title
stringlengths 7
151
| summary
stringlengths 17
19.5k
| url
stringlengths 35
219
| text
stringlengths 70
73.1k
| category
stringclasses 10
values | __index_level_0__
int64 0
70.8k
|
---|---|---|---|---|---|
स्वच्छ वातावरण हाम्रो अधिकार | अन्तर्राष्ट्रिय कानुनहरूमा स्वच्छ वातावरण र विकासको अधिकारको सवाललाई मानव अधिकारको विषयका रूपमा स्थापित गरिएको छ । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र वातावरणीय आदि क्षेत्रमा सकारात्मक परिवर्तनको निरन्तर प्रक्रिया नै विकास हो । नेपालको संविधानले वातावरणको मात्र कुराकानी नगरी स्वच्छ वातावरणसहित दिगो विकासको सुनिश्चिततामा जोड दिएको छ । | https://ekantipur.com/opinion/2024/01/31/a-clean-environment-is-our-right-09-49.html | अन्तर्राष्ट्रिय कानुनहरूमा स्वच्छ वातावरण र विकासको अधिकारको सवाललाई मानव अधिकारको विषयका रूपमा स्थापित गरिएको छ । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र वातावरणीय आदि क्षेत्रमा सकारात्मक परिवर्तनको निरन्तर प्रक्रिया नै विकास हो । नेपालको संविधानले वातावरणको मात्र कुराकानी नगरी स्वच्छ वातावरणसहित दिगो विकासको सुनिश्चिततामा जोड दिएको छ ।सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणसम्बन्धी संवैधानिक हकको कार्यान्वयनको सुनिश्चितता गर्न राज्यको दायित्व अझै मजबुत बनाउने सवालमा तीनै तहका सरकारहरू उत्तिकै जिम्मेवार छन् । विशेषतः वातावरणीय कानुनहरूमा वातावरणको अधिकारलाई एउटा अधिकारका रूपमा मात्र घोषणा नगरी पीडितहरूलाई क्षतिपूर्तिसहितको न्याय दिने विषय उल्लेख छ । सन् १९९० को दशकदेखि नेपालमा ल कलेजहरूमा वातावरणसम्बन्धी विषयमा पठनपाठन सुरुआत भए पनि सर्वोच्च अदालतले धेरै अगाडिदेखि वातावरण अधिकारका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गर्दै आएको छ । वातावरण आज संसारभरको साझा सवाल बन्दै गएको छ । मानव अधिकारप्रतिको सम्मानलाई अभिवृद्धि गर्न वातावरणलाई स्वच्छ तथा स्वस्थ बनाउनु र यसको दिगो संरक्षण गर्नु राज्यको अनिवार्य दायित्व हो । अधिकांश देशले स्वीकार गरेको दिगो विकास लक्ष्यका बुँदा नं. ५ र १३ मा समेत स्वच्छ पानी, सरसफाइ, जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रणमा तत्कालै पहल गर्ने भन्ने उल्लेख छ । नेपाल सरकारले उक्त लक्ष्य हासिल गर्नका लागि हरेक वर्ष निर्माण हुने आफ्ना नीति, योजना, बजेट र कार्यक्रमहरूमार्फत बृहत्तर रूपबाट सम्बोधन गर्न जरुरी छ । देशको माटो सुहाउँदो योजनाबद्ध एवं मानव अधिकारमैत्री विकासले मात्रै वातावरण संरक्षणमा योगदान पुग्ने हुँदा तीनै तहका सरकार, नागरिक र सरोकारवालासँग वातावरण र विकासका एजेन्डामा घनीभूत छलफल तथा बहस चलाउन ढिलाइ गर्न हुन्न । राज्यका लगानी र स्रोतसाधनको दोहन वातावरणमैत्री हुन नसक्दा उत्पन्न परिवेशबाट मानव स्वास्थ्यमा दूरगामी असर र प्रभाव परिरहेको छ । वातावरण संरक्षणका लागि राष्ट्रिय निकायहरूको संस्थागत विकास र प्रभावकारिता अभिवृद्धिका साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका सवालमा अन्तर्राष्ट्रिय साझेदारीको विस्तार तथा संस्थागत विकासमा उचित ध्यान पुग्न नसक्दा स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार दिनानुदिन क्षयीकरण हुँदै गएको छ ।प्रकृतिको अनियन्त्रित दोहन रोक्नु राज्यकै दायित्व हो, तर यो काम आधारभूत अधिकारको हनन नहुने गरी गरिनुपर्छ । विमानस्थल निर्माण, चुरे संरक्षण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, हाइड्रोपावर निर्माण, बाँदरद्वारा खेती नष्ट गरिदिएको जस्ता किसानका मुद्दा अदालतमा प्रवेश हुनुले यसको महत्त्व र गम्भीरतालाई इंगित गर्छ । पछिल्ला दिनहरूमा बाँदरले खेतीपातीमा क्षति पुर्याएको विषयमा पनि अदालतले निर्णय गरी क्षतिपूर्तिको व्यवस्था गर्न निर्देशन दिएको छ । अदालतबाट वातावरण संरक्षणको क्षेत्रमा गरिएका महत्त्वपूर्ण निर्णयहरूको कार्यान्वयनमा जोड दिन अत्यावश्यक छ । वातावरण विनाश र जलवायु परिवर्तनको प्रभावले ग्रामीण बस्तीहरू उजाडिँदै जान थालेका छन् । टलक्क टल्किने हिमाल हिउँविहीन छ, पानीको मुहान सुक्दै जाँदा कुवा र धारामा पानी सुकेको छ । गत हिँउदमा तराईमा अधिकांश क्षेत्रमा कल सुक्न जाँदा ट्यांकरले पानी वितरण गर्नुपर्ने अवस्था आयो । वातावरण संरक्षणमा पैरवी गर्ने अधिकारकर्मीहरूलाई समेत विकासविरोधीको संज्ञा दिई हतोत्साही गर्ने प्रवृत्ति हावी छ । चुरियाको वातावरण संरक्षणको खातिर आवाज उठाउने मानव अधिकार रक्षकले त सहादत प्राप्त गरे जुन अत्यन्त दुःखद थियो । विद्वान् भनिएका मानिसहरूले नै आज अदालतलाई ढाँटिरहेका छन् एवं सामान्य मानिसहरू महँगो दैनिकी र जीवनसँगै लडिरहेका छन् भन्ने वातावरणीय न्यायका क्षेत्रमा फैसला गर्ने न्यायाधीशहरूको अभिव्यक्ति सुनिन्छ । वातावरणीय अधिकारका क्षेत्रमा कार्य गर्न चुनौती बढिरहेको वातावरणीय क्षेत्रका अधिकारकर्मीहरू स्वयं बताउँछन् । दण्डविहीनताले सबैभन्दा धेरै असर वातावरणीय मानव अधिकार रक्षकहरूलाई गरेको छ । हिजो सशस्त्र द्वन्द्व र संकटकालको समयमा समेत न्यायका लागि मानव अधिकार रक्षकहरू अदालतमा मुद्दा लिएर पुगेका थिए भने आज लोकतन्त्रको संस्थागत विकास हुँदा पनि अवस्था जटिल नै छ भन्ने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् ।वातावरणसम्बन्धी कानुनहरू निर्माण हुने तर कार्यान्वयन पक्ष फितलो हुने समस्या छ । विकास–निर्माणसम्बन्धी कार्य वातावरणमैत्री देखिँदैनन् । अदालतमा पुगेका मुद्दाहरूको छानबिन गर्दा कतिपय ईआईए (वातावरणीण प्रभाव मूल्यांकन) प्रतिवेदनहरू नै झुटा पाइएका उदाहरण छन् । हिजो मानिस मानिसविरुद्ध मुद्दा लिएर अदालत आउँथे भने आज एउटा संस्थाले अर्को संस्थाविरुद्ध मुद्दा हाल्ने परिपाटी छ । वातावरण प्रदूषणको असर सबैलाई पर्ने भएकाले यसलाई पक्ष–विपक्षमा भन्दा पनि सार्वजनिक सरोकारको विषयका रूपमा बुझ्नुपर्छ । बढ्दो वायु–ध्वनि–पानी प्रदूषण, पानीका मुहान सुक्ने समस्या, सहरी क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापनको अभाव, वन फँडानी, भूक्षय, बाढीपहिरो, डुबान, तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टिलगायतका जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक प्रकोप र विपत्तिका कारण सिर्जित वातावरणीय समस्या बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर असर परी मानवको जीवन, मर्यादा र सम्मानमा खलल परिरहेको भनी विभिन्न अध्ययनले औंल्याएका छन् । नेपालमा हरेक वर्ष ४२ हजार मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । स्वच्छ हावाको अभावमा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा मानिसले बाँच्न पाउने अधिकार नै समाप्त हुन्छ भने अन्य अधिकारको सवाल त्यसै गौण बन्छ । हृदयाघात, क्यान्सरलगायतका नसर्ने रोगहरूबाट बर्सेनि ठूलो संख्यामा मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । नदीहरूमा बगिरहेको ढलले हाम्रो विकास योजनामा रहेको सनातन त्रुटिलाई उजागर गर्छ । त्यसलाई कसरी सुधार गर्न सकिन्छ ? स्थानीय सरकारले सञ्चालन गरेको फोहोरमैला व्यवस्थापन कार्यक्रमप्रति टोलवासीले अपनत्व अनुभव गर्न सकिरहेका छैनन् । लुकीछिपी नदीमा प्लास्टिकजन्य फोहोर फालिरहनुले नागरिकको चेतनाको अवस्था र हेलचेक््रयाइँ गर्ने प्रवृत्ति अझै पनि सफाइ अभियानको मुख्य चुनौती बनिरहेकै छ । समयानुसार नीति र कानुन पुनरवलोकन गरी कार्यान्वयनमा ल्याउनु सरकारको प्रमुख दायित्व हो भने नागरिकहरूको समेत वातावरण संरक्षणमा इमानदार प्रयत्न हुन अत्यावश्यक हुन्छ । स्वच्छ वातावरणको महत्त्वलाई उजागर गर्दै प्रदूषण बढ्नुका कारण र यसबाट मानव स्वास्थ्यमा परेका असरहरूबारे जानकारी दिनुका साथै यसको रोकथामका उपाय अवलम्बन गर्न र फोहोरलाई मोहोरमा रूपान्तरण गर्न समुदायस्तरमा समेत जनचेतना फैलाउनुपर्छ । बढ्दो जनघनत्व, अव्यवस्थित सहरीकरण, ढलको उचित निकास र फोहोरमैलाको दिगो व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्याहरूको ठूलो चाङ लाग्न थालेको छ, जसले हाम्रो संस्कृति र सभ्यतामाथि नै चुनौती थप्दै गएको देखिन्छ । वातावरण संरक्षणका लागि गरिएका प्रयासहरूसमेत अपेक्षित रूपमा परिणाममुखी बन्न नसक्नु, निरन्तर सफाइ अभियान भइरहँदासमेत नदीहरूमा फोहोर फाल्नेहरू कारबाहीको दायरामा आउन नसक्नुका पछाडि कमजोर व्यवस्थापन र दण्डविहीनता नै कारक हो । नदीको सभ्यतालाई जोगाउन नदीकिनारको जग्गा अतिक्रमण गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ । वातावरणीय सरसफाइका लागि योगदान पुग्ने वाग्मती सरसफाइ अभियानलगायतको निरन्तरताले सम्पदाहरूको दिगो संरक्षण र विकास उपयोगीसिद्ध हुनेछ ।वातावरण कति प्रदूषित छ भन्नेबारे थाहा पाउने प्रदूषणमापन यन्त्रको जडान गरी अद्यावधिक हुन सकिए स्वास्थ्य सावधानी अपनाउन र प्रदूषण न्यूनीकरण गर्न योजना निर्माण गर्न सकिन्छ । सहर निर्माण तथा विकासको क्रमसँगै सुरुआती चरणदेखि नै वातावरण तथा सभ्यता संरक्षणलाई विशेष ध्यान दिन नसक्दा उत्पन्न फोहोर व्यवस्थापनका लागि हाल करोडौं खर्च हुने अवस्था आएको छ । सरसफाइलगायतका अभियान सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको छ । तसर्थ विकासलाई अधिकारमुखी पद्धतिबाट सञ्चालन गर्नसमेत आगामी दिनहरूमा सरोकारवालाको यथेष्ट ध्यान जानु अपरिहार्य छ । समयोचित पूर्वसावधानी र तयारीले उपलब्धिलाई परिणाममुखी बनाउन मद्दत पुग्छ । तसर्थ प्राप्त उपलब्धि र चुनौतीबारे समेत सरोकारवालासँग निरन्तर छलफल गरी वातावरण र सरसफाइको नयाँ आयाम उपयोग गर्न सक्नुपर्छ । मानव सभ्यताको थप संरक्षण तथा सम्वर्द्धनका लागि आगामी दिनहरूमा समेत फोहोरजन्य पदार्थ, ढलहरूको उचित निकासमा जोड दिई नदीहरूमा सफा पानी बग्ने र वरिपरि स्वच्छ हावा बहने वातावरण निर्माणमा ध्यान पुर्याउनुपर्छ । यसबाट हाम्रो जीवन र जगत्कै समग्र हित हुनेछ । नदीजन्य सभ्यता र वातावरण संरक्षण गरी भावी पुस्ताका लागि पहिचान दिन र दिगो विकास लक्ष्य हासिल गर्न माथि उल्लिखित प्रयासहरू सार्थकसिद्ध हुनेछन् । | Opinion | 9,721 |
ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरिदिन निगमको अनुरोध | नेपाल वायु सेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । | https://gorkhapatraonline.com/news/61618 | काठमाडौं, वैशाख ७ गते । नेपाल वायु सेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गर्नुभएको हो । साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत प्रवक्ता पौडेलले आज (बिहीबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।प्रवक्ता पौडेलका अनुसार वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकिर गर्नुभएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको जानकारी दिनुहुँदै उहाँले ऋणको किस्ता बाफत गत वर्षको चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको बताउनुभयो । जारी विज्ञप्तिमा यसअघि असार महिनामा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपियाँ भुक्तानी गरिसकेको उल्लेख छ । | News | 38,325 |
छतबाट लडेर मजदुरको मृत्यु | छतबाट लडेर घाइते महिला मजदुरको शनिबार हेटौँडामा मृत्यु भएको छ । हेटौँडा–३, बसामाडीमा निर्माणाधीन घरमा काम गर्दै आउनुभएकी मजदुरको छतबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । | https://gorkhapatraonline.com/news/77194 | अनिल पराजुलीहेटौँडा, भदौ १७ गते । छतबाट लडेर घाइते महिला मजदुरको शनिबार हेटौँडामा मृत्यु भएको छ । हेटौँडा–३, बसामाडीमा निर्माणाधीन घरमा काम गर्दै आउनुभएकी मजदुरको छतबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मञ्जु लामाको निर्माणाधीन घरमा इट्टा बोक्नेक्रममा दिनको ३ बजेर ३० मिनेटको समयमा स्थानीय मजदुर ६० वर्षीया लक्ष्मी खड्का छतबाट खस्नुभएको थियो । छतबाट लडेर घाइते हुनुभएकी खड्काको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा शनिबार दिनको ४ बजेर ५० मिनेटमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।त्यस्तै, हेटौँडा–१५, संसारी पुलमुनि भेटिएका मानिसको मृत्यु भएको छ । भदौ ७ गते संसारी पुलमुनि भेटिनुभएका अन्दाजी ४५ वर्षीय पुरुषको परिचय समेत खुल्न सकेको छैन । बिरामी अवस्थामा फेला पर्नुभएका पुरुषलाई उपचारका लागि चितवन पठाएकोमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । | News | 53,978 |
मेनुका टप टेनमा प्रवेश | गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ । | https://gorkhapatraonline.com/news/93820 | काठमाडौँ, माघ ९ गते । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।कार्यक्रममा शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाइटर’ प्रवर्धनका लागि अभिनेता ऋतिक रोशन पुग्नुभएको थियो । ऋतिक अभिनीत चलचित्रका गीत गाएर कार्यक्रम विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगानसमेत गर्नुभएको थियो । | News | 43,639 |
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल | प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । | https://ekantipur.com/news/2024/03/27/the-peace-process-will-be-concluded-according-to-the-national-agreement-prime-minister-dahal-49-35.html | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 'सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,' प्रधानमन्त्री दाहालले भने, 'शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।' उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए।द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए । | News | 4,582 |
विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर | गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । | https://ekantipur.com/news/2024/05/22/a-fourth-case-of-illegal-acquisition-of-property-was-filed-against-vikal-paudel-12-25.html | काठमाडौँ — गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।सुरक्षण मुद्रण केन्द्रको दुई पटक कार्यकारी निर्देशक र त्यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेर सार्वजनिक पद धारण गरेका पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेल मंगलबारमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए । त्यस्तै, सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत सातामात्रै भ्रष्टाचार मुद्दा दायर भएको थियो भने त्यसअघि वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो । बुधबार दायरसहित विकलविरुद्ध अख्तियारले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये एउटामा दोषी ठहर भएका छन् भने दुई वटा विचाराधीन छन् । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार उनले भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति विभिन्न व्यक्तिका नाममा जोडेर राखेका छन् । विगो कायम गरेको रकममध्ये घरजग्गा खरिद, विदेशमा बैंक खाता खोली विदेशी मुद्रा जम्मा गरेको, राष्ट्र बैंक राजस्व र सम्पत्ति शुद्दीकरण सम्बन्धी समेत कसूरमा संलग्न देखिएको भन्दै अख्तियारले थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ । उनीविरुद्ध कायम गरिएको विगो न्यूनतम विगोमध्ये जम्गा जमीन खरिदका नाममा श्रोत नखुलेको सम्पत्ति सरकारी न्यून मूल्यांकनका आधारमा तय गरिएको अख्तियारले जनाएको छ । श्रोत नखुलेको जग्गाजमीन जफत गर्न समेत अख्तियारले मागदाबी गरेको छ । | News | 3,190 |
श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम | पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन । | https://gorkhapatraonline.com/news/89776 | काठमाडौँ, पुस ४ गते । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको अनुपातमा विप्रेषण आएको छैन । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा २७७ प्रतिशत र आव २०७९/८० मा ३०० प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको तर त्यो अनुपातमा नेपालमा विप्रेषण भित्रिन नसकेको सो प्रतिवेदनमा उल्लेख छ । आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा जाँदा नौ खर्ब ६१ अर्ब पाँच करोड रुपियाँ विप्रेषण भित्रिएकामा आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ वैदेशिक रोजगारीमा गएकाबाट ४४ खर्ब ४८ अर्ब रुपियाँ वार्षिक विप्रेषण भित्रिनुपर्नेमा जम्मा १२ खर्ब रुपियाँ भित्रिँदासमेत बढेको भन्नु गलत भएको सो प्रतिवेदनमा उल्लेख छ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यासँगै सिप सिकेर दक्ष भएर जानेको सङ्ख्या पनि क्रमशः बढेकाले विगतको तुलनामा विप्रेषणको अनुपात अझै बढ्नुपर्ने तर त्यो नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार विगतको तुलनामा अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेसिनेको सङ्ख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा सात खर्ब विप्रेषण थप भई कुल ५० खर्ब रुपियाँभन्दा बढी भित्रिनुपर्ने देखिन्छ । जिफन्टका उपाध्यक्ष जनक चौधरीले अहिले केवल १२ खर्ब २० अर्ब रुपियाँ मात्र नेपालमा विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख भएकाले वार्षिक ३८ खर्ब विप्रेषण हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अघिल्लो आव २०७७/७८ मा भने नौ खर्ब ६१ अर्ब रुपियाँ, आव २०७८/७९ मा १० खर्ब सात अर्ब रुपियाँ विप्रेषण आएको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिक बढे पनि विप्रेषण नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने श्रमविज्ञ एवं महान्यायाधिवक्ता कार्यालयका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आशङ्का गर्नुभयो । दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि विप्रेषण जुन अनुपातमा आउनुपथ्र्यो, त्यो अनुपातमा नआएको हुन सक्ने उहाँको भनाइ छ ।सरकारले प्रत्येक महिना बिदेसिएका युवाले पठाएको विप्रेषणको हिसाब राख्ने गरे पनि ठगी र अलपत्रको तथ्याङ्क राख्ने गरेको छैन । विदेशमा अलपत्र श्रमिकको कुरा आउँदा औपचारिक र अनौपचारिक माध्यमबाट गएको भनेर तथ्य र तथ्याङ्कमै सरकारले समय बिताउने गरेको छ । पछिल्लो समय इजरायल, रसिया र युक्रेनमा कति नेपाली छन् भन्ने औपचारिक तथ्याङ्क सरकारसँग छैन । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो आव २०७७/७८ मा भने नौ खर्ब ६१ अर्ब रुपियाँ, आव २०७८/७९ मा १० खर्ब सात अर्ब रुपियाँ विप्रेषण आएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ । रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली श्रमिक मोडिन थालेको महासङ्घको प्रतिवेदनमा उल्लेख छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने श्रमिकको सङ्ख्या बढेको अनुपातमा विप्रेषण नबढेको पक्का भए पनि त्यसको कारण भने अध्ययन नभई हराएको भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रम गर्न कुुन देशमा कस्तो काम गर्न श्रमिक गए र कुुन देशबाट के कति विप्रेषण आउँछ भन्ने तथ्याङ्क नै नभई विपे्रेषण बढेन, हरायो भन्न मिल्दैन, यस विषयमा अध्ययन हुनु पर्छ ।” | News | 35,898 |
डढेलोले सिकाएको पाठ | “प्रविधि अवश्य पनि दुईधारे तरबार हो । आगोले हाम्रो खाना पकाउन त सक्छ नै तर हामीलाई जलाउन पनि सक्छ,” जेसन सिल्भाको यो भनाइले धेरै कुरालाई इङ्गित गर्छ । खासगरी नेपाल जहाँ बाह्रैमास आगलागीजन्य घटना भइरहन्छन् । प्राविधिक अर्थमा घरायसी प्रयोजनका लागि प्रयोग हुने, घर–धनसम्पत्तिमा लाग्ने आगोलाई ‘आगलागी’ (अङ्ग्रेजीमा फायर) भनिन्छ भने वनजङ्गलमा लाग्ने आगोलाई ‘डढेलो’ (अङ्ग्रेजीमा फरेस्ट फायर वा वाइल्ड फायर) भनिन्छ । | https://gorkhapatraonline.com/news/61931 | “प्रविधि अवश्य पनि दुईधारे तरबार हो । आगोले हाम्रो खाना पकाउन त सक्छ नै तर हामीलाई जलाउन पनि सक्छ,” जेसन सिल्भाको यो भनाइले धेरै कुरालाई इङ्गित गर्छ । खासगरी नेपाल जहाँ बाह्रैमास आगलागीजन्य घटना भइरहन्छन् । प्राविधिक अर्थमा घरायसी प्रयोजनका लागि प्रयोग हुने, घर–धनसम्पत्तिमा लाग्ने आगोलाई ‘आगलागी’ (अङ्ग्रेजीमा फायर) भनिन्छ भने वनजङ्गलमा लाग्ने आगोलाई ‘डढेलो’ (अङ्ग्रेजीमा फरेस्ट फायर वा वाइल्ड फायर) भनिन्छ ।नेपालमा बाह्रैमास विभिन्न कारणबाट आगलागीका घटना भइरहन्छन् । चाहे त्यो झम्झम् झरी पर्ने वर्षायाम होस् या कठ्याङ्ग्रिने चिसोयाम । जेसन सिल्भाले भनेझैँ आगो एउटा यस्तो प्रविधि शक्ति हो; जसका कारण हाम्रो खाना पाक्छ, हाम्रो घर तातो हुन्छ, उज्यालो हुन्छ, धातुलाई आकारमा ल्याइन्छ, नयाँ शक्ति उत्पादन गर्न सकिन्छ आदि, आदि । यो यस्तो प्रविधि हो, यसलाई राम्रो काममा प्रयोग गरे फाइदा लिन सकिन्छ तर यसलाई प्रयोग गर्न जानिएन भने यसले हाम्रो ज्यानै लिन सक्छ ।नेपालमा बाह्रैमास हुने आगलागी ग्यास पड्केर, खाना पकाउँदा आगो सल्केर, प्रज्वलनशील पदार्थमा आगोले टिपेर, चिसोमा आगो बाल्दा सल्केर, बिजुली सट भएर, लाइटर वा सलाई जथाभावी फालेर लगायतका विभिन्न कारणबाट हुने गर्छ । जसबाट बर्सेनि लाखौँ रुपियाँ बराबरको क्षति, नोक्सानी, मानिस एवं पशुपन्छीसमेतको ज्यान जाने र घाइते हुनेसम्मका घटना भइरहेको पाइन्छ ।घरायसी आगलागीका घटना कतिसम्म डरलाग्दा हुन्छन् भन्ने कुरा भर्खरै बिदा भएर गएको वर्ष २०७९ मा ग्यास चुहिएर भएको आगलागीबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमाको मृत्यु र नेता भण्डारीलाई एयर एम्बुलेन्सबाट भारतको मुम्बई लगेर उपचार गराउनु परेको घटनाले प्रस्ट्याएको छ । मानवीय क्षतिका कारण आगलागी अति डरलाग्दो देखिन्छ तर त्योभन्दा अझै भयङ्कर र विनाशकारी वनजङ्गलमा लाग्ने डढेलो हुन्छ ।डढेलोले करोडौँ रुपियाँबराबरको क्षति पु-याउँछ, लाखौँ हेक्टर वनजङ्गल खरानी बनाउँछ, दर्जनौँ गाउँबस्ती सखाप पार्छ र सयौँ वन्यजन्तुको एउटै चिहान बनाउने सामथ्र्य राख्छ । सबैभन्दा ठूलो कुरा त डढेलो सुरु भएपछि नियन्त्रणबाहिर गएर आकलन गरिएको भन्दा धेरै धन, जन, वन र वन्यजन्तुको क्षति पु-याउँछ । नेपाल सरकारको वन तथा वातावरण विभाग र दक्षिण एसियाली डढेलो सञ्जालका अनुसार जाडोयामसँगै सुरु हुने डढेलोका घटनाबाट चैत–वैशाखसम्म आइपुग्दा दैनिक सयौँ ठाउँमा सल्किएर वा फैलिएर सम्बन्धित क्षेत्रको वनविनाशसँगै वायु प्रदूषण बढाउँदै एयरपोर्टको भिजिबिलिटी कम गरेर उडानसम्म प्रभावित हुने गर्छ । गत चैत ३० गते विभागले विज्ञप्ति जारी गरेर बारा, पर्सा, चितवनलगायत देशभरका १४० स्थानमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशको मध्य र पूर्वी भागमा बढेको र त्यो बिहान–बेलुका झन् बढी भएको जनाएको थियो । विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको थियो । त्यस्तै वैशाख ३ गते बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमा समस्या उत्पन्न भएको थियो भने अन्तर्राष्ट्रिय उडान भिजिबिलिटी नपुग्दा धेरै समय होल्डमा परेका थिए । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको डढेलो तथ्याङ्क (मोडिस)अनुसार अङ्ग्रेजी नयाँ वर्ष २०२३ सुरु भएको दिनदेखि अप्रिल १७ (वैशाख ४ गते))सम्म देशभर एक हजार ५०६ वटा डढेलोका घटना भइसकेका छन् । डढेलोको ‘पिक सिजन’ भएकाले अबका दिनमा वर्षा नलागुञ्जेल दैनिक रूपमा डढेलोका घटना अझै बढेर जाने भएकाले सावधानी अपनाउन सम्बन्धित निकायले सूचना जारी गरिसकेका छन् । सञ्चारमाध्यममा दैनिक रूपमा डढेलोका समाचार आइरहेका छन् । तराई क्षेत्रबाट डढेलो बढेसँगै वनजङ्गलमा चराचुरुङ्गी देखिन छोडेको र हजारौँ हेक्टर वन विनाश भइरहेको रिपोर्ट आइरहेका छन् भने पहाडी क्षेत्रमा जङ्गलमा लागेको डढेलो नियन्त्रणबाहिर जाँदा बस्ती, सञ्चारमाध्यम र टेलिकमका टावर जोखिममा परेका समाचार सञ्चार माध्यममा आइसकेका छन् । डाँडामा रहेका मठमन्दिर र पर्यटकीय संरचनालाई समेत डढेलोले प्रभावमा पारेको छ । डिभिजन वन कार्यालयका अनुसार कतिपय जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाइदिँदा पछि हावा चल्ने र सुक्खायाममा पातपतिङ्गर सुकेकाले डढेलो छिट्टै फैलिएर बेकाबु हुन पुग्छ । यसरी बर्सेनि सयौँको सङ्ख्यामा अनियन्त्रित भएर धेरै वनजङ्गल र वन्जजन्तुसँगै मानवीय धनजनमा समेत क्षति पु¥याउने डढेलो नियन्त्रण गर्न विभिन्न उपाय सुझाइए पनि नेपालमा डढेलोका घटना घट्नुको सट्टा झन्–झन् बढेर गइरहेका छन् । भनिन्छ, नेपालमा विश्वका अन्य घना जङ्गल भएका देशमा जस्तो रुख–रुख ठोकिएर डढेलो सल्किँदैन तर पनि डढेलोका घटना हरेक सुक्खायाममा बढेको बढ्यै छन् । यसका पछाडि मानवीय कारण प्रमुख रहेको जानकारहरू बताउँछन् । पानी नपरेर पातपतिङ्गर सुकेर सानो आगो पनि क्षणभरमै ह्वार्र फैलिने गरी यतिबेलाको जङ्गल दिन प्रतिदिन सुक्दै प्रज्वलनशील पदार्थजतिकै आगो टिप्ने भइसकेको हुन्छ । कतिपय विशेषज्ञले सुक्खायाममा धेरै सुक्खा हुनु र पानी नपर्नेजस्ता मौसमी घटना प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोडिएकाले डढेलो बढ्नुमा जलवायु परिवर्तनलाई कारक तìव माने पनि नेपालमा असावधानी र जानचेनताको कमी नै डढेलेको मुख्य कारण मानिने प्रसस्त आधार छन् ।सुक्खायाममा यसै पनि जताततै जङ्गल पानी नपर्दासम्म दिन प्रतिदिन प्रज्वलनशील पदार्थजस्तै बन्दै गइरहेको हुन्छ । त्यसमाथि स्थानीयस्तरमा जङ्गलमा डढेलो लगाए नयाँ मुना राम्ररी पलाउँछ भन्ने मनोविज्ञान व्याप्त छ । जसका कारण सरकारद्वारा संरक्षित राष्ट्रिय निकुञ्जहरू, आरक्षण केन्द्र र सिकार आरक्षबाहेक जति पनि वन छ, सबै क्षेत्रमा नयाँ पालुवा पलाउने विश्वासमा जानेबुझेका मानिसले जानीजानी आगो लगाउँछन् । सुक्खायाममा सुकेको पात–पतिङ्गरमा तेज हावासँगै आगो ह्वारह्वार्ती वनभरी फैलिन्छ । त्यसको चपेटामा बस्ती पर्दा मात्रै मानवीय क्षतिको तथ्याङ्क आउँछ तर त्यही डढेलोमा परी नास भएको वन र डढेर मरेका वा आफ्नो वासस्थानबाट लखेटिएर भाग्दै जाँदा मारिएका र चोरी सिकारीमा परेका वन्यजन्तुको कुनै हिसाबकिताब देखिँदैन । जानीजानी लगाइने आगलागी अनियन्त्रित हुनु अति सामान्य मानिँदै गर्दा यसबारे सचेतना फैलाउने काममा सरकारले ध्यान पु¥याउनु जरुरी छ । राष्ट्रिय निकुञ्ज र सरकार नियन्त्रित तराईका वन क्षेत्रमा सरकारले गर्ने ‘कन्ट्रोल फायर बर्निङ’ राम्रो प्रयास भए पनि भिरालो भू–अवस्थितिका कारण पहाडी भू–भागमा सम्भव छैन । सुकेका पातपतिङ्गर नष्ट गर्न वरिपरि अग्नि रेखा बनाएर तराई र समथर क्षेत्रमा गरिने यस्तो नियन्त्रित आगलागी पहाडमा गर्न थाले हावाको लप्काले उडाएर आगो नियन्त्रण रेखाभन्दा धेरै पर–परसम्म पु-याउने हुँदा यसको प्रभावकारिताको सट्टा उल्टै डढेलो सल्किने कारण थपिने खतरा रहन्छ । जानीजानी जङ्गलमा डढेलो लगाउने कारणभन्दा पछि चुरोटको ठुटो ननिभाई फ्याँक्ने, सलाईको काँटी ननिभ्दै फ्याँक्ने लगायतका हेलचेक्र्याइँका कारण पनि स–साना कुरामा ध्यान नदिँदा सुक्खायाममा वनमा डढेलो सहजै सल्किन्छ । बाँकी कारण थाहा नभई वनमा डढेलो सल्किएका घटना निकै कम मात्रै हुने गरेको पाइन्छ । डढेलोका जानकार सुन्दर शर्माका अनुसार जानीजानी कारण जस्तै नयाँ घाँसको मुना पलाओस् भनेर आगो लगाउने र लापरबाहीजस्ता नियतबसका मानवीय कारणबाट नेपालमा ६४ प्रतिशत डढेलोका घटना हुन्छन् । त्यस्तै ३२ प्रतिशत आकस्मिक वा लापरबाहीले र ४ प्रतिशत अज्ञात कारणले लगाइने गरेको पाइन्छ । वन तथा भूसंरक्षण विभागका अनुसार सन् २००५ देखि २०२० सम्म आगलागीका कारण १५ लाख २८ हजार ८२९ हेक्टर वन क्षेत्र जलेको थियो ।मानवीय, नियतबस र जानीजानी जस्ता कारणबाट बर्सेनि फैलिँदै गएका डढेलोका घटनालाई कम र नियन्त्रण गर्न चेतना विस्तार नगरी हुन्न । सरकारले यसको पहल गरिरहेको भए पनि परिणाम देखिसकिएको छैन । सुक्खायाम, गर्मी बढिरहेको र तत्कालै वर्षा भइहाल्ने छाँटकाँट नदेखिकाले दिनदिनै डढेलोका लागि झन्झन् अनुकूल वातावरण भइरहेको अवस्थामा लागिसकेको डढेलो नियन्त्रणका साथै डढेलो लाग्दै नदिने गरी जनचेतना विस्तारदेखि हरसम्भव प्रयास गरिनुपर्छ । जानीजानी आगो लगाएर वन क्षेत्रमा क्षति पु-याउने गतिविधि भए त्यसलाई वन ऐन, २०७६ अनुसार कानुनी कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा भएका प्रभावकारी र सफल अभ्यास पछ्याउँदै हरेक नागरिकलाई वन र वन्यजन्तु संरक्षणको महत्व बुझाउन सरकारले ढिला गर्नु हुन्न । नत्र बाढीपहिरो रोकथाममा नलागी बाढीपहिरो आइसकेपछि उद्धार गर्न खटिने कार्यजस्तै डढेलोले जङ्गल सखाप पारेर नियन्त्रणबाहिर गइसकेपछि हारगुहार गर्नु मृत्युपछिको औषधि–उपचार मात्रै हुनेछ । लेखक वन र वातावरण क्षेत्रमा क्रियाशील पत्रकार हुनुहुन्छ । | News | 47,116 |
महिला राष्ट्रिय लिग : रश्मीको ह्याट्रिकमा आर्मी विजयी | आर्मीले महिला राष्ट्रिय लिगमा आइतबार चन्द्रपुरलाई ६–१ हराएको छ र यसमा रश्मी घिसिङले ह्याट्रिक गरिन् । रश्मीले कुल चार गोल गरेकी हुन् । | https://ekantipur.com/sports/2021/02/14/16132990655196896.html | काठमाडौँ — आर्मीले महिला राष्ट्रिय लिगमा आइतबार चन्द्रपुरलाई ६–१ हराएको छ र यसमा रश्मी घिसिङले ह्याट्रिक गरिन् । रश्मीले कुल चार गोल गरेकी हुन् ।सातदोबाटोमा भएको खेलमा आर्मीले प्राप्त गरेको सजिलो जितमा विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकतर्फबाट रजनी थोकरले एक गोल फर्काइन् ।यो जितपछि आर्मीको १० खेलबाट २५ अंक भएको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । यस्तै चन्द्रपुर भने छ अंकमा छैटौं स्थानमा रहेको छ । | Sports | 23,678 |
एसईई परीक्षाको नतिजा सोमबार | यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । | https://gorkhapatraonline.com/news/19464 | काठमाडौं, साउन ४ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् । | News | 43,172 |
बाँकेमा धुमधामका साथ मनाइयो बकर इद | इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ । | https://gorkhapatraonline.com/news/112400 | सिराज खान नेपालगन्ज, असार ३ गते । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ । सोमबार बिहान स्थानीय इदगाहमा बकर इदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा र राँँगा जस्ता जनावर हलाल गरेर कुरबानी गरी तेस्रो दिन समापन गरिने परम्परा छ । इस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको अन्य पर्वहरु भन्दा विशेष महत्त्व छ । इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, शान्ति, अमनचैन तथा आर्थिक विकासको कामना गर्दै विशेष दुआ मागिएको थियो । सो अवसरमा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर हुन पुगेको जनाउँदै छिट्टो वर्षाका लागि पनि विशेष दुआ मागिएको मुस्लिम समुदायका अगुवा जुबेर राइले बताउनुभयो । सो अवसरमा शुभकामना साटासाटका लागि बिपी चोकस्थित स्थानीय इदगाहमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, पूर्व सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरु पुग्नुभएको थियो । बकर इदमा कुर्वानी (पशुबलि) दिने चलन भएकाले कुरबानी गराउने आर्थिक रुपमा क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा वा राँँगा जस्ता जानवरको कुरबानी गराउनुपर्ने धर्मगुरुहरुको भनाइ छ । भेडा र खसी जस्ता साना जनावरमा एक जनाको नाममा मात्र कुर्वानी हुने चलन छ भने राँगा र उँट जस्ता ठुला जनावरमा सात जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको धार्मिक गुरु मौलाना मन्जरीले बताउनुभयो ।उहाँले कुर्वानी गराएको मासु तीन भागमा छुट्याएर एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिनुभयो ।मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकर इदमा कुर्वानी गराउनुपर्ने धार्मिक नियम रहेको धर्मगुरुहरुको भनाइ छ । | News | 31,811 |
बाह्रबिसे कप ब्याडमिन्टन हुने | राष्ट्रियस्तरको बाह्रबिसे कप खुला ब्याडमिन्टन प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सिन्धुपाल्चोकको खुर्सानीबारी कभर्ड हलमा हुने भएको छ । | https://ekantipur.com/sports/2021/11/13/163681337204219591.html | काठमाडौँ — राष्ट्रियस्तरको बाह्रबिसे कप खुला ब्याडमिन्टन प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सिन्धुपाल्चोकको खुर्सानीबारी कभर्ड हलमा हुने भएको छ ।बाह्रबिसे नगरपालिकाको सहयोग र सिल्क ग्रुपको सहयोगमा खुर्सानीबारी खेलकुद कभर्ड हलले कुल ५ लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता आयोजना गर्न लागिएको हो । मेन्स सिंगल्स, मेन्स डबल्स, वुमेन्स सिंगल्स र भेट्रान डबल्स गरी चार स्पर्धामा ३ सय बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको आयोजक समिति संयोजक पविन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय खेलाडीको सहभागिता बढाउन मेन्स डबल्समा शीर्ष २० वरीयताका खेलाडीलाई प्रतिस्पर्धा गराउने छैनौं । भेट्रान्समा ४५ वर्षमाथिले प्रतिस्पर्धा गर्नेछन् ।’जिल्लास्तरको प्रतियोगिता गर्ने सोचलाई राष्ट्रियस्तरमा पुर्याएका बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले भने, ‘प्राकृतिक प्रकोप र कोभिड–१९ ले सिन्धुपाल्चोक जिल्लालाई नै धेरै समस्यामा पार्यो । कोभिड संक्रमण न्युनीकरण भएका बेला शिक्षा, स्वास्थ्य, कृषिसँगै खेललाई प्राथमिकता दिएर राष्ट्रियस्तरको ब्याडमिन्टन गर्न लागेका हौं ।’ उनकाअनुसार नगरपालिकाले प्रतियोगिता गर्न १० लाख विनियोजन गरेको छ । सिल्क ग्रुपका प्रमुख रमेश शेर्पाले भने, ‘हामीले दुई वटा सिन्थेटिक ट्रयाक उपलब्ध गराएका छौं । बाह्रबिसे कपलाई आगामी वर्ष पनि सहयोग गर्न पाऊँ ।’३५ लाख खर्च हुने बताइएको प्रतियोगितामा मेन्स सिंगल्सविजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमिफाइनलमा रोकिने दुई खेलाडीले ३०–३० हजार पाउने छन् । पुरुष डबल्सविजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्राले २५–२५ हजार पाउनेछन् । वुमेन्स सिंगल्सविजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्राले जनही १२ हजार ५ सय हात पार्नेछन् । हलको दुईटा कोर्टमा हुने तीनदिने प्रतियोगितामा सिन्धुपाल्चोकका तीन नगरपालिका र ९ गाउँपालिकासहित देशका चर्चित खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । | Sports | 21,911 |
मैत्रीपूर्ण खेलमा किर्गिस्तान र आर्मी बराबरीमा | त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । | https://ekantipur.com/sports/2021/03/28/16169380225639376.html | काठमाडौँ — त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधीभर दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके ।घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले सुरुआतबाट नै आक्रामक खेल खेलेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमेको थियो । त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो । २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किँदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन् । अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो । ८५ औं मिनेटमा किर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपंत्तिले सदुपयोग गर्न सकेनन् ।एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलंका पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ । अनुभव बटुल्नका लागि भएको मैत्रीपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेश कुथु बिना मैदान उत्रिएका थिए ।पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । आर्मीले भारतको टोलीसँग वैशाख १ गते खेल्नेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मी वैशाख ८ गते प्रतिस्पर्धा गर्नेछ । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हुने टोलीले मौका पाउने भए पनि मछिन्द्रको लाइसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो । | Sports | 23,389 |
डण्डा नदी किनारमा हरियाली पर्यटकीय पार्क निर्माण | रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो । | https://gorkhapatraonline.com/news/62920 | लक्ष्मण पौडेलभैरहवा, वैशाख १८ गते । रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो । सिद्धार्थनगर नगरपालिका –३ मा रहेको यो क्षेत्र अब छिट्टै सुन्दर र आकर्षक पार्कमा परिणत हुने नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । “निर्माण सम्पन्न भएपछि यो भैरहवाकै पहिलो र आकर्षक पार्क हुनेछ” उहाँले भन्नुभयो, “पर्यटकीय सम्भावना देखेरै नगरपालिकाले पार्क निर्माण अघि बढाएको हो ।” भैरहवामा खुल्ला ठाउँ भए पनि सार्वजनिक जमिन नहुँदा स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न चाहेर पनि मनोरञ्जनस्थल बनाउन सकेका छैनन् । नगरपालिकाले डण्डा नदीको छेउमा रहेको खाल्डोलाई पुरेर पार्क बनाइरहेको छ ।पार्क निर्माणका लागि धेरै काम पूरा भैसकेको नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले जानकारी दिनुभयो । “अब, थोरै मात्र काम बाँकी छ, यही आर्थिक वर्षभित्रै पार्क पूर्णरुपमा तयार हुन्छ” उहाँले भन्नुभयो । नगरवासीलाई वनभोज जाँदा वा मनोरञ्जन गर्न पनि अब टाढा जानु नपर्ने उहाँको भनाइ छ । करिब पाँच करोड रुपियाँको लागतमा नगरपालिकाले यो दरखसवा पार्क बनाइरहेको हो ।योजना प्रमुख अर्यालले आन्तरिक पर्यटक मात्र नभएर लुम्बिनी आउने पर्यटकलाई पनि पार्कको अवलोकनका लागि ल्याउन सकिने गरी आकर्षक बनाइने बताउनुभयो । “बाह्य पर्यटक पनि यहाँ आएर मनोरञ्जनका साथै शान्त वातावरणमा रमाउन सक्नेछन्” उहाँले भन्नुभयो । विभिन्न चरणमा गरेर फरक–फरक पाँच जना ठेकेदारले निर्माण कार्य गरेका छन् । सिद्धार्थनगरका यसअघि नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेको पालामा पार्क निर्माण कार्य सुरु गरिएको थियो । वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष थानेश्वर पौडेलले पार्कका लागि जग्गा खोज्ने र बजेट छुट्टयाउन पहल गर्नुभएको थियो ।पार्क निर्माण सुरु गर्दा डण्डा छेउमा गहिरो खाडल थियो । “पहिला १४ फिट खाल्डो पुरेर हामीले काम थालनी गरेका हौँ” अर्यालले भन्नुभयो, “यस्तो खाडलमा पनि पार्क बन्छ र ? भनेर धेरै आलोचना गरेका थिए, अहिले सुन्दर पार्क तयार हुँदैछ ।” पार्कको पूर्वपट्टिको संरचना तयार भइसकेको छ । उत्तरपट्टी केही निर्माणको कार्य जारी छ ।पार्क अहिले हरियाली बनेको छ । वनभोजका लागि पाँच वटा सेड बनाइएको छ । यसमा २ वटा सेड सहरी विकासले बनाएको हो भने बाँकी नगरपालिकाले लगानी गरेको हो । पार्कमा हरिण, गैँडा, चिम्पाञ्जी, याक, चिप्लेटी, गार्डेन, मर्निङवाक क्षेत्र, ट्वाइलेट–बाथरुम, सेल्फीजोन बनाइसकिएको छ । हरियालीले पार्कलाई थप सुन्दर बनाएको छ । पार्क निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको छ । | News | 56,760 |
वैशाख १० गतेदेखि पशुपति क्षेत्रमा सन्त सम्मेलन | वैशाख १० गतेदेखि पशुपति मन्दिर क्षेत्रमा सन्त सम्मेलन एवम् विभिन्न धार्मिक कार्य हुने भएको छ। | https://gorkhapatraonline.com/news/59464 | काठमाडौं, चैत १८ गते। वैशाख १० गतेदेखि पशुपति मन्दिर क्षेत्रमा सन्त सम्मेलन एवम् विभिन्न धार्मिक कार्य हुने भएको छ। अयुतचण्डी महायज्ञ र मारवाडी सेवा समिति नेपालको आयोजनामा हुन लागेको सम्मेलनमा अयुतचण्डी महायज्ञ, गणपति महायज्ञ, श्रीमद्भागवत कथा र श्रीकृष्ण रासलिलासमेत हुनेछ। उक्त अवसरमा नेपालमा प्रथम पटक २५१ ब्राह्मणद्वारा एक सय कुण्डीय विराट धार्मिक सम्मेलन हुन लागेको हो। स्वआत्मनिर्भर नेपाल निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको सानिध्यमा धार्मिक समारोह हुन लागेको हो। यो समारोहका लागि फागुन २७ गते यज्ञशाला निर्माणको भूमि पूजनका साथै यज्ञको प्रधान सङ्कल्प र दुर्गासप्तशती पाठ प्रारम्भ भइसकेको छ। यो धार्मिक सम्मेलन वैशाख २४ गतेसम्म चल्नेछ। | News | 33,243 |
कोरोना भाइरस नेपाल: थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, बाँकेमा एक जनाको मृत्यु | नेपालमा विगत २४ घण्टामा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। | https://www.bbc.com/nepali/news-53077330 | योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,१७७ पुगेको छ। तीमध्ये १,१६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। विगत २४ घण्टामा नौ जना निको भएर अस्पतालबाट घर फर्किएको उनले बताए। अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ। असार ३ गते मङ्गलवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क ७,१७७कुल सङ्क्रमण ७३प्रभावित जिल्ला विगत २४ घण्टामा पीसीआर परीक्षण ६,०३७ चिकित्सकीय निगरानीमा अलग्गै५,९९० देशभरि क्वारन्टीनमा१,२५,७९८ अहिलेसम्म निको१,१६७ प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्। सरकारले मङ्गलवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ३८० थियो। त्यसैगरी आइतवार र सोमवार क्रमश: एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण तथा ४५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। मृत्यु भएकी महिला को हुन्? नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमवार साँझ मृत्यु भएकी महिलाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। बीबीसीकी नेपालगन्जस्थित संवाददाता विमला चौधरीका अनुसार बाँके जिल्लाको वैजनाथ गाउँपालिका-६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो। डा. गौतमका अनुसार ती महिलामा मिर्गौलाको पनि समस्या रहेको बताए। उनको सोमवार दिउँसो कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको बाँके स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले जानकारी दिए। अस्पतालका अनुसार महिलाको मृत्यु सोमवार साँझ भएको र परीक्षणको नतिजा मङ्गलवार राति आएको हो। श्रेष्ठले मृतकको शव अस्पतालकै शवगृहमा रहेको र कोभिड-१९ निर्देशिकाबमोजिम अन्तिम संस्कार गरिने बताए। बाँकेमा कोरोनाभाइरस सङ्क्रमणका कारण भएको यो दोस्रो मृत्यु हो। यसअघि नरैनापुर क्वारन्टीनमा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। के छ अरू तथ्याङ्क? मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,४९,५७२ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमश: प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्। अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ। | Others | 68,360 |
नेपालगञ्जका विद्यालयमा बिहीबार सार्वजनिक बिदा | नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । | https://gorkhapatraonline.com/news/79823 | गजेन्द्र गुरुङखजुरा, असोज १० गते । नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोरखबहादुर थापाद्वारा जारी सूचनामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको १४४५औँ जन्म जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीले नेपालसहित विश्वभर उल्लासका साथ मनाउन गइरहेका हुँदा नेपालगञ्ज क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरू तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम अनुसार सञ्चालित कक्षा १२ को परीक्षा भने सञ्चालन नै हुने सूचनामा जानकारी गराइएको छ । | News | 42,180 |
स्थानीय तहका छब्बिस पदमा उपनिर्वाचन | स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । | https://gorkhapatraonline.com/news/99219 | गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २६ गते । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने बताउनुभयो । पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ । आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् । निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने घोषणा गरी निर्वाचन कार्यव्रmमसमेत प्रकाशित गरिसकेको छ । स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले घोषणा गर्ने कानुनी व्यवस्था छ । सरकारले उपनिर्वाचनको मिति तय गरिसकेको छैन । | News | 51,389 |
कोशी प्रदेश क्रिकेट सङ्घमा सर्वजित पाण्डे | कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो । | https://gorkhapatraonline.com/news/75910 | लीलाराज झापालीबिर्तामोड, भदौ ६ गते । कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का उम्मेदवार सुनसरी इनरुवाका विप्लव घोषलाई छ मतले पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो । पूर्व राष्ट्रिय खेलाडीसमेत रहनुभएका पाण्डेले १९ मत प्राप्त गर्दा घोषले १३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा उदयपुरका अनुप ढुङ्गाना १८ मतले विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी झापाका प्रवीण थापालाई १४ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिवमा इलामका टीकाराम पुरीले इलामकै अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित हुनुभयो । पुरीले १८ मत ल्याउँदा पौडेलले १४ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा झापाका बिरु श्रेष्ठले सुनसरीका चेतनाथ पौडेल सिपीलाई पाँच मतले हराउँदै निर्वाचित हुनुभयो । श्रेष्ठले १९ मत ल्याउँदा पौडेलले १३ मत ल्याउनुभयो ।कार्यसमितिको सदस्यहरूमा झापाका सुरेश गुरागाईँ, सचित आनन्द सुब्बा, नारद नेपाल, सुनसरीका सुमेशकुमार हलुवाई, शिवकुमार यादव, ताप्लेजुङका मिङ्मा डन्डु शेर्पा, विराटनगरका नवीन घिमिरे, अम्बिका बुढाथोकी र उदयपुरका रामकृष्ण आचार्य निर्वाचित हुनुभयो । साधारणसभा नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द, क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी पारस खड्कालगायातले उद्घाटन गर्नुभएको थियो । | News | 54,184 |
मिस इन्डियासहित १७ प्रतियोगीलाई कोरोना भएपछि मिस वर्ल्ड २०२१ स्थगित | केही प्रतियोगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मिस वर्ल्ड २०२१ को फाइलन स्थगित भएको छ । मिस वर्ल्डको आयोजकले शुक्रबार बिहान पुर्टो रिकोमा बिहीबार हुने भनिएको फाइनल स्थगित गरिएको जानकारी दिएको हो । | https://ekantipur.com/entertainment/2021/12/17/163972584175468897.html | काठमाडौँ — केही प्रतियोगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मिस वर्ल्ड २०२१ को फाइलन स्थगित भएको छ । मिस वर्ल्डको आयोजकले शुक्रबार बिहान पुर्टो रिकोमा बिहीबार हुने भनिएको फाइनल स्थगित गरिएको जानकारी दिएको हो ।आयोजकले केही प्रतियोगीलाई कोरोना पुष्टि भएकाले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै फाइनल सार्ने निर्णय गरिएको जनाएको छ । त्यसमा मिस इन्डिया मनसा वाराणसीसमेत रहेकी छिन् । त्यस्तै मिस इन्डोनेसिया कार्ला युल्स, मिस मलेसिया लावण्या सिवाजीलगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । इन्स्टाग्राममा पोस्ट गरिएको सूचनामा आयोजकले कुल १७ प्रतियोगी र केही कर्मचारीमा कोरोना देखिएको बताएको छ । त्यस्तै आगामी ९० दिनभित्र पुन: प्रतियोगिता आयोजना गरिने बताइएको छ । हालै इजरायलमा भएको मिस युनिभर्सको उपाधि भारतकी हरनाज सन्धूले जितेकी थिइन् । | Entertainment | 8,124 |
हुम्लाको सरस्वती मावि मतदान केन्द्रमा मतदान कार्य स्थगित | सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो । | https://gorkhapatraonline.com/news/45103 | राजन रावतहुम्ला, मङ्सिर ४ गते । सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।सो मतदान केन्द्रका मतदान अधिकृत छत्रबहादुर शाहीले दुई पक्षबीच वारेसमा मत खसाल्ने विषयले विवाद भएपछि झडप भएको थियो । मतदान कार्य स्थगित भए पनि सुरु गर्ने विषयमा प्रयास भइरहेको बताइएको छ ।नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप भएपछि मतदान कार्य सुरु हुन सकेको छैन । मतदान कार्य भइरहेको समयमा एक जना मतदाताको वारेसबाट मत खसाल्ने विषयमा विवाद भएको थियो । मतदान केन्द्रमा करिब तीन सय मत खसेपछि विवाद भएको थियो । मतदान कार्य सुचारु गर्नका लागि पहल भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । (क) र (ख) मतदान केन्द्र रहेको सो मतदान केन्द्रमा एक हजार ८१ मतदाता रहेका छन् । (क) मतदान केन्द्रमा ५३२ र (ख) मतदान केन्द्रमा ५४९ मतदाता रहेका छन् । | News | 60,364 |
एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड | स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । | https://gorkhapatraonline.com/news/25941 | चितवन, असोज ७ गते । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् ।भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, एनपिआइ नारायणी सामुदायिक अस्पताल र निजी अस्पताल समन्वय समितिका प्रमुख र प्रतिनिधिले समन्वयात्मक ढङ्गले काम गर्न यहाँको स्वास्थ्य सेवा थप सुदृढ हुनेमा जोड दिनुभएको थियो । यहाँका अस्पतालले पहिचानसहितको ‘एक अस्पतालः एक विशिष्टीकृत सेवा’ दिनुपर्नेमा पनि उहाँहरुको भनाइ थियो ।एक अस्पतालमा नभएका सेवा जिल्लाकै अर्को अस्पतालमा रिफर गर्ने, दुई वा त्योभन्दा बढी अस्पतालका चिकित्सक मिलेर एकै ठाउँमा जटिल उपचार र शल्यक्रिया एक साथ गर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनजस्ता जटिल कार्यसँगै गर्ने कुरामा सहभागीको एकमत थियो । यहाँका दुई सरकारी अस्पताल, दुई मेडिकल कलेज २२ वटा निजी अस्पतालमा दैनिक सात हजार हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । चितवनसहित देशैभरबाट बिरामी यहाँ आउने गर्दछन् ।भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लाका ‘एक अस्पतालमा एक विशिष्टीकृत विशेष सेवा दिने गरी तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसूतिका लागि भरतपुर अस्पताल उत्कृष्ट भने जस्तै मेडिकल कलेज र अन्य अस्पतालमा एउटा सेवामा विशेष जोड दिउँ । जसले गर्दा बिरामी बाहिर जानुपर्दैन ।” हतारहतारमा बाहिरबाट बिहान आएर बिरामी जाँचेर बेलुका फर्कनुपर्ने अवस्था चितवनमा अब नरहेको उहाँले बताउनुभयो ।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले यहाँ भएका सेवालाई थप विशिष्टीकृत गर्दै नभएका सेवा भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गुणस्तरीय सेवामा सबैले जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चिकित्सक मात्रै होइन, यहाँका नागरिक पनि हौँ, यसको स्वास्थ्य क्षेत्रको विकासमा हाम्रो भूमिका आवश्यक छ ।”चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले जिल्लामा सेवा विस्तार राम्रो हुँदै गएको भन्दै थप गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । सरोकारवाला मिलेर काम गर्दा बिरामीलाई समेत फाइदा पुग्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अब हामी नेपालको कुनै ठाउँमा भन्दा उपचारमा कमजोर छैनौँ ।” भारत र अन्य देशसमेत जाने बिरामीलाई रोक्ने गरी पूर्वाधार, उपकरण र जनशक्ति जिल्लामै रहेको उहाँले बताउनुभयो ।कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा. भी. नटराज प्रसादले आफूले साँझ अबेर काठमाडौंमा भिडियो एक्सरे गर्ने चिकित्सक नभेटेको उहाहरण दिँदै उहाँले यहाँको सेवा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिले हामीलाई सन्तुष्टि हुँदैन थप गुणस्तरीय सेवा दिनुपर्छ, त्यसका लागि सबै मिलेर काम गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “पहिलो काम मिलेर अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनको काम गरौँ ।” सरोकारवालासँगै मिलेर काम गर्नसकेमा स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्नेमा उहाँको जोड थियो ।कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा. मनोहर प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल, एनपिआइ नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक विष्णु कुँवर र निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले समन्वयमा काम गर्न सकेमा काममा सहजतासँगै गुणस्तरमा सुधार आउने बताउनुभयो । जिल्लामै उत्कृष्ट सेवा दिन सकिने भए पनि उचित प्रचारप्रसारको अभावमा बिरामी बाहिर जाने गरेको भन्दै उहाँहरुले नेपालमा हुने स्वास्थ्य सेवा यही दिन सकिनेमा जोड दिनुभयो ।छलफलपछि जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा. प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा. लम्साल र नारायणी सामुदायिक अस्पतालका कुँवर सदस्य हुनुहुन्छ ।आयोजक संस्था कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जिल्लाका सरोकारवाला निकायसहित अस्पतालका प्रमुखकाे उपस्थितिमा सम्पन्न पहिलो कार्यक्रम भएको कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जानकारी दिनुभयो । | News | 61,432 |
पाल्पा विजयी | प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबलमा मंगलबार प्रदेश १ रातो र मण्डली पाल्पाले जित पाएका छन् । प्रदेश १ ले रोल्पालाई २५–१६, २५–२० ले र पाल्पाले सिपाडोल भक्तपुरलाई २५–२२, २५–२३ को सेटमा हराए । | https://ekantipur.com/sports/2021/12/01/163832421117593766.html | काठमाडौँ — प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबलमा मंगलबार प्रदेश १ रातो र मण्डली पाल्पाले जित पाएका छन् । प्रदेश १ ले रोल्पालाई २५–१६, २५–२० ले र पाल्पाले सिपाडोल भक्तपुरलाई २५–२२, २५–२३ को सेटमा हराए ।गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लिगकम नकआउटका आधारमा १६ टोली प्रतिस्पर्धी छन् । ४० वर्षमाथिका खेलाडीको सहभागिता हुँदा उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले ६१ हजार १ सय ११ र तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । | Sports | 21,790 |
एनसेल प्रकरणमा छोरीको नाम जोडिएकोबारे प्रधानमन्त्रीले भने : बिचरा ! ऊ कस्ती छे सबैलाई थाहा छ | प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् । | https://ekantipur.com/news/2023/12/19/the-prime-minister-said-about-his-daughters-name-being-linked-to-the-ncell-case-poor-thing-everyone-knows-how-hard-he-is-31-38.html | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ दिएका हुन् । 'मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ,' प्रधानमन्त्री दाहालले भने, 'बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु । प्रचण्डलाई नराम्रोसँग ह्युमिलिएट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो नउल्टिने भयो भन्ने धेरैलाई छ ।'उनले आफ्नो कुनै गडबडी नरहेकोले यस्ता कुराले आफूलाई केही प्रभाव नपार्ने उनले बताए । 'के भन्ने छ नि...त्यस्ता...लाई चलाएर खै के भन्छन् नि ! म किन त्यस्तालाई चलाउँछुु,' प्रधानमन्त्री दाहालले भने । | News | 7,051 |
नागरिकताविहीन मधेशवासीमा हर्ष | कुनै पनि राष्ट्रका नागरिक नागरिकताविहीन हुन सक्दैन भन्ने विश्वमान्यता छ। नागरिकताविहीन नागरिक राज्यद्वारा प्रदान गरिने कुनै पनि सेवासुविधाबाट वञ्चित हुने गर्दछन्। राज्यले आधिकारिक रूपमा त्यसलाई चिन्दैन। राज्यका आधिकारिक नागरिक भएपछि मात्र ती सुविधा तथा हक र अधिकार प्राप्त गर्न योग्य मानिन्छ। नेपालमा २००९ सालदेखि नै नागरिकता ऐन बनेको छ। त्यसपछि २०२०, २०४७, २०६३ तथा २०७२ सालको संविधानमा नागरिकता प्राप्तिको प्रावधान राखिएको छ। | https://gorkhapatraonline.com/news/67461 | कुनै पनि राष्ट्रका नागरिक नागरिकताविहीन हुन सक्दैन भन्ने विश्वमान्यता छ। नागरिकताविहीन नागरिक राज्यद्वारा प्रदान गरिने कुनै पनि सेवासुविधाबाट वञ्चित हुने गर्दछन्। राज्यले आधिकारिक रूपमा त्यसलाई चिन्दैन। राज्यका आधिकारिक नागरिक भएपछि मात्र ती सुविधा तथा हक र अधिकार प्राप्त गर्न योग्य मानिन्छ। नेपालमा २००९ सालदेखि नै नागरिकता ऐन बनेको छ। त्यसपछि २०२०, २०४७, २०६३ तथा २०७२ सालको संविधानमा नागरिकता प्राप्तिको प्रावधान राखिएको छ। नेपालको हकमा नागरिकता संवेदनशील विषय बनेको छ। दुइटा विशाल मुलुक भारत र चीनबिच स्थित एउटा सानो सार्वभौमसम्पन्न मुलुक हो नेपाल। दुई वटै छिमेकी मुलुकको करोडौँ जनसङ्ख्याको दाँजोमा यो सिर्फ तीन करोड जनसङ्ख्या भएको मुलुक हो। यसर्थ नागरिकता जस्तो सवालमा सतर्क हुनै पर्छ तर आफ्नै मुलुकका वंशज तथा जन्मसिद्ध नागरिकलाई नागरिकताबाट वञ्चित राख्नु नैसर्गिक अधिकारविरुद्ध हो। नागरिकतालाई राजनीतिक हतियार बनाउनु हुँदैन। नेपालमा नागरिकताको विषय उठ्यो भने झट्ट सबैको मनमस्तिष्कमा तराई मधेशको प्रतिविम्ब देखिन्छ। लाग्छ, नागरिकताको प्रश्न तराई मधेशसित मात्र सम्बन्धित छ, पहाडसित होइन। तराईका धर्तीमा सयौँ वर्षदेखि पुख्र्यौली रूपमा बस्दै आएका आफ्नै देशका नागरिकलाई विदेशी देख्नु कमजोर सोचाइ हो। देशको एउटा महत्वपूर्ण भूभागका बासिन्दाप्रति विभेदपूर्ण मानसिकता राख्नु आफैँमा विडम्बनापूर्ण छ। हो, गैरनेपालीले नागरिकता पाउनु हुँदैन। नेपाली नागरिकताबाट वञ्चित हुनु हुँदैन। यसप्रति राज्य सतर्क त हुनै पर्छ। यसको नाममा राजनीतिक फाइदा लिनु हुँदैन। कुनै पनि नेपालीलाई प्रमाणका आधारमा स्थानीय प्रशासनले नागरिकता दिन्छन् न कि अनुहार र मौखिक आधारमा। नागरिकता विधेयकलाई गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभयो। उक्त विधेयक अघिल्लो संसद्को दुवै सदनबाट पारित भएको थियो। नागरिकता विधेयकबारे एमालेले असहमति जाहेर गरेको छ। उक्त असहमति नागरिकताविहीन नेपालीको संवैधानिक मौलिक हकको विरुद्धमा छ। यो देशका नागरिकलाई अनागरिक बनाइराख्ने उसको प्रपञ्च हो। यसलाई राजनीतिक सौदाबाजीको विषय बनाइनु हुन्न। राष्ट्रपति पौडेलले यसलाई प्रमाणीकरण गरेर नागरिकताविहीन लाखौँ नेपालीको मनोभावनालाई सम्बोधन गर्नुभएको छ। नागरिकता सिर्फ तराई मधेशका जनताको मात्र नभएर पहाड, हिमाल क्षेत्रका नागरिकको पनि सरोकारको विषय हो। यो विधेयक कार्यान्वयनमा आएपछि लाखौँ नयाँ युवा लाभान्वित हुने छन्। विधेयकमा २०७२ साल ३ असोजभन्दा अगाडि जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भएको अवस्थामा १६ वर्ष पुगेका सबैले वंशजको आधारमा नागरिकता पाउने उल्लेख छ। यसबाट जन्मसिद्ध नागरिकका १६ वर्ष पुगेका सात लाख सन्तानले नागरिकता पाउने छन् साथै गैरआवासीय नेपाली नागरिक पनि लाभान्वित हुने छन्। विधेयकमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेका र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बजै नेपाली नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रावधान छ। गैरआवासीय नेपालीले पनि नागरिकता प्राप्त गर्न सक्ने छन्। यस अनुसार विभिन्न मुलुकमा रहेका १५ लाखभन्दा बढी गैरआवासीय नेपालीले नागरिकता पाउने छन्। यसबाट नेपाली नागरिकता प्राप्त गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न कानुनी बाटो खुल्ने छ। तिनीहरूको योग्यता, क्षमता र आर्थिक सम्पन्नताको फाइदा मुलुकले लिने छ। विधेयक प्रमाणीकरणले एकातिर नागरिकताविहीनहरू नागरिकता प्राप्त गरी राष्ट्रियतामा अभिवृद्धि भएको छ भने अर्कोतिर गैरआवासीय नेपालीको ठुलो धनराशि लगानीको अवसर प्राप्त भएको छ। अर्कोतिर बाबु पहिचान नभएका आमाको नामबाट वंशजको नागरिकता पाउने विषयलाई विधेयकले समेटेको छ। नागरिकता लिने सन्तान र आमाले स्वघोषणा गर्नुपर्ने प्रावधानले लैङ्गिक विभेद र अपमान गरेको भन्दै विरोध भइरहेको छ। विदेशी पुरुषसँग बिहे गरेकी नेपाली महिलाका सन्तानले सर्तसहित वंशजको नागरिकता पाउने अधिकार विधेयकले दिएको छ। यसअघि २०६३ को ऐनमा अङ्गीकृत नागरिकता मात्रै पाउने व्यवस्था थियो। वैवाहिक अङ्गीकृत नागरिकता विषयमा यो विधेयकमा प्रस्ट गरेको छैन। विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेर आउँदा सात वर्ष कुर्नुपर्ने राज्य व्यवस्था तथा सुशासन समितिद्वारा सिफारिस गरिएको प्रतिवेदनलाई विधेयकले समेटेको छैन। यसले महिलामा असन्तुष्टि थपिएको छ। २०६३ को ऐन अनुसार विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धमा आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा निवेदनसँगै पेस गरे पुग्ने थियो। विधेयकले विदेशी ज्वाइँको हकमा भने केही बोलेको छैन। नागरिकता विधेयक प्रमाणीकरण भएसँगै मधेशकेन्द्रित सबै जसो दलले स्वागत गरेका छन्। विधेयकको प्रमाणीकरणले नागरिकताको समस्या सदाका लागि समाधान हुने प्रतिक्रिया ती दलको छ। त्यस्तै तराईमा करिब तीन दशकदेखि सङ्घर्षरत नागरिकताविहीन सङ्घर्ष समितिले राष्ट्रपतिबाट प्रमाणीकरण भएका नागरिकता विधेयकले खुसी व्यक्त गर्दै छिट्टै कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेको छ। यसरी यो विधेयकको प्रमाणीकरणबाट अधिकांश दल, सङ्घ, संस्था तथा बौद्धिक समाजले स्वागत गरेका छन्। एमाले, रास्वपा र केही वामपन्थी पृष्ठभूमिका दलले राष्ट्रियताको जलप लगाएर विरोध गरिरहेका छन्। राजनीतिक तथा राष्ट्रियताको खपतको विषयले मधेशका जनताको हित हुँदैन। एमाले सरकारको पालामा पनि नागरिकता विधेयक संसद्बाट पारित भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ प्रमाणीकरणका लागि पेस हुँदा त्यसैलाई राष्ट्रहित देख्ने त्यही विधेयक जस्ताको तस्तै अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्दा कसरी अराष्ट्रिय भयो ? यसको हिसाबकिताब मधेशले आगामी दिनमा अवश्य गर्ने छ। एमालेको द्वैध चरित्रले ऊ नेपाली नागरिकप्रति संवेदनशील र उत्तरदायी छैन भन्ने प्रमाणित हुन्छ। खोक्रो राष्ट्रवादले मुलुक र मुलुकवासीको कदापि हित गर्दैन। लेखक अधिवक्ता हुनुहुन्छ। | News | 46,932 |
भारतको फेरि सहज जित | भारतीय कप्तान विराट कोहलीले आफ्ना नाडी स्पिनरहरूले दक्षिण अफिकी ब्याट्सम्यानलाई निरन्तर दबाब राख्ने अपेक्षा राखेको बताएका छन् । भारतले आइतबार दोस्रो वान–डे अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई पराजित गरेपछि कोहलीले यस्तो बताएका हुन् । | https://ekantipur.com/sports/2018/02/05/20180205070140.html | सेन्चुरियन — भारतीय कप्तान विराट कोहलीले आफ्ना नाडी स्पिनरहरूले दक्षिण अफिकी ब्याट्सम्यानलाई निरन्तर दबाब राख्ने अपेक्षा राखेको बताएका छन् । भारतले आइतबार दोस्रो वान–डे अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई पराजित गरेपछि कोहलीले यस्तो बताएका हुन् । स्पिनरद्वय युजेभन्द्र चाहाल र कुलदीप यादवले भारतलाई ६ खेलको शृंखलामा २–० को अग्रता दिलाउन प्रमुख भूमिका खेले । लेग स्पिनर चाहालले २२ रन खर्चेर ५ विकेट लिई आफ्नो खेलजीवनको उत्कृष्ट प्रदर्शन गरे । देब्रेहाते यादवले २० रन खर्चेर ३ विकेट लिएपछि दक्षिण अफ्रिका ३२.२ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सुपर स्पोर्ट पार्क मैदानमा वान–डे अन्तर्राष्ट्रियमा यो न्यून स्कोर हो ।‘उनीहरूको मध्यक्रम अनुभवहीन छन् भनेर हामीलाई थाहा छ, हामी यसको उपयोग आगामी खेलमा पनि गर्न चाहन्छौं र थप दबाब दिन चाहन्छौं,’ कोहलीले भने, ‘हाम्रा स्पिनरले जसरी बलिङ गरिरहेका छन्, यही क्षण दोहोरिनेमा म पूर्ण विश्वस्त छु ।’ तीव्र बलरद्वय भुवनेश्वर कुमार र जस्प्रित बुमराहले १–१ विकेट लिए ।हसिम अमला र क्विन्टन डी ककले १० ओभरभित्र बिनाक्षति ४३ रन जोडे पनि दक्षिण अफ्रिकाको मध्यक्रम उनीहरू आउट भएसँगै पतन भएको थियो । अमला २३ र डी कक २० रनमा आउट भए । जेपी डुमिनी र खाया जोन्डोले २५–२५ तथा क्रिस मोरिसले १४ रन बनाउनुबाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् । स्टार ब्याट्सम्यानहरू फाफ डु प्लेसिस र एबी डी भिलियर्सबिना खेलेको दक्षिण अफ्रिकाको नेतृत्व एइडेन माक्र्रमले गरेका थिए । रोहित शर्माले मोर्ने मोर्केललाई पहिलो ओभरमै छक्का प्रहार गरी भारतलाई आक्रामक सुरुवात दिलाएका थिए । तर उनी १५ रनमा कागिसो रबाडाको बलमा मोर्ने मोर्केलद्वारा क्याच आउट भए । कोहली र शिखर धवनले दोस्रो विकेटमा नटआउट ९१ रनको साझेदारी गरे । धवन ५१ र कोहली ४६ रनमा अविजित रहे । भोजनको निर्धारित समयमा भारत ९३–१ को स्थितिमा थियो । त्यसपछि अम्पायरहरूले भारतलाई अतिरिक्त ४ ओभर वा १५ मिनेटको समयमा खेल सकाउने आशामा थपिदिएका थिए । तर भारत २ रनभन्दा टाढा रहेको अवस्थामा अम्पायर भोजन ब्रेक गर्न बाध्य रहे । | Sports | 30,125 |
फोर ब्रदर्स गौरीगंगा गोल्डकपको फाइनलमा | नवलपरासीको फोर ब्रदर्स क्लब कैलालीको गौरीगंगामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मंगलबार बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्स उपाधि नजिक पुगेको हो । | https://ekantipur.com/sports/2023/04/11/168122416376791596.html | धनगढी — नवलपरासीको फोर ब्रदर्स क्लब कैलालीको गौरीगंगामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मंगलबार बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्स उपाधि नजिक पुगेको हो ।गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत २ र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोलमार्फत फोर ब्रदर्सले अग्रता लिएको थियो । २० औं मिनेटमा कप्तान केवटले १ गोल थप्दा फोर ब्रदर्स २–० को अग्रतामा पुग्यो ।पहिलो हाफको २५औं मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४०औं मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–१ को अग्रतामा सकियो । दोस्रो हाफको २० औं मिनेटमा कप्तान केवटले फोर ब्रदर्सलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दि म्याच पनि चुनिए ।गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुनेछ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिता विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । | Sports | 17,743 |
पाहुना चरा बास खोज्दै घोडाघोडी | साइबेरियन चरा जाडो छल्न कैलालीको घोडाघोडी लगायत तराईका सिमसार क्षेत्रमा आउन थालेका छन् । हिउँद सुरु भएपछि उत्तरबाट दक्षिण बसाइँ सर्ने क्रममा साइबेरियन चरा कैलाली र कञ्चनपुरका सिमसार क्षेत्रमा आउन थालेका हुन् । | https://ekantipur.com/feature/2018/11/29/154346449407941335.html | धनगढी — साइबेरियन चरा जाडो छल्न कैलालीको घोडाघोडी लगायत तराईका सिमसार क्षेत्रमा आउन थालेका छन् । हिउँद सुरु भएपछि उत्तरबाट दक्षिण बसाइँ सर्ने क्रममा साइबेरियन चरा कैलाली र कञ्चनपुरका सिमसार क्षेत्रमा आउन थालेका हुन् ।‘ती चराहरू फागुनसम्म यतै बस्छन्,’ नेपाल पक्षी संघ (बीसीएन) का सुदूरपश्चिम फिल्ड अधिकृत हेरुलाल डगौराले भने ।डगौराले हिमाली जलपक्षी घोडाघोडी ताल क्षेत्रमा देखिन थालेको बताए । नेपालमा ५६ प्रजातिका साइबेरियन चरा आउने गरेका छन्, जसमध्ये मालक हाँस, जुरेली, कर्याङकुरुङ, सारस र हिमाली हाँस लगायत १८ प्रजातिका साईवेरियन चराको चिरबीर बढी सुनिन्छ । मंसिर पहिलो सातादेखि नै आउने यस्ता चरा गर्मी मौसम सुरु भएपछि फर्कन्छन । डगौराले भने, ‘फागुनको अन्त्यसम्म फर्कि सक्छन् ।’ यहाँ रारा, शे–फोक्सोन्डो लगायतका क्षेत्रबाट पनि चरा आउने गरेका छन् । विश्व रामसारमा सूचीकृत घोडाघोडी तालमा अत्यधिक चरा आउँछन् । तराईका अन्य सिमसार क्षेत्रभन्दा न्यानो खोज्दै यहाँ बढी आउने गरेका हुन् । घोडाघाडी सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो ताल हो । विश्वबाट लोप भइरहेका हरिहाँस प्रजातिका चराहरूको मुख्य बसोवास भएको घोडाघोडी सिमसारमा २ सय ५९ प्रजातिका जलपक्षी पाइन्छन् । नेपालमा ८ सय २६ प्रजातिका पाइन्छन् । जसमध्ये यहाँ पाइने हरिहाँस विश्वको दुर्लभ चरामा पर्छ । नेपालमा चरा सम्बन्धी काम गर्ने गैरसरकारी सस्था नेपाल पक्षी संघले हरेक वर्ष घोडाघाडी सिमसार क्षेत्रमा चरा गणना गर्छ । ‘घोडाघाडी सिमसार क्षेत्र चराको राम्रो बासस्थानमा पर्छ,’ डगौराले भने, ‘यो नेपालको प्रमुख बर्ड अवलोकन क्षेत्र हो ।’कैलालीको घोडाघोडीसहित लौकाभौकाहा, सुनिया रुचिया, कमल पोखरी, कोलेही र कञ्चनपुरको वेदकोट, झिलमिला, शुक्लाफाटा, रानीताल लगायत सिमसारमा साइबेरियन चराहरूको हिउँदमा बसाइसराइ हुने गरेको डगौरा बताउँछन् ।कैलालीको घोडाघोडीपछि कञ्चनपुरको बेतकोट र झिलमिला ‘लेक साईड’ चराका लागि राम्रो गन्तब्य भएको डगौराले जानकारी दिए । नेपाल पंक्षी संघ काठमाडौंले हालै गरेको सर्भेमा कैलालीमा २ सय ७४ प्रजातिका चरा पाइन्छन् । कञ्चनपुरमा ४ सय २४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु ऐन अनुसार संरक्षित सूचीमा रहेका राजधनेस समेत कैलालीमा भेटिएको डगौराले बताए । चरा क्षेत्रमा कार्यरत संघसंस्था र संरक्षणप्रेमीले कैलालीमा चराको बासस्थान सिमसार क्षेत्र मानवीय क्रियाकलापले संकटमा पर्दै गएको बताएका छन् ।कैलालीको वसन्ता जैविक मार्गभित्र पर्ने दुई दर्जनभन्दा बढी तालतलैयाहरू संकटमा छन् । सिँचाइका लागि हुने पानीको चुहावट र स्थानीय तहले लगाउने माछाको ठेक्काको कारण चराको चरिचरन क्षेत्र संकटमा पर्दै गएको वसन्ता जैविक मार्ग सामुदायिक परिषद्का अध्यक्ष पुष्कल बमले बताए । ‘तालमा माछाको ठेक्का लिने ठेकदार र चराबीच माछाका लागि द्वन्द्व हुन्छ,’ पक्षी संघका डगौराले भने, ‘माछा बचाउन चरा भगाउँदा उसको ज्यान खतरामा पर्ने गरेको छ ।’ उनले घोडाघोडीसहित बसन्ता जंगलभित्रका केही तालतलैयाहरू चरा लगायत वन्यजन्तुका लागि सुरक्षित छोडिनुपर्ने बताए । | Feature | 1,271 |
फेरि बन्दैछ वत्सलाको मन्दिर | तीन वर्षअघि वैशाखमा गएको विनाशकारी भूकम्पमा काठमाण्डू उपत्यकाका धेरै पुरातात्त्विक संरचनाहरूमा क्षति पुग्यो। | https://www.bbc.com/nepali/news-45256721 | भक्तपुर दरबारअगाडि रहेको वत्सलादेवीको कलात्मक मन्दिर पनि सो भूकम्पमा भत्कियो। ढुङ्गा प्रयोग गरेर शिखरशैलीमा बनाइएको सो मन्दिरको अहिले पुनर्निर्माण हुँदैछ। आवश्यक सामग्री र शिल्पीको अभाव भएकाले भत्किएका मन्दिर र अन्य संरचनाहरूको पुरानै शैली र स्वरूपमा पुनर्निर्माण गर्न विलम्ब भएको बताइन्छ। भिडिओ: सृजना श्रेष्ठ | Others | 63,917 |
ओपन वाटरमा शिरीष च्याम्पियन | ओलम्पियन शिरीष गुरुङले फेवातालमा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । शिरीष शुक्रबार ४० प्रतियोगीलाई पछि पार्दै तेस्रोपल्ट च्याम्पियन भए । | https://ekantipur.com/sports/2018/10/13/153939548394348832.html | लेखनाथ — ओलम्पियन शिरीष गुरुङले फेवातालमा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । शिरीष शुक्रबार ४० प्रतियोगीलाई पछि पार्दै तेस्रोपल्ट च्याम्पियन भए ।नेपाली सेनाको तर्फबाट प्रतिस्पर्धा गरेका उनले निर्धारित २.५ किलोमिटर दूरी २१ मिनेट ३२.६७ सेकेन्डमा पार गरे ।यसअघि उनले प्रतियोगिताको पाँचौं र छैटौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९ मिनेट ४० सेकेन्डमा दूरी पार गरेको कीर्तिमान उनकै नाममा छ । प्रतियोगितामा वैदज्ञराज जोशी दोस्रो भए । उनले २१ मिनेट ३८.११ सेकेन्डमा दूरी पार गरे । दीपंकर अवाले २१ मिनेट ४२.९२ सेकेन्डमा दूरी पार गरेर तेस्रो भए । उनीहरूले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेन्डमा दूरी पार गरिन् । समिरा शोभा थापाले २३ मिनेट ५५.९५ सेकेन्डबाट दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रीबी महर्जनले २४ मिनेट ५.७७ सेकेन्डमा दूरी पार गरिन् । शीर्ष तीनका विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।कास्कीका खेलाडीमध्ये धनमान गुरुङ विजेता भए । उनले २६ मिनेट ४८.७४ सेकेन्डमा दूरी पार गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेन्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेन्डमा दूरी पार गरेर तेस्रो भए । उनीहरूले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरेर तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । ५ विदेशीसहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेका हुन् ।विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कृत गरे । उनले विगतमा फेवातालको पानी पिउन योग्य भएको स्मरण गर्दै खेलकुदको माध्यमबाट यसको संरक्षण गर्न सकिने धारणा राखे । पौडी संघका महासचिव जगतमान श्रेष्ठले खुला पानीमा हुने पौडी प्रतियोगिताको गन्तव्य पोखरालाई बनाउन सकिने बताए । एसियालीस्तरकै खुला पौडी प्रतियोगिता गर्न सके पोखराको पर्यटनमा थप टेवा पुग्ने उनको दाबी थियो । जिल्ला पौडी संघ अध्यक्ष वैभव पौडेलले प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा सघाएको जनाए । | Sports | 28,583 |
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने | भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ । | https://gorkhapatraonline.com/news/106442 | विजयकुमार साह ढल्केबर, वैशाख २२ गते । भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले शनिबार एक सूचना जारी गर्नुहुँदै आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जानकारी दिनुभयो । इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोक सभा चुनाव हुँदैछ । | News | 50,716 |
खगेन्द्र लामिछानेको रोजाइका १० फिल्म | आफैंले लेखेको नाटक 'पानीफोटो'मा व्यस्त थिए कलाकार खगेन्द्र लामिछाने । आफ्नो पहिलो निर्देशन रहेको फिल्मको काम अगाडि बढ्न सकेन । सरकारले लकडाउन घोषणा गरेसँगै फिल्मको काम स्थगित गरेर उनी घरतिरै छन् । | https://ekantipur.com/entertainment/2020/04/04/158597361637936325.html | काठमाडौँ — आफैंले लेखेको नाटक 'पानीफोटो'मा व्यस्त थिए कलाकार खगेन्द्र लामिछाने । आफ्नो पहिलो निर्देशन रहेको फिल्मको काम अगाडि बढ्न सकेन । सरकारले लकडाउन घोषणा गरेसँगै फिल्मको काम स्थगित गरेर उनी घरतिरै छन् ।नयाँ फिल्मको स्क्रिप्ट लेख्दैछन् । नयाँ प्रोजेक्ट आगामी दशैंबाट छायांकनमा जाने तयारी छ । आफ्नो लकडाउन स्क्रिप्ट लेखेरै बितिरहेको उनी सुनाउँछन् । 'म काठमाडौंमै छु । दशैंपछाडि गर्ने भनेको प्रोजेक्टको स्क्रिप्टमा छु । अहिले त्यही स्क्रिप्टको रि-राइट गरिरहेको छु' उनले भने । खगेन्द्र 'बधशाला', 'टलकजंग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद'जस्ता फिल्मबाट स्थापित भएका कलकार हुन् । खगेन्द्र पुस्तकका लेखक पनि हुन् । उनले लेखेको पछिल्लो फिल्म 'धनपति' हो भने उनको कथासंग्रह 'फूलानी' प्रकाशित छ । यो लकडाउनको अवधि अधिकांश फिल्मप्रेमी दर्शकका लागि त फिल्म हेर्ने गज्जबको समय नै हो । लकडाउनमा रहेका दर्शकका लागि यहाँ खगेन्द्रले आफूलाई मनपरेका १० फिल्म सिफारिस रेका छन् । यी फिल्महरु उनले कुनै धेरै अगाडि हेरेका हुन् भने केही हालसालै । उनी फिल्म हेरेपछि दर्शकले फिल्मप्रति आफ्नै धारणा बनाउनुपर्ने मान्यता राख्छन् । त्यसैले तल दिएका फिल्ममाथि उनले कुनै धारणा दिएका छैनन् । 'यी फिल्म मैले हेरेर रिकमेन्ड गरें, अब दर्शकले आफ्नो तरिकाले हेर्ने हो । दर्शकले फिल्म हेरेर आफ्नो धारणा आफैं बनाउन जरुरी हुन्छ । फिल्ममात्र होइन पुस्तक पढ्दा अथवा नाटक हेर्दा होस्, मूल्यांकन आफैंले गर्ने हो,' उनले भने । लकडाउनको खाली समय फिल्मप्रेमी दर्शकका लागि उनले दिएको फिल्महरु असली खुराक हुन सक्छन् । यस्ता छन् खगेन्द्रको रोजाइका फिल्म : १. बाइसाइकल थिफ्स, निर्देशक : भिट्टेरियो डेसिका, इटाली २. द व्बोइ इन्द द स्ट्रिप्ड पाइजामा, निर्देशक : मार्क हरमन, बेलायत३. द टर्मिनल, निर्देशक : स्टिवन स्पिलवर्ग, अमेरिका४. द बिज्रेज अफ मेडिसन काउन्टी, निर्देशक : क्लिन्ट इस्टवुड, अमेरिका ५. ह्वाट्स इटिङ गिलबर्ट ग्रेप, निर्देशक : लेसी ह्यालस्ट्रोम, अमेरिका६. रसोमन, निर्देशक : अकिरो कुरोसावा, जापान ७. प्यारासाइट, निर्देशक : बोङ जोन हु, कोरिया ८. पाथेर पांचाली, निर्देशक : सत्यजित रे, भारत ९. फोरेस्ट गम्प, निर्देशक : रोबर्ट जेमिक्स, अमेरिका १०. नुमाफुङ, निर्देशक : नवीन सुब्बा, नेपाल | Entertainment | 8,547 |
यू–१९ टोलीमा चार नयाँ | चार नयाँ खेलाडी समेट्टै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटका लागि शुक्रबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जुलाई २ देखि ९ सम्म मलेसियामा हुने प्रतियोगितामा साबिक विजेता नेपालसहित चीन, म्यानमार र सिंगापुर समूह ‘ए’ मा छन् । | https://ekantipur.com/sports/2019/06/26/156151512089287415.html | काठमाडौँ — चार नयाँ खेलाडी समेट्टै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटका लागि शुक्रबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जुलाई २ देखि ९ सम्म मलेसियामा हुने प्रतियोगितामा साबिक विजेता नेपालसहित चीन, म्यानमार र सिंगापुर समूह ‘ए’ मा छन् । मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड समूह ‘बी’ मा छन् । विजेताले अगस्ट ८ देखि सेप्टेम्बर २८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । पाँच टेस्ट खेल्ने राष्ट्रबाहेक कुवेत एसीसी यू–१९ वेस्टर्न रिजन विजेता हो । यूएई आईसीसी यू–१९ विश्वकपमा छनोट भएकाले टोलीलाई मौका दिइएको छ ।रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली यू–१९ टोलीमा पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, विशालविक्रम केसी, प्रतिश जिसी, तिलकराज भण्डारी, रशिद खान, भीम सार्की, लोकेशबहादुर बम, सागर ढकाल, कुशल मल्ल र खडकबहादुर बोहरा छन् । नेपाली यू–१६ का कप्तान विशाल, लेग स्पिनर तिलक तथा ब्याट्सम्यानद्वय खडक र लोकेश पहिलोपल्ट यू–१९ टोलीमा परेका हुन् । नेपालले २०१७ को सेप्टेम्बरमा मलेसियामै सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजनको पछिल्लो संस्करण फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको थियो ।राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दीप जोरा, आसिफ शेखसहित सूर्य तामाङ र आकाश चन्दलाई बैकल्पिकमा राखिएको छ । विनोद दास प्रशिक्षकमा छन् । पूर्व कप्तान राजु खड्का व्यवस्थापक र विक्रम न्यौपाने फिजियो छन् । नेपाली टोली जुन ३० मा मलेसिया जानेछ । | Sports | 27,064 |
बढाऔँ बालबालिकामा लगानी | बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै देशका कर्णाधार बनाउन लगानी पनि चाहिन्छ तर सङ्घीयताको कार्यान्वयनसँग बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बाल अधिकार नै सङ्कुचित बन्दै गएको छ । त्यही भएर यस वर्ष मनाइने ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरी बालबालिकाका लागि लगानी बढाउन पहल थालिएको छ । हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले पछिल्लो पटक तीनै तहका सरकारबाट बा | https://gorkhapatraonline.com/news/78390 | काठमाडौँ, भदौ २९ गते । बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै देशका कर्णाधार बनाउन लगानी पनि चाहिन्छ तर सङ्घीयताको कार्यान्वयनसँग बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बाल अधिकार नै सङ्कुचित बन्दै गएको छ । त्यही भएर यस वर्ष मनाइने ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरी बालबालिकाका लागि लगानी बढाउन पहल थालिएको छ । हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले पछिल्लो पटक तीनै तहका सरकारबाट बालबालिकामा लगानी हुन छाडेकाले यस पटकको नारा नै लगानीलाई लक्षित गरिएको जानकारी दिनुभयो । नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि–१९८९ लाई अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । त्यही दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । तर बाल अधिकार संरक्षणको प्रतिबद्धता जनाएको तीन दशक बढी हुँदासमेत राज्यले बालबालिकाको अधिकार सुनिश्चित गराउन भने सकेको छैन । उपाध्यक्ष बानियाँका अनुसार पहिले केन्द्रीय सरकारबाट बजेट आउँदा बालबालिकाका लागि कम्तीमा पनि १० प्रतिशत बजेट छुट्याउनुपर्ने बाध्यता हुन्थ्यो, बजेट पनि आउँथ्यो । तर नयाँ संविधानले बालबालिकाको सम्पूर्ण अधिकार पालिकालाई दिने व्यवस्था गरेसँगै सङ्घीय सरकारले बालबालिकामा बजेट छुट्याउन नै छोड्यो । अधिकांश प्रदेश र पालिकाले बालबालिकाप्रति आफ्नो जिम्मेवारी बुझ्न नसक्दा बालबालिकामा लगानी हुन छोडेकाले यसको असरसमेत देखिन थालेको उहाँको बुझाइ छ । उपाध्यक्ष बानियाँका अनुसार अहिलेका बालबालिकामा राम्रो लगानी गर्न सकियो भने भविष्यमा असल नागरिक बनाउन सकिने भएकाले यस विषयमा तिनै तहका सरकारले लगानी बढाउनु पर्छ भन्ने नै अहिलेको नाराको उद्देश्य हो । अहिले पनि बाल अधिकारको सवाल उत्तिकै पेचिलो र चुनौतीपूर्ण छ । सरकारले बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागितालाई व्यवस्थित र सुनिश्चित गर्न सकेको छैन ।यस अवधिमा सरकारले बालबालिकाको अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा मोटो रकम लगानी गरेको छ र संरचना र नीतिगत व्यवस्था पनि बनेका छन् । तर व्यावहारिक उपलब्धि भने चित्तबुझ्दो छैन, न कत संविधान, कानुन र सरकारी नीतिको पूर्ण कार्यान्वयन नै भएको छ । सबै बालबालिकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच पाएका छैनन्; स्वास्थ्यमा पहुँच नभएर मर्नुपरेको छ; बालविवाह, हिंसा, शोषण र यौन दुव्र्यवहार बढेको छ । सडकमा आइपुग्ने र सडकदेखि जोखिमपूर्ण क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या घटेको छैन । बरु नयाँ जनगणना अनुसार बालबालिकाको जनसङ्ख्या नै घट्दै गएको छ । २०६८ को जनगणना अनुसार १४ वर्षमुनिका बालबालिकाको जनसङ्ख्या ९२ लाख ४८ हजार २४६ अर्थात् ३४.९१ प्रतिशत थियो । त्यो अहिले घटेर ८१ लाख १५ हजार ५७५ अर्थात् २७.८३ प्रतिशतमा झरेको छ । नेपाल बालबालिका स्थिति २०७९ का अनुसार अहिले पनि नवजात शिशु मृत्युदर प्रतिहजार १६, शिशु मृत्युदर प्रतिहजार २५ र बाल मृत्युदर प्रतिहजार २८ रहेको छ । अझै पनि करिब तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।सरकारले पाँच वर्षअघि ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन,’ भन्ने अभियान चलाए पनि अहिले पनि सडकमा अलपत्र बालबालिका छँदै छन् । बाल अधिकार स्थापितका लागि संविधान, कानुन र नीति पर्याप्त बनेका छन् । तर तिनको व्यावहारिक कार्यान्वयनका समस्या कायमै रहेको बाल अधिकारकर्मी तारक धितालले बताउनुभयो । उहाँका विचारमा महासन्धि अनुमोदन भएको ३३ वर्ष बित्यो । अहिलेसम्म प्रमुख काम भनेकै त्यो महासन्धिलाई आन्तरिकीकरण गर्नु हो । त्यो चाहिँ धेरै हदसम्म भएको छ । संविधान, कानुन र नीति निर्देशिकामा हामीले धेरै उपलब्धि हासिल गरेका छौँ । तर तिनको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । स्थानीय तहसम्म पनि त्यस्ता संरचना बन्ने नीतिगत व्यवस्था छ तर स्रोत साधन र दक्ष जनशक्ति अभावले काम भएको छैन । बाल अधिकारसम्बन्धी सबै अधिकार पालिकामा गएको भनिएको छ तर त्यसलाई पालिकाले प्राथमिकता दिन नसकेको बाल अधिकार परिषद्का उपाध्यक्ष बानियाँले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७५३ पालिकामध्ये ३१९ पालिकाले मात्र बाल अधिकार तथा प्रवर्धनसम्बन्धी कार्यविधि निर्माण बनाएका छन् र २७६ पालिकामा मात्रै बालकल्याण अधिकारीको व्यवस्था छ । बाल अधिकार संरक्षण ऐन २०७५ अनुसार हरेक पालिकामा स्थानीय बाल अधिकार समिति गठन गर्नुपर्ने व्यवस्था छ तर अहिलेसम्म २४७ वटा पालिकामा समिति गठन भएका छन् र २१६ मा मात्र बालकोष स्थापना भएका छन् । यसले बाल अधिकारमा पालिकाको कति प्राथमिकता कम रहेको पुष्टि गरेको उपाध्यक्ष बानियाँको भनाइ छ । सरकारले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि तिनको प्रभाव न्यून रहेको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । अझै पनि साँच्चै अप्ठ्यारोमा परेका बालबालिकासम्म सरकारी कार्यक्रम पु-याउन नसकिएको उहाँले स्वीकार गर्नुभयो । | News | 42,233 |
अतिरिक्त शुल्क हटाउन आग्रह | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ । | https://gorkhapatraonline.com/news/11397 | गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ । शुक्रबार भएको भेटमा मन्त्री बडूले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुवै देशले अधिकतम पारस्परिक लाभ उठाउन सक्ने विचार व्यक्त गर्नुभयो । दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गर्दै मन्त्री बडूले नेपालमा ऊर्जा, पर्यटन र विकास पूर्वाधारका क्षेत्रमा हुने लगानीको संरक्षण र सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो । दुई देशबीच यथाशीघ्र सौविध्या प्राप्त व्यापार सम्झौता (प्रिफेन्सियल ट्रेड अग्रिमेन्ट) गर्न र परस्पर लाभ प्राप्त हुनेगरी व्यापार प्रवद्र्धनमा उपयोग गर्नुपर्नेमा मन्त्री बडूले जोड दिनुभयो । राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गर्नुभयो । नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न बङ्गलादेश सरकार तत्पर रहेको राजदूत चौधरीले बताउनुभयो । गत वर्ष सम्पन्न राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनबारे चासो राख्नुहुँदै राजदूत चौधरीले ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बङ्गलादेशले नेपालमा लगानी गर्न चाहेको जानकारी दिनुभयो । भेटमा नेपाली वस्तु निर्यातमा बङ्गलादेशले लगाइरहेको अतिरिक्त शुल्क हटाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बङ्गलादेशले भन्सारबाहेकका थप शुल्क लगाइरहेका कारण नेपाली वस्तु निर्यातमा समस्या हुने गरेको छ । सो अवसरमा ऊर्जा, कृषि, पर्यटन, व्यापारलगायतका विषयमा द्विपक्षीय सहयोग गर्ने र वस्तु तथा सेवाको निर्यातमा सहजीकरण गर्ने विषयमा छलफल भएको थियो । नेपालबाट जडीबुटी, तेल, दाल, अदुवा, अम्रिसोलगायतका कृषिजन्य वस्तु बङ्गलादेश निर्यात हुने गर्छ । बङ्गलादेशबाट खानेतेल, आलु, जुट, लिड एसिड, कपालमा लगाउने तेललगायतका सामान आयात हुने गरेका छन् । चालू आर्थिक वर्षको नौ महिनामा बङ्गलादेशबाट नौ अर्ब ६० करोड ४८ लाख २३ हजार रुपियाँको आयात भएको छ भने निर्यात ५० करोड २९ लाख ४८ हजार रुपियाँ बराबरको छ । | News | 41,133 |
किन आममाफी चाहँदैनन् नेपाली कामदार | दुई महिनाअघि मलेशियाबाट नेपाल फर्किएका गोरखाका शेखर पाण्डे केही वर्षदेखि गैरकानुनी हैसियतमा बसेर सुरक्षा गार्डका रूपमा काम गरिरहेका थिए। | https://www.bbc.com/nepali/news-45553619 | मलेसियाले त्यस्ता कामदारलाई स्वदेश फर्कन दिएको अवसरलाई उपयोग गर्दै नेपाल आएका पाण्डेसँगै गैरकानुनी रूपमा कार्यरत कतिपय नेपाली भने अझै उतै छन्। आफूसँगै काम गर्ने करिब दुई सय गैरकानुनी नेपाली कामदारमध्ये आधाभन्दा केही बढीले मात्र आममाफीको उपयोग गरेर स्वदेश फर्किएको उनी बताउँछन्। गैरकानुनी भएपनि कतिपय कामदारले आममाफी उपयोग नगर्नुका विभिन्न कारण रहेको उनी बताउँछन्। ऋण उनले भने, "भर्खर गएकाहरू कमाइ नभएपछि कम्पनी छाडेको दुई/तीन महिनामा नै नेपाल फर्कने अवस्था छैन। यता आए ऋण धेरै छ, साहुले टेन्सन दिन्छ भन्नेहरू छन्। उनीहरू फर्कन चाहन्छन् तर आर्थिक कारणले गर्दा सक्दैनन्।" गत अगस्टमा अवधि सकिएको उक्त आममाफीका समयमा नेपाल फर्कन चाहने कामदारले फेरि मलेशिया जान नपाउने गरी एकतर्फी स्वदेश फिर्तीको अवसर पाएका थिए। सुरुमा एउटा कम्पनीमा काम गर्नका लागि गएका र पछि त्यो कम्पनी छाडेर गैरकानुनी बनेका कतिपय कामदारहरूले उक्त आममाफी उपयोग नगर्दा अझैपनि ठूलो संख्यामा नेपाली गैरकानुनी रूपमा रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्। मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल भन्छन्, "अझैपनि अवैधानिक भएर बसेका मान्छेहरूको संख्याहरू ५०-६० हजारभन्दा पनि बढी हुनसक्छ। कतिपय कामहरूमा अवैधानिक भएपनि सन्तुष्ट भएर नै बसेका छन्। समस्या परेपछि मात्र बाहिर आउँछन्।" बिचौलिया दूतावासका अधिकारी र कामदारका अनुसार गैरकानुनी रूपमा कार्यरत नेपालीहरूलाई कतिपय रोजगारदाताले समेत आममाफीमा सहभागी नहुन प्रेरित गर्ने गर्छन्। गैरकानुनी कामदारलाई केही सस्तोमा काम गराउन पाइने भएकाले उनीहरूले त्यस्तो गर्ने गरेको बताइन्छ। त्यसका लागि केही नेपाली बिचौलिया समेत सक्रिय रहेको नेपाल फर्किएका कामदारहरू बताउँछन्। मलेशियाले जस्तै खाडी मुलुकहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) लगायतले पनि बेलाबखत गैरकानुनी कामदारलाई यस्तै अवसर दिँदै आएका छन्। अनिच्छा तर, ती मुलुकहरूमा कार्यरत कतिपय नेपाली कामदार यस्ता अवसरमा सहभागी हुन अनिच्छुक देखिन्छन्। गत अगस्ट १ तारिखदेखि तीन महिनाका लागि युएईले पनि गैरकानुनी कामदारलाई त्यस्तैखाले आममाफीको अवसर दिएको छ। त्यस अवसरमा कम्पनी परिवर्तन गरेर वा भिसा अवधि सकिएर गैरकानुनी बनेकाहरू सहभागी हुनसक्ने छन्। तर, कतिपय नेपालीहरूले त्यसलाई बेवास्ता गरिरहेको त्यहाँस्थित दूतावासका अधिकारीहरू बताउँछन्। कारण आममाफीमा सहभागी भई गैरकानुनी कामदारले आफूलाई कानुनी बनाउन वा स्वदेश फर्कन सक्छन्। तर, आममाफीलाई उपयोग गर्न चाहनेमध्ये अधिकांशले स्वदेश फर्कने विकल्पलाई नरोजेको युएईस्थित कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुँयालले बताए। उनले भने, "यहाँको रहनसहन र सिस्टमहरू सबै थाहा भइसकेको अवस्था हुँदा र कतिपयको रोजगारदाताहरू र कम्पनीहरूसँग पनि पहुँच भइराख्ने हुदा वैध बनेर बस्न खोजेको नै देखिन्छ।" उक्त अवसर उपयोग गरि गैरकानुनी कामदारले काम खोज्नका लागि ६ महिने भिसा लिन वा फेरि युएई फर्कन रोक नलाग्ने गरि स्वदेश फर्कन पाउँने बताइन्छ। बेवास्ता करिब डेढ वर्षअघि साउदी अरेबियाले दिएको यस्तै आममाफीमा पनि सबै गैरकानुनी नेपाली कामदार सहभागी नभएको बताइन्छ। त्यसका कारण अझै पनि साउदी अरेबियामा गैरकानुनी नेपाली कामदार रहिरहेको अधिकारीहरू बताउँछन्। खाडी मुलुकमा नेपाली कामदारको सबैभन्दा आकर्षक गन्तव्य मानिएको कतारमा पनि दुई वर्षअघि यस्तै आममाफी दिइएको थियो। त्यसबेला पनि कतिपय नेपालीहरूले उक्त अवसरलाई सदुपयोग नगरेको त्यहाँस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्। नयाँ व्यवस्था हालै कतार सरकारले विदेशी कामदारले लिनुपर्ने अनिवार्य अनुमतिको व्यवस्था हटाउने निर्णय गरेको छ। कार्यान्वयन भइनसकेको उक्त व्यवस्थाले गैरकानुनी हैसियतमा बसेका नेपालीहरूलाई मद्दत पुग्ने बताइएका बेला कतिपय नेपालीले भने त्यसलाई पनि उपयोग नगर्ने सम्भावना रहेको त्यहाँस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरू बताउँछन्। त्यसको कारणबारे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका द्वितीय उपाध्यक्ष एवम् श्रमिक विभागका संयोजक सुदर्शन भट्ट भन्छन्, "सबै व्यक्तिहरू सञ्चारमाध्यमबाट नजिक त्यसपछि दूतावासबाट र पत्रपत्रिकाबाट नजिक हुने सम्भावना कमै हुन्छ। भागेर साइट तिर गएर काम गर्ने, बिहान र दिउँसो ड्यूटी गर्ने अनि बेलुका आएर सुत्ने मात्र काम गर्नेलाई कहिले खुल्यो, कति खुल्यो भन्ने जानकारी नभएर नै त्यस्तो सम्भावना छ।" अधिकारीहरूका अनुसार हाल कतारमा तीन लाख ७५ हजार भन्दा बढी नेपाली कामदारहरू रहेको औपचारिक तथ्याङ्क छ। तर, अवैध रूपमा कार्यरत रहेकाहरू सो तथ्याङ्कमा नसमेटिएकाले साढे चार लाखदेखि पाँच लाख हाराहारीमा नेपाली कामदार हुनसक्ने कतारमा रहेका गैरआवासीय नेपालीहरू बताउँछन्। वैदेशिक रोजगारीमा जानका लागि गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएकाको तथ्याङ्क हेर्ने हो भने दैनिक एक हजार ६ सय भन्दा बढीको संख्यामा नेपाली कामादार विदेश गएका थिए। त्यसमध्ये कतार मलेसिया र साउदी अरेबियामा मात्र आधाभन्दा बढी कामदार गएका थिए। | Others | 68,543 |
नेपालगञ्ज आर्थिक विकास रणनीतिको मस्यौदा तयार | नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ । | https://gorkhapatraonline.com/news/56360 | नेपालगञ्ज समाचारदातानेपालगञ्ज, फागुन २१ गते । नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको यो रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयोे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने जनाउँदै उहाँले स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनको महत्वाकाङ्क्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताउनुभयो । सो आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका निर्वाह गर्ने उद्योगी व्यवसायीले जनाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले यो रणनीतिले स्थानीयस्तरमा आर्थिक विकास र समृद्धिको नारालाई साकार पार्ने बताउनुभयो । | News | 38,837 |
दार्चुला: विद्यालयमा मोबाइल फोन प्रतिबन्ध किन | नेपालभरि इन्टर्नेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत् इन्टर्नेट चलाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ। | https://www.bbc.com/nepali/news-45124268 | त्यसरी मोबाइल चलाउनेमा विद्यालयका विद्यार्थीदेखि जागिरेसम्म छन्। सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ। विद्यार्थीले मोबाइल धेरै हेर्न थालेको भन्दै दार्चुलास्थित महेन्द्र नमुना माध्यामिक विद्यालयले मोबाइलको फोन प्रयोगमाथि प्रतिबन्ध लगाएको छ। विद्यालय सञ्चालन भइरहँदा पनि विद्यार्थीहरू फोनमै व्यस्त हुन थालेको भन्दै उक्त विद्यालयले आफ्नो परिसरभित्र मोबाइल फोनको प्रयोगलाई निषेध गरेको हो। निषेध शिशु कक्षादेखि १२ कक्षासम्म १८ सय विद्यार्थी रहेको उक्त विद्यालय परिसरमा सम्पूर्ण विद्यार्थीहरूलाई मोबाइल फोन निषेध गरिएको छ। त्यस्तो प्रतिबन्ध विद्यार्थीलाई मात्रै नभई शिक्षकहरूलाई समेत लगाइएको उक्त विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए। उनले भने, "शिक्षकहरूले पढाउँदै गरेको बेला विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गर्ने, फोन चलाउँदै बस्ने जस्ता गतिविधिहरू गरेपछि त्यसले नतिजा पनि अपेक्षाकृत नआउने जस्तो देखियो।" हातहातमा अहिले मोबाइल फोन देखिन थालेको छ। मोबाइलमा इन्टर्नेट समेत उपलब्ध हुन थालेकोले अहिले विश्वका खबरहरू हत्केलामै हेर्न, पढ्न र सुन्न सकिन्छ। तर विद्यार्थीले फोनलाई खालि फोटो खिच्ने र सामाजिक सञ्जाल चलाउन प्रयोग गर्ने गरेको पाइएपछि मोबाइलको प्रयोग निषेध गरिएको विद्यालयले जनाएको छ। ध्यान कक्षा १० मा अध्ययनरत छात्र शङ्कर सिंह बोहोराले विद्यालयमा मोबाइल फोनको गलत प्रयोग भएको पाइएपछि शिक्षक र विद्यार्थी दुवैलाई विद्यालय परिसरमा मोबाइलको प्रयोगमाथि प्रतिबन्ध लगाइएको बताए। सञ्चारको प्रयोगले कामकाजलाई छिटोछरितो तथा प्रभावकारी बनाउने भए पनि पछिल्लो समय भने धेरै मानिसलाई मोबाइल हेरिरहने लत लागेको छ। त्यसबाट कलिला विद्यार्थीहरू अछुतो छैनन्। कक्षा १० मै अध्ययनरत छात्रा माया जोशीले भनिन्, "अहिले मोबाइल फोनमा प्रतिबन्ध लगाइएपछि कक्षामा धेरै होहल्ला हुँदैन र हामी विद्यार्थीले पनि ध्यान पढाइमा केन्द्रित गर्ने गरेका छौँ।" केही समयपहिले विद्यालयले विद्यार्थीको पढाइमा सहज होस् र विद्यार्थी पनि केही सिकून् भन्ने सोचका साथ नि:शुल्क इन्टर्नेट जडान गरेको थियो। तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थाले। त्यसपछि विद्यालयले मोबाइल फोनको प्रयोगमा बन्देज लगाइदिएको हो। विमानभित्र मोबाइल फोनमा आगो … नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ। तिनमध्ये झन्डै डेढ करोड फोनबाट इन्टर्नेट प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँछ। | Others | 68,884 |
यश कुमारको ‘गल्ली’ सार्वजनिक | गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा यश कुमारकै आवाज छ भने उहाँलाई मेचु धिमालले साथ दिनुभएको छ। | https://gorkhapatraonline.com/news/53244 | काठमाडौँ, माघ २१ गते । गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा यश कुमारकै आवाज छ भने उहाँलाई मेचु धिमालले साथ दिनुभएको छ। गीतमा सङ्गीत तथा शब्दरचना गायक स्वयंकै रहेको छ। गीतको भिडियोमा यश कुमार, रेश्मा घिमिरे, उषा बराइली र राजेश घतानी फिचर्ड हुनुहुन्छ। गीत हरि हुमागाईंले खिच्नुभएको हो भने निर्देशन निकेश खड्काले गर्नुभएको छ। | News | 44,675 |
एनआरटीमाथि संकटा विजयी | संकटाले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा आफ्नो पारम्परिक प्रतिद्वन्द्वी एनआरटीलाई बुधबार २–१ ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाका लागि जुनियनर एनकेनगुए र मनीष डाँगीले गोल गरे । | https://ekantipur.com/sports/2023/04/12/168129693774147721.html | काठमाडौँ — संकटाले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा आफ्नो पारम्परिक प्रतिद्वन्द्वी एनआरटीलाई बुधबार २–१ ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाका लागि जुनियनर एनकेनगुए र मनीष डाँगीले गोल गरे ।एनआरटीका तर्फबाट निकोलस संगले १ गोल फर्काए । यो जितपछि संकटाको १२ अंक भएको छ भने एनआरटी ६ अंकमै सीमित रह्यो । बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफलाई ५–३ ले हरायो । च्यासल मैदानमा भएको खेलमा सत्यम शर्माले २ गोल गरे भने सुदीप श्रेष्ठ, अबायोमी फाकुल्ने र विश्वास श्रेष्ठले १/१ गोल गरे । यस्तै एपीएफका तर्फबाट आरमन्ड बियोङ, सनिश श्रेष्ठ र प्रदीप लामाले १/१ गोल गरे ।यो जितपछि हिमालयनको ९ अंक भएको छ भने एपीएफ ११ अंकमै कायम रह्यो । | Sports | 17,735 |
माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायसँग छलफल | माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ। | https://gorkhapatraonline.com/news/67010 | काठमाडौं, जेठ २५ गते। माथिल्लो अरुण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ। १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैङ्क, एसियाली विकास बैङ्क, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैङ्क, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेनको पनि सहभागिता रहेको थियो। छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैङ्कले माथिल्लो अरुणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो। ‘‘हामीले अरुण तेस्रोमा नै विश्व बैङ्कको लगानी चाहेका थियौँ। विश्व बैङ्क पनि लगानी गर्न तयार थियो। तर विविध कारणले अरुण तेस्रोमा लगानी हुन सकेन’’, डा. महतले भन्नुभयो, ‘‘अहिले माथिल्लो अरुणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’’मन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैङ्कले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गर्नुभयो। ‘‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ’’, मन्त्री महतले भन्नुभयो, ‘‘त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ। प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ। हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौँ।’’छलफलमा ऊर्जामन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गर्नुभएको थियो। छलफलमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिले माथिल्लो अरुण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो। जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो। अपर जलविद्युत आयोजनाले गरेको अध्ययन अनुसार परियोजनाको काम सम्पन्न गर्न एक अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये ८५ करोड डलर आन्तरिक श्रोतबाट जुटाउने योजना रहेको छ। परियोजना निर्माणका लागि गर्नु पर्ने पूर्व तयारीका जग्गा अधिग्रहण, रूख कटान लगायतका धेरैजसो काम सम्पन्न भइसकेका छन्। सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरु गर्ने ढङ्गले काम अगाडि बढिरहेको छ। अब प्रत्येक इच्छुक दातृपक्षसँग वित्तीय योजना र ऋणका सर्त तथा ब्याजदरको बारेमा आन्तरिक छलफल गर्ने तयारी छ। | News | 37,797 |
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित | प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । | https://ekantipur.com/sports/2022/01/17/164240466057114388.html | काठमाडौँ — प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले दुई–दुई तथा करण केसी र सागर ढकालले एक–एक विकेट लिए । जीतसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चारवटै खेलमा जित निकाल्दै पुलिसले आठ अंक जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अंक जोडेको छ । आर्मीले दुई खेलमा जीत तथा एउटामा प्रदेश १ सँग अंक बाँडेको थियो । आर्मी सो समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश नं १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् । | Sports | 21,400 |
मत्सरीमा चैतेनवरात्राको अवसरमा हरिवंशपुराण वाचन | चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ । | https://gorkhapatraonline.com/news/103791 | सञ्जय कुमार मिश्र गौर, वैशाख २ गते । चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ । वर्षमा चार पटक मनाइने नवरात्रामध्ये सबैभन्दा प्रमुख शारदीय नवरात्रा असोज महिनामा तथा त्यसपछि चैत महिनामा वसन्त नवरात्राको आइतबार सातौँ दिन जिल्लास्थित शक्तिपिठहरुमा श्रद्धा एवम् भव्यताका साथ पूजापाठ गरी मनाइँदै छ ।रौतहट जिल्लाकै प्रसिद्ध एवम् एक सय वर्ष पुरानो दुर्गाभगवती गाउँपालिका मत्सरीस्थित दुर्गा मन्दिरमा प्रत्येक वर्षको भाँती यस वर्ष पनि वैदिक रीतिरिवाज अनुसार हरिवंश पुराण वाचन एवम् पूजा ,पाठ ,जप ,भजन कीर्तन भइरहेको दुर्गा पूजा समिति मत्सरीले जनाएको छ ।हरिवंश पुराण नियम तथा श्रद्धापूर्वक श्रवण गर्नाले वंशवृद्धिसँगै मनवान्सित फल पाउने धार्मिक मान्यता रहेको कथावाचक ओमप्रकाश मिश्रले बताउनुभयो । चैतेनवरात्राको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैँठो दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आँठौ दिन महागौरी तथा नवौँ दिन सिद्धीरात्री स्वरूप दुर्गाभगवतीको पूजापाठ गरिने दुर्गा मन्दिर मत्सरीका मूल पुरोहित पवन झाले बताउनुभयो । उहाँले माता दुर्गाभगवतीको नियम निष्ठा तथा विधिविधान पूर्वकले पूजा पाठ गर्नाले रोग दुःख, कष्ट, दारिद्रयबाट मनुष्य मुक्ति पाइ परिवारमा सुख, शान्ति तथा स्मृद्धिसँगै मनवान्सित फल पाउने समेत जानकारी दिनुभयो ।मत्सरी दुर्गामन्दिरमा दैनिक पूजा पाठसँगै दिनहुँ सन्ध्या आरती तथा भजन कीर्तन हुने गरेको जानकारी दिँदै अध्यक्ष झाले नवरात्राको समयमा अहिले दैनिक ११जना विद्धान पण्डितहरू द्वारा पूजापाठ तथा जप भइरहेका दुर्गा पूजा समिति मत्सरीका अध्यक्ष अभिषेक झा (बब्लु ) ले बताउनुभयो ।वैदिक रीतिरिवाज अनुसार पूर्ण विधि विधानले पूजापाठ हुने मत्सरी दुर्गा मन्दिरमा नवारत्रा लगायत अन्य दिन पनि जिल्ला लगायत आसपासका क्षेत्रसँगै सीमावर्ती भारतबाट भक्तजन पूजापाठका लागि आउने गरेको बताइएको छ । यसैगरी चैतेनवरात्राको अवसरमा जिल्लाको मत्सरी, गौर, राजदेवी, गरुडा, कटहरिया, शिवनगर, पचरुखी लगायत विभिन्न गाउँमा स्थित दुर्गा मन्दिर तथा शक्ति पीठहरूमा पूजा पाठ तथा दर्शन गर्ने भक्तजनहरूको भिडभाड बढ्दै गएको हो । | News | 31,974 |
नडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन | स्पेनका राफेल नडालले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा ६–०, ६–२, ७–५ ले हराएर आइतबार फ्रेन्च ओपन जितेका छन् । | https://ekantipur.com/sports/2020/10/11/16024325413986900.html | पेरिस — स्पेनका राफेल नडालले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा ६–०, ६–२, ७–५ ले हराएर आइतबार फ्रेन्च ओपन जितेका छन् ।योसँगै उनले २० औं ग्रान्ड स्लाम उपाधि हात पारेर सर्वाधिक जितको कीर्तिमानसँग बराबरी गरेका छन् । नडालले रोलान्ड ग्यारोसमा १३ औं पल्ट च्याम्पियन बनेर आफ्नै कीर्तिमानमा पनि सुधार गरे ।विश्व नम्बर दुई स्पेनी खेलाडी नडालले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितको कीर्तिमान स्विट्जरल्यान्डका रोजेर फेडेररसँग बराबरी गरेका हुन् । सुरुदेखि आक्रामक देखिएका नडालले सर्बियाली जोकोभिचलाई निर्ममतापूर्वक हराए । त्यस क्रममा खाली दुई ‘अनावश्यक गल्ती’ मात्र गरे । रोलान्ड ग्यारोसको छाना छाइएको कोर्टमा नडालले दोस्रो सेट पनि सजिलै हात पारे ।आफ्नो १८ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा रहेका जोकोभिचले तेस्रो सेटमा भने कडा चुनौती पेस गरे र त्यसमा ३–३ मा सर्भिस ब्रेक गरे । तर ११ औं गेम ‘डबल फल्ट’ मा गुमाए । त्यसयता तेस्रो सेट आफ्नो नाममा लेखाएर नडालले रोलान्ड ग्यारोसमा आफ्नो सयौं जित पनि आत्मसात् गरे । नडालले जोकोभिचविरुद्ध फ्रेन्च ओपनको तीन फाइनलमा खेलेका छन् । उनी सबैमा विजयी रहे ।फाइनलपछि नडालले भने, ‘जोकोभिचका लागि यसपल्टको फ्रेन्च ओपन पनि राम्रो रह्यो, तर आजको खेल भने मेरो पक्षमा रह्यो । यसका लागि म उनीसँग माफी माग्न चाहन्छु । सन् २०१९ को अस्ट्रेलियन ओपनको फाइनलमा उनले मलाई आजको जस्तै नराम्रोसँग हराएका थिए । हामीले एकापसमा धेरैपल्ट खेलेका छौं, कहिलेकाहीं उनी जित्छन्, कहिलकाहीं म जित्छु ।’सन् २०१६ मा अस्ट्रेलियन ओपन फाइनलमा स्टान वावरिन्काविरुद्ध पराजित रहेयता जोकोभिचले लगातार ग्रान्ड स्लाम उपाधि जितेका थिए, तर अहिलेको फ्रेन्च ओपन फाइनल हारपछि यसमा पूर्णविराम लागेको छ । ‘क्ले कोर्ट’ का राजा मानिने नडालले कोभिड–१९ भाइरस संक्रमणको महामारीबीच भएको फ्रेन्च ओपन पनि दोहोर्याएर जिते । यसपल्ट स्टेडियमको नयाँ रूप र छानाले पनि उनको खेल प्रभावित रहेन ।फाइनल खेल्ने क्रममा ३४ वर्षीय नडालले आफ्नो मनमा फेडेररको नाममा रहेको कीर्तिमान बराबरी गर्ने उद्देश्य भने नरहेको बताए । उनले भने, ‘मेरो लागि फ्रेन्च ओपन जित्नु नै सबथोक हो । मैले २० औं ग्रान्ड स्लाम उपाधि जितेर फेडेररको कीर्तिमान बराबरी गर्नेबारे सोचिनँ । मेरा लागि त यो एक अर्को फ्रेन्च ओपन उपाधिको जित हो र यो नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण हो ।’ उनले थपे, ‘म यो पेरिस सहरलाई खुबै मन पराउँछु । मेरो लागि यो कोर्ट कहिले बिर्सन नसकिने स्थान हो ।’ यो हारले जोकोभिच भने १७ ग्रान्ड स्लाम उपाधिमै सीमित रहे । उनले खेलपछि भने, ‘सबैभन्दा पहिलो त नडाल, उनको टिम र परिवारलाई हृदयदेखि बधाई दिन चाहन्छु । नडालले आजको खेलबाट फेरि प्रमाणित गरेका छन्, किन उनी क्ले कोर्टका राजा हुन् भनेर ।’‘मैले क्ले कोर्टमा नडाल कति धेरै राम्रो खेल्छन् भनेर अनुभव गरिसकेको छु । आजको खेल जसरी अगाडि बढ्यो, त्यसमा म पक्कै पनि खुसी छैन । आजको दिन एक उत्कृष्ट खेलाडीले मलाई नराम्रोसँग हराएको क्षण हो । पूरा प्रतियोगिता भने मेरा लागि मात्र होइन, सबैका लागि सुखद रह्यो, किनभने अहिलेको स्थितिमा खेल्न पाउनु नै ठूलो हो, सबैका लागि अहिलेका दिनहरू सजिलो रहेको छैन ।’ | Sports | 24,421 |
साउथह्याम्पटनमाथि लिड्सको प्रभावशाली जित | प्याट्रिक बामफोर्डले गरेको सिजनको १३औं व्यक्तिगत गोलमा लिड्स युनाइटेडले मंगलबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई ३–० ले हराएको छ । लगातार दुई खेलमा हारपछि लिड्सले यो प्रभावशाली जित निकालेको हो । | https://ekantipur.com/sports/2021/02/24/1614129819179341.html | लन्डन — प्याट्रिक बामफोर्डले गरेको सिजनको १३औं व्यक्तिगत गोलमा लिड्स युनाइटेडले मंगलबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई ३–० ले हराएको छ । लगातार दुई खेलमा हारपछि लिड्सले यो प्रभावशाली जित निकालेको हो ।साउथह्याम्पटन पनि खराब लयमा छ । उसले पछिल्ला आठ खेल कुनैमा जित निकाल्न सकेको छैन । लिड्सको जितमा भने स्टुवार्ट डलास र राफिन्हाले गोल गरे । यो जितपछि लिड्स ३५ अंकसहित फेरि शीर्ष दसमा प्रवेश गर्न सफल भएको छ । साउथह्याम्पटन भने ३० अंकसाथ १४औं स्थानमा छ । | Sports | 23,619 |
पुनः नामकरणको माग गर्दै प्रदर्शन | कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो । | https://gorkhapatraonline.com/news/98197 | गोरखापत्र अनलाइनकाठमाडौं, फागुन १७ गते । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो । आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले काठमाडौँको तीनकुनेमा आज विरोध प्रदर्शनसहित सभा गरेको हो ।नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति लगायतका सङ्घ संस्थाहरूले विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेका छन् । प्रदर्शनका क्रममा कालो झण्डासहित प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर लगायतका नारा लगाएका थिए ।२०७९ फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुईतिहाई बहुमतले पारित गरेको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरहरूले विरोधस्वरुप आन्दोलन गर्दैआएका छन् ।त्यसअवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुनः नामाङ्कन गरिने दाबी गर्नुभयो । गत वर्ष फागुन १७ गते १ नम्बर प्रदेश सभाले पहिचानलाई नामेट पारेर कोशी नाम राखिएको थियो । त्यसैको विरोध स्वरूप विगत एक वर्षदेखि हामीले पहिचानको पक्षमा कोशी नाम खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छौँ, उहाँले भन्नुभयो ।नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व उपाध्यक्ष गोविन्द छन्त्याल, पूर्व महासचिव आङकाजी शेर्पा, आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष जनक राई, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुहाङ, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल मगर सङ्घका सल्लाहकार चन्द्रबहादुर श्रीसमगर, पहिचानका लागि युवा दस्ताका सहकमाण्डर बिराज राई, नेपाल आदिवासी जनजाति युवा महासङ्घका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेल लगायतले सभालाई सम्बोधन गर्नुभएको थियो। | News | 51,511 |
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा | राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । | https://ekantipur.com/news/2024/03/20/all-preparation-for-see-exam-complete-54-55.html | भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।फाइल तस्बिरचैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए । 'प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ,' उनले भने ।परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए । उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ ।परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अंक र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए ।परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । | News | 4,749 |
गोलियाबाट पाँच करोड राजस्व सङ्कलन | ताप्लेजुङमा गोलिया उत्पादन तथा निकासीबाट पाँच करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो डेढ वर्षको अवधिमा गोलिया उत्पादन (कटान) र निकासीबाट मात्र जिल्लामा उक्त राजस्व रकम सङ्कलन भएको हो। | https://gorkhapatraonline.com/news/50038 | चन्द्र पन्दाकताप्लेजुङ, पुस २० गते। ताप्लेजुङमा गोलिया उत्पादन तथा निकासीबाट पाँच करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो डेढ वर्षको अवधिमा गोलिया उत्पादन (कटान) र निकासीबाट मात्र जिल्लामा उक्त राजस्व रकम सङ्कलन भएको हो।डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को मङ्सिर मसान्त सम्ममा गोलियाबाट एक करोड ५५ लाख ९३ हजार ७५ रुपियाँ राजस्व सङ्कलन भएको छ। चालू आवको मङ्सिर मसान्त सम्ममा तीन लाख ७६ हजार ७०९ क्युफिट काठ उत्पादन तथा निकासी भएको छ। उक्त परिमाणमा निकासी भएको काठबाट मूल्य अभिवृद्धि करबापत एक करोड ४८ लाख ३९ हजार ६५७ रुपियाँ राजस्व सङ्कलन भएको छ। यस्तै प्रदेश सेवा शुल्कबापत सात लाख ५३ हजार ४१८ रुपियाँ राजस्व रकम सङ्कलन भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिनुभयो।गत आर्थिक वर्ष २०७०/७९ मा गोलिया उत्पादन तथा निकासीबाट कुल तीन करोड ५१ लाख ४४६ रुपियाँ राजस्व सङ्कलन भएको छ। सो वर्ष मूल्य अभिवृद्धि करबापत तीन करोड ३१ लाख ६१ हजार २६८ रुपियाँ र प्रदेश सेवा शुल्कबापत १९ लाख ३९ हजार १७८ रुपियाँ राजस्व सङ्कलन भएको छ। उता अवैध रुपमा काठ कटान तथा निकासीबाट जरिवानाबापत करिव १५ लाख रुपियाँ जति राजस्व सङ्कलन भएको सहायक वन अधिकृत शाहले जानकारी दिनुभयो।गत आवमा अवैध रुख कटान तथा निकासीसम्बन्धी एउटा मुद्दाको कारबाही प्रक्रिया चलेको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यसवर्ष पनि हालसम्म अवैध काठ निकासीसम्बन्धी एउटा मुद्दाको कारबाही प्रक्रिया चलिरहेको छ। बिना अनुमति (पूर्जी) अवैध रुपमा दुईवटा ट्रयाक्टरमा निकासी हुँदै गरेको ३०१ क्युफिट उत्तिसको काठ नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत शाहले जानकारी दिनुभयो। ताप्लेजुङबाट अधिकांश उत्तिस प्रजातिको काठ कटान तथा निकासी हुने गरेको डिभिजन वन कार्यालयका सहायक युवराज पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार उत्तिस पछि मलातो र पात्ले कटुस प्रजातिको काठ निकासी हुने गरेको छ। चिलाउने र सल्ला प्रजातिको काठ पनि सीमित रुपमा कटान तथा निकासी हुने गरेको उहाँले बताउनुभयो। | News | 39,491 |
विमला र पुनमलाई कांस्य | नेपाली महिला बक्सरद्वय विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा कांस्य पदकमै सीमित भएका छन् । | https://ekantipur.com/sports/2018/02/01/20180201072150.html | काठमाडौँ — नेपाली महिला बक्सरद्वय विमला श्रेष्ठ र पुनम रावल इन्डियन ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा कांस्य पदकमै सीमित भएका छन् । भारतको नयाँ दिल्लीमा त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भइरहेको च्याम्पियनसिपमा बुधबार विमला र पुनम सेमिफाइनलमा घरेलु प्रतिद्वन्द्वीसँग पराजित भएका थिए ।५४ केजी तौल समूहकी विमला वेन्टमवेटमा भारतकी मनिषासँग अंकका आधारमा ५–० ले पराजित भइन् । यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससीका आधारमा हराएकी थिइन् । ६४ केजी तौल समूहकी पुनम पनि भारतकी बसुमाटरी विप्लाओसँग ५–० अंककै आधारमा पराजित भइन् । पुनमले ताजकिस्तानकी खोलोभा इडिमोखलाई अंकका आधारमा हराएकी थिइन् । पुनम र विमला दुवैको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । २३ राष्ट्रसम्मलित प्रतियोगितामा नेपालबाट ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता भाग लिएका थिए । पुरुषतर्फ दुई खेलाडीले क्वाटरफाइनलसम्म पुग्दा चार खेलाडी पहिलो चरणबाटै बाहिरिए । पुनम र विमलाबाहेक महिलातर्फ एक खेलाडी क्वाटरफाइनल र तीन खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए । | Sports | 30,172 |
ललितपुर नमुना महानगरपालिका हाे: प्रधानमन्त्री देउवा | प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/48186 | गाेरखापत्र अनलाइनललितपुर, पुस २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार यहाँस्थित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जबाफदेही हुनुपर्ने प्रष्टयाउनुभयाे । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गर्नुभयो ।उहाँले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरूसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन् । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव हुन । यस महत्त्वपूर्ण निधि र सम्पदाको संरक्षण गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रूपमा विकास गर्न जनप्रतिनिधि र महानगरवासीले एकआपसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक छ ।’प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्राचीन सभ्यता र संस्कृतिलाई यथावत् संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचीन र आधुनिक सहरको रूपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन । भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ । यहाँ भएको कामले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रियस्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनुभएको छ ।’त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षणको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । | News | 59,747 |
सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म | सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । | https://ekantipur.com/world/2024/06/14/on-this-day-in-1946-trump-was-born-27-59.html | काठमाडौँ — सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।ट्रम्प २०१६ नोभेम्बरमा ८ मा भएको निर्वाचनमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्रेटिक दलकी उम्मेदवार पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।राष्ट्रपति बन्नुअघि ट्रम्पले अर्बपति व्यापारीको परिचय बनाएका थिए । १९६८ मा युनिभर्सिटी अफ पेन्सलभेनियाबाट अर्थशास्त्रमा स्नातक गरेका ट्रम्पका पिता रियल इस्टेट व्यवसायी थिए । उनले १९७१ मा ट्रम्पलाई ‘रियल स्टेट व्यवसायको राष्ट्रपति’ नाम दिएका थिए ।बाबुको व्यवसाय सम्हालेपछि ट्रम्पले त्यसलाई ‘ट्रम्प अर्गनाइजेसन’ नाम दिए र ठुल्ठूला भवन निर्माण, होटल, क्यासिनो, गल्फ कोर्सलगायतमा विस्तार गरे । व्यवसायमा घाटा व्यहोरेका ट्रम्प टेलिभिजन सिरिज ‘द एप्रेन्टिस’ बाट निकै चर्चित बने । त्यसपछि रिपब्लिकन दलबाट राजनीतिमा प्रवेश गरेका ट्रम्प २०१६ मा राष्ट्रपति निर्वाचित भएका हुन् ।दोस्रो कार्यकालका ताकेका ट्रम्प २०२० को निर्वाचनमा भने वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवारी दिँदै छन् । | World | 11,629 |
कलाकार घिमिरे दुर्घटनामा परी घाइते | कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कूलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घासको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो । | https://gorkhapatraonline.com/news/83299 | रमेश पौडेलपोखरा, कात्तिक १० गते । कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो । उहाँका साथी प्रेम शेरचन सँगै रहनुभएकाले तत्काल उद्धार गर्न खोजिए पनि झाडी फाडेर घाइते घिमिरेलाई अस्पताल लग्न २ घण्टाभन्दा बढी समय लागेको थियो । अहिले उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आइसियूमा राखिएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । उहाँको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उहाँ अझै अचेत अवस्थामा रहेको बताइएको छ । रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौँ लैजान निकै कठिन भएको उहाँका आफन्त गोविन्द पौडेलले जानकारी दिनुभयो । दसैको बेला बिदामा बसेका सिनियर चिकित्सकलाई तत्काल सहभागी गराई उपचार सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था स्थिर रहेको जनाइएको छ । उहाँको फिल्म पशुपतिप्रसाद २ भष्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेका छन् । नाटक प्रहसन सुरु भएको उहाँको कलाकारिता टेलिसिरियल दलन हुँदै दर्जनौँ फिल्म अभिनय गरिसक्नुभएको छ । | News | 53,044 |
निफेस्टको पाँचौ दिन, उरुग्वेको नाटक देखाइने | नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) ले सहकार्य गरेको कुञ्ज थिएटरमा मंगलबार बिहान अमेरिकी अडियो नाटक 'ट्रि कन्फेसन'को जुम कक्षा सम्पन्न भएको छ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । | https://ekantipur.com/entertainment/2022/11/29/166970587111562894.html | काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) ले सहकार्य गरेको कुञ्ज थिएटरमा मंगलबार बिहान अमेरिकी अडियो नाटक 'ट्रि कन्फेसन'को जुम कक्षा सम्पन्न भएको छ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । यो नाटकमा दर्शक/श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् । त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक 'रियो' पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा समेटिएको छ । महोत्सवको चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति 'इम्ब्रिओनिक'को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ । केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु गर्छ । आज साँझ ७ बजे 'पाइतालाका यात्रा' शीर्षकमा नृत्यनाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर हिमाल हुँदै तराईसम्म सांस्कृतिक पहिचानसहितका नृत्य प्रस्तुत गरिनेछ । मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलले नृत्य पस्कनेछन् । 'सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को ट्याग बोकेर सुरु भएको महोत्सवमा यसअघि 'काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक' विषयमा अन्तरक्रिया सम्पन्न भयो । पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली अन्तरक्रियामा सहभागी थिए भने दमकका सिजन दाहालले सहजकर्ताको भुमिका निभाए । साथै केही समयअघि चर्चामा आएको 'खुवालुङः ढुंगाको बाटो' पनि मञ्चन भयो । 'अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने' भन्ने विषयमा पनि कार्यशाला भयो । मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ । | Entertainment | 7,873 |
एनिमेटेड चलचित्र सलीनाको टिजर सार्वजनिक | एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ । | https://gorkhapatraonline.com/news/72708 | काठमाडौं, साउन १२ गते । एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ । चलचित्र सलीनाको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको र यो चलचित्र नेपालकै पहिलो एनिमेटेड चलचित्र भएको चलचित्रका सम्पादक शिव पुरीले दाबी गर्नुभयो । उहाँले सलीना चलचित्र काल्पनिक लोककथामा बनेको जानकारी दिनुभयो । चलचित्रको निर्माण टिमले शुक्रबार विज्ञप्ति जारी गर्दै एनिमेसन चलचित्र सलीना पूर्णरुपमा नेपाली भाषामा तयार भएको जनाएको छ । यस चलचित्र हिन्दी र अङ्ग्रेजी संस्करणमा समेत निर्माण गरिएको बताइएको छ । सन् २०२३ भित्र सलीना सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको बताइएको छ । यस चलचित्रमा निर्देशन तेजस राज जोशीले गर्नुभएको छ भने निर्माता तेजस राज जोशी र श्रुति श्रेष्ठ हुनुहुन्छ । साथै यस चलचित्रलाई सम्पादक शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा सम्पादन गर्नुभएको छ । चलचित्र सम्पादक पुरीले यसअघि दर्जनौँ चलचित्रमा सम्पादन गरिसक्नुभएको छ । यस चलचित्रमा ग्राफिक्स कलाकारका रुपमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर हुनुहुन्छ । चलचित्र सलीनाले राजकुमारी शलिनाको कथा बताउँछ । उनी अरू पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसीलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडी बढ्छ । यो चलचित्रमा पार्श्व आवाज दिने कलाकारमा सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार हुनुहुन्छ । | News | 44,059 |
जमिन भासिँदा १७ घर उच्च जोखिममा | निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्ती भन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको कटारी नगरपालिका वडा नं १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । | https://gorkhapatraonline.com/news/17416 | गाईघाट, असार १६ गते । निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्तीभन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको कटारी नगरपालिका वडा नं १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।जमिन भासिँदा पहिरोको उच्च जोखिममा स्थानीयवासीहरु भूपेन्द्र बगाले थापा, केशव बस्नेत, लालबहादुर थापा, मानकुमारी कार्की, मीनबहादुर थापा, रमेश थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर उच्च जोखिममा परेको अध्यक्ष खड्काले बताउनुभयो ।तिल्केचौरको १७ घर रहेको बस्तीमाथि जताततै जमिन भासिएको छ त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मीनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर पूर्ण जोखिममा भएको उहाँको भनाइ छ । बस्तीभन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम उच्च रहेको उहाँको भनाइ छ । वर्षातको समयभन्दा अगाडि नै पानी परिरहेका कारण पहिरोको उच्च जोखिम बढेको हो । अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरको वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबासयोग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुनसकेको छैन । कोरोना कहरको कारण देखाएर नगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न नसकेको हो । | News | 62,644 |
दोहोर्याएर कोरिया जाने विषयमा सहमति | रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो । विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए । | https://gorkhapatraonline.com/news/72767 | काठमाडौँ, साउन १३ गते । रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो ।विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए । सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सिबिटी परीक्षासम्बन्धी सूचनाको आधारमा इपिएस कोरिया शाखा र कोरियाबाट फर्केका समूहबिच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सिबिटी परीक्षा फर्केकाका लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने छन् । कोरियाबाट फर्केका समूहले कार्यालयमा पेस गरेका मागलाई श्रम मन्त्रालय मार्फत कूटनीतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । सो शाखाका अनुसार चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केकाले सन् २०२२ मा पुनः परीक्षा दिएर उत्र्तीण भई कोरिया जान प्रतीक्षारत थिए । कोरियाबाट फर्किएर पुनः जानका लागि प्रतीक्षारतको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजार रहेको इपिएस कोरिया शाखाले जनाएको छ । | News | 54,688 |
नेपालले यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने | बंगलादेशसँग मिलेर नेपालले २०२७ को आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युवातर्फको सबैभन्दा ठूलो प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपाललाई पनि दिने निर्णय आइतबार गरेको हो । | https://ekantipur.com/sports/2022/11/14/166838873618577952.html | काठमाडौँ — बंगलादेशसँग मिलेर नेपालले २०२७ को आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युवातर्फको सबैभन्दा ठूलो प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपाललाई पनि दिने निर्णय आइतबार गरेको हो ।इंग्ल्यान्डको बर्मिङ्घममा गत जुलाईमा भएको आईसीसीको बोर्ड बैठकमा छलफल भएपछि नेपालले आयोजनाका लागि दाबी गरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बर्मिङ्घमको बैठकमा चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल सहभागी थिए । डेढ महिनाअघि गरिएको उक्त दाबीमा आईसीसी एसियाको टिमले सहयोग गरेको थियो । आईसीसीको निर्णयपछि अध्यक्ष चन्दले भने, ‘२०२७ को यू–१९ महिला विश्वकपमा बंगलादेश मुख्य आयोजक हो, नेपाल सहआयोजक ।’ उनका अनुसार नेपालमा यू–१९ महिला विश्वकपको एउटा समूहको खेल र सेमिफाइनल खेल हुनेछ । नेपालले आयोजना गर्ने विश्वकपका लागि दुई मैदान आवश्यक रहेको आईसीसीले जनाएको छ । ‘हामीले कीर्तिपुर, पोखरा, भैरहवा, चितवनको क्रिकेट मैदानलाई प्राथमिकतामा राखेका छौं । हाम्रो योजनाचाहिँ एउटा काठमाडौं र अर्को उपत्यका बाहिर गर्नुपर्छ भन्ने हो,’ चन्दले भने, ‘अब हामी साढे ३ वर्षमा मैदानसहितका सबै व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नेछौं ।’ नेपाल आयोजक भए पनि यू–१९ महिला विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्नेछ । ‘१३–१४ वर्षदेखिका खेलाडीलाई अहिलेबाटै तयार पार्नुपर्ने चुनौती छ,’ अध्यक्ष चन्दले भने । आईसीसीले आइतबार नै मलेसिया र थाइल्यान्डलाई २०२५ तथा जिम्बावे र नामिबियालाई २०२६ को महिला यू–१९ विश्वकप आयोजना गर्न दिने निर्णय गरेको छ । श्रीलंकाले २०२४ को यू–१९ पुरुष विश्वकप आयोजना गर्ने निर्णय पनि भएको छ । न्युजिल्यान्डका पूर्वखेलाडी मार्टिन स्नेडेनको अध्यक्षतामा रहेको बोर्ड उपसमितिले प्रतियोगिता आयोजनाका लागि निवेदन परेका राष्ट्रहरूको निरीक्षण गरेको आईसीसीले जनाएको छ । आईसीसी बोर्डले समितिको सिफारिसअनुरूप व्यवस्थापन पक्षसँग मिलेर दाबेदार राष्ट्रहरूको समीक्षा गरेको थियो । | Sports | 19,108 |
नेकपा किचलो: मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव 'विफल', प्रस्तावका पक्षधर भन्छन् "विधि र प्रक्रिया मिचेर गरेको निर्णय अमान्य" | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव विफल भएको छ। | https://www.bbc.com/nepali/news-54657382 | फाइल तस्बिर कर्णाली प्रदेश सभा नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली खोमाका भनेर चिनिएका यामलाल कँडेलसहितका सांसदहरू भने अनुपस्थित थिए। प्रमुख सचेतक सीता नेपालीले दलको बैठकमा प्रदेश सरकारका दुई जना बहालवाला मन्त्री र उपसभामुख पनि सहभागी नभएको बताइन्। उनका अनुसार सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका साथै उप सभामुख पुष्पा घर्ती विष्ट सहभागी भएनन्। उनीहरू प्रधानमन्त्री ओली समूहका मानिन्छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका पूर्व माओवादीका सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट र नेता नेपाल निकट मानिने सांसद सुशील थापा पनि बैठकमा सहभागी नभएको बताइएको छ। उनले कतिपय सांसद अनुपस्थित भएपनि अविश्वासको प्रस्ताव भने बहुमतबाट अस्वीकृत भएको बताइन्। उनले प्रस्तावको विपक्षमा १८ र पक्षमा शून्य मत परेको जानकारी दिइन् । गत असोज २५ गते मुख्यमन्त्री शाही विरुद्ध उनकै दल नेकपाका १८ जना सांसदले अविस्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्तासँगै नेकपा भित्र सुरु भएको विवाद मिलाउन दुवै जना अध्यक्षले अग्रसरता लिएपनि त्यो सार्थक हुन नसकेको बताएको छ । मुख्यमन्त्री विरुद्धको प्रस्ताव अस्वीकृत भएको प्रचण्ड-माधव नेपाल निकट समुहले दावी गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रदेश सभा सांसद खड्कबहादुर खत्रीले भने विधि र प्रक्रिया मिचेर गरिएको कुरा आफुहरूलाई मान्य नहुने बताए । उनको आरोप छ, "मुख्यमन्त्रीले बहुमत सांसदले ल्याएको अविस्वासको प्रस्ताव फेस गर्न नसकेपछि पदहरु बाँडेर उक्त निर्णय गरेका हुन्।" अविश्वास प्रस्ताव ल्याउने मध्येका अर्का एकजना सांसाद सांसद ठम्वर विष्टले पार्टी एकता जोगाई राख्न अब नयाँ ढङ्गले अघि बढ्नु पर्ने धारणा राखे । उनले अविस्वास प्रस्ताव ल्याउँदा उठाइएका मुद्धाहरु अब प्रदेश सभा बैठकमा उठाउने पनि बताए । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सदस्य छन्। ती मध्ये एकजना सभामुख भएकाले निर्वाचनमा ३२ प्रदेश सभा सांसद जना सहभागी हुनुपर्ने थियो। कर्णालीको नेकपा संसदीय दलमा अकस्मात उत्पन्न भएको देखिएको विवाद केन्द्रमा मिलाउने प्रयत्न भएपनि अध्यक्ष द्वय केपी ओली र प्रचण्डले सकेनन्। अविश्वास प्रस्ताव दर्ता गर्नेहरूमा दुवै अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरू पनि थिए। तर प्रचण्ड र नेपाल पक्षका नेताहरूबीचको सहमतिपछि उनीहरू निकट सदस्यहरू पछि हटेको बताइएको छ। त्यसपछि मुख्यमन्त्रीले प्रधानमन्त्री ओली पक्षका भनिएका प्रमुख सचेतक हटाएका थिए। र, नयाँ प्रमुख सचेतक नियुक्त गरेका थिए। त्यही विवादको सिलसिलामा दुवै पक्षका नेतालाई काठमाण्डू डाकेर दुवै अध्यक्षले परामर्श गरेका थिए। नेता कँडेल केन्द्रमा विवाद निरूपण हुन नसकेपछि सुर्खेतमा नै विवाद मिलाउने भनिएको थियो। | Others | 67,714 |
धनुषा ४ को (ख) मा एमालेका महतो विजयी | धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ । | https://gorkhapatraonline.com/news/46417 | धर्बेन्द्र झा धनुषा, मङ्सिर १३ गते । धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार एवम् मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोभन्दा एक हजार ३४२ मत बढी ल्याएर विजयी हुनुभएको हो । हरिनारायणले १७ हजार ३०२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी शत्रुधनले १५ हजार ९६० मत प्राप्त गर्नुभएको छ । | News | 60,102 |
कोरोना भाइरस: के कोभिड-१९ विरुद्ध निर्मित खोपको परीक्षण रोकिनु सामान्य कुरा हो? | यूकेमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ। | https://www.bbc.com/nepali/news-54096085 | कोभिड-१९ को खोप बनाउने विश्वव्यापी दौडमा एस्ट्राजेनेका-अक्सफर्डको साझेदारी अग्रपङ्क्तिमा रहेको मानिन्छ झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ। तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई "नियमित" स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा प्रतिकूल असर देखिनुको कारण थाहा नभएको जनाएको छ। त्यसो भए यसरी परीक्षण रोकिनु कति सामान्य हो त? अनि एकदमै अपेक्षा गरिएको कोभिड-१९ खोप उपलब्ध हुने कुरामा यसले के अर्थ राख्छ? यो खोप परीक्षणबारे हामीलाई के थाहा छ? यो परीक्षणमा ब्रजिल, दक्षिण अफ्रिका, अमेरिका र यूकेका गरी झन्डै ३०,००० मानिस सहभागी छन् कोभिड-१९ विरुद्ध उपचार खोज्ने विश्वव्यापी प्रतिस्पर्धामा एस्ट्राजेनेका-अक्सफर्डले विकास गरिरहेको खोप पनि अग्रपङ्क्तिमा छ। त्यसैले यसमा हुने कुनै पनि विलम्ब अलि निराशाजनक हुनेछ। स्ट्याट न्यूजमा मङ्गलवार छापिएको समाचारअनुसार यूकेमा खोप परीक्षणका क्रममा सहभागी एक व्यक्तिमा "गम्भीर असर परेको आशङ्का" र त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएपछि परीक्षण रोकिएको हो। उक्त विषयमा थप विवरण अझै थाहा हुनसकेको छैन तर स्ट्याट न्यूजले एउटा स्रोतलाई उद्धृत गर्दै ती बिरामी निको हुने ठानिएको जनाएको छ। एउटा विज्ञप्तिमा एस्ट्राजेनेकाले भनेको छ: "समीक्षा प्रक्रियाको हाम्रो मापदण्डले सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षाका लागि अनुमति दिन खोपको परीक्षण रोकेको छ।" बीबीसीका मेडिकल सम्पादक फेर्गुस वाल्शले यो प्रक्रियाका लागि "केही दिनहरू" लाग्न सक्ने बताएका छन्। खोपको परीक्षण रोकिनु कति सामान्य हो? परीक्षणका क्रममा कुनै पनि सहभागीमा गम्भीर असर देखिए सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षाका लागि परीक्षणको प्रक्रिया रोकिन्छ वाल्शका अनुसार खोप परीक्षणको प्रक्रिया स्थगित गरिक पहिला नसुनिएको भने होइन। "कुनै पनि समयमा जब स्वयंसेवी अस्पतालमा भर्ना हुन्छ र उसको स्वास्थ्य समस्याको कारण तत्काल स्पष्ट हुँदैन तब अध्ययनलाई रोकिन्छ," उनले भने। अक्सफर्ड यूनिभर्सिटीका प्रवक्ता भन्छन्: "ठूला परीक्षणहरूमा कुनै कारणले यदि बिमारी देखियो भने यसबारे राम्ररी जाँच्नका लागि एउटा स्वतन्त्र समीक्षा गरिनैपर्छ।" कोरोनाभाइरस खोपको परीक्षणमा यस्तो पहिलो पटक नभएको वाल्श बताउँछन्। गत एप्रिलमा सहभागीहरूलाई कोरोनाभाइरसविरुद्ध लड्ने क्षमता विकास गर्न पहिलो पटक खोप दिइएपछि कुनै सहभागीमा समस्या देखिएको यो दोस्रो अवसर हो। कोभिड-१९ को खोप विकास छिट्टै गर्नका लागि बनाइएको कार्यक्रमको जिम्मेवारीमा रहेका एक अमेरिकी अधिकारी मन्सेफ स्लावोईले अमेरिका र यूकेमा रहेका बाहिरका विज्ञहरूको टोलीले "कम्पनीको खोप परीक्षणमा सहभागीको विस्तृत समीक्षा गरिरहेको र कुनै पनि प्रतिकूल घटना देखाप र्दा यो नै मानक प्रक्रिया रहेको" बताए। कोभिड-१९ विरुद्धको खोप सुरक्षित हुन्छ? अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि खोप उपलब्ध होस् भन्ने चाहेको छन् तर आलोचकहरूले भने उनले सुरक्षाभन्दा राजनीतिलाई अगाडि राखेको बताएका छन् समाचार आएलगत्तै अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बजारमा जाने खोप सर्वसाधारणका लागि सुरक्षित होस् भन्ने प्रत्याभूत गर्न परीक्षण रोक्ने निर्णयमा पुगिएको प्रतिक्रिया जनाए। मङ्गलवार एस्ट्राजेनेकासहित कोभिड-१९ को खोप बनाइरहेका नौवटा औषधि उत्पादक ठूला कम्पनीहरूले खोप विकास गर्दा सुरक्षालाई "उच्च प्राथमिकता" मा राख्ने भन्दै एउटा "ऐतिहासिक प्रतिबद्धता"मा हस्ताक्षर गरेका छन्। जोनसन एन्ड जोनसन, बायोएनटेक, ग्ल्याक्सोस्मिथक्लाईन, फाईजर, मर्क, मोडर्ना, सानोफी र नोभाभ्याक्सजस्ता कम्पनीहरू रहेको समूहले खोपको खोजीमा "विज्ञानसँग एक भएर उभिने" वाचा गरेको छ। कोभिड-१९ विरुद्धको खोप विकासमा हामी कति नजिक? रुसले कोरोनाभाइरसविरुद्ध आफूले बनाएको खोप प्रभावकारी भएको दाबी गरेको छ विश्व स्वास्थ्य सङ्गठनले विश्वभरि झन्डै १८० वटा खोपको परीक्षण भइरहेको तर तीमध्ये कुनैले पनि क्लिनिकल परीक्षण पूरा नगरेको जनाएको छ। सङ्गठनले सुरक्षित तरिकाले परीक्षण गर्न समय लाग्ने भएकोले यो वर्ष नै कुनै पनि खोपले अनुमति पाउने अपेक्षा आफूले नराखेको बताएको छ। प्रभावकारिता र सुरक्षा निर्देशिका पूरा गरेर अनुमति पाउन कुनै पनि खोपलाई समय लाग्ने उसले बताएको हो। परीक्षणको पहिलो र दोस्रो चरण सफलतापूर्वक पार गरिसकेकोले एस्ट्राजेनेका-अक्सफर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई अग्रपङ्क्तिमा रहेको प्रतिस्पर्धीको रूपमा हेरिएको छ। तेस्रो चरणको परीक्षणका लागि अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकाका करिब ३०,००० मानिसहरू हालैका साता यसमा सहभागी भएका छन्। तर यी सबै परीक्षणहरू अहिलेका लागि रोकिएको छ। खोपको तेस्रो चरणको परीक्षणमा हजारौँ सहभागी हुन्छन् र यो वर्षौंसम्म लम्बिन सक्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनाको ३ तारिखमा हुने राष्ट्रपतीय चुनावअघि नै अमेरिकामा उपलब्ध होस् भन्रे आफूले चाहेको बताएका छन् । तर उनका टिप्पणीहरूले खोप निर्माणमा हतारिँदा सुरक्षाभन्दा राजनीति प्राथमिकतामा पर्ने चिन्ता केहीमा बढेको छ। रुसमा छिट्टै बनेको खोपप्रति पनि केही वैज्ञानिकहरूले अविश्वास व्यक्त गरेका छन् र रुसी अध्ययनको केही परिणामहरूलाई चुनौती दिएका छन्। | Others | 66,362 |
मुसलमानहरूमाथि आक्रमण बढेपछि श्रीलंकामा संकटकाल | श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ। | https://www.bbc.com/nepali/news-43300283 | बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुन: कर्फ्यु आदेश जारी गरिएको छ। एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्। गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो। श्रीलंका र चीनबीच बन्दरगाह संझौता श्रीलंकाली शिशुहरुको 'अवैध व्यापार' गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए। संकटकालका बेला अधिकारीहरूले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न र लामो समयसम्म नियन्त्रणमा राख्न सक्ने छन्। साथै आवश्यकता परे सेना परिचालन पनि गर्न सक्नेछन्। श्रीलंकामा बौद्धमार्गी सिंहला समुदायको बाहुल्य छ मन्त्रिपरिषद्का एक जना प्रवक्ताले बीबीसीलाई बताएअनुसार सामाजिक सञ्जालमा प्रकाशित हुने 'घृणा फैलाउने खालका' सामग्रीहरू विरुद्ध पनि कार्बाही गरिने छ। एक जना स्थानीय अधिकारीले बौद्धमार्गी सिंहला समुदायले गरेको आक्रमणबाट डिगाना र तेल्दिनिया क्षेत्रमा चार मस्जिद, ३७ घर, ४६ पसल र ३५ सवारीसाधनहरूमा क्षति पुगेको बीबीसीलाई बताएका छन्। सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ। चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ। श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसमा ७० प्रतिशत बौद्धमार्गी र नौ प्रतिशत मुसलमान रहेका छन्। श्रीलंकामा सात वर्षमा पहिलो पटक संकटकाल लगाइएको हो। तामिल विद्रोहीविरुद्ध लडेका बेला श्रीलंकाको सरकारले करिव तीन दशकसम्म संकटकाल घोषणा गरेको थियो। श्रीलंकामा भएको उक्त गृहयुद्ध सन् २००९ मा सकिएको थियो। | Others | 67,258 |
विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस | नहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो । | https://gorkhapatraonline.com/news/24569 | दमौली, भदौ २५ गते । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रूपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रूपमा विकास हुन थालेको हो ।यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् । विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै, शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । “सरकारी निकायको सहयोग शून्य रहे पनि विश्वविद्यालय अनुदान आयोगबाट भने केही रकम प्राप्त हुने गर्छ”, उहाँले भन्नुभयो । क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष २०७८/७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो । सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ ।चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौँ”, हड्खलेले भन्नुभयो । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।” क्याम्पसको छात्रावासमा बस्नका लागि गत वर्ष पाँच सय विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ३० विद्यार्थी मात्रै छनोट भएका थिए । विसं २०५८ मा सुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो । क्याम्पसमा विद्यार्थीको आकर्षण बढेसँगै यहाँ प्राविधिक शिक्षा सञ्चालनको तयारीका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । प्राविधिक विषय सञ्चालनका लागि अध्ययन गर्न व्यास नगरपालिकाले नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको छ ।उक्त समितिमा व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वा प्रतिनिधि, विज्ञान तथा प्रविधि क्षेत्रबाट एक जना सदस्य छन् । | News | 43,049 |
प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन | सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्यायाधीश लागि अनुमोदन गरेको छ । | https://gorkhapatraonline.com/news/67866 | काठमाडौँ, असार १ गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्यायाधीश लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उहाँको नाम अनुमोदन भएको हो । बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्यायाधीश लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।”यसअघि बैठकमा सदस्यहरूले आमजनतामा न्यायालयप्रतिको भरोसा र विश्वास टुटेको छ भन्ने गुनासोलाई कसरी लिनुभएको छ भनी प्रश्न गर्दै अदालतमा देखिएका विसङ्गति र विकृति निवारणका लागि यहाँको भूमिका र कार्ययोजना के हुन्छ रु भनी जिज्ञासा राख्नुभएको थियो । सदस्यहरूले अदालतमा पुगेका विषयवस्तुको निरूपण गर्ने सन्दर्भमा लामो समय लागेका कारण न्याय माग्न गएका नागरिक थप मारमा परिरहेको घटनाप्रति जवाफ माग गर्नुभएको थियो ।सदस्यहरूको प्रश्नको जवाफमा कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर अदालतले काम गरिरहेको बताउनुभयो । कामु प्रधानन्यायाधीश कार्कीले कतिपय मुद्दाका सन्दर्भमा जारी भएको अल्पकालीन आदेशलाई अनन्तकालीन बनाइनु हुन्न भन्नेमा अदालत स्पष्ट रहेको उल्लेख गर्दै कानुन र प्रमाणका आधारमा न्याय निरूपण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायाधीश घटनाको साक्षी बन्न सक्दैन, कानुन र प्रमाणलाई पन्छाएर फैसला गर्न मिल्दैन ।” रासस | News | 55,636 |
विकास खर्च बढाउन स्थलगत अनुगमन | सरकारले विकास बजेट खर्च गर्न देखा परिरहेका समस्याहरु स्थानीय स्तरमै पुगेर समाधान गर्ने बताएको छ। | https://www.bbc.com/nepali/news-39000821 | स्थलगत अध्ययन गरी विकाससम्बन्धी कामले गति लिन नसक्नुका कारण र समाधान खोज्न सरकारले बनाएको समितिले त्यसका लागि तयारी थालेको छ। पूर्वी नेपालको स्थलगत भ्रमण गरेको समितिले एक महिनाभित्र समाधानका उपाय प्रस्तुत गर्न स्थानीय निकायहरुलाई निर्देशन दिएको छ। आर्थिक वर्षको पहिलो सात महिनामा अहिलेसम्म १७ प्रतिशतको हाराहारीमा मात्रै विकास खर्च भएको भन्दै चिन्ताहरु व्यक्त भएका छन्। अनुगमन आर्थिक वर्षको ७ महिना पूरा हुँदा एक चौथाई रकम पनि विकास खर्च हुन नसकेपछि त्यसको यथार्थ पत्ता लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठित अनुगमन समितिले अनुगमन थालेको छ। कतिपय विषयमा देखिएको समन्वयको अभाव तथा समाधानको छरितो प्रक्रिया नअपनाइँदा विकासका काम निकै सुस्त हुन गएको प्रारम्भिक अनुगमनमा देखिएको समितिका पदाधिकारीहरु बताउँछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टंकमणि शर्मा भन्छन्, "बनसंगै जिल्ला विकास समिति, कतिपयमा स्थानीय निकायको पनि अनुमति चाहिने भएकाले खर्च गर्न समस्या भएको देखिएको छ। कतिपय स्थानमा बिजुली र टेलिफोनका खम्बा नउठाइदिएको कारणले र कतिपय स्थानमा खानेपानीको पाइप नझिकिदिएको कारणले पनि समस्या भएको भन्ने कुरा आएको छ।" समितिका अनुसार फागुन महिनाभित्रमा सबै जिल्ला र केन्द्रलाई समाधानसहित समस्याको सूची माग गरिएको छ भने त्यसको तत्काल समाधानको उपाय खोजिनेछ। समाधान समितिमा अर्थ मन्त्रालय, महालेखा परिक्षक, सार्वजनिक खरिद अनुगमन, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्रीको कार्यालयका र क्षेत्रीय प्रसाशनका प्रतिनिधिहरु रहेकाले त्यहींबाट समाधान खोजिने अधिकारीहरु बताउँछन्। संयोजक शर्मा भन्छन्, "यो अन्तर मन्त्रालयमा चिठ्ठी लेखेर, उताबाट उता पठाउ यताबाट उता पठाउ, एक महिनासम्म पर्खेर बस जस्तो काम हुँदैन, सम्बद्ध मानिसलाई त्यहीँ बोलाइन्छ र बाधा अड्काउ केही छ भने हामी निर्देशन त्यहिँ नै जारी गर्छौं।" यसरी संयुक्त रुपमा गरिने समाधानले विकास खर्चमा अहिले कायम सुस्तता असार मसान्तसम्ममा ह्वात्तै बढाउने समितिको विश्वास छ। कतिपयले चाहिँ अब पुग नपुग ५ महिनामा विकास खर्च बढ्नेमा शंका व्यक्त गरेका छन्। | Others | 64,897 |
खडेरीले मकैको बोट सुक्न थालेपछि किसान चिन्तित | वर्षायामको समय भए पनि लामो खडेरीले गर्दा मकैको बोट सुक्न थालेपछि तनहुँका कृषकहरू चिन्तित बनेका छन् । खडेरीले जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । | https://gorkhapatraonline.com/news/66940 | अमरराज नहर्कीतनहुँ, जेठ २५ गते । वर्षायामको समय भए पनि लामो खडेरीले गर्दा मकैको बोट सुक्न थालेपछि तनहुँका कृषकहरू चिन्तित बनेका छन् । खडेरीले जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।केन्द्र प्रमुख तिवारीले भन्नुभयो, ‘‘लामो समयसम्म पानी नपर्दा मकै सुकेर नष्ट हुँदै साना बोटमा कम असर परेपनि ठुलो बोटमा भने उत्पादनमा ६० प्रतिशत घट्ने देखिएको छ ।’’ मकै खेती अधिकांशले विशेषगरी सिँचाइ सुविधा नभएको आकाशे पानीको भरमा गरिने भएकाले धेरै कृषक मर्कामा परेको प्रमुख तिवारीको भनाइ छ । किसानले लगाएको मकै बाली मात्र नभई व्यवसायीक रूपमा लगाइएको तरकारी खेतीमा समेत खडेरीको प्रभाव पारेको छ ।भानु नगरपालिका–२ खहरे निवासी लक्ष्मी त्रिपाठीले खडेरीले मकैको बोट सुक्न थालेको जानकारी दिनुभयो । त्रिपाठीले भन्नुभयो, “प्रायः जसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोट, घिरौँला, चिचिण्डा, कर्कका, करेला, लौकालगायतका तरकारी समेत सुकेर काम नलाग्ने भएको छ ।’’ फलफूल, तरकारी तथा अन्न बालीमा नोक्सान पुगेको र राहत दिनु पर्ने माग स्थानीयले राखेको त्रिपाठी बताउनुहुन्छ ।यसैगरी, व्यास नगरपालिका–११ पोल्याङ निवासी हरिप्रसाद थापाले खडेरीले खेती नष्ट भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको बताउनुभयो । थापाले भन्नुभयो, ‘‘खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट भएपछि आफूहरूलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता भएको सरकारले राहतको व्यवस्था गर्नुपर्दछ ।’’ | News | 55,876 |
अभिनयमा छाएकी मोडेल मिङमा डोमाको चर्चा | सानै उमेरमा नृत्य र अभिनयबाट दर्शकको मन जित्न सफल हुनुभएकी मोडेल मिङमा डोमा शेर्पाको चर्चा हिजोआज बढ्दो छ । अभिनय र नृत्य राम्रो गर्ने शेर्पाको चर्चा म्युजिक भिडियोमा चुलिन थालेको हो । | https://gorkhapatraonline.com/news/47377 | काठमाडौँ, मङ्सिर २३ गते । सानै उमेरमा नृत्य र अभिनयबाट दर्शकको मन जित्न सफल हुनुभएकी मोडेल मिङमा डोमा शेर्पाको चर्चा हिजोआज बढ्दो छ । अभिनय र नृत्य राम्रो गर्ने शेर्पाको चर्चा म्युजिक भिडियोमा चुलिन थालेको हो । कला क्षेत्रमा मङ्गोलियन अनुहारका नायिका र मोडेलको उपस्थिति कमै देखिन्छ । मोडेल शेर्पा अभिनयमा उदाएसँगै दर्शकले रुचाउन थालेको छ । पछिल्लो समय नादिङ, तामाङ सेलो लयका गीतहरूमा उहाँले अभिनय गर्नुभएको छ । मोडेल शेर्पाको अभिनय रहेको गीत 'मज्जाले नाचौला' युटुवमा छोटो समयमै एक करोड ६० लाख बढीले हेरिसकेको छ । यी गीत मात्र नभएर मोडेल शेर्पाले अभिनय गरेका एक दर्जन बढी गीतले बजार लिएको छ । मंगोलिन अनुहार भएकी भुटानी अभिनेत्री उगेन छोदेन ले अभिनय गरेको नेपाली चलचित्र 'दुई नम्बरी'ले पनि दर्शकको मन जितेको थियो । त्यस्तै उदाहरण बनेको छ मिङमा डोमाको पनि । २० वर्षीया शेर्पाले २०७४ सालमा 'आइ क्यान डान्स' नामक रियालिटी सो मा दोस्रो भएसँगै निरन्तर नृत्य र अभिनय क्षेत्रलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । अभिनयसँगै वाणिज्य विषयबाटै स्नातकोत्तर सकेर बैंर्कस बन्ने उहाँको लक्ष्य छ ।लाक्पा तेन्जि शेर्पाको 'मज्जाले नाचौला' लगायत 'कुसुमे रुमाल दुई', रामकुमार कार्कीको 'घर त रामेछाप' सँगै नदिङ, झ्याउरे, तामाङ सेलो भाकाको एक दर्जन गीतमा गरेको अभिनयलाई दर्शकले मन पराएका छन् । उमाकुन्ड गाउँपालिका २, रामेछाप स्थायी घर भएकी मोडल शेर्पा वाणिज्य विषयमा स्नातक गर्दै हुनुहुन्छ । हाल गोकर्णेश्वर ८ काठमाडौंमा बस्दै आउनुभएकी मोडल शेर्पा आफूलाई बाबु आङकाले र आमा याङडी शेर्पाको सहयोगले कला क्षेत्रलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ । | News | 44,847 |
पाकिस्तान फलो अनबाट जोगियो | पाकिस्तान न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा सोमबार फलो–अनबाट जोगिएको छ । तेस्रो दिनको समाप्तिमा पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा अलआउट हुनुअगाडि २ सय ३९ रन बनायो । | https://ekantipur.com/sports/2020/12/28/160913870806473220.html | माउन्ट मनगुनई — पाकिस्तान न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा सोमबार फलो–अनबाट जोगिएको छ । तेस्रो दिनको समाप्तिमा पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा अलआउट हुनुअगाडि २ सय ३९ रन बनायो ।पाकिस्तान अझै १ सय ९२ रनले पछाडि छ । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ४ सय ३१ रन बनाएको थियो । पाकिस्तान एक समय ८० रन बनाउँदासम्म छ विकेट गुमाएर खराब स्थितिमा थियो ।त्यसयता मोहम्मद रिजवान र फाहिम अराफातले स्थिति सम्हाले । रिजवानले ७१ र अराफातले ९१ रन बनाए । उनीहरूले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरे । | Sports | 24,027 |
'नयाँ युगको संज्ञा अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी' | सरकारले सामाजिक सुरक्षा योजना घोषणा गरेको एक साता पुग्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त योजनाको प्रचारप्रसारबारे बल्ल औपचारिक रूपमा मुख खोल्दै त्यसलाई 'अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी' भनेर आलोचना गरेको छ। | https://www.bbc.com/nepali/news-46417402 | सरकारी घोषणा लगत्तै प्रतिक्रिया जनाउँदा उक्त योजनाको विपक्षमा कांग्रेस रहेको रुपमा अर्थ्याइन सक्ने भन्दै केही दिन कुरेको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। तर एकजना राजनीतिक विश्लेषकले भने काम गर्न नसकिराखेको सरकारलाई प्रतिपक्षका रूपमा बाध्य पार्नेगरी राष्ट्रिय सरोकारका मुद्दामा कांग्रेस बलियो रुपमा प्रस्तुत हुन नसकेको भनी व्याख्या गरेका छन्। असन्तुष्टि कांग्रेसले सामाजिक सुरक्षा योजनालाई आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ साउनमै संसद्मा प्रस्तुत भई पारित गरिएको ऐन बताउँदै सरकारले आफैँले बनाएको कार्यक्रम जसरी प्रस्तुत भएको भन्दै उक्त शैलीको आलोचना गरेको छ। कांग्रेसले नयाँ योजना सकारात्मक भएको तर त्यसको भड्किलो शैलीमा आफ्नो विमति रहेको भन्दै आइतवारको केन्द्रीय कार्यसमितिको बैठकपछि विज्ञप्ति जारी गरेको छ। सरकारले नयाँ युगको शुरूवात भनी गरेको प्रचारप्रसारबारे पार्टीले जनाएको असन्तुष्टिबारे बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, "निर्मला पन्तका लागि न्याय भन्दै भित्तामा टाँसिएका पोस्टरहरू च्यातिने, प्रधानमन्त्रीको तस्वीर भने पोलपोलमा टाँस्न मिल्ने यो कस्तो युग होला!" तीन कोइराला: पौडेललाई काँध थाप्लान कि आफै अघि बढ्ने? एउटा गैरसरकारी संस्थाले राजधानीमा आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको सहभागिताबारे पनि आइतवारको बैठकमा कांग्रेसले आलोचना गरेको छ। प्रवक्ता शर्मा थप्छन्, "एउटा धर्मप्रचारसँग गाँसिएको विषयमा प्रधानमन्त्री सहयोगी बन्ने, आयोजक जसरी सोल्टी होटलमै सुत्ने जस्ता काम किन भइरहेको छ? जनताको आशीर्वाद पाएको सरकारले दुनियाँमा अरू कसैसँग आशीर्वाद थापिराख्नु पर्ने नै थिएन।" खै भूमिमा? कतिपय आलोचकहरू भने अहिले राष्ट्रिय मुद्दाका रुपमा देखा परेको निर्मला पन्त प्रकरण, अपारदर्शी विदेशी लगानी, वाइडबडी विमान खरिदजस्ता ठूला विषयमा कांग्रेसले आफ्नो प्रतिपक्षीको भूमिका देखाउन नसकेको रुपमा अर्थ्याउँछन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, "जनतासँग जोडिएर उनीहरूको भरोसा र विश्वास जित्ने र आफ्ना बोलीले घच्घचाउने र सत्तापक्षलाई काम बाध्य पार्ने एउटा पनि मुद्दा अगाडि आएको छैन।" विकास र समृद्धिको नारा लगाएको सत्तापक्षले पाँच वर्षको स्थायी सरकारको नेतृत्व सम्हालेको ९ महिनासम्म काम देखाउन नसक्नुले जनतामा निराशा छाएकोजस्तो देखिन्छ। तर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले पनि समयसापेक्ष रुपमा सरकारलाई पारदर्शी र उत्तरदायी बनाउन घच्घच्याउन नसक्नु उसको पनि कमजोरी रहेको विश्लेषकहरू बताउँछन्। | Others | 67,853 |
२०८३ चैत सम्ममा काठमाडौं–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती | रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । | https://ekantipur.com/news/2024/06/14/by-march-2083-vehicles-will-run-on-the-kathmandu-teraimadhes-expressway-minister-upreti-14-50.html | काठमाडौँ — रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।उनले सही कुरालाई सही भन्न र गलत कुरालाई गलत कुरा भन्नका लागि समेत आग्रह गरे । उनले भने, ‘बजारमा विभिन्न हल्ला चलेका छन् । आफ्नो व्यक्तिगत कुण्ठाहरु, व्यक्तिगत इच्छा, आकंक्षाहरु नपुगेका कारण विभिन्न किसिमका हल्लाहरु फिँजाइएका छन् । त्यसमा भन्दा पनि यहाँहरु यथार्थपरक ढंगले वास्तवितकता, गलत भएको छ भने यथार्थ ढंगले गलत भएकै हो भन्ने किसिमले उपस्थिति हुनुपर्छ । सही गरेको छ र आधुनिक नेपाल निर्माणको क्रममा महत्वपूर्ण भुमिका खेलेको छ, भने त्यही किसिमले प्रश्तुत हुनुपर्छ । जसले गर्दा गर्नेलाई पनि प्रोत्सहन हुन्छ, राज्यलाई महत्वपूर्ण ढंगले सघाएको हुनेछ ।'उनले कतिपय कानूनहरु नभएका र त्यहीकारण पनि पूर्वाधार विकासका कामहरुमा अवरोध हुने गरेको बताए । 'स्थानीय तहमा नदीजन्य पदार्थका ऐनहरु, क्रसरका समस्याहरुको समाधान दिन सकिएको छैन । हाम्रो देश विभिन्न किसिमका विपद्हरु आइलागेका कारण पनि समस्या छ,' उनले भने, 'हामी केही ढिला भएको होला तर विशेष व्यवस्थापन भएको छ । अब द्रुत गतिमा अघि बढेको छ । यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ ।'मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेका ९ ५वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको जनाएको छ । | News | 2,586 |
विज्ञापन गर्नुअघि लोकसेवाले माग्यो नासु र खरिदारको रिक्त दरबन्दी विवरण | सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । लोकसेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु र खरिदारको रिक्त दरबन्दी विवरण मागेको हो । | https://ekantipur.com/news/2023/12/20/before-advertising-the-public-service-asked-for-the-vacancy-details-of-nasu-and-kehirar-52-26.html | काठमाडौँ — सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । लोकसेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु र खरिदारको रिक्त दरबन्दी विवरण मागेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखाना (निजामती) र निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)लाई परिपत्र गर्दै लोक सेवा आयोगले राजपत्रअनंकित प्रथम (अप्राविधिक) श्रेणीका पद, राजपत्रअनंकित प्रथम (प्राविधिक) श्रेणीका पद र राजपत्रअनंकित द्वितीय (अप्रावधिक) श्रेणीका पद र राजपत्रअनंकित द्वितीय (प्राविधिक) श्रेणीका रिक्त पदको विज्ञापन हुने भन्दै तीन दिन भित्र विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।मन्त्रालयले लोक सेवा आयोग, नियमावली २०७९ को अनुसूची एकबमोजिमको फाराम भरेर मन्त्रालयको अन्तरिक व्यवस्थापन शाखामा पठाउन भनेको छ । | News | 7,024 |
केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव | जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । | https://gorkhapatraonline.com/news/76730 | जुम्ला, भदौ १३ गते । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । आन्तरिक तथा बाह्र पर्यटन प्रवर्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न यही भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको सहआयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता थियो । यसका साथै जिल्लामा रहेका सबै सरकारी कार्यालयका साथै अन्य व्यक्तित्वहरुले पनि सो महोत्सवको अवलोकन गरेका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दृश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगतमा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन केदारनाथमै ऐतिहासिक महोत्सव आयोजना गरियो र यो भव्यरुपमा सम्पन्न पनि भएको छ । उक्त महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको धारणा उहाँको छ । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो । यी सामग्रीहरु महोत्सवका मुख्य आकर्षण रहेका स्थानीयवासी लीला रावतको भनाइ छ । उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि थियो । सो धार्मिक महोत्सवमा यहाँका झण्डै दुई सयभन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट वरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो । सो मेलामा मदिराको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । मेलाका लागि गाउँपालिकाको कुनै रकम खर्च नभएको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो । महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताउनुभयो ।नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । पर्यटकीय गन्तव्य सिञ्जाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासी गोरे रोकायाले जानकारी दिनुभयो ।आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । समुद्री सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरू समय पनि पूजाआजा र दर्शन गर्नेहरु निकै हुने गर्दछन् । सिञ्जाको विकास प्राथमिकतामा खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने कार्य कर्णाली प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले जानकारी दिनुभयो । त्यसैगरी कर्णाली प्रदेश सरकारका कृषिमन्त्री भीमप्रकाश शर्माले सिञ्जाको रैथाने बालीदेखि अन्य क्षेत्रमा विकास गर्न प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । उता कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले सिञ्जाको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुहुन्छ । रासस | News | 49,115 |
सत्ता फेरबदलसँगै 'मिम' र हाँसीमजाकले भरियो सामाजिक सञ्जाल | सोमबार एकाबिहानै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धन एक्कासी भत्किएर नयाँ समीकरण बनेपछि दिनभर राजनीतिक परिदृष्यका अनेक मिम, ठट्यौली, व्यंग्य र घोचपेचका कन्टेन्टले समाजिक सञ्जाल भरिए । | https://ekantipur.com/entertainment/2024/03/04/with-the-change-of-power-social-media-is-full-of-memes-and-laughs-01-29.html | काठमाडौँ — सोमबार एकाबिहानै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धन एक्कासी भत्किएर नयाँ समीकरण बनेपछि दिनभर राजनीतिक परिदृष्यका अनेक मिम, ठट्यौली, व्यंग्य र घोचपेचका कन्टेन्टले समाजिक सञ्जाल भरिए । ‘श्राद्ध खान गएको पुरी सकिएछ, फर्कँदा चप्पल गायब’आइतबारसम्म सत्ता गठबन्धनको एउटा प्रमुख हस्ती रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नयाँ सरकार गठनमा सामेल नदेखिएको अवस्थालाई व्यंग्य गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्तो लेखेका थिए । धेरैजसो प्रयोगकर्ताले शीर्ष नेतृत्व र राजनीतिक पंक्तिले गरेका पुराना भाषण, अभिव्यक्ति र नृत्य लगायतलाई वर्तमान सन्दर्भमा ढालेर कटाक्ष र हाँसीमजाक गरेका थिए ।रक्स पोखरेल नामक एक्स प्रयोगकर्ताले भारतीय टेलिश्रृंखला ‘महाभारत’मा कृष्णले अर्जुनलाई ‘मैले पहिले नै भनेको थिएँ नि, यहाँ कुनै पनि वस्तु स्थायी हुँदैन’ भन्दै गरेको भिडियो पोस्ट गरेर प्रचण्डले नेपाली कांग्रेसका मन्त्रीलाई निकालेको अवस्थालाई व्यंग्य गरेको देखियो । त्यस्तै, केपी शर्मा कोली नामक प्यारोडी एकाउन्टले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल साउती मार्दै गरेको तस्बिर राखेर, गायक उदित नारायण झाको ‘कहिले तिम्रो पछ्यौरीमा अल्झेँ’ बोलको गीतका पंक्त्तिहरू उल्लेख गरेका छन् । प्रयोगकर्ताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको ‘धोकेबाज रहेछ’ भन्ने अभिव्यक्तिलाई पनि गायिका एलिना चौहानको गीत ‘धोकेबाज हौ तिमी’ सँग जोडेर ठट्यौली गरेका छन् । देउवाकै अवस्थालाई शर्मिला गुरुङको लोक दोहोरी गीत ‘अन्तै माया लाइछौ रे मायालु…’ सँग दाँजेर देउवा दु:खी भएको र प्रचण्ड नाचेको प्यारोडी भिडियो पोस्ट गरेका छन् । साथै, प्रयोगकर्ताहरूले रास्वपा सभापति रवि लामिछानेले असोज २७ मा फेसबुक पोस्टमार्फत पुराना दलहरूलाई ‘मिलेर सरकार बनाउन र आफूहरूले प्रतिपक्ष सम्हाल्ने’ भनी गरेको अभिव्यक्तिलाई पनि मजाकको विषय बनाएका छन् । सरकारमा जाने तयारी गरेको हल्ला चलाइएका लामिछाने र उनको सहकारी समस्यालाई जोडेर पनि केहीले प्रश्न गरेका छन् । सँगसँगै निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारी मन्त्रीको हैसियतमा रोजगार मेलामा भाग लिन दुबइ गएको र फर्किदा आफैं बेरोजगार भएको विषयमाथि पनि व्यंग्य गरिएको छ ।नयाँ समीकरण घोषणासँगै आ-आफ्ना निर्धारित कार्यक्रममा भाग लिन पुगेका दाहाल र ओलीका यसअघि र सोमबारका भनाइहरूलाई जोडजाड पारेर जुहारी शैलीमा केही प्रयोगकर्ताले प्रस्तुत गरेका थिए । राजनीतिक परिदृष्य फेरिने बित्तिकै सर्किट लागेको शेयर बजार पनि कतिपयका लागि रमाइलोको माध्यम बन्यो । गंगालाल अस्पतालका वरिष्ठ शल्यचिकित्सक रामेश कोइरालाले मन्त्रिपरिषद् फेरिएपछि ‘अस्पतालको एउटा वार्षिकोत्सवमा भाग लिने कुनै पनि स्वास्थ्यमन्त्रीले अर्को पटक भाग नलिने परम्परा कायम रहेको’ भन्दै ट्वीट गरेका थिए ।त्यस्तै, बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि ‘सत्र हजार प्लस दुई’ लेखिएको प्लाकार्ड लिएर विरोधमा उत्रिएकी सांसद डा. तोसिमा कार्कीलाई पनि दाहालकै नेतृत्वमा सरकारमा जाने नजाने भन्दै व्यंग्यात्मक प्रश्न गरिएका छन् । एक्समा इस नामक प्रयोगकर्ताले जसपा नेता उपेन्द्र यादव उपप्रधानसँगै परराष्ट्र वा स्वास्थमन्त्रीबीच कुन लिने भनेर छान्दै गरेको मिम पोस्ट गरेका छन् । | Entertainment | 7,253 |
ब्रेन्टफोर्डलाई हराएर सिटी दोस्रोमा | इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यससँगै पेप ग्वार्डिओलाको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । | https://ekantipur.com/sports/2024/02/21/city-beat-brentford-to-second-32-55.html | काठमाडौँ — इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यससँगै पेप ग्वार्डिओलाको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो ।ब्रेन्टफोर्डले तेर्साएको बलियो डिफेन्सलाई तोड्दै हालान्डले ७१ औं मिनेटमा एक गमात्र गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियन सिटीको २५ खेलबाट ५६ अंक भएको छ ।यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग एक अंकको दूरी हो । लिभरपुलको समान २५ खेलबाट ५७ अंक छ । आर्सनल भने तेस्रो स्थानमा झरेको छ र उसको ५५ अंक छ । ब्रेन्टफोर्ड भने २८ अंकमा १३ औं स्थानमा रह्यो । | Sports | 14,718 |
कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन | उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । | https://ekantipur.com/news/2024/03/28/health-ministers-directive-not-to-return-patients-who-came-to-kanti-hospital-without-treatment-23-18.html | काठमाडौँ — उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् ।अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा. पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए । उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए । 'उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आईसीयू बेड खाली नभएर वा मेसिन बिग्रेको जस्ता कुनैपनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुपर्यो,' उनले अनुगमनको क्रममा भने, 'आईसीयू बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्नुहोस् ।'अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिए । यस्तै उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा. रायलाई निर्देशन दिएका थिए ।यस्तै मन्त्री यादवले आफूले कार्यकाल सुरु गरेको दिन गरेको पहिलो निर्णय अनुसार अस्पतालको सेवालाई व्यवस्थित गर्न डिजिटल प्रविधि अवलम्बन गर्न पनि सुझाव दिए । 'बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौं लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइन मै रिपोर्ट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाउनुस्,' उनले भने । | News | 4,569 |
नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति | जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ । | https://gorkhapatraonline.com/news/58566 | नवलपरासी, चैत ११ गते । जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ । काठमाडाैँबाट पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल जाँदा करिब २४२ किलोमिटरको दुरी अर्थात् पूर्वपश्चिम राजमार्ग नजिकै दाहिने तर्फ रहेको यो कृष्णधाममा ७१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।कृष्ण भगवान् २ वर्षको उमेरमा चकचके भएर ग्वालाहरूलाई दु:ख दिँदा, ग्वालाहरूले कृष्ण भगवानलाई डोरीले बाँध्न खोज्दा जति बाँधे पनि कृष्ण भगवान् दामोदर स्वरूप झनझन मोटो हुँदै जाने भएकोले ग्वालाहरूले बाँध्न नसकेर, ती ग्वालाहरूले कृष्ण भगवानको आमा यशोधरालाई बाँध्न भनेका थिए । आमाले कृष्ण भगवानलाई डोरीले बाधेकी थिइन यो कथामा उल्लेख छ । यस मूर्तिको विशेषता भनेको कृष्ण भगवानलाई डोरीले बाँधिएको छ। जब कि कृष्ण भगवानको अन्य मूर्तिहरूमा हातमा बाँसुरी लिएको देखिन्छ भने, यस मूर्तिमा कृष्ण भगवानको हातमा बाँसुरी छैन। त्यति बेला कृष्ण भगवान् बालक नै भएको हुँदा उनले बाँसुरी बजाएका थिएनन्।करिब २ बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णधाम निकै नै आकर्षक रहेको छ । यस धाम पार्क, बगैँचाले सजिएको छ भने अन्य देवदेवताहरुको मन्दिर, मूर्ति समेत रहेका छन्। यस धाममा विवाह, व्रतबन्ध, धार्मिक कार्य लगायत विभिन्न कार्य गर्नको लागि सुविधा सम्पन्न रहेको छ। यही धामको पश्चिमतर्फ पौराणिक कालको दामोदर कुण्ड समेत रहेको छ।वि.सं. २०७३ सालमा निर्माण कार्य सुरु गरी २०७६ सालमा सम्पन्न भएको मूर्ति एक करोड ४० लाख लागतमा निर्माण भएको जनाइएको छ । | News | 33,258 |
नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा | सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । | https://gorkhapatraonline.com/news/65965 | राँझा, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।यस आयोजनाका लागि आगामी आवमा रु ८० करोड विनियोजन भएको आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बजेटबाट आयोजनाको पश्चिम मूल नहर नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनेछ । पूर्वी मूल नहरतर्फको ३७ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको नहर निर्माण थालनी गरिने छ ।चालु आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि रु एक अर्ब १२ करोड विनियोजन भएकामा हालसम्म रु ६७ करोड खर्च भइसकेको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्रस तथा पावर हाउसको निर्माण कार्य शीघ्र सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध हुने व्यवस्था मिलाउन रु एक अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षको बजेटले बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने, नेपालगञ्जस्थित एकीकृत जाँच चौकी निर्माण गरी सञ्चालनमा ल्याइने, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक पूर्वाधार विकास तथा उपकरण खरिद गरिने, नेपालगञ्ज सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन थालिने, नेपालगञ्जको प्रदेश रङ्गशाला र कभर्ड हल निर्माण गरिने भएको छ ।यसैगरी बाल सुधार गृह मर्मतसम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गर्न, कोहलपुरमा डाटा सेन्टरको निर्माणलाई तीव्रता दिन, नौवस्तास्थित क्षेत्रीय कारागार निर्माण गरी सञ्चालनमा ल्याउन बजेट विनियोजन भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले बाँकेमा पुराना आयोजनालाई निरन्तरता दिए पनि नयाँ योजना ल्याउन नसकेको बताउनुभयो । रासस | News | 56,114 |
लिभरपुल र आर्सनलको ३-३ को बराबरी | इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ । लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्यो । | https://ekantipur.com/sports/2017/12/23/20171223113539.html | लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ । लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्यो ।एलेक्सीस सान्चेज, ग्रानिट झाका र मेसुट ओजीलले आठ मिनेटको अन्तरमा ३ गोल गरेपछि अार्सनलले अग्रता लियो । रोबर्टो फिर्मीनोले ७१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।बराबरीसँगै लिभरपुल चौथो र आर्सनल पाँचौ स्थानमा यथावत छन् । | Sports | 30,553 |
विश्वकप फुटबल छनोट : नेपाली समर्थकको उत्साह बढ्दो | सिड्नीका अनुज पराजुलीले नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोट खेलको टिकट बिक्री सुरु भएकै दिन खरिद गरे । स्थानीय फुटबल क्लबका खेलाडी उनीसँगै दुई दर्जन युवाले सोही दिन टिकट किनेका थिए । | https://ekantipur.com/sports/2019/08/29/156708973354716631.html | (अस्ट्रेलिया) — सिड्नीका अनुज पराजुलीले नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोट खेलको टिकट बिक्री सुरु भएकै दिन खरिद गरे । स्थानीय फुटबल क्लबका खेलाडी उनीसँगै दुई दर्जन युवाले सोही दिन टिकट किनेका थिए । करिब डेढ महिनापछि अस्ट्रेलियामा हुन लागेको विश्वकप छनोटप्रति अस्ट्रेलियामा रहेका नेपाली अत्यन्तै उत्साही देखिएका छन् । यहाँका नेपालीले खेलको समयमा होटल बुक गर्नेदेखि नेपाली झण्डासमेत संकलन गरिरहेका छन् । अक्टोबर १० तारिखमा राजधानी क्यानबेरामा हुन लागेको नेपाल र अस्ट्रेलियाको विश्वकप छनोट खेलका लागि स्टेडियममा नेपाली दर्शकका लागि अलग्गै सिटको ५ वटा ब्लक नै छुट्याइएको छ र त्यसमध्ये ४ ब्लकको टिकट बिक्री भइसकेको छ । स्टेडियमले नेपाली दर्शकका लागि टिमलाई सहयोग पुग्ने गरी मैदानछेउको तीन ब्लक र त्यसपछिको दुई ब्लक राखिदिएको छ । त्यसमध्ये ४ ब्लकको टिकट बिक्री भइसकेको हो भने बाँकी रहेको ब्लकका लागि ३५ डलर शुल्क सम्पूर्ण रूपमा ‘नेपाल समर्थक’ भनेर राखिएको हो । उक्त छनोट खेलको टिकट अगस्ट १३ तारिखदेखि नै खोलिएको थियो । २५ हजार दर्शक क्षमताको क्यानबेराको जीआईओ स्टेडियममा हुने उक्त खेलको करिब २५ प्रतिशत टिकट बिक्री भइसकेको छ । स्टेडियमबाट उपलब्ध जानकारीअनुसार न्युनतम १० डलरदेखि ८५ डलरसम्मका टिकट बिक्री खुला गरिएको छ । अस्ट्रेलियन–नेप्लिज फुटबल एसोसिएसनका अनुसार अहिलेसम्म ३ हजार बढी नेपाली दर्शकले अग्रिम टिकट खरिद गरिसकेका छन् भने यो संख्या १० हजारको हाराहारीमा पुग्ने विश्वास लिएको छ । संघले नेपालबाट आउने राष्ट्रिय टोलीलाई सहयोग पुर्याउन विभिन्न कार्यक्रम तय गरेको छ । केही दिनअघि आयोजना गरिएको बैठकबाट नेपाली टोलीलाई अस्ट्रेलियामा आवश्यक सबै सुविधाहरू दिने निर्णय भएको निवर्तमान अध्यक्ष राजु मानन्धरले जानकारी गराए । उनले नेपाली टोली ६ दिनअघि नै अस्ट्रेलिया आउने भएकाले उनीहरूलाई अभ्यास गर्नका लागि मैदान खोजिने भएको छ । प्रतियोगिताअघि खेलाडी घाइते हुने सम्भावना रहेको भन्दै वार्मअप म्याचको साटो अभ्यासमा जोड दिइने भएको छ । यसैगरी नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग समन्वय गरेर खेललाई अझ परिस्कृत गर्न आवश्यक कार्ययोजनासमेत बनाइने भएको छ । ‘हामीले ३०–४० हजार डलर लाग्ने अनुमान गरेका छौं र उक्त रकम जुटाउनका लागि नेपाली राष्ट्रिय टोलीको जर्सी अस्ट्रेलियामा ल्याएर बिक्रीदेखि अन्य कार्यक्रम गर्ने योजना बनाएका छौं,’ संघका अध्यक्ष बिजेन बाटाजुले भने । उनले अहिले संघसँग १ हजार ३ सय बढी खेलाडी सदस्यका रूपमा जोडिएकाले नेपाली राष्ट्रिय टोलीलाई पुर्याउने सबै सहयोग जुटाउन आफूहरू तयार रहेको समेत जानकारी दिए । एनआरएन अस्ट्रेलियाले समेत नेपाली राष्ट्रिय टोलीलाई आवश्यक सहयोग पुर्याउने जनाएको छ । एनआरएन प्रवक्ता ज्ञानेन्द रेग्मीले नेपाली राष्ट्रिय टोलीलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने छलफल चलिरहेको र यसबारे कार्यक्रम सार्वजनिक गरिने बताए । फुटबल फेडेरेसन अफ अस्ट्रेलिया (एफएफए) र क्यानबेरा सरकारले केही समय पहिल्यै प्रतियोगिताको तयारीबारे जानकारी गराइसकेको छ । अस्ट्रेलियाली टिमको यसपल्ट मार्क मिलिघनले कप्तानी गर्दैछन् भने अस्ट्रेलियाली टोलीका दुई स्टार खेलाडी टिम काहिल र मिले जेडिनाकलेसंन्यास लिइसकेका कारण उनीहरू नेपालसँगको खेलमा हुने छैनन् । | Sports | 26,727 |
सुरक्षित स्वास्थ्य नै सफल खेल जीवन | करिब एक महिनाको लकडाउनपछि अवश्य नै फिटनेसप्रेमी र खेलाडीहरूले केही शारीरिक तौल बढाएका छन् भने इन्डुरेन्स स्पोर्ट्सका खेलाडीले एरोबिक इन्डुरेन्सको स्तर निकै नै घटेको महसुस गरेको हुनुपर्छ । यथास्थितिमा लकडाउन खुले पनि कोभिड–१९ को भ्याक्सिन विश्व बजारमा आउन समय लाग्ने यथार्थता पनि निश्चित छ । लकडाउनको अवस्थामा अभ्यासरत कोभिड संक्रमणबाट बच्ने उपाय र आचरणलाई निरन्तरता दिनुपर्ने हाम्रो बाध्यात्मक अवस्था प्रस्ट छ । | https://ekantipur.com/sports/2020/04/23/15876106390736782.html | काठमाडौँ — करिब एक महिनाको लकडाउनपछि अवश्य नै फिटनेसप्रेमी र खेलाडीहरूले केही शारीरिक तौल बढाएका छन् भने इन्डुरेन्स स्पोर्ट्सका खेलाडीले एरोबिक इन्डुरेन्सको स्तर निकै नै घटेको महसुस गरेको हुनुपर्छ । यथास्थितिमा लकडाउन खुले पनि कोभिड–१९ को भ्याक्सिन विश्व बजारमा आउन समय लाग्ने यथार्थता पनि निश्चित छ । लकडाउनको अवस्थामा अभ्यासरत कोभिड संक्रमणबाट बच्ने उपाय र आचरणलाई निरन्तरता दिनुपर्ने हाम्रो बाध्यात्मक अवस्था प्रस्ट छ ।खेलाडीका लागि आफ्नो फिटनेस स्तर सबैभन्दा चासोको विषय रहन्छ । उनीहरूलाई कहिले लकडाउन खुल्छ र आफ्नो ट्रेनिङको तयारी सुरु गरौं भन्ने नै रहन्छ । तथापि बन्द र एकान्तको अवस्थामा खेलाडीले आफ्नो अवस्था र कमीकमजोरीलाई नजिकबाट नियाल्ने र सुधारका लागि प्रयत्न पनि प्रसस्तै मात्रामा गर्ने मौका पाएका हुन्छन् ।खेलाडीको जीवन अमूल्य छ । एउटा खेलाडीले आफ्नो जवानीको महत्त्वपूर्ण समय १० देखि १२ वर्षको लगानी पछि राष्ट्र चिनाउँछ । यस कठिन परिस्थितिमा सुरक्षित खेल अभ्यासस्थलको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित निकायको पनि हो । आफ्नो खेलको तयारी गर्दा हामीले यहाँनिर बुझ्नुपर्ने यर्थाथता भने सुरक्षित स्वास्थ्य र सफल खेलजीवन नै हो । कोरोना संक्रमित रोग हो । यसै कारण हामीले सामाजिक दुरीलाई कदापि बिर्सनुहुँदैन । विश्वमा खेलिने धेरैभन्दा धेरै खेलको तयारी प्रायः टिममा, सहयोगीका साथमा, कुनै इक्विपमेन्टका साथ वा कर्भडहलमा खेलिन्छ् । जुन कुराले संक्रमण हुने खतरा सधैं रहन्छ ।हाम्रो परिवेशमा फुटबल, भलिबल, र्याकेट स्पोर्ट्स, कराते, तेक्वान्दो, बक्सिङ, उसु, पौडी निकै लोकप्रिय खेल मानिन्छ । यी सबै खेलको जननि भनेको फिटनेस नै हो । फिटनेसका लागि हामीले आफ्नो खेलको स्वभावअनुसार आवश्यक रूपमा स्पिड (गति), स्ट्रेन्थ (बल), इन्डुरेन्स (सहनशक्ति), एजिलिटी (फूर्ति), मोबिलिटी (मांसपेसीको लचकपन) को विकास गर्नुपर्ने हुन्छ, जसलाई हामी बायोमोटर एबिलिटी भनेर चिन्दछौं ।कुनै पनि व्यक्तिगत वा टिम खेलको उच्च प्रदर्शनको नतिजा ७० देखि ८० प्रतिशत बायोमोटर एबिलिटीको विकासका आधारमा नै निर्धारण हुन्छ । यसका लागि खेलको प्रकृति हेरेर कुनै पनि खेल वा खेलाडीले १२ देखि २४ सातासम्म साधारण फिटनेसको कार्ययोजना तयारी गर्नुपर्ने हुन्छ । जुन कुनै पनि खेलका लागि बलियो जग बनाउने अपधि पनि हो ।यस संक्रमणकालीन अवस्थामा पनि खेलाडीहरूले व्यक्तिगत रूपमा आवश्यक मात्रामा तल देहायको तरिकाबाट फिटनेसको विकाव गर्नसके भविष्यमा हुन जाने कुनै पनि प्रतियोगिताको राम्रो तयारी गर्न सक्छन् । अप्ठेरोको बेलामा खेलकुदमा प्रचलित ‘थोरैबाट पनि धेरै’ को महामन्त्रलाई पनि बिर्सनुहुन्न ।१. टेक्निक/कोर्डिनेसनआफ्नो खेलका आधारभूत कला कौशलताको विकास आ–आफ्नै घरको आँगन, छतमा नियमित वार्मअपको रूपमा १५ देखि ३० मिनेटसम्म गर्न सकिन्छ । उदाहरणका लागि बेसिक ड्रिल, काता आदि । २. जनरल इन्डुरेन्स डेभलपमेन्टआ–आफ्नो खेलको स्वभाव तथा आवश्यकताअनुसार मानिसको भीड नहुने वा सुरक्षित ठाउँमा १५ देखि ९० मिनेटसम्म मध्यम गतिमा दौडिन सकिन्छ । मध्यम गतिको दौडका क्रममा प्रति १० सेकेन्डमा मुटुको चाल २० देखि २३ का बीचमा धड्कनुपर्छ । मुटुको गति हामी नाडी वा घाँटी छामेर थाहा पाउन सक्छौं ।३. जनरल स्पिड डेभलपमेन्टवार्मअपपछि २० देखि ३० मिनेटसम्मको मध्यम गतिको दौडमा प्रत्येक ३ मिनेटपछि ३० मिटर जतिको दूरीमा गति बढाउनाले (एक्सिलेरेसन स्पिड) गति बढाउने क्षमतामा अभिवृद्धि हुन्छ ।४. लचकताकुनै पनि खेलको नतिजा त्यस खेलले मागेबमोजिमको मांसपेशीमा लचकताले पनि निर्धारण गर्दछ । लचकताको विकास हामी बिहान उठ्नसाथ ओछ्यानमा नै हातगोडा तन्काएर गर्न सक्छौं भने वार्मअप गर्ने क्रममा डाइनामिक (चलायमान) तरिकाले र ट्रेनिङको अन्तमा स्ट्याटिक विधिबाट गर्न सकिन्छ । मुख्यतः सबै खेलमा एकिल्स टेन्डन, ह्यामस्ट्रिङ, क्वार्डिसेप्स, हिप फ्लेक्सर, लोअर ब्याकको मांसपेशीले नतिजामा ठूलो भूमिका खेल्छ ।५. जनरल स्ट्रेन्थसर्किट ट्रेनिङ वा स्टेबिलाइजेसन ट्रेनिङ हातखुट्टा, पेट, ढाडको मांसपेशीलाई मध्यनजर गरी बनाइएको व्यायाम हो, जसले मांसपेशीको भित्री भाग (कोर मसल ग्रुप) लाई बलियो बनाउने काम गर्छ । यो व्यायाम ३० मिनेटदेखि १ घण्टासम्म घरको कोठा, आँगन, छतमा गर्न सकिन्छ ।६. योगा/ध्यानयोगा तथा ध्यान खेलका लागि ज्यादै नै महत्त्वपूर्ण विधि हो, जुन हाम्रो नेपाली खेलकुदमा उपेक्षित रहँदै आएको छ । आफ्नो खेलमा ध्यान केन्द्रित गर्न, प्रतियोगिताको अप्ठ्यारो अवस्थामा आफूलाई संयमित गर्न यसले ठूलो मदत गर्छ । यसमा गरिने सूर्य नमस्कारलगायतका अभ्यासले जनरल स्ट्रेन्थिेनिङ/सन्तुलन र लचकताको विकासमा समेत मदत गर्छ । माथि उल्लेखित साधारण फिटनेस कार्य योजनाअनुरुप तयारी गरेको अवस्थामा ६ देखि ८ साताको विशेष प्रशिक्षणबाट पनि खेलाडीलाई प्रतियोगिताका लागि तयारी गर्न सकिन्छ । (लेखक अन्तर्राष्ट्रिय एसोसिएसन अफ एथलेटिक्स महासंघका प्रशिक्षक एवं लेक्चरर हुन्) | Sports | 25,289 |
इरानः महिलालाई फुटबल प्रतियोगिता हेर्न 'अनुमति दिइने' | विश्व फुटबलको प्रशासनिक निकाय फिफाले इरानमा महिलालाई फुटबल प्रतियोगिता हेर्न 'अनुमति पाउने' जनाएको छ। | https://www.bbc.com/nepali/news-49786405 | आगामी महिनादेखि हुने विश्वकप छनोट खेलबाट त्यसको शुरूवात हुनेछ। फिफाका अध्यक्ष जानी इन्फान्टिनोले यसै महिनाको शुरूतिर एक महिला फुटबल प्रशंसकको मृत्यु भएपछि महिला सहभागिताबारे इरानी अधिकारीहरूसँग कुरा गरेको बताएका हुन्। इरानी अधिकारीहरूले महिलालाई फुटबल प्रतियोगिता हेर्न अनुमति दिने कुरामा आफूलाई आश्वस्त पारेको अध्यक्ष इन्फान्टिनोले बताए। प्रतिबन्ध इरानमा महिलाहरूलाई रङ्गशाला जान प्रतिबन्ध लगाइएको छ जहाँ पुरुषहरूले सन् १९७९ को इस्लामिक क्रान्तिपछि बल्ल फुटबल खेल्न थालेका हुन्। पुरुषको भेषमा एउटा प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो। 'ब्लू गर्ल' नामले परिचित खोदायारीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आफू जेल जान सक्ने डर थियो। उनको मन पर्ने टिमको रङ्ग नीलो भएकोले खोदायारीलाई 'ब्लू गर्ल' भन्ने गरिन्थ्यो। पक्राउ परेपछि अदालत परिसरबाहिर जिउमा आगो लगाएकी खोदायारीको एक हप्तापछि अस्पतालमा मृत्यु भयो। उनको मृत्युको घटनाले इरानभित्र र बाहिर व्यापक आक्रोश निम्त्यायो। विश्वभरिका फुटबल खेलाडी र प्रशंसकले उनीप्रति सम्मान दर्शाइरहेका छन्। उनको सम्झनामा केही युरोपेली महिला टोलीका खेलाडीहरूले प्रतियोगिताका क्रममा पाखुरामा नीलो पट्टी बाँध्ने गरेका छन्। घटनापछि फिफाले समेत व्यापक आलोचना खेपिरहेको छ। कतिपयले इरानको फुटबल सङ्घलाई निलम्बन गर्न अथवा प्रतिबन्ध लगाउन माग गरिहरेका छन्। फिफाले के भन्यो? अक्टोबर १० मा कम्बोडिया र इरानबीच हुने सन् २०२२ को विश्वकप छनोट खेलबारे छलफल गर्नका लागि फिफाका अधिकारीहरूले इरानमा एक हप्ता बिताएका छन्। फुटबलबारे फिफाको एउटा पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले भने, "हामीलाई महिला सहभागिता चाहिएको छ।" "हामीलाई आश्वस्त पारिएको छ कि इरानको आगामी अन्तर्राष्ट्रिय खेलका क्रममा महिलाहरूलाई फुटबल रङ्गशाला छिर्न अनुमति दिइनेछ। अपवादबाहेक ४० वर्षभित्र हुन नपाएको यो निकै महत्त्वपूर्ण कुरा हो।" इरानमा फुटबलप्रेमी महिला इरानी महिलाहरूलाई पुरुषको फुटबल प्रतियोगिता हेर्न प्रतिबन्ध लगाइए पनि विदेशी महिलालाई रङ्गशालामा सीमित पहुँच दिने गरिएको छ। अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार कानूनमा त्यस्तो प्रतिबन्धको व्यवस्था नभए पनि "निर्दयतापूर्वक" त्यस्तो गरिएको छ। गत वर्ष चाहिँ तेहरानस्थित एउटा रङ्गशालामा ठूलो पर्दामा देखाइने विश्वकप फुटबल महिलाले पनि हेर्न पाउने भन्दै अस्थायी रूपमा प्रतिबन्ध हटाइएको थियो। | Others | 64,670 |
युभेन्टसको पहिलो हार | च्याम्पियन युभेन्टसले इटालीको सिरी ए मा मंगलबार सिजनको पहिलो लिग हार बेहोरेको छ । उसलाई फियोरेन्टिनाले ३–० ले हरायो । | https://ekantipur.com/sports/2020/12/23/160869003932811223.html | मिलान — च्याम्पियन युभेन्टसले इटालीको सिरी ए मा मंगलबार सिजनको पहिलो लिग हार बेहोरेको छ । उसलाई फियोरेन्टिनाले ३–० ले हरायो ।खेलको अन्त्यमा युभेन्टस १० खेलाडीमा पनि सीमित रहेको थियो । जुवान कउड्राडोलाई १८ औं मिनेटमा मैदान छाड्नु परेको थियो । फियोरेन्टिनाले प्रशिक्षक सिसर प्रान्डाली आएयता यसअघिका ६ खेल जित्न सकेको थिएन ।तर यसपल्टको जितमा उसको भन्दा पनि युभेन्ट्सको कमजोर डिफेन्स बढी जिम्मेवार रह्यो । विशेषत: लियोनार्डो बोनुचीले युभेन्ट्सका लागि बिर्सनलायक खेल खेले । फियोरेन्टिनाका लागि डुसान भ्लाहोभिच र मार्टिन सेसर्सले गोल गरे । अर्को गोल एलेक्स सान्ड्रोको नाममा आत्मघाती रह्यो । यो हारपछि युभेन्टस १३ खेलबाट २४ अंकमा सीमित रह्यो र चौथो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको एसी मिलानसँग सात अंकको दूरी हो । लगातार दसौं पल्ट लिग उपाधि जित्ने होडमा रहेको युभेन्टसको अहिलेको लयले त्यस उपलब्धिलाई हात पार्न गाह्रो हुने देखिएको छ । | Sports | 24,064 |
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु | अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ । | https://gorkhapatraonline.com/news/87848 | काठमाडौँ, मङ्सिर १८ गते ।अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ । सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक जानकारी दिँदै मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरेको हो ।अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दिप थपलिया, वाणगंगा १ कपिलवस्तुका रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । गोरखापत्रलगायत विभिन्न सञ्चारमाध्यममा रुसी सेनामा नेपाली युवक यवुती अवैधानिक रुपमा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सामेल भएको समाचार प्रकाशित भएको थियो । सरकारले यसअघि मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । तथापि अवैधानिक रुपमा रुसी सेनामा गएर ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई यसै वक्तव्यमार्फत अनुरोध गरेको छ । नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न र कुनै नेपाली नागरिकलाई भर्ती गरेमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुस सरकारसँग नेपाल सरकारले अनुरोध गरेको छ । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको प्रष्ट पारेको छ । नेपाल सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएरमात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ । | News | 52,440 |
होटेल छन् ग्राहक छैनन् | धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट आउँदो मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको चुनावी माहौलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन भने शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ । | https://gorkhapatraonline.com/news/48625 | बाबुराम शर्मा चरिकोट, पुस ७ गते । धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट बजारका हाेटेल र चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ । गत दुई वर्ष लगातारको कोराेनाले थलिएको चरिकोट अहिले पनि पुरानै लयमा आउन नसकेपछि सुनसान बनेको बताइएको छ । राजधानी काठमाडौँबाट १३३ किलोमिटर दूरीमा रहेको सदरमुकाम चरिकोट विशेष गरी दोलखा भीमेश्वर, कालिन्चोक, चरिघ्याङ गुम्बा, सैलुङ, जिरी, हनुमन्तेडाँडा लगायत मुख्य धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई जल पर्यटनका रूपमा लिएर केही वर्ष अघिसम्म ती गन्तव्य घुम्न आउने पर्यटकको घुइँचो यहाँ थेगिनसक्नु हुन्थ्यो । यही घुइँचोले सदरमुकाम चरिकोटसहित आसपासमा थुप्रै सुविधा सम्पन्न होटेल निर्माण भए । अझ यहाँ बनेका अधिकांश नयाँ घरलाई होटेलका रूपमा पनि प्रयोग गरियो । विशेष गरेर आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने दोलखामा पछिल्लो समय पर्यटक चहलपहल घटेको छ । अहिले पर्यटक हत्तपत्त चरिकोट बस्न नरुचाउने गरेको पाइएको छ । सुविधासम्पन्न होटेलको महसुस गरी चरिकोटमा एक वर्षअघि दुई तारे होटेल एम्ब्रोसियाका सञ्चालनमा पनि आयो । सञ्चालक दिनेश बस्नेतले गुनासो गर्दै भन्नुभयो, सुविधा सम्पन्न होटेल हुँदाहुँदै पर्यटकको चरिकोट बसाइ पातलो हुँदै गएको छ । कतिपय पर्यटक काठमाडौँबाट बिहानै दोलखा भीमेश्वर मन्दिर दर्शन गरी बेलुका फर्कने र कालिन्चोक मन्दिर जाने उतै बस्ने गरेका छन् ।पछिल्लो समय अरु होटेलभन्दा सुविधा सम्पन्न होटेल खोज्नेको रोजाइमा बस्नेतको होटेल एम्ब्रोसिया पर्न थालेको छ यहाँ पहिलो पटक दुईचारे स्तरको होटेल सञ्चालनमा आएपछि पनि केही पर्यटक बास बस्न थालेको व्यवसायीहरूको भनाइ छ ।होटेल सङ्गम प्यालेसका सञ्चालक सुदर्शन कार्कीले पहिलाको दाँजोमा होटेलहरू सुस्ताएको बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटक आगमन मात्र नभई मुख्य त आर्थिक मन्दी हो । प्रचारप्रसारको कमी र सडकको दुरवस्थाले पनि असर पारेको छ । विभिन्न सङ्घसंस्थाले गर्ने कार्यक्रम पनि घटेका छन् । विशेषगरी स्थानीय तह केन्द्रित भएपछि सङ्घसंस्था पनि सदरमुकाम आउन छाडेका छन् । होटेल सङ्घ दोलखाका अध्यक्ष रञ्जित पाठकले कोभिड १९ महामारीको प्रभाव दोलखाका होटेलमा अहिले पनि परिरहेको जानकारी दिँदै भन्नुभयो, आर्थिक मन्दी मुख्य कारक बनेको छ । हिलाम्मे र धुलोले पनि आयातमा असर परेको छ । उहाँले भन्नुभयो, दोलखामा १६० भन्दा बढी होटेलमध्ये सङ्घमा १०५ होटेल दर्ता भएका छन् । एउटा सामान्य होटेलमा समेत ४५ लाख रुपियाँभन्दा बढी लगानी भएको छ भने समग्र जग्गा र होटेलसहित करिब एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ । लगानीका हिसाबले होटेलमा ठूलो रकम खर्च भए पनि पर्यटक आगमन कम हुँदा जोखिम बढ्दै गएको छ । होटेल सङ्घका अध्यक्ष पाठकले पछिल्लो समय चरिकोटका केही होटेल बन्दसमेत भएका अध्यक्ष पाठकले बताउनुभयो । सञ्चालनमा रहेका होटेलमा पनि कर्मचारी अभाव छ । भएका कर्मचारी पनि अन्य क्षेत्रमा गइसकेका कारण हाल सञ्चालनमा रहेका होटेल घरका परिवारले नै चलाइरहेको एक व्यवसायीले जानकारी दिए ।होटेलमा कर्मचारी अभाव मात्र होइन, बैङ्कले समेत ब्याज र किस्तामा कडाइ गर्न थालेको छ । यही अवस्था रहँदै गए अबको केही महिनाभित्र यहाँका धेरै होटेलमा ताला लाग्न सक्ने अवस्था आउने अर्का एक व्यवसायीले बताए । बैङ्कहरूले पनि सुरु–सुरुमा सस्तो ब्याजमा अन्धाधुन्ध घरजग्गामा लगानी बढाएको र अहिले ब्याज बढाएपछि व्यवसायी थप मर्कामा परेका छन् । ब्याज र किस्ता तिर्न सक्ने अवस्था अहिले नरहेकाले धेरै होटेल लिलामीमा जान सक्ने बताइन्छ । | News | 39,654 |
दाङमा जङ्गली च्याउ खादा दुई जना बिरामी | दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ । | https://gorkhapatraonline.com/news/71133 | लीलाधर वली घोराही, असार ३० गते । दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहनुभएको छ ।बंगलाचुली गाउँपालिका–१ का विष्णु कुँवरले जङ्गलमा भटाएको च्याउ घरमा पकाएर खाँदा आमा छोरा बिरामी परेको जानकारी दिनुभयो । बिरामी दुवै जनाको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।वडा अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएका थियौँ । अहिले उहाँहरूको उपचार भइरहेको छ ।’’शुक्रबार उहाँहरूले भातसँग च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । | News | 54,984 |
अस्ट्रेलियालाई महिला विश्वकप | अलयसा हेलीले बनाएको उत्कृष्ट १ सय ७० रन मद्दतले अस्टे«लियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै महिलाको एकदिवसीय विश्वकप क्रिकेट जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा ३ सय ५६ रनको स्कोर खडा गरेको थियो । त्यसको जवाफमा डिफेन्डिङ च्याम्पियन रहेको इंग्ल्यान्ड २ सय ८५ रनमा ४४ ओभरभित्र अलआउट भयो । | https://ekantipur.com/sports/2022/04/03/164900482486556798.html | क्राइसचर्च — अलयसा हेलीले बनाएको उत्कृष्ट १ सय ७० रन मद्दतले अस्टे«लियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै महिलाको एकदिवसीय विश्वकप क्रिकेट जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा ३ सय ५६ रनको स्कोर खडा गरेको थियो । त्यसको जवाफमा डिफेन्डिङ च्याम्पियन रहेको इंग्ल्यान्ड २ सय ८५ रनमा ४४ ओभरभित्र अलआउट भयो ।इंग्ल्यान्डकी नाट सिभर १ सय ४८ रन बनाएर अविजित रहिन् । महिला र पुरुष दुवैको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाएकी हेली ‘प्लेयर अफ द म्याच’ चुनिए र उनले आफ्नो प्रदर्शनलाई अविश्वसनीय रहेको बताइन् । उनले भनिन्, ‘मैले सपनामा पनि यस्तो प्रदर्शन गर्नेबारे सोच्न सक्ने थिइनँ ।’उनले थपिन्, ‘प्रत्येक टिमको उद्देश्व विश्वकप जित्नु हुनेछ र खेलाडीको चाहना त्यसमा योगदान दिनु हुनेछ । आजको प्रदर्शनलाई लिएर म निकै खुसी छु ।’ महिला विश्वकपका अहिलेसम्मका १२ संस्करणमध्ये अस्ट्रेलियाको यो कीर्तिमान सातौं जित हो र यससँगै ५० ओभरको महिला क्रिकेटमा अस्ट्रेलियाको प्रभुत्व कायम रह्यो ।पछिल्लो चार वर्षका ३९ खेलमा अस्ट्रेलियाको यो ३८ औं जित हो । इंग्लिस कप्तान हिथर नाइटले हेलीको प्रदर्शनलाई महिला क्रिकेटमै अहिलेसम्मको उत्कृष्ट प्रदर्शनमध्ये एक रहेको बताउँदै आफ्नो टिमले जवाफमा कुनै पनि समय बलियो साझेदारी गर्न नसकेको बताइन् । उनले भनिन्, ‘यति ठूलो लक्ष्य पछ्याउने क्रममा हामीलाई जोखिम उठाउन पनि आवश्यक थियो ।’हेलीले १ सय ७० रनका लागि १ सय ३८ बलको मात्र सामना गरिन् । पूरा प्रतियोगितामा उच्च लयमा रहेकी उनले कुल ५ सय ९ रन बनाइन् । उनले फाइनलमा राचेल हायन्ससँग मिलेर पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरिन् । विश्वकपमा कुनै पनि विकेटका लागि यो अहिलेसम्मकै उच्च साझेदारी हो । | Sports | 20,762 |
राजकुमार ह्यारीः "यूके प्रेसका कारण मैले राजकीय जीवन छाडेँ" | ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको "विषालु" अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन्। | https://www.bbc.com/nepali/news-56212015 | राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा यूकेको प्रेसका कारण उत्पन्न वातावरणका कारण "आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको" र त्यस्तो अवस्थामा आफूले " कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको" बताएका छन्। गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो। राजकुमार ह्यारीले आफूहरूले त्यस्तो "जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको" भन्नेमा जोड दिए। दोस्रो बच्चाको जन्मको पर्खाइमा रहेको उक्त राजकुमार दम्पति आफ्ना एक वर्षिय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरेको थियो। परित्याग उनीहरूले गत ज्यानुअरी महिनामा अब राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनु पर्ने भूमिका परित्याग गर्ने योजनाको घोषणा गरेका थिए। त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए। गत हप्ता बकिंघम राजदरबारले एक विज्ञप्ति जारी गर्दै त्यसबेलाका प्रावधानहरूको समीक्षापछि ड्युक र डचिस् अब आफ्नो पुरानो राजकीय जिम्मेवारीमा नफर्कने निर्णय भएको जनाएको थियो। त्यस्तो निर्णयको परिणाम स्वरूप तिनीहरूले आफूलाई प्राप्त मानार्थ सैनिक पदवी र राजकीय संरक्षकत्व फिर्ता गर्नु पर्ने हुन्छ। | Others | 68,913 |
जन्मदिनमा ६० विद्यार्थीलाई न्यानो कपडा | जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । | https://gorkhapatraonline.com/news/47722 | राधा लुइटेलफिदिम, मङ्सिर २६ गते । जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।फिदिम नगरपालिका –१ मा सिदिन डेरी सञ्चालन गर्दै आउनुभएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका –७ को थोकपन आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर र स्टेशनरी वितरण गर्नुभएको हो । रिजालले सोमबार बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गर्नुभयो । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक संस्थाले गरेको थियो ।कार्यक्रममा फालेलुङ –७ का वडाध्यक्ष टेकबहादुर केरुङ, सिद्वदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ, पूर्व प्रधानाध्यापकहरु टेकनाथ रिजाल र ओमनाथ रिजाल, पूर्व वडाध्यक्ष शेरवहादुर केरुङ र जनसेवा समाजका अध्यक्ष राजेन्द अधिकारीले सहयोगकर्ता रिजाललाई धन्यवाद ज्ञापन गर्नुुभयो । रिजाल सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ । | News | 59,838 |
संसद् र सांसदमा अतिरिक्त सक्रियताको खोजी | धेरैलाई लागेको थियो, जोसिला सांसदहरूको प्रवेशसँगै संसद्ले प्रारम्भदेखि नै आक्रामकता देखाउनेछ । नयाँ संविधानपछिको पहिलो संसदीय कार्यकाललाई जसरी निष्क्रिय पारिएको थियो, त्यो दृश्यलाई यिनले पूर्णतः बदल्नेछन् । | https://ekantipur.com/opinion/2023/04/16/168160786039129494.html | धेरैलाई लागेको थियो, जोसिला सांसदहरूको प्रवेशसँगै संसद्ले प्रारम्भदेखि नै आक्रामकता देखाउनेछ । नयाँ संविधानपछिको पहिलो संसदीय कार्यकाललाई जसरी निष्क्रिय पारिएको थियो, त्यो दृश्यलाई यिनले पूर्णतः बदल्नेछन् ।तर दुर्भाग्य, २०७९ मंसिर ४ मा चुनाव सकिएयता संघीय संसद् र प्रदेश सभा सबै सरकार निर्माण, विश्वासको मतप्राप्तिमै अल्झिएका छन् । दलहरू अझै संसदीय कर्मतिर सोझिएका या घोत्लिएका छैनन्, एकदुई पटक भाषण गर्नुबाहेक ।प्रारम्भिक लक्षणहरू हेर्दा दोस्रो आम चुनावपछिको संसद् पनि अघिल्लोजस्तै हुन्छ कि भन्ने लाग्दै छ । दल र सांसदहरूको ध्यान केवल सत्तामा केन्द्रित छ, संसद्तिर होइन । चार महिनाका प्रारम्भिक चरण हेर्दा गठबन्धन निर्माण र विघटनका क्रियाकलाप मञ्चनमै दलहरू रोमाञ्चित छन् । त्यसले पनि संसद्लाई अघिल्लो कार्यकालमा झैं सत्ताको भर्याङमा मात्र सीमित राख्ने त होइन ? संसदीय क्रियाकलापले त्यस्तै आभास दिलाउँदै छ ।संघीय सांसदहरूले गएको पुस ४ मा शपथ लिएपछि पुसमा १२ मा सदनमा प्रवेश गरेका हुन् । त्यसपछि संसद् सभामुख–उपसभामुख चयन, प्रधानमन्त्रीको विश्वासको मत, राष्ट्रपति–उपराष्ट्रपति चुनावमै अल्झिरह्यो । सदन अझैसम्म खास संसदीय कर्ममा प्रवेश भएको पाइँदैन ।संघीय सरकारले तीन महिनाका बीचमा दुई पटक विश्वासको मत लिनुपर्ने राजनीतिक परिस्थिति बन्यो । चुनावका बेला फरक गठबन्धन, सरकार निर्माण हुँदा अर्कै गठबन्धन र राष्ट्रपति–उपराष्ट्रपतिको चुनावसँगै चुनावताकाकै गठबन्धन । अर्थात्, गठबन्धन पुरानै लयमा फर्किएको छ । अनि चुनावसँगै जन्मिएका नयाँ दलहरू पनि सत्ता गठबन्धनमै घाँटी जोड्न आइपुगेका छन् । दलहरू सत्ताकै सेरोफेरोमा मात्रै रमाइरहेका हुँदा संसद्भित्र मुलुकले खेप्नु र भोग्नुपरेका विषय र समस्याले प्रवेश पाउन सकेका छैनन् ।हुन त, विगत कार्यकालमा देखिएका खराब अभ्यास उजागर गर्दै संसद्मा नयाँ पात्र र दलहरू पनि प्रवेशका गरेका छन् । गएको चुनावमा विगतका राजनीतिक शक्तिहरूको क्षयीकरण हुँदा नयाँ दलहरूका निम्ति ढोका खुलेको हो । पुराना दलहरूले संसद्लाई संसदीय मूल्य–मान्यता र आदर्शअनुरूप हिँडाएका भए नयाँहरूले त्यसरी एकाएक दलीय आकार पाउने थिएनन् ।कांग्रेस, एमाले र माओवादीलाई चुनौती दिने गरी नयाँ दलहरू पनि राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै सदनमा प्रवेश भएका छन् । तर, तिनीहरूको प्रारम्भिक रूप र क्रियाकलाप हेर्दा सारमा पुरानाभन्दा खासै फरक होइनन् भन्ने प्रमाणित गर्न खोज्दै छन् । किनभने तिनीहरू सत्ताकै निम्ति कहिले यता, कहिले उता, कहिले एक नेताकै दम्भ–तुजुकको सिकार सिंगो दललाई बनाउँदै छन् । तिनीहरूले झन् पुरानै प्रवृत्तिलाई जिउँदो–जाग्दो बनाएझैं प्रतीत हुन्छ । यहाँ त्यस्ता दल वा नेताहरूका नाम उल्लेख गरिरहनु जरुरी छैन, सिंगो मुलुकले तिनको व्यवहारलाई मिहिन ढंगले हेर्दै छ । पुराना दलको राष्ट्रिय चरित्र सबैले देखेकै र भोगेकै हुन् । नयाँ दल वा नेताहरूले त्यही रूप देखाउँदा जननिराशा झन् चरमतिर जाने हो कि भन्ने आशंका बढेको छ । नयाँ दल पुरानाजसरी नै सत्ताकै खेलमा अल्झिरहने कि आम नागरिकले खेपेका र भोगेका समस्यातिर पनि प्रवेश गर्ने ? सांसदहरूलाई निष्क्रिय या अल्छी हुने छुट अब पनि छ र ?यतिखेरको आवश्यकता भनेको जनचाहना अनुरूप रचनात्मक सवाल र भूमिकासहित सांसदहरू सक्रिय रहनु हो । उमेरका हिसाबले होस् या लामो समय संसद्मै बिताएका कारणले, अधिकांशमा जोस–जाँगरको कमी छ । तिनीहरूलाई पनि नवप्रवेशी र युवा पुस्ताले तताउँदै प्रतिस्पर्धामा ल्याउनुपर्छ । सँगै दम्भी, घमन्डी र अहंकारी नेतृत्व वृत्तलाई वास्तविक धरातलमा उतार्नुपर्ने दायित्व छ । सँगै तिनलाई संसदीय मूल्य–मान्यताको कसीमा बस्न बाध्य तुल्याइनुपर्छ ।सरकार विश्वासको मतमा अल्झिँदा संसद्ले आफ्नो कार्य सञ्चालन सम्बन्धी नियमावली पारित गर्नै समय लगायो । फलतः समितिहरूको गठन र सभापति चयन प्रक्रिया अघि बढ्नमा ढिलाइ भएको छ । प्रारम्भमै यति सुस्त देखिएको संसद् भविष्यमा कसरी सक्रिय होला ? एकातिर नागरिकले ‘अतिरिक्त सक्रियता’ खोजेका छन्, अर्कातिर जनप्रतिनिधिहरूचाहिँ ‘सामान्य सक्रियता’ को बाटो हिँडेको समेत पाइँदैन ।विश्वासको मत लिने कर्ममै अल्झिएका प्रधानमन्त्री पुष्पकमल दाहाल अब सरकारलाई पूर्णता दिँदै संसद्लाई ‘बिजिनेस’ दिनेतिर केन्द्रित हुनुपर्छ । अघिल्लो संसदीय कार्यकालमा अनिवार्य र आवश्यक ठानिएका विधेयकहरू पारित नहुँदाको अन्योलपूर्ण परिणाम मुलुकले खेप्दै छ । नयाँ संविधान अनुरूप नयाँ कानुन सृजना गर्नुपर्नेदेखि प्रचलित कानुन संशोधनका थुप्रै कार्यभारप्रति अघिल्लो संसदीय कार्यकाल जिम्मेवार बन्न सकेन ।संसद् निष्क्रिय हुँदा र सरकारबाट निष्क्रिय पारिँदाको मारमा थुप्रै विधेयक परेकै हुन् । विधेयकले कानुनी रूप नपाउँदा प्रदेशसभा र सरकारसमेत प्रभावित हुन पुगे । किनभने संघले कानुन नबनाईकन प्रदेशलाई कानुन बनाउन अप्ठ्यारो हुन्छ । संविधानतः संघीय कानुनसँग प्रदेशसभाका कानुन बाँझिनु हुँदैन । संघीय सरकार र संसद् बढी मात्रामा राजनीतिक चलखेलमै रमाएपछि या बारबार प्रतिनिधिसभा विघटन भएपछि विधेयकहरू संसदीय समितिमा दफावार छलफलमै अल्झिए । अझ कतिपय दर्तामै मात्र सीमित रहे, संसदीय प्रक्रियामा प्रवेश गर्न पाएनन् ।यस्तोचाहिँ हुँदै नहोस्संघीय संसद्को अघिल्लो कार्यकाल २०७४ फागुन २१ देखि २०७९ असोज १ सम्म रह्यो । अझ संसद्ले संसदीय कर्ममै बिताएको समय हेर्ने हो भने जोकोही पनि आत्तिनुपर्ने अवस्था रह्यो, अघिल्लो कार्यकालमा । प्रतिनिधिसभा क्रियाशीलताको तथ्यांक हेर्दा जोकोहीले जिब्रो टोक्नेछ । नवौं–दसौं अधिवेशनमा १ सय ४३ दिन संसद् चालु रह्यो । नवौं अधिवेशन ५१ दिन चालु हुँदा ५ घण्टा ४० मिनेट र दसौं अधिवेशन ९२ दिन चालु रहँदा ७ घण्टा ५० मिनेट संसदीय काममा तल्लीन रह्यो । दुवै अधिवेशन गरी जम्माजम्मी संसदीय कर्ममै चाहिँ संसद्ले १३ घण्टा ३० मिनेट मात्रै व्यतीत गर्यो । यस्तो अभ्यास त दुनियाँको संसदीय अभ्यासमा सायदै देखा पर्ला !संसद्को महत्त्वपूर्ण काम नै विधेयकमाथि सघन बहस गरी मुलुकको हितमा कानुन निर्माण गर्नु हो । त्यो धर्म या कर्ममा संसद् चुकेकै हो । संसद्लाई सरकारले ‘खेलौना’ ठानेपछि या ‘बनाएपछि’ न कानुन बने, न सरकारलाई निगरानी गर्न संसद् सफल रह्यो । राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा पठाइएका विधेयकहरू लामो समय अन्योलमा मात्र रहेनन्, प्रतिनिधिसभाबाट फिर्ता नहुँदा ‘शून्यकै अवस्था’ को नियति भोग्नुपर्यो ।एकातिर मुलुक संघीय पद्धतिमा छ, अर्कातिर प्रदेश सञ्चालन गर्नका निम्ति निजामती कानुन चाहिन्छ । पाँच वर्षसम्म संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कानुनी रूप ग्रहण गर्न सकेन । यस्तो महत्त्वपूर्ण विधेयक ‘फ्रास्ट ट्र्याक’ बहस चलाउँदै पारित गरिनुपर्थ्यो ।यो विधेयक २०७५ माघ २७ मा संघीय संसद्मा दर्ता भयो र केही दिनपछि नै प्रतिनिधिसभाले दफावार छलफलका निम्ति राज्य व्यवस्था तथा सुशासन समितिमा पुग्यो । उक्त विधेयकमाथि कर्मचारीतन्त्रको अधिक चासो परेको हुँदा अनुकूलका निम्ति दबाब–प्रभाव प्रयोग हुने नै भए । त्यति हुँदाहुँदै पनि समितिले डेढ वर्षसम्म समितिमा दफावार चलाउँदै २०७७ असार १५ मा प्रतिवेदनसहित प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकमाथि छलफल गर्न मात्रै समितिमा ५५ पटक बैठक भएका थिए । त्यति महत्त्वपूर्ण नभएको भए, एउटा विधेयकका निम्ति त्यति धेरैचोटि बैठक गर्नुपर्ने नै थिएन । तर, प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेस गर्दै पारित गर्नर् ेकर्म नै पूरा भएन । मुलुकले संघीय पद्धति स्वीकार गरेको हुँदा उसलाई चाहिने कानुन निर्माण गर्नु राज्यको कर्तव्य थियो । निजामती कानुन मात्रै होइन, नागरिकता, प्रहरी, शिक्षा लगायत अनगिन्ती कानुन भद्रगोल अवस्थामा रहे । एकातिर राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने प्रतिबद्धता व्यक्त गरिरहे, अर्कातिर सुशासनका निम्ति संसद्मा दर्ता भएका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउने गरी प्रस्तुत विधेयकमा निष्कर्ष खोजिएन । यसले हाम्रा राजनीतिक दलहरूमा ‘कथनी र करनी’ बीचको खाडल उजागर गर्छ ।अबको संसद्मा त्यस्ता दृश्यहरू नदोहोरिऊन् । संसद्ले शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप शक्ति सन्तुलनका निम्ति भूमिका नखेल्ने हो भने जतिसुकै लोकतान्त्रिक भनिएको दलले सरकार चलाए पनि कहिले प्रत्यक्ष र कहिले अप्रत्यक्ष शैलीमा राज्यका अरू अंगलाई खुम्च्याउँदै आफूलाई बलशाली तुल्याउन खोज्छ नै । त्यही योजना अनुरूप सरकारले कहिले ‘बिजिनेस’ नदिने या कहिले विवादित विषय आउँदा अधिवेशन अन्त्य गर्नेदेखि भंग गर्नेसम्मको खेल रच्छ नै । कार्यकारिणीको नियत वा बदनियत केलाउँदै संसद्ले निरन्तर निगरानी–नियन्त्रणको छडी चलाइरहनुपर्छ । अर्को त, नवप्रवेशी सांसदहरूले बुझ्नुपर्ने तथ्य के हो भने संसद्को कार्यक्षेत्र निकै चौडा हुन्छ । राज्यका अंगहरूमा निगरानी गर्ने, नियन्त्रण गर्ने, सन्तुलन गर्ने वैधानिक दायित्व एक मात्र संस्था संसद्लाई प्राप्त छ । संविधानतः प्राप्त शक्ति र अधिकार कसरी प्रयोग गर्ने भन्ने संसदीय रणनीति हुनुपर्छ । त्यसअतिरिक्त कुनै बेला सरकारले संसद्लाई काम दिएन भने संसद् र सांसद स्वयंले काम सृजना गर्न सक्नुपर्छ । संसद् र सांसदहरू जागरुक हुने हो कामको अभाव नै हुँदैन । संसद्ले सरकारलाई रिंग्याउने गरी संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव, प्रश्नहरूको बाढी लगाउन सक्छ । सरकारले नचाहे सांसद स्वयंले पनि गैरसरकारी विधेयक दर्ता गराउँदै सरकारलाई दबाबमा पार्न सक्छन् । अनि संसदीय समितिलाई तताउँदै सरकारलाई र्याखर्याख्ती पार्न सकिन्छ । केवल चाहिएको छ, संसद् र सांसदको अतिरिक्त सक्रियता ।प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । | Opinion | 10,707 |
स्तुपा ट्रेल रेस शनिबार | ट्रेल धाविका मीरा राई इनिटिएटिभको आयोजनामा शनिबार माघ २७ गते हुने स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेसमा १५ देशका खेलाडीले भाग लिने भएका छन् । | https://ekantipur.com/sports/2024/02/08/stupa-trail-race-saturday-52-55.html | काठमाडौँ — ट्रेल धाविका मीरा राई इनिटिएटिभको आयोजनामा शनिबार माघ २७ गते हुने स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेसमा १५ देशका खेलाडीले भाग लिने भएका छन् ।स्वयम्भू स्तुपादेखि बौद्ध स्तुपासम्म हुने उक्त रेस ५४ किमि र २५ किमि गरी दुई विधामा हुनेछ । त्यसमा २ सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।५४ किमि रेस स्वयम्भू स्तुपा र ३५ किमि रेस मुड्खुबाट हुनेछ । ५४ किमितर्फ महिला र पुरुष दुवैका विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् ।३५ किमि विजेताले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार रुपैयाँ पाउनेछन् । सम्पूर्ण रेस पूरा गर्नेलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ । दुवैतर्फका विजेताका लागि च्याम्पियन ट्रफी प्रदान गरिनेछ । रेसमा चिप्स प्रविधि प्रयोग गरिने भएको छ । | Sports | 14,896 |
गौरीटारको काम रोकियो | विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण हेटौंडा–६, गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणको काम प्रभावित भएको छ । | https://ekantipur.com/sports/2020/03/23/158493661741053685.html | मकवानपुर — विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण हेटौंडा–६, गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणको काम प्रभावित भएको छ । वाग्मती प्रदेश सरकारको लगानीमा हाल गौरीटारमा फिल्ड एन्ड ट्र्याकसहित अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान निर्माण कार्य अगाडि बढिरहेको थियो । ‘फुटबल मैदानमा दुबो रोप्ने काम मात्र बाँकी थियो । अहिले रोकिएको छ,’ वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले दुबो रोप्नका लागि भारतबाट कामदार आउनुपर्ने भएको कारण काम रोकिएको बताए । ‘कोरोना भाइरसका कारण भारतबाट कामदार आउन सकेनन् । जसले गर्दा काम रोक्नुपर्ने अवस्था आयो,’ उनले नेपाली कामदारबाट हुने काम भने भइरहेको बताए । हालसम्म मैदान निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको परिषद्ले जनाएको छ ।केन्द्रीय सरकारबाट वेवास्ताको सिकार भइरहेको गौरीटार रंगशालालाई प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेसँगै भौतिक पूर्वाधार निर्माणको कामले गति लिइरहेको थियो । मैदान निर्माण पुस महिनाभित्रमा सक्ने गरी गिरी कस्ट्रक्सनले ठेक्का सम्झौता गरेपनि तोकिएको समयमा काम सम्पन्न नभएपछि परिषद्ले पुनः तीन महिनाको समय थप गरेको थियो । ‘फुटबल मैदान, एथ्लेटिक्सको ट्रयाक तथा फिल्डको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको थियो । चैत महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य हामीले तय गरेका थियौं । अब सम्भव भएन,’ उनले मैदानका लागि आवश्यक प्यारापिट निर्माणका लागि पुनः टेन्डरसमेत आह्वान गर्ने तयारीमा परिषद् रहेको भए पनि तत्काल गर्ने वा नगर्ने विषयमा निर्णय नभएको बताए । ‘पहिलो पटक प्यारापिट निर्माण गर्न टेन्डर आह्वान गरिएको भए पनि ठेकेदार पक्षले काम अगाडि बढाउन नसक्ने देखिएपछि ठेक्का रद्द गरिएको थियो । पुनः टेन्डर गर्न परिषद् तयारी अवस्थामा रहेको छ,’ उनले थपे । करिब २० हजार क्षमताको प्यारापिट निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ । ‘अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरी सबै भौतिक पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ । आवश्यक बजेटको अभाव हुन नदिने मुख्यमन्त्रीबाट प्रतिबद्धता प्राप्त भएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा प्रदेशको सामाजिक विकास मन्त्रालयले गौरीटारमा भौतिक पूर्वाधार निर्माणका लागि दस करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘अब पाँच करोड रुपैयाँमा फिल्ड एन्ड ट्य्राककसहितको अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार हुनेछ । यो कार्य सकिएलगत्तै प्यारापिट निर्माणको काम अगाडि बढ्नेछ,’ उनका अनुसार मन्त्रालये विनियोज गरेकोमध्ये आठ करोड रुपैयाँ प्यारापिट निर्माण र दुई करोड रुपैयाँ पर्खाल निर्माणका लागि खर्चिने तयारी भइरहेको छ । प्यारापिटको डीपीआर निर्माणको काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षभित्रमा फुटबल र क्रिकेट मैदान निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने घोषणा यसअघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरिसकेका छन् । मुख्यमन्त्री हरेक महिना मैदानको कार्यप्रगति हेर्न रंगशाला पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरेर रंगशालाको उद्घाटन गर्ने मुख्यमन्त्री पौडेलले पटक–पटक घोषणा गरिरहेका छन् । २३ बिघा जमिनमा फैलिएको यस प्रतिष्ठानमा हालसम्म संघीय सरकारको करिब आठ करोड रुपैयाँ खर्च भइसकेको छ । प्रतिष्ठानमा फुटबल मैदान, कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गर्ने योजना रहेको छ । उद्घाटनको समयमा करिब पाँच अर्ब रुपैयाँको लगानी लाग्ने अनुमान गरिए पनि अहिले उक्त लागत दोब्बर भइसकेको अनुमान परिषद्को छ । २०६६ सालमा रंगशालाको शिलान्यास गरिए पनि हालसम्म कुनै पनि सरकारले पर्याप्त बजेट छुट्याइएको छैन । विगतका दुई आर्थिक वर्षमा संघीय सरकारले प्रतिष्ठानलाई आवश्यक बजेट नै विनियोजन नगर्दा पूर्वाधार निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।प्रदेश खेलकुद स्थगितवाग्मती प्रदेश सरकारले चैतको तेस्रो सातादेखि प्रथम वाग्मती खेलकुद प्रतियोगिता–२०७६ आयोजना गर्ने भने पनि तत्कालका लागि स्थगित गरेको छ । चैत २१ गतेदेखि २८ गतेसम्म प्रदेशको राजधानी हेटौंडा र चितवनमा खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोरोना भाइरसको संक्रमणका कारण संघीय र प्रदेश सरकारको निर्णयअनुसार कुनै पनि खेलकुद गतिविधि तत्काल नगर्ने परिषद्ले जनाएको छ । भण्डारीका अनुसार प्रतियोगिताका लागि अफिसियल तयारी भइरहेको र फिल्डको तयारी रोकिएको हो । ‘प्रतियोगिताका कागजी प्रक्रिया हामी सम्पन्न गर्नेछौं । कोरोनाको त्रास सकिएर दैनिकी सामान्य अवस्थामा फर्किएसँगै खेल आयोजना गर्नेछौं,’ उनले भने । आठ खेल समावेश गरिनेछन् । फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराते, बक्सिङ र एथ्लेटिक्सको घोषण यसअघि नै भइसकेको छ । ‘खेलकुदको भौतिक संरचना हेरेर कुन स्थानमा कुन प्रतियोगिता आयोजना गर्ने निधोमा हामी पुग्नेछौं,’ उनले बताए । १ सय ७८ स्वर्णलाई २ हजार ६ सय खेलाडी सहभागी हुनेछन् । ‘१३ जिल्लाबाट सबै स्पर्धामा खेलाडीहरू सहभागी हुनेछन् । हामीले करिब आठ करोड रुपैयाँ खर्च अनुमान गरेका हौं,’ उनका अनुसार प्रतियोगिताबाट प्रदेशको टिम तयार पारिनेछ । ‘प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि समेत यस प्रतियोगिताबाट प्रदेशस्तरीय टोली तयार पारिनेछ,’ उनका अनुसार यस प्रतियोगिता प्रत्येक वर्ष हुनेछ । प्रतियोगिताको उद्घाटन हेटौंडामा र समापन चितवनमा आयोजना गरिने तय भएको थियो ।होस्टलमा आइसोलेसन कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद बिरामी भेटिए उपचारका लागि राख्न हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानमा खेलाडी बस्नका लागि तयार गरिएको होस्टलको प्रयोग गरिने भएको छ । नेपाली खेलकुदको ड्रिम प्रोजेक्टको रुपमा रहेको यस रंगशालामा करिब चार करोड रुपैयाँ लागतमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गरिएको भवनमा आइसोलेसन कक्ष निर्माण भइरहेको छ । संघीय सरकारको लगानीमा करिब पाँच वर्षपछि ३६ कोठे पुरुष होस्टल निर्माण गरिएको थियो । वाग्मती प्रदेश सरकारले हेटौंडाको विभिन्न पाँच स्थानमा पाँचसय शैयाको आइसोलेसन कक्ष निर्माण गर्न लागेको र गौरीटारमा एकसय शय्याको निर्माण कार्य भइरहेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । उनका अनुसार गौरीटारसहित हेटौंडा–११ नवलपुरस्थित हेटौंडा एकेडेमीमा २ सय शय्या, हेटौंडा–१० मा रहेको वनविज्ञान अध्ययन संस्थानमा १ सय शय्या, र कर्रा खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पमा १ सय शय्याको क्वारेन्टाइन कक्ष निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको उक्त होस्टलमा ६० जना अट्ने क्षमता रहेको छ । खेलाडीलाई दैनिक प्रशिक्षण गर्ने मैदान, कभर्ड हल र खानाका लागि क्यान्टिन निर्माण नहुँदा उक्त भवन प्रयोगमा आउन सकेको थिएन । परिषद्ले चालु आर्थिक वर्षमा निर्माणाधीन दुईवटा कभर्डहलको काम सम्पन्न गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको दाहालले बताए । ‘अहिले दुईवटा प्यारापिट निर्माण कार्य अन्तिम चरणमा रहेको छ । यसपटकको बजेटले उक्त कार्यसमेत पूरा हुनेछ । हामीले चालु आर्थिक वर्षभित्रमा कभर्डहललाई प्रशिक्षण योग्य बनाउनेछौं,’ जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले भने, ‘आगामी आर्थिक वर्षबाट कभर्डहल सञ्चालनमा ल्याउने र होस्टलमा खेलाडी राख्ने गरी काम अगाडि बढिरहेको छ । खेलकुद मैदानको निर्माण सकिएसँगै सबै एकसाथ सञ्चालनमा आउनेछन् ।’ उनका अनुसार नेपालको तर्फबाट विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्नका लागि उक्त होस्टल, मैदान तथा कभर्डहलको प्रयोग गर्ने योजनाका साथ पूर्वाधारहरू निर्माण भइरहेका हुन् । उनका अनुसार बजेट अभावका कारण महिला होस्टल निर्माण कार्य अगाडि बढ्न सकेको छैन । ‘संघीय सरकारकाले आवश्यकताअनुसार बजेट उपलब्ध गराएको थिएन । जसले गर्दा हालसम्म महिला होस्टलको काम हुन सकेको थिएन ।’ प्रदेश सरकारका गठनसँगै भौतिक पूर्वाधार निर्माणको कामले गति लिइरहेको छ । आगामी आर्थिक वर्षबाट महिला होस्टलको काम पनि अगाडि बढाउने मन्त्रालयले जनाएको छ । | Sports | 25,396 |
गणतन्त्र संस्थागत गर्न राजनीतिक स्थिरता आवश्यक | मधेश प्रदेशका भौतिक पूर्वाधार विकाशमन्त्री कृष्ण यादवले राजनीतिक स्थिरता नभएसम्म गणतन्त्र सबल र सुदृढ हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बर्दिबास नगरपालिकाले सोमवार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । | https://gorkhapatraonline.com/news/65860 | रवीन्द्र उप्रेतीबर्दिबास, जेठ १५ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकाशमन्त्री कृष्ण यादवले राजनीतिक स्थिरता नभएसम्म गणतन्त्र सबल र सुदृढ हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बर्दिबास नगरपालिकाले सोमवार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री यादवले गणतन्त्र आइसक्दा पनि अनावश्यक राजनीति, अस्थिर सरकार, नैतिक विचलनजस्ता कारणले प्राकृतिक स्रोत साधनका अकूत सम्पदा भएर पनि नेपालीहरू जीवन निर्वाहका लागि बिदेसिन बाध्य हुनुपरेको बताउनुभयो ।‘देशमा साधन स्रोतको कमी भएर हैन, राजनीतिक इच्छाशक्तिको कमीले डेढ दशक बितिसक्दा पनि हामी अघि बढ्न सकेनौ’ उहाँले भन्नुभयो ‘यसको मूल्य जनताले खाडी मुलुकमा गएर चुकाउनु परेकाले गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।’बर्दिबास नगर प्रमुख प्रल्हाद क्षेत्रीले पुराना व्यवस्थाका तुलनामा गणतन्त्र प्राप्तिपछि विकास निर्माणका कामले गति लिएको बताउनुभयो । मुलुकमा स्थायी शान्ति, राजनीतिक स्थिरता र दिगो विकासका लागि दलीय गठवन्धन बाधक बनेको बताउनुभयो । यसका लागि वर्तमान निर्वाचन प्रणालीमै पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘स्थिर र एकमना सरकार दिन नसक्ने वर्तमान निर्वाचन प्रणालीमाथि पुनर्विचार किन न गर्ने ?’ क्षेत्रीले प्रश्न राख्नुभयो ‘चुनाव गराउन अरबौँको साधन स्रोत खर्च हुने तर गठवन्धन नगरी सरकारसमेत बनाउन नसकिने वर्तमान निर्वाचन पद्धति नै हाम्रो समस्याको जड त हैन ?’गणतन्त्र दिवसको अवसरमा महोत्तरी प्रदेश १ (क) की सभासद् शारदा थापा, जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्ण, बारा जिल्ला गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवलगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिले गणतन्त्र आएपछि पनि मुलुकमा अनेकन् समस्या, कमी कमजोरी, विकृति देखा परेको औँल्याउँदै यसको समाधान पनि गणतन्त्रमै खोज्नुपर्ने धारणा राख्नुभयो । बर्दिबास नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव, जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्ण, नगर प्रमुख क्षेत्री, नगर पदाधिकारी, विभिन्न दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी पेसाकर्मी, नागरिक समाज, सञ्चारकर्मीको सहभागिता थियो । | News | 56,152 |
जापानमा सरकारी योजनामा गएका विदेशी कामदारहरूमाथि 'शोषण' | जापानको सरकारी आप्रवासी कामदार योजनामार्फत् आएर अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप लगाएका छन्। | https://www.bbc.com/nepali/news-49431867 | हालैका दिनमा हजारौँ जापानी व्यवसायहरूले शोषण गरिरहेको विवरण बाहिर आएपछि सरकारी योजना विवादास्पद बनेको छ। जापानले नेपाली कामदारहरूलाई जापानीसरह सुविधा दिन प्रतिबद्धता व्यक्त गर्दै नेपालबाट पनि कामदार लाने प्रक्रिया सुरु गरेको छ। बीबीसीकी स्टेफनी हेगार्टीले यस्ता आरोप लगाउने केही कामदारहरूसँग भेटेकी छन्। कष्ट पानी पर्ला जस्तो एक बिहान एउटा पार्कमा महिला र पुरुषहरू शारीरिक अभ्यास गर्दै थिए। उनीहरू यस अपार्टमेन्टका बासिन्दा हुन्। टोकियोबाट चार घण्टाको यात्रामा पुगिने औद्योगिक सहरमा उनीहरू काम छाडेर भागेका र रोजगारदाताप्रति कामका विषयमा गुनासोहरू गरिरहेका छन्। झाङले बिस्तारै आफ्नो पाखुरा उचालिन्, उनलाई निहुरिन गाह्रो भइरहेको थियो र उनको काँध निकै दुखिरहेको थियो। एकाउन्न वर्षको उमेरमा त्यहाँ काम गर्ने उनी अरूभन्दा निकै बूढी देखिन्थिन्। उनको कपाल खुइलिरहेको थियो। उनी कपडामा स्त्री लगाउने अनुभवी महिला हुन् जसले लामो समय जापान आउने सपना पालेकी थिइन्। छोराको बिहेको ऋण तिर्नु र उसलाई आफ्नो पहिलो घर किन्न सघाउनु उनको उद्देश्य थियो। जब जापान सरकारले 'इन्टर्नशिप' कार्यक्रम भनिने सिकारु कामदारका लागि नियम परिवर्तन गर्दै काम गर्ने अनुमति दियो उनी निकै खुसी भएकी थिइन्। सन् २०१५ मा उनले एउटा सानो कपडा उत्पादन गर्ने कम्पनीमा काम पाइन्। तर उनी भन्छिन्- काम निकै थकाउने खाले थियो। "मैले यति धेरै काम गरेँ कि मेरो टाउको दुख्थ्यो, मेरा खुट्टाहरू सुन्निन्थे," उनले भनिन्। "मेरो टाउकोमा हुने पीडाले गर्दा म रातभरि रुन्थेँ।" झाङले भनेअनुसार उनी सधैँजसो बिहान साढे ६ बजे काम थालेर मध्यरातमा मात्र सक्थिन्। अनि काम थालेको पहिलो छ महिनासम्म उनले एकदिन पनि बिदा लिइनन्। शोषण "हाम्रो साहुले चाहिँ के भन्थे भने हामीले जति धेरै सामग्रीहरू बनाउन सक्यौँ त्यति नै धेरै पैसा कमाउन सक्छौँ। त्यसैले हामीले निकै धेरै काम गर्यौँ।" त्यहाँ झन्डै डेढ वर्ष काम गरेपछि उनले थप अवधि गरेको कामको पैसा नपाएको थाहा पाइन्। साहुले हरेक महिना उनको तलबको पैसा लिने गरेको तर फिर्ता दिने वाचा कहिल्यै पूरा नगरेको उनले सुनाइन्। सोही समयमा उक्त कम्पनीमै काम गरेकी अन्य दुई महिलाले समेत त्यस्तै दाबी गरे। उनीहरूले आफूहरू लामो समय एउटै भवनभित्र काम गर्ने भएकोले हप्तौँसम्म बाहिर निस्कन नपाएको बताए। रोजगारदाता कम्पनीले भने त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यसरी उनीहरूलाई समस्यामा पार्ने काम सम्भव नभएको बताएको छ। कम्पनीले झाङसहित शपिङ मलमा बसेर हाँस्दै आइसक्रीम खाइरहेको तस्बिर देखाउँदै ती विवरण झुटो रहेको पुष्टि गर्न खोजे। सन् २०१७ को एक प्रतिवेदनअनुसार जापान सरकारले प्राविधिक प्रशिक्षार्थी कार्यक्रममा भएको दुर्व्यवहारलाई केही हदसम्म स्वीकारेको छ। जसमा प्राविधिक सिकारु कामदारहरूलाई काम लगाउने छ हजार कम्पनीमध्ये ७० प्रतिशतले तलब र थप समय काम लगाउनेजस्ता विषयमा श्रम कानुन उल्लङ्घन गरेको बताएको छ। यो आश्चर्यजनक तथ्याङ्क हो। आप्रवासीबारे काम गर्ने अभियानकर्मीहरूले त्यस्तो समस्या खासगरी कपडा उद्योगमा रहेको बताउँछन्। के भन्छन् रोजगारदाता? झाङ् काम गर्ने कम्पनीको भनाइमा उनीहरूमाथि श्रमसम्बन्धी स्थानीय निकायले अनुसन्धान गरेको थियो र त्यसमा उनीहरूले सफाइ पाइसकेका थिए। तीनवर्षे जागिर अवधिको मध्यतिर झाङले आप्रवासीका पक्षमा वकालत गर्ने एकजना कानुन व्यावसायीलाई भेटिन्। जसले झाङ्लाई आफूले काम गरेको समयको विवरण सुरक्षित राख्न सुझाए। उनीसँग च्यातिएका किताबकापीका पानाका चाङ थिए जसमा जताततै चिनियाँ अक्षरहरू थिए। उनको दाबीअनुसार कम्पनीबाट ५० हजार अमेरिकी डलर लिन बाँकी छ। "म यो सम्झँदा नै पनि काँप्ने गर्छु," उनले सुनाइन्। "पछिल्लो तीन वर्षमा मेरो स्वास्थ्य निकै खराब भयो।" त्यसलाई पनि उनको रोजगारदाताले अस्वीकार गर्यो। उनीहरूले थप समय काम गर्ने वा न्यूनतम ज्यालाका विषयमा आफूहरूले जापानको रोजगारदातासम्बन्धी कानुनबाट बाँधिएको बताए। झाङले आफ्नो मोबाइलबाट खिचेका तस्बिरमा उनले काम गरेका लुगाका लेवल समेत देखाइन्। जसमा अन्तर्राष्ट्रिय डिजाइनरहरूका लेबलहरू- बार्निज न्यूयोर्क र कोम डे गार्सोँ आदि थिए। यी लुगा बनाउन गाह्रो भएकैले आफू त्यसो गर्न योग्य व्यक्तिको रूपमा उनीहरूको रोजाइमा पर्ने गरेको झाङले सुनाइन्। हामीले बार्निज न्यूयोर्क र कोम डे गार्सोँसमक्ष यी कुराहरू राख्यौँ। यो पनि पढ्नुहोस् बार्निजले उक्त कम्पनी प्रत्यक्ष रूपमा उनीहरूसँग काम नगर्ने भए पनि आफ्ना आपूर्तिकर्तामाथि लागेका अभियोगमा छानबिन गरिने बतायो। कोमी डे गार्सोँले पनि आपूर्तिकर्ता सोझै आफूसँग नजोडिएको बतायो। पछि उनीहरूको अनुसन्धानले देखाएको भन्दै बीबीसीलाई उसले उक्त आपूर्तिकर्ता कम्पनी आफूले अनुमोदन गरेको आपूर्तिकर्ताहरूको सूचीमा नरहेको र सहायक कम्पनीले आफ्नो अनुमतिबिनै उसलाई काम लगाएको बतायो। उनीहरूले पुन: त्यस्तो अवस्था नदोहोर्याइने सुनिश्चितता गरिएको बताए। नियमन गत वर्षदेखि सिकारु प्राविधिक कामदारसम्बन्धी योजनाका समाचार जापानी सञ्चारमाध्यममा निकै देखिन थालेको छ। त्यसले जापान सरकारलाई सुधारबारे केही गर्न दबाव पनि परेको छ। सरकारले सो क्षेत्रको नियमनका लागि एउटा निकाय खडा गरेपनि त्यो देखावटी मात्र भएको अधिकारकर्मीहरू बताउँछन्। इपेई तोरी २० वर्षभन्दा बढी समयदेखि आप्रवासीसँग काम गरिरहेका प्रतिनिधि हुन्। उनले त्यसक्रममा शोषण झेलेका हजारौँ सिकारु कामदारसँग भेटेका छन्। उनका भनाइमा समस्याको जरो चाहिँ जापानी समाजको संरचनासम्म गएर जोडिन्छ। "जापानले विदेशी कामदारलाई उनीहरूको अधिकारबारे सचेत गराउँदैन," उनले भने। "र जापानमा जापानी र विदेशीबीच विभेद छ।" "सिकारु कामदारहरू आफ्नो समस्या वा अधिकारबारे कुरा गर्न वा त्यसको पक्षमा लड्न सक्दैनन्।" समस्या जापानी पक्षको मात्र छैन, थुप्रै सिकारु कामदार उनीहरूलाई त्यहाँ पठाउने आफ्नो देशका एजेन्टलाई धेरै रकम तिर्न बाँकी राखेर आएका हुन्छन्। "यदि तपाइँले जापानीलाई काममा लगाउनुहुन्छ भने कुनै तरिकाबाट पनि ठग्न सक्नुहुन्न," जापानमा आप्रवासी श्रमिकसम्बन्धी सन् १९९० को दशकयता काम गरेका चिनियाँ वकिल जेन काइले भने। "तर जब तपाईँ यहाँको कानुनी व्यवस्था नबुझेका मानिसहरूलाई काममा लगाउनुहुन्छ भने उनीहरूको फाइदा उठाउने धेरै हुन्छन्। किनकि उनीहरूले त जापानमा जसरी पनि पैसा कमाउन खोजिरहेका हुन्छन्।" दुर्व्यवहार बीबीसीले कुरा गरेको एक महिलाले आफूले झेलेको दुर्व्यवहार सम्झँदै आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको बताइन्। अर्का युवाले भने उद्योगमा प्रयोग हुने उपकरणबारे नबुझीकनै त्यसमा काम गर्नुपर्दा तीनवटा औँला गुमाउनु परेको बीबीसीलाई सुनाए। गत वर्षको अन्त्यमा जापानी प्रधानमन्त्री सिन्जो आबेले अनिच्छुक भए पनि देशले थप विदेशी कामदारहरू भित्र्याउने बताए। आगामी पाँच वर्षभित्र तीन लाख ४५ हजार कम सीप भएका मानिसहरू भित्र्याउने उनको घोषणामा थियो। यो पनि पढ्नुहोस् जापानलाई विदेशी कामदार चाहिएको स्पष्ट भए पनि उसले उनीहरूलाई लिन चाहन्छ कि चाहँदैन भन्ने चाहिँ स्पष्ट छैन। जापानी इतिहासमा यसअघि कहिल्यै नलिए जसरी कम सीप भएका विदेशी कामदार ल्याउने तयारी गरिरहँदा अहिले नै यहाँ रहेकाहरूसँग कसरी व्यवहार गर्ने भनेर सिक्न बाँकी छ। थप रिपोर्टिङ नतालिया जुबाट | Others | 68,247 |
डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सको सान | दुईपल्टको साबिक विजेता धनगढी स्टार्स उद्घाटन खेलमै पराजित भएको छ । काठमाडौं गोल्डेन्सले सोमबार तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिन सोमबार रोमाञ्चक खेलमा धनगढीलाई ४ विकेटले हरायो । | https://ekantipur.com/sports/2019/02/12/1549944297691921.html | धनगढी — दुईपल्टको साबिक विजेता धनगढी स्टार्स उद्घाटन खेलमै पराजित भएको छ । काठमाडौं गोल्डेन्सले सोमबार तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिन सोमबार रोमाञ्चक खेलमा धनगढीलाई ४ विकेटले हरायो । टस हारेर ब्याटिङमा आएको धनगढीले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३२ रन बनायो । काठमाडौंलाई अन्तिम दुई बलमा विजयनिम्ति ४ रन आवश्यक थियो । भेट्रान महबुब आलमले आफ्नो अनुभव देखाउँदै प्वाइन्टको माथिबाट चौका प्रहार गरेर काठमाडौंलाई १ बलअघि जित दिलाए । ‘खेल निकै उत्साहजनक भयो । हामी सजिलो स्थितिमा पुगिसकेका थियौं । २ ओभरमा ४ विकेट गुमाउन पुगेपछि त्यसले हामीलाई दबाब दियो । विक्रम भुसालले जसरी ब्याटिङ गरे, त्यसले हामीलाई खेल्न सजिलो भयो,’ काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘विकेट अलिकति खेल्न गाह्रो नै थियो । प्रतिओभर ९–१० रन बनाउनुपर्ने स्थितिमा जाँदा हामीले मौका पनि लिन खोज्यौं । त्यसमा विकेट गयो । रोहन मुस्ताफाजस्ता अनुभवी खेलाडीले विकेटको स्थितिअनुसार बलिङ पनि गरे । त्यसले धनगढीलाई जित नजिक पनि पुर्यायो ।’लक्ष्य पछ्याउनेक्रममा काठमाडौंको सुरुआत राम्रो थियो । गौरव तोमारले २४ बलमा २८ रन बनाए । ३ चौका र २ छक्का प्रहार गरेका उनी छैटौं ओभरमा आउट भए । जतिखेर काठमाडौंले ३२ रन जोडिसकेको थियो । उनको ओपनिङ जोडी अनिलकुमार साहले ४० बल खेली २ चौका प्रहार गरी २४ रन बनाए । यसबीचमा अंकित दवास २९ रन बनाई रोहन मुस्ताफाको बोल्ड भइसकेका थिए भने अमिर हायतले ज्ञानेन्द्रको स्टम्प उडाइदिएका थिए । दबासले २३ बल खेली समान २ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । ज्ञानेन्द्रले ३ रनमात्र जोड्न सके । हायतसँगै यूएईका अर्का खेलाडी मुस्ताफाले अनिल, दबास, सोनु तामाङ (२) र योगेन्द्रसिंह कार्की (२) लाई आउट गरेपछि काठमाडौंले ३ ओभरको अन्तरमा १५ रन बनाउनेक्रममा ५ विकेट गुमाएपछि खेल रोचक बनेको थियो । विक्रम भुसालले १७ र १८ औं ओभरमा क्रमश: पवन र कप्तान सोमपाल कामीलाई १–१ छक्का प्रहार गरेको अवस्थामा महबुबले विजयी चौका प्रहार गरे । विक्रम १० बलमा १४ र महबुब १० बलमा १२ रन बनाई अविजित रहे । यूएईका कप्तान मुस्ताफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । हायत र विपिन खत्रीले १–१ विकेट लिए । आफ्नो टोलीले गल्ती धेरै गरेकाले हार्न पुगेको धनगढीका कप्तान सोमपालले बताए । ‘ट्वान्टी–२० सानो संरचनाको खेल हो, त्यसमा गल्ती गरेपछि सच्चिने अवसर कम हुन्छ । हामीले गल्ती धेरै नै गरेका थियौं । त्यसैले आज पनि हामी जितको हकदार पनि थिएनौं । विकेटकिपिङ खासै राम्रो भएन, त्यसमा उसलाई दोष दिन मिल्दैन, विकेट निकै टर्निङ थियो । विकेटकिपरलाई पनि सजिलो थिएन,’ सोमपालले हारको कारण सुनाए । धनगढीको सुरुआत राम्रो थिएन । खेलको तेस्रो बलमै मुस्ताफा पुस गरेर आफ्नो कलमा अगाडि बढ्दा सुनील धमलाले फर्काइदिएपछि स्ट्राइक एन्डमा सोनुबाट रनआउट हुन पुगे । सुनील पनि धेरै टिकेनन् । उनी ३ रन बनाई नन्दन यादवको बलमा आउट भए । अमित श्रेष्ठ र सन्दीप रजाइलीले तेस्रो विकेटमा ५२ रन जोडे । सन्दीपले ३५ बल खेलेर ४ चौकासाथ २८ रन बनाई ललितनारायण राजवंशीले आफैंबाट क्याच गराए । अमित ५० रन बनाई नन्दनको बलमा बोल्ड भए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । पवन १९ रनमा आउट भए । सौरभ खनाल १० बलमा २५ रन बनाई अविजित रहे । उनले इनिङ्सको अन्तिम ओभरमा रशिद खानलाई ३ चौकासाथ १७ रन प्रहार गरे ।टिम चौराह धनगढीको नामबाट खेल्दै घरेलु टोलीले यसअघिको दुवै संस्करण जितेको थियो । तर फ्रेन्चाइजको स्वामित्वमा परिवर्तन आएसँगै टोली यसपालि धनगढी स्टार्सको नामबाट खेलेको हो । रूपन्देहीलाई सफलतादोस्रो खेलमा रूपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडमाथि २ रनको जित हात पार्यो । टस जितेर ब्याटिङ रोजेको रूपन्देही फाप्ला मैदानमा निर्धारित २० ओभर खेलेर १ सय ११ रनमा अलआउट भयो । जवाफमा आएको महेन्द्रनगरले ८ विकेट गुमाई १ सय ९ रनमात्र बनाउन सक्यो । बलियो मानिएको महेन्द्रनगरबाट सुब्रमन्यम आनन्दले २५, रोहित पौडेलले २४ र मोहम्मद नाभेदले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । जबकि ललितसिंह भण्डारीले पहिलो ओभरमा २ वाइड चौकासहित ११ रन खर्चिंदा महेन्द्रनगरको जित सहज देखिएको थियो । ओपनिङमा आएका कप्तान शरद भेषावकर ४, दिलीप नाथ ८, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी शून्यमा आउट भएपछि महेन्द्रनगर दबाबमा परेको थियो । म्यान अफ द म्याच विक्रम सोबले शरद, रोहित र सिद्धान्तको विकेट लिनेक्रममा ३ ओभरमा २४ रन खर्चे । पुनीत मेहराले ४ ओभरमा १३ रनमात्र खर्चेर २ विकेट लिए । कप्तान वसन्त रेग्मी अझ असाधारण देखिए । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए । ललित र कृष्ण कार्कीले पनि १–१ विकेट लिए ।यसअघि रूपन्देहीको ब्याटिङ पनि सहज देखिएन । प्रदीप ऐरी १ रनमै आउट भए । १ चौका र ११ छक्का प्रहार गरेका बाबर हायतले १३ बलमा १४ रन बनाए । सन्दीप सुनारले १८ बल खेली २ चौका प्रहार रन बनाए । उनलाई सागर ढकालले फाइन लेगबाट रनिङ थ्रोमा रनआउट गरे । विनोद भण्डारीले १ चौका र २ छक्का प्रहार गर्दै १९ रन बनाए । पुनीत ३, भीम सार्की २ र वसन्त शून्यमा आउट भएपछि संकटमा परेको रूपन्देहीको इनिङ्सलाई युवा ब्याट्सम्यान सुमित महर्जनले उकासे । ३५ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे । विक्रम सोबले १० बल खेली १ चौका र १ छक्का प्रहार गरेर अविजित १६ रन बनाए । स्पिनर सिद्धान्तले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सागर ढकालले ४ ओभरमा २० र अविनाश बोहराले ३ ओभरमा १८ रन खर्चेर २–२ विकेट लिए । १ विकेट शरदको नाममा रह्यो । निर्धारित तालिकाअनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता दुई दिन पछाडि धकेलिँदा सोमबार सुरु भएको हो । डीपीएल उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिलामन्त्री झपट बोहरा, धनगढी उपमहानगरपालिकाका मेयर नृपध्वज बडले गरेका थिए । | Sports | 27,968 |
खगेन्द्र नवजीवन केन्द्रमा बेथिति | जंगलमा गाईवस्तु चराउन गएका दिनेश खत्री क्षेत्रीको भिरबाट खसेर मेरुदण्ड भाँचियो । गाउँमा ह्विलचेयरमैत्री विद्यालय नभएकाले पढाइलाई निरन्तरता दिन उनी ०७० सालमा गुल्मीको मालिका गाउँपालिका घरबाट काठमाडौं आए । | https://ekantipur.com/news/2023/12/27/stay-at-khagendra-navjivan-kendra-00-34.html | काठमाडौँ — जंगलमा गाईवस्तु चराउन गएका दिनेश खत्री क्षेत्रीको भिरबाट खसेर मेरुदण्ड भाँचियो । गाउँमा ह्विलचेयरमैत्री विद्यालय नभएकाले पढाइलाई निरन्तरता दिन उनी ०७० सालमा गुल्मीको मालिका गाउँपालिका घरबाट काठमाडौं आए ।जोरपाटीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा पूर्ण आवासीय पुनःस्थापना सेवा (होस्टेल) लिएर पढ्न थाले । खाने, बस्ने सुविधा लिएबापत उनले होस्टेल शुल्क मासिक ६ हजार रुपैयाँ तिर्दै आएका छन् । हाल सोही होस्टेलमा बसेर प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्नातक चौथो वर्ष अध्ययन गर्दैछन् ।१० वर्षदेखि खगेन्द्र नवजीवन केन्द्रको उक्त होस्टेलमा बस्दै आएका उनले पछिल्ला वर्षहरूमा असहजता महसुस गर्न थालेको सुनाए । ‘मैले महिनाको ६ हजारको दरले वर्षमा ७२ हजार तिर्छु, तर खानेकुरा बासी खुवाउने, कुहेको सडेगलेको स्याउ केरा खुवाउने, पेट गडबड हुने, बिरामी भएपछि तुरुन्तै अस्पताल नलगिदिने हुन थाल्यो,’ उनले गुनासो गरे, ‘हुँदाहुँदा हामीले तिर्ने शुल्क नेपाल अपांग संघको खातामा नभएर व्यक्तिको नाममा जम्मा गर्न दबाब दिन थाले, नहालेको भनेर, यहाँको बेथितिबारे बोलेको भनेर अध्यक्षले निकालिदिने धाकधम्की दिन थालेका छन् ।’ साम्देन लामा केन्द्रमा अध्यक्ष छन् ।खगेन्द्र नवजीवन केन्द्र अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, आर्थिक तथा सामाजिक सशक्तिकरण सुनिश्चित गर्ने उद्देश्यले ५४ वर्षअघि स्थापना भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अनुदान तथा सामाजिक संघसंस्था, दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको छ । मन्त्रालयको वार्षिक १ करोड अनुदानमा ५३ जनालाई नि:शुल्क आश्रय दिइएको छ । अन्य २३ जनाले शुल्क तिरेर आश्रय लिँदै आएका छन् । तर, केन्द्रका नेतृत्वको मनोमानीले अपांगता भएका व्यक्तिहरूलाई सेवा दिँदै आएको नाममा विकृति, बेथिति मौलाएको भन्दै दिनेशजस्तै आश्रय लिँदै आएकाहरूमा असन्तुष्टि बढेको छ ।पहुँचको भरमा बिनाप्रतिस्पर्धा एकै व्यक्तिले १७ वर्षदेखि केन्द्रको हाताभित्र क्यान्टिन सञ्चालन गर्दै आएको, केन्द्रका आवासीय लाभग्राहीका लागि खरिद गरेको ताजा तरकारी, दूध क्यान्टिनलाई नि:शुल्क दिइने गरेको, केन्द्रको मेसमा बासी, सडेगलेका खाना, तरकारी खुवाउने गरेको विषयलाई लिएर करिब ६ महिनायता विवाद हुँदै आएको छ । केन्द्रका अध्यक्ष लामाको 'साँठगाँठ'मा क्यान्टिन सञ्चालकले होस्टेलको भवनसमेत ओगटेको र क्यान्टिनलाई सेवामुखी नभई व्यावसायिक बनाइएको संघर्षरत पक्षका विदुर थापाले बताए । उनले उक्त होस्टेलमा ०३५ देखि ०३७ सालसम्म आश्रय लिएका थिए । उक्त क्यान्टिन सुरुमा आवासीय सेवा लिँदै आएका १३ अपांगता भएका व्यक्ति र कर्मचारीहरूलाई खाना खुवाउने गरी स्थापना भएको थियो । केहीको भने मृत्यु भइसकेको छ ।बाँकीले क्यान्टिन सञ्चालकले मैत्रीपूर्ण व्यवहार नगरेको, सन्तुलित, सफा खाना नखुवाएको भनेर होस्टेलकै मेसमा खाना खान थाले । यसपछि व्यावसायिक उद्देश्यले केन्द्रको हाताभित्र सञ्चालनमा रहेको क्यान्टिनको औचित्य नरहेको भन्दै होस्टेलमा बस्दै आश्रय लिँदै आएका अपांगता भएका व्यक्तिहरूले विरोध गर्दै आएका छन् । ‘हामीले वडा कार्यालय, प्रहरी, काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत विभिन्न निकायहरूमा यो कुरा राख्यौं, तर सुनुवाइ भइरहेको छैन, विकृति विसंगति बढेका बढ्यै छन्,’ थापाले भने । ‘हाम्रो नामको बिलमा २० केजी तरकारी ल्याए भने सात-आठ किलो ताजाचाहिँ क्यान्टिनमा लाने, बाँकी ओइलेको, कुहिएको हाम्रोमा राख्ने, हाम्रो नाममा १० पोका दूध ल्याउने, क्यान्टिन २ पोका राख्ने यता ८ पोका मात्रै ल्याउने, अनि बिल बढाएर राख्ने, असाध्यै दुरुपयोग छ,’ दिनेशले भने ।अपांगता भएका व्यक्तिहरूले निवेदन दिएर सामुदायिक हलमा कार्यक्रम गर्न माग्दा दिन आनाकानी गर्ने तर बाहिरका मानिसहरूलाई दैनिक कुङ्फु, कराते खेल्न दिने गरेको, उपचार गर्न अस्पताल लगिएकाहरूको उपचार शुल्क समयमा नतिरिदिएर दु:ख दिएकोमा पनि उनीहरूको असन्तुष्टि छ ।हालसालै अध्यक्ष लामाले कमिसनको लोभमा दुई जना मानसिक अपांगता भएका व्यक्तिलाई राखेको आरोप लागेको छ । आश्रयमा राखिएकाहरूको परिवार पक्षले ३० लाख रुपैयाँ जम्मा गरिदिएको र उनीहरूलाई केन्द्रमा राख्न सहजीकरण गरेबापत लामाले १० लाख रुपैयाँ कमिसन खाएको संघर्षरत पक्षले बताए । ‘यस्ता अनियमिततामा बोलेको भन्दै छानीछानी १४ जनालाई पनि आउने सालभित्रमा हटाउने डर देखाएका छन्, बरु मिलेमतोमा लाखौंलाख तिर्न सक्ने खोजेर राख्ने, आवाज उठाउनेलाई हटाउने भनेका छन्,’ संघर्षरत पक्षले भने । बेथितिविरुद्ध विवाद हुँदै गर्दा मंसिर ४ गते झडपसमेत भएको थियो ।झडपमा स्पाइनल कर्ड इन्ज्युरी भएकी गायत्री दाहालमाथि लछारपछार भएको थियो । उनको विद्युतीय ह्वेलचेयरमा समेत क्षति पुगेको छ । अधिकारकर्मी दाहालले केन्द्रमा सुशासन, न्याय र समानता हुनुपर्ने माग गर्दै आएकी छन् । सोही दिनदेखि प्रशासकिय कक्ष, क्यान्टिनमा पुनः तालाबन्दी भएको छ । यो क्रम कात्तिक १४ देखि चलिरहेको थियो । अध्यक्ष लामाका अनुसार छ दिन अघि तालाबन्दी खोलिएको छ । 'अनियमितता भएको आरोप लागेकोमा छलफल गर्न उपकोषाध्यक्ष सुरज श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ, हाम्रै केन्द्रिय कार्यसमितिबाट गठन भएको हो, ताला खोलेर कार्यालय परिषर सफाइ गरेका छौं, अब नियमित काम सुचारु हुन्छ, समस्याहरु सुल्झिदै जानेछन्,' उनले भने ।लामाले आफूले नेतृत्व सम्हालेको एक वर्ष मात्रै भएकाले यथार्थ बुझ्ने र व्यवस्थापन पक्षमा सुधार गर्न लागिरहेको बताए । ‘खाना पकाउने ठाउँ राम्रो भएन भन्ने आएपछि अर्को बन्दैछ, बोरिङको पानी फोहोर आयो भनेकोले त्यसको समाधान खोज्दैछु, क्यान्टिन मेरो कार्यकाल अगाडीदेखि नै सम्झौता गरेर सञ्चालनमा रहेकोले केकसो हो बुझ्दैछु,’ उनले भने । कमिसनका लागि आफूले दुईजना मानसिक अपांगता भएका व्यक्ति राखेको विषय सत्य नरहेको उनको दाबी छ । ‘मैले उहाँहरूलाई नराख्ने पक्षमा थिए, उहाँहरूको आफन्तले घरमा हेरचाह गरिदिने कोही भएन राखिदिनुपर्यो भनेर आग्रह गरेपछि सम्झौता गरेर ३० लाख नेपाल अपांग संघको नाममा छोड्नुभएको हो, बाँकी १० लाखको विषय मलाई थाहा छैन,’ उनले बताए, 'जहाँसम्म मलाई अक्षयकोषमा जम्मा गरेको पैसा खोई भन्ने छ, हाम्रोमा अक्षयकोष नै छैन, कसरी भ्रष्ट्राचार हुन्छ ?, महिला मन्त्रालयले खानाका परिकार बार अनुसार, घुमघामको रुटिन बनाइदिएको छ, त्यसमा भ्रष्ट्राचार हुने कुरै भएन ।'खगेन्द्र नवजीवन केन्द्रमा अपांगता भएका व्यक्तिहरूलाई भइरहेको दुर्व्यवहार, बेथिति र अनियमितताविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको थियो । आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडालगायतले मंसिर ५ मा स्थलगत अनुगमन गरेका छन् । ‘एकैघरका मानसिक अपांगता भएकालाई राख्न पैसा असुलेका रहेछन्, आश्रय लिएर बसेकालाई बाख्रालाई खोरमा थुनेर राखेजस्तो राखिएको रहेछ, त्यहाँ बेथितिको धेरै ठूलो जालो छ,’ खतिवडाले भनिन्, ‘हाम्रो अनुगमनले पाएका कुराहरू समेटेर प्रतिवेदन तयार हुँदैछ, प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि महिला मन्त्रालय र गृह मन्त्रालयमा सिफारिस गर्छौं ।’अध्यक्ष लामाले गम्भीर प्रकृतिका मानसिक अपांगता भएकालाई बाँधेर राख्ने गरेको पहिल्यैदेखिको चलनलाई आफूले सुधार्नेतर्फ उन्मुख रहेको बताए । गैरसरकारी संस्थाका रूपमा सञ्चालनरत केन्द्रको ०२६ सालमा शारिरीक अपांगता भएका खगेन्द्रबहादुर बस्नेतले स्थापना गरेका थिए । केन्द्रको ६० रोपनी हाराहारी क्षेत्रफलको आफ्नै जग्गा छ । | News | 6,841 |
अमेरिकाले नेपाललाई सोध्यो चीनसँग गरिएको 'सम्झौता' बारे प्रश्न, तिब्बती शरणार्थीको सुरक्षाबारे चासो | नेपालको मानवाधिकार अवस्थाबारे जिनीभामा बिहीवार हुन लागेको तेस्रो आवधिक समीक्षाका क्रममा संयुक्त राज्य अमेरिकाले चीनसँग जोडेर नेपालका लागि केही प्रश्नहरू पठाएको पाइएको छ। | https://www.bbc.com/nepali/news-55736360 | राष्ट्रसङ्घीय मानवाधिकार परिषद्मा नेपालको मानवाधिकारको स्थितिको समीक्षा हुन लागेको छ - फाइल तस्बिर संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयको वेबसाइटमा उक्त समीक्षा बैठकका लागि पहिल्यै पठाइएका प्रश्नहरूको सूची समावेश गरिएको छ। त्यसमा विभिन्न देशहरूले सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता, न्यायिक निष्पक्षता र सीमान्तकृत समुदायका अधिकारसहितका विषयमा प्रश्नहरू छन्। नेपाललाई संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र नोर्दन आयरल्यान्ड , लिक्टन्स्टाइन, बेल्जियम, स्लोभेनिया, जर्मनी, क्यानडा र पानमाले लिखित प्रश्नहरू पठाएका छन्। झन्डै साढे तीन घण्टा चल्ने नेपालको समीक्षामा १०२ वटा देशले बोल्नका लागि समय लिएको प्रधानमन्त्री कार्यालयको मानवाधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा हेर्ने सहसचिवले जानकारी दिए। अमेरिकाले नेपाललाई के सोधेको छ? बिहीवार हुने तेस्रो चक्रको आवधिक समीक्षाका लागि अमेरिकाले पठाएको एउटा प्रश्नले तिब्बती शरणार्थीको सुरक्षासम्बन्धी विषय उठाउन खोजेको देखिन्छ। अमेरिकाले नेपाललाई चीनसँगको सीमा प्रणाली व्यवस्थापन सम्झौता, पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता र प्रस्तावित सुपुर्दगी सन्धिको ताजा अवस्थाबारे प्रश्न गरेको छ। त्यसमा चीनसँगका कानुनी सम्झौता अनिष्कासनको सिद्धान्तअनुरूप रहून् भन्ने सुनिश्चित गर्न नेपाल सरकारले कस्तो कदम चालेको छ भनिएको छ। उक्त सिद्धान्तले आफ्नो देशमा जोखिम भएकाले ज्यान जोगाउन भागेर आएका शरणार्थी वा शरण खोजिरहेका व्यक्तिलाई पुन: त्यही देशमा फर्काउन नमिल्ने मान्यता बोक्छ। अमेरिकाले डिसेम्बर महिनामा तिब्बतीहरूलाई समर्थन गर्ने एउटा महत्त्वपूर्ण ऐन ल्याएको थियो। नेपालमा भएका तिब्बती शरणार्थीको चिन्ता यस्तो पहिलादेखि नै नेपालमा बसिरहेका र नेपाल-चीन सीमा पार गरेर आउने प्रयास गर्ने तिब्बती शरणार्थीको प्रसङ्गमा अमेरिका संवेदनशील देखिने गरेको छ। जिनीभास्थित अमेरिकी नियोगले उठाएका ती प्रश्नहरूलाई तिब्बतसम्बन्धी कानुन ल्याएपछि अन्तर्राष्ट्रिय मञ्चबाट तिब्बती शरणार्थीको सुरक्षाका विषयप्रति अमेरिकाले नेपालसँग व्यक्त गरेको चासोका रूपमा हेरिएको छ। तिब्बती शरणार्थीबारे चासो पुरानै तर यस पालि 'खास प्रश्न' जिनीभाका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि डा. दिनेश भट्टराई भन्छन्, “विगतमा पनि अमेरिकाले तिब्बती शरणार्थीको विषय र उनीहरूलाई प्रवेशबिन्दु उपलब्ध गराउने भद्र सहमतिबारे चर्चा गर्थ्यो। तर यसपालि उनीहरू त्यहाँभन्दा अलिक पर पुगेको जस्तो देखिन्छ।” “सायद शरणार्थीसम्बन्धी विषय जोडिएको हुनाले उनीहरूले सीमा व्यवस्थापनसहित विभिन्न सम्झौताका बारेमा नेपाललाई सोधेका होलान्। यसबारे हामीले जबाफ दिनुपर्छ। अमेरिकामा तिब्बती शरणार्थीका अधिकारका मामिलामा सत्तारूढ र विपक्षी दलहरूबीच एक किसिमको समझदारी छ। आगामी दिनमा यो सबाल अझै बढी उठ्न सक्ने भएकाले नेपाल थप चनाखो हुनुपर्छ।” नेपालले आफू सन् १९५१ को शरणार्थी महासन्धिको पक्ष राष्ट्र नभएपनि दशकौँदेखि मानवीय आधारमा तिब्बती र भुटानी शरणार्थीहरूलाई आश्रय दिने गरिरहेको धारणा राख्ने गरेको छ। तिब्बतीहरूले आयोजना गर्ने कार्यक्रममा नेपाल प्रहरीले निगरानी तथा नियन्त्रण गर्दै आएको छ यस पटकको समीक्षाका लागि गत अक्टोबर १२ मा राष्ट्रसङ्घको मानवाधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा सरकारले सन् २०१४ मा नेपालले ल्याएको सुपुर्दगी ऐनले अनिष्कासनको सिद्धान्तलाई अङ्गीकार गरेको र यातना वा मृत्युदण्ड दिइने अवस्थामा कुनै पनि नागरिकलाई अर्को देशलाई सुपुर्दगी नगरिने व्यवस्था गरिएको उल्लेख गरिएको छ। नेपालले उक्त सिद्धान्त शरणार्थीको हकमा पनि लागु गरेको उल्लेख गरेको छ। शरणार्थीको दर्ता र प्रमाणीकरणको विषयबारे पनि प्रश्न गरेको अमेरिकाले उनीहरूलाई काम गर्ने वा अन्य सेवा लिने अधिकार सहित कागजपत्र उपलब्ध गराइन्छ कि गराइँदैन भनेर पनि नेपालसँग सोधेको छ। सङ्क्रमणकालीन न्यायबारे पनि प्रश्न सङ्क्रमणकालीन न्यायबारे अमेरिकासहित लिखित प्रश्न पठाउने देशहरूले चासो व्यक्त गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको संशोधनको प्रगतिबारे प्रश्न गरेका छन्। अमेरिकाले मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक र आमसञ्चार विधेयकजस्ता कानुनले वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अकुङ्श लगाउने भन्दै सरकारले यी कानुन कार्यान्वयन गर्दा प्रेस स्वतन्त्रता कसरी कायम गर्छ भनेर प्रश्न गरेको छ। आफ्नो प्रतिवेदनमा नेपालको संविधानले नै अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गरेको थियो। न्यायको पर्खाइः गङ्गामाया अधिकारी १२ औँ अनशनमा सरकारले द्वन्द्वपीडितहरूसँग छलफल गरेको र त्यसअनुसार सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरूसम्बन्धी कानुनको संशोधन गर्न कानुन मन्त्रालयले तयारी गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपालमा सशस्त्र द्वन्द्व सकिएको नौ वर्षपछि सन् २०१५ मा गठन भएका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले छ वर्षको अवधिमा उजुरी सङ्कलनबाहेक ठोस काम गर्न नसकेको भन्दै अधिकारवादी सङ्घसंस्था तथा द्वन्द्वपीडितहरूले असन्तुष्टि जनाउने गरेका छन्। आवधिक समीक्षामा के हुन्छ? आवधिक समीक्षामा नेपालले मानवाधिकारका समग्र पक्षबारे छलफल हुन्छ। प्रधानमन्त्री कार्यालयका मानवाधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाका सहसचिव कोशलचन्द्र सुवेदीका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको प्रतिनिधिमण्डलले काठमाण्डूबाट भर्चूअल विधिबाट बैठकमा भाग लिनेछ। जिनीभास्थित नेपाली स्थायी नियोगका प्रतिनिधिहरू बैठकमा नै उपस्थित हुनेछन्। नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले सुरुमा सरकारका धारणाहरू राख्ने र समीक्षाका क्रममा उठेका प्रश्नहरूको उत्तर गृह र महिला मन्त्रालयका सचिवहरूले दिने उनले जानकारी दिए। दुईवटा मन्त्रालयका सचिवहरूले उत्तर दिइसकेपछि सुरुमा नेपाल सरकारका मुख्यसचिव र त्यसपछि परराष्ट्रमन्त्रीले पनि धारणा राख्ने उनको भनाइ छ। “त्यसरी धारणा राख्दा छलफलका क्रममा उठेका कतिपय प्रश्नको उहाँहरूले जबाफ दिनुहुन्छ।” यी छलफलमा उठेका सबाल र राय सुझाव समेटेर भारत, आर्जेन्टिना र बुर्किनाफासो तीन देश सम्मिलित ट्रोइकाले ज्यानुअरी २६ मा एउटा प्रतिवेदन प्रस्तुत गर्नेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारका धारणाहरू प्रस्तुत गर्नेछन् (फाइल तस्बिर) सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको त्यसबारे नेपालले जबाफ दिएपछि मानवाधिकार परिषद्को जुन महिनामा बस्ने सत्रले सुझावहरू समेत समेटिएको निष्कर्ष निकाल्ने बताइन्छ। संयुक्त राष्ट्रसङ्घले प्रत्येक साढे चार वर्षमा आफ्ना सदस्य राष्ट्रहरूको मानवाधिकारसम्बन्धी आवधिक समीक्षा गर्ने गर्छ। यस पटकको समीक्षा कोरोनाभाइरस महामारीका कारण केही ढिला भएको थियो। उक्त समीक्षाबाट प्राप्त सुझावहरूको कार्यान्वयन गर्ने जिम्मेवारी नेपालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै त्यसबारेका नियमित प्रगति प्रतिवेदन र आवधिक समीक्षामा पेस हुने राष्ट्रिय प्रतिवेदन बनाउने गर्छ। नेपाल गएको अक्टोबरमा दोस्रो कार्यकालका लागि राष्ट्रसङ्घको मानवाधिकार परिषद्को सदस्यमा निर्वाचित भएको थियो। | Others | 69,280 |
प्रदेश खेलकुदमा वाग्मती पहिलो | प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वाग्मती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । | https://ekantipur.com/sports/2024/04/14/oratory-first-in-state-sports-33-54.html | मकवानपुर — प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वाग्मती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वाग्मतीलाई १–० गोलअन्तरले पराजित गर्यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे । प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वाग्मतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वाग्मतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए । | Sports | 13,961 |
दिल्लीको तापक्रम ५२.३ डिग्री सेल्सियस, अहिलेसम्मकै उच्च | दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ । | https://ekantipur.com/world/2024/05/29/delhis-temperature-reaches-523-degrees-celsius-highest-ever-11-32.html | नयाँ दिल्ली — दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ ।अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । सडक तथा बजारहरुमा मानिसको चहल पहल धेरै घटेको छ । विभागका अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा दिल्लीको मंगेशपुर क्षेत्रको तापक्रम रेकर्ड ५२.३ सेल्सियस देखिएको हो । यो अहिलेसम्म मापन गरिएको उच्च तापक्रम हो । राजधानीको अन्य क्षेत्रमा पनि ५० डिग्री सेल्सियस हाराहारीमा तापक्रम रेकर्ड भएको छ । पछिल्लो केही दिन यता दिल्लीको अधिकतम तापक्रम ४७ देखि ५० डिग्रीमा थियो । बढ्दो गर्मीले पानीको अभाव हुन थालेको छ । राज्य सरकारले सप्लाईको पानीबाट सवारी साधन धोएको पाइएमा कारबाहीको गरिने सूचना दिएको छ । विद्यालयहरुमा छुट्टी दिइएको छ । गर्मी बढेसँगै बिद्युतको माग पनि अत्यधिक बढेको छ । भारत भरीमा बिद्युतको माग २ सय ४० गिगावाट पुगेको छ । दिल्लीमा मात्रै बुधबार अपराह्न विद्युतको माग ८ हजार ३ सय २ मेगावाट देखिएको छ ।दिल्लीबाहेक राजस्थान, मध्यप्रदेश, बिहार र उत्तरप्रदेश कयौं राज्य तथा सहरमा तापक्रम बढेको छ । मौसम विभागले पञ्जाब, हरियाणा, चण्डिगढ, दिल्ली, राजस्थान, उत्तरप्रदेश, मध्यप्रदेशका लागि रेड अलर्ट जारी गरेको छ । आगरा र झाँसीमा ४९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । | World | 11,675 |
धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै | इलाम नगरपालिका-६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो । | https://gorkhapatraonline.com/news/82864 | मङ्गलबारे, कात्तिक ४ गते । इलाम नगरपालिका-६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिने छ । गुम्बामा धार्मिक पाठशालासमेत रहने छ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका-२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निः शुल्क उपलब्ध गराउनु भएको हो । साथै, उहाँले नगद तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गर्नुभएको समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीयहरू श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ । साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ । तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिने छ । चियाबारी नजिकै भ्यु टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ । रासस | News | 32,684 |
सवारी सुरक्षा: प्रदेश नम्बर दुईमा मापसेसँगै सवारी चालकको लापसे जाँच | सवारी दुर्घटनाको एक कारण लागु पदार्थ सेवन (लापसे) रहेको पाइएपछि प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच अभियान चलाएको बताएको छ। | https://www.bbc.com/nepali/news-48173687 | लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि पथलैयास्थित कार्यालयले लापसे जाँच अभियान सुरु गरेको प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए। ट्राफिक कार्यालयले राजमार्गमा चल्ने सवारी चालकहरूको मूत्र परीक्षण सडकमा नै गर्न सुरु गरेको हो। नेपालमा 'ड्रग युरिन टेस्ट किट'बाट सडकमै जाँच गरिएको यो पहिलो पटक भएको कार्यालयले दाबी गरेको छ। यो अभियानको केही दिनमै उपलब्धिमूलक साबित भएको प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले बताए। चेकजाँच गर्ने तरिका मादक पदार्थ सेवन गर्दा समातिने डर भए पछि चालकहरूले लागु पदार्थ सेवन गर्न थालेको सिंहको भनाइ छ। सिंहले भने: "लागु पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भई थुप्रै युवाको ज्यान गएकाले पनि दुर्घटना न्यूनीकरण गर्न मापसे र लापसे जाँच एकैसाथ गर्न थालिएको हो।" ब्रेथलाईजरबाट मापसे जाँचसँगै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर ड्रग युरिन टेस्ट किटबाट जाँच गर्दा चालकहरूले लागु पदार्थ सेवन गरेको पत्ता लगाउन सकिएको सिंह बताउँछन्। उनले भने: "हामी सवारी चालकलाई सानो डब्बामा पिसाब लिएर आउन लगाउँछौँ र उक्त पिसाबलाई किटमा हाल्दा ३० सेकेन्ड भित्र लागु पदार्थ खाएको वा नखाएको थाहा हुन्छ।" लागु पदार्थ सेवन गरेको पाइएमा दुर्घटना न्युनीकरण गर्न सवारीधनीलाई जानकारी गराएर र अन्य सवारी चालक बोलाएर सो सवारी साधन र यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने गरेको प्रहरी उपरीक्षक पालले बताए। कारबाही प्रक्रिया चैत मसान्तदेखि लापसे चेकजाँचको क्रममा दुई जनाले गाँजा सेवन गरेको पाइएको छ। यो नयाँ सु्रुवात भएको कारण उनीहरूलाई एक दिन प्रहरी कार्यालयमा राखिएको र जरिबाना तिराइएको सिंहले बताए। कार्यालयले मापसे र लापसेसँगसँगै पहिलेदेखि गर्दै आएका सवारी चालकको आँखा, रक्तचाप, सवारीको अवस्थाको समेत चेकजाँच गर्दै आएको छ। दुर्घटना न्यूनीकरण गर्न यस अभियानलाई प्रदेश नम्बर २ को विभिन्न जिल्लाका सडकमा विस्तार गरेर निरन्तरता दिने योजना रहे पनि किट महँगो पर्ने हुँदा दीर्घकालीन रूपमा सञ्चालन गर्न चुनौती रहेको कार्यालयले जनाएको छ। दुर्घटनाका कारणहरू चालकले सवारी साधन चलाउँदा मोबाइलमा गफ गर्ने, सिटको बेल्ट नबाँध्ने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ओभरटेक गर्ने र सही तरिकाले सवारी साधन नकुदाउने जस्ता कारणले पनि ७० प्रतिशत भन्दा बढी सवारी दुर्घटना हुने गरेको सिंहले बताए। व्यस्त सडकमा तीव्र गतिमा सवारी चलाउनाले दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ। मादक पदार्थ सेवनदेखि लिएर सवारी चालक अनुमति पत्रसमेत नलिइ सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको उनले बताए। प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षको साउनदेखि यही बैशाख २१ गतेसम्म भएका ९ सय ४८ सवारी दुर्घटनामा ३ सय ४५ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा पुरुष २ सय ४३ जना, महिला ५५ जना, र बालबालिका ४७ जना रहेका छन्। ती दुर्घटनाहरूमा ४ सय ६८ गम्भीर र ३ सय ३३ सामान्य घाइते भएका छन्। कार्यालयले चालु आर्थिक वर्षको चैत्रसम्ममा विभिन्न शीर्षकमा करिब एक लाख ७७ हजार जनालाई कारवाही गरी झन्डै १२ करोड रुपैयाँ जरिबाना गरेको छ। सवारी दुर्घटना न्युनीकरण प्रयास दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको जनाएको छ। त्यस्तै विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा चालक, अभिभावक तथा विद्यालय र कलेजका विद्यार्थीहरूको आँखा जाँच गर्नुका साथै ट्राफिक नियमबारे जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको पालले बताए। यसका साथै ट्राफिक सम्बन्धी एपको व्यवस्था गरेको जनाएको छ। उक्त एपले लामो दुरीको सवारी चालकबारे जानकारी पठाउने हुँदा चेकजाँच गर्न सजिलो हुने बताइएको छ। महिला ट्राफिक प्रहरी भन्छन्: ‘हामीलाई टेर्दैनन्’ | Others | 67,817 |
बिरामीलाई चर्को पार्किङ शुल्क | रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन । सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । | https://gorkhapatraonline.com/news/23685 | काठमाडौँ, भदौ १७ गते । रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन ।सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल (वीर)का प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले पार्किङ शुल्क नलिइदिन पटक–पटक काठमाडौँ महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेको तर सुनुवाइ नगरिएको गुनासो गर्दै भन्नुभयो, “अस्पताल अगाडि चर्काे शुल्क उठाउनु गलत हो तर हाम्रो कुरा सुन्न पालिका तयार छैन ।”उहाँले कतिपय बिरामीको दुई–तीन सय रुपियाँ पनि नभएकाले निःशुल्क उपचारका लागि सिफारिसको माग गर्न आउने गरेको बताउँदै थप्नुभयो, “तर उनीहरू अस्पतालबाहिर पुगेपछि सवारी पार्किङबापत उपचार खर्चभन्दा बढी शुल्क तिर्न बाध्य छन् ।”वीर अस्पतालभित्र पनि पार्किङको व्यवस्था छ तर अस्पतालका कर्मचारीका सवारीसाधनले भरिने हुँदा अपराह्न ४ देखि बिहान ७ बजेसम्म उपचार गराउन आउनेका लागि खुला गर्ने गरिएको छ । उपचार गराउने प्रायः सबैजसो बिहान ७ बजेपछि अस्पताल पुग्ने गरेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डमा ५० शøयाभन्दा माथिका प्रत्येक अस्पतालमा अनिवार्य पार्किङको व्यवस्था हुनुपर्ने प्रावधान छ । काठमाडौँ महानगरपालिकाका पदाधिकारीले सो स्थानमा पार्किङ व्यवस्थापन गर्न योजना बनाइरहेको बताएका छन् ।समस्या जतासुकैसवारीसाधनको पार्किङको समस्या वीर अस्पतालमा मात्र रहेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, परोपकार प्रसूति गृह अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टरलगायतका सरकारी अस्पतालमा समेत पार्किङको समस्या छ । त्रिवि शिक्षण अस्पतालमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति उपचारका लागि जान्छन् । त्यहाँ पनि आकस्मिक कक्षभन्दा केही पर केही साधन राख्न मिल्ने स्थान त छ तर त्यो पनि प्रायःजसो भरिभराउ हुन्छ । शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बिरामी, कुरुवा र बिरामीलाई हेर्न आउनेभन्दा बाहिरका मानिसका सवारीसाधनले पार्किङ भरिने गरेको बताउनुभयो । “भवन निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्छ भन्ने सोच नपुगेको देखिन्छ,” उहाँले भन्नुभयो, “अब ठेक्कामार्फत शुल्क लिने नीति अस्पतालले लिँदैछ ।” महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पनि सवारीसाधन पार्किङको असुविधा छ । ट्रमा सेन्टरमा पार्किङका लागि अन्डरग्राउन्डको छुट्टै व्यवस्था भए पनि कर्मचारीबाहेकका सवारीसाधन राख्न पाइँदैन । सेन्टरका सूचना अधिकारी अर्जुन भेटुवालले कर्मचारीका साधनले नै पार्किङ भरिने हुँदा समस्या भइरहेको बताउनुभयो ।कान्ति बाल अस्पतालमा पनि पार्किङको उस्तै समस्या छ । अस्पतालको अगाडिको पार्किङ बिहान ७ बजे भरिइसक्छ । पार्किङका लागि स्थान अभाव हुँदा बाहिर राख्न लगाउने गरिएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बिहान ८ बज्दा नबज्दै भरिन्छ । पाटन अस्पतालमा पार्किङ शुल्क लिने हुँदा धेरैले अस्पतालको सामुन्नेको सडकमा सवारीसाधन राख्दा सडक अवरोध हुँदै आएको छ । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारीबाहेक अन्य व्यक्तिलाई पार्किङ निषेध गरिएको छ । | News | 61,774 |