरी ११ टिमले खेल्यो । फेरि आर्मीले सबभन्दा बढी स्वर्ण कब्जा गर्‍यो । यसपालि आर्मी शीर्षस्थानमा ह्याट्रिक गर्ने योजनामा छ भने प्रदेशले विभागीय टिमको वर्चस्वलाई केही कमजोर पार्ने प्रयास गर्नेछन् ।
Sports
19,456
ललितपुर डर्बीमा फ्रेन्ड्स-जावलाखेलको बराबरी
फ्रेन्ड्स क्लबले तीन गोलले पछाडि परेको स्थिति उल्टाउँदै एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको ‘ए’ डिभिजन लिगमा मंगलबार जावलाखेलविरुद्ध ३–३ को बराबरी गरेको छ ।
https://ekantipur.com/sports/2022/02/16/164498087382653909.html
काठमाडौँ — फ्रेन्ड्स क्लबले तीन गोलले पछाडि परेको स्थिति उल्टाउँदै एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको ‘ए’ डिभिजन लिगमा मंगलबार जावलाखेलविरुद्ध ३–३ को बराबरी गरेको छ ।लोइक एन्जिमी कोहिमले १२ र ४० औं मिनेट तथा रुपबहादुर लामाले ४५औं मिनेटमा गोल गर्दै जावलाखेललाई ३–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नथानियल जुड गार्सियाले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । उनैले ६९ औं मिनेटमा जावलाखेलको अग्रता ३–२ को छोट्याए । चार मिनेटको इन्ज्युरी समयको अन्तिम मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गरेपछि फ्रेन्ड्सले जावलाखेललाई बराबरीमा रोक्यो ।पुछारका दुई क्लब ब्रिगेड ब्वाइज र च्यासलवीच दशरथ रंगाशालामा भएको खेल गोलरहित टुंगियो । यो सिजन दुई टिम रेलिगेसनमा पर्नेछन् । शीर्ष श्रेणीमै टिक्ने होडमा च्यासल (६ अंक), ब्रिगेड ब्वाइज (७), फ्रेन्ड्स (७) र जावलाखेल (१०) संघर्षरत् छन् । एक खेल कम खेलेका पुलिस (१० अंक) र एपीएफ (११) पनि ढुक्क छैनन् ।
Sports
21,217
युएई पहिलो श्रम गन्तव्य
पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ ।
https://gorkhapatraonline.com/news/90160
काठमाडौँ, पुस ७ गते  । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा युएई पहिलो श्रम गन्तव्य देश बनेको हो । विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चालु आव २०८०/८१ को पहिला पाँच महिनामा रोजगारीका लागि बिदेसिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन् । मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार चालु आवका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दामाथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँ, तिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो । गत आव २०७९/८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५६४ थियो । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने सङ्केत देखिएको छ । चालु वर्षको मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई लाख ७७ हजार पुगेको छ । गत आवको मङ्सिरसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख २४ हजार २४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औसतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ । विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतिले चाडपर्वका कारण रोकिएका युवा विदेश जान सुरु गरेकाले सङ्ख्या बढेको जानकारी दिनुभयो । मङ्सिरमा नयाँको तुलनामा पुनः श्रम स्वीकृति बढेका कारण समग्र श्रम स्वीकृति सङ्ख्या बढेको हो । दसैँ, तिहार र छठपछि पुनः श्रम स्वीकृतिको सङ्ख्या बढ्ने गर्छ । चालु आवको कात्तिकसम्म औसत श्रम स्वीकृति लिनेको सङ्ख्या कम भए पनि मङ्सिरमा भने बढेको विभागको भनाइ छ ।चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मलेसिया जाने नेपालीको सङ्ख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा धक्का लागेको थियो । कोभिड महामारीपछि आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मङ्सिरको तथ्याङ्कले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ । गत आव सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८/७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए ।   
News
35,870
जुनियर टेबलटेनिस जेठमा
मिलन श्रेष्ठ स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप जेठको पहिलो साता हुने भएको छ । दिवंगत पूर्वराष्ट्रिय खेलाडी मिलन श्रेष्ठको स्मृतिमा हुने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म हुनेछ । लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
https://ekantipur.com/sports/2022/04/25/165084993710266112.html
काठमाडौँ — मिलन श्रेष्ठ स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप जेठको पहिलो साता हुने भएको छ । दिवंगत पूर्वराष्ट्रिय खेलाडी मिलन श्रेष्ठको स्मृतिमा हुने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म हुनेछ । लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।प्रतियोगिताको अनुमानित बजेट ९ लाख रुपैयाँ छ र यसको मुख्य प्रायोजक सर्वन चिपालु रहेका छन् । यसमा तीन विभागीय टोलीसहित जिल्ला तथा क्लबका खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स यू–१२, गर्ल्स सिंगल्स यू–१२ का खेल हुनेछन् ।विजेता खेलाडीले नगद पुरस्कार पनि पाउनेछन् । स्मिन इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष चतुरानन्दराज वैद्य यस प्रकारको प्रतिस्पर्धाले नयाँ तथा युवा खेलाडी उत्पादनमा मद्दत पुग्ने विश्वास पोख्दै यसको आयोजना नियमित हुने बताए ।
Sports
20,564
हलिउड अभिनेता रे स्टिभेन्सनको निधन
हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । 'आरआरआर', 'थोर', 'डाइभर्जेन्ट' फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।
https://gorkhapatraonline.com/news/65173
काठमाडौं, जेठ ९ गते । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । 'आरआरआर', 'थोर', 'डाइभर्जेन्ट' फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । यस्तै, उहाँ एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिनुहुन्छ । उहाँले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गर्नुभएको थियो । यसबाहेक उहाँलाई हलिउडको चर्चित मार्बल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उहाँ डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा हुनुहुन्थ्यो ।२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिनुभएका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृङ्खला र टेलिफिल्मबाट कला यात्रा सुरु गर्नुभएको थियो । 
News
44,259
अष्ट्रेलियामा विवेकको कन्सर्ट हुने
पोखरेली सांगीतिक समूह कन्दराका गायक विवेक श्रेष्ठले अष्ट्रेलियामा एकल गायन गर्ने भएका छन् । 'युफोनिक : क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नामक कन्सर्टमा उनले आफ्नो सांगीतिक जीवनमा प्रभाव पारेका र नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर-अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्ने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइयो ।
https://ekantipur.com/diaspora/2020/01/15/15790907347844362.html
काठमाडौँ — पोखरेली सांगीतिक समूह कन्दराका गायक विवेक श्रेष्ठले अष्ट्रेलियामा एकल गायन गर्ने भएका छन् । 'युफोनिक : क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नामक कन्सर्टमा उनले आफ्नो सांगीतिक जीवनमा प्रभाव पारेका र नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर-अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्ने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइयो ।उनले फेबुअरी १५ मा सिड्नी र २२ मा मेलबर्नमा गाउनेछन् । 'नेपाली गीत संगीतलाइ विश्वव्यापीरुपमा लैजानका लागि अभियानका रुपमा मैले यो कार्यक्रमको कल्पना गरेको हुँ,' पत्रकार सम्मेलनमा उनले भने ।
Diaspora
12,846
चिनियाँ राष्ट्रपतिको कडा भनाइपछि चीन र ताइवान टकरावको पथमा?
चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानका जनतालाई चीनसँग "एकीकृत हुनैपर्ने"को लागि आग्रह गरेका छन्।
https://www.bbc.com/nepali/news-46733447
सि जिनपिङ ताइवानसँग सम्बन्ध सुधार भएको ४०औँ वर्षगाँठको अवसरमा दिइएको सम्बोधनमा सिले दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक-देश-दुई-व्यवस्थाको नीतिमा बेइजिङ प्रतिबद्ध रहेकोबारे दोहोर्‍याएका छन्। तर आवश्यक परे बल प्रयोग गर्ने अधिकार चीनसँग सुरक्षित रहेको उनले बताएका छन्। ताइवान स्वशासित भए तापनि बेइजिङ उसलाई आफूबाट छुट्टिएको प्रान्त ठान्ने गर्दछ। सीले के भने? चीनियाँ राष्ट्रपतिले दुवै पक्ष एउटै चिनियाँ परिवारको अङ्ग भएकोमा जोड दिँदै ताइवानको स्वतन्त्रता "इतिहासको उल्टो प्रवाह र कतै नपुगिने यात्रा" भएको बताए। सिले ताइवानका जनताले "स्वतन्त्रताले दु:ख कष्ट मात्रै बढाउने तथ्यलाई बुझ्नै पर्छ" भन्दै, बेइजिङले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने कुनै पनि गतिविधिलाई स्वीकार नगर्नेमा जोड दिए। उनले ताइवानसँगको सम्बन्ध चीनको आन्तरिक राजनीतिको हिस्सा भएको भन्दै कुनै पनि बाह्य हस्तक्षेप अस्वीकार्य हुने बताए। "सबै विकल्पहरू तयार" ताइवानी झन्डा उनले शान्तिपूर्ण एकीकरण र ताइवानी स्वतन्त्रताको पक्षमा हस्तक्षेप गर्ने बाहिरी शक्तिहरूविरुद्ध बेइजिङ "सबै आवश्यक विकल्पहरूको प्रयोग गर्न" तयार रहेको बताए। उनको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएको एक दिनअघि ताइवानी राष्ट्रपति साइ इङ वेनले बेइजिङले ताइवानको अस्तित्व स्वीकार गर्नु पर्ने र मतभेदहरू पन्छ्याउन ताइवानले शान्तिपूर्ण उपायहरू अवलम्बन गर्न पाउनु पर्ने बताएकी थिइन्। ताइवानको औपचारिक नामको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, "म चीनलाई ताइवानमा चिनियाँ गणतन्त्र (अर्थात् रिपब्लिक अफ चाइना) रहेको वास्तविकता स्वीकार्न आग्रह गर्न चाहन्छु।" चीनले "२ करोड २० लाख मानिसको स्वतन्त्रता र प्रजातन्त्रको उत्कट चाहनालाई सम्मान गर्न र विवादहरू हल गर्न शान्तिपूर्ण र समान तौरतरिका प्रयोग गर्नु पर्ने"मा उनले जोड दिइन्। नोभेम्बरमा साइको दलले क्षेत्रीय चुनावमा नराम्रो हार बेहोर्न पुग्यो। बेइजिङले त्यसबाट उनको पृथकतावादी अडानलाई धक्का पुगेको रूपमा बुझेको थियो। समस्या के हो? ताइवान एक स्वशासित प्रजातन्त्र हो। उसले सन् १९५० देखि सबै व्यावहारिक हिसाबले स्वतन्त्र देशको रूपमा काम गर्दै आएको छ। त्यतिबेला कम्युनिष्टहरूद्वारा पराजित चीनका राष्ट्रवादी सरकारका सदस्यहरू मुख्य भूभागबाट ताइवान भागेका थिए। तर चीनले ताइवानलाई कुनै एक छुट्टै मुलुक नभई एक विद्रोही प्रान्त मान्दै आएको छ। पछिल्ला वर्षहरूमा ताइवानको मामिलामा चीन झनै सक्रिय बन्न थालेको देखिन्छ। उदाहरणको लागि चीनले भन्न थालेको छ अन्य देशहरूले चीन र ताइवानसँग अलग अलग कूटनैतिक सम्बन्ध स्थापित गर्न पाउँदैनन्। उनीहरूले त्यस्तो सम्बन्ध कि चीनसँग राख्नु पर्छ कि ताइवानसँग राख्नु पर्छ; दुवैसँग होइन। चीनले कयौँ देशहरूलाई ताइवानसँगको सम्बन्ध तोडेर आफूसँग जोड्न बाध्य तुल्याइसकेको छ। गत वर्ष चीनले कैयौँ विदेशी वायुसेवा कम्पनीहरूलाई वेबसाइटहरूमा ताइवानलाई चीनको प्रान्तको रूपमा सूचीकृत गर्न दबाव दिएको थियो। विज्ञहरु भन्छन् सि जिनपिङ चीनमा माओत्सेतुंगपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन्।
Others
66,006
गरिबी न्यूनीकरण रणनीति
जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो ।
https://gorkhapatraonline.com/news/86331
जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो । जीवन जिउन आवश्यक पर्ने स्रोत र साधनमा पहुँच नहुनु, चेतना र ज्ञान सिपको अभाव, शोषण र उत्पीडनमा पर्नु र पुरातनमा विश्वास गर्नु एवं समसामयिक रूपमा आफूलाई रूपान्तरण गर्न नसक्नु गरिबीका विशेषता हुन् । सिद्धान्तत जीवन जिउने न्यूनतम पूर्वाधार हुन नसकी कठिनताको अवस्थालाई गरिबी भनिएको पाइन्छ । विश्वको दिगो विकास लक्ष्यको पहिलो बुँदा नै भोकमरी र गरिबीको अन्त्य रहेको छ । गरिबलाई सापेक्ष र निरपेक्षको रूपमा हेर्ने गरिन्छ । सापेक्ष गरिबी अरूको भन्दा कम वा बढीलाई देखाउँछ भने निरपेक्ष गरिबीले गरिबीको रेखाभन्दा तलको अवस्थालाई चित्रण गर्छ । नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या १७ प्रतिशत रहेको छ । विश्व बैङ्कले प्रति दिन एक डलरभन्दा कम आम्दानी भएकोलाई अति गरिब र दुई डलरसम्म आम्दानी हुनेलाई गरिब भनिएको छ । सन् २०२२ को तथ्याङ्कले विश्वमा ७८३ मिलियन जनता भोकमरीको समस्यामा रहेको बताइएको छ । विश्वमा एक अर्ब, दक्षिण एसियामा ४० करोड, नेपालमा ५१ लाख अति गरिब रहेको उल्लेख छ । विश्वका दुई अर्ब ६० करोड मानिस गरिबीमा रहेका छन् । गरिबीलाई क्षेत्रगत रूपमा हेर्दा दुर्गम र आधारभूत आवश्यकताको सुविधाको पहुँच नभएको अवस्थाले भौगोलिक गरिबीको चित्रण गर्छ । औसत आयु कम, बाल र मातृ मृत्युदर उच्च, साक्षरता न्यून र फरक क्षमता एवं कुपोषित अवस्थाको गरिबीलाई मानवीय गरिबी भनिन्छ । दलित र उपेक्षित वर्गसहित पुरुषभन्दा महिलामा व्यापक गरिबीलाई सामाजिक गरिबीको रूपमा हेरिन्छ । २१०० क्यालोरीभन्दा कम आहारा भएको अवस्थालाई जीव विज्ञानले गरिबी भनिएको छ । निम्न आय भई जीवन जिउन कठिन भएको गरिबीलाई आर्थिक रूपमा विपन्न भनिन्छ । शासकीय रूपमा पछाडि पारिएका गरिबलाई अपहेलित र शोषित गरिबीको रूपमा हेर्न सकिन्छ । विपत् र द्वन्द्वका कारण घरबारबिहीन हुनुपर्ने, धनजनको क्षति, अरूको सहयोग र आश्रयको अपेक्षा गर्नुपर्ने गरिबी आकस्मिक गरिबीको रूपमा लिइन्छ । अर्थशास्त्रले मुख्यतः आर्थिक पहुँच नहुनु, आयआर्जन गर्न सक्षम नहुनु, जीवनयापन गर्ने सामान्य क्रियाकलाप कमजोर देखिनुलाई गरिबी भनेको छ । गरिबीको चक्रमा मानिसको रोधन र पीडा रहेको हुन्छ । आवश्यक वस्तुको मागको आपूर्ति हुन नसक्नु वा माग पूर्ति गर्न आम्दानी नहुनु गरिबीको अवस्था हो । गरिबको आम्दानी कमजोर हुँदा आवश्यक वस्तुको आपूर्ति पक्ष कमजोर देखिन्छ ।गरिबीको समस्यालाई समयमै सम्बोधन गर्नु शासकीय दायित्व हो । गरिब हुनु दोष होइन तर गरिबीको चक्रमा रहिरहनु भने कठिन अवस्था हो । गरिबीको अवस्था राजनीतिक भूमिकामा निर्भर हुन्छ । राजनीतिक प्रतिबद्धताबिना गरिबी न्यूनीकरण गर्न कठिन हुने हुँदा आर्थिक र सामाजिक रणनीतिक सोचबाट गरिबीको न्यूनीकरण गर्न सहज हुन्छ । गरिबी निवारणका लागि पहिलो काम गरिबको पहिचान हो । गरिबी न्यून गर्न तहगत सरकारले रणनीतिक योजनासहित गरिबीको आँकडा लिने र समय समयमा अद्यावधिक गर्ने गर्नु पर्छ । गरिबको सूचकका तथ्यले प्रमाणित भएका गरिबलाई राज्यले चिन्नु पर्छ । दोस्रो, गरिबको पहिचानपछि गरिब भएको कारण अनुसार न्यूनीकरणका उपायहरू तय गर्ने जस्तै, आर्थिक अवसरबाट आयआर्जन गर्न सक्ने बनाउने र द्वन्द्वबाट हुने गरिबीको लागि सामाजिक न्याय र आवाजहरूको सम्बोधन गर्नु पर्दछ । तेस्रो आर्थिक गरिबीको गहिराइ अनुसार आधारभूत आवश्यकता पूर्ति र आर्थिक अवसरका लागि क्षमता विकाससँगै पहुँच र प्राथमिकतामा जोड दिनु पर्छ । विशेष आर्थिक अवसर दिन रोजगारी सिर्जना, उद्यमशीलताको विकास, आर्थिक अवसरहरूको बढोत्तरी गरी गरिबी घटाउन सकिन्छ । चौथो, भौगोलिक गरिबी दुर्गम र विकटता एवं पहुँचको कमीले हुने हँुदा दुर्गमलाई सुगम बनाउन सडकलगायतका गुणस्तरीय पूर्वाधारमा जोड दिने, आधारभूत आवश्यकताको पहुँच बढाउने र स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारीमा जोड दिनु पर्छ । पाँचौँ, मानवीय गरिबी हटाउन शिक्षा र स्वास्थ्यमा अर्थपूर्ण लगानी गरी प्रभावकारी नतिजा हासिल गर्न शारीरिक स्वस्थताका लागि गरिने क्रियाकलापमा जोड दिने र औसत आयु बढाउने, बाल र मातृ मृत्युदर घटाउने, कुपोषित भइ अपाङ्गता हुन नदिन पूर्व सचेतनासहित स्वास्थ र शिक्षाको प्रभावकारी सेवाबाट मानवीय गरिबी न्यून गर्नु पर्छ । छैटौँ, सामाजिक कारणले हुने गरिबीका लागि सामाजिक विभेदको अन्त्य गरी सामाजिक न्यायमा शासकीय भूमिका प्रभावकारी बनाउनु पर्छ । विभेद न्यूनीकरण, समतामूलक विकास, पिछडिएका लागि विशेष अवसर सामाजिक न्यायमा जोड दिई सामाजिक गरिबी कम गर्न सकिन्छ । सातौँ, विपत् र द्वन्द्वका कारण हुने गरिबीका लागि सन्तुलित विकास र सबै वर्ग र समुदायको हित हुने नीति र कार्य दिशा भएमा द्वन्द्वबाट हुने गरिबी कम हुन्छ भने विपत्को अग्रीम जानकारी, पूर्वाधार विकासमा वातावरणको जोखिम आकलन र विपत् प्रतिरोध पूर्वाधारको विकास एवं विपत्विरुद्धका सचेतनाका कार्यक्रममा जोड दिन आवश्यक छ । आठौँ, गरिबी निवारणका अल्पकालीन योजना र त्यसको प्रभावसँगै दीर्घकालीन रणनीतिक योजना कार्यान्वयनमा ल्याउनु पर्छ । गरिबीका बहुआयामिक प्रभावको आकलन गरी बहुक्षेत्रमा गरिबी निवारणका प्रभावकारी योजना बनाई लागु गर्नु पर्छ । नवौँ, गरिबी निवारण राज्यको दायित्व हो तर निजी र गैरसरकारी क्षेत्रसँग सहकार्य गरी निवारणका लागि संयुक्त कार्यमा जोड दिनु पर्छ । नवौँ, गरिबी निवारणका लागि स्रोत पूर्ति गर्न विश्व साझेदारी बढाइ स्रोतको सुनिश्चिता गर्न कूटनीतिक पहलमा लाग्नु पर्छ । यी सबै कार्यका लागि तहगत सरकारले आआफ्नो जिम्मेवारीका लागि दोहोरोपना नहुने गरी समन्वयात्मक तरिकाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।नेपालले गरिबी अन्त्य गर्ने सोचसहित विभिन्न रणनीति तय गरेको पाइन्छ । गरिबीको पहिचान गरी परिचयपत्र दिने कार्यक्रम रहेको र यो कार्यक्रम समयमै सम्पन्न हुन नसक्दा गरिब लक्षित कार्यक्रम प्रभावकारी हुन सकेको पाइँदैन । गरिबी निवारण कोषको स्थापनापछि गरिबीका कार्यक्रम प्रभावकारिता देखिएन । क्षेत्रगत गरिबी निवारणका कार्यक्रमबिच समन्वयात्मक प्रयत्न पनि कमजोर देखियो । समग्रतामा गरिबी निवारण कार्यक्रमबाट गैरगरिबले अवसर लिएको आरोप पनि छ । गरिबी निवारणका कार्यक्रमहरू प्रभावकारी बनाई बहुआयामिक गरिबीको न्यूनीकरणमा सुधार गर्न क्षेत्रगत जिम्मेवारीको खाँचो छ । गरिबी राजनीतिक मुद्दा हो तर आर्थिक र सामाजिक परिवेशमा प्रभावकारी कदम नचाली गरिबी हटाउन सकिँदैन । गरिब लक्षित कार्यक्रमसहित आर्थिक अवसरको पहुँच र प्राथमिकताबाट सामाजिक न्यायको सुनिश्चितता भएमा अरू कारणका गरिबी पनि स्वतः कम हुँदै जान्छन् । हाम्रो पन्ध्राँै योजनाको गरिबी निवारणको सफलताको तथ्यगत मूल्याङ्कन गरी सोह्राँै योजनामा अर्थपूर्ण रणनीतिक योजनासहित तहगत सरकारको जिम्मेवारी र भूमिका प्रस्ट हुनु पर्छ । विश्व समुदायमा गरिबी निवारणका सफलतासँगै मित्र राष्ट्र चीनको सफलताको आत्मसात् गर्न सके नेपालको गरिबी कम गर्न सकिन्छ ।  
News
46,380
मोपिलियरसँग लियोन पराजित
फ्रान्सेली लिग वानमा ठूला टिमको हार क्रम कायम रह्यो र मंगलबारको खेलमा लियोन मोपिलियएरको हातबाट २–१ ले पराजित रह्यो । विजयी टिमका लागि दुवै गोल टेजी साभानरले गरे ।
https://ekantipur.com/sports/2020/09/16/16002207980089350.html
पेरिस — फ्रान्सेली लिग वानमा ठूला टिमको हार क्रम कायम रह्यो र मंगलबारको खेलमा लियोन मोपिलियएरको हातबाट २–१ ले पराजित रह्यो । विजयी टिमका लागि दुवै गोल टेजी साभानरले गरे ।खेलको अन्त्यतिर लियोनका तर्फबाट मेम्फिस डिपेले सान्त्वना गोल फर्काए । अंक तालिकामा तीन खेलबाट सात अंक बटुलेर रेनेस शीर्ष स्थानमा रहेको छ ।डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।इंग्लिस लिगकपमा बर्नमाउथ विजयीलन्डन– इंग्लिस लिगकपमा बर्नमाउथले नाटकीय टाइब्रेकरमा क्रिस्टल प्यालेसलाई ११–१० ले हराएर प्रतियोगिताको तेस्रो चरण पुगेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा थियो ।सुरुमा दुवै टिमका गरेर सबै २० आउटफिल्ड खेलाडीले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि दुवै टिमका गोलरक्षक चुके । यस्तो डेविड ब्रुक्सले आफ्नो दोस्रो प्रहारमा गोल गरे र यो नै निर्णायक सावित भयो ।
Sports
24,561
पुलिसको लगातार दोस्रो जित
लेवनानी खेलाडी अहमद हिजाजीले डेब्यु खेलमै गरेको दुई गोलको मद्दतले नेपाल पुलिस क्लबले बिहीबार सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा लगातार दोस्रो जित निकालेको छ ।
https://ekantipur.com/sports/2023/04/27/168260571636985835.html
काठमाडौँ — लेवनानी खेलाडी अहमद हिजाजीले डेब्यु खेलमै गरेको दुई गोलको मद्दतले नेपाल पुलिस क्लबले बिहीबार सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा लगातार दोस्रो जित निकालेको छ ।दशरथ रंगशालामा भएको खेलमा रेलिगेसनबाट बच्न संघर्षरत पुलिसले आफ्नो प्रदर्शनलाई सुधार्दै खुमलटारलाई ३–१ ले हराएको हो ।यो जितपछि पुलिसको १२ अंक भएको छ र अझै अन्तिम स्थानमा छ । खुमलटारको १३ अंक रहेको छ । पुलिसले यसअघि मनाङ मर्स्याङ्दीलाई हराएको थियो । पुलिसको यो जितले रेलिगेनस संघर्ष अझ चर्किने भएको छ । एनआरटी र हिमालयन शेर्पाको पनि समान १३ अंक रहेको छ ।पुलिसको जितमा तीनै गोल विदेशी खेलाडीले गरे । हिजाजीले २७ र दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गोल गरे । उनको दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको थियो । पुलिसको दोस्रो गोल भने मोसेस ग्याबहले ७७ औं मिनेटमा गरे । खुमलटारका लागि मेसुके ओलुमोउले ५४ औं मिनेटमा गरे ।त्यसअघि सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्स र एपीएफले १–१ को बराबरी खेले । एपीएफले २७ औं मिनेटमा प्रदीप लामाको गोलले अग्रता लिएको थियो । खेलको ५२ औं मिनेटमा रफिक अमिनुले फ्रेन्ड्सका लागि बराबरी गोल फर्काए । यो नतिजापछि एपीएफको १८ अंक भएको छ भने फ्रेन्ड्स १५ अंक छ ।
Sports
17,555
समानुपातिकको मतगणना बुधबार सकिने
निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।
https://gorkhapatraonline.com/news/47129
काठमाडौं, मङ्सिर २० गते । निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरेको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले भोलिसम्म सकिने जानकारी दिनुभएको छ ।प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो ।आयोगको विवरण अनुसार हालसम्म एक करोड पाँच लाख ५० हजार ६७ मत गणना भइसकेको छ । केही स्थानमा गणना जारी रहेकाले अहिले नै कति गणना भयो र कति बाँकी छ भन्न नसकिने प्रवक्ता वाग्लेको भनाइ छ ।मतगणनाको पछिल्लो अद्यावधिक विवरण अनुसार नेकपा (एमाले) अगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । एमालेले २८ लाख ५४ हजार ६४१ मत ल्याएको छ ।त्यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा)ले पाँच लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको छ ।यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ र हाम्रो नेपाली पार्टीले ५५ हजार ७४३ मत ल्याएको छ ।त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण हेर्ने हो भने प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा मात्रै कांग्रेस अगाडि रहेको छ । मङ्गलबार अपराह्न ५ बजेसम्मको अद्यावधिक विवरण यस प्रकार छ :प्रदेश १यस प्रदेशमा १८ लाख ९९ हजार १४४ मत गणना हुँदा एमालेले छ लाख ६५ हजार ४६० मत ल्याउदा कांग्रेसले पाँच लाख ६२ हजार ९५६ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले एक लाख ९८ हजार ५११, माओवादी केन्द्रले एक लाख ८१ हजार २४५, जसपाले ६१ हजार ७२३, नेकपा एसले ५५ हजार ९५७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५३१ मत ल्याएको छ । मधेश प्रदेशयस प्रदेशमा २० लाख ८६ हजार २९८ मत गणना हुँदा कांग्रेसले चार लाख १४४ मत प्राप्त गरी पहिलो स्थान ओगटेको छ । त्यस्तै, एमालेले तीन लाख ५१ हजार ७६८ मत ल्याएको छ । यसैगरी, जनमत पार्टीले तीन लाख २९ हजार १७७, जसपाले दुई लाख ९८ हजार ७७४, माओवादी केन्द्रले एक लाख ८० हजार ८६०, नेकपा एसले एक लाख १३ हजार ९१५ र लोसपाले एक लाख १३ हजार ३६४ मत ल्याएको छ । साथै, राप्रपाले ६५ हजार ५४, नेपाल सङ्घीय समाजवादी पार्टीले ५० हजार १८८ र नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ७०५ मत प्राप्त गरेको छ । बागमती प्रदेश यस प्रदेशमा १९ लाख ३७ हजार १८ मत गणना हुँदा नेकपा (एमाले)ले पाँच लाख ९४ हजार ५२१ मत प्राप्त गरी अगाडि रहेको छ । कांग्रेसले पाँच लाख ९४ हजार २६१, माओवादी केन्द्रले दुई लाख ८५ हजार २७६ र राप्रपाले दुई लाख ७५ हजार ५३२ मत प्राप्त गरेको छ । त्यस्तै, नेमकिपाले ६८ हजार ७९६, नेकपा एसले ६८ हजार १०१ र हाम्रो नेपाली पार्टीले ४७ हजार ८९३ मत ल्याएको छ । गण्डकी प्रदेश गण्डकी प्रदेशमा नौ लाख ८५ हजार ८०२ मत गणना हुँदा एमालेले तीन लाख ६७ हजार ९८९ मत प्राप्त गरेको छ । कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादी केन्द्रले एक लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एसले १५ हजार ७६, राष्ट्रिय जनमोर्चाले १४ हजार ९४०, मंगोल नेशनल अर्गनाइजेशनले ११ हजार ६३६ र जसपाले पाँच हजार ७५७ मत ल्याएको छ । लुम्बिनी प्रदेश लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना हुँदा एमालेले पाँच लाख ७० हजार ९२१ मत प्राप्त गरी पहिलो बनेको छ । कांग्रेसले चार लाख ९९ हजार ९८६ मत ल्याइ दोस्रो बनेको छ । माओवादी केन्द्रले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार  ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१, लोसपाले २७ हजार ६३१ मत ल्याएको छ । कर्णाली प्रदेश कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८२९ मत गणना हुँदा एमालेले एक लाख ८३ हजार ९५० र कांग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ । त्यस्तै, माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र नेमकिपाले आठ हजार ९९३  मत ल्याएको छ । सुदूरपश्चिम प्रदेश यस प्रदेशमा आठ लाख ९६ हजार ३८६ मत गणना हुँदा एमालेले दुई लाख ७४ हजार ६७५ मत प्राप्त गर्दा कांग्रेसले दुई लाख ६९ हजार ५६४ मत ल्याएको छ । माओवादी केन्द्रले एक लाख २१ हजार ४३१, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९, राप्रपाले ४४ हजार २३३ र नेकपा एसले ४३ हजार ८१९ मत ल्याएको छ ।
News
59,965
शीर्षमा फर्किए जोकोभिच
नोभाक जोकोभिच टेनिसको विश्व वरीयताको शीर्षस्थानमा फर्किएका छन् । उनी यूएस ओपनको पहिलो चरणमा सोमबार सहज जित हात पार्दै शीर्षस्थानमा फर्किएका हुन् ।
https://ekantipur.com/sports/2023/08/30/169335981474334884.html
काठमाडौँ — नोभाक जोकोभिच टेनिसको विश्व वरीयताको शीर्षस्थानमा फर्किएका छन् । उनी यूएस ओपनको पहिलो चरणमा सोमबार सहज जित हात पार्दै शीर्षस्थानमा फर्किएका हुन् ।न्युयोर्कमा २४ औं ग्रान्ड स्लाम जित्ने अभियानमा रहेका जोकोभिचले आर्थर एस रंगशालामा फ्रान्सका अलेक्जेन्डर मुलरलाई ६–०, ६–२, ६–३ ले पराजित गर्दै वरीयतामा फड्को मारेका हुन् । उनले यस जितको लागि जम्मा एक घन्टा ३५ मिनेट प्रतिस्पर्धा गरे । यस जितसँगै उनले यूएस ओपनका डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजलाई उछिन्दै प्रतियोगिता पछि आउने टेनिसको वरीयतामा शीर्षस्थान कब्जा गर्ने भएका हुन् ।सन् २०२१ को फाइनलमा पराजय बेहोरेपछि जोकोभिच न्युयोर्कमा पहिलोपल्ट खेलेका हुन् । कोभिड–१९ खोप अस्वीकार गरेकाले उनलाई सन् २०२२ मा अमेरिकाले प्रवेश दिएको थिएन, जसकारण उनले यूएस ओपन खेल्न पाएका थिएनन् । ३६ वर्षीय उनले सोमबार मुलरविरुद्ध एकतर्फी खेल प्रदर्शन गरेका थिए ।
Sports
16,467
‘स्वदेशी’ अभियानमा आबद्ध हुनेलाई सहुलियत
उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो । मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
https://gorkhapatraonline.com/news/45909
काठमाडौँ, मङ्सिर ९ गते । उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो । मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारले निजी क्षेत्रबाट उपयुक्त सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गर्नुभयो । भारत, अस्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसङ्घको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिन सके स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगीलाई आश्वस्त हुने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो । परिसङ्घको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान एकै ठाउँबाट हुने गरी एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।   
News
39,901
ऋचा मेमोरियल टी–२० क्रिकेट : पुलिस र विराटनगर विजयी
विभागीय टोली नेपाल पुलिस र घरेलु टोली विराटनगरले प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरु गरेका छन् । बिहीबार पुलिसले दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ७ विकेट र विराटनगरले धनगढीलाई २७ रनले हराएका छन् ।
https://ekantipur.com/sports/2023/04/13/168139975130438586.html
विराटनगर — विभागीय टोली नेपाल पुलिस र घरेलु टोली विराटनगरले प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरु गरेका छन् । बिहीबार पुलिसले दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ७ विकेट र विराटनगरले धनगढीलाई २७ रनले हराएका छन् ।समूह ‘ख’ को पहिलो खेलमा ८८ रनको लक्ष्य पछ्याएको पुलिसले ९.३ ओभरमा ३ विकेटमा पार गर्दा योगेन्द्र कार्कीले ५ छक्कासहित अविजित ३२ रनको योगदान गरे । पुलिसका सुनील धमलाले २३ र अमित श्रेष्ठले १९ रन जोडे । दिल्लीका प्रदीप कुमारले २ र अंकित गोस्वामीले १ विकेट लिए ।यसअघि पहिलो ब्याटिङ गरेको दिल्ली टोली १५.५ ओभर अलआउट हुँदै ८७ रन जोड्न सफल भयो । पुलिसका सागर ढकालको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले २३ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । दिल्लीका सकिट केडियाले २९, प्रदीप कुमारले १९ र अंकित गोस्वामीले अविजित १३ रनको योगदान गरे । पुलिसका रोशन बुढाले २ विकेट लिए ।दोस्रो खेलमा एनबीएससी विराटनगरले एनबी समूह धनगढीलाई २७ रनले हराएको हो । २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको एनबी समूहले १९.२ ओभरमा अलआउट हुुँदा १ सय ९५ रनमात्र जोड्न सक्यो । दीपक बोहराले ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५ छक्का र ९ चौका हाने । नरेशले २७ र हेमन्त धामीले २२ रनको योगदान गरे । एनबीएससीका अनुभव श्रीवास्तवले ३, एमडी शेख र मोहिन कुमारले २–२ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गर्दै एनबीएससीले ८ विकेट गुमाई २ सय २१ रनको योगफल खडा गरेको थियो । टोलीका राहुल चौधरीले २२ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दै ७३ रन, सतिश कुमारले ४ चौका र ६ छक्कासहित ५७ रन र अनुभव श्रीवास्तवले ३२ बलमा ६ छक्का र एक चौकासहित ४७ रनको योगदान गरे । राहुल चौधरी प्लेयर अफ द म्याच भए । एनबीका हेमन्त धामीले ३, ज्ञानेन्द्र बोहरा र सुमितले २–२ विकेट लिए । शुक्रबार एनबीएससी र दिल्ली तथा पुलिस र एनबी समूह प्रतिस्पर्धा गर्नेछन् ।
Sports
17,722
छलाङ मार्दै गौफ
अमेरिकी सनसनी १५ वर्षीया कोको गौफले यूएस ओपनमा शनिबार राति डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकासँग खेल्ने अवसर जुटाएकी छन् । पुरुषतर्फ तेस्रो चरणमा वाकओभर प्राप्त भएपछि राफेल नडालको यात्रा अझ सजिलो भएको छ । 
https://ekantipur.com/sports/2019/08/31/156722221493654103.html
न्युयोर्क — अमेरिकी सनसनी १५ वर्षीया कोको गौफले यूएस ओपनमा शनिबार राति डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकासँग खेल्ने अवसर जुटाएकी छन् । पुरुषतर्फ तेस्रो चरणमा वाकओभर प्राप्त भएपछि राफेल नडालको यात्रा अझ सजिलो भएको छ । यसबीच विम्बल्डन च्याम्पियन सिमोना हालेप भने प्रतियोगिताबाट बाहिरिएकी छन् । लगातार तेस्रो वर्ष चाँडै चुनौती हुने क्रममा उनी तीन सेटको कडा प्रतिस्पर्धात्मक खेलमा १ सय १६ औं वरीयताकी टेलर टाउन्सेन्डसँग पराजित रहिन् । विम्बल्डनमा चौथो चरणसम्मको यात्रा तय गरेकी गौफ त्यसमा हालेपसँग नै पराजित रहेकी थिइन् । उनले हंगेरीकी क्वालिफायर टिमा बाबोसलाई ६–२, ४–६, ६–४ ले पराजित गरिन् । यसक्रममा उनी सन् १९९६ यता अन्तिम १६ पुग्ने सबैभन्दा कम उमेरकी खेलाडी भएकी छन् । त्यस वर्ष रुसी अन्ना कोर्निकोभाले त्यस्तो उपलब्धि हात पारेकी थिइन् । ‘म निकै रमाइरहेको छु र अहिलेसम्म तय गरेको यात्रामा खुसी पनि छु,’ गौफले भनिन् । तीनपल्टका यूएस ओपन विजेता नडालले भने अगाडि बढ्न कोर्टमै उत्रनुपरेन । उनका प्रतिद्वन्द्वी अस्ट्रेलियाली थानासी कोकिनकिस काँधको चोटका कारण आर्थर एस स्टेडियममा खेल्न असमर्थ रहे । अब १८ पल्टका ग्रान्ड स्लाम विजेता नडालले अन्तिम १६ मा प्रवेश गर्न दक्षिण कोरियाली क्वालिफायर चुङ हियोङको सामना गर्नेछन् । फाइनलसम्मको यात्रामा नडालले ठूला तीन नाममध्ये नोभाक जोकोभिच र रोजर फेडेररको सामना गर्नुपर्ने छैन ।नडालको ‘पुल’ मा रहेकामध्ये सबैभन्दा माथिल्लो वरीयताका जर्मनीका एलेक्जान्डर जेरेभले अमेरिकाका फ्रान्सिस टिफोएलाई ६–३, ३–६, ६–२, २–६, ६–३ ले हराए । यूएस ओपनमा आफ्नो सबैभन्दा उत्कृष्ट यात्रा बराबरीको उपलब्धि हात पारेका जेरेभलाई छैटौं वरीयता प्राप्त छ । महिलातर्फ रोमानियाकी हालेप भने अमेरिकी टाउन्सेन्डसँग २–६, ६–३, ७–६ ले पराजित रहिन् । यसअघिका दुई संस्करणमा हालेप पहिलो चरणमै पराजित भएकी थिइन् । ‘मैले फेरि एकपल्ट राम्रो खेल्न सकिनँ,’ हालेपले खेलपछि भनिन्, ‘तर मैले अन्त्यसम्म भने संघर्ष गरिरहेँ ।’ अर्कोतर्फ जितमा टाउन्सेन्ड भने निकै खुसी देखिइन् । उनले भनिन्, ‘यो जितको मेरा लागि धेरै अर्थ छ । मैले यहाँसम्म पुग्न निकै लामो यात्रा तय गरेकी छु ।’
Sports
26,718
भक्तपुर १ प्रदेशसभा (ख)मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/45803
भक्तपुर, मङ्सिर ८ गते । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको सभाकक्षमा बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँ २९ हजार ७०४ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नुभयो ।मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले एक हजार ९०५ मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फको मतगणना भने जारी छ ।
News
60,230
समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद
सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
https://gorkhapatraonline.com/news/68255
काठमाडौं, असार ४ गते । सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।उक्त सहमतिपत्रमा समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद रहने उल्लेख छ ।  यसैगरी, समाजवादी मोर्चाको प्रस्तावना, उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङ्गठनात्मक संरचना, सचिवालय, सदस्यता र घटक दलहरूको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया, नीति तथा कार्यक्रमलगायतका मुख्य विषय छन् । मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ ।मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने जसमा सदस्य दलहरुबाट तोकिए अनुसार प्रतिनिधि रहने छन् ।मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा लेखिएको छ, ‘‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने छ । त्यस उद्देश्य प्राप्तिका लागि हाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्नबमोजिम रहेका छन् ।’’
News
55,568
घट्ट गएकी महिला बाढीमा परेर बेपत्ता
जुम्लाको पातारासी गाउँपालिकाकी एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/75710
नेत्र शाहीजुम्ला, भदौ ४ गते । जुम्लाको पातारासी गाउँपालिकाकी एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ । प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका–५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीय पन्नीकली बुढा बेपत्ता हुनुभएको हो ।प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार एक्कासि घट्टे खोलामा बाढी आएपछि बुढालाई बगाएको थियो । यस क्षेत्रमा ५ देखि ६ वटा घट्ट बगेका छन् । उहाँका अनुसार प्रहरी त्यस क्षेत्रमा गएर बेपत्ता बुढाको खोजी कार्य भइरहेको छ । प्रहरीले जनाएको छ ।  
News
54,210
तीन वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान
कोशी प्रदेश सरकारले विराटनगर–१८ स्थित बैजनाथपुर रंगशालालाई तीन वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको छ । यो रंगशालामा हालसम्म करिब तीन करोडको लगानीमा टर्फ विकेट र मैदान निर्माण गरेर क्रिकेट म्याच खेलाइने गरिएको छ ।
https://ekantipur.com/sports/2023/05/13/168394063386084030.html
विराटनगर — कोशी प्रदेश सरकारले विराटनगर–१८ स्थित बैजनाथपुर रंगशालालाई तीन वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको छ । यो रंगशालामा हालसम्म करिब तीन करोडको लगानीमा टर्फ विकेट र मैदान निर्माण गरेर क्रिकेट म्याच खेलाइने गरिएको छ ।एसीसी प्रिमियर कप विजयी राष्ट्रिय टिमका खेलाडीलाई सम्मान गर्न विराटनगरमा आयोजित कार्यक्रममा पूर्वखेलाडी, टिमका व्यवस्थापक तथा उद्योगी व्यवसायीले दलका नेता र राजनीतिक नेतृत्व व्यक्तिगत विलासीमा लिप्त भएर खेलकुदमा लगानी नगर्दा खेलकुदको विकास हुन नसकेको घोचपेच गरेका थिए । लगत्तै प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले खेलाडी एवं व्यवस्थापकसामु प्रदेश सरकारले बैजनाथ रंगशालालाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने विश्वास दिलाए । कार्कीले आगामी बजेटमै उक्त क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिएर खेलाडी, टिम व्यवस्थापक र निजी क्षेत्रको आक्रोशलाई शान्त पारेका थिए । एक/दुइटा सडक नबनाएर भए पनि बैजनाथ क्रिकेट मैदानका लागि आगामी बजेटमा रकम विनियोजन गर्ने उनले बताए । उनले रकमचाहिँ उल्लेख गरेनन् । उनै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट चालु वर्षको तुलनामा कम्तीमा १०–१२ अर्बसम्मले न्यून हुने बताउँदै आएका छन् । चालु वर्ष यो प्रदेश सरकारको बजेट ३९ अर्ब छ । बैजनाथ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि राख्न निर्देशन दिएको उल्लेख गर्दै कार्कीले भने, ‘त्यसका लागि आगामी बजेटमै रकम विनियोजन गरिनेछ ।’ उनले क्रिकेट एकेडेमी निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले तीन वर्षभित्र बैजनाथ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परिणत गर्नेमा ढुक्क हुनुहोस् तर त्यसका लागि खेलाडी र निजी क्षेत्रले सरकारलाई घचघच्याउन सरोकार समूह बनाउनु जरुरी छ । आज म मुख्यमन्त्री छु र क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु । भोलि म मुख्यमन्त्रीमा नरहन पनि सक्छु ।’ उनले अर्को आउने मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइराख्न सरोकार समूह बनाउन जरुरी भएको बताए । उनले भने, ‘त्यसो हुँदा सुरु भएको कामले जो मुख्यमन्त्री भए पनि निरन्तरता पाउने छ ।’ यसअघि पूर्वअन्तर्राष्ट्रिय खेलाडी पारस लुनियाले नेता र मन्त्रीहरू विलासी भएर आफ्नो हितमात्र सोचेर खेलकुदमा लगानी नगर्दा यो क्षेत्रको विकास हुन नसकेको आरोप लगाएका थिए । उनले मन्त्री आफ्नो आरामका लागि ५ करोडसम्मका गाडी सरकारी बजेटले खरिद गरेर चढ्ने, अनि खेलकुदमा लगानी गर्न हिचकिचाउने हुनाले मुलुकमा खेलकुदको विकास नभएको तीव्र असन्तुष्टि पोख्दा कार्यक्रममा सहभागीले तालीको गडगडाहटले राजनीतिक नेतृत्वको खिल्ली उडाएका थिए । त्यसलगत्तै राष्ट्रिय टिमका व्यवस्थापक तथा पूर्वकप्तान विनोद दासले राज्यको गैरजिम्मेवारीका कारण जुनसुकै खेलका खेलाडीले आफू खेलाडी हुँ भनेर बाँच्न सक्ने स्थिति नभएको यथार्थ उजागर गरे । उनले मुलुकमा बाँच्नका लागि कि त नेता कि त अभिनेता हुनपर्ने अवस्था रहेको बताउँदा ड्यासमा रहेका मुख्यमन्त्री कार्की र सामाजिक विकासमन्त्री बृद्धिबहादुर राजभण्डारीको अनुहार हेर्न लायक बनेको थियो । दासले खेलकुदका पूर्वाधारमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गर्दै क्रिकेटमा अहिले विराटनगर सुतेको सेतो हात्तीझैँ भएको बताए । उनले कुनै समय राष्ट्रिय टिममा कोशी प्रदेशबाट ७ जनासम्म खेलाडी पर्ने गरेको स्मरण गराए । ‘अहिले राष्ट्रिय टिममा यो प्रदेशका खेलाडी खोज्नुपर्ने स्थिति छ,’ दासले भने, ‘यो सब सरकारले पूर्वाधारमा लगानी नगर्दाको परिणाम हो, नेपाली क्रिकेटमा अहिले सबैथोक छ, मात्र अर्थ छैन ।’ उनका अनुसार सरकार लगानीबिना उपलब्धि खोज्नमा मात्र सीमित छ । दासको भनाइलाई काउन्टर दिन माइक समाएका प्रदेशका खेलकुदमन्त्रीसमेत रहेका सामाजिक विकास मन्त्री राजभण्डारीले आफू पनि ५२ सालसम्म बक्सिङ खेल्दा खेलेर पेट पाल्न नसकेको स्मरण गर्दै त्यसपछि पेटकै लागि आफूले शिक्षण पेसा अँगालेको बताए ।‘शिक्षण पेसाबाट पनि पेट भर्न गाह्रो भयो,’ उनले भने, ‘त्यसपछि अहिले सबैले तुच्छ पेसा भन्ने गरेको राजनीतिमा आएर मन्त्री भएको छु । यहाँ पनि सन्तुष्टि छैन ।’ उनका अनुसार तीन तहका सरकार छन् । माथिल्लो सरकार खर्बको कुरा गर्छ । प्रदेश सरकार अर्बको कुरा गर्छ । स्थानीय सरकार करोडको कुरा गर्छ । ‘तर कसैको पनि टोकरीमा आवश्यक माल हुँदैन,’ राजभण्डारीले भने, ‘टोकरीमा माल नै नभएपछि कहाँबाट ल्याएर खेलकुदको पूर्वाधार विकासमा लगानी गर्ने ?’ उनले आफू खेलाडी हुँदाको समयभन्दा अहिलेका खेलाडीले बढी सेवा र सुविधा पाएको बताए । उनले भने, ‘त्यो बेला पेट भर्न गाह्रो थियो । अहिलेका खेलाडीले तारे होटलमा सम्मान पाउन थालेका छन् ।’ प्रदेश सरकारको आउँदो बजेट करिब ४० प्रतिशतले कटौती हुने स्थिति रहेको उल्लेख गर्दै राजभण्डारीले भने, ‘त्यसमा खेलकुदको कति बजेट पर्छ, आफैँलाई थाहा छैन ।’ सम्मान कार्यक्रमका आयोजक यहाँका तीनवटा निजी संस्था, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले क्रिकेटमा मुलुकले अद्भुत उपलब्धि आर्जेको औंल्याए । उनीहरूले उपलब्धि र क्रिकेटप्रतिको जनमोहलाई ध्यानमा राखेर राज्यले हरेक प्रदेशमा आधुनिक क्रिकेट मैदान निर्माण गर्नुपर्ने सुझाव दिए । उनीहरूले सरकारले खेलकुदका पूर्वाधार विकासमा लगानी गरे निजी क्षेत्र हातेमालो गर्न तयार रहेको वाचा गरेका थिए । यसैबीच आयोजकले सम्मान कार्यक्रममा क्रिकेट कोषका लागि अक्सनमार्फत एक क्रिकेट ब्याट १ लाख ५१ हजारमा बिक्री गर्‍यो । आयोजकले न्यूनतम एक लाखको बोली तोक्दा नेपाल लिकर्स डिस्ट्रिलरीले किन्न तयार भइरहेका बेला वाग्मती प्लास्टिकका सञ्चालक अमित राठीले १ लाख ५१ हजार रुपैयाँ बोली लगाएर ब्याट खरिद गरेका थिए । उक्त ब्याटमा हालको राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हस्ताक्षर अंकित छ ।
Sports
17,386
केपी शर्मा ओली विश्वासको मतः एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदहरू 'अनुपस्थित हुने'
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्।
https://www.bbc.com/nepali/news-57052943
फाइल तस्बिर प्रधानमन्त्री ओलीले हतारमा कुनै निर्णय नगर्न आफ्नो दलका सांसदहरूलाई आग्रह गरेको केही मिनेटपछि नेपाल-खनाल पक्षको निर्णय सार्वजनिक भएको हो। "हामीले आजको प्रतिनिधिसभाको बैठक जुन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धाराहरूको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर बोलाउन लगाउनुभएको छ, त्यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौँ," बैठकपछि रावलले भने। "साथसाथै उहाँलाई विश्वासको मत दिनुहुन्न, उहाँ प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ।" एमालेका असन्तुष्ट सांसदहरू प्रधानमन्त्री ओलीले विश्वासको मत परीक्षण गर्ने संसद् बैठकमा अनुपस्थित हुने भएपछि उनको सरकारले निरन्तरता पाउने सम्भावना झिनो बनेको छ। चेतावनीपछि निर्णय पार्टी र सरकारको नेतृत्व गरिरहेका ओलीसँग असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल समूहका झन्डै २० जना सांसदले आफ्ना गुनासाहरू सम्बोधन गर्न प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सोमवार संसद् बैठकमा अनुपस्थित हुने निर्णय लिएको बताएका छन्। "प्रधानमन्त्री केपी ओलीजीलाई भोट दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र राजनीतिक स्थायित्वका हिसाबले देशलाई कमजोर बनाउने भएकाले आज विश्वासको मत लिने बैठकमा हामी अनुपस्थित हुने निर्णय गरेका छौँ," निर्णयबारे असन्तुष्ट समूहका नेता भीम रावलले भने। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि आफ्नो समूहको रणनीति तय गर्न आइतवार बसेको नेपाल-खनाल समूहको बैठकले सोमवार बिहानसम्म प्रधानमन्त्रीलाई आफ्ना मागहरू सम्बोधन गर्ने समयसीमा दिएको थियो। छलफलपछि नेता नेपालले राति नै ओलीलाई छबुँदे पत्र लेखेर आफ्ना सर्तहरू पूरा नभए सांसदहरूको सामूहिक राजीनामासम्म आउने चेतावनी दिएका थिए। नेता रावलले "अहिले आफूहरूको अनुपस्थिति नै पर्याप्त हुने भएकाले" राजीनामाको निर्णय नलिइएको बताए। प्रधानमन्त्रीको आह्वान नेपाल-खनाल समूहले राखेको नेकपा एकीकरणपूर्वको अवस्थाकै पार्टी कमिटीहरू कायम राखिनुपर्ने सर्तमा प्रधानमन्त्री यसअघि तयार नभएपछि असन्तुष्ट समूहका सांसदहरू सामूहिक राजीनामा दिन मनस्थितिमा पुगेको बताइन्छ। असन्तुष्ट पक्षको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले छलफलबाट समस्याको समाधान गर्न पार्टीका सांसदहरूलाई आग्रह गर्दै ट्वीट गरेका थिए । "यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।" "तसर्थ हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु।" "आउनूस्, केही समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ।" विवाद मिलाउने प्रयास पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेकै बेला केही दिनयता असन्तुष्ट समूहका नेताहरूलाई मिलाउन प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूले नेपाल-खनाल समूहका नेताहरूसँग छलफल तीव्र बनाएका थिए। आइतवार पनि ओलीनिकट नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङले नेता नेपालसँग सिंहदरबारमा भेटेरै छलफल गरेका थिए। छलफलमा सहभागी नेता नेम्वाङका अनुसार पार्टीको समस्या समाधान गर्दै एकता कायम गर्ने सम्बन्धमा "गम्भीर छलफल भए पनि कुनै सहमति" भने हुन सकेन। "पार्टी एकतालाई बलियो बनाएर जानुपर्ने विषयमा विवाद छैन, तर देखिएका समस्यालाई कसरी टुङ्गोमा पुर्‍याउने भन्ने सम्बन्धमा ठोस आधारबारे छलफल गरेर फेरि भेटघाट गरेर टुङ्गोमा पुर्‍याउने कुरा भयो," बैठकपछि उनले बीबीसीलाई भनेका थिए। नेपाल-खनालपक्षीय सांसदहरूले सामूहिक राजीनामा दिने सम्भावनाको विषय सञ्चारमाध्यममा आएपछि एमाले संसदीय दलका नेता पनि रहेका प्रधानमन्त्री ओलीले आइतवार पनि त्यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सांसदहरूलाई चेतावनी दिएका थिए। एमालेको ह्विप संसद्‌बाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले संसद् सचिवालयमा आइतवार नै प्रस्ताव दर्ता गराइसकेका छन्। एमाले मुख्य सचेतक विशाल भट्टराइले सबै सांसदहरूलाई सोमवारको संसद् बैठकमा उपस्थित भएर विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। असन्तुष्ट समूहका सांसदहरूले विश्वासको मतमा सहयाोग नगर्ने आशङ्काबीच भट्टराईले सांसदहरूलाई राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानबारे पनि ध्यानाकर्षण गराएका छन्। नेकपा एकीकृत रहँदादेखि नै जारी प्रधानमन्त्री ओली र नेपाल-खनाल समूहबीचको विवाद गत फागुनमा सर्वोच्च अदालतको एक फैसलाबाट एमाले र एमाओवादी केन्द्र अलग पार्टी बनेपछि थप चर्किएको थियो। विवादका बीच प्रधानमन्त्री ओलीले चैत्रमा नेता नेपालसहित असन्तुष्ट समूहका चार नेतालाई छ महिना निलम्बन गरेका थिए भने कर्णाली प्रदेशमा नेपाल-खनाल समूहका सांसदहरूले "फ्लोर क्रस" गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। सरकारबाट आफ्ना मन्त्रीहरूले राजीनामा दिए पनि समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्रले गत बुधवार मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सत्ता साझेदार पार्टीले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र संसद्‌बाट विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। प्रतिनिधिसभाको अङ्कगणित प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सांसद छन्। तीमध्ये नेपाल पक्षसँग लगभग ३५ जनाजति भएको विवरण आएका छन्। प्रतिनिधिसभामा विपक्षी कांग्रेसको ६३ सांसद भए पनि दुई जना निलम्बित छन्। माओवादीका ४९ सांसद छन्। जनता समाजवादी पार्टीका ३४ मध्ये दुई सांसद निलम्बित छन्। त्यसबाहेक राप्रपाका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्रका एक सांसद छन्। संसदीय अङ्कगणितमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न स्वतन्त्र छाडिदिएपछि नेपाल-खनाल समूह प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउनबाट रोक्न बैठकमा अनुपस्थित हुने निष्कर्षमा पुगेको एक नेताले बताए। अशोक दाहालको सहयोगमा
Others
69,279
नर्सिङप्रतिको मोह
प्रत्येक मे १२ लाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाइन्छ । यो दिन आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पनि हो । यसरी सन् १८२० मे १२ का दिन इटालीको फ्लोरेन्स सहरबाट यसको सुरुवात भएको थियो । यो
https://gorkhapatraonline.com/news/12405
प्रत्येक मे १२ लाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाइन्छ । यो दिन आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पनि हो । यसरी सन् १८२० मे १२ का दिन इटालीको फ्लोरेन्स सहरबाट यसको सुरुवात भएको थियो । यो आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउँदै छ । फ्लोरेन्सलाई ‘ए लेडी विथ अ ल्याम्प’ अर्थात् टुकी या भनौंँ लालटिन बोकेकी महिला उपनामले पनि चिनिन्छ । त्यस बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा उनी घाइते सैनिकको उपचारार्थ अहोरात्र खटिएकी थिइन् । उनले क्रिमियन युद्धमा घाइते सिपाहीको अहोरात्र सेवा गरी मृत्युदर ४२ प्रतिशतबाट घटाएर दुई प्रतिशतमा पु¥याएकी थिइन् । उनलाई क्रिमियन युद्धकी हिरोइन भनेर पनि चिनिन्छ । उनैको नर्सिङप्रतिको योगदान, बिरामीप्रतिको समर्पणलाई कदर गर्दै मे १२ को दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसका रूपमा सम्झने तथा मनाउने गरिन्छ । सैनिकले उनलाई सम्मानका साथ लेडी विथ अ ल्याम्प भनेका हुन् । त्यसले गर्दा यस दिनलाई फ्लोरेन्सले एउटा युगान्तकारी परिवर्तन देखेको र गरेको मान्ने व्यक्ति संसारमा धेरै छन् ।हाम्रो देशको कुरा गर्ने हो भने नर्सिङको नेपाली इतिहास वि.सं. २०१३ बाट सुरु भएको देखिन्छ । जब केही गृहिणीलगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । फलतः राणाशासनका बेला सम्भ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नर्सिङको महŒव चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ । यसरी राणाकालको क्रममा चारजना नेपाली चेली विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहबादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिला भारतमा चार वर्ष नौमहिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्लीपिच्छेका अस्पताल अनि क्लिनिकमा नर्सको उपस्थिति बाक्लै देख्न सकिन्छ । यसका साथसाथै हाल आएर सहर–सहरमा नर्सिङ कलेज खुलेका छन् । अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यसका साथै आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रूपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण फेरिएको छ । मूलतः नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्क हेर्ने हो भने देशमा १५ हजारभन्दा बढी स्टाफ नर्स र १६ हजारभन्दा बढी अनमी गरी ३१ हजारभन्दा बढी नर्स तयार भइसकेका छन् । तैपनि विकसित राष्ट्रमा छदेखि आठ सय जनसङ्ख्याका बीचमा एक नर्सको व्यवस्था गरिएको छ । हाम्रो मुलुकमा त्यसको १० प्रतिशत मात्र छदेखि आठ हजार सङ्ख्याको बीचमा एक नर्सले काम गर्नुपर्ने अवस्था छ । हालको तथ्याङ्क अवलोकन गर्ने हो भने मुलुकमा सरकारी र निजीस्तरबाट सञ्चालित दर्जनौँ मेडिकल कलेजबाट बर्सेनि पाँच हजारभन्दा बढी स्टाफ नर्स उत्पादन हुन्छन् । यति ठूलो सङ्ख्यामा उत्पादन हुने नर्स सहरकेन्द्रित हुन खोज्दा पनि कामको अभाव देखिएको बुझाइ छ । यसर्थ अन्य विषयको दाँजोमा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीको आकर्षण बढेको छ । नेपाली नर्सले विदेशमा स्तरीय अस्पतालमा रहेर कार्य गर्न अन्तर्राष्ट्रिय स्तरका केही परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । ती परीक्षामा उत्तीर्ण भएकाले विदेशी नर्ससरह अवसर पाउँछन् । विकसित देशमा रोजगारीका लागि गएकाहरू न्यूनतम दुई हजारदेखि तीन हजार अमेरिकी डलर प्रतिमहिना कमाउने बताइन्छ । त्यसैले पनि तीनवर्षे नर्सिङ कोर्स सकिएपछि विदेश जाने क्रम दिनानुदिन बढ्दो छ । विदेशमा राम्रो रोजगारीको अवसर र दह्रो पारिश्रमिक भएकाले नै विदेश जानेको सङ्ख्या बढेको नेपाल नर्सिङ काउन्सिलको भनाइ छ । त्यसरी नै राष्ट्रमा नर्सिङ पढेका नर्स विदेशमा राम्रो पारिश्रमिकको लालचमा नभई देशमा रोजगारीको वातावरण सिर्जना नहुनुले विदेश जानुपर्ने बाध्यता छ । अतः राष्ट्रमा उत्पादित नर्सलाई देशमै राम्रो रोजगारीको वातावरण सिर्जना, थोरबहुत सेवासुविधा बढाएर पनि विदेश पलायन हुने नर्सको मनस्थितिमा परिवर्तन ल्याउन सक्नेमा विश्वस्त रहन सकिन्छ । यसका अलावा स्वास्थ्य संरचनामा केही सुधार ल्याए मात्र पनि विदेश पलायनमा आधाआधी सङ्ख्या घट्ने काउन्सिलको बुझाइ छ । जेजस्तो भए पनि नेपाली नर्सलाई विदेश पलायन हुनबाट रोक्न र नेपाली नर्सलाई नेपालभरिका चिकित्सालयमा उपस्थित गराउन सम्बन्धित निकायले बेलैमा ठोस पहलकदमी चाल्नुपर्नेे आवश्यकता टड्कारो देखिएको छ ।विश्वव्यापी रूपमा २१औँ शताब्दीमा आएर युवायुुवतीको नर्सप्रति मोह बढ्दो छ । यद्यपि, मुलुककै कुरा गर्ने हो भने पनि युवती एसएलसी दिनासाथ नर्सिङ प्रवेशका लागि राजधानीका थुप्रै इन्स्टिच्युटमा प्रवेश परीक्षाका लागि तयारी कक्षा लिनेको लर्को देख्दा यस्तै लाग्छ । नर्सिङ जनशक्तिको माग र पदपूर्ति गर्न, गुणस्तरीय शिक्षाका लागि पहल गर्न, राष्ट्रिय नीति निर्माणमा निर्णय लिन यस्ता सङ्गठन सहयोगी बन्न सक्छन् । नर्सिङ आफैँमा पूर्ण हुन सक्दैन । अरू पेसागत सङ्घ, सङ्गठनसँग सहकार्य गर्नुपर्छ । शिक्षा, कानुनी, कृषि, खानेपानी तथा सरसफाइ आदि क्षेत्र, सामाजिक तथा राजनीतिक व्यक्तिसँग सहकार्य गरी अघि बढ्न सकिन्छ, जसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले माध्यम, दक्ष जनशक्ति र साधन प्रदान गर्छ । झन्डै आठ दशक लामो सङ्घर्षमय इतिहास बोकेको नेपालको नर्सिङ क्षेत्र राष्ट्रका पुराना स्वास्थ्य संरचनामध्ये पर्छ । सन् १९४७ सालमा वीर अस्पताल स्थापना भएको ४० वर्षपछि त्यसै अस्पतालको अन्तरङ्ग विभागका बिरामीलाई प्रत्यक्ष सेवा पु¥याउने, घर–घरमा गएर गर्भवती महिला प्रसूति गराउने र नवजात शिशुको स्याहार गर्नेजस्ता मातृशिशु स्वास्थ्यसम्बन्धी दायित्व लिने उद्देश्यले वि.सं. १९८५ देखि विविध रूपमा चार नेपालीले सुत्केरी गराउने विधिको अध्ययन गरेपछि सुरु भएको नेपालको नर्सिङ शिक्षाले यति बेला फड्को मारिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा वि.सं. २०१३ मा वीर अस्पतालबाट औपचारिक रूपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो भने वि.सं. २०२८ बाट विश्वविद्यायलले नर्सिङ शिक्षाको अध्यापन सुरु गरेको हो । आजका अभिभावकको चाहना केही गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ । आकर्षक रोजगारीको अवसर एवं मर्यादित सेवामूलक कामका रूपमा नर्स पेसालाई नजिकबाट बुझ्न थालेपछि समाजको नर्सप्रति हेर्ने दृष्टिकोण पनि फेरिएको छ । अन्य विषयको तुलनामा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन सहज हुने र आकर्षक तलबले गर्दा यसतर्फ धेरै छोरीको आकर्षण बढेको छ । हुन त नर्सिङ अध्ययन गरेकामध्ये ठूलो हिस्सा स्वदेशमै खपत हुने गरेको छ । यद्यपि ६० प्रतिशत युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा करिअर  बनाउने सोचमा रहेको पाइन्छ । नेपाली नर्सका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अन्य युरोपेली देशमा करिअर बनाउने बाटो खुला गरिदिएको छ ।
News
48,342
गुणस्तर सुधारको खोजी
नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् । भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात गर्ने सोचमा छन् ।
https://gorkhapatraonline.com/news/23311
प्रेम अधिकारी पशुपतिनगर (इलाम), भदौ १३ गते । नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् । भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात गर्ने सोचमा छन् । इलामको सूर्योदय नगरपालिका सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र हो । बजारको समस्या देखिएपछि अहिले सूर्योदय नगरपालिकामा दिनहुँजसो चियाबारे बहस हुन थालेको छ । सूर्योदय नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय चिया प्रोड्युसर्स एसोसिएसन, चियासँग सम्बन्धित सहकारी संस्था, उद्योगी र किसानका प्रतिनिधिबीच बारम्बार छलफल भइरहेको छ । सूर्योदय नगरपालिकाले चिया समस्या समाधान समिति बनाएको छ र यो समितिले सरोकारवालासँग छलफल गरिरहेको छ । विषादी पूर्ण प्रतिबन्ध राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पहलमा भएको छलफलमा सरोकारवाला विषादी पूर्ण रूपमा नियन्त्रण गरेर अर्गानिक चिया उत्पादन गर्न तयार भएका छन् । विषादीको मात्रा बढी भए निर्यात गर्न नसकिने अवस्था आएपछि कार्यविधि नै बनाएर विषादीको प्रयोग पूर्ण रूपमा हटाउने विषयमा सरोकारवाला सहमत भएका हुन् । अर्गानिक चिया उत्पादन र प्रवद्र्धन गर्दै आएको सुन्दरपानी चिया उत्पादन सहकारी संस्थाका फिल्ड सुपरभाइजर सोनाम यल्मोले चिया बिकेन भनेर अरूलाई दोष दिनुभन्दा आफैँले सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चियाको बोटबाटै सुधार गर्नुपर्छ, बजारको कुनै अभाव हुँदैन । चियाको बिरुवा रोप्ने, काँटछाँट, विषादी नियन्त्रण, टिपाइ र प्रशोधनमा सुधार गर्न सक्ने हो भने चिया निर्यातमा कुनै समस्या हुँदैन ।”सुन्दरपानीले उत्पादन गरेको चिया अहिले पनि तेस्रो देश निर्यात भइरहेको छ । इलामका अधिकांश चिया किसान विषादी प्रयोगमा सचेत देखिन्छन् तर केही साना किसान भने विषादीको प्रयोगप्रति संवेदनशील छैनन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले नेपालमा प्रतिबन्ध लगाइएको २४ प्रकारका विषादी भित्रिइरहेको जानकारी दिनुभयो । उहाँले एक पटक विषादी प्रयोग गरेपछि २८ देखि ३२ दिनसम्म चिया टिप्न नमिल्ने भए पनि एक सातामै चिया टिप्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विषादी नियन्त्रण गर्न सूर्योदय नगरपालिकाले पहल गर्नुपर्छ, सबैले पहल ग¥यो भने नियन्त्रण गर्न सकिन्छ ।” लुकाइछिपाई केही कडा विषादीको प्रयोग भइरहेको उहाँले दाबी गर्नुभयो । सूर्योदय चिया प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार प्रधानले चियाका समस्या समाधान गर्न तल्लो स्तरबाट सुधार गर्न थाल्नुपर्ने बताउनुभयो । प्रधानले पूर्ण रूपमा विषादी नियन्त्रण गरे मात्र चियाको बजारमा सुधार आउने बताउनुभयो । उहाँले टोल विकास संस्थामार्फत विषादी नियन्त्रण गर्न चिया किसानसम्म पुग्नुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले योजना बनाएर विषादी नियन्त्रणमा सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । “उद्योगीले स्वघोषणा गरेर गुणस्तरीय चिया मात्र खरिद गर्ने हो भने बजारको समस्या समाधान हुन्छ, चिया बोक्ने सवारीसाधन छुट्टै हुनुपर्छ,” नगरप्रमुख राईले भन्नुभयो । नगरले बनाएको कार्यविधिलाई संशोधन गरेर अगाडि बढे चिया क्षेत्रका समस्या समाधान हुने उहाँको तर्क छ । सूर्याेदय नगरपालिकाले यसअघि नै न्यूनतम समर्थन मूल्यसहितको चिया कार्यविधि लागू गरेको भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनसकेको छैन । गुणस्तर  र मूल्य अन्तर्राष्ट्रिय मापदण्ड हेरेर नेपाली चियाको गुणस्तर कायम गर्न तीन पात एक सुइरो भएको चिया किसानले उद्योगलाई दिनुपर्ने र त्यस्तो चिया मात्र उद्योगले खरिद गर्ने सरोकारवालाबीच सहमति भएको छ । यसबाट तयार हुने चियाको मूल्य भने सरोकारवाला बसेर निर्धारण गर्ने सहमति भएको छ । सूर्योदय नगरपालिकाले कार्यविधिमा हरियो पत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४० रुपियाँ तोकेको थियो । सरोकारवालाबीच भारत जाने हरियो पत्ती रोक्ने र एक उद्योगले फिर्ता गरेको चिया अर्को उद्योगले खरिद नगर्ने विषयसमेत सहमति नजिक पुगेको छ । उद्योगले चिया खरिद गर्ने क्षेत्र र उत्पादन क्षमतासमेत निर्धारण गरिने भएको छ । मेसिनको विकल्पमा रोजगार अहिले इलामका धेरै चिया बगानमा हातले चियापत्ती टिपिँदैन । चिया टिप्ने मजदुरको अभावमा चिया टिप्न मेसिन प्रयोग गरिँदै आएको छ । मेसिनको प्रयोगले चियाको टिपाइ छिटो भए पनि गुणस्तर भने खस्किएको छ । डाक्ला र झारसहितको चिया मेसिनले टिप्ने गरेका कारण गुणस्तरमा समस्या भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य पुनम बान्तवाले बताउनुभयो । मेसिनको प्रयोग रोक्न चिया क्षेत्रमा मौसमी कामदार राख्ने प्रस्ताव गरिएको छ । मौसमी कामदार अन्यत्रबाट ल्याएर चिया टिप्नुपर्ने विषयलाई चाँडै निर्णय गरिने सूर्योदय नगरपालिका चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामाले जानकारी दिनुभयो । रोजगार केन्द्र स्थापना गरेर निर्धाण गरिएको मापदण्डमा चिया टिपाएर पारिश्रमिक दिइने गरी रोजगार केन्द्र स्थापना गरिने जनाइएको छ । बजार प्रवद्र्धन गर्न जोडभारतका चियाविज्ञ अभिजित देले नेपाली चियाको गुणस्तर कायम गरी विश्व बजारमा लैजानुपर्ने बताउनुभयो । उहाँले इलाम टी र नर्मल टी गरी दुई प्रकारका चिया उत्पादन गरी इलाम टीको विश्व बजारमा बजारीकरण गर्न सरकारी तवरबाट प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको हावापानी, वातावरण हेर्दा विश्वले रुचाउने चिया बन्छ तर विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादनमा लाग्नुपर्छ ।” अहिलेकै अवस्थाको चिया सरकारले सम्झौता गरे पनि चाइना निर्यात हुँन नसक्ने चिया उद्योगीको भनाइ छ । नेपालका इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायत जिल्लाका २८ हजार पाँच सय हेक्टरमा चियाखेती गरिँदै आएको छ । झापामा वार्षिक २० हजार मेट्रिक टन सीटीसी र इलामसहित अन्य जिल्लामा सात हजार मेट्रिक टन अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ । यसबाट वार्षिक चार अर्ब रुपियाँ विदेशी मुद्रा नेपाल भित्रिइरहेको चिया विस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपालका चिया उद्योगमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।      
News
40,382
ढुवानी अनुदानले प्याज बिक्रीमा सहज
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१, बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्री गर्न सहज बनाएको छ । गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो । ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको कृषक वीरभाने विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”
https://gorkhapatraonline.com/news/113095
बाजुरा समाचारदाताबाजुरा, असार ९ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१, बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्री गर्न सहज बनाएको छ । गाउँपालिकाले किसानको बारीबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज भएको हो ।ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको कृषक वीरभाने विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”गाउँमा उत्पादन भएको प्याजले कतै बजार नपाउँदा सड्ने हो कि भन्ने चिन्ता अहिले गाउँपालिकाले ढुवानी अनुदान दिन थालेपछि सकिएको विकले बताउनुभयो । बाजुराकै दुर्गम बस्ती भनेर चिनिँदै आएको बाहुनीका किसान पछिल्लो समय प्याज उत्पादनमा लागिपरेका छन् । अन्नबालीभन्दा प्याज यहाँका किसानले जीविकोपार्जन गर्न सहज देखेपछि पछिल्लो समय किसान प्याज उत्पादनमा लागिपरेका हुन् । गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गरेपछि अहिले उनीहरू कृषि क्षेत्रमा लागिपरेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि  प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँका किसानले अन्नबाली लगाउने गर्थे, त्यसले उनीहरूलाई दुई महिना पनि खान पुग्दैनथ्यो । अहिले प्याज खेती गर्न थालेपछि उनीहरूलाई खान पुगेको छ ।”जीविकोपार्जनमा सहज हुने गरेर पछिल्लो समय बाहुनीका स्थानीयलाई प्याज उत्पादनमा उत्प्रेरित गर्दै आएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहुनीका किसानले यो वर्ष झन्डै एक टन प्याज उत्पादन गरे । उनीहरूले उत्पादन गरेको सबै प्याज ढुवानी अनुदान सहयोगमा पिलिचौर, सुर्खेत र नेपालगन्जलगायतका विभिन्न बजारमा बिक्रीवितरण भइरहेको छ ।”  
News
34,100
मायाप्रेमको उतारचढाव चलचित्र ‘बवाल’
विश्वयुद्ध–२ को पृष्ठभूमिमा बनेको बलिउड चलचित्र ‘बवाल’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ । श्रीमान् श्रीमतीबिच आउने उतारचढावको कथामा आधारित चलचित्रमा पहिलो पटक कलाकार वरुण धवन र जान्ह्वी कपुरको जोडीलाई हेर्न पाइन्छ । चलचित्रमा हिटलर र दोस्रो विश्वयुद्धको सन्दर्भ देखाइएको छ जसले दर्शकलाई केही मात्रामा भए पनि दुवै विषयमा जानकार बनाउन मद्दत गर्छ ।
https://gorkhapatraonline.com/news/72645
काठमाडौँ, साउन १२ गते । विश्वयुद्ध–२ को पृष्ठभूमिमा बनेको बलिउड चलचित्र ‘बवाल’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ । श्रीमान् श्रीमतीबिच आउने उतारचढावको कथामा आधारित चलचित्रमा पहिलो पटक कलाकार वरुण धवन र जान्ह्वी कपुरको जोडीलाई हेर्न पाइन्छ । चलचित्रमा हिटलर र दोस्रो विश्वयुद्धको सन्दर्भ देखाइएको छ जसले दर्शकलाई केही मात्रामा भए पनि दुवै विषयमा जानकार बनाउन मद्दत गर्छ । चलचित्रको कथा अज्जु (वरुण धवन) र निशा दीक्षित (जान्ह्वी कपुर) को वैवाहिक सम्बन्धमा आउने उतारचढाव वरपर घुमेको छ । अज्जु लखनउको हाइस्कुल इतिहास शिक्षक हुनुहुन्छ जो देखावटी जीवन गुजारा गर्नमा विश्वास गर्नुहुन्छ । आफ्नो वरपरका मान्छेसँग राम्रो सम्बन्ध कायम गर्न उहाँले अनेकन झुट बोल्नुभएको हुन्छ । उहाँ सबैलाई ज्ञान बाँड्नु त हुन्छ तर आफैँले पढाउने स्कुलका बच्चालाई ज्ञान बाँड्न सक्नुहुन्न । आफ्नो छरछिमेकका मानिस उहाँबाट प्रभावित त छन् तर वास्तविकतामा अज्जु आफैँबाट निकै निराश देखिनुहुन्छ । आफ्ना साथी विपिन (प्रतीक पचौरी) सँग उहाँ आफ्नो समस्या धेरै पटक सुनाउनुहुन्छ तर त्यसको हल केही निस्कँदैन । निशा र अज्जुबिच श्रीमान् श्रीमतीजस्तो सम्बन्ध हुँदैन । त्यसको पनि कारण छ । प्रायः दुईबिच झगडा हुने गरेको छ । एकदिन पारिवारिक तनावबिच अज्जुले विद्यालयमा एक विद्यार्थीलाई थप्पड हान्छन् । जो त्यहीँका स्थानीय विधायक (मुकेश तिवारी) का छोरा हुन्छन् । उहाँको यस्तो व्यवहारले उहाँलाई जागिरबाट निलम्बन गरिन्छ । त्यसपछि अज्जुले कसरी निशासँग मिलेर आफ्ना विद्यार्थीलाई दोस्रो विश्वयुद्धका बारेमा ज्ञान दिनुहुन्छ भन्ने कुरा नै चलचित्रको मुख्य कथा हो । उहाँ आफ्नो जागिर बचाउन र परिवारलाई खुसी बनाउन युरोप जाने योजना पनि बनाउनुहुन्छ । त्यसपछि चलचित्रको कथा अनेकन मोडमा मोडिन्छ । चलचित्रमा कलाकार वरुण धवनले आफ्नो अभिनयमा उत्कृष्टता झल्काउनुभएको छ । उहाँको अभिनय शैलीबाट जो कोही पनि प्रभावित हुन सक्छ । वरुणले आफ्नो अभिनयमा पूरा न्याय गर्नुभएको छ र साथै चलचित्रमा नयाँपन पनि दिन खोज्नुभएको छ । जान्ह्वी कपुरको अभिनय पनि प्रशंसायोग्य छ । वरुणसँगको उहाँको जोडी सुहाएको छ र दर्शकले चलचित्रमा अवश्य नै यो जोडीको कामलाई मन पराउनुहुने छ । नायिका कपुर प्रेमिल दृश्यसँगै भावनात्मक दृश्यमा पनि जम्नुभएको छ । नितेश तिवारीले लेख्नुभएको चलचित्रलाई उहाँ आफैँले निर्देशन गर्नुभएको हो । निर्देशक तिवारीले आफूले सोचेजस्तै कथालाई चलचित्रको पर्दामा प्रस्ट रूपमा उतार्न सफल देखिनुभएको छ । उहाँ एक अनुभवी निर्देशक हुनुहुन्छ जसलाई आफ्नो काम सँगसँगै चलचित्रमा कलाकारबाट कसरी राम्रो काम निकाल्न सकिन्छ भन्ने कुरा प्रस्ट रूपमा थाहा छ । चलचित्रमा उहाँले दोस्रो विश्वयुद्धका दृश्यलाई पृष्ठभूमिमा जसरी देखाउनुभएको छ जहाँ उहाँको निर्देशकीय पक्ष उच्च श्रेणीमा देखिन्छ । तनिष्क बागची र मिथुनले दिनुभएको सङ्गीत र अरजित सिंह र विशाल मिश्राले गाउनुभएका गीतले पनि अवश्य नै दर्शकलाई मन्त्रमुग्ध बनाउँछ ।  
News
44,060
संविधानको पुनरावलोकन गरिनुपर्छ : काँग्रेस नेता लेखक
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ ।
https://gorkhapatraonline.com/news/91147
काठमाडौं, पुस १४ गते । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको तेस्रो दिन शनिबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले संविधान पुनरावलोकन गर्नुपर्ने बेला भएको बताउनु भयो । नेता लेखकले भन्नुभयो, ‘‘यो संविधान जारी भएको आठ वर्ष भइसक्यो ।  आठ वर्षमा यसको अभ्यास पनि हामीले हेरेका छौँ, मलाई के लाग्छ भने संविधानका मूल तत्वहरुलाई प्रभावित नगर्ने गरी संविधानको कार्यान्वयनको समीक्षा र पुनरावलोकनमा जानुपर्छ ।’’  लेखकले बैठकमा प्रवेश गराएको संविधान पुनरावलोकनको विषयमा अन्य नेताले बहसको विषय बनाएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेता लेखकको प्रस्तावको पक्षमा आफ्ना भनाइ राख्नुभयो ।यसैगरी, केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले संविधान पुनरावलोकन गर्न नहुने तर्क राख्नुभयो । वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै नेता लेखकले त्यसलाई प्रभावकारी र क्रियाशील बनाउन जोड दिनुभयो । 
News
52,118
आईसीसी यू-१९ : नेपालविरुद्ध ४० ओभरमा न्यूजिल्यान्डको २ सय ३ रन 
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको सामना गरिरहेको छ । 
https://ekantipur.com/sports/2024/01/21/icc-u-19-new-zealands-203-runs-in-40-overs-against-nepal-42-13.html
काठमाडौँ — दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको सामना गरिरहेको छ । ४० ओभरको खेल सकिँदासम्म न्यूजिल्यान्डले ३ विकेटको क्षतिमा २ सय ३ जोडेको छ । हाल न्यूजिल्यान्डका स्नेहिथ रेड्डी ८५ रनमा र ओस्कार ज्याक्सन ५९ रनमा क्रिजमा छन् । नेपालका लागि सुवास भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले १/१ विकेट लिएका छन् । युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । इस्ट लन्डनमा जारी खेल नेपालका लागि निकै महत्वपूर्ण छ । ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ को आफ्नो पहिलो खेल जितको खण्डमा नेपाललाई अर्को चरण प्रवेश गर्न सहज हुनेछ । समूहमा नेपाल र न्युजिल्यान्डसहित पाकिस्तान र अफगानिस्तान छन् । दक्षिण अफ्रिका पुगेर खेलेका चार अभ्यास खेलमध्ये नेपालले तीनवटामा जित निकालेको थियो । यू–१९ विश्वकपमा यसअघि नेपालले सन् २०१६ र २००६ मा न्युजिल्यान्डलाई पराजित गरेको थियो । २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो भने २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो  ।
Sports
15,178
नेपालका ती ‘मार्क्स’
नेपालमा कम्युनिस्ट विचारको बीजारोपण राणाकालमा नै भएको हो । जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिमपटक भेटघाटको अवसर दिइँदै गर्दा तिनैमध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, ‘माइला मैले उठाएको झन्डा तिमीले अगाडि बढाउनू है ।’ त्यही प्रेरणाले पुष्पलाल कम्युनिस्ट पार्टी गठनमा लागे ।
https://ekantipur.com/feature/2017/09/28/20170923114105.html
नेपालमा कम्युनिस्ट विचारको बीजारोपण राणाकालमा नै भएको हो । जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिमपटक भेटघाटको अवसर दिइँदै गर्दा तिनैमध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, ‘माइला मैले उठाएको झन्डा तिमीले अगाडि बढाउनू है ।’ त्यही प्रेरणाले पुष्पलाल कम्युनिस्ट पार्टी गठनमा लागे । परिणामस्वरूप २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । त्यसयता पनि कम्युनिस्ट क्रान्तिकारीहरू विभिन्न आन्दोलनमा संलग्न हुँदै रहे । कम्युनिस्ट पार्टीका पहिलो नेपाली सदस्य मनमोहन अधिकारीसहितको नेतृत्वमा २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन भयो । त्यसको केही समयपछि काठमाडौंमा नागरिक अधिकारको माग गर्दै भएको जुलुसमा पुष्पलाल, साहना, साधनालगायत सहभागी थिए । यसरी अनौपचारिक रूपमा फैलँदै गएको कम्युनिस्ट विचारका पक्षपातीहरूलाई संस्थागत रूपमा संगठित गर्ने काम भने २००६ सालमा नयाँ जनवादी कार्यक्रमसहित पुष्पलालले गरे । पछि २०१७ मा पञ्चायतको आगमनसँगै खासगरी २०१९ बाट छिन्नभिन्न हुन पुगेको नेपाली कम्युनिस्ट आन्दोलनलाई एकत्रित गर्दै २०३५ सालमा नेकपा (माले) को स्थापना गरी अगाडि बढ्ने क्रममा २०४६ सालको जनआन्दोलनको समयमा उक्त पार्टीको नेतृत्व मदन भण्डारीले काँधमा आइपुगेको थियो । नयाँ विचारका प्रवर्द्धकमदन भण्डारी स्वप्नद्रष्टा राजनीतिज्ञ थिए । पार्टीको सर्वोच्च पदमा निर्वाचित भएको छोटो समयमै उनले त्यो क्षमता पार्टीभित्र मात्र होइन, अन्य दलका नेता र आम जनताले समेत अनुभूति गर्ने गरी प्रदर्शन गरे । दुनियामा फेरिँदै गरेको राजनीतिक अवस्थाको आकलन गर्दै आन्दोलनको सुरक्षित भविष्य निर्माणका लागि स्थापनाकालदेखि स्थापित कार्यक्रम ‘नयाँ जनवाद’ को मूलत: राजनीतिक पक्षलाई फरक धारबाट अगाडि बढाउने कामको नेतृत्व गरे । फरक विचारलाई पनि आम मानिसको मन र मस्तिष्कलाई एकैपटक प्रभावित पार्ने गरी दृढतापूर्वक राख्न सक्ने क्षमता मदन भण्डारीले देखाए । सन् १९८९ मा सोभियत युनियनको विखण्डन र पूर्वी युरोपमा समाजवादी व्यवस्थाको विघटन हँुदै गर्दा झन्डै सात दशकदेखि चल्दै आएको कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा/श्रमिक वर्गको नाममा सञ्चालन हुँदै आएको राज्यसत्ता विघटनउन्मुख हुन थाल्यो । विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको यस घटनालाई समेत ध्यानमा राखेर त्यही वर्ष सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनवाट नेपालमा पनि स्थापनाकालदेखि पछ्याउँदै आएको नयाँ जनवादी कार्यक्रमको परम्परागत बाटोबाट अगाडि बढ्न सम्भव छैन भन्ने सोचसहित बहुलतामा आधारित दलीय प्रतिस्पर्धामा जानुपर्ने कुरामा बहस सुरु भयो । राजनीतिक रूपमा संकटको डिलमा पुगेको विश्व कम्युनिस्ट आन्दोलनको त्यो परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा रहेको नेकपा (माले) भने फरक विचार बोक्ने दलसँगसमेत साझा उद्देश्यका लागि संयुक्त आन्दोलनको नीतिका आधारमा कार्यगत एकताको प्रस्ताव अगाडि सार्दै थियो । राजनीतिमा ‘स्थायी शत्रु र मित्रु हँुदैन’ भन्ने कुरालाई व्यवहारमा स्थापित गर्दै मदन भण्डारीको नेतृत्वमा पञ्चायतइतर राजनीतिक शक्तिबीचमा रहेको असामञ्जस्य अन्त्य गर्दै र पञ्चायतको निरंकुशताको अन्त्यका लागि सात वामपन्थी दलबीच वाममोर्चा गठन गर्दै नेपाली कंग्रेससँग समेत संयुक्त आन्दोलन अगाडि बढाउने प्रस्ताव गरियो ।यसले बहुदलीय प्रजातन्त्र प्राप्तिको आधार तयार पार्‍यो र संयुक्त आन्दोलनका कारण तीन दशकदेखि प्रतिबन्धित अवस्थामा रहेका दलहरू निरंकुशताको अन्त्य गर्दै बहुदलीय राजनीतिक प्रणालीमा प्रवेश गरे । मदन भण्डारीले आजको नेपाल निर्माणका लागि दिएको बुद्धिमत्तापूर्ण, साहसी र दीर्घकालीन महत्त्व राख्ने सबैभन्दा ठूलो योगदान यही हो, जसले गणतन्त्र नेपाल निर्माणका लागि अगाडि बढ्ने मार्गलाई फराकिलो बनाइदियो । २०४६ सालको आन्दोलनबाट बहुदलीय व्यवस्था स्थापनापछि नेपालीे राजनीतिमा मदन भण्डारीको उचाइ चुलियो । जेलनेल र यातनाको गणनाको आधारमा राजनीतिक नेतृत्वको उचाइ मापन गरिने त्यस समय जीवनभर प्रहरी–प्रशासनको नजरबाट छलिँदै र जोगिँदै जनताको बीचमा राजनीतिक कर्ममा जुटेका र जनताकै बीचबाट आफ्नो क्षमता स्थापित गर्न सफल मदन भण्डारी जनआन्दोलनपछि खुला मैदानमा उत्रेका थिए । कतिपयले त्यस समयमा ‘कहिल्यै जेलको अनुभवसम्म नभएका र फुत्त दुलाबाट निस्किएर नेता हुन आएका’ भनेर पनि आलोचना गरे । तर पनि मदनका पाइलाहरू छोटो समयमा नै राजनीतिक नेतृत्वको असीमित उचाइमा पुग्न सफल भए । त्यो सफलता बहुदलीय व्यवस्थाको आगमनपछि पनि पार्टीको विकास विस्तार मात्र होइन, फरक राजनीतिक धारका नेताहरूसँग समेतको सुझबुझपूर्ण विचार र समझदारीपूर्ण व्यवहारको प्रतिफल थियो । कम्युनिस्ट राजनीतिलाई सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वको सोचबाट मुक्त गर्दै लोकतान्त्रिक प्रक्रियाबाट व्यापक जनताको सहभागितामा अगाडि बढाउनुपर्ने विचारमाथि २०४६ सालमा सम्पन्न मालेको चौथो महाधिवेशनबाट औपचारिक रूपमा नीतिगत छलफल अगाडि बढ्दै गयो । विश्व कम्युनिस्ट आन्दोलनमा आएको उतारचढावका समयमा सही बाटो पहिल्याएर नयाँ मोडबाट अगाडि बढ्ने काम अझै चुनौतीपूर्ण थियो ।तर, संकटको त्यो घडीमा आवश्यक नेतृत्व दिन सक्ने क्षमता मदन भण्डारीले देखाए । कतिपय आफ्नै सहकर्मीबाट विरोध हुँदै गर्दा समेत रत्तीभर विचलित नभई दृढतापूर्वक नयाँ विचारलाई स्थापित गर्न मियोका रूपमा नेतृत्व गरेका मदन भण्डारीले नेकपा एमालेलाई सांगठनिक रूपमा जनआधारित कार्यकर्ता पार्टीको रूपमा परिभाषित गरे । र, सिंगो पार्टी पंक्तिको मन जितेर एक्काइसौं शताब्दीको संघारमा आइपुगेको राजनीतिक नेतृत्व जनताको मन र मत दुवैबाट उत्कृष्ट सावित हुनुपर्छ भन्ने सोचलाई नीतिगत रूपमा स्थापित गर्ने बहसको निरन्तर नेतृत्व गरे । यसरी अगाडि बढेको विचारलाई स्थापित गर्दै २०४९ सालमा सम्पन्न पार्टीको पाँचौं महाधिवेशनको मञ्चबाट अत्यधिक बहुमतसहित नेपाली क्रान्तिको कार्यक्रमको नाम ‘नयाँ जनवाद’ बाट ‘जनताको बहुदलीय जनवाद’ मा रूपान्तरण गराउन सफल भए । मदन भण्डारीको यो योगदानले पूर्वी युरोपका देशहरू र सोभियत संघमा कम्युनिस्ट पार्टीको विघटनपछि कम्पास हराएको जहाजझंै हुन पुगेको विश्व कम्युनिस्ट आन्दोलनको परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढाउन सकिन्छ भन्ने नयाँ दिशा प्रदान गर्‍यो । यही प्रक्रिया अगाडि बढ्दै गर्दा जनताको बलमा स्थापित बहुदलीय प्रणालीको विपक्षमा अलि–अलि सलबलाउन थालेको दरबारलाई मदन भण्डारीले खुला रूपमा श्रीपेच खोलेर प्रजातान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गर्न आउन दिएको चुनौतीले नागरिक सर्वोच्चताको मान्यतालाई जनमानसमा स्थापित गर्ने पक्षमा जनताको मनोबललाई ह्वात्तै बढायो । लोकतान्त्रीकरणका पाटाहरूआजको नेपाल निर्माण र राज्यसत्ताको लोकतान्त्रीकरणमा मदन भण्डारीले ठूलो योगदान पुर्‍याएका छन् । लोकतान्त्रिक मूल्यका रूपमा स्थापित मान्यताहरूलाई आत्मसात् गर्दै एउटा व्यक्ति वा संस्थामा शक्ति केन्द्रित गर्ने कुरा गलत हो भन्ने सोचका साथ शक्ति पृथकीकरणका आधारमा बहुलता र बहुदलीयताका आधारमा हुने आवधिक निर्वाचनबाट निर्वाचित व्यवस्थापिका, बहुमत जनप्रतिनिबाट निर्मित कार्यपालिका र स्वतन्त्र न्यायपालिकाको सोच नै राज्यसत्ताको लोकतान्त्रीकरणको सन्दर्भमा जनताको बहुदलीय जनवाद (जबज) को मूल पक्ष थियो, जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोडबाट अगाडि बढाउन सक्यो । जबजका आधारमा लोकतान्त्रीकरणलाई तीन पक्षबाट हेर्न सकिन्छ । पहिलो, राज्यसत्ताको लोकतान्त्रीकरण । जसमा खासगरी विश्व कम्युनिस्ट आन्दोलनमा देखिँदै आएको सर्वोच्च नेताले आजीवन सत्ता सञ्चालन गर्ने प्रवृत्तिलाई चुनौती दिँदै यसले आवधिक निर्वाचनबाट अनुमोदित राजनीतिक नेतृत्वले सरकार सञ्चालन गर्ने कुरा स्थापित गर्दै बहुमतको सरकार र अल्पमतको प्रतिपक्षको सोच अगाडि सार्‍यो । यही सोचका आधारमा स्थानीयदेखि केन्द्रीय स्तरसम्म आवधिक निर्वाचनबाट अनुमोदित भएर मात्र जनतामाथि शासन गर्ने कुरा स्थापित भयो । केन्द्रीय तहमा निर्वाचनबाट सरकारमा पुगेर समाजवादको निर्माणका पक्षमा काम गर्न सकिन्छ भन्ने कुराको उदाहरण हो— २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले ल्याएका लोककल्याणकारी नीति, कार्यक्रम र बजेट, जसलाई अहिलेसम्मकै सबैभन्दा जनपक्षीय कामका रूपमा लिने गरिन्छ । दोस्रो हो, समाजको लोकतान्त्रीकरण । समाजको एकाइको रूपमा रहने परिवारदेखि समाज र समुदायको हरेक गतिविधिमा सबै समुदायको समावेशी सहभागिता र निर्णय प्रक्रियामा पहुँचको विकास गरिनु समाजको लोकतान्त्रीकरणको पक्ष हो । समाजको प्रभावकारी लोकतान्त्रीकरणबिना राष्ट्रिय स्तरमा लोकतन्त्रको सही प्रयोग हुन सक्दैन । यही सोचका साथ जबजमा भनिएको छ— स्थानीय निकायहरूले नै आफ्नो क्षेत्रको विकास, निर्माण र प्रशासनको नेतृत्व र सञ्चालन गर्ने संवैधानिक व्यवस्था गरिनेछ र जबजको कार्यनीतिलाई व्यवस्थित रूपमा क्रमश: विकसित, समृद्ध र सुदृढ पारिनेछ (जबज, पृष्ठ ६, २०४९) ।समाजको लोकतान्त्रीकरणको आधार भनेको स्थानीय सरकार हो । अधिकार स्थानीय तहमा मात्र होइन, व्यक्तिसम्म पुर्‍याउनुपर्छ भन्दै मदन भण्डारीले २०४८ सालमा संसद्मा बोलेका भनेका थिए, ‘स्थानीय निकायहरू भविष्यमा बिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफैं स्वावलम्बी हुन सकून्, आफैं निर्णायक ढंगले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीय श्रमशक्ति र अरू जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढंगले प्रयोग गर्न सक्ने बनून् भन्नका निम्ति स्थानीय तह/निकायहरूलाई स्वायत्त शासनको निकायका रूपमा स्थापित गरिनुपर्छ ।’ यही आशयअनुसारको स्थानीय सरकारको पहिलोपटक निर्वाचन सम्पन्न भएको छ । यसको व्यवस्थित र प्रभावकारी सञ्चालनबाट नै वास्तविक रूपमा समाजको लोकतान्त्रीकरण सम्भव हुन सक्छ । तेस्रो हो, पार्टीको लोकतान्त्रीकरण । लोकतान्त्रिक संस्कार र संस्कृतिबिनाको नेतृत्व जननिर्वाचित भए पनि व्यवहारमा लोकतान्त्रिक हुन सक्दैन । राज्यसत्ताको लोकतान्त्रीकरणलाई प्रभावकारी बनाउने काम राजनीतिक कार्यकर्ताले गर्ने हो भन्ने कुरालाई आत्मसात् गर्दै जबजमा भनिएको छ— पार्टी संगठनभित्र सदस्यहरूले रुचाएका व्यक्तिले नेतृत्व गर्ने प्रणालीको विकास गरिनुपर्छ । नेतृत्व पहलकदमी र प्रतिस्पर्धाबाट नै स्थापित हुनुपर्छ । यसका लागि पार्टी संरचनामा पनि सघर्ष, सेवा, पहलकदमी र आन्तरिक प्रतिस्पर्धाबाट स्थापित नेतृत्वले मात्र उक्त आवश्यकता पूरा गर्न सक्छ । यसरी जबजले पार्टीको नेतृत्व विकासलाई पनि थप समावेशी, गतिशील, प्रतिस्पर्धी बनाउने सन्दर्भमा प्रक्रियागत रूपमा नै श्रेष्ठता हासिल गर्दै अगाडि बढ्नुपर्ने नयाँ मान्यता स्थापित गरेको छ । यो भावनालाई आज संविधानले समेत स्वीकार गर्दै राजनीतिक दलहरूभित्र पनि समावेशी सहभागिता हुनुपर्ने कुरालाई निर्देशित गरेको छ । तीनखम्बे आर्थिक नीतिऐतिहासिक रूपमा कम्युनिस्ट आन्दोलनको मूल आधार भनेको अर्थतन्त्रको सार्वजनिकीकरण हो, जसले निजी सम्पत्तिको अन्त्य गर्दै सार्वजनिक स्वामित्वको कुरा गर्छ । चिनियाँ क्रान्तिसँगै माओत्से तुंगले चिनियाँ सन्दर्भमा सुरु गरेको मिश्रित अर्थतन्त्रको सोचलाई पछिल्लो चरणमा अरू विकास र विस्तार गरिएको थियो । नेपाली सन्दर्भमा पनि मिश्रित अर्थतन्त्रको प्रणालीलाई मुलुकको समृद्धि र जनतामा सुखको आधार सिर्जना गर्ने कार्यक्रमका रूपमा अरू मजबुत बनाउँदै जबजले तीनखम्बे अर्थतन्त्रको नीतिलाई अगाडि सारेको छ । यसअन्तर्गत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्यलगायतका विषय राज्यको नियन्त्रणमा हुनुपर्ने, अन्य उत्पादनका क्षेत्रलाई प्रगतिशील करको नीतिसहित निजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने कुरा उल्लेख छ । आम नागरिकसँग उपलब्ध सानो आकारको पँुजीलाई संकलन गरी उनीहरूको पनि स्वामित्व रहने गरी सहकारी आन्दोलनलाई अगाडि बढाउनुपर्ने सोचलाई बढावा दिँदै जबजले भनेको छ— समाजमा बढ्दो वर्गीय असमानता, बसाइँसराइको समस्या, सहर र गाउँबीचको बढ्दो दूरी र केही सीमित क्षेत्रमा मात्र सुविधा र विकास गतिविधि केन्द्रित गर्ने प्रवृत्तिको अन्त्य गरी जनआधारित अर्थतन्त्र निर्माण गर्दै विकासको लाभ उपेक्षित र आधारभूत वर्गका जनताबीच पुर्‍याउन स्थानीय विकासको माध्यमबाट देशलाई समग्र विकासको नमुनाको रूपमा अघि बढाइनेछ (जबज, पृष्ठ १०, २०४९) । परिणामस्वरूप आज सहकारी आन्दोलन व्यापक रूपमा अगाडि बढेको छ । यद्यपि यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनाको क्षेत्रमा ध्यान दिनुपर्ने ज्वलन्त आवश्यकता बढ्दो छ । आज यो तीनखम्बे अर्थनीति जबजको मात्र विषय नभएर यसलाई मुलुकको संविधानले नै निर्देशक सिद्धान्तको रूपमा स्वीकार गरिसकेको छ । विभेदरहित समाजको निर्माणनेपाली समाजमा रहेका विभेदका रूपहरू विश्व मानव समाजमा भन्दा फरक थिए र छन् । सामान्यतया विश्वभरको कम्युनिस्ट दर्शन आर्थिक न्यायको विषयलाई केन्द्रमा राखेर विकास भएको दर्शन हो । तर मानव समाज विकासको आधार आर्थिक पक्षका साथमा सामाजिक र सांस्कृतिक पक्षहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । र, हाम्रो समाजमा सामाजिक र सांस्कृतिक आधारमा हुने लैंगिक, जातीय र क्षेत्रीय विभेदसमेत समानतामा आधारित समाज निर्माणका लागि बाधकका रूपमा रहँदै आएका छन् । यस सन्दर्भमा लैंगिक आधारमा रहेको विभेदको अन्त्यका लागि आर्थिक उत्पादनमा महिलाको सहभागितामा जोड दिँदै आएको मार्क्सवादी दृष्टिकोणमा परिवर्तन गर्दै जबजले ‘राष्ट्रिय र सामाजिक जीवनका सबै क्षेत्रहरूमा महिला र पुरुषबीच पूर्ण समानताको ग्यारेन्टी गरिनेछ र राजनीतिक, आर्थिक, सामाजिक जीवनका हरेक क्षेत्रमा महिलाहरूको सक्रिय सहभागितालाई बढाउँदै लगिनेछ’ (जबज, पेज १३, २०४९) भनेको छ । सार्वजनिक क्षेत्रको उत्पादनको काममा महिला सहभागिता वृद्धि गर्ने मात्र नभएर घरपरिवार र समाजको काममा समेत महिला–पुरुषको समान सहभागिता हुनुपर्ने कुरालाई यसले समेटेको छ । यसरी महिला मुक्तिका सन्दर्भमा रहँदै आएको मार्क्सवादी महिलावादी दृष्टिकोणलाई जबजले समाजवादी महिलावादी दृष्टिकोणमा रूपान्तरण गरेको छ । यो कुरा आज नेपालको संविधानमा समेत एकहदसम्म प्रतिविम्बित हुन पुगेको छ । यद्यपि यसलाई अझ सहज रूपमा बोधगम्य र व्यवहारजन्य बनाउने प्रक्रियामा थप मिहिनेत आवश्यक छ । त्यसैगरी जातीय आधारमा हुँदै आएको विभेदको समूल अन्त्य गरिनुपर्ने, संस्कार र संस्कृतिमा रूपान्तरण हुनुपर्ने कुरामा जबजले जोड दिएको छ । आज संवैधानिक रूपमा समेत जातीय आधारमा हुँदै आएको विभेदको क्षतिपूर्तिसम्मको कुरा उल्लेख छ । हाम्रो भौगोलिकताका कारण क्षेत्रीय आधारमा समेत कतिपय विभेदहरू कायम रहेको कुरामा समेत मदन भण्डारीको ध्यान गएको थियो । २०४८ मा मधेसमा रहेको विभेदपूर्ण अवस्थाको अध्ययनका लागि पार्टीकै तर्फबाट आयोग बनाएर अध्ययन गर्न लगाउने कुराले क्षेत्रीय विभेदको अन्त्यमा मदनको दूरदृष्टि रहेको अन्दाज गर्न सकिन्छ । तर पछिल्लो चरणमा उक्त आयोगको प्रतिवेदनको कार्यान्वयनमा पार्टीका तर्फबाट समेत उचित ध्यान दिन नसक्दा क्षेत्रीय रूपमा अझै पनि समानता र समृद्धिसम्बन्धी समस्या विद्यमान छ । उच्च विचार, सरल जीवन२०४६ वाट पार्टी नेतृत्वको सर्वोच्च कार्यकारी पद र २०४८ बाट जनताको प्रतिनिधिका रूपमा निर्वाचित भई खुला रूपमा आफ्ना विचार र भावनाहरू राख्ने समय पाएका मदन भण्डारी छोटो समयमै सबै उमेर, जाति, लिंग, वर्ग र क्षेत्रका जनताको मन र मस्तिष्कमा बास गर्न पुगे । त्यसको पछाडिको मूल कारण भनेको उनमा रहेको राजनीतिक दूरदृष्टि र सिर्जनात्मक सोच नै हो । साथै उनमा आफ्ना सोच र विचारलाई यथेष्ट तथ्य र तर्कले पुष्टि गर्दै जनताले बुझ्ने भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने कला र वाकपटुता थियो । मदनमा रहेको उच्च राजनीतिक र वैचारिक क्षमता अनि सरल र सहज जीवनशैली आम जनताको मन जित्नका लागि पर्याप्त कारण बनेको थियो । पञ्चायतको अन्त्यपछि प्राप्त बहुदलीय व्यवस्था संस्थागत नहुन्जेल प्रजातन्त्रवादी शक्तिबीच सहमति गरेर जानका लागि मदन भण्डारीले नै नेपाली कांग्रेससँग प्रस्ताव राखेका थिए । यसमा सहमति हुन सकेन । उक्त प्रस्ताव तत्कालीन अवस्थामा असाध्यै उपयुक्त थियो भन्ने कुरा आज पनि राजनीतिक नेतृत्वबीच चर्चा हुने गरेको छ । विश्वमा खस्कँदो कम्युनिस्ट आन्दोलनको अवस्थामा पनि कम्युनिस्ट पार्टीप्रति नेपाली जनतालाई आकर्षण दिएर आशाको दियो जगाउने काम मदन भण्डारीको नेतृत्वमा नै सम्भव भएको थियो । त्यसैले पनि त्यस समय टाइम्स पत्रिकाले ‘कार्ल मार्क्स इज अलाइभ इन नेपाल’ हेडिङमा मदनको अन्तर्वार्ता छापेर दुनियाभरका कम्युनिस्टहरूमाझ आशाको किरण छर्ने काम गरेको थियो ।नयाँ संविधानको आधार जनताको बहुदलीय जनवाद२०४७ सालमा संविधान निर्माणको प्रक्रियामा मदन भण्डारीले पर्याप्त ध्यान दिनुका साथै उपलब्धिलाई सस्ंथागत गर्ने काममा दूरदृष्टिका साथ आफ्नो विवेक प्रयोग गरेका थिए । वामपन्थी, नेपाली कांग्रेस र दरबारसहित तीनपक्षीय शक्ति सन्तुलनको दस्ताबेजको रूपमा आएको संविधान घोषणा गर्ने सन्दर्भमा पार्टीको तर्फबाट २७ वटा बुँदामा असहमति राख्दै आलोचनात्मक समर्थनको घोषणा गरेका थिए उनले । ‘आलोचनात्मक समर्थन’ वाक्यांशलाई लामै समय धेरैले हाँसोको विषय बनाउने प्रयत्न नगरेका होइनन् । तर, त्यो कति दूरदृष्टिपूर्ण कदम थियो भन्ने कुरा २०६३ को आन्दोलनपछि जेठ ४, २०६३ मा गरिएको संसद्को घोषणा, अन्तरिम संविधानमा समावेश गरिएका विषयहरू र अन्तत: २०७२ मा घोषणा गरिएको नेपालको संविधानमा ती २७ बुँदा समेटिनुले देखाएको छ । २०७२ मा हाम्रा जनप्रतिनिधिहरूको हस्ताक्षरसहित प्राप्त नयाँ संविधानको प्रारम्भमा नै नेपाल समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गरिने कुरा उल्लेख छ । यदि मदन भण्डारीको नेतृत्वमा कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने काम भएको थिएन भने सायद आज नेपाली जनताले समाजवादका आधारहरूसहितको नयाँ संविधान प्राप्त गर्न कुरा सम्भव थिएन । यसर्थ आधुनिक नेपाल निर्माणमा मदन भण्डारीको योगदानलाई अलग गरेर हेर्नै सकिँदैन । 
Feature
1,615
इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण
मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रुपमा भाडादर बृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।
https://gorkhapatraonline.com/news/40122
प्रेम अधिकारी पशुपतिनगर (इलाम), असोज १० गते । मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रूपमा भाडादर वृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो । मेची राजमार्गको इलाम–बिर्तामोड र इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा जिल्लाका अन्य सहायक सडकमा सञ्चालन हुने सवारी सानमा १५ प्रतिशतले भाडादर वृद्धि गरिएको छ । मेची राजमार्गमा नयाँ भाडादर सोमबारबाट नै लागु भएको छ भने अन्य सडकको एक महिनापछि भाडादर पुनरावलोकन गरिने बताइएको छ । सडकको अवस्था अध्ययन गरी अन्य सडकको भाडादर पुनरावलोकन गरिने इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । अब इलाम–बिर्तामोडको भाडा ४ सय ३० र इलाम–फिदिमको भाडा ४ सय ८ रुपियाँ कायम भएको छ । यसअघि व्यवसायीले इलाम बिर्तामोड र इलाम फिदिमको भाडा ५०० बढी मनलाग्दो ढङ्गले लिदैआएका थिए । कोरोना जोखिमको समयदेखि व्यवसायी मनपरी ढङ्गले यात्रुबाट भाडा असुल्दैआएका थिए । स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले २०७८ असोज १८ मा तोकेको भाडदारलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको प्रजिअ ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३ सय ५३ र इलाम–फिदिमको ३ सय ३५ रुपियाँ थियो । समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले नयाँ भाडादरभन्दा बाहिर गएर भाडा असुल्ने सवारीचालक र सवारीलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो‘सर्वपक्षीय छलफलबाट नयाँ भाडादर कायम गरिएको हो, अब कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्छ ।’ मूल्यवृद्धि जिल्लाका सडकको अवस्था र सङ्घीय सरकारले तोकेको भाडदारलाई मध्यनजर गरी समितिले भाडादर कायम गरेको जनाएको छ ।मेची राजमार्ग बाहेकका अन्य सडकमा पहिले भाडा निर्धारण गर्दा कच्ची रहेका सडक अहिले ग्राभेल वा पक्की बनेको हुनसक्ने र स्थानीय तहले निर्माण गरेका नयाँ सडक समेत थप भएकाले उक्त सडकको अध्ययन गरेपछि मात्रै भाडा कायम हुने समितिले जनाएको छ ।जिल्लाका कच्ची सडकमा व्यवसायीले मनपरी भाडा असुल्दै आएका छन् । जिल्लाका ग्रामीण सडक हिलाम्मे हुने भएकाले यात्रुले जति पनि भाडा तिर्न बाध्य हुँदैआएका थिए । चाडबाडको समयमा व्यवसायीले आफूखुसी भाडा वृद्धि गर्ने गरेका छन् । 
News
61,293
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
https://gorkhapatraonline.com/news/104046
दिपकप्रसाद गौतमवीरगञ्ज, बैशाख ४ गते । शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन्  ।शिक्षा विकास तथा समन्वय इकाई पर्सा र वीरगञ्ज महानगरपालिकाबिच तालमेल नमिल्दा चैत २९ गते हातमा स्थायी नियुक्तिपत्र हात परेपछि महानगरपालिकाले पदस्थापना नगरेकाले विद्यालयमा हाजिर हुन नसकेका हुन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका –५ खर्पुर गाउँका मिना शाहीका अनुसार चैत २३ गतेदेखि आफू वीरगञ्जमा रहेकाले विद्यालयमा हाजिर हुन नसकेको बताउनुभयो । त्यसैगरी बझाङको बित्थरचिर नगरपालिका –७ सुनकुडाकी रेणुका जोशीको अवस्था पनि शाहीको जस्तै छ । उहाँ २५ गते वीरगञ्ज आउनु भएको बताउनुभयो । ‘स्थायी नियुक्तिपत्र हात परेपछि हाजिर हुन पाइएको छैन’ उहाँले भन्नुभयो । महानगरपालिकाले अस्थायी तथा करारका शिक्षक कर्मचारी बचाउन खोज्दा समस्या आएको आरोप जाजरकोटको भेरी नगरपालिका –२ तिमिलेका खिमबहादुर खड्काको आरोप छ । चैत ३० गते पदस्थापन गराइ हाजिरी गराएको भए २०८२ बाट ग्रेड खान पाइन्थ्यो, ग्रेड लिन सँगै पास भएका साथीभन्दा पछाडि परिने भयो भनी बैतडीको उचौडी नगरपालिका –६ भूमिराजका प्रकाशसिंह साउतले गुनासो गर्नुभयो ।चैत २३ गतेदेखि नै वीरगञ्ज आएको र होटलमा बसिरहेको बताउँदै उदयपुरको  निमचुङबुङगा गाउँपालिका –४ बलमत्ताका कोइसन राईले भन्नुभयो, “पदस्थापना भए विद्यालयमा हाजिर भइन्थ्यो, कोठा खोजेर बस्न पाइन्थ्यो । पदस्थापना नहुँदा हामी अलपत्र परेका छौं ।”वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरि राउतले गोरखापत्रसँग भन्नुभयो, ‘मेयर (नगरप्रमुख) बाहिर हुनुहुन्छ, आएपछि केही निष्कर्ष निकिन्छ ।’ हामीकहाँ खाली सिट १३ मात्र छ । शिक्षा विकास तथा समन्वय इकाई पर्साले हचुवाको भरमा ४६ जना पठायो । कारण मागगरी पत्र लेखेका थियौं, जवाफ आएको छ । आएको जवाफका विषयमा महानगरपालिकामा छलफल भएको छैन । त्यसपछि मात्र टुङ्गो लाग्छ’ उहाँले भन्नुभयो ।शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख श्यामकिशोर प्रसादले महानगरपालिकाले यसअघि पठाएको अस्थायी करार तथा रिक्त सिटमा व्यवस्थापन गर्नेगरी पठाएको बताउनुभयो । महानगरपालिकाले २०८० असोज तथा चैत महिनामा पठाएको अस्थायी करार तथा रिक्त सिट ९९ रहेको देखियो । त्यसमा ४६ जना पठाएका हौंं, त्यहीअनुसार महानगरले माग गरेको जवाफ पनि दिएको उहाँले गोरखापत्रलाई बताउनुभयो । उहाँका अनुसार पर्साको वीरगञ्ज महानगरपालिकामा ४६ जना विन्दवासिनीमा १६ जना, जगरनाथपुर र पर्टेर्वा सुगौलीमा १५–१५ जना, ठोरी र छिपहरमाईमा १२–१२ जना, पकाहामैन पसर र जिराभवानीमा ९–९ जना, कालिका माई र पोखरिया नगरपालिकामा ८८ जना, त्यस्तैगरी बहुदरमाई, पर्सागढी र धोबिनीमा ६–६ पठाइएको छ । केही स्थानीय तहमा पदस्थापनमा यस्तो समस्या देखिएकाले त्यो चाँडै समाधान गरिने उहाँले बताउनुभयो ।
News
41,590
झापा स्पोर्ट्स अवार्ड फागुन २८ मा
झापा स्पोर्ट्स अवार्डको चौथो संस्करण आगामी फागुन २८ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।
https://ekantipur.com/sports/2021/01/10/161028029534537234.html
बिर्तामोड — झापा स्पोर्ट्स अवार्डको चौथो संस्करण आगामी फागुन २८ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।झापा स्पोर्ट्स अवार्ड ०७४ देखि नियमित हुँदै आएको छ । बिर्तामोडमा हुने कार्यक्रममा ०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । स्पोर्टस् अवार्ड प्रदेश १ मै झापाले मात्र गर्दै आएको छ । साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ निवासी खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्ने गरिन्छ । मञ्चले यस वर्ष पनि उत्कृष्ट वर्ष खेलाडी पुरुष, उत्कृष्ट वर्ष खेलाडी महिला, उत्कृष्ट वर्ष खेलाडी युवा, उत्कृष्ट वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा सम्मान गरिने कोषाध्यक्ष राजु पौडेलले जानकारी दिए । वर्ष उत्कृष्ट खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिने उनले बताए । युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार नगद र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चारपानेस्थित साहरा अटोमोबाइल्स र साहरा नेपालले अवार्डका लागि दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको खरेलले बताए । अवार्ड कार्यक्रमका लागि अध्यक्ष खरेलको नेतृत्वमा ५९ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ । त्यस्तै आर्थिक, प्रतिभा छनोट, प्रचारप्रसार, प्राविधिक, स्वयम्सेवक र अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति समेत गठन गरिएका छन् । गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकेटकी अप्सरी बेगम र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । पिपुल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले तथा लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।
Sports
23,939
नइलाई डा. उपाध्यायबाट पाँच लाख
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/78641
काठमाडौं, भदौ ३१ गते । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।नइ प्रकाशनको बैठकले डा. कपिलदेव उपाध्यायको योगदानको सम्मान गर्दै जेहनदार विद्यार्थीको हित हेतु नइ कपिल विद्या पदकको स्थापना गर्ने निर्णय गरेको छ । तीस हजार रुपियाँ राशिसहित नइ कपिल विद्या पदक हुम्लाका सरकारी विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट हुने एक जना छात्रालाई हरेक वर्ष प्रदान गरिने छ ।
News
53,782
‘देशमा केही हुन्न’ भन्ने न्यारेटिभ कांग्रेसले चिर्नुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आमजनताका बीचमा विकास भएको ‘यो देशमा केही हुँदैन’ भन्ने न्यारेटिभलाई चिर्नुपर्ने बताएका छन् । उनले यस्तो भाष्यलाई कांग्रेसले मात्रै चिर्न सक्ने दाबी गरे । 
https://ekantipur.com/news/2024/02/22/congress-should-break-the-narrative-that-nothing-happens-in-this-country-koirala-56-12.html
काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आमजनताका बीचमा विकास भएको ‘यो देशमा केही हुँदैन’ भन्ने न्यारेटिभलाई चिर्नुपर्ने बताएका छन् । उनले यस्तो भाष्यलाई कांग्रेसले मात्रै चिर्न सक्ने दाबी गरे ।  पार्टीको महासमिति बैठकमा बोल्दै नेता कोइरालाले भने, ‘आमजनतामा गम्भीररुपमा ‘यो देशमा केही हुँदैन’ भन्ने न्यारेटिभ निर्माण भएको छ । यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापकरुपमा परिचालित भएर देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने विश्वास दिलाउन आवश्यक छ ।’नेता कोइरालाले त्यसकालागि महासमिति बैठकबाट शक्ति प्राप्त भएको सन्देश दिए । ‘मलाई विश्वास छ महासमितिको बैठकपछि हामी नयाँ कांग्रेसको भावना सहित उर्जावान भएर आफ्नो राजनीतिक कर्मभूमिमा फर्कने छौँ, र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकबीच स्थापित गराउन कुनै कसर बाँकी राख्ने छैनौं,’ कोइरालाले भने, ‘यो अठोट गर्दा हामी कहाँ चुक्यौँ र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौँ भनी चिन्ता मात्र होइन, चिन्तन गर्न यो महासमितिबाट हामीलाई प्रेरणा मिलेको छ ।’उनले पार्टीमा कार्यकर्ताहरु पार्टीको मेरुदण्डको हड्डीकारुपमा रहेको इङ्गित गरे । ‘पार्टी संगठन मेशिन हो, मेशिन चलाउने कार्यकर्ताहरु पार्टीको रिडका हड्डी हुन् । नेताहरु पार्टीका मूल्य, मान्यता, विचार र आदर्श बोक्ने सन्देश प्रवाह गर्ने संवाहकमात्रै हुन्,’ उनले भने । नेता कोइरालाले मुलुकमा लोकतन्त्र संकटमा परिरहेको भन्दै लोकतन्त्रको माध्यमबाट देशमा सुख, समृद्धि र सुशासन कायम हुन्छ भनेर कांग्रेसले प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए । ‘कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अबिचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो,’ नेता कोइरालाले भने, ‘आज नागरिकलाई लोकतन्त्रको माध्यमवाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु मुख्य चुनौती बनेको छ ।’उनले आम नागरिकहरु अहलिे आर्थिक कठिनाई, महंगी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, र कुशासनले आक्रान्त रहेको बताए ।
News
5,451
कोहलपुर नपालाई सिकलसेलका लागि ७० लाख बजेट
अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
https://gorkhapatraonline.com/news/66733
साबित्री गिरीकोहलपुर, जेठ २३ गते । अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कोहलपुर नगर कार्यपालिकाको मङ्सिर २७ गते बसेको बैठकले समपूरक र विशेष योजनाका लागि ११ वटा योजना माग गरी पठाएको थियो । त्यसमा समपूरक योजनाका लागि ५ वटा र विशेषका लागि ६ वटा योजना माग गरी पठाइएकोमा दुबैतर्फ एक–एक वटा योजना परेको नगरपालिकाले जनाएको छ । समपूरक तर्फ डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट विनियोजन भएको छ । यो योजनामा नगरपालिकाले ५० लाख थप्ने छ । यो योजना एक करोडको हुनेछ । डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा १२ र १३ का आधा दर्जन बस्ती डुवान र कटानको उच्च जोखिममा छन् । यस्तै, सङ्घीय सरकारसँग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले छैटौँ प्राथमिकतामा राखेर सिकलसेल ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरी पठाएको थियो । त्यसमा सङ्घीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ । 
News
55,921