title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
लामिछानेको अभिव्यक्तिप्रति महासङ्घको आपत्ति
नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासङ्घका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/53437
काठमाडौँ, माघ २३ गते । नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासङ्घका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताउनुभएको छ । महासचिव पुरीले भन्नुभएको छ, “संसद्को चौथो ठूलो दलका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो ।” सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासङ्घले चिन्ता प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।“लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासङ्घ प्रस्ट पार्न चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।यसैगरी नेपाल प्रेस युनियनले पनि पूर्वगृहमन्त्री लामिछानेको अभिव्यक्तिको विरोध गरेको छ । महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै लामिछानेले आफ्ना कमीकमजोरी ढाकछोप गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको बताउनुभएको  छ । विज्ञप्तिमा भनिएको छ, “पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् ।”   
News
58,601
गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय
गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो ।
https://gorkhapatraonline.com/news/90725
तम्घास, पुस ११ पुस । गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय स्थापना गरिएको छ । सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकाको तम्घासमा गत मङ्सिर अन्तिम सातादेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो । जिल्लामा कम्पनीको शाखा कार्यालय स्थापनाका लागि उक्त नगरपालिकाले गत असारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा मङ्सिरदेखि कार्यालय स्थापना गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।उक्त कार्यालयले नागरिकलाई खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, रैथाने बाली प्रवर्द्धन एवम् बजार सुनिश्चितता गर्ने, खाद्यान्न आपूर्ति गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिनेलगायत काम गर्ने कार्यालय प्रमुख पुष्पा पाण्डेले बताउनुभयो । सदरमुकाममा कम्पनीको कार्यालय स्थापना भएपछि चार पालिकामा कम्पनीको खरिद तथा बिक्री केन्द्र अर्थात् डिपो पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खबाङ्ग एवम् रेसुङ्गा नगरपालिकाको हाटबजारमा डिपो सञ्चालन गरिएको हो । छत्रकोट गाउँपालिकाको दौघामा पनि डिपो सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा कम्पनी एवम् डिपोबाट बजार मूल्यभन्दा कम मूल्यमा उपभोक्ताले दैनिक उपभोग्य सामग्री प्राप्त गर्ने भएका छन् । रासस 
News
35,819
नेपालका तीन क्षेत्र भूकम्पको जोखिममा छन्: डा. अधिकारी
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनु भएको छ ।
https://gorkhapatraonline.com/news/51143
नारद गौतम काठमाडौं, माघ २ गते । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनु भएको छ । उहाँका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । त्यस्तै, नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना रहेको छ । अहिले पनि बेला बेलामा नेपालको पश्चिम क्षेत्रमा भूकम्पका धक्का जाने क्रम जारी छ । मध्य क्षेत्रमा एक सयदेखि दुई वर्षमा ठूला भूकम्प गएको देखिन्छ । पूर्वमा र पश्चिममा ठूलो भूकम्प जाने जोखिम कायमै छ । पाँच सय वर्षदेखि पश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चय भएको छ । पूर्वी नेपालमा पनि शक्ति सञ्चय भइरहेको छ । नेपाल पूर्णरुपमा भूकम्पीय जोखिममा छ, डा. अधिकारीको विश्लेषण छ । ‘‘भूकम्पले आफैँ मान्छे मार्दैन । २०७२ सालको भूकम्प हामीले भोगेका छौँ । त्यही अनुसार सुरक्षित संरचना बनाऔँ । भूकम्प अचानक आउँछ, त्यसैले यसबारेमा राम्रो ज्ञान हासिल गर्नुपर्छ ।’’ डा. अधिकारी भन्नुहुन्छ ।‘‘यो समयमा र यस ठाउँमा भूकम्प जान्छ भन्ने अग्रिम सूचना दिने प्रविधिको विकास भएको छैन । तर कुन क्षेत्रमा ठूलो भूकम्प जाँदैछ भनेर भन्न सकिन्छ । अहिले हल्लाउँदै नहल्लाएको भूकम्प पनि गएको हामीलाई थाहा हुन थालेको छ । काठमाडौंको दक्षिणतर्फको शक्ति अझै  पनि गएको छैन ।  त्यो शक्ति अहिले पनि जस्ताको त्यस्तै छ । २५ औँ भूकम्प सुरक्षा दिवसमा सन्दर्भमा भूकम्पविद् डा. लोकविजय अधिकारीसँग गरिएको दृश्य संवाद  :दृश्य छायाङ्कन : केशब गुरुङ,  दृश्य सम्पादन : मनोजरत्न शाही
News
59,042
सितोरियो कराते संघ दार्चुलाको अध्यक्ष अवस्थी
नेपाल सितोरियो कराते संघ दार्चुलाको अध्यक्षमा तोरनप्रसाद अवस्थी चयन भएका छन् । सदरमुकाममा शनिबार भएको भेलाले अवस्थीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
https://ekantipur.com/sports/2023/08/19/169244945295537368.html
दार्चुला — नेपाल सितोरियो कराते संघ दार्चुलाको अध्यक्षमा तोरनप्रसाद अवस्थी चयन भएका छन् । सदरमुकाममा शनिबार भएको भेलाले अवस्थीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।संघको उपाध्यक्षमा उपेन्द्र पाल, सचिवमा लोकेन्द्रसिंह धामी, सहसचिवमा राजेन्द्र विष्ट, कोषाध्यक्षमा गिता महरा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पदमसिंह धामी, रमेश ठगुन्ना, सर्मिला हृयाकी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, दिपक बडू, महेश लुहार, ममता ऐतवाल, विशनसिंह बुढाथोकी, हरेन्द्र चन्द र उपेन्द्र धामी चयन भएका छन् । त्यसैगरी भेलाले संघको प्रदेश प्रतिनिधिमा अध्यक्षसहित उपेन्द्रबहादुर पाल, लोकेन्द्रसिंह धामी, राजेन्द्र विष्ट र गीता महरालाई सर्वसम्मतिले चयन गरिएको सितोरियो करातेका मुख्य प्रशिक्षक ओमकार गिरीले जानकारी दिए ।
Sports
16,549
खसीबोका बिक्री आजदेखि खुला
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले खसीबोका प्रतिकेजी छ सय ८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपियाँ मूल्य निर्धारण गरेको छ ।
https://gorkhapatraonline.com/news/40219
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले खसीबोका प्रतिकेजी छ सय ८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपियाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६५० रुपियाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले मूल्य बढ्न गएको कम्पनीले जनाएको छ । बुधबार बिहानदेखि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । २२७ वटा च्याङ्ग्रा आइसकेको र खसीबोका बाटोमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको जानकारी दिनुभयो । बुधबार बिहान १० बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने उहाँले जानकारी दिनुभयो । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका  र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले खसीबोका प्रतिकेजी ५७० देखि छ सय रुपियाँमा खरिद गरेको जनाएको छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार १५० रुपियाँमा खरिद गरेको कम्पनीले जनाएको छ । दशँैमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले गाउँगाउँमा गई खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेका छन् । यसपालि उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ । हुम्ला समाचारदाताका अनुसार यसपालिको दशैँका लागि बझाङको साइपालबाट खसीबोका हुम्ला आइपुगेका छन् । कोरोनाका कारण चीनसँगका चारवटा नाका बन्द हुँदा च्याङ्ग्रा नआउने भएपछि साइपालबाट खसी ल्याइएको हो । खसी व्यापारी जयबहादुर शाहीले साइपालबाट दुई चरणमा खसी ल्याएर बिक्री गरिएको र अब एक चरण पुग्ने बेला भएको बताउनुभयो । उहाँले च्याङ्ग्राको तुलनामा खसीको मूल्य बढी पर्ने भएको कारण हुम्लावासीको दशैँ पनि महँगो हुने बताउनुभयो । 
News
40,145
नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।
https://gorkhapatraonline.com/news/48382
काठमाडौं, पुस ४ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।सचिवालयका सहसचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिनुभयो ।नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनुहुनेछ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ ।सांसदहरूको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ ।गौतमका अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।
News
59,710
शुल्क निर्धारण र छात्रवृत्तिमा कडाइ
विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ । मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे पत्राचार गरेको छ । मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई अर्को परिपत्र गरेको छ ।
https://gorkhapatraonline.com/news/101325
काठमाडौँ, चैत १३ गते । विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ । मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे पत्राचार गरेको छ । मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई अर्को परिपत्र गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्बन्धमा व्यवस्था गरेको छ । स्थानीय तहबाट स्वीकृत कानुनका आधारमा सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको थियो ।यी सबै कार्यको व्यवस्थापनको काम, कर्तव्य र अधिकार गाउँपालिका तथा नगरपालिकाको रहेको पनि शिक्षा मन्त्रालयले स्मरण गराएको छ । साथै सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता शिवप्रसाद सापकोटाले प्रचलित कानुनको पालना गर्नु सबै विद्यालयको कर्तव्य भएको बताउँदै मन्त्रालयले सोही व्यवस्थालाई कार्यान्वयन गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था छ । अहिले पनि मुलुकका नाम चलेका र विद्यार्थी आकर्षण रहेको भनिएका सार्वजनिक विद्यालयले कक्षा १ देखि १२ सम्मकै विद्यार्थीबाट भर्ना, मासिक तथा अन्य थुप्रै शीर्षकमा शुल्क लिइरहेका छन् । प्रचलित ऐन, नियमावली र मन्त्रालयको समेत अनुरोध अक्षरशः कार्यान्वयन गर्ने हो भने अबदेखि सार्वजनिक विद्यालयले कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क लिन पाउँदैनन् तर सरकारले पर्याप्त शिक्षक, कर्मचारी तथा प्रशासनिक खर्चका लागिसमेत रकम नदिने हो भने मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न नसकिने राजधानीका एक सार्वजनिक विद्यालयका प्रधानाध्यापकले बताउनुभयो । उहाँको भनाइ छ, “हाम्रो स्कुलमा कक्षा ११ र १२ मा मात्रै ५० जनाभन्दा बढी करारका शिक्षक हुनुहुन्छ । कि ती शिक्षकलाई सरकारले तलब दिनुपर्‍यो, कि शुल्क उठाउन दिनुपर्‍यो ।”मन्त्रालयले निजी लगानीका (संस्थागत) विद्यालयले विद्यार्थीबाट लिइरहेको शुल्कका विषयमा पनि कडा अनुगमन गर्न अनुरोध गरेको छ । अहिले निजी विद्यालय सञ्चालकले विद्यार्थी भर्नाको समयमा एकथरी शुल्क तोक्ने र पढ्न थालेपछि अन्य थुप्रै शीर्षकमा शुल्क तिर्न विद्यार्थीलाई बाध्य पार्ने गरेका छन् । 
News
41,706
नेफ्टाको अध्यक्षमा पुष्कर लामा तेस्रोपटक निर्वाचित
चलचित्र प्राविधिक संघ(नेफ्टा)को अध्यक्षमा पुष्कर लामा(प्रेम बोम्जन) तेस्रो पटक पुन: निर्वाचित भएका छन् । संस्थाको २० औं वार्षिक साधारण सभाबाट लामा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । 
https://ekantipur.com/entertainment/2023/02/24/167722044660634850.html
काठमाडौँ — चलचित्र प्राविधिक संघ(नेफ्टा)को अध्यक्षमा पुष्कर लामा(प्रेम बोम्जन) तेस्रो पटक पुन: निर्वाचित भएका छन् । संस्थाको २० औं वार्षिक साधारण सभाबाट लामा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि २०७२ र २०७५ मा पनि संस्थाको नेतृत्वमा उनी नै चयन भएका थिए । त्यस्तै उनीसँगै 'के घर के डेरा'का निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।लामाले पर्दा पछाडि काम गर्ने प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्य, उपचारमा छुटको व्यवस्था, आर्थिक सहयोग प्रदान गर्नेजस्ता एजेन्डामा आफ्नो कार्यकालमा काम गर्ने बताएका छन् । फिल्म अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई कलेज तथा विश्वविद्यालयमा विशेष छूटका लागि पनि पहल गर्ने उनको योजना छ । कोभिडबीच उनकै पहलमा थुप्रै प्राविधिकले राहत प्राप्त गरेका थिए । लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकाको टेक्सासमा नेफ्टा अवार्ड समेत हुँदैछ । साधारण सभाको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आफूले पहल गर्ने बताए । नेफ्टाको साधारण सभाका लागि बिहीबार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु काठमाडौं आइपुगेका थिए ।
Entertainment
7,761
आन्तरिक पर्यटकको गन्तव्य बन्दै कोइलही ताल
वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिकादेखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो ।
https://gorkhapatraonline.com/news/51436
अविनाश चौधरीधनगढी, माघ ४ गते । वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिकादेखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो । कैलारी गाउँपालिका –९ मा रहेको यो ताल आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ । सार्वजनिक बिदाका बेलामात्रै नभई अन्य दिन पनि यो तालमा घुमफिर गर्न र पिकनिक खानेका लागि गन्तव्य बन्दैगएको छ । आन्तरिक पर्यटकले कोइलही ताल खचाखच हुन थालेको छ । ‘बिदाको दिन अझै बढी मान्छे हुन्छन्’, ताल क्षेत्रमा फलफूलको व्यापार गर्दै आउनुभएका बनकन्द्री गाउँका बुधराम थारुले भन्नुभयो, ‘अरू दिन पनि घुम्न आउनेको सङ्ख्या कम छैन ।’ दिनहुँ दुई तीन सय मान्छे घुमफिर गर्न र पिकनिक खानका लागि कोइलही ताल आउनेगरेको उहाँको भनाइ छ । यो तालमा पर्यटकका मनोरञ्जनका लागि डुङ्गा सञ्चालन हुँदैआएको छ । ताल अवलोकन र घुमफिर गर्न आएकाहरू डुङ्गामा सयर गरेर आनन्द लिनेगरेका छन् । पिकनिक खानका लागि मात्रै नभई शैक्षिक भ्रमणका लागि टाढा–टाढाको विद्यालयका विद्यार्थी, शिक्षक पनि कोइलही ताल पुग्ने गर्छन् । चाडपर्वपछि धेरैजसो मान्छे पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका स्थानीयवासी बताउँछन् । ताल परिसरमा पिकनिक क्षेत्र बनाइएको छ । पिकनिक क्षेत्रमा हरेक दिन घुइँचो लाग्नेगरेको स्थानीय व्यापारी थारुले बताउनुभयो । यसैगरी, विभिन्न सङ्घसंस्था, समूह र शैक्षिक संस्थाका कर्मचारीहरू संस्थागत छलफलसहित रमाइलो गर्नका लागि पनि कोइलही तालमा पुग्नेगरेका छन् । जोशीपुर गाउँपालिका –२ मुद्धि घर भई युनाइटेड एकेडेमी स्कुल टीकापुरमा कार्यरत रञ्जना रावतले अफिसको ‘मिटिङ’ सहित पिकनिकका लागि पहिलो पटक कोइलही तालमा आएको बताउनुभयो । ‘एक दिन घुमघाम गरेर फर्कन सकिने भएकोले छोटो समयमा घुमघाम गर्न चाहनेहरूका लागि यो ठाउँ राम्रो लाग्यो’ सोही विद्यालयका शिक्षक ललिता कठरियाले भन्नुभयो । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आर्थिक वर्ष २०७३–७४ मा थोरै व्यवस्थित गर्ने कार्य भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया एवम् सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ९७ लाख ७४ हजार रुपियाँ खर्चेर व्यवस्थापनको साथै केही संरचना बनाउने कार्य भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं, तिहार सकिएपछि हरेक वर्ष हिउँद यामभरी पर्यटकको घुइँचो लाग्ने गर्छ । अत्तरियास्थित होलिल्याण्ड स्कुलका शिक्षक सुरेन्द्र चन्दले घुमफिरका लागि ताल क्षेत्र निकै राम्रो रहेको बताउनुभयो । ‘यो ठाउँ राम्रो छ’, उहाँले भन्नुभयो, ‘यहाँ थुप्रै मान्छे घुमफिर गर्न आउने गर्दछन् ।’ सो विद्यालयका विद्यार्थीसमेत शैक्षिक भ्रमणको लागि कोइलही ताल पुगेका थिए । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोइलही ताल क्षेत्रमा व्यापार व्यवसाय पनि फष्टाएको छ । स्थानीय व्यवसायीले पिकनिक क्षेत्रमा नास्ता, मिठाइ, फलफूल, पान लगायतको व्यापार गर्दैआएका छन् । दिनभरिमा दश बाह्र हजार रुपियाँको बिक्री हुनेगरेको मिठाइ व्यापारी रामु चौधरीले बताउनुभयो । ‘भीडभाड बढी भएको दिन व्यापार राम्रो हुन्छ’, उहाँले भन्नुभयो । 
News
49,562
प्रेसमैत्री ऐन बनाउन प्रेस युनियनको माग
नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
https://gorkhapatraonline.com/news/61898
कबिराज घिमिरेहिले, बैशाख ९ गते । नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दवाब दिन जोड दिएको छ । त्यस्तै, आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरेको प्रेस युनियन कोशी प्रदेशका महासचिब सञ्जीब बाग्लेले बताउनुभयो । त्यस्तै, घोषणापत्रमा धनकुटाको पर्यटन विकासका लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यममार्फत प्रबर्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नेमा जोड दिएको छ ।बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई, सल्लाहकार लिला बल्लब घिमिरेसहित प्रदेशका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक धनकुटा नगरपालिका –४, दानाबारीस्थित नुनथला होमस्टेमा बसेको थियो । 
News
56,959
अर्थतन्त्रमा बढ्दो संकट र समाधानका उपाय
कोभिड महामारीबाट तङ्ग्रिँदै गरेको विश्व अर्थतन्त्रमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभावका कारण फmेरि समस्याहरू देखिन थालेका छन् । रुस–युत्रेन युद्धको बाछिटा विकासोन्मुख देशहरूसम्मै आइपुगेको छ । नेपालमा आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा वित्तीय क्षेत्रमा तरलता समस्या देखिन थाल्यो । २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय क्षेत्रको सीडी रेसियो ९०.०६ प्रतिशत रह्यो । वित्तीय क्षेत्रमा लगानीयोग्य कोषको कमी हुन नपाओस् भनी नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा नीति, नियम, निर्देशन र सूचनाहरू जारी हुँदाहुँदै पनि समस्या घट्न नसकेकाले अब के हुने हो, स्पष्ट भन्न सकिने अवस्था छैन ।
https://ekantipur.com/opinion/2022/09/08/166260166575182715.html
कोभिड महामारीबाट तङ्ग्रिँदै गरेको विश्व अर्थतन्त्रमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभावका कारण फmेरि समस्याहरू देखिन थालेका छन् । रुस–युत्रेन युद्धको बाछिटा विकासोन्मुख देशहरूसम्मै आइपुगेको छ । नेपालमा आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा वित्तीय क्षेत्रमा तरलता समस्या देखिन थाल्यो । २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय क्षेत्रको सीडी रेसियो ९०.०६ प्रतिशत रह्यो । वित्तीय क्षेत्रमा लगानीयोग्य कोषको कमी हुन नपाओस् भनी नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा नीति, नियम, निर्देशन र सूचनाहरू जारी हुँदाहुँदै पनि समस्या घट्न नसकेकाले अब के हुने हो, स्पष्ट भन्न सकिने अवस्था छैन ।आर्थिक वर्ष २०७८–७९ मा निक्षेप र कर्जाको वृद्धिदर क्रमशः ११ प्रतिशत र १२ प्रतिशत रह्यो । लगानीको ठूलो रकम आयातमा गएको छ, उद्देश्य नखुलेका लगानीहरू पनि आयात व्यापारतर्फै केन्द्रित छन्, घरजग्गाजस्ता क्षेत्रमा लगानी बढ्नाले तिनको मूल्य अकासिएको छ । वित्तीय क्षेत्रमा तरलता अभावले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ठप्पप्रायः छ । लगानी बन्द हुँदा अर्थतन्त्र चलायमान हुन सक्दैन । व्यापार–व्यवसायमा थप लगानी हुन नसक्दा एकातिर उद्योगधन्दाहरूले पर्याप्त उत्पादन गर्न सक्दैनन् भने अर्कातिर आयात कम हुँदा राजस्व संकलनमा पनि नकारात्मक असर पर्छ । औद्योगिक क्षेत्रलाई चालु पुँजी कर्जाको पछिल्लो व्यवस्था प्रतिकूल रहेको उद्योग परिसंघको गुनासो छ ।स्थानीय तहको चुनाव भइसक्दा र आर्थिक वर्ष (२०७८–७९) को सालतमामी भइसक्दा पनि तरलता अभाव खासै कम हुन सकेन । असार मसान्तमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत अनुभव भएको थियो । विडम्बना, पहिलो त्रैमासको पहिलो महिना नबित्दै तरलता करिब १०० अर्ब हाराहारी बाहिरिएको तथ्यांकले देखाउँछ । यद्यपि भदौ १०–१७ को एक सातामा वाणिज्य बैंकहरूमा ११ अर्ब रुपैयाँ थपिएर निक्षेप ४४ खर्ब ३७ अर्ब पुगेको नेपाल बैंकर्स संघले बताएको छ ।यस्तो परिस्थितिमा व्यापारिक वर्ग, लगानीकर्ता तथा सरोकारवालाहरू मौद्रिक नीतिमा आशावादी थिए । तर आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाहरूका लागि सहजभन्दा पनि केही पेचिलो बनेर आएको छ । तरलता समस्या निम्नलिखित कारणले आएको हो—रेमिट्यान्स वैधानिक बाटोबाट आउनमा कडाइ नगर्ने, नुनदेखि सुनसम्म आयात गरिरहने, विदेशी विनिमय सञ्चिति ६.९ महिनालाई मात्र पुग्ने अवस्था हुँदाहुँद पनि अर्थतन्त्र बलियो छ भन्नु तथ्यहीन हो । खण्डीकरण गरी जग्गाको कारोबारबाट कर उठाउने प्रवृत्तिले ‘घर डढाएपछि खरानीको के दुःख’ भने जस्तो भएको छ । यसैले अबको समयमा समग्र अर्थतन्त्रमा आर्थिक संकट देखिने निश्चितप्रायः छ । कुनै एक वर्ग–समुदाय–क्षेत्रले पार लगाउन नसक्ने समस्या भएकाले सबै सरोकारवाला समाधानमा लाग्नुपर्छ । अर्थतन्त्रमा देखिएको यो विषम परिस्थितिको सामना गर्न निम्नलिखित क्षेत्र–वर्गले आ–आफ्नो भूमिका राम्ररी निर्वाह गर्नुपर्छ— राज्य/सरकार ः सरकारको जिम्मेवार पदमा भएकाहरूले देशको प्राथमिकता अनुसारको उपलब्धि हासिल गर्न आवश्यक नीतिनियम, कानुन तर्जुमा गर्नुपर्छ ताकि राम्रो काममा पनि बाधा–अड्चन नआओस् । उत्पादनमा सहुलियत र प्रोत्साहन, प्रक्रिया सहज हुनुपर्छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्थाहरू समयानुकूल अद्यावधिक हुन नसक्दा नेपाल ग्रे लिस्टमा पर्ने सक्ने जोखिम छ । विदेशी मुद्राको सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले सीमित व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएर गल्ती गरेको छ । चुरोट र सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रङ्गीन टीभी र हीराको आयात खुलाउने बेला हो त यो ? यसमा पुनर्विचार आवश्यक छ ।नेपाल राष्ट्र बैंक : बैंक तथा वित्तीय संस्थाको नियामक निकायको भूमिका प्रभावकारी हुनुपर्ने समय हो यो । नेपाल राष्ट्र बैंकका कामहरूको प्रभाव कहिलेकाहीँ अपेक्षित नदेखिने गरेको छ । कतिपय सन्दर्भमा नियामक निकाय मुकदर्शक भएको आभास हुन्छ । कोभिडको सुरुआती समयमा कर्जाका ग्राहकहरूलाई उपलब्ध गराइएका सहुलियत तथा छुट सुविधाहरू कति सान्दर्भिक थिए भन्ने आत्मसात् गर्दै राष्ट्र बैंकले अर्थतन्त्रको रक्षाका लागि फेरि पनि सञ्जीवनी बुटी दिन सक्नुपर्छ । बैंक तथा वित्तीय संस्था : सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई नाफामुखीभन्दा पनि समग्र अर्थतन्त्रको विकास, देशको समृद्धिमा कसरी सहयोग गर्न सकिन्छ भनेर उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ । नियामक निकायले यति गर भनेपछि मात्रै त्यो क्षेत्रमा लगानी गर्ने होइन कि, हामीले कति योगदान पुर्‍याउन सक्छौं भनी स्वस्फूर्त रूपमा त्यस्ता कार्यमा लागिहाल्नुपर्छ । पछिल्लो समयको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था सही छ त ? गम्भीर प्रश्न छ । औद्योगिक कर्जाका लागि यो व्यवस्थाले नकारात्मक असर पार्छ । त्यसैले कर्जाको प्रोडक्ट अनुसार नीति बनाउनुपर्छ । सेयर कर्जामा ४ र १२ को प्रावधान रहेकामा ४ हटाइयो, अब १२ पनि हटाउनुपर्छ ।व्यापारी तथा व्यावसायिक वर्ग : सरकार एक्लैले समग्र विकास गर्न सम्भव हुँदैन भन्ने मर्म अनुसार सार्वजनिक–निजी साझेदारीको अवधारणा अघि आएको हो । व्यापार–व्यवसायमा लगानीका लागि ठूलो कोषको आवश्यक पर्ने हुनाले निजी क्षेत्रको सहभागिता महत्त्वपूर्ण मानिन्छ । व्यापारिक वर्गलाई अर्थतन्त्रको रक्तसञ्चारका रूपमा लिइन्छ । यही वर्ग हो जसले अर्थतन्त्र चलायमान गराउँछ । लगानी, वस्तु उत्पादन, आयात–निर्यात र वस्तु बिक्री गर्ने एवं राजस्व तिर्ने यो वर्ग अब वस्तु आयातमा भन्दा उत्पादनको बाटो हिँड्नुपर्छ । सरकारले त्यस अनुकूलको व्यवस्था गरिदिनुपर्छ । गैरआवासीय नागरिक वा वैदेशिक रोजगारीमा जानेहरू : विदेशमा आय आर्जनमा लागेकाहरूले स्वदेशमा रकम वैधानिक माध्यमबाट मात्र पठाउनुपर्छ । सचेत नागरिकको कर्तव्य हो त्यो । अर्को कुरा, रेमिट्यान्स जहिले पनि उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्नुपर्छ । त्यसो हुन सके उनीहरूकै पनि आर्थिक अवस्था राम्रो हुँदै जान्छ । सर्वसाधारण नागरिक : हामी नेपालीमा श्रम गर्ने बानी हराएको छ, दुःख गर्न मन लाग्दैन, सबैलाई छोटो समयमा धन आर्जन गर्नु छ । चाडबाड, शुभकार्यहरू यति भड्किला हुन थालेका छन्, सामान्य खर्चले एक छेउ पुग्न छाडेको छ । देशमा उत्पादन केही छैन, भान्सादेखि भोजभतेरसम्म आयातमै निर्भर हुनुपरेको छ । गत वर्ष चीन र भारतबाट मात्र ७ अर्ब रुपैयाँको स्याउ आयात भयो । यही साउनमा मात्र ६९ करोड ८७ लाखको स्याउ भित्रिएको छ । हरेक नागरिक सचेत भई आयातित वस्तु आवश्यकताभन्दा बढी खरिद नगर्ने, सीमित प्रयोग गर्ने गर्नुपर्छ । सर्वसाधारण नागरिकले आयातित वस्तुहरूको उपयोग घटाउँदै लैजान सके विदेशी मुद्रा सञ्चितिमा दबाब कम हुन्छ । छत्कुली राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।
Opinion
11,531
प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल एकेडेमीलाई
प्याब्सन मोरङको १३ औं स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको पूर्वाञ्चल एकेडेमीले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर उपाधिको रक्षा गरेको हो । 
https://ekantipur.com/sports/2024/02/11/pabson-sports-meet-title-to-purvanchal-academy-41-03.html
विराटनगर — प्याब्सन मोरङको १३ औं स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको पूर्वाञ्चल एकेडेमीले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर उपाधिको रक्षा गरेको हो । सुन्दरहरैचाकै सिद्धार्थ सेकेण्डरी स्कुलले २ स्वर्ण, ४ रजत जितेर २२ अंक ल्याएर दोस्रो हुँदा विराटनगरको एभरेष्ट स्कुलले ३ स्वर्ण, ३ कांस्य पदकसहित २१ अंक ल्याएर तृतीय भएको छ ।त्यसैगरी ग्रामथान गाउँपालिकाको जनक मेमोरियलले १ स्वर्ण, १ रजत र ४ कांस्य पदकसहित १६ अंक जोडेर चौथो र त्यहींको शारदा स्कुलले १ स्वर्ण, २ रजत र २ कांस्य पदकसहित १५ अंक ल्याएर पाँचौ भएको छ । प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सिर्जना बिक घोषित भइन् । उनले खेलभरिमा पाँच स्वर्ण हात पारिन् । त्यसैगरी छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुबोध चौधरी घोषित भए । उनले २ स्वर्ण र १ रजत पदक जितेका थिए ।
Sports
14,857
लुकाकु फेरि चेल्सीमा
बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु बिहीबार फेरि इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फर्केका छन् । उनलाई चेल्सीले इन्टर मिलानबाट ल्याउन १३ करोड ५० लाख डलर तिरेको छ ।
https://ekantipur.com/sports/2021/08/13/162881636532493376.html
लन्डन — बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु बिहीबार फेरि इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फर्केका छन् । उनलाई चेल्सीले इन्टर मिलानबाट ल्याउन १३ करोड ५० लाख डलर तिरेको छ ।लुकाकु सात वर्षअगाडि चेल्सीमै थिए । उनकै मद्दतमा इन्टरले ११ वर्षको पछि इटलीको सिरी ए उपाधि जितेको थियो । तर आर्थिक अभावका कारण इन्टर उनलाई बेच्न बाध्य भएको हो ।उनको आगमनपछि चेल्सी प्रिमियर लिग उपाधिका लागि बलियो प्रत्याशी बनेको छ । उनले यसअघि अन्य दुई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र वेस्ट ब्रुमका लागि पनि खेलिसकेका छन् ।
Sports
22,553
विपन्न बालबालिकालाई पोशाक वितरण
समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/71451
काठमाडौँ,  साउन  २ गते । समाजसेवी  डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१  र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो । वडा कार्यालयको आग्रह र  नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो ।सो अवसरमा अध्यक्ष  परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताउनुभयो । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन  सबैको प्रयत्न आवश्यक छ भन्नुभयो । रासस
News
42,399
नामग्याललाई टुरिजम गल्फ
ढुन्डुल नामग्यालले नेपाल टुरिजम कप गल्फको कर्पोरेट इभेन्ट जितेका छन् । बुधबार १० ह्यान्डिक्याप लिएर खेलेका उनले ४१ स्टेबलफोर्ड स्कोर बनाउँदै उपाधि जितेका हुन् । नरेन्द्र गुरुङ ३८ अंकसाथ दोस्रो भए भने वाङचेन ढोन्डुपले ग्रस उपाधि जिते । 
https://ekantipur.com/sports/2021/09/30/163296907352888436.html
काठमाडौँ — ढुन्डुल नामग्यालले नेपाल टुरिजम कप गल्फको कर्पोरेट इभेन्ट जितेका छन् । बुधबार १० ह्यान्डिक्याप लिएर खेलेका उनले ४१ स्टेबलफोर्ड स्कोर बनाउँदै उपाधि जितेका हुन् । नरेन्द्र गुरुङ ३८ अंकसाथ दोस्रो भए भने वाङचेन ढोन्डुपले ग्रस उपाधि जिते । वाङचेनले बोगी फ्री राउन्डमा ४ बर्डिज गर्दै ४० स्कोर गरेका थिए । उनले सर्वाधिक बर्डिजको उपाधि पनि पाए । सुष्मा कोइराला ३३ स्टेबलफोर्ड अंक जोड्दै महिलातर्फ विजेता बनिन् । कश्मिरा शाह ३० अंकसाथ उपविजेता भइन् । टीजी श्रेष्ठ ३४ अंकसहित सिनियरतर्फ विजेता र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे ३३ अंकसहित उपविजेता रहे । टासी डोङले लङगेस्ट ड्राइभ र सुरेन्द्र फुयालले क्लोजेस्ट टु द पिनको उपाधि जिते । अघिल्लो दिन आर्मी अफिसर्स गल्फ क्लबले स्पर्धाको क्लब च्याम्पियनसिप जितेको थियो ।नेपाल गल्फ संघले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको तीनदिने प्रतियोगितामा कर्पोरेटका ८० खेलाडी सहभागी थिए । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, सदस्य गोविन्द भट्टराई, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, क्याप्टेन जोसेफ नाथन, कतार राजदूतावासका डीसीएम खालिद अब्दुल्लाह अल इब्राहिमले पुरस्कृत गरे ।
Sports
22,189
खेलकुद बिमा लेख कार्यान्वयनमा, सुरुमा ५० खेलाडीको बिमा
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख कार्यान्वयनमा आएको हो ।
https://ekantipur.com/sports/2024/02/29/sports-insurance-articles-in-implementation-initially-insuring-50-players-42-42.html
काठमाडौँ — खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख कार्यान्वयनमा आएको हो ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् ।प्रत्येकको ७ लाख रुपैयाँबराबरको बिमा गरिएको छ । बिमा अवधि १ सय ६३ दिनको छ । उपचार गर्नुपर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउनेछन् ।नेपाल बिमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन समूहमा वर्गीकरण गरी २०८० मंसिर १३ खेलकुद बिमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ मा सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हित मध्यनजर गरी खेलकुद बिमालेख कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।
Sports
14,558
पृथु चितवनको कप्तान
चितवन टाइगर्सले पृथु बाँस्कोटालाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि कप्तान नियुक्त गरेको छ । पृथुको कप्तानीमा नेपालले सन् २०१२ मा अस्ट्रेलियामा आईसीसी यू–१९ विश्वकप खेलेको थियो ।
https://ekantipur.com/sports/2018/12/06/15440686565273125.html
काठमाडौँ — चितवन टाइगर्सले पृथु बाँस्कोटालाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि कप्तान नियुक्त गरेको छ । पृथुको कप्तानीमा नेपालले सन् २०१२ मा अस्ट्रेलियामा आईसीसी यू–१९ विश्वकप खेलेको थियो ।गत वर्ष पनि पृथु चितवनकै कप्तानमा थिए । तर प्रहरी प्रशासनको घेरामा रहेका कारण उनले ईपीएलका कुनै खेल खेल्न पाएका थिएनन् । मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले चितवनको नेतृत्व गरेका थिए । एकमात्र खेल जितेको चितवन पुछारमा थियो । पृथुले आफ्नो टोली दाबेदारका साथ ईपीएलमा प्रस्तुत हुने जनाएका छन् । चितवनले प्रशिक्षक कलाम अली, टिम लिडर एवं व्यवस्थापक श्यामसङजंग थापालाई नियुक्त गरेको छ । अली गत वर्ष पनि प्रशिक्षक थिए । सन्तुलित टिम रहेको जनाउँदै उनले युवाले भरिएका कारण चितवन जोसिलो रहने बताए । चितवनले टयालेन्ट हन्टबाट आकाश थापालाई लिएको छ । उनी गत वर्ष पनि टयालेन्ट हन्टबाटै टोलीमा आएका थिए । आयरल्यान्डका पाउल स्टर्लिङसहित काउन्टी खेलिरहेका जोहन सिम्पसन र इंग्लिस खेलाडी जर्ज स्कट चितवनका विदेशी खेलाडी हुन् । स्टर्लिङ बिहीबार राति काठमाडौं आइपुग्ने चितवनले जनाएको छ ।ललितपुर टोलीमा कमलयसैबीच ललितपुर प्याट्रियट्सले टयालेन्ट हन्टबाट कमल खत्रीलाई लिएको छ । ईपीएलको प्रावधानअनुसार टयालेन्ट हन्टबाट एक खेलाडी लिनुपर्ने हुन्छ । बुधबार काठमाडौंको मुलपानी मैदानमा सम्पन्न छनोटमा कमल अन्य १७ खेलाडीलाई उछिन्दै टोलीमा पर्न सफल भएको ललितपुरले जनाएको छ । मंसिर १२ मा भएको पहिलो चरणको छनोटमा २ सय ६ खेलाडी सहभागी थिए । प्रशिक्षक राजु बस्न्यात र कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भएको छनोटबाट १८ खेलाडी छनोट गरेका थिए । त्यसबाट देव्रेहाते मध्यम गतिका बलर एवं दाहिने हाते ब्याट्सम्यान कमल छनोट भएका हुन् ।
Sports
28,316
पाँचौ सडक खाना महोत्सवको तयारी पूरा
बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो ।
https://gorkhapatraonline.com/news/91035
कपिल ज्ञवालीसिद्धार्थनगर, पुस १३ गते । बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो । पुस १४ देखि सुरु हुने महोत्सव १६ गतेसम्म चल्ने छ । तीन दिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताउनुभयो । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले महोत्सवले पर्यटन क्षेत्रको प्रवर्धनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।‘होटल व्यवसायीहरु दिन प्रतिदिन पलायन हुनेक्रम बढ्दो छ’ भण्डारीले भन्नुभयो, ‘सरकारले होटल व्यवसायीलाई अपेक्षाअनुसार सहयोग गरेको छैन, व्यवसायीहरु अहिले धराशायी बनेका छन्, राज्यले संरक्षण गर्नुपर्छ ।’खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपियाँ आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताउनुभयो । महोत्सव बेलुका ६ बजेदेखि राति १२ बजेसम्म महोत्सव चल्ने छ । मगर, गुरुङ, नेवारी, थकालीलगायत जातीका खानाका परिकारसहित एक सयवटा विभिन्न प्रकृतिका स्टलहरु रहनेछन् । विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रदर्शन र बुटवलमा रात्रीकालीन बजारको सम्भावना र चुनौतीका बारेमा समेत महोत्सवमा छलफल हुने आयोजकको भनाइ छ ।२०७५ देखि संघले बुटवलमा सडक खाना महोत्सव सञ्चालन गर्दै आइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न खानाका परिकार र सँस्कृतिहरु प्रदर्शनका लागि आमन्त्रण गरिएको संघले जनाएको छ ।
News
52,126
गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा
गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।
https://gorkhapatraonline.com/news/23751
रेखीराम रानापाल्पा, भदौ १७ गते । गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।  निस्दी गाउँपालिकाले गाउँमा भिडियो एक्स-रे सेवा प्रदान गरेपछि जिल्ला सदरमुकाम तानसेन र रामपुर जानुपर्ने बाध्यता हटेको उहाँहरूको भनाइ छ । निस्दी गाउँपालिकाको लगानीमा गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा लिन पाउँदा आफूहरू खुसी भएको गर्भवती महिलाले बताउनुभयो ।  गर्भवती महिलाले गाउँमै सेवा पाएपछि समय र खर्च समेत बचेको उहाँहरूको भनाइ छ । ‘पहिले भिडियो एक्स-रेका लागि तानसेन र रामपुर जानुपर्ने बाध्यता थियो निस्दी –४, का स्थानीय बासिन्दा हिराकुमारी खाम्चाले भन्नुभयो “अब गाउँमै सहज रूपमा सेवा पाउँदा खुसी लागेको छ ।” गाउँमा यो सेवा उपलब्ध भएपछि खर्चको अभावमा सदरमुकामसम्म जान नसकेका गर्भवतीसमेत जाँचका लागि आउने उहाँले बताउनुभयो । पालिकाभित्रका सात वटै वडाका गर्भवतीलाई गाउँमै भिडियो एक्स-रे सेवा प्रदान गरिएको छ । गर्भवती महिलालाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्स-रे सेवा सञ्चालन गरेपछि गर्भवती महिलाले आफ्नो र बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले बताउनुभयो ।सदरमुकाम सम्म जान पैसाको अभाव र समय मिलाउन नसकेका गर्भवतीले समेत स्वास्थ्य जाँच गर्न सहज भएको प्रमुख दिशाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तालिमप्राप्त जनशक्ति व्यवस्था गरेपछि सेवा दिन सहज भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । 
News
61,765
कति जनसंख्या धर्तीलाई बोझ ?
विश्वमा बढ्दो जनसंख्यालाई लिएर ठूलो बहस चलिरहेको छ । सबै देश बढ्दो जनसंख्यालाई लगाम लगाउने विषयमा छलफल गरिरहेका छन् । प्राकृतिक स्रोतको सीमितताले यो बहसलाई झन् पेचिलो बनाएको छ । हाम्रो धर्तीको आकार बढ्दैन, यसमा कुनै दुईमत छैन । यहाँ उपलब्ध साधनस्रोत पनि अब बढ्नेवाला छैनन् । खासगरी पिउनलायक पानी र खेतीयोग्य जमिन । त्यसैले पनि जानकारहरू बढ्दो जनसंख्या पृथ्वीमा मानवजातिको अस्तित्वमाथि ठूलो खतराको रूपमा रहेको बताउँछन् ।
https://ekantipur.com/feature/2016/03/27/20160327130657.html
विश्वमा बढ्दो जनसंख्यालाई लिएर ठूलो बहस चलिरहेको छ । सबै देश बढ्दो जनसंख्यालाई लगाम लगाउने विषयमा छलफल गरिरहेका छन् । प्राकृतिक स्रोतको सीमितताले यो बहसलाई झन् पेचिलो बनाएको छ । हाम्रो धर्तीको आकार बढ्दैन, यसमा कुनै दुईमत छैन । यहाँ उपलब्ध साधनस्रोत पनि अब बढ्नेवाला छैनन् । खासगरी पिउनलायक पानी र खेतीयोग्य जमिन । त्यसैले पनि जानकारहरू बढ्दो जनसंख्या पृथ्वीमा मानवजातिको अस्तित्वमाथि ठूलो खतराको रूपमा रहेको बताउँछन् । यस्तो प्रश्न उठ्नु स्वाभाविक हो, हाम्रो धर्तीले कति मान्छेको बोझ उठाउन सक्छ रु के बढ्दो जनसंख्याले नै हाम्रो पृथ्वी ध्वस्त हुन्छ त? लन्डनको ‘इन्टरनेसनल इन्स्टिच्युट अफ इन्भायरमेन्ट एन्ड डेभ्लपमेन्ट’ का सिनियर फेलो डेबिड सैटर्थवेट यसलाई मान्न तयार छैनन् । डेबिडका अनुसार बढ्दो जनसंख्याभन्दा पनि हामीले प्राकृतिक स्रोतको उपभोग कसरी गरिरहेका छौं भन्ने ठूलो कुरा हो । उनी यो विषय गान्धीले निकै पहिला नै उठाएको बताउँछन् । गान्धीले भनेका थिए– धर्तीमा सबैलाई चाहिने सामग्री उपलब्ध छ तर, सबैको लोभलाई पूरा गर्न सक्ने परिमाणमा उपलब्ध छैन । पहिला, धर्तीमा मान्छेको जनसंख्या यति ठूलो थिएन । वैज्ञानिकका अनुसार दस हजार साल पहिलासम्म यहाँ केही लाख मान्छे बसोबास गर्थे । सन् अठारौं शताब्दीको अन्तिममा यहाँको जनसंख्याले सय करोडको आँकडा पार गरेको थियो । १९२० मा आइपुग्दा उक्त संख्या दुई गुनाले बढ्यो र दुई सय करोड पुग्यो । आज विश्वको जनसंख्या करिब सात अर्बमाथि छ । २०५० मा यो संख्या दस अर्ब पुग्ने र यो शताब्दीको अन्त्यमा विश्वको जनसंख्या ११ अर्बमाथि पुग्ने अनुमान छ । पछिल्लो शताब्दीयता विश्वको जनसंख्यामा जुन प्रकारले बढोत्तरी भएको देखिएको छ त्यसको तुलना गर्न कुनै तथ्यांक पनि विश्वमा भेटिँदैन । हामीसँग अहिले भएको जानकारीअनुसार सन् २१०० सम्ममा विश्व जनसंख्याले ११ अर्बको आँकडा पर गर्छ त भन्न सक्छौं, तर यसको असर पृथ्वीमा कस्तो पर्छ भन्न सक्दैनौं । डेबिडका अनुसार हामीले विश्वमा अत्यधिक जनसंख्या वृद्धि भएका देशहरूबाट केही सूचना भने अवश्य पाउन सक्छौं । जसमा भारत, पाकिस्तान, चीन आदि मुलुक पर्छन् । यी देशहरूमा सहरको जनसंख्यामा निकै तेज गतिसँग वृद्धि भएको देखिन्छ । मूल कुरा के हो भने यी देशमा भएको जनसंख्या वृद्धिले पृथ्वीमा उपलब्ध स्रोतमा भने धेरै ठूलो बोझ भने बढ्दैन । यसको कारण के हो भने, ती देशमा जीवन जिउन आवश्यक साधनको खपत नै कम मात्रामा हुन्छ । ती देशमा बस्ने मानिसको रहन–सहन पनि उति खर्चिलो छैन । यहाँ बसोबास गर्ने मानिसको जीवनशैलीले वातावरणमा प्रतिकूल असर पुर्‍याउने कार्बन डाई आक्साइड र अन्य ग्रिनहाउस ग्यासको उत्सर्जन धेरै हुँदैन । किनकि कम आरामदामी भएका यहाँका मानिसहरूले थोरै साधनको मद्दतबाट जीवन निर्वाह गरिरहेका हुन्छन् । डेविडका अनुसार भारतजस्तो देशका मानिसको रहन–सहनले वर्षमा करिब एक टन जति मात्र ग्रिनहाउस ग्यास उत्पादन हुन्छ । उता धनी देशका मानिसले भने प्रतिव्यक्ति ३० टनसम्म त्यस्तो ग्यास उत्सर्जन गर्छन् । त्यसैले भारत वा पाकिस्तानको सहरमा जनसंख्या बढे पनि पृथ्वीमा त्यसको भार बढ्दैन । तर, त्यसैको अनुपातमा अमेरिका, बेलायत वा जर्मनीमा जनसंख्या वृद्धि भए त्यसले पृथ्वीलाई नोक्सान पुर्‍याउँछ । यद्यपि डेनमार्कजस्ता केही देश भने यसका अपवाद हुन् । त्यहाँको जीवनशैली यस्तो छ कि त्यसले पनि पृथ्वीलाई भार दिँदैन । अहिले आएर कम विकसित देशका मानिसहरूले पनि विकसित देशका मानिसहरूझैं सुख–सुविधाको खोजी गर्न थालेका छन् । जसमा चौबीसै घन्टा बिजुली पानी, राम्रो खानुकुरा, राम्रो जीवनशैली पर्छ । यो उनीहरूको पनि हकको कुरा हो । तर रहन–सहनमा सुधार वा बद्लाव भन्नुको सीधा अर्थ पृथ्वीलाई थप भार दिनु नै हो । अस्ट्रेलियन नेसनल युनिभर्सिटीका बिल स्टेफेनका अनुसार पनि बढ्दो जनसंख्याभन्दा पनि चिन्ताको विषय पृथ्वीमा उपलब्ध स्रोतको बढ्दो प्रयोग नै हो । यस्तोमा अमेरिका, बेलायत, जापान, जर्मनीजस्ता विकसित देशको जिम्मेवारी बढी देखिन आउँछ । त्यहाँका बासिन्दाले प्राकृतिक स्रोत साधनको कम खर्च गर्न सके त्यसको केही सकारात्मक प्रभाव पृथ्वीमा पर्छ । पछिल्लो दुई शताब्दीका विकसित धनी देशहरूले विश्वकै स्रोत साधनको भरपूर उपभोग गरे । अब यसलाई रोकेर उपभोग घटाउने समय भइसकेको छ । यसो गरे हरित ग्यासको उत्सर्जन घट्छ र प्रकृतिलाई पुगिरहेको नकारात्मक असर पनि कम हुन्छ । यसै पनि घरेलु खपत नै हरित ग्यास उत्सर्जन धेरै हुने प्रमुख कारकमा पर्छ । सन् २०१५ मा भएको एउटा अनुसन्धानअनुसार विश्वमा उत्सर्जन हुने ६० प्रतिशत हरित ग्यास फ्याक्ट्री नभएर घरबाट निस्कन्छ । पृथ्वीको ८० प्रतिशत स्रोत जस्तै पानी, जमिन, खाद्यान्न आदिको प्रयोग उद्योगमा भन्दा धेरै घरमा हुन्छ । यसमा पनि धनी देशका मान्छेले यसको प्रयोग अझ बढी गर्छन् । यो अनुसन्धान नर्वेको विज्ञान तथा प्रविधि विश्वविद्यालयकी डायना इवानोवाको नेतृत्वमा भएको थियो । उनका अनुसार हरेक मानिस आफ्नो गल्ती मान्नुको साटो अर्कोलाई बढी जिम्मेवार देखाउन उद्दत रहन्छ । जसरी धनी देशहरू चीनमा भइरहेको उद्योगहरूको विकासले बढी हरित ग्यास उत्सर्जन भइरहेको छ र यसको जिम्मेवारी चीनले लिनुपर्छ भन्छन् ।रिसर्चर डायनाको भने यसमा फरक मत छ । उनी भन्छिन्– त्यहाँ बनेका सामग्रीहरू सबै खपत हुने भनेको धनी देशमै हो । यदि धनी देशले ती सामग्रीको माग नगरे वा उपभोग घटाए चीनमा उत्पादन आफैं कम हुन्छ । त्यसैले घुमाउरो रूपमा भएपनि विश्वको बढ्दो हरित ग्यास उत्सर्जनको जिम्मेवारहरू भनेका धनी देशहरू नै हुन् । उनीहरूको मोजमज्जाको साधनको उत्पादनकै कारण यस्ता ग्यास पृथ्वीमा धेरै पैदा भइरहेका छन् । त्यसैले धनी देशका नागरिकहरूले आफ्नो जीवनशैलीमा बद्लाव ल्याउनुको विकल्प छैन । त्यहाँ बस्ने मानिसहरूले बाँकी देशहरूमा बस्ने मानिसहरूप्रतिको आफ्नो जिम्मेवारी बुझ्नु जरुरी भइसकेको छ । तब मात्र परिवर्तन सम्भव हुन्छ । यति भए पनि बिल स्टिफेनका अनुसार पृथ्वीले ११ अर्ब जनसंख्याको बोझ भने उठाउन कठिन पर्छ । त्यसैले हामीले बढ्दो जनसंख्यालाई पनि नियन्त्रण गर्नु जरुरी छ । र, भविष्यमा यसलाई घटाउँदै लैजाने उपायहरू पनि सोच्न आवश्यक भइसकेको छ । जनसंख्याको वृद्धिदर अहिले निकै कम छ । सन् १९६० मा जनसंख्या वृद्धिदर जुन रफ्तारको थियो त्यो आधाले घटिसकेको छ । त्यति बेला एकजना महिलाले चारदेखि पाँचजनासम्म बच्चा जान्माउँथिन् भने अहिले दुईदेखि तीनमा त्यो झरिसकेको छ । तर यो वृद्धिदरलाई पनि नियन्त्रण गर्नु आज आवश्यक भइसकेको छ । अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका कोरे ब्रैडसाका अनुसार यदि विश्वमा प्रलय नै भएर २ अर्ब मानिसको मृत्यु भए पनि वा विश्वले चीनमा झैं एक सन्तानको नीति अपनाए पनि सन् २१०० को आसपास पुग्दा विश्वको जनसंख्याले ११ अर्बको आँकडा पार गर्छ । त्यसैले चाँडोभन्दा चाँडो महिलाहरूलाई तालिम, अवसर र रोजगारीको सिर्जना गरेर जन्मदरलाई कम गराउनेतर्फ कदम चाल्न जरुरी भइसकेको छ । राष्ट्रसंघको एक प्रतिवेदनका अनुसार विश्वको ३५ करोड महिलाले आफ्नो अन्तिम बच्चा नचाहँदा नचाहँदै जन्माएको देखिन्छ । तर, उनीहरू स्वयंले उक्त बच्चा नजन्माउने निर्णय लिनै सकेनन् । यदि यस्ता महिलाहरूलाई शिक्षा र रोजगारी दिएर सशक्त बनाउन सके विश्वको जनसंख्या वृद्धिदरमा कही कमी ल्याउन सकिन्छ । यदि, धर्ती ११ अर्बको बोझ उठाउन सक्दैन भने कतिको बोझ उठाउन सक्छ त ? यो प्रश्नको जवाफ निकै मुस्किल छ । एडिलेड विश्वविद्यालयका कोरे ब्रैडसाका अनुसार यसको जवाफ धेरै कुरामा निर्भर गर्छ । जस्तो कि खेतीको तरिका, बिजुली उत्पादन तथा वितरणको तरिका आदिको सीधा असर प्राकृतिक स्रोतमाथि पर्छ । साथै हामीले गरिब देशका नागरिकलाई गरिबीमै बाँच्न दिने त भन्ने प्रश्न पनि टड्कारो रूपमा अगाडि आउँछ । धेरै मनिसहरू विश्वको अहिलेको जनसंख्या नै पृथ्वीका लागि भार भइसकेको बताउँछन् । जसले सुखमय जीवनशैली अपनाइसकेका छन् उनीहरू आफू परिवर्तन हुन चाहँदैनन् । उता उनीहरूकै देखासिकी गरेर गरिब देशका मानिसहरू पनि धेरैभन्दा धेरै साधन–स्रोतको उपभोगतिर अग्रसर भइरहेका छन् । यसको नकारात्मक प्रभाव वातावरण, रूख–बिरुवा, जनावर आदिमा परिरहेको छ । वन विनाश बढिरहेको छ । पानीको स्रोत प्रदूषित एवं घट्दै पनि गइरहेको छ । त्यसैले त आज पनि विश्वका करिब सय करोड मानिस भोकमारीको चपेटामा छन् । यस्तै सय करोड मानिस कुपोषणको सिकार भएका छन् । सन् २०१२ मा आएको राष्ट्रसंघको प्रतिवेदनले केही रोचक तथ्यलाई बाहिर ल्याएको छ । त्यसअनुसार हाम्रो धर्तीले ८ अर्बदेखि १ हजार २४ अर्ब जनसंख्याको बोझ उठाउन सक्छ । तर, यसका लागि जीवनशैलीमा पूर्ण परिवर्तन गर्न जरुरी हुन्छ । सधारणरतया यस्ता कुनै पनि संख्या सही होइन जबसम्म हामी कस्तो जीवनशैली अपनाउने भन्ने तय गर्दैनौं । एकातर्फ अमेरिका या युरोपमा स्रोतको चरम दुरुपयोग भइरेको छ अर्कोतर्फ एसिया र अफ्रिकामा त्यही स्रोतको अभाव छ । विवियन क्युमिंगको यो लेख बीबीसी हिन्दीबाट साभार गरिएको हो ।
Feature
1,959
ट्रम्पले माफी माग्नुपर्छः अफ्रिकी संघ
अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको भनिएको अपमानजनक भाषाबारे क्षमायाचना गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग माग गरेको छ।
https://www.bbc.com/nepali/news-42672851
संयुक्त राज्य अमेरिकास्थित एयु नियोगले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिप्रति आक्रोश र क्षोभ प्रकट गरेको छ। उसले विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यताको ट्रम्पले अपमान गरेको जनाएको छ। आप्रवासनबारे कंग्रेसका सदस्यहरूसँगको बिहीवार एउटा बैठकमा ट्रम्पले पछिल्लो टिप्पणी गरेको बताइएको छ। आप्रवासीबारे ट्रम्पद्वारा अशिष्ट भाषा प्रयोग अस्वीकार उनको टिप्पणी हेइटी र एल साल्भाडोरसँग पनि सम्बन्धित छ। तर त्यस्तो विवरण आएको केही समयपछि ट्रम्पले आफूले अशिष्ट भाषा प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेका थिए। ट्रम्पको आरोपित टिप्पणीको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयसहितका क्षेत्रबाट व्यापक आलोचना भइरहेको छ। ट्रम्प प्रशासनले अफ्रिकी मानिसहरूलाई गलत रूपमा बुझेको एयुले जनाएको छ। स्पष्टीकरण ट्रम्पको आरोपित अभिव्यक्तिपछि बोट्स्वानाले अमेरिकी राजदूतलाई बोलाएर अशिष्ट र अपमानजनक भाषा प्रयोग गरिएका देशभित्र बोट्स्वाना पनि परेको वा नपरेकोबारे स्पष्टीकरण मागेको छ। राष्ट्रसंघको मानव अधिकार निकायका प्रवक्ताले ट्रम्पका टिप्पणीहरू पुष्टि भए त्यो 'स्तब्ध पार्ने' र 'लज्जास्पद' भएको प्रतिक्रिया दिएका छन्। अमेरिकाका लागि हेइटीका राजदूतले "अफ्रिकीहरूले फाइदा लिनका लागि आप्रवासीहरू अमेरिका पठाइरहेको भन्ने बुझाइ गलत भएको" बताएका छन्। ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकमा ट्रम्पले किन अफ्रिकी देशका नागरिकहरूलाई अमेरिकामा आउन दिनुपर्‍यो भनी प्रश्न गरेको विवरणहरू आएका थिए।
Others
66,276
सफलताका सारथि
सक्रिय खेलाडी जीवनकै क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाँदा जगदीश भट्टको सपना ठूलो थिएन, मात्र मानिसलाई स्वस्थ र अनुशासित बनाउन प्रोत्साहित गर्ने । जुनसुकै पेसामा रहे पनि मानिसका लागि मानसिक स्वास्थ्य र शारीरिक तन्दुरुस्ती अत्यावश्यक तत्व हो भनेर बुझाउनु थियो । त्यसका लागि उपयुक्त माध्यम खेलकुद नै रह्यो ।
https://ekantipur.com/sports/2022/01/01/16410007445292515.html
काठमाडौँ — सक्रिय खेलाडी जीवनकै क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाँदा जगदीश भट्टको सपना ठूलो थिएन, मात्र मानिसलाई स्वस्थ र अनुशासित बनाउन प्रोत्साहित गर्ने । जुनसुकै पेसामा रहे पनि मानिसका लागि मानसिक स्वास्थ्य र शारीरिक तन्दुरुस्ती अत्यावश्यक तत्व हो भनेर बुझाउनु थियो । त्यसका लागि उपयुक्त माध्यम खेलकुद नै रह्यो ।प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशकपछि उनै भट्ट निरन्तर आफ्नो मिहिनेतको फल लिँदै छन् । लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दै छ । नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरेपछि त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । दुई वर्षको बीचमा नेपाली टोलीको निरन्तर सफलतामा पर्दा पछाडिका नायक रहे उनी ।पुरुष भलिबलमा चार दशक लामो अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपालको ठोस उपलब्धि थिएन । पाकिस्तानमा आयोजित नवौं दक्षिण एसियाली खेलकुद सकिएलगत्तै खेलाडी जीवनबाट संन्यास घोषणा गरेर उनी पूर्णकालीन प्रशिक्षणमा होमिए । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर‘सीमित अन्तर्राष्ट्रिय सहभागिताको अवसर पाइन्थ्यो । राम्रो तयारी नभए सफलता पनि नमिल्ने रहेछ । खेलाडीका रूपमा पूरा गर्न नसकेका सपना पछ्याउँदै प्रशिक्षक बनेको थिएँ,’ २५ वर्षदेखि राखेपका सहायक प्रशिक्षक रहेका भट्टले सुनाए । उनी पाकिस्तान साग (२००४, कराँची) खेलेर त्यसको अर्को संस्करण (२००६, श्रीलंका) मा सहायक प्रशिक्षकको भूमिकामा सहभागी थिए ।त्यसयता कुनै न कुनै रूपमा भट्टको नेपाली राष्ट्रिय टोलीसँग संलग्नता छ । नतिजाहरू पनि आइरहेका छन् । ‘म आफ्नै रोजाइले खेलकुदमा लागेको हुँ । धेरै कमाउँला भन्ने सोच थिएन । यति लामो समयसम्म लागिरहँदा मेरो कमाइ भनेकै यही सफलता हो । भलिबलमा लागेर आर्थिक अवस्था सुधार गर्न नपाउँदा, परिवारसँग टाढा हुनुपर्दाको पीडा यस्तै सफलताले भुलाइदिन्छ र फेरि अगाडि बढ्न उत्साहित हुन्छु,’ परिश्रमपछिको सफलता भनेको सन्तुष्टि हुने माध्यम भएको बताउँदै प्रशिक्षक भट्टले भने । सफलता पछाडिका पीडाहरू सधैं गौण रहन्छन् । महिला भलिबल टोलीले पाएको यो सफलताअघिका संघर्ष र अभाव पनि आफैंमा पीडादायी नै छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्दैन तर सफलता भने खोजिरहन्छ । प्राथमिकतामा राखेर सफलताको आधार तय गर्दैन । यतिबेला नेपाली भलिबलमा एउटा ठोस योजना र संरचनाकै आवश्यकता सबैभन्दा धेरै छ । पूर्वाधार, संरचना, पर्याप्त वैज्ञानिक अभ्यासको अभावबीच खेलाडीले आफ्नो इच्छाशक्ति मर्न दिएका छैनन् । दुई वर्षको अन्तरमा तीन ठूला अन्तर्राष्ट्रिय सफलता पनि त्यसैको उपज हो ।देशका सबै जिल्ला संरचना भएको नेपाल भलिबल संघले सन् १९९८ देखि मात्रै महिला राष्ट्रिय टोली बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । त्यसअघि १९८७ मा थाइल्यान्डमा भएको एक मैत्रीपूर्ण खेलमा महिला भलिबलले सहभागिता जनाएको थियो । पछिल्ला केही वर्षमा नेपालले दक्षिण एसियालीस्तरमा आफ्नो प्रभाव देखाउन थालेको छ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतमाथि दबाबपूर्ण प्रदर्शन त्यसको प्रमाण हो ।‘दक्षिण एसियालीस्तरमा हामी अहिले माथि छौं । श्रीलंका र भारतलाई हराउन सक्ने क्षमता हामीमा छ । भलिबल संघसँग कहाँसम्म पुग्ने भन्ने योजना त छैन तर मेरो विचारमा चाहिँ एसियालीस्तरमा शीर्ष १० भित्र पर्नुपर्छ । त्यहाँ पुग्नु भनेको नेपालका लागि ठूलो फड्को हो,’ भट्टले आत्मविश्वास पोखे, ‘अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्ने हो भने १० वर्षमा हामी एसियाली र विश्वस्तरमै धेरै अगाडि बढ्न सक्छौं । त्यसका लागि खेलाडीको सुरक्षा (सुविधा), भौतिक पूर्वाधार, नियमित अभ्यास र म्याच एक्स्पोजर, प्रविधिमैत्री तयारीमा जोड दिनुपर्छ । यो काम राज्यको हो, भलिबल संघको हो ।’पछिल्लो दशक भलिबल संघको सक्रियता पक्कै बढेको छ । वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता व्यवस्थापन गर्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, सहभागिता र उपलब्धि पनि राम्रो छ । तर भलिबलको आफ्नै पूर्वाधार र संरचना छैन । जसले नयाँ खेलाडी उत्पादनमा केही निजी प्रशिक्षण केन्द्रको भर पर्नुपर्ने आवश्यकता छ । ‘भलिबलका स्तरीय र क्षमतावान खेलाडीहरू गाउँगाउँमा भेटिन्छन् । उनीहरूले अवसर पाइरहेका छैनन् । गाउँमा उकाली ओराली गरेर हुर्किएकाको स्टामिना बलियो हुन्छ । उनीहरूलाई पहिचान गरेर खेलाडी बनाउने कार्यक्रम लागू हुनुपर्छ,’ भट्टले सुझाए, ‘भलिबलले आफ्नो देशव्यापी संरचना निर्माण गरी हरेक प्रदेशमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने, पुरुष र महिलातर्फ कम्तीमा ५०–५० खेलाडी पहिचान गरी उनीहरूको संरक्षणमा ध्यान दिनुपर्छ । उमेर समूहदेखि सिनियरसम्म ४–५ टोली तयारी अवस्थामा राख्न सकियो भने राष्ट्रिय टिम बलियो हुन्छ ।’संघले योजना बनाउने र राज्यले लगानीको वातावरण बनाउनुपर्नेमा दुवै पक्षबीच समन्वय र सन्तुलनको अभाव उनले देखेका छन् । उनले भनेजस्तै संघले दीर्घकालीन योजना तय गर्न द्दसकेको छैन । आफ्नो संरचनाबारे स्पष्ट मार्गचित्र र दीर्घकालीन लक्ष्य पनि छैन । राज्यले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुबाहेक अरू लगानीको वातावरण बनाइदिएको अवस्था नै छैन ।‘भलिबल संघको एउटै आफ्नो संरचना छैन । अहिले केन्द्रमा एउटा अन्तर्राष्ट्रिय कभर्डहल र सातै प्रदेशमा एकेडेमी र होस्टेलको सुविधासहित कभर्डहल आवश्यक छ,’ उनले थपे, ‘यसको सुपरिवेक्षण संघले गर्नुपर्छ । देशका सबै जिल्लामा स्तरीय प्रशिक्षक नियुक्त गरी उनीहरूलाई जवाफदेही बनाउन सक्नुपर्छ ।’बैतडीबाट कञ्चनपुर बसाइँ सरेका उनी कान्छा छोरा हुन् । उचाइले साथ दिएपछि उनले भलिबल खेल रोजे । ‘त्यतिबेला खेल भनेकै भलिबल थियो । यसको लोकप्रियताले पनि मलाई भलिबलप्रति नै आकर्षित गराएको हो,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने । तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछि महाकाली अञ्चल र पछि सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे । त्यसबीचमा २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए । उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरे ।प्रशिक्षण कोर्स गरेर फर्किएलगत्तै करार सेवामा सहायक प्रशिक्षकको नियुक्ति लिएका उनले गृहजिल्लामा प्रशिक्षण केन्द्र स्थापना गरे । उनले त्यहींबाटै खेलाडी उत्पादन थालेका थिए । उनका उत्पादनहरू अहिले पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । कतिले संन्यास लिइसके । राष्ट्रिय टोलीका पूर्वखेलाडी कैलाश भट्ट, नरेन्द्र गिरी, भैरव बम, दीपक जोशी, महिलातर्फ उषा विष्ट, निरुता ठगुन्नाहरू महेन्द्रनगरबाटै आधारभूत प्रशिक्षण लिएर आएका खेलाडी हुन् ।‘अनुशासित र स्वस्थ व्यक्ति उत्पादन गर्ने लक्ष्यमा अगाडि बढ्दा मैले प्रशिक्षण दिएका १२ सयभन्दा बढी खेलाडीलाई उनीहरूको योग्यताअनुसार कुनै न कुनै ठाउँमा रोजगारीको व्यवस्था गरेको छु,’ आफ्ना कामबारे भट्ट सुनाए, ‘अहिले पनि आर्थिक अवस्था कमजोर भएका ६० भन्दा बढी खेलाडीलाई उनीहरूको अध्ययन र प्रशिक्षणमा सहयोग गरिरहेको छु ।’ कोरोना महामारीको असर सुरु हुनुअघिका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शन अविश्वसनीय थियो । तर उपाधि जितेर पनि आफू खुसी हुन नसकेको भट्टको तर्क छ ।‘विश्वकप नै जिते पनि एउटा प्रशिक्षकले आफ्नो टिमको कमजोरी देखिरहेको हुन्छ । तर यसपल्ट टिमको प्रदर्शन चित्तबुझ्ने खालको चाहिँ थिएन । हाम्रा कुनै पनि खेलाडीले आफ्नो क्षमताको ३० प्रतिशत पनि खेलेनन्,’ उनले भने, ‘कोरोनाको असर, बलिया प्रतिद्वन्दीको उपस्थिति र अघिल्लो सफलताका कारण धेरै अपेक्षा हुनुले खेलाडीहरू दबाब परेजस्तो छ ।’ लगातारको यो सफलताले नेपाली टोलीको अपेक्षा अझै बढेको छ । बंगलादेशबाट फर्किएकै दिन बिहीबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आसन्न एसियाली खेलकुदमा भलिबलको सहभागिता निश्चित भएकाले तयारी सुरु गर्न निर्देशन नै दिए । पोखरामा हुने टाइगर कप भलिबल र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको पूर्वनिर्धारित फ्रेन्चाइज भलिबल सकिएपछि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने योजना प्रशिक्षक भट्टले सुनाए ।‘अब हामीलाई आफ्नो साख जोगाउन धेरै ठूलो चुनौती छ । अपेक्षा धेरै बढेको छ । त्यहीअनुसार तयारी गर्नुपर्छ । एसियाली खेलकुदअघि नियमित प्रशिक्षण र आफूभन्दा माथिल्लोस्तरका टोलीसँग कम्तीमा १० अभ्यास खेल खेल्न पायौं भने राम्रो नतिजाको आस गर्न सकिन्छ ।’प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धि
Sports
21,536
‘चेक गणतन्त्र फाइनल पुगोस’
अरू धेरै फुटबल समर्थकले जस्तै मैले पनि युरो २०२० लाई उत्तिकै उत्साहले पछ्याइरहेको छु  । प्रतियोगितामा मेरो नजर कोही फुटबल विशेषज्ञको जस्तो नहोला, तर आम समर्थकले जस्तै मैले पनि यसको खुबै मज्जा लिइरहेको छु  ।
https://ekantipur.com/sports/2021/07/03/162528009789667654.html
काठमाडौं — अरू धेरै फुटबल समर्थकले जस्तै मैले पनि युरो २०२० लाई उत्तिकै उत्साहले पछ्याइरहेको छु  । प्रतियोगितामा मेरो नजर कोही फुटबल विशेषज्ञको जस्तो नहोला, तर आम समर्थकले जस्तै मैले पनि यसको खुबै मज्जा लिइरहेको छु  ।भनिरहनु पर्दैन्, म चेक गणतन्त्रको समर्थक नै हुँ । निश्चित रूपमा चेक टिमबाहेक अन्य टिमका म समर्थक हुने प्रश्न नै हुन्न ।चेक गणतन्त्रको टिमले खेलिरहेको हुनाले पनि मलाई युरो २०२० मा बढी रूचि भएको हो । आखिरमा मैले नेपालमा चेक गणतन्त्रको प्रतिनिधित्व गरिरहेको छु, त्यसैले टिमलाई मेरो शुभकामना छ । शनिबार चेक गणतन्त्रले अन्तिम १६ मा डेनमार्कका सामना गर्नेछ । म चाहन्छु, चेक टिम यो खेल मात्र जित्ने छैन्, उसले फाइनलसम्मको यात्रा गर्नेछ । चेकले पस्किरहेको फुटबल पनि आफैमा उत्कृष्ट छ ।टिम फाइनल पुग्नका लागि लागि सक्षम पनि छ र यसको एउटा कारण हो, प्याट्रिक सिक । उनले निकै राम्रो खेलिरहेका छन् र डेनमार्कविरुद्ध पनि उनले गोल गर्ने विश्वास छ । सायद काठमाडौं रेजर्ससँग आवद्ध भएयता फुटबल हेर्ने मेरो नजर केही फेरिएको छ । नेपाल सुपर लिग काठमाडौंले जित्दा म निकै खुसी भएको थिएँ, जुन स्वभाविक पनि थियो ।टिम च्याम्पियन हुँदा त्यसले दिएको खुसी व्यवसायिक क्षेत्रमा प्राप्त कुनै सफलता भन्दा पनि अद्धितीय थियो, मैले यस्तै महसुस गरें । हाम्रो व्यवसायिक समूहको धेरै उद्देश्य छन्, त्यसमध्यै एक प्रमुख उद्देश्य काठमाडौं रेजर्सलाई अझ बलियो बनाउनु हो । यो टिमलाई माथिल्लो स्तरमा पुर्‍याउन मेरो सक्दो प्रयास हुनेछ, हेरौं मैले कत्तिको गर्न सक्ने हो । काठमाडौं टिमसँग आवद्ध भएपछि हाम्रो लागि धेरै अवसर पनि खुलेका छन् ।जस्तो, हामी फुटबल एकेडेमी खोल्ने सोचमा छौं र यसका हामीले धेरै गर्न सक्छौं । हाम्रो लागि यो फुटबल टिम नेपालका युवा वर्गसँग सही कारणका लागि सम्बन्ध जोड्ने अवसर पनि बनेको छ । युवा मात्र होइन्, हामी काठमाडौं टिमको माध्यमबाट सर्वसाधारणसँग भलाकुसारी गर्न सक्छौं । त्यसैले काठमाडौं रेजर्सको परियोजनालाई लिएर पनि म निकै उत्साहित छु ।(विष्णुकुमार अग्रवालसँगको कुराकानीमा आधारित । उनी नेपालका लागि चेक गणतन्त्रका अवैतानिक दूतसँगै काठमाडौं रेजर्सका मालिक पनि हुन् । यस्तै उनी एमएडब्लूका कार्यकारी निर्देशक पनि हुन् ।)
Sports
22,787
डेडिकेटेड फिडर र ट्रङ्कलाइन समस्या सुल्झाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न सरकारी तवरमै पहल भइरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा उहाँले यसबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको छ ।
https://gorkhapatraonline.com/news/78080
काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न सरकारी तवरमै पहल भइरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा उहाँले यसबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको छ । यसबारे निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको जनाइएको छ । अध्यक्ष ढकालको नेतृत्वमा पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो । उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिट्टै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने पनि बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो । महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । “अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,” महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, “थप समस्या सिर्जना गरिदिनुभएन ।”कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासङ्घको धारणा छ । ‘व्यवसायीको मनोबल बढाउन आवश्यक’महासङ्घले उद्यमी व्यवसायीको मनोबल बढाउने उपाय अवलम्बन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आग्रह गरेको छ ।  सोमबार महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयमा भेट गरी आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको औँल्याएको हो । छलफलका क्रममा महासङ्घ अध्यक्ष ढकालले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको औँल्याउनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैङ्क र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भइरहेको र छिट्टै निर्णय गरिने बताउनुभयो । यसै गरी अध्यक्ष ढकालले सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  
News
36,766
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा पटवाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट उमेश पटवालले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत पटवाललाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले १ वर्षको जिम्मेवारी पाएको बताइएको छ । 
https://ekantipur.com/sports/2019/06/01/155935507690857582.html
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट उमेश पटवालले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत पटवाललाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले १ वर्षको जिम्मेवारी पाएको बताइएको छ । शुक्रबार अपराह्न पटवालको नयाँ जिम्मेबारीको आधिकारिक जानकारी गराउने कार्यक्रम थियो । तर, त्यहाँ उनलाई नियुक्त गर्ने निकाय आईसीसी र राखेप दुवै संस्थाका कोही प्रतिनिधि उपस्थित थिएनन् । राखेप सदस्य सचिव केशवकुमार विष्ट उपस्थित हुने बताइए पनि अन्तिम समयमा उनी नआएपछि टाँगिएको ब्यानरसमेत निकालिएको थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्का, नेपाली टिमका म्यानेजर रमन सिवाकोटी र प्रशिक्षक पटवालको उपस्थितिमा कार्यक्रम सुरु गरियो । कप्तान पारसले पटवाल मुख्य प्रशिक्षक नियुक्त भएको जानकारी गराएका थिए । अफगानिस्तान क्रिकेट टोलीका पूर्व ब्याटिङ प्रशिक्षकको नियुक्तिले आफूहरूमा उत्साह बढेको कप्तान पारस खड्काले प्रतिक्रिया दिए । ‘हामी पहिलेजस्तो रहेनौं, एकदिवसीय मान्यता भइसकेपछि हाम्रो स्तर बढेको छ र यो भन्दा माथिल्लोस्तरमा जान स्तरीय प्रशिक्षकको माग २–३ वर्षअघिदेखि नै गरेका हौं,’ पारसले भने, ‘हाम्रो लागि उहाँ (पटवाल) नयाँ हुनुहुन्न, हामीलाई राम्रोसँग चिन्नुभएको छ र सायद आईसीसीले पनि संघ नभएको अवस्थामा माहोल बुझेको प्रशिक्षकलाई जिम्मेवारी दिएको हुनुपर्छ । आसन्न ट्वान्टी–२० विश्वकप छनोट तयारीमा रहेको नेपाली टोलीका लागि पटवालको उपस्थितिले धेरै सहयोग पुग्ने पारसले बताए । ‘हामीले यूएईविरुद्धको शृंखला जित्दा उहाँको योगदान निर्णायक थियो । प्रशिक्षक वा खेलाडी परिवर्तन हुँदैमा टिमको स्तर एकैचोटि माथि जान्छ भन्ने त हुँदैन, तर उहाँले नेपाली क्रिकेटका लागि नयाँ बाटो कोर्नु हुनेछ भन्ने अपेक्षा सबै खेलाडीको छ, हामी सबै मिलेर नेपाली क्रिकेटलाई अझै माथिल्लो स्तरमा पुर्‍याउन सकौं ।’नवनियुक्त मुख्य प्रशिक्षक पटवालले नेपाली खेलाडीको लगनशीलता र मिहिनेत आफ्नो उर्जा भएको बताए ।पटवालले पुरुष राष्ट्रिय टोलीको मात्र जिम्मेवारीका लागि सम्झौता गरेका छन् । उनले उमेरसमूह र राष्ट्रिय महिला टोलीका लागि पनि आवश्यक परे तयार रहेको बताएका छन् । ‘नेपाली खेलाडीको लगनशीलता बेजोडको छ, हामीले यसलाई उपयोग गर्नुपर्छ,’ पटवालले भने । उनले १ वर्षे कार्यकालमा आफ्नो पहिलो लक्ष्य नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्‍याउनु रहेको घोषणा गरिसकेका छन् । ‘हामीले छिट्टै ट्वान्टी–२० विश्वकपको छनोट खेल्दैछौं, हाम्रो लक्ष्य अस्ट्रूेलियामा हुने विश्वकप खेल्नु हो र त्यसका लागि मुख्य कुरा प्रतिस्पर्धा हो,’ पटवालले भने, ‘राष्ट्रिय टिमका लागि सीमित खेलाडीबाट छनोट गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । ग्रासरुटबाटै क्रिकेटको बिकासमा ध्यान दिँदा एक/डेढसय खेलाडीबाट टिम छनोड गर्दा प्रतिस्पर्धात्मक र परिणाममुखी हुन्छ ।’पटवालले गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पहिलोपल्ट नेपाली टिमको ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी सम्हालेका थिए । गत माघमा युएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० शृंखला नेपालले जित्दा पनि पटवाल नै ब्याटिङ कन्सल्ट्यान्टमा थिए । मुख्य प्रशिक्षक नियुक्त भए पनि सम्झौताको विस्तृत जानकारी नभएको भन्दै पटवालले आफ्ना कोचिङ स्टाफ र भावी रणनीतिबारे खुलेर बोलेनन् । पुवुदु दासानायकेको कार्यकालपछि सन् २०१६ देखि नेपालकै जगत टमाटाले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक सम्हालेका थिए । टमाटाको आगामी भूमिकाबारे भने केही खुलाइएको छैन ।सम्झौता भएकै छैन : राखेपआईसीसीमार्फत राखेपसँग सम्झौता भएको भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिए पनि राष्ट्रिय खेलकुद परिषद्ले सम्झौता भइनसकेको जनाएको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टले प्रस्तावित मुख्य प्रशिक्षक उमेश पटवाललाई आफ्नो मागअनुसार आईसीसीले पठाएको भए पनि उनी राखेपको सम्पर्कमा नआएको बताए । ‘१३ औं साग गेम्सका लागि हामीले नै प्रशिक्षक माग गरेका हौं, त्यहीअनुसार आईसीसीले उमेश पटवाललाई पठाएको जानकारी गराएको छ । तर उनी हाम्रो सम्पर्कमा आएका छैनन्, उनी आएपछि सम्झौता हुन्छ,’ विष्टले भने । उनका अनुसार पटवालको पारिश्रमिकदेखि सबै व्यवस्थापन आईसीसीले नै गर्नेछ । उनले थपे, ‘क्रिकेट संघ नभएका कारण नेपालसँगको अनुबन्ध परिषदमार्फत हुन लागेको हो, वर्कपरमिट लगायतका सबै प्रक्रिया पूरा गरेर उनीसँग सम्झौता हुन्छ ।’सदस्यसचिवले शुक्रबारको पत्रकार सम्मेलनको आयोजकबारे आफूलाई थाहा नभएको बताए । परिषदको क्रिकेट समितिलाई पनि थाहा छैन, साथिहरूले प्राविधिक कुरा नबुझी सार्वजनिक गर्ने हतारो गर्नु भएजस्तो लाग्यो, यसले भविष्यमा अप्ठेरो पार्छ ।’
Sports
27,185
फ्रान्स: सुपरमार्केटमा सन्दिग्ध उग्रवादीद्वारा केही व्यक्ति बन्धक, केही हताहत
दक्षिणपश्चिम फ्रान्सको ट्रेब नगरमा एक जना हतियारधारीले केही मानिसहरूलाई बन्धक बनाएको र कम्तीमा दुई जनालाई गोली हानी मारिदिएको विवरणहरू प्राप्त भएका छन्।
https://www.bbc.com/nepali/news-43513310
सो घटना एउटा सुपरमार्केटमा भएको र सुरक्षाकर्मीहरू त्यहाँ पुगिसकेको बताइएको छ। अधिकारीहरूका अनुसार सन्दिग्ध बन्दुकधारीले आफू इस्लामिक स्टेटको सदस्य भएको दाबी गरेको छ। यसअघि घटनास्थलबाट केही पर खार्खासोन‍्‌मा एक प्रहरीलाई कुममा गोली हानी घाइते बनाइएको थियो। आक्रमण हुँदा उनी सहकर्मीहरूसँग दौडिँदै थिए। एक वरिष्ठ प्रहरीले समाचार संस्था एपीलाई बताएअनुसार सोही सन्दिग्धले त्यो आक्रमण गरेको थियो। प्यारिस स्थित बीबीसी संवाददाता ह्यु स्कोफिल्ड् भन्छन्, "प्रत्यक्षदर्शीहरूका अनुसार ती बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र प्रवेश गरेका थिए। उनले आफू डायस् अर्थात् फ्रान्सेली भाषामा इस्लामिक स्टेट समूहको सदस्य भएको बताएका थिए।" "त्यसअघि ती व्यक्तिले दौडिरहेको दङ्गा प्रहरीको समूहको पछिपछि मोटर चलाउँदै एक व्यक्तिलाई गोली हानी घाइते बनाएका थिए।" "आतङ्कवादी कृत्य" फ्रान्सका प्रधानमन्त्री इद्वार् फिलिप्‌ले स्थिति निकै गम्भीर रहेको र यो आतङ्कवादी कृत्य भएको भन्ने टिप्पणी गरेका छन्। ट्रेबका नगरप्रमुख एरिक मेनासीले स्थानीय टीभीलाई सो सन्दिग्ध बन्दुकधारी अब एक जना प्रहरी अधिकृतसँग एउटा पसलमा बाँकी रहेको बताए। उनका अनुसार बन्धक बनाइएका व्यक्तिहरू मुक्त भइसकेका छन्। सुरक्षानिकायमा रहेका एक स्रोतले समाचार संस्था एएफपीलाई अधिकांश कर्मचारी र ग्राहकहरू सुपरमार्केटबाट सुरक्षित भागेको बताए। सयौँ प्रहरीहरू परिचालित भएका छन् र घटनास्थललाई घेरा हालिएको छ। माग धेरै हतियार बोकेको सो व्यक्तिले प्यारिस आक्रमणमा बाँच्न सफल एक जना सन्दिग्ध सलाह आब्देस्लमको रिहाइको माग गरेको छ। विवरणहरूका अनुसार आजको घटनामा संलग्न व्यक्तिका बारे फ्रान्सेली गुप्तचर निकायलाई जानकारी थियो। प्रतिआतङ्कवादसँग सम्बन्धित अभियोजनकर्ताहरूले घटनाको अनुसन्धान गर्दैछन्। तर यसबारे विस्तृत विवरणहरू उपलब्ध गराइएको छैन। सन् २०१५ देखि फ्रान्समा भयानक जिहादी आक्रमणहरू भएका छन्। प्यारिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए। सो घटना भएपछि फ्रान्समा एक महिनाका लागि सङ्कटकाल घोषणा गरिएको थियो।
Others
64,816
लगानी प्रवर्धनका लागि ऐन संशोधन
निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन अध्यादेशमार्फत लगानीसम्बन्धी कानुन संशोधन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको सोमबारको छलफलमा उहाँले निजी क्षेत्रबाट प्राप्त सुझावकै आधारमा एक दर्जन ऐनमा संशोधन गरिएको जानकारी दिनुभयो । “यसमा सरकारको कुनै स्वार्थ छैन । लगानीका लागि आवश्यक भएर संशोधन गरिएको हो,” उहाँले भन्नुभयो ।
https://gorkhapatraonline.com/news/104878
काठमाडौँ, वैशाख ११ गते । निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन अध्यादेशमार्फत लगानीसम्बन्धी कानुन संशोधन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको सोमबारको छलफलमा उहाँले निजी क्षेत्रबाट प्राप्त सुझावकै आधारमा एक दर्जन ऐनमा संशोधन गरिएको जानकारी दिनुभयो । “यसमा सरकारको कुनै स्वार्थ छैन । लगानीका लागि आवश्यक भएर संशोधन गरिएको हो,” उहाँले भन्नुभयो ।लगानी सम्मेलनको तयारी सुरु भएदेखि नै ऐन संशोधनको तयारी भएकाले यो अचानक नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । अहिले संसद् स्थगित भएका कारण अध्यादेशमार्फत ऐन संशोधन गर्नुपरेको उहाँले बताउनुभयो । सरकार फेरिए पनि नेपालमा नीतिगत स्थिरता रहेको सन्देश दिनेमा सरकारको जोड हुने उहाँले बताउनुभयो । “लगानी सम्मेलन कुनै दल वा सरकारको कार्यक्रम होइन । यो नेपाल राष्ट्रको सम्मेलन हो,” उहाँले भन्नुभयो, “सरकार बदलिँदा पनि नीतिगत स्थिरता कायम नै छ भन्ने कुरा सम्मेलनमा जानकारी गराउँछौँ ।”सिमेन्ट र छडमा लिएको नीतिगत स्थिरताकै कारण अहिले त्यसको निर्यातमा सुधार भइरहेको उदाहरण उहाँले दिनुभयो । ऊर्जा क्षेत्रको प्रवर्धनमा सरकारले लिएको नीतिकै स्थिरताका कारण यो क्षेत्र नेपालको सबैभन्दा लगानी सम्भाव्यता भएको क्षेत्र बनेको पनि उहाँले बताउनुभयो ।उहाँले लगानी प्रतिबद्धता अनुसारकै लगानी आएन भनेर आलोचना गर्नु उचित नहुने भन्दै विदेशका लगानीसम्बन्धी कार्यक्रममा पनि प्रतिबद्धताको धेरै कम मात्र यथार्थ लगानीमा बदलिएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा भित्रिएको लगानीलाई सफल नै मान्नुपर्ने बताउनुभयो । “भारतमै पनि प्रतिबद्धताको ३० प्रतिशत हाराहारी मात्र लगानी आउने रहेछ तर नेपालमा भित्रिने लगानी तथ्याङ्कले भने हामी उत्साहित नै छौँ,” उहाँले भन्नुभयो । लगानी सम्मेलनबाट मुख्य गरी प्राथमिकताप्राप्त क्षेत्रमै लगानी आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस पटक सोकेसमा राखिएका परियोजना लगानीको उत्तम सम्भाव्यतासहितका रहेका बताउनुभयो । लगानीकर्तालाई नेपालमा लगानीका फाइदाबारे जानकारी दिने अवसर पनि सम्मेलनबाट प्राप्त हुने उहाँले बताउनुभयो । 
News
34,818
त्रिहत्तर जनाले बुझाएनन् खर्च विवरण
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ।
https://gorkhapatraonline.com/news/58663
काठमाडौँ, चैत १२ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ। प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ दुई हजार ४१० जना उम्मेदवार थिए। आयोगले खर्च विवरणसम्बन्धी तथ्याङ्क एकीकृत गर्ने कार्यलाई अन्तिम रूप दिइरहँदा हालसम्म दुई हजार ३७३ जना उम्मेदवारले समयमै खर्च विवरण बुझाएका छन्। ऐनबमोजिम पुस तेस्रो साताभित्र देशभरका निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने थियो। आयोगका अनुसार खर्च विवरण नबुझाउनेमा प्रतिनिधि सभातर्फ सबैभन्दा बढी बागमती प्रदेशका १५ जना उम्मेदवार छन्। प्रदेश सभातर्फ मधेश प्रदेशका २१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।प्रदेश सभाको प्रत्यक्षतर्फ कुल तीन हजार २२५ जना उम्मेदवार रहेकोमा तीन हजार १८८ जनाले समयमै खर्च विवरण पेस गरेका छन्। एक उम्मेदवारले समयसीमापछि खर्च विवरण बुझाए भने ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवारले गर्न पाउने अधिकतम खर्च ३३ लाख रुपियाँ हो। प्रदेश सभा सदस्यअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारको खर्च सीमा अधिकतम २३ लाख रुपियाँ निर्धारण गरिएको थियो। आयोगको निर्णयका आधारमा खर्च नबुझाउने उम्मेदवारलाई सोहीबमोजिम जरिवाना लाग्ने सहायक प्रवक्ता अर्यालले बताउनुभयो। स्थानीय तह निर्वाचनको अपेक्षा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा खर्च विवरण बुझाउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको उहाँले बताउनुभयो। जिल्ला निर्वाचन कार्यालयले समेत खर्च विवरण बुझाउन उम्मेदवारलाई ताकेता गरेकाले विवरण नबुझाउनेको सङ्ख्या घटेको जानकारी उहाँले दिनुभयो। स्थानीय निर्वाचनमा करिब एक लाख २३ हजारभन्दा बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगले निर्णय गरेर खर्च सीमाबमोजिम जरिवाना बुझाउनुपर्ने निर्णय ग-यो। तर मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ५ गते जरिवाना रकम माफी मिनाहा गर्नुभयो। आयोगले स्थानीय तहका उम्मेदवारले माफी मिनाहा पाएकाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको हकमा आयोगको निर्णय प्रभावित नहुने जनाएको छ। अर्यालले भन्नुभयो, “कानुन संशोधन भएमा बेग्लै भयो नभए ऐनबमोजिम अगाडि बढने तयारी छ।”ऐनबमोजिम निर्वाचित प्रतिनिधिले आयोगले तोकेको जरिवाना छ महिनाभित्र नबुझाए पद स्वतः रिक्त हुनेछ। तर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्षबाट निर्वाचित ४९५ जना प्रतिनिधिले समयसीमाभित्रै खर्च विवरण बुझाएका छन्। खर्च नबुझाउनेमा पराजित उम्मेदवार मात्रै छन्। ऐनमा भने तोकिएको समयभित्र जरिवानासमेत नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने उल्लेख छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते एकै चरणमा देशभरि सम्पन्न भएको थियो। अधिकांश निर्वाचन क्षेत्रको अन्तिम परिणाम मङ्सिर १० गतेसम्म सार्वजनिक भइसकेको थियो तर दोलखा, बाजुरा र स्याङ्जाको एक–एक निर्वाचन क्षेत्रको परिणाम मङ्सिर दोस्रो सातापछि मात्रै सार्वजनिक भयो। प्रदेश सभातर्फ मधेश प्रदेशका एक जना उम्मेदवारले समयसीमापछि खर्च विवरण बुझाएका छन्।  
News
57,597
मर्स्याङ्दी कोरिडोरमा सब-स्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।
https://gorkhapatraonline.com/news/58574
काठमाडौँ, चैत ११ गते । मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँ भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदिपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसन निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । भौगोलिक रूपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने बताइएको छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदिपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माण स्थलमा ढुवानी भइसकेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपियाँ छ ।  
News
38,633
प्रजातान्त्रिक समाजवादको औचित्य
बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यक्रम ल्याउन सकेन ।बिपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन् । १८ औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका एक विचारकसमेत हुन् । बिपीलाई नेपाली समाजसँग जोडेर हेर्यो भने उनलाई जान्न र बुझ्न सजिलो हुन्छ । हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ । उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो । उनले बन्द समाजलाई खुलातर्फ, निरङ्कुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए । युगौँयुगसम्म बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यता पुष्टि भइरहने छ । नेपाली समाजलाई उन्नति पथमा डोर्याइरहने छ । त्यस कारण बिपी कोइराला नेपाली समाजमा युगीन राजनेताको रूपमा अनुसरणयोग्य छन् । प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो र समाजको सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिक हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो, बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बिपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनु पर्छ भन्ने नै हो । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिँदैन । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो । आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिबाट निर्माण हुनु पर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । सरकार आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बिपीको समावादका मुख्य आधार हुन् । उनले राजनीतिक स्वन्त्रताबिनाको समाजवाद र आर्थिक उन्नतिबिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन, त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन् । बिपीले प्रजातन्त्रको व्याख्या सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, “जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनु पर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनु पर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तब मात्र सही व्यक्ति चुनिन सक्छ ।’’ यसरी बिपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ । बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो सङ्घर्षपछि व्यवहारमा पनि लागु गरेर देखाएका छन् । बिपी नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।अधिकार गरिबलाई, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा उनले उठाए । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नु पर्छ भन्ने बिपीको अटल मान्यता रहेको थियो । बिपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन । सबै समान हुन्छन् । कोही बढी, कोही कम भन्ने पनि हुँदैन । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन् । बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । “मानी लिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दुधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दुध दिन सकिएला तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।” उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दुधको उत्पादनको वृद्धि गर्नतर्फ लाग्नु पर्छ । पर्याप्त मात्रामा दुधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन् । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ । स्रोतसाधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो सङ्घीयतामा जाँदा सामान स्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समयको हिसाबले बिपीको प्रजातान्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रूपमा नेपाली माटोको प्रतिविम्ब हो । पश्चिमेली राष्ट्रले दशकाैँ वर्षपहिले प्रतिपादन गरेको सिद्धान्त लागु गरिनु पर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको स्रोत बनेको छ । तत्कालीन नेकपा (एमाले)मा जनताको बहुदलीय जनवाद पनि यसकै वरिपरि घुमेको पाइन्छ । तथापि बिपीको समाजवाद र अरूका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाँज्न या तुलना गर्न सकिँदैन । बिपीको समाजवादले युगको परिवर्तन गर्यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रवेश गर्यो । यस कारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो । अब कुरा गरौँ, बिपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिँड्यो कि हिँडेन ? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन् । नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यव्रmम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बिपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनाका कालदेखि बिपीको विचारले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा ग¥यो । बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यव्रmम ल्याउन सकेन । कांग्रेसको शासनकालमा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकारभन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन् परनिर्भर हुँदै गए । जसले धनी र गरिबबिचको खाडल नपुरिने गरी बढाइ दियो । पुँजीवादको नाममा पश्चिमा मोडेलसँगै नवउदारवादलाई लागु गर्ने प्रयास गर्यो । जसले वैचारिक रूपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ता बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो । बिपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका विरुद्ध आन्दोलन गर्नु पर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन । पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गए । लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन । समय अनुसार कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन । अब कांग्रेसलाई सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनु पर्छ ।
https://gorkhapatraonline.com/news/77772
बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यक्रम ल्याउन सकेन ।बिपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन् । १८ औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका एक विचारकसमेत हुन् । बिपीलाई नेपाली समाजसँग जोडेर हेर्यो भने उनलाई जान्न र बुझ्न सजिलो हुन्छ । हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ । उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो । उनले बन्द समाजलाई खुलातर्फ, निरङ्कुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए । युगौँयुगसम्म बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यता पुष्टि भइरहने छ । नेपाली समाजलाई उन्नति पथमा डोर्याइरहने छ । त्यस कारण बिपी कोइराला नेपाली समाजमा युगीन राजनेताको रूपमा अनुसरणयोग्य छन् । प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो र समाजको सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिक हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो, बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बिपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनु पर्छ भन्ने नै हो । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिँदैन । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो । आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिबाट निर्माण हुनु पर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । सरकार आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बिपीको समावादका मुख्य आधार हुन् । उनले राजनीतिक स्वन्त्रताबिनाको समाजवाद र आर्थिक उन्नतिबिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन, त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन् । बिपीले प्रजातन्त्रको व्याख्या सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, “जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनु पर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनु पर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तब मात्र सही व्यक्ति चुनिन सक्छ ।’’ यसरी बिपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ । बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो सङ्घर्षपछि व्यवहारमा पनि लागु गरेर देखाएका छन् । बिपी नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।अधिकार गरिबलाई, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा उनले उठाए । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नु पर्छ भन्ने बिपीको अटल मान्यता रहेको थियो । बिपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन । सबै समान हुन्छन् । कोही बढी, कोही कम भन्ने पनि हुँदैन । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन् । बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । “मानी लिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दुधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दुध दिन सकिएला तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।” उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दुधको उत्पादनको वृद्धि गर्नतर्फ लाग्नु पर्छ । पर्याप्त मात्रामा दुधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन् । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ । स्रोतसाधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो सङ्घीयतामा जाँदा सामान स्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समयको हिसाबले बिपीको प्रजातान्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रूपमा नेपाली माटोको प्रतिविम्ब हो । पश्चिमेली राष्ट्रले दशकाैँ वर्षपहिले प्रतिपादन गरेको सिद्धान्त लागु गरिनु पर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको स्रोत बनेको छ । तत्कालीन नेकपा (एमाले)मा जनताको बहुदलीय जनवाद पनि यसकै वरिपरि घुमेको पाइन्छ । तथापि बिपीको समाजवाद र अरूका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाँज्न या तुलना गर्न सकिँदैन । बिपीको समाजवादले युगको परिवर्तन गर्यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रवेश गर्यो । यस कारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो । अब कुरा गरौँ, बिपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिँड्यो कि हिँडेन ? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन् । नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यव्रmम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बिपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनाका कालदेखि बिपीको विचारले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा ग¥यो । बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यव्रmम ल्याउन सकेन । कांग्रेसको शासनकालमा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकारभन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन् परनिर्भर हुँदै गए । जसले धनी र गरिबबिचको खाडल नपुरिने गरी बढाइ दियो । पुँजीवादको नाममा पश्चिमा मोडेलसँगै नवउदारवादलाई लागु गर्ने प्रयास गर्यो । जसले वैचारिक रूपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ता बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो । बिपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका विरुद्ध आन्दोलन गर्नु पर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन । पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गए । लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन । समय अनुसार कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन । अब कांग्रेसलाई सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनु पर्छ ।
News
46,627
समाजवादी मोर्चालाई प्रभावकारी बनाइने
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबिच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ । विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)
https://gorkhapatraonline.com/news/68643
काठमाडौँ, असार ८ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबिच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ । विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलेर समाजवादी मोर्चा गठन भएपछि संसदीय व्यवस्थामा विप्लव सहभागी हुने आकलन गरिएको छ । असार ४ गते समाजवादी मोर्चा नेपालको घोषणा भएको थियो । यसैबिच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक असार २३ गते हुने भएको छ । पार्टी केन्द्रीय सदस्यहरूलाई बिहीबार पठाइएको परिपत्र अनुसार बैठक प्रज्ञा भवन कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीसमेत सहभागी हुने छन् । माओवादीले बैठकअघि असार १५ गतेभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन केन्द्रमा पठाउन परिपत्र गरेको छ ।  पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गर्नुभएको परिपत्रमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौँ महाधिवेशनको हिसाब केन्द्रीय समिति बैठक अगावै फर्स्योट गर्न निर्देशन दिइएको छ।   
News
55,480
लगानीकर्ताको विश्वास आर्जन
मुलुकको आर्थिक रूपान्तरणका लागि ठुला पूर्वाधार एवं उत्पादन परियोजनामा स्वदेशी र विदेशी निजी लगानी आकर्षित गर्ने उद्देश्यबाट प्रेरित भएर एकद्वार निकायका रूपमा १२ वर्षअघि लगानी बोर्डको स्थापना भएको हो । मुलुकको तीव्र आर्थिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न निजी क्षेत्रको लगानी सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा र लगानीकर्ताले पूर्ण निजी स्वामित्व रहने गरी निजी स्वपुँजी र ऋण परिचालन भई सञ्चालन हुने परियोजना लगानी बोर्डमार्फत सहजीकरण हुँदै आएका छन् । छ अर्ब रुपियाँ वा सोमाथिका र ऊर्जा परियोजनाको हकमा दुई मेगावाट र सोमाथिका परियोजनाको समग्र प
https://gorkhapatraonline.com/news/106680
मुलुकको आर्थिक रूपान्तरणका लागि ठुला पूर्वाधार एवं उत्पादन परियोजनामा स्वदेशी र विदेशी निजी लगानी आकर्षित गर्ने उद्देश्यबाट प्रेरित भएर एकद्वार निकायका रूपमा १२ वर्षअघि लगानी बोर्डको स्थापना भएको हो । मुलुकको तीव्र आर्थिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न निजी क्षेत्रको लगानी सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा र लगानीकर्ताले पूर्ण निजी स्वामित्व रहने गरी निजी स्वपुँजी र ऋण परिचालन भई सञ्चालन हुने परियोजना लगानी बोर्डमार्फत सहजीकरण हुँदै आएका छन् । छ अर्ब रुपियाँ वा सोमाथिका र ऊर्जा परियोजनाको हकमा दुई मेगावाट र सोमाथिका परियोजनाको समग्र परियोजना चक्र व्यवस्थापन र सहजीकरणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको बोर्डलाई अधिकार प्रदान गरिएको छ । यस प्रकारको शक्तिशाली बोर्डलाई सरकारको व्यावसायिक अनुहारका रूपमा हेरिँदै आएको छ, जसले महत्वपूर्ण पूर्वाधार विकास गरी मुलुकको आर्थिक सम्भावनालाई उजागर गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने (स्वदेशी पुँजी अपर्याप्त भएकाले विदेशी पुँजीसमेत परिचालन गर्ने), स्वदेशी एवं विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने साथै एकल बिन्दु सेवा तथा लगानीकर्ता समन्वयलाई प्रभावकारी बनाउने र नेपाललाई लगानीकर्ताले रुचाएको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यबाट प्रेरित छौँ । विश्व अभ्यासबाट पुष्टि भएका मान्यता तथा पद्धतिलाई अनुसरण गरेर राज्यको उपलब्ध स्रोतसाधन प्राथमिकताका आधारबाट परिचालन गरेको हुन्छ । यसमा आफ्नो खास प्रतिस्पर्धी क्षेत्रको पहिचान गर्ने र त्यही अनुसार योजना र लगानी हुन्छ । जनताका आवश्यकताको परिपूरण, जीवनस्तरको स्तरोन्नति, विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक उपस्थितिमार्फत समग्र मुलुकको उन्नतिका लागि सबै मुलुकले वैदेशिक तथा आन्तरिक लगानी परिचालन गर्ने हो । यो निजी र सार्वजनिक दुवै हुन्छ । निजी क्षेत्रको क्षमता कुशलता प्रवर्धन गर्दै सार्वजनिक–निजी साझेदारीका विभिन्न परिदृश्यलाई साकार पार्ने काम विकसित मुलुकले समेत गरिरहेका छन् । कहाँ कस्तो लगानी भित्र्याउने भन्ने सो देशको आवश्यकता र प्रतिस्पर्धी क्षेत्रको पहिचानमार्फत हुन्छ । यही कार्यमा लगानी बोर्ड तथा बोर्ड कार्यालयले दत्तचित्त भएर लागेको छ । राज्यका सबल क्षेत्रको सदुपयोग सिर्जना गर्ने बहुआयामिक लाभ हासिल गर्ने गरी वैदेशिक लगानी आकर्षित गर्नुपर्ने हुन्छ । यसर्थ व्यक्तिगतदेखि निजी क्षेत्र, वैदेशिक क्षेत्र सबैका लगानी ल्याउन अनुकूल वातावरण सिर्जना गर्ने र त्यसलाई आर्थिक सामाजिक लाभमा सुनिश्चित गराउने काम गर्दै आएका छौँ । यसै सन्दर्भमा तेस्रो लगानी सम्मेलन पनि सफलताका साथ सम्पन्न भएको छ ।  यो लगानी सम्मेलनमा मूल रूपमा नेपालमा उपलब्ध प्रचुर सम्भावनाका क्षेत्रमा लगानी ल्याउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई गुल्जार गराउने हुन्छ । अर्को महìवपूर्ण कार्य भनेको जनताका समस्या समाधान गर्ने खालका वा भनौँ जनताले प्रत्यक्ष सुखसुविधा पाउने पूर्वाधारमा लगानी केन्द्रित गराउने प्रयास गरेका छौँ । लगानी ल्याउने मात्र भन्ने भएन विकासको स्वरूप के हुने असर के हुने भन्ने सबै कुरालाई बहुआयामिक हिसाबले अध्ययन गरेर प्रमाणित भएपछि मात्रै हामी अगाडि बढ्नु पर्छ भन्नेमा स्पष्ट भएरै काम गरेका छौँ । सम्मेलनका उलपब्धिका कुरा गर्नु पर्दा परिमाणात्मक मात्र नभएर गुणात्मक रूपले हेर्नु पर्छ । एउटा लगानीकर्तालाई आश्वस्त गर्ने काममा ऊसँग विभिन्न तहमा विभिन्न विधिले संवाद भइरहेका हुन्छन् । पहिलो, दोस्रो लगानी सम्मेलनका प्रभावले तेस्रो लगानी सम्मेलनमा परियोजनामा एप्रोच आएको हुन सक्छ । निजी क्षेत्रका प्रतिनिधिबिच भएका पूर्वसंवादहरूको असर यहाँ परिरहेको हुन सक्छ । हामीले तीन पिल्लरलाई आधार मानेर लगानी सम्मेलन गरेका हौँ । पहिलो कुरा ‘इभेन्ट’ हो, दोस्रो ‘एप्रुभमेन्ट’ हो र तेस्रो ‘प्रोडक्ट’ । हामीले ठुलो उद्देश्य राखेको होइन । लगानीकर्तासँग भेट्ने, उसलाई सुनाउने, उसका कुरा सुन्ने हो । त्यसपछि हामी आफैँमा गुणात्मक सुधार गर्दै जाने पनि त्यो कुरा विभिन्न अनुभव अध्ययनले सिकाउँछ र परिष्कृत हुँदै जान्छ । यी सबै कुरा भएपछि मात्र प्रोडक्टमा केन्द्रीकृत हुने अवस्था आउँछ । हामीले दुईदिने यो ऐतिहासिक सम्मेलनमा १० विभिन्न सत्रमा कार्यक्रम सम्पन्न गरेका छौँ । ५० भन्दा धेरै वक्ता र ६५ भन्दा बढी देशका आठ सयभन्दा बढी लगानीकर्ता यहाँ सहभागी हुनुभएको छ । लगानीकर्ता अधिकांश आफ्नै लगानीमा समेत आएका छन् । लगानी सम्मेलनमा परियोजना लगानीकर्ताको मात्र होइन, यसको समग्र ‘इकोसिस्टम’ लाई बलियो बनाउने सबै पक्षको उपस्थिति रहन सक्यो । प्रोजेक्टलाई डिरिस्क गर्ने संस्था, बहुपक्षीय वित्तीय निकाय, अन्तर्राष्ट्रिय कानुनी वित्तीय परमार्श दिने जस्ता सबै निकाय यहाँ आएर सक्रिय सहभागिता देखाएका छन् ।  नौ वटा सेक्टरल प्रोफाइल बनाएर हामीले विस्तारित रूपमा लगानीकर्तासँग बहुआयामिक पक्षमा छलफल सम्पन्न गरेका थियौँ । वैदेशिक लगानीकर्ताका आफ्नै सक्रियता पनि लोभलाग्दो देखिएको छ । उहाँहरूले आफ्ना मुलुकमा फर्किएर यहाँको अवस्था र सम्भावनाको कुरा गरिरहनुभएको छ । ग्लोबल बिजनेस लिन वा डिल गर्न सफल हुन्छौँ भन्ने यो सम्मेलनले स्थापित गरेको छ । सम्मेलनमा ठुला परियोजनाका मात्र कुरा गरेका छौँ  । नेपालको अदुवा प्रशोधन, बेसार उत्पादन जस्ता क्षेत्रसमेत लगानीका दृष्टिकोणबाट छलफल भए । सफलताका कथा सुनाउन पनि पाइयो ।यो सम्मेलनमा भएका बिटुजी, बिटुबी मिटिङ, नीतिगत बहस तथा नेटवर्किङका आयामले उपलब्धि प्राप्तिलाई बहुआयामिक बनाइदिएको पाइयो । त्यहाँ लगानी बोर्डले मात्र बोलेन । स्वदेशी उद्यमीले विदेशी लगानीकर्तालाई आफ्ना योजना÷परियोजनामा सहकार्यका लागि विदेशी लगानीकर्तासँग छलफल गर्दै आह्वान गरेको पाइयो । आयोजनामा ऋण स्वपुँजी, प्रविधि हस्तान्तरणलगायतका विषयमा भएका ती छलफलले भोलिका दिनमा निश्चय पनि उत्पादनशील परिणाम देखाउने छन् ।लगानी सम्मेलनकै क्रममा बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष सक्रियता पनि उदाहरणीय रहेको छ । उहाँ नेपाल लगानीको सुरक्षित गन्तव्य रहेको बुझाउन सहभागीसँग प्रत्यक्ष अनौपचारिक संवादमा सरिक हुनुभयो । अर्थमन्त्री वर्षमान पुनले पनि यसै गरी सक्रियता देखाइरहनुभएको थियो । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थादेखि राज्य संयन्त्रका समग्र निकायले तेस्रो लगानी सम्मेलनलाई गौरवपूर्ण बनाउन योगदान पु¥याएका छन् । उद्योगमन्त्रीको पनि यसमा सराहनीय भूमिका रह्यो । बोर्डका सदस्यहरूदेखि कर्मचारी सबैको भूमिका सराहनीय छ ।लगानी सम्मेलनको प्रभाव तात्कालिक मौद्रिक परिमाणको दृष्टिकोणबाट व्याख्या गर्नु उचित हुँदैन किनकि यो ठेक्का पट्टाको सम्मेलन होइन । भएका समझदारी तथा सम्झौता त प्रतिनिधिमूलक मात्रै हुन् । यो सम्मेलन त प्रस्थानबिन्दु मात्रै हो । लगानी बोर्ड मातहतका परियोजनाको आकार बढ्दै जानु, आइसकेका लगानीकर्ताले उत्साहित भएर अन्य सम्भावित लगानीकर्तालाई विश्वास दिलाउन सक्ने वातावरण बन्नु, परियोजनाका सन्दर्भमा हुने सहजीकरणको प्रभावकारिता बढ्दै जानु, कानुनी जटिलता हट्दै जानु, लगानीको वातावरण निर्माणमा जिम्मेवार निकायको क्षमता र सोचमा रूपान्तरण भएर जिम्मेवार तथा प्रगतिशील हुँदै गएको पाइएको छ । यी कुरा ठुला उपलब्धि हुन् । विभिन्न समूहमा सूचीबद्ध १५० सोकेस परियोजनामा लगानीकर्ताको आँखा परेको छ । परियोजनाको स्तर, क्षेत्र लगानीकर्ताको रुचिका आधारमा ‘रियलाइजेसन’ गराउँदै जान्छौँ । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाको नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसियाबिच व्यापार प्रवर्धनमा सहकार्य गर्ने समझदारी भयो । नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स’ (नाप) बिच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । साखः एन्ड कम्पनी प्रालि र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्रालि’ बिच पनि लगानीसम्बन्धी समझदारी भएको छ । यसबाहेक नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रोडक्ट कम्पनीबिच नेपालमा लगानी प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्मेलनकै क्रममा मुगुको राराताल क्षेत्रमा आठ सय रोपनी क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि समझदारी पनि भएको छ ।लगानी अनुकूल वातावरणका लागि लगानी बोर्ड मात्र होइन, समग्रतामा आएको परिवर्तन पनि उल्लेखनीय छ । यही लगानी सम्मेलनकै छेकोमा केही नेपाल ऐन संशोधनमार्फत कानुन सुधार भएको छ । अझ ठुलो कुरा के भने लगानी बोर्डको संस्थागत सुधारसमेत हुने अवस्था आएको छ । बोर्डको संरचना सशक्त भए पनि लगानी बोर्ड नेपालको कार्यालय भने अस्थायी प्रकृतिको रहिआएको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ ले लगानी बोर्ड नेपालको कार्यालयलाई लगानी प्रवर्धन निकाय र सार्वजनिक–निजी साझेदारी निकायका रूपमा कार्य गर्न म्यान्डेट प्रदान गरेको छ । लगानी बोर्डको कार्यालयलाई सानिसासम्बन्धी उत्कृष्टता केन्द्र (पिपिपी सेन्टर अफ एक्सिलेन्स) का रूपमा विकास गर्ने सोच लगानी बोर्डको व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०२१–२२ देखि २०२५–२६) ले अगाडि सारेको छ । सानिसा आफैँमा जटिल विषय भएकाले यसलाई सरलीकरण गर्नका लागि औजार एवं विधि, प्रक्रियामा स्पष्टता एवं यससम्बन्धी विशिष्टीकृत ज्ञान, सिप भएका दक्ष जनशक्तिको स्थायी प्रबन्ध लगानी बोर्डको कार्यालयसँग हुनु पर्छ । हामी त्यो प्राप्त गर्ने दिशामा अग्रसर छौँ ।लगानी बोर्डको सचिवालयको रूपमा कार्य गर्न स्थापित लगानी बोर्डको कार्यालयको संस्थागत विकास एवं सुदृढीकरणको आवश्यकता महसुस गर्दै गत वर्ष पुस १० मा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा प्रधानमन्त्रीले ‘लगानी बोर्डको कार्यालयलाई अधिकार प्रत्यायोजन गरेर समन्वयकर्ताभन्दा पनि कार्यमूलक बनाइने’ उल्लेख गर्नुभएको छ । त्यस्तै लगानी बोर्डको ५५ औँ बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा आवश्यक संशोधन अगाडि बढाउने निर्णय बोर्डले लिएको छ । सार्वजनिक–निजी साझेदारीमा परियोजना विकास र व्यवस्थापनका लागि उपयुक्त सहजीकरण मापदण्ड, बुझाइ तथा समन्वय अत्यावश्यक छ । पिपिपी अन्तर्गत लगानीसँगै ज्ञान, सिप एवं दक्षता पनि भिœयाउन त्यत्तिकै जरुरी छ । यसलाई ध्यानमा राख्दै गर्दै लगानी बोर्डलाई जनशक्ति व्यवस्थापन र कोष (आइबिएन फन्ड) सञ्चालनका लागि एक तहको स्वायत्तता प्रदान गर्ने विषय संशोधनमा समावेश छ । संस्थाको जिम्मेवारी उत्तरदायित्व अनुसारको जनशक्तिको प्रबन्ध र संस्थाको दिगोपनाका सम्बन्धमा प्रश्नहरू विद्यमान छन्, यसलाई सम्बोधन गर्नै पर्छ । लगानी बोर्डको कार्यालयलाई स्थायित्व दिन यसका लागि आवश्यक दक्षता भएका कर्मचारी र कोष सञ्चालन अनिवार्य सर्त नै हुन् । त्यस्तै अहिले केही सरकारी दरबन्दी र परामर्शदातामार्फत कार्यसम्पादन हुने गरी हाइब्रिड संरचनाको कार्यालय चलाइरहेका छौँ तर सरकारका कर्मचारीको बारम्बार सरुवा भइरहने र दातृ निकायको सहयोगमा प्रदान गरिएका अस्थायी परामर्शदाताबाट र उनीहरूले सिकेको ज्ञान, सिप र दक्षताको उपयोगबाट संस्थाले उच्चतम लाभ लिन नसक्ने अवस्था विद्यमान हुन्छ । संस्थाको संस्थागत ज्ञान/स्मृति मजबुत बनाउन कठिन छ । अर्कोतर्फ लगानी बोर्डको कार्यालयसँग भएका प्रोफेसनलहरूले विभिन्न तालिम, एक्सपोजर तथा कार्यानुभवले दक्षता हासिल गर्दै आएका छन्, त्यसलाई संस्थाले उपयोग गर्न सक्ने वातावरण बनाउनु पर्छ भनेरै अब आफ्नै स्थायी कर्मचारी नियुक्त गर्ने वातावरण बनिसकेको छ । जनशक्ति व्यवस्थापन सम्बन्धमा अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्भेले माग गरे अनुरूपका जनशक्ति व्यवस्थापन गर्ने छौँ । यसले संस्थागत ज्ञान/संस्थागत स्मृति तथा ज्ञानको सङ्ग्रह र हस्तान्तरण गरी मुलुकमा सानिसा संस्कृति (पिपिपी कल्चर) विकास गर्ने ध्येय लिएका छौँ । आर्थिक विनियमावली तयार गरी अनुमोदनपश्चात् आइबिएन फन्ड सञ्चालनमा ल्याउने तयारीमा छौँ । यसले संस्थाको ‘एभेन्यु अफ रेभेन्यु’ (राजस्व प्राप्तिका ठाउँ) र ‘हेडिङ्स् अफ स्पेन्डिङ्स’ (खर्चका शीर्षक) तय गर्न सहज हुने छ ।लगानी बोर्ड बलियो बन्दै जाँदा अप्रोच पनि बददै जाने हो । अहिले ४० खर्बका परियोजना ह्यान्डिल गरिरहेका छौँ । निर्माणका चरणमा रहेका परियोजनाको प्रगति तीव्र छ । नौ सय मेगावाटको अरुण तेस्रो जस्ता विभिन्न परियोजना समयमै सफलतापूर्वक निर्माण सम्पन्न गराउन सकेको प्रमाण लिएर विश्व समुदायमा क्षमता देखाउने दिन धेरै टाढा छैन । तेस्रो लगानी सम्मेलनले देखाएका सम्भावनालाई कार्यान्वयन गर्न लगानी बोर्डले अब विभिन्न टास्क फोर्स बनाउने छ । आशयपत्र आह्वान भएका आयोजनाको सहजीकरणका लागि पर्याप्त तयारी गरेका छौँ । हाम्रो क्षमता विस्तार हुँदै जाँदा अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयनमा ल्याउन सकेको पनि प्रमाणित गर्दै गुणस्तरीय प्रभावकारी ठुला आयोजना कार्यान्वयन गराउने निकायका रूपमा स्थापित हुने दिन आउँदै छन् । (गोरखापत्रका पत्रकार गोपालचन्द्र सुवेदीसँग गरिएको कुराकानीमा आधारित)  
News
34,679
तेस्रो लिङ्गीलाई फौजमा नलिने आदेशमाथि रोक
अमेरिकाको एउटा संघीय अदालतले सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि रोक्का गरेको छ।
https://www.bbc.com/nepali/news-41812629
जिल्ला न्यायाधीश कोलीन कोलार कोटेलीको आदेशसँगै तेस्रो लिङ्गीहरुले खुल्ला रुपमा सेवा गर्न पाउनेछन् र नयाँ भर्ती पनि हुन पाउनेछ। न्यायाधीश कोटेलीले प्रतिबन्ध लगाउन राष्ट्रपतिले देखाएका कारणहरुलाई कुनै तथ्यले समर्थन नगरेको देखिएको बताएकी छन्। गत जुलाईमा एउटा कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि प्रतिबन्ध लगाएका थिए। उल्लंघन आफूहरुको संवैधानिक अधिकार उल्लंघन भएको भन्दै त्यसविरुद्ध तेस्रो लिङ्गी सैनिकहरुको एउटा समूहले गत महिना अदालतमा मुद्दा हालेको थियो। अनपेक्षित रुपमा गत जुलाईमा महिना ट्रम्पले ट्वीटमार्फत प्रतिबन्धको संकेत गरेका थिए। वरिष्ठ सैनिक अधिकारी तथा विज्ञहरुसँगको सल्लाहपछि आफूले उक्त निर्णय लिएको ट्रम्पले बताएका थिए। उनले तेस्रो लिङ्गीहरुले सेनालाई औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने बताउँदै आएका छन्। फुकुवा त्यसपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले देशको सेनामा तेस्रो लिङ्गीहरुको भर्ती रोक्न रक्षा मन्त्रालयलाई आदेश दिएका थिए। रक्षामन्त्री जेम्स म्याटिसलाई पठाइएको आदेशमा गत वर्षको जुन महिनामा सैनिक सेवामा तेस्रो लिङ्गीहरुका लागि फुकुवा गरिएको प्रतिबन्ध पुनः लागू गर्न भनिएको थियो। ट्रम्पले सैनिक सेवामा रहेका महिला तथा पुरुषले लिङ्ग परिवर्तनका लागि गराउने शल्क्रियामा पनि रोक लगाउन पनि आदेश दिएका थिए। गत जुलाइको शुरुतिर रक्षामन्त्री म्याटिसले ओबामा प्रशासनले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना लिने भन्ने विषयमा सन् २०१६ मा पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए।
Others
70,261
‘सङ्घीय शिक्षा ऐन’ संसदमा पेश गर्न महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/54736
काठमाडौं, फागुन ५ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका महामन्त्री थापाले चालू संसद अधिवेशनबाटै सो ऐनलाई पारित गर्ने आफूहरुको चाहना भएको पनि स्पष्ट पार्नुभयो ।शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव समेत राख्नुभयो । नेपालको संविधानले कक्षा ११ र १२ को शिक्षा पनि स्थानीय तह मातहतमा रहने व्यवस्था गरेको छ । तर यो राजनीतिकरणको शिकार हुने पुगेकाले यसको अनुगमनका लागि प्रदेशमा नै सो लोकपालको व्यवस्था गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । उहाँले संविधानले दिएको अधिकार तलमाथि नहुने गरी कक्षा १२ सम्मको शिक्षालाई अगाडि बढाउनका लागि पनि सो लोकपाल प्रदेशमा बनाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने तर्कसमेत गर्नुभयो । ‘‘यो संसदको अहिलेको सत्रमै यो सङ्घीय शिक्षा ऐन आओस् भन्ने हाम्रो चाहना छ । सरकारमा जो हुनुहुन्छ उहाँहरुलाई त्यही कुरा भनिरहेका छौं । यो ऐनको अनुसूची बनाउने क्रममा राजनीतिक नेतृत्वले एक दिन पनि छलफल गरेको होइन । कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारलाई चलाउन दिने कुरा हामीले संविधानमा नै व्यवस्था गरेका छौं । तर त्यसलाई सञ्चालन गर्ने काममा अति राजनीतिकरण हुने भयो ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘स्थानीय तहका प्रमुख पनि कुनै राजनीतिक पार्टीको हुने भएकाले शिक्षामा राजनीतिकरण हावी भयो । त्यसकारण यसलाई अनुगमन गर्नका लागि प्रदेश सरकारको मातहतमा रहने गरी शिक्षा लोकपालको व्यवस्था गर्न उपयुक्त हुन्छ । यसो गर्दा संविधानले दिएको अधिकार पनि तलमाथि नहुने, आग्रहको आधारमा हुने व्यवहारलाई पनि नियन्त्रण गर्न सकिने व्यवस्था प्रदेशमा गर्न सकिन्छ कि भन्ने मेरो कुरा हो ।’’कार्यक्रममा बोल्नुहुँदै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संवैधानिक व्यवस्था अनुसार ऐनहरु तर्जुमा नभएकाले विद्यालय तहको शिक्षा सहज ढङ्गले अघि बढन सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले विद्यालय तहको शिक्षालाई निःशुल्क र अनिवार्य भन्ने तर निजी विद्यालयले शुल्क लिने यस्तो अन्याेलको अवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभयो । शिक्षाविद् कोइरालाले निजी विद्यालयको सञ्चालनका सम्बन्धमा ठोस धारणा ल्याउन पनि ढिलाइ गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । शिक्षाविद् कोइरालाले भन्नुभयो, ‘‘अहिले बनेको आधारभूत शिक्षा ऐनलाई हेर्नुभयो भने केन्द्रीकरणको आभास छ । नीतिलाई हेर्नु भयो भने जनवादी केन्द्रीयताको अभाव छ । र, संविधानलाई हेर्नु भयो भने विकेन्द्रीकरणको आभास छ । पहिलो समस्या यही हो । दोस्रो निजी विद्यालयलाई के गर्ने भन्ने विषयमा एकदमै अन्यौल भयो । यता निःशुल्क शिक्षा भन्ने, अनिवार्य शिक्षा भन्ने । अनि निजीले शुल्क लिने । यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ ।’’शिक्षाविद् कोइरालाले केन्द्रीकरणको आभास हुने खालका कानुनी व्यवस्थाका कारण विद्यालय तहको शिक्षा प्रभावकारी हुन नसकेको दावी गर्नुभयो ।
News
58,350
विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित
आईसीसी महिला विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।
https://ekantipur.com/sports/2019/02/21/155073756565314740.html
काठमाडौँ — आईसीसी महिला विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो । नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे । बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।
Sports
27,898
राजधानीको लिगलाई सर्लाहीमा तयारी
काठमाडौं महानगरपालिकाको प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजनको क्लब हो । यसपालि ‘सी’ डिभिजन लिग १ चैतमा सुरु हुँदै छ । राजधानीको लिगका लागि प्लानिङ ब्वाइजले वाग्मती नगरपालिका सर्लाहीमा बन्द प्रशिक्षण थालेको छ ।
https://ekantipur.com/sports/2021/02/24/161413478393991583.html
सर्लाही — काठमाडौं महानगरपालिकाको प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘सी’ डिभिजनको क्लब हो । यसपालि ‘सी’ डिभिजन लिग १ चैतमा सुरु हुँदै छ । राजधानीको लिगका लागि प्लानिङ ब्वाइजले वाग्मती नगरपालिका सर्लाहीमा बन्द प्रशिक्षण थालेको छ ।वाग्मती युवा क्लबको सन्तोष श्रेष्ठ स्मृति फुटबल मैदानमा प्लानिङ ब्वाइजका खेलाडीले बिहान साढे २ घण्टा र साँझ २ घन्टा ट्रेनिङ गरिरहेका छन् । सुनसरी, झापा, सिन्धुपाल्चोक, काठमाडौं, कैलाली, कञ्चनपुर, बर्दिया, स्याङजा, रामेछाप जिल्लाका १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी भइसकेको उल्लेख गर्दै प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामाले भने, ‘हामीले ९ खेलाडीलाई अनुबन्ध गरिसकेका छौं । अरू खेलाडी ट्रायलमा छन् । प्रदेश लिग सकेपछि खेलाडी थपिनेछ र फागुन १४ सम्म टिमले पूर्णता पाउनेछ ।’२०६७ सालमा स्थापित यो क्लब अर्को सिजन नै छनोट पार गरेर सी डिभिजनमा पुगेको थियो । त्यसयता यस क्लबले राजधानीको तेस्रो श्रेणीको लिग निरन्तर खेलिरहेको छ । पछिल्लोपल्ट २०७५ को लिगमा चौथो स्थानमा रहेको प्लानिङ ब्वाइजले यसपालि शीर्ष तीनमा रहँदै ‘बी’ डिभिजनमा उक्लिने लक्ष्य बनाएको छ । त्यसैका लागि एएफसी ‘बी’ लाइसेन्स उत्तीर्ण दीपेश योन्जनलाई प्रशिक्षक नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा क्लब अध्यक्ष लामाले बताए ।प्लानिङ ब्वाइजका खेलाडीहरू स्थानीय वाग्मती क्लबको होस्टलमा बस्छन् । उनीहरूलाई त्यहीं खाना–खाजाको बन्दोबस्त गरिएको छ । ‘यहाँको मैदान राम्रो छ, बिहान बेलुका नै ट्रेनिङ गर्न पाइन्छ,’ अध्यक्ष लामाले भने, ‘बन्द प्रशिक्षणमा खेलाडीहरू सँगै बस्ने भएकाले टिममा एकता बढ्छ र उनीहरू खेलमा केन्द्रित हुन्छन् । त्यसैले खर्च बढे पनि सर्लाहीमा बन्द प्रशिक्षण राखिएको हो ।’प्लानिङ ब्वाइजले ४ चैतमा चर्च ब्वाइजविरुद्ध प्रतिस्पर्धा गर्दै ‘सी’ डिभिजन लिग २०७७ को यात्रा थाल्नेछ । गत वर्ष चैत २४ मा सुरु हुने तोकिए पनि कोरोना भाइरस महामारीको कारण एक वर्ष धकेलिएको यो लिगमा मोफसलका झापा फुटबल क्लब, वीरगन्ज युनाइटेड र वीरगन्ज युथ एकेडेमी तथा राजधानीका ११ गरी कुल १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ७–७ क्लबको दुई समूह बनाइएको छ । समूहका शीर्ष तीन टिम सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिगबाट ‘बी’ डिभिजनमा बढुवा हुने शीर्ष तीन क्लबसँगै च्याम्पियनको छिनोफानो हुनेछ ।
Sports
23,617
एउटै कोख तर फरक बुवाबाट जन्मिएका जुम्ल्याहा सन्तान
एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्। तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्।
https://www.bbc.com/nepali/news-47275154
साइमन र ग्रेएम बर्नी-एड्वार्ड्ज आफ्ना जुम्ल्याया सन्तान एलेक्जेन्ड्रा र कोल्डरसँग एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्। तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ? चार बुवा, तीन देश र दुई सन्तान पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो। सरोगेट आमा मेग स्टोनले जन्माएका सन्तानसँग साइमन र ग्रेएम उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा 'इन भिट्रो फर्जिलाइजेशन'बाट एउटा मात्र भ्रूण गर्भाधान गराउन खोज्ने केही ब्रिटिश जोडीमध्येका हुन्। त्यसरी तयार पारिएको भ्रूण सरोगेट आमा बन्न सहमत भएकी एउटी महिलाको कोखमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो। त्यो प्रक्रिया लामो र जटिल थियो। सबैभन्दा पहिला त आफ्नो शुक्राणुबाट गर्भाधान गराउन उनीहरूलाई छुट्टाछुट्टै डिम्ब चाहिएको थियो। पहिला उनीहरू छुट्टै गर्भबाट दुई बच्चा होऊन् भन्ने चाहन्थे। तर उनीहरूलाई डिम्ब दान दिने महिला खोज्न सघाउने संस्थाले एकैचोटि एउटी सरोगेट आमाको गर्भमा दुईवटा बच्चा हुर्काउन मिल्ने जानकारी दियो। यूकेमा बस्ने भएपनि साइमन र ग्रेएम त्यसका लागि विदेश गए। साइमन भन्छन्, "हामीसँग नाम नखुलाइएकी अमेरिकी महिला डिम्बदाताका रूपमा थिइन् किनभने प्रजननसम्बन्धी हाम्रो उपचार लास भेगसमा भएको थियो।" डिम्बहरू सङ्कलन गरेपछि तिनलाई दुई भागमा विभाजित गरियो अनि एउटा भाग साइमनको शुक्राणु र अर्को भाग ग्रेएमको शुक्राणुबाट निषेचन गरियो। त्यसपछि विकसित भएका भ्रूणलाई छानेर कम तापक्रममा भण्डारण गरियो। दुई समूहबाट छानेर सबैभन्दा पुष्ट भ्रूणलाई सरोगेट आमाको कोखमा राखियो। तिनै महिलाले आफ्नो कोखमा ती दुई बच्चालाई क्यानडामा हुर्काइन्। क्यानडाकी सरोगेट आमा साइमनले अरू सन्तानबारे पनि सोच्न सक्ने जनाएका छन् यसरी एउटी महिलाको डिम्ब र दुई पुरुषका शुक्राणुबाट विकसित भ्रूण अर्की महिला मेग स्टोनको गर्भमा हुर्किएर जुम्ल्याहा बालबालिकाका रूपमा जन्मिए। साइमन भन्छन्, "हामीले क्यानडा छान्यौँ किनभने हामीलाई त्यहाँको कानुनी संरचना मन पर्‍यो। त्यो यूकेको जस्तै छ, व्यापारजस्तो नभई परोपकारी।" साइमन र ग्रेएम यूके फर्किएपछि मेगबाट समाचारको प्रतीक्षा गरे। के गर्भ सफल होला त? यो प्रश्न उनीहरूको मनमा खेलिराख्यो। अन्तत: उनीहरूलाई फोन आयो। उनीहरूले सुखद समाचार पाए। ग्रेएम भन्छन्, "हाम्रो मनमा धेरै किसिमका भावनाहरू उठे। हामी निकै खुसी भयौँ, एकदमै प्रफुल्लित।" साइमन र ग्रेएम बच्चा जन्मिने मितिभन्दा छ हप्ताअघि यूकेबाट क्यानडा गए। उनको कोखबाट आफ्ना सन्तान जन्माइदिने महिलासँग उनीहरू राम्रो सम्बन्ध राख्न प्रतिबद्ध देखिएका छन्। किनभने डिम्ब दिने महिलालाई उनीहरू र उनीहरूका सन्तानले चिन्न सक्ने सम्भावना नै छैन। अनि के उनीहरू अरू बच्चा पनि चाहन्छन्? एकएकवटा सन्तान भएका साइमन र ग्रेएम अहिले धेरै प्रसन्न देखिन्छन्। हाँस्दै साइमन भन्छन्, "कहिल्यै पनि नाइँ चाहिँ भन्नुहुँदैन।"
Others
66,832
कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई
साउदी अरेबियाको नेतृत्वमा केही छिमेकीले जारी राखेको नाकाबन्दीका माझ कतारमा दुग्ध आपूर्ति बढाउन विमानमार्फत गाईवस्तु पुर्याइएको छ।
https://www.bbc.com/nepali/news-40583246
यी गाई नाकाबन्दी अगाडीनै दोहामा थिए। पहिलो खेप अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा पुर्याइएको छ। कुल चार हजार त्यस्ता गाई त्यहाँ विमानबाट आयात गरिंदैछ। बुडापेष्ट हुँदै आए गाई कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा आइपुगे। तिनलाई विशेष डेरी फार्ममा लगियो। पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती गाई किनेको हो। सो संस्थाका अध्यक्षका अनुसार सबै गाई लगेपछि तिनले कतारको दुग्ध मागको एक तिहाई पूर्ति गर्न सक्नेछन्। छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा समस्या आइपरेको छ। त्यहाँ बस्ने २७ लाख मानिसका आधारभूत आवश्यकता पूर्ति गर्न कतार पूर्णत: आयातमा निर्भर छ।
Others
64,372
एमसीसीविरुद्ध यू–१९ को साहस
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको छ । भारतमा चार टिम सम्मिलित प्रतियोगिता खेल्न जान लागेको नेपाली यू–१९ टोलीले जुझारु प्रदर्शन गर्दै खेललाई रोमाञ्चक बनाउने प्रयास गरेको थियो । 
https://ekantipur.com/sports/2019/11/04/157284227357059718.html
काठमाडौँ — मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको छ । भारतमा चार टिम सम्मिलित प्रतियोगिता खेल्न जान लागेको नेपाली यू–१९ टोलीले जुझारु प्रदर्शन गर्दै खेललाई रोमाञ्चक बनाउने प्रयास गरेको थियो । नेपाली यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय ३४ रन बनायो । दुई टेस्ट अनुभवी खेलाडी समावेश एमसीसीविरूद्ध नेपाली यू–१९ टोलीले हरेस खाएन । टोलीले राम्रो चुनौती दिँदै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई २ सय ९६ रन बनायो । ओपनर विल रोड्स, इंग्ल्यान्डका लागि टेस्ट खेलिसकेका टम वेस्ट्ली र माइल्स हमोन्डले अर्धशतक बनाएपछि एमसीसीले विशाल स्कोर बनायो । योर्कसायरका रोड्सले ९३ रनको सानदार इनिङ्स खेले । ८३ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे । उनले ओपनर विली गोडलम्यानसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय १० रन जोडे । रोड्स, गोडलम्यान र कप्तान जिम्मी एडम्स आउट भए पनि वेस्टलीसँगै विलियम भानडेर्सपार, हमोन्ड र इड योङले एमसीसीको इनिङ्स तानेका थिए । इंग्ल्यान्डबाट ५ टेस्ट खेलेका वेस्टलीले ५५ बल खेल्दै ८ चौका र २ छक्कासहित ६५ रन बनाए । भानडेर्सपारले ४२ बलमा २४, हमोन्डले ३६ बलमा ३ चौका र ६ छक्का प्रहार गरी ६५ रन बनाए । योङले ३२ बलमा अविजित ४५ रन बनाउने क्रममा ३ चौका प्रहार गरे । नेपाल यू–१९ बाट शेर मल्ल र सागर ढकालले २–२ तथा आकाश चन्द र कुशल मल्लले १–१ विकेट लिए । शेरले १० ओभरमा १ मेडन राख्दै ५३ र सागरले १० ओभरमा ६० रन खर्चे । एमसीसीले सागरलाई प्लेयर्स टु म्याचको ट्रफी प्रदान गरेको थियो । कप्तान रीत गौतम र लोकेश बमले पनि नेपाली यू–१९ टोलीलाई राम्रो सुरआत दिलाए । पाकिस्तानबाट टेस्ट खेलिसकेका यासिर अराफतलाई बमले एकै ओभरमा चार चौका प्रहार गरेपछिको अर्को ओभरमा १८ रन बनाई क्रिस राइटको बलमा आउट भए । खडक बोहराले पनि ६ चौका प्रहार गरी २६ बलमा २६ रन बनाए । एमसीसीको तीव्र बलर ओलिभर हानोन डब्लीले रीतमाथि बाउन्सर बर्साएका थिए । त्यसपछिको अर्को बललाई लामो सट खेल्ने क्रममा रीतले बाउन्ड्री लाइनमा क्याच दिन पुगे । रीतले ५८ बल खेली ३ चौका र १ छक्कासहित ४५ रन बनाए । विशालविक्रम केसी १३ रनमा आउट भए । हरिबहादुर चौहान र अरुण ऐरीले पाँचौं विकेटमा ६३ रनको साझेदारी गरे । ऐरी ४० बल खेली २ चौका र १ छक्का प्रहार गरी ३० रन बनाए । हरिले ६० बलको इनिङ्समा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए । कुशल मल्ल १२ र प्रतिश जीसी ४ रनमा आउट भए । आकाश चन्द र शेरले नवौं विकेटमा ६० रन जोडेर नेपाली यू–१९ को स्कोरलाई ३ सयको नजिक पुर्‍याए । आकाशले २६ बलमा ३० रन बनाउँदा १ चौका र २ छक्का प्रहार गरे । शेर २४ बलमा २८ रन बनाई अविजित रहे । एमसीसीबाट राइटले ३, हमोन्ड र वेस्टलीले २–२ विकेट लिए ।
Sports
26,247
कोहलपुरका सडक विस्तार कार्य सुरु
बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
https://gorkhapatraonline.com/news/66817
सिराज खान नेपालगन्ज, जेठ  २४ गते । बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो । कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले नगर योजना भित्रका सडकहरू चौडा पार्नका लागि नगर विकास समितिले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले पहिलो चरणमा तीन किलोमिटर छ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सुरु गर्न थालिएको जनाउनुभयो । समितिका अध्यक्ष आचार्यका अनुसार सडक स्तरोन्नतिसहित कालोपत्रेको लागि टेन्डर आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । उहाँले थप्नुभयो–‘हामी आउनुभन्दा अगाडिबाट नै टाउन क्षेत्रमा नाली स्तरोन्नतिको काम चलिरहेको थियो । त्यो काम सकिएसँगै सडक कालोपत्रे हुँदै छ, त्यसैका लागि टेन्डर आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौता गरिसकेका छौँ । अब काम अगाडि बढिसक्यो ।’ तीन किलोमिटर ६०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि भ्याटबाहेक आठ करोड ९० लाख रुपियाँमा सम्झौता भएको कोहलपुर नगर विकास समितिले जनाएको छ ।नगर विकास समितिका अध्यक्ष आचार्यले खड्का निर्माण सेवा बाँकेसँग सो रकममा सडक निर्माणको सम्झौता गरिएको जनाउनुभयो । उहाँले नगर विकाससँग स्रोतको अभाव भएकाले पहिलो चरणमा ३ हजार छ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे हुन गइरहेको बताउनुभयो । बाँकी रहेका क्षेत्रमा दोस्रो चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने योजना छ । कोहलपुर नगर विकास समितिका इन्जिनियर बिराज अर्यालले टाउन प्लानिङ क्षेत्रसहित कोहलपुरलाई नै सुन्दर बनाउन आफूहरू लागिपरेको जनाउँदै सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ, चार सेन्टिमिटर बाक्लो कालोपत्रे हुनेछ ।’ इन्जिनियर अर्यालका अनुसार पहिलो चरणमा नाली स्तरोन्नति गरिएका हरियाली मार्ग, उज्ज्वल मेडिकल मार्ग, रेडक्रस मार्ग हुँदै मेडिकल कलेजको उत्तर गेट, बसपार्कदेखि दक्षिण एनटिभीरोड लगायतका सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको छ । पहिलो चरणमा करिब चार सय मिटर सडक तीन मिटर चौडा ढलानसमेत गर्ने तय भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर नजिकै, गोल पार्क नजिकै र एन टिभी रोड नजिकै सडक ढलान गरिनेछ । 
News
37,812
बेरुजु घटाउने लक्ष्य निर्धारण
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।
https://gorkhapatraonline.com/news/40399
गोरखापत्र समाचारदाता काठमाडौँ, असोज १४ गते ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षमा कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने लक्ष्य निर्धारण गरेको छ । बेरुजु फस्र्योटको कार्यलाई सार्थक र परिणाममुखी बनाउन आर्थिक वर्ष २०७९/८० मा बेरुजु फस्र्योटको कुल लेखा परीक्षणको पाँच प्रतिशतभन्दा कम बेरुजु हुने गरी लक्ष्य निर्धारण गरिएको हो । मन्त्रालय र अन्तर्गतका कार्यालयको बेरुजु बढ्दै गएपछि बेरुजुको मात्रा कम गर्नका लागि उक्त लक्ष्य निर्धारण गरिएको हो । मन्त्रालयले बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक गर्दै मन्त्रालय र मन्त्रालयअन्तर्गतका कार्यालयको यस वर्षभित्र कुल बेरुजु फस्र्योटको दायित्व रकमको न्यूनतम ४५ प्रतिशत बेरुजु फस्र्योट गर्नुपर्ने, मन्त्रालयअन्तर्गतको केन्द्रीय निकायले कुल बेरुजु दायित्वको रकमको न्यूनतम ६० प्रतिशत बेरुजु रकम फस्र्योट गर्ने, जिल्ला समन्वय समितिले कुल बेरुजु फस्र्योटको दायित्व रकमको न्यूनतम ६० प्रतिशत रकम फस्र्योट गर्नुपर्ने गरी कार्ययोजनामा उल्लेख गरिएको छ । मन्त्रालयका उपसचिव बाबुराम ज्ञवालीले बेरुजु फस्र्योट गर्दा पेस्की बेरुजुको न्यूनतम ३५ प्रतिशत फस्र्योट भएको हुनुपर्ने, असुलउपर गर्नुपर्ने बेरुजु न्यूनतम ३० प्रतिशत रकम असुल गर्नुपर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो । आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व नियमावलीअनुसार पाँच लाख रुपियाँसम्मको बेरुजु सम्बन्धित मन्त्रालयको सचिवले मिनाहा गर्न सक्ने, पाँच लाख रुपियाँभन्दा बढी १० लाख रुपियाँसम्मको मिनाहा समितिले र १० लाख रुपियाँभन्दा बढी रकमको हकमा समितिको सिफारिसमा नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । ८० प्रतिशतभन्दा बढी बेरुजु फस्र्योट हुँदा त्यसलाई सर्वोत्कृष्ट, ६० देखि ८० लाई उत्कृष्ट, ४० देखि ६० सामान्य र ४० प्रतिशतभन्दा कम बेरुजु फस्र्योट हुँदा त्यसलाई न्यून मानिने कार्ययोजनामा उल्लेख छ । 
News
61,162
बाँसबारीको १० रोपनी जग्गा प्रकरण : उद्यमी अरुण चौधरीसहित तीन पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
https://ekantipur.com/news/2024/02/02/10-plant-land-case-of-bansbari-three-arrested-including-entrepreneur-arun-chaudhary-44-09.html
काठमाडौँ — बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । सीआईबीको नियन्त्रणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरकपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ । केही महिना अघिबाटै अनुसन्धान भइरहेकामा तथ्य र प्रमाणले कानुनविपरीतका गतिविधि भएको देखिएपछि केही आरोपितलाई नियन्त्रणमा लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यको भनाइ छ । ‘सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न बाँसबारीका तत्कालीन कार्यकारी अध्यक्ष र सञ्चालक समिति सदस्य तथा सरकारी जग्गा लिएर भोगचलन गरिरहेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ,’ एसएसपी आचार्यले भने, ‘जग्गा हिनामिनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको छ ।’२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ । जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको थियो । यही अनुबन्धका आधारमा २०४३ कात्तिकमा च्याम्पियन फुटवेयर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । बाँसबारीको ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । ‘त्यसमा पनि तीन वर्ष जुत्ता उत्पादन गरेपछि कारखाना बन्द भएको देखिन्छ,’ सीआईबीका एसएसपी आचार्यले भने । बाँसबारी जग्गा प्रकरणमा उकालोडटकम र टक्सार म्यागजिनले समाचार लेख्दै आएका थिए । २०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले सरकारी उद्योग निजीकरण गर्ने नीति लिएको थियो । यही क्रममा बाँसबारी छाला जुत्ता निजीकरण भयो भने च्याम्पियनमा रहेको बाँसबारीको सेयर पनि बिक्री गर्ने प्रक्रिया सुरु भएको थियो । २५ प्रतिशत सेयर किन्न चौधरी ग्रुप र भारतको लेदरेज इन्डिया वान्समाडी कानपुरसहित ५ वटा कम्पनीले प्रस्ताव गरेका थिए । तर, प्रस्ताव सरकारबाट स्वीकृत भएन ।२०५१ वैशाख १४ मा तत्कालीन अर्थमन्त्री महेश आचार्यको अध्यक्षतामा बसेको निजीकरण इकाइ समितिको बैठकले च्याम्पियन फुटवेयरको सेयर अर्को व्यवस्था नभएसम्म अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयमातहत ल्याउने निर्णय गरेको थियो । त्यसको केही महिनामा सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको थियो ।सीआईबीले संकलन गरेको फाइलअनुसार २०५१ चैतमा अर्थमन्त्री भरतमोहन अधिकारीको अध्यक्षतामा बसेको इकाइ बैठकले च्याम्पियन फुटवेयरको सेयर पुनः बोलपत्र आह्वान गरी बेच्न छाला जुत्ता कारखानाका लिक्विडेटरलाई निर्देशन दिएको थियो । यस क्रममा अरुण चौधरीले ३६ लाखमा सेयर किन्न आवेदन दिएपछि २०५२ साउन ११ मा महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिले नामसारी गरिदिएका थिए । यसरी सार्वजनिक बोलपत्रका आधारमा आवेदन दिएर सेयर किनेकाले आफूहरूले गैरकानुनी काम नगरेको चौधरी ग्रुपका एक सदस्यको भनाइ छ, यद्यपि उनले तत्काल औपचारिक प्रतिक्रिया दिन भने चाहेनन् । बाँसबारीको २५ प्रतिशत सेयर पनि लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो यस क्रममा चौधरी परिवारका अरू सदस्य हटेर अरुण र पत्नी शिलाको स्वामित्व कायम भएको थियो । २०६६ कात्तिक २५ मा डिल्लीबजार मालपोत कार्यालयबाट हालसाबिक गरेर यो जग्गा अरुण चौधरीसहितका नाममा कायम भएको छ । तर, त्योसँग सम्बन्धित धेरै कागजातहरू नभेटिएको सीआईबीका अधिकारीहरूको भनाइ छ । च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेकामा यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ ।बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।
News
5,981
साइकलमा सरर
काठमाडौं बुढानीलकण्ठकी अधिवक्ता कविता रेग्मी दैनिक करिब दस किमि साइकल कुदाएर कमलादीस्थित कार्यालय पुग्छिन् । उनले निरन्तर साइकल चढ्न थालेको पति तीन वर्ष नाघिसक्यो । अझ बिदाको दिनमा त साथीभाइ जम्मा भएर ‘साइक्लिङ कल्चर’ प्रवर्द्धन गर्न कहिले शिवपुरी, गोकर्ण त कहिले गोदावरी, नागार्जुन, चोभार, स्वयम्भूसम्म पुग्छिन् । ‘सुरु–सुरुमा साइकल चलाउन निकै गाह्रो भयो । अहिले त बानी पनि परिसक्यो । दैनिक २० किमिसम्म सजिलै यात्रा गर्छु,’ उनी भन्छिन् । 
https://ekantipur.com/feature/2023/07/12/168912704950566617.html
काठमाडौँ — काठमाडौं बुढानीलकण्ठकी अधिवक्ता कविता रेग्मी दैनिक करिब दस किमि साइकल कुदाएर कमलादीस्थित कार्यालय पुग्छिन् । उनले निरन्तर साइकल चढ्न थालेको पति तीन वर्ष नाघिसक्यो । अझ बिदाको दिनमा त साथीभाइ जम्मा भएर ‘साइक्लिङ कल्चर’ प्रवर्द्धन गर्न कहिले शिवपुरी, गोकर्ण त कहिले गोदावरी, नागार्जुन, चोभार, स्वयम्भूसम्म पुग्छिन् । ‘सुरु–सुरुमा साइकल चलाउन निकै गाह्रो भयो । अहिले त बानी पनि परिसक्यो । दैनिक २० किमिसम्म सजिलै यात्रा गर्छु,’ उनी भन्छिन् । साइकल चलाउन सवारी चालक अनुमतिपत्र पनि चाहिँदैन । ‘अझ इन्धन नचाहिने, कर तिर्नु नपर्ने र मर्मत गर्न पनि खासै खर्च लाग्दैन,’ उनले भनिन् । उनले आफ्नो साइकलको नाम ‘द्विचक्रिका’ राखेकी छन् । साइकल स्वास्थ्यका लागि मात्रै होइन, वातावरणका लागि पनि उपयोगी हुने भएकाले उनी अरूलाई पनि साइकलबाट यात्रा गर्न सुझाव दिन्छिन् । कार्यालय वा अन्यत्र कतै जान परोस् सम्भव भएसम्म नियमित साइकल चढ्छन् कुपन्डोलका कमलजित सिंह सुदन । उनले मोटरसाइकल बेचेर साइकल चढ्न थालेको पाँच वर्ष बितिसकेको छ । उनी छोटो दूरी पैदल यात्रा, मध्यम दूरी साइकल र लामो दूरी सार्वजनिक बसमा यात्रा गर्नुपर्ने मान्यता राख्छन् । भन्छन्, ‘विदेशमा साइक्लिङ गर्नेलाई प्रोत्साहन गरिन्छ । तर नेपालमा भने गरिबले चढ्ने साधनका रूपमा हेर्नाले समस्या भएको छ ।’ तर पछिल्ला दिनमा यो बुझाइ बिस्तारै परिवर्तन हुँदै आएकोमा भने उनी खुसी छन् । उनका अनुसार काठमाडौंमा एकबाट अर्को स्थानसम्म पुग्न बढीमा २० किमि यात्रा गरे पुग्छ । ‘ठाडो उकालो/आरालो पनि छैन । वातावरण पनि धेरै गर्मी र त्यति चिसो छैन,’ उनले भने, ‘जोकोहीले पनि सहजै यात्रा गर्न सकिन्छ ।’ बौद्धका पुष्पराज दाहाल साइकलले प्रकृति र व्यक्तिहरूसँगको सम्बन्ध जोड्ने बताउँछन् । दैनिक कार्यालय साइकलबाट पुग्ने उनी साइक्लिङ प्रवर्द्धन गर्नकै लागि कहिले नेपालगन्ज, भैरहवा, सिमरा र नेपाल–चीन सीमासम्म पुगेका छन् । भन्छन्, ‘पन्चर बनाउने जस्ता सामान्य मर्मत आफैं गर्छु । तीन वर्षदेखि अहिलेसम्म साइकलकै लागि छुट्टै पैसा खर्च भएको छैन ।’दैनिक कामकाजमा साइकल प्रयोग गर्ने यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै पठाओ, खाना तथा सामान डेलिभरी गर्नेहरूले पनि नियमित साइकल चलाउँछन् । काठमाडौंमा ०५५ सालसम्म साइकलको निकै प्रयोग हुन्थ्यो । प्रत्येक घरमा साइकल हुन्थे । उपत्यकामा ज्यापू समुदाय, कर्मचारी, व्यापारीलगायतले साइकल प्रयोग गर्थे । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा धेरै साइकल पसल पनि थिए । साइकल भाडामा लिएर चलाउन पाइने व्यवस्था पनि थियो । तराई मधेसमा पनि लाखौं नेपालीको दैनिकी साइकलसँग जोडिएको थियो । विराटनगर, नेपालगन्ज, जनकपुर, वीरगन्ज, चितवनलगायत सहरमा साइकल नै यातायातको प्रमुख साधन थियो ।करिब डेढ दशकयता भने नेपालमा साइकल प्रयोग गर्नेको संख्या ओरालो लागेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ घरधुरीमध्ये ३५.२४ प्रतिशत अर्थात् २३ लाख ४७ हजार ४ सय ३३ घरघुरीमा मात्र साइकल छ । सहरी क्षेत्रमा १७ लाख १९ हजार ३ सय २१ र ग्रामीण क्षेत्रमा ६ लाख २८ हजार एक सय १२ घरधुरीमा साइकल छन् । सहरमा भने सोखका लागि साइकल राख्ने चलन छ । हिमाल, पहाड र तराई क्षेत्रमा क्रमशः ४ हजार ६०, २ लाख १८ हजार ५ सय ७३ र २१ लाख २४ हजार ८ सय घरघुरीमा साइकल उपलब्ध छ ।सोसियल टुर्स संस्थाका फाउन्डर राज ज्ञवालीले नेपालमा ‘साइक्लिङ कल्चर’ विकास गर्न साइकलसँग जोडिएको विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट भूमिका खोलिरहेको बताउँछन् । ‘कुनै पनि विषयलाई ‘कल्चर’ का रूपमा विकास गर्न समय लाग्छ,’ उनले भने । पछिल्लो समय साइकल प्रवर्द्धन गर्न जनप्रतिनिधिहरूले पनि बिस्तारै साथ दिन थालेको उनको भनाइ छ । टुर्सले साइक्लिङ कल्चर प्रवर्द्धन गर्न १२ वर्षदेखि ‘काठमाडौं कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गर्दै आइरहेको छ । उनका अनुसार आउँदो असार ३० मा काठमाडौंलगायत धरान, दमक, बिर्तामोड, विराटनगर, वीरगन्ज, नेपालगन्ज, चितवनलगायत १९ सहरमा एकै पटक काठमाडौं कोरा हुन लागेको छ । ज्ञवालीले यस पटक टर्कीका भूकम्पपीडितलाई सहयोगार्थस्वरूप आयोजना गर्न लागेको बताए । ‘नेपालमा २०७२ मा भूकम्प जाँदा सहयोग गरेबापत हामीले पनि सहयोग गर्न लागेका हौं,’ उनले भने विश्वमा साइकलको देश भनेर नेदरल्यान्ड्सलाई चिनिन्छ । प्रधानमन्त्रीसमेत साइकल चढेर कार्यालय पुग्छन् । त्यहाँको सरकारले सन् २०४० सम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । प्रत्येक १० मध्ये ९ जनासँग साइकल हुने डेनमार्कमा करिब ५० प्रतिशत यात्रुले साइकल प्रयोग गर्छन् ।विद्यालय जाने बालबालिकाबीच साइकल लोकप्रिय छ । पुरुषभन्दा महिलाले बढी साइकल चलाउँछन् । कम खर्चमा यात्रा गर्न सकिने भएकाले सरकारी तवरबाटै साइकल चालकलाई प्रोत्साहन गर्नुपर्ने साइकल प्रवर्द्धनमा लागेकाहरू बताउँछन् । ‘पछिल्लो समय बढी मृत्युको कारण प्रदूषण र सवारी दुर्घटना हुन थालेको तथ्यांक छ । नेपालमा अझै साइकल चलाउनुका फाइदाबारे मानिसहरू पर्याप्त मात्रामा सचेत छैनन्,’ साइकल सिटी नेटवर्क नेपाल संस्थाका निवर्तमान अध्यक्ष सैलेन्द्र डंगोलले भने । उपत्यका मात्र नभई सडक सुविधा नपुगेका ग्रामीण र हिमाली पर्यटन विकास गर्न पनि साइकल भरपर्दो विकल्प हुने उनको भनाइ छ । ‘काठमाडौंको सवारी चाप, साँघुरा सडकमा साइकल एकमात्र विकल्प हो । यसले ट्राफिक जाम, पार्किङ समस्या पनि समाधान हुन्छ,’ उनले भने । उनले साइकलको विकास गर्न ललितपुर महानगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, कञ्चनपुरको भीमदत नगरपालिकासँग सहकार्य गरेर काम गरिरहेका छन् । ललितपुर महानगरले साइक्लिङ कल्चर विकास गर्न आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरले भने ५.२ किमि साइकल लेन बनाइसकेको र पछिल्लो समय साइकल स्ट्यान्ड निर्माण गर्ने योजना बनाइरहेको वातावरण शाखा प्रमुख माधव पौडेलले बताए । काठमाडौं महानगरले पनि साइकल प्रवर्द्धनका लागि योजना अघि बढाउने प्रवक्ता नवीन मानन्धरको भनाइ छ । तर महानगरले अगामी आर्थिक वर्षका लागि भने बजेट विनियोजन गरेको छैन । साइकल कल्चर मुभमेन्टका संयोजक तारालाल श्रेष्ठले साइक्लिङको महत्त्व बुझाउन नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै जानुपर्ने बताउँछन् । ‘अहिले पेट पाल्न र पेट फाल्न दुवै कामका लागि साइकल चाहिएको छ,’ उनले भने । जनस्वास्थ्यविद्हरूका अनुसार साइकल चढ्दा शरीरमा रक्तसञ्चार राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । ढाड र घुँडा दुख्ने समस्या भएकालाई साइकल बरदान नै हो । साइकल व्यवसायीका अनुसार बजारमा सिटी साइकल, हाइब्रिड, माउन्टेन्ट क्याजुअल, क्रस कन्ट्री (डाँडा पार गरेर जान प्रयोग गरिने), ट्रेल (डाँडाबाट तल तीव्र गतिमा झर्न प्रयोग गरिने) गरेर ७ लेबलसम्मका साइकल पाइन्छन् । जसको बजार मूल्य पाँच हजार रुपैयाँदेखि साढे दुई लाख रुपैयाँसम्म पर्छ ।कान्तिपथस्थित पुरानो पञ्चअष्ट नारायण साइकल पसलका सञ्चालक तिरेक मानन्धरका अनुसार नेपालमा सबभन्दा बढी सिटी साइकल र माउन्टेन्ट क्याजुअल र क्रस कन्ट्री साइकल बिक्री हुने गरेका छन् । ‘सस्तो खरिद गरेर चाँडै बिग्रिने समस्याले मानिसहरू हैरान छन्,’ उनले भने, ‘ब्रान्डेड चलाएमा हतपत बिग्रिँदैन । जुन सामान्यतः १५ हजार रुपैयाँमा आउँछ ।’ नेपालमा साइकल चीन, ताइवान र इन्डोनेसियाबाट आउने गरेको छ ।तस्बिरहरू : केशव थापा/कान्तिपुर
Feature
315
निस्दीमा आठ दिने महोत्सवको तयारी
जिल्लाको निस्दी गाउँपालिकामा चैतको अन्तिम साता दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ ।
https://gorkhapatraonline.com/news/100386
इमानसिं रानारामपुर (पाल्पा), चैत ५ गते । जिल्लाको निस्दी गाउँपालिकामा चैतको अन्तिम साता दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ ।स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन तथा गाउँपालिकाको पहिचानका लागि चैत २६ देखि २०८१ वैशाख ३ गतेसम्म मित्यालमा दोस्रो महोत्सव आयोजना गर्न लागिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’  नारासाथ निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवबारेमा रामपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक उमेशकुमार गाहाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवर्धनका लागि दोस्रो महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । ‘पालिका भित्र रहेको मगरी संस्कृति, स्थानीय उत्पादन तथा पर्यटकीयस्थलको प्रवर्धन र खेलकुदमार्फत निस्दीको पहिचान दिलाउन महोत्सव सञ्चालन गर्न लागेका छौँ’ उहाँले भन्नुभयो । महोत्सवको आकर्षण रूपमा स्थानीय कृषिउपज तथा हस्तकलाका सामग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शनी, अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, निस्दी डान्स आइडल, बालउद्यान र फोटो प्रदर्शनी रहने गाहाले बताउनुभयो । निस्दी खेल मैदान झ्याल्टुङ्गमा हुने महोत्सवमा ५० भन्दा बढी व्यापारिक स्टल रहनेछ । महोत्सवको तयारीका लागि एकसय एक सदस्य मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरी तयारीका कार्य भइरहेको जानकारी दिनुभयो । मेला सञ्चालनका लागि ४० लाख बढी खर्च लाग्ने आयोजकले आङ्कलन गरेको छ । निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरनकुमारी श्रेष्ठले महोत्सवलाई निस्दीको पहिचान र प्रचार–प्रसार गर्ने अवसरको रूपमा लिएको बताउनुभयो । मेलाले निस्दीको संस्कृतिलाई देशैभर चिनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पाका सदस्य दुर्गेश मल्लले निस्दी कृषि, पर्यटन संस्कृतिमा अब्बल रहेको बताउँदै महोत्सवले प्रवर्धनमा थप सहयोग गर्ने बताउनुभयो । मूल आयोजक समितिका उपसंयोजक प्रदीप ज्ञवालीले मेलालाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । 
News
35,153
धरानमा 'कम्युनिस्ट किल्ला' भत्किनुको राजनीतिक सन्देश
धरान उपमहानगरपालिकाका मेयरमा विजयी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका तिलक राई धरान-१८ बुद्धचोकका स्थायी बासिन्दा हुन्।
https://www.bbc.com/nepali/news-50630992
विसं २०७४ मा भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बासँग फराकिलो मत अन्तरले पराजित भएका तिलकले यो पटक चाहिँ ऐतिहासिक बाजी मारेका छन्। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई फराकिलो मत अन्तरले पराजित गरेका छन्। तिलकले नेकपाका प्रकाश राईलाई दुई हजार ७९५ मत अन्तरले पराजित गरेका हुन्। राजनीतिक अर्थ उनले २६ हजार ७०९ मत ल्याए भने प्रतिद्वन्द्वी प्रकाशले २३ हजार ९१४ मत पाए। कतिपयले तिलकको जितलाई धरानमा 'तीन दशकदेखिको कम्युनिस्टहरूको किल्ला तोडिएको' रूपमा अर्थ्याइरहेका छन्। नवनिर्वाचित मेयर तिलक राईले धरानवासीले परिवर्तन चाहेको बताए। "मेरो जित धरानवासी जनताको जित हो, मैले यसलाई अवसरको रूपमा लिएको छु।" झण्डै तीन दशकदेखि कम्युनिस्ट पार्टीका सदस्यहरूले एकलौटी नेतृत्व गर्दै आए पनि खानेपानी, सुकुम्वासी समस्या, विमानस्थल निर्माण जस्ता विषयमा जनप्रतिनिधिले ध्यान नदिएको धरानवासीले गुनासो गर्दै आएका थिए। नेकपाका एक सांसद जयकुमार राईले जनताका आकाङ्क्षा पूरा गर्न नसक्दा पार्टीले हार बेहोर्नुपरेको बताए। उनले भने, "निर्वाचन भएको छोटो अवधिमा धेरै काम गर्न सकिएन। त्यसलै जनताले विकल्प खोजे।" 'स्वाभाविक' धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक अमृत श्रेष्ठ धरानको चुनावी परिणाम 'स्वाभाविक' भएको बताउछँन्। चुनावका बेला गरेका प्रतिबद्धता पूरा नभएका कारण जनताले विकल्प खोजेको हुनसक्ने उनको ठम्याइ छ। विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन 'जनपक्षीय' उम्मेदवार बम देवानले जितेपछि धरानमा कम्युनिस्ट पार्टीको पकड बलियो बनेको थियो। धरानका एकजना पत्रकार केशव घिमिरेको विचारमा पछिल्लो स्थानीय तहको निर्वाचनपछि नगरमा बढेको विभिन्न करप्रतिको आक्रोश र जनप्रतिनिधिको कार्यशैलीप्रतिको असन्तुष्टि मतदानमा पोखेका हुन्। तत्कालीन एमाले र एकीकृत नेकपा माओवादीबीचको एकताका गाँठो स्थानीय तहसम्म राम्रोसँग नबाँधिएका कारण पनि नेकपाको पराजय भएको उनी बताउँछन्।
Others
70,744
नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो
नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ ।
https://gorkhapatraonline.com/news/60831
काठमाडौं, चैत ३० गते । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् । कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैङ्क र सिर्जनशील लघुवित्त वित्तीय संस्था छन् ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एसिया बैङ्क, नबिल बैङ्क र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् । रासस
News
57,178
सहमति सम्बोधन गर्न आन्तरिक गृहकार्य
स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच गत साता भएको १९ बुँदे सहमति सम्बोधन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेको छ । स्थानीय तहका कर्मचारीसँग भएको सम्झौता सम्बोधन गर्न सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई परिमार्जन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य गर्न लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
https://gorkhapatraonline.com/news/82816
काठमाडौँ, कात्तिक ४ गते । स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच गत साता भएको १९ बुँदे सहमति सम्बोधन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेको छ । स्थानीय तहका कर्मचारीसँग भएको सम्झौता सम्बोधन गर्न सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई परिमार्जन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य गर्न लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तहका कर्मचारी र मन्त्रालयबिच भएको सहमतिको बुँदालाई विधेयकको मस्यौदामा समावेश गर्ने गरी अहिले  मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको बताउनुभयो । उहाँका अनुसार दसैँलगत्तै स्थानीय तहका कर्मचारीसँग भएको सम्झौताका विषयलाई विधेयकको मस्यौदामा समावेश गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग परामर्श गरिने छ । सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाका कर्मचारीको सेवा र सर्तको विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने, प्रदेश सरकारले कानुन निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्डमा स्थानीय सेवाका स्थायी कर्मचारीलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्था समावेश गर्न पहल गर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको रहने व्यवस्था गर्न ऐन प्रारम्भ भएको मितिले पाँच वर्षसम्म सङ्घीय निजामती सेवाका कर्मचारीलाई खटाउने व्यवस्था समावेश गर्न उपयुक्त हुने मन्त्रालय र स्थानीय तहका कर्मचारीबिच सहमति भएको थियो । त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहमा तहगत प्रणाली लागु गर्ने, अन्तरस्थानीय तह सरुवासम्बन्धी प्रदेशबाट प्रदेश कानुनबमोजिम हुने व्यवस्था गर्ने र अन्तरप्रादेशिक सरुवा सङ्घबाट  सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गर्ने, प्रत्येक पाँच पाँच वर्षमा तह वृद्वि हुने व्यवस्था तथा एकै पदमा सेवा अवधि १२ वर्ष पुगेकाको हकमा एक पटकका लागि दुई तहसम्म वृद्विको व्यवस्था गर्न पहल गर्नेलगायतका १९ वटा विषयमा सहमति भएको थियो । स्थानीय तह कर्मचारी सङ्घर्ष समितिका संयोजक दीपक गौतमले सरकारले आफूहरूसँग भएको सहमतिलाई विधेयकको मस्यौदामा समावेश गरी छिट्टै सङ्घीय निजामती सेवा ऐन जारी गर्ने अपेक्षा गरिएको बताउनुभयो । स्थानीय तहका कर्मचारीसँग गरिएको सहमति कार्यान्वयन नभए पुनः कर्मचारीले सडक आन्दोलनमा आउने बताउँदै आएका छन् । सरकारले भने कर्मचारीलाई पुनः आन्दोलनमा आउन नपर्ने गरी सहमति भएका विषयलाई विधेकको मस्यौदामा समावेश गर्ने गरी गृहकार्य थालेको मन्त्रालयले जनाएको छ । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै रहने व्यवस्था गर्नुपर्नेलगायत २० वटा माग राख्दै कर्मचारीले असोज १५ देखि २७ गतेसम्म काठमाडौँमा सडक आन्दोलन गरेका थिए ।  
News
53,123
राजनीतिमा दलितको पहुँच
राज्य सत्तामा दलित समुदायको सहभागिता पञ्चायत कालबाटै सुरु भएको थियो। पञ्चायतले दलित समुदायलाई प्रभावमा पार्न केही नेतालाई सांसद र मन्त्री बनाउने काम ग-यो। २०१६ सालमा सहर्षनाथ कपालीलाई माथिल्लो सभामा राजाले मनोनीत गरेका थिए । २०१९ मा धनमानसिंह परियार राष्ट्रिय पञ्चायत सदस्यमा राजाबाट मनोनीत भएका थिए। राष्ट्रिय पञ्चायतमा छ जना दलित नेता सदस्य भएका थिए। २०३१ साल
https://gorkhapatraonline.com/news/43451
राज्य सत्तामा दलित समुदायको सहभागिता पञ्चायत कालबाटै सुरु भएको थियो। पञ्चायतले दलित समुदायलाई प्रभावमा पार्न केही नेतालाई सांसद र मन्त्री बनाउने काम ग-यो। २०१६ सालमा सहर्षनाथ कपालीलाई माथिल्लो सभामा राजाले मनोनीत गरेका थिए । २०१९ मा धनमानसिंह परियार राष्ट्रिय पञ्चायत सदस्यमा राजाबाट मनोनीत भएका थिए। राष्ट्रिय पञ्चायतमा छ जना दलित नेता सदस्य भएका थिए।  २०३१ सालमा पञ्चायतले हीरालाल विश्वकर्मालाई शिक्षा सहायकमन्त्री बनाएको थियो। त्यसपछि क्रमशः दलित समुदायबाट मन्त्री र सांसद भएको देखिन्छ। २०४६ को राजनीतिक परिवर्तनपछि मन्त्री र सांसद हुने दलितको सङ्ख्यामा वृद्धि भयो। जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनपछि सङ्ख्यामा उल्लेखनीय वृद्धि भयो। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत संसद्मा दलितको १३ प्रतिशत सुनिश्चित छ। यीलगायतका व्यवस्थाहरू दलित आन्दोलनका उपलब्धि हुन्।२०७२ सालमा संविधान सभाबाट नेपालको संविधान जारी भयो। सङ्घीयता कार्यान्वयनसँगै शासन सत्तामा नेपालका दलित समुदायको सहभागिता तुलनात्मक रूपले वृद्धि भएको छ। सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार र संसद्मा दलित समुदायको प्रतिनिधित्व भए पनि उनीहरूको जनसङ्ख्याको आधारमा भने हुन सकेको छैन। स्थानीय निर्वाचनमा दलित प्रतिनिधित्व २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। हरेक वडामा दुई जना महिला सदस्यमध्ये एक जना दलित महिला अनिवार्य हुनुपर्र्ने प्रावधानका कारण छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भए। हरेक स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने प्रावधानका कारणले पनि केही दलित महिला उपप्रमुखमा विजयी भएका छन् तर कोटाबाहेकका पदमा भने दलित, दलित महिला र महिलाको प्रतिनिधित्व सन्तोषजनक देखिँदैन। योगदान, जनसङ्ख्या र राज्यले दिनुपर्ने प्राथमिताका आधारमा हेर्ने हो भने दलित समुदायको प्रतिनिधित्वलाई न्यायसङ्गत मान्न सकिँदैन। स्थानीय तह निर्वाचन, २०७९ मा जम्मा तीन जना मात्रै मेयरमा निर्वाचित भएका छन्। तीनै जना दलित पुरुष छन्। नौ जना उपप्रमुखमा पाँच जना दलित महिला निर्वाचित भएका छन्। छ जना अध्यक्षमा सबै दलित पुरुष छन्। सात जना उपाध्यक्षमा सातै जना दलित महिला छन् ।उपप्रमुख÷उपाध्यक्षको सङ्ख्या भने विगतको तुलनामा वृद्धि भएको छ। २०७४ मा ११ थियो भने अहिले १७ पुगेको छ। १७ मा १३ जना दलित महिला छन्। गाउँपालिका अध्यक्षको सङ्ख्या पनि यस पटक बढेको छ। विगतमा एक जना थिए भने अहिले छ जना भएका छन् । १५० जना वडाध्यक्ष निर्वाचित भएका छन्, जसमा दुई जना मात्र दलित महिला वडाध्यक्ष छन्। जिल्ला समन्वय समितिको प्रमुखमा चार जना दलित पुरुष चुनिएका छन् भने उपप्रमुखमा पाँच जना दलित महिला छन्।  प्रदेश नं. १ को १३७ स्थानीय तहमध्ये एउटा तहमा दलित पालिका प्रमुख भएका छन्। उपप्रमुखमा एक जना पनि विजयी भएका छैनन्। सात जना वडाध्यक्ष निर्वाचित भएका छन्। १४ जिल्लामध्ये एउटा जिल्ला समन्वय समितिमा प्रमुख र एउटामा उपप्रमुख दलित समुदायबाट चुनिएका छन्। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये एउटा पालिकामा मात्र प्रमुख निर्वाचित भए। उपप्रमुखमा पनि एक जना मात्र छन्। वडाध्यक्षमा २१ जना विजयी भए। एउटा जिल्ला समन्वय समितिमा उपप्रमुख दलित छन्। बागमती प्रदेशमा ११९ स्थानीय तह छन् । स्थानीय तह निर्वाचन, २०७९ मा एउटा तहको प्रमुखमा पनि दलित निर्वाचित भएनन्। उपप्रमुखमा दुई जना र उपाध्यक्षमा एक जना निर्वाचित भए। वडाध्यक्षमा नौ जना विजयी भए। १३ जिल्लामध्ये एउटा जिल्ला समन्वय समितिमा मात्र दलित उपप्रमुखमा चुनिएका छन्।दलित महिला वडा सदस्यमा दलगत प्रतिनिधित्व क्र.सं. राजनीतिक दल दलित महिला सदस्य१. नेपाली कांग्रेस २५५३२. नेकपा (एमाले) २२९३३. नेकपा (माओवादी केन्द्र) ९७६४. जनता समाजवादी पार्टी, नेपाल २९६५. नेकपा (एकीकृत समाजवादी) १८०६. लोकतान्त्रिक समाजवादी पार्टी ११३७. राष्ट्रिय प्रजातन्त्र पार्टी ५४८. राष्ट्रिय जनमोर्चा ३३९. नागरिक उन्मुक्ति पार्टी १८१०. जनमत पार्टी १८११. नेपाल मजदुर किसान पार्टी १११२. स्वतन्त्र ५५१३. अन्य साना दलहरू २० जम्मा दलित महिला वडा सदस्य ६,६२०(दलित महिलाको उम्मेदवार नपरेका खाली वडा सङ्ख्या : १२३) (स्रोत : निर्वाचन आयोग, २०७९)गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये दुईवटा तहको प्रमुख÷अध्यक्षमा दलित निर्वाचित भएका छन्। उपप्रमुख÷उपाध्यक्षमा चार जना विजयी भएका छन्। जसमा तीन जना दलित महिला छन्। वडाध्यक्षमा १४ जना विजयी भए। ११ वटा जिल्लामा दुईवटाको प्रमुखमा र एउटाको उपप्रमुखमा दलित विजयी भएका छन्। लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये दुईवटा तहको प्रमुखमा दलित निर्वाचित भएका छन् । उपप्रमुखमा तीन जना निर्वाचित भएका छन् । वडाध्यक्षमा २७ जना विजयी भएका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये दुईवटामा दलित समुदायका व्यक्ति उपप्रमुखमा चुनिएका छन्।कर्णाली प्रदेशका ७१ स्थानीय तहमध्ये अध्यक्ष एक र उपप्रमुखमा दुई जना दलित चुनिएका छन्। वडाध्यक्षमा ४५ जनाले विजय हासिल गरेका छन्। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये एउटामा अध्यक्ष दलित निर्वाचित भएका छन्। दुई जना उपप्रमुखमा विजयी छन्। वडाध्यक्षमा २७ जना विजयी भएका छन्। नौवटा जिल्लामध्ये दुईवटामा दलित उपप्रमुखमा चुनिएका छन्। दलगत हिसाबले दलित महिला वडा सदस्यको प्रतिनिधित्व हेर्दा सबैभन्दा धेरै नेपाली कांग्रेसबाट दुई हजार ५५३ जनाको भएको छ। नेकपा (एमाले)बाट दुई हजार २९३ जनाको भएको छ भने नेकपा (माओवादी केन्द्र)बाट ९७६ जना दलित महिलाको वडा सदस्यमा प्रतिनिधित्व भएको छ। जनता समाजवादी पार्टी, नेपालबाट २९६ जनाको प्रतिनिधित्व भएको छ। नेकपा (एकीकृत समाजवादी)बाट १८० जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट ११३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५४ जनाको प्रतिनिधित्व भएको छ। ५५ जना दलित महिलाले स्वतन्त्र उम्मेदवारीबाट दलित महिला वडा सदस्य जितेका छन्।स्थानीय तह निर्वाचन, २०७९ को परिणाम हेर्दा दलित समुदायको प्रतिनिधित्व निकै कम छ। वडाध्यक्षमा समेत प्रतिनिधित्व निकै कम छ। छ हजार ७४३ वडामध्ये १५० वडामा दलित वडाध्यक्ष चुनिनु निकै कमजोर अवस्था हो। प्रमुख पदमा दलित समुदायको १ प्रतिशतको हाराहारीमा छ। २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा २९३ नगरप्रमुखमध्ये छ जना दलित समुदायबाट विजयी भएका थिए। जुन २ प्रतिशत थियो। नगर उपप्रमुख ११ जना (३.८ प्रतिशत) थिए। ४६० अध्यक्षमा एक जना दलित थिए। उपाध्यक्षमा १६ जना थिए। छ हजार ७४३ वडामा १९७ जना दलितले वडाध्यक्ष जितेका थिए। वडा सदस्यमा ७९७ जना दलितले जितेका थिए। अहिले प्रमुख, उपाध्यक्ष, वडाध्यक्षको दलित प्रतिनिधित्वको सङ्ख्या घटेको छ। दलित महिला वडा सदस्यको सङ्ख्या यस पटक वृद्धि भएको छ। २०७४ मा छ हजार ५६७ वडामा दलित महिला निर्वाचित भएका थिए भने अहिले छ हजार ६२० वडामा निर्वाचित भए। प्रदेश र प्रतिनिधि सभामा दलित आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा दलितको प्रतिनिधित्व उत्साहजनक देखिँदैन। मिश्रित निर्वाचन प्रणालीको समानुपातिकतर्फको सिटमा दलितको १३ प्रतिशत सुनिश्चित छ तर पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फबाट भने दलितको प्रतिनिधित्व २ प्रतिशत पनि हुने अवस्था देखिँदैन। किनकि प्रमुख दलहरूले नै दलितलाई प्रत्यक्ष उम्मेदवारी नै दिएका छैनन्। नेपाली कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा दुवैमा दलितलाई प्रत्यक्षतर्फ उम्मेदवारी दिएन। नेकपा एकीकृत (समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि दलितलाई उम्मेदवारी दिएनन्। नेकपा (एमाले)ले प्रतिनिधि सभामा एक र प्रदेश सभामा चार जनालाई उम्मेदवारी दिएको छ। नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार जनालाई उम्मेदवारी दिएको छ। नेकपा (एकीकृत समाजवादी)ले प्रदेश सभामा दुई जना दलित नेतालाई प्रत्यक्षमा उम्मेदवारी दिएको छ। यस हिसाबले हेर्दा जनसङ्ख्याको अनुपातमा दलितको सहभागिता हुने अवस्था देखिएको छैन।
News
47,710
गहुँ भित्र्याउन व्यस्त किसान
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् ।
https://gorkhapatraonline.com/news/74406
प्रेमराज सिम्खडाकालीकोट, साउन २६ गते । कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् । औल अर्थात् बेसी तिरको रोपाइँ सकेर किसान लेखमा लगाएको गहुँ भित्र्याउन लागेका हुन् । भदौको अन्तिममा छरेको गहुँ एक वर्षमा पाक्ने गर्छ । समुद्री सतहदेखि तीन हजार उचाइमा रहेको भारपाटा र गरपाटामा किसानले गहुँ लगाउन थालेको धेरै वर्ष भइसकेको छ । जनता माध्यमिक व्द्यिालयका शिक्षक तुलाराज कठायतले परम्परागत रुपमै खेती गर्दै आएको बताउनुभयो । उहाँले उच्च ठाउँ भएकाले एक बाली मात्र लगाउने गरिएको जानकारी दिनुभयो । गहुँ लगाएको जमिन तीन महिना खाली छोडेर मङ्सिरमा आलु लगाउने गरिन्छ । अहिले आलु लगाएको खेतमा असोजमा गहुँ छर्ने गरेको शिक्षक कठायतले सुनाउनुभयो । खार्दुमा १२ महिनामा एक पटक वाली पाक्ने क्षेत्र हो । अहिले आलुखेती गरिएको खेतमा असोजको पहिलो हप्तासम्म गहुँ खेती गरिन्छ भने गहुँ भित्र्याएको खेतमा मङ्सिरमा आलुखेती गरिन्छ भने अहिले आलु लगाएको क्षेत्रमा  भदौको अन्तिमदेखि असोजको पहिलो हप्तासम्म गहुँ छर्ने गरिन्छ । स्थानीय प्रकाश कठायतले लेखतिर वर्षातको समयमा भेडाबाख्रा, गाईभैंसी राख्ने भएकाले मल जम्मा पार्ने र त्यही मल वालीमा हाल्ने भएकाले उत्पादन पनि राम्रो हुने गरेको सुनाउनुभयो । उहाँले जमिन धेरै भएकाले एक जना किसानको कम्तीमा पनि तीन हजार वर्ग मिटरभन्दा बढी भएकाले आधामा गहुँ लगाउने र आधामा आलु लगाउने चलन रहेको सुनाउनुभयो । स्थानीय किसान पूर्णबहादुर कठायतले तीन सय हाराहारीको घरधुरी रहेको आफ्नो गाउँका सबैको जमिन कम्तीमा पनि नौ लाख वर्गमिटर रहेको सुनाउनुभयो । धेरै वर्ष पहिला जङ्गली जनावरले गहुँ आलुमा क्षती पुगाउने गरेका थिए । अहिले जङ्गली जनावर छैनन् । मानिसको धेरै चहलपहल हुने भएकाले जनावर टाढा भाग्ने भएकाले लगाएको खेती सुरक्षित हुने स्थानीयको भनाइ छ ।
News
54,448
सन् १९७५ मा आजकै दिन : साउदी राजा फैसलको हत्या
सन् १९७५ मा आजकै दिन (मार्च २५) मा साउदी अरबका राजा फैसलको हत्या भएको थियो । फैसलको उनका भतिज फयसल इब्न मुसा इदले गोली हानी हत्या गरेका थिए ।
https://ekantipur.com/world/2024/03/25/on-this-day-in-1975-assassination-of-saudi-king-faisal-46-57.html
काठमाडौँ — सन् १९७५ मा आजकै दिन (मार्च २५) मा साउदी अरबका राजा फैसलको हत्या भएको थियो । फैसलको उनका भतिज फयसल इब्न मुसा इदले गोली हानी हत्या गरेका थिए ।१९०६ अप्रिल १४ मा रियादमा जन्मिएका फैसल १९६४ देखि हत्या हुनुअघिसम्म सायदी अरको राजा थिए । उनका पिता इब्न साउदले हेजाज प्रान्तमाथि विजय हासिल गरेपछि फैसल १९२६ मा त्यहाँको विदेशमन्त्री तथा भाइसराय भएका थिए । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का र मदिना उक्त राज्यमा पर्छ ।१९४४ मा संयुक्त राष्ट्रसंघीय सम्मेलनमा साउदी अरबको नेतृत्व गरेका फैसल राष्ट्रसंघका लागि राजदूतसमेत भएका थिए । १९५३ मा युवराज तथा साउदी विदेशमन्त्री भएका फैसललाई १९५८ को आर्थिक संकटका बेला साउदले कार्यकारी अधिकार दिएका थिए । १९६० मा राजीनामा दिएका फैसलले १९६२ देखि फेरि जिम्मेवारी सम्हालेका थिए । १९६४ मार्चमा उनले भाइसरायका रूपमा सम्पूर्ण शक्ति हातमा लिएका थिए । १९६४ नोभेम्बरमा धार्मिक नेता, सत्तारूढ परिवारका वरिष्ठ सदस्य र मन्त्रिपरिषद्ले साउदलाई पदच्युत गरेपछि फैसल सायदी अरबको राजा भएका थिए ।राजा फैसलले आफ्नो कार्यकालमा सायदी अरबको आर्थिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा व्यापक सुधार गरेका थिए । उनको हत्यापछि उनका सौतेनी भाइ खालिद इब्न अब्दल अजिज अल साउदले साउदी अरबको राजगद्दी सम्हालेका थिए ।
World
11,808
कुखुराको अवैध ओसारपसार नियन्त्रण गरिने
भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरू मारमा परेको परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन् । आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालक पलायनको अवस्थामा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर परेको भन्दै अवैध आयात नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् ।
https://gorkhapatraonline.com/news/75588
काठमाडौँ, भदौ ४ गते । भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरू मारमा परेको परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन् । आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालक पलायनको अवस्थामा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर परेको भन्दै अवैध आयात नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् । गृह मन्त्रालयमै भएको छलफलमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेन्टाइन कार्यालयका अधिकारी र कुखुरापालनसँग सम्बन्धित उद्योगी व्यवसायी सहभागी थिए ।छलफलमा सीमा क्षेत्रका नेपालका कोल्ड स्टोर वा फार्ममा स्टोर गरेर मरेका वा जिउँदा कुखुरा वा कुखुराजन्य पदार्थ निकटवर्ती बजारमा पठाउने गरेको भन्दै व्यवसायीले त्यसको प्रभावकारी नियन्त्रण गर्न माग गरेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर भए पनि यसको प्रभावकारी नियन्त्रण गरिने बताउनुभयो । अवैध रूपमा चलिरहेका, दर्ता नै नभएका वा दर्ता भएर पनि मापदण्ड पूरा नगरेका त्यस्ता सबै फार्महरूलाई प्रशासनमार्फत बन्द गराइने आश्वासन गृहमन्त्री श्रेष्ठले दिलाउनुभयो । “कानुन निर्माण, क्वारेन्टाइन व्यवस्थापन तथा अवैध ओसारपसार नियन्त्रण, सरकारले तीनै पाटोबाट पहल लिने छ,” उहाँले भन्नुभयो ।  
News
36,984
यी हुन् इलामका मुख्य सात पर्यटकीय गन्तव्य
इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन ।
https://ekantipur.com/feature/2017/11/03/20171103092957.html
काठमाडौं — इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ । नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ । इलामका मुख्य सात पर्यटकीय गन्तव्यबारे विप्लव भट्टराई लेख्छन् :सन्दकपुरउत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख गन्तव्यमध्येको पर्यटकीय स्थल हो । सदरमुकामबाट सन्दकपुरको दूरी करिब ५० किलोमिटर छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् भने भारततर्फ सरकारी आवास गृह । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ । कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ । युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउँछ । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ । माईपोखरीइलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत छ माईपोखरी । यसमा रैथाने गलैंचे, झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने ३ सय बढी चराका प्रजाति पाइने विज्ञहरू बताउँछन् । २ हजार १ सय २१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू पनि छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरीमा रहेको यहाँ पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला पनि लाग्छ ।अन्तुपूर्वी अन्तु र समालबुङका बासिन्दाले पटक–पटक महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यका रूप दिइसकेको छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको बसोबासलाई स्थानीय खट्ने गर्छन् । लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । यहाँ असोजको पहिलो सातादेखि पर्यटक बढ्छन् । सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।कन्यामचियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको सयौं गाडी यहाँ देखिन्छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । ढापपोखरीसमुदाय स्तरको प्रयासबाट पर्यटकीय गन्तव्य बनेको हो ढापपोखरी । सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दाले सिमसार क्षेत्रलाई पोखरीको रूप दिँदै डुंगा सञ्चालनमा ल्याएका छन् । १ हजार ७ सय मिटरको उचाइमा रहेको यो पोखरीमा डुंगा सञ्चालन थालिएपछि आन्तरिक पर्यटकको ताँती लागेको छ । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा माछापालन गर्दै फिसिङ गर्ने सुविधा दिने स्थानीयको योजना छ । सन्दकपुर रेडपान्डा पाइने स्थान हाँगेथाम, चोयाटार, दोबाटे, टोड्के झरना, माईपोखरी, जौबारीलगायत यात्राको केन्द्रका रूपमा यसलाई हेरिएको छ ।सिद्धिथुम्कापश्चिमी सिद्धिथुम्कावासी पनि पर्यटन विकासमा लागेका छन् । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्त्वका छन् ।माङसेबुङकिराँत धर्मस्थलका रूपमा परिचित माङसेबुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवको अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ । झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दूरवस्थाले भने निकै कठिन हुन्छ ।गजुरमुखीपश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ । तस्बिरहरू :  विप्लव भट्टराई 
Feature
1,588
बालकुमारी घटनाको प्रतिवेदन कार्यान्वयनबारे सुझाव दिन दुई मन्त्रीसहितको समिति गठन
सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।
https://ekantipur.com/news/2024/02/26/cabinet-meeting-forming-a-committee-with-two-ministers-to-recommend-suggestions-on-the-issue-of-child-marriage-21-33.html
काठमाडौँ — सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बालकुमारी घटनाको छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । बालकुमारी घटनाको कारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेको पूर्वन्यायाधीश संयोजकत्वको आयोगले प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनबारे सुझाव दिन दुई मन्त्री रहेको समिति गठन गरिएको हो ।शर्माका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ ।त्यस्तै, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको पनि शर्माले जानकारी दिइन् ।
News
5,340
छाराको बजेट ६० करोड
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औँ नगर सभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
https://gorkhapatraonline.com/news/113637
हरिकृष्ण ऐडीमुगु, असार १३ गते । जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औँ नगर सभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।उहाँका अनुसार पुँजीगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालुतर्फ २९ करोड ११ लाख ७० हजार बजेट प्रस्ताव गर्नुभएको छ ।आयतर्फ कुल बजेटमध्ये प्रदेश सरकारबाट समानिकरणतर्फ १ करोड ४१ लाख, राजस्व बाँडफाँडतर्फ २७ लाख ४७ हजार ससर्त अनुदानतर्फ चार करोड ८८ लाख ३३ हजार रुपियाँ रहेको छ ।त्यसैगरी सङ्घीय सरकार समानिकरणतर्फ ११ करोड ७९ लाख, राजस्व बाँडफाँटतर्फ ११ करोड २३ लाख ससर्त अनुदानतर्फ २७ करोड ६० लाख रुपियाँ रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा एक करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगर उपप्रमुख शाहीले जानकारी दिनुभयो ।
News
50,133
पादटिप्पणीमा मधेश राजनीति
जसपा अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट जितेर उपनिर्वाचनमा गठबन्धनको फिल्मलाई फ्लप हुनबाट जोगाइदिएका छन् । यसका लागि गठबन्धनले उनलाई पुरस्कृत पनि गर्नेछ र सम्भवतः मन्त्रिमण्डलले उनको सहभागितापछि पूर्णता पाउनेछ । जसपा संसदीय दलको नेता–आसनमा उपेन्द्रको चरणपादुका राखिएको छ जसलाई अब उनी स्वयंले स्वीकार गर्नेछन् । मंसिरको चुनावपछि उपेन्द्रले बनाउँदै आएको व्यूहरचना अब तार्किक निष्कर्षमा पुगेको छ ।
https://ekantipur.com/opinion/2023/04/27/168255990858154267.html
जसपा अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट जितेर उपनिर्वाचनमा गठबन्धनको फिल्मलाई फ्लप हुनबाट जोगाइदिएका छन् । यसका लागि गठबन्धनले उनलाई पुरस्कृत पनि गर्नेछ र सम्भवतः मन्त्रिमण्डलले उनको सहभागितापछि पूर्णता पाउनेछ । जसपा संसदीय दलको नेता–आसनमा उपेन्द्रको चरणपादुका राखिएको छ जसलाई अब उनी स्वयंले स्वीकार गर्नेछन् । मंसिरको चुनावपछि उपेन्द्रले बनाउँदै आएको व्यूहरचना अब तार्किक निष्कर्षमा पुगेको छ ।प्रतिनिधिसभामा पुग्ने र त्यसमार्फत कैयौं शक्ति–अभ्यासमा पकड बनाउने उनको निर्णयमा नैतिकता वा सिद्धान्तका निम्ति कुनै ठाउँ छैन । यो एउटा कठोर निर्णय थियो जसका पछाडि केवल एउटै सोच थियो— सत्तामा अस्तित्व बनाइराख्नु । पछिल्ला १७ वर्षको मधेश राजनीतिमा उनीबाहेक अरू कसले बुझ्न सक्छ, दल जोगाउन सत्ताको रसायन कत्तिको आवश्यक हुन्छ भनेर ! उनको दल अनेक झन्झावात्बाट गुज्रिइरह्यो तर सत्ताको च्यवनप्रास खाएर उनले आफ्नो राजनीतिक तागत बचाउँदै आए । केही महिनापहिलाको आम निर्वाचनमा ठूलो मतांतरले पछाडि परेका उपेन्द्रको बारा–२ को उपनिर्वाचनमा प्रत्याशी बन्ने सन्दर्भलाइ नैतिक दृष्टिले गलत बताउन सकिन्थ्यो तर राजनीतिक दृष्टिले त्यो एउटा चतुर वा भनौं उत्कृष्ट कदम थियो ।‘उपिन्दर भैया’ बाट ‘सर’छिमेकी भारतीय राज्य बिहारमा लालूप्रसाद यादवले आफू मुख्यमन्त्री पदबाट हट्ने बाध्यता आइपर्दा आफ्नी पत्नी राबडीदेवीलाई सत्ता हस्तान्तरण गरेका थिए । यसका लागि उनीमाथि अनेकौं कोणबाट प्रश्न उठ्यो । जवाफमा लालूले आफ्नो सदाबहार अन्दाजमा भनेका थिए, ‘मैं राजनीति में शक्ति अर्जित करने के लिए आया हुँ । क्या मैं अपनी सत्ता अपने राजनीतिक विरोधियों के हाथों सौंप देता ?’ उपेन्द्र पनि सहजै हार मान्ने व्यक्ति होइनन् । जतिखेर उनी अब समाप्त भए र हतोत्साहित भए भन्ने लाग्छ, त्यतिखेरै उनी साबिकभन्दा सशक्त भएर अघि बढ्ने योजना बुनेर आफ्ना निकटतम सहयोगीहरूलाई समेत अचम्मित बनाइदिन्छन् ।उपेन्द्रको राजनीति ‘साहेबगिरी’ को खिलाफ क्रोधले भरिएको विद्रोह थियो, तर समयक्रममा उनी स्वयं ठूलो साहेब बन्न पुगे । मधेश राजनीतिमा यति आत्मश्लाघी अधिकारका साथ पहिले कसैले पनि शासन गरेको थिएन न त कम समयमा यति गहिरो प्रभाव छोडेको थियो । उनको उदयअघि पनि वञ्चितहरूको मुद्दालाई समर्थन गर्नेहरू थिए । तर उपेन्द्रले मधेशी सशक्तीकरणको सपनालाई यति उग्रता र प्रतिभाका साथ विक्रय गरे, जसले उनकै साथीहरूको चमक फिका बनाइदियो र प्रतिस्पर्धीहरू पनि दंग परिरहे । उनीसँग राजनीतिक चतुर्‍याइँ र व्यक्तिगत आकर्षणको बेचैन गरिदिने खालका रसायन छन् । उनले यी दुइटैको बडो निपुणतापूर्वक प्रयोग गरे जसलाई मधेश राजनीतिमा कल्पनासम्म गरिएको थिएन । मधेश विद्रोहसँग जोडिएको साइनो त उनीसँग छँदै छ, त्यसबाहेक मान्छे र घटनाहरूलाई उपयोग गर्न सक्ने खुबीकै कारण उनले मधेशसँगै राष्ट्रिय राजनीतिमा समेत आफ्नो सान्दर्भिकता ज्युँदो राख्न सकेका छन् ।जो नेताले जनतामा निर्माण भएको छविका कारण आफ्नो राजनीतिक तागत पुँजीकृत गर्छन्, तिनीहरू खोट लागेपछि ओरालो पनि लाग्छन् । राजनीतिमा प्रायः महत्त्वपूर्ण त्यो चीज हुँदैन जुन वास्तवमा हुन्छ, जे देखाइएको हुन्छ त्यसले अर्थ दिन्छ । यसैलाई देहातमा भनिन्छ— भित्रभित्र एक थोक, बाहिर अर्को थोक । उपेन्द्रका बारेमा बाहिर जुन छवि निर्मित छ, त्यस्तो सायद उनी थोरबहुत छन् पनि; तर उनी जे छैनन्, त्यो बढी प्रचारित छ । यही उनको सबैभन्दा ठूलो योग्यता हो । उनी त्यही ‘छवि’ धारण गर्छन्, जुन बिक्न सक्छ ।राजनीतिको बजारलाई चिन्ने र त्यतिखेर के कथन वा कदम चाल्दा बिक्न सक्छ, त्यो चाल्न सक्ने निपुणता उनमा छ । उपेन्द्र, उनका जराहरू, व्यक्तित्व र उनको राजनीतिक उदयको कालसम्म विविध कारणले गर्दा उनी यस्ता नेता भए जसलाई मधेशले यसअघि देखेको थिएन । सुरुआतमा शोषित–वञ्चित मधेशीजनमा लुकेका दबाबहरूका लागि उनले ‘रिलिज भल्भ’ को काम गरे । उनी आम मधेशीका लागि ‘उपिन्दर भैया, उपेन्द्रजी’ थिए तर सत्ता राजनीतिको खेल खेल्दाखेल्दै ‘अध्यक्षजी, सरजी’ को सम्बोधनमा उक्लिए, जसले गर्दा भुइँमान्छेहरूसँगको सम्बन्धमा एउटा विभाजक रेखा कोरिन पुग्यो । त्यसैले उनी त्यो बोल्दैनन् जो आम शोषित–वञ्चित संरचनाबाट अभिव्यक्त हुन खोजिरहेको हुन्छ, उनको फोकस नितान्त आफ्नो राजनीतिक लाभ–हानिको लेखाजोखामा आधारित हुन्छ । उनको स्वयंको घर प्रतिस्पर्धात्मक महत्त्वाकांक्षाको भुमरीमा फस्न पुगेको छ । उनी यति विघ्न दबाबमा रहन्छन्, आजभोलि मधेशको भविष्यभन्दा पनि आफ्नो उत्तराधिकारीको भाग्यफल लेख्ने कार्यलाई प्राथमिकतामा राख्न थालेका छन् ।टुसाएको दक्षिणपन्थउपेन्द्रको मूल्यांकन उनीद्वारा निर्धारित मानकहरू र गरिएका परिवर्तनका वाचाहरूका आधारमा गर्नुपर्छ । रामसहाय यादवलाई उपराष्ट्रपति त बनाइयो, तर गह्रौं सवाल छ— के यसै गरी बनाइनुलाई मधेशले गौरवको विषय मान्ने ? रामसहाय व्यक्तिगत रूपमा योग्य, संघर्षशील, समर्पित राजनीतिक योद्धा हुन्; तर शपथग्रहण समारोहमा जेजुन परिधानमा प्रस्तुत भए, त्यो मधेश आन्दोलनको उपेक्षा थियो । उपेन्द्र स्वयंले विगतमा मधेशी सशक्तीकरणका जेजस्ता काइदाहरू बताउने गर्थे, त्योभन्दा नितान्त पृथक् अवस्था हो यो । मधेशी दलहरूको अकाल मृत्यु हुने गरेजस्तै विगतमा उपेन्द्रको राजनीतिको श्रद्धाञ्जली लेख्ने जमर्को कैयौं कोणबाट भइरहे, तर उनले प्रत्येक पटक आफ्नो विशिष्ट लापरबाहीका साथ ललकारिरहे । वर्तमान मधेश राजनीतिमा एक व्यक्तिका रूपमा उनकै अधिक अनुगामी छन् ।बारा–२ मा उपचुनाव जिते पनि उपेन्द्रले मूलतः हारेका छन् । उनका भक्तहरूले बुझ पचाए पनि स्वयं उपेन्द्रले चाहिँ बुझेका छन् यो कुरा । निर्वाचन प्रचारका क्रममा उनी स्वयं भन्थे, ‘मेरो कोही प्रतिस्पर्धी छैन ।’ तर भयो के ? मधेश प्रदेश सरकारको एकजुटता र गठबन्धनको तागतबिना उनले यहाँ पनि निर्वाचन आयोगद्वारा जितको प्रमाणपत्र लिन सक्दैनथे । समकालीन राजनीतिमा एउटा मिथ थियो— मधेशको राजनीतिमा शक्ति कोहीसँग छ भने त्यो उपेन्द्रसँगै छ । मधेशमा स्पेस बनाउन चाहने प्रत्येक शक्तिले उनीसँग तालमेल मिलाउन चाहन्थ्यो । प्रादेशिक अभ्यास सुरु भएदेखि नै उपेन्द्रकै मान्छेहरू मधेश प्रदेशमा मुख्यमन्त्री छन् । जोसुकै दरबारी मुख्यमन्त्री पदमा रहे पनि ‘राजाको निगाह’ हरपल चाही नै रहन्छ नत्र उनले फु गरेर सरकार ढाल्न सक्छन् । जब मधेश प्रदेश सरकारका भाग्यविधाता उपेन्द्र हुन् भने त्यसले उब्जाएका बेथितिहरूको दोषसमेत उनकै थाप्लामा जान्छ । मधेश प्रदेश सरकार तजबिजी शैलीमा चल्यो । आज बारा–२ मा एउटा निरीह खेलाडीका रूपमा उपेन्द्र गठबन्धनको आशीर्वादमा आफ्नो अस्तित्व जोगाउन पुगे । यी ती उपेन्द्र होइनन्, जो संस्थापन–सत्तालाई हाँक र हौसला दिन्थे; यो त उनको त्यो अवतार हो जहाँ संस्थापनसमक्ष समर्पणको मुद्रामा देखिएको छ । यो उपेन्द्रसँग जोडिएका पुराना मिथहरूको मृत्यु हो ।यो दक्षिणपन्थको उदयकाल हो । मधेशमा दक्षिणपन्थको बहुरूपिया अनेकौं रूप र आवरणमा आउँदै छ, आएको छ । संविधानले दिइसकेको अधिकारलाई समेत यो वा त्यो निहुँमा खोस्नु दक्षिणपन्थ हो । मधेशका लागि गौरवको क्षण भन्दै महिमान्वित गरिएका उपराष्ट्रपतिले दौरा–सुरुवालमा शपथग्रहण गर्नु दक्षिणपन्थ हो । आफ्नो प्रदेशले पहिचानमा आधारित नाम पायो भनेर हर्षबढाइँ गर्नेहरूले अरूतिर पहिचानयुक्त प्रदेशको नामकरणका लागि गरिएको आन्दोलनप्रति रहस्यपूर्ण चुप्पी साध्नु दक्षिणपन्थ हो । आफू झ्यालबाट प्रतिनिधिसभामा छिरे पनि लाखौं युवा — जसले नागरिकता पाएका भए जनप्रतिनिधित्वको अवसरसमेत पाउन सक्थे — को नागरिकताका लागि इमानदार प्रयत्न गर्न नसक्नु दक्षिणपन्थ हो ।प्रभावकारी प्रादेशिक अभ्यास तथा सार्थक समावेशीकरणका अगाडि तगारा लगाउनेहरूको जयगानमा लिप्त रहनु दक्षिणपन्थ हो । कबोल गरिएका एजेन्डाहरू बिर्सिंदै मधेश भवन वा सिंहदरबारमा केवल मन्त्री बनेको फुर्तीफार्ती गर्नु दक्षिणपन्थ हो । धार्मिक उन्मादका बाछिटाहरूबाट समाज संक्रमित एवं ध्रुवीकृत हुने चलखेल बढ्नु दक्षिणपन्थ हो । आफ्नै बहुतहका सरकारको पतनोन्मुख चरित्रमा पूर्णविराम लगाउन निरीह देखिनु भनेको दक्षिणपन्थ बलियो हुँदै जानु हो । मधेश विद्रोहले यस्तो दिनको प्रतीक्षा गरेको थिएन ।आगतको पदचाप बारा–२ मा जनमत पार्टीले अब्बल प्रदर्शन गरेको छ, यस अर्थमा उसले चुनाव जितेको छ । हरेक चुनाव केवल जित्नका लागि लडिँदैन । उपेन्द्रलाई प्रतिस्पर्धाको अखडामा निसासिने स्थिति निम्त्याइदिनु त्यसका कालिगड सीके राउतको सफलता हो । उपेन्द्रसँगै अब मधेशमा सीके छन् भन्ने देश र दुनियाँले थाहा पाए । आम मान्छे यथास्थितिको राजनीतिबाट हैरान छन्, ताजा सुरुआतको खोजीमा छन् । कतिपयले सीकेमा चाँदीको त्यो घेरा देखिरहेका छन् । तर सीके पनि मधेश विद्रोहको अपेक्षालाई पूरा गर्ने नायक बन्ने सम्भावनाहरू कम छन् । यसो भन्नुको कारण बुझ्न अलि पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । जब मधेशले काठमाडौंसँग संघीयतामार्फत दह्रोसँग जोडिएर मुलुकको नवनिर्माण गर्न खोजिरहेको थियो, त्यतिखेर सीकेको पृथकतावादी आलापले संघीयता नचाहने समूहहरूले प्रादेशिक अभ्यासले देश टुक्रिन्छ भन्ने भाष्य फोकटमा पाए । र संघीयताका हाँगाहरू छिनालिए । यो केन्द्रीकृत शासनको विकल्पमा संघीयता ल्याउने कारणको बर्खिलाफ थियो । त्यसै गरी मधेशमा राज्यका तर्फबाट लोककल्याणकारी संरचनाहरू फैलाउनुको साटो सुरक्षा सञ्जालको विस्तार भयो । कृषि फार्महरूमा सुरक्षा संरचनाले ठाउँ ओगट्यो । यसो हुनुका अन्य कारण पनि छन् तर सीकेको भूमिका पनि त्रुटिपूर्ण रह्यो । सीके आम निर्वाचनबाट यति उत्साहित भए, उनले आफूलाई काठमाडौं खाल्डोको सत्ता राजनीतिको मास्टर नै सम्झिन थाले । उनले शकुनिका पासाहरूलाई बुझेकै छैनन् । उपनिर्वाचनमा प्राप्त गरेको सम्मानजनक मतले उनलाई सत्ता होइन, सचेत प्रतिपक्षको भूमिका खेल्ने सन्देश दिएको छ ।मधेशबाट विभिन्न दलमा रहेर सत्ता राजनीतिमा दखल र प्रभाव राखेका विजय गच्छेदार, विमलेन्द्र निधि, महन्थ ठाकुर, रामचन्द्र झा, राजेन्द्र महतो, हृदयेश त्रिपाठीहरू यतिखेर किनारामा धकेलिएका छन्; यिनीहरूको आगतको पनि यही स्थायीभाव हुने छाँटकाट छ । नेपालको राजनीतिमा मधेशको आवाज कमजोर भएको काल हो यो । यो साँच्चिकै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौती हो । मधेशले सत्ता राजनीतिमा जहिल्यै कमजोर प्रदर्शन गरेको छ । उसले तागत पाउन सडकको महिमालाई सम्झिराख्नुपर्छ । भविष्य समयको नादलाई सुन्न सक्नेहरूकै हुन्छ ।
Opinion
10,663
सृजनात्मक तपोवन
त्यसरी नचल्नुहोस्; जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी प्रेमले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी खुसीले तपाईंलाई चलाउँछ ।
https://gorkhapatraonline.com/news/91917
त्यसरी नचल्नुहोस्; जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी प्रेमले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी खुसीले तपाईंलाई चलाउँछ ।ओशो एक युगपुरुष हुन्, जसले अध्यात्म र आधुनिकतालाई एउटै फोल्डरमा फोल्ड गरेर मानिसका मन मस्तिष्कमा सेन्ड गर्ने उपक्रम रचेका छन् । उनको सिद्धान्त र विचार यथार्थपरक छन्, जुन हरेक जनमानसका हृदय छामेर भनिएका वाणी झैँ लाग्छन् । मानिसलाई आध्यात्मिक चेतना सँगसँगै अधिकतम सन्तुष्टिमा बाँच्न उत्प्रेरित गर्ने सन्देश वाहक एक महामानव मात्र हुन्, उनी कुनै भगवान् होइनन् । अध्यात्ममा झुम्न चाहनेका लागि ध्यान, योग र शारीरिक अभ्यासको माध्यमबाट भगवान्प्रतिको समर्पणलाई मार्ग खुलस्त गरेका छन् । सांसारिक माया, ममता र भुलभुलैयामा भुल्न चाहनेका लागि वैयक्तिक स्वतन्त्रता र स्वाधीनताका साथ बाँच्न पाउने मानवीय अधिकारका पक्षमा पनि उत्तिकै सशक्त तर्क प्रस्तुत गर्न सफल छन् । प्रत्येक धर्मले यौनिकतालाई आआफ्नै तरिकाले विश्लेषण गरेको पाइन्छ । यौन र सेक्सका विषयमा खुलेर कुरा गर्न नचाहने, लाज र पापका रूपमा हेरिने समाजमा अरूको नजरबाट लुकीछिपी गर्नुलाई पुरुषार्थको संज्ञा दिने धर्मग्रन्थ पनि हामीले नपढेका होइनौँ । आफ्नो खुसीका लागि सहमतिमा गर्छ भने त्यो कसरी पाप हुन्छ । अरूले गर्दा एउटा निश्चित नियम र अनुशासनको सीमा हुनुपर्ने आफूले गर्दा त्यही महान् कार्य ठहरिने हाम्रा धार्मिक ग्रन्थका ऋषि, महर्षि र महान् देवीदेवताको किंवदन्ती विरोधाभासपूर्ण लाग्छन् । अप्सरा देख्दा ऋषिमुनीहरूको ध्यान भङ्ग हुनु, आशुतोष भगवान् मन परेकी स्त्री नपाउँदा पागल हुनु, विष्णु भगवान्ले जालन्धरकी श्रीमती देख्दा भोग्ने लालसा राख्नु । धर्मग्रन्थमा महिलालाई झुक्याएर वा जबरजस्ती गरेका यस्ता थुप्रै किस्सा नभएका होइनन् । तिनलाई भगवान् भनेर पुज्ने समाजले तिनै विषयवस्तुलाई सहमतिमा प्रेमपूर्वक गर्नु पाप होइन, शरीरको आवश्यकता हो भनी यथार्थताको वकालत गर्ने ओशोको विचारलाई समर्थन गरेको पाइन्न । आपराधिक मानसिकतालाई हटाएर समुन्नत समाज निर्माण गर्न खोज्ने व्यक्ति कसरी व्यभिचारी र विवादास्पद बन्न पुगे ? आश्चर्यको कुरा छ । प्रत्येक मन्दिर परिसरमा जाँदा कहीँ न कहीँ रासलीलामा लिप्त मूर्तिकला कुँदिएका पाइन्छन्, तिनलाई हेरेर मानिस रोमाञ्चित बन्छन् । ओशो तपोवनमा त्यस्तो चित्रकला कहीँ कतै राखिएको देखिँदैन । ओशोले शरीरको अश्लील विज्ञापन होइन, जीवनको आवश्यकता र सन्तुष्टि बुझाउन खोजेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ । माया, प्रेम र यौनको चक्रमा संसार चलेको कुरा सबैलाई चेतना छ । संसारमा प्रेम नचाहने र यौनमा आनन्दित महसुस नगर्ने प्राणी अपवादमा पाइएला । यति मात्र होइन, प्रेम र यौनबेगर जीवको अस्तित्व नै असम्भव छ भनिरहनु आवश्यक छैन । यही यथार्थ र सत्यताको धरातललाई दृष्टिगोचर गर्दै मानवीय भावना बुझेर मानिसका आन्तरिक खुसी र सन्तुष्टिमा जोड दिने युगपुरुष केवल ओशो हुन् भन्दा उनीमाथि न्याय होला । ओशोको वाणीले मानिसलाई विचलित र अनुशासनहीन बनाउँछ र समाजलाई नकारात्मक दिशातिर लैजान्छ भन्नु असान्दर्भिक हुन्छ । चराको चिरबिर, किराफट्याङ्ग्राको किरिङमिरिङ, नानाथरीका फूलको नाकमै ठोसिन आउने सुगन्ध, झरनाको छङछङ सुसेली, साना–ठुला रुखले ढकमक्क ढाकिएको जङ्गलबिचको रमणीय स्थल ओशो तपोवन । प्रकृतिले हदैसम्म लोभ्याउने रहेछ मानवीय मनलाई, ओशो तपोवन पुग्नेले सहजै अनुभूत गर्न सक्छ । ओशो तपोवन जाने निर्णय गर्दा मनमा एक किसिमको बेचैनी र कौतुहल थियो । ओशो भन्नेबित्तिकै मानिसको हेर्ने दृष्टि र बुझ्ने विवेक अलि भिन्न छ । ओशो को हुन् भनेर बुझ्नेले सजिलै जाने अनुमति दिन्छन् अन्यथा भ्रम र झुटा प्रचारका पछि लाग्नेले आज पनि छोरी चेलीलाई ओशो साधनामा गएर बस्न दिन मुस्किल नै पर्छ, त्यो अवसर मैले प्राप्त गरेँ । मेरो निर्णयलाई सहजै स्वीकारेर जान हौसला दिने छोरी शीलाष्मी र बहिनी (नन्द) सुनयनालाई हृदयबाट आभार व्यक्त गर्दछु । टेन्सन, तनाव, पीडा, कुण्ठा हुनेहरू भौतारिँदै पुग्ने ठाउँ भनेर एक पक्षले सोच्दा रहेछन्; जुन केही प्रतिशत सत्य पनि छ । अर्को पक्षले रासलीला रचाउने व्यभिचारी ठाउँ भनेर बुझ्दा रहेछन्; यो बुझाइ भ्रामक छ । म जाने निर्णय लिँदा जङ्गलमा गएर साधु भएर बस्न लागी भन्ने डर भनौँ वा भ्रम थियो आफन्तजनमा । वर्षौपहिले त्यस स्थलमा जाने र त्यहाँको प्राकृतिक सौन्दर्यलाई नियाल्ने हुटहुटी मेरो मनले बोकिसकेको थियो । मैले सुनेको थिएँ– एक निश्चित अनुशासन र नियममा ध्यान गर्ने उत्तम ठाउँ, दिमागलाई रिफ्रेसमेन्ट गराउने ठाउँ, विशेष गरी बौद्धिक व्यक्तित्व र साहित्यिक अनुरागीको रोजाइको केन्द्र । जहाँ नेपालीभन्दा विदेशी नागरिकको उच्च आकर्षण रहन्छ भन्ने सुनेको थिएँ । म पनि त्यहाँ गएँ ।सुनिरहुँ, हेरिरहुँ, झुमिरहुँ झैँ वातावरणमा नरमाउने मन कुन मानवको होला र ? प्राकृतिक सुन्दरतामा रम्नु, रमाउनु र साक्षात्कार हुन जानुपर्ने काठमाडौँको चक्रपथबाट करिब १४ किलोमिटर टाढा त्रिशूली राजमार्गको नागार्जुन जङ्गलको बिचमा रहेको छ ओशो तपोवन । बालाजु चक्रपथबाट गाडीमा ३५ मिनेट र पैदल साढे २ घण्टामा पुग्न सकिन्छ । ओशोको वाणी र दृष्टिमा जसरी तानिन्छ मानिसको मन, तपोवनको सुन्दरताले त्यसरी नै आकर्षित गर्छ । साँच्चिकै त्यहाँ पुग्ने जो कोहीलाई पनि चुम्बकले ताने झैँ तान्ने ऊर्जा छिपेको महसुस हुन्छ । एक दिन बस्छु भनेर गएका मानिस हप्तौँसम्म रम्न र भुल्न लालयित हुन्छन् । समय र परिस्थिति अनुकूल हुँदा बस्ने समय एक्सटेन्ड गर्दै अलि दिन तपोवनको छहारीमा लुटपुटिन चाँजोपाँजो मिलाउने सोच जाग्नु स्वाभाविक मानिन्छ ।तिम्रो दिमागले राम्रो सोच्नु, नराम्रो सोच्नु तिम्रै अनकन्सियस दिमागको उपज हो । यसको जिम्मेवार मात्र तिमी हौ । तिमीलाई अरूले न हँसाउन सक्छ न सताउन सक्छ । तिम्रो सोचाइले मात्र सञ्चालित हुन्छ सबै कुरा ।आजका मानिस व्यस्त छन्, उकुसमुकुस छन्, पीडा, तनाव, नैराश्य, टेन्सनले ग्रसित छन् । यति धेरै बेफुर्सदिला छन् कि आफूले आफैँलाई नियाल्ने समयको सधैँ अभाव हुन्छ । म के चाहन्छु भनेर बुझ्न नसक्ने महामारीबाट ग्रसित छन् । सगरमाथा चढ्नु छ पिठिउँमा ढुङ्गाको भारी बोकेर हिँडे जस्तै हो आजको मानिस । व्यर्थको ढुङ्गा बोकेर सगरमाथाको चुचुरोमा पुग्ने अभिलाषा पूरा त होला तर सकसपूर्ण हुने छ । ओशो तपोवनमा दिइने मेडिटेसन क्लासको आशय पनि यसकै पेरिफेरीमा घुमेको हुन्छ । दिमागमा अनावश्यक डर, चिन्ता, आशा, अभिलाषा बोकेर जीवनलाई बोझिलो बनाउँदै अटस मटससाथ लतारिँदै हिँड्नुमा जीवनको सार्थकता सम्झिँदा रहेछाँै भन्ने भ्रमबाट बाहिर निकाल्ने एक मात्र माध्यम मेडिटेसन रहेछ । बिहान गराइने डाइनामिक मेडिटेसन, योगा, एक्सरसाइज, सभासनले शरीरलाई स्वस्थ र स्फुर्त राख्न सहयोग गर्दछ । ब्रेकफास्टपछि २ घण्टाको खाली समय प्राकृतिक सुन्दरताको छहारीमा टहरिनु, साथीभाइसँग कुरा सेयरिङ गर्नु वा आफूलाई ध्यानमा भुलाउनु व्यक्तिगत स्वतन्त्रता छ । दिउँसो १२ बजेबाट दोस्रो सेसन मेडिटेसन सुरु हुन्छ । जसमा सङ्गीतको तालमा झुम्दै, नाच्दै, उफ्रँदै दिमागमा मेडिटेसनको तरङ्ग तरङ्गित गराउँदै अर्कै संसार अर्थात् अलौकिक स्वर्गीय आनन्दमा लीन भएको आभास गर्न सकिन्छ । दिमागलाई केन्द्रीकृत गरेर उच्चतम सन्तुष्टि लिन सकिन्छ भन्ने ज्ञान पाउन मेडिटेसनको गहिराइमा पुग्नु आवश्यक छ । सुखदुःखको स्रोत, पहिचान र कार्यान्वयनको प्रभाव स्वयम् व्यक्तिमा निहित हुन्छ । अरूलाई दोषारोपण गर्नु मूर्खताको एक बहानाभन्दा केही होइन । दोस्रो ध्यान बैठकपछि खाजा र आरामको समय डेढ घण्टा हुन्छ ।पुरुष जातिलाई स्वामी’ जी र महिला जातिलाई मा’ जी भनी सम्बोधन गर्नु ओशो केन्द्रको औपचारिक शिष्टाचार हो । स्वामीजीको अर्थ मालिक र माजीको अर्थ पृथ्वी अर्थात् जननी भनिएको रहेछ । पुरुषलाई स्वामी’ जी र अविवाहित नारीलाई पनि मा’ जी सम्बोधन गर्दा सुरुमा असहज महसुस हुन्छ । मेललाई स्वामी’ जी र फिमेललाई मा’ जीबाहेक अरू सम्बोधन गर्न नपाइने नियम अनौठो लाग्छ । प्रत्येक स्वामी जी, माजीहरू प्रकृति जस्तै निश्चल, शान्त, सुन्दर र सधैँ मन्द मुस्कानमा देखिन्छन् । मुहारमा चमकता, भावुकता, आत्मीयता, मिलनसारिता, सहयोगी र प्रेमिल त्यहाँको विशेषताभन्दा फरक पर्दैन । सायद योग, ध्यान र प्राकृतिक वातावरणले हुनु पर्छ मानिस–मानिसबिचमा आत्मीयता र प्रेमिल व्यवहारको ऊर्जा थपिएको । नो माइन्ड म्याडिटेसन अर्थात् माइन्ड खाली गर्ने, दिमागलाई शून्य बनाउने, दिमागमा भएका राम्रा नराम्रा सबै कुरालाई बाहिर निकालेर खाली गर्ने एक किसिमको थेरापी हो । दिमागमा गुम्सेर बसेका दुःख, पीडा, समस्या, चिन्ता, तनाव, रिस–राग, घमण्ड, गुनासोलाई आआफ्नो तरिकाले व्यक्त गर्ने स्वतन्त्रता नै यसको मुख्य उद्देश्य रहेछ । त्यो देख्दा एक पागल खानाभन्दा कम लाग्दैन । पहिलो दिन यति अचम्म लाग्छ कि पागलखानामा आएछु भागी हालु झैँ लाग्छ । आँखामा पट्टी बाँधेर पागल झैँ क्रियाकलाप गर्नु पर्छ । कोही चिच्याउने, कोही कराउने, कोही रुने, कोही कुशन तकिया फ्याँक्ने, बजार्ने, आफूले आफैँलाई हिर्काउने, वालमा कोपर्ने, लात्ताले हान्ने, हाँस्ने, गीत गाउने, नाच्ने, मनमा जे आउँछ त्यही निर्धक्कसँग आँखामा पट्टी बाँधेर ब्याकग्राउन्ड न्वाइजी म्युजिकको साथमा गराइन्छ । एक अर्काको क्रियाकलापले डिस्टर्व नहोस् भनेर ठुलो स्पिकरमा न्वाइजी म्युजिक लगाइन्छ । जसले गर्दा नजिकै साथीले गाली गरेको, गुनासो पोखेको, भनेको कुरा राम्ररी नबुझिने र नसुनिने व्यवस्थापन मिलाइएको हुन्छ ।मनमा जे आउँछ, त्यही बोलेर, क्रियाकलाप गरेर दिमागलाई जसरी हुन्छ खाली गराउन लगाउने उत्तम थेरापी रहेछ नो माइन्ड मेडिटेसन । सकारात्मक ऊर्जा प्रवाहका लागि एक किसिमको स्वैच्छिक पागलखानाको नाम दिन्छु त्यसलाई म । वास्तवमा मानिसभित्रको पागलपन हेर्न र बुझ्न त्यो मेडिटेसन काफी हुन्छ । यसले मानिसभित्र गुम्सिएर रहेका विकारलाई फ्याँकेर नयाँ ऊर्जा भर्न सहयोग गर्दछ । यो प्याकेज वास्तवमा व्यावहारिक रूपमा अनौठो लागे पनि सान्दर्भिक रहेछ भन्ने कुरा त्यसबाट निस्किनेको अनुभवले बताउँछ । सन्न्यास लिँदाका क्रियाकलाप भने असुहाउँदो र अव्यावहारिक लाग्छन् । सन्न्यास अर्थात् एक किसिमको सङ्कल्प हो । ओशोप्रति आफूलाई समर्पित गर्नु सन्न्यास हो । सन्न्यास लिने क्रममा स्वामीज्यूले निधारमा छोएपछि रुँदै ढल्नु हास्यास्पद लाग्छ । त्यहाँको म्युजिकमा पागल झैँ उफ्रँदै, नाच्दै झुम्नुमा मानसिक आनन्द भए पनि सन्न्यास लिने क्रममा रुँदै ढल्नुमा के रहेछ त्यस्तो भन्ने प्रश्न मनमा उब्जिरहेको हुन्छ । ओशो जाने र बस्नेलाई सामान्य लागे पनि युट्युबका भिडियो मात्र हेर्नेलाई यो एक किसिमको अराजक गतिविधि लाग्छ । भिडियोको आधारमा असान्दर्भिक, वाइयात लाग्नु स्वाभाविक देखिन्छ । वास्तवमा अस्वाभाविक देखिने गतिविधि नै मानिसको खोजी र चासोको विषय बन्छ । यो एउटा ओशोप्रति आकर्षित गराउने टेक्निकका रूपमा लिदा बेफाइदाभन्दा फाइदा नै होला ? यसले मानिसलाई ओशोप्रति नजिकाउन सहयोग पुग्छ भन्ने लाग्छ ।दुःख र सुखलाई सन्तुलनमा राख्न सिक । दुःखले तिधमीलाई गहिराइमा डुब्न सिकाउँछ भने सुखले उचाइमा पुग्न सिकाउँछ । दुःख जरा हो, सुख हाँगा हो । सुख एउटा रुख जस्तै हो; जुन आकासिँदै जान्छ भने दुःखले पृथ्वीको गहिराइमा जरा फिजाउँदै जान्छ । जति जरा गाडिँदै जान्छ उति रुख बढ्दै जान्छ ।
News
46,208
बेलायतका लागि पैँतालिस नर्स छनोट
बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो ।
https://gorkhapatraonline.com/news/88659
काठमाडौँ, मङ्सिर २५ गते ।  बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो ।विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । विभागले गएको साउन ५ देखि तीन महिनाको समयअवधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा ७३५ जनाको आवेदन परेकामा दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७१ जना मात्रै छनोट भएका हुन् । जसमा ११ जना अन्तर्वार्तामा अनुपस्थित रहेकाले अन्तर्वार्तामा ६० नर्स सहभागी रहेकामा ४५ जना अन्तिम छनोटमा परेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित गरेसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो । प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ । विभागका प्रवक्ता उप्रेतीले आइइएलटिएसमा न्यूनतम सात अङ्क ल्याउनुपर्ने र दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेलगायतका मापदण्ड प्रोटोकलमा तोकिएकाले यो पटक आवेदकमध्ये थोरै सङ्ख्या मात्रै छनोटमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन आएकामध्ये कम छनोट पर्नुमा पुरानामा भाषागत समस्या र नयाँमा कार्यानुभव कम भएको पाइयो ।नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतका तर्फबाट युके डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा भर्ना सुरु गरेको हो । नेपाली नर्सको भर्ना प्रक्रियालाई स्वच्छ र प्रतिस्पर्धी बनाउन प्रोटोकल अनुसार छनोट गरिएको र प्रोटोकल पूरा गर्ने आवेदक थोरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी दिनुभयो । पहिलो पटक धेरै विषयमा अन्योल भएकाले पनि थोरै छनोट भएको र आउँदा वर्षहरूमा यस्तो अवस्था नआउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रोटोकल अनुसार बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ भने आइइएलटिएसमा न्यूनतम सात अङ्क अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त तोकिएको छ ।त्यसै गरी दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि प्रोटोकलमा अनिवार्य गरिएको छ । प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये सङ्क्षिप्त सूची तयार (सर्ट लिस्टिङ) परेका ७१ जना परेका थिए । दुई देशबीच भएको श्रम सम्झौता अनुसार नेपाल र बेलायतबिच परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍क अनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएकामा करिब ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको तथ्याङ्‍क छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । वैदेशिक रोजगारका लागि सरकारी–सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली वैदेशिक रोजगारीमा पठाउन थालिएको पहिलो पटक हो । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ ।   
News
52,343
कोरोना भाइरस परीक्षण: विश्वव्यापी महामारीको अन्त्यका लागि के तपाईँ प्रत्येक साता ट्युबमा थुक्नुहुन्छ?
कोरोनाभाइरसको महामारी अगाडिको जस्तै सामान्य अवस्थामा फर्किने यदि कुनै तरिका भए के हुन्थ्यो होला?
https://www.bbc.com/nepali/news-53466953
सामाजिक दूरी राख्नु नपर्ने भए, मुख छोपेर हिँड्नु नपरे, कोरोनाभाइरसको डर नभए! यी सबै प्रतिबन्धहरू लगाउनुको कारण भनेको भाइरसलाई सहने र यसको सङ्क्रमणलाई बढ्न नदिने प्रयास नै हो। हामीलाई अहिले चाहिएको भनेको हामी वरपर जो सङ्क्रमित छन् उनीहरूलाई छिटो र भरपर्दो तरिकाबाट पहिचान गर्नु हो। पहिचानका लागि अहिले देखिएको पहिलो समस्या भनेको कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको परीक्षण गरेको दिन चारमध्ये एकजना भन्दा कमलाई मात्रै त्यसको लक्षण देखिन्छ। यसले जो सङ्क्रमित छन् उनीहरूलाई नै आफूले सङ्क्रमण फैलाइरहेको छु भन्ने थाहा हुँदैन। दोस्रो समस्या भनेको परीक्षण नै हो। सायद म अनावश्यक रुपमा संवेदनशील छु तर मलाई कपास बेरिएको लामो सिन्का नाक वा घाँटीभित्र छिराएको असहज लाग्छ। स्वाब सङ्कलनको काम केही सेकेन्डभित्रै सकिन्छ तर मलाई थाहा छैन म त्यस्तो परीक्षण प्रत्येक साता गर्न चाहन्छु कि चाहन्न। एनएचएसमा अग्रमोर्चामा रहेर काम गर्ने कर्मचारीहरूलाई त्यही गर्न प्रस्ताव गरिएको छ। तेस्रो समस्या भनेको समय हो। पीसीआर परीक्षणका लागि स्वाबलाई प्रयोगशालामा पठाइन्छ र त्यसको प्रक्रियाका लागि केही घन्टा लाग्छ। १० मध्ये ९ जना मानिसले आफ्नो परीक्षणको परीणाम २४ घन्टाभित्र पाउँछन्। तैपनि यो अझै सहज सेवा भइसकेको छैन। त्यसैले कोरोनाभाइरसको परीक्षण हामीलाई छिटो, सहज र भरपर्दो चाहिएको छ। स्वाब परीक्षणहरू छिटो भएर नतिजा चाँडो आउने ठानिएका किटहरू पनि अहिले जाँचकै क्रममा छन्। तर र्‍यालको परीक्षणले साँच्चै एउटा महत्त्वपूर्ण फड्को ल्याउन सक्छ। कल्पना गर्नुस् त, तपाईलाई कोरोनाभाइरस छ कि छैन भनेर थाहा पाउनका लागि तपाईँले केवल एउटा सानो भाँडोमा थुके पुग्थ्यो। यो त्यति सहज छैन। र्‍यालको नमुना प्रयोगशालामा पठाउनुपर्छ र त्यसको नतिजा स्वाबको परीक्षण भन्दा धरै छिटो आउँछ। त्यस्तै चार हप्ते र्‍यालको परीक्षणमा जेनी लिज र उनको परिवारले भाग लिएका थिए। मैले जेनी र उनका तीन किशोर उमेरका छोराछोरीहरू टेबलमा वरपर बसेर चम्मामा थुकेको र चम्चाको टुप्पोबाट ट्युबमा हालेको हेरेँ। स्वाब परीक्षण असहज महसुस गरेकी जेनीले र्‍यालको परीक्षण धेरै सजिलो भएको बताइन्। यसमा १० हजारभन्दा बढी डाक्टर, नर्स र अन्य अत्यावश्यकीय सेवाका कामदार र उनीहरूका परिवारहरू सहभागी थिए। यो परीक्षणको संयोजनका लागि मद्दत गरिरहेका युनिभर्सिटी अफ साउथह्याम्पटनका किथ गडफ्रीले भने, "हामीलाई लाग्छ परीक्षणका लागि र्‍याल साँच्चै महत्त्वपूर्ण तरल पदार्थ हो।" "हाम्रो शरीरमा भाइरसको पहिलो सङ्क्रमण हुने भनेको नै र्‍याल निकाल्ने ग्रन्थीमा हो। स्वास फेर्ने अन्य नलीभन्दा पहिला सङ्क्रमण र्‍यालमा हुने देखिन्छ। "हामीले सङ्क्रमणको शुरुवाती अवस्थामा रहेका मानिसलाई नै पहिचान गरिहाल्न चाहेका हौं भने यो हाम्रा लागि एक कदम अगाडिको बाटो हुनसक्छ।" यो परीक्षणको सफलता कोरोनाभाइरस र्‍यालमा कति यथार्थ रुपमा पत्ता लाग्छ भन्नेमा भरपर्छ। र्‍यालको परीक्षणको नतिजा आउन करिब २० मिनेट लाग्छ जबकी पीसीआर परीक्षणका लागि केही घन्टा लाग्छ। "हामी धेरै उत्साही छौं," भाइरोलोजीका प्रमुख प्राध्यापक इयान ब्राउनले भने। अर्का प्राध्यापक किथ गडफ्रिले भने, "हामीले समाज र अर्थतन्त्र पुन: खोल्न खोजिरहेका छौं भने भाइरस समुदायमा छ कि छैन भनेर अनुगमन गर्ने यो एउटा माध्यम हुनसक्छ र लकडाउनको आवश्यकता अगाडि नै महामारीको अवस्थामा सुधार आइसक्छ।" यो परीक्षण पक्कै पनि महङ्गो हो, प्रत्येक महिना सायद १ अर्ब पाउन्ड खर्च हुन्छ। तर कोरोनाभाइरसका कारण अर्थतन्त्रमा परेको असरको त्यो केवल केही भाग मात्रै हो। ब्रिटेनको बजेटसम्बन्धी कार्यालय अफिस फर बजेट रेस्पन्सिबिलिटीका अनुसार कोरोनाभाइरसले निम्त्याएको सङ्कटका कारण यो आर्थिक वर्षमा ३ सय अर्ब पाउन्डभन्दा बढी रकम लाग्नेछ। यो परीक्षणका लागि मानिसहरूले भनेको मानेनन् भने समस्या हुनसक्छ। हामीमध्ये प्रत्येक साता एउटा ट्यूबमा थुक्न कति तयार हुन्छौं? तर यदि यसो गर्दा सामाजिक दूरी राख्नुपर्ने आवश्यकताको अन्त्य हुन्छ भने तपाइँ यो गर्नुहुन्न त? यदि यो परीक्षणले काम गर्यो भने मानिसहरूले अनुहारमा मास्क लगाउनुपर्दैन। जोखिममा रहेका र ज्येष्ठ नागरिक एकान्तवासमा बस्नुपर्दैन। तपाईँले आफ्ना साथी वा हजुरबुवा हजुरआमालाई अङ्गालो मार्न सक्नुहुन्छ। विद्यालयहरूले पनि विद्यार्थी र आफ्ना कर्मचारीको प्रत्येक एक-एक सातामा परीक्षण गर्नसक्छन्। विमानस्थलहरूमा पनि प्रयोगशाला बनाउन सकिन्छ ताकि आएका र जान लागेका यात्रुको परीक्षण गर्न सकिन्छ। जेनी लिज र उनको परिवारले अहिलेसम्म दुईपटक कोरोनाभाइरसको परीक्षण गरिसके र दुवैपटक उनीहरूलाई देखिएको छैन। यो अध्ययनले काम गर्नका लागि यसले कोरोनाभाइरसको सङ्क्रमण देखिने र नदेखिने दुवै नतिजा देखाउनुपर्छ। तर जेनीका सन्तानहरूले समस्याहरू पार लाग्ने र आम रुपमा गरिने र्‍यालको परीक्षण नै समाधानको बाटो हुने आशा गरिरहेका छन्। "त्यो एकदमै गज्जब हुन्थ्यो। कोरोनाभाइरसको विश्वव्यापी महामारी सकिन्थ्यो र यसले मानिसको जीवन बदल्थ्यो," जेनीका १९ वर्षीय छोरा स्यामले भने।
Others
70,704
विमानस्थल नाफामा लैजान दैनिक दुई उडान
हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा ती विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन्।
https://gorkhapatraonline.com/news/25246
मीनराज भण्डारीकाठमाडौँ, असोज १ गते । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा ती विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन्।सरकारी जहाजको सङ्ख्या कम हुनु, निजी हवाई कम्पनी नाफामूलक सेक्टरमा उडानमा बढी आकर्षित हुनु र मौसमका कारण नियमित उडान नहुँदा मुख्यतया पहाडी भेगका विमानस्थल घाटामा देखिन्छन्। घाटामा रहेका विमानस्थल तराई, उच्च हिमाली भेगका विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीमा निर्भर रहँदै आएका छन्।नियमित दैनिक दुई उडान भए विमानस्थल सञ्चालन खर्च उठ्न सक्ने सम्भावना रहे पनि कहिले महिनौँसम्म समेत उडान नहुँदा ती विमानस्थलले लामो समयदेखि घाटा बेहोर्दै आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।महिनौँ उडान नहुने त्यस्ता विमानस्थलले वार्षिक एक लाख रुपियाँसमेत आम्दानी गर्दैनन्। करोडौँ रकम लगानी गरेर निर्माण भएका विमानस्थलमध्ये वार्षिक एक लाख रुपियाँसमेत आम्दानी नगर्ने बैतडीको पाटन विमानस्थल, खोटाङको थामखर्क र मनमाया राई (खानीडाँडा) विमानस्थललाई उदाहरणका रूपमा लिन सकिन्छ। प्राधिकरणको आँकडाअनुसार घाटामा रहेका विमानस्थलमध्ये मनमाया राई (खानीडाँडा) विमानस्थलको वार्षिक आम्दानी सबैभन्दा कम वार्षिक ३७ हजार रुपियाँ रहेको छ।  यो विमानस्थलको वार्षिक खर्च भने ११ लाख ५६ हजार रुपियाँ छ। त्यसैगरी रामेछाप विमानस्थलले सबैभन्दा बढी १९ लाख आठ हजार रुपियाँ वार्षिक घाटा बेहोर्दै आएको छ।प्राधिकरणका अनुसार घाटामा रहेका विमानस्थलमा दैनिक दुईवटा उडान गर्नसके विमानस्थल सञ्चालन गर्न अन्य विमानस्थलको आम्दानीमा निर्भर रहनुपर्ने अवस्थाबाट मुक्त हुन सकिन्छ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले घाटामा रहेका विमानस्थलको सञ्चालन खर्च उठाउन विमानस्थल सेवा शुल्क र उड्डयन शुल्क वृद्धि गरिएको छ। पहिले पहाडका विमानस्थलमा उडान भर्दा विमानस्थल सेवा शुल्क १० रुपैयाँ रहेकोमा हाल बढाएर दुई सय पु¥याइएकाले घाटाका विमानस्थल विस्तारै नाफामा जान सक्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पहाडमा दैनिक १८ सिटे जहाजले दुई उडान गर्दा विमानस्थलले दैनिक सात हजार दुई सय रुपियाँ आम्दानी गर्छ। मौसमले साथ दिए वर्षभर नै उडान गर्न सके वार्षिक २५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सकिन्छ।” त्यसैगरी नियमित उडानपछि कार्गाे उडान सञ्चालन भए थप आम्दानी हुने उहाँको विश्वास छ। प्राधिकरणका अनुसार हाल बझाङ, बाजुरा, साँफेबगर, पाटन, दिपायल, सुर्खेत, टरिगाउँ, जुम्ला, थामखर्क–मनमाया राई (खानीडाँडा), फाप्लु, डोल्पा, रुम्जाटार, ताप्लेजुङ, भोजपुर, तुम्लिङटार र रामेछाप विमानस्थल घाटामा छन्।पछिल्लो समय सिमकोट, लुक्ला र जोमसोम तथा तराई भेगका र अन्तर्राष्ट्रियतर्फका सहित १८ विमानस्थलले भने नाफा बढाउँदै लगेका छन्। हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशी पाहुनाको चहलपहल र कार्गाे उडानको सङ्ख्या एवं तराई क्षेत्रमा यात्रु धेरै भएकाले रात्रिकालीन उडानसमेत हुने गरेकाले ती विमानस्थल नाफामा देखिएका हुन्। हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थलमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिवर्तन भइसकेका छन्। नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा छ भने आन्तरिक उडानतर्फ सबैभन्दा बढी नाफा कमाउने विमानस्थल पोखरा विमानस्थल रहेको छ।  
News
61,545
फास्ट ट्र्याकबाट मलको व्यवस्था गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो ।
https://gorkhapatraonline.com/news/103848
काठमाडौँ, वैशाख ३ गते ।  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो । कृषि सचिव डा. गोविन्द शर्मा, सहसचिव डा. राजेन्द्र मिश्र, सहसचिव, सवनव शिवाकोटीलगायत कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु सुवेदीलगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा मन्त्री साहले भन्नुभयो, “म मन्त्रीको ठाउँबाट के के गर्नु पर्छ म सबै गर्न तयार छु तर तपाईंहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनूस् ।”खरिद प्रक्रियाका लागि ऐन कानुनहरू बन्दै गर्छन् तर त्यसका लागि अरू केही कार्यविधि वा निर्देशिका अथवा अरू केही गरेर प्रक्रिया छोट्याउन सकिन्छ भने छोट्याउनूस् त्यसका लागि आफू सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । “फास्ट ट्र्याकबाट मल ल्याएर स्टोर गरेर राख्नु पर्छ, किसानलाई चाहिएको बेलामा मात्र होइन, त्यसअघि नै खरिद गरी स्टोर गरी राख्नु पर्छ र चाहिएको बेला किसानलाई वितरण गर्नु पर्छ,” उहाँले भन्नुभयो । कृषि सचिव शर्माले नेपालको खरिद प्रक्रिया नै झन्झटिलो छ, त्यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसका बारेमा छलफल भइरहेको बताउनुभयो । सार्वजनिक खरिद ऐन संसद्ले बनाउने हो, त्यसका लागि प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । अहिले रासायनिक मलको कुनै समस्या छैन, किसानको आवश्यकता अनुसार आपूर्ति भइरहेको बताउँदै उहाँले हाल पनि मल मौज्दात रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो । बोलपत्र आह्वान तथा जिटुजीमार्फत मल खरिद हुने गरेको बताउँदै उहाँले भारतसँग भएको जिटुजी प्रक्रियाबाट मल खरिद गर्नुभन्दा पनि बोलपत्रबाट खरिद गर्दा सजिलो भएको बताउनुभयो । अहिले वितरण प्रक्रियामा पनि सुधार भएको दाबी गर्दै उहाँले स्थानीय तहले वितरण प्रक्रियामा ध्यान दिए भने अझै सुधार हुने बताउनुभयो । हाल युरिया ७५ हजार ९६६, डिएपी १६ हजार ८३५ र पोटास छ हजार २३४ मेट्रिक टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।    
News
34,895
नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य
नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरूद्धको खेल जित्न २ सय ३ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा २ सय २ रन बनायो ।
https://ekantipur.com/sports/2022/03/21/164785488932136947.html
काठमाडौँ — नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरूद्धको खेल जित्न २ सय ३ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा २ सय २ रन बनायो ।युएईका लागि रोहन मुस्तफाले ७३ बलमा सर्वाधिक ६० रन बनाएका थिए । त्यस्तै, मुहमद वासिमले ३३, चिराग सुरीले २६ र भिरित्या अरविन्दले २४ रन जोडेका थिए । बलिङका क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै, सोमपाल कामी र करन केसीले २ - २ तथा दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले १- १ विकेट लिएका थिए ।
Sports
20,940
ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन्
रुसमा हरेक वर्ष आफ्नै बच्चा मारेको अभियोगमा कैयौँ महिलामाथि मुद्दा चलाइन्छ। आरोपितमध्ये धेरै चाहिँ बच्चा भएका गृहिणीदेखि सफल व्यावसायिक व्यवस्थापकसम्म छन्।
https://www.bbc.com/nepali/news-49061461
यो रुसको मात्रै समस्या भने अवश्य पनि होइन। संयुक्त राज्य अमेरिकामा हरेक चार आमामध्ये एकमा आफ्ना बच्चा मार्ने विचार आउने गरेको अनुमान मनोविद्‌हरूको छ। सन् २०१४ मा गरिएको एक अध्ययनले न्याय मन्त्रालयको ३२ वर्षको तथ्याङ्क हेर्दा बच्चाको हत्या आँकडा अन्य सबै हत्याको १५ प्रतिशत रहेको देखाउँछ। एउटा अध्ययनमा सन् १९७६ देखि १९९७ सम्ममा बाबुआमाले ११ हजार बच्चाको हत्या गरेको उल्लेख छ। औसतमा यसले एक वर्षमा ३४० भन्दा बढी बच्चाको हत्या हुने देखाउँछ। तर रुसमा अन्य कैयौँ मुलुकमा जस्तै बाँच्नका लागि तपाईँ बलियो हुनुपर्ने र मानसिक स्वास्थ्यबारे नबोल्नु नै राम्रो हो भन्ने ठानिन्छ र तपाईँ जीवनमा अगाडि बढिरहनुपर्छ। यी कथाले बच्चा जन्मने बित्तिकै हुने मानसिक अवसादको धेरैजसो पहिचान नहुने गरेको देखाउँछन्। त्यसैले समयमा उपचार नहुने गरेको पनि देखाउँछन्। र, धेरैजसो दु:खद अन्त्य नभएसम्म नजिकका नातेदारले पनि के भइरहेको हो भन्ने बुझ्न विफल रहने देखाउँछन्। समाजमा वर्जित बीबीसी रुसी सेवाका पत्रकारहरू ओलेस्या गेरासिमेङ्को र स्वेटलाना राइटरले किन आमाहरू आफ्नै बच्चाको हत्या गर्छन् भन्ने कुरा पत्ता लगाउन रुसी महिलाहरूसँग कुराकानी गरेका छन्। उनीहरूको अनुसन्धानले मातृत्वबारे रहेको मिथक कसरी भत्काउन आवश्यक छ र धेरै महिलाहरूमाथि पर्ने चरम बोझ र दबाबको वास्तविकताबारे बोल्न आवश्यक छ भन्ने देखाएको छ। त्यसो गरियो भने बच्चा मार्ने कार्य नहुन सक्छ। अल्योना अल्योना आफ्ना श्रीमान् प्योटरसँग खुशी वैवाहिक सम्बन्धमा थिइन् र बच्चा पाउन लागेकोमा रोमाञ्चित पनि। उनीहरूले बच्चाका लागि लुगाहरू र उसलाई लिएर हिँड्ने बग्गी किने। अल्योना बच्चा पाउनु अघिका कक्षाहरूमा सहभागी भइन्। तर त्यस्ता कक्षामा कसैले पनि नयाँ आमा बन्दा हुने मानसिक समस्याबारे बोल्दै बोलेन। बच्चा जन्मेपछि अल्योनालाई निद्रा नपर्ने समस्या विकास भयो र उनले त्यसलाई झेल्न नसकेको बताइन्। उनलाई पहिले केही मानसिक समस्या भएको थाहा भयो र मनोचिकित्सकले उनलाई औषधि दिएपछि केही सहयोग पनि भयो। एक दिन प्योटर घर आउँदा सात महिनाको बच्चा बाथटबमा मृत अवस्थामा फेला पारे र पछि अल्योना मस्को शहरको बाहिरी भागमा एउटा तालको छेउमा फेला परिन्। बच्चालाई पानीमा डुबाएपछि अल्योनाले एक बोतल भोड्का पिइन् आफू पनि डुब्न खोजिन् र होस गुमाइन्। अहिले उनीविरुद्ध मुद्दा चलिरहेको छ। दुःखी प्योटर अल्योनाको मुद्दाको हरेक सुनुवाइमा जान्छन् र कठघरामा बसेकी उनलाई सम्झाउन खोज्छन्। यदि अल्योनालाई कसैले बच्चा पाएपछि हुने मानसिक अवसादबारे भनिदिएको भए अहिले भइरहेका सबै कुरा रोक्न सकिन्थ्यो भन्नेमा उनी आश्वस्त भएका छन्। उनी भन्छन्, "उनको कुनै दुराशय थिएन उनी मानसिक अवसादको शिकार भएकी थिइन्।" "यदि उनलाई सही डाक्टरले हेरेको भए, यदि उनले अनुरोध गरेका बेला मैले अस्पताल लगेको भए, अहिलेको घटना हुने नै थिएन।" रुसी अपराधशास्त्रीहरूका अनुसार ८० प्रतिशत महिलाले आफ्नो बच्चाको हत्या गर्नुअघि टाउको दुख्ने गरेको वा निद्रा नपर्ने गरेको वा महिनावारी नियमित नहुने गरेको गुनासो गर्ने गरेका थिए। उनीहरू को हुन्? रुसी कानुनमा धेरै परीक्षण नगरिएको र वर्जित अपराधलाई फिलिसाइड भनिन्छ त्यो भनेको आमाले आफ्नै बच्चा मार्ने हो। कसैले भर्खरै जन्मेको बच्चाको हत्या गर्छन् त कसैले दुई वर्ष नपुग्दैको उमेरमा। सन् २०१८ मा रुसमा ३३ वटा यस्ता मुद्दा चलाइएका छन्। केही अपराधशास्त्रीहरूले रिपोर्ट गरिएका भन्दा आठ गुणा बढी यस्ता घटना रहेको तर अदालतसम्म यस्ता घटना आइनपुग्ने गरेको अनुमान लगाउँछन्। "हाम्रो अस्पतालका २० मध्ये ३ अथवा ४ शैय्यामा आफ्नै बच्चाको हत्या गरेका महिलाहरू राखिएका हुन्छन्," फरेन्सिक विज्ञ र मस्कोको सरबस्की इन्स्टीट्युट अफ साइकियाट्रीकी प्रमुख अनुसन्धानकर्ता मार्गरीटा कचेभा भन्छिन्। एकजना अकाउन्टेण्ट, एकजना शिक्षिका, एक बेरोजगार महिला, एकजना समाज कल्याण परामर्शदाता, एकजना वेट्रेस, एकजना डिजाइन स्कूल पास गरेकी महिला, एउटा ठूलो परिवारकी महिला, एकजना पसलकी सहायक- बीबीसी रुसी सेवाले कुरा गरेका ३० जनाभन्दा बढी महिलाका कथा फरक फरक छन्। समाजले गर्ने आशङ्काका विपरीत आफ्ना बच्चाको हत्या गरेका धेरै महिलाका श्रीमान् थिए, घर, जागिर थियो र कुनै कुलत थिएन। डाक्टरहरू भन्छन्- बच्चालाई जन्म दिएपछि दबेर बसेको मानसिक रोग अचानक बढ्न सक्छ। महिलाहरूमा केही दीर्घरोग हुनसक्छ जुन दैनिक जीवनमा देखा नपर्न सक्छ, तर गर्भावस्था, बच्चा जन्म दिँदा वा मेनोपजका बेलामा देखिन सक्छ। "हेर त, मैले बच्चा मारेँजस्तो छ" ३८ वर्षीया आना शिक्षिका हुन्। उनका १८ र १० वर्षीय छोरा छन्। उनीहरू उनका बाबुआमाले अत्यन्त चाहना गरेर पाउन लागेका बहिनीको पर्खाइमा थिए। तर ७ जुलाइ २०१८ को दिन आनाले आफैँ एम्बुलेन्स बोलाइन्। बच्चा जन्मनुअघि उनलाई असाध्यै ठूलो पीडा भइरहेको थियो। त्यसपछिका दिनमा स्थिति झन बिग्रियो। आनाले आफूले सहन सक्छु भन्ने ठानिनन्, एकजना मनोचिकित्सकले उनलाई आराम गर्न भनिन्। उनका श्रीमान् मस्कोमा काममा गएका बेला आफ्ना बच्चालाई एकजना साथी कहाँ छोडिन् र आफू एउटा खाट किन्न जान लागेको बताइन्। तर उनी आफ्नी आमाको समाधिस्थल गइन्। अर्को दिन उनी खाली खुट्टा बच्चा लिएर हिँडिरहेका बेला प्रहरीले कहाँ जान लागेको भनेर सोध्दा केही भन्न सकिनन्। उनकी सासुले उनलाई घर लिएर गइन्। र, त्यति बेला आनाले आफ्नो बच्चालाई तकियाले मुख थुनेर मार्न खोजिन् भन्ने कुरा अदालतले स्थापित गर्न खोजिरहेको छ। ७ जुलाइका दिन एम्बुलेन्स आएपछि आनाले डाक्टरलाई भनिन्, "हेर त, मेलै बच्चा मारेँ जस्तो छ।" स्वास्थ्यकर्मीहरूले आनालाई बचाउन सफल भए र उनलाई अस्पतालमा भर्ना गरियो। उनलाई दीर्घरोग बनिसकेको स्किजोफ्रेनिया भएको पत्ता लाग्यो। "त्यो भनेको पूर्ण पागलपन होइन भन्ने बुझ्न जरूरी छ। बच्चाको हत्या गरेका बेला मानसिक रोगी हुने महिलाले त्यसअघि पूर्ण रूपमा साधारण जीवन बिताइरहेको हुन सक्छ," डा. कचेभा भन्छिन्। "हे भगवान्‌, डाक्टर मैले यो के गरेँ? अब म कसरी बाँच्नु?" २१ वर्षीया एरिना उनको नवौँ तलामा रहेको फ्ल्याटबाट आफ्नो बच्चा अगाँलोमा राखेर हाम फालेकी थिइन्। उनका श्रीमान्‌ सैनिक हुन् र बच्चा जन्मँदा उनी काममा थिए। आफ्नी श्रीमतीमा मानसिक समस्या देखिएकाले उनले केही उपचार पनि गराएका थिए। उनी आफ्ना बाबुआमासँग एक वर्षदेखि बस्दै आएकी थिइन्। उनले बच्चाको हत्या र आफ्नो आत्महत्या गर्ने प्रयत्न गरेको अघिल्लो दिन आफ्ना श्रीमान्‌ले आफ्नो हत्या गर्न चक्कु तिखारिरहेको प्रहरीलाई बताएकी थिइन्। जादु जस्तो भयो- आमा र बच्चा दुवैको ज्यान गएन। उनीहरूलाई अस्पताल पुर्‍याइयो र पछि एरिनालाई प्रहरी नियन्त्रणमा लगियो। मनोविद्‌हरूले उनलाई स्किजोफ्रेनिया भएको पत्ता लगाए। स्किजोफ्रेनिया भएका आमाहरू र डिप्रेसन भएका आमाहरूले आफ्ना बच्चा मार्नुपरेको बारे धेरैजसो उस्तै उस्तै कारणहरू दिने गरेका छन्। "म यति खराब आमा छु, उसकै राम्रोका लागि हो," "यस्तो नराम्रो संसार छ, बच्चा यस्तोमा नबाँचेकै राम्रो।" अपराध गरिसकेपछि उनीहरूलाई शान्ति हुँदैन र पहिलो, दोस्रो या तेस्रो प्रयत्नमा आफ्नै ज्यान लिन्छन्", डाक्टर कचेभा भन्छिन्। उनी भन्छिन् घरका कुनै सदस्यले त्यसो गर्नबाट रोक्न सके भने त्यस्ता महिलाहरूलाई उनको संस्थामा ल्याइपुर्‍याइन्छ। उपचार शुरू भएको ६ महिनामा उनीहरू पूर्ण रूपमा निको हुन्छन्। अमेरिकामा जस्तै रुसमा पनि आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूलाई कस्तो सजाय दिने भन्ने अदालतले निर्णय गर्छन्। यदि फरेन्सिक मनोविद्‌हरूले आमालाई पागल पाएनन् भने उनलाई लामो जेल सजाय पनि हुनसक्छ। यस्ता धेरै महिलाहरूले आफ्नो बाल्यकालमा नराम्रो व्यवहार भोगेका हुन्छन्। रुसी फरेन्सिक मनोविद्‌हरूले गरेको अनुसन्धान अनुसार आफ्नो बच्चाको हत्या गरेका ८० प्रतिशत महिला गरीब परिवारमा हुर्केकाहरू र तीमध्ये ८५ प्रतिशतको आफ्नै वैवाहिक जीवनमा समस्या हुन्छ। अनुसन्धानकर्ताहरू यी विषयबीच प्रत्यक्ष सम्बन्ध हुने देख्छन्: झूटो बोल्ने, विवाद गर्ने, झगडा गर्ने, अप्रसन्नता, मातिने गरी रक्सी खाने‍जस्ता बानी किशोरी अवस्थामा हुने केटीहरू पछि गएर आफ्नै परिवारका वयस्क महिलाले जस्तै व्यवहार गर्ने गर्छन्। आफ्ना बाबुआमासँग सहज सम्बन्ध नहुनेहरूको पनि बच्चाप्रति कठोर व्यवहार हुन सक्छ। बच्चाको हत्या गर्ने आमाहरूले त्यसअघि बच्चालाई अति धेरै माया दर्शाएर त्यो प्रवृत्तिलाई छोप्छन्। "घरेलु हिंसा पीडितहरूले पनि भविष्यमा यस्ता अपराध गर्नेमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्।" "यस्ता धेरै महिलाहरूले बाल्यकालमा शारीरिक तथा मानसिक दुर्व्यवहार भोगेका हुन्छन्।" कैयौँ वकिलले आफ्ना बच्चाको हत्या गर्ने महिलाहरूको वकालत गर्न अस्वीकार गर्छन्। "त्यस्तो त मलाई हुनै नसक्ने सोच्थेँ" "जेलका अधिकारीहरू अरु बन्दीका तुलनामा बच्चाको हत्या गर्नेहरूबारे धेरैजसो केही भन्न चाहँदैनन्," अर्कै अपराधमा जेल परेकी नायिका मरिना क्लेसचेभा भन्छिन्। "मैले पनि उनीहरूलाई भेटेँ उनीहरूकै घर वरपरका मानिसले नभनेसम्म उनीहरू किन जेल परे भन्ने कसैलाई थाहा हुँदैन। जेलभित्र उनीहरूका कुनै साथी हुँदैनन्। उनीहरू असाध्यै चुपचाप बस्छन् र कुनै पनि तर्कवितर्कमा अगाडि सर्दैनन् किनभने उनीहरूलाई अरुले भुतुक्कै पार्देलान् भन्ने डर हुन्छ।" मस्कोस्थित क्लिनिकल प्याथोलजिष्ट याकोभ कोचेटोभ भन्छन्- महिलाहरूले आफूमा आउने हत्याको विचार अस्वीकार गर्छन् र बचाउका लागि अरूमाथि आफ्नो आक्रोश थोपर्छन्। "म त्यस्ता खाले आमाहरूको भत्सर्ना गर्थेँ। त्यस्तो त मलाई कहिल्यै हुने छैन भन्ठान्थेँ," एउटा ठूलो दूरसञ्चार कम्पनीमा काम गर्ने विज्ञ ३३ वर्षीया तात्याना भन्छिन्। ती आमा जसले आफ्नै सन्तानको हत्या गर्छन् "विक्रीका बेला भेट हुने कैयौँ मानिस, व्यावसायिक भ्रमणमा बन्ने साथीहरू र म असाध्यै बच्चा चाहन्थ्यौँ। बच्चा जन्माउन हामी जस्तो हुनुपर्ने हो त्यसैगरी तयार भएका छौँ जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ भन्ने देखियो।" "जन्म दिने काम असाध्यै कठिन थियो र सुँडेनीहरू राम्रा थिएनन्। पछि मलाई जन्म दिएका बखतको झल्को आउन थाल्यो पीडादायी सपना देख्न थालेँ। ब्युँझँदा मुटु हल्लिरहेको हुन्थ्यो। तौल बढ्यो कपाल झर्‍यो….यी सबैले मलाई मेरो बच्चाप्रति क्रोध बढाउँदै लग्यो- यस्तो लाग्थ्यो उसले मेरो जीवन बरबाद पार्‍यो।" जब बच्चा रातमा सुत्दैनथ्यो अथवा दाँत उम्रन लागेकाले रुन्थ्यो र तात्यानालाई असह्य हुन्थ्यो। "तिमी त आमा हौ नि होइन? अरूले गर्न सक्छन् तिमी किन सक्दिनौ?" "उसको रुवाइले मेरो टाउको फुट्ला जस्तो हुन्थ्यो र त्यसले मलाई मेरो बाल्यकालमा भोगेका समस्याहरू सम्झाइदिन्थ्यो," तात्याना सम्झन्छिन्। "जे पनि मैले नै भोग्नुपर्ने किन भन्ने भावना आउँथ्यो। सुताउने प्रयत्न गरिरहेका बेला मैले बच्चालाई बेस्सरी हल्लाइदिन्थेँ। ऊ डराएर झन् बेस्सरी रुन्थ्यो। मैले उसलाई ओछ्यानमा मिल्काइदिएर चिच्याउँथेँ "तँ त मरे कै भए जाती हुन्थ्यो। त्यसपछि म लाजले र पश्चातापले भरिन्थेँ किनभने म मातृत्वको मजा लिन सकिरहेकी थिइनँ।" तात्यानाका श्रीमान्‌ले बच्चालाई उनले मानसिक समस्या दिइरहेको बताए। उनका गुनासाहरूलाई बेवास्ता गर्दै उनले भने, "तिमी एक आमा हौ होइनौ र? अरुले गर्न सक्छन् तिमी किन सक्दिनौ? पहिला शुरूमा यो बच्चा नै किन पाएकी?" एक वर्ष बित्यो र परिस्थिति झन् बिग्रँदै गयो। आत्महत्या गर्ने विचारसहित उनी मनोचिकित्सक कहाँ गइन्। "यस्ती दुष्ट आमा यो पृथ्वीमा नरहेकै जाती भन्ने लाग्यो। मेरो छोराले म भन्दा असल आमा पाउनुपर्छ। मानसिक पीडा भन्दा आफैँलाई सिध्याउन मेरा लागि सहज हुन सक्छ। मलाई यस्ता धेरै समस्या थिए। मनोविद्ले तत्काल मेरो समस्यालाई गम्भिरतासाथ लिए र मलाई सहयोग गरे।" बचाउ जब आफ्नो बच्चाको हत्याको कुरा अगाडि आउँछ हामी परिवार नियोजनका साधन प्रयोग गर्ने र बेबी बक्स प्रयोग गर्ने कुरा गर्न थाल्छौँ। तर रुसी र पश्चिमा डाक्टरहरूले बच्चा जन्मेपछि हुने डिप्रेसनबारे सचेत रहन महत्त्वपूर्ण रहेको बताउँछन्। "बच्चा जन्माउनुअघि सबै सम्भावित दृश्यबारे विचार गर्नु राम्रो हुन्छ। आफ्नी आमासँग आफ्नो सम्बन्धबारे छलफल गर आफू र आफ्नो पार्टनरबारे आफ्नो भावना के छ त्यो छलफल गर र त्यसले बच्चा जन्माएपछि कसरी तिमीलाई प्रभावित पार्नेछ भन्ने पनि विचार गर" मनोविद्‌ मरिना बिलोब्राम भन्छिन्। मार्गरिटा कचेभा भन्छिन्, "मस्को र यो क्षेत्रमा सङ्कटमा परेका महिलाहरूका लागि हाम्रा केन्द्रहरू छन्। घरेलु हिंसादेखि डिप्रेसन भएका सम्म महिलाहरूका लागि यी केन्द्र खुला छन्। तर ती आधा मात्र भरिएका छन् किनभने महिलाहरू त्यहाँ गएर आफ्ना समस्या भने भने आफ्ना बच्चा अरुले लैजालान् कि भनेर त्रस्त छन्। स्थानीय तहमा उपलब्ध मनोवि‌द्कहाँ पनि त्यसै कारणले उनीहरू जान डराउँछन्। र आफ्ना श्रीमान्‌ र परिवारलाई भन्यो भने चुप लाग भन्छन् भन्ने त्रासमा पनि छन्।" "ईश्वरका रूपजस्ता बच्चा बोकेर मुस्कान छरिरहेका आमाहरूको मात्र पोस्टर टाँस्ने होइन कि कस्तो सम्म हुन सक्छ भन्नेबारे पनि पोस्टर बनाउनुपर्नेछ।"
Others
63,791
सम्मानपत्र वितरण
लोक तथा दोहोरी गायिका टीका पुनको ‘टीका पुन साङ्गीतिक साँझ’ सम्पन्न भएको अवसरमा धन्यवाद ज्ञापन तथा सम्मानपत्र वितरण कार्यक्रम २०७९ आयोजना गरिएको छ। गायक प्रेमराजा महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अतिथिहरू लोक गायक तथा सर्जक नारायण रायमाझी, नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी भूपेन्द्रजङ्ग शाही, सङ्गीतकार बीबी अनुरागी, गायक रामजी खाँड, गायिका राधिका हमाल पुनलगायतको उपस्थिति रहेको थियो।
https://gorkhapatraonline.com/news/53790
काठमाडौँ, माघ २६ गते । लोक तथा दोहोरी गायिका टीका पुनको ‘टीका पुन साङ्गीतिक साँझ’ सम्पन्न भएको अवसरमा धन्यवाद ज्ञापन तथा सम्मानपत्र वितरण कार्यक्रम २०७९ आयोजना गरिएको छ। गायक प्रेमराजा महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अतिथिहरू लोक गायक तथा सर्जक नारायण रायमाझी, नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी भूपेन्द्रजङ्ग शाही, सङ्गीतकार बीबी अनुरागी, गायक रामजी खाँड, गायिका राधिका हमाल पुनलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ गायक प्रेमराजा महत, गायक तथा सर्जक नारायण रायमाझी, नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीलगायतले हालै सम्पन्न भएको गायिका पुनको साङ्गीतिक साँझको सफलताको चर्चा गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा गायिका पुनले साङ्गीतिक साँझ सम्पन्न गर्न सहयोग गर्ने आफ्ना सहयोगी हातहरूलाई धन्यवाद दिनुभएको थियो।   
News
44,659
फाइनल भेटमा नेपाल र नेदरल्यान्ड्स
वर्षाले प्रभावित हुँदा पटक–पटक ओभर छोट्याइएको नेदरल्यान्ड्स र मलेसियाबीच बुधबारको खेल ‘टाइ’ भएपछि त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल समीकरण लिगको एक खेलअगावै बनेको छ । 
https://ekantipur.com/sports/2021/04/22/16190586295942848.html
काठमाडौँ — वर्षाले प्रभावित हुँदा पटक–पटक ओभर छोट्याइएको नेदरल्यान्ड्स र मलेसियाबीच बुधबारको खेल ‘टाइ’ भएपछि त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल समीकरण लिगको एक खेलअगावै बनेको छ । उपाधिका लागि आयोजक नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बिहीबार नेपालले मलेसियासँग खेल्न बाँकी छ । तर यो खेलले फाइनल समीकरणमा कुनै असर पार्ने छैन । खेल टाइ भएपछि मलेसिया र डच टोलीले १–१ अंक बाँडेका थिए ।लिगका सुरुआती दुई खेलमा नेपालले क्रमशः नेदरल्यान्ड्स र मलेसियालाई समान ९ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले निराश भयो । नेदरल्यान्ड्सले समूह चरणका ४ खेलमा ५ अंकसहित फाइनल पुगेको हो । ४ अंक बटुलेको नेपालले बिहीबार मलेसियालाई हराएमा शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार डकवर्थ लुइस नियमअनुसार १० ओभरमा ९२ रनको लक्ष्य पछ्याएको मलेसिया ऐतिहासिक जित निकाल्न असमर्थ रह्यो । टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाई ६८ रन बनाउँदा वर्षाले खेल रोकियो । करिब डेढ घण्टापछि १३ ओभरमा झारेर पुनः सुरु गरिएपछि नेदरल्यान्ड्सले १०७/४ को स्कोर खडा गर्‍यो । बेन कुपरले अविजित ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे । कप्तान पिटर सिलारले ३७ रन बनाए । जवाफमा मलेसियाले १३ ओभरमा १ सय २० रनको लक्ष्य पछ्याउनुपर्ने भयो । मलेसियाले ६ ओभरमा बिनाक्षति ५८ रन बनाउँदा खेल पुनः वर्षाले रोकियो । करिब १५ मिनेटपछि सुरु भएको खेल १० ओभरमा झारियो । मलेसियाले ९२ रनको नयाँ लक्ष्य पायो । त्यसअनुसार मलेसियाले २४ बलमा ३४ रन जोड्नुपर्ने भयो । तर निर्धारित १० ओभरमा मलेसिया ९१/४ मा रोकिएपछि खेल ‘टाइ’ भयो । मलेसियाका सैयद अजिजले ३०, अनवर अरुद्दिनले २३ र वीरनदीप सिंहले १४ रन बनाए । मलेसियालाई अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । नेदरल्यान्ड्सका भिभियम किंग्माले पहिलो बल वाइड फाले । त्यसपछि सफिक सरिफले १ रन लिए । अर्को बल भिभियनले पुनः वाइड फालेपछि मलेसियालाई ५ बलमा ४ रन आवश्यक भयो । अर्को बल रन नदिएका भिभियनले त्यसपछि २ बलमा १–१ रन खर्चिए । पाँचौं बलमा अमिनउद्दिन राम्लीलाई एलबीडब्लू धरापमा पारेपछि मलेसियालाई १ बलमा २ रन चाहियो । तर बाइबाट एक रनमात्र आयो । म्याच टाइ भएपछि सुपर ओभर हुनुपर्ने हो । तर पटक–पटक वर्षाले प्रभावित भएको खेलको ‘कट अफ टाइम’ सकिएका कारण अम्पायरले दुवै टोलीलाई अंक दिने निर्णय गरेका थिए ।मलेसियाले कुनै पनि फर्म्याटको क्रिकेटमा अहिलेसम्म नेदरल्यान्ड्सलाई पराजित गर्न सकेको थिएन । जित्न सकिने सम्भावनाबीच टाइ भएपछि मलेसियाली कप्तान अहमद फैज चुकचुक भए । ‘हामी ब्याटिङ र बलिङ दुवै पक्षमा थोरै पछाडि रह्यौं,’ नतिजालाई सकारात्मक लिँदै कप्तान फैजले भने, ‘बेन्चबाट टिममा फर्किएका वाफिक (मोहम्मद) ले बलिङमा निकै प्रभावशाली प्रदर्शन गरे । लक्ष्य पछ्याउने क्रममा हामी सुरुआती ओभरमा योजनाअनुसार १० रन प्रतिओभर खेलिरहेका थियौं । तर पानीले खेल रोकिएपछि हाम्रो लय केही सुस्त भयो । यसले के प्रमाणित गरेको छ भने हामी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उच्च वरीयताका टिमसँग खेल्न सक्षम छौं ।’ कप्तान फैजले नेदरल्यान्ड्ससँगको यो नतिजाले बिहीबार नेपालसँगको खेलका लागि मनोबल उच्च बनाएको बताए । ‘भोलिको दिन नयाँ हुनेछ । नयाँ बल र नयाँ परिवेशलाई हाम्रो पक्षमा ल्याउने प्रयास गर्नेछौं ।’सन्दीपको सय खेल, कुशल वरीयतामात्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रियको मलेसियाविरुद्धको अन्तिम खेलसँगै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा आफ्नो सय खेल पूरा गर्दैछन् । सन् २०१८ को मे १२ मा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत तत्कालीन दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेन्जर्स बेंग्लोरको खेलसँगै सन्दीपले ट्वान्टी–२० क्रिकेटमा डेब्यू गरेका थिए । त्यसयता सन्दीपले विश्वका शीर्ष ट्वान्टी–२० फ्रेन्चाइज लिग खेलिरहेका छन् । यसबीच ९९ खेलमा सन्दीपले ९८ इनिङ्समा १ सय ३३ विकेट लिएका छन् । उनले अहिलेसम्म २ हजार १ सय ५४ बल बलिङ गर्दा २ हजार ४ सय ५३ रन खर्चिएका छन् । १८.४४ को औसतमा उनको इकोनोमी रेट ६.८३ छ । उनको उत्कृष्ट प्रदर्शन ४/१० हो ।ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने सन्दीपले २४ खेल खेलेर ४२ विकेट लिएका छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको इकोनोमी रेट ६ दशमलब ७१ छ । जारी त्रिकोणात्मक शृंखलामा पनि सन्दीपले ८ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिने सूचीमा शीर्षमा छन् । पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्यान्ड्स र मलेसियाका २–२ विकेट लिएका सन्दीपले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दा ४ विकेट लिएका थिए । यता यसै शृंखलाका सुरुआती तीन खेलमा लगातार अर्धशतक बनाएका नेपालका ओपनर कुशल भुर्तेल ट्वान्टी–२० विश्व वरीयतामा शीर्ष एक सयभित्र परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयतामा कुशल ९३ औं स्थानमा छन् । उनले ३ सय ५९ रेटिङ अंक पाएका छन् । यही प्रतियोगितादेखि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६२, दोस्रो खेलमा मलेसियासँग अविजित ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्ससँगै ६२ रनको इनिङ्स खेलेका थिए ।
Sports
23,200
विश्वकपले देखाएका पाँच धार
१. सबैभन्दा अप्रत्याशित नतिजा, ६४ वर्षयता विश्वकप २०२२ त्यस्तो प्रतियोगिता रह्यो, जसलाई ‘अन्डर डग’ को विश्वकप भन्न सकिन्छ । यसका १५ खेल एक प्रकारले अप्रत्याशित नतिजामा टुंगिएका छन् । सबैभन्दा ठूलो अविश्वसनीय नतिजा त अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ जित नै रह्यो ।
https://ekantipur.com/sports/2022/12/21/167158818170027292.html
काठमाडौँ — १. सबैभन्दा अप्रत्याशित नतिजा, ६४ वर्षयताविश्वकप २०२२ त्यस्तो प्रतियोगिता रह्यो, जसलाई ‘अन्डर डग’ को विश्वकप भन्न सकिन्छ । यसका १५ खेल एक प्रकारले अप्रत्याशित नतिजामा टुंगिएका छन् । सबैभन्दा ठूलो अविश्वसनीय नतिजा त अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ जित नै रह्यो ।लिग चरणमै मात्र एक दर्जन यस्ता नतिजा रहे । अन्तिम १६ मा मोरक्कोले स्पेन र पोर्चुगललाई हराउनु पनि कम्तीको अविश्वसनीय नतिजा रहेन । यस्तै क्रोएसियाले ब्राजिललाई हराउनु पनि एक प्रकारले स्तब्धपूर्ण नतिजा नै रह्यो । सन् १९५८ मा स्विडेनमा भएको विश्वकपयता, त्यो भनेको ६४ वर्षपछि सबैभन्दा बढी यस्ता अप्रत्याशित मान्न मिल्न नतिजा आएका छन् । २. कम प्रहार बढी गोलयसपालिको विश्वकपमा पोस्टमा कुल १ हजार ४ सय ५८ प्रहार भए । सन् २००२ को विश्वकपछि यो सबैभन्दा कम आँकडा हो । सन् २०१४ मा त १ हजार ६ सय ६१ प्रहार त पोस्ट केन्द्रित थिए । खासमा कतार विश्वकपमा प्रत्येक खेलमा औसत २२.८ प्रहार पोस्टतर्फ भए । यसको अर्थ यसपालि विश्वकपमा आक्रामण कम भएको भन्ने होइन, बरू उल्टै बढी गोल भए । यसपल्ट १ सय ७२ गोल भए । यो सन् १९९८ यता सबैभन्दा बढी हो, जतिबेलादेखि प्रतियोगितामा ३२ टिम सहभागी भए । त्यो वर्ष सन् १९९८ र २०१४ दुवैमा समान १ सय ७१ गोल भएका थिए । ३. युवा खेलाडीको उदयविश्वकप २०२२ ले सबैभन्दा बढी किशोर खेलाडीहरूको आगमन पनि देख्यो । यसपालि १० किशोर खेलाडीले आ–आफ्नो देशका लागि सुरुदेखि खेल्ने अवसर पाए । त्यसमा इंग्ल्यान्डका १९ वर्षीय मिडफिल्डर जुड बेलिङ्घम मुख्य छन् । जर्मनीका १९ वर्षीय मिडफिल्डर जमल मुसिला र स्पेनका १८ वर्षीय मिडफिल्डर नै गाभी । केलियन एमबाप्पे पनि भर्खर २३ वर्षका भए । उनीबाट विश्वकपमा अझ धेरै सानदार प्रदर्शन अपेक्षा गर्न सकिनेछ ।४. शताब्दीकै सफा विश्वकप र अत्यधिक ‘इन्ज्युरी’ समययसपालिको विश्वकपमा कुल २ सय २७ पहेँलो कार्ड देखाइएका थिए । अझ चारमात्र रातो कार्ड देखाइयो । यसको अर्थ रेफ्रीहरू कम कडा भए कि ? खासमा विपक्षी खेलाडीमाथि ‘फाउल’ खेल्ने क्रम पनि घटेको छ । यसपल्ट जम्माजम्मी १ हजार ५ सय ९९ ‘फाउल’ भए, जुन निकै कम हो । यसको एउटा कारण रेफ्रीले खेललाई रोक्नुभन्दा अगाडि बढ्न दिन ठीक मान्नु पनि हो । कुल २३ पेनाल्टीका निर्णय भए । त्यसमध्ये तीन पेनाल्टी त फाइनलमै सम्भव भएको थियो । अत्यधिक ‘इन्ज्युरी’ समय दिइनु यस विश्वकपको चर्चाको अर्को विषय रह्यो । बढीमा ११ मिनेटदेखि सामान्यतः ६ मिनेटसम्म ‘इन्ज्युरी’ समय थपिएको थियो । ५. बुढा खेलाडीयसपालि युवा खेलाडीको बढी आगमन भयो भन्ने मात्र होइन । खासमा विश्वकप २०२२ भेट्रान खेलाडीहरूको प्रतियोगिता पनि रह्यो । खास मुख्य खेलाडी त ३५ वर्ष उमेर अगाडि पछाडिका रहे । यसरी भेट्रान भन्न मिल्ने खेलाडीमध्ये २७ जनाले सुरुदेखि खेल्ने मौका पाए । यसका लागि उदाहरण दिन त पक्कै सजिलो छ । जस्तो कि ३५ वर्षका लियोनल मेसी र ३७ वर्षका लुका मोड्रिड । यी दुवै खेलाडी यसपल्ट सबैभन्दा बढी छाएका र प्रशंसा गरिएका खेलाडी रहे ।
Sports
18,900
धान भित्र्याउने चटारो
दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/42939
अविनाश चौधरी धनगढी, कात्तिक १४ गते । दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो । “खेतमा पानी भएका कारण धान काट्न समस्या भएको थियो । पानी सुक्न केही समय दिँदा अहिले बाला झर्न थालेको छ । बढी पाकेर धानको बाला झर्न थालेकाले भित्र्याउन भ्याइनभ्याइ भएको हो,” खेतमै थ्रेसिङ गरिरहनुभएकी चौधरीले भन्नुभयो । आसन्न निर्वाचनको सन्दर्भमा नेता अहिले गाउँघर पुगिरहेका छन् । उनीहरू भोट माग्नका लागि गाउँ पुग्दा किसान भने खेतमै छन् । कतिपय नेता मतदाता भेटघाट गर्न र भोट माग्नका लागि खेतमै पुगिरहेका छन् । केही किसानले धान काटेर सके पनि धेरैजसो किसानको धान अझै खेतमै रहेको भजनी नगरपालिका–७, हिम्मतपुरका कृषक खुसीराम चौधरीले बताउनुभयो । उहाँले खेतमा किसानलाई कामैकाम रहेको उल्लेख गर्नुभयो । अहिले गाउँमा कम मान्छे भेटिने गरेकाले भोट माग्न आएका नेता खेततिरै भेटघाट गरिरहेको उहाँले बताउनुभयो । कैलालीमा असोज २१ गतेदेखि केही दिन भएको वर्षाले धान खेतीमा असर गरेको छ ।   
News
40,030
जापानी खेलकुद बुझ्न सदस्यसचिव टोकियोतिर
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ मंगलबार राति जापानको टोकियो जाँदै छन् ।
https://ekantipur.com/sports/2024/01/30/secretary-to-tokyo-to-understand-japanese-sports-15-23.html
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ मंगलबार राति जापानको टोकियो जाँदै छन् ।जापान खेलकुद परिषद् (जेएससी) को निमन्त्रणामा सदस्य–सचिव घिसिङ, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्य–सचिव सचिवालयकी सुलोचना सिजख्वासहित ३ सदस्यीय टोली जापान जान लागेको हो ।जापानमासदस्य–सचिव घिसिङ र जेएससीका पदाधिकारीबीच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सहभागी हुने छन् । जेएससीमातहत हाइपर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमरो कार्यक्रमको अवलोकन गर्नेछन् ।त्यसपछि सदस्य–सचिव घिसिङ दक्षिण कोरियाको सोलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लानममा सहभागी भई सम्बोधन गर्नेछन् । सोलको कार्यक्रममा सदस्य–सचिव घिसिङमात्र सहभागी हुने छन् ।जापान जानुअघि सदस्य–सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल तथा राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई पनि भेटे लाई भेट भ्रमणको उद्देश्य र एजेन्डाबारे जानकारी गराएका थिए ।
Sports
15,047
पुँजी बजारलाई गतिशील बनाउन समयानुकूल कानुनी व्यवस्थामा संशोधन गरिने
सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ ।
https://gorkhapatraonline.com/news/65897
काठमाडौं, जेठ १५ गते । सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरी धितोपत्र औजारहरूको विस्तार र विविधीकरण गरिने बताउनुभयो ।अर्थमन्त्री महतले पुँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्दै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
News
37,897
ठूला पूर्वाधारमा सहयोगका लागि आग्रह
नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले अर्थमन्त्री जनार्दन शर्मासँग मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारमा सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि अमेरिकाको सहयोगको अपेक्षा गर्नुभयो ।
https://gorkhapatraonline.com/news/43131
काठमाडौँ, कात्तिक १६ गते । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले अर्थमन्त्री जनार्दन शर्मासँग मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारमा सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि अमेरिकाको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले सङ्कटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई राजदूत थम्पसनमार्फत धन्यवाद ज्ञापन गर्नुभयो । अमेरिकाले नेपाललाई सङ्कट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आएको चर्चा गर्दै उहाँले भूकम्प, कोरोना महामारीलगायतका सङ्कटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । यूएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपालले पर्यावरणसम्बन्धी समस्या भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाइरहेको बताउँदै उहाँले त्यसमा सहजीकरण गरिदिन पनि अमेरिकी सरकारलाई आग्रह गर्नुभयो ।भेटमा मन्त्री शर्माले नवनियुक्त राजदूत थम्पसनलाई उहाँको नेपाल बसाइ सुखद् होस् भन्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो ।राजदूत थम्पसनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताउनुभयो । “नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ,” उहाँले भन्नुभयो । भेटका अवसरमा उहाँले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताउनुभयो । यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।प्रचण्डको सचिवालयले जनाएअनुसार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको राजनीति तथा आर्थिक विकासका विभिन्न पक्षबारे छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।साथै उहाँले नेपाल र अमेरिकाबीच वर्षौंदेखिको मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नवनियुक्त राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ रहने आफूले विश्वास गरेको बताउनुभएको थियो ।अध्यक्ष प्रचण्डले आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताउनुभयो । राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपाल आउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न अमेरिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटघाट भएको छ ।सैनिक मुख्यालय जङ्गी अड्‍डामा मङ्गलबार भएको भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । थम्पसनले राजदूतको कार्यभार सम्हालेसँगै प्रधान सेनापति शर्मा र थम्पसनबीच पहिलो भेटवार्ता भएको हो । यस किसिमको भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।   
News
60,708
हिमालय खबरको एक लाख ३४ हजार सहयोग
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमाल खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
https://gorkhapatraonline.com/news/87446
गोरखापत्र अनलाइनकाठमाडौँ, मंसिर १५ गते । जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमालय खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।  हिमालयखबरका तर्फबाट विजय घिमिरे, रामचन्द्र भट्ट, विकाशराज न्यौपाने, सुजन पण्डित, सुपेन्द्र बस्नेत, सरोज काफ्ले, विनय देवकोटा, दिनेश कार्की, ओजेश उप्रेती, गोकुल श्रेष्ठ, विशाल शर्मा, भीषण न्यौपाने, टङ्क काफ्ले, सोफिंन थापा, प्रकाश श्रेष्ठ (मालिका केशरी), सूर्य थापा, भोजबहादुर बलायर, श्रीकृष्ण गौतम, विमल बराल, शैलेश आचार्य, तारा बराल, बिटु बराल, बद्री गौतम र केशव भट्टराईले सो रकम सङ्कलन गर्नुभएको हो ।  नेपाल पत्रकार महासङ्घको पत्रअनुसार अमेरिकामा बस्ने पत्रकारको तर्फबाट जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर तथा १० वटा सञ्चारमाध्यमको कार्यालयलाई सहयोगार्थ हिमालयखबर मिडिया इन्कले सहयोगको आह्वान गरेको थियो । सो अवसरमा महासङ्घका महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको पनि उपस्थिति थियो ।
News
52,492
विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन
शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।
https://gorkhapatraonline.com/news/88798
कञ्चनपुर, मङ्सिर २६  गते ।  शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन् । एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गर्नुभयो । “ पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छाँै, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन ।” दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उहाँले बताउनुभयो ।“पोलमा विद्युत्का दुईवटामात्रै तार तानिएका छन्”, स्थानीय हेमराज जोशीले भन्नुभयो, “विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुनसकेको छैन ।” तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उहाँको माग छ ।विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन् । “विद्युत् सेवा सहज भए विद्युतीय मोटरबाट पानी तान्न सस्तो पर्ने थियो”, स्थानीय मानसिंह जाग्रीले भन्नुभयो, “महँगो डिजेल इन्जिन खरिद गरी सिँचाइको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।”वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताउनुभयो । “प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्”, उहाँले भन्नुभयो, “एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडानको कार्य हुन्छ ।”सिकलपट्टिका बासिन्दाको विद्युत्को समस्या समाधान गर्नका लागि पटक–पटक विद्युत् कार्यालयसम्म पुगेको उल्लेख गर्नुहुँदै उहाँले पटक पटक पचात्रार गरिएको बताउनुभयो । धेरै पहलपछि सङ्घीय सरकारका तर्फबाट ‘ट्रान्सफर्मर’ उपलब्ध हुन लागेको उहाँको भनाइ छ । रासस
News
35,982
सेन्सरबोर्डको कार्यक्रममै सेन्सरसिप हट्नुपर्ने आवाज 
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं निर्देशक दयाराम दाहाल सिर्जनामाथिको सेन्सरसिप हटाउनुपर्ने धारणा राख्छन् । संचार तथा सुचना मन्त्रालय र केन्द्रिय चलचित्र जाँचपास समितिले सेन्सरसिपमाथि आयोजना गरेको छलफल कार्यक्रममा विश्वभरबाट सेन्सरसिपको अवधारणा हट्दै गएको हुँदा नेपालबाट पनि हट्नुपर्ने दाहालले बताए । 
https://ekantipur.com/entertainment/2024/01/12/censorship-should-be-removed-from-the-program-of-the-censorboard-52-06.html
काठमाडौँ — चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं निर्देशक दयाराम दाहाल सिर्जनामाथिको सेन्सरसिप हटाउनुपर्ने धारणा राख्छन् । संचार तथा सुचना मन्त्रालय र केन्द्रिय चलचित्र जाँचपास समितिले सेन्सरसिपमाथि आयोजना गरेको छलफल कार्यक्रममा विश्वभरबाट सेन्सरसिपको अवधारणा हट्दै गएको हुँदा नेपालबाट पनि हट्नुपर्ने दाहालले बताए । उनी नेपाली फिल्मको सेन्सरसिप भन्दा वर्गीकरण हुनुपर्नेमा जोड दिन्छन् । सेन्सरले अंकुश लगाउने भन्दा फिल्मकर्मीका लागि सहजीकरणको भूमिका खेल्नुपर्ने तर्कसमेत गर्छन् ।'सेन्सर बोर्ड कैंची लगाउने स्थान हो, यसले चलचित्रमाथि नियन्त्रण गर्छ, अंकुश लगाउँछ भन्ने मानसिक प्रभाव आम फिल्मकर्मीमा छ । त्यसैले यसबाट पहिला सेन्सर बोर्ड मुक्त हुनुपर्छ । चलचित्रको हित गर्ने र उनीहरुलाई प्रोत्साहन गर्ने संस्थाको रुपमा बोर्डले आफूलाई परिमार्जन गर्नुपर्दछ,'दाहालले भने,'यसलाई झन्झटिलो भन्दा पनि सजिलो हुने प्रकृया बनाइदिनुपर्छ । देशको राष्ट्रियता, अखण्डता, सामाजिक सद्भाव खलबलाउने विषयबाहेकका अन्य विषयमा सेन्सर नै गर्नुपर्दैन । ती फिल्मलाई सेन्सर होइन वर्गीकरण गरिदिनुपर्छ ।' निर्देशक दाहालले मात्रै होइन, अधिकांश फिल्मकर्मीको माग महेन्द्रकालीन सेन्सरसिप हटाई वर्गीकरणकै मुद्दामा अडिक थियो । सेन्सरबोर्डले सबै उमेर समूहका लागि युनिभर्सल (यु), १६ भन्दा माथिका उमेरका लागि एडल्ट (ए) र १६ वर्षमुनिकाले अभिभावकसहित हेर्न मिल्ने फिल्मलाई प्यारेन्टल गाइडेन्स (पीजी) प्रमाणपत्र दिन्छ ।फिल्मकर्मीको गुनासो छ - फिल्मको दृश्यमा कैंची चलाइसकेपछि यस्तो प्रमाणपत्र दिनुको के अर्थ ? उनी फिल्ममाथि अंकुश नचलाई फिल्मको वर्गीकरण गरी प्रमाण पत्र दिनेजस्तो सहज वातावरण हुनुपर्ने माग गरेका छन् । चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड एउटै मातहतमा आउनुपर्ने निर्माता नवनिधि दाहाल बताउँछन् । नेपालमा सिनेमा अध्ययन र चलचित्र सम्बन्धि कानुनी व्यवस्थामाथि प्रस्तुति दिँदै गर्दा दाहालले यस्तो विचार राखेका हुन् ।'चलचित्र ऐन अनुसार मन्त्रालयले जे-जे जिम्मेवारी लिएको छ । त्यो जिम्मेवारी विकास बोर्डलाई दिएर अधिकार सम्पन्न स्वायत्त बनाउनुपर्‍यो,'नवनिधिले भने,'मन्त्रालय अभिभावक भएर केही जिम्मेवारी लिओस् तर सेन्सर जिम्मा बोर्डलाई नै दिइयोस् ।' हुन त फिल्मकर्मीका लागि चलचित्र विकास बोर्ड अभिभावकत्त्व बोकेको संस्था हो । तर, फिल्म सेन्सरको काम यो संस्था अन्तर्गत हुँदैन । बोर्डले कथा पढिसकेपछि फिल्मको निर्माण इजाजत दिन्छ । त्यही फिल्म निर्माण गरिसकेपछि सेन्सर बोर्डले प्रदर्शन अनुमति अर्थात जाँचपास(सेन्सरसिप) गर्छ ।'चलचित्र विकास बोर्डले निर्माणको सिफारिस स्वीकृत गर्दा पढेको कथा र निर्माण भएको फिल्मको कथा एउटै हो भनेर सेन्सर बोर्डलाई कसरी थाहा हुन्छ ?,' यी दुई कामलाई एउटै संस्थाको मातहतमा हुनुपर्ने मागसहितको प्रश्न गर्दै दयारामले भने,'एउटाले इजाजत दिने अर्कोले जाँचपास गर्न त मिलेन नि । सेन्सर बोर्डले जाँचपास गरेपछि फेरि अनुगमन चाहिँ विकास बोर्डले गर्ने । के आधारमा गर्ने ? त्यसैले सेन्सर बोर्ड चलचित्र विकास बोर्ड अन्तर्गत हुनुपर्छ ।'यो वर्ष भेनिस पुगेको फिल्म 'द रेड सुटकस'का निर्माता रामकृष्ण पोख्रेल पनि दाहालकै भनाईमा सहमत जनाउँछन् । 'हामी भारतको फिल्म क्षेत्रको ऐन-कानुन त यता नक्कल गरेर ल्याउँछौं । उनीहरुले ओस्कार जाने फिल्मलाई ५० लाख भारु दिन्छ । उनीहरुको ऐन कपी गर्दा ओस्कर जाने नेपाली फिल्मलाई त्यसरी नै पैसा दिन्छौं भन्न किन सक्नुहुन्नँ ? छलफलकैबीच मञ्चमा रहेका अध्यक्ष नेत्रप्रसाद सुवेदी र वोर्डका अध्यक्ष भुवन केसीलाई पोख्रेलले प्रश्न गरे । अहिलेको युग आदिवासीका कथाहरुको भएको जनाउँदै सेन्सरसिपको प्रक्रिया ती फिल्मका लागि सहज हुनुपर्नेसमेत दाहालले बताए । 'हामीकहाँ आदिवासी जनजातिका फरक जातजाती छन् । ती सँस्कृतिका सेन्सर गर्नै आफ्नै तरिका होलान् । कुनै सँस्कृतिमा रक्सी छुनु हुँदैन होला, कुनैमा नभइ हुँदैन ।' कथामा राज्यले लगानीदिनुपर्ने बताउँदै कयौं पटक परिमार्जित भएको विधेयकको नतिजा यही वर्ष देखिनुपर्नेसमेत दाहाले जनाए ।आदिवासी जनजाति चलचित्र महासंघका पूर्व अध्यक्ष पूर्खाजित राईले पनि यही झन्झटिलो प्रकृयाका कारण आदिवासी फिल्मकर्मी सेन्सरसिपमा जाने नचाहेको पनि भनाई राखे ।'आदिवासीका कुनै फिल्ममा रक्सीको दृश्य राखिएको हुन्छ । त्यो सँस्कृतिको पवित्र काममा रक्सीको प्रयोग भइरहेको देखाइन्छ । तर, यता सेन्सर बोर्डले रक्सीको बोतल देख्ने बित्तिकै मध्यपान स्वास्थ्यको लागि हानीकारक भनेर लेख्न लगाउँछ,'उदाहरण दिँदै राईले भने,'यस्तो समस्यासँगै बोर्डमा फिल्म हेर्न आउनेलाई खाजा, भत्ताको शीर्षकमा फेरि खर्च गर्नुपर्छ । हाम्रा कति फिल्मकर्मी त दुर बाट यहाँ आएका हुन्छन् । उनीहरुसँग त्यसका लागि खर्च नहुन सक्छ नि ।' छलफलबीच सेन्सर बोर्डमा फिल्मकर्मीले खाजा र भत्तामाथि गर्नुपर्ने खर्चमाथि पनि आलोचना भयो ।
Entertainment
7,331
'कालो धन' विरुद्ध दुई सय अनुसन्धान
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखले 'कालो धन' भनिने अवैध धनसँग जोडिएका झण्डै दुई सयवटा अनुसन्धान आफूहरूले अघि बढाइरहेको बीबीसीलाई बताएका छन्।
https://www.bbc.com/nepali/news-48878989
नेपालमा कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म कालो धन रहेको सम्पत्ति शुद्धीकरण विभागका अधिकारीहरू बताउँछन् सुरुमा अर्थ मन्त्रालय मातहत रहेको विभाग चरम राजनीतिक हस्तक्षेपका कारण निस्प्रभावी देखिएको टिप्पणीमाझ डेढ वर्ष अघि प्रधानमन्त्री कार्यलय मातहत ल्याएको थियो। अवैध धनको प्रवाह र सम्भावित आतङ्कवादी गतिविधिसँग जोडिएका रकमका कारण कतिपय देश अन्तराष्ट्रिय स्तरमा नै कालोसूचीमा पर्ने गरेका छन्। विज्ञहरू नेपालमा कालो धनलाई सेतो बनाउने प्रवृत्ति मौलाउँदै गएको भन्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको प्रभावकारिता राजनीतिक इच्छाशक्तिमा भरपर्ने बताउँछन्। हस्तक्षेप कालो धन नियन्त्रण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्ने सहितका उद्देश्यका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन भएको आठ वर्ष नाघ्यो। यो अवधिमा विभागका प्रमुख १२ पटक फेरिए। त्यहाँ खटिने औसत कर्मचारी पहुँच भए छ महिनामा नभए दुई वर्षमा अन्यत्रै सरूवा हुने गरेको जानकारहरू बताउँछन्। विभागका एक जना पूर्व महानिर्देशकविरूद्धको भ्रष्टाचारको मुद्दा अझै पनि अदालतमा विचाराधीन छ। नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत अवैध धनसम्बन्धी शंकास्पद कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाईका पूर्व प्रमूख धर्मराज सापकोटा राजनीतिक हस्तक्षेपका कारण विभाग प्रभावकारी हुन नसकेको बताउँछन्। उनी भन्छन्, "नेपालमा गलत बाटोबाट सम्पत्ति कमाउने प्रवृत्ति घटेको होइन, बढेको छ। तर त्यो निकाय निस्क्रिय जस्तै भएर बसिरहेको छ।" "चाहे गुण्डा नाइके या माफिया वा कर्मचारी या राजनीतिक पार्टीकै कार्यकर्ता जोसुकैले कालोधन आर्जन गरेपनि नेताहरूकै आडमा यस्तो हुने गर्छ। नेताबाटै संरक्षण भइसकेपछि त्यहाँ कसैले केही गर्ने आँट गर्दैन।" जवाफदेही विभाग गठन भए यता कतिपय व्यापारिक घराना तथा ठूला नेताहरूसँग निकट देखिएका व्यक्तिमाथि कालो धनलाई सेतो बनाएको विषयमा अनुसन्धान गरिएका विवरण पनि आए। स्वीस ब्याङ्कका खातामा जम्मा गरिएका रकमबारे बर्सेनि कुरा उठ्ने गरेको छ। अघिल्लो वर्ष खोज पत्रकारिता केन्द्रले अन्तराष्ट्रिय खोज पत्रकारहरूको संस्थासँगको सहकार्यमा गैरकानुनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा ब्याङ्कमा पुर्‍याएर त्यसलाई नेपालमा भित्र्याउने क्रम बढेको भन्दै समाचार शृंखला नै प्रकाशित गर्‍यो। अर्थमन्त्रीले उक्त प्रकरणबारे छानबिन गर्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिए, तर त्यसमा के प्रगति भयो भन्नेबारे अझैसम्म सर्वसाधारण बेखबर नै छन्। अवैध धन र भ्रष्टाचारसम्बन्धी मुद्दासँग जोडिएका अनुसन्धानमा जवाफदेहीता नदेखिएको नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्। उनी भन्छन्, "सम्पत्ति शुद्धीकरणमा कुन कुन मुद्दा कति वर्षदेखि विचाराधीन छन् र के कारणले अघि बढ्न सकेन भनेर नागरिकलाई जानकारी दिनुपर्ने परिस्थिति बन्नुपर्छ। जवाफदेहीता भयो भने मात्रै यो विभाग प्रभावकारी हुन्छ।" सुशासन यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा सिण्डिकेट तोड्ने निर्णयको पक्षमा खरो उत्रिएका रूपनारायण भट्टराई हाल विभागका महानिर्देशक छन् सुशासनको पैरवी गर्ने अभियन्ताहरू भ्रष्टाचार र अकुत सम्पत्ति छानबिन सम्बन्धी विभाग जस्ता संयन्त्र दोषीलाई कारबाही गराउने भन्दा पनि प्रतिशोध साँध्ने वा मिलाउने निकायमा परिणत भएको चिन्ता व्यक्त गर्छन्। वैशाखबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारी सम्हालेका रूपनारायण भट्टराई विगतको बारेमा बताउन नसक्ने तर आफूले राजनीतिक दबाबको समाना गर्नु नपरेको बताउँछन्। उनले बीबीसीलाई भने, "हाम्रो जस्तो विकासशील देशमा सबैतिर राजनीतिक तहबाट दबाब रहने गर्छ। प्रधानमन्त्रीज्यूको प्रस्ट भिजन राष्ट्रको समृद्धिमा छ।" "कुनै किसिमका भ्रष्टाचार र जालसाजीविरुद्ध शून्य सहनशीलता अपनाउने प्रस्ट निर्देशन छ। म आइसकेपछि कुनै राजनीतिक हस्तक्षेप छैन। हामीले निरन्तर आफ्नो कानुन र विधिभित्र रहेर काम गरिरहेका छौ।" विगतमा यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा सिण्डिकेट तोड्ने सहितको सरकारी निर्णयमा बहालवाला मन्त्रीकै दबाब विरूद्ध अडान लिएका भट्टराई अहिलेको जिम्मेवारीमा पनि खरो उत्रने मनस्थितिमा छन्। अनुसन्धान भइरहेका विषयहरूमा बोल्न नमिल्ने भन्दै उनले मिहीन ढङ्गले केलाउनुपर्ने हुनाले छानबिनमा समय लाग्ने बताउँछन्। उनी भन्छन्, "हामीले दुई सयवटा अनुसन्धान गरिरहेका छौँ र ती अनुसन्धानकै चरणमा छन्।" "तत्कालै यी देशभित्र खोजेकै कागजपत्रका आधारमा मुद्दा दायर गरिहाल्ने वा नगर्ने निर्णय गर्न सकिँदैन। अन्तराष्ट्रिय स्तरमा पनि समन्वय गर्नुपर्ने भएकाले अलिक समय लाग्छ।" प्रगति गठन भएपछि विभागमा अकुत सम्पत्ति आर्जन सम्बन्धी १६ सयवटा उजुरी परेका छन्। जसमध्ये झण्डै दुई सय वटामा अनुसन्धान गरेर विभागले ५१ वटा मुद्दा अदालतमा दायर गरेको थियो। परम्परागत किसिमका अपराधको तुलनामा आर्थिक अपराधका घटनाहरू नेपालमा बढिरहेका छन् आफूले दाबी गरे अनुसार ४३ वटा मुद्दामा अदालतबाट फैसला आएको विभागका अधिकारीहरू बताउँछन्। झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएका भारतको आसाम केन्द्रीत एक उग्रवादी नेता निरञ्जन होजाइ र उनकी श्रीमती विरूद्ध अनुसन्धान गरि विभागले मुद्दा दायर गरेको थियो। निर्मल राईको नामबाट सुनसरीबाट नागरिकता लिएका होजाई र उनकी श्रीमती सरिता गिरी राईलाई विशेष अदालतले २०७० सालमा दोषी ठहर गरेको थियो। विभागले १० लाख डलर सहित पक्राउ परेका एक चिनियाँ नागरिक विरूद्ध दायर गरेको अर्को मुद्दामा नेपालको अदालत र अमेरिकी स्टेट कोर्ट अफ अपिलमा प्राप्त सफलता अझै सम्झने गरिन्छ।
Others
66,746
सम्झनाको उपचारका लागि सहयोगको आग्रह
पाठेघर क्यान्सर पीडित तनहुँको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।
https://gorkhapatraonline.com/news/67183
अमरराज नहर्कीतनहुँ, जेठ २७ गते । पाठेघर क्यान्सर पीडित तनहुँको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । व्यास नगरपालिका –५ निवासी सम्झनाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोगको अपिल गरेका हुन् ।सम्झना हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सहयोग गरिदिन सम्झनाको श्रीमान् चन्द्रकुमार श्रेष्ठले अनुरोध गर्नुभयो । उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, ‘सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरेमा सम्झनाले पुनर्जीवन पाउनु हुनेछ ।’ उहाँका लागि सहयोग आउनेक्रम जारी रहेको र परिवारले सबैसँग सहयोगको आग्रह गरेको छ । आर्थिक अभाव भएपछि उपचारको लागि विभिन्न सङ्घ संस्थाबाट सहयोग जुटाउन सुरु भएको श्रेष्ठले बताउनुभयो । म्याग्दे गाउँपालिका –५, व्यास –५, पतेनीटारमा बस्ने वर्ष ३८ को सम्झनालाई पाठेघरको क्यान्सर भएपछि उपचारका लागि सहयोग जुटाउन थालिएको परिवारका सदस्यको भनाइ छ । सम्झनाका उपचारका लागि मलेसियामा रहनुहुने महेन्द्र श्रेष्ठ, गणेशकुमार श्रेष्ठ र तुलबहादुर गरन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ । श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थाबाट ३३ हजार ९० रुपियाँ, मानुङ गुठीवाट २० हजार छ सय ५५, पतेनीटार नेवा समाजबाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थाबाट ४१ हजार १५ रुपिया आर्थिक सहयोग सङ्कलन भएको बताइएको छ ।
News
55,813
“हाम्रा गीत प्राज्ञिक छैनन्”
गायक राजेशपायल राई तीन महिना लामो वर्ल्ड टुर सकाएर केही दिनअघि नेपाल फर्के । काठमाडौंमा रहँदा उनको प्राय: समय स्टुडियोमै बित्यो । चर्चित गायक राई यतिबेला जापान पुगेका छन् । बुधबार नेपाल फर्किएलगत्तै उनी वर्ल्ड टुरको अर्को सेडुलमा व्यस्त हुनेछन् । 
https://ekantipur.com/entertainment/2019/11/26/15747486012738992.html
गायक राजेशपायल राई तीन महिना लामो वर्ल्ड टुर सकाएर केही दिनअघि नेपाल फर्के । काठमाडौंमा रहँदा उनको प्राय: समय स्टुडियोमै बित्यो । चर्चित गायक राई यतिबेला जापान पुगेका छन् । बुधबार नेपाल फर्किएलगत्तै उनी वर्ल्ड टुरको अर्को सेडुलमा व्यस्त हुनेछन् । लामो समयपछि भर्खरै मुलुक फर्किनुभयो । अब त फुर्सदमै हुनुहुन्छ होला नि ? वर्ल्ड टुरकै क्रममा छु । जापान जान भिसा प्रोसेस यतैबाट गर्नुपर्ने भएकाले आएँ । काठमाडौं आउनेबित्तिकै संगीतकर्मीले पछ्याउनुभयो । तीन दिन भयो, दिनमा तीनटा गीत रेकर्ड भ्याउनु परिरहेको छ । तीन महिनादेखि बाहिर थिएँ । यूकेबाट सुरु भएको यसपटकको वर्ल्ड टुर कोरिया, अमेरिका, क्यानडा हुँदै यूकेमै पुगेर टुंगियो । अमेरिका र यूकेमा कन्सर्ट गरे । जापानपछि अब जर्मनी, अस्ट्रेलियामा कसर्न्ट छ । वर्ल्ड टुर त धेरैअघि थाल्नुभएको हैन र ? ६ वर्षअघि । खासमा कन्सर्टका लागि विदेश यात्रा त भइरहेकै थियो । पछिल्लो समय मुलुकबाहिर नेपाली गीत–संगीतको माग बढेपछि विभिन्न देशका आयोजकसित संयोजन गरेर थुप्रै मुलुक भ्याउने गरि कन्सेप्ट बनाएँ । त्यतिबेला इजरायलबाट सुरु गरेको गरेको थिएँ– मलेसिया, क्यानडा, दुबई र थाइल्यान्डलाई समेत जोडेर । वर्ल्ड टुरको कन्सेप्ट सम्भवत: त्यो नै पहिलो थियो । मुलुकबाहिर श्रोता–दर्शकको गीतप्रतिको मनोविज्ञानमा के–कस्तो परिवर्तन आइरहेको रहेछ ? सन् २०१३ मा जतिबेला मैले वर्ल्ड टुर गरेको थिएँ, त्यसयता धेर बदलाव आइसकेको छ । अहिलेका दर्शक–श्रोताले बढी त डान्सिङ नम्बर रुचाइरहेका छन् । स्लोभन्दा पनि फास्टबिटको गीतको माग बढिरहेको देख्छु । सम्भवत: समय नभएर हुन सक्छ । ‘पैसा नै तिरेर आइसकेपछि मज्जाले रमाइलो गरौं न, सेन्टिमेन्टल गीत सुनेर किन पीडामा डुब्ने’ भन्ने मानसिकताले पनि काम गरेको हुन सक्छ । सिरियस गीतचाहिँ काम गर्ने बेला, घरमा या कुनै प्राइभेट टाइममा सुन्ने गरेको पाएँ । अर्को कुरा, पहिलो र अहिलेको कमाइमा पनि ठूलो भिन्नता छ । करेन्सी बढ्यो । नेपाली डायस्पोराको हैसियत बढेपछि कलाकारलाई फाइदा नै पुर्‍याएको छ ।त्यसो भए, नेपाली संगीतको व्यावसायिकतामा डायस्पोराको भूमिका प्रभावशाली बन्दै गइरहेको हो ? मेरै कुरा गरौं न । आज म जे छु, प्रवासी नेपालीभाषीकै कारणले छु । धेरैजसो मलाई नेपालीभाषी भुटानीहरूले प्रेम गर्छन् । अस्ट्रेलिया, अमेरिका, क्यानडा, यूके, न्युजिल्यान्डलगायतका मुलुकमा रहनुभएका नेपालीभाषी भुटानी समुदायले बरोबर बोलाइरहन्छन् । तीनवटा देशको नागरिक हुनुपर्दाको मनोदशा बोकिरहेको भए पनि उहाँहरूले नेपाली भाषाप्रति देखाएको विश्वास र प्रेम साँच्चिकै सलामयोग्य छ । पछिल्लो समय त उहाँहरू आफैं पनि नेपाली भाषाको गीत लेखन र रेकर्डिङ थाल्नुभएको छ । यसबाहेक नेपाली डायस्पोराले कलाकारलाई गर्ने मायाकै कारण आज हाम्रो कला, संस्कृति मुलुकबाहिर प्रवर्द्धन भइरहेको छ ।नेपालीभाषी भुटानीसित माया बढ्नुको खास कारण ? ११ वर्षअघि म पूर्वको बेलडाँगी क्याम्प–२ मा थिएँ, कन्सर्ट गर्दै । भुटानी शरणार्थीहरूको तेस्रो मुलुक आप्रवासनको प्रोजेक्ट अन्तिम चरणमा थियो सायद । सबैजना भावुक थिए । त्यतिबेला बच्चा, टीनएजदेखि बूढाबूढीसम्मकै माया पाएँ मैले । त्यही माया–प्रेम आशीर्वादको रूपमा जारी रह्यो । स्वाभाविक रूपमा हाल व्यावसायिकताको भ्यालु बढ्यो, नेपाली गीत–संगीतचाहिँ कतातिर गइरहेको छ त ?हाम्रो गीत–संगीतले आफ्नो छवि पकड्न सकेको छैन । यसमा मेरो पनि दोष हुन सक्छ । सबभन्दा बढी कन्सर्ट गर्ने, सबभन्दा बढी विदेश घुम्ने गायकको रूपमा । तर मैले त सिर्जना गर्ने हैन । गीत–संगीतको नेपाली मौलिक अनुहार निर्माण गर्न त रचनाकार र संगीतकारको मुख्य भूमिका हुन्छ । गायक सर्जक नभई प्रस्तोता नै हो । यस्तो गाइदिनुपर्‍यो, यस्तो चलिरहेको छ भन्छन्, गाउनै पर्‍यो । तर हामीले चलिरहेको गाउने कि नेपाली माटोको संगीत खोज्ने ? गोपाल योञ्जन दाइ, नारायण गोपाल, नातिकाजीहरूको समयमा जस्तो हामी एकेडेमिक हुन सकेका छैनौं । सबैजना लहलहैमा आइयो, स्थापित भइयो भन्ने प्रकृतिका मात्रै छन् । मैले पनि केही जानेको छैन । तर, अनुभवको आधारमा भन्ने हो भने हामीले नेपाली माटोको गीत–संगीतको ठ्याक्कै पहिचान दिन सकेका छैनौं । के गर्दाचाहिँ नेपाली माटोको सुगन्ध आउँछ होला हाम्रो गीत–संगीतमा ?ठ्याक्कै सूत्र त म भन्न सक्दिनँ । यो फेरि ‘दुई दुना चार’ जस्तो हिसाब पनि हैन होला । तर, के लाग्छ भने लोकगीतलाई आधार बनाएर आधुनिक सिर्जनाहरू गर्न सकिन्छ होला । जसरी इन्डियन क्लासिकललाई बेस बनाएर भारतीय आधुनिक संगीतकारहरूले काम गरिरहेका छन्, त्यसरी नै हामीले पनि लोकलाई आधारित बनाउनुपर्छ । सानो देश भए पनि हामीमाझ अनेकौं संगीत संस्कृति छन् । हाम्रो रैथाने संगीत परम्परा काठमाडौंमा जे छ, यही पर सिन्धुपाल्चोक या काभ्रे पुग्दा अर्कै स्वादको भेटिन्छ । पोखरा पुग्दा त्यसको बिट, लय र ताल भिन्नै भइदिन्छ । पूर्व, पश्चिम, तराई, मधेस, मिथिला अनेकौं सांगीतिक विविधता छन् । पञ्जाबी, तामिललगायतको म्युजिकले भाषा, मिडिया र बजारको हिसाबबाट जसरी विश्वव्यापी पहिचान बनाइरहेको छ, त्यसले भारतीय आधुनिक संगीतलाई बलियो पारिरहेको छ । हाम्रोमा त्यसो हुन सकेको छैन । यसको प्रभाव त डायस्पोरामा पनि पक्कै होला ? किन नहुनु ? झन् छ । धेरैजसो प्रवासी नेपाली कला, साहित्य, संगीत, संस्कृति र भाषाको हिसाबले बीचको अवस्थामा छन् । आधा अंग्रेजी आधा नेपाली । पूरै नेपाली पनि बन्न सकिरहेका छैनन्, पूरै विदेशी पनि हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा त हाम्रो सफ्ट पावर (कला, साहित्य, संगीत, फिल्म) बलियो हुनुपर्ने हो । राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने गरी हुनुपर्ने हो । नेपाली आधुनिक संगीतको फुल बेस्ड लोकगीतलाई बनायौं भने डायस्पोरामा यसले केही काम अवश्य गर्नेछ । अहिले त बाहिर कसर्न्टतिर ‘हिन्दीजस्तो हुँदोरहेछ तेरो गीत’ भन्नेहरू थुप्रै भेटिन्छन् । नेपालीजस्तो नै भन्दैनन् । जतिबेला गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपालहरूको समय थियो, त्यो बेला हाम्रो संगीत नेपालीपन उभिएको थियो । अहिले म पनि चुकिरहेको छु । म आज पपुलर छु, मेरो सुन्नै पर्छजस्तो लाग्छ । तर, रिजल्ट मलाई थाहा छ कि भविष्य राम्रो छैन ।फिल्मका गीत धेरै गाउनेमा पनि तपाईं नै पर्नुहुन्छ । त्यताको अनुभव ?फिल्मको त कुरै नगरौं । पूरै सूत्रमय । यसो भन्दा आफूले आफैंलाई गाली गरेकोजस्तो होला । सुरुमा भेट भायो लभ सङ, बिहे भयो म्यारिज सङ, आइटम सङ, खटपट भयो भने ट्र्याजेडी सङ । यसले नेपाली फिल्म संगीतलाई ट्र्यापमा पारेको छ । यसले नेपाली गीत–संगीतको कद बढाउँदैन । अहिले त फिल्मका गीत पनि लोक आधारित प्रशस्तै आइरहेका छन् नि ? पहिले नै चलिरहेको ट्रेन्ड हो यो । आइडिया नयाँ हैन । क्रिएसन पनि नयाँ छैन । रत्नदास प्रकाश, कान्छा नेपाली, गोपाल योञ्जन दाइहरूले नै चलाइसक्नुभएको ट्रेन्ड हो । गोपाल योञ्जनले उहिल्यै ‘देउसिरे...’ गाइसक्नुभएको हो । ‘बहिनीको दया छ भने...’ जस्तो टप्पा टाइपको गीत उहिल्यै थियो । अहिले गिटार, ड्रम पो नयाँ आयो त, चिज पुरानै छ । गीत–संगीतको प्राज्ञिक अभ्यासका लागि तपाईंको योजना ? भर्खरै ‘दर्शन नमस्ते–४’ निकालें । अहिले त टुरमै छु । राजेशपायल राई म्युजिक एकेडेमीका लागि काम भइरहेको छ । दस वर्ष नै अघि फाउन्डेसन खोलेको हुँ । नेपाली, गीत–संगीत अध्ययन, अनुसन्धान र प्रवर्द्धनको योजना बन्दै छ, फाउन्डेसनमार्फत् पनि । अविवाहित मान्छे, टुरको त रमाइलो अनुभव होला ?यात्रा क्रममा अनौठा फ्यानहरू भेटिन्छन् । चार वर्षअघि अमेरिकामा १४ वर्षे एक नेपाली किशोरी भेटेको थिएँ । उनले ४ वर्षपछि तपाईंसित बिहे गर्छु भनिन् । मैलेचाहिँ यो त खाली आकर्षण मात्रै हो, त्यसबारे नसोच्नू, अहिले पढ्नू भनें । अस्ति भर्खरै तिनले १८ वर्ष पुगेको म्यासेज गरिन् । अब बिहे गर्ने रे । मैले सम्झाएको छु ।
Entertainment
8,859
टोकियो ओलम्पिक २०२० : अलेक्जेन्डरले राष्ट्रिय कीर्तिमान सुधार गरे
नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १ सय मिटर फ्रिस्टाइल ५३.४१ सेकेन्डमा पूरा गर्दै मंगलबार यो स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
https://ekantipur.com/sports/2021/07/27/162738416444613232.html
टोकियो — नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १ सय मिटर फ्रिस्टाइल ५३.४१ सेकेन्डमा पूरा गर्दै मंगलबार यो स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।ओलम्पिक छात्रवृत्तिमा तयारी गर्दै जापानको यात्रा गरेका १८ वर्षीय एलेक्सले टोकियो अक्वटिक्स सेन्टरमा कीर्तिमान सुधार गरेपछि भने, ‘पहिलोपल्ट ओलम्पिकमा खेल्दा नै आफ्नै कीर्तिमान सुधार गर्न पाउादा निक्कै खुशी छु । राम्रो समय निकाले । भविष्यमा पनि अझै राम्रो गर्न चाहन्छु ।’‘हिट्स १’ मा पहिलो भएका हुने क्रममा सुरुका ५० मिटर २५.८१ सेकेन्डमै पार गरेका थिए । उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई यो ओलम्पिकमा सुधार गरेका हुन् ।हिट्स १ मा उनीसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा सहभागी ७१ खेलाडीमध्ये उनी ५९ औं स्थानमा रहे ।उनी यसपाली ओलम्पिकमा प्रतिस्पर्धा गर्ने तेस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि जुडोकी सानिया भट्ट (महिला ४८ केजीमुनि) र सुटिङकी कल्पना परियार (महिला १० मिटर एयर राइफल) मा प्रतिस्पर्धा गरेका थिए । कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि यी दुवै खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भयो ।३२ औं गृष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी चार खेलमा सहभागी छन् । पौडीकै गौरिका सिंहले महिला १ सय मिटर फ्रिस्टाइलमा भोलि बुधबार र एथलेटिक्सकी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।
Sports
22,651
सदभावले जिते सूर्य नेपाल सेन्ट्रल ओपन
एमेच्योर युवा गल्फर सदभाव आचार्यले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सदभावले प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराएर करियरको दोस्रो उपाधि जितेका हुन् । सूर्य नेपाल गल्फ टुरमा यस सिजनको पहिलो प्रतियोगिता हो ।
https://ekantipur.com/sports/2023/11/23/sadbhav-won-the-surya-nepal-central-open-20-34.html
काठमाडौँ — एमेच्योर युवा गल्फर सदभाव आचार्यले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सदभावले प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराएर करियरको दोस्रो उपाधि जितेका हुन् । सूर्य नेपाल गल्फ टुरमा यस सिजनको पहिलो प्रतियोगिता हो ।यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज कप जितेका थिए । बिहीबार ३ अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७ अन्डर २ सय ७१ को उत्कृष्ट नतिजा निकाले । उनले प्रतिस्पर्धी ३३ प्रोफेसनल गल्फरलाई पछाडि पार्दै प्रो र एमेच्योर दुवै उपाधि जिते । इभन पार ७२ खेल्दै समग्रमा १० अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए । प्रोतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार रुपैयाँ पाए ।समग्रमा ७ अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले इभन पार ७२ मा खेल टुंग्याए । प्रोतर्फ दोस्रो हुँदा उनले ९४ हजार पुरस्कार पाए । बिहीबार २ ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन पार २ सय ८८ सहित चौथो भए । प्रोतर्फ तेस्रो उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २ ओभर २ सय ९० को स्कोरमा नीरज तामाङ पाँचौं भए । उनले अन्तिम १८ होलको खेल इभन–पार ७२ मा टुंग्याएर ५८ हजार रुपैयाँ पाए ।पहिलो दिन अग्रता बनाएका टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । बिहीबार ३ ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३ ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता टुंग्याए । समग्रमा उनी छैटौं भए ।समग्रमा ४ ओभर २ सय ९२ सहित रवि खड्का सातौं भए । उनले इभन–पार ७२ मा खेल टुंग्याए । उनले ५० हजार प्राप्त गरे । बिहीबार ७ ओभर ७९ सहित समग्रमा ५ ओभर २ सय ९३ मा खेल सकेका जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार पाए । समग्रमा ६ ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरणविक्रम शाही संयुक्त नवौं भए । धनले ६ ओभर ७८ र तोरणले ३ अन्डर ६९ स्कोर गरे । दुवैले ३७ हजार २ सय ५० हजार पुरस्कार पाए ।अन्तिम १८ होलको सुरु गर्दा सदभावसँग ४ स्ट्रोकको अग्रता थियो । उनले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले पहिलो दुई होलमा पार बचाउँदा ५ पारको तेस्रो होलमा इगलको सफलता पाए । जबकि सदभावको अग्रता १ स्ट्रोकमा झरिसकेको थियो । त्यसपछि उनले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्टनाइनको खेल सकिँदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए । दिनेशले तेस्रो होलमा इगल प्रहार गरे पनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्टनाइन २ ओभर ३८ मा टुंग्याए ।यसपछि ब्याक नाइनमा सदभावले दसौंदेखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने सम्भावना लगभग सुनिश्चित गरिसकेका थिए । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४ र १६ औं होलमा बोगी खेपे पनि ब्याकनाइन २ अन्डर ३४ मा पूरा गर्दै सदभावले करियरको दोस्रो प्रोफेसनल उपाधि आफ्नो बनाए । विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गल्फरले कुल ८ लाख ४० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गरेका थिए ।
Sports
15,769
‘वन अतिक्रमण हटाउन समुदायले जोड दिनुपर्छ’
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/81925
जानु पाण्डेकपिलवस्तु, असोज २६ गते । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो । वन क्षेत्र बेचबिखन गर्नेलाई राजनीतिक संरक्षण हुँदा त्यस्तो काम निरुत्साहित गर्न समुदायले चासो दिनुपर्ने उहाँले बताउनुभयो । वनको दिगो व्यवस्थापनले वनको हैसियत वृद्धिसँगै आम्दानी बढेको वताइएको छ ।समुहले बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गे बजारमा सडक कालोपत्रे, पीसीसी सडक निर्माण, ७५ जना युवालाई सीपमूलक तालिम, स्वास्थ्य चौकी मर्मत, विपन्न बालबालिकामा पोषाक र शैक्षिक सामग्री वितरण, खाली ठाउँमा वृक्षारोपणलगायतका क्रियाकलाप गरेको वन समूहका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो । सामुदायिक वनले गत आर्थिक वर्षमा करिब ६३ लाख आम्दानी गरेको समूहका कोषाध्यक्ष लक्ष्मी न्यौपानेले बताउनुभयो । २०६५ सालमा दर्ता भएको वनमा ५ सय ३० घरधुरी सदस्य रहेको समुहका सचिव भक्तिराम खनालले बताउनुभयो ।
News
53,270
नाडा अटो स्थगित
सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/20128
काठमाडौँ, साउन १० गते । सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।नाडा कार्यसमितिको आइतबार बसेको बैठकले भदौमा आयोजना गर्नेगरी तयारी गरेको यस वर्षको ‘नाडा अटो सो–२०२२’ केही समयका लागि स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।पूर्वनिर्धारित कार्यक्रमअनुुसार नाडाले आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौँमा अटो प्रदर्शनीको आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनको तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो सो स्थगन गरेको हो ।देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चारपाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि दशैँ अगाडि अटो प्रदर्शन गर्न नसक्ने नाडाको भनाइ छ ।  अटो प्रदर्शन आयोजना गरेर मात्र नहुने भन्दै अध्यक्ष थापाले अटो प्रदर्शनमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि अनिश्चित कालका लागि अटो प्रदर्शन स्थगित गर्ने निर्णय गरेको बताउनुभयो ।सवारीसाधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिना लाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने नाडाले जनाएको छ ।  
News
40,569
महानगरका सडकमा स्मार्ट स्ट्रिटलाइटको व्यवस्थापन गरिँदै
काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ ।
https://gorkhapatraonline.com/news/50318
काठमाडौं, पुस २३ गते । काठमाडौं महानगरले ६० प्रतिशत आर्थिक सहयोग गर्ने भएपछि काठमाडौं महानगरमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिने भएको छ । महानगरलाई झलमल बनाइ पर्यटकलाई आकर्षित गर्न र सडकबत्तीलाई आधुनिक प्रविधियुक्त बनाउन स्मार्ट स्ट्रिट लाइटको व्यवस्था गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । ललितपुर महानगर र भक्तपुर जिल्ला स्मार्ट लाइटको व्यवस्था यसअघि नै लागू भएको थियो । ‘यी दुई जिल्लाको आधारमा काठमाडौं महानगरले पहिले देखि नै यसको प्रस्ताव अघि सारिएको थियो । अहिले मेयर नै सहमत भएपछि स्मार्ट लाइट राख्ने प्रक्रिया अघि बढेको हो’ उहाँले भन्नुभयो । सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग महानगरले सम्झौता गरेको छ । जसअनुसार महानगरपालिकाले ६० प्रतिशत लागत व्यहोर्ने छ । विद्युत प्राधिकरणले ४० प्रतिशत लागत व्यहोर्ने भएको छ । सम्झौताअनुसार पहिले काठमाडौंं महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । पछि यसको प्रभावकारिताको पहिचान गरी अन्य सहायक सडकमा पनि बिस्तारै आधुनिक स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गर्दैजाने लक्ष्य रहेको महानगरका प्रवक्ता मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगर र विद्युत प्राधिकरणसँग भएको सहमतिका आधारमा पहिले महानगरका मुख्य सडकमा स्मार्ट सडक बत्तीको जडान हुनेछ । यसको प्रभावकारिताको आधारमा अन्य सहायक सडकमा पनि बिस्तारै जडान गर्दै लानेछौँ ।” यसअघि ललितपुर महानगरले पहिलो स्मार्ट स्ट्रिट लाइट जडानको पहिलो चरणको योजना पूरा गरेर दोस्रो चरणको काम सुरु गर्न लागेको छ । काठमाडौं महानगरले पनि ललितपुर महानगरले अपनाएको मोडेलअनुसार नै बत्तीहरू जडान गर्न लागेको हो । के छ प्रक्रिया१२ करोड लागत अनुमान रहेको यस आयोजना आधुनिक प्रविधियुक्त सडक बत्ती हो । स्मार्ट आइटी सर्भरसँग लाइट कनेक्सन भएपछि यो बल्दछ । यो स्मार्ट स्ट्रिट लाइट डिभाइसको माध्यमबाट धेरै मानिसको समुहमा चम्किलो गरी बल्ने र कम मानिस भएको अवस्थामा मधुरो गरी बल्ने गर्दछ ।महानगर र नेपाल विद्युत प्राधिकरणको लगइन आइडीबाट मोबाइलमै पनि चहकिलो बल्ने र मधिरो बल्ने बनाउन सकिन्छ । यो लाइट सूर्य अस्ताएपछि आफै बल्दछ भने बिहान सूर्योदय भएपछि आफै बल्न छाड्दछ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म मान्छेको आवत–जावत बढी हुने भएकाले यो समयमा बत्ती चम्किलो बनाउने विद्युत प्राधिकरणको योजना रहेको छ । त्यसपछि बिहानको ३ बजेसम्म बत्तीलाई मधुरो बनाउने प्राधिकरणको योजना छ । स्मार्ट स्ट्रिट लाइट जडानका लागि बीचमा फिडर क्याबिनेटहरू रहने छन् । एक क्याबिनेटबाट ६० वटा बत्तीहरू बाल्न सकिन्छ । क्याबिनेटभित्र सिमकार्डको पनि प्रयोग गरिएको हुन्छ । कुनै बत्ती बिग्रिएमा सिमकार्डको माध्यमबाट तत्काल मोबाइलमा नोटिफिकेसन आउने भएकाले मर्मत गर्न पनि सजिलो हुने प्राधिकरणका अधिकारीको भनाइ छ ।काठमाडौं महानगरले गरेको लगानीको प्रस्तावअनुसार लैनचौर–महाराजगन्ज, माइतिघर–बागदरबार, बागदरबार–सितल निवास, एयरपोर्ट–गौशाला, चाबहिल–जोरपाटी, गौशाला–कमलपोखरी सडकमा स्ट्रिटलाइट  जडान हुनेछ । प्राधिकरणबाट जडान हुने सडक बत्ती अन्तर्गत एयरपोर्ट–तीनकुने, तीनकुने–माइतिघर, माइतिघर–कलङ्की, त्रिपुरेश्वर–लैनचौर, गौशाला–चाबहिल र टुँडीखेल वरिपरि जडान हुनेछ ।सोलार बत्ती व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरणले यसअघि महानगरका मुख्य सडकहरूमा जडान गरिएको सोलार बत्तीहरू पूर्ण क्षमतामा बलेका छैनन् । धुलो धुवाँका कारणले बल्न छाडेको  र ब्याट्रीहरू पनि बिग्रिएका कारणले यी बत्तीहरू पूर्णरुपमा हटाउने योजना विद्युत प्राधिकरणको छ । प्राधिकरणका उपप्रवन्धक प्रमोद रिजालका अनुसार यी सोलार बत्तीहरूको व्यवस्थापनमा प्राधिकरण लागेको उहाँको भनाइ छ । ‘पुराना भएका सोलार बत्तीहरू पूर्ण क्षमतामा बल्न छाडेको र अब आधुनिक बत्तीहरू जडानका लागि अन्य पोलहरू राख्नुपर्ने देखिएकाले सोलार प्यानलहरूलाई हटाई यही पोलमा स्मार्ट स्ट्रिट लाइटको जडान गर्ने योजना बनाइएको छ’ उहाँले भन्नुभयो । सोलार प्यानल र ब्याट्रीलाई अन्य सहायक बाटाहरूमा प्रयोग गर्ने विषयमा प्राधिकरण छलफल जारी रहेको उहाँको भनाइ छ ।
News
59,246
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति
काठमाडौं महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।
https://gorkhapatraonline.com/news/91435
काठमाडौं, पुस १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’’शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तर्निहित प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’’राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पार्नुभयो ।खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उहाँले भन्नुभयो, ‘‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’’राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्नुहुँदै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजता साथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रका लागि आजको आवश्यकता हो ।’’उहाँले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीबिच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफूले विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबिचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबिच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ । यस्ता प्रतियोगिता शिक्षण सिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु ।’’
News
41,969
चिकित्सक र सुरक्षाकर्मीको टोली जाजरकोट प्रस्थान
जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ ।
https://gorkhapatraonline.com/news/84363
कमल शर्मादैलेख, कात्तिक १८ गते । जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ । प्रतिनिधि सभाका सदस्य अम्मरबहादुर थापा, पूर्वसांसद रवीन्द्रराज शर्मासहित नेपाली सेना र सशस्त्र र जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट चिकित्सकसहितको टोली जाजरकोट प्रस्थान गरेको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धर्मराज रेग्मीसहितको डाक्टरको टोली औषधि र एम्बुलेन्स लिएर जाजरकोट हिँडेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले डाक्टर धर्मराज रेग्मीसहित तीन जना डाक्टरको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको जानकारी दिनुभयो । थप उद्धारका लागि नेपाली सेनाको ३१ र सशस्त्र प्रहरी बलका २१ जनाको सुरक्षा टोली पनि जाजरकोट प्रस्थान गरेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । त्यस्तै, नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, पार्टीको प्रदेश अध्यक्ष गुलावजंग शाहसहितको टोली पनि जाजरकोट प्रस्थान गरेको एमाले दैलेखका अध्यक्ष प्रेम बुढाले जानकारी दिनुभयो । शुक्रबार राति गएको ६.४ रेक्टरको भूकम्पको ठुलो धक्का दैलेखमा महसुस भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । भूकम्पमा परी चारवटा घरमा क्षति पुगेको छ भने भागदौडका क्रममा तीन जना घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइते हुनेमा महावु गाउँपालिका–५ सल्लेरीका वर्ष ३३ को मानबहादुर शाही, नारायण नगरपालिका –६ वर्ष ४३ नमराज सुबेदी, नारायण नगरपालिका ३ बस्ने वर्ष ४३ वर्ष प्रजापती धमला रहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । त्यस्तै, दैलेख जिल्लाको गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका बाट चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा हिँडेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमलप्रसाद आर्चायले कति घरमा क्षति भएको भन्ने विवरण आइ नसकेको बताउनुभयो । उहाँले प्रहरी चौकी र इलाका प्रहरी चौकीबाट समेत प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । 
News
52,908
पाकिस्तानमा कसले जित्यो ?
पाकिस्तानमा बिहीबार भएको आमनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । तर कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बुहमत ल्याउन भने असफल भएका छन् ।
https://ekantipur.com/world/2024/02/10/who-won-in-pakistan-49-24.html
काठमाडौँ — पाकिस्तानमा बिहीबार भएको आमनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । तर कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बुहमत ल्याउन भने असफल भएका छन् ।पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै स्थानमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएका छन् ।पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार घोषित २ सय ५३ मध्ये एकसय सिटमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् । तीमध्ये ९२ उम्मेदवारहरू पीटीआई समर्थित भएका हुन् । पीएमएल–एनले ७१ सिट जितेको छ । पीपीपीका उम्मेदवारहरू ५४ स्थानमा विजयी भएका छन् । अन्य दलले २८ सिट जितेका छन् ।पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा १३४ सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।हाल जेलजीवन विताइरहेका पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गरेका छन् । निर्वाचन आयोगले खानको दल पीटीआईलाई चुनावी प्रस्पिर्धामा उत्रन प्रतिबन्ध लगाएको थियो । जसका कारण उनको दलका नेताहरू स्वतन्त्र उम्मेदवारका हैसियतमा चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । पाकिस्तानी कानुनअनुसार उनीहरू स्वतन्त्र हैसियतमै रहन वा अन्य कुनै दलमा आवद्ध हुन सक्नेछन् ।सामाजिक सञ्जाल एक्समा सार्वजनिक एआईद्वारा निर्मित भिडिओमा खानले अनेकौं कारबाही र षड्यन्त्रबीच आफ्नो पार्टीले विशाल जित हासिल गरेको बताएका छन् । ‘म तपाईंहरू हरेकलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छु । तपाईंहरूले इतिहास रच्नुभएको छ,’ उनले भनेका छन् । पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूले जितेको स्थान विश्लेषकहरूले अनुमान गरेको भन्दा निकै बढी हो ।२५ करोड जनसंख्या भएको प्रगतिशील देशमा राजनीतिक ध्रुबीकरण सुहाउँदैन । सबै दलले एकता र परिपक्वता देखाउनुपर्छ : असिम मुनिर, पाकिस्तानी सेना प्रमुख१९९७ मा स्थापित पीटीआई २०१३ को चुनावबाट तेस्रो ठूलो दल बनेको थियो । २०१८ को चुनावमा दलले ११६ सिट जितेपछि खान प्रधानमन्त्री बनेका थिए । तर सेना र गुप्तचरको सहयोगमा पाकिस्तानी राजनीतिमा उदाएका ठानिएका खान प्रधानमन्त्री बनेपछि भने सेनासँग दूरी बढ्यो । त्यसका साथै, चीन र रुससँग नजिकिएपछि खानको अमेरिकासँग सम्बन्ध ब्रिग्रियो । २०२२ अप्रिलमा संसदमा विश्वासको मत प्राप्त गर्न नसकेका खानले अमेरिका र सैनिक नेतृत्वको षड्यन्त्रमा आफूलाई सत्ताबाट हटाइएको आरोप लगाए ।सत्ताच्युत भएयता खानमाथि परेका विभिन्न मुद्दामध्ये केहीको फैसला भयो । जसका कारण खानको उनको दललाई निर्वाचन आयोगले चुनावी प्रतिस्पर्धाका लागि अयोग्य घोषित गरेको थियो । तोसाखाना अर्थात् सरकारी स्वामित्वको एक विभागबाट पाएका उपहार र गोप्य दस्ताबेजसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेका छन् । यद्यपि, ती मुद्दा राजनीतिक रुपमा प्रेरित रहेका खानले दाबी गर्दै आएका छन् ।उक्त फैसलापछि खानले फेब्रुअरी ८ मा हुने मतदानमार्फत प्रत्येक अन्यायको प्रतिशोध लिन समर्थकहरूलाई आह्वान गरेका थिए । चुनावी नतिजाले खान अझै पनि पाकिस्तानी राजनीतिम महत्वपूर्ण शक्तिकै रुपमा हरेको प्रष्ट पारिदिएको छ । यसको अर्थ, पाकिस्तानी जनताले खानलाई अझै प्रधानमन्त्रीमा देख्न चाहेका देखिएको छ । क्रिकेट ब्याट चुनाव चिन्ह लिएर चुनाव लड्न दिइएको भए पीटीआईले अझै बढी सिट जित्ने चुनावी नतिजाले देखाएको छ । यस अर्थमा, जेलभित्र रहेर मतदातालाई रिझाउन सफल इमरान ‘म्यान अफ द इलेक्सन’ भएका छन् ।पूर्वप्रधानमन्त्री सरिफ नेतृत्वको पीएमएल–एनको पक्षमा आएको नतिजा पनि केही अनपेक्षित ठानिएको छ । सरिफको दलले बुहमा ल्याउन नसकेपनि स–साना दलसँगको सहकार्यमा सरकार बनाउन सक्ने आंकलन गरिएको थियो । तर त्यसविपरित पीएमएल–एनले सरकार गठनका लागि पीपीपी वा पीटीआईसँग सहकार्य गर्नुपर्ने भएको छ ।पाकिस्तानको आन्तरिक राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका हुने ठानिएको शक्तिशाली सेना सरिफको पक्षमा रहेको विश्लेषकहरूले दाबी गरेका थिए । तर चुनावी नतिजा भने सोचेअनुसारको देखिएको छैन । पाकिस्तानी राजनीतिलाई निर्देशित गर्ने ठानिएको सेनासमेत असफल भएको चुनावी परिणामले देखाएको छ ।पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् । आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै उनले सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् ।पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएका कारण पार्टीको मान्यता पाएको छैन । त्यसैले, प्राविधिक रूपमा भने पीएमएल–एल नै सबैभन्दा ठूलो राजनीतिक दल भने बनेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरूले सरिफको पीएमएल–एन दल र अन्य केही समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको जनाएका छन् । देशलाई कठिन परिस्थितबाट बाहिर निकाल्न आफूले मात्र सक्ने उनको दाबी छ । उनी चौथोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।चुनावी नतिजाअनुसार तेस्रो स्थानमा रहेको पीपीपीले भने सरकार गठनका विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका छन् । पीपीपी प्रमुख जर्दारीले ‘स्वतन्त्र रुपमा निर्वाचित केहीले सम्पर्क गरेका भएपनि पीटीआई ब्लकका कसैसँग कुराकानी नभएको’ बताए । संघीयसँगै पंजाब र बलोचिस्तान प्रान्तमा पीपीपीको समर्थनबिना सरकार गठन नहुने उनको दाबी छ । यसअघि उनले पटकपटक पीएमएल–एनसँग गठबन्धन नगर्ने बताएका थिए ।चुनावी नतिजापछि भने पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन् । देशमा एउटा स्थिर नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । ‘२५ करोड जनसंख्या भएको प्रगतिशील देशमा राजनीतिक ध्रुबीकरण सुहाउँदैन,’ उनले भनेका छन्, ‘सबै दलले एकता र राजनीतिक परिपक्वता देखाउनुपर्छ ।’धाँधलीको आरोप–प्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको बताइएको छ । कतिपय विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई ‘हालसम्मकै कम विश्वसनीय आमचुनाव’ को संज्ञा दिएका छन् ।(एजेन्सीहरूको सहयोगमा)
World
11,882
नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकार कसैको दबाबमा पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/64468
काठमाडौं, जेठ २ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताउनुभएको छ ।मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताउनुभएको हो ।उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने बताउनुभयो ।‘‘भुटानी शरणार्थी बनाएर पठाउने जुन मुद्दा हो, अहिले अनुसन्धान सकिएको छैन । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबाबको अघि झुक्नेछैन । अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ ।’’उहाँले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताउनुभयो ।‘‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानी शरणार्थीको रूपमा विदेश पठाउने त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पत्ति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकार, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मूल स्प्रिडलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ । अहिले देखापरेको यो अवस्था ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘म के भन्न चाहन्छु भने अगाडि ल्याएर त्यसमा मात्रै केन्द्रित हुने पक्षमा सरकार छैन, हामीले समृद्धिको यात्राको प्रमुख बाधक जो छ, भ्रष्टाचार र कुशासनलाई समाधान गर्न हामीले अरू पनि यस प्रकारका समाधानहरू छन् त्यसलाई निर्भीकतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’’मन्त्री श्रेष्ठले अनुसन्धानले पुर्‍याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।
News
56,446
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासना
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/50124
काठमाडौं, पुस २१ गते । फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित हुनुभएको छ । फिल्ममा उहाँ शीर्ष भूमिकामा देखिनुहुनेछ । सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्मका निर्माता किरण नेपाली हुनुहुन्छ । किरण यो वर्षको हिट फिल्म ‘दुई नम्बरी’का समेत निर्माता हुनुहुन्छ । ‘दुई नम्बरी’मा काम गरेका दयाहाङ राई र सौगात मल्लले ‘हात्तीछाप’का लागि औपचारिक सम्झौता गरिसक्नुभएको छ । सामाजिक विषयवस्तुमा आधारित ‘हात्तीछाप’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो ।‘हात्तीछाप’मा बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । फिल्मको छायाङ्कन आगामी चैतबाट सुरु हुनेछ ।
News
44,780
युरो २०२४ : समूह ‘ई’ मा चार टिमको चार अंक
युरो २०२४ को समूह ‘ई’ का सबै खेल समाप्त हुँदा चारै टिम समान चार अंकमा रहे । विश्व फुटबलमा यसलाई दुर्लभ प्रदर्शन मानिएको छ । अन्तिम दिनको खेलमा स्लोभाकिया र रोमानियाले १–१ को बराबरी खेले ।
https://ekantipur.com/sports/2024/06/27/euro-2024-four-points-from-four-teams-in-group-e-22-11.html
काठमाडौँ — युरो २०२४ को समूह ‘ई’ का सबै खेल समाप्त हुँदा चारै टिम समान चार अंकमा रहे । विश्व फुटबलमा यसलाई दुर्लभ प्रदर्शन मानिएको छ । अन्तिम दिनको खेलमा स्लोभाकिया र रोमानियाले १–१ को बराबरी खेले ।त्यसमा स्लोभाकियाले आन्द्रेज डुडाको गोलले अग्रता लिएपछि रोमानियाका लागि राजभन मारिनले पेनाल्टीबाट बराबरी गोल फर्कार्ए । यस्तै युक्रेन र बेल्जियमले भने गोलरहित बराबरीमा चित्त बुझाए ।गोल अन्तरको आधारमा रोमानिया र बेल्जियम शीर्ष दुईमा रहेर नकआउट चरण पुगे । यस्तै स्लोभाकिया पनि तेस्रो स्थानमा रहेर अर्को चरण पुग्यो । युक्रेन भने भाग्यमानी रहेन् र प्रतियोगिताबाट बाहिरियो ।
Sports
13,138
उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । 
https://ekantipur.com/world/2024/06/18/putin-to-visit-north-korea-34-11.html
काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । फाइल तस्बिर : तासदक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको समेत दाबी गरेका छन् । पुटिन मंगलबार नै उत्तर कोरिया जाने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यसअघि गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ रुस भ्रमणमा गएका थिए । पुटिनको भ्रमणबारे क्रेमलिनले भने औपचारिक रूपमा जानकारी गराएको छैन । तर रुसी सञ्चारमाध्यमले भने पुटिन भियतनाम र उत्तर कोरियाको भ्रमणमा निस्कने सम्भावना रहेको भन्दै समाचार लेखेका छन् । अमेरिकाले भने उत्तर कोरिया र रुसबीचको बढ्दो घनिष्ठ सम्बन्ध चिन्ताजनक रहेको बताएको छ । रुसी सञ्चारमाध्यमहरूले भने पुटिन 'मैत्रीपूर्ण राजकीय भ्रमण'मा उत्तर कोरिया जाने बताएका छन् । प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन् । कहाँ बस्नेछन् पुटिन ?पुटिनको स्वागतका लागि नेता किम सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्ने पनि योन्हाप न्युज एजेन्सीको दाबी छ । पुटिनलाई प्योङयाङस्थित कुमसुसान गेस्ट प्यालेसमा राख्ने तयारी छ जहाँ सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत राखिएको थियो । वरिपरि ताल र जंगलले घेरेर बनाइएको उक्त दरबार विदेशी विशिष्ट पाहुनाहरूलाई राख्नका लागि बनाइएको बताइएको छ । उक्त दरबार सीको भ्रमणअघि नै तयार भएको एनके न्युजले दाबी गरेको छ । कुमसुसान गेस्ट प्यालेस सीको भ्रमणका बेला उत्तर कोरियाली टेलिभिजनहरूबाट दरबार परिसर र भित्रका दृश्यहरू सार्वजनिकसमेत भएको थियो । यो दरबार बन्नुअघि भने उत्तर कोरियाले विदेशी पाहुनालाई बाएख्वावोन गेस्ट प्यालेसमा राख्ने गर्थ्यो । उक्त प्यालेसमा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिहरू किम दाई जुङ, रोह मु ह्युन्, मून र जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीलाई समेत राखिएको थियो । त्यस्तै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सोही दरबारमा बसेका थिए । प्योङयाङमा पुटिन र उनको टिमको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडसमेत हुने बताइएको छ । प्लानेट ल्याबका अनुसार किम इल सुश्र स्क्वायेरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ ।
World
11,621
बालकुमारी घटना : पूर्वन्यायाधीश पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन
मन्त्रिपरिषद्को बैठकले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । 
https://ekantipur.com/news/2024/01/01/child-kumari-incident-formation-of-a-high-level-investigation-committee-under-the-leadership-of-former-judge-paudel-02-19.html
काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाँचबुझ आयोग ऐन, २०२६ मा गरेको व्यवस्थाअनुसार उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलाई सदस्य बनाइएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । गृह मन्त्रालयले यसअघि पनि अनुसन्धान तथा छानबिन गर्नका लागि समिति गठन गरेको थियो । उक्त घटनाको छानबिन गर्नका लागि न्यायिक समिति गठनको माग उठेको थियो । मृतकका परिवार र नेपाली कांग्रेसले उक्त घटनाको छनबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गरेका थिए ।संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः१. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न देहायबमोजिमको जाँचबुझ आयोग गठन गर्ने उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने । २. आयोगलाई देहायबमोजिम कार्यादेश तोक्ने–उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने,–उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने,–उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने,–आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १(एक) महिनाभित्र पेश गर्ने ।
News
6,749
यात्रा : लेनिन, इवेला र भोड्का
पूर्वी नेपालमा चिनिएका भाषाविद् छन् प्रा.टंक नेउपाने । उनी भन्छन् ‘मान्छेको जातै यायावर ।’ बूढाले ठीकै भनेजस्तो लाग्छ कहिलेकाहीँ । घुम्न मन नगर्ने मान्छे कमै भेटिन्छन् । मलाई पनि घुम्न असाध्यै मन पर्छ । त्यही रहरले कहिले कता पुर्‍याउँछ कहिले कता । यसपालि मौका मिल्यो किर्गिस्थान जाने ।
https://ekantipur.com/feature/2017/12/02/20171202085255.html
काठमाडौं — पूर्वी नेपालमा चिनिएका भाषाविद् छन् प्रा.टंक नेउपाने । उनी भन्छन् ‘मान्छेको जातै यायावर ।’ बूढाले ठीकै भनेजस्तो लाग्छ कहिलेकाहीँ । घुम्न मन नगर्ने मान्छे कमै भेटिन्छन् । मलाई पनि घुम्न असाध्यै मन पर्छ । त्यही रहरले कहिले कता पुर्‍याउँछ कहिले कता । यसपालि मौका मिल्यो किर्गिस्थान जाने ।कस्तो होला किर्गिस्थान ? मनमा अनेकौं ‘स्केचहरू’ बन्न थाले । सिमसिम पानी परिरहेको बेला घुम ओडेर खर्कमा भेडा चराउँदै गरेको च्याङ्बाको सपनाजस्तो ‘निश्छल’ छ कि । महिनौं लामो युद्धबाट फर्किएको लडाकु घोडाको जगरजस्तो ‘जब्बर’ पो छ कि । फुसफुस पर्दै गरेको तुसारो छलेर धुपीको फेदमा प्रेमालाप कुनै युवाजोडीको उद्वेलित मनजस्तो ‘चञ्चल’ पो छ कि । युरोपको चिसोमा कफीको चुस्की लिँदै किताब पढ्ने महत्त्वाकांक्षी पाठकको कल्पनाजस्तो ‘बेलगाम’ पो छ कि । हरेक दिन मधुशालामा प्रेम गीत गाउँदै नाच्ने कामुक नर्तकीको कम्मरजस्तो ‘लचिलो’ पो छ कि । अथवा ज्वालामुखी भर्खर निभेको भल्ग्यानोजस्तो ‘क्लान्त’ पो छ कि । मन न हो अनेकौं चित्र बने र मेटिए । अन्तत: सेप्टेम्बर ९ तारिख पनि आइपुग्यो । जुन दिन राति हामी पाँच जना नेपाली काठमाडौंबाट किर्गिस्थानका लागि उड्यौं । म पूर्व सोभियत भूमि जाँदै थिए । जहाँ शताब्दीअगाडि लेनिनको आह्वानमा डेढ दर्जन देश सोभियत संघमा आबद्ध भए । लाग्छ, त्यो कुनै उपन्यासको रोचक घटना हो । जसलाई स्कुलमा हाम्रा गुरुहरूले बान्की मिलाएर सुनाएका हुन् । सोभियत संघका अनेकौं कथा, कविता र गीत सुनेर हामी हुर्कियौं । सम्झिल्याउँदा मनको क्यानभासमा सोभियत क्रान्तिको मेरो आदर्श पावेल कर्चागिन आयो । मलाई लाग्यो वर्षौंअगाडि ऊ रूसका चिसा पहाडहरू छिचोल्दै किर्गिस्थान आयो होला । मस्कोमा सुक्खा दाउरा पुर्‍याउन उसले लामा–लामा रेलका पटरीहरू बिछ्यायो होला । उटपट्याङ मनोकामना जागृत भयो कि किर्गिस्थानको कुनै भट्टीमा भोड्का पिउँदै गरेको पावेललाई भेट्न पाए कस्तो हुन्थ्यो ? यस्तै कल्पनाहरूसँग रमाउँदै काठमाडौं छोडेको झन्डै ३० घण्टापछि हामी ‘मानस’ विमानस्थल आइपुग्यौं । त्यो ११ सेप्टेम्बरको दिन थियो र समय बिहान ४:३० बजे । विमानस्थलमा रिमरिम उज्यालो झर्दै थियो । मान्छेहरू निद्राबाट ब्युँझिएर आङ तन्काउँदै थिए । यात्रु आगमन कक्षमा भकुन्डोजस्तो टोपी लगाएका प्रहरीहरूको ओहोरदोहोर देखिन्थ्यो । हामीसँग त्यहाँको विदेश मन्त्रालयले लेखिदिएको ‘भिसा लेटर’ थियो । यद्यपि भिसा लिनुपर्ने औपचारिकता बाँकी थियो । त्यसैले हामी भिसा कक्षबाहिर लाइन लाग्यौं । झ्यालको अर्कोपट्टि थिई एक्ली युवती । काम धेरै थियो । डकुमेन्टहरू ध्यानपूर्वक हेर्नु, फोटोकपी गर्नु, फोटो र मान्छेको अनुहार भिडाउनु र पासपोर्टमा भिसा टाँस्नु । सबै काम पूरा गर्न कम्तीमा १० मिनेट लाग्थ्यो । ऊ ध्यानपूर्वक सबै काम गर्थी । कविता लेखेजस्तो । बिहान ७ बजेतिर हाम्रो काम सकियो । हामी राजधानी बिस्केकतिर लाग्यौं । राजधानी बिस्केकको ‘दमास’ इन्टरनेसनल होटल छरितो, सफा र सुन्दर थियो । यस्तो कि सहरको बीचमा उभिएको ११ तले होटल नै त्यहाँको सबैभन्दा अग्लो भवन हो । मध्यदिनमा पनि सहर शान्त थियो । फराकिला सडक, प्रशस्त खुला ठाउँ, पातला गाडी र सरल जीवनशैली । सहरको ‘ढप’ पत्याउनै नसकिने साधारण थियो । अचम्म के भने अधिकतम आवासीय घरहरू साना–साना । साना भनेको अचम्मै साना । जस्तापाताले छाएका एक वा दुईतले । मानौं कि हामी मिलाएर बनाइएको कुनै सुकुम्बासी बस्तीमा छौं । तर आँगन र झ्यालढोका भने सफा र उज्याला । यस्तो कि किर्गिस कथाकारले आफ्नो कथाका लागि रचना गरेको गाउँ हो त्यो । कस्तो उदेकलाग्दो कुरा, घर बनाउन पटक्कै सोख नभएका मान्छेहरू । बिस्केकको पहिलो दिन । घुम्नुबाहेक अरू काम थिएन । त्यसैले हामी पाँचै जना होटलबाट निस्कियौं । होटलको दाहिने मोहोडाबाट केही अगाडि मात्र बढेका थियौं ‘भिक्टोरी मोनुमेन्ट’ आइपुग्यो । नाजी जर्मनविरुद्ध युद्ध लड्न गएका आफ्ना पति र छोराहरूलाई पर्खिबसेकी आमामा समर्पित त्यो स्मारक किर्गिस स्वतन्त्रताको प्रतीक मानिन्छ । कलेजी रंगको सिंगमरमरको भुइँ, कलेजी रंगकै सिँढी र फलैंचा । फराकिलो पटांगिनी । मध्यभागमा निरन्तर बलिरहेको विशाल दीप । ठूला–ठूला स्तम्भहरू अर्धचन्द्राकारमा उठेर दुई बाँस उचाइमा मिलेका । यस्तो कि चारवटा हात मिलाएर कसैले छानो बनाएको होस् । ठीक आमाले आशीर्वाद दिएजस्तो । स्मारकवरिपरि भीडभाड पटक्कै थिएन । जो सबै शान्त थिए । मानौं कि उनीहरू हराएका आफ्ना प्रियजनको स्वर सुन्न उत्सुक छन् । अथवा कुनै देवदूतको आकाशवाणी हुँदै छ । स्मारकबाट केही अगाडि गहना, लत्ताकपडा र खाद्यान्नका पसलहरू भेटिए । एक दुई जनासँग कुरा गर्न खोज्यौं तर भाषाको समस्या । यस्तो कि मनमा अनगिन्ती प्रश्नहरू छन् तर बोल्न शब्दहरू छैनन् । उनीहरू अंग्रेजी नबोल्ने, हामी रसियन वा किर्गिस नबुझ्ने । खुला ठाउँमा बसेर कफीको मजा लिने सल्लाह गर्‍यौं । त्यही बेला तीरजस्ता आँखाले हामीलाई हेर्दै एउटी चञ्चले मैया आइपुगी । उसको अनुहार हाम्री लोकगायिका कोमल वलीको जस्तो । नाक अलिक थेप्चो, आँखा अलिक गोला तर ओठ र हँसाइ उस्तै । ऊ हाम्रो नयाँ चालढाल देखेर कुरा गर्न उत्सुक थिई । तर नेपालको नामै नसुनेकी । हैट कस्तो अचम्म । सुरुमा ऊ कुरा गर्न निकै जोस देखाउँदै थिई तर पाँच मिनेट नहँुदै गलिहाली । उसलाई कनीकुथी अंग्रेजी बोल्न अल्छी लाग्यो कि ? झ्याउ मान्दै ऊ बाटो लागि । ***बिस्केकमा एक दिनको कार्यक्रम सकेर हामी इसाकुलतिर लाग्यौं । बिस्केकबाट २५० किमि टाढा, तीन घण्टाको सडकयात्रामा पुगिन्छ इसाकुल । इसाकुल ट्रपिकल ल्यान्डमा बनेको संसारकै दोस्रो ठूलो प्राकृतिक ‘लेक’ । समुद्रजस्तो । लेकसँग जोडिएर बसेको छ सानो पर्यटकीय सहर । होटलको म्यानेजर भन्दै थियो ‘यो लेक चन्द्रमाबाट पनि देखिन्छ ।’ आकाशजस्तो कञ्चन, पवित्र र विशाल । जसको चौडाइ ६० किलोमिटर र लम्बाइ १८२ किलोमिटर छ । हामी राति १० बजे मात्र पुग्यौं त्यसैले बत्तीको चमकबाहेक केही देखिएन । तर बिहान जब झ्यालको पर्दा हट्यो तब पो देखियो शान्त लेक, पानीमा टल्किएको ताजा सूर्यको किरण र पानीहाँसको मेला । कस्तो भब्य रंग । नीरमा अबिर घोलेजस्तो । नजिकबाट हेर्दा लेकको सुन्दरता अझ विश्मयकारी देखिन्थ्यो । पश्चिम दक्षिणमा आकाश छुन उठेका खैरा र मुडुला पहाड । मंसिरमा खमारमा धान थुपारेजस्ता । हिउँबिनाका शिखर । बेला–बेला मोटरबोटले शान्ति बिथोल्छ । अन्यथा चकमन्न सबै कुरा । मनमोहक सबै कुरा । तालको छेउमा उभिएर छालहरू गनिरहँदा लाग्छ हामी प्रशान्त महासागरको कुनै कुनामा छौं । यसरी म लेकको सम्मोहनमा फसें । पानीमा खुट्टा चोपलेर घण्टांै बसिरहन मन लाग्ने । छालहरूसँगै बग्न, नाच्न र गाउन मन लाग्ने । मन्त्रमुग्ध सबै कुरा । मान्छेको कमलो मनलाई हल्लाउन अरू के चाहियो र ? त्यहाँ सबै शान्त । सबै प्रेमील । मन त्यसै त्यसै बहकिने । इसाकुलको अन्तिम साँझ मलाई लाग्यो जलपरि बनौं र अमर प्रेमका लागि कसैलाई त्यहीँ किनारमा जन्मजन्म पर्खिरहूँ । तेस्रो दिन डिनरपछि व्यवस्थापकले सुस्तरी सुनायो, ‘भोलि तिम्रा लागि सप्र्राइज ट्रिप हुन्छ ,’ नभन्दै हाम्रो ‘ट्रिप’ रहेछ माथि–माथि सैलुंगेतिर । मन चञ्चल भयो । कस्तो होला त्यो पहाड ? कस्तो होला त्यो माटो ? चौथो दिन बिहानै बस गुड्यो । इसाकुलबाट डेढ घण्टा हिँडेपछि गन्तव्य आइपुग्यो । वरिपरि अर्कै संसार थियो । जहाँ रूखहरू थिएनन् । जहाँ फूलहरू थिएनन् । जहाँ हिउँ थिएन । जहाँ डाँफे, मुनाल र लालीगुराँस थिएन । जहाँ हामीले सुन्दर भनेका विम्बहरू थिएनन् । त्यहाँ सयौं घोडाका लस्करहरू थिए । त्यहाँ पठारमा रमाइरहेका साना–साना बछेटाहरू थिए । फुप्प पुच्छर भएका गाईहरू थिए । त्यहाँ बथानका बथान भेडाहरू चरिरहेका थिए । यस्तो कि त्यो भेडाहरूको देश हो र हामीलाई भेडाको राजाले निमन्त्रणा दिएको होस् । गाडीबाट उत्रिनासाथ एक जनाले चर्को स्वरमा भन्यो, ‘तपाईंहरूलाई पास्चरल्यान्डमा स्वागत छ । मनलाग्दो घोडा चढ । अघाउँजी भेडाको मासु खाऊ । घोडीको पातलो दूध पिऊ । लेकाली पानीमा नुहाऊ । यो सब तिम्रै लागि हो । तर विशेषत: आज रेन्जर डे हो । रेन्जरहरू भोड्काका सोखिन हुन्छन् । त्यसैले आज तिमीले पनि सबैभन्दा धेरै भोड्का पिएर हामीलाई खुसी पार्नुपर्छ । चेयर्स ।’ कसैले भोड्काको बोतल खोलि पो हाल्यो । यसरी सुरु भयो रसरंग । पाँच जना सानासाना फुच्चे केटाहरूले एक हूल घोडाहरू ल्याए । मैले एउटा बलियो, अग्लो र चिल्लो घोडा छानें र लागे उकालोतिर । मेरो घोडा चाल मिलाएर हिँड्थ्यो । लमकलमक । ऊ मेरो ख्याल राखेर हिँड्दै थियो । जस्तो कि म उसको पुरानो मालिक हुँ । माथि डिलमा पुगेर चारैतिर आँखा डुलाउँदा मलाई आफैंमाथि गर्वबोध भयो । लाग्यो, ‘म यो खर्कको राजा हुँ । मसँग सबैथोक छ । मसँग यो सुन्दर संसार छ जहाँ म मनखुसी आफ्ना सपनाहरूको गीत गाउन सक्छु ।’ कस्तो घमण्डको अनुभूति । केही तल हाम्रो टोली हल्ला गर्दै थियो । सबैका हातहातमा भोड्का थियो । सानो थुम्को, थोरै गल्छी र दम्स्याइलो पाखो छिचोलेर उनीहरू नजिक पुग्दा एक युगल जोडी गाउँदै थियो । साथीहरू नाच्दै थिए । भोड्काले आफ्नो पाइन देखाउन थालेको थियो । हामीले ‘रेसम फिरिरि’ गीत गायौं । एउटी मैयाले हाम्रो लयमा लय मिलाई । एकै छिनमा रेसम फिरिरि त समूहगान पो बन्यो । मसँग थिए डा. भरत क्षेष्ठ । उनी भन्दै थिए, ‘यो पो हो त रमाइलो ।’***खर्कबाट होटल आइपुग्दा साँझ पर्दै थियो । एउटी मैया मलाई नै पर्खी बसेकी । उसको नाम थियो इवेला । खासमा म केही मान्छेहरू भेट्न चाहन्थे । म चाहन्थें कुनै प्रौढलाई भेट्न जसले हिजो लेनिनका सपनाहरूसँग आफूलाई एकाकार गरेको होस् । म केही युवाहरू भेट्न चाहन्थें जोसँग भन्नलाई आजका सपनाहरू हुन् । म यस्ता मान्छेहरूसँग आँखामा आँखा जुधाउन चाहन्थें जसले सोभियत मृगतृष्णाको कुरा गरोस् । जसले आजको उदार समाज व्यवस्था र किर्गिस लोकतन्त्रबारे बताओस् । तर त्यो सबैको बदलामा आइपुगी इवेला । ऊ स्थानीय केटी । मसँग कुरा गर्न होटलको म्यानेजरले बोलाइदिएको । परिचयपछि मैले भनें, ‘म किर्गिस्थानको विगत र वर्तमानलाई सुन्न चाहन्छु । म यस्तो सत्यको अनुभव गर्न चाहन्छु जसले संसारका सुख र दु:खका दिनहरूको हिसाबकिताब गर्न सिकाओस् ।’ उसले भनी, ‘मसँग साधारण कुरा गर । धेरै गम्भीर कुरा गर्न मलाई आउँदैन ।’ इवेला अंग्रेजी सिक्नकै लागि केही समय जर्मनी बसेर फर्किएकी । बिस्केकको टर्किस युनिभर्सिटीमा टुरिजममाथि मास्टर्स गर्दै गरेकी । ऊ आकर्षक थिई । मेरा व्यक्तिगत जिज्ञासाहरू सुनेर लजाउँदै उसले भनी, ‘तिमी मसँग राजनीतिको कुरा गर्न चाहन्थ्यौ ।’ तर ऊ पनि व्यक्तिगत कुरा गर्न सिपालु । ऊ मेरा जिज्ञासाहरूको शान्त स्वरमा जवाफ दिन्थी । आधा घण्टा गफिएपछि मैले भनें, ‘हिँड कफी खान ,’ कफी पिउँदै उसले आफ्ना बाजेले सुनाएका क्रान्तिका कथाहरू भनी । उसले भनी, ‘बाजेहरू हिजो खुसी थिए, हामीलाई आज मजा छ । हिजो सबै कुरा सामूहिक थियो । त्यसैले कसैलाई हतार थिएन । तर आज समय यति तीव्र छ कि आरामले भोड्का पिउन पनि पाइँदैन ।’ इवेलाको एउटा दाँतमा सुनको जलप थियो । ऊ हाँस्दा सूर्य झुल्किएजस्तो लाग्थ्यो । म मन्त्रमुग्ध बनें ।उसले सुनाई अक्टोबर १५ मा त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ । उम्मेदवार छन् ४५ जना । तर उसले भोट हाल्ने छनोटमा थिए दुई जना । किन दुई जना ? उसले भनी, ‘उनीहरू युवा छन् । सुन्दर छन् । सम्पन्न छन् । त्यसैले ।’ मैले सोधें, ‘राजनीतिक विचार नि ।’ विचार ? अचम्म मान्दै उसले भनी, ‘उनीहरूले विकासको कुरा गरेका छन् ।’ दर्शन ? उसले भनी, ‘सायद उनीहरूका लागि विकास नै दर्शन हो ।’ त्यसो भए के किर्गिस्थानमा माक्र्सवादी, लेनिनवादीहरू छैनन् ? उसले कूटनीतिक जवाफ दिई, ‘त्यो म ठ्याक्कै भन्न सक्दिनँ । तर मैले त्यस्ता मान्छे देखेको छैन ।’ कस्तो अनौठो कुरा । लेनिनकै पूर्वसोभियत भूमिमा लेनिन कतै छैनन् । किर्गिस्थानमा मनग्गे भोड्का छ, भेडा छन् तर लेनिन छैनन् । गोठ छ तर गोठमा वर्गसंघर्ष हैन प्रेमका कथाहरू पढिन्छ । के किर्गिस्थान फेरिएकै हो त ? उसले अत्यन्तै सरल उत्तर दिई, ‘हो नि फेरिनै त पर्छ ।’ किर्गिस्थान फेरिँदै छ । जस्तो हाम्रो कार्यक्रम आयोजक थियो किर्गिज संस्था ‘काफ्लु’ । काफ्लुका प्रमुख थिए पूर्व वन विभागका निर्देशक र वनमन्त्री । ७३ वर्षका उनी फरासिला थिए । उनले गत वर्ष कक्षा ८ मा १ वर्ष पढेछन् । किन ? उनी भन्छन्— अंग्रेजी सिक्न । विदेशीसँग कुरा गर्न । विश्वसँग सम्बन्ध बनाउन । यस्तो बदलाव छ त्यहाँ । इवेलाले सुनाई, ‘हिजो युवाहरू असल कमरेड बन्ने सपना देख्थे । सन् १९९० पछि सपना फेरियो र युवाहरू असीमित स्वतन्त्रताको उपयोग गर्न थाले । तर आज उनीहरू व्यावहारिक बन्दै छन् । आजका युवाहरू सानो घर, सुन्दर जीवनसाथी, स्वस्थ बालबच्चा र शान्त जीवनको सपना देख्छन् । मान्छेहरू हिजो समाजको विषयमा सोच्थे । जब ९० पछि समाजको बोझ हट्यो मान्छे आकाशमा उड्न थाल्यो । आकाशमा उड्नेहरूको सपना के हुन्छ भन्नु पर्दैन ।’अन्तिम दिन हाम्रो दोभाषे बिन्दास थिई । हामीले ‘वालनट’ र ‘आल्मोन्ड’ किन्न खोज्यौं । जिस्क्याउँदै उसले भनी, ‘ओखरजस्तै छन् किर्गिस मैयाहरू । बाहिर कठोर तर भित्र विछट्टका रसिला । तिमी लान्छौ भने भनिदिन्छु ।’ उसले थोरै भोट्का पिएकी थिई । त्यसैले अनुहारमा तीव्र मादकता थियो । त्यही मादकता भरिएका आँखा झिम्क्याउँदै उसले विमानस्थलमा हामीसँग बिदाइका हातहरू हल्लाई । अन्तिममा एउटा सत्य बताउँछु । त्यो के भने हाम्री दोभाषेभन्दा इवेला धेरै राम्री । ढ्याक्कै अग्निदीक्षाकी तोन्याजस्ती । मैले नेपाल फर्किएर इवेलालाई इमेल लेखें । लेखे ‘इवेला आज राति सपनामा मैले तिमीलाई देखें । तिमी परीको भेषमा आकाशतिर उड्दै थियौ र म तिमीलाई छुन शिखरतिर चढ्दै थिएँ ।’ खासमा मैले कुनै सपना देखेको होइन । यो त इवेलालाई ‘इम्प्रेस’ गर्ने मेरो तरिका मात्र हो । मलाई लाग्छ एउटी सुन्दर युवतीका लागि थोरबहुत ढाँट्नु कुनै पाप होइन । हेरौं जवाफमा इवेलाले के भन्छे ? म उसको इमेल पर्खिरहेको छु । आशा छ कि उसको इमेलले मेरो किर्गिस्थान यात्रालाई अम्मर बनाउनेछ । dahal.keshab@gmail.com
Feature
1,568
यी हुन् सरकारी स्कुल सुधार्न खटिएका 'भोलेन्टियर टिचर्स'
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भए । तीमध्ये ४ लाख ६४ हजार ७ सय ४३ मात्रै भर्खरै सम्पन्न एसईई (स्कुल एजुकेसन एक्जाम) मा सहभागी भए । ६५ प्रतिशत विद्यार्थी कक्षा १० नपुग्दै कता लागे त ? राज्यका लागि ठूलो च्यालेन्ज रहेको यो प्रश्नमाथि धेरै बहस हुन्छ ।
https://ekantipur.com/feature/2017/04/21/20170421084652.html
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भए । तीमध्ये ४ लाख ६४ हजार ७ सय ४३ मात्रै भर्खरै सम्पन्न एसईई (स्कुल एजुकेसन एक्जाम) मा सहभागी भए । ६५ प्रतिशत विद्यार्थी कक्षा १० नपुग्दै कता लागे त ? राज्यका लागि ठूलो च्यालेन्ज रहेको यो प्रश्नमाथि धेरै बहस हुन्छ । तर केही सय युवाचाहिँ यो समस्यालाई आफ्नै कर्मको माध्यमबाट चिर्न गाउँ–गाउँमा गएर पढाउँदै छन्, स्वयम्सेवी शिक्षकका रुपमा । टिच फर नेपाल (टीएफएन) नामक संस्थाले २०७० देखि ललितपुर, सिन्धुपाल्चोक र धनुषा जिल्लाका ४० वटा सरकारी स्कुलमा युवालाई खटाउँदै आएको हो । टीएफएनका प्रबन्ध निर्देशक शिशिर खनालका अनुसार यो अभियानमा दुई सय युवा सहभागी छन् । सामान्य निर्वाह खर्च लिएर गाउँका नानीहरुको भविष्य कोर्न हिँडेकाहरुमध्ये केही प्रतिनिधि पात्र आफ्नो अनुभव निकै उत्साहसाथ पोख्छन् : किशोर सुवेदीकास्कीबाट मैले फर्मासुटिकल साइन्समा ब्याचलर्स गरेको छु । एमबीए पनि सकें । पहिलेदेखि दुर्गम क्षेत्रमा गएर समाजसेवा गर्ने लक्ष्य थियो । हामीजस्ता युवा आफ्नो कम्फोर्ट जोनभन्दा बाहिर आएर काम गर्नुपर्छ भन्ने लागेको थियो । टीएफएनले जुरायो । म ललितपुरको दक्षिणी सिम्ले भन्ने गाउँमा रहेको चण्डेश्वरी माविमा पढाउन जाँदै छु । म विज्ञान विषय पढाउँछु । दुई वर्ष त्यहीं रहनेछु । त्यो नितान्त तामाङ बहुल बस्ती हो । त्यो समुदायमा जन्मेर केही गर्न सक्छौं भन्ने भावनाको विकास गराउने, कक्षा कोठामा राम्रोसित पढाउने र समुदायले भोगेका समस्यामा विवेकले सकेजति समाधान निम्ति सहयोग गर्ने मेरो प्रयास हो । अमिता शर्मामेरो घर विराटनगर हो । मैले नेपाल ल क्याम्पसबाट बीएएलएलबी ग्राजुयट गरेको छु । धनुषाको मिथिलेश्वरको स्कुलमा अंग्रेजी विषय पढाउन जाँदै छु । सोसल इन्जस्टिसबारे काम गर्ने लक्ष्यले ल पढेको थिएँ । ग्रासरुटको एजुकेसन महत्त्वपूर्ण हो । कताबाट त्यहाँ पुग्ने भन्ने मात्रै थियो । म कमनवेल्थ युथ नेटवर्कमा पनि छु । वर्कसपमा सहभागी भइयो । मैले रिफुजी स्कुलका बच्चालाई पढाउने मौका पाएको थिएँ । त्यतिखेर कक्षा ८ को विद्यार्थीले एउटा वाक्य लेख्न नआउँदा समस्याबारे महसुस गरें । शिक्षा क्षेत्रमा मैले कन्ट्रिब्युट गर्नुपर्छ भन्ने लाग्यो ।स्नेहा वज्राचार्यमैले सोसल वर्क र आरडीमा ब्याचलर्स गरेको छु । अहिले दुई महिला र एक पुरुष कलिगसँगै श्री मावि मिथिलेश्वर धनुषामा अंग्रेजी पढाउन जाँदैछौं । काठमाडौंमै जन्मे, हुर्केकोले बाहिरका जिल्लाबारे खासै थाहा छैन । मधेस भनेपछि कहिल्यै नगएको ठाउँ हो । आफूलाई अलि च्यालेन्ज गरौं भनेर नै जान लागेको हो । दुई वर्षको कमिटमेन्ट छ । आफूमा र कम्युनिटीमा सोसल चेन्जेज ल्याउन कति सक्छु भनेर जान लागेको छु । टिचिङ भनेको कोर्स पढाउनेभन्दा पनि एक जना विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्न सिकाउने हो । म प्रतिबद्ध छु । मन्दिरा रिजालम काठमाडौंमा जन्मे, हुर्कें । मैले यूएसबाट ब्याचलर्स एकाउन्टिङ सकाएर फर्कें । मलाई धेरैले किन नेपाल फर्केको भनेर सोध्नुहुन्छ । तर, मलाई आफ्नै देशमा फर्किनु पनि अवसर खोजिरहनुपर्छ र भन्ने लाग्छ । सबैले यूएस राम्रो भन्छन् । हो, राम्रो छ । तर हाम्रै देशमा धेरै पोसिबिलिटिज छन् । यो किन नदेखेको अचम्म लाग्छ । म गत वर्षदेखि सिन्धुपाल्चोकको कालिका उच्च माविमा अंग्रेजी पढाइरहेकी छु । पहिला जाँदा सामान्य टिचर त हो भन्थे । म र मेरो साथी ज्योतिजीले केही परिवर्तन ल्याएका छौं । हामीले पढाउनुको अतिरिक्त फोहरसम्बन्धी प्रोजेक्ट गर्दैछौं । विद्यार्थीका साथ फोहरजन्य सामग्री बटुलेर रियुज गरेका छौं । भर्खरै सम्पन्न एउटा मेलामा ती सामग्री बेचेर पाँच हजार पाँच सय रुपैयाँ संकलन गर्‍यौं । म सोसल इन्टरप्रेनरका रूपमा चिनिन चाहन्छु । विशाल न्यौपानेमेरो घर नेपालगन्ज हो । म मेकानिकल इन्जिनियर हुँ । सिन्धुपाल्चोकको मानेखर्कमा एक वर्षदेखि म्याथमेटिक्स पढाइरहेको छु । सानैदेखि देशको विकाससँग रिलेटेड काम गर्छु भन्ने थियो । इन्जिनियरिङ गरेपछि केही चेन्ज हुनुपर्छ भन्ने लाग्यो । यसो हेर्दा एउटा स्कुलमा गएर पढाइरहेको छु । अझै ध्यान दिएर हेर्ने हो भनेचाहिँ म पूरै मानेखर्क नै बनाइरहेको छु जस्तो लाग्छ । मेरा विद्यार्थी तामाङ र ह्योल्मो समुदायका छन् । एउटा क्लास रुममा एक जना बच्चा असल विद्यार्थी बन्न सक्नु देशले एक असल नागरिक पाउनु हो । सुरुदेखि यसरी लाग्न सक्यौं भने देशप्रति प्रेम, फरक–फरक जातजाति, भाषा, वेशभूषा भए पनि आदरसम्मान गर्न सक्छ । एकता भावनाको विकास हुन सक्छ ।रोशन ढुंगेलमेरो घर सर्लाही लालबन्दी हो । आईएस्सीपछि त्रिचन्द्रबाट म्याथमेटिक्समा ब्याचलर गरें । ललितपुरको चौघरेमा पढाउँदै छु । त्यो ९८ प्रतिशत तामाङ बस्ती हो । त्यहाँ दुई वर्ष पूरा गरें । मैले एक वर्ष थप्ने निर्णय गरें । पहिलो वर्ष भूकम्पको अवरोध । दोस्रो वर्ष शिक्षकको अभाव । हामीले डेलिभरी गर्नुपर्ने नलेज बाँकी छ । समुदायको अनुरोधमा दोहोरिँदै छु । टिचिङ, स्टुडेन्ट लिडरसिप र सोसाइटीमा सहयोग मुख्य हो । भर्खरै श्रमदान गरेका थियौं । त्यसबाट समुदायले आर्थिक लाभ गर्‍यो । 
Feature
1,726
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन
गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलान्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरू फार्मभित्रै मर्न थाले ।
https://gorkhapatraonline.com/news/47111
काठमाडौं, मङ्सिर २० गते । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलान्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरू फार्मभित्रै मर्न थाले ।दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नति हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन । अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्‍यो । माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे । यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो ।“जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो”, सुनिलले भन्नुभयो, “अफ्रिकन स्वाइन फ्लु सङ्क्रमणको जोखिम अझै पनि छ ।” बङ्गुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तान दम्पतीले भने हरेस खाएको छैन ।मलेसियामा छ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किनुभयो । त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो । उहाँले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाल्नुभयो । काभ्रेपलान्चोक खानिखोला-६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गर्नुभयो र अर्को छ महिनामा इपिएसमार्फत् दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट हुनुभयो ।उहाँलाई दक्षिण कोरियामा बङ्गुर फार्ममा काम मिल्यो । पैसा राम्रो भए पनि दुःख असाध्यै थियो । स्याङ्तानले त्यसलाई दुःखका रूपमा नलिई सिक्ने अवसरका रूपमा लिनुभयो । कोरियामा काम गर्दा बङ्गुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पाउनेसम्मको कामको जिम्मेवारी उहाँकै काँधमा आइपर्‍यो ।त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको बिहे भएको थिएन । कोरिया जाँदा पहिलो वर्ष सुनिल बङ्गुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गर्नुभयो । त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गर्नुभयो । “बिहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बङ्गुर फार्ममा काम गर्न थाल्यौँ”, उहाँले भन्नुभयो, “दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बङ्गुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ ।”कोरियामा श्रमिकका रूपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उहाँहरू नेपाल फर्कने समय आयो । उहाँहरूले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बङ्गुरपालन गर्ने निर्णय लिनुभयो । “हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बङ्गुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ”, उहाँले भन्नुभयो, “दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो ।”उहाँहरू २०७६ फागुनमा नेपाल फर्कनुभयो तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बङ्गुरपालनको योजना केही समय पर धकेलियो । कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो । फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बङ्गुरपालन व्यवसाय सुरु भयो ।स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गर्नुभएको छ । यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु डेढ करोड लगानी भएको छ । फार्म निर्माणमा मात्रै रु ७५ लाख खर्च भएको छ । “सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो”, उहाँले भन्नुभयो, “फार्मबाट वार्षिक नौ सयभन्दा बढी बङ्गुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ ।”स्याङ्तानले बङ्गुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बङ्गुरको बच्चा ल्याउनुभयो । केही समयपछि त्यो सङ्ख्यालाई ५०    पुर्‍याउनुभयो । ल्याण्डरस जातिको बङ्गुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उहाँको भनाइ छ ।फार्ममा बङ्गुरलाई कृत्रिम गर्भधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ । फार्ममै बङ्गुरलाई कृत्रिम गर्भाधारण गराइन्छ । माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ । बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ । बङ्गुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ ।यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बङ्गुरदेखि वयस्क बङ्गुर मात्र होइन, बङ्गुरको वीर्य पनि बिक्री हुन्छ । बङ्गुर पालनमा धेरै माउका लागि धेरै भाले बङ्गुर पाल्न सम्भव हुँदैन । एउटै भालेको वीर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उहाँको भनाइ छ । “सामान्यतया: एउटा भाले बङ्गुरबाट निकालेको बढीमा एक सय एमएल वीर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,” उहाँले भन्नुभयो, “यसो गर्दा एउटा भालेको वीर्यले १८ वटासम्म पोथी बङ्गुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ ।” यस्तो वीर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ । यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उहाँको भनाइ छ ।पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृत्रिम गर्भधारणका लागि सेवा दिँदै आउनुभएको छ । कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बङ्गुर पाल्नुपर्ने झन्झट पनि हटेको छ ।फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ । बङ्गुरहरूले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ । फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ ।फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बङ्गुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन् । उहाँले औसतमा वार्षिक नौ सयभन्दा बढी बङ्गुर बिक्री गर्ने योजना बनाउनुभएको छ । हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बङ्गुर छन् । यी बङ्गुरका लागि उहाँको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ ।बङ्गुरपालनमा सामान्यतया: ४० प्रतिशत खुद नाफा हुनसक्ने उहाँको भनाइ छ । उहाँले बजारीकरणका लागि काठमाडौँमा डिलरमार्फत् बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाउनुभएको छ । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ ।    स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि नबिल बैङ्कबाट सहुलियत ब्याजदरमा रु २९ लाख कर्जाका लागि आवेदन दिनुभएको छ । उहाँका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उहाँले रु दुई करोड आम्दानी गरिसक्नुहुन्थ्यो र अहिले कर्जा लिनुपर्ने अवस्था हुन्थ्यो । अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन । यद्यपि स्याङ्तान दम्पती भने आगामी दिनमा बङ्गुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिनुहुन्छ ।
News
39,829
प्रशिक्षणमा लगानी गर्ने वर्ष
अनिकालमा बीउ जोगाउनु भनेझैं यस कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका बेला विश्व खेलक्षेत्रले कसरी आ–आफ्नो खेल बचाउने र सुरक्षित तबरले अगाडि बढाउने भन्नेबारे चिन्तन गरिरहेका छन् । कतिले भाबी कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । यसमा हामी पनि अछुतो रहनुहुँदैन ।
https://ekantipur.com/sports/2020/05/19/158985570583231669.html
काठमाडौँ — अनिकालमा बीउ जोगाउनु भनेझैं यस कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका बेला विश्व खेलक्षेत्रले कसरी आ–आफ्नो खेल बचाउने र सुरक्षित तबरले अगाडि बढाउने भन्नेबारे चिन्तन गरिरहेका छन् । कतिले भाबी कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । यसमा हामी पनि अछुतो रहनुहुँदैन ।कोरोना संक्रमणबाट खेल क्षेत्रमा लागेका युवापिँढीको प्रतिभा जोगाउनु सम्पूर्ण खेलकर्मीहरूको दायित्व रहन्छ भने राष्ट्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीहरूको स्तर जोगाउनु राष्ट्रको मुख्य दायित्व रहन्छ ।गत वर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालको खेल इतिहासमै गर्व गर्न लायक  रह्याे । नेपाली खेलाडीहरूले ५१ स्वर्ण, ६० रजत, ९६ कांस्यसहित २ सय ७ पदक जितेर राष्ट्रको पोल्टामा हालिदिए । यो पदकपछाडि खेलाडीको पसिनाका साथै प्रशिक्षण, प्रशिक्षक, व्यवस्थापनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो भने राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि प्रशिक्षण, पूर्वाधार र प्रतियोगितामा गरेको अर्बौं रुपैयाँको लगानीको सुखद प्रतिफल पनि  रह्याे ।कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अन्य क्षेत्रझैं विश्व खेलक्षेत्रका साथै नेपालको खेलक्षेत्र पनि अछुतो रहेन । वर्ष २०७७ सालको आगमनसँगै कोरोनाको त्रासदीले नेपाली खेलक्षेत्र पनि अस्तव्यस्त देखिन्छ । पत्रपत्रिका तथा सामाजिक सन्जालमा प्रशिक्षण गर्न नपाएर खेलाडीहरूको पीडा छताछुल्ल पोखिएको देख्न पाइन्छ । यी खेलाडीका पीडाहरू अत्यन्त स्वाभाविक पनि छन् । यिनले जीवनमा खेलकै लागि मात्र पसिना बगाए । यिनका प्रशिक्षकले यिनलाई खेलकै कखरा पढाए । यसै क्षेत्रको ग्रेडिङ गराए । यिनले यसैलाई इज्जत, प्रतिष्ठा र आयआर्जनको बाटो रोजे, आफ्नो प्राप्त क्षमता बचाउन र अझमाथि उठाउन यिनीहरू सधैं दत्तचित्त भएर चिन्तित रहनु स्वाभाविक हो । यिनका अभिभावक या आमाबुबा भने पनि अधिकारका लागि कराउने ठाउँ राष्ट्रिय खेलकुद परिषद्लाई नै देख्नु स्वाभाविक नै हो ।जुन प्रकारले कोरोनाको संक्रमण बढ्दै गएको अवस्था छ । सम्भवतः २०७७ साल कुनै पनि प्रतियोगिताहरू आयोजनाका दृष्टिले उपयुक्त नहुन सक्छ । तर हामीले खेलक्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेर प्राप्त गरेको आजको अवस्थाको नतिजाप्रति नजरअन्दाज गर्ने अवस्था छैन । खेल विज्ञानमा एउटा भनाइ छ ‘ईफ यू डोन्ट युज ईट य लुज ईट’ प्राप्त अवस्थालाई निरन्तरता दिन सकिएन भने आजसम्म गरेको लगानी गुम्नेछ ।विश्वस्तरीय खेलाडी र तिनले दिने नतिजा विज्ञानसम्मत् गरिएको दीर्घकालीन प्रशिक्षण योजनाकै नतिजा हो । आजसम्म हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेका नतिजा विश्लेषण नै गर्ने हो भने सबै औसत अवधिको तयारीमै प्राप्त गरेको (४ देखि ६ महिना) देखिन्छ ।दीर्घकालीन बन्द प्रशिक्षण सञ्चालन गर्दा चरणबद्ध रूपमा खेलाडीहरूको विभिन्न मोटर एबिलिटीको विकास तथा कार्यक्षमता, स्वास्थ्य अवस्था, मानसिक क्षमता आदिको सूक्ष्म तबरले नतिजा मूल्यांकन गर्न सकिने र खेलाडीको व्यक्तिगत आचरणमा समेत व्यापक परिवर्तन आउने कुरा विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ ।जापानमा यही जुलाई २४ बाट सुरु हुने भनिएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक कोभिड–१९ को कारण एक वर्षपछि जुलाई २३, २०२१ मा हुने भनिएको छ । यसपछि २०२१ र ०२२ मा हुने एसियन च्याम्पियनसिप र एसियाली खेलकुदलगायत विश्व च्याम्पियनसिपको तयारी पनि महत्त्वपूर्ण छ । यसैगरी घरेलु खेल गतिविधिमा पनि आगामी एक वर्षसम्म कुनै पनि प्रतियोगिता गर्ने वातावरण नदेखिएको अवस्थामा नेपाली खेलकुदले पनि दीर्घकालीन प्रशिक्षण योजना तर्जुमा गरेर वैज्ञानिक प्रशिक्षण प्रणालीको फाइदा लिँदै यस संक्रमणकाललाई अवसरका रूपमा प्रयोग गर्न सक्ने देखिन्छ ।खेलाडीलाई संक्रमणबाट सुरक्षित राख्न बन्द प्रशिक्षण उपयुक्त प्रशिक्षण विधि हुन सक्छ, हालको अवस्थामा १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मिलित गराई बन्द प्रशिक्षण सुरु गर्दा यसको दूरगामी प्रभाव अत्यन्तै सुखद हुने देखिन्छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको दूरगामी प्रभावका कारण बन्द अवस्थामा रहेका स्तरीय होटल वा रिसोर्टहरूमा सर्तसहित बन्द प्रशिक्षण सञ्चालन गर्दा होटल व्यवसायलाई पनि केही राहत पुग्ने देखिन्छ ।(लेखक अन्तर्राष्ट्रिय एसोसिएसन अफ एथलेटिक्स महासंघका प्रशिक्षक एवं लेक्चरर हुन्)
Sports
25,188
शनिबार पनि बैंकको सेवा सुचारु
राष्ट्रिय वाणिज्य बैङकले शनिबार बिदाको दिनमा पनि आफ्नो सेवा सुुचारु गरेको छ । आर्थिक वर्षको अन्तिम समय भएका कारण गाउँबाट सेवाग्राही भुक्तानी लिन आएकाले बिदाको दिन पनि सेवा सुचारु गरेको बैंकका कर्मचारीको भनाइ छ ।
https://gorkhapatraonline.com/news/19096
राजन रावतहुुम्ला, असार ३२ गते । राष्ट्रिय वाणिज्य बैङकले शनिबार बिदाको दिनमा पनि आफ्नो सेवा सुुचारु गरेको छ । आर्थिक वर्षको अन्तिम समय भएका कारण गाउँबाट सेवाग्राही भुक्तानी लिन आएकाले बिदाको दिन पनि सेवा सुचारु गरेको बैंकका कर्मचारीको भनाइ छ ।  चङ्खेली गाउँपालिका–४ को पाली गाउँकी बेलसरा बोहराले शनिबार बैङ्कले सेवा प्रदान गरेर सहज भएको बताउनुुभयो । चार दिन अगाडि योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आउनुुभएका उहाँको शुुक्रबार भुक्तानी लिने कार्य नभएको कारण शनिबार लिनुु भएको बताउनुभयो । शनिवार उहाँले उपभोक्ताको खाताबाट पैसा भुक्तानी लिएको बताउनुभयो । शनिबार बैङ्क सुचारु भएपछि कारण उहाँजस्तै दुुई सयभन्दा बढी सेवाग्राहीले भुुक्तानी लिन पाउनुुभएको छ । बैङ्क प्रबन्धक सबिता शाहीले टाढाका गाउँबाट सेवाग्राही तीन दिन पैदल हिडेर आएको कारण बिदाको दिनमा पनि बैङ्कमा कारोबार सुचारु गरिएको बताउनुुभयो । अघिल्लो वर्षमा बैंक आर्थिक वर्षको अन्तिम समयमा बिदाको दिनमा राजस्व जम्माका लागि बिदाको दिन बैङ्क सुुचारु गर्ने गरिन्थ्यो । यस पटक पनि बैंङ्कको केन्द्रीय निर्देशन आर्थिक वर्षको अन्तिम समयमा राजस्व जम्माका लागि बिदाको दिन पनि सुुचारु गर्नुपर्ने रहेको छ । हुुम्ला शाखाबाट यस वर्ष भने बैङ्कबाट हुने सबै कारोवार बिदाको दिनमा पनि सुुचारु गरिएको उहाँले बताउनुुभयो । बैङ्कको यो कार्यले सेवाग्राहीलाई सहज भएको स्थानीयको भनाइ छ । दिउँसोेसम्म दुुई करोडभन्दा बढीको कारोवार भएको बैंकका कर्मचारीले जानकारी दिनुभयो । गत असार २५ गते शनिबार र २६ गते सार्बजनिक बिदा भए पनि बैंक सञ्चालनमा थियो ।
News
62,433
१३ औं साग खेलकुद : लोगो र मस्कट मनास्लु पुर्‍याइने 
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ को नामले परिचित मनास्लु हिमालको चुचुरोमा पुर्‍याइने भएको छ ।
https://ekantipur.com/sports/2019/09/06/156773733230839450.html
काठमाडौँ — नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ को नामले परिचित मनास्लु हिमालको चुचुरोमा पुर्‍याइने भएको छ ।आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाइको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै ब्यानर बिहीबार हस्तान्तरण गरे ।मनास्लुको चुचुरोमा पुर्‍याएको ब्यानरलाई सागको उद्घाटन समारोहमा हस्तान्तरण गर्ने प्रकाशले बताए । सेप्टेम्बर तेस्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आइल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् ।
Sports
26,673
नेयमर काण्डको छायामा कोपा अमेरिका
ब्राजिल घरेलु भूमिमा हुने अर्को महत्त्वपूर्ण प्रतियोगितामा लोभलाग्दो खेल पस्कँदै स्टार फरवार्ड नेयमरको सहयोगमा १२ वर्षयता उपाधिको खडेरी तोड्नका लागि सकारात्मक अवस्थामा हुनुपर्ने थियो । तर, ‘सेलेकाओ’ को गोल्डेन ब्वाइले एङ्कलमा लागेको चोटको कारण प्रतियोगिता गुमाउने भएको छ भने उनकै खराब पक्षको कारण प्रतियोगिता नै छायामा परेको छ ।
https://ekantipur.com/sports/2019/06/14/156048364451139794.html
रियो दी जेनेरियो — ब्राजिल घरेलु भूमिमा हुने अर्को महत्त्वपूर्ण प्रतियोगितामा लोभलाग्दो खेल पस्कँदै स्टार फरवार्ड नेयमरको सहयोगमा १२ वर्षयता उपाधिको खडेरी तोड्नका लागि सकारात्मक अवस्थामा हुनुपर्ने थियो । तर, ‘सेलेकाओ’ को गोल्डेन ब्वाइले एङ्कलमा लागेको चोटको कारण प्रतियोगिता गुमाउने भएको छ भने उनकै खराब पक्षको कारण प्रतियोगिता नै छायामा परेको छ ।पेरिस सेन्ट जर्मेनबाट क्लब फुटबल खेल्ने नेयमरले सामाजिक सञ्जालमा चिनिएकी एक मोडललाई फ्रान्सको राजधानीस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ । यसले दक्षिण अमेरिकी फुटबल उत्सवको अवसरलाई गलत कारण वातावरण धुमिल्याएको छ । त्यो काण्ड त्यत्तिकै सेलाउने संकेत देखिएको छैन ।नेयमरले २ जुनमा ती युवती ट्रिन्डेडसँगको सम्पर्कलाई लिएर सात मिनेटको भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए । त्यसको तीन दिनपछि उनी कतारसँगको मैत्रीपूर्ण खेलमा लिगामेन्टमा चोट बोक्दै कोपा अमेरिकाबाट बाहिरिएको ब्राजिलियन फुटबल महासंघका अधिकारीले जानकारी गराए । तैपनि नेयमरको बलात्कार काण्डले ब्राजिली टिमको तयारीलाई एकाग्र हुन दिएन ।विश्वकपमा पाँच वर्षअघि जर्मनीविरुद्ध सेमिफाइनलमा ७–१ को पीडादायी हार बेहोरेको ब्राजिलले दुई वर्षभित्रै विश्व खेलकुदको कुम्भ ओलम्पिक आयोजना गरेको थियो । त्यसमा पनि ब्राजिलले गतिलो गर्न सकेन ।ब्राजिलले सन् २००७ यता कोपा अमेरिका जितेको छैन । त्यस बेला रियल म्याड्रिड र एसी मिलानका पूर्व फरवार्ड रोबिन्होप्रेरित ब्राजिलले लियोनल मेसीको टिम अर्जेन्टिनालाई फाइनलमा ३–० ले हराएको थियो । प्रशिक्षक टिटेले यसपालि नेयमरको अभाव हुने उल्लेख गर्दै भने, ‘विश्वका तीन उत्कृष्ट खेलाडीमध्ये एक नहुनु लज्जा हो । मेसी र रोनाल्डोपछि नेयमरको तुलना इडेन हाजार्डसँग मात्रै गर्न सकिन्छ । तर नेयमर छरिता छन् । त्यही खेलाडी हामीले गुमाउँदै छौं ।’तर टिम कडा मिहिनेतमा केन्द्रित रहेको टिटेले बताए । ब्राजिलले कोपा अमेरिकाको तयारीमा अन्तिम खेलमा दस खेलाडीमा सीमित होन्डुरसलाई ७–० ले हराएको थियो । त्यसमा नेयमरको अभाव तत्कालै देखिएन । उनको स्थान लिएका डेविड नेरेसले गोल पनि गरे । म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रियल जेसस र लिभरपुलका रोबर्टो फिर्मिनोले पनि गोल गरे भने एभर्टनका रिचार्लिसनले केही फाइनल पास दिए ।‘हामी राम्रो अवस्थामा छौं । आत्मविश्वासी छौं । किनभने दुवै मैत्रीपूर्ण खेलमा राम्रो गरेका छौं,’ जेससले भने । आयोजक टिमले साओ पाउलोमा शुक्रबार बोलिभियाविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । बोलिभियाले घरेलु मैदानमा सन् १९६३ मा उपाधि जितेको थियो ।नेयमर बाहिरिएसँगै प्रतियोगिताको सबभन्दा ठूलो स्टार मेसी भएका छन् । उमेरले ३१ वर्षमा रहेका उनी अर्जेन्टिनासँग अन्तर्राष्ट्रिय फुटबलमा ठूला उपाधि जित्ने योजनामा छन् । उनी कोपाको पछिल्ला दुई फाइनलमा चिली र विश्वकप २०१४ मा जर्मनीविरुद्ध उपाधि गुमाएको अर्जेन्टिनी टिमका सदस्य हुन् । उनको टिमले कोपा तयारीमा निकारागुवालाई ५–१ ले हराएको थियो ।
Sports
27,126
कोशीमा किचलो : एमाले–माओवादीले मुख्यमन्त्रीलाई हटाउन संकल्प प्रस्ताव दर्ता गर्ने 
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अड्डी कसिरहेका बेला एमाले र माओवादीको संसदीय दलले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीलाई पद मुक्त गर्न संकल्प प्रस्ताव दर्ता गर्ने जनाएको छ । 
https://ekantipur.com/news/2024/04/09/koshima-kichlo-uml-maoist-to-file-resolution-to-oust-chief-minister-35-20.html
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अड्डी कसिरहेका बेला एमाले र माओवादीको संसदीय दलले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीलाई पद मुक्त गर्न संकल्प प्रस्ताव दर्ता गर्ने जनाएको छ । संसद नियममावलीको नियम ७० को १ ‘ग’ वमोजिम संकल्प प्रस्तावको व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर अघि बढ्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बढीमा १५ दिनभित्र प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउनै पर्ने दाबी गरे । ‘सरकारले बोलाएको अधिवेशनमा सरकारको प्रस्ताव हुन्छ । हामीले बोलाएकोमा हाम्रो प्रस्ताव हुन्छ, त्यो संकल्प प्रस्ताव हो,' भण्डारीले थपे, ‘मुख्यमन्त्रीले देखाउने व्यवहारअनुसार संकल्प प्रस्ताव ल्याउँछौं ।’ उनले मत विभाजनबाट संकल्प प्रस्ताव पारित गरिने पनि जनाए । संसदीय प्रक्रियाका हिसावले कोशी प्रदेशमा केदार कार्कीको सरकार स्वतः अल्पमतमा परेका भन्दै भण्डारीले नैतिकताका आधारमा कार्कीले राजीनामा दिनुपर्ने परिस्थिति आउने दाबी गरे । ‘त्यसपछि पनि भएन भने १८८ उपधारा २ बमोजिम प्रदेश प्रमुखले नयाँ सरकार निर्माणको कार्य गर्नु हुने छ,' उनले थपे । संविधानको धारा १८८ को उपधारा २ बमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार आगामी वैशाख २५ भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्छ । संविधानको धारा १८७ को उपधारा ३ ले सम्पूर्ण सदस्य संख्या बहुमतले पारित हुन नसकेमा पदबाट मुक्त हुने कानुनी व्यवस्था रहेको भण्डारीले जनाएका छन् । ३० दिनभित्र विश्वासको मत नलिएमा स्वाभाविक रुपले प्रदेश प्रमुखले नयाँ सरकार गठनका निम्ति प्रक्रिया अघि बढाउनु पर्ने तर्क भण्डारीको छ । उनले भने, ‘१६८ को २ बमोजिम अघि बढाउन या उपधारा ५ बमोजिम दोहोर्‍याउन पनि सक्नुहुन्छ ।’ उनले प्रदेश प्रमुखले यदि एमालेलाई सुझाव मागेमा धारा १६८ को उपधारा २ अनुसार आह्वान गर्न सुझाव दिने बताए । ‘उहाँले सुझाव माग्दा हामीले दिने हो, प्रदेश प्रमुखलाई हामी दबाब दिँदैनौं ।’ आगामी वैशाख २५ भित्र संसद अधिवेशन बोलाएर विश्वास मत लिनु पर्ने बाध्यात्मक अवस्था देख्दा देख्दै अधिवेशनका लागि जेठ ११ सम्म पुग्न खोज्नु संविधानको मर्म, संसदीय प्रणालीको मूल्यमान्यता, अल्पमतमा परेपछि पदमा बस्नु हुँदैन भन्ने मान्यतालाई चुनौती दिने काम मुख्यमन्त्रीबाट हुनु गलत रहेको माओवादी नेता दुर्गा चापागाईंले बताए । एमाले–माओवादी संसदीय दलले मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै नयाँ कार्यक्रम स्वीकृत गर्ने, पुराना कार्यक्रम विस्थापित गर्ने, भोलिको सरकारको कामलाई प्रभावित पार्ने गरी नीतिगत निर्णय गर्ने, सरकारी काम कारबाही प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्ने जस्ता अवैधानिक कार्य नगर्न समेत अपिल गरेको छ । कर्मचारीहरुलाई पनि अवैधानिक कार्यमा संलग्न नहुन अपिल गरेको छ ।
News
4,292
जनैपूर्णिमाको हर्षोल्लास
नेपालीको महान् चाडमध्येको एक जनैपूर्णिमाको सुरुवातसँगै चाडबाडको लहर सुरु हुने विश्वास गरिन्छ। खेतीपाती सकेर बाली भित्र्याउन बसेको अवस्था अनि रोगव्याधी लाग्ने मौसमको प्रतिकूलता पनि सकिएपछि मनाइने चाड हो, जनैपूर्णिमा। यस दिन घरघरमा क्वाँटी खाई अन्य जस्तै नेवार समूहले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउने गरेका छन्। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाने चलन छ। पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ।
https://gorkhapatraonline.com/news/21804
काठमाडौँ, साउन २७ गते । नेपालीको महान् चाडमध्येको एक जनैपूर्णिमाको सुरुवातसँगै चाडबाडको लहर सुरु हुने विश्वास गरिन्छ। खेतीपाती सकेर बाली भित्र्याउन बसेको अवस्था अनि रोगव्याधी लाग्ने मौसमको प्रतिकूलता पनि सकिएपछि मनाइने चाड हो, जनैपूर्णिमा। यस दिन घरघरमा क्वाँटी खाई अन्य जस्तै नेवार समूहले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउने गरेका छन्। गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाने चलन छ। पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ। बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहने संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो। नेवार समुदायमा हरेक चाडपर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। “हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौँ,” धौभडेलले भन्नुभयो, “खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ।” गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण पनि यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँले बताउनुभयो। नेपाल भाषामा क्वाँ भनेको तातो हो भने टी भनेको झोल हो। ललितपुर, भक्तपुरका केही ठाउँमा क्वाँटी पुन्ही बिहीवार नै मनाइएको छ। काठमाडौँमा भने शुक्रबार मात्र क्वाँटी पुन्ही मनाउने भएको छ। खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ। उहाँले भन्नुभयो, “गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ।” नेवार समुदायले भने पञ्चतत्त्वसहितको डोरो बाँध्ने प्रचलन छ। यसले भूत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। जनैपूर्णिमाको दिन धान खेतमा पुगेर भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाउने चलन रहिआएको छ। सहरी क्षेत्रमा धान खेत कम भए पनि बारीमा भ्यागुतालाई क्वाँटी र रोटी खुवाउने चलन रहेको छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु-याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ। कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन्।वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा.डा.चुन्दा बज्राचार्यले बताउनुभयो। उहाँले यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिने बताउनुभयो। रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका कीरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उहाँको भनाइ छ। प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरेको थियो। एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले पनि जनैपूर्णिमाका दिन तिनले गरेको गुण सम्झेर भात खुवाई कृतज्ञता ज्ञापन गरेको किंवदन्ती छ। यसै अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला पनि लाग्ने गर्छ। नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि भक्तजनले स्नान गर्ने गरिन्छ। गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरूको विशेष मेला लाग्दछ। परम्परागत वेशभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको छ।    
News
33,868
मेस्सीको प्रेरणाले आर्जेन्टिना दोस्रो चरणमा
रुस विश्वकपमा नाइजेरियालाई २-१ गोल अन्तरले हराउँदै आर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
https://www.bbc.com/nepali/news-44624419
उक्त हारसँग 'सुपर इग्लस' पनि भनिने नाइजेरिया विश्वकपबाट बाहिरिएको छ। अन्तिम समयमा मार्कोस रोजोले गोल गर्दै नाटकीय रुपमा आर्जेन्टिनालाई जित दिलाए र शीर्ष १६ मा आफ्नो टोलीको स्थान सुनिश्चित गरे। म्यान्चेस्टर युनाइटेडका रक्षापङ्क्तिका खेलाडी रोजोले गाब्रिएल मर्सेडोले दिएको बल तलबाट कुनामा च्यापेर गोल गर्नुअघि आर्जेन्टिना विश्वकपबाट बाहिरिने सँघारमा थियो। अग्रता यसअघि लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रोजोको काँधमा उफ्रिएर मेस्सीले खुशी मनाइरहँदा मैदानको छेउमा बसेको आर्जेन्टिनाको पूरा 'बेञ्च' पनि हर्षित देखिएको थियो। दोस्रो हाफमा खराब खेल खेलेको आर्जेन्टिनाले यस्तो परिणाम हासिल नगर्ने हो कि भन्ने आशंकाहरू थिए। माश्चेरानोले गरेको गल्तीमा नाइजेरियाका लागि पेनाल्टीमार्फत भिक्टर मोसेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। खेल समाप्त भएको सिठ्ठी बज्दा आर्जेन्टिनाका खेलाडीहरूले मैदानमा नै एकअर्कालाई अंकमाल गर्दै समर्थकहरूलाई हात हल्लाएका थिए र टिम एकताबद्ध रहको सन्देश दिन खोजेका थिए। अब उनीहरूले शनिबार दोस्रो चरणको खेलमा समूह सीको विजेता फ्रान्ससँग खेल्नेछन्। आर्जेन्टिना रहेको समूह डीको शीर्ष टोली क्रोएसियाले भने डेनमार्कको सामना गर्नेछ। आइसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसियाले शीर्ष स्थान हासिल गरेको हो। फ्रान्स र डेनमार्कले मंगलवार गोलरहित बराबारी खेल्दै दोस्र चरणमा आफ्नो स्थान सुनिश्चित गरेका थिए। अवसर सन् २०२२ मा कतारमा हुने विश्वकपमा मेस्सी ३५ वर्षको पुग्ने भएकाले कतिपयले यसै विश्वकप उनको अन्तिम विश्वकप प्रतियोगिता हुने टिप्पणी गरिरहेका छन्। नाइजेरियाविरुद्धको जितले लाजमर्दो ढङ्गबाट विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिनबाट आर्जेन्टिना जोगिएको छ। क्रोएशियासँगको ३-० को पराजयअघि मैदानमा मलिन अनुहारमा देखिएका बार्सिलोनाका स्ट्राइकर मेस्सी नाइजेरियाविरुद्धको खेल शुरू हुनुअघि राष्ट्रगान बजिरहेका बेला मुस्कुराउन खोजिरहेका जस्ता देखिन्थे। पहिलो हाफमा उनले उत्कृष्ट खेल देखाएका थिए। पहिलो गोलले उनको कौशल र धैर्यता देखाएको थियो। उत्कृष्ट पासको सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए। आर्जेन्टिनी खेलाडी र टोलीका प्रशिक्षक सामपाउलीबीच मतभेद रहेका विवरणहरू बाहिर आएका छन्। दोस्रो हाफका लागि मैदानमा प्रवेश गर्नुअघि मेस्सीले टोलीका सदस्यहरूसँग सामूहिक कुराकानी गरिरहेको देखिएको थियो। पहिलो हाफमा नाइजेरियाविरुद्ध गरेको गोलसँगै मेस्सी तीनवटा विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने म्याराडोन र बाटिस्टुटापछि तेस्रो आर्जेन्टिनी खेलाडी बनेका छन्।
Others
65,100
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
https://gorkhapatraonline.com/news/62085
झापा, वैशाख ११ गते । शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्‍याउने बताउनुभयो । आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताउनुभयो । गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पुर्‍याउने उहाँको भनाइ छ । “यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दूधेलगायतका बजारमा पुग्नुपर्थ्यो”, उहाँले भन्नुभयो, “अब त्यो झन्झटबाट मुक्त हुनुका साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ ।”वडा नं. ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताउनुभयो । उहाँले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ दाताले प्रदान गरेको जानकारी दिनुभयो । रासस
News
56,918
राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
https://gorkhapatraonline.com/news/42684
काठमाडौँ, कात्तिक १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन ।राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाई दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।      उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।     
News
60,790