title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।
https://gorkhapatraonline.com/news/52670
काठमाडौँ, माघ  १६ गते । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिनुभयो ।सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ ।यस्तैगरी, बैंकको सीईओका लागि बद्री गुरागाईँ, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानीशङ्कर चापागाईँ, अरुणकुमार ढुङ्गाना र प्रमोदबाबु तिवारीको आवेदन परेको छ ।  उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्’ गरी अन्तर्वार्ताका लागि छनाेट गरिने बैंकले जनाएको छ ।बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो ।
News
58,753
इलाम च्याम्पियन
वसन्तपुरमा भएको प्रदेश १ स्तरीय प्रथम पुरुष फुटबलको उपाधि जिल्ला इलामले जितेको छ  । शुक्रबार फाइनलमा इलामले धनकुटालाई २–१ ले पराजित गरेको थियो  ।
https://ekantipur.com/sports/2019/05/11/155754695475573819.html
तेह्रथुम — वसन्तपुरमा भएको प्रदेश १ स्तरीय प्रथम पुरुष फुटबलको उपाधि जिल्ला इलामले जितेको छ  । शुक्रबार फाइनलमा इलामले धनकुटालाई २–१ ले पराजित गरेको थियो  ।विजेता इलामले १ लाख ५० हजार र धनकुटाले ७५ हजार रुपैयाँ पुरस्कार पाए । इलामको जितमा ३२ औं मिनेटमा शिशिर लेखी र ५८ औं मिनेटमा पासाङ शेर्पाले गोल गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३२ औं मिनेटमा म्यान अफ द म्याच लेखीले हेममणि मगरको पासमा हेडबाट गोल गरेर अग्रता दिलाएका थिए । सामाजिक विकास मन्त्रालय प्रदेश १ ले पहिलो पटक तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्तपुर मैदानमा प्रतियोगिता आयोजना गरेको हो । विजेतालाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद लक्ष्मण तिवारीले पुरस्कृत गरे । प्रदेश १ का १४ जिल्लाका टोली सहभागी थिए ।
Sports
27,320
ओली परिवारद्वारा करोडौँको जग्गादान
झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/105538
लीलाराज खड्का बिर्तामोड, वैशाख १५ गते । झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ । लक्ष्मीप्रसादका ओलीका आफ्ना सन्तानबाट सो जमिन ओलीवंश समन्वय समिति नेपाल, ओलीवंश कुल मन्दिर तथा ओलीवंश सामुदायिक भवनका लागि उक्त जमिन प्रदान गर्नुभएको ओलीवंश समन्वय समिति नेपालका केन्द्रीय सदस्य अनिरुद्ध ओलीले बताउनुभयो । सो जमिन गोपालप्रसाद ओली, राजु ओली, बद्रीप्रसाद ओली, निमेश ओली, अनुप ओली, सुर्यप्रसाद ओली, प्रकाश ओली, सुरज ओली, गङ्गाप्रसाद ओली, गणेश ओली र विनोद ओलीले करोडौँ मूल्यको जमिन ओलीवंश परिवारलाई सामाजिक कार्यका लागि दान गर्नुभएको हो ।यसैबिच दाता परिवारका तर्फबाट विशेष पूजाअर्चनासाथ दान गरिएको जमिनमा सामुदायिक भवन तथा कुलदेउता उपमन्यु गोत्रीय ओलीको मूल मन्दिरसहितको संरचना निर्माणको शिलान्यास सुरु गरिएको छ । दाता परिवार र ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली र जिल्ला अध्यक्ष भवानीप्रसाद ओलीले बन्धु भवन तथा मन्दिरको शिलान्यास गर्नुभयो । सामुदायिक भवन दाता परिवारबाटै सहयोग सङ्कलन गरी बनाइने आयोजक समितिले जनाएको छ ।  यसरी आफ्नो बन्धुका लागि करोडौँको जमिन दान गरेर ओली बन्धुको संस्था विकास र कुलदेउता मन्दिर सामुदायिक भवन बनाउने हौसला प्रदान गरेको भन्दै दाताको सम्मानका लागि पनि जतिसक्दो चाँडो उक्त क्षेत्रमा भवन र मन्दिर बनाइ छाडने ओलीवंश समन्वय समितिका जिल्ला सचिव राजेन्द्र ओलीले बताउनुभयो ।  
News
50,795
बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
https://gorkhapatraonline.com/news/24208
काठमाडौँ, असोज २२ गते । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।  चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री बढी हुने हुँदा व्यवसायीबाट उपभोक्ता ठगिन बाध्य छन् । चाडपर्वका बेला बजारमा व्यवसायीले कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका खाद्यान्न लेबलिङ गर्ने गरेका छन् । विशेषगरी खाद्यान्न, लत्ताकपडा, सवारीसाधनको टिकट काउन्टरमा बढी भीडभाड भई उपभोक्ता ठगिन सक्ने भएकाले पनि ती ठाउँमा अनुगमन बढी केन्द्रित गरिएको निर्देशक भट्टराईको भनाइ छ । विभागले डेढ साताअघिदेखि नै दैनिक चारवटा टोलीले तीन किसिमबाट अनुगमन गरिरहेको छ । हाल विभाग र हेलो सरकारमा आएका उजुरीको अनुगमन, नियमित अनुगमन, आकास्मिक अनुगमन गर्दै आएको निर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थामा दैनिक दुईवटा टोलीले अनुगमन गर्ने गरेकोमा अहिले दैनिक चारवटा टोलीले छुट्टाछुट्टै ठाउँमा गएर प्रत्येकले कम्तीमा पाँचवटा व्यवसायिक प्रतिष्ठानको अनुगमन गरेको छ ।अनुगमन महसुस भएन उपभोक्ता अधिकारकर्मीले सरकारको बजार अनुगमन नियमित भए पनि आम उपभोक्ताले राहतको महसुस गर्न नपाएको बताउँदै आएका छन् । राष्ट्रिय उपभाक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा अहिले पनि मूल्य, नापतौल र गुणस्तरमा असाध्यै समस्या रहेको बताउनुभयो । कानुनले स्थानीय सरकारलाई बजार अनुगमन गरे आआफ्नो तहमा बजार व्यवस्थित गर्ने अधिकार पूर्णरूपमा दिएको छ तर अहिलेसम्म ती तहको भूमिका शून्य प्रायः भएकाले बजार झन् अस्तव्यस्त रहेको उहाँको भनाइ छ । सङ्घीय सरकारअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनमा टेकेर गरिएको अनुगमनलाई सरकारका माथिल्लो निकायबाटै निष्प्रवाही बनाउने काम हुँदै आएको उहाँले आरोप लगाउनुभयो । आमउपभोक्ताले प्रत्यक्ष राहत महसुस गर्नेगरी बजारको तह निर्धारण गर्ने र अति आवश्यकीय वस्तुको न्यूनतम र अधिकतम मूल्य तोक्ने हो भने अहिलेको जस्तो अनुगमन आवश्यक नपर्ने उहाँको सुझाव छ । सुध्रिएन बजारउपभोक्ता संरक्षण विभागको नेतृत्वमा भएको अनुगमन टोलीले मूल्य, गुणस्तर र नापतौलमा केन्द्रित गरेको जनाइएको छ तर पनि बजारमा सुधार भने देखिएको छैन । बजार अनुगमन नियमित हुँदा पनि बजारको अवस्था नसुधारिएको स्वयं सरकारी अधिकारी स्वीकार गर्छन् । विभागका निर्देशक भट्टराई बजार अनुगमन चाडपर्वमा मात्रै होइन, नियमित भइरहेको तर पनि बजारको अवस्थामा सुधार नआएको बताउनुभयो । विभागले चालू आर्थिक वर्षको साउन महिनामा उपत्यकामा २५७ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमध्ये ९१ प्रतिशतमा कुनै न कुनै कैफियत भेटिएको छ । विभागका अनुसार  २०७८ साउनदेखि २०७९ असारसम्म उपत्यकामा अनुगमन गरेका तीन हजार १४७ वटा व्यवसायी फर्ममध्ये दुई हजार ८३५ फर्म कारबाही वा जरिवानामा परेका छन् । अनुगमन गरिएकामध्ये ९० प्रतिशतमा कुनै न कुनै कैफियत भेटिएको थियो । महानिर्देशकको सरुवादशैँमा चाडपर्व लक्षित अनुगमनलाई चुस्तदुरुस्त गराउने बेलामा विभागका महानिर्देशक लीलाप्रसाद शर्माको सरुवा भएको छ । विभागका सबै गतिविधि बुझेको महानिर्देशकलाई दशैँको आएर सरुवा गर्नु उचित नभएको उपभोक्ता अधिकारकर्मी महर्जनले बताउनुभयो । सरकारको यो क्रियाकलापले पनि सरकार उपभोक्ताप्रति जिम्मेवार छैन भन्ने स्पष्ट हुने उहाँको भनाइ छ ।    
News
40,323
मर्यादा विपरीत काम गर्ने दुई शिक्षक पदमुक्त
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।
https://gorkhapatraonline.com/news/109581
सिराज खाननेपालगन्ज, जेठ १४ गते  । पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।पेसागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णकुमार चौधरीले बताउनुभयो ।आइतबार केही अराजक व्यक्तिहरूसँगै शिक्षकद्वय राना र चौधरीले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएको गाउँपालिकाले जनाएको छ ।शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउँदै केही व्यक्तिहरूले कार्यालयमा प्रवेश गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारबाहीका लागि गाउँपालिकाले पत्राचार गरेको जनाएको छ ।शिक्षा क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न गाउँपालिका क्रियाशील रहेको जनाउँदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेकोले शिक्षकहरूलाई विचलित नभएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।उहाँले पदीय आचरण विपरीत काम गर्ने अन्य शिक्षकहरूको पनि पहिचान गरी कारबाही गर्ने बताउनुभयो । पेसागत दायित्व विपरीत काम गरेकोले दुई शिक्षकलाई पदमुक्त गरेको गाउँपालिकाले जनाएको छ ।शिक्षामा अन्य पालिकाहरूभन्दा निकै पछाडि परेको नरैनापुरका विद्यालयहरूमा शिक्षक नियमित नपुग्ने, पुगेपनि अध्यापन नगराउने, हाजिर गरेर अन्य काममा लाग्ने गरेको गुनासाहरू विगतमा पटक पटक सुनिने गरिएको थियो ।तर गत केही समय यता आएर शिक्षा शाखाको कडाइ र पालिकाले पनि विशेष ध्यान दिएकाले विद्यालयहरूको अवस्थामा सुधार हुँदै गएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
News
41,423
फरक क्षमता भएकालाई नमुना मतदान
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो ।
https://gorkhapatraonline.com/news/43585
नवीन सुवेदी सुर्खेत, कात्तिक २० गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो । विगतका निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेपछि यो पटक मत बदर हुनबाट रोक्न मतदाताहरूको घर आँगनमै पुगेर मतदाता शिक्षा दिन थालिएको आयोगले जनाएको छ । नेपाल नेत्रहीन युवा सङ्घ, नेपालको आयोजनामा सुर्खेत वीरेन्द्रनगर – ८ स्थित शिद्धबहिरा स्कुलमा फरक क्षमता भएका व्यक्तिहरूलाई नमुना मतदान प्रक्रियामा सहभागी गराइएको छ । विगतका निर्वाचन प्रक्रियामा मताधिकार प्रयोगमा वञ्चित हुने गरेका नेत्रहीनहरुलाई आफ्नो सुरक्षित मतदान गर्न पाउने अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो । निर्वाचन प्रक्रियाको बारेमा जानकारी नहुँदा मत धेरै मत बदर हुने गरेको नेत्रहीन युवा सङ्घ नेपाल, सुर्खेतका अध्यक्ष शेरबहादुर ओलीले बताउनुभयो । पूर्ण र आंशिकरुपमा आँखाको दृष्टि गुमाएकाहरूलाई नमुना मतदानले आगामी निर्वाचनमा आफ्नो मताधिकार सुरक्षित गर्न सहज हुने बताउनुभयो ।  मत कसरी हाल्ने भनेर विगतमा कसैले नसिकाउँदा मतदानको दिन अन्यौलता नमुना मतदानमा सहभागी हुँदा धेरै कुरा बुझ्ने अवसर पाएको सहभागीहरूको प्रतिक्रिया छ ।मतदानको अनुभव नै नभएका नागरिक पनि पहिलो पटक भोट दिन पुगेका हुन्छन् । तर, भोट कसरी दिने भन्ने राम्रोसँग जानकारी नभएकाले मत बदर हुने सम्भावना देखिँदा मत बदर हुनबाट रोक्न नमुना मतदानको आयोजना गरिएको नेत्रहीन युवा सङ्घ नेपालका कार्यक्रम संयोजक वसन्त जैशीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा पनि नागरिकलाई निर्वाचन शिक्षा दिने गरिएको थियो । तर यो पटक पनि टोल बस्तीमै पुगेर मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउने, अशक्त व्यक्तिहरूका लागि सहयोगीले कसरीले सघाउने भन्ने विधि सिकाउने गरिएको छ ।कर्णालीमा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ २४ प्रत्यक्ष सिट रहेको छ । प्रदेशका १० जिल्लामा कुल १० लाख आठ हजार चारसय तीन मतदाता छन् । प्रदेशभर ९३३ मतदान स्थलमा एक हजार चारसय दुई मतदान केन्द्र तोकिएको छ । 
News
60,627
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।
https://gorkhapatraonline.com/news/46701
रामपुर (पाल्पा),  मङ्सिर १६ गते । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।हाललाई कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ । विद्यालयको प्राङ्गणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताउनुभयो ।“नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुँदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।”गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउनुहुन्छ । नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हुँदै गएको छ । अहिलेलाई कक्षा ९ का विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ ।घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो ।शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हुँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताउनुभयो ।“विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्”, उहाँले भन्नुभयो ।थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ । लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । विस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ । छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ । कक्षा ९ मा हाल ४० विद्यार्थीमध्ये १३ छात्रा र २७ छात्र अध्ययनरत छन् ।मन्टेश्वरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल एक हजार २० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्राङ्गणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन् ।विद्यालयको आन्तरिक स्रोत र नेपाल–भारत सहयोगमा दुई स्कुल बस नियमित सञ्चालनमा छन् । विद्यालयमा रामपुरबाहेक स्याङ्जाको दामाचौर, माडी, साँखर र तनहुँको अत्रौली, पुट्टार क्षेत्रका विद्यार्थी दैनिकरूपमा बसमा विद्यालय आउँछन् । स्कुल बसको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन् । मन्टेश्वरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विद्यालयमा नै एक कर्मचारी व्यवस्था गरी खाजा बनाएर खुवाउने गरिएको छ । यहाँ ५२ शिक्षक कर्मचारी कार्यरत छन् ।
News
39,863
चुनावी गठबन्धन नगर्ने विषयले कांग्रेस महासमिति तरंगित
कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक ललितपुरको गोदावरीस्थित सिटी हलमा आज सोमबारदेखि सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महासमिति बैठकमा भाग लिन देश तथा विदेशबाट गरी २ हजार १ सय ४९ प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।
https://ekantipur.com/news/2024/02/19/the-issue-of-not-making-an-electoral-alliance-shook-the-congress-general-committee-19-18.html
काठमाडौँ — कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक ललितपुरको गोदावरीस्थित सिटी हलमा आज सोमबारदेखि सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महासमिति बैठकमा भाग लिन देश तथा विदेशबाट गरी २ हजार १ सय ४९ प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १ हजार ७ सय ८०, केन्द्रीय कार्यसमितिका १ सय ६५ सदस्य, विदेशस्थित जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका जिल्लाबाट ४६ जिल्ला सभापति बैठकमा सहभागी हुन लागेका हुन् । भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुनेछन् ।पार्टीको वैचारिक धारणा तय गर्न नीति अधिवेशनकै रूपमा बोलाइएको महासमिति बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने रणनीतिक विषयमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच मतान्तर बढेको छ । भविष्यमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेमा पार्टी सभापति र महामन्त्री थापाबीचको मतान्तरले सिंगो महासमिति नै ध्रुवीकरणउन्मुख हुन थालेको नेताहरूले बताएका छन् । पार्टीको नीति तथा कार्यक्रम, संगठन र समसामयिक गरी महासमितिमा मुख्य तीन वटा दस्ताबेजहरू प्रस्तुत हुँदै छन् । उपसभापति एवं सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति, महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिका विषयमा छुट्टाछुट्टै दस्ताबेज प्रस्तुत गर्ने भएका छन् । खड्का र शर्माको दस्ताबेज परिमार्जनसहित टुंगिए पनि महामन्त्री थापाको दस्ताबेजमा प्रस्तावित चुनावी गठबन्धनको विषयसहितका केही प्रावधानलाई लिएर सभापति देउवाले परिमार्जन हुनुपर्ने अडान लिएका छन् । त्यसलाई लिएर उपसभापति खड्काको पहलमा पदाधिकारीहरूबीच दुई दिनदेखि छलफल जारी छ । महामन्त्री थापा आइतबार रातिसम्म पनि चुनावी गठबन्धनका विषयमा टसमस छैनन् । गठबन्धनले पार्टीको लोकप्रिय मत घटेको निष्कर्षसहित भविष्यमा कुनै पनि चुनावी गठबन्धनमा सामेल नहुने थापाको प्रस्तावमा उल्लेख छ । अर्का महामन्त्री शर्माले महासमिति बैठक सुरु हुने बेलासम्ममा सबै दस्ताबेजमा सहमतिकै आधारमा प्रस्तुत हुने दाबी गरे । भविष्यमा चुनावी गठबन्धन गर्न नहुने पक्षमा दुवै महामन्त्री एकै ठाउँमा रहे पनि शर्मा अहिल्यै निर्णय लिन नहुने पक्षमा छन् । तर, थापा भने अहिल्यै पार्टीले नीतिगत बहस बनाउनुपर्ने पक्षमा छन् । यो मुद्दामा थापा र शर्माकै मत बाझिएको छ । यसैका आधारमा थापासँग नीतिगत असमझदारी भने नहुने शर्माको भनाइ छ । ‘८४ सालको चुनावमा गठबन्धन गर्न हुन्न, एक्लै चुनाव लड्नुपर्छ भन्ने मुद्दामा गगन र मेरोबीचमा सार एउटै हो । तर, यसलाई लिएर दुई थरी विचार प्रकट भइसकेपछि दुई थरी मतकै पदाधिकारीको हैसियतले सम्मान गर्नुपर्छ । चुनाव आउन अझै चार वर्ष बाँकी छ भने अहिल्यै यस सम्बन्धमा निर्णय नगरे पनि हुन्छ भन्ने भनाइ मात्रै मेरो हो,’ शर्माले कान्तिपुरसँग भने, ‘यसै विषयलाई लिएर हामी दुई महामन्त्रीबीचमा कुनै मतान्तर छैन । हामी सारमा कांग्रेस बदल्ने र देश बनाउने कुरामा एक ठाउँमा छौं र हुन्छौं । पदका लागि र विचारमा पनि हामीबीच कुनै द्वन्द्व छैन ।’गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्न भने थापा तयार देखिएका छन् । ‘हाम्रो निर्वाचन प्रणालीको सीमाले गर्दा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि तालमेल गर्ने कुरा स्वाभाविक हुन सक्छ तर निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै हामी संकल्प गर्छौं कि– ‘नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन (प्रिइलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन,’ थापाको प्रस्तावित दस्ताबेजमा उल्लेख छ । सभापति देउवाले थापाको यो प्रस्तावलाई सत्ता गठबन्धनको भविष्यसँग जोडेर परिमार्जन गर्न दबाब दिएको संस्थापनपक्षीय एक नेताले बताए । ‘अहिल्यै गठबन्धन नगर्ने नीति पारित गरेर जाने हो भने माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर सरकार बनाउन सक्ने चिन्ता सभापतिलाई छ,’ ती नेताले भने, ‘यो पार्टीको सिद्धान्त नभएर रणनीतिक कार्यदिशा मात्रै भएकाले जतिबेला जस्तो परिस्थिति हुन्छ, त्यतिबेलै निर्णय गर्न उचित हुन्छ । तर, महामन्त्रीजी मानिरहनुभएको छैन । महासमितिले पारित गरोस् वा नगरोस् तर छलफलको एजेन्डा बनाउनुपर्छ भन्ने अडानमा हुनुहुन्छ ।’थापाको प्रस्तावमा आगामी १५ औं महाधिवेशनको तालिका, प्रिइलेक्सनबाट उम्मेदवार छनोट र महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था खारेजलगायतका विषयमा परिमार्जन हुनुपर्ने संस्थापन पक्षको अडान थियो । महाधिवेशनको तालिका केन्द्रीय कार्यसमितिको अधिकार क्षेत्रको विषय भएको र अरू विषय विधान संशोधनसँग जोडिएकाले यी विषयलाई मध्यमार्गी बाटोबाट समाधान खोज्न थापा तयार देखिएका छन् । विधानअनुसार कांग्रेसका केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यकाल चार वर्षको हुनेछ । चार वर्ष पुग्ने ०८२ को मंसिरमा चुनाव गराउने प्रस्ताव थापाको छ । चार वर्षभित्रमा नै महाधिवेशन गर्ने र विधानसँग जोडिएका विषयलाई संशोधनका बेला गाइडलाइनका रूपमा लिने गरी प्रस्ताव परिमार्जन गर्न थापा सकारात्मक भएका छन् । कांग्रेसका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकका अनुसार मिल्न बाँकी मुख्य कुरा नै भविष्यमा चुनावी गठबन्धनमा जाने कि नजाने भन्ने हो । ‘चुनाव आउन अझै चार वर्ष बाँकी छ । चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने तत्कालीन रणनीतिको विषय हो । गरे कुन पार्टीसँग गर्ने भन्ने कुरा गठबन्धनको आवश्यकता, औचित्य र समसामयिक सन्दर्भ हेरेर गर्नुपर्ने हुन्छ,’ लेखकले भने, ‘अहिल्यैदेखि हात बाँध्ने काम नगरौं । एक्लै बहुमत ल्याउने दिशामा क्षमता बनाऊ । गठबन्धन गर्दै नगरौं र हमेसा गठबन्धन मात्रै गर्छौं भन्ने दुवै कुरा महासमितिमा ल्याउन उचित छैन ।’यता नेता शेखर कोइरालाले चुनावी गठबन्धन, निर्वाचन प्रणाली संशोधनलगायतका मुद्दामा सदस्यहरूलाई खुलेर धारणा राख्न आग्रह गरेका छन् । कोइराला पक्षले आइतबार राखेको चियापान कार्यक्रममा बोल्दै उनले सभापतिलाई शक्तिशाली बनाउने, प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने, स्वतः महाधिवेशन प्रतिनिधि नहुनेलगायतका प्रावधानमा भने संशोधन गर्नुपर्ने संकेत गरे । कोइरालाले ०८२ मंसिरमा पार्टीको १५ औं महाधिवेशन गराउने प्रस्ताव र भविष्यमा कुनै पनि तहको चुनावमा गठबन्धन नगर्ने प्रस्तावित नीतिको समर्थन गरे । ‘कांग्रेसले आफ्नो मौलिकता गुमाउँदै गइरहेको त छैन ? हाम्रा अग्रज नेताहरूले स्थापित गरेको पार्टीको मौलिक विचारलाई गठबन्धनको छायामा राख्न खोजिएको त होइन ? कोइरालाले भने, ‘म जिल्ला जाँदा साथीहरू सधैं हामी कम्युनिस्टका पछि लागेर जाने हो भन्ने छ । हामी एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ । स्थानीय, प्रदेश र केन्द्रमा सरकारमा छौं । तर, हाम्रो भोट प्रतिशत घटेको अवस्था छ । ३४, ३५ प्रतिशतबाट घट्दै २७ प्रतिशतमा आएको छ । यसमा विश्लेषण भएको छैन । त्यसैले अब गठबन्धन हुनु हुँदैन ।’ उनले निर्वाचन प्रणाली बदल्नुपर्ने र त्यसका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । महामन्त्री शर्माले एउटै व्यक्ति राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्था पहिलोपल्ट दस्ताबेजमार्फत महासमिति बैठकमा प्रस्तुत गर्दै छन् । त्यस्तै प्रदेशमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन पटक र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्था उनको दस्ताबेजमा प्रस्ताव छ । ‘परिमार्जन गर्दा पनि यो प्रस्ताव कायम राखिएको छ, महासमितिबाट यस विषयमा नीतिगत धारणा बनाउन यो प्रावधान प्रस्ताव गरिएको हो । पारित भएपछि नीति बन्छ । र, यसको अनुसरण सुरु हुन्छ,’ शर्माले भने । उनले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने प्रावधानलाई भने एकैचोटि देशभर लागू नगरेर पाइलट प्रोजेक्टका रूपमा सुरुमा सात वटै प्रदेशको पाँच/पाँच ठाउँबाट सुरु गर्ने योजनासहितको प्रस्ताव अघि सारेका छन् । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार दस्ताबेजमाथिको छलफल र सहभागिताका लागि महासमितिको उद्घाटनपछि समूह विभाजन गरेर छलफल गरिने बताए । ‘तराई, मधेश, हिमाल क्षेत्र सबैको प्रतिनिधित्व मिलाएर समूह विभाजन हुनेछ । अधिकतम प्रतिनिधि सदस्यहरू बोल्न पाऊन् भन्ने हिसाबले कम्तीमा चार वटा समूह बनाएर छलफल हुनेछ । यसो गर्दा साठी प्रतिशत बढी सदस्यले बोल्न पाउने अपेक्षा छ,’ उनले भने, ‘यो महासमितिले वर्तमान राजनीतिक परिवेश र पार्टीको कार्यदिशालाई सम्बोधन गरेर प्रस्ट विचार लिन्छ । जनताको अवस्था परिवर्तनका लागि थप विश्वास दिलाउँछ ।’
News
5,546
प्रोफेस्नल मास्टर्ससँग बुटवल युथ पराजित
रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत् ग्रुप बी को खेलमा बुधबार प्रोफेस्नल मास्टर्स-११ ले बुटवल युथलाई पराजित गरेको छ ।
https://ekantipur.com/sports/2024/03/13/butwal-youth-defeated-professional-masters-34-52.html
तिलोत्तमा — रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत् ग्रुप बी को खेलमा बुधबार प्रोफेस्नल मास्टर्स-११ ले बुटवल युथलाई पराजित गरेको छ ।प्रोफेस्नलले बुटवल युथलाई ३ सय ७९ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको प्रोफेस्नलले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ४ सय ५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि मोहम्मद हुसेनले शतकीय पारी खेल्दै शानदार १ सय ४४ बनाए । त्यस्तै, मिथिलेस यादवले ८९, अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२ र जयप्रताप यादवले २५ रन नटआउट जोड्न सफल भए । प्रोफेस्नलले अतिरिक्त मात्रै ५७ रन पाएको थियो । बलिङमा बुटवल युथका अनिल चौधरीले ३ प्रवीन ढकाल २, बीनित अधिकारी २, सोनु मल्लह र अभिषेक पटवाले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको बुटवल युथ १८.१ ओभर मा ७७ रन बनाउँदै अलआउट भयो । उसका लागि बीनित अधिकारीले ३३ र अजय चौधरीले १५ र बनाए अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । बुटवललाई झिनो स्कोरमा रोक्न बलिङमा प्रोफेस्नलका मो. हुसेनले ३, अजय त्रिपाठी २, जय प्रताप यादवले २ विकेट लिँदा तुशार चौहान तथा अमन कुमार यादव ले १–१ विकेट लिए । खेलमा प्रोफेस्नलका मोहम्मद हुसेन प्लेयर अफ द म्याच भए । बिहीबार शंकर नगर क्रिकेट क्लब र लुम्बिनीबीच खेल हुने रुपन्देही क्रिकेट संघका सचिव सन्जय गुरुङले जानकारी दिए ।
Sports
14,364
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/71725
काठमाडौं, साउन ४ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पार्नुभयो ।पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उहाँको भनाइ छ ।“गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष रु एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो ।अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उहाँले बताउनुभयो । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।“अहिले बैङ्किङ प्रणालीमा रु ८८ अर्ब ५४ करोड अधिक तरलता  छ, उहाँले भन्नुभयो । उहाँका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।गभर्नर अधिकारीले हाल चालु खाता घाटा रु ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताउनुभयो । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैङ्कले उचित निर्णय लिने पनि उहाँको भनाइ छ ।“घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो”, उहाँले भन्नुभयो, “मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौँ ।” आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उहाँको भनाइ छ ।कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैङ्कको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।अर्थ समितिको आजको बैठकमा अर्थसचिव अर्जुनकुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्य वृद्धिदर नियन्त्रणमा राख्ने विषयलाई मौद्रिक नीतिले पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका लागि बजेटले राखेका योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । रासस
News
37,340
तीन खेलाडीको संयुक्त अग्रता
फिडेमास्टर रूपेश जयसवाल, पूर्वनेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुलातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।
https://ekantipur.com/sports/2023/04/20/168195299452971053.html
काठमाडौँ — फिडेमास्टर रूपेश जयसवाल, पूर्वनेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुलातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।उद्घाटन खेलमा मंगलबार सुरुवाती जित हासिल गरेका रूपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रूपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं चालसम्म खेल बराबरी अवस्थामा ल्याउन सकेका उनले ४१ औं चालदेखि आफ्नो पकड बनाए । ५४ औं चालमा केशवलाई खेल त्याग्न बाध्य तुल्याए ।सुरवीरले फिडेमास्टर क्षितिज भण्डारीलाई प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा पराजित गरी जितयात्रा कायम राखे । सुरवीरले सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले । आक्रामक प्रत्याक्रमण भएको खेल ३३ औं चालसम्म बराबरी अवस्थामा थियो । ३४ औं चालमा क्षितिजको कमजोरीको फाइदा उठाएर अघि बढेका सुरवीरले ५७ औं चालमा खेल आफ्नो पक्षमा पारे ।उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे । सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले आक्रामक देखिएका राजनलाई केही समयमै दबाबमा राख्न सके । १४ औं चालपछि नै राजन खेलमा पछि परिसकेका थिए । ३९औं चालमा पुरुषोत्तमको जित निश्चित भयो । दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साविक विजेता पुरुषोत्तम चौलागाईं भने लगातार दोस्रो खेलमा असफल रहे । पहिलो चरणमा राजन सुवेदीसँग हारेका उनी दोस्रो चरणमा बुधबार झापाका प्रकाश नेपालसँग पराजित भए । पहिलो चरणमा सुरवीर लामासँग पराजित भएका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ पनि अंकविहीन छन् । राजन सुवेदी, राजन पुरी, प्रकाश नेपाल र क्षितिज भण्डारीले १ अंक जोडेका छन् ।महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनी, रिया श्रेष्ठ, सुशीला गुरुङ र शान्ति धिमाल लगातार दोस्रो चरणमा जित निकाल्दै २ अंकका साथ संयुक्त रूपमा शीर्ष स्थानमा छन् । सुजनाले पूजा भण्डारीलाई हराइन भने सुशीलााले साविक विजेता सिन्दिरा जोशीलाई पन्छाइन् ।सुजना र पूजाको खेल रोमाञ्चक रह्यो  । क्विन्स ग्याम्विट प्रणालीमा खेल सुरु गरेकी सुजनाले लगातार आक्रमण गरिन् । रक्षात्मक बन्न बाध्य पूजाले ३१ औं चरणसम्म आउँदा सुजनालाई कडा टक्कर दिएकी थिइन् । एउटा ठूलो कमजोरीले उनी खेलमा पछि परिन् भने सुजनालाई नतिजा सुम्पन बाध्य रहिन् । रियाले पूजा सिंखडालाई पराजित गरिन् भने शान्ति धिमालले मार्सल तामाङमाथि जित निकालिन् । महिलातर्फ चितवनकी लक्ष्मी कँडेल र पूजा भण्डारीको १–१ अंक छ ।
Sports
17,648
बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउँछौं : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताएका छन् । सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयतालाई सबल बनाउन संघ सरकारले साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने बताएका हुन् ।
https://ekantipur.com/news/2024/05/10/we-will-strengthen-federalism-by-revising-budget-policies-and-agendas-prime-minister-dahal-04-03.html
सल्यान — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताएका छन् । सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयतालाई सबल बनाउन संघ सरकारले साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने बताएका हुन् ।प्रधानमन्त्री दाहालले भने, ‘योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेछ ।’ प्रधानमन्त्री दाहालले जाजरकोटलाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट, रुकुम र सल्यानमा क्षति भएको घर पुनर्निर्माणका लागि सरकार गम्भीर रहेको बताए । पर्याप्त बजेट विनियोजन गर्न नसक्दा अझै पनि भूकम्पपीडितहरु त्रिपालमा बस्न बाध्य भएको उल्लेख गर्दै उनले आउँदा दिनमा समस्या समाधान गरिने बताए । ‘नयाँ आर्थिक वर्षको लागि शुक्रबारदेखि नै बजेट विनियोजनको लागि छलफल कार्यक्रम हुनेछ । छलफल कार्यक्रममार्फत क्षति भएका भवन पुनर्निर्माणका लागि विशेष ध्यान दिइनेछ । भौतिक संरचनामात्र नभई विद्युतीकरण, आधारभूत स्वास्थ्य, कृषि, पशुपालनमा संघीय सरकार गम्भीर हुनेछ,’ उनले भने । समानीकरण अनुदान घट्दै गएको भए पनि आउँदा दिनमा अनुदान घट्न नदिने उनले प्रतिबद्धता जनाएका थिए । कर्णाली प्रदेशको तीव्र विकासका लागि एक प्याकेज कार्यक्रम ल्याइने र त्यसले कर्णालीवासीको आर्थिक विकासमा हुने प्रधानमन्त्री दाहालले बताएका थिए । २०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान अहिलेसम्म १५ शय्यामा सीमित रहेकाले त्यसलाई विस्तार गरेर ५० शय्यामा पुर्‍याउने, सल्यानको सबैभन्दा पहिलो सल्यान बहुमुखी क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिकता दिइने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए । यस्तै सल्यानको दार्मा गाउँपालिकाको केन्द्र फारुला छोएर रोल्पा, सल्यान, रुकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाको रारा जोड्ने सडकको स्तरवृद्धिका लागि सरकारको तर्फबाट आवश्यक पहल गरिने र दार्मालाई दूध पकेट क्षेत्र घोषणाको लागि संघीय सरकारले विशेष कार्यक्रम अगाडि बढाउने समेत प्रधानमन्त्री दाहालले विश्वास दिलाए । प्रशासकीय भवन उद्घाटन गर्न पाउँदा सिंहदरबारको सेवा गाउँगाउँमा पुगेको अनुभूति भएको उनको भनाइ थियो । सिंहदरबारको सेवा गाउँ गाउँमा पुगेपछि स्थानीय सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिन उनले जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशनसमेत दिएका थिए । जनयुद्धकालमा भएका जग्गा पासका विषयमा विभिन्न किसिमका समस्या आएकाले त्यसको समाधानको लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धतासमेत उनले जनाएका थिए ।
News
3,514
कुशे गाउँपालिकाका-५ बालमैत्री वडा घोषणा
जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले
https://gorkhapatraonline.com/news/67381
सहदेव बस्नेत जाजरकोट, जेठ २९ गते । जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । घोषणासँगै यो वडा जिल्लाको पाँचौँ र कर्णाली प्रदेशको १६ औँ बालमैत्री वडाको रूपमा दर्जा भएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख दल बहादुर सिंहले बालमैत्री वडा घोषणा गर्नुभएको हो । त्यस्तै, विशेष अतिथि एवं पालिका अध्यक्ष हरि चन्द्र बस्नेतले वडा अध्यक्ष हरि बहादुर सिंहलाई बालमैत्री वडा घोषणा भएको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।गाउँपालिका अध्यक्ष हरि चन्द्र बस्नेतले बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पुरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको बताउनुभयो । ५१ वटा सूचक अन्तर्गत ९५ प्रतिशतभन्दा बढी सूचक पुरा गरेकोले सो वडा बालमैत्री घोषणा गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । बालबालिकामैत्री वडा हुन बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पुरा गर्नुपर्ने प्रावधान छ । पहाडी क्षेत्र विकास अभियानका निर्देशक रण बहादुर कार्कीले बालमैत्री वडा निर्माणमा साझेदार संस्थाको तर्फबाट वडालाई प्राविधिक रूपमा सहजीकरण गरिएको बताउनुभयो। वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा तथा  साझेदार संस्थाहरू सेभ द चिल्ड्रेन (पहाडी क्षेत्र विकास अभियान जाजरकोट, कारितास नेपाल, युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।कार्यक्रममा बालमैत्री वडा निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै साझेदार संस्थाहरू सेभ द चिल्ड्रेन ,पहाडी क्षेत्र विकास अभियान जाजरकोट, कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट लाई कदरपत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा बालबालिका तथा स्थानीयहरूले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनी गरेका थिए ।वडा नम्बर ५ का वडा अध्यक्ष हरि बहादुर सिंहको अध्यक्षता, जिल्ला समन्वय उपप्रमुख दल बहादुर सिंहको प्रमुख आतिथ्यता तथा कुशे गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेत, उपाध्यक्ष देविका कुमारी सिंह जिल्ला तथा नगरपालिकास्थित विभिन्न सरोकारवाला निकायहरू, दातृ निकायका प्रतिनिधिहरू लगायतको उपस्थितिमा बालमैत्री वडाको रूपमा घोषणा गरिएको हो । 
News
55,761
सहकारी बैङ्कको तरलता आठ अर्बमाथि
समग्र सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कमा आठ अर्ब आठ करोड १० लाख रुपियाँ तरलता पुगेको छ । बैङ्कमा तरलता १९.८६ प्रतिशतले भएको छ । गत कात्तिकको तुलनामा मङ्सिर महिनामा बैङ्कको तरलता १९.८६ प्रतिशतले बढोत्तरी भई आठ अर्ब आठ करोड १० लाख रुपियाँ पुगेको हो । कात्तिकमा बैङ्कसँग सात अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता रहेको थियो ।
https://gorkhapatraonline.com/news/49039
काठमाडौँ, पुस ११ गते । समग्र सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कमा आठ अर्ब आठ करोड १० लाख रुपियाँ तरलता पुगेको छ । बैङ्कमा तरलता १९.८६ प्रतिशतले भएको छ ।गत कात्तिकको तुलनामा मङ्सिर महिनामा बैङ्कको तरलता १९.८६ प्रतिशतले बढोत्तरी भई आठ अर्ब आठ करोड १० लाख रुपियाँ पुगेको हो । कात्तिकमा बैङ्कसँग सात अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता रहेको थियो ।कात्तिकको तुलनामा बैङ्कको निक्षेप तथा कर्जा लगानीमा भने केही कमी आएको छ । मङ्सिर महिनामा ४० अर्ब ६८ करोड १० लाख रुपियाँ बचत सङ्कलन गरी ३४ अर्ब ७९ करोड ४८ लाख रुपियाँ कर्जा लगानी गरेको बैङ्कको विवरणमा उल्लेख छ । अघिल्लो महिना अर्थात् कात्तिकमा बैङ्कले ४० अर्ब ७० करोड ७९ लाख बचत सङ्कलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपियाँ ऋण प्रवाह गरेको थियो ।अध्यक्षमा उप्रेती निर्विरोधराष्ट्रिय सहकारी बैङ्कको अध्यक्षमा केबी उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । आगामी पुस १६ गते हुने बैङ्कको निर्वाचनसहितको साधारण सभाका लागि उम्मेदवारी मनोनयनमा उहाँको मात्रै मनोनयन परेपछि उप्रेती निर्विरोध हुनुभएको हो ।   
News
39,606
५० सेकेेन्ड पेनाल्टीको मूल्य
नेपाली टिमलाई स्ललोममा कमजोर मानिएको थियो । बिना गल्ती लगातार सात गेट पार गरेर पनि आठौंमा कप्तान सुरज गुरुङ गेट पार गर्न असफल भएपछि नेपाली टिम ५० सेकेन्ड पेनाल्टी (कारबाही) मा पर्‍यो ।
https://ekantipur.com/sports/2019/05/19/155823455897923585.html
अस्ट्रेलिया — नेपाली टिमलाई स्ललोममा कमजोर मानिएको थियो । बिना गल्ती लगातार सात गेट पार गरेर पनि आठौंमा कप्तान सुरज गुरुङ गेट पार गर्न असफल भएपछि नेपाली टिम ५० सेकेन्ड पेनाल्टी (कारबाही) मा पर्‍यो ।डुंगाको पछिल्लो भागले पोल छुँदा ११ औं गेटमा पनि ५ सेकेन्ड गुमाएपछि नेपाली टिम क्वीन्सल्यान्डस्थित टली नदीमा भइरहेको १८ औं विश्व र्‍याफि्टङ च्याम्पियनसिपको तेस्रो दिन शनिबार स्ललोममा १३ औं स्थानमा सीमित भयो ।१४ गेट पार गर्नुपर्ने स्ललोममा दुई चरणमा प्रदर्शन गर्न पाइन्छ । त्यसमध्ये एक उत्कृष्ट समयबाट स्पर्धामा निर्णय लिइन्छ । कप्तान सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र सुनील गुरुङ (वैकल्पिक) को नेपाली टिमले पहिलो चरणमा ११८.२० सेकेन्डमा दूरी पार गरेको थियो । त्यसैमा ५५ सेकेन्ड पेनाल्टीमा परेपछि नेपालको समय १७३.२० सेकेन्ड निस्कियो ।'लाइन (पानीको बहाव) समात्न नसकेपछि आठौं गेटमा गाह्रो भयो,' शक्तिले भने, 'तैपनि त्यसमा पेनाल्टीमा पर्छौं भन्नेमा शंका थियो तर ५० सेकेन्ड गुमायौं । ११ औं गेटमा पनि ५ सेकेन्ड पेनाल्टीमा परेको पछि मात्रै थाह भयो ।' डुंगाको दाँयातर्फ तेस्रो क्रममा प्याडल चलाइरहेका कप्तान सुरजले भने, 'प्रयास गर्दागर्दै पूरै टाउको गेटभित्रबाट पार गराउन सकिएन । त्यसैले ५० सेकेन्ड पेनाल्टीमा पर्‍यौं । पहिलो चरणमा अरु गेटमा प्रदर्शन राम्रै रहेको थियो ।'१६ देशमध्ये नर्वे, रोमानिया र कोलम्बियालाई पछाडि परेको नेपाली टिमको प्रदर्शनबारे सुरजले थपे, 'दोस्रो चरणमा पहिलो गेटमै पेनाल्टीमा परेपछि सम्हालिन सकेनौं ।' दोस्रो चरणमा नेपाली टिम पहिलो गेटमै ५ सेकेन्ड पेनाल्टीमा परेपछि लयमा फर्किन सकेन । चौथो, ५, ६, ७, ११ र १४ औं गेटमा ५(५ सेकेन्ड गुमायो । १२ औं होलमा ५० सेकेन्ड पेनाल्टीमा परेपछि २०७.८८ सेकेन्ड रह्यो । त्यसैले नेपाली टिम पहिलो चरणकै समयको आधारमा स्ललोममा १३ औं स्थानमा रह्यो ।हेड टु हेडमा क्वाटरफाइनलमै स्तब्ध भएको डिफेन्डिङ च्याम्पियन ब्राजिलले १०२.७२ सेकेन्डसाथ स्ललोममा स्वर्ण पदक जित्यो । रुस (१०९.७१ सेकेन्ड) ले रजत र चीन (११४.६१ सेकेन्ड) ले कांस्य पदक हात पारे । यसअघि ब्राजिलले स्पि्रन्ट र चीनले हेड टु हेडमा स्वर्ण जितेको थियो । चेक गणतन्त्र, न्युजिल्यान्ड, जर्मनी, जापान, कोस्टारिका, अस्ट्रेलिया, क्यानडा, इन्डोनेसिया र अमेरिका स्ललोममा नेपालभन्दा अगाडि रहे । दुई वर्षअघि जापानमा पनि नेपाली टिम १३ औंमा रहेको थियो ।आर ६ तर्फको यस विश्व च्याम्पियनसिपकै मुख्य आकर्षण मानिएको पुरुष खुलामा स्पि्रन्ट (१०∞), हेड टु हेड (२०∞), स्ललोम (३५∞) र डाउन रिभर (३५∞) गरी चार स्पर्धामा सर्वाधिक अंक बटुल्ने टिम च्याम्पियन हुने गर्छ । स्ललोममा १३ औं स्थानमा रहँदा त्यसमा नेपालले १९३ अंक पायो । आठौं गेटमा पेनाल्टीमा नपरेको भए नेपाल शीर्ष आठमा रहने थियो । ११ औं गेट पारलगत्तै ढुंगामा ठोक्किएपछि डुंगालाई फर्काउन पनि समय लाग्यो । त्यसैले नेपाली टिम समग्र (ओभरअल) मा तीन स्थान ओर्लदै १२ औंमा पुग्यो ।नेपाल स्पि्रन्टमा पाँचौं र हेड टु हेडमा नवौं भएको थियो । अन्तर्राष्ट्रिय र्‍याफि्टङ महासंघ (आईआरएफ) ले मार्च, २०२० चिलीमा आमन्त्रण विश्व र्‍याफि्टङ कपमा यस विश्व च्याम्पियनसिपमा शीर्ष आठ टिम छनोट हुनेछन् । त्यसमा छनोट हुनलाई नेपाली टिमले विश्व च्याम्पियनसिपको अन्तिम दिन आइतबार डाउनरिभरमा उत्कृष्ट प्रदर्शन गर्दै ठूला टिमलाई उछिन्न आवश्यक छ ।
Sports
27,258
श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती
‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ ।
https://gorkhapatraonline.com/news/92160
ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस २३ गते । ‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ । म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानकी कृषक सरिताका श्रीमान् आचार्य कृषि पेसा छाडेर दुबई जानुभयो । त्यहाँ सात वर्ष बिताउनुभयो । विदेश गएका श्रीमानलाई गाउँ फर्किन सरिताले निरन्तर दबाब दिनुभयो । आचार्य गाउँ फर्किएर अहिले कृषिमा पेसामा रमाउनुभएको छ । आफ्नै माटोमा पसिना पोख्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्दछ भन्ने भनाइलाई आचार्य दम्पतीले गलत साबित गरिदिएका छन् । बाइस वर्षदेखि निरन्तर रूपमा ताजा तरकारी उत्पादन गर्दै आएका छौँ सरिताले भन्नुभयो, ‘‘यही कृषि पेसामा दुबै जना रमाउने हो ,कमाउने पनि हो, विदेश गए पनि दुःख नै हो । त्यहाँ पनि सुख छैन । त्यसैले मैले श्रीमानलाई गाउँ फर्काएँ ।’’ अहिले दुबै जना मिलीजुली कृषि पेसा गरेका छौँ यसैमा हाम्रो परिवार सन्तुष्ट छ उहाँले भन्नुभयो । यही पेसाबाट छोराछोरीलाई सहर बजारका राम्रा कलेजहरूमा पढाएको उहाँले बताउनुभयो । धेरै पैसा कमाउने लोभमा कृषि पेसालाई छाडेर विदेश पुगेको थिएँ, कृषक आचार्यले भन्नुभयो, ‘‘ अर्काको मुलुकमा श्रमको सम्मान नहुने रहेछ । विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नुपर्दछ भनेर फर्किए । त्यहाँ बस्न मनले मानेन । अहिले कृषि पेसाबाट राम्रो कमाई हुनुका साथै सम्मान पनि मिलेको छ ।’’ दुःखसुख  परिवारसँगै बस्न पाएका छौँ तरकारी बिक्री गरेर कमाई पनि राम्रो भएको छ आचार्यले भन्नुभयो । आचार्य दम्पतीले  सल्यानको फाँटमा तरकारी खेती गर्नका लागि दश रोपनी जमिन वार्षिक रूपमा पैसा बुझाउने गरी भाडामा लिनुभएको छ । भाडाको जमिन र आफ्नो गरी करिब १५ रोपनी क्षेत्रफल भएको खेतमा काउली, ब्रोकाउली, आलु र गोलभेँडा लगाउनुभएको छ । ५ रोपनी खेतमा लगाएको काउली बिक्री गर्ने भएको छ । काउली टिपेर बजार लैजान आचार्य दम्पतीलाई यतिखेर भ्याईनभ्याइ छ । काउलीको बजारमा अहिले ४० देखि पचास रुपियाँ प्रतिकेजीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । काउली बिक्री गरिसकेपछि बन्दा, गोलभेँडा र आलु बिक्रीका लागि तयार हुने उहाँको भनाइ छ । गाउँ फर्किएपछि पनि निरन्तर रूपमा १२ वर्षदेखि  तरकारी गरेको बताउने आचार्यले  वार्षिक रूपमा १२ देखि १५ लाख रुपियाँसम्मको तरकारी बिक्री गर्ने बताउनुभयो । ‘‘मल, बिउ, मजदुरलगायत सबै खर्च कटाएर ६ देखि ८ लाखसम्म बचत हुन्छ । परिश्रम गर्न सके राम्रो आम्दानी लिन सकिन्छ । पैसा कमाउनकै लागि विदेश जानुपर्दछ भन्ने छैन’’ आचार्यले भन्नुभयो । उत्पादित तरकारी बेनी, बागलुङ र पोखरासम्म पनि पुर्‍याउने गरेको उहाँले बताउनुभयो  । कृषि ज्ञान केन्द्रबाट कृषि औजारहरू अनुदानमा प्राप्त गरेकाले कृषि पेसालाई यान्त्रीकरण र आधुनिक बनाउन सहज भएको उहाँको भनाइ छ । कृषिलाई  प्राथमिकता दिएर स्थानीय तहले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई तालिम, कृषि औजार र कृषि पेसालाई आधुनिकीकरण गर्न सहयोग गर्नुपर्ने आचार्यको सुझाव छ । 
News
35,711
तीन तले घरमा आगलागी हुँदा २४ लाखको क्षति
शनिबार बिहान तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा सो क्षती भएको हो ।
https://gorkhapatraonline.com/news/69579
राजन रावत हुम्ला, असार १६ गते । शनिबार बिहान तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सिमकोट गाउँपालिका–८ को लिगुडे खेतमा रहेको ५५ वर्षका जसबिर शाहीको तीन तले घरको भवनको माथिल्लो तलाबाट आगलागी भएको बताउनुभयो । उहाँले आगलागीबाट माथिल्लो तलमा रहेका चार कोठा, बीच तलाको तीन वटा कोठा, घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी र काठ जलेर नष्ट हुँदा २४ लाख मूल्यको क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख भएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक भट्टराईले माथिल्लो तलाबाट विद्युत् सर्ट भएर आगलागी भएको बताउनुभयो । आगलागीको खबर प्राप्त भए लगत्तै प्रहरी चौकी धारापोरीबाट गएको सात जना प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी बिहानै भएको कारण मानवीय क्षति हुन नपाएको भट्टराईले बताउनुभयो । सिमकोटमा शनिबार बिहानैबाट पानी परिरहेको छ । घर आगलागी भएपछि शाहीको परिवार बिचल्लनीमा परेका छन् ।
News
55,277
सैनिक स्कुलले जित्यो आईजीपी रनिङ सिल्ड  
सैनिक आवासीय महाविद्यालय भक्तपुरले २९ औं अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधि जितेको छ । 
https://ekantipur.com/sports/2023/12/22/sainik-school-won-the-igp-running-shield-22-41.html
काभ्रे — सैनिक आवासीय महाविद्यालय भक्तपुरले २९ औं अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधि जितेको छ । उपाधिका लागि साँगामा शुक्रबार भएको फाइनलमा सैनिक आवासीयले ल्याबरोटरी स्कुल कीर्तिपुर टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो भएको आयोजक नेपाल पुलिस स्कुल साँगा ‘ए’ टिमले ३० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजेतालाई रनिङ ट्रफी प्रदान गरेका थिए । महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले र काभ्रेकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पनि खेलाडीलाई पुरस्कृत गरेका थिए । मंसिर २० देखि सुरु प्रतियोगितामा पुलिस स्कुल साँगाका ‘ए’ र ‘बी’ टिम, पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, एपीएफ स्कुललगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका १६ विद्यालयका १७ टिमले प्रतिस्पर्धा गरेका थिए ।
Sports
15,513
अग्निपरीक्षामा विद्यार्थी आन्दोलन
राज्यव्यवस्थाले सृजना गरेका अनेकौं प्रतिकूलताका बावजुद विद्यार्थीका साथै आम जनताको हक–अधिकार प्राप्ति, तिनको संरक्षण र संवर्द्धनका पक्षमा विद्यार्थी आन्दोलनले निरन्तर वकालत गर्दै आएको छ ।
https://ekantipur.com/opinion/2023/02/13/167625493799938412.html
राज्यव्यवस्थाले सृजना गरेका अनेकौं प्रतिकूलताका बावजुद विद्यार्थीका साथै आम जनताको हक–अधिकार प्राप्ति, तिनको संरक्षण र संवर्द्धनका पक्षमा विद्यार्थी आन्दोलनले निरन्तर वकालत गर्दै आएको छ ।सरकारको निरंकुश र तानाशाही प्रवृत्तिविरुद्ध संघर्षमा होमिँदै लोकतन्त्रको रक्षकको पहिचान बनाएको छ । पञ्चायती व्यवस्थालाई पाखा लगाउनेदेखि निरंकुश राजतन्त्रलाई उखेल्नेसम्मका हरेक मोडमा विद्यार्थी संगठनको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । शैक्षिक क्षेत्रका मुद्दा मात्र होइन, राजनीतिक सवालका ठूला–ठूला संघर्षदेखि वैचारिक आन्दोलनमा काँध थापेर विद्यार्थी राजनीति अघि बढेकै हो । यद्यपि विगतको गौरवगाथा गाएर मात्र अबको विद्यार्थी राजनीति चल्नेवाला छैन । समयको अजस्र प्रवाहलाई बोध गर्दै आन्दोलनलाई अद्यावधिक गर्नु अहिलेको आवश्यकता हो । दर्बिलो पृष्ठभूमि बोकेको विद्यार्थी राजनीतिको वर्तमान भने किंकर्तव्यविमूढ भएजस्तो देखिन्छ । कतै संगठनको स्पष्ट लक्ष्य र गन्तव्य नदेखेर हामी कुहिराको कागसरह बनेका त होइनौं ? पछिल्लो समय विद्यार्थी आन्दोलनको औचित्य तथा सान्दर्भिकतामाथि नै प्रश्नहरू उठिरहेका छन् । मुलुकमा सबैजसो राजनीतिक आन्दोलनले निकास पाइसकेको र संविधान कार्यान्वयनको दिशामा देश अघि बढिरहेको परिस्थितिमा विद्यार्थी आन्दोलनले पनि सृजनशील बाटो समाउनुपर्छ । मुलुक संघीयतामा गइसकेकाले शैक्षिक रूपरेखा सोही संरचना अनुकूल अघि बढाउनुपर्छ । सूचना, प्रविधिको चामत्कारिक विकासले गर्दा असम्भव र जटिल ठानिएका काम पनि सहज ढंगले सम्पन्न गर्न सकिन्छ । तर, हामीले विज्ञानका उपलब्धिलाई सदुपयोग गरिरहेका छौं त ? विडम्बना हाम्रो पठनपाठन प्रविधिमैत्री हुन सकेको छैन । सूचना, प्रविधि र इन्टरनेटको पहुँचबाट विद्यार्थीको ठूलो हिस्सा अझै बाहिरै छ । शैक्षिक प्रशासनलाई पुरानै ढर्रामा चलाइँदै छ । समयमा परीक्षा नहुनु, नतिजा प्रकाशनमा विलम्ब हुनु, पठनपाठन राम्रोसँग नहुनु लगायतका समस्या आम विद्यार्थीले खेपिरहेका हैरानी हुन् । हामीले आर्जन गरेको शिक्षा विश्व समुदायमा उपयोगी ठहर्छ या बेकामे बन्छ भन्ने पनि अहिलेको गम्भीर सवाल हो । बदलिँदो समयको मागलार्ईर् हाम्रो शिक्षाले साँच्चिकै पछ्याउन सकेको छ त ? पाठ्यक्रम, पाठ्यपुस्तकको समयानुकूल सुधार नगर्दा विश्वविद्यालय बेरोजगार जन्माउने कारखाना बनिरहेका छन् । अपवादलाई छाड्ने हो भने हाम्रा विश्वविद्यालयबाट स्नातकोत्तर व्यक्ति रोजगारीको सिलसिलामा कुनै देशमा जाँदा उसले गर्ने काममा त्यो पढाइले खासै फरक पार्दैन । अर्थात्् विश्व परिवेशलाई सुहाउँदो र व्यावहारिक शिक्षा दिन हाम्रा शिक्षालयहरू विफल भएका छन् । पढाइ सकेर अदक्ष कामदारका रूपमा विदेश जानुपर्ने विकराल परिस्थितिलाई हाम्रो शिक्षाले सम्बोधन गर्नुपर्छ । शिक्षामा नित्य नवीन चिन्तन र अवधारणाहरू विकास भइरहेका छन् । सबैका लागि शिक्षा, समावेशी शिक्षा, निःशुल्क तथा गुणस्तरीय शिक्षा लगायतका विविध आयाममा हामीले खासै ध्यान दिन सकेका छैनौं । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । पूर्ण वाक् स्वतन्त्रताको अधिकार संविधानले दिएको छ । विद्यार्थी अधिकारसँग प्रत्यक्ष जोडिएको विषय हो- शिक्षा । जसलाई संविधानले निःशुल्क र सर्वसुलभ बनाइदिएको छ । तर यो प्रावधानको प्रभावकारी कार्यान्वयन नहुँदा हाम्रा कानुन र संविधानका अक्षरहरू पनि निर्जीवजस्तै बन्न पुगेका छन् । त्यसैले त कठोर संघर्षबाट प्राप्त भएको व्यवस्थामाथि जनताको अविश्वास बढ्न थालेको छ । यो निर्मम सत्यलाई स्वीकार गरी राजनीतिक नेतृत्वले आफूलाई सुधार गर्नैपर्छ । पार्टीको नेतृत्वपंक्तिलाई जनताका सबालप्रति निरन्तर खबरदारी गर्न विद्यार्थी संगठनले कुनै कसर बाँकी राख्नु हुँदैन । तुलनात्मक रूपमा आम विद्यार्थीका समस्या विद्यालय र क्याम्पसमा बढी हुन्छन्, त्यसलाई तत्काल समाधान गर्न सहयोग गर्ने संस्था स्ववियु हो । किताब पढ्नु मात्र अध्ययन होइन । नेतृत्व विकास पनि अध्ययनको एउटा पाटो हो । तर, विगत कैयौं वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा यो अवसरबाट भविष्यका धेरै नेताको भ्रूण नै नष्ट भएको छ । तसर्थ त्रिवि लगायतका विश्वविद्यालयमा स्ववियु निर्वाचन गराउने अग्निपरीक्षामा विफल हुने छुट विद्यार्थी आन्दोलनलाई छैन । संविधानमा निःशुल्क शिक्षा भनिए पनि सबैभन्दा महँगो नै शिक्षा भएको छ अहिले । शिक्षाको निजीकरण र व्यापारीकरणले गर्दा गरिब जनताका छोराछोरी अझै गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । सामुदायिक शिक्षालयको अवस्था दयनीय छ । उच्च शिक्षा र मेडिकल शिक्षाको नाममा प्रतिवर्ष अर्बौं रकम बिदेसिएको छ । यसलाई सुधार गर्नु आजको विद्यार्थी राजनीतिको महत्त्वपूर्ण कार्यभार हो । तर, विद्यार्थी नेताहरू यसप्रति नाजबाफ बन्नु, अझ निजी शिक्षाका साझेदार बन्नु त विद्यार्थी राजनीतिको अस्तित्व समाप्त पार्नुजस्तै हो । विद्यार्थी नेता मूलतः विद्यार्थी वर्गको हकहित र अधिकारमा केन्द्रित हुनैपर्छ । नेता केवल एउटा व्यक्ति होइन समाजको ऐना हो । नेतामा बौद्धिकता हुनुपर्छ । नैतिकताको परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ । वर्तमानमा हिँड्ने मात्र नभएर सुदूर भविष्यलाई देख्ने र गन्तव्यमा पुग्ने अठोट पनि हुनुपर्छ । तदनुसारको आचरण र व्यवहार नेतृत्वमा रहेन भने समाजले सम्पूर्ण व्यवस्था र राजनीतिलाई नै दूषित भनेर परिभाषित गरिदिन्छ । परिणामस्वरूप अराजनीतिक व्यक्ति नै नेतृत्वमा आउने परिस्थिति सृजना हुन सक्छ । यस्तो नेतृृत्वले समाजलाई कसरी डोर्‍याउन सक्छ ? अहिले विद्यार्थी संगठनहरू आन्तरिक रूपमै समस्याग्रस्त भएको र आफ्ना जिम्मेवारीलाई कुशलतापूर्वक अघि बढाउन चुकेको साँचो हो । विद्यार्थी संगठनले आफ्ना चरित्र, शैली र वैचारिक धरातलको शुद्धीकरण नगरी सुखै छैन । तर, त्यसैलाई देखाएर यिनको कुनै आवश्यकता छैन भन्नु आन्दोलन मास्ने कुटिल षड्यन्त्र सिवाय केही होइन । विद्यार्थी संगठनलाई कमजोर बनाएर आफ्ना निजी स्वार्थ भरण गर्ने माध्यमका रूपमा शैक्षिक संस्थालाई प्रयोग हुन दिनु हुँदैन । सेवामूलक बन्नुपर्ने शिक्षा क्षेत्रमा शैक्षिक व्यापारीहरूको बिगबिगी छ । शैक्षिक क्षेत्रमा हालीमुहाली गरिरहेका स्वार्थ समूहहरूको सिकन्जाबाट शिक्षालाई मुक्त गर्ने तथा तिनका कर्तुतहरूलाई किनारा लगाउने दायित्व विद्यार्थी संगठनको काँधमा छ । शैक्षिक संस्थामा हुने प्रशासनिक रवैया, विद्यार्थीमाथिका अन्याय, अत्याचार र ज्यादतीविरुद्ध जुध्न पनि विद्यार्थीहरूको संगठित शक्ति आवश्यक छ । शिक्षाको समसामयिक सुधार तथा स्तरोन्नतिका साथै शैक्षिक क्षेत्रको प्रदूषणलाई हटाउने मूल कर्मबाट विद्यार्थी आन्दोलन चुक्नु हुँदैन । राजनीतिक दललाई दाहिना बनाउँदै समग्र आन्दोलनलाई नै खल्तीमा राख्ने प्रवृत्तिप्रति सचेत नरहे हामी सङ्कटमा पर्नेछौं । शैक्षिक क्षेत्र र विद्यार्थीसँग जोडिएका समस्याहरूको समाधान नभएसम्म विद्यार्थी आन्दोलनको औचित्य सकिँदैन । त्यसका लागि विद्यार्थी आन्दोलनलाई समयानुकूल अद्यावधिक गर्दै लैजानुपर्छ । यसका लागि समग्र विद्यार्थी आन्दोलनलाई नवीन र मौलिक तरिकाले अघि बढाउन वर्तमान परिस्थितिप्रति सचेत नेतृत्वको खाँचो छ ।लामिछाने अनेरास्ववियु केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष हुन् ।
Opinion
10,952
उनको याद’ सार्वजनिक
गायक तथा सङ्गीतकार टम्पशेर राईको नयाँ म्युजिक भिडियो ‘उनको याद’ सार्वजनिक भएको छ ।
https://gorkhapatraonline.com/news/63796
काठमाडौँ (गोरखापत्र), वैशाख २७ गते  । गायक तथा सङ्गीतकार टम्पशेर राईको नयाँ म्युजिक भिडियो ‘उनको याद’ सार्वजनिक भएको छ ।  देवदत्त व्रिmयसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा टम्पशेर राईकै शब्द, सङ्गीत र स्वरमा सुन्न सकिन्छ । गीतलाई आमोस तामाङले एरेन्ज गर्नुभएको हो ।कृष्ण थापा, समारिका ढकाल, नवीन राउत र शान्ति तामाङको अभिनय रहेको भिडियोलाई प्रवीण थापाले सम्पादन गर्नुभएको छ ।
News
44,318
म्याग्दीका घुम्ती गोठ रित्तिँदै
शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ ।
https://gorkhapatraonline.com/news/95499
म्याग्दी (बेनी),  माघ २३ गते । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ । गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बिताउनुभएका उहाँको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उहाँले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आउनुभएको छ । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राख्नुभएका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । “म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ”, उहाँले भन्नुभयो ।रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उहाँको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गर्नुभएका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गर्नुभयो ।परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उहाँको भनाइ थियो । करिब १५ वर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आउनुभएको छ । बीस–पच्चीसवटासम्म भैँसी पाल्ने गर्नुभएका उहाँले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिनुभयो । गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उहाँले बताउनुभयो । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाउनुभएको छ । “मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु”, उहाँले भन्नुभयो । घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उहाँले बताउनुभयो । “एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने”, उहाँले दुखेसो पोख्नुभयो । गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताउनुभयो । उहाँले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिनुभयो । रासस
News
35,480
धनुषाको भित्री सडकमा दिनहुँ सवारी दुर्घटना
जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ९७४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबभन्दा बढी भित्री सडकमा ५५० र पूर्व–पश्चिम तथा ढल्केवर–जनकपुर राजमार्गमा ३३७ र बजार क्षेत्रमा ८७ वटा सवारी दुर्घटना भएका छन् ।
https://gorkhapatraonline.com/news/21812
विजयकुमार साह  ढल्केवर, साउन २७ गते । धनुषाको विरेन्द्रबजार–महिनाथपुर भित्री सडकखण्डको सबैलामा गएको शनिबार मोटरसाइकल दुर्घटनामा परी जनकनन्दी गाउँपालिका –५ पतनुका बस्ने मुकेश कापरको मृत्यु भयो । तीव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ । त्यसअघि सोही सडकखण्डको सबैलामै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँच जनामध्ये चार जनाको मृत्यु भयो । आफैँ अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा १२ वर्षका लक्ष्मी यादव र विकास यादव, १४ वर्षका सुमित यादव र १५ वर्षका राहुल यादवको मृत्यु भयो । मोटरसाइकलमा सवार १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका थिए । घटनाबारे प्रहरी प्रशासन र स्थानीयवासीले सानै उमेरका मोटरसाइकल चलाउन दिने अभिभावकाको दोष रहेको बताएका थिए । भटिहन बस्ने सुनिल साहका अनुसार बिरेन्द्रबजार–महिनाथपुर सडकखण्ड कालोपत्रे भएपछि सवारी दुर्घटना बढेको छ । ट्रिपर चल्ने थालेपछि त झन् बढी दुर्घटना बढेको उहाँको भनाइ छ । एक दिनमा पाँच सयभन्दा बढी पटक ट्रिपर ओहरदोहर गर्छ । मोटरसाइकल र अन्य सवारी चालक पनि ट्राफिक नियमको पालना गर्दैन । यो सडकखण्डमा मात्रै नभएर जनकपुर–धनुषाधाम, जनकपुर–कमला बाँधसम्मको हुलाकी सडक मार्गमा समेत दिनहुँजसो दुर्घटनाका घटना हुने गरेको छ । भित्री सडक खण्डमा ट्राफिक प्रहरीको उपस्थित नहुँदा तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको साहको भनाइ छ । धेरैजसो दुर्घटनाको जानकारी प्रहरीसम्म पनि पुग्दैन, भटिहन बजारका महेशकुमार राय बताउनुहुन्छ । बुधबार मात्रै मोटरसाइकको ठक्करबाट एक वृद्धको खुट्टा भाँचिएको थियो । तर, घटना प्रहरीसम्म  पुगेन । घाइते वृद्धको उपचार खर्च दिएर दवैजना मिलापत्र गर्यौ, रायले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्कले पनि जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्ग र ढल्केवर–जटही सडक मार्गभन्दा बढी भित्री सडकमा सवारी दुर्घटना बढी भएको देखाएको छ । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ९७४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये सबभन्दा बढी भित्री सडकमा ५५० र पूर्व–पश्चिम तथा ढल्केवर–जनकपुर राजमार्गमा ३३७ र बजार क्षेत्रमा ८७ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या पनि मुख्य राजमार्गभन्दा भित्री सडकमै बढी रहेको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा भित्री सडकमा ५३ जना, राजमार्गमा ४७ र बजार क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले भित्री सडकमा लापरवाही तरिकाले सवारीसधान चलाउने हुँदा बढी दुर्घटना हुने गरेको बताउनुभयो । भित्री सडकमा ट्राफिक प्रहरीको उपस्थिति कम हुने र चालकले पनि लापरवाही तरिकाले सवारी चलाउँदा दुर्घटना निम्तिने गरेको उहाँले जानकारी दिनुभयो ।  भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि सडक दुर्घटना बढी हुने गरेको छ । सडक छेउमा मानिसको भीडभाड हुने गरी लगाइने हाटबजारमा, खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले पनि दुर्घटना बढाउने गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।    सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालक, बटुवा र विद्यार्थीलाई भेला गरेर समय–समयमा ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको र बेला–बेलामा निःशुल्क स्वास्थय शिविर सञ्चालन गरेर सवारी चालकहरुको स्वास्थ्य परिक्षणसमेत गरिँदै आएको उहाँले भन्नुभयो ।
News
62,031
बाढीले नष्ट गर्‍यो बगरे तरकारी खेती
कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।
https://gorkhapatraonline.com/news/58073
जानु पाण्डे कपिलवस्तु, चैत ६ गते । कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ । नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेका थिए । करिब २२ कट्ठामा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले बताउनुभयो । बजारमा बिक्रीका लागि तयार भएका काँक्रा, लौका, तरबुजा, खरबुजा, करेलालगायत बालीमा क्षति गरेको छ ।  “पानी पर्छ भन्ने समाचारमा सुनेको थिएँ । तर वर्षा याममाजस्तो ठूलो बाढी आउने कल्पना गरिएको थिएन । उत्पादन बिक्री गर्ने समयमा नोक्सानी भएको छ । अन्दाजी १६ लाख रुपियाँ बरावरको नोक्सानी भएको छ” लोनियाले भन्नुभयो । क्षति भएको खेतीको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापासहितको टोलीले अनुगमन गरेको छ । राहतको विषयमा कार्यपालिका बैठकमा छलफल गरिने नगरप्रमुख थापाले बताउनुभयो ।
News
57,697
उपभोक्ता अदालतमा आलटाल किन ?
ठुलठूला राजनीतिक मुद्दामा लम्बेतान बहस गर्ने हाम्रो समाज र संसद्मा नागरिकका आधारभूत अधिकारका विषयमा विरलै छलफल हुन्छ । तरकारी होस् वा खाद्यान्न, इन्धन होस् वा लुगाफाटो, शिक्षा होस् वा स्वास्थ्य । कुनै वस्तु वा सेवा लिएबापत उपभोक्ताले तिर्नुपर्ने मूल्यको आधार के हो ? मूल्य तिरेपछि उपभोक्ताले पाउने प्रत्याभूत सेवा के हो ?
https://ekantipur.com/opinion/2024/03/29/why-the-confusion-in-the-consumer-court-10-15.html
ठुलठूला राजनीतिक मुद्दामा लम्बेतान बहस गर्ने हाम्रो समाज र संसद्मा नागरिकका आधारभूत अधिकारका विषयमा विरलै छलफल हुन्छ । तरकारी होस् वा खाद्यान्न, इन्धन होस् वा लुगाफाटो, शिक्षा होस् वा स्वास्थ्य । कुनै वस्तु वा सेवा लिएबापत उपभोक्ताले तिर्नुपर्ने मूल्यको आधार के हो ? मूल्य तिरेपछि उपभोक्ताले पाउने प्रत्याभूत सेवा के हो ?त्यस्तो सेवामा कतैबाट ढाँटछल भएमा उत्तरदायी को हो ? यो विषयमा न उत्पादक वा विक्रेताले जिम्मेवारी लिन्छन्, न सरकारले अनुगमन र कारबाही गर्छ । अझ मूल्य र गुणस्तरमा तलमाथि भएमा उपभोक्ताले पनि त्यसलाई ठूलो विषय बनाउँदैनन् । खासमा उपभोक्ताको आफ्नो अधिकार हुन्छ भन्ने चेतना नै हाम्रो समाजमा छैन । त्यसका लागि जागरण बनाउने निकायहरू पनि निष्क्रिय छन् । त्यसैले उपभोक्ता अदालत बनाउने भनेर संसद्ले निर्देशन र सर्वोच्च अदालतले परमादेश जारी गरे पनि सरकारले वास्ता गरेको छैन । उपभोक्तालाई मर्का परेमा उपचार दिलाउने निकाय स्थापना गर्नुपर्ने कानुनी व्यवस्था भएको त २०५४ सालमै हो । अझ उपभोक्ता हकलाई प्राथमिकता दिँदै संविधानको धारा ४४ ले नै ‘गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने व्यवस्था गरेको छ । तत्कालीन व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले २०७२ मै उपभोक्ता अदालत वा उपभोक्ता इजलास व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।उपभोक्ता अदालत गठन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको पनि दुई वर्ष बितेको छ । तर सरकार बेखबरजस्तै छ । उपभोक्ता हित संरक्षण ऐनअनुरूप उपभोक्ता अदालत गठन गर्ने दायित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो । अदालत स्थापना गर्ने प्रस्ताव उद्योग मन्त्रालयले कानुन मन्त्रालयमा पठाएको पनि हो । कानुनले त्यसलाई न्याय सेवा आयोग र न्याय परिषद्मा पठाइदियो । तर बजेट अभाव भएको बहानामा अदालत गठनको प्रक्रिया रोकियो । संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयनका सवालमा बजेटको बहाना बनाउनु नै विडम्बनापूर्ण हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि विभाग, कृषि विभाग, जिल्ला प्रशासन कार्यालयले आक्कलझुक्कल बजार अनुगमन गरिरहेका हुन्छन् । तर तिनको प्रभावकारिता देखिँदैन । अनुगमनमा त्रुटि भेटिए पनि दोषीलाई कारबाही गरिएका घटना विरलै छन् । बजार नियमन–अनुगमनमा स्थानीय र प्रदेश सरकार निष्क्रिय छन् । उपभोक्ता अदालत नभएका कारण तौल, गुणस्तर र मूल्यमा उपभोक्ता ठगिएको मुद्दा जिल्ला अदालतमा दायर गर्नुपर्ने अवस्था छ । जिल्ला अदालतमा मुद्दाको चाप हुने भएकाले उपभोक्ताका मुद्दा सुनुवाइ अत्यन्तै ढिलो हुन्छ । सानो परिमाण/रकमको ठगीको मामिला अनुसन्धानमा प्रहरीले खासै चासो नदिने गरेको गुनासो पनि व्यापक छ । ढिलो फैसला हुने कारण प्रायः उपभोक्ता कानुनी उपचारमा जान हिचकिचाउँछन् । यसले बजारमा अराजकता मौलाएको छ । त्यही कारण छिटो छरितो न्यायिक निरूपण गर्दै बजारलाई स्वच्छ प्रतिस्पर्धी बनाउन छुट्टै अदालत आवश्यक परेको हो ।उपभोक्ता हित संरक्षण ऐन, २०७५ मा सम्बन्धित जिल्लाका न्यायाधीश अध्यक्ष रहने उपभोक्ता अदालत गठन गर्न सकिने व्यवस्था छ । अदालतमा सरकारले तोकेका न्याय सेवाका उपसचिव स्तरका कर्मचारी र उपसचिव स्तरका अर्का एक कर्मचारी सदस्य रहन्छन् । जिल्ला अदालत सरहको उपभोक्ता अदालतले उपभोक्ताको हकहितविरुद्ध हुने क्रियाकलापका सम्बन्धमा परेका मुद्दाको प्रारम्भिक सुनुवाइ र न्याय निरूपण गर्छ । यस अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन भने लाग्छ ।उपभोक्ता अदालत गठनले उपभोक्ताका मुद्दाको न्यायिक निरूपण छिटो हुन्छ भने अर्कातिर जिल्ला अदालतमा मुद्दाको चाप केही मात्रामा भए पनि घट्छ, जसबाट अरू मुद्दाका पक्षलाई लाभ हुन्छ । उपभोक्ता अदालतले सर्वसाधारण, व्यापारीसँगै सरकारी निकायलाई पनि सचेत बनाउँछ । उपभोक्ताले उजुरी गर्ने र मुद्दा पनि छिट्टै टुंगिने थिति बसे बजारमा हुने ठगी नियन्त्रण हुन सक्छ । समग्रमा यसले राज्यप्रति नागरिकको भरोसा बढाउँछ ।
Opinion
9,545
एनएनआईपीए सर्वोत्कृष्ट खेलाडीमा दीपक र सुष्मा
एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
https://ekantipur.com/sports/2024/03/25/deepak-and-sushma-at-nnipa-player-of-the-year-29-33.html
काठमाडौँ — एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।दीपकले अघिल्लो वर्षको फागुनमा नेपालमा भएको १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका थिए । सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबीसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौल समूहमा रजत जितेकी थिइन् । नेपाली बक्सिङको इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलो पटक थियो । दुवैले १–१ लाख रुपैयाँ पुरस्कार पाए ।ललितपुर यलः दरबारमा आयोजित अवार्ड कार्यक्रममा दुवै आफ्नो विधाबाट उत्कृष्ट खेलाडीमा पुरस्कृत हुँदै सर्वोत्कृष्ट चुनिएका हुन् ।क्रिकेटका कप्तान रोहितकुमार पौडेल र पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पारे । दुवैले जनही ५० हजार पुरस्कार प्राप्त गरे । पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो । उनी १५ हजारसहित पुरस्कृत भए ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजनामा भएको अवार्डमा टेबलटेनिसका धर्ममान वज्राचार्यलाई गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित गरियो । उनलाई ३५ हजार पाए ।एनएनआईपीए खेलकुद पत्रकारिता सम्मानबाट खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयाललाई सम्मानित गरिएको थियो । दुई दशकभन्दा बढी समययता खेल पत्रकारिता गरिरहेका फुयाललाई ३५ हजार प्रदान गरिएको थियो । सातै विधाका विजेतालाई स्पोर्ट्स युनिभर्सको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।त्यसअघि गण्डकी प्रदेशमा गत वर्षको असोज २८ देखि कात्तिक ३ सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो । प्रत्येक खेलबाट १–१ खेलाडी पुरस्कृत भए ।उत्कृष्ट हुने खेलडीमा आर्चरीकी प्रसदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका असिमबाबु गुरुङ, बुद्धिचालका रुपेश जैसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङ सुरज रानामगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुलकन्ट्याक्ट करातेका सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिम्न्यास्टिकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धामी, आईटीएफ तेक्वान्दोकी रुविका खड्का, जुडोकी देवकी श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई छन् ।करातेका विजय श्रेष्ठ, खोखोकी सरस्वती कठायत, लनटेनिसकी सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्बीका निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापा मगर, सुटिङका सुजन राना, सफ्ट टेनिसका युकेश योञ्जन, पौडीकी डुवाना लामा, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनुमाया छन्त्याल, उसुका समन घुस्री र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी भए । उत्कृष्ट सबैले जनही १० हजार पुरस्कार पाए । खेलाडीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडियालगायतले पुरस्कृत गरे ।अवार्डको १९ औं संस्करण तार्केश्वर र २० औं संस्करण बनेपा नगरपालिकामा हुने भएको छ । तार्केश्वर नगरपालिका मेयर हरिकृष्ण महर्जन र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले उक्त संस्करणका लागि सह–आयोजक बन्ने प्रतिबद्धता जनाएका थिए ।
Sports
14,226
मेसीबिनाको विश्वकप ?
सोच्दै नसोचिएको तथ्य, लियोनल मेसी र अर्जेन्टिनाबिनाको विश्वकप मंगलबार सम्भव हुन सक्नेछ, जति बेला सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छनोट अन्त्यमा पुग्नेछ ।
https://ekantipur.com/sports/2017/10/10/20171010065551.html
मोन्टेभिडियो — सोच्दै नसोचिएको तथ्य, लियोनल मेसी र अर्जेन्टिनाबिनाको विश्वकप मंगलबार सम्भव हुन सक्नेछ, जति बेला सन् २०१८ को दक्षिण अमेरिकी विश्वकप छनोट अन्त्यमा पुग्नेछ । दुई वर्षअगाडि छनोटको पहिलो खेलमा अर्जेन्टिना घरमै इक्वेडरको हातबाट २–० ले पराजित भएको थियो । यसपल्ट जर्गे साम्पाओलीको टिम अन्तिम खेलका लागि इक्वेडर भ्रमणमा निस्कँदै छ । खेल हुनेछ, क्विटोमा । यहाँ अर्जेन्टिनाको सम्भावना जटिल मोडमा छ । दुईपल्टको विश्वकप विजेता छैटौं स्थानमा छ । यो स्वत: विश्वकपमा प्रवेश पाउने शीर्ष चारको स्थानभन्दा बाहिर छ । पाँचौंमा पेरु छ र यो स्थानमा रहने टिमले प्लेअफ खेल्नेछ । अर्जेन्टिना र पेरुबीच गोल अन्तरमात्र फरक छ । तेस्रो स्थानको चिली (२६) र सातौंमा रहेको पाराग्वे (२४ अंक) बीच २ अंकको मात्र अन्तर रहेको हुनाले सबै खाले सम्भावना पनि खुला छ । अर्जेन्टिना अन्तिम खेलमा विजयी रहे कम्तीमा पाँचौं स्थानमा रहनेछ । यस्तो स्थितिमा प्लेअफमा उसले न्युजिल्यान्डको सामना गर्नेछ र त्यसमा जितको अपेक्षा राख्न सकिनेछ । क्विटो समुद्री सतहबाट २ हजार ८ सय ५० मिनेट माथि छ । यहाँ खेल्नु निकै कठिन मानिन्छ । इक्वेडरविरुद्ध अर्जेन्टिनाको पछिल्लो प्रदर्शन पनि राम्रो छैन, उसले अन्तिम पटक सन् २००१ मा जित निकालेको थियो । त्यस बाहेक अर्जेन्टिनाले सबै खेल सकिएको क्षण पनि कुर्नुपर्नेछ, किनभने ती सबै एकअर्कामा सम्बन्धित छन् । सबैखाले सम्भावना जीवन्त छ ।
Sports
31,222
राष्ट्रसंघीय कमिटीमा नेपालकी राणा निर्वाचित
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् । 
https://ekantipur.com/news/2024/06/08/nepals-rana-was-elected-to-the-united-nations-committee-54-22.html
न्यूयोर्क — महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् ।  उनी यसअघि सन् २०१७ देखि २०२० सम्म समिति सदस्य रहेकी थिइन् ।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।
News
2,756
नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन्  । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।
https://gorkhapatraonline.com/news/104195
यदुप्रसाद भट्टमनाङ, वैशाख ५ गते । चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन्  । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।मनाङका लागि लमजुङ भोटेओडारका सापकोटा पुस्तक पसल सञ्चालक ज्ञानहरि सापकोटाले विवरण पठाएका विद्यालयहरूमा पाठ्यपुस्तक पठाइएको बताउनुभयो ।उहाँले नार्पाभूमिका लागि कुनै पनि विवरण प्राप्त नभएकाले उपलब्ध गराउन आफू असमर्थ रहेको बताउनुभयो ।सापकोटाका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक नार्पाभूमिबाहेक अरू पालिकामा पुगिसकेको छ । उहाँका अनुसार विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक पठाइएको छ । विगत वर्षहरूमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो तर यस शैक्षिक सत्र २०८१ का लागि सरकारी पाठ्यपुस्तक अभाव छैन ।नार्पाभूमि विकट हुनु तथा काठमाडौँबाट विद्यार्थी आउने हुँदा पुस्तक नपुगेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । नार्पाभूमिका विद्यार्थी आउने क्रम जारी रहेको र भर्ना अभियान सञ्चालन भइरहेको नार्पाभूमि शिक्षा शाखा प्रमुख मनीषा विकले बताउनुभयो । उहाँले विद्यार्थी आएपछि पुस्तक वितरण गरिने बताउनुभयो । तर उहाँको भनाइमा फरक मत राख्दै शिक्षा विकास तथा समन्वय प्रमुख मतिलाल चपाइले विद्यार्थी नै नभएको विद्यालयमा केको पाठ्यपुस्तक पुर्‍याउनु र ? भनी प्रतिप्रश्न गर्नुभयो ।त्यसैगरी, मनाङ ङिस्याङ शिक्षा शाखा प्रमुख नीलकण्ठ पौडेलले शैक्षिक सत्र सुरुसँगै पाठ्यपुस्तक अभाव नभएको र भर्ना अभियान चलिरहेको बताउनुभयो ।शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेकाले विद्यार्थीले पुस्तकको अभाव झेल्नु नपरेको लोकप्रिय मावि चामेका प्रधानाध्यापक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।सापकोटा पुस्तकका सञ्चालक ज्ञानहरि सापकोटाले आफूले गत वर्षको पनि केही रकम भुक्तानी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्ष पनि बढो दुःख गरेर पुस्तक ढुवानी गरेँ, तर भुक्तानी भएन । अहिले त चैत १३ गते नै सबै व्यवस्था मिलाएको थिएँ, एसइई परेकाले सकिएपछि मात्रै ढुवानी गरेको हुँ ।’’
News
41,586
विकाससँगै विपद् व्यवस्थापन
हरेक वर्ष तिहारलगत्तै आगलागी, पावर सटका घटनाहरू सुनिने गरेका छन् । यस्ता विपद्सँगै बेलाबेला ‘हल्लायो, डर लाग्यो, सेकिङ’ जस्ता शब्दहरू सामाजिक सञ्जालमा देख्न पाइन्छन् । २०७२ सालको भूकम्पपछि लगातार परकम्पहरूले काठमाडौं र वरिपरिका क्षेत्रहरूमा तर्साउने गरिराखेका छन्, जसबाट सामाजिक, राजनीतिक, सांस्कृतिक तथा भौतिक संरचनाको विकासमा प्रत्यक्ष असर पुगिरहेको छ । मानवसृजित वा मानव व्यवस्थापनको कमीले गर्दा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।
https://ekantipur.com/opinion/2022/11/06/166770108429121583.html
हरेक वर्ष तिहारलगत्तै आगलागी, पावर सटका घटनाहरू सुनिने गरेका छन् । यस्ता विपद्सँगै बेलाबेला ‘हल्लायो, डर लाग्यो, सेकिङ’ जस्ता शब्दहरू सामाजिक सञ्जालमा देख्न पाइन्छन् । २०७२ सालको भूकम्पपछि लगातार परकम्पहरूले काठमाडौं र वरिपरिका क्षेत्रहरूमा तर्साउने गरिराखेका छन्, जसबाट सामाजिक, राजनीतिक, सांस्कृतिक तथा भौतिक संरचनाको विकासमा प्रत्यक्ष असर पुगिरहेको छ । मानवसृजित वा मानव व्यवस्थापनको कमीले गर्दा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।नेपाल विकासतिर बामे सर्दै गर्दा विकसित देशहरू भने कुद्दै अनि उड्दै छन् । विकासोन्मुख देशहरू गरिबी, अशिक्षा, बेरोजगारी, लैंगिक विभेद, असुरक्षाजस्ता समस्याहरूले व्याप्त छन्; बेलाबेला आइपर्ने विपद्ले झन् समस्या थप्ने गरेको छ । यसको प्रमुख कारण हो— समय अनुसार नीति र कार्यान्वयन नबन्नु । सहरीकरण पहिलेभन्दा बढ्दै गएको छ र सहरी क्षेत्रहरूमा जनसंख्या, पूर्वाधार पनि थपिँदै गएको छ । तर संरचनाहरू थपिएसँगै सहरी व्यवस्थापन योजना भने समय अनुसार परिवर्तन हुन सकेको छैन । प्रमुख सहरहरू काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा, वीरगन्जमा १० वर्षअगाडि भन्दा अहिले जनसंख्या, विकास–निर्माण, बाटाघाटा बढे पनि विपद्लाई ध्यानमा राखेर तिनको व्यवस्थापन गर्न सकिएको छैन । विपद् व्यवस्थापन भनेको आगलागी, सडक दुर्घटना, करेन्ट, भूकम्प, बाढीपहिरो भएको बेला मात्र गरिने काम हैन । विकास–निर्माणसहित दैनिकी र सांस्कृतिक पक्ष सबैको सुव्यवस्थापनले मात्र विपद्पछिको उद्धारमा सहजता ल्याउँछ । नागढुंगा सुरुङको शिलान्यास गर्दा सम्भावित पहिरोमा भन्दा विकासमा ध्यान बढी केन्द्रित भएका समाचारहरू आए । त्यस योजनाले पहिरोको सम्भावनालाई कम र सुरूङ निर्माण सम्पन्न गर्नुलाई बढी प्राथमिकता दियो । झट्ट हेर्दा नेपालमा भू–संरचनाको जटिलताले प्राकृतिक विपद् निम्तिएको देखिए पनि पूर्वतयारी नगर्ने, विकासको हुटहुटीले गर्दा सम्भावित विनाशबारे नसोच्ने प्रवृत्ति पनि जिम्मेवार छ । समाज निर्माणमा संस्कृतिको पनि भूमिका हुन्छ । संस्कृति समाजलाई बचाउन, मानव सभ्यतालाई बचाउन, कुनै खास समयमा कुनै विशेष उद्देश्यसाथ निर्माण भएको हुन्छ । ढुंगा, पीपल, हिमाल, तुलसीलाई पूजा गर्ने सभ्यता प्रकृतिको संरक्षणसँग गाँसिएको छ । अर्कातर्फ, संस्कृतिका सबै पक्ष सधैं उपयोगी हुन्छन् भन्ने पनि छैन । समय र आवश्यकता अनुसार हाम्रा रीतिरिवाज र चालचलनलाई जनहितका लागि प्रयोग गर्नुपर्छ । हावा जोडले लागेको छ भने, कुनै कार्जे गर्दा बालेर छाडेको दियोले आगलागीको सम्भावनालाई बढाउनेतर्फ पनि ध्यान दिनुपर्दछ ।हाम्रा पुर्खाले भू–संरचना अनुसार मानव सभ्यतालाई अगाडि बढाउने प्रयास गरेका थिए । पहाडका घरहरू होचा र साना हुन्थे भने तराईका घरहरू टाँडे र अग्ला । विकास र समयको माग अनुसार घरको संरचनामा परिवर्तन आउँदै गयो तर भविष्यमा आइपर्ने विपद्को आकलन गर्न भने सकिरहिएको छैन ।अहिलेको युगमा, वैज्ञानिक शिक्षा लिइरहेका युवा र दक्षहरूका अनुभवलाई मिलाएर काम गर्ने हो भने विनाशबिनाको विकास सम्भव छ । खेतीपाती, पानी, बाटो, पुल लगायतलाई विपद् व्यवस्थापनका हिसाबले अघि बढाउन सकिन्छ । मेलम्चीको बाढीपहिरोले धेरै खेतीयोग्य जमिन विनाश गर्‍यो । पहिलेपहिले धादिङ हुँदै काठमाडौं भित्रिने सामानहरू बर्खामा कृष्णभीरमा जाने पहिरोले गर्दा सधैं रोकिन्थे । विपद् व्यवस्थापनलाई ख्याल नगरिएकाले नै तराईका सहरहरू सधैं बाढीको जोखिममा हुने गर्छन् । हिउँद सुरु हुनै लागेको यो बेला विपद् रोकथामका काम गर्नुपर्छ । बर्खाले धेरै विपद् ल्याउने हुनाले पूर्वतयारीका काम हिउँद लागेपछि नै गर्नु उपयुक्त हुन्छ । खाद्यान्न सञ्चिति, पानी र फोहोर सबै व्यवस्थापन गर्नुका साथै बर्खा र गर्मी महिनामा देखा पर्ने डेंगीजस्ता रोग पूर्वरोकथामका उपाय सोच्नुपर्ने उपयुक्त समय हिउँद नै हो । एकछिन जापानको कुरा गरौं, जो विपद्का हिसाबले नेपालभन्दा बढी जोखिममा छ अनि सुनामी, ज्वालामुखी र भूकम्पको चरम सम्भावना जतिखेरै छ । तर यहाँ विपद्पूर्वको तयारी, नयाँ विपद्सँग लड्ने नयाँ इनोभेसन लगायतका कारण मानवीय क्षति अत्यन्तै न्यून हुने गरेको छ । बाढीपहिरो र सुनामीसँग जुध्न ‘अर्ली वार्निङ’ को राम्रो व्यवस्थापन गरिएको छ । विपद् आउन लागेको पूर्वसूचना जोखिम क्षेत्रका सबै मानिसका मोबाइलमा एसएमएसमार्फत पठाइन्छ । तिनलाई सुरक्षाटोली र अरू सम्बन्धित निकायमार्फत सुरक्षित स्थानमा सारिन्छ । विपद्पछि प्रभावित ठाउँलाई पुनः जस्ताको तस्तै बनाउने काम तुरुन्तै गरिन्छ । विपद्पूर्वको तयारीले मानिसहरूमा सुरक्षा जालीको काम गर्छ जसले गर्दा ढुक्क भएर काममा जाने वातावरण बन्ने गरेको छ । जापानमा बालबालिकालाई विभिन्न माध्यमबाट विपद्बारे शिक्षित तुल्याइन्छ । सेनडाई ढाँचामार्फत बालबालिकहरूलाई विपद्प्रति जागरुक बनाउने गरिन्छ ।नेपाल जति प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्यति नै भौतिक विकास गर्नका लागि जटिल छ । त्यसैले नेपालको विकास अरू देशको नक्कल गरेर मात्र सम्भव हुन्न । पानीको दोस्रो ठूलो स्रोत भएकामा गर्व गर्नु एक ठाउँमा छ तर पानीले निम्त्याउने विनाशलाई ध्यानमा राख्न पनि उत्तिकै जरुरी छ । नेपालमा युवा जनशक्ति ४० दशमलव ३५ प्रतिशत छ, जुन देशको ठूलो पुँजी हो र यसलाई बिदेसिनबाट रोक्ने वैकल्पिक उपाय खोज्न ढिलो भइसकेको छ । विपद्पूर्वको तयारीमा र विपद्पछिको उद्धारमा पनि युवा जनशक्तिले ठूलो भूमिका खेल्ने गर्छ । विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे मात्र नेफालले दिगो विकासको लक्ष्य हासिल गर्न सक्छ ।
Opinion
11,344
'सिन्डिकेट अन्त्यपछि ५० यातायात समिति कम्पनीमा दर्ता'
नेपालमा यातायात क्षेत्रको 'सिन्डिकेट अन्त्य' घोषणा गरिएको दुई हप्तामा करिब ५० वटा यातायात समितिहरू मात्र कम्पनीको रूपमा दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ।
https://www.bbc.com/nepali/news-44131846
त्यसअघि ११८ वटा कम्पनी दर्ता भएकोमा अधिकांश नयाँ कम्पनी थिए। देशको सार्वजनिक यातायातको क्षेत्रमा पाँच सयभन्दा बढी समिति तथा सङ्घहरू सञ्चालनमा रहेको अधिकारीहरूले अनुमान गरेका छन्। तर सरकारकै ढिलासुस्तीका कारण कम्पनीको रूपमा दर्ता हुन अन्योल रहेको व्यवसायीहरूको गुनासो छ। अवरुद्ध यातायात व्यवसायीका भनाइमा 'सिन्डिकेट अन्त्य' गर्दा भएको सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलको बैठक अहिलेसम्म बस्न नसक्दा समितिहरू कम्पनीमा दर्ता हुने प्रक्रिया अवरुद्ध भएको हो। त्यसका कारण थप 'रूट' अनुमति नदिइएकाले पनि यात्रु मारमा परेको उनीहरू बताउँछन्। तर यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले व्यवसायीहरू कम्पनीमा दर्ता हुन कुनै अप्ठेरो नभएको बताएका छन्। उनले भने, ''यो सबै कुरा हाम्रो छलफलको दायरामा आउँछ, अब केही दिनमा टुङ्ग्याउँछौँ। सरकार र व्यवसायीबीच भएको 'सिन्डिकेट अन्त्य' गर्ने निर्णयपछि करिब ५० कम्पनी थपिएका छन्। तर कति कम्पनी दर्ता हुनुपर्ने हो हामीलाई अझै थाहा छैन।'' सार्वजनिक सवारीसाधनलाई कम्पनीको रूपमा दर्ता हुन असार मसान्तसम्मको समयसीमा दिइएको छ। आरोप तर सरकारले गरेका प्रतिबद्धता पूरा नगरेकाले ढिलाइ भइरहेको व्यवसायीहरूको आरोप छ। उनीहरूका अनुसार समितिका ब्याङ्क खाता रोक्का भएका कारण दिनहुँ हुने सवारी दुर्घटनापछिको उपचार र बीमासम्बन्धी कार्यक्रम ठप्प भएको छ। सरकारले त्यो अप्ठेरो फुकाइदिनु पर्ने माग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छ। महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले भने, ''दर्ताको प्रारूप के छ त? एउटा कम्पनीमा कतिवटा गाडी दर्ता गर्नुपर्ने हो? यसबारे कार्यदलको बैठकले टुङ्गो लगाओस्। तर बैठक नै बसेको छैन। अनि हाम्रो सरकारलाई विनम्र आग्रह के हो भने हाम्रो संस्थाहरूको रोक्का भएको खाता खोलियोस्। त्यसपछि क्रमिक रूपमा आगामी एक महिनामा के के गर्नुपर्ने हो त्यो गर्न हामी तयार छौँ।'' तर विभागले खाता फुकुवा गर्ने विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र त्यस्तो सहमति पनि नभएको बताएको छ। उपचार र बीमाबारे विद्यमान समस्या समाधानको विकल्प खोज्न सम्बन्धित निकायलाई आग्रह भने गरिएको विभागको भनाइ छ। यसैबीच बुधवार गृह मन्त्रालयले यातायात सम्बद्ध सङ्घसंस्थाहरूको शेयर, चल र अचल सम्पत्तिको विवरण १५ दिनभित्र तयार गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। यसअघि गृहकै निर्देशन अनुरूप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको ब्याङ्क खाता रोक्का गरिएको थियो।
Others
67,742
'चपली हाइट ३'को प्रदर्शन मिति सर्‍यो
पुस ‍३ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'चपली हाइट ३' पुस १५ लाई सारिएको छ । एउटै मितिमा तीन विदेशी फिल्मसँग भिडन्त गर्नुपरेपछि निर्माता अर्जुन कुमारले फिल्मलाई अर्को मितिमा सारेका हुन् । अल्लु अर्जुनको फिल्म 'पुष्पा', 'स्पाइडरम्यान नो वे होम', 'घोस्टबुस्टर्स'सँग एउटै मितिमा नेपाली फिल्म प्रदर्शन गर्नुपरेपछि निर्माता कुमार पछाडि हटेका हुन् । 
https://ekantipur.com/entertainment/2021/12/14/163946488375181153.html
काठमाडौँ — पुस ‍३ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'चपली हाइट ३' पुस १५ लाई सारिएको छ । एउटै मितिमा तीन विदेशी फिल्मसँग भिडन्त गर्नुपरेपछि निर्माता अर्जुन कुमारले फिल्मलाई अर्को मितिमा सारेका हुन् । अल्लु अर्जुनको फिल्म 'पुष्पा', 'स्पाइडरम्यान नो वे होम', 'घोस्टबुस्टर्स'सँग एउटै मितिमा नेपाली फिल्म प्रदर्शन गर्नुपरेपछि निर्माता कुमार पछाडि हटेका हुन् । यसअघि उनले 'पुष्पा'को विरोध गर्दै आएका थिए । कतिले विदेशी फिल्मसँग भिड्नुपरेपछि कुमारले रुवावासी गरेको टिप्पणीसमेत गरेका छन् । 'रुवावासी गर्नै पर्ने अवस्था भयो । यस्तो सुमो फिल्मसँग भिडाउन खोजियो भने म कहाँ सक्छु त । हामी नेपालीले जतिसुकै गफ लगाए पनि विदेशी फिल्मलाई जित्न सक्दैनौं । त्यही भएर रुवावासी गरेको देखिएको हो,' उनी भन्छन्, 'मलाई मेरो कन्टेनमाथि विश्वास छ । तर एकल प्रदर्शन गर्नु र तीनवटा फिल्मसँग भिड्नुमा धेरै फरक पर्छ । आम्दानीमै फरक पर्छ । हलमा पाउने सोमै फरक पर्छ । हामीले फिल्म प्रदर्शनको घोषणा गर्दा 'स्पाइडरम्यान नो वे होम' भन्ने फिल्म पनि २४ तारिखमा आउने तय थियो । तर त्यो १७ तारिखमा सर्‍यो । हुँदाहुँदा त्यो फिल्म पनि हामीसँगै भिड्न आयो । त्यसमाथि हिन्दी फिल्म पनि यही मितिमा आउने भयो । प्रदर्शक र वितरकले नेपाली फिल्मलाई हेप्ने गर्छ । नेपाली फिल्मलाई सो कम दिने, चेपुवामा पार्ने काम गर्छ । त्यो काम नहोस् भनेर मैले आवाज उठाएँ । मैले यस्तो विशम परिस्थितिमा फिल्म लगाउने आँट गर्दा हिन्दी डब फिल्म ल्याएर मलाई चेपुवामा पार्ने कोसिस गरियो ।' 'पुष्पा'का नेपाल वितरकसँग उनले आफ्नो फिल्मलाई एकल प्रदर्शन गर्न दिन अनुरोधसमेत गरेका थिए । सोचेजस्तो सो नपाउने भए फिल्म नै नलगाउने अडान लिएका थिए । अक्षय कुमारको फिल्म 'सुर्यवंशी'ले हलमा दर्शक फर्काइदिएपछि निर्माता कुमारले फिल्मको प्रदर्शन मिति तोकेका थिए । त्यसपछि अन्य फिल्ममेकरले कोभिड महामारीका कारण प्रदर्शन रोकिएको फिल्मको प्रदर्शन तोक्न थाले । प्रदर्शनको अन्तिम चरण भने निर्माता कुमारले फिल्मलाई पछाडि सारेका छन् । यसरी फिल्मको प्रदर्शन फेरबदल गर्दा तपाईंलाई आफ्नो फिल्ममाथि नै विश्वास नभएको देखियो ? 'मलाई मेरो फिल्ममा कतै अविश्वास छैन । महामारीको यस्तो दौरानमा मैले फिल्म प्रदर्शन गर्ने आँट गरेको छु । २ करोडमा बनाएको फिल्म । मैले यसरी आँट गरेको बेलामा एकल (सोलो) रिलिज गर्न देउ न भनेर हिन्दी फिल्मलाई नेपालमा ल्याउने वितरकसँग अनुरोध गरें । तर उनीहरुले सुनेनन्,'उनले जवाफमा भने,'म एक्लैले कराएर पनि हुँदैन । मैले हिन्दी र अंग्रेजी फिल्मको विरोध गरेको छैन । तर डबिङ गरिएको फिल्म त नल्याउँ, नजुधाउँ भन्न खोजेको हो । नेपाली फिल्म क्षेत्रको स्थिति दयनीय छ ।' निर्माता कुमार नेपाली कलाकारका नाममा फिल्म चलाउने दमसमेत नभएको दाबी गर्छन् । 'नेपाली फिल्ममा फलानो कलाकार छ भनेर फिल्म चल्छ भन्ने दम नै छैन,' उनले भने ।
Entertainment
8,127
नेपालको अर्थतन्त्र, बैंकिङ र अबको बाटो
विश्व अर्थव्यवस्थामा देखिएका उतारचढावहरूमाझ अबको अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने विषयमा विभिन्न प्रक्षेपण भइरहेका छन् । कोभिड–१९ र तत्पश्चात् सुरु भएको रुस–युक्रेन युद्धका कारण पूरै विश्वमा फरक परिस्थिति उत्पन्न भएको छ ।
https://ekantipur.com/opinion/2023/10/10/nepals-economy-banking-and-the-way-forward-41-56.html
विश्व अर्थव्यवस्थामा देखिएका उतारचढावहरूमाझ अबको अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने विषयमा विभिन्न प्रक्षेपण भइरहेका छन् । कोभिड–१९ र तत्पश्चात् सुरु भएको रुस–युक्रेन युद्धका कारण पूरै विश्वमा फरक परिस्थिति उत्पन्न भएको छ ।विभिन्न खाद्य वस्तु र तेल–ग्यासमा लगाइएको प्रतिबन्धले निम्त्याएको माग–आपूर्ति असन्तुलनको प्रभाव धेरै मुलुकमा देखिएको छ । यसले गर्दा अधिकांश मुलुकमा मुद्रास्फीति बढ्नुका साथै अर्थतन्त्रसमेत सुस्त भएको छ । यस परिवेशमा नेपालको अर्थव्यवस्था कस्तो होला र नेपालको अर्थतन्त्रले कुन दिशा लेला भन्ने विषय अहिले साझा बहसमा छ । पछिल्लो समय नेपालको अर्थव्यवस्था चलायमान हुन नसकेको तीतो यथार्थ हामीसँग छ । चाडपर्व नजिकिँदै गए पनि सोअनुरूप बजारमा माग बढेको छैन, लगानीयोग्य रकमको उपलब्धता भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन, निर्यात घटेको छ, रोजगारीका अवसरहरू कम भएका कारण दैनिक सयौं विदेश जान बाध्य भइरहेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक हेर्दा हाम्रा बाह्य परिसूचकहरू केही सकारात्मक छन् । हाम्रो विदेशी मुद्रा सञ्चिति १,५७३.१२ अर्ब रुपैयाँ पुगेको छ जसले १२.५ महिनाको वस्तु आयात धान्न सक्छ । रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ । चालु खाता र शोधनान्तर स्थिति दुवैमा सन्तोषजनक सुधार आएको छ । विश्व बैंकले पहिले गरेको आकलनभन्दा नेपालको अर्थ व्यवस्था सुधारोन्मुख हुने भन्दै सन् २०२३ का लागि ३.९ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । विश्व परिवेशसन् २०१९ को अन्त्यतिर देखिएको कोभिडको प्रभावपछि अमेरिका, युरोपसहित हाम्रा छिमेकी मुलुकहरूको समग्र अर्थव्यवस्थामा ठूलो धक्का पुग्यो । कोभिडपछि बिस्तारै तंग्रिँदै गरेको अर्थतन्त्रलाई २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धले नराम्रोसँग गाँजिरहेको छ । यसले मुख्य रूपमा माग–आपूर्ति सन्तुलनलाई खलबल्याएको छ । कच्चा तेलको मूल्य अनपेक्षित रूपमा बढेको छ । २०१९ अक्टोबरमा प्रतिब्यारल ५९.३५ अमेरिकी डलर रहेको कच्चा तेल २ वर्षपश्चात् (२०२१ अक्टोबरमा) बढेर ६९.४५ डलर र पछिल्लो समय (२०२३ अक्टोबरमा) ९०.७० डलरसम्म पुगेको छ । कच्चा तेलमा उच्च मूल्यवृद्धिको प्रत्यक्ष असर बजार मूल्यमा पर्नाले मुद्रास्फीति उच्च छ । बढ्दो मुद्रास्फीतिलाई सन्तुलनमा ल्याउन विभिन्न राष्ट्रका केन्द्रीय बैंक ब्याजदर बढाउन बाध्य भएका छन् (हेर्नुस् तालिका) ।नेपालमा देखिएको असर अहिले हामी विश्वपरिवेशबाट अलग रहन सक्दैनौं । नेपाल भौगोलिक रूपमा भूपरिवेष्टित मुलुक भए पनि विश्व अर्थव्यवस्थासँग हाम्रो केही न केही सम्बन्ध छ । त्यसैले अन्य देशमा हुने आर्थिक परिवर्तनले हाम्रो अर्थव्यवस्थालाई समेत प्रभावित बनाउनेमा दुईमत छैन । करिब ७० प्रतिशत व्यापार भारतसँग हुने गरेको र स्थिर मुद्रादर भएकाले भारतमा देखिएको आर्थिक असर नेपालमा समेत स्वाभाविक रूपमा भित्रिने गरेको छ । बढ्दो डलर भाउ र तेलको मूल्य, मूल्यवृद्धि, उच्च मुद्रास्फीति र सोसँगै बढ्दै गएको ब्याजदरको प्रभावबाट हामी अलग रहन सकेका छैनौं । कोभिडपश्चात् बैंकहरूमा निक्षेप थुप्रिँदा र कर्जाको माग कम हुँदा ब्याजदर निकै न्यून विन्दुमा आयो । ब्याजदर कम भएपश्चात् अनियन्त्रित रूपमा उपभोग बढ्दै गयो । सोही अनुसार आयात बढ्दै जाँदा यसको प्रत्यक्ष असर मुलुकको विदेशी मुद्रा सञ्चितिमा पर्न गयो । फलस्वरूप नेपाल राष्ट्र बैंकले कतिपय वस्तुको आयात नै रोक्ने निर्देशन ल्याउनुपर्‍यो । तत्कालीन अवस्थामा सो बन्देजको व्यापक आलोचना भए पनि यसले मुलुकको विदेशी सञ्चिति जोगाउन र व्यापार घाटा कम गर्न उल्लेख्य भूमिका खेल्यो । तत्पश्चात्को नीतिगत कडाइले गर्दा मुलुकको बाह्य अवस्था सबल हुँदै गयो । २०२३ अक्टोबरसम्म आइपुग्दा १,५७३ अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति विनिमय कायम गर्दै १२.५ महिनाको वस्तु आयात धान्न सकिने अवस्था बनेको छ । विश्वभरि छाएको आर्थिक शिथिलताले अवश्य पनि नेपाललाई छोयो । सुरुआती दिनहरूमा धेरै पक्षले सरकारको नीति, ब्याजदर लगायतलाई शिथिलतामा जानुको मुख्य कारक माने । तर, विभिन्न मुलुकको जस्तै हाम्रो अर्थतन्त्रसमेत शिथिलतामा गएकाले यस्तो बेला खपत घट्ने, ब्याजदर तथा मुद्रास्फीति बढ्ने, मागमा संकुचन आउने अनि कतिपय व्यापार–व्यवसाय बन्द हुने वा कम क्षमतामा सञ्चालन हुने, नाफा कम हुने वा उस्तै परे घाटामै जान सक्ने हुन्छ नै । अहिलेसमेत हामीले व्यापार–धन्दा चलेन, माग बढेन भन्ने चर्चा/गुनासा सुनिरहेका छौं । यस्तो हाम्रो देशमा मात्रै भएको होइन, अधिकांश मुलुक यही समस्याबाट गुज्रिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल/डिजेलको मूल्य बढेको र नेपालमा आयात हुने उच्च दुई वस्तु यिनै रहेकाले सोको असर प्रत्यक्ष रूपमा हामीले भोग्नुपर्‍यो । २०१९ अक्टोबरमा ११३.३५ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ २०२३ अक्टोबरमा १३२.५७ रुपैयाँ पुगेको छ । फलस्वरूप महँगी बढेको छ र आम मानिसको आय सोहीे अनुसार बढ्न नसक्दा उपभोगमा, मागमा कमी आएको छ । बैंकिङ सेवा तथा कर्जा प्रवाहपछिल्लो समय देखिएका विभिन्न उतारचढावका बावजुद नेपाली बैंकिङ क्षेत्र सबल र सुरक्षित नै रहेको छ । ५,००० अर्ब रुपैयाँभन्दा धेरै निक्षेप लिएर ४,५०० अर्बभन्दा धेरै कर्जा प्रवाह गरी व्यापार–व्यवसाय, उद्यमशीलता विकास, राष्ट्रिय गौरवका आयोजना लगायतका विभिन्न क्षेत्रमा बैंकहरूले लगानी विस्तार गर्दै आइरहेका छन् । राष्ट्र बैंकको सूक्ष्म अनुगमन र निर्देशनहरूको अधीनमा रही पारदर्शी रूपमा सेवा दिँदै नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उदाहरणका रूपमा स्थापित भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका ६०,००० भन्दा बढी कर्मचारीले ९,४४१ शाखामार्फत सेवा दिँदै आइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा ५ करोड १७ लाखभन्दा धेरै निक्षेप खाता र १८ लाखभन्दा धेरै ऋणी खाता छन् । मुलुकभर ५,९६९ एटीएम छन् । डिजिटल बैंकिङले पछिल्लो समय ठूलो फड्को मारेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताहरू २ करोड १९ लाखभन्दा धेरै भइसकेका छन् । विद्युतीय माध्यमबाट गरिने कारोबारसमेत बढ्दै गइरहेको छ । क्यूआरमार्फत हुने भुक्तानीले राम्रो उचाइ लिएको छ । पछिल्लो एक महिनामा मात्र ३० अर्ब हाराहारीको कारोबार क्यूआरमार्फत भएको छ । प्रविधिमा बैंकहरूले ठूलो लगानी गर्दै बैंकिङ अझ सुरक्षित र सहज हुँदै गएको छ भने ग्राहकहरूले पनि यसको सुविधा सहज रूपमा पाइरहेका छन् । राष्ट्र बैंकको नीतिअनुरूप बैंकहरूले उत्पादनशील क्षेत्रहरूमा लगानी बढाउँदै गइरहेका छन् । हाल बैंकहरूले कुल लगानीको न्यूनतम ११ प्रतिशत कृषि, ६ प्रतिशत ऊर्जा, ११ प्रतिशत लघु घरेलु तथा साना/मझौला उद्योग तथा ५ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आइरहेका छन् । साना ऋणीहरूलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह होस् भन्ने हेतुले २ करोड रुपैयाँसम्मको कर्जामा अधिकतम २ प्रतिशत मात्र प्रिमियम दर थप गर्न पाइने व्यवस्था छ । नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरूमा बैंकहरूले लगानी विस्तार गर्दै अन्य राष्ट्रिय महत्त्वका आयोजना तथा ठूला उद्योगहरू लगायत साना/घरेलु उद्योगहरूलाई समेत प्राथमिकतामा राखी कर्जा प्रवाह बढाइरहेका छन् । बैंकिङ क्षेत्रमा समेत विभिन्न चुनौती थपिएका छन् । लागत बढ्दो छ, विभिन्न नीति–नियमले गर्दा आम्दानीमा संकुचन हुँदै, प्रतिफल दर घट्दै र नाफा पनि कम हुँदै गएको छ । विभिन्न सञ्चारमाध्यममा बैंकको नाफालाई अंकमा मात्रै हेर्ने गरिएको पाइन्छ, अर्बौंको नाफा कमायो भन्ने समाचार तथा टिप्पणीहरू प्रशस्तै देखिन्छन्, तर कति अर्बको लगानी गरेर कति अर्बको नाफा भयो भनेर हेर्नु उचित हुन्छ । अहिलेको हिसाबमा मुद्दतीमा ११ प्रतिशत ब्याज पाउँदा बैंकका लगानीकर्ता (सेयरधनीहरू) ले ११ प्रतिशतको प्रतिफल पाउन मुस्किल छ । बैंकहरूका लागि राष्ट्र बैंकले ४ प्रतिशतको स्प्रेड तोकिदिएको छ । स्प्रेड भनेको निक्षेप र कर्जाको ब्याजदरको औसत अन्तर हो । तसर्थ, ब्याज बढाउँदैमा धेरै नाफा हुने होइन । कर्जाको ब्याजदर बढाउँदा निक्षेपको ब्याजदर पनि बढ्छ र घटाउँदा दुवैतर्फ सोही अनुपातले घट्छ । ब्याज बढाएर बढी नाफा भयो भन्नु गलत हो । त्यसउपर ब्याज भनेको माग–आपूर्ति तथा बजारले निर्णय गर्ने विषय हो । समय र मागको चक्र अनुसार स्वाभाविक रूपमा सो तलमाथि भइरहन्छ । नेपालमा मात्र होइन, विश्वभरका बैंकहरूमा ब्याज निर्धारण यसरी नै हुने हो । गत आर्थिक वर्षदेखि बैंकहरूको खराब कर्जा बढ्दै गइरहेको छ । समयमै यसको सही व्यवस्थापन हुनु जरुरी छ । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जाको स्थिति (एनपीएल) लाई समयमै सम्बोधन गर्न र खराब कर्जा व्यवस्थापन गर्न स्पेसल पर्पोज भेहिकल ल्याउनुपर्छ । सुखद पक्ष २–३ वर्षयता माथि उल्लेख भएजस्ता उतारचढाव आए पनि नेपाली अर्थक्षेत्रमा केही सुखद पक्ष पनि छन् । पछिल्लो समय हामीे बिजुली, सिमेन्ट, सूचना प्रविधि लगायतका वस्तु तथा सेवाहरू निर्यात गर्न सक्षम भएका छौं । विगतदेखि नै बिजुलीको अपार सम्भावना देख्दै आएका हामीले पछिल्लो समय भारतसँग १०,००० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता गरेका छौं । मुलुकमा थपिएका विभिन्न सिमेन्ट कारखानाको उत्पादनले गर्दा भारतजस्तो मुलुकमा सिमेन्ट निर्यात गर्न सक्ने हैसियत राखेका छौं । सेवामा सूचना प्रविधिले ठूलो छलाङ मारेको छ । नेपालमै बसेका विज्ञहरूले विभिन्न मुलुकमा सूचना प्रविधि सेवा प्रदान गरी मुलुकभित्र विदेशी रकम भित्र्याएको प्रशस्तै उदाहरण छन् । गत आर्थिक वर्षमा विप्रेषणमार्फत मुलुकमा १,२२० अर्ब रुपैयाँ भित्रिएको छ । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रले केही समययता गति लिनाले गत आर्थिक वर्षमा नेपालमा झन्डै ९ लाख पर्यर्टक भित्रिनु स्वागतयोग्य छ । बढ्दो पर्यटक आगमनले पर्यटन क्षेत्रसँग जोडिएका प्रत्यक्ष–अप्रत्यक्ष विभिन्न क्षेत्रमा ठूलो मद्दत गरेको छ । चुनौती र सम्भावनाहाम्रो अर्थव्यवस्थाको मूल समस्या भनेको अर्थतन्त्र आयातमा आधारित हुनु हो । हामीले जे कमाइरहेका छौं, सबै वस्तु तथा सेवाको आयातमा खर्च गरिरहेका छौं । साधारण हिसाबमा भन्दा १ रुपैयाँको आयात गर्न १० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । आयातलाई प्रतिस्थापन गर्दै देशमा बढीभन्दा बढी उद्योगधन्दाको स्थापना गर्नु जरुरी छ जसले अर्थव्यवस्थामा गुणात्मक प्रभाव (मल्टिप्लायर इफेक्ट) ल्याउन मद्दत गर्छ । यसबाट रोजगारी, आयआर्जन कुल माग सबैमा वृद्धि भई सरकारले यथेष्ठ राजस्व पनि संकलन गर्न सक्छ । त्यसैले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्नु अहिलेको सबैभन्दा महत्त्वपूर्ण कदम हुने पक्षलाई दृष्टिगत गरी सरकारले पनि आन्तरिक उत्पादन र उत्पादकत्वलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्नु निकै सकारात्मक हुन्छ । नेपालको अर्थतन्त्रको अर्को मुख्य समस्या न्यून उत्पादकत्व हो । पछिल्लो समय हामीले विद्युत्, सिमेन्ट र सूचना तथा प्रविधिमा उलेख्य सुधार गरे पनि बृहत्तर रूपमा उद्योग–व्यवसायको स्थापना र विकास गर्न सकेका छैनौं । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालमा ३२२ वटा उद्योग दर्ता भएका छन्, जसमध्ये ६६ वटा ठूला, ७० वटा मझौला र १८६ वटा साना छन् । औद्योगिक विकासलाई सबै पक्षले गम्भीरताका साथ लिनुपर्छ । नेपालको अर्थतन्त्रको अर्को मुख्य समस्या परम्परागत रूपमा गरिने निर्वाहमुखी कृषि प्रणाली हो । हाम्रो कृषि निर्वाहमुखी भएका कारण यसले कृषकको जीवनस्तर सुधारमा खेल्ने भूमिका संकुचन हुँदै गएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत हिस्सा ओगटेको कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्छ ।नेपालको अर्थतन्त्रले प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्नु अर्को प्रमुख समस्या हो । नेपालको वैदेशिक लगानी प्रत्येक वर्ष घट्दो दरमा छ । गत आर्थिक वर्षमा मात्र २२.१९ प्रतिशतले नेपालको वैदेशिक लगानी घटेको र यसको प्रत्यक्ष असर रोजगारी सृजना र आय आर्जनमा परेको देखिन्छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार दक्षिण एसियामै सबैभन्दा कम एफडीआई भित्रिने मुलुकमा नेपाल पर्छ, जुन चिन्ताजनक विषय हो । आगामी बाटोअहिलेको मुख्य चुनौती हो— शिथिलता हटाई अर्थतन्त्रलाई चलायमान बनाउनु । उद्योगी–व्यापारीहरूको मनोबल बढाएर औद्योगिक क्रियाकलापमा कसरी सक्रिय बनाउन सकिन्छ, त्यस दिशातर्फ उन्मुख हुनुपर्ने देखिन्छ । उद्योगी–व्यवसायी र बैंकिङ क्षेत्र एकअर्काका परिपूरक हुन् । एउटालाई अप्ठ्यारो पर्दा अर्को कुनै पनि हालतमा अगाडि बढ्न सक्दैन । अहिलेको विषम परिवेशबाट माथि उठ्न र अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउन दुवै क्षेत्रले विश्वासको वातावरण बनाउनुपर्छ । आगामी दिनहरूमा ग्रिन फाइनान्सिङ, सस्टेनेबल फाइनान्सिङ, ब्लेन्डेड फाइनान्सिङलाई उच्च प्राथमिकता दिँदै यसका माध्यमले देशको ऊर्जा, कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सकिने ठूलो सम्भावना छ । जलवायु परिवर्तनको मुद्दा र सस्टेनेबल फाइनान्सिङको मान्यताको विकास भइरहेको परिप्रेक्ष्यमा जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा रहेको हाम्रो देशको त्यस्तो खतरा न्यूनीकरण गर्दै आर्थिक विकास अगाडि बढाउनुपर्ने सन्दर्भमा यस्ता विविध स्रोतलाई प्राथमिकतामा राख्न सके मात्र हामी वैदेशिक लगानी भित्र्याउन सफल हुन सक्छौं । नेपालको विद्युत् उत्पादन तथा यसको बजारको सम्भावना धेरै ठूलो छ । हाम्रो विद्युत् उत्पादनले भारतको मात्र मागलाई पूरा गर्न सके पनि यसबाट राष्ट्रलाई ठूलो आय आर्जन हुनेमा दुईमत छैन । त्यसैले यस क्षेत्रको विकासमा निजी क्षेत्रको उपस्थितिलाई बढाउँदै तत्कालै पीपीए (पावर पर्चेज एग्रिमेन्ट) खुला गरिए निजी क्षेत्रका लगानीकर्ताहरू उत्साहित हुने देखिन्छ ।लामो समयदेखि नेपाली अर्थतन्त्रले भोग्दै आएको प्रमुख समस्या सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्नु पनि हो । कुल पुँजीगत खर्चको ठूलो परिमाण आर्थिक वर्षका अन्तिम २ महिनामा हुने गरेको छ । यसले अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष दुवै रूपमा लगानीयोग्य पुँजीको उपलब्धतालाई असर गर्दै आएको छ । त्यसैले अर्थतन्त्रलाई चलायमान बनाइराख्न पुँजीगत खर्च समयमा हुन एकदमै जरुरी देखिन्छ । वर्तमान अवस्थामा नेपालको वैदेशिक ऋणको अवस्था कुल गार्हस्थ्य उत्पादनको २१ प्रतिशत मात्र छ । त्यसैले देशको अर्थतन्त्रलाई चलायमान बनाउन वैदेशिक ऋण बढाउनेतर्फ समेत सरकार चनाखो हुनुपर्छ । पुँजी बजारको विकासका लागि पनि विशेष पहल गर्न जरुरी छ । सरकार अलि लचिलो भई कर र अन्य संरचनात्मक सुधारमा ध्यान दिई भेन्चर क्यापिटल/प्राइभेट इक्विटीलाई प्रोत्साहन गर्नुपर्छ । सानासाना बचत संकलन तथा ऋण परिचालन गरी ग्रामीण तथा सहरी क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आएका सहकारी तथा लघुवित्त कम्पनीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार अग्रसर भएमा यसले देशको तल्लो तप्कामा आर्थिक क्रियाकलापका साथै जनमानसमा मनोबल बढाउनसमेत मद्दत गर्छ । वस्तु तथा सेवाको निर्यातलाई बढाउन नसकिरहेको वर्तमान समयमा सरकारले प्राथमिकतामा राख्नुपर्ने अर्को महत्त्वपूर्ण क्षेत्र सूचना तथा प्रविधि पनि हो । हाम्रो देशमा उत्पादित सफ्टवेयर र सूचना प्रविधि सेवाहरूलाई अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतमा निर्यात गरेर वार्षिक रूपमा ७० अर्ब रुपैयाँसम्म आम्दानी भएको उदाहरण हामीसामु छ । यो क्षेत्रमा हामीसँग दक्ष जनशक्ति, न्यून लागत, भौगोलिक लाभका कारण थप प्रोत्साहित गर्न सरकारले नीतिगत रूपमा आईटी हब बनाएर वा अरू कुनै तरिकाले कसरी सहयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । विगतमा पनि हाम्रो अर्थव्यवस्थामा अप्रत्याशित रूपमा देखा परेका ठूलठूला चुनौतीबाट माथि उठेको हाम्रो अर्थव्यवस्था धेरै ‘रेजिलियन्ट’ छ र संकटको सामना गर्न सक्छौं भन्ने पुष्टि भइसकेको छ । त्यसैले अहिले पनि हाम्रो अर्थव्यवस्थामा देखिएका यावत् समस्यालाई समाधान गरी माथि उठ्न सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकै ठाउँमा उभिएर अगाडि बढ्न जरुरी छ ।अन्त्यमा, पछिल्लो वर्षका तुलनामा हामी सुधारको बाटामा लागिसकेको र विश्व बैंक, आईएमएफ, लगायत विभिन्न निकायको प्रक्षेपणमा समेत सन् २०२४ आर्थिक दृष्टिकोणले अझ सुखद रहने भएकाले हामीले आशा/अपेक्षा गर्ने धेरै बाटा देखिएका छन् ।केसी नेपाल बैंकर्स संघका अध्यक्ष हुन् ।
Opinion
10,069
विदेशी लगानीको सीमा दुई करोड तोकियो
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।
https://gorkhapatraonline.com/news/41526
काठमाडौं, असोज २८ गते । सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको जानकारी गराउनुभएको हो। ऐन अनुसार विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको उहाँको भनाइ छ। उहाँले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा. डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएकोसमेत जानकारी गराउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने।’ 
News
60,964
नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।
https://gorkhapatraonline.com/news/21776
झापा, साउन २७ गते । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो । 
News
62,036
दिल्ली हिंसा: मस्जिदको मिनारमा झण्डा
दिल्लीको अशोक नगरस्थित सेतो र हरियो रङ्ग लगाइएको एक मस्जिदको अगाडि दर्जनौंको सङ्ख्यामा मानिसहरूको भिड लागेको छ।
https://www.bbc.com/nepali/news-51641067
मस्जिदको अगाडिको भाग जलेको छ। बुधवार बिहान बीबीसीको टोलीले अशोक नगरस्थित 'बडी मस्जिद' बाहिर रहेका युवकहरूसँग कुराकानी गर्ने प्रयास गर्दा उनीहरूको प्रतिक्रियामा स्पष्ट रूपमा आक्रोश देखिन्थ्यो। मस्जिदभित्र बिछ्याइएका कालिनहरू डढेका थिए भने भुइँमा टोपीहरू पनि छरिएको देखिन्थ्यो। मस्जिदको मिनारमा भारतको राष्ट्रिय झन्डा र सिन्दूरे रङ्गको अर्को झन्डा लगाइएको देखिन्थ्यो। मस्जिद बाहिर रहेका मानिसहरूले उक्त क्षेत्रभन्दा बाहिरबाट आएका मानिसहरूको भिडले मङ्गलवार त्यस्तो काम गरेको बताए। 'दु:खी' मस्जिदमा पुगेको क्षतिबाट दु:खी रियाज सिद्दीकीले भने, "मानिसहरूले यस्तो गरेर आखिर के पाउँछन्?" त्यस क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका मानिसहरूसँग पनि बीबीसीले कुराकानी गरेको थियो। उनीहरूले उक्त मस्जिद त्यहाँ बर्षौंदेखि रहेको र सो मस्जिदमा क्षति पुर्‌याउने मानिसहरू बाहिरबाट आएकाहरू भएको बताए। स्थानीय हिन्दूहरूका अनुसार यदि उनीहरूले त्यसरी बाहिरबाट आएका मानिसहरूलाई रोक्ने कोसिस गरेका भए सायद उनीहरू पनि मारिन्थे। घटनाको गम्भीरता र त्यहाँको वातावरणको संवेदनशीलतालाई विचार गरेर यो लेखमा मानिसहरूको भावना भड्किन सक्ने संभावना रहेका केही दृश्य र घटनास्थलमा उपस्थित केही मानिसहरूको भनाइ हटाइएको छ। बीबीसीको सम्पादकीय नीति अनुरूप यसो गरिएको हो। यो लेख केही सम्पादकीय संशोधन सहित बीबीसी हिन्दी डट कमबाट साभार गरिएको हो।
Others
66,056
संस्थापकद्वारा अप्पर तामाकोशीको हकप्रदमा लगानी
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।
https://gorkhapatraonline.com/news/76551
काठमाडौँ, भदौ १२ गते । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।  कम्पनीले आगामी भदौ १८ देखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर एक सय रुपियाँ अङ्कित दरका हकप्रद सेयर निष्कासन गर्दै छ । सर्वसाधारणतर्फको सेयर निष्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकले हकप्रदका लागि रकम चुक्ता गरेका हुन् ।१० अर्ब ५९ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्व अनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपियाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि सेयरको बाँडफाँट पनि भइसकेको छ । कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपियाँ चुक्चा हुनु पर्ने छ । हकप्रद सेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्ने छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाब्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताउनुभयो । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा छ अर्ब रुपियाँ अल्पकालीन ऋण लिएको छ । सिइओ गौतमले अल्पकालीन ऋणको साँवाब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।    
News
36,898
ओस्कार जित्‍ने नेपाली फिल्मलाई बोर्डले ८ लाख दिने
चलचित्र विकास बोर्डले ओस्कार जित्ने नेपाली फिल्मलाई ८ लाख रूपैयाँ दिने निर्णय गरेको छ । बोर्डले २०७७ कार्तिकमा स्वीकृत गरेको 'चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने सम्बन्धी कार्यविधि' मा ओस्कारमा छनोट भएको फिल्मलाई २ लाख दिने निर्णय गरेको हो । 
https://ekantipur.com/entertainment/2021/07/02/162522034035664431.html
काठमाडौँ — चलचित्र विकास बोर्डले ओस्कार जित्ने नेपाली फिल्मलाई ८ लाख रूपैयाँ दिने निर्णय गरेको छ । बोर्डले २०७७ कार्तिकमा स्वीकृत गरेको 'चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने सम्बन्धी कार्यविधि' मा ओस्कारमा छनोट भएको फिल्मलाई २ लाख दिने निर्णय गरेको हो । बोर्डले फिल्म महोत्सव, अवार्ड कार्यक्रम र फिल्म कार्यशालामा स्वदेशी फिल्म वा फिल्मकर्मीको मनोनयन र सहभागिता भएको अवस्थामा अनुदान रकम छुट्याएको छ । बोर्डले गोल्डेन ग्लोब अवार्डमा छनोट हुने फिल्मलाई १ लाख र अवार्ड जित्नेलाई २ लाख दिने भएको छ । एसिया प्यासिफिक स्क्रिन अवार्डमा छनोट हुने फिल्मलाई १ लाख र जित्नेलाई १ लाख ५० हजार दिनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ ।कान्सदेखि विश्वप्रख्यात फेस्टिभल बर्लिन, भेनिस, लोकार्नो, टोरोन्टो, सन्ड्यान्स र इन्टरनेस्नल फिल्म फेस्टिभल रोटरड्याममा जाने लघु फिल्मलाई १ लाख र फिचर फिल्मलाई २ लाख ५० हजार दिने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र अवार्डको सूचीमा अन्य फेस्टिभललाई फरक/फरक रकम छुट्याइएको छ । टोरिनो फिल्म ल्याबमा जाने फिल्मलाई यात्रा खर्च ३ लाख र सहभागिता खर्च २ लाख दिने पनि कार्यविधिमा उल्लेख छ । युरोपियन अडियोभिज्वल आन्टरप्रेनर, द स्याम स्पिगल इन्टरनेस्नल र लेस इज मोर ल्याबमा जाने फिल्मको हकमा पनि अनुदानख रकम यही तोकिएको छ ।यस्ता फिल्म फेस्टिभल र ल्याबमा मनोनयमा परेका फिल्मकर्मीलाई प्रोत्साहन र सहयोग गर्न अनुदान घोषणा गरेको बोर्डका सूचना अधिकृत चिरञ्जिवी गुरागाईंले बताए । 'पुजा गुरुङ र विभुषण बस्नेतको फिल्म कान्समा छनोट पर्दा उनीहरुलाई फेस्टिभलले त्यहाँ बस्ने खर्च मात्र दियो । यात्रा खर्च दिएन । उनीहरुले यात्रा खर्च नभएर कान्समा नजाने कुरा गरेका थिए,' गुरागाईंले भने,'त्यो कुरा सुन्दा बोर्डलाई खड्कियो । त्यसैले त्यस्ता फिल्मकर्मीलाई ती फेस्टिभलसम्म पुग्ने वातावरण मिलाइदिनु पर्‍यो भनेर यो कार्यविधि बनाएका हौं । कोही व्यक्ति ती फेस्टिभलमा जान चाहन्छ भने टिकटकै कारण नरोकियोस् भनेर यो कार्यक्रम ल्याएका हौं ।'कार्यविधि पास भएसँगै धेरैले यसको विरोध पनि गर्दै आएका छन् ।
Entertainment
8,261
नेपालगञ्जमा ‘प्रेमगीत–३’ हेर्न दर्शकको ओइरो
नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत–३’ले नेपालगञ्जमा दर्शकको उत्सहाजनक उपस्थिति पाएको छ । नेपालगञ्जस्थित वागेश्वरी सिनेमाजमा दर्शकको मागबमोजिम एकै दिन ‘प्रेमगीत–३’को नौ सोसम्म देखाइएको छ । कुनै पनि चलचित्र प्रदर्शन हुँदा प्रायःजसो तीन सो देखाइने गरेकोमा ‘प्रेमगीत–३’प्रति दर्शकको आकर्षण देखेर एकै दिन नौ सो प्रदर्शन गरिएको सिनेमाहलका प्रबन्धक सञ्जीव शाक्यले बताउनुभयो । दर्शकले चलचित्रका नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको अभिनयको प्रशंसा गर्दै नेपाली कलाकारले अन्य देशका कलाकारलाई कडा टक्कर दिइरहेको जनाएका छन् ।
https://gorkhapatraonline.com/news/26093
नेपालगञ्ज, असोज ९ गते । नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत–३’ले नेपालगञ्जमा दर्शकको उत्सहाजनक उपस्थिति पाएको छ । नेपालगञ्जस्थित वागेश्वरी सिनेमाजमा दर्शकको मागबमोजिम एकै दिन ‘प्रेमगीत–३’को नौ सोसम्म देखाइएको छ । कुनै पनि चलचित्र प्रदर्शन हुँदा प्रायःजसो तीन सो देखाइने गरेकोमा ‘प्रेमगीत–३’प्रति दर्शकको आकर्षण देखेर एकै दिन नौ सो प्रदर्शन गरिएको सिनेमाहलका प्रबन्धक सञ्जीव शाक्यले बताउनुभयो । दर्शकले चलचित्रका नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको अभिनयको प्रशंसा गर्दै नेपाली कलाकारले अन्य देशका कलाकारलाई कडा टक्कर दिइरहेको जनाएका छन् ।  
News
45,031
नेप्से परिसूचक ९.७५ अंकले गिरावट
साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ ।
https://gorkhapatraonline.com/news/17860
काठमाडौं, असार २० गते । साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ । सोमबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सोमबार कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आइतबार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको थियो । सोमबार नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधकि ५.१० प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचकको १ प्रतिशतभन्दा कमले बढेका छन् । यता, विकास बैंक, होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यता, युनियन हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा साढे १७ करोडको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमारहेको छ । हिमालयन डिष्टिलरीको करिब १७ करोडको शेयर किनबेच भएको छ ।
News
40,709
सहरको फोहोर व्यवस्थापन
फोहोर व्यवस्थापन अल्पविकसित राष्ट्रहरूको मुख्य समस्या हो । दिगो विकास लक्ष्यका कतिपय लक्ष्यको परिपूरकका रूपमा रहने फोहोर व्यवस्थापन वातावरणीय तथा मानवीय सुरक्षित आवासका अवरोधक हुन् भने मानव स्वास्थ्यको समेत खतरा हो ।
https://gorkhapatraonline.com/news/14613
फोहोर व्यवस्थापन अल्पविकसित राष्ट्रहरूको मुख्य समस्या हो । दिगो विकास लक्ष्यका कतिपय लक्ष्यको परिपूरकका रूपमा रहने फोहोर व्यवस्थापन वातावरणीय तथा मानवीय सुरक्षित आवासका अवरोधक हुन् भने मानव स्वास्थ्यको समेत खतरा हो ।स्वास्थ्य तथा प्रदूषण व्यवस्थापनका लागि विश्वका कुनै पनि राष्ट्रले आफ्ना बस्ती तथा सहरी र औद्योगिक फोहोरहरूको व्यवस्थापन गर्दै अघि बढ्न पछिल्लो समयमा नीति, रणनीति र प्रविधिमा व्यापक हस्तक्षेप गर्नुपर्ने देखिन्छ । नेपालजस्तो देशले उत्पादित सहरी फोहोर कुनै बस्ती छेउछाउ थुपार्ने कार्य तत्कालिक र दीर्घकालीन रूपमा मानवीय हितका लागि उपयोगी देखिँदैन ।शासकीय क्षेत्रमा भएको परिवर्तनसँगै सामाजिक समृद्धि र अमनचयन प्राप्त गर्ने लक्ष्यमा फोहोर व्यवस्थापन, वातावरणीय स्वच्छता पनि दीर्घकालीन दृष्टिले सोचनीय विषय हो । जापानी फोहोर व्यवस्थापनको नमुना विश्वमा नै अनुकरणीय छ । मानव सचेतना, प्रविधि र पूर्वाधारको संयोगिक परिणति स्वरूप मानव स्वास्थ्य, सहरी सुन्दरता र आर्थिक विकासमा जापानी फोहोर व्यवस्थापनले शासकीय कुशलताको अनुपम प्रदर्शन गरेको छ । स्वच्छ पानी, स्वच्छ हावा र दृश्य सुन्दरताको फलस्वरूप जापानीहरू खासै बिरामी पर्दैनन् । नागरिक चेतना, शासकीय हस्तक्षेप र पूर्वाधारको पर्याप्तताका कारण यो सम्भव भएको हो । यहाँ अस्पतालजन्य तथा औद्योगिकबाहेक अन्य फोहोरको बारेमा चर्चा गरिन्छ । सबैभन्दा पहिला फोहोर उत्पादनका कुरा गरौँ । सहर वा ग्रामीण क्षेत्रका घरबाट निस्कने फोहोरलाई चार किसिमले वर्गीकरण गरिन्छ । फोहोर उत्पादकले नै आफ्नो फोहोरलाई जलनशील, बाल्न नसकिने, पुनःप्रयोग गर्न सकिने र ठूला आकारका फोहोरका रूपमा वर्गीकरण गरी छुट्याउँछन् । पहिलोः भान्छा घरबाट निस्कने खानाका शेष तथा कागज र कपडा बाल्न वा खरानी बनाउन सकिने फोहोरमा पर्छन् । दोस्रोः बाल्न नसकिने फोहोरमा पुनःप्रयोग गर्न नसकिने ससाना सिसा, धातु वा सेरामिक्सजस्ता वस्तु पर्छन् । तेस्रोः पुनःप्रयोग गर्न सकिने फोहोर यसअन्तर्गत पर्छन् प्लाष्टिकजन्य वस्तु, कन्टेनर आदि । यी तीन प्रकारका फोहोर फरक रङको प्लाष्टिक ब्याग किनेर पोको पारिन्छ । चौथो प्रकारको फोहोर फर्निचर, फ्रिज, लुगा धुने मेसिन, कारलगायत आयतनमा ठूला किसिमका पर्छन् । चौथो प्रकारको फोहोर विसर्जन गर्न अग्रिम रूपमा सरकारलाई निश्चित शुल्क बुझाउनुपर्छ । यी सामान शुल्क तिरेर विसर्जन गर्नुभन्दा सहरका नव आगन्तुकलाई गिफ्ट गर्न सहज हुन्छ । गरिब देशबाट गएका कतिपय विदेशीले यस्तै सामान जोहो गरेर पनि सहज जीवन बिताएका छन् ।अब फोहोर व्यवस्थापनका कुरा गरौँ । ग्रामीण क्षेत्रमा वा सहरमा होस् बस्तीको निश्चित दुरीमा फोहोर सङ्कलन स्थल निर्माण गरिएको हुन्छ । यसरी सडकछेउमा राखिएका बाख्राका खोरजस्ता साना घरमा सार्वजनिक बस्तीबाट आएको फोहर दैनिक कुन रङको झोला राख्ने हो तालिका समेत टाँसिएको हुन्छ । तालिका अनुसार ग्रामीण वा सहरी नागरिकले फोहोर राख्ने गर्छन् । फोहोर राख्दा जुन दिन जुन किसिमको फोहर राख्नुपर्ने हो सोहीअनुरूप राख्नुपर्छ । सीसी क्यामेराको निगरानीअनुसार फोहोर फाल्ने व्यक्तिलाई कानुनी रूपमा जिम्मेवार बनाइएको हुन्छ । अब फोहोर उपयोगका कुरा गरौँ । प्रज्वलनशील (खरानी बनाउन सकिने) फोहोरलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिन्छ । राजधानी टोकियो भित्रै समेत धेरै वटा यस्ता विद्युत् गृह रहेका छन् । करिब पाँच लाख बासिन्दाबाट निस्कने दैनिक फोहोरबाट दस मेगावाट दैनिक विद्युत् उत्पादन गर्न सकिने आँकडा जापानी वातावरण मन्त्रालयका प्रतिवेदनहरूमा उल्लेख गरेको पाइन्छ । तथ्याङ्क हेर्दा सबैभन्दा बढी जलनशील फोहोर उत्पादन भएको देखिन्छ । फोहोर व्यवस्थापनमा थ्री आर प्रणाली अर्थात् रिड्युसः फोहोर उत्पादन कम गर्ने; रिसाइकलः पुनः उपयोग गर्ने वा अवस्था परिवर्तनबाट उपयोग गर्ने र रियुजः पुनः प्रयोग गर्ने फर्मुला उपयोग गरिएको पाइन्छ । यही अवधारणाअनुसार फोहोर सङ्कलन गरी सरकारले यसको व्यवस्थापन गरेको पाइन्छ । दैनिक उब्जने फोहोरबाट इनर्जी उत्पादन गर्ने कार्य विकसित देशहरूले लामो समयदेखि गर्दै आएका कार्य हुन् । जुन देशमा ल्यान्डफिल्ड साइटको कमी छ वा सामाजिक स्वास्थ्यलाई महìवका साथ हेरिन्छ त्यस देशमा फोहोरलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गरिएको पाइन्छ । नेपालजस्तो देशमा पनि पुनःउपयोग गर्न सकिने फोहोरलाई सोहीअनुरूप उपयोग गरिएको पाइन्छ । बोत्तल कागज फलामजन्य फोहोर आज पनि रिसइकल भइरहेका छन् । यद्यपि यस्ता फोहरको व्यवस्थित वर्गीकरण, सङ्कलन र विसर्जन वा उपयोग गर्ने प्रणाली भने विकास गर्न सकिएको छैन । जापानमा फोहोर व्यवस्थापनको सबैभन्दा प्रभावशाली पक्ष सामाजिक चेतना र सत्यनिष्ठाप्रतिको सामाजिक मूल्य हो । प्रायः जापानी बजारका रेष्टुराँहरू समेत एकजना वा दुईजना कामदारले नै सञ्चालन गरिरहेको देखिन्छ । रेष्टुराँमा खाना खानेहरूले आफूले खाएको फोहोर र प्लेटसमेत आफैँले उठाएर निश्चित स्थानमा राखिदिएर बाहिरिन्छन् । खाना चुलो वा फ्रन्ट डेस्कबाट आफैँ लिने र खाइसकेपछि शेष फोहोरलाई वर्गीकरण गर्ने कार्य जापानी जीवनशैलीको अभिजात कर्म हो । घरबाट निस्किएको फोहोरलाई बजारबाट उपयुक्त रङको प्लाष्टिक झोला किनेर निर्देशित झोलामा राख्ने विसर्जन गर्ने कार्यमा कहिल्यै पनि गल्ती भएको देखिँदैन । अर्थात् बल्ने किसिमको फोहोर प्याकिङ गर्दा एउटा टुक्रा पनि नबल्ने फोहोर मिसिएको हुँदैन । यही सारभूत सामाजिक निष्ठाका कारण बल्ने फोहोर सोझै विद्युत् उत्पादन गृहतर्फ लगिन्छ । जापानीहरूमा सामाजिक सद्भाव र सहिष्णुताको गहिरो पूर्वाधारका कारण नै जटिल फोहोर व्यवस्थापन सहज भएको छ । विश्वका मानिसहरू अरूबाट रोग नसरोस् भनेर मास्क लगाउँछन् तर जापानीहरू आफ्नो रोग अरूलाई नसरोस् भनेर मास्क लगाउँछन् । यसैकारण यात्रामा फोहोर विसर्जनका भाँडाहरू भए पनि जापानीहरू आफूले प्रयोग गरेका टिस्यु पेपरसमेत झोलामा हालेर बासस्थान नै लिएर आउँछन् र व्यवस्थित ढङ्गले पोको पारेर विसर्जन गर्छन् । नेपालले स्थानीय तह तथा सहरी पूर्वाधारहरू निर्माण र सामाजिक न्यायका आधारका रूपमा फोहोर व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजनिक निजी र नागरिकबीच सहकार्यात्मक ढङ्गबाट अघि बढ्न आवश्यक छ । सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र स्वस्थ सहरी तथा ग्रामीण पूर्वाधार पनि महìवपूर्ण विषय हुन् । नेपालको पछिल्लो स्थानीय निर्वाचनमा कतिपय स्थानीय जनप्रतिनिधिले फोहोर व्यवस्थापनलाई पहिलो मुद्दा बनाएका छन् । विशेषगरी काठमाडौँका नगरप्रमुखले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता चुनावी एजेन्डाका रूपमा लिएका छन् । विश्वका कतिपय देशले फोहोरलाई कुहाएर मिथेन ग्यास निर्माण गर्ने र कम्पोष्ट मल बनाउनेसमेत गरेका उदाहरणहरू वैज्ञानिक रूपमा अध्ययन गरी अघि बढ्न सके सहरी फोहोरले दिगो विकासमा राखेको तगारो हटाउन सकिन्छ । यद्यपि पूर्वाधार र नीतिभन्दा पनि घरघरमा उब्जिने फोहोरलाई वर्गीकरण गरी फरक फरक ढङ्गबाट विसर्जन गर्ने सामाजिक प्रणाली बसाउन केही कसरत गर्नेपर्ने देखिन्छ । सरकारले फोहोर पोको पार्ने निश्चित किसिमको प्लाष्टिक झोला उपलब्ध गराउने नीति लिन सक्छ । यसले नागरिकमा फोहोर व्यवस्थापनप्रति अपनत्व र सरकारी प्रयासप्रतिको जिम्मेवारी वा दायित्व प्रकट हुने निश्चित छ । जापानलगायत विकसित देशमा सहरकै बीचमा स्थापना गरिएका फोहोरबाट ऊर्जा उत्पादनका प्लान्टहरू अध्ययन गर्दा सहरको फोहोर सहरकै मानिसको जीवनस्तरमा सकारात्मक मूल्य सिर्जना गरेको देखिन्छ । हाम्रा सहरहरूले समेत यस्ता प्रविधि र सोचको अध्ययन गरेर वर्गीकृत फोहोर व्यवस्थापन गर्ने विविध प्रणाली अवलम्बन गर्न आवश्यक छ ।
News
48,271
पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका सबैले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने
वैदेशिक रोजगार विभागले पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका ३२ हजारलाई उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने निर्णय गरेको छ । विभागले यही पुस १६ देखि १८ गतेसम्म फाराम भर्नको लागि शुक्रबार आवेदन खुला गरेको छ ।
https://ekantipur.com/news/2023/12/29/all-those-who-have-applied-in-the-shipbuilding-sector-can-apply-for-the-language-test-in-the-production-sector-54-08.html
काठमाडौँ — वैदेशिक रोजगार विभागले पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका ३२ हजारलाई उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने निर्णय गरेको छ । विभागले यही पुस १६ देखि १८ गतेसम्म फाराम भर्नको लागि शुक्रबार आवेदन खुला गरेको छ ।उच्च अदालत पाटनले आवेदन फाराम भर्न रोक नलगाउनु भन्ने आदेश गरेपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गत साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो । विभागले जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ । ‘यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ’, शुक्रबार साझ जारी विज्ञप्तिमा उल्लेख छ ।
News
6,790
शुक्रबार रायमाझी साङ्गीतिक साँझ
गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् ।
https://gorkhapatraonline.com/news/76791
काठमाडौँ, भदौ १४ गते । गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् । थिएटरका कलाकारदेखि नृत्यमा पारङ्गत कलाकारहरू गीतिनाटकमा समावेश हुनुहुने छ । काठमाडौँ बाहिरबाट समेत कलाकारहरू आएर रिहर्सल गरिरहनुभएको छ भने ४५ देखि ५० मिनेट गीतिनाटक प्रस्तुत हुने गायक रायमाझीले बताउनुभयो । दोस्रो चरणमा रायमाझीका गीतमा उहाँलाई अन्य थुप्रै कलाकारले स्वरमा साथ दिनुहुने छ । तेस्रो चरणमा रायमाझीले लगातार एक दर्जन गीत प्रस्तुत गर्नुहुने छ । यस चरणमा कतिपय गीतमा अन्य कलाकारहरूको समेत साथ रहने छ । कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने छ ।   
News
43,973
इटहरी गोल्डकप : मछिन्द्र सेमिफाइनलमा स्तब्ध
ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।
https://ekantipur.com/sports/2023/03/22/167950361159528420.html
सुनसरी — ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।मछिन्द्रलाई सेमिफाइनलमा रोक्दै सगरमाथालाई उपाधिसामु पुर्‍याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले गोल गरेका थिए । मछिन्द्रबाट कप्तान ओलावाले अफिजले एक गोल फर्काए ।सुरुबाटै आक्रामक खेल प्रस्तुत गरेको सगरमाथाले मछिन्द्रविरुद्ध १२ मिनेटभित्र दुई गोल गरिसकेको थियो । चौथो मिनेटमा मेसुकेको पासमा राजीवले गोल गरेर अग्रता दिलाए । त्यसको ८ मिनेटपछि स्टेफिनले सगरमाथाको गोलस्कोर दोब्बर बनाए । पहिलो हाफमा २–० ले अग्रता बनाएको सगरमाथा दोस्रो हाफमा एक गोल थप्दै मजबुत बन्यो ।मेसुकेले ५१ औं मिनेटमा बायाँ भागबाट अघि बढाउँदै गरेको प्रहार सिधै जालीको सम्पर्कमा पुगेको थियो । ३–० ले पछि परेको अवस्थामा मछिन्द्रका कप्तान ओलावालेले ८८ औं मिनेटमा एक गोल गरे पनि पर्याप्त हुन सकेन । बक्सभित्र अभिषेक लिम्बूले ओलावालेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरेका थिए ।पहिलो रोजाइका खेलाडी जारी थ्री नेसन्स कपमा व्यस्त भएपछि मछिन्द्र दोस्रो रोजाइका खेलाडी लिएर आएको थियो । पहिलो हाफमा पाएको तीन उत्कृष्ट अवसर ओलावालेले सदुपयोग गर्न सकेनन् । पहिलो खेलमा ह्याटिकसहित ४ गोल गरेका उनका तीनवटै प्रहारमा सगरमाथाका गोलरक्षक बाधक बने । मछिन्द्रका अन्य खेलाडीले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् ।खेलको १५ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा विजय भुजेलले गोलरक्षक बिट गराए पनि गोल गर्न सकेनन् । १९ औं मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बूले रोकेर बाहिर पठाइदिए । उनले २२ औं मिनेटमा ओलावालेको प्रहार पनि रोके ।पहिलो हाफको तुलनामा दोस्रो हाफमा मछिन्द थप आक्रमक बन्न सकेन । ६४ औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर खेर गयो । ८९ औं मिनेटमा सौरभ लिम्बूको फ्रिकिकमा उत्सव राईले गरेको हेडर पनि पोस्टमाथिबाट बाहिरियो ।नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदान उत्रिएको सगरमाथाले अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो । २३ औं मिनेटमा स्टेफिनको बेजोड प्रहार गोलरक्षक प्रदीप भण्डारीले बचाए । २५ औं मिनेटमा डिफेन्डरबीच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेले खेर फाले । मेसुकेको पासमा राजीव गोल गर्न चुके । लगत्तै मेसुकेले वान भर्सेस वानमा पाएको अवसर सदुपयोग गर्न सकेनन । म्यान अफ द म्याच सगरमाथाका स्टेफिन भए । उनले १० हजार प्राप्त गरे ।सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचेअनुरुप प्रदर्शन नभएको बताए । यद्यपि सबै खेलाडीको सामूहिक प्रयासले जित निस्किएको बताए । विपक्षी खेलाडीहरू अफ्रिकीको कारणले दबाबमा परे पनि उनीहहरूबीच तालमेल राम्रो देखिएपछि नतिजा आफ्नो पक्षमा आएको बताए ।मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा पाएको अवसरमा गोल गर्न नसक्दा पराजित हुनुपरेको बताए । उनले रेफ्रीको गल्तीका कारण दोस्रो गोल खान पुगेको आरोप लगाए । उनले पहिलो रोजाइका खेलाडीलाई आराम दिएर दोस्रो रोजाइका खेलाडीलाई अनुभवका लागि मैदान उतारेको बताए ।सगरमाथाले बिहीबार हुने त्रिभुवन आर्मी र चर्च व्वाइज युनाइटेडबीचको विजेतासँग उपाधिका लागि शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख हात पार्नेछन् ।
Sports
17,958
दलितमाथि छुवाछुत, अपमान र उत्पीडन हुनु सामाजिक लज्जाको विषय : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । उनले पछिल्लो दशकमा दलित समुदायको अधिकारका लागि थुप्रै प्रयासहरु भएपनि व्यवहारमा भने छुवाछुत र भेदभावमा अपेक्षित कमी आउन नसकेको बताए ।
https://ekantipur.com/news/2024/03/21/untouchability-humiliation-and-oppression-of-dalits-is-a-matter-of-social-shame-prime-minister-dahal-37-30.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । उनले पछिल्लो दशकमा दलित समुदायको अधिकारका लागि थुप्रै प्रयासहरु भएपनि व्यवहारमा भने छुवाछुत र भेदभावमा अपेक्षित कमी आउन नसकेको बताए ।५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार संयुक्त दलित राजनीतिक संघर्ष समिति र राष्ट्रिय दलित आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले जातीय भेदभाव अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धिहरुको रक्षा हुन नसक्ने बताए । 'संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिएपनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित कमी आउन सकेको छैन,' प्रधानमन्त्री दाहालले भने, 'छुवाछूत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक बहिस्कार, कुटपिट–हत्या र नाकाबन्दीजस्ता घटनाहरूमा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।'उनले छुवाछूत उत्पीडनका अतिरिक्त लैंगिक विभेद, भाषिक विभेद र क्षेत्रीय उत्पीडनलगायत विभेदहरू समेत अब अन्त्य हुनुपर्ने बताए । देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवं विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताए । 'जातीय छुवाछूत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउनु राज्यको दायित्व हो,' प्रधानमन्त्री दाहालले भने, 'समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । यद्यपि, मानव सभ्यताको आधुनिक युगमा पनि दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन ।'संविधान, ऐन तथा कानुनहरूले सुनिश्चित गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सङ्घर्षको अर्को विकल्प नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।
News
4,718
ईपीएललाई ललितपुर तयार
एभरेस्ट प्रिमियर लिग (ईपीएल) को साबिक विजेता ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको पूर्णताबिना आसन्न प्रतियोगिताका लागि टिम सार्वजनिक गरेको छ । बुधबार ललितपुरले स्वदेशी तथा विदेशी खेलाडी, मुख्य प्रायोजक र प्रायोजक सार्वजनिक गरेको हो । 
https://ekantipur.com/sports/2021/09/09/163115187207419556.html
काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को साबिक विजेता ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको पूर्णताबिना आसन्न प्रतियोगिताका लागि टिम सार्वजनिक गरेको छ । बुधबार ललितपुरले स्वदेशी तथा विदेशी खेलाडी, मुख्य प्रायोजक र प्रायोजक सार्वजनिक गरेको हो । ईपीएल असोज ९ देखि २४ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ ।यसपल्ट ललितपुरले अघिल्लो संस्करणकै खेलाडीलाई निरन्तरता दिएको छ । टिमको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लले गर्नेछन् । राजु बस्न्यात सुरुदेखि नै टिमका प्रशिक्षक छन् । उमेर समूहका खेलाडीहरू विभत्सु थापा र अरियो पौडेललाई ललितपुरले ट्यालेन्ट हन्टमार्फत अनुबन्ध गरेको छ । ललितपुरको मुख्य प्रायोजकमा नेपाल इन्भेस्टमेन्ट बैंकले नै निरन्तरता दिएको छ । वाटर एड नेपाल प्रायोजकका रूपमा प्रवेश गरेको छ । शिखर इन्स्योरेन्स, फिट–राइट सुज, केन्ट आरओ, भायोनेट, एसटीसी स्पोर्टसलगायतका प्रायोजक रहेका छन् । ललितपुरले ईपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ । ईपीएसको खेलतालिका बुधबार सार्वजनिक गरिएको थियो । नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता दाबी गरिएको ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । टिमको तयारी र लक्ष्यबारे ललितपुर प्रशिक्षक बस्न्यातसँग कान्तिपुरका कुशल तिमल्सिनाले गरेको संक्षिप्त कुराकानी : ललितपुर टिमले कहिले पूर्णता पाउँछ ?स्वदेशी खेलाडीले पूर्णता पाइसकेको छ । विदेशी खेलाडीमध्ये तीनजना अनुबन्धित भइसकेका छन् । अर्को एक खेलाडी सम्भवतः सार्क राष्ट्रबाटै आउनेछन् । तीनमध्ये एलेक्स ब्लेक आउने सम्भावना कम छ । बेलायतले कोरोना संक्रमण दरका आधारमा नेपाललाई रेड जोनमा राखेका कारण उसको बोर्डले नेपालमा खेल्ने अनुमति दिएको छैन । त्यसकारण हामीले दुई विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने हुनसक्छ । विदेशी खेलाडी दर्ताको समय अझै केही दिन छ । समयसीमाभित्रै पूर्ण टिम बनाएर सार्वजनिक गर्नेछौं । टिमको अभ्यास सुरु भइसकेको हो ?अहिले सुरु गरिसकेका छैनौं । तर व्यक्तिगत रूपमा सबै खेलाडीले तयारी गरिरहेका छन् । सबैले आ–आफ्नो ट्रेनिङ प्लान पाइसकेका छन् । भुटानी खेलाडीलाई टिममा राख्नुको विशेष कारण के हो ?क्रिकेट टिम गेम हो । तर, व्यक्ति विशेष खेलाडीको क्षमता पनि हेर्नुपर्छ । दोर्जी एक सक्षम खेलाडी हो । हिजोका दिनमा हाम्रो सन्दीप लामिछानेले आईपीएलमा प्रदर्शन गर्नुअघि एसोसिएट राष्ट्रबाट यति उत्कृष्ट खेलाडी आउँछन् भनेर टेस्ट मान्यताप्राप्त देशका धेरैले सोचेका थिएनन् । तर उनले आफूलाई प्रमाणित गरे । त्यस्तै खालको अवसर हामीले भुटानजस्तो देशलाई दिन खोजेको हो । दोर्जी वास्तवमै क्षमतावान खेलाडी हुन् । उनी हाम्रो टिममा मुख्य खेलाडीकै रूपमा रहनेछन् । ललितपुर टिममा युवाको बाहुल्य छ । विदेशी खेलाडीमा पनि युवालाई नै प्राथमिकता दिइएको छ, किन ?सामान्यतः म नाममा भन्दा खेलमा विश्वास गर्छु । हामीले यसअघि ईपीएल जित्दा पनि यही युवा टोलीको सशक्त प्रदर्शन थियो । त्योभन्दा अघिल्लो संस्करणमा खेलाडी लिँदा पनि यू–१६, यू–१९ का खेलाडीहरू धेरै राखेका थियौं । त्यतिबेला लिएका खेलाडीहरू अहिले उच्च लयमा छन् । यसपालि उपाधि रक्षा अभियानमा पनि हामीले उनीहरूलाई नै भरोसा गरेका छौं । यसपालि ललितपुरको उपाधि रक्षाको सम्भावना कत्तिको छ त ?फ्रेन्चाइज प्रतियोगितामा सबै टोली उपाधिको उत्तिकै दाबेदार रहन्छ । प्रतियोगिताका दौरान तथा हरेक खेलमा लिइने रणनीतिले नतिजामा असर पार्ने गर्छ । र, निश्चित रूपमा हाम्रो यसवर्ष पनि उपाधि जित्ने लक्ष्य नै रहन्छ । हाम्रो टिममा अघिल्लो संस्करणका खेलाडीहरूमा धेरै परिवर्तन भएको छैन । सन्तुलित टिम छ । हामीसँग बलर र ब्याट्सम्यानको पर्याप्त विकल्प छ । हाम्रो बेन्च स्ट्रेन्थ बलियो छ । त्यसैले हामी बलिङ, ब्याटिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्न सक्छौं ।ललितपुर टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप जोरा, रशिद खान, पवन सर्राफ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, शंकर राना, नारायण जोशी, सूर्य तामाङ, विभत्सु थापा र अरियो पौडेल । विदेशी खेलाडीमा मिक्यो दोर्जी (भुटान), आजमतुल्लाह ओमरजाई (अफगानिस्तान), एलेक्स ब्लेक (इंग्ल्यान्ड, आउने अनिश्चित) र अर्का एक जना अनुबन्ध गर्न बाँकी ।
Sports
22,377
हलमा दुई नयाँ चलचित्र
शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएका छन् । दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतको अभिनय छ । चलचित्रमा एसडी योगी र दीपक शर्माको सङ्गीत, बनिष शाहको सम्पादन छ । क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयम्को कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।
https://gorkhapatraonline.com/news/78401
काठमाडौँ, भदौ २९ गते । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएका छन् । दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतको अभिनय छ । चलचित्रमा एसडी योगी र दीपक शर्माको सङ्गीत, बनिष शाहको सम्पादन छ । क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयम्को कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ ।सुनीलकुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेतृ सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिच्छेद र पुरुषोत्तमले संवाद लेख्नुभएको छ ।सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।   
News
43,934
कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल
यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/12064
काठमाडौं, वैशाख २४ गते । यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले आरोहण गर्नुभएको छ । आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक छाङदावा शेर्पाका अनुसार कामीरिता सहितकाे बाटो बनाउने टोलीले सगरमाथाको चुचुरो चुमेको जानकारी दिनुभयो । आरोहण गर्नेमा विश्वकै सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहेको कम्पनीले जनाएको छ । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले यस वर्षको बाटो बनाउने टोलीको नेतृत्व गर्दै सगरमाथाको चुचुरो पुगेसँगै आफ्नै कीर्तिमान तोड्दै विश्वमै सबैभन्दा धेरै सगरमाथाको २६ औं पटक आरोहण गर्ने व्यक्ति बन्नुभएको छ । बाटो निर्माण सम्पन्न भएसँगै आधारशिविरमा तयारी अवस्थामा रहेका आरोही आइतबारदेखिनै मौसमको अवस्था हेरेर आरोहणका लागि बाटो लाग्ने तयारीमा जुटेको कम्पनीहरुले जनाएका छन् । यस वर्षको सगरमाथा आरोहणको बाटो बनाउने जिम्मा  सेभेन समिट ट्रेकले लिएको थियो । मौसमले साथ लिएका कारण यस वर्ष अन्य वर्षभन्दा अघिनै बाटो निर्माण सम्पन्न भएको निर्देशक छाङदावा शेर्पाले बताउनुभयो ।यस वर्ष सगरमाथा आरोहणका लागि ३१६ जना आरोहीले अनुमती लिएका छन् भने नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहणदलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमती लिएको छ ।
News
41,078
बम्जन आश्रमका अनुयायीद्वारा स्थानीयमाथि दुर्व्यवहार
पुर्पक्षका लागि थुनामा रहेका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेस्थित आश्रम आसपासमा प्रवेश निषेध गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । आनीहरूमाथि बलात्कार र अनुयायी बेपत्ता पारेको मुद्दामा बम्जन यतिबेला कारागारमा छन् । तर, पैरेको आश्रममा रहेका बम्जनका अनुयायीहरूले स्थानीयलाई दुर्व्यवहार गरेको आरोप छ । 
https://ekantipur.com/news/2024/03/13/abuse-of-locals-by-followers-of-bamjan-ashram-59-11.html
सिन्धुली — पुर्पक्षका लागि थुनामा रहेका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेस्थित आश्रम आसपासमा प्रवेश निषेध गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । आनीहरूमाथि बलात्कार र अनुयायी बेपत्ता पारेको मुद्दामा बम्जन यतिबेला कारागारमा छन् । तर, पैरेको आश्रममा रहेका बम्जनका अनुयायीहरूले स्थानीयलाई दुर्व्यवहार गरेको आरोप छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा रहेको बम्जन आश्रम । तस्बिर : राजकुमार कार्की/कान्तिपुरआश्रम आसपासको जंगलमा चरिचरण तथा घाँस–दाउरा गर्न नपाएको स्थानीयको गुनासो छ । १० बिघा क्षेत्रफलको जमिन किनेर त्यसभन्दा बढी सामुदायिक वन क्षेत्रमा फैलिएको आश्रमभन्दा बाहिर हिंडडुल गर्न समेत प्रतिबन्ध लगाइएको कमलामाई नगरपालिका–५ सिलामेकी मैना श्रेष्ठले बताइन् । घाँस–दाउरा गर्न वन समूहको क्षेत्रभित्र जाँदा बम्जनका अनुयायीहरूले दुर्व्यवहार गर्ने गरिएको उनको गुनासो छ । ‘हामीले पुस्तौंदेखि यही वन क्षेत्रमा घाँस–दाउरा गर्दै आएका थियौं,’ उनले भनिन्, ‘अहिले आश्रमका मान्छेले घाँस–दाउरा लिएर हिंड्न समेत दिंदैनन् । प्रतिवाद गरे जे पनि हुन सक्ने भनी धम्की दिन्छन् ।’पैरेको आश्रम आसपास, खोला, वनजंगल तथा वर्षौंदेखि प्रयोग गर्दै आएको सडक तथा मृत्यु संस्कार गर्न घाट जानका लागि प्रवेशमा रोक लगाइएको स्थानीयको आरोप छ । वडा नं. ८ कै रक्तदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मकर पाख्रिनका अनुसार बम्जनाका अनुयायी र गुरुमार्ग गुरुहरूले माथिको आदेश भन्दै स्थानीयलाई वन क्षेत्र प्रवेशमा रोक लगाएका हुन् । ‘हाम्रो घाँस–दाउरादेखि वडा कार्यालय र घाट जाने बाटो समेत बम्जनको आश्रम भएर जानुपर्छ,’ उनले भने, ‘तर, अहिले शान्ति क्षेत्रका नाममा उनीहरूले हामीलाई त्यो बाटो भएर हिंड्न समेत दिंदैनन् ।’बोधी श्रवण धर्म संघको व्यवस्थापनमा २०७४ असोजदेखि पैरेमा बम्जनको आश्रम निर्माण थालिएको थियो । १० बिघा नम्बरी र १२ बिघा बढी ऐलानी गरी २२ बिघा क्षेत्रफलमा अग्ला पर्खाल र काँडेतारको घेरा हालेर आश्रम बनाइएपछि सामुदायिक वनमा घाँस–दाउर गर्न र अनुगमन गर्न समेत समस्या भएको मोक्तानले बताए । सोही क्षेत्रमा पर्ने अर्को दक्षिणकाली सामुदायिक वन समूहका अध्यक्ष इन्द्र श्रेष्ठका अनुसार वन समूहको कार्ययोजना तथा डिभिजन वन कार्यालयको स्विकृतिमा दिगो वन व्यवस्था अनुसार कटान गरिएको काठ अनुगमनका लागि गएका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई समेत बम्जनका अनुयायीहरूले घेरा हालेर फागुन २८ का दिन ४ घण्टा बन्धक बनाएर छाडेका थिए ।कमलामाई नगरपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर खड्काले संस्थागत रूपमा वन र सिलामे–बेसारे सडकअन्तर्गत निर्माण गरिएको कल्भर्ट अनुगमनका लागि जाने क्रममा बम्जनका अनुयायीबाट अपमान सहनु परेको बताए । ‘सोमबार आश्रमनजिकै बनेको कल्भर्ट र काठको अनुगमन गर्न गएका थियौं तर त्यहाँ कसको अनुमतिले आएको, यहाँ आउने हिम्मत कसरी गरेको भन्दै बन्धक बन्नु पर्‍यो,’ उनले भने, ‘मैले जनप्रतिनिधि भएको जानकारी गराउँदा समेत हिंड्न दिइएन । त्यहाँ उनीहरूको छुट्टै राज रहेछ ।’‘वडाध्यक्ष खड्का, वनका कर्मचारी, वन समूहका पदाधिकारी र स्थानीय काठको अनुगमनका लागि आश्रम नजिकै पुग्दा बाटो छेकेर हिंड्न दिएनन्,’ दक्षिणकाली सामुदायिक वन समूहका अध्यक्ष श्रेष्ठले भने, ‘उनीहरूले कसको अनुमतिले यहाँ आएको, शान्ति क्षेत्र भंग गरेको भन्दै बन्धक बनाएर राखेका थिए ।’ बम्जनको आश्रममा रहेका अनुयायीले स्थापना भएदेखि दक्षिणकाली, सरस्वती, चनदेवी, रक्तदेवी, सिद्धठाकुर सामुदायिक वन समूहका उपभोक्तालाई आश्रम आसपास प्रवेश रोक लगाएका छन् । जसका कारण सिलामे, शाखाजोर, बेसारे, धुसुने, पैरे लगायतका सर्वसाधारण त्रासमा छन् ।सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले बम्जन आश्रमका कारण तीनवटा समूहको वन क्षेत्र अतिक्रमण भएको बताए । ‘हामीले अनुगमनका क्रममा वन समूहको क्षेत्रसमेत अतिक्रमण भएको पाएका छौं । उनीहरूको जग्गा बाहेक ऐलानी र वन क्षेत्रको जग्गा खाली गर्न स्थानीय प्रशासनसँग समेत पटक–पटक अनुरोध गरिएको छ । तर, कुनै सुनुवाइ भएको छैन,’ श्रेष्ठले भने, ‘राज्यले सामुदायिक वनको संरक्षण, उपयोग र व्यवस्थापनको जिम्मा स्थानीयलाई दिएकाले त्यसको रेखदेख, गोडमेल, डढेलो नियन्त्रण लगायतका काम जंगलमै गएर गर्नु पर्ने हुन्छ तर त्यहाँ समूहका उपभोक्तालाई प्रवेश नै गर्न दिइँदैन ।’बोधी श्रवण धर्म संघकी अध्यक्ष फूलकुमारी घिसिङले आश्रमभित्र प्रवेश गर्न गुरुहरूको अनुमति आवश्यक भए पनि आश्रमबाहिर हिंडडुलमा रोक नलगाइएको बताइन् । ‘अनुयायीहरूले कुरो नबुझेर स्थानीयलाई दुःख दिएको पाइयो,’ उनले भनिन्, ‘अब त्यस्तो अवस्था आउन दिंदैनौं ।’
News
4,934
सकिमना पुन्ही : अन्नमार्फत बनाइने दुर्लभ कलाकारिता
नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।
https://gorkhapatraonline.com/news/43872
काठमाडौँ, कात्तिक २३ गते । नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।सकिमना पुन्हीका दिन कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेवलगायतका महादेव मन्दिरमा विशेष मेला लागेको छ। महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ। नेवार समुदायले एकमहिने दाफा भजनकीर्तन पनि कात्तिक पूर्णिमाको दिनमा सम्पन्न गर्ने प्रचलन रहेको सिद्धिगणेश दाफा भजन खलःका शक्तवीर द्वारेले जानकारी दिनुभयो। द्वारेले हरेक भजनमण्डलीले साँझ मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने जानकारी दिँदै थप्नुभयो, “यसलाई स्थानीय भाषामा हलिमली भनिन्छ। अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।” सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत भएको संस्कृतिविद् ओम धौभडेलको भनाइ छ। घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही मनाएका उनीहरूले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्काः रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाउने र यो कलाकारिताको प्रतीक नै रहेको उहाँले बताउनुभयो। यो चित्रकलाले यहाँको प्राचीन वैभव झल्काउँछ” उहाँले भन्नुभयो। भुटेको अन्नद्वारा गणेशको आकृति बनाउँदै गर्नुभएका राजेन्द्र खायतू पूर्णिमाको दिन भुटेको अन्न खाली जमिनमा राख्दा राम्रो प्रभाव रहने बताउनुहुन्छ।  त्यो दिन चन्द्रमाबाट अमृत निस्कने र त्यो अन्न खाएमा सुखशान्ति हुने विश्वास उहाँको छ। “यही विश्वासमा किसानहरू आआफ्ना घरबाट भुटेको अन्न लिएर आउँछन्,” उहाँले भन्नुभयो, “चित्र बनाएपछि त्यही रात उक्त कला प्रसादका रूपमा बाँडिने गरिन्छ।” संस्कृतिकर्मी धौभडेलका अनुसार दशैँतिहारपछि काठमाडौँ उपत्यकामा जाडोयाम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने आधारले यो पर्व मनाउन थालिएको हो। यसैगरी यस दिन स्वयम्भू महाचैत्यमा भक्तजन एवं दर्शनार्थीबाट ८४ हजार फूल र ८४ व्यञ्जन खानाका परिकार चढाइने गरिन्छ।   
News
33,531
पाथीभरा क्लब झापालाई बर्दिवास मेयर कप
महोत्तरीको बर्दिवासमा भएको राष्ट्रिय स्तरको दोस्रो मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा टाइगर भलिबल क्लब झापाले जितेको छ । 
https://ekantipur.com/sports/2024/01/19/bardiwas-mayor-cup-to-pathibhara-club-jhapa-12-20.html
महोत्तरी — महोत्तरीको बर्दिवासमा भएको राष्ट्रिय स्तरको दोस्रो मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा टाइगर भलिबल क्लब झापाले जितेको छ । माघ १ गतेदेखि सुरु भएको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा आयोजक विजय युवा क्लबलाई ३–२ को सेटमा पछि पार्दै पाथीभरा क्लब विजयी भएको हो । पहिलो र दोस्रो सेटमा पाथीभराले २५–२३ र २९–२७ मा अग्रता कायम गरेको थियो भने खेलको तेस्रो र चौथो सेटमा २५–२३ र २५–१७ मा अग्रता लिँदै आयोजक विजय युवा क्लब चल्कीले पाथीभरा क्लबलाई जितको चुनौति दिएको थियो । अन्तिम सेटमा झापाले १५–१० ले पछि पार्दै मेयर कपको उपाधि हात पारेको खेलका निर्णायक राष्ट्रिय रेफ्री तथा फिंव रजिष्टर रेफ्री रायबहादुर भेटवालले जानकारी दिए । जीतसँगै पाथीभरा टाइगर क्लबले १ लाख १ हजार नगद प्राप्त गरेको छ । उपविजेता टिम विजय क्लब चल्कीले ५१ हजार प्राप्त गरेको र दुवै समूहका खेलाडीलाई मेडल शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतिस्पर्धामा सहभागी २१ वटा समूहबाट फाइनल खेल खेलेका खेलाडीहरुलाई आयोजकले विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । झापा क्लबका खेलाडी प्रदीप कट्टेल खेलको बेस्ट प्लेयर घोषित भएका छन् भने विजय क्लबका दुर्गाबहादुर मगर बेस्ट स्पाईकर, बेस्ट सेटर झापा क्लबका राजन लिम्बु, बेस्ट ब्लकर पुकार तामाङ, बेस्ट सर्वर नविन महतो र बेस्ट लिब्रो गणेश कटुवाल घोषित भएका आयोजकले जनाएको छ । नगर खेलकुद विकास समिति बर्दिवासको आयोजनामा बर्दिवास-१३ स्थित विजलपुरा चल्कीमा भएको मेयर कप भलिबल प्रतियोगितामा देशभरबाट २१ वटा समूहले भाग लिएका थिए । बर्दिवास नगरपालिका र दाताको सहयोगमा ८ लाखभन्दा बढी लगानीमा भएको खेल स्वच्छ प्रतिस्पर्धात्मक बनेको आयोजक समितिका अध्यक्ष शिवभक्तिले दाबी गरे ।
Sports
15,202
जाभी आएयता बार्सिलोनाको पहिलो जित
जाभीले शनिबार राति स्पेनी ला लिगामा पहिलो पल्ट बार्सिलोना प्रशिक्षकको जिम्मेवारी सम्हाले र नुक्याम्पमा भएको खेलमा टिमले छिमेकी इस्प्नयोलमाथि १–० को जित हात पारेको छ ।
https://ekantipur.com/sports/2021/11/21/163745811659813200.html
बार्सिलोना — जाभीले शनिबार राति स्पेनी ला लिगामा पहिलो पल्ट बार्सिलोना प्रशिक्षकको जिम्मेवारी सम्हाले र नुक्याम्पमा भएको खेलमा टिमले छिमेकी इस्प्नयोलमाथि १–० को जित हात पारेको छ ।बार्सिलोनाले जितसँगै तीन बहुमूल्य अंक हात पारे पनि खेलमाथि पाहुना टिमको बाहुल्यता थियो र उसले सजिलै खेल जित्नु पर्ने स्थिति देखिएको थियो ।जाभीका लागि जित दिलाउन मेम्फिसडेपेयले पेनाल्टीबाट दोस्रो हाफमा निर्णायक गोल गरे र र बार्सिलोना अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।
Sports
21,866
महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ
सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
https://gorkhapatraonline.com/news/47394
काठमाडौँ,  मङ्सिर २३ गते । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले उक्त विवादको आज संवैधानिक इजलासमा पेसी तोकी सुनुवाइ गर्ने तय भएको हो ।रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ । गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ । सङ्घीय संसद्का महासचिव डा गौतमले यही मङ्सिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायममा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाउनुभएको थियो ।
News
59,906
विम्बल्डन टेनिस : ११ वर्षपछि फेरि भिड्दै
रोजर फेडेरर र राफेल नाडल बिम्बल्डन ओपन टेनिसमा फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्दै छन् । सेन्टर कोर्टमा ग्रान्ड स्लाम च्याम्पियनसिपका लागि ११ वर्षअघि इतिहासकै सबैभन्दा उत्कृष्ट मानिएको खेलपछि यी दुई यहाँ पहिलोपल्ट भिड्न लागेका हुन् । त्यस दिन नाडलले बाजी मारेका थिए ।
https://ekantipur.com/sports/2019/07/12/156290749834057552.html
लन्डन — रोजर फेडेरर र राफेल नाडल बिम्बल्डन ओपन टेनिसमा फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्दै छन् । सेन्टर कोर्टमा ग्रान्ड स्लाम च्याम्पियनसिपका लागि ११ वर्षअघि इतिहासकै सबैभन्दा उत्कृष्ट मानिएको खेलपछि यी दुई यहाँ पहिलोपल्ट भिड्न लागेका हुन् । त्यस दिन नाडलले बाजी मारेका थिए ।उनले पाँच सेटको खेल चार घण्टा ४८ मिनेट लगाएर जितेका थिए । त्यस खेललाई वर्षाले प्रभावित गरेपछि सात घण्टासम्म लम्ब्याउनुपरेको थियो । त्यसमा स्पेनी नाडलले ६–४, ६–४, ६–७, ६–७, ९–७ को जित हात पारेको बेला ९ बजेको थियो र चर्चित रंगशालामा अँध्यारो हुन लागेको थियो ।एक दशकपछि अहिले यी दुई ३८ ग्रान्ड स्लाम उपाधिसहित र जनही १० करोड डलर बढी पुरस्कारसहित खेलक्षेत्रकै सर्वाधिक सफल खेलाडी बनेका छन् । विम्बल्डनमा सन् २००८ र २०१० मा उपाधि जितेका नाडलले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी एवं साथीविरुद्ध समग्रमा २४–१५ को सफलता हात पारेका छन् । उनी ग्रान्ड स्लाममा १०–३ ले अगाडि छन् । आठपल्टका च्याम्पियन फेडेररले विम्बल्डनको प्रतिस्पर्धामा नाडलविरुद्ध २–१ को अग्रता लिएका छन् । उनले सन् २००८ को चर्चित खेल हार्नुअघि २००६ र २००७ मा सफलता पाएका थिए । नाडलले फेडेररलाई गत महिना रोलान्ड ग्यारोस (फ्रेन्च ओपन) को सेमिफाइनलमा फेडेररलाई सीधा सेटमै निरास पारेर पेरिसमा १२ औं उपाधि जितेका थिए । यससँगै उनले आफ्नो खेलमा २००८ यता सुधार गरे । अल इंग्ल्यान्ड क्लबमा दुवै खेलाडीलाई उमेरको कारण घुँडा जोगाउन आवश्यक छ ।‘म कम दौड्ने गर्छु, त्यसैले मैले सर्भिस राम्रो गर्नुपर्छ । सम्भवत् म एक वर्षमा २० साता बढी खेल्न सक्दिनँ,’ ३३ वर्षीय नाडलले भने, ‘मैले सर्भिस राम्रो गरिरहेको छु । ब्याकह्यान्ड राम्रो प्रहार गरिरहेको छु । भली र स्लाइसिङ (कट) पनि राम्रो हुनसक्छ ।’तथ्यांकभन्दा बाहिर हेर्ने हो भने उनीहरूमध्ये एकलाई छनोट गर्न निकै गाह्रो हुन्छ । नाडलले ४७ एस प्रहार गरेका छन्, चारपल्टमात्र उनी रोकिए । फेडेररले ४२ एस प्रहार गरे र उनले तीनपल्ट सर्भिस गुमाएका छन् । तेस्रो वरीयताका स्पेनी खेलाडीले हालसम्म वरीयताप्राप्त खेलाडीको सामना गर्नुपरेको छैन । एकपल्टमात्र उनको परीक्षण भएको छ तर प्रतियोगिताकै एक खराब खेलमा उनले चार सेटको प्रतिस्पर्धापछि दोस्रो चरणमा निक किर्गियोसलाई सजिलै हराएका थिए ।३७ वर्षीय फेडेरर ग्रान्ड स्लामको सेमिफाइनल खेल्ने जिमी कोनर्स (३९ वर्षको छँदा युएस ओपन १९९१) पछिका सबैभन्दा बढी उमेरका खेलाडी हुन् । उनी यो प्रतियोगितामा १३ औंपल्ट सेमिफाइनल खेल्दै छन् र ग्रान्ड स्लाममा ४५ औंपल्ट । क्वाटरफाइनलमा जापानका केई निसिकोरीविरुद्ध पहिलो सेट गुमाएर हात पारेको सफलतासँगै एउटै ग्रान्ड स्लाममा १ सय खेल जित्ने पहिलो खेलाडी बने उनी ।नाडल खतरनाक रूपमा प्रस्तुत हुनसक्नेमा फेडेरर चिन्तित छन् । पेरिसमा हुरीबीच भएको खेलमा उनले बेहोरेको हार ग्रान्ड स्लाममा ११ वर्षयताकै सबैभन्दा खराब थियो । ‘राफाले वास्तवमै जसलाई पनि र जुनसुकै (स्थान) मा पनि निरास पार्नसक्छन्,’ फेडेररले भने, ‘उनले निकै फरक किसिमले सर्भिस गरिरहेका छन् । उनले कसरी सर्भिस गर्थे र अहिले कस्तो गरिरहेका छन् र फिनिसिङमा कति चाँडै पुग्न सक्छन् भन्ने मलाई सम्झना छ ।’ यी दुईको ४० औं भेटलाई सर्बियाली नोभाक जोकोभिचले पाँचौंपल्ट उपाधि जित्दै दोस्रो रोजाइमा झार्न सक्छन् । शीर्ष वरीयता एवं विश्व नम्बर एक जोकोभिच नवौंपल्ट सेमिफाइनल पुगेका छन् । उनले डेविड गोफिनलाई सीधा सेटमा हराएर अल इंग्ल्यान्ड क्लबमा ७० औं जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेका थिए । ३६ औंपल्ट ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेका उनले १५ पल्ट उपाधि जितेका छन् । उनले सेमिफाइनलमा स्पेनी रोबर्टो बाउटिस्टा अगुटको सामना गर्नेछन् । ग्रान्ड स्लाममा २७ औंपल्ट सहभागी बाउटिस्टा पहिलोपल्ट सेमिफाइनल पुगेका हुन् । यी दुईको भेटमा ३१ वर्षीय जोकोभिचले ७–३ को अग्रता लिएका छन् र ग्रान्ड स्लाममा उनी ३–० ले अगाडि छन् । सन् २०१९ मा अगुटले जोकोभिचलाई लगातार दुईपल्ट (दोहा र मायमी) मा पराजित गरेका थिए ।
Sports
26,994
सहकारीको बचत अपचलन : संसदीय छानबिन समिति बनाउन लामिछाने असहमत
सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन अस्वीकार गरेका छन् । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा लामिछानेले त्यस्तो समितिले गलत नजिर बस्ने तर्क गरेका छन् । 
https://ekantipur.com/news/2024/05/07/denial-of-co-operative-investigation-41-07.html
काठमाडौँ — सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन अस्वीकार गरेका छन् । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा लामिछानेले त्यस्तो समितिले गलत नजिर बस्ने तर्क गरेका छन् । विगतमा सार्वजनिक रुपमा उठ्ने प्रश्नहरुमा नेताहरू जिम्मेवार हुनुपर्छ भन्दै चर्को भाषण गर्ने लामिछाने अहिले आफैंमाथि प्रश्न उठेपछि फरक तर्क गरेका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको छ । मुलुकको उपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्तिमाथि सार्वजनिक रुपमा यति धेरै प्रमाणसहित प्रश्न उठ‍ेपछि त्यसबारेमा संसद्मा पनि छानबिन हुनुपर्ने कांग्रेसको सर्वदलीय बैकमा अडान थियो । तर लामिछाने त्यस्तो समिति व्यक्तिलाई केन्द्रित गरी बनाउने लागिएको भन्दै अस्वीकार गरे ।'सम्मानित अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिसकेको मानिस सदनमा आउने, कतै आरोप, अभियोजन, उजुरी नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने यही हो नजिर । हाम्रो संसदीय मान्यता यही हो ? अब प्रतिपक्षले जिम्मेवार भएर अघि बढ्नुपर्छ । देशमा धेरै बेथिति विसंगति छन् होला, तिनलाई समाधान गर्नुपर्छ' बैठकपछि लामिछानेले सञ्चारकर्मीहरूसँग भने । उनले आफूमाथि कहिँकतै उजुरी नरहेको दाबी गरे । महान्यायाधिवक्ताको कार्यालयले कुनै उजुरी नरहेको पत्र दिएको भन्दै त्यसलाई समेत आधार मानेर यस्तो समिति गठनको औचित्य नरहने लामिछानेको तर्क छ । उनले मंगलबार नै सभामुखलाई संसद्मा बोल्न पाउँभन्दै पत्र पनि पठाएका छन् ।‘कहिँ कतै दर्ता समेत नभएको र कसैले उजुरी हाल्नसाथ संसदीय समिति बनाउने र सबैले राजीनामा गर्ने हो भने हामी त सधैं तयार नै हो । तर त्यसमा पहिला तयार त हुनुपर्छ नि ! आधिकारिक रुपमा ममाथि के रहेछ भनेर महान्यायाधिवक्ता कार्यालयमा सोध्दा त्यहाँबाट केही रहेनछ । कतै मुद्दा चलेको, अभियोजन भएको कुरा पाइनँ । समिति बनाउने स्पष्ट आधार त हुनुपर्छ । आधार नभइसकेपछि कतै उजुरी गयो भने संसदमा हंगामा गर्न बस्नुहुँदैन' लामिछानेले भने। लामिछानेले सहकारीको बचतमा आफूविरुद्ध उजुरी नरहेको दाबी गर्दै सभामुखलाई चिठ्ठी पठाए पनि उनले कहाँ कहाँ कसरी सहकारीको रकम कारोबार गरेका थिए भन्ने यसअघि कान्तिपुरमा प्रकाशित भएका 'सहकारी अनियमितता' सम्बन्धी समाचारहरूमा तथ्य भेटिन्छ । गृहमन्त्री लामिछानेले कांग्रेसले माथिल्लो दपका लागि अफर गरेको प्रसंग पनि मंगलबार उठाए । 'एउटा मान्छेले आफ्नो अफर मान्यो भने त्यो भन्दा माथिल्लो पदका लागि पनि तयार हुने, होइन भने भोलिपल्ट बिहानै बिरोध । दिनभरी राजीनामा दे भन्ने राती अर्कै च्यानलबाट अर्कै कुरा गर्ने यहाँ पनि त प्रश्न आयो नि' उनले भने ।उनले सरकार सहकारीको समस्या समाधान गर्न कटिबद्ध रहेको दाबी गरे । 'क्याबिनेटबाट फास्ट ट्रयाकमा गएर बचतकर्ताहरुको रकम फिर्ता गराउन जति पनि फरार, दोषी रहेका, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पत्ति जफत गरेर भएपनि बचतकर्ताहरुको पैसा फिर्ता दिन फास्ट ट्रयाकमा जाने निर्णय क्याबिनेटमा भइसकेको छ । सदनमा लैजाने तयारीमा छौं’ उनले भने ।
News
3,604
लिजको जमिनमा भागेश्वर माविको पुष्प खेती
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
https://gorkhapatraonline.com/news/85376
पुष्कर भण्डारीडडेल्धुरा, कात्तिक २७ गते । उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यावसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ । पुष्प खेतीबाट विद्यालयसँगै विद्यार्थीहरुले  आम्दानी गर्न थालेका हुन् । भित्री मधेश जोगबुडा परशुराम नगरपालिका ४ स्थित कटालमा रहेको भागेश्वर माविले जग्गा भाडामा लिई व्यावसायिक पुष्प खेती गरेको छ । विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीका अनुसार प्राविधिक धारतर्फ चार वर्ष अगाडि मात्रै विद्यालयमा कक्षा ९ देखि १२ सम्मको कृषिबाली विज्ञानको अध्यापन सुरु भएको थियो । ‘‘कृषि अध्ययन गरेर पनि फेरि पराम्परागत खेतीमै लाग्नुभन्दा केही नयाँ सुरु गरौं भनेर हामीले विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम गत वर्षदेखि सुरु गर्ने योजना बनायौं,’’ प्रधानाध्यापक अवस्थीले भन्नुभयो, ‘‘सोही कार्यक्रमअन्तर्गत लिजमा जग्गा लिएर गत वर्षदेखि फूलखेती सुरु गरेका छौं ।’’विद्यालयका शिक्षक दुर्गादत्त पन्तका अनुसार प्राविधिक धारको कृषिबाली विज्ञानमा एउटा फ्लोरीकल्चर विषय छ । ‘‘सोही विषयको व्यावहारिक कक्षाका लागि सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत गत वर्षदेखि फूलखेती गर्न लागेका हौं,’’ उहाँले भन्नुभयो, ‘‘गत वर्ष डेढ रोपनीमा फूलखेती गरेका थियौं । झण्डै डेढ लाखको फूल धनगढी निर्यात गर्न सफल भयौं । यो वर्ष चार रोपनीमा सयपत्री फूलखेती गरेका छौं । ८ देखि १० क्विन्टलसम्म फूल बिक्री गर्न सकिन्छ भन्ने अनुमान छ ।’’फूल बिक्री गरेबापत हुने आम्दानी विद्यार्थीलाई दिने गरेको शिक्षक पन्तले बताउनुभयो । ‘‘फूलखेती गर्दा लाग्ने लगानी कटौती गरेर विद्यार्थीलाई आम्दानीको ४० देखि ५० प्रतिशत रकम दिने गरेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘फूलखेती सुरु गरेर एकातर्फ व्यावहारिक शिक्षा पनि दिइरहेका छौं भने अर्काेतर्फ विद्यार्थीले केही रकम कमाइरहेका पनि छन् ।’’विद्यार्थीको सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत तिहारका लागि सयपत्री फूलको अग्रिम बुकिङ पनि खुला गरिएको शिक्षक पन्तले बताउनुभयो । विगतका वर्षमा तिहारको समयमा सयपत्री फूल भारतबाट आयात हुँदै आएको थियो ।तर यस वर्षको तिहारलाई लक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्काे सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।
News
52,777
संघीय मामिलामन्त्री नै भन्छन्- 'कर्मचारी सरुवामा राजनीतिक दबाब थेग्नै सकिएन' 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीको दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको बताए । उनले संघीय मन्त्रालयले संघीयताको भन्दापनि कर्मचारी सरुवामा समय बिताउनुपरेको भन्दै मन्त्री जोशीले स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन गर्नुपरेको उल्लेख गरे ।
https://ekantipur.com/news/2024/05/05/the-federal-minister-says-political-pressure-on-the-transfer-could-not-be-tolerated-15-37.html
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीको दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको बताए । उनले संघीय मन्त्रालयले संघीयताको भन्दापनि कर्मचारी सरुवामा समय बिताउनुपरेको भन्दै मन्त्री जोशीले स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन गर्नुपरेको उल्लेख गरे ।स्थानीय तह प्रगति अनुगमन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रममा संघीय मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा जोशीले स्थानीय तहहरु निमित्तको भरमा सञ्चालन गर्नुपरेको बताए ।कतै कर्मचारी र कतै जनप्रतिनिधिले सरुवालाई व्यवस्थित गर्न अबरोध सिर्जना गरको प्रसंग जोड्दै उनले ११ वटा उपमहानगरपालिका मध्ये नौ वटा निमित्तको भरमा सञ्चालन भइरहेको जानकारी दिए ।आफ्नो मन्त्रालयको नाम संघीय मामिला भएपनि काम भने कर्मचारी सरुवामा दिन बित्ने गरेको उनले बताए । उनले भने, ‘सरुवामा राजनीतिक दबाब थेग्नै नसक्नेगरी आउँदोरहेछ । कतिपय अवस्थामा मैले पनि सकिन ।’ कर्णाली, गण्डकी, लुम्बिनीका नगरपालिकामा उपसचिवको भरमा सञ्चालन भइरहेको जानकारी उनले दिए । कर्मचारीले सिडिओ हुन राजी हुने तर प्रमुख प्रशासकीय अधिकृत हुन नमान्ने गरेको अनुभव सुनाउँदै उनले सरुवा प्रणालीको व्यवस्थापन नगरे सँधै समस्या हुने बताए । कोही कर्मचारी जहिल्यै उपत्यकामै घुम्ने, कोही कर्णालीमै बस्नुपर्ने परिपाटीको अन्त्य गराउन आफूले कार्यविधि तयार गर्न लागेको जानकारी उनले दिए ।उनले आर्थिक वर्षको अन्त्यमा सरुवा गर्ने थितिको अन्त्य गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति, उपत्यकाका नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, मन्त्रालयका महाशाखा प्रमुखहरुलगायतकाको सहभागितामा भएको कार्यक्रममा संघीय मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रदेशमा मन्त्रालय थप्दा सहसचिव र उपसचिवको संख्या अपुग भएको बताए । उनले कर्मचारी अपुग भएका कारण निमित्तको भर पर्नुपरेको बताए । कार्यक्रमा नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना, जिल्ला समन्य समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, बाग्मती गाउँपालिका ललितपुरका अध्यक्ष बीरबहादुर लोप्चन, गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेललगायतले स्थानीय तह सञ्चालनमा देखिएका समस्याका प्रस्तुत गरे ।उनीहरुले संघ सरकारले संघीयता बलियो बनाउन बेवास्ता गरको गुनासो गरे । विनियोजित बजेट समेत नपठाएर केन्द्रिकृत मानसिकता राखेको संघका अध्यक्ष ढुंगानाले राखे । स्थानीय तहमा भएका मुख्य मुख्य सबै गतिविधिलाई एकीकृत गरेर राष्ट्रियस्तरमा तथ्यांक राख्न प्रगति अनुगमन प्रणालीको सुरुवात गरिएको हो । मन्त्रालयको संघीय मामिला महाशाखाले तयार गरेको उक्त प्रणालीमा स्थानीय तहका सबै तथ्यांक राख्ने प्रणाली पहिलो पटक व्यवस्था गरिएको हो ।महाशाखाका प्रमुख तथा सहसचिव सुमन दाहालले झण्डै दुई वर्षको प्रयासपछि उक्त प्रणाली लागू गरिएको बताए । प्रणाली सञ्चालन भएपनि मुलुकभरका तथ्यांक एकै स्थानबाट पाउने व्यवस्था हुनेछ । सहसचिव दाहालका अनुसार उक्त प्रणालीले जिल्ला समन्वय समितिले गर्ने अनुगमनलाई थप प्रभावकारी बनाउन खोजिएको छ । मुलुकभरका स्थानीय तहले गरेका कामको एकीकृत तथ्यांक संघीय सरकारसँग पनि हुने जानकारी दाहालले दिए । उक्त प्रणाली सवै स्थानीय तहमा लागू हुनेछ ।
News
3,650
खाद्यले तीन हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउँदै
दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ ।
https://gorkhapatraonline.com/news/80819
काठमाडौं, असोज १८ गते । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । उहाँका अनुसार बजारमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य सन्तुलन राख्न कम्पनीले खरिद गरेर बिक्री वितरण गर्नेगरेको छ । सूचना अधिकारी न्यौपानेका अनुसार खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरिएको हो । बजारमा मागको आवश्यकताअनुसार केही थपघट हुन सक्ने उहाँले बताउनुभयो । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । आठ करोड ३६ लाख बजेट खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ करोड ३६ लाख बजेट छुट्याएको छ । कम्पनीका सूचना अधिकारी न्यौपाने सुवेदीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय बमोजिम बजेट विनियोजन गरिएको हो । गत वर्ष कम्पनीले कुल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेकोमा २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपियाँमा बेचेको थियो । यसोगर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । यसपालि पनि गत वर्षजस्तै काठमाडौँ उपत्यका आसपासका जिल्लाबाट खसी, बोका ल्याउने तयारी भएको छ भने हिमाली जिल्ला मनाङ र रसुवाबाट च्याङ्ग्रा ल्याउने तयारी भएको उहाँको भनाइ छ । नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सिपुरलगायतका स्थानबाट खसी र बोका खरिद गरी काठमाडौँ ल्याउने तयारी भएको उहाँको भनाइ छ ।  स्थानीयबाट खरिदको तयारी यसवर्ष स्थानीय उपभोक्ताबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने योजना रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । गतवर्ष कम्पनीकै कर्मचारीबाट खसी, बोका तथा च्याङ्ग्रा खरिद गरेका थियौँ । तर यसपालि भने स्थानीय उपभोक्ताबाट नै खरिद गर्ने व्यवस्था मिलाएका छौँ । खसी, बोका घटस्थापनाको आसपासमा ल्याएर नै बिक्री गर्ने योजना रहेको न्यौपानेको भनाइ छ । पशुको स्वास्थ्य परीक्षणको तयारीदसैँमा काठमाडौँ ल्याइने खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु सेवा विभागले तयारी गरेको जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार काठमाडौँमा दसैँको समयमा अस्वस्थ पशुहरू ल्याउन सक्ने भएकाले उपभोक्तालाई अस्वस्थ मासुबाट बचाउनका लागि परीक्षणलाई प्राथमिकता दिने भएको हो ।काठमाडौँ भित्रिने मुख्य नाकाहरू थानकोट, कोटेश्वरलगायतका आठ स्थानमा जाँच कक्ष राखेर नै परीक्षण गरिने उहाँले बताउनुभयो । अहिले सरदर दैनिक एक हजारदेखि एक हजार दुईसय खसी तथा बोकाहरू काठमाडौँमा खपत हुनेगरेकोमा दशैको अन्तिम चार दिनमा दैनिक १० हजारको हाराहारीमा खसी तथा बोकाहरू खपत हुने ढकालको दाबी छ । 
News
32,758
अझै अस्तित्व रक्षाको चुनौती
आजको युग एक्काइसौँ शताब्दीको हो। यस युगमा नारी रमाउँदै गरेका छन्। उनीहरूले विचार र परिवारलाई चुनौती दिँदै जिम्मेवारी बोध गरेका छन्। विगतमा समय र परिस्थिति फरक थियो। जुन समयमा घर र परिवारको रेखदेख, लालनपालन, खानपान, घरायसी व्यवहार मिलाउनु नै उनीहरूको दैनिकी थियो। अझ पतिलाई पति परमेश्वरको दर्जामा राख्दै उनीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने मात्र होइन, ईश्वरसँग पतिको सुस्वास्थ्यको कामना पनि गर्दथे।
https://gorkhapatraonline.com/news/73992
आजको युग एक्काइसौँ शताब्दीको हो। यस युगमा नारी रमाउँदै गरेका छन्। उनीहरूले विचार र परिवारलाई चुनौती दिँदै जिम्मेवारी बोध गरेका छन्। विगतमा समय र परिस्थिति फरक थियो। जुन समयमा घर र परिवारको रेखदेख, लालनपालन, खानपान, घरायसी व्यवहार मिलाउनु नै उनीहरूको दैनिकी थियो। अझ पतिलाई पति परमेश्वरको दर्जामा राख्दै उनीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने मात्र होइन, ईश्वरसँग पतिको सुस्वास्थ्यको कामना पनि गर्दथे। समय परिवर्तनशील छ। आजका किशोरीलाई यो कुरा कथा जस्तो लाग्छ। आजका नारी जुन एकदमै एकल परिवारमा हुर्के बढेका हुन्छन्। उनीहरूलाई आफ्ना मातापिताले आफूले सक्दो संस्कारको व्याख्या गर्दै भरपूर सबै किसिमका सुविधा दिएर हुर्काएका हुन्छन्। त्यो नारी जो आमाको भूमिकामा हुन्छिन्, उनले पनि आफ्ना सन्तानलाई सक्दो आफूले खेपे जस्तो दुःख भोग्न नपरोस् भन्ने ख्याल गर्दै हुर्काएकी हुन्छिन्। उसलाई चाहिने शिक्षादीक्षा, लालनपालन, खानपानदेखि लिएर उसका हरेक आवश्यकताको भरसके प्रयासद्वारा पूर्ति गरिएको हुन्छ। जब त्यो नारी पक्का नारी भएर कसैको बुहारी, कसैको श्रीमती त कसैको काकी जस्तो भूमिकामा प्रवेश गर्छिन्, तब त्यहाँ सुरुका दिनमा त उसलाई हाँसीखुसी रमाइलो नै लाग्दै जान्छ तर बिस्तारै त्यही नारी आमाको भूमिकामा प्रवेश गर्छिन्, आफ्ना कर्तव्य निर्वाह गर्दै जान्छिन्। बिस्तारै उनको भूमिकामा परिवर्तन आउन थाल्छ। त्यो नारीले काँधमा अत्यधिक बोझको झारी बोकेर हिँडिरहेको महसुस गर्छिन्। बालबच्चा, आफ्नो कामकाजी कार्यशैलीको व्यस्तता र घर फर्केपछिको कर्तव्य दैनिकी नै हुन्छ। त्यस कर्तव्यलाई निर्वाह गर्दागर्दै थकान बेग्लै हुन्छ। सधैँको एउटै खालको कार्य दैनिकीका कारण उसको मानसिकता पनि थकित भएर जान्छ। सबै परिवारमा त नभनौँ, अधिकांश परिवारमा अझै पनि समय परिवर्तनसँगैको सोचाइमा परिवर्तन आइसकेको छैन। आजका नारीले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाजको ख्याल हुँदाहुँदै पनि आफ्नो भन्ने मान्छेको सोचमा परिवर्तन नआएका कारणले निडर भएरै भूमिका निर्वाह गरिरहेका हुन्छन्। अहिलेसम्म चल्दै आएका सोचविचारको विरुद्ध देखिए पनि सकारात्मक सोचका साथ समाज परिवर्तनको दिशामा आफूलाई उन्मुख गराएको पाइन्छ। यही समाजमा त्यस्ता नारी पनि छन्; जो आफ्नो अस्मिता, अस्तित्व र स्वतन्त्रताप्रति सचेत भएर पनि अस्तित्व, स्वतन्त्रता र अधिकार रक्षाका लागि खुलेर अगाडि बढ्न डराउँछन्। फेरि यही समाजमा यस्ता खालका नारी पनि छन्; जो आफ्नो स्वाभिमानमा गर्व गर्छन्। आफ्नो अस्तित्व र स्वतन्त्रतालाई सकारात्मक सोचका साथ एउटा नयाँ उचाइमा उडान भर्ने हिम्मत पनि राख्छन्। यो एक्काइसौँ शताब्दीमा कसैले पनि नारीलाई दबाएर, डर, धम्की र त्रासमा राखेर, नारीको अस्मितासँग खेलिरहन सक्छु भन्ने गलत आत्मविश्वास नपाले हुन्छ।नारी शक्तिकी खानी हो। नारीलाई परापूर्वकालदेखि नै शक्तिकी खानीका रूपमा पुज्दै आइएको छ भन्ने पनि बिर्सिनु हुँदैन। समय सँगसँगै नारी शक्तिको कथा र नारी शक्तिको स्वरूपको व्याख्या पनि गरिएको छ। जहाँ नारीलाई मान सम्मान, इज्जत, प्रतिष्ठाको विषय बनाइन्छ, त्यहाँ ईश्वरको वास हुन्छ भन्ने कुरा मनुस्मृतिमा उल्लेख गरिएको पाइन्छ। जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताले वास गर्नुहुन्छ, जहाँ नारीको पूजा हुँदैन, नारीलाई सम्मान गरिँदैन त्यहाँ गरिएका सम्पूर्ण राम्रा कर्म पनि व्यर्थ भएर जान्छ भन्ने मनुस्मृतिमा लेखिएको छ।मनुस्मृतिलगायत अन्य ग्रन्थमा नारीको शक्ति, महìव, देनको विषयमा व्याख्या गर्ने गरेको पाइन्छ। जब एक असल नारीले आफ्नो भनेर कार्य गरिरहेकी हुन्छे, उसले आफ्नो बलबुताले भ्यायसम्म आफ्ना दुःख पीडा र आँसु लुकाएर सम्पूर्ण कुरा सम्हालिरहेकी हुन्छे। उसले कहिले हारगुहार माग्दिन। आफ्नो सहनशीलताको परीक्षामा ऊ सधैँ अब्बल नै हुन चाहन्छे। पीडा र धैर्यताको बाँध त्यति बेला छताछुल्ल हुन्छ, जति बेला उसले आफ्नो कार्यप्रति स्यावासीको अपेक्षा गरिरहेकी हुन्छे। उसले लुकाएको आँसु र गरेका कर्मलाई आफ्नो भनौदो मान्छे, घरपरिवार र समाजबाट लाञ्छनाको पुरस्कार पाउँछे। उसले गरेका हरेक इमानदारीपूर्ण कार्यमा जब प्रश्नवाचक चिह्न खडा हुन्छ, ऊ सकारात्मक रूपमै प्रस्तुत भई त्यसको प्रतिवाद गर्छे, गर्नु पर्छ। आजको एक्काइसौँ शताब्दीका शिक्षित र असल नारी पुरुषसरह नै समयको मूल्यलाई महत्व दिँदै घरपरिवार र समाजमा योगदान दिन लागिपरेका छन्। समय परिवर्तनशील छ। आजका नारीले समयलाई बुझेका छन्, परिवारको दायित्वलाई बुझेका छन् र अहोरात्र खटिन सक्छन्। समय र समाज बदलिँदो छ। शिक्षित जमातको भिड बढ्दो छ तैपनि समाजमा रहने मानिसको सोच फराकिलो हुन सकेको छैन। आज पनि हामी उही पुरानो संस्कार र मान्यतामा नै आफ्ना सन्तानलाई हुर्काइरहेका छौँ, साँघुरो सोचमा। जुन सोचाइको खातखात लागेर त्यो कुरा हाम्रा सन्ततिको मनमस्तिष्कमा बसिरहेको हुन्छ। हामीले जति नै महँगो र राम्रो शिक्षादीक्षा दिए पनि त्यो संस्कार, जसलाई म बन्धन भन्न रुचाउँछु। त्यो हाम्रो सन्ततिमा पनि देखिन्छ। जसले यो कुरा राम्ररी बुझ्नुभएको छ र सोही वातावरणमा आफ्नो सन्तानलाई हुर्काउनुभएको छ, उहाँहरूको कुरा गर्दा दुई खालका विचार र संस्कारमा हुर्किएका मानिस समाजमा हुन्छन्। उनीहरूको सम्बन्ध जोडिन्छ तर समय हेर्नुस्, त्यो सम्बन्ध विचार र सुझबुझको टकरावले गर्दा धेरै समय टिक्न सक्दैन। फलस्वरूप समाजमा अत्यधिक सम्बन्ध विच्छेदका मुद्दा हामी सुन्न सक्छौँ। त्यसमा पनि केटीले अंश नै नलिई गर्ने सम्बन्ध विच्छेदको मुद्दा बढ्दो छ। यसको अर्थ के लाग्छ ? सम्पत्तिका लागि सम्बन्ध विच्छेद गर्ने एउटा पक्ष र सम्पत्ति नलिई सम्बन्ध विच्छेद गर्ने अर्को पक्षलाई समाजले एउटै दृष्टिकोणबाट हेर्दा के ती नारीप्रति समाजले न्याय गर्ला ? के दुवै पक्षलाई एउटै दृष्टिकोणले हेर्नु न्यायोचित होला ?यो सब कुरा लेखिरहँदा समाज कुन दिशामा मोडिइरहेको छ ? अबको समाजको परिकल्पना के हो ? अहिलेको समयको माग के हो ? कस्ता खालका शिक्षादीक्षा आउँदा भावी पुस्ताका लागि आवश्यक छ ? के यस्तो चिज यो समाजमा खट्कियो, जसका कारण समाजमा विचारको बेमेल भयो ? नारी शिक्षित भएर उनीहरूसँग सबै थोक हुँदाहुँदै पनि किन खुसी छैनन् ? समयसापेक्ष समयको मागलाई सम्बोधन नगर्दा कतै समाज दुर्घटनातिरको यात्रामा त छैन भन्ने जस्ता पक्षमा हाम्रो नीति बनाउने तहमा जिम्मेवारी लिएर बसेका जिम्मेवार व्यक्ति, सामाजिक अभियन्ता, त्यस्तै समाजका बुद्धिजीवीले यस विषयमा विचार मन्थन गर्न आवश्यक छ। नत्र ढिला भएपछि पछुताउनुको कुनै अर्थ हुँदैन। नारी हर क्षेत्रमा अगाडि बढिसकेका छन्। उनीहरूको सुझाव र सल्लाहबिना समाज रूपान्तरणको यात्रा अधुरो हुने छ।  
News
46,736
आजदेखि रियल स्टेट प्रदर्शनी
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आठौँ रियल स्टेट प्रदर्शनी हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । मेलाले आमसमुदायमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ ।
https://gorkhapatraonline.com/news/90795
काठमाडौँ, पुस १२ गते  । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आठौँ रियल स्टेट प्रदर्शनी हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।मेलाले आमसमुदायमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ । मेलाले घरजग्गा व्यवसायलाई समयसाक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । घरजग्गा तथा सम्बन्धित व्यवसायी र यसका उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुर्‍याउने र नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारेसमेत मेलाबाट जानकारी लिन सक्ने सङ्घले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आआफ्ना सेवा तथा उत्पादनको प्रदर्शन गर्ने छन् । सङ्घका अध्यक्ष रमेश धमलाले मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैङ्क र बिमा कम्पनी सहभागी हुने जानकारी दिनुभयो । मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बिमा, बैङ्किङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आआफ्ना तथा परामर्शसमेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।चार दिनसम्म सञ्चालन हुने मेलामा दुई अर्ब ५० करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ । ६० भन्दा बढी स्टल रहेका मेलामा कम्तीमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।  
News
35,811
टुँडिखेलको माघी महोत्सव : दुःखद खबरले महोत्सव उल्लासमय भएन
नयाँ वर्षको रूपमा उल्लासमय रूपले मनाउने माघी महोत्सवमा यसपालि पहिलेजस्तो रौनक हुन पाएन । टुँडिखेलमा माघी महोत्सव मनाउन जम्मा भएका थारु युवा युवतीहरू जब यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएर विमानमा सवार भएकाहरू सबैको देहान्त भएको खबर पाएपछि उनीहरूको उत्साह एकाएक शोकमा बदलियो ।
https://gorkhapatraonline.com/news/51154
गोरखापत्र अनलाइनकाठमाडौं, माघ १ गते । नयाँ वर्षको रूपमा उल्लासमय रूपले मनाउने माघी महोत्सवमा यसपालि पहिलेजस्तो रौनक हुन पाएन । टुँडिखेलमा माघी महोत्सव मनाउन जम्मा भएका थारु युवा युवतीहरू जब यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएर विमानमा सवार भएकाहरू सबैको देहान्त भएको खबर पाएपछि उनीहरूको उत्साह एकाएक शोकमा बदलियो । औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरूले माघीको सामान्य शुभकामनासहित विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेर मन्तव्य समापन गरे । माघ १ गते थारु समुदायको खुसीयालीको दिन हो । दुःखद घटनाको खबरले खुसीयाली दुःखमा परिणत भएपछि महोत्सव पहिलेजस्तो उल्लासमय हुन पाएन । टुँडिखेलमा रमाइलो गर्न खचाखच जम्मा भएका दर्शकहरू सामान्य खानपान गरी बाहिरिए । रमाइलो गर्ने मुड नै दुःखद खबरले एकाएक खल्लो भयो कञ्चनपुरका युवा सन्तवीर चौधरीले भन्नुभयो, “नयाँ वर्षको दिन, माघी उत्सवमा रमाइलो गर्ने भनेर टुँडिखेल आएका थियौँ, आउने बित्तिकै स्टेजबाट दुःखद घटना भएको खबर पाएपछि मन खल्लो बन्यो, पानी मात्र खाएर फर्किदैछौं ।”उहाँको जस्तो दुःखका कुरा अर्का सहभागीले पनि सुनाउनुभयो । सप्तरीका अनुष्का चौधरीले भन्नुभयो, “महोत्सवमा रमाइलो गर्ने र राम्रो व्यापार गर्ने भनेर स्टल लिएका थियौँ, दुःखद खबरले एकाएक महोत्सवको माहौल परिवर्तन भयो । स्टलमा हुने व्यापार पनि पातलियो । महोत्सव र रमाइलो त अरू वर्ष पनि गर्न सकिन्छ, तर ज्यान गुमाउनेहरू फर्केर आउन सक्दैनन्, यस्तोबेला हामीले रमाइलो गरेर बस्न पनि मिलेन ।”महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिएको थियो । माघी महोत्सव मूल आयोजक समितिका सदस्य सचिव कानुनलाल चौधरीले भन्नुभयो, “देश सङ्कटमा परेपछि सरकारको जिम्मेवारी र व्यवस्थापनका कारण प्रधानमन्त्री आउन नसक्ने खबर पठाउनुभयो, दुःखद क्षणमा हामीले उहाँको सन्देश ग्रहण गरेर सामान्य रूपमा महोत्सव मनायौँ ।” औपचारिक कार्यक्रममा हरेक वक्ताहरूले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेर आफ्नो धारणा राख्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड महोत्सवमा अनुपस्थित हुनुभएपछि थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले महोत्सवको उद्घाटन गर्नुभयो । उहाँले श्रद्धाञ्जली व्यक्त गरेर छोटो मन्तव्य राख्दै समापन गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरू कन्नुलाल चौधरी, अमनलाल मोदी थारु, लक्की चौधरी, मीनराज चौधरी, सीताराम चौधरी, बुद्धसेन चौधरी, सहदेव चौधरी, गीता चौधरी, भगवती चौधरीलगायतले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्षेपमा धारणा राख्नुभयो । आज साँझसम्म मनाइने माघी महोत्सवमा आएका दर्शक र अवलोकनकर्ताले दुःखद खबर सुनेपछि महोत्सवबाट बाहिरिएपछि महोत्सवले लय समात्न सकेन । करिब एक सय वटा स्टल राखेर महोत्सवको भव्य तयारी गरिए पनि दुःखद खबरले महोत्सव उल्लासमय बन्न नसकेको थारु विद्यार्थी समाजका केन्द्रीय सदस्य तथा आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताउनुभयो । “महोत्सव सुरु भइसकेपछि विमान दुर्घटनाको खबर आएकाले सामान्य रूपमै महोत्सव चल्यो” उहाँले भन्नुभयो । 
News
33,434
गायक अधिकारीको बाल गीत ‘मनको रहर मन मनैमा’
गायक एवम् सङ्गीतकार अजय अधिकारी ‘सुशील’को नयाँ गीत सार्वजनिक भएको छ । शिक्षा समेत रहनुभएको अधिकारीले बालबालिकाको चाहनामा समर्पित नयाँ गीत ‘मनको रहर मन मनैमा’ सार्वजनिक गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/87007
काठमाडौं, मङ्सिर १२ गते । गायक एवम् सङ्गीतकार अजय अधिकारी ‘सुशील’को नयाँ गीत सार्वजनिक भएको छ । शिक्षा समेत रहनुभएको अधिकारीले बालबालिकाको चाहनामा समर्पित नयाँ गीत ‘मनको रहर मन मनैमा’ सार्वजनिक गर्नुभएको हो ।यस गीतमा अभिभावकले आफ्नो चाहना छोराछोरीमा लाद्ने प्रवृत्तिको अन्त्य गरी बालबालिकाको आफ्नो चाहना पनि बुझ्नुपर्दछ भन्ने सन्देशसहित यो गीतको अडियो तथा भिडियो तयार पारिएको छ ।गीतमा प्रेम राई परीक्षितका शब्द छन् भने सङ्गीत र भिडियो निर्देशन अधिकारीले गर्नुभएको छ ।  अर्नभ बनले स्वर दिएको यस गीतमा अभय अधिकारी, श्वेता तामाङ र दोर्जे शेर्पाले र्‍याप दिनुभएको छ । र्‍यापको शब्द रचना अजयले नै गर्नुभएको हो ।यसको भिडियोमा अर्नभ बन, सदिच्छा भुर्तेल, सुशील फुयाँल, अजय अधिकारी र लक्ष्मी खतिवडाले अभिनय गर्नुभएको छ । विशेष भूमिकामा गायक तथा र्‍यापर निर्णय एनएसकेले पनि अभिनय गर्नुभएको छ । भिडियोमा अशोक ठकुरी, सोनम वाइबा र अरुण तामाङको नृत्य देख्न सकिन्छ ।
News
43,762
गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो ।
https://gorkhapatraonline.com/news/48998
काठमाडौं, पुस १० गते । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु हुने जानकारी दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो । छलफल जारी छ । केही समयपछि बैठक सुचारु हुन्छ र निर्णय गर्नेछौँ । गठबन्धनलाई जनताले अनुमोदन पनि गरेको छ । जनताको अभिमतलाई कदर गर्छौँ ।”थप आन्तरिक छलफलको आवश्यकता भएकाले केही बेरमा बैठक बस्ने भनाइ उहाँको छ ।
News
59,563
पार्टी एकताको बहस
एउटा खराब कम्पनीमा जोडिनुभन्दा एक्लै उभिनु उत्तम हुन्छ ।’ –जर्ज वासिङ्टन २०७८ भदौ ६ गते स्थापना भएको नेकपा (एकीकृत समाजवादी) को धार नेकपा निर्माणको आधारमा उभिएर भएको छ, त्यसैले सबै कम्युनिस्ट पार्टी यही जगमा उभिनै पर्ने बाध्यता छ । देखिएका कम्युनिस्ट पार्टीमा सबैभन्दा वैज्ञानिक, असल, समाजवादी, साम्यवादी चेतको गणनाका आधारमा यही कम्युनिस्ट पार्टी नै उत्तम हो । अघि
https://gorkhapatraonline.com/news/52204
एउटा खराब कम्पनीमा जोडिनुभन्दा एक्लै उभिनु उत्तम हुन्छ ।’–जर्ज वासिङ्टन २०७८ भदौ ६ गते स्थापना भएको नेकपा (एकीकृत समाजवादी) को धार नेकपा निर्माणको आधारमा उभिएर भएको छ, त्यसैले सबै कम्युनिस्ट पार्टी यही जगमा उभिनै पर्ने बाध्यता छ । देखिएका कम्युनिस्ट पार्टीमा सबैभन्दा वैज्ञानिक, असल, समाजवादी, साम्यवादी चेतको गणनाका आधारमा यही कम्युनिस्ट पार्टी नै उत्तम हो । अघिल्लो हप्ता नेकपा (एकीकृत समाजवादी) मा सदस्यता नवीकरण गर्नुभएका समाजवादी नेता घनश्याम भुसालको लिखित तथा सार्वजनिक वक्तव्यको सार यही हो । यही सारको ऊर्जा, उत्साह र उमङ्गसहित सङ्गठन निर्माणको आधारमा अहिले नेकपा (एकीकृत समाजवादी) एक्लै उभिएको छ, अडिएको छ, अथवा भनौँ अनेक हेपाइ र आलोचना तथा पलायन रोजिरहेका नेता कार्यकर्ता गनेर पनि पार्टी निर्माणमा धीमा सही जुटिरहेको छ । कोर्डिनेसन केन्द्रका नाममा ३० को दशकमा हस्तलिखित आह्वानसहित माधवकुमार नेपाल र सीपी मैनालीले आह्वान गरेको कम्युनिस्ट पार्टी निर्माणमा उनै अभियन्ता नेपाल अहिले पनि त्यही हिन्दी गीतका निर्दोष श्रोता हुनुहुन्छ । पुग्ने जो कोहीलाई त्यही गीत गाउनु हुन्छ, सुनाउनुहुन्छ, ‘एक्ला चलो रे ।’ पछिल्ला अन्तर्वार्ता, सम्बोधनमा उहाँमा पनि केही नम्रता देखिन्छ नेकपा एमाले नेतृत्व र खासगरी केपी ओलीका सन्दर्भमा । यसले गरेको सङ्केत कम्युनिस्ट पार्टी निर्माणको आधारशीला तयार हुँदैछ भन्ने थियो । प्रधानमन्त्री र प्रदेश सरकारमा पनि माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिनु पक्कै कम्युनिस्ट मन एकाकार हुँदैछ भन्ने आभाष थियो । तर, लामो समय एमालेमा अपहेलना, मानसिक तनाव, विभेद खेपेका नेता कार्यकर्ता हठात् एमाले वा माओवादीसँग मिल्ने कुरामा भने विपक्षमा थिए । समाजवादीको तीन लाख मत पनि कटाउन नदिन कैयौँ ठाउँमा एमाले र माओवादीले खेलेको भूमिकामा नेपाली कांग्रेसको पनि साथ थियो भन्ने बुझेका भूगोलका नेता कार्यकर्ता नेतृत्वलाई खबरदारी गरिरहेका थिए कि, टोलछिमेकका नेता कार्यकर्ताको पनि सम्मानजनक व्यवस्थापनबिना काठमाडौँमा ‘दक्षिणपश्चिमा’ ग्रन्थीका सञ्चारग्राममा बोलेजस्तो सर्लक्क एमाले वा माओवादीभित्र गाभिनु हुन्न । विद्रोहको एक वर्ष नपुग्दै कैयौँ शीर्ष नेता एमालेसँग झुम्मिएका थिए भने कैयौँको बोलचालसमेत भएको थिएन र नहोस् भनेर समाजवादी र एमालेको एउटा ठूलो पङ्क्ति कन्दनी छिन्ने गरी बल गरिरहेको पनि दुवै पार्टीका नेता कार्यकर्ताले अनुभूत गरेकै थिए । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि माधवकुमार नेपाललाई ‘सञ्चोबिसञ्चो’ सोध्नु, झर्कीफर्कीयुक्त सम्बोधन नगर्नु, प्रधानमन्त्रीमार्फत भेटघाटको मेलोमेसो खोज्नु ‘भित्रभित्रै’ पाकेको खिचडीको बासना टोलछिमेकसम्म पुगेको हो कि भन्ने छनक मिल्थ्यो ।अघिल्लो कार्यकालको ‘आधा प्रधानमन्त्री’ दिएर यस पटक एमालेले माओवादीलाई आफ्नो साथ दिए पनि माओवादी यसरी ९९ प्रतिशत विश्वासका मतका साथ ‘जयजयकार’मा पुग्छ भन्ने एमालेको अनुमान थिएन, यद्यपि एमालेका धेरै नेता अनुमानलाई सम्बोधन र सिद्धान्त बनाउन सिद्धहस्तझैँ छन् । नेपाली कांग्रेसले विश्वासको मत दिएर कुनै पनि बेला माओवादी–एमालेको तासघरमा तुरुप मात्र होइन, ‘एक्का’ र ‘जोकर’ हान्छ भन्ने सङ्केत गरेको एमालेले भेउ अबचाहिँ पाएकै हुनुपर्छ । यही मेसोमा समाजवादी पनि एमाले र अझ ओलीबाहेकका नेतासँग वार्तामा जुट्नु र ससाना कम्युनिस्ट पार्टीसँग एकीकृत हुने बजार हल्लाले पनि एमालेसँग सम्बन्ध पक्कै सुध्रिने भएन । चुनावअघि पनि समाजवादीसँग माओवादी एक हुने हल्लाकै कारण थ्रेसहोल्ड कट्न सकेन भन्नेहरू त्यही पार्टीमा यथेष्ट छन् । एमालेसँग विद्रोह र माओवादीमा विलय समाजवाद होइन भनेर विमति राख्ने नेताले कैयौँ ठाउँमा एमालेलाई भित्रभित्रै साथ दिए र माओवादीलाई हाकाहाकी असहयोग गरे भनेर पनि चर्चा भएकै छ । निर्वाचनलगत्तैका यी दुई महिनामा समाजवादीबारे चलेको हल्लाले पनि कार्यकर्ता बिलखबन्दमा परेका छन् । सुरुमा उपेन्द्र यादवसँगको मिलनका विषयलाई निकै चर्चा गरियो । विगतमा डा. बाबुराम भट्टराई, अशोक राईजस्ता समावेशी मुद्दाका निर्दोष पक्षधरसँग पनि निरन्तरता दिन नसकेका उपेन्द्र यादवसँग माधवकुमार नेपालको समाजवादी पार्टीको कार्यदिशा, कार्यनीति, कार्यभार र कार्यक्रम मिल्ला र भनेर प्रश्नहरू उब्जिए । माधवकुमार नेपालको गृहजिल्ला रौतहटमै उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले गरेको नृशंस हत्या प्रकरणमा भित्री मधेश भनेर चिनिने मकवानपुरकै मन अझै पनि दुखिरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा काम गर्न गएका मजदुर पनि मारिएको त्यो घटनालाई माफी दिइए पनि पुनः एकीकरणका लागि उपेन्द्र यादवले एक शब्द बोल्नुभएको छैन । अर्कातिर राजनीतिमा खास देखिने गरी लोभ नगर्ने सादगी चरित्रका बाबुराम भट्टराईसँग त उपेन्द्र यादवले सहकार्य गर्न सक्नुभएन भने माधवकुमार नेपाल त अहिले पनि अग्रज, अगुवा र अझै देश र पार्टीको प्रमुख व्यक्ति हुने सपनाले सक्रिय हुनुहुन्छ । यस पटक पनि १० सांसद छन्, स्थानीय तहमा समाजवादीको ठिकै हैसियत छ । एमालेले २०५४ को ‘वामदेव गौतम र नेकपा माले’ बनाउने शपथ खाए पनि त्यो धूलिसात इतिहासलाई बिर्सने र उस्तै परे राष्ट्रपति, प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्षसम्म हुने हैसियत करार राख्नु भएका नेपाल र उस्तै हुटहुटीमा दौडिरहनु भएका उपेन्द्र यादवसँगको सहकार्य नेपाली कम्युनिस्ट आन्दोलनलाई थप ऊर्जा हुन सक्ला ? नेपाल र यादव दुवै पार्टीका नेता कार्यकर्ताले मिहीनसँग संवाद र छलफल नगरी नहुने विषय हो । कार्यकर्ताहरू भन्छन्, एमालेको अपमान सहन नकेर भएको विद्रोहमा माओवादीले पनि उस्तै व्यवहार गरे । भर्खर बनेको पार्टी, को छन् र त्यहाँ भनेर स्थानीय तह निर्वाचनमा वडादेखि नै समाजवादीलाई साथ दिएनन्, आफूहरू जित्न कांग्रेसका बुइँ चढे, एमालेलाई जिताए तर समाजवादीसँग मितेरी साइनोका नाममा अविजित नहोस् भनेर खेदो खने, खोचे थापे । यो विषय माओवादी र समाजवादीको शीर्ष नेतृत्वसँग पनि पटक पटक नपुगेको होइन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि यसको छनक देखियो । हुँदाहुँदा एमालेले प्रधानमन्त्री दिने भनेपछि गएको पुस १० गते त हो, पुष्पकमल दाहाल, शेरबहादुर देउवासँगको असहमतिमा सधैँ दायाँबायाँ रहने माधवकुमार नेपालसँग पनि सल्लाह नगरी बालकोट जानुभयो । लगत्तै माधवकुमार नेपालसँग भेटेर यो सम्बन्ध त उहाँले सुधार्नुभयो । हजार अपमान सहेर ‘एक्ला चलो रे’ अभियान चलाइरहनु भएका माधवकुमार नेपालले विश्वासको मत दिएर अनि कुनै प्रतिक्रिया नदिएर यो विषयलाई मिडियामा फासफुस त पारियो । तर माओवादी नेतृत्वमा देखिएको एमालेनिकटताका कारण तत्काल समाजवादी र माओवादी एकताको आधार तय भएको देखिन्न । प्रधानमन्त्री पार्टीभित्र एमाले निकटको पनि घेरामा हुनुहुन्छ, उहाँको सरकार एमालेकै तारबारले सुरक्षित छ । यस्तो अवस्थामा समाजवादीले कहिले उपेन्द्र यादव त कहिले पुष्पकमल दाहालका पार्टीसँग एकताको हल्ला फिजाउनु भएका कार्यकर्तालाई पनि पलायन गराउनु हो । नेताहरू जुट्छन्, चियाको खपत हुन्छ, सुरक्षाकर्मीको घेरा देखेपछि मिडियाले पच्छ्याउने नै भयो । तर आजै एकता, भोलि सहमतिलगायतका विषय भने बिल्कुल बेमौसमी छ । यसले कम्युनिस्ट पार्टीप्रति विकर्षण, नेतृत्वप्रति अविश्वास र अनिर्णयको बन्दीजस्ता पगरी गुथाउँदै स्वयं घनश्याम भुसालले भन्नुभएको आकर्षक, अन्तिम गन्तव्यको पार्टी भनेर ऊर्जा दिएको ‘समाजवादी’ पङ्क्ति पनि कुहिरोको काग पो हो कि भनेर भीडले आफ्नो मत कुनै पनि अमूक शक्तिलाई प्रदान गरे नीति तथा कार्यक्रम मात्र राम्रो भएर हुन्न भन्ने पुष्टि हुन जान्छ । अहिले पार्टी विस्तार, बलियो प्रतिपक्षी अझ कम्युनिस्ट शक्ति बनेर नै अघि बढ्न उचित हुने नेता कार्यकर्ताको सुझाव पनि मान्नु पर्छ । यतिखेर सबै सत्तामा झुम्मिएका बेला नेकपा (एकीकृत समाजवादी) ले कम्युनिस्ट शक्तिको बलियो प्रतिपक्षी कुर्सी रोज्दा अहिले भोगेको भन्दा थप क्षति बेहोर्नु पर्दैन, क्षति पुर्दै जाने वातावरण बनाउन चाहिँ नेतृत्व सक्रिय हुनुपर्छ ।  
News
47,422
रुख काट्ने वन समूहकै अध्यक्ष सहित ४ पक्राउ
सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ ।
https://gorkhapatraonline.com/news/74610
लिलाराज खड्का बिर्तामोड, साउन २८ गते । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।सतासी धाम सामुदायिक वन उपभोक्ता समूह – झापा सतासी धाम –८ र माइ नगरपालिका इलाम ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका  लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाविरुद्ध   कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ  । वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका  प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा  अन्यको समेत  संलग्नता  हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।  डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठका  अनुसार यो घटना अलि अगाडिको भए पनि अनुसन्धान प्रक्रिया पुरा गरेर  बिहीबार  पक्राउ गरिएको हो । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो ।  यस्तै ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगो रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवी रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औँल्याएको छ । तर, सतासी धाम सामुदायिक वनको भने समूहकै पदाधिकारीको संलग्नता देखिएको जनाएको छ । चालकले सिधै फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ।   
News
37,075
बार्सिलोनामाथि रियल दबाब
जिनेदिन जिदानको रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार राति एटलेटिको म्याड्रिडलाई हराएर उपाधिको होडमा बार्सिलोनामाथि दबाब सिर्जना गरेको छ ।
https://ekantipur.com/sports/2020/02/02/158060682363623837.html
म्याड्रिड — जिनेदिन जिदानको रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार राति एटलेटिको म्याड्रिडलाई हराएर उपाधिको होडमा बार्सिलोनामाथि दबाब सिर्जना गरेको छ ।करिम बेन्जमाको गोलमा रियल सान्टियागो बर्नाबाउमा भएको खेलमा १–० ले विजयी रह्यो । यो जितपछि रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि छ अंकको अग्रता लिएको छ ।एक खेल कम खेलेको बार्सिलोनाले आइतबार लेभान्टको सामना गर्दैछ र यो दूरी घटाउने प्रयास गर्नेछ । खराब लयमा रहेको एटलेटिकोले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।
Sports
25,754
वडाध्यक्षको मृत्यु
कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।
https://gorkhapatraonline.com/news/16336
जाजरकोट, असार ५ गते । कुशे गाउँपालिका–७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । 
News
62,800
नेपाल एसिया कप नजिक
नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा यूएईको सामना गर्ने भएको छ । शनिबार वर्षाले प्रभावित सेमिफाइनल खेलबाट नेपालले कुवेत र यूएईले ओमानलाई पन्छाउँदै सोमबार हुने फाइनलमा स्थान पक्का गरेका हुन् ।
https://ekantipur.com/sports/2023/04/30/16828169651938514.html
काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा यूएईको सामना गर्ने भएको छ । शनिबार वर्षाले प्रभावित सेमिफाइनल खेलबाट नेपालले कुवेत र यूएईले ओमानलाई पन्छाउँदै सोमबार हुने फाइनलमा स्थान पक्का गरेका हुन् ।मौसम पूर्वानुमानअनुसार मंगलबारसम्म वर्षाको प्रभाव रहनेछ । सोमबार वर्षा भए फाइनलका लागि मंगलबार वैकल्पिक दिन राखिएको छ । प्रिमियर कप विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतसँगको खेल वर्षाले पूरा हुन नदिए पनि नेपाल फाइनलमा पुगेको हो । वर्षाका कारण दुई घण्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । तर, डकवर्थ लुइस नियममा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो ।थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइनल पुगेको छ । समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेत समूह ‘बी’ मा ४ मध्ये ३ खेल जित्दै ६ अंक बटुलेर उपविजेता बनेको थियो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्नुपर्थ्यो । ६ विकेट गुमाइसकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । डकवर्थअनुसार २० ओभरमा कुनै विकेट नगुमाएको अवस्थामा कुवेतलाई विजयनिम्ति ९८ रन बनाउन आवश्यक थियो । करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । उनले पहिलो ओभरमै एडनान इद्रिजलाई आउट गरी विकेट लिनेक्रम सुरु गरेका थिए । अर्को एक विकेट सोमपाल कामीले लिएका थिए ।यसअघि रोहित पौडेलको कप्तानी इनिङ्समा नेपालले विशाल लक्ष्य प्रस्तुत गरेको थियो । रोहितले ९५ बलमा ९४ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे । वर्षाले प्रभावित खेल पुनः सुरु भएपछि यी दुईले खुलेर खेल्न थाले । कुशलले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५७ रन बनाए ।कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोडेर नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्‍याएका थिए । कुशल ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए । उनले ७ चौका र १ छक्का प्रहार गरे । उनको स्थानमा आएका भीम सार्की ४ बलमात्र टिक्दै १ रनमै आउट भए । आसिफ शेख २८ बलमा ३१ रन बनाई पेभेलियन फर्किए । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनका भाइ आरिफले पनि रोहितलाई राम्रो साथ दिँदा १९ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए ।तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुरदीपेन्द्रसिंह ऐरीको ब्याटले पुनः निराश बनायो । उनी दुई बल खेल्दै डकआउट भए । सन्दीप लामिछाने ५ र करण केसी ६ रनमा आउट भए । सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा अविजित रहे । कुवेतका इद्रिस र मोहम्मद अस्लामले ३–३ विकेट लिए । मूलपानी मैदानमा यूएईले पूरा ओभर खेल्दै २ सय ३६ रन बनायो । जवाफमा आएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाई १ सय ९० रन बनाएको अवस्थामा वर्षाले थप खेल हुन नदिँदा डकवर्थ लुइसमा यूएई २ रनले अगाडि रह्यो । निकै मजबुत अवस्थामा रहेको ओमानले वर्षाले खेल रोकिनु अगाडिको १० बलमा ३ विकेट गुमाउनु टोलीका लागि दुर्भाग्य बन्यो । मूलपानीमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने मूलपानी क्रिकेट मैदान नेपालको दोस्रो खेलस्थल बनेको छ । दुई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली यूएई र ओमान आमनेसामने भएसँगै मूलपानीले यो अवसर पाएको हो ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने मूलपानी विश्वको २ सय १६ औं मैदान हो । प्रिमियर कपबाटै मूलपानीको माथिल्लो मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको थियो । प्रिमियर कपमै नेपालले ओमानसँग खेलेको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त थियो, जुन कीर्तिपुरमा भएको थियो । नेपाल र यूएईबीचको फाइनललाई पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ । त्यो खेल कीर्तिपुरमै हुनेछ । सञ्जय चौथो अम्पायरसञ्जय गुरुङ एकदिवसीय अन्तर्राष्ट्रिय अम्पायरिङ गर्ने नेपालका चौथो अम्पायर बनेका छन् । उनले शनिबार मूलपानीमा यूएई र ओमानबीचको खेलमा अनफिल्ड अम्पायरिङ गरेका थिए । नेपालबाट यसअघि बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी र विनय झाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गरेका थिए । नेपालले सन् २००८ मा आयोजना गरेको एसीसी यू–१७ कपदेखि गुरुङले अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन् ।
Sports
17,524
‘साम्बा, ओ साम्बा’
लिग जितेपछि खुसियाली त मनाउनु नै पर्‍यो । त्यसैले सावित्रा भण्डारी मंगलबार केरल पुगिन् पूरा टिमसँगै । आइतबार मात्र हो गोकुलम केरलले इन्डियन्स वुमेन्स लिग (आईडब्लूएल) जितेको ।
https://ekantipur.com/feature/2023/05/24/16848918847944717.html
काठमाडौँ — लिग जितेपछि खुसियाली त मनाउनु नै पर्‍यो । त्यसैले सावित्रा भण्डारी मंगलबार केरल पुगिन् पूरा टिमसँगै । आइतबार मात्र हो गोकुलम केरलले इन्डियन्स वुमेन्स लिग (आईडब्लूएल) जितेको ।अहमदाबादमा भएको फाइनलमा गोकुलमले किक स्टार्सलाई ५–० ले हराएको थियो । त्यसमा एक गोल सावित्राको नाममा रह्यो । खासमा टिमले अग्रता लिएकै उनको गोलबाट थियो । गोल पनि आफैंमा उत्कृष्ट थियो । पेनाल्टी एरियाबाट गरिएको प्रहार गोलमा परिणत भएको थियो । अझ त्यो पनि काउन्टर अट्याकमा । ‘हामी त सेलिब्रेसनका लागि केरल आइपुग्यौं,’ सावित्रा अर्थात् सबैकी ‘साम्बा’ ले भारतबाटै भनिन्, ‘लिग जितेपछि त खुसी हुने भयो नै । म आफूले पनि धेरै राहत महसुस गरिरहेको छु ।’ राहत किन होला ? आखिरमा उनी प्रतियोगिताको इतिहासमै सबैभन्दा सफल खेलाडी हुन् । आईडब्लूएलमा सर्वाधिक गोलको कीर्तिमान उनकै नाममा छ । भारतीय महिला फुटबलकै सबैभन्दा ठूलो नाम बालादेवीलाई उछिनेर सावित्रा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता भएकी थिइन् । अझ सावित्राले आईडब्लूएल जितेको पनि व्यक्तिगत रूपमा तेस्रोपल्ट हो । यसअघि गोकुलमकै लागि सन् २०१९/०२० मा उपाधि जितेकी थिइन् । त्यस अगाडि सेथुलाई पनि सन् २०१८/०१९ सिजन उपाधि दिलाएकी थिइन् । यसपल्टको प्रतियोगितामा उनले एक्लै २९ गोल गरिन् । त्यसमा चार ह्याट्रिक सामेल छन् । त्यसैले भारतीय महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको ठूलो नाम भन्नु नै सावित्रा हो । नेपाली महिला फुटबलका लागि यो जत्तिको खुसी अरू के हुन सक्छ र ? राहतको कारण खुलाउँदै सावित्राले भनिन्, ‘यसपल्टको प्रतियोगिता विशेष रह्यो । अझभन्दा धेरै प्रतिस्पर्धात्मक रह्यो । त्यसैले कुनै पनि बेला ढुक्क हुन सक्ने स्थिति रहेन ।’ अझ फाइनलअगाडि दुई रात त सावित्रा राम्रोसँग सुत्न पनि सकिनन् । परिवारसँग कुरा पनि गर्न भ्याइनन् । उपाधिसम्मको यात्रामा गोकुलमले सबै खेल जितेको भए पनि टिमले महसुस गरेको एउटा तथ्य के भने यसपल्टका अधिकांश प्रतिद्वन्द्वी बलिया थिए, त्यसैले सजिलो जित बिरलै मात्र निस्केको थियो ।यसपालिको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । त्यसलाई दुई समूहमा विभाजन गरेर लिग चरणको खेल भएको थियो । त्यसमा गोकुलमले इस्ट बंगाललाई ८–२, स्पोर्ट्स ओडिसालाई ८–१, होप्सलाई ३–०, कहानीलाई १४–१, माता रुक्मणिलाई ९–० र मुम्बई नाइट्सलाई ११–१ ले हराएको थियो । गोकुलमले मिसाका युनाइटेडसँग भने गोलरहित बराबरी खेलेको थियो । यी सबै खेलमा सावित्रा पूर्ण त छाइन् । एकपछि अर्को गोल गरिरहिन् ।यसैपल्टदेखि प्रतियोगितामा क्वाटरफाइनल राखिएको थियो । यसै खेलमा हो गोकुलमले धेरै दबाब बेहोरेको । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि गोकुलम बल्लतल्ल टाइब्रेकरमा विजयी रह्यो । स्थिति कस्तोसम्म पुगेको थियो भने एक समय गोकुलम प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिएको थियो । सावित्राले भनिन्, ‘यो खेल जित्न हामीलाई धेरै गाह्रो भयो ।’ सायद सेमिफाइनल केही सजिलो रह्यो, गोकुलमले इस्टर्न स्पोर्टिङलाई ५–१ ले हराएको थियो ।गोकुलमको चुस्त व्यवस्थापनसावित्राले भने जस्तै यिनै कारणले यसपल्ट गोकुलम प्रतियोगिताको वास्तविक विजेता रह्यो । खेलकुदको भाषामा भन्दा ‘ट्र्यु विनर’ रह्यो । सावित्राले यसको पनि कारण खुलाइन् । उनले भनिन्, ‘गोकुलम भारतीय महिला फुटबलको सबैभन्दा राम्रो व्यवस्थापन भएको क्लब हो । अरू क्लबका खेलाडीको केही न केही गुनासा थिए । तर म आफैं गोकुलमको प्रशंसा गर्दा थाक्दिनँ । खेलाडीलाई उत्साहित र प्रेरित राख्न क्लबले के मात्र गरेन ? प्रत्येक जितपछि बोनस घोषणा हुन्थ्यो ।’ गोकुलमको सावित्रासँगको सम्झौता पनि त्यस्तै थियो । लिगलाई गरेको सम्झौताबाहेक गोकुलमले सावित्रालाई प्रत्येक म्याच खेलेको, प्रत्येक गोल गरेको, प्रत्येक गोलमा पास उपलब्ध गराएको, व्यक्तिगत उत्कृष्ट पुरस्कार र उपाधि जित्दा पनि बोनस पाउने सम्झौता गरेको थियो । प्रतियोगितामा उनी सर्वाधिक गोलकर्तासमेत बन्दा सावित्राले गोकुलमबाट सम्झौताअनुरूप अर्को रकम पनि पाउनेछिन् । उनले थपिन्, ‘गोकुलमको प्रशिक्षण समूह पनि उत्तिकै राम्रो । अझ टिमका मालिक धेरै राम्रा छन् । उनीहरूले प्रत्येकपल्ट खेलाडीसँग के कस्ता समस्या छन् भनेर सोधिरहे र ती समस्या समाधान गर्न लगातार प्रयास पनि गरिरहे ।’ सावित्राका सबै कुरा सुन्दा एउटा तथ्य के निश्चित भएको छ भने फुटबलमा उपाधि जित्ने ठ्याक्कै यही सूत्र भन्ने हुन्न । तर, उपाधिसम्म पुग्ने बाटो भने हुन्छ । र, यो बाटो हो क्लबको चुस्त व्यवस्थापन, सटीक प्रशिक्षण समूह अनि सावित्रा जस्ता अब्बल दर्जाका खेलाडीको समूह । होइन र ?त्यो ‘आइकोनिक मोमेन्ट’फाइनल सकेलगत्तै सावित्राको एउटा तस्बिर खुबै भाइरल भयो । त्यो थियो, उनले आफ्नै आमासँग गरेको भिडियो च्याट । भएको के थियो भन्दा सावित्राले साँच्चै प्रतियोगिताको तनावकै कारण परिवारसँग कुराकानी गर्न पाएकै थिइनन् । फाइनल सकेलगत्तै सावित्राले आफूलाई रोक्नै सकिनन् । तर मोबाइल भने सँगै थिएन । खेलअगाडि सबै खेलाडीले आफ्ना मोबाइल प्रतियोगिताका आयोजकलाई बुझाउनुपर्थ्यो । यस्तोमा सावित्राले आफ्ना व्यवस्थापकको मोबाइलबाटै घरमा फोन गरिन् ।अनि मैदानबाटै आफ्नी आमासँग कुरा गरिन् । आमा खुसी नहुने कुरै भएन । सावित्राको पनि खुसीको सीमा थिएन । उनकी आमा पछिल्लो समय बिरामी थिइन् । पत्थरीको समस्या भइरहेको थियो । तिनै बिरामी आमासँग धेरै दिनपछिको कुराकानीले सावित्रालाई खुबै भावनात्मक बनाइदियो । यस्तो अवसर जुर्ने भनेकै फुटबलमा मात्र हो । यो त पूरै ‘आइकोनिक मोमेन्ट’ रह्यो । यी सबै घटनाको पृष्ठभूमिमा गोकुलमका समर्थकहरू पनि खुसीले सावित्रातर्फ हेर्दै कराइरहेका थिए, ‘साम्बा ओ साम्बा’ ।
Feature
370
गण्डकी, वाग्मती र पुलिसको विजयी सुरुवात
धनगढीमा सञ्चालन भइरहेको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत मंगलबार दोस्रो दिन भएका खेलहरुमा  नेपाल पुलिस क्लब, गण्डकी र वाग्मती प्रदेशले बिजयी सुरुवात गरेका छन् । 
https://ekantipur.com/sports/2022/03/22/164795343272414332.html
धनगढी — धनगढीमा सञ्चालन भइरहेको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत मंगलबार दोस्रो दिन भएका खेलहरुमा  नेपाल पुलिस क्लब, गण्डकी र वाग्मती प्रदेशले बिजयी सुरुवात गरेका छन् । मंगलबार भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रविन चन्द भए । मंगलबारकै दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको छ । गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९–२५ ले गुमाएको थियो । तर २५–२३ ले चौथो सेट जित्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । खेलका म्याद अफ द म्याच गण्डकीका घनश्याम चौधरी भए । मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । वाग्मतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो । त्यसपछिका लगातार दुई सेट २५–२१ र २५–१६ ले वाग्मती प्रदेशले जितेको हो । खेलका म्यान अफ द म्याच वाग्मतीका नवीन महतो भए । वाग्मतीसं‘ग पराजित भएसँगै मधेस प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनीबाहेक ६ वटा प्रदेश र तीन वटा विभागीय गरी ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सुदस्य सचिव सिंहले बताए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पॉच सय नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुनेछन् ।
Sports
20,916
'छुवाछुत भेदभाव अहिलेसम्म, मान्छे मारिने कहिलेसम्म ?' 
अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्‍याली र सचेतनामूलक कार्यक्रमहरु भएका छन् । 
https://ekantipur.com/news/2024/05/23/untouchable-discrimination-so-far-how-long-will-people-be-killed-00-58.html
काठमाडौँ — अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्‍याली र सचेतनामूलक कार्यक्रमहरु भएका छन् । काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाको अगुवाइमा विरोध प्रदर्शन र फोटो प्रदर्शनी भएको छ । विभेदकारी जात व्यवस्थाको अन्त्यको माग गर्दै दलित समुदायका युवा, अधिकारकर्मी र मानवअधिकारवादीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले 'मान्छे मार्न पाइदैन, जात व्यवस्था चाहिदैन', 'छुवाछुत भेदभाव अहिलेसम्म, मान्छे मारिने कहिलेसम्म ?' लगायत विभिन्न प्ले-कार्डहरु प्रदर्शन गरेका थिए ।एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले जेठ १० को त्यो घटनालाई सामाजिक न्यायका पक्षधरहरुले कहिल्यै भुल्न नसक्ने बताए । 'जात व्यवस्थाकै कारण भएको रुकुम हत्या काण्ड मानव समुदायका लागि इतिहासमै सबैभन्दा ठूलो कलंक हो । यो कहिल्यै भुल्न सकिने घटना होइन,' उनले भने, 'हामीले यो दिनलाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा मनाउन प्रारम्भ गरेका छौँ ।'सो क्रममा जात व्यवस्थाका कारण भएका घटनाहरु झल्किने फोटो प्रदर्शनीसमेत गरिएको थियो । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ। १० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर विहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए। कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए।घटनामा नवराजसहित चार दलित र दुई गैरदलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए। सो हत्याकाण्डमा ३४ जनाविरु४ सामुहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमो मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाई दिएको थियो।अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५०,००० रुपैयाँ जरिवाना तोकेको थियो। घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए। जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो।घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो।विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए।
News
3,148
उडान बढाउने पहल गर्न आग्रह
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायीमा निराशा छाएको छ । अर्बाैं लगानी गरेर होटल खोलेका व्यवसायी पूर्ण क्षमतामा विमानस्थल सञ्चालन नहुँदा निराश देखिएका हुन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आवागमन बढ्ने र व्यवसाय फस्टाउने उनीहरूको अपेक्षा थियो ।
https://gorkhapatraonline.com/news/20622
भैरहवा समाचारदाताभैरहवा, साउन १५ गते ।  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायीमा निराशा छाएको छ । अर्बौं लगानी गरेर होटल खोलेका व्यवसायी पूर्ण क्षमतामा विमानस्थल सञ्चालन नहुँदा निराश देखिएका हुन् ।भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आवागमन बढ्ने र व्यवसाय फस्टाउने उनीहरूको अपेक्षा थियो ।  “सातामा तीनवटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको छ, त्यसमा पनि यात्रा गर्ने नेपाली मात्रै छन् । यसबाट मात्रै पर्यटन व्यवसायीले फाइदा लिन सकेको अवस्था छैन,” सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले भन्नुभयो । दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्ली उडान सञ्चालनका लागि सरकारले तत्परता देखाउनुपर्ने होटल व्यवसायी श्रेष्ठले बताउनुभयो । नेपाल ट्राभल्स एन्ड टुर एसोसिएसन, लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले नेपाल वायुसेवा निगमका २५–३० जना कर्मचारी भैरहवामा रहेकाले तत्काल दिल्ली–भैरहवा उडान सुरु गर्नुपर्ने बताउनुभयो ।  पर्यटन व्यवसायी सञ्जय बजिमयले धार्मिक पर्यटक भित्र्याउने लक्ष्यले विमानस्थल बनाएकाले पर्यटक तान्ने प्योकज बनाएर निजी क्षेत्रसँग सहकार्य गरिनुपर्ने र क्षेत्रीय उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । केही समयअघि भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभएको थियो । “सञ्चालनमा आएको विमानस्थलमा थप विमानलाई आकर्षण गर्न छुटदेखि ट्रान्जिट भिसाका लागि पनि मन्त्रालय सचेत छ । लुम्बिनीलाई गन्तव्य बनाएर धेरैभन्दा धेरै पर्यटक भिœयाउने उद्देश्य यस विमानस्थलको हो र सरकार यसबारे गम्भीर छ,” मन्त्री श्रेष्ठले भन्नुभयो । सो अवसरमा पर्यटनमन्त्रीसमक्ष लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा बढ्दो फोहोरलाई व्यवस्थापन गर्न, निर्माण सम्पन्न भएको कार्गाे भवन सञ्चालन गर्न, विमानस्थलको व्यावसायिक टेन्डर छिटो आह्वान गर्न ध्यानाकर्षण गराउनुभयो ।“विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो तर व्यवसायी अझै खुसी छैनन् । अर्बौं लगानीमा पर्यटक सेवाका लागि खोलिएका तारेहोटल सुनसान छन् । अन्य साना होटलको अवस्था नाजुक छ,” उहाँले भन्नुभयो ।सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले रुपन्देहीको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटकको सेवा सुविधालाई ध्यानमा राखेर भैरहवा–लुम्बिनी मोनो रेल सञ्चालनका लागि आवश्यक पहल तथा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष न्यौपानेले छिमेकी राष्ट्रका समकक्षीसँग समन्वय गरी चीन, भारत, थाइल्यान्ड, म्यानमार, भुटान, श्रीलङ्कालगायतका बुद्ध धर्म मान्नेको बाहुल्य रहेको राष्ट्रका एयरलाइन्सलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल गर्न माग गर्नुभयो ।   
News
40,532
ठेक्का रद्द हुँदा बरु सडक बन्ने आशा
सामान्यतः ठेक्का लागेपछि काम हुन्छ भन्ने ढुक्क हुनुपर्ने हो तर काठमाडौँ उपत्यकाका लागि ज्यादै महत्त्वको एउटा सडकको ठेक्का रद्द हुँदा सडक बन्ने सङ्केत मिलेको छ। उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु भञ्ज्याङदेखि तीनपिप्ले खण्डको निर्माण ठेक्का रद्द गर्ने सडक विभागको निर्णयलाई ललितपुर जिल्ला अदालतले मङ्गलबार सदर गरेको छ। यससँगै अब सडक बन्न मार्गप्रशस्त भएको हो।
https://gorkhapatraonline.com/news/22339
काठमाडौँ, भदौ २ गते ।  सामान्यतः ठेक्का लागेपछि काम हुन्छ भन्ने ढुक्क हुनुपर्ने हो तर काठमाडौँ उपत्यकाका लागि ज्यादै महत्त्वको एउटा सडकको ठेक्का रद्द हुँदा सडक बन्ने सङ्केत मिलेको छ। उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु भञ्ज्याङदेखि तीनपिप्ले खण्डको निर्माण ठेक्का रद्द गर्ने सडक विभागको निर्णयलाई ललितपुर जिल्ला अदालतले मङ्गलबार सदर गरेको छ। यससँगै अब सडक बन्न मार्गप्रशस्त भएको हो। मुड्खु भञ्ज्याङदेखि तीनपिप्ले सडकखण्ड विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठले ठेक्का रद्दको निर्णय सदर भएसँगै सो सडक निर्माणको ढोका खुला भएको बताउनुभयो। उहाँले निर्माणका लागि अर्को कम्पनी छनोट गर्न यसै महिनाभित्र बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। ललितपुर जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालसले मङ्गलबार शैलुङ कन्स्ट्रक्सनले पाएको ठेक्का तोड्ने निर्णयलाई सदर गरेको हो। आयोजना प्रमुख श्रेष्ठले जिल्ला अदालत ललितपुरबाट यसअघि भएको अन्तरिम आदेश खारेज गर्दै ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको जानकारी दिनुभयो। उहाँका अनुसार सडक विभागले सो सडकखण्ड निर्माणको ठेक्का पाएको शैलुङ निर्माण कम्पनीलाई एक करोड ५५ लाख रुपियाँ जरिवानासहित तीन वर्ष कालो सूचीमा राख्नसमेत सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिसकेको छ। कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सडकखण्डको विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा हुन सकेको छैन। यस आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ४० प्रतिशत छ।उक्त ठेक्काको गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएकोमा सडक विभागले म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोड्ने निर्णय गरेको थियो। तर निर्माण कम्पनीले सडक विभागविरुद्ध मुद्दा दायर गरेकोमा असार ८ गते जिल्ला अदालत पाटनले ठेक्का रद्द गरेको निर्णयलाई कार्यान्वयन नगर्नू/नगराउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।त्यसपछि सो मुद्दाको सुनुवाइमा असार ८ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै सडक विभागको ठेक्का तोड्ने निर्णयलाई अदालतले सदर गरेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। ठेक्का रद्द भएसँगै निर्माण कम्पनीले स्वीकृत नभएका कामको रकम फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो। सो सडक विस्तारका लागि दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजना र शैलुङ निर्माण कम्पनीबीच २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो। सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकोमा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ।   
News
61,963
अपांगता, विपद् र तथ्यांक
परापूर्वकालमा मानिसहरू ढुंगा गनेर अथवा भित्ता कोरेर आफ्ना गाईबस्तु तथा अन्नबालीको तथ्यांक राख्ने गर्थे । अहिले पनि गाउँघरमा सयलाई पाँच बीस भन्नेहरू छँदै छन् । यसले प्रत्येक युगमा तथ्यांकको आवश्यकता र प्रयोगलाई औंल्याउँछ ।
https://ekantipur.com/opinion/2023/02/19/167677182157379981.html
परापूर्वकालमा मानिसहरू ढुंगा गनेर अथवा भित्ता कोरेर आफ्ना गाईबस्तु तथा अन्नबालीको तथ्यांक राख्ने गर्थे । अहिले पनि गाउँघरमा सयलाई पाँच बीस भन्नेहरू छँदै छन् । यसले प्रत्येक युगमा तथ्यांकको आवश्यकता र प्रयोगलाई औंल्याउँछ ।अझ, विज्ञान–प्रविधिको विकाससँगै यसको महत्त्व दिनप्रतिदिन बढ्दै छ । बिमा, व्यापार, वातावरणीय प्रदूषण, जलवायु परिवर्तन, जोखिम आकलनजस्ता सबै क्षेत्रमा तथ्यांकको महत्त्वपूर्ण भूमिका छ । जुनसुकै क्षेत्रका समस्यालाई बुझ्न, समाधानको उपाय पहिल्याउन र समयमै सही निर्णय गर्न तथ्यांकको आवश्यकता पर्छ । विपद् तथा संकटकालीन अवस्थामा यसको महत्त्व झनै ठूलो हुन्छ । भनिन्छ, विपद् चुपचाप आउँछ र सबैले थाहा पाउने गरी जान्छ । यसको असर सबैलाई समान रूपमा पर्ने भए पनि गर्भवती तथा एकल महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति लगायत बढी जोखिममा हुन्छन् । यिनमा पनि अपांगता भएका व्यक्तिहरूमा बढी प्रभाव पर्छ । कोभिड–१९ ले गर्दा सिंगो विश्व नै त्रसित भएका बेला मुलुकमा लगाइएको लकडाउनका क्रममा अपांगता भएका व्यक्तिहरूले निकै सकस बेहोर्नुपरेको थियो । अपांगता भएकाहरू महामारी अथवा अन्य विपद्को समयमा कष्टकर जीवन बाँच्न बाध्य छन् । यस्तो अवस्थामा उनीहरूको उद्धार गर्न तथा राहत पुर्‍याउन पनि सही तथ्यांक आवश्यक हुन्छ । तथ्यांकको माध्यमबाट उनीहरूको अवस्था र आवश्यकता थाहा पाउन र सहयोग पुर्‍याउन सकिन्छ । गत कात्तिकमा भक्तपुरको मध्यपुर ठिमीको राईगाउँस्थित एक घरमा भएको आगलागीमा परी एक अपांगता भएकी महिलाको मृत्यु भयो । सुस्तमनस्थिति र प्यारालाइसिस समस्या रहेकी उनी घर जलिरहँदा भाग्न नसकेकै कारण मृत्यु भएको थियो । २०७८ चैतमा उदयपुरको उदयपुरगढी–१ शिखरपुरकी शारीरिक अपांगता भएकी महिलाको पनि घरमा आगलागी हुँदा भाग्न नसक्दा मृत्यु भएको थियो । यदि तथ्यांकमा समेटिएका हुन्थे भने उद्धारकर्तालाई उनीहरूको अवस्थाबारे पूर्वजानकारी हुन्थ्यो र पक्कै ज्यान बचाउन सकिन्थ्यो । विपद् मात्र होइन, आजभोलि यातायातका लागि प्रयोग गरिने पठाओ, टुटल र इनड्राइभजस्ता एपहरूमा पनि ग्राहकवर्गको शारीरिक अवस्था सम्बन्धी तथ्यांक समाहित हुन आवश्यक देखिन्छ । यसले अपांगता भएकाहरूलाई उपयुक्त खालका साधन पाउन सहयोग मिल्छ । वातावरणीय परिस्थितिमा आउने सानो परिवर्तनले पनि अपांगता भएका व्यक्तिहरूमा ठूलो असर पारिरहेको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको करिब १५ प्रतिशत एक वा एकभन्दा बढी प्रकारका अपांगता भएकाहरू छन् । तीमध्ये कति त सामाजिक वा आर्थिक कारणले एक्लै बस्ने गरेका छन् । एक्लै बसिरहँदा धेरैजसो सामाजिक सम्पर्कबाट टाढिएका हुन्छन् र पहुँचयुक्त भौतिक सुविधाबाट वञ्चित पनि । यस्तो अवस्थामा विपद् र आपत्कालीन अवस्था आइपर्दा आफूलाई जोगाउनु उनीहरूको ठूलो चुनौती हो । ह्वीलचेयर प्रयोगकर्ता र अति अशक्तहरूलाई स्थानान्तरण गर्न पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रसंघको कार्यालयका अनुसार विश्वव्यापी रूपमा सर्वेक्षण गरिएका अपांगता भएकामध्ये २० प्रतिशत मात्र विपद् तथा आपत्कालीन अवस्थामा कुनै पनि कठिनाइ र सहयोगबिना तुरुन्तै बाहिर निस्कन र आफूलाई जोगाउन सक्छन् । बाँकी ८० प्रतिशतलाई विशेष खाले सहयोग आवश्यक पर्छ । नेपाल सरकारले अपांगताको प्रकारलाई १० किसिममा वर्गीकरण गरेको छ । अपांगताका प्रकारहरू अनुसारै सहयोगको आवश्यकता पनि फरक–फरक हुन सक्छ । विपद्का सन्दर्भमा उनीहरूले भोगिरहेको समस्या बुझ्न र समाधानका उपायहरू पहिचान गर्न तथ्यांक आवश्यक पर्छ । तथ्यांकले को, कहाँ, कोसँग र कुन अवस्थामा बस्छजस्ता आधारभूत जानकारी दिन्छ । उनीहरूका अवरोध र आवश्यकता पहिचान गरेर विपद्को समय र अघि–पछि सघाउन पनि सही तथ्यांक चाहिन्छ । विपद् व्यवस्थापन प्रक्रियाका सबै चरण र विशेष गरी योजना र पूर्वतयारीका क्रममा अपांगता भएका व्यक्तिहरूको आवश्यकता समावेश गर्दा उनीहरूको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न र विपद् प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूको प्रभावकारिता बढाउन सकिन्छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन– २०७४ मा राष्ट्रिय विपद् व्यवस्थापन सूचना प्रणालीको विकास तथा सञ्चालन गरी विपद् व्यवस्थापन सम्बन्धी सूचना तथा तथ्यांकको संकलन, विश्लेषण, भण्डारण तथा सम्प्रेषण गर्ने, गराउने उल्लेख छ । सोही ऐनले विपद् उद्धार र राहतमा जोखिम वर्गलाई विशेष प्राथमिकता दिने व्यवस्था गरेको छ । ऐनको सोही प्रावधान अन्तर्गत रहेर नेपाल सरकारले बाढी, पहिरो, चट्याङ, आगलागी, सर्पदंश आदिजस्ता विभिन्न किसिमका विपद्का घटनाहरू र त्यसबाट भएका क्षतिको तथ्यांक राख्ने कार्य गर्दै आएको छ । यसै अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा पहिलोपल्ट घरधुरीस्तरमा जोखिम वर्गको तथ्यांक संकलनका लागि विपद् पोर्टलको थालनी गरिएको छ । विपद् पूर्वतयारी र पूर्वचेतावनी प्रणाली बढाउन, आपत्कालीन प्रतिक्रिया सुदृढ गर्न, प्रमाणमा आधारित योजना र नीति निर्माणका लागि यो पोर्टल विकास गरिएको हो, जसको अहिले स्थानीयकरण भइरहेको छ । संवेदनशील तथ्यांकको दुरुपयोग हुने खतरा पनि रहेकाले पोर्टलका विपद् सम्बन्धी अन्य तथ्यांक खुला रूपमा सहजै प्राप्त गर्न सकिने भए पनि हाललाई घरधुरीको तथ्यांक गोप्य छ । तर आवश्यक व्यक्ति वा निकायले निश्चित प्रक्रिया पूरा गरी त्यो लिन सक्नेछन् । तथ्यांक संकलनका केही जटिलता पनि छन् । नागरिकता नभएका, अपांगता परिचयपत्र नबनाएका र परिवारले विवरण सार्वजनिक गर्न नचाहनेजस्ता समस्या छन् । यसका बावजुद पनि विपद् व्यवस्थापनको काम व्यवस्थित र प्रभावकारी ढंगले गर्न सही सूचनाको खाँचो छ । चौधरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणकी सम्पर्क व्यक्ति हुन् ।
Opinion
10,928
भूमि खण्डीकरणले कृषि उत्पादनमा कमी
कृषियोग्य जमिनलाई खण्डीकरण घडेरी तथा अन्य व्यवसायी प्रयोजनका लागि प्रयोग गर्न थालेपछि कृषि उत्पादनमा कमी आएको सरोकारवालाले जनाएका छन् । भूमिसम्बन्धी नीतिमा नै एकरूपता नरहेका कारण जमिनको उपभोग ठीक तरिकाले नभएको बताइएको छ । राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले भूमिसम्बन्धी समस्या समाधानका लागि पटकपटक नीति, नियम बने तर त्यो ठीक ढङ्गले कार्यान्वनयमा नआएका कारण समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । सरकारमा रहेका मन्त्रीहरूले आफ्नो पार्टीको कार्यकर्ताको चाहना, व्यक्तिको स्वार्थअनुसार भूमिसम्बन्धी नीति बनाउने गरेका कारण जहिले पनि यो समस्याकै रूपमा रहेको बताउँदै उहाँले जबसम्म भूमि सुधारका लागि राजनीतिक दलबाट ठोस प्रतिबद्धता आउँदैन, तबसम्म यो समस्या समाधान नहुने बताउनुभयो ।
https://gorkhapatraonline.com/news/40159
काठमाडौँ, असोज ११ गते । कृषियोग्य जमिनलाई खण्डीकरण घडेरी तथा अन्य व्यवसायी प्रयोजनका लागि प्रयोग गर्न थालेपछि कृषि उत्पादनमा कमी आएको सरोकारवालाले जनाएका छन् । भूमिसम्बन्धी नीतिमा नै एकरूपता नरहेका कारण जमिनको उपभोग ठीक तरिकाले नभएको बताइएको छ । राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले भूमिसम्बन्धी समस्या समाधानका लागि पटकपटक नीति, नियम बने तर त्यो ठीक ढङ्गले कार्यान्वनयमा नआएका कारण समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । सरकारमा रहेका मन्त्रीहरूले आफ्नो पार्टीको कार्यकर्ताको चाहना, व्यक्तिको स्वार्थअनुसार भूमिसम्बन्धी नीति बनाउने गरेका कारण जहिले पनि यो समस्याकै रूपमा रहेको बताउँदै उहाँले जबसम्म भूमि सुधारका लागि राजनीतिक दलबाट ठोस प्रतिबद्धता आउँदैन, तबसम्म यो समस्या समाधान नहुने बताउनुभयो । राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय कृषक समूह महासङ्घले संयुक्त रूपमा आयोजना गरेको भूउपयोग नियमावली र किसानको हकसम्बन्धी नीतिगत संवाद कार्यक्रममा बोल्नुहुँदै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले भूमिसम्बन्धी विवादमाथि (सरकारी निकाय)बाट नै समाधान गर्नुपर्ने सुझाव दिनुभयो । समस्या राज्यको नीतिमा नै छन्, भूमिसम्बन्धी नीति पटकपटक बनेको देखिन्छन् । “केही समय कार्यान्वयनमा पनि आउँछ तर पछि त्यो आफैँ निष्क्रिय हुँदै जान्छ र अवस्था जस्ताको तस्तै रहन्छ,” उहाँले भन्नुभयो, “सरकारी निकायमा नै भूमिसम्बन्धी नीति एक अर्कासँग बाझिएका छन्, कृषि मन्त्रालयले एक थोक भनेको हुन्छ भने भूमि मन्त्रालयले अर्को थोक भनिरहेको हुन्छ । वन मन्त्रालयको धारणा अर्कै हुन्छ, सबैको नीति एक अर्कासँग बाझिएका कारण यो समस्या समाधान नभएकै हो ।”भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक पालिकालाई कृषि तथा गैरकृषि भूमिको अवस्थाका बारेमा जानकारी गराउन पत्र पठाएको छ तर त्यसमा पालिकाहरूले चासो लिएका छैनन् किनभने अहिलेसम्म कुनै पनि पालिकाले किसान तथा कृषिको वर्गीकरण गरेका छैनन् । वर्गीकरण नभएसम्म कुनै पनि पालिकाले भूमिसम्बन्धी जानकारी दिने अवस्थामा नरहेको उहाँको धारणा थियो ।राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले पनि कृषि र गैरकृषि भूमि वर्गीकरण गर्नका लागि स्थानीय सरकारलाई भूमि मन्त्रालयले पत्र पठाएको छ तर वर्गीकरणको निश्चित र स्पष्ट आधार नहुनु, जनशक्तिका अभाव भएका कारण वर्गीकरण गर्न समस्या हुने बताउनुभयो । कृषियोग्य भूमि मासिँदै गएपछि उत्पादनमा कमी आएको बताउँदै उहाँले सन् १९६५ तिर कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ४९ प्रतिशत थियो तर सन् २०२१ सम्म पुग्दा त्यो २५ प्रतिशतमा झरेको तथ्याङ्कले पनि कृषिभूमि खण्डीकरणका कारण यो समस्या आएको पुष्टि भएको बताउनुभयो ।   
News
40,161
महानगरसँग ईःको भयो सहमति
नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग सहमति भएको छ तर उक्त सहमति काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहबाट झिटीगुन्टा कसेर निस्किएपछि मात्र भयो । ईःलाई गेटमै छलेर महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो। त्यही कार्यालयबाट राति चारबुँदे सहमति भएर ईःको सत्याग्रह टुङ्गिएको हो।
https://gorkhapatraonline.com/news/79861
काठमाडौँ, असोज ११ गते । नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग सहमति भएको छ तर उक्त सहमति काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहबाट झिटीगुन्टा कसेर निस्किएपछि मात्र भयो ।ईःलाई गेटमै छलेर महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो। त्यही कार्यालयबाट राति चारबुँदे सहमति भएर ईःको सत्याग्रह टुङ्गिएको हो। सहमतिका बुँदा ईःले नौ दिनदेखि उभिइरहेको राष्ट्रिय सभागृहको बन्द गेटअगाडि वाचन गरेपछि थकित ईः थ्याच्च भुइँमा बस्नुभयो र सुन्निएर डमडम भएका खुट्टाबाट चप्पल खोल्नुभयो। लामो श्वास फेर्दै केही समय थकाइ मारेपछि उहाँले ‘महानगरले सम्झौतामार्फत पहिलो पटक सडक व्यापारीको अस्तित्व स्वीकार गरेको’ बताउनुभयो। काठमाडौँ महानगरपालिका, ईः र सडक व्यापारीका प्रतिनिधिको हस्ताक्षर भएको सहमतिमा १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूलगेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ईः र सहभागीको स्वास्थ्यलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने पहिलो बुँदामा उल्लेख छ।त्यस्तै फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामान महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित धनीलाई महानगरले फिर्ता गर्ने पनि सहमति भएको छ। यस बुँदाले यसअघि महानगरले सामान जफत गरेको काम संविधानसम्मत नभएको भन्ने कुरालाई स्थापित गरेको ईःले बताउनुभयो।त्यसै गरी तेस्रो बुँदामा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने उल्लेख छ। सहमतिमा महानगरपालिकाका तीन, ईःका तर्फबाट दुई, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीका प्रतिनिधि एक/एक जना रहेका छन्।त्यस्तै साबिकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले सहमति भएको मितिले एक हप्ताभित्र पहल गर्ने सहमति छ।आठ दिनसम्म राष्ट्रिय सभागृहको मूल प्रवेशद्वार भएर काठमाडौँ महानगरपालिका प्रमु्ख बालेन्द्र शाह (बालेन) र अरू पदाधिकारी तथा कर्मचारी आहोरदोहोर गरे पनि कुनै निकासबिना नै सामान सारेर नवौँ दिनमा राष्ट्रिय सभागृहको मूलद्वारमा ताला लागेको थियो। गेटमा भइरहेको ईःको सत्याग्रहबारे कुनै टुङ्गो नलगाई महानगरपालिकाले झिटीगुन्टा कसेर निस्किँदा बाहिर भने ईःलाई साथ दिन पीडित सडक व्यापारीले नारा लगाएका थिए।सडकपेटीमा सानातिना व्यापार गरेर जीवनयापन गर्दै आएकाहरूको उचित व्यवस्थापनको माग गर्दै ईः (इन्जिनियर ईशान) नौ दिनदेखि उभिएर सत्याग्रह गर्दै आउनुभएको थियो । सातौँ दिन महानगर प्रमुखले वार्ताका लागि बोलाउनुभए पनि ईः नगएका कारण वार्ता भएन। आठौँ दिन भने उपप्रमुख सुनिता डङ्गोल ईःलाई भेट्न गेटमा जानुभयो। त्यही दिन वार्ता टोली बन्यो र वार्ता भयो तर कुनै सहमति हुन सकेको थिएन। महानगर प्रमुख बालेनले भने चुनावी अभियानका साथी ईःलाई भेट्नुभएको थिएन। अचानक कार्यालय सारेको सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले भन्नुभयो, “कार्यालय सार्नु महानगर प्रमुखको इच्छा र स्वविवेकको विषय हो। यो कुनै ‘इस्यु’ को विषय हुन सक्दैन। महानगर प्रमुखले कार्यालय सार्ने/नसार्ने विषय हामीसँग सरोकार रहँदैन। यस्ता विषयमा उहाँ आफ्नो इच्छा अनुसार चल्नुहुन्छ, त्यसमा ‘इन्टरफेयर’ नगरौँ।”महानगरपालिकाको कार्यालय सर्दा राष्ट्रिय सभागृह लेखेको बोर्डबाट ‘य’ अक्षर नै खसेर ‘राष्ट्रि’ मात्र रहेको छ। काठमाडौँ प्लाजामा सरेपछि बालेनले ईःलाई सम्बोधन गरेर आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफूले ईःका माग पूरा गर्न नसक्ने भएकाले आन्दोलन त्याग्न सुझाउनुभएको थियोतर त्यसलगत्तै वार्ता भएर सहमति भएको हो। नौ दिनसम्म उभिएका ईःको स्वास्थ्य अवस्था भने खराब बनेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।    
News
53,586
मिसन २०२६ मा पाँच खेल थपियो, खेलाडी पुगे १०२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।
https://ekantipur.com/sports/2024/05/20/added-five-games-to-mission-2026-bringing-players-to-102-57-17.html
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।मिसन २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल थियो । पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार आयोजित उत्प्रेरणा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दोस्रो चरण ५ खेल थप गरिएको घोषणा गरे ।थप खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा१२–१२ खेलाडी छन् । भारोत्तोलन र कुस्तीका ५–५ तथा एथलेटिक्समा ४–४ पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा थिए ।जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यसअघि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० माघ १५ देखि मिसन २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो । सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।अभिनेता राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, ‘यो कार्यक्रम चलचित्रका महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरू खोजिरहेका छौं । तपाईं खेलाडीमध्येबाट नै खेलकुदको नायक पाउँछौं भन्ने पूर्ण विश्वास छ ।’अभिनेता हमालले विगतका कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताए । उनले खेलाडीमा जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास भयो भने सफलता पाइने धारणा राखे ।राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विगतमा हुने छोटो अवधिको तयारी गर्दै यस किसिमको तयागरीले राम्रो उपलब्धि हासिल सकिने बताए । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङसम्बन्धी विषयमा गराएका थिए ।कार्यक्रममा पहिलो चरणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स प्रदान गरिएको थियो ।
Sports
13,591
बजेट कार्यान्वयनमा वित्तीय सन्तुलन
बजेट प्रथाको सुरुदेखि नै नेपालमा वित्तीय घाटा रहँदै आएको छ। योजनाबद्ध विकास सुरु भएपछि यो घाटा झनै फराकिलो बन्दै आएको छ। पचासको दशकमा राजस्व परिचालन र खर्च व्यवस्थापनबीच सन्तुलन ल्याउने उपायको खोजी गर्न सरकारले सार्वजनिक खर्च पुनरवलोकन आयोग तथा वित्तीय सुधार कार्यदल गठन गरेको थियो। कार्यदलले दिएको सिफारिस कार्यान्वयनमा रहेको कमजोर इच्छाशक्तिका कारण सरकारको वित्तीय स्वास्थ्यमा सुधार ल्याउन सकिएको छैन। देशको राजस्व परिचालनको वर्तमान अवस्थाले विकास खर्चमा योगदान दिन त परै जाओस केही वर्षदेखि चालू खर्च पनि पूरा गर्न नसक्ने स्थितितर्फ अघि बढेको छ। प्रतिबद्ध खर्च बढ्दै गएको छ, राजस्व बढ्न सकेको छैन। बजेटमार्फत घोषणा गरिएका आम्दानी तथा खर्चका लक्ष्य पूरा हुन सकेका छैनन्।
https://gorkhapatraonline.com/news/21116
बजेट प्रथाको सुरुदेखि नै नेपालमा वित्तीय घाटा रहँदै आएको छ। योजनाबद्ध विकास सुरु भएपछि यो घाटा झनै फराकिलो बन्दै आएको छ। पचासको दशकमा राजस्व परिचालन र खर्च व्यवस्थापनबीच सन्तुलन ल्याउने उपायको खोजी गर्न सरकारले सार्वजनिक खर्च पुनरवलोकन आयोग तथा वित्तीय सुधार कार्यदल गठन गरेको थियो। कार्यदलले दिएको सिफारिस कार्यान्वयनमा रहेको कमजोर इच्छाशक्तिका कारण सरकारको वित्तीय स्वास्थ्यमा सुधार ल्याउन सकिएको छैन। देशको राजस्व परिचालनको वर्तमान अवस्थाले विकास खर्चमा योगदान दिन त परै जाओस केही वर्षदेखि चालू खर्च पनि पूरा गर्न नसक्ने स्थितितर्फ अघि बढेको छ। प्रतिबद्ध खर्च बढ्दै गएको छ, राजस्व बढ्न सकेको छैन। बजेटमार्फत घोषणा गरिएका आम्दानी तथा खर्चका लक्ष्य पूरा हुन सकेका छैनन्। गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा राखिएको राजस्व तर्फको लक्ष्य ९१ प्रतिशत मात्र हासिल भयो, खर्चतर्फ पनि चालूमा ९० र पुँजीगतमा ५७ प्रतिशत मात्र लक्ष्य प्राप्त भएको छ। विषयगत मन्त्रालयले आफैँले तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका कार्यक्रम स्वयं उनीहरूबाट कार्यान्वयन हुन नसक्नु गम्भीर विषय हो। त्यति मात्र होइन, आर्थिक वर्ष २०७४/७५ बाट सञ्चित कोष घाटासमेत देखिँदै आएको छ। यसले सरकारको वित्तीय सन्तुलनका लागि आक्रामक कार्य आवश्यक देखिएको छ। वित्तीय असन्तुलन देखिनुमा केही संरचनागत र धेरै व्यावहारिक कारण जिम्मेवार देखिएका छन्। पहिलो, पक्ष बजेट तर्जुमा पक्ष निकै कमजोर छ। गत आर्थिक वर्ष सदन भङ्ग गरी तत्कालीन सरकारले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटको आकार १६४८ अर्बको थियो, जसलाई प्रतिस्थापन विधेयकबाट १६ अर्ब घटाई १६३२ अर्बमा झारियो। मध्यावधि समीक्षामा बजेट निर्माण कार्य वास्तविक नभएको भनी पुन ८६ अर्ब घटाइयो । आर्थिक वर्षको अन्त्यमा लक्ष्यको तुलनामा बजेट ७९.३९ प्रतिशत (१२९६ अर्ब) मात्र देखियो। राजस्वतर्फ पनि संशोधित लक्ष्यको ९१ प्रतिशत मात्र प्राप्त हुन गएको छ। यस अवधिमा राजनीतिक नेतृत्व मात्र परिवर्तन भएको थियो, प्रशासनिक नेतृत्व समूह भने एउटै थियो। यसले बजेट तथा नीति व्यवस्थापनमा रहनुपर्ने व्यावसायिक क्षमता निकै कमजोर रहेको र यसलाई सुधार गर्न प्राविधिक तथा नीतिगत दुवै पक्षमा गम्भीर सावधानी चाहिन्छ भन्ने देखाएको छ। बजेटलाई वित्तीय सन्तुलनको महìवपूर्ण संयन्त्र बनाउन चुक्दै गएका छौ भन्ने देखाएको छ। विगत पाँच वर्षदेखि तहगत सरकार पनि वित्तीय नीति कार्यान्वयनमा छन्। सात प्रदेश सरकार र ७५३ स्थानीय सरकारका बजेट तर्जुमा तथा कार्यान्वयनमा प्रणाली बसिसकेको छैन। तर्जुमालाई तथ्यगत आधार र कार्यान्वयन क्षमतासँग तालमेल मिलाउन बाँकी छ। विनियोजनका सिद्धान्त तय भएका छैनन्, परिणामतः खर्च प्रस्ताव उत्पादनभन्दा वितरणमुखी बन्दै गएका छन्। आन्तरिक राजस्व परिचालनको अंश निकै सानो छ, सङ्घबाट उपलब्ध गराइने वित्तीय समानीकरण लगायतका अनुदानले बजेटको अधिकांश हिस्सा ओगटिरहेको छ। कार्यक्रम कार्यान्वयनको कार्यतालिकीकरण भएको छैन। राष्ट्रिय नीति तथा प्राथमिकतासँग आबद्ध गर्न बाँकी छ। समष्टिगत तथा सङ्गठन तहका आर्थिक अनुशासन कायम भएका छैनन्। सङ्घको स्थिति स्थानीय तथा प्रदेश सरकारमा झाँगिन पुगेको छ। स्थानीय तथा प्रदेश तहलाई सङ्घले मार्गदर्शन गर्न पनि पछि प-यो, स्थानीय तथा प्रदेश तहबाट सङ्घलाई नियन्त्रण र सन्तुलनको सन्देश दिने काम पनि हुन सकेन। यसले कमजोर वित्तीय सन्तुलनका पक्षको मात्र सङ्केत गरिरहेको छैन, यो क्रम बढ्दै जाँदा सङ्घीय प्रणालीको आलोचना गर्ने स्वर पनि दरिलो हुने सम्भावना छ। राजस्व परिचालनको साँघुरो क्षेत्र तथा प्रशासनिक क्षमताको कमजोरीले राजस्व परिचालन आक्रान्त छ। अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा ३६ प्रतिशत रहेको औपचारिक प्रतिवेदनले नै उल्लेख गरेका छन्। अनौपचारिक तहमा छिपेका आर्थिक गतिविधिलाई औपचारिक प्रक्रियामा ल्याउन सकेमा पनि उल्लेख्य रूपमा राजस्व आर्जन गर्न सकिने सम्भावना छ। अर्थतन्त्रका संस्थागत अवरोध पनि छन्। भौगोलिक अवस्था, ठूला छिमेकी अर्थतन्त्रको नीतिको प्रभाव तथा विकास आधारशिलाको कमजोर अवस्थाले अर्थतन्त्रको लागत संरचनालाई महँगो बनाएको छ। यी समस्याको नीतिगत समाधान खोज्न ढिला गर्नु हुन्न। सरकारी वित्त संरचनाले धान्नेभन्दा बढी र त्यति आवश्यक नभएका सङ्गठन संरचना विस्तार गरिएर पनि प्रतिबद्ध खर्च बढ्दै गएको छ। जस्तो कि मुलुक सङ्घीय प्रणालीमा गएपछि सङ्घीय तह नीति नियमनमा मात्र संलग्न रहँदा करिब २३ हजार जति निजामती कर्मचारी दरबन्दी भए पुग्नेमा यसलाई ५० हजारमा पु-याइएको छ। सङ्गठनभित्र सूचना प्रविधिको प्रयोग गर्दा संरचना छरिता बन्नुपर्नेमा प्रविधिको लागत पनि बढेको छ, संरचनाको लागत घटेको छैन। यसले सरकारी सेवाको लागत प्रभावकारिता पनि देखिएको छैन। प्रदेश सरकारमा चार मन्त्रालय भए पुग्नेमा मन्त्रालयको सङ्ख्या तेह्र–चौधसम्म देखिएको छ। सङ्घीयताले सेवाको लागत बढाउँदै लगेको छ। सङ्घीयता कार्यान्वयनपछि धेरै शासन, थोरै सेवा र उच्च सेवा लागत हुने त होइन भन्ने निरन्तर विस्तार भएका खर्चका दायित्व र कमजोर साधन परिचालनले देखाएको छ। वित्त सन्तुलन प्राप्तिका लागि विनियोजनका मानक निर्धारण गर्नुपर्छ। शासकीय तहमा सरकारी खर्च र योजनाको प्राथमिकीकरणका वस्तुगत आधार तयार नगरी लगानी गर्ने गरिएको। जसले गर्दा धेरै परियोजनामा हात हाल्ने, साधन छर्ने, पकेट आयोजना र नेताका नाममा खुलेका प्रतिष्ठान, मठमन्दिर, भ्युटावर, सभा भवनमा उल्लेख्य रूपमा साधन विनियोजन हुने प्रवृत्ति देखिएको छ। यसले योजनाको लागत मात्र बढाएको छैन, लगानीलाई अनुत्पादक पनि बनाएको छ। धेरै आयोजनामा हात हालिएकाले मर्मतसम्भार खर्च पनि धान्नै नसक्ने गरी विस्तार भएको छ। बढ्दो सुरक्षा खर्चका कारण राज्यको प्राथमिकता क्षेत्र नै बदलिएको छ। सुरक्षा निकाय आफ्ना प्राथमिक दायित्वभन्दा पर विकास निर्माण, विद्यालय, व्यापारका क्रियाकलापमा उद्यत हुने स्थिति देखिएको छ, जससको समीक्षा गरिएको छैन। सिर्जना गरिएका दायित्व भविष्यदर्शी र अर्थतन्त्रको क्षमताले धान्ने खालका छैनन्। यसले अतिरिक्त साधनमाथि दबाब थपेको छ। अर्थतन्त्र सुधारको रणनीतिक सोचभन्दा जहाँ बिग्रियो त्यही सुधार गर्ने सजिलो प्रवृत्ति देखिएको छ। समस्या र नीतिप्रति हलुका ढङ्गले हेर्ने, त्यसको कारण, असर तथा उपचारको विस्तृत परीक्षण गर्ने संवेदनशीलता नदेखिएकाले साधन अभ्यासमा विकृतिले बढावा पाएका छन्। खर्चमा दोहोरोपना र कतिपय खर्च अपारदर्शी एवं बजेटभन्दा बाहिरको प्रक्रियामा छन्। स्थापित कानुन, नीति र मान्यतालाई व्यवस्थापकीय ढङ्गबाट हेर्ने, बुझ्ने र बुझाउने प्रयत्न गरिएको छैन। प्रशासनिक तहबाट व्यावसायिक क्षमताको अभ्यास छैन भने राजनीतिक तह प्रियताको सतहमा रमाएको छ। जसले सरकारी वित्तीय कारोबारमा मात्र प्रभाव पारेको छैन, अर्थतन्त्र चलायमान गराउने सोचसंस्कार नै देखिन सकेन। बजेट भनेको सञ्चित कोषको हिसाब व्यवस्थापन मात्र हो भन्ने शास्त्रीय व्यवहार देखिएको छ। यी समस्याले वित्तीय अदिगोपना निम्तिन गई अर्थतन्त्रमा गम्भीर असर देखिन थालेका छन्, जसले सरकारको विकास लागानीको क्षेत्र र नीति व्यवस्थापन सामथ्र्य साँघुरिएको छ। बढ्दो वित्तीय घाटा पूर्तिका लागि ऋण पत्र निष्कासन गर्नु परेकोले निजी क्षेत्रको तरलता प्रशोचित भई निजी क्षेत्रका आर्थिक क्रियाकलाप घट्दै गएका छन्, रोजगारी घटेको छ र आन्तरिक उत्पादन पनि घट्दै गएको छ। वैदेशिक व्यापार नकारात्मक बन्दैछ। व्यापार असन्तुलन पनि बढ्दै गएको छ भने शोधनान्तर चाप पनि रेमिट्यान्स आयले मात्र धानेको छ। खुद साधन प्रवाह घट्दैछ। ऋणको सावा तथा ब्याज भुक्तानीको चाप बढ्दैछ। मुलुकले अख्तियार गरेको उदारीकरणको नीतिले हाम्रा रुग्ण उद्योग प्रतिस्पर्धात्मक क्षमतामा देखिन सकेका छैनन् भने प्रशस्तै मात्रामा पुँजी, श्रम तथा उद्यमशीलताको बहिर्गमन भएको छ। अवसरको खोजीमा बाहिरिएका यी उत्पादनका साधनले हाम्रा सम्भावना पनि पातलिएका छन्। जसको प्राथमिक असर समष्टिगत अर्थसंरचनाको लागत बढ्दै असन्तुलनमा देखापरेको छ भने त्यसको असर आर्थिक मन्दीमा देखिँदै छ। उल्लिखित अवस्थालाई सही दिशामा ल्याउन अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गर्नु जरुरी छ। अल्पकालीन उपायअन्तर्गत तहगत सरकारको स्पष्ट कार्यक्षेत्र निर्धारण गरी सङ्गठन संरचना तथा आयोजना लागतको दोहोरोपना हटाउने, सीमित दायित्वका क्षेत्रमा मात्र हात हाल्ने, खर्चको अनुगमन गरी कोष प्रवाहलाई व्यवस्थित गर्ने, वित्तीय अनुशसान कायम गर्न विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ परिपालन गर्ने, गैरबजेटरी खर्च पूर्ण नियन्त्रण गर्ने, नयाँ दरबन्दी सिर्जना नगर्ने, भएको रिक्त दरबन्दीलाई खारेज गरी सङ्गठनलाई उपयुक्त आकारमा ल्याउने, आन्तरिक ऋणलाई पुनर्संरचना गरी उत्पादनशील बनाउने र छानिएका क्षेत्रमा बाह्य ऋण लिई समयमै खर्च शोधभर्ना लिनेलगायतका कार्य गरिनु पर्दछ, जसले तत्कालीन तहको वित्तीय सुधारका आधार खडा गरी दीर्घकालीन र ठूला सुधार तर्फको मार्ग सजिलो बनाउँछ। अल्पकालीन रणनीतिले सिर्जना गर्ने सुधारको जगमा दीर्घकालीन सुधारका रणनीति ल्याउनुपर्छ। यसअन्तर्गत लगानी प्राथमिकताका आधार स्थापना, सेवाको एजेन्सीकरण, सरकारी सङ्गठनको कार्यविश्लेषणका आधारमा पुनर्संरचना, खर्च तथा भुक्तानी केन्द्रलाई ‘विकेन्द्रित केन्द्रियता’ को सिद्धान्तअनुसार सञ्चालन गर्न एकल खाता कोष प्रणालीको सबलीकरण, पूर्वकोषित अवकाश कोषको अभ्यास, सामाजिक सुरक्षा भत्ताको पुनर्वोध, बाह्य सहायतालाई राष्ट्रिय प्राथमिकतामा आबद्धीकरण, बजेट बाहिरको सहायतालाई निरुत्साहन, सार्वजनिक–निजी साझेदारीका आयोजनाहरू सञ्चालनका लागि प्रोत्साहन, बहुराष्ट्रिय कर्पोरेट लगानीकर्तासँग नेपाली घरानाको रणनीतिक साझेदारी प्रवद्र्धन र प्रत्यक्ष विदेशी लगानीका अवसर उपयोग गर्ने कार्य गरिनुपर्छ । साथै प्रमुख आर्थिक नीतिशिल्पी र अभ्यासकर्ताबीच सुधार कार्यक्रमको निरन्तर समीक्षा गर्ने प्रणाली विकास पनि आवश्यक छ।   
News
48,038
सानो सपनाले दिएको ठुलो दुःख ‘नीरफूल’
दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै यो फिल्म हेर्नुभयो । मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्युएफएक्सको हलमा पुग्नुभएको थियो । पूरै समय बसेर फिल्म हेरेपछि मन्त्री किरातीले त्यसको प्रशंसा गर्नुभयो ।
https://gorkhapatraonline.com/news/69103
काठमाडौँ, असार १२ गते । दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार कलाकारसँगै यो फिल्म हेर्नुभयो । मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्युएफएक्सको हलमा पुग्नुभएको थियो । पूरै समय बसेर फिल्म हेरेपछि मन्त्री किरातीले त्यसको प्रशंसा गर्नुभयो । मन्त्री किरातीले फेसबुकमार्फत तस्बिर सेयर गर्दै फिल्मको प्रशंसामा पोस्ट लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “चलचित्र ‘नीरफूल’ हेरेपछि भूकम्पले सामाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठुलो दुःखलगायत चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबिचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ ।” विसं २०७२ को भूकम्पले सिर्जना गरेको कथा प्रस्तुत भएको फिल्मले उक्त विपत्तिपछि धादिङको रुबीभ्यालीको एक परिवारले भोग्नु परेको समस्या र बिछोडको दुःखान्त पेस गर्छ ।पारिवारिक बिछोडको कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी उपत्यका, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको छ । चलचित्रले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समीक्षकहरूबाट प्रशंसा बटुलिरहेको छ ।     
News
44,144
'मोन्टाज', सम्बन्धको कोलाज
रंगकर्मी सुलक्षण भारती गहन विषयमा नाटक बनाउँछन् । नाटकको वजन बढाउन इमान्दारिता र मेहनत मिसाउँछन् । अनि नयाँ प्रतिभा बटुलेर खुसुक्क नाटक गर्छन् । तर, प्रचारबाजीमा समय खर्चँदैनन् । आफूले गरिरहेको कामको हल्ला गर्न जान्दैनन्, त्यतातिर रुची राख्दैनन् पनि । नाटक निर्माणमा उनको बेग्लै लय छ, आफूलाई भन्न मनलागेको कथा भन्ने-बजार पिट्दै नहिँड्ने !
https://ekantipur.com/entertainment/2023/12/22/montage-a-collage-of-relationships-14-44.html
काठमाडौँ — रंगकर्मी सुलक्षण भारती गहन विषयमा नाटक बनाउँछन् । नाटकको वजन बढाउन इमान्दारिता र मेहनत मिसाउँछन् । अनि नयाँ प्रतिभा बटुलेर खुसुक्क नाटक गर्छन् । तर, प्रचारबाजीमा समय खर्चँदैनन् । आफूले गरिरहेको कामको हल्ला गर्न जान्दैनन्, त्यतातिर रुची राख्दैनन् पनि । नाटक निर्माणमा उनको बेग्लै लय छ, आफूलाई भन्न मनलागेको कथा भन्ने-बजार पिट्दै नहिँड्ने !उनी यसमै मस्त छन् । आफ्नो शैलीबारे कसैले सोधे जवाफमा भन्छन्,'मिडियाबाजी गरेर दर्शकलाई नाटक हेर्न बोलाउनु भन्दा नाटक नबनाएकै बेस ।' सुलक्षणको यही शैलीले होला पुरानो घरको दर्शकदीर्घामा कमै दर्शक भेटिन्छन् । तर जति उपस्थित हुन्छन्, ती दर्शक गहिरो सिर्जनाको साक्षी बन्छन् । पुरानो घरको नयाँ नाटक 'मोन्टाज'ले यस्तै गम्भीर विषयसँग साक्षात्कार गराउँदै जीवन बुझाइदिन्छ ।'मोन्टाज', अर्थात स-साना कथाको समिश्रण । जहाँ भेटिन्छन् - विभिन्न कालका तीन प्रेमिल सम्बन्ध । प्रेमका अनेक भावना र अनुभूति । अंकुराउँदै गरेको प्रेम, फक्रँदै अनि ओलाउँदै गरेको प्रेममार्फत जीवनको चक्र नाटकमा प्रस्तुत छ ।यी तीनै सम्बन्धको कथालाई प्रेमको सुत्रमा उनिएको छ । आखिर प्रेमैले त हो मानवलाई जोड्ने । यी तीन कथामा मसिना भावनालाई निर्देशकले मज्जाले घुसाएका छन् । सम्बन्धका जटिल आयम अनि त्यसभित्रका भावनालाई महत्त्वसाथ हरेक कथामा पस्किएको छ । यी भावनाले कहिले रुवाउँछ त कहिले हसाउँछ, कतै मनलाई गह्रौं पनि बनाउँछ । यी तीन कथासँगै पृष्ठभूमिमा अर्को संवेदनशील विषय पनि सँगसँगै अगाडि बढिरहन्छ । 'फस्ट किस' । पहिलो कथा । यसमा छ, दुई किशोर-किशोरीको पलाउँदै गरेको प्रेम । कलेज पढ्दै गरेका यी दुई युवाको प्रेम, पहिलो छुवाई अनि काउकुती रोचक ढंगमा प्रस्तुत गरिएको छ । कलेजको कार्यक्रमबाट फर्कँने क्रममा किशोर-किशोरी बिसौनीमा एकै क्षण आफ्नो प्रेम प्रकट गर्न बसेको सेटिङमा नाटकको कथा अगाडि बढ्छ ।एकअर्काबीच प्रेम साटासाट गर्ने बेलेमै प्रहरीको फेला पर्छन् । रातको एकान्तमा दुई युवकयुवतीलाई सँगै भेटेपछि प्रहरीको ज्यातदी सुरु हुन्छ । उनी दुईले प्रहरीबाट बच्न अनेक उपाय गर्छन् । 'फस्ट किस'मा प्रेमको पहिलो अनुभूति मात्रै होइन प्रहरीले अनावश्यक रुपमा दिने गरेको उल्झनलाई पनि देखाइएको छ ।यो कथामा स्वच्छ, निःस्वार्थ अनि निश्चल प्रेम प्रस्तुत छ । मञ्चमै स्कुटी चलाएको दृश्य त रोचक नै छ । दुईको भावनालाई पृष्ठभूमीमा बज्ने गीतले व्यक्त गरिरहन्छ । हेरिरहुँ लाग्छ तिम्रा ती आँखा हेरिरहुँ लाग्छ तिम्रा ती केस…दोस्रो कथा हो -'धोती भर्सेस ब्रा' । यो कथामा सहरिया र गाउँलेबीचको भेद अनि उनीहरूको दृष्टिकोण देखाइएको छ । यतिमात्रै होइन दाइजोमाथि पनि घुमाउरो शैलीमा व्यंग्य गरिएको छ । यो कथामा दुई जोडी छन् । एउटा जोडी छ, सहरिया । उनीहरू लिभिङ टुगेदर बस्छन् । धक नमानी । अर्को जोडी छ, कपिलवस्तुबाट काठमाडौं बस्न थालेका । यो जोडीले सहरलाई आफ्नो बनाउन खोज्दैछन् । तर, सहरले उनीहरूलाई आफ्नो मानिसकेको छैन ।सहरिया यी दुईलाई 'पाखे'को नजरले हेर्छ । यी दुई जोडीबीच खाना खाने योजना भएकै दिन चर्काचर्की पर्छ । निहुँ, त्यहीँ को बढी सहरिया, को गाउँले ? यो कथाले शिक्षित र वौद्धिक वर्गभित्र लुकेको विभेदीय स्वभाव झल्काउँछ भने मानिसभित्रको पाखण्ड पनि देखाउँछ । 'इन्गेजमेन्ट रिंग'मा भने औंल्याइँदै गरेको सम्बन्ध प्रस्तुत छ । कथा रोचक छ । फ्ल्यासब्याकको प्रयोगलाई पनि कलात्मक ढंगले जोडिएको छ । दुई जोडी रेस्टुरेन्टको एउटा कुनातिर बसेका छन् । दुईको प्रेम बिहेमा परिणत हुँदैछ । प्रेमीले त्यही दिन प्रेमिकासँग बिहेको प्रस्ताव राख्छन् ।यो जोडी 'फस्ट किस'का भन्दा परिक्व देखिन्छन् । उनीहरू दुई आफ्नो विवाहको निर्णय लिने क्षमताका प्रेमी हुन् । दुईले बिहेपछिको भविष्य कल्पिँदै गर्दा पछिल्तिरको कुर्सीमा बसेको जोडी भने बिहे टुंग्याउने चरणमा हुन्छन् ।भ्रम, असमझदारिले यो जोडीलाई वियोगान्त कथाको अन्त्यमा पुर्‍याइदिएको छ । पलाउँदै गरेको प्रेम(फस्ट किस), बिहेको लागि तयार प्रेम अनि टुंगिदै गरेको सम्बन्धका यी कथाहरूमार्फत सुलक्षणले सम्बन्धका मिहिन आयामलाई केलाएका छन् ।'इन्गेजमेन्ट रिंग'ले एउटा भ्रमले सम्बन्धमा ल्याउने बाधा र अड्चन देखाउँदै यस्ता मुद्दाहरूमा संवेदनशील बन्दै जान हौसला दिन्छ । सम्बन्धलाई मजबुत बनाउन चाहिने विश्वास र संवादको वकालत पनि गर्छ । नाटकमा भव्य स्टेज र प्रप्सको प्रयोग छैन । झकिझकाउ र सजावट छैन । तर, विषय दमदार छ । निर्देशक भारतीले यस्तो संवेदनशील विषयमाथि सुन्दर नाटकको परिकल्पना गरेका छन् ।मोन्टाजमा विशुद्ध कथा छ । मानवीय भावना छन् । यही मौलिक कथाहरूले नै मोन्टाजलाई जीवन्त बनाएको छ । 'फस्ट किस', 'धोती भर्सेस ब्रा' र 'इन्गेजमेन्ट रिंग'सँगै पृष्ठभूमिमा निर्देशकले अर्को कथा भनेका छन् । यौनिक तथा अल्पसंख्यक समुदायको चरित्रलाई उभ्याउँदै निर्देशकले समलिंगी प्रेमको कथालाई मञ्चमा स्थापित गरेका छन् । टुंगिँदै गरेको प्रेमलाई समलिंगी सम्बन्धको कथामा जसरी तादम्य मिलाएका छन्, त्यसमा निर्देशक भारतीको निर्देशन कौशलता प्रकट भएको छ । प्रोडक्सनमा निर्माता टिमले अझै मेहनत गरिदिएको भए मोन्टाज अझै दमदार बन्ने थियो । विषयवस्तुमा गरिएको मेहनत प्रोडक्सनतर्फ भने अभाव देखिन्छ । पार्श्व संगीत भने यो नाटकको बलियो पक्ष नै हो ।राजकमल र पुजा विश्वकर्माको संगीतले दर्शकलाई सुरुदेखि अन्तिमसम्म कथाको भावमा डुब्न मद्दत गर्छ । पुजाको स्वरले त कतै प्रेम प्रकट गर्छिन्, कतै गहिरो पीडा । 'तिमी जानु त छ धेरै पर आज, एउटा कुरा गर्नु अझै बाँकी छ…'बोलको गीतलाई उनले मनछुने शैलीमा गाएकी छन् । नाटकमा सुलक्षण पनि देखिएका छन् । सुलक्षणसँगै रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेमसागर सेजुवाल, इनारा बानु र शिला निरौलाको अभिनयमा एउटा सुन्दर कथा पुरानो घरले भनिरहेको छ ।
Entertainment
7,354
इन्द्रजितको एकल अग्रता
भारतका इन्द्रजित महिन्द्रकार दोलखा खुला अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको आठौं चरण सकिँदासम्म अपराजित रहेका छन् । उनले साढे ७ अंकसहित एकल अग्रता लिएका छन् ।
https://ekantipur.com/sports/2023/05/23/168480367668762044.html
काठमाडौँ — भारतका इन्द्रजित महिन्द्रकार दोलखा खुला अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको आठौं चरण सकिँदासम्म अपराजित रहेका छन् । उनले साढे ७ अंकसहित एकल अग्रता लिएका छन् ।इन्द्रजितले सातौं चरणमा मोहित कुमार र आठौं चरणमा धनवीर सिंह यादवलाई हराएका थिए । दुवै भारतका हुन् ।नेपालका नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल, भारतका अपोलोसना माङगाङ, वेदान्त नगरकट्टे, सोराम राहुल सिंहले साढे ६ अंक बटुलको छन् । रुपेशले सातौं चरणमा १४ वर्षका पुरुषोत्तम सिलवाललाई हराए भने आठौं चरणमा भारतका अपोलोसनासँग बराबरी खेले । अपोलोसनाले आठौं चरणमा भारतकै ज्ञानेन्द्र साहुलाई रोके ।दोलखाको कालिञ्चोक माविमा भइरहेको प्रतियोगितामा नेपालका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, पुरुषोत्तम चौलागाईं, सुसुरत दाहाल , भारतका प्रियन्का बरुवा, सुभद्रा राय र दावा लामा ६ अंकसहित तेस्रो स्थानमा रहेका छन् । बद्रीलाल नेपाली, अंकित विश्वास, राजन पुरी, निशान्त श्रेष्ठले साढे ५ अंक जोडेका छन् ।
Sports
17,289
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का
नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
https://gorkhapatraonline.com/news/62254
काठमाडौं, वैशाख १२ गते । नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उहाँहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । प्राधिकरणद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौंस्थित कन्ट्री म्यानेजर विनोद अब्रहम र एयरपोर्ट म्यानेजर नरनारायण पकवानको विमानस्थल प्रवेश पास रोक्का गरिएको छ ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । इन्जिनमा समस्या देखिएको भनिएको जहाज सकुशल गन्तव्यमा पुगेको थियो । 
News
38,276
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।
https://gorkhapatraonline.com/news/103553
तनहुँ, चैत ३० गते । कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । जमिन बाँझो राख्नेक्रम बढेपछि ठुलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैतेधान प्रवर्द्धन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । कार्यालयले अनुदान दिन थालेपछि चैते धान खेतीमा किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ । धानको बीउमा ७५ प्रतिशत अनुदान र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी परियारले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पाँच हजार ३६ रोपनी जमिनमा चैते धानखेती गर्न १५ वटा कृषक समूह तथा सहकारी समावेश गरिएको छ । उक्त समूह र सहकारीलाई छ टन धानको बीउ अनुदानमा वितरण गरिएको छ । कार्यक्रमका लागि एक करोड ५० लाख बजेट विनियोजन भई कृषक समूह तथा सहकारीसँग सम्झौता गरिएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनिटिलर तथा ट्र्याक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सबैभन्दा धेरै बजेट ८२ लाख ५० हजार सिँचाइका लागि विनियोजन गरिएको छ । चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस
News
34,920
“प्लास्टिक प्रदूषणः पृथ्वीका लागि संकट”
संयुक्त राष्ट्रसंघका सामुद्रिक मामिलासम्बन्धी प्रमुखले समुद्रमा तीव्र गतिमा बढेको प्लास्टिकजन्य फोहोरका कारण समुद्रमा रहेका जीवहरुको जीवनमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको चेतावनी दिएकी छन्।
https://www.bbc.com/nepali/news-42238052
लिजा स्भेन्सनले सरकारहरु‚ कम्पनीहरु‚ र व्यक्तिहरुले प्लास्टिकको प्रदूषण रोक्न एकदमै चाँडो कदमहरु चाल्नुपर्ने बताएकी छन्। "यो पृथ्वी ग्रहकै लागि एक संकट हो," उनले भनिन्। "प्लास्टिक प्रयोगको सहजता पत्ता लागेको केही दशकभित्रै हामीले महासागरका जैविक प्रणालीलाई बिगारिरहेका छौँ।" केन्याको राजधानी नैरोबीमा हुन लागेको संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी शिखर सम्मलेनपूर्व बीबीसीसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन्। सो शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरु प्लास्टिकका कारण बढेको फोहोर विरुद्ध कडा कदमहरु चालियोस् भन्ने चाहन्छन्। काईको कहानी प्लास्टिकको फोहोर निलेका जीवको उपचार गर्ने केन्यास्थित कछुवा उपचार गर्ने एक अस्पतालबारे थाहा पाउँदा स्भेन्सन दुःखी भएकी थिइन्। त्यहाँ उनले काई नाम दिइएको सानो एउटा कछुवा देखिन्। एक महिनाअघि माझीहरुले त्यसलाई अस्पताल ल्याएका थिए किनकि त्यो समुद्रमाथि तैरिरहेको थियो। प्लास्टिकको प्रदूषणले कछुवाजस्ता जीव निकै प्रभावित भएको बताइन्छ। प्लास्टिकजन्य फोहोर तत्कालै त्यसका लागि जिम्मेवार रहेको शंका गरिएको थियो किनभने कछुवाहरुले धेरै प्लास्टिकजन्य वस्तुहरु खाएमा उनीहरुको पेट फुल्दछ र उनीहरुले समुद्रमाथि तैरिरहन पुग्छन्। दुई हप्तासम्म काई लाई उनको शरीरभित्रको प्लास्टिक निकाल्नका लागि पाचनसँग सम्बन्धी औषधिहरु दिइएको थियो। स्भेन्सन एक भावुक क्षणको साक्षी बन्न पुगिन् जब काई लाई उसको पूर्ण स्वास्थ्यलाभका लागि समुद्रमा फिर्ता लगियो। समस्याका पाटा अल्बाट्रस लगायत अन्य समुद्रीचराहरु र अन्य सामुद्रिक प्राणीहरुले खानेकुरा भनी झुक्किन पुगेर प्लास्टिकजन्य वस्तुहरु खान पुग्छन्। तर प्लास्टिकका झोलाहरु समस्याको एउटा मात्र पाटो भएको बताइन्छ। पानीका स्रोतहरु हुँदै बग्ने अन्य धेरैखाले प्लास्टिकहरु यी समस्याका कारक रहेका छन्। "संयुक्त राष्ट्रसंघीय प्रक्रिया निकै सुस्त छ," स्भेन्सनले स्वीकारिन्। प्लास्टिकजन्य फोहोरसम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धिमा सम्झौता गराउन दश वर्ष लाग्न सक्छ र यसको कार्यान्वयन गर्न थप दुई वर्ष लाग्न सक्छ।" "हामी संयुक्त राष्ट्रसंघकै प्रक्रियाबाट जानु पर्दछ किनकि यो साँच्चि नै एउटा विश्वव्यापी समस्या हो तर हामी त्यतिञ्जेलसम्म प्रतीक्षा गर्न सक्दैनौँ।" अधिक माछा मार्ने कार्य‚ रासायानिक प्रदूषण‚ ढल मिसावट‚ तटीय क्षेत्रमा संरचनाहरुको निर्माण‚ जलवायु परिवर्तन, बढ्दो अम्लीय पना र कोरल रिफको अत्यधिक दोहन लगायतका धेरै किसिमका समस्याहरुको समुद्रले सामना गरिरेहको उनले बताइन्।
Others
66,340
बर्दिबासमा टोपी दिवस मनाइयो
महोत्तरीको बर्दिबासमा विविध कार्यक्रम गरी सातौँ ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । ‘नेपाली टोपी हाम्रो शान, पहिचान र स्वाभिमान’ नाराका साथ दिवस मनाइएको हो ।
https://gorkhapatraonline.com/news/49680
रवीन्द्र उप्रेतीबर्दिबास, पुस १७ गते । महोत्तरीको बर्दिबासमा विविध कार्यक्रम गरी सातौँ ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । ‘नेपाली टोपी हाम्रो शान, पहिचान र स्वाभिमान’ नाराका साथ दिवस मनाइएको हो । राष्ट्रिय झण्डा र ढाका टोपीसहित सिन्धुली रोडबाट आइतबार बिहान स्वतःस्फूर्त ढङ्गमा सुरु भएको युवाहरूको ¥याली बर्दिबास तीनकुने चोकमा पुगी कोणसभामा परिणत भएको थियो । टोपी दिवस मनाउन स्थानीय युवा, व्यापारी, राजनीतिक कर्मी तथा सर्वसाधारणको सहभागिता थियो । नेपाली समाजमा बढ्दै गएको पश्चिमा संस्कृतिको प्रभावलाई दूर गरी नेपालीत्वको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले २०७० देखि अङ्ग्रेजी सम्वत (एन्नो डोमिनी) को नयाँ वर्षको दिन पारेर बर्दिबासमा हरेक वर्ष टोपी दिवस मनाउन थालिएको हो । यहाँ मनाइएको टोपी दिवसमा सबै जातजाति, धर्म र भाषाभाषिको सहभागिता थियो । यो सहभागिताले नेपाली टोपी सबै नेपालीको साझा पहिचान र एकताको प्रतीक भएको सन्देश दिएको बर्दिबासका युवा निरोज अधिकारीले बताउनुभयो । टोपी दिवसले सबै नेपालीबीच भावनात्मक एकताको सन्देशसमेत दिने भएकाले बर्दिबासमा हरेक वर्ष यो दिवस मनाइने गरिएको सहभागीले बताउनुभयो । ‘नेपाली टोपी राष्ट्रिय पहिचान र स्वाभिमानको परिचायक भएकाले यसको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व हो’ अधिकारीले भन्नुभयो ।
News
33,461
टंकको बलिउड यात्रा
बलिउड निर्देशक सन्दीप रेड्डी भांगाले ग्याङसटर ड्रामा ‘एनिमल’ को छायांकनका लागि बेलायतमा कलाकार खोजी गरिरहेका थिए । भारतमा हुने छायांकन सकाएका ‘कविर सिंह’ निर्देशक बेलायती राजधानी लन्डनको भाग छायांकनको तयारीमा जुटिरहेका थिए ।
https://ekantipur.com/feature/2023/04/25/16823848827641736.html
लन्डन — बलिउड निर्देशक सन्दीप रेड्डी भांगाले ग्याङसटर ड्रामा ‘एनिमल’ को छायांकनका लागि बेलायतमा कलाकार खोजी गरिरहेका थिए । भारतमा हुने छायांकन सकाएका ‘कविर सिंह’ निर्देशक बेलायती राजधानी लन्डनको भाग छायांकनको तयारीमा जुटिरहेका थिए ।संयोग नै हुनुपर्छ– एक भारतीय एजेन्सीले टंक धमला (लियो) लाई भन्यो, ‘सन्दीपले लन्डनमा केही कलाकार खोजिरहेका छन् । बायोडाटा र केही तस्बिरहरू पठाइदेऊ, छानिने चान्स छ ।’ टंकले एजेन्सीमार्फत पठाएका केही तस्बिर र बायोडाटा हेरेपछि निर्देशक सन्दीपले उनलाई भेट्न बोलाइहाले । आफू बसिरहेको लन्डन प्याडिङटनस्थित एक होटलमा पुगे टंक । ‘मलाई हिन्दी र अंग्रेजीमा केही बोल्न लगाए । अनि, अभिनय गर्न भने,’ टंकले उक्त क्षण सम्झिए । आफूले भनेअनुसार गरेर मन जितेका टंकलाई सन्दीपले तत्कालै प्रशंसा गर्दै भने, ‘वेल डन । अंग्रेजी र हिन्दी दुवै भाषा राम्रो बोल्ने रहेछौ ।’ त्यसपछि सन्दीपले सहायक निर्देशक प्रतीकसँग टंकको चिनजान गराइदिए । प्रतीकले टंकको सम्पर्क नम्बर मागेर यसअघि खेलेका फिल्म वा म्युजिक भिडियो भए पठाइदिन भनेपछि टंकले पठाइदिए । त्यसको केही दिनमै उनलाई खबर आयो, ‘तिमी आउनु ।’ बलिउड अभिनेता रणवीर कपुर, बबी देओल, अनिल कपुर, तृप्ति डिम्री, रश्मिका मन्दना आदि कलाकार अभीनित ‘एनिमल’ मा छानिएपछि टंकको खुसीले सीमा नाघ्यो ।लन्डनमा पेसाले चार्टर्ड अकाउन्टेन्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस फिल्ममा काम गरिसकेका थिए । विभिन्न हिन्दी र नेपाली म्युजिक भिडियोमा पनि । तर, बलिउडको ठूलो ब्यानर अनि नाम चलेका कलाकारसँग जोडिएपछि भने उत्साहित नहुने कुरै भएन ।‘एनिमल’ मा टंकको भाग गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा १३ दिन लगाएर छायांकन भयो । फिल्ममा बबी देओलका भाइको भूमिकामा देखिनेछन् टंक । यसअघि थुप्रै प्रोजेक्ट गरिसकेकाले क्यामेरा फेस गर्न कुनै संकोच नलागेको बताउँछन् उनी । ‘बलिउड टिमसँग काम गर्दा व्यावसायिक कुरा धेरै सिकें र आत्मविश्वास पनि बढ्यो,’ उनले कान्तिपुरसँग भने, ‘मलाई बलिउडको प्रोजेक्टले यस क्षेत्रमा थप प्रेरित गरेको छ । अवसर पाए नसकिने केही हुँदो रहेनछ भन्ने लाग्यो ।’अप्रिल १ देखि १६ सम्म ‘इन्गेज’ भएर उनले नेपाली रुपैयाँ दस लाखजति पारिश्रमिक पनि पाए । रणवीर, बबी देओललगायत ‘क्रु’ सदस्यहरूसँग नजिकिन पाए । अनि उनीहरूसँगको उठबसले धेरै कुरा सिक्ने अवसर पनि । ‘एनिमल’ अगस्ट दोस्रो साता रिलिज गर्ने निर्माण टिमको योजना छ । ‘एनिमल’ मा खेलेलगत्तै टंकले लङ्फोर्ड एसोसिएट्स नामक एजेन्सीसँग सम्झौता गरेका छन्, जसले मिडिया र मनोरन्जनका क्षेत्रमा तीन दशक बढी समयदेखि काम गरिरहेको छ । ‘यो सम्झौताले मेरो करिअर अझ द्रुतगतिमा बढ्ने आशा छ,’ उनले भने । कैलालीको लम्कीका टंक सानैदेखि कलाकारितामा रुचि राख्थे । स्कुलतिर नाटक गर्थे, पढाइभन्दा रंगीन क्षेत्र नै रमाइलो लाग्थ्यो । बेलायत आउनुअघि रेडियो नेपालमा काम गर्थे उनी । १३ वर्षअघि बेलायत पढ्न आएका उनी करिब ८ वर्षअघिदेखि हो, कलाकारितामा होमिएको । लन्डनको किङ्डम स्कुल अफ आर्ट्समा एक वर्ष प्रशिक्षण र भारतको यात्री थिएटर ग्रुपसँग ६ महिना ड्रामा सिकेका टंकले अहिले नृत्यसमेत सिक्दै छन् । ‘अभिनय खासमा मानिसको अन्तरमनदेखि आउने विशेष कला हो जस्तो लाग्छ । सिकेर मात्रै पनि हुँदैन,’ आफ्नो सिकाइ र अनुभवबारे उनी भन्छन् । कलाकारितामा भने आफूलाई खासै संघर्ष गर्नु नपरेको उनको भनाइ छ । सेन्ट्रल लन्डनको प्रख्यात ‘सोफेर प्लस कम्पनी’ मा अकाउन्ट्स एन्ड ट्याक्स म्यानेजर हुन् उनी । उनले जागिरको व्यस्तताबीच अभिनयलाई समय छुटयाएका हुन् । ‘मेरो होलिडे नै फिल्म सुटिङमा सकिन्छ । जागिर, घरपरिवार अनि आफ्नो सोखको काम गर्दा सधैं दौडधुपमै बित्छ, बेलायती जिन्दगी,’ आफ्नो व्यस्तताबारे उनले सुनाए । ब्रिटिस एयरवेज, स्विस एयरवेज, २०१८ को विश्वकपका बेला कोकाकोलालगायत अंग्रेजी र नेपाली विज्ञापनमा पनि उनले काम गरिसकेका छन् । नेपाली फिचर फिल्म सरौतो, ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र नेपाली निर्देशकको अंग्रेजी सर्ट मुभी ‘कर्मा’ मा पनि उनको लिड रोल गरेका थिए । ‘एनिमल’ बाहेक टंकका बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको फिल्म ‘हनी बनी’ (मुख्य खलपात्र) पनि प्रदर्शन हुँदै छन् । टंकले गत वर्ष अडिसनमार्फत भारतीय लेखक, निर्देशक विनयराम तिवारीको ‘तेरे बादे’ म्युजिक भिडियोमा पनि खेल्ने अवसर पाए । त्यसबाहेक बेलायत बस्ने कुशल श्रेष्ठ र कपिल रिजालको निर्देशनमा बनेका म्युजिक भिडियोमा पनि उनको भूमिका छ । आफू पेसाले अकाउन्टेन्ट भए पनि अभिनयबाट टाढा हुन नसक्ने बताउँछन् उनी । नेपाली फिल्म क्षेत्रबाट पनि राम्रो अफर आउने प्रतीक्षामा छन् टंक । ‘नेपाली फिल्ममा काम गरेर अन्तर्राष्ट्रिय चिनारी हुने नदेखिए पनि आफ्नो मातृभूमि र नेपाली माटोको सुगन्धले बेग्लै आनन्द दिन्छ,’ टंकले भने ।
Feature
392
लोकतन्त्र नहुँदाको पीडा आजको पुस्ताले गहिरोसँग अनुभूत गर्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनु भएको छ ।
https://gorkhapatraonline.com/news/87456
दाङ, मङ्सिर १५  गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनु भएको छ ।दाङको घोराहीमा शुक्रवारदेखि सुरु भएको एम्नेष्टी इन्टरनेशन नेपाल शाखाको ३२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्रविना मानवअधिकारको कल्पना गर्न  नसकिने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र नहुँदा  आम जनताको अधिकारको अवस्था कस्तो थियो हामी धेरै भुक्तभोगी छौँ, आजका पुस्ताले पनि यसको गहिरोसँग अनभूत गर्न आवश्यक छ । त्यसैले बेलाबेलामा उठ्ने र उठाउने गरिएका लोकतन्त्रविरोधी आवाजहरु पूर्णतः मानवअधिकारका विरुद्धमा छन् भनेर आम जनतालाई अझै बुझाउन आवश्यक छ । लोकतन्त्रमा मात्रै जनताका सबैखाले अधिकार सुरक्षित हुने भएकाले जानेर वा नजानेर लोकतन्त्रविरोधी गतिविधिलाई फाइदा पुग्ने काम कतैबाट पनि हुन नदिन आम जनतालाई निरन्तर सचेत पार्नुपर्छ ।’’लोकतन्त्रमा मात्रै मानवअधिकार सुनिश्चित हुने भएकाले एम्नेष्टीजस्ता मानवअधिकारवादी संस्थाहरुले मानवअधिकार शिक्षा प्रवर्धनकै कार्यक्रममा लोकतन्त्रलाई बलियो बनाउने अभियानहरु सञ्चालन गर्न उपपयुक्त  हुने सुझाव पनि मन्त्री शर्माले दिनुभयो । एम्नेष्टी इन्टरनेशनले विश्वब्यापीरुपमा मानवअधिकारको प्रवर्धनका लागि काम गर्दै आएको र नेपालमा पनि यो संस्थाले महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै उहाँले यस्ता संस्थाले चलाउने प्रवर्धनात्मक र प्रतिक्रियात्मक दुवै अभियानले नेपालमा मानवअधिकार संरक्षणको क्षेत्रमा सहयोग पुग्दै आएको बताउनुभयो । मन्त्री शर्माले एम्नेष्टीले उठाउँदै आएका आप्रवासी श्रमिकहरूको अधिकार,  दण्डहीनता अन्त्यसम्बन्धी अभियान, सङ्क्रमणकालीन न्याय, मौलिक हकको कार्यान्वयन,  महिला अधिकार, न्यायमा पहुँच, भूमिमा पहुँच र आवासको अधिकार, जलवायु न्याय, मानवअधिकार शिक्षा प्रवर्धन जस्ता क्षेत्र नेपाल सरकारको प्राथमिकताका क्षेत्र भएको स्पष्ट गर्नुभयो ।लामो राजनीतिक आन्दोलनपछि पहिलोपटक जनताका प्रतिनिधिले बनाएको संविधानबाट मुलुक चलिरहेको छ उल्लेख गर्दै उहाँले मानवअधिकारका हिसाबले हेर्ने हो भने वर्तमान संविधान संसारमै उत्कृष्ट रहेको स्पष्ट गर्नुभयो ।उहाँले भन्नुभयो, ‘‘खासगरी हामीले संविधानमा व्यवस्था मौलिकको हकको पूर्ण कार्यान्वयन गर्न सकेको खण्डमा राजनीतिकरुपमा पनि हामी धेरै अगाडि जाने छौं भने मानवअधिकार प्रधर्वनको सवालमा पनि नयाँ आयामको सुरुवात हुनेछ ।’’नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई समग्र मानवअधिकारको रुपमा बुुझ्ने  गरिएको उल्लेख गर्दै मन्त्री शर्माले तमाम संघर्षको परिणामस्वरुप प्राप्त भएका नागरिक तथा राजनीतिक अधिकारलाई थप सुदृढ र सुरक्षित गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रवर्धनमा जुट्नुपर्ने बेला आएको बताउनुभयो । यसलाई हामीले राजनीतिक भाषामा भन्दा राजनीतिक व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न बाँकी छ भनेको छौं । मावअधिकारको कोणबाट ब्याख्या गर्दा अवस्था बदल्ने भनेकै जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नु हो’ उहाँले भन्नुभयो, ‘एम्नेष्टीलगायतका मानवअधिकारवादी संस्थाहरुले अब जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने सवालमा नै आफ्ना प्राथमिकता केन्द्रित गर्नुपर्छ ।’मानवअधिकारको महत्वपूर्ण पक्षको रुपमा रहेको मौलिक हकको कार्यान्वयनका लागि आवश्यक धेरै कानुन निर्माण भएको र बाँकी कानुन निर्माण पनि सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट गर्नुभयो । मानवअधिकार सुनिश्चित गर्नु भनेकै विभेदरहित र समतामूलक समाजको निर्माण  भएको उल्लेख गर्दै मन्त्री शर्माले नेपालको सन्दर्भमा जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, धार्मिकलगायत तमामखाले विभेदको अन्त्यका लागि पटकपटक कहिले सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरु भएको स्मरण गराउनुभयो ।आजसम्म नेपाली समाजमा भएका सबैखाले विभेदको अन्त्यका लागि भएका आन्दोलनहरुको परिणामस्वरुप नै राजनीतिक परिवर्तन संभव भएको स्पष्ट गर्दै उहाँले राजनीतिक परिवर्तनको उच्चतम अभिव्यक्ति संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको बताउनुभयो ।वर्तमान सरकार मानवअधिकार संरक्षणमा दृढ संकल्पित रहेको स्पष्ट गर्दै उहाँले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट जनतालाई थप अधिकारसम्पन्न बनाउने अभियान थालेको बताउनुभयो । ‘‘एम्नेष्टीजस्ता विभिन्न मानवअधिकारवादी संस्थाहरुले उठाएका सवालहरुलाई ध्यान दिंदै संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छञ, मन्त्री शर्माले भन्नुभयो( झफेरि पनि म दोहोर्याउन चाहन्छु, नेपाली जनताले गरेका विभिन्न संघर्षहरुको परिणमस्वरुप प्राप्त नागरिक तथा राजनीतिक अधिकारलाई सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापित गर्ने सवालमा सबै हातेमालो गरेर अघि बढौं, यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सरकार प्रतिबद्ध छ ।’’उहाँले अर्को एक प्रसङ्गमा संक्रमणकालीन न्यायको बाकी काम सहमतिबाटै पूरा गरिने र सहमति नै नभए आगामी संसद अधिवेशनबाट विधिकै आधारमा भए पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याइने बताउनुभयो ।एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा अध्यक्ष विपिन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना दिएका थिए । साधारणसभा दुई दिनसम्म सन्चालन हुनेछ ।
News
52,489
रोनाल्डोले तोडे अली देईको कीर्तिमान
क्रिस्टियानो रोनाल्डोले बुधबार अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगलले विश्वकप छनोटमा आयरल्यान्डलाई २–१ ले पराजित गर्दा उनले दुवै गोल गरे । यो उनको पोर्चुगलका लागि १ सय १० र १ सय ११ औं गोल रह्यो ।
https://ekantipur.com/sports/2021/09/02/163054614553186801.html
पेरिस — क्रिस्टियानो रोनाल्डोले बुधबार अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगलले विश्वकप छनोटमा आयरल्यान्डलाई २–१ ले पराजित गर्दा उनले दुवै गोल गरे । यो उनको पोर्चुगलका लागि १ सय १० र १ सय ११ औं गोल रह्यो ।खेलको अन्त्यतिर ३६ वर्षीय रोनाल्डोले दुवै गोल हेडबाट गरे । यसअघि उनको पेनाल्टी प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए । सन् १९९३ देखि २००६ बीच इरानका लागि अली देईले १ सय ९ गोल गरेका थिए ।रोनाल्डोले युरो २०२० का क्रममा देईको बराबरी गरेका थिए । आयरल्यान्डविरुद्धको खेलमै रोनाल्डोले पोर्चुगलका लागि १ सय ८० खेले खेले । यससँगै उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बराबरी गरे ।
Sports
22,429
हङकङको फिल्म फेस्टिभलमा 'बोजू'
हङकङका नेपाली युवाले बनाएको फिल्म 'बोजू' हङकङकै फिल्म फेस्टिभल 'अल अबाउट अस फिल्म फेस्टिभल २०२३'मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । 
https://ekantipur.com/entertainment/2023/11/24/boju-at-hong-kong-film-festival-15-40.html
काठमाडौँ — हङकङका नेपाली युवाले बनाएको फिल्म 'बोजू' हङकङकै फिल्म फेस्टिभल 'अल अबाउट अस फिल्म फेस्टिभल २०२३'मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । फिल्ममा नाती र हजुरआमा(बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन् । निर्देशनमा आफूलाई तयार गर्दै आइरहेका विपिन नेटफ्लिक्समा प्रदर्शनमा आएको 'ह्यान्ड रोल्ड सिगरेट'का कलाकारसमेत हुन् ।हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै प्रमुख भूमिकामा अभिनय गरेपछि हङकङ निवासी नेपालीबिच विपिन चर्चामा आएका हुन् । विपिन संलग्न यही फिल्म 'अल अबाउट अस फिल्म फेस्टिभल २०२३'को ओपनिङ फिल्म पनि हो ।
Entertainment
7,388
लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु
पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।
https://gorkhapatraonline.com/news/111033
रेखीराम रानातानसेन, जेठ २४ गते । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।बर्दिया जिल्ला बागडारी गाउँपालिका –६, का २६ वर्षीय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बरको लोडर सडकदेखि तल खसेको थियो । लोडर खसेपछि गम्भीर घाइते चौधरीको बुटवलस्थित चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी लोडर चालक कैलाली जिल्ला घोडाघोडी गाउँपालिका –२, का ३० वर्षीय समीर चौधरी घाइते हुनुभएको छ । लोडर सडकदेखि २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 
News
50,347
नेपाल संवतबाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/85431
काठमाडौँ, कात्तिक २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।नेपालको मौलिक नेपाल संवत्, ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवतकाे पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो । “शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवम् दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गर्नुभएको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ । “शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । 
News
32,534
सुशासनका लागि बलियो कानुन
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा सुशासन, मितव्ययिता र विकासलाई उच्च प्राथमिकता दिइएको छ । हुन त यस्ता प्राथमिकता हरेक वर्ष आउने गरे पनि यस पटकको अवस्था भिन्न छ । आमजनतामा भ्रष्टाचारविरुद्धको जागरण पैदा भएको छ । विकास र समृद्धिको भोक पनि उत्तिकै तीव्र छ । यसका लागि सुशासन पहिलो सर्त रहेको छ । बुद्धिजीवी र राजनीतिक दलका नेता मात्र होइनन् कि आमजनताले पनि मुलुकको विकास र समृद्धिको बाधक भ्रष्टाचारलाई नै मानेका छन् ।
https://gorkhapatraonline.com/news/67035
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा सुशासन, मितव्ययिता र विकासलाई उच्च प्राथमिकता दिइएको छ । हुन त यस्ता प्राथमिकता हरेक वर्ष आउने गरे पनि यस पटकको अवस्था भिन्न छ । आमजनतामा भ्रष्टाचारविरुद्धको जागरण पैदा भएको छ । विकास र समृद्धिको भोक पनि उत्तिकै तीव्र छ । यसका लागि सुशासन पहिलो सर्त रहेको छ । बुद्धिजीवी र राजनीतिक दलका नेता मात्र होइनन् कि आमजनताले पनि मुलुकको विकास र समृद्धिको बाधक भ्रष्टाचारलाई नै मानेका छन् । जनता यति बेला सरकारी निकायका कर्मचारीले खाने केही हजारले होइन, सरकारी तहमा बसेकाहरूले गर्ने नीतिगत भ्रष्टाचारले मुलुक तहसनहस बनेको भन्दै निर्धक्क विरोधमा उत्रिएका छन् । यसको पछिल्लो उदाहरण त भुटानी शरणार्थी प्रकरणले नै दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र त्यसबापत मोटो रकम असुलेको अभियोगमा पूर्वउपप्रधान तथा ऊर्जामन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिव, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत राजनीतिक नेता तथा अन्य नेतासहित पक्राउ परेका १६ जना र फरार १४ जना गरी ३० जनाविरुद्ध मुद्दा दायर भएर अदालतमा बयान लिने क्रम जारी छ । सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगी र किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधमा मुद्दा दायर गरेको छ । भुटानी शरणार्थी प्रकरणमा सरकारले लिएको कदम सराहनीय र तारिफयोग्य छ तर यही प्रकरणले भ्रष्टाचार कुन हदसम्म हुँदो रहेछ र यसलाई न्यून गर्न कस्तो कानुन बनाउनुपर्ने रहेछ भन्ने पनि स्पष्ट भएको छ र सुशासनका लागि नारा र कार्यक्रम होइन कानुन र कार्यान्वयन महत्वपूर्ण हुन्छ । यो प्रकरणपछि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा राखिएका प्रावधानलाई गम्भीर समीक्षा गर्नुपर्ने छ । विधेयकमा भ्रष्टाचारका मुद्दाको अनुसन्धान र मुद्दा चलाउने हदम्याद राखिनुलाई शङ्काको दृष्टिले पनि हेरिएको छ । यस्तो प्रावधानले लुकाइएका भ्रष्टाचारका काण्ड सामसुम नै पार्ने गलत नियत त होइन भन्ने प्रश्न उठाएको छ । यसको संशोधन प्रस्ताव पनि हालिएको छ । विसं २०४९ मा जारी भएको ‘भ्रष्टाचार निवारण ऐन, २०४९’ मा भ्रष्टाचारको आरोपमा मुद्दा चलाउन हदम्यादको व्यवस्था छैन । २७ चैत २०७९ मा राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी दुई विधेयकमा हदम्यादको व्यवस्था थपिएको छ । सो व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए कतिपय भ्रष्टाचारको आरोपीमाथि मुद्दा चल्ने छैन । यो प्रावधान सच्याउन माग गर्दै सत्ता गठबन्धनकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । हुन त हदम्यादको प्रावधानलाई सकारात्मक र नकारात्मक दुवै रूपमा लिन सकिन्छ । भ्रष्टाचारका मुद्दा लामो समयसम्म अनुसन्धान प्रव्रिmयामै नलगी फायल धमिराको आहारा बनाउने वर्तमान प्रवृत्ति हटाएर मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको सोच्ने हो भने यसलाई अन्यथा लिनु पर्दैन तर भ्रष्टाचारका विषयमा विगतदेखिका प्रवृत्ति हेर्ने हो भने सकारात्मकता कम, आशङ्का बढी गर्नुपर्ने बाध्यता छ । अहिले राखिएको पाँचवर्षे हदम्यादले पाँच वर्षसम्म भ्रष्टाचारका काण्ड लुकाएर आफ्नालाई जोगाउन पाँच वर्षसम्म अनुसन्धान नै नगर्ने र त्यसपछि कानुनतः मुक्त हुने खेल होइन पनि भन्न सकिन्न । नेपालमा जेजस्तो कानुनी प्रावधान राखिन्छ त्यहाँ शासनसत्तामा बस्ने र उनीहरूलाई पालन–पोषण गर्नेहरूको संरक्षण गर्ने नियतले ल्याइन्छ भन्ने आरोपलाई चिर्नसक्ने गरी राष्ट्रिय चिन्तनधारले ओतपोत भएर कुनै काम गरेको तथ्य भेट्न मुस्किल पर्छ । नीतिगत भ्रष्टाचारका यति धेरै काण्ड छन्, तिनको छिनोफानो हुने सम्भावना अहिलेसम्म देखिएकै छैन । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको छ । विधेयकको दफा १६ मा मुद्दा चलाउने अवधिसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, “भ्रष्टाचारजन्य कसुरमा मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले पाँच वर्ष हुने छ ।”पाँच वर्षे हदम्यादबारे सोही दफामा थप लेखिएको छ, ‘‘कुनै राष्ट्रसेवकले पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र तत्काल निजउपर मुद्दा चल्नसक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाश भएको मिति र निजले भ्रष्टाचार गरेको कुरा निज अवकाश भइसकेपछि थाहा भएकोमा थाहा भएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउन सकिने छ ।”त्यसो त विधेयकमा सबै प्रकारका भ्रष्टाचारको मुद्दामा हदम्याद राखिएको छैन । जस्तो कि विधेयकमा ‘‘सरकारी, सामुदायिक संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा मुद्दा चलाउन कुनै हदम्याद लाग्ने छैन,” भनिएको छ । यो कानुन व्यवस्था अनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिमाथि जुनसुकै बेला भ्रष्टाचारको मुद्दा चल्ने छ । पदमा बहाल रहेका र अख्तियारले हेर्न नसक्ने पदाधिकारीको हकमा उनीहरूको अवकाशपछि मात्र मुद्दा चल्ने छ । महाभियोगबाट पदमुक्त हुने राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक अङ्गका प्रमुख एवं पदाधिकारी अनि सैनिक ऐनबाट निर्देशित हुने नेपाली सेनाका पदाधिकारीमाथि पदबाट अवकाशपछि मात्रै भ्रष्टाचार मुद्दा चल्ने  छ ।त्यस्तै राष्ट्रसेवकविरुद्ध अवकाशपछि भ्रष्टाचार मुद्दा चल्दा कुनै हदम्याद लाग्ने कल्पना प्रचलित ऐनमा छैन तर राष्ट्रिय सभाले पारित गरेको विधेयकमा पदमा बहाल रहेको अवस्थामा मुद्दा चल्ने व्यक्तिउपर पदबाट अवकाश पाएको वा हटेको पाँच वर्षभित्र मुद्दा चलिसक्नुपर्ने प्रावधान राखिएको हो ।यो हदम्यादका कारण नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका, घुस खाएका, राजस्व छलेका, गलत लिखत तयार गरेका, गैरकानुनी सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीमाथि पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने विषयमा भने यस्तो हदम्याद छैन, अख्तियारले जहिले पनि मुद्दा चलाउन सक्ने छ ।कतिपय भ्रष्टाचारका मुद्दा कुनै पनि बेला चलाउन सकिने प्रावधानलाई हटाएर पाँच वर्षभित्र अनुसन्धान गरिसक्नुपर्ने प्रावधान राखिनु सुशासनको यात्राको अभियान मानेर सकारात्मक हुने हो भने पनि वर्तमानमा राजनीतिक–प्रशासनिक नेतृत्वमा रहेकाको प्रवृत्तिले प्रश्न गर्ने ठाउँ प्रशस्तै दिएको छ । मुलुकमा हुने गम्भीर प्रकृतिका नीतिगत भ्रष्टाचार सधैँ ढाकछोपमा पर्ने गरेका छन् । सार्वजनिक सम्पत्ति हिनामिना गरेर आफ्नो समृद्धिको सोपान ठड्याउनेहरू राजनीतिक पहुँच र शक्तिकै आडमा सधैँ बच्ने गरेका छन् । मुलुकमा खरिदार–सुब्बाले सेवाग्राहीसँग लिएको केही हजार रुपियाँलाई भ्रष्टाचार मानेर कारबाही गर्ने तर नीतिगत भ्रष्टाचारमा आँखा चिम्लने प्रवृत्ति नै सबैभन्दा घातक छ । यद्यपि भुटानी शरणार्थी प्रकरणले केही आशा जगाएको छ तर यसपछि चर्चामा रहेका ठुला भ्रष्टाचारका काण्डमा सरकार कसरी अघि बढ्छ यसैमा सबै कुरा निर्भर छ ।नेपाल बिग्रिएको भ्रष्टाचारले हो । कुशासनको साटो सुशासन कायम भएको भए देशको अवस्था अहिलेको भन्दा सयौँ गुणा बढी उकासिएको हुने थियो । तसर्थ सरकारले दिगो सशुासन, विकास र समृद्धि नै ल्याउने उद्देश्यसहित भ्रष्टाचारको मुद्दामा हदम्याद राखेको हो भने आशङ्का चिर्ने गरी काम गर्नै पर्छ । त्यस्तै अख्तियार, अदालतलगायत संवैधानिक निकायमा हुने नियुक्तिलाई गैरदलीय बनाएर विशेषज्ञताका आधारमा मात्र गर्ने व्यवस्था गर्नु पर्छ । नेपालमा कार्यगत सफलता नपाउनुको एउटा प्रमुख कारण राजनीतीकरण पनि हो । नियुक्ति दलीय, अझ गुटगत भागबन्डाका आधारमा नगरी योग्यता, क्षमता र दक्षताका आधारमा गर्ने हो भने पाँचवर्षे हदम्यादको प्रावधानले मुलुकलाई लाभ नै हुने छ । अख्तियार जस्तो सुशासन कायम गर्न मेरुदण्डको भूमिका निर्वाह गर्ने संवैधानिक निकायमा निष्पक्ष र विज्ञहरू पुगे भने पाँचवर्षे हदम्याददेखि हदम्याद नलाग्नेसम्मका सबै भ्रष्टाचारका मुद्दा सोही अवधिभित्रै छिनोफानो भइसक्ने छ । त्यस्तो सोचका साथ कानुन निर्माण गर्ने हो भने त्यसलाई दलीय स्वार्थबाट हेर्नेहरूले विरोध गरे पनि आमजनताले स्वागत गर्ने छन् । यसका लागि व्यक्ति, समूह, सङ्गठन र दल होइन राष्ट्रको सर्वोपरि हित हेर्ने सोच चाहिन्छ ।मुलुकको विकास र समृद्धिको बाधक भ्रष्टाचार नै भएकाले यसलाई न्यून गर्न कसै न कसैले पहल थाल्नै पर्छ । वर्तमान सरकारले भुटानी शरणार्थी प्रकरणमा देखाएको चासो र चालेको कदमलाई सराहनीय मान्दै अब अख्तियारमा स्वतन्त्र र विज्ञहरूलाई नियुक्त गर्ने प्रावधान पनि विधेयकमा राखिनु पर्दछ । यसो गर्दा सरकारले खुट्टा कमाउनु आवश्यक छैन । अख्तियारसम्बन्धी विधेयकमा हालिएको संशोधन प्रस्तावमा पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्ति अहिलेको जस्तो भागबन्डाका आधारमा गर्न नहुने, स्वतन्त्र र विज्ञहरूलाई नियुक्त गर्नुपर्ने उल्लेख छ । यसर्थ पनि सुशासनको यात्रामा मुलुक अघि बढ्यो भन्दै आएको सरकारले सो विधेयकमा प्राप्त भएका संशोधन प्रस्तावमध्ये उपयुक्तलाई समावेश गर्छ कि राष्ट्रिय सभाबाट जसरी पारित भएर आयो सोही अनुरूप अघि बढाइन्छ त्यसले नै सुशासनको यात्रा तय गर्ने छ ।  लेखक पत्रकारिता पेसामा आबद्ध हुनुहुन्छ ।    
News
46,949
प्रधानमन्त्रीको विश्वास प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि ह्वीप जारी गरेका हुन् । 
https://ekantipur.com/news/2024/03/11/congress-whip-to-vote-against-prime-ministers-confidence-motion-02-30.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री दाहालले बुधबार बस्ने प्रतिनिधिसभामा विश्वसाको प्रस्ताव पेस गर्ने तय भएको छ । उक्त विश्वासको प्रस्तावमाथि मतदान हुने दिन अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको हो । 'फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री पुष्पकमल दाहालले आफू माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ,' लेखकले ह्वीपमा लेखेका छन् ।कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
News
4,999
नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
https://gorkhapatraonline.com/news/107846
काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने उल्लेख गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने उल्लेख छ। यस्तै कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने छ। यसैगरी सरकारले सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिने, नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान् खेलाडीको खोजी गर्न राष्‍ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने, आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने र आधुनिक प्रविधियुक्त इ–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नीति तथा कार्यक्रममा विद्यालय स्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने, खेल क्षेत्रमा महिला सहभागिता बढाइने, खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ । साथै अन्तर्राष्‍ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
News
50,621
फेरि ब्याटिङमै समस्या
नेपाली क्रिकेटमा लामो समयदेखि टड्कारो प्रश्न छ, बारम्बार नेपालको ब्याटिङ किन धराशायी हुन्छ ? किन नेपालको ब्याटिङ कमजोर रहने गर्छ ? नेपालले जिम्बावे ‘ए’ सँग एकदिवसीय खेलको सामना गर्दा फेरि त्यही प्रश्न तेर्सिएको छ । समस्या कहाँनिर छ भने यी प्रश्नको उत्तर झन् झन् जटिल र कठिन हुन थालेको छ । यस्तो हुँदैन थियो त शुक्रबारको खेलमा नेपाल पहिले ब्याटिङ गरेर १ सय ३६ रनमै अलआउट हुने थिएन ।
https://ekantipur.com/sports/2022/05/07/16518875810238118.html
काठमाडौँ — नेपाली क्रिकेटमा लामो समयदेखि टड्कारो प्रश्न छ, बारम्बार नेपालको ब्याटिङ किन धराशायी हुन्छ ? किन नेपालको ब्याटिङ कमजोर रहने गर्छ ? नेपालले जिम्बावे ‘ए’ सँग एकदिवसीय खेलको सामना गर्दा फेरि त्यही प्रश्न तेर्सिएको छ । समस्या कहाँनिर छ भने यी प्रश्नको उत्तर झन् झन् जटिल र कठिन हुन थालेको छ । यस्तो हुँदैन थियो त शुक्रबारको खेलमा नेपाल पहिले ब्याटिङ गरेर १ सय ३६ रनमै अलआउट हुने थिएन ।सायद जिम्बावेली टिमलाई नेपालको ब्याटिङ समस्याबारे प्रस्ट थाहा थियो । त्यसैले टस जितेर जिम्बावेले पहिले बलिङ गर्न दुईपल्ट सोचेन । शुक्रबारको दिन काठमाडौंमा पानी पर्ने सम्भावना पर्याप्त थियो । यस्तोमा जिम्बावेलाई राम्रोसँग थाहा थियो, खेल चाँडै सकिएमा राम्रो । भ्रमणकारीको त्यो इच्छा पनि नेपाली ब्याट्सम्यानले मज्जाले पूरा गरिदिए । नेपालले तेस्रो ट्वान्टी–२० जितेर थपिएको उत्साह एकदिवसीयको यो हारले किरकिर साबित भएको छ । नेपालका कोही पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालले नियमित अन्तरमा विकेट गुमाइरह्यो । नेपालका सात ब्याटर एकल अंक स्कोरमै सीमित रहे । नेपालले तेस्रो, चौथो र पाँचौं ओभरमा लगातार विकेट गुमाएपछि आफूलाई सम्हाल्न नै सकेन । प्रश्न के रहने गर्छ भने ट्वान्टी–२० मा ठीकठाक प्रदर्शन गर्ने गरेको नेपाल एकदिवसीयमा किन चुक्ने गर्छ ? ट्वान्टी–२० क्रिकेटमा बलिया देखिने नेपाली खेलाडीहरू एकदिवसीय भनेपछि किन एकाएक कमजोर हुन्छन् ?इभान्स रहे घातकजिम्बावे ‘ए’ ले नेपाललाई सस्तोमै समेट्न सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले अलराउन्डर ब्रायन इभान्सले । यसपल्ट उनको ब्याट पनि चल्यो, बल पनि उत्तिकै घुम्यो । यी २५ वर्षीय दायाँहाते तीव्र गतिका बलरको प्रदर्शनअगाडि नेपाल ३१.३ ओभरमात्र टिक्न सक्यो । उनले ८.३ ओभर बलिङ गर्दै ४ विकेट लिए । उनी यत्तिमै मात्र सीमित रहेनन्, दुई क्याच पनि लिए । अनि १७ रन बनाएर नटआउट रहे । यही प्रदर्शनका लागि उनी खेलको निर्विवाद ‘प्लेयर अफ द म्याच’ पनि रहे । नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेललाई दायाँ मध्यम तीव्र गतिका बलर भिक्टर एनयाउचीले बोल्ड गरेसँगै नेपालको विकेट झर्न सुरु भएको थियो । ट्वान्टी–२० मनसायले पिचमा ओर्लेका कुशलले १९ रन बनाए । यसका लागि उनले १० बल सामना गरे । उनले चार चौका प्रहार गरे । कुशलको यो प्रदर्शनले सुरुमा टिम त सबै मख्ख देखियो । तर उनी के आउट भए, त्यो मख्ख पर्ने बहाना पनि हराएर गयो । लगत्तै आसिफ शेख पनि आउट भए । उनी इभान्सको पहिलो सिकार थिए । नेपालका लागि सर्वाधिक व्यक्तिगत स्कोर सोमपाल कामीको नाममा रह्यो । उनले ३० रन बनाए । उनले नेपाली इनिङ्सको एक मात्र छक्का पनि प्रहार गरे । त्यसपछि करण केसीले २५ रनको योगदान दिए । इभान्सले सन्दीप लामिछानेलाई आउट गरेसँगै नेपालको इनिङ्समा नराम्रोसँग पूर्णविराम लागेको थियो । जिम्बावेली बलरमध्ये लगभग सबैले विकेट लिए । एनयाउचीसँगै ब्रायन्डन माभुटा र चेपास झुवावले समान दुई विकेट हात पारे । बलिङबाट दबाबजिम्बावे कीर्तिपुरस्थित त्रिवि मैदानमा २६ ओभरभित्रै ३ विकेटको जितसम्म पुगे पनि यो ठ्याक्कै सजिलो भन्न मिल्ने जित रहेन । कम्तीमा नेपाली बलर जिम्बावेली ब्याटरमाथि दबाब सिर्जना गर्न भने सफल रहे । यो नै नेपालको दृष्टिकोणबाट खेलको सबैभन्दा उल्लेखनीय पक्ष रह्यो । तर जतिबेला ब्याटरले स्कोर बोर्डमा पर्याप्त रन चढाएको हुन्न, बलरले मात्र सबथोक गर्न सक्दैनन् । यो खेलको निचोड पनि यही रह्यो । जिम्बावेका लागि दुवै प्रारम्भिक ब्याटरले राम्रो खेले । त्यसमध्ये इनासेन्ट काइआले सर्वाधिक ४८ रन बनाए । उनले ठ्याक्कै ४८ बलको सामना गरे । यसक्रममा चार चौका तथा एक छक्का प्रहार गरे । अर्का ब्याटर झुवावले ३२ रन बनाए । उनी सन्दीपको सिकार बने । काइआले भने अन्त्यसम्मै जिम्मेवारीपूर्ण इनिङ्स खेलेर नटआउट रहे । सन्दीपले ३२ रनमा २ विकेट लिए । करणको नाममा पनि २ विकेट रह्यो । करणले नै झुवावको विकेट लिएका थिए । जिम्बावेले सय रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको थियो । नेपाली बलरले जिम्बावेली ब्याटरलाई दबाबमा राखेको यो नै राम्रो उदाहरण थियो । तर, एक छेउबाट काइआले डटेर खेलिरहे । सोमपाल र सागर ढकालले पनि समान एक विकेट लिए । इभान्सले अन्त्यमा थप विकेट झर्न दिएनन् र आठौं विकेटका लागि १९ रनको साझेदारी गरे । उनले एक चौका र दुई छक्का प्रहार गरे । जितपछि तीन खेलको एकदिवसीय शृंखलामा जिम्बावेले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । जहाँ नेपालले शृंखलामा फर्कन प्रयास गर्नुपर्नेछ ।
Sports
20,466
कर्णालीलाई खाद्यान्न शीर्षकमा कमिसन फलाउने उद्यम बन्द गर
यो त्यही कर्णाली हो, जसले २०४० को दशकसम्म कोदो, फापर, चामल, कागुनो, चिनो र उवालगायत रैथाने खाद्यान्न तिब्बत निर्यात गर्थ्यो । तर पछिल्ला दशकमा हरेक महिनाजसो समाचार आउँछ, ‘कर्णालीमा खाद्य संकट ।’
https://ekantipur.com/opinion/2023/05/24/168489258555388351.html
यो त्यही कर्णाली हो, जसले २०४० को दशकसम्म कोदो, फापर, चामल, कागुनो, चिनो र उवालगायत रैथाने खाद्यान्न तिब्बत निर्यात गर्थ्यो । तर पछिल्ला दशकमा हरेक महिनाजसो समाचार आउँछ, ‘कर्णालीमा खाद्य संकट ।’सिँचाइ छैन, मल र उन्नत बीउ छैन, कृषि प्रविधि छैन । यसका लागि दीर्घकालीन योजना बनाउनभन्दा सरकारी संयन्त्र कर्णालीका नाममा चामल किन्न, ढुवानी गर्न र त्यसको ठेक्कामा कमिसन फलाउन अभ्यस्त छन् । यसरी कर्णालीवासीलाई न कृषिमा भरोसा छ, न राज्यमा । बरु पुस्तौंपुस्तासम्म कर्णाली खाद्यान्नमा परनिर्भर हुने जोखिम बढेको छ । राज्यले नै रैथाने बाली बिर्साएर कर्णालीलाई ‘खाद्यान्न भनेकै चामल हो’ भन्ने मनोविज्ञान विकास गराइदिएको छ । सरकारले ढुवानीमा अनुदान दिएर उपलब्ध गराउने चामलको पनि बिक्रीवितरण व्यवस्थित छैन । पाएको बेला मनग्गे खाद्यान्न किनेर मौज्दात राख्न नसक्नेहरू यसबाट बढी प्रताडित छन् । फेरि पनि खबर आएको छ– सरकारी अनुदानमा गएको चामल व्यापारीलाई बेच्दा बझाङको साइपालमा खाद्य संकट बल्झिएको छ । जिल्लाको साइपालमा गत माघमा पुगेको अनुदानको चामल व्यापारीले प्रतिक्विन्टल ५ हजार २ सयमा किनेर यार्चा संकलन क्षेत्रमा २० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । उता, त्यति बेला किनेको सीमित चामल एक–डेढ महिनामै सकिएपछि न्यून आय भएकाहरू अहिले भोकमरीको सामना गर्दै छन् । फागुन दोस्रो सातायता ऐंचोपैंचो गरेर गुजारा चलाइरहेकाहरू छिमेकीका घरमा पनि चामल सकिँदै गएपछि मारमा छन् । त्यति बेला पर्याप्त चामल किनेर सञ्चित गर्न उनीहरूसँग पैसा थिएन, अहिले पैसा जोहो गर्न सक्नेका लागि पनि गाउँमा चामल छैन । स्थानीयवासी मात्र होइन, प्रहरी पनि पैंचोकै भरमा छन् । करिब ४ सय परिवार बसोबास गर्ने साइपाल गाउँपालिकामा ठेकेदारले ढुवानी गरेको १ हजार ७ सय ६० क्विन्टल चामल यतिन्जेलका लागि नपुग्दो होइन । तर, यार्चा क्षेत्र पुग्ने हजारौं जडीबुटी संकलकलाई बेच्न व्यापारीले चामल उठाइदिँदा स्थानीयवासी अहिले संकटमा परेका हुन् । ठेकेदारले ढुवानी गर्न बाँकी ७४० क्विन्टल चामल तुरुन्त गाउँ पुर्‍याएमा केही राहत अवश्य हुने थियो । तर, व्यापारीको लाभबाट मात्र लाभान्वित हुने राज्य संयन्त्र यसमा संवेदनशील छैन । सरकारकै खाद्य व्यवस्था कम्पनी, स्थानीय सरकार र जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी यसतर्फ क्रियाशील छैनन् ।विदितै छ, अहिले साइपालले भोगिरहेको संकट कर्णालीभर बारम्बार दोहोरिरहने समस्या हो । भोकमरी न्यूनीकरणका लागि सरकारले २०५० को दशकदेखि ढुवानीमा अनुदान दिएर चामल पठाउने क्रम बढेपछि कर्णालीवासी झन् परनिर्भर हुन थालेका हुन् । मूल प्रश्न, यसरी कहिलेसम्म पटके समाधान खोज्ने भन्ने नै हो । कृषि प्रविधि सिकाउन, सिँचाइ पूर्वाधार बनाउन र मल व्यवस्था गर्नुको सट्टा चामलका बोरा मात्र पठाइरहँदा सरकारले सस्तो लोकप्रियता त कमाउला, ठेक्कापट्टामा कमिसनको चलखेलबाट केही निर्णयाधिकारीहरू लाभान्वित पनि होलान्, तर यो दुश्चक्र कहिल्यै मेटिनेछैन । उल्टै, कर्णालीको आत्मबल झनै कमजोर भएर जानेछ । तसर्थ, सम्भावनाअनुरूप रैथाने कृषि बालीलाई टेवा दिएर कर्णालीलाई पुनः आत्मनिर्भर बनाउने दीर्घकालीन योजना नै अघि सार्नु अपरिहार्य छ । पारिपट्टि चीनको मरुभूमिजस्तो तिब्बती पठारमा त्यहाँको सरकारी पहलबाट हरियाली छाउँदा नेपालको कर्णाली फेरि बौरिन सक्दैन भन्ने छैन । यसका लागि खालि यहाँको सरकारले पनि उचित जुक्ति लगाउन जरुरी छ । पहिलो त, कर्णालीवासीमा मकै, कोदो, आलु, फापर, चिनो, कागुनोलगायत स्थानीय उत्पादनको पौष्टिक मूल्य दर्शाउनुपर्छ र खाना भनेकै चामल हो भन्ने मनोविज्ञान हटाउनुपर्छ । दोस्रो, कर्णालीको उर्वराशक्ति घट्नुको कारण पहिल्याउनुपर्छ । पहिले १० बोरा धान फल्ने खेतमा अचेल किन मुस्किलले एक बोरामात्र उत्पादन भैरहेको छ भनेर खुट्याउनुपर्छ । र, सम्भावना अनुरूपका कृषि उत्पादन र पशुपालनका समस्याहरू पन्छाउनुपर्छ । बीउबिजनदेखि मलखाद र सिँचाइका समस्याहरू हल गर्नुपर्छ । र तेस्रो, उत्पादित कृषिउपजहरूको भण्डारण र बजारीकरणका लागि पनि सरकारले सघाउनुपर्छ, ताकि कृषि निर्वाहमुखीका साथै स्वरोजगारीको साधन पनि बन्न सकोस् । कर्णालीमा स्याउ र पशुपालनको सम्भावना छ । सिमी र जुम्ली मार्सी त यहाँका चर्चित ‘ब्रान्ड’ नै हुन् । तर, यिनकै पनि प्रवर्द्धन हुन सकेको छैन । साढे ८ हजार फिट उचाइमा अवस्थित जुम्लाको छुमचौरमा मार्सी धान फल्छ तर अचेल त्यहाँका किसानले धानमा ब्लास्ट रोग लागेको भन्दै खेती घटाएका छन् । यस्तो अवस्थामा बजार मूल्य भएको मार्सी खेती नै लगाउने वातावरण तयार पार्न सरकारले विशेष ध्यान पुर्‍याउनुपर्छ, कृषिविज्ञ खटाउनुपर्छ । कर्णालीको भौगोलिक अवस्थितिको मिहिन अध्ययन नै गरेर जहाँ–जे सम्भावना छ, त्यसैअनुसार पशुपालन, खाद्यान्न वा फलफूल खेतीमा जोड दिनुपर्छ । संघ सरकारसित आवश्यक स्रोत खोजेर प्रदेश सरकारले पालिकाहरूसित समन्वय गरी यो सम्भावनालाई मूर्तरूप दिन सक्छ, दिनु पनि पर्छ । योजनाबद्ध रूपमा कर्णालीको परनिर्भरता घटाएर प्रदेश सरकारले आफ्नो उपस्थितिको आभास दिलाउनुपर्छ, जसमा संघले निःसर्त सघाउनुपर्छ ।सम्बन्धित समाचार
Opinion
10,568
कोरोना भाइरस: के म यो वर्ष विश्वविद्यालय जानु उचित होला?
विद्यार्थीहरूले यो साता नै नयाँ शैक्षिक सत्रका निम्ति यूकेका विश्वविद्यालयहरूका प्रस्ताव स्वीकार गर्ने या नगर्नेबारे निर्णय लिनुपर्नेछ।
https://www.bbc.com/nepali/news-53064121
यस्तो निर्णय एकदमै महत्त्वपूर्ण हुने गर्छ। त्यसमाथि यो वर्ष त झन् महत्त्वपूर्ण छ किनकि कक्षाकोठामा हुने कैयन् लेक्चर वा पठनपाठन यसपालि अनलाइन हुनेछन् अनि सहपाठीहरूसँगको भेटघाट कठिन हुनेछ। के सेप्टेम्बरमा विश्वविद्यालय सहजै खुल्लान्? अहिले विश्वविद्यालयहरू सेप्टेम्बरदेखि कसरी सञ्चालन गर्ने भन्नेबारे सोचविचार गरिरहेका छन्। कतिपयले त सामान्य शैलीलाई परिवर्तन गर्ने निर्णय गरिसके। तिनका योजना यस्ता छन्: प्रत्येक विश्वविद्यालयले भिन्न निर्णय गरेकाले आफू जान चाहेको विश्वविद्यालयबारे स्पष्ट हुन तिनीहरूसँग सम्पर्क गर्न वा तिनको वेबसाइट जाँच गर्न जरुरी छ। के विश्वविद्यालयहरूले पूरै शुल्क लिन्छन्? विश्वविद्यालयहरूका प्रस्ताव स्वीकार या अस्वीकार गर्ने समयसीमा जुन १८ सम्म पुर्‍याइएको छ। यदि कुनै प्रस्ताव उचित नलागेमा अनलाइनमार्फत् नै अस्वीकार गर्न सकिन्छ। जाँदै नजाने निर्णय गरेको हो भने ती विश्वविद्यालयलाई फोनमार्फत् आफ्नो निवेदन फिर्ता गर्न भन्नुपर्छ। यसले अतिरिक्त खर्च हुँदैन। सरकारले भनेको छ इङ्ग्ल्यान्डमा शरदयाममा सबै पठनपाठन अनलाइन भएपनि विश्वविद्यालयका विद्यार्थीहरूले पूर्ण शैक्षिक शुल्क तिर्नुपर्नेछ। कतिपय विद्यार्थी यसमा खुसी छैनन्। एक जनाले त यसको विरुद्ध हस्ताक्षर अभियान पनि चलाएका छन्। यूके विश्वविद्यालयले लिन सक्ने वार्षिक अधिकतम शुल्क ९,२५० पाउन्ड हो। यसलाई विद्यार्थी कर्जाबाट बेहोर्न सकिन्छ तर अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भने बढी तिर्नुपर्छ। स्कटल्यान्ड तथा युरोपेली युनियनका विद्यार्थीहरूले स्कटल्यान्डका विश्वविद्यालयमा पढ्न ट्यूशन शुल्क लाग्दैन। त्योबाहेक बस्ने खर्च पनि पर्छ जुन केही हजार पाउन्ड हुन आउँछ। के विदेशी विद्यार्थी यूके आउलान्? हालै गरिएको एउटा अध्ययनमा दुईतिहाइ विदेशी विद्यार्थी अझै पनि बाहिर पढ्न जाने योजनाबाट पछि हटेका छैनन्। त्यसमा यूके गएर पढ्छु भन्नेहरू पनि छन्। आईडीपी कनेक्ट भन्ने संस्थाले झन्डै ६,९०० विदेशी विद्यार्थीसँग गरेको सर्वेक्षणमा ६९% ले विदेश गएर पढ्ने आफ्नो योजना परिवर्तन नगरेको बताए। तर खासगरी पूर्वी एशियाका सम्भावित स्नातकोत्तर तहका विद्यार्थीले भने यो शरदयाममा अनलाइन कक्षामा सहभागी हुनुभन्दा अर्को ज्यानुअरीमा सामान्य पठनपाठनमा सामेल हुन चाहेको बताएको ब्रिटिश काउन्सिलले गरेको अध्ययनमा देखिएको छ। सो अध्ययनमा यूके विश्वविद्यालयहरूमा सन् २०२०-२१ मा सन् २०१८-१९ को तुलनामा १४,००० कम विदेशी विद्यार्थी आउने देखिएको छ। यो भनेको शिक्षा तथा बसाइमा उनीहरूले गर्ने खर्च यसपालि ४६ करोड पाउन्डले घट्नेछ। इङ्ग्ल्यान्डका विश्वविद्यालयहरूले दुई अर्ब पाउन्ड बराबरको उद्धार सहयोगको लागि गरेको अपीललाई सरकारले अस्वीकृत गरिसकेको छ। तर नगदप्रवाहको समस्या टार्न केही उपाय अघि सारिएका छन्।
Others
66,564
टिकटक र वीच्याटलाई अमेरिकामा व्यापार गर्न प्रतिबन्ध लगाउने आदेशमा डोनल्ड ट्रम्पले गरे हस्ताक्षर
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई व्यापार गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
https://www.bbc.com/nepali/news-53690054
आगामी ४५ दिनमा ती आदेशहरू लागु हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ। ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन्। अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यो निर्णय भएको हो। ट्रम्पले त्यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा तोकिदिएका थिए। यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा प्रतिद्वन्द्विता बढेको सङ्केत देखिन्छ। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा भएको छोटो भिडिओ शेअर गरिने टिकटक र टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको सन्देश पठाउने वीच्याटलाई लक्षित कार्यकारी आदेश ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो। ट्रम्पले के भने? दुवै आदेशमा ट्रम्पले सूचना र सञ्चार प्रविधि र सेवामा अतिरिक्त कदम लिन आवश्यक भएको आफूलाई लागेको उल्लेख गरेका छन्। "चीनमा विकसित र चिनियाँ कम्पनीको स्वामित्वमा भएका मोबाइल एपहरू अमेरिकामा फैलिँदा अमेरिकी राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई निरन्तर खतरा भइराख्छ," उनले भने। उनले दुवै एपलाई इङ्गित गर्दै "खतरा" भएको बताए। ट्रम्पले जारी गरेको आदेशमा टिकटकले डेटा सङ्कलन गर्दा चीनले अमेरिकी सरकारी कर्मचारीहरू पहिल्याउन सक्ने र तिनबारे व्यक्तिगत सूचना सङ्कलन गरी धम्क्याउन वा जासुसी गर्न सक्ने उल्लेख छ। उनले टिकटकले राजनीतिक रूपमा संवेदनशील सामग्री - जस्तै हङ्‌कङमा भएका विरोधप्रदर्शन र बेइजिङले अल्पसङ्ख्यक उइगुर मुस्लिम समुदायसँग गरेको व्यवहार - लाई सेन्सर गर्ने गरेको बताएका छन्। ट्रम्पका अनुसार अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ। बाइटडान्स र टेन्सेन्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। पृष्ठभूमि के हो? गत शुक्रवार ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकलाई अमेरिकामा सञ्चालन गर्न आफूले किन्न लागेको बताएको थियो। यो साता ट्रम्पले अमेरिकी सरकारले विक्री मूल्यको "उल्लेख्य भाग" पाए माइक्रोसफ्टलाई बेच्ने कुराको समर्थन गर्ने बताए। तर उनले सेप्टेम्बर १५ देखि अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र वीच्याटको नाम उल्लेख गर्दै व्यक्तिगत एपमा चिनियाँ प्रविधिको प्रभावमा अमेरिकाले थप नियन्त्रण गर्ने घोषणा गरेको भोलिपल्ट यी कार्यकारी आदेशहरू आएका हुन्। गत वर्ष अमेरिकी सरकारले चिनियाँ सञ्चार कम्पनी ह्वावेई र जेडटीईविरुद्ध कारबाही गरेको थियो।
Others
65,425
कसले लगाउने एचपीभी खोप ?
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान गत बुधबारदेखि चलाइरहेको छ । यो खोप ९ देखि १४ वर्षसम्मका उमेर समूहकालाई दुई मात्रा दिनुपर्छ । पछिल्लो जनगणना अनुसार नेपालमा ९ देखि १४ वर्षका बालिका एवं किशोरीको संख्या करिब साढे १६ लाख छ ।
https://ekantipur.com/opinion/2023/09/18/16949992102452917.html
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान गत बुधबारदेखि चलाइरहेको छ । यो खोप ९ देखि १४ वर्षसम्मका उमेर समूहकालाई दुई मात्रा दिनुपर्छ । पछिल्लो जनगणना अनुसार नेपालमा ९ देखि १४ वर्षका बालिका एवं किशोरीको संख्या करिब साढे १६ लाख छ ।विश्वव्यापी तवरमा मृत्युको चौथो प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पर्छ । सन् २०२० को तथ्यांक अनुसार विश्वमा बर्सेनि करिब ६ लाख महिलामा पाठेघरको मुखको क्यान्सर लागेको र यसै कारण साढे ३ लाखको मृत्यु भएको देखिन्छ । उक्त क्यान्सरबाट प्रभावितमध्ये ८४ प्रतिशत र मृत्यु हुनेमध्ये ८८ प्रतिशत निम्न आय भएका मुलुकका छन् । नेपालमा बर्सेनि करिब २२ सय महिलालाई पाठेघरको मुखको क्यान्सर लागेको देखिन्छ भने करिब १५ सय जतिको मृत्यु यसै कारण भएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरिबाट पाठेघरको मुखको क्यान्सर निवारण गर्नका लागि सन् २०२१ देखि २०३० सम्मका लागि ९०–७०–९० लक्ष्यसहितको रणनीति अपनाएको छ । ९०–७०–९० रणनीति अन्तर्गत सन् २०३० सम्ममा ९० प्रतिशत बालिका वा किशोरीलाई पूर्ण खोप (एचपीभी) दिइसक्ने, ७० प्रतिशत महिलालाई उच्चस्तरको स्क्रिनिङ विधिबाट ३५ वर्षसम्ममा पहिलो पटक र ४५ वर्षमा फेरि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (शीघ्र पहिचान) गर्ने र पाठेघरको मुखको क्यान्सरबाट प्रभावित ९० प्रतिशत महिलाको यथोचित एवं यथाशीघ्र उपचार गर्ने लक्ष्य छ । ९०–७०–९० को रणनीति अन्तर्गतको एचपीभी खोप, स्क्रिनिङ (शीघ्र पहिचान) र उपचार लगायतका तीनखम्बे नीति प्रभावकारी तवरले अपनाएर अस्ट्रेलिया सन् २०२८ देखि २०३५ सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने पहिलो मुलुक बन्ने अभियानमा छ । हाल विभिन्न देश अस्ट्रेलियालाई मोडल राष्ट्रका रूपमा मानेर यस्तै खाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न लागिपरेका छन् । के कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनबीच रासायानिक प्रक्रिया हुँदा ती कोषिकाहरूमा परिवर्तन ल्याउँछ र जुन कालान्तरमा क्यान्सरमा परिणत हुन जान्छ ।यौनिक रूपमा सक्रिय भएको केही समयमै एचपीभीबाट संक्रमित भइन्छ । त्यसैले एचपीभी संक्रमण यौनजन्य संक्रमणमध्ये प्रमुख हो । तर जनमानसमा यौनसम्पर्ककै कारण मात्र एचपीभी सर्छ भन्ने भ्रम छ । सत्यता के हो भने प्रत्यक्ष यौनसम्पर्कका क्रममा जननेन्द्रियको छाला, पातलो झिल्ली तथा संक्रमित व्यक्तिको शरीरको श्रावबाट सर्ने भएकाले योनि–लिंग मैथुन, मुख मैथुन वा गुदद्वार मैथुनका बेला पनि एचपीभी सर्न सक्छ । त्यसैले एचआईभी तथा अन्य यौनजन्य संक्रमणमा जस्तै कन्डमको प्रयोगले मात्र पनि यी सूक्ष्म जीवाणुबाट बच्न सकिँदैन । यौनिक रूपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषको जीवनमा एक न एक पटक एचपीभी संक्रमण भएकै हुन्छ । तर एचपीभीबाट संक्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुन्छ भन्ने छैन । खासमा धेरैजसो महिलामा यो संक्रमण आफैं निवारण भएर जान्छ भने ३ देखि १० प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर गराउन सक्छ । गम्भीर खालकै एचपीभीबाट संक्रमित भएको भए पनि बिनाउपचार पनि आफैं निको हुन्छ । एचपीभी २ सयभन्दा बढी प्रकारका भए पनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ । एचपीभीलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्त्व मानिए पनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौनसम्पर्क स्थापित हुनु, एकभन्दा बढीसँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अंगको उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थ सेवन गर्नु, यौनरोग एवं गुप्तांग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सरका अन्य जोखिम तत्त्व हुन् । धूमपान गर्नेमा भने एचपीभी संक्रमण लामो समयसम्म रहिरहन्छ । धूमपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनांगवरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । एचपीभीबाट संक्रमित मानिसले थाहै नपाई आफ्नो पार्टनरलाई एचपीभी सारिरहेका हुन्छन् किनकि तिनीहरू आफैंलाई आफू एचपीभीबाट संक्रमित छु भन्ने हेक्का हुँदैन । पाठेघरको मुखको क्यान्सरको सुरुआती अवस्थामा कुनै लक्षण नहुन सक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गन्हाउने योनिश्राव देखा पर्न सक्छ । त्यसै गरी यौनसम्पर्क पश्चात् रगत देखा पर्ने सिकायत हुन सक्छ । महिनावारी पनि धेरै दिनसम्म हुने वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभए पनि क्यान्सर फैलिसकेपछि भने पीडा हुन थाल्छ । पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।नियमित स्वास्थ्य जाँचका क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । विवाह गरेको २, ३ वर्ष देखि नै नियमित रूपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ । एचपीभीविरुद्धको खोपले विशेषतः १६ र १८ का एचपीभी संक्रमणविरुद्ध लड्न सक्ने क्षमता दिलाउँछ । यो खोप लिए पनि समयसमयमा स्क्रिनिङ गराउनुपर्छ ।यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए पूर्ण लाभदायक हुन्छ । त्यसो भएर ९ देखि १४ वर्षसम्मका स्कुले छात्राले खोप लगाउनुपर्छ । तर ९ वर्षभन्दा कम र २६ वर्षभन्दा बढी उमेरकाले लगाउनु त्यति उपयुक्त हुँदैन । पहिले नै एचपीभी १६, १८ बाट संक्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन । गर्भवतीले लगाउनु हुँदैन, बच्चा पाइसकेपछि भने हुन्छ । नेपालमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा २००८ मा काभ्रेका सीमित स्कुले बालिकालाई यो खोप दिइएको थियो । सन् २०१५ मा चितवन र कास्कीमा पाइलट प्रोजेक्टका रूपमा एचपीभी खोप दिइएको भए पनि निरन्तरता पाएन । नेपाल सरकारले हालै मात्र यस कार्यक्रमलाई प्राथमिकता दिएको हो । ताम्राकार स्त्रीरोग विशेषज्ञ हुन् ।
Opinion
10,144
महिला टी-२० सिरिज : फाइनलमा नेपाललाई १ सय २ रनको लक्ष्य 
महिला टी-२० सिरिजको फाइनलमा हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
https://ekantipur.com/sports/2023/08/26/169303967595637758.html
काठमाडौँ — महिला टी-२० सिरिजको फाइनलमा हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।फाइल फोटोमलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिए ।नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाउँदा खेल अहिले स्थगित भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी-२० सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।
Sports
16,492
दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन ।
https://gorkhapatraonline.com/news/46132
देउखुरी, मङ्सिर १० गते । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।घोराही उपमहानगरपालिका–६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गर्नुभएको छ । उहाँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा  धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गर्नुभएको थियो । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो  । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताउनुभयो ।“महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गए जस्तो हुन्छ”, उहाँले भन्नुभयो ।यस्तै, लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल रु दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताउनुभयो । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उहाँले बताउनुभयो । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गर्नुभयो ।लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल रु दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताउनुभयो । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उहाँले बताउनुभयो । गत कात्तिक १६ गते  मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको थियो ।  मोटा धानको मूल्य प्रति क्विन्टल रु दुई हजार ९६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा रु २१५ बढी हो ।त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल रु तीन हजार १२८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु २२६ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताउनुभयो । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उहाँले बताउनुभयो ।कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्धविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल ७८७ हेक्टर बढी रहेको छ ।
News
60,151