title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
'शान्ति कूटनीतिका लागि ओली कोस्टारिकामा'
कूटनीतिज्ञहरूले प्रधानन्त्री केपी शर्मा ओलीको कोस्टारिका भ्रमणलाई ल्याटिन अमेरिकी मुलुकसँगको सम्बन्ध विस्तारका रूपमा नभइ सद्‌भावना भ्रमण मान्नुपर्ने बताएका छन्।
https://www.bbc.com/nepali/45694269
संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न अमेरिका गएका ओली शनिवार कोस्टारिका लागेका छन्। त्यहाँ उनले कोस्टारिकाका राष्ट्रपतिलाई भेट्ने र सोमवार संयुक्त राष्ट्रसंघको एउटा सङ्कल्प प्रस्ताव अनुसार स्थापना भएको 'शान्ति विश्वविद्यालय'को कार्यक्रममा सहभागी हुने बताइएको छ। कोस्टारिकास्थित 'शान्ति विश्वविद्यालय'ले दुई दिनअघि आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा ओलीले त्यहाँका राष्ट्रपतिलाई भेट्ने गरी औपचारिक भ्रमणमा जान लागेको उल्लेख छ। कार्यक्रम भ्रमणका क्रममा सोमबार उनी कोस्टारिकाको 'सेन्ट्रल भ्याली'बाट दक्षिण-पश्चिमस्थित एउटा क्याम्पसको कार्यक्रमा सहभागी हुने जनाइएको छ। विश्वविद्यालयका अनुसार उनलाई नेपालमा शान्ति र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदान स्वरूप सम्मान गर्दै त्यहाँ मानार्थ विद्यावारिधि दिइनेछ। विज्ञप्तिमा उक्त विश्वविद्यालयको वडापत्रमा नेपालले हस्ताक्षर गर्ने कार्यक्रम राखिएको उल्लेख छ। संयुक्त राष्ट्रसंघ महासभाबाट पारित भएको एउटा सङ्कल्प प्रस्ताव अनुसार स्थापना भएको उक्त विश्वविद्यालयको आफ्नै बडापत्र रहेको र त्यसमा हालसम्म ४० देशले हस्ताक्षर गरिसकको बताइएको छ। पहिलो नेपाल यसरी हस्ताक्षर गर्ने ४१ औँ मुलुक हुने पनि विज्ञप्तिमा उल्लेख छ। नेपाली सरकारप्रमुखको पहिलो कोस्टारिका भ्रमण भएकाले धेरैले अनेक अड्कल काटिरहेका छन्। पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य नेपालभन्दा धेरै टाढा रहेको तथा आर्थिक हिसाबले ठूलो फाइदा लिन सकिने खालको मुलुक नभएकाले ओली कोस्टारिका जानुलाई सद्‌भावना भ्रमणकै रुपमा लिनुपर्ने बताउँछन्। उनले द्वन्द्वबाट कसरी अगाडि बढ्ने भन्ने सन्देश दिन कोस्टारिका आफै एउटा उदाहरण भएको उनले बताए। "कोस्टारिकाको शान्ति प्रक्रियामा आफ्नै पनि अनुभव छन्," उनले भने, "त्यसैले शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति प्रक्रियाको अनुभव साटासाट गर्ने हिसबाले यो भ्रमण भएको हुनसक्छ।" अड्कल कतिपयले मानव तस्करहरूले ल्याटिन अमेरिकी मुलुकहरूको बाटो प्रयोग गर्दै नेपालीलाई अमेरिका पठाउने गरेकाले त्यस विषयमा समेत कोस्टारिका र नेपालबीच कुराकानी हुनसक्ने अड्कल काटेका छन्। तर, पूर्वसचिव आचार्य भने त्यस विषयमा काम गर्न अन्तर्राष्ट्रिय संघसंस्था वा धेरै मुलुकले पहल गर्नुपर्ने भएकाले नेपाल र कोस्टारिकाबीच त्यसबारे कुरा हुने सम्भावना नरहेको बताउँछन्। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले शान्ति कूटनीतिलाई अघि बढाउने पहलस्वरूप ओली कोस्टारिका गएको बताए। "शान्ति कूटनीतिलाई हामीले नै कति नेतृत्व गर्न सक्छौ बेग्लै हो," उनले भने, "तर नेपाल शान्तिको पक्षमा छ, नेपाल त्यसलाई प्रोत्साहित गर्दछ भन्ने दृष्टिकोण र दृष्टान्त दिनलाई हो।" आलोचकहरूले भने नेपाललाई खासै फाइदा नहुने खालको भ्रमणमा प्रधानमन्त्रीले बजेट र समय खर्चिनु उपयुक्त नभएको बताउने गरेका छन्।
Others
70,216
म्यानचेस्टरलाई हराएर भिल्लारियल युरोपा लिग च्याम्पियन
भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा ११–१० ले हराएर बुधबार युरोपा लिग जितेको छ । भिल्लारियलले क्लब इतिहासमा जितेको यो पहिलो ठूलो उपाधि हो । निर्धारित र अतिरिक्त समयको खेल १–१  को बराबरीमा रहेको थियो ।
https://ekantipur.com/sports/2021/05/27/162207669040496631.html
गडान्स्क — भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा ११–१० ले हराएर बुधबार युरोपा लिग जितेको छ । भिल्लारियलले क्लब इतिहासमा जितेको यो पहिलो ठूलो उपाधि हो । निर्धारित र अतिरिक्त समयको खेल १–१  को बराबरीमा रहेको थियो ।टाइब्रेकरको निर्णायक र नाटकीय मोडमा म्यानचेस्टरका गोलरक्षक डेविड डेगोआ गोल गर्नबाट चुके । मैदानमा रहेका सबै १०–१० खेलाडीले गोल गरिसकेपछि टाइब्रेकरमा गोलरक्षकको प्रहार आवश्यक परेको हो ।यस क्रममा सुरुआती २१ प्रहार गोलमा परिणत भएका थिए । यसअघि जेरार्ड मोरेनोले भिल्लारियललाई २९औं गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा एडिसन कभानीले बराबरी गोल फर्काए ।उनाई एमरीको स्पेनी टिम विजयी रहेपछि म्यानचेस्टरको लगातार चार वर्षको उपाधिविहीन यात्रा कायम रह्यो । जितले भिल्लारियल भने अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट पनि भएको छ । एमरीले प्रशिक्षकका रूपमा युरोपा लिग जितेको यो चौथोपल्ट हो ।
Sports
23,021
इंग्ल्यान्डमा पारसको सान्दार शतक
कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । 
https://ekantipur.com/sports/2018/07/21/153218825289077971.html
काठमाडौँ — कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे । तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए । शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसँग मिलेर इनिङ्स उकासेका थिए ।दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए । पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले पुन: खुलेर खेले । रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे । करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए । ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए । नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो । स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए । यो समाचार तयार पार्दा ह्याम्पसायरको ब्याटिङ सुरु हुन लागेको थियो ।ह्याम्पसायर होग्स क्रिकेट क्लब मैदानमा शतक बनाएर अाउट भएपछि नेपालका कप्तान पारस खड्का ।तस्बिर सौजन्य : सिद्धार्थ विक्रम क्षेत्रीह्याम्पसायरले ३० वर्षपछि अन्तर्राष्ट्रिय टोलीलाई आफ्नो मैदानमा बोलाएर खेलेको हो ।नेपालले थप तीन अभ्यास खेल खेलेपछि लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउने छ । त्यसमा मेरिलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नेपालले एमस्ट्राडममा गएर नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ । नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।
Sports
29,032
बीबीसी नेपाली सेवा: ५० वर्ष प्रवेश गर्दासम्मका महत्त्वपूर्ण मिति
बीबीसी नेपाली सेवा स्थापनाको ५०‌औँ वर्षमा प्रवेश गरेको छ। बीबीसीमा नेपाली भाषा सेवाको प्रथम प्रसारण सन् १९६९ जुन ७ मा भएको थियो।
https://www.bbc.com/nepali/news-48552306
पहिलो कार्यक्रम पूरन अग्रवालले प्रस्तुत गरेका थिए। प्रारम्भिक वर्षहरूमा हप्ताको एक दिन शनिवार ३० मिनेट कार्यक्रम प्रसारण हुनेगर्थ्यो। बीबीसी नेपाली सेवाका प्रथम कार्यक्रम प्रस्तोता पूरन अग्रवाल, नेपालीभाषी आरोही लेफ्टिनेन्ट कर्नेल वाइली र नेपाली कार्यक्रमकी संयोजक हेदर बोन्ड बीबीसीको बुश हाउसमा जुलाई २८, १९६९ मा ब्रिटेनका लागि तत्कालीन नेपाली राजदूत सरदार ईश्वरीराज मिश्र बीबीसी नेपाली सेवाको पहिलो कार्यक्रममा सन्देश दिँदै सन् १९७४ देखि बीबीसी नेपाली सेवा हप्ताको तीन पटक (सोमवार, बुधवार र शुक्रवार) प्रत्येक दिन १५ मिनेट प्रसारण हुन थाल्यो। सन् १९७० सेप्टेम्बर ३ मा बीबीसी नेपाली सेवाका लागि राजा महेन्द्रको अन्तर्वार्ता लिँदै यादव खरेल जुलाई ३०, १९८४ देखि बीबीसी नेपाली सेवाको प्रसारण समय बढेर ३० मिनेट भयो। कार्यक्रम हप्तामा तीन दिन (सोमवार, बुधवार र शुक्रवार) प्रसारण हुन्थ्यो। पछि जेनुअरी १९८८ देखि कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म दैनिक २० मिनेट प्रसारण हुन थाल्यो। सन् १९८४ मा बीबीसी नेपाली सेवाका बारेमा छलफल गर्दै नेपाली सेवा प्रमुख जोन रेनर, खगेन्द्र नेपाली, मणि राणा र हेदर बोन्ड एप्रिल ७, १९९० देखि बीबीसी नेपाली सेवा सोमवारदेखि शनिवारसम्म हप्ताको छ दिन प्रसारण हुन थाल्यो। सोही वर्ष जुलाई महिनादेखि देखि कार्यक्रम प्रसारणका लागि भू-उपग्रह सम्पर्क प्रयोगमा ल्याइयो। रेडियो नेपालका फ्रिक्वेन्सीहरूमा बीबीसी नेपाली सेवाको कार्यक्रम प्रसारण भयो। सन् १९८१ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको अन्तर्वार्ता लिँदै बीबीसी नेपाली सेवाका खगेन्द्र नेपाली सन् १९९० मा प्रजातन्त्र पुर्नबहाली भएपछि बीबीसी नेपाली सेवाले रेडियो नेपालको स्टुडियोबाट विशेष परिसंवाद कार्यक्रम प्रस्तुत गरेको थियो। त्यसमा सहभागी हुँदै नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई जेनुअरी १९९२ देखि बीबीसी नेपाली सेवा हप्ताको सातै दिन प्रसारण हुन थाल्यो। अगस्ट १, २०१३ देखि बिहानीपख १५ मिनेट लामो प्रसारण सुरु भयो। बीबीसी नेपाली सेवाको पहिलो प्रसारण यस्तो थियो मार्च ११, २०१९ देखि डिजिटल सेवा विस्तार गर्दै बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रम हप्ताको पाँच पटक (सोमवारदेखि शुक्रवार) प्रत्येक दिन ४५ मिनेट प्रसारण हुँदै आएको छ। सबै तस्बिरको सर्वाधिकार बीबीसीमा
Others
69,341
फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै
सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति तयार गरिएको छ। उक्त राष्ट्रिय नीतिका आधारमा कानुन निर्माण गरी सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको अधिकार क्षेत्रमा राखेकाले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपायका लागि सरकारले कानुन निर्माण गर्न लागेको हो।
https://gorkhapatraonline.com/news/73128
काठमाडौँ, साउन १६ गते । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति तयार गरिएको छ। उक्त राष्ट्रिय नीतिका आधारमा कानुन निर्माण गरी सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको अधिकार क्षेत्रमा राखेकाले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपायका लागि सरकारले कानुन निर्माण गर्न लागेको हो। मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले मन्त्रालयले फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरेको र सो नीतिका आधारमा सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने गरी कानुन निर्माणको प्रव्रिmयामा रहेको बताउनुभयो। उहाँका अनुसार उक्त नीतिका आधारमा मन्त्रालयले कानुनको मस्यौदा तयार गरी सरोकार राख्ने मन्त्रालयको रायका लागि पठाइएको छ। राय आएपछि चालु संसद्को अधिवेशनमा कानुनको मस्यौदा दर्ता गरिने तयारी गरिएको छ। आचार्यले भन्नुभयो, “अहिले अधिकांश ठुला र सहरउन्मुख नगरपालिकामा फोहोरमैला व्यवस्थापन प्रमुख समस्या बन्दै आएकाले उक्त समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले नीति बनाएको र सो नीतिका आधारमा सरकारले कानुन निर्माणको अन्तिम तयारी गरेको हो।” महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा स्थानीय तहले स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्यको सुरुवात गर्न नसक्दा फोहोरमैला व्यवस्थापन जटिल बन्दै आएको औँल्याएको छ। फोहोर उत्सर्जन हुने स्रोतमा वर्गीकरण गरी कुहिने र नकुहिने, सिसाजन्य फोहोर, अस्पतालबाट उत्पादित फोहोरलगायतका फोहोर वर्गीकरण गरी उपयुक्त रूपमा व्यवस्थापन गरिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ। फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीतिका आधारमा बन्ने कानुनमा फोहोरमैला वर्गीकरण न्यूनीकरण, पुनः प्रयोग र प्रशोधनलाई प्रोत्साहन गर्ने, फोहोरलाई कम्पोस्टीकरण गर्ने कार्यलाई प्रोत्साहन गर्ने व्यवस्था गरिने छ।फोहोरमैला व्यवस्थापनमा नागरिक दायित्व अभिवृद्धि गर्ने, फोहोरमैला व्यवस्थापनका लागि असल अभ्यासको अदानप्रदान गरी समुदाय तहसम्म प्रचारप्रसार गर्ने नीति अवलम्बन गर्ने, फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माण गरी सङ्घीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरण गर्ने, हानिकारक रासायनिक औद्योगिक स्वास्थ्यसंस्थाजन्य र घरेलु फोहोरमैला व्यवस्थापनका लागि अलग अलग मापदण्ड तयार गरी नियामक निकायको व्यवस्थापन गर्ने, फोहोरमैला विसर्जनको मापदण्ड निर्धारण गरी नदी, ताल, सिमसार, वन्यजन्तुको बासस्थान, धार्मिक र सम्पदा क्षेत्र, सडक, अन्य सार्वजनिक स्थानमा फोहोरमैला विसर्जन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीतिमा उल्लेख गरिएको छ।मन्त्रालयका उपसचिव आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहमा फोहोरमैला व्यवस्थापनसम्बन्धी उपयुक्त संस्थागत संरचना निर्माण गरी मापदण्ड परिपालन र समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो। फोहोरमैलाको पुनः प्रयोग तथा प्रशोधनका माध्यमबाट ऊर्जा र प्राङ्गारिक मल उत्पादनका लागि स्रोतका रूपमा उपभोग गर्न स्थानीय तहमा नै आवश्यक प्रविधिको विकास गर्ने, फोहोरमैला वर्गीकरण, न्यूनीकरण, निष्कासनसम्बन्धी नागरिक दायित्वका बारेमा सचेतना अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।  
News
54,644
कांग्रेस महामन्त्री थापाको प्रश्न– मधेशको गरिबी किन घटिरहेको छैन ? 
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्रदेश सम्मेलनमा मधेशका समस्याहरूमाथि छलफल र समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले मधेशमा गरिबी किन घटिरहेको छैन भन्नेबारे घोत्लिएर सोच्नुपर्ने बेला आएको बताए ।
https://ekantipur.com/news/2023/12/21/congress-general-minister-thapas-question-why-is-the-poverty-of-madhesh-not-decreasing-11-34.html
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्रदेश सम्मेलनमा मधेशका समस्याहरूमाथि छलफल र समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले मधेशमा गरिबी किन घटिरहेको छैन भन्नेबारे घोत्लिएर सोच्नुपर्ने बेला आएको बताए ।‘मधेस प्रदेश किन शिक्षा र स्वास्थ्यमा पछाडि परेको हो ? वैदेशिक रोजगारमा जाने यहीबाट धेरै छन्, तर गरिबी किन नघटेको हो ? हामीले यो सम्मेलनमा यसबारे गम्भीर भएर समीक्षा गरौँ,’ महामन्त्री थापाले भने । उनले किसानले वर्षभरि काम गर्दा पनि खान नपुग्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । महामन्त्री थापाले देशमा कुशासन मौलाउँदा जनता रिसाएका बताए । ‘जनता कुशासनबाट आजित भएका छन् । त्यसको भारी यो व्यवस्थालाई बोकाउन खोजिन्छ । यसको उपचार एउटै छ, त्यो हो सुशासन,’ उनले अघि भने, ‘देशमा सुशासन कायम भयो भने यो व्यवस्था आफैँ जोगिन्छ ।’
News
6,986
हेटौंडा साइकल रनको उपाधि आशिष थापालाई 
हेटौंडा साइकल रनको उपाधि हेटौंडा–६ का आशिष थापामगरले जितेका छन् । हेटौंडा उपमहानगरपालिकाद्वारा शनिबार आयोजित दोस्रो संस्करणको प्रतियोगितामा प्रथम भएका उनले कदरपत्रसँगै नगद ५० हजार रुपैयाँ हात पारे । 
https://ekantipur.com/sports/2023/10/14/hetaunda-cycle-run-title-to-ashish-thapa-11-45.html
हेटौंडा — हेटौंडा साइकल रनको उपाधि हेटौंडा–६ का आशिष थापामगरले जितेका छन् । हेटौंडा उपमहानगरपालिकाद्वारा शनिबार आयोजित दोस्रो संस्करणको प्रतियोगितामा प्रथम भएका उनले कदरपत्रसँगै नगद ५० हजार रुपैयाँ हात पारे । हेटौंडा–६ का हरेराम राई दोस्रो भएर ३० हजार र २ का विवेकसिं मोक्तानले तेस्रो भएर २० हजार रुपैयाँ प्राप्त गरे । राजीव ठाकुर र प्रदीप थापाले प्रोत्साहन पुरस्कार ५/५ हजार रुपैयाँ हात पारेका छन् । प्रतियोगितामा सहभागी महिलाहरुलाई प्रोत्साहन स्वरुप २/२ हजार रुपैयाँ पुरस्कार दिइएको थियो । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल रन कान्तिलोकपथ हुँदै शिवम् सिमेन्ट रोड, हेटौंडा-फापरबारी सडक हुँदै नागस्वती, कमाने, गर्दोही‚ हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको उद्‍घाटन जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले गरेका थिए ।घलानले स्वास्थ्थका लागि साइकल चलाउनु स्वास्थ्यका लागि हितकर भएकाले यसमा जोड दिनुपर्ने बताए । उपमहानगरले सुरु गरेको प्रतियोगिता साइकल प्रयोगकर्ताको संख्या बढाउन सहयोगी हुने भनाइ उनले राखे ।नगर प्रमुख लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्का, नगर खेलकुद विकास समितिमा पूर्वअध्यक्ष चन्द्र शाहीलगायतको उपस्थिति थियो ।
Sports
16,096
राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् ।
https://gorkhapatraonline.com/news/53937
काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् । 
News
58,512
आर्मीलाई एमएम क्रिकेट उपाधि
त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय वान–डे क्रिकेट प्रतियोगिता जितेको छ । आर्मीले शनिबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्‍यो । 
https://ekantipur.com/sports/2019/01/20/154795474907464039.html
इनरुवा — त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय वान–डे क्रिकेट प्रतियोगिता जितेको छ । आर्मीले शनिबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्‍यो । सुनसरीको इनरुवास्थित मैदानमा टस जितेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४९ रन बनायो । जवाफमा पुलिस ४२.५ ओभरमा १ सय ६६ रनमै अलआउट भयो । आर्मीले ४ लाख १ हजार रुपैयाँसहित ट्रफी हात पार्‍यो । उपविजेतामै सीमित पुलिसले २ लाख १ हजारमा चित्त बुझायो । राजेश पुलामीको अर्धशतकीय इनिङ्स र युवा खेलाडी कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मी च्याम्पियन भयो । राजेशले ६९ र कुशलले ४९ रन बनाए । अनिल मण्डल ४, कप्तान विनोद भण्डारी २६, राजु रिजाल १२, भीम सार्की १५, रोहितकुमार पौडेल १४ र हरिबहादुर चौहान ९ रनमा आउट भएको अवस्थामा राजेश र कुशलले सातौं विकेटमा ६३ रनको महत्त्वपूर्ण साझेदारी गरे ।राजेशले १ सय २८ बलको इनिङ्समा ५ चौका प्रहार गरे । कुशलले ३६ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । पुलिसका दीपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ तथा सुनील धमला, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले १–१ विकेट लिए । योगेन्द्रले ५१ रन जोडे पनि पुलिसलाई त्यो पर्याप्त भएन । पुलिसका हिमांशु दत्तले २९ र अमित श्रेष्ठले २५ रन जोडे । पुलिसलाई सस्तैमा समेट्नेक्रममा आर्मीका शाहब आलम र कुशलले ३–३ विकेट लिए । कुशल म्यान अफ द फाइनल चुनिए । प्रतियोगितामा अनुशासित टिम भने प्रदेश ७ बन्न सफल भयो । राइजिङ प्लेयर इनरुवाका सरोज बस्नेत घोषित भए । उनले १० हजार पुरस्कार पाए । उत्कृष्ट बलर पुलिसका सागर ढकाल र उत्कृष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बने । उनीहरूले २० हजार १ सय प्राप्त गरे । पुलिसका दिलीप नाथ म्यान अफ द सिरिज घोषित भए । उनले ५१ हजार पाए ।
Sports
28,107
सहज छैन सिटामोल
सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ ।
https://gorkhapatraonline.com/news/25774
काठमाडौँ, असोज ६ गते । सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले पहिलेजस्तो सजिलै सबै ठाउँमा सिटामोल नपाए पनि पाउँदै नपाउने अवस्था भने नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका ठूला अस्पतालभित्र वा वरपर रहेका औषधि पसल वा फार्मेसीमा गएर बुझ्दा सिटामोल नभएको पाइएको छैन । यस विषयमा हामीले प्रत्यक्ष र परोक्ष रूपमा बुझ्ने काम गरिरहेका छौँ ।”  दैनिक दस लाख ट्याब्लेट उत्पादनमहानिर्देशक भट्टराईका अनुसार नेपाल औषधि लिमिटेडबाट हाल दैनिक तीन लाख २० हजार ट्याब्लेटका दरले सिटामोल उत्पादन हुँदै आएको छ भने विभिन्न निजी औषधि उद्योगले दैनिक लगभग सात लाख ट्याब्लेट उत्पादन गरिरहेका छन् । दुवैको जोड्दा दैनिक १० लाखभन्दा बढी सिटामोल ट्याब्लेट उत्पादन भइरहेको छ । सिटामोलको उत्पादन अहिले बढेकाले अबको एक/दुुई दिनभित्रै सबैतिर सहज रूपमा पाइने दाबी विभागका महानिर्देशक भट्टराईको छ । उहाँका अनुसार निजी औषधि उद्योगबाट उत्पादन भएको पाँच लाखभन्दा बढी सिटामोलका ट्याब्लेट बिहीबार नै बजारमा जान्छ । पछिल्लो पटक माग अलिक उच्च भएकाले केही अभाव भए पनि बाहिर हल्ला भएजस्तो अभावकै अवस्था नभएको उहाँको दाबी छ । सिटामोलको विषयमा निजीस्तरका औषधि उत्पादन उद्योगी तथा व्यवसायीसँग छलफल भएको जानकारी दिँदै महानिर्देशक भट्टराईले भन्नुुभयो, “उद्योगीहरूबाट एक/दुुई दिनमै बजारमा पर्याप्त सिटामोल उपलब्ध गराउने प्रतिबद्धता आएको छ । त्यसबीचमा उहाँको प्रतिबद्धताअनुसार बजारको अवस्था बुुझ्छौँ, सहज नभएमा ‘एक्सन’मा जान बाध्य हुन्छौँ ।”मूल्य कम तोकिनु नै अभावको कारणऔषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादनमा आनकानी गर्दै आएका छन् । नेपाल औषधि लिमिटेड सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएको छ । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले डेङ्गु सङ्क्रमण बढेर एकै पटक सिटामोलको अत्यधिक माग बढेकाले बजारमा केही अभाव देखिए पनि एक/दुुई दिनमै सहज हुने दाबी गर्नुभयो ।   
News
40,235
लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
https://gorkhapatraonline.com/news/70463
शान्ता अधिकारीचितवन, असार २४ गते । यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।  पश्चिम चितवनको चार हजार सातसय हेक्टर जमिनमा सिँचाइ गर्न स्थापना भएको नारायणी लिफ्ट सिँचाइ प्रणाली यो क्षेत्रको सिँचाइका लागि महत्त्वपूर्ण आयोजना हो । तर किसानलाई आवश्यक परेको बखत यो आयोजना सञ्चालन हुनेगरेको छैन । २०४० सालमा निर्माण भएको यो आयोजना पछिल्लो समय आएर नारायणी लिफ्ट खडेरी सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत सञ्चालनमा छ । खेतीयोग्य जमिन टुक्रँदै घर र घडेरीमा परिणत हुँदैगर्दा आयोजनाको सिँचाइ क्षेत्र पनि साँघुरिँदैआएको छ । व्यवस्थापन कार्यालयका डिभिजनल इन्जिनियर घनश्याम कार्कीका अनुसार अहिले पनि यो प्रणालीबाट झण्डै चार हजार हेक्टर जमिन सिँचाइ हुँदैआएको छ । सरकारका लागि सेतो हात्तीजस्तै देखिने नारायणी लिफ्ट सिँचाइ आयोजना पश्चिम चितवनको लागि बरदानजस्तै हो । यो आयोजना सञ्चालन नहुँदा यहाँका अधिकांश जमिन पानी अभावले रोपाइँ हुन नसक्ने मात्र होइन, यो क्षेत्रमा जमिनमा पानी रिचार्जमा समेत समस्या पर्ने गर्छ । कृषकहरूका लागि आशाको त्यान्द्रोको रूपमा रहेको यस आयोजना यतिवेला कृषकका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ । निर्माणको बखत ५२ करोड रुपियाँ लगानी भएको यो आयोजनामा यस पटक सबै पम्पहरू नयाँ जडान गरिएका कारण समयमा पानी दिन नसकिएको इन्जिनियर कुलराज चालिसेले बताउनुभयो । चालिसेका अनुसार यस पटक ग्लोबल टेण्डरबाट चार वटा पम्प फेर्न २६ करोड ३२ लाख रुपियाँ खर्च गरिएको छ । भारतीय कम्पनी डब्लुपीआइएल लिमिटेड कलकत्ताले निर्माणको जिम्मेवारी लिएको सो काम केही विद्युतीय उपकरण समयमा आइनपुगेका कारण देखाउँदै सम्पन्न भएको छैन । मर्मत सम्भारको काम सम्पन्न नभएकाले कृषकलाई आवश्यक परेको बखत पानी चलाउन नसकिएको हो । आयोजना सञ्चालन सुरु भएपछि भने समस्या नहुनेगरी यस पटक मर्मत सम्भारको काम भएको दाबी इन्जिनियर चालिसेको छ । नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विगतमा असार १५ गतेबाट नै नहरमा पानी छाड्ने गरिएको भए पनि यो वर्ष त्यो भन्दा पनि अगाडि आवश्यकता थियो । तर त्यो हुन सकेन मात्र होइन, धान रोप्ने बेला पनि नहरमा पानी बग्ने लक्षण देखिएको छैन । यो नहरको सिँचाइ क्षेत्रमा पर्ने अधिकांश जमिनमा यस पटक धान रोप्न सकिएको छैन । डीप बोरिङको भरमा केही क्षेत्रमा धान रोप्ने काम भएको भए पनि नियमित सिँचाइ गर्न नसकिएको अवस्था छ । उहाँका अनुसार खडेरीका कारण बोरिङबाट समेत पर्याप्त पानी नआइरहेको अवस्था छ ।भरतपुर –१ पोखरा बसपार्क नजिकैबाट नारायणी नदीबाट लिफ्ट गरी सुरु हुने यो सिँचाइ प्रणालीमा एउटा मूल र दुई शाखा नहर र अन्य १६ वटा उपशाखामार्फत सिँचाइ गरिँदैआएको छ । वर्षमा बर्खे सिजनमा मात्र एक सय देखि १२० दिन सञ्चालनमा आउँदै गरेको यो सिँचाइ प्रणालीमा प्रयोग गरिने विद्युतकै कारण बढी खर्च हुनेगरेको थियो । यस वर्ष लामो खडेरीका कारण चितवनका अधिकांश भूमिगत सिँचाइ प्रणालीहरू (डीप बोरिङ) मा रिचार्जमा समेत कमी आएको छ । नारायणी लिफ्ट प्रणाली सञ्चालनले यस क्षेत्रमा रहेका भूमिगत सिँचाइ (डीप बोरिङ) प्रणालीसँगै सिँचाइ प्रणालीमा समेत रिचार्जको काम गर्ने गरेको विज्ञहरूको भनाइ छ । 
News
55,102
रंगशालामा १०औं किन्डर ओलम्पिक सम्पन्न
सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १० औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ ।दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
https://ekantipur.com/sports/2022/12/24/167189288421093719.html
काठमाडौँ — सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १० औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ ।दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।आयोजक अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) ले आयोजना गरेको किन्डर ओलम्पिकको दोस्रो चरणमा १७ स्कुलका विद्यार्थी प्रतिस्पर्धी थिए ।काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालयका विद्यार्थीले उसु, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, रनिङसहित विभिन्न विधा प्रतिस्पर्धा गरेको संयोजक केदारमान स्थापितले जानकारी गराए । त्यसमा नर्सरी, यूकेजी एलकेजीका साढे २ देखि ५ वर्षसम्म साना खेलाडीले खेलकुदसागै अन्य प्रतिभा प्रस्फुष्टन कार्यक्रममा सहभागिता जनाएको आयोजक एकताकी सदस्य लिना श्रेष्ठले बताइन् । उनले खेलकुदप्रति सानैदेखि रुचि बढाउने, बच्चाको शारीरिक र मानसिक विकासका साथै सहभागिता नै ठूलो हो भन्ने सन्देश दिन सफल भएको बताइन् । सहभागी सबै बालबालिकालाई स्वर्ण पदक र सहभागी स्कुललाई ट्रफी प्रदान गरिएको थियो । उनीहरूले दशरथ रंगशालाको ट्र्याकमा पदकसहित आ–आफ्ना अभिभावकसँग खुसी साटेका थिए ।सन् २०१२ देखि आयोजना हुँदै प्रतियोगिताले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबाट मान्यता पाएको छ ।नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सहभागीलाई पुरस्कृत गर्दै देशकै ठूलो रंगशालामा कार्यक्रम गरेर सानैदेखि बालबालिकालाई खेलकुदतर्फ आकर्षित गराएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले तल्लो तहदेखि बालबालिकालाई खेलकुदमा गर्न सकिए मात्र भविष्यमा राम्रो नतिजा पाउन सकिने बताए ।
Sports
18,881
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।
https://gorkhapatraonline.com/news/69714
काठमाडौँ, असार १७ गते ।  पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् । देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो ।भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ । अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ । साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । रासस
News
33,049
दक्षिण अफ्रिकाको जवाफ
दक्षिण अफ्रिकाले पहिलो टेस्टमा भारतलाई राम्रो जवाफ फर्काएको छ । टस जितेको दक्षिण अफ्रिका शुक्रबार २ सय ८६ रनमा अलआउट भयो । टोलीले जवाफमा पहिलो दिनको खेल सकिँदा भारतको २७ रनमा ३ विकेट खोसिसकेको छ ।
https://ekantipur.com/sports/2018/01/06/20180106070258.html
केपटाउन — दक्षिण अफ्रिकाले पहिलो टेस्टमा भारतलाई राम्रो जवाफ फर्काएको छ । टस जितेको दक्षिण अफ्रिका शुक्रबार २ सय ८६ रनमा अलआउट भयो । टोलीले जवाफमा पहिलो दिनको खेल सकिँदा भारतको २७ रनमा ३ विकेट खोसिसकेको छ ।चेतेश्वर पुजारा ५ रन बनाई क्रिजमा छन् भने रोहित शर्माले खाता खोल्न बाँकी छ । मुरली विजय १, शिखर धवन १६ र कप्तान विराट कोहली ५ रनमा आउट भए । यसअघि भारतीय तीव्र गतिका बलर भुवनेश्वर कुमारले बिहानी सत्रमा दक्षिण अफ्रिकालाई १२–३ को स्थितिमा पुर्‍याइदिएका थिए । उनले डिन एल्गर (०), आइडेन माक्र्रम (५) र हासिम अमला (३) लाई आउट गरेका थिए । एबी डी भिलियर्स ६५ र कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाउँदै दक्षिण अफ्रिकालाई सम्मानजक स्कोरमा पुर्‍याए । कुमारले ४ र स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए ।स्मिथ हाबीसिड्नी (रोयटर्स)– अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ इंग्ल्यान्डसँगको एसेज शृंखलामा हावी हुनेक्रमले शुक्रबार पनि निरन्तरता पायो । उनले नटआउट ४४ रन बनाउँदै टेस्ट क्रिकेटमा आफ्नो ६ हजार रन पूरा गरेका छन् । पाँचौं तथा अन्तिम टेस्टको दोस्रो दिनको खेलको अन्त्यमा अस्ट्रेलिया १९३–२ को स्थितिमा छ । विश्वका शीर्ष वरीयताका ब्याट्सम्यान र उस्मान ख्वाजाले अन्तिम सत्र पूरै ब्याटिङ गर्दै १ सय ७ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले राम्रो जवाफ फर्काएको हो । इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ४६ रन बनायो । ख्वाजा ९१ रनमा खेलिरहेका छन् । ओपनरद्वय डेविड वार्नर र क्यामरन बेनक्रफ्ट आउट भएपछि यी दुईले मोर्चा सम्हालेका थिए । बेनक्रफ्टलाई स्टुवार्ट ब्रोडले शून्यमा बोल्ड गरे । वार्नर (५६) जेम्स एन्डरसनको बलमा आउट भए । यसअघि २३३–५ बाट खेल्न सुरु गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा १ सय १३ रन थपेको थियो । डेविड मालनले ६२ रन बनाउँदै इंग्ल्यान्डको इनिङ्स तानेका थिए ।
Sports
30,417
आज धन्वन्तरी जयन्ती
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
https://gorkhapatraonline.com/news/85179
काठमाडौँ, कात्तिक २५ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।वि.सं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवसका अवसरमा  भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन समेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । 
News
32,557
जनतामा अबचाहिँ केही हुन्छ भन्ने सोच विकास भएको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।  नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जनतामा ‘अबचाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् । 
https://ekantipur.com/news/2024/01/31/people-have-developed-the-idea-that-something-will-happen-now-prime-minister-dahal-26-28.html
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।  नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जनतामा ‘अबचाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए । 'सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ,' प्रधानमन्त्री दाहालले भने, 'मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।'सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने, 'दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।'प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका सरकार प्रतिबद्ध रहेको बताए । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे । कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री दाहालले विषम् अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्नेमा जोड दिए ।
News
6,029
ठूला हत्याकाण्ड सम्झिँदै प्रचण्ड: ‘हामी पनि मारिन सक्छौं’
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भएका तीनवटा हत्याकाण्डलाई 'रहस्यमय' रूपमा प्रस्तुत गर्दै विभिन्न प्रसङ्गमा अर्थपूर्ण लाग्ने धारणा व्यक्त गरेका छन्।
https://www.bbc.com/nepali/news-48810884
मदन भण्डारी फाउन्डेशनद्वारा काठमाण्डूमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले नेता मदन भण्डारी, त्यसपछि उनका चालक अमर लामाको हत्या अनि नारायणहिटी दरबारमा भएको संहारबारे ताजा धारणा व्यक्त गरेका हुन्। ती घटनाका दोषी पत्ता लगाउन नसकेकाले राजनीतिक हत्याको सम्भावना अन्त्य गर्न आफूहरू विफल भएको उनको भनाइ छ। त्यसक्रममा उनले 'आफूहरू पनि मारिन सक्ने' पनि बताए। नेकपा एमालेसँग पार्टी एकता गरेर सिद्धान्त र बिचारलाई तिलाञ्जलि दिएको भनि आफ्नै एकथरी पूर्वमाओवादी सहकर्मीले आरोप लगाइरहेका बेला मदन भण्डारी र उनले अघि सारेको जनताको बहुदलीय जनवादबारे पनि प्रचण्डले बिस्तारमा आफ्नो बुझाइ प्रस्तुत गरेका थिए। प्रचण्डको भाषणको मुख्य अंश: विदेशी शक्ति हो कि? नाम भन्न सक्ने अवस्था छैन मदन भण्डारीको रहस्यमय अवसान भयो। हामी प्राय: सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो। त्यो कुनै दुर्घटना होइन। त्यो नियोजित हत्या हो भन्ने हामी सबैलाई लागेको छ। तर आजका मितिसम्म पनि हत्यारा फलानो हो या यो-यो शक्ति नै हुन् भनेर किटेर भन्नसक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। हामी सबै आम नेपाली जनतालाई लाग्छ- त्यो अवसान एउटा भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो। हामी सबै त्यसको खोजीमा पनि हुन्छौं, साँच्चै को होला? हामीलाई मोटोमोटी लाग्छ पनि, तर मोटामोटी लागेकै आधारमा कसैलाई आरोपित पनि गर्न सक्दैनौं। हामीलाई यो विदेशी शक्ति हो कि भन्ने लाग्छ, उ विदेशी शक्ति हो कि भन्ने लाग्छ, देशभित्रको यो शक्ति र त्यो तत्व हो कि भन्ने पनि लाग्छ। तर हामीले नाम लिएर भन्न सक्ने स्थिति छैन। कता-कता उहाँहरूको गाडी चलाउने ड्राइभर (अमर लामा) को हत्या जसरी हुन गयो त्यो पनि एउटा प्रमाण नष्ट पो हुन गएको हो कि भन्ने पनि हामीलाई लाग्ने गर्छ। उसलाई मात्र बचाइ राख्न सकेको भए कुनै दिन त्यो यथार्थ बाहिर आउँथ्यो कि भनेजस्तो लाग्छ। दुर्घटनावश उसको पनि हत्या भयो, त्यो पनि सिद्धियो। नेपालको इतिहासका यी सबै हत्या-प्रतिहत्याका घटनाहरूमा धेरै जसो हत्याराहरू पत्ता लागेका छैनन्। हत्याराहरूलाई जनसमक्ष ल्याएर, दोषी ठहर गरेर, उसलाई कारबाही गरेर फेरि ठूल्ठूला राजनीतिक हत्या-प्रतिहत्याका घटनाहरू रोक्ने प्रयासमा हामी सफल छैनौं। दरबार हत्याकाण्ड: मैले सकिन त्यसपछि दरबार हत्याकाण्ड भयो। त्यसमा पनि किटेर यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौँ। मैले पहिलो चोटि प्रधानमन्त्रीको रूपमा नारायणहिटीको अगाडि उभिएर भने- यसको पत्ता लगाएरै छोडिन्छ। तर पत्ता लगाउन सकिएन। कहिले अनौठो लाग्छ- केले (पत्ता लगाउन) दिँदैन हामीलाई? राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था जनताले नदिएको त पक्कै होइन। अहिले हामी सरकारमा छौं, नेतृत्व गरेका छौं। तर हामी भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं। बरू यसलाई ढिलो हुन दिउँ त्यसै ठीक हुन्छ भने जस्तो अवस्था हाम्रो छ। मेरो प्वाइन्ट कता हो भने, मदन भण्डारीको अवसान किन भयो? भोली त्यस्तै हुँदैन भन्ने ग्यारेण्टी किन गर्न सकिरहेका छैनौं? हामी मारिन पनि सक्छौं कहिले काहीँ चिन्ता लाग्ने कुरा के हो भने, हामी आजभोली आफ्नो छाला बचाउनेतिर त छैनौं? प्रतिक्रियावादी धेरै नरिसाउन् भन्ने तिर हाम्रो जान थालेको त कतै छैन भन्ने मात्रै हो फेरि, आरोप होइन। हामी त मारिएका छैनौं आजसम्म त। मारिन पनि सक्छौं। यहाँ बिचारणीय छ। मैले दुईवटा कुरा भने, एउटा हामीले पत्ता लगाउन सकेका छैनौं। त्यसकारण फेरि त्यस्ता घटना दोहरिदैन भन्ने सुनिश्चित गरेका छैनौं। अर्कोतिर फेरि त्यस्तो नदोहरियोस् भनेर हामी छाला जोगाउन तिर लाग्ने खतरा पैदा भएको छ। किन भने दोषी पत्ता लगाएर त्यसलाई जनताको बिचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन। होइन भने प्रश्न उठ्छ। त्यसकारण यी गम्भीर प्रश्नहरूबारेमा हामी घोत्लिन आवश्यक छ। 'जबज'मार्फत लोकप्रियता कमरेड मदन भण्डारीले २०४६ सालको जनआन्दोलन र त्यसपछि नेकपा एमाले बन्ने प्रक्रियासम्म आफूलाई एउटा परिपक्व नेता, बिचारक र जननेताको रूपमा स्थापित गर्दै लाग्नु भयो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले ठूल्ठूला धक्का खान थालेका बेला, नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको रक्षा कसरी गर्नेभन्ने बारेमा आफ्नो गतिशील बुझाइ र सृजनशील मानसिकतासहित उहाँले शान्तिपूर्ण र प्रतिस्पर्धाको माध्यमबाट आफूलाई खरो उतार्ने र त्यसको निम्ति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यक्रमको रूपमा अगाडि सार्ने र कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन उहाँले बिलकुल ढिलो गर्नु भएन। उहाँले परिस्थितिको दबाबलाई तुरुन्तै बुझ्नु पनि भयो। अन्तर्राष्ट्रिय परिस्थितिले कम्युनिस्ट आन्दोलनलाई कसरी रक्षात्मक दिशातिर धेकेलेको छ भन्ने पनि आत्मसात गरेर त्यो कार्यक्रम अगाडि सार्नु भयो। उहाँ कुनै जड, सङ्कीर्ण, एउटा कुरा भनेपछि त्यही मात्र भनिरहनुपर्छ, एउटा सङ्गठनमा लागेपछि त्यसैमा मात्रै लागिराख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थेन। उहाँ देशकाल परिस्थिति अनुसार आफूलाई बदल्न पनि तयार हुनुहुन्थ्यो। आफ्ना नीति, योजना र कार्यक्रमलाई विकसित गर्न र बदल्न पनि तयार हुनुहुन्थ्यो। यस अर्थमा मदन भण्डारी अरू नेताभन्दा भिन्न हुनुभयो। यसकारण उहाँ हामी सबैको निम्ति श्रद्धा र सम्मानको पात्र बन्नुभयो, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा राजनीतिक एवम् कम्युनिस्ट आन्दोलनमा उहाँ स्थापित हुनुभयो। मदन-प्रवृत्तिलाई आत्मसात उहाँको त्यही प्रवृति, त्यही सृजनशील र गतिशील बुझाइको एउटा उत्तराधिकारीको रूपमा नेकपा एमालेका नेताहरू पछिल्लो चरणमा खासगरी तत्कालीन एमाले अध्यक्ष केपी ओली र त्यसरी नै सङ्कीर्णता, आग्रह र पूर्वाग्रहमा होइन, गति र सृजनामा मार्क्सवादलाई बुझिनुपर्छ भन्ने मान्यताबाट विकसित भएको तत्कालिन नेकपा माओवादी केन्द्र र म समेत, हाम्रो त्यहाँ कहीँ न कहीँ प्रवृत्ति मिलेकै हो। दुईटै धाराहरू अन्तत: शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धामार्फत निर्वाचनको प्रक्रियाबाट सरकारको नेतृत्व गर्दै समाजवादको आधार तयार पार्ने भन्नेकुरामा एक ठाउँमा आएको हो। हामी कसैले पनि अब कुनै आग्रह-पूर्वाग्रह राख्न जरूरी छैन। हामीले अप्ठेरो मान्नुपर्ने कुरा पनि छैन। त्यो ठाउँमा हामी आइपुगेकै हौं। मदन भण्डारीको त्यो प्रवृत्तिप्रति सम्मान मात्रै होइन, त्यसलाई आत्मसात गर्ने। उहाँको सोँच्ने, काम गर्ने, विचार निर्माण गर्ने, नीति-योजना-कार्यक्रम विकास गर्ने तरिका र त्यो तरिका अनुसार आफूलाई ढाल्ने। त्यसो भएपछि अब राष्ट्रलाई एकता कसरी दिने, राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको जनताको आकाङ्क्षालाई कसरी सम्बोधन गर्ने भन्दा हामीले यो बाहेक अर्को विकल्प छैन भन्ने ठाउँमा आफूलाई पायौं। देशको एकतामै खतरा त्यसको सबभन्दा ठूलो प्रमाण-- त्यतिबेला हामी दुबैजना (आफू र केपी ओली) मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्षमा पुग्नुका पछाडि पनि हामीले त्यो गतिशीलता, सृजनशीलता, राष्ट्र र जनताको नयाँ आवश्यकतालाई आत्मसात गर्ने, मदन भण्डारीको त्यो प्रवृतिबाट सिक्ने र त्यसलाई समातेर अगाडि बढ्ने सङ्कल्पको प्रतिवद्धताकै परिणाम थियो। यसको केही ऐतिहासिक अर्थ छ, ऐतिहासिक महत्त्व छ। हामी त्यसरी नै यहाँसम्म आयौं, जसरी मदन भण्डारी सांस्कृतिक मोर्चा, माले, एमाले हुँदै अगाडि आउनु भयो, जसरी उहाँले विभिन्न नीति-कार्यक्रम हुँदै जनताको बहुदलीय जनवादसम्म आउनु भयो, हामी पनि अब सवाजवादको रणनीति अन्तर्गत जनताको जनवाद हुँदै हामी अगाडि बढ्छौं भनेर आयौँ। यही यस्को मर्म हो। अब यो पार्टीलाई सुदृढ गर्ने र सरकारलाई सफल पार्ने कुरामा र जनआकाङ्क्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने हामी दुईटा नेताको वा पार्टीको मात्र असफलता हुनेवाला छैन, कम्युनिस्ट आन्दोलन फेरि यही रूपमा उठ्न सायदै सम्भव हुन्छ। यो (राजनीतिक) प्रणाली नै जानेवाला छ र देशको एकता पनि खतरामा पर्ने वाला छ।
Others
68,569
कर्मचारीलाई इन्धनको सट्टा नगदको व्यवस्थाले सरकारी खर्च घट्दैन: अर्थविद् खनाल
सरकारले सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गनराउन निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐन) २०६४ को दफा ४५ ले दिएको अधिकारको प्रयोग मार्फत सरकारले यो निर्देशिका जारी गरेको हो ।
https://gorkhapatraonline.com/news/85675
काठमाडौं, मङ्सिर १ गते । सरकारले सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐन) २०६४ को दफा ४५ ले दिएको अधिकारको प्रयोगमार्फत सरकारले यो निर्देशिका जारी गरेको हो । पूर्व अर्थसचिव एवम् अर्थविद् रामेश्वर खनालले यो व्यवस्थाले आर्थिक अनियमितता नरोक्ने बताउनुभयो । उहाँले भन्नुभयो, इन्धनको सट्टा नगद प्रदान गर्दा सरकारको खर्च घट्ने देखिन्न, यो व्यवस्था २०५२ सालमा पनि बनेको थियो तर कार्यान्वयनमा आउन सकेन । २०५२ सालमा सचिवभन्दा माथिका सांसद, मन्त्रीलाई भन्सार सुविधामार्फत सवारी ल्याउन दिने व्यवस्था हुँदा ल्याएका सवारीहरु दुई–तीन दिनपछि सोरुममा बेचेर अन्य विभागहरुको गाडी चढेर हिँडेको देखिएको उहाँको भनाइ छ । कर्मचारीको तलबसुविधा अपुग भएको खण्डमा बढाउनुपर्ने तर इन्धनको सट्टा नगद नै कर्मचारीलाई दिँदा झन् सरकारलाई दोहोरो घाटा पर्ने  देखिएको उहाँको भनाइ छ । कतिपय उच्चपदस्थ कर्मचारीहरुले इन्धनबापत आएको पैसा पनि राख्ने र आयल निगमलाई इन्धन राख्न लगाएर सरकारलाई दोहोरो घाटा पार्ने काम मात्र हुने उहाँको भनाइ छ ।पूर्व अर्थसचिव खनालले भन्नुभयो, “माथिल्लो तहका कर्मचारीहरुले आर्थिक उपार्जन गर्नका लागि घुमाउरो पारामा यो व्यवस्था बनाए जस्तो देखियो । व्यवस्थामा सुधार नहुँदासम्म आर्थिक अनियमितता रोकिने देखिन्न ।”सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत नै सरकारी सवारीसाधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारीसाधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई इन्धनको साटो नगद नै उपलब्ध गराउने व्यवस्था सुरु गर्ने घोषणा गरेको थियो । सोही बमोजिम अर्थ मन्त्रालयले उक्त निर्देशिका तयार गरेको हो । इन्धनको सट्टा नगदनै उपलब्ध गराउँदा सो नगद रकम सम्बन्धित कर्मचारीको कुल आम्दानीमा गणना गरी एकमुष्ट रुपमा खातामा राखिदिने व्यवस्था छ । यसमा कर लाग्ने पनि निर्देशिकामा उल्लेख छ तर अर्थविज्ञले यस व्यवस्थाले सरकारी खर्चमा कमी आउन नसक्ने बताएका छन् ।नेपाल राष्ट्र बैँकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसर कर्मचारीको इमानदारी विना यो व्यवस्थाले सार्थकता पाउँदैन । उहाँले भन्नुभयो, “यो व्यवस्था लागू हुँदैमा सरकारको खर्च जोगिन्छ भन्ने होइन। जबसम्म कर्मचारी इमानदार बनाउन सकिँदैन तबसम्म यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिँदैन ।” अहिले अन्तर्राष्ट्रिय स्तरमा तेलको भाउ र मेसिनरी सामग्रीहरुको मूल्य बढिरहेकाले निश्चित कोटा वितरण नगर्दासम्म सरकारको खर्च नजोगिने क्षेत्री बताउनुहुन्छ । यो व्यवस्थाले कर्मचारीहरु सकेसम्म विद्युतीय सवारी चढ्न नपरे हुन्थ्यो भन्ने सोच्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो व्यवस्था भएपछि कर्मचारीहरु सकेसम्म विद्युतीय सवारी चढ्न नपरे हुन्थ्यो भन्ने सोच्छन् ।पेट्रोलजन्य पदार्थबाट बढी रकम आउँछ भन्ने मानसिकता राख्छन् ।” 
News
36,209
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/63365
नवलपरासी, वैशाख २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ  । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।”प्रधानमन्त्री प्रचण्डले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकिय स्थल रहेको बताउनुभयो । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्तूपको विकासका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । रासस
News
33,150
बुद्धिचालमा एनआरएनए विवाद
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको पुरुष ब्लीजतर्फ त्रिभुवन आर्मी क्लबका रूपेश जैसवालले स्वर्ण जितेका छन् । ८.५ अंकका साथ उनी पहिलो बने ।
https://ekantipur.com/sports/2022/10/19/16661468162245426.html
गोरखा — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको पुरुष ब्लीजतर्फ त्रिभुवन आर्मी क्लबका रूपेश जैसवालले स्वर्ण जितेका छन् । ८.५ अंकका साथ उनी पहिलो बने ।नेपाल पुलिसका क्षितिज भण्डारी ७.५ अंकका साथ दोस्रो र आर्मीकै सजिन महर्जन ६.५ अंकका साथ तेस्रो भए । ब्लीज खेलको महिलातर्फ आर्मीकी सुजना लोहनी ९ अंक ल्याएर पहिलो बनेकी छन् । ८ अंकका साथ पुलिसकी पूर्णिमा गुरुङ दोस्रो र ६ अंकका साथ आर्मीकी सिन्दिरा जोशी तेस्रो बनिन् । असोज २७ गतेदेखि जारी बुद्धिचाल प्रतियोगिताअन्तर्गतको क्लासिकलतर्फको खेल भने विवादमा आएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट सहभागी खेलाडीको मापदण्डको विषयलाई लिएर प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डले सोमबार दाबी विरोध पेस गरेको हो । कार्यविधिमा एनआरएनएको टिमबाट सहभागी हुँदा कम्तीमा १८० दिन विदेशमा बसोबास गरेको हुनुपर्ने मापदण्डविपरीत नेपालभित्रकै खेलाडीलाई सहभागी गराइएको दाबी विरोधमा उल्लेख छ ।एनआरएनएबाट सहभागी पुरुषतर्फ दुई जना र महिलातर्फ तीन जना खेलाडीको नाममा दाबी विरोध परेको हो । दाबी विरोध परेपछि मंगलबारको ब्लीज विधामा एनआरएनएका खेलाडी सहभागी भएनन् । नौ चरणमा भएको क्लासिकलतर्फको नतिजा बुधबार मात्र सार्वजनिक गरिने आयोजक टिमका सदस्य मोनालिसा खम्बुले बताइन् । निर्णायकका अनुसार क्लासिकल चरणको खेलको महिलातर्फ पनि टेक्निकल क्रस चेक हुँदै छ । मंगलबारबाट ब्लीज विधासँगै र्‍यापिड विधाको पनि खेल सुरु भएको छ । गोरखा क्याम्पसका जारी वुद्धिचाल प्रतियोगितामा सात प्रदेश, आर्मी, प्रहरी, एपीएफ र एनआरएनएका ६६ खेलाडी सहभागी थिए । ब्लीज राउन्डसम्म पुग्दा पुरुष र महिलातर्फ २७/२७ खेलाडीले खेलमा निरन्तरता दिएका छन् । क्लासिकल राउन्डको खेल ९० मिनेटको रहेको छ । र्‍यापिड १५ मिनेट र अतिरिक्त १० सेकेन्ड, ब्लीज ३ सेकेन्ड र अतिरिक्त २ सेकेन्डको समय छुट्याइएको छ ।
Sports
19,350
जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य
मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।
https://ekantipur.com/news/2024/06/01/homework-to-form-the-madhesh-government-under-the-leadership-of-public-opinion-20-12.html
काठमाडौँ — मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली जनमतलाई संघीय सरकारमा सहभागी गराउने उद्देश्यसहित मधेशमा जनमतलाई मुख्यमन्त्री दिन तयार भएको नेताहरूको भनाइ छ । जसपा नेपाल (अध्यक्ष उपेन्द्र यादव) सरकारबाट बाहिरिएपछि विकल्पमा जनमतलाई अघि सार्ने तयारी एमाले र माओवादीले अघि सारेका छन् ।केन्द्रीय समीकरणमा रहे पनि नेकपा एकीकृत समाजवादी मधेशमा यादव नेतृत्वको सरकारमा सहभागी छ । दाहाल र ओलीसँग असन्तुष्ट समाजवादी अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालको मधेश सरकारलाई विश्वासको मत दिने चर्चा चलेपछि ओली, दाहाल र नेपालबीच शुक्रबार छलफल भएको छ । तीन नेताबीच भएको छलफलमा जनमतको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको हो । ‘तीन नेताबीच केन्द्रकै समीकरण बनाउने गरी जनमतको नेतृत्वमा सरकार बनाउन सकारात्मक छलफल भएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘समीकरण बाहिरबाट सरकार बन्दैन । त्यसपछि केन्द्रीय समीकरणमा जनमत सहभागी हुनेछ ।’तीन नेताबीच एकीकृत समाजवादीका दीर्घ सोडारीको नेतृत्वको सरकारलाई पूर्णता दिने, कर्णाली र कोशीमा एकीकृतका मन्त्री सहभागी गराउने विषयमा ‘सकारात्मक’ कुराकानी भएको नेताहरूको भनाइ छ । एकीकृतका अध्यक्ष नेपालले ओली र दाहालले आफ्नो दललाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएपछि शुक्रबार तीन नेताबीच छलफल भएको हो । ‘सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता र अन्य प्रदेश सरकारमा पनि सम्मानजनक सहभागी हुने कुरा भएपछि माधव नेपालको असन्तुष्टि मेटियो होला,’ दाहालनिकट स्रोतको भनाइ छ, ‘अब केन्द्रीय समीकरणको विकल्पमा माधव नेपाल जानु हुन्न भन्ने विश्वास प्रधानमन्त्रीको छ ।’जनमतका अध्यक्ष सीके राउतको नेतृत्वमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग मधेश सरकारबारे छलफल भएको हो । ओलीले जनमतको नेतृत्वमा सरकार बनाउन सकारात्मक संकेत दिएको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए । उनले प्रधानमन्त्री दाहालसँग पनि विभिन्न माध्यमबाट भएको कुराकानीमा सकारात्मक जवाफ आएको दाबी गरे ।‘जनमतको नेतृत्वमा मधेश सरकार बनाउने विषयमा एमाले र माओवादीबाट सकारात्मक संकेत प्राप्त भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘हाल जसपा नेपालको सरकारमा रहेको एकीकृत समाजवादी पनि जनमत नेतृत्वको सरकारमा आउने विश्वास छ ।’ केन्द्रीय समीकरणअनुसार सरकार बनाउने गृहकार्य भइरहेको उनको भनाइ छ । ‘मधेशमा हाम्रो नेतृत्वमा सरकार हुनुपर्ने बटमलाइन हो,’ उनले भने, ‘त्यसो भयो भने केन्द्रीय समीकरणमा जनमत रहन्छ ।’माओवादीको शुक्रबार बिहान भएको संसदीय दलको बैठकमा दाहालले नेपालका कारण गठबन्धनमा कुनै समस्या नहुने बताएका थिए । ‘सरकार/गठबन्धन तत्काल केही हुन्न,’ उनले भने, ‘माधव कमरेडहरूको तलमाथि हुन्न ।’ मधेश सरकार पनि केन्द्रीय समीकरणअनुसार हुने उनले बताए । मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ २३ मा विश्वासको मत लिने प्रदेशसभाको तालिका छ । त्यसअघि नै बहुमतसहित जनमतको सरकार बन्ने सिंहको भनाइ छ । उता यादवले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् ।बुधबार मधेश सरकारकै विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । त्यसबेला नेपालले मधेशमा जसपा नेपालको नेतृत्वको सरकारलाई सघाउने संकेत दिएका थिए । शुक्रबार ओली र दाहालले मधेश सरकार निर्माणमा केन्द्रीय समीकरणविपरीत नजान आग्रह गरेपछि नेपालले ‘पुनर्विचार’ गर्ने बताएका छन् । अरू प्रदेश सरकारमा सम्मानजनक सहकार्य भए आफ्नो दलले दायाँबायाँ नगर्ने सर्त उनले राखेका छन् ।बिहीबार मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन तीन दलबीच सहमति भइसकेको छ । एमाले, माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको सार्वजनिक भएको थियो । सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । सहमतिमा तीनै पार्टीबाट संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, जनमतका महेशप्रसाद यादव र माओवादीका भरतप्रसाद साहको हस्ताक्षर छ । सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन । ‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबीच सहमति भएको भनिए पनि विज्ञप्तिमा ३ दलको मात्रै हस्ताक्षर रहेको छ । वैशाख ३० मा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । जेठ २१ देखि संसद्को अधिवेशन आह्वान गरिएको छ र जेठ २३ मा यादवले विश्वासको मत लिने तयारी छ ।१ सय ७ सदस्यीय प्रदेशसभामा यादवलाई सरकार जोगाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यता जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । लोसपा ८ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गर्दा जसपा नेपालका यादवको ५६ मत पुग्छ ।
News
2,929
अमेरिकामा संक्रमित नेपालीको तथ्यांक संकलन कठिन
कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट न्युयोर्क सिटी आक्रान्त छ । इपिसेन्टर भनिएको  ‘बिग एप्पल’ नामले परिचित यो सहरमा सन्नाटा छाएको छ । हरेक दिन कोभिड १९ को संक्रमणले हजारौं थला पर्दैछन्, सयौंले मृत्युवरण गर्दैछन् ।
https://ekantipur.com/diaspora/2020/04/03/15858875258442227.html
न्युयोर्क — कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट न्युयोर्क सिटी आक्रान्त छ । इपिसेन्टर भनिएको  ‘बिग एप्पल’ नामले परिचित यो सहरमा सन्नाटा छाएको छ । हरेक दिन कोभिड १९ को संक्रमणले हजारौं थला पर्दैछन्, सयौंले मृत्युवरण गर्दैछन् ।यो परिदृश्यमा नेपालीहरुको अवस्था भने गुमनाम छ । संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । परिचय खुलाएका आधा दर्जन बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । तथापि न्युयोर्कमा कति नेपालीहरु संक्रमित छन् ? यसको स्पष्ट उत्तर न नेपाली कुटनीतिक नियोगसँग छ, न त कुनै संघसंस्थासँग । अनुमान गर्नेहरुको आँकडा तीस, चालीसदेखि तीन सयसम्मको छ । कोही त पाँच सय घटी, नेपाली संक्रमित हुनै नसक्ने दावी गर्छन् । ‘यो निकै चुनौती भएको छ, हाम्रा लागि,’ नेपाली महावाणिज्य दूतावासका प्रमुख (कन्सुलेट) पुष्पराज भट्टराईले भने ‘भनेको, सुनेको भरमा तथ्यांक बनिरहेको छ ।’न्युयोर्कमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका दर्जनौं संघ संस्थाहरु छन् । आ–आफ्नो पहुँचमा रहेका समुदायबाट संस्थाहरुले अनुमानित संख्या पस्किरहेको जानकारहरु बताउँछन् । तथ्यांक नहुँदा, यो संकटमा राहत वा सहयोगका लागि ठोस योजना वा पहल गर्न गाह्रो भइरहेको महावाणिज्य दूतावासकाको भनाई छ । न्युयोर्कमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाख पुग्नै लागिरहेको पृष्ठभूमिमा हजारौं नेपालीहरु रहेको सहरमा अत्याधिक संक्रमित हुनसक्ने आकलन धेरैको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी आफ्नो संस्थासँग आधिकारिक तथ्यांक नरहेको बताउँछन् । भन्छन्, ‘तथापि हामीले यो संकटको घडीमा एक सय बढीलाई सहयोग पुर्‍याएका छौं । हाम्रो हिसाबमा एक सय घरपरिवार जति संक्रमित हुनसक्छ ।’ न्युयोर्क सहरको पनि क्वीन्स क्षेत्र, कोभिड १९ बाट अत्याधिक प्रभावित क्षेत्र हो । क्विन्समा अत्याधिक नेपालीहरुको बसोबास छ । रोगको प्रकृति, संकोच एवं विकल्प नरहेको अवस्थामा संक्रमणमा फसेकाहरु पनि परिचय लुकाउन बाध्य छन् । ज्याक्सन हाइटको एक परिवारसँग दुई बेडरुमको अपार्टमेन्टमा साझेदारीमा बस्दै आएका रुकुमका विश्व घर्तीले कान्तिपुरसँग भने, ‘केही गडबड भए पनि, चुपचाप बस्नुपर्ने सबैको स्थिति छ ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘अस्पतालमा त्यस्तै भीड छ, डेरामा सबैलाई थाहा दिएर कहाँ जानु ?’कन्सुलेट भट्टराईका अनुसार संक्रमितहरुले सहयोग वा सुझावका लागि सम्पर्क त गर्छन् तर परिचय गोप्य राख्न चाहन्छन् । नेपाली संक्रमितको तथ्यांकका लागि बिहीबारदेखि महाबाणिज्य दुताबासकाले आफ्नो अनलाइनमा फर्मको व्यवस्था गरेको छ । परिचय गोप्य राखिने भन्दै संक्रमितहरुलाई फर्म भर्न आव्हान गरिएको छ ।
Diaspora
12,794
मनाङका विद्यालय खुल्न थाले
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।
https://gorkhapatraonline.com/news/54624
मनाङ, फागुन ४ गते । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो ।विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उहाँले बताउनुभयो ।पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासो गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किँदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।“विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भन्नुभयो ।सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उहाँले बताउनुभयो । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासो–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताउनुभयो ।“गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उहाँले बताउनुभयो ।यस वर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताउनुभयो ।माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ ।
News
42,818
लिभरपुलमाथि सिटीको उत्कृष्ट पुनरागमन जित
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुलमाथि ४–१ को उत्कृष्ट पुनरागमन जित रचेको छ । जितसँगै सिटीले उपाधि होडमा आफ्नो मजबुत चुनौती पनि कायम राख्यो ।
https://ekantipur.com/sports/2023/04/01/168035589876957791.html
म्यानचेस्टर — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुलमाथि ४–१ को उत्कृष्ट पुनरागमन जित रचेको छ । जितसँगै सिटीले उपाधि होडमा आफ्नो मजबुत चुनौती पनि कायम राख्यो ।लिभरपुलले मोहमद सलाहको गोलले अग्रता लिएको थियो । त्यसयता पेप ग्वार्डिआलोको सिटीका लागि लुनियन अल्भारेज, केभिन डे ब्रुएना, इलकय गुन्डोगन र ज्याक ग्रेलिसले गोल गरे । यो जितपछि सिटीको २८ खेलबाट ६४ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको आर्सनलसँग ५ अंकको दूरी हो । लिभरपुल भने ४२ अंकमै सीमित रहेर छैटौं स्थानमा रह्यो । हारले उसको युरोपेली च्याम्पियन्स लिग खेल्ने अभियान अझ कमजोर भएको छ ।
Sports
17,860
नक्कली नोटसहित एक पक्राउ
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
https://gorkhapatraonline.com/news/75568
बाबुराम कार्कीवराहक्षेत्र (सुनसरी), भदौ ३ गते । सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका चौधरीलाई थप अनुसन्धानका लागि आज (आइतबार) जिल्ला अदालत सुनसरीबाट मुद्रासम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो । रामधुनी–१ को झुम्का बजारको एक होटलमा खाजा खाएको पैसा तिर्न गएका चौधरीले नक्कली नोट दिएपछि होटल सञ्चालकले शङ्का लागेर प्रहरीलाई खबर गरेका थिए । तत्काल पक्राउ गरी अनुसन्धान गर्दा नोट नक्कली भएको पुष्टि भएको प्रहरीको भनाइ छ । 
News
54,229
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
https://gorkhapatraonline.com/news/58948
काठमाडौं, चैत १४ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ ।आज विकास बैङ्क, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ ।त्यसैगरी, बैङ्किङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अङ्कले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ ।सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको रु छ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता शेयर कारोबार भएको छ । 
News
57,557
प्यालेससँग युनाइटेडको बिर्सनलायक हार
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको हातबाट सोमबार बिर्सनलायक ४–० को हार बेहोरेको छ । हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो ।
https://ekantipur.com/sports/2024/05/07/uniteds-forgettable-loss-to-palace-42-30.html
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको हातबाट सोमबार बिर्सनलायक ४–० को हार बेहोरेको छ । हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो ।प्यालेसका लागि माइकल ओलिसले दुई तथा जियान–फिलिपे माटेटा र टेरिक मिचेलले एक/एक गोल गरे । प्यालेस ४३ अंकमा १४ औं स्थानमा रहेको छ । युनाइटेडको भने ५४ अंक मात्र छ ।तस्बिरहरू : रोयटर्सयुनाइटेडमाथि प्यालेसको यो पहिलो लिग डबल हो । यो हारले युनाइटेडमा एरिक टेन ह्यागको भविष्य अझ बढी अन्यौलग्रस्त भएको छ । युनाइटेडले लिगका पछिल्ला ११ खेलबाट १० अंक मात्रै बटुलेको छ ।
Sports
13,717
बास्केटबल कोर्टकी ‘पावर फरवार्ड’
सदिना श्रेष्ठलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ । अहिले उनी ३० वर्षकी भइन् । उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ । सदिनाले अहिले राष्ट्रिय टिमको कप्तानी बागडोर सम्हालेकी छन्् । उनकै नेतृत्वमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत पदक जितेको थियो ।
https://ekantipur.com/sports/2020/12/29/160921070629653985.html
काठमाडौँ — सदिना श्रेष्ठलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ । अहिले उनी ३० वर्षकी भइन् । उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ । सदिनाले अहिले राष्ट्रिय टिमको कप्तानी बागडोर सम्हालेकी छन्् । उनकै नेतृत्वमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत पदक जितेको थियो ।कोही कोही खेलाडीले आफ्नो लामै कालखण्ड खेलजीवनमा प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यस्तै एक खेलाडीमा पर्छिन सदिना । यो यस्तो रजत पदक हो, जसको स्वर्ण पदकको हुलबीच पनि छुट्टै सान छ । उल्लेखनीय पक्ष त केभन्दा नेपाली महिला टिमले सागमा खेलेको नै यो पहिलोपल्ट हो । फाइनलमा भने नेपाल भारतसँग रोकियो । खेलको समाप्तिमा जहाँ अन्य अवस्थामा निराशा छाउन सक्थ्यो, तर त्यतिबेला भने सबै नेपाली महिला खेलाडीको अनुहारमा खुसी र गर्व थियो । हुन पनि यो आफैमा ऐतिहासिक पदक थियो, यसमा खुसी हुनुपर्नेका अनेक कारण रहे ।तिनै सदिना यसपालि १७औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ को पिपल्स च्वाइस (लोकप्रिय) विधाका एक प्रत्याशी हुन् । झलक्क पहिलोपल्ट हेर्दा उनी विश्व टेनिसकी खेलाडी जस्ती देखिन्छिन् । सुनौला लामा कपाल, पूर्णतः फिट शरीर अनि धपक्क बलेको अनुहार । यी सुन्दरी खेलाडी कुनै सिनेमामा खेल्ने हक राख्छिन् । उनले यसका लागि प्रस्ताव नआएको होइन । तर, उनका लागि बास्केटबल नै सबथोक हो । यद्यपि उनले केही विज्ञापनमा भने काम गरेकी छन् । अझ उनी बास्केटबलको आवाज पनि हो, उनी आफ्नो मनमा लागेका सबथोक पोखिरहेकी हुन्छिन् । पछिल्लो पटक उनी आफ्नो टिमले जितेको रजत कम्तीको होइन भने सबैलाई सुनाइरहेकी थिइन् । खासमा उनी प्राकृतिक रूपमा कप्तान सम्हाल्ने खालका खेलाडी हुन् । अथवा भनौं ‘बर्न लिडर’ । उनी व्यवस्थापनकी विद्यार्थी हुन् । त्यसमा ‘लिडरसिप’ बारे राम्रैसँग पढ्नुपर्छ । कप्तानले के के गर्नुपर्छ, आफ्नो टिमलाई अभिप्रेरित गर्न के कस्तो गर्नुपर्छ, उनी ती सबैको ख्याल राख्छिन् । अनि प्रत्येकपल्ट आफ्नो होइन, आफ्नो टिमबारे बोल्छिन् । त्यसैले त जुन दिन उनलाई लोकप्रिय खेलाडी विधामा मनोनयन गरियो । उनी भन्थिन्, ‘यो मेरो होइन, हाम्रो टिमको उपलब्धि हो ।’ उनको फेसबुक प्रोफाइल यसो पल्टाउनुपर्छ, उनी खालि ‘हाम्रो टिम, हाम्रो टिम’ मात्र भनिरहेकी हुन्छिन् । यो नै उनको मुख्यः विशेषता हो । ललितपुर पुल्चोकको रैथाने परिवारमा हुर्केबढेकी सदिना सुरुमा फुटबलकी खेलाडी थिइन् । त्यहाँ हकको एउटा अवसर नपाएपछि बास्केटबलतर्फ लागिन्, बाँकी त अब इतिहास नै भइसक्यो ।त्यसो भनेको उनी निकै इखालु खेलाडी हुन् । उनी मनै मन केही गर्नु छ भनेर सोच्छिन् भने त्यसो गरेर नै छाड्छिन् । यही ईख गर्ने बानीले उनी यहाँसम्म पुगेकी हुन् भन्दा पनि फरक पर्दैन । फेरि उनको परिवारिक पृष्ठभूमि पनि खेलमय छ । उनको परिवारको धेरै सदस्य नेपाली खेलकुदमा कुनै न कुनै क्षेत्रमा जोडिएका छन् । उनी खेल्न छाडेपछि पनि बास्केटबलसँग जोडिरहने इच्छा राख्छिन्, किनभने उनलाई यो क्षेत्रमा धेरै पो गर्नुपर्छ । बास्केटबल कोर्टकी यी ‘पावर फरवार्ड’ को प्रशंसक हो भने उनलाई मत दिनु पनि तपाईंको जिम्मेवारी हो ।
Sports
24,021
रोशीमा केन्द्रीय विद्युत वितरण
रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
https://gorkhapatraonline.com/news/75067
काभ्रे,  साउन ३१ गते । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् । उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्विच अन’ गरेर उद्घाटन गर्नुभएको छ । लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो । “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्‍याउनेछौँ”, लामाले भन्नुभयो । यसअघि सो वडाका बासिन्दाले लघुविद्युतबाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताउनुभयो । रु पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दूधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताउनुभयो । रासस
News
37,033
अलमलमा 'प्रेमगीत ३' र 'चपली हाइट ३'को प्रदर्शन 
पोस्ट प्रडक्सनमा रहेको 'प्रेमगीत ३' को निर्माण टिमले फिल्मको प्रदर्शन चैत २८ का लागि तय गरेको थियो । यो फिल्मसँगै अर्जुन कुमार निर्मित 'चपली हाइट ३' पनि प्रदर्शनमा आउने तयारी छ । यी दुई फिल्म प्रदर्शनमा आउन २४ दिन बाँकी छ । तर, दुई फिल्मले अझै प्रचार थालेका छैनन् । 
https://ekantipur.com/entertainment/2020/03/17/1584439335274137.html
काठमाडौँ — पोस्ट प्रडक्सनमा रहेको 'प्रेमगीत ३' को निर्माण टिमले फिल्मको प्रदर्शन चैत २८ का लागि तय गरेको थियो । यो फिल्मसँगै अर्जुन कुमार निर्मित 'चपली हाइट ३' पनि प्रदर्शनमा आउने तयारी छ । यी दुई फिल्म प्रदर्शनमा आउन २४ दिन बाँकी छ । तर, दुई फिल्मले अझै प्रचार थालेका छैनन् । प्रचार सामाग्रीका रुपमा फिल्मका गीत भने दुवै टिमले सार्वजनिक गर्यो। अरु बेला फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार सुरु भइसक्थ्यो । तर, अहिलेसम्म दुई फिल्मका कलाकारले समेत फिल्मको प्रदर्शनलाई लिएर केही बोलेका छैनन् । कोरोना भाइरस (कोभिड-१९) को त्रासले गर्दा दर्शक भिडभाडमा जान कम गरेका छन् । हलमा दर्शक संख्या घटेको छ । त्यसैले यी फिल्मको प्रदर्शन मितिलाई पनि कोरोनाको प्रभाव पर्ने देखिन्छ । 'प्रेमगीत ३'का निर्माता सन्तोष सेन फिल्मको प्रदर्शनलाई लिएर अझै अलमलमा छन् । फिल्मको प्रदर्शनलाई लिएर निर्माण टिमबीच छलफल पनि गरे । यो एक हप्ताभित्रमा कोरोनाको प्रभाव उस्तै रहे फिल्मको प्रदर्शन सार्ने तयारीमा छन् निर्माता सेन । 'कोरोनाले हाम्रो फिल्ममा असर त गरेको छ नि । अब सबै ठाउँ सुनसान छ' सेनले सुनाए । कोरोनाकै कारण अहिलेसम्म फिल्मको ट्रेलर र गीत सार्वजनिक गर्न नसकेको उनले बताए । उता 'चपली हाइट ३'का निर्माता अर्जुनले भने फिल्म हल बन्द भए मात्रै फिल्मको प्रदर्शन सार्ने बताए।यसअघि सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' र पत्रकार फूलमान वलको 'नीरफूल' फिल्मको प्रदर्शन मिति पछि सारिएको छ ।
Entertainment
8,570
परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमलले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।
https://ekantipur.com/news/2024/02/13/the-time-has-come-for-the-transformation-to-be-concentrated-in-one-place-prime-minister-dahal-26-43.html
दाङ — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमलले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।'अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ,' प्रधानमन्त्री दाहालले भने, 'प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।' परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए ।विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताए । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए ।ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै अध्यक्ष दाहालले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे। सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे ।कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्तलगायतको उपस्थिति रहेको थियो ।
News
5,703
एकै जनाले फलाउँदै तीन करोडको स्याउ
मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ । गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”
https://gorkhapatraonline.com/news/23424
अमृतप्रसाद पौडेलम्याग्दी, भदौ १४ गते । मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ ।गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।” चार सय रोपनी क्षेत्रफलमा दुई हजार सात सय स्थानीय जात र २० हजार बोट इटालियन हाइडेन्सिटी जातको स्याउ लगाउनुभएका गुरुङले यस वर्ष गत वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढी उत्पादन देखिएको बताउनुभयो । स्याउका लागि उपयुक्त हावापानी भएको मुस्ताङमा उत्पादन हुने स्याउ निकै गुणस्तरीय भए पनि यसको उचित प्रचार हुन नसक्दा बजारीकरणमा समस्या हुने गरेको छ । उचित प्रचारप्रसार र यातायातको साधन तथा सडक सञ्जालमा हुने नियमित अवरोधले स्याउ बजार पु-याउने बेलामा ढुवानीको समस्या हुने गरेको उहाँको गुनासो छ ।“हामी विषादीरहित स्याउ उत्पादन गर्छौं, विषादीरहित स्याउमा केही दाग लागेको हुन सक्छ र सामान्य कीराको आक्रमण पनि हुन सक्छ भन्ने हेक्का उपभोक्तामा भएको खण्डमा मुस्ताङमा उत्पादित गुणस्तरीय स्याउ नै खानुहुन्छ,” उहाँले भन्नुभयो । आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति गुरुङले विकसित मुलुकमा प्रयोग भएको प्रविधि इन्टरनेटमा हेरेर आफ्नो बगानमा प्रयोग गरेको बताउनुभयो । तालिममा सिकेका कुरा आफ्नो बगानमा प्रयोग गरेकाले स्याउको उत्पादन बढ्दै गएको उहाँले बताउनुभयो । गुरुङले नेदरल्यान्डका स्याउविज्ञसँग मनाङमा तालिम लिएको र पछि ती विज्ञलाई मुस्ताङमै झिकाएर तालिम लिएपछि व्यावसायिक स्याउ खेतीमा हौसला मिलेको जानकारी दिनुभयो । गुरुङलाई संविधान दिवस २०७७ मा कृषि क्षेत्रमा योगदान पु-याएको भन्दै राष्ट्रपतिबाट विभूषणसमेत प्राप्त भएको थियो ।   
News
40,375
लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ। सिन्धुलीका युवराज पौडेलसमेतले बुधबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दर्ता गर्नुभएको हो। सर्वोच्चको संवैधानिक इजलासमा त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको छ।
https://gorkhapatraonline.com/news/47935
काठमाडौँ, मङ्सिर २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ। सिन्धुलीका युवराज पौडेलसमेतले बुधबार सर्वोच्च  अदालतमा उक्त रिट निवेदन दर्ता गर्नुभएको हो। सर्वोच्चको संवैधानिक इजलासमा त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको छ। लामिछाने नेपाली नागरिक नरहेको र गैरनेपाली नागरिक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै रिट निवेदनमा उक्त कानुनी व्यवस्थाविपरीत उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ। रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथग्रहण नगर्न/नगराउन तथा सो हैसियतले कामकाज नगर्न/नगराउनसमेत अन्तरिम आदेशको माग गरिएको छ। सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता विमल पौडेलले लामिछानेविरुद्धको रिट निवेदन दर्ता भएको र प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको जानकारी दिनुभयो। त्यस दिन लामिछानेलाई प्रतिनिधि सभा सदस्यको हैसियतले कामकाज गर्नमा रोक लगाउने/नलगाउने विषयमा अन्तरिम आदेशका सम्बन्धमा छलफल हुनेछ।नेपाली नागरिकता परित्याग नगरी अमेरिकाको नागरिकता लिएको र अमेरिकाको नागरिकता तथा राहदानी कायमै रहेका बेला पुरानै नेपाली नागरिकताका आधारमा नेपालको राहदानी लिएको आरोप छ। यस्तै अमेरिकाको नागरिकता परित्याग गरी प्रचलित कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको व्यवस्थाअनुसार नेपाली नागरिकता लिनुपर्नेमा सो नगरी पुरानै नेपाली नागरिकतालाई सक्रिय बनाएर नेपाली राहदानी लिएको र सो विषयमा नेपालका कुनै पनि प्रशासनिक निकायलाई जानकारी नगराइएको आरोप लगाइएको छ। यिनै व्यहोरा उल्लेख गरी लामिछानेविरुद्ध चितवन जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। निर्वाचन अधिकृतको कार्यालयले लामिछानेसँग स्पष्टीकरण लिएको थियो तर त्यो उजुरी कारबाही अवस्थामै रहँदा लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसपछि विजयी उम्मेदवारलाई कारबाही गर्ने आफ्नो अधिकार क्षेत्र नरहेको भन्दै निर्वाचन आयोगले उजुरी तामेलीमा राखेको थियो। त्यसपछि लामिछानेविरुद्ध पुनः गृह मन्त्रालयमा उजुरी परेको थियो। नागरिकतासम्बन्धी प्रचलित कानुनविपरीत लामिछानेले नेपाली नागरिकता तथा राहदानी लिएकाले नागरिकता खारेजीको मागसहित परेको उजुरीलाई गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रशासनलाई पठाएपछि स्थानीय प्रशासन र महानगरीय प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस विषयमा प्रहरीले काठमाडौँस्थित अमेरिकी दूतावाससँग त्यस विषयमा जानकारीसहितका कागजात मागेको थियो। स्थानीय प्रशासन तथा प्रहरीले नागरिकता विवादबारे अनुसन्धान चलिरहेकै बेला लामिछानेविरुद्ध सर्वोच्च  अदालतमा रिट निवेदन परेको हो।    
News
59,793
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
https://gorkhapatraonline.com/news/84138
म्याग्दी, कात्तिक १७ गते ।  बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिलादेखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबैभन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ । यस्तै मुसुङका कृषक लालबहादुर घर्तीले बारीमा मकै र कोदो उत्पादन गरेर घर खर्ची चलाउन कठिन भएपछि  सात रोपनी क्षेत्रफलमा मकै र कोदो हटाएर एक सय तीस वटा किवीका बोट लगाउनुभएको छ । अहिले उहाँको बारीभरि लटरम्म किवी फलेको छ ।   अघिल्लो वर्ष थोरै थोरै फलेको थियो आफन्त र छरछिमेकहरूलाई किवी चखाए कृषक घर्तीले भन्नुभयो, ‘‘यसपालिदेखि बोटले राम्रो फल दिन थालेको छ ।  किवी विक्रीका लागि बजारको खोजी गरिरहेको छु ।’’ कृषक पुन र घर्तीले मात्र होइन यहाँका लक्ष पुन, पदम पुन र पृथीप्रसाद पुनले व्यावसायिक किवी खेती गर्नुभएको छ । गाउँमा किवी खेती विस्तारका लागि कृषकहरूले अर्ग्यानिक कृषि समूह गठन गरेका छन् । समूहमा २५ जना सदस्य छन् । किवी खेती विस्तारका लागि वडा कार्यालयले निःशुल्क रूपमा किवीका बिरुवा उपलब्ध गराएको छ । मुसुङमा रहेका ६४ घरपरिवारले प्राय:जसोले किवी खेती गरेका छन् । पृथीप्रसाद पुनले ८ वर्ष अघि देखि व्यावसायिक किवी खेती गर्दै आउनुभएको छ । पाँच रोपनी जमिनमा उहाँले ८९ बोट किवीका बिरुवा लगाउनुभएको छ । वार्षिक रूपमा ४ क्विन्टल किवी  उत्पादन हुने उहाँले बताउनुभयो । प्रतिकिलाे एक सय पचासदेखि चार सय रुपियाँसम्म किवी विक्री हुने गरेको छ उहाँले भन्नुभयो, ‘‘खेर गएको पाखोवारिमा किवी खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । एक पटक लगाएपछि धेरै वर्ष फल दिने भएकाले किवी खेती गर्न सहज पनि छ ।’’पृथीप्रसादले गाउँमा पहिलो पटक किवी खेती गर्नुभएको हो । उहाँको सिको गर्दै अहिले गाउँका सबैजसोले किवी खती गर्न थालेका छन् । उच्च चिसो भूभाग र पारीलो भएकाले यहाँ किवी खेती राम्रो हुने अर्को कृषक पदम पुनको अनुभव छ । अर्को कृषक लक्ष पुनले चार रोपनी जमिनमा किवी खेती गर्नुभएको छ । बारीमा एक सय ७० वटा किवीका बोट लगाएको छु उहाँले भन्नुभयो, ‘‘वार्षिक रूपमा ५ क्विन्टल किवी उत्पादन हुन्छ । पोखरा लगेर प्रतिकेजी तिन सय पचास रुपियाँमा विक्री गर्ने गरेको छु ।’’थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने कृषक लालबहादुर पुनले अनुभव सुनाउनुभयो । सुरुमा खेती गर्दा यसबाट आम्दानी होला भनेर  विश्वास लागेको थिएन पुनले भन्नुभयो, ‘‘अहिले किवी खेतीबाट वार्षिक रूपमा तिनदेखि पाँचलाख रुपियाँ आम्दानी गर्दछु ।’’ ‘‘मकै र कोदोबाट थोरै आम्दानी हुने र घर खर्ची चलाउन पनि धौधौ हुने भएकाले किवी खेती गर्न थालेको हुँ  । नयाँ खेती भएकाले यसबाट केही होला भन्ने सुरुमा आशा थिएन । तर आजभोलि यसले धेरै राम्रो आम्दानी दिइरहेको छ’’पुनले भन्नुभयो ।  किवी खेतीका लागि भकिम्लीको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ । किवी खेतीबाट यहाँका किसानहरूले राम्रो आम्दानी लिन थालेको बेनी नगरपालिका ३ भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् । गाउँमा किवी खेतीको विस्तारका लागि सुरुमा  किसानलाई निःशुल्क रूपमा किवीका बिरुवा वितरण गरेको वडाध्यक्ष पुनको भनाइ छ । अहिले पनि तिनदेखि चार सय बिरुवाको माग आएको उहाँले बताउनुभयो ।  किवी खेतीको विस्तार गरेर गाउँलाई किवी गाउँ बनाउने वडाको योजना रहेको उहाँले बताउनुभयो । लगाएको एक वर्षबाट नै प्रतिफल लिन सकिने भएकाले पनि किवी खेतीतर्फ सबैको आकर्षण बढेको वडाध्यक्ष पुनले बताउनुभयो । 
News
36,308
पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने
विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ ।
https://gorkhapatraonline.com/news/24421
काठमाडौँ, भदौ २४ गते । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपतिक्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ । कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले रु. ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपतिक्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बालाचतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताउनुभयो । कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नानका लागि  पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका  बहुमूल्य निधिको संरक्षण र संवर्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा. मिलनकुमार थापाले बताउनुभयो । बैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिने बारेमा पनि छलफल भएको थियो । गुरुयोजनाबाट पशुपतिक्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा लाग्ने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ पुँजीगत कार्यक्रम सञ्चालन गर्न रु. २४ करोड विनियोजन भएको छ । कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि रु. २० करोड ७० लाख पुँजीगत खर्चका लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
News
33,777
आजकै दिन : स्पेनलाई पहिलो विश्वकप उपाधि
सन् २०१० मा आजकै दिन (जुलाई ११) मा स्पेनले पहिलो पटक फिफा विश्वकप फुटबलको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको थियो ।
https://ekantipur.com/sports/2023/07/11/168904132679183321.html
काठमाडौँ — सन् २०१० मा आजकै दिन (जुलाई ११) मा स्पेनले पहिलो पटक फिफा विश्वकप फुटबलको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको थियो ।निर्धारित ९० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि थपिएको समयमा स्पेनका आन्द्रेस इनिएस्टाले गोल गर्दै आफ्नो देशलाई उपाधि दिलाएका थिए । हरेक चार वर्षमा हुने प्रतियोगिताको १९ औं संस्करण पहिलो पटक अफ्रिकामा भएको थियो । जोहानेसबर्गमा उद्घाटन भएको प्रतियोगिताका खेल विभिन्न ९ वटा सहरका १० स्थानमा भएका थिए । एक महिना चलेको प्रतियोगितामा जर्मनी तेस्रो र उरुग्वे चौथो भएका थिए ।३२ टिम सहभागी प्रतियोगितामा ६४ खेल भएका थिए । ती खेलमा कुल १ सय ४५ गोल भएका थिए । १९ औं विश्वकपमा डिएगो फोर्लान उत्कृष्ट खेलाडी, थोमस मुलर उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट गोलरक्षक इकर कासिलास घोषित भएका थिए । फेयर प्ले टिमको उपाधि विजेता स्पेनले पाएको थियो ।
Sports
16,848
एभर्टनलाई हराएर उल्भ्स सातौँ स्थानमा
म्याक किलमन र राउल जिमिनेजको गोलमा उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एभर्टनलाई २–१ ले हराएर सातौं स्थानमा उक्लेको छ । एभर्टनको भने यो लगातार तेस्रो हार हो ।
https://ekantipur.com/sports/2021/11/02/163581661048976125.html
काठमाडौँ — म्याक किलमन र राउल जिमिनेजको गोलमा उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एभर्टनलाई २–१ ले हराएर सातौं स्थानमा उक्लेको छ । एभर्टनको भने यो लगातार तेस्रो हार हो ।ब्रुनो लागेको उल्भ्सले पूरा खेल अवधि आफ्नो नियन्त्रणमा राखेपनि अन्त्यतिर एभर्टनले खेलमा फर्कन प्रयास गरेको थियो । किलमनले उल्भ्सका लागि पहिलो गोल गरे भने जिमिनेजको यो ५० औं गोल रह्यो ।एभर्टनका लागि एलेक्स इवबीले एक गोल फर्काए । उल्भ्सको अब १० खेलबाट १६ अंक भएको छ । राफेल बेनिटेजको एभर्टन भने १४ अंकमा दसौं स्थानमा छ ।
Sports
21,963
प्रधानमन्त्री ओली 'झुक्किएका' तीन प्रकरण
भारतबाट आउने फलफूल र तरकारीको विषादी परीक्षण स्थगन गर्ने निर्णय फिर्ता लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रकरणलाई लिएर माफी मागेका छन्।
https://www.bbc.com/nepali/news-48966305
उनले बिहीवार एक सार्वजनिक कार्यक्रममा विषादी परीक्षणबारे भारतले पठाएको पत्रबारे आफूलाई सरोकारवाला अधिकारी वा मन्त्रालयले जानकारी नदिएको बताए। विषादी परीक्षण सम्बन्धमा नेपाल र भारतका अधिकारीहरूबीच भएको पत्राचारबारे आफूलाई समयमै जानकारी नदिइएकोले अन्योल उत्पन्न भएको उनको भनाइ छ। हालैको समयमा प्रधानमन्त्री ओली 'झुक्किएको' यो पहिलो घटना होइन। आफ्ना सरकारका मन्त्री वा उच्च अधिकारीबाट वेलैमा पर्याप्त जानकारी नपाउँदा उनी यसअघि पनि अप्ठेरोमा परिसकेका छन्। के के हुन् त ती प्रकरण? १. विषादी परीक्षण बिहीवार राजधानीको कार्यक्रममा बोल्दै उनले आफूले सबै नेपालीको विषादीरहित र स्वस्थकर सागसब्जी वा फलफूल खाने वातावरण तयार पार्न लागेको भन्दै आफ्नो कदमको बचाउ गरे। सरकारले हालै भारतबाट आयात गरिने फलफूल तरकारीको अनिवार्य विषादी परिक्षण गर्ने निर्णय गरेको थियो। तर भारत सरकारले भारतमा उत्पादित फलफूल तरकारीको नेपाललाई मान्यहुने गरी भारतमैँ परीक्षण हुने गरेको स्मरण गराउँदै तिनको नेपालमा पुन: परीक्षण गर्न आवश्यक नरहेको बताएपछि नेपाली अधिकारीहरू आफ्नो निर्णयबाट पछि हटेका थिए। उनीहरूले देशमा पूर्वाधार अभाव भएकोले स्थगन गरिएको बताए। भारतीय राजदूतावासको पत्रमा भनिएको थियो, भारतका वनस्पति, कृषि र प्रशोधित खाद्यपदार्थसम्बन्धी निकायहरूले नेपालमा निर्यात हुने सामग्रीलाई प्रदान गर्ने "स्वस्थता परीक्षण प्रमाणपत्र" नेपाली सरकारी निकायहरूलाई पनि स्वीकार्य छन्। "यस्तो पुनर्परीक्षण गैरकर अवरोधजस्तै हो, जसले व्यापार रोकिएको छ।" तर विषादी परीक्षणबारे सार्वजनिक समारोहहरूमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले त्यसबारे "अलिकति झुक्किएको"ले आफू "लज्जित" हुनु परेको बताए। उनले भने, "मैले नेपाली जनताहरूको अगाडि लज्जित हुनु पर्‍यो। (भारतबाट विषादी परीक्षणबारे) पत्र आएको रहेछ।" "मैले पत्र नै आएको छैन भनेर सार्वजनिक रूपमा बोलेँ। म क्षमाप्रार्थी छु त्यसका लागि।" कुन मन्त्रालय वा कुन अधिकारीले आफूलाई जानकारी नदिएका कारण विषादीबारे प्रधानमन्त्री झुक्किएका हुन् त्यो प्रष्ट भइसकेको छैन। २. ठप्प मेलम्ची परियोजना राजधानी उपत्यकाको पिउने पानी सङ्कट समाधान गर्ने अपेक्षा गरिएको निकै लामो समयअघिदेखि चलिरहेको मेलम्ची आयोजनाको काम केही महिनादेखि ठप्प छ। सुरुङ निर्माणको काम सक्ने जिम्मेवारी पाएको एउटा इटलेली ठेकेदार कम्पनीले अन्तिम समयमा आएर काम छोडिदिएपछि मेलम्ची आयोजना सङ्कटमा परेको हो। त्यसै प्रसङ्गमा प्रधानमन्त्री ओलीले केही समयअघि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको कामबारे खानेपानी सचिवले आफूलाई "ढाँटेको" बताएका थिए। उनले मेलम्चीले अहिले भोगिरहेको समस्याबारे आफूलाई पर्याप्त जानकारी नदिएको बताएका थिए। करिब २८ किलोमिटर लामो मेलम्चीको पानी ल्याउने सुरुङभित्र ढलानको काम चल्दै गर्दा आयोजनाको काम ठप्प हुन पुगेको हो। गएको वर्ष नै पूरा हुने भनिएको मेलम्ची आयोजनाबारे प्रधानमन्त्रीले त्यसरी चासो र चिन्ता प्रकट गरेपनि त्यो राष्ट्रिय गौरवको आयोजनाको काम अब कहिले सम्पन्न हुने हो त्यो अझै प्रष्ट छैन। ३. चिनी आयात रोक्का त्यस्तै गत वर्षको दशैँअघि सरकारले गरेको १ लाख टनभन्दा बढी चिनी आयात रोक्ने निर्णयबारे गत चैतमा व्यापारीहरूले आफूलाई झुक्याएको बताएका थिए। प्रधानमन्त्रीले नेपालको उखु किसानको हितलाई ध्यानमा राख्नु पर्नेमा जोड दिएका थिए। गत वर्षको दशैँ अघि १ लाख मेट्रिक टन बाहेक आयात गर्न नपाइने गरि सरकारले रोकेको थियो। त्यतिबेला विवाद चर्किएपछि चाडबाडको मुखमा चिनीको भाउ बढेपछि सरकारको आलोचना भएको थियो। गत चैतमा व्यापारीहरू सहभागी एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले त्यसबेला सरकारलाई चिनी व्यापारीले झुक्याएको बताए। किन प्रधानमन्त्रीलाई जानकारी पुग्दैन? मन्त्री र सचिवबीच पर्याप्त समन्वय र आपसी सञ्चार हुन नसक्दा यस्ता विवाद उत्पन्न हुने गरेको जानकारहरू बताउँछन्। कर्मचारीतन्त्रका जानकारहरूका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आएको पत्र प्रधानमन्त्री कार्यालयमा तत्कालै जाने गरेको हुन्छ। यदि यसपटक त्यसरी पत्र नगएको भए त्यो कर्मचारीको कमजोरी हुनसक्ने तर यदि पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको भए ओलीले आफ्नो बचाउका लागि दोष अरूमाथि लगाएको हुनसक्ने उनीहरूको तर्क छ। एकजना पूर्व मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री चाहिँ "कतिपय अवस्थामा मन्त्री र प्रधानमन्त्रीहरूले नीतिगत कुराहरू नबुझ्दा" समस्या आउने गरेको ठान्छन्। उनी मन्त्रीहरूले "नेतृत्वदायी भूमिका लिएरई यस्ता समस्या फेरि नदोहोरिने वातावरण बनाउन सकिने बताउँछन्। सरकारका प्रवक्ताको बचाउ पछिल्ला प्रकरणका कारण दोषारोपण गर्ने प्रवृत्ति बढ्ने चिन्ता थपिएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा चाहिँ यस्ता घटनाबाट सबैले सिक्नु पर्नेमा जोड दिन्छन्। उनले यसै साता संवाददाताहरूलाई भने, "कसैले झुक्याउँछ भने त्यो प्रधानमन्त्रीको दोष होइन। यसबाट हामीले सिक्ने हो।"
Others
69,038
सडक मानव व्यवस्थापन गर्न विधेयक ल्याइने
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्नेसम्बन्धी विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासाथ मानव सेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विधेयक ल्याउने बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/86088
काठमाडौँ, मङ्सिर ५ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्नेसम्बन्धी विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासाथ मानव सेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विधेयक ल्याउने बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आआफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध छ ।”प्रधानमन्त्री प्रचण्डले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्रै मन्त्रीपरिषद्बाट कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सत्कार्य र मानव सेवाका लागि सङ्कल्प गर्नुपर्ने बताउनुभयो । मानव सेवा आश्रमका तर्फबाट प्रस्तुत वृत्तचित्र हेरेपछि उहाँले मानव सेवाका लागि सामाजिक संस्थाले गरिरहेका प्रयासलाई सार्थक बनाउन सरकारको सहयोग हुने प्रस्ट पार्नुभयो । उहाँले सोमबार बिहान मानव सेवा आश्रमका पदाधिकारीसँग भेटेपछि अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँगको छलफलमा नीतिगत निर्णय लिइएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले देशका सात वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन, आश्रममा उद्धार, उपचार, गाँस बासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको आकाङ्क्षा, सङ्कल्प र पहलको प्रशंसा गर्नुभयो । उहाँले मुठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्व र मानव सेवाको भावना भएको जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकको उद्धार, उपचार र जीविकोपार्जन र अभियन्ता परिचालन गर्ने कार्य प्रेरणादायी भएको बताउनुभयो । आनी छोइङ डोल्मा प्रतिष्ठानका अध्यक्ष एवं गायिका आनी छोइङ डोल्मा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मानव सेवा आश्रमका प्रमुख संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले मानव सेवाको पथमा लाग्नु सर्वोत्तम सेवा भएको बताउनुभयो । अध्यक्ष अधिकारीले मानव सेवा आश्रमले असोज २६ देखि मङ्सिर ४ गतेसम्म ३०४ जनाको उद्धार गरेको बताउनुभयो । जब ‘इमानसिंह’ मञ्चमा उत्रिनुभयोप्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न राजनीतिक दल, कलाकार र विभिन्न क्षेत्रका अग्रजको उपस्थिति रहेको कार्यक्रममा लमजुङका ‘इमानसिंह गुरुङ’ मञ्चमा आउनुभयो । बैसाखीको सहारामा मञ्चमा ‘इमानसिंह’ को भूमिकामा कलाकार मनोज गजुरेल आउनुभएको थियो । 
News
52,671
पर्यटक आगमन बढाउन भारतमा प्रचार
भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ । कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।
https://gorkhapatraonline.com/news/61915
कास्की समाचारदाताकास्की, वैशाख १० गते । भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ ।कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।  नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारतका विभिन्न ठाउँका पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग छलफल एवं अन्तक्र्रिया गरिएको बताउनुभयो । कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुगेको बताउँदै आगामी दिनमा ती क्षेत्रबाट पर्यटकको आगमन बढ्ने आशा जगाएको बताउनुभयो । टुरिजम एसोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले हवाई सम्पर्क सुरु नभएको र बाटो निर्माणको काम भइरहँदा पोखरा जान असहज भएको बताउनुभयो । “यहाँबाट पर्यटकलाई पोखरा लैजाने कुरामा कुनै द्विविधा छैन । पोखरासँगको कनेक्टिभिटीलाई प्राथमिकता दिनु जरुरी छ,” उहाँले भन्नुभयो ।कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । भारतीय पर्यटकका तर्फबाट उठाइएका कनेक्टिभिटी एवं पूर्वाधार विकासका कुरामा राज्यले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । “नेपालका लागि भारत नै पर्यटनको प्रमुख स्रोत हो । भारतीय पर्यटकको आगमन बढाउन सकेमा यहाँको पर्यटनमा महत्वपूर्ण टेवा पुग्दछ,” उहाँले भन्नुभयो ।नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा धार्मिक साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिएको बताउनुभयो । विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिएको उहाँले सुनाउनुभयो । कार्यक्रममा भारतबाट आउने पर्यटकले सीमा क्षेत्रमा पाउने गरेका समस्याका बारेमा पनि जिज्ञासा राखिएको थियो । भारतीय सहरको पर्यटन प्रवद्र्धनले पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो ।    
News
49,372
‘बिरामीलाई समय दिँदा आफ्नो स्वास्थ्यको ख्याल गरेको रहेनछु’
डा. अनन्त श्रेष्ठलाई बिरामीको सेवामा लागिरहँदा आफू अस्वस्थ्य हुँदै गएको पत्तै भएन । ३५ वर्षको उमेरमा उनले नियमित रगत परीक्षण गर्दा कोलोस्ट्रल एकदमै उच्च र तौल पनि बढेको देखियो । तौल थियो ८० केजी । उनी एकछिन दौँडिदा पनि स्याँ-स्याँ हुने र छोरासित राम्ररी फुटबल पनि खेल्न सक्दैनथे ।
https://ekantipur.com/feature/2022/09/25/166408661804349279.html
काठमाडौँ — डा. अनन्त श्रेष्ठलाई बिरामीको सेवामा लागिरहँदा आफू अस्वस्थ्य हुँदै गएको पत्तै भएन । ३५ वर्षको उमेरमा उनले नियमित रगत परीक्षण गर्दा कोलोस्ट्रल एकदमै उच्च र तौल पनि बढेको देखियो । तौल थियो ८० केजी । उनी एकछिन दौँडिदा पनि स्याँ-स्याँ हुने र छोरासित राम्ररी फुटबल पनि खेल्न सक्दैनथे ।सन् २०१६ को अन्त्यतिर उनलाई आत्मबोध भयो कि अब त आफ्नो शरीरका लागि सोच्नैपर्छ । कलेजोरोग विशेषज्ञ डा. श्रेष्ठ भन्छन्‚‘म त कहाँ पुगेको रहेछु ! काममा ध्यान दिँदा आफैँलाई बिर्सिएको रहेछु । बिरामीलाई यो गर‚ त्यो नगर भनेर सल्लाह दिने म आफ्नो शरीर देखेर लाज पनि लाग्यो । त्यसपछि मैले आफ्नो र परिवारका लागि समय निकाल्छु भन्ने ठानेँ ।’ र उनी फिटनेस सेन्टर धाउन थाले । २ महिनापछि उनमा बिस्तारै परिवर्तन आउन थाल्यो ।विद्यालयमा उनी मार्सल आर्ट्स खुब खेल्थे‚ जसले उनको शारीरिक तन्दुरुस्ती बढाएको थियो तर पछि पढाइ अनि कामले उनी व्यस्त रहन थाले । शारीरिक व्यायाम टुट्यो । तर‚ अहिले उनी आफूलाई समय दिन थालेका छन् । हप्तामा ५ दिन दैनिक व्यायाम गर्छन् । खानेकुरामा उत्तिकै ध्यान दिन थालेका छन् । प्रशोधित खाना र मैदा पटक्कै छुँदैनन् । कहिलेकाहीँ विकेन्डमा साथीहरूसँग र पारिवारिक जमघटमा डाइट टुट्ला तर अरु बेला भने उनी कडा रुपले फलो गर्छन् । बिहान ६ बजेसम्म उठिसक्ने उनी फ्रेस भएर सवा ६ बजेदेखि लगभग १ घण्टा ध्यान गर्छन् । ध्यानले आफूलाई तनावमुक्त र तनावसँग सहने शक्ति प्रदान गरेको डा. श्रेष्ठको बुझाइ छ । त्यसपछि उनी ब्रेकफास्ट खाएर पौने ९ बजेसम्म अस्पताल पुगिसक्छन् । ब्रेक फास्टमा उनी हल्का उमालेको हरियो सागसब्जी र अन्डाको सेतो भाग खान रुचाउँछन् । दिउँसो ३ बजे खाना खाने उनी प्राय: ३ बजेतिर रोटी, फलफूल तथा ओट्स वा गहुँको मोमो ६ वटा जति खान्छन् । उनी शारीरिक व्यायाम भने साँझ सुरु गर्छन् । हल्का केही खान्छन् र वर्कआउट सुरु गर्छन् । कोभिड देखिएपछि उनी जिम सेन्टर धाउन छाडे र अहिले घरमै जिमको सेटअप बनाएका छन् । ३ तल्ले घरको माथिल्लो तल्लामा उनको जिम सेटअप छ‚ जहाँ पहिले स्टोरेज रुम थियो । ‘बिहान ध्यानका लागि नै छुट्याएको छु साँझ समय मिल्छ वर्कआउट गर्न । कोभिडको बेला सबै बन्द भएपछि १ वर्षअघि वर्कआउट गर्ने सामान जोडेँ,’ उनले भने । उनीसँग ट्रेड मिल, मल्टी जिम मसिन, डम्बबेललगायत छन् । उनी ५ बजेतिर वर्कआउट सुरु गर्छन् । ट्रेड मिलमा ३० मिनेट कुद्छन् र २० मिनेट एब्सको वर्कआउट गर्छन् । हप्तादिनलाई ३-४ थरि व्यायाम उनले दिन बिराई-बिराई गर्छन्, जस्तै: खुट्टाको एक दिन त अर्को दिन छाती र ढाडको । गीत गाउन अनि गितार तथा ड्रम बजाउन मन पराउने उनी एक महिनायता साइक्लिङ पनि सुरु गरेका छन् । शनिबारको दिन उनी साथीहरूसित साइक्लिङ गइरहेका भेटिन्छन् ।उनले आफ्नो तौलको टार्गेट ७३-७४ केजी राखेका छन् । कोभिड हुँदा उनी मोटाउन पुगे । उनी आफूलाई तन्दुरुस्त रहन प्रयासरत छन् । डा. श्रेष्ठले आफू स्वस्थ्य रहन तौल घटाउनुपर्छ भन्ने लाग्यो भने आँटिहाल्नुपर्ने सुझाउँछन् । भन्छन्‚ ‘मलाई लागिरहन्थ्यो; गर्नुपर्छ अब त भनेर तर नआँटी नहुने रहेछ ।’ व्यायाम सुरु गर्दा ३-४ दिन हातखुट्टा दुखेर निकै गाह्रो भएको अनुभव उनले सुनाए ।तर बिस्तारै अभ्यस्त र त्यही पीडामा मजा लाग्दै गयो उनलाई । मुस्कुराउँदै उनले भने‚ ‘व्यायाम गर्दा शरीरबाट केही केमिकल निस्कन्छ‚ जसलाई हामी एन्डरफिन भन्छौँ । व्यायाम गर्दा प्राकृतिक रुपमा त्यो निस्कन्छ र खुसी मिल्ने रहेछ ।’ व्यायामले शरीरको तौल घट्दै गएपछि दराजमा भएका उनका लुगा ठिक लाग्न छाडे । प्यान्ट कुनै पनि ठिक भएनन् ।‘एक किसिमले झ्याउ पनि लाग्यो । लुगा सबै काम नलाग्ने भयो तर सपिङ गरेर रमाइलो पनि भयो,’ उनले हाँस्दै भने । डा श्रेष्ठले ध्यानले मन एकाग्र र सहनशील बनाउन सहयोग गरेको अनुभव गरेका छन् भने व्यायामले शारीरिक स्फूर्ति । मेडिकल फिल्डमा २ दशक बिताइसकेका ४२ वर्षीय डा. श्रेष्ठलाई फिट भएपछि हरेक क्षण इन्जोय गरेको अनुभव हुन्छ । ‘दैनिक ४ किमि ५ दौडिँदा पनि हुन्छ वा साइक्लिङ गर्ने । व्यायामले शरीर हलुका बनाउँछ,’ उनले भने ।
Feature
475
मन्त्रिपरिषद् बैठक : राष्ट्रिय बालबालिका नीति स्वीकृत
सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो।
https://gorkhapatraonline.com/news/90019
काठमाडौं, पुस ५ गते। सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो।  उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसङ्ख्याको ०.५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णयसमेत गरेको छ।  सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८०  र अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने निर्णय भएको छ।
News
52,239
कोरोना भाइरस: चीनले वन्यजन्तुको व्यापारमाथि लगाएको प्रतिबन्धले किन काम नगर्न सक्छ?
चीनले वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाए पनि त्यो त्यति धेरै प्रभावकारी नहुने संरक्षणविद्हरूले बताएका छन्। किनभने चीनले अझै पनि ‍औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि रोक लगाएको छैन।
https://www.bbc.com/nepali/news-52180734
यी छुटका कारण देखिएका प्रतिबन्धका छिद्रको अर्थ जङ्गली जनावरको मासुको किनबेच अझै पनि सम्भव भएको उनीहरू बताउँछन्। मासुको किनबेचमाथि गत फेब्रुअरीमा प्रतिबन्ध लगाइएको थियो जब अहिले महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएको थियो। यी छुट दिइनुको अर्थ अझै पनि जनावरहरूका मासु कालोबजारी गरिन्छ भन्नेप्रति चिन्ताहरू व्यक्त भएका छन्। परम्परागत औषधिमा विश्वास प्रतिबन्ध लगाइए पनि परम्परागत चिनियाँ औषधिमा प्रयोग गर्न सकियोस् भनेर सालक र चितुवाजस्ता संरक्षित जनावरहरूको व्यापारमा भने अनुमति दिइएको छ। "थुप्रै वन्यजन्तुका उत्पादनहरूले दिने फाइदाबारे वैज्ञानिक पुष्टि भइनसकेको भए पनि मानिसहरूको विश्वास भने दह्रो छ," बर्डिङ बेइजिङका संस्थापक तथा चीनस्थित वन्यजन्तु संरक्षणका परामर्शदाता टेरी टाउनजेन्डले भने। "उदाहरणका लागि, मलाई थाहा छ एउटा एकदमै शिक्षित परिवारमा दुई सन्तान थिए। एउटामा प्रजननसम्बन्धी समस्या थियो र अर्को वन्यजन्तु संरक्षणमा काम गर्थ्यो। "प्रजननसम्बन्धी समस्या हुनेले समस्या समाधानको अन्तिम उपायस्वरूप सालकको खबटा प्रयोग गर्‍यो जबकि उसलाई राम्ररी थाहा थियो कि त्यसमा पर्याप्त वैज्ञानिक प्रमाण छैन।" परम्परागत औषधिका लागि उच्च माग भएका कारणले सालक चीनमा लगभग लोप हुने अवस्थामा पुगिसक्यो र त्यो विश्वमा एकदमै तस्करी हुने जनावरमा पर्छ। अनुसन्धानले के पत्ता लगाएको छ भने सालकमा ती भाइरसहरू हुन्छन् जसका कारण कोभिड-१९ हुने सम्भावना ज्यादा हुन्छ। 'नेचर' जर्नलमा प्रकाशित अध्ययनले के स्पष्ट पारेको छ भने अहिले जारी महामारीमा जनावरको भूमिका छ भन्ने पुष्टि भएको छैन। भुत्लाका लागि पशुपालन सन् २०१७ मा चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार चीनमा हुने झन्डै ७५ प्रतिशत वन्यजन्तुको पालन उनीहरूको छाला उत्पादनका लागि हुने गर्छ। त्यस्ता जनावरमा मिङ्क, स्याल र र्‍याकून पर्छन्। "सन् २०१८ मा, छालाका लागि पाँच करोड जनावरहरूको चीनमा हत्या गरियो," एक्ट एशियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकारी पीएफ सूले भने। उक्त संस्थाले भुत्ला र छाला उद्योगका लागि गरिने जङ्गली जनावरको उपयोगको विरोधमा अभियान चलाउँदै आएको छ। "भुत्ला र छालाका लागि उपयोग गरिएका तिनै र्‍याकून डग, मिङ्क र स्यालको पछि मासु बेचिन्छ। " त्यस्ता छिद्रहरू बाँकी रहेको विषयमा चिनियाँ प्राज्ञिक वर्ग समर्थन जनाउँछन्। "भुत्लाको उत्पादनका लागि मात्रै तीनचौथाइ वन्यजन्तुको व्यापार हुने हुँदा भुत्लाको व्यापारमा पूर्ण प्रतिबन्ध नलगाउने हो भने हामीले वन्यजन्तुको व्यापारिक प्रयोगको सतहलाई पनि मुस्किलले असर पार्न सक्छौँ," चीनको चिङ्ख्वा विश्वविद्यालयका सहप्राध्यापक डाक्टर जियाङ जीन सङ्गले भने। "वन्यजन्तु संरक्षणका लागि हामीले चालेका सबै प्रयासहरू व्यर्थै हुन्छ।" सन् २०१२ मा ईआईले गरेको अनुसन्धानले कानुनी रूपमा छालाको लागि बाघको प्रजनन गराइरहेकाहरूले नै गैरकानुनी रूपमा औषधि र पेयपदार्थका लागि पनि बाघको हड्डी बेचिरहेको देखाएको थियो। नयाँ प्रतिबन्धले साजसज्जाको प्रयोजनका लागि पनि छुट दिएको छ। सालकको मासु किनबेच गर्नु गैरकानुनी हो तर सजावटका लागि उसको नङ र खबटाको व्यापारमा भने रोक लगाइएको छैन। बाघ, भालु र अजिङ्गरसँगै चीनले गोही, छेपारोजस्तो जीव र अन्य जङ्गली जनावरहरूको पनि हजारौं सङ्ख्यामा प्रजनन गराउँछ। पीडा दिएर भालुको पित्त चीनका प्रजनन केन्द्रहरूमा झन्डै ३०,००० वटा भालु रहेको संरक्षणविद्हरू बताउँछन्। उनीहरूलाई साना खोरहरूमा राखिन्छ र एउटा पाइपका माध्यमबाट उनीहरूको पित्तथैलीबाट पित्त निकालिन्छ। त्यसो गर्दा भालुलाई निकै पीडा हुन्छ र सङ्क्रमणको डर हुन्छ। प्रत्येक पटक पित्त झिक्दा त्यस्तो धातुको नलीलाई उही घाउमा पटकपटक छिराइने विज्ञहरू बताउँछन्। यसो गर्दा भालुहरू सङ्क्रमण अथवा अन्य जटिलताका कारण मर्न पनि सक्छन्। चिनियाँ परम्परागत औषधिका लागि भालुको पित्तको व्यापार गर्न दिइए पनि वन्यजन्तुसम्बन्धी अभियानकर्मीले पटकपटक के भनेका छन् भने तिनै अवैध काम गर्ने व्यापारीले शरीरको अन्य भाग पनि खानका लागि व्यापार गर्ने बताएका छन्। भालुका पन्जाबाट बनाइने खानेकुरा चीनका कतिपय क्षेत्रमा निकै स्वादिष्ट खानेकुरा मानिन्छ। चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार व्यापारका लागि वन्यजन्तु पाल्ने यस्तो कामबाट एक करोड ४० लाखभन्दा बढी मानिसले रोजगारी पाएका छन् र यस्तो व्यापार ५६ अर्ब पाउन्डभन्दा बढीको छ। तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण जङ्गली जनावरको मासु खाने बानी परिवर्तन गरेको हुन सक्छ। वन्यजन्तुको मासु खाने प्रवृत्ति चीनमा हालै गरिएको सर्वेक्षण अनुसार धेरैजसो चिनियाँ नागरिक अब जङ्गली जनावरको मासु खाने परम्पराविरुद्ध जान सक्ने देखिएको थियो। यसबारेको अनुसन्धानमा उत्तर पठाउने एक लाख एक हजारभन्दा बढी मानिसमध्ये ९७ प्रतिशतले वन्यजन्तुबाट आएका सामग्री उपभोग गर्ने विषयको विपक्षमा प्रतिक्रिया दिएका छन्। धेरैले सरकारले जनावरको व्यापारमा लगाएको प्रतिबन्धको समर्थन पनि गरेका छन्। वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको विषयमा फरक धारणा राख्नेहरूले चाहिँ सर्वेक्षणका क्रममा उत्तर दिँदै सरकारको कदमले वन्यजन्तु पालनको काममा असर पार्ने बताएका थिए। पेकिङ विश्वविद्यालय र अन्य सातवटा सङ्गठन मिलेर गरिएको उक्त सर्वेक्षणले चीनको पूरै जनसङ्ख्याको प्रतिनिधित्व नगर्न सक्छ। अनलाइन र सामाजिक सञ्जालमा गरिएको उक्त सर्वेक्षणमा जवाफ दिने ठूलो सङ्ख्या युवाहरूको थियो। ती मध्ये एकतिहाइ त १९ देखि ३० वर्ष उमेर समूहका मानिस थिए। "त्यसरी प्रतिक्रिया दिनेहरू धेरै सहरी क्षेत्रका थिए र धेरै वातावरण क्षेत्रका थिए, त्यसैले सर्वसाधारणले भन्दा उनीहरूले प्रतिबन्ध रुचाएको हुन सक्छ," टाउनजेन्डले भने। सुनसान सहरमा वन्यजीवहरू यसरी घुम्छन् युवाहरू के सोच्छन्? बीबीसीसँग कुरा गर्ने चिनियाँ युवाहरूले सर्वेक्षणले पत्ता लगाएको कुराको समर्थन गरे। "मलाई लाग्छ हामीले पक्कै पनि वन्यजन्तुको अवैध व्यापारबाट बजारहरूले पार पाएको विषयको समर्थन गर्छौं," बेइजिङमा विश्वविद्यालयमा अध्ययन गरिरहेकी जीले भनिन्। तर उनले आफ्नो पूरा नाम भने खुलाउन चाहिनन्। "हामी हाम्रो दैनिक खानामा वन्यजन्तुको मासु खाँदैनौँ," २१ वर्षीया ती छात्राले भनिन्। "देशभरिको विभिन्न क्षेत्रमा रहेका मेरा केही साथीहरूलाई आफ्ना परिवारले शार्क प्रजातिको माछा, सर्प र कछुवा पनि पठाइदिन्छन् किनभने उनीहरूलाई लाग्छ कि त्यसमा एकदमै आवश्यक पोषक तत्त्व हुन्छ।" जीले आफू विद्यालयमा माध्यमिक तहमा पढ्दा कृत्रिम तरिकाबाट प्रजनन गराइएको एक प्रकारको भ्यागुता खाने गरेको बताइन्। तर पछि ती भ्यागुतामा परजीवी हुन सक्ने थाहा पाएपछि खान छोडेको उनले बताइन्। "कोरोनाभाइरसको प्रकोपपछि चीनमा धेरै युवाहरूले परम्परागत खाने गरिएको वन्यजन्तुको मासु खान छोड्नेछन्।" प्रतिबन्धले साँच्चै काम गर्ला? सन् २००३ मा सार्स प्रकोपपछि चीन सरकारले त्यहाँ वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाएको थियो तर केही महिनामै ती प्रतिबन्धहरू खुकुलो हुँदै गए। यस पटक भने केही कदमहरू प्रतिबद्ध देखिएको वन्यजन्तुसम्बन्धी अभियानकर्मीहरूले बताएका छन्। अक्स्फर्ड विश्वविद्यालयकी वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ता तथा कोरोनाभाइरसको प्रकोपपछि चिनियाँ सरकारको वन्यजन्तुसम्बन्धी नीतिको अध्ययन गरेकी युहान लीले भनिन्, "कोभिड-१९ देखा परेयता चीन सरकारले वन्यजन्तुसम्बन्धी भएका ६०० वटा अपराधको अध्ययन गरिसकेको छ र आशा गरौँ कानुन कार्यान्वनमा केन्द्रित गरिएको अहिलेको प्रयास मान्यता नै बनोस्।" तर संरक्षणवादी संस्थाहरूले भने परम्परागत औषधिको नाममा भुत्ला र गहनालगायत अन्य विषयका नाममा वन्यजन्तुको मासुको गैरकानुनी व्यापारलाई प्रोत्साहित गर्ने बताएका छन्। "यिनै छिद्रले गम्भीर समस्या निम्त्याउँछन्। हामी त्यसबारे अहिले अध्ययन गरिरहेका छौँ," सरकारी सहयोग गरेको संस्था चाइना कन्जर्भेशन एन्ड ग्रीन डेभेलपमेन्ट फाउन्डेशनका महासचिवले भने। "वन्यजन्तुको मासुमाथि प्रतिबन्ध बाहेक वन्यजन्तुबाट गरिने सबै प्रयोगहरूमा पनि रोक लगाउनुपर्छ।" "सबैको आँखा अहिले चीनको वन्यजन्तु संरक्षणसम्बन्धी कानुनमा छ जुन छिट्टै संशोधन हुने भनिएको छ," ईआईएका ह्वाइटले भने। "यदि त्यो संशोधनले यी छिद्रको सम्बोधन गरेन भने यो अवसर साँच्चै गुम्नेछ।" संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय अग्रणी समूह द इन्टर्न्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचरले सहमति जनायो। एशियाका क्षेत्रीय निर्देशक अबान मार्कर कब्राजीले भनिन्, "संशोधित कानुनले भूमिगत रूपमा हुने वन्यजन्तुको गैरकानुनी व्यापार रोक्नका लागि कार्यान्वयनसम्बन्धी बलिया रणनीतिहरू ल्याउने विषय प्रत्याभूत गराउनुपर्छ।"
Others
63,779
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/112365
काठमाडौँ, असार  ३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले इस्लाम धर्मावलम्बरुले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ । नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।सभापति देउवाले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ‘बकर इद ’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
News
31,815
बुद्धकाललाई प्रमाणित गर्ने स्तूप
वैशाख पूर्णिमाको दिन गौतम बुद्धसँग त्रिसंयोगले जोडिएको छ । यो दिन शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनका रूपमा स्मरणीय छ । त्यसैले यस दिनलाई बुद्धपूर्णिमा भनी मनाउने चलन छ । बौद्धमार्गी संसारभर फैलिएका कारण र उनीहरूको आफ्नो पात्रोका आधारमा केही देशले केही दिन फरक पारेको पनि पाइन्छ । संयुक्त राष्ट्रसङ्घले पनि वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्ती मानेको छ । मानव बुद्धको रूपमा समेत परिचित सिद्धार्थ गौतम ऐतिहासिक व्यक्ति पनि हुन् । अरू विभिन्न धर्ममा मानिएका देवीदेवताको तिथि, मिति, जन्म र मृत्युका सम्बन्धमा तिनका ग्रन्थले सही रूपमा प्रमाण दिन सक्दैनन् । गौतम
https://gorkhapatraonline.com/news/108992
वैशाख पूर्णिमाको दिन गौतम बुद्धसँग त्रिसंयोगले जोडिएको छ । यो दिन शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनका रूपमा स्मरणीय छ । त्यसैले यस दिनलाई बुद्धपूर्णिमा भनी मनाउने चलन छ । बौद्धमार्गी संसारभर फैलिएका कारण र उनीहरूको आफ्नो पात्रोका आधारमा केही देशले केही दिन फरक पारेको पनि पाइन्छ । संयुक्त राष्ट्रसङ्घले पनि वैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्ती मानेको छ । मानव बुद्धको रूपमा समेत परिचित सिद्धार्थ गौतम ऐतिहासिक व्यक्ति पनि हुन् । अरू विभिन्न धर्ममा मानिएका देवीदेवताको तिथि, मिति, जन्म र मृत्युका सम्बन्धमा तिनका ग्रन्थले सही रूपमा प्रमाण दिन सक्दैनन् । गौतम बुद्धका सम्बन्धमा अधिकांश कुरा वा विषय तिथि मितिकै आधारमा प्रामाणित गर्न सकिन्छ । यहाँ बुद्धलाई काल्पनिक पात्र भन्ने ठाउँ भेटिँदैन । उनीभन्दा अघिका बुद्धहरूका सम्बन्धमा भने धेरै कुरा एकिन गर्न सकिँदैन । सिद्धार्थ गौतम इसापूर्व ६२३ मा लुम्बिनीमा जन्मेको र ८० वर्षको उमेरमा उनले महापरिनिर्वाण प्राप्त गरेका हुन् । पुरातात्त्विक  एवं ऐतिहासिक स्रोतका आधारमा उनको समयका राजा, महाराजा वा स्थान आदिको बारेमा पनि प्रमाणित गर्न सकिन्छ । प्रमाणिकताका साथ यो भन्न सकिन्छ कि उनी हालको नेपालको तत्कालीन कपिलवस्तु गणराज्यका राजकुमार हुन्, लुम्बिनीमा जन्मेका हुन् र उनको ससुराली तथा मामाघर देवदह हो । जसले बुद्धत्व प्राप्ति पछि तत्कालीन समाजमा मध्यममार्गको सुरुवात गरे । शान्ति, करुणा र मैत्रीभाव जसलाई बौद्ध शिक्षाका रूपमा मानिसले जीवनचर्यामा अवलम्बन गरे । जुन आजसम्म चल्दै र बढ्दै जीवन उपयोगी मानिँदै आएको छ । उनको महापरिनिर्वाणपछि भएको दहासंस्कारका समयमा वितरण गरिएको अस्तु पनि आजसम्म रहेको देखिन्छ । बुद्धको दाहसंस्कारपछि बाँकी रहेका शरीरका केही ती टुक्रा वा अस्तुले सिद्धार्थ गौतमका बारेमा उठेका भ्रम वा मिथ्या कुरालाई सही वा गलत पुष्टि गर्ने विषय बन्न सक्छन् । उनको अवशेष वा अस्तु वैज्ञानिक परीक्षण गर्न सकिने विषय हो । जसले धेरै यथार्थ उजागर गर्न सक्छ । बुद्धको तत्कालीन समयकै अवस्थाको एक भाग अस्तु संसारमा अब नेपालको नवलपरासीको रामग्राममा मात्र संरक्षित छ । जुन बौद्ध इतिहासका लागि अमूल्य सम्पत्ति मानिन्छ । बौद्धमार्गीहरू त्यस स्थानलाई पवित्र स्थल मान्छन् र विशेष गरी बुद्धपूर्णिमाको दिन धेरै मानिस त्यहाँ पुग्छन् । इसापूर्वको समयमा हालको पश्चिम नेपालको तराई भूभागमा शाक्य र कोलिय शक्तिशाली गणराज्य थिए । बौद्ध ग्रन्थका अनुसार उनीहरू कौशलका राजाका जेठा सन्तान थिए । उनले ती आफ्ना चार छोरा र पाँच छोरीलाई निर्वासित गरेका थिए । उनीहरू हालको कपिलवस्तु क्षेत्रमा भागीरथी नदीको जङ्गल छेउमा रहेको कपिलमुनिको आश्रम नजिक आएर एक आपसमा विवाह गरी बसे । शाक्य वंशको सुरुवात त्यसबेलाबाट भयो । यता निर्वासित अविपाहित जेठी छोरी प्रियालाई कुष्ठ रोग भएपछि एकान्त जङ्गलमा पठाइएको थियो । ललितविस्तार, बुद्धघोष, अर्थकथा, महावंश, अश्वघोष आदि लगायतका ग्रन्थका आधारमा त्यहाँको कोल वृक्षको फेदमा बसे कुष्ठरोग निको हुने मान्यता अनुसार बनारसका राजा राम भन्ने पनि कुष्ठ रोगले पीडित भएर त्यही जङ्गलमा आइपुगेका थिए । दुवैले उक्त वृक्षको फेदमा बसेर आफ्नो रोग निको पारे । उनीहरूले विवाह गरी सन्तान जन्माए । जसलाई उनीहरूले राज्यको रूपमा विकसित गरे । यो देवदह, रामग्राम, कोलग्राम, कोलियनगर आदि नामले चिनियो । पछि शक्तिशाली गणराज्य भएका कारण कोलिय राज्यका रूपमा परिचित भयो । कपिलवस्तु र कोलिय गणराज्यको पूर्व उत्तर सीमा रोहिणी नदी थियो । जुन अहिले पनि त्यही नाममा छ । कोलियको कपिलवस्तुसँग वैवाहिक सम्बन्ध जोडिन थाल्यो । गौतम बुद्धका दुई आमा र उनको श्रीमती यशोधरा त्यहीका कन्या थिए । बुद्धसँग प्रत्यक्ष रूपमा जोडिएका कारण उनीहरूले पनि बुद्धको अस्तु पाएका थिए । जसलाई रामग्राम स्थानमा ल्याएर विधिपूर्वक चैत्य बनाई राखिएको थियो । गौतम बुद्धको महापरिनिर्वाण कुशीनगरमा भएको थियो । त्यहाँका मल्ल राजाले दाहसंस्कारपछि बाँकी भएको अस्तुलाई जम्मा पारेर सुनको बट्टामा राखेर त्यसलाई धुमधामले महोत्सव गरी परिक्रमा गराएका थिए । अस्तिधातु छ भन्ने थाहा पाएपछि बुद्धसँग सम्बन्धित राज्य, बौद्ध धर्मलाई मान्ने राज्य र राजपरिवार र धातु विवादलाई मिलाउने व्यक्ति विशेषले समेतले अस्तुको माग गर्दै कुशीनगरका मल्ल राजाकोमा पुगे । सुरुमा उनीहरूले कसैलाई नदिने बताए पनि पछि विवाद साम्य पार्न त्यसलाई आठ भाग गरियो । अस्तु भाग लगाउने आचार्य द्रोणले दन्तधातलाई आफ्नो पगरीमा लुकाएका थिए । बौद्ध ग्रन्थहरूका अनुसार जसलाई देवानुभावले देवलोकमा पु¥याएको र त्यहाँ त्यसलाई देवहरूले पुजे भन्ने भनाइ छ । यसरी बुद्धको अस्तु नौभागमा विभाजित भयो । पछि पिप्लिवन नामक देशका मौर्यहरू पनि अस्तु लिन पुगे । अस्तु भागबन्डा भइसकेकाले उनीहरूले बुद्धको संस्कार स्थलमा गएर बाँकी रहेको गोल र खरानी लिएर गए । पृथ्वीमा, आठ भागमा बुद्धको अस्तु भएको तत्कालीन ऐतिहासिक स्रोत र बौद्ध गाथाहरूले प्रमाणित गर्छन् । त्यसमध्ये दुई भाग हालको नेपालको कपिलवस्तुका शाक्य र देवदहका कोलियहरूले पाएका थिए । सबैले त्यसलाई चैत्य वा स्तूप बनाएर संरक्षण गरी राखे । बुद्धको महापरिनिर्वाणसँगै अस्तु भएको आठ वटा, धातु बाँड्दा प्रयोग भएको वा भरिदिएको मानाको एक वटा र गोल वा खरानी भएको एक वटा गरी दस वटा स्तूप बुद्ध स्मरणको पवित्र स्थल निर्माण भए । सबैले स्तूप बनाएर महोत्सव पनि गरे । बुद्ध जयन्तीका दिन यसलाई विशेष महत्वका साथ पूजाआजा गर्दै आए । गौतम बुद्धको महापरिनिर्वाणको करिब दुई सय वर्षपछिका सम्राट अशोक, जसले हत्या र हिंसा परित्याग गरी बौद्धमार्गी बने । उनै राजाले बौद्ध शिक्षालाई पुनः प्रसारित गर्न थाले । उनी बुद्धसँग प्रत्यक्ष रूपमा जोडिएका सबै स्थानहरूमा पनि पुगे । उनी पुगेका स्थलहरूमा प्रमाणिक शिलास्तम्भ राखे । यसै क्रममा उनले लुम्बिनी र कपिलवस्तु क्षेत्रमा गौतम बुद्धभन्दा अगाडिका कनकमुनि र क्रकुछन्द बुद्धको पहिचान स्थलमा पनि शिलास्तम्भ राखे । जसलाई अहिले अशोक स्तम्भ भन्ने गरिन्छ । उनले विश्वभर बौद्ध धर्म वा बुद्ध शिक्षालाई विस्तार गर्न आफू र आफ्ना परिवारका सदस्यलाई समेत बाहिरी देशमा पठाए । यसै व्रmममा उनले बुद्धको अस्तुलाई संसारभर फैलाउन बुद्धको अस्तु राखी बनाइएका पहिलेका स्तूपहरूको उत्खनन् गरी अस्तु जम्मा पारे । त्यसमध्ये सात स्तूपबाट धातु निकाले । आठौँ नेपालस्थित रामग्रामको स्तूपबाट भने झिक्ने प्रयास सफल भएन । विभिन्न बौद्ध गाथाहरूका अनुसार उनले आफूले निकालेको अस्तुबाट विभिन्न स्थानमा चौरासी हजार स्तूप बनाए भन्ने देखिन्छ । बौद्ध गाथाहरूका अनुसार रामग्राम जङ्गलका रूपमा परिणत भएको त्यहाँ नाग र हात्तीहरूले त्यसलाई संरक्षण गरिराखेकाले जान सम्भव भएन भन्ने छ । त्यसैले रामग्रामको स्तूप बुद्धको वास्तविक अस्तु भएको संसारको एक मात्र बाँकी स्तूप हो । रामग्रामको स्तूप अहिले नवलपरासीको परासी बजारबाट करिब तीन चार किलो मिटर दक्षिणमा झरही खोलाको किनारमा पर्छ । यो लुम्बिनीबाट ४८ किलोमिटर पूर्वमा छ । जसका विषयमा भारतीयहरूले बेलाबेलामा विवाद उठाउँदै आए पनि बौद्ध गाथाहरूमा उल्लेख भएको स्थान विवरण, नदी आदि वास्तविकताका कुरा रामग्रामबाहेक अन्यत्र मिल्दैन । पाँचौँ र सातौँ शताब्दीमा आएका चिनियाँ यात्री फहियान र हुएन साङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेको स्थान मापन, तत्कालीन अवस्था र नदी त्यही नै भएको प्रमाणित हुन्छ । जसलाई पछि स्वदेशी र विदेशी पुरातìवविद्ले पनि प्रमाणिक मानेका छन् । यो लामो समयसम्म उपेक्षित बनेर देखियो । स्तूपको वास्तविक स्वरूपमा ठडिरहन सकेन । हाल थुम्कोको रूपमा परिणत भएको उक्त स्तूप ८० फिट चौडाइको छ । नब्बे फिट लम्बाइ र तीस फिट उचाइमा रहेको छ । पुरातìव विभागले स्तूपको वरपर गरेको उत्खननका समयमा त्यहा ती प्राचीनतम जनाउने विभिन्न वस्तु फेला पारेको थियो भने त्यस स्तूपको निर्माण तत्कालीन चिल्लो इँटाको प्रयोगबाट बनेको भेटिएको छ । हालसम्म त्यसभित्रको उत्खनन भने गरिएको छैन । त्यसो त सम्राट अशोकले अन्यत्रबाट झिकेको अस्तु सानो सुनको डिब्बामा राखी आफू पुगेको स्थानहरूमा लगेर स्थापित गरी पूजा गर्ने गरेको पनि देखिन्छ । त्यस्तै उनले एउटा डिब्बा लुम्बिनीमा पनि राखेका थिए । जुन लुम्बिनीको उत्खननमा पनि भेटिएको थियो । जसलाई हाल छाउनीस्थित सङ्ग्राहलयमा सुरक्षित राखिएको छ । बौद्ध धर्म र बुद्धकाललाई अझ बढी प्रमाणिक बनाउने बुद्धको वास्तविक एक मात्र अस्तु नेपालको रामग्राममा मात्रै बाँकी छ भन्ने विभिन्न तवरले प्रमाणित भएको छ । जुन पुरातात्त्विक, ऐतिहासिक र धार्मिक रूपमा ज्यादै महत्वपूर्ण मानिन्छ । बुद्ध कालको वास्तविकतालाई प्रमाणित गर्ने यो स्थल वर्तमान अवस्थामा विश्व पर्यटनको एक गन्तव्य पनि हो । जसको उत्खनन र संरक्षण सामान्य रूपमा मात्र भएको छ । देवदह र रामग्राम वा तिनको राजधानी आदिका बारेमा धेरै वास्तविकता अहिलेसम्म पनि पहिचान बिहीन बनेका छन् । सरकारले वा सम्बन्धित निकायले त्यस क्षेत्रको उत्खनन र संरक्षण लुम्बिनी र कपिलवस्तु सरह नै प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । यो विश्व सम्पदा सूचीमा पर्नुपर्ने विश्वकै अमूल्य सम्पदा पनि हो ।   
News
45,680
राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/61540
काठमाडौं, वैशाख ६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ। बुधबारमा काठमाडौंमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। “सन् ९० को दशकभन्दा अगाडि एक/दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो। निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ। यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो।ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएकोे बताउनुभयो। ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो।“नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु। लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो, “लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ। नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो।”नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पुर्‍याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो। “सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ। विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो। बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ”, उहाँले भन्नुभयो, “विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन्। उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु।”विद्युतको आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ। घरायसी प्रयोजनका लागि  पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गर्नुभयो। रासस  
News
38,336
स्वर्णमय साल
वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले खेलकुदमय वर्षको रूपमा रह्यो ।
https://ekantipur.com/sports/2020/04/13/158674553061317374.html
काठमाडौँ — वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले खेलकुदमय वर्षको रूपमा रह्यो ।वर्षको सुरुमै आठौं राष्ट्रिय खेलकुदसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा अन्य केही अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीहरू वर्षभर नै व्यस्त रहे । सागमा नतिजाको हिसाबमा नेपालले अहिलेसम्मकै ठूलो सफलता हासिल गर्‍यो । पूर्वाधार र नीतिमा पनि धेरै सुधार भयो । यस वर्ष खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषद्ले नयाँ नेतृत्व पनि पायो । १३ औं सागको सफल आयोजनानिर्धारित मितिभन्दा एक वर्ष ढिला गरी भए पनि नेपालले १३ औं सागको सफल आयोजना गरेको छ । सार्क क्षेत्रका ७ देशका करिब ११ हजार खेलकर्मीलाई आतिथ्यता दिँदै मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सागको आयोजना भएको थियो । नेपालकै परिकल्पनामा सन् १९८४ मा सुरु गरिएको साफ (हाल साग) नेपालले तेस्रोपल्ट आयोजना गरेको थियो । २७ खेलको स्पर्धामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २ सय ६ पदक जितेको थियो ।सागकै लागि भए पनि मुख्य पूर्वाधार निर्माण भयो । भूकम्पले थलिएको दशरथ रंगशालाको निर्माण काम साग सुरु हुनु केही दिनअघि सम्पन्न भयो । हतारमा काम भएको परिणामस्वरूप आधुनिक फ्याब्रिक प्रविधिको प्रयोग गरी हालिएको रंगशालाको भीआईपी प्यारापिटको छानोबाट पानी चुहिएको छ । नेपालमै पहिलोपल्ट वातानुकूलित प्रविधिको पौडीपोखरी निर्माण भयो । कराते हल, सुटिङ रेन्ज, टेनिस कोर्टले पूर्णता पायो । अत्याधुनिक स्क्वास कोर्ट निर्माण भयो । निर्माणाधीन पोखरा रंगशालामा महिला फुटबलको खेल भएको थियो । पोखरा रंगशाला केही दिनअघिमात्र निर्माण सम्पन्न भएको छ । यसले भविष्यमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि पूर्वाधारको समस्या टरेको छ ।यसपल्टको सागमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन रह्यो । ६ महिनाको तयारीमा नेपालले लक्ष्यअनुसार सफलता पाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले ५० भन्दा बढी स्वर्ण जित्ने प्रक्षेपण गरेको थियो । प्रतियोगिताको अन्तिम दिन फुटबल टोलीले उपाधि रक्षा गरेसँगै नेपालको स्वर्णसंख्या ५१ पुगेको हो । मुख्य हतियारको रूपमा रहेको मार्सल आर्टबाट नेपालले सबैभन्दा धेरै सफलता पायो । नेपालले जितेको ५१ मध्ये ३२ स्वर्ण मार्सल आर्टबाट थियो । तेक्वान्दोले १२ र करातेले १० स्वर्ण जितेका थिए । करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दोहोरो स्वर्ण जिते । विधा परिवर्तन गरी पुम्सेमा खेलेकी आयशाले दुई स्वर्णसहित साग इतिहासमा आफ्नो स्वर्णसंख्या तीन पुर्‍याएकी हुन् । सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं सागमा उनले ग्यारोगीतर्फ स्वर्ण जितेकी थिइन् । नेपाली पौडीमा गौरिका सिंहले कीर्तिमान बनाइन् । सागमा पौडीको व्यक्तिगत स्पर्धामा पहिलो स्वर्णको इतिहाससहित गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितिन् । सागको ३५ वर्षे इतिहासमा एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले महिलातर्फ पहिलो स्वर्ण दिलाइन् । उनले १० हजार मिटर दौडमा स्वर्ण जितिन् । महिला भलिबल टोलीले जितेको रजत पदक पनि अहिलेसम्मकै ठूलो हो । फाइनलमा भारतविरुद्ध ३–२ को सेटमा पराजित भएपछि नेपाल स्वर्णबाट चुकेको थियो । नेपालले भारतसँग सेट जितेको यो पहिलोपल्ट हो । कुस्तीकी संगीता धामीले स्वर्ण जितेर अर्को इतिहास बनाइन् ।सागमा पदक विजेता खेलाडीलाई सरकारले प्रतियोगिता सकिएको भोलिपल्टै पुरस्कारको घोषणा गरेको थियो । त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन । त्यस्तै प्रतियोगिता सकिएको ५ महिना बितिसक्दा पनि आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छैन । सागमा ५ अर्ब बजेट अनुमान गरिएको थियो । आठौं राष्ट्रिय खेलकुद२०७५ साल अन्त्यमा केही खेल सुरु भए पनि २०७६ वैशाख ५ देखि ११ सम्म प्रदेश ५ का विभिन्न जिल्लामा राष्ट्रिय खेलकुदको आठौं संस्करण आयोजना भएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद लामो समयपछि निर्धारित समयमै आयोजना गरिएको हो । सागको तयारीका रूपमा आयोजित प्रतियोगिता पूर्वाधारको तयारीबिनै हतारमा आयोजना गरिएको आरोप लागे पनि आयोजनाका हिसाबमा सफल मानिन्छ । कुल २ सय ७३ स्वर्णका लागि आयोजित प्रतियोगितामा ३५ खेल समावेश थिए । १ सय ४० स्वर्णसहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । बृहत खेलकुदका लागि प्रदेश ५ मा करिब १ अर्ब लागतमा पूर्वाधारहरू निर्माण भए । यसले भविष्यमा हुने ठूला प्रतियोगिताका आयोजनाका लागि उक्त प्रदेशलाई सहज हुनेछ । तर खेल गतिविधि कम हुने क्षेत्रमा बनेका पूर्वाधारको उपयोग र संरक्षणको चिन्ता पनि उत्तिकै छ । महिला भलिबलको छलाङ२०७६ साल नेपालको महिला भलिबलका लागि स्वर्ण समय रह्यो । कात्तिक बंगलादेशमा आयोजित एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले स्वर्ण जित्यो । यो उपाधि नेपालका लागि किन महत्त्वपूर्ण रह्यो भने नेपाली टोलीले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेताको स्वाद चाख्न पाएको थिएन । लामो समय राष्ट्रिय टोलीमा योगदान दिएका चार सिनियर खेलाडीलाई टिमबाट निकालेर युवालाई अवसर दिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपालले उपाधि जित्यो । महिला टोलीले १३ औं सागमा पनि सानदार प्रदर्शन गरेको थियो । सेमिफाइनलमा श्रीलंकालाई पराजित गरी ऐतिहासिक फाइनल यात्रा तय गरेको नेपालले भारतसँग पराजित हुनुपरे पनि दुई सेट जितेर अर्को इतिहास बनायो । यसअघि भारतसँग नेपालले सेट जित्न सकेको थिएन । सन् १९९९ को आठौं, २००६ को दसौं र २०१६ को १२ औं सागमा नेपाली टोली कांस्यमै सीमित थियो ।महिला टोलीको सफलताको ठीक विपरीत पुरुष टोली भने झनै कमजोर देखियो । एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबलको पाँचौं संस्करण भदौमा नेपालमै आयोजना भयो । तर घरेलु टोलीको प्रदर्शन भने बिर्सनलायक रह्यो । ६ टोलीसम्मिलित प्रतियोगितामा नेपाल पाँचौं भयो । उपाधि किर्गिस्तानले जित्यो । नेपालले अफगानिस्तानलाई मात्र हराउन सक्यो । १३ औं सागमा पनि नेपालले समूह चरण पार गर्न सकेन । प्रिन्सको उपलब्धिब्याडमिन्टनमा नेपालको अन्तर्राष्ट्रिय उपलब्धि उल्लेखनीय छैन । किशोरा खेलाडी प्रिन्स दाहालले केही सम्भावना देखाएका छन् । प्रिन्स ब्याडमिन्टन जुनियर विश्व वरीयताको सातौं स्थानमा छन् । यो नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । गत महिना नेदरल्यान्ड्स र जर्मनीमा सम्पन्न जुनियर इन्टरनेसनल सिरिजमा प्रि क्वाटरफाइनलको यात्रा तय गरेपछि उनले विश्व वरीयतामा शीर्ष ७ को यात्रा तय गरेका हुन् । भदौमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल च्यालेन्जको उपाधि विजेता प्रिन्स पुसमा नेपालमै सम्पन्न राष्ट्रपति कप नेपाल जुनियर इन्टरनेसनल सिरिजको फाइनलमा पराजित भएका थिए । प्रिन्सले वर्ष २०७६ मा नौवटा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको टिम इभेन्टमा उनले नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरी सनसनी मच्चाएका थिए । १३ औं सागमा उनले टिम र युगलमा गरी दुई विधामा कांस्य पदक जिते । खेलकुद विधेयक पारितदेशमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ । तर खेलकुदका संरचना पुरानै ऐनअनुसार चल्दै आएको थियो । संघीय संरचनाअनुसार २०४८ सालमा बनेको खेलकुद ऐनलाई प्रतिस्थापन गर्ने गरी ल्याइएको खेलकुद विधेयक संसद्को दुवै सदनबाट पारित भएको छ । पहिलोपल्ट २०७५ फागुनमा राष्ट्रिय सभामा पेस भएको यो विधेयक करिब एक वर्षको बीचमा दुवै सदनबाट पर्याप्त संशोधनसहित पारित भएको हो । अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ । संघीयतापछि विकेन्द्रीकरणको सिद्धान्तअनुसार खेलकुद संरचनालाई ऐनले आफ्नो क्षेत्राधिकारमा समावेश गरेको दाबी गरिएको छ । २०७६ साउन १६ मा राष्ट्रिय सभाबाट पारित भएपछि पुनः छलफलका लागि भदौ १ गते प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरिएको थियो ।राष्ट्रिय सभाबाट पारित भएको विधयेकमा दर्जनभन्दा बढी संशोधन भएका छन् । राखेप बोर्ड सदस्यसंख्यालाई कटौती गरिएको छ । यसअघि ४२ सदस्यीय हुने प्रस्ताव भएकोमा घटेर ३७ सदस्यीय हुनेछ । राखेपको बोर्ड बैठक बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णयका लागि सदस्य–सचिवको संयोजकत्वमा ७ सदस्यीय कार्यकारिणी समिति रहने व्यवस्था ऐनमै उल्लेख छ । यसअघि यस्तो अवस्थामा सदस्य–सचिवको एकल निर्णय हुने गरेको थियो ।संशोधित विधेयकमा राखेप सदस्य–सचिव नियुक्तिका लागि खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा कम्तीमा एक महिलासहित दुईजना विज्ञलाई मन्त्रीले छनोट गर्न सक्नेछन् । स्नातक तह उत्तीर्ण भएको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव र ३० वर्ष पूरा भएको व्यक्ति सदस्य–सचिवका लागि योग्य हुने गरी न्युनतम योग्यताको मापदण्ड ऐनमै तोकिएको छ । नयाँ ऐन बन्ने प्रक्रियामा रहेको भन्दै राखेपले देशभरका आफ्ना क्षेत्रीय कमिटीमा नेतृत्व नियुक्त गरेको छैन । ऐन बनेपछि सबै प्रदेशका खेलकुद कमिटीले पूर्णता पाउनेछ ।
Sports
25,324
शैक्षिक क्षेत्रका चुनौती
कर्मचारीतन्त्र जस्तै शिक्षा पनि प्रक्रियामुखी र अझ भनौँ प्रचारमुखी बन्दै गएको छ । नेपालको अहिलेको शिक्षाले जीवन उपयोगी सिप सिकाउनुभन्दा बेरोजगारीको भिड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ । स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ । त्यसैले आज हाम्रा गाउँघर युवाविहीन र मनावविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्ने कि ?
https://gorkhapatraonline.com/news/102143
कर्मचारीतन्त्र जस्तै शिक्षा पनि प्रक्रियामुखी र अझ भनौँ प्रचारमुखी बन्दै गएको छ । नेपालको अहिलेको शिक्षाले जीवन उपयोगी सिप सिकाउनुभन्दा बेरोजगारीको भिड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ । स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ । त्यसैले आज हाम्रा गाउँघर युवाविहीन र मनावविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्ने कि ?अझै पनि शिक्षालाई कक्षा कोठाका चार पर्खालभित्रको शिक्षक केन्द्रित कर्मकाण्डी प्रक्रियाभन्दा फरक बनाउन सकिएको छैन । प्रगतिशील शिक्षण त सिद्धान्त र दर्शनमै सीमित हुन पुगेको छ । बहुल समाज भएको हाम्रो देशमा सही अर्थमा संस्कृतिसापेक्ष शिक्षण हुन नसक्दा पुरातन ज्ञान, संस्कार र संस्कृतिको अन्वेषण र प्रवर्धन हुन सकेको छैन । विविध जात, धर्म, लिङ्ग र समुदायमा रहेका एकअर्काप्रतिका नकारात्मक धारणा, शङ्का र बेमेल हटाएर सही अर्थमा एकता र सद्भाव स्थापित गर्न सकिएको छैन । जबसम्म अनुसन्धानमूलक कार्यक्रमद्वारा यसको पहिचान गर्न र परिणाममुखी रूपमा सदुपयोग गर्न सक्दैनौँ, तबसम्म स्वावलम्बन शब्द शब्दमै सीमित रहन पुग्छ । आयातित दर्शन, निर्देशन र स्रोतको बलमा तथा हाम्रो आफ्नो परिवेश निरपेक्ष रूपमा अगाडि बढाइने कुनै पनि विकासे परियोजना जनमैत्री र दिगो हुन सक्दैन । यसले आशातीत परिणाम दिन नसक्ने कुराको साक्षी हामी भइसकेका छौँ । स्नातक तह उत्तीर्ण गरिसक्दा पनि आफ्नो जीवनको असल व्यवस्थापन गर्न सक्ने क्षमता र सुझबुझ नहुँदा शिक्षित भनिने मान्छेमा पनि शिक्षाप्रति वितृष्णा र नकारात्मक सोच पलाइरहेको छ । विद्यालय तथा कलेजको परिणाम शतप्रतिशत बनाइदिन तथा आमाबाका अतृप्त आकाङ्क्षा तृप्त गरिदिन विद्यार्थीले पढिदिनुपर्ने हालको अवस्थामा परिवर्तन आवश्यक छ । हरेक विद्यार्थीलाई एक अद्वितीय क्षमता र सम्भावनाको व्यक्तिका रूपमा लिएर सहजीकरण गरिदिनु सबैको कर्तव्य हो । तसर्थ शिक्षालाई सार्थक रूपमा जीवन र जगत्सँग जोड्न युगान्तकारी पहल आवश्यक छ । हुन त हामीले शिक्षाको लक्ष्य पूरा गर्नका लागि विभिन्न कदम चाल्दै आएका छौँ । ‘सहस्राब्दी विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य हुन् वा ‘सबैका लागि शिक्षा’ का लक्ष्य वा हालको ‘दिगो विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य यी सबैको उद्देश्य शिक्षालाई परिणाममुखी बनाउने नै रहेको पाइन्छ । विगतमा शिक्षा क्षेत्रको सुधारका लागि समय र स्रोत थप गर्दै सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रम र त्यसैको थप उद्देश्यसहितको निरन्तरताका रूपमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम दुवैका लक्ष्य शिक्षा क्षेत्रको संरचनागत तथा गुणस्तरीय परिवर्तन गर्ने रहेका थिए तर विगतका कार्यक्रमको सफलता र असफलताको गम्भीर समीक्षाबिना थपिएका कुनै पनि कार्यक्रमले अब लक्ष्य हासिल गर्ने कुरामा सन्देह रहेको छ । आशा छ, शिक्षा मन्त्रालयको नयाँ नेतृत्वले अब यसमा ध्यान दिने छन् । नेपालको शिक्षा क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले आक्रान्त रहने गरेको छ । राम्रालाई भन्दा हाम्रालाइ ग्राह्यता दिने संस्कारबाट शिक्षा क्षेत्र पनि अछुतो रहेको छैन । यस्तो प्रवृत्तिले योग्य तथा सक्षम व्यक्तिमा निराशा बढ्नुका अतिरिक्त उचित ठाउँमा उचित व्यक्ति पुग्न सकेका छैनन् । यसलाई सम्बोधन गर्न चाल्ने कदमले पनि नयाँ नेतृत्वको परख हुने छ । जबसम्म शिक्षकले मनैदेखि काम गर्ने वातावरण पाउँदैन, तबसम्म हाम्रा शिक्षासम्बन्धी जस्तासुकै योजना पनि सफल हुन सक्दैनन् । नेपालमा पनि शिक्षकको पेसागत दक्षता अभिवृद्धिसम्बन्धी थुप्रै योजना तथा कार्यक्रम सञ्चालन भए तर त्यसको प्रतिविम्ब कक्षाकोठासम्म राम्ररी पुग्न नसकेको विभिन्न अनुसन्धानले देखाएका छन् ।शिक्षणलाई साँचो अर्थमा सफल बनाएर व्यक्ति, परिवार र समाजको रूपान्तरण तथा राष्ट्रनिर्माणको अभियान सफल बनाउनतिर अब ध्यान दिनु पर्छ । हाम्रो शिक्षा किन बेरोजगारी उत्पादन गर्ने कारखाना बन्यो त ? स्नातकोत्तर पास गरिसक्दा पनि जीवनको लक्ष्य निर्धारण हुन नसक्दा जे जागिर पायो, त्यही गर्नुपर्ने अवस्थामा नेपाली युवा किन पुगे ? यसको जवाफ अब पनि नखोज्ने हो भने कहिले खोज्ने ? सानो छँदा नै बालबालिकाको रुचि र क्षमता पहिचान गरेर उपयुक्त वातावरण दिन सक्नु पर्छ । शिक्षण सिकाइ उनीहरूको रुचि अनुसार हुनु पर्छ । अनि पढेर प्रमाणपत्र लिने मात्र होइन, उद्यम गर्न पनि सिकाउँछ । उद्यमी व्यक्ति सृजनशील हुन्छ र देश विकासमा पनि योगदान पुग्छ । शिक्षालाई धन आर्जनसँग सिधै जोड्ने चिन्तन र प्रवृत्ति मौलाउँदै जाँदा यसले नैतिकवान् व्यक्ति बनाउन मद्दत गर्दैन । त्यसैले देशमा देखिएको सदाचारको खडेरीलाई हटाउने काम पनि शिक्षाको नै हो । शिक्षाले मान्छेलाई फगत धन कमाउने यन्त्र मात्र बनाउने काम गर्दा मानवीय मूल्य, मान्यता र नैतिकताको विकास हुन सक्दैन । आफ्नो माटो, संस्कृतिलाई बिर्सेर जुनसुकै उपायले भए पनि धन कमाउने सोचले नैतिकवान् बन्न सकिँदैन । यसका लागि नैतिक शिक्षालाई महत्व दिएर दृढतापूर्वक लागु गर्नु पर्छ । उच्च शिक्षाका लागि देशका धेरै सिर्जनशील तथा ऊर्जाशील युवा विदेश जाने गरेको र सकेसम्म उतै बस्ने गरेको तथ्यले पनि हाम्रो शिक्षा नीति पुनरवलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाएर हाम्रा विद्यार्थीलाई विश्वमै प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ । यसका साथै हाम्रो राष्ट्रिय आवश्यकता अनुसारका जनशक्ति उत्पादनमा पनि ध्यान पुग्नु पर्छ । यो लक्ष्य हासिल गर्न हाम्रा विश्वविद्यालयलाई सबभन्दा पहिल राजनीतिक क्रीडास्थल हुनबाट जोगाउनु पर्छ । शिक्षा राष्ट्रनिर्माण गर्ने कालिगड उत्पादन गर्ने प्रक्रिया हो । यो मानव जीवनको शुद्धीकरणका लागि निरन्तर चल्ने अभियान पनि हो तर देशका राजनीतिक दलले शिक्षा मन्त्रालयलाई कम प्रथामिकतामा राख्ने गरेका छन् । वास्तवमा यो निकाय संवेदनशील र महìवपूर्ण छ । यसमा वर्तमान नेतृत्वको पक्कै पनि ध्यान पुगेको होला । हुर्कंदै गरेका कलिला मस्तिष्कदेखि देशका सम्पूर्ण विद्वत् वर्गको नेतृत्व यस मन्त्रालयले गर्छ । त्यसैले हालका शिक्षामन्त्रीका अगाडि चुनौतीका पहाड नै छन् तर अवसर पनि उत्तिकै छन् । सही नेतृत्व गर्न सकियो भने देशको समग्र शैक्षिक क्षेत्र र सारा राष्ट्र साथमा रहने छ । त्यसैले कर्मकाण्डी काम मात्र नगरी समग्र शैक्षिक क्षेत्रको उन्नयनका लागि नयाँ नेतृत्वले ध्यान दिनु पर्छ ।    
News
45,876
'खशोग्जी खतरनाक इस्लामिस्ट: साउदी राजकुमार'
साउदी राजकुमार मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खशोग्जी 'खतरनाक इस्लामिस्ट' भएको दाबी अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका छन्।
https://www.bbc.com/nepali/news-46068936
पहिला खशोग्जीको साउदी राजपरिवारसँग राम्रो सम्बन्ध थियो साउदी अरेबियाले बेपत्ता भएका खशोग्जीको हत्या भएको स्वीकार गर्नुअघि राजकुमार मोहम्मदले फोनबाट ह्वाइट हाउसलाई त्यसो भनेको बताइएको छ। तर साउदी अरेबियाले वाशिङ्टन पोस्ट र न्यू योर्क टाइम्समा प्रकाशित विवरणहरूको खण्डन गरेको छ। अमेरिकी सञ्चारमाध्यमका लागि काम गर्ने साउदी नागरिक खशोग्जी साउदी शासकका आलोचक थिए। टर्की, अमेरिका र साउदी अरेबियाले खशोग्जीको हत्या गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा भएको मानेका छन्। तर उनको शरीर अझै भेटिएको छैन। आफ्नो देशको राजपरिवार उनको हत्यामा संलग्न नभएको दाबी साउदी अरेबियाले गरेको छ। उसले तथ्य पत्ता लगाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। केही हप्ताअघि राजकुमार मोहम्मदले सो घटनालाई 'अपराध' भन्दै त्यसबाट सबै साउदीलाई पीडा भएको बताएका थिए। फोनमा के कुरा भयो? वाशिङ्टन पोस्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनसँगको फोनवार्तामा राजकुमार मोहम्मदले खशोग्जी मुस्लिम ब्रदरहुड नाम गरेको अन्तर्राष्ट्रिय इस्लामिक सङ्गठनका सदस्य भएको दाबी गरेका थिए। राजकुमार मोहम्मदले अक्टोबर ९ मा अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ कुश्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनसँग कुराकानी गरेको बताइन्छ खशोग्जी बेपत्ता भएको एक हप्तापछि अक्टोबर ९ मा सो कुराकानी भएको बताइएको छ। मोहम्मदले अमेरिका र साउदी अरेबियाको गठबन्धन जोगाउन ह्वाइट हाउसलाई आग्रह पनि गरेको बताइएको छ। खशोग्जीको परिवारले सो पत्रिकालाई एउटा विज्ञप्ति पठाउँदै खशोग्जी आफैँले बारम्बार त्यस्तो आरोप अस्वीकार गरेका थिए भन्दै उनी मुस्लिम ब्रदरहुडको सदस्य थिए भन्ने दाबीको खण्डन गरेको छ। "जमाल खशोग्जी कुनै पनि रूपमा खतरनाक व्यक्ति थिएनन्। त्यसविपरीत दाबी गरिनु निरर्थक हुन्छ," विज्ञप्तिमा भनिएको छ। अहिलेसम्मको अनुसन्धानबाट के? खशोग्जीको मृत्यु कसरी भयो भन्ने विषयमा एक मत छैन। टर्कीकी महिला हाथिजे जेङ्गिजसँग विवाह गर्न कागजपत्र मिलाउन उनी आफ्नो देशको इस्तानबुलस्थित वाणिज्यदूतावास गएका थिए। त्यहाँ प्रवेश गर्नासाथ खशोग्जीको घाँटी थिचेर हत्या गरिएको र उनको शरीर पूर्वयोजनानुसार टुक्राटुक्रा पारिएको दाबी बुधवार टर्कीले गरेको थियो। टर्कीका सञ्चारमाध्यमले यसअघि खशोग्जीलाई यातना दिइएको विवरण प्रकाशित गरेका थिए। साउदी अरेबियाले खशोग्जीको मृत्युबारे आफ्नो बोली फेरेको छ। उसले खशोग्जी साउदी वाणिज्यदूतावासबाट आफैँ बाहिर गएको दाबी गरेको थियो। पछि उसले उनको हत्या भएको स्वीकार्‍यो। योजनाबद्ध रूपमै भएको सो हत्यामा सरकारी पक्ष वा राजपरिवारको संलग्नता भने नरहेको उसको दाबी छ। सो घटनामा संलग्न भएको भन्दै १८ जना सन्दिग्ध व्यक्तिलाई समातिएको छ। उनीहरूलाई साउदी अरेबियामै मुद्दा चलाइने बताइएको छ तर टर्कीले उनीहरूलाई इस्तानबुललाई सुम्पिनुपर्ने माग राखेको छ। खशोग्जीको शरीर अझै फेला परेको छैन टर्कीले खशोग्जीको हत्यामा साउदी अरेबियालाई सोझै आरोप लगाएको छैन। गत हप्ता राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले साउदी राजा सलमानसँग कुरा गरेका थिए। उनीहरूबीच सो घटनाको अनुसन्धानमा सहयोग गर्ने सहमति भएको थियो। अरू राष्ट्र के भन्छन्? खशोग्जी हत्या प्रकरणका कारण साउदी अरेबियाले आलोचना खेप्नु परेको छ। उससँग सहकार्य गरिरहेका राष्ट्रले पनि त्यस विषयमा उत्तर खोजेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको भनाइसँग आफू सन्तुष्ट हुन नसकेको जनाएका छन्। तर साउदी अरेबियासँगको हतियार बिक्रीको लोभलाग्दो सम्झौता गुमाउन आफूले नचाहेको उनले बताउँदै आएका छन्। बिहीवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले खशोग्जीको हत्यामा संलग्नहरूलाई प्रतिबन्ध लगाउन अमेरिकालाई पर्याप्त जानकारी सङ्कलन गर्न केही हप्ता लाग्ने बताएका थिए। एउटा स्थानीय रेडियोमा बोल्दै उनले अमेरिका र साउदी अरेबियाबीच गहिरो र दीर्घकालीन रणनीतिक सम्बन्ध रहेको र त्यो कायम राख्न अमेरिकाले प्रयास गर्ने बताएका छन्। फ्रान्सका विदेशमन्त्रीले खशोग्जीको मृत्युको घटना एउटा निन्दनीय अपराध भएको टिप्पणी गरेका छन्। फ्रान्स साउदी अरेबियासँगको आर्थिक सम्बन्धमा फ्रान्स निर्भर नरहेको भन्दै उनले प्रतिबन्ध लगाउने सङ्केत दिएका छन्। तर त्यसबारे विस्तृत विवरण दिइएको छैन। यूकेका विदेशमन्त्रीले सो घटनाले साउदी अरेबियालाई विभिन्न विषयमा दबाब दिन अमेरिका र यूकेलाई अवसर दिएको हुनसक्ने टिप्पणी व्यक्त गरेका छन्।
Others
70,707
धुलिखेलबाट दश क्विन्टल चिनी बरामद
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
https://gorkhapatraonline.com/news/84124
काभ्रेपलाञ्चोक, कात्तिक १७ गते । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उहाँले बताउनुभयो ।  प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । 
News
36,310
इन्टरलाई हराएर युभेन्ट्स शीर्षमा
युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार इन्टर मिलानलाई २-० ले हरायो र फेरि लिग तालिकाको शीर्ष स्थान हात पार्‍यो । कोरोना भाइरस फैलिन सक्ने डरका कारण खेल युभेन्ट्सको दर्शकबिहीन रंगशालामा भएको थियो ।
https://ekantipur.com/sports/2020/03/09/158371997595675543.html
मिलान — युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार इन्टर मिलानलाई २-० ले हरायो र फेरि लिग तालिकाको शीर्ष स्थान हात पार्‍यो । कोरोना भाइरस फैलिन सक्ने डरका कारण खेल युभेन्ट्सको दर्शकबिहीन रंगशालामा भएको थियो ।एलिनाज स्टेडियममा प्राप्त जितपछि युभेन्ट्सले लिग तालिकाका एक अंकको अग्रता लिएको हो । उसको ६३ अंक छ भने लाजियो एक अंकको दूरीमा दोस्रो स्थानमा छ ।युभेन्ट्सको जितमा आरोन राम्सी र पउलो डेबेलाले गोल गरे । इन्टर ५४ अंकमा तेस्रो स्थानमा छ ।
Sports
25,476
जोशी ग्लोबल एम्बेसडर
मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो। मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/98090
काठमाडौँ, फागुन १७ गते । मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो।मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।मिस वल्र्डको प्रमुखमध्येको एक विधा मल्टिमिडियाको उपाधि एक पटक नेपालले जितेको छ । नेपाल यस पटक पनि यस विधाको दाबेदारका रूपमा रहेको छ । सामाजिक सञ्जाल पृष्ठमा लाइक, कमेन्ट, सेयर र भ्युज बढी प्राप्त गर्ने सुन्दरीले मल्टिमिडिया उपाधि जित्ने छन् ।    
News
43,550
दूरसञ्चार क्षेत्रलाई कसरी उकास्ने ?
पाँच वर्षअघि दूरसञ्चार क्षेत्रबाट उठ्ने राजस्व १ खर्ब रहेकामा गएको वर्ष त्यो ७० अर्ब रुपैयाँमा झरेको छ । केही वर्षअघिसम्म ६ वटा दूरसञ्चार सेवा प्रदायकहरूले सेवा दिइरहेकामा अहिले जम्मा दुइटा बाँकी छन् । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी सेवा प्रदायक एनसेलबाहेक अरू सबै टिक्न नसकेर बन्द भए । भूबनोटका कारण विकासमा सबैभन्दा फड्को मार्न सम्भव हुने दूरसञ्चार क्षेत्र विस्तार हुनुको सट्टा खुम्चिँदै जानुका सम्बोधन गर्न सकिने केही कारण छन् ।
https://ekantipur.com/opinion/2023/10/17/how-to-boost-the-telecommunication-sector-37-45.html
पाँच वर्षअघि दूरसञ्चार क्षेत्रबाट उठ्ने राजस्व १ खर्ब रहेकामा गएको वर्ष त्यो ७० अर्ब रुपैयाँमा झरेको छ । केही वर्षअघिसम्म ६ वटा दूरसञ्चार सेवा प्रदायकहरूले सेवा दिइरहेकामा अहिले जम्मा दुइटा बाँकी छन् । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी सेवा प्रदायक एनसेलबाहेक अरू सबै टिक्न नसकेर बन्द भए । भूबनोटका कारण विकासमा सबैभन्दा फड्को मार्न सम्भव हुने दूरसञ्चार क्षेत्र विस्तार हुनुको सट्टा खुम्चिँदै जानुका सम्बोधन गर्न सकिने केही कारण छन् ।अत्यधिक करदूरसञ्चार सेवालाई विकासको आधारभूत पूर्वाधारका रूपमा ग्रहण गरिएको भनी दूरसञ्चार नीति–२०६० मा उल्लेख छ । तर, मनोरञ्जन वा सुर्तीजन्य वस्तुमा जस्तै दूरसञ्चार सेवामा विभिन्न शीर्षकमा प्रत्यक्ष र अप्रत्यक्ष कर लगाइएको छ । त्यसले गर्दा सेवाग्राहीहरू अनावश्यक मारमा परेका छन् । ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा झन्डै २ प्रतिशत स्वामित्व कर लाग्छ र मोबाइलमा ९८ रुपैयाँ जम्मा हुन्छ । त्यसबाहेक जुनसुकै सेवा प्रयोग गर्दा दूरसञ्चार सेवा दस्तुर भनेर १३ प्रतिशत र अन्त्यमा यी दुवैमा १३ प्रतिशत भ्याट लाग्छ । यसरी मोबाइल सेवा प्रयोग गरेबापत ग्राहकले झन्डै २८ प्रतिशत कर तिर्नुपर्छ । सेवा प्रदायकले अनुमतिपत्र र त्यसको नवीकरण दस्तुर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष, फ्रिक्वेन्सी दस्तुर आदि शीर्षकमा कर बुझाउनुपर्छ । सेवा प्रदायकले पनि आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम सरकारी कोषमा योगदान गर्ने गरेका छन् । उदाहरणका लागि, नेपाल टेलिकमले आर्थिक वर्ष २०७५–७६ मा कुल आम्दानीको ८१ प्रतिशत सरकारी कोषमा योगदान गरेको थियो । तर सरकारको ढुकुटी बलियो बनाउने सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज हुने वातावरण सम्बन्धित निकायले दिन सकेको छैन । दक्षिण एसियाका देशहरूमध्ये नेपालको इन्टरनेट सेवा पनि सबैभन्दा महँगो छ । प्रत्येक नेपालीले आफ्नो कुल वार्षिक आम्दानीको २.६ प्रतिशत इन्टरनेट सेवामा खर्चिने गरेका छन् । तर अन्य देशका जनताले भने आफ्नो कुल वार्षिक आम्दानीको १ प्रतिशतभन्दा कम खर्च गर्ने गरेका छन् । त्यस्तै, नेपालको हकमा मोबाइल डेटाको मूल्य सात गुणा महँगो रहेको संयुक्त राष्ट्र संघले नै जनाएको छ । मोबाइल डेटा चलाउने प्रत्येक ग्राहकले प्रतिमहिना सरदर ४ जीबी डेटा खपत गर्ने गरेको देखिएको छ ।विश्वभरको दूरसञ्चारको नियमन र विश्लेषण गर्ने संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले जनाए अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आयको ब्रोडब्यान्ड सेवाको मूल्य २ प्रतिशतभन्दा कम हुनुपर्छ । उक्त संगठनले नेपालको इन्टरनेट पहुँचमा सुधार गर्न नीतिगत सिफारिसहरू बारम्बार सुझाउँदै आएको छ । दूरसञ्चार सेवामा सबैभन्दा धेरै कर लिएका कारण मोबाइल डेटा महँगो भएको भन्दै आईटीयूले पटकपटक नेपाललाई सजग गराउँदै आएको छ । आईटीयूको प्रतिवेदनमा उल्लेख भए अनुसार विश्वका १८३ देशमध्ये मोबाइल डेटा, भ्वाइस तथा एसएमएस महँगो हुने मुलुकमा नेपाल १११ औं स्थानमा पर्छ । विभिन्न अध्ययनले देखाए अनुसार, नेपालको कुल सक्रिय दूरसञ्चार सेवाग्राहीको संख्या करिब २ करोड ४० लाख छ र नेपालको डिजिटल साक्षरता दर अहिलेको अवस्थामा ४५ प्रतिशत मात्रै छ । डिजिटल साक्षरता सोचे अनुरूप नबढ्नुमा दूरसञ्चार क्षेत्रमा लगाइने कर र विभिन्न शुल्क मुख्य कारक हुन् ।मोबाइल सेवाको अनुमतिपत्रको दस्तुर र नवीकरण दस्तुरमोबाइल सेवा सञ्चालन गर्न अनुमतिपत्र चाहिन्छ जसको शुल्क २१ करोड रुपैयाँ थियो । उक्त अनुमतिपत्रको नवीकरणका लागि बोलपत्र आह्वान गरेर २०६१ सालमा २० अर्ब रुपैयाँ तय गरिएको थियो र त्यसको समयावधि पाँच वर्षका लागि हुन्थ्यो । दोस्रो पटकको नवीकरणको शुल्क पनि २० अर्ब नै हुने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्‍यो । खासमा अनुमतिपत्रसँग सम्बन्धित सम्पूर्ण काम गर्ने क्षेत्राधिकार दूरसञ्चार ऐन तथा नियमाली अनुसार नियामक निकाय दूरसञ्चार प्राधिकरणको हो । हालै स्मार्ट टेलिकम र विगतमा अरू सेवा प्रदायकहरूको अनुमतिपत्र खारेज हुनुको कारण पनि यही महँगो नवीकरण दस्तुर नै हो ।दूरसञ्चारबाहेकका क्षेत्रमा पनि फ्रिक्वेन्सी वितरण सरकारले हालै विद्युत् प्राधिकरणजस्तो दूरसञ्चार सेवा दिँदै नदिने संस्थालाई पनि फ्रिक्वेन्सी दिएपछि दूरसञ्चार सेवा प्रदायकहरू सशंकित भएका छन् । अब विद्युत् प्राधिकरणले पनि दूरसञ्चार सेवा प्रदायकले दिएकै सेवा सञ्चालन गर्ने हो भने त्यो उही सेवाका लागि राज्यको दोहोरो लगानी लाग्ने नीति हुनेछ । त्यो भनेको सरकारकै नीतिविपरीत हो । हाल विद्युत् प्राधिकरणले स्मार्ट मिटरमा दूरसञ्चार सेवा प्रदायकबाट सेवा प्रयोग गरिरहेको छ । तर हालसालै विद्युत् प्राधिकरणलाई पनि फ्रिक्वेन्सी दिइएदेखि दूरसञ्चार क्षेत्रमा हस्तक्षेप भएको देखिन्छ । यस्तो निर्णयले दूरसञ्चार सेवा प्रदायकहरूलाई फाइभजीजस्तो नयाँ प्रविधि सञ्चालन गर्न निरुत्साहित गरिरहेको छ ।ओटीटीको प्रभावनेपालमा भाइबर, ह्वाट्सएप, मेसेन्जरजस्ता ओटीटीको प्रयोग सात–आठ वर्षयता ह्वात्तै बढेको छ । मानिसले कल गर्न वा मेसेज पठाउन फोन वा मेसेन्जरभन्दा भाइबर, ह्वाट्सएप वा सामाजिक सञ्जालका मेसेन्जरहरू बढी प्रयोग गर्न सहज महसुस गर्ने गरेका छन् । त्यसैले गर्दा दूरसञ्चार सेवा प्रदायकको भ्वाइस सेवामा ठूलो प्रभाव पारेको देखिन्छ । अध्ययनले देखाए अनुसार देशभित्र हुने भ्वाइस, एसएमएस सेवामा ३० प्रतिशतभन्दा बढी र अन्तर्राष्ट्रिय भ्वाइस, एसएमएस सेवामा ७० प्रतिशतभन्दा बढी असर परेको छ । यो प्रविधिले सेवाग्राहीलाई दिएको सहजता स्विकार्नैपर्छ तर यसको नियमन हुन पनि उत्तिकै आवश्यक छ । ओटीटीका सेवा प्रदायकहरू सबै विदेशी हुन् र उनीहरूले नेपालका दूरसञ्चार सेवा प्रदायकको पूर्वाधार प्रयोग गरेर सेवा दिन्छन् । यसले गर्दा स्वदेशी कम्पनीहरूको आम्दानी घटाई ती ओटीटीका सेवा प्रदायकहरूले एकलौटी नाफा गर्छन् र जसलाई नियामक निकाय वा नेपाल सरकारले चिन्दैन । कम्तीमा नेपालका दूरसञ्चार सेवा प्रदायकको पूर्वाधार प्रयोग गरेपछि ओटीटी सेवा प्रदायकलाई करको दायरामा ल्याउने र नेपालका दूरसञ्चार सेवा प्रदायकलाई पनि नाफा बाँडफाँटजस्ता व्यवस्था गर्न ढिला भैसकेको छ । सेवा प्रदायकहरू फाइभजी सञ्चालन गर्न किन तयार छैनन्विश्वभरि नै फाइभजी सञ्चालनमा आइरहँदा नेपालका सेवा प्रदायकहरू भने फाइभजी सञ्चालन गर्न ‘पर्ख र हेर’ को अवस्थामा छन् । निरन्तर आम्दानी घट्दै गइरहनु, फोरजी सेवाकै लगानी उठ्न गाह्रो हुनु, फाइभजीको लाभ लागतको अनुमान गर्न कठिन हुनुजस्ता कारणले फाइभजी प्रविधि सञ्चालनका लागि योजना नै गर्न सकेका छैनन् सेवा प्रदायकहरूले । फाइभजी सेवा सञ्चालन गर्नका लागि कुन फ्रिक्वेन्सीमा फाइभजी सेवा सञ्चालन गर्ने, नेपालमा भित्रिने मोबाइल सेटमा त्यस्तो सेवा चल्ने वातावरण बनाउनेजस्ता प्रणालीमा ध्यान दिनुपर्छ । खास गरी फाइभजी यन्त्र घरको विद्युत् मिटर, सवारीसाधन आदि (मेसिन टु मेसिन) बीच हुने सञ्चारमा धेरै प्रयोग हुनेछ । नेपालमा मोबाइल फोन, डेटा प्रयोगजस्ता अहिलेको दैनिकीका लागि अत्यावश्यकीय सेवाको अवधारणा नै नआएका बेला बनेको दूरसञ्चार ऐन–२०५३ ले निर्देशित गर्ने फाइभजीको भविष्य कस्तो होला ? यसबारे चिन्तन गर्न र ऐनमा आवश्यक संशोधन गर्न ढिला भइसकेको छ ।प्राधिकरणको भूमिका नेपालका दूरसञ्चार सेवा प्रदायकको अहिलेको जस्तै कमजोर वित्तीय स्थिति भारतका सेवा प्रदायकहरूमा पनि देखिएको थियो । त्यस्तो अवस्थामा त्यहाँको नियामक निकाय भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले अनावश्यक कल तथा म्यासेजहरूमा जरिवाना लगाउने, अन्तरआबद्धता शुल्क लिन अनुमति दिने, डेटा सेवाहरूका लागि विभिन्न मूल्यका फ्लोरहरू सञ्चालन गर्नेजस्ता नीति अवलम्बन गर्‍यो । दुई वर्षदेखि लिन थालेको यस्तो नीतिकै कारण भारतको दूरसञ्चार सेवा प्रदायकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आइसकेको छ । नेपालमा भने नियामक निकाय दूरसञ्चार प्राधिकरणका दूरसञ्चार सेवा प्रदायकलाई सहजीकरण नगर्नेजस्ता अभिव्यक्तिले नियामक नियमनभन्दा पनि नियन्त्रण गर्ने शैलीमा रहेको र यसले दूरसञ्चार सेवाको विकास र विस्तारमै अन्योल निम्त्याएको यस क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । साथै इन्टरनेट सेवा प्रदायकले अनुमतिपत्रमा उल्लेख नै नभएको वाईफाई मोबिलिटी सेवा निर्बाध रूपमा सञ्चालन गरिरहेका छन् । त्यसको उचित नियमन नहुँदा पनि दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानीमा ठूलो प्रभाव परेको देखिन्छ । नेपाललाई डिजिटल रूपमा सबल बनाउनका लागि तय गरिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सेवाग्राही र सेवा प्रदायक दुवैलाई लगाइएको अनावश्यक कर र दस्तुरको बोझ कम गर्नेतर्फ समन्वयकारी भूमिका तुरुन्तै खेल्नुपर्ने देखिन्छ । सेवा प्रदायकले पनि परम्परागत सेवामा मात्र केन्द्रित नभई ग्राहकका परिवर्तित माग सम्बोधन गर्न आवश्यक छ । सेवा प्रदायकले आफ्नो आम्दानी बढाउन नयाँ सोच र स्रोत खोज्नुपर्नेछ भने नियामक निकायले सेवा प्रदायकको अवस्थालाई बुझेर उचित निकास दिन योजनाबद्ध विधिले नियमन गर्नुपर्ने देखिन्छ । सेवा प्रदायकले प्रत्यक्ष र अप्रत्यक्ष कर, मोबाइल सेवा अनुमति नवीकरण दस्तुर, फ्रिक्वेन्सी दस्तुर, ओटीटी नियमन, इन्टरनेट सेवा प्रदायकको नियमन आदिमा उचित पहलकदमी नलिए बाँकी रहेका दुई सेवा प्रदायक पनि सेवा सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्ने देखिन्छ । ग्राहकको माग फाइभजी पुगिसक्दा भविष्यमा उक्त सेवाको डिजिटल प्रणाली निर्माण गर्न र त्यस अनुसार संरचना र क्षमता बढाउन आवश्यक छ । ग्राहकलाई आधारभूत सेवा सस्तो र सर्वसुलभ तरिकाले उपलब्ध गराउन सेवा प्रदायकलाई अप्ठ्यारो अवस्थामा बाटो देखाउने भूमिका नियामक निकायकै हो । त्यसैले अन्य देशका नियामक निकायले जसरी सेवाग्राहीलाई सहजता पनि हुने र सेवा प्रदायक पनि आर्थिक रूपमा सबल हुने नीति लिएर अगाडि बढ्न दूरसञ्चार प्राधिकरणले बेलैमा सोच्न आवश्यक छ ।
Opinion
10,046
विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
https://gorkhapatraonline.com/news/55353
काठमाडौं, फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।खेलाडीहरूलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाइ छ । तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।”प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईँहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईँहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।”“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भन्नुभयो, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।”“सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैँ तपाईँहरूको साथमा छु । खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भन्नुभयो, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।”सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिनुहुँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
News
58,218
नेपाल-भारत-चीन: 'भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच एकरूपता देखिएन'
संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमवार नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान गरिने कुरा दोहोर्‍याए।
https://www.bbc.com/nepali/news-53221467
राष्ट्रिय सभामा बोल्दै ज्ञवालीले भने, "विभिन्न देशहरूसँग हाम्रो अहिले पनि छलफल चलिरहेका छन्। तर एउटा मुद्दामा छलफल चले पनि बाँकी विषयहरूमा हाम्रा मित्रताहरू पूर्ववत् नै छन्।" "हाम्रा सम्बन्धहरू पूर्ववत् नै छन्। ती सम्बन्धहरू पूर्ववत् नै रहनुपर्छ।" पछिल्लो समय विवादित देखिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेपछि र निशानछापमा अङ्कित गर्नेगरी संसद्‌बाट पारित भएपछि भारत र नेपालको सम्बन्ध पूर्ववत् नरहेको भन्ने टिप्पणीहरूमाझ सोमवार परराष्ट्रमन्त्रीले संसद्‌मा यस्तो बताएका हुन्। उनले सम्बोधनकै क्रममा भने, "एउटा मुद्दामा छलफल हुनसक्छ। मुद्दाहरूमा देशहरूको बीचमा मतभिन्नताहरू पनि हुन सक्छन्। कहिलेकाहीँ गम्भीर मतभिन्नताहरू पनि हुन सक्छन्। तर त्यसले समग्र एउटा सम्बन्धको आयाम कहीँ कतै प्रभावित हुनुहुँदैन।" राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले भने परराष्ट्रमन्त्रीले दिएको उक्त अभिव्यक्ति र आइतवार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा तालमेल नरहेको बताएका हुन्। नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका राधेश्याम अधिकारीले बीबीसीसँग भने, "आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन खेल हुँदैछ भनेर भारतसँगको जुन प्रकारको सम्बन्ध देखाउनुभएको थियो सोमवार परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबीच ठूलो अन्तर देखिन्छ। तीनमा कुनै तालमेल छैन।" आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरेका थिए। उनले भनेका थिए, "…नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशका प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।" राष्ट्रिय सभामा कांग्रेसकै अर्का सांसद प्रकाश पन्थीले पनि परराष्ट्रमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए। नेपाल भारतबीच वा वा नेपाल चीनबीचको सीमालाई लिएर दिइएको अभिव्यक्ति चित्त बुझ्दो नभएको उनले बताए। "पछिल्लो समय चीन र नेपालबीच पनि सीमा विवाद रहेको भन्ने कुरा समाचारहरूमा आइरहेको छ। ती समाचार झुटा हुन् भनेर परराष्ट्रमन्त्रीले भन्नुभयो तर कसरी झुटा हुन् भन्नुभएन," पन्थीले बीबीसीसँग भने। "चीनसँगको सीमामा स्तम्भ किन राख्न सकिएन भन्ने प्रश्नमा पनि उहाँले चित्तबुझ्दो जवाफ दिनसक्नुभएन।" उनले चीनसँगको सीमा विवादमात्रै नभइ भारतसँगको वार्ताबारेका पछिल्लो विवरण पनि चित्तबुझ्दो दिन नसकेको बताए। "भारतसँग पछिल्लो संवादमा के समस्या छ भन्ने प्रश्नमा पनि समस्या छैन भन्ने जवाफ आयो तर प्रगति के भइरहेको छ भन्ने जवाफ आएन। फेरि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले आइतवार र सोमवार दिएकै अभिव्यक्तिमा पनि एकरूपता देखिएन। स्पष्ट बहुमत भएर पनि भित्रभित्रै कमजोर हुँदै गएको ढाकछोप गर्न खोजेजस्तो देखियो," सांसद पन्थीले भने। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सभामा बोल्दै सीमाबारे उत्तरी छिमेकी चीनसँग कुनै समस्या नरहेको बताएका थिए। त्यस्तै उनले सगरमाथाको उचाइबारे चीनसँग सूचना आदानप्रदान भइरहेको बताएका थिए।
Others
67,566
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
https://gorkhapatraonline.com/news/88768
काठमाडौँ, मङ्सिर २६ गते । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई  पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो ।ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् । कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा अङ्ग्रेजी टाइपिङ गर्नुपर्ने भन्दै गुरुङले पीडितहरूलाई काठमाडौँस्थित आफ्नो घरमै बोलाई अङ्ग्रेजीको टाइपिङको जाँचसमेत लिएकी थिइन् । टाइपिङमा पास भएका भनिएका युवासँग जनही दुई लाख ६० हजार रुपियाँका दरले असुल गरेका गुरुङसहितको गिरोहले म्यानमार पुर्‍याएपछि पीडितहरूलाई अमेरिकी नागरिकलाई अनलाइनमार्फत बिटकोइनलगायतका भर्चुअल करेन्सीबाट ठगी गर्न लगाउने गरेको खुलेको छ ।म्यानमार पु¥याएर बन्धक बनाएको स्थानमा चारैतिरबाट सुरक्षा गार्डले पहरा दिने गरेको र सिसिटिभी क्यामराबाटसमेत निगरानी गरी चरम श्रम शोषण गरेको पाइएको पङ्गेनीले जानकारी दिनुभयो । सो गिरोहले पीडतहरूलाई म्यानमारबाट नौ महिनामा नेपाल फर्कन आठ लाख रुपियाँ फिरौतीसमेत लिएको खुलेको छ । विदेशी नागरिकलाई कम्पनीले भने अनुसार ठगी गर्न नसक्नेलाई कुटपिट गर्ने, विद्युतीय झड्का लगाउने जस्ता चरम शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । फेसबुक, ह्वाटसएप, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकलाई ट्र्यापमा पार्ने, भर्चुअल करेन्सीमा लगानी गर्ने भनी झुक्याएर ठगी गर्न बाध्य पारेको पाइएको छ ।यस घटनामा संलग्न अन्यको खोजतलास भइरहेको तथा पक्राउ परेकी प्रहरीले गुरुङमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।  भिजिट भिसाको आवरणमा दुबई तथा थाइल्यान्डमा पुर्‍याइएका युवालाई यसअघि पनि पटक पटक म्यानमार, भियतनामलगायतका देशमा सयौँको सङ्ख्यामा युवा लगी चिनियाँ कम्पनीबाट ठगी काममा लगाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाउँदै लगेको छ ।   
News
52,336
दुर्गा पक्षको आठौँ दिनः महाअष्टमी पर्व मनाईँदै
बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।
https://gorkhapatraonline.com/news/82898
काठमाडौँ, कात्तिक ५ गते । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।   राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो ।आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गर्दछ  ।  यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने जनाइएको छ । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।  देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजाआजा गरेका छन् ।राति बलिसहित कालरात्रि पूजा गरिँदै आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।
News
32,679
कर्पोरेट ब्याडमिन्टनमा शीर्ष आठ खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
https://ekantipur.com/sports/2021/11/24/163775879829424002.html
काठमाडौँ — नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ती १६ खेलाडीलाई एक कार्यक्रमवीच बुधबार सार्वजनिक गरेको छ ।केबीएका अध्यक्ष रीता विष्टले भने, ‘ब्याडमिन्टन खेलाडीलाई कर्पोरेट हाउससँग जोड्दै आयोजना गर्न लागिएको टिम च्याम्पियनसिपमा आठ वटा कर्पोरेट हाउस सहभागि हुदैछन् । यसमा संघको वरीयताको आधारमा शीर्ष आठ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टिममावरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् ।’ केबी सचिव दीपक थापाकाअनुसार शीर्ष आठमा रहेका महिला खेलाडीद्वय जेसिका गुरुङ (पाँचौं) र सीता राई (आठौं) ले चोटका कारण च्याम्पियनसिप गुमाउनेछन् । उनीहरूको स्थानमा नवौं र दसौं वरीयताका क्रमश : सीमा राजवंशी र सम्झना शर्माले खेल्ने अवसर पाएका छन् ।‘गोला प्रथाको आधारमा खेलाडीहरूलाई टिममा बाँड्नेछौं,’ सचिव थापाले भने । महिलातर्फ शीर्ष वरीयताकी नङ्सल तामाङ सिटिजन्स बैंकमा कार्यरत छिन् । सिटिजन्स बैंक सहभागि नभएका अवस्थामामात्रै उनलाई गोलाप्रथामा समावेश गरिने उनले बताए । नङ्सल, सीमा र सम्झनासँगै अमिता गीरि (दोस्रो वरीयता), अनुमाया राई (तेस्रो), रसिला महर्जन (चौथो), शोभा गौचन (छैटौं), सुनयना मुखिया (सातौं) ले काठमाडौं टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको केबीएले जनाएको छ ।पुरुषतर्फ शीर्ष आठ खेलाडी नै सहभागी हुने पक्का भएको जनाइएको छ । यसमा रत्नजित तामाङ (नम्बर १), दीपेश धामी (दोस्रो), विकास श्रेष्ठ (तेस्रो), साजनकृष्ण ताम्राकार (चौथो), विष्णु कटुवाल (पाँचौं), सुदीप सेढाईं (छैटौं), दीपक बोहोरा (सातौं) र नवीन श्रेष्ठ (आठौं) मा छन् । जुनियरतर्फ विश्व वरीयताको तेस्रोमा रहेका प्रिन्स दाहालले दुई वर्षयता घरेलु प्रतियोगितामा पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनी सिनियरको राष्ट्रिय वरीयतामा नवौं स्थानमा रहेकोले टिम च्याम्पियनसिपमा वैकल्पिक खेलाडीमा परेका छन् ।‘हामीले पहिला संस्थानको टिमबाट प्रतियोगिता खेलेका थियौं । फेरि दुई दशकपछि ब्याडमिन्टन खेलाडीहरूले कर्पोरेट हाउससँग जोडिने अवसर पाएका छन्,’ एनबीएका अध्यक्ष रामजीबहादुर श्रेष्ठले भने, ‘च्याम्पियनसिपको लागि थप १–२ कर्पोरेट हाउससँग कुरा गरिरहेका छौं । टिम थपियो भने अरु १–२ खेलाडीले पनि अवसर पाउनेछन् ।’ केबीए सचिव थापाले सुरुमा शीर्ष १६ खेलाडी सहभागि हुने घोषणा गरिएपनि कोभिड १९ को प्रतिकूलताको कारण शीर्ष आठलाई मात्रै समावेश गर्न सम्भव भएको बताए । उनले भने, ‘हामीले गत जेठमै च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेका थियौं । तर, महामारीको कारण संभव भएन । यसलाई पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्दैछौं ।’मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र वुमेन्स डबल्स गरी ५ स्पर्धासमावेश च्याम्पियनसिपमा विेजता टिमका वरीयता प्राप्त महिला र पुरुष खेलाडीले समान खेलाडीले ७५ हजार, उपवजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपियाँ पाउनेछन् । वरीयता प्राप्त खेलाडीले सहभागि हुनेबित्तकै २० हजार पाउने र त्यसपछि प्रत्येक खेल म्याच फि २ हजार ५ सय पाउने छन् । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको लागि आठ वटा कर्पोरेट टिमको घोषणा चाँडै गर्ने केबीएले जनाएको छ ।
Sports
21,839
धान काट्न भ्याइनभ्याइ
अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ । यस वर्ष पानीले साथ दिएकाले तराईका जिल्लामा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि हुने रामधुनी नगरपालिका–४ का किसान गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै रोप्न पाइयो । मल पनि समयमै पाइएकाले सबैतिर धान राम्रो छ । पानीले पनि साथ दियो ।”
https://gorkhapatraonline.com/news/85663
बाबुराम कार्कीवराहक्षेत्र, मङ्सिर १ गते । अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ । यस वर्ष पानीले साथ दिएकाले तराईका जिल्लामा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि हुने रामधुनी नगरपालिका–४ का किसान गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै रोप्न पाइयो । मल पनि समयमै पाइएकाले सबैतिर धान राम्रो छ । पानीले पनि साथ दियो ।”खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन नदिने हो कि भन्ने पीर किसानलाई छ । मौसमले साथ दिइरहेकाले सुनसरीका किसान पनि पाकेको धान काटेर थे्रसर गर्न थालेका छन् । “कात्तिक पहिलो साता दसैँमा व्यस्त भएका किसानलाई तिहारअगावै धान काटिसक्ने र तिहारलगत्तै उठाउने चटारो छ,” वराहक्षेत्र–९ का किसान भीम गुरुङले भन्नुभयो । अहिले सुनसरीका खेतका फाँटमा धान काट्ने, सुकाउने र थे्रसर गर्ने काममा किसान व्यस्त देखिन थालेका छन् । तराईमा धानबाली भित्र्याउने क्रम मङ्सिरसम्म रहन्छ । किसानलाई धान थन्क्याउने बेलामा पानी परेर धान बिग्रिन्छ कि भन्ने चिन्ता छ । वराहक्षेत्र नगरपालिका–१०, बकुलाचापका ५८ वर्षीय राम खड्काले पानी परेर धान बिग्रिने डरले १० कट्ठामा लगाएको कान्छी मन्सुली धान काटिसक्नुभएको छ । उहाँले भन्नुभयो, “फलेको धान पानीले बिग्रेला कि भनेर काटेर पाँजा सुकाएको छु । धान पाक्ने बेला फेद कुहिने रोगले अगौटे धानमा अलि समस्या बनायो ।” प्रकाशपुरका किसान सीताराम चन्द्रवंशीले धानबारीको बिच बिचमा बोटहरू पहेँलिने र बोट ओइलाएर मर्ने समस्या आएको बताउनुभयो । किसानले तिहारअघि नै धान काटिसके ढुक्कले तिहार मनाउन पाउने भएकाले पनि धान काट्ने चटारो परेको छ । तराईका जिल्लामा किसानले राधाबाह्र, स्वर्णा सब, सावा सब, कान्छी मन्सुली, रञ्जित, राम धान, जिरामसिना, बहुगुनी–२, हर्दिनाथ–६, बिबी–११, कालो बासमती, लल्का बासमतीलगायतका धान किसानले लगाउँदै आएका छन् । सुनसरी जिल्लामा पनि धेरै स्थानमा अगौटे धान काट्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा यस वर्ष ५३ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । कोशी प्रदेशमै तीन लाख ४० हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 
News
36,210
जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्त्वपूर्ण विषय अगाडि सारेको छ ।
https://gorkhapatraonline.com/news/74922
काठमाडौँ,  साउन ३० गते । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्त्वपूर्ण विषय अगाडि सारेको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि ५० वर्ष बनाउनेलगायतका प्रस्ताव अघि सारिएको छ ।विद्युत् खरिद सम्झौतामा रहेको अन्यौलता हटाउन तथा ‘विद्य्त् खरिद–बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०८०’मा नयाँ व्यवस्थाको प्रस्ताव गरिएको हो । यसका  लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जीव देवको संयोजकत्वका गठित कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ । संयोजक सहसचिव देवले लगानी तथा ऊर्जा सुरक्षालाई समेत ख्याल गरी पिपिए (विद्युत् खरिद सम्झौता) अवधि ५० वर्ष बनाउने प्रस्ताव गरिएको जानकारी दिनुभयो । यद्यपि, हालसम्म निजी क्षेत्रले अर्धजलाशय र जलाशय प्रकृतिका कुनै पनि आयोजनामा लगानी गरेका छैनन् । एकाध आयोजनालाई अर्धजलाशय प्रकृतिको उल्लेख गरेर लगानीकर्ताले पिपिएका लागि माग गरेका छन् । पिपिएका लागि माग गरिएका अधिकांश आयोजना समेत नदी प्रवाही प्रकृतिकै छन् । बर्षाको समयमा मात्रै पूर्णक्षमतामा विद्युत् उत्पादन गर्ने त्यस्ता आयोजना हिउँदमा भने न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । सोही कारण सरकारको ध्यान अर्धजलाशय र जलाशययुक्त प्रकृतिका आयोजनामा केन्द्रित भएको हो । पिपिएको अवधिका सन्दर्भमा पनि कति समय दिइरहने भन्ने प्रश्न सरकारी पक्षको छ । विद्युत् व्यवस्थापन गर्ने निकायलाई कुन वर्ष कति मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थप हुन्छ भन्ने कुराको सुनिश्चितता आवश्यक हुन्छ । कोरोना महामारीको कारण देखाएर मात्रै अब छुट दिने वा अन्य कुनै विशेष व्यवस्था गर्ने सन्दर्भमा आवश्यक निर्णय हुन बाँकी छ । निजी क्षेत्रबाट करोडौँ लगानी भइसकेका आयोजनाको पिपिए प्राथमिकतामा नपर्ने कुरा न्यायसङ्गत नहुने इपानको भनाइ छ ।  नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानीको सीमा नबढेको तथा विद्युत् आयोजना निर्माणमा ठुलो सङ्ख्यामा व्यवसायीको आगमन हुँदा लगानी सहज गर्नुपर्ने निजी क्षेत्रको माग छ । त्यसका लागि एक सय मेगावाट क्षमतासम्मका आयोजनाको हकमा पिपिए भएको तीन वर्षसम्म र एक सय मेगावाटदेखि पाँच सय मेगावाट क्षमतासम्मका आयोजनाको हकमा चार वर्ष समय तोक्नुपर्ने इपानको माग छ । यस्तै, पाँच सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको हकमा पाँच वर्षसम्म वित्तीय व्यवस्थापन गर्ने अवधि तोक्नुपर्ने उनीहरूको माग छ । हाल नेपालका निजी क्षेत्रले अधिकांश एक सय मेगावाट क्षमताका आयोजनामा मात्रै लगानी गरेका छन् । हालको अवस्थामा पिपिए नभएका आयोजनाको हकमा कोभिड महामारीको असर तथा पुँजी लगानीको अपर्याप्तताले आयोजनाको सर्भे लाइसेन्स तथा पिपिए खारेज गर्नु न्यायसङ्गत नभएका भन्दै एक वर्ष विशेष अवधि थप गर्नुपर्ने इपानले माग गरेको छ । कुनै कोरिडोरमा प्रसारण लाइनको क्षमता बाँकी भई विद्युत प्रसारण हुने अवस्था रहेमा त्यस क्षेत्रमा रहेको आयोजनाको पिपिए हुनुपर्नेमा इपानले जोड दिएको छ । त्यसका लागि सरकारले उत्तर(दक्षिण नदी कोरिडोरमा केन्द्रित छ वटा चार सय केभी क्षमताका प्रसारण लाइन निर्माणको तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतका अनुसार भारतीय आयात निर्यात बैङ्क बाहेक कोरियाली आयात निर्यात बैङ्कसँग पनि प्रसारण लाइन निर्माणका विषयमा छलफल भइरहेको छ ।प्रसारण लाइन निर्माणका लागि यसअघि भारतीय पक्षसँग त सहमति नै भइसकेको छ । यही साउन २५ गते सम्पन्न नेपाल भारतबीचको १०औँ एलओसी समीक्षा बैठकले पनि ढल्केबर–भित्तामोड चार सय केभी प्रसारण लाइन लगायत अन्य विद्युत प्रसारण पूर्वाधार विस्तारमा थप गति दिने निर्णय गरेको छ ।  यस्तै, भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सब-स्टेसनको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७ दशमलव ९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ । जलाशययुक्त आयोजनामा जोडसरकारले बुढीगण्डकी, दुधकोशी, माथिल्लो अरुणलगायतका आयोजना अगाडि बढाउन खोज्नुको ध्येय पनि ऊर्जा सुरक्षा र हिउँदको माग परिपूर्ति गर्नु नै हो । यी आयोजना चालु आर्थिक वर्षमै सुरु गर्ने गरी आवश्यक तयारी सरकारले गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै गण्डकी गाउँपालिकाका पदाधिकारीसँगको भेटमा स्थानीयवासीको माग सम्बोधन गरेर छिट्टै बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गरिने प्रतिबद्धता जनाइसक्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले दुधकोशी अगाडि बढाउने तयारी गरेको छ भने माथिल्लो अरुणको पनि वित्तीय स्रोतको खोजी भइरहेको छ । माथिल्लो अरुणमा लगानी गर्न विश्व बैङ्क इच्छुक देखिएको छ । साथै आन्तरिक स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव देव संयोजकत्वको प्रतिवेदनले १० मेगावाटसम्मका आयोजना स्वतन्त्र रूपमा ‘क्यू’ नराखी निर्माण गर्न दिन सुझाव दिएको छ । यसबाट साना आयोजनाले प्रत्यक्षरुपमा लाभ हासिल गर्ने प्रतिवेदनमा उल्लेख छ । यद्यपि, सो प्रतिवेदनलाई नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकबाट  पारित भने हुन बाँकी छ । प्रतिवेदनका अधिकांश प्रावधानप्रति निजी क्षेत्रका ऊर्जा उद्यमीले स्वागत गरेपनि केही विषयमा भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आधिकारिक रूपमै असन्तुष्टि सार्वजनिक गरिसकेको छ । विद्युत् खरिद सम्झौता (पिपिए) भएको कति अवधिसम्म वित्तीय व्यवस्थापनका लागि समय दिने र कहिलेसम्म निर्माण सम्पन्न गर्ने भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण छ । लामो समयसम्म पनि ऊर्जा उद्यमीले आयोजनाका लागि आवश्यक स्रोतको प्रबन्ध नगर्दा विद्युत् व्यवस्थापन गर्ने निकायलाई अप्ठ्यारो पर्ने यस क्षेत्रका जानकार बताउँछन् । कोरोना महामारीलगायतका कारण वित्तीय व्यवस्थापन गर्न नसकेको ऊर्जा उद्यमीको भनाइ छ । उनीहरूले लगातार पिपिए गर्न माग गर्दै आएका छन् । इपानका अध्यक्ष गणेश कार्कीलगायतका पदाधिकारीले यही साउन २८ गते पत्रकार सम्मेलन गरी विभिन्न मागसँगै  पिपिए खुलाउनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरणले केही समय अघि मात्रै एक हजार पाँच सय मेगावाट क्षमता बराबरका आयोजनाको पिपिए गरेको थियो । सरकारले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सन् २०२८ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारत निर्यात गर्न दुई देशबीच सहमति भइसकेको छ । साथै ऊर्जा मन्त्री बस्नेतले आन्तरिक खपत बढाउनका लागि सरकार र मन्त्रालयका तर्फबाट योजनाबद्ध प्रयास भइरहेको बताउनुभएको छ । खाना पकाउनका लागि विद्युतीय चुल्होको प्रयोगमा बढाउन तथा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले नीतिगत तथा कार्यक्रमबाटै जोड दिएको छ । आन्तरिक खपत बढाउन तथा विद्युत् निर्यातको राष्ट्रिय लक्ष्य पूरा गर्न प्रसारण लाइन संरचना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तथा वन तथा वातावरणसम्बन्धी कानूनी समस्यालाई प्राथमिकताका साथ निराकरण गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ । उक्त प्रस्तावप्रति इपानले सकारात्मक प्रतिक्रिया दिएको छ ।  रासस
News
37,046
कोरोना भाइरस भारतः भूतपूर्व राष्ट्रपति प्रणब मुखर्जी भेन्टिलेटरमा, अवस्था 'गम्भीर'
कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
https://www.bbc.com/nepali/news-53735397
फाइल तस्बिर उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए। कोभिड-१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ। अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्। राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गरेका थिए। तेस्रो स्थानमा भारत कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ। भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्। भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो। विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Others
68,364
मूल्य नपाउँदा किसान चिन्तित
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् ।
https://gorkhapatraonline.com/news/11575
सर्लाही समाचारदातासर्लाही, वैशाख १९ गते  । सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् । कृषिउपज थोक बजार समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले हरेक दिन बिहान बजारमा मिटर बोडी बोकेका साइकल, मोटरसाइकल, ई–रिक्सालगायत सवारीसाधनको लर्काे लाग्ने गरेको जानकारी दिनुयभो । उत्पादन बढेसँगै केही दिनयता लालबन्दीमा १०० क्विन्टल हाराहारी मिटर बोडीको किनबेच हुने गरेको घिमिरेले बताउनुभयो । बोडीको उत्पादन बढे पनि मूल्य भने ह्वात्तै घटेपछि किसान निकै चिन्तित बनेका छन् । चार दिनअघिसम्म प्रतिकिलो ४० रुपियाँ रहेको बोडी एक सातायता ३० बाट २० हुँदै १५ रुपियाँमा व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् । बजारमा बोडी बढी भएपछि व्यापारी मिलेर मूल्य घटाएको किसानको गुनासो छ । १०० रुपियाँ प्रतिकिलोसम्म बेचेका किसान अहिले १५ रुपियाँमै बोडी दिनुपर्दा निराश भएका छन् । लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राममिलन रायले बोडीको मूल्य निरन्तर घट्दै जाँदा उत्पादन लागत उठाउन पनि मुस्किल पर्ने अवस्था आएको गुनासो गर्नुभयो । लालबन्दीमा उत्पादन भएको बोडी काठमाडौँ, पोखरासहित देशका प्रमुख सहरमा जाने गरेको छ ।  
News
41,120
रंगशालामा किन्डर ओलम्पिक सुरु
अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष हुँदै आएको किन्डर ओलम्पिकको ११औं संस्करण शनिबार दशरथ रंगशालामा शुरु भएको छ ।
https://ekantipur.com/sports/2024/01/20/kinder-olympics-start-at-the-stadium-52-55.html
काठमाडौँ — अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष हुँदै आएको किन्डर ओलम्पिकको ११औं संस्करण शनिबार दशरथ रंगशालामा शुरु भएको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले प्रतियोगिताको उद्घाटन गरे । ओलम्पियन दीपक विष्टले साना नानीहरूले अहिलेदेखि नै पाएको खेलकुदको वातावरणले उनीहरू खेलकुदतर्फ आकर्षित हुने बताए । अर्को शनिबार पनि हुने किन्डर ओलम्पिकमा उपत्यकाभित्रका ३६ विद्यालयको सहभागिता छ ।कार्यक्रममा ३ देखि ६ वर्ष उमेरभित्रका १ हजार ५ सय विद्यार्थीले दशरथ रंगशालामा मार्चपास गरेका थिए । खेलाडीहरूले आफ्नो उमेर समूहको एथलेटिक्स, जुडो, कराते, उसु र तेक्वान्दोका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । किन्डर ओलम्पिक ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण’ नाराका साथ आयोजना गरिएको एकताकी अध्यक्ष वीणा शर्माले बताइन् ।
Sports
15,193
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन
मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ ।
https://gorkhapatraonline.com/news/97703
भक्तपुर, फागुन १३ गते । मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ ।त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय,  विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता विना सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ ।मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताउनुभयो । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उहाँले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पुर्‍याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।”सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उहाँको भनाइ छ ।कडा अनुगमनका बिचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् । रासस
News
41,803
शिक्षकलाई तलब खुवाउन विद्यालयमा सटर निर्माण
नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।
https://gorkhapatraonline.com/news/51619
गोविन्द शर्माबाँके, माघ ६ गते । नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ । तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो । “नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित आम्दानी गर्नेछ,” वडाध्यक्ष वर्माले भन्नुभयो, “विद्यालयमा शिक्षक राख्न र अन्य शैक्षिक व्यवस्थापनमा भाडाबापत प्राप्त भएको रकम खर्च गरिनेछ ।” विद्यालयमा माध्यमिक तहमा शिक्षकको दरबन्दी अभाव भएका कारण पहिलो प्राथमिकता मावि तहको शिक्षक पदपूर्तिमा हुने वर्माले बताउनुभयो । वडा कार्यालयले कहिलेकाँही उपलब्ध गराउने आर्थिक सहयोगले शिक्षक राख्न दिगो नहुने भएकाले नियमित आम्दानीका लागि सटर निर्माण गरिदिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष वर्माले विद्यालयको नियमित आम्दानीमा शैक्षिक सुधार हुन सक्ने देखिएकाले  अर्थ मन्त्रालयबाट विनियोजन भएको तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३५ लाख र विद्यालयको ३ लाख ५० हजार रुपियाँमा सटर निर्माण गरिएको बताउनुभयो । नेपालगञ्जकै पुरानोमध्येको मावि लग्दहवा ६ दशक पहिले सञ्चालनमा आएको हो ।  वडाले यसवर्ष शैक्षिक पूर्वाधार विकास र गुणस्तरीय शैक्षिक व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ । वडाले विभिन्न विद्यालयमा चालु आव. मा ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको छ ।
News
42,882
सञ्चालकले बदमासी नगरे सहकारी सङ्कटमा पर्दैनन्
गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकले बदमासी नगरे कुनै पनि सहकारी सङ्घ संस्था सङ्कटमा नपर्ने बताउनुभएको छ । ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्दै उहाँले सञ्चालक इमानदार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने बताउनुभयो ।
https://gorkhapatraonline.com/news/92022
काठमाडौँ, पुस २२ गते । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकले बदमासी नगरे कुनै पनि सहकारी सङ्घ संस्था सङ्कटमा नपर्ने बताउनुभएको छ ।ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्दै उहाँले सञ्चालक इमानदार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने बताउनुभयो ।ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्थामार्फत डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । कार्यक्रममा होम बचतका सञ्चालक सदस्य सञ्जयलाल अमात्यलाई प्रमुख अतिथि शाक्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सहसम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेल, संस्थाका सचिव शोभना थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।   
News
52,036
वसन्तपुर क्षेत्रको पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ।
https://gorkhapatraonline.com/news/52156
काठमाडौं, माघ ११ गते। २०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनर्निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ। हनुमानढोका दरबार सङ्ग्रहलयका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार पुनर्निर्माण पूर्णरुपमा सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको हो। २०७२ को भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोकसमेत गरेर ९५ वटा सानाठूला सम्पदामा क्षति पुर्याएको थियो। त्यसमध्ये काष्ठमण्डप, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ। सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत गरेपछि हनुमानढोका र वसन्तपुर दरबार क्षेत्र विश्वसामु परिचित छन्।हनुमानढोका दरबार संग्राहलयका कार्यकारी निर्देशक खनालका अनुसार, वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै सङ्घ–संस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्तासमिति मार्फत काम भइरहेको छ। ठूला परियोजनामा अमेरिका र चीन सरकारको सहयोग रहेको छ। गद्दी बैठक र नौतले दरबारको पुनर्निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाले उपभोक्ता समितिमार्फत काष्ठमण्डपको पुनर्निर्माण गरेको छ। प्रदेश सरकारको सहयोगमा जगन्नाथ मन्दिर पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। शिव मन्दिर क्षेत्रको भने पुनर्निर्माण भइराखेको छ।भूकम्पले क्षति पुर्याएका केही सम्पदाको पुनर्निर्माण काम अझै सुरु हुन सकेको छैन। वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन। पूर्णरुपमा क्षति भएको माजुदेग आठ करोड ११ लाखको लागतमा निर्माण हुँदैछ। काम सुरु हुन बाँकी रहेका संरचनाको काम तत्काल सुरु भएमा दुई वर्षभित्र यो क्षेत्रको सम्पूर्ण काम पूरा हुने उहाँको भनाइ छ। नौतले दरबार चीन सरकारले बनाएको हो। पुनर्निर्माण सम्पन्न भए पनि यो हस्तान्तरण भएको छैन।  हस्तान्तरण भएपछि प्रदर्शनीका लागि करिब एक वर्षको समय लाग्ने उहाँले बताउनुभयो। भूकम्पले क्षति पुर्याएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्रबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री  :
News
33,408
भरतपुर भ्रमण वर्ष २०२४ हुने
‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेभएको छ भने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरूलाई सहभागी गराउने तयारी भइरहेको छ ।
https://gorkhapatraonline.com/news/97903
वसन्त पराजुलीभरतपुर फागुन १५ गते । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेभएको छ भने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरूलाई सहभागी गराउने तयारी भइरहेको छ । भरतपुर महानगरकी प्रमुख रेणु दाहालले महानगरले सबै पूर्व प्रधानमन्त्रीहरूलाई निमन्त्रणा पठाएको र अधिकांश सहभागी हुने जनाउनुभएको बताउनुभयो । फागुन १८ गते आयोजना हुन लागेको भरतपुर पर्यटन वर्ष २०२४ को उद्घाटन समारोहको तयारीका सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन सबैमा आग्रह गर्नुभयो । “प्रधानमन्त्री ज्यूले उद्घाटन गर्नुहुने यो कार्यक्रममा पूर्व प्रधानमन्त्री, सङ्घीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, सङ्घ तथा प्रदेश सांसदहरू लगायत तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ”, पत्रकार सम्मेलनमा प्रमुख दाहालले भन्नुभयो । उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुने कार्यक्रम तय भएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जनाउनुभयो । भ्रमण वर्ष उद्घाटन समारोहमा करिब ५० हजार जनसहभागिता गराउने तयारी महानगरले गरिरहेको छ । यसका लागि महानगरभित्र रहेका २९ वटै वडाबाट बाजागाजा सहितका झाकीहरु सहितको र्‍याली निकाल्ने तयारी महानगरले गरी रहेको छ । सो अवसरमा राष्ट्रिय कालकारहरूको प्रस्तुति समेत रहने बताइएको छ । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरू गठन गरी भ्रमण वर्षको तयारी गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महानगरभित्र रहेका पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धिगर्दै  दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि गराउने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको हो । प्रमुख दाहालले पर्यटन वर्षले आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको बताउनुभयो । भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य महानगरले लिएको छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकका लागि भरतपुर सहित सौराहा र गैँडाकोटमा रहेका होटलहरुमा १५ हजार बेड व्यवस्था भएको महानगरका प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । 
News
48,728
अपांगता भएकालाई सवारी लाइसेन्सबाट वञ्चित नगर
सवारीसाधन सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) अनिवार्य सर्त हो । तर त्यही लाइसेन्स लिन अपांगता भएका व्यक्तिहरूका लागि सकसपूर्ण छ । लाइसेन्स लिन खोज्दा प्रायःलाई यातायातका कर्मचारीले नै ‘मिल्दैन’ भनेर पन्छाउँछन्, दिन तयार भए भने झन्झटिलो प्रक्रिया अपनाउन बाध्य पार्छन् ।
https://ekantipur.com/opinion/2024/05/06/dont-deny-disabled-people-a-drivers-license-31-09.html
सवारीसाधन सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) अनिवार्य सर्त हो । तर त्यही लाइसेन्स लिन अपांगता भएका व्यक्तिहरूका लागि सकसपूर्ण छ । लाइसेन्स लिन खोज्दा प्रायःलाई यातायातका कर्मचारीले नै ‘मिल्दैन’ भनेर पन्छाउँछन्, दिन तयार भए भने झन्झटिलो प्रक्रिया अपनाउन बाध्य पार्छन् ।त्यही कारण अपांगता भएका धेरै व्यक्तिले चाहेर पनि सवारीसाधन चलाउन पाएका छैनन् । कतिपयले भने लाइसेन्सबेगर जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाइरहेका छन् । सवारी लाइसेन्समा राज्यको यस्तो विभेद अपांगता भएका व्यक्तिमाथि अपमान हो, अन्याय हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ अनुसार दृष्टिसम्बन्धी अपांगता भएकाबाहेक अरू व्यक्ति सवारी चालक अनुमतिपत्र पाउन योग्य हुन्छन् । साधारण ध्वनि संकेत, आवाज सुन्न नसक्ने व्यक्तिको सवालमा उनीहरूको क्षमता परीक्षण गरेर तोकिएबमोजिम मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउन पाउने गरी लाइसेन्स दिने व्यवस्था ऐनमा छ । हातखुट्टा शक्तिहीन भएर काम दिन नसक्ने (शारीरिक अपांगता) व्यक्तिहरूका हकमा खास किसिमले बनेको सवारीसाधन चलाउन पाउने गरी लाइसेन्स दिनुपर्छ भनिएको छ । सर्वोच्च अदालतले आवाज नसुन्ने व्यक्तिका लागि एक वर्षभित्रमा सडक पूर्वाधार सुधार (ट्राफिक चिह्न राख्नेलगायत) एवं ऐन संशोधन गरेर लाइसेन्स वितरण गर्न आदेश दिएकै पनि ११ वर्ष बितेको छ । सरकारले अदालतको आदेशसमेत पालना नगर्दा अपांगता भएका व्यक्तिहरू लाइसेन्सबाट वञ्चित भइरहेका छन् । यातायात कार्यालयका कर्मचारीले श्रवणशक्ति गुमाएका व्यक्तिका लागि सडकको मापदण्ड र शारीरिक अपांगता भएका व्यक्तिका हकमा खास किसिमले बनेको सवारीसाधन कस्तो हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै सवारी लाइसेन्समा अपांगता भएका व्यक्तिहरूलाई पन्छाउने गरेका छन् । कतिपयले पटक–पटक धाएर, हारगुहार गरेर, ढाँटेर, कर्मचारीलाई ‘घूस’ दिएर सवारी लाइसेन्स लिएका छन् । उनीहरूले नवीकरणका बेला उस्तै झन्झट बेहोर्नुपर्छ । कोहीले अपांगता हुनुअघि लिएको एउटा सवारीसाधनको लाइसेन्सले अर्को साधन चलाइरहेका छन् । लाइसेन्स लिन नसकेर कतिपयले त्यत्तिकै पनि सवारीसाधन चलाइरहेका हुन्छन् । ट्राफिक प्रहरीले समातिहाले अपांगता परिचयपत्र देखाएर वा ट्राफिक प्रहरीसँग अनुनयविनय गरेका भरमा जरिवाना शुल्कबाट जोगिने गरेका छन् । लाइसेन्सबिना सवारीसाधन चलाए ट्राफिक प्रहरीले दुई हजार रुपैयाँ जरिवाना गराउँछन् । अनुनयले जरिवानाबाट जोगिए पनि चिन्ताको विषयचाहिँ लाइसेन्सबिना चलाउँदा निम्तिन सक्ने जोखिम हो । केही गरी दुर्घटना भइहाले यात्रुमा पर्ने क्षतिको भार चालकमाथि नै आइपर्छ । कोही यात्रुको मृत्यु हुन गए अपांगता भएको चालकले आजीवन काराबास जानुपर्ने हुन्छ ।राष्ट्रिय जनगणना ०७८ अनुसार दसै वर्गका अपांगता भएका व्यक्तिको संख्या देशभर ६ लाख ४७ हजार ७ सय ४४ छ । यो देशको कुल जनसंख्याको २.२ प्रतिशत हो । अपांगता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा आउजाउ गर्न सहज छैन । घरबाट कतै निस्कनुपर्‍यो भने सार्वजनिक सवारीसाधन भएको ठाउँसम्म पुग्नुपर्छ, फर्कंदा पनि त्यहीँबाट हिँड्नुपर्छ । आफैं सवारीसाधन चलाउन सके उनीहरूलाई आवागमन सहज हुन्छ, गन्तव्यमा पनि छिटो पुग्न सक्छन् । पेसा, व्यवसायजस्ता अर्थोपार्जनमा संलग्न भएकाहरूलाई यातायातको सहज सुविधाले ठूलो राहत दिन्छ । नेपालले अनुमोदन गरेको अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) को धारा ९ मा सरकारले अपांगता भएकालाई अरूसरह सबै ठाउँमा पुग्न सक्ने गरी यातायात सुविधा र पहुँच प्रदान गर्नुपर्छ भनिएको छ । सीआरपीडीको धारा १५ अनुसार अपांगता भएकालाई कुनै प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन ।अपांगता भएका व्यक्तिहरूले झेलिरहेको सवारी लाइसेन्सको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । अपांगतामैत्री यातायात सेवा सुविधाबारे अविलम्ब स्पष्ट कानुनी प्रबन्ध गर्नुपर्छ । सवारीसाधनको प्रकृति र अपांगताको तहअनुसार कसले कस्ता सवारी चलाउन पाउने, सडकको मापदण्ड कस्तो हुनुपर्ने, सुरक्षा विधि के कस्तो अपनाउने जस्ता मापदण्ड अविलम्ब निर्धारण गर्नुपर्छ । त्यहीअनुसार सडकको स्तरोन्नति पनि गर्नुपर्छ । कानुनी मापदण्डले मिल्ने व्यक्तिहरूलाई सरल प्रक्रियामा सवारी लाइसेन्स वितरण गर्नुपर्छ । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र होइन, नीति निर्माणमा समन्वय गर्ने र अपांगता भएका व्यक्तिहरूको सम्पर्क मन्त्रालय भएको हैसियतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि तदारुकता देखाउनुपर्छ ।
Opinion
9,431
ट्याक्सी दुर्घटनामा निधन भएका एकै परिवारका सदस्य
शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका रहेको खुलेको छ । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । 
https://ekantipur.com/news/2024/03/30/all-those-who-died-in-the-taxi-accident-are-from-the-same-family-04-31.html
गोरखा — शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका रहेको खुलेको छ । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारीसाधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ । चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ । उनीहरू सबै एकै परिवारका हुन् । बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको ज्वाइँ हुन् । ‘अस्पतालमा रहेका शंकरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भनेपछि उहाँहरू हिजो काठमाडौं जानुभएको हो, उहाँको हिजै निधन भयो,’ परिवारका एक सदस्यले भने,‘दाहसंस्कारको काम सकेर फर्कँदै गर्दा यस्तो घटना भयो ।’
News
4,521
चौथौँ पटक विजयी जनार्दनको भोट १५ वर्षमा १२ प्रतिशतले वृद्धि
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
https://gorkhapatraonline.com/news/46236
जयमान बुढा मगररुकुमपूर्व, मङ्सिर ११ गते । वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौँ पटक विजय हुनुभएको छ ।  वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ सो बेला कांग्रेस नेता गोपालजिङ् शाहसँग पराजित हुनुभएको थियो । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि उहाँले २०६४ देखि २०७९ मङ्सिर चार पटकसम्म आइपुग्दा १५ वर्षको अवधिमा रुकुमबाट निरन्तर निर्वाचित हुनुहुन्छ ।जितसँगै उहाँले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै र मत सङ्ख्या पनि बढाइरहनुभएको छ । २०६४ मा सदर मतको ५७.११ प्रतिशत मत पाउनुभएका शर्माले १५ वर्षको अवधिमा १२ प्रतिशतले मत बढाउनुभएको हो । २०६४ सालमा जिल्लामा कुल खसेको मध्ये ३९ हजार ५ सय ३१ मत सदर हुँदा शर्माले २२ हजार ५ सय ७५ मत पाउनुभएको थियो । यो कुल सदरमतको ५७.११ प्रतिशत थियो । –विजयी हुनुभएका प्रदेशसभाका उम्मेदवारहरूसहित अर्थमन्त्री शर्मा ।६ वर्षपछि २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा शर्माले उक्त प्रतिशत बढाएर ६३.२५ प्रतिशत  पुर्‍याउनुभयो । उक्त निर्वाचनमा ४७ हजार ८ सय ५५ मत सदर भएकोमा शर्माले ३० हजार २ सय २७ मत पाउनुभयो । त्यसको ४ वर्षपछि शर्माको मत ३ प्रतिशतले बढेर ६६.२७ प्रतिशत पुग्यो । उक्त निर्वाचनमा जिल्लाभरमा खसेको मध्ये ५१ हजार ९ सय १५ मत सदर भएको थियो ।उक्त मत कुल सदर मतको ६६.२७ प्रतिशत थियो । अहिले २०७९ साल मङ्सिर ४ सम्म आइपुग्दा शर्माको मत २०७४ को तुलनामा ३ प्रतिशत र पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि ११.९२ प्रतिशतले बढेको छ । मङ्सिर ४ को निर्वाचनमा जिल्ला भरमा कुल ६० हजार ५ सय २७ मत खसेको र त्यसमध्ये ५७ हजार २ सय ९५ मत सदर हुँदा शर्माको पक्षमा ६९.३ प्रतिशत मत खसेको छ । उहाँले ३९ हजार ५ सय ४९ पाएर चौथौँ पटक विजयी हुनुभयो ।
News
60,136
सन् १९१७ मा आजकै दिन : केनेडीको जन्म 
सन् १९१७ मा आजकै दिन (मे २९) मा अमेरिकी पूर्वराष्ट्रपति जोन अफ केनेडीको जन्म भएको थियो । उनी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । केनेडी अमेरिकाका हालसम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् ।
https://ekantipur.com/world/2024/05/29/on-this-day-in-1917-kennedy-was-born-45-42.html
काठमाडौँ — सन् १९१७ मा आजकै दिन (मे २९) मा अमेरिकी पूर्वराष्ट्रपति जोन अफ केनेडीको जन्म भएको थियो । उनी अमेरिकाको ३५ औं राष्ट्रपति हुन् । केनेडी अमेरिकाका हालसम्मकै सर्वाधिक लोकप्रिय राष्ट्रपति मानिन्छन् ।केनेडी १९६० नोभेम्बर ८ मा रिपब्लिकन दलका रिचार्ड निक्सनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । १९६१ जनवरी २० देखि राष्ट्रपतीय कार्यकाल सुरु गरेका केनेडी १९६३ नोभेम्बर २२ मा हत्या हुनुअघिम्म पदमा थिए ।टेक्सास राज्यको डालसमा सार्पसुटर ली हार्भी ओस्वाल्डले गोली प्रहार गरी केनेडीको हत्या गरेका थिए । केनेडीले १९६१ मे २५ मा गरेको घोषणाअनुसार अमेरिकाले १९६९ जुलाई २१ मा अपोलो–११ यानमार्फत पहिलो पटक चन्द्रमामा मानिस पठाइएको थियो । केनेडीसँग पराजित भएका निक्सन भने १९६९ मा राष्ट्रपति भएका थिए ।
World
11,677
यो भोटो कसको हो, प्रमाण ल्याउ
आज भोटो जात्रा अर्थात् झन्डै एक महिना लामो रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाएपछि सकिने दिन।
https://www.bbc.com/nepali/news-48569792
परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख ५ गते पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइएको हो। उक्त भोटो छ महिना बुङ्गमतीमा र छ महिना मच्छिन्द्रबहालको ढुकुटीमा राखिन्छ। किंवदन्ती अनुसार कर्कोटक नागराजले आफ्नी रानीको आँखा निको पार्ने वैद्यलाइ उपहारस्वरूप उक्त बहुमूल्य रत्नजडित भोटो वैद्य समेत रहेका एक किसानलाई दिएका हुन्। श्रीमती निको भएपछि नागराजले किसानलाई उपहार माग्न भनेपछि रानीले नै लगाएको भोटो मागेको एक किंवदन्ती छ। तर एउटा भूतले त्यो भोटो चोरेपछि विवाद बढ्यो र भोटो दाबी गर्न प्रमाण ल्याउन भनियो। तर न त भूत न किसानले नै प्रमाण जुटाउन नसकेपछि उक्त भोटोलाई मच्छिन्द्रनाथको रथबाट चारै दिशामा देखाउने परम्परा बसेको विश्वास छ। भुकम्पपछि बुङ्गमतीको मन्दिरको सुरक्षा संवेदनशीलता बढेको भन्दै मन्दिरका पुजारीहरू भोटोको सुरक्षाप्रति चिन्तित देखिएका छन्। रातो मच्छिन्द्रनाथ पुजारी सङ्घका अनुसार ३१ जना पुजारीले पन्ध्रपन्ध्र दिनको पालोमा भोटो लगायतका बहुमूल्य वस्तुको सुरक्षा निगरानीमा खटिन्छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि जसले सातौँ पटक जिब्रो छेडे अन्तका भन्दा भक्तपुरकी कुमारी कसरी फरक
Others
64,695
पाहुनालाई काउलीको गुन्द्रुक उपहार
प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।
https://gorkhapatraonline.com/news/54994
बाबुराम शर्मा चरिकोट, फागुन ८ गते । प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो । उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ । उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ । करिब  १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् । यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो,  झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो । प्रचारप्रसार होस् भनेर  पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो । यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् । वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो । 
News
38,964
टुरिजम गल्फ आजदेखि
नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप मंगलबार सुरु हुँदै छ । गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने तीनदिने प्रतियोगिता ५४ होलमा हुनेछ । नेपाल गल्फ संघ (एनजीए) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ३६ खेलाडीले भाग लिनेछन् ।
https://ekantipur.com/sports/2022/09/27/16642413774975238.html
काठमाडौँ — नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप मंगलबार सुरु हुँदै छ । गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने तीनदिने प्रतियोगिता ५४ होलमा हुनेछ । नेपाल गल्फ संघ (एनजीए) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ३६ खेलाडीले भाग लिनेछन् । प्रतियोगितामा ३६ होलको टिम च्याम्पियनसिप पनि हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुवास तामाङले सद्भाव आचार्यसँग मिलेर नेपाल ‘ए’ को प्रतिनिधित्व गर्नेछन् । टासी छिरिङ र वाङचेन धोन्डुपले नेपाल ‘बी’ बाट खेल्नेछन् । ‘संघले वार्षिक गर्ने यो विश्व वरीयताको प्रतियोगिता हो, वरीयता भन्ने बित्तिकै अन्य देशका खेलाडीहरू पनि खेल्न आउँछन्, तर यसपालि प्रतिकूल समय पर्न गयो,’ एनजीएका युवा तथा खेल विकास निर्देशक दीपक आचार्यले भने । प्रतियोगितामा कतारका शीर्ष दुई एमेच्योर खेलाडी सेलाह अली अल्काबी र अब्दुल रहमान अल सहरानीले टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । टिम च्याम्पियनसिपमै बंगलादेशका शीर्ष एमेच्योर खेलाडी पुरुषतर्फ लिटोन मण्डल र मेहदी हसन खेल्नेछन् भने महिलातर्फ सोनिया अख्तर र रिंकी अख्तरले नेपालका कश्मिरा शाह र सुष्मा सिग्देलविरुद्ध खेल्नेछन् । ‘डेंगीको असर र हवाई टिकट अभावका कारण अन्य धेरै देशका खेलाडी आउन सकेनन्,’ एनजीएका अध्यक्ष टासी घलेले भने, ‘हामीले महिला टिमलाई पनि यसपालिदेखि केन्द्रित गरेका छौं ।’सुष्माले टिम च्याम्पियनसिपमा प्रदेश १ को पनि प्रतिनिधित्व गर्नेछिन् । उनको जोडीको रूपमा सुमित्रा लिम्बू हुनेछिन् । त्यस्तै वाग्मती प्रदेशबाट तारा कार्की चित्रकार र प्रतिभा राई तथा गण्डकी प्रदेशबाट जुनी गुरुङ र टीका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदपछि नेपालका महिला खेलाडीले पहिलो पटक टिम च्याम्पियनसिपमा खेल्न लागेका हुन् । बिहीबार अन्तिम दिन ६० सोसियल गल्फरले स्टेबलफोर्ड संरचनामा अर्को इभेन्ट खेल्नेछन् । यसमा नेपाल र मलेसियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एनजीएका कोषाध्यक्ष किसन अग्रवालले प्रतियोगिताका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने जनाए ।
Sports
19,546
प्रहरीद्वारा चार अर्ब तीन करोड ४४ लाख बराबरको राजस्व संकलन
राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व संकलन भएको जनाइएको छ । 
https://ekantipur.com/news/2024/04/01/collection-of-revenue-equal-to-four-billion-three-crore-44-lakhs-by-the-police-30-29.html
काठमाडौँ — राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व संकलन भएको जनाइएको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट संकलन भएको हो ।ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक पमा ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ । लुकाईछिपाईकन भन्सार छली गर्ने, अवैध पले सामान भित्र्याउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बताए । 'यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाइ गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपाय अवलम्बन गरी प्रहरीले सक्रिय पमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको र राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ ।'संकलित राजस्वमध्ये अवैध मालसमान बरामदबाट एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६, ट्राफिक जरिवानाबाट एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ र फैसला कार्यान्वयनबाट एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ संकलन भएको प्रवक्ता ढकालले जानकारी दिए । चालु आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्याङ्कको विश्लेषण गर्दा राजस्व संकलन छ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४.२२ पैसा हुने प्रक्षेपण गरिएको छ जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आङ्कलन गरिएको छ ।उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ का दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको आठ-आठ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ । यसैगरी, आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म दुई अर्ब ९९ करोड एक लाख ४३ हजार २४८. ६२ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार अर्ब तीन करोड ४४ लाख ९६ हजार पाँच सय २९ रूपैयाँ ४८ पैसा बराबर राजस्व संकलन भएको देखिन्छ । दुवै आर्थिक वर्षको आठ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको उनले बताए ।
News
4,458
नैनीताल जिप दुर्घटना : जो हाम फालेर जोगिए
भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्ने कामदारबीच सोमबार साँझ अबेरसम्म नयाँ वर्ष मनाउन घरतर्फ हिँड्ने विषयलाई लिएर विवाद भइरहेको थियो– सोमबार जाने कि मंगलबार भनेर । यसैमा एक/दुई जनाले गाडी खोजेर ल्याए र मालसामान राख्न थाले । सबैले लत्ताकपडादेखि भाँडाकुँडासम्म राख्दा रातिको १० बजिसकेको थियो । 
https://ekantipur.com/news/2024/04/10/nainital-jeep-accident-those-who-jumped-out-survived-14-05.html
कञ्चनपुर — भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्ने कामदारबीच सोमबार साँझ अबेरसम्म नयाँ वर्ष मनाउन घरतर्फ हिँड्ने विषयलाई लिएर विवाद भइरहेको थियो– सोमबार जाने कि मंगलबार भनेर । यसैमा एक/दुई जनाले गाडी खोजेर ल्याए र मालसामान राख्न थाले । सबैले लत्ताकपडादेखि भाँडाकुँडासम्म राख्दा रातिको १० बजिसकेको थियो । बर्दियाको बाँसगढी नगरपालिकाका हर्कबहादुर गिरी र प्रेमबहादुर बुढा सबैभन्दा पछि जिपमा चढ्दै थिए । एक्कासि जिप स्टार्ट भयो, तर अगाडि नबढी भीरमा खस्यो । जिप २ सय मिटर तल खोचमा खस्दा ७ नेपालीसहित ८ जनाको मृत्यु भयो । दुई जना गम्भीर घाइते भए । गिरी र बुढाले हाम फालेर ज्यान जोगाए । ‘हामीले त राम्ररी चढ्नै पाएनौं,’ गिरीले फोनमा भने, ‘हाम फालेर जोगिएँ, हात र खुट्टामा चोट छ ।’ दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको हो । तीमध्ये ७ जना नेपाली छन् । उनीहरू बर्दिया र बाँकेका भएको प्रारम्भिक अनुमान गरिए पनि यकिन ठेगाना पहिचान भइसकेको छैन । गिरीका अनुसार मृत्यु भएकामा बाँसगढीकै गोपाल भनिने ४० वर्षीय टोपबहादुर बस्नेत, ५० वर्षीय विश्राम चौधरी, ४० वर्षीय अन्तराम चौधरी, ५५ वर्षीय उदय चौधरी, ३८ वर्षीय विनोद चौधरी, ४५ वर्षीय तिलक चौधरी र ४५ वर्षीय धीरज चौधरी छन् । नैनीताल प्रहरीका अनुसार मंगलबार साँझसम्म अन्तराम, विनोद, उदय, तिलक, धीरज र टोपबहादुरको सनाखत भएको छ । घाइते शान्ति चौधरी र छोटु चौधरीको हल्द्वानीस्थित तिवारी राजकीय अस्पतालमा उपचार भइरहेको छ । बाँके र बर्दियाका १७ जना गहुँ छरेर मंसिरमा कामको खोजीमा बेतालघाट पुगेका थिए । उनीहरूलाई प्रेम बुढाले लगेका थिए । हिउँदमा कहिले वर्षा त कहिले हिमपातका कारण नियमित काम हुन सकेन । पाँच जना ४० दिन काम गरेर एक महिनाअघि नै फर्किए । अन्य ११ जनाले ७०/७२ दिन मात्रै काम गरे । बाँकी ११ जना पनि साता/दस दिनअघि नै आउन खोजेका थिए । तर ठेकेदारले ज्याला भुक्तानी नगर्दा आउन सकेनन् । ‘अहिले पनि ज्याला त पाएनौं, घरसम्म पुग्ने भाडा लिएर आउन लागेका हौं,’ गिरीले भने, ‘नयाँ वर्ष पर्नुका साथै गहुँ काट्ने बेला पनि भयो, त्यही भएर आउन लागेका थियौं, केही साथी बाटोमै रहे, केही अस्पतालमा ।’ उच्चाकोट बेतालघाटबाट १८ किलोमिटरपूर्वतर्फ पर्छ । उक्त उच्चाकोटबाट भवाली हुँदै ७० किलोमिटर टाढा रहेको हल्द्वानीसम्म पुग्ने गरी नेपाली कामदारले बोलेरो जिप बुक गरेका थिए । उनीहरूको साथमा ओढ्ने ओछ्याउनेदेखि भाँडाकुँडासम्म भए पनि ‘त्यति धेरै लोड नभएको’ बेतालघाट प्रहरी चौकी इन्चार्ज अनिस अहमदले बताए । उनका अनुसार जिप भिरालोमा रोकेका कारण स्टार्ट गर्नेबित्तिकै एक्कासि अनियन्त्रित भएको हुन सक्ने अनुमान छ । चालक राजेन्द्रकुमार स्थानीय हुन् ।
News
4,275
१४ भारतीय शहर विश्वका 'अतिप्रदूषित २०' को सूचीमा
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वका अतिप्रदूषित २० वटा शहरहरूमध्ये भारतमा १४ वटा शहरहरू रहेको देखाएको छ।
https://www.bbc.com/nepali/news-43978985
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनबारे बीबीसीले गरेको विश्लेषणले सन् २०१६ मा उत्तरी शहर कानपुरको हावामा पीएम२.५ भनिने अतिसूक्ष्म कणहरू सबभन्दा धेरै रहेको देखिएको छ। ती कणहरू घातक हुने गर्छन् र तिनले श्वासप्रश्वास एवम् मुटु वा रक्तनलीसम्बन्धी रोगहरूको सम्भावनालाई बढाइदिन्छन्। सूची अतिप्रदूषित शहरको सूचीमा राजधानी दिल्लीसहित बनारस, गया, पटना, लखनउ, आग्रा र श्रीनगर पनि परेका छन्। उक्त अध्ययनले सन् २०१६ मा वायु प्रदूषणका कारण विश्वभरि ४२ लाख मानिसको मृत्यु भएको जनाएको छ। सोही वर्ष कानपुरमा पीएम२.५ को औसत स्तर १७३ रहेको थियो जुन विश्व स्वास्थ्य सङ्गठनले तय गरेको सुरक्षित सीमाभन्दा सत्र गुनाले धेरै हो। भारतको राजधानी दिल्ली छैठौँ धेरै प्रदूषित शहरको स्थानमा रहेको छ। त्यहाँको औसत पीएम२.५ परिमाण १४३ मापन गरिएको थियो। अस्वीकार्य अध्ययनका अनुसार विश्वमा दश मानिसमध्ये नौ जनाले प्रदूषित हावामा श्वास लिने गर्छन्। प्रदूषण उत्पन्न गर्ने इन्धन र प्रविधिबाट खाना पकाउँदा निक्लिने प्रदूषणका कारण सन् २०१६ मा करिब ३८ लाख मानिसको मृत्यु भएको अध्ययनले देखाएको छ। गंगा नदीमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले अझै पनि अधिकांश महिला र बालबालिकासहित तीन अर्बभन्दा धेरै मानिसहरू घरमा प्रदूषण गर्ने स्टोभ र इन्धन प्रयोग गरेर घातक धूँवा लिन बाध्य भइरहनु स्वीकार्य नभएको जनाएको छ। सङ्गठनका महानिर्देशकले यदि वायु प्रदूषण सम्बोधन गर्न तत्काल कार्य नगर्ने हो भने दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताएका छन्। गत दुई दशकमा भारतले तीव्र विकास गरेको देखिन्छ। तर यसले प्रदूषण बढाउँदै लगेको छ। कमजोर औद्योगिक नियमनको व्यवस्थाका कारण त्यहाँ कारखानाहरूले प्रदूषण नियन्त्रणका उपायहरू पालना गरेका छैनन्। तीव्र निर्माणले प्रदूषण उच्च भएको छ। प्रदूषणको सुरक्षित सीमाको स्तरभन्दा ७० गुना धेरै प्रदूषण भएपछि गत वर्ष दिल्लीमा सार्वजनिक स्वास्थ्यको आपत्कालीन स्थिति घोषणा गरिएको थियो।
Others
69,382
जलवायु परिवर्तन: सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड कसरी?
जलवायु सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइडको विषय छ।
https://www.bbc.com/nepali/news-53016657
मानिस र अधिकांश जीवले अक्सिजन लिन्छन् र सासबाट कार्बन डाइअक्साइड फाल्छन्। तर मानवीय गतिविधिका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेको छ। जलवायु परिवर्तनमा आखिर कार्बन डाइअक्साइडको भूमिका के छ त? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
Others
63,706
रुसी सेनामा नेपाली : फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नाप्रति आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो ।
https://ekantipur.com/news/2023/12/28/nepalis-in-the-russian-army-russia-ignored-the-request-to-send-them-back-21-54.html
काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नाप्रति आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो । रुस-युक्रेन सीमामा युद्धका क्रममा खटिएका रुसी सैनिक । तस्बिर : तासमानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि नेपालले अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरणसमेत उपलब्ध गराएको छैन । रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका मध्ये ९ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीलाई पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र फिर्ता गर्न आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्‍याइदिन्छु’ भन्ने प्रतिबद्धता जनाएका थिए । तर, उनले नेपालीहरुको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् ।रुस र युक्रेनबीच १७ सय किलोमिटरको सिमानामा विगत दुई वर्षदेखि युद्ध भइरहेको छ । सिमाना र भित्र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ छन् । रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था दयनीय छ । रुसी सेनाले युद्धकालसम्बन्धी पूरा तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढिरहेको छ । तर, रुसले विवरण सार्वजनिक गरेको छैन ।परराष्ट्र मन्त्रालयले कम्तीमा सय जना नेपालीहरू सम्पर्कविहीन भएको सूचना आफन्तबाट आएको जनाएको छ । ‘सरकारलाई परिवार र आफन्तबाट निवेदन प्राप्त भएको छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘त्यस विषयमा हामीले रुससँग कुराकानी गरिरहेका छौं ।’ उनले परराष्ट्रले नेपालीलाई सकुशल फिर्ता ल्याउनका लागि निरन्तर गृहकार्य गरिरहेको दाबी गरे । ‘नतिजा आएपछि मात्र हामी सबैलाई जानकारी दिनेछौं । अहिले नै के कुराकानी भएको थियो भन्नेबारेमा बाहिर बोल्नु उचित हुन्न,’ उनले भने ।परराष्ट्र मन्त्रालयका अनुसार पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् । आफन्तले दाहसंस्कार गरेका थप दुई जनाको विषयमा परराष्ट्रले औपचारिक पुष्टि गरेको छैन । ‘हामीले गर्न सक्ने र भन्नुपर्ने ठाउँमा भनिरहेका छौं । तर रुसले हामीले भनेको मानेकै छैन । जसले गर्दा त्यहाँ रहेका नेपालीको अवस्था थाहा पाउन निकै गाह्रो भइरहेको छ,’ परराष्ट्रका एक पदाधिकारीले भने ।रुसी सेनामा नेपालीको प्रयोग सम्बन्धमा काठमाडौंस्थित रुसी दूतावास कान्तिपुर दैनिकसँग सम्पर्कमा आए पनि कुनै पनि जवाफ दिन चाहेन । रुसी सेनामा भर्ती भएका नेपालीका सम्बन्धमा लामो समय प्रतिक्रियाविहीन रहेको नेपाल सरकारले साउन १६ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेको थियो । परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको परराष्ट्रको भनाइ थियो ।तर, घटना हुनु अगाडि नै परराष्ट्र मन्त्रालय सक्रिय बन्न सकेन । मस्कोमा रहेको नेपाली दूतावासले भने नेपालीहरूको रुसी सेनामा भर्ती सम्बन्धमा कुनै पनि सूचना पाउन सकेन । नेपालीहरू रुसी सेनामा एक वर्षदेखि भर्ती भएको र युद्धका क्रममा मृत्यु भएको समाचार विदेशी सञ्चारमाध्यममा आएपछि मात्र नेपाली दूतावासले थाहा पाएको थियो । दोस्रो पटक, मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो ।नेपाली युवा एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती हुँदै आएका छन् । तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरूले आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गर्दै आएका छन् ।
News
6,837
प्लिसकोभा बाहिरिइन्
बेलायती वाइल्डकार्ड केटी बौल्टर उत्कृष्ट पुनरागमनका साथ बिहीबार क्यारोलिन प्लिसकोभालाई पराजित गर्दै विम्बल्डन टेनिसको तेस्रो चरण पुगेकी छन् । सेन्टर कोर्टमा भएको खेलमा २५ वर्षीया बौल्टरले सन् २०२१ की उपविजेता चेक गणतन्त्रकी प्लिसकोभालाई ३–६, ७–६, ६–४ लाई पराजित गरिन् ।
https://ekantipur.com/sports/2022/07/01/165663709665927275.html
लन्डन — बेलायती वाइल्डकार्ड केटी बौल्टर उत्कृष्ट पुनरागमनका साथ बिहीबार क्यारोलिन प्लिसकोभालाई पराजित गर्दै विम्बल्डन टेनिसको तेस्रो चरण पुगेकी छन् । सेन्टर कोर्टमा भएको खेलमा २५ वर्षीया बौल्टरले सन् २०२१ की उपविजेता चेक गणतन्त्रकी प्लिसकोभालाई ३–६, ७–६, ६–४ लाई पराजित गरिन् ।पुरुषतर्फ जर्मन खेलाडी स्टेफानोस सिटसिपासले तेस्रो चरणमा प्रवेशका लागि अस्ट्रेलियाका जोर्डन थोम्सनलाई ६–२, ६–३, ७–५ ले हराए । पूर्वफ्रेन्च ओपन उपविजेता ग्रिस खेलाडीले तेस्रो चरणमा केही चुनौती सामना गर्नुपरे पनि जितका लागि धेरै मिहिनेत गर्नुपरेन । चौथो वरीयताका सिटसिपास सन् २०१८ यता विम्बल्डनको तेस्रो चरणमा पुगेको यो पहिलोपल्ट हो । यस अगाडि एन्डी मरे अमेरिकी खेलाडी जोन इस्नरसँग पराजित हुँदै बुधबार दोस्रो चरणबाट बाहिरिएका छन् । पूर्व नम्बर एक खेलाडी ३५ वर्षीय मरे ६–४, ७–६, ६–७ र ६–४ ले पराजित भए । तेस्रो सेट जितेर मरेले खेलमा आफ्नो सम्भावना राखे पनि २० औं वरीयताका इस्नर अन्ततः बलियो रहे । बुधबारकै खेलबाट १९ वर्षीय बेलायती किशोरी इमा राडुकानुको चुनौती पनि सकिएको छ । उनी फ्रान्सकी क्यारोलिन गार्सियासँग ६–३ र ६–३ ले पराजित रहिन् । चोटबाट बच्न संघर्षरत राडुकानुले आफ्नो प्रतिष्ठा र अपेक्षाअनुसार खेल्न सकिनन् ।
Sports
20,114
मनमौजी सडक खन्दा पहाडका अन्न भण्डार बाँझै
भोजपुरको साल्पासिलिछो गाउँपालिका– ४ पाङ्लुङका उद्धवबहादुर राईले जीवनभर कृषि पेसा अपनाए । अहिले ७५ वर्षको उमेरमा पनि मेलापातमा उत्तिकै घोटिन्छन् । तर, परिवारकै खाद्यान्न धान्ने सर्सिला खेतमा समेत केही वर्षयता परिश्रम गरेजति चित्तबुझ्दो उब्जनी हुन छाडेको छ ।
https://ekantipur.com/news/2024/06/09/the-grain-stores-of-the-mountains-are-barren-when-the-road-is-dug-43-09.html
काठमाडौँ — भोजपुरको साल्पासिलिछो गाउँपालिका– ४ पाङ्लुङका उद्धवबहादुर राईले जीवनभर कृषि पेसा अपनाए । अहिले ७५ वर्षको उमेरमा पनि मेलापातमा उत्तिकै घोटिन्छन् । तर, परिवारकै खाद्यान्न धान्ने सर्सिला खेतमा समेत केही वर्षयता परिश्रम गरेजति चित्तबुझ्दो उब्जनी हुन छाडेको छ ।०३८/०३९ सालतिर उनले घरखेत बेचेर मधेश बसाइँ झर्न लागेका छिमेकीबाट निजी कुलोको सिँचाइ लाग्ने १५ रोपनी सर्सिला खेत किनेका थिए । खेत पुग्न इर्खुवा खोला किनारै किनार पर्ने तेन्जिङ हिलारी मार्ग भएर एक घण्टाजति ओरालो झर्नुपर्छ । पश्चिमपट्टिको पुवा खोलाबाट ल्याएको निजी कुलोले खेतलाई मनग्य सिँचाइ पुग्थ्यो । एक बाली मात्रै भए पनि ३० देखि ३५ मुरी धान फल्थ्यो । घरमा धान भित्रिन थालेपछि उद्धवबहादुरकी श्रीमती रत्नकुमारीलाई सात जनाको परिवारमा भान्सा थेग्न धेरै सजिलो भयो ।६ वर्षअघि स्थानीय कृषि सडक सञ्जालले जोडिएको यहाँ डोजर लगाएर पुस्तौंदेखि भोगचलन गर्दै आएको खेतबारी भत्काउँदै, पुर्दै, क्षति गर्दै सडक खनिए पनि स्थानीयहरू गाउँमै गाडी चढ्न पाइने आशले खुसी थिए । जब कच्ची सडक पानी परेपछि भल बग्ने खोल्सो बन्यो, खेतबारीमा बर्सेनि क्षति बढ्न थाल्यो । सडकले सास्ती थपिदिएको कृषकहरूमध्येमा पर्छन् उद्धवबहादुर । ०७४ माघमा तेन्जिङ याक्साडाँडादेखि सर्सिला खेत छेउ हुँदै मास्तिर जाल्पादेवी मावि र गाउँ–गाउँसम्म डोजर लगाएर सडकको ट्र्याक खोलिएको थियो । भिरालो र बलौटे जमिनमा खनेको सडकको माटो र बर्खे भल बगेर खेतबारी पुरिन्थे । दोस्रो स्थानीय तह निर्वाचन हुनु एक वर्षअघि सडक स्तरोन्नति गरियो । सर्सिला खेत जोगाएर खनेको सडकमा मोड नपुगेको र पहिरो खस्ने जोखिम भएको भन्दै सडक खन्ने ठेक्का पाएकाहरूले कुलो हुँदै सडक लग्न दिन अनुमति मागे । चार दशकदेखि रोप्दै आएको खेत बाँझो हुने गरी कुलोमाथि सडक कुदाउने कुरा उनलाई ठिक लागेको थिएन । ‘आफू एक्लैले अवरोध गर्दा गाउँकै विकासमा असर पुग्छ भने किन नदिने’ भन्नेमा पुगे । उनले अनुमति दिए । अहिले सय मिटर जति कुलोको भागमा सडक पर्छ । पहिले खेतीको सिजन आएपछि कुलोमा खसेका पातपतिङ्गर एकपल्ट सोहोरे पुग्थ्यो । चार वर्षअघि कुलो हुँदै सडक खनेदेखि वर्षैपिच्छे तीन–चार पल्ट बनाउनुपर्छ । यसपछि सुरु भएको थियो उद्धवबहादुरको जीवनमा सडकले ल्याएको दुःख ।तस्बिर सौजन्य : विनोद राईपहिलो वर्ष सडकले भत्काएको कुलो पहिल्याउन हम्मेहम्मे पर्‍यो । वर्षैपिच्छे सडक हुँदै बग्ने भलबाढीले ढुंगा, गिट्टी, बालुवा, गेग्रान बोकेर कुलोमा थुपारिदिन्छ, ठाउँ–ठाउँ भत्किरहन्छ । मान्छे लगाएर मर्मत गर्दा वर्षैपिच्छे १५/२० हजार खर्च हुन्छ । खेतमा चाहिएका बेला सिँचाइ पुग्दैन । सिँचाइ नमिलेर उब्जनी घटेको छ । अचेल मुस्किलले १५ मुरी फल्छ । ‘तीन–चार पुस्ता पहिलेदेखिको कुलो बिगारेर फसाइदिए नि, निजी कुलो भनेर पालिकाले पनि नहेर्दो रहेछ,’ उद्धवबहादुरले कान्तिपुरसित भने, ‘सिँचाइ नपुग्ने भएर अलिकति कागती खेती पनि लगाएका छौं, बाँकी खेत जसरी भए पनि रोप्नैपर्ने हुन्छ, हाम्रो (परिवारको) अन्नदाता नै त्यही खेत हो ।’ सर्सिला खेत जाल्पादेवी माविमुनि पर्छ । सडकको दूरी याक्साडाँडादेखि जाल्पा माविसम्म झण्डै पाँच किमि उकालो छ । यो सडकले क्षति गरेको सर्सिला खेतमा मात्रै होइन, साल्पासिलिछो– ४ वासेप्लाका सञ्जीव खालिङ परिवारको खेतको तीन भागमध्ये एक भाग त अब कहिल्यै धान नफल्ने गरी बाँझै पल्टिएको छ । ०७४ सालमा खेतदेखि एक किमिमाथि सडकको ट्र्याक खोल्दा ठूला ढुंगा र माटोको थुप्रो खेतमा खसालिदिएका थिए । खेतको मुनितिरको भाग पनि सडकले काटियो । रुद्राक्षका विरुवा र गोठ पुरिए । खुकुलो र बलौटे माटो भएकाले पहिरो खसिरहन्छ । खेतमा भल पसिरहन्छ । पहिले ३० मुरी फल्ने खेतमा अहिले १५ मुरी फलाउन पनि मुस्किल पर्ने उनले बताए । ‘हामीले त खन्न नदिन रोक्न पनि खोजेकै थियौं, एक जनाले खन्न नदिएर विकास रोक्न नि भएन भनेर दियौं,’ सञ्जीवले भने, ‘अहिले खेतमा परेको मिहिनेत उठाउन गाह्रो छ, चामल किनेर खानुपर्छ ।’ सडक पर्ने खेतको समेत तिरो तिर्नुपरिरहेको उनले बताए । ‘हाम्रो खेत भएर सडक लगेको छ, अझ तिरो पनि तिरिरहेका छौं, जमिन सडकको भएपछि तिरो कम हुनुपर्ने हो नि !’ उनले थपे ।पाङलुङका अर्का स्थानीय प्रकाश राई उक्त सडकले खेतीमा असर पारेको कुरामा सहमत छन् । तर विकास गर्दा विनाश हुने कुरालाई नकार्न नसकिने उनी बताउँछन् । ‘विकास पनि चाहिएकै छ, केही पाउन केही त गुमाउनै पर्‍यो, मेरो पनि खेतबारी मासिएकै छ,’ उनले भने । कृषक परिवारका अन्नदाता खेतबारी नै बिगारेर निर्माण गरिएको सडकमा सवारीका साधन चल्न पनि मुस्किल छ । ‘ठाउँ भिराइलो छ, पानीले खोलेर लान्छ, असारदेखि गाडी देख्न पाइँदैन, बाइक चलाउन पनि मुस्किल छ, गाडी चढ्न एक घण्टा हिँडेर गाउँपालिका पुग्छौं,’ प्रकाशले भने । जाल्पादेवी माविका शिक्षक विनोद राईले भलपानी निकास हुने नालीबिनै जथाभावी खनिएको सडक अलिअलि पानी पर्दा नै बेकामे हुने बताए । ‘भलबाढी निकास गर्ने नाली नबनाएपछि सडक पूरै कुलो जसरी बग्ने भैगो, बर्खामास हामी शिक्षक विद्यार्थीलाई विद्यालय आउन जान पनि पहिरोकै डर छ,’ उनले भने । उल्लिखित पात्रहरूले भनेझैं सडकले गर्दा पहाडी, भिराला तथा कमजोर भूबनोटमा अवस्थित खेतीयोग्य जमिन मासिने, उब्जनी घट्ने र समग्र जीविकोपार्जनलाई नै असर पार्ने गरेको छ । कृषि उब्जनी घटाउने थुप्रै कारणमध्येमा पर्छ जताततै निर्माण गरिएको सडक । राष्ट्रिय तथ्यांक कार्यालयको कृषि गणना अनुसार पछिल्लो एक दशकमा देशभर १४ हजार ९ सय ६४ हेक्टर खेतीयोग्य जमिन ‘स्वाइल इरोजन र फिजिकल डिग्रेडेसन’ (भूक्षय र भौतिक क्षयीकरण) भयो । तस्बिर सौजन्य : सन्जीव खालिङतथ्यांक कार्यालयका प्रमुख तथ्यांकविद् हेमराज रेग्मीका अनुसार भूक्षय, बाढीपहिरो, सुख्खा पहिरो, भूकम्पले मात्रै खेतीयोग्य जमिन नष्ट भएको छैन, सडक पनि यसमा मुख्य जिम्मेवार छ । ‘जथाभावी सडक खनिएको हुन्छ, अझ खन्नै नमिल्ने भूबनोट भएकामा पनि बाटो खन्ने प्रवृत्ति छ,’ उनी भन्छन्, ‘यसले गर्दा पानी परेपछि पहिरो खस्छ, खेतीयोग्य जमिनलाई नष्ट पार्छ, बगर बनाउँछ ।’ विपद्ले खेतीयोग्य जमिनमा पार्ने क्षति भौगोलिक अवस्थिति अनुसार फरक पर्छ । रेग्मी थप्छन्, ‘तराईमा भए समथर हुन्छ, यो वर्ष डुबान भए पनि अर्को वा दुई वर्षपछि खेती गर्न सकिने सम्भावना अधिक हुन्छ, पहाडमा त्यो सम्भावना एकदमै न्यून हुन्छ, उब्जनी गर्नै सकिंदैन ।’ आ.व. ०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार देशको करिब ६२ प्रतिशत परिवारको मुख्य पेसा नै कृषि हो । यसैगरी कुल जनसंख्याको ६७ प्रतिशत जनसंख्या कृषक परिवारभित्र रहेका छन् । यो तथ्याकंलाई आधार मान्ने हो भने पहाडी भेगमा कृषक परिवारका ७८ लाख ७७ हजार जनसंख्या सडकले खेतीयोग्य जमिनमा पार्ने क्षतिबाट धेरै वा थोरै प्रभावित हुन्छन् । ०७८ को जनगणना अनुसार पहाडको जनसंख्या कुल १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना छ ।भोजपुरको छिमेकी जिल्ला धनकुटाको ताङ्खुवा खोला जलाधार क्षेत्रमा पनि स्थानीय सडक निर्माणले साल्पासिलिछोका कृषकलाई जस्तै असर पारेको थियो । ०७७ सालमा प्रकाशित ‘ताङ्खुवा खोला जलाधार क्षेत्रमा कच्ची सडक निर्माण र खेतीजमिनमा यसले पारेको क्षति’ विषयक जर्नलका अनुसार संघीयता संरचनाको अभ्यासपछि त्यहाँका हरेक वडालाई जोड्ने सडक निर्माण गतिविधि बढ्यो । सडक निर्माण गर्ने उचित ज्ञान, सीप, डिजाइन प्रयोग नगर्दा जलाधार क्षेत्रको वातावरणीय स्रोत, कृषि र जीविकोपार्जनमा असर पारेको उल्लेख छ । ‘सडकले स्वाभाविक रूपमा स्थानीयलाई बजार, शिक्षा र स्वास्थ्यको पहुँचमा जोड्छ,’ जर्नलमा भनिएको छ, ‘सडक निर्माण गर्दा जमिन काट्ने, पर्खाल र ड्रेनेज निर्माणमा गर्ने इन्जिनियरिङ नअपनाउँदा यस्ता सडकले नाटकीय रूपमा जमिन नष्ट गरेको छ र जलाधार क्षेत्रका समुदायको जीविकोपार्जनमा जोखिम अत्यधिक बढाएको छ ।’भोजपुर र धनकुटामा मात्रै होइन, यस्तो क्षति कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका बस्ती–बस्तीमा भेटिन्छ । ०७४ सालअघिसम्म खेतीबारीकै उत्पादनले मनग्य खान पुग्ने परिवारसमेत जतासुकै खनिएका सडकको चपेटामा परेर भारतमा मौसमी मजदुरीमा जान बाध्य छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले बिना अध्ययन ०७४ सालमा दैलेखको नारायण नगरपालिका–४ भिरमौरादेखि डुंगेश्वर गाउँपालिकासम्म र नारायण नगरपालिकाले ०७८ सालमा वडा नं. ४ को भैसीखोरदेखि भिरमौरासम्म सडक निर्माण गरेपछि खानेपानी मुहान र सिँचाइ कुलो पुरिएर २८ कृषक परिवारको खेती उब्जनी तहसनहस पार्‍यो । ८ परिवारको खेतीयोग्य जमिन पुरिएर बगर बन्यो । सडक पहिरो खसेर बाँकी परिवारको खेतीयोग्य जमिन बर्सेनि पुरिंदैछ । ‘खेती गर्ने जमिन र उब्जनी घट्दै गएपछि यहाँ मानिसहरूलाई दुई छाक टार्न भारत जानुपर्ने र खाडी मुलुक जानुपर्ने दबाब बढेको छ,’ दैलेखका खाद्य अधिकारकर्मी प्रकाश नेगीले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अभिलेखअनुसार संघीय सरकारबाट विस्तार गरिएका सडक ३४ हजार २ सय ६७ किमि र प्रदेश सरकार तथा स्थानीय तहबाट विस्तार गरिएका ६७ हजार २ सय ४६ किमि गरेर हालसम्म देशभर कूल १ लाख १ हजार ५ सय १३ किमि लम्बाइको सडक सञ्जाल जोडिएको छ । यो आव ०८०/०८१ को फागुनसम्मको तथ्यांक हो । अर्थ मन्त्रालयले गत जेठ १३ मा प्रकाशित गरेको आर्थिक सर्भेक्षण प्रतिवेदन अनुसार प्रदेश र स्थानीय स्तरका सडक सञ्जालमध्ये सबैभन्दा बढी ५५ प्रतिशत पहाडमा, २९ प्रतिशत तराईमा र १६ प्रतिशत हिमाली भेगमा निर्माण गरिएका छन् । तर, हचुवामा खनिएका अधिकांश स्थानीय सडकले सर्वसाधारणलाई सुविस्ता भन्दा पनि थप सास्ती थपेको छ । ०७८ असोज ३१ देखि कात्तिक ३ सम्मको बेमौसमी वर्षासँगै बाढीपहिरो आउँदा बझाङको खप्तडछान्ना गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । खेतीबारी पुरिएर, बगेर नष्ट भए । स्थानीय जनप्रतिनिधिले सडक खनेर गाउँ–गाउँ जोड्ने बहानामा जथाभावी भारी उपकरण (डोजर) चलाउँदा भिरालो र कमजोर भूबनोट भएको खप्तडछान्नामा बाढी पहिरो गएको थियो । सरकारले घर बनाइदिने आश देखाएको ६ महिनासम्म कुरेर नपाएपछि यहाँका थुप्रै बाढीपहिरो पीडितले दोस्रो स्थानीय तहको चुनावको मुखैमा गाउँ छाडेका थिए । बस्ने बास र गरिखाने खेतबारी नै नरहेपछि उनीहरू मजदुरी गर्न भारत गएका हुन् ।सडकलाई विकासको मुख्य आधार भनिए पनि जथाभावी निर्माण गर्ने प्रवृत्तिले कृषिमा आधारित जीविकोपार्जनलाई असर पारेको छ । जस्तो देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपान) को योगदान नै घटिरहेको छ । पछिल्लो पाँच वर्षमा ३.५८ प्रतिशतले घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको अभिलेख अनुसार गत आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत थियो भने आव ०७५/०७६ मा २७.५ प्रतिशत थियो । कुनै पनि योजना वा आयोजना सञ्चालन गर्दा वातावरणीय, सामाजिक तथा जीविकोपार्जनमा असर हुन नदिन वा भैहाले रोकथाम गर्न सरकारले वातावरण संरक्षण ऐन र नियमावली बनाएको छ । तर, प्रभावकारी कार्यान्वयन हुनै सकेको छैन । कार्यान्वयन नहुँदा पनि प्रभावितहरूले ‘विरोध’ गरिहाल्दैनन् । ‘सडक मान्छेले चाहेको हुन्छ, सिधा डिजाइन भएको छ भने पनि मिलेसम्म दुई किमि घुमाएर मेरै आँगन भएर निर्माण गर भन्छन्,’ अधिवक्ता अनिलकुमार श्रेष्ठ भन्छन्, ‘त्यही भएर वातावरणीय पक्षबाट हेर्दैनन्, यसरी निर्माण गर्दा असर पर्छ नै, परे पनि ‘विकासविरोधी’ होइने मनोदशाले बोल्दैनन् ।’काठमाडौं स्कुल अफ लका सह–प्राध्यापक समेत रहेका श्रेष्ठले हालसम्म सिँचाइ, खानेपानी र सडकमा आयोजना र निर्माण व्यवसायीबीच परेका सयभन्दा बढी मुद्दामा कानुन व्यवसायीका रूपमा मध्यस्थको काम गरेका छन् तर सडक आयोजनामा वातावरणीय मुद्दाहरू आएको जानकारीमा नरहेको उनले बताए । ‘अन्य आयोजनाका वातावरणीय मुद्दाहरू आउने गर्छन्, सडकलाई लिएर वातावरणीय मुद्दा परेको मेरो ‘नोटिस’मा आजसम्म भेटेको छैन,’ उनले थपे ।
News
2,722
निक्षेप तथा लगानीमा ब्याजदरको प्रभाव 
सर्वसाधारणसँग रहेको बचत रकमलाई एकत्रित गरी निक्षेपका रूपमा जम्मा गरिन्छ र आवश्यक पर्ने व्यक्तिलाई कर्जास्वरूप लगानी गरिन्छ, जुन मागेका बखत फिर्ता दिने सर्तमा नासोका रूपमा लिइएको हुन्छ । निक्षेपकर्ताले विश्वासका रूपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको बचत रकममा निश्चित प्रतिशत ब्याजदर कायम गरिएको हुन्छ ।
https://ekantipur.com/opinion/2023/11/03/effect-of-interest-rates-on-deposits-and-investments-45-17.html
सर्वसाधारणसँग रहेको बचत रकमलाई एकत्रित गरी निक्षेपका रूपमा जम्मा गरिन्छ र आवश्यक पर्ने व्यक्तिलाई कर्जास्वरूप लगानी गरिन्छ, जुन मागेका बखत फिर्ता दिने सर्तमा नासोका रूपमा लिइएको हुन्छ । निक्षेपकर्ताले विश्वासका रूपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको बचत रकममा निश्चित प्रतिशत ब्याजदर कायम गरिएको हुन्छ ।बैंक तथा वित्तीय संस्थाले निक्षेपमा मात्रै ठूलो रकम ब्याजस्वरूप खर्चिएका हुन्छन् । बैंक तथा वित्तीय संस्थाको खर्चको सबैभन्दा ठूलो अंश निक्षेपमा दिने ब्याज नै हुन्छ । निक्षेपकर्ताले वित्तीय बजारको ब्याजदरलाई नियालिरहेका हुन्छन्; जहाँ बढी ब्याजदर पाइन्छ, त्यहीँ बचत गर्न चाहन्छन् ।बढी ब्याजदरको चाहनाका कारण सहकारीमा रकम राख्ने प्रवृत्तिले आज धेरै निक्षेपकर्ता मारमा परेका छन् । कतिपय सहकारी रातारात फरार भएका छन् भने कतिले घरजग्गामा अन्धाधुन्द लगानी गरेकाले निक्षेपकर्ताले मागेका बखत रकम पाउन सकिरहेका छैनन् । सामान्यतया जोखिम लिन नचाहने व्यक्तिहरूले निश्चित प्रतिशत ब्याज पाउने गरी बैंक तथा वित्तीय संस्थामा रकम राख्ने गरेका छन् । सामान्यतया ब्याजदर एउटा स्किम हो जसका आधारमा निक्षेप तथा कर्जा घट्ने–बढ्ने गर्छ ।निक्षेपजस्तै लगानी तथा कर्जालाई पनि ब्याजदरले प्रभाव पार्छ । जुन संस्थामा लगानीको ब्याजदर कम छ, ऋणीहरू त्यतै पुग्छन् । बैंक तथा वित्तीय संस्थाको आम्दानीको मुख्य स्रोत भनेको कर्जा लगानीबाट प्राप्त ब्याज नै हो । साथै अन्य ट्रेजरी बिलमा गरिएको लगानी, क्रेडिट पर्चेज, कमिसन, सेवाशुल्क आदिबाट प्राप्त रकम पनि आयस्रोत नै हो । ब्याजदरलाई एउटा महत्त्वपूर्ण चरका रूपमा लिइन्छ, जसले पैसालाई चलायमान बनाउँछ । सामान्य सिद्धान्तअनुरूप बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर उच्च हुँदा सेयर, बन्ड तथा ऋणपत्रको लगानी कम हुन्छ । कर्जामा ब्याजदर कम हुँदा लगानीकर्ताले कर्जा लिएर सेयर तथा ऋणपत्रमा लगानी गर्ने, व्यवसाय गर्ने, निर्माणको काम हुने हुन्छ, जसले गर्दा पैसा चलायमान हुन्छ । २०६९ देखि २०८० सालसम्मको अवधिलाई हेर्दा, निक्षेप हरेक वर्ष बढिरहेको छ र लगानी पनि । तर लगानीको प्रभाव कहीँ परेको देखिँदैन । पछिल्लो समय अर्थतन्त्रमा देखिएको तरलताको संकुचनले लगानी साँघुरिएको छ । यति लामो समयसम्म लगानी बढिरहँदा पनि प्रभाव नदेखिनुलाई सकारात्मक मान्न सकिँदैन । २०७७ सालमा निक्षेप १९.७ प्रतिशत वृद्धि हुँदा कर्जा २७.७ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७९–८० को अन्तिम महिनामा ब्याजदर सामान्य घट्दा पनि कर्जाको वृद्धि मुस्किलले भयो । २०७१ सालदेखि बैंक तथा वित्तीय क्षेत्रमा निक्षेपका तुलनामा कर्जा लगानी बढ्दै गएको हो । २०७३ सालमा निक्षेप र कर्जा दुवैमा औसत ब्याजदर घट्यो । यसले गर्दा निक्षेप पनि घट्यो, जुन स्वाभाविक हो । तर आश्चर्य, कर्जा पनि घट्यो ! २०७५ मा ब्याजदरमा वृद्धि हुँदा निक्षेप र कर्जा दुवै बढ्यो । २०७८ मा पनि निक्षेप र कर्जामा ब्याजदर घट्दा कर्जा पनि घटेको देखियो । तसर्थ ब्याजदरको प्रभाव पूर्ण रूपमा न निक्षेपमा परेको छ न त लगानीमा । निक्षेप र लगानीको औसत ब्याजदर समयसमयमा तलमाथि भएको छ, २०७३ सालमा ३.०९ प्रतिशतदेखि २०८० मा पुग्दा ७.९९ प्रतिशतसम्म र २०७३ मा ८.८८ प्रतिशतदेखि २०६९ मा १४.२२ प्रतिशतसम्म । ब्याजदर ४ प्रतिशतभन्दा माथि घटबढ भइरहँदा निक्षेप र लगानीले आफ्नै गति लिएको देखिन्छ । ब्याजदरका कारण निक्षेप र लगानीमा सकारात्मक वा नकारात्मक सम्बन्ध मात्रै रहेको देखिन्न । यो प्रवृत्ति लगानी र ब्याजदरमा मात्रै होइन, निक्षेप र ब्याजदरमा पनि उस्तै छ । जुन गतिमा निक्षेप बढिरहेको छ, त्यसको औसत ब्याजदर त्यही हिसाबले निकै तलमाथि भएको छ । पछिल्लो समय निक्षेपको ब्याजदर १२.१३ प्रतिशतसम्म पुग्दा पनि वित्तीय बजारमा पर्याप्त तरलता आउन सकेन । ब्याजदर एउटा महत्त्वपूर्ण तत्त्व हुँदो हो त यसको प्रभाव देखिनुपर्थ्यो । यसबाट के स्पष्ट हुन्छ भने, ब्याजदरले निक्षेपको वृद्धि तथा ह्रासमा खासै फरक पार्दैन ।निक्षेपकर्तालाई ब्याजदरको मतलब नभएर यस्तो भएको हो ? कि, वित्तीय साक्षरताको अभाव हो ? निक्षेपकर्ताहरूको ब्याजदरमा चासो नभई साउँ रकम मात्र सुरक्षित होस् भन्ने चाहनाका कारण यस्तो भएको हो भने यो गम्भीर विषय हो । देशमा रोजगारी छैन, श्रम गर्ने युवाहरूले विदेशलाई गन्तव्य बनाउँदै छन्, उत्पादन ठप्पप्रायः छ, आयातको बढ्दो छ, देश रेमिट्यान्समा अडेको छ । यस्तो अवस्थामा ब्याजदरले निक्षेपमा कुनै असर परेको नदेखिनु सोचनीय छ ।निक्षेपको औसत ब्याजदर जति बेला बढेको हुन्छ, त्यो समय कर्जाको औसत ब्याजदर पनि उकालो लागेको देखिन्छ । तरलतामा संकुचन आउँदा ब्याजदर, निक्षेपको होस् कि कर्जाको, बढेको पाइन्छ । तर निक्षेप ब्याजदर बढ्दा बचत अझ बढी हुनुपर्ने र कर्जाको ब्याजदर घट्दा ऋण लिनेको माग बढी भई कर्जा लगानी अझ बढी हुनुपर्ने हो । तर त्यस्तो भएको देखिन्न ।बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन क्षेत्र, पर्यटन, पूर्वाधार निर्माण, सेवा क्षेत्रमा हुने; देशमा रोजगारी हुने; मानिसको आय र क्रयशक्ति बढ्दो अवस्थामा हुने; निर्यातले आयात प्रतिस्थापन भई व्यापार घाटा नभई नाफाको स्थिति हुने; रेमिट्यान्स देश विकासमा लगाउने वातावरण हुने; आयातले निर्यात क्षमता वृद्धिको अवस्था हुने भएमा मात्र निक्षेप तथा लगानी ब्याजदरको प्रभाव सकारात्मक हुन सक्छ । र, समग्रतामा आम्दानी बढ्न गई देश आफ्नो खर्च धान्न सक्ने हैसियतमा पुग्नेछ ।निक्षेप तथा लगानीमा ब्याजदरको सम्बन्ध सकारात्मक नदेखिनुका प्रमुख कारण— १. निक्षेप संकलनको स्रोत के हो ? रकम कहाँबाट आइरहेको छ ? वैधानिक हो कि होइन ? हेर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संकलन भएको निक्षेपको वास्तविक स्रोत खोज्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु, प्रविधिको राम्रो प्रबन्ध नहुनु, नियामक निकायले चाल्ने कदमहरू परीक्षणको फेजमा रहनु र नियमनको दायरा फराकिलो बनाउन नसक्नुजस्ता पक्षहरूले निक्षेपको मुख्य स्रोत पहिचान हुन सकेको पाइँदैन । यसले गर्दा ब्याजदरले निक्षेप वृद्धिमा प्रभाव पारेको देखिन्न ।२. लगानीको सदुपयोग तथा दुरुपयोग के भएको छ ? लगानीको क्षेत्र के हो ? यस्ता प्रश्नहरूबारे गम्भीर हुनुपर्छ । लगानी आयात प्रवर्द्धनमा लगाइनु, बजार मूल्य नियन्त्रण गर्ने संयन्त्र कमजोर भएर कालाबजारी बढ्नाले उपभोक्ता महँगीको मारमा पर्नु, मानिसमा श्रम गर्ने बानी हट्नाले साग–धनियाँ–खुर्सानीजस्ता भान्साका सामान्य आवश्यकताका लागि पनि आयातको भर पर्नु, स्वदेशको उत्पादन उचित बजार र मूल्य नपाउँदा खेर फाल्नुपर्ने अवस्था आउनु, मानिसहरूमा खर्च गर्ने प्रवृत्ति बढ्नु, नुनदेखि सुनसम्म आयात हुने हुँदा बैंक तथा वित्तीय संस्थाबाट गरिने लगानी आयातित सामानको भुक्तानीमा जानु र अनुत्पादक क्षेत्रमा लगानी भइरहनुजस्ता विविध पक्षले बैंक तथा वित्तीय संस्थाको लगानीमा कर्जाको ब्याजदरले सकारात्मक प्रभाव पार्न सकेन ।३. सुपरिवेक्षण सबल हुन नसक्नु, धमाधम लाइसेन्स वितरण गर्नु र वितरण बन्द गरी मर्जरमा प्रोत्साहन गर्नुले नियामक निकायको अदूरदर्शिता र अक्षमतालाई स्पष्ट देखाउँछ ।अन्त्यमा, कुनै पनि देशको अर्थतन्त्र सक्षम बन्नका लागि वित्तीय क्षेत्र सबल हुनुपर्छ । वित्तीय प्रणालीभित्रका संस्थाहरूको मुख्य औजार निक्षेप, लगानी र ब्याजदरको सम्बन्ध सबल नहुनुले हाम्रो देशमा बैंक तथा वित्तीय संस्थाको भूमिका प्रभावकारी हुन नसकेको स्पष्ट छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान ढिला भइसकेको छ । -कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।
Opinion
10,005
६ करोड लगानीमा फार्म : दैनिक १५ हजार अण्डा उत्पादन
तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ  । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
https://gorkhapatraonline.com/news/49720
अमरराज नहर्कीतनहुँ, पुस १७ गते । तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ  । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा  ल्याउनुभएको हो । उहाँहरूले ५३ रोपनी जमिनमा ‘त्रिदेव पोल्ट्री फार्म’ सञ्चालन गर्नुभएको छ । फार्ममा नौ जनाले रोजगारी पाएका छन् । सो फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदैआएको सञ्चालकले बताएका छन् ।  फार्ममा रहेका १९ हजार कुखुराबाट दैनिक सो सङ्ख्यामा अण्डा उत्पादन हुँदैआएको सञ्चालक थापाले बताउनुभयो । फार्ममा रहेका ८० प्रतिशत कुखुराले अण्डा दिने भएकाले १५ हजार अण्डा उत्पादन हुनेगरेको थापाले जानकारी दिनुभयो । बढ्दो बसाइँ सराइले गाउँको पाखोबारी बाँझो हुनेक्रम बढेपछि सदुपयोग गर्न ६ वर्ष अघिदेखि फार्म सञ्चालनमा ल्याएको अर्का सञ्चालक पौडेलले जानकारी दिनुभयो । उत्पादित अण्डा पोखरा, काठमाडौं र चितवनमा बिक्री हुनेगरेको उहाँले बताउनुभयो ।उत्पादनको आधारमा कृषकलाई दाना खरिद र ढुवानीमा अनुदान दिने हो भने कुखुरा र अण्डा भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिने र कृषक पनि लाभान्वित हुने सञ्चालक थापाको भनाइ छ ।अण्डा उत्पादन र चल्ला हुर्काउने ज्ञान आफूसँग भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । सञ्चालकद्वय नमुना कृषक भएको र उहाँको माग चाँडै नै पूरा गर्ने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । 
News
39,532
माझीटारका माझी : अरूलाई तार्दातार्दै आफूचाहिँ वारि
जसरी तमोर सलल्ल बगेको छ, त्यसरी बगेको छैन माझीहरूको जीवन । चट्टानमा ठोक्किएको नदीजस्तै दु:खले पिटिइरहेको छ । तीन दशकबीचमा धेरै कुरा फेरिए तर उनीहरूको अवस्था जस्ताको तस्तै छ । 
https://ekantipur.com/feature/2018/11/25/154314720338515765.html
(माझीटार, पाँचथर) — जसरी तमोर सलल्ल बगेको छ, त्यसरी बगेको छैन माझीहरूको जीवन । चट्टानमा ठोक्किएको नदीजस्तै दु:खले पिटिइरहेको छ । तीन दशकबीचमा धेरै कुरा फेरिए तर उनीहरूको अवस्था जस्ताको तस्तै छ । ‘माझी दाइले जुनीभरि डुंगा तारिरहेअरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे...’उदितनारायण झाको यो गीतजस्तै छ, फिदिम माझीटारका माझीको अवस्था । तमोरमा पुल नबन्दा उनीहरूले धेरैलाई तारे । पटक–पटक पारि पुगे र वारि नै फर्किए । जसरी तमोर सलल्ल बगेको छ, त्यसरी बगेको छैन उनीहरूको जीवन । चट्टानमा ठोक्किएको नदीजस्तै दु:खले पिटिइरहेको छ ।माझीटारमा बस्तीनजिकै तमोरसँगै ठाडो बग्ने हेवा खोला छ । हेवा र तमोरको दोभानमा छ माझी बस्ती । २९ वर्षअघि दुलही बनेर फिदिम नगरपालिकानजिकै माझीटार आइपुगेकी मनकुमारी माझी खरको छानोको सानो झुपडीमा भित्रिएकी थिइन् । रातभर विवाह मण्डपमा बसी भोलिपल्ट सात घण्टा हिँडेर नयाँ घर पुग्दा उनलाई खासै नयाँ अनुभूति भएन ।पाँचथरको हिलिहाङ गाउँपालिका– ७, माझीटारका माझीका घर (माथि) र तल हेवा खोला । तस्बिर : आनन्द/कान्तिपुर फरक यति थियो– पाँचथर अमरपुरको जन्मघरनजिकै तमोर नदीमात्रै थियो । अभिभावकको पुख्र्यौली पेसा माछा मार्ने भएकाले गरिखाने खोला थपिएको अनुभव गरेकी थिइन् । उनी भित्रिएको झुपडी अहिले पनि छ । मनकुमारी भने जस्तापाताको घरमा बस्न थालेकी छन् । खुट्टा दुखाएर सात घण्टा लामो यात्रा गर्नुपर्ने माइतीघर जान पनि गाडी पाइन थाले । अब तमोरको तीर पछ्याउनु पर्दैन, फिदिमबाट दुई घण्टामै माइती पुगिन्छ ।धेरै कुरा फेरिए तर उनलाई समयअनुसार आफू र परिवारको अवस्थामा फेरबदल आएको अनुभव छैन । चार सन्तानमध्ये दुई छोरीले ८ कक्षासम्म पढे र विवाह गरे । अध्ययनरत दुई सन्तानलाई पनि राम्रो शिक्षा दिन नसकेको उनलाई लाग्छ । गाउँकै स्कुलमा पढ्ने उनीहरू नियमित जाँदैनन् । माछा मार्न जाँदा उतै दिन बिताइदिन्छन् । मानिसको चहलपहल सुरु भएपछि थालेको पसल बढाउन सकेकी छैनन् । ‘खै समय बदलियो, हामीचाहिँ बदलिन सकेनौं,’ उनले भनिन् । यस्तै बुझाइ छ चन्द्रबहादुर माझीको पनि । जीवन परिवर्तनका लागि उनी साउदी अरबसम्म पुगे । सात वर्षसम्म श्रम गरेर फर्किएसँगै पुर्खाले छाडेको व्यवसायलाई निरन्तरता दिँदैछन् । खोला किनारमा ढुकुवा थाप्छन् र माछाको प्रतीक्षामा बस्छन् ।यसको भर नहुने भएपछि यसै वर्ष गाउँमा आएको सडक निर्माणमा सहभागी भएका छन् । त्यसले उनलाई दैनिक रोजगारी दिएको छ । तर जीवन बदल्ने गरी प्रगति अनुभूत गरेका छैनन् । ‘अरू जातको त कोही सांसद, मन्त्री पनि भए,’ चन्द्रबहादुरले भने, ‘हामी भने यहींको यहीं छौं । न जग्गाजमिन जोड्न सकियो न छोराछोरीलाई राम्रो पढाउन सकियो । न त सुविधासम्पन्न ठाउँ सर्नै सकियो ।’उनकै भनाइमा यहाँका ३६ मध्ये चार परिवार अन्यत्र सरिसके । अब बन्ने तमोर ड्यामले विस्थापन गरेपछि नयाँ ठाउँ जाने उनले बताए । तमोर ड्यामले गर्ने विस्थापनलाई कसैले अवसरका रूपमा लिएका छन्, कसैले पुख्र्यौली थलो छाड्नुपर्दाको पीडाका रूपमा । ‘खै पछि छोड्नुपर्छ भन्छन् तर कहाँ लाने हुन्, कस्तो ठाउँमा बस्नुपर्ने हो, चिन्ता लागेको छ,’ निर्मला माझीले भनिन् ।कहिले सुरु हुन्छ भन्ने पत्तो छैन तर माझी बस्तीमा तमोर ड्यामको चर्चा चुलिएको छ । आफ्नै जग्गामा बसे पनि यहाँका माझीको खानपानको माध्यम आसपासका जमिनमा बन्धकी र अधियाँ खेती हो । यो वर्ष तमोर करिडोरले कुलो भत्काएपछि उनीहरूले बाली लगाउन पाएनन् । गत वर्ष पनि खोलाको भेलले कुलो बगाइदिएको थियो ।सदरमुकामनजिकै भए पनि हिलिहाङ गाउँपालिकामा पर्ने भएकाले आफूहरूले विकासको सुविधा कम पाएको उनीहरूको गुनासो छ । माझी बस्ती हिलिहाङ गाउँपालिका ७, भारपामा पर्छ । ‘माथि खनेको खनेकै छ, तल पुरेको पुरेकै छ,’ निर्मलाले भनिन्, ‘हामी गाउँवासी नमिलेर पनि अलिक समस्या भयो ।’ उनीहरूले नाराम आङदेम्बेको जग्गामा बन्धकी लगाएर ब्याज मरौनी धान उत्पादन गरेर खाँदै आएका थिए । भेलले बगाएको कुलो भने गाउँपालिकाले तीन लाख रुपैयाँ लगाएपछि बनाएका थिए ।पर्नै छोड्यो माछा, हरायो डुंगाचन्द्रबहादुरले आफ्नै बाबुको मुखबाट सुनेका थिए, पहिला बस्तु चराउन जाँदा खोला किनारमा माछा समाउन भेटिन्थ्यो । उनका बाबु बेलुका बस्तुसँगै माछालाई चोयाले उनेर ल्याउँथे । चन्द्रबहादुरका पालामा जाली थाप्नुपथ्र्यो । राति थापेको जालीमा चार/पाँच धार्नी परिहाल्थ्यो । अहिले चार/पाँच पाउ पनि पाउन छोडेका छन् ।‘धेरै मान्छे माझीटारमा माछा खान आउँछन् तर हामीले माछा मारेर खुवाउन सकेका छैनौं,’ उनले भने, ‘खोलामा माछा छैन ।’ पाँच/सात वर्षअघिसम्म दिनमा पाँच/सात किलो माछा मारे पनि अहिले नभएको उनले बताए । अहिले माछाको दाम प्रतिकिलो ७ सय रुपैयाँ छ । ‘पहिला एक सय रुपैयाँ किलो बिक्री गर्न फिदिम बजार जानुपथ्र्यो, अहिले घरैमा मान्छे आउँछन् तर खोलामा माछा छैन,’ निर्मलाले भनिन् । माझीहरूले पहिला डुंगा चलाउँथे । आधुनिक सुविधासँगै उनीहरूको डुंगा पनि विस्थापित भएको छ । ‘न माछा न त डुंगाको अवस्था छ,’ चन्द्रबहादुरले भने, ‘समयसँगै अरू बदलिए, हामी जस्ताको तस्तै रह्यौं ।’कांग्रेस जिल्ला नेता सुमन लामाका अनुसार यहाँका एक माझीले कांग्रेसबाट समानुपातिक सांसद पाउनुपर्ने प्रस्ताव गरेका थिए, एक जना नेकपाको सक्रिय सदस्य छन् ।
Feature
1,273
डोनल्ड ट्र्म्प: महाभियोगबारे भएको सार्वजनिक सुनुवाइ 'ठट्टा'
आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन्।
https://www.bbc.com/nepali/news-50414551
President Trump: "The witch-hunt? I hear it's a joke... I haven't watched for one minute" उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए। ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ। जो बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका थिए। सार्वजनिक सुनुवाइमा के भयो? आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको आफ्ना एक सहयोगीलाई बताइएको जनाएका थिए। उनका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए। युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूतले पहिलो सार्वजनिक सुनुवाइमा नयाँ जानकारी दिएका छन् उनले ह्वाइट हाउसले युक्रेनलाई उपलब्ध गराउने भनिएको सहायता रकम रोकिरहेको स्पष्ट रहेको पनि उल्लेख गरे। युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्ड्लन्डलाई राष्ट्रपति ट्रम्पले टेलिफोन गरेका थिए। सोन्ड्लन्डले राष्ट्रपति ट्रम्पलाई युक्रेनी पक्ष अनुसन्धान अघि बढाउन सहमत विवरण बताएको जनाइएको छ। ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए। उनले भने, "मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन। किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिए। त्यहाँ भनिएका सबै कुरा बनावटी हुन्। त्यो अघि बढ्न दिनु हुँदैनथ्यो।" ट्रम्पका लागि नयाँ चुनौती के हुन्? बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार यो सुनुवाइले महाभियोग अनुसन्धानमा महत्त्वपूर्ण मोड दिन सक्छ। उनका अनुसार सोन्ड्लन्ड र राष्ट्रपति ट्रम्पबीच सीधा कुराकानी हुने गरेका विवरणहरू आए पनि युक्रेनसम्बन्धी आरोपका विषयमा हालसम्म प्रत्यक्ष प्रमाण जुटेको थिएन। युक्रेनी राष्ट्रपतिसँग ट्रम्प तर कार्यवाहक राजदूत टेलरको बयानले त्यो अवस्था बदल्ने देखिन्छ। बुधवारको सुनुवाइपछि संसद्को गुप्तचर हेर्ने समितिले शुक्रवार एउटा बन्द सत्रमा एकजना नयाँ प्रत्यक्षदर्शीले बयान दिने जनाएको छ। ती व्यक्ति टेलरले उल्लेख गरेका सहयोगी हुन सक्ने विवरणहरू आएका छन्। अर्को हप्ता उक्त समितिले राजदूत सोन्ड्लन्ड स्वयंलाई बयान दिन बोलाएको छ। यदि यी दुईमध्ये कुनै एक व्यक्तिले टेलरको भनाइलाई समर्थन गरे भने ट्रम्पको बचाउमा आइरहेका तर्कहरू कमजोर बन्नेछन्। बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार पहिलो सुनुवाइले डेमोक्र्याटहरूलाई प्रसन्न बनाएको छ र राष्ट्रपतिको सहयोगी समूहका सामु नयाँ टाउको दुखाइका विषयहरू प्रस्तुत गरिदिएको छ।
Others
67,182
आयोजकको पहिलो जित
आयोजक माईभ्याली फुटबल क्लबले सरदमुकामस्थित टँुडिखेलमा बिहीबार सुरु चौथो माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा कास्की ११ लाई ३–२ ले पराजित गरेको छ । माईभ्यालीको चौथो संस्करणसम्म आइपुग्दा आयोजकको यो पहिलो जित हो ।
https://ekantipur.com/sports/2018/04/20/152418922446749888.html
इलाम — आयोजक माईभ्याली फुटबल क्लबले सरदमुकामस्थित टँुडिखेलमा बिहीबार सुरु चौथो माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा कास्की ११ लाई ३–२ ले पराजित गरेको छ । माईभ्यालीको चौथो संस्करणसम्म आइपुग्दा आयोजकको यो पहिलो जित हो ।प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा मनीष थापाको गोलमा माईभ्यालीले अग्रता लियो । कास्कीका रक्षापंक्तिका खेलाडीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै मनीषले गोल गरे । घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै कास्कीलाई दबाबमा राख्ने क्रममा ५७ औं मिनेटमा आयोजकका सुवास राईले पेनाल्टी अवसर सदुपयोग गरे । काउन्टर एटयाकमा मनीषले ६४ औं मिनेटमा अर्को गोल थपे ।कास्कीको तर्फबाट उत्तम गुरुङले ६९ औं मिनेटमा फ्रि–किकमार्फत गोल फर्काए । अजित गुरुङको स्थानमा ६७ औं मिनेटमा मैदान छिरेका निशान लिम्बूको पासमा रन्दीप पौडेलले ९० औं मिनेटमा कास्कीलाई खेलमा फर्काउने प्रयास गरे पनि समयाभावले टोली खेलमा फर्कन सकेन । दुवै टोलीका खेलाडीले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेनन् । पहिलो मिनेटमा कास्कीका निशान लिम्बूले इलामको पेनाल्टी क्षेत्रमा पाएको अवसर गुमाए । पहिलो हाफमा नै विदेशी खेलाडी बोफी डगलाको प्रहार बारमा ठोक्कियो । खेलमा म्यान अफ द म्याच छिरिङ गुरुङ भए । कास्कीका प्रशिक्षक किरण श्रेष्ठले छोटो तयारीका कारण तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए । ‘पाएका अवसर सुरुमा सदुपयोग गर्न नसक्नु पनि हारको कारण हो,’ पोस्टम्याच कन्फ्रेन्समा उनले भने ।प्रतियोगितामा पहिलो जित निकाल्न इलामका खेलाडीले ठूलो मिहिनेत गरेको आयोजकका प्रशिक्षक याम राईको भनाइ थियो । ‘लामो तयारी र खेलाडीको आत्मविश्वासी प्रर्दशनले जितसम्म पुग्न सकियो,’ उनले भने । शुक्रबार बंगलादेशको कामारुजमान प्रगति संघ र नेपाली एपीएफ क्लब भिड्ने छन् । वैशाख १७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टोलीको सहभागिता छ । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।
Sports
29,489
माछा मार्दै र्‍याफ्टिङ गाइड
बर्दियाको ठाकुरद्वारा नगरपालिका–९ गेरुवाका कालुराम चौधरी कर्णाली किनारमै जन्मिए । बाल्यकाल कर्णालीसँगै बिताएका ३८ वर्षीय चौधरीका लागि सानोमा माछा मार्नु र पौडी खेल्नु नियमितजस्तै थियो । बर्खामा बाढी पसेर बस्ती नै जलमग्न हुँदा परिवार र छिमेकीलाई सुरक्षित स्थानमा सार्ने काममा उनी खटिन्थे ।
https://ekantipur.com/news/2024/04/04/fishing-rafting-guide-08-59.html
कञ्चनपुर — बर्दियाको ठाकुरद्वारा नगरपालिका–९ गेरुवाका कालुराम चौधरी कर्णाली किनारमै जन्मिए । बाल्यकाल कर्णालीसँगै बिताएका ३८ वर्षीय चौधरीका लागि सानोमा माछा मार्नु र पौडी खेल्नु नियमितजस्तै थियो । बर्खामा बाढी पसेर बस्ती नै जलमग्न हुँदा परिवार र छिमेकीलाई सुरक्षित स्थानमा सार्ने काममा उनी खटिन्थे ।सानैदेखि नदीसँगै घुलमिल भएका चौधरी अहिले पनि नदीनालामै व्यस्त छन् । तर अहिले माछा मार्न वा पौडी खेल्न होइन, र्‍याफ्टिङ गाइडका रूपमा पश्चिम नेपालका नदीहरूमा पुगिरहेका छन् । अहिले उनलाई गाइडको काम गर्न भ्याइनभ्याइ छ । कर्णाली, महाकाली, भेरी र सेतीलगायतका नदीमा उनी र्‍याफ्टिङ गराउन पुगिरहेका छन् । साहसिक जलयात्रामा पर्यटकलाई सन्तुष्ट पार्ने काममै व्यस्त चौधरी दुई सातादेखि महाकाली नदीमा र्‍याफ्टिङ गराइरहेका छन् । भीमदत्त नगरपालिका–९ खल्ला र मुसेट्टी क्षेत्रमा एड्रिफ्ट एडभेन्चर नामक कम्पनीले र्‍याफ्टिङ सञ्चालन गरिरहेको छ । चौधरीले बर्दिया ठाकुरद्वारामै होटलमा काम गर्दा गाइडको काम सिकेका हुन् । सुरुमा त उनी होटलमा सहयोगीको काम गर्थे । त्यतिबेला एडभेन्चर होटलले चिसापानीदेखि ठाकुरद्वारासम्म र्‍याफ्टिङ गराउँथ्यो । सुरुमा सोखले बोटमा चढ्ने उनी बिस्तारै गाइड बने । अहिले उनी साहसिक जलयात्राका लागि पश्चिम नेपालकै अब्बल गाइड बनेका छन् । कर्णालीको भँगालो बर्दिया राष्ट्रिय निकुञ्जको बीचोबीच भएर बग्छ । त्यही भँगालोमा पर्यटकलाई जलयात्रासँगै वन्यजन्तुको अवलोकन गराउन बेग्लै आनन्द आउँछ । कतिपय बेला त बाघ, हात्ती र गैंडाबाट आक्रमण हुने जोखिम पनि त्यत्तिकै हुन्छ । सानो भँगालो भएका कारण उक्त क्षेत्रमा बर्खामा पनि र्‍याफ्टिङ सञ्चालन हुने गरेको चौधरी बताउँछन् । ‘सुरुमा त निकै डर लाग्थ्यो, बिस्तारै गाइडको काम सिकें, अहिले त रमाइलो लाग्छ,’ मंगलबार डडेलधुराको परशुराम नगरपालिकाको परशुराम क्षेत्रदेखि भीमदत्त–९ खल्लासम्म पर्यटकलाई र्‍याफ्टिङ गराउँदाको अनुभव सुनाउँदै उनले भने, ‘एडभेन्चर आफैंमा रमाइलो हुन्छ, त्यसमा नयाँ–नयाँ ठाउँमा र्‍याफ्टिङ गराउन पाउँदा झनै आनन्द आउँछ ।’ उनले महाकालीसँगै कर्णालीमा पनि चिसापानीदेखि टीकापुर, सोल्टा चिसापानी र सेतीको दिपायल क्षेत्रमा र्‍याफ्टिङ गराएका छन् ।
News
4,394
‘लम्पी स्किन’ रोगविरुद्धको खोपमा केन्याले सहयोग गर्ने
‘लम्पी स्किन’ विरुद्धको खोप बनाउनका लागि अफ्रिकी मुलुक केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) ले नेपाललाई सहयोग गर्ने भएको छ । केन्याका वैज्ञानिक नेपाल आएर त्यस विषयमा अध्ययन गरी खोप उत्पादनका लागि सहयोग तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । केन्याबाट आएको विज्ञ टोलीले नेपालको प्राविधिक तथा भौतिक अवस्थाबारे छलफल गरी ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उत्पादन गर्न सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/90041
काठमाडौँ, पुस ६ गते । ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउनका लागि अफ्रिकी मुलुक केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) ले नेपाललाई सहयोग गर्ने भएको छ । केन्याका वैज्ञानिक नेपाल आएर त्यस विषयमा अध्ययन गरी खोप उत्पादनका लागि सहयोग तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । केन्याबाट आएको विज्ञ टोलीले नेपालको प्राविधिक तथा भौतिक अवस्थाबारे छलफल गरी ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उत्पादन गर्न सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।खोप उत्पादनका लागि नेपालसँग पूर्वाधार छ तर मुख्य बिउ (मास्टर सिड) नभएका कारण उत्पादन गर्न नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता टेपेन्द्र बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्याका आइएलआरआईबाट आएका विज्ञ टोलीले नेपालमा ‘लम्पी स्किन’ का लागि के कति सहयोग गर्न सकिन्छ, प्राविधिक तथा मूल बिउ, खोप नै दिएर सहयोग गर्न सकिन्छ कि विभिन्न विकल्पमा कुराकानी भयो । अन्त्यमा खोप उत्पादनका लागि नेपाललाई जे जे सहयोग चाहिन्छ, त्यसमा संस्थागत रूपमा सहजीकरण गर्ने एक खालको सहमति नै भएको छ ।” त्यसका लागि नेपाल तथा त्यहाँको संस्थाबाट समेत विज्ञ राखेर एउटा विज्ञ समूह गर्ने कुराकानी भएको बताउँदै सहप्रवक्ता बोहराले फेब्रुअरीमा पुनः अर्को विज्ञ टोली आएर थप अध्ययन गरेर ठोस रूपमा अगाडि बढ्ने कुरा भएको बताउनुभयो । “नेपालले पनि आफ्नो तयारी थालेको छ, आफ्ना कागजात तयार गरी खोप उत्पादनका लागि प्रक्रिया सुरु गर्ने र त्यसमा कहाँबाट कुन संस्थाबाट सहयोग लिन सकिन्छ, त्यसबारे छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । पशु सेवा विभागले भारतसँग पनि मूल बिउका लागि प्रस्ताव गरेको थियो तर भारतले तत्काल दिन नसकिने भनेपछि अन्य देश तथा संस्थासँग मूल बिउका लागि पहल गरिएको छ । विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने कार्य नेपालमा रहेको हेस्टर बायोसाइन्स कम्पनीले गरिसकेको छ । सो कम्पनीबाट पनि खोप खरिद गर्ने प्रक्रिया सुरु भएको छ ।    
News
35,877
बेलायतमा मनाइयो धुमधाम साकेला
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ।
https://gorkhapatraonline.com/news/114334
लण्डन, असार १८ गते । किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ। कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालको अध्यक्षतामा भएको हो । किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यतासँगै पुमा, बान्तवा लगायतका बिभिन्न भाषिक संस्थाहरुको उपस्थिति रहेको थियो । वर्षेनी पितृ, प्रकृति र हुईलुङ पूजा गर्दै बिभिन्न प्रकारको सिल्लि टिप्दै बडो गर्बको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाइ, दिदिवहिनी, छोरीचेली, जुवाई चेलाहरु लगायत सबै पाछाको पाछागत उपस्थिति रहेको थियो ।प्राचिन सिलीहरूको जगेर्ना गर्दै मछामा (साय) सिली, पारूहॉङ् (खुट्टे) सिली, नाईमा (हाते) सिली, खासिमा (झींगा) सिली, वापा र वामा (भाले र पोथी) सिली, तावा (मयूर) सिली, कावा (गंगटा) सिली, काछुपा (बॉदर) सिली, बेसारा सिली, सिकी र सिप (तान बुन्ने) सिली, चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर ब्यबहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले बताउनुभयो । 
News
31,787
चामलमा अनुदानले बिक्री बढ्यो
दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् ।
https://gorkhapatraonline.com/news/81717
प्रेमराज सिम्खडाकालीकोट, असोज २५ गते । दसैँतिहार र छठसम्म सरकारले सरकारी स्वामित्वको निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण हुने चामलमा छुट दिएपछि बिक्री बढेको छ । सरकारी अनुदानले प्रतिकिलो चामलमा सात रुपियाँ घटेपछि उपभोक्ता चामल लिन लाइन लाग्न थालेका छन् । असोज २१ गतेबाट अनुदानमा वितरण हुन थालेको जिरा मसिनो चामल चार दिनमा दुई सय क्विन्टल बेचिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्म शाखाका वितरक कर्णप्रसाद आचार्यले चार दिनमा दुई सय क्विन्टल चामल वितरण भएको बताउनुभयो । प्रतिकिलो सात रुपियाँ घट्दा २५ किलो चामलको बोरामा साबिकको मूल्यभन्दा १७५ रुपियाँ कम हुँदा उपभोक्ता खुसी पनि भएका छन् । शुभकालिका गाउँपालिका–४ बाट चामल लिन आएकी विष्णा सुनारले अन्य समयमा दुई हजार तीन सय पर्ने चामल हिजोआज दुई हजार १२५ पर्दा धेरै राहत भएको बताउनुभयो । यही प्रकृतिको चामल बजारमा किन्दा दुई हजार ५५० तिर्नु पर्छ । बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य ४२५ रुपियाँ कम पर्दा उपभोक्ताले बजारका व्यापारीबाट चामल लिन छोडेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मका कार्यालय प्रमुख कमलप्रसाद पाण्डेले आफ्नो कार्यालयले छठसम्म एक हजार क्विन्टल चामल अनुदानमा वितरण गर्ने अधिकार पाएको बताउनुभयो । सस्तोमा चामल वितरण भइरहेको छ भन्ने खबरपछि व्यापारी पनि लाइनमा आउने गरेको भन्दै सकेसम्म व्यापारीले चामल लिन नपाऊन् भनेर चिनजानका केही स्वयम्सेवक र कर्मचारीलाई खटाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । दसैँसम्म पाँच सय क्विन्टल चामल खपत हुने अनुमान कार्यालयले गरेको छ । सरकारले अनुदानमा चामल दिएको कुरा गाउँका उपभोक्ताभन्दा टाठाबाठाले पहिला थाहा पाउने भएकाले यसपालि वितरणमा विशेष ध्यान दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले दाबी गरेको छ ।   
News
36,491
राजनीति अझै पनि सत्तासँग नजिक, जनतासँग टाढा
चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । मिटरब्याजी र लघुवित्तका पीडितहरू राजधानीको सडकमा आन्दोलनरत छन् । आर्थिक शिथिलता, युवाको विदेश पलायन चिन्ताजनक छ ।
https://ekantipur.com/feature/2024/03/01/politics-still-close-to-power-far-from-people-07-06.html
काठमाडौँ — चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । मिटरब्याजी र लघुवित्तका पीडितहरू राजधानीको सडकमा आन्दोलनरत छन् । आर्थिक शिथिलता, युवाको विदेश पलायन चिन्ताजनक छ ।रुस र युक्रेनको युद्धमा नेपालीहरूको ज्यान जानेक्रम बढ्दो छ । संघीय संरचनामाथि नै सदन र सडकबाट प्रश्न उठ्न थालेका छन् । संघले अधिकार नदिँदा काम गर्न नसकेको मुख्यमन्त्रीहरूको आरोप छ । तर, ठूला दलका हालै सम्पन्न बैठकमा जनजीविकाका यी मुद्दा प्राथमिकतामै पर्न सकेनन् ।कांग्रेसको अघिल्लो बिहीबार सम्पन्न महासमिति बैठकमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले नागरिकका आम मुद्दालाई छायामा पार्‍यो । जनजीविका र शासकीय बेथितिका मुद्दा प्राथमिकतामै परेनन् । माओवादीको फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशन पनि नितान्त आन्तरिक सांगठनिक व्यवस्थापन र नेतृत्व विकासको गन्थनमा केन्द्रित रह्यो । सरकारकै नेतृत्व गरेको माओवादीले आफ्नो पार्टीको फोरममा सडक र सदनमा उठिरहेका मुद्दाप्रति संवेदना देखाउन सकेन । सरकारका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ सम्मेलनमा विधानकै विषयमा केन्द्रित भएकाले अरू सवाल नउठेको स्विकार्छन् । ‘हामीले जनचासोका मुद्दाहरूलाई सरकार र पार्टीबाट उठाएकै छौं । केही दिनमै पूर्वपश्चिम र उत्तरदक्षिण विशेष अभियान चलाउने निर्णय नै गरेका छौं । जनताले उठाउँदै आएका दैनिक चासोका विषयमा सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले हामी गम्भीर छौं,’ उनले भने । कांग्रेस सत्ताको मुख्य घटक मात्रै होइन, संसद्को ठूलो दल पनि हो । अरूभन्दा बढी जिम्मेवारी लिनुपर्ने भूमिकामा रहेको कांग्रेसको महासमितिमा समाजका तमाम मुद्दा सतहमा आएनन् । नागरिकलाई केही आशा जगाउन सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा कांग्रेसले ठोस निर्णय लिनुपर्ने माग थियो । त्यस दिशामा पनि महासमिति गतिशील बन्न नसकेको भन्दै कार्यकर्ताले सडकमा गुनासो गर्दै आएका छन् । चुनावमा गठबन्धन गर्न नहुने महामन्त्री गगन थापा र एउटै व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने अर्का महामन्त्री विश्वप्रकाश शर्माको महत्त्वपूर्ण मानिएको प्रस्ताव महासमिमितिबाट ‘होलसेल’ पारित भएको छ । तर, त्यसले अन्तिम रूप पाइसकेको छैन । महासमितिका उठेका सुझावलाई समेटेर अन्तिम रूप दिने भनिएकाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले त्यस सम्बन्धमा कस्तो नीति लिन्छ भन्नेबारेमा कौतुहल बाँकी नै छ । ‘तर हामीलाई मिटरब्याजी र लघुवित्त पीडितको समस्या, सरकारको डेलिभरी, सहकारी ठगी, आर्थिक शिथिलतालाई उकास्ने, उद्योग व्यवसायीको मनोबल बढाउने, रोजगारी वृद्धि गरी नेपाली युवाको विदेश पलायन रोक्ने र भ्रष्टाचार घटाउने दिशामा महत्त्वपूर्ण नीति र व्यवहार आवश्यक थियो, त्यसै दिशामा कांग्रेस चुकेको छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘सत्ता र शक्तिका लागि आफ्नो अनुकूलताका कुरालाई महत्त्व बढाएर आम जनजीविकाका सवालमा कांग्रेसले केही गरेन भन्ने सन्देश गएको छ । जुन दुर्भाग्यपूर्ण छ ।’ जनजीविकाका मुद्दामा प्रमुख प्रतिपक्ष एमाले पनि उदासिन देखिएको छ । सरकारलाई जवाफदेही बनाउन बाध्य पानुपर्ने भूमिकामा भएको प्रमुख प्रतिपक्ष एमालेलाई बेलाबखत सत्तासँग सौदाबाजी गरेको आरोप लाग्ने गरेको छ । फागुन ८ देखि १० गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको पूर्ण बैठकले सुशासन र जनजीविकाको सवालमा केही महत्त्वपूर्ण लियो, त्यसैको प्रतिक्रियास्वरूप एमाले अहिले संसद्मा आक्रामक बनेको छ । तर, नेतृत्वले लिने नीति र व्यवहारमा विरोधभास हुने गरेको भन्दै आफ्नै पार्टीका कतिपय नेताहरू बन्द कोठाभित्र असन्तुष्टि पोख्ने गर्छन् । बेलाबखत सत्तासँग गर्ने लेनदेन र भ्रष्टाचारका ठूला काण्डमा देखिएको नेतृत्वको मौनताले एमालेको प्रतिपक्ष धार कमजोर भएको उनीहरू बताउँछन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक धनबहादुर क्षेत्री अहिले मुलुकमा राजनीतिक पार्टीहरूको जीवन नै मरिसकेको र दलहरू एउटा व्यक्तिको निजी स्वार्थअनुसार चल्न थालेकाले योभन्दा बढी आशा गर्ने ठाउँ नै नभएको बताउँछन् । कांग्रेस मात्रै होइन, एमाले र माओवादी केन्द्र व्यक्तिको तजबिजीबाट चल्ने गरेको उनको ठम्याइ छ । ‘एमाले र माओवादी त कम्युनिस्ट पार्टी नै भए । जनवादी केन्द्रीयता नै कम्युनिस्टको दर्शन हुँदै हो ।त्यसैले कम्युनिस्ट पार्टी एउटा व्यक्तिबाट चल्नु नौलो होइन,’ उनले भने, ‘तर, कांग्रेसमा पनि त्यस्तो प्रवृत्तिले निरन्तरता पाइरहेको छ ।’ खासगरी सरकार सातदलीय गठबन्धनबाट चलेको छ । तर, मुलुकको सम्पूर्ण राज्य सत्ता भने तीन दलका तीन नेताको ‘सिन्डिकेट’ बाट चलेको दोस्रो तहका नेताहरू बताउँछन् । ८० उमेरको हाराहारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा छैटौं पटक प्रधानमन्त्रीको रोलक्रममा छन् ।अर्कोतर्फ दुई वर्षको म्याद लिएर सरकारको नेतृत्व गरिरहेका ७० वर्षको उमेरमा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिबमोजिम आगामी एक वर्षपछि सत्ताबाट बाहिरिने कि गठबन्धनलाई तलमाथि पारेर सरकारको नेतृत्वमा रहिरहने भन्नेमा अहिल्यैदेखि छटपटी बढाइरहेको बुझाइ छ । ७२ वर्ष उमेरमा पुगेका प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली सत्ता गठबन्धनलाई भत्काउने कसरतमा निरन्तर लागिरहेको आरोप लाग्दै आएको छ । यी तीनै नेता ०८४ अघि नै सत्तामा पुग्ने होडबाजीमा छन् । देउवालाई दाहाललाई फकाएर सत्ता लिनु छ भने ओलीलाई गठबन्धन भत्काएर । ‘तीनै जनाको समान स्वार्थ भनेकै सत्ता हो,’ एमालेका एक पदाधिकारीले भने, ‘हामीलाई पनि सत्ताको लेनदेनमा लागेर समाज र आम जनजीविकाको मुद्दामा सौदाबाजी गरेको आरोप लागेको छ । यो आरोपको व्यवहारमा खण्डन नगर्ने हो भने हाम्रो पनि स्थिति राम्रो देखिन्न ।’ तर, एमाले प्रमुख सचेतक पदम गिरी यी आरोपमा सत्यता नभएको दाबी गर्छन् । उनले एमाले सुशासन र जनजीविकाको पक्षमा सबैभन्दा बढी प्रश्न गर्ने र आवाज उठाउने दल भएको बताए । ‘मिटरब्याजी, लघुवित्त र किसानको समस्याप्रति अनदेखा गरेको छैन । यी मुद्दाहरू एमालेले सबैभन्दा बढी संसद्मा उठाइरहेको छ,’ गिरी भन्छन्, ‘तर प्रधानमन्त्रीले एउटा छलफलका लागि बैठक बोलाएर सचिवालयले अर्को सन्देश दिने गरेकाले एमालेप्रतिको केही धारणा नकारात्मक बनाउन खोजिएको हो ।’ पार्टी रूपान्तरण र सामाजिक मुद्दाका पक्षमा कांग्रेस महामन्त्री थापाले सभापति देउवालाई निरन्तर चुनौती दिँदै आएका छन् । तर, पार्टी संरचनामा उनको निर्णायक हैसियत छैन । जसले देउवालाई आफ्नो नीति माथि पार्न सहज बन्दै आएको छ । माओवादीमा दाहाल र एमालेमा ओलीलाई थापा जतिकै ठाडै चुनौती दिने नेता छैनन् । उनीहरू आफ्नो पार्टीमा सहज पोजिसनमा छन् ।कांग्रेसका अर्का एक नेताका अनुसार पार्टीभित्र दाग लागेका र काम गर्न नसकेका मन्त्रीहरू बदल्न दबाब छ ।प्रधानमन्त्री दाहाल मन्त्रिमण्डलमा पुनर्गठनमा जोड दिइरहेका छन् । त्यसलाई कांग्रेस सभापति देउवाले मानिरहेका छैनन् । पार्टीभित्र मन्त्री बदल्दा संसदीय दलको अंकगणित तलमाथि पर्ने भय उनमा छ । टेरामक्स प्रकरणमा आरोपित बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामाको विषय उठ्दासमेत देउवा मौन छन् । बालकुमारी घटनामा आयोगको प्रतिवेदनले दोषी ठहर भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बचाउन एकीकृत समाजवादी पार्टी उत्रिएको छ । लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई लिजमा दिन पर्यटनमन्त्री सुदन किरातीले चलखेल गरेको विषयले उनको राजीनामा माग गर्दै संसद् र सडकबाट आवाज उठेको छ । तर, माओवादीबाट मन्त्री भएका किरातीको विषयमा प्रधानमन्त्रीले अनिर्णीत छन् । विश्लेषक तुलानारायण साहका अनुसार ०६२/०६३ को जनआन्दोलनपछिको नयाँ राजनीतिक परिवेशमा मुलुकका सामान्य तीन वटा मुख्य एजेन्डा थिए, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण गर्ने र सत्ता सञ्चालन गर्ने । ०७२ असोज ३ मा संविधान जारी भयो । शान्ति प्रक्रियामा मुख्य मुद्दा पनि टुंगो लाग्यो । केही विषय बाँकी छन् । त्यो पनि माओवादीको मात्रै प्राथमिकतामा बनेको छ । ०७४ को निर्वाचनपछि भने राजनीतिक दलका मुख्य एजेन्डा सत्ताबाहेक अरू हुन नसकेको शाह बताउँछन् । ‘मुख्य नेताहरू नै सत्ता केन्द्रित भइदिँदा आम मानिस, किसान र विद्यार्थीका मुद्दा प्राथमिकतामा परेका छैनन्,’ साह भन्छन्, ‘सत्तालाई ‘ट्र्याक’ मा ल्याउनुपर्ने विपक्षीले पनि इमानदारिता देखाउन सकिरहेको छैन । वैकल्पिक पार्टी पनि मुद्दाविहीनजस्ता देखिएका छन् ।’ कांग्रेस सहमहामन्त्री जीवन परियार महासमितिको बैठकलाई राजनीतिकै विषयले ढाकछोप गरिदिँदा समाजका मुद्दामा कांग्रेसको प्राथमिक जोड हुन नसकेको स्विकार्छन् । ‘आर्थिक विषय अहिले शिथिल अवस्थामा छ । सामाजिक मुद्दालाई हेर्ने हो भने दलहरूप्रति चरम असन्तुष्टि छ । कांग्रेस मात्रै होइन, अरू दलले पनि सामाजिक मुद्दालाई उठाउन सकिरहेका छैनन् । त्यसमा हाम्रो तहमा पनि गतिविधि कम भयो होला,’ उनी भन्छन् । प्राध्यापक क्षेत्री ८४ को चुनावमा तीन नेताको विकल्प दिन सक्दा मात्रै आम नागरिकमा आशा पलाउने बताउँछन् । ‘नत्र केही हुन्न, यी छउन्जेल पार्टी भनेको मत माग्ने बक्सा जस्तो मात्रै हुन्छन् । त्यहाँ जीवन्त र जीवन भन्ने नै रहन्न । हिजोको दिनमा व्यवस्था बदल्न यिनले ठूलो योगदान दिए । तर, यिनको शासकीय प्रवृत्ति राणाकालकै जस्तो सामन्ती देखियो । जसले समस्या ज्यूँका त्यूँ रहे । नारा र व्यवहार फरक भए । यो उमेरका नेताबाट अब परिवर्तन होला भन्ने कम्तीमा मैले आशा राखेको छैन ।’ एमाले संसदीय दलका प्रमुख सचेतक गिरी भने अहिलेको गठबन्धनले तमाम बेथितिको थुप्रो लगाउने मात्रै नभएर राज्यको प्रणाली नै समाप्त पार्छ कि भन्ने चिन्तामा रहेरै एमालेले गठबन्धन भत्काउन खोजेको तर्क गर्छन् । ‘सरकार परिवर्तन आवश्यक छ भनिरहँदा एमाले सुशासन, सामाजिक मुद्दा र नागरिकका सवालमा बेखबर छैन । यसैलाई केन्द्रमा राखेर हामीले आवाज उठाइरहेका छौं,’ उनले भने ।‘अहिलेको नेतृत्वले निकास नदिए आफैं बढारिन्छ’हरि शर्मा, विश्लेषकनेताहरू समाजको चाहना र मुद्दामा भन्दा पनि सत्ता प्राप्ति र सत्तामा कसरी टिक्ने भन्नेमै केन्द्रित छन् भन्ने आम बुझाइ छ । तपाईंलाई कस्तो लाग्छ ? नेता बनेकै सत्ताका लागि हो । अहिले भएका मुख्य राजनीतिक दलको नेतृत्व कुनै न कुनै रूपमा उच्चतम पदमा पुगिसकेका छन् । यिनले अहिलेसम्म के गरे भन्ने पनि जनताले लेखाजोखा गरिसकेका छन् । राजनीति स्वार्थी व्यक्तिको वरिपरि मात्रै घुम्छ भन्ने बुझाइ आम नागरिकमा छ । एउटै व्यक्ति सात पटक/आठ पटक प्रधानमन्त्री हुँदा के फरक पर्छ भनेर कसैले प्रश्न गर्न सकिरहेका छैनन् ? आफ्नो शासकीय क्षमता नहुँदाको कारण कसैले प्रश्न गर्‍यो भने व्यवस्थामाथि नै आक्रमण भयो भन्ने भाष्य बनाइन्छ । अहिले सत्ता गठबन्धनबाट वा अन्य प्रमुख दलबाट आउने नेतृत्व कुनैले पनि आशा जगाउने स्थिति देखिँदैन । यिनीहरूले नेपाली समाज थप तल पुर्‍याउने काम मात्र गर्नेछन् । नेतृत्वको स्वार्थ त मिल्यो तर दलभित्रै नागरिकका मुद्दाप्रति संवेदनशीलता देखिँदैन नि ? पार्टीको नेतृत्व आफ्नो वर्चस्व कायम गर्ने, त्यसका आधारमा दलभित्र र आपसमा बाँडफाँट गरेर सत्तालाई लम्ब्याउनेमा केन्द्रित छन् । यस्तो हुँदा पनि किन चुनौती आइरहेको छैन भन्दा कुनै न कुनै रूपमा अहिलेको शासकीय स्वरूप र संरचनामा आफू ‘एडजस्ट’ हुने ठाउँ देखिरहेका छन् । राज्यको स्रोत सबैले मिलेर चलाउने भन्ने सोच छ । यो देशको विकास गर्ने सोच होइन । अहिलेको नेतृत्व र राजनीतिक गर्ने मान्छेहरूको इच्छा, आकांक्षा र उनीहरूको क्षमतामाथि विवेचना गर्दा लोकतान्त्रिक पद्धति नै अप्ठ्यारोमा पार्ने कुरा गर्न भने हुन्न । दलहरू सुध्रिने ठाउँ प्रशस्त छ । दुर्भाग्य रूपमा नेपालमा सामाजिक आन्दोलनहरू कमजोर भएकाले पनि उनीहरूमाथि सुध्रिन पर्याप्त दबाब परेको छैन ।सामाजिक आन्दोलन कमजोर हुँदा मजदुर, महिला र विभिन्न वर्ग समुदायको मुद्दा कमजोर बनेको छ । कुनै पनि व्यक्तिले पार्टीका सम्मेलनहरूमा प्रश्न गर्‍यो भने आफूले केही पाएन, यो गुट वा त्यो गुट भनेर सजिलैसँग पन्छाउने चलन छ । यसले जनतालाई राजनीतिज्ञको हातमा राजनीति र लोकतन्त्र छोड्दा महँगो त परेको छैन भन्ने परेको छ । त्यसकारण राजनीतिमा नयाँ मान्छेहरूको प्रवेश कसरी हुन्छ भन्ने कुरा पनि हामीले सोच्नुपर्छ । अहिलेको नेतृत्वको विकल्पमा नयाँ नेतृत्व आउने कसरी त ? नयाँ मान्छेहरू आएकै छन् तर उनीहरूको भूमिका उत्साहजनक छैन । उनीहरू पनि राजनीतिको उठबस र सत्ता लिप्साको वरिपरि घुमेको देखिन्छ । समय अनुकूलको परिवर्तनमा बोल्न सकेको देखिँदैन । तर, राजनीति सुधार्ने काम राजनीति दलबाटै सुरु गर्नुपर्छ । लाखापाखा लाग्ने र गराउँदै गयो भने पनि लड्ने र उधिन्ने मान्छेहरू देखिनु नै पर्छ । लोभीपापी राजनीतिबाट माथि उठेर दलको सुधारमा लाग्ने नेतृत्वको खाँचो छ । भारतकै उदाहरण हेरौं । राहुल गान्धीमाथि त्यत्रो आक्रमण भइरहेको छ । राज्य संयन्त्रमा भाजपाको वर्चस्वका कारण राहुलले चुनाव नजित्लान्, उनले राजनीतिलाई आमूल परिवर्तन गर्न सक्लान् वा नसक्लान् आफ्नो ठाउँमा छ । तर, विकल्प दिएका छन् । जनतासँग भारतलाई जोड्ने, न्यायसँग जोड्ने अभियान चलाइरहेका छन् । त्यो हामीकहाँ पनि आवश्यक भइसकेको छ ।शासकीय अक्षमताका कारण अहिले व्यवस्था र प्रणालीमाथि नै प्रश्न उठिरहेको हो ? खतरा छ भने अहिलेको नेतृत्वबाटै छ । लोकतन्त्रले जनताका लागि सार्वजनिक सेवा–सुविधा प्रदान गर्न सकेन भने राज्य किन चाहियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । राज्य हामीलाई किन चाहिन्छ भने, १८ वर्ष उमेर पुगेपछि मैले भोट हाल्न पाउँछु, लाइसेन्स पाउँछु, निश्चित उमेर पुगेपछि सामाजिक सुरक्षा पाउँछु, स्वास्थ्यमा सुविधा पाउँछु । रोजीरोटी र जीवनयापनका लागि पेसा–व्यवसाय गर्न पाउँछु । त्यस्तै बोल्न र सरकारलाई प्रश्न गर्न पाउँछु । प्रश्न गर्दा मलाई थुनछेक हुँदैन, पेसा व्यवसाय गर्दा अड्चन हुँदैन भन्नका लागि नै लोकतन्त्र चाहिएको हो । तर, बिस्तारै यी कुराहरू नै खस्किँदै गएको छ । तर, त्यो भन्दैमा यो व्यवस्था ठीक छैन भन्नेचाहिँ हुन्न । विकल्पमा अर्को आउने व्यवस्था झन् कठिन र डरलाग्दो हुन सक्नेतर्फ सचेत रहनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको आफैंलाई सुधार गर्दै लैजान्छ भन्ने हो । त्यसका लागि महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन समयमै हुनुपर्‍यो । पार्टीको नेतृत्व परिवर्तन हुनुपर्‍यो । लोकतन्त्र कहिल्यै निराशामा बाँच्दैन, आशामा बाँच्छ । विडम्बना अहिलेको नेतृत्वले जनतामा आशा जगाउन सकेको छैन । जुन व्यक्ति आए पनि कानै चिरेको भनेजस्तै नयाँ आउँदा केही हुन्न भन्ने भाष्यले हामी कतै पुग्न सक्दैनौं । बिग्रिएको सुधार्न अन्तरिक्षबाट कोही आउनेवाला छैन । समाज जस्तो छ, त्यस्तै नेतृत्व पाउने हो । त्यसैले पनि नेतृत्वको विकल्प हुनुपर्छ र नयाँ नेतृत्व आउनु जरुरी हुन्छ । अहिलेसम्म यी नेतृत्वले मैले गल्ती गरें भनेर कहिल्यै भनेको छैन । यो नेतृत्वले त सम्पूर्ण निकास बन्द गरेको छ । तर, यिनीहरूले अविलम्ब निकास दिएनन् भने आफैं बढारिन्छन्, अरूले पनि दुःख पाउँछन् ।
Feature
104
एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल हुँदै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा अवधारणा पत्रसहितका कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् ।
https://ekantipur.com/news/2024/02/20/uml-central-committee-meeting-presented-4-action-plans-9-groups-discussed-04-31.html
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा अवधारणा पत्रसहितका कार्ययोजनाहरु प्रस्तुत भएका छन् ।बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् ।त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको गौतमले जानकारी दिए ।पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको उनले जानकारी दिए ।
News
5,498
डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।
https://gorkhapatraonline.com/news/92845
काठमाडौँ, पुस २९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । कृषि मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय झिकाएपछि अधिकारीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । पुस २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई २७ गतेदेखि लागु हुने गरी सो जिम्मेवारी दिएको हो । कृषि मन्त्रालयले निर्माण गर्ने दुग्ध एवं दुग्धजन्य पदार्थसम्बन्धी विषयको नीति तर्जुमा एवं हाल यस विषयमा देखिएको समस्याको समाधानका सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहायोग गर्न भन्दै महाप्रबन्धक झालाई मन्त्रालय बोलाएको हो । पत्रमा सो कुरा उल्लेख गरे पनि कृषि मन्त्रालयले महाप्रबन्धक झाले सन्तोषजनक काम गर्न नसकेको भन्दै झिकाइएको बताउँदै आएको छ । महाप्रबन्धक झा आफू मन्त्रालयम हाजिर नहुने बताउँदै आउनुभएको छ । बरु कानुनी उपचार खोज्ने तर मन्त्रालय नजाने उहाँले बताउँदै आउनुभएको छ । निमित्त महाप्रबन्धक झाले डिडिसीमा मौज्दातको समस्या रहेको बताउँदै किसानको भुक्तानीका लागि सरकारले सहुलियत ऋणको सहयोग गर्नुपर्ने बताउनुभयो । सङ्कलन भए अनुसार दुग्ध पदार्थ बिव्रmी नहुँदा किसानलाई भुक्तानी गर्न केही समस्या भएको हो र त्यो समाधान गर्नका लागि कृषि मन्त्रालयले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 
News
35,653
दूधको मूल्यमा कार्टेलिङको प्रयास
नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।
https://gorkhapatraonline.com/news/49630
काठमाडौँ, पुस १७ गते  ।  नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।डीडीसी र डेरी एसोसिएसन आबद्धले बढाएनन् सङ्घ आबद्ध डेरीले मूल्य बढाए पनि दुग्ध विकास संस्थानलगायत नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी व्यवसायीले भने मूल्य बढाएका छैनन् ।  दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले डीडीसीले दूधको मूल्य वृद्धि नगरेको जानकारी दिनुभयो । “निर्धारित प्रक्रिया पूरा नगरी एकतर्फी मूल्य वृद्धि गर्ने काम जायज होइन,” उहाँले भन्नुभयो, “डीडीसी दूधको मूल्य बढेको छैन, प्रतिलिटर ८६ रुपियाँ नै हो ।” नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको बताउनुभयो । एसोसिएसनमा घरेलु, मझौला, साना र ठूला गरी २५५ डेरी सदस्य छन् । “हाम्रा सदस्य संस्थाले मूल्य बढाएका छैनन्,” उहाँले भन्नुभयो, “दूधको लागत बढेकाले मूल्य बढाउन आवश्यक छ तर अध्ययन नगरी प्रक्रिया पूरा नगरी मूल्य बढाउनु न्यायोचित हुँदैन ।” मूल्य बढाउने निर्णय गरेका हिमालयन डेरी र सीताराम डेरीले भने बढेको मूल्य फिर्ता गरेको जनाएका छन् । एकाएक मूल्य बढाउन निर्देशन दिने डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले लागत बढेकाले दूधको मूल्य बढाएको भन्दै आफ्नो बचाउ गर्नुभयो । “कच्चा पदार्थ मूल्य बढेकाले उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, प्रतिलिटर दूधमा शनिबारदेखि लागू हुने गरी १४ रुपियाँ मूल्य बढाएका हौँ,” उहाँले भन्नुभयो, “छलफल अध्ययन गरेर के गर्नु ? व्यवसाय नै नचल्ने भएपछि बढाउनै प¥यो ।” सरोकारवाला निकायहरू सँगै छलफल तथा जानकारी नदिएरै व्यक्तिगत रूपमा मूल्य बढाइएको उहाँले स्वीकार गर्नुभयो । दाहालका अनुसार सङ्घमा आबद्ध ३० देखि ४० डेरीले मूल्य बढाएका छन् । प्रधानमन्त्री कार्यालयमा उजुरीयसैबीच केही निजी डेरीले गैरकानुनी ढङ्गले दूधको मूल्य बढाएको भन्दै कारबाहीको माग राखी राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी डेरी उद्योगले कार्टेलिङ गरेर मूल्य बढाउँदा त्यसको असर आमउपभोक्तामा पर्न गएको बताउनुभयो । एक वर्षमै र अनधिकृत रूपमा दूधमा मूल्य बढाउँदा आमउपभोक्तालाई प्रत्यक्ष मार पर्छ,” उहाँले भन्नुभयो, “गैरकानुनी रूपमा बढाइएको मूूल्य तत्काल फिर्ता लिनपर्छ ।”  मञ्चले नेपाल डेरी उद्योग सङ्घले गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी कार्य गरेकाले आवश्यक कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष माग गरेको छ ।    
News
59,403
ब्याडमिन्टन छनोटमा रायमाझी विजयी
बुटवलमा जारी नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत सोमबार ब्याडमिन्टन छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
https://ekantipur.com/sports/2022/09/20/16636522436864746.html
तिलोत्तमा — बुटवलमा जारी नवौं राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत सोमबार ब्याडमिन्टन छनोट प्रतियोगिता सम्पन्न भएको छ ।सिद्धार्थनगरस्थित भैरहवा ब्याडमिन्टन कबर्ड हलमा भएको प्रतियोगितामा पुरुष सिंगलतर्फ पाल्पाका गणेश रायमाझी प्रथम भएका छन् । कपिलवस्तुका राज वर्मा दोस्रो तथा बाकेका इरफान अन्सारी र गुल्मीका मनोज फौदार (गुल्मी)तेस्रो भए । रुपन्देहीका विश्वास नेपाल चौथो, बाँकेका रियाज अन्सारी पाँचौ तथा बाँकेकै सरोज अन्सारी छैटौं स्थान हासिल गरेका छन् ।त्यस्तै, महिला सिंगलतर्फ भने बाँकेकी सुष्मा श्रेष्ठ प्रथम भइन् । रुपन्देहीकी पूजा विष्ट दोस्रो तथा पाल्पाकी दिया शाक्य र शुष्मा बुढा तेस्रो भइन् । खेलमा कपिलवस्तुकी सुन्दरी थारु चौथो भइन् ।विजेता खेलाडीलाई पुरस्कार, प्रमाणपत्र वितरण गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद क्षेत्रलाई प्रदेश सरकारबाट आवश्यक सहयोगको आश्वासन पाएको भन्दै यसमा सबैको साथ सहयोग जरुरी रहेको बताए ।खेलमा १२ जिल्लाका ४७ जना पुरुष तथा २८ महिला खेलाडीले भाग लिएको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य तथा छनोट समितिका जीवनसिंह कुँवरले बताए ।
Sports
19,584
टिप्पणी : सरकार सीमा व्यवस्थापनमा चुक्दा अवस्था फेरि जटिलतातिर
नेपाल सरकारले एक वर्षअघि कोरोना भाइरसको पहिलो लहरले देशलाई जकडेको बेलाको सिकाईलाई बेवास्ता गर्दा दोस्रो लहर झन् भयावह हुने स्थितितिर उन्मुख छ । त्यतिबेला सीमा नाकाबाट प्रवेश गर्ने अधिकांशको यथोचित अभिलेखीकरण र परीक्षण नगरेकै कारण भाइरस समाजमा फैलिएको तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।
https://ekantipur.com/feature/2021/04/25/161934538939744071.html
काठमाडौँ — नेपाल सरकारले एक वर्षअघि कोरोना भाइरसको पहिलो लहरले देशलाई जकडेको बेलाको सिकाईलाई बेवास्ता गर्दा दोस्रो लहर झन् भयावह हुने स्थितितिर उन्मुख छ । त्यतिबेला सीमा नाकाबाट प्रवेश गर्ने अधिकांशको यथोचित अभिलेखीकरण र परीक्षण नगरेकै कारण भाइरस समाजमा फैलिएको तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।नेपालसँग खुला सीमा भएको छिमेकी मुलुक भारतमा दैनिक संक्रमितको संख्या साढे ३ लाख कट्न लाग्दा पनि स्थलमार्गबाट बिना कुनै परीक्षण र अभिलेख प्रवेश गर्न दिनु नेपाल सरकारको ठूलो लापरबाही हो । विभिन्न सीमा नाकाहरुबाट औपचारिक रुपमा नै दैनिक हजारौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरी आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । केही नाकाहरुमा एन्टिजेन परीक्षण नभएको भने होइन । त्यसरी एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको व्यवस्थापन कुनरुपमा भइरहेको छ भन्ने यकिन विवरण मन्त्रालयसँगै छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित उच्च स्रोतका अनुसार वैशाख ४ गतेसम्म मात्रै ६ प्रदेशका विभिन्न २२ वटा नाका प्रयोग गरेर कुल २३ हजार ८ सय २० व्यक्ति भित्रिएका छन् । जसमा २१ हजार ६ सय ४७ नेपाली छन् भने २ हजार १ सय ७३ जना भारतीय छन् । यो औपचारिक तथ्यांक हो । तथ्यांकमा नसमेटिएका कति छिरे भन्नेको लेखाजोखा छैन ।यस्तै वैशाख ४ गते गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका ७ सय ६९ जनामध्ये १ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजिटिभ थियो । यस्तै गौरीफन्टाबाट प्रवेश गरेका १६ सय २९ मध्ये ५ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनाको पोजिटिभ थियो । बाँकेस्थित नाकाबाट भित्रिएका २३ सय ७२ मध्ये १९ जनाको परीक्षण गर्दा १० जना पोजिटिभ थिए ।माथि उल्लेखित तथ्यांक कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पार्ने दैनिक अवस्था विश्लेषण रिपोर्टको वैशाख ५ गतेको विवरणबाट लिइएको हो । यसले स्थल नाकाबाट भित्रिएकाहरुमा गरिने परीक्षणको तथ्यांक उजागर गर्छ । अर्कोतर्फ एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि संक्रमण रोकथामका लागि जेजस्ता उपाय अपनाउनुपर्छ त्यसमा ध्यान नदिइएको देखिन्छ । एन्टिजेन परीक्षणमा पोजिटिभ देखिनुको अर्थ सो व्यक्ति सक्रिय संक्रमित रहेको छ भन्ने हो । सो व्यक्तिले आफूसँग सम्पर्कमा आएका अन्य धेरै व्यक्तिलाई संक्रमित बनाउने सम्भावना उचो हुन्छ । त्यसैले एन्टिजेन पोजिटिभ देखिएपछि संक्रमितलाई होम आइसोलेसनमा पठाउनु कुनै हिसाबमा पनि जायज देखिन्न ।वैशाख १ देखि ४ गतेसम्म हवाईमार्गबाट नेपाल आएका ११ हजार ३ सय ३५ जनामध्ये जम्मा १ सय २७ जनामात्रै होटल क्वारेन्टाईनमा बसेका छन् । बाँकी सबै होम आइसोलेसनमा बस्ने गरी घर गएका छन् । विदेशबाट नेपाल आएका यात्रुहरु सबैले अनिवार्य रुपमा पीसीआर रिपोर्ट बोक्ने गरेको भए पनि त्यसको आधिकारिकताबारे कुनै अनुसन्धान हालसम्म नगरिएको स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरुले बताएका छन् । विदेशबाट निगेटिभ पीसीआर रिपोर्ट ल्याएकै भरमा उनीहरु संक्रमित छैनन् भन्ने सोचेर व्यवहार गर्नु उचित होइन । पहिलो कुरा त, दिनमा ३ हजार जनाको विमानस्थलमै परीक्षण गर्नसक्ने व्यवस्था हुनै पर्छ । त्यसका लागि आवश्यक पर्ने प्रविधि नेपाल भित्रिएर प्रयोगको बाटो ढुकेर बसेकै लामो समय भइसकेको छ । तर, सरकार सो प्रविधिको उपयोगमा किन उदासिन छ भन्ने सो प्रविधि नेपालमा ल्याउने विज्ञहरुलाई पनि थाह छैन । अर्को कुरा विमानस्थलबाट घर पुगेकाहरुले आइसोलेसनका नियमहरु पालना गरेका छन् कि छैनन् भन्ने थाह पाउन पनि निकै कठिन छ ।नेपालमा कोरोना स्थल र हवाई मार्गबाट प्रवेश गरेको पोहोर फैलिएको पहिलो लहरको तथ्यांकले नै पुष्टि गरिसकेको छ । यसपटक पनि भारतमा ग्राफ उकालो लागेसँगै नेपालमा पनि ग्राफ उकालो लागिरहेको छ । त्यसको सहज विश्लेषण पनि उही नै हुन्छ । तर नाकामा गरिएको लापरबाहीलाई हेर्दा सरकारले एक वर्षअघिको अवस्थाबाट केही पनि सिकेनभन्दा कदापी अनुचित हुँदैन ।एक वर्षको समय सीमामा आवश्यक व्यवस्था गर्नका लागि पुग्दो समय हो । तर, कोरोनाको संख्या ओरालो लाग्न थालेसँगै सरकारको प्राथमिकता सत्तातिर मोडियो । सत्ता नै जोगाउन काठमाडौंमा लाखौंको भीड जम्मा गरेर प्रधानमन्त्रीले देखाएको असंवेदनशीलतालाई किन्चित उचित मान्न सकिन्न । त्यसैलाई उदाहरण मानी जनताले सबैतिर मनलाग्दी गर्दाको परिणाम पनि हो अहिलेको अवस्था । सरकारले अझै पनि सीमा नाकालाई व्यवस्थित बनाउन तदारुकता नदेखाउने र आवश्यक कदम नचाल्ने हो भने भारतीय सहरहरुमा जुन दुर्दशा देखिएको छ त्यही अवस्था हाम्रो हुँदैन भन्न सकिँदैन । विज्ञ चिकित्सकहरुले सामाजिक संजालहरुमा समेत यसबारे लेखिरहेका छन्, बोलिरहेका छन्, सरकारलाई ध्यान देउ भनिरहेका छन् । सरकारले अझै पनि यसमा ध्यान नदिने हो भने आउने दिनहरु झन् जटिल र भयावह हुनसक्छन् ।
Feature
685
नेपाल भ्रमण वर्ष: किन छानियो लोककथामा प्रचलित रहस्यमय यती
नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका किंवदन्तीमा आधारित हिममानव यतीलाई प्रतीकका रूपमा प्रयोग गरिएको छ।
https://www.bbc.com/nepali/news-51066940
नेपाल भ्रमण वर्षको सचिवालयअन्तर्गत गठित यती आर्ट कमिटीले यतीको मूर्ति बनाउने जिम्मा पाएको छ। झन्डै सात फूट अग्ला दर्जनौँ मस्टक कलाकारहरूले बनाइरहेका छन्, विभिन्न सार्वजनिक स्थानमा त केही मूर्तिहरू राखिसकिएको छ। नेपाल तथा दक्षिण एशियाका अन्य देशका हिमाली भेगमा यतीबारे लोककथा सुन्न पाइन्छ। तर यतीको अस्तित्व प्रमाणित गर्ने कुनै प्रमाण भने भेटिएको छैन। यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरुङका अनुसार उक्त जीवलाई डरलाग्दो जीवको रूपमा प्रस्तुत गर्नुभन्दा पनि यतीको घर नेपालका हिमालय हुन् भनेर संसारभरि चिनाउने उद्देश्य राखेर मूर्ति बनाइएको हो। तर यतीबारे अध्ययन गरेका विज्ञहरू नेपाल भ्रमण वर्षको प्रतीकमा देखाइएको यतीको स्वरूपप्रति असन्तुष्ट छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
Others
64,965
पुटिनको शासन लम्ब्याउन अर्को चुनावको मञ्चन
बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो । पूर्वी जर्मनीको साम्यवाद आफ्नै खुट्टामा ढल्दै थियो । जनताको शक्तिलाई कसैले छेक्न सक्ने अवस्था थिएन । १९८९ डिसेम्बर ५ को कुरा हो, ड्रेस्डेन सहरस्थित स्टासी (पूर्वी जर्मनीको गुप्तचर प्रहरी) मुख्यालयमा प्रदर्शनकारीले आक्रमण गरेसँगै प्रहरी आफैं असहाय देखिएको थियो ।
https://ekantipur.com/world/2024/03/13/staging-another-election-to-prolong-putins-rule-44-12.html
काठमाडौँ — बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो । पूर्वी जर्मनीको साम्यवाद आफ्नै खुट्टामा ढल्दै थियो । जनताको शक्तिलाई कसैले छेक्न सक्ने अवस्था थिएन । १९८९ डिसेम्बर ५ को कुरा हो, ड्रेस्डेन सहरस्थित स्टासी (पूर्वी जर्मनीको गुप्तचर प्रहरी) मुख्यालयमा प्रदर्शनकारीले आक्रमण गरेसँगै प्रहरी आफैं असहाय देखिएको थियो । त्यसै क्रममा केही प्रदर्शनकारी बाटोपारि रहेको सोभियत संघको गुप्तचर संस्था केजीबी कार्यालय पुग्छन् । सुरक्षा चुनौतीको आकलनपछि मूल गेटका सुरक्षाकर्मीले कार्यालयमा रहेको समूहलाई बोलाउँछन् । लगत्तै समूहको नेतृत्व गर्दै आएका एक अधिकारी भन्छन्, ‘यो सम्पत्तिमा जबर्जस्ती घुस्ने प्रयास नगर्नु होला । हाम्रा साथीहरू हातहतियारले सुसज्जित छन् र आपत्कालीन अवस्थामा ती हतियार प्रयोग गर्ने अधिकार हामीलाई छ ।’ती अधिकारीको भनाइ सुनेपछि प्रदर्शनकारी केजीबी कार्यालयबाट अन्यत्र लाग्छन् । तर समस्या टरिनसकेको निर्क्योलमा पुगेका केजीबीका ती अधिकारीले सहयोगका लागि रेड आर्मीको मुख्यालयमा फोन गरे । तर त्यसमा उनले पाएको जवाफ भने निकै अप्रत्याशित थियो, ‘मस्कोको आदेशबिना हामी केही गर्न सक्ने अवस्थामा छैनौं र मस्को शान्त छ ।’ सोभियत संघको सत्तामा थिए– मिखाइल गोर्भाचोभ । १९८९ नोभेम्बर ९ मा बर्लिन पर्खाल ढलेसँगै सोभियत संघले ‘स्याटेलाइट स्टेट’ गुमाउँदै मात्र थिएन, आफैं विघटनको संघारमा पुगेको थियो । त्यसका साथै, दुई जर्मनी एकीकरणको बाटोमा थिए । त्यतिबेला दुई देशमा विभाजित जर्मनीलाई छुट्याएको थियो– ‘बर्लिनको पर्खाल’ले । पूर्वी जर्मनीमा सोभियत संघ र पश्चिम जर्मनीमा अमेरिकी प्रभाव थियो । खासमा, त्यतिबेला आफ्नै समस्यामा रहेको मस्कोका लागि पूर्वी जर्मनीस्थित केजीबी कार्यालय प्राथमिकतामा पर्ने कुरै भएन । मस्कोबाट सहयोग नपाएपछि ती अधिकारीले कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात प्रदर्शनकारीको हात लाग्नुअघि नै नष्ट गरिदिएका थिए । ‘मस्को शान्त छ’ भन्ने वाक्यांशले भने ती अधिकारीलाई बेलाबेला पछ्याइरहन्छ । कारण, ती अधिकारी अहिले आफैं ‘मस्को’ भएका छन् । र ती हुन्, रुसी राट्रपति भ्लादिमिर पुटिन । सन् १९५२ अक्टोबर ७ मा रुस (तत्कालीन सोभियत संघ) को सेन्ट पिटर्सबर्गस्थित एक सामान्य परिवारमा जन्मिएका हुन्, पुटिन । त्यसताका युवाका लागि अनिवार्य सैन्य तालिममा सहभागी भएका पुटिन १९७५ मा रुसी गुप्तचर विभाग केजीबी (राष्ट्रिय सुरक्षा समिति) मा प्रवेश गरे ।पूर्वी जर्मनीको ड्रेस्डेन सहरमा उनले दोभाषेको परिचयमा १९८५ देखि १९९० सम्म सोभियत संघको जासुसका रूपमा काम गरेका थिए । डेढ दशकभन्दा लामो गुप्तचर सेवाका क्रममा पुटिनले विभिन्न देशको भ्रमण गरे । तर पूर्वी जर्मनीको पाँचवर्षे कार्यकाल भने उनको राजनीतिक भविष्यका लागि निकै महत्त्वपूर्ण सावित भयो । त्यसको मुख्य कारण हो, उच्च अधिकारीसँगको नियमित सम्पर्क । त्यतिबेला नै हो, पुटिनले सत्ता, शक्ति र रणनीतिबारे सिक्न र अभ्यास गर्न पाएको । सोभियत संघको विघटन भएसँगै अर्मेनिया, अजेरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजखस्तान, किर्गिस्तान, लात्भिया, लिथुवानिया, मोल्दोभा, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्बेकिस्तान गरी १५ वटा स्वतन्त्र राज्य बने । अराजनीतिक पहुँच, प्रभाव र भूगोलका आधारमा सबैभन्दा ठूलो देश बन्यो रुस ।खासमा, पुटिनको राजनीतिक करिअर भने त्यसपछि सुरु भएको हो । रुसको लेनिनगार्ड विश्वविद्यालयको बाह्य सम्बन्ध विस्तारको जिम्मेवारीका लागि उनले १९९१ मा केजीबीको लेफ्टिनेन्ट कर्नेल पदबाट अवकाश लिए । तर त्यसको केही समयमै उनी सेन्ट पिटर्सबर्गका पहिलो जननिर्वाचित मेयर सोब्चकको सल्लाहकार बने । १९९४ मा सहरको उपमेयर बनेका पुटिन दुई वर्षपछि मस्को पुगे ।सेन्टपिटर्सबर्गमा भ्रष्टाचार र अव्यवस्था अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण चर्चामा आएका पुटिन रुसी राष्ट्रपति कार्यालयम क्रेमलिनको उपप्रमुख प्रशासक भएर काम गरे । सोभियत संघको विघटनसँगै मिखाइल गोर्बाचोभले राजीनामा दिएपछि सत्तामा थिए– बोरिस यल्तसिन । यल्तसिनले पुटिनलाई १९९८ मा संघीय सुरक्षा सेवा (एफएसबी) को निर्देशक बनाए । त्यतिबेला रुसमा एक प्रकारको भद्रगोलको अवस्था थियो । पश्चिमाहरूले भद्दा मजाक उडाइरहेको रुसले कठोर तर इमान्दार शासकको खोजी गरिरहेको थियो । भ्रष्टाचार कम गर्ने मिसनका साथ यल्तसिनले पुटिनलाई १९९९ मा प्रधानमन्त्री पदमा नियुक्त गरे । १९९९ डिसेम्बर ३१ मा यल्तसिनले अप्रत्याशित रूपमा राजीनामा दिएपछि पुटिन चार महिना कार्यवाहक राष्ट्रपति बने ।पुटिनको राष्ट्रपतीय कार्यकालको सुरुआत नै चेचेन्यासँगको द्वन्द्वबाट भएको हो । व्यवस्थित सैन्य कारबाहीसँगै चेचेन्या विद्रोहीलाई तह लगाएपछि भने उनी रुसभर छाए । आक्रमणका क्रममा पुटिन २००० मार्चमा चेचेन्यामाथि एक युद्धक विमानमा उडेका थिए । सोही महिना भएको निर्वाचनमा पुटिन पहिलो पटक रुसी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।२००० मे ७ देखि लगातार दुई कार्यकाल राष्ट्रपति भएका पुटिन कानुनी प्रावधानका कारण पदबाट बाहिरिएका थिए । तर सत्ताको नियन्त्रण कायमै राख्ने रणनीतिअनुसार उनले २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपतिमा निर्वाचित गराई प्रधानमन्त्री भए । त्यसको चार वर्ष पुटिनको ‘रबर स्ट्याम्प’ राष्ट्रपति रहेका मेदभेदेभको कार्यकालमा राष्ट्रपतिको पदावधि बढाएर ६ वर्ष पुर्‍याइएको थियो । २०१२ मा तेस्रो पटक राष्ट्रपति बनेका पुटिन २०१८ मा चौथो पटक निर्वाचित भएका थिए ।२०१८ मा अन्तिम ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका पुटिनले २०२१ मा नयाँ कानुनमार्फत थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गरेका थिए । ७१ वर्षीय पुटिन कानुनतः अझै दुई कार्यकाल (१२ वर्षसम्म) राष्ट्रपति हुन पाउनेछन् ।राष्ट्रपति पुटिनले २०१९ को डिसेम्बर १९ मा पत्रकार सम्मेलन गर्दै संविधानमा आवश्यक संशोधन गर्ने घोषणा गरेका थिए । जसअनुसार उनले संसद्बाट आफू अनुकूलको संविधान संशोधन प्रस्ताव पारित गराएका थिए । संसद्बाट स्वीकृत प्रस्तावमाथि उनले २०२० मा जनमतसंग्रह समेत गराएका थिए । रुसी केन्द्रीय निर्वाचन आयोगका अनुसार ‘संवैधानिक सुधार जनमतसंग्रह’मा ६५ प्रतिशत मतदाताले भाग लिएका र पुटिनको प्रस्तावको पक्षमा ७७.९२ प्रतिशत मत खसेको थियो । यद्यपि, अधिकांश अन्तर्राष्ट्रिय पर्यवेक्षकले उक्त जनमतसंग्रहको नतिजामाथि प्रश्न उठाएका थिए । उनीहरूले मतदातालाई डर–त्रासमा पारिएको, एउटै मतदाताले पटक–पटक मत दिएको र मतदान प्रभावित गर्न सुरक्षाकर्मीलाई परिचालन गरिएको दाबी गरेका थिए ।राष्ट्रपतिको पहिलो कार्यकालमै सञ्चार माध्यम, इन्धन व्यापारीमाथि नियन्त्रण कायम गर्दै कुलीनतन्त्रको विरोधमा उत्रिएपछि पुटिनसँग शक्ति र पैसा सबैमा पहुँच छ । पछिल्लो समय पुटिन आफ्ना हरेक क्रियाकलापलाई सरकारी निर्णय र कानुनी प्रक्रियाको खोल ओढाइदिन सक्षम देखिन्छन् । उदारवादी सोचको प्रविधितन्त्र र राजनीतिलाई अर्थतन्त्र जिम्मा लगाउनु भनेको केजीबीका पूर्वअधिकारीलाई आँखा चिम्लेर विश्वास गर्नुसरह भएको पुटिन बताउने गर्छन् । त्यसका साथै, ‘पुटिन नभए रुस रहन्न’ भन्ने समर्थकको दाबी ठीक रहेकामा जनतालाई आश्वस्त पार्न पनि सफल देखिन्छन् उनी । आवश्यक परेको खण्डमा दमन र सैनिक शक्तिमार्फत आफ्नो शक्ति सुदृढ गर्छन् उनी । उमेरले सात दशक नाघिसेकका पुटिन तन्दुरुस्त छन् ।कहिले साइबेरियाको चिसो तालमा नुहाउँदै गरिरहेका वा माछा मारिरहेका देखिने पुटिनका लागि जंगलमा सिकार गर्नु, घोडा दौडाउनु, आइस हक्की तथा जुडो खेल्नु, लडाकु विमान उडाउनु, पन्डुब्बी चलाउनु, हेभी गाडी कुदाउनु सामान्य हो । अचुक निसानेबाज पुटिन कुकुर र घडीका पनि सौखिन छन् । ५ फिट ७ इन्च उचाइका पुटिन फेसनप्रति निकै सचेत छन् । चेचेन विद्रोह दबाएका पुटिनले क्राइमियालाई रुसमा गाभे । लेबनानमा आक्रमण मात्र होइन, सिरियामा सैन्य हस्तक्षेप पनि गरे । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउन चुनावमा साँठगाँठ गरेका समाचारहरू पनि बाहिरिए । अमेरिकी गुप्तचर संस्थाले त चुनावमा साँठगाँठ गरिएको निष्कर्ष समेत निकालेको थियो । पछिल्लो समय युक्रेनमाथिको आक्रमण त छँदै छ । नेतृत्व कमजोर हुँदा देशले सामना गर्नुपर्ने समस्याबारे राम्ररी बुझेका पुटिन शक्तिका लागि कसैसँग सम्झौता गर्न जान्दैनन् । पुटिनको यही बानीलाई भने अमेरिका लगायतका पश्चिमा देशहरूले ‘अटेरी शासक’ को संज्ञा दिएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः विश्वकै एकमात्र शक्तिशाली तानाशाह हुन् । पश्चिमाहरू रूसलाई सोभियत संघको अवयवका रूपमा हेर्छन् भने राष्ट्रपति पुटिनलाई स्टालिनपछिको सबैभन्दा शक्तिशाली शासकका रूपमा लिइन्छ । सन् १९९० को दशकमा रुसलाई अराजकताबाट निकालेर पुनः विश्व शक्तिका रूपमा स्थापित गर्न सकेकाले मात्र पुटिनले यो उपाधि पाएका हुन् । सार्वजनिक कार्यक्रममा भने पुटिनले अठारौं शताब्दीका रुसी सम्राट् ‘पिटर द ग्रेट’ को प्रशंसा गर्छन् । निर्मम र स्वेच्छाचारी शासक भए पनि पिटर द ग्रेट पश्चिमा सोच, विज्ञान र संस्कृतिका प्रशंसक थिए । पछिल्लो समय भने उनले युक्रेन युद्धलाई तीन शताब्दीअघि पिटरले देशको भूमि विस्तार गर्न लडेको युद्धसँग तुलना गरेका छन् । पिटरले बल्टिकबाट ब्ल्याक सीसम्मको भूभाग नियन्त्रण गर्ने क्रममा रुसले २१ वर्षसम्म ‘ग्रेट नर्द वार’ लडेको थियो । त्यसका साथै, पिटरले सेन्ट पिटर्सबर्गलाई युरोपको आँखीझ्यालका रूपमा विकसित गर्दै रुसलाई आधुनिक बनाउने प्रयत्न गरेका थिए । तर पुटिनको दमनकारी शासन र युक्रेन युद्धका कारण उक्त आँखीझ्याल बन्द गरिदिएको आलोचकहरू बताउँछन् । रुस–युक्रेन तनावबीच रुसमा राष्ट्रपतीय चुनाव हुँदै छ । खासगरी, पछिल्लो समय अमेरिका र उसका सहयोगी देशहरूसँग तनावग्रस्त सम्बन्ध रहेका बेला हुन लागेको चुनावलाई निकै महत्त्वका साथ हेरिएको छ । मार्च १५ देखि १७ सम्म हुने चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयको जनमतसंग्रहका रूपमा पनि हेरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको फेब्रुअरी २४ दुई वर्ष पुगिसकेको छ । यस अवधिमा रुसले नियन्त्रणमा लिएका युक्रेनी भूभाग दोनेत्स्क, लुहान्स्क, जापोरिजा र खेर्सनका बासिन्दाले पनि पहिलो पटक रुसी राष्ट्रपतिका लागि मतदान गर्दै छन् । रुसमा राष्ट्रपतिका लागि १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउँछन् । तर जेलमा रहेका वा आपराधिक गतिविधिमा दोषी ठहर भएकालाई मतदान गर्न रोक लगाइएको छ । आगामी शुक्रबार सुरु हुने चुनावमा रुसभित्रका ११ करोड २३ लाख र अतिक्रमित युक्रेनी क्षेत्रका १९ लाख मतदाताले मतदान गर्न पाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने प्रावधान छ । यसअघि २०१८ मा भएको राष्ट्रपतीय चुनावमा ६७.५ प्रतिशत मतदान भएको थियो । राष्ट्रपति पदका लागि पुटिनसहित लियोनिड सुलुत्स्की, निकोलाई खारितोनोभ र भ्लादिस्लाभ दाभान्कोभ उम्मेदवार रहेको मस्को टाइम्सले उल्लेख गरेको छ । सुलुत्स्की लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीआर), खारितोनोभ कम्युनिस्ट पार्टी र दाभान्कोभ न्यु पिपुल पार्टीका हुन् । पुटिन भने स्वतन्त्र उम्मेदवार हुन् । तर यी तीनै जना उम्मेदवार नाम मात्रका प्रतिद्वन्द्वी हुन् । यिनीहरू पुटिनलाई नै समर्थन गर्ने तर बाह्य विश्वका लागि देखाउन तयार पारिएका उम्मेदवार मानिन्छन् । किनकि, रुसको पुटिनराजमा राजनीतिक प्रतिपक्षका लागि कुनै स्थान छैन । यसको उदाहरण हुन्, एलेक्सी नाभाल्नी । रुसी प्रतिपक्ष दलका नेता तथा पुटिनका कट्टर आलोचक नाभाल्नीलाई २०२० अगस्टमा रहस्यमय ढंगले विष दिइएको थियो । त्यसलगत्तै जर्मनीमा उपचार गराएर स्वदेश फर्किएका नाभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी मुद्दा लगाइएको थियो । निलम्बन गरिएको सजायका सर्तहरू उल्लंघन गरेको आरोपमा उनलाई साढे तीन वर्ष जेल सजाय सुनाइएको थियो । त्यस्तै, २०२२ फेब्रुअरीमा उनीविरुद्ध राजनीतिक संगठनलाई दिएको ४७ लाख डमेरिकी डलर चोरेको आरोपमा मुद्दा लगाइएको थियो । ती मुद्दामा दोषी ठहर गर्दै अदालतले नाभाल्नीलाई पेनल कोलोनीमा ९ वर्षको सजायका लागि आदेश दियो । तर गत अगस्टमा उनको जेल सजाय बढाएर १९ वर्ष पुर्‍याइएको थियो । नाभाल्नीलाई गत डिसेम्बरमा मात्रै ठाउँ सारेर रुसकै कठोरमध्येको जेल साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा राखिएको थियो । २०२१ यता जेलमा रहेका नाभाल्नीको ४७ वर्षको उमेरमा गत फेब्रुअरी १६ मा जेलभित्रै रहस्यमय मृत्यु भएको थियो । समर्थकहरूले नाभाल्नीलाई झूटा अभियोग लगाइएका र ती राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । आफ्नो शासनविरुद्ध कडा रूपमा प्रस्तुत हुने र सत्तालाई खतरा महसुस हुने गतिविधि नियन्त्रणका लागि पुटिन जुनसुकै हदसम्म पनि जान सक्ने आलोचकहरूको भनाइ छ । कमजोर प्रतिस्पर्धी रहेको चुनावले वैधानिक रूपमा रुसी सत्ता २०३० सम्म पुटिनलाई सुम्पने निश्चित छ । विभिन्न सर्वेक्षणहरूले त पुटिन करिब ८० प्रतिशत जनमतसहित निर्वाचित हुने देखाएका छन् । तर अमेरिकालगायत पश्चिमा मुलुकका लागि भने रुसी राष्ट्रपतिमा पुटिनको निरन्तरता ‘खानु कि ओकल्नु’ जस्तै हो । खासगरी उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध देशका लागि पुटिन थप आक्रामक र निर्दयी हुने विश्लेषकहरू बताउँछन् । अमेरिकालगायतका पश्चिमा देशहरूले युक्रेनविरुद्धको युद्धका कारण रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर पुटिनमाथि पर्ने आकलन थियो । तर युद्धको असर अनुमान गरिएभन्दा फरक देखिएको छ । युद्ध अझै लम्बिँदै गएको खण्डमा रुस चीनसँग थप नजिकिँदै जाने चिन्ता पश्चिमा देशहरुलाई छ । जसका कारण उनीहरू रुस–युक्रेन युद्ध अन्त्यको पक्षमा देखिएका छन् । तर पुटिन भने आफ्नो अनुकूलतामा मात्रै युद्ध अन्त्य गर्न चाहन्छन् । अढाई दशकयता पुटिनका कारण व्यक्तिवादी अधिनायकवादी शासन विश्वका अन्य देश/समुदायमा पनि फैलिइरहेको छ । त्यस्ता शासकले लोकतन्त्रलाई नै नियन्त्रणमा लिएका छन् । टर्कीका रेसेप तैइप एर्दोगान, भेनेजुयलाका निकोलस मडुरो, बंगलादेशकी शेख हसिना मात्र होइन, विश्वकै ठूलो लोकतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताले पनि आफूहरूले जनताको चाहनाअनुसार विशेष अधिकार उपभोग गरेको दाबी गर्न थालेका छन् । यो एक अर्थमा उनीहरूले पुटिनराजबाट नै सिकेका हुन् । सोभियत संघको विघटनपछि विश्वभरका राजनीतिज्ञ र अर्थशास्त्रीले रुस विश्वमञ्चमा प्रभावशाली देशका रूपमा नरहने ठोकुवा नै गरेका थिए । त्यसका साथै, अमेरिकालाई चुनौती दिन सक्ने देश कुनै नहुने दाबी पनि थियो उनीहरूको । तर पुटिनले आफ्नो नेतृत्वमा रुसलाई फेरि उठाएनन् मात्र, अमेरिका र उसका सहयोगी देशका लागि मुख्य चुनौतीका रूपमा समेत उभ्याएका छन् । (एजेन्सीहरूको सहयोगमा)
World
11,836
यू–१२ टेनिस टिममा भारत विजेता
दक्षिण एसियाली क्षेत्रीय छनोटको रूपमा रहेको एटीएफ यू–१२ टेनिस टिम प्रतियोगितामा भारत च्याम्पियन भएको छ ।  भारतीय खेलाडी ब्वाइज/गर्ल्स दुवैमा विजेता बन्यो ।
https://ekantipur.com/sports/2024/05/24/india-winner-in-u-12-tennis-team-18-07.html
काठमाडौँ — दक्षिण एसियाली क्षेत्रीय छनोटको रूपमा रहेको एटीएफ यू–१२ टेनिस टिम प्रतियोगितामा भारत च्याम्पियन भएको छ ।  भारतीय खेलाडी ब्वाइज/गर्ल्स दुवैमा विजेता बन्यो ।नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–० ले पराजित गर्‍यो । गर्ल्सको फाइनल भिडन्तमा भारतले श्रीलंकामाथि २–० कै जित पायो । ब्वाइज/गर्ल्समा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम टेनिस प्रतियोगिताका लागि छनोट भएका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबारै भएको गर्ल्सको राउन्ड रोबिन लिगमा नेपालले माल्दिभ्सलाई २–१ ले पन्छाएर सान्त्वना जित निकाल्यो ।विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले पुरस्कृत गरे । प्रतियोगिताको ब्वाइजमा ७ र गर्ल्समा ५ राष्ट्र सहभागी थिए । नेपालले प्रतियोगिता आयोजना गरेको चौथो पटक हो ।
Sports
13,549