title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
'नेफ्टा फिल्म अवार्ड'को ११ औँ संस्करण अमेरिकाको टेक्सासमा
'नेफ्टा फिल्म अवार्ड'को ११ औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जानकारी गराएको हो ।
https://gorkhapatraonline.com/news/47028
काठमाडौं, मंसिर १९ गते । 'नेफ्टा फिल्म अवार्ड'को ११ औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जानकारी गराएको हो ।यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, युएस खबर र आर्यन फिल्म्स लगायतका संस्थासँग सहकार्य गर्ने भएको छ । नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
News
44,854
आज रातिदेखि केही ठाउँमा हिमपात र वर्षाको सम्भावना
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार अपराह्नदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।
https://ekantipur.com/news/2024/01/30/chance-of-light-rain-at-some-places-from-tonight-23-11.html
काठमाडौँ — पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार अपराह्नदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।फाइल तस्बिरन्यूनचापीय प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू-भागहरूमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आउँदो शुक्रबारदेखि भने क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टामा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।यस्तो छ मंगलबार रातिसहित ३ दिनको मौसम पूर्वानुमान२०८० माघ १६ गते (मंगलबार)राति : देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।२०८० माघ १७ गते (बुधबार)दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।२०८० माघ १८ गते (बिहीबार)दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। रहनेछ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।राति : कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
News
6,047
पौड्यालको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।
https://gorkhapatraonline.com/news/86810
काठमाडौँ, मङ्सिर ११ गते । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो । सरकारको सिफारिस अनुसार समितिले कात्तिक १७ बाट उजुरी आह्वान गरी सुनुवाइ प्रक्रिया अघि बढाएको थियो । पौड्याललाई क्यानडाका लागि आवासीय तथा क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत प्रस्ताव गरिएको छ । यस्तै उहाँ अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को स्थायी प्रतिनिधिका लागि पनि सिफारिस हुनुभएको छ ।पौड्यालमाथि समितिमा दुई उजुरी प्राप्त भएका थिए । जसमा अवकाशको मुखैमा रहँदा बहालवाला सचिवलाई राजदूतमा सिफारिस गरिएको भन्दै रोक्न माग गरिएको थियो । यस्तै सरकारी कोटामा प्राप्त छात्रवृत्ति छोरीका लागि उपयोग गरेको अर्को आरोप लगाइएको थियो । पौड्यालले छोरीले प्राप्त गरेको छात्रवृत्ति सरकारी कोटाको नभई प्रतिस्पर्धाका आधारमा पाएको जवाफ समितिमा दिनुभएको थियो । सचिवलाई राजदूतमा सिफारिस गर्ने अभ्यास यसअघि पनि रहेको पनि पौड्यालको भनाइ थियो । सुनुवाइको कार्ययोजना प्रस्तुत गर्दै पौड्यालले संविधान, नेपालले अवलम्बन गरेको परराष्ट्र नीति, कूटनीतिक आचारसंहिताको दायराभित्र रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्ने बताउँदै पौड्यालले नेपाली समुदायको समस्याको सहजीकरणका लागि प्रतिबद्धता जनाउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा लगानी र सेवा निर्यातको वातावरण बनाउन सकेको प्रयत्न गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । हवाई सुरक्षा र नागरिक उड्डयनका क्षेत्रमा अन्य सहायताका लागि पनि आफूले सकेको पहल गर्ने उहाँको भनाइ थियो । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा दिने उम्मेदवारीलगायतमा आफूले जिम्मेवारी लिएका मुलुकलाई पक्षमा ल्याउन प्रयास गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । पौड्यालको कार्ययोजनापछि समिति सदस्यहरूले प्रश्न गरेका थिए । कार्ययोजनालाई कार्यान्वयन गर्ने योजना पनि बनाउन उनीहरूले सुझाव दिएका थिए । यस्तै उजुरीका सम्बन्धमा पनि सदस्यहरूले प्रश्न गरेका थिए । नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले सचिवलाई राजदूत बनाउनु उपयुक्त हुन्छ वा हुन्न भन्ने प्रश्न गर्नुभएको थियो । दाहालले छोरीलाई छात्रवृत्ति दिलाएको आरोपमा स्पष्ट पार्न माग गर्नुभएको थियो । यस्तै कांग्रेस सांसद जीवन परियारले छोरीको छात्रवृत्तिको विषयसहित १० दिन कार्यकाल बाँकी रहेको सचिवलाई राजदूत किन बनाउने भन्ने प्रश्न गर्नुभएको थियो । सांसद प्रकाश अधिकारीले नियुक्ति सिफारिसमा निर्देशिका कार्यान्वयन नभएकामा प्रश्न गर्नुभएको थियो । सांसद महेश बर्तौलाले परराष्ट्रको उच्च ओहदामा पुगिसकेको व्यक्तिले काम गर्न राजदूत नै आवश्यक किन पर्छ भन्ने प्रश्न गर्नुभएको थियो । बर्तौलाले पनि समितिमा आएको उजुरीबारे जवाफ माग गर्नुभएको थियो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि अवकाशको अन्तिम समयमा राजदूत नियुक्ति गर्नु उपयुक्त हुन्छ वा हुन्न भन्ने जवाफ माग गर्नुभएको थियो । सांसद ईश्वरी घर्तीले तपाईंको सिफारिस कर्मचारी कि राजनीतिक भनेर प्रश्न गर्नुभएको थियो । सांसद रमेशजङ्ग रायमाझीले पनि अवकाशको अन्तिम समयमा भएको सिफारिसलाई कसरी लिने भन्ने प्रश्न गर्नुभएको थियो ।    
News
52,563
वैचारिक ऊर्जाको दीप
नेपालमा धेरै नेता जन्मे। कतिले इतिहास बनाएर गए भने कतिपय जसरी आए त्यसरी नै विलीन भए। बीपी कोइरालापछि इतिहास लेखनको विषय बनेर बिदा हुनुभयो सर्वाधिक चर्चित पात्र प्रदीप गिरी। गिरीको बौद्धिक र तार्किक क्षमताको जति प्रशंसा गरे पनि कमै हुनेछ। नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व गिरी बहुमुखी प्रतिभाका व्यक्ति हुनुहुन्थ्यो। उहाँ एक राजनीतिज्ञ व्यक्ति मात्र नभएर दर्शन, इतिहास धार्मिकलगायत सबै क्षेत्रका ज्ञाता नै हुनुहुन्थ्यो। माक्र्सवादी साहित्यका धुरन्धर विद्वान् मानिने भएकैले अधिकांश कम्युनिस्ट नेताले उहाँबाट माक्र्सवाद सिक्न रुचाउनुहुन्थ्यो । कम्युनिस्टहरूको कतिपय कार्यक्रममा उहाँ अतिथिका रूपमा निम्त्याइनुहुन्थ्यो। माक्र्सवादको ठूलो अध्येता भए पनि उहाँले कहिले पनि माक्र्सवादको समर्थन गर्नुभएन। जहिले पनि माक्र्सवादलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुहुन्थ्यो। लोकतान्त्रिक समाजवादका कट्टर समर्थक गिरी बीपी कोइराला र सीके प्रसाईंपछिका एक लोकतान्त्रिक समाजवादी हुनुहुन्थ्यो।
https://gorkhapatraonline.com/news/23586
नेपालमा धेरै नेता जन्मे। कतिले इतिहास बनाएर गए भने कतिपय जसरी आए त्यसरी नै विलीन भए। बीपी कोइरालापछि इतिहास लेखनको विषय बनेर बिदा हुनुभयो सर्वाधिक चर्चित पात्र प्रदीप गिरी। गिरीको बौद्धिक र तार्किक क्षमताको जति प्रशंसा गरे पनि कमै हुनेछ। नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व गिरी बहुमुखी प्रतिभाका व्यक्ति हुनुहुन्थ्यो। उहाँ एक राजनीतिज्ञ व्यक्ति मात्र नभएर दर्शन, इतिहास धार्मिकलगायत सबै क्षेत्रका ज्ञाता नै हुनुहुन्थ्यो। माक्र्सवादी साहित्यका धुरन्धर विद्वान् मानिने भएकैले अधिकांश कम्युनिस्ट नेताले उहाँबाट माक्र्सवाद सिक्न रुचाउनुहुन्थ्यो । कम्युनिस्टहरूको कतिपय कार्यक्रममा उहाँ अतिथिका रूपमा निम्त्याइनुहुन्थ्यो। माक्र्सवादको ठूलो अध्येता भए पनि उहाँले कहिले पनि माक्र्सवादको समर्थन गर्नुभएन। जहिले पनि माक्र्सवादलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुहुन्थ्यो। लोकतान्त्रिक समाजवादका कट्टर समर्थक गिरी बीपी कोइराला र सीके प्रसाईंपछिका एक लोकतान्त्रिक समाजवादी हुनुहुन्थ्यो। कांग्रेसभित्र मात्र नभएर देशभरि नै लोकतान्त्रिक समाजवादका आधिकारिक भाष्यकार हुनुहुन्थ्यो। त्यस विषयमा उहाँले सयौँ आलेख, व्याख्यान दिई पुस्तक पनि प्रकाशित गर्नुभएको छ। २०१७ सालदेखि २०३० सालसम्म प्रवास भारत, बनारस बसेर उच्च शिक्षा हासिल गर्नुभयो। त्यहीँ बीपीको सान्निध्यमा बसेर राजनीति गर्नुभयो। २०२४ सालमा बनारसमा स्थापित प्रजातान्त्रिक समाजवादी युवा सङ्घको उपाध्यक्ष भई समाजवादसम्बन्धी अध्ययन अनुसन्धानमा लाग्नुभयो। भारतीय समाजवादी नेता जयप्रकाश नारायण तथा डा.राममनोहर लोहियाको सम्पर्कमा आई उहाँहरूद्वारा लिखित समाजवादी साहित्यको अध्ययन गर्न थाल्नुभयो। त्यसैगरी भारतका अन्य समाजवादी नेतासित भेटेर समाजवादी आन्दोलनमा सक्रिय भएर लाग्नुभयो। २०३१–३२ सालतिर नेपाल प्रवेश गर्दा पक्राउ परी केही वर्ष नख्खु कारागारमा पनि बस्नुपरेको थियो। २०३६ सालमा जेठ १० गते जनमतसङ्ग्रहको घोषणापश्चात् आफ्नो गृहजिल्ला सिराहाको बस्तीपुरमा आई राजनीतिक सक्रियता बढाई बहुदलीय व्यवस्थाको पक्षमा युवा परिचालन गर्न थाल्नुभयो। सिराहाको लहानमा आश्रम खोली त्यस क्षेत्रका युवा विद्यार्थीलाई बहुदलीय प्रजातन्त्रको पक्षमा लगाउनुभयो। सिराहाको गाउँगाउँमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनमत सिर्जना गरी प्रशासनको त्रासले गर्दा बहुदलीय व्यवस्थाको पक्षमा खुला रूपमा आउन डराइरहेको अवस्थामा उहाँको उपस्थितिले गाउँका जनता पनि सडकमा आई पञ्चायतीविरोधी नारा लगाउन थाले। जनमत सङ्ग्रहताका उहाँसँगै काम गर्न सौभाग्य पाएको पङ्क्तिकारले पनि सिराहाको गाउँगाउँमा घुमी बहुदलीय प्रजातन्त्रका पक्षमा प्रचारप्रसार गरेको थिए। उहाँको तर्कपूर्ण भाषणले सबै जनता आकर्षित हुन्थे। त्यसैले सिराहाका जनताले बहुदलीय व्यवस्थाको पक्षमा सर्वाधिक मतदान गरी अधिराज्यभरि पहिलो स्थान ग्रहण गरे। सिराहा जिल्लामा कांग्रेसको सङ्गठन कमजोर थियो। २०१७ देखि २०३५ साल सम्म निर्दलीय पञ्चायती व्यवस्थाले आफ्नो वर्चस्व कायम गरी अधिकांश जनतालाई पञ्च र पञ्चायती समर्थक बनाइसकेका थिए। त्यस विषम परिस्थितिमा उहाँ कांग्रेसको सङ्गठन बनाई जिल्लालाई नै कांग्रेसमय बनाइसक्नुभएको थियो गिरीले। त्यसैले त २०३७ सालको जनमत सङ्ग्रहमा सिराहा जिल्लाका ७० प्रतिशत जनताले बहुदलीय प्रजातन्त्रको पक्षमा मतदान गरे। दुर्भाग्यवश तत्कालीन पञ्चायती शासकले धाँधली गरी बहुदलीय व्यवस्थाको मतलाई अल्पमतमा पारी विजयी तुल्याए। बहुदलीय व्यवस्थाको पक्षमा २० लाख तथा निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख मत देखायो। करिब चार लाखको मतान्तरमा पराजित बहुदलीय व्यवस्थाले आफ्नो कोर्स लिइसकेको थियो, त्यसैले दश वर्ष नबित्दै २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रको स्थापना गरियो। २०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारले बहुदलीय संसदीय व्यवस्थाको संविधान निर्माण गरियो। त्यही संविधानका आधारमा २०४८ सालमा पहिलो आम निर्वाचन सम्पन्न भयो तर गृहजिल्ला सिराहाबाट गिरीले टिकट पाउनुभएन। केन्द्रीय नेतृत्वको तानातानकै कारण उहाँले टिकट पाउनुभएन। २०५१ सालको मध्यावधि चुनावमा आफ्नो गृह क्षेत्र रहेको सिराहा निर्वाचन क्षेत्र नं. ४ बाट टिकट पाई सांसदमा विजयी हुनुभयो। २०५६ सालमा पुनः त्यही क्षेत्रबाट टिकट दिइयो तर पराजित हुनुभयो। २०६३ र २०७० सालमा समानुपातिक कोटाबाट सांसद हुनुभयो भने २०७४ सालको आम चुनावमा आफ्नो गृह क्षेत्र सिराहा निर्वाचन क्षेत्र नं. १ बाट टिकट पाई सांसदमा राम्रै मतले विजयी हुनुभयो। २०७४ सालमा कांग्रेसले बहुमत नल्याएकाले सरकार बन्न सकेन। नेकपाको नेतृत्वमा सरकार बन्यो। कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो। प्रतिपक्षको सांसदको हैसियतले माननीय गिरीको तर्कपूर्ण, तथ्यपूर्ण तथा वजनदार भाषणले सरकार पक्षका सांसद हायलकायल हुन्थे। संसद्को बैठकमा विशेष समय लिई निर्भीक, तर्कसङ्गत र ओजस्वी भाषण उहाँले दिँदै गर्दा पूरा हल नै निःशब्द र गम्भीर हुन्थ्यो। अरू बैठकका बेला खासै वास्ता नगर्ने सांसद उहाँको पालो आएपछि गम्भीरतापूर्वक बसेर सुन्थे। धाराप्रवाह रूपमा विभिन्न राजनीतिक, दार्शनिक तथा साहित्यको सन्दर्भ जोडेर दिएको उहाँको भाषण सुन्न लायक हुन्थ्यो। जस्तो कुनै बेला भारतीय संसद्मा बोल्दा डा.राममनोहर लोहियाको भाषण सुन्न धेरै व्यक्ति लालायित हुन्थे। त्यस्तै नेपालको संसद्मा गिरीको भाषण सुन्न संसद्भित्र र बाहिरका बौद्धिक वर्ग लालायित हुन्थे। मुलुकको ऐतिहासिक घटनाक्रमलाई जसरी उहाँले आफ्नो ओजपूर्ण भाषणद्वारा वाणी दिनुभएको छ, त्यो राष्ट्रको सम्पत्तिका रूपमा रहिरहनेछ। यसलाई शृङ्खलाबद्ध रूपमा अभिलेखीकरण गर्न संसद्ले पहल गर्नुपर्छ। उहाँले नेपालको संसद्मा दिनुभएको सारगर्भित भाषणको अलावा जवाहरलाल नेहरू पुस्तकालय तथा भारतीय संसद् पुस्तकालयमा सन् १९७६ मा डा.हरदेव शर्माद्वारा लिइएको बीपीको अन्तर्वार्तालाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरी पुस्तकका रूपमा प्रकाशित गर्नुभएको छ। त्यति मात्र नभई बीपीको दुर्लभ भाषण, सन्देशलाई निकै परिश्रम गरी राजनीतिक अभिलेखका रूपमा प्रकाशित गर्नुभएको छ। बीपीको संस्मरणात्मक साक्षात्कारमा उल्लेखित मेरो जीवन असफल भएन भनी उहाँले पुस्तक नै लेख्नु भएको छ। गिरीले बीपीका साथै जयप्रकाश नारायण तथा डा.राममनोहर लोहियाको राजनीतिक जीवनबारे पनि पुस्तक प्रकाशित गर्नुभएको छ। बनारस प्रवासबाट नेपाल फर्केपछि आफ्नो गृहजिल्ला सिराहा होस् वा काठमाडौँ उहाँले समाजवादी चिन्तन, मनन र लेखनमा नै जीवन बिताउनुभयो। आफ्नो गाउँ बस्तीपुरमा बुबा मित्रलाल गिरीको नाममा मित्र सेवा आश्रम खोल्नुभएको छ। उहाँको बुबा २०१६ सालमा नेपाली कांग्रेस, सप्तरीको निर्वाचित सभापति हुनुहुन्थ्यो। त्यति बेला उहाँको सभापतिको प्रतिद्वन्द्वी गजेन्द्रनारायण सिंह हुनुहुन्थ्यो। उहाँलाई सात मतले पराजित गर्नुभएको थियो। त्यो बेला सप्तरी र सिराहा एउटै जिल्ला थियो। गिरी राजनीतिक परिवारको उत्तराधिकारी हुनुहुन्थ्यो। उहाँका काका डा.तुलसी गिरी तथा रुद्रप्रसाद गिरी नेपालको प्रधानमन्त्री र मन्त्री भइसक्नुभएको थियो। एउटा ठूलो जमिन्दार परिवारमा जन्म लिए पनि प्रदीपजी समाजवाद र सादगीको प्रतिमूर्ति हुनुहुन्थ्यो। भारतको महात्मा गान्धी, जयप्रकाश, लोहिया तथा नेहरूबाट प्रभावित गिरी जिन्दगीभरि उहाँहरूकै समाजवादी आदर्शप्रति समर्पित रहेर खादी पोसाक र सामान्य रहनसहनमै बस्नुभयो। उहाँले धेरै समाजवादी कार्यकर्ता उत्पादन गर्नुभयो। कांग्रेसले गर्न नसकेको काम गर्नुभयो। वैचारिक अभियानलाई द्रुत गति दिई प्रजातान्त्रिक समाजवादी क्षेत्रमा थुप्रै कार्यकर्ता प्रशिक्षित गर्नुभयो। यसरी गिरी एक्लै वैचारिक ऊर्जा प्रदान गरी प्रतिपक्षलाई समेत निरन्तर चनाखो बनाइरहनुभयो। यसका लागि सिङ्गै पार्टी पङ्क्तिलगायत आमकार्यकर्ता उहाँप्रति ऋणी हुनुपर्छ। बीपीको निधनपछि कांग्रेसमा बौद्धिक र वैचारिक ऊर्जा प्रदान गर्ने गिरीप्रति हामी प्रजातन्त्रवादी कृतज्ञ हुनैपर्छ।ब्रिटिस भारतका शासकले सन् १९४२ मा बीपीलाई सुपुर्दगी गर्न राणाशासकलाई पत्राचार गरेका थिए। यो मुद्दा भारतको सर्वोच्च अदालतमा चलेको थियो र तत्कालीन प्रधानन्यायाधीश विलियम पेट्रिक स्पेन्स किटले १६ डिसेम्बर १९४४ ई.मा नेपाल सरकारलाई सुपुर्दगी गर्न नसक्ने फैसला गरिएको थियो। त्यसपछि विराटनगरको मजदुर हडतालका क्रममा पक्राउ गरी बीपीलाई धनकुटा हुँदै पैदल २२ दिन लगाएर काठमाडौँ लगी जेलमा हालिएको थियो। उहाँले जेलमै भोक हडताल सुरु गर्नुभयो। उहाँको अवस्था गम्भीर भएपछि भारतका नेता महात्मा गन्धी, नेहरू, जयप्रकाश र लोहियाद्वारा बीपीको रिहाइका लागि राणाशासकलाई चिठी लेखिएको थियो। बौद्धिक, प्राज्ञिक तथा कुशाग्र बुद्धिका धनी गिरी नेपाल आमाको सपुत हुनुहुन्थ्यो। उहाँद्वारा लेखिएको आत्मकथालगायत अन्य अप्रकाशित कृति प्रकाशन गर्न पार्टीलगायत बौद्धिक समुदायसित पङ्क्तिकार विनम्रतापूर्वक आग्रह गर्दछ। तेह्रौँ दिनको पुण्यतिथिमा गिरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।    
News
47,943
फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक
राजु गिरीको निर्देशन रहेको फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
https://gorkhapatraonline.com/news/62454
काठमाडौं, वैशाख १४ गते । राजु गिरीको निर्देशन रहेको फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै, गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ । फिल्ममा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशमा देख्न सकिन्छ । यस्तै, अभिनेता सरोजलाई गम्भीर चरित्रमा देख्न सकिन्छ भने राजाराम र बुद्धिलाई आश्चर्य शैलीमा प्रस्तुत गरिएको छ ।नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ ।फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए गुर्प र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
News
44,364
विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास
अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । 
https://ekantipur.com/news/2024/01/28/police-employee-scuffle-at-the-airport-the-visit-visa-investigation-has-increased-mistrust-13-01.html
काठमाडौँ — अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कार्यस्थलमै एकअर्कामाथि हातपात भएको थियो । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ । सीसी क्यामरा फुटेजमा समेत मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपातको दृश्य सार्वजनिक भएको छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् । शुक्रबार दिउँसो १२ बजे अध्यागमन अधिकृत मोक्तान विमानस्थलको आगमन कक्षबाट प्रस्थान कक्षतिर जाँदै गर्दा एक प्रहरी जवानसँग विवाद सुरु भएको थियो । मेटल डिटेक्टर भएको स्थानमा प्रहरीले शरीर खानतलासी गर्न खोज्दा विवाद भएको भिडियोमा देखिन्छ । त्यसपछि एकअर्कालाई हात र लात्तीले हानेका थिए । त्यसपछि त्यहाँ प्रहरी अधिकृत र अन्य कर्मचारीसमेत भेला भएर हूलहुज्जत भएको थियो । भिजिट भिसाका नाममा मानव तस्करी अनियमिततामा छानबिन, अनुसन्धान र त्यसपछि कडाइ गर्दा विमानस्थलका प्रहरी र कर्मचारीबीच अविश्वास बढ्दै गएर हातपातको अवस्थासम्म पुगेको गृह मन्त्रालयका अधिकारीहरूले बताए । अध्यागमन कर्मचारी र प्रहरी दुवैले यसलाई स्वीकार गरेका छन् । ‘मूल गेटमा जाँच गराएर ड्युटीमा पुगेपछि मेटल डिटेक्टरमा परीक्षण गराएर एक कोठाबाट अर्को कोठामा जाँदा पनि प्रहरीले शरीर छामछुम गर्न थाल्यो,’ अध्यागमनका एक अधिकृतले भने, ‘प्रहरीले कर्मचारीलाई हैरानी नै दिन थालेपछि आक्रोश सार्वजनिक भएको हो ।’भिजिट भिसा अनियमिततामा कर्मचारीलाई मात्रै निसाना बनाएर प्रहरीले एक महिनादेखि जाँच बढाएको ती अधिकृतले बताए । ‘हाम्रो ड्युटी कि आगमन कक्षमा पर्छ, कि प्रस्थान कक्षमा । त्यहाँसम्म जाँच गराएरै जान्छौं,’ उनले कान्तिपुरसित भने, ‘पानी पिउन, पोसाक चेन्ज गर्न, भेटघाट गर्न एउटा कक्षबाट अर्को कक्षमा जाँदा पनि दुर्व्यवहार गर्ने तरिकाले शरीर खानतलासी लिएर प्रहरीले दुःख दिने क्रम बढ्दै गएको छ ।’ शुक्रबार अध्यागमन अधिकृतको परिचय दिँदादिँदै शरीर छाम्न आएका जवानले अपशब्द बोल्दै पहिले हात छाडेको कर्मचारीको आरोप छ । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले भने प्रहरीलाई हेप्दै मोक्तानले नै पहिले मुख र हात छाडेको दाबी गरे । ‘अधिकृत मोक्तानले एक साताअघि क्यानका कर्मचारी गोपाल घिमिरेलाई पनि कुटेका थिए,’ उनले भने, ‘भिजिट भिसामा विदेश मान्छे पठाएर कमाउने धन्दाको सेटिङ बन्द भएपछि कर्मचारी छटपटाएका छन् ।’ प्रहरीले पहिलेदेखि नै जाँच गर्दै आए पनि अध्यागमन अधिकृतहरूको कमाइ घट्न थालेपछि कहिले काम बन्द गर्ने कहिले लफडा गर्ने गरेको उनले बताए । ‘भिजिट भिसाबाट मान्छे विदेश पठाउन सेटिङका लागि मलाई ६० लाखको अफर आएको थियो । त्यो स्वीकार गरिनँ, उल्टो प्रहरीले कडाइ गर्न थाल्यो । कर्मचारी आक्रोशित हुँदै गए,’ डीआईजी ठकुरीले कान्तिपुरसँग भने । कर्मचारीहरूले भिजिट भिसा सेटिङमा दैनिक १ करोडसम्म उठाउने गरेको प्रहरीको दाबी छ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले प्रहरीले गरेको कामकारबाहीप्रति कर्मचारीको असन्तुष्टि नरहेको बताए । ‘अरू नै कारण घटना भएको हुन सक्छ । समितिको रिपोर्टमा कारण खुल्छ होला,’ उनले भने । महानिर्देशक तामाङले कर्मचारीलाई पनि छानबिन र अनुसन्धानमा ल्याएर प्रहरीले राम्रो काम गरेको जनाए । अनुसन्धानमा अध्यागमनका कर्मचारीले युवायुवतीसँग पैसा लिएर भिजिट भिसामार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको थियो । त्यसमा संलग्न केही अधिकृतमाथि मुद्दा दर्ता भएर प्रक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसपछि प्रहरीले अध्यागमनका कर्मचारीमाथि निगरानी बढाउन थालेको हो । कर्मचारीले पुस १८ गते काम रोकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका थिए । त्यसपछि माघ ९ मा गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी गृहमन्त्री श्रेष्ठले कार्यविधि जारी गरेका हुन् । पुरानो कार्यविधिमा भिजिट भिसामा विदेश जाने प्रावधानमा कडाइ गर्दा पैसाको चलखेल हुने गरेको गुनासो आएको थियो ।
News
6,125
भूमि आयोग खारेजविरुद्ध सर्वोच्चको अन्तरिम आदेश
भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्माको इजलासले शुक्रबार गरेको आदेशमा भएकोलाई खारेज गरी अर्को भूमि आयोग गठन गर्ने सरकारको काम हालका लागि अघि नबढाउन भनिएको छ ।
https://ekantipur.com/news/2024/04/12/interim-order-of-supreme-court-against-abolition-of-land-commission-26-25.html
काठमाडौँ — भूमि आयोगलाई खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्माको इजलासले शुक्रबार गरेको आदेशमा भएकोलाई खारेज गरी अर्को भूमि आयोग गठन गर्ने सरकारको काम हालका लागि अघि नबढाउन भनिएको छ ।‘सर्वोच्चको आदेशसँगै सरकारले पुराना पदाधिकारीलाई हटाउने निर्णण हालका लागि खारेज भएको छ,’ पदमुक्त गरिएका भूमि आयोगका पदाधिकारीका तर्फबाट परेको रिटमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘यसको अर्थ हो, मुद्दाको टुंगो नलागुञ्जेल अब उनीहरुलाई सरकारले छुन मिल्दैन ।’नयाँ समिकरण भएपछि बनेको सरकारले गत चैत ८ गते भूमि आयोगको केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो ।त्यस विरुद्ध सर्वोच्च गएका आयोगका पदाधिकारीका पक्षमा यसअघि सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसमाथिको सुनुवाइमा सर्वोच्चले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो ।
News
4,199
युरोपमा फेरिँदै नेपालीको हैसियत
मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।
https://gorkhapatraonline.com/news/89184
काठमाडौँ, मङ्सिर २९ गते । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ । उहाँको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, पूजासामग्रीलगायतको व्यापार राम्रै चलेको छ । यी सामान जर्मनी, इटालीलगायतका देशमा पनि निर्यात हुने गरेको छ । पढ्नकै लागि बेल्जियममा पुगेका म्याग्दीका जयप्रकाश भुसालको आफ्नै नेपाली होटल छ । अरूको काम गर्दा कहिले काम हुने, कहिले नहुने हुन्थ्यो तर निरन्तरको सङ्घर्षले सम्पूर्ण परिवारै बेल्जियममा बसेर व्यवसाय सञ्चालन गर्न सफल हुनुभयो । उहाँको होटलमा नेपाली खानासँगै चाइजिन, कन्टिनेन्टलका लागि विदेशीको आउजाउ राम्रै हुन्छ । धनगढीका सोमबहादुर थनेतलाई २० वर्षअघि ब्रसेल्स पुग्दा खान र बस्न धौ धौ थियो । नेपालमा पर्यटक गाइड भए पनि त्यहाँ त्यो सिपले काम नपाएपछि उहाँले ट्याक्सी चलाउन थाल्नुभयो । उहाँ सम्झनुहुन्छ, “त्यसको अनुमति लिनै कष्ट भयो, स्थायी कार्ड पाएपछि चलाउन पाएँ ।” अहिले उहाँ मात्र होइन उहाँका छोरी, छोरा उतै पढेर काममा व्यस्त छन् । छोराको जापानी खाना सुसीको रेस्टुरेन्ट छ । दाङका आशिष मगरको बेल्जियमको वेस्टान्डे सहरको समुद्री किनारमा कोसेली घर छ । पारिपट्टि बेलायत वारि बेल्जियम रहेको सो समुद्री किनार हरेक दिनजसो नै पर्यटकले भरिभराउ रहन्छ । नेपाली भने पर्यटकका रूपमा कहिलेकाहीँ मात्र देखिने गरेको उहाँ बताउनुहुन्छ । उहाँहरू जस्तै आयरल्यान्डका नवराज कोइराला त्यहाँको व्यावसायिक संस्थाको नेतृत्व लिने हैसियतमा पुग्नुभएको छ । लग्जम्बर्गका बालकृष्ण सापकोटा पनि व्यावसायिक पथमा अग्रसर हुनुहुन्छ । यी युरोपमा आफैँ व्यवसाय चलाउने केही प्रतिनिधि मात्र हुन् । पछिल्लो समय युरोपेली मुलुकमा नेपाली नागरिकको हैसियत फेरिँदै छ । पहिले काम गर्न समस्या पर्ने युरोपेली देशमा अहिले धेरै नेपाली उद्यमी, व्यवसायी र राम्रो ओहदामा कार्यरत छन् ।बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार युरोपमा पछिल्लो समय नेपालीको साख बढ्दै छ । बेल्जियमलगायतका देशमा अचेल नेपाली नागरिक कामदारबाट मालिक बन्ने लयमा अग्रसर छन् । त्यो देशकै लागि पनि राम्रो भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बेल्जियममा मात्र १० हजार नेपाली नागरिक छन् । तीमध्ये धेरै विद्यार्थी छन् । व्यावसायिक सफलता प्राप्त गरेका सात सय जना छन् । जसले त्यहाँ आफ्नै होटल व्यवसाय सञ्चालन गर्र्नुहुन्छ । विदेशी नागरिकलाई पनि रोजगारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अवसर बढ्दै छ । राम्रो पढेलेखेका नयाँ पुस्ताले युरोपका उच्च पदमा पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । तथापि युरोपका कडा नियम कानुनमा नेपाली बस्न नसक्दा चुनौती पनि उस्तै छ ।” गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटा युरोप वैदेशिक रोजगारीका लागि राम्रो हब बन्न थालेको बताउनुहुन्छ । युरोपमा पहिले अमेरिकी र युरोपेलीलाई मात्र राम्रो कामको अवसर हुन्थ्यो । एसियाली अझ नेपाल जस्तो सानो र गरिब मुलुकका पढेलेखेकै भए पनि भाँडा माझ्ने काम पनि दिइँदैन थियो । उहाँ भन्नुहुन्छ, “युरोप अहिले समृद्धिको यात्रामा भएकाले पनि होला सबैलाई समान देख्न थालेको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका नेपालीले युरोपका विभिन्न मुलुकका व्यापार व्यवसायमा ठुलो लगानी गरेका छन् ।” युरोप जाने दोब्बर हुँदै वैदेशिक रोजगार विभागको तथ्य हेर्ने हो भने पनि युरोपतिर नेपाली नागरिकको आकर्षण र पहुँच दुवै बढ्दै छ । गत आर्थिक वर्षमा मात्र पोल्यान्ड जान चार हजार ९१६ जनाले श्रम स्वीकृति लिएका थिए । त्यहाँ करिब १० हजार नेपाली रहेको अनुमान छ । त्यस्तै गत आर्थिक वर्ष साइप्रस जान चार हजार २२५, ओमान जान दुई हजार ७१६, बहराइन जान तीन हजार ६६२, माल्टा जान पाँच हजार ६०३, रोमानिया जान १३ हजार १३७, क्रोएसिया जान सात हजार १८७ जनाले श्रम स्वीकृति लिएका थिए।  वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो आँकडा यस वर्ष दोब्बरभन्दा बढी हुने सम्भावना छ । गत वर्ष युरोपमा ५० हजार जना वैदेशिक रोजगारीका लागि गएको रेकर्ड छ । यो वर्ष पाँच महिना नबित्दै २५ हजार जना नाघिसक्यो । नियमनमा कठिनाइ युरोपमा नेपाली दूतावास कम हुँदा नियमनमा भने कठिनाइ हुने गरेको छ । एउटै दूतावासले चारदेखि पाँचवटा मुलुक हेर्नुपर्दा समस्या आउने गरेको छ । सरकारले नेपालीको सङ्ख्या ह्वात्तै बढेर ६० हजार पुगेको पोर्चुगलमा दूतावास राख्ने तयारी गरेको छ । अझै रोमानिया, क्रोएसिया, पोल्यान्डमा पनि दूतावाससँगै श्रम सहचारी राख्नैपर्ने देखिएको विभागका निर्देशक उप्रेती बताउनुहुन्छ । अनलाइन प्रणाली नियमन गर्न नसक्दा कहिलेकाहीँ व्यक्तिगत रूपमा गएकाको कागज नै किर्ते भएको हुन सक्ने, वैदेशिक रोजगार कम्पनीको आधिकारिकता जाँच्न नसकिने, विदेश पुगेकालाई अद्यागमन, श्रमलगायतका जानकारी पु¥याउन नसकिने समस्या देखिन्छ।     
News
52,303
देउसी भैलीको मौलिकपन जोगाउनै मुश्किल
लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।
https://gorkhapatraonline.com/news/42635
काठमाडौं, कात्तिक ९ गते । लक्ष्मीपूजाको दिन भैली र गोवर्द्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आँगनभरि घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ । सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवर्द्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पीरतिका गीत, पप, र्‍याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ ।कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो फेसबुक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राख्नुभएको छ । त्यो देउसी गीतमा भनिएको छ, “कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।”पोखरामा मात्र होइन । राजधानी काठमाडौं, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ ।धार्मिक तथा संस्कृतिविद् डा. गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । “तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो” उहाँले भन्नुभयो, “अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो त्यो तिहारको संस्कृति होइन ।” तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उहाँको भनाइ छ । सांस्कृति विचलन देखियोः  डा टन्डनधार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । “धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले” सांस्कृतिविद् डा. टन्डनले थप्नुभयो,“एतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।” तिहार अर्थात् यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उहाँको बुझाइ छ । तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् ।  देउसी भैलीको एतिहासिक पक्षदेउसीभैली भन्ने वित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ जानुभयो ।राजा बलिले तिमी यति सानो मान्छे किन भिक्षा मागेर हिँड्छौं । मेरो आधी राज्य दिन्छु यहीं बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाइ यत्रो राज्य के गर्नु ? बरु मलाई तीन पाइला जमिन दिनुहोस् । त्यति भए मलाई पुग्छ भन्नुभयो । राजा बलिले हुन्छ भने । भगवान् विष्णुले आफ्नो विराट रुप धारण गरी एक पाइला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाइला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन । भगवान् विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोध्नुभयो । बलिराजाले कहीं ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस् भनेर भन्नुभयो । भगवान विष्णुले देउ शिर भन्नुभयो । एउटा पाइला शिरमा राख्नुभयो । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा सांस्कृतिविद् डा. टन्डनका अनुसार सुरुमा देस शिर भनिएपछि यसैलाई खुसियालीमा रुपमा देउसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा एेतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृति परम्परालाई भुल्दै गएको देखिन्छ ।
News
33,588
उद्योगमा छ घण्टा ‘लाइट लोड’
सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो ।
https://gorkhapatraonline.com/news/55079
नवराज कट्टेलविराटनगर, फागुन ९ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोडसेडिङ गर्नुपर्ने स्थिति नभए पनि ठूला उद्योगमा ‘लाइट लोड’ गरिएको छ । बिहान र साँझ उद्योगलाई दुई घण्टा ‘लाइट लोड’मा रहन भनिएको खड्काले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण दुहबी शाखाका प्रबन्धक राजेश रेग्मीले भारतको कटौयाबाट आइरहेको ११५ मेघावाट विद्युत् तीन महिनायता अवरोध हुने गरेको जानकारी दिनुभयो । यसैका कारण पूर्वका उद्योगमा विद्युत् आपूर्ति समस्या समाधान हुन नसकिरहेको रेग्मीको दाबी छ । कटैया प्रसारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चैया प्रसारण लाइनबाट दुई सय मेगावाट विद्युत् पूर्व आइरहेको छ । यसैबाट लहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसीपूर्व ११५ मेगावाट विद्युत् आउने गरे पनि काबेली जलविद्युत् आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।भारतको कटैयाबाट आपूर्ति हुने विद्युत् तीन महिनायता अवरोध भएपछि कोरिडोरका ठूला उद्योगलाई समस्या परेको छ । उद्योगीले अघोषित लोडसेडिङ हुँदै आएकाले उत्पादनमा समस्या भइरहेको गुनासो गरेका छन् ।विद्युत् आपूर्तिमा समस्या हुँदा त्यसको मार प्लास्टिक, स्टिल र सिमेन्ट उद्योगमा धेरै पर्ने गरेको छ । कोरिडोरमा यी तीन प्रकारका उद्योगले धेरै विद्युत् खपत गर्ने गरेका छन् । कच्चा प्रशोधनका क्रममा विद्युत् आपूर्ति अकस्मात् रोकिए घानीको वस्तु स्क्रापमा परिणत हुने दाबी छ । लोटस इन्डस्ट्रिजका सञ्चालक एवं उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले विद्युत् अवरोधको कुनै निश्चित समय नहुँदा मार खेप्नु परेको गुनासो गर्नुभयो । प्राधिकरणले विद्युत् अवरोधको सेड्युल नदिएका कारण चल्दाचल्दै गरेका मेसिन रोकिने अवस्था आएको उद्योगी राठीको भनाइ छ । राठीले विद्युत् नियमित हुन नसक्ने स्थिति देखिए उत्पादन कटौतीको अवस्थामा जानुपर्ने बताउनुभयो । अहिले विद्युत् नआउने क्रम बढेपछि प्लास्टिकजन्य कच्चा पदार्थ घानीमा लगाउनुअघि प्राधिकरणसँग बुझ्नुपर्ने स्थिति आएको राठीको दाबी छ । प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले दैनिक बिहान र बेलुका छ घण्टासम्म विद्युत् अवरोध खेप्नु परेको गुनासो गर्नुभयो तर प्राधिकरणले भने समय तालिकाअनुसारको आपूर्ति प्रणालीमा अवरोध नभएको दाबी गरेको छ । मेन्टिङमा आधारित स्टिल उद्योगलाई कच्चा पदार्थ प्रशोधनमा समस्या भइरहेको गुनासो छ । कोरिडोरका प्रिमियर, पशुपति र स्वस्तिक उद्योग मेल्टिङमा आधारित छन् । प्राधिकरणले समय निश्चित गरेर विद्युत् कटौती गर्नुपर्ने माग उद्योगीको छ । निश्चित समय तालिका दिए त्यसले उद्योगका उत्पादनदेखि व्यवस्थापनसम्मलाई सहज बनाउने धारणा उद्योगीको छ ।
News
38,959
अफगान द्वन्द्व: अमेरिकासँग सम्झौता गरेको तालिबानले अब के गर्ला
अमेरिकी, अफगानी र तालिबान अधिकारीहरूले शनिवार दोहामा भएको सम्झौतामा हस्ताक्षर गरिरहँदा चलाखीपूर्वक त्यसलाई 'शान्ति सम्झौता' भनेका छैनन्।
https://www.bbc.com/nepali/news-51694584
तर अफगानिस्तानमा उक्त सम्झौतामा हस्ताक्षरको बाटो खोल्ने गरी भएको आंशिक युद्धविरामसँगै त्यसलाई लिएर सावधानीपूर्वक आशा पलाएको देखिन्छ। यहाँसम्म हामी कसरी पुग्यौँ? र किन यत्तिका समय लग्यो? अफगान युद्धमा वर्षौँदेखि एक किसिमको गतिरोध जस्तो अवस्था थियो किनभने तालिबानीहरूले थप क्षेत्रहरू कब्जा गरिरहेका वा आफ्नो नियन्त्रणमा आइरहेको दाबी गरिरहेका थिए। तर उनीहरूले मुख्य शहरी क्षेत्रमा आफ्नो पकड वा नियन्त्रण जमाउन सकेका थिएनन्। त्यही भएर उक्त समूहको नेतृत्व र संयुक्त राज्य अमेरिका दुवैले सैन्य शक्तिबाट एकले अर्कालाई पराजित गर्न सक्ने अवस्था नरहेको आत्मसाथ गर्ने क्रम बढ्दै गएको थियो। राष्ट्रपति ट्रम्प त्यहाँबाट अमेरिकी सेना फिर्ता गर्ने बारेमा प्रष्ट थिए। वार्ता सुरु हुने वातावरण सन् २०१८ मा अमेरिकाले लामो समयदेखिको आफ्नो नीतिमा पुनर्विचार गरेपछि बनेको थियो। त्यसबेला अमेरिकाले तालिबानले सुरुमा अफगान सरकारसँग वार्ता गर्नुपर्ने धारणा छाडेको थियो। विद्रोहीहरूले अफगान सरकारलाई अवैधानिक बताउने गरेका छन्। चासो त्यसको साटो अमेरिकी अधिकारीहरू सिधै तालिबानसँग उनीहरूका मुख्य माग—देशभित्र रहेका विदेशी सैनिकहरूको फिर्ती—बारे छलफल गर्न वार्तामा बसे। यी वार्ताहरूको परिणाम स्वरूप शनिबार सम्झौतामा हस्ताक्षर भएको हो जसमा सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैन्य कारबाही गर्नुको कारण रहेको अलकायदा समूहसँगको तालिबानको सम्बन्धबारेको अमेरिकी चासोलाई सम्बोधन गरिने भनिएको छ। नयाँ सम्झौताले विद्रोहीहरू र अफगान राजनीतिकर्मी अनि सरकारी अधिकारीहरूबीच नयाँ चरणको वार्ताहरूको ढोका खोल्नेछ। तर ती वार्ताहरू चूनौतीपूर्ण हुने ठानिन्छ। र वार्ताको माध्यमबाट तालिबानले राख्ने गरेको 'इस्लामिक एमिरेट' को अवधारणा र सन् २००१ यता स्थापित आधुनिक लोकतान्त्रिक अफगानिस्तानबीच मिलनबिन्दु खोज्नुपर्ने हुन्छ। महिला अधिकारको विषयलाई त्यसले कसरी सम्बोधन गर्छ? तालिबानले लोकतन्त्रका बारेमा कस्तो अडान राख्ला? यी प्रश्नहरूको जवाफ अफगान शक्तिहरूबीचको वार्ता सुरु भएछि मात्रै प्राप्त हुनेछन्। चिन्ता तर अहिलेसम्म तालिबानहरूले शायद जानेरै अस्पष्ट कुरा गरिरहेका थिए। अझै पनि वार्ता सुरु हुनुअगावै अवरोधहरू आउने सम्भावना छन्। तालिबानीहरूले वार्ता सुरु हुनु अघि आफ्ना पाँच हजार बन्दी रिहा हुनुपर्ने माग गरिरहेका छन्। अफगान सरकार ती बन्दीहरूलाई तालिबानलाई युद्धविरामका लागि सहमत गराउने लेनदेनको विषय बनाउन चाहन्छ। त्यसबाहेक राष्ट्रपतीय चुनावको परिणामका बारेमा चलिरहेको राजनीतिक विवाद मत्थर भइसकेको छैन। राष्ट्रपति असरफ गनीका प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्। राजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चाहेजस्तो समावेशी किसिमको वार्ता टोली तालिबानीको तर्फबाट बनाउन थप कठिन देखिन्छ। एक जना अफगानी अधिकारी अफगानी पक्षहरूबीचको वार्ता वर्षौँसम्म चल्नसक्ने बताउँछन्। तर अमेरिकाले यदि तालिबानले आफूले पालना गर्नुपर्ने सहमति कार्यान्वयन गरे सबै फौज १४ महिनाभित्र फिर्ता गर्ने सङ्केत दिएको छ। तर ठोस समाधान ननिस्किए अमेरिकाले उक्त समयसीमा पछि के गर्छ भन्ने अहिले नै प्रष्ट भइसकेको छैन्। अफगानी अधिकारीहरूले सैन्य फिर्ती 'सर्सत' भएकोमा जोड दिइरहेका छन्। तर एक जना कूटनीतिज्ञले अफगानी पक्षहरूबीचको वार्ताको समापन नभई सुरुवातालाई मात्रै सर्त मानिएको बीबीसीलाई बताए। उनले यदि अमेरिकाले सैनिक फिर्ता गरेको अवस्थामा तालिबानीहरूले लडाइँलाई निरन्तरता दिए अफगान फौजहरू एकदमै कमजोर अवस्थामा हुने चिन्ता व्यक्त गरे। अन्य विश्लेषकहरूले तालिबानले अहिलेको सम्झौतालाई विजयका रूपमा आफ्ना समर्थक सामु प्रस्तुत गरिरहेको भन्दै उनीहरू लेनदेनको मनस्थितिमा नदेखिएको टिप्पणी गरिरहेका छन्। तर उनीहरूले अन्तर्राष्ट्रिय वैधानिकता र मान्यताको खोजी गरिरहेको देखिन्छ। दोहामा भव्य हस्ताक्षर समारोहले उनीहरूलाई आफूले खोजेको कुरा दिए जस्तो जस्तो देखिन्छ र उनीहरूले आफ्नो उद्देश्य प्राप्त गर्ने सबै भन्दा ठूलो अवसर वार्ताले दिने ठान्नसक्छन्। तर उल्लेख्य मात्रामा हिंसाको कमी तत्कालकै भएपनि साधारण अफगानीहरूको प्राथमिकताको विषय बनेको छ। जब न्यायो बसन्त याम सुरू हुनेछ, त्यसबेला विगत जस्तो यसपालि पनि लडाइँको याम सुरु हुन्छ हुँदैन भन्ने थाहा भइहाल्नेछ।
Others
68,520
इन्डोनेशिया कोमोडो ड्र्यागन: विशाल छेपारो र मान्छे बस्ने टापुको कथा
इन्डोनेशियाको कोमोडो टापुमा बसोबास गर्ने ड्र्यागनहरूको चोरी शिकारी बढ्न थालेपछि तिनलाई जोगाउन गाउँलेलाई अन्यत्र सार्ने योजना स्थानीय सरकारले अगाडि सारेको छ।
https://www.bbc.com/nepali/news-49084646
स्थानीय अधिकारीहरूले कोमोडो टापु आगामी वर्ष बन्द गर्ने योजना बनाएका छन्। गत मार्चमा तस्करको सञ्जालले ४१ वटा कोनोडो ड्र्यागन विदेशमा बेचेपछि सरकारको यो योजना अगाडि आएको हो। तस्करहरूले एउटा ड्र्यागनको ३५ हजार अमेरिकी डलरमा बेचेको बताइएको छ। अधिकारीहरूले टापुलाई पर्यटकका लागि मात्र बन्द गर्न खोजेको होइन। पुस्तौँदेखि कोमोडो ड्र्यागनसँग बसोबास गर्दै आएका गाउँलेलाई पनि त्यहाँबाट निकाल्न खोजिरहेको छ। हेर्नुहोस् एउटा भिडिओ - अनि यो पनि नेपालमा चिम्पान्जी तस्कर पक्राउ
Others
63,894
अन्तरस्कुल बास्केटबलमा एन्जल्स हार्ट विजयी  
आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।
https://ekantipur.com/sports/2024/06/17/angels-heart-wins-interscholastic-basketball-27-39.html
काठमाडौँ — आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले हिमरश्मिलाई ४३–२६ स्कोरले पराजित गर्‍यो । विजेताका रुपेश डंगोलले ११ स्कोर जोडे ।जुनियर ब्वाइजमै सेबले एन्जल्स हार्ट ‘बी’ लाई ३०–२४, ग्रिनफिल्डले न्युटनलाई २८–२१ र जीवन ज्योतिले एन्जल्स हार्ट ‘बी’ लाई १५–७ ले हराए । सेबका जीवन खत्रीले १४, ग्रिनफिल्डका दिपेश तामाङले ११ र जीवन ज्योतिका विजय मगरले ६ स्कोर गरे ।सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले ल्यान्डमार्कलाई ४५–२५ र ग्रिनल्यान्डलाई ५२–४२, भ्याली पब्लिक ‘बी’ ले टीआईएलाई १९–१५, एन्जल्स हार्टले जेबीलाई २२–१७ र हिमरश्मिले न्युटनलाई २०–१० स्कोरले हराए । भ्याली पब्लिकका ल्यान्डमार्कविरुद्ध लोरिसा गौचनले १६ र ग्रिनल्यान्डविरुद्ध एन्जल गुप्ताले २४ स्कोर बटुले । भ्याली पब्लिककी दृश्य गुरुङले १०, एन्जल्स हार्टकी निकिसा बस्नेतले ७ र हिमरश्मिकी निमा तामाङले ८ स्कोर जोडे ।जुनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्समा १३ टिमको सहभागिता रहेको एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाए ।
Sports
13,274
स्टर्लिङ चितवन टाइगर्समा निरन्तर
पाउल स्टर्लिङले लगातार दोस्रो वर्ष चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने भएका छन् । चितवनले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् ।
https://ekantipur.com/sports/2020/02/10/158134176581844792.html
काठमाडौँ — पाउल स्टर्लिङले लगातार दोस्रो वर्ष चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने भएका छन् । चितवनले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् ।यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवंम विकेटकिपर मोहम्मद सहजादलाई लिइसकेका छ ।गत वर्ष चितवन ईपीएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भुमिका खेलेको थियो । त्यसले यसपटक पनि निरन्तर उनीसँग जोडिन पाउदा निकै गर्व महसुस गरिरहेको चितवन टाइगर्सका निर्देशक विनिता चौधरीले जनाएकी छिन् । स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन् । गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४ रनको विजय दिलाउन ठूलो भूमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको मद्दतमा ९५ रन बनाएका थिए ।२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ट्वेन्टी २० मा २ हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १ सय ४० रहेको छ । स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टि १० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन् ।
Sports
25,681
लिभरपुल शीर्ष चारमा
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बुधबार बर्नलीलाई सजिलै ३–० ले हराउँदै शीर्ष चारमा प्रवेश गरेको छ । यो जितपछि लिभरपुलको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बन्यो । 
https://ekantipur.com/sports/2021/05/20/162147247267862183.html
लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बुधबार बर्नलीलाई सजिलै ३–० ले हराउँदै शीर्ष चारमा प्रवेश गरेको छ । यो जितपछि लिभरपुलको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बन्यो । उसका लागि रोबर्टो फिरमिनो, नथाएल फिलिप्स र एलेक्स अक्सलेड च्याम्बरलिनले गोल गरे । यो जितपछि लिभरपुलको ६६ अंक भएको छ । लेस्टर सिटीको पनि समान ६६ अंक छ तर गोल अन्तरले पाँचौं स्थानमा झरेको छ ।चेल्सी भने ६७ अंकसाथ तेस्रो स्थानमा छ । यस्तै एस्टन भिल्लाले टोटनहमलाई २–१ र आर्सनलले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरे । बुधबारकै अन्य खेलमा एभरटनले उल्भ्सलाई १–०, न्युकासलले सेफिल्डलाई १–० र वेस्ट ह्यामले वेस्ट ब्रुमलाई ३–१ ले हराए ।
Sports
23,047
एसईई आजदेखि, ५ लाख परीक्षार्थी
यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 
https://ekantipur.com/Education/2024/03/28/see-from-today-5-lakh-examinees-25-21.html
काठमाडौँ — यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै छन् । उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो । त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।चैत २७ सम्म हुने परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ । २०७६ मा परिवर्तन भएको विद्यालय तहको पाठ्क्रयमअनुसार यसपालि एसईईमा सहभागी हुने विद्यार्थी पहिलो ब्याचका हुन् । परीक्षाको मूल्यांकन र नतिजा प्रकाशनमा पनि यो वर्षदेखि नयाँ लेटर ग्रेडिङ लागू हुँदै छ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको जोडेर ३५ अंक ल्याए विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अब सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको छ । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णांकको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् । कक्षा १२ को परीक्षाको मूल्यांकन र नतिजामा उक्त पद्धति २०७८ देखि नै लागू हुँदै आएको छ । जसमा करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्न सफल छन् ।नयाँ पाठ्यक्रम भए पनि विद्यार्थीले धेरै पटक यस्तै प्रकृतिका परीक्षा दिएका कारण सामान्य रूपमा लिनुपर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । बोर्डले परीक्षालाई मर्यादित, स्वच्छ, व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालाहरूसँग अपिलसमेत गरेको छ । ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी, कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ५ सय ५ जना जनशक्ति परिचालन हुँदै छन् । परीक्षाको व्यवस्थापन प्रदेश सरकार र ७७ वटै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिले गरेका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जनाए । परीक्षामा खटिने केन्द्राध्यक्षसहितका जनशक्तिलाई अभिमुखीकरण गरेर एक साताअघि नै प्रश्नपत्र, उत्तरपुस्तिकालगायत सामग्री परीक्षा केन्द्रनजिकको प्रहरी कार्यालयमा पुर्‍याइएको उनले जनाए । विद्यार्थीलाई बुधबार प्रवेश पत्रसमेत वितरण गरिसकिएको छ । अनिवार्य विषयका प्रश्नपत्र ७ वटै प्रदेशमा फरक/फरक हुनेछन् ।
Education
12,124
बायर्नले जित्यो छैटौं पल्ट च्याम्पियन्स लिग
जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।
https://ekantipur.com/sports/2020/08/24/15982275475817434.html
लिस्बन — जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ ।बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो । तस्बिरहरु : रोयटर्स
Sports
24,698
अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।
https://gorkhapatraonline.com/news/98593
फिक्कल (इलाम),  फागुन २१ गते ।  अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए ।  अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल ९कुचो० अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ । माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारीे घरैसम्म आएका र  सस्तो मूल्यमा कुचो बेच्न  बाध्य भएको बताउनुभयो । “गत वर्ष यामको सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कुचो बेचेको थिएँ, पछि रु एक सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो”, उहाँले भन्नुभयो, “यस्तै तरिका हो भने घरव्यवहार चलाउन नै मुस्किल गर्ने रहेछ ।”मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अम्रिसोको खेतीमा लागेका किसान मारमा परेको किसान अभिषेक येक्तेनले बताउनुभयो । विगतमा राम्रो मूल्य पाएपछि किसानले हौसिएर अम्रिसो खेती गरेको भए पनि अहिले निराशा छाएको उहाँले गुनसो गर्नुभयो । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उहाँले भन्नुभयो, “मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”यसरी मूल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउनुभयो । “दुई÷तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो”, उहाँले भन्नुभयो, “हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा समेत अम्रिसो लगाइयो, अहिले समस्या भयो । समय फेरियो अब फेरि अम्रिसोको विकल्पमा अरु बाली लगाउनुपर्ने अवस्था छ ।”भिरालो पाखोबारीमा समेत भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाको अम्रिसो खेती गरिन्छ । अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन् । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।किसानले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोग हुने र फूल (कुचो) छुट्टाछुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन् । दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने गरेकै कारण किसानले प्रसस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् । यस वर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो किनबेच भए पनि अहिले मूल्यमा झनै गिरावट आएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय अम्रिसो किसानमा निराशा छाएको उहाँले बताउनुभयो । “मूल्यमा आउने उतावचढावका कारण अम्रिसो किसानमा निराशा छन्”, उहाँले भन्नुभयो, “मूल्य घटेका कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले नीति बनाएर किसानलाई उत्पादनका आधारमा सहुलियतपूर्ण कर्जा दिनमा ध्यान दिन किसानमा उत्साह थपिने थियो ।”इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ । रासस
News
35,277
आजकै दिन : तेन्दुलकरको दोहोरो शतक
सन् २०१० मा आजकै दिन (फेब्रुअरी २४) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाएका थिए ।
https://ekantipur.com/sports/2023/02/24/167720471746573129.html
काठमाडौँ — सन् २०१० मा आजकै दिन (फेब्रुअरी २४) मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाएका थिए ।दक्षिण अफ्रिकाविरुद्ध ग्वालियरमा भएको खेलमा तेन्दुलकरले १४७ बल खेल्दै नटआउट २ सय रन बनाएका थिए । त्यसक्रममा उनले २५ चौका र ३ छक्का बनाएका थिए । उक्त खेलमा भारतले ५० ओभरमा ३ विकेट गुमाएर ४ सय १ रन बनाएको थियो । त्यसयता भने दुई महिलासहित १० खेलाडीले एकदिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । उनीहरू रोहित शर्मा (तीनपटक), मार्टिन गुप्टिल, अमेलिया केर, बेलिन्दा क्लार्क, वीरेन्द्र सहवाग, क्रिस गेल, फखर जमान, इशन किशन, शुबम गिलले दोहोरो शतक बनाइसकेका छन् । एकदिवसीयमा दोहोरो शतक बनाउने सबैभन्दा धेरै खेलाडी भारतका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहित शर्माले हालसम्मकै ठूलो व्यक्तिगत स्कोर बनाएका छन् । सन् २०१४ मा श्रीलंकाविरुद्धको खेलमा उनले २ सय ६४ रन बनाएका थिए । त्यसका लागि उनले कोलकातास्थित इडेन गार्डेन रंगशालामा १ सय ७३ बल खेलेका थिए । पहिलो दोहोरो शतक बनाउने महिला खेलाडी भने बेलिन्दा क्लार्क हुन् । सन् १९९७ मा डेनमार्कविरुद्धको खेलमा उनले नटआउट २ सय २९ रन बनाएकी थिइन् ।
Sports
18,277
हृयाण्डबलको उपाधि आर्मीलाई
दोस्रो मिनी गिरी राष्ट्रिय हृयाण्डबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । शनिबार जनकपुरमा सम्पन फाइनलमा पुरुषतर्फ र महिलातर्फका दुवै खेल विभागीय आर्मीले जितेको हो । 
https://ekantipur.com/sports/2020/02/22/158237857541973253.html
धनुषा — दोस्रो मिनी गिरी राष्ट्रिय हृयाण्डबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । शनिबार जनकपुरमा सम्पन फाइनलमा पुरुषतर्फ र महिलातर्फका दुवै खेल विभागीय आर्मीले जितेको हो । पुरुषतर्फको फाइनल खेलमा आर्मीले काठमाडौंलाई २७–२५ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो । जितसँगै आर्मीले नगद ५१ हजार, उपविजेता काठमाडौंले ३१ हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरे । उदयपुरलाई पराजित गर्दै विभागीय सशस्त्रले तेस्रो भयो । उत्कृष्ट गोलरक्षक काठमाडौंका शरुणमान श्रेष्ठ बने । आर्मीका श्रीबहादुर रिजाल उत्कृष्ट खेलाडी बने । उनीहरु दुवैलाई जनही ५ हजार १ सय नगद र ट्रफि प्रदान गरिएको थियो । महिलातर्फको खेलमा आर्मीले सशस्त्रलाई २४–१८ गोल अन्तरले पराजित गर्दै उपाधी जित्यो । आर्मीकी देवकुमारी बाँस्कोटा उत्कृष्ट गोलरक्षक र कविता राई उत्कृष्ट खेलाडी बने । जिल्ला हृयाण्डबल संघ धनुषाले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूल नाराका साथ जनकपुरमा आयोजना गरेको प्रतियोगितामा ९ वटा टिम सहभागी भएका थिए ।
Sports
25,590
महिनाभर मनाउने पर्व : गुँलाधर्म
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
https://gorkhapatraonline.com/news/71327
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ ।‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ । गुँला कहिलेबाट सुरु भएको भन्ने यकिन नभए पनि भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको हो । उनैबाट चैत्यसेवाको पनि प्रारम्भ भएको थियो र पछि यसले नै गुँलापर्वको रूपमा लिएको भनाइ रहेको पाइन्छ ।यस्तै प्राचीन कालमा काठमाडौँ उपत्यका नागदह नामले प्रसिद्ध थियो, जुन नागदहमा चैत्र शुक्ल पूर्णिमाको दिन विपश्वी बुद्धले कमलको बीज रोपेका थिए, त्यसैबाट कमल उत्पत्ति भई त्यस कमलबाट स्वयम्भूको ज्योति प्रादुर्भाव भयो भन्ने कुरा वंशावलीमा उल्लेख छ । उक्त कमलको बीजबाट अङ्कुर पलाएको गठेमङ्गलको दिन मानिन्छ । त्यसैले गठेमङ्गललगत्तै स्वयम्भू महाचैत्यमा गुँलाधर्मको मेला लाग्छ । यो अङ्कुर एक महिनापछि जलको माथिल्लो सतहमा प्रादुर्भाव भएको हुनाले एक महिनासम्म त्यस स्वयम्भू स्थानमा मेला रहन्छ ।  हरेक दिन बिहान बाजागाजाका साथ बौद्ध धर्मावलम्बी विशेष गरी काठमाडौँस्थित भित्री टोलका शाक्य, वज्राचार्य, मानन्धर, कंसाकार र महर्जन समुदायका गुँला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भूलगायत बहाबहीहरू परिक्रमा गर्ने गर्छन् । संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार गुँलापर्वमा बौद्ध स्तूपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवान्को ध्यान गर्ने परम्परा छ, दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको बताउनुहुन्छ । गुँलामा शृङ्गभेरी अर्थात् सिङ बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ । शृङ्गभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा शृङ्ग बाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ । शृङ्गभेरी अर्थात् सिङ बाजा फुकाउने चलनबारे एक किंवदन्ती यस्तो रहेको छ– ब्राह्मण कुलमा जन्मिएकी रूपवती एक दिन जङ्गलमा भैँसी चराउन पुगिन् । यसै क्रममा भैँसी भीरबाट खसेर मरकाले  उनी भैँसी मरेको दुःखका रुँदै बसिरहेकी थिइन् । त्यहाँ रूपवतीलाई देखेर बोधिसत्व प्रकट भएर हेर्दा रूपवती पूर्वजन्ममा रानी थिइन् भने भैँसी पूर्वजन्ममा रूपवतीको लोग्ने राजा भएको बताउँछन् । पूर्वजन्ममा पापकर्म गरेको कारण भैँसीको जूनी भएर जन्म लिएको हुनाले बोधिसत्वले भने, उदार गर्ने भए भैँसीको सबै हड्डीहरू राखेर एउटा चैत्य बनाई एउटा सिङ फुकाउने र अर्का सिङमा २१ दिनसम्म जल राखेर सो जल निर्माण गरेको चैत्यमा चढाएमा पूर्वजन्ममा तिम्रो लोग्ने राजाले गरेको पापमुक्त हुन्छ भनेपछि रूपवतीले गुँला अवधिभर सिङ फुकेर यसका साथसाथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्ने परम्परा सुरु भएको कथन रहेको पाइन्छ । यस अवसरमा बजाइने विशेष गुँलाबाजा धाः यस पर्वसँग सम्बन्धित रहेको देखिन्छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तुमा गुँला बाजा बजाउने चलन थियो । जुन गुँला बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो भन्ने भनाइ छ । पछि शाक्य गणराज्यको पतन भएपछि शाक्य र कोलियाहरू काठमाडौँ उपत्यकामा आई बसोबास गरेपछि यहाँ पनि बहाबहीमा यही गुँला बाजा बजाउने परम्परा रह्यो । जुन चलन यद्यपि छँदैछ ।यस गुँलाभरी स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमालाई पनि विशेष रूपले पूजा गर्ने गरिन्छ । यससम्बन्धी एउटा जनश्रुति अनुसार प्राचीनकालमा हारती अजिमाले १०८ जना सन्तान बच्चा पाल्नका लागि अरू मानिसहरूको बच्चा चोरेर खाने गर्दै आएको रहेछ । बच्चा हराएकाहरू रोइकराई गरेका आमाबाबुहरूको दुःख हेर्न नसकेर बुद्ध भगवान्ले अजिमाका सबै बच्चाहरू गुँला अवधिभर लुकाइदिए । पछि अजिमाले थाहा पाएर भगवान् बुद्धसँग बिन्तीभाव गरी अजिमाले आफ्नो बच्चाहरू फिर्ता मागे । भगवान् बुद्धले भने आफ्नो सन्तानको कति माया हुँदोरहेछ, यस्तै अरूलाई पनि आफ्नो सन्तानको उतिकै माया हुन्छ भनेपछि अब उप्रान्त अन्य अरू कसैका बच्चाहरूको उद्धार गर्ने वचनबद्धता गराएर अजिमालाई मनपर्ने छ जना मात्र बच्चा फिर्ता दिई बाँकी बच्चा अजिमाको मन्दिर अगाडि रहेको मण्डपमा गाडेर छोपिदिए । त्यसबेलादेखि हारती अजिमाले सबै बच्चाहरूको हेरचाह रक्षा गर्दै आइरहेको भनिन्छ । सोही बेलादेखि हारतीमातालाई पूजा गर्ने बेलामा १०८ जना बच्चालाई पनि खुवाउने हिसाबले मन्दिर अगाडिको मण्डपमा पनि एक प्रकारको खानेकुरा चढाएर पूजा गर्दै आइरहेको भनाइ रहेको पाइन्छ ।गुँला अवधिका विशेष दिनमा विशेष ठाउँमा घुम्ने गर्दछन्, नागपञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमामा पाटनको बगलामुखी साथै कृष्ण जन्माष्टमीमा काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभाभगवती, मरुगणेश, जनबहालस्थित सेतो मत्स्येन्द्रनाथ परिक्रमा गरिने चलन छ । त्यस्तै भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवताघर, दत्रात्रय, पाँचतले मन्दिर, कमलविनायक परिक्रमा गरिने परम्परा छ । भने गुँलाको अन्तिम दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुँदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने पनि परम्परा छ । गुँला काठमाडौँका बौद्धमार्गीहरूले मात्र नभई नेवाः बस्ती भएको भिन्नभिन्न स्थानमा भएका बौद्धमार्गीहरूले पनि गुँलापर्व मनाउँदै आइरहेका छन् जस्तै, पाटन, भक्तपुर, कीर्तिपुर, ठिमी, बुङ्मती, साँखु, चाबहिलमा पनि हर्षोलासका साथ मनाइन्छ भने यस गुँला अवधिभर अन्य महिनाको भन्दा धेरै चाडपर्वहरू जोडिएको पाइन्छ । जस्तै अष्टमीमा– नागपञ्चमी, यलपञ्चदान, पूर्णिमामा– गुंपुन्हि (क्वाटी पूर्णिमा), कुम्भेश्वर मेला, गाईजात्रालगायत दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशेऔँसी (बुबाको मुख हेर्ने) यसै गुँला मेलाभित्र पर्छ ।गुँला समाप्तिका दिन हर्ष उमङ्गका साथ भोज खाने चलन छ यस भोजलाई पारु भोज पनि भनिन्छ । यसरी महिना दिनको गुँलाधर्म पर्व समापन गरिन्छ ।  
News
33,026
वैभवशाली अखण्ड नेपाल
भारत सरकारले नयाँ निर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । यसमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कूटनीतिक चातुर्यतासहित ऊर्जालगायतका क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको चर्चासँगै उहाँको भारत भ्रमणको बेलामा यस्तो नक्सा राखिनुले दुई देशबिचका दौत्य सम्बन्धका विविध आयामबारे ऐतिहासिकता र प्रामाणिक तथ्य सार्वजनिक भएका छन् ।
https://gorkhapatraonline.com/news/67248
भारत सरकारले नयाँ निर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । यसमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कूटनीतिक चातुर्यतासहित ऊर्जालगायतका क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको चर्चासँगै उहाँको भारत भ्रमणको बेलामा यस्तो नक्सा राखिनुले दुई देशबिचका दौत्य सम्बन्धका विविध आयामबारे ऐतिहासिकता र प्रामाणिक तथ्य सार्वजनिक भएका छन् । भारत सरकारले राखेको सो नक्सा कुनै पनि हिसाबले प्रामाणिक भौगोलिक तथ्यमा आधारित छैन । या मनोगत तथा कपोलकल्पित अखण्ड भारतको नक्सा हो । यो बौद्ध, वैदिक, पुराण जस्तो पौराणिक कालमा समेत कतै उल्लेख छैनन् । पौराणिक समयमा नेपाललगायत छिमेकी देश भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, म्यान्मार र श्रीलङ्का छुट्टै नामले परिचित थिए । यो सांस्कृतिक वा धार्मिक सर्किट जनाउने नक्सा हो भने पनि प्रमाणसहित भारत सरकारले विस्तृत अध्ययन गर्न जरुरी छ ।दक्षिण एसियाको प्राचीन नाम ‘जम्बुद्वीप’‘भारत’ शब्द ‘महाभारत’ महाकाव्यमा उल्लेख भएको पाइन्छ तर त्योभन्दा पौराणिक बुद्धकालमा भारत शब्द उच्चारण भएको पाइँदैन । इसापूर्व ६०० बुद्धकालमा हालको भारतलगायत पाकिस्तान (गान्धार), बङ्गलादेश (वङ्ग देश), अफगानिस्तान (कम्बोज), म्यान्मार (मरम्मरट्ठ),  श्रीलङ्का (तम्बपन्नि), थाइल्यान्ड (सुवन्नभूमि) सहितको सम्पूर्ण दक्षिण एसियाको भूभाग ‘जम्बुद्वीप’ नामले कहलिन्थ्यो ।बुद्धकालीन जम्बुद्वीपमा विभिन्न प्रमुख राज्यहरू ‘महाजनपद’ नामले चिनिन्थ्यो । तत्कालीन प्रमुख प्रदेश राज्यहरू ‘सोह्र जनपद’ नामले प्रसिद्ध थिए । ती जनपदभित्र नेपाल नरहेको र छुट्टै देशका रूपमा अस्तित्वमा रहेको तत्कालीन भौगोलिक नक्साबाट देखिन्छ । ती सोह्र महाजनपदमा काशी, कोशल, अङ्ग, चेदी, कुरु, पान्चाल, मत्स्य, सुरसेन, अस्मक, अवन्ती, गान्धार, कम्बोज, वज्जी, मल्ल, मगध रहेका छन् । यो नक्सा अनुसार नेपाल अलग देश देखिन्छ । कपिलवस्तु पनि नेपालभित्र देखिन्छ; जुन नक्सा भारतीय नक्साविद्ले नै तयार पारेको देखिन्छ । तलको चार दिशा सीमा क्षेत्रमा उत्तरतिर ‘नेपाल’ भनी स्पष्ट देखाएको छ । बुद्धकालीन कोशल राज्यको उत्तर दिशामा नेपाल विद्यमान रहेको सुस्पष्ट छ ।बुद्धकालमै अस्तित्वमा नेपालनेपाललाई बुद्धकालीन पाली भाषामा ‘हिमवन्त प्रदेश’, संस्कृतमा हिमालय प्रदेश-हिमवत्खण्ड) नामले चिनिथ्यो । हालको नेपालमण्डल (काठमाडौँ उपत्यका) ‘नेपाल’ नामले चिनिन्थ्यो । योबारे इतिहासकार लङम्यानले आफ्नो ग्रन्थ ‘नेपाल’ मा स्पष्ट उल्लेख गरेको पाइन्छ । बुद्धकै पालामा नेपालको अस्तित्वबारे उल्लेख छ ।बुद्धको शिष्य भिक्षु आनन्द कपिलवस्तुबाट काठमाडौँ उपत्यकामा आएर बसोबास गरेका आफ्ना इष्टमित्रको हालखबर बुझ्न सातौँ किराँती राजा जितेदास्तीको शासनकालमा यहाँ आउनुभएकोबारे वर्णन छ । सम्राट् अशोकको शासनकालमा बुद्ध धर्ममा दीक्षित भएपछि आफ्नो १८ औँ शासनकालमा विश्वभर बुद्ध धर्म फैलाउने व्रmममा नौ वटा देश देशान्तरमा बौद्ध भिक्षु मिसनरीका रूपमा पठाएका थिए । तीमध्ये भिक्षु मज्झिम थेरको नेतृत्वमा तत्कालीन हिमवन्त प्रदेश (हिमालय प्रदेश) नेपालमा पनि धर्म प्रचार गरेकोबारे अशोकको जीवनी र अशोकद्वारा कुँदिएका विभिन्न ठुलासाना शिलालिपिहरूमा उल्लेख छ । अशोक, आफ्नो शासनकालको २० औँ वर्षमा नेपालको लुम्बिनीमा आफ्नो गुरु उपगुप्त महथेरसँग भ्रमण गरेको र उक्त स्मरणमा लुम्बिनीमा अशोक स्तम्भ खडा गरी “शाक्यमुनी बुद्ध भगवान् यही लुम्बिनी ग्राममा जन्मनुभएको  (हिद बुधे जाते सक्यमुनी, हिद भगवं जाते लुम्मिनी गामे)” भनी स्पष्ट किटानका ब्राह्मी लिपिमा कुँदिएको जीवन्त प्रमाण छ । अशोकको यो ऐतिहासिक लिखित घोषणाबाट नेपाल बुद्धको जन्मभूमिसम्बन्धी उठेका सम्पूर्ण भ्रम, शङ्का, वादविवाद अन्त्य भएको छ; जुन नेपाल र नेपालीका लागि अत्यन्त सुखद र गौरवको विषय हो । अशोककालीन जम्बुद्वीप जम्बुद्वीप, बुद्धकालमा मात्र नभई बुद्धको करिब २५० वर्षपछि सम्राट् अशोकको पालामा समेत प्रचलित थियो । यसको प्रमाण श्रीलङ्काको आधिकारिक तथा प्रामाणिक इतिहास ग्रन्थ महावंशमा उल्लेख छ । सम्राट् अशोकको आफ्नै छोरा महेन्द्र महास्थवीर श्रीलङ्कामा बुद्ध धर्म प्रचारार्थ अन्य चार जना भिक्षु र एक जना उपासकसँग श्रीलङ्काको मिस्सक पर्वत (वर्तमान मिहिन्तले) मा अवतरण हुँदा जङ्गलमा सिकारका लागि आएका श्रीलङ्काको ‘देवानाम पिय तिस्स’ नामका राजाले देखेपछि आश्चर्यचकित भएर ती भिक्षुहरू देखेर तपाईंहरूको हुनुहुन्छ ? कहाँबाट आउनुभएको..? भनी प्रश्न गर्दा जवाफमा भिक्षु महेन्द्र महास्थवीरले यसरी पालीगाथामा जवाफ दिनुभएको थियो, समना मयं महाराजधम्मराजस्स सावका तमेव अनुकम्पाय जम्बुदीपा इधागता ११ “महाराज, हामी धर्मराज बुद्धको श्रावक हौँ, लङ्कामा बुद्धको धर्म प्रतिष्ठापनाहेतु तपाईंकै हित र कल्याणार्थ हामी जम्बुद्वीपबाट यहाँ आएका हौँ ।”यो गाथामा महेन्द्र थेरले हामी भारतबाट नभई जम्बुद्वीपबाट आएको भनी स्पष्ट रूपमा भनेको देखिन्छ । यसबाट तत्कालीन भारतलाई ‘जम्बुद्वीप’ भन्ने गरिन्थ्यो भन्ने प्रमाणित हुन्छ । प्राकृत भाषामा ‘जम्बुद्वीप’ उल्लेख छ; जुन अशोकको इपु २५० सशाराम लघु शिलालेखमा ब्राम्ही अक्षरमा कुँदिएको छ । १० औँ सदीको कन्नड शिलालेखमा पनि प्राचीन भारतलाई ‘जम्बुद्वीप’ नामले उल्लेख गरेको छ । पुराण सृष्टि वर्णन अनुसार यो विश्वलाई सात सङ्केद्रित द्वीप महाद्वीप (सप्त–द्वीप–वसुमती) नामले चिनाएका छन् । सात महासागरले घेरिएका ती हुन् : जम्बूद्वीप, प्लक्षद्वीप, साल्मलिद्वीप, कुशद्वीप, क्रौंचद्वीप, शाकद्वीप, और पुष्करद्वीप । मार्कंडेय पुराण, ब्रह्माण्ड पुराण र  वायु पुराणमा पनि जम्बुद्विप सम्बन्धमा विस्तृतरुपमा  उल्लेख गरेको पाइन्छ ।नेपालको जन्म र विकास नेपाल सम्बन्धमा सर्वप्रथम वैदिक ग्रन्थहरू ‘अथर्व वेद परिशिष्ट’ र पश्चात वैदिक ग्रन्थ ‘अथर्व सिरस उपनिषद्’ मा उल्लेख छ । समुद्र गुप्तको शासनकालको अलाहबाद शिलालिपिमा नेपाललाई सीमासँग जोडिएको ‘छिमेकी देश’ का रूपमा उल्लेख छ । हिन्दु धर्मको सबैभन्दा ठुलो पुराणग्रन्थ स्कन्द पुराणमा ‘नेपाल महात्म्य’ भनी छुट्टै परिच्छेद छुट्याएको पाइन्छ । हिमवत्खण्ड पुराणमा नेपालको चारै वटा युगमा छुट्टाछुट्टै नाम उल्लेख छ । सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान र कलि युगमा ‘नेपाल’ को नाम उल्लेख गरी सुन्दरता, शक्ति, वैभवताबारे उल्लेख छ । गण्डकी महात्म्यमा नेपालको उत्पत्ति र विकास (निर्माण) बारे यसरी स्पष्ट उल्लेख गरेको छ :“पारस्य तनयो निपःशिवभक्त महामतिः !समाराद्य शिवम् तत्र नैपलास्तेंन निर्मितः !!”शिवभक्त र ठुलो विद्वान् पारको छोरा निपले शिव (भगवान्) लाई राम्ररी आराधना गरेर नेपाल निर्माण गरेको हो । निपले निर्माण गरेको हुनाले नेपाल नामकरण भएको हो । यहाँ शिव भनेको भगवान् पशुपतिनाथ हो । अर्को वृत्तान्त अनुसार ‘ने’ भन्ने ‘मुनि’ द्वारा पालित-शाषित-अनुशासित देश भएकाले ‘नेपाल’ नाम रहन गएको हो ।रामायणमा रामको धर्मपत्नी सीतालाई माइती नामले ‘जानकी’ (जनकपुरधाम) र ‘वैदेही’ (विदेहपुर) नामले चिनाएको छ; जुन नेपालको ऐतिहासिक धार्मिक स्थल हो । महाभारतमा नेपाललाई ‘किराँत प्रदेश’ का रूपमा र जसको शासक ‘यलम्बर’ महाभारत युद्धमा कौरव पक्षबाट लडेको उल्लेख छ । पवित्र आध्यात्मिक केन्द्र नेपाल यस्तो पवित्र भूमि हो; जहाँ भगवान् बुद्ध जन्मेको र आराध्य शिव भगवान्को देश हो । बौद्धधर्म अनुसार भद्रकल्पमा व्रmकुछन्द बुद्ध, कनकमुनी बुद्ध र शाक्यमुनी बुद्ध गरी तीन जना बुद्ध नेपालमा जन्मेका थिए । एक जना मात्र होइन तीन÷तीन जना महान् बौद्ध पुरुषले आफ्नो उत्तम–उत्पत्ति स्थानका रूपमा नेपाल भूमिलाई छनोट गर्नु पवित्रता, आध्यात्मिकता र दिव्यताको हिसाबले हावापानी र वातावरण भएकाले विश्वकै अद्वितीय देश भनिएको हो । बुद्ध हुनुभन्दा पहिले बोधिसत्वका रूपमा भविष्यमा आफू बुद्ध हुने जन्मभूमि, देश, काल, परिस्थितिको सूक्ष्म निरीक्षण गर्ने गरी छनोट गर्ने गरिन्छ; जसलाई पाँच महाविलोकन भनिन्छ । त्यो उत्तम छनोटमा काल (उचित समय), द्वीप (महादेश), देश (राष्ट्र), कुल (परिवार) र माता पर्दछ । यी पाँचै वटा छनोटमा हाम्रो नेपाल अत्यन्त उपयुक्त पवित्र भूमि हुनु विश्वकै पवित्र आध्यात्मिक भूमि हो भन्ने प्रमाणित हुन्छ । यसरी नेपाल संसारकै बौद्ध र हिन्दु धर्मको आध्यात्मिक केन्द्र हो भन्ने विषयमा थप पुष्टि हुन आउँछ । पूर्वीय दर्शन र ज्ञानको उद्गमस्थलनेपाल पूर्वीय दर्शन र पूर्वीय ज्ञानको उद्गम स्थल हो । संस्कृत महाकवि कालिदासले आफ्नो कुमारसम्भव महाकाव्यको पहिलो श्लोकमा नै नेपालको उत्तर भागमा अवस्थित हिमाल पर्वतशृङ्खला देवीदेवताहरूको दिव्य आश्रयभूमि भएकोबारे उल्लेख गरेको छ । ‘अस्तुतरस्याम दिशी देवातात्म हिमालयनाम नागाधिराज !’ कलि युगमा भारत वर्षको उत्तर दिशामा देवीदेवता ‘हिमालय नाम’ पर्वतराजका रूपमा रहन्छन् । नेपालको हिमाल–कुम्भकर्ण हिमाल, महालङ्गुर हिमाल (ठुलो बाँदर-हनुमान) रामायणको महापात्रको नामबाट छ ।विश्वनाथ भारतको काशीमा छ किनभने त्यहाँ अन्नपूर्ण माताको पीठ छ । अतः अन्नपूर्ण माताको पीठ भएको हुँदा विश्वनाथ काशीमा गएर बस्नुभएको हो । भारतको काशीमा अन्नपूर्णको पीठ छ तर अन्नपूर्ण हिमाल नेपालमा छ । पवित्र हिमाल कैलाश र पवित्र मानसरोवर नेपालभूमिसँग जोडिएको तिब्बत उत्तरमा छ भने पवित्र हिमाल गौरी–शङ्कर (शिव–पार्वती) नेपालमा छ । गौरी–शङ्कर हिमालको उपत्यकामा पवित्र सरोवर र हिमताल छ । सगरमाथाको टुप्पोमा घाम झुल्किएपछि विश्वको सृष्टि (दिन) हुन्छ । सगरमाथाको टुप्पोमा घाम अस्ताएपछि विश्वमै प्रलय (रात-अँध्यारो) हुन्छ । सगरमाथा विश्वकै दिव्य सकारात्मक ऊर्जा सम्प्रेषण गर्ने एन्टेना हो । अतः नेपाल संसारकै पवित्र प्राचीन आध्यात्मिक देश, पार्वतीले रचना गरेको शिवको देश, बुद्धले जन्म लिएको बुद्धको देश, गुरु गोरखनाथ जस्ता वज्रगुरु पद्मशम्भव जस्ता शिद्ध साधकको साधनाको देश हो । रत्नाकर डाँकालाई आद्यात्मिक वाल्मीकि जस्ता महर्षि बनाउने भूमि हो । नेपालको चितवन, वाल्मीकि आश्रमको थलो हो । जीवको सृष्टि नेपालमाविश्वमा जीवको सृष्टि नेपालमा भएको हो । नेपालको दामोदरकुण्ड र कालीगण्डकीमा शालिग्राम पाइन्छ । शालिग्राम भनेको जीवास्मा-जीवात्मा हो । शालिग्राम चक्रनाभ शालिग्राम, शिवानाभ शालिग्राम र हिरन्यगर्भ शालिग्राम करोडौँ वर्ष पुराना छन् ।नेपालको लिखित इतिहासको प्राचीनता नेपालको लिखित इतिहास इसाको २ औँ शताब्दीदेखि सुरु भएको प्रमाण छ । माली गाउँमा पत्ता लागेको जय बर्माको मूर्तिको फेदमा लिखित अभिलेखमा स्पष्ट जयबर्मा नाम र संवत् १०७ लेखिएको छ । यो शक संवत् हो । शक संवत्मा ७८ जोडेमा इसं १८५ हुन्छ । यसरी १९ सय वर्षको लिखित इतिहास नेपालको छ । यसको प्रमाण जयबर्माको अभिलेख हो; जुन राष्ट्रिय अभिलेखालय छाउनीमा छ । त्यसपछि मानदेवको चाँगुनारायणको अभिलेख शक संवत् ३८६ (इसं ४६४) पाँचौँ शताब्दीको अन्तिम पूर्वार्धदेखि लिखित इतिहास छ । नेपालको राष्ट्रिय झन्डाको पौराणिकतानेपालको राष्ट्रिय झन्डाको परम्परा १६ सय वर्ष पुरानो छ । मानदेवको मानाङ्क मुद्रामा दुईपतायुक्त झन्डा अङ्कित छ । उक्त झन्डा वर्तमान नेपालको चन्द्रसूर्य अङ्कित दुईपतायुक्त झन्डाको प्रारूप हो । भारत, चीन, अमेरिकालगायतका देशहरूका झन्डा केही दशकअघिदेखि मात्र अस्तित्वमा आएको हो । त्रिकोणात्मक यो झन्डा इलेक्ट्रोन, प्रोटोन र न्युटोनको सङ्केत हो । यसलाई योगको भाषामा इदा, पिङ्गला, सुसुम्ना भनिन्छ । यो ब्रह्माण्डको सृष्टि र सञ्चालन परमाणुबाट हुन्छ भन्ने वैज्ञानिक आधार हो । सूर्य भनेको सौर्य शक्ति र चन्द्रमा भनेको जलशक्ति (तत्व) हो । सूर्यको तापलाई आफ्नो अनुकूलतामा राख्न चन्द्रमा माथि र सूर्य तल अङ्कित छ । सूर्य र चन्द्र अटल रहने जस्तै नेपाल पनि अविभाज्य हुन्छ । उपनिवेश नभएको स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देशका रूपमा चित्रित छ । यसरी अहिले आएर भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको ‘अखण्ड भारत’ को कपोलकल्पित मनोगत नक्सा तयार पारेर नेपालको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको हिस्सामा राखिनुले नेपालको भूभागलाई भारतको भनी प्रमाणित गर्न खोजिएको छ । बुद्धकालीन भौगोलिक नक्सा र तत्कालीन देशहरूको नाम र स्थितिबाट पनि उक्त कुरा गलत साबित भएको छ । नेपाल सरकार, संसदमा सबै राजनीतिक दलसहित विभिन्न पार्टी, नागरिक समाजले सोबारेमा कूटनीतिक माध्यमबाट सोबारेका विवाद समाधान गर्नु जरुरी छ ।लेखक संविधान सभा सदस्य हुनुहुन्छ ।   
News
46,939
रियल उक्लियो शीर्ष स्थानमा
खराब लयबाट मुक्त हुने प्रयासमा रहेको रियल म्याड्रिडले बुधबार स्पेनी ला लिगामा ओसासुनालाई २–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।
https://ekantipur.com/sports/2019/09/26/156946305967362556.html
म्याड्रिड — खराब लयबाट मुक्त हुने प्रयासमा रहेको रियल म्याड्रिडले बुधबार स्पेनी ला लिगामा ओसासुनालाई २–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।रियल एडेन हेजार्ड र गेराथ बेलबिना मैदानमा उत्रेको थियो । प्रशिक्षक जिनेदिन जिदानले दुवै खेलाडीलाई आराम दिएका थिए । अब शनिबार रियलले एटलेटिको म्याड्रिडको सामना गर्नेछ ।रियलले २१ दिनभित्र सातौं खेल खेल्ने क्रममा छ । ओसासुनालाई हराउन भने भिनिसिस जुनियर र रोड्रिगोले गोल गरे । यसअघि एथलेटिकोले रियल मार्लोकालाई २–० ले पराजित गरेको थियो ।
Sports
26,536
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
https://gorkhapatraonline.com/news/45799
वसन्त पराजुली भरतपुर, मङ्सिर ८ गते । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।उहाँले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार १६२ मतान्तरले चुनाव जित्नु भएको हो ।उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत रहेको बताइएको छ ।
News
60,232
कम्पनी दर्तामा छुुट छिट्टै
कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुुरमा छुुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ ।
https://gorkhapatraonline.com/news/78742
काठमाडौँ, असोज १ गते । कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुुरमा छुुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुुट दिन सूचना प्रकाशन गर्नका लागि स्वीकृत दिएसँगै सो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयले  छुट दिने व्यवस्था राजपत्रमा प्रकाशित गरेपछि  कम्पनी दर्ता र पुुँजी वृद्धि निःशुुल्क गर्ने प्रव्रिmया कार्यान्वयनमा आउने छ । कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार महेश बरालले चालुु आर्थिक वर्षको बजेटमार्फत  गत साउन १ देखि कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा शुुल्क नलाग्ने व्यवस्था लागुु हुने भनिए पनि कानुुन न्याय तथा सङ्घीय मन्त्रालय र अर्थ मन्त्रालयबिचमा कुुन कानुन लगाउने भन्ने विषयमा अलमल हुुँदा कार्यान्वयनमा आउन ढिलाइ भएकोे जानकारी दिनुुभयो । कम्पनी ऐन अनुसार जाने की आर्थिक ऐन अनुसार कार्यान्वयनमा जाने भनेर सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन, रजिस्ट्रार बरालले भन्नुुभयो, “अब आर्थिक ऐनको दफा १८ अनुसार लागुु हुुन्छ ।” एक दुुई दिनभित्रमा राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुुभयो । कम्पनी दर्ता र पुँजी वृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपियाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो । “कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टवेयर बनाएर केही फिचर थपिएको छ,” उहाँले भन्नुभयो, “डिजिटल हस्ताक्षर गर्ने वा हुलाक माध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।” नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकामा साउनदेखि पूर्ण रूपमा अनलाइनबाट काम सुुुरु भएको बरालले जानकारी दिनुभयो । कम्पनीहरूले आफ्नो विवरण पेस गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लगतलगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरूको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ । कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रव्रिmयामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बरलगायतका विवरण पेस गर्नुपर्ने कार्यालयले जनाएको छ । हाल अनलाइनबाट कम्पनी दर्ता गरे पनि अद्यावधिक गर्न, पासपोर्ट हराएमा, पुँजी वृद्धि गर्न कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने अवस्था छ । अब भने सबै काम अनलाइनबाट हुने भएकाले कार्यालय आउनुपर्ने अवस्था हट्ने छ । यसले गर्दा पर्याप्त जनशक्ति आवश्यक नपर्ने, कर्मचारीले निजी स्वार्थपूर्ति गर्न पाउने अवस्था पनि अन्त्य हुने छ । कम्पनी ऐन २०६३ अनुसार एक लाखसम्मको अधिकृत पुँजी भएको प्राइभेट कम्पनी दर्ता गर्न एक हजार र १० करोड रुपियाँ अधिकृत पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार रुपियाँ शुल्क लाग्ने छ । कम्पनीको पुँजी अनुसार फरक फरक शुल्क निर्धारण गरिएको छ । यस्तै पब्लिक लिमिटेड कम्पनीका लागि एक करोड अधिकृत पुुँजी भएको कम्पनीलाई १५ हजार, ४० करोडदेखि ५० करोड अधिकृत पुँजी भएका कम्पनी दर्ताका लागि एक लाख ६० हजार रुपियाँ र ५० करोड अधिकृत पुँजी भएमा प्रतिएक करोडको तीन हजारका दरले दस्तुर लाग्ने व्यवस्था छ ।
News
36,722
विदेशबाट फर्किएकालाई अभियानमा जोडिने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताउनुभयो। “हामी नेपाली रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ। देशमा कुनै युवा बस्न चाहँदैन,” सम्बाहाम्फेले भन्नुभयो, “सबै युवालाई देशमै केही गर्न सम्भव देशमै सपना देखाउनु पर्छ भन्ने सन्देश लिएर अभियानमा जोडिने छौँ।” युवालाई स्वदेशमै आशा जगाउने गरी अभियान चलाएर पार्टीमा सङ्गठित समेत गरिने उहाँले बताउनुभयो।
https://gorkhapatraonline.com/news/75241
काठमाडौँ,भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो।विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताउनुभयो। “हामी नेपाली रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ। देशमा कुनै युवा बस्न चाहँदैन,” सम्बाहाम्फेले भन्नुभयो, “सबै युवालाई देशमै केही गर्न सम्भव देशमै सपना देखाउनु पर्छ भन्ने सन्देश लिएर अभियानमा जोडिने छौँ।” युवालाई स्वदेशमै आशा जगाउने गरी अभियान चलाएर पार्टीमा सङ्गठित समेत गरिने उहाँले बताउनुभयो।यस्तै रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाउनुभएका लक्ष्मणदत्त पन्तले बिहीबार आफ्नो कार्यभार सम्हाल्नुभएको छ। पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका पन्तले सम्बोधन गर्दै रिटर्नी सेन्टर महत्वपूर्ण भ्रातृ सङ्गठन भएकाले विदेशबाट फर्किएका युवालाई एकताबद्ध गरी देश निर्माणमा अभिप्रेरित गरिने बताउनुभयो।“यो वर्ष मात्रै आठ लाख युवा बिदेसिनुप-यो। यसरी नै विदेश जान थाले देशै रित्तिने खतरा भयो,” उहाँले भन्नुभयो, “अब देशमै बस्ने वातावरण बनाएर उद्यमशील बनाउन अभियान चलाउनुपर्ने देखियो।” रिटर्नी सेन्टरले अभियान चलाएर स्वदेशमै आशा जगाउन अभिप्रेरित गरेमा विश्वका कुनकुनमा पुगेका नेपाली आफ्नो जन्मभूमि फर्किने उहाँले बताउनुभयो।    
News
54,294
मौरी पालनबाट स्वदेशमै मनग्य आम्दानी
राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् ।
https://gorkhapatraonline.com/news/51141
मीना कंडेलकावासोती, माघ १ गते । राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरी पालनबाट जिवन फेरिएको बताउनुहुन्छ । कम लगानिबाट पनि मनग्य आम्दानी भएपछि उहाँले मौरी पालनमा लागी परेको बताउनु भयो । खुसि हुँदै उहाँले भन्नुभयो, ‘‘पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर, मौरीपालन गरेर यसबाट आम्दानी भएपछि मौरीपालन नै गर्ने र ब्लक क्षेत्र बनाउने बताउनु भयो ।महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु अध्यक्ष कँडेलले बताउनुहुन्छ । जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाका युवाले देखाएका छन् ।चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । कावासोती नगरपालिकाका अनन्त कंडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन गर्ने गरेका छन् ।नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाको भनाइ छ ।
News
59,064
पुलिसविरुद्ध आर्मीको जित
विभागीय प्रतिद्वन्द्वीलाई पन्छाउँदै बुधबार त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौतीलाई टाइब्रेकरमा ४–२ ले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको हो ।
https://ekantipur.com/sports/2018/04/05/152289384312219896.html
विराटनगर — विभागीय प्रतिद्वन्द्वीलाई पन्छाउँदै बुधबार त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौतीलाई टाइब्रेकरमा ४–२ ले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको हो ।फाइनल पुग्नका लागि आर्मीले शुक्रवार रमपम झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ । झापा आयोजक रिजालको मोरङ ११ लाई हराएर सेमिफाइनल पुगिसकेको छ ।निर्धारित ९० र थप आधा घण्टामा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजाको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, दीपक लिम्बू र विवेक बस्नेतको प्रहार गोलमा परिणत हुँदा पुलिसका सुमन लामा र दिनेश राजवंशीले मात्र गोल गर्न सकेका थिए । पुलिसका निरकुमार राईको प्रहार गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गर्दा मानबहादुर परियारको पेनाल्टी प्रहार बाहिरियो ।योसँगै आर्मीले पुलिसविरुद्ध यस सिजन पाएको तेस्रो जित हो । आर्मीले पुलिसलाई हेटौंडा गोल्डकपको फाइनलमा टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि जितेको थियो भने झापा गोल्डकपको क्वाटरफाइनलमा १–० को विजय नतिजा निकालेको थियो ।निर्धारित र अतिरिक्त समयमा आर्मीको तुलनामा राम्रा अवसर सृजना गरे पनि फिनिसिङ बिर्सनलायक हुँदा पुलिसले सहिद मैदानबाट पहिलो खेलमै विदा लिनुपऱ्यो । खेलको ३३ औं मिनेटमा अभिषेक रिजालले आर्मीका गोलकिपर कुथु बिट भएको अवस्थामा पेनाल्टी क्षेत्रबाट गरेको प्रहार बाहिरिँदा टिमले अग्रता लिने अवसर चुकेको थियो । ६९ आंै मिनेटमा पुलिसका सन्तोष हेमरनको प्रहार गोलकिपर कुथुले पक्राउ गर्दा बल गोललाइनमा ड्रप हुँदा उनले पुन: समातेका थिए । खेलको ७५ औं मिनेटमा पुलिसका सुमन लामाले मध्यभागबाट बललाई एक्लै पेनाल्टी बक्समा पुर्‍याएर आर्मीका डिफेन्सलाई बिट गरेको बल क्रसबारमा लागेर बाहिरिँदा पुलिसको दुर्भाग्य प्रस्ट देखिएको थियो ।खेलको ५३ औं मिनेटमा स्टार खेलाडी नवयुग श्रेष्ठलाई गुमाएको आर्मीले दोस्रो हाफमा केही सुधारिएको खेल पस्कँदै विपक्षी पोस्ट आक्रमण सुरु गर्‍यो । नवयुग घाइते भए । ६२ औं मिनेटमा भरत खवासको कर्नर भली बारमा लागेर रिबाउन्ड हुँदा टंक बस्नेतले गरेको प्रहार बाहिरियो ।अतिरिक्त समयको दोस्रो हाफको आठांै मिनेटमा पुलिसका अन्तिम डिफेन्स बिट भएको अवस्थामा टंक वस्नेतको प्रहार पुलिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै संकट टार्दा खेल टाइब्रेकरसम्म पुगेको थियो । पुलिसका रवि पासवान म्यान अफ द म्याच भए ।पुलिसका प्रशिक्षक अनन्तराज थापाले उत्कृष्ट खेल खेले पनि फिनिसिङ कमजोर हुँदा पराजय भोग्नुपरेको बताए । टिमले दर्जन बढी गोल गर्ने अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै विदा हुनुपरेको उनको भनाइ थियो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिमले लगातार म्याच खेलिरहेका कारण बुधबार अपेक्षाकृत राम्रो खेल पस्कन नसक्दा टाइब्रेकरको सहारा लिनुपरेको बताए ।
Sports
29,598
प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो
पूर्वी नवलपरासीको हुप्सेकोट प्राविधिक शिक्षालयमा बाली विज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र पशु विज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीन वर्षे कक्षाहरु सञ्चालनमा आएको छ ।
https://gorkhapatraonline.com/news/71606
मीना कँडेलकावासोती, साउन ३ गते । पछिल्लो समय प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो ।पूर्वी नवलपरासीको हुप्सेकोट प्राविधिक शिक्षालयमा बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र पशुविज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीनवर्षे कक्षा सञ्चालनमा आएको छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएकोे शिक्षालयका प्रमुख लालचन्द्र लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ देशका विभिन्न जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरूको आकर्षण बढी भएकाले हामीले भर्नाअघि प्रवेश परीक्षा गरेर विद्यार्थीहरूलाई छनोट गर्दै आएका छौँ, स्थानीय विद्यार्थीहरुका लागि हामीले विशेष व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।”नेपालकै सस्तो प्राविधिक शिक्षा दिने शिक्षालयको रुपमा हुप्सेकोट प्राविधिक शिक्षालय रहेको विद्यालयको दाबी छ । प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फार्म र गुणस्तरीय ल्याबको पनि व्यवस्था रहेको जनाइएको छ ।“ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा लिन शुल्कका कारण गारो भएको थियो, धेरै अभिभावकले आफूले खाइनखाई छोराछोरीलाई महँगाे शुल्क सहितको प्राविधिक शिक्षा दिन बाध्य थिए, त्यसैलाई ध्यानमा राखी हुप्सेकोट गाउँपालिकाले वार्षिक बजेट व्यवस्था गरि शिक्षालय सञ्चालन गरिरहेका छौं,”गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भन्नुभयो ।हुप्सेकोट गाउँपालिकाको सामुदायिक विद्यालयमा पढ्दै सिक्दै अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । स्वदेशमै उद्यम गर्न प्रेरित गर्न विद्यालयमा उक्त योजना सुरु गरिएको उहाँको भनाइ छ । हुप्सेकोट गाउँपालिकाभित्रका मात्र नभएर अन्य जिल्लाका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सहित दक्ष नागरिक बनाउन गाउँपालिकाकै लगानिमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।जेहेन्दार एवम् उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएकाले रकम अभावका कारण पढ्न नपाउने अवस्था हटेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो । “यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीहरूमा मोह बढेको छ, शिक्षालाई थप गुणस्तरीय बनाउन प्रविधिमा पनि जोड दिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो ।“गाउँपालिकाले पनि प्राविधिक शिक्षालाई विशेष जोड दिएको छ, त्यहि अनुसार प्राविधिक शिक्षालयमा अहिले दुई वटा विषयमा अध्यापन गरिएको छ, विद्यार्थीहरूमा आकर्षण बढी छ” गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । अहिले एक सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको अधिकृत गौतमले बताउनुभयो । 
News
42,395
कोभिड-१९: कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश यस्तो देखिन्छ
कोभिड-१९ कोरोनाभाइरसको सङ्क्रमणका कारण लगाइएका प्रतिबन्धहरूको एउटा असर फ्लाइटराडार२४ डटकममा देखिन्छ।
https://www.bbc.com/nepali/news-51673174
उडानमा रहेका विमानहरूको स्थिति देखाउने सो वेबसाइटमा अहिले चीनको आकाशमा निकै कम विमान देखिन्छन्। कोभिड-१९ को सङ्क्रमण संसारभर फैलिएको छ र यात्रा प्रतिबन्धहरू लगाइने क्रम जारी छ। हेर्नुहोस् एउटा भिडिओ अनि यो पनि:
Others
63,667
शनिबार राति भारी वर्षाको सम्भावना
शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।
https://gorkhapatraonline.com/news/74578
काठमाडौं, साउन २७ गते। शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार न्यून चापीय प्रणाली क्रमशः भारतको बिहारबाट नेपालतर्फ सरेकाले भारी वर्षाको सम्भावना रहेको हो।“भारतको विहारमा रहेको न्यून चापीय मनसुनी प्रणाली नेपालतर्फ सरेको छ। त्यसैले मनसुन थप सक्रिय बन्ने देखिन्छ,” उहाँले भन्नुभयो, “राति पाँच प्रदेशका अधिकांश स्थानमा अति भारी वर्षा हुने देखिन्छ  भने अन्य प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ।”सोमबारसम्म मनसुन सक्रिय हुने उहाँको भनाइ छ। धेरै वर्षा हुने भएकाले बाढी तथा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ। स–साना नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ।  
News
54,425
फुलहमलाई रोक्दै लिभरपुल लिगकपको फाइनलमा
लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो ।
https://ekantipur.com/sports/2024/01/25/liverpool-hold-off-fulham-in-league-cup-final-26-25.html
काठमाडौँ — लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो ।एनफिल्डमा भएको खेलमा लिभरपुल २–१ ले विजयी रहेको थियो । फुलहम अहिलेसम्म लिग कपको फाइनल पुगेको छैन् । अब फेब्रवरी २५ मा वेम्बलीमा हुने फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्नेछ ।कार्भन कटेजमा भएको खेलमा लिभरपुलले लुइस डियाजको गोलले ११ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा इसा डिपले फुलहमका लागि एक गोल फर्काए । लिभरपुल लिग कपको फाइनल पुगेको यो कीर्तिमान १४ औं पल्ट हो ।
Sports
15,132
मोबिल फाल्ने दुई जना पक्राउ
संघको आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौंडामा मोबिल फालेको अनुमान प्रहरीले गरेको छ । मकवानपुर क्रिकेट संघको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटनका लागि केन्द्रको प्रतिनिधिका रूपमा हेटौंडा आएका पाठकलाई शनिबार बिहान अपरिचित युवाहरूले अनुहारमा मोबिल फालेर फरार भएका थिए ।
https://ekantipur.com/sports/2023/08/14/169197670618331161.html
मकवानपुर — संघको आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौंडामा मोबिल फालेको अनुमान प्रहरीले गरेको छ । मकवानपुर क्रिकेट संघको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटनका लागि केन्द्रको प्रतिनिधिका रूपमा हेटौंडा आएका पाठकलाई शनिबार बिहान अपरिचित युवाहरूले अनुहारमा मोबिल फालेर फरार भएका थिए ।हेटौंडा–४ स्थित क्विक ट्वान्टी होटलमा आयोजित अधिवेशनको पहिलो सत्रपश्चात् खाना खाने समयमा रेस्टुरेन्टमा बसिरहेको अवस्थामा स्कुटरमा आएका तीन जना युवाहरूको समूहले उनको अनुहारमा मोबिल फालेर भागेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आइतबार साँझ दुई जना पक्राउ गरेको हो । पक्राउ पर्ने हेटौंडा–१३, वनस्पतिका प्रिन्स भनिने बलवीर लामा र हेटौंडा–१९, बस्तीपुरका विशाल गुरागार्इं रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक कार्कीका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । उनको खोजीसमेत भइरहेको छ ।प्रारम्भिक अनुसन्धानमा संघभित्रको आन्तरिक विवादका कारण भएको प्रहरीले जनाएको छ । ‘हामी अनुसन्धानमै छौं । घटनामा संलग्नहरूको पहिचान भइसकेको छ । हामी छिट्टै यथार्थ सार्वजनिक गर्नेछौं,’ प्रहरी स्रोतका अनुसार घटनाका कारण क्यानको प्रदेशभर सञ्चालन भइरहेको अधिवेशनको नेतृत्व चयनकै कारण हो । क्यानको केन्द्रीय समिति चयनका लागि असोज ५ र ६ गते अधिवेशन हुँदै छ । अधिवेशनको घोषणासँगै जिल्लास्तरमा संघको निर्वाचन तथा प्रदेश प्रतिनिधि छनोट भइरहेको छ । क्यान प्रस्ट रूपमा दुई धारमा विभाजनले विवाद भएको अनुमान प्रहरीको छ ।घटनाको समयमा संघ केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल तथा संघ वाग्मती प्रदेश कोषाध्यक्ष अनिल अधिकारीसँगै पाठक थिए । प्रदेश सचिवसमेत रहेका पाठकले यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमै पुगेर घटना भएलगत्तै उजुरी दर्ता गराएका थिए । पाठकले के कारणले आफूमाथि यस्तो व्यवहार भएको भन्ने थाहा नभएको बताए । ‘गफ गरिरहेको समयमा ममाथि पछाडिबाट मोबिल फाल्ने काम भयो । मलाई नै लक्षित हो कि अरूमाथि हो भन्ने यकिन भएको छैन । मैले यस विषयमा प्रहरीलाई जानकारी गराइसकेको छु,’ उनले आफू नुवाकोटमा अधिवेशनका लागि जाने तयारीमा रहेको र मकवानपुरमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरिरहेको समयमा यस्तो घटना भएको बताए ।‘यो घटना निन्दनीय छ । आयोजकले निर्वाचनको विषयमा प्रहरीलाई जानकारी नै गराएको छैन रहेछ । यो दुःखद् हो ।’ उनले यस्तो गतिविधिले क्रिकेटको समग्र विकासमा समस्या हुने बताउदैं घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । अधिवेशनको उद्घाटन समारोहमा पाठकले क्रिकेटको विकास गर्नका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए । वडा प्रहरी कार्यालय हेटौंडाबाट परिचालित भएको टोलीले घटनाको विवरण संकलन गरेको थियो । प्रहरीले होटलमा रहेको सीसीटीभी क्यामराको फुटेज संकलन गरी अनुसन्धान सुरु गरेको थियो ।पाठक आइतबार भएको अधिवेशनबाट नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भए । मकवानपुर अधिवेशनले संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा ईश्वरप्रसाद मैनाली, सचिव विनोदकुमार बानियाँ र कोषाध्यक्ष धीरज श्रेष्ठ चयन भएका छन् । सदस्यमा कृष्णगोपाल श्रेष्ठ, विनोद प्रधान, साजनकुमार शर्मा, प्रेमबहादुर क्षेत्री, मनीषा चौलागाईं, अमित राई, राजु गुप्ता, सञ्जोग पोखरेल, नवराज सापकोटा, रवि थापा र अनुपप्रसाद सेनुरिया आएका छन् ।
Sports
16,589
घट्यो उद्योग दर्ता र विदेशी लगानी
चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपियाँ लगानी स्वीकृत भएको थियो । अघिल्लो अवधिको तुलनामा यो वर्ष ५१ अर्ब रुपियाँ लगानी कमी हो ।
https://gorkhapatraonline.com/news/51649
काठमाडौँ, माघ ७ गते  । चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपियाँ लगानी स्वीकृत भएको थियो । अघिल्लो अवधिको तुलनामा यो वर्ष ५१ अर्ब रुपियाँ लगानी कमी हो । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा स्वदेशी लगानीमा ठूला उद्योग ३९, मझौला ४१ र साना उद्योग ६५ दर्ता भएको छ । ती उद्योगबाट नौ हजार ८१६ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । बजारमा तरलता अभाव, बैङ्कको उच्च ब्याजदरको कारण नयाँ उद्योग खोल्ने सङ्ख्या कम भएको हो । वैदेशिक लगानीका १३१ परियोजनाउद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा १३१ परियोजनामार्फत १७ अर्ब ३० करोड रुपियाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सो अवधिमा १२९ परियोजनामार्फत ३० अर्ब ५६ करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब २६ करोड रुपियाँ कमी हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाले घटेको विभागले जनाएको छ ।विदेशी लगानीमा दुई ठूला परियोजना, १९ मझौला र साना ११० वटा परियोजनामा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटनमूलक परियोजनामा आएको छ । उत्पादनमूलक परियोजनामा १०, पर्यटनमूलक ५२, सेवामूलक ५९, सूचना प्रविधि सात, पूर्वाधार तीन परियोजनामा विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । अघिल्लो वर्षको तुुलनामा यो वर्ष विदेशी लगानीमा परियोजना स्वीकृत सङ्ख्या बढे पनि लगानी भने झन्डै आधाले घटेको छ । विदेशी लगानी प्रतिबद्धतामार्फत सात हजार ८४१ जनाले रोजगारी पाउने अनुुमान गरिएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुुभयो । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको उहाँको भनाइ छ । सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजना भित्रिने क्रम बढेकाले लगानी बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सरकारले गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको छ ।  पन्ध्र सय टे«डमार्क दर्ताचालू आर्थिक वर्षको छ महिनामा एक हजार ५५१ टे«डमार्क दर्ता भएका छन् । आठवटा डिजाइन र एक प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ । सो अवधिमा ३१ वटा प्रारम्भिक वातावरणीय परीक्षण भएका छन् । सो अवधिमा ट्रेडमार्कसम्बन्धी ५७ वटा मुद्दामाथि कारबाही भएको विभागले जानकारी दिएको छ । विभागले विदेशी लगानी परियोजनामा छ महिनामा १२५ लगानीकर्ता, १८ प्रतिनिधि र ७७ आश्रितको व्यावसायिक भिसा सिफारिस गरेको छ । विभागले प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि व्यावसायिक भिसामा कडाइ गरेको जनाएको छ ।   
News
39,322
नाजिर हुसेनको 'गुलाबी : एक रङ'
नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनीत फिल्म 'गुलाबी : एक रङ'को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनीले फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
https://gorkhapatraonline.com/news/52242
काठमाडौं, माघ १२ गते । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनीत फिल्म 'गुलाबी : एक रङ'को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनीले फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।समुन्द्र भट्टले निर्देशन गर्नुभएको फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग सङ्गत गर्नुभएको हो । 'द स्काइ ओसन इन्टरटेनमेन्ट'को ब्यानरमा निर्माण भएको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।
News
44,700
मनिताले एसियन जुडोमा खेल्ने
नेपालकी मनिता श्रेष्ठले हङकङमा हुने एसियन जुडो च्याम्पिनयसपमा भाग लिने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।
https://ekantipur.com/sports/2024/04/17/manita-will-play-in-asian-judo-36-56.html
काठमाडौँ — नेपालकी मनिता श्रेष्ठले हङकङमा हुने एसियन जुडो च्याम्पिनयसपमा भाग लिने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमको बिदाइ गरे र राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रसिद्ध ताम्रकार रहेका छन् । मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन् । उनी ओलम्पिक स्कलरसीप प्राप्त खेलाडी हुन् ।
Sports
13,930
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ ।
https://gorkhapatraonline.com/news/50857
काठमाडौं, पुस २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दिउँसो ४ बजेदेखि उहाँहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।शर्माले भन्नुभयो, “उहाँहरुबीच दिउँसो ४ बजेदेखि छलफल जारी रहेको हो ।” उहाँहरुबीच सरकार सञ्चालन तथा समसामयिक राजनीति विषयमा छलफल हुँदै आएको छ ।बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड भेटवार्ताका लागि एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । सरकारले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको विषयमा शीर्ष नेता र सत्ता गठबन्धनका दलबीच छलफल हुँदै आएको छ । 
News
59,144
विश्वकप २०१८: उद्घाटन खेलमा रुस विजयी
रुसमा एउटा भव्य समारोहबीच आरम्भ भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो।
https://www.bbc.com/nepali/news-44489006
उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रङ्गशालामा हजारौँ फुटबलप्रेमी उपस्थित भएका थिए रुसले सउदी अरबको शून्य विरुद्ध पाँच गोलले जित हासिल गर्‍यो। उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए। आयोजना रुसले अर्बौँ डलरको लागतमा विश्वकपको आयोजना गरिरहेको छ। तीव्र रूपमा एक्लिरहेको उक्त मुलुकका लागि यो खेललाई अन्तर्राष्ट्रिय ध्यान तान्ने अवसरका रूपमा पनि हेरिएको छ। कतिपय आलोचकले विश्वकप फुटबल राष्ट्रपति भ्लादिमिर पुटिनका लागि आफ्नै प्रशंसामा रम्ने योजना भएको टिप्पणी गरेका छन्। उक्त समारोहलाई लिएर पुटिन पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखा परेका छन्। विश्वकपमा सुरक्षा र केही रुसी समर्थकहरूको नस्लवादी व्यवहारबारे पनि चासो देखिएको छ। अपेक्षा तर आउँदो साता विश्वभरिबाट पाँच लाख समर्थकहरू रुस पुग्ने अपेक्षा गरिएको छ। ठूला ठूला टेलिभिजन स्क्रीन राखिएका स्थलहरूमा पनि फुटबलप्रेमीहरूको ठूलो भिड देखिन्छ। यस पटक साबिक विजेता जर्मनीले उपाधि कायम राख्ने आशा गरेको छ भने ब्राजिल छैठौँ पटक उपाधि कब्जा गर्ने दाउमा छ। तर अन्य कतिपय मुलुक यस पटक बलियो स्थितिमा रहेकाले उनीहरूले कडा चुनौतीको सामना गर्नुपर्ने विश्लेषण गरिएको छ।
Others
70,041
बलात्कारका 'एकतिहाइ पीडित १० वर्षमुनिका बालिका'
बलात्कारका कुल घटनामध्ये करिब ६० प्रतिशत पीडितहरू १६ वर्षमुनिका बालिका हुने गरेको प्रहरीको आँकडाले देखाएको छ। तिनमध्ये १० वर्ष मुनिका पीडितको सङ्ख्या उल्लेख्य रहेको छ।
https://www.bbc.com/nepali/news-43954701
Courtesy: RageAgainstRape Campaign केन्द्रीय बाल कल्याण समितिले गत हप्ता प्रकाशित गरेको एउटा अध्ययन प्रतिवेदनले गत चार महिनामा दर्ता भएका बलात्कारका घटनामध्ये एकतिहाइ पीडितहरू १० वर्ष मुनिका बालिका भएको देखाएको छ। बलात्कार लगायतका यौनजन्य हिंसा अपरिचितभन्दा पनि परिचित व्यक्तिबाट धेरै हुने गरेको अधिकारकर्मीहरूले बताएका छन्। परिवारमा कलङ्क लाग्ने डर र कतिपय अवस्थामा सङ्कोचका कारण बालिका बलात्कारका सबै घटनाहरू अझै बाहिर आउन नसकेको उनीहरूको बुझाइ छ। सिकार पछिल्लो समय बलात्कार लगायतका यौनहिंसाका घटनाबारे प्रहरीमा उजुरी गर्ने क्रम बढेको देखिएको छ। प्रहरीसँग भएको तथ्याङ्कले बालिकामाथि बढी यौन हिंसा हुने गरेको सङ्केत गर्छ। गत साता केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदनले पनि त्यही देखाएको समितिका कार्यकारी निर्देशक तारक धितालले बताए। उनले भने, "गएको चार महिनामा भएका बलात्कारका घटनामा ३१ प्रतिशत १० वर्ष मुनिका बालिकाहरू परेको देखिएको छ। सबैभन्दा धेरै अथवा ६२ प्रतिशत ११ देखि १५ वर्षका बालिकाहरू यस्तो घटनाको सिकार भएको भेटिएको छ। यौन दुर्व्यवहार गर्न साना बालिकाहरूलाई बढी सिकार बनाइएको यसले देखाएको छ।" तथ्याङ्क प्रहरी तथ्याङ्कका अनुसार गत वर्ष ११ सय ३१ वटा बलात्कारका घटना दर्ता भएका थिए। त्यसमध्ये २११ वटा मुद्दा १० वर्ष मुनिका बालिकामाथि बलात्कार भएको भनी दर्ता भएको थियो। यस्तै ४४४ बलात्कारका घटना ११ वर्ष देखि १६ वर्ष उमेरसम्मका बालिका र ८८ वटा १७ देखि १८ वर्षका किशोरीमाथि भएको भनी दर्ता भएको नेपाल प्रहरीले जनाएको छ। बालअधिकारकर्मी सुम्निमा तुलाधरका अनुसार बालिकामाथि हुने अधिकांश यौनहिंसा उनीहरूले चिनेजानेकै मानिसबाट हुने गरेको छ। पीडक "हाडनाता करणीसम्बन्धी बलात्कारहरू १२.५ प्रतिशत हुने गरेको पाइएको छ। यस्तै ७० प्रतिशत भन्दा बढी पीडकहरू बालिकाले कुनै न कुनै रूपमा चिनेका व्यक्ति हुने गरेका छन्," तुलाधरले बताइन्। बलात्कारका हिंसामा पर्नेमध्ये उल्लेखनीय सङ्ख्यामा विभिन्न प्रकारका अपाङ्गता भएका बालिका हुने गरेको राष्ट्रिय अपाङ्ग महासङ्घकी उपाध्यक्ष टीका दाहालले बताइन्। पीडकलाई पहिचान गर्न नसक्ने, आफ्ना अभिव्यक्ति स्पष्ट राख्न नसक्ने र सजिलै भाग्न नसक्ने जस्ता कारणले अपाङ्गता भएका महिलालाई पीडकले लक्षित गर्ने गरेको दाहाल बताउँछिन्। यस्ता थुप्रै घटना अझ बाहिर आउन नसकेको दाहालले बताइन्, "यो अरूको पनि चासोको विषय नहुने अनि परिवारले पनि हामीले यसविरुद्ध लड्न समय दिन सक्दैनौँ वा प्रमाण जुटाउन सक्दैनौँ भन्ने खालका सोच राख्ने गरेका कारण पनि कतिपय घटना बाहिर नआएको भेटिएको छ।" लुकाउने चलन कलङ्कको डरले बलात्कार र अन्य यौनहिंसाका घटना लुकाउने चलन समाजमा अझै पनि रहेकोले प्रहरीको तथ्याङ्कले देखाएकोभन्दा अझ धेरै बलात्कारका घटना भएका दाहाल बताउँछिन्। सहमतिमै बालिकासँग शारीरिक सम्पर्क भए पनि कानुनी दृष्टिकोणमा त्यो अपराध हुन्छ। त्यसैले स्वास्थ्य परीक्षणद्वारा १६ वर्ष मुनिका बालिकासँग स्थापित यौनसम्बन्धलाई बलात्कार भनेर पुष्टि गर्न अलि सजिलो छ, अधिवक्ता इन्दु तुलाधारले भन्छिन्। तर त्यसका लागि चाहिने प्रमाण भने समयमै जुटाउनुपर्ने उनको भनाइ छ। "बलात्कार भएको घटना लुकाउन खोज्ने वा मिलाउन कोसिस गर्ने, समयमै प्रहरीकोमा नपुर्‍याउने र प्रमाण लोप हुनसक्ने अवस्थाजस्ता केही व्यवहारिक कठिनाइहरू छन्।" सजाय दश वर्षमुनिका बालिकालाई जबर्जस्ती करणी गरेको प्रमाणित भएमा १० देखि १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था कानुनमा छ। त्यसैगरी १० देखि १४ वर्ष मुनिका बालिका र १४ देखि १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई क्रमश: १२ र १० वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ। यस्ता घटना न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रयास गरिएको भए पनि त्यो पर्याप्त नभएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धितालले बताए। "यौनहिंसालाई न्यूनीकरण गर्न भनी सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तर यस्ता हिंसा बढी हुने क्षेत्रहरू विश्लेषण गरेर लक्षित कार्यक्रमहरू सञ्चालन हुनुपर्ने आवश्यकता देखिएको छ।" बलात्कारजस्तो हिंसाको छाप पीडित बालिकाको जीवनभरि बाँकी रहने र त्यसको दुष्परिणाम पीडितले मात्र नभई उसको सन्तानले पनि परोक्ष रूपमा भोग्नुपर्ने हुनाले त्यसको रोकथामका लागि सामाजिक अभियान चलाउनु अहिलेको ठूलो आवश्यकता रहेको भनाइ विज्ञहरूको रहेको छ। साथै पीडितहरूलाई मनोपरामर्शको व्यवस्था गर्न पनि मागहरु उठेका छन्। हिंसापीडित महिलाको पीडा पोख्ने शैली
Others
66,675
अर्थतन्त्रमा सहकारीको योगदान
नेपालमा सहकारी स्थापनाको औपचारिक इतिहास सात दशकभन्दा लामो छ। सहकारीले यही अवधिमा देशैभर आफ्नो सञ्जाल पूर्ण रूपमा विस्तार गर्न सफल हुनु आफैँमा ऐतिहासिक र विशिष्ट छ।
https://gorkhapatraonline.com/news/22057
नेपालमा सहकारी स्थापनाको औपचारिक इतिहास सात दशकभन्दा लामो छ। सहकारीले यही अवधिमा देशैभर आफ्नो सञ्जाल पूर्ण रूपमा विस्तार गर्न सफल हुनु आफैँमा ऐतिहासिक र विशिष्ट छ। सर्वसाधारण जनतामा छरिएर रहेको स–सानो पुँजी सङ्कलन गर्दै त्यसबाट उनीहरूकै हित, उत्थान र सबलीकरणका निम्ति परिचालित गर्ने पवित्र सोचका साथ सहकारीको अवधारणा विकास भएको हो। नेपालका सहकारी क्षेत्र र त्यसका सदस्यहरूका बीचमा एकआपसमा सामूहिक हित, उत्थान र सहकार्यको अवधारणा मुताबिक नै सञ्चालन हुँदै आएका छन्। खासमा बखानसिंह गुरुङको अगुवाइमा २०१३ सालदेखि चितवनबाट सहकारी अभियानको विधिवत् रूपमा प्रारम्भ भएको थियो। यस अवधिमा सहकारी टोल–टोलमा मात्रै विस्तार भएनन् कि यसको महत्व र क्षेत्रहरू पनि उसैगरी व्यापक रूपमा वृद्धि हुँदै गइरहेको देखिन्छ। सहकारीलाई राज्यले अर्थतन्त्रका तीनवटा खम्बामध्ये एउटा प्रमुख खम्बाका रूपमा स्वीकार गर्ने परिस्थिति निर्माण भएको छ। यसबाट सबल अर्थतन्त्रको निर्माण र राष्ट्रिय समृद्धिका निम्ति सहकारीको राष्ट्रिय महìव र आवश्यकता पुष्टि हुन पुगेको छ।राष्ट्रिय अर्थतन्त्रको एक मुख्य हिस्साका रूपमा राज्यले स्वीकारेको मात्रै नभई भरोसा गरेको सहकारी क्षेत्रमा लामो समयदेखि नागरिकको ठूलो सङ्ख्या प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिँदै आएको छ। यद्यपि सहकारीमा आबद्ध रहेका सहकारीका सदस्यको आर्थिक सबलीकरणमा सहकारी क्षेत्रले के कति ‘न्यायिक भूमिका’ निर्वाह गर्न सफल भएको छ भन्ने सन्दर्भमा गम्भीरताका साथ बहस हुन सकेको छैन। त्यस्तै सहकारी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा साँच्चै अपेक्षित योगदान गर्न सक्यो वा सकेन भन्ने विषय पनि उत्तिकै समीक्षाको विषय बन्नुपर्ने देखिन्छ। खासगरी यस क्षेत्रमा रहेको सङ्कलित पुँजीको सही उपयोग हुन नसकेको, पुँजीको प्रयोगका निम्ति सरकारले स्पष्ट दृष्टिकोण दिन नसकेको र स्वयं सहकारीहरूले कार्यक्षेत्रको प्राथमिकता निर्धारण नगरी लगानी गरेकोजस्ता विषय गम्भीर रूपमा उठ्ने गरेका छन्। पुँजी परिचालनको विषयनेपालमा केही दशकयता सहकारीको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको देखिन्छ। औपचारिक रूपमा सहकारी अभियानको थालनीका हिसाबले करिब सात दशकमा सङ्ख्यात्मक रूपमा ३५ हजारभन्दा बढी सहकारी खोलिएका छन्। प्राथमिकता निर्धारणका हिसाबले हेर्दा सहकारीको कार्यक्षेत्रमा बढोत्तरी भई व्यापक विस्तार हुन पुगेको छ। खासगरी कृषि, बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्ध, फलफूल तथा तरकारी, मौरीपालन, चिया, कफी, उपभोक्ता, विज्ञान तथा प्रविधि, ऊर्जा आदि क्षेत्रमा सहकारीहरू क्रियाशील रहँदै आएका छन्। त्यसैगरी सहकारीको सञ्जाल व्यापक रूपमा विस्तार हुन पुगेको देखिन्छ। सरकारी तथ्याङ्कले बताउँछ– ६३ लाखभन्दा बढी सदस्य सहकारीमा आबद्ध छन्। यद्यपि गरिब वर्ग तथा समुदायको पहुँचमा सहकारी रहेको वा नरहेको र त्यसबाट उनीहरूले के कति लाभ हासिल गर्न सफल भएका छन् भन्ने विषयमा त्यति धेरै बहस भएको देखिँदैन। सहकारीहरूको सङ्ख्यात्मक रूपमा मात्रै वृद्धि हुने र त्यसबाट गुणात्मक सेवा प्रवाह गर्न सकिएन भने त्यसले अर्थ राख्ने देखिँदैन। त्यस दिशातर्फ सहकारी क्षेत्र संवेदनशील हुनुपर्नेछ। हामीकहाँ सहकारीहरू स्थानीय स्तरमा छरिएर रहेको स–सानो पुँजीलाई सङ्कलन गरी आम नागरिकलाई अप्ठेरो परेको बखत ऐँचोपैँचो र सरसापट गर्नमा मात्रै सीमित छैनन्। सहकारीमा सङ्कलित पुँजीलाई नाफामूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट नाफा आर्जन गर्दै गइरहेका छन्। यस क्षेत्रलाई दिगो र नियमित रूपमा सञ्चालन गर्नका निम्ति लगानी र मुनाफा आर्जनको विषयलाई अस्वाभाविक मान्नु हुँदैन तर सहकारीहरू केवल सेवाभावभन्दा बढी अर्थोपार्जनमा नै केन्द्रित रहेका छन् भन्ने आरोप त्यसका सञ्चालकमाथि लाग्दै आएको छ। त्यसले सहकारी क्षेत्रलाई बदनाम बनाउने खतरा पनि बढ्दै गएको छ। नेपालका सहकारीको दीर्घकालीन भविष्यका निम्ति यो विषय पनि आफैँमा गम्भीर चिन्ताको विषय हो।देशको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान करिब तीन प्रतिशत रहेको सरकारी तथ्याङ्कले बताउँछ । आखिर पँैतीस हजार सहकारी सङ्ख्या, त्रिसती लाख सदस्य सङ्ख्या र सात खर्ब पुँजी रहेको सहकारी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा किन अपेक्षित  योगदान गर्न सकेन ? सहकारी क्षेत्रमाथि उठ्दै आएका प्रश्नमध्ये आफैँमा यो गम्भीर प्रश्न हो। स्वाभाविक रूपमा प्रश्न उठ्छ, आखिर सहकारी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न नसक्नुका कारण के हुन् ? राष्ट्रिय समृद्धिको अभियानमा लामबद्ध हुन सहकारी क्षेत्रलाई के कुराले बाधा गर्यो ? त्यस विषयमा सरोकारवालाका बीचमा गहन रूपमा बहस गरिनुपर्छ।खासमा वैदेशिक ऋण र अनुदान बढीभन्दा बढी प्राप्ति गर्ने कुरामा आफ्नो सफलता देख्ने सरकार आफ्नै घरभित्र रहेको सहकारीको खर्बौं पुँजी परिचालन गर्ने विषयमा ध्यान पुर्याउन असमर्थ देखिन्छ, किन ? उक्त पुँजीको अधिकतम उपयोग गरी गरिबी निवारण, औद्योगिक विकास, पर्यटकीय पूर्वाधारको निर्माण र अधिकतम रोजगारीको सिर्जना गर्न सकिन्छ तर यस दिशामा सरकार कत्ति पनि संवेदनशील देखिँदैन। सहकारी क्षेत्रलाई विश्वासमा लिन र पुँजीको उपयोगका निम्ति सरकारले राष्ट्रिय सङ्कल्पसहितको नीति निर्माण गर्नुपर्ने हुन्छ तर यसका निम्ति सरकार र सहकारी क्षेत्र दुवै स्पष्ट र गम्भीर देखिँदैनन्। एकातर्फ सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण र गरिब जनताको जीवनमा वास्तविक रूपान्तरण गर्न पुँजीको परिचालन नै गर्न नसक्ने सरकार र सहकारी क्षेत्र समान रूपमा दोषी देखिन्छन्। अर्कोतर्फ नितान्त केही हजार मानिसको आर्थिक आयआर्जनको माध्यमका रूपमा सीमित गरिनुले सहकारी क्षेत्रको व्यापक लक्ष्य हासिल गर्न सकिँदैन। वास्तवमा सिङ्गो सहकारी क्षेत्र र सरकारले लगानीका क्षेत्रहरूको प्राथमिकीकरण गरी पुँजीको अधिकतम उपयोग गर्ने कुरा नै अहिले महत्वपूर्ण एजेन्डा बन्न गएको छ।लगामको खाँचो गरिबीको रेखामुनि रहेका, न्यून आय भएका र आर्थिक स्रोतमा पहुँच नभएका नागरिकको जीवनमा आर्थिक रूपान्तरण ल्याउनका निम्ति सहकारीको भूमिका असाध्यै महìवपूर्ण हुने गर्छ। दक्षिण एसियाली छिमेकी मुलुक बङ्गलादेशमा सहकारीमार्फत पचासौँ लाख गरिब जनताको जीवनमा गुणात्मक परिवर्तन हुन पुग्यो। नेपालमा भन्दा विल्कुल पृथक् सहकारीको अवधारणा, नीति र कार्यक्रममार्फत सहकारीकोे अभ्यास गरेका कारण सफलताको उचाइ प्राप्त गर्न बङ्गलादेशको सहकारी अभियान सफल भएको दृष्टान्त हाम्रानिम्ति सिकाइ बन्न सक्छ। उनीहरू र हाम्राबीचमा फरक कति मात्रै हो भने उनीहरूले नितान्त सेवाभावले गरिब जनताको उत्थानका निम्ति सहकारी अभियानलाई सञ्चालन गरे। हामीकहाँ भने नाफामुखी प्रयोजनका निम्ति सहकारी सञ्चालन भए।हाम्रा सहकारीहरू ग्रामीण बस्तीहरूमा भन्दा बढी आर्थिक गतिशीलता हुने सहरी क्षेत्रहरूमा मात्रै केन्द्रित हुने गरेका छन्। त्यस्तै बचत तथा ऋण मात्रै सहकारी हो भन्ने सङ्कुचित धारणा विकास हुनु र चर्को ब्याजमा ऋणको प्रवाह गर्ने कार्यमा सहकारीहरू लिप्त देखिन्छन्, जुन दुर्भाग्यपूर्ण छ। अधिकतम रोजगारी सिर्जना हुने, गरिबको आर्थिक सबलीकरणमा मद्दत पुग्ने र ग्रामीण भेगका कृषकलाई उत्पादनमा प्रोत्साहित गर्ने किसिमका कार्यलाई आफ्नो लगानीको प्राथमिकताको क्षेत्र बनाएको देखिँदैन। त्यसबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने र गरिबी निवारण गर्ने कुरामा योगदान गर्न सक्ने देखिँदैन। सहकारी क्षेत्रमा आर्थिक अनियमितता, सर्वसाधारणको रकमको अपचलन तथा ठगी गर्ने अक्षम्य अपराधपूर्ण कार्यहरूसमेत उसैगरी हुँदै आइरहेको पाइन्छ। सहकारी क्षेत्रलाई नै बदनाम गराउने यस्ता कर्ममा केही ठूला भनिएका सहकारीहरू नै मुछिनु पूरै सहकारी आन्दोलन र अभियानका निम्ति दुर्भाग्य मान्नुपर्छ। यस्ता अपवित्र कार्यले सहकारीको पवित्र सोचलाई मात्रै बाधा पुर्याउँदैनन् कि सहकारी क्षेत्रप्रति रहेको राज्यको भरोसा र सर्वसाधारण नागरिकको विश्वासमाथि समेत गम्भीर सङ्कट पैदा गराउँछन्। सरकारको सहकारीप्रतिको दृष्टिकोण अझै अस्पष्ट झैँ लाग्छ। पहिलो कुरा सरकार सहकारीलाई पूर्ण रूपमा नियन्त्रण गर्ने सोचबाट मुक्त हुन आवश्यक देखिन्छ। राज्यद्वारा सहकारीप्रति सहयोगी तर अहस्तक्षेपकारी नीति अवलम्बन गरिनुपर्छ। सहकारी संस्थामा रहेको पुँजीको परिचालन गरी राष्ट्रिय आवश्यकताअनुसार उपयोग गर्नका निम्ति राज्यले राष्ट्रिय नीतिको निर्माण गरी बाटो खोल्नुपर्छ। पुँजी कम र निश्चित क्षेत्रभित्र सङ्ख्यात्मक हिसाबले अधिक रहेका सहकारीहरूलाई आपसमा मर्ज गरी सबल सहकारी निर्माण गर्ने नीति अख्तियार गरिनु सान्दर्भिक हुन्छ। सहकारी क्षेत्रमा हुने आर्थिक हिनामिना र ठगी नियन्त्रण गर्नका निम्ति नियमनकारी निकायलाई सबल तुल्याउने र जिम्मेवार बनाइनुपर्छ। त्यससँगै सहकारी सदस्यलाई सहकारी शिक्षा प्रवाह गर्ने, सहकारी संस्थामा कार्यरत जनशक्तिलाई क्षमता अभिवृद्धिका नियमित तालिम प्रदान गर्ने र सहकारी सञ्चालकलाई वित्तीय शिक्षा प्रदान गर्नु जरुरी देखिन्छ। 
News
48,004
प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं, पुस १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस
https://gorkhapatraonline.com/news/49460
 काठमाडौं, पुस १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस
News
59,448
झापाको निरन्तर फाइनल यात्रा
आयोजक झापा ११ लगातार चौथोपल्ट मगमग झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार पहिलो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै घरेलु टोली उपाधि नजिक पुगेको हो । 
https://ekantipur.com/sports/2019/03/09/15520984195892712.html
बिर्तामोड — आयोजक झापा ११ लगातार चौथोपल्ट मगमग झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार पहिलो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै घरेलु टोली उपाधि नजिक पुगेको हो । झापाका लागि टाइब्रेकरमा पुजन उपरकोटी, देवेन्द्र तामाङ र गोलकिपर दिनेश थापामगरले गोल गरेका थिए । झापाका कप्तान कर्ण लिम्बु र हेमन गुरुङको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए । टाइब्रेकरमा थ्रीस्टारका रजिन धिमालको प्रहारमात्र गोलमा परिणत भएको थियो ।बुद्धराज चेम्जोङको पेनाल्टी प्रहार झापाका गोलकिपर दिनेशले बचाउ गरे भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो । निर्धारित ९० र थप १५ मिनेटमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको अधिकांश समय बल भने थ्रीस्टारले आफ्नो नियन्त्रणमा राखेको थियो ।डोमालाल राजवंशी रंगशालामा थ्रीस्टारले १८ औं मिनेटमा अग्रता लिने अवसर गुमायो । सुशील राईको पासलाई अजयी मार्टिन्सको सशक्त प्रहार पोस्ट माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै झापाले पनि अग्रता लिने अवसर गुमाएको थियो । थ्रीस्टारका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई झापाका विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । २९ औं मिनेटमा रजिन धिमालको फ्रिकिक प्रहार झापाका गोलकिपर दिनेशले नियन्त्रणमा लिन नसकेपछि थ्रीस्टारका सुशीलको हेड बल झापाका दिलेन लोक्तामले उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा झापाका खेलाडीले थ्रीस्टारविरुद्ध काउन्टर प्रहार गर्न सकेनन् । ४३ औं मिनेटमा थ्रीस्टारका किपर एलन अघि बढेको अवस्थामा पाएको बलमा झापाका विदेशी खेलाडी काजिम बुखारीले पोस्टको दिशा दिन सकेनन् । बक्सभित्रबाट ५० औं मिनेटमा झापाका पुजनले गरेको फ्रहार सशक्त हुन सकेन । ५२ औं मिनेटमा थ्रीस्टारका सुशीलको त्रस झापाका गोलकिपर दिनेशले नियन्त्रणमा लिए । लगत्तै थ्रीस्टारका अनिल गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ७० औं मिनेटमा झापाका हेमन गुरुङको फ्रिकिक प्रहार गोलकिपर एलनले नियन्त्रणमा लिन सकेनन् । उक्त बललाई झापाका भिक्टोर एमोबीले प्रहार गर्न भ्याएनन् । थ्रीस्टार ७८ औं मिनेटमा अभागी साबित भयो । विजय धिमालको कडा प्रहार बारमा लागेर फर्किएको थियो । ८१ औं मिनेटमा कर्नर प्रहार झापाका काजिमको हेडिङ पोस्ट नजिकैबाट बाहिरिएको थियो । ९६ औं मिनेटमा झापाका हेमनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिर गयो । झापाका गोलकिपर दिनेश थापामगर म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफूहरू झापासँग लगातार दोस्रो पटक सेमिफाइनलमा अभागी साबित भएको बताए । उनले निर्धारित समयमा पाएको केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको सुनाए । उनले भने, ‘टाइब्रेकरमा पनि आफ्ना गोलकिपरले लगातार दुई प्रहार रोक्दा समेत पराजित हुनु दुर्भाग्य नै हो ।’ झापाका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो रणनीतिअनुसार नतिजा निकाल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले खेल अवधिभर आफ्ना खेलाडीले खटेर खेलेपनि रणनीतिअनुसार पूर्ण रूपमा खेल्न नसकेको बताए । शनिबार सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र क्यामरुनी क्लब दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ ।
Sports
27,798
मोउरिन्होको २००औं प्रिमियर लिग जित
माइकल केनले गरेको आत्मघाती गोलको सहयोगमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई १–० ले हरायो र लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो ।
https://ekantipur.com/sports/2020/07/07/159408242796717267.html
लन्डन — माइकल केनले गरेको आत्मघाती गोलको सहयोगमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई १–० ले हरायो र लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो ।यो टोटनहममा व्यवस्थापक जोसे मोउरिन्होका लागि २००औं प्रिमियर लिग जित पनि रह्यो । यसैक्रममा टोटनहमले एभरटनमाथि आफ्नो प्रभुत्व पनि कायम राख्यो ।उसले एभरटनविरुद्धका पछिल्ला १५ खेलमध्ये कुनैमा पनि हार बेहोर्नु परेको छैन। मिडफिल्डर जियोनी लो सेल्सको २३ औं मिनेटको प्रहार केनलाई छोएर गोलमा परिणत भएको थियो ।
Sports
24,965
ब्वाइज युनियनका पूर्वकप्तानको अन्त्येष्टि
ब्वाइज युनियन क्लबका पूर्वकप्तान यज्ञलाल श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको आइतबार डेंगीका कारण ८० वर्षको उमेरमा निधन भएको थियो ।
https://ekantipur.com/sports/2022/09/21/166372765116082176.html
काठमाडौँ — ब्वाइज युनियन क्लबका पूर्वकप्तान यज्ञलाल श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको आइतबार डेंगीका कारण ८० वर्षको उमेरमा निधन भएको थियो ।उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि क्लब हातामा राखिएको थियो । श्रेष्ठले ०२३ देखि ०२८ सम्म ब्वाइज युनियनको कप्तानी सम्हालेका थिए । उनी ०५१ देखि ०६१ सम्म क्लबका अध्यक्ष पनि रहे । श्रेष्ठ एथलेटिक्समा पूर्वराष्ट्रिय खेलाडीसमेत हुन् । उनको नाममा राष्ट्रिय कीर्तिमान समेत कायम भएको थियो ।
Sports
19,578
सुनुवाइ प्रक्रियामा उजुरीकर्ताको असन्तुष्टि
प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न समिति इच्छुक नदेखिएको भन्दै समिति बैठकबाट बाहिरिए । समितिकै बैधतामाथि प्रश्न उठाएका उजुरीकर्ता समितिसमक्ष धारणा राख्न तयार भए पनि कुरा सुनुवाइ नभएको भन्दै छलफलको बिचबाटै बाहिरिएका छन् ।
https://gorkhapatraonline.com/news/67693
काठमाडौँ, जेठ ३२ गते । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न समिति इच्छुक नदेखिएको भन्दै समिति बैठकबाट बाहिरिए । समितिकै बैधतामाथि प्रश्न उठाएका उजुरीकर्ता समितिसमक्ष धारणा राख्न तयार भए पनि कुरा सुनुवाइ नभएको भन्दै छलफलको बिचबाटै बाहिरिएका छन् । उजुरीकर्ताले छलफलमा भाग लिन अस्वीकार गरे पनि समितिले प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको तालिकालाई यथावत् रूपमा नै अघि बढाउने निर्णय गरेको छ । समितिले कार्कीको सुनुवाइ बिहीबार बिहान गर्ने निर्णय पनि गरेको छ । समितिले सात जना उजुरीकर्तासँग छुट्टाछुट्टै र अन्यसँग सामूहिक छलफल गरेको जनाएको छ । “हामीले समूहगत र व्यक्तिगत रूपमा उपस्थित उजुरीकर्ताको कुरा सुन्यौँ । अब भोलि प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढ्ने छ,” कांग्रेस प्रमुख सचेतक एवं समिति सदस्य रमेश लेखकले भन्नुभयो । समिति गठनमै प्रश्नउजुरीकर्ताको एक समूहले समितिको वैधतामा नै प्रश्न उठाएका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता अमृत खरेल, अधिवक्ता उत्तम श्रेष्ठ, उजुरकर्ता रतन भण्डारीलगायत १६ जनाको समूहले समितिको वैधतामा प्रश्न उठाएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र समितिको कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित नै नभएकाले समितिको वैधतामा उजुरीकर्ताले प्रश्न उठाएका हुन् । उक्त नियमावली प्रकाशन भएको तथ्य सचिवालयले उजुरीकर्तालाई समेत दिएको छैन । समितिमा छलफलका व्रmममा पनि न्यायाधीश भट्टराई, वरिष्ठ अधिवक्ता श्रेष्ठलगायतले वैधता नै नभएको समितिमा छलफल आवश्यक नभएको बताउनुभयो । अधिवक्ता श्रेष्ठले भन्नुभयो, “कुनै पनि कानुन कार्यान्वयनको वैधता राजपत्रमा प्रकाशित भएपछि हुने हाम्रो स्थापित अभ्यास हो । संयुक्त नियमावली अहिलेसम्म राजपत्रमा प्रकाशन भएको छैन । यस कारण समिति गठन र यसले गरेको सबै काम वैधानिक छैनन् । समितिले यसलाई सच्याओस् भन्ने हाम्रो माग हो तर उहाँहरू सुन्न नै तयार हुनुभएन । हामीलाई पेल्ने काम मात्र भयो । यस कारण हामी छलफलमा बसेनौँ ।”तर नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले समितिको वैधतामा प्रश्न नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको धारा १०३(२) को सदनको विशेषाधिकार पर्याप्त छ । सदनको कारबाही नियमित भए वा नभएको निर्णयको अधिकार सदनलाई मात्र हुने छ । साथै संयुक्त नियमावलीमै पनि नियमावली तत्काल लागु हुने उल्लेख छ । यस कारण राजपत्रको विषय गौण हो ।”उजुरीकर्ताले आफूहरूसँग समिति सचिवले गरेको समझदारी सभापतिले कार्यान्वयन नगरेको पनि आरोप लगाएका छन् । समिति बैठकमा सहभागी हुने वा नहुनेबारे विवाद भएपछि समिति सचिव पद्मप्रसाद पाण्डेय र उजुरीकर्ता समूहबीच छलफल भएको थियो । सो छलफलमा सबैलाई सामूहिक प्रवेश गराइने र तीन जनाले आफ्ना धारणा राख्ने अवसर दिने समझदारी भएको थियो तर बैठकमा आफ्ना धारणा नभई सभापतिले प्रश्न गरेको र धारणा राख्न नपाउँदै समय सकिएको जवाफ दिएको उजुरीकर्ताको आरोप छ । समितिमा धारणा राख्न नपाएको भन्दै उनीहरू होहल्ला गर्दै बैठक कक्षबाट बाहिरिएका थिए । समिति गठनसँगै उजुरीकर्ताले कानुनी रिक्तताको अवस्थामा सिफारिस भएको समेत प्रश्न उठाएका छन् । संवैधानिक परिषद्को बैठकको निर्णय प्रव्रिmयासम्बन्धी व्यवस्था अध्यादेशले संशोधन गरेको तर सो व्यवस्था हालसम्म पनि नजगाइएको भन्दै नियुक्ति कानुनी रिक्तताको अवस्थामा रहेको बताएका छन् । कानुनी रिक्तताको अवस्थामा भएको सिफारिस अनुसार सुनुवाइबाट अनुमोदन नगर्न पनि उनीहरूको माग छ । उजुरीकर्ताले प्रस्तावित प्रधान न्यायाधीश कार्कीमा नेतृत्व क्षमता नभएका, अमूक दल निकट रहेको, न्यून शैक्षिक योग्यता रहेकालगायतका पनि आरोप लगाएका छन् । समितिको निर्णय अनुसार अब बिहीबार बिहान उहाँको सुनुवाइ हुने छ । समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत नभए उहाँको नाम अनुमोदन हुने छ । समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । प्रधान न्यायाधीश नियुक्त भएमा उहाँको कार्यकाल आगामी साउन १९ गतेसम्म कायम रहने छ ।  
News
55,672
विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री
गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए ।
https://ekantipur.com/Education/2023/09/03/16937457484721026.html
काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए ।‘विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका लागि राजनैतिक सहमति बनाउनुपर्छ, संलग्न सबै पक्षलाई अपील गर्नुपर्छ, त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने । त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ ।बैठकमा सहभागी ११ वटा विश्वविद्यालयका उपकुलपतिहरुले तालान्दी र अराजक गतिविधिहरुको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए । विश्वविद्यालयमा शान्ति सुरक्षा कायम हुनुपर्ने उनीहरुले भनाई थियो ।गृहमन्त्री श्रेष्ठले उच्चशिक्षमा शैक्षिक क्यालेण्डर लागू गर्न पनि आग्रह गरेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । क्यालेण्डर कार्यान्वयनका लागि अनुकूल वातारण सिर्जना हुनुपर्ने र त्यसका लागि पनि बन्द, हड्ताल अन्त्य हुनुपर्ने उनले बताएका थिए । तालाबन्दी नियन्त्रण गर्न सरकार र गृह मन्त्रालयले साथ दिने उनले प्रतिबद्धता जनाए । उपकुलपतिहरुसँग गृहमन्त्रीले उच्चशिक्षामा लगानी बढाउनुपर्ने र अनुसन्धान संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले तालाबन्दी, गैरराजनीतिक गतिविधिका कारण उच्चशिक्षामा अराजकता मौलाएको टिप्पणी गरे । त्यसको अन्त्यका लागि राजनीतिक दलबीच सहमति गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।‘दलहरुले भातृ संगठनलाई रचनात्मक कार्यका लागि निर्देशित गर्नुपर्छ । विद्यार्थी, प्राध्यापक, कर्मचारीबीच पनि छलफल चलाउनुपर्छ, विश्वविद्यालय प्रशासनले सबैलाई कन्भिन्स गनुपर्छ,’ उनले भने, ‘आवश्यक परे कानुनको सहायता लिएर कठोर कदम पनि चाल्नुपर्छ ।’ शैक्षिक क्यालेण्डर लागू गर्न सरकारले आयोगलाई सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । आयोगले विश्वविद्यालयमा भईरहेको तालाबन्दी र विश्वविद्यालयमा भदौदेखि लागू भएको एकीकृत क्यालेण्डरको विषयमा बैठकमा छलफल गरेको थियो । उपकुलपतिहरुले विश्वविद्यालयमा हुने तालाबन्दीका कारण शैक्षिक क्यालेण्डर कार्यान्वयनमा बाधा पुग्ने हो कि भन्ने आंशका गरेका थिए । विश्वविद्यालयहरुमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र स्थानीयबासीको तर्फबाट पटक/पटक तालाबन्दी हुँदै आएको छ । आफ्ना माग पुरा दबाब दिन तालाबन्दी गर्दा शैक्षिक गतिविधि प्रभावित हुने गरेको विश्वविद्यालयका पदाधिकारीहरुको गुनासो छ ।
Education
12,237
६ महिनासम्म साटिएन चेक
असोजमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा प्रधानमन्त्री कप तथा विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको व्यवस्थापक राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) बाट सहभागी खेलाडीका लागि ५ लाख ८८ हजार रुपैयाँको चेक दिइएको थियो । त्यो चेक ५ महिना बित्दासम्म पनि साटिएको छैन ।
https://ekantipur.com/sports/2020/03/11/15839006367424711.html
काठमाडौँ — असोजमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा प्रधानमन्त्री कप तथा विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको व्यवस्थापक राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) बाट सहभागी खेलाडीका लागि ५ लाख ८८ हजार रुपैयाँको चेक दिइएको थियो । त्यो चेक ५ महिना बित्दासम्म पनि साटिएको छैन ।‘उति बेलै खातामा पैसा छ भनेर हामीलाई चेक दिइएको थियो,’ एमयूबाट टोलीको नेतृत्व गरेका युद्धमान बस्नेतले भने, ‘आज–भोलि भन्दै महिनौं बित्यो, जहिले जाँदा पनि खातामा नगद छैन भन्ने जवाफ आउँछ ।’पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेको प्रधानमन्त्री कप तथा खेलकुद प्रतियोगिता असोज ९ देखि ११ सम्म चलेको थियो । सात खेलमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ९ वटै विश्वविद्यालयका खेलाडी सहभागी थिए । एममूबाट मात्र ८३ खेलाडी सहभागी थिए । बस्नेतका अनुसार संघले प्रतियोगिताको नियमअनुसार पाउनुपर्ने ७ लाख ३८ हजारमध्ये १ लाख ५० हजार असोज १३ मा दिएको थियो । बाँकी रकम सोही मितिमा चेक काटेर दिइएको थियो । तर, नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त खातामा अहिलेसम्म नगद छैन । ‘सरकारी निकायकै चेक बाउन्स हुन्छ भन्दा लाजमर्दो अरु के हुनसक्छ ?’ टोलीमा सहभागी एमयूका प्रशासकीय अधिकृत दिनेश गौतमले भने, ‘अब भुक्तानीका लागि कानुनी प्रक्रियामा जानुको विकल्प छैन ।’चेक नसाटिँदा खेलाडी लिन प्रयोग गरिएको दुईवटा बसभाडा र काठमाडौंको होटल खर्च तिर्न बाँकी रहेको बस्नेतले सुनाए । अन्य केही खर्च ऋणसापट गरेर तिरिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको नाम जोडिएको प्रतियोगिता भएकाले उत्साहसाथ सहभागी हुन गयौं, तर हामीलाई ब्यालेन्स नभएको चेक दिएर पठाइयो,’ एमयूका नायब सुब्बा रहेका बस्नेतले भने, ‘हामीजस्ता सामान्य कर्मचारीले यति लामो समयसम्म यत्रो पैसा कहाँबाट धान्न सक्छौं ।’प्रतियोगिताको व्यवस्थापन गरेको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका अध्यक्ष अनिल रिजालले आयोजक राष्ट्रिय खेलकुद परिषदले आधा बजेटमात्र दिएको र प्रायोजकले समेत प्रतिवद्धताअनुसार नदिँदा समस्या भएको बताए । उनका अनुसार परिषदले ३५ लाख दिने भनेकामा साढे १७ लाखमात्र दिएको छ । ‘हामी त व्यवस्थापक हो, आयोजकले नै पैसा नदिएपछि समस्या भयो,’ उनले भने, ‘त्यही कारण लामो समयसम्म चेकबाट भुक्तानी नमिलेको हो ।’ सबै विश्वविद्यालयको खेलाडी टोलीलाई गरेर २२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
Sports
25,457
स्वयंसेवक शिक्षक परिचालन गरिने
ललितपुरको गोदावरी नगरपालिकाले स्नातक र स्नाकोत्तर तह पूरा गरेका शिक्षित बेरोजगार युवालाई नगरपालिकाका सामुदायिक विद्यालयमा निश्चित पारिश्रमिकसहित स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने भएको छ ।
https://gorkhapatraonline.com/news/19662
ललितपुर, साउन ६ गते । ललितपुरको गोदावरी नगरपालिकाले स्नातक र स्नाकोत्तर तह पूरा गरेका शिक्षित बेरोजगार युवालाई नगरपालिकाका सामुदायिक विद्यालयमा निश्चित पारिश्रमिकसहित स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने भएको छ । यस वर्ष त्यस्ता ५० जनालाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गरिने भएको छ। नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको समग्र शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षदेखि स्वयंसेवक शिक्षकको नीति ल्याएको बताउनुभयो । उहाँका अनुसार एक जना शिक्षकलाई मासिक १५ देखि २० हजार रुपियाँ उपलब्ध गराइनेछ । त्यस्ता शिक्षक छनोटका कार्य यसै महिनादेखि सुरु गरिनेछ । उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको स्वयंसेवक शिक्षकले नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।” नगरपालिकाभित्र ४६ वटा विद्यालयमध्ये १७ वटा माध्यमिक तहका छन् । यस्ता शिक्षक तत्कालका लागि माध्यमिक विद्यालयमा मात्र परिचालन गरिनेछ ।  यस वर्षभित्रै नगर शिक्षा ऐन, नियमावली, कार्यविधि मापदण्ड तथा शिक्षासँग सम्बन्धित अन्य कानुन निर्माण गरी शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्ने योजना नगरपालिकाले बनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न उच्चस्तरीय अनुगमन समिति गठन गरी अनुगमन कार्यलाई प्राथमिकता दिने, नगरपालिकास्तरीय र सबै वडामा पुस्तकालय निर्माण गर्ने नीति नगरपालिकाले बनाएको छ ।   
News
62,341
पर्यटन व्यबसायी तथा गीतकार गिरी सम्मानित
सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।
https://gorkhapatraonline.com/news/51846
गोरखापत्र अनलाइनकाठमाडौं, माघ ८ गते । सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ ।  आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।  गीत सङ्गितमा गरेको योगदानको कदर गर्दै वरिष्ठ गीतकार गिरी सम्मानित हुनुभएको हो । देश बने पो हामी बन्छौं, एक्लै बनेर के अर्थ हुन्छ र, तिमी भयौ बुढी पीपल जस्ता कालजयी गीतका सर्जक गिरीका ३० भन्दा बढी गीत बजारमा छन् । यथार्थपरक र सन्देशमुलक विषयमा कलम चलाउन रुचि राख्ने हुनाले यथार्थबादी गीतकार भनेर पनि उहाँ चिनिनुहुन्छ । पर्यटन ब्यवसायमा समेत आवद्व रहनुभएका गिरी ठमेलमा होटल म्याजेष्टिक र भोजघर रेष्टुरेण्टका सञ्चालक समेत हुनुहुन्छ । बाग्लुङ्ग कुश्मामा विश्वकै दोस्रो उचाईमा रहेको क्लिफ वञ्जिजम्पलगायत अन्य ब्यवसायमा पनि उहाँको लगानी छ । 
News
44,716
यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा अपराधजन्य कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
https://ekantipur.com/news/2024/06/26/the-human-rights-commission-urges-torture-victims-to-ensure-access-to-justice-26-49.html
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा अपराधजन्य कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का अवसरमा प्रेस विज्ञप्ति जारी गरी आयोगका सिफारिस पूर्णरुपमा कार्यान्वयन गर्न र यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।'नेपाल पक्ष राष्ट्र भएको यातनाविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, १९८४ ले यातनालाई मानवताविरुद्धको अपराधको रुपमा उल्लेख गरेको छ', विज्ञप्तिमा भनिएको छ, 'यी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाका बाबजुद आयोगमा हालका दिनहरुमा प्राप्त उजुरी र आयोगको अनुगमनबाट नेपालमा यातना दिने कार्य अन्त्य हुन सकेको देखिँदैन, सशस्त्र द्वन्द्वका यातना पीडितलेसमेत वर्षौंदेखि न्यायको अनुभूति गर्न नसकेको अवस्था छ ।'आयोगले स्थापनादेखि यातना दिइने कार्यविरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै आएको छ । विशेषगरी नेपालमा सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षले पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका विषय उजुरी दर्ता गर्ने र ती घटनामा अनुगमन तथा अनुसन्धान गरी नेपाल सरकारसमक्ष आयोगले सिफारिस गर्दै आएको छ ।आयोगमा यातनासम्बन्धी विचाराधीन तीनसय ७० उजुरीमध्ये चालु आर्थिक वर्षमा ५५ वटा उजुरीमा अन्तिम निर्णय भई २२ वटा उजुरीमा क्षतिपूर्ति र कारबाहीका लागि सिफारिस गरिएको छ । जसमध्ये १७ जनालाई रु तीन लाख ३० हजार क्षतिपूर्ति र १६ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । तर आयोगको सिफारिसबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता नदेखिएको आयोगले जनाएको छ ।आयोगले विगतमा यातनाविरुद्धको अधिकार संरक्षणका लागि हिरासत तथा कारागारको अनुगमन र कारागार तथा हिरासत कक्षहरुलाई यातनामुक्त बनाउन निर्देशन दिँदै आएको छ । नेपालको संविधानको धारा २२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भन्ने उल्लेख गरिएको छ । यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।मुलुकी अपराध संहिता, २०७४ ले यातनालाई फौजदारी अपराधको रुपमा परिभाषित गरेको छ । यातनासम्बन्धी क्षतिपूर्ति ऐन, २०५३, ले यातना पीडितलाई क्षतिपूर्ति दिनेलगायतका कानुनी व्यवस्था गरेको छ ।
News
2,262
आर्थिक विधेयक स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो ।
https://gorkhapatraonline.com/news/113430
काठमाडौँ, असार ११ गते । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो । बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । रासस  
News
34,069
समितिमा सभापति बजेट छलफलपछि
प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।
https://gorkhapatraonline.com/news/15281
काठमाडौँ, जेठ २५ गते । प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो । सभामुख सापकोटाले सभापति चयन बजेट छलफलपछि हुने जानकारी मङ्गलबार कार्यव्यवस्था परामर्श समितिमा जानकारीसमेत दिनुभएको छ । प्रधानमन्त्री देउवाले लेखा समिति प्रतिपक्षलाई दिन तयार रहेको जानकारी पनि आफूलाई दिएको सापकोटाले जानकारीसमेत बैठकमा गराउनुभएको छ ।  बजेट छलफललगत्तै सभापति चयन प्रक्रिया अघि बढाउने जानकारी बैठकमा दिएको एमाले सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो, “सभामुखज्यूले प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी गराउनुभयो । सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समितिको नेतृत्व चयन बजेट छलफलपछि अघि बढाउने पनि उहाँले हामीलाई जानकारी दिनभयो ।”संसदीय अभ्यासमा लेखा समिति विपक्षी दलले नेतृत्व गर्नुपर्ने भए पनि अहिले सत्तापक्षकै नेतृत्वमा छ । कांग्रेसका भरतकुमार शाहले समितिको नेतृत्व गरिरहनुभएको छ । विपक्षी दल एमालेले सभापति हेरफेरको एजेन्डा बनाए पनि करिब एक वर्षदेखि सभापति फेरिएको छैन । एमालेको असन्तुष्टिका कारण समितिमा गणपूरक सङ्ख्या अभावमा बैठकसमेत बस्न सक्ने अवस्था बनेको छैन । वार्षिक प्रतिवेदन पारितका लागि अन्तिम पटक फागुनमा समिति बैठक बसेको थियो । यस्तै राज्य व्यवस्था पनि असोजदेखि नेतृत्वविहीन छ । सभापति शशी श्रेष्ठ मन्त्री नियुक्त भएपछि असोज २२ यता समिति नेतृत्वविहीन भएको हो । अन्तिम पटक असोज २० गते बैठक बसेको थियो । ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राख्ने तयारी भए पनि सभामुखकै आग्रहमा रोकिएको थियो । राष्ट्रिय सभामा पनि समिति सभापति चयन प्रक्रिया अघि बढाइएको छैन । चारवर्षे कार्यकाल पूरा गरेर एकै पटक तीन सभापति बाहिरिनुभएको थियो । राष्ट्रिय सभाको नियमावलीअनुसार एक तिहाई सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेरको व्यवस्था छ ।  
News
62,965
मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो ।
https://gorkhapatraonline.com/news/50549
गोकुल पराजुलीविराटनगर, पुस २५ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले नेकपा (एमाले) का तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराउनुभयो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोक्नुभएको छैन । माओवादी अनुपस्थित यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्य नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले गरेको निर्णयका बारेमा जानकारी दिनुहुँदै माओवादी केन्द्रका सांसद तथा प्रदेश १ का सचिव गणेशप्रसाद उप्रेतीले भन्नुभयो ‘प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल हुनेगरी सहमति नभएसम्म तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको छ ।’ बैठकले दलहरुबीच भएको सहमति सच्याउन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । माओवादी संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेसँगै प्रदेश प्रमुखले दिउँसो २ बजे आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सुरु गर्न केही ढिलाइ हुनुभएको छ । त्यसअघि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय सहमति विपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।  ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उहाँले भन्नुभयो, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’यद्यपि माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन भने गरेको छ । माओवादी सरकारमा सहभागी नभएको अवस्थामा पनि मुख्यमन्त्रीसँग सरकार गठनका लागि आवश्यक ४७ जना सांसदको बहुमत भने प्राप्त हुनेछ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । 
News
59,204
ललितपुर वाग्मती च्याम्पियन
ललितपुर जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको वाग्मती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विपिन आचार्य र भार्गव खनालको सानदार बलिङ तथा आशुतोष घिरोइयाको उत्कृष्ट ब्याटिङमा ललितपुरले मंगलबार सम्पन्न फाइनलमा चितवनलाई ५ विकेटले पराजित गर्‍यो । 
https://ekantipur.com/sports/2024/01/10/lalitpur-oratory-champion-48-34.html
काठमाडौँ — ललितपुर जिल्लाले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको वाग्मती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । विपिन आचार्य र भार्गव खनालको सानदार बलिङ तथा आशुतोष घिरोइयाको उत्कृष्ट ब्याटिङमा ललितपुरले मंगलबार सम्पन्न फाइनलमा चितवनलाई ५ विकेटले पराजित गर्‍यो । आशुतोषले अविजित ८३ रन बनाएपछि ललितपुरले मूलपानी क्रिकेट रंगशालामा ३५.५ ओभरमा १ सय ५४ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो । प्लेयर अफ द फाइनल उनले १ सय २ बल खेल्दै १२ चौका प्रहार गरे । रोनिम तिवारी १३ र आदिल खान १८ रनमा आउट भए । निर्भिक पाठक १८ बल खेल्दै समान १ चौका र छक्कासहित १७ रनमा अविजित रहे । चितवनबाट दानिस इकवालले २ तथा कप्तान गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवन निर्धारित ५० ओभरको खेलमा ४५.२ ओभरमा १ सय ५२ रनमा अलआउट भयो । ओपनर रोशन झाले सर्वाधिक ४९ रन बनाए । उनले ४५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । उनले विकलकुमार गुप्तासँग पहिलो विकेटमा १२ ओभरभित्र ६८ रनको साझेदारी गरे पनि चितवनले त्यसको फाइदा उठाउन सकेन । विकलले ३५ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए ।चितवनका दुई प्रमुख ब्याटर सूर्यांशु कोइराला र प्रतीक श्रेष्ठ खाता नखोली आउट भए । टोलीबाट विमल चालिसेले १०, इकवालले २१ र गौतमले १० रन बनाए । ललितपुरका विपिन र भार्गवले ३–३ विकेट लिएका थिए । विपिनले १० ओभरमा २ मेडन राख्दै ५३ र भार्गवले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चे ।पंकज पाण्डे, आयुष जैसवाल र आदिलले १–१ विकेट लिए । आशुतोष प्लेयर अफ द सिरिज बने । उनले २२० रन बनाए । काठमाडौंका इशान पाण्डे उत्कृष्ट ब्याटर चितवनका कृजन गुरुङ उत्कृष्ट बलर बने । इशानले १ सय ७५ रन बनाए भने कृजनले ९ विकेट लिएका थिए ।
Sports
15,316
टिकटकले फैलाएको उन्माद नियमन कहिले ?
पाँच वर्षदेखि मात्र विश्वव्यापी प्रयोगमा आएको टिकटक एपको प्रयोग लोकप्रियताको सीमा नाघेर उन्मादको चरणमा पुगेको छ । छोटा–छोटा भिडियो सेयर गर्न मिल्ने यो एपका प्रयोगकर्ता नेपालमा पनि लाखौं छन् र ती बालबालिकादेखि वृद्धवृद्धासम्मै छन् ।
https://ekantipur.com/opinion/2023/11/08/tiktok-spread-frenzy-regulation-when-06-03.html
काठमाडौँ — पाँच वर्षदेखि मात्र विश्वव्यापी प्रयोगमा आएको टिकटक एपको प्रयोग लोकप्रियताको सीमा नाघेर उन्मादको चरणमा पुगेको छ । छोटा–छोटा भिडियो सेयर गर्न मिल्ने यो एपका प्रयोगकर्ता नेपालमा पनि लाखौं छन् र ती बालबालिकादेखि वृद्धवृद्धासम्मै छन् ।सुरुमा मनोरञ्जनको माध्यम मानिएको यो एप अहिले धार्मिक, सामुदायिक र जातीय सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, एकअर्काको मानमर्दन गर्ने र अश्लील सामग्री प्रचार गर्ने माध्यमका रूपमा पनि प्रयोग भइरहेको छ । टिकटकको लतले मनोसामाजिक समस्यासमेत निम्त्याउन थालिसकेको छ । टिकटक दुरुपयोग नियन्त्रण नगर्ने हो भने यो एउटा सामाजिक र राजनीतिक समस्याका रूपमा विकराल बन्दै जाने निश्चित छ । टिकटकमा सहजै खाता खोल्न मिल्छ, अझ खातै नखोली हेर्ने दर्शक पनि उत्तिकै हुन्छन् । दर्शक बटुल्ने लोभले भ्रमपूर्ण र सनसनीपूर्ण सामग्री बनाउने र प्रसार गर्ने होड चलेको छ । अझ यही बेला, एक व्यक्तिको शरीर अर्को व्यक्तिको टाउको जोडिदिने प्रविधिको उपलब्धता पनि सहज छ । यसरी ‘डिपफेक’ भिडियो तयार गरी टिकटकमार्फत कसैलाई बदनाम गराउने, भ्रम फैलाउने गरेको पाइन्छ ।टिकटक प्रयोगकर्ताको व्यापकताका कारण भ्रमपूर्ण सामग्री छोटो समयमै ‘भाइरल’ हुने गर्छ । अर्कातिर ‘भ्युज’ र फलोअर बढाउने धुनमा कुनै व्यक्तिको गोपनीयता र प्रतिष्ठा ख्याल नगरी भिडियो खिचेर टिकटकमा ‘पोस्ट’ गर्ने बेथिति पनि बढेको छ । कसैको फरक बोलीचाली, हाउभाउलाई हियाउने ढंगले टिकटकमा भिडियो बनाउनेहरू पनि प्रशस्तै छन् ।टिकटकजस्ता सामाजिक सञ्जाल जातीय विभेद, घृणास्पद अभिव्यक्ति, चरित्र हत्या गर्ने थलोका रूपमा विकास हुन गम्भीर चिन्ताको विषय हो । सामाजिक सञ्जालमार्फत गरिएका अपराधसम्बन्धी उजुरी प्रहरीमा पर्ने क्रम बर्सेनि बढ्दो छ । यसले साइबर ब्युरोको जनशक्ति र अनुसन्धान क्षमतालाई नै चुनौती दिइरहेको छ । साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधका ७ सय २१ उजुरी परेकामा चालु आर्थिक वर्षको तीन महिनामै ६ सय २० वटा उजुरी दर्ता भएका छन् र अधिकांश टिकटकसँग सम्बन्धित छ । अपराध नियन्त्रणका लागि टिकटकलाई नियमन गर्न अत्यावश्यक भइसकेको प्रहरीको तथ्यांकले प्रस्ट्याउँछ । टिकटकले सिर्जना गरेको गम्भीर समस्या भनेको प्रयोगकर्तामा देखिएको लत हो । सकेसम्म धेरै फलोअर खोज्ने ध्याउन्नमा जुनसुकै उमेरका व्यक्ति जुनसुकै हदसम्म जाने होड देखिएको छ । त्यो लत भिडियो बनाउनेमा मात्र होइन, हेर्नेमा पनि मानसिक समस्याकै रूपमा बढेको छ । घण्टौंसम्म लगातार टिकटक भिडियो हेर्ने लतले अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या निम्त्याइरहेको छ ।मनोचिकित्सकका भनाइमा कुनै पनि लत मस्तिष्कका लागि कडा लागूऔषधको लत लाग्नुसरह नै खतरनाक हुन्छ । केही प्रयोगकर्ता घण्टौं ‘लाइभ’ बसिरहेका हुन्छन्, गिफ्ट मागिरहेका हुन्छन्, कोही त गिफ्टका लागि जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छन् । गिफ्ट दिने क्रममा कतिपयले पैसा उडाइरहेका हुन्छन् । कोही व्यक्तिले टिकटककै कारण पैसा कमाएका छन्, अरू कैयन्मा त्यस्तै लोकप्रियता हासिल गर्ने ध्याउन्नले अर्को लत बनाएको हुन्छ । तर अधिकांश समय टिकटकमै बिताइरहँदा परिवार र समाजबाट टाढिँदै गएका हुन्छन् । छिमेकी भारत, अफगानिस्तानलगायत मुलुकले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अमेरिका, फ्रान्सलगायतका विकसित मुलुकले यसको नियमनका लागि सर्भर आफ्नै देशमा राख्ने कदम चालेका छन् । यहाँ पनि विकृति बढेपछि गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर टिकटकमार्फत घृणा फैलाउने, व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक एवं सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।सिंहदरबारमा मंगलबार बसेको सत्तारूढ र विपक्षी दलहरूको बैठकमा पनि सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण र नियमन गर्नुपर्नेमा मतैक्य देखिएको छ । राजनीतिक दलहरू एकमत भएको यही मौकामा टिकटक लगायतका समग्र सामाजिक सञ्जाल नियमनका लागि प्रभावकारी नियम–कानुन बनाइहाल्नुपर्छ । टिकटकमा पोस्ट हुनेबित्तिकै भिडियो भाइरल हुन सक्ने भएकाले विकृतिजन्य सामग्री स्वतः हटाउने संयन्त्र विकासका लागि टिकटकलाई नै जिम्मेवार बनाउन पनि अत्यावश्यक छ । विद्वेष फैलाउने, मानमर्दन गर्नेजस्ता सामग्री राख्ने व्यक्ति जुनसुकै मुलुकमा रहेको भए पनि कारबाहीको दायरामा ल्याउन राज्यको तदारुकता चाहिन्छ । अझ, नेपाली समाजलाई यति धेरै प्रभाव पार्ने टिकटकजस्ता सञ्जालको सर्भर नेपालमै स्थापना हुनुपर्छ । त्यसो भएमा मात्र समाजमा घृणा र विद्वेष फैलाउने सामग्री सिर्जना गर्ने र फैलाउनेको पहिचान गरी यथोचित कारबाही गर्न सकिन्छ । सम्बन्धित सबैलाई हेक्का रहोस्, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पहिचान हो, तर जवाफदेहिताबिनाको अभिव्यक्ति अराजकता हो । अराजकता र उन्मादको प्रशस्त छनक समाजले देखिसकेको छ ।
Opinion
9,994
बंगलादेशमाथि १५ वर्षपछि पहिलो जित
नेपाली यू–१९ क्रिकेट टोलीले बंगलादेश यू–१९ माथि १५ वर्षपछि पहिलो विजय हात पारेको छ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न बंगलादेश गएको नेपाली यू–१९ टोलीले आइतबार ६ विकेटको एतिहासिक जित हात पारेको हो ।
https://ekantipur.com/sports/2017/11/05/20171105190752.html
काठमाडौं — नेपाली यू–१९ क्रिकेट टोलीले बंगलादेश यू–१९ माथि १५ वर्षपछि पहिलो विजय हात पारेको छ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न बंगलादेश गएको नेपाली यू–१९ टोलीले आइतबार ६ विकेटको एतिहासिक जित हात पारेको हो ।नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । त्यसयता नेपालले यू–१९ मा टेस्ट खेल्ने राष्ट्रहरू पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गरिसकेको छ । बंगलादेशमाथि भने अर्को जित हात पार्न सकेको थिएन ।बंगलादेशको साभार स्थित बिकेएसपी मैदानमा आइतबार टस जितेको बंगलादेश यू–१९ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय २५ रन बनायो । घरेलु टोलीबाट अमिनुल इस्लामले ८० रन बनाए । नेपालबाट अनिल शाहले २ तथा किशोर महतो, सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।ओपनर आशिफ शेखले ९० रनको सानदार इनिङ्स खेलेपछि नेपालले ४६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । ८८ बल खेलेका म्यान अफ द म्याच आशिफले ९ चौका र ३ छक्का प्रहार गरे । उनीसँगैं आएका अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ४५ रन बनाए । दीपेन्द्र २७ रनमा नटआउट रहे । 
Sports
30,977
बेल्जियमको तेस्रो जित, डेनमार्क पनि नकआउट चरणमा
बेल्जियमले युरो २०२० मा सोमबार फिनल्यान्डलाई समूह ‘बी’ को खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि  बनाएको छ ।
https://ekantipur.com/sports/2021/06/22/16243235167983059.html
पेरिस — बेल्जियमले युरो २०२० मा सोमबार फिनल्यान्डलाई समूह ‘बी’ को खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि  बनाएको छ ।हारपछि फिनल्यान्डले भने नकआउट चरण पुग्ने सम्भावनाका लागि अन्य खेलका नतिजा कुर्नुपर्ने भएको छ । यसै समूहको अर्को खेलमा डेनर्माकले रुसलाई कोपनहेगनमा भएको खेलमा ४–१ ले हराई नकआउट चरणको यात्रा तय गर्न सफल रह्यो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा विश्ववरीयताको नम्बर १ टिमका लागि रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल फिनल्यान्डका गोलरक्षक लुकास हारडेकीको नाममा आत्मघाती रह्यो ।बेल्जियमको तीन खेलबाट अधिकतम नौ अंक भएको छ । डेनमार्क तीन अंकसाथ दोस्रो स्थानमा रह्यो । उसले अब आम्स्ट्रडममा हुने अन्तिम १६ को खेलमा वेल्सको सामना गर्ने निश्चित भएको छ । फिनल्यान्ड र रुस पनि समान तीन–तीन अंकमा रहे । डेनमार्कको जितमा मिखेल डाम्सगार्ड, युसुफ पोल्सन, आन्ड्रेस क्रिस्टेन्सन र जोकिम माहेलले एक–एक गोल गरे ।रुसका लागि आरटेन डेज्बाले एक मात्र गोल गरे । यससँगै टिम प्रतियोगिताबाट बाहिरिएको छ । बेल्ज्यिमले भने नकआउट चरणमा कसको सामना गर्ने हो, त्यसबारे निर्णय हुन बाँकी छ ।
Sports
22,855
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।
https://gorkhapatraonline.com/news/73575
अर्जुन काफ्ले स्याङ्जा, साउन १९ गते । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग, २०७९ बमोजिम पीडित व्यक्तिले निवेदन दिने व्यवस्था गरिएको हो ।प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जारी गरेको सूचनामा अहिलेसम्म अनुचित लेनदेनको बारेमा निवेदन दिने बारेमा पीडितले थाहा नपाएर निवेदन दिन छुटेको भए सबुत प्रमाणसहित जिल्ला प्रशासनमा निवेदन दिन भनिएको छ । प्रशासनले अहिलेसम्म कति जना पीडितले निवेदन दिएका छन् भन्ने विषय भने सूचनामा खुलाइएको छैन । मिटरब्याज लगाउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग नागरिक स्तरबाट चर्को दबाब दिएपछि सरकारले कानुन निर्माण गरेको छ । यस्तै, जिल्ला प्रशासनमा आठ जना मिटरब्याज पीडितले निवेदन दिएको बताइएको छ । 
News
54,591
नेपाल संसद् विघटनः दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई सिकार बनाउने अवस्था अन्त्य गरेको ओलीको भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएको भन्दै पाँच वर्षे पूर्ण अवधि सकिनुभन्दा डेढ वर्ष अगावै चुनावमा जानुको विकल्प आफूसँग नभएको बताएका छन्।
https://www.bbc.com/nepali/news-55396451
संसद् विघटन भएको दोस्रो दिन ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन्। सम्बोधनको अधिकांश समय ओलीले आफूलाई अफ्ठ्यारोमा पारिएको भन्दै संसद् विघटन र चुनावको औचित्य पुष्टि गर्नमा खर्चिए। "विपक्षी दलहरुलाई पनि उछिनेर केही नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत् भइरहनु भयो।" ओलीले थप के भने? ओलीले मन्त्रिपरिषद्‌देखि संवैधानिक अङ्गहरूसम्म 'आफ्नो र पराइका कित्ताकाट गरेर' काम गर्न नदिइएको आरोप लगाए। तर पार्टी सञ्चालनको जिम्मा पाएका अर्का अध्यक्षले एकतालाई टुङ्ग्याउन काम नगरेको उनको आरोप थियो। बरू उनले प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै ओलीले सरकार गठनको एक वर्ष नहुँदै नेताहरूले देश बाहिर गएर र आफू देशमा नभएको बेला देश अस्थिरतामा गएको सन्देश दिनेगरी अभिव्यक्ति दिएको बताए। ओलीले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतालाई थाहै नदिइ संसद् अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गरेर संविधान विपरित पार्टी, प्रणाली र पद्धतिमाथि गम्भीर आघात पुर्‍याएको बताए। "यसपछि नै पार्टीभित्रको अवस्था निकै गम्भीर र सङ्कटपूर्ण बन्न पुगेको हो।" चुनावको औचित्य? दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्नै पर्ने अवस्था आएपछि मध्यावधि चुनावको बाटो रोजेको ओलीको भनाइ थियो। उनले भने: "जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो। मैले यही बाटो अवलम्बन गरेको छु।" उनले पार्टीमा आफूमाथि प्रश्न उठाउने नेताहरूलाई लक्षित गर्दै चुनावले उनीहरूको 'लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने' बताएका छन्। "प्रधानमन्त्री बन्न व्यग्र प्रतीक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिनेछ।" 'संवैधानिक प्रश्नको जवाफ आउन सकेन' नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले 'अहिले संसद् विघटनबारेको संवैधानिक प्रश्नको जवाफ नदिएको' बताएका छन्। "घेराबन्दीमा परेको भन्ने बिषय वहाँको व्यक्तिगत र राजनीतिक कुरा हो," प्रवक्ता शर्माले बीबीसीसँग भने। "तर आफ्नो सम्बोधनमा वहाँले संविधानको कुन धारा-उपधारा टेकेर उक्त निर्णय लिनुभयो भन्ने पनि प्रश्नको उत्तर दिन सक्नुभएन।" उक्त सम्बोधनमाथि पार्टी र सर्वदलीय बैठकमा समेत चर्चा गरिने प्रवक्ता शर्माले बताए।
Others
65,045
दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/59871
काठमाडौँ, चैत २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्र पूर्ण रूपमा सरकार बिस्तार हुने बताउनुभयो । उहाँले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउनुभयो । उहाँले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताउनुभयो । ‘‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब करिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ,’’ उहाँले भन्नुभयो, ‘‘केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’’प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने, अर्थनीति कस्तो हुने, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ। त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो। समाजवादउन्मुख राज्यको महत्त्वपूर्ण आधार सहकारी आन्दोलन हो। तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ।’’‘‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी। यो निकै ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ। संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।’’‘‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन्। कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ। सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन। त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण, परिचालन, बजारीकरण आवश्यक छ।’’‘‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ। उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान होइन। कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’’ प्रधानमन्त्रीले भन्नुभयो।सम्बोधनका क्रममा प्रधानमन्त्रीले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो।प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु। चुनौती नै चुनौतीका बिचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु। यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु।’‘‘‘आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउँछ। यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन। त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ। सत्ता समीकरणको चरित्रलाई समेत ध्यान दिँदै केही न केही नयाँ गर्छौँ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने, अर्थनीति कस्तो हुने, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ। त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो। समाजवादउन्मुख राज्यको महत्त्वपूर्ण आधार सहकारी आन्दोलन हो। तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ।’’‘‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी। यो निकै ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ। संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।’’‘‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन्। कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ। सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन। त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण, परिचालन, बजारीकरण आवश्यक छ।’’‘‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ। उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान होइन। कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’’ प्रधानमन्त्रीले भन्नुभयो।सम्बोधनका क्रममा प्रधानमन्त्रीले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो।प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु। चुनौती नै चुनौतीका बिचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु। यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु।’‘‘‘आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउँछ। यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन। त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ। सत्ता समीकरणको चरित्रलाई समेत ध्यान दिँदै केही न केही नयाँ गर्छौँ।’’
News
38,505
तीन वर्षपछि हारेको आर्मी
‘फोर्स’ का टिमहरूबीच ‘विभागीय डर्बी’ सधैं महत्त्वपूर्ण हुने गर्छ । उपाधि होडमा कतै हराइरहेको भए पनि आर्मी, पुलिस र एपीएफको आफैंबीचको प्रतिस्पर्धा प्रतिष्ठाका लडाइँ बन्ने गर्छ । उपाधिका लागि उत्रिएको र रेलिगेसन टार्न संघर्षरत अवस्थामै पनि विभागीय डर्बी प्रतिस्पर्धात्मक र रोचक हुने गरेको छ ।
https://ekantipur.com/sports/2023/03/16/1678930069893234.html
काठमाडौँ — ‘फोर्स’ का टिमहरूबीच ‘विभागीय डर्बी’ सधैं महत्त्वपूर्ण हुने गर्छ । उपाधि होडमा कतै हराइरहेको भए पनि आर्मी, पुलिस र एपीएफको आफैंबीचको प्रतिस्पर्धा प्रतिष्ठाका लडाइँ बन्ने गर्छ । उपाधिका लागि उत्रिएको र रेलिगेसन टार्न संघर्षरत अवस्थामै पनि विभागीय डर्बी प्रतिस्पर्धात्मक र रोचक हुने गरेको छ ।च्यासल रंगशालामा बुधबार आर्मीमाथि १–० को जित रचेपछि एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘हाम्रा लागि विभागीय डर्बी निकै महत्त्वपूर्ण हुन्छ । आर्मीको सबैभन्दा बलियो पक्ष विंग्सबाट खेल्ने हो, त्यसैलाई रोक्ने रणनीतिमा सफल भएका छौं । यस जितबाट एकदमै खुसी छौं ।’ मणिकुमार लामाको उत्कृष्ट गोलमा एपीएफले आर्मीलाई पन्छाउँदै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको हो । मणिले विपन श्रेष्ठको क्रसमा भलीमार्फत् ३७ औं मिनेटमा लोभलाग्दो गोल गरे ।नेपाली सेना स्वामित्वको त्रिभुवन आर्मी क्लबलाई दुःखैदुःखको तथ्य थपिदियो । उसले यो लिगको चौथो चरणमा आएर पहिलो हारमात्रै होइन, ए डिभिजन लिगमा तीन वर्षयता आर्मीको अपराजित यात्रामा पूर्णविराम लाग्यो । आर्मी पछिल्ला दुई लिग (२०७६ र २०७८ साल) को उपविजेता हो । आर्मीले ३ फागुन २०७६ मा दशरथ रंगशालामा भएको उपाधि होडको निर्णायक खेल मछिन्द्रविरुद्ध १–० ले हारेको थियो । त्यसयता आर्मीलाई पराजित गर्ने पहिलो टिम बन्यो एपीएफ । यसवीच आर्मी १६ खेलमा अपराजित रह्यो । अंक बाँड्न माहिर आर्मीले त्यो यात्रामा ६ जित र १० बराबरी खेलेको थियो । लिगमा निरन्तर अंक जोडेको उसलाई च्यासलमा आएर मणिको गोलमा सशस्त्र प्रहरीको टिमले अंकविहीन बनाएर ब्यारेक फर्काइदियो ।कप्तान भरत खवास नेतृत्वको टिमले एपीएफविरुद्ध गतिलो खेल प्रदर्शन गरेन । केही अवसर बनाए पनि उपयोग गर्न सकेन । ‘एपीएफले पूरा खेलमा एउटा अवसर बनायो, गोल गर्‍यो र खेल जित्यो,’ मुख्य प्रशिक्षक नवीन न्यौपानेले भने, ‘हामीले थुप्रै अवसर बनाएर पनि गोल गर्न सकेनौं र हार्‍र्यौं ।’ ४ खेलमा ५ अंकमा खुम्चिएको टिमबारे उनले भने, ‘कमजोरी डिफेन्समा छ । फिनिसिङमा कमजोरीहरू छन् । हामीले गरेका गोल पनि सेट–प्ले र पेनाल्टीमा निस्किरहेको छ, जुन ‘मुभमेन्ट’ मा गोल हुनुपर्ने हो, भएको छैन । स्ट्राइकिङ लाइनमा अभाव छ ।’खेलाडीहरूको विदेश पलयानले टिम नै समस्यामा परेको उनको ठम्याई छ, ‘सन्तोष (तामाङ) को सिर्जनशीलता अभाव देखिरहेको छ । सुमन अर्यालको अभाव छ । हाम्रोमा त्यो स्तरका खलाडी अलि कम छ । त्यसैलै (विदेश पलयान) असर देखिरहेको छ ।’ झन्डै आठ वर्षयता आर्मीको मिडफिल्डमा छाएका सन्तोषसँगै लेफ्ट–ब्याक सुमन अर्याल लिगअघि नै अस्ट्रेलिया गएका थिए । राइट–ब्याक र विंग्समा खेल्ने गरेका विवेक बस्नेत दुबई पुलिसको जागिरे भएका छन् । स्ट्राइकर जर्ज–प्रिन्स कार्की शान्तिसेनामा छन् । उनीहरूको चर्को अभाव आर्मीको टिममा खट्किएको छ ।‘नयाँलाई अवसर दिएका छौं,’ अग्रपंक्तिमा सुदील राई र सुशान्त चौधरीलाई उतारेका प्रशिक्षक न्यौपानेले भने, ‘हार सुरु भएको छ । हामी प्रत्येक खेलमा सुधार गर्दै जाने छौं ।’ उनले थपे, ‘अरू टिमले दुई अवसर सिर्जना गर्छ र एक गोल गर्छ । हाम्रोमा पाँच अवसरमा एक गोल गर्छ । आज त्यो गोल (५ अवसरमा एक गोल) पनि महत्त्वपूर्ण समयमा निस्किएन ।’ केही वर्षअघिसम्म राष्ट्रिय टिमकै आक्रमण सम्हालेका भरत र नवयुग श्रेष्ठलाई पहिलो रोजाइमा खेलाइरहेका उनले भने, ‘पहिलेका नवयुग र भरतलाई त्यस्तै अपेक्षा गरेर हुँदैन । उनीहरूले पाएका अवसर उपयोग गर्छ कि भन्ने अझै पनि आस छ । नयाँ खेलाडीले गरेर देखाइदियो भने उनीहरूलाई गाह्रो हुन्छ ।’ अन्तिम क्षणतिर भरतले पाएको अवसरमा गोल लाइन नजिक पुगेका टेकबहादुर बुढाथोकी र सुशान्तलाई बल दिएको भए आर्मीले अपराजित यात्रा १७ औं खेलसम्म डोर्‍याउन सक्थ्यो । तर, कठिन कोणबाट भरत आफैंले बल प्रहार गरे, जुन पोस्टबाहिर गएको थियो । विंगर जगजित श्रेष्ठ केपी ओली कपमा घाइते भएपछि मैदानमा फर्कन नसक्दा पनि आर्मीलाई अप्ठ्यारो परेको छ ।प्रशिक्षक न्यौपानेले मैदान नजिक राखिएको समय सूचकमा ८८ मिनेटमा इन्ज्युरी समय देखाउनुलाई प्राविधिक त्रुटि स्वीकारे । तर, आर्मीको पूरा टिम नै रेफ्रीमाथि आक्रोशित देखियो, जसले राम्रो संकेत दिएको थिएन । विदेशी खेलाडी नराख्ने ‘माथि’ को कुराले आर्मीलाई सामुदायिक क्लबसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकै छ । तर, प्रभावशाली मिडफिल्डर प्रदीप लामा, जापानी गोलकिपर युया कुरियामा र रातो कार्ड पाएका डिफेन्डर एडमा डोम्बियाबिना नै एपीएफले आर्मीलाई हराइदियो । यसले आर्मीको भएको टिममै पनि केही समस्या छ भन्ने देखाउँछ । पत्रकार सम्मेलनमा बोलेजस्तै च्याम्पियन बन्ने त के उपाधि होडमा उभिन पनि आर्मीलाई गाह्रो हुनेछ ।मनाङको प्रभावशाली जितनयाँ खेलाडीको बाहुल्यमा फरक स्वरुपको टिम बनाएको मनाङ मर्स्याङदीले दशरथ रंगशालामा बुधबार प्रभावशाली प्रदर्शन गर्दै एनआरटीको चुनौती ३–१ ले समाप्त पार्‍यो ।रोशन रानामगरले ३९ औं मिनेटमा गोलको खाता खोलपछि उज्वेक मिडफिल्डर सयिदजमोल दब्लतजनोभले पेनाल्टीमा गोल गर्दै ६९ औं मिनेटमा मनाङको अग्रता दोब्बर बनाए । लगातार चुकिरहेका कोफी टिमोथी कुडोले ८७ औं मिनेटमा राम्रो गोल गरेपछि मनाङ ३–० ले अघि बढ्यो । एनआरटीका लागि अशोक थापाले इन्ज्युरी समयमा गोल गरे । गोलकिपर दीप कार्कीले केही राम्रा बचाउ गरेको मनाङ दुई जित र दुई बराबरीसँगै ८ अंक बनाएर तेस्रो स्थानमा उक्लियो । चौथो चरणको समाप्तिमा चर्च ब्वाइज युनाइटेड (१० अंक) शीर्षस्थान र सातदोबाटो युवा क्लब (९) दोस्रोमा छन् । जितविहीन एनआरटी (१ अंक) सबै खेल हारेको पुलिसभन्दा एक स्थानमाथि छ ।खुमलटारविरुद्ध सातदोबाटो१४ः३० बजे, च्यासल रंगशालाहिमालयन शेर्पाविरुद्ध संकटा१४ः३० बजे, एन्फा कम्प्लेक्स
Sports
18,034
घट्यो च्याङ्ग्राको मूल्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो ।
https://gorkhapatraonline.com/news/87374
काठमाडौँ, मङ्सिर १५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो । 
News
36,087
ताप्लेजुङमा दुईवटा मतदानस्थल थप गर्न सिफारिस
ताप्लेजुङमा दुईवटा नयाँ मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
https://gorkhapatraonline.com/news/21039
ताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङमा दुईवटा नयाँ मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिका–९ र मिक्वाखोला गाउँपालिका–५ पापुङमा मतदानस्थल थप गर्नका लागि सिफारिस गर्ने निर्णय भएको हो । हाङ्देवाको शिव आधारभूत विद्यालयमा नौ सय ७१ मतदाता हुनेगरी नयाँ मतदानस्थल कायम गर्नका लागि सिफारिस गरिने भएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिनुभयो । आयोगसमक्ष सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा हाङ्देवामा दुईवटा मतदानस्थल कायम हुने खनालले बताउनुभयो । यसअघि एउटा मात्र मतदानस्थल जनता माध्यमिक विद्यालयमा कायम रहेको थियो । जनता मावि मतदान स्थलमा तीनवटा मतदान केन्द्र थिए । हालको मतदाता सङ्ख्याअनुसार जनता माविमा एकहजार ७१२ मतदाता रहनेछन् । यस्तै मिक्वाखोला गाउँपालिकाको पापुङमा सिम्बुक आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गर्नका लागि सिफारिस गरिने भएको छ । हालको मतदाता सङ्ख्याअनुसार सिम्बुक आधारभूत विद्यालय मतदानस्थल कायम भएमा दुईसय ५३ मतदाता रहनेछन् । यसअधिदेखि कायम रहेको राजेश्वरी आधारभूत विद्यालय पापुङमा नौसय ६५ मतदाता रहनेछन् । पापुङ जिल्लाकै एक विकट तथा दुर्गम गाउँ पर्दछ ।त्यस्तै फक्ताङ्लुङ गाउँपालिकाभित्रका चारवटा मतदानस्थलको नाममा भएको त्रुटी सच्याउनसमेत सिफारिस गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयलका अनुसार हाल कायम रहेका मतदानस्थल आधारभूत विद्यालय हुनुपर्नेमा माध्यमिक र माध्यमिक विद्यालय हुनुपर्नेमा आधारभूत विद्यालय भएकाले सो त्रुटि सच्याउनका लागि सिफारिस गर्ने निर्णय भएको छ ।हिमाली जिल्ला ताप्लेजुङमा हाल ७३ मतदानस्थल र एकसय २२ मतदान केन्द्र छन् । बुधबार बसेको सर्वदलीय संयन्त्रको बैठकले मतदानस्थल टाढा भएको, मतदातालाई अपायक रहेको, जनसङ्ख्या र भूगोलका कारण मतदानस्थल थप गर्नुपर्नेजस्ता आवश्यकता औंल्याई मतदानस्थल थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो । मतदानस्थल थप गर्ने र त्रुटि सच्याउने कार्यको सिफारिस साउन २० गतेसम्म गरिसक्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
News
62,148
'तानाजी' ले संसारभरबाट कमायो तीन सय करोड
बलिउड सुपरस्टार अजय देवगनको फिल्म 'तानाजी' ले संसारभरबाट तीन सय करोडको व्यापार गरेको छ । दीपिका पादुकोणको फिल्म 'छपाक' र रजनीकान्तको 'दरबार' सँग एकै दिन रिलिज भएको यो फिल्मले व्यापारमा विश्लेषकहरुले सोचेभन्दा तीव्र गति समाएको छ । 
https://ekantipur.com/entertainment/2020/01/28/158022203229631257.html
काठमाडौँ — बलिउड सुपरस्टार अजय देवगनको फिल्म 'तानाजी' ले संसारभरबाट तीन सय करोडको व्यापार गरेको छ । दीपिका पादुकोणको फिल्म 'छपाक' र रजनीकान्तको 'दरबार' सँग एकै दिन रिलिज भएको यो फिल्मले व्यापारमा विश्लेषकहरुले सोचेभन्दा तीव्र गति समाएको छ । तेस्रो हप्तामा पनि भारतमा फिल्मले राम्रो व्यापार गरिरहेको छ । यसले भारतमात्रै झन्डै २ सय ३० करोड नेट कारोबार गरेको छ । यसको ग्रस कलेक्सन २ सय ७० करोड छ । भारतबाहिरबाट फिल्मले झन्डै ३२ करोड कमाएको छ । तीन सय करोडभन्दा बढीको कारोबार गर्ने यो ३२ औं बलिउड फिल्म हो । यो हप्ता 'स्ट्रीट डान्सर' र 'पंगा' दुई नयाँ फिल्म रिलज भए पनि यिनले तानजीलाई खासै धक्का दिएका छैनन् । महाराष्ट्र तथा उत्तर प्रदेशजस्ता धेरै जनसंख्या भएका राज्यमा कर छुट पाएको फिल्मले तेस्रो हप्ताको सोमबार ४ करोडको व्यापार गर्‍यो । यसले शाहरुख खानको 'चेन्नइ एक्सप्रेस' र अक्षय कुमारको 'हाउसफुल ४' जस्ता फिल्मको कूल व्यापारलाई पनि उछिनेको छ । यो फिल्मको व्यापारको रफ्तारलाई हेरेर बजार बिश्लेषकहरुले यसले भारतभित्रै २ सय ७५ देखि ३ सय करोडसम्मको व्यापार गर्ने अनुमान गरेका छन् । मराठा सेनाका योद्धा तानाजी मालुसरेको जीवनमाथि आधारित ओम राउत निर्देशित यो फिल्ममा अजय देवगन तानाजीको शीर्ष भूमिकामा छन् । तानाजीकी पत्नीको भूमिकामा काजोल र खलनायक उदयभान राठौरको भूमिकामा सैफअलि खानले अभिनय गरेका छन् ।
Entertainment
8,688
चिसोले मुक्तिनाथका होटलहरु बन्द
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस १५ सम्म पुगेका कारण जनजीवन प्रभावित भएसँगै होटल व्यवसायहरू बन्द भएका हुन् ।
https://gorkhapatraonline.com/news/49453
अमृतप्रसाद पौडेलम्याग्दी, पुस १४ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस १५ सम्म पुगेका कारण जनजीवन प्रभावित भएसँगै होटल व्यवसायहरू बन्द भएका हुन् ।मुस्ताङको माथिल्लो क्षेत्रमा तापक्रम सामान्यतया माइनसमै रहने भए पनि अहिले माइनस १५ भन्दा पनि कम भएको छ । सडक तथा धारामा पानी जमेको हुनाले होटल बन्द भएको मुक्तिनाथको रानीपौवा स्थित होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीले बताउनुभयो । सुवेदीले मङ्सिरसम्म होटल सञ्चालन गरेको भए पनि पुस ६ गते होटलका कर्मचारीलाई बिदा दिएर मूल ढोकामै ताला लगाएर बेसी झरेको बताउनुभयो । हिउँ बाक्लो परेमा चैत पहिलो साता फर्कन्छन्, हिउँ बाक्लो नपरेमा फागुनको दोस्रो हप्ता सम्ममा सबै स्थानीय आफ्नो क्षेत्र फर्कने व्यवसायी सुवेदीको भनाइ छ । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका –१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा मात्रै करिब ४० वटा सुविधा सम्पन्न होटलहरु रहेका छन् । सबै होटलमा एट्याच बाथरुम सँगै वातावरण अनुकूलित कोठाहरू छन् । व्यवस्थित होटल भए पनि अत्यधिक चिसोले बस्नै कठिन हुने भएकाले कामदारलाई बिदा गरेर आफूहरू पनि होटल बन्द गरेर चिसो छल्नका लागि बेनी, बागलुङ, पोखरा, काठमाडौं झर्ने उहाँको भनाइ छ । पेम्बाले पनि आफ्नो व्यवसाय बन्द गरेर काठमाडौं झर्नुभएको छ । पुस ४ गतेदेखि उहाँले होटल तथा कोसेली घर बन्द गरेर बेसी झर्नुभएको हो ।मुक्तिनाथस्थित होटल युरिकाका सञ्चालक सुर्जन तुलाचनले भने अहिले आफ्नो होटल चलाइरहनुभएको छ । मुक्तिनाथ क्षेत्रका धेरै होटल बन्द भए पनि आफूले भने सेवा दिइरहेको उहाँको भनाइ छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार मुस्ताङको माथिल्लो भेगका अधिकांश बासिन्दाहरू चिसो छल्नका लागि बेसी झरिसकेका छन् । अहिले जोमसोमकै तापक्रम माइनस ७ भन्दा कम भएको छ । माथिल्लो भेगमा अझै न्यून तापक्रम हुने भएकाले अधिकांश बासिन्दा चिसो छल्न न्यानो क्षेत्रतिर झरेको उहाँले बताउनुभयो । अब फागुनको तेस्रो सातादेखि मात्रै मुस्ताङका बासिन्दाहरू आफ्नो क्षेत्रमा फर्कने ढकालको भनाइ छ ।
News
49,595
यू–१६ स्कुल क्रिकेट : प्रदेश ३ र ५ फाइनलमा
प्रदेश ३ र प्रदेश ५ यू–१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । प्रदेश ३ ले आइतबार सेमिफाइनलमा प्रदेश २ लाई १५ रनले र प्रदेश ५ ले प्रदेश ७ लाई ६ विकेटले पराजित गरे । 
https://ekantipur.com/sports/2019/04/08/155468824136375412.html
काठमाडौँ — प्रदेश ३ र प्रदेश ५ यू–१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । प्रदेश ३ ले आइतबार सेमिफाइनलमा प्रदेश २ लाई १५ रनले र प्रदेश ५ ले प्रदेश ७ लाई ६ विकेटले पराजित गरे । क्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो । ओपनर आइस भट्टराईले ७७ रन जोडे । म्यान अफ द म्याच उनले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपक बोहरा १०, प्रशान्त कामत १३, अशोक पौडेल १२ तथा कृष कार्कीले २ छक्कासहित १६ रन योगदान दिए । प्रदेश २ का निखिलकुमार सिंहले ३, इमरान शेख र विशाल पटेलले २–२ तथा प्रशान्त सिंह र अरबाज अन्सारीले १–१ विकेट लिए ।२८.५ ओभर खेलेको प्रदेश २ ले १ सय ३९ रनमात्र जोड्न सक्यो । वीरेन्द्र सहानी १३, रोहण विक २० र पर्शुराम यादव ३१ रनमा आउट भए । प्रशान्त सिंहले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडे । प्रदेश ३ का सक्रिय कार्कीले ३, तिलक भण्डारी र दीपक बोहराले २–२ तथा सीमान्त घिमिरे र विवेक दराईले १–१ विकेट लिए ।वर्षाका कारण २२ ओभरमा छोट्याइएको अर्को सेमिफाइनलमा टस जितेको प्रदेश ७ भने १८.५ ओभरमा ७७ रनमै अलआउट भयो । राहुल भण्डारीले १९ र कप्तान सुवास ऐरले १८ रनबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का विशालले र रमेश कुर्मीले ३–३ तथा सुरज खड्काले २ विकेट लिए । प्रदेश ५ ले १९.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । कप्तान विशाल २१ रनमा नटआउट रहे । ओपनर सुशान्त थापाले २२, अमर मिश्राले ११ र प्रकाश गिरीले १० रन जोडे । प्रदेश ७ का कप्तान सुवासले ५ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिएका थिए ।सोमबार टीयू मैदानमा बिहान ९ बजे उपाधि भिडन्त हुँदैछ । चैत १९ देखि चलेको प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका थिए । अप्रिल १८ देखि २९ सम्म थाइल्यान्डमा हुन लागेको एसीसी यू–१६ इस्टर्न रिजनका लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।
Sports
27,601
सिद्धार्थ क्वाटरफाइनलमा
ज्ञानबहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार सिद्धार्थ युवा क्लब बाँसगढी विजयी भएको छ । सिद्धार्थले सिम्रिक युवा क्लब कालिकानगरलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । 
https://ekantipur.com/sports/2019/11/09/157326464545455628.html
रूपन्देही — ज्ञानबहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार सिद्धार्थ युवा क्लब बाँसगढी विजयी भएको छ । सिद्धार्थले सिम्रिक युवा क्लब कालिकानगरलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । रामनगर खेलमैदानमा सिद्धार्थका जमिर मियाले एकमात्र गोल गरे । खेलको ६६ औं मिनेटमा विमल श्रीसको पासमा जसिरले गोल गरे । उनी म्यान अफ द म्याच भए । शनिबार क्वाटरफाइनलमा आयोजक सयपत्री युवा क्लबले पाल्पा–११ को सामना गर्नेछ ।
Sports
26,211
शिथिल पर्यटन क्षेत्र चलायमान
विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार
https://gorkhapatraonline.com/news/40217
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १२ गते ।  विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार यो ४३औँ दिवस मनाइएको हो ।नेपाल पर्यटन बोर्डले ‘रिथिङ्किङ टुरिजम’ भन्ने नाराका साथ मङ्गलबार बिहानको पहिलो तीन उडानबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । पर्यटन बोर्ड, ट्राभल एन्ड ट्रेकिङ एसोसिएसन, होटल एसोसिएसन अफ नेपाललगायत पर्यटन सम्बद्व विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा हिमालयल एयरलाइन्स, जजिरा एयरवेज र ओमन एयरबाट नेपाल भित्रिएका विदेशी पाहुनालाई स्वागत गरेर बोर्डले कार्यक्रमको सुरुवात गरेको हो । यसअघिका वर्षहरूमा पहिलो उडानबाट आउने पहिलो विदेशीलाई सम्मान गर्ने गरेको थियो ।राजधानीबाहिर काठमाडौँ, पोखरा, लुम्बिनी, जनकपुरलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको निर्देशक लामिछानेले बताउनुभयो । दिवसकै अवसरमा नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । दिउँसो बोर्डमा आयोजना गरिएको औपचारिक समारोहमा सबैभन्दा बढी पर्यटक भिœयाउने कम्पनीलाई सम्मान गरिएको छ । त्यसैगरी भक्तपुर नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरेको बोर्डले जनाएको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपछि पुनरुत्थानको लयमा रहेको यो क्षेत्र केही चलायमान भएसँगै सन् २०२२ को आठ महिनामा तीन लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो । 
News
40,151
होली सकियो, होरीको रौनक कायमै
होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।
https://gorkhapatraonline.com/news/56818
अविनाश चौधरीधनगढी, फागुन २५ गते । होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् । ‘‘मरी होरी अब आठ दिनसम्म चल्छ,’’ धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमन्सा भज्जी रानाले भन्नुभयो, ‘‘खख्डेहरा फुटाएरमात्रै होरी पर्वको समापन हुन्छ ।’’ आउने मङ्गलबार खख्डेहरा फुटाउने दिन परेको उहाँले बताउनुभयो । मरी होरीको क्रममा भलमन्सासहित अन्य व्यक्तिको घरमा गएर दिउँसो होरी नाच नाच्ने चलन रहेको भलमन्सा रानाको भनाइ छ । घर÷घरमा गएर होरी नाच नाच्नेलाई मिठो–मिठो पकाएर खुवाउने चलन रहेको छ । यो समुदायको होरी पर्व माघ पूर्णिमाबाट सुरु भएको थियो । एक महिना आठ दिनसम्म मनाइने होरी राना थारुको सबैभन्दा ठूलो पर्व हो । माघ पूर्णिमादेखि चीर दहनसम्म ‘जिन्दा होरी’, अर्थात् जिउँदो होरी मनाउने गरिन्छ । यो बेला रातिको समय होरी नाच नाच्ने चलन रहेको बताइएको छ । मरी होरी सुरु भएपछि भने दिउँसो होरी नाच नाच्ने गरिन्छ । यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोज गर्ने चलन छ । जसलाई ‘हट्कना’ भन्ने गरिन्छ । हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मिठा–मिठा पाकवान खुवाउने चलन छ । होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ । खख्डेहरा होरी पर्वको सबैभन्दा महत्त्वपूर्ण दिन हो । यो दिन सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिँदै आएको छ । खख्डेहरापछि औपचारिक रुपमा होरी पर्व समापन हुने गरे पनि अनौपचारिक रुपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको राना थारु संस्कृतिका जानकार नारायण राना बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेशकोे तराईवासी राना थारु समुदायको जनसङ्ख्या करिब तीन लाख छ । आफ्नो छुट्टै संस्कृति, संस्कार भएका कारण केही वर्ष अगाडि मात्रै यो समुदायलाई सरकारले थारुबाट अलग्याएर छुट्टै आदिवासी जनजातिको रुपमा सूचीकृत गरेको थियो ।
News
57,926
नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।
https://gorkhapatraonline.com/news/100556
काठमाडौँ, चैत ६ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।आज तीन सय सात कम्पनीकाे ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नौ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम-२ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको छ लाख ९९ हजार छ सय ४२ कित्ता शेयर किनबेच भएको छ । रासस  
News
35,135
हुन्डाई गल्फ शनिबार हुने
हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौं संस्करण शनिबार हुने भएको छ । नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ होलको गोकर्ण गल्फ कोर्समा स्टेबलफोर्ड फर्म्याट र ३/४ ह्यान्डिक्यापका आधारमा स्पर्धा आयोजना गर्नेछ ।
https://ekantipur.com/sports/2022/03/14/164726768964668161.html
काठमाडौँ — हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौं संस्करण शनिबार हुने भएको छ । नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ होलको गोकर्ण गल्फ कोर्समा स्टेबलफोर्ड फर्म्याट र ३/४ ह्यान्डिक्यापका आधारमा स्पर्धा आयोजना गर्नेछ ।प्रतियोगितामा १ सय ३० भन्दा खेलाडी सहभागी हुने आयोजकको विश्वास छ । गोकर्ण गल्फ कोर्सका वरिष्ठ निर्देशक दीपक आचार्यले अहिलेसम्म ९० खेलाडीले नाम दर्ता गरिसकेको र अझ खेलाडी आउनेक्रम जारी रहेको बताए । उनले भने, ‘१ सय ३० भन्दा बढी खेलाडी आएको खण्डमा हामी दुई दिन प्रतियोगिता गर्नेछौं । तर हामी बढीमा १ सय ५० खेलाडीमात्र लिनेछौं ।’प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो स्थान, वेस्ट ग्रस, महिला विजेता, सिनियर (६० वर्षमाथि) विजेता, जुनियर (१७ वर्षमुनि), हुन्डाई ओनर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट बर्डिजलाई पुरस्कृत गरिने छ । हुन्डाई ओनर विधामा हुन्डाई बिक्रेताले आफ्नो गाडीको चाबी राखेर मात्र खेल्न पाउने लक्ष्मी इन्टरकन्टिनेन्टलका बजार व्यवस्थापक सन्दीप शर्माले बताए ।१० औं होलमा ‘होल इन वान’ गर्नेले झन्डै ४० लाख बजार मूल्य रहेको हुन्डाई भेनु गाडी पाउनेछन् । अन्य विधाले भने हुन्डाईबाट गिफ्ट हयाम्पर पाउनेछन् । कोभिड–१९ का कारण गत वर्ष यो प्रतियोगिता हुन सकेको थिएन । बजार व्यवस्थापक शर्माले हुुन्डाई गल्फ एउटा ब्रान्ड बनिसकेको र यसमा प्रतिस्पर्धा गर्न खेलाडीहरू उत्साहित रहेको जनाए ।
Sports
20,999
कोहलपुरमा पनि अवैध संरचना भत्काइँदै
कोहलपुर नगरविकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/23398
सिराज खान नेपालगञ्ज, भदौ १३ गते । कोहलपुर नगर विकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो । यसअघि कोहलपुर नगरविकास समितिले नगरभित्रका सबै अवैध संरचना तीन दिनभित्र हटाउन तथा अवैध कब्जा गरिएका जग्गा खाली गर्न सर्वसाधारणलाई आग्रह गरेर सूचना जारी गरेको थियो । सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षा दिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अवैध संरचना भत्काउन पुगेको टोली बसपार्क क्षेत्रमा पुग्दा केही स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेर त्यहाँबाट भगाएका थिए । सो स्थानमा सुरक्षाकर्मी थप गर्नुका साथै डोजरलाई केही बेरका लागि त्यहाँबाट हटाइएको थियो । स्थानीयको अवरोधले सो स्थानमा तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । सो स्थानमा पुग्नु भएका मेयर आचार्य लगायतको टोलीसँग स्थानीयको छलफल भए पनि सहमति बनेको छैन । सुरक्षाकर्मी थपेर भए पनि अवैध संरचना हटाउने नगरपालिकाको अडान छ । यसअघि कोहलपुर नगरविकास समितिले सूचना प्रकाशित गरेर समितिको गत असार ३० गतेको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउन जानकारी गराएको थियो । सूचनालाई अटेर गरिएकाले फेरि तीन दिनको अन्तिम अल्टिमेटम दिइएको थियो । सो अवधिभित्र पनि संरचना हटाउने काम नभएपछि समितिले खालि गराउने र खाली गर्दा लागेको खर्च समेत सम्वन्धित ब्यक्ति संस्थाबाट सरकारी बाँकी सरह असूलउपर गर्ने सूचनामा उल्लेख गरिएको थियो । तर सो आग्रहको पनि वास्ता गरिएको छैन । सरकारी जग्गामा गरिएको अवैध कब्जा जुनसुकै हालतमा पनि हटाउने मेयर आचार्यले बताउनुभयो । 
News
61,811
डेङ्गु नियन्त्रण अभियान
काठमाडौँ महानगरपालिकाले डेङ्गुको रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । महानगरले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले मुलुकभरि नै डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि पानी जमेका ठाउँमा लामखुट्टेका लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
https://gorkhapatraonline.com/news/73381
काठमाडौँ, साउन १८ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गुको रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । महानगरले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले मुलुकभरि नै डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि पानी जमेका ठाउँमा लामखुट्टेका लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।अभियानका क्रममा बुधबार काठमाडौँको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोबीचौर, टङ्‍गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कङ्केश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इनद्रचोकलगायतका क्षेत्रमा लामुखुट्टेको लार्भा नष्ट गरियो । महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले लामखुट्टे हुर्कनका लागि पानी जम्न दिन नहुने बताउनुभयो । महानगरपालिकाले डेङ्गुबारे परामर्श तथा जानकारी दिन चौबिसै घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि ११८० मा फोन गर्न सकिने जानकारी दिइएको छ ।   
News
54,613
काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
https://gorkhapatraonline.com/news/75358
काठमाडौँ, भदौ २ गते । काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले आयोजनाको लागत र समय घट्ने गरी काठमाडौँ–तराई/मधेश द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “करिब दुई अर्ब दुई करोड रुपियाँ निर्माण लागत र निर्माणको समय पनि घट्ने गरी ‘डिपिआर’ संशोधन भएको छ। सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो।” द्रुत मार्गको भौतिक प्रगति कमजोर देखिएपछि यातायातमन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाउँदै द्रुत मार्गको काम द्रुत गतिमा हुनुपर्नेमा प्रगति हेर्दा आशावादी नभएको बताउनुभएको थियो। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले चार महिनाअघि गरेको प्रस्ताव अनुसार सरकारले द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “परामर्शदाताको सुझावमा आयोजनाको प्याकेज नम्बर ८ को ‘क’ र प्याकेज नम्बर १० को ‘डिपिआर’ संशोधन गरिएको प्रस्तावमा सरकारले सो निर्णय गरेको हो।”उहाँका अनुसार कमजोर भू–बनोटका कारण सडक निर्माण गर्दा पहिरोलगायतका समस्या हुन सक्ने भन्दै सेनाले सुरुङ मार्ग निर्माण गर्न ‘डिपिआर’ संशोधनका लागि चार महिनाअघि सरकारसमक्ष प्रस्ताव गरेको थियो। द्रुत मार्गको काठमाडौँतर्फबाट शून्य किलोमिटर ललितपुरको खोकनादेखि १२ किलोमिटर र २४ किलोमिटरमा क्रमशः चन्दान र रामचन्द्र भिर भन्ने ठाउँमा आयोजनाको ‘डिपिआर’ संशोधन गरिएको हो।नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा पाएको छ वर्षको अवधिमा आयोजनाको कुल प्रगति करिब एक चौथाइ मात्र भएको छ। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले २०७४ साउन २७ गते द्रुत मार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। २०८३ साल चैत मसान्तसम्ममा सक्ने गरी आयोजनाको म्याद थप गरिएको छ।   
News
54,272
सबैको चासो कोशीको २५/२५ स्परमा
वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ । भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल संसाधन विभागबाट २५/२५
https://gorkhapatraonline.com/news/72505
वराहक्षेत्र, साउन १ १ गते । वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ ।भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल संसाधन विभागबाट २५/२५ नम्बरको स्परको अवस्था बुझ्न प्रत्येक बर्खाका वर्षको चार महिना धेरै फोन र म्यासेज आउने गर्छ । अरू स्परभन्दा यो स्परमा पानीको चाप पनि वर्षांैदेखि पर्दै आएको छ ।  कोशीको तटबन्धमा लामो समयदेखि काम गर्दै आउनुभएका स्थानीय ठेकेदार मोहन मण्डलले भन्नुभयो, “स्पर भत्किए नेपालभन्दा भारततर्फ बढी क्षति हुन्छ । त्यसैले २५/२५ नम्बरको स्परमा जल संसाधनले बढी चासो लिँदै आएको छ ।” स्पर आसपासको क्षेत्रमा बोरामा बालुवा भरेर राखिएको छ । तार जाली, नाइलन जाली, ढुङ्गा, माटो तयारी अवस्थामा राखिएको छ । किन ध्यान त्यसैमा ?हरेक वर्ष कोशीमा पानीको बहाव बढ्दा यस स्परमा पानीको चाप बढी पर्ने गरेको छ । चतराको सात नम्बर स्पर (करम खोला) बाट पुल्ठेगौँडामा पानीको केही भाग ठोक्किएर तेह्रहड्डीको नोजमा ठोक्किएपछि सिधै राजाबासको २५/२५ स्परमा पानीको चाप पर्छ । पानीको चाप बढी स्परमा पर्ने भएकाले स्पर अगाडिको भाग गहिरिएर जाने गरेको छ । तटबन्धमै काम गर्दै आउनुभएका स्थानीय गोपाल राईका अनुसार अहिले २६ र २५/५७ स्परको बिच भागमा कटान भएको छ । पानीको चाप नै २५/२५, २५/५७, २६ र २४/७८ स्परमा छ । ‘रेड स्पर’ भनेर चिनिने नोजलाई कोशी प्रोजेक्टको जल संसाधन विभाग पटनाबाट बर्खामा प्रत्येक दिन २५÷२५ स्परको सोधीखोजी हुने गरेको मण्डल बताउनुहुन्छ । उहाँका अनुसार यो स्परमा पानीको चाप बढी पर्ने हुँदा प्रत्येक वर्ष यो स्पर र तटबन्धलाई बलियो बनाइँदै आएको छ । सबैको चासो यही स्परमा हुने गरेको छ । पानीको चाप बढी पर्ने भएकाले यो स्पर सबैको नजरमा पर्ने गरेको हो । स्पर भत्किए भारतको बिहारमा बढी क्षति हुने भएकाले यो स्परको चर्चा र चासो बढी हुने गरेको छ । यस वर्ष पनि पानीको चाप यही स्परमा बढी परेको छ । के हो स्पर ? कोशी तटबन्धको सुरक्षाका लागि तटबन्धसँग जोडेर तटबन्ध अगाडि रहेको ढुङ्गा, माटो, बालुवा, तार जालीले बनाएको (आग्लो) बान नै हो (नोज) स्पर । सप्तकोशी नदी तटबन्धको सुरक्षाका लागि कोशी ब्यारेजदेखि चतरासम्म १०८ वटा स्पर रहेको मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “ती स्परमा पानीको वेग ठोक्किएर तटबन्धमा पानीको बहाव आउनबाट रोक्ने काम स्परले गर्छ ।”स्परमा ठोक्किएर पानीबिच कोशीतिर पठाउने काम नै स्परको हो । प्रत्येक वर्ष कोशी प्रोजेक्ट अन्तर्गत भारतको जल संसाधन पटना, वीरपुरले कोशीको तटबन्ध र स्परको मर्मतसम्भार गर्दै आएको छ । ठेकेदार मण्डलले भन्नुभयो, “प्रत्येक वर्ष जल संसाधनले ठेक्का लगाएर काम गराउँदै आएको छ । कामको निरीक्षण भने न त स्थानीय सरकारले गर्छ न त प्रदेश र केन्द्रले नै ।” स्पर मजबुत भए मात्र पानीको चाप जति नै भए पनि स्परमै ठोक्किएर बिच कोशीतिर जान्छ । स्पर कमजोर भए मात्र पानीको वेगले तटबन्धलाई क्षति पु¥याउने स्थानीय गोपाल राईले बताउनुभयो । स्पर दह्रो हुनु नै तटबन्ध दह्रो हुनु हो । कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्म कोशी प्रोजेक्टले नै तटबन्धको रेखदेखदेखि पानीको सतह नाप्नेसम्मको काम प्रोजेक्ट अन्तर्गत नै हुने गरेको छ । कोशी ब्यारेजदेखि वराहक्षेत्रसम्म ४५ किलोमिटर क्षेत्रमा भएको तटबन्धको काम कोशी प्रोजेक्टले नै हेर्ने गरेको मण्डलले बताउनुभयो ।
News
54,737
प्रशिक्षक टमाटालाई सम्मान
रोटरी क्लब अफ हेटौंडाले नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक तथा वर्तमान यू–१९ टिमका प्रशिक्षक जगत टमाटालाई १ लाख राशिसहित सम्मान गरेको छ । वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार टमाटालाई भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिन् । 
https://ekantipur.com/sports/2024/05/17/kudos-to-coach-tamata-03-52.html
काठमाडौँ — रोटरी क्लब अफ हेटौंडाले नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक तथा वर्तमान यू–१९ टिमका प्रशिक्षक जगत टमाटालाई १ लाख राशिसहित सम्मान गरेको छ । वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बिहीबार टमाटालाई भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिन् । क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै रोटरीले टमाटालाई सम्मान गरेको हो । उनकै प्रशिक्षणमा नेपाली यू–१९ क्रिकेट टिम पाँच पटक विश्वकपमा पुगेको थियो । उनी यो अवार्ड प्राप्त गर्ने छैटौं व्यक्ति हुन् ।रोटरी क्लबले २५ हजारबाट यस वर्षदेखि सम्मान राशि एक लाख रुपैयाँ पुर्‍याइएको हो । प्रशिक्षक टमाटाले ५० हजार रुपैयाँ मकवानपुर जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
Sports
13,625
बजेट: कसैलाई तरकारीको चिन्ता, कसैलाई भाडाको पीर
झण्डै दुई तिहाइ बहुमतको सरकारले सार्वजनिक गरेको दोस्रो बजेटपछि त्यसबारे समाजका हरेक तह र तप्काका व्यक्तिहरूले आ-आफ्नै ढङ्गले त्यसको विश्लेषण गरिरहेका छन्।
https://www.bbc.com/nepali/news-48463920
नेपालगञ्जकी तपस्या श्रेष्ठले आयकरको सीमा बढेकामा पनि खासै राहत अनुभव गरेकी छैनन्। कसैले यो बजेट मार्फत् बढाइएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलबको विरोध गरिरहेका छन् भने कोही चाँहि यसले मुलुकको ढुकुटी रित्तिएर देश थप आर्थिक संकटमा पर्ने चिन्ता व्यक्त गरिरहेका छन्। बजेटबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र चियापसलमा विभिन्न खाले चर्चा परिचर्चा भइरहँदा राजधानी काठमाण्डूवासी महिलाहरूलाई भने महँगी बढ्ने चिन्ताले सताएको छ। बजेटपश्चात् राजधानीका विभिन्न स्थानमा पुगेर बीबीसीले गरेको कुराकानीका क्रममा धेरैजसो महिलाहरू बजेटले महँगी बढाउने चिन्तामा देखिए। खर्च त्यस्तै मध्येकी एक हुन्-नेपालगञ्जकी तपस्या श्रेष्ठ। एउटा निजी कम्पनीमा काम गर्दै अध्ययनरत उनलाई पोहोर परारझैँ बजेट लगत्तै सबैखाले खर्च बढ्ने चिन्ताले पिरोलेको छ। उनी भन्छिन्, "देशको बजेट हरेक वर्ष बढिरहेको छ। देशको बजेट बढेपछि हाम्रो पनि खर्च बढ्छ तर सरकारले बजेट बढाएझैँ हामीले आफ्नो व्यक्तिगत बजेट त बढाउन सक्दैनौँ नि!" उनलाई यसपालि सरकारले आयकर छुटको सीमा केही बढाएकोमा पनि खासै चासो छैन। श्रेष्ठ भन्छिन्, "तलब बढेको छैन। कर छुटको सीमा त्यो पनि थोरै बढाउँदैमा के नै फाइदा हुन्छ र?" बाराकी रमा घिमिरे क्षेत्रपाटीमा डेरा गरेर परिवार सहित बस्छिन्। उनका अनुसार आम सर्वसाधारणलाई बजेट आएको अनुभूति हुने भनेकै महँगी बढेर हो। गुल्मीकी देवीका सेन गरिबका लागि कसैले वास्ता नगरेको ठान्छिन्। तरकारीको चिन्ता घिमिरे भन्छिन्, "मलाई त खासै केही थाहा हुँदैन तर भान्सामा काम गर्नुपर्छ। तरकारी छोइनसक्नु भएको छ। अब झन् बढ्ने होला। फेरि ताजा तरकारी पाए त हुने। कुहिएको तरकारी खानुपर्छ।" महाराजगञ्ज बस्ने गुल्मीकी देवीका सेनलाई भने सरकारीको जस्तै निजी क्षेत्रको पनि तलब नबढेकोमा चिन्ता छ। उनी भन्छिन्, "सरकारीको जस्तै तलब बढे त हुने नि तर यहाँ कस्ले सुन्छ र गरिब जनताको कुरा?" एउटा निजी कम्पनीमा कार्यालय सहायकको काम गर्ने सेनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। १ छोरी र २ छोराकी आमा उनलाई बजेटपछि आफ्नो खर्च बढाउनु पर्ला भन्ने चिन्ता छ। महँगी नियन्त्रण होस् बजेटपछि धेरैलाई महँगी बढ्ने चिन्ता बढेको छ। हाडिगाउँकी भक्ति राजभण्डारी चाहिँ सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढेको भन्दा पनि महँगी नियन्त्रण नभएकोमा चिन्तित देखिइन्। "तलब बढोस् वा नबढोस् तर महँगी चाहिँ घटोस्," उनले भनिन्, "कमसेकम एउटै खाद्यान्नको भाउ पसलपिच्छे फरक नहुनुपर्ने हो। यस्तो हुने त हाम्रै नेपालमा मात्रै होला।" उदयपुरकी हिरा घिमिरेचाहिँ घरभाडा र छोराछोरीको विद्यालयमा शुल्क बढ्ने चिन्तामा छिन्। "बजेटपछि घरभाडा बढ्ने गरेको छ। किन बढाए भन्यो भने घरबेटीले अर्को घरमा बढेको देखाउँछन्। सस्तो भएको घरको पनि हेरे हुने नि। अब स्कुलको फी पनि बढ्ने होला?" उनले भनिन्। स्नातक तह अध्ययनरत सदीक्षा खनालको चिन्ता भने बेग्लै छ। कतिपयलाई चाहिँ यातायातको भाडा बढ्ने चिन्ताले पनि सताएको छ। गाडी भाडा बढ्ला कम्प्युटर विज्ञान अध्ययनरत उनी भन्छिन्, "बजेट आएपछि अब गाडीभाडा बढ्ने भयो। पेट्रोल र डिजेलको भाउ बढेको भन्दै गाडी भाडा बढाइहाल्छन्। चिया र खाजाको पनि भाउ बढ्छ।" सिन्धुलीकी कविता आलेलाई चाहिँ यो सरकारले पनि पुरानै सरकारहरूले जस्तै जनताका लागि सुविधा नदिएको अनुभव भएको छ। ललितपुरको झम्सिखेल बस्ने उनी भन्छिन्, "यो देशको स्थिति हेर्दा दिक्क लाग्छ। जुन सरकार आए पनि उस्तै यो बजेटले पनि खै केही होला जस्तो छैन।" अर्थमन्त्री युवराज खतिवडाले बुधवार संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुन गरेका हुन्। उक्त बजेटमा धैरै वितरणमुखी कार्यक्रमहरू राखिएको भन्दै विपक्षीहरूले आलोचना गरिरहेका छन्। सरकारले भने बजेटको बचाउ गरेको छ।
Others
67,733
प्रदर्शक र निर्माताबिच सहमति
नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो ।
https://gorkhapatraonline.com/news/86437
काठमाडौँ, मङ्सिर ८ गते । नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो । चलचित्र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमति अनुसार चलचित्र ‘दिमाग खराब’ प्रदर्शन भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागु गर्न दुवै पक्ष सहमत भएको निर्माता रौनकविक्रम कँडेलले बताउनुभयो । सबै स्वदेशी चलचित्रले यो सुविधा पाउने उहाँको भनाइ छ । दुवै सङ्घबिच ५० प्रतिशत सेयर बाँडफाँट सहमति भएको छ । यसअघि सोही विषयलाई लिएर चलचित्र सङ्घमा दुई दिनसम्म वार्ता चलेको थियो । दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेको थियो । सेयर बाँडफाँट मात्र नभएर अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता कँडेलले बताउनुभयो ।  
News
43,774
मिलानले जित्यो सिरी ‘ए’
एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो र त्यसको एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्‍याउन सफल भएको छ ।
https://ekantipur.com/sports/2022/05/23/165326540601487104.html
मिलान — एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो र त्यसको एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्‍याउन सफल भएको छ ।यो जितपछि मिलानको ८६ अंक भएको छ । अन्तिम दिनको खेलमा लिग जित्नका लागि उसलाई कम्तीमा हार टार्न आवश्यक थियो । उसको नजिकको प्रतिद्वन्द्वी तथा छिमेकी इन्टर मिलान ८४ अंकमा दोस्रो स्थानमा रह्यो र उसले साम्पडोरियालाई सानसिरोमा भएको खेलमा समान ३–० ले नै पराजित गर्‍यो । तर डिफेन्डिङ च्याम्पियनका रूपमा इन्टरले उपाधिको रक्षा भने गर्न सकेन । साम्पडोरियाविरुद्ध उसका लागि ज्याकक्विन कोरेआले दुई तथा इभान पेरिसिचले एक गोल गरे । लिगको तेस्रो तथा चौथो स्थानमा रहेर नेपाली तथा युभेन्ट्सले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्नेछन् । यस्तै लाजियो र एएस रोमाले युरोपा लिग खेल्नेछन् ।
Sports
20,354
ढाका इन्टरनेस्नल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मलाई अवार्ड
२० औं ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । फेस्टिभलको 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब'अन्तर्गत किरण पोखरलेको 'पुतलीको सपना'ले उत्कृष्ट स्क्रिप्टको अवार्ड उचाल्दा सुजित बिडारीको 'ऐना झ्यालको पुतली'ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो ।
https://ekantipur.com/entertainment/2022/01/24/164302507201553111.html
काठमाडौँ — २० औं ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । फेस्टिभलको 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब'अन्तर्गत किरण पोखरलेको 'पुतलीको सपना'ले उत्कृष्ट स्क्रिप्टको अवार्ड उचाल्दा सुजित बिडारीको 'ऐना झ्यालको पुतली'ले एसियन सिनेमा विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो ।किरणले उपहारमा पाँच हजार अमेरिकी डलर पाए । कोरोना संक्रमणकै कारण महोत्सवमा सहभागी हुन पुगेका यी दुई फिल्मकर्मी पुरस्कार उचाल्न भने पाएन । दुवैले भर्चुअली जितको खुसी मनाए ।'मलाई त बल्ल अवार्ड जितेको जस्तो लागिरहेको छ । कोरोना पोजिटिभ भएपछि क्लोजिङ सेरोमनीमा जान पाइएन,'पोखरेलले भने । 'पुतलीको सपना' आफ्नो लैंगिक पहिचानका लागि माओवादी द्वन्द्वमा होमिने पहाडी भेगकी १६ वर्षीया किशोरीको कथा हो ।किरणले यो कथामाथि २०२४ मा फिल्म बनाउने सोचेका छन् । 'अहिले फस्ट ड्राफ्ट मात्रै सकेको छु । दोस्रो ड्राफ्ट सुरु गर्नुछ । हामीले फिल्मलाई २०२४ मा प्रोडक्सनमा लैजाने सोचेका छौं,' पोखरेलले भने, 'अब यो ल्याबपछि अन्तर्राष्ट्रिय बजारमा पनि अप्लाइ गर्ने सोचेका छौं । फिल्मको बजेट पनि ठूलो छ अनि स्क्रिप्टमा मेहनत पनि उत्तिकै गर्नुपर्ने भएकोले २०२४ तिर फिल्म बनाउने सोचेका छौं ।''पुतलीको सपना'लाई यसअघि बुसान एसियन फिल्म स्कुल इन्टरनेस्नलअन्तर्गत फिल्म बिजिनेस एकेडेमी कोर्समा मेन्टरिङका लागि सुशान्त श्रेष्ठले लिएर गएका थिए । नेपालको तर्फबाट सुशान्तसहित उषा अधिकारी पनि फिल्म निर्माता हुन् ।किरणको निर्देशन र लेखनमा तयार भएको लघु फिल्म 'मानषी'ले २०१३ मा 'एकादेशमा इन्टरनेस्नल सर्ट फिल्म फेस्टिभल'मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो भने २०१८ 'कान्स फिल्म फेस्टिभल'को एक कार्यक्रममा स्क्रिनिङ गरिएको थियो ।बुसान इन्टरनेस्नल फिल्म फेस्टिभलको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको पहिलो नेपाली फिल्मसमेत रहेको 'ऐना झ्यालको पुतली'मा भने दुई दिदीभाइको कथा छ । 'फिल्मले उत्कृष्ट निर्देशकको अवार्ड जित्दा खुसी लागेको छ,'आइसोलेसनमा रहेका बिडारीले सुनाए । उनको फिल्म कोरोना महामारीकै कारण प्रदर्शनमा आउन सकेको छैन । उनी महामारीको अवस्था नियालेर फिल्म प्रदर्शन गर्ने तयारीमा छन् ।
Entertainment
8,094
‘नीरफूल’को फस्टलुक पोस्टर 
भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथामा आधारित फिल्म ‘नीरफूल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्मका चारवटा पोस्टर सार्वजनिक भएको हो । 
https://ekantipur.com/entertainment/2020/02/02/158064872161026949.html
काठमाडौँ — भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथामा आधारित फिल्म ‘नीरफूल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्मका चारवटा पोस्टर सार्वजनिक भएको हो । पोस्टरमा अभिनेता दयाहाङ राई, शान्ति वाइबालगायत कलाकार 'फिचर्ड' छन् । अभिनेत्री रेखा थापाको विशेष भूमिका रहने बताइए पनि उनी पोस्टरमा अटाएकी छैनन् । आगामी फागुन ३० गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, रेखा, शान्तिसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडालगायतको अभिनय छ ।निर्देशक वल फिल्ममार्फत धादिङ रुबी भ्यालीको एउटा परिवारमा भूकम्पको बेलाको मानवीय संघर्ष र आममनोविज्ञान पस्किन खोजेको बताउँछन् । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।
Entertainment
8,675
फ्रेन्ड्ससँग थ्रीस्टार स्तब्ध
फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्ला तीन खेलमा अपराजित रह्यो । डिफेन्डिङ च्याम्प्यिन मनाङ–मर्स्याङदीविरुद्ध १–१ खेलेपछि हिमालयन शेर्पासँग पनि अंक बाँडेको फ्रेन्ड्सले ‘ललितपुर डर्बी’मा आइतबार थ्रीस्टारलाई १–० ले हरायो ।
https://ekantipur.com/sports/2020/01/13/157888913260388340.html
काठमाडौँ — फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्ला तीन खेलमा अपराजित रह्यो । डिफेन्डिङ च्याम्प्यिन मनाङ–मर्स्याङदीविरुद्ध १–१ खेलेपछि हिमालयन शेर्पासँग पनि अंक बाँडेको फ्रेन्ड्सले ‘ललितपुर डर्बी’मा आइतबार थ्रीस्टारलाई १–० ले हरायो ।छैटौं चरणमा आएर फ्रेन्ड्सले यो लिगमा पहिलो जित दर्ता गरेको हो । उपाधिका दाबेदार र घरेलु फुटबलकै सर्वाधिक लोकप्रिय दुई क्लबसँग फ्रेन्ड्सले अंक खोसेको तथ्यलाई विश्वास गर्न धेरैलाई गाह्रो पर्छ । किनभने सुरुका तीन खेल हारेको फ्रेन्ड्सले गतिलो टिमबिना पनि आसलाग्दो सपना बाँड्‌न थालेको छ ।ब्राजिली फरवार्ड वांगर डे कार्मोले विश्व अधिकारीको फ्रि–किकमा १३ औं मिनेटमा हेडद्वारा गोल गरेपछि फ्रेन्ड्सले छिमेकी थ्रीस्टारलाई दशरथ रंगशालामा पराजित गरेको हो । फ्रेन्ड्सको ऐतिहासिक जित पनि हो यो किनभने उसले २०४६ सालयता थ्रीस्टारमाथि लिगमा पहिलो जित रचेको हो ।ए डिभिजन लिगको यो आधुनिक युगमा भएको भेटमा यसअघि थ्रीस्टार हावी हुँदै आएको थियो । विगतका १७ खेलमा थ्रीस्टारले १५ जित निकालेको थियो भने फ्रेन्ड्सले दुई खेलमा मात्रै बराबरी नतिजा निकाल्न सकेको थियो । फ्रेन्ड्सले १८ औं भेटमा आएर पहिलो जित रच्यो । यी सबै तथ्यांक २०४६ सालयताका हुन् र त्यसअघिको लिगबारे भने स्पष्ट जानकारी पाइँदैन ।कुपन्डोलका युवाहरूले २०२९ सालमा स्थापना गरेका थिए, फ्रेन्ड्स क्लब । त्यस बेला पाटनको फ्रेन्ड्स युनियन चर्चित थियो । फ्रेन्ड्सका अध्यक्ष राजीवराज पौडेलका अनुसार कुपन्डोलको फ्रेन्ड्सले फ्रेन्ड्स युनियनलाई २०३६ सालतिर पारजित गरेपछि पाटने क्लब विस्तारै सुस्तायो र त्यही पाटने फुटबलको शक्तिको रूपमा आयो थ्रीस्टार । फ्रेन्ड्सले ०३४ सालमा ए डिभिजन लिगको यात्रा थालेको थियो भने त्ययसको पाँच वर्षपछि थ्रीस्टार शीर्ष श्रेणीमा उभिएको थियो ।थ्रीस्टार २०५४, ०६१ र ०६९ मा लिग च्याम्पियन बन्दै देशकै फुटबलको शक्ति र प्रिय क्लबमा परिणत भयो । फ्रेन्ड्स पनि २०५२ सालमै च्याम्पियन बन्ने मौका पाएको थियो । फ्रेन्ड्सलाई अन्तिम खेलमा बराबरी नतिजाले पनि च्याम्पियन बनाउनसक्थ्यो । उसलाई ५–० ले स्तब्ध पार्दै एनआरटी च्याम्पियन भयो । उपविजेतामै खुम्चिए पनि त्यो नै ए डिभिजन लिगमा फ्रेन्ड्सको सबभन्दा ठूलो उपलब्धि हो । फ्रेन्ड्स गत वर्ष ११ औं स्थानमा रहेको थियो । २०३० को उत्तरार्ध र पचासको दशक शक्तिशाली रहेको फ्रेन्ड्स २०६० सालयता भने अंक तालिकाको मध्यतिरै रुमल्लिरहेको छ ।अध्यक्ष पौडेलले यो सिजन झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । २०५४ देखि झन्डै एक दशक फ्रेन्ड्सको मिडफिल्डमा छाएका रबिन व्यन्जनकार अहिलेका टिम व्यवस्थापक हुन् । आफ्नो टिमबारे उनी भन्छन्, ‘यसपालि हाम्रो खराब पक्ष के हो भने राम्रो खेलाडी राख्न सकेनौं । यी खेलाडीहरूमा राम्रो गर्ने विश्वास छ । यसो भन्दा मलाई अरूले विश्वास गर्दैन किनभने हामीले नतिजा (जित) दिन सकिरहेका छैनौं । थ्रीस्टारविरुद्धको जितले आशा देखाएको छ, विश्वास बढाएको छ । तर, उत्तिकै डर (कमजोर खेल) पनि छ ।’यो सिजन १४ क्लबमध्ये पुछारको टिम रेलिगेसनमा पर्ने छ । आइतबारको दोस्रो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध गोलरहित नतिजा निकाल्दै पहिलोपल्ट हार टारेको सरस्वती (१ अंक) पुछारमा छ । पहिलो जितसँगै फ्रेन्ड्सले ५ अंक बनायो । हिमालयन शेर्पा र एक खेल कम खेलेको एपीएफको ४–४ अंक छ । त्यसैले फ्रेन्ड्सको लागि सातौं चरणमा सरस्वतीविरुद्धको खेल पनि महत्वपूर्ण हुनसक्छ ।‘राम्रो जित’फ्रेन्ड्सले लिगको एक महिनाअघि नै तीन ब्राजिलियन खेलाडी भित्र्याएर माहोल तताएको थियो । उसले ब्राजिली प्रशिक्षक मार्कुस डान्तसलाई यो लिगका लागि जिम्मेवारी सुम्पियो । फ्रेन्ड्सले दुई वर्षअघि ललित स्मृति यू १८ च्याम्पियनसिपमा सहभागी खेलाडीलाई आफ्नो बनाइरहेको थियो । त्यसैले उसले यो लिगमा च्याम्पियन नै नभए पनि गतिलै प्रभाव देखाउने अपेक्षा गरिएको थियो । आर्मी, ब्रिगेड ब्वाइज र मछिन्द्रविरुद्ध लगातार हारेपछि प्रशिक्षक मार्कुसले भनेका थिए, ‘युवा खेलाडी आशालाग्दा छन्, भविष्यमा राष्ट्रिय टिमबाट खेल्ने प्रतिभा देखेको छु । तर, उनीहरूले खेल्नै सकेनन्, ब्राजिली खेलाडी पनि नाममात्रकै भए ।’वास्तवमा भन्ने हो भने ब्राजिलका तीन खेलाडी (फरवार्ड वांगर, मिडफिल्डर फिलिप डे सुजा र साउलो डे अक्विलो) नाममात्रकै ब्राजिली खेलाडी देखिए । फिलिप र वांगरले विस्तारै लय समात्न थालेका छन् । यी दुवै थ्रीस्टारविरुद्ध प्रभावशाली देखिए । उनीहरू केही सहज अवसरमा भने बललाई पोस्टको दिशा दिन चुके । साउलो भने थ्रीस्टारविरुद्ध ‘बेन्च’ मै सीमित रहे । भारतीय फरवार्ड उत्तम राई मनाङसँगको खेलबाट उपलब्ध भएपछि फ्रेन्ड्स अलि सुदृढ बन्यो । थ्रीस्टारले पनि अन्त्यतिर मौका नपाएको होइन, तर सदुपयोग गर्न सकेन । उसको आक्रमणभन्दा फ्रेन्ड्सको डिफेन्स राम्रो देखियो । दुई हाफमा गरी १६ मिनेटको इन्ज्युरी समयसहितको १०६ मिनेटको प्रतिस्पर्धामा फ्रेन्ड्सका युवा खेलाडी नै छरिता देखिए, प्रभावी रहे ।राष्ट्रिय टिमबाट खेलिरहेका अनन्त तामाङ र विक्रम लामाले थ्रीस्टारलाई उकास्न सकेनन् । उनीहरूकै प्रदर्शन पनि स्तरअनुरूप भएन । मिडफिल्डमा मिक्चेन तामाङले प्रभाव देखाउन सकेनन् । अनुभवी मिडफिल्डर रुपेश केसीको प्रदर्शन पनि फिक्का रह्यो । आर्मीविरुद्ध २–० ले हारेको खेलमाजस्तै थ्रीस्टारका खेलाडीहरू मिहिनेती भएको भए ललितपुर डर्बीमा फ्रेन्ड्सले इतिहास नलेख्न पनि सक्थ्यो । युवा खेलाडीको मिहिनेत, बांगरको अग्लो कद र थ्रीस्टारका खेलाडीहरूको सुस्त गतिले खेलको कथाले फ्रेन्ड्सलाई रोज्यो । त्यसले ‘प्लेयर बक्स’ मा फ्रेन्ड्सका खेलाडी र अफिसियलको आक्रामक रूपलाई पनि ढाकछोप गरिदियो ।‘महत्त्वपूर्ण खेलमा राम्रो जित निकाल्यौं,’ फ्रेन्ड्सका प्रशिक्षक मार्कुसले भने । रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका उनले आफ्नै प्लेयर बक्समा देखिएको आक्रामकताबारे भने, ‘मलाई त्यस्तो मन पर्दैन । यो राम्रो होइन ।’ फ्रेन्ड्सको प्रशिक्षक उनी भए पनि ‘टचलाइन’मा एकैपल्ट तीन जनासम्म चिच्याइरहेका र आक्रोश पोखिरहेका देखिन्थे । त्यसैले त रेफ्रि कबिन व्यन्जनकारले प्लेयर बक्समै आएर तीनपल्ट पहेंलो कार्ड देखाइदिए ।थ्रीस्टारको अन्तर‘हामी स्कोरिङमै चुक्यौं । टिमले उत्कृष्ट खेल्न पनि सकेन,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘आज उनीहरूको दिन रहेछ । फुटबलमा यस्तै हो ।’ दोस्रो हारसँगै थ्रीस्टारले शीर्षस्थानको रहेको मछिन्द्रसँग अंक बराबरी (१३) बनाउने अवसर गुमायो । एक खेल कम खेलेको आर्मीले संकटालाई पराजित गर्नसके थ्रीस्टार ५ अंक पछाडि पर्नेछ । उपाधि होडबारे प्रशिक्षक केसीले भने, ‘६ खेलले अर्थ राख्दैन, पहिलो दोस्रो १३ खेलबाट थाहा हुने हो । आजको हारले उपाधि होडबाट बाहिरिएको हो कि जस्तो भने भएको छ ।’
Sports
25,873
प्रधानमन्त्रीले दिए मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै दाहालले अब कार्यक्षमता कमजोर हुनेहरुले  ठाउँ ओगट्न नहुने उल्लेख गरे ।
https://ekantipur.com/news/2023/12/26/the-prime-minister-gave-a-clear-indication-of-changing-the-minister-24-27.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । सरकारको एक वर्ष पुगेको अवसरमा मंगलबार सम्बोधन गर्दै दाहालले अब कार्यक्षमता कमजोर हुनेहरुले  ठाउँ ओगट्न नहुने उल्लेख गरे ।एक वर्षपछि मन्त्रीहरु बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् । 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ' प्रधानमन्त्री दाहालले भने । उनले यो कुरा आफ्नो उपदेशमात्र नभई वाचासमेत रहेको उल्लेख गरे । 'यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,' उनले भने । उनले गठबन्धन सरकार भन्‍नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ आउने भए पनि यो बीचमा त्यस्तो केही भएको बताए । 'म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्‍न छ, न सरकारमा कुनै तानातानी । यो एक वर्षको साथका लागि सरकारका सबै मन्त्री, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्‍चारजगत र जनसमुदायमा म कृतज्ञता ज्ञापन गर्दछु,' उनले भने ।उनले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर म एकपटक राष्‍ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरे ।
News
6,869
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : डा भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/74701
भजनी साउन २८  गते । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताउनुभयो ।“उच्च पदस्थहरुबाटै पनि धेरै ठूला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।”, उहाँले भन्नुभयो, “दोषी कोही छुट्नु हुँदैन । निर्दोष फस्नु हुँदैन भन्ने हो । भ्रष्टाचार विरुद्धको छानबिन गर्ने छुट्टै समिति नै बनाउन सके त्यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्नमा मद्दत मिल्नेछ ।” सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभयो । ललिता निवास जग्गा प्रकरणको प्रसङ्गमा डा भट्टराईले कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादीको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले देशलाई अग्रगामी निकासका लागि सङ्गठन निर्माण अभियानलाई सुदृढ बनाउँदै नागरिकलाई त्यसको विकल्पका लागि तयार रहन आग्रह गर्नुभयो । “अब संरचनागत स्वरुप परिवर्तन हुनुपर्छ । केन्द्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने व्यवस्था लागू हुनुपर्छ ।” उहाँले भन्नुभयो, “हिजो पनि हामीले त्यही कुरा उठाएका थियौँ । आज पनि त्यही कुरालाई जनता माझ लिएर जाँदैछौँ । अबको आवश्यकता त्यही नै हो ।” रासस
News
54,398
सिर्जनशील कर्मचारी
उत्साह, उमङ‍ग र सुन्दर सपनासहित लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेका व्यक्ति २० वर्ष पुग्दा÷नपुग्दै विभिन्न बहानामा सेवा छोडने क्रम बढदै गएको देखिन्छ। विगत पाँच वर्षमा छ हजार १६६ कर्मचारीले राजीनामा दिई सेवानिवृत्त भएको तथ्याङ‍क निजामती किताबखानाले पुष्टि गरेको छ। अनुभवी कर्मचारीमा सेवाप्रति यस्तो निराशा किन आयो ? यहाँ प्रतिभाको कदर हुँदैन वा प्रतिभा देखाउने अवसर तथा वातावरणको अभाव छ भन्ने प्रश्नहरू पनि महìवपूर्ण छन। निजामती सेवामा प्रणालीगत व्यवस्था संस्थागत नहुँदा विभि
https://gorkhapatraonline.com/news/25057
उत्साह, उमङ‍ग र सुन्दर सपनासहित लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेका व्यक्ति २० वर्ष पुग्दा÷नपुग्दै विभिन्न बहानामा सेवा छोडने क्रम बढदै गएको देखिन्छ। विगत पाँच वर्षमा छ हजार १६६ कर्मचारीले राजीनामा दिई सेवानिवृत्त भएको तथ्याङ‍क निजामती किताबखानाले पुष्टि गरेको छ। अनुभवी कर्मचारीमा सेवाप्रति यस्तो निराशा किन आयो ? यहाँ प्रतिभाको कदर हुँदैन वा प्रतिभा देखाउने अवसर तथा वातावरणको अभाव छ भन्ने प्रश्नहरू पनि महìवपूर्ण छन। निजामती सेवामा प्रणालीगत व्यवस्था संस्थागत नहुँदा विभिन्न पक्षबाट आउने अनुचित दबाब र प्रभावको कारणले कर्मचारीले स्वतन्त्र ढङगले आफ्नो क्षमताको उपयोग गर्न पाउँदैनन। यसैगरी, राजनीति र प्रशासनबीचको सम्बन्ध र सीमालाई आत्मसात गरी दबाब र प्रभावलाई वास्ता नगरी प्रणाली र संस्कारलाई संस्थागत गर्न नसक्नुमा प्रशासनिक नेतृत्वको पनि उत्तिकै कमजोरी छन्। प्रतिभाका लागि युद्ध ‘बेष्ट पिपुल क्यान विन’ भनी म्याकेन्जी एन्ड कम्पनीले सन १९९० मा पहिलो पटक निजी क्षेत्रमा ल्याएको प्रतिभाका लागि युद्ध अवधारणामा प्रतिभावान जनशक्तिको योजना बनाउने, उनीहरूको प्रोफाइल तयार गर्ने र आवश्यकताअनुसार उपयोग तथा परिचालन गर्ने विषयहरू समेटिएको थियो। यसको लामो समयपछि सार्वजनिक क्षेत्रमा बेलायतले सन २०१६ मा ‘ब्याटल फर टयालेन्ट इन ग्लोबल’ अवधारणाबमोजिम प्रतिभावान कर्मचारीलाई सरकारको महत्वपूर्ण तत्वको रूपमा आत्मसात गरेको थियो। श्रम बजारमा रहेका उच्च सम्भावना भएका जनशक्तिलाई सरकारी क्षेत्रमा आकर्षित गरी भर्ना, विकास र उपयोग गरेर लामो समयसम्म सङ‍गठनमा टिकाइराख्नु नै प्रतिभाका लागि युद्ध तथा प्रतिभा व्यवस्थापनको सार हो।देखिएका समस्याकानुनी रूपमा संस्थागत स्वरूप लिएको छ दशक पूरा हुँदासमेत नेपालको निजामती सेवाले सुधारमा आशातीत उपलब्धि हासिल गर्न सकेको छैन। अझै पनि निजामती सेवा पदसोपान, नियन्त्रण र निर्देशन तथा सीमित तलब भत्ता र सुविधामा खुम्चिएर परम्परागत सोच र शैलीमै हिँडिरहेको छ। जबकि नेपालभन्दा पछि सुधारको थालनी गरेका भारत, भुटान, जापान तथा सिङ‍गापुरजस्ता देशले सार्वजनिक प्रशासनको क्षेत्रमा फडको मारेका छन। निजामती सेवा ऐनमा आन्तरिक र खुला प्रतियोगिता, विशेषज्ञ पदको व्यवस्था, योग्यता, अनुभव र कामको प्रकृतिको आधारमा जिम्मेवारी दिने, कार्यसम्पादनको आधारमा कर्मचारीको मूल्याङ‍कन, नेतृत्व मूल्याङ‍कन, कार्यसम्पादन प्रोत्साहन कोष, नतिजामूलक कार्यतालिका, सेवा÷समूह विभाजन गरी विशेषज्ञताको विकास गर्नेलगायत कर्मचारीलाई अध्ययन तथा तालिमको अवसर प्रदान गर्नेजस्ता उत्तम व्यवस्था राखिएको छ। कानुन बनाउँदा अन्य देशका राम्रा अभ्यास र प्रावधान राख्ने समय समयमा सुधारका लागि सुझावसहितका प्रतिवेदन लिने तर कार्यान्वयन पटक्कै ध्यान नदिने प्रवृत्तिले त्यस्ता प्रतिवेदनहरूले पुस्तकालयको धुलो खाइरहेका छन। निजामती सेवामा व्यावसायिकता र सिर्जनशीलताको विकास हुन नसक्दा श्रम बजारमा रहेका अब्बल जनशक्तिको पहिलो रोजाइ निजामती सेवा हुन सकेको पाइँदैन। यसैले त डाक्टर, इन्जिनियर, कृषि तथा पशु प्राविधिकका साथै निजामती कर्मचारीका छोराछोरीहरू पनि सरकारी सेवाप्रति आकर्षित नभएको तथ्याङकले नै देखाउँछ। अझ सरकारी छात्रवृत्ति पाएर विदेश अध्ययन गर्न गएका कर्मचारी अध्ययन सकेर उतै बसेका उदाहरण प्रशस्तै छन। ट्यालेन्ट फोरमनिजामती सेवा जति बढी सक्षम र सुदृढ हुन्छ त्यति नै सरकारको प्रभावकारिता बढदछ। हाल सङ‍घ, प्रेदश र स्थानीय तहमा गरी जम्मा एक लाख ३६ हजार ४५० (निजामती किताबखाना) दरबन्दी छ। मुलुकको विकास, समृद्धि तथा सुशासनका कार्यक्रम सञ्चालन गर्न कार्यरत कर्मचारीमा रहेको प्रतिभाको पहिचान, विकास, उपयोग गर्न र श्रम बजारमा रहेका बेष्ट ब्रेनलाई निजामती सेवामा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्दछ। यसका लागि टयालेन्ट फोरम एउटा महìवपूर्ण उपाय हुन सक्दछ। किनकी प्रतिभा डबलीमा कर्मचारीले आफैँले गरिरहेका, आफूले भोगिरहेका र देखिरहेका सार्वजनिक चासो र सरोकारका विषयलाई नवीन ढङगले सम्बोधन गर्ने उपाय प्रस्तुत गर्ने अवसर पाउँदछन। यस्ता कार्यक्रममा विश्वविद्यालयलाई पनि संलग्न गराउँदा अध्ययनरत विद्यार्थीमा सेवाप्रति सकारात्मक प्रभाव पर्दछ। यसैले यस्तो दीर्घकालीन सोचका साथ सङ‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा निजामती सेवाको इतिहासमा पहिलो पटक २०७९ असारमा कार्यक्रम सम्पन्न ग-यो। उक्त कार्यक्रममा मुलुकभर छरिएर रहेका कर्मचारीहरूको उत्साहजनक सहभागिता रह्यो। नवीन सोचसुशासनका लागि प्रतिभा डबली भन्ने नारासहित आइडियाको आह्वान गरिएको थियो। सोबमोजिम आइडिएटरले सार्वजनिक नीति, विकास व्यवस्थापन, सेवा प्रवाह, सुशासन प्रवद्र्धनलगायत सार्वजनिक चासो र सरोकारका विषयहरूलाई फरक सोच र तरिकाले सम्बोधन गर्ने उपायसहित आफ्नो नवीन सोच पठाउनुपर्ने थियो। यसरी प्राप्त भएका नवीन सोच÷ इनोभेटिभ आइडियाहरूलाई यसमा रहेको नवप्रवर्तन, सिर्जनशीलता, मौलिकता, कार्यान्वयनयोग्यता, स्पष्टता र सकारात्मकता जस्ता आधारमा मूल्याङ‍कन गरिएको थियो। यसका साथै प्रस्तुत आइडियाले समग्र सार्वजनिक सेवा, विकास व्यवस्थापन र सुशासन प्रवद्र्धनमा पार्ने प्रभाव समेतलाई दृष्टिगत गरी सङ‍क्षिप्त सूची तयार गरियो। सङ‍क्षिप्त सूचीमा पर्न सफल आइडियटरका सोचलाई अझ परिस्कृत र परिमार्जन गर्न इन्कुबेसन तालिम (बन्द प्रशिक्षण) दिइयो। अब के गर्ने ? प्रतिभा व्यवस्थापनको अभिन्न अङगको रूपमा प्रतिभा डबलीलाई संस्थागत र विस्तार गरी यसलाई दिगो बनाउनु आवश्यक छ। यसका लागि यससम्बन्धी सूचना बढीभन्दा बढी कर्मचारीसम्म पु-याइ उनीहरूमा नवीन सोचको विकास गराउने वातावरण तयार गरिदिनुपर्दछ। प्रत्येक वर्ष छनोट हुने आइडियाहरूको कार्यान्वयन योग्यता र प्रभावकारिताको विषयमा अनुसन्धानमूलक संस्था, विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्य विस्तृत अध्ययन, अनुसन्धान गर्नुपर्दछ। अनुसन्धानको नतिजाको आधारमा उक्त नवीन सोचलाई पाइलट प्रोजेक्टको रूपमा कार्यान्वयन गरी क्रमशः विस्तार गर्नु पर्दछ। यसरी नवीन सोच कार्यान्वयन हुँदा सम्बन्धित आइडिएटरको परिचय खुलाउने सुनिश्चितता हुनुपर्दछ। यसले गर्दा सम्बन्धित कर्मचारीको पहिचान स्थापित हुनुका साथै उसको उत्प्रेरणा र मनोबल उच्च राख्न सघाउ पुग्दछ। मुलुकभर छरिएर रहेका फिल्डस्तरमा कार्यरत कर्मचारीको प्रतिभा नक्साङ‍कन गरी विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम प्रदेश र स्थानीय तहसम्म विस्तार गर्नुपर्दछ। प्रदेश र स्थानीय तहबाट आएका नवीन सोचहरूको सार्वजनिक क्षेत्रमा उपयोग र विस्तार गर्ने गरी सातवटै प्रदेशमा टयालेन्ट इन्क्युवेसन केन्द्र स्थापना गर्नुपर्दछ। यस्ता केन्द्रमा हुने अनुसन्धानमा संलग्न हुन कर्मचारीलाई प्रेरित गर्नुपर्दछ। निजामती सेवालाई रोड मोडल बनाउन राष्ट्रिय प्रतिभा व्यवस्थापन रणनीति निर्माण गर्नु पनि आवश्यक छ। प्रतिभा व्यवस्थापन एउटा निकायको मात्र जिम्मेवारी हो भन्ने मान्यतामा सुधार ल्याउन सबै निकायमा स्थायी प्रतिभा समूह बनाई क्रियाशील बनाउन सकियो भने मात्र प्रतिभा डबली संस्थागत हुन सक्दछ।    
News
47,891
सय किलो सुन प्रकरण : टोखास्थित एक कारखानामा राजस्वको छापा
सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ।
https://gorkhapatraonline.com/news/72969
काठमाडौं,साउन १४ गते। सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार टोखामा सुन गालेर त्यसलाई रि-फ्रेस गराएर तस्करले बाहिर लैजाने गरेको पाइएपछि उक्त कारखानालाई सिल गरिएको हो। त्यहाँबाट आगो बाल्न प्रयोग हुने काठका धुलोका बोरा, सुन गाल्न प्रयोग हुने मेसिन, सुन गाल्न प्रयोग हुने रसायनका बट्टा र गालेको सुन छोप्नका लागि प्रयोग हुने उपकरण बरामद गरिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “हिजो राति टोखास्थित एक कारखानामा छापा मारिएको छ। उक्त कारखानामा सुन गालेर स्वरूप परिवर्तन गरेर तस्करी गर्ने गरेको देखिएको छ। केही सामान बरामद पनि  गरिएको छ।”  अहिले उक्त क्षेत्रलाई सिल गरिएको उहाँले बताउनुभयो। राजधानीमै सुनलाई गालेर अन्यत्र लैजाने व्यवस्थासहितको यो कारखाना देखिएकाले यसमा संलग्न धेरै हुनसक्ने उहाँको भनाइ छ। यद्यपि सुन कुन रूपमा परिणत गरिन्थ्यो भन्ने बारे खुलिनसकेको उहाँ बताउनुहुन्छ। साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको करिब सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। यो प्रकरणमा संलग्न भएको आरोपमा चिनियाँ र भारतीय एक-एक नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्। सरकारले यो विषयलाई प्राथमिकता राखेर अनुसन्धान भइरहेको जनाएको छ।  
News
37,220
क्यामरा ट्य्रापिङमा उत्साह
न विज्ञानमा स्नातक गरेकी लमजुङकी कृपा श्रेष्ठलाई क्यामरा ट्र्यापिङबारे जान्ने इच्छा थियो । त्यही इच्छाले उनलाई क्यामरा राख्ने काममा लागिन् । उनी अहिले दिनभरि यसैमा व्यस्त हुन्छिन् । कृपाले हालै कपिलवस्तु र अर्घाखाँची सीमाको कजरहनको घना वनमा स्वचालित क्यामरा जडान गरिन् । जीपीएस र गुगल नक्साको सहायताले क्यामरा राख्ने प्वाइन्ट पहिचान गरेपछि झारपात फाँडेर खुला ठाउँमा क्यामरा जडान गरिन् । ‘नयाँ भूगोल,’ उनले भनिन्, ‘गाह्रो भए पनि उत्साहित हुँदै क्यामरा जडान गरें ।’ 
https://ekantipur.com/news/2024/01/02/excitement-in-camera-trapping-29-50.html
कपिलवस्तु — न विज्ञानमा स्नातक गरेकी लमजुङकी कृपा श्रेष्ठलाई क्यामरा ट्र्यापिङबारे जान्ने इच्छा थियो । त्यही इच्छाले उनलाई क्यामरा राख्ने काममा लागिन् । उनी अहिले दिनभरि यसैमा व्यस्त हुन्छिन् । कृपाले हालै कपिलवस्तु र अर्घाखाँची सीमाको कजरहनको घना वनमा स्वचालित क्यामरा जडान गरिन् । जीपीएस र गुगल नक्साको सहायताले क्यामरा राख्ने प्वाइन्ट पहिचान गरेपछि झारपात फाँडेर खुला ठाउँमा क्यामरा जडान गरिन् । ‘नयाँ भूगोल,’ उनले भनिन्, ‘गाह्रो भए पनि उत्साहित हुँदै क्यामरा जडान गरें ।’ पहाडकी मान्छे तराईको अनकन्टार जंगलमा बास छ । क्यामरा ट्र्यापमा राम्रा–राम्रा वन्यजन्तु परून् भन्ने पनि चाहना छ । तर वनछेउ टेन्टमा सुत्नुपर्दा डर पनि उत्तिकै छ । ‘चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिरहेकी छु,’ उनले भनिन्, ‘पहिले आफू सुरक्षित । त्यसपछि वन्यजन्तु भनेर लागेकी छु ।’ कृपाजस्तै बर्दियाको मधुवन नगरपालिका, सूर्यपटुवाका नरेश चौधरी पनि अर्घाखाँचीको शीतगंगा नगरपालिकाको पहाडका वनपथ, बाटो, पानीका मूल र दोबाटोमा स्वचालित क्यामरा जडान गर्न व्यस्त छन् । उनी पनि प्वाइन्ट पत्ता लगाउँदै पुग्छन् । उनले ५ दिनमा १८ क्यामरा जडान गरिसकेका छन् । संरक्षणप्रति रुचि भएरै बर्दियाबाट कपिलवस्तु आएर काम गर्दा निकै उत्साहित छन् ।बाघलगायतका स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणको काम गर्न समथर फाँटदेखि पहाडका वनपथमा क्यामरा ट्र्यापिङ थालिएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तुका चुरे शृंखला आसपासका पारिस्थितिकीय अवस्था थाहा भएर पर्यापर्यटन र दिगो वन व्यवस्थापनका काम गर्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यले पनि क्यामरा ट्र्यापिङ गरिएको हो । डब्लूडब्लूएफको सहयोगमा तराई भूपरिधि कार्यक्रम बाँकेद्वारा तीन जिल्लामा अहिले स्वचालित क्यामरा राख्ने काम लगभग सकिएको छ । दाङको गढवा र राप्ती गाउँपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका तथा कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज र बुद्धभूमि नगरपालिकाको चुरे वन क्षेत्रमा क्यामरा राखिएको छ । हरेक दुई किलोमिटरमा एक गरेर १ सय ४२ वटा ग्रिड बनाइएका छन् । एउटा ग्रिडको बिचोबीच पर्ने गरी एउटा क्यामरा राखिएको छ । ग्रिडको बीच पर्ने गरी अक्षांश र देशान्तर दिइएको छ । जीपीएसमा त्यसैलाई फलो गर्दै उनीहरू प्वाइन्ट पत्ता लगाई क्यामरा राख्छन् । १ सय ४२ वटा क्यामरा जडान गरिएको छ । अति विकट र कठिन भौगोलिक स्थानमा पनि क्यामरा राखिएको छ । शीतगंगा नगरपालिकामा ७ नम्बर टोलीले एक दिनभरि हिँडेर एउटा क्यामरा जडान गरेका छन् । तीन वटै जिल्लाको भूभाग समेट्ने गरी ५ सय ६० स्क्वायर किलोमिटर क्षेत्रमा क्यामरा ट्र्यापिङ राखिएको छ । क्यामरा राखिएको क्षेत्रमा अहिलेसम्म बाघ देखिएको औपचारिक पुष्टि भएको छैन । तर, बाघ हिँड्ने करिडोर र पाइने धेरै सम्भावना भएकाले क्यामरा राखिएको तराई भूपरिधि कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण पौड्यालले बताए । ‘यहाँबाट आउन परिणामले वन्यजन्तु र संरक्षणका लागि काम गर्न धेरै सहयोग पुग्छ,’ उनले भने, ‘बाघ नै भए त्यसलाई कसरी व्यवस्थापन गर्ने र अन्य वन्यजन्तु भए त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउन सकिन्छ ।’ क्यामरामा काठ, दाउरा र वन्यजन्तुको चोरीसिकार गर्नेको पनि तस्बिर आउने हुँदा चोरीतस्करी र वन्यजन्तुको अपराध गर्नेमाथि पनि निगरानी बढाउन सहयोग पुग्छ । ‘अघिल्लो वर्ष दाङमा बन्दुकसहित हिँडेको मान्छे फेला परेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा मान्छे पहिचान हुन्छ ।’ काठ तस्करी र चोरीसिकार गर्न नदिन के कसरी सतर्क रहने भन्ने कुरा पनि निर्देश गर्छ । कृपा श्रेष्ठको टोलीले क्यामरा राखेको पहिलो दिनमै कपिलवस्तुको गब्दहवा गाउँनजिकै वन क्षेत्रबाट हुँदै आवतजावत हुने मुख्य बाटोमा वयस्क चितुवाको तस्बिर खिचेपछि निकै उत्साहित बनेका छन् । ‘चितुवा हट्टाकट्टा छ,’ उनले भनिन्, ‘गाउँनजिकै साँझ साढे ७ बजे क्यामरामा चितुवा परेपछि गाउँले पनि सतर्क भएका छन् ।’ ‘जनावर र गाईहरू मारेको सुनिन्थ्यो,’ स्थानीय यज्ञ बेल्बासेले भने, ‘अब त चितुवाले मारेको ढुक्क भयौं । अब गाउँलेले सतर्कता अपनाउनुपर्छ ।’ ४८ जनालाई ३ दिनको क्यामरा ट्र्यापिङबारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिएर फिल्ड पठाइएको थियो । क्यामरा ट्र्यापिङ गर्न जानेका चितवनदेखि कैलालीसम्मका वैज्ञानिक, सम्बन्धित क्षेत्रका स्थानीय र डिभिजन वनका वन रक्षक सहभागी छन् । प्रत्येक टोलीमा दुई जना वैज्ञानिक, एक स्थानीय र एक जना सम्बन्धित वन डिभिजनका कर्मचारी छन् । टोली ४० दिनसम्म वन छेउछाउ सुरक्षित स्थानमा टेन्ट राखेर बस्नेछन् । आफूले राखेका क्यामराले काम गरे/नगरेको नियमित अनुगमन गर्छन् । क्यामराको सुरक्षा अवस्था हेर्छन् । क्यामराबाट मेमोरी कार्ड निकालेर ओटीजी डिभाइसमार्फत मोबाइलबाट तत्कालै वन्यजन्तु परे नपरेको हेर्न सकिन्छ । तस्बिरमा मिति र समय सबै रेकर्ड आउँछ । रातमा अटोमेटिक रूपमा फ्ल्यास बलेर फोटो खिच्छ । कुन ग्रिडमा खिचियो क्यामराको सिरियल नम्बरले ठेगाना थाहा हुन्छ । यसरी उनीहरू एक/दुई दिन बिराएर अवस्था पत्ता लगाउँदै रिपोर्टिङ गर्छन् ।बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामरा राखिएका छन् । डाँडाको बाटो भन्ज्याङ, गोरेटो ट्र्याक, नुन र पानीको स्रोत भएको ठाउँमा क्यामरा राखिएको छ । यी ठाउँबाट वन्यजन्तु ओहोरदोहोर बढी गर्छन् । बाटोदेखि ४/५ मिटर दायाँबायाँ र भुइँदेखि ४५ देखि ६० सेन्टिमिटर माथि रूख वा लौरो गाडेर राखिने गरिएको छ । क्यामराको सेन्सरले हावा र तापक्रमसँग हुने परिवर्तनसँग फोटो खिच्न थाल्छ । क्यामरा ट्रयापिङपछिको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने डब्लूडब्लूएफका वाइल्डलाइफ फिल्ड बायोलोजिस्ट शशांक पौडेलले बताए । वन्यजन्तुको बासस्थान र पर्यापर्यटनको विकासका योजना बनाएर अघि बढ्न पनि सहयोग पुग्ने उनको भनाइ छ । वन्यजन्तुको अवैध चोरीसिकार तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पनि यो अध्ययनले सहयोग पुग्छ ।गत वर्ष दारुको दक्षिणी क्षेत्रको आठ सय स्क्वायर किलोमिटरमा क्यामरा ट्र्याप गरिएको थियो । ती क्षेत्रमा पहिलो पटक बाघ क्यामरा ट्र्यापमा परेको थियो । त्यस्तै हुँडारलगायत २८ वटा स्तनधारी वन्यजन्तु क्यामरा ट्र्यापमा आएका थिए । अर्को वर्ष दाङको उत्तरी क्षेत्रका १ हजार २ सय ४० स्क्वायर किलोमिटर क्षेत्रमा क्यामरा ट्र्याप गरिने योजना छ ।
News
6,715
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/90995
काठमाडौं, पुस १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताउनु भयो । मन्त्री महतले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गर्नुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।‘‘अहिले हाम्रो अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘त्यसले गर्दा त्यहाँ सिथिलता आएको थियो । अब विस्तारै पनि लय फर्किदै छ । र, राजश्व पनि विस्तारै बढ्न थालेको छ ।’’हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गर्नुभयो । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।‘‘आर्थिक गतिविधि बढ्न थालेको छ । अब निराशाको अवस्था चाहीँ छैन । खाली एउटा सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहीँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा ग¥यो भने त्यसमा लाईफ, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र आत्मविश्वास बढछ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ । अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिव हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ ।’’सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो ।
News
35,796
उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : 'रुग्ण उद्योग सञ्चालन गर्न अध्ययन समिति गठन गर्नू'
प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।
https://ekantipur.com/news/2023/12/28/prime-ministers-instructions-to-the-ministry-of-industry-give-priority-to-youth-oriented-startup-businesses-16-21.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।'नवप्रवर्तनशील सोच र जोस भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्द्धन गर्न बिजनेस इन्क्युबेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला,' प्रधानमन्त्री दाहालले भने, 'स्टार्टअप फन्ड समेत परिचालन गरी बर्सेनि कम्तीमा २० हजार युवाहरूको नवीनतम् सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जब-मिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला।'प्रधानमन्त्री दाहालले सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्द्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए । अनधिकृत व्यापार नियन्त्रण गरी स्वदेशी उद्यम र व्यापारको प्रवर्द्धन गर्न सम्बन्धित क्षेत्रका निकायको समन्वयमा रणनीतिक नियन्त्रण कार्यदल परिचालनका लागि कार्ययोजना तयार गर्न समेत उनको निर्देशन छ । 'लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउनुहोला,' प्रधानमन्त्री दाहालले भनेका थिए, 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा औद्योगिक पूर्वाधार विकास सहजीकरण डेस्क स्थापना गरी सबै क्षेत्रगत निकायको समन्वय सुनिश्चित गर्ने विषयमा समन्वय गर्नुहोला।'छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्द्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको भन्दै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताए ।
News
6,832
रूपान्तरणको प्रक्रियामा माओवादी केन्द्र
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ, यो चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनतालाई राम्रो परिणाम दिनैपर्छ।” प्रधानमन्त्रीले मात्र नभई, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउने उहाँको भनाइ छ।
https://gorkhapatraonline.com/news/54109
काठमाडौँ, माघ २९ गते ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ, यो चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनतालाई राम्रो परिणाम दिनैपर्छ।” प्रधानमन्त्रीले मात्र नभई, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउने उहाँको भनाइ छ। “सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न देशलाई एकताबद्ध बनाएर लैजानुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टीको दुईमहिने सङ्गठनात्मक अभियान चलाउँदै छौँ। पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं। तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौं।”दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपालको क्रान्तिकारी आन्दोलनमा दलितको भूमिका महत्वपूर्ण छ। शान्ति प्रक्रियामा आएपछि प्रगतिशील संस्कार मिचिएका छन्। सामन्ती पितृसत्तात्मक सोच ब्युँतिन खोज्दै छ, यसलाई रोक्न उत्पीडित जागरुक हुनुपर्छ।”   
News
58,471
बढ्दै कविताप्रतिको रुचि
राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका कविता पुस्तकमा प्रकाशन नहुँदै सुनाउन सकिन्छ । औपचारिक कार्यव्रmम गरेर नै कविले एकल कविता वाचन गर्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा समेत चलचित्रका पर्दामा देखिने कलाकारभन्दा कविलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । केही वर्षयतादेखि श्रोता र पाठकको अभावमा साहित्यकारले मन खिन्न पार्न पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई कार्यव्रmमस्थलले नै ठुलो चौतारी उपलब्ध गराएको छ ।
https://gorkhapatraonline.com/news/92863
काठमाडौँ, पुस २९ गते । राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका कविता पुस्तकमा प्रकाशन नहुँदै सुनाउन सकिन्छ ।  औपचारिक कार्यक्रम गरेर नै कविले एकल कविता वाचन गर्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा समेत चलचित्रका पर्दामा देखिने कलाकारभन्दा कविलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । केही वर्षयतादेखि श्रोता र पाठकको अभावमा साहित्यकारले  मन खिन्न पार्न पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई कार्यक्रमस्थलले नै ठुलो चौतारी उपलब्ध गराएको छ ।पर्दामा देखिने कलाकारलाई जस्तै साहित्यकारका पनि यस्ता माध्यममा लाखौँ दर्शक अनुयायी हुन थालेका छन् । (साहित्यका सबै विधाले सधैँ बजार लिएका हुँदैनन् । कहिले कथा त कहिले कविताका कृतिले बजार तातेको हुन्छ भने कहिले गीत, गजल अनि आख्यानले बजार लिइरहेको हुन्छ । पछिल्ला दिनमा नेपाली साहित्यिक बजारमा कविताको रुचि बढ्दै गएको छ ।) केही समय पहिले आख्यानको लोकप्रियता निकै बढी थियो तर अचेल घट्दै गएको छ भने कवितालाई धेरैले आफ्नो रुचिको विषय बनाउन थालेका छन् । साहित्यमा वैचारिक मतभेद र बौद्धिक विमर्श हुनु स्वाभाविक हो तर अहिले नेपाली साहित्यमा कविता र आख्यानबिचको परस्परका आक्रामक छेडछाडले आलोचनात्मक बहसको उत्पìिा भएको छ । अहिले आख्यान र कविता दुवैमा कलम चलाउनेहरूमा एउटा विरोधाभासपूर्ण स्थिति आएको  छ । कविहरू उनीहरूलाई आख्यानकार मान्छन् र आख्यानकारहरू उनीहरूलाई कवि ।  एउटा जामाना थियो, जहाँ कविलाई पारिश्रमिक नदिईकनै एकल कविता वाचन गराइन्थ्यो तर अहिले समय बदलिएको छ । कविहरूले आफ्ना केही तौरतरिका बदलेका छन् र उनीहरूले छिटोभन्दा छिटो कविताबाट मुनाफा पनि पाउने गरेका छन् ।   साहित्यकार महेश पौडेल भन्नुहुन्छ, “कविता सानो आकारको हुने र मान्छेलाई कवितामार्फत आफ्नो कुरा व्यक्त गर्न सजिलो हुने भएकाले पनि यसको बजारमा चर्चा बढी भएको हो ।” उहाँले थप्नुभयो, “प्रकाशकहरू आख्यानको पछाडि छन्, आख्यान अलिकति गैर साहित्यिक मान्छेले पनि पढ्ने गरेका छन् । बजारमा प्रकाशकहरूले आफ्नो बिक्री धेरै हेर्ने हुनाले आख्यानको लोकप्रियता घटे पनि यस बिक्रीमा भने खासै असर नपरेको हो ।” कवितालाई निरन्तरता दिइरहेका पुराना पुस्ता र सम्भावना बोकेका नयाँ पुस्ताले गर्दा पनि अहिले कविताको बजार तातेको छ । अहिले बजारमा आख्यान बिक्री कम भएको उहाँले बताउनु भयो । कवि गीता कार्की भन्नुहुन्छ, “अहिले राम्रा राम्रा कविहरू नयाँ नयाँ शैली, विम्ब लिएर आएका छन् । त्यसले गर्दा पनि कविताको बजारमाथि उठेको हुन सक्छ । आख्यानको पनि बजार छ तर कविता एउटा सूत्रात्मक विद्या भएको हुनाले छिटो लेखिने एउटा काव्यात्मक अभिव्यञ्जना भएको कार्कीले बताउनुभयो । आख्यान र कवितामा उपस्थितिको हिसाबले कवितामा नै दर्शक बाक्ला देखिने उहाँको ठम्याइ छ । कविता भनेको जसले, जहिले चाह्यो लेख्न सक्ने कुरा नभएको कवि कार्कीले ठम्याउनुभयो । 
News
43,663
प्राधिकरणमा काठमाडौं महानगरको दुई अर्ब बक्यौता
सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ ।
https://gorkhapatraonline.com/news/53856
काठमाडौं, माघ २६ गते । सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ ।महानगरले सडक बत्ती बालेबापत प्राधिकरणलाई रकम तिर्नुपर्ने तर बेवास्ता गरेकाले अहिलेसम्म बक्यौता रकम धेरै पुगिसकेको प्राधिकरणका अर्थ महाशाखा प्रमुख तोमलाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले २०७४ यता सडक बत्ती बालेबापतको बक्यौता रकम बुझाएको छैन । पटक पटक ताकेता गरिरहेकै छौँ  । रकम पनि धेरै पुगिसक्यो । महानगरले तिर्छु पनि भन्दैन तिर्दिन पनि भनेको छैन ।’ महानगरसँगको छलफलमा बक्यौता रकमको विषयमा जानकारी गराइरहे पनि प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने भन्दै वास्ता नै नगरेको उहाँको भनाइ छ ।‘महानगरसँग पटक पटक छलफलमै रहेका छौँ। बक्यौता रकमबारे जानकारी गराइरहेकै छौँ । तर महानगरले सम्पत्ति कर दिनुपर्ने भन्दै यसलाई टार्ने गरेको छ,’ सुवेदीले भन्नुभयो । ‘स्थानीय स्वायत्त शासन ऐन’, बमोजिम प्राधिकरणले  महानगरलाई सम्पत्ति कर पनि तिर्न बाँकी रहेको भन्दै महानगरले निरन्तर अडान लिएको उहाँको भनाइ छ । महानगरले भनेजस्तो प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने अवस्था भने नरहेको अर्थ विभाग प्रमुख सुवेदीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘महानगरले जुन मुद्दा उठाएको छ । त्यसअनुसार हामीले महानगलाई सम्पत्ति कर नै बुझाउनु पर्दैन । हामीले महानगरलाई पटक पटक भन्यौँ तर कुरा नै सुन्न तयार छैन ।’ महानगरभित्रका रत्नपार्क वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रबाट गरेर महानगरले बुझाउनुपर्ने बक्यौता रकम निकालिएको हो । महानगरले किस्ता किस्तामा रकम तिछौँ भने पनि प्राधिकरणले सहजीकरण नै गर्ने उहाँको भनाइ छ ।महानगर भन्छ : बक्यौता रकम प्रमाणित नभई तिर्दैनौँप्राधिकरणले देखाएको बक्यौता रकम वास्तविक रकम नै हो भन्ने आधार स्पष्ट नभएकाले महानगरले रकम नतिरेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत प्राधिकरणले देखाएको बक्यौता रकम सबै प्रमाणित हुने कागजात नै केही छैन, अनि हामी कसरी तिन सक्छौ ? रकमलाई प्रमाणित गर्ने कागजानत भए मात्र हामी रकम तिछौँ ।’प्राधिकरणले कुन वडामा कति बिल उठ्यो प्रमाणसहित रकम निकालेको खण्डमा भने आफूहरू रकम तिर्न तयार रहेको उहाँको भनाइ छ ।मानन्धरले भन्नुभयो, ‘महानगरले लागेको रकम नतिर्ने कुरा छैन । एक सरकारी संस्थाले अर्को सरकारी संस्थालाई लागेको महसुल नतिर्ने कुरा नै हुँदैन । तर प्राधिकरणले यत्तिकै यति भयो पैसा भनेर महानगर मान्दैनौँ । प्रमाणित कागजात भए हामी लागेको रकम तिर्न तयार छौँ ।’महानगरभित्र प्राधिकरणको चर्चेको जग्गाको कर पनि तिर्नुपर्ने तर प्राधिकरण पनि यो विषयमा तर्केको उहाँको आरोप छ । ‘प्राधिकरणले महानगरभित्र चर्चेको जग्गाको कर पनि महानगरलाई तिर्नुपर्ने तर तिरेको छैन । हामीले मात्र तिर्नुपर्ने रकम महानगरले देखाएको छ । आफूले तिर्नुपर्ने रकम भने देखाएको छैन,’ उहाँले भन्नुभयो ।मौजुदा कानुनमै बेखबर महानगरमहानगरपालिकाले प्राधिकरणले सम्पत्ति कर बुझाउन बाँकी रहेको जनाएको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार दफा ९५५० को उपदफा ९५० बमोजिम नेपाल सरकारको स्वामित्वमा रहेको सरकारी संस्थानले सम्पत्ति कर बुझाउनु नपर्ने उल्लेख छ । तर, महानगरले भने प्राधिकरणले सम्पत्ति कर नबुझाएको आरोप लगाउँदै आएको छ ।
News
58,532
युवा टिकाउन शिक्षासँगै रोजगारी
उच्च शिक्षा अध्ययनका लागि वार्षिक एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । विश्वका ७१ भन्दा बढी देशमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका छन् । दिनमा सरदर पाँच सय विद्यार्थीले एनओसी पत्र लिने गरेको तथ्याङ्क पनि छ । अध्ययन तथा श्रमका लागि भनेर गत आर्थिक वर्षमा आठ लाख नेपाली विदेश गएको तथ्याङ्क छ । विश्वका १७८ देशमा अध्ययन तथा रोजगारीका लागि नेपाली जाने गरेका छन् । प्रतिवर्ष सात लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । जनगणना २०७८ ले करिब २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ । औपचारिक तथा अनौपचारिक रूपमा विदेश जाने नेपाली करिब ६० देखि ७० लाखसम्म रहेको अनुमान छ । यो हालको जनसङ्ख्याको झन्डै २० प्रतिशत हुन आउँछ । सन् १९९० को दशकमा राजनीतिक तथा आर्थिक क्षेत्रमा
https://gorkhapatraonline.com/news/96677
उच्च शिक्षा अध्ययनका लागि वार्षिक एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । विश्वका ७१ भन्दा बढी देशमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका छन् । दिनमा सरदर पाँच सय विद्यार्थीले एनओसी पत्र लिने गरेको तथ्याङ्क पनि छ । अध्ययन तथा श्रमका लागि भनेर गत आर्थिक वर्षमा आठ लाख नेपाली विदेश गएको तथ्याङ्क छ । विश्वका १७८ देशमा अध्ययन तथा रोजगारीका लागि नेपाली जाने गरेका छन् । प्रतिवर्ष सात लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । जनगणना २०७८ ले करिब २२ लाख नेपाली विदेशमा रहेको देखाएको छ । औपचारिक तथा अनौपचारिक रूपमा विदेश जाने नेपाली करिब ६० देखि ७० लाखसम्म रहेको अनुमान छ । यो हालको जनसङ्ख्याको झन्डै २० प्रतिशत हुन आउँछ । सन् १९९० को दशकमा राजनीतिक तथा आर्थिक क्षेत्रमा आएको परिवर्तन, स्वदेशमा गुणस्तरीय शिक्षा तथा रोजगारीको कमी नै यसको प्रमुख कारण हो । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्यका हरेका निकायमा समावेशी, समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । यसले सामाजिक न्याय पनि कायम गरेको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारलाई मौलिक हकको रूपमा संविधानमा नै स्वीकार गरिएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने उद्देश्य संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको छ । सङ्घीय संरचना अनुरूप सङ्घीय, प्रदेश, स्थानीय गरी तीन तहका सरकार छन् । यद्यपि गुणस्तरीय शिक्षा र रोजगारीमा यथोचित उपलब्धि हासिल हुन सकेको छैन । देश विकासका लागि कति जनशक्ति आवश्यक पर्छ, त्यसको योजना र तथ्याङ्क बनाउन सकिएको छैन । विश्वविद्यालयको शिक्षालाई अनुसन्धान तथा ज्ञानमा आधारित गराउन सकिएको छैन । योग्यता अनुसार रोजगारी उपलब्ध हुन सकेको छैन । स्वदेशमा नै रोजगारी सिर्जना गर्दै नेपाली युवाको विदेश यात्रामा कमी ल्याउने तथा विदेशमा गएकालाई स्वदेशतर्पm नै आकर्षण गराउने र योग्यता अनुसार रोजगारी दिई गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने चुनौती हाम्रासामु रहेका छन् । यी चुनौतीलाई चिर्न आवश्यक नीति तथा कार्यक्रममा जोड दिनु पर्छ । कलेज अध्ययन गर्ने युवा वैदेशिक शिक्षाप्रति आकर्षित हुँदा हाम्रा शैक्षिक संस्थामा बिस्तारै विद्यार्थीको कमी हुन थालेको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्क अनुसार हाल १,४४० आङ्गिक तथा सम्बन्ध प्राप्त कलेज सञ्चालनमा छन् । यस पटक पाँच सयभन्दा बढी कलेजमा सयभन्दा कम विद्यार्थी भर्ना भएका छन् । थोरै विद्यार्थी भर्ना भएका शैक्षिक संस्थाले शिक्षक, कर्मचारीको तलब तथा सञ्चालन खर्च पु¥याउनै अब हम्मे पर्ने भएको छ । व्यावसायिक, व्यावहारिक, प्रविधिमैत्री, खोजमूलक, रोजगारमूलक शिक्षा नहुँदा हाम्रा कलेजमा विद्यार्थीको आकर्षणमा कमी आएको हो । उच्च शिक्षा पढ्ने विद्यार्थी मात्र होइन, चिकित्सक, इन्जिनियरका साथै वन, कृषि, सूचना प्रविधि आदिका दक्ष जनशक्ति पनि विदेश जाने होडमा छन् । निश्चय पनि युवाले गुणस्तरीय शिक्षा तथा रोजगारको माग गर्दछ । उचित लागत र उचित समयमा गुणस्तरीय शैक्षिक उपाधि हासिल गर्ने चाहना राख्दछ तर हामीकहाँ शैक्षिक क्यालेन्डर अनुसार कहिल्यै पनि पढाइ र परीक्षा हुन सकेको छैन । यति मात्र होइन, परीक्षाफलसमेत धेरै ढिलो हुने गरेको छ । विश्वविद्यालय राजनीतिको अखडा बन्न पुगेको छ । अनि कसरी प्राज्ञिक कर्मले गति लेओस् । यसले विद्यार्थीमा तनाव बढ्छ । भविष्य असुरक्षित हुने हो कि भन्ने डर पैदा हुन्छ । त्यसैले धेरै विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने गरेका हुन् । सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूको विकृति, विसङ्गतिले गर्दा आर्थिक क्षमता भएकाहरू विदेश जान्छन् । क्षमता नपुग्नेहरू नेपालकै निजी कलेजमा अध्ययन गर्न बाध्य हुन्छन् । यस्ता कलेजको अनुगमन गर्ने, नियमन गर्ने काममा भने कसैको ध्यान पुग्न सकेको छैन । यहाँ शिक्षक तथा कर्मचारीले पाउने सेवासुविधामा कमी छ तर शिक्षण शुल्क महँगो छ । समग्र रूपमा शैक्षिक सुशासनउपर गम्भीर प्रहार भएको छ ।निश्चित विधि प्रक्रियाबाट विश्वविद्यालयमा पदपूर्ति नगरी दिँदा पनि हामीसँग भएको दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । साथै देशमा अन्य रोजगारी र बजारको उचित व्यवस्था नहुँदा पनि श्रमका लागि युवा विदेश जान बाध्य छन् । यसले ग्रामीण क्षेत्रका जग्गा बाँझो हुन पुगेका छन् । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको २० प्रतिशत जमिन खेतीयोग्य छ । यसमध्ये २५ प्रतिशत बाँझो रहेको छ । घर तथा भौतिक संरचना खण्डहर भएका छन् । यसले उत्पादन तथा उत्पादकत्वमा कमी आएको छ । छोराछोरीलाई विदेशमा अध्ययन गर्न पठाउन अहिले जोकोही लालायित देखिन्छन् । यो विषय सामाजिक मान, मर्यादा, प्रतिष्ठासँग पनि गासिँदै छ । हाम्रो सामाजिक, संस्कार, मूल्य, मान्यता पनि वैदेशिक अध्ययन र रोजगारीमा जोडिन पुग्दै आव २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा १,४७९ जनाले विदेशी भूमिमा मृत्युवरण गर्न पुगेका छन् । तिनका आश्रित परिवार बिचल्लीमा परेका छन् । त्यसै गरी पारिवारिक सम्बन्ध बिग्रन थालेको छ । सम्बन्ध बिच्छेदका घटना बढिरहेका छन् । ग्रामीण क्षेत्रमा युवाको अभावमा घरहरू वृद्धाश्रममा परिणत भएका छन् । वृद्ध बाबुआमाले छोराछोरीबाट स्याहार, माया र उपचार पाउन सकेका छैनन् । विदेशको कमाइले सबै कुरा खोजीरहेको लामो समयसम्म रह्यो भने हाम्रो संस्कार, संस्कृति पनि लोप हुने हो कि भन्ने भय उत्पन्न भएको छ । संस्कृति लोप हुनु भनेको पहिचान गुम्नु हो । यसले राष्ट्र राष्ट्रियतालाई कमजोर पार्छ । त्यसैले अध्ययनका नाममा वा रोजगारीका नाममा विदेश जाने क्रमलाई न्यूनीकरण गर्न जरुरी छ । यसलाई बन्देज लगाउनु चाहिँ न्यायिक समाधान होइन । सूचना तथा प्रविधिको विकासले संसार नै अहिले सानो गाउँको रूपमा परिणत भएको छ । विश्वव्यापीकरणले अवसरहरू स्वदेशमा मात्र होइन, विश्वभरि छरिएका छन् । ती अवसरको पछि लाग्दा देशमा प्रविधि, सिप, अनुभव पनि भित्रिन्छन् । वार्षिक १२ खर्ब रुपियाँभन्दा बढी त विप्रेषण नै प्राप्त हुने गरेको छ । यद्यपि दीर्घकालीन जनशक्ति बिदेसिनु राम्रो होइन । भनिन्छ विप्रेषण केही क्षणका लागि घाटेवैद्यको औषधी जस्तै हो । गुणस्तरीय शिक्षा उपलब्ध गराउन तथा बेरोजगारी समस्या समाधान गर्न दूरदृष्टि हुनु पर्छ । सङ्घ, प्रदेश, स्थानीय तहबिच नीतिगत स्थिरता हुनु पर्छ । शैक्षिक संस्थाको सङ्ख्यामा वृद्धि होइन, गुणस्तर बढाउनु पर्छ । सङ्घीय रोजगार, शिक्षा तथा विश्वविद्यालयसम्बन्धी छाता ऐन तर्जुमा गर्नु पर्छ । कलेजको सङ्ख्या कम गर्न एकआपसमा मर्ज गरी सञ्चालन गर्नु पर्छ । यसले लागत घटाउन सहयोग गर्छ । उच्च शिक्षा अध्ययन गर्दा गर्दै इच्छुकलाई रोजगारी उपलब्ध गराउनु पर्छ । शैक्षिक संस्थामा देखिएका विकृति, विसङ्गति कम गर्न व्यवस्थापनमा आमूल परिवर्तन गर्नु पर्दछ । विश्वविद्यालयका पदाधिकारीको नियुक्ति गर्दा योग्य व्यक्तिलाई चयन गर्नु पर्छ । शैक्षिक सुशासनको प्रवर्धनमार्फत भ्रष्टाचार नियन्त्रण गर्नु पर्छ । निर्वाचन पद्धतिमा सुधार गरी अस्थिर राजनीतिलाई अन्त्य गर्नु पर्छ । यसले स्वदेशमा नै रोजगारी सिर्जना भई हाम्रा शैक्षिक संस्थामा विद्यार्थीको आकर्षण बढ्ने छ । गुणस्तरीय शिक्षा तथा रोजगारी हासिल भई आर्थिक, सामाजिक, शैक्षिक, तथा बेरोजगारी समस्याहरू समाधान हुने छन् । 
News
46,051
फ्रान्सलाई नेसन्स लिगको उपाधि
किलियन एम्बाप्पेको निरन्तर उत्कृष्ट प्रदर्शनसँगै फ्रान्स आइतबार फाइनलमा स्पेनलाई हराएर नेसन्स लिगको उपाधि जित्ने दोस्रो टिम भएको छ ।
https://ekantipur.com/sports/2021/10/12/16340032884357521.html
मिलान — किलियन एम्बाप्पेको निरन्तर उत्कृष्ट प्रदर्शनसँगै फ्रान्स आइतबार फाइनलमा स्पेनलाई हराएर नेसन्स लिगको उपाधि जित्ने दोस्रो टिम भएको छ ।एम्बाप्पेकै पासमा उनाई सिमोनविरुद्ध करिम बेन्जेमाले सनसनीपूर्ण गोल गर्दै मिलानस्थित सान सिरोमा फ्रान्सलाई बराबरीमा पुर्‍याए । त्यसअघि स्पेनले अग्रता लिएको थियो । मिकेल ओयरजबलले डिफेन्डर डायोट युपामेकानोको चुनौती पन्छाउँदै गोलकिपर ह्युगो लोरिसलाई कुनै मौका नदिई गोल गरेका थिए । विश्वकप विजेताका लागि लोरिसले अन्त्यतिर दुई उत्कृष्ट बचाउ गर्दै नेसन्स लिगको ट्रफी पक्का गरे ।लोरिसले सुरुमा ओयरजबलको प्रहारलाई रोकेका थिए । त्यसपछि उनले येरेमी पिनोको मिहिनेतलाई पनि अन्तिम क्षणमा असफल पारिदिए । त्यसपछि फ्रान्स नेसन्स लिगको दोस्रो विजेता बन्यो । यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको उपाधि पोर्चुगलले कब्जा गरेको थियो । फाइनलमा गोल गरेका किलियन एम्बाप्पे र करिम बेन्जेमा । तस्बिर : एएफपीतर एम्बाप्पेको निर्णायक प्रहार र गोल नै बहसको विषय बन्यो । थियो हर्नान्डेजले ‘थ्रु बल’ दिँदासम्म पेरिस सेन्ट जर्मेनका फरवार्ड एम्बाप्पे असफसाइड अवस्थामा उभिइरहेका थिए । त्यो बल स्पेनी डिफेन्डर एरिक गार्सियाले क्लियर गर्ने प्रयासमा छोएपछि एम्बाप्पेको खुट्टामा पुगेको थियो । अफसाइड पोजिसनमा रहेका खेलाडीले विपक्षीबाट पाएको बल खेल्यो भने यस्तो परिस्थितिमा नियमानुसार अफसाइड दिइँदैन ।फ्रान्सले सेमिफाइनलमा २–० ले पछाडि परेको स्थिति उल्टाएर बिहीबार छिमेकी बेल्जियमलाई ३–२ ले पराजित गरेको थियो । उसले फाइनलमा पनि फेरि पछाडि परेको अवस्थामा संघर्ष गर्दै जित हात पारेको हो । एक घण्टापछि पछाडि परेको स्थितिमा प्राविधिक रूपमा खेल जारी नै थियो तर शान्त नै थियो ।प्रशिक्षक डिडियर डेसच्याम्पले सम्हालेको टिमले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । बेन्जेमाले गोलकिपर सिमोनमाथिबाट बललाई घुमाउरो ढंगले सनसनीपूर्ण गोलमा परिणत गर्दै ६६ औं मिनेटमा १–१ को बराबरी गरे । त्यसको दुई मिनेटअघिमात्रै ओयरजबलले स्पेनलाई अग्रता दिलाएका थिए ।बल पोजेसनमा फ्रान्स धेरै पछाडि रह्यो । उसको बल पोजेसन ३६ प्रतिशतमै सीमित थियो । तर, फ्रान्सेली खेलाडीहरू काउन्टर अट्याकमा निरन्तर खतरनाक देखिएका थिए । यस्तोमा एम्बाप्पेको प्रहार निर्णायक बन्यो र त्यसमा भाग्यमानी पनि रह्यो ।युरो २०२० बाट अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका बेन्जेमाले भने, ‘वास्तवमै फ्रान्सेली टिमबाट ट्रफी जित्न चाहन्थें र यो पूरा पनि भयो । हामीले बलियो चरित्र देखायौं । किनभने यो टिम धेरै बलियो छ । कहिल्यै हार मान्दैनौं र यसलाई हामीले सावित पनि गरिदियौं । नअत्तालीकनै धैर्यपूर्वक सही समयको लागि प्रतीक्षा गरेर खेल्नु महान् टिमको संकेत पनि हो ।’
Sports
22,081
बन्चरेडाँडा ल्यान्डफिलको समस्या समाधान गर्न माग
काठमाडौँको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मागसहित त्यहाँका जनप्रतिनिधि र स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।
https://gorkhapatraonline.com/news/77107
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १७ गते । काठमाडौँको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मागसहित त्यहाँका जनप्रतिनिधि र स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् । नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्यहरू अर्जुननरसिंह केसी, सीता मिजार, हितबहादुर तामाङ, विमला सुवेदी, नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीसहित स्थानीय जनप्रतिनिधिको टोली शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी ध्यानाकर्षण गराएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले भेटको व्रmममा देशभरिकै फोहोरको व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने गरी फोहोरमैला व्यवस्थापन प्राधिकरणको गठनको मागसहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । बन्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहोरमैला असोज १ गतेबाट सधैँका लागि बन्द गरिने छ भनी आठ पेजको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई बुझाइएको थियो । संयोजक ढुङ्गानाका अनुसार बन्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरणका लागि जग्गा अधिग्रहण गर्ने गरी यसअघि भएका निर्णयको कार्यान्वयन र बन्चरेडाँडालाई फोहोरमैला प्रभावित संवेदनशील क्षेत्र घोषणा गरी त्यहाँका जनताको माग सम्बोधन गर्न, बन्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनका व्रmममा भएका सहमतिको कार्यान्वयन र त्यस क्षेत्रको विकासमा सरकारले विशेष लगानी गरिदिनुपर्ने भन्दै प्रधाानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।त्यसै गरी विगत एक दशकअघि ठेक्का लागेर अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको बालाजु–तीनपिप्ले–पिपलटार सडक खण्डको निर्माण सम्पन्न गरी कालोपत्र गरिदिन माग गरिएको थियोे । सो सडक निर्माण नहुँदा पनि वर्षायाममा गाडी जान नसक्दा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । सो क्रममा प्रतिनिधि सभा सदस्य केसीले बन्चरेडाँडा प्रभावित क्षेत्रको समस्या समाधान नभए आफू संसद् परिसरमा नै आमरण अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले अनशन बस्नु पर्दैन, त्यहाँका समस्याको सम्बोधन छिट्टै हुने आश्वासन दिनुभएको संयोजक ढुङ्गानाले जानकारी दिनुभयो । मुलुकको सङ्घीय राजधानीसँगै जोडिएको नुवाकोटको यो दुरवस्था सह्य नहुने र बन्चरेडाँडामा बिसर्जन गरिएको फोहोरबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने पूर्वमन्त्री केसीको भनाइ थियो ।
News
53,991
सङ्घीयतामा राजस्व व्यवस्थापन
सङ्घीयता भन्नु नै राज्य सञ्चालन र निर्णय प्रक्रियालाई समाजको तल्लो तह वा जनताको आधारभूत तहसम्म पु‌¥याउनु हो । यसको अतिरिक्त सङ्घीयताको सफल कार्यान्वयन गर्न सबै तहका सरकारबीच स्वस्थ, पारदर्शी तथा सन्तुलित वित्तीय व्यवस्था आवश्यक छ । अन्तरसरकारी वित्त व्यवस्थापनअन्तर्गत सङ्घीय एकाइबीच वित्त हस्तान्तरण, खर्च, ऋण, अनुदान, बजेट, राजस्व व्यवस्थापन, वित्तीय सुशासनलगायतका आर्थिक विषय पर्छन् ।
https://gorkhapatraonline.com/news/59821
सङ्घीयता भन्नु नै राज्य सञ्चालन र निर्णय प्रक्रियालाई समाजको तल्लो तह वा जनताको आधारभूत तहसम्म पु‌¥याउनु हो । यसको अतिरिक्त सङ्घीयताको सफल कार्यान्वयन गर्न सबै तहका सरकारबीच स्वस्थ, पारदर्शी तथा सन्तुलित वित्तीय व्यवस्था आवश्यक छ । अन्तरसरकारी वित्त व्यवस्थापनअन्तर्गत सङ्घीय एकाइबीच वित्त हस्तान्तरण, खर्च, ऋण, अनुदान, बजेट, राजस्व व्यवस्थापन, वित्तीय सुशासनलगायतका आर्थिक विषय पर्छन् । देश सङ्घीय संरचनामा रहेको सन्दर्भमा कार्यक्षेत्रका दृष्टिले राष्ट्रिय आवधिक योजना, प्रादेशिक आवधिक योजना र स्थानीय तहको आवधिक योजनाको आवश्यकता रहन्छ । राष्ट्रिय स्तरमा आर्थिक सामाजिक नीति, बृहत्तर प्रभाव पार्ने आयोजना, अन्तर प्रदेशलाई जोड्ने आयोजनालगायतका विषय समेटेर नेपाल सरकारले राष्ट्रिय आवधिक विकास योजना तर्जुमा गर्छ । यस योजनाको आधारमा प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो आवधिक विकास योजना गर्नुपर्छ । प्रदेश स्तरका आर्थिक सामाजिक नीति, प्रदेश स्तरका आयोजना, आ–आफ्ना प्रदेशभित्रका दुई वा सोभन्दा बढी स्थानीय तहलाई समेट्ने विकास आयोजना इत्यादि विषय समेटेर प्रदेश सरकारले प्रादेशिक आवधिक विकास योजना तर्जुमा गर्नुपर्छ । प्रदेश र स्थानीय तहले योजना तर्जुमा गर्दा राष्ट्रिय योजनासँग तादात्म्यता कायम गर्नुपर्छ । स्थानीय तहका आर्थिक सामाजिक नीति र स्थानीय स्तरका आयोजनालगायतका विषय स्थानीय तहको आवधिक योजनाका अन्तवस्तु हुन् । स्थानीय तहले योजना तर्जुमा गर्दा राष्ट्रिय योजना र आ–आफ्नो प्रदेश सरकारको आवधिक योजनासँग तादात्म्यता कायम गर्नुपर्छ । योजनाबीचको यो अन्तरसम्बन्धले सङ्घीय, प्रादेशिक र स्थानीय क्षेत्रगत सन्तुलन कायम गर्नमा सहयोग गर्छ ।योजना वा बजेटलाई विविध उदीयमान अवधारणाको आयामबाट हेरिने नवीन परिपाटीको सन्दर्भमा तयार गर्ने योजनालाई लैङ्गिक आयाम वातावरणीय आयाम गरिबमुखी योजना वा बजेटको आयाम र सामाजिक न्यायको आयाममा रहेर तर्जुमा गरिनु पर्छ । नेपालले दिगो विकास लक्ष्यको अवधारणा अनुरूप विकास प्रक्रियामा यसको आबद्धता कायम गर्दै आएको सन्दर्भमा योजना बनाउँदा यसको आन्तरिकीकरण तथा सामन्जस्यता सामयिक आवश्यकता हो । योजनालाई आपूर्तिमा आधारित हुन नदिन र मागमा आधारित बनाउन सरोकारवालाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता योजना तर्जुमाको अर्को अपरिहार्य पक्ष हो । यसले योजनाप्रति सरोकारवालामा अपनत्व भाव जगाइ योजनाको दिगोपना कायम गर्नमा सहयोग गर्छ । यसका लागि तीनै तहबीच प्रभावकारी अन्तरसम्बन्धको आवश्यकता रहने गर्छ ।सङ्घीय संरचनाका सबै तहले मध्यमकालीन खर्च संरचना तर्जुमा गर्नुपर्ने अनिवार्यता रहेको छ । नेपालको संविधानले तीनै तहको आर्थिक कार्यप्रणालीमा व्यवस्था भएअनुरूप राजस्व र व्ययको अनुमानसहित वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । यसगरी, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार तथा प्रदेश र स्थानीय तहले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहितको मध्यमकालीन खर्च संरचना तयार गरी सङ्घीय संसद्, प्रदेश सभा र गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सङ्घीय संरचनामा तीन तहका सरकारबीच वित्त हस्तान्तरण र राजस्वको बाँडफाँट हुने कारणले सबै तहका सरकारका बजेटमा अन्तरसम्बन्ध कायम रहनु स्वाभाविकै हो । यसको अतिरिक्त प्रदेश र स्थानीय तहको आन्तरिक आयको क्षमता र खर्चको आवश्यकताको आधारमा दिइने अनुदानहरू पूर्वानुमानयोग्य हुनु आवश्यक छ । सङ्घको वित्त हस्तान्तरणको नीति र राजस्व सङ्कलनको अवस्थाबाट प्रदेश र स्थानीय तहका बजेटहरू प्रभावित हुने गर्छन् । प्रदेश र स्थानीय तह वैदेशिक सहायता वा आन्तरिक ऋण लिने अवस्थामा छन् छैनन् भन्ने विषयमा सङ्घको सरोकार रहन सक्छ । यस पृष्ठभूमिमा सङ्घीय संरचनाका सबै तहहरूको सार्वजनिक वित्त व्यवस्थापन पारदर्शी प्रभावकारी र परिणाममुखी बजेटको माग गर्छ । यसका लागि तीनै तहको बजेट र मध्यकालीन खर्च संरचना अन्तरसम्बन्धित रहनु आवश्यक हुन्छ । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लाग्ने खर्चको अनुमान गरी विकासको आवश्यकता र प्राथमिकताका आधारमा कार्यप्रणालीलाई अगाडि बढाई आर्थिक पारदर्शिता र आर्थिक स्थायित्व कायम गर्ने माध्यम बजेट हो । आर्थिक अनुशासन र वित्तीय सुशासन अहिलेको सामयिक आवश्यकता हो । यसको लागि पनि मध्यकालीन खर्च संरचनाले असल सम्बन्ध सेतुको भूमिका निर्वाह गर्न सक्छ ।सङ्घीय संरचनामा तीनै तहका बजेटबीच अन्तरआबद्धता र समन्वय बजेट तर्जुमा प्रक्रियाको अर्को महìवपूर्ण विषय हो । तीनै तहबीच समानीकरण, ससर्त, समपूरक र विशेष गरी चार प्रकारका अनुदानको समन्यायिक वितरण र राजस्व तथा रोयल्टी बाँडफाँटको वित्तीय अन्तरसम्बन्ध रहेको हुन्छ । यो वित्तीय अन्तरसम्बन्ध स्रोतको हस्तान्तरणसँग मात्र सम्बन्धित छैन विनियोजन दक्षता वृद्धिमा पनि अन्तरसम्बन्धको माग गर्छ । वित्तीय सङ्घीयतामा सबै तहका सरकारको बीचमा स्रोतहरूको बाँडफाँट हुने गर्छ । यसमा वित्तीय समतालाई प्रवद्र्धनका लागि सरकारी वित्तहरूको हस्तान्तरण गर्ने गरिन्छ, जसमा अनुदानको हस्तान्तरण र राजस्व बाँडफाँट पर्ने गर्छ । नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान दिने गर्छ । यसैगरी प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र उठेको राजस्वलाई प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान दिने गर्छ । नेपाल सरकारले प्रदेश वा स्थानीय तहलाई कुनै योजना कार्यान्वयन गर्नका लागि आवश्यक सर्त तोकी अनुदान दिने गर्छ । यसैअनुरूप प्रदेशले पनि प्रदेश कानुनबमोजिम स्थानीय तहलाई ससर्त अनुदान दिने गर्छ । नेपालको संविधानको धारा ६० ले राजस्व सङ्कलन र परिचालनको अधिकार सङ्घ प्रदेश र स्थानीय तहको हुने व्यवस्था गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ तथा साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा भने कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ । नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने र सङ्घ, प्रदेश र स्थानीय तह बीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था संविधानको अर्को राम्रो पक्षको रूपमा रहेको छ । यी प्रावधानले सङ्घीय संरचनाका हरेक तहमा स्रोतको सुनिश्चितता हुन पुगेको छ ।आन्तरिक मूल्य अभिवृद्धि कर र अन्तशुल्क सङ्कलन गर्ने जिम्मा सङ्घीय सरकारको अधिकार क्षेत्र परेको भए पनि यी करहरू र प्राकृतिक स्रोतको रोयल्टी तीनै तहका सरकारबीच बाँडफाँट हुने गर्छ । तीनै तहका सरकारले गर्ने सबै प्रकारका आम्दानी सम्बन्धित सञ्चित कोषमा जम्मा हुनुपर्ने व्यवस्था संविधानको भाग १० सङ्घीय आर्थिक प्रणाली, भाग १६ को प्रदेश आर्थिक प्रणाली र भाग १९ को स्थानीय आर्थिक प्रणालीमा जम्मा गरिनु पर्ने व्यवस्था छ ।  अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले बाँडफाँट हुनुपर्ने राजस्व सिधै सञ्चित कोषमा जम्मा नभई सुरुमा सम्बन्धित विभाज्य कोषमा जम्मा हुने र तत्पश्चात् तोकिएको दर र सूत्रको सीमाभित्र रही सम्बन्धित तहको सञ्चित कोषमा हस्तान्तरित हुने गर्छ । मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्क र सङ्घीय कानुनबमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी तीनै तहमा बाँडफाँट हुने गर्छ । मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्कको ७० प्रतिशत सङ्घमा र बांँकी पन्ध्र पन्ध्र प्रतिशत प्रदेश र स्थानीय तहहरूमा बाँडफाँट हुने गर्छ । यसैगरी, सङ्घीय कानुनबमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको ५० प्रतिशत सङ्घमा र बाँंकी पच्चीस पच्चीस प्रतिशत सम्बन्धित प्रदेश र स्थानीय सम्बन्धित तहमा बाँडफाँट हुने गर्छ । यसका लागि नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्क रकम बाँडफाँट गर्न नेपाल सरकारले एक सङ्घीय विभाज्य कोष खडा गरी त्यस्तो रकम सो कोषमा जम्मा हुने गर्छ । यसरी सङ्घीय विभाज्य कोषमा जम्मा भएको रकममध्ये सत्तरी प्रतिशत नेपाल सरकारलाई, पन्ध्र प्रतिशत प्रदेशलाई र पन्ध्र प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुने गर्छ । नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच बाँडफाँट गरिने रकममध्ये नेपाल सरकारले प्राप्त गर्ने रकम सङ्घीय सञ्चित कोषमा दाखिला गरिने र प्रदेशहरू तथा स्थानीय तहलाई प्राप्त हुने रकम नेपाल सरकारले प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोष खडा गरी त्यस्तो कोषमा सो रकम जम्मा हुने गर्छ । सङ्घीय विभाज्य कोषमा रहेको रोयल्टीको बाँडफाँट नेपाल सरकारले वार्षिक रूपमा गर्ने गर्छ । यसरी सङ्घीय विभाज्य कोषमा जम्मा भएको रकममध्ये नेपाल सरकारले प्राप्त गर्ने ५० प्रतिशत रकम सङ्घीय सञ्चित कोषमा, प्रदेशले प्राप्त गर्ने २५ प्रतिशत रकम सम्बन्धित प्रदेश सञ्चित कोषमा र स्थानीय तहले प्राप्त गर्ने २५ प्रतिशत रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी उपलब्ध हुने गर्छ । यसरी बाँडफाँट हुने रोयल्टीको शीर्षकमा पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज पानी तथा अन्य प्राकृतिक स्रोत आदि पर्छन् । लेखक भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव हुनुहुन्छ ।    
News
47,179
धार्मिक समावेशिताको मूल्य
ढुङ्गे युगदेखि मानव समूहमा बसी प्राकृतिक विपत्तिसँग जुध्दै अनि अदृश्य शक्तिको आराधना गर्दै आयो । यसैबिच नायक, गणनायक, सम्राट्, ईश्वर, जात, धर्म आदिसम्बन्धी मान्यता जन्मिए । शासकीय एवं सम्भ्रान्तीय स्वार्थवश मानवीय चेतनालाई अलौकिक चेतना र परम्परित सोचभित्र बाँध्न धर्मको उत्पत्ति गरियो । यो एक जीवनशैली मात्र हो तर यसकै कारण विश्वमा मानवले विभेद, उत्पीडन, द्वन्द्व, विग्रह तथा अस्तित्व रक्षाका लडाइँ लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । नेपाल भने
https://gorkhapatraonline.com/news/97562
ढुङ्गे युगदेखि मानव समूहमा बसी प्राकृतिक विपत्तिसँग जुध्दै अनि अदृश्य शक्तिको आराधना गर्दै आयो । यसैबिच नायक, गणनायक, सम्राट्, ईश्वर, जात, धर्म आदिसम्बन्धी मान्यता जन्मिए । शासकीय एवं सम्भ्रान्तीय स्वार्थवश मानवीय चेतनालाई अलौकिक चेतना र परम्परित सोचभित्र बाँध्न धर्मको उत्पत्ति गरियो । यो एक जीवनशैली मात्र हो तर यसकै कारण विश्वमा मानवले विभेद, उत्पीडन, द्वन्द्व, विग्रह तथा अस्तित्व रक्षाका लडाइँ लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । नेपाल भने किरातकालदेखि नै हिन्दु, बौद्ध, मुसलमान, शिख, क्रिस्चियन आदि धर्मावलम्बीको साझा कर्मभूमि बनी मौलिक/सांस्कृतिक समावेशितालाई जोगाउँदै आएको छ । यही हो हाम्रो गौरव र पहिचान ।प्राचीन नेपालका राजा हिन्दु थिएनन् । मानदेवदेखि यस धर्मले राजकीय मान्यता पाएको इतिहासकारको तर्क छ । मदनमणि दीक्षितले जीवन : दर्शन रचनामा नेपाली राष्ट्रिय झन्डाको सम्बन्ध यस धर्मसँग नरहेको बताएका छन् । बेला बेला व्यापार, कलाकौशल आदि फरक सिप बोकेर गैरहिन्दु यहाँ छिरेको, सहज रूपमै जीवनयापन गर्दै आएको र राज्यबाट संरक्षण पनि प्राप्त भएको इतिहास हाम्रासामु छ । एक हजार वर्षसम्म भारतीय भूमिमा मुस्लिम राज्य र पछि हिन्दु राज्य रहँदा फरक धर्मी लखेटिँदा यहाँ तिनले संरक्षण पाएको सुनिन्छ । कतिपय धरोहरमा थान्का, मुगल शैली, इस्लाम मेमो यसैका प्रमाण हुन् । राणाकालमा आइपुग्दा हिन्दु बाहुल्य राष्ट्र बनिसकेको हुँदा धर्मकै आधारमा सत्ता टिकाउने खेल सुरु हुन्छ तर पनि अन्यप्रति असहिष्णु भने बनेको देखिँदैन । पछिको शाहकालीन शासन पनि राजा धर्मरक्षक भएर हिन्दुराष्ट्र घोषित गरियो । धार्मिक सहिष्णुता र शान्तिमा कुनै आघात आएन । यसरी हेर्दा नेपाली सांस्कृतिक मौलिकता समावेशी छ भन्ने मूल्य स्थापित भइरह्यो । नेपालीमा धार्मिक सन्तुलन देखिनुमा समानान्तर बुद्ध धर्मको उपस्थितिले पनि भूमिका निर्वाह गरेको छ । यसले फरक तर पूरक आध्यात्मिक तिर्खा मेटाई सहिष्णुतालाई फराकिलो पारेको हो । प्रजातन्त्रोत्तरकालीन राजनीतिक जागरण र भौतिकवादी चिन्तनको उपस्थितिले त झन् धार्मिक एकाधिकारवादलाई समावेशितातर्फ मोड्न निर्णायक भूमिका नै निर्वाह ग¥यो । धर्मसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता तथा लोकतान्त्रिक शासनमा धर्मको स्थानबारे चेतनशील समाजले धेरै विमर्श गर्न थाल्यो । न्यायपूर्ण, सहअस्तित्वमूलक र स्वस्थ सांस्कृतिक जागरण अभियानले आज नेपालले धर्मनिरपेक्ष समावेशी राज्य भनी संवैधानिक मान्यता पाएको छ । हामी निकट सांस्कृतिक सम्बन्ध रहेको भारतीय मनोविज्ञानसँग नेपाली धार्मिक समावेशिताको तुलना गर्न सक्छौँ । नेपालमा राणकालीन र शाहकालीन नेपाली राजनीतिले धर्मलाई शासन शक्तिको मुख्य आधार मान्यो । व्यवस्थासँग धार्मिक सापेक्षता जोडिन पुग्यो । भारतीयमा उपनिवेशवादी पराधीनताबाट मुक्ति अनि हिन्दुत्वको जागरणको भोक थियो । अङ्ग्रेज धर्म विस्तारमा भन्दा बढी प्राकृतिक स्रोत र उत्पादनमाथि अधिकार जमाउन चाहन्थे । उनीहरूको भौतिकवादी सोचले धर्मलाई चलाउन आवश्यक ठानेन । नेपालमा भने धार्मिक अतिवाद निरङ्कुश बन्दै गएकाले व्यवस्थासँगै धर्म पनि अलोकप्रिय बन्न पुग्यो । उता उदारवाद पसेर धार्मिक अतिवादलाई खासै असर पारेन । यता धर्मलाई राजनीति बनाइँदा अतिवाद धरमरायो । यसरी फरक पृष्ठभूमिमा दुवैतिरको समावेशी धार्मिक मनोविज्ञानको तुलना गर्न सकिन्छ ।आज नेपाली मौलिक सांस्कृतिक समावेशिताको अभ्यासको चरणमा छन् । नारी, दलित, जनजाति, मधेशी आदिको संविधानप्रदत्त सांस्कृतिक अधिकारको मसी नसुक्दै कलिलो बिरुवा उखेल्न धर्मलाई चलाउन खोजिएको वर्तमान अवस्थालाई पनि नेपालीले बुझ्न थालेका छन् । ठिकविपरीत भारतीय शासक जनमनोभावना बदल्न नसकी राजनीतिको धर्ममा विलयीकरणमा पुगेका छन् । यसलाई बुझ्न भारतीय प्रजातन्त्रोत्तरकालीन इतिहास हेर्नुपर्ने हुन्छ । स्वाधीनता प्राप्तिसँगै त्यहाँको धर्मनिरपेक्षता गान्धीको हत्यासँगै धरमराउन पुग्छ । पश्चिम र पूर्वी भारत टुक्रिएर अलग धार्मिक राष्ट्र बनेका छन् । कस्मिर विवाद चुलिँदो छ । धार्मिक दङ्गा भइरहन्छन् । बाबरी मस्जिद भत्काइँदा हिंसा भड्किएको छ । भारत भूमि मेरो पनि हो भन्ने आवाजलाई धर्मको पर्खालले रोकिदिएको छ । प्रतिशोध बढ्दा स्थायी शान्तिको परिकल्पना गर्न सकिँदैन । १९५२ मै गरिएको धर्मनिरपेक्ष घोषणाले हिंसालाई मात्र बढावा दिएको देखिन्छ । त्यहाँ धार्मिक समन्वय र निरपेक्षता पक्षधर कमजोर बन्दै गएको अवस्था छ । यसैले नाागरिक चेतना, लोकतान्त्रिक व्यवस्था र शान्ति स्थापनामा नेपाल धेरै अगाडि देखिन्छ ।वर्तमान भारतीय शासनलाई त धर्मले पूरै ढाकिदिएको छ । धार्मिक समन्वय, उदारता र समावेशिताको बहस देखावटी मात्र छ । क्रिस्चियन जस्ता केही धर्मबाहेक धेरैजसोको जन्म एसियामै भएको र ती आदिवासी रहेको इतिहासको तर्क भारतीय एकल समाजले ग्रहण गरेकै छैन । बहुलताको अभ्यास गराउनुको सट्टा शासक जनतालाई यथास्थितिमै छाडेर सदावहार बन्न खेजिरहेछन् । समाजको चलायमान गति, धार्मिक अन्तर्घुलन, बहुलता जस्ता समाज परिवर्तनका शाश्वत मान्यता ग्रहण गर्न छाडी निहित स्वार्थमा लाग्दा अधिनायकवादको जन्म हुन सक्छ । राज्यको भौतिक सम्पन्नता त क्षणिक हो । स्थायी समृद्धिको आधार त धार्मिक सहअस्तित्व र समन्यायिकतामा छ । तसर्थ जनचेतनाको स्तर उठाउन समावेशितालाई आधार बनाउनै पर्छ ।समान सांस्कृतिक धरातल, मित्रवत् सम्बन्ध र विगतका घटनाव्रmमलाई नियाल्दा पनि दुई देशको तुलना अझै गर्नुपर्ने हुन्छ । ऋषिमुनिका तपस्या, तीर्थयात्रीका भ्रमण अनि स्वाधीनताका सङ्घर्षले पनि यी देशलाई नजिक ल्याउँछ । आज पनि दिल्लीमा पानी परे नेपालमा छाता ओड्छन् भन्ने लोकोक्ति बनेको छ । रोटीबेटीको सामाजिक व्यवहार र कूटनीतिक आगमनको राजनीतिक सौदाबाजीले दुवैलाई मित्रवत् सम्बन्धमा जोड्दै ल्याएको छ । यसैले होला, भर्खर सम्पन्न जनवरी २२ को सीतारहित रामको प्राणप्रतिष्ठाले नेपालीमा उत्साह थपेको । सँगै प्राणहीन राजतन्त्रको प्रतिष्ठा गर्दै दैवी शक्तिको आह्वान र मुक्तिको मार्ग खोज्ने प्रयास भएको । यसरी धर्मलाई चलाएर अरूको सिको गर्नुभन्दा हाम्रै चाड, अनुष्ठान, धरोहर आदिको उन्नयनमा लाग्दा राम्रो हुन्थ्यो कि ! यस्तो देखासिकी र मागेको रोटी क्षणिक हुन्छन् । हामीले त धार्मिक समावेशिता विश्वलाई सिकाउन सक्छौँ । अध्यात्म, योग, आयुर्वेद जस्ता कालजयी मन्त्र हामीले धर्मबाट नभई दर्शनबाट सिकेका हौँ । दर्शनले हामीलाई हरेक कुरामा प्रश्न गर्न, प्रमाण खोज्न र तार्किक निष्कर्षमा पुग्न प्रेरित गर्छ । यो त मानवको जीवनदर्शन वा भौतिक उन्नयनको स्रोत हो । धर्म त बोधो हुन्छ । साँघुरो परिधिलाई अनुसरण गर्ने होइन, यसलाई प्रत्येक मानवको जीवनसँग जोडेर हेरौँ । आजको धार्मिक पर्यटन, अनुष्ठान, महादान, सन्तमहन्तको त्याग आदि कुरा सर्वे भवन्तु सुखिनः नै हो । त्यसैले असल काम गर्न धर्मको जलप लगाउनै पर्दैन । धार्मिक समावेशिताबाटै आर्थिक समृद्धिको मार्ग खुल्छ, विचलित हुनु पर्दैन ।भारतीय वर्तमान सत्ता धर्मलाई नै वर्गशत्रु ठान्छ । उनीहरूको मन्त्र नै हिन्दु राष्ट्रवाद हो । कार्यकारीमा पुग्दा जनभावनाको सम्बोधन गर्नु बेठिक होइन । कुनै दिन धर्मसापेक्ष मान्यताले संवैधानिक हैसियत प्राप्त गरे पनि अनौठो मान्नु पर्दैन । हाम्रो पृष्ठभूमि फरक छ । दुःखको कुरा पार्टीका जिम्मेवार नेता र एकाध दल नै सापेक्षताको वकालतमा ओर्लिएका छन् । पूर्वराजा नागरिक अभिनन्दनमा हौसिएका छन् । यो त काम कुरो एकातिर... भने जस्तै हो । हामीले चाडपर्व, मठमन्दिर, कला साहित्यमा धर्मको सीमा भत्काउँदै आएका छौँ । हामी गोरखनाथ बाबा, नरहरिनाथ योगी, प्रपन्नाचार्य स्वामी आदिका समतामूलक मौलिक चिन्तनबाट दीक्षित छौँ । राजनीति सङ्लो, सर्वप्रिय र युगानुकूल बनाउन लाग्दै छौँ । उच्च मानवीय मूल्य स्थापित गरी शान्ति र सद्भाव प्रस्तुत गर्दै छौँ । अग्रगमनबाट जनतालाई जगाउँदै साझा संस्कृति र अथाह प्रकृतिलाई जोडेर समृद्धिको बाटोमा लम्कँदै छौँ । एउटा बुझ्नैपर्ने अर्को कुरा हो– भूराजनीति । छिमेकीलाई आश्रित, अनुकूल र दुर्बल बनाइराख्नु आजको कूटनीति हो । फेरि ससर्त र वाचायुक्त सहयोगबाट अनुगृहित भइरहनु छिमेकीप्रतिको भक्ति हो । भलै हामीले राजनीतिक र आर्थिक रूपमा भोग्दै आएको नियति सांस्कृतिक क्षेत्रमा झेल्नु परेको छैन तर अबका दिनमा भने सचेत रहनै पर्छ । धन र यौनले महान् तपस्वीलाई त धुलीसात पारेको छ भने विचरा हाम्रा रामबहादुर बम्जन कसरी अछुत रहन सक्थे र ! यस्तै अस्त्र प्रयोग हुन थाले भने को धर्मगुरु, को नेता वा को अभियन्ता सबै विवादित बन्ने छन् । कुनै पनि बेला हामीले नछोएको धार्मिक बहस उछालिन सक्छ । नेपालगन्ज, बारा, धनुषा आदिका द्वन्द्वका झिल्का फैलन सक्छन् । त्यसैले नकोट्याउनु र नबहकिनु नै वेश हो । यसैले देशवासीको भावना र बौद्धिक उचाइको उच्च सम्मान गर्दै न्यायपूर्ण मौलिक सांस्कृतिक रूपान्तरण र धार्मिक समावेशितामा टेकेर सनातन मानवीय मूल्यको खोजी गर्नुको विकल्प नेपालीसँग छैन ।    
News
46,024
३० किलो चित्तलको मासुसहित एक पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
https://gorkhapatraonline.com/news/77186
सिराज खाननेपालगन्ज, भदौ १७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट मासुसहित पक्राउ गरेको हो ।नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर लैजाँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरेको डाँगीले बताउनुभयो । उहाँले अटोको डिक्कीमा लुकाइछिपाई नेपालगन्ज लैजाँदै गरेको अवस्थामा राप्तीसोनारी –६ का अटोचालक हरि परियारलाई मासुसहित पक्राउ गरेर सो बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । डिएसपी डाँगीका अनुसार पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ । जिल्ला वनसँग मिलेर प्रहरीले सो बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यता, डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई वनमा बुझाएको जनाउँदै बहुमूल्य जनावर मार्ने काममा सक्रियको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।   उहाँले मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरिएको बताउनुभएको छ । परियारलाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने डिभिजन वन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार पक्राउ परेका परियारले बरामद गरिएको मासु कहाँबाट ल्याइएको र कहाँ लैजान थालेको हो सोबारेमा अझै केही खुलाएका छैनन् । तर, सो बारेमा सबै जानकारी हासिल गरिने र बहुमूल्य वन्यजन्तु मार्ने विरुद्ध कडा रूपमा प्रस्तुत हुने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सो घटनामा संलग्न परियारलाई छुटाउन राप्तीसोनारीका केही स्थानीय नेताहरूले डिभिजन वन कार्यालयलाई दबाब दिइरहेको जनाइएको छ । राप्तीसोनारी गाउँपालिका बाँके राष्ट्रिय निकुञ्जकै छेउमा रहेकाले सो निकुञ्ज र वरिपरिको क्षेत्रमा चोरी सिकारी गरेर वन्यजन्तुका बहुमूल्य अङ्ग र मासु ओसारपसार गर्ने कार्य विगतबाटै हुँदै आएको स्थानीयले जनाएको छ । 
News
53,980
प्रयोगविहीन सुकुम्बासी आवास (फोटो फिचर)
काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। तस्बिर : सुजन गुरुङ्ग
https://gorkhapatraonline.com/news/46446
काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। तस्बिर : सुजन गुरुङ्ग
News
60,094
दलितका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्छः अध्यक्ष बस्नेत
काठमाडौं, जेठ १९ गते। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभएको छ। प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठाउनेभन्दा खोजेर सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभएको हो। उहाँले दलित समुदायका मुद्दा साझा मुद्दा भएको भन्दै यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताउनुभयो। कार्यक्रममा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी सुशील विकले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिएको नपाइएको बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चार माध्यम र पत्रकार दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो। दलितकै सन्दर्भमा समाचारमा विषयवस्तु कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा महासङ्घले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले निरन्तर स्थान दिनुपर्ने भन्दै पत्रकारको न्युनतम पारिश्रमिकका विषयमा समिति गम्भीर रहेको बताउनुभयो।प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले समाचारकक्ष र प्रकाशित समाचार सामग्रीलाई दलितमैत्री बनाउन र समावेशीकरणका मुद्दालाई सञ्चार माध्यमले महत्व दिए/नदिएको विषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने जानकारी दिनुभयो।
https://gorkhapatraonline.com/news/14782
काठमाडौं, जेठ १९ गते। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभएको छ। प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठाउनेभन्दा खोजेर सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभएको हो। उहाँले दलित समुदायका मुद्दा साझा मुद्दा भएको भन्दै यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताउनुभयो। कार्यक्रममा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी सुशील विकले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिएको नपाइएको बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चार माध्यम र पत्रकार दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो। दलितकै सन्दर्भमा समाचारमा विषयवस्तु कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा महासङ्घले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले निरन्तर स्थान दिनुपर्ने भन्दै पत्रकारको न्युनतम पारिश्रमिकका विषयमा समिति गम्भीर रहेको बताउनुभयो।प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले समाचारकक्ष र प्रकाशित समाचार सामग्रीलाई दलितमैत्री बनाउन र समावेशीकरणका मुद्दालाई सञ्चार माध्यमले महत्व दिए/नदिएको विषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने जानकारी दिनुभयो।   
News
63,069