title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
कोरोनाभाइरस: विदेशीको आवागमन नियन्त्रण गर्ने नेपालको निर्णयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ जना विदेशी फिर्ता
कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।
https://www.bbc.com/nepali/news-51956995
सन् २०१९ मा दैनिक औसतमा ११ हजारभन्दा बढी यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेका थिए त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई 'अन अराइभल भिसा' अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यलयका प्रमुखले बीबीसीलाई बताए। शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई 'अन अराइभल भिसा' नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन्। विमानस्थलबाटै फिर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार मार्च १५ देखि कार्यान्वयन भएको नयाँ व्यवस्था पालना नगरेका ५३ जनालाई विमानस्थलबाट फिर्ता गरिएको छ। उनले स्वाब टेस्टको प्रमाणपत्र नल्याएकोमा विमानस्थलबाट फिर्ता गरिएका ४४ विदेशी नागरिक चीन, इटली, हङ्‌कङ, जापान, फ्रान्स, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका, मेक्सिको, इजरेल र भुटानका रहेको बताए। त्यसैगरी अन अराइभल भिसा नदिने निर्णय अनुसार द नेदरल्याण्ड्स, चीन, फ्रान्स, इजरेल, चेक गणतन्त्र र ब्रिटेनका नागरिकलाई फिर्ता गरिएको उनले उल्लेख गरे। आचार्य भन्छन्, "कतिपयलाई सम्बन्धित वायुसेवाले नै फर्काएको देखिन्छ। जुन फ्लाइटबाट आएको हो त्यसैमा हामी फर्काउन सक्छौँ। कतिपयले चाहिँ आफैँ टिकट काटेर गएका छन्। न्यून आगमन मार्च १५ यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत्‌ बुधवारसम्म तेस्रो देशबाट १७४ जना र भारतबाट ६०६ जना नेपाल आएका उनले बताए। बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमार्फत्‌ अन्तराष्ट्रिय विमानका चालक दलका सदस्यसहित जम्मा २२ जना मात्रै यात्रु नेपाल भित्रिएका थिए। भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुका हकमा भने स्वास्थ्य जाँचको प्रमाणपत्र हालसम्म हेर्ने व्यवस्था लागु नगरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख आचार्य बताउँछन्। यसअघि अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट सन् २०१९ मा दैनिक औसतमा ११ हजारभन्दा बढी यात्रुहरूको आवतजावत हुने बताएका थिए। त्यसमध्ये दैनिक ६ हजारभन्दा बढी नेपालबाट बाहिरिने र ५ हजार १ सयभन्दा बढी नेपाल भित्रिने गरेको जनाइएको थियो। स्वयं क्वारान्टीनबारे प्रश्न गत शुक्रवार जारी गरिएको सूचनामा अध्यागमन विभागले मार्च १४ तारिखबाट नेपाल भित्रिने विदेशीहरूले दुई सातासम्म स्वयं क्वारान्टीनमा बस्नुपर्ने भनेको थियो। तर त्यसको कार्यान्वयन र अनुगमनको ताजा अवस्थालाई लिएर प्रश्नहरू उठिरहेका छन्। अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी भन्छन्, "नेपाल आउनेहरूको सङ्ख्या दैनिक २० जना/३० जनामा घटेको छ, स्वास्थ्य प्रमाणपत्र नभएसम्म वायुसेवाले नै विमान चढ्न दिइरहेका छैनन्।" "स्वयं क्वारान्टीनको विषयमा पनि हामीले एउटा सम्झौता गरेर पठाउने गरेका छौँ जसमा विदेशीहरूले म बस्छु भनेर प्रतिबद्धता जनाएका छन्। त्यो एउटा विश्वास हो। यदि कसैले नगरेको भए के भएको छ भन्नेबारे म आश्वस्त पार्न सक्दिनँ।" सरकारले शुक्रवार मध्यरातिबाट लागु हुने गरी १५ एप्रिलसम्म युरोपका सबै मुलुक, पश्चिम एशिया लगायत खाडी देशहरू इरान, टर्की, मलेशिया तथा दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुको नेपाल आगमनमा प्रतिबन्ध लगाउने निर्णय बुधवार गरेको थियो।
Others
64,918
खड्काले स्पेन ओपन तेक्वान्दो खेलाउने
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधबार स्पेनको एलिकान्टे जाने भएका छन् ।
https://ekantipur.com/sports/2024/01/29/khadka-will-play-spain-open-taekwondo-55-45.html
काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधबार स्पेनको एलिकान्टे जाने भएका छन् ।विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले सोमबार बिदाइ गरे ।पुम्से र ग्यारोगी दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री खड्काले तेक्वान्दोको वर्ल्ड र्‍याकिङका जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, बुल्गेरिया ओपन, प्रेसिडेन्ट कपलगायत दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइसकेका छन् ।सन् २०१४ मा विश्व तेक्वान्दो महासंघबाट थर्ड क्लास अन्तर्राष्ट्रिय पुम्से कोर्स र २०१६ मा कुकिवानबट सर्टिफाइड मास्टर्स इन्स्ट्रक्टर कोर्समा उत्तीर्ण भएपछि खड्काले वर्ल्ड र्‍याकिङका प्रतियोगिताहरू खेलाउने मौका पाएका हुन् ।रेफ्रीको भूमिकामा उनी १३ औं दक्षिण एसियाली खेलकुद, इस्ट एसियन युथ गेम्स, डब्लूटी क्याडेट तथा जुनियर च्याम्पियनसिप, टोकियो पारा ओलम्पिक र रियो ओलम्पिक गेम्सको छनोटमा पर्न सफल भएका थिए ।
Sports
15,062
संक्रमित क्रिकेटरको अनुभव : ‘घरेलु उपचारले कोरोना बोल्ड’
सन् २००२ को डिसेम्बर ७ । नेपाल र सिंगापुरले दुबई क्रिकेट काउन्सिल मैदान–२ मा एसीसी यू–१५ एसिया कपमा प्रतिस्पर्धा गरिरहेका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडीहरू पारस खड्का, शरद भेषावकरको मात्र नभई त्यो पवन दासको पनि पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
https://ekantipur.com/sports/2020/08/30/159876004173965504.html
राजविराज — सन् २००२ को डिसेम्बर ७ । नेपाल र सिंगापुरले दुबई क्रिकेट काउन्सिल मैदान–२ मा एसीसी यू–१५ एसिया कपमा प्रतिस्पर्धा गरिरहेका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडीहरू पारस खड्का, शरद भेषावकरको मात्र नभई त्यो पवन दासको पनि पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।पारस आफ्नो पहिलो खेलमै अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याचमा चुनिएका थिए । उनले ३ विकेट लिनुका साथै अविजित १९ रन बनाएका थिए । शरदले २३ रन जोडेका थिए । ओपनर पवनले त्यही खेलमा अविजित ३० रन जोडेर विजयी इनिङ्स खेल्दै त्यसलाई स्मरणीय बनाएका थिए । पारस र शरदको खेलाडी जीवन यात्रा अझै निरन्तर छ । पवनले त्यसको अर्को वर्ष पारस र शरदसँगै भारतमा यू–१७ एसिया कपमा पनि खेले । त्यसपछि एकैपटक सन् २००८ मा भारतमै सीसीएफसी ट्वान्टी–२० कपमा नेपाली राष्ट्रिय टोलीबाट खेलेपछि खासै मैदानमा देखिएनन् ।यिनै राजविराज–५ का क्रिकेटर पवन दास बिहीबार साँझ कोरोना भाइरसको संक्रमणलाई परास्त गर्न सफल भएका छन् । साउन २४ गते कोरोना संक्रमण पुष्टि भएका पवनको घरमा श्रीमतीबाहेक सबै सदस्यलाई संक्रमण भएको थियो । सुरुआतमा त्रसित भए पनि घरेलु उपचारबाटै कोरोनालाई ‘क्लिन बोल्ड’ गर्न सफल भएको उनको अनुभव छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छोटो र मीठो छाप छोडेका पवनले आफ्नो जीवनमा आएको कोरोनाको इनिङ्स पनि सहजै पराजित गर्न भ्याए ।साउन १४ गते समृद्धि परियोजनाको बैठकमा भाग लिन महोत्तरीको बर्दिवास पुगेका त्यसको भोलिपल्ट घर फर्केका थिए । उक्त बैठकमै सहभागी रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको खबर आयो । उनलाई पनि टाउको दुख्ने र ज्वरो आउन थालेपछि आमाबुबासहित साउन २३ गते पीसीआर परीक्षणका लागि स्वाब दिए । साउन २४ को साँझ आमाबुबासहित पवनमा पनि कोरोना संक्रमणको खबर आयो । खबर आएपछि केहीबेर त्रसित भएको उनी सुनाउँछन् । ‘मलाई र बुबाआमालाई पनि हल्का ज्वरो थियो । संक्रमण पुष्टि भएको खबरले त्रसित भयौं,’ पवनले कान्तिपुरसँग भने । त्यसपछि पवनले श्रीमती, ६ वर्षीया छोरी र डेढ वर्षीय छोराको स्वाब दिन लगाए ।श्रीमतीको रिपोर्ट नेगेटिभ आए पनि छोराछोरी दुवैमा संक्रमण पुष्टि भयो । ‘त्यसपछि हामी एक दुई दिन त झनै अतालियौं,’ पवनले त्यो क्षणबारे सुनाए, ‘तर दुई दिनपछि हामीभित्रको डर हरायो, घरेलु उपचारमै ध्यान दिन थाल्यौं, त्यसले हामीमा सुधार हुँदै गयो ।’संक्रमण पुष्टि भएपछि दास परिवार घरमै आइसोलेसन बसे । ‘तातोपानी खाने, कागती पानी र काढा नियमित खान सुरु गर्‍यौं,’ पवनले भने, ‘खानामा दालभात, तरकारी खान्थ्यौं । मह, च्यवनप्राश, स्याउ र पिस्ताबदाम खायौं ।’औषधीको नाममा ज्वरो आएका बेला सिटामोल र भिटामिन ‘सी’ को ट्याबलेटबाहेक केही नखाएको उनले बताए । बिहीबार उनको परिवार सबैको रिपोर्ट नेगेटिभ आएको हो । ‘मेरो विचारमा हल्ला भएजस्तो कोरोना भाइरस होइन, सामान्य रूपमा घरेलु उपचारबाटै यसलाई परास्त गर्न सकिन्छ,’ पवनले भने, ‘कोरोना कोरोना भन्दै त्रास बढी फैलाउने काम भयो, यो महामारीभन्दा पनि सचेततापूर्वक यसविरुद्ध लड्न उपयुक्त हुन्छ ।’आवश्यकताभन्दा बढी कोरोना कोरोना प्रचार भएकाले संक्रमितको मनमा डरत्रास उत्पन्न भएको पवनले बुझाइ छ । ‘आफूलाई संक्रमण भएसँगै साना छोराछोरीलाई समेत संक्रमण पुष्टि भएपछि मेरै कारण सबैलाई संक्रमण सर्यो भन्ने भयो । यो कुराले भने मलाई पीडा भयो,’ पवनले अनुभव सुनाए ।अहिले पूरै परिवार संक्रमणमुक्त भएपछि उनी खुसी छन् । ‘कोरोनालाई भयावह नबनाऔं, घरायसी उपचारले यसलाई परास्त गरौं तथा अनावश्यक त्रास नफैलाऔं,’ पवनको सुझाव छ । कोरोना संक्रमित भएका बेला साथीहरूबाट पाएको सहयोग आफ्नो जीवनका लागि सदैव अविस्मरणीय रहने उनले सुनाए । ‘केहीले फोन गर्दा पनि सर्छ कि भनेर फोनमै त्रसित देखिन्थे तर त्यसको तुलनामा आत्मबल बढाउने साथीहरू कयौं गुणा बढी थिए, जसका कारण मैले कोरोनालाई सहजै जितें,’ पवनले आफ्नो अनुभव साटे ।यूएईको यू–१५ प्रतियोगितामा पवनले कतारसँग ४७ रन बनाएका थिए भने शरदले सो खेलमा १ सय ६ रन बनाउँदै आफ्नो पहिलो शतक बनाएका थिए । समूहको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि ३ विकेटको जित हात पारेको थियो । त्यसमा पवनले ६२ रन बनाएका थिए । पवनले थोरै खेले, हत्तपत्त विकेट फालेनन् । बरु उल्टै उनले अहिले कोरोना भाइरसलाई बोल्ड गरेका छन् ।
Sports
24,659
सबैको नजरमा रहने एसियाड स्टार
परम्पराजस्तै रहेको छ, एसियाली खेलकुदको उद्घाटन समारोहअगाडि नै केही खेल न केही खेल हुने । हाङचउ एसियाली खेलकुद सुरु हुनु अगाडि नै मंगलबारदेखि केही खेलका प्रतिस्पर्धा भएको छ । यसका बावजुत सबैको ध्यान भने उद्घाटन खेलपछि नै हुनेछ, किनभने पदकको छिनोफानो त्यही दिनपछि मात्र हुनेछ । 
https://ekantipur.com/sports/2023/09/20/169517335598654386.html
हाङचउ — परम्पराजस्तै रहेको छ, एसियाली खेलकुदको उद्घाटन समारोहअगाडि नै केही खेल न केही खेल हुने । हाङचउ एसियाली खेलकुद सुरु हुनु अगाडि नै मंगलबारदेखि केही खेलका प्रतिस्पर्धा भएको छ । यसका बावजुत सबैको ध्यान भने उद्घाटन खेलपछि नै हुनेछ, किनभने पदकको छिनोफानो त्यही दिनपछि मात्र हुनेछ । केही खास खेलमा विश्वस्तरमै एसियाको प्रभुत्व रहने गरेको छ । यस्तोमा ती खेलमा हुने प्रतिस्पर्धा पनि अब्बल दर्जाकै हुने गर्छ । यस्तोमा प्रश्न हुने गर्छ, यसपल्टको एसियाडमा खेल्न लागेका १० ठूला स्टार को–को हुन् त ? यी तिनै नाम हुन्, जसमाथि सबैको नजर हुनेछ ।मुताज इसा बरसिम (कतार)सन् २०२३ मा मुताज इसा बरसिमले दुई उद्देश्य साचेका छन्, सुरुमा एसियाडमा स्वर्ण जित्ने । पछि त्यस्तै सफलता विश्व च्याम्पियनसिपमा चाख्ने । यी ओलम्पिक च्याम्पियनले २०१४ को एसियाडमा स्वर्ण त जिते, तर उनले २०१८ को संस्करणमा भने खेलेनन् । यसपल्ट उनी फेरि एसियाली खेलकुदमा आफ्नो चुनौती पेस गर्दैछन्, त्यो पनि स्वर्णकै लागि । उनी यसका लागि कति धेरै गम्भीर छन् भने यसै एक पदकका लागि चीन जान उनले डाइमन्ड लिग फाइनलका केही शृंखला नै खेलेनन् । हाइजम्पमा उनकै नाममा २.३६ मिटरको एसियाली कीर्तिमान छ ।नीरज चोपडा (भारत)नीरज चोपडाले इन्डोनेसियामा भएको पछिल्ला एसियाडमा स्वर्ण जितेर पहिलोपल्ट तहल्का मच्चाएका थिए । पछि यी ज्याभलिन थ्रोका खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा पनि विजेता रहे । यसपल्ट पनि उनी फेरि एकपल्ट एसियाडको स्वर्णका लागि भिड्दै छन् । उनले टोकियो ओलम्पिकमा पनि स्वर्ण जितेका थिए । तय छ चीनमा पनि उनलाई एक खेलाडीले बलियो चुनौती दिनेछन् र उनी अरू नभएर पाकिस्तानका अर्सद नदिम नै हुन् । २०१८ को एसियाडमा अर्सदले कांस्य पदक जितेका थिए । यसपल्ट उनी त्यसमाथि अगाडि बढ्न चाहन्छन् र यसको अर्थ नीरजलाई चुनौती नै हो ।ह्वाङ सुन–वु (दक्षिण कोरिया)पौडीमा दक्षिण कोरियाली इतिहासकै सबैभन्दा ठूलो नाम हो, ह्वाङ सुन–व । उनले चीनमा पुरुष फ्रिस्टाइलको १०० र २०० मिटरमा खेल्नेछन् र सबैको ध्यान यसैक्रममा आफूतिर खिच्नेछन् । उनले २०२२ र २०२३ को विश्व च्याम्पियनसिपमा क्रमशः रजत र कांस्य जितेका थिए । उनको यो स्वर्णको भोक छ । यसलाई प्राप्त गर्ने राम्रो अवसर सम्भवतः अहिले नै हो । यसक्रममा उनलाई चीनका दुईपल्टका विश्व च्याम्पियन पान झाङले बलियो चुनौती पेस गर्नेछन् । यी दुई खेलाडीको प्रतिस्पर्धामा नयाँ कीर्तिमान पनि बन्न सक्नेछ ।इकी रिकाको (जापान)पछिल्लो एसियाली खेलकुद त जापानकी इकी रिकाकोका लागि गजब नै रह्यो । उनी महिलातर्फकै सबैभन्दा उत्कृष्ट खेलाडी रहिन् इन्डोनेसियामा । हुन पनि उनले त्यस संस्करणको एसियाडमा ६ स्वर्ण र २ रजत पदक जितेकी थिइन् । यही पदकको संख्याले पनि देखाउन गर्छ, पौडीकी यी खेलाडी कति धेरै अब्बल दर्जाकी छिन् भनेर । त्यसपछिको केही समय भने उनका लागि सुखद रहेन, लगातार बिरामीजस्तै परिन् । त्यसमाथि पनि जित निकाल्दै उनी फेरि सक्रिय ढंगले खेल्न थालेकी छन् । हामी विश्वास गर्न सक्छौं, चीनमा उनी फेरि चम्कने छिन् । कुसाकी हिनानो (जापान)जापानकी यी स्केटबोर्डिङका खेलाडी भर्खर १५ वर्षकी भइन् । तर, उनको कमाल नै बेग्लै छ । चर्चा गरिरहेका छौं, कुसाकी हिनानोको । उनीमाथि जापानले ठूलो आस लिएको छ पेरिसमा हुने ओलम्पिकमा राम्रो गर्नेछिन् भनेर । त्यसका लागि उनको खास परीक्षा भने अहिले चीनमा हो । जापानी टिमका लागि उनले खेल्न लागेको यो पहिलोपल्ट हो । उनको चर्चा भने व्यापक छ । २०२२ मा भने आफ्नो विधामा उनी जापानमै च्याम्पियन भने भइसकेकी छन् ।पान्डेला रिनोङ पाम्ग (इन्डोनेसिया)इन्डोनेसियाली यी डाइभिङकी खेलाडी पान्डेला रिनोङ पाम्गलाई आफ्नो देशमा यो विधाकी महारानी खेलाडी पनि भन्ने गरिन्छ । यति धेरै प्रतिष्ठा छ उनको । तर पछिल्ला वर्ष चोट र स्वास्थ्य कारण उनका लागि सुखद रहेन । २०२३ को सिजनलाई सुखद बनाउन उनले चीन हुने प्रतियोगितालाई बहाना बनाएकी छन् । आफ्नो खराब लयकै कारण पनि उनले यस वर्षको विश्व डाइभिङ च्याम्पियनसिपमा नवौं स्थानमा रहिन् । तर, यी सबै खराब प्रदर्शनलाई उनी ओझेलमा पार्ने दाबी गर्छिन् । भन्छिन्, चीनमा उनको प्रदर्शन खेलजीवनकै लागि निर्णायक हुन सक्नेछ ।सन यिङसा (चीन)विश्व टेबलटेनिसकै सबैभन्दा उत्कृष्ट खेलाडीमा पर्छन् । त्यो पनि आयोजक देश चीनकै । उनी सुन यिङसा विश्व नम्बर एक खेलाडी पनि हुन् । तर, दुखद संयोग कस्तो भने उनले अहिलेसम्म एसियाडको एकल स्पर्धामा कुनै पनि स्वर्ण जित्न सकेकी छैनन् । भलै, उनीसँग ओलम्पिक र युथ ओलम्पिक दुवैको स्वर्ण पदक छ । त्यतिमात्र होइन, उनले विश्व र एसियाली टेबलटेनिस च्याम्पियनसिपमा पनि धेरै स्वर्ण जितेकी छैनन् । त्यसैले पनि सन यसपल्ट आफ्नै देशमा भइरहेको एसियाडमा महिला एकलतर्फ स्वर्ण जित्न प्रेरित रहनेछन् ।कुनलाभट भितिडसरन (थाइल्यान्ड)एक खेलाडीले भाग्य र मिहिनेतका कारण कसरी एकाएक माथिसम्म पुग्न सक्छ भन्ने उदाहरण हो थाइल्यान्डका कुनलाभट भितिडसरन । २०१९ सम्म पनि उनी औसत खेलाडी थिए । विश्व ब्याडमिन्टनमा दोस्रो दर्जाका प्रतियोगिता नै खेल्थे । तर एउटा तथ्य भने निश्चित छ, उनमा गजबको प्रतिभा छ भन्नमा कसैलाई दुविधा भने थिएन । नभन्दै यी २२ वर्षीय खेलाडी चीनमा ब्याडमिन्टनको प्रतिष्ठित पुरुष एकल उपाधि जित्ने बलिया प्रत्याशी हुन् । फेरि उनी लयमा छन्, लगातार एकपछि अर्को प्रतियोगिता जितिरहेका छन् ।झाङ बोहेङ (चीन)आर्टिस्टिक जिम्न्यास्टिकमा चीन नै त्यस्तो टिम हो, जसले लगभग सबै स्वर्ण पदक जित्न सक्नेछ । त्यसमा पनि चीनले सबैभन्दा बढी विश्वास गरेका खेलाडी हुन् झाङ बोहेङ । उनी खेल्ने स्पर्धामा प्रायः चीन र जापानबीच दोहोरो प्रतिस्पर्धा चल्ने गर्छ । डर छ, कतै जापानले चीनलाई उसकै भूमिमा उछिन्ने त होइन । यस्तो गर्न नदिन झाङले सबैभन्दा ठूलो भूमिका खेल्नुपर्नेछ । उनी अलराउन्ड विधामा विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन् । त्यतिमात्र होइन, उनी विश्व च्याम्पियन हुन् ।
Sports
16,284
कोरोना भाइरस नेपाल: महामारीमा त्रस्त सुत्केरी र गर्भवती, 'चिन्ता हैन, यसो गर्नुहोस्'
कोभिड-१९ को सङ्क्रमणको बढ्दो त्रास, कसैको कोखमा सन्तान, कसैको काखमा। तर कोखमा सन्तान हुर्काइरहेका गर्भवती र काखमा शिशु स्याहारिरहेका सुत्केरी दुवैथरी महिलाले महामारीमा अतिरिक्त पीडा र त्रास बेहोरिरहेको बताएका छन्।
https://www.bbc.com/nepali/news-54153891
स्वास्थ्यकर्मीहरू समेत सङ्क्रमित भएपछि कतिपयले नियमित परीक्षण र उपचार नै प्रभावित भएको सुनाए। साह्रै अप्ठ्यारो नपरेसम्म स्वास्थ्य संस्था नजाने गर्नाले उनीहरूको उपचार जटिल बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। उनीहरूका अनुभवमा कोरोनाभाइरसको सङ्क्रमणले पुर्‍याउन सक्ने हानिभन्दा त्यसबारे फैलिएको अफवाह तथा भाइरसबारे समाजमा बनेको धारणाले धेरैलाई भयभीत बनाएको देखिन्छ। जबकी स्वास्थ्यकर्मीहरू भन्छन्, "विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशानुसारको सुरक्षा उपाय अपनाएर परीक्षण र उपचारको वतावरण सहज बनाउन सकिन्छ।" आमा बन्ने उमङ्ममा हाबी बनेको त्रास नेपालमा एकजना सुत्केरी कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन्। त्यसले पनि गर्भवती र सुत्केरीमा त्रास बढेको बताइन्छ। आगामी महिना आमा बन्न लागेकी वर्षा श्रेष्ठले हेटौडाको एउटा निजी क्लिनिकमा नियमित परीक्षण गराउँथिन्। कोभिड-१९ बाट गर्भवती श्रीमतिको मृत्यु भएपछि पीडामा रहेका श्रीमान् तर आमा बन्ने उमङ्गभन्दा कोरोनाभाइरसको डर धेरै भएको भन्दै अहिले उनी घरबाट निस्किनै छाडेकी छन्। उनले चिनेकी एक दिदी व्यथा लागेपछि अस्पताल गइन्, पीसीआर परीक्षण गराएर आउन भनिएको रहेछ। "त्यतिबेला पीसीआर रिपोर्ट ल्याउन कसरी सम्भव हुन्थ्यो?," उनीले चिन्ता बिसाइन्, "मलाई पनि त्यस्तै भन्ने त होला, पीसीआर परीक्षण गराइराख्नु भन्ने सल्लाह पाएकी छु।" पुष्पा घेमोसु एक साताअघि आमा बनेकी हुन्। आफ्नो र बच्चाको सुरक्षाको चिन्ताले गर्दा उनी आफन्त र साथीभाइसँग टाढै रहेर खुशी साटेको सुनाउँछिन्। यसरी बढेको छ खतरा सरकारले जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाका बेला यातायातको असुविधा तथा अस्पताल गए रोग सर्छ भन्ने डर। त्यसैले सकेसम्म घरमै वा गाउँकै स्वास्थ्य संस्थामा सामान्य रूपमा बच्चा जन्माउन प्रयास गर्ने तर त्यो सम्भव नभएपछि जटिल अवस्थामा मात्रै अस्पतालमा जाने वा लगिने गरिएको स्वास्थ्यकर्मीहरूको अनुभव छ। कतिपय समयमा त्यस्तो अवस्थामा उपचार नै कठिन बन्ने उनीहरू बताउँछन्। अस्पताल पुगेपछि रुघाखोकी‚ ज्वरो‚ यात्रा लगायतबारे सोधपुछपछि उपचार प्रक्रिया अघि बढाउने गरिन्छ। तर कतिपयले साँचो जानकारी नदिँदा स्वास्थ्यकर्मीलगायत अस्पतालमा रहेका अन्य विरामीको स्वास्थ्य जोखिममा पर्ने धुलिखेल अस्पतालकी स्त्री रोग विशेषज्ञ नुरा प्रधान बताउँछिन्। त्यसो नगर्न नहुने सल्लाह दिँदै उनी भन्छिन्, "सबैले त त्यस्तो गर्नुहुन्न। तर कोही विरामी पटक-पटक एउटै कुरा सोधियो भनेर रिसाउनु हुन्छ। सुरक्षा हामी सबैको जिम्मेवारी हो। एकजना विरामीले सत्य जवाफ दिनुभएन भने सबै जोखिममा पर्छौँ।" टेलिफोनमै सल्लाह सरकारले अत्यावश्यक अवस्थामा बाहेक अस्पताल नजान आग्रह गरेको छ। विभिन्न अस्पतालले टेलिफोनमार्फत् परामर्श पनि दिन थालेका छन्। त्यस्तो सुविधा दिने गरेको धुलिखेल अस्पतालकी डा. प्रधान भन्छिन्, "गर्भवती तथा सुत्केरीले यही नम्बरमार्फत् कतिपय समस्यामा सुझाव लिन सक्छन्।" तर सबै सेवा फोनमार्फत् सम्भव नहुने भन्दै अस्पताल पुग्नु पर्ने अवस्थामा अलमन गर्न नहुने उनको सुझाव छ। त्यस्तै कोभिड-१९ बारे भ्रामक सूचना तथा जानकारीबाट जोगिनु पर्ने जानकारहरू बताउँछन्। विश्व स्वास्थ्य सङ्गठन र सरकारले दिने गरेको सुझाव पछ्याउँदा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन सकिने प्रसूतिगृहका डा. शैलेन्द्रवीर कर्माचार्य बताउँछन्। हातमा पञ्जा‚ मुखमा मास्क‚ बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने‚ सामाजिक दुरी कायम गर्न उनी सबैलाई आग्रह गर्छन्। "रोग जो कसैलाई लाग्न सक्छ, तर निको हुनेको सङ्ख्या धेरै छ, आत्तिनु पर्दैन," उनी भन्छन्, "सङ्क्रमितलाई अपराधी सरह व्यवहार गर्ने प्रवृत्तिले पनि आवश्यकताभन्दा बढी त्रास देखिएको हो।" सुरक्षित मातृत्व सामाजिक विकास र सभ्यताको एउटा महत्त्वपूर्ण सूचक मानिन्छ। त्यसैले यस्तो विषम परिस्थितिमा सामान्य समयमा भन्दा गर्भवती तथा सुत्केरी महिलाहरूलाई बढी ध्यान दिनुपर्ने बताइन्छ।
Others
64,135
कोरोना भाइरस: अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, सबैभन्दा बढी मृत्यु न्यूयोर्क
अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१,००० नाघेको छ।
https://www.bbc.com/nepali/news-52349005
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ। न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा "आक्रामक रूपमा" एन्टीबडी परीक्षण गरिने बताएका हुन्। उक्त परीक्षणले न्यूयोर्कमा कोरोनाभाइरसबाट कति मानिस सङ्क्रमित छन् भन्ने कुरा पहिचान गर्ने बताइएको छ। कोउमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले स्वीकृत गरेको छ र प्रत्येक हप्ता १४ हजारसम्म मानिसको परीक्षण गरिनेछ। सबै किसिमका सङ्केतले न्यूयोर्कमा उक्त महामारीको प्रभाव घट्दै गएको देखाएको उनले बताएका छन्। तर यो क्रमलाई निरन्तरता दिनका लागि निरन्तर प्रयास जारी राख्नुपर्ने उनको भनाइ छ। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१,००० ज्यान गुमाउनेमध्ये करिब १४,५०० न्यूयोर्कमा छन्। न्यूयोर्कको सेन्ट्रल पार्कमा अस्थायी अस्पताल बनाइएको छ नियमित पत्रकार सम्मेलनका क्रममा आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण "तीव्र गति"मा अगाडि बढाइएको बताएका छन्। "परीक्षणमा कुनै पनि देश हामी नजिक छैन," उनले भने। यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नजिक पुगेको छ। मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। इटलीमा सङ्क्रमितहरूको सङ्ख्या १७८,९७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २०५९५ जनाले ज्यान गुमाइसकेका छन्।
Others
66,733
स्नातक तहमा खेलकुद व्यवस्थापन पढ्न पाइने
नेपालमै पहिलोपल्ट विश्वविद्यालयको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयमा अध्यापन हुने भएको छ । गण्डकी प्रदेशमा स्थापित गण्डकी विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट’ पाठ्यक्रम तयार गरेको हो ।
https://ekantipur.com/sports/2020/08/09/159694889119611499.html
पोखरा — नेपालमै पहिलोपल्ट विश्वविद्यालयको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयमा अध्यापन हुने भएको छ । गण्डकी प्रदेशमा स्थापित गण्डकी विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट’ पाठ्यक्रम तयार गरेको हो ।पाठ्यक्रम तयारी समितिले विश्वविद्यालयका कुलपति प्रा‍डा गणेशमान गुरुङलाई मस्यौदा बुझाइसकेको छ । चार वर्षमा आठ सेमेस्टरसहित ५२ वटा कोर्स रहने पाठ्यक्रमको मस्यौदामा उल्लेख छ ।खेलकुद व्यवस्थापनको अध्यापनमा कुल १ सय ६२ घण्टा क्रेडिट आवर रहने प्रस्ताव गरिएको छ । समितिका संयोजक डा.प्रकाश प्रधानका अनुसार सैद्धान्तिकसँगै प्रयोगात्मक विषयमा अध्यापन हुने गरी पाठ्यक्रम तयार गरिएको छ । विभिन्न सेमेस्टरअन्तर्गत भलिबल, फुटबल, तेक्वान्दो, कराते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, क्रिकेट, स्विमिङ, परम्परागत खेल आर्चरी, छेलोलाई समावेश गरिएको छ । स्पोर्ट्स म्यानेजमेन्टमा मार्केटिङ, म्यानेजमेन्ट अफ लिजर रिक्रिएसन, स्पेक्टेटर म्यानेजमेन्ट, स्पोर्ट्स इकोनोमिक्स, फन्डिङ इन स्पोर्ट्स, स्पोर्ट्स टुरिजम, स्पोर्ट्स इन ग्लोबलाइजेसन, स्पोर्ट्स इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज, एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन रहेका छन् ।लिडरसिप इन स्पोर्ट्स, स्पोर्ट्स इन इभेन्ट म्यानेजमेन्ट, स्पोटर््स ल एन्ड रिस्क म्यानेजमेन्ट, स्पोर्ट्स फेसिलिटी म्यानेजमेन्ट, इन्टरप्रेनरसिप इन स्पोटर््स, करियर डेभलपमेन्ट, सस्टेनेबल डेभलपमेन्ट, इथिक्स इन स्पोर्ट्स, वुमन एन्ड स्पिसियबल स्पोर्ट्स, गभर्मेन्ट इन स्पोर्ट्सलगायतका छुट्टाछुट्टै विषयमा अध्यापन हुनेछ । मूलधारको विषयअन्तर्गत अंग्रेजी, स्ट्राटिक्स, कम्प्युटर एप्लिकेसनका विषय समावेश छन् । योगा साइन्सको विषयलाई समेत समेटिएको छ । ‘यो निकै महँगो विषय भएकाले कार्यान्वयनमा सबैको ध्यान पुग्न आवश्यक छ,’ स्पोटर््स साइन्समा जर्मनीबाट पीएचडी गरेका डा. प्रधानले भने, ‘मस्यौदामा समावेश भएका विषय दक्षिण एसियाली मुलुकमा समेत पाउन मुस्किल पर्छ ।’उनले पोखरामा खेलकुदको विषयमा अध्यापन हुनु गौरवको विषय भएको बताए । ‘पोखरा आफैंमा खेलकुदका लागि निकै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘जुन विषय हामीले तयार गरेका छौं, यो विश्व बजारमा बिक्ने विषय र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरेका छौं ।’यसअघि नेपालमा त्रिभुवन विश्वद्यिालयमा स्नातकोत्तर तहमा ऐच्छिक रूपमा स्पोटर््स साइन्स विषयको अध्यापन हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ स्नातक तहमै यो विषय सुरु हुनु ऐतिहासिक रहेको बताउँछन् । पाठ्यक्रम मस्यौदा समितिका सदस्यसमेत रहेका उनले भने, ‘यो निकै नै खुसीको विषय हो । अब खेल क्षेत्रले ठूलो फड्को मार्छ ।’ स्नातक तह उत्तीर्ण गरिसकेपछि पनि स्नातकोत्तरमा अन्य विषय लिएर पढ्न सक्ने गरी पाठ्यक्रम तयार गरिएको उनले बताए । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ खेलकुद व्यवस्थापनको पढाइले रोजगारीको सम्भावनाको ढोका खुल्ने बताउँछन् । सधैं पछाडि परेको विषयलाई विश्वविद्यालयले अगाडि बढाएकाले आफू निकै उत्साही भएको उनले बताए । ‘पाठ्यक्रमसमेत निकै राम्रो बनेको छ । साथीहरूले यसमा निकै मिहिनेत गर्नुभयो,’ उनले भने, ‘यसले हाम्रा युवालाई राष्ट्रको समृद्धिमा लाग्न हौसला प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’ यस सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको विशेष चासो रहेको उनले सुनाए । ‘हाम्रो उद्देश्य यो कोर्सलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनु हो ताकि विदेशी विद्यार्थी पनि आएर अध्ययन गर्न सकुन्,’ उनले भने ।डा. प्रधानको संयोजकत्वमा गठित पाठ्यक्रम मस्यौदा समितिको सदस्यमा अग्रज खेलाडी तथा राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग उपनिर्देशक कृष्ण तिमिल्सिना, स्पोर्ट्स साइन्स पीएचडी स्कलर मधुसुदन सुवेदी र आमन्त्रित सदस्य प्राडा ध्रुव कार्की छन् । समितिले ४२ दिनमा पाठ्यक्रम तयार गरेको हो ।संघीय सरकारले पोखरा महानगरपालिका–३२ मा ३ सय ५१ रोपनी जग्गा गण्डकी विश्वविद्यालयको नाममा उपलब्ध गराएको छ । विश्वविद्यालयले विभिन्न १४ वटा विषयमा अध्यापन गराउनेछ ।
Sports
24,766
रामहरि उत्कृष्ट फाइटर
जापानमा भएको तेस्रो सिन्जु खुला इन्टरनेशनल फ्रेन्डसिप करातेमा नेपालीका दिलसान लामाले रजत पदक जितेका छन् ।
https://ekantipur.com/sports/2017/10/30/20171030074959.html
काठमाडौं — जापानमा भएको तेस्रो सिन्जु खुला इन्टरनेशनल फ्रेन्डसिप करातेमा नेपालीका दिलसान लामाले रजत पदक जितेका छन् । उनले १५ वर्षमुनि ५५ केजी तौलमा पदक जिते । रामहरि आलेमगरले उत्कृष्ट फाइटरको उपाधि जिते । उनले ४० वर्षमाथि ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । 
Sports
31,045
सराय संरक्षणमा पल्लीकोटका युवा
गुल्मीको छत्रकोट–२, पल्लीकोटका २१ वर्षीय विशाल मगर सराय नाच्ने भनेपछि हुरुक्क हुन्छन् । १३ वर्ष पुगेका थिए उनी, गाउँमा सराय नाचेको पहिलो पटक देखेपछि उनलाई सिक्ने रहर पलायो । अनि ओखडा बसेर (१० देखि १५ दिनसम्म तालिम) सराय नाच्न सिकेको उनले बताए । सुरुमा डर लागे पनि दाइहरू नाचेको हेरेर नक्कल गरेपछि त सिकाउने भएको उनले बताए । ‘पहिले गाउँमा धेरै जनाले सराय नाच्थे,’ उनले भने, ‘अहिले हामी छौं ।’
https://ekantipur.com/feature/2024/01/27/pallikot-youth-in-sarai-patronage-44-55.html
लुम्बिनी — गुल्मीको छत्रकोट–२, पल्लीकोटका २१ वर्षीय विशाल मगर सराय नाच्ने भनेपछि हुरुक्क हुन्छन् । १३ वर्ष पुगेका थिए उनी, गाउँमा सराय नाचेको पहिलो पटक देखेपछि उनलाई सिक्ने रहर पलायो । अनि ओखडा बसेर (१० देखि १५ दिनसम्म तालिम) सराय नाच्न सिकेको उनले बताए । सुरुमा डर लागे पनि दाइहरू नाचेको हेरेर नक्कल गरेपछि त सिकाउने भएको उनले बताए । ‘पहिले गाउँमा धेरै जनाले सराय नाच्थे,’ उनले भने, ‘अहिले हामी छौं ।’सराय नाच्छु भन्दा परिवारले समेत नाइनास्ती नगरेकाले सिक्न सहज भएको उनले बताए । ‘हामीलाई पहिले नै खुँडा नचाउन सिकाउनु हुँदैन,’ उनले भने, ‘लौरो नचाउन पोख्त भएपछि मात्र खुँडा पाइन्छ ।’ अहिले गाउँमा सिक्न चाहने बालकलाई फुर्सद मिलाएर सिकाइदिने गरेको उनले बताए । ‘म सुरुमा खेल्दा टाउकोमा चोट लागेको थियो,’ उनले भने, ‘लगातार ३ वर्ष खेलें, बीचमा छोडें । अहिले जोगाउने कसले त भन्ने प्रश्न आउन थालेपछि अरूलाई समेत सिकाउँदै छु ।’विशेष पर्वका अवसरमा मन्दिरभित्रका खुकुरी, तलबार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाचिने परम्परागत नाच सराय हो । यो नाच खासगरी गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका जिल्लाको प्रसिद्ध र ऐतिहासिक नाच हो । तत्कालीन राजाका सैनिकहरूले दरबार र कोट घर पूजा गरी लडाइँमा जाँदा हतियार पुजेर लैजाने गर्थे । शत्रु पक्षबाट आफ्नो संरक्षण गर्न उनीहरूले हाते हतियार प्रयोग गरेर लड्ने गर्थे । तिनै सेनाले हतियार चलाएर आफ्नो संरक्षण गरेजस्तै सराय नाच्ने मानिसले आफूसँगै जोडीका रूपमा नाचुन्जेलको दुश्मनसरहको साथीसँग आफ्नो बचाउ गर्दै प्रदर्शन गरिने नाच नै सराय भएको पल्लीकोटका पूर्ववडाध्यक्ष रुकबहादुर राकसकोटीले बताए । उनका अनुसार सेनाले धारिला खुँडा र लौरो लिएर लड्थे । सोही हतियार आफूहरूले पनि सराय नाच्दा प्रयोग गर्ने गरेको उनले बताए । ‘धारिला नभए पनि हामीले असली खुँडा नै प्रयोग गर्छौं,’ उनले भने, ‘हरेक स्थानमा फरक तरिकाले नाचेको पनि देखिन्छ ।’ सराय मालौरो नाच, लहरपट्टा, छुट, बजौटे, कैंची, गुरुगाउँ आदि प्रकारका नाच देखाइने गरेको उनले बताए । खेलौं भाइ हो वाख्खै (सबै एकजुट होऔं) भन्ने नारा सुरु गरेपछि सराय नाच्न थालिन्छ । यो नाराले खुसीयाली र तयारीलाई बताउने अर्का युवा मोहन पल्लीले बताए । उनको पुस्ताले गाउँमा सराय नाच्ने र अरूलाई सिकाउने गरेको इतिहास छ । हाल उनका काका कृष्णबहादुर पल्ली छत्रकोटका गुरु नै हुन् । ‘मैले त १० वर्षको हुँदादेखि घरमै सराय नाचेको देखें,’ उनले भने, ‘आफ्नो इच्छा जाग्यो, अहिले आफू नाच्छु ।’ उनका बुबा नरेन्द्र पल्ली हाल २ का वडाध्यक्षसमेत छन् । ‘बुबा, काका र म अहिले खेल्छौं, हजुरबुबा पनि खेल्नुहुन्थ्यो,’ मोहनले भने, मैले पनि पुस्तान्तरण गर्न पाए यो जीवन्त रहिरहन्छ ।’ करिब तीन वर्ष विदेशमा रहँदा नाच्न नपाएपछि अरूले नाचेको भिडियो हेर्दै रुँदै गरेको उनले बताए । ‘विदेशमा रहँदा निकै सम्झना आउने । अहिले गाउँमा युवा नै छैनन्,’ उनले भने, ‘हामी ८/९ समूह खेल्थ्यौं, अब ३ वटा समूह पुर्‍याउन पनि नसकिने अवस्था छ ।’ सरायलाई आफूहरूले संस्कृति मानेकाले यसको संरक्षण र जगेर्ना दुवै आवश्यक रहेको उनले बताए । आफ्ना काकाले नै सिकाएकाले आफूलाई सजिलो भएको उनले बताए ।सराय संरक्षणमा पल्लीकोटका बुढापाकासमेत उत्तिकै लागिपरेका छन् । युवाको खोजी र उनीहरूलाई सिकाउने काम गरिरहे पनि आफूहरू सँगसँगै नाच्ने र सरायबारे बताउने गरेको गाउँका गुरु कृष्णबहादुर पल्ली बताउँछन् । ‘बाइसे–चौबिसे राजाका पालामा पल्ली (मगर) पुजारीले कोटमा पूजा गर्थे, त्यसबाट नै हाम्रो गाउँको नाम पल्लीकोट रहेको सुनेका थियौं,’ उनले भने, ‘यस्तो गाउँ जहाँका मानिस सबैभन्दा कम बसाइँसराइ गरेका छन् र हरेक घरमा सराय नाच्नुपर्छ भन्ने छाप छोडिएको छ ।’ सराय सोह्रश्राद्ध सुरु भएपछि नसकिँदासम्म सिकाउने अथवा ओखडा पस्ने चलन छ । यो समय शुद्धताको समय र पितृ, देवताको पूजा हुने समय भएकाले त्यस बखत सराय सिकाउने गरेको पल्लीले बताए । पल्लीकोटमा दसैंको टीकापछिको द्वादशीका दिन फूलपाती विसर्जन गरेर सराय नाच्ने गरिन्छ । कहीं पूर्णिमाका दिनसमेत यो नाच देखाउने गरिएको उनले बताए । नाचका लागि नौमती बाजा बजाएर ताल दिने गरिन्छ । यसका लागि चाहिने ताल भने फरक खालको हुने र बाजा बजाउने मानिस त्यसबारे ज्ञान भएको चाहिने पल्लीले बताए । पल्ली गाउँका युवा र किशोरलाई सम्झाएरै नाच सिकाउने गरेको र त्यसले संरक्षणमा सहयोग पुगेको उनले बताए । सिकाउने समय भने बिहान र बेलुका एक/एक घण्टा रहने गरेको उनले बताए । १० देखि १५ दिनमा सबैलाई पोख्त बनाउने सकिने उनले सुनाए ।सराय मनोरञ्जनको पाटोसँग मात्र नजोडिएको लीलबहादुर रजाली मगरले बताए । ३९ वर्षीय उनले सराय नाच्न थालेको २० वर्ष भइसकेको छ । उनले यसलाई व्यायामका रूपमा समेत बुझ्ने गरिएको बताए । सराय नाच्दा हातखुट्टा र शरीरको चाल धेरै नै चालिने भएकाले यसलाई त्यसबेला सेनाले साथी–साथीबीच पनि व्यायाम गरेसरह खेल्ने गरेको सुनेको उनले बताए । मगरका अनुसार पल्लीकोटमा उनीहरूको सराय समूह पनि छ । कसैले सराय देखाइदिन आग्रह गरेको खण्डमा समूहले अन्य स्थानमा पुगेर पनि नाच देखाउने गरेको छ । ‘यसले हाम्रो नाच देखिने र गाउँलाई चिनाउन सकिने भएकाले सरायकै लागि हामी विभिन्न जिल्लामा पुग्ने गरेका छौं,’ उनले भने, ‘नयाँ ठाउँमा यसलाई हेर्ने र रमाउनेको उत्साह निकै पाउँछौं ।’ छिमेकी पहाडी जिल्लामा यो सामान्य भए पनि तराईका जिल्लाका लागि भने यो बिल्कुल नौलो नाच भएको उनले बताए । केही समयअघि बुटवलको होटल पौवामा नाच देखाउन आएका पल्लीकोट सराय समूहका युवाले सहरी वातावरणमा सराय चिन्न खोज्नेहरूको संख्या निकै भएको बताए । तर अहिलेको अवस्थामा यसको निरन्तरताका लागि पनि युवामाझ यसको महत्त्व बुझाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । बुटवलको होटल पौवाले नेपाली संस्कृतिमा पर्ने सराय नाच सहरका मानिसलाई जानकारी दिनकै लागि कार्यक्रम गरेको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।
Feature
139
आहा रारा गोल्डकप फुटबल: थ्रीस्टारलाई हराउँदै‌ं पुलिस फाइनलमा
विभागीय टिम नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । 
https://ekantipur.com/sports/2020/03/11/158393154230152437.html
पोखरा — विभागीय टिम नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । निरकुमार राईको २ र भरत शाहको एक गोलको मद्दतमा पुलिसले फाइनलमा पुगेको हो । खेलको सुरुआतदेखि नै पुलिसले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेल सुरु भएको ८ औं मिनेटमै कप्तान भरत शाहले गोल गरेर पुलिसलाई अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा निरकुमार राईले दोस्रो गोल गरेर अग्रता दोब्बर बनाए । राईले नै ७२ औं मिनेटमा अर्को गोल थपे । खेलमा राई ‘म्यान अफ द म्याच’ भए । प्रतियोगिताअन्तर्गत बिहीबार त्रिभुवन आर्मी क्लब र मनाङ मरस्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक सहारा क्लबले जनाएको छ ।
Sports
25,455
कोरोना भाइरस भारत: नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन सङ्क्रमित
कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।
https://www.bbc.com/nepali/news-56754457
दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्। भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्। भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ। बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा १,०३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधवार १,८४,३७२ जनामा कोभिड पुष्टि भएको छ। महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ। लाखौँले गरे गङ्गास्नान स्थानीय अधिकारीहरूका अनुसार बुधवार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्नान गरिसकेका थिए। बुधवार यसपालिको सबैभन्दा राम्रो मुहूर्त भएको मानिएको थियो। हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन्। बुधवार मध्याह्नसम्म नौ लाख मानिसले गङ्गास्नान गरेको अधिकारीहरूले बताएका छन् नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार गङ्गास्नान गरेका थिए। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य देखिन्छ। सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ। नेपाली भाषामा बोल्दै उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको बताएका छन्। पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले ज्ञानेन्द्र बुधवार सडकमार्ग हुँदै दिल्ली फर्किएको बताएका छन्। पाठकका अनुसार बिहीवार पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ। उनी आइतवार नेपाल फर्किने योजनासहित हरिद्वार जान काठमाण्डूबाट नयाँ दिल्ली उडेका थिए। हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रको केही साधुसन्तसँग भेटघाट पनि गरेका थिए। अधिकारीको भनाइ गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन्। उक्त मेलामा कोभिड-१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलवार २०,००० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको थियो। सोमवार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो। बीबीसी हिन्दीका अनुसार बिहीवार बिहानसम्म झन्डै १,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको बताए। चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित भएका छन्। उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित भएका छन्। उनले आइतवार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए। उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित भएका छन्। उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताए। सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो। त्यस्तै त्यहाँ भौतिक दूरी कायम गरिने दाबी गरिएको थियो। तर त्यहाँ ती मापदण्डहरू पालना नभएका खबरहरू आएका छन्।
Others
66,144
पुलिस समूह विजेता, आर्मी उपविजेता
अन्तिम खेलमा कर्णाली प्रदेशलाई २-१ ले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब आठौं राष्ट्रिय प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवलको देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको समूह 'ख'को फुटबल प्रतियोगितामा पहिलो हाफ गोलरहित भयो ।
https://ekantipur.com/sports/2019/04/21/1555854300342166.html
रूपन्देही — अन्तिम खेलमा कर्णाली प्रदेशलाई २-१ ले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब आठौं राष्ट्रिय प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवलको देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको समूह 'ख'को फुटबल प्रतियोगितामा पहिलो हाफ गोलरहित भयो ।दोस्रो हाफको ४ मिनेटमै पुलिसका हरि कठायतले उत्कृष्ट गोल गरे । डिबक्स बाहिरबाट प्रहार गरेको बलले पोष्टको दायाँ बिट नजिकबाट जाली चुम्दा किपर प्रभातविक्रम बोहोराले रोक्न सकेनन् । खेलको ५० औं मिनेटमा कर्णाली प्रदेशका खगेन्द्र खत्रीले जुदिप गुरुङको पासलाई गोलपोष्ट नजिकैबाटै जाली चुमाएपछि खेल बराबरीमा पुग्यो । आइतबार पनि प्रहरीले फितलो प्रदर्शन गरेको थियो । त्यसलाई कर्णाली प्रदेशका खेलाडीले अवसरमा परिणत गर्न भने सकेनन् । पाएका तीन उत्कृष्ट अवसरसमेत गुमाए । तर, खेलेको ६३ औं मिनेटमा पुलिसका क्याप्टेन सुमन सुवेदीले गोल गर्दै अग्रता दिलाए । प्रतियोगितामा ३ खेल जित्दै प्रहरी समूह विजेता बनेको हो । प्रदेश २ सँग भने बराबरीमा खेलेपछि उसको खातामा १० अंक छ ।त्यस्तै आइतबारको पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले पनि सुदूरपश्चिम प्रदेशसँग कमजोर खेल प्रदर्शन गर्‍यो । खेलमा दुवै टिम १-१ गोलको बराबरी खेले । आर्मीका लागि सन्तोष तामाङले खेलको १५ मिनेटमा पेनाल्टी सुटबाट गोल गरेका थिए । सुदूरपश्चिमका भागीराम चौधरीले आर्मीका भरत खवासलाई डिबक्स भित्रै लडाएपछि आर्मीले पाएको पेनाल्टीलाई तामाङले उत्कृष्ट सदुपयोग गरे । खेलको दोस्रो हाफको ६७ औं मिनेटमा सुदूरपश्चिमका प्रभुराज जोशीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । बुटबलमा जारी फुटबलको समूह 'ख' बाट विभागीय टिम नेपाल पुलिस क्लब विजेता बन्यो । आर्मीले भने २ खेल जित्दै १ खेल बराबरी खेलेर ७ अंक बटुल्दै उपविजेता बनेको छ । विजेता दुवै टिम नेपालगन्जमा प्रदेश ५ र एपिएफसँग उपाधिका लागि भिड्ने छन् । समूह 'ख'मा सहभागी ५ टिम मध्ये प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।
Sports
27,469
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् ।
https://gorkhapatraonline.com/news/76844
ढोरपाटन,  भदौ १४ गते । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ । पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको सङ्ख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाइदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रूपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षत्रेमा दुई दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । ताराखोला गाउँपालिका–५ ठुलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताउनुभयो । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिँदै गएको उहाँको भनाइ छ । उन्नत जातका स्याउका बिरुवालाई सरसफाइ गर्न, बगैँचामा विषादी व्यवस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्मा बताउनुहुन्छ । अघिल्ला वर्षहरूमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगाएका क्षेत्रमा स्थानीयले बर्सौँ अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक बनावट, हावापानी र स्थानीयवासीको मागअनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका बिरुवा लगाएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको उहाँको भनाइ छ । निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको छ । “बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रूपमा निसेलढोर र उत्तरगङ्गा ढोरपाटनलाई चिनिँदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरी किसानलाई बिरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ,” कृषि प्राविधिकहरूको टोलीले माटो परीक्षण गरेर उन्नतजातका स्याउका बिरुवा लिएर लगाइएको छ, यी बिरुवाले एक÷दुई वर्षमै उत्पादन दिन्छन् भन्ने छ, यसले कृषिकलाई उत्पादन गर्नेतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने छ ।”निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका बिरुवा प्रदान गरेको उहाँले बताउनुभयो । वडा नं ५ र ६ का ४५ समूहलाई चार सय ५० स्याउका बिरुवा दिएको उहाँ बताउनुहुन्छ । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा दुई हजारदेखि चार हजार उचाइसम्म स्याउका बिरुवा लगाइने उहाँको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् ।निसीखोला गाउँपालिका–२ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटालियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाएको बिरुवाले अहिले फल दिएको छ । परीक्षणका रूपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उहाँ उत्साहित हुनु भएको छ । ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनु भएको छ । सुरुमा लगाएका बाइस बिरुवामध्ये दुई वटा मरेको भन्दै अहिले २० वटा बोटमा स्याउ फलेको उहाँ बताउनुहुन्छ । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् ।ओलीले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि बिरुवा लिएर लगाएको बताउनुभयो । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र  पोहोर साल लगाएका २० गरी ४७ स्याउका बोट रहेको उहाँले बताउनुभयो । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षणका लागि स्याउ लगाएको बताउनुहुन्छ । परीक्षणका लागि लगाएको स्याउले एकै वर्षमा फल दिएपछि थप उत्साहित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अर्नाकोट क्षेत्रमा स्याउ लगाउने चाहना पहिलेदेखि नै थियो तर विभिन्न कारणले गर्दा लगाउन पाएको थिएन, पोहोर साल ल्याएर लगाएको अहिले फलेको छ, यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन । यस ठाउँमा पानीको समस्या भएकाले सिँचाइको कारण बिरुवा बचाउन सकिन्न कि भन्ने उहाँलाई निकै डर थियो तर यसमा धेरै सिँचाइ गर्नुपर्ने नपर्ने हुँदा उहाँमा चिन्ता रहेन । अब उहाँलाई व्यावसायिकरुपमा धेरै स्याउ उत्पादन गर्ने उत्साह बढेको छ ।  स्थानीय चेतबहादुर कुँवरले पनि दुई वर्ष अगाडि २७ वटा बिरुवा लगाउनु भएको थियो । अहिले सबैले बिरुवामा स्याउ फलेका छन् । कुँवरले लगाएकै सालमा फूल फुल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउ खेती व्यवस्थित गर्नका लागि गाउँलेलाई नै यसतर्फ आकर्षित गर्न थालेको उहाँको भनाइ छ । आफूले स्याउ लगाएको क्षेत्र अलि बढी सुख्खा भएको हुँदा स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँमा पछिल्लो समय सयौँ रोपनी जग्गा खाली हुँदै गएको र यी जग्गालाई सदुपयोग गरी स्याउ खती गर्ने योजना रहेको उहाँको भनाइ छ । एउटा व्यक्तिले मात्रै बाँझो जमिन सदुपयोग गर्न नसक्ने हुँदा यसका लागि गाउँले नै सक्रिय हुनु पर्ने कुँवर बताउनुहुन्छ । गाउँमा अघिल्लो वर्षसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको उहाँले बताउनुभयो । यस वर्ष गाउँमा स्याउका बिरुवा लगाउनेको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ । “हामी सानो–सानो हुँदा ढोरपाटन पुगेर स्याउ खाने गरिन्थ्यो, पहिले त अहिलेको जस्तो बजारमा विदेशी स्याउ पनि आउँदैनथे, अहिले त जता पनि छ्याप्छ्याप्ती पाइन्छन्, हामीले पनि गाउँमा स्याउ लगायौँ, हाम्रो गाउँ स्याउ फल्ला भन्ने कल्पना पनि थिएन, अहिले चकित पार्ने गरी सानै बोटमा फल्यो, स्याउ फलेपछि गाउँका धेरैलाई आश्चर्य बनाएको छ,” उहाँले भन्नुभयो, “यो ठाउँ खानेपानीको अभाव भएको ठाउँ हो, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरूलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आस पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको बताउनुभयो । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ । उहाँका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उहाँ बताउनुहुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानहरूले आशा गरेका छन् । रासस
News
36,863
दलितभित्रै चर्को जातीय विभेद
गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।
https://gorkhapatraonline.com/news/83844
शेरबहादुर सार्कीबाजुरा, कात्तिक १५ गते । गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।सार्की, लुहार, विक र सुनारका पुरानादेखि नयाँ पुस्ताले समेत नेपाली, गन्धर्व, वादीका हातको पानीसमेत नखाने गरेको बुढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह र अन्य चाडपर्वमा नेपालीलाई बाजा बजाउन बोलाउने तर सार्वजनिक मठमन्दिर तथा निजी घरभित्र अझै उनीहरूले नेपाली परिवारलाई विभेद गर्दै आएका छन् ।”कथित उपल्लो दलित जातिका अधिकांश धामीझाँक्री नेपाली र वादीको घर जान्छन् तर आफ्नो घरमा जाँदा शरीरमा पानी छिटा हालेर छोइछिटो गरेर मात्र प्रवेश गर्छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । सहरको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक छ । कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । बाजुराका नौ वटै स्थानीय निकायमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका दलित बसोबास गर्दै आएका छन् । यी सबै जाति दलितमा सूचीकृत छन् र राज्यले यी सबै दलित समुदायका लागि कोटा आरक्षण गरेको छ ।गैरदलितले दलितमाथि गर्दै आएको जातीय विभेद अन्त्य गर्न लाग्नुको साटो उल्टै दलितले दलितमाथि यस्तो विभेद गर्नु कानुनी रूपमा गलत भएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा हरि नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामी सबैलाई दलित भनेर सूचीकृृत गरेको छ तर हामीमा पनि एक जातले अर्को जातलाई विभेद गर्नु भनेको छुवाछुत प्रथालाई अपनाउँदै जानु हो ।” यहाँका उपल्लो जातिको मठमन्दिर तथा घरमा दलितले प्रवेश गर्न पाउँदैनन् । त्यसै गरी दलितमा पनि नेपाली, दमाई, वादीले सार्की, विक र सुनारको मठमिन्दर तथा घरमा प्रवेश गर्न पाउँदैनन् ।नेपालको संविधानले पनि छुवाछुत तथा भेदभावविरुद्धको हक व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थलमा कुनै प्रकारको भेवभाव वा छुवाछुत गर्न नपाइने उल्लेख गरिएको छ । तर पनि बाजुराका विभिन्न गाउँबस्तीमा निजी तथा सार्वजनिक स्थलमा समेत जातीय विभेद तीव्र रूपमा हुने गरेको पाइन्छ ।दलितमाथि भएको जुनसुकै विभेद अन्त्य गर्न त्रिवेणी नगरपालिकाले यस वर्ष झन्डै पाँच लाख रुपियाँ विनियोजन गरेको त्रिवेणी नगरपालिका लेखा समिति संयोजक गगनजङ्ग बुढाले बताउनुभयो । जिल्लामा व्यापक रूपमा रहँदै गएको जातीय विभेद अन्त्य गर्नुभन्दा पहिला दलितले दलितलाई गर्दै आएको विभेद अन्त्य गर्न लागिपरेको त्रिवेणी नगरपालिका नगरस्तरीय दलित नेटर्वक अध्यक्ष वीरबहादुर विकले बताउनुभयो ।   
News
52,973
काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदै
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो ।
https://gorkhapatraonline.com/news/52968
केदार तिमल्सिना काभ्रेपलाञ्चोक, माघ १८ गते । काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो । बुधबार पनौतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद महोत्सवको बारेमा जानकारी दिइएको हो । जिल्लामा पहिलो पटक हुन लागेको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले खेलकुद महोत्सव अन्तर्गत सञ्चालन हुने विभिन्न खेलका लागि हालसम्म एक हजार ४९४ खेलाडिले नाम दर्ता गर्नुभएको बताउनुभयो । “काभ्रेपलाञ्चोक जिल्ला खेलकुदमा अब्बल छ, यो जिल्लाले राम्रा खेलाडिहरु उत्पादन गर्छ भन्ने सन्देश दिनका लागि पनि खेलकुद महोत्सवको आयोजना गरेका हौँ” गौतमले भन्नुभयो । उहाँले खेलकुद महोत्सवलाई सफल रुपमा सम्पन्न गर्न सबै निकायसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो । उहाँले यस पटक लोपोन्मुख भइरहेका कबड्डी लगायतका खेललाई प्रबर्धन गर्ने काम हुने बताउनुभयो । उहाँले सम्भव भएसम्म डन्डीबियो खेल खेल्ने खेलाडिको खोजी भइरहेको बताउनुभयो ।खेलकुद महोत्सवका लागि करिब पन्ध्र सय खेलाडिले नाम दर्ता गरे पनि कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षकबीच मैत्रीपूर्ण खेल हुने बताउनुभयो । मैत्रीपूर्ण खेलमा समेत गर्दा करिब दुई हजारले सहभागिता जनाउने समन्वय प्रमुख गौतमले बताउनुभयो । २४ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा कबड्डी, कराँते, भलिबल, फुटबल, बुद्धिचाल, एथलेटिक्स्, तेक्वान्दोलगायत खेलहरु हुनेछन् । महोत्सवमा जिल्लाको पनौती नगरपालिकाबाट ४३८, बनेपाबाट ३८१ जना, धुलिखेलबाट १२७ जना, पाँचखालबाट १४७ जना, मण्डनदेउपुरबाट ३५ जना, नमोबुद्धबाट ८२ जना खेलाडिले सहभागिता जनाउनेछन् । यस्तै, रोशीबाट ५६ जना, चौरीदेउरालीबाट २९ जना, भुम्लु गाउँपालिकाबाट १२ जना, बेथानचोकबाट १०२ जना, महाभारतबाट १८ जना, खानीखोलाबाट ४३ जना र तेमाल गाउँपालिकाबाट २७ खेलाडिले सहभागिता जनाउनेछन् । खेलकुद महोत्सवमा १३ वटा खेलमा १३२ जनालाई स्वर्ण पदक, १३२ जनालाई रजत र १९४ जनालाई कास्य पदकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलमा पहिलो हुनेलाई नगद ३० हजार, दोस्रोलाई नगद २० हजार र तेस्रोलाई नगद १० हजार प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले बताउनुभयो । उहाँले खेलको सबै तयारी पूरा भएको बताउनुभयो । 
News
58,687
तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति
असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युत्गृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।
https://gorkhapatraonline.com/news/70096
चन्द्र पन्दाकताप्लेजुङ, असार २१ गते । असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युतगृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोला र काबेली खोलाबाट उत्पादित तीन ठुला जलविद्युत् आयोजनामा बाढी पहिरोले क्षति पु-याएको हो । इन्द्रावती खोलाबाट उत्पादित ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको मात्र ७५ करोड रुपियाँ बराबरको क्षति भएको छ । आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार उक्त बजेट बराबर बाढीपहिरोले क्षति पु-याएको अनुमान गरिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहनुभएका नेपालले बाढीले इँवा खोला जलविद्युत् आयोजनाको बाँधमा क्षति पु-याएको बताउनुभयो । त्यस्तै एक किलोमिटर जति पाइपलाइन पहिरोले क्षतिग्रस्त बनाएको छ भने विद्युतगृह र अन्य संरचनामा समेत क्षति गरेको उहाँले जानकारी   दिनुभयो । अब बर्खा मौसमभर पुनर्निर्माणको कार्य सुरु गर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । इँवा खोला जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीका रूपमा तत्कालीन रैराङ हाइड्रोपावर कम्पनी थियो ।यस्तै अरुण काबेली पावर लिमिटेडको प्रवर्धनमा निर्माण भएको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ मा पनि बाढीपहिरोले करोडौँको क्षति गरेको छ । काबेली ‘बी–१’ जलविद्युत् आयोजनाका साइड इन्चार्ज दिनेश न्यौपानेका अनुसार बाढीपहिरोले विभिन्न संरचनालाई ध्वस्त बनाउँदा करिब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी आयोजनाको बाँध संरचनामा बाढीले क्षति गरेको न्यौपानेले बताउनुभयो । त्यसपछि करिब सय मिटर पाइपलाइन पूर्ण रूपमा क्षति भएको र विद्युतगृहको पाइपसहित अन्य संरचनामा बाढीपहिरोले क्षति गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पनि विभिन्न संरचना बाढीपहिरोले ध्वस्त बनाउँदा करिब ६० करोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्यासकेट जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीका अनुसार बाढीले पाँच सय मिटर जति पाइपलाइन, विद्युतगृह र प्रसारण लाइनका खम्बाहरू (पोल) मा क्षति पुगेको छ । यता काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजनाको पुनर्निर्माणको कार्य सुरु गर्ने योजना बनाए पनि वर्षाको क्रम निरन्तर रहेकाले सम्भव नभइरहेको जनसम्पर्क अधिकृत सुवेदीको भनाइ छ । उहाँका अनुसार गत जेठ ३० र असार २ गते आएको बाढीले आयोजनालाई क्षति गरेको हो । काबेली ‘बी–१’ क्यासकेट आयोजनाको प्रवर्धक कम्पनी अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । विगत चार/पाँच वर्ष अघिदेखि नै उक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन भई सञ्चालनमा थिए ।   
News
37,501
ब्याजदर अन्तर घटाउन निर्देशन
नेपाल राष्ट्र बैङ्कले आगामी चैत महिनादेखि औसत ब्याजदर अन्तर घटाउन निर्देशन दिएको छ । एकीकृत निर्देशिका २०७८ मा संशोधन गर्दै बुधबार राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कको हकमा ४.२ प्रतिशत तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
https://gorkhapatraonline.com/news/47930
काठमाडौँ, मङ्सिर २९ गते । नेपाल राष्ट्र बैङ्कले आगामी चैत महिनादेखि औसत ब्याजदर अन्तर घटाउन निर्देशन दिएको छ । एकीकृत निर्देशिका २०७८ मा संशोधन गर्दै बुधबार राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कको हकमा ४.२ प्रतिशत तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । सो अन्तर २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैङ्कहरूको हकमा ४.० प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।हाल औसत ब्याजदर अन्तर ‘क’ वर्गका वाणिज्य बैङ्कको हकमा ४.४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको छ । यसैगरी नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कले कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको समयसीमा बढाएको छ । बुधबार एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैङ्कले यसअघि २०८२ असारसम्ममा कृषि क्षेत्रमा दिनुपर्ने कर्जा एक वर्ष थपेर २०८३ असारसम्म पु-याएको हो तर राष्ट्र बैङ्कले २०८० असारसम्ममा ११ प्रतिशत, २०८१ असारसम्ममा १३ प्रतिशत, २०८२ असार मसान्तसम्ममा १४ प्रतिशत र २०८३ असारसम्ममा १५ प्रतिशत पु-याउनुपर्ने व्यवस्था गरेको छ । यसैगरी ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने न्यूनतम १० प्रतिशत कर्जा प्रवाहको समय एक वर्ष बढाएर २०८३ असार मसान्तसम्म पु-याइएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह गर्नुपर्ने न्यूनतम कर्जा १५ प्रतिशतको समय एक वर्ष बढाएर २०८३ असारसम्म पु-याएको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने न्यूनतम कर्जाको समय दुई वर्ष बढाएर २०८३ असार पु-याइएको छ । बाजीजन्य कार्यमा संलग्न नहुन आग्रहयसैबीच नेपाल राष्ट्र बैङ्कले अनलाइन बैङ्किङ, मोबाइल बैङ्किङ, डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह गरेको छ । मङ्गलबार सूचना जारी गर्दै राष्ट्र बैङ्कले जुवा र बाजीजन्य कार्य गैरकानुनी रहेकाले यस्तो कार्यमा संलग्न हुने व्यक्तिको कारोबार रोक्का गरिने जनाएको हो ।“विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजीलगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समूह, संस्थालाई कानुनी कारबाही हुने तथा निजको बैङ्क खाता, मोबाइल वालेटलगायतबाट हुने कारोबार रोक्का गरिनेछ,” सूचनामा भनिएको छ ।    
News
39,730
हाते ट्र्याक्टरले गोरु विस्थापित
खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।
https://gorkhapatraonline.com/news/44417
बझाङ छान्ना,  कात्तिक २८ गते । खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उहाँले बताउनुभयो । “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उहाँले भन्नुभयो, “गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।”उहाँका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उहाँ बताउनुहुन्छ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उहाँ असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पु¥याउनुहुन्थ्यो ।उहाँको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।गत मङ्सिरमा एक जना आफन्तले हाते ट्र्याक्टर किनेर ल्याउनुभयो । यसले उहाँले आफ्नो खेती मात्रै नभई तीन÷चार जना छिमेकीकै खेती बनाउनुभयो । त्यो देखेर उहाँको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उहाँको परिवारले सित्तैमा एक हल गोरु दिए । ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उहाँ बताउनुहुन्छ ।जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किन्नुभयो । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित रु ७० हजारमा ट्र्याक्टर भित्र्याउनुभयो । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । उहाँ सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थाल्नुभयो । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उहाँले सुनाउनुभयो । उहाँको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात÷आठ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने तीन÷चार घण्टामै काम सकिने गरेको छ । “आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।” उहाँले भन्नुभयो ।महिलाले ट्र्याक्टर जोत्नु हुँदैनअन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्र्याक्टरसमेत जोत्दैनन् । “हाम्रोतिर गोरु पनि पुरुष, ट्र्याक्टर पनि पुरुषले नै जोत्छन् ।” उहाँले भन्नुभयो, “यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्र्याक्टर पनि जोत्दैनन् ।” महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताउनुभयो । “हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौँ । मैले जोत्ने त परको हो ।” उहाँले भन्नुभयो ।गाउँमा कसैको बारीमा ट्र्याक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उहाँले बताउनुभयो । “मेरो घरमा सधैँ छोराले मात्रै ट्र्याक्टर जोत्छ ।” छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उहाँले बताउनुभयो । उहाँले आफ्नोतिर मात्रै नभई माइतीघरमा समेत पुरुषले मात्रै ट्र्याक्टर जोत्ने गरेको बताउनुभयो । “ट्र्याक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे तर, हामीले भने अनुभव गरेका छैनौँ ।” उहाँले भन्नुभयो ।खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै सुनिल थापाले बताउनुहुन्छ । “मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ ।”‘ट्र्याक्टरले उत्पादन घटायो’हाते ट्र्याक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन् । देवलकी कृषक लक्ष्मी जोशीले भन्नुभयो, “हाम्रो खेतमा ट्र्याक्टर चलाएको तीन वर्ष भयो । तीनै वर्ष धान उत्पादनमा कमी आयो । गहुँ पनि उत्पादन घटेको छ ।” उहाँले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको सुनाउनुभयो ।“ट्र्याक्टरले गहिरो भएर हो कि के हो । गोरुले जोतेअनुसारको गहुँ हुँदैन”, खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भन्नुभयो, “धान भने पहिलेकै जति उत्पादन भइरहेको छ । गहुँमा भने अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो ।” उहाँले हलोले जोतेमा गहिरो हुने र ट्र्याक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो “हलोले गहिरो खनेर मलभित्र जाने र ट्र्याक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ ।”जयपृथ्वी नगरपालिकाले भने हाते ट्र्याक्टरले नभई अन्य कारणले उत्पादन कम भएको हुनसक्ने दाबी गरेको छ । 
News
39,950
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।
https://gorkhapatraonline.com/news/83761
टीकापुर (कैलाली), कात्तिक १४  गते ।  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ । नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भन्नुभयो, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो । धेरै घाटा भयो ।”हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन् ।कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ । कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताउनुभयो । “अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । टीकापुर र धनगढीमा खरिद गर्ने हो”, उहाँले भन्नुभयो, “नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ । त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ ।”संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उहाँले बताउनुभयो । “किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ”, उहाँ भन्नुहुन्छ, “हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ ।”सरकारले यस आव २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानप्रति क्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोकेको छ ।संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ । ढिलो खरिद सुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउनु आवश्यक रहेको किसानको माग छ । “निश्चित कोटा र ढिलो खरिद सुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ”, किसान दीपक चौधरी भन्नुहुन्छ, “त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा ब्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन् ।” रासस
News
36,349
मिटरब्याज विधेयक : पारित प्रक्रियामा उठ्यो प्रश्न
प्रतिनिधि सभाले विधेयकको प्रकृति नै परिमार्जन गरेर पारितको सन्देश पठाएको भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याज विधेयक) पारितको प्रक्रियामा राष्ट्रिय सभाले प्रश्न उठाएको छ । तल्लो सदनले पारित गरेको विधेयकमा प्रश्न उठाएर सन्देश सुनाउने प्रक्रिया माथिल्लो सदनले रोकेको पहिलो पटक हो । प्रतिस्थापन विधेयकलाई सामान्यसरह पारित गरिएको भन्दै सभाले बिहीबार सन्देश सुनाउने प्रक्रिया रोकेको हो ।
https://gorkhapatraonline.com/news/71785
काठमाडौँ, साउन ५ गते । प्रतिनिधि सभाले विधेयकको प्रकृति नै परिमार्जन गरेर पारितको सन्देश पठाएको भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याज विधेयक) पारितको प्रक्रियामा राष्ट्रिय सभाले प्रश्न उठाएको छ । तल्लो सदनले पारित गरेको विधेयकमा प्रश्न उठाएर सन्देश सुनाउने प्रक्रिया माथिल्लो सदनले रोकेको पहिलो पटक हो । प्रतिस्थापन विधेयकलाई सामान्यसरह पारित गरिएको भन्दै सभाले बिहीबार सन्देश सुनाउने प्रक्रिया रोकेको हो । महान्यायाधिवक्तासँग कानुनी परामर्श लिएर मात्र थप प्रक्रिया अघि बढाउने सहमतिसमेत कार्यव्यवस्था परामर्श समितिमा भएको छ । सङ्घीय संसद् र समितिमा महान्यायाधिवक्ताले कानुनी राय दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्यव्यवस्था परामर्श समितिले महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग छलफल गर्न लागेको हो । बुधबारको कार्यव्यवस्थामा सत्तापक्ष र प्रतिपक्षको समेत फरक फरक मत भएको थियो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विधेयकका विषयमा महान्यायाधिवक्ताको राय लिने निर्णय भएको बताउनुभयो । अर्यालले भन्नुभयो, “यही ७ गतेको बैठकमा महान्यायाधिवक्तासँग राय लिने सहमति भएको छ । कार्यव्यवस्था परामर्श समितिमै उहाँले आफ्नो धारणा राख्ने व्यवस्था मिलाइने छ ।” कार्यव्यवस्थामा सत्तापक्ष नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले प्रतिनिधि सभाले परिमार्जनसहित पारित गरेको विधेयक स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । एमालेले भने नियमावलीको व्यवस्थामा टेकेर निष्क्रिय  भइसकेको प्रतिस्थापन विधेयकलाई अन्य सामान्य विधेयकसरह पारित भएको भन्दै प्रश्न गरेको थियो । सत्तापक्ष र प्रतिपक्ष विभाजित भएपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महान्यायाधिवक्ताको राय लिने निर्णय लिनुभएको हो । राष्ट्रिय सभाले असार १५ गते अध्यादेश प्रतिस्थापनका रूपमा विधेयक पारित गरेको थियो । असार २० गतेसम्म संविधानले तोकेको ६० दिनको समयसीमा कायम थियो । तर असार २० भित्र विधेयक पारित हुन नसकेपछि अध्यादेश निष्क्रिय  भएको थियो । अध्यादेश निष्क्रिय  भएसँगै प्रतिस्थापन विधेयक पनि निष्क्रिय  भएको एमालेको तर्क थियो । सदन सञ्चालनसम्बन्धी नियमावलीमा संविधानको धारा ११४ ले तोकेको अवधिभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरण हुनुपर्ने व्यवस्था रहेको भन्दै एमालेले उक्त विधेयक अघि बढाउन अस्वीकार गरेको थियो । तर राजनीतिक सहमतिपछि सरकारले केही नयाँ व्यवस्थासमेत स्वीकार गर्दै असार ३१ गते विधेयक पारित भएको थियो । सरकारले विधेयकको प्रस्तावना र केही दफामा संशोधन स्वीकार गरेको थियो । जसमा लेनदेन कारोबारको कुनै पक्ष बिरामी वा शारीरिक मानसिक कारणले आफैँ उपस्थित हुन नसकेमा हकवालाले लिखत प्रमाणित गर्न सक्ने व्यवस्था स्वीकार गरिएको थियो । यस्तै लेनदेनको एक पक्ष उपस्थित नभएमा यथार्थ बुझेर स्थानीय तहको वडा कार्यालयले कागज प्रमाणित गर्न सक्ने व्यवस्था पनि थपिएको थियो । लेनदेन गर्ने व्यक्ति विदेश रहेमा स्वदेश फर्किएको ६ महिनासम्म कागज प्रमाणित गर्न सक्ने व्यवस्था थपिएको थियो । सजायमा कसुरको गम्भीरता हेर्ने पनि व्यवस्था स्वीकार गरिएको थियो । अध्यादेश निष्क्रिय  भएपछिको शून्यताको अवस्थाको काम कारबाही भने बचाउ पारित विधेयकले गरेको थियो । हक, सुविधा, कर्तव्य र दायित्वलाई पनि बचाउ गरिएको थियो । दण्ड र सजायको पनि बचाउ पारित विधेयकले गरेको छ । प्रतिनिधि सभाले संशोधनसहित पारित गरेको विधेयकको राष्ट्रिय सभाले अस्वीकार गरेमा संयुक्त बैठकमा विधेयक जाने छ । यसरी संयुक्त बैठकमा पेस हुने विधेयक उत्पत्ति भएको सदनकै स्वरूपमा पारित गर्न वा जनताको राय प्रतिक्रियाका लागि लैजाने प्रस्तावको सुविधा सरकारलाई हुनेछ । विधेयकमाथि संशोधन दर्ता, संशोधन स्वीकार वा अस्वीकारलगायतका प्रव्रिmया अघि बढाउन सकिने छ । संयुक्त बैठकमा बहुमतीय प्रक्रियाका आधारमा समेत निर्णय लिन सकिने छ ।   
News
54,851
एम्बुलेन्सको एकीकृत निगरानी
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
https://gorkhapatraonline.com/news/61559
काठमाडौँ, वैशाख ७ गते । “यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार यस प्रणालीले मन्त्रालयको नियन्त्रण कक्षबाट नै कुन एम्बुलेन्स कुन ठाउँमा कसरी रहेको छ ? वा स्थिर रहेको छ ? एम्बुलेन्सले बिरामी बोकेको छ कि छैन ? बिरामीको आग्रहलाई मानिरहेको छ कि छैन ? भन्ने कुरा देखाउँछ । मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स ट्र्याकिङ प्रणाली सुदूरपश्चिम प्रदेशमा लागू भइसकेको छ । अब बागमती प्रदेश हुँदै देशैभर लागू गरिने मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यस प्रणालीमार्फत बिरामीले सहज रूपमा एम्बुलेन्स पाउन सक्ने बताउनुभयो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले एम्बुलेन्स ट्र्याकिङ प्रणाली लागू गर्दा एम्बुलेन्सको मात्र व्यवस्थापन हुने नभई बिरामीलाई समेत धेरै फाइदा पुग्ने बताउनुभयो । “देशभरिका एम्बुलेन्स ट्र्याकिङ गरी आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा सहज बनाउन एम्बुलेन्स व्यवस्थित गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “यो प्रणालीले अहिले सुदूरपश्चिममा रहेका प्रत्येक एम्बुलेन्सको अवस्थाबारे जानकारी दिन्छ ।”यस प्रणालीअन्तर्गत एम्बुलेन्स आवश्यकता पर्दा १०२ नम्बरमा फोन गर्ने व्यवस्था मिलाइएको छ । बिरामीले जुन प्रदेशबाट फोन गरेको छ, त्यही प्रदेशको एम्बुलेन्स व्यवस्थापन केन्द्रमा फोन उठ्छ र एम्बुलेन्सको व्यवस्था गर्न सकिन्छ । एम्बुलेन्स सेवालाई अझ सहज र प्रभावकारी बनाउनका लागि स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स एप नै लागू गर्ने गरी तयारी गरिरहेको सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । डा. अधिकारीका अनुसार नेपालमा हाल दुई हजार छ सय एम्बुलेन्स रहेकोमा एक हजार चार सयवटा १० वर्ष पुराना छन् । तर राजस्व सुविधा लिएर एम्बुलेन्स नेपाल भित्रिएको १० वर्ष चलाएपछि त्यसलाई सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था छ । १० वर्षपछि उक्त एम्बुलेन्स व्यक्तिगत प्रयोजन तथा बिरामी बोक्नसमेत पाइँदैन । डा. अधिकारीले कतिपय एम्बुलेन्स मन्त्रालयको प्रणालीभित्र नआएकाले ३५ दिनभित्र प्रणालीमा आई मन्त्रालयमा दर्ता हुनलाई सूचना जारी गरिएको बताउनुभयो । कतिपय एम्बुलेन्स दर्ता नभएका र भएका मध्ये नवीकरण नगरिएका र त्यस्ताले मनपरी भाडा लिने गरेका छन् । हाल प्रदेश सरकारमा एम्बुलेन्स दर्ता हुनुपर्छ ।सहप्रवक्ता डा. अधिकारीले ८१ वटा एम्बुलेन्स ट्र्याकिङमा आइसकेका छन् । ६६२ वटा एम्बुलेन्सले स्वीकृति लिइसकेको र चाँडै नै ती पनि ट्र्याकिङ सिस्टममा आउने बताउनुभयो । नेपालमा एम्बुलेन्स सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार आकस्मिक सेवाको मापदण्ड पालना गरी ‘क’ र ‘ख’ वर्गमा विभाजन गर्ने व्यवस्था रहेको छ । ‘क’ र ‘ख’ बाहेकका एम्बुलेन्स नेपालमा सञ्चालन हुन पाउने छैनन् ।  जिल्लामा सञ्चालन हुने एम्बुलेन्स व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गरिएको हुन्छ । यो नियमअनुसार नियमित सवारी साधन चलाउने चालकले एम्बुलेन्स सञ्चालन गर्न पाउने छैन । लाइसेन्स प्राप्त गरेर पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको छुट्टै तालिम लिनुपर्ने हुन्छ । डा. अधिकारीले एम्बुलेन्स चलाउँदा बिरामीले छिट्टै सेवा पाउने र गुणस्तरीय स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो । उहाँले देशभर रहेका एम्बुलेन्सहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी छिटो, छरितो रूपमा बिरामी वा घाइतेलाई अस्पताल पु¥याउने उद्देश्यले स्वास्थ्य संस्थाद्वारा मात्र एम्बुलेन्स सञ्चालन व्यवस्थाको मापदण्ड बनाउन लागेको बताउनुभयो । डा. अधिकारीका अनुसार एम्बुलेन्स ट्र्याकिङ गर्ने सफ्टवेयर जीपीएससँग कनेक्ट हुने र सरकारले एम्बुलेन्सका लागि उपलब्ध गराएको टोल फ्री नम्बर १०२ मा कल गरेपछि पहिला प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रमा फोन पुग्नेछ । प्रेषण केन्द्रमा फोन पुगेपछि बिरामीको अवस्था हेरेर जीपीएसबाट एम्बुलेन्स ट्र्याकिङ गरी बिरामीसमक्ष पठाउने व्यवस्था गरिएको छ । डा. अधिकारीका अनुसार प्रदेशमा फोन नउठेको अवस्थामा स्वास्थ्य मन्त्रालयमा रहेको विपत् व्यवस्थापन एकाइमा फोन उठ्ने र स्वास्थ्य मन्त्रालयबाट सहयोग हुने जानकारी दिनुभयो । हरेक एम्बुलेन्सको रेकर्ड हुने र कहाँ कसरी चलिरहेको छ भन्न सहज हुने उहाँको भनाइ छ ।    
News
57,024
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
https://gorkhapatraonline.com/news/84502
काठमाडौँ, कात्तिक १९ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । ग्लोबल आइएमई बैंक तीन करोड १७  लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैंक तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैंक दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् । हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् । रासस  
News
36,284
बटलरको शतक
इंग्ल्यान्डका जोस बटलरले शतक बनाउँदै बेन स्टोक्ससँग पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतविरुद्ध जारी तेस्रो टेस्टमा इंग्ल्यान्ड खेल बचाउन संघर्ष गरिरहेको छ ।
https://ekantipur.com/sports/2018/08/22/153490367018738017.html
नटिङ्घम — इंग्ल्यान्डका जोस बटलरले शतक बनाउँदै बेन स्टोक्ससँग पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतविरुद्ध जारी तेस्रो टेस्टमा इंग्ल्यान्ड खेल बचाउन संघर्ष गरिरहेको छ ।चौथो दिन मंगलबारको पहिलो सेसनको अन्त्यमा इंग्ल्यान्ड ६२–४ को स्थितिमा रहेपनि त्यसपछि बलियो साझेदारी अगाडि बढेको थियो ।सिरिजमा २–० ले अगाडि रहेको इंग्ल्यान्ड चौथो दिनमा ८० ओभरको खेल सकिँदा २२३–४ को स्थितिमा छ । भारतले जितका लागि प्रस्तुत गरेको ५ सय २१ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्डले जित दर्ता गर्न निकै कठिन हुनेछ । जित हासिल गरे टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध सन् २०१३ मा पछ्याएको सर्वाधिक ४ सय १८ रनको कीर्तिमान लक्ष्य पनि तोडिनेछ ।बटलर र स्टोक्सले पाँचौं विकेटका लागि १ सय ६१ रनको साझेदारी गरेका छन् । बटलरले १ सय ६ रन जोड्दै खेलिरहेका छन् भने स्टोक्स ५२ रनमा अविजित छन् । बटलरले १ सय ५२ बलको सामना गर्दै २१ औं चौका प्रहार गरेर शतक पूरा गरेका थिए ।दुवैले उत्कृष्ट ब्याटिङ गर्दा दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले कुनै विकेट गुमाएन । इंग्ल्यान्डका दुई खेलाडीले भाग्यको साथ पनि पाएका थिए । बटलर १ रनमा छँदा डेब्यु गरिरेहका विकेटकिपर रिसभ पन्तले क्याच ड्रप गरेका थिए भने ३५ रनको स्थितिमा चेतेश्वर पुजारा क्याच लिन असफल रहे । स्टोक्स पनि ३८ रनमा छँदा रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु अपिलमा बाँचे ।पहिलो इनिङ्समा १ सय ६१ रनमा अलआउट भएको इंग्ल्यान्डले दोस्रो इनिङ्समा पनि सोही प्रदर्शन दोहोर्‍याउने संकेत दिएको थियो । दिनको पाँचौं बलमै किटन जेनिङ्स १३ रन जोडदै ईशान्त शर्माको बलमा कट बिहाइन्ड भए । ईशान्तकै बलमा एलेस्टर कुक १७ रन जोडदै पहिलो स्लिपमा समातिए । इंग्ल्यान्डले ६४ रनको स्थितिमा थप दुई विकेट गुमायो । कप्तान जो रुट (१३ रन) र ओल्ली पोप (१६ रन) दुवै क्याचआउट हुँदै पेभेलियन फर्केका थिए ।सोमबार औंलामा चोट बोकेका कारण विकेटकिपरको भूमिका निभाउन असमर्थ रहेका जोनी बेरस्टो पाँचौं नम्बरमा ब्याटिङ गर्न आएनन् । उनीभन्दा अगाडि आएका स्टोक्स र बटलरले इंग्ल्यान्डको पारी सम्हाल्न मद्दत गरे ।
Sports
28,857
भूकम्पपछि त्रिपालमा बस्ने महिलाहरू असुरक्षित
भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते राति साढे ८ बजे बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
https://ekantipur.com/news/2023/12/27/women-living-in-tripal-are-unsafe-after-the-earthquake-30-43.html
वीरेन्द्रनगर — भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते राति साढे ८ बजे बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शौचालय गएकी किशोरीलाई फर्किंदै गर्दा नलगाड नगरपालिका–१ का २१ वर्षका गोपाल वादीले बलात्कार गरेको भन्दै किशोरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दायर भएको थियो । गोपाल पनि त्रिपालमा बस्दै आएका थिए ।प्रहरीले कात्तिक २७ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । बलात्कारको घटना भएको मौखिक जानकारीपछि प्रहरी तत्कालै घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । २८ गते गोपाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मंसिर १७ गते गोपाललाई जिल्ला अदालत जाजरकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका महिलाहरू दुव्र्यवहारमा पर्ने डरमा छन् । एकातिर ठिहिर्‍याउने जाडो, अर्कोतिर दुव्र्यवहारमा परिने हो कि भन्ने डर उनीहरूलाई छ । रातिको समयमा एक्लै शौचालयका लागि बाहिर निस्किन पर्दा डर लाग्ने गरेको महिलाहरू बताउँछन् । नलगाड नगरपालिका–१ की प्रतीक्षा महरका श्रीमान् श्रीमती र बालबालिकालाई छोडेर काममा पनि जान सकेका छैनन् । पालको बसाइ असुरक्षित भएकोले श्रीमान् कामका लागि काठमाडौं फर्किन नसकेको उनले बताइन् । उनी भन्छिन्, ‘पालमा डरै–डरैले बस्नुपर्छ । सबैभन्दा बढी डर त मान्छेहरूकै हुन्छ । कहिलेकाहीँ कामले गर्दा श्रीमान् सँगै हुनुहुन्न ।’ पालमा बसेका महिला र बालबालिका असुरक्षित छन् भन्ने महसुस भइरहेको वडाध्यक्ष धनबहादुर महरा बताउँछन् । भूकम्पपछि सबै त्रिपालमै बस्ने भएकोले महिलाहरू असुरक्षित भएका उनले बताए । उनी भन्छन्, ‘यो वडामा बसोबास गर्ने धेरै कृषक छन् । कमाइका लागि केही महिना भारत जाने केही महिना घरमा बस्नेहरू छन् । अहिले कोही कतै जान पाएका छैनन् । सबै घरमै छन् । महिलाहरू असुरक्षित छन् ।’३ छोरीसँगै त्रिपालमा बस्नपर्दा असुरक्षित महसुस हुने गरेको भेरी नगरपालिका–३ रावत गाउ“की नन्दकला विकले सुनाइन् । ढोकाबिनाको त्रिपालमा जसले जे पनि गर्न सक्ने डर हुन्छ । उनले भनिन्, ‘हाम्रै कारणले रोजगारीका लागि श्रीमान् बाहिर जान सक्नु भएको छैन । रक्सी खाएर वरिपरि हल्लाखल्ला गरिरहेका हुन्छन् । आफू कसरी जोगिने र छोरीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता हुन्छ ।’परिवारभन्दा पालमा बस्ने एकल महिलाहरूलाई अझै समस्या छ । पालमा डरै डरले १६ वर्षकी छोरी र आफू मात्र बस्ने गरेको ४२ वर्षकी सीता परियारले बताइन् । ‘घरमा अरु कोही नभएकोले मलाई र छोरी रातभरि निदाउनै सक्दैनौं । रातभरि बाहिर मान्छेहरु हिँडिरहेका हुन्छन् । पालभित्र पस्छन् कि भन्ने डर लाग्छ । कसैले केही नराम्रो व्यवहार गर्छ कि भन्ने चिन्ता हुन्छ,’ उनले भनिन् ।त्यसो त पछिल्लो समय प्रहरीले सुरक्षा व्यवस्थापनमा ध्यान दिएको दाबी गरेको छ । महिलामाथि दुव्र्यवहार हुन नदिन प्रहरीले निगरानी बढाएको सूचना अधिकारी विश्वकर्मा बताउँछन् । प्रहरीको गस्ती टोली पनि प्रभावित क्षेत्रमा पुग्ने गरेको उनी बताउँछन् । भूकम्प प्रभावित क्षेत्रबाट सामान्य सूचना आउँदा पनि प्रहरीले गहिरो अनुसन्धान गर्ने गरेको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा महिलामाथि हिंसामा घटना हुन सक्ने भन्दै प्रहरी चनाखो बनेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी भीमप्रसाद ढकाल बताउँछन् । पालमुनि बस्दै आएकाहरूमा महिला स्वभाविक रूपमा असुरक्षित छन् । उनले भने, ‘हामीले केही समयअघि १६ दिने महिला हिंसाको अभियान पनि जाजरकोटको बढी भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिकाबाटै सुरु गरेका हौं । प्रहरीले सुरक्षा सचेतना कार्यक्रम पनि गरिरहेको छ । प्रभावित बस्तीमा पुगेर सुरक्षाका टिप्स पनि दिने गरेको छ । योसँगै गस्ती बढाएर सुरक्षा निगरानी गरिएको छ ।’ सुरक्षासम्बन्धी प्रहरीमा आएका गुनासालाई तत्काल सम्बोधन गर्ने कार्य पनि गरिरहेको उनले बताए । भूकम्प प्रभावित क्षेत्रका प्रत्येक पालमा पुगेर प्रहरीले उनीहरूको आत्मबल बढाउने काम पनि गरिरहेको ढकालले बताए ।
News
6,842
फुटबलले राेकिएकाे गृहयुद्ध
सुडानको दोस्रो ठूलो सहर ओमडुरमनको अल मेरिख स्टेडियम । यसलाई विश्वको सबैभन्दा राम्रो रंगशालामध्ये एक पक्कै भन्न सकिन्न । तर रेड क्यास्टल नामले चिनिने यो रंगशालासँग विश्व फुटबलको एक गज्जबको असाधारण कथा भने जोडिएको छ । 
https://ekantipur.com/sports/2020/04/08/158632309831468767.html
यामोसोउक्रो — सुडानको दोस्रो ठूलो सहर ओमडुरमनको अल मेरिख स्टेडियम । यसलाई विश्वको सबैभन्दा राम्रो रंगशालामध्ये एक पक्कै भन्न सकिन्न । तर रेड क्यास्टल नामले चिनिने यो रंगशालासँग विश्व फुटबलको एक गज्जबको असाधारण कथा भने जोडिएको छ । सन् २००५ को अक्टोबर ८ । सन् २००६ को विश्वकपमा अफ्रिकी छनोटको समीकरण सामान्य थियो । इजिप्टलाई हरायो भने क्यामरुन छैटौंपल्ट विश्वकपको अन्तिम चरण पुग्थ्यो ।जितबाहेकको विकल्पमा आइभरिकोस्टको भाग्य चम्किन्थ्यो । उसले क्यामरुनलाई उछिन्ने हुन्थ्यो । र, पहिलोपल्ट विश्वकप खेल्ने हुन्थ्यो । त्यो छनोट खेलिरहेको टिमलाई आइभरिकोस्टको फुटबलमा स्वर्णिम पुस्ता मानिन्छ । त्यसको नेतृत्व गरिरहेका खेलाडी थिए, डिडियर ड्रोग्बा । उनी मात्र होइनन्, टिममा लन्डनको इंग्लिस फुटबलमा उत्तिकै चम्किरहेका अन्य खेलाडी पनि थिए । जस्तै, कोलोउ टाउरे, इमानुल इबोउ र डिडियर जोकोरा ।याया टाउरे भने त्यति बेला ग्रिसतिर खेल्थे, ओलम्पियाकोजका लागि । उनी भर्खरै लय समात्ने क्रममा थिए । यो यस्तो टिम थियो, जसले अफ्रिकी फुटबलमा आफूले चिताएको नतिजा निकाल्न सक्थ्यो । छनोटमा भलै आइभरिकोस्ट क्यामरुनको हातबाट दुईपल्ट पराजित रह्यो, तर उसले पक्कै पनि बेजोड चुनौती पेस गरिरहेको थियो । सुडानको त्यो दिनको फुटबलमा सबै खाले सम्भावना खुला थियो । आइभरिकोस्टको फुटबल अद्वितीय इतिहास चुम्ने संघारमा थियो ।तर आइभरिकोस्ट आफैं भने अन्धकार युगबाट गुज्रिइरहेको थियो । सन् २००२ बाट सुरु भएको गृहयुद्धले पूरा देशलाई विभाजनको संघारमा पुर्‍याएको थियो । राष्ट्रपति लुरेन्ट जिबागबोको पकडमा देशको दक्षिणी भाग थियो अनि विद्रोहीको नियन्त्रणमा उत्तरी भाग । विद्रोहीलाई भनिन्थ्यो, आइभरिकोस्टको नयाँ शक्ति र त्यसको नेतृत्व गरिरहेका थिए, गुलुमे सोरोले । त्यो वर्षको सेप्टेम्बर १९ बाट गृहयुद्ध सुरु भएको थियो । विद्रोहीले चौतर्फी आक्रमण प्रयास गरेको थियो ।सेवास्टिन जिनाहोरे । उनी पूर्व फुटबल खेलाडी हुन् । गृहयुद्ध सुरु भएपछि उनी देश छाड्न बाध्य भए । उनी ती दिन सम्झेर भन्छन्, ‘स्थिति निकै नाजुक थियो । जति बेला मैले आफ्नी दिदीलाई फोन गरेको थिएँ, मैले उनको स्वरमात्र होइन, गोलीको आवाज पनि सुनिरहेको थिएँ । पूरा परिवार चार दिन एउटै खाटमुनि लुकेर बसेका थियौं । खाली खाना खोज्न मात्र बाहिर निस्कनुपथ्र्योे । त्यो बेला मेरो चिन्ता भनेकै परिवारका सबै सदस्यलाई केही नहोस् भन्ने मात्र थियो ।’त्यो सुरुआती भिडन्त लामो समय टिकेन । दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा पकड बलियो बनाउने प्रयास गरेका थिए । सन् २००४ सम्म आउँदा गृहयुद्ध लगभग समाप्त हुने स्थितिमा थियो, तर सन् २००५ आइपुग्दा नपुग्दै तनाव फेरि बढ्न थाल्यो । फेरि एकपल्ट यो दक्षिण अफ्रिकी देशको भविष्य अन्धकारजस्तै देखिन थालेको थियो । आफ्नो देशमा के भइरहेको थियो, ती आधुनिक फुटबल खेलाडीले त्यसलाई निरन्तर पछ्याइरहेका थिए नै ।ती खेलाडी धनी पनि थिए । देश जुन स्थितिबाट गुज्रिइरहेको थियो, त्यसमा उनीहरूले केही गर्न सकिरहेका थिएनन् । तर एउटा तथ्य उनीहरूलाई के राम्रोसँग थाहा थियो भने फुटबल मैदानबाट निस्कने एउटा उपलब्धिले यो सबै स्थिति परिवर्तन गर्न सक्छ । सन् २००४ मा ड्रोग्बा इंग्लिस क्लब चेल्सी आएका थिए, २ करोड ४० लाख पाउन्डको छेउछाउमा । उनले त्यहाँ ९ वर्ष बिताए । इंग्लिस प्रिमियर लिगमा बिताएको त्यो समयका धेरै विशेषता रहे ।जस्तो, उनी प्रभावशाली रहे । सेन्ट्रल फरवार्डका रूपमा उनको खेल बेजोड थियो । उनका केही व्यवहार खेलाडीको जस्तो पनि रहेन, त्यसैले विवादमा पनि फसे । तर एउटा तथ्य के निश्चित थियो भने ड्रोग्बालाई मन पराउन सकिन्छ वा मन नपराउन पनि । तर उनको योगदान नकार्न भने सकिन्न । उनले हात पारेका उपलब्धि आफैंमा ठूलो थियो । चार लिग उपाधि, चार एफए कप, तीन लिगकप अनि एक युरोपेली च्याम्पियन्स लिग उपाधि थिए ।ड्रोग्बा खेलेका दिन, अधिकांस समय आर्सनलका लागि खराब दिन साबित भयो । त्यसैले त्यो बेलाका आर्सनल व्यवस्थापक आर्सन वेंगर भन्थे, यी खेलाडी विजेता हुन् । उनी वास्तवमै विजेता खेलाडी थिए, तर अक्टोबरताकाको एउटा खेलमा उनीमाथि असाध्यै धेरै दबाब थियो । र, यो सर्वथा फरक पनि थियो । याउन्डेमा क्यामरुन र इजिप्टको खेल अनि यता आइभरिकोस्ट र सुडानबीचको खेल एकै समय सुरु भएको थियो । आइभरिकोस्टलाई राम्रोसँग थाहा थियो, सबैभन्दा पहिले यो खेल नै जित्नुपर्छ ।सुडानी टिम कमजोर नै थियो । आइभरिकोस्ट विजयी रह्यो । अरुना डिडानेले तीन गोल गरेका थिए । सुडानले खेलको अन्त्यतिर फर्काएको एक गोलको केही अर्थ रहेन । अब त्यस सहरको १ हजार ६ सय माइल पर याउन्डेमा सबैको नजर थियो । त्यहाँ २० औं मिनेटमा क्यामरुनले अग्रता लिए पनि इजिप्ट कमजोर टिम थिएन । टोलीले ७९ औं मिनेटमा बराबरी गोल फर्कायो । खेल १–१ को स्थितिमा आयो र परिस्थिति आइभरिकोस्टको पक्षमा मोडियो ।आइभरिकोस्टको ड्रेसिङ रूममा ड्रोग्बा बीचमा थिए । उनलाई चारैतर्फबाट अरू खेलाडीले घेरिरहेका थिए । उनीहरू सबै रेडियोमा कमेन्ट्री सुनिरहेका थिए । खेल सकिन केही सेकेन्डमात्र बाँकी रहेका बेला क्यामरुनले अप्रत्याशित ढंगले पेनाल्टी पायो, यो वास्तवमै रेफ्रीको निकै नरम खाले निर्णय थियो । इन्ज्युरी समयको चौथो मिनेटमा क्यामरुनले पेनाल्टी पाएको थियो । प्रत्येक नाटकीय कथामा एउटा पक्षको मन छियाछिया हुन्छ नै । यो कथामा पनि केही फरक थिएन ।पिएरे वोमेको पेनाल्टी प्रहार पोस्टमा ठोक्किएर बाहिरियो । क्यामरुनी खेलाडीले विश्वास नै गर्न सकेनन् । अधिकांशले अविश्वसनीय भावले आफ्नो मुख छोपिरहेका थिए । तर यता आइभरिकोस्ट भने पहिलोपल्ट विश्वकपमा छनोट भएको क्षण थियो, त्यो । त्यतिबेला पूरा आइभरिकोस्ट खुसी भएको थियो । सबैले बिर्से, राजनीतिक रूपमा यो देश विभाजित छ । अन्त्यमा आइभरिकोस्टका खेलाडीले सामूहिक प्रार्थना गरे, ड्रेसिङ रूममा । लगत्तै प्रत्यक्ष प्रसारण गरिरहेको टीभी पनि त्यहीं पुग्यो ।खेलाडीहरू एकअर्कालाई काँधमा हात राखेर बेरिएका थिए । बीचमा थिए तिनै ड्रोग्बा । उनको नजिक क्यामरा पुग्यो अनि माइक्रोफोन । उनले बोल्न सुरु गरे, ‘आइभरिकोस्टका सबै महिला तथा सज्जनवृन्द । उत्तर, दक्षिण, मध्य र पश्चिम, आइभरिकोस्टमा सबैको समान अस्तित्व छ । सबै सँगै मिलेर खेल्न सक्छन् । विश्वकपमा छनोट पनि हुन सक्छन् । मलाई पूरा विश्वास छ, फुटबलको यो सफलताले हामीलाई एकताको सूत्रमा बाँध्नेछ ।’उनले थपे, ‘हामी धेरैथोकमा धनी छौं, त्यसैले युद्ध हाम्रो विकल्प होइन । कृपया सबैले हतियार त्यागौं र चुनावमा भाग लिऔं ।’ त्यतिबेलासम्म आइभरिकोस्टमा पूरा खुसीयाली छाइसकेको थियो । इजिप्टको राजदूतावास बाहिर हजारौं जनता जम्मा भए र क्यामरुनलाई बराबरीमा रोकेकामा धन्यवाद दिए । त्यसको बिहान राजनीतिक स्थिति उस्तै थियो । देश अझै विभाजित थियो । तर केही दिनमै नाटकीय परिवर्तन सुरु भयो, ड्रोग्बाको भाषण बजेको बज्यै थियो टीभीहरूमा । चर्को दबाबपछि सरकार र विद्रोही एउटै टेबलमा आए र युद्धविराममा हस्ताक्षर भयो ।– ओलिभर गुइबेर्टोउ
Sports
25,343
केन्याविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, आसिफको अर्धसतक
केन्याविरुद्ध पहिलो 'वान डे' मा नेपाली ओपनरले उत्कृष्ट सुरुवात गरेका छन् । पहिलो विकेटका लागि ओपनर आसिफ शेफ र अर्जनु साउदले सतकीय साझेदारी गरेका छन् । 
https://ekantipur.com/sports/2022/09/02/166212034453349210.html
काठमाडौँ — केन्याविरुद्ध पहिलो 'वान डे' मा नेपाली ओपनरले उत्कृष्ट सुरुवात गरेका छन् । पहिलो विकेटका लागि ओपनर आसिफ शेफ र अर्जनु साउदले सतकीय साझेदारी गरेका छन् । केन्याको राजधानी नैरोबीमा जारी खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरेका छन् । केन्याले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याइरहेको नेपालले २१ ओभर खेल सकिँदा १ सय १ रन बनाएको छ । जसका लागि आसिफले ५३ रन र साउदले ४४ रन बनाएका छन् । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४९ ओभरको पहिलो बल अलआउट हुँदै २ सय १८ रनमात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करन केसीले ३/३ र विकेट लिएका थिए । त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १/१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए । केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरेका थिए । त्यसैगरी रन आउट हुनुअघि कोलिन ओबुयाले ६३ रन बनाएका थिए । पटेलल र ओबुयाले पाँचौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । त्यसैगरी सचिन बुदिया पनि २६ रनमा रन आउट भए ।केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तीन वटा एकदिवसीय खेल खेल्ने छ । यसअघि पाँच श्रृंखलाको टि-२० नेपालले ३-२ ले जितेको थियो ।
Sports
19,718
अभिलाषाको जित
नेपालकी अभिलाषा विष्टले आईटीएफ यू–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट २ मा मंगलबार दोहोरो जित पाएकी छन् । उनले सिंगल्स र डबल्स दुवैमा सफलता पाइन् । सिंगल्सतर्फ उनले चिनियाँ खेलाडी इटोङ झाङलाई ६–४, ६–२ को सोझो सेटमा हराइन् ।
https://ekantipur.com/sports/2019/02/13/155002942851356986.html
लेखनाथ — नेपालकी अभिलाषा विष्टले आईटीएफ यू–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट २ मा मंगलबार दोहोरो जित पाएकी छन् । उनले सिंगल्स र डबल्स दुवैमा सफलता पाइन् । सिंगल्सतर्फ उनले चिनियाँ खेलाडी इटोङ झाङलाई ६–४, ६–२ को सोझो सेटमा हराइन् ।डबल्सतर्फ उनले श्रीलंकाकी अन्जलिका कुरेरासँगको जोडीमा भारतकी रुसिका र नेपालकी सुभांगीलक्ष्मी शाहको जोडीलाई ६–२, ६–१ ले हराइन् । सर्किट १ मा पनि अभिलाषाले पहिलो चरणमा दोहोरो जित पाएकी थिइन् । पोखरा रंगशालाको टेनिस कोर्टमा पुरुष सिंगल्सतर्फ भारतका आदित्य वरदान राय चौधरीले हङकङका काइल लोक इन ताङलाई ७–६, ६–३ ले पराजित गरे । भारतका सार्थक सुदेनले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले र जापानका केइजु मियाकेले ताइवानका यु सुन लाइलाई ६–२, ६–१ ले हराए । महिला सिंगल्सतर्फ भारतकी रेन्नी सिंग्लाले चीनकी युछुवान लुओलाई ६–२, ६–२ ले, भारतकी रिया बोभेजाले चीनकी जियु झाङलाई ६–१, ३–६, ६–२ ले, श्रीलंकाकी अन्जलिका कुरेराले भारतकी मैत्रीदीक्षा राउतलाई ४–६, ६–१, ६–३ ले र ताइवानकी स्किया कुङले भारतकी इनिका रेड्डीलाई ६–२, ६–२ ले हराए । पुरुष डबल्सतर्फ मलेसियाका जियान केङ ताकेसी र फिलिपिन्सका जोस एन्टोनियो ट्रियाको जोडीले चीनका माओ जाओ र जिछुवान लीको जोडीलाई ६–२, ६–१ ले, भारतका आदित्य वरदान र उदयवीर सिंहको जोडीले नेपालका प्रणव खनाल र दक्षिण कोरियाका जुवेन किमको जोडीलाई ६–२, ६–४ ले, हङकङका काइल लोक र भारतका जेराल यासिनको जोडीले नेपालका आर्यन गिरी र चीनका यु शुन लाइको जोडीलाई ६–१, ६–३ ले, जापानका जेनी इनोक र केइजु मियाकेको जोडीले जर्मनीका पाउल र अमेरिकाका हनु पटेलको जोडीलाई ६–२, ६–२ ले पराजित गरेका छन् । महिला डबल्सतर्फ नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले भारतका श्रृष्टि धिर र इनिका रेड्डीको जोडीलाई ६–२, ६–२ ले पराजित गरे । चीनका किङलिन झाङ र जिछुवान जेङको जोडीले जापानका जुलिया दैया बार्देन र रिसा ओनोको जोडीलाई ६–२, ६–३ ले, चीनका ली यु लिउ र इटोङ झाङको जोडीले नेपालकी इशाश्री शाह र अमेरिकाकी माहिका गुप्ताको जोडीलाई ६–०, ६–० ले, भारतकी अमिका किरण र हंगेरीकी अन्ना लाजोसको जोडीले नेपालकी एनी माथेमा र भारतकी बान्ही पान्चलको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै दोस्रो चरण सुरक्षित गरेका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले वल्र्ड टेनिस टुरअन्तर्गत ग्रेड ५ स्तरीय विश्व वरीयताका लागि आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन कास्की जिल्ला टेनिस संघले गरेको छ ।
Sports
27,963
पच्चीस करोड विशेष सापटी प्रदान
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत रकमबाट एक हजार ३६० जनाले २५ करोड २७ लाख ३० हजार रुपियाँ विशेष सापटी रकम लिएका हुन्।
https://gorkhapatraonline.com/news/43742
काठमाडौँ, कात्तिक २२ गते ।  सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत रकमबाट एक हजार ३६० जनाले २५ करोड २७ लाख ३० हजार रुपियाँ विशेष सापटी रकम लिएका हुन्। कोषका सहप्रवक्ता रोहित रेग्मीले कोषले विशेष सापटी प्रदान गर्न थालेको साढे दुई महिनाको अवधिमा उक्त कारोबार भएको जानकारी दिनुभयो। कोषमा लगातार तीन वर्ष योगदान गरेका योगदानकर्तालाई गत भदौ १ गतेदेखि विशेष सापटी दिन थालिएको हो। कोषका अनुसार योगदानकर्ताले कोषबाट जम्मा बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्छन्। योगदानकर्ता सापटी निर्देशिका, २०७९ मा कोषमा सूचीकृत भएर ३६ महिना योगदान गरेका योगदानकर्ताले सापटी र कर्जा सुविधा लिन सक्ने व्यवस्था छ। घर निर्माण ऋण र शैक्षिक ऋणभन्दा विशेष सापटी लिन सहज भएकाले आकर्षण पनि यसैमा भएको कोषका सहप्रवक्ता रेग्मीले बताउनुभयो।योगदानकर्ताले नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न ऋण पाउने व्यवस्था गरेको छ तर यो सुविधा लिएका छैन। कोषका अनुसार यो सुविधा लिनका लागि अहिलेसम्म दुई जनाको मात्रै निवेदन आएको कोषले जानकारी दिएको छ। घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ। त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ। निर्देशिकाले तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ। विशेष सापटीभन्दा केही झन्झटिलो भएकाले पनि यसमा कम चासो भएको हुन सक्ने सरोकारवालाले बताउँदै आएका छन्। कोषका अनुसार योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने पनि व्यवस्था गरेको छ। यो सुविधा पनि अहिलेसम्म लिन चाहेको देखिँदैन। कोषमा कम्तीमा तीन वर्ष योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था छ। यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि सापटी प्रदान गर्न सकिनेछ। उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ।    
News
39,987
‘उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो'
उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ।
https://www.bbc.com/nepali/news-41157439
तर सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणको निन्दा भने गरेका छन्। बैठकमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरिया विरुद्ध थप कडा कदम चालिनुपर्ने बताइन्। प्योङयाङको साझेदार रहेको चीनले भने सबै पक्षलाई वार्तामा फर्कन पुन: आह्वान गरेको छ। एकता संयुक्त राष्ट्रसंघ आफ्नो नाम अनुसार परिणाम दिन विफल भएको भन्ने रुपमा सुरक्षा परिषद्को बैठकका क्रममा देखिएको पछिल्लो विभाजनलाई लिन सकिन्छ। सुरक्षा परिषद् उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई निन्दा गर्न एकमत भएर उभियो। तर त्यसलाई लिएर कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्दा उक्त एकता समाप्त भइहाल्यो। अमेरिकी राजदूत निक्की हेलीले प्योङयाङले युद्धका लागि ललकारिरहेको भन्दै सम्भव भएसम्मको कडा कूटनीतिक कारबाही गरिनुपर्ने अडान लिइन्। उनले भनिन्, "परमाणु शक्ति सम्पन्न राष्ट्र हुनु भनेको ती घातक अस्त्रहरु प्रयोग गरेर अरुलाई तर्साउनु होइन्, परमाणु शक्ति राष्ट्रले आफ्नो जिम्वेवारी बुझेका हुन्छन्, किम जोङ उनले त्यस्तो जिम्मेवारी बुझेको देखिदैँन, जथाभावी क्षेप्यास्त्र र परमाणु अस्त्र प्रयोग गरेर उनले युद्धका लागि ललकारीरहेका छन्।" कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम? 'हाइड्रोजन बम परीक्षण पूर्ण सफल' दक्षिण कोरियाद्वारा 'लाइभ-फायर' अभ्यास उनले आगामी हप्ता प्रस्तुत गर्ने गरी उत्तर कोरियामाथि लगाइने नयाँ प्रतिबन्धहरुको खाका अमेरिकाले तयार पारिरहेको जानकारी दिइन्। विभाजन अमेरिकाको धारणालाई जापान, दक्षिण कोरिया र संयुक्त अधिराज्यले समर्थन गरेका थिए। तर रुसको समर्थन पाएको चीनले पुन: वार्तामा फर्कनुपर्ने भन्दै आफूले कोरियाली प्रायद्वीपमा अस्तव्यस्तताको अवस्था कहिल्यै आउन नदिने धारणा प्रस्तुत गरेको छ। यो हप्ता न्यूयोर्कमा रहेका कूटनीतिज्ञहरुले उत्तर कोरियाली मामिलामा सुरक्षा परिषद् कसरी एकमत हुनसक्छ भनेर छलफल गर्नेछन्। तर प्रारम्भिक संकेतले समझदारी अझै टाढा नै रहेको देखिन्छ।
Others
64,632
बाँकेमा ५४ हजार बालबालिकाले कोभिड खोप लगाए
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
https://gorkhapatraonline.com/news/16926
नेपालगञ्ज, असार ११ गते । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार सो अभियान सुरु गरिएको दुई दिनमै जिल्लामा लक्ष्यको आधा भन्दा बढीले कोभिड विरुद्धको फाइजर खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियान सुरु भएको दुई दिनमानै बाँकेका आठवटै पालिकामा ५९ दशमलव १ प्रतिशत बालबालिकाले खोप लगाएको बताउनुभयो । श्रेष्ठका अनुसार बाँकेमा ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा दुई दिनमै ५४ हजार ४१ जना लक्षित बालबालिकाले खोप लगाएका छन् । दुई दिनमै यति धेरै बालबालिकाले खोप लगाएपछि सो खोप लगाउनु पर्छ भन्ने चेतना सर्वसाधारणमा राम्ररी पुगेको पाइएको श्रेष्ठले बताउनुभयो । जिल्लाका अधिकांश विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउने कार्यक्रम चलिरहेको जनाउँदै स्वास्थ्य कार्यालयले खोप लगाउनेको संख्याले स्वास्थ्यकर्मीहरु उत्साहित भएको जनाएको छ । कोहलपुर नगरपालिकामा दुई दिनमै लक्षित मध्येका सत प्रतिशतले खोप लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कोहलपुरमा १० हजार ४२३ जनाले खोप लगाएका छन् । यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र विदामा घर आएका बालबालिका समेत भेटिएकाले उनीहरुलाई पनि खोप लगाइएको हो ।सोही प्रकारले जिल्लाको राप्तीसोनारीमा ५८.२ प्रतिशत, बैजनाथमा ६०.८ प्रतिशत, खजुरामा ५१.९ प्रतिशतले खोप लगाएका छन् भने जानकीमा ४५.१, नेपालगञ्जमा ५७.४, डुडुवामा ३९.४ र नरैनापुरमा ४०.६ प्रतिशत बालबालिकाले खोप लगाएको जनाइएको छ । बाँके जिल्लामा उक्त खोप अभियान असार १२ गतेसम्म चल्ने जनाउँदै कोरोना फोकल पर्सन श्रेष्ठले सो अभियानअन्तर्गत ५ देखि ११ वर्षका कोही पनि बालबालिका नछुटुन भन्ने उदेश्य रहेको बताउनुभयो । 
News
62,708
तल्ला कक्षामा पढाउने शिक्षक अभाव
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो।
https://gorkhapatraonline.com/news/46269
बनेपा समाचारदाताकाभ्रेपलाञ्चोक, मङ्सिर १२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो। शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग पटक–पटक यो तहका शिक्षकको व्यवस्थापन गर्ने कोसिस गरे पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो। मन्त्री पौडेलले भन्नुभयो, “विद्यालय तहमा पढ्ने विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरीय बनाएर ल्याउन विश्वविद्यालयहरूको ध्यान जान जरुरी  छ।”उहाँले प्राविधिक, विद्यालय र उच्च शिक्षालाई एकैसाथ अघि बढाउनुपर्ने बताउँदै तीनै तहको शिक्षालाई एकअर्कामा जोडेर, एकअर्काको विषय थाहा पाएर समग्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयको मान्यताअनुसार विश्वविद्यालय खोल्नका लागि ऐन बनाउन बृहत् छलफल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सचिव डा. शङ्कर भण्डारीले पछिल्लो समय युवा जनशक्ति शिक्षाकै लागि बाहिरिने क्रम बढेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकाले विश्वविद्यालयहरूले यसमा ध्यान दिनुपर्ने भन्दै विश्वविद्यालय स्थापनाका लागि एउटा मापदण्ड बनाउन आयोग लागेको बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले पछिल्लो समय विश्वविद्यालयले सञ्चालन गरेका नयाँ शैक्षिक कार्यक्रमहरूबारे जानकारी दिनुभएको थियो।    
News
42,983
चार वर्षको खर्च एक तिहाइ मात्रै
विश्व बैङ्कले दूध र मासुमा उत्पादनमा करिब सात अर्ब रुपियाँ (पाँच करोड ५० लाख अमेरिकी डलर) लगानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सहुलियत ऋण सहयोगमा सो लगानी गरेको हो ।
https://gorkhapatraonline.com/news/15733
काठमाडौँ, जेठ ३० गते । विश्व बैङ्कले दूध र मासुमा उत्पादनमा करिब सात अर्ब रुपियाँ (पाँच करोड ५० लाख अमेरिकी डलर) लगानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सहुलियत ऋण सहयोगमा सो लगानी गरेको हो । दूध र मासुको उत्पादन वृद्धि गर्न विश्व बैङ्कको ऋण सहयोगबाट कृषि मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना नै सञ्चालन गरेको छ । सो आयोजना विगत चार वर्षदेखि सञ्चालनमा रहेको छ ।आगामी वर्षभित्र सकिने यस आयोजनाको चालू आर्थिक वर्षमा तेस्रो चौमासिकसम्मको भौतिक प्रगति ६७.९६ प्रतिशत रहेको निर्देशक दाहालले बताउनुभयो । आव २०७४/७५ देखि सुरु भएको सो आयोजना २०८०/८१ मा सम्पन्न हुँदै छ । चार वर्षमा सम्पूर्ण रकमको ३५ प्रतिशत रकम मात्र खर्च भएको आयोजनाका निर्देशक डा. उमेश दाहालले जानकारी दिनुभयो । अबको बाँकी एक वर्षमा सम्पूर्ण रकमको ८५ प्रतिशतसम्म खर्च हुने उहाँँले बताउनुभयो । यो आयोजनाले पाँच प्रदेशका २८ जिल्लाको २८९ स्थानीय तहमा दूध, खसीबोकाको मासु, पस्मिनालगायतको उत्पादनमा लगानी गरेको छ । “जहाँजहाँ यो आयोजना सञ्चालन भइरहेको छ, त्यहाँ दूध उत्पादन ४० प्रतिशत र मासु उत्पादन २० प्रतिशतले वृद्धि भएको छ,” आयोजनाका निर्देशक दाहालले भन्नुभयो तर आयोजनाले देशैभरिको दूध र मासु उत्पादनमा कस्तो प्रभाव पारेको छ भन्ने अध्ययन भइनसकेको तर यसले देशभरकै उत्पादनमा सकारात्मक प्रभाव पारेको हुनेपर्ने उहाँले दाबी गर्नुभयो ।  यस आयोजनाबाट सञ्चालित उपआयोजनामा नेपाली बैङ्क तथा वित्तीय संस्था, व्यक्तिगत समूह वा सहकारीले पनि लगानी गरेका छन् ।  आयोजनाले कुल लगानीको ५० प्रतिशत अनुदान कृषकलाई दिने गरेको छ । यस आयोजनाअन्तर्गत अनुदान दिन दुई करोड ५० लाख डलर छुट्याइएको छ । विश्व बैङ्क, सरकार तथा अन्य स्रोतबाट गरी यो आयोजनाको कुल लगानी आठ करोड ७० लाख डलर हुने उहाँले बताउनुभयो । मेगा प्रोजेक्टका रूपमा अगाडि बढाइएको यस आयोजनामा नेपाल सरकारको लगानी करिब सात करोड अमेरिकी डलर रहेको छ । दूध र मासु उत्पादनमा वृद्धिका लागि नीतिगत सुधारको आवश्यकता रहेको भन्दै सो आयोजनाबाट पशुको क्षेत्रमा नीतिगत काम पनि भएको छ । आयोजनाले राष्ट्रिय पशु स्वास्थ्य नीति, राष्ट्रिय प्रजनन नीति बनाउन पनि लगानी गरेको छ । यो नीति मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा आइसकेको छ । त्यस्तै आयोजनाले सङ्क्रमण पशु रोग नियन्त्रण ऐन, पशु कल्याण ऐन ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट त्यसको सैद्धान्तिक सहमति पनि आयोजनाले प्राप्त गरिसकेको छ । त्यसैगरी पशु पोषण रणनीति र पशु पहिचान रणनीति बनाउने तयारी भइरहेको छ । पशुसेवा विभागको समन्वयमा आयोजनाले खोरेत रोगका लागि चाहिने खोपको व्यवस्थापन गर्ने कार्य पनि गरिरहेको छ । प्रत्येक प्रदेशमा एउटाका दरले हालसम्म ५० लाख डोज भ्याक्सिन भण्डारण गर्न सक्ने क्षमताका प्रत्येक प्रदेशमा सातवटा प्रिफ्याब कोल्ड रुम तयार गरेको छ । यी कोल्ड रुम मुख्यतः प्रदेशस्तरमा भ्याक्सिन बैङ्कका रूपमा रहने निर्देशक दाहालले बताउनुभयो । आयोजनाले विभिन्न पाँच ठाउँमा पशु हाटबजार स्थापना गर्ने भएको छ । पाँच ठाउँमध्ये बर्दिया, रुपन्देही, चितवन, झापामा स्थापना भइसकेका छन् भने मोरङमा निर्माण कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । साथै पशुका लागि भिडियो एक्स–रे मेसिन पनि वितरण गरिएको छ । पशु नश्ल सुधारका लागि अमेरिकाबाट सातवटा गाई ल्याइसकिएको छ । वंशावली नश्ल सुधार कार्यक्रमअन्तर्गत ती सातवटा साढे ल्याइएको हो । यी साढेबाट नश्ल सुधार भएपछि दूध उत्पादनमा वृद्धि हुने विश्वास आयोजनाले लिएको उहाँले जानकारी दिनुभयो । आयोजनाले घाँस उत्पदानमा पनि लगानी गरेको छ । डेरी उद्योगीलाई ५० प्रतिशत अनुदान दिएर चितवनमा दूध तथा दुग्धजन्य पदार्थ राख्नका लागि कोल्डस्टोर पनि स्थापना गरिएको छ । दूध सङ्कलनका लागि चिलिङ सेन्टर पनि ठाउँठाउँमा स्थापना गरिएको छ । आयोजनाले जति पनि गतिविधि गरिरहेका छन्, ती सबै दूध तथा मासु उत्पादनमा वृद्धिका लागि गरिएको बताउँदै उहाँले यसमा विश्व बैङ्कको ठूलो सहयोग रहेको बताउनुभयो । कृषिका अन्य क्षेत्रमा पनि विश्व बैङ्कको लगानी छ तर दूध र मासुमा लगानी भएको यो नै पहिलो आयोजना रहेको उहाँले बताउनुभयो । नेपाल दूध र मासुमा लगभग आत्मनिर्भर नै रहेको बताउँदै उहाँले यो आयोजना सकिएपछि देशभरको दूध र मासु उत्पादनमा यसले कस्तो प्रभाव प-यो, त्यसको पनि तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । 
News
40,856
कृषि अनुसन्धानका लागि बजेटको अभाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ प्रतिशत छुट्याएको छ । राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा कृषि वैज्ञानिक डा. टीकाराम चापागाईंले देशको कुल बजेटमध्ये नार्कका लागि ०.१९ प्रतिशत बजेट मात्र छुट्याएको छ, यो अनुसन्धानका लागि निकै नै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई दिएको बजेटबाट सानो स्केलमा काम गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्ने गरी काम गर्न सकिँदैन ।”
https://gorkhapatraonline.com/news/111843
काठमाडौँ, जेठ ३१ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ प्रतिशत छुट्याएको छ । राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा कृषि वैज्ञानिक डा. टीकाराम चापागाईंले देशको कुल बजेटमध्ये नार्कका लागि ०.१९ प्रतिशत बजेट मात्र छुट्याएको छ, यो अनुसन्धानका लागि निकै नै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई दिएको बजेटबाट सानो स्केलमा काम गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्ने गरी काम गर्न सकिँदैन ।”देश खाद्यान्नमा परनिर्भर रहेको बताउँदै उहाँले आत्मनिर्भरका लागि नयाँ प्रविधिमा जानु पर्छ र नयाँ प्रविधिका लागि बजेटको आवश्यकता पर्छ जो नार्कसँग अभाव रहेको बताउनुभयो । बिहीबारदेखि सुरु हुने ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीका बारेमा जानकारी गराउन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख चापागाईंले कृषिमा अनुसन्धान गर्नका लागि जनशक्ति र प्रविधिको अभाव रहेको बताउँदै अन्तर्राष्ट्रिय प्रविधि नभएका कारण अरूसँग प्रतिस्पर्धा गर्न नसकिएको बताउनुभयो । यद्यपि नार्कसँग भएको साधन स्रोतका आधारमा अनुसन्धानका क्षेत्रमा काम भइरहेका छन् तर त्यसले लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले नार्कका लागि कम्तीमा तीन प्रतिशत बजेट आवश्यक रहेको बताउनुभयो । अर्का वैज्ञानिक अमर पुनले कृषि क्षेत्रका अध्ययन अनुसन्धान महँगो हुने भएकाले सरकारले बजेटमा वृद्धि गर्नुपर्ने बताउनुभयो । कतिपय अनुसन्धान बजेटको अभावमा अगाडि नबढेको अनुभव पनि नार्कसँग रहेको बताउँदै उहाँले कृषि विकासका लागि अनुसन्धान आवश्यक छ र त्यसका लागि सरकारले खर्च गर्नुपर्ने बताउनुभयो । परनिर्भरतालाई कम गर्नका लागि गोष्ठी तथा छलफल आवश्यक रहेको बताउँदै प्रमुख चापागाईंले ‘व्यावसायिकताका लागि बागवानी अनुसन्धान’ नाराका साथ ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको बताउनुभयो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको करिब एक चौथाइ हिस्सा छ भने बागवानीले कृषि क्षेत्रमा ३१ प्रतिशत योगदान पुर्‍याइरहेको छ । यद्यपि बागवानीमा सरकारले अपेक्षा अनुसार लगानी नगरेको गुनासो उहाँले गर्नुभयो । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्ने प्रविधि विकास गर्नु बागवानी अनुसन्धानको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । 
News
34,216
एकै दिन थपिए २३ चार्जिङ स्टेसन
बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ । ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा इ–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।
https://gorkhapatraonline.com/news/103159
काठमाडौँ,  चैत २८ गते । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा इ–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।नेपाल सरकारले तय गरेको शून्य कार्बन उत्सर्जनको अन्तिम लक्ष्य र त्यसअघिका आवधिक लक्ष्य परिपूरण गर्ने उद्देश्यले विद्युतीय सवारीको सहजता र सर्वसुलभता कायम गर्न यस्तो सहायता गरिएको युएस एआइडीका निमित्त मिसन निर्देशक कारिन वेल्चले जानकारी दिनुभयो । “निजी क्षेत्रलाई समेत प्रवर्धन गर्ने गरी हामीले गरेको यो सहायता परिचालन नेपालको ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहायकसिद्ध हुने छ,” उहाँले भन्नुभयो, “सरकार र अन्य साझेदारसँग यस्ता कार्यमा सहकार्य बढाउन हामी अझै तत्पर छौँ ।” सरकारले सन् २०३० सम्ममा निजी सवारी बिक्रीको ९० प्रतिशत र सार्वजनिक सवारीको ६० प्रतिशत बिक्री विद्युतीय सवारी पु¥याउने लक्ष्य लिएको छ । चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी प्रवर्धनका लागि चार्जिङ पूर्वाधार सुविधा विस्तारले यस्ता सवारी प्रयोगमा अझै व्यापकता आउने अपेक्षा गर्नुभयो । प्राधिकरणले आफैँ ५१ वटा सार्वजनिक चार्जिङ स्टेसन निर्माण गरेर यो काम आरम्भ गरेको थियो,” उहाँले भन्नुभयो, “अहिले दातृनिकायको अनुदान सहयोगमा २३ वटा स्टेसन सञ्चालनमा आउँदा स्वच्छ ऊर्जा प्रवर्धनमा नयाँ सन्देश प्रवाह गर्ने छ ।” ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले चार्जिङ स्टेसनको व्यावसायिक सञ्चालनमा निजी क्षेत्रले थालेको पहलले स्वच्छ ऊर्जा प्रवर्धनमा उल्लेख्य योगदान पु¥याउने बताउनुभयो । ऊर्जा नेपालले विद्युतीय सवारी प्रवर्धनका लागि निजी क्षेत्रका नयाँ सोच र क्षमता सदुपयोग गर्ने गरी यस्तो सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यात्री र इ–स्टपले आफ्नो अन्य व्यावसायिक सोच बहुआयामिक बनाउन र व्यवसाय र सेवालाई गुणस्तरीय बनाउन चार्जिङ स्टेसन व्यवसायमा प्रवेश गरेको जनाएका छन् । साझाले पनि चलायो चार्जिङ स्टेसनमङ्गलबारै साझा यातायातले पनि ठुला बस चार्ज गर्न मिल्ने देशकै ठुलो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । उपत्यकाभित्र ४० विद्युतीय बस सञ्चालन गर्ने योजना अनुसार साझा यातायातले एकैपटक २४ वटा ठुला बस चार्ज गर्न मिल्ने गरी साझा यातायात परिसर पुल्चोकमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गर्नुभयो । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार सरकारले उपलब्ध गराएको तीन अर्ब रुपियाँ अन्तर्गतै यी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । साझा परिसरमा भएका चार्जिङ स्टेसनमा १.१ मेगावाट विद्युत् खपत हुन्छ । साझा यातायातले थप चार्जिङ स्टेसन विस्तार गर्न काठमाडौँ उपत्यकाका १८ पालिकासँग सहकार्य गर्न चाहेको जनाइएको छ । साझाले हाल नौ मिटर लामो ५० यात्रु क्षमताका ७१ डिजल र ४० विद्युतीय गरी १११ बस सञ्चालन गरिरहेको छ । निकट भविष्यमै १२ मिटर लामो बस ल्याउने उपत्यकाबाहिरको सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।   
News
51,006
नेकपा विवादः नेपाली सेनाका प्रधानसेनापतिसँग प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सघन' भेटघाट 'प्रत्युत्तर' को तयारी कि नियमित प्रक्रिया?
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गरेको समाचारले एक खालको तरङ्ग उत्पन्न गरिदिएको छ।
https://www.bbc.com/nepali/news-53316986
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उक्त दल विभाजित हुने अड्कलबाजी समेत भइरहेका बेला प्रधानमन्त्री र सेनापतिको भेटलाई त्यस प्रकरणसँग पनि जोडेर हेरेको पाइन्छ। नेपाली तथा भारतीय सञ्चारमाध्यममा समेत सेनापति थापासँग प्रधानमन्त्री ओलीको भेटघाट बाक्लो भएको उल्लेख गरेका छन्। तर नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले ओली र थापाको आइतवार 'नियमित भेटघाट' भएको जानकारी दिए। उक्त भेटको विषयवस्तु र समाचारमा भनिए जस्तो अरू दिन भेट भएकोबारे जानकारी नभएको उनको भनाइ छ। 'उत्तेजक बनाउने प्रयास' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई दिनमा दुई पटक भेट भएको भनी आएका समाचारको पुष्टि पनि गरेनन्। तर उनले त्यसको खण्डन पनि गरेनन्। उनले भने, "प्रधानमन्त्रीको सेनापतिसँग आवधिक-नियमित भेटघाट भइरहन्छ। त्यो भेट्ने कुरा अनौठो पनि होइन। आवश्यकताअनुसार जति बेला पनि हुनसक्छ। तर अहिले जति भेटघाटका चर्चाहरू बाहिर भएको छ र भेट भयो भन्छन्, त्यो स्थितिलाई उत्तेजक बनाउने सक्रिय तत्त्वहरूले भ्रम फैलाइरहेका छन्।" यही बेला प्रधानसेनापतिले रक्षामन्त्रीसँग पनि भेट गरेको समाचार आएकाो छ। तर रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेल निकटस्थहरूले पनि त्यसलाई नियमित भेट भएको बताएका छन्। 'नियमित मात्र हुँदैन' पार्टी फुटको सम्भावनाबारे अड्कल चल्दै गर्दा प्रधानमन्त्रीले मन्त्रीहरूसँग आफूविरुद्ध आक्रमण भइरहेको र त्यसको प्रत्युत्तर "बाई वर्ड (वचन) र बाई स्टेप (कदम)बाट दिने" बताएको समाचारहरू पनि आए। प्रधानमन्त्रीले सेनाको परमाधिपति रहने राष्ट्रपतिलाई पनि हटाउने प्रयास भइरहेको दाबी गरेको खबरहरू प्रकाशमा आएका छन्। कतिपयले त्यही 'कदम'को विभिन्न तयारीको एउटा पक्षको रूपमा पनि सेनापतिसँगको भेटलाई हेर्ने गरेका छन्। सुरक्षा मामिलाका जानकार गेजा शर्मा वाग्ले पनि उक्त भेटलाई नियमित मात्र मान्न तयार छैनन्। उनले भने, "सत्तारूढ दलभित्र विवाद चर्किँदै गयो र प्रधानमन्त्रीले भनेको भनेर बहिर आए जस्तै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आक्रमण भएमा प्रधानमन्त्रीकै अभिव्यक्तिका आधारमा विश्लेषण गर्दा सेनापतिसँग भेट नियमित मात्र नभई विद्यमान राजनीतिक तरलता र जटिलताको परिप्रेक्ष्यमा घनीभूत संवाद गरेको बुझ्न सकिन्छ।" सत्तारूढ नेकपामा दुई अध्यक्ष ओली र प्रचण्डबीच विवाद चुलिएको छ उनका बुझाइमा प्रधानमन्त्रीले भने जस्तै 'बाई स्टेप' स्थितिलाई नियन्त्रणमा लिँदा अरू पनि संयन्त्र आवश्यक पर्ने सन्दर्भमा भेट भएको हुनसक्छ। वास्तविक तयारी कि मनोवैज्ञानिक सन्देश? सरकारले सङ्कटकाल लगाउने र सेना परिचालन गर्ने सीमित अवस्था छ। नेत्रविक्रम चन्दको क्रियाकलाप लगायतका कारण अघोषित अराजकता र स्वास्थ्य सङ्कटको अवस्था रहेको बताउने नेकपाका एक नेताका बुझाइमा लकडाउनका कारण आर्थिक सङ्कट आउन सक्छ र सङ्कटकालका निम्ति तीनथरी आधार हुनसक्छन्। त्यो पनि संसद्‌बाट अनुमोदन गर्नुपर्ने अवस्था छ र बेलाबखत शङ्का गरिए जस्तो संसद् विघटनको अधिकार पनि सरकारसँग नरहेको संविधानविद्हरू बताउँछन्। तर 'संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने' संविधानको व्यवस्थाले पनि अराजकता नियन्त्रणको ठाउँ दिएको नेकपाका ती नेताले सुनाए। तर अवस्था त्यहाँसम्म नपुग्ने उनको भनाइ थियो। नेकपाकै कतिपय वरिष्ठ नेताले नै प्रधानमन्त्रीले धम्की दिइरहेको बताउने गरेका छन्। फाइल फोटो सुरक्षा मामिलाका जानकार वाग्लेले त्यसमा पनि केही सत्यता देख्छन्। उनले भने, "सेनापतिसँग भेटघाट गरेर पार्टीभित्रको असहमत पक्षलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने उद्देश्यले दिन चाहेको राजनीतिक सन्देश पनि केही हदसम्म हो। त्योभन्दा पनि आफ्नो राजनीतिक अभीष्टको निम्ति सेनालाई विश्वासमा लिन खोजेको देखिन्छ। "तर राजनीतिक अभीष्टको निम्ति सेना प्रयोग हुनुहुँदैन।"
Others
70,708
एटलान्टासँग मिलानको बराबरी
एटलान्टाले १-१ को बराबरीमा रोकेसँगै डिफेन्डिङ च्याम्पियन एसी मिलानले इटालीको सिरी एमा आफ्ना लगातार सात खेलको जित क्रम गुमाएको छ । 
https://ekantipur.com/sports/2022/08/22/166112828338119571.html
मिलान — एटलान्टाले १-१ को बराबरीमा रोकेसँगै डिफेन्डिङ च्याम्पियन एसी मिलानले इटालीको सिरी एमा आफ्ना लगातार सात खेलको जित क्रम गुमाएको छ । रुस्लान मिनिलोभ्स्कीको गोलमा एटलान्टाले अग्रता लिएपछि इस्मेल बेनसारले मिलानका लागि बराबरी गोल फर्काए । लिग तालिकामा दुई दुई खेल जितेका नेपोली र इन्टर मिलान हाल शीर्ष स्थानमा छन् ।नेपोलीले अर्को खेलमा मोन्जालाई ४-० गोलअन्तरले पराजित गर्‍यो । यस्तै इम्पोली र फियोरेन्टिनाले गोलरहित तथा बोलोग्ना र भेरोनाले १–१ को बराबरी खेले ।
Sports
19,803
महाशिवरात्रि : तीन वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।
https://gorkhapatraonline.com/news/54731
काठमाडौं, फागुन ५ गते ।  महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा शनिबार यातायात प्रभावित हुने भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको हो ।त्यसैगरी, मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई अनुरोध गर्नुभएको छ ।सवारीमार्ग निर्धारणबस तथा माईक्रोबसहरू :- रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।- रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात् महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने ।- कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगन्जको बाटो चलाउने ।माइक्रोबस तथा ट्याम्पोहरू :- सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा ट्याम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।- जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा ट्याम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।मालवाहक सवारी साधनहरू- जोरपाटी, बौद्ध, चाबहिल हुदैं महाराजगन्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगन्ज तर्फ जानु पर्ने ।- कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।- कोटेश्वर तीनकुने हुदैं पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।- महाराजगन्ज, चाबहिल हुदैं पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।पार्किङ्ग व्यवस्थापन :१. तीलगंगा आँखा अस्पताल अगाडी : तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरू ।२.  देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल : पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरू मात्र ।३. सिफल चौर : पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।४. गुह्येश्वरी पारी : गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरूका सवारी साधनहरू ।५. वनकाली क्षेत्र  : महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरूको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरू ।
News
58,353
किन बदलिए तीज गीत ?
अहिले चेलीबेटीलाई माइती आउन र दुःख पोख्न वर्ष दिन कुर्नु पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सकिन्छ । भिडियो च्याट गर्न सकिन्छ । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरुमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ ।
https://ekantipur.com/feature/2019/09/01/156732181677619127.html
अहिले चेलीबेटीलाई माइती आउन र दुःख पोख्न वर्ष दिन कुर्नु पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सकिन्छ । भिडियो च्याट गर्न सकिन्छ । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरुमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ ।दिदीबहिनी मात्रै नाच्छन् जहिले पनि तीजमाहामी पनि नाच्नुपर्छ बीचबीचमा...मोडल तथा गायक दुर्गेश थापाको यो गीत यतिबेलामा चर्चामा छ । तीजका बेला गाउँघरमा गाइने पुरानै लयलाई थोरै परिमार्जन गरी थापाले डेढ महिनाअघि आफ्नै युट्युब च्यानलबाट भिडियोसहित यो गीत अपलोड गरेका थिए । समयअनुसार शब्दमा हेरफेर भए पनि एकै प्रकारको गीत बजारमा आएको अवस्थामा केही नयाँ पस्कने उद्देश्यले गीतलाई बजारमा ल्याएको थापा बताउँछन् ।‘अहिले सबै कुरा परिवर्तन हुँदै गएको छ,’ उनी भन्छन्, ‘मादल बजाएर रमाइलो गर्ने दिदीबहिनी अहिले पार्टी प्यालेसमा गएर दर खान्छन् र साउन्ड सिस्टममा छमछम नाच्छन् । मैले पनि समयको मागअनुसार मौलिकता नमासिने गरी प्रस्तुति हेरफेर गरेको हुँ ।’ नारी–पुरुष समानताको बहस भइरहेका बेला तीज पर्व पनि मिलेरै मनाऔं र सबै पुस्तालाई समेटौं भन्ने भावना आफ्नो रहेको उनी तर्क गर्छन् । हुन त बितेका केही वर्षयता तीज गीतमा पुरुष पनि उत्तिकै हाबी छन् । बद्री पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, राजेश बर्देवालगायत थुप्रै लोक गायकले तीजे गीत गाउँदै आएका छन् । संस्कृति र मौलिकताभन्दा पर रहेका यस्ता रत्यौली शैलीका मनोरञ्जनात्मक गीतलाई दर्शकले पनि रुचाएको देखिन्छ ।यसै वर्ष पनि पशुपति शर्माले ‘बैमानीले ढाँट्यो...’, ‘सुहायो चौपट्टै...’, ‘बिर्सी जाने मायालाई के भनौं...’ जस्ता तीज गीत गाए । समयअनुसार नयाँ पुस्तालाई सम्बोधन गर्ने खालका यस्ता गीत पृथक शैलीमा आउनु सकारात्मक रहेको धारणा छ गायक बर्देवाको । हालै ‘आयो आधुनिक जमाना...’ गीत ल्याएका उनी परम्परालाई गलत अर्थ नलगाई ल्याइएका गीतले पनि तीज संस्कृतिलाई नछोडेको विचार राख्छन् ।अहिलेका तीजे गीतहरूमा टाढा गएका दिदीबहिनी, माइती, दुःख पाएका छोरीहरूको विलौनाभन्दा पनि पतिले सारी किनेर नदिएको, गरगहना, फोनजस्ता सामग्री कमी भएको जस्ता गुनासाका चल्तीमा छन् । प्रेमीले झुक्काएका, युरोपियन देशका सपना, दर खाने निम्तो जस्ता विषयवस्तुले पनि प्राथमिकता पाएका छन् । लोकगीत समाजकै ऐना भएकाले समाजमा जे व्याप्त छ, त्यसलाई उतार्नुपर्ने लोकगायिका कोमल वलीको तर्क छ । ‘अहिले जताततै समावेशिताका कुरा उठिरहेका छन्,’ उनी भन्छिन्, ‘समाजका संस्कारअनुसारका तीज भाका गाएर पुरुष पनि सहभागी हुन्छन् भने सकारात्मक रूपमै लिनुपर्छ ।’ तीजकै मौका छोपेर बजारमा आएका गीतले मनोरञ्जनसँगै कलाकारलाई समेत आर्थिक रूपमा फाइदा हुने भएकाले यस्ता गीतको लहर चलेको हो । लहर होडबाजीमा बदलिएपछि चाहिँ मौलिकताको बहस चर्को रूपमा उठ्दै आएको छ । एकथरी कलाकार मौलिकता पनि समयसापेक्ष हुने तर्क गर्छन् । समाजको पहिले जे चलनचल्ती थियो, ती सबै हराएर गएपछि तीज गीतमा पनि त्यस्ता खालका भाव नआएको हुन सक्ने उनीहरूको दाबी छ ।‘पहिले सासू–बुहारीको कलह हुन्थ्यो । बुहारी बन्धनमा हुन्थे र त्यही दुःख माइतीमा आएर पोख्थे,’ लोकगायिका देवी घर्ती मगर भन्छिन्, ‘अहिले छोरी जस्तै बुहारीहरू स्वतन्त्र छन् । सासू–बुहारीबीच हुने व्यवहार र समाजको सोचमा परिवर्तन आइसकेको छ ।’उनको विचारमा अहिले जनमानस र लोकले जे रुचाउँछ, त्यहीअनुसारको गीत अहिले आइरहेका छन् । यस्ता गीत मनोरञ्जन र बजारका हिसाबमा पनि उचित हुने उनको दाबी छ । समाजमा विकासकै हिसाबमा हेर्ने हो भने यातायात, सञ्चार र प्रविधिले धेरै फड्को मारिसकेको छ । पहिले जस्तो चेलीबेटीलाई माइती आउन र दुःख पोख्न १ वर्ष कुर्नॅ पर्दैन । दिनहुँ मोबाइलमा कुरा गर्न सक्छन् । भिडियो च्याट गर्न सक्छन् । बदलिँदो सामाजिक चेतनाका कारण पनि चेलीहरूमा माइतीलाई पोख्ने पीडा कम हुँदै गएको छ । ‘त्यही भएर अहिलेका गीत दर्शक र स्टेज केन्द्रित बन्दै गएका हुन्,’ लोक गायक रमेश बीजीको तर्क छ, ‘यस्ता गीतहरू समय सापेक्ष लागे पनि माइती र चेलीको सम्बन्धलाई दर्शाउने तीजको मौलिकतालाई भने बिर्सनु हुन्न ।’४० को दशकदेखि तीज गीतमा छाएकी लोकगायिका हरिदेवी कोइराला भने पछिल्लो समय तीज र अन्य गीत छुट्याउन नसकिने अबस्था बन्दै गएरहेको बताउँछिन् । ‘अहिले तीज गीत चिनाउन नसकिने अवस्था बन्दै छ,’ उनी भन्छिन्, ‘भोलिको पुस्ताले तीज गीतको विशेषता सोध्यो भने कस्तो जवाफ दिने ?’ समाजको रूपान्तरण देखाउन खोजे पनि मौलिक परम्परा भने चटक्कै छोड्न नहुने उनको तर्क छ ।
Feature
1,093
राजदूतमा दलीय बन्डा
सरकारमा हेरफेर हुनासाथ विदेशस्थित नेपाली नियोगमा रहेका राजदूतलाई फिर्ता गर्ने र सत्तारूढ दलहरूको भागबन्डाबाट नियुक्ति गर्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ । सत्ता गठबन्धनमा फेरबदल भएको तीन महिना नबित्दै सरकारले ११ मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाएको थियो ।
https://ekantipur.com/opinion/2024/06/23/partisan-rebellion-in-the-ambassadorship-00-39.html
सरकारमा हेरफेर हुनासाथ विदेशस्थित नेपाली नियोगमा रहेका राजदूतलाई फिर्ता गर्ने र सत्तारूढ दलहरूको भागबन्डाबाट नियुक्ति गर्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ । सत्ता गठबन्धनमा फेरबदल भएको तीन महिना नबित्दै सरकारले ११ मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाएको थियो ।फिर्तासम्बन्धी निर्णयको दुई सातामै सरकारले आठ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि आलोचना/टिप्पणी गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि दलीय भागबन्डाको गलत संस्कार सच्याउने पहल गर्नुको साटो त्यसैको हिस्सेदार भएको छ ।राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले ५० प्रतिशतमा नघट्ने गरी परराष्ट्र सेवाका राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीका अधिकृतबाट राजदूत नियुक्ति गर्नुपर्ने भनेको छ । बाँकीमा सत्तारूढ दलहरूको भागबन्डाबाट राजदूत पठाउने गरिएको छ । अस्थिर नियुक्ति पनि यही हुने गरेको छ । राजदूतको पदावधि चार वर्ष हुन्छ । दलीय भागबन्डाबाट नियुक्ति पाएका राजदूतले पूरा कार्यकाल जिम्मेवारी सम्हाल्नु दुर्लभजस्तै छ किनभने सरकारको नेतृत्व वा सत्ता समीकरण नै अस्थिर छ । यसपालि पनि सत्ता समीकरण बदलिएपछि सरकारले कांग्रेस र जसपा नेपालको कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाएको थियो । सत्तारूढ एकीकृत समाजवादीको भागमा रहेका दुई राजदूतमध्ये एक जना पनि फर्काइएको थियो । रिक्त ठाउँमा आआफ्नो मान्छेलाई राजदूत बनाउन सत्तारूढ एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भागबन्डा गरेका थिए । त्यही बन्डाबमोजिम मन्त्रिपरिषद्ले शुक्रबार आठ मुलुकका लागि राजदूत सिफारिस गरेको हो । राजदूतले पूरा कार्यकाल जिम्मेवारी सम्हाल्ने परिकल्पना गर्दै निर्देशिकाले पद रिक्त हुनुभन्दा तीन महिनाअगाडि नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया सुरु गर्नुपर्ने भनेको छ । तर सरकारले कार्यकाल पूरा नहुँदै राजदूत फिर्ता बोलाउने हुनाले नियुक्तिसम्बन्धी उक्त प्रावधान मिचिने गरेको छ । राजदूत फिर्तापछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने हुनाले नेपाली नियोगहरू ‘कार्यवाहक’ नेतृत्वमा सञ्चालन गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइबाट अनुमोदन र सम्बन्धित मुलुकबाट एग्रिमो (स्वीकृति) आएपछि मात्र राजदूतको नियुक्त हुन्छ । राजदूत नियुक्तिमा समय लाग्ने भएकाले पद खाली हुनुअघि नै नयाँको नियुक्ति प्रक्रिया अगाडि बढाउनु नै उचित हो । निर्देशिकाले राजदूत नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट हुने, मन्त्रालयले नै सम्भावित उम्मेदवारको प्रारम्भिक सूची तयार गर्ने भने पनि व्यवहारमा मन्त्रालयलाई भूमिकाविहीन बनाइएको छ । सत्तारूढ दलहरूले कोटा तोकेपछि सम्बन्धित दलले नै नाम पठाउने अभ्यास देखिन्छ । मन्त्रिपरिषद्ले पूर्वसचिव चन्द्र घिमिरे (अमेरिका), मानवअधिकारवादी सुशील प्याकुरेल (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), बिजन पन्त (बेलायत), अबुसुफ्यान खान मुसलमान (साउदी अरब) र पुष्पराज राजकर्णिकार (स्पेन) लाई राजदूतमा सिफारिस गरेको छ । मुसलमान र राजकर्णिकार अशोक राई नेतृत्वको जसपाबाट तथा पन्त माओवादीबाट सिफारिस भएका हुन् । अरू ५ जना एमालेको कोटाबाट परेका हुन् । दुइटा कोटा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले नाम टुंगो लगाउन बाँकी छ । यसअघि सबै ३० मुलुकमा गरी जम्मा तीन जना महिला राजदूत थिए । ती सबैलाई फिर्ता बोलाइएपछि अहिले एक महिला सिफारिस गरिएको छ । कार्यरत राजदूत र सिफारिसमा दलित एक जना पनि छैनन् । जबकि राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले ‘समावेशी सिद्धान्तलाई दृष्टिगत’ गर्नुपर्ने भनेको छ । निर्देशिकाले ‘मुलुकको पराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण दक्खल राख्ने वा योगदान पुर्‍याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूमध्येबाट’ राजदूतमा सिफारिस गर्नुपर्ने भनेको छ । तर दलीय भागबन्डाका कारण योग्यतम हुँदाहुँदै पनि राजदूतले कुनै न कुनै राजनीतिक दलसँग निकटता खुलाउनैपर्ने विडम्बनापूर्ण अवस्था बनेको छ । राजनीतिक दलहरूले आफ्ना मान्छेलाई राजदूत बनाउन अनुकूल हुने निर्देशिका नै संशोधन गर्ने अभ्यास पनि छ । जस्तो– राजदूतका लागि स्नातक उत्तीर्ण हुनुपर्ने योग्यता मन्त्री भइसकेका व्यक्तिका हकमा लागू नहुने गरी तीन वर्षअघि निर्देशिका संशोधन गरिएको थियो, जसको कार्यान्वयन सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकियो । राजदूतहरूले दुईदेशीय सम्बन्ध सुदृढीकरण र जिम्मेवारीमा रहेका मुलुकमा नेपाली नागरिकका लागि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने छँदै छ, वैदेशिक सहयोग तथा लगानी भित्र्याउने, व्यापार–व्यवसाय अभिवृद्धि जस्ता मुलुकको बृहत्तर हितका लागि केकस्तो भूमिका निर्वाह गर्न सक्यो भन्ने कोणबाट पनि राजदूतको मूल्यांकन हुन्छ । यस्तो महत्त्वपूर्ण जिम्मेवारीसाथ मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तिको छनोट राजनीतिक दलहरूको खुलेआम भागबन्डाको विषय बन्नु हुँदैन । दलीय बन्डाबाट जाने राजदूतमा चार वर्ष ढुक्क भएर योजनाबद्ध काम गर्ने मनोबल पनि हुँदैन । योग्य र दक्षलाई राजदूत बनाउन छनोट प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन जरुरी छ, त्यसका लागि कानुनबाटै व्यवस्थित गर्नुपर्छ ।
Opinion
9,271
स्विट्जरल्यान्डको संघीयतालाई नजिकबाट नियाल्दा
स्विट्जरल्यान्डको एउटा विश्वविद्यालयको निमन्त्रणामा करिब दुई साता त्यहाँको संघीयतालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । स्तम्भकारका रूपमा मैले पटक–पटक स्विट्जरल्यान्डको संघीयताको उदाहरण दिने गरे पनि यसअघि प्रत्यक्ष रूपमा अनुभूति गर्ने अवसर मिलेको थिएन ।
https://ekantipur.com/opinion/2023/09/13/169456806905473011.html
स्विट्जरल्यान्डको एउटा विश्वविद्यालयको निमन्त्रणामा करिब दुई साता त्यहाँको संघीयतालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । स्तम्भकारका रूपमा मैले पटक–पटक स्विट्जरल्यान्डको संघीयताको उदाहरण दिने गरे पनि यसअघि प्रत्यक्ष रूपमा अनुभूति गर्ने अवसर मिलेको थिएन ।भूगोलमा नेपालको कर्णाली प्रदेशभन्दा अलिकति मात्र ठूलो स्विट्जरल्यान्डको जनसंख्या ८७ लाख मात्र छ । यति सानो देशमा पनि २६ प्रदेश र २,१३६ स्थानीय तह छन् । स्विट्जरल्यान्डमा प्रदेशलाई क्यान्टोन र स्थानीय तहलाई कम्युनस भनिन्छ । तर कम्युनसहरू नगरपालिकाका रूपमा परिचित छन् । स्विट्जरल्यान्डका तुलनामा नेपालको भूगोल करिब चार गुणा र जनसंख्या करिब साढे तीन गुणा ठूलो छ, तर स्विट्जरल्यान्डको प्रतिव्यक्ति आम्दानी नेपालको भन्दा ६९ गुणाले बढी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको २०२३ अप्रिलमा प्रकाशित तथ्यांक अनुसार स्विट्जरल्यान्डको प्रतिव्यक्ति आम्दानी ९२,१३१ अमेरिकी डलर छ, जबकि नेपालको १,३३२ डलर मात्र । स्विट्जरल्यान्डको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८०७ अर्ब डलर छ, नेपालको भने ४० अर्ब डलर मात्र । नेपालभन्दा धेरै सानो देशको जीडीपी नेपालभन्दा कैयौं गुणा धेरै हुनु नेपालका लागि लज्जाको विषय हुनुपर्छ । अर्थतन्त्र र विकासको त चर्चै नगरौं । दूरदराजसम्म सडक यातायातसँगसँगै रेल सञ्जाल छ । पहाडहरूमा सुरुङ त सामान्यजस्तै छ । सहरका सडकगल्लीहरू सफा र सुन्दर छन् । एक टुक्रा कागज पनि भुइँमा देखिँदैन । सहरबजारका खोला–नाला र नदीहरू एकदम सफा छन् । सडकमा धूलोमैलो केही पनि देखिँदैन । मानिसहरू आ–आफ्नो काममा व्यस्त छन् । शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षामा राज्यको प्रत्यक्ष सहयोग र निगरानी छ । राज्यका अंगहरूले स्वस्फूर्त रूपमा काम गरिरहेका छन् । विकास, समृद्धि, सुशासनको प्रत्याभूति छ । स्विस नागरिकहरूले लोकतन्त्र र विधिको शासनको उच्चतम उपयोग गरिरहेका छन् । राज्यको हरेक निकायले जनतालाई सेवा प्रवाह गर्दा सन्निकटताको सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने सन्देश संविधानमै छ । जनताले सेवा कसरी छिटोछरितो र सहजै पाउन सक्छन् भन्नेमा सरकारको ध्यान छ ।स्विट्जरल्यान्ड १२ सेप्टेम्बर १८४८ मा संघीयतामा गएको हो । नेपालले ७५ वर्षको दौरान सात पटक संविधान परिवर्तन गरिसक्यो, एउटा खालको शासन व्यवस्थामा पूर्णता प्राप्त नगर्दै अर्को शासन व्यवस्थामा जाने खेलहरू धेरै भए, नेताहरूले नेपाललाई विभिन्न शासन प्रणालीको प्रयोगशाला नै बनाइरहेका छन् । तर, स्विट्जरल्यान्डले १७५ वर्षदेखि एउटै शासन व्यवस्था अँगालिरहेको छ । उही संघीय संविधान छ, जनताको भावनाको कदर गर्दै पटक–पटक संविधानमा सुधार गर्दै पनि लगेको छ । यस अवधिमा उसले दुई पटक (सन् १८७४ र १९९९ मा) संविधानमा ठूलो सुधार गर्‍यो । संविधानको कुनै एउटा धारामा चित्त नबुझे तुरुन्त सुधार गरिहाल्ने परिपाटी स्विट्जरल्यान्डमा छ । हामीकहाँ संविधानका एकदुई धारामा समस्या भएमा पूरै संविधान नै च्यात्ने जुन प्रचलन छ, त्यो घातक र प्रत्युत्पादक छ । विकास र सुशासन लगायतमा नेपाल पछाडि पर्नुको कारण पनि यही हो । संविधान गतिशील दस्तावेज हो । जनताको भावना अनुसार सुधार गर्न सकिएन भने शासन व्यवस्था मात्रै हैन, सिंगो राष्ट्र नै कमजोर हुन्छ भन्ने धारणा स्विस नागरिकमा पाइन्छ । विश्वविद्यालयका प्राध्यापक लगायतहरूसँगको छलफलमा मैले यही अनुभूति गरें । संविधानतः स्विट्जरल्यान्डमा प्रदेशहरू अधिकारसम्पन्न छन् । संविधानको धारा १ मै ‘स्विस नागरिक र प्रदेश मिलेर स्विस संघीयता बनेको छ’ भन्ने वाक्य छ । नेपालसहित अधिकांश संघीय मुलुकमा अवशिष्ट अधिकार संघीय सरकारको छ, तर स्विट्जरल्यान्डमा यो अधिकार प्रदेशको छ । नेपालजस्तै स्विट्जरल्यान्डमा पनि तीन तहका सरकारहरू छन् । तर स्थानीय सरकार प्रदेश मातहत छ । स्थानीय सरकारको स्वायत्तता र अधिकारलाई प्रदेशले आफ्नो संविधानमा सुनिश्चित गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छ । प्रत्येक प्रदेशको आफ्नै संविधान छ, अलग–अलग झन्डा र भाषा छ, तर पनि स्विट्जरल्यान्डको संघीयतामा कुनै समस्या छैन । स्विस नागरिकहरूमा आफ्नो धर्म, भाषा, संस्कृति र परम्पराप्रति गहिरो लगाव छ । राष्ट्रिय भाषाका रूपमा संविधानमै चारवटा भाषा (जर्मन, फ्रेन्च, इटाली र रोमानस) लाई मान्यता छ । संसद् भवनभित्र यी चार भाषाको प्रतीकात्मक चित्रका रूपमा चारभाषी सुरक्षाकर्मीहरूको सालिक छ । प्रतिनिधिसभालाई स्विट्जरल्यान्डमा राष्ट्रिय परिषद् र राष्ट्रिय सभालाई राज्य परिषद् भनिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित हुने कुल २०० सदस्यीय राष्ट्रिय परिषद्का सबै गतिविधि चारै भाषामा प्रसारण हुन्छन् । ४६ सदस्यीय राज्य परिषद्ले क्यान्टोनको प्रतिनिधित्व गर्छ । तर नेपालको राष्ट्रिय सभाजस्तो प्रदेश र स्थानीय तहका पदाधिकारीहरूले मतदान गर्ने हैन कि, प्रदेशहरूले आफ्नै निर्वाचन विधिमार्फत जनताबाट निर्वाचित गराएर पठाउँछन् । संविधानले यो अधिकार प्रदेशलाई दिएको छ । संसद्का भित्ताहरूमा २६ वटै प्रदेशका नक्सा र झन्डाहरू छन् । सिंगो संसद्ले प्रादेशिक र स्थानीय सवाल लगायतका बारेमा आवाज बुलन्द गर्छन् । दुवै सदनले सरकारको निर्वाचन गर्छन् । ‘कानुन तर्जुमा लगायत हरेक सवालमा दुवै सदनको अधिकार र भूमिका बराबर छ’ भनी संविधानमै लेखिएको छ । तर नेपालको राष्ट्रिय सभालाई सरकार बनाउने सवालमा मात्र हैन, कानुन तर्जुमा प्रक्रियामा समेत बेवास्ता गरिएको छ । राष्ट्रपतिसहित स्विट्जरल्यान्डमा मन्त्रिपरिषद् सदस्यको संख्या ७ मात्र हुने र उनीहरूको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । राष्ट्रपतिसहित सबै मन्त्रिपरिषद् सदस्यहरूको नियुक्ति संसद्ले गर्छ । सांसदहरू मन्त्रिपरिषद् सदस्य बन्न पाउँदैनन् । राष्ट्रपतिले केवल मन्त्रिपरिषद्को अध्यक्षता गर्ने र राष्ट्रप्रमुख/सरकारप्रमुखको आलंकारिक भूमिका निर्वाह गर्ने मात्र हो । यी सातै जनाको अधिकार र भूमिका बराबरी छ । राष्ट्रपतिले मन्त्रिपरिषद्का अन्य सदस्यको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने सवालै हुँदैन । राष्ट्रपतिको कार्यकाल एक वर्षको भन्दा बढी नहुने र दोहोरिन नपाइने व्यवस्था संविधानमै छ । एक वर्षको कार्यकाल सकिएपछि कि उसले राजीनामा दिन्छ कि त मन्त्रिपरिषद्को सदस्य भएर बस्छ । यो उनीहरूका लागि सामान्य नै हो । राष्ट्रपति भएका मानिस त्यही क्याबिनेटमा सदस्य (मन्त्री) भएर बस्छन् । यसमा उनीहरूले कुनै हीनताबोध गर्दैनन् । स्विट्जरल्यान्डमा सरकार प्रमुख मात्र होइन संसद् प्रमुखको म्याद पनि एक वर्षको हुन्छ । सरकार प्रमुख होस् वा संसद् प्रमुख, दोहोरिन पाइँदैन ।मन्त्रिपरिषद् सदस्यको नियुक्तिमा भौगोलिक र भाषिक सन्तुलन हुनुपर्ने व्यवस्था संविधानमा छ । संघीय सरकार र प्रदेश सरकारका कामहरूबीच सीमारेखा संविधानले नै कोरेको छ । मूलतः संघीय सरकारले कानुन तर्जुमा गर्छ, कार्यान्वयन भने प्रदेशले गर्छ । प्रदेश मातहत भए पनि स्थानीय सरकारहरू अधिकारसम्पन्न छन् । स्थानीय सेवा प्रवाह र स्थानीय पूर्वाधार विकास लगायतका सबैजसो काम स्थानीय सरकारहरूले नै गर्छन् । एक तहको सरकार अर्को तहको सरकारको अधिकार क्षेत्रमा प्रवेश गर्नै पाउँदैन । सरकारका तहहरूबीच मात्र हैन, नागरिक समाज र सरोकारवालाहरूसँग समेत रायसल्लाह गरेर सरकार र संसद्ले काम गर्ने प्रचलन छ ।कानुन तर्जुमा गर्नुभन्दा पहिला संघीय सरकारले प्रदेश र सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यति मात्र हैन, नयाँ परियोजना सञ्चालन गर्दा पनि प्रदेश र सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने हुन्छ । प्रदेशले पनि स्थानीय सरकार र नागरिकहरूको राय–सल्लाह लिने प्रचलन छ । संघीय संसद् र सरकारले जुनसुकै विषयमा निर्णय गर्दा जनताको इच्छा र भावनालाई आत्मसात् गरेर मात्र गर्नुपर्ने व्यवस्था संविधानमै छ । संविधान, कानुन र सरकारका निर्णयहरू जनतालाई चित्त नबुझे सीधै १ लाख नागरिकको हस्ताक्षर गरेर जनमतसंग्रह/जनताको अभिमतमा जान सकिने संवैधानिक अधिकार भएका कारण पनि संसद् र सरकार जनताप्रति बढी जवाफदेह र उत्तरदायी छन् । यहाँसम्म कि, सांसदहरूको भूमिका भनेको पार्टटाइम जागिरजस्तो मात्र छ । संसद् बैठकको समय मात्र उनीहरूले केही सेवा–सुविधा लिन्छन् । नेपालमा राजनीति मूल पेसा र व्यवसायजस्तो छ, सांसदले पनि त्यही सोच्छन्, राजनीति कमाइखाने भाँडोजस्तो छ, तर स्विट्जरल्यान्डमा त्यस्तो छैन । राजनीतिज्ञहरू, सांसदहरू आफ्नो पेसा–व्यवसायमा संलग्न छन् । पेसा–व्यवसाय पनि गर्ने र सांसद पनि हुने हुँदा कानुन तर्जुमा लगायतमा स्वार्थ बाझिँदैन भन्ने प्रश्न उठ्न सक्छ । तर यहाँ त्यस्तो सम्भव छैन । यहाँ संसद् र सरकारभन्दा पनि जनता माथि छन् । संसद् वा सरकारको कुनै पनि निर्णयलाई जनमतसंग्रह लगायतका माध्यमबाट जनताले चुनौती दिन सक्ने बलियो हतियार छ । ती लोभ–लालच र प्रभावमा पर्ने सवालै छैन । मैले संसद्मा प्रतिनिधित्व गर्ने केही सांसद र संसद्का सचिव लगायतहरूसँगको छलफलमा पनि यस्तै धारणा पाएको थिएँ । सर्वोच्च अदातलका सबै न्यायाधीश र मुख्य सचिवको नियुक्तिसमेत संसद्ले गर्छ । नेपालमा मुख्य सचिवको नियुक्ति प्रधानमन्त्री/सरकारले गर्छ, संसद्ले के बोल्छ/निर्देशन दिन्छ आदि विषयमा मुख्य सचिवको खासै ध्यान हुँदैन । तर स्विट्जरल्यान्डमा न्यायाधीश र मुख्य सचिव सबैको जवाफदेही संसद्प्रति नै हुन्छ । संसद्ले सरकार मात्र हैन, अदालतका गतिविधिहरूको समेत निगरानी र अनुगमन गर्न सक्ने अधिकार संविधानमा छ । संसद्ले अदालतमा समेत अनुगमन गर्न पाउनु शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत भएन भनेर प्रश्न गर्दा अन्तर्राष्ट्रिय र संवैधानिक कानुनका ज्ञाता प्राध्यापक बर्नार्ड बाल्डमेनले भने, ‘त्यस्तो हैन । संसद् भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले अनुगमन/निगरानी गर्नुलाई अन्यथा लिन हुँदैन ।’ लोकतन्त्र र विधिको शासनमा जनता/संसद्भन्दा ठूलो केही पनि हुँदैन भन्ने धारणा स्विस नागरिकमा छ । संघले प्रदेशको स्वायत्तताको सम्मान गर्नुपर्ने, प्रदेशको प्रशासनिक संरचना लगायत संस्थागत संरचनाहरू निर्माणका लागि पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने, साझा सरोकार लगायतका विषयहरूमा प्रदेशले संगठन निर्माण गर्न सक्ने, संघले पनि त्यस्ता संगठनहरूको बैठकमा भाग लिन सक्ने, प्रदेश–प्रदेश सहमति र सम्झौता संविधान र कानुनविपरीत हुन नहुने लगायतको व्यवस्था संविधानमा छ ।प्रदेशका संविधान र कानुनहरू संविधानअनुकूल भए–नभएको विषयमा राय–सल्लाह र फैसला दिने अधिकार सर्वोच्च अदालतमा छ । नेपालको संविधानको धारा ५६ मा राज्यको शक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरिएको छ, तर प्रदेश र स्थानीय तहलाई न्यायपालिका सम्बन्धी अधिकार छैन । स्थानीय तहको अधिकार क्षेत्रमा स्थानीय अदालत लेखिए पनि त्यसलाई समेत कार्यान्वयनमा ल्याइएको छैन । तर स्विट्जरल्यान्डमा प्रदेशहरूले पूरै न्यायिक अधिकार प्रयोग गरेका छन् । आफ्नो अदालत छ । न्यायाधीश नियुक्त गर्छन् । कतिपय स्थानीय सरकारलाई प्रदेशहरूले न्यायिक अधिकार पनि हस्तान्तरण गरेका छन् । संघ र प्रदेशले आफ्नो जिम्मेवारी वहन गर्दा एकअर्कालाई सहयोग गर्नुपर्ने, प्रशासनिक र न्यायिक सहयोग आदान–प्रदान गर्ने, संघ–प्रदेश र प्रदेश–प्रदेशबीच कुनै विवाद भए आपसी सहमतिका आधारमा समाधान गर्ने, स्विसको केन्द्रीय बैंकको नाफाको कम्तीमा दुईतिहाइ प्रदेशलाई वितरण गर्नुपर्ने, संघीय सरकारको अधिकार क्षेत्रको कर राजस्व पनि प्रदेशले संकलन गर्ने र त्यसको कम्तीमा १७ प्रतिशत प्रदेशलाई दिनुपर्ने, संविधानको पूर्ण वा आंशिक सुधारका लागि १ लाख नागरिकले माग गरेमा जनमतसंग्रहका माध्यमबाट जनताको भोटिङमा जानुपर्ने जस्ता विषयहरू स्विट्जरल्यान्डको संविधानमा छन् । संघीय कानुन र सरकारका कामकारबाहीहरूमा नागरिकलाई चित्त बुझेन भने ५० हजार नागरिकले हस्ताक्षर बुझाएमा वा २६ प्रदेशमध्ये ८ वटाले मात्रै अनुरोध गरेमा पनि जनताको भोटिङमा जानुपर्ने, यस्तो स्थितिमा सरकारको निर्णयको बर्खिलाफ जनताले अभिमत जाहेर गरेमा नैतिकताका आधारमा सरकारले राजीनामा गर्ने संस्कार पनि स्विट्जरल्यान्डमा छ । संघीयताको कार्यान्वयन लगायतका सवालमा स्विट्जरल्यान्डबाट सिक्नुपर्ने विषय धेरै छन् । सबभन्दा महत्त्वपूर्ण विषय, स्विट्जरल्यान्ड संघीयतामा जानुभन्दा पहिलेदेखि नै प्रदेशहरू अस्तित्वमा थिए । प्रदेशहरूले साझा सहमतिका आधारमा आफूमा निहित अधिकार संघीय तहलाई हस्तान्तरण गरेका हुन् । स्विट्जरल्यान्डमा संघीय सरकारले जेजति अधिकारहरू प्रयोग गरेको छ, ती सबै प्रदेशहरूले हस्तान्तरण गरेका हुन् । अर्थात्, स्विट्जरल्यान्डको संघीयता ‘बटम टु टप’ विधिमा आधारित छ, तर हाम्रो संघीयताको मोडल बिलकुल फरक छ । स्विट्जरल्यान्डमा प्रदेशहरूले संघलाई अधिकार दिएका हुन्, अहिले पनि समय–समयमा दिइराखेका छन्, तर हामीकहाँ संविधानमा लेखिए पनि संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गरिरहेको छ । संसारमा संघीयता कार्यान्वयनका आ–आफ्ना मोडल छन्, तर संविधानमा के लेखिएको छ, संविधानका अक्षर र भावनाहरूको कार्यान्वयन भयो कि भएन भन्ने नै सबभन्दा महत्त्वपूर्ण हो । आफ्नो मोडल/मौलिकता जेजस्तो भए पनि स्विट्जरल्यान्ड लगायतको राम्रो अनुभवलाई अंगीकार गर्न भने कन्जुस्याइँ गर्न हुँदैन । संघीयताको सबलीकरणका लागि सरकारका तहहरूबीचको अन्तरसम्बन्ध समधुर हुन भने आवश्यक छ । यसका लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । कुनै पनि शासन व्यवस्था आफैंमा राम्रो हुने हैन, शासकहरूले राम्रो बनाउने हो ।
Opinion
10,162
डिजिटल प्रविधि र मिडियाबारे कार्यशाला
डिजिटल प्रविधि र मिडियाबारे दुईदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । पत्रकारहरूले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
https://gorkhapatraonline.com/news/82250
गजेन्द्र गुरुङखजुरा, असोज २९ गते । डिजिटल प्रविधि र मिडियाबारे दुईदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । पत्रकारहरूले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।युएसएआईडी द एसिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजनाअन्तर्गत आइतबारदेखि दुईदिन कार्यशाला सुरु भएको हो ।कार्यशालाको शुभारम्भ गर्दै उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीश टङ्क गुरुङले पत्रकार भनेको समाजको ऐना भएकाले संवेदनशील भएर पेसा व्यवसाय गर्नुपर्नेमा जोड दिँदै कानुनको मापदण्डलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नागरिकले बढी विश्वास गर्ने भएकाले पत्रकारले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्र वर्ग समुदायको संवेदनशीलता बुझेर मात्र पत्रकारिता गर्न आह्वान गर्नुभयो ।न्यायाधीश गुरुङले अदालत तथा कानुनसँग जोडिएको विषयमा समाचार सम्प्रेषण गर्दा भाषा र कानुनी टर्मलोजीलाई बढी ध्यान दिनुपर्ने बताउनुभयो ।सूचना तथा डिजिटल प्रविधि विज्ञ टङ्कराज अर्यालले अहिले डिजिटल प्रविधिको प्रयोग गर्दा नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान नदिएकाले विभिन्न डिजिटल समस्या निम्त्याउने गरेको बताउनुभयो ।कार्यशालामा प्रविधि अधिकार, साइबर कानुन, मिडिया र डिजिटल प्रविधि, पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग, सामाजिक सञ्जाल, फोटो, भिडियो, खोजमूलक रिपोर्टिङमा सूचनाको हकको प्रयोग, सार्वजनिक सरोकारको सवाल, पत्रकार आचारसंहिता लगायतका विषयमा टङ्कराज अर्याल, अधिवक्ता विश्वजित तिवारी, पत्रकार कृष्ण अधिकारी, राकेशकुमार मिश्र र रुपा गहतराजले सहजीकरण गर्नुहुने संस्थाका प्रोग्राम म्यानेजर रवीन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।उहाँका अनुसार संस्थाले अवधि र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोसिप कार्यक्रम सञ्चालन गरेको छ । कार्यशाला आज सोमवार समापन हुनेछ ।
News
53,212
मेलम्ची आयोजनामा भ्रष्टाचार : तीन पूर्वसचिवसहित १४ विरुद्ध मुद्दा
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोजनामा अनुचित तवरले भुक्तानी दिएको र उक्त प्रक्रियामा संलग्न रहेको दाबीसहित आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
https://gorkhapatraonline.com/news/96977
काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोजनामा अनुचित तवरले भुक्तानी दिएको र उक्त प्रक्रियामा संलग्न रहेको दाबीसहित आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोजनामा निर्माण व्यवसायीलाई कामै नगरी भुक्तानी गरेको, एउटा निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा सामग्री प्रयोग गरेबापतको रकम नतिरेको, पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी बिल रकम पछिल्लो बिलमा समेत समायोजन नगरेकोलगायतका आरोप उनीहरूमाथि लागेको छ । आयोगका अनुसार मुद्दा दायर गरिएकामा समितिका तत्कालीन बोर्ड अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन तीन जना सचिव, दुई जना सदस्य तथा तीन जना तत्कालीन कार्यकारी निर्देशक र एक जना अर्थ मन्त्रालयका तत्कालीन सहसचिवसमेत छन् । मुद्दा दायर गरिएका तत्कालीन सचिवमा भीमप्रसाद उपाध्याय, गजेन्द्र ठाकुर र डा. सञ्जय शर्मा रहनुभएको छ । आयोगका अनुसार उपाध्यायलाई चार करोड ११ लाख ३४ हजार २७९ रुपियाँ, ठाकुरलाई ६० करोड ४९ लाख १९ हजार ८८४ रुपियाँ, शर्मा तथा सोही मुद्दामा दोषी दाबी गरिएका अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही छ करोड ९७ लाख ८३ हजार १७८ रुपियाँ बिगो दाबी गरिएको छ ।  आयोजनामार्फत परामर्शदाता तथा निर्माण कम्पनीलाई बढी रकम भुक्तानी दिएर राज्यलाई नोक्सानी पु¥याएको आरोप पनि उहाँहरूलाई लगाइएको छ । त्यस्तै समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार ४५८ रुपियाँ र सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपियाँ बिगो तथा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक हुनुहुन्छ । यस्तै समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपियाँ, रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपियाँ, सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख ९८ हजार २८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।त्यस्तै समितिका तत्कालीन उपसचिवद्वय मणिभद्र न्यौपाने, बेगनाथ पौडेल तथा  तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख रुपियाँ तथा समितिकै तत्कालीन उपसचिव केदारप्रसाद अर्याललाई ४४ करोड ७३ लाख ७३ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर तथा तत्कालीन उपकार्यकारी निर्देशक भोजविव्रmम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ तर बिगो माग गरिएको छैन । समितिका परामर्शदाता कम्पनी एस्टिना बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मालाई ४८ करोड ३६ लाख रुपियाँ, परामर्शदाता एप्टिसन सर्भिस दी इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिसलाई ८७ करोड ५८ लाख ८३ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोजनका निर्माण व्यवसायी सिएमसी दी रभेनालाई ६५ करोड १४ लाख ५७ हजार रुपियाँ बिगो माग गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत पर्ने मेलम्ची खोलाबाट पानी ल्याउने उद्देश्यले साढे दुई दशकअघि उक्त आयोजना सुरु गरिएको थियो । विविध समस्याका कारण यो आयोजनाको म्याद पटक पटक थपिएको थियो । आयोजनाको लागतसमेत अत्यधिक बढेको थियो ।  
News
51,644
निराशावादी थिएनन् गौतम बुद्ध
बुद्धका प्रमुख शिक्षामध्ये चार आर्य सत्य पनि एक हो । यस शिक्षामा दुःख सत्य छ भनी पहिलो सत्यको उद्घाटन गरिएको छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, बिलौना शारीरिक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हुन् । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । अतः बुद्धले संसार दुःखमय छ भनेको हुँदा बुद्ध निराशावादी हुन् भन्ने अर्थ पनि लगाइयो । बुद्धलाई निराशावादी मान्नेहरू बुद्ध शिक्षासँग राम्रोसँग परिचित नहुनेहरू नै हुन् । किनकि बुद्धले चार
https://gorkhapatraonline.com/news/108990
बुद्धका प्रमुख शिक्षामध्ये चार आर्य सत्य पनि एक हो । यस शिक्षामा दुःख सत्य छ भनी पहिलो सत्यको उद्घाटन गरिएको छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, बिलौना शारीरिक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हुन् । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । अतः बुद्धले संसार दुःखमय छ भनेको हुँदा बुद्ध निराशावादी हुन् भन्ने अर्थ पनि लगाइयो । बुद्धलाई निराशावादी मान्नेहरू बुद्ध शिक्षासँग राम्रोसँग परिचित नहुनेहरू नै हुन् । किनकि बुद्धले चार आर्य सत्यमा अरू तीन सत्य पनि भनेका छन् । दोस्रो दुःखको कारण छ । तेस्रो दुःख निरोध गर्न सकिन्छ र चौथो दुःख निरोध गर्ने उपाय भनेको आर्य अष्टाङ्गिक मार्ग हो । आर्य अष्टाङ्गिक मार्गबाट दुःख मुक्त गर्न सकिन्छ । अर्थात् जन्म मरणको भवचक्रबाट मुक्त हुन सकिन्छ । बौद्ध शब्दमा भन्ने हो भने निर्वाण सुख प्राप्त हुन्छ । यस प्रकार बुद्धले हामीले सुख ठान्दै आएका जति पनि चिजहरू छन् ती सबै क्षणिक र नाशवान् छन् । अर्थात् सबै अनित्य छ । त्यसैले यस्ता चिजहरूबाट सुख प्राप्त गर्न सकिँदैन भन्ने बुद्धको तर्क हो । त्यसैले बुद्धले ज्ञान प्राप्त गरेको ४५ वर्षसम्म संसारलाई निरन्तर दुःख मुक्तिको बाटो देखाए । ‘बहुजन हिताय, बहुजन सुखाय’ को अवधारणा अनुसार नै बुद्धले आफ्ना शिष्यलाई एकै स्थानमा नबसी बुद्ध शिक्षालाई फैलाउन उत्प्रेरणा दिए । लोक कल्याणको भावले निर्वाण लाभ गर्न सिकाउने गुरु हुन् बुद्ध । त्यसैले बुद्ध कसरी निराशावादी भए ? बुद्धले भिक्षु–भिक्षुणी र उपासक–उपासिकालाई बुद्ध धर्मको रथका चार पाङ्ग्रा मानेका छन् । उपासक उपासिका भनेको बौद्ध धर्म मान्ने गृहस्थ क्रमशः पुरुष र नारी हुन् । भिक्षु भिक्षुणी भनेको गृहस्थ जीवन त्याग गरी ब्रह्मचर्य पालना गर्ने र बुद्ध शिक्षाको अभ्यास गर्दै त्यसको प्रचार प्रचार प्रसार गर्नेहरू हुन् जो चिवर लगाएका हुन्छन् । सामान्य मानिसको बुझाइमा चिवर लगाएका ब्रह्मचर्य पालन गर्नेहरू मात्र बौद्ध हुन् । त्यसैले उनीहरूको विचारमा बुद्ध धर्म निराशावादी धर्म हो, जसले गृहस्थ जीवन त्याग्न सिकाउँछ । यो बुझाइ सतही हो । स्वेच्छाले बुद्ध शिक्षाको अध्यास गर्ने र बुद्ध शिक्षा सिक्ने सिकाउने कार्यमा समर्पित भई निर्वाणको मार्गमा हिँड्नेहरू नै भिक्षु भिक्षुणी हुन् । उनीहरूको अभ्यास उच्च किसिमको अभ्यास हो । उपासक उपासिकाहरूले भिक्षु भिक्षुणीहरूबाट बौद्ध शिक्षा प्राप्त गर्छन् भने भिक्षु भिक्षुणीहरूले उपासक उपासिकहरूबाट दान प्राप्त गर्छन् । यसरी बौद्ध समाजमा अध्यात्म एवं भौतिक दुवै पक्षको विकासलाई स्वीकार गरिएको छ । त्यसैले निर्वाण सुखका निम्ति हिँडेका भिक्षु भिक्षुणीहरूलाई देखेर बुद्ध शिक्षा निराशावादी शिक्षा हो र बुद्ध निराशावादी हुन् भन्नु गलत हो । बौद्ध शिक्षामा गृहस्थहरूको सुखको बारेमा पनि बताइएको छ । यी सुख चार प्रकारका हुन्छन् । अत्थि सुख, भोग सुख, अनन वा ऋण सुख र अनवज्ज सुख । मेहनतका साथ कमाएको पारिश्रमिकबाट परिवार र स्वयम् खुसी हुनु अत्थि सुख हो । त्यसै गरी भोग सुखले कमाएको धनबाट राम्रो काम गर्न पाउँदा जुन खुसी प्राप्त हुन्छ, त्यसैलाई भोग सुख भनिएको छ । ठुलो वा सानो जस्तो भए पनि ऋणबाट मुक्त हुनु अऋण हुनु पनि सुख हो । त्यसै गरी अनवज्ज सुखले काय, वाक, चित्तबाट दोषरहित छु भनेर सुखी हुनुलाई सङ्केत गर्छ । यसरी सुखको बारेमा मात्र होइन । सुखको प्रकारको बारेमा पनि ज्ञान दिने बुद्ध शिक्षा कसरी निराशावादी शिक्षा हुन सक्छ । यस्तो शिक्षा दिने बुद्ध कसरी निराशावादी हुन सक्छन् ?आर्य अष्टाङ्गिक मार्ग अपनाउन सके दुःखबाट मुक्त हुन सकिन्छ भन्ने बुद्धको शिक्षाको मूल मर्म हो । यही मार्ग हुँदै भवचक्रबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने उनको मान्यता छ । आर्यअष्टाङ्गिक मार्गमा आठ वटा अङ्ग छन्, जसलाई तीन महत्वपूर्ण सोपान शील, समाधि र प्रज्ञा अन्तर्गत समावेश गर्न सकिन्छ । शील सोपान अन्तर्गत (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका), समाधि अन्तर्गत (सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि) तथा प्रज्ञा सोपान अन्तर्गत (सम्यक दृष्टि, सम्यक सङ्कल्प) पर्छन् । अष्टाङ्गिक मार्गले सफलता मात्र दिँदैन, खुसी र शान्ति पनि दिन्छ । यसले जीवनको बुझाइलाई गहि¥याउँछ । त्यसैले बुद्ध कसरी निराशावादी भए ?आर्यअष्टाङ्गिक मार्गमध्ये सम्यक आजीविका पाँचौँ मार्ग हो । यस मार्गमार्फत बुद्धले व्यावसायिक दृष्टिकोण अगाडि सारेका छन् । बुद्धले कहिले पनि समस्यादेखि भागेर एक्लै गुफामा बस्ने वा अल्छी भएर बस्ने कुरामा प्रोत्साहन दिएनन् । बरु दुःखबाट मुक्त हुन आर्थिक चिन्तन गर्ने नाममा जीवनमा जुनसुकै काम पनि गर्नु भावी जीवनका लागि प्रत्युत्पादक हुने कुरा भन्नु हुँदै सम्यक आजीविकाको उपदेश दिए । अरूलाई हानिनोक्सानी नगरी आफ्नो जीवन निर्वाह गर्नु नै सम्यक आजीविका हो । अङ्गुत्तर निकायमा सम्मा आजीविका अन्तर्गत (१) शस्त्र अस्त्रको व्यापार, (२) मासुको व्यापार, (३) जीवित प्राणीको व्यापार, (४) मादक पदार्थको व्यापार र (५) विषको व्यापार गरी पाँच कामहरू जति फाइदा भए पनि नगर्नु भनी स्पष्ट भनेका छन् । व्यवसाय गर्न सिकाउने र त्यसमाथि पनि दिगो विकासको अवधारणालाई समेत ख्याल गरी व्यवसाय गरिनु पर्छ भन्ने शिक्षा दिने बुद्ध कसरी निराशावदी भए ? जब कि बुद्धको यही अवधारणालाई संयुक्त राष्ट्रसङ्घले पनि दिगो विकासको नाममा उच्च प्राथमिकता दिँदै आएको छ । बुद्धले भोग सम्पत्ति अचिरस्थायी हुनाका कारणहरूको सम्बन्धमा पनि शिक्षा दिएका छन् । उनका आधारमा (१) हराएको वस्तुहरू नखोज्ने, (२) पुरानो भएर जीर्ण भएको वस्तु मर्मत नगर्ने, (३) दुश्शील, असंयमी स्त्री वा पुरुषलाई ढुकुटीको अधिपति बनाउने र (४) खानपानमा मात्र ज्ञान नहुनाले । अर्थात् आय अनुसार व्यय नगर्नाले जोडेको सम्पत्ति पनि नाश भएर जान्छ । यसरी सम्पत्ति कसरी जोगाउनु पर्छ भन्ने उपाय बताउने बुद्ध कसरी निराशावादी भए ? ‘यो चे वस्ससतं जीवे कुसित हिन विरियं, एकाहं जीवितं सेय्यो ..’ धम्मपदमा बुद्धले अल्सी वीर्यहीन भई सय वर्ष जिउनुभन्दा दृढ उद्योगी भई एकै दिन जिउनु वेश हुन्छ भनी सम्बोधन गरेका छन् । ‘अचरित्वा ब्रह्मचरियं अलद्धा योव्वने धनं, जिण्ण कोच्चा व झायन्ति खीण मच्छे व पल्ले ।’ अर्थात्, गृहस्थ भएर जसले यौवनावस्थामा धन कमाउँदैन र भिक्षु भएर यौवन अवस्थामा नै ब्रह्मचर्या पालन गर्दैन, उसले सुक्खा पोखरीमा बकुल्ला झोक्राएर बस्नु परे झैँ बाँकी जीवन झोक्राएर बस्नुपर्ने हुन्छ । यो शिक्षा बुद्धले बनारसको एक सेठको छोरा, यौवनावस्थामा आयआर्जन गर्ने कुनै सिप नसिकेको र बुबाको मृत्युपछि नराम्रो सङ्गतमा परेर मगन्ते भएर बस्नु परेको कुरालाई अगाडि सारेर बताएका थिए । यसरी परिश्रम गर्नुपर्ने र यसरी परिश्रम गरेमा मात्र जीवन जिउन सहज हुने भन्ने प्रेरणादायी शिक्षा दिने बुद्ध कसरी निराशावादी भए ? बुद्धको चार आर्य सत्यमध्ये संसारमा दुःख छ भन्ने पहिलो आर्य सत्यलाई मात्र लिएर बुद्ध निराशावादी थिए भन्नु नितान्त गलत हो । संसारमा दुःख छ र दुःखका कारण छन् (दोस्रो सत्य) भन्नु त एक आधार वाक्य हुन् । दुःख आफैँमा निराशा हो । निराशाका बिच त आशाको अस्तित्व हुन्छ नि । बुद्धले तेस्रो र चौथो सत्यका रूपमा क्रमशः दुःख निरोध गर्न सकिन्छ र दुःख निरोध गर्ने आर्य अष्टाङ्गिक मार्ग छ भन्ने बताएका छन् । यसरी बुद्धको निष्कर्ष निराशाबाट आशातिर लम्किएको छ । फेरि बुद्धले भनेको सुख त निर्वाण सुख हो । यस्तो सुख जसले यो जुनी मात्र होइन मानिसले अर्काे जुनी नै लिनु नपर्ने र सदा सदा निर्वाण सुख भोग गर्दै सुखावती भुवनमा विराजमान हुन सकिने हुन्छ । अनि बुद्ध कसरी निराशावादी भए त ?   
News
45,681
चार घण्टा घमासान
दिउँसो २ बजेको थियो। दुई गाउँको युद्ध हेर्न दर्शक ओइरिए। मल्लो सानागाउँका बिरु नेपालीले लडाइँ सुरु हुन लागेको संकेत दिन नरसिंहा फुके । हात–हातमा धारिलो तरबार र ढाल बोकेका ४० जवानलाई कप्तान खड्कसिंह खड्काले युद्धका लागि तयार हुन आदेश दिए। 
https://ekantipur.com/feature/2019/01/07/15468389807284160.html
डोटी — दिउँसो २ बजेको थियो। दुई गाउँको युद्ध हेर्न दर्शक ओइरिए। मल्लो सानागाउँका बिरु नेपालीले लडाइँ सुरु हुन लागेको संकेत दिन नरसिंहा फुके । हात–हातमा धारिलो तरबार र ढाल बोकेका ४० जवानलाई कप्तान खड्कसिंह खड्काले युद्धका लागि तयार हुन आदेश दिए। लगत्तै तल्लो सानागाउँका हर्कबहादुर भूलले पनि नरसिंहा फुके। प्रतिकारमा उत्रन ५३ वर्षीय कप्तान बमबहादुर खड्काले जोसिँदै आफ्नो फौजलाई मैदानमा आउन निर्देशन दिए। डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँस्थित देवलगणि गाउँमा दुवै फौजबीच झन्डै ४ घण्टा युद्ध चल्यो। टाउकोमा सेतो पगडी र झकुलो लगाएका सैनिकहरूबीचको लडाइँले खेत रणमैदान बन्यो। निरन्तरको लडाइँमा मल्लो सानागाउँको फौज पराजित भयोरु। लडाइँका लागि १५ दिनअघिदेखि तालिम लिँदै आए पनि सैन्य चन्द्र नेपालीको शिरबाट टोपी खसेपछि विपक्षीसँग हार व्यहोर्नुपर्‍यो। अन्तत: तल्लो सानागाउँको टोलीले जितको खुसियाली मनायो। गाउँभरकाले सेनालाई धन्यवाद र आशीर्वाद दिए। दुई गाउँबीच यसरी नै घमासान युद्ध हुन थालेको वर्षौं भयो। बर्सेनि एक पटक देवलगणि खेत रणमैदान बन्ने यो लडाइँ वास्तविक भने होइनरु। सानागाउँवासीले पुर्खौंदेखि मनाउँदै आएको सांस्कृतिक पर्व भुवोको प्रदर्शन हो। सुदूर पहाडका बाजुरा र अछामसमेतको मौलिक चाड भुवो डोटीको सानागाउँमा भने युद्धकै झल्को दिने गरी मनाइन्छ। विगतका राजा रजौटाका सेनाको युद्ध झल्काउने संस्कृति पुर्खौंदेखि उल्लासका साथ मनाउने गरिएको स्थानीय रघु कठायतले बताए। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा मनाइने भए पनि युद्धकै झल्को दिने गरी सानागाउँमा मात्रै देख्न पाइने स्थानीय कप्तान बमबहादुर खड्काले बताए। ‘युवा पुस्ताले इतिहास पढेर वा कुनै काल्पनिक फोटो, भिडियो हेरेर राजा रजौटाका सेनाहरूको लडाइँबारे जाने/बुझेका होलान्,’ उनले भने, ‘तर सानागाउँमा हरेक वर्ष विगतको यथार्थ लडाईं झल्काउने गरी मौलिक संस्कृतिलाई जीवन्त बनाइँदै आएको छ।’ सानागाउँमा मनाइँदै आएको यो पर्वमा दुई गाउँबीच ३ विधामा युद्ध हुन्छ। युद्धको सुरुवात उनीहरू आफ्नो सामथ्र्य देखाउने एउटा विधाबाट गर्छन्। करिब ५० मिटर दूरीमा बसेर मल्लो सानागाउँको टोलीले अग्लो भागमा किल्ला बनाएर आक्रमण गर्छ। तल्लो सानागाउँको टोली तल्लो भागबाट प्रतिकार गर्छ। दुबै सेनाले आफ्नो किल्लाबाट एक वा दुईभन्दा बढी सैनिकलाई प्रतिनिधिका रूपमा पठाएर एक/एक गरी विभिन्न कला, धनसम्पत्ति, घरपालुवा जनावर, विशेषज्ञ सेवा तथा क्षमताहरू विपक्षीसामु प्रदर्शन गर्छन्रु। ‘पहिले तल्लो सानागाउँको फौजबाट प्रदर्शन हुन्छ, त्यसपछि मल्लो सानागाउँको पालो पाउँछ,’ वयोवृद्ध दीर्घ खड्काले भने, ‘कम्तीमा २० भन्दा माथि यसरी एउटा समूहले प्रदर्शन गर्छ। यसमा विपक्षीलाई हतोत्साहित पार्न विभिन्न आक्रोश, ठटयौली, माया पिरतीजस्ता रस पनि देख्न पाइने भएकाले दर्शकहरू हेर्नका लागि झुम्मिन्छन्।’ यस्तो प्रदर्शन गर्ने क्रममा सेनाले चाल, लुगाकपडा तथा जुत्ता चप्पल केही पनि सामान शरीरबाट खसायो भने उसको समूहले हार स्विकार्नुपर्ने उनी बताउँछन्। दोस्रो विधा हो कवाज प्रदर्शनरु। स्थानीयले कवाजलाई चाली खेल भन्ने गरेको ६७ वर्षीय गोपी नेपालीले बताएरु। यसमा सेनाले सामूहिक रूपमा तरबार नचाउने, पैंताला मिलाउने, ढालले विपक्षीको प्रहार छेक्ने जस्ता ५२ प्रकारका कवाजहरू प्रदर्शन गरिने प्रचलन रहेको डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्का बताउँछन्। भुवो खेलका ८ खुट्टा, १६ चाल छन्रु। पछिल्लो समय १ देखि ९ नम्बरसम्मका चाली खेलिने गरिन्छ। सबै चाली बाजा वा तालमा निर्देशित हुन्छरु। खेल्दाखेल्दै थाकिने भएकाले हरेक चालीको अन्तमा विश्राम गर्ने चाली आउँछ। विश्रामको चाली खेलभर १८ पटक आउने गर्छरु। जसलाई ठाडी वा रटक भनिने गरेको १२ वर्षदेखि भुवो खेल्दै आएका चन्द्रसिंह नेपाली बताउँछन्। तेस्रो विधा हो घाईरु। यो विधाअन्तर्गत फौजका कुशल सेनाहरू लडाइँमा उत्रन्छन्रु। एकआपसमा तरबार र ढालले प्रहार गर्छन्रु। लडाइँ हुँदा अन्य सैनिकले आफ्नो प्रतिनिधिलाई होहल्ला गरेर वा ताली पिटेर प्रोत्साहन गर्छन्। यस विधामा सेनाहरू एक/एक गरी तथा ५ वटासम्म जोडी बनाएर पनि एकअर्कामाथि प्रहार गर्छन्। दुइटा फौज लड्दा गाउँलेले पनि आ–आफ्ना सेनालाई लड्न प्रेरित गर्ने स्थानीय नेता देवबहादुर खड्काले बताए। डोट×याली संस्कृतिका जानकार सुरतबहादुर शाहको पुस्तक ‘अछामका चाडपर्वहरू’ मा भुवा नाच प्राचीनकालदेखि चल्दै आएको उल्लेख छ। शाहका अनुसार प्राचीनकालमा राजकाज चलाउने क्रममा युद्ध भइरहने भएकाले क्षत्रीलाई लडाइँका लागि तयार बनाइराख्न हातहतियारको युद्धकला तालिम दिइन्थ्यो। हिउँदमा खासै कामकाज नहुने भएकाले सैनिकहरू मुढाको आगो ताप्दै युद्धकलाको अभ्यास गर्थे। गोली, बारुद तथा बम गोलाजस्ता हातहतियार नभएको अवस्थामा बाइसे–चौबिसे राज्यकालमा समेत सेना तरबार र ढालका भरमा लडाइँ गर्ने गरेको इतिहासकारहरू बताउँछन्। पछि त्यही युद्धकला संस्कृतिका रूपमा परिणत भएको साहित्यकार प्राध्यापक बद्री बिनाडीले बताए।
Feature
1,228
आजदेखि एसईई परीक्षा
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।
https://gorkhapatraonline.com/news/10690
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ९ गते ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीले यस वर्ष जापानमा १९ जना परीक्षार्थी परीक्षामा सम्मिलित हुने जानकारी दिनुभयो । जापानमा इमेलबाट प्रश्नपत्र पठाइएको छ ।अनिवार्य विषयका प्रश्नपत्र हरेक प्रदेशको फरक फरक छ । देशभरि ११ हजार ६१५ विद्यालयका विद्यार्थीले एसईई दिँदैछन् । तीमध्ये २९९ विद्यालय प्राविधिक धारका हुन् । साधारणतर्फ ६१ विषय र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन हुँदैछ ।
News
43,301
संकटमा विकल्प: 'वर्क फ्रम होम'
सरकारले देशव्यापी लकडाउन घोषणा गरेको ठिक एक साता भयो। मजदुर र कर्मचारी जहाँ छन्, त्यहीँ बस्नुपरेपछि उद्योग र कार्यालयहरूमा ताल्चा लागेको छ। तर, यही संकटमा केही कम्पनी/कार्यालयले भने ‘वर्क फ्रम होम’ को अवधारण पछ्याउँदै लकडाउन उल्लंघन नगरी घरबाटै निरन्तर काम गरिरहेका छन्। म्यासेन्जर, भाइवर, ह्वाट्सएप लगायतमा भर्चुअल्ली मिटिङ भइरहेको छ।
https://ekantipur.com/feature/2020/03/31/158566230621762764.html
काठमाडौँ — सरकारले देशव्यापी लकडाउन घोषणा गरेको ठिक एक साता भयो। मजदुर र कर्मचारी जहाँ छन्, त्यहीँ बस्नुपरेपछि उद्योग र कार्यालयहरूमा ताल्चा लागेको छ। तर, यही संकटमा केही कम्पनी/कार्यालयले भने ‘वर्क फ्रम होम’ को अवधारण पछ्याउँदै लकडाउन उल्लंघन नगरी घरबाटै निरन्तर काम गरिरहेका छन्। म्यासेन्जर, भाइवर, ह्वाट्सएप लगायतमा भर्चुअल्ली मिटिङ भइरहेको छ।अमेरिकी अर्बपति वारेन वफेटको ब्रेकसायर हाथवे कम्पनीअन्तर्गत पर्छ टीटीआई इन्क। टेक्सासमा मुख्यालय रहेको यसैको एउटा कार्यालय नेपालमा छ। सन् २०१३ मा स्थापना गरिएको टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रालिमा ५३ जनाले काम गर्छन्। तर, १० चैतको बेलुका सरकारले भोलिपल्टदेखि देशभर लकडाउन गर्ने घोषणा गरेपछि चौबीसै घन्टा काम गर्नुपर्ने यो कार्यालय संकटमा पर्‍यो। कामको चाप एकातिर थियो भने सरकारको नियम मान्नुपर्ने बाध्यता अर्कोतिर।‘सोचिएकै थिएन, अचानक लकडाउन भयो,' धुम्बाराहीमा कार्यालय रहेको टीटीआई इलेक्ट्रोनिक्स नेपालका महाप्रबन्धक नवीन पाँडे भन्छन्, 'हाम्रो कम्पनीको प्राथमिकतामा स्टाफहरुको सेफ्‍टी पनि हो । सरकारको नियम मान्‍नै पर्‍यो । त्यसैले लकडाउन उल्लंघन नगरी कसरी काम गर्ने भन्‍ने विकल्पको खोजीमा ‘वर्क फ्रम होम’को अवधारणा अपनाउने निर्णय गरियो।’ उनीहरुले दुई-तीन दिनमै कार्यालयबाट कम्प्युटर घरघरमा लगेर वर्क स्टेसन तयार गरे। अनि धमाधम काम।अहिले ५३ जनामध्ये ४९ स्टाफले घरबाटै काम गरिरहेका छन्। ‘काम पनि चलिरह्यो, आफूलाई बजारको नकारात्मक हल्लाबाट टाढै राख्दै काममै फोकस हुन सकियो। यस्तो उत्पादनमूलक काम गर्दा मानिस अझै स्वस्थ हुन्छ, मानसिक तनावबाट मुक्त रहन्छ,’ उनले थपे, ‘काम नहुँदा उत्पन्न हुने आर्थिक संकट पनि टरेको छ। हाम्रा सबै स्टाफ काम गर्न उत्सुक छन्।’टीटीआईले अमेरिका, युरोप, कोरिया, चीन, भारतलगायत धेरै देशमा इलेक्ट्रोनिक कम्पोनेन्ट वितरण गर्छ। हाल आफूहरु कोभिड १९ को उपचारमा आवश्यक पर्ने इक्वीपमेन्ट वितरणमा केन्द्रित रहेको पनि महाप्रबन्धक पाँडेले बताए। यसमा नेपालको कार्यालयबाट प्रशासनिक काम हुन्छ। अब लकडाउन अलि लामै अवधि गए पनि आफ्नो कम्पनीलाई खासै असर नहुने उनको भनाइ छ।आरटीआई इन्टरनेसनलअन्तर्गत एक्ट इस्ट प्रोग्रामको कार्यालय पाटनढोकामा छ। हात्तीपाइले रोगसम्बन्धी काम गर्ने यस संस्थाकी फाइनन्स एन्ड ग्रान्ट्स म्यानेजर दीप्ति सिलवालले पनि लकडाउन लागू भएदेखि घरबाटै काम गरिरहेकी छन्। भन्छिन्, ‘लकडाउन भएदेखि बाहिर निस्किएकी छैन। इन्टरनेट भएर काम भइरहेको छ ।’ यस संस्थामा कार्यरत सबैले नै ल्यापटपमार्फत् घरबाटै काम गरिरहेको उनले बताइन्।अडिटिङ फर्म जोशी एन्ड भण्डारीका साझेदार प्रवीनकुमार झाले पनि आफ्नो फर्ममा कार्यरत ५८ जनाले नै लकडाउन सुरु भएयता घरबाटै काम गरिरहेको बताए। ‘हाम्रो ९० प्रतिशत क्लाइन्ट नेपाली छन्, उनीहरुको अफिस गएर काम गर्नुपर्छ तर अडिटिङ अत्यावश्यक वस्तुमा पर्दैन,' उनले भने, 'त्यसैले आफ्नौ घरबाट काम गरिरहेका छौं।' उनको टिमले मिटिङ पनि भाइबरबाटै गर्ने गरेको छ।नयाँ अवधारणानेपालमा ५ वर्षअघि भूकम्पले संकट निम्त्याएको थियो। त्यसपछि नाकाबन्दीले अस्तव्यस्त बनायो। अनि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आइलाग्यो। मानवीय जीवनमा यो बेग्लै खालको संकट हो। यसैसँग जुध्दै गुजाराको लागि ‘वर्क फ्रम होम’को अवधारणा पनि आइपुग्यो।‘छोटो अवधि काम नगरे पनि कम्पनीले तलब त दिन्छ तर लकडाउन लामो अवधि गयो भने केही भन्न सकिँदैन, त्यसको लागि पनि घरबाटै काम गर्ने अवधारणा उपयुक्त हो,’ टीटीआई नेपालका महाप्रबन्धक पाँडेले भने, ‘यो अवधारणा नेपालमा नौलो भए पनि टीटीआईमा विदेशमा ८० प्रतिशतले घरबाटै काम गरिरहेका छन्।'इन्टरनेट ब्यान्डविथको माग उच्चसंकटको बेला घरमै काम गरे पनि कार्यालयबाटै गरेजस्तो भने नहुने कतिपय बताउँछन्। अफिसमा त्यही कामको लागि बढी स्पिडको इन्टरनेट लिइएको हुन्छ, जुन घरमा उपलब्ध हुँदैन। त्यसैले घरबाटै काम गर्दा इन्टरनेट स्लो भएको धेरैको गुनासो छ। लकडाउनमा खपत बढेपछि इन्टरनेट ब्यान्डविथको माग ५० प्रतिशतसम्म बढेको बताइन्छ।‘इन्टरनेट ब्यान्डविथको डिमान्ड बढेको छ तर लकडाउने गर्दा इन्टरनेट बिग्रिएको घरमा बनाउन जान पनि पाइएको छैन,' भाय-नेटका महानिर्देशक विनय बोहरा भन्छन्, 'अत्यावश्यक सेवामा परे पनि लकडाउनले समस्या परेको छ।’ अहिले जेनतेन चले पनि डिमान्डअनुसार लकडाउनलगत्तै नेटवर्क बढाउनुपर्ने आवश्यकता देख्छन् उनी।‘सबैले अनलाइन पे चलाउँदैनन्, इन्टनेट नवीकरण गर्ने बेला कसरी गर्ने भन्ने समस्या छ,' उनले भने, 'त्यसैले पैसा उठाउन र स्टाफलाई तलब खुवाउन पनि गाह्रो भएको छ। अहिलेको हाम्रो मुख्य चुनौती यही हो।’
Feature
926
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
विधान मस्यौदाबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
https://ekantipur.com/news/2024/01/13/standing-committee-meeting-of-maoist-center-11-49.html
काठमाडौँ — विधान मस्यौदाबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने उनले बताए । माओवादी केन्द्रले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो । उक्त समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षा हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ । माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।
News
6,438
कानुनी व्यवस्थालाई पालना गरे नेपालको शैक्षिक क्षेत्रले फड्को मार्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/71066
काठमाडौं, असार २९ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ। शुक्रबार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था गरेको बताउनुभयो। उहाँले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानुन बमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्नुभयो। उहाँले मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भएर आफ्नो स्थानबाट विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘कुनै पनि व्यक्ति, समाज र समग्र मुलुककै विकास र समृद्धिको स्तर, त्यस देशले उपलब्ध गराएको शिक्षको अवस्था र गुणस्तरले निर्धारण गर्छ। त्यसैले त आधुनिक राज्य प्रणालीमा प्रत्येक राज्यले आफ्ना नागरिकका लागि देशको मुल कानुनमै शिक्षा सम्बन्धी निश्चित अधिकारको व्यवस्था गरेको हुन्छ। जसलाई मौलिक अधिकारका रुपमा लिइन्छ। नेपालमा पनि प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था छ। अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानुन बमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको छ। यी संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्नेछ।’’उपराष्ट्रपति यादवले नेपालमा आदिकवि भानुभक्त आचार्यको देन महत्त्वपूर्ण रहेको बताउनुभयो।    
News
54,995
एसईई कप चेसमा अभिक र अंशुदिल अगाडि
हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु गोल्डेनगेट एसईई कप र्‍यापिड चेस प्रतियोगितामा अभिक शाह ४ अंकसहित अगाडि छन् ।
https://ekantipur.com/sports/2024/06/22/abhik-and-anshudil-ahead-in-see-cup-chase-02-55.html
काठमाडौँ — हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु गोल्डेनगेट एसईई कप र्‍यापिड चेस प्रतियोगितामा अभिक शाह ४ अंकसहित अगाडि छन् ।जेम्स स्कुलका १८२५ रेटिङका उनले मञ्जयकुमार पटेल, विभूषित कायस्थ, तेजस अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक जोडेका हुन् । शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वस्तिकराज जोशी, शम्भुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै समान ४ अंक बनाए । समान अंक भए पनि टाइब्रेकका आधारमा अभिक शीर्षस्थानमा छन् ।स्विस प्रणालीको आधारमा हुने प्रतियोगिताको पाँचौं चरणमा आइतबार पुरुषोत्तम र अभिक प्रतिस्पर्धा गर्दैछन् । तेजस, स्वस्तिकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटीले समान ३ अंक जाडेका छन्, । शम्वुहाङ २ अंक बटुल्दै शीर्ष १० भित्र रहे ।गर्ल्सतर्फ अंशुदिल प्रजापति अगाडि छन् । उनले २ अंक जोडिन । जेसिका सिंह १ अंकसहित दोस्रो स्थानमा छन् । गोल्डेनगेट कलेजको प्रायोजनमा आयोजित एसईई कप सातौं चरणको प्रतिस्पर्धासँगै आइतबार सम्पन्न हुनेछ ।विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँसँगै गोल्डेनगेट कलेजमा छात्रवृत्ति पाउनेछन् ।
Sports
13,196
जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/97838
काठमाडौं, फागुन १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरूले सहिद सप्ताह मनाउँदै आएका छन् ।सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो । ‘‘आजको तपाईँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरङ्कुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुपरेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘हिजोको पुस्ताले बगाएको आशु, रगत र पसिनाको योगफल नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’’त्यसैले स्वतन्त्रता सेनानीको रूपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’’सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिँदै उहाँले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताउनुभयो । वर्तमान सरकार गठन भएपछि ठुलठुला अनियमितका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘ ‘कतिपयले अहिले किन धेरै काण्डहरू सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौँदेखि थुप्रिएका अनियमितका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरू सार्वजनिक भइरहेका छन् ।’’विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरूले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उहाँले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरूमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘‘गणतन्त्रले स्थापित गरेको महत्त्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’’ उहाँले थप्नुभयो,  ‘‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’’
News
51,551
दोलखा फिल्म सिटी र बनेपामा छायांकन स्टुडियो बनाउने सरकारको घोषणा
सरकारले बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ । संघीय संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखाको चलचित्र नगरी(फिल्म सिटी)लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताए । 
https://ekantipur.com/entertainment/2024/05/28/dolakha-film-city-and-cinematography-studio-on-a-budget-14-17.html
काठमाडौँ — सरकारले बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ । संघीय संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखाको चलचित्र नगरी(फिल्म सिटी)लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताए । सरकारले हरेक वर्षजसो दोलखामा फिल्म सिटी बनाउने घोषणा गरे पनि काम भने अगाडि बढेको छैन । त्यस्तै भाषा, साहित्य, दर्शन, सँस्कृति, कला, संगीत र नाट्यलगायतका अमूर्त सँस्कृति क्षेत्रको विकास र प्रबर्द्धन गरिने घोषणा गर्दै प्रतिलिपि अधिकारको संरक्षण गर्नेसमेत बताए । 'प्रतिलिपि अधिकारको संरक्षण गरिने र नियमन गरिनेछ,'पुनले भने ।
Entertainment
7,130
'परिवारको साथ नभइदिएको भए उहिल्यै भारत छिरिसक्थें'
नेपाली फिल्मको प्रमुख समस्या के हो ? जवाफमा छुट्दैन, पटकथा । के पटकथा नै नेपाली फिल्मका कमजोरी हुन् त ? साउन्ड इन्जिनियर/डिजाइनर प्रदीप कुमार उपाध्याय नेपाली फिल्म प्राविधिक पक्षमा अझै अपरिपक्व रहेको जवाफ दिन्छन् ।
https://ekantipur.com/entertainment/2022/11/12/166825944222298772.html
काठमाडौँ — नेपाली फिल्मको प्रमुख समस्या के हो ? जवाफमा छुट्दैन, पटकथा । के पटकथा नै नेपाली फिल्मका कमजोरी हुन् त ? साउन्ड इन्जिनियर/डिजाइनर प्रदीप कुमार उपाध्याय नेपाली फिल्म प्राविधिक पक्षमा अझै अपरिपक्व रहेको जवाफ दिन्छन् ।'अहिले फिल्ममा साउन्डको गलत प्रयोग भइरहेको छ । एक्सन फिल्ममा पर्दा उडाउने खालको साउन्ड राखिदिन्छन् । डिजिटल प्रविधिले सिंक्रोनाइजेसन गर्न सजिलो बनाइदियो । तर, डिजिटल आइसकेपछि पनि नेपाली फिल्मको साउन्डमा तात्विक परिवर्तन देख्दिनँ,'७१ वर्षीय उपाध्यायले भने, 'फिल्म हलमा जानुभयो भने आउटसिंक देखिन्छ, आउटसिंक हुने बित्तिकै फिल्म मृत भइजान्छ । बडी ल्याङ्वेज अनुसार सिंक हुनुपर्‍यो नि, लिपसिंक पनि चाहियो । नेपाली फिल्ममा साउन्ड एकदमै कमजोर छ । साउन्डमा खासमा खेलाँची भइरहेको छ ।' छिमेकी राष्ट्र भारतकै दाँजोमा पनि ध्वनीमा नेपाल निकै पछाडि परेको उपाध्यायको विश्लेषण छ । 'त्यतिबेला नाङ्ग्रा मसिन चलाउन पनि दक्ष व्यक्ति आवश्यक हुन्थ्यो । अहिले त डिजटलले उपकरण चलाउन सहज बनायो । त्यतिबेला मात्रै होइन अहिले पनि भारतको दाँजोमा साउन्डमा नेपाल एकदमै पछाडि छ,' उनले सुनाए, 'हामीकहाँ अहिले साउन्डका राम्रा उपकरण छन् तर दक्ष जनशक्तिको अभाव छ ।'कलैयामा जन्मे पनि प्रदीप कुमार उपाध्यायले भारतको मुज्जफरपुरमा आफ्नो बाल्यकाल बिताए । बुवा र आमा नेपालमै बस्थे । तर, दुई हजुरबुवा मुज्जफरपुरमा । दुई हजुरबुवाका राजनीतिक आस्था फरक-फरक । जुन हजुरबुवासँग प्रदीप बस्थे उनी वामपन्थी । अर्का हजुरबुवा तटस्थ । नेपालमा राजनीतिक संघर्ष चलिरहँदा उनी बस्ने घरमै लुक्न आइपुग्थे पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी । अर्का हजुरबुवाकहाँ पुग्थे, सुवर्ण शमशेरहरु । बाल्यकाल यस्तै राजनीतिक माहोलमै बित्यो । विद्यार्थी जीवन पनि राजनीतिक बन्यो । ठाकुरराम बहुमुखी क्याम्पसमा २०२९/३० तिर आइए पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय थिए, प्रदीप । इन्जिनियरिङतिर नलागेका भए, अहिले उनी राजनीतिमा हुन्थे । 'सायद यो क्षेत्रमा नआएको भए राजनीतिमा हुन्थेँ कि भन्ने लाग्छ । माधव नेपाल, मेरो साथीभन्दा अहिले कतिले नपत्याउला !' मुसुक्क मुस्कुराउँदै सुनाए । राजनीतिमा लागेपछि ब्रिगन्छ भन्ने त्यतिबेलाको बुझाइ । बुवाले त्यही डरले जबर्जस्ती उनलाई इलाहबाद पठाए, इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्न । पढ्दै जाँदा इन्जिनियरिङले तान्यो । त्यहाँबाट फर्केर दूरसंचारमा काम थाले । त्यसपछि पूलचोक क्याम्पसमा पढाउन थाले ।संजोगले एक दिन न्युरोड गेटसँगैको इन्डियन लाइब्रेरीको सूचना पाटीमा उनको आँखा पर्‍यो । 'इलेक्ट्रोनिक्स इन्जिनियरमा डिप्लोमा बीएस्सी गरेकोले एफटीआईआईमा साउन्ड इन्जियर पढ्न पाउने' लेखिएको थियो । इलेक्ट्रोनिक्स इन्जिनियरिङ गर्ने क्रममै साउन्डतिर रुची बढिसकेको थियो । शास्त्रीय संगीतप्रति खुबै लगाव । एकपटक भारत भ्रमणमा पुग्दा एफटीआईआईको ढोकासम्म पुगेका थिए । दिनभरी ढोकामा कुरे तर उनीहरुलाई एफटीआईआई छिर्न दिएन । त्यतिबेला 'यो ठाउँमा पढ्न पाए हुने' भन्ने महसुस भएको थियो । लाइब्रेरीको त्यही सूचनाले उनलाई एफटीआईआई पुर्‍यायो । 'एफटीआईआईभित्रको संसार नै बेग्लै । पढ्ने सबै विषयवस्तुभित्र फिल्म हुन्थ्यो । वातावरण नै सिनेमेटिक हुन्थ्यो नि त्यहाँ,'प्रदीप सम्झिन्छन् । पहिलोपटक नेपालमै गीत रेकर्ड नेपाली फिल्म क्षेत्रलाई जीवन दिएका प्रदीप यस क्षेत्रका जिउँदो इतिहास हुन् । एफटीआईआईको पढाइ सकिएपछि बम्बईमा काम गर्ने राम्रै अवसर जुर्‍यो । तर, भीडभाड प्रदीपलाई मन नपर्ने । बम्बई शहरको त्यही भीडले उनलाई काठमाडौं फर्कायो । त्यसपछि शाही नेपाल चलचित्र संस्थानमा काम गर्न थाले । पारिश्रमिक थियो, ८ सय ५० । डबिङ प्रणालीलाई आफूले नै अप्ग्रेड गरेको प्रदीप दाबी गर्छन् । त्यतिबेला फेवातालको किनारमा फिल्मको छायांकन बढी हुने । दिनभरि सुट गरेको संवादको टेपरेकर्ड अर्कोमा रेकर्ड गर्ने जिम्मा प्रदीपकै हुन्थ्यो । कलाकार त्यही टेपरेकर्ड सुन्दै सिरकभित्र डबिङ गर्थे । त्यतिबेला प्रदीपलाई लाग्यो,'यो त डबिङ होइन । यो त डायलग रिप्लेसमेन्ट मात्र हो ।' त्यस्तोमा सिंक्रोनाइजेसन गर्न निकै झमेला हुन्थ्यो । त्यसपछि लुप बनाएर डबिङलाई सहज बनाइदिए । अनि रक एण्ड रोलको डबिङ सुरु भयो । 'अहिले एउटा फिल्म डब गर्नलाई १० घण्टा लाग्छ भने त्योबेलामा १०-२० दिन लाग्थ्यो । टेप पनि एकदमै महंगो । त्यो टेप काट्दा पनि मुटूमा झट्का लाग्ने । त्यो टेपकै १० हजार पर्थ्यो,'प्रदीपले भने । संस्थानमा हुँदै 'बद्लिँदो आकाश' बन्यो । फिल्मको पाँचैवटा गीत नेपालमा रेकर्ड भयो । त्यसअघि फिल्मको गीत रेकर्ड गर्न बम्बई धाउनु पर्थ्यो । फिल्ममा सहायक निर्देशक बने प्रदीप । निर्देशक थिए लक्ष्मीनाथ शर्मा, साउन्डको जिम्मा पाए तपनाथ शुक्लले । नेपालमै पहिलो पटक गीत रेकर्डिङ कसरी सम्भव भयो त ? प्रदीप त्यसको श्रेय कलाकार नीर शाहलाई दिन्छन् । नीर त्यतिबेला संस्थानका उप-महाप्रबन्ध । 'त्यतिबेला साउन्डको अवस्था निकै खराब थियो नेपालमा । शाही चलचित्र संस्थानमा साउन्डको उपकरण सामान्य मात्र थियो । त्यसरी केही नभएको बेलामा हामीले त्यही उपकरणबाट गीत रेकर्ड गर्‍यौं,'प्रदीपले पूराना दिन सम्झे । खासमा उनी पुणेमा पढ्दै गर्दा साथीसँग ओडिसा पुगेका थिए । त्यहीबेला नीरले एफटीआईआई घुमेका रहेछन् । प्रदीपबारे त्यहीबेला थाहा पाए । 'तपाईं साउन्ड पढेर आउनु भएको अब फिल्मको गाना रेकर्डिङ नेपालमै गरौं । कहिलेसम्म बम्बई जाने ?' नीरले प्रदीपसँग प्रस्ताव राखे । भएकै सामान्य उपकरणमा गीत रेकर्ड गर्न तयार भए साउन्ड इन्जिनियरद्वय तपनाथ र प्रदीप । गीत रेकर्डिङ गर्ने मिक्सर थिएन । डबिङ गर्ने डबरमै ट्र्याक बनाए । वान स्टेज रेकर्डिङमै गीत रेकर्ड भयो । एउटै स्टेजमा तबला, ढोलक, सितार, भ्वाइलेन बजाउने वादकको समुह हुन्थ्यो । अर्कोतर्फ बुथमा उभिएर गायक/गायिकाले स्वर भर्थे । त्यतिबेला कलकत्तामा 'के घर के डेरा' फिल्मको गीतको रेकर्ड भएको थियो । बम्बईमा रेकर्ड गरेको गीत र 'बद्लिँदो आकाश'को गीतलाई दाँज्दा खासै अन्तर आएन । पहिलो पटक गीत रेकर्ड गर्न सफल हुँदा प्रदीपमा छुट्टै उत्साह थपियो । ६ वर्ष संस्थानमा काम गरिसकेपछि गीत रेकर्डिङमा सक्रिय भए । म्यूजिक नेपालहुँदै साङ स्टूडियोमा रेकर्डिङ थाले । हजार बढी गीत रेकर्ड गराएका उनले नारायण गोपालको अन्तिम गीत गरेका हुन् । नारायण गोपालका गिती यात्राका सबै गीतलाई उनले नै रेकर्डिङ गरेका हुन् । 'एउटा मान्छेको मायाले', 'साउनको झरी बनी', 'तिमीलाई के भनुँ', 'मलाई छोडी मेरो माया'लगायत उनका कालजयी गीतमा संलग्न हुँन पाउँदा प्रदीप अहिले पनि गर्विलो महसुस गर्छन् ।'पहिला त उहाँलाई ममाथि शंका लागेछ, सबै स-साना मेसिनमा रेकर्डिङ गरेको देख्नु भएर । तर ती सब मेसिन स्ट्यान्डर्ड उपकरण नै थिए । जब मैले रेकर्ड गरेर मिक्सिङ गरेको सुन्नुभयो तब मलाई पत्याइनुभयो । त्यसपछि उहाँले बाहिर अरु कसैसँग रेकर्ड गराउनु भएन । रेडियो नेपाल गएर रेकर्ड गर्न बन्द गरिदिनुभयो,'प्रदीप सुनाउँछन्,'दोस्रो गीति यात्रा गर्ने तयारी हुँदै गर्दा उहाँ बिरामी पर्नुभयो । झुमा फिल्मको छायांकन सकेर म पोस्ट प्रोडक्सनका लागि भारत पुग्दा उहाँ बितेको खबर पाए । उहाँको शवयात्रामा हजारौं मानिस थिए । कलाकारले कसरी मन जितेको रहेछ भन्ने कुरा प्रमाणित भयो । मलाई गर्व छ, नारायण गोपालका कालजयी गीतहरु मैले गर्न पाएँ ।' गोपाल योञ्जनसँग 'बद्लिँदो आकाश'मा काम गरेका उनले 'भाग्यरेखा'को 'किन फेरि माया सम्झी'मा भक्तराज आचार्यको स्वर रेकर्ड गरे । 'चाँदनीमा बग्छ खोला', 'फेवातालको आँगनमा लैलै'लगायत थुप्रै चर्चित गीत रेकर्ड गराइसकेका प्रदीपले सयभन्दा बढी एल्बममा काम गरेका छन् ।पहिलो पटक तिलिचोमा छायांकन ४६/४७ तिर प्रदीप निर्देशनमा पनि होमिए । फिल्म 'झुमा' निर्देशन गर्दा धेरैले दंग पर्दै प्रश्न गर्थे ,'यो प्राविधिक कसरी निर्देशक बन्यो ?' पुणेंमा पढ्दै फिल्मको अत्यधिक ज्ञान बटुलेका प्रदीपमा फिल्मप्रतिको झुकाव बेग्लै थियो । सुक्मित गुरुङको स्वर रहेको 'बोलबोल पाखाहरु'बोलको गीत उनले तिलिचोमै छायांकन गरे । फिल्म क्षेत्रमा पछिल्लो समय केही फिल्मकर्मीले तिलिचोमा पहिलो पटक गीत खिचेको दाबी गरे । तर, त्यहाँ फिल्म खिच्ने पहिलो टिम नै आफूहरु रहेको प्रदीप दाबी गर्छन् । 'त्योबेला मनाङमा ७२ दिन बसेर छायांकन गरियो । मनाङमा फिल्म खिचेपछि तिलिचो खिचेन भने मेरो मुर्खता हुने थियो त्यसैले त्यहाँ गानाको पहिलो अन्तरा नै खिच्यौं,'उनी सम्झन्छन्,'गीत खिच्न सुरुमा तिलिचोमा गएर रात बितायौं । हिउँ परिरहेको थियो, क्यामेरा र रेकर्डरको ब्याट्रीलाई तताउन जिउमा बाँधेर निदायौं ।' 'झुमा'को छायांकन कष्टर रह्‍यो । त्यसपछि प्रदीपले दोस्रो फिल्म निर्देशन गर्ने जाँगर नै देखाएनन् । रेकर्डिङमै व्यस्त भए । यसबीच उनीभन्दा अग्रज साउन्ड इन्जिनियर कोही टेलिभिजनतिर लागे, कोहीले यही क्षेत्र नै छाडे । तर, प्रदीपले फिल्म क्षेत्रलाई माया मारेनन् । उनी अहिले पनि ‍घरको स्टूडियोतिरै भेटिन्छन् । 'संस्थानमा हुँदा ट्र्याक बनाएर मिक्सिङ सुरु गरे । सायद यही मेरो उपलब्धि हो । परिवारको साथ/सहयोग नभएको भए उहिल्यै भारत पसिसक्थें,'हालै प्रदीप निवासमै भेटिएका उनले भने । आफूले वर्षौंदेखि जोगाउँदै आएका साउन्डको इतिहास बोक्ने उपकरणहरु देखाउँदै हामीलाई प्रश्न गरे,'अहिलेसम्म मैले यी उपकरण संरक्षण गरेर राखें । मेरा परिवारका लागि यी केवल अनावश्यक मसिन हुन् । मपछि यी उपकरणको संरक्षण कसले गर्ला ?' तस्बिर/भिडियो : दीपेन्द्र रोका/कान्तिपुर
Entertainment
7,879
फागुन २५ मा ‘काँडेतार’
फागुन २५ बाट चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो । सार्वजनिक पोस्टरमा निर्देशक खड्का खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत हुनुभएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देखिन्छ । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको छ चलचित्रमा मा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरीलगायतकाको अभिनय छ ।
https://gorkhapatraonline.com/news/68167
काठमाडौँ, असार ४ गते । फागुन २५ बाट चलचित्र  ‘काँडेतार’  प्रदर्शन हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो ।  सार्वजनिक पोस्टरमा निर्देशक खड्का खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत हुनुभएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देखिन्छ । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको छ चलचित्रमा मा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरीलगायतकाको अभिनय छ । माकिको राई र अञ्जु केसी पनि चलचित्रको निर्माता हुनुहुन्छ भने कार्यकारी निर्माता सत्यकला राई हो । चलचित्रमा सौरभ लामाको छायाङ्कन, तारा थापा ‘किम्भे’ र बन्देप्रसादको सम्पादन तथा मणि थापा र दीपक शर्माको सङ्गीत रहेको छ ।   
News
44,175
मधेशमा ‘लबान’ पर्व मनाइँदै
तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।
https://gorkhapatraonline.com/news/86438
महोत्तरी, मङ्सिर ८  गते । तराई-मधेशका जिल्लामा आज ‘लबान’  (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ ।  अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ ।  पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ । पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन बढ्दै गएपछि कार्तिक शुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।यस पर्वमा नयाँ धानको चिउरा  कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । यसरी यो विधिसँगै पुरोहितलाई भोजन गराई दक्षिणा दिएर नयाँ अन्नको सिधा दान गरिन्छ । यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ । यो विधिमा ग्रामदेवता (डिहबारस्थान)को पूजा पनि गरिन्छ ।यो विधिलाई पहाडी परम्पराका हिन्दूले ‘न्वागी खाने’ भन्ने गरेका छन् । महोत्तरी जिल्लाको सुदूरउत्तरी क्षेत्रमा घरघरैजसो नवान्न (नयाँ अन्न, हिउँदे धान)को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गर्दैछन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ ।पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने मान्यता रहँदै आएको छ । हिन्दूहरूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपिनमा प्रयोग गर्न सकिने धार्मिक तथा परम्परागत मान्यताले यो चलन बसेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का पण्डित रामप्रसाद बराल बताउनुहुन्छ ।वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खान’ कार्तिक शुक्ल द्वादशी नै उपयुक्त रहे पनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादि गर्न सकिने परम्परा रहेको भङ्गाहा–५ सीतापुरबजारका विष्णुप्रसाद शर्माको भनाइ छ ।पर्वमा पहाडी परम्पराको होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितहरूको व्यस्तता हुने गर्दछ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर खुवाउने खाने प्रचलन छ ।
News
32,441
केन्द्रीय समिति प्रत्यक्ष र समितिबाट पदाधिकारी चुन्ने व्यवस्था गरौँ : अध्यक्ष दाहाल
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । पार्टीको विधान अधिवेशनमा सुझावकारुपमा उठेका सवालहरुको जवाफमा पार्टी अध्यक्ष दाहालले प्राप्त सुझावहरुका आधारमा यस्तो व्यवस्था गर्नु ठीक हुने देखेको बताएका हुन् ।
https://ekantipur.com/news/2024/02/15/lets-arrange-for-the-central-committee-to-be-elected-directly-and-officials-from-the-committee-president-dahal-43-36.html
काठमाडौँ — प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । पार्टीको विधान अधिवेशनमा सुझावकारुपमा उठेका सवालहरुको जवाफमा पार्टी अध्यक्ष दाहालले प्राप्त सुझावहरुका आधारमा यस्तो व्यवस्था गर्नु ठीक हुने देखेको बताएका हुन् ।अध्यक्ष दाहालले अब पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘समूहको सुझावको आधारमा केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले चयन गर्नु उपयुक्त हुन्छ’ उनले भने । समूहगत छलफलमा प्रतिनिधिहरुले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन हुने व्यवस्था गर्न माग गरेका थिए ।त्यस्तै, विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निश्कर्षमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदस्यीय प्रस्ताव गरेकोमा अब १९९ सदस्सीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ बनाउने निश्कर्ष माओवादीले निकालेको छ ।नेताहरुको कार्यकारीको पदावधि विधानमा उल्लेख नगरी नियमावली बनाएर तोक्ने जानकारी दाहालले दिएका छन् ।विधान अधिवेशमा प्रतिस्पर्धात्मक विधिबाट नेतृत्व चयन गर्न बलियो मत आएको छ । समूहगत सुझाव अनुसार विधान मस्यौदामा २० समूह नेताले सुझाव दिंदै प्रतिस्पर्धात्मक विधिलाई समेट्नु पर्ने धारणा राखेका थिए ।अध्यक्ष दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ । प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित गर्ने तयारी छ । सुझावलाई समावेश गर्ने हो भने अब माओवादी नेतृत्व प्रत्यक्ष निर्वाचन विधिबाट चयन हुने छ । मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार सात समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।
News
5,650
रियल र भिल्लारियलबीच बराबरी
रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगामा भिल्लारियलसँग २–२ को बराबरी खेलेको छ । रियलका लागि दुवै गोल गेराथ बेलले गरे । खेलको अन्त्यतिर उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न पनि बाध्य रहे ।
https://ekantipur.com/sports/2019/09/02/15673895630122456.html
म्याड्रिड — रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगामा भिल्लारियलसँग २–२ को बराबरी खेलेको छ । रियलका लागि दुवै गोल गेराथ बेलले गरे । खेलको अन्त्यतिर उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न पनि बाध्य रहे ।भिल्लारियलका तर्फबाट मोरेनो र गोमेज बारनोडाडोले गोल गरेका थिए । रियल ५ अंकमा पाँचौं स्थानमा छ ।यसअघि एटलेटिको म्याड्रिडले आइबरलाई ३–२ ले हराएर लिगको शीर्ष स्थान कब्जा गरेको थियो । लगातार जितपछि उसको तीन खेलबाट नौ अंक भएको छ ।इटालीमिलान–इन्टर मिलानले लगातार दोस्रो जितसँगै आइतबार राति इटालीको सिरी ए को शीर्ष स्थान कब्जा गरेको छ । उसले दुई खेलबाट ६ अंकका लागि कागलिरीलाई २–१ ले हरायो ।
Sports
26,699
सधैँ पाठ्यपुस्तक अभाव
विद्यालय तहमा जब नयाँ शैक्षिक सत्र सुरु हुन थाल्छ, तब पाठ्यपुस्तकको कुरा जोडतोडले उठ्न थाल्छ। जनक शिक्षा सामग्री ठाडा कान लाउन थाल्छ। शिक्षा मन्त्रालय र मातहतका निकाय निर्देशन दिन थाल्छन् अभिभावक, शिक्षक र विद्यार्थी कराउन थाल्छन्। पत्रपत्रिकामा पाठ्यपुस्तक अभावका शीर्षकहरू देखिन थाल्छन्। बाँकी ११ महिना सबै पक्ष कानमा तेल हालेर बस्छन्। यो कथाजस्तो सुनिने नेपालको विद्यालय तहको शिक्षाले वर्षौंदेखि भोग्दै आएको चक्रीय समस्या हो। शिक्षा कुनै पनि मुलुकको विका
https://gorkhapatraonline.com/news/54034
विद्यालय तहमा जब नयाँ शैक्षिक सत्र सुरु हुन थाल्छ, तब पाठ्यपुस्तकको कुरा जोडतोडले उठ्न थाल्छ। जनक शिक्षा सामग्री ठाडा कान लाउन थाल्छ। शिक्षा मन्त्रालय र मातहतका निकाय निर्देशन दिन थाल्छन् अभिभावक, शिक्षक र विद्यार्थी कराउन थाल्छन्। पत्रपत्रिकामा पाठ्यपुस्तक अभावका शीर्षकहरू देखिन थाल्छन्। बाँकी ११ महिना सबै पक्ष कानमा तेल हालेर बस्छन्। यो कथाजस्तो सुनिने नेपालको विद्यालय तहको शिक्षाले वर्षौंदेखि भोग्दै आएको चक्रीय समस्या हो। शिक्षा कुनै पनि मुलुकको विकासको मुख्य सूचक हो। त्यसैले संसारभरका देशहरूले शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको व्यवस्था गरेर यो क्षेत्रलाई प्राथमिकतामा राखेका हुन्छन्।नेपालमा पनि सरकारले प्रत्येक वर्ष बजेट ल्याउँछ तर बजेटको आकार हेर्ने हो भने मुलुकको सरकार शिक्षा क्षेत्रप्रति कति संवेदनशील रहेछ भन्ने कुरा विनियोजित बजेटबाटै प्रस्ट हुन्छ। शिक्षा क्षेत्रको विकासका विषयमा सरकार गम्भीर देखिँदैन। खाली कर्मकाण्डी एवं कामचलाउ प्रवृत्ति मात्र देखिन्छ। हरेक वर्षजस्तै आउने शैक्षिक सत्र पनि पाठ्यपुस्तक समयमा नछापिने र छापिए पनि विद्यार्थीका हातहातमा पुग्नेमा शङ्का उत्पन्न हुन थालिसकेको छ। हरेक वर्ष यो समस्या जोडदार रूपमा उठ्ने गर्दछ तर दिगो समाधान कहिल्यै पनि हुँदैन।विद्यालय तहमा नयाँ शैक्षिक सत्र वैशाखमा सुरु हुन्छ तर चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्न नसक्दा एकअर्कालाई देखाएर पन्छिने प्रवृत्तिले आउने शैक्षिक सत्रमा पनि निरन्तरता नपाउला भन्न सकिन्न। हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुनुले सरकार एवं सरोकारवाला निकाय शैक्षिक क्षेत्रका समस्याप्रति कति संवेदनशील छन् भन्ने कुरा प्रस्ट हुन्छ। सबै कक्षाका पाठ्यपुस्तक एउटै छापाखानाबाट आउँदैनन्। यो वर्ष जनक शिक्षा सामग्री केन्द्रले कक्षा चारदेखि दससम्मका पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ भने कक्षा एकदेखि तीनसम्मका निजी क्षेत्रलाई जिम्मा दिइएको छ। विडम्बना के छ भने निजी क्षेत्रले समयमै गुणस्तरीय पाठ्यपुस्तक छाप्छ भने सरकारी स्वामित्वको छापाखानाले समयमा कहिल्यै पनि काम सक्दैन। एकातर्फ सरकार यो वर्ष तीन तहका निर्वाचनले गर्दा पाठ्यपुस्तक समयमा नपुग्ने दाबी गर्छ भने अर्कातर्फ रसिया र युक्रेनबीचको युद्धलाई देखाएर कागजको मूल्य बढ्दा अभाव भएको दाबी गर्छ। यसमा केही सत्यता होला पनि तर यसो भन्दैमा देशको शैक्षिक जगत्लाई अस्तव्यस्त राख्न कदापि मिल्दैन। कागजको मूल्य जति नै बढे पनि जुनसुकै विकल्पको प्रयोग गरेर भए पनि पाठ्यपुस्तक समयमा छाप्नुपर्छ। जबसम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुग्दैन, शिक्षण सिकाइ प्रभावकारी बन्न सक्दैन। यो वास्तविकतालाई समयमै दृष्टिगत गरी सरकार अगाडि बढ्नुपर्ने हुन्छ। पाठ्यपुस्तकको अभावले विद्यार्थीमा नकारात्मक प्रभाव पार्दछ। सिकाइप्रति जाँगर नदेखाउने, विद्यालय बीचैमा छाड्नेजस्ता समस्या विद्यालय र अभिभावकले भोग्नुपर्ने हुन्छ। शिक्षकले कक्षाकोठामा भट्याएको भरमा घरमा गएर गृहकार्य गर्न निकै समस्या उत्पन्न हुने गर्दछ; जसले गर्दा अध्ययनप्रति विकर्षण बढ्न थाल्छ। त्यसपछि कक्षा छाड्ने र क्रमशः पलायन हुने प्रवृत्ति बढेर जान्छ; जुन कुरा शैक्षिक जगत्का लागि चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ। अर्काेतर्फ पाठ्यक्रमले राखेका उद्देश्य पूरा गर्न साधनका रूपमा पाठ्यपुस्तकलाई लिइन्छ तर त्यही पाठ्यपुस्तक समयमा उपलब्ध नहुँदा पाठ्यक्रमको उद्देश्य पूरा नहुन सक्छ। विद्यार्थीलाई गृहकार्य दिएर करेक्सन गर्न कठिनाइ हुने हुँदा पाठ्यपुस्तकको समस्यालाई प्राथमिकतामा राखेर समाधान गरिनुपर्छ। यदाकदा सुन्ने गरिन्छ, पाठ्यपुस्तक मात्र पनि सिकाइको एक मात्र साधन होइन। पाठ्यक्रमले राखेका उद्देश्य अन्य सन्दर्भ सामग्रीका माध्यमबाट पनि पूरा हुन सक्ने सुझाइएको छ तर जबसम्म पाठ्यपुस्तक विद्यार्थीका हातमा समयमा पुग्दैन, सिकाइप्रति जोश र जाँगर ल्याउन सकिँदैन। पाठ्यपुस्तक हातमा नपुगुञ्जेल विद्यार्थी कक्षामा बस्न पनि जागरुक हुँदैन। यो हाम्रो मुलुकको विद्यालय तहको गम्भीर शैक्षिक समस्या हो। यस पटक कक्षा दसको पाठ्यपुस्तक परिवर्तन हुँदै छ, अब कुनै पनि बहानामा परिवर्तन भएका पाठ्यपुस्तक समयमा छापेर पु-याउन सकिएन भने यसको नकारात्मक असर आगामी माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा सामेल हुने विद्यार्थीमा पर्ने देखिन्छ। पर्याप्त मात्रामा पाठ्यपुस्तक छाप्नु मात्र समस्याको एक मात्र समाधान भने होइन। छापिएका पाठ्यपुस्तक समयमा वितरण हुनु त्यतिकै महत्वपूर्ण हुन्छ। स्थानीय बिक्रेताबाट सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक आपूर्ति गर्ने गरिन्छ तर यदाकदा समस्या स्थानीय आपूर्तिकर्तामा पनि देखिन्छ। समयमा चासो लिएर काम नगर्ने, ढुवानीमा समस्या, कमिसनमा बार्गेनिङजस्ता विषयले पाठ्यपुस्तक समयमा विद्यार्थीका हातामा पुग्न सकिरहेको छैन। यदि सरकार शिक्षा क्षेत्रप्रति संवेदनशील छ भने यस खालको अवस्थाको अन्त्य गरेर पाठ्यपुस्तक अभावलाई सदाका लागि समाधान गर्नुपर्छ। सरकारले हरेक शैक्षिक सत्रमा नयाँ पाठ्यपुस्तक विद्यालयलाई उपलब्ध गराउँछ तर पुराना र सान्दर्भिक पाठ्यपुस्तकको पुनः प्रयोग गर्ने नीतिसमेत बनाउन जरुरी छ। जसले गर्दा नपुग पाठ्यपुस्तक मात्र छपाइ गरेर समयमा वितरण गर्न सहयोग पुग्छ। यसले अनावश्यक सरकारी खर्च कटौती गर्नसमेत सहयोग गर्छ।  पाठ्यपुस्तक अध्ययनको एउटा महत्वपूर्ण सामग्री भएकाले यसको संरक्षण एवं जतन गरेर प्रयोग गर्नेतर्फ पनि विद्यार्थीलाई सचेत गराउनुपर्छ। अन्य सहयोगी सामग्री उपलब्ध गराएर पनि विद्यार्थीमा पाठ्यपुस्तक जतन गर्नुपर्छ भन्ने चेतना जगाउन सकिन्छ। सरकारले उपलब्ध गराउने पाठ्यपुस्तकको गुणस्तरीयता पनि कमजोर देखिन्छ। कम गुणस्तरीय कागज प्रयोग गर्नाले छिटै नष्ट हुने, च्यातिने एवं आकर्षक नदेखिने हुन्छ भने निजी क्षेत्रले छपाइ गरेको पाठ्यपुस्तक आकर्षक, गुणस्तरीय एवं टिकाउ देखिने हुन्छ। जसले गर्दा बर्सेनि पाठ्यपुस्तक छपाइमा मात्रै राज्यको करोडौँ लगानी खेर गइरहेको छ। सरकारले अहिलेसम्म सङ्घीय शिक्षा ऐनसमेत ल्याउन सकिरहेको छैन। शिक्षकका समस्या, समग्र शिक्षा क्षेत्रको सुधारको योजना संविधान घोषणा भएको आठ वर्ष लागिसक्दासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको छैन। शिक्षासँग सम्बन्धित कतिपय ऐन, कानुन, नीति नियम बन्न नसक्नु विडम्बनापूर्ण छ। ऐन र सम्बन्धित कानुनको अभावले पनि पाठ्यपुस्तक एवं अन्य शैक्षिक समस्याको एकमुष्ठ समाधानमा अप्ठ्यारो भइरहेको छ। मुलुकको शासकीय स्वरूपअनुरूपको शिक्षा क्षेत्रको पुनर्संरचना, व्यवस्थापन, समायोजन एवं परिवर्तनजस्ता विषयको सम्बोधन हुन नसक्नुमा सरकारको नै कमजोरी देखिन्छ। नयाँ जनादेशअनुरूपको नयाँ सरकार बनेको छ। पहिलो चरणको मन्त्रिपरिषद् गठनमा शिक्षा मन्त्रालय कसैको रोजाइ र चासोको विषय बनेन। विगतमा पनि यस्तै हुने गरेको छ। मुख्य राजनीतिक दलहरू शिक्षा मन्त्रालयको नेतृत्व लिन खासै उत्साहित हुने गरेको देखिँदैन। अब नयाँ सरकारले सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन तुरुन्तै संसद्बाट परित गराउनुपर्नेछ। साथै शिक्षक दरबन्दी मिलान, पाठ्यपुस्तक छपाइ एवं वितरणमा देखिएको समस्या र दुई वर्षको कोभिडले थला पारेको समग्र शिक्षा क्षेत्रलाई सुधार्नुपर्ने अवस्था छ। आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पु-याउनुपर्छ। शिक्षा मन्त्रालय यो समस्याप्रति गम्भीर भएर लाग्नुपर्ने देखिन्छ। सरकारी निकाय एकअर्कोलाई देखाएर उम्किने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिनाअगावै सम्बन्धित जिल्ला–जिल्लामा पाठ्यपुस्तक पु¥याउनेतर्फ सबै जुट्नुपर्ने देखिन्छ। अनि मात्र न त विद्यार्थी किताब छैन भनेर विद्यालयबाट भाग्न सक्छ न त शिक्षक किताब नआएको बहानामा विद्यालयमा अनुपस्थित रहन्छ।   
News
47,366
'ए' डिभिलन लिग : आजदेखि आठौं चरणका खेल
सहिद स्मारक लिग 'ए' डिभिजन लिग ०७८ को आठौं चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । त्यस अन्तर्गत सुरुआती दुई खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा संकटाले सातदोबाटोको सामना गर्नेछ ।
https://ekantipur.com/sports/2022/01/07/164151934162149835.html
काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन लिग ०७८ को आठौं चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । त्यस अन्तर्गत सुरुआती दुई खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा संकटाले सातदोबाटोको सामना गर्नेछ ।अहिलेसम्म अपराजित संकटा तेस्रो स्थानमा छ । उसको सात खेलबाट १३ अंक छ । उपाधिको होडमा रहन संकटाले सातदोबाटोलाई हराउनु पर्नेछ । सातदोबाटो आठ अंकमा आठौं स्थानमा छ ।दोस्रो खेलमा एपीएफ र जवलाखेल भिड्ने छन् । एपीएफ सात खेलबाट छ अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल भने सात खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।
Sports
21,480
आईपीएलमा सन् २०२२ देखि १० टिमले सहभागिता जनाउने
भारतीय क्रिकेट बोर्ड बीसीसीआईको बिहीबार बसेको साधारणसभाले सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई टोली थपेर कूल १० टिम पुर्‍याउने निर्णय गरेको छ । सन् २०२१ को संस्करणमा भने आठ टिम नै हुनेछन् ।
https://ekantipur.com/sports/2020/12/24/16088139340461597.html
अहमदावाद — भारतीय क्रिकेट बोर्ड बीसीसीआईको बिहीबार बसेको साधारणसभाले सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई टोली थपेर कूल १० टिम पुर्‍याउने निर्णय गरेको छ । सन् २०२१ को संस्करणमा भने आठ टिम नै हुनेछन् ।त्यस संस्करण सुरु हुन चार निर्धारित समय अनुसार चार टिम मात्र बाँकी रहेको स्थितिमा यो नयाँ निर्णय बाहिर आएको छ । कोरोना भाइरस महामारीबीच पनि यस वर्षको आईपीएल यूएईमा सफलतापूर्वक आयोजना भएको थियो ।अब राजकोट, विसाखापटनम, कोची र लखनाउमध्ये कुनै दुई सहरले नयाँ फ्रान्चाइज टिम बनाउने अवसर प्राप्त गर्नेछ । यसअघि टिम रहेका ठूला सहरले भने थप टिम राख्ने अवसर पाउने छैनन् ।
Sports
24,053
कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा 'दुर्लभ र खतरनाक लक्षण'
ब्रिटेनमा चिकित्सकहरूलाई बालबालिकामा देखिन थालेको कोरोनाभाइरस वा अन्य सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने दुर्लभ तर खतरनाक लक्षणहरूप्रति सचेत रहन निर्देशन दिइएको छ।
https://www.bbc.com/nepali/news-52452635
यूकेको राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली, न्याश्नल हेल्थ सर्भिसेजका चिकित्सकहरूलाई बालबालिकामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने भन्दै एक प्रकारको 'दुर्लभ तर खतरनाक' लक्षणप्रति सावधान हुन निर्देशन दिइएको छ। चिकित्सकहरूलाई पठाइएको महत्त्वपूर्ण पत्रमा लन्डन र यूकेका अन्य भागका अस्पतालहरूमा गम्भीर बिरामी भएर सघन उपचार कक्ष, आईसीयूमा उपाचाररत बालबालिकामा अनौठो लक्षण देखिएको बताइएको छ। तिनमा रुघाखोकीका जस्ता लक्षणसँगै शरीरका विभिन्न अङ्गमा पीडा हुने गरेको पाइएको छ। तीमध्ये केही बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्ख्यात्मक रूपमा त्यस्तो लक्षण देखाउने बालबालिकाहरू कमै भएपनि कति जनामा त्यस्तो लक्षण देखियो भन्ने स्पष्ट छैन। एनएचएस इङ्ग्ल्यान्डका स्वास्थ्य निर्देशक स्टीभन पाविसले बालबालिकामा गम्भीर तर दुर्लभ लक्षणहरू देखिएको विवरणहरू आएको बताए। "विगत केही दिनमा त्यस्ता विवरणहरू आउन थालेका हुन्। हामीले हाम्रा विज्ञहरूलाई यो विषयमा आपत्कालीन अध्ययन गर्न भनेका छौँ।" चिकित्सकहरूलाई पठाइएको पत्रमा कोरोनाभाइरससँग सम्बन्धित हुनसक्ने अथवा हालसम्म पत्ता नलागेको त्यस्तै अन्य सङ्क्रमणका कारण हुने दुखाइका लक्षण भएको समस्याबारे चिन्ता बढिरहेको बताइएको छ। अहिलेसम्म कुन औषधि कोरोनाभाइरसविरुद्ध सबैभन्दा उपयोगी देखिएको छ कोरोनाभाइरस सङ्क्रमण भएपछि शरीरमा के हुन्छ कस्ता लक्षण देखियो? विभिन्न उमेर समूहका बालबालिका भए पनि त्यस्ता लक्षण देखिएकाहरू गम्भीर बिरामी परेको बताइएको छ। उनीहरूलाई उच्च ज्वरो आउने, रक्तचाप कम हुने, जीउमा डाबर देखिने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। केहीमा पेट दुख्ने, वाकवाकी लाग्ने वा दिसा लाग्ने जस्ता समस्या पनि देखिएको छ। विज्ञहरूले यस्ता लक्षण शरीरले सङ्क्रमणसँग सङ्घर्ष गर्न गाह्रो हुँदा देखिने बताउँछन्। चिकित्सकहरूलाई त्यस्ता लक्षण देखिएका बालबालिकाहरूलाई तुरुन्त उपचार आवश्यक पर्ने बताइएको छ। तर विज्ञहरू विश्वभरिको तथ्याङ्क हेर्दा थोरै मात्र बालबालिका कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर बिरामी पर्ने बताउँछन्। केम्ब्रिजस्थित बाल सघन उपचार चिकित्सक डा. नाजिमा पठानका अनुसार स्पेन र इटलीका चिकित्सकहरूले पनि त्यस्तै लक्षण देखिएको बताएका छन्। "बिरलै लाग्ने रोगहरूमा देखिने यस्ता लक्षणहरू बालबालिकाहरूमा दुर्लभ हो," उनले भनिन्। "समग्रमा कोरोनाभाइरसका कारण बालबालिकाहरूमा फोक्सोको सङ्क्रमण कम देखिएको छ र अहिलेसम्म सघन उपचार कक्षमा भर्ना भएका बालबालिकाहरूको सङ्ख्या कम छ।" एनएचएसले यूकेमा २० भन्दा कम बालबालिकामा यस्तो लक्षण देखिएको बताउँदै अध्ययन हुने तर अहिलेसम्म यसको कोरोनाभाइरससँग कुनै स्पष्ट सम्बन्ध नदेखिएको बताएको छ। कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा कोरोनाभाइरस सङ्क्रमणका लक्षण के हुन् र कसरी जोगिने के भए तुरुन्त उपचार खोज्ने? बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण हुने भए पनि त्यसले बिरलै गम्भीर स्वरूप लिने गरेको छ। बालबालिकाहरू बिरामी भए त्यो कोरोनाभाइरसको भन्दा पनि अन्य कारणले हुने सम्भावना धेरै हुन्छ। ब्रिटेनस्थित रोयल कलेज अफ पीडीयाट्रिक्स एन्ड चाइल्ड हेल्थले बालबालिकामा निम्न लक्षण देखिएमा तुरुन्त आपत्कालीन उपचार खोज्न सुझाव दिएको छ: - शरीर पहेँलो देखिएमा वा शरीर छुँदा अन्य समयभन्दा चिसो भएमा - सास फेर्दा रोकिएर फेरेको जस्तो महसुस भएमा वा श्वासप्रश्वास अस्वाभाविक भएमा - ओठ नीलो देखिएमा - काम्ने गरेमा - फकाउनै नसक्नेगरी रुने वा आँखा खोल्न अल्छी जस्तो भएमा - थिच्दाखेरी नबिलाउने खालका बिमिरा आएमा - बालकहरू, विशेषगरी किशोरहरू, को अण्डकोष दुखेमा
Others
69,689
दोहोरीमा घम्साघम्सी
रातो माटो र सेतो कमेरोले लिपपोत गरी चिटिक्क बनाइएको घर । खरको छानो । पालीमाथि नाङ्लोमा केही बिस्कुन सुकाइएको छ भने त्यतैतिर फर्सी लडाइराखेका छन् । रातै माटोले लिपेर सजाइएको आँगनमा डोको, तुलसीको मठ । पिँढी माथितिर लाल्टिनहरू झुन्ड्याइएका छन् ।
https://ekantipur.com/entertainment/2019/07/09/156264549288623668.html
काठमाडौँ — रातो माटो र सेतो कमेरोले लिपपोत गरी चिटिक्क बनाइएको घर । खरको छानो । पालीमाथि नाङ्लोमा केही बिस्कुन सुकाइएको छ भने त्यतैतिर फर्सी लडाइराखेका छन् । रातै माटोले लिपेर सजाइएको आँगनमा डोको, तुलसीको मठ । पिँढी माथितिर लाल्टिनहरू झुन्ड्याइएका छन् ।ठिक त्यसैमुनि युवायुवतीको दुई समूहबीच दोहोरी गीतको घम्साघम्सी चलिरहेको छ । गाउँघरमा चल्ने रोदी र दोहोरीको ठ्याक्कै झल्को दिने यो दृश्य राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार आइतबारदेखि जारी ‘राष्ट्रिय खुला लोक दोहोरी प्रतियोगिता’ को हो । नेपाली लोक गीत र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गरेको लोक दोहारी प्रतियोगितामा लोक गायक एवं संगीतकार नारायण रायमाझी भावुक बने । सहरले गुमाउँदै गएको नेपाली मौलिकतालाई कलाकारले झक्झक्याउन खोजेकोप्रति उनी खुसी थिए । उनैले शुभारम्भ गरेको प्रतियोगिताको पहिलो दिन नगरकोट दोहोरी साँझ, डालीमा दोहोरी, जुनकेरी दोहोरी साँझ, विश्वकर्मा कलाकार मञ्चलगायतका समूहले दोहोरी प्रस्तुति दिए । जुनकेरी र विश्वकर्माले भने बराबरीमा टुंगिएकाले दोस्रो दिन सोमबार पनि पुनः प्रस्तुति दिए । ‘झिमझिम सानु नझिम्काउ परेली...’ लोकभाकामा सुरु दोहोरीमा दुवै पक्षका कलाकारहरूले चिनजान नभएको अवस्थादेखि प्रेम प्रस्ताव हुँदै हालै गायक प्रकाश सपूतले दलित भन्दै भोग्नु परेको पीडासम्मलाई गीतैमार्फत पोखे । समाजमा अझै विद्यमान कुरीति, कुसंस्कारलाई हटाउन र कलाकारको समस्या समाधानका लागि कलाकार नै एकजुट भएर लाग्नुपर्नेसम्मका भाव र सन्देश पनि गीतमार्फत नै अभिव्यक्त गरिएको थियो । पोखरा दोहोरी साँझ र कान्तिपुर दोहोरी साँझका समूहहरूबीच ‘मायाले मार्‍यो...’ भाकामा दोहोरी चलेको थियो । उनीहरूले मायाप्रेम र ख्यालठट्टालाई केन्द्र राखेर गीत गाए । दर्शक रमे । बबिता बानियाँ (जेरी) र वसन्त विश्वकर्माबीच ‘दैलोमुनि जौ...’ लोकभाकामा चलेको चर्काचर्कीले अर्कौ रौनकता प्रदान गर्‍यो । उनीहरूले गीतमार्फत नै छेडखानी र प्रेम संवाद गरेका थिए । कान्तिपुर दोहोरी साँझकै महिलाहरूसँग टेकराज भण्डारी र सपना रोक्काबीच ‘वनको काफल, वनकै चरीलाई...’ भाकामा भएको दोहोरीमा सहर पसेका प्रेमिल जोडीहरूले विगतको गाउँघर र लेकबेंसीको स्मरण गरेका थिए । सफलताको सिँढी चढेपछि प्रेमीले प्रेमिकालाई भुलेको पीडाहरू पनि गीतमा थियो । बाराही दोहोरी साँझ, दोहोरी प्रतिष्ठान धादिङ, बसपार्क क्षेत्र समितिबाट प्रतिनिधित्व गर्दै दिनेश क्षेत्रीलगायतका थुप्रै समूहहरूले पनि विभिन्न लोकभाकामा आ–आफ्ना प्रस्तुति दिए । प्रतियोगितामा सहभागी समूहहरूमध्ये उत्कृष्ट समूहको छनोटका लागि निर्णायक मण्डलमा रमेश बीजी, तेजबहादुर केसी, बद्री पराजुली, पशुपति शर्मा, लक्ष्मी न्यौपाने, कृष्ण गुरुङ, दुर्गा गुरुङलगायत कलाकार थिए । लोकगीत प्रतियोगितामा नेपाली कला संगम, श्रीफूल दोहोरी साँझ, धौलागिरि दोहोरी साँझ, मिर्मिरे दोहोरी साँझ, चाँदनी दोहोरी साँझ, डाँफे दोहोरी साँझ चितवन, नेपाली दोहोरी साँझ, गामबेंसी दोहोरी बसपार्क, निरमाया रोदी क्लब, दोहोरी प्रतिष्ठान बाग्लुङलगायतका २८ वटा समूहहरूको उपस्थिति रहेका छन् । प्रतियोगिता असार २५ गतेसम्म जारी रहने छ ।
Entertainment
9,219
दलसम्बन्धी कानुन परिमार्जन
राजनीतिक दल प्रजातान्त्रिक संस्था हुन् । प्रजातान्त्रिक व्यवस्थामा दल जति मजबुत, व्यवस्थित र पारदर्शी हुन्छन्, प्रजातन्त्र त्यति नै सबल हुन्छ । राजनीतिक दलको दर्ता, नियमन, सञ्चालन र व्यवस्थापन संविधान, कानुन, राजनीतिक मूल्यमान्यता र संस्कारद्वारा हुने गर्छ । दलको नियमन र सञ्चालनमा संविधान र कानुनको अलवा मूल्यमान्यता र संस्कारको समेत महìवपूर्ण भूमिका रहन्छ । राजनीतिक दल सङ्ख्यात्मक रूपमा मात्र वृद्धि भएर पनि हुँदैन । दलहरू संस्थागत रूपमा सृदृढ र गुणात्मक रूपमा परिवर्तन हुनु महìवपूर्ण हो ।
https://gorkhapatraonline.com/news/61935
राजनीतिक दल प्रजातान्त्रिक संस्था हुन् । प्रजातान्त्रिक व्यवस्थामा दल जति मजबुत, व्यवस्थित र पारदर्शी हुन्छन्, प्रजातन्त्र त्यति नै सबल हुन्छ । राजनीतिक दलको दर्ता, नियमन, सञ्चालन र व्यवस्थापन संविधान, कानुन, राजनीतिक मूल्यमान्यता र संस्कारद्वारा हुने गर्छ । दलको नियमन र सञ्चालनमा संविधान र कानुनको अलवा मूल्यमान्यता र संस्कारको समेत महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिक दल सङ्ख्यात्मक रूपमा मात्र वृद्धि भएर पनि हुँदैन । दलहरू संस्थागत रूपमा सृदृढ र गुणात्मक रूपमा परिवर्तन हुनु महìवपूर्ण हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात् राजनीतिक दलको गठन, दर्ता र सञ्चालन नेपाल अधिराज्यको संविधान, २०४७, निर्वाचन आयोग ऐन, २०४७, निर्वाचन कसुर तथा सजाय ऐन, २०४७, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०४७ समेतका कानुनद्वारा भएको पाइन्छ । त्यसैगरी राजनीतिक दल त्याग ऐन, २०५४, राजनीतिक दल दर्ता ऐन, २०५८ र राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को व्यवस्था भएपश्चात् सोही कानुनी व्यवस्थाका आधारमा दलको नियमन भएको थियो । नेपालको संविधान २०७२ लागू भएपश्चात् संविधानको धारा २६९, २७० र धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दलको गठन, दर्ता, नियमन र व्यवस्थापन हुँदै आइरहेको छ । हाल नेपालमा निर्वाचन आयोगमा दर्ता भएका दल ११९ छन् भने राष्ट्रिय मान्यताप्राप्त दल सात तथा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या १३ छ, सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने दल १५ छन् ।कानुन गतिशील हुन्छ साथै समाजको चाहना र आवश्यकताअनुसार परिवर्तन हुँदै जान्छ । राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न साथै दलको काम, कारबाही र आर्थिक व्यवस्थापनलाई पारदर्शी र जिम्मेवार बनाउन आवश्यकताअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन एवं परिमार्जन गर्नुपर्ने आवश्यक छ ।विद्यमान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (यसपछि ऐन भनिएको) मा दल दर्ता हुनका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर र प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उदघोषणपत्र आवश्यकता पर्छ । पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता र निजहरूको हस्ताक्षर रुजु गर्नुका साथै निजहरू अर्को दलको सदस्य हुन् वा होइनन् ? अर्को दलको सदस्य भएको भए राजीनामा दिएका छन् छैनन् ? सो सम्बन्धमा स्पष्ट विवरण प्राप्त गर्न र निजको हस्ताक्षरसमेत अर्को व्यक्तिले गरिदिने अवस्थालाई निरुत्साहित गर्न निजहरूको हस्ताक्षर सम्बन्धित निर्वाचन कार्यालयमार्फत सनाखत गराई आयोगमा पेस गर्ने कानुनी व्यवस्था गर्नपर्ने आवश्यकता देखिन्छ । राजनीतिक दल दर्ता गर्दा पेस गर्ने पाँच सय जना सदस्य एवं केन्द्रीय समितिका पदाधिकारी र सदस्य कालो सूचीमा रहे नरहेको अदालतबाट लागेको दण्ड जरिवाना भुक्तान गर्न वा बुझाउन बाँकी रहे नरहेको कुनै अपराधिक क्रियाकलापमा संलग्न रहे नरहेको, ऐनको दफा १४ को उपदफा (२) को खण्ड (ख) बमोजिमको कसुरमा अदालतबाट सजाय पाए नपाएको सम्बन्धमा आयोगले प्रहरीबाट प्रतिवेदन माग गर्नसक्ने व्यवस्था ऐनमा राख्नु जरुरी देखिन्छ । राजनीतिक दलले सदस्यता वितरण गर्दा ऐनको दफा १४ मा उल्लेख भएबमोजिमको योग्यता पुगेका नेपाली नागरिकलाई वितरण गर्नुपर्छ । कतिपय दलले दफा १४ बमोजिमका अयोग्य व्यक्तिहरूलाई समेत दलको सदस्यता वितरण गरेको पाइन्छ । साथै दलले विदेशी मुलुकमा बसोबास गरेका साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई समेत सदस्यता वितरण गर्ने र विदेशमा समेत दलको विभाग गठन गर्ने गरेको पाइन्छ । यस्तो गतिविधि गर्ने राजनीतिक दललाई के कारबाही हुने तथा के कस्तो सजाय हुने भन्ने व्यवस्था नरहेको हुँदा यस कुराको सम्बोधन वर्तमान ऐन संशोधन गरी गरिनु आवश्यक छ ।प्रत्येक राजनीतिक दलले आफूले वितरण गरेको सदस्यको विवरण केन्द्रीय तह, प्रदेश तह, जिल्ला तह र स्थानीय तहमा अद्यावधिक गरी राख्नु पर्ने कानुनी व्यवस्था छ । साथै सो विवरण दलले आयोगमा पठाउनु पर्ने कानुनी बाध्यता छैन । तसर्थ दलले अद्यावधिक गरी राखेको विवरण केन्द्रको भए निर्वाचन आयोगमा, प्रदेशको विवरण भए प्रदेश निर्वाचन कार्यालयमा र जिल्ला र स्थानीय तहको विवरण जिल्ला निर्वाचन कार्यालयमा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र पठाउनुपर्ने कानुनी व्यवस्था गरिनु पर्छ ।ऐनको दफा १६ मा दलको सङ्घीय तहमा रहने केन्द्रीय समिति र प्रदेश तहमा रहने प्रदेश समितिमा प्रत्येक पदाधिकारीको निर्वाचन प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक गर्नुपर्ने व्यवस्था छ तर जिल्ला र स्थानीय तहको समिति सम्बन्धमा ऐन मौन छ । तसर्थ राजनीतिक दलले जिल्ला र स्थानीय तहको समितिको निर्वाचनसमेत प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक गर्ने र सो निर्वाचित समितिको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पठाउनु पर्ने र सम्बन्धित निर्वाचन कार्यालयले उक्त समिति गठन भए नभएको सम्बन्धमा अनुगमन गर्ने कानुनी व्यवस्था हुनुपर्छ ।ऐनको दफा ४९ मा दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने समेतको व्यवस्था रहेको छ । यस्तो प्रावधान नेपालको संविधानको धारा २६९ को मर्म र भावनाअनुकूल नहुनुका साथै राजनीतिक मूल्य मान्यता र सिद्धान्तविपरीत छ, तसर्थ उक्त व्यवस्थालाई हटाउनु आवश्यक छ । एउटा राजनीतिक दलको पदाधिकारी एवं सदस्य रहिरहेको अवस्थामा अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवारको ‍औपचारिक मनोनयनको पत्र लिई उम्मेदवार बन्ने र सोही दलको निर्वाचन चिह्न लिई चुनावमा जाने विकृति पछिल्लो समयमा बढेको देखिन्छ । यस्तो कार्य संविधानको मर्म र राजनीतिक मूल्यमान्यता र सिद्धान्त तथा दलको विधान विपरीत रहेको पाइन्छ । यस्तो खालको कार्यलाई निरुत्साहित गर्न वर्तमान राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन तथा परिमार्जन गर्नुपर्ने देखिन्छ ।निर्वाचन हुनुभन्दा पहिले विभिन्न फरक फरक विचारधारा भएका दुई वा दुईभन्दा बढी राजनीतिक दल गठबन्धन गर्ने अर्थात् प्रि–इलेक्सन गठबन्धन गर्ने परिपाटी बसेको छ । एकातिर यसरी गठबन्धन गरेर जनताको सामु गई चुनाव जितेर आउने र पछि सरकार बनाउने समयमा उक्त गठबन्धन छोडिदिने जस्तो कार्यले जनताप्रति बेइमानी गरेको मानिन्छ भने अर्कोतिर फरक फरक दर्शन र विचारधारा बोकेका दलहरू प्रि–इलेक्सन गठबन्धन गर्नु प्रजातान्त्रिक मूल्यमान्यता र राजनीतिक सिद्धान्त र संविधानको प्रस्तावनामा उल्लिखित जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको अनुकूल देखिँदैन । तसर्थ यस्तो विकृतिलाई रोक्नका लागि राजनीतिक दलसम्बन्धी ऐनमा संशोधनको आवश्यकता रहेको छ । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा राजनीतिक दल दर्ता गर्दा शुल्क लिने व्यवस्था छैन । सर्वसाधारण नागरिकले व्यक्तिगत घटना दर्ता गराउँदा होस् वा नागरिकता वा राहदानी लिँदा होस् निश्चित शुल्क लिने व्यवस्था छ । साथै दलले समेत सदस्य बनाउँदा शुल्क लिने व्यवस्था गरेका हुन्छन् तर दल दर्ता गर्दा निःशुल्क गर्ने व्यवस्था छ । यसर्थ दल गठन भएपछि आयोगमा दर्ता गर्दा एवं निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्दा केही निश्चित शुल्क लिनुपर्ने कानुनी व्यवस्था गर्नु आवश्यक रहेको छ । त्यसैगरी राजनीतिक दल र त्यसका उम्मेदवार निर्वाचनमा भाग लिन जाँदा घोषणापत्र बनाउने र त्यही घोषणापत्रको माध्यमबाट जनतासँग प्रतिबद्धता जनाउने तर चुनाव जितेर आएपछि सरकार बनाएका दलले चुनावमा वाचा गरेअनुसार घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्य नगर्ने परिपाटीले जनतासँग गरेको करारको उल्लङ्घन हुन गएको छ । तसर्थ ऐन संशोधन गरी यस्तो खालको जनताप्रति गैरजिम्मेवार हुने कार्यलाई रोकी राजनीतिक दललाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको छ ।राजनीतिक दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएका व्यक्तिले ऐनको दफा ५३ बमोजिम सम्पत्ति विवरण बुझाउने र नबुझाउने व्यक्तिको विवरण सार्वजनिक गरेपश्चात् सोको विवरण आयोगमा पठाउने व्यवस्था गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐनको दफा २० ले प्रत्येक राजनीतिक दलले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा व्यवस्था गरेको छ । ऐनमा उल्लिखित भूमिका दलले गरे वा गरेनन्, त्यसको जवाफदेहिता वहन गर्नुपर्ने व्यवस्था भएको देखिँदैन । तसर्थ प्रत्येक राजनीतिक दलले ऐनको दफा २० बमोजिम गरेका कार्यको प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने र त्यसको एक प्रति आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था गरिनु आवश्यक छ ।राजनीतिक दलको संस्थागत विकासका लागि दलको आन्तरिक लोकतन्त्र विकास हुनु आवश्यक छ । दलले निर्वाचनमा भाग लिने उम्मेदवार छनोट गर्दा दलको आन्तरिक निर्वाचनमार्फत छनोट गर्नुपर्ने व्यवस्था अनिवार्य गरिनु आवश्यक छ । साथै दल निर्वाचन आयोगमा दर्ता हुने तर निर्वाचनमा भाग नलिने प्रवृत्ति रहेकोले यस कार्यलाई पनि निरुत्साहित गर्नु आवश्यक छ । उल्लिखित समस्यालाई सम्बोधन गरी राजनीतिक दलको संस्थागत विकास गर्दै दललाई जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउन तथा समयको माग र जनताको चाहनाअनुसार विद्यमान राजनीतिक दलसम्बन्धी ऐनको संशोधन एवं परिमार्जन गर्नु जरुरी छ ।लेखक निर्वाचन आयोगमा सहसचिव हुनुहुन्छ ।   
News
47,114
पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् । 
https://ekantipur.com/news/2024/05/10/pashupat-area-is-not-a-place-to-make-speeches-minister-tamang-06-22.html
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् । पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए । उनले भने, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला।”यसैगरी उनले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताए । उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।” पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सोही कार्यक्रमलाई सम्बाधोन गर्दै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए । उनले भने, “हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पुर्‍याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।”
News
3,525
प्याराग्लाइडिङ नहुने निश्चित
आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट प्रवेश पाएको साहसिक खेल प्याराग्लाइडिङ नहुने निश्चित भएको छ । सहभागी राष्ट्रको संख्या अपुग भएपछि एसियाली खेलकुदमा पदक जितेको खेल सागमा वञ्चित हुनुपरेको छ ।
https://ekantipur.com/sports/2019/11/06/15730059586029113.html
(पोखरा) — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट प्रवेश पाएको साहसिक खेल प्याराग्लाइडिङ नहुने निश्चित भएको छ । सहभागी राष्ट्रको संख्या अपुग भएपछि एसियाली खेलकुदमा पदक जितेको खेल सागमा वञ्चित हुनुपरेको छ ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको नियमानुसार प्रतियोगिता गर्न कम्तीमा ४ राष्ट्रले भाग लिनैपर्छ । नेपाल, भारत र पाकिस्तानबाहेक प्याराग्लाइडिङमा अन्य मुलुकका खेलाडी सहभागी नहुने भएका हुन् । पोखरामा हुने भनिएको प्याराग्लाइडिङ लगभग नहुने निश्चित भएको राष्ट्रिय प्रशिक्षक योगेश भट्टराईले बताए । ‘अहिलेसम्म ८० प्रतिशत नहुने सम्भावना छ,’ प्याराग्लाइडिङको नियमक निकाय नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्षसमेत रहेका उनले भने, ‘सहभागी हुने राष्ट्रले अहिलेसम्म टिम दर्ता गरेका छैनन् ।’ ओलम्पिक कमिटी र सम्बन्धित देशका प्याराग्लाइडिङ कमिटीबीच समन्वय नहुँदा ती देशका खेलाडी सहभागी नभएको हुनसक्ने आँकलन उनले गरे । ‘समयमै समन्वय नहुँदा अन्य देशले प्लानिङ गर्न सकेनन्,’ उनले भने । इन्डोनेसियामा गत वर्ष सम्पन्न १८ औं एसियाली खेलकुद (एसियाड) मा प्याराग्लाइडिङले क्रसकन्ट्रीमा ऐतिहासिक रजत पदक जितेको थियो । एसियाडमा पहिलोपल्ट भएको प्रतियोगितामा पदक ल्याउने एकमात्र खेल प्याग्लाइडिङ थियो । नेपालमै हुने सागमा पहिलोपल्ट प्याराग्लाइडिङ समावेश हुने भएपछि प्रशिक्षक र खेलाडीको उत्साह बढेको थियो ।वैशाखबाट २७ खेलाडीले पोखरामा सागलक्षित प्याराग्लाइडिङ प्रशिक्षण थिए । बन्द सिविरमा रहेका खेलाडीमध्ये ५ पुरुष र ३ महिला राष्ट्रिय टिममा छनोट गरिने थियो । सागमा एक्युरेसी र क्रसकन्ट्रीतर्फ महिला तथा पुरुष एकल र टिम इभेन्टमा गरी ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने भनिएको थियो । राष्ट्रिय प्रशिक्षक भट्टराई प्याराग्लाइडिङमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल अग्रस्थानमा रहेको बताउँछन् । ‘देशलाई अत्यधिक पदक दिलाउने खेल प्याराग्लाइडिङ हुने थियो,’ उनले भने, ‘यसले राज्यलाई घाटा पुग्ने भयो । पहिलो गाँसमै ढुंगा पर्‍यो ।’ सागमा प्याग्लाइडिङ नहुने निश्तिप्राय हुँदा खेलाडीमा केही हदसम्म निराशा छाएको उनले बताए । ‘खेलाडीले पाउनुपर्ने सुविधा नपाउँदा नपाउँदै पनि आफ्नै खर्चले प्रशिक्षण लिइरहेका छन्,’ उनले भने, ‘अब झन् प्रतियोगितामा समावेश नहुने भन्दा खेलाडी अन्योलमा छन् ।’ प्याराग्लाइडिङ खेलाडी युकेश गुरुङले खेल हुने/नहुने निश्चित नभए पनि तयारी जारी राखेको बताए । खेलाडीले आवश्यक सामग्री समयमा नपाएको उनको गुनासो छ । एक्युरेसीका लागि चाहिने डिभाइस, खेलाडीको तौलअनुसारको ग्लाइडर, हार्नेसलगायत सामग्री मागेर काम चलाउनुपरेको उनको गुनासो थियो । प्याराग्लाइडिङलाई आवश्यक बजेट नआइपुग्दा पूर्वाधार निर्माणको काम हुन सकेको थिएन । हाल भइरहेकै अवस्थामै सागमा प्रतिस्पर्धा गर्ने तयारी थियो । प्याराग्लाइडिङमा अन्तर्राष्ट्रिय मापदण्डको टेकअफका लागि ८० मिटर लम्बाइ र ८० मिटर नै चौडाइ भएको जमिन चाहिन्छ । जमिनको भिरालोपन न्युनतम ४० डिग्री हुनुपर्छ । सागमा सराङकोटबाट उडान भरेर खपौंदी र तोरीपानीबाट उडान भरेर चंखपुर अवतरण गर्ने योजना बनाइएको थियो । टेकअफ र ल्यान्डिङमा आवश्यक पूर्वाधार हालसम्म तयार हुन सकेका छैनन् । पोखरामा रहेका प्याराग्लाइडिङ कम्पनीले हाल निजी जग्गा भाडामा लिएर व्यावसायिक उडान भर्छन् । पोखरा महानगरपालिकाले प्याराग्लाइडिङका लागि स्थायी टेकअफ र ल्यान्डिङको व्यवस्था गर्न सकेको छैन ।
Sports
26,232
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो ।
https://gorkhapatraonline.com/news/52959
काठमाडौं, माघ १८ गते । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो । सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र नर्थ इस्ट डिभेलपमेन्ट फाईनान्स कर्पोरेशनका वरिष्ठ सल्लाहकार अवजितकुमार बेजबारुवासँग जमलस्थित चेम्बर भवनमा आज (बुधबार) भएको भेटवार्तामा चेम्बरले बिम्स्टेक राष्ट्रमा सडक पूर्वाधार विकाससँगै व्यापारिक वातावरण सहज बनाउन आग्रह गरेको हो । सडक सञ्जाल बलियो बनाएर व्यवसायिक बातावरण सहज बनाउन सकिए आर्थिक रुपमा बिम्स्टेका सदस्य सवै राष्ट्रले ठूलो लाभ प्राप्त गर्न सक्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । दक्षिण एसियाली राष्ट्रमा सडक पूर्वाधार विकास गरेर आर्थिक विकासको साझा लक्ष्य प्राप्त गर्नुपर्नेमा चेम्बरले जोड दिएको हो । भारतसँगको चरम व्यापार घाटा न्यूनीकरणका लागि नेपालको निर्यात सहजीकरण हुनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिनुभयो । दुई मुलुकबीचको सीमा नाकाहरुमा सहजीकरण, सडक सञ्जालको स्तरोन्ती गरेर व्यवसायिक वातावरण बनाउनुपर्ने मल्लको भनाइ छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘‘नेपालको करिव ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाई अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’’उहाँले नेपालको विद्युतलाई भारत र बंगलादेशमा सर्वसुलभ निर्यात गर्न सक्ने वातावरण निर्माणका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सिक्किम, दार्जलिङमा नेपाली भाषीहरुको बाहुल्य रहेका क्षेत्रमा नेपालबाट स्थानमा व्यापारको सम्भावना दुवै देशले खोज्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि पनि उहाँले आग्रह गर्नुभयो । भारतीय प्रतिनिधि समक्ष अध्यक्ष मल्लले नेपाल भारतबीचको दुईपक्षीय व्यापारिक सम्वन्धलाई बलियो बनाउन आफुहरु प्रयासरत रहेको बताउनुभयो । सो भेटवार्तामा चेम्बर पदाधिकारीले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा भोग्नुपरेको समस्याको अवगत गराएका थिए । नेपाल भारत प्रवुद्ध समूहका कार्यदल समेत रहेका सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार लामाले बिम्स्टेका राष्ट्रमा साझा सडक सञ्जालका लागि सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । नेपाल भारत लगायतका राष्ट्रमा भौतिक पूर्वाधार निर्माणमार्फत व्यापारिक गतिविधि विस्तारबारे केन्द्रीय स्तरमै छलफल भइरहेको लामाको भनाइ छ । अर्को प्रसंगमा उहाँले सीमामा नेपाली व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।
News
39,189
विधानअनुसार सदस्यता टुंगो लगाउन युनियनको माग
नेपाल प्रेस युनियनले विधानअनुसार सदस्यता विवाद टुंगो लगाएर थपिएको समयभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गराउन नेतृत्वसँग आग्रह गरेको छ ।
https://gorkhapatraonline.com/news/111957
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ३१ गते । नेपाल प्रेस युनियनले विधानअनुसार सदस्यता विवाद टुंगो लगाएर थपिएको समयभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गराउन नेतृत्वसँग आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आज विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । विवाद समाधान नगरी एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाए युनियनले स्वीकार नगर्ने उहाँले चेतावनी दिनुभएको छ । महासंघले जेठ २६ गतेका लागि यसअघि निर्वाचन मिति तय गरेको थियो । तर सदस्यता विवादका कारण सो मितिमा निर्वाचन सम्पन्न हुन सकेन ।सदस्यताबारे टुंगो लगाई बिहीबार निर्वाचन मण्डललाई बुझाएको महासंघका पदाधिकारीहरुको भनाइ छ । तोकिएको समयमा निर्वाचन हुन नसकेपछि महासंघले असार दोस्रो साताभित्र निर्वाचन गर्नेगरी मिति थप गरेको छ । 
News
50,268
लुम्बिनी प्रदेशको बजेट भाषण (प्रत्यक्ष प्रसारण)
काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।  आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का:
https://gorkhapatraonline.com/news/16019
काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।  आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का:
News
40,832
दुधे बालक च्यापेर मैदानमा
राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् । 
https://ekantipur.com/sports/2021/12/20/163996136889795286.html
लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् । प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोगिता थियो । दुई वर्षअघि विवाह गरेर आमा बनेपछि उनले मैदान टेक्न पाएकी थिइनन् ।बोल्न लजाउने र पातलो ज्यानकी उनी बलिङ गर्न माहिर छन् । सानोमा गाउँका दाइहरूले चौरमा क्रिकेट खेलेको हेर्दै हुर्केकी उनी भन्छिन्, ‘सुरु–सुरुमा ब्याट र बल देख्दा डर लाग्थ्यो, बल छोप्न नसकेर भाग्ने र ब्याट फालिदिने गर्थें । तर साथी र दाइहरूसँग खेल्दाखेल्दै ब्याट र बल नै प्यारो लाग्न थाल्यो ।’ ढुंगोजस्तो साह्रो ड्युज बल समात्दा नडराएकी होइनन्, धेरैपल्ट छोडेर भागिन् पनि । तर गुरुले हातमै थमाएर धेरैबेर समात्न सिकाएपछि आफूलाई बानी पर्दै गएको अनिताले सुनाइन् । उनी दाङ महिला क्रिकेट टोलीकी तेस्रो ब्याचकी खेलाडी हुन् । दाङ टोलीबाट लगातार १० वर्षसम्म खेलिरहेकी छन् । त्यसबीचमा उनले आठ राष्ट्रिय, दुई प्रधानमन्त्री कप र अन्य धेरै प्रतियोगितामा भाग लिएकी छन् । मिडियम पेस बलर अनिताले २०७२/७३ मा इटहरीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एकै खेलमा चार विकेट लिएकी थिइन् । ‘प्लेयर अफ द म्याच’ को उपाधि नै चुमिन् । त्यो आफ्ना लागि स्मरणीय उपलब्धि भएको उनी सुनाउँछिन् । विवाहपछि अनिताले खेल्छिन् कि खेल्दिनन् भन्ने साथीहरूबीच बहस नै हुन्थ्यो रे । त्यसमाथि कोरोना महामारीका कारण महिला क्रिकेट प्रतियोगिता नभएको अवस्था थियो भने अनिता पनि आमा बनेकी थिइन् ।प्रधानमन्त्री कपका लागि लुम्बिनीस्तरीय छनोट हुने निधो भएपछि साथीहरूले अनितासँग मैदान फर्कने या नफर्कने कुरा बुझे । घरमा बसुन्जेल मैदानको याद र बल समात्न पाए हुन्थ्यो भन्ने कुराले सताइरहने अनितालाई साथीहरूको त्यो खबरले उत्साही बनायो । ‘छोरासँगै केही गर्न सक्छु भन्ने आँट गरेर मैदान पस्न सुरु गरेकी हुँ । जहाँ गएर भए पनि खेल्न तयार हुन्छु भनेर अभ्यास थालिहालें,’ उनले भनिन् । प्रशिक्षक सन्जु क्षत्री पनि अनितालाई अत्यन्तै अनुशासित र क्रिकेटमा लगाव भएकी खेलाडी मान्छिन् । भन्छिन्, ‘अनिता टिममा भएपछि आफूहरूलाई पनि ऊर्जा मिल्छ । अरू खेलाडीलाई पनि प्रेरणा हुन्छ । उनको बलिङमा जादु छ ।’ अनितालाई दाङको टोलीमा ल्याउन पूर्वप्रशिक्षक देवेन्द्रसिंह ठकुरीको विशेष हात छ । उनी अनिताको बलिङबाट खुबै प्रभावित भएका थिए ।चार दिन चलेको छनोट स्पर्धामा अनिताका छोरालाई हेरचाह गर्न अनिता र टिमका अरू खेलाडीले पालो दिएर सघाए । १४ खेलाडीमध्ये एक जनाले पालो दिएरै अनितालाई मैदान पठाउने गरे । आठ महिनाकी सुत्केरी आमा भएकाले निरन्तर अभ्यास गरिरहँदा छिटो थाक्ने र ढाड दुख्ने गरेको उनी बताउँछिन् । तर आफू प्रशिक्षणमा खटिरहन पनि उनी तत्पर छिन् । आफूले निरन्तर क्रिकेट खेल्ने र छोरालाई समेत आफ्नो खेल देखाउने रहर उनको छ । भन्छिन्, ‘छोरालाई समेत क्रिकेट खेलाडी बनाउने धोको छ ।’आमा भएपछि खेलमा लागिरहेका धेरै खेलाडी भए पनि मैदानमै बच्चा च्यापेर जाने र दूध चुसाउने आमा खेलाडीको सूचीमा अनिता उदाहरणीय बन्न सक्ने प्रतियोगिता संयोजक कैलाश रोकामगर ठान्छन् । अनितालाई प्रोत्साहन गरी अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनले सुनाए । नेपाली महिला खेलाडीले विवाहपछि खेल्न पाउने मौका नै कम हुने र चौधरी समुदायको प्रतिनिधित्व गरेकी अनिताले छोरालाई साथमै लिएर पनि खेल्न तयार भएकाले उनीजस्ता खेलाडीले मौका र हौसला दुवै पाउने रोकामगरको भनाइ छ । ‘हरेक खेल उत्तिकै महत्त्वपूर्ण र रमाइलो लाग्छ,’ अनिताले भनिन्, ‘खेलबाटै चिनिन पाउँदा झनै सन्तुष्टि मिल्छ ।’बुबाआमाले क्रिकेटबारे केही नबुझेको भए पनि आफ्नो रहर र मिहिनेतलाई भरपूर साथ दिएको उनी सुनाउँछिन् । काठमाडौंमा जागिरे रहेका उनका पति मिलन चौधरी पनि उनको खेलप्रति सहयोगी छन् । ‘कमब्याक’ का लागि सासूससुरा र पतिको हौसलाले थप ऊर्जा मिलेको अनिताले सुनाइन् । उनको टिम फाइनलमा रूपन्देहीसँग १८ रनले पराजित भएको थियो । प्रयासका बाबजुद उनी लुम्बिनी प्रदेश टिमको १४ सदस्यीय टोलीमा पर्न सकिनन् । लुम्बिनीले धनगढीमा प्रधानमन्त्री कपमा पहिलो दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ ।
Sports
21,639
आयात निर्यातमा गिरावट
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो ।
https://gorkhapatraonline.com/news/40018
काठमाडौँ, असोज १० गते । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो । आयात १३ र निर्यात ३५ प्रतिशतले ह्रासविभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आव २०७९÷८० को सोही अवधिमा कुल आयात १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । सोही अवधिमा निर्यात करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपियाँमा सीमित भएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा भने सामान्य घटेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९.४५ प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९१ करोड रुपियाँ भएको छ । साढे तीस अर्बको डिजेल, पेट्रोलभदौसम्म धेरै आयात भएका वस्तुमध्ये डिजेल शीर्ष स्थानमा छ । साउन–भदौमा नेपालले १८ अर्ब ४२ करोड रुपियाँको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोड रुपियाँको पेट्रोल र १० अर्ब ४२ करोड रुपियाँको एलपी ग्यास आयात गरेको छ ।  यसैगरी सोही अवधिमा नौ अर्ब आठ करोड रुपियाँको कच्चा भटमास तेल र सात अर्ब २७ करोड रुपियाँको फलामजन्य उत्पादनको आयात भएको छ । तीन सय डलरभन्दा माथिका मोबाइल आयात प्रतिबन्ध गरिए पनि दुई महिनामै छ अर्ब १८ करोड रुपियाँको स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाउँछ । निर्यात भएका प्रमुख वस्तुको सूचीमा पाम तेल, गलैँचा, भटमास तेल, फेल्ट र कालो चिया छन् । तथ्याङ्कअनुसार पाँच अर्ब ६९ करोड रुपियाँको पाम तेल निर्यात भएको छ भने दुई अर्ब १३ करोड रुपियाँको गलैँचा, एक अर्ब ९६ करोड रुपियाँको भटमास तेल, एक अर्ब २० करोड रुपियाँको फेल्ट र ९० करोड रुपियाँको कालो चियाको निर्यात भएको छ । भारतबाट डेढ खर्बको आयातयसै अवधिमा नेपालले भारतबाट एक खर्ब ६९ अर्ब ६५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने १९ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । दोस्रो स्थानमा रहेको चीनबाट ३७ अर्ब १२ करोड रुपियाँको वस्तु आयात गर्दा १२ करोड ३९ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यसपछि इन्डोनेसियाबाट आठ अर्ब ८२ करोड रुपियाँको आयात भएको छ भने दुई करोड १४ लाख रुपियाँ मात्र त्यहाँ निर्यात भएको छ । संयुक्त राज्य अमेरिकाबाट तीन अर्ब ९० करोड रुपियाँको वस्तु आयात गरेको नेपालले तीन अर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।    
News
40,199
बक्सिङमा ललिता विजयी
नेपाली बक्सर ललिता महर्जनले भियतनामको होची मिन सहरमा बिहीबार सुरु एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपको पहिलो खेल जितेकी छन् ।
https://ekantipur.com/sports/2017/11/03/20171103063745.html
काठमाडौं — नेपाली बक्सर ललिता महर्जनले भियतनामको होची मिन सहरमा बिहीबार सुरु एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपको पहिलो खेल जितेकी छन् ।४८ केजी तौल समूहकी प्रतिस्पर्धी ललिताले सिगांपुरकी लिना हु जिन ईविरुद्ध सफलता पाएकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हु जिनलाई अंकका आधारमा हराएर अघिल्लो चरण पक्का गरिन् ।बिहीबारै प्रतिस्पर्धा गरेका विमला श्रेष्ठ र संगीता सुनार भने पराजित भएका छन् । ५४ केजी तौलकी विमला चीनकी पियोपियो लिउसँग अंकका आधारमा हारिन् । संगीता ६० केजीमा श्रीलंकाकी डुलान्जनी लाकापुरङगीसँग अंककै आधारमा पराजित भइन् । नेपालकी अर्की प्रतिस्पर्धी पूनम रावल भने वाई पाएर क्वाटरफाइनल पुगेकी छन् । शुक्रबार हुने क्वाटरफाइनलको ६४ केजी तौलमा पूनमले थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ ।
Sports
31,002
महिला लिग आजदेखि
पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
https://ekantipur.com/sports/2018/07/23/153231204380049198.html
काठमाडौँ — पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।गत वर्ष भएको १६ औं संस्करणमा एपीएफ च्याम्पियन भएको थियो । हेटौंडामा सम्पन्न उपराष्ट्रपति कपमा काठमाडौं र रौतहटमा भएको प्रतियोगितामा रौतहट जिल्ला फुटबल संघले उपाधि जितेको थियो । त्यही सफलताका आधारमा उनीहरूलाई लिगमा समावेश गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) की सदस्य पेमा लामाले बताइन् । करिब ५० लाख रुपैयाँ खर्च हुने बताइएको लिगको विजेताले २ लाख पाउनेछ । उपविजेताले १ लाख र तेस्रो हुुने टिमले ५० हजार पाउनेछन् । तयारीका लागि हरेक टिमलाई ५०–५० हजार रुपैयाँ दिइएको एन्फाले जनाएको छ । व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीले १०–१० हजार र लिगकै सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछन् । उद्घाटन खेल गत वर्षको उपविजेता आर्मी र पुलिसबीच हुनेछ । अर्को खेलमा काठमाडौं र रौतहट भिड्नेछन् ।
Sports
29,024
पूरा भएको अर्को सपना
एक मिनेट बाँकी थियो । सायद त्यो भन्दा पनि कम । अझ केही सेकेन्डभन्दा हुन्छ । अयाक्स युरोपेली च्याम्पियन्स लिग फाइनलबाट टाढा रहेको । तर किन हो, कसरी हो । अयाक्सका खेलाडीले आफूलाई सम्हाल्नै सकेनन् । अयाक्सको भविष्य छ र इतिहास पनि ।
https://ekantipur.com/sports/2019/05/10/155745747173912734.html
एमस्ट्राडम — एक मिनेट बाँकी थियो । सायद त्यो भन्दा पनि कम । अझ केही सेकेन्डभन्दा हुन्छ । अयाक्स युरोपेली च्याम्पियन्स लिग फाइनलबाट टाढा रहेको । तर किन हो, कसरी हो । अयाक्सका खेलाडीले आफूलाई सम्हाल्नै सकेनन् । अयाक्सको भविष्य छ र इतिहास पनि ।यसले पनि कहिलेकाहीं कामै नगर्ने रहेछ । अयाक्सले कति मीठोसँग आफ्नो अग्रता बुनेको थियो, त्यसलाई टोटेनहमसामु रक्षा गर्न सकेन । इन्ज्युरी समय ५ मिनेटको थियो । प्रत्येक सेकेन्ड यसअघिको सेकेन्डभन्दा लामो र सुस्त थियो । टोटेनहमसामु आक्रमणबाहेक अर्को विकल्प थिएन । अयाक्स भने रक्षात्मक । अयाक्स समर्थकको नजर जर्मन रेफ्री फ्लेक्स बेर्चमाथि थियो, जसले अयाक्स ३-२ ले अगाडि रहँदा खेलमा पूर्णविराम लगाउन सक्थे । अन्तिम क्ष्ाणतिर बल टोटेनहमकै क्षेत्रमा थियो । लागिरहेथ्यो, १० महिना लामो मिहिनेतले रंग देखाउने छ । प्रतीक्ष्ाा लगभग टुंगिनै लागेको छ । एक दशकभन्दा बढी भइसकेको छ, अयाक्सले आफूलाई पुनर्निर्माण गर्न थालेको । कति धेरै योजना र विचार पोखिए होला, त्यस क्रममा । अयाक्सले २३ वर्षअगाडि युरोपेली फाइनल खेलेको थियो र फेरि एकपल्ट त्यस्तै उपलब्धिको संघारमा थियो । लगभग नजिक । के एकपल्ट राम्रोसँग आँखा झिम्क्याउन पाएको थिएन, सबै उडेर गए । यो क्ष्ाण थियो, टोटेनहमको सपना पूरा भएको अवसर । स्थिति, अयाक्सको पोस्टभित्र बल पुगिसकेको थियो । लुकास मोउराले आफ्नो ह्याटि्रक पूरा गरेको अवसर थियो त्यो । उनले के गोल गरे, साथीहरूको खुसीको सीमा हेरिनसक्नु थियो । प्रशिक्षक, उनका सहयोगी र बेन्चका खेलाडी सबै मैदानमै पुगे, उनीहरू पनि आफूलाई सम्हाल्न सक्ने स्थितिमै थिएनन् । त्यसको ठीक विपरीत अयाक्सका खेलाडी मैदानमै ढले । उनीहरूको अनुहार घाँसमै लुकेको थियो किनभने त्यो अनुहार देखाउन सकिने खालको थिएन । रेफ्री बेर्चलाई पनि खेल टुंग्याउनु त थियो । त्यसैले उनी आफैं अयाक्सका खेलाडी उठाइरहेका थिए । तर त्यति बेला जति समय बाँकी थियो, त्यो अयाक्सका लागि फेरि खेलमा र्फकन पर्याप्त थिएन । बाँकी सययमा अर्को विकल्प तयार हुन सक्दैन थियो । यो खेलको अन्त्य यसरी हुन्छ भनेर कसैले सोचका थिएनन् । अयाक्सले पूरा सिजन बटुलेको खुसी र हाँसो, त्यसरी निर्दयी र पीडामय तरिकाले अन्त्य हुन्छ भने कसको मनमात्र रुन्न होला ? यो खेलको अर्को कथा पनि त छ । यो हो टोटेनहमको । जनवरीमा उसले एउटै नयाँ खेलाडी अनुबन्ध गरेन । टिमले झन् झन् खराब खेल्न थालेको थियो । त्यति मात्र होइन, क्लबले आफ्नो सबैभन्दा राम्रो खेलाडीलाई पनि चोटका कारण गुमाइसकेको थियो । घरेलु पि्रमियर लिगमा फेब्रुअरीयता टिमको प्रदर्शन पतनतर्फ उन्मुख थियो । तर यही क्लबले अन्ततः युरोपेली च्याम्पियन्स लिगको दोस्राे सेमिफाइनलको दोस्राे लेग ३-२ ले जित्यो । यो समग्रमा ३-३ को बराबरी हो । टोटेनहमलाई 'अवे गोल' को लाभ प्राप्त भएको स्थिति हो । यससँगै टोटेनहम आफ्नो क्लब इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल पुगेको छ । जुन १ मा म्याडि्रडमा हुने फाइनलमा उसको सामना हुनेछ लिभरपुलसँग । दोस्राे लेगको खेलका नायक रहे तिनै मोउरा । उनी नै पूरा अभियानका वास्तविक नायक भने होइनन् । टोटेनहमले अहिलेसम्म तय गरेको यात्राको श्रेय कसैलाई दिनुपर्छ भने त्यो प्रशिक्षक माउरिसियो पोचेटिनोलाई हो । यी अर्जेन्टिनी प्रशिक्ष्ाकले अहिलेसम्म कुनै ठूलो उपाधि जितेका छैनन् । उनको नेतृत्वमा दुईपल्ट टोटेनहमले लिग होडमा आफूलाई उभ्यायो । दुवै अवसरमा टोटेनहममा केही न केही नपुगेको प्रस्ट देखियो । त्यसो त लिग कप नजितेको पनि होइन, तर पोचेटिनोकै भाषामा यो उपाधि जित्नुभन्दा च्याम्पियन्स लिगका लागि छनोट हुनु ठूलो हो । अहिले उनी आफ्नो प्रशिक्षणको करिअरमा सबैभन्दा ठूलो उपलब्धि नजिक पुगेका छन् । दोस्रो लेगका खेल अगाडि उनले भनेका पनि छन्, यदि टोटेनहम फाइनल पुग्छ र उपाधि जित्छ भने उनले क्लब छाड्ने छन् । यस्तो किनभन्दा त्यसयता उनीसँग त्यो भन्दा ठूलो चुनौती अर्को हुने छैन । त्यो भन्दा अग्लो शिखर चढ्ने अवसर हुन्न । खाली हुन्छ त प्रशिक्ष्ाक पद नै छाड्ने विकल्पमात्र । यहाँनिर फेरि अयाक्सको कथालाई पनि त्यसै छाड्नुहुन्न । उनीहरूले सेमिफाइनलसम्म तय गरेको यात्रा आफैंमा अनुपम छ । यसमा उत्तिकै गर्व गर्न सकिन्छ । विश्व क्लब फुटबल लोभीको खेल भनिन्छ । अयाक्सले मैदानमा उतारेका लगभग सबै खेलाडी उनीहरूका आफ्नै उत्पादन थियो । एकेडेमी फुटबलमा विश्वास गर्ने अयाक्सको प्रशंसा गर्नैपर्छ । फेरि उसले जसरी अन्तिम चारसम्म पुग्न कुन-कुन टिमलाई पन्छाएको थियो, त्यसले पनि त अर्थ राख्छ । उनको माथिल्लो दर्जाको खेल अगाडि ढल्ने एउटा टिम थियो रियल म्याडि्रड । त्यसपछि युभेन्ट्स । जहाँ टोटेनहमको सपना पूरा भयो । त्यहीं अयाक्सले भने माथ खायो । - न्युयोर्क टाइम्स
Sports
27,324
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलबार बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।
https://gorkhapatraonline.com/news/103040
काठमाडौँ, चैत २७ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलबार बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् । राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य छन् । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति भइसकेको छैन । फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुने छ ।  निर्वाचन कार्यक्रम अनुसार मङ्गलबार नै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको चैत २८ गते बुधबार बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।
News
51,011
हङ्‍कङले आफ्ना सबै स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर दिने
आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने जनाएको छ।
https://www.bbc.com/nepali/news-51645386
हङ्‍कङमा भाइरसको त्रास पछिल्लो चिन्ताको रूपमा प्रकट भएको छ १८ वर्ष उमेर कटेका प्रत्येक स्थायी बासिन्दाले सरकारबाट नगद प्राप्त गर्नेछन्। अर्थतन्त्र उकास्ने योजना प्रहरी तथा सरकारविरोधी प्रदर्शनकारीबीच महिनौँसम्म हिंसात्मक झडप भएपश्चात् हङ्‍कङको अर्थतन्त्र निकै प्रभावित भएको थियो। अहिले फेरि कोरोनाभाइरस सङ्क्रमणका कारण पनि त्यहाँको अर्थतन्त्रमा प्रभाव परेको छ। त्यहाँ कोरोनाभाइरस सङ्क्रमणका ८१ घटना पुष्टि भइसकेका छन् अनि दुईजनाको मृत्यु भएको छ। हाल हङ्‍कङको बजेट घाटा सन् २०२१ सम्म झन्डै १८ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ। जुन त्यहाँको कीर्तिमान नै हो। उक्त पृष्ठभूमिमा वयस्क स्थायी बासिन्दालाई नगद दिएर उपभोक्ता खर्च बढाउने र मानिसहरूको आर्थिक बोझ कम बनाउन सघाउ पुग्ने त्यहाँको सरकारले ठानेको छ। हङ्‍कङमा महिनौँसम्म हिंसात्मक प्रदर्शन भएका थिए सो घोषणा बमोजिम १८ वर्ष उमेर कटेका करिब सत्तरी लाख मानिसलाई दश हजार हङ्‍कङ डलरको दरले रकम प्रदान गरिनेछ। "हङ्‍कङको अर्थतन्त्रले यो वर्ष ठूला चुनौती बेहोरीरहेको छ," हङ्‍कङको आर्थिक मामिलासम्बन्धी उच्च अधिकारी पाउल चानले बुधवार बताए। "गम्भीर सोचविचारपश्चात् मैले १८ वर्ष वा माथिका स्थायी बासिन्दालाई दश हजार हङ्‍कङ डलर दिने निर्णय गरेको छु ताकि त्यसले स्थानीय उपभोग बढ्नेछ र मानिसहरूको आर्थिक बोझ हलुका हुनेछ," चानले बताए। नगद वितरणको उपाय अर्थतन्त्रमा हिंसा र भाइरसको प्रभाव न्यून गराउन लगानी गर्न लागिएको १२० अर्ब हङ्‍कङ डलरको राहत कार्यक्रम अन्तर्गत हुनेछ। साथसाथै अधिकारीहरूले सार्वजनिक आवासको भाडा घटाउने तथा तलब अनि सम्पत्ति करमा छूट पनि दिनेछन्। यसअघि हङ्‍कङले प्रकोपले प्रत्यक्ष असर पारेका रेस्टुरेन्ट तथा यात्रा व्यवसायलाई पनि नगद वितरणसहित राहत योजना घोषणा गरेको थियो। पछिल्ला केही सातायता मुख्यभूमि चीनबाट कोरोनाभाइरस सङ्क्रमणको प्रकोप सर्ने त्रासले त्यहाँको सार्वजनिक जीवन निकै खुम्चिएको छ जसले गर्दा त्यहाँको पर्यटन क्षेत्रमा गम्भीर प्रभाव परेको छ। एउटा क्षेत्रीय वित्तीय केन्द्रको रूपमा रहेको हङ्‍कङमा वर्तमान अमेरिका-चीन व्यापार युद्धका कारण पनि असर परेको थियो।
Others
70,424
'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने
काठमाडौं, भदौ १ गते । चलचित्र 'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो । फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जनाएको छ ।यूएफओले नै चलचित्र चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने बताइएको छ ।चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नुभएको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ ।
https://gorkhapatraonline.com/news/22314
काठमाडौं, भदौ १ गते । चलचित्र 'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो । फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जनाएको छ ।यूएफओले नै चलचित्र चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने बताइएको छ ।चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नुभएको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ । 
News
45,145
पत्रकार ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध
नेपाल पत्रकार महासङ्घ कैलाली शाखालगायत पत्रकारका सङ्गठनहरूले कैलालीका पत्रकार खेम ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् ।
https://gorkhapatraonline.com/news/47689
अविनाश चौधरीधनगढी, मङ्सिर २६ गते । नेपाल पत्रकार महासङ्घ कैलाली शाखालगायत पत्रकारका सङ्गठनहरूले कैलालीका पत्रकार खेम ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् । महासङ्घसहित नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालले पत्रकार ढुङ्गानामाथि लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीबाट भएको दुर्व्यवहारको विरोध गरेका हुन ।समाचार सङ्कलनको विषयलाई लिएर मेयरले पत्रकार ढुङ्गानालाई होटलमा बन्धक बनाएको र सञ्चारका साधन कब्जामा लिई खिचिएको भिडियो हटाउन लगाएको नेपाल पत्रकार महासङ्घ कैलालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यूज २४ मा कार्यरत पत्रकार ढुङ्गानालाई आइतबार मेयर शाहीको निर्देशनमा होटलमा बन्धक बनाएर हातपात गरिएको नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । मेयर शाहीले सरकारी सवारी साधन दुरुपयोग गरेर आफ्नो घरायसी काममा प्रयोग गरेको विषयलाई समाचार बनाउन पत्रकार ढुङ्गानाले भिडियो खिच्नु भएको थियो । पत्रकारले समाचार बनाउन खिचेको सबै भिडियो र फोटो ‘डिलिट’ गर्न लगाउनु पत्रकारमाथि दुर्व्यवहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासङ्घले जनाएको छ । साथै, इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोली सम्बन्धित स्थानमा पुग्दा पनि मूकदर्शक बनेकोप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका लागि महासङ्घले स्थानीय प्रशासनसँग माग गरेको छ । आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि हुन नदिन र पत्रकारको सुरक्षाका लागि गम्भीर बन्न स्थानीय प्रशासन लगायत सम्बद्ध निकायसँग महासङ्घले आग्रह गरेको छ । 
News
59,851
ह्वावेई: 'हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ'
चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ।
https://www.bbc.com/nepali/news-48590804
उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि "कुनै अवाञ्छित काम" गर्न नभनेको बताए। बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको उनले बताए। "हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ। तर हामी त्यसो गर्न दिन चाहन्छौँ किनभने त्यसले हामीलाई हाम्रा उत्पादनमा सुधार गर्न सघाउँछ," उनले भने। अरूले त्रुटि पत्ता लगाए आफूलाई लज्जाबोध नहुने उनको भनाइ थियो। ब्रिटेनको संसद्‌को विज्ञान तथा प्रविधि समितिले ह्वावेईलाई बोलाएर उसका उपकरणको सुरक्षा तथा चीन सरकारसँग सो कम्पनीको सम्बन्धबारे सोधेको थियो। चीन सरकारले ह्वावेईका उपकरणमार्फत् जासुसी गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना साझेदार राष्ट्रलाई ह्वावेईलाई फाइभजी सञ्जालमा प्रतिबन्ध लगाउन दबाव दिने गरेको छ। "उत्पादनको सुरक्षा कमजोर बनाउनेगरी हामीलाई चीन सरकार वा अरू कुनै सरकारले कहिल्यै पनि केही गर्न भनेको छैन," सफिकले भने। सांसदहरूले चीनमा हुने मानवाधिकार उल्लङ्घनको विषयमा चासो व्यक्त गरेका थिए। त्यसमा शिन्जियाङ प्रान्तमा झन्डै १० लाख मुस्लिमलाई हिरासतमा राखिएको भन्ने प्रसङ्ग पनि थियो। सन् २०१७ मा चीनमा जासुसीसम्बन्धी नयाँ कानुन बनेको परिप्रेक्ष्यमा ह्वावेईले शिन्जियाङ प्रान्तमा उपकरण आपूर्ति गरेको छ कि छैन भनेर पनि सांसदहरूले सोधेका थिए। सो कानुनले व्यक्ति तथा संस्थाहरूलाई चिनियाँ गुप्तचर निकायहरूलाई सघाउन बाध्य बनाउँछ। सफिकले सो विषयमा ह्वावेईले चीन सरकारसँग स्पष्टीकरण मागेको र कुनै कम्पनीले त्यसो गर्नु नपर्ने स्पष्ट पारिएको बताए। "हामीले हाम्रा वकिलबाट यसको पुष्टि गराएका छौँ र पुन: क्लिफोर्ड चान्सबाट... हाम्रा कानुनी परामर्शदाताका अनुसार सुरक्षाको विषयमा ह्वावेईको मान्यता कमजोर हुनेगरी कहेी पनि गर्नुपर्दैन।" क्लिफर्ड चान्स लन्डनमा मुख्यालय रहेको बहुराष्ट्रिय कानुनी परामर्शदाता हो। परबाट पहुँच? सांसदहरूले के आफ्ना उपकरणमार्फत् यूकेको फाइफजी मोबाइल नेटवर्कमा ह्वावेईको परबाटै पहुँच हुन्छ भनेर सोधेका थिए। उत्तर दिँदै सफिकले ह्वावेईले मोबाइल सञ्जाल सञ्चालकहरूलाई दूरसञ्चार उपकरण मात्र उपलब्ध गराउनेमा जोड दिए। "हामी सञ्जाल सञ्चालन गर्दैनौँ र हामीले सञ्जाल सञ्चालन नगर्ने हुँदा हाम्रो पहुँच सो सञ्जालमा हुने डेटामा हुँदैन," उनले भने। उनका अनुसार यूकेमा फाइभजी नेटवर्क निर्माण गर्न आवश्यक विभिन्न उपकरण आपूर्ति गर्ने २०० आपूर्तिकर्तामध्ये ह्वावेई एउटा मात्र भएको उनको भनाइ थियो। तर सञ्चालकले ह्वावेईको उपकरणमा समस्या भएको पाए रोमानियास्थित सहायताकेन्द्रले समस्या समाधान गर्न परबाटै त्यस्तो उपकरण हेर्न सक्नेछ। सांसदहरूले फाइभजी सञ्जालमा कुनै प्रयोगकर्ता चिन्न सम्भव भए नभएको सोधेका थिए। सफिकले मोबाइल फोन प्रविधिमा मोबाइल सेवा सञ्चालकले नेटवर्कमा जोडिराख्न निरन्तर प्रयोगकर्ताको फोन ट्र्याक गरिराख्नुपर्ने बताए। अर्थात् सञ्चालकले सधैँभरि आफ्ना ग्राहकलाई ट्र्याक गरिराखेको हुन्छ। ह्वावेईका उत्पादनमा प्रयोग हुने सामग्रीमा कुल ३० प्रतिशत मात्र आफूले बनाउने र बाँकी आपूर्तिकर्ताको एउटा सञ्जालबाट लिने गरेको उनले बताए। उनका अनुसार ह्वावेईले सुरक्षासम्बन्धी कुनै त्रुटि नहोस् भनेर त्यसो गरेको छ।
Others
66,541
भक्तपुरमा जनैपूर्णिमा भदौ १३ र गाईजात्रा १४ गते मनाइने
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ ।
https://gorkhapatraonline.com/news/74832
भादगाउँ, साउन २९ गते । भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले नगरपालिकाले तलेजुका पुजारीहरूसँगको छलफलपछि सो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवम् पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने गर्दछ ।सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोही अनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो । रासस
News
32,968
क्षेत्रीले यूएस ओपन तेक्वान्दो खेलाउने
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायक रहने भएका छन् । अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदै छ ।
https://ekantipur.com/sports/2024/02/15/chhetri-will-play-us-open-taekwondo-24-37.html
काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायक रहने भएका छन् । अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदै छ ।ओलम्पिक, विश्व च्याम्पियन खेलिसकेका खेलाडीसमेत गरी प्रतियोगितामा २ हजार १ सय ४० खेलाडीको भाग लिने छन् । यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किमयोङ कप, अमेरिकाको लस भेगासमा २०२३ मा युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा २०२३ मा सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष रहेका क्षेत्री कोरिया ओपन विश्व वरीयता जी–२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण विजेता पनि हुन् । क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत कोरियाली सरकारले सन् २०१३ मा मानार्थ नागरिकताबाट सम्मान गरेको थियो ।
Sports
14,797
चुनावी घोषणापत्र : कोही किन पत्याओस् !
प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएको तीन साता बितेपछि मात्रै ठूला राजनीतिक दलहरूले भटाभट घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आउन तीन साता पनि बाँकी नरहँदा गरिएका यी घोषणाहरू संकल्पसूचीभन्दा बढी सपनासूची अर्थात् इच्छासूचीजस्ता देखिन्छन् । लाग्छ— आफू सरकारमा पुगेर गर्नभन्दा पनि दलहरूले राम्रो सुनिने गरी भन्नका लागि घोषणापत्र ल्याएका हुन् । यो कुनै आरोप होइन, विगतमा सरकारमा बसिसकेका दलहरूले प्रदर्शन गरेको कार्यसम्पादनले बताएको यथार्थ हो ।
https://ekantipur.com/opinion/2022/11/03/166743940225787749.html
प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएको तीन साता बितेपछि मात्रै ठूला राजनीतिक दलहरूले भटाभट घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आउन तीन साता पनि बाँकी नरहँदा गरिएका यी घोषणाहरू संकल्पसूचीभन्दा बढी सपनासूची अर्थात् इच्छासूचीजस्ता देखिन्छन् । लाग्छ— आफू सरकारमा पुगेर गर्नभन्दा पनि दलहरूले राम्रो सुनिने गरी भन्नका लागि घोषणापत्र ल्याएका हुन् । यो कुनै आरोप होइन, विगतमा सरकारमा बसिसकेका दलहरूले प्रदर्शन गरेको कार्यसम्पादनले बताएको यथार्थ हो ।लक्ष्मीप्रसाद देवकोटाले त लक्ष्य ठूलो राख्न लाक्षणिक रूपमा ‘उद्देश्य के लिनु ? उडी छुनू चन्द्र एक’ भनेका थिए, हाम्रा दलहरूले भने उडेरै चन्द्रमा छुनेजसरी चुनावी घोषणा गरेका छन् । पछिल्लो समय घोषणापत्रमाथि ‘सार्वजनिक परीक्षण’ हुन थालिसक्दा पनि दलहरूले भुइँ भुलेका महत्त्वाकांक्षी सपनाहरू बाँड्न छाडेका छैनन् । सरासर हावादारी लक्ष्य राख्ने विगतको प्रचलनमा थोरै सुधार देखिए पनि मूल प्रवृत्ति उस्तै छ । यसअघि बेचिएका कति आकर्षक र ठूला नारा लागू गर्नतर्फ सिन्कोसम्म भाँच्न नसकिएको यथार्थ उनीहरूले भुलेका छन् । उक्ति छ नि— ढाँटको निम्तो खाई पत्याउनु ! अहिलेका ठूला दलहरू एमाले र कांग्रेस तीन दशकयता आलोपालोजसरी सत्तामा छन्, यही ‘म्युजिकल चेयर’ मा डेढ दशकदेखि माओवादी पनि सामेल छ । तर पनि विगतका चुनावमा दलहरूले बनाएका घोषणापत्र र तिनको कार्यान्वयनस्तर हेर्दा लाग्छ— दलहरूले आफ्ना कार्यसूची र मार्गचित्र प्रस्तुत गर्न चुनावी दस्तावेज लेखेकै होइनन्, खालि देश विकास शीर्षकमा आकर्षक निबन्ध लेखेका हुन् । र नै घोषणापत्रहरू यथार्थमा आधारित नभएका र महत्त्वाकांक्षी बनाइएका हुन् ।घोषणापत्रमा त्यति मात्र समेटिनुपर्ने हो, जति काम पाँच वर्षमा गर्न सकिन्छ । तर दलहरूले भूधरातल, उपलब्ध र सम्भावित स्रोत अनि जनशक्तिको हेक्का नराखी आश्वासनका पुलिन्दा बाँडेका छन् । ठूला दलले कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता पछिल्ला तीन चुनावमा घोषणापत्रमा दोहोर्‍याइरहेका छन् । तर, संविधानले नै प्रत्याभूति गरेको यो हक दिलाउन दलहरू असफल छन् । यसपालिको घोषणापत्रमा कांग्रेसले एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाएको छ, जबकि १५ महिनादेखि सरकारको नेतृत्व उसैले गरिरहेको छ, यसबीचमा संसद्मा सत्ता गठबन्धनको बहुमत नै थियो । कांग्रेसले पाँच वर्षभित्र साढे १२ लाख नयाँ जनशक्तिलाई रोजगारी दिने भनेको छ, जुन सहजै सम्भव देखिन्न । वार्षिक ५ लाख हाराहारी जनशक्ति श्रम बजारमा प्रवेश गर्ने र नयाँ–पुराना गरी त्यति नै संख्या रोजगारीका लागि बिदेसिने परिप्रेक्ष्यमा यो लक्ष्य महत्त्वाकांक्षी देखिन्छ । संरचनागत सुधार, असल शासन र सक्षम नेतृत्व भएमा र सबै परिस्थितिले साथ दिएमा पनि यस्तो लक्ष्य पूरा गर्न धौधौ हुन्छ । यसमा माओवादी पनि कम छैन, उसले पाँच वर्षभित्र अधिकारसम्पन्न राष्ट्रिय रोजगार प्राधिकरण स्थापना गरेर १० लाख युवालाई रोजगारी दिने भनेको छ । अझ ६५ वर्षभित्रै वृद्धभत्ता दिने कांग्रेसको घोषणा त जति सस्तो लोकप्रियतावादी छ, त्यति नै घातक पनि । ताज्जुबलाग्दो त, घोषणापत्रमा भ्रष्टाचार, सामाजिक विचलन, अनियमितता वा फौजदारी कसुरको आरोप लागेका सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिलाई तत्काल पदमुक्त गरी छानबिन गर्ने प्रतिज्ञा जनाएको कांग्रेसले भ्रष्टाचार आरोप लागेका नेतालाई यही चुनावमै उम्मेदवार बनाएको छ । र, सार्वजनिक पद धारण गरेकाले सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने जनाएको कांग्रेस नेतृत्वको वर्तमान सरकारकै मन्त्रीहरूले सम्पत्ति विवरण गोप्य राखिरहेका छन् । यसै गरी, पाँच वर्षअघि माओवादी केन्द्र र एमालेले गठबन्धनका तर्फबाट जारी गरेको संयुक्त घोषणापत्रमा पाँच वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख थियो । तीन वर्षभन्दा बढी सोही गठबन्धनले सत्ता हाँक्यो, तर हाल नेपालीको प्रतिव्यक्ति आय अहिले पनि करिब १ हजार २ सय अमेरिकी डलर छ । एमालेले भने अहिले पनि पाँच वर्षभित्र देशको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ र प्रतिव्यक्ति आय २ हजार ४ सय डलर पुर्‍याउने जनाएको छ  । सुरुआतमा सात र त्यसपछि दोहोरो अंकमा आर्थिक वृद्धि गर्ने उसको दाबी छ । जबकि, उक्त लक्ष्य हासिल गर्न पाँचै वर्ष कम्तीमा १४ प्रतिशतका दरले आर्थिक वृद्धि हुनुपर्छ । सात प्रतिशतको निरन्तर वृद्धिले पनि दस वर्षमा मात्रै अर्थतन्त्र दोब्बर बन्छ । र हाम्रो इतिहासमा सात प्रतिशत मात्रै आर्थिक वृद्धि निरन्तर कहिल्यै टिक्न सकेको छैन, दोहोरो अंकको आर्थिक वृद्धि त भएकै छैन । यस्तै, नेपाली ध्वजावाहक पानीजहाजमार्फत समुद्रसम्म जल यातायात सञ्चालन गर्नेजस्ता व्यक्ति र दलविशेषको अहम्सित जोडिएको तर बहुसंख्यक नेपालीलाई चासोसम्म पनि नभएको नारा एमालेले फेरि दोहोर्‍याएको छ ।जति नै आकर्षक भए पनि कार्यान्वयनको ठोस आधारका अभावमा यी घोषणापत्रहरू परम्परा धान्ने अभ्यासका निम्ति मात्रै ल्याइएका देखिन्छन् । यही कारण हुनुपर्छ, नेपालमा आम मतदाताले घोषणापत्रकै आधारमा दल तथा उम्मेदवार चयन पनि सायदै गर्छन् । दलहरूको भनाइ र गराइमा भेद भएकैले मुलुकमा घोषणापत्र हेरेर मतदाताले दल तथा उम्मेदवार रोज्ने परिपाटी स्थापित हुन नसकेको हो । यसको दुष्परिणाम, चुनावी जित–हारमा फरक पार्ने तत्त्व अर्थोकै बन्न पुगेको छ, जुन लोकतन्त्रका निम्ति राम्रो होइन । त्यसैले दलहरूले साँच्चिकै घोषणापत्र बनाउने अभ्यास थाल्नु अनिवार्य छ, जसमा उनीहरूले इच्छासूची राखेर वा सोच झल्काएर मात्रै पुग्दैन, आफ्नो सरकार बनेमा के–के काम कसरी गरिनेछन् भनेर मसिनो गरी उल्लेख पनि गर्नुपर्छ । दलहरूले अहिलेका कतिपय घोषणाहरू कार्यान्वयनयोग्य पनि छन्; आवश्यक ऐन–कानुन ल्याउने वा खारेज गर्ने, विश्वविद्यालयलाई स्वायत्त बनाउनेजस्ता प्रतिबद्धता कार्यान्वयन गर्न स्रोत चाहिँदैन, इच्छाशक्ति भए पुग्छ । यी पाटाहरूमा ध्यान दिएमा र घोषणा अनुसार हर विषयमा प्रतिबद्ध भएर लागेमा केही न केही प्रगति अवश्य हुनेछ । यसका लागि दलहरू आफ्नो बर्कतले भ्याएसम्म घोषणाप्रति इमानदार भने बन्नुपर्नेछ ।
Opinion
11,356
पारदर्शी लागत नतोकिँदा श्रमिकलाई झन् भार
वैदेशिक रोजगारीमा जाने श्रमिकको पारदर्शी लागत निर्धारण नहुँदा श्रमिकमाथि थप ऋणको भार परिरहेको बताइएको छ । काठमाडौंमा बिहीबार आयोजित ‘इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट’ समिटको ‘फ्री टिकट फ्री भिसा : अवसर कि अवरोध ?’ विषयक तेस्रो सत्रका वक्ताले नेपालमा ८ वर्षदेखि लागू गरिएको फ्री भिसा र फ्री टिकटको नीतिलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । 
https://ekantipur.com/news/2024/02/09/more-burden-on-workers-due-to-non-determining-of-transparent-cost-37-59.html
काठमाडौँ — वैदेशिक रोजगारीमा जाने श्रमिकको पारदर्शी लागत निर्धारण नहुँदा श्रमिकमाथि थप ऋणको भार परिरहेको बताइएको छ । काठमाडौंमा बिहीबार आयोजित ‘इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट’ समिटको ‘फ्री टिकट फ्री भिसा : अवसर कि अवरोध ?’ विषयक तेस्रो सत्रका वक्ताले नेपालमा ८ वर्षदेखि लागू गरिएको फ्री भिसा र फ्री टिकटको नीतिलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । ‘नेपालमा प्राप्त माग सबै फ्री भिसा फ्री टिकटका छैनन्,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले भने, ‘गन्तव्य मुलुकबाट सबै माग फ्री भिसा, फ्री टिकट नआउन सक्छ । कानुनी रूपले अन्तर्राष्ट्रिय रूपमा कम्पनीहरूले पारदर्शी भर्ना प्रक्रियाअनुसार कामदार माग गर्छन् । तर सबै माग फ्री भिसा, फ्री टिकटका हुँदैनन् । कतै हवाई टिकट दिएको हुन्छ । अभिमुखीकरणजस्ता तालिममा खर्च दिने/नदिने खुलेको हुन सक्छ ।’गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका ७ लाख ७४ हजारमध्ये २० देखि २५ हजार श्रमिकलाई मात्रै रोजगारदाताले सबै खर्च बेहोरेको भण्डारीले जनाए । ‘कतिपय रोजगारदाता कम्पनीले लागत खर्च बेहोर्दैनन् । त्यसमा श्रमिकले तिर्नुपर्छ,’ उनले भने ।दक्षिण कोरिया र इजरायलको तुलनामा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको कतारका लागि पूर्वनेपाली राजदूत नारदनाथ भारद्वाज बताउँछन् । कतार सरकारको श्रम कानुनअनुसार कामदार भर्ना प्रक्रियामा रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्नुपर्ने र तेस्रो पक्षले समेत कुनै शुल्क उठाउन नपाउने भनिए पनि कार्यान्वयन हुन नसकेको उनले प्रस्ट्याए । ‘कतारको रिक्रुटमेन्ट कम्पनीले कामदार ल्याउँदा सर्भिस चार्जका रूपमा सम्बन्धित कम्पनीले ३ हजार रियाल दिन्छ, त्यसलाई उनीहरूले रिक्रुटर्स प्रोफिट र एयरफेयर भनेर उल्लेख गरेको पाइन्छ,’ पूर्वराजदूत भारद्वाजले भने, ‘रिक्रुटर्स प्रोफिट भनेको त्यहाँको कम्पनीको हो कि यहाँको म्यानपावर कम्पनीको हो, स्पष्ट छैन । तथापि यो दुवैको प्रोफिट हो भन्ने बुझाइ छ । यो पनि कार्यान्वयन भएको देखिँदैन ।’सरकारले फ्री भिसा, फ्री टिकट भनेर पपुलिस्ट निर्णय गरे पनि त्यो व्यावहारिक नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले टिप्पणी गरे । ‘सरकारले आफैं श्रमिक पठाउँदा पैसा उठाएर व्यवसायीलाई बिनाशुल्क पठाउ भन्न मिल्दैन,’ उनले भने । बहुराष्ट्रिय कम्पनीहरूमा शून्य लागतमा पठाउन सकिने भण्डारीको भनाइ छ । किनभने उनीहरूले श्रमिक पठाउन पैसा तिर्छन् । तर रोजगारदाताले नै पैसा नबेहोरेपछि आफूहरूले पनि पैसा तिर्न नसक्ने उनले प्रस्ट्याए ।कामदारमाथि हुने ठगी रोक्न र व्यवसायीलाई जिम्मेवार बनाउन न्यूनतम शुल्क तोक्नैपर्ने उनको तर्क छ । ‘हामीले कामदारले पाउने पहिलो महिनाको तलबलाई नै सेवा शुल्कका रूपमा लिन पाउने व्यवस्था गरे पनि हुन्छ भनेका छौं,’ उनले भने । नेपालले श्रमिक पठाउन प्रतिस्पर्धा गरिरहेका अन्य स्रोत मुलुकमा पनि न्यूनतम सेवा शुल्क तोकेको उनको दाबी छ । कतार जान आफूले ३ लाख २५ हजार रुपैयाँ तिर्नुपरेको पाँचथरकी श्रमिक सीता लावतीले जनाइन् । ‘नेसनल ओभरसिजमार्फत कतार गएँ । फ्री भिसा पाइएन,’ उनले भनिन् । ऋणको भारी बोकी विदेश गए पनि सोचेको भन्दा ठीक उल्टो भएको उनको गुनासो छ । वैदेशिक रोजगार विभागले सीता लावतीसहित ५ जनालाई तीन महिनाको तलब र टिकट खर्च म्यानपावर कम्पनीले दिनुपर्ने निर्णय भएको जनाएको छ ।
News
5,800
समाज सुन्दर अरूलाई सुन्दा हुन्छ
अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताबारे कमै बहस हुने गर्छ । समावेशी क्रियाकलाप तथा समाहित कार्यक्रमको बढिरहे पनि समावेशीको नाममा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको अनुहार मात्र देखाए पुग्छ भन्ने जुन मानसिकता देखिन थालेको छ, त्यसले उनीहरूलाई झन्झन् सकसमा पारेको छ । 
https://ekantipur.com/opinion/2023/03/21/167936249435461057.html
अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताबारे कमै बहस हुने गर्छ । समावेशी क्रियाकलाप तथा समाहित कार्यक्रमको बढिरहे पनि समावेशीको नाममा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको अनुहार मात्र देखाए पुग्छ भन्ने जुन मानसिकता देखिन थालेको छ, त्यसले उनीहरूलाई झन्झन् सकसमा पारेको छ । भौतिक संरचनाहरू अपांगतामैत्री नहुँदाको पीडा त प्रत्येक पाइलामा झेल्ने गरिएको छ, तर सञ्चारका लागि दोभासेको आवश्यकता पर्छ भनेर बहिराहरू मात्र कराउनुपर्ने अवस्था किन छ ? के तपाईं सुन्ने–बोल्नेहरूलाई आफूले भाषा नबुझ्ने ठाउँका मान्छेसँग गफ गर्न दोभासे चाहिँदैन ? बहिराहरूसँग नबोली उनीहरूका लागि अनुकूल काम गर्ने सोचिएको हो ? अपवादबाहेक संघसंस्थाहरूले दोभासेको कामको सम्मान गरेर उचित पारिश्रमिक दिनै चाहँदैनन् । सांकेतिक भाषाको सञ्चार उनीहरूको पेसा हो र दोभासेबिना बहिराहरूको सहभागिता शून्य हुन्छ भनेर कसैले मनन गर्दैनन् । कार्यक्रमको बजेट बनाउने बेला यातायात, खाजा, खाना आदिलाई महत्त्वपूर्ण ठानिन्छ, तर दोभासेका लागि भनेर रकम राखिन्न । निकै परिश्रम, लगन र भावनात्मक लगानीबाट मात्र बहिराहरूको दोभासे बन्न सकिन्छ । यो सीप कसैका लागि संसारसँग अन्तरक्रिया गर्ने माध्यम बनिरहेको हुन्छ । त्यसको सम्मान खोइ ? हालै एक स्थानीय सरकारले आफ्नो बृहत् कार्यक्रममा नवलपरासी बहिरा संघलाई ‘दोभासे लिएर आउनू’ भनेर निमन्त्रणा गर्‍यो । सगर्व निमन्त्रणा स्विकारेर सहभागिता पनि जनाइयो तर दोभासेको पारिश्रमिक दिइएन । त्यसै गरी अर्को एक अपांगता भएका व्यक्तिहरूकै संस्थाले अपांगता भएका व्यक्तिहरूका लागि रोजगार विषयमा अन्तरक्रिया गर्‍यो । ‘दोभासेको सुविधा छ, लिएर आउनू’ भनेर बहिराहरूलाई निमन्त्रणा गर्‍यो । त्यसमा पनि अर्थपूर्ण सहभागिता जनाइयो तर सो संस्थाले दोभासेको सुविधा दिन कन्जुस्याइँ गर्‍यो, पारिश्रमिक लिन किचकिच गर्नुपर्‍यो । यस्ता घटनाले प्राविधिक व्यवस्थापनको कमजोरी त देखाउँछ नै, त्योभन्दा ठूलो कुरा जिम्मेवार निकायको असली नियतमाथि प्रश्न उठाएको छ ।जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतले पनि पटक–पटक दोभासे बोलाएका छन् । हामी मानवताका नाताले, लिखित वा मौखिक दोभासे बन्न पुगेका छौं । त्यसबापत दोभासेको पारिश्रमिकको त के कुरा, एक कप चिया अनि यातायात खर्च पनि दिइँदैन । अपांगतामैत्री भनिने राज्यको व्यवहार कतिपय सरकारी निकाय र अधिकारीका गतिविधिमा प्रस्ट देखिन्छन् । म छोरीको विद्यालयमा हुने अभिभावक छलफल, भेला तथा कार्यक्रमहरूमा प्रायः उपस्थिति जनाउँदिनँ । मलाई सधैं दोभासेकै अभाव खड्किन्छ । यो पीडा मजस्तै बहिरा अभिभावकलाई मात्र थाहा छ । तपाईंहरूले समाजका अनेकन् सक्रिय समिति, समूहदेखि सरकारी/गैरसरकारी संस्था, उद्योगलगायतमा वा उनीहरूले सञ्चालन गर्ने गरेका कार्यक्रमहरूमा बहिराहरूको उपस्थिति देख्नुभएको छ ? बहिराहरू नसकेर, नसुन्ने भएर, नबोल्ने भएर उपस्थिति शून्य भएको हो ? होइन । त्यो तपाईंहरूले नै बहिराहरूलाई उपस्थित हुन नसक्ने बनाएर हो । आफूलाई शिक्षित, समाजसेवी, अपांगता/मानव अधिकारकर्मी भन्न रुचाउनुहुन्छ भने पहिले तपाईंहरूले संयुक्त राष्ट्र संघको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि एवं स्वैच्छिक प्रोटोकल–२००६ को हरेक धारा पढ्नुपर्छ । हरेक नागरिक समान हुन् तथा राज्य र मानव अधिकारको विश्वव्यापी मान्यता मान्छु भन्ने सबैका लागि आधारभूत एवं अनिवार्य सर्त हो- दोभासे । तर अझै सांकेतिक भाषा ‘भाषा’ हुन सकिरहेको छैन । अन्य देशका, अंग्रेजी वा फ्रान्सेली भाषा सिक्नका लागि तपाईंहरू जति पनि खर्च गर्न तयार हुनुहुन्छ, तर यद्यपि निःशुल्क सञ्चालन गरिएको सांकेतिक भाषा सिक्न तपाईंको मनले मान्दै मान्दैन । आफ्नै घरमा बहिरोपन भएका सदस्य हुँदाहुँदै यस्तो भावना नआएका कैयौंलाई देखेकी छु मैले । फलस्वरूप बहिराहरू आफ्नो परिवारका सदस्यहरूसँग सञ्चारको न्यानो वातावरण नपाएपछि परिवारबाट अलग हुन रुचाउँछन् । कतिपय बहिरा कतै जान नसकेर मानसिक समस्याको जालोमा जकडिएर हुन्छन् । कतिपयले भने जीवन नै अकालमा सिध्याइरहेका छन् । मनोवैज्ञानिक रूपमा यो उनीहरूलाई बाह्य संसारले दिएको सजाय हो, जुन विवशताका रूपमा बुझिरहेका हुन्छन् । हामीसँग सुन्न सक्ने एउटा इन्द्रिय छैन तर दिमाग र ऊर्जा त गुमेको होइन । सांकेतिक भाषा दृश्य भाषा पनि हो । सुनेको भन्दा देखेको बढी विश्वासिलो र चाँडै बुझिने हुन्छ भन्ने सबैलाई थाहै छ । बहिराहरूका सुन्ने छोराछोरी अरूका भन्दा बढी तेजिलो हुनुको कारण पनि यही हो । कुनै सार्वजनिक स्थान (जस्तै: यातायात, बजार तथा पसल) मा सुन्ने व्यक्तिहरूसँग लेखेर सञ्चार गर्न खोज्दा सुन्नेहरूले ‘यो त बोल्दैन/बोल्दिन रैछ, कसरी बुझाउने खै’ भनेर रिसाउने, दिक्क मान्ने, हाँसोमा उडाउने, झर्किने गरेको थुप्रै पटक देखेभोगेका छौं हामीले । ‘सांकेतिक भाषा मलाई पनि सिक्न मन लाग्यो, कहाँ, कसरी सिक्न सकिन्छ ?’ भनेर प्रश्न गर्नेहरू नगण्य मात्रामा छन् । बहिराहरूका लागि सांकेतिक भाषा श्वासप्रश्वासजत्तिकै महत्त्वपूर्ण छ । समाज सुन्दर अरूका बारे सोच्दा हुन्छ, अरूलाई सुन्दा हुन्छ । शर्मा राष्ट्रिय अपांग महासंघ नेपालकी पूर्वउपाध्यक्ष र नवलपरासी बहिरा संघकी संस्थापक हुन् ।
Opinion
10,811
गाउँको पाखोबारीमा चियाखेती
बसाइसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् ।
https://gorkhapatraonline.com/news/86750
ढोरपाटन (बागलुङ),  मङ्सिर १० गते । बसाइसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । परीक्षणका रूपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ ।झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।“मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो । गत साउन र भदौमा किसनाले चिया टिपे र झण्डै तीन लाखको बिक्रीसमेत गरेका छन्”, उहाँले भन्नुभयो, “सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ ।” यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ ।अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन् । गाउँमा रोजगार सिर्जना गर्न र बसाइसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताउनुभयो । यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछाने जानकारी दिनुभयो । चियाखेतीमा करिब दुई सय घरपरिवार आबद्ध रहेकाले आम्दानी सबैले पाउने उहाँको भनाइ थियो । चिया खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताउनुभयो । “यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ । गत साउन र भदौमा पहिलो पटक चिया टिपेर रु तीन लाखको बिक्री पनि गरियो । चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन् । उनीहरूलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ ।” अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उहाँले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आबद्ध भएर काम गरिरहेका छन् । यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब रु ४२ लाख खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उहाँको भनाइ छ । कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उहाँको भनाइ छ ।“बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन् । अहिले चिया बारीमा पुग्दा ठुलै बगानमा पुगे जस्तो लाग्छ । सुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो,” कार्कीले भन्नुभयो, “यहाँबाट आम्दानी हुन थालेको छ । गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ । अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ ।”समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताउनुभयो । यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चिया ती विस्तार गर्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताउनुभयो । अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । रासस
News
36,133
ईपीएल : काठमाडौं र विराटनगरबीचको खेल रद्द
बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको सोमबारको पहिलो खेल रद्द भएको छ ।
https://ekantipur.com/sports/2021/09/27/16327233928825624.html
काठमाडौँ — बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको सोमबारको पहिलो खेल रद्द भएको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदान नसुकेका कारण खेल रद्द हुन पुगेको हो । आइतबार दिउँसो भारी वर्षाले मैदान भिजेको थियो । बिहान ११ बजे अनफिल्ड अम्पायरद्वय विनयकुमार झा र सन्जय गुरुङले भिजेको मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले ११ बजेर ४० मिनेटमा पनि निरीक्षण गर्दा खेल खेल्न उपयुक्त नभएको जनाएपछि खेल रद्द भएको हो । यद्यपी आयोजकले एउटा मात्रै खेल भएको दिन यो खेल खेलाउने योजना बनाएको बताइएको छ । मैदानमा अम्पायरद्वयले काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने र उनका प्रतिद्वन्द्वी समकक्षी विराटनगरका करण केसीसँग खेल ढिलाइबारेमा छलफल गरेका थिए । र खेल हुन नसक्ने जनाएका थिए । त्यसपछि कप्तानद्वय हात मिलाएर मैदानबाट बाहिरिएका थिए । कम्तीमा ५/५ ओभरको खेल सञ्चालन हुन १२ बजेर २५ मिनेटमा खेल सुरु हुनुपर्थ्यो । तर त्यो पनि सम्भव भएन । आज पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तिम खेल खेल्दै थिए । उनको बलिङ र ब्याटिङ हेर्न मैदानमा दर्शकहरुको उत्साहित थिए । तर पाएनन् । गत शनिबार काठमाडौं किंग्सबाट खेल्दै ललितपुर प्याट्रियट्सविरुद्ध अफ्रिदीले खासै प्रभाव देखाउन सकेका थिएनन् । उनले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेका थिएनन् भने ब्याटिङमा उनको पालो नै आएको थिएन ।आइतबार पनि भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचको दोस्रो खेल वर्षाका कारण बिथोलिएको थियो ।
Sports
22,219
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
https://gorkhapatraonline.com/news/94919
काठमाडौँ, माघ १८ गते । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । रासस  
News
48,770
स्पेनिस टोली दबाबमा
स्पेन कुनै समय विश्व फुटबलको प्रमुख शक्ति थियो । तर युरो २०२० मा एक अर्को अपूर्ण प्रदर्शनपछि स्पेनिस टोली समूहको अन्तिम खेलका लागि गम्भीर दबाबमा पर्दा टोलीका पूर्व उपलब्धिहरू फिक्का हुन थालेको छ । 
https://ekantipur.com/sports/2021/06/21/162424052952335639.html
लन्डन — स्पेन कुनै समय विश्व फुटबलको प्रमुख शक्ति थियो । तर युरो २०२० मा एक अर्को अपूर्ण प्रदर्शनपछि स्पेनिस टोली समूहको अन्तिम खेलका लागि गम्भीर दबाबमा पर्दा टोलीका पूर्व उपलब्धिहरू फिक्का हुन थालेको छ । लुइस इनरिकेको टिम शनिबार राति पोल्यान्डसँग १–१ को बराबरीमा रोकियो । समूह ‘ई’ को पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित खेलेको थियो । यसको अर्थ तीनपल्टको युरोपियन च्याम्पियन स्पेन नकआउट चरणमा पुग्न समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउनैपर्ने अवस्थामा पुगेको छ ।‘हामीलाई भाग्यको थोरै अभाव देखियो । हामीले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका हौं । हामीले प्रयास गरिरहेका छौं र सफल हुनेछौं,’ स्पेनिस डिफेन्डर जोर्डी अल्बाले भने, ‘हाम्रो प्रयासबारेमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । हाम्रो टिमको सकारात्मक परिणाम चाहनेले प्रदर्शनमा दोष दिनु स्वाभाविक हो ।’एकातिर स्पेनको प्रदर्शन लड्खडाइरह्यो भने पोल्यान्डका लागि त्यो ठूलो सफलता थियो । सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्रतियोगितामा पहिलो गोल गरेपछि स्पेनको जित रोकेर अर्को चरणको सम्भावना कायमै राख्न पोल्यान्डले धेरै मिहिनेत गरेको छ । सन् २००० को दशक र २०१० को सुरुआततिर स्पेन विश्व फुटबलमा डरलाग्दो शक्तिका रूपमा उदाएको थियो । स्पेनले आफ्नो मौलिक ‘टिकीटाका’ शैलीले विश्वभरका विपक्षीलाई हायलकायल पारेको थियो । त्यसैले त २००८ र २०१२ मा लगातार युरो जित्ने कीर्तिमानसहित २०१० को विश्वकप उपाधिसमेत भित्र्याएको थियो । पास र बल पोसेसनमा अहिले पनि उनीहरूको प्रभाव उस्तै छ । स्विडेन र पोल्यान्डविरुद्ध क्रमशः ८५ र ७६ प्रतिशत बल पोसेसनको तथ्यांक आफैमा उत्साहजनक हो । तर, बल पोसेसन नियन्त्रणमा राखेर उपयुक्त समयमा आक्रमण गर्ने खेलाडी पनि चाहिन्छ, जसले मुस्किललाई पार लगाउन सकोस् । उनीहरूले अहिले भोगिरहेको समस्या यही हो । ‘फुटबल अहिले पनि एक शारीरिक खेल हो,’ जर्मनीका पूर्व प्रशिक्षक योर्गेन क्लिन्सम्यानले स्पेनी फुटबलबारे टिप्पणी गरेका छन्, ‘कार्लोस पुयोल, सर्जियो रामोस, सर्जियो बुस्केटहरूले विपक्षीलाई एउटा डर देखाउँथे । त्यो युद्धमैदान जस्तै हुन्थ्यो । अहिलेको स्पेनिस टोली प्राविधिक रूपमा सशक्त छ, उनीहरूलाई मैदानमा कसरी उपयुक्त क्षेत्र निर्माण गर्ने भन्ने थाहा छ । तर, उनीहरूप्रतिको डर बाँकी रहेन ।’‘जब विपक्षी मैदानमा आउँछन् । त्यहाँ उनीहरूले वार्मअपमा रहेको स्पेनी टिममा पुयोल र रामोस देख्दैनन् भने मनमनै खुसी व्यक्त गर्छन्, हामीलाई अब अवसर भन्ने हुन्छ,’ क्लिन्सम्यानले थपे । स्पेनले २ खेलमा २९ पल्ट पोस्ट आक्रमण गरेको छ तर एक गोलमात्र गरेको छ । पोल्यान्डविरुद्ध अल्भारो मोराटाको क्लोज रेन्ज गोल सुरुमा अफसाइड भएको भन्दै खारेज गरिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता दिएको थियो । पहिलो खेलमा स्विडेनविरुद्ध दुई सानदार अवसर खेर फालेपछि मोराटाले आलोचना खेप्नुपरेको थियो । तर कमजोर आक्रमणका लागि स्पेनको अग्रपंक्तिमा उनीमात्र एक्ला खेलाडी होइनन् । पोल्यान्डसँग जेरार्ड मोरेनोले पेनाल्टी प्रहार पोस्टमा लागेर गोल हुन सकेन । ड्यानी ओल्मोले परिवर्तित हुनुअघि एकमात्र पोस्ट आक्रमण गर्न सके । ‘स्पेनिस टिममा अहिले धेरै राम्रा खेलाडीको उपस्थिति छ,’ इंग्ल्यान्डका पूर्व डिफेन्डर मिका रिचर्डसले भने, ‘मानिसहरूले हल्ला गरेजस्तो स्पेनमा नाम चलेका सुपर स्टारको कमी भएजस्तो मलाई लाग्दैन । उनीहरूले मात्र एकजना स्ट्राइकरको अभाव महसुस गरिरहेका छन्, जसले अवसरलाई गोलमा परिणत गर्न सकोस् ।’ स्पेनिस फुटबल लेखक गुइलेम बालाग भने स्ट्राइकरको अभावमात्र स्पेनको कमजोरी भएको स्विकार्न तयार छैनन् । ‘योभन्दा खराब मिडफिल्ड स्पेनिस टोलीमा मैले अहिलेसम्म देखेको छैन,’ उनको विश्लेषण छ । स्पेनसँग परिस्थिति परिवर्तन गर्ने अझै समय छ । समूह ‘ई’ मा सबै टोलीको सम्भावना खुला छ । स्पेनसँग पहिलो हाफमा पोल्यान्डको अवस्था निरीह देखिएको थियो । तर लेवान्डोस्कीले गोलको खाता खोल्दा आशा जीवित भएको छ । बायर्न म्युनिकका यी सुपरस्टार पछिल्ला वर्षहरूमा क्लब र अन्तर्राष्ट्रिय फुटबलमा उच्च लयमा छन् । सन् २०१९/२० को सिजन ४७ खेलमा ५५ गोल गरेपछि उनी फिफा अवार्डबाट सम्मानित भएका थिए । तर उनी आफ्नो देशका लागि प्रमुख प्रतियोगितामा संघर्षरत छन् । युरोका १३ खेलमा उनको यो तेस्रो गोल हो ।
Sports
22,861
गृहमन्त्रीलाई कांग्रेसले भन्यो : सहकारी अनियमितताको संसदीय छानबिन तपाईंकै हितमा हुन्छ
प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीमा जम्मा गरिएको बचतकर्ताको रकम हिनामिनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग जारी राखेको छ ।
https://ekantipur.com/news/2024/04/02/congress-said-to-home-minister-parliamentary-inquiry-into-co-operative-irregularities-is-in-your-interest-56-04.html
काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीमा जम्मा गरिएको बचतकर्ताको रकम हिनामिनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग जारी राखेको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै सांसद रामकृष्ण यादवले सहकारीको रकम अनियमितताको संसदीय छानबिन गर्नु आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै हितमा हुने पनि बताए ।सहकारी प्रकरणको विषयमा कांग्रेसले संसदीय छानबिनलाई अनिवार्य शर्तका रूपमा अगाडि सारेको सांसद यादवको भनाइ थियो । कांग्रेसले संसद्को विधायिकी भूमिकामा अवरोध नगर्ने तर सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछाने भने संसद्मा स्वीकार्य नहुने बताए । कांग्रेसले संसदीय छानबिन बनाएर गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको निष्पक्ष छानबिनको माग अगाडि सारेको यादवले बताए । 'गृहमन्त्रीलाई आग्रह गर्दछु छिटो छानबिन समिति बनाएर आरोपलाई टुंग्याउन सहयोग गर्नुहोस् । निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर नल्याएको सन्दर्भमा यो आरोपले तपाईंलाई कहिले छोड्ने छैन । त्यसकारण संसदीय छानबिन समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा तपाईंकै हितमा हुन्छ,' यादवले भने । सहकारी अनियमिततामा लामिछानेको संलग्नता रहेको पुष्टि गर्ने आधार पर्याप्त रहेको पनि यादवले बताए । 'तपाईं पत्रकार रहँदा गोर्खा मिडिया प्रालिमा २०७७ चैतदेखि २०७९ असारसम्म तपाईं संलग्न भएको हो कि होइन ? संचालक र प्रबन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडिया ग्रुपमा करोडौं लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीबाट तपाईंको संस्थामा आएको हो,' यादवले भने, 'सहकारी अपचलनमा अहिलेको गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपको विषयमा केही आधार, तथ्य र प्रमाणसहित उठाएका छौं । संसदीय छानबिन समितिको गठन आवश्यक छ ।'तत्कालीन गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिमै सहकारी रकम अपचलनको अनुसन्धान हुने प्रतिबद्धता जनाएकोमा लामिछाने गृहमन्त्री भएपछि प्रहरीको अनुसन्धान नै अवरुद्ध भएको यादवको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी प्रमुख बसन्त कुँवरले लामिछानेको संलग्नता छैन भनेकोले निष्पक्ष छानबिनका लागि संसदीय समिति नै आवश्यक रहेको यादवको भनाइ थियो । 'प्रधानमन्त्री र प्रहरी प्रमुख गृहमन्त्रीले गल्ती नगरेको भन्नुहुन्छ । यसले त अनुसन्धान प्रभावित भयो, अलपत्र भयो । सरकारबाटै अनुसन्धान रोकिएकाले विश्वासको संकट उत्पन्न भएको छ । जनताको पैसा दुरुपयोग भएको विषयमा जनताको न्याय टुहुरो भएको छ । त्यसकारण निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक भयो । तपाईंको संलग्नताको प्रयाप्त आधार छ, छानबिन हुनुपर्छ,' उनले भने ।त्यस्तै, सहकारी ठगीमा रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री डीपी अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि संलग्नता रहेको बताउँदै यादवले अनुसन्धान र छानबिनको माग गरेका हुन् ।
News
4,450
जी सेभेन सम्मेलनपूर्व ट्रम्पसँग फ्रान्स र क्यानडाको वाक्युद्ध
सम्पन्न देशहरूको समूह जी सेभेनका नेताहरू सम्मेलनका लागि क्यानडामा भेला भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र सो समूहका अन्य सदस्य राष्ट्रहरूबीच भएको 'अन्यायपूर्ण' व्यापार सम्झौताको विषयलाई समाधान गर्ने आशा व्यक्त गरेका छन्।
https://www.bbc.com/nepali/news-44416867
तर यदि सो विवाद सही ढङ्गबाट समाधान नभए अन्तत: अमेरिकालाई नै फाइदा हुने उनले बताए। तनावपूर्ण वातावरण वाशिङ्टन र अन्य ६ वटा राष्ट्रहरूबीचको व्यापार तनावले चार दशकको इतिहासमा यो वर्षको जी सेभेन सम्मेलन सबभन्दा तनावपूर्ण हुने ठानिएको छ। ईयूले स्टील र एलुमिनियम आयातमा अमेरिकाले लगाएको नयाँ कर गैरकानुनी भन्दै निन्दा गरेको छ। तर ट्रम्पले व्यापार अवरोधका लागि क्यानडा र ईयू नै जिम्मेवार रहेको बताएका छन्। सम्मेलनअघि क्यानडामा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफूले ट्रम्पलाई मनाउने प्रयास गर्ने बताए। उनले भने, "राष्ट्रपति ट्रम्पसमक्ष म उनले चालेका कदमहरू प्रत्युत्पादक छन् भनेर दोहोर्‍याउँछु। ती अमेरिकाकै अर्थतन्त्रका निम्ति पनि प्रत्युत्पादक छन्। मित्रहरूमाझ व्यापार युद्ध हुनु हुँदैन भन्ने मेरो मान्यता पनि हो ।" ट्विटरमा 'वाक्युद्ध' यो वाक्युद्धमा एकातिर ट्रम्प छन् भने अर्कातिर फ्रान्स र क्यानडा। ट्रम्प र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच न्यानो सम्बन्ध रहेको बताइने गरेको भए पनि सामाजिक सञ्जालमा त्यस्तो देखिएन। एउटा ट्वीटमा माक्रोँले यदि ट्रम्प एक्लिन चाहन्छन् भने अन्य ६ देशले आफ्नै सहमति गर्ने बताए। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले स्टील तथा एलुमिनियम आयातमा कर लगाउनुको कारणमा राष्ट्रिय सुरक्षाको विषय रहेको भनेकोमा त्यो हास्यास्पद भएको बताए। प्रत्युत्तर दिन ट्रम्प पनि के कम? युरोपेली युनियन र क्यानडातर्फ इङ्गित गर्दै उनले ट्वीट गरे। उनले पहिले युरोपेली युनियन तथा क्यानडालाई विशाल व्यापार शुल्क तथा गैरआर्थिक व्यापार अवरोध हटाउन नत्र अमेरिकाको प्रतिक्रिया बेहोर्न भनेका छन्। रुसमोह जी सेभेनका सदस्य राष्ट्रहरूमा अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, क्यानडा, इटली र जर्मनी रहेका छन्। युक्रेनको क्राइमियालाई गाभेपछि रुसलाई सो समूहबाट निष्काशन गरिएको थियो। ट्रम्पले रुसलाई पुन: सो समूहमा भित्र्याइनुपर्ने भनेका छन्।
Others
65,829
परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/49894
काठमाडौँ,  पुस १९ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धि रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”आज यहाँ आयोजित प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्राप्त उपलब्धि संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताउनुभयो । संविधान निर्माणपछि केही समूहहरू अस्थिरताका लागि काम गर्दै आएको भन्दै  उहाँले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताउनुभयो । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उहाँको भनाइ छ ।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उहाँको भनाइ छ ।
News
59,347
एजेन्डा थप्नै अस्वीकार
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको नौ महिनायता पहिलोपल्ट बोलाइएको आइतबारको बैठकमा विधानअनुसार जानकारी दिइए पनि नेतृत्वले एजेन्डा थप्नै अस्वीकार गरिदिएको छ । पछिल्लो समय फरक मत राख्दै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र सदस्य दावा लामाको एजेन्डा थप्ने प्रस्तावलाई एन्फाले अस्वीकार गरेको हो ।
https://ekantipur.com/sports/2020/02/08/158112668590634027.html
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको नौ महिनायता पहिलोपल्ट बोलाइएको आइतबारको बैठकमा विधानअनुसार जानकारी दिइए पनि नेतृत्वले एजेन्डा थप्नै अस्वीकार गरिदिएको छ । पछिल्लो समय फरक मत राख्दै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र सदस्य दावा लामाको एजेन्डा थप्ने प्रस्तावलाई एन्फाले अस्वीकार गरेको हो ।एन्फाले विविधसहित ३१ वटा एजेन्डालाई समावेश गर्दै २६ माघ आइतबारलाई कार्यसमिति बैठक बोलाएको छ । एन्फा विधानको धारा ३७, उपधारा ३ अनुसार अध्यक्षले विषयसूची एकत्रित गर्न र कुनै पनि सदस्यले विषयसूची थप्नका लागि बैठकभन्दा ५ दिनअघि सचिवालयमा पठाउनुपर्छ तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले २१ माघ र सदस्य लामाले २० माघमै एन्फालाई एजेन्डा थप्नका लागि इमेल पठाए पनि अस्वीकार गरिएको छ । दुवै जनालाई एन्फाका महासचिव इन्द्रमान तुलाधरले विधानअनुसार प्राविधिक कारण एजेन्डा थप्न नसकिने भन्दै इमेलमार्फत् जवाफ दिएका हुन् ।‘सबै पदाधिकारीलाई प्रशासक (गोकुल थापा) को निजी इमेलबाट एजेन्डा पठाएर बैठकमा बोलाइएको छ । तर त्यही इमेलमा एजेन्डा थप्न अनुरोध गर्दा अस्वीकार गरियो,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘मैले फुटबल विकास र सुशासनकै लागि एजेन्डा थप्न चाहेको थिएँ । हामीले पठाएको इमेलमा हस्ताक्षर नभएको बहाना बनाइयो । जुन इमेलमा विषयसूची पठाएर बैठक बोलाउँदा आधिकारिक हुन्छ, त्यही इमेलमार्फत् एजेन्डा थप्न अनुरोध गर्दा आधिकारिक होइन भनियो । यसले फरक मत राख्न खोज्नेलाई नेतृत्वले विभिन्न बहाना बनाएर पन्छाउन खोजेको प्रस्ट हुन्छ ।’ उनले २१ माघमै एजेन्डा थप्ने प्रस्ताव एन्फा सचिवालयमा दर्ता पनि गरेका थिए । त्यसलाई पनि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्ता गरिदिएका छन् । एन्फामा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअध्यक्ष गणेश थापाविरुद्धको आन्दोलनमा सुरुबाटै शेर्पालाई नेम्वाङले साथ दिएका थिए । २०७४ वैशाखमा भएको निर्वाचनमार्फत् शेर्पा एन्फा अध्यक्ष बनेका थिए । कार्यसमिति निर्वाचनको करिब एक वर्षपछि आएर मात्रै नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । यी दुईबीच एक वर्षयता कार्यशैलीलाई लिएर मतभेद सुरु भएको थियो ।वरिष्ठ उपाध्यक्ष नेम्वाङले गत चैतमा विराटनगरमा भएको विशेष अधिवेशनमा गरिएको विधान संशोधन, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लेखापरीक्षण, ए डिभिजन लिगका लागि कतार एयरवेज र नेपाल टेलिभिजनसँग गरिएको सम्झौता, एएफसीले गरेको जरिवाना, जिल्ला फुटबल संघलाई दिइरहेको अनुदान र कार्यक्रम, ए, बी र सी डिभिजन क्लबहरूको तयारी खर्च र खेलाडीहरूको तलब वृद्धि गरी सातवटा एजेन्डा थप्न प्रस्ताव गरेका थिए ।‘अध्यक्षले आफूअनुकूल काम गरेर त्यसलाई अनुमोदन गर्ने माध्यमका रूपमा मात्रै कार्यसमिति बैठकलाई प्रयोग गर्न खोजेका छन्, जुन विधानसम्मत होइन,’ उनले भने, ‘कार्यसमितिको निर्णयबिना अध्यक्ष शेर्पाले लिगको प्रायोजन र टेलिभिजन प्रसारण अधिकारको सम्झौता गरेको, एएफसी र फिफाको लेखापरीक्षण प्रतिवेदन कार्यसमितिलाई नदिएर लुकाएको, विधान संशोधन गर्दा झुक्याएर सबै जिल्ला संघहरूले पाउने मताधिकारको अधिकार खोसिएको छ, जसलाई विशेष अधिवेशनमा प्रस्टसँग जानकारी पनि गराइएन,’ उनले थपे, ‘माइन्युटमा पनि अध्यक्ष र महासचिवले मात्रै हस्ताक्षर गर्ने निर्णयमा घुसाइएको छ, जुन अधिवेशनमा छलफलसमेत भएको थिएन ।’यूईएफएबाट प्राप्त सहयोग गर्ने एजेन्डालाई पनि आइतबारको बैठकमा समावेश गरिएको छ । यसबारे वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘यूईएफएबाट आएको रकमले अध्यक्षकै निर्देशनमा बस खरिद गरिएको छ, जबकि त्यस सहयोगबारे एन्फामा कुनै निर्णय नै भएको छैन । प्रदेशको तदर्थ समिति १ र गण्डकीमा अध्यक्षले एक्लौटी गठन गरेपछि बल्ल बैठकको एजेन्डामा राखिएको छ, जुन बिलकुलै गलत हो ।’मन्त्रिपरिषद्को स्वीकृतिबिना रौतहटमा निर्माण गरिएको विवादास्पद महिला फुटबल एकेडेमीमा थप निर्माण र व्यवस्थापन गर्नेबारे पनि बैठकको एजेन्डामा समावेश गरिएको छ । सरकारी जग्गा अनधिकृत रूपमा कब्जा गरी भवन बनाइएको भन्दै रिट दायर भएपछि त्यहाँ सम्पूर्ण कार्य रोक्नू भन्दै बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।केन्द्रीय सदस्य दावा लामाले एन्फाका पदाधिकारीहरूले भत्ता लिइरहेकाले त्यसलाई प्रस्ट पार्न बैठकको एजेन्डामै समावेश गर्नुपर्ने प्रस्ताव गरेका थिए र यसलाई पनि महासचिव तुलाधरको निजी इमेलमार्फत् जवाफ दिंदै अस्वीकार गरिएको छ । ‘पदाधिकारीहरूले अत्यधिक भत्ता लिइरहेको समाचार सञ्चारमाध्यममा आइरहेको, जसले एन्फालाई बदनाम बनाइरहेको छ,’ सदस्य लामाले भने, ‘तर यस विषयलाई प्रस्ट गरियो भने सबै कुरा बाहिर आउने भएकाले विभिन्न बहाना बनाएर एजेन्डामा राखिएन,’ उनले थपे, ‘पहिला जुन इमेलमार्फत् सूचना आउँथ्यो, त्यसैमा एजेन्डा थप्न मिल्थ्यो । अहिले विभिन्न बहाना देखाएर पन्छाउन खोजिएको छ ।’
Sports
25,708
जाजरकोट भूकम्पको ४ महिनापछि संकटग्रस्त क्षेत्र घोषणा
जाजरकोट केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पबाट बढी प्रभावित तीन जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकालाई विपत् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ । भूकम्प गएको चार महिनापछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संकटग्रस्त पालिका घोषणा गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने निर्णय गरेको हो ।
https://ekantipur.com/news/2024/02/28/4-months-after-the-jajarkot-earthquake-declared-a-disaster-area-16-36.html
काठमाडौँ — जाजरकोट केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पबाट बढी प्रभावित तीन जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकालाई विपत् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ । भूकम्प गएको चार महिनापछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संकटग्रस्त पालिका घोषणा गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने निर्णय गरेको हो ।प्रभावित पालिकाहरूमा भूकम्प प्रतिरोधी घर निर्माणका कार्यविधिमार्फत काम अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले भूकम्प प्रतिरोधी स्थायी आवास निर्माणका लागि प्रति परिवार पाँच लाख दिने कार्यविधि पनि पारित गरेको छ । ‘भूकम्पले बढी प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकालाई विपत् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण थाल्ने निर्णय गरको छ,’ मन्त्री शर्माले भनिन् ।सरकारले पुनर्निर्माणका लागि आन्तरिक स्रोत, बाह्य सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसद्मा आलोचना हुँदै आएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । ‘कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाह्य स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,’ उनले भने । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी स्थायी आवास निर्माणका लागि प्रति परिवार पाँच लाख रुपैँया दिइने भएको छ । भूकम्पबाट जाजरकोटका भेरी, नलगाड, बारेकोट नगरपालिका र छेडागाड तथा रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिकामा बढी मात्रामा मानवीय र भौतिक क्षति भएको थियो । ‘बढी भौतिक क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण थाल्ने निर्णय भएको छ । गत कात्तिक अन्तिम साताको मन्त्रिपरिषद् बैठकले अस्थायी आवास निर्माणमा लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । जाजरकोटमा ४५ हजार ५ सय २४ जना लाभग्राही कायम भएका छन् । त्यसमध्ये २० हजार अस्थायी आवास मात्र निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ३२ हजार ९ सय ८ लाभग्राहीले सम्झौता गरेकामा ३१ हजार ९ सय ६१ परिवारले मात्र पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ पाएका छन् । जिल्लाका लागि निकासा भएको १ अर्ब ३ करोड रुपैयाँमध्ये पालिकाहरूले ७९ करोड ९० लाख मात्र पीडितलाई भुक्तानी दिएका छन् । गृह मन्त्रालय राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुकुम पश्चिममा २९ हजार ४ सय ६ परिवार लाभग्राही छनोट भएकोमा २७ हजार ३६ लाभग्राहीले २५ हजार रुपैयाँका दरले ६७ करोड ५९ लाख रकम प्राप्त गरिसकेका छन् । करिब दुई हजारले अस्थायी आवासका लागि पहिलो किस्ता पाउन बाँकी छ । सरकारले पर्याप्त स्रोतको सुनिश्चितता हुन नसक्दा अस्थायी आवासको दोस्रो पुरै किस्ताको रकम प्रभावित क्षेत्रमा पठाउन सकेको थिएन । निजी र सार्वजनिक भौतिक संरचना निर्माणका लागि ७५ देखि ८० अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान छ ।अस्थायी आवासका लागि पीडितले दास्रो किस्ता पाउन ढिलाइ भएको छ । पालिकाहरूले पहिलो किस्ता पाएका लाभग्राहीको अनुगमन नसकिएकाले दोस्रो किस्ता दिन ढिलाइ भएको जनाएका छन् । जाजरकोट भेरी नगरपालिका उपप्रमुख सीता जैसीले जिल्ला विपत् कोषमा दोस्रो किस्ता रकम आए पनि पहिलो किस्ता लिएर अस्थायी आवास नबनाएका लाभग्राहीको अनुगमन नभएकाले ढिलाइ भएको बताइन् । ‘पहिलो किस्ताको विवरण रुजु हुन बाँकी छ । त्यसपछि दोस्रो किस्ताको अनुदान वितरण हुन्छ,’ उनले भनिन्, ‘पीडितको माग भने दोस्रो किस्ता छिट्टै दिनुपर्‍यो भन्ने छ ।’ उनले पीडितहरूका लागि आगामी वर्षासम्म सुरक्षित आवास नभएमा झन् समस्या आउने बताइन् । ‘सबैको अस्थायी टहरा नबन्दै वर्षा लाग्छ, त्यसकारण पुनर्निर्माणका लागि छिटो काम थाल्नुपर्नेछ,’ उनले भनिन् ।जाजरकोट नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावलले यही साता नै पुनर्निर्माण छिटो सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्रसमेत बुझाइएको बताए । ‘अब भूकम्पले भत्काएका क्षेत्रमा पुनर्निर्माण छिटो भएन भने झन् समस्या आउने देखिन्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई भेटेर निजी आवासको पुनर्निर्माण छिटो सुरु गर्न आग्रह गरेका हौं ।’ रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा पनि समस्या उस्तै छ । अस्थायी आवासका लागि दोस्रो किस्ताको आस गरेर बसेको उपप्रमुख धनकुमारी शाहीले बताइन् । ‘निजी घर, विद्यालय, स्वास्थ्यचौकी पुनर्निर्माण गर्नु स्थायी समाधान हो,’ उनले भनिन्, ‘हाम्रो नगरपालिकामा ५३ विद्यालयको पठनपाठन टहरामा र ५ स्वास्थ्यचौकीले टेन्टबाट सेवा दिइरहेका छन् ।’वर्षा लागेपछि विपन्न भूकम्पपीडितले झन् सास्ती पाउने बताउँदै उनले भनिन्, ‘पैसा हुनेले नगरपालिकाका इन्जिनियरको सहयोगमा घर पुनर्निर्माण सुरु गरेका छन्, पैसा नहुनेहरू अनुदानको पर्खाइमा छन्, पुनर्निर्माण कार्यविधि आएपछि काम सुरु हुन्छ होला ।’
News
5,305
मुटु र खानपिनबीच सन्तुलन
हरेक २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ, यसपालिको नारा छ— ‘युज हार्ट फर एभ्री हार्ट ।’ संसारभरि मुटुरोगका कारण १८.६ मिलियन मानिसको अकालमा मृत्यु भइरहेको छ । यस हिसाबले यो एउटा महामारी हो ।
https://ekantipur.com/opinion/2022/09/29/166441627573365737.html
हरेक २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ, यसपालिको नारा छ— ‘युज हार्ट फर एभ्री हार्ट ।’ संसारभरि मुटुरोगका कारण १८.६ मिलियन मानिसको अकालमा मृत्यु भइरहेको छ । यस हिसाबले यो एउटा महामारी हो ।मुटुलाई रगत पुर्‍याउने करनरी आर्टरी हो । धेरै कारणले गर्दा यसको भित्री भाग बाक्लो हुँदै आउँछ, साँगुरिँदै जान्छ र त्यो धमनी बन्द हुन्छ वा थुनिन्छ अनि रगत पुर्‍याउने ठाउँमा रगत जान सक्दैन र मुटुको मांसपेशीको भाग मर्छ । यो मरेको भागलाई ‘इन्फ्याक्सन’ भएको अथात् हार्ट अट्याक भनिन्छ । मुटुरोग लगाउने कारक तत्त्वहरूमा वंशबाटै आउनेबाहेक मानिसको अस्तव्यस्त आनीबानी प्रमुख हो । यसलाई भने नियन्त्रण गर्न सकिन्छ, जरुरी पनि छ । धनी देशहरूले समयमै यसमा ध्यान पुर्‍याउन थाले, त्यहाँका नागरिकले जीवनशैली सुधार्न थाले र बिस्तारै मुटुको रोग घट्दै गएको विभिन्न तथ्यांकले देखाइरहेको छ । हामी भने यो विषयमा खासै जागरुक छैनौं । हार्ट अट्याकको उपचार गर्न सक्षम देशमा यो घट्दै छ । यसको पहिलो उपचार जनचेतना बढाउने नै हो । यसका लागि नेपाल हृदयरोग प्रतिष्ठान बनेको छ । घरघरमा पुगेर यो रोगबारे चेतना बढाउने काम गर्दै छ । मुटुरोगका केही मुख्य कारण निम्न छन् ःधूमपानसन् १९४० देखि नै धूमपान मुटुरोग लगाउने एउटा कारक तत्त्व हो भन्ने बुझिएको थियो । यो सिधै आफैं खाने र अरूले खाएको धूवाँबाट हुन सक्ने हुन्छ । अमेरिकाजस्तो धनी देशले धूमपानविरुद्ध ठूलो आन्दोलन नै गर्‍यो र सुर्तीजन्य पदार्थको उपयोग घट्न गयो भने हाम्रोजस्तो देशमा यो बढ्दो छ । उनीहरूले छोड्दै छन्, हामी सिक्दै छौं । उनीहरूकहाँ मुटुरोग ओरालो लाग्दै छ, हाम्रामा उकालो । उच्च रक्तचाप यो आधुनिकीकरणको एउटा नकारात्मक पक्ष हो । उच्च रक्तचापको समस्या गाउँमा भन्दा सहरमा धेरै देखिन्छ । ठूलालाई मात्र नभएर साना उमेरका मानिसमा पनि देखिन थालेको छ । हाम्रो रहनसहन, खानपिनको बानीको नतिजा हो यो । मोटोपनधेरै खाएपछि मोटोपन बढ्छ । तर धनी तथा खान पाउने देशमा यो घट्दै छ, गरिब देशमा भने बढ्दै छ, किन ? विकसित राष्ट्रले खानेतेलदेखि सब कुराको राम्ररी अध्ययन गरेका छन् । के कुरा खाने वा नखाने तिनमा राम्रो ज्ञान छ । हामीलाई भने यस्तो कुरामा त्यति वास्ता छैन । खानाबाट पाउने तत्त्व विचार नगरी खान्छौं । हामीले खानै नहुने खाना, पोके खाना, पत्रु खानामा गर्व गर्न थालेका छौं । विकिसित देशमा नियमित रूपमा व्यायाम, योग, ध्यान घरघरमा गरिन्छ । हामी भने न व्यायामलाई ध्यान दिन्छौं न योग वा ध्यानलाई नै । मधुमेह सम्झ्यौं भने, हामी सानो हुँदा यो रोगबारे सुन्थ्यौं तर आजजस्तो हरेक घरमा यो देखिँदैन्थ्यो । मधुमेह पनि सुरुमा पश्चिमी राष्ट्रमै धेरै थियो, अब यो पनि बिस्तारै हाम्रोजस्तो अविकसित देशमा बढ्दै छ । खानाको स्तरमा गिरावट, व्यायामको कमी, पत्रु खाना खाएर वजन बढाउने लगायतले यो बढेको बढ्यौं छ र यसले मुटुरोगलाई निम्त्याउँछ । मोटापन, मधुमेहको भयावह अवस्थाले अर्को समस्या ‘इन्सुलिन रेजिस्टेन्ट’ आएको छ । यो मुटुरोग लगाउन सक्ने एउटा तत्त्व हो । यसले ‘युरिक एसिड’ बढाउने र ‘इन्फ्लामेसन’ भएर मुटुरोग निम्त्याउने भन्ने धारणा छ । यसको डर पक्ष, बालबालिकामा पनि यो देखिन थालेको छ । निमोनिया हुने जीवाणुहरूले पनि मुटुरोग निम्त्याउने विभिन्न अध्ययनले देखाइराखेका छन् । भिटामिन डी, बी १२, फोलिक एसिडको कमीले पनि मुटुलाई कमजोर बनाउँछ । आजको समाजमा भागदौडपूर्ण जीवन तथा खेलकुद गर्ने बेला कम्प्युटर वा सेलफोनमा बस्ने बानीले व्यायाम गर्ने चलनलाई पूरै निरुत्साहित गरेको छ । खानपिनको तौरतरिकामा व्यापक परिवर्तनसँगै व्यायाममा यथोचित समय खर्च नगरी यो रोगबाट बँच्न सकिन्न । सुरुमा चिनी खान बन्द गरौं, मीठो नखाऔं र खान पनि नदिऊँ, नुन कम गरौं, पोके पत्रु खानाभन्दा आफ्नै भान्सामा बन्ने खाना, खाजा खाने बानी बसालौं । ठूल्ठूला देशले आफूकहाँबाट भगाएर हामीकहाँ पठाएका पिज्जा, बर्गरको संस्कृति त्यागौं । के सहर, के गाउँ घरघरमा यो सन्देश पुर्‍याऊँ र त्यसको निगरानी गर्ने काम सरकारले गरोस् । हामी सबै सरकारको यस असल कार्यमा हात बढाऔं ।मुटुरोग लाग्न सक्ने सम्भावना बढी भएका मानिस, जस्तो उच्च रक्तचाप, मधुमेह, चुरोट खाने, अल्छी, फलफूल नखाने, मोटोपन भएको, तनावमा रहने इत्यादिलाई लक्षित गरेर कार्यक्रम बनाऔं । यो काम नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल हार्टनेट र ठूला अस्पतालहरू मिलेर गर्नुपर्छ । अस्पताल जनतामा पुग्नुपर्छ । अनि कसरी सहज तरिकाले यसबाट बच्न सकिन्छ भनेर सिकाउने काम विज्ञहरूबाट गराउनुपर्छ । यो कार्यक्रम सहज बनाउन सरकारी तथा गैरसरकारी जति पनि संघसंस्थाहरू छन् तिनले हातेमालो गर्नुपर्छ । रोग लाग्नुअगावै पत्ता लगाए उपचार गर्न सहज हुन्छ, खर्च पनि त्यति हुँदैन । धेरैलाई बचाउन पनि सकिन्छ । रोग भरसक लाग्नै नदिने तर लागिहाले यसको स्तरीय उपचार पाउने हक नागरिकले राख्छन् भन्ने कुरा सरकारले बुझ्नुपर्छ । हाम्रा भएका स्वास्थ्य संरचनामा अञ्चल (प्रादेशिक), जिल्ला अस्पतालमा एउटा वा दुईवटा मुटुरोग विशेषज्ञ पुर्‍याउने कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै मुटुरोग हुँदा खानुपर्ने औषधि महँगा हुन्छन् । थरीथरीका खानुभन्दा पोलिपिल्स चाहिने औषधि एउटैमा मिलाएर बनाएको राम्रो हुन्छ र यसलाई कसरी सस्तो र सहजै उपलब्ध गराउने भन्नेमा सरकारको ध्यान जानुपर्छ । – उपाध्याय वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।
Opinion
11,447
चोरी सिकारका कारण मासिँदै डाँफे
नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ । डाँफेलाई नेपालको राष्ट्रिय पन्छीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पन्छी डाँफे भनेर उल्लेख गरिएको थियो । राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पन्छी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो ।
https://gorkhapatraonline.com/news/114225
काठमाडौँ, असार १८ गते । नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ । डाँफेलाई नेपालको राष्ट्रिय पन्छीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पन्छी डाँफे भनेर उल्लेख गरिएको थियो । राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पन्छी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो । त्यसबेला फरक फरक मापदण्ड बनाएर छनोट गर्ने विधि अपनाइएको वरिष्ठ जैविक विविधताविद् डा. तीर्थबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डाँफेको नौरङ्गी रङ असाध्यै सुन्दर मानिन्छ । राजाले लगाउने श्रीपेच जस्तो कल्की भएको अनि हिमालको शिर जस्तो पनि देखिने भएकै कारण डाँफे छनोट भएको हो । तराईमा पाइने अर्को सुन्दर चरा मयूरलाई राष्ट्रिय पन्छी बनाउने कुरा पनि नचलेको होइन तर त्यसअघि नै भारतले आफ्नो राष्ट्रिय पन्छी घोषणा गरिसकेकाले मिलेन । उहाँका अनुसार डाँफेको प्वाँखमा पाइने नौवटा रङले नेपालको भाषिक, धार्मिक जातीय, सामाजिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने विषयलाई पनि संयोजक समले महत्वका साथ लिनुभएको पाइन्छ । संरक्षित क्षेत्रमा सीमितनेपालको हिमरेखाभन्दा तल्लो क्षेत्रमा बसोबास गर्ने डाँफेको सङ्ख्या घट्दै गएकाले अद्यावधिक गर्न थप अध्ययन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन् । पहिले पहिले अन्नपूर्ण पदमार्ग, सगरमाथा पदमार्गलगायतका बाहिरी क्षेत्रमा प्रशस्त देखिने डाँफे अचेल संरक्षित क्षेत्रभित्र मात्र सीमित हुने अवस्थामा पुगेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।डाँफे सुन्दर चरा हो, जसलाई नेपालको आफ्नो नाम डाँफेबाटै चिनाउने पहल भएको थियो । अङ्ग्रेजीमा हिमालयन मुनाल भनेर गरिएको नामकरणमा बरालसहितका चराविद्ले आपत्ति जनाएर नाम डाँफे नै भन्न र लेख्न थालिएको छ । मुनाल नामको अर्को छुट्टै चरा नेपालमै पाइन्छ । राष्ट्रिय चरा भए पनि कुल सङ्ख्याबारे यकिन गर्न नसकिएको बराल औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “चोरी सिकार मुख्य चुनौती हो, धेरै संरक्षित क्षेत्रभन्दा बाहिर अचेल डाँफे देख्न मुस्किल छ ।” कहिलेकाहीँ देखिहाल्यो भने पनि भागिहाल्छ । यो भनेको मानिसकै कारण डाँफे हराउँदै छ भन्ने हो । हिमाली भेगमा यसलाई कुखुरा जसरी सिकार गरेर खाने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । डाँफे समात्न जाल र पासो थाप्ने गरिएको पाइन्छ । त्यस्तै सिधै बन्दुक हानेर मारिएको पाइन्छ । उहाँका अनुसार हिमाली जिल्लामा यार्चागुम्बा टिप्ने सिजन डाँफेको कालको सिजन हो । विद्यालयसमेत बन्द गरेर मानिसको ठुलो हुल यार्चागुम्बा टिप्न जाने गर्छन् । उहाँले थप्नुभयो, “लेकको त्यो चिसोमा जे भेट्यो त्यही मारेर खान्छन्, डाँफे, मुनाल, च्याखुरा, हिउँ कुखुरा केही छाड्दैनन् ।” त्यो समय भनेको हिमाली भेगमा डाँफेलगायतका चराले बच्चा कोरल्ने समय हो । ओथारो बसेको डाँफेका भालेपोथी बच्चा र अन्डा जोगाउन कसैले आक्रमण गरिहालेमा गुँड छाड्दैनन् र सिकारीको चपेटामा बढी पर्ने गरेको बराल बताउनुहुन्छ । चराविद्हरूका अनुसार डाँफे अत्यन्त लजालु चरा हो । यसको बच्चा कोरल्ने समय २९ दिनसम्म हुने गर्छ । ढोरपाटन सिकार आरक्ष बनेपछि सो क्षेत्रभित्र डाँफेको सङ्ख्या बढे पनि बाहिर कम भएको छ । यसको सुन्दर प्वाँख हिमाली भेगको धार्मिक तथा सांस्कारिक परम्परामा बढी प्रयोग हुने गरेको पाइन्छ । जसले यसलाई खतराको सूचीनजिक पु¥याएको दाबी संरक्षणकर्मीको छ । बरालका अनुसार घाँसे मैदान र बुट्यानको आडमा भिरालो र चट्टानयुक्त भिरमा डाँफेको गुँड हुन्छ । एउटा भालेसँग धेरै पोथी डाँफेको संसर्ग हुने गर्छ । झ्याउ, बिरुवाका जरा, पखेरामा पाइने किराका लार्भा डाँफेका मनपर्ने खानेकुरा हुन् । वनमा पाकेको काफल, ऐँसेलु आदि पनि यसले खाने गर्छ । यो चरा वर्षामा दुई हजार आठ सय मिटरदेखि चार हजार ७५० मिटरसम्मको उचाइमा देख्न पाइन्छ । त्यस्तै हिउँदको समयमा दुई हजार पाँच सय मिटरसम्म तल झरेर बस्ने गर्छ । नेपालका सबै हिमाली संरक्षित क्षेत्र मकालु वरुण, सगरमाथा, लाङटाङ, सेफोक्सुन्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण र अपिनाम्पा संरक्षण क्षेत्र डाँफेको प्रमुख बासस्थान हो । डाँफेको नेपालमा अनुमानित सङ्ख्या करिब पाँच हजार आसपास मानिएको छ ।
News
50,066
संसदीय नेतृत्वमा गगनको सकस
नेपाली कांग्रेसको गत महाधिवेशनमा सर्वाधिक मत पाएर महामन्त्रीमा विजयी भएका गगन थापा के त्यसै गरी संसदीय दलको नेतृत्वमा पुग्न सक्लान् ? यो कति सम्भव छ ? धेरैका मनमा यो प्रश्न खेलिरहेको हुनुपर्छ । निश्चय पनि महामन्त्रीभन्दा यो प्रतिस्पर्धा बढी पेचिलो छ । यो नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्ने ढोका खुल्नु पनि हो । संसद्मा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकाले त्यो सम्भावना पनि उत्तिकै छ ।
https://ekantipur.com/opinion/2022/12/18/16713301246385984.html
नेपाली कांग्रेसको गत महाधिवेशनमा सर्वाधिक मत पाएर महामन्त्रीमा विजयी भएका गगन थापा के त्यसै गरी संसदीय दलको नेतृत्वमा पुग्न सक्लान् ? यो कति सम्भव छ ? धेरैका मनमा यो प्रश्न खेलिरहेको हुनुपर्छ । निश्चय पनि महामन्त्रीभन्दा यो प्रतिस्पर्धा बढी पेचिलो छ । यो नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्ने ढोका खुल्नु पनि हो । संसद्मा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकाले त्यो सम्भावना पनि उत्तिकै छ ।प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्, कांग्रेसको विधान अनुसार यिनै सांसदहरूले कांग्रेस संसदीय दलको नेता चुन्छन् । चुनिनका लागि पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ, अर्थात् कम्तीमा ४५ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसमा देउवा पक्ष र देउवाइतर भनेर अहिले जुन समीकरण छ, त्यसलाई मात्र आधार मान्ने हो भने त चुनाव नै गर्नु पर्दैन, परिणाममा शेरबहादुर देउवाकै निरन्तरता निश्चित छ । गगनलाई ४० प्रतिशत पुर्‍याउन पनि हम्मे पर्छ । पार्टी नेतृत्वको चुनाव भनेको केवल पक्ष–विपक्षमा संख्याको जोडघटाउजस्तो अंकगणितीय खेल र बहुमतको प्राविधिकतामा मात्र सीमित होइन । धेरै कुरा यसमा जोडिन्छन् । गुटगत समर्थन र विरोधभन्दा प्रतिस्पर्धामा उत्रिएका व्यक्तिको दृष्टिकोण, क्षमता र चरित्र निर्णायक हुन्छन् । पार्टीमा यथास्थितिको निरन्तरता वा परिवर्तनको बाटो निर्धारण गर्ने अवसर पनि हो यो । नयाँ नेतृत्वले पार्टीमा जीवन र गति दिन्छ, मतदाता र समर्थकमा उत्साह भर्छ । योग्य र सबल नेतृत्व पाउन सके छिमेकी र शक्तिराष्ट्रहरूको चलखेललाई पनि न्यूनीकरण गर्न सकिन्छ । कांग्रेस लगायत नेपालका राजनीतिक दलका नेतृत्व चयनमा यिनको कति भूमिका होला, प्रश्न गर्न सकिएला, तर स्वस्थ पार्टी प्रणालीको विकासका लागि यी अनिवार्य तत्त्व हुन् । अहिले समयको जुन मोडमा कांग्रेस संसदीय दलको नेतृत्व चयन हुँदै छ, त्यसमा पार्टी मात्र होइन, आउने पाँच वर्ष सरकार, संसद् र मुलुककै भविष्य गम्भीर रूपमा जोडिएको छ । त्यसैले पनि कांग्रेसको संसदीय नेतृत्वप्रति मुलुकको ध्यान केन्द्रित भएको हो । एमाले र माओवादीमा अहिले नेतृत्व परिवर्तनको अपेक्षा गर्न पनि सकिन्न, ओली र प्रचण्डको अनुमोदनबाहेक ।कांग्रेसका सांसदहरूले स्वतन्त्र भएर गुणदोषको मूल्याङ्कनसहित विवेक प्रयोग गर्ने हो भने परिणाम उल्टिनुपर्ने हो र गगन विजयी हुनेमा शंका गर्नुपर्ने थिएन । देउवालाई फेरि पनि नेता चुन्न चित्तबुझ्ने कारण के छ र ? पटकपटक अवसर पाउँदा पनि उनको सफलताको कथा भाग्यवादबाट माथि उठ्न सकेको छैन । पहिलो पटक २०५१ सालमा संसदीय दलको नेता चुनिँदादेखि नै उनी भाग्यमानी बन्दै आएका छन् । उनलाई कृष्णप्रसाद भट्टराईको शुभेच्छा त छँदै थियो, गिरिजाप्रसाद कोइरालाले पनि आपत्ति गरेनन्, उनी निर्विरोध चुनिए । सम्भावित प्रतिस्पर्धीहरूमध्ये रामचन्द्र पौडेल सभामुख पाइने भो भनेर रमाए, शैलजा आचार्य पनि गिरिजाको प्राथमिकतामा परिनन् । संसदीय दलको नेता चुनिएको दस महिना नबित्दै देउवाले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई अविश्वासको प्रस्तावबाट विस्थापित गर्दै कांग्रेस–राप्रपा–नेसपा गठबन्धनमा प्रधानमन्त्री बन्ने अवसर पाए । त्यतिखेर उनी नयाँ पुस्ताका युवा प्रधानमन्त्री भएकामा सबै खुसी पनि थिए । प्रधानमन्त्री भएपछि सत्ताको आडमा पार्टीभित्र उनको गुट पनि बन्दै गयो ।प्रधानमन्त्री हुँदा देउवाको भाग्यवादको जरा अरू बढ्नुबाहेक मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसले उल्लेख्य केही पाएनन् । बरु लोकतन्त्रप्रति निष्ठावान् नागरिकले शिर निहुर्‍याउनुपर्ने हुन थाल्यो । ससद्मा बदनामित पजेरो संस्कृति र निर्वाचन क्षेत्र विकासका नाउँमा सांसदको खल्ती भर्ने गलत प्रथा र जम्बो मन्त्रिमण्डलको परम्परा उनैले भित्र्याए । दोस्रो पटक प्रधानमन्त्री हुँदा संवैधानिक प्रणालीलाई नै दरबारमा बुझाए, आफैंले प्रस्ताव गरेको प्रतिनिधिसभाको चुनाव नै गर्न सकेनन् । उल्टै राजा ज्ञानेन्द्रले समेत नालायक भनेर बरखास्त गरे । तेस्रो पटक उनै राजा ज्ञानेन्द्रले निगाहपूर्वक फेरि प्रधानमन्त्रीको कुर्सीमा बसाले, देउवाले ‘गोरखाली राजाबाट न्याय पाएँ’ भन्दै जयजयकार गरे । तर १० महिनामै फेरि बरखास्तगीमा परे । उनको चौथो कार्यकालमा कांग्रेसले संसदीय चुनावमा सर्मनाक हार बेहोर्नुपर्‍यो, तर नेतृत्वमा रहिरहे । भाग्यवादी राजनीतिका पात्र देउवा कम्युनिस्ट सत्ता विग्रहका कारण पाँचौं पटक प्रधानमन्त्री हुन पुगे । तर उनको यो कार्यकाल उनका पूर्ववर्ती ओलीको भन्दा कुनै किसिमबाट पनि राम्रो मान्न सकिने ठाउँ छैन । कम्युनिस्ट विभाजनको यत्रो ठूलो राजनीतिक अवसरमा पनि चुनावमा कांग्रेसले अपेक्षित मत नपाउनु उनकै अयोग्यता र अक्षमता हो ।अहिले कांग्रेस संसद्मा सबैभन्दा ठूलो पार्टी भएको छ, गत चुनावका तुलनामा यो उपलब्धि भन्न सकिएला । तर यसको अन्तर्यमा पसेर विवेचना गर्ने हो भने देउवाको सफलता भनेर भजन गाउनुपर्ने ठाउँ छैन । गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसले तुलनात्मक लाभ पाएको छ, सिट पनि बढेको छ । तर समानुपातिकतर्फ पहिलेभन्दा ८ सिट कम पाएको तथ्य पनि छ । पहिलेभन्दा चार लाख अन्ठाउन्न हजार लोकप्रिय मत नै घट्यो, जबकि यो चुनावमा पहिलेभन्दा दस लाख मत बढी खसेको छ । पार्टीको जनाधार जान्ने मुख्य सूत्र चुनावमा उसले प्राप्त गर्ने लोकप्रिय मत हो, जस्तो नदीमा पानीको बहाव कम भयो भने विद्युत् उत्पादन घट्छ । यो प्रकृति र विज्ञान दुवैले पुष्टि गर्ने सूत्र हो । लोकप्रिय मतमा स्खलन भनेको अर्को चुनावसम्म पार्टीको काम र छविमा सुधार नहुने हो भने, हार निश्चितजस्तै हो । कसले सुधार्छ त कांग्रेसको छवि ? कसले आशा जगाउन सक्छ सरकारको काम र जनमुखी परिणाम दिन ?नेपालकै इतिहासमा ठूलो क्रान्तिकारी परिवर्तनको पारिवारिक विरासत बोकेका पनि छन् कांग्रेस सांसद्मा- शशांक कोइराला र प्रकाशमान सिंह । शशांक बीपी कोइरालाका पुत्र हुन् भने प्रकाशमान गणेशमान सिंहका । दुवै पार्टीभित्रको लोकप्रिय मतबाट महामन्त्री र उपसभापतिमा निर्वाचित पनि भएका थिए । चुनाव अभियानका बेला र चुनावपछि पनि उनीहरूले समेत प्रधानमन्त्री बन्ने निरीह धोको व्यक्त गरे । तर देउवाकै निगाह एवं मेजमानीमा रमाउनु र आश्रय लिनुबाहेक उनीहरूको राजनीतिक व्यक्तित्व नै बन्न सकेन । राजनीतिक सोच र दृष्टि भनेको आमाले काखमा राखेर शिशुलाई दूध पिलाएजस्तो होइन; त्यो ऐनमौकामा व्यक्तिको आँट, काम र गतिमा पनि जनताले पत्याउने गरी देखिनुपर्छ । अहिले कांग्रेस सांसदमध्ये केही युवा देखिएका छन्— गगन, विश्वप्रकाश, प्रदीप पौडेल जसमाथि भावी नेतृत्वको आशा र भरोसा गर्ने ठाउँ देखिएको छ । अरू पनि नयाँ अनुहार र युवा छन् जसले आफूलाई निरन्तरको परीक्षाबाट आशालाग्दो नेतृत्वमा प्रक्षेप गर्न सक्छन् । तर यस पटक कांग्रेसका शुभेच्छुक, समर्थकको लोकप्रिय मतमा गगन नै देउवाको विकल्पमा अग्रपंक्तिमा छन् ।जहाँसम्म गगनको सम्भावनाको कुरा छ, उनलाई पनि संसदीय दलको नेतृत्वमा चुनिन त्यति सहज भने छैन । आदर्श र सिद्धान्तका कुरा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्, तर नेपालको राजनीतिको धरातल यति धमिलो र प्रदूषित छ कि स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि साँघुरो छ; छैन भने पनि हुन्छ । त्यसमाथि छिमेकीको गिद्धेदृष्टि छ । यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र उसको चरम कट्टरपन्थी हिन्दु युवा दस्ता, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) उम्मेरवार बनाउनेमा अर्थात् कसलाई टिकट दिनुपर्छ, कसलाई दिनु हुँदैन भन्नेसम्ममा लागे भन्ने सुनिएको छ । छिमेकी मात्र होइन, शक्तिराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको पनि नेपालको राजनीतिमा के भइरहेछ, यो कता जाँदै छ भनेर चासो हुन्छ । उनीहरूले आफ्नो राष्ट्रिय हित र प्राथमिकतालाई सुरक्षित गर्न चाहन्छन् । राजनीतिमा यो स्वाभाविक कुरा हो । त्यसलाई ठीक ठाउँ र सन्तुलनमा राख्ने, त्यसको अवाञ्छित प्रभावबाट जोगिने र जोगाउने काम नेतृत्वको हो । अघिल्लो संसदीय कालमा नेपालको परराष्ट्र सम्बन्ध, खास गरी छिमेकी भारत र चीनसित अत्यन्तै असन्तुलित र असंयमितसमेत रह्यो । त्यसको प्रभावबाट नेपाल अहिले पनि मुक्त छैन । यतिखेर कांग्रेसमा बीपी कोइरालाजत्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै नीतिमा जोखिम बोक्न तयार तर सबल र सक्षम नेतृत्वको खाँचो छ । गगनमा मैले त्यो सम्भावनाको ठाउँ देखेको छु । जुन किसिमबाट उनी पार्टीमा, संसद्मा, सरकारमा र सार्वजनिक प्रस्तुतिमा देखिन्छन्, तिनमा त्यो प्रतिभा र क्षमता देख्न सकिन्छ । गगनप्रति मेरो कुनै व्यक्तिगत अनुराग भएर मैले यो भनेको पनि होइन । पुरानो चिनजान र सम्पर्कको कुरा गर्ने हो भने, देउवा र रामचन्द्र पौडेलजति कांग्रेस नेतामध्ये अरू कसैसँग छैन होला । निजी लाभ त मैले देउवासँगै जति पनि पाउँथें होला । त्यसमाथि म एक दशकभन्दा लामो समयदेखि कुनै पनि राजनीतिक दल र नेतासँग राजनीतिक सम्पर्कमा छैन, विरलै जाने एकाध सार्वजनिक कार्यक्रममा हुने देखादेखबाहेक ।संसदीय दलको नेतृत्वमा गगनले गर्नुपर्ने पार्टी सभापति एवं बहालवाला प्रधानमन्त्रीसमेत रहेका देउवाको प्रत्यक्ष सामना त देखिने कुरा हो । तर देखिने र नदेखिने गरी उनले आफ्नै खेमा र समवर्तीहरूसँग सामना गर्नुपर्ने चुनौती र सकस पनि उत्तिकै छन् । देउवाविरुद्ध जति छन्, ती सबै मत आफ्नो पक्षमा पार्न उनले निकै ठूलो कसरत गर्नुपर्नेछ । त्यसैले कांग्रेसमा नेतृत्वको यो प्रतिस्पर्धा बहुकोणीय प्रकृतिको हुनेछ । संक्षेपमा भन्नुपर्दा, उनका कारण देउवालाई सत्ताबाट हट्नुपर्ला भन्ने पीडा छ, कोइरालाहरूलाई पारिवारिक विरासत गुम्ने भय छ, उनका समकालीनहरूलाई कनिष्ठले उछिन्ने भयो भन्ने चिन्ता छ । कांग्रेसमा मात्र होइन, यसको प्रभाव आफूमाथि पनि पर्ला भन्ने अरू दलका नेताहरूलाई पनि पिरलो छ । कांग्रेसमा अहिले यो खेल गगनविरुद्ध भित्रभित्रै भुसको आगोजस्तै फैलाउने प्रयत्न भैरहेको आभास पाइन्छ ।यो स्वाभाविक हो, सनातनी पार्टीमा नयाँ नेतृत्व उदयको सम्भावना देखिएका बेला । देउवाले चुनाव जिते पनि उनी अस्ताउन लागेका घाम हुन् र यो उनको अन्तिम प्रयास हो, ज्योतिषीको भविष्यवाणी पनि अन्तिम नै होला । आशाको पालो बाँधेर बसेकालाई उनी अब चुनौती होइनन् । तर गगन नेतृत्वमा आए भने उनले अर्को दस वर्ष पार्टी हाँक्ने सम्भावना रहन्छ । उनी युवा मात्र छैनन्, उत्साही र ऊर्जाशील पनि छन् । खुला राजनीतिमा प्रभावशाली औजार मानिने लोकप्रियता पनि आर्जन गरेका छन् । उनकै शुभेच्छुकमा पनि उनी आएपछि आफूले मौकै नपाइने हो कि भन्ने चिन्ताको मनोविज्ञान बुझ्न कठिन हुँदैन । त्यसैले गगनविरुद्ध अहिले भित्री टिप्पणी सुनिन्छ— उनले दस भोट पनि ल्याउँदैनन्, देउवा अरू बलियो हुन्छन् । उनी विभिन्न तहका पार्टी कार्यकर्ताको पहुँचमै छैनन्, फोन नै उठाउँदैनन् । उनी पार्टीको कार्यक्रममा भन्दा गैरसरकारी संस्थाले पाँचतारे होटलमा आयोजना गर्ने कार्यक्रममा बढी पुग्छन् । उनी क्षेत्री गठबन्धनमा लागेका छन् । समानुपातिकतर्फ पार्टीको भोट घट्नुमा महामन्त्रीको हैसियतले के उनी जिम्मेवार छैनन् ?देउवाको टक्कर शेखरले मात्रै दिन सक्छन् भन्ने एउटा विकृत मत निर्माण गर्ने प्रयत्न भइरहेको देखिन्छ । म भन्दिनँ, गगनविरुद्ध सुनिने गुनासाहरू सत्य छैनन्, गलत छन् । त्यसमाथि पार्टीबाहिरको व्यक्तिले कसैलाई क्लिन चिट दिने वा आरोप लगाउने होइन, सापेक्षिक अभिमतसम्म राख्ने हो । गगनका हजार कमजोरी होलान्, तर कांग्रेसमा देउवालाई टक्कर दिने उनको हैसियतको अर्को नेतृत्व कोही देखिएको छैन । बाटामा मुर्दा कुर्नेको ताँती भने ठूलै होला । नेतृत्वमा चुनिए गगनले केकति गर्न सक्छन्, त्यो परीक्षामै छ, तर देउवाको निरन्तरतामा राजनीति अरू खराब हुने निःसन्देह निश्चित नै छ । उदाउँदो नेतृत्वमा शंकाको घेरा बढाएर विद्यमान गलत नेतृत्वको निरन्तरता पुष्टि हुन सक्तैन । अहिले कांग्रेस संसदीय दलमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनु आवश्यक छ । राम्रो त, देउवाले स्वैच्छिक विश्राम लिएर बरु आफ्नै पक्षबाट आफूले चाहेको अर्को कुनै सांसदलाई संसदीय दलको नेतृत्वका लागि उम्मेदवार बनाए पनि हुने हो । त्यो अन्यथा पनि मानिँदैन । पार्टी राजनीतिमा यस्तो प्रचलन पनि छ । निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । के देउवाबाट त्यो अपेक्षा गर्न सकिन्छ ? २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?
Opinion
11,174
चट्याङका घटना बढ्दै, छैन पूर्वानुमान गर्ने प्रविधि
नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले बर्षेनी जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।
https://gorkhapatraonline.com/news/15590
काठमाडौं, जेठ २८ गते । नेपालमा प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्न थालेकाे छ । यो बेलादेखि बढी क्रियाशील हुने चट्याङ्ले बर्सेनि जनधको क्षति गरिरहेको छ । बितेको केही दिनमा मात्रै देशका विभिन्न ठाउँमा चट्याङ् लागेर तीन जनाले ज्यान गुमाइसेकका छन् । तर यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन ।पूर्व मनसुन गतिविधि सक्रिय भएसँगै मौसममा आएको फेरबदलका कारण गएको दुई महिनामा मात्रै २३ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ । चट्याङ्बाट गत दुई महिनामा ४५ जना घाइते भएका छन् । गतवर्ष चट्याङ्ले ५६ जनाको ज्यान लिएको थियो भने १७९ जना घाइते भएका थिए।के हाे चट्याङ ? पूर्व मनसुन तथा मनसुनी वायु सक्रिय भएको बेला बादलमा हुने घर्षणबाट उत्पन्न हुने विद्युतीय चार्ज जमिनमा खस्छ, जसलाई चट्याङ भनिन्छ । यसलाई न टार्न सकिन्छ, न त रोक्न नै । विद्युतीय चार्ज आकाशबाट पृथ्वीमा आइपुग्दा ठूलो जनधनको क्षति हुन्छ ।राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रका प्रमुख खुमाकान्त आचार्यका अनुसार पछिल्लो समयमा चट्याङबाट हुने मानवीय साथै पशुचौपायालाई पनि यसले क्षति गर्ने गरेको बताउनुभयो । ‘पछिल्ला केही वर्षमा चट्याङले जनधनका साथै पशुचौपायाको पनि ज्यान जाने गरेको छ । हामीले मानवीय संवेदनशीलतालाई मात्र बढी महत्व दिन्छौँ तर यसले धेरैतर्फ असर पुर्याउँछ ।’नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा चट्याङ्बारे पूर्वजानकारी गराउने गरे पनि यसको पूर्वानुमान गर्न नेपालमा कुनै प्रविधि भएको पाइँदैन । जसका कारण हुने क्षतिलाई न्यूनिकरण गर्न नसकिएको उहाँ स्वीकार्नुहुन्छ । ‘नेपालमा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिनमा मात्र यसको जानकारी दिने गरिएको छ । तर, यसको पूर्वानुमान गर्न सक्ने कुनै प्रविधि नेपालमा नहुँदा पनि क्षतिलाई न्यूनीकरण गर्न सकिएको छैन,’ उहाँले भन्नुभयो ।चट्याङका सन्दर्भमा सरकारको ध्यान पुगेन: विज्ञ शर्माचट्याङबारे लामो अध्ययन गर्नुभएका विज्ञ डा. श्रीराम शर्माकाअनुसार चट्याङ दृष्टिकोणले नेपाल जोखिममा रहे पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको बताउनुहुन्छ । ‘नेपालमा पछिल्लो समय चट्याङ्का घटना धेरै हुने गरेका छन् तर सरकारले यसलाई सरल रुपले लिएजस्तो देखिन्छ,’ उहाँले भन्नुभयो ‘बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका बारेमा धेरै गोष्ठी र सेमिनार गरेर चासो देखाएको सरकारले यस विषयमा एउटा पनि गोष्ठी आयोजना गरेको मेरो सम्झनामा छैन ।’ नेपालको पूर्वी क्षेत्रमा बङ्गालको खाडीबाट आउने बाष्पयुक्त बादलका कारण पूर्वी क्षेत्रको झापा र मोरङमा सबैभन्दा बढी चट्याङ पर्ने गर्छ ।शर्माका अनुसार चट्याङले चुरे क्षेत्रमा पनि नोक्सानी गरेको छ । दक्षिण, पूर्वी भागपछि चुरे क्षेत्रमा बढी चट्याङ परेको पाइन्छ, त्यसपछि पोखरादेखि म्याग्दीसम्म बढी चट्याङ परेको पाइन्छ । ‘पूर्वी क्षेत्र बङ्गालको खाडीसँग नजिक रहेकाले यस क्षेत्रमा बढी चट्याङ् पर्दछ,’ उहाँले भन्नुभयो ‘तर नेपाली आकाशको तत्लो भागको उचाइ तीन किलीमिटर भएका कारण चुरे क्षेत्रमा पनि बढी चट्याङ पर्दछ ।’ नेपालमा चट्याङ्बाट मृत्यु हुनेको सङ्ख्या कम देखिए पनि दरको हिसाबले धेरै रहेको शर्माको भनाइ छ ।विद्युतीय उपकरणको लेखापरीक्षण आवश्यकविद्युतीय उपकरणको लेखापरीक्षण आवश्यक बाहिरी देशहरुमा विभिन्न अस्पताल तथा सङ्घसंस्थाहरुमा जडान गरिएका विद्युतीय उपकरणहरुको बेला बेलामा विद्युतीय लेखापरीक्षण हुने विज्ञ डा. शर्मा बताउनुहुन्छ । ‘विभिन्न देशमा अस्पताल तथा अन्य ठूला सङ्घसस्थाहरुमा विद्युतीय अडिटिङ् अनिवार्य गरिएको हुन्छ,’उहाँले भन्नुभयो ‘तर नेपालमा भने विद्युतीय उपकरणहरुमा समस्या आयो भने मात्र परीक्षण हुन्छ नत्र केही गरिएको छैन । यसले पनि जाेखिम निम्त्याएको छ । ’ बेलायत, जर्मनीजस्ता देशहरुमा प्रत्येक छ–छ महिनामा अनिवार्य विद्युतीय अडिटिङ् गर्नुपर्ने व्यवस्था रहेको उहाँ बताउनुहुन्छ ।सहरको तुलनामा गाउँमा धेरै जोखिमविज्ञ डा. शर्माका अनुसार सहरको तुलनामा गाउँमा चट्याङकाे धेरै जोखिम रहेको छ । ‘गाउँका घरहरुमा जस्तापाता वा छानाको प्रयोग गरिएको हुन्छ । जमिनमा करेन्ट प्रवाह हुनका लागि कुनै धातु प्रयोग हुँदैन जसबाट मानिस वा पशुपंक्षीलाई खतरा हुन्छ, ’शर्माले भन्नुभयो ‘सहरका धेरै घरहरुमा जमिनसँग छोएका धातुहरुको प्रयोग हुन्छ , जसबाट क्षति कम हुन्छ ।’कसरी बच्ने ?यसबाट बच्न घरमा चट्याङ प्रतिरक्षात्मक सामग्री राख्नुपर्छ । जस्तै, तामाका पाता, एल्मोनियम अथवा डिआइका सामान्य रडहरु राखेर घरलाई सुरक्षित बनाउन सकिन्छ ।‘चट्याङबाट बच्ने एउटा प्रविधि हुन्छ । सामान्य खर्चमा संरचना वा घर जोगाउन सकिन्छ,’ विज्ञ डा. शर्माले भन्नुभयो, ‘साथै, चट्याङबारे जनचेतना फैलाउनुपर्छ, सुरक्षित स्थानमा बस्ने । चट्याङ पर्दा घर बाहिर नबस्ने र घरभित्र बस्दा पनि सुरक्षित भएर बस्ने ।’
News
62,912
सातदोबाटो र एनआरटी, हिमालयन र मच्छिन्द्र भिड्दै
सहिद स्मारक लिग ए डिभिजनअन्तर्षत शनिबार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र एनआरटी भिड्ने छन् । सातदोबाटो तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा छ ।
https://ekantipur.com/sports/2021/12/11/163918855505495210.html
काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजनअन्तर्षत शनिबार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र एनआरटी भिड्ने छन् । सातदोबाटो तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा छ ।एनआरटीलाई हराउन सके लयमा रहेको सातदोबाटो शीर्ष स्थानमा उक्लिने छ । एनआरटी भने दुई अंकमै सीमित रहेर ११ औं स्थानमा छ । एनआरटी अहिलेसम्म जितविहीन छ ।दोस्रो खेलमा हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रको सामना गर्नेछ । हिमालयनको तीन खेलबाट दुई अंक छ र अहिलेसम्म जित निकाल्न असफल रहेको छ । अपराजित मच्छिन्द्रको भने तीनै खेलबाट सात अंक छ ।
Sports
21,714
कोरोना भाइरसबाट संक्रमित भएपछि... 
देउता घरमा साँझबिहान दियो जल्थ्यो । जुठोसुतकलगायत असुद्धबाहेक हरेक बिहान आँगन छेउको तुलसी मठमा पूजा पनि हुन्थ्यो । तर दुई दिन भयो, घर अध्याँरो छ । आँगन अगाडीको पोलको बत्ति बाल्दिने हिम्मत पनि कसैलाई छैन । 
https://ekantipur.com/feature/2020/03/30/158556778292921763.html
धनगढी — देउता घरमा साँझबिहान दियो जल्थ्यो । जुठोसुतकलगायत असुद्धबाहेक हरेक बिहान आँगन छेउको तुलसी मठमा पूजा पनि हुन्थ्यो । तर दुई दिन भयो, घर अध्याँरो छ । आँगन अगाडीको पोलको बत्ति बाल्दिने हिम्मत पनि कसैलाई छैन । दुबईबाट घर फर्केका छोरालाई कोरोनाको संक्रमण पुष्टि भयो । सेती प्रादेशिक अस्पतालको बन्द कोठामा बनाइएको शैयामा उपचाररत संक्रमित छोरा त पीडामा हुने नै भए । परिवारलाई त्यो भन्दा बढी पीडा र छट्पटी छ । छोरालाई पोजिटिभ देखिएको भोलिपल्ट एम्बुलेन्स घरमै आएर परिवारका सदस्य सबैलाई क्वारेन्टाइनमा लिएर गयो । उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिरहेको धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको छ । तीन जना नाबालकसहित परिवारका आठै जना क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुको छटपटी छ । अप्ठेरो परेकाले देवी देउतालाई सम्झिने, पूजा गर्ने सुदूरपश्चिमको धार्मिक आस्था पनि घर परिवारले पुरा गर्न पाएका छैनन् । गाईभैसी र बाख्रा गोठभित्र कराइरहेका छन्, आवाज सुनिदिने कोही छैन । ‘एक जना घरमै बस्न पाएको भए होम क्वारेन्टाइनमा बस्थ्यौं, पशु चौपाया त बाँच्थे,’ बिरामी युवाका बुवाले दुखेसो गर्दै भने, ‘भयानक अपराध गरेको जस्तो भएको छ ।’ उता क्वारेन्टाइनमा बसेका परिवारलाई अर्को कुराले पनि निकै चित्त दुखाएको छ । उनीहरुलाई टोलबासीले घरमा कसैलाई पनि आउन दिनु हुन्न भन्ने गरेको सुनाएका छन् । उनले भने, ‘दुर्भाग्यवस मेरो परिवारमा दुर्घटना भएपनि अरुको स्वास्थ्यमा ख्याल गर्दै सामाजिक दूरी कायम गर्नैपर्छ भन्नेमा त हामी सबै सचेत छौं नि ।’छरछिमेक मात्रै हैन, नजिकका नातागोता पनि उनको सुनसान घरमा फर्किन सकिरहेका छैनन् । क्वारेन्टाइनबाट टेलिफोनमा गुहारेका एक आफन्तले हिम्मत जुटाएर टाढैबाट पशुवस्तुलाई पानीसम्म दिइरहेका छन् धन्न । टोलको सन्नाटा बेग्लै छ । टोलीवासीहरुले खबर सुन्दा झमक्क साँझ परिसकेको थियो । धेरैका घरमा खाना पाकिसकेको थियो । कतिपयका घरमा पाक्दै थियो । खाना पाकेर खान तयार भएकाहरुले बीचैमा छाडे ।संक्रमित युवाको छिमेकी घरका एकजनाले भने, ‘हाम्रोमा त चुलै बलेन । न त रातभर निन्द्रा लाग्यो ।’ धेरैजसोले घर अगाडीको सार्वजनिक बाटोमै हिड्न पनि छाडेका छन् । क्वारेन्टाइनमा बसेका आमाबुवालाई यो सुनेर थप पीडा भइरहेको छ । कतै ती युवासँग प्रत्यक्ष संसर्ग भएको व्यक्तिको लसपस आफूहरुसम्म पनि आइपुगेको त छैन भन्ने चिन्ता टोलबासीमा छ । हुन पनि उनी दुबईबाट आएर तीन दिन घरमै बसेका थिए । नातागोतालाई भेटेका थिए । सम्बन्धित निकायले टोलमा स्प्रे गरिदेओस् भन्ने चाहना पनि जिल्ला स्वास्थ्य कार्यालयले चौथो दिनसम्म पुरा नगरेको एक परिवारले बताए । त्यही दिनदेखि टोलमात्रै हैन, पुरै धनगढीमा सन्नाटा छाएको हो । शुक्रबार एकाएक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर फैलिएपछि लकडाउनका बेला पनि घर वरपर टहलिदै गरेकाहरु झटपट भित्र पसेका थिए । तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सेवाका लागि निस्केकाहरुमा पनि झनै हतारमा घर फर्केर झ्याल–ढोकासमेत बन्द गरेका थिए । त्यो शनिबारदेखि त धनगढी झन् सुनसान छ । अस्पतालमा उपचाररत संक्रमित झन् तनावमा छन् । पोजिटिभ देखिएपछि सबैले चटक्क छाडेको गुनासो सञ्चारकर्मीहरुमाझ सुनाएपछि सेती प्रादेशिक अस्पतालको टीम पनि उनीप्रति सकारात्मक छैन । उनले सञ्चारमाध्यममा गुनासो गरेको सुनेपछि केही डाक्टरहरु रिसाए । त्यसपछि उनीहरुले आफ्ना गुनासोहरु सार्वजनिक गरे । केही स्वास्थ्यकर्मीले फेसबुकमै ‘मर्ने कसैलाई रहर हुँदैन’ भन्नेसम्म लेखेर झन् निरास पार्ने काम गरे । अस्पतालका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो मास्क, पन्जा र पीपीई सेट छैन भन्नेमै थियो । तर प्रदेश आपूर्ति केन्द्रका अनुसार आइतबारसम्म सेतीमा १८७ सेट पीपीई दिइएको थियो । शनिबार सय थान र त्यस अगाडीको साता अवधिमा ८० थान । स्रोतका अनुसार आइतबार सााझसम्म सेतीमा झण्डै सय सेट मौज्दात थियो । यता केही चिकित्सकहरु भने फेसबुक स्ट्याटस र केही सञ्चार माध्ययममा बिना हतियार युद्ध लड्न पठाइएको दाबी गरिरहेका थिए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘सेती अस्पताललाई अढाई करोड गएको छ ।’ तर सेतीका वरिष्ट फिजिसियन डा. शेरबहादुर कमरले फेसबुक स्ट्याटस लेख्दै ‘वर्षको २–३ चोटी स्वास्थ्यमन्त्री र ४–६ चोटी सचिव परिवर्तन भइराख्ने स्वस्थ्य मन्त्रालय अनि ‘भिजन, मिसन’ नभएको र ‘द पोरेस्ट डिसिजन पावर’ भएको नेतृत्वबाट यो भन्दा अरु के नै आस गर्न सकिन्थ्यो र ? दबाई त छैन अब दुवाको भरोसा !’सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरेको छ । यतिबेला सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्लाकी भन्ने चिन्ता धेरैमा छ । त्यसमा सरोकारवाला निकायले चारतिर मुख फर्काएर काम गरिरहेकोमा नागरिक अगुवाहरु चिन्ता व्यक्त गरिरहेका छन् । ‘एक जना संक्रमित देखिँदा त यो अवस्था छ, भोली महामारी नै फैलियो भने उत्पन्न हुने अवस्थाको त कल्पना पनि गर्न सकिन्न,’ मानवअधिकारकर्मी खडकराज जोशी भन्छन्, ‘सरकार र सबै क्षेत्र जुटेर सर्वसाधारणलाई आत्मविश्वासमा दिनुपर्छ । सबै क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्छ ।’अर्कोतिर धनगढी र सुदूरपश्चिमका नाकामा भारतबाट फर्कने नेपालीको लर्कोले पनि बढी जोखिम छ । लकडाउन सुरु भएको दिनसम्म सुदूरपश्चिमका सीमा नाकामा १ लाख २५ हजार भारतबाट भित्रिएको सुरक्षा निकायको तथ्यांक छ । भारतका विभिन्न सहरबाट फर्किएका उनीहरु सुदूर पहाडका कुनाकाप्चा पुगिसकेका छन् । पहाडतिरका बासिन्दा यही त्रासमा छन् ।
Feature
933
ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित 
ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ । 
https://ekantipur.com/sports/2020/02/13/158157462412193860.html
काठमाडौँ — ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ । लिगको अन्तिम चरणको बिहीबार बिहान भएको खेलमा पुलिस क्लबले फेन्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकालेको हो । पुलिसका लागि खेलको जुमानु राईले ४९ औं, ५६ औं र ८५ औं मिनेटमा गोल गरेका थिए । उनको गोलमा पुलिसले खेललाई एकपक्षीय बनाएको थियो । यस जितसँगै पुलिस २० अंकसहित अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ । यस खेलमा जुमानु राई ‘म्यान अफ द म्याच’ घोषित भए ।
Sports
25,653
रामोसको आत्मघाती गोलमा बार्सिलोनाको जित
सर्जियो रामोसको आत्मघाती गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा शुक्रबार सेभियालाई १–० ले हराएको छ । यससँगै क्याटलान क्लब अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।
https://ekantipur.com/sports/2023/09/30/ramos-own-goal-wins-for-barcelona-28-05.html
काठमाडौँ — सर्जियो रामोसको आत्मघाती गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा शुक्रबार सेभियालाई १–० ले हराएको छ । यससँगै क्याटलान क्लब अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा रामोसले ७६ औं मिनेटमा लामिन यमलको प्रहारलाई आफ्नै पोस्टको दिशा दिएका थिए । यो जितपछि बार्सिलोनाको आठ खेलबाट २० अंक भएको छ । उसको पछाडि जिरोना १९ अंकमा दोस्रोमा छ भने रियल १८ अंकमा तेस्रो स्थानमा छ ।पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई वर्षयता फेरि स्पेन फर्केका रामोस अहिले सेभियामा छन् । उनी बार्सिलोनाविरुद्ध व्यक्तिगत कीर्तिमानका रूपमा ३४ औं खेल खेलिरहेका छन् ।
Sports
16,213
खेल नीरस, गुनासो बढी
खेल सकिन चार मिनेटमात्रै बाँकी । राजीव लोप्चनले निकालेको थ्रु–पासमा एनकेगुए जुनियरसामु गोल गर्न विपक्षी गोलरक्षक स्टेफन कुपिचको मात्र चुनौती बाँकी थियो । तर, त्यही ‘वान भर्सेस वान’ को स्थितिमा पनि एनकेगुएले बललाई पोस्टका दिशा सकेनन् ।
https://ekantipur.com/sports/2023/12/05/game-dull-more-complaints-44-55.html
काठमाडौँ — खेल सकिन चार मिनेटमात्रै बाँकी । राजीव लोप्चनले निकालेको थ्रु–पासमा एनकेगुए जुनियरसामु गोल गर्न विपक्षी गोलरक्षक स्टेफन कुपिचको मात्र चुनौती बाँकी थियो । तर, त्यही ‘वान भर्सेस वान’ को स्थितिमा पनि एनकेगुएले बललाई पोस्टका दिशा सकेनन् ।दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा सोमबार बल नियन्त्रण गर्ने प्रयासमा काठमाडौं रेजर्सका हिसुब थपलिया (रातो) र झापा एफसीका छिरिङ लामा । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरयस्तोमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले उल्टै प्रश्न गरे, ‘यस्तो स्थितिमा गोल हुन सकेन भने के भन्ने र ?’अनुभवी प्रशिक्षकको यो दिक्दारी प्रस्ट थियो । उनले थपे, ‘टिमहरूले स्वदेशका खेलाडीमात्र होइन, विदेशी खेलाडीका लागि पनि यति धेरै खर्च गरेका छन् । त्यस्तो स्थितिमा पनि गोल भएन भने क्लब मालिक, व्यवस्थापक र प्रशिक्षकले के अपेक्षा गर्ने त ?’ उनको यो गुनासो शतप्रतिशत सही थियो । नेपाल सुपर लिग (एनएसएल) को सोमबार काठमाडौंसँग झापा एफसीको खेल अहिलेसम्मकै नीरस रह्यो । पूरा खेल पट्यारलाग्दो थियो ।त्यसैले खेल निराशाजनक गोलरहित बराबरीमै टुंगियो । खेलमा सटिक देखिन आक्रामण कमै मात्र रहे अनि यसबीच मैदानको मध्यभागमा फितलो प्रदर्शन चलिरह्यो । यो नतिजापछि काठमाडौंको ३ खेलबाट ५ अंक छ र अझै लिग तालिकाको शीर्ष चारमै छ । अपराजित काठमाडौंसामु झापाविरुद्ध जित निकाल्दै शीर्षमा उक्लने अवसर थियो । तर टिमको प्रदर्शन त्यसलाई लायक थिएन । वर्ष ०७८ को पहिलो सिजनमा काठमाडौंको सुरुआती तीन खेलबाट ४ अंक थियो ।तर त्यसपछि टोलीले लिग चरणका बाँकी ४ खेलमध्ये तीनमा जित निकालेको थियो । अब काठमाडौंसामु आफूले जितेको उपाधि रक्षा गर्ने हो भने त्यही लय समात्नुपर्नेछ । ‘आज पनि टिमको प्रदर्शनमा फिनिसिङको प्रस्ट समस्या देखियो । हामीलाई यो समस्या समाधान गर्न आवश्यक छ । हामीले ३ अंकका लागि खेलेका थियौं, तर एकै अंकमा सीमित हुनुपर्‍यो ।’ दुई खेलपछि काठमाडौंले कप्तानी जिम्मेवारी कुलदीप कार्कीलाई दिएको छ ।यसअघिका कप्तान रहेका मार्की प्लेयर हिसुब थपलिया दोस्रो हाफमा मैदानमै देखिएनन्, सब्स्टिच्युट भए । अहिलेसम्म ३ खेलमा जित निकाल्न असफल झापा भने २ अंकमै रह्यो । आठौं स्थानको झापाले तीन खेलमा एकै गोलमात्र गरेको छ । विदेशी खेलाडीको प्रदर्शन पनि राम्रो हुन सकेन । विशेषतः जोर्जी सान्चेजको प्रदर्शन नितान्त निराशाजनक रह्यो । केही मोडमा उनको प्रदर्शन यस प्रतियोगितामा खेल्न समेत योग्य देखिएन ।खेलको अन्त्यमा अत्यधिक श्वास फुलेका कारण आवास लामिछानेलाई एम्बुलेन्सबाट अस्पताल समेत लैजानुपरेको थियो  । ‘आवासलाई लिएर चिन्ता गर्नुपर्ने स्थिति छैन,’ झापाका प्रशिक्षक ओरिएल मोहेडानोले भने । टिमका कप्तान तथा मार्की अञ्जन विष्ट पूरा खेल अवधिमा बेञ्चमै रहे । अघिल्लो खेलमा उनी विपक्षी खेलाडीसँग जुधेर मैदानमै ढलेका थिए । झापाका अन्य केही खेलाडी पनि चोटग्रस्त छन् । तर, प्रशिक्षक मोहेडानोले यसलाई लिएर कुनै समस्या नरहेको बताए ।खेल टुंगिएपछि दुवै टिमका अधिकांश खेलाडी अत्यधिक थाकेको पनि देखिए । कम समयमा लगातार खेल्नुपरेपछि त्यसको धपेडी खेलाडीमा स्पष्ट देख्न थापिलएको छ । पोस्टम्याच कन्फ्रेन्समा घुमाउरो भाषा प्रयोग गर्दै स्पेनी प्रशिक्षक मोहेडानोले धेरै गुनासो गर्न खोजे । उनको गुनासो रेफ्रीको निर्णयप्रति अनि लगातार खेल्नुपरेकोमा थियो । यसमै जोडेर उनले दाबी गरे, ‘मलाई यो टिममा विश्वास छ, हामी सही दिशातर्फ निर्देशित छौं ।’आजको खेलललितपुर सिटीविरुद्ध वीरगन्ज युनाइटेड
Sports
15,667