title
stringlengths 7
151
| summary
stringlengths 17
19.5k
| url
stringlengths 35
219
| text
stringlengths 70
73.1k
| category
stringclasses 10
values | __index_level_0__
int64 0
70.8k
|
---|---|---|---|---|---|
१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि | सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि दिने प्रक्रिया थालनी भए पनि विभिन्न कारणले रोकिएको थियो । | https://gorkhapatraonline.com/news/18855 | काठमाडौँ ,असार ३० गते । सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि दिने प्रक्रिया थालनी भए पनि विभिन्न कारणले रोकिएको थियो । अदालतले यो पटक २०४३ सालदेखि २०५१ सम्म प्रमाणपत्र लिएका कानुन व्यवसायीलाई उपाधिमा समेटिएको छ । जसमा एक हजार ५८२ देखि अन्तिम पाँच २०७ नम्बरसम्म प्रमाणपत्र लिएका कानुन व्यवसायी छन् । कम्तीमा ५० वटा फैसलामा नाम र कर तिरेको प्रमाणपछि अदालतले उपाधि दिएको हो । नयाँ उपाधिसँगै अब वरिष्ठको उपाधि पाउने करिब ६०० हाराहारीमा कानुन व्यवसायी पुगेका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले एक साताअघि बारका पदाधिकारीसँग साताभित्रै उपाधिबारे निर्णय गर्ने आश्वासन दिनुभएको थियो । | News | 62,461 |
कोहलीको उत्कृष्ट शतक | भारतीय कप्तान विराट कोहलीले अघिल्लो दिनको लय जारी राख्दै दोस्रो टेस्टको तेस्रो दिन शतक पूरा गरेका छन् । सोमबार कोहलीले भारतको अन्तिम विकेटका रूपमा पेभेलियन फर्कनुअघि २१ औं शतक प्रहार गर्दै १ सय ५३ रन जोडे । भारत पहिलो इनिङ्समा ३ सय ७ रनमा अलआउट भयो, जुन दक्षिण अफ्रिकाको पहिलो इनिङ्सको स्कोरभन्दा २८ रन कम हो । | https://ekantipur.com/sports/2018/01/16/20180116065537.html | सेन्चुरियन — भारतीय कप्तान विराट कोहलीले अघिल्लो दिनको लय जारी राख्दै दोस्रो टेस्टको तेस्रो दिन शतक पूरा गरेका छन् । सोमबार कोहलीले भारतको अन्तिम विकेटका रूपमा पेभेलियन फर्कनुअघि २१ औं शतक प्रहार गर्दै १ सय ५३ रन जोडे । भारत पहिलो इनिङ्समा ३ सय ७ रनमा अलआउट भयो, जुन दक्षिण अफ्रिकाको पहिलो इनिङ्सको स्कोरभन्दा २८ रन कम हो ।दक्षिण अफ्रिका दोस्रो इनिङ्समा ब्याटिङ गर्दै ६८–२ को स्थितिमा छ । चिया सत्रलगत्तै चट्याङसँगै वर्षा भएपछि खेल रोकिएको थियो । समग्रमा ८८ रनको अग्रता बनाएको दक्षिण अफ्रिकाले सुरुआती २ विकेट सस्तैमा गुमायो । जसप्रित बुमराहले एडेन मारक्रम र हसिम अमलालाई १–१ रनको स्थितिमा एलबीडब्लू धरापमा पारे । त्यसयता डिन एल्गर र एबी डी भिलियर्सले ६५ रनको साझेदारी गरिसके ।पहिलो सेसनमै शतक पूरा गरेका कोहलीले २ सय १७ बल खेल्दै १५ चौका प्रहार गरे । उनलाई रविचन्द्रन आश्विन (३८) ले राम्रो साथ दिए । यी दुईले सातौं विकेटमा ७१ रनको साझेदारी गरे । हार्दिक पाण्डेय १५ रनमा छँदा भेर्नोन फिलान्डरको सीधा थ्रोमा रनआउट भएपछि आश्विन ब्याटिङमा आएका थिए । आश्विनको विकेट गएपछि अन्य ब्याट्सम्यान आउट हुँदा कोहली दबाबमा परे । दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केलले ४ विकेट लिए । | Sports | 30,310 |
महिला फुटबलरलाई १० लाख रुपैयाँ सहयोग | फुटबलप्रेमी यमबहादुर गुरुङले उपलब्ध गराएको १० लाख रुपैयाँ नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बुधबार हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो । | https://ekantipur.com/sports/2024/03/20/10-lakh-rupees-support-to-women-footballers-08-24.html | काठमाडौँ — फुटबलप्रेमी यमबहादुर गुरुङले उपलब्ध गराएको १० लाख रुपैयाँ नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बुधबार हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो ।साउदी अरेबियामा भएको महिला वाफ च्याम्पियनसिप फुटबलको उपविजेता भएवापत गुरुङले खेलाडीको हौसलाका लागि उक्त रकम प्रदान गरेका हुन् ।बुटवल उपमहानगरपालिका ११ का गुरुङ डेढ दशकदेखि साउदी अरेबियामा छन् । प्रतियोगिता हुँदा उनी मैदानमै पुगेर नेपालीको खेल हेरेर प्रभावित भएका थिए ।राष्ट्रिय खेलकुद परिषद्की सदस्य तथा एन्फा महिला फुटबल समितिकी अध्यक्ष पेमा डोल्मा लामामार्फत गुरुङले उक्त रकम उपलब्ध गराएका थिए । सोही रकम एन्फा महिला फुटबल समितिका पदाधिकारीलगायतको उपस्थितिमा बुधबार हस्तान्तरण गरिएको हो । गुरुङकी श्रीमती उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे ।सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित ८ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली जोर्डनसँग पेनाल्टी शुटआउटमा ५–३ गोलले पराजित भएको थियो । | Sports | 14,285 |
विद्युत् निर्यात बढ्दा पश्चिम नेपाल असन्तुष्ट | बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ । | https://gorkhapatraonline.com/news/15477 | काठमाडौँ, जेठ २७ गते । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली ।दैनिक साढे सात करोड रुपियाँको विद्युत् निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात । ४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग-यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी प्रियङ्का साहको प्रतिक्रिया छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?”समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ । प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्नुहुन्छ, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनाँै । लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज, टीभी चल्दैनन् ।” विद्युत्को यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ ।नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ । बुधबार मात्रै नेपालले भारतबाट दुई हजार ८६ मेगावाट घण्टा विद्युत् आयात गरेको देखिन्छ । “बढी भएर निर्यात भन्दै गर्दा आयात किन ?” यो प्रश्नमा नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख मनोज शिलवाल भन्नुहुन्छ, “पूर्वी नेपालको बिजुली पश्चिम पु-याउने प्रसारण लाइन नभएर पश्चिम नेपाललाई पर्याप्त बिजुली दिन सकिरहेका छैनौँ । भारतबाट आयातित र चमेलियाको बिजुलीले मात्र पश्चिम नेपालको विद्युत् व्यवस्थापन गर्न समस्या भएको छ ।”टनकपुरबाट प्राधिकरणले अहिले करिब ७० मेगावाट विद्युत् आपूर्ति गर्ने गरेको छ भने ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले २० मेगावाट मात्र आपूर्ति दिइरहेको छ । नानपाराबाट १० मेगावाट जतिविद्युत् आयात पनि हुन्छ । १३२ केभी प्रसारण लाइनमार्फत बुटवल हुँदै काली गण्डकीको बिजुली कोहलपुरसम्म पु-याइएको छ । कम क्षमताको प्रसारण लाइन लामो दूरी भएका कारण त्यो पनि गुणस्तरीय नभएको हो । पश्चिम नेपालमा वर्षा अझै नभएकाले जलप्रवाह पनि नबढ्ने र गर्मी उच्च हुँदा विद्युत् माग उच्च भएकाले पनि आपूर्ति व्यवस्थापनमा प्राधिकरण कमजोर बनेको सिलवाल स्वीकार गर्नुहुन्छ । प्राधिकरणलाई बिजुली नभएर होइन प्रसारण लाइन नभएर पश्चिम नेपालको आपूर्ति व्यवस्था सहज बनाउन नसकेको हो । करिब १२ वर्ष पहिलेदेखि निर्माण थालिएको भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन दाउन्नेमा दुईवटा टावर खडा गर्ने काम रोकिँदा अवरुद्ध छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि बन्न पाएका छैन ।बर्दघाट सबस्टेसनमार्पmत यो प्रसारण लाइनमा पश्चिमतर्पm जाने १३२ केभी प्रसारण लाइनमा पर्याप्त बिजुली दिने हो भने बुटवलदेखि पश्चिम लुम्बिनी प्रदेशभर पर्याप्त र गुणस्तरीय बिजुली दिन सकिन्थ्यो । चमेलिया र आयातित बिजुली सुदूरपश्चिम प्रदेशमा वितरण गर्दा पर्याप्त गुणस्तरीयसमेत बन्ने आकलन प्राधिकरणको रहँदै आएको छ ।स्थानीय वितरण प्रणाली कमजोर भएकाले पनि पश्चिम नेपालमा बिजुली सकस बढेको हो । प्युठानमा एक दशकदेखि चर्चा रहँदै आएको दम्ती सबस्टेसन निर्माण ठेकेदारको लापरबाहीले सम्पन्न नहुँदा प्युठान मात्र होइन रोल्पा र अर्घाखाँचीसम्मको आपूर्ति कमजोर बनेको छ । दाङमा पनि ठूलो सिमेन्ट उद्योग खुल्ने तर विद्युत् आपूर्ति पर्याप्त नहुँदा सकस परेको छ । नेपालगञ्जको गुलरिया क्षेत्रमा वितरण लाइन सुधारको कामले पूर्णता पाएको छैन ।पश्चिम नेपालको विद्युत् समस्या समाधानका लागि सक्दो पहल गरिरहेको सिलवाल बताउनु हुन्छ । उहाँले भन्नुभयो, “हामीले सर्वसाधारणको हितलाई ध्यानमा राखेर ठूला उद्योगलाई राति मात्र पूर्ण क्षमतामा चल्न भनेका छौँ । देशभित्रै जनतालाई नदिएर बिजुली बेचेको होइन ।’’ | News | 62,927 |
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान | नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् । | https://ekantipur.com/news/2024/03/26/uml-vice-president-poudel-leaves-for-china-03-33.html | काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । | News | 4,610 |
राष्ट्रिय झण्डाको गणितबारे डिजाइनर शङ्करनाथ रिमाल | नेपालको राष्ट्रिय झण्डाको आधिकारिक डिजाइन गरेका आर्किटेक्ट शङ्करनाथ रिमालले झण्डा बनाउँदा यसको गणितलाई ध्यान दिन आग्रह गरेका छन्। | https://www.bbc.com/nepali/news-51416341 | पहिलेदेखि नै दुई त्रिभुजमा चन्द्र र सूर्य राख्ने चलन भएपनि विसं २०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन। हाल ८५ वर्ष पुगेका रिमालले २६ वर्षको हुँदा झण्डा डिजाइन गर्ने मौका पाएका थिए। झण्डामा अङ्कित चन्द्र र सूर्यको स्थान तथा गणितीय मापदण्डबारे आर्किटेक्ट रिमालको भनाइ हेर्नुहोस् कमल परियारले तयार पारेको यो भिडिओमा। अनि यो पनि: | Others | 63,844 |
पर्यटक आकर्षित गर्न सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण | म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेको सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार छ सय ३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । | https://gorkhapatraonline.com/news/109313 | ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ १२ गते । म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेको सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार छ सय ३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । बागलुङको तमानखोला र म्याग्दीको मालिका गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न संयुक्त रुपमा पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका छन् । तमानखोला गाउँपालिकाले यहाँ सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट, सत्तल लगायतका संरचना निर्माण गरेको छ । गाउँपालिकाले संरचना निर्माणसँगै प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेटबाट पूर्वाधार निर्माण गरिएको हो । सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि चालु आर्थिक वर्षमा सत्तल निर्माण गरिएको छ । स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर सत्तल निर्माण गरिएको छ । पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज भएको उहाँले बताउनुभयो । सोलेडाँडामा तमानखोला गाउँपालिकाले सहिदपार्क निर्माण गरेर सालिक राखेको छ । नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित माओवादी जनयुद्धका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गाबहादुर पुनको सालिक राखेको गाउँपालिकाका अध्यक्ष बुढामगरले बताउनुभयो । गाउँपालिकाले हालसम्म करिब ३० लाख रुपियाँ बढीको संरचना निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । पूर्वाधार निर्माणसँगै खुल्ला डाँडोमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ, सहिदको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वाधार विस्तारै थप्दै जाने छौँ ।”हिमशृङ्गला र सूर्योदय र सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाईमा पर्ने गरेको छ । वनभोज, रात्री ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरवीर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ ।बागलुङ र म्याग्दीको मालिका गाउँपालिका ३ को सिमनामा पर्ने सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने निति रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । मालिका र तमानखोला गाउँपालिकाले सोलेडाँडासम्म सडक विस्तार गरिसकेका छन् । | News | 48,525 |
डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो | नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । | https://gorkhapatraonline.com/news/74979 | काठमाडौं, साउन ३० गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको छ । बढेको मूल्य बुधबार एक बजेदेखि लागू हुने छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको हो । | News | 37,043 |
नगरप्रमुखसँग काठमाडौँवासीका अपेक्षा | स्थानीय तह निर्वाचनअन्तर्गत देशको राजधानीसमेत रहेको काठमाडौँ महानगर प्रमुखमा सोचेभन्दा फरक परिणाम आएको छ । विगतको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरूले जित्दै आएको यस महानगरमा यस पटकको नतिजा सधैँको भन्दा फरक आयो । लामो समयसम्म राजनीतिक दलका उम्मेदवारलाई मत दिँदै आएका काठमाडौँवासीले यस पटक भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)लाई काठमाडौँ महानगरको प्रमुखमा भारी मतले विजयी गराए । | https://gorkhapatraonline.com/news/14611 | स्थानीय तह निर्वाचनअन्तर्गत देशको राजधानीसमेत रहेको काठमाडौँ महानगर प्रमुखमा सोचेभन्दा फरक परिणाम आएको छ । विगतको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरूले जित्दै आएको यस महानगरमा यस पटकको नतिजा सधैँको भन्दा फरक आयो । लामो समयसम्म राजनीतिक दलका उम्मेदवारलाई मत दिँदै आएका काठमाडौँवासीले यस पटक भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)लाई काठमाडौँ महानगरको प्रमुखमा भारी मतले विजयी गराए । काठमाडौँ मात्र नभई देशका केही प्रमुख सहरमा पनि स्वतन्त्र उम्मेदवारले बाजी मारे । यसरी बालेनसहित स्वतन्त्र उम्मेदवार विजयी हुनुमा वर्षौंदेखि कायम रहँदै आएको राजनीतिक दबदबा र राजनीतिक दलका प्रतिनिधिबाट आजित भएका जनताको बढ्दो वितृष्णा नै रहेको राजनीतिक अनुमान नै गरिएको छ । वर्षौंदेखि एकछत्र राजनीतिक दलले जित्ने, चुनाव जितिसकेपछि जनताका लागि गरेका वाचा बिर्सने र आफ्नै पार्टीको वफादार कार्यकर्ता बनिदिँदा काठमाडौँवासी वाक्कदिक्क बनेका थिए । फरक पृष्ठभूमिबाट राजनीतिमा छलाङ मारेका बालेनबाट काठमाडौँवासीले तत्कालका लागि धेरै अपेक्षा नगरे तापनि थोरै भए पनि राजधानी काठमाडौँ सहरले केही हदसम्म मुहार फेरियोस् भन्ने चाहना राखेका छन् । राजधानीको प्रमुख समस्याका रूपमा रहेको अव्यवस्थित सहरलाई पूर्णतया सुधार गर्न नसके तापनि थोरै भए पनि सुधार गर्दै भविष्यमा सुधारका लागि योजना बनाउनु अहिलेको निर्वाचित जनप्रतिनिधिको मुख्य चुनौतीका रूपमा रहेको छ ।काठमाडौँमा दिनहुँजसो हैरानी खेप्नुपर्ने ट्राफिक जामलाई व्यवस्थापन गर्नका लागि सडकको अवस्था सुधार गर्दै विद्युतीय गाडी प्रयोगका ल्याउन सकिनेछ । राजधानीकै मुख्य सडकमा देखिने हिलाम्य र धुलाम्य सडकलाई पुनर्निर्माण गर्दै सुधार गर्नका लागि खानेपानीका पाइपहरूको व्यवस्थापन गर्दै ढलको उचित व्यवस्थापन गर्नुपर्नेछ । ढलको उचित व्यवस्थापनका लागि कुनै कदम नचाल्दासम्म सडकको अवस्था सुधारको सम्भावना देखिँदैन । यस्तै वर्षौंदेखि काठमाडौँवासी स्वच्छ खानेपानीको अभावबाट गुज्रिरहेका छन्, त्यसैले सहज तवरबाट खानेपानीको व्यवस्थापन गर्न सकेमा पनि काठमाडौँवासीका लागि अर्को महìवपूर्ण उपलब्धि हुनेछ ।काठमाडौँमा सेवाग्राहीको भीडभाड हुने मातहतका कार्यालयमा हुने गरेको ढिलासुस्ती, कर्मचारीको व्यवहार र भ्रष्टाचारलाई मुक्त गर्नका लागि सबै कार्यालयमा जनशक्ति बढाउनुका साथै दुई सिफ्टमा कार्यालय सञ्चालन गरी कर्मचारीको व्यवहारमा सुधार ल्याउँदै सम्पूर्ण कार्यालयमा अनलाइन प्रणालीबाट भ्रष्टाचारमुक्त प्रशासनका लागि सीसीटीभीबाट विशेष निगरानीको व्यवस्था गर्न सकिन्छ । काठमाडौँको प्रमुख समस्याका रूपमा रहेको अव्यस्थित फुटपाथ व्यापारलाई न्यूनीकरण गर्न खुला स्थानमा मात्र व्यापार, व्यवसायको व्यवस्थापन गर्नुपर्ने अत्यावश्यक देखिन्छ । महानगरमा मूल समस्याका रूपमा देखिएको पार्किङको समस्या व्यवस्थापन, काठमाडौँमा रहेका नदीनाला र पवित्र स्थलको सरसफाइसहित स्वच्छ र हराभरा काठमाडौँ बन्ने अपेक्षा नगरवासीको छ । काठमाडौँमा रहेका धेरै सांस्कृतिक संरचनासहित पर्यटकीय स्थलमा विदेशी पर्यटकको मोह बढ्दो छ तर पर्यटकलाई घुमफिर गर्नका लागि वातावरण नै भएको पाइँदैन । पर्यटक रमाउने र ऐतिहासिक पशुपति, स्वयम्भू, हनुमानढोका र दरबार डबलीलगायतका महत्त्वपूर्ण ठाउँका बारेमा पर्यटकलाई सम्पूर्ण जानकारी गराउने उद्देश्यले विद्युतीय सूचना बोर्ड स्थापना गर्दा पर्यटकलाई ऐतिहासिक विषयमा अध्ययन र जानकारी पाउन सहज हुन्छ । महानगरका दैनिक भीडभाड हुने स्थानमा समेत सार्वजनिक शौचालयको व्यवस्था नहुँदा काठमाडौँवासीले मात्र नभई काठमाडौँ आउनेहरूले हैरानी खेप्दै सपिङ मल वा कफी सपमा दौडिनुपर्ने बाध्यता रहेको छ, त्यसको व्यवस्थापन पनि बालेनले गर्नुपर्नेछ । काठमाडौँ महानगरको सोमबारको बैठकले सार्वजनिक शौचालयका बारेमा गरेको नीतिगत निर्णयले यस क्षेत्रमा केही हदसम्म भए पनि समाधान गर्ने आशा गर्न सकिन्छ ।जताततै अव्यवस्थित तरिकाबाट महानगरलाई नै कुरूप बनाउने गरी टाँगिएका होडिङ बोर्ड र विज्ञापन बोर्डहरूका कारण काठमाडौँ सहर अव्यवस्थित छ । एक हिसाबले सहरको सौन्दर्य नै यसले बिगारेको छ । यस्तो अव्यवस्थित विज्ञापन र होडिङ बोर्डका लागि निश्चित स्थान तोक्नुका साथै सडकका वरपर वृक्षरोपण गर्दै हराभरा र सुन्दर सहर निर्माण गर्दै सहर सौन्दर्य बढाउनुपर्ने अपेक्षा काठमाडौँवासीको छ । बौद्ध र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत रहेको यस महानगरमा हजारौँ प्रकृतिका चाडपर्व, जातजाति, रीतिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको छ भने नेवार समुदायको कला र संस्कृतिको खानीकै रूपमा समेत संस्कृति संरक्षण गर्नु र महानगरमा भएका पौराणिक र सांस्कृतिक क्षेत्रहरूको समेत संरक्षण गर्न सकिन्छ । युवामा क्रेज रहेको तथा युवाकै सक्रियताका कारण बालेनले महानगरप्रमुखमा चुनाव जितेकाले युवालाई रोजगार दिलाउनुका साथै युवालक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नु अर्को मुख्य चुनौती रहेको छ । यसबाहेक महानगरभित्रका विद्यालयको भौतिक संरचना सुधार गर्दै गुणस्तरीय र व्यावहारिक शिक्षा, महानगरभित्रका जनतालाई सुलभ स्वास्थ्य उपचार, व्यवस्थित संरचना निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा संवद्र्धन, अत्याधुनिक सपिङ कम्प्लेस निर्माणलगायतका थुप्रै कार्य बालेनले प्राथमिकता राख्नुपर्ने देखिन्छ । महानगर प्रमुखमा बालेन विजयी भए तापनि ३२ वटा वडा रहेको महानगरमा राजनीतिक दलका प्रतिनिधिहरू नै विजयी भएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएर नगरप्रमुखमा निर्वाचित भएका बालेनको कुनै राजनीतिक दलसितको संलग्नता छैन, जब कि नगरपालिकामा अन्य राजनीतिक सहकर्मीहरू सबै दलमा नै आबद्ध छन्, राजनीतिक दलकै प्रतिनिधित्व गर्छन् । यो अवस्थामा सबैसित सहकार्य गरेर मात्र अघि बढ्नुपर्ने अवस्था बालेनका लागि आउने देखिन्छ । जसका कारण बालेन राजनीतिक दलका प्रतिनिधिको घेराबाट मुक्त भने रहने छैनन् । यस्तो अवस्थामा उनले चाहे र सोचेजस्ता सबै कार्य सहज रूपमा गर्न सक्ने भने देखिन्न । यसका साथै केन्द्रीय सरकारको छायाँमा समेत यो महानगर पर्नेछ । काठमाडौँमा रहेका जनताको मन जितेर मत पाएका बालेनले आगामी पाँच वर्षभित्र काठमाडौँवासीलाई थोरै भए पनि परिवर्तन गर्न सकेमा बालेनप्रतिको मोह अझ बढ्नेछ । इन्जिनियरसमेत रहेका बालेनका चुनावी एजेन्डा रुचाएका काठमाडौँवासीले पाँच वर्षपछि बालेनलाई कतिको रुचाउलान्, त्यो भने हेर्न बाँकी नै छ । राजनीतिमा खासै अनुभव नभएका र प्राविधिक क्षेत्रका विद्यार्थी बालेनलाई राजनीतिमा सफल हुने कुरा भने निकै नै चुनौतीपूर्ण देखिन्छ । | News | 48,273 |
कप्तानमा किरण | राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्ध खेलका लागि गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मेवारी दिएका छन् । नेपालले कुवेतविरुद्ध भदौ १९ मा जाबेर अल अहमद रंगशालामा खेल्दै छ । | https://ekantipur.com/sports/2019/08/31/156722242575546069.html | काठमाडौँ — राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्ध खेलका लागि गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मेवारी दिएका छन् । नेपालले कुवेतविरुद्ध भदौ १९ मा जाबेर अल अहमद रंगशालामा खेल्दै छ ।कम्बोडियामा सन् २००८ को मे २४ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका किरणले ५९ क्याप जितेका छन् । सन् २०१६ यताका कप्तान विराज महर्जन २३ सदस्यीय टिममा स्थान बनाउन असफल भएपछि गत सोमबार मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध १–० ले हारेको खेलमा सुजल श्रेष्ठलाई ‘आर्मब्यान्ड’ लगाउने अवसर दिइएको थियो । | Sports | 26,715 |
तरुल उत्पादनमा कमी हुँदा मूल्य महँगियाे | ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो । | https://gorkhapatraonline.com/news/51052 | चन्द्र पन्दाकताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो । स्थानीय व्यापारी तथा तरुल उत्पादक किसानले मकर सङ्क्रान्तिको समयमा आफूखुसी तरुलजन्य वस्तुको मूल्य बढाएका हुन् । पुस महिना यता तरुल बजारमा निस्कन थालेको हो । तरुल निस्कन थाल्दाको मूल्यभन्दा मकर सङ्क्रान्तिमा दोब्बरले मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । सदरमुकाम फुङ्लिङ बजारका तरकारी तथा फलपूmल पसल र यहाँ लाग्ने हाटमा तरुलजन्य वस्तुको मूल्य वृद्धि गरिएको उपभोक्ताले बताएका छन् । मकर सङ्क्रान्तिको एकदिन अघि फुङ्लिङमा लागेको शनिबारे हाटमा महङ्गो मूल्यमा तरुलको कारोबार भएको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार शनिबारको हाटबजारमा प्रति किलाेग्राम ८० रुपियाँदेखि दुईसय रुपियाँसम्ममा तरुल खरिदबिक्री भएको छ ।यसअघि प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ पर्ने तरुलको मूल्य ८० देखि एक सय रुपियाँसम्ममा खरिद बिक्री भएको छ । त्यस्तै केही राम्रोखालको तरुल दुई सय रुपियाँसम्ममा खरिद गर्नुपरेको फुङ्लिङ नगरपालिक ा–५ स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । विगतको तुलनामा यसवर्ष तरुलको मूल्य अत्यधिक महँगिएकाे लिम्बूको भनाइ छ । हाट बजारमा बिक्री गर्न राखिएको घर तरुल, पताले तरुल, सिमले, स्कूसलगायत सबैखाले तरुल ब्यापारीले महँगाे मूल्यमा बिक्री गरेका लिम्बूले बताउनुभयो । हाटमा वन तरुल प्रतिकिलोग्राम दुईदेखि दुई सय ५० रुपियाँसम्ममा बिक्री छन् । यसवर्ष मकर सङ्क्रान्तिमा तरुलको मूल्यको मूल्य अत्यधिक महँगाे भएको उपभोक्ताले बताएका छन् । यता फुङ्लिङका स्थानीय व्यापारीले भने आफूहरुले तरुल खरिद गर्दा नै महँगाेमा खरिद गर्नुपरेकाले सोहीअनुसार सीमित नाफा राख्दा मूल्य कही महँगाे पर्न गएको बताउँछन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरुल महँगाे मूल्य लगाएर खरिद गरी बिक्री गर्दैआएको र यसको व्यापारबाट खासै नाफा नहुने स्थानीय व्यापारीको भनाइ छ । हाटबजारमा तरुल बिक्री गर्न आएका किसान तथा ब्यापारीले सोचेजस्तो तरुल नै उत्पादन हुन छोडेको बताउँछन् । परिश्रम गरेअनुसार उत्पादन नभएपछि तरुलजन्य वस्तु महँगाे मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । उत्पादन नभएपछि उपभोक्ताको मागअनुसार तरुल उपलब्ध गर्नसक्ने स्थिति नरहेको पनि ब्यापारीले बताएका छन् । | News | 59,092 |
बैङ्कलाई अन्तिम ऋण लिने सुविधा | काठमाडौँ, फागुन ३० गते । नेपाल राष्ट्र बैङ्कले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैङ्कले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो ।राष्ट्र बैङ्कले अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७ खारेज गरेको छ ।बैङ्क तथा वित्तीय संस्थाको मनोबल बढाउने र यी संस्थाप्रति आमसर्वसाधारणको विश्वास अभिवृद्धि गर्न राष्ट्र बैङ्कले यो विनियमावली लागू गरेको हो । राष्ट्र बैङ्कले भने आफ्नो मातहतका बैङ्क तथा वित्तीय संस्थालाई बचाउने र संरक्षण गर्ने नीतिगत व्यवस्था गरेको हो ।यो विनियमावलीअनुसार अब तरलता सङ्कटको अवस्थामा बैङ्कहरूले राष्ट्र बैङ्कबाट ऋण लिन सक्नेछन् । विनियमावलीमा बैङ्कले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाको माध्यमबाट आवश्यक तरलता जोहो गर्न सकेनन् भने राष्ट्र बैङ्कबाट अन्तिम ऋणदाता सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।अन्तिम ऋणदाता सुविधाका रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैङ्कदरमा २ प्रतिशत बिन्दुले थप हुने व्यवस्था छ । यो सुविधा छ महिनासम्मका लागि हुनेछ ।बैङ्कले विभिन्न दायित्व पूरा गर्न नसकेको अवस्थामा यस्तो सुविधा दिइने राष्ट्र बैङ्कले जनाएको छ । बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्नेलगायत विभिन्न अवस्थामा पनि बैङ्क तथा वित्तीय संस्थाले यो सुविधा पाउने विनियमावलीमा व्यवस्था गरिएको छ ।अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजत प्राप्त संस्थालाई तोकिएका सर्त अनुपालना भए÷नभएको सम्बन्धमा नियमित अनुगमन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै बैङ्क तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने बताएको राष्ट्र बैङ्कले गत असोजमा ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ को मस्यौदा तयार गरेको थियो । राष्ट्र बैङ्कले सोहीअनुसार अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव पनि मागेको थियो ।विश्वसनीयता बढ्ने मुलुकको बैङ्किङ प्रणालीप्रति बैङ्क तथा वित्तीय संस्थाका ग्राहक तथा लगानीकर्ताको विश्वसनीयता कायम गर्ने अन्तिम ऋणदाता सुविधा विनियमावलीको मुख्य उद्देश्य रहेको राष्ट्र बैङ्कले जनाएको छ ।इजाजतपत्र प्राप्त संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैङ्कले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु पनि विनियमावलीको उद्देश्य रहेको छ ।मापदण्डइजाजत प्राप्त बैङ्क वा वित्तीय संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा अन्तिम ऋणदाता सुविधा लिन सक्ने अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ मा व्यवस्था गरिएको छ ।इजाजत प्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा पनि यो सुविधा पाउने विनियमावलीमा उल्लेख छ ।ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्र प्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा तथा इजाजत प्राप्त संस्थाले प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा पनि यो सुविधा पाउने विनियमावलीमा उल्लेख छ ।कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धराशायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा तथा संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा पनि यो सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।प्राकृतिक प्रकोपको कारण इजाजतपत्र प्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्र प्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा पनि अन्तिम ऋणदाता सुविधा पाउने व्यवस्था विनियमावलीले गरेको छ ।इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सिर्जना हुन सक्ने भएमा पनि यो सुविधा प्राप्त गर्ने राष्ट्र बैङ्कले जनाएको छ । | https://gorkhapatraonline.com/news/57305 | काठमाडौँ, फागुन ३० गते । नेपाल राष्ट्र बैङ्कले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैङ्कले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो ।राष्ट्र बैङ्कले अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७ खारेज गरेको छ ।बैङ्क तथा वित्तीय संस्थाको मनोबल बढाउने र यी संस्थाप्रति आमसर्वसाधारणको विश्वास अभिवृद्धि गर्न राष्ट्र बैङ्कले यो विनियमावली लागू गरेको हो । राष्ट्र बैङ्कले भने आफ्नो मातहतका बैङ्क तथा वित्तीय संस्थालाई बचाउने र संरक्षण गर्ने नीतिगत व्यवस्था गरेको हो ।यो विनियमावलीअनुसार अब तरलता सङ्कटको अवस्थामा बैङ्कहरूले राष्ट्र बैङ्कबाट ऋण लिन सक्नेछन् । विनियमावलीमा बैङ्कले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाको माध्यमबाट आवश्यक तरलता जोहो गर्न सकेनन् भने राष्ट्र बैङ्कबाट अन्तिम ऋणदाता सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।अन्तिम ऋणदाता सुविधाका रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैङ्कदरमा २ प्रतिशत बिन्दुले थप हुने व्यवस्था छ । यो सुविधा छ महिनासम्मका लागि हुनेछ ।बैङ्कले विभिन्न दायित्व पूरा गर्न नसकेको अवस्थामा यस्तो सुविधा दिइने राष्ट्र बैङ्कले जनाएको छ । बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्नेलगायत विभिन्न अवस्थामा पनि बैङ्क तथा वित्तीय संस्थाले यो सुविधा पाउने विनियमावलीमा व्यवस्था गरिएको छ ।अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजत प्राप्त संस्थालाई तोकिएका सर्त अनुपालना भए÷नभएको सम्बन्धमा नियमित अनुगमन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै बैङ्क तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने बताएको राष्ट्र बैङ्कले गत असोजमा ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ को मस्यौदा तयार गरेको थियो । राष्ट्र बैङ्कले सोहीअनुसार अन्तिम ऋणदाता सुविधाको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव पनि मागेको थियो ।विश्वसनीयता बढ्ने मुलुकको बैङ्किङ प्रणालीप्रति बैङ्क तथा वित्तीय संस्थाका ग्राहक तथा लगानीकर्ताको विश्वसनीयता कायम गर्ने अन्तिम ऋणदाता सुविधा विनियमावलीको मुख्य उद्देश्य रहेको राष्ट्र बैङ्कले जनाएको छ ।इजाजतपत्र प्राप्त संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताका रूपमा राष्ट्र बैङ्कले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु पनि विनियमावलीको उद्देश्य रहेको छ ।मापदण्डइजाजत प्राप्त बैङ्क वा वित्तीय संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा अन्तिम ऋणदाता सुविधा लिन सक्ने अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ मा व्यवस्था गरिएको छ ।इजाजत प्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा पनि यो सुविधा पाउने विनियमावलीमा उल्लेख छ ।ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्र प्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा तथा इजाजत प्राप्त संस्थाले प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा पनि यो सुविधा पाउने विनियमावलीमा उल्लेख छ ।कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धराशायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा तथा संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा पनि यो सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।प्राकृतिक प्रकोपको कारण इजाजतपत्र प्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्र प्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा पनि अन्तिम ऋणदाता सुविधा पाउने व्यवस्था विनियमावलीले गरेको छ ।इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सिर्जना हुन सक्ने भएमा पनि यो सुविधा प्राप्त गर्ने राष्ट्र बैङ्कले जनाएको छ । | News | 38,742 |
अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिँदैन : अध्यक्ष ओली | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । | https://ekantipur.com/news/2024/03/01/according-to-the-current-political-situation-it-is-impossible-to-say-who-is-in-the-government-and-who-is-not-president-oli-01-16.html | काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताएका हुन् । संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको ओलीको भनाइ छ । उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे । उनले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको बताए । ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन । यहाँ त संसद्मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ,’ओलीले भने । | News | 5,248 |
इतिहासकै सर्वोत्कृष्ट ५ खेल | १९५०विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो । | https://ekantipur.com/sports/2018/06/08/152843705644814398.html | काठमाडौँ — १९५०विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो ।उरुग्वे २–१ ब्राजिल१९५०विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो । उक्त फाइनल चरणमा ब्राजिलले स्वीडेनलाई ७–१ र स्पेनलाई ६–१ ले हराएको थियो । त्यसैले उसलाई विश्वकप च्याम्पियन बन्न अन्तिम खेलमा बराबरी नतिजा पनि पर्याप्त हुने थियो । धेरै पत्रिकाले पनि अबको च्याम्पियन ब्राजिल भनेर खबर नै प्रकाशित गरे ।घरेलु टिम ब्राजिलको अन्तिम खेल उरुग्वेविरुद्ध थियो । माराकाना स्टेडियममा करिब दुई लाख दर्शकसामु ब्राजिलले फ्रियकाको गोलसँगै पहिलो हाफमै अग्रता लियो । जुआन अल्बर्टो सिफिनो र अल्सिडेस गिगियाले गोल गरेपछि उरुग्वे अन्तिम २५ मिनेटमा खेलमा फर्कियो र च्याम्पियन नै बन्यो । पेले मैदानमै ढलेर रोए । त्यसपछिका पाँचमध्ये तीन विश्वकपमा पेलेको टिम च्याम्पियन बन्यो ।इंग्ल्यान्ड ४–२ पश्चिम जर्मनी१९६६यो विश्वकप सुरु हुनुपूर्व नै नाटकीय बनेको थियो । ट्रफी चोरियो, नक्कली बनाइयो र अन्त्यमा कुकुरले ओरिजिनल ट्रफी नै फेला पार्यो । बबी मुर बबी चाल्टर्न स्टार रहेको घरेलु टिम इंग्ल्यान्डले फाइनलमा पश्चिम जर्मनीको सामना गर्नुपर्ने भयो । यो खेल फुटबल इतिहासकै एक विवादास्पद बन्न पुग्यो र इंग्ल्यान्ड–जर्मन प्रतिद्वन्द्विता पनि चर्कियो । अतिरिक्त समयको एक क्षणले त्यस्तो बनाइदियो ।ज्योफ हस्र्टले १०१ औं मिनेटमा बल क्रसबारमा प्रहार गरे र बल लाइनमा झर्यो । रुसी लाइन्समेन तफिक बरामोभले बलले लाइन क्रस गरेको मानेको निर्णय दिएपछि इंग्ल्यान्ड ३–२ ले अगाडि बढ्यो । समय कट्दै जाँदा जर्मनीले हरेक किसिमले प्रयास गर्यो । ज्योफ हस्र्टले नै ‘टप कर्नर’ मा उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई ४–२ ले जिताए ।इटाली ४–३ पश्चिम जर्मनी१९७०इटालीले विश्वकपकै सबभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्यो । यस खेल शताब्दीकै उत्कृष्ट खेलका रूपमा पनि चर्चित छ । सेमिफाइनलमा पश्चिम जर्मनीविरुद्ध आठौं मिनेटमै इटालीले अग्रता लिएको थियो र त्यस बेला इटालीले सजिलै खेल जित्ने अनुमान गरिएको थियो । तर कार्ल हेन्ज सिलिंगरले गोल गर्दै ९० मिनेट बराबरीमा टुंग्याइदिए र खेल अतिरिक्त समयमा धकेले ।अब के हुन्छ भन्ने निश्चित भएन । जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउरको काँधको चोट लागिसकेको थियो । तर दुई खेलाडी परिवर्तन गरिसकेकाले उनी अतिरिक्त समयको १३ मिनेट मैदानमै खेलिरहन बाध्य थिए । जियानी रिभेराले निर्णायक गोल गरेको त्यस अवधिमा ५ गोल भएको थियो र त्यसले इटालीलाई अर्को विश्वकपको फाइनल पुर्याएको थियो ।अर्जेन्टिना २–१ इंग्ल्यान्ड१९८६यो विश्वकप महान् खेलाडी डिएगो म्याराडोनाको ‘चिटिङ’ समात्न नसकेको संस्करणका रूपमा प्रख्यात छ । उनले चार मिनेटभित्र विश्वकपमै दुई अविस्मरणनीय क्षण सिर्जना गरे । पहिलो हाफलगत्तै उनले हाते गोल गरे, जसलाई भगवान्को हात पनि भनिन्छ । उनले बल क्लियर गर्न अघि बढेका इंग्ल्यान्डका गोलकिपर पिटर सिल्टनलाई जिल्याउँदै हातले बललाई पोस्टको दिशा दिएका थिए । रेफ्रीले त्यसलाई गोलको मान्यता दिए ।अर्को क्षण चार मिनेटभित्रै भयो र यसलाई शताब्दीकै सर्वोत्कृष्ट गोल भनिन्छ । आफ्नै क्षेत्रमा लिएको बललाई उनले इंग्ल्यान्डका पाँच डिफेन्सलाई छक्याउँदै गोलमा परिणत गरेका थिए । म्याराडोनाको खेलले इंग्ल्यान्डलाई अवसरविहीन जस्तै बनाइदियो । गेरी लिनेकरले ८१ औं मिनेटमा सान्त्वना गोल गरे पनि त्यो निकै ढिला भइसकेको थियो । यसलाई इतिहासकै उत्कृष्ट खेल पनि भनिन्छ तर विवाद र आश्चार्य पनि रह्यो ।जर्मनी ७–१ ब्राजिल२०१४घरेलु मैदानमा भइरहेको विश्वकपमा ब्राजिलले नेयमरबाट अत्यधिक आशा गरेको थियो । उनको टिमले उस्तै राम्रो खेल खेलिरहेको पनि थियो । सेमिफाइनल पुग्यो । उसको प्रतिद्वन्द्वी जर्मनी । यसमा राम्रै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो तर नतिजा ३० मिनेटभित्रै टुंगिएजस्तो भयो ।प्रतियोगिताको एक तहमा पुगेर विपक्षी कसरी ध्वस्त हुन्छ भन्ने विश्वकप इतिहासकै एक उत्कृष्ट प्रदर्शनले देखाउँछ । यसमा ब्राजिलको डिफेन्सलाई शंका गरिन्छ तर जर्मनी धेरै उत्कृष्ट रहेको पनि हो । थोमस मुलरले ११ औं मिनेटमा गोलको खाता खोले । त्यसको ६ मिनेटभित्र जर्मनीले थप चार गोल गर्यो । आन्द्रे सर्लेले दोस्रो हाफमा दुई गोल गरे र जर्मनीले सात गोलको अग्रता लियो । ब्राजिलका लागि अन्त्यमा ओस्करले सान्त्वना गोल गरे तर त्यसअघि नै जे नहुनु थियो, त्यो भइसकेको थियो । | Sports | 29,174 |
हरि खड्कामाथि नक्कली प्रमाण पत्रको आरोपमा मुद्दा दायर | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख हरि खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । | https://ekantipur.com/sports/2022/01/26/164320414092965102.html | काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख हरि खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्काबारे अख्तियारद्वारा विज्ञप्तिमार्फत् ‘महानगरी प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आईएको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद वराणसी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५/०७/१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षक पदमा नियुक्ति’ भएको जनाएको छ । साथै, खड्काले ‘प्रहरी सेवामा निरन्तर वहाल भई २०५९/०९/१४ मा प्रहरी नायब निरिक्षक पदमा बढुवा भई सरकारलाई हानीनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत’ राखेको बताइएका छ ।साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको प्रमाणित भएको दाबी गर्दै अख्तियारले खड्काविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्डसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्बाधिक गोलकर्ता पनि हुन् । उनीसँगै नजीराजन रायमाझीले १३–१३ गोल गरेका छन् । पुलिस क्ल्बका यी चर्चित् फरवार्डले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजिनामा दिएका थिए । एन्फा निर्वाचनमा प्रशिक्षक संघको अध्यक्षमा विनोद लामासँग पराजित भएका खड्का चुनावपछि सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए । एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा महिला फुटबल प्रमुखमा नियुक्त भएपछि उनले प्रशिक्षकबाट हटेका थिए । | Sports | 21,334 |
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड | सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि दश करोड रुपियाँ विनियोजन गरेको छ। | https://gorkhapatraonline.com/news/109800 | काठमाडौँ, जेठ १५ गते। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि दश करोड रुपियाँ विनियोजन गरेको छ। सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न सो रकम विनियोजन गरिएको बताउनुभयो। महिलाविरुद्ध हुने हिंसा, शोषण, भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाइने उहाँले बताउनुभयो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम तथा ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्वारलाई थप प्रभावकारी बनाइने छ। राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमको पुनर्संरचना गरी आर्थिक सशक्तीकरणको कार्यक्रम सञ्चालन गरिनेछ। | News | 34,404 |
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन | सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । | https://gorkhapatraonline.com/news/101603 | सौराहा (चितवन), चैत १५ गते । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।” उहाँ पर्यापर्यटन नै आफूहरुको जीविकोपाजर्नको आधार भएको बताउनुहुन्छ ।रत्ननगर नगरपालिका–६ सौराहाको रिभर साइडमा कोल्डस्टोरको व्यापार गर्दै आउनुभएकी सीता भट्ट पनि चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने बताउनुहुन्छ । सो क्षेत्रका अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको उहाँको भनाइ छ ।मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ । अपार जैविक विविधताको धनी यो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र हो । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । निकुञ्जको राजस्व आम्दानीको प्रमुख स्रोत नै पर्यापर्यटन हो । संरक्षण क्षेत्रमा पर्यापर्यटन, काठ दाउरा र गैरकाष्ठ वन पैदावार बिक्री तथा न्यायिक दण्ड सजायलगायत शीर्षकमा राजस्व सङ्कलन गरिन्छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९/८० मा रु ७५ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र रु २८ करोड १३ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र रु २६ करोड हाराहारी राजस्व आम्दानी भएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटक प्रवेशबापतको राजस्व सानो अंश मात्र हो । योभन्दा कैयौँ गुणा अन्य विभिन्न लाभहरु छन्, यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ, होटल, रेष्टुराँ, पर्यटन व्यवसाय, होमस्टे, यातायातका साधनको सञ्चालन तथा स्थानीय उत्पादनको खपतले ठूलो मात्रामा रोजगारी र आम्दानी समेत सिर्जना भएको छ ।”विश्व सम्पदा सूचीमा रहेको यस निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी, दृश्यावलोकन, स्थानीय सांस्कृतिक भेषभूषा आदि पर्यटकका मुख्य आकर्षकका केन्द्र रहेको प्रमुख संरक्षण अधिकृत पुनको भनाइ छ । पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरन भइरहेको दृश्यावलोकनको लागि विभिन्न स्थानमा टावर निर्माण, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवा उपलब्ध गराइएका छन् । “यसबाहेक सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको सुरुआत र सञ्चालनले पर्यापर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँ भन्नुहुन्छ ।एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु हुन् । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानको रुपमा रहेको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा स्तनधारी, पन्छी, घस्रने, उभयचर, माछा, गौर, घडियाल गोहीलगायत विविध प्रजाति र वनस्पतिका साथै ठूला घाँसे मैदान, ताल र सिमसार छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ ।क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहा विभिन्न होटलमा चार हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । “रोजगारी पाएका व्यक्तिका परिवारदेखि स्थानीय कृषि उत्पादन बिक्री वितरण र अन्य विभिन्न कार्यबाट थप हजारौँले रोजगारी पाएका छन्”, उहाँ भन्नुहुन्छ । सौराहा क्षेत्रमा मात्रै १६८ पर्यटकीय होटल छन् ।अध्यक्ष गिरी चितवनलाई विश्वले चिनेको कारण नै निकुञ्ज भएको बताउँदै यहाँ पर्यटकको मुख्य आकर्षक निकुञ्ज र यसमा रहेका वन्यजन्तु नै भएको उल्लेख गर्नुहुन्छ । “यहाँको पर्यापर्यटन वन्यजन्तुसँग सम्बन्धित छ, संरक्षण गर्न वन्यजन्तुको बासस्थानको थप सुरक्षा र प्रवद्र्धन आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “चोरी शिकार नियन्त्रणका लागि सुरक्षा पोष्ट वृद्धि गर्नुपर्ने देखिएको छ । निकुञ्जको दिगो व्यवस्थापनका लागि स्थानीयमा जनचेतना र वैकल्पिक आयआर्जनका अवसर प्रदान गर्नुपर्छ ।” पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै राज्यले पनि पर्यापर्यटन विविधिकरणका लागि लगानी बढाउनुपर्ने अध्यक्ष गिरीको सुझाव छ ।पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल ७५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कुल पाटे बाघको सङ्ख्या तीन सय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ वयस्क बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् भने नारायणी, राप्ती र रीउ नदी तथा स–साना खोल्सा रहेका छन् । अनुपम भौगोलिक बनावट तथा अद्वितीय जैविक विविधताले भरिपूर्ण यो निकुञ्ज २०४१ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो । सौराहाका स्थानीय सुनिमा चौधरी निकुञ्जको पर्यापर्यटनले गर्दा नै घरआँगनमै रोजगारीका अवसर प्राप्त भएको बताउनुहुुन्छ । “आफ्नो योग्यता र सीपअनुसारको आयआर्जन गर्ने अवसर सिर्जना भएको छ । अर्कोतिर कृषि उत्पादनले बजार पाएको छ । गाउँगाउँमा बजारीकरण भएको छ । यसले स्थानीय जनतामा निकुञ्जको संरक्षणप्रति अपनत्वको अनुभव समेत भएको छ”, उहाँ भन्नुहुन्छ । यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यअन्तर्गत जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्रजाति संरक्षण तथा व्यवस्थापन, पूर्वाधार विकास निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको चोरी शिकार नियन्त्रण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकास, पर्या–पर्यटन प्रवद्र्धन, मध्यवर्ती सामुदायिक वन व्यवस्थापन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा निकुञ्ज र सम्बन्धित कर्मचारी, नेपाली सेना, उपभोक्ता समिति, दातृ निकाय तथा साझेदार संस्था, संरक्षणकर्मी स्थानीयलगायत सरोकारवालाको योगदान छ ।निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा संरक्षित क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । आव २०७९÷८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार ३९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा, वनकट्टा, मेघौली, कुजौली लौखानी र अमलटारी गरी नौ स्थानबाट पर्यटकलाई निकुञ्ज प्रवेश गर्ने सुविधा दिइएको छ । सौराहा प्रवेशद्वारबाट सबैभन्दा बढी ९०।८० प्रतिशत पर्यटक निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना निकुञ्जकै कारण यस क्षेत्रमा प्रत्यक्ष रोजगारीका साथै किसानले उत्पादन बिक्री गर्न पाएक बताउनुहुन्छ । “स्वरोगारका सम्भावना पनि बढेका छन् । यस क्षेत्रको ८०÷९० प्रतिशत रोजगारीका सिर्जनाको आधार नै पर्यापर्यटन हो । नमूना जैविक विविधता नै पर्यटकको आकर्षणका आधार हुन्”, उहाँ भन्नुहुन्छ । निकुञ्जको दिगो व्यवस्थापन लागि वातावरणमैत्री पूर्वाधार निर्माण आवश्यकतामा जोड दिँदै अध्यक्ष ढुङ्गाना यसका लागि तीनै तहका सरकारबीचको समन्वयमा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुहुन्छ । यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । रासस | News | 48,665 |
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए | पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । | https://gorkhapatraonline.com/news/66704 | लुम्बिनी, जेठ २३ गते । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ ।सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुई सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागरिकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कान एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९ छन् ।कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ । त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले लुम्बिनीमा पर्यटक सङ्ख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।” यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उहाँले बताउनुभयो । रासस | News | 49,275 |
रेडियन्ट कपमा आयोजक सेमिफाइनलमा | आयोजक रेडियन्ट पब्लिक आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्सतर्फ शनिबार सेमिफाइनल तय गरेको छ । घरेलु कोर्टमा रेडियन्टले स्वर्णिमलाई १८–११ ले पराजित गर्दा प्रशंसा बुढाथोकीले १० स्कोर जोडिन् । | https://ekantipur.com/sports/2022/11/12/166826336789075050.html | काठमाडौँ — आयोजक रेडियन्ट पब्लिक आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्सतर्फ शनिबार सेमिफाइनल तय गरेको छ । घरेलु कोर्टमा रेडियन्टले स्वर्णिमलाई १८–११ ले पराजित गर्दा प्रशंसा बुढाथोकीले १० स्कोर जोडिन् ।न्यु भिजन एकेडेमीले इनोभेटिभलाई १३–१२ र साबिक विजेता निम्सले रिब्सलाई २८–४ ले हराएर सेमिफाइनल सुरक्षित गरे । न्यु भिजनकी मान्यता भट्टराई र निम्सकी निरु तामाङले ८–८ स्कोर जोडे ।सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५०–३६ ले, काठमाडौं जेभियरले बौद्ध चिल्ड्रेन हेभनलाई ३४–३१ ले, साबिक विजेता निम्सले विल्सन एकेडेमीलाई ४८–२९ ले, ओसिसले श्री नवीनज्योतिलाई ३८–६ ले, एचएचसीएले पिपुल्स एकेडेमीलाई ३८–२१ ले, ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई ३६–३५ ले, पुष्पसदनले स्वर्णिमलाई ४१–२० ले र आयोजक रेडिअन्टले विस्डमलाई ३१–१७ स्कोरले हराए । विजेता आठै टोली क्वाटरफाइनलमा पुगेका छन् । जेनिथका रोनिश तामाङले २४, काठमाडौं जेभियरका आदित्य अधिकारीले १४, निम्सका सफल नेपालीले १८, ओसिसका सुरेश रोकाले २०, एचएचसीएका पवन मगरले १४, ग्रिनफिल्डका अर्जुन बस्नेतले १२, पुष्पसदनका रिकेश जिसीले १३ र रेडियन्टका सुवास गौतमले १२ स्कोर गर्दै आफ्नो टोलीलाई जिताए । | Sports | 19,117 |
गणतन्त्रवादीहरू एक छौँ, फेरि राजतन्त्र फर्किने सम्भावना छैन : ओली | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । | https://ekantipur.com/news/2024/01/01/republicans-are-united-there-is-no-possibility-of-return-of-monarchy-oli-16-32.html | काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । तस्बिर : अंगद ढकाल/कान्तिपुरमेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताए । ‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि, नभए पनि यो त प्रस्टै छ,’ ओलीले भने, ‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन ।’उनले देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलाप हुनुपर्ने बताए । | News | 6,737 |
मिटरब्याज पीडितहरुको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री दाहाल | प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले अदालती प्रक्रियामा अघि बढाउने तयारी गरिरहेको बताए । | https://ekantipur.com/news/2024/02/28/the-problem-of-meter-badge-victims-should-be-solved-through-court-process-prime-minister-dahal-23-04.html | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले अदालती प्रक्रियामा अघि बढाउने तयारी गरिरहेको बताए । उनले टाठाबाठा लगानी गर्नेहरुले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको बताए । त्यस्तै बैंकिङ कागजात समेत बनाएर ऋण दिएको देखिएको भन्दै अदालत जाँदा पीडकहरुकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको समेत बताए । 'यस्तो यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको छ,' उनले भने । उनले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरुसँग वार्ता भइरहेको र समस्या समाधान हुने बताए । ‘ऐन बनाएर समस्या समाधानको कोसिस गर्दा पनि केही समस्या अझै बाँकी छ । बाँकी रहेको समस्या सरकारको कारण तिर भन्दा अदालती प्रक्रियातिरबाट समाधान गर्नुपर्ने प्रकृतिको छ । किनभने मिटरब्याजको समस्या जटिल र गहिरो सामाजिक, सांस्कृतिक समस्या पनि हो,' उनले भने, 'यो आर्थिक कुरा मात्रै होइन रहेछ। धेरै वर्षदेखि चलेर आएको, टाठाबाठा, लगानी गर्नेहरुले कपाली तमसुक बनाएर लगानी गरेका छन् । बैंकको पनि कागजात बनाएका छन् । कागजातमा पीडकहरु बलियो देखिएपछि अदालतमा पनि पीडितले न्याय नपाउने स्थिति देखिएको छ ।'प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार गम्भीर रहेको दाबी समेत गरे । | News | 5,295 |
जापानी जुडो टोली नेपालमा | अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई प्रशिक्षण दिन सोमबार नेपाल आइपुगेको हो । | https://ekantipur.com/sports/2017/09/13/20170913065702.html | काठमाडौं — अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई प्रशिक्षण दिन सोमबार नेपाल आइपुगेको हो । गोतारोसँगै फेडेरेसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख ओनुकी सायाको तथा जुडो खेलाडीत्रय यगी आयाका, मुकाइ सुन सुके र उत्सिरो युसुकेको आएका छन् । उनीहरूले मंगलबारै प्रशिक्षण सुरु गरिसकेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाए । उनीहरूले राष्ट्रिय टिम, जुडो खेल प्रशिक्षण हुने अनाथलय, नेपाल आर्मी, उपत्यकाका डोजोमा गएर खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । तालिम सेप्टेम्बर १९ सम्म चल्नेछ । बज्राचार्यले प्रशिक्षणले भविष्यका लागि खेलाडी तयार गर्न सहज हुने बताए । | Sports | 31,484 |
प्रधानमन्त्रीको निर्देशनः ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौँ’ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । | https://gorkhapatraonline.com/news/70269 | काठमाडौं, असार २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।शुक्रबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्षात्को समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झण्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ ? यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।”प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)१. सर्वप्रथम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११ औँ बैठकमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै बैठकका निर्णयहरूको दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गर्दछु ।२. नेपालमा हरेक वर्ष प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई आत्मसात गर्दै विपद्पूर्वको नीतिगत र व्यवस्थाकीय तयारी, विपद्को समयमा शीघ्र उद्धार, प्रभावकारी राहत व्यवस्थापन र पुनःस्थापनाका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नु राज्यको आधारभूत जिम्मेवारी हो। राज्यको यही आधारभूत जिम्मेवारीलाई औपचारिक अर्थमा नभएर प्रचलित कानुनअनुसारको जिम्मेवारी उच्च मानवीय भावनासहित बोध गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवम् सोहीअनुरूप कार्यान्वयनको प्रतिबद्धता जाहेर गर्न हामी यो बैठकमा छौँ । ३. विज्ञान प्रविधिको उच्चतम विकासको आजको युगमा विपद्को पूर्वसूचना प्राप्त गर्ने विभिन्न प्रविधिहरू भएता पनि हामीले त्यसको प्रभावकारी अवलम्बन गर्न सकेका छैनौँ । हाम्रो मुख्य ध्यान विपद्को पूर्वजानकारीसहित आवश्यक सचेतता अपनाउनुभन्दा विपद् आइसकेपछि उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुने गरेको विगतको परम्परालाई तोडेर मात्र हामीले राष्ट्रिय धनजनको रक्षा गर्न सक्छौँ । विभिन्न भौतिक संरचनाहरूको निर्माण विपद् जोखिमका क्षेत्रहरूको पहिचान नगरी हुने गरेका छन् । यसले योजनावद्ध विकासको राष्ट्रिय कार्यभारलाई प्रभावित पार्नुका साथै धनजनको क्षति रोक्नसमेत चुनौती खडा गरिरहेको छ। जनचेतनाको अभाव, पूर्वसूचना प्रणाली जस्ता आधुनिक प्रविधिको अभाव, गरिबी, अशिक्षा, ढिलो निर्णय गर्ने प्रवृत्ति, विपद् व्यवस्थापन सम्वन्धी विभिन्न एजेन्सीहरूबीच सहयोग र समन्वयको कमी, विपद् व्यवस्थापन सम्वन्धी कोष तथा तालिमको अभाव, दक्ष जनशक्ति र अन्य स्रोत साधनको कमीले गर्दा विपद जोखिम न्यूनीकरण र व्यवस्थापन जटिल हुने गरेको छ । तसर्थ, यसै बैठकमार्फत् विपद्को पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पनि म विशेष रूपले निर्देशित गर्दछु ।४. प्रायः भन्ने गरिन्छ– विपद् र रोगव्याधीले सानो–ठूलो, धनी–गरिब, बलियो–निर्धो भन्दैन । यो आंशिक सत्य भए पनि पूर्ण सत्यचाहिँ होइन । प्राकृतिक विपत्ति वा रोगब्याधीको अधिक शिकार तिनीहरू हुने गर्दछ, जो आर्थिक रूपमा विपन्न छन्, जोसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, जोसँग समथर र सुरक्षित जमिन नभएर भीरपाका र जोखिमयुक्त स्थानमा बसोबास गर्छन् । तसर्थ, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको कुरा गर्दा हाम्रो सबैभन्दा पहिलो ध्यान त्यस्तो बस्ती र समुदायमा जानुपर्दछ, जो जोखिमको उच्च खतरामा छन् ।५. विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यान्यवनसम्बन्धी हामीसामु केही गम्भीर प्रश्नहरू छन्– किन हामी विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक गृहकार्यबारे गम्भीर बन्दैनौँ ? किन हामी जहिले पनि वर्षात्को समयमा आएर मात्र यसबारे छलफल र बहस गर्छौं ? किन हामी विपद्को उच्च जोखिममा रहेका बस्ती र समुदायसम्म पुगेर विपद्को प्रभाव, राज्य र नागरिकको सहकार्यबाट यसबाट बच्न सक्ने उपायहरूबारे पर्याप्त अन्तरक्रिया गर्दैनौँ ? विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी संरचना र सरोकारवाला निकायसँगको सम्बन्ध र सहकार्य जीवन्त नबनाई किन औपचारिक भइरहेका छन् ? वर्षात्को समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झण्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ ? यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।६. यस सन्दर्भमा जलवायु परिवर्तनको विश्वव्यापी साझा समस्यालाई दृष्टिगत र समाधानको विश्वव्यापी मार्गचित्रलाई मनन् गर्दै नेपालले परिवर्तित स्वरूपमा नयाँ खाद्य तथा कृषि सुरक्षा योजना, कृषिमा अन्वेषणलाई प्राथमिकता दिँदै र उर्जा क्षेत्रको सम्भावनालाई स्वीकार गर्दै एसिया प्यासिफिक क्षेत्रमा जल तथा उर्जा क्षेत्रको नेतृत्व गर्ने गरी हाइड्रोजन लिडरसिप रोडम्याप तय गर्नुका साथै सन् २०५० सम्म शून्य कार्वन उत्सर्जन हुने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्नेछ ।७. विकसित मुलुकहरूले जतिसक्यो कम हरितगृह ग्याँस उत्सर्जन गरेमा त्यसले उनीहरूलगायत नेपालजस्ता देशलाई फाइदा पुग्दछ । जलवायु परिवर्तन न्यूनीकरण सफल भए अनुकूलन पनि सजिलो हुनेछ । विश्वले औसत तापक्रम वृद्धिदरलाई वाचा गरिएजस्तो डेढ डिग्री सेल्सियसभित्र सीमित गरे पनि नेपालजस्तो पर्वतीय मुलुकलाई गम्भीर असर पर्नसक्ने देखिएको छ । अहिले पेरिस सम्झौताअनुसार विश्वले औद्योगिक क्रान्तिपूर्वको समयभन्दा औसत तापक्रम वृद्धि डेढ डिग्री सेल्सियसमा सीमित गर्ने भनेका छन्। तर सो प्रतिबद्धताअनुसार न्यूनीकरण भइरहेको देखिँदैन । गत वर्षको कोप २७ सम्मेलनमा नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन ‘नेट जिरो’ बनाउने वाचा गरेको छ । यसलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम तर्जुमा गर्न जरूरी छ ।८. विश्वभर जलवायु परिवर्तनका भयानक असरहरू बढ्ने क्रमप्रति हामी सबै संवेदनशील बन्नैपर्दछ । विश्व बैंकको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनको असरका कारण २०५० सम्ममा २० करोड मानिस विस्थापित हुने अवस्था आउने प्रक्षेपण गरिएको छ । यसले विश्वका देशहरूलाई थप गम्भीर भएर हरितगृह ग्याँस उत्सर्जन रोक्न दबाब बढेको छ । बाढीपहिरो, हिमपातजस्ता जलवायुजन्य प्रकोपबाट हुने हानिनोक्सानीबारे छुट्टै वित्तीय सहयोगका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले उठाएको अभिमत निकै अर्थपूर्ण छ ।९. कोरोना महामारीले मानिसको जीवनपद्धति र सोचमा केही बदलाव ल्याइदिएको छ । बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने औद्योगिक र विकसित देशका कारण कम ग्याँस उत्सर्जन गर्ने कम विकसित देशहरू जलवायु परिवर्तनको बढी सिकार भएका छन् । आगामी दिनमा यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत साझा धारणा निर्माण गर्न आवश्यक छ ।१०. म यसै बैठकमार्फत मानवीय क्षति पुगेका र घरवारविहीन बनेका परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न विशेष रूपले निर्देशित गर्दछु ।११. निजी तथा सार्वजनिक संरचना र सम्पत्तिमा गुमेको भौतिक क्षति तथा नोक्सानीको आँकलन गर्न, जोखिमयुक्त बस्तीहरूको अध्ययन गर्न र जोखिमयुक्त देखिएका बस्ती स्थानान्तरणसम्बन्धी उपयुक्त प्रबन्ध मिलाउन पनि निर्देशित गर्दछु ।१२. जलवायु परिवर्तनसमेतका प्रभावबाट सुरक्षित संरचना (सडक, पुल, जलविद्युत, सिंचाइ, खानेपानी, बस्ती) पुनर्निर्माण गर्न र आगामी दिनमा भौतिक संरचना निर्माण गर्दा विपद् जोखिम मूल्याङ्कन गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्नसमेत निर्देशित गर्दछु । १३. मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा निर्धारण गरिएबमोजिमका सबै विषय क्षेत्रका नेतृत्वदायी मन्त्रालयहरूलाई आ–आफ्नो कार्य जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न त्यसका लागि निरन्तर समन्वयमा रही काम गर्न पनि निर्देशित गर्दछु ।१४. प्रदेश र स्थानीय सरकारलाई आ–आफ्नो स्वायत्तता र विशेषतासहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आवश्यक नीति, कार्यक्रम र कार्ययोजना निर्माणका लागि आवश्यक समन्वय गर्नसमेत यसै बैठकमार्फत् आग्रह गर्दछु ।१५. विपदको घडीमा आवश्यक सक्रियताका साथ सहयोग र सहकार्यका लागि सबै सरकारी निकायहरू, गैरसरकारी तथा निजी क्षेत्र र दातृ निकायहरू समेतमा हार्दिक अपिल गर्दै आवश्यक सहकार्य र सहयोगका लागि नेपाल सरकार तत्पर रहेको प्रतिबद्धतासमेत व्यक्त गर्दछु।१६. विषदमा परी मृत्यु भएका सम्पूर्ण नागरिकहरूमा भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । विपदमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशित गर्दछु। १७. अन्त्यमा, विपदको समयमा खोज, उद्धार तथा राहतको कार्यमा अहोरात्र सक्रिय सुरक्षाकर्मीहरू,स्वयंसेवकहरू, स्थानीय जनसमुदाय, सहयोगी दातृनिकाय एवं सम्पूर्ण जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै परिषद्को बैठकका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि उपस्थित सम्पूर्ण महानुभावहरूलाई विशेष रूपले ध्यानाकर्षित गर्दछु, धन्यवाद । | News | 55,136 |
सडक दुर्घटनामा चाहिएको आपत्कालीन उद्धार प्रणाली | सडक दुर्घटनामा परेका गम्भीर घाइतेलाई जति छिटो उद्धार र उपचार गर्न सक्यो, बचाउने सम्भावना पनि त्यति नै बढी हुन्छ । यसका लागि आपत्कालीन उद्धार, उपचार तथा पुनःस्थापना हेर्ने छुट्टै संयन्त्रको प्रबन्ध भए झनै सहज हुन्छ । प्रायः देशमा यात्रुको जीवनलाई केन्द्रमा राख्दै दुर्घटनामा परेकाहरूको उपचारमा कुनै कमी हुन नदिन आपत्कालीन उद्धार संयन्त्र गठन गरिएका हुन्छन् । | https://ekantipur.com/opinion/2023/02/09/167590772181821649.html | सडक दुर्घटनामा परेका गम्भीर घाइतेलाई जति छिटो उद्धार र उपचार गर्न सक्यो, बचाउने सम्भावना पनि त्यति नै बढी हुन्छ । यसका लागि आपत्कालीन उद्धार, उपचार तथा पुनःस्थापना हेर्ने छुट्टै संयन्त्रको प्रबन्ध भए झनै सहज हुन्छ । प्रायः देशमा यात्रुको जीवनलाई केन्द्रमा राख्दै दुर्घटनामा परेकाहरूको उपचारमा कुनै कमी हुन नदिन आपत्कालीन उद्धार संयन्त्र गठन गरिएका हुन्छन् ।नेपालमा भने उद्धार गर्ने जिम्मेवार निकायसम्म छैन । अरू आकस्मिक बिरामीहरूको जस्तै सडक दुर्घटनामा परेकाहरूको उद्धार प्रत्यक्षदर्शी/स्थानीयवासी र प्रहरीले गर्ने गरेका छन् । सडक दुर्घटनामा परेका घाइतेलाई उच्च गुणस्तरको चिकित्सा उपचार र हेरचाह पुर्याउन सके मृत्युबाट जोगाउन, चोटपटकको गाम्भीर्य घटाउन र अपांगतालाई रोक्न सकिन्छ । पछिल्लो समय सहरीकरण बढेसँगै यातायातको चाप बढेको छ । देशैभरि धमाधम सडक बनिरहेका छन्, र यस क्रममा यात्रु–सुरक्षाको पाटोप्रति कत्ति पनि संवेदनशीलता अपनाइएको पाइन्न । राम्ररी ‘डिजाइन’ नगरी सडक बनाइनु र पूर्ण रूपमा सम्पन्न नभै सवारीसाधन गुडाउन थाल्नु सामान्यजस्तै छ । यिनै कारण, दुर्घटनाका कारण मृत्यु हुने यात्रुको संख्या बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै नेपाल प्रहरीसँग उपलब्ध तथ्यांक अनुसार देशभरि सवारी दुर्घटनामा परेर २ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने ३ सय ८ जना अंगभंग भएका छन् । यसले सडक सुरक्षाको दयनीय अवस्था मात्र उजागर गर्दैन, सवारी दुर्घटनाका कारण भइरहेको अकाल मृत्युलाई घटाउन अन्य पूर्वाधारसँगै आपत्कालीन उद्धार प्रणालीको आवश्यकतालाई पनि औंल्याउँछ । यसका लागि छुट्टै संयन्त्रको आवश्यकता महसुस नगरिएको पनि होइन । सन् नब्बेको दशकमै सडक सुरक्षाका अन्य पक्षसँगै आपत्कालीन उद्धार, उपचार र पुनःस्थापनाका लागि छुट्टै निकाय ‘राष्ट्रिय सडक सुरक्षा परिषद्’ बनाइएको थियो । तर यो सदैव निष्क्रिय रह्यो । अहिले कुनै पनि सरकारी निकाय वा संयन्त्र सडक दुर्घटनापछिको उद्धार, उपचार र पुनःस्थापनाका लागि जिम्मेवार छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक परियोजनामै केन्द्रित छ, यातायात व्यवस्थापन विभाग लाइसेन्स बनाउन, नवीकरण गर्नमै व्यस्त छ, सडक विभागलाई सडक ममर्तकै चटारो छ भने ट्राफिक प्रहरी सवारी–चालकहरूको जाँचमै केन्द्रित छ । यस्तोमा उक्त परिषद्जस्तै सबै सरोकारवालासँग समन्वय गर्न सक्ने संयन्त्रको खाँचो झन् टड्कारो बन्दै गएको छ । सन् २०१३ को नेपाल रोड सेफ्टी कार्ययोजना (२०१३–२०) ले पनि सडक सुरक्षा र आपत्कालीन उद्धारका लागि सडक सुरक्षा परिषद् गठन गर्न सुझाव दिएको थियो । विज्ञहरूले पनि बेग्लै सडक संयन्त्र बनाउन जोड दिने गरेका छन् । यसर्थ सबै पक्षको मागअनुरूप, यसको महत्त्व र आवश्यकताबारे यातायात मन्त्रालयले थप विमर्श गर्नुपर्छ । कुनै न कुनै सरकारी निकाय/संयन्त्र सडक दुर्घटनामा परेकाहरूको आपत्कालीन उद्धार, उपचार तथा पुनःस्थापनाका लागि विशेष रूपमा समर्पित हुनैपर्छ । सरकारले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य राष्ट्रिय रणनीतिमार्फत पनि दुर्घटनाका घाइतेलाई उच्च गुणस्तरको चिकित्सा उपचार र हेरचाह पुर्याउने परिकल्पना गरेको छ । तापनि यसको लाभ सडक दुर्घटनाका घाइतेहरूले लिन सकिरहेका छैनन् । ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ मार्फत पनि सरकारले एम्बुलेन्समार्फत घाइतेको उद्धार गरी ज्यान बचाउने नीति लिएको छ । त्यसबमोजिम एम्बुलेन्स सञ्चालन गर्ने सरकारी, गैरसरकारी, निजी वा गैरनाफामूलक सामुदायिक अस्पताल वा स्वास्थ्य संस्थाले सडक दुर्घटनामा परेका व्यक्तिलाई एम्बुलेन्स सेवा प्रदान गर्नु तथा घटनास्थलदेखि अस्पताल पुर्याउनुभन्दा अघिसम्म गरिने आकस्मिक प्राथमिक उपचार र चिकित्सकीय सेवा निःशुल्क प्रदान गर्नुपर्ने हुन्छ । एम्बुलेन्सका प्रकार पनि तोकिएका छन्; विशिष्ट उपचार सेवासहितकालाई ‘ए’, आधारभूत सुविधा भएकालाई ‘बी’ र ड्राइभर मात्रै भएका ‘ट्राभल एम्बुलेन्स’ सञ्चालनमा ल्याउने भनिएको छ । तापनि निर्देशिकाको यथारूप कार्यान्वयन नहुँदा सहरी सडक तथा राजमार्गहरूमा विशेषतः दुईपांग्रे र पैदलयात्रु दुर्घटनामा पर्दा समयमै उद्धार–उपचार पाइरहेका छैनन् । सुरक्षा पूर्वाधारमा ध्यान नदिइएकै कारण सडक दुर्घटना नेपालीको अकाल मृत्युको एउटा प्रमुख कारक बनिरहेको छ । सडक पूर्वाधार बनाउँदा यात्रुको जीवनले पहिलो महत्त्व नपाउनुको स्वाभाविक परिणति हो यो । त्यसैले, सुरक्षाका दृष्टिले सडक सुधारका अतिरिक्त, घाइतेको जीवन जोगाउन संरचनागत पहल पनि गर्नुपर्छ । संघीय सरकार अन्तर्गतका सडक र यातायात व्यवस्थापनको जिम्मा पाएका निकायबाहेक विशेषतः सहरकेन्द्रित पालिकाहरूले पनि सडक दुर्घटनाका लागि आवश्यक आपत्कालीन उद्धार, उपचार तथा पुनःस्थापनाका लागि संरचना बनाउनुपर्छ । यसका लागि लक्षित कानुनी व्यवस्थाहरूको कार्यान्वयन गरिनुपर्छ । दुर्घटनाका बिरामीलाई कति प्राथमिकता दिने भन्नेमा स्वास्थ्यकर्मीहरूलाई पनि विशेष प्रशिक्षित गर्नुपर्छ । बर्सेनि हजारौं नागरिकको जीवन–मरणको यो सवाललाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ । | Opinion | 10,967 |
राष्ट्रपति जुद्ध सालिकबाट वसन्तपुर हिँडेर जाने | राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ । | https://gorkhapatraonline.com/news/79918 | काठमाडौँ, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा हुनुहुन्छ । आज (बिहीबार) दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाटै हिँडेर जाने तयारीमा राष्ट्रपति रहे पनि सुरक्षा निकायले भने अझै स्वीकृति जनाई नसकेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हो । | News | 32,788 |
लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल | प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई बुधबार बिहान सिंहदरबारस्थि कार्यालयमा बोलाएर छलफल गरेका हुन् । | https://ekantipur.com/news/2024/02/21/prime-ministers-discussion-with-representatives-of-microfinance-and-cooperative-victims-20-51.html | काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई बुधबार बिहान सिंहदरबारस्थि कार्यालयमा बोलाएर छलफल गरेका हुन् । लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्रीले उनीहरूका प्रतिनिधिलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् । छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहल ठिक भएको भन्दै समस्याको छिटो समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए । प्रधानमन्त्री दाहालले भनेका थिए, 'विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो । तर, पछिल्लोसमय यो ठूलो समस्यामा फस्दै गएको छ ।' दाहालले सहकारी र लघुवित्तमा कतिपय परिस्थितिजन्य अप्ठ्याराहरू र कतिपय सञ्चालकहरूको बेइमानी जिम्मेवार रहेको बताउँदै सोहीबमोजिम समस्या समाधानमा पुगिने बताए । लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रव्यूहका रूपमा विकसित जानसक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्रबैंकसँग कुरा गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए । | News | 5,482 |
भेनेजुएला सकंट: आफ्ना कूटनीतिज्ञ खतरामा परे कडा कार्वाही गर्ने अमेरिकी चेतावनी | संयुक्त राज्य अमेरिकाले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता ह्वाँ गुआइदोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए त्यो सह्य नहुने र त्यसप्रति उल्लेखनीय प्रतिक्रिया दिइने चेतावनी दिएको छ। | https://www.bbc.com/nepali/news-47024842 | जन बोल्टनले उनकै शब्दमा निकोलस मदुरोको माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उनकै शब्दमा निकोलस मदुरोको माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गर्ने बताएका छन्। बोल्टनको आइतवारको ट्वीट सन्देश अमेरिका र अन्य बीस देशहरूले गुआइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति मानेको केही दिनपछि आएको हो। उनीहरूले गत वर्षको निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले धाँधली गरेको आरोप लगाएका छन्। अमेरिकाद्वारा भेनेजुएलाका विपक्षी नेतालाई 'अन्तरिम राष्ट्रपति'को मान्यता भेनेजुएला मामिलामा सरकार र पार्टीको धारणा फरक हुनसक्छ: वाँस्कोटा भेनेजुएलामा 'सयौँको गैरन्यायिक हत्या' गुआइदो र मदुरोबीच टकराव मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए। गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपङ्क्तिमा अमेरिका रहेको छ। एउटा सैन्य अभ्यासमा सहभागी सैनिकहरूलाई सम्बोधन गर्दै मदुरोले साम्राज्यवादीहरूबाट हुन सक्ने सत्ता हत्याउने प्रयासलाई विफल तुल्याउन तयार रहन आग्रह गरेका छन्। तर विपक्षी नेता गुआइदोले चाहिँ सैनिकहरूलाई आफ्नै देशका जनतामाथि गोली नहान्न आग्रह गरेका छन्। "मातृभूमि भेनेजुएलाका सिपाहीहरूलाई म अनुरोध गर्न चाहन्छु तपाईँहरू आफ्नै देशमा जनतामाथि गोली नचलाउनुहोस्। जनताहरू संविधानअनुसार तपाईँहरूकै परिवार, काम र जीविकाको रक्षा गर्न सडकमा आएका हुन्।" त्यसअघि राष्ट्रपति मदुरोले आठ दिन भित्र आम चुनाव आह्वान गर्न युरोपेली देशहरूले गरेको आग्रहको आलोचना गरेका थिए। राजनीतिक संकट मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए। उनलाई राष्ट्रपति पदबाट हटाउने विपक्षीहरूको बढ्दो प्रयाससँगै भेनेजुएलाको राजनीतिक संकट उच्च विन्दुमा पुगेको देखिन्छ। आइतबार अमेरिकाका लागि भेनेजुएलाका वरिष्ठ सैन्य प्रतिनिधि कर्नेल जोस लुइस सिल्भाले पनि मदुरोको सरकारको विरोध गर्दै गुआइदोको समर्थन गरेका छन्। | Others | 69,578 |
दूध सर्केर नाबालिकाको मृत्यु | ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो । | https://gorkhapatraonline.com/news/64276 | चन्द्र पन्दाकताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो । विष्टकी श्रीमती हिमादेवी नाबालिका छोरीसहित आफ्नो माइत गाउँ सिदिङ्वा गाउँपालिका –२ सादेवा जानुभएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हिमादेवी माइत गाउँ सादेवामै रहेका बेला अचानक दूधले सर्केर नाबालिकाको शनिबार मृत्यु भएको हो । मृतक नाबालिकाको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यता घटनासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । | News | 56,476 |
सन्दकपुर गोल्डकप सुरु | देउरालीस्थित सातखाल्डे खेल मैदानमा शुक्रबार तेस्रो सन्दकपुर गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा दमक फुटबल क्लबले आयोजक देउराली स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा पुगेको थियो । | https://ekantipur.com/sports/2023/04/07/168088624854427626.html | इलाम — देउरालीस्थित सातखाल्डे खेल मैदानमा शुक्रबार तेस्रो सन्दकपुर गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा दमक फुटबल क्लबले आयोजक देउराली स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा पुगेको थियो ।खेलको ७१ औं मिनेटमा दमकका रोशन तामाङले पेनाल्टीमार्फत गोल गरे । त्यसलाई देउरालीका विनोद धमलाले ७६ औं मिनेटमा गोल फर्काएर बराबरी गरे । शनिबार बिर्तामोड एकेडेमी र नवप्रयास युवा क्लबबीच खेल हुनेछ ।वैशाख १ सम्म चल्ने प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले ८१ हजार रुपैयाँ पाउनेछन् । | Sports | 17,783 |
मछिन्द्र ब्लु स्टारको सामना गर्दै, लक्ष्य समूह चरण | सहिद स्मारक लिग 'ए' डिभिजन च्याम्पियन मछिन्द्रले मंगलबार एएफसी कप छनोट २०२२ को प्लेअफमा श्रीलंकाको ब्लु स्टारको सामना गर्नेछ । दशरथ रंगशालामा हुने खेल बेलुका पाँच बजे सुरु हुनेछ । दुईपल्टको लिग च्याम्पियन मछिन्द्रले एसियाली फुटबल महासंघ (एएफपी) को प्रतियोगिता खेल्न लागेको यो पहिलोपल्ट हो । | https://ekantipur.com/sports/2022/04/04/164905439392841032.html | काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन च्याम्पियन मछिन्द्रले मंगलबार एएफसी कप छनोट २०२२ को प्लेअफमा श्रीलंकाको ब्लु स्टारको सामना गर्नेछ । दशरथ रंगशालामा हुने खेल बेलुका पाँच बजे सुरु हुनेछ । दुईपल्टको लिग च्याम्पियन मछिन्द्रले एसियाली फुटबल महासंघ (एएफपी) को प्रतियोगिता खेल्न लागेको यो पहिलोपल्ट हो ।मछिन्द्रले पहिलोपल्ट ०७६ सालमा लिग जित्दा क्लब लाइसेन्स नभएको हुनाले छनोटको प्लेअफ खेल्न पाएको थिएन । ०७८ को लिगको सातौं चरणमा पहिलो स्थानमा रहेपछि मछिन्द्रले यसपल्ट छनोट खेल्ने निश्चित भएको हो । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोमबारको प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टिम छनोटको समूह चरण पुग्ने विश्वास पोखे ।प्रवेशले भने, ‘हाम्रो लक्ष्य समूह चरण पुग्ने हो । हामी घरेलु मैदानमा खेलिरहेका छौं र त्यसैले दबाब पनि रहनेछ । समूह चरण पुग्नका लागि हामी सक्षम छौं र यही लक्ष्यले तयारी पनि गरेका छौं । हाम्रो टिममा कुनै परिवर्तन भएको छैन्, लिग खेलेकै २४ खेलाडी रहेका छन् ।’ उनले श्रीलंकाली टिम राम्रो रहेको पनि माने ।मछिन्द्रका कप्तान सुजल श्रेष्ठले पनि टिमको तयारी राम्रो भएको दाबी गर्दै भने, ‘घरेलु लिग खेल्दा हाम्रो लक्ष्य एएफसी छनोटको प्लेअफ खेल्ने थियो । त्यसमा सफल भएपछि अब हाम्रो लक्ष्य समूह चरण पुग्ने हो ।’ मछिन्द्र श्रीलंका टिमविरुद्ध जित निकाल्न सफल रहे उसले भारतको मोहन बगानसँग खेल्नेछ ।ब्लु स्टारका प्रशिक्षक राजमान्य डेभासगयामले भने मछिन्द्रविरुद्ध आफ्नो टिमले संयमित भएर खेल्ने बताए । प्रि–म्याच कन्फ्रेन्समा उनले भने, 'हामीले मछिन्द्रलाई बलियो टिमका रूपमा लिएका छौं । हामीले त्यही अनुसार तयारी पनि गरेका छौं । हाम्रो लक्ष्य पनि जितसँगै दोस्रो चरण पुग्ने रहेको छ ।' | Sports | 20,756 |
सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्छ : अधिकारी | नेपालमा शिक्षामा देखिएको विभेद् हटाउन सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्ने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो 'कान्तिपुर एजुकेसन समिट-२०८०' को पहिलो सत्र ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवाद’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । | https://ekantipur.com/news/2024/01/02/the-quality-of-public-schools-should-be-improved-immediately-officer-57-37.html | काठमाडौँ — नेपालमा शिक्षामा देखिएको विभेद् हटाउन सामुदायिक विद्यालयको गुणस्तर तत्काल सुधार गर्नुपर्ने विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो 'कान्तिपुर एजुकेसन समिट-२०८०' को पहिलो सत्र ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवाद’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।विद्यालयतहको शिक्षा गुणस्तरिय नहुनुको असर उच्च शिक्षामा देखिएकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ढिलाई गर्न नहुने उनको भनाइ थियो । यसका लागि संसदमा विचाराधिन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्नुपर्ने उनले बताए ।निजीक्षेत्रको योगदान बिर्सन बेला भइनसकेको पनि उनको भनाइ छ । बढीभन्दा बढी विद्यार्थी निजी विद्यालयमा रहेको र गुणस्तर पनि तुलनात्मक रुपमा राम्रो रहेको छ । तर, सरकारले एकै पटक सबै निजी विद्यालयहरुलाई सामुदायिक बनाउनु पर्ने नीतिगत व्यवस्था गर्न लागेकाले त्यसबाट पर्ने सम्भावित असरबारे पनि सोच्नुपर्ने उनको भनाई छ । | News | 6,707 |
इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान | इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ । | https://ekantipur.com/news/2024/04/28/60-percent-voting-in-ilam-49-percent-in-bajhang-46-16.html | इलाम, बझाङ — इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ । इलाम–२ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार ३५ हजार १ सय ३५ पुरुष र ३४ हजार १ सय ५० महिला र २ जना अन्य लिंगका मतदाता मतदानमा सहभागी भएका थिए । यहाँ ७९ मतदानस्थलमा १ सय ४९ केन्द्र तोकिएको थियो । शनिबार अबेर रातिसम्म मतपेटिका संकलन भइरहेको छ । पश्चिमी क्षेत्रको फाकफोकथुम, दक्षिणतिरको चुलाचुली र माङ्सेबुङलगायत विकट क्षेत्रबाट मध्यरातसम्म मतपेटिका सदरमुकाम पुर्याउने योजना प्रशासनको छ । सबै केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठकपछि आइतबार बिहानदेखि मात्रै गणना सुरु गरिने घिमिरेले बताए । एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ उक्त क्षेत्रमा अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका थिए । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का उठेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी ७ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।अघिल्लो निर्वाचन २०७९ मंसिर ४ मा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० मत पाएका थिए । माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उठेका खड्काले १९ हजार ६ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो । यस पटक एमाले र माओवादीले गठबन्धन गरेका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वडा पर्छन् । हेलिकोप्टरबाट मतपेटिका ल्याएपछि गणनाको तयारी बझाङ १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनमा शनिबार साँझसम्म संकलित विवरणअनुसार ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए । यो क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता थिए । ‘मतदान अधिकृतहरू मतपेटिका ढुवानीका लागि बाटोमा भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेका कारण सम्पूर्ण विवरण आइतबारसम्म मात्रै आउँछ,’ उनले भने । ७४ वटा मतदानस्थलमा रहेका ९३ केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन१५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार साँझसम्म साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा संकलन गरिसकिएको छ । साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आइतबार बिहान हेलिकोप्टरमार्फत ढुवानी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि आइतबार दिउँसोबाट गणना सुरु हुने कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । ‘गणना सुरु भएपछि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘एकै पटक दुई समूहले गणना गर्ने गरी कर्मचारी तयारी अवस्थामा राखेका छौं ।’उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए । | News | 3,837 |
सर्लाहीका किसानले उखुको अनुदान पाएनन् | जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । | https://gorkhapatraonline.com/news/76365 | सर्लाही, भदौ १० गते । जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु. ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाएको गुनासो गरेका हुन् ।उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताउनुभयो । उहाँका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घरखर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ ।सरकारले आर्थिक वर्ष २०७९/८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु. छ सय १० निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले रु. पाँच सय ४० र सरकारले रु. ७० गरी किसानलाई रु. छ सय १० भुक्तानी गर्ने सहमति भए पनि हालसम्म पनि सरकारले दिने भनिएको अनुदानबापतको रकम प्रतिक्विन्टल रु. ७० नपाइएको अर्का किसान राम उद्गार महतोको भनाइ थियो । उहाँका अनुसार उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई रु. पाँच सय ४० भुक्तानी गरिसक्दा पनि सरकारले अनुदानबापतको रकम भुक्तानी गरेको छैन । यता चिनी उद्योगले समयमै उखु बिक्री गरेको तथ्याङ्क सरकारलाई उपलब्ध नगराएकाले भुक्तानी ढिलो भएको र उखु बिक्री गरेको तथ्याङ्क पठाउन उद्योगलाई ताकेता गरिरहेको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनी उद्योगले उखु बिक्री गरेको तथ्याङ्क कृषि मन्त्रालयलाई पठाएपछि मात्रै अर्थ मन्त्रालयले अनुदानको रकम उखु उत्पादक किसानलाई पठाउने गरेको छ । चिनी उद्योग र सरकारको कमजोरीका कारण जिल्लाका किसानले दुःख पाएका अध्यक्ष मैनालीले बताउनुभयो ।आफूहरुले सरकारले दिने अनुदानको रकम पठाउन सरकार र उद्योगलाई दबाब दिइरहेको उल्लेख गर्दै उहाँले असोजको पहिलो हप्तासम्म भुक्तानी पाइने अपेक्षा गर्नुभयो ।सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम समयमा नदिने र उद्योगले पनि किसानको लगानीअनुसारको मूल्यमा उखु खरिद नगर्ने गरेका कारण जिल्लामा पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घट्दै गएको स्थानीय जानकार उमा ङ्कर साहले बताउनुभयो । उहाँका अनुसार उखुखेतीभन्दा अन्य बालीबाट राम्रोसँग फाइदा हुने भएकाले पनि जिल्लाका किसानले उखुखेती लगाउन छाड्दै गएका हुन् ।धान, मकै, गहुँ र तोरीलगायतको उत्पादन खेतबाटै बिक्री हुन्छ । यही मूल्यमा उखुखेती गर्ने हो भने लागत मूल्य पनि उठ्दैन, दुई पैसा पनि फाइदा नहुने भएपछि किन दुःख गर्नुपर्याे रु उखुको मूल्य प्रतिक्विन्टल रु. आठ सय ५० भन्दामाथि भएमात्र लगानी उठ्ने किसानको भनाइ थियो ।जिल्लामा सञ्चालन भएका तीन वटा चिनी उद्योगमध्ये हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले सबै उखु उत्पादक किसानको रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल बगदह र अन्नपूर्ण सुगर मिल धनकौलले अझै केही रकम भुक्तानी गर्न बाँकी छ । इन्दुशङ्करले क्रसिङ गर्ने समयमा २८ लाख क्विन्टल उखु खरिद गरेको थियो । रासस | News | 36,916 |
परियोजना व्यवस्थापनमा पुनर्संरचना खोजिँदै | सरकारले ठुला पूर्वाधार आयोजनाले भोग्दै आएका परियोजना व्यवस्थापन तथा कार्यान्वयनका विभिन्न उल्झनलाई निवारण गर्ने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्पmत सरकारले आयोजना व्यवस्थापन, स्रोत परिचालन तथा सरोकारवाला निकायको भूमिकालगायतलाई चुस्त र प्रभावकारी बनाउन खोजेको हो । | https://gorkhapatraonline.com/news/65924 | काठमाडौँ, जेठ १६ गते । सरकारले ठुला पूर्वाधार आयोजनाले भोग्दै आएका परियोजना व्यवस्थापन तथा कार्यान्वयनका विभिन्न उल्झनलाई निवारण गर्ने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत सरकारले आयोजना व्यवस्थापन, स्रोत परिचालन तथा सरोकारवाला निकायको भूमिकालगायतलाई चुस्त र प्रभावकारी बनाउन खोजेको हो ।अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गर्नुभएको बजेट वक्तव्यले अब कुनै पनि परियोजनाको ठेक्का लाग्नुपूर्व नै पूर्वतयारीका काम सम्पन्न गर्नुपर्ने भएको छ । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्तिलगायतका प्रव्रिmया सम्पन्न भई साइट क्लियरेन्स सुनिश्चित भएका तथा खरिद योजना स्वीकृत भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने उल्लेख छ । आयोजनाको तयारी र स्रोत व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यले ल्याइएको यो व्यवस्थासँगै कार्यान्वयनयोग्य आयोजना मात्र ठेक्कामा जाने छन् । आयोजनाको पहिचान हुने तर वातावरणीय अध्ययनदेखि रुख कटानलगायतका समस्यालाई समयसीमा नै तोकेर अन्त्य गर्ने घोषणा बजेट वक्तव्यले गरेको छ । यसका लागि वनसँग सम्बन्धित विद्यमान कानुनलाई संशोधन गर्नेसमेत प्रतिबद्धता बजेट वक्तव्यमा ल्याइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान विवरण यकिन गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि रीतपूर्वक पेस भएकामा ३० दिनभित्र वन तथा वातावरण मन्त्रालयले निर्णय दिइसक्नु पर्ने व्यवस्था गर्ने महतको बताउनुभयो । यस्तै कटान गर्नुपर्ने रुखको सङ्ख्यामा १० प्रतिशतसम्म फरक परेमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु नपर्ने गरी कानुनमा सुधार गर्ने बजेट वक्तव्यमा उल्लेख छ । वन क्षेत्रका कानुनी जटिलताका कारण विद्युत् प्रसारण लाइन जलविद्युत्, सडक, उद्योगजस्ता पूर्वाधार निर्माण प्रव्रिmया वर्षौं अल्झने अवस्था थियो । अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएपश्चात् १५ दिनभित्र रुख कटानीको आदेश दिनुपर्ने व्यवस्था गरिनेउल्लेख छ । स्वदेशी निजी क्षेत्र मात्र नभएर नेपाल विद्युत् प्राधिकरणजस्ता पूर्वाधार विकासकर्ताले पनि यस्ता प्रव्रिmयागत जटिलता हटाउन मात्र गर्दै आएका थिए । आयोजनाले वन क्षेत्रले प्रयोग गर्दा वन विकास कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था नै खारेज गर्ने उल्लेख गरिएको छ भने वृक्षरोपण गर्ने क्षेत्र पनि देशभर अन्यत्र पनि गर्न सकिने कानुनी व्यवस्था गरिने भएको छ । जग्गा प्रातिका जटिलतालाई पनि हटाउने गरी मुआब्जा निर्धारणको मापदण्ड नै व्यावहारिक बनाउन खोजिएको छ । बजेट वक्तव्यमा जग्गाको मुआब्जा मूल्याङ्कन गर्दा मालपोत कार्यालय तथा स्थानीय तहले गरेको मूल्याङ्कन र धितो बन्धकीका लागि बैङ्कले कायम गरेको मूल्याङ्कनसमेतलाई आधार लिने गरी मापदण्ड तर्जुमा गरिने उल्लेख छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत प्रधानताका साथ उठेका यी मुद्दासहित स्रोत व्यवस्थापनको समस्यालाई पनि बजेटले व्यवस्थित गर्न खोजेको देखिएको छ । वक्तव्यमा भनिएको छ, “वास्तविक स्रोतको उपलब्धताबिना नै बहुवर्षीय ठेक्काको स्रोत सहमति दिने अनियन्त्रित प्रवृत्ति अन्त्य गरिने छ ।” राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यका हकमा स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको रहने र स्रोत सहमति प्रदान गरेको मितिले नौ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था सरकारले कार्यान्वयन गर्ने छ । ठेक्का प्रक्रियालाई चुस्त र प्रभावकारी बनाउने गरी इबिडिङलाई थप व्यवस्थित गर्ने आयोजना कार्यान्वयनका लागि कार्तिक महिनाभित्र ठेक्का व्यवस्थापन गरिसक्नु पर्ने र तर सो अवधिमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गर्न सकिने छ ।व्यवस्थापनको जिम्मेवारी पाएका आयोजना प्रमुखसमेत प्रतिस्पर्धाका आधारमा छानिने र उनीहरूलाई सकेसम्म हेरफेर नगर्ने नीति अख्तियार गरेको छ । निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन बजेट वक्तव्यमा गम्भीर प्रकृतिका लापरबाही देखिएमा सम्बन्धित आयोजनाले पेस गरेको प्रतिवेदनसमेतका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मका कारबाही गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकार तयार भएको छ । | News | 37,883 |
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण | विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो। | https://gorkhapatraonline.com/news/49457 | काठमाडौं, पुस १४ गते। विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो।यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ। राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो।“सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ”, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन। बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो।”यसरी मूल्यमा उतारचढाव देखिनुले यो क्षेत्र अझै पनि व्यावसायिक र प्रतिस्पर्धात्मक हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ। खासगरी धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था आएको हुनसक्ने डा श्रेष्ठको भनाइ छ।घरजग्गा कारोबारमा मालपोत कार्यालयले कारोबार कर र पूँजीगत लाभकर लिँदै आएको छ। धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढी हुन आउने र बिक्रेताले तिर्नुपर्ने पुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने चलन छ। तर बैंकबाट ऋण लिन चाहने वा बैंकको ऋणमै जग्गा किन्नेले भने धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको पाइएको छ। यसले प्राप्त तथ्याङ्कको विश्वसनीयता घटाएको राष्ट्र बैंकको निष्कर्ष छ।यसअघि राष्ट्र बैंकले बढी घरजग्गाको कारोबार हुने देशका २० वटा सहरलाई बजार केन्द्र बनाएर सर्वेक्षण सुरु गरेको थियो। सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको थियो।अहिले विश्वका ६० भन्दा धेरै मुलुकले घरजग्गा कारोबारको नियमित सर्वेक्षण गर्दै आएका छन्। दक्षिण एशियाली मुलुक भारत, श्रीलङका्देखि संयुक्त राज्य अमेरिका, टर्की, इन्डोनेसिया, ओमनलगायत देशमा केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ। रासस | News | 39,564 |
उसुमा सागर र अस्मिता उत्कृष्ट | शिअ उसु क्वान तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा ४ स्वर्ण र ७ रजतसाथ टिम च्याम्पियन बनेको छ । दोस्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेस्रो स्थानको निन्जा उसु क्वानले ३–३ स्वर्ण र रजत हात पार्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पारे । | https://ekantipur.com/sports/2023/07/07/16887421665762656.html | काठमाडौँ — शिअ उसु क्वान तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा ४ स्वर्ण र ७ रजतसाथ टिम च्याम्पियन बनेको छ । दोस्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेस्रो स्थानको निन्जा उसु क्वानले ३–३ स्वर्ण र रजत हात पार्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पारे ।नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का र महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा काठमाडौंका निश्चल तामाङ र महिलामा शिअकी अस्मिता गाहा मगर उत्कृष्ट खेलाडी चुनिए । थाउलोमा शिअका ओमप्रकाश ओली र सान्सौंमा काठमाडौंका मिलन राई उदीयमान खेलाडी ठहरिए । | Sports | 16,873 |
निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन | प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ । | https://gorkhapatraonline.com/news/44921 | काठमाडौं, मङ्सिर ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ ।उहाँले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिनुभएको हो ।उहाँले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानुन, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिनुभएको हो । व्यक्तिगत, संस्थागत एवम् पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उहाँको निर्देशन छ ।प्रमुख आयुक्त थपलियाले निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउन भएकाले सचेत रहन समेत निर्देशन दिनुभयो ।निर्वाचन सामग्रीको दुरुपयोग हुन नदिन, कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुनबमोजिम प्रतिकार गरी कदापि यस्ता कार्यको मतियार नबन्न समेत निर्देशन दिनुभएको हो ।मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उहाँले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत भन्नुभएको छ ।मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।“तपाईँको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातीमा हात राखेर निर्णय गर्नोस् । तपाईँको कामले तपाईँ आफैँ लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ”, उहाँले भन्नुभयो ।उहाँले थप्नुभयो, “तपाईँ जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईँहरू सबैलाई विश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु ।” | News | 60,397 |
फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित | आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ । | https://gorkhapatraonline.com/news/86017 | काठमाडौं, मङ्सिर ४ गते । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ । यसअघि फिल्ममा अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । पुसकाे पहिलो सातादेखि छायाङ्कन सुरु हुने फिल्म तराई–मधेशमा हुने राजनीतिक र सामाजिक ड्रामामा आधारित हुनेछ ।निर्माताले तिहारको लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे जानकारी दिनुभएकाे हाे । ‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् । | News | 43,779 |
तनहुँमा मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना | मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । | https://gorkhapatraonline.com/news/59460 | अमरराज नहर्कीतनहुँ, असोज १७ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । आइतबार कार्यालय स्थापना कार्यक्रमगरी जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र तोकिएको तनहुँमा जिल्ला न्यायाधीश दलबहादुर केसीलाई तोकिएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदैआएकाले व्यास नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमै हुनेगरी निर्वाचन क्षेत्र २ का लागि शुक्लागण्डकी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतका रूपमा शनिबार शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा स्थापना गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन कार्यालय स्थापना गरिएको र मनोनयनपत्र दर्ता र मतगणनाको काम पनि सम्बन्धित निर्वाचन कार्यालयमै हुने जानकारी दिनुभयो । जिल्लामा २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनपछि जिल्लामा ४ हजार १५५ मतदाता थपिएको उहाँले बताउनुभयो । तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । | News | 57,443 |
स्पोर्ट्स अवार्ड पुस अन्तिममा | खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड –२०७६ पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७ औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुनेछ । | https://ekantipur.com/sports/2020/12/13/160785392395666459.html | काठमाडौँ — खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड –२०७६ पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७ औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुनेछ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण केही ढिलो हुन लागेको हो । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ) ले आइतबार आयोजित अवार्ड मिति घोषणा कार्यक्रममा जानकारी दिए ।घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा पत्रमा हस्ताक्षर गरेका थिए ।एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६ सय रुपैयाँ उपलब्ध गराउनेछ । त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ । अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए । | Sports | 24,116 |
कोरोनाभाइरस: प्रकोपको केन्द्रबिन्दुमा एकैदिनमा १०३ जनाको मृत्यु, मृतकको कुल सङ्ख्या १,००० नाघ्यो | चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ। | https://www.bbc.com/nepali/news-51454480 | उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्। त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्। नयाँ सङ्क्रमण घट्दो सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ। हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ। अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो। अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्। सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो। यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ। सीले भेटे बिरामी चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन्। तर उनी अहिलेसम्म हुबे गएका छैनन्। सीले उक्त भाइरस नियन्त्रण गर्न "थप निर्णायक उपाय" आवश्यक भएको टिप्पणी गरे। "यो प्रकोपलाई अन्तत: परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ," उनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनको स्थिति हुबे प्रान्तको स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जनाएको छ। आइतवार मृत्यु हुनेको सङ्ख्या ९७ थियो। आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जना कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका बिरामी छन्। उक्त प्रान्तमा सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। त्यहाँ बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ। चीनभरि भने कुल मृतकको सङ्ख्या १,०११ पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण मारिएका मध्ये तीनचौथाइको मृत्यु उक्त सङ्क्रमण फैलिन सुरु भएको मानिएको वुहानमा नै भएको छ। उक्त प्रकोप सुरु भएयता हप्तौँदेखि एक करोड १० लाख मानिस बस्ने उक्त सहर बन्दजस्तै छ। चिनियाँ नेतृत्वले प्रारम्भिक चरणमा प्रकोप ढाकछोप गर्न खोजेको आरोप लागेको छ। तर विश्व स्वास्थ्य सङ्गठनले चीनको प्रयासको प्रशंसा गरेको छ। अन्यत्रको स्थिति यूकेमा सोमवार थप चार जनामा कोरोनाभाइरस भेटिएको पुष्टि भयो। अहिलेसम्म त्यहाँ आठ जनामा उक्त भाइरस भेटिएको छ। सरकारले उक्त भाइरसका कारण "गम्भीर खतरा" उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। जापानमा क्वारन्टीनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा सङ्क्रमण भएको पाइएको छ। अर्थात् ३,७०० यात्रुमध्ये १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ। विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ। उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित दुई दर्जनभन्दा बढी देशमा भेटिएको पुष्टि भएको छ। चीनबाहिर अहिलेसम्म फिलिपिन्स र हङ्कङमा एक-एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ। भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसको खोप बनाउन अहोरात्र काम | Others | 68,596 |
व्यापार तथ्याङ्कका दिशा | विगत पाँच वर्षमा अर्थात् २०७३ सालपछि नेपालको वैदेशिक व्यापार घाटा अप्रत्याशित रूपबाट बढ्दै गएको छ । यथेष्ट मात्रामा देशको निकासी अभिवृद्धि हुन नसक्दा नै यस प्रकार व्यापार घाटा अप्रत्याशित रूपले बढ्न गएको छ । विगतका पाँच वर्षयता निकासी हँुदै आएका पाम तेल, भटमासको तेल, फलाम र फलामका वस्तु, धागो, उनी गलैँचा, टेक्सटाइल्स, तयारी पोसाक, अलैँची, जुस, जुटका वस्तु, मुसुरो, पश्मिनाका सामान, तामाका वस्तु, चिया, मञ्जन, छाला र अरू प्रत्येक एक अर्बभन्दा कम मूल्यका वस्तुहरूका निकासी अभिवृद्धिको क्रम जारी रा | https://gorkhapatraonline.com/news/12407 | विगत पाँच वर्षमा अर्थात् २०७३ सालपछि नेपालको वैदेशिक व्यापार घाटा अप्रत्याशित रूपबाट बढ्दै गएको छ । यथेष्ट मात्रामा देशको निकासी अभिवृद्धि हुन नसक्दा नै यस प्रकार व्यापार घाटा अप्रत्याशित रूपले बढ्न गएको छ । विगतका पाँच वर्षयता निकासी हँुदै आएका पाम तेल, भटमासको तेल, फलाम र फलामका वस्तु, धागो, उनी गलैँचा, टेक्सटाइल्स, तयारी पोसाक, अलैँची, जुस, जुटका वस्तु, मुसुरो, पश्मिनाका सामान, तामाका वस्तु, चिया, मञ्जन, छाला र अरू प्रत्येक एक अर्बभन्दा कम मूल्यका वस्तुहरूका निकासी अभिवृद्धिको क्रम जारी राख्न प्रत्येक आर्थिक वर्षका लागि नेपाल सरकारको रणनीति तथा वस्तुगत कार्यनीति निम्नअनुसारको हुनु अति आवश्यक छ । सन् २०१९ डिसेम्बरपछि विश्वव्यापी फैलिएको कोरोना कहरका कारण विदेशिएका युवा फर्केर अहिले स्वदेशमा कृषि फार्ममा काम गर्र्दैछन् । सरकारले कृषि र पशु क्षेत्रमा ७५ प्रतिशत प्रिमियम अनुदान दिए पनि सो सेवाबाट लाभ पाउने किसान एक प्रतिशत मात्र छ । अर्बौंको आयात भइरहेको अवस्थामा आयात कम गरी निर्यात बढाउन उत्पादनमा जोड दिन सरकारको स्पष्ट नीति र योजना नै चाहिन्छ । कृषि प्रधान देश नेपालले एक महिनामै पाँच अर्ब रुपियाँका चामल आयात गरेको देखिन्छ । नेपालको वैदेशिक व्यापारको प्रवृत्ति नेपालका पक्षमा लाभ हुने गरी वर्षौं देखा नपर्नु सोचनीय अवस्था रहिआएको छ । सन् १९५२ पछि विश्व व्यापारमा वृद्धि भएको भएको पाइन्छ । दोस्रो विश्व युद्धमा व्यापार राम्रोसँग फस्टाउन पाएन । आर्थिक वर्ष २०४६÷४७ मा वस्तु व्यापारको कुल गार्हस्थ्य उत्पादनको अनुपात २२.७ प्रतिशत रहेकोमा आ.व. २०७५।७६ मा उक्त सङ्ख्या बढेर ४३.८ प्रतिशत पुगेका थियो । वस्तु व्यापार घाटाको आकार बढ्दै गए पनि आन्तरिक र पुँजीगत वस्तुका आयात झन्डै ८० प्रतिशत रहनु सकारात्मक पक्ष हो । हालको गतिमा व्यापार घाटा बढ्दै जाने हो भने २०७८/७९ अन्त्यसम्ममा १७ खर्ब रुपियाँको व्यापार घाटा हुने प्रक्षेपण गरिएको छ । २०७८/७९ को पहिलो नौ महिनामा नेपालको आयात १४ खर्ब ६६ अर्ब ६६ करोड भएको छ । यस अवधिमा नेपालको निर्यात एक खर्ब ६० अर्ब ५७ करोड भएको छ । त्यसै हिसाबले नेपालको व्यापार घाटा १३ खर्ब छ अर्ब आठ करोडको भएको छ । यो घाटा २०७७÷७८ को पहिलो नौ महिनाको तुलनामा २८.४७ प्रतिशतले बढी देखिन्छ । नेपालमा करिब ३५ लाख जमिन खेतीयोग्य भएको अनुमान छ । नेपालमा १४ लाख ८० हजार तीन सय ५६ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । यो भनेको कुल खेतीयोग्यमध्ये जमिनको ५० प्रतिशत जति हो । नेपाल ६३.५ प्रतिशतमा रोजगारी कृृषि क्षेत्रले दिएको छ । जीडीपीमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै २७ प्रतिशतमा सीमित हुन पुगेको छ । नेपालका ६० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ । आ.व. ०७७÷७८ मा करिब २८ प्रतिशत अंश कृषिको छ । आर्थिक वृद्धि दरमा कृषिको योगदान ३२ प्रतिशत जति छ । आयात नियन्त्रणमा कडाइ गर्न बैङ्कहरूले अत्यावश्यकबाहेकका सामग्रीमा प्रतित पत्र अथवा एलसी नखोल्ने निर्णय गरे पनि नौ महिनामा अर्बाैं रुपियाँको विलासिताका सामान आयात भएका छन् । देशमा नै उत्पादन हुन सक्ने फलफूल, खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको छ । नौ महिनाको निर्यात भएका वस्तमध्येमा भटमास, पाम र सूर्यमुखी तेल अगाडि छन् । आ.व. २०७८÷७९ मा केही समयावधिमा करिब सात प्रतिशत बराबरको विकास खर्च भएको छ । बढ्दो आयातले व्यापार घाटा उकालो लाग्दै आएको छ । नेपालले भुक्तानी सन्तुलन एक खर्ब ५० अर्ब पाँच महिनामै ऋणात्मक भएको थियो ।२०७८÷७९ को नौ महिनामा ४६ अर्बको सवारीसाधन, ३५ अर्बको मोबाइल, साढे दुई अर्बको मदिरा र साढे दुई अर्बको चुरोट आयात भएको छ । २०७८÷७९ को पहिलो नौ महिनामा सबभन्दा बढी रु. एक खर्ब पाँच अर्ब ९७ करोडको डिजेल आयात भएको छ । त्यस्तै यसै अवधिमा ४७ अर्ब २३ करोडको पेट्रोलको आयात भएको र ४५ अर्ब ३४ करोडको ग्यास आयात भएको छ । निर्यातजन्य वस्तु उत्पादनतर्फ जोड दिई निर्यातमा आधारित वृद्धिमार्फत विकास गर्ने रणनीति अनुसरण गरिएको भए पनि व्यापार घाटाको उच्च वृद्धिदर तथा निर्यातको सानो आधार र न्यून वृद्धिदरका कारण निर्यातमा आधारित आर्थिक वृद्धि सम्भाव्यता तत्कालका लागि कमजोर नै देखिन्छ । सरकारी तहमा पँुजी निर्माणको कमजोर स्तरका कारण औद्योगिक क्षेत्रमा ठूलो निजी पुँजी आकर्षित गरी निर्यात बढाउन सकिने सम्भावना पनि कम रहेकाले आन्तरिक मागमा आधारित आर्थिक वृद्धि मोडेलमार्फत उच्च आर्थिक वृद्धि गर्न सकिने सम्भावना आकलन गर्न सकिन्छ । व्यापार क्षेत्रलाई उदार, प्रतिस्पर्धी र बजारोन्मुख बनाउने उद्देश्यले समय–समयमा विभिन्न नीतिगत तथा संस्थागत सुधारका प्रयास अघि बढाउँदै लगिएको छ । यस क्रममा नेपालको विश्व व्यापार सङ्गठनमा प्रवेश, साफ्टा र बिम्स्टेकजस्ता क्षेत्रीय व्यापार प्रणालीसँगको आबद्धतासमेतले आएको परिवर्तनलाई समेट्न वाणिज्य नीति २०६५ पछि २०७२ कार्यान्वयनमा आएको छ र रणनीति २०७३ ले निकासी प्रवद्र्धन गरिआएको छ । यससहित प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण, वित्तीय कारोबार, कम्पनी सञ्चालन, भन्सार सम्बन्धित नयाँ ऐन तथा नियमावली जारी भई कार्यान्वयनमा छन् । २०७३, ७४ र ७५ सालमा अनगिन्ती ऐन बने र २०७६ सालमा त नीति पनि परिमार्जन गरिए । विभिन्न नीतिगत तथा संरचनागत सुधारपश्चात् नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भई हर वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधान्तर स्थितिमा समेत प्रतिकूलता भएको छ । देशको निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा ह्रास आएको छ । निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महìवले हेरिनुपर्छ । अद्यावधिक उचित नीति–नियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन । निकासी प्रवद्र्धनका अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याइनुपर्छ । नेपालको निकासी व्यापार प्रवद्र्धन प्रोत्साहनमा देखिएको कमी–कमजोरीले गर्दा नेपाली वस्तुका निकासीमा कमी हँुदै आएको छ । नेपालबाट निकासी हुने वस्तुको निकासी परिमाणका आयतन बढ्न सकेको छैन । प्रमुख निर्यात वस्तुको निर्यातमा ह्रास आएको छ, जसले गर्दा देशको अर्थतन्त्रलाई समेत प्रभाव पारेको छ । गलैँचा, तयारी पोसाक, पश्मिना, हस्तकलालगायतका वस्तुका निकासी पहिले प्राप्त उच्चतम बिन्दुसम्म पनि बढ्न सकेको छैन । निकासीमा बढी मूल्य बढ्न नसकेकाले नेपालको व्यापार घाटा चुलिँदै गएको छ । नेपालमा सम्भव र विस्तारित निकासी क्षेत्र बढाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । दीर्घकालीन परिप्रेक्षमा सबै क्षेत्रमा राष्ट्रिय प्राथमिकतामा निकासीलाई समेटिनुपर्छ । सरकारी र निजी क्षेत्रमा निकासीलाई यथेष्ट ध्यान नदिँदासमेत व्यापार प्रभावित भएका छन् । सरकारी निकायबाट र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिए पनि राष्ट्रिय व्यापार नीति कल्पना गरिएभन्दा समन्वय, एकीकृत र स्थायी गरिएका छैनन् । विनिमय दर, आर्थिक प्रावधान, भन्सार शुल्क छुट र अरू प्रोत्साहन दिने काम कम भएका छैनन् । नेपालमा धेरैजसो निकासीका कारोबारका निकासी प्रक्रिया र अभिलेख सरल नबनाइँदा व्यवसायीले धेरै समस्या बेहोरिरहेका छन् । हाल अगाडि सारिएको सिङ्गल विन्डोले यस्ता समस्या कम गर्लान् कि भन्ने आसा गरिएको छ । | News | 48,340 |
इतिहासमै बिलाए ‘आरबी राजा’ | सन् १९९३ को डिसेम्बर टुंगिनै लागेको थियो, छैटौं दक्षिण एसियाली खेलकुदका लागि बंगलादेशको ढाकामा रहेको नेपाली टिमको तनाव भने बढ्दै थियो । | https://ekantipur.com/sports/2020/06/29/159340077109631013.html | काठमाडौँ — सन् १९९३ को डिसेम्बर टुंगिनै लागेको थियो, छैटौं दक्षिण एसियाली खेलकुदका लागि बंगलादेशको ढाकामा रहेको नेपाली टिमको तनाव भने बढ्दै थियो ।तनावको पारो उत्कर्षमै थियो भन्दा हुन्छ । नहोस् पनि किन र ? प्रतियोगिता सकिन एकै दिन जतिमात्र बाँकी थियो तर नेपालले एउटै स्वर्ण जित्न सकेको थिएन । नेपाली टिमको अगुवाइ गरिरहेका ‘आरबी राजा’ को तनाव र आक्रोशसँगै डर सबै हेरिनसक्नु थियो ।आखिरमा उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव थिए । एउटै स्वर्ण जित्न नसक्नुले नेपाल फर्केयता कति गाह्रो हुने हो, उनलाई पनि राम्रैसँग थाहा थियो । तर नेपालको अन्तिम दिनअगाडिसम्म पनि स्वर्णको सम्भावना भने मरेको थिएन किनभने नेपाली पुरुष फुटबलको फाइनलमा पुगिसकेको थियो । प्रतिद्वन्द्वी थियो भारत । आरबी राजा एकछिन पनि चुप लागेर बस्न सकेका थिएनन् । ओहोरदोहोर गरिरहेका थिए, जहाँ जतिबेला पनि ।उनी नेपाली फुटबल खेलाडी स्वर्ण जित्नैपर्छ भनेर उक्साइरहेका थिए । उक्साएरमात्र पुगेको थिएन । लोभ पनि देखाइरहेका थिए । नेपालले स्वर्ण जितेमा खेलाडीलाई पुरस्कारको ओइरो लाग्ने सपना देखाइरहेका थिए उनी । डिसेम्बर २६ । अन्ततः नेपालले त्यो दिन फुटबलमा स्वर्ण जित्यो नै, टाइब्रेकरमा भारतलाई हराएर । नेपाली फुटबलले आत्मसात् गरेको सबैभन्दा ठूला उपलब्धिमध्ये यो पनि एक हो । सबैभन्दा ठूलोभन्दा केही फरक पर्दैन ।आखिरमा नेपाल स्वर्ण पदकबिना स्वदेश फकर्नुपरेन । केही दिन त नेपाली फुटबल खेलाडीले खुसीमै बिताए, तर पुरस्कारका रूपमा तिनले केही पनि पाएनन्, जस्तो वाचा गरिएको थियो ।तत्कालीन कप्तान राजुकाजी शाक्य ती दिन सम्झेर प्रायः भावुक हुने गर्छन् । बारम्बार दोहोर्याएर यी सम्झना सुनाउँदा पनि थाक्दैनन् । त्यतिबेला वास्तवमै के भएको थियो त ? यो प्रश्न आरबी राजासँग सायद कहिले कसैले गर्न पाएनन् । तिनै आरबी राजा अब रहेनन् ।उनको खास नाम थियो, राजबहादुर सिंह । उनलाई यो नामले नेपाली खेलकुदमा बिरलै चिनिन्छ । सबै उनलाई आरबी राजाकै नामले सम्झने गर्छन् । शुक्रबार उनको निधन भयो, ८८ वर्षको उमेरमा । उनी लामो समयदेखि बिरामी थिए, सार्वजनिक रूपमा देखा पर्न छाडेको धेरै भइसकेको थियो । नेपाली मिडियासँगको अन्तिम कुराकानीमा उनले के स्वीकारेका छन् भने परिषद्मा रहेर उनले खासै काम गर्न सकेनन् । किनभने काम गर्न सक्ने वातावरण नै थिएन ।यो विषयमा उनलाई चित्तदुखाइ थियो, अफसोच पनि । ढाका जानुअगाडि त्यो स्वर्ण पदक विजेता नेपाली टिमबारे उत्तिकै चर्को विवाद भएको थियो । त्यो समय गणेश थापा आफ्नो खेलजीवनको सबैभन्दा बढी लयमा थिए तर उनी नै टिममा परेनन् । उनलाई बेइज्जतीपूर्ण तरिकाले टिमबाट निकालिएको थियो । उनीमाथि ठूलै अन्याय भएको थियो भन्दा पनि हुन्छ । त्यो टिममा आफू किन परिनँ, स्वयं थापा यसलाई लिएर सधैं गुनासो र चित्तदुखाइ गरिरहन्छन् ।एउटा तथ्य के निश्चित थियो भने आरबी राजा ढाकाको त्यो स्वर्ण पदकमा भने असाध्यै खुसी भएका थिए । यसको कारण नेपालले आखिरमा एउटा स्वर्ण त जित्यो भन्नेमा मात्र थिएन । खासमा उनी आफैं फुटबल खेलाडी थिए, उनको वास्तविक परिचय फुटबल खेलाडीकै रूपमा थियो । उनी त्यो समयका खेलाडी थिए, जतिबेला राणा शासनबाट फुटबल सर्वसाधारणमा हस्तान्तरण भएको थियो । उनलाई नेपाली फुटबलको ठ्याक्कै पहिलो पुस्ताका खेलाडीभन्दा हुन्छ । उनको परिचय त्यत्तिकै सकिन्न । उनी पहिलो पुस्ताका खेलाडी मात्र थिएनन्, त्यो पुस्ताका सबैभन्दा राम्रा खेलाडी पनि थिए । त्यो जमानामा आरबी राजाले खेल्दैछ भने त्यो नै धेरै हुन्थ्यो, सर्वसाधारणलाई फुटबल हेर्न जानका लागि । उनले सबैभन्दा बढी विद्या व्यायाम मन्दिरबाट खेले । यो टिम सुशील मशेरको थियो । बागदरबारको टिमभन्दा पनि हुन्छ । यो टिमलाई सर्वसाधारणले खुबै मन पराउँथे किनभने यो टिमले भलाद्मी फुटबल खेल्थ्यो ।नत्र त्यो जमानामा फुटबल भन्नुको अर्थ डरलाग्दोसँग फाउल खेल्ने जमाना न थियो । जसले बढी ज्यानमारा फुटबल खेल्न सक्यो, त्यही खेलाडी राम्रो । आरबी राजा स्वयं भने फरवार्डका राम्रै खेलाडी थिए । उनले एकै साल मात्र एनआरटीका लागि खेले । अब त विद्या व्यायाम मन्दिर टिम पनि रहेन । नत्र यसले ०२२ सालमा सहिद स्मारक लिग जितेको थियो र त्यसका एक सदस्य यिनै आरबी राजा पनि थिए । टिमका अन्य केही नाम चलेका खेलाडी थिए, हर्क गुरुङदेखि अफ्ताब उद्दिन ।अफ्ताब उद्दिनलाई पनि आरबी राजालाई लिएर धेरै सम्झना छन् । उनी पनि मान्छन्, आफ्ना यी साथी खेलाडी अब्बल दर्जाका थिए । आरबी राजालाई लिएर सबैभन्दा उल्लेखनीय पक्ष हो, सन् १९६३ को आगा खाँ गोल्डकपको प्रसंग । यो त्यही प्रतियोगिता जसलाई नेपालले औपचारिक रूपमा विदेशी भूमिमा खेलेको पहिलो मानिन्छ । आरबी राजा त त्यस टिमका कप्तान पनि थिए । त्यो टिम नरशमशेरले बनाएका थिए । अब नरशमशेरले बनाएका कप्तान कम्तीको हुन्थ्यो होला त ?त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तानमा भएको थियो । त्यसो भनेको अहिलेको बंगलादेश । खेल भने ढाकामै भएको थियो । खासमा आरबी राजा भित्री काठमाडौंका रैथाने थिए । उनको पुर्ख्यौली घर असनमा थियो । जन्मिएका थिए भारतको जयनगरमा । राणा शासकले उनको परिवारको सर्वस्वहरण गरेको थियो । उनले फुटबल भारतमै सिके । किशोर उमेरमै नेपाल फर्केयता फुटबल खेल्न थाले । उनी २०११ सालमा कोलकातामा भएको आईएफए सिल्ड खेल्न जाने नेपाली टिमका एक सदस्य पनि थिए ।खेल्न छाडेपछि केही समय उनले रेफ्रीको भूमिका पनि निभाए । यो सबै त्यो जमानाको फुटबलको कुरा हो । जतिबेला अहिलेको अखिल नेपाल फुटबल संघ (एन्फा) को अस्तित्व पनि थिएन । फुटबल चलाउने काम गर्थ्यो, नेपाल फुटबल संघले । यी त भए, सबै इतिहास । नमीठो के छ भने नेपाली खेलकुदको इतिहास बिरलै लेखियो । पुस्ता हराउने क्रममा यो इतिहास पनि हराउँदै गएको छ । आरबी राजा स्वयं इतिहासका विद्यार्थी थिए, उनले यसमा स्नातकोत्तरसमेत गरेका थिए ।तर न त उनले आफ्नो समयको खेल इतिहास लेखे । न अरू कसैले लेख्न प्रयास गरे । बिस्तारै यो इतिहास हराउने क्रममा छ । यसबारे बोल्न सक्ने पनि धेरै कम छन् । छँदै छैनभन्दा पनि हुन्छ । यसैक्रममा आरबी राजा पनि इतिहासमै बिलाए । त्यो पनि धमिलो इतिहासमा । नत्र उनी कम्तीको चर्चामा रहनुपर्ने पात्र होइनन् । आफ्नो देशका पहिलो औपचारिक फुटबल टिमको कप्तान कम ठूलो उपलब्धि होइन, यसकै लागि आरबी राजालाई सम्झे पुग्छ । | Sports | 25,012 |
कम्युनिस्ट आन्दोलन रक्षात्मक | पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हुनुहुन्छ। उहाँकै नेतृत्व र पहलकदमीमा गोविन्द निरञ्जन वैद्य, रामविलास जोसी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ पाँच जनाको उपस्थितिमा २००६ साल वैशाख १० गते भारतको कोलकाता सहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यति बेला नेपालमा जहानियाँ राणाशासनको चरम दमन थियो। राजनीतिक पार्टीमाथि कडा प्रतिबन्ध लगाइएको थियो। नेपालमै बसेर राजनीतिक दल खोल्न नपाइने भएको २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी पनि भारतमै गठन गरिएको थियो र २००५ सालमै राष्ट्रिय नेपाली कांग्रेस पारलाई समेत मिलाएर विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीको स्थापना पनि भारतमै गरिएको थियो। | https://gorkhapatraonline.com/news/19752 | पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हुनुहुन्छ। उहाँकै नेतृत्व र पहलकदमीमा गोविन्द निरञ्जन वैद्य, रामविलास जोसी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ पाँच जनाको उपस्थितिमा २००६ साल वैशाख १० गते भारतको कोलकाता सहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यति बेला नेपालमा जहानियाँ राणाशासनको चरम दमन थियो। राजनीतिक पार्टीमाथि कडा प्रतिबन्ध लगाइएको थियो। नेपालमै बसेर राजनीतिक दल खोल्न नपाइने भएको २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी पनि भारतमै गठन गरिएको थियो र २००५ सालमै राष्ट्रिय नेपाली कांग्रेस पारलाई समेत मिलाएर विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीको स्थापना पनि भारतमै गरिएको थियो। यता नेपालमा १९९७ सालको माघ १० देखि १६ गतेभित्र राणाशासनको घोर विरोध गरेकै आरोपमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठसहित चार जना युवालाई फाँसी दिएर हत्या गरेका कारण एकातिर नेपाली जनताको बीचमा भयावहको स्थिति थियो भने अर्कोतिर १०० वर्ष पार गरिसकेको जहानियाँ राणाशासनका विरुद्ध विद्रोहको लहर चलिरहेको थियो। त्यही बेला नेपालमा उपयुक्त वातावरण नभएका कारण छुट्टाछुट्टै दर्शन, सिद्धान्त, राजनीति र उद्देश्य बोकेका कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना विदेशी भूमि भारतमा गर्नुपरेको थियो पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका धरोहर, कर्मठ, निर्भीक, निडर र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। उहाँले कठोर अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना मात्र गर्नु भएन उहाँले नेपाली समाजको रूपान्तरण गर्न र महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने सुन्दर सपना साकार पार्ने उद्देश्य आफ्ना बैरीहरूका सामु शिर नझुकाएर कठोर जीवन बिताउनुभयो। तत्कालीन सरकारहरूको घोर दमन र जर्जर आर्थिक अवस्थाको कुनै परवाह नगरी आफ्नो क्रान्तिकारी सिद्धान्त, दर्शन र व्यवहारलाई सबैका सामु आदर्श सावित गराउनुभयो। उहाँले जनताको भविष्य र देशको भविष्य तथा महान् नेपाली क्रान्तिको भविष्यबाहेक कुनै सपना देख्नुभएन।नेपाली क्रान्ति र जनताको हितखातिर पुष्पलालले कठोर जीवन बिताउनुभयो। उहाँले कहिले पनि आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति, आफ्ना आफन्तजनको सुखसुविधाप्रति कहिल्यै पनि सोच्नुभएन। उहाँले आफ्नो सम्पूर्ण जीवन नेपाली क्रान्ति, नेपाल राष्ट्र र नेपाली जनताको हितमा समर्पण गर्नुभयो। यी विषयको साक्षी ७३ वर्षीय नेपाली कम्युनिस्ट आन्दोलन बर्खरार छ।२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश, निर्दलीय र तानाशाही पञ्चायती व्यवस्थाको स्थापना गरेपश्चात राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो। कांग्रेस–कम्युनिस्ट पार्टीका कैयौँ नेताकार्यकर्ता गिरफ्तार गरेर पञ्चायती जेलमा कोचियो भने कांग्रेस–कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पुनः भारत प्रवासमा निर्वासित हुन बाध्य भए। यता नेपालमा भने कांग्रेस–कम्युनिस्टले आ–आफ्ना पार्टीलाई भूमिगत शैलीमा ढालेर पार्टी राजनीतिलाई अगाडि बढाउने नीति लिए। पुष्पलाल पनि भारतमा निर्वासित हुन बाध्य हुनुभयो। २०१७ सालमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यको नेतृत्वमा केन्द्रीय समिति निर्माण ग-यो। उक्त नेतृत्वले सही नेतृत्व प्रदान गर्न सकेन। २०२०–२०२२ सालतिरबाट नेपाल कम्युनिस्ट आन्दोलन फुटेर टुक्रा–टुक्रा हुन पुग्यो। २०२५ सालमा कमरेड पुष्पलालले भारतको गोरखपुरमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुभयो। एकातिर उहाँले नेपाली क्रान्तिको क्रान्तिकारी कार्यक्रम ‘नयाँ जनवादी क्रान्ति’को कार्यक्रम पारित गरेर वर्गसङ्घर्षको कडीलाई नेपाली क्रान्तिको प्रमुख आधार बनाउनुभयो भने अर्कोतिर उहाँले विभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास गर्नुभयो।यसका अतिरिक्त पुष्पलालले निरङ्कुश, निर्दलीय तथा अधिनायकवादी पञ्चायती व्यवस्थालाई अन्त्य गरेर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनः स्थापनाका निम्ति नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीबीच सहकार्यको नीति अगाडि सार्नुभयो। एकातिर कांग्रेस घोर कम्युनिस्ट विरोधी भएकाले उसले कम्युनिस्टसित मिलेर पञ्चायती व्यवस्थालाई फाल्न तयार भएन अर्कोतिर कम्युनिस्टसँग भएको सङ्कीर्ण विचारका कारणले गर्दा पुष्पलालको जीवनकालभरि उहाँले अगाडि सारेको राष्ट्रिय सहमतिको नीति कार्यान्वयन हुन सकेन। देशभित्र तानाशाही पञ्चायती व्यवस्थाको चरम दमनका कारण कमरेड पुष्पलाल नेपाल फर्कन सक्नुभएन भने भारत निर्वासनमा बसेका बेला चरम आर्थिक अभावका कारण समयमै औषधि, उपचार गर्न नपाएर ५४ वर्षकै उमेरमा अल्पायुमै २०३५ साल साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीमा उहाँको दुखद निधन भयो। एकातिर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पुष्पलालको देशभक्त क्रान्तिकारी योद्धाको आदर्शमयी विरासतको बलिदानको गौरवपूर्ण गाथा छ भने आज अर्कोतिर पुष्पलाल शिष्य र चेलाचपेटा फरक–फरक नाम दिएर संसदीय व्यवस्थामा रमाइरहेका छन्। नक्कली कम्युनिस्ट बनेर कम्युनिस्ट पार्टीको झन्डा हल्लाउँदै सरकारमा जाने, राष्ट्रको सम्पत्ति लुट्ने, जनतालाई भोटबैङ्क बनाउने, चरम भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने र राष्ट्रको सम्पत्ति आफ्नो नाममा बनाउनेजस्ता काममा लिप्त छन्। पुष्पलालले देखाएको बाटो यही हो र ? आफूहरूलाई पुष्पलालका सच्चा चेलाहरू भनाउन लाज मानिरहेका मात्रै छैनन् कि पुष्पलाललाई भजाएर उहाँकै नाममा ब्याज खाएर मोटाइरहेका छन्। र, भन्दैछन्, “हामी मात्रै कमरेड पुष्पलालका असली चेला हौँ, हामी कमरेड पुष्पलालका क्रान्तिकारी आदर्शलाई कहिल्यै परित्याग गर्नेछैनौँ।” यिनै नामधारी कम्युनिस्टले आज लाजै नमानेर पुष्पलालको शालिकसामु उभिएर एक गुच्छा फूलका थुङ्गा चढाएर गोहीका आँसु चुहाउँदै छन्। र भन्नेछन्, “हामी कमरेड पुष्पलालका नेपाली क्रान्तिका सपना साकार पार्छौं–पार्छौं।” एकातिर यस्तो स्थिति छ भने अर्कोतिर नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति सम्पन्न भएको छैन, र लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ। एकातिर एमाले, माके, एस समाजवादी जस्ता घोर दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी छन् र उनीहरूले आफूलाई कम्युनिस्ट भएको भनाइरहेका छन्। यसको ठीकविपरीत नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत करीब दर्जनका हाराहारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी छन्। उनीहरूले नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा पुग्ने तयारीका साथ अगाडि बढिरहेका छन् आज नेपाली कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारा तुलनात्मक रूपले कमजोर अवस्थामा छ र रक्षात्मक अवस्थामा छ। आज क्रान्तिका वस्तुगत पक्ष परिपक्व भइसकेको भए पनि क्रान्तिकारीको आत्मगत अवस्था कमजोर नै छ।क्रान्तिकारी धारका कम्युनिस्टहरू महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने रणनीतिक तथा कार्यनीतिक योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहर्नेछ। | News | 48,087 |
महिला उत्थानमा वरदान | बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ ।नेपालमा महिलामाथि हिंसा र विभेद व्याप्त छ । नेपाली समाज हिन्दु धर्म, संस्कार र संस्कृतिबाट प्रभावित समाज हो । पितृसत्तात्मक संरचनाले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । खास गरी छोरालाई महìव दिने प्रचलनले गर्दा महिलामाथि विभेद भएको पाइन्छ । जन्मदेखि मृत्यु संस्कारसम्म छोरा र छोरीमा भेदभाव गरिन्छ । महिला घरेलु हिंसा, कुरीति, कुसंस्कार, छोरी भ्रूण हत्या, कुटपिट, गालीगलौज, बालविवाह, बहुविवाह, बहुपति प्रथा, बैनाबट्टा, बलात्कार, यौनजन्य हिंसाहरू, चेलीबेटी बेचबिखन, दाइजो प्रथा, तिलक प्रथा आदि सहन बाध्य छन् । यतिले मात्र नपुगेर २१ सौँ शताब्दीमा आएर बोक्सी, डङ्किनी, चुडेलको आरोप खेप्नसमेत बाध्य छन् । त्यसका लागि समाजले दिएको यातना खेपिरहेका छन् । यसका साथै देउकी, कुमारी, झुमा प्रथाका कारण थप समस्यामा छन् । विधुवामाथि भएका हिंसा अझ कहालीलाग्दो छ । विधुवाले रातो लुगा लगाउन नहुने, शृङ्गार गर्न नहुने, माछामासु, लसुन, प्याज खान नहुने, जिन्दगीभरि विवाह नगरी बस्नुपर्ने जस्ता अन्यायपूर्ण चलनले सामाजिक मान्यता पाइरहेको छ । नेपालको पश्चिमी मागमा छाउपडी प्रथाले जरो गाडिरहेको छ । त्यस्तै घरभित्रको अघोषित छाउपडी प्रथा पनि यथावतै छ । महिलाले दिनमा १८ घण्टा काम गरेको कुरा तथ्याङ्कले देखाएको छ । कृषि क्षेत्रमा महिलाले करिब ८५ प्रतिशत काम गर्छन् र पनि कृषिबाट आएको आम्दानी घरको मूली पुरुषको हातमा जान्छ । महिलामाथि हुने हिंसाका कारण पितृसत्तात्मक समाज, सामाजिक–आर्थिक कारण, सांस्कृतिक कारण, गरिबी, विभेद, नैतिक चरित्रको अवमूल्यन, स्रोत र साधनमाथि पहुँच तथा नियन्त्रणमा कमी ।न्यूनीकरणका उपायनेपालको संविधानमा मौलिक हक जस्तै– समानताको हक, महिलाको हक, बालबालिकाको हकको व्यवस्था गरिएको छ । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ मुलुकी अपराध संहितामा बलात्कारलाई गम्भीर अपराधका रूपमा परिभाषित गरिएको छ । नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन गर्नेसम्बन्धी महासन्धि अनुमोदन गरेको, नेपाल संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का घोषणा १३२५ र १८२० कार्यान्वयनका लागि कार्ययोजना बनाउने दक्षिण एसियाकै पहिलो राष्ट्र भए पनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ । महिला ओसार–पसार तथा मानव बेचबिखनका घटना नियन्त्रण आउन सकेको छैन । बढ्दो बेरोजगारी र देशभित्र श्रमको उचित कदर नहुँदा मानिस देशबाहिर रोजगारको खोजीमा जाने व्रmम बढ्दो छ । जसमा महिला कामदारको स्थिति त झन् हाम्रो आकलनभन्दा सयौँ गुणा भयावह छ । जसको कारण महिला कामदारको अवस्था दयनीय प्रकृतिको देखिन्छ । यस सन्दर्भमा महिला हिंसा न्यूनीकरणका लागि निम्नानुसारका उपाय अवलम्बन गर्न उचित देखिन्छ ःक. दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कारको घटनाले असुरक्षा, अशान्ति र दण्डहीनतालाई बढावा दिएकोमा यसको अत्यका लािग राज्य पक्ष नै जिम्मेवार हुनु पर्छ । ख. दैनिक छ जना महिला बलात्कार हुने गरेको तथ्याङ्कले देखाएको छ । दोषीलाई कारबाही हुन सकेको छैन । दोषीलाई सजाय दिलाएर पीडितलाई क्षतिपूर्ति दिनु पर्छ । ग. तीनै तहको सरकारले यस्ता किसिमको आपराधिक घटना हुन नदिन जनताको जीवन रक्षाको जिम्मा लिनु पर्छ । जनप्रतिनिधिको रोहबरमा बलात्कारको घटनालाई मिलापत्र गर्ने होइन । घ. बलात्कारपछि महिलाको हत्या गर्ने र प्र्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पीडितको न्यायमा पहुँच छैन भने न्याय प्रणाली छिटो छरितो छैन । भएको नीति नियमको कार्यान्वयन पक्ष कमजोर, अनुसन्धान पद्धति फितलो छ । समाजले पनि पीडितलाई हेयको दृष्टिकोणले हेर्ने, पीडक पक्ष चाहिँ अराजक रूपमा बारम्बार अपराध गर्र्दै छु्टकारा पाउने प्रवृत्ति हाबी छ । त्यसैले आजको आवश्यकता चाँडोभन्दा चाँडो न्याय प्रणालीले काम गर्नु पर्यो । ङ. बलात्कारको अपराधमा प्रमाण नष्ट गर्ने, पूरा प्रमाण जुटाउन नसकेको देखिन्छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ । अनुसन्धान प्रव्रिmयामा सुधार हुनु जरुरी छ । च. महिलामा आफू कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हत्या हिंसाको अपराध भई नै रहन्छ । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ ।छ. महिला हिंसा न्यूनीकरण गर्न सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित भइरहनु पर्छ ।ज. यौनजन्य अपराध, हत्या, हिंसाका विरुद्ध पुरुषको नेतृत्वमा जनचेतना अभियान सञ्चालन गरी महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । उपलब्धि१. राजनीतिमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता उच्च पद हासिल गर्न महिला सफल भएका छन् । अंश र वंशमा समान अधिकार, समान कामको समान ज्याला, आमाको नामबाट नागरिकता, नेपालको संविधान र कानुनमा व्यवस्था भएबमोजिम स्थानीय तहमा प्रमुख या उपप्रमुखमा अनिवार्य एक जना महिला हुनुपर्ने व्यवस्था छ । सङ्घीय संसद्मा र प्रदेश संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था छ । स्थानीय तहमा प्रमुख या उपप्रमुखसमेत गरी ४० प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व छ । २. निजामती सेवामा महिलाको सङ्ख्या ३२.८ प्रतिशत पुगिसकेको छ । अभैm बढ्ने व्रmम छ । ३. पिताको अंश र वंशमा छोरीको पनि हक कायम भएपछि र महिलाको नाममा भूमिको स्वामित्व हस्तान्तरण गर्दा कर, राजस्व कम लाग्ने भएकाले भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना–२०५८ अनुसार करिब १२ प्रतिशत परिवारको महिलाको नाममा घर वा जग्गाको स्वामित्व थियो । यो सङ्ख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेको थियो भने हाल यो सङ्ख्या करिब ३४.४ प्रतिशत पुगेको छ । यो अनुपात ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ ।४. शिक्षामा महिलाको पहुँच बढेको छ । स्कुल, कलेजमा छात्र, छात्रा बराबर नै देखिन्छन् । हिजो आज त्यसले गर्दा ढिलो विवाह हुने र सन्तान कम हुने देखिएको छ । सिपमूलक कार्यमा पनि महिला अगाडि बढेको देखिन्छ । हिजो आज डाक्टर, इन्जिनियर, पाइलट, वकिल, बैङ्कर हरेक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ । प्रशस्त महिला पत्रकार, शिक्षक, प्राध्यापक भएका छन् । साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण आदि क्षेत्रमा महिला अगाडि बढेको देखिन्छ । ५. महिला शिक्षाको कारण र विभिन्न सङ्घ संस्था र राजनीतिक दलको भागिनी सङ्गठनहरूको सचेतनामूलक कार्यव्रmमले गर्दा सचेतनाको कारण महिला जागरुक भएर आफ्नो अधिकारप्रति सचेत भए । त्यसकारण घरेलु हिंसा सहेर नबस्ने भएर सम्बन्ध विच्छेदको घटना बढिरहेको देखिन्छ । पहिला घरेलु हिंसाको घटना घरभित्र लुकेर बसेको तर हिजो आज घरेलु हिंसाको घटना बाहिर आएको कारणले नै बढेको जस्तो देखिएको छ । यी उपलब्धि हामी सबै महिलाको अनवरत् सङ्घर्षका कारण भएको हो । महिला हिंसा अन्त्यका लागि हामीले के गर्नु पर्छ ? १. महिलाविरुद्ध हिंसा के हो भन्नेबारेमा जनचेतना फैलाउने ।२. हिंसापीडित महिलालाई कानुनी सहायता उपलब्ध गराउने ।३. गम्भीर प्रकृतिका हिंसापीडित महिलाका लागि सुरक्षित आवास र पुनस्र्थापनाको व्यवस्था गर्ने । ४. फौजदारी प्रकृतिका घटनामा पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्तिको कानुनी अधिकार कार्यान्वयनका लागि दबाब दिने । निष्कर्ष युगौँदेखिको हिंसा र शोषणमा परेको महिलाको स्थिति बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ । संविधानलगायत प्रचलित कानुनमा महिलाको हक हितको पक्षमा उल्लेखनीय सुधार भएको छ । अझ धेरै गर्न बाँकी छ । महिला सचेत र जागरुक भई हिंसाको विरुद्ध निरन्तर लागिरहनु पर्छ । घरेलु हिंसालाई हामी स्वयंले सहनु हुँदैन । हिंसा भन्ने सानो, ठुलो, धेरै, थोरै हुँदैन । हिंसा भनेको हिंसा नै हो । कहीँ, कतै होस् वा आफैँलाई हिंसा हुनेबित्तिकै बाहिर ल्याउनु पर्छ र पीडकलाई उचित राजायको दायरामा ल्याउनु पर्र्छ । हामी स्वयं अगाडि बढ्नु पर्छ । हामी आफैँ अगाडि नबढे कसैले हाम्रो लडाइँ लडी दिँदैन । त्यसैले हामी सबै मिली महिला हिंसा अन्त्यको लडाइँ लड्नु पर्छ । जुन समाज र मुलुकमा महिलाको सम्मान र सुरक्षा हुँदैन, त्यो समाज र मुलुक सभ्य, सुसंस्कृत र विकसित मानिँदैन । सबै किसिमको भेदभाव र हिंसाविरुद्ध हामी सबै एक हाैँ । लेखक बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ । | https://gorkhapatraonline.com/news/87606 | नेपालमा महिलामाथि हिंसा र विभेद व्याप्त छ । नेपाली समाज हिन्दु धर्म, संस्कार र संस्कृतिबाट प्रभावित समाज हो । पितृसत्तात्मक संरचनाले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । खास गरी छोरालाई महìव दिने प्रचलनले गर्दा महिलामाथि विभेद भएको पाइन्छ । जन्मदेखि मृत्यु संस्कारसम्म छोरा र छोरीमा भेदभाव गरिन्छ । महिला घरेलु हिंसा, कुरीति, कुसंस्कार, छोरी भ्रूण हत्या, कुटपिट, गालीगलौज, बालविवाह, बहुविवाह, बहुपति प्रथा, बैनाबट्टा, बलात्कार, यौनजन्य हिंसाहरू, चेलीबेटी बेचबिखन, दाइजो प्रथा, तिलक प्रथा आदि सहन बाध्य छन् । यतिले मात्र नपुगेर २१ सौँ शताब्दीमा आएर बोक्सी, डङ्किनी, चुडेलको आरोप खेप्नसमेत बाध्य छन् । त्यसका लागि समाजले दिएको यातना खेपिरहेका छन् । यसका साथै देउकी, कुमारी, झुमा प्रथाका कारण थप समस्यामा छन् । विधुवामाथि भएका हिंसा अझ कहालीलाग्दो छ । विधुवाले रातो लुगा लगाउन नहुने, शृङ्गार गर्न नहुने, माछामासु, लसुन, प्याज खान नहुने, जिन्दगीभरि विवाह नगरी बस्नुपर्ने जस्ता अन्यायपूर्ण चलनले सामाजिक मान्यता पाइरहेको छ । नेपालको पश्चिमी मागमा छाउपडी प्रथाले जरो गाडिरहेको छ । त्यस्तै घरभित्रको अघोषित छाउपडी प्रथा पनि यथावतै छ । महिलाले दिनमा १८ घण्टा काम गरेको कुरा तथ्याङ्कले देखाएको छ । कृषि क्षेत्रमा महिलाले करिब ८५ प्रतिशत काम गर्छन् र पनि कृषिबाट आएको आम्दानी घरको मूली पुरुषको हातमा जान्छ । महिलामाथि हुने हिंसाका कारण पितृसत्तात्मक समाज, सामाजिक–आर्थिक कारण, सांस्कृतिक कारण, गरिबी, विभेद, नैतिक चरित्रको अवमूल्यन, स्रोत र साधनमाथि पहुँच तथा नियन्त्रणमा कमी ।न्यूनीकरणका उपायनेपालको संविधानमा मौलिक हक जस्तै– समानताको हक, महिलाको हक, बालबालिकाको हकको व्यवस्था गरिएको छ । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ मुलुकी अपराध संहितामा बलात्कारलाई गम्भीर अपराधका रूपमा परिभाषित गरिएको छ । नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन गर्नेसम्बन्धी महासन्धि अनुमोदन गरेको, नेपाल संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का घोषणा १३२५ र १८२० कार्यान्वयनका लागि कार्ययोजना बनाउने दक्षिण एसियाकै पहिलो राष्ट्र भए पनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ । महिला ओसार–पसार तथा मानव बेचबिखनका घटना नियन्त्रण आउन सकेको छैन । बढ्दो बेरोजगारी र देशभित्र श्रमको उचित कदर नहुँदा मानिस देशबाहिर रोजगारको खोजीमा जाने व्रmम बढ्दो छ । जसमा महिला कामदारको स्थिति त झन् हाम्रो आकलनभन्दा सयौँ गुणा भयावह छ । जसको कारण महिला कामदारको अवस्था दयनीय प्रकृतिको देखिन्छ । यस सन्दर्भमा महिला हिंसा न्यूनीकरणका लागि निम्नानुसारका उपाय अवलम्बन गर्न उचित देखिन्छ ःक. दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कारको घटनाले असुरक्षा, अशान्ति र दण्डहीनतालाई बढावा दिएकोमा यसको अत्यका लािग राज्य पक्ष नै जिम्मेवार हुनु पर्छ । ख. दैनिक छ जना महिला बलात्कार हुने गरेको तथ्याङ्कले देखाएको छ । दोषीलाई कारबाही हुन सकेको छैन । दोषीलाई सजाय दिलाएर पीडितलाई क्षतिपूर्ति दिनु पर्छ । ग. तीनै तहको सरकारले यस्ता किसिमको आपराधिक घटना हुन नदिन जनताको जीवन रक्षाको जिम्मा लिनु पर्छ । जनप्रतिनिधिको रोहबरमा बलात्कारको घटनालाई मिलापत्र गर्ने होइन । घ. बलात्कारपछि महिलाको हत्या गर्ने र प्र्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पीडितको न्यायमा पहुँच छैन भने न्याय प्रणाली छिटो छरितो छैन । भएको नीति नियमको कार्यान्वयन पक्ष कमजोर, अनुसन्धान पद्धति फितलो छ । समाजले पनि पीडितलाई हेयको दृष्टिकोणले हेर्ने, पीडक पक्ष चाहिँ अराजक रूपमा बारम्बार अपराध गर्र्दै छु्टकारा पाउने प्रवृत्ति हाबी छ । त्यसैले आजको आवश्यकता चाँडोभन्दा चाँडो न्याय प्रणालीले काम गर्नु पर्यो । ङ. बलात्कारको अपराधमा प्रमाण नष्ट गर्ने, पूरा प्रमाण जुटाउन नसकेको देखिन्छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ । अनुसन्धान प्रव्रिmयामा सुधार हुनु जरुरी छ । च. महिलामा आफू कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हत्या हिंसाको अपराध भई नै रहन्छ । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ ।छ. महिला हिंसा न्यूनीकरण गर्न सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित भइरहनु पर्छ ।ज. यौनजन्य अपराध, हत्या, हिंसाका विरुद्ध पुरुषको नेतृत्वमा जनचेतना अभियान सञ्चालन गरी महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । उपलब्धि१. राजनीतिमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता उच्च पद हासिल गर्न महिला सफल भएका छन् । अंश र वंशमा समान अधिकार, समान कामको समान ज्याला, आमाको नामबाट नागरिकता, नेपालको संविधान र कानुनमा व्यवस्था भएबमोजिम स्थानीय तहमा प्रमुख या उपप्रमुखमा अनिवार्य एक जना महिला हुनुपर्ने व्यवस्था छ । सङ्घीय संसद्मा र प्रदेश संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था छ । स्थानीय तहमा प्रमुख या उपप्रमुखसमेत गरी ४० प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व छ । २. निजामती सेवामा महिलाको सङ्ख्या ३२.८ प्रतिशत पुगिसकेको छ । अभैm बढ्ने व्रmम छ । ३. पिताको अंश र वंशमा छोरीको पनि हक कायम भएपछि र महिलाको नाममा भूमिको स्वामित्व हस्तान्तरण गर्दा कर, राजस्व कम लाग्ने भएकाले भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना–२०५८ अनुसार करिब १२ प्रतिशत परिवारको महिलाको नाममा घर वा जग्गाको स्वामित्व थियो । यो सङ्ख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेको थियो भने हाल यो सङ्ख्या करिब ३४.४ प्रतिशत पुगेको छ । यो अनुपात ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ ।४. शिक्षामा महिलाको पहुँच बढेको छ । स्कुल, कलेजमा छात्र, छात्रा बराबर नै देखिन्छन् । हिजो आज त्यसले गर्दा ढिलो विवाह हुने र सन्तान कम हुने देखिएको छ । सिपमूलक कार्यमा पनि महिला अगाडि बढेको देखिन्छ । हिजो आज डाक्टर, इन्जिनियर, पाइलट, वकिल, बैङ्कर हरेक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ । प्रशस्त महिला पत्रकार, शिक्षक, प्राध्यापक भएका छन् । साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण आदि क्षेत्रमा महिला अगाडि बढेको देखिन्छ । ५. महिला शिक्षाको कारण र विभिन्न सङ्घ संस्था र राजनीतिक दलको भागिनी सङ्गठनहरूको सचेतनामूलक कार्यव्रmमले गर्दा सचेतनाको कारण महिला जागरुक भएर आफ्नो अधिकारप्रति सचेत भए । त्यसकारण घरेलु हिंसा सहेर नबस्ने भएर सम्बन्ध विच्छेदको घटना बढिरहेको देखिन्छ । पहिला घरेलु हिंसाको घटना घरभित्र लुकेर बसेको तर हिजो आज घरेलु हिंसाको घटना बाहिर आएको कारणले नै बढेको जस्तो देखिएको छ । यी उपलब्धि हामी सबै महिलाको अनवरत् सङ्घर्षका कारण भएको हो । महिला हिंसा अन्त्यका लागि हामीले के गर्नु पर्छ ? १. महिलाविरुद्ध हिंसा के हो भन्नेबारेमा जनचेतना फैलाउने ।२. हिंसापीडित महिलालाई कानुनी सहायता उपलब्ध गराउने ।३. गम्भीर प्रकृतिका हिंसापीडित महिलाका लागि सुरक्षित आवास र पुनस्र्थापनाको व्यवस्था गर्ने । ४. फौजदारी प्रकृतिका घटनामा पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्तिको कानुनी अधिकार कार्यान्वयनका लागि दबाब दिने । निष्कर्ष युगौँदेखिको हिंसा र शोषणमा परेको महिलाको स्थिति बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ । संविधानलगायत प्रचलित कानुनमा महिलाको हक हितको पक्षमा उल्लेखनीय सुधार भएको छ । अझ धेरै गर्न बाँकी छ । महिला सचेत र जागरुक भई हिंसाको विरुद्ध निरन्तर लागिरहनु पर्छ । घरेलु हिंसालाई हामी स्वयंले सहनु हुँदैन । हिंसा भन्ने सानो, ठुलो, धेरै, थोरै हुँदैन । हिंसा भनेको हिंसा नै हो । कहीँ, कतै होस् वा आफैँलाई हिंसा हुनेबित्तिकै बाहिर ल्याउनु पर्छ र पीडकलाई उचित राजायको दायरामा ल्याउनु पर्र्छ । हामी स्वयं अगाडि बढ्नु पर्छ । हामी आफैँ अगाडि नबढे कसैले हाम्रो लडाइँ लडी दिँदैन । त्यसैले हामी सबै मिली महिला हिंसा अन्त्यको लडाइँ लड्नु पर्छ । जुन समाज र मुलुकमा महिलाको सम्मान र सुरक्षा हुँदैन, त्यो समाज र मुलुक सभ्य, सुसंस्कृत र विकसित मानिँदैन । सबै किसिमको भेदभाव र हिंसाविरुद्ध हामी सबै एक हाैँ । लेखक बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ । | News | 46,338 |
रेमिट्यान्स पठाउँदा अर्बौं डलर बिचौलिया कहाँ यसरी पुग्छ | आप्रवासी कामदारहरू धेरैजसो न्यून ज्याला आउने काम गर्छन्। | https://www.bbc.com/nepali/news-50279399 | उनीहरूले कडा मेहनत गरेर कमाएको पैसा आफ्नो जन्मदेशमा परिवारको भरथेगका लागि पठाउने गर्छन्। तर कामदार कहाँबाट उनका घर पैसा पुर्याउने कम्पनीहरूले ठूलो मात्रामा शुल्क लिन्छन्। सन् २०१८ मा यसरी बीचका कम्पनीहरूले पाएको पैसा सारा अफ्रिकाका लागि विदेशी सरकारले उपलब्ध गराएको सहयोग भन्दा बढी थियो। तर किन शुल्क यति महँगो छ र त्यो कम गर्न कसरी सकिन्छ? अनि यो पनि कतारः रेमिट्यान्स सहज बनाउन पहल मलेशिया रोजगारीको गाँठो खुलेपनि 'व्यर्थमा गयो १५ महिना' रेमिट्यान्स आप्रवाह घट्योःराष्ट्र ब्याङ्क | Others | 64,047 |
जब वामपन्थी असफल हुन्छन् | गएको आइतबार इटालीमा सम्पन्न निर्वाचनमा फासीवादी रुझान राख्ने दल ब्रदर्स अफ इटाली र उसका दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले बहुमत हासिल गर्यो । ब्रदर्स अफ इटालीकी नेता जोर्जिय मेलोनीले आउने केही सातामा प्रधानमन्त्रीको पद सम्हाल्नेछिन् । ठ्याक्कै सय वर्षपहिले मुसोलिनीले जुन नारा दिएर इटालीमा फासीवादको उन्माद प्रवेश गराएका थिए, अहिले मेलोनी त्यही नारा दिएर सत्तामा पुगेकी छन् । | https://ekantipur.com/opinion/2022/09/29/166441592701468216.html | गएको आइतबार इटालीमा सम्पन्न निर्वाचनमा फासीवादी रुझान राख्ने दल ब्रदर्स अफ इटाली र उसका दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले बहुमत हासिल गर्यो । ब्रदर्स अफ इटालीकी नेता जोर्जिय मेलोनीले आउने केही सातामा प्रधानमन्त्रीको पद सम्हाल्नेछिन् । ठ्याक्कै सय वर्षपहिले मुसोलिनीले जुन नारा दिएर इटालीमा फासीवादको उन्माद प्रवेश गराएका थिए, अहिले मेलोनी त्यही नारा दिएर सत्तामा पुगेकी छन् ।‘ईश्वर, जन्मभूमि र परिवार’ फासीवादीहरूको नारा थियो जसले क्रिस्चियानिटी, इटालेली राष्ट्रवाद र परम्परागत परिवारका पक्षमा वकालत गर्छ । ‘म जोर्जिय हुँ, म महिला हुँ, म आमा हुँ, म इटालियन हुँ र क्रिस्चियन हुँ’ भन्ने भनाइ नै उनको राजनीतिक उदयको महत्त्वपूर्ण अपिल बनेको थियो । यसले इटालेली समाजमा हुर्कंदो श्वेत राष्ट्रवाद, तेस्रोलिंगीहरूप्रति निषेधको दृष्टिकोण, आप्रवासीहरूप्रतिको घृणा र उदारवादी तथा वामपन्थी राजनीतिक दर्शन सबैको निषेधको वकालत गर्ने गर्छ । यिनै कुरा मुसोलिनीको फासीवादको उदयका पनि वैचारिक आधारहरू थिए । उपर्युक्त कारणले पनि मुसोलिनीलाई यो या त्यो रूपमा आदर्श मान्ने दक्षिणपन्थी राजनीतिज्ञ बर्लुस्कोनी लगायतको गठबन्धन गरेर भएको मेलोनीको उदयले युरोपेली युनियनका मूल्यहरूमाथि सिधै चुनौती दिएको छ । मेलोनीको उदय उदारवादी विश्वमाथि उत्पन्न पछिल्लो चुनौती हो जसको सीधा सम्बन्ध प्रणालीगत संकटसँग छ, जसबारे पछि चर्चा गरिनेछ । ‘इटालीमा उग्र दक्षिणपन्थीहरू सफल हुन सक्छन् किनभने वामपन्थीहरू, विश्वका अरू ठाउँमा जस्तै, विश्वसनीय दृष्टिकोण र रणनीति प्रस्तुत गर्न असफल भएका छन् । वामपन्थीहरू दक्षिणपन्थका विपक्षमा आफूलाई मत दिन त भन्छन् तर उनीहरू प्रस्ट राजनीतिक दृष्टिकोण र आर्थिक विकल्प दिन सक्दैनन् । जनतासँगको संवादमा वामपन्थीहरू चाहिँ सम्भ्रान्तहरूजस्ता सुनिन्छन् जबकि दक्षिणपन्थीहरूले अत्यन्त सामान्यकृत सीधा संवाद गर्छन् । जस्तो कि, आप्रवासीहरूको हिंसा र आतंकवादबाट इटालीको रक्षा गर्नुपर्छ भन्ने उनीहरूको नारालाई लिन सकिन्छ । ...सावधान रहनुस्, किनभने इटाली जता जान्छ, बाँकी युरोपले पनि छिटै त्यही बाटो अनुसरण गर्छ ।’ गार्जियनमा प्रकाशित इटालीका लेखक तथा टिप्पणीकार रोबेर्टो सेभियानोको यो टिप्पणीले युरोपेली राजनीतिका सम्भावित जोखिमबारे धेरै कुरा बताउँछ । सेभियानोको प्रस्ट धारणा छ— फासीवाद या उग्र दक्षिणपन्थको उदयको मुख्य राजनीतिक माटो वामपन्थी राजनीतिक शक्तिको असफलताले दिएको हो । वामपन्थीहरू समयअनुकूल आम मान्छेका आवश्यकताहरूसँग आफ्ना राजनीतिक कार्यसूचीलाई एकाकार गर्न नसकेका कारण कमजोर भएका हुन् या नवउदारवादले पहिले वामपन्थीहरूलाई किनारा लगायो र फासीवादलाई ठाउँ दियो ? विचारणीय प्रश्न भने यही छ । युरोपेली वामपन्थ औद्योगिक क्रान्तिपछि विकसित सामाजिक वर्ग विभाजनमा आधारित थियो । सम्पत्तिमा हालीमुहाली गरिरहेको पुँजीपति वर्ग र सर्वहाराकरण भएको श्रमजीवी वर्गबीचका तीव्र अन्तरविरोधकै हल खोज्ने क्रममा मार्क्सवादको विकास भएको हो । मार्क्सवादलाई आफ्नै ढंगले परिभाषित गर्दै कोही समाजवादी बनेका थिए त कोही साम्यवादी । युरोपेली लेबर पार्टीहरू, मध्यवामपन्थीहरू र समाजवादीहरू समग्रमा युरोपेली वामपन्थका हाँगाबिँगा हुन् जसमा साम्यवादी दलहरू पनि पर्छन् । दोस्रो विश्वयुद्धमा इटालेली र जर्मन फासीवादविरुद्ध सबैभन्दा अग्रमोर्चामा बसेर लड्नेहरू र स्पेनिस विद्रोहमा सामेल हुनेहरू वामपन्थीहरू नै थिए । तर दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालमा युरोपेली पुँजीवादी दलहरूले साम्यवादीहरूलाई निषेध गर्ने नीति लिए । सन् १९८० को दशकसम्म पुग्दा सोभीयत संघको नेतृत्वमा रहेको समाजवादी खेमाले पश्चिमा पुँजीवादी देशहरूकै जत्तिको विकल्प आफ्ना जनतालाई दिन सकेन र शीतयुद्धमा समाजवादी खेमाको हार निश्चित हुँदै गयो । यही मौका छोपेर रेगन र थ्याचरले अँगालेको नवउदारवादी आर्थिक नीतिले बिस्तारै समग्र युरोपलाई प्रभावित गर्दै गयो । साम्यवादी दलहरू सीमान्तमा धकेलिए र कतिपय देशमा उपस्थिति देखाउन नसक्ने अवस्थामा पुगे । समाजवादी र लेबर पार्टीहरूसमेत नवउदारवादी आर्थिक नीतिसँग सम्झौता गर्दै गए । सन् २००८ को संकटपछि बेलायतका लेबर नेता जेरेमी कोर्बिन र सिप्रासजस्ता ग्रिसेली वामपन्थी आन्दोलनले विकल्प दिने प्रयास गरे पनि ती असफल रहे, फ्रान्समा वामपन्थीहरूलाई निस्तेज पार्दै वामपन्थी खेमाबाटै इमानुअल म्याक्रोंजस्ता नवउदारवादीहरू शक्तिमा आए । जर्मन चान्सलरका रूपमा एन्जेला मर्केलको सफलताले पनि वामपन्थीहरूलाई किनारामा धकेल्न सहयोग गरेको थियो । साम्यवादी खेमाको पतन र नवउदारवादले सृजना गरेको अर्थराजनीतिक प्रणालीको संकट सन् २००८ को विश्वव्यापी मन्दीका रूपमा देखा पर्यो । त्यसको विकल्प दिन वामपन्थीहरू असफल हुँदै जाँदा नै युरोपमा नवफासीवादी र उग्र दक्षिणपन्थी शक्तिहरूको उदय र विकास भयो । इटालीमा अहिले उदाएकी मेलोनी त्यसको जिउँदो अभिव्यक्ति त हुन् नै, डोनाल्ड ट्रम्प, ब्रेक्जिट, बोरिस जोन्सन, हंगेरीका भिक्टर ओर्बान, टर्कीका एर्दोगन, पोलिस दक्षिणपन्थी सरकार र पुटिनसमेत नवउदारवादको प्रणालीगत संकटका उपज हुन् । भारतमा हिन्दुवादी दक्षिणपन्थीहरूको शक्ति आर्जनमा पनि वामपन्थी र उदारवादीहरूको असफलता महत्त्वपूर्ण कारण रहेको छ । सेभियानोले भनेझैं, जहाँ वामपन्थीहरू असफल हुन्छन् त्यहीँ उग्र दक्षिणपन्थी र फासीवादीहरू सामाजिक असन्तोषलाई भजाएर शक्तिमा आउँछन् । प्रणालीगत संकटका कारण समाजमा उत्पन्न आर्थिक–सामाजिक संकटले या त वामपन्थी विकल्पसहित श्रमजीवी वर्गको आन्दोलन अघि आउँछ जसलाई क्रान्तिकारी संकट भनिन्छ, या जातीय (अन्ध)राष्ट्रवाद, महिलाहरूमाथि पितृसत्ताको दमन, महिला र पुरुषबाहेकको पहिचान भएका यौनिक अल्पसंख्यकमाथि दमन र घृणा, धार्मिक कट्टरता अर्थात् भिन्न धार्मिक समुदायमाथि दमन, आप्रवासीहरूमाथि दमन, श्रमिक आन्दोलन र ट्रेड युनियनहरूमाथि नियन्त्रण तथा कर छुटमार्फत ठूलो पुँजीपति वर्गको उत्थानमा मद्दत जस्ता नीति र नाराका माध्यमबाट लोकप्रियतावादी शक्तिले सत्तामा पकड जमाउँछ । बेलायत दक्षिणपन्थीकरणको यात्रामा निरन्तर हिँडिरहेको छ भन्ने वास्तविकता हालै प्रधानमन्त्री भएकी लिज ट्रसले लिएका कर सम्बन्धी नीतिहरूले पनि देखाउँछन् जसमा कर्पोरेट करलाई बीस ठूला अर्थतन्त्रभित्र सबैभन्दा कम सीमामा राखिएको छ । यसको अर्थ सामाजिक सेवाका क्षेत्रमा गरिने खर्चमा गरिबहरूको हिस्सा बढ्दै जानु हो । सँगै मुद्रास्फीति, कोरोना महमारी र रुस–युक्रेन युद्धले गर्दा विश्वव्यापी रूपमा आर्थिक वृद्धिदरमा आएको कमी, चीन र अमेरिकाबीचको बढ्दो तनावले उत्पन्न गरेको आपूर्ति शृंखला समस्याजस्ता कारणले उत्पन्न आर्थिक चुनौतीको सामना गर्ने दक्षिणपन्थी विकल्प पनि यो नीतिमा झल्किन्छ । यसैले उदाउँदो फासीवादलाई नवउदारवादकै प्रणालीगत संकटको अभिव्यक्तिका रूपमा बुझ्न सकिन्छ ।वामपन्थी विकल्पले जनताको ध्यान तान्न नसकेका सम्बन्धमा पनि सेभियानोको भनाइले रहस्य खोल्छ । उनी भन्छन्, ‘वामपन्थीहरू जनताका अघि जाँदा यस्तो भाषामा संवाद गर्छन्, त्यसले आम जनताका मनका कुरा भन्दैन, उनीहरूलाई आकर्षित गर्दैन । उनीहरूको दैनिक जीवनका समस्या र वामपन्थी दल या नेताका भाषणबीच तालमेल नै हुँदैन ।’ नेपालकै अहिलेको राजनीतिमा देखिँदै गएका संकटहरूमा हामीकहाँको वामपन्थी या उदारवादी राजनीतिक नेतृत्वले देखाएको प्रवृत्ति जिम्मेवार छ । दक्षिणपन्थीहरू समाजमा विद्यमान संकटभित्र समाजलाई ध्रुवीकृत गर्ने नारा झिक्छन् । जस्तो— भारतमा अहिले हिन्दु राष्ट्रवाद, मुस्लिम र अल्पसंख्यकविरुद्धको घृणा, ‘क्रोनी क्यापिटालिस्ट’ वर्गको उत्थान, आलोचनात्मक चेतनासहित सीमान्तकृत वर्गको पक्षमा उठ्ने आवाजमाथि दमन भारतीय जनता पार्टीको उत्थानको मलिलो माटो बनिरहेको छ । नेपालमा पनि पहाडे राष्ट्रवादीहरूको स्वर चर्को सुनिँदै गएको, हिन्दुका नाममा मर्न–मार्न तयार हुनुपर्छ भन्ने फासीवादी राजनीतिलाई संवैधानिक उदारवादी राजनीतिभित्र हुर्कने अवसर भएको, धार्मिक अल्पसंख्यकमाथि घृणा फैलाउने गरिएको, महिला अधिकारवादीहरूमाथि सामाजिक सञ्जालमा देखिने घृणा र उदारवादी आधुनिक विचार तथा जीवन पद्धतिमाथि उठाइने प्रश्नहरूले दक्षिणपन्थी शक्तिको उत्थानका लागि बाटो बन्दै गएको हो कि भनेर प्रश्न गर्ने ठाउँ दिएको छ । ठीक यही बेला नवउदारवादी अर्थराजनीतिका पक्षधरहरूको एउटा हिस्साले लगातार वामपन्थी विचार र शक्तिमाथि आक्रमण गरिरहेको छ । मार्क्सवादी र वामपन्थी विकल्पहरूमाथि आक्रमण गर्ने क्रममा यसले पनि दक्षिणपन्थी विकल्पका लागि वैचारिक आधार निर्माण गर्न सहयोग नै गरिरहेको छ । वामपन्थी विचारलाई निषेध गर्न चाहने यो तप्काले समाजका विद्यमान प्रणालीगत समस्या र अर्थराजनीतिक संकटको उदारवादी विकल्पको कुनै गतिलो सूत्र अघि सारेको छैन । बरु प्रकारान्तरले विद्यमान संकटको मुख्य कारक रहेको नवउदारवादी अर्थराजनीतिक प्रणालीकै पक्षपोषण गरिरहेको छ जसले दक्षिणपन्थी हावा चल्न पर्याप्त स्पेस सृजना गर्छ । अर्थात्, वामपन्थीहरू (कम्युनिस्टहरू, प्रजातान्त्रिक समाजवादीहरू, क्रान्तिकारी मार्क्सवादीहरूसमेत) असफल भए भने, उनीहरूले जनतालाई संकटको विश्वसनीय विकल्पसहित अपिल गर्न सकेनन् भने चाहिँ हुने दक्षिणपन्थकै उदय हो जसले वामपन्थी र उदारवादीहरूलाई एउटै चिहानमा हाल्छ ।संकट अर्थराजनीतिमा छ, प्रणालीमा छ, त्यसको प्रतिविम्ब दलहरूको विभाजन, संवैधानिक र लोकतान्त्रिक संस्थाहरूमा देखिएको अराजकतामा अभिव्यक्त भएको छ । यसको विकल्प थप लोकतान्त्रिक पद्धतिको विकास र यही पद्धतिभित्रबाट दिइने वामपन्थी र प्रगतिशील नीतिमा खोजिनुपर्छ । हाम्रो राजनीतिक नेतृत्व भने सत्ताप्राप्तिका तत्कालीन दाउपेच र असैद्धान्तिक गठजोडमा लिप्त छ । वैचारिक विकल्प दिनुभन्दा उत्ताउला नारा र परम्परागत रूढ शब्दाडम्बरमा मजा लिइरहेको छ । जनतामा निराशा छ, निकट विगतका विद्रोह र राजनीतिक परिवर्तनले जनताको जीवनमा तात्त्विक असर पारेका छैनन् । अहिलेको राजनीतिक नेतृत्वकै निरन्तरता हुँदासम्म नेपालको भविष्य उज्यालिने छाँट देखिन्न । उज्यालो सकिएपछि आउने अँध्यारो नै हो । विद्यमान प्रणालीगत संकटको वामपन्थी विकल्प खोज्न ढिलो गरियो भने चाहिँ हामी पनि दक्षिणपन्थी हावाले बढारिने निश्चित छ । | Opinion | 11,446 |
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग | एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।” | https://gorkhapatraonline.com/news/85043 | दल्ली/नलगाड (जाजरकोट), कात्तिक २४ गते । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लड्नुभयो । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् । घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उहाँ थचक्क बस्नुभयो । एकछिन पीडाले मीनाले दाह्रा किट्नुभयो, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढल्नुभयो । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिनुभयो । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उहाँको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उहाँको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ । उषा परियारको भने पहिलो बच्चा हो । उहाँलाई पनि उस्तै पीडा छ । तर श्रीमान्सँगै भएकाले राम्रो आड पाएको उहाँले बताउनुभयो । उषाले मुस्काउन खोज्दै भन्नुभयो, “बुढा यहीँ छन्, बोकेर पनि लैजालान् ।”उहाँले मीनाको पीडा देखेर बरु उहाँलाई कसैले बोकेर पु¥याइदिए हुने भनेर पीर पोख्नुभयो । एक जना पुरुषले बोक्न खोजे पनि सुत्केरी अवस्थाको फोहोर हुन्छ भनेर बोक्न मानेनन् । श्रीमान् सबिन परियारले श्रीमतीलाई अघि लाउँदै भन्नुभयो, “घर त छैन, भत्कियो, पालमै बसे पनि सुत्करीलाई तातो खुवाउँछु ।”मीनालाई भने सासूआमाले कहिले ज्वानोको झोल देलिन् र खाउँला भएको थियो । आँगनमा आगो बाल्दै बसाल्न थाल्नुभयो । ग्यास चुलो र भान्साका सामान पनि भूकम्पले ढलेको ढुङ्गा र माटोले किचिएपछि माटोको चुलो बनाएर भात पकाउने गर्नुभएको छ । सुत्केरी महिलाको अवस्था उहाँको जस्तै भूकम्प गएका स्थानमा दर्दनाक छ । एउटी सुत्केरीलाई बारेकोट क्षेत्रबाट अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चाको ज्यान गयो । अर्की सुत्केरीले बच्चा राम्रै जन्माए पनि अस्पतालमा ज्यान गुमाइन् । एक महिनाकी सुत्केरी १९ वर्षीय काजल बिक चिउरी गाउँबाट एक घण्टाको बाटो हिँडेर बच्चाका लागि न्यानो झोला लिन दल्ली पुग्नुभयो । उहाँकी साथी १९ वर्षीया सम्झना बिक पनि एक महिनाको बच्चा काखी च्यापेर चिउरीदेखि हिँडेर स्वास्थ्य सेवा कार्यालय पुग्नुभएको हो । काजल बिकले भन्नुभयो, “चिसोमा बस्दा बच्चालाई खोकी लाग्न थाल्यो, खान राम्रो नपाउँदा दुध कम आउँछ, आफू पनि कमजोर भएको छु ।” नलगाडमा एक दिनदेखि छ महिनासम्मका करिब पाँच सय हाराहारी सुत्केरी रहेको नगरपालिकाकी पोषण सहजकर्ता गीता खत्रीले बताउनुभयो । राहत सामग्रीमा पनि सुत्केरीलाई चाहिने कुनै पनि खालका सामग्री आएका छैनन् । जसले गर्दा सुत्केरी र बच्चालाई बढ्दो चिसोमा ज्यान जोगाउन गाह्रो परेको उहाँहरू बताउनु हुन्छ । | News | 52,820 |
'जबज'लाई परित्याग गर्ने कुरा स्वीकार्य हुदैन : माधवकुमार नेपाल | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । उनले हिजो जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरुले नै आज आएर त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । | https://ekantipur.com/news/2024/02/04/abandonment-of-jabaj-is-not-acceptable-madhav-kumar-nepal-39-45.html | काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । उनले हिजो जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरुले नै आज आएर त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । आइतबार पार्टीका उपाध्यक्ष एवम् कृषि मन्त्री वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ सार्वजनिक कार्यक्रममा उनले जनताको विश्वास जित्ने नाउँमा जबजको विचारलाई परित्याग नगरिने स्पष्ट पारे । अध्यक्ष नेपालले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा नै जबजको मान्यता भएको भन्दै त्यसलाई अंगिकार गरेर नै आफूहरु अघि बढ्ने दोहोर्याए।‘नेपालको बामपन्थी राजनीतिमा जबजको विषय अहिले पनि बहसको विषय बनेको छ कि जनताको बहुदलीय जनवादको सान्दर्भिकता छ कि छैन ? केही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो जनताको बहुदलीय जनवाद । यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन् । जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेकै छैन,' उनले भने, 'यसले ऐतिहासिक रुपमा खेलेको भुमिकालाई जसले बुझेको छैन, उसले यो पुरानो भयो, भनेर यसको सान्दर्भिकताका बारेमा बोल्न मिल्दैन । यदि कसैले बोल्छ भने उसले त्यही भन्ने हो ।'उनले देश र जनतामा परिवर्तनको बाहक नै कम्युनिष्ट पार्टी हुन् भनेर पुष्टि गर्नुपर्ने बेला आएको बताए । 'बहुदलीय प्रतिस्पर्धाको जुन नीति लिएर हामी अगाडि बढ्न खोजेका छौं । त्यसलाई हामीले नयाँ परिवेशमा अगाडि बढाएर लैजानुपर्छ । हिजो जनवादी क्रान्तिको त्यो समय थियो भने अब हामी समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेका छौं । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिष्पर्धाको राजनीतिको त्यत्तिकै उपादेयता रहेको छ,' उनले भने, 'हाम्रो नेपाली समाजवाद चीनको जस्तो समाजवाद हुँदैन । भियतनामको जस्तो पनि समाजवाद हुँदैन । हाम्रो त समाजवादी बहुदलीय प्रतिष्पर्धासहितको समाजवाद हुन्छ ।' | News | 5,936 |
आर्मी र थ्रीस्टारको होड | रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि ए डिभिजनका त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच शनिबार सिमरा रंगशालामा भिडन्त हुँदै छ । आर्मी पूर्व विजेता टोली हो भने रुस्लान थ्रीस्टार पहिलोपल्ट उपाधि भिडन्तमा पुगेको छ । | https://ekantipur.com/sports/2018/02/17/20180217072620.html | बारा– — रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि ए डिभिजनका त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच शनिबार सिमरा रंगशालामा भिडन्त हुँदै छ । आर्मी पूर्व विजेता टोली हो भने रुस्लान थ्रीस्टार पहिलोपल्ट उपाधि भिडन्तमा पुगेको छ । आर्मी २०७१ सालको छैटौं संस्करणमा विजेता बनेको थियो । गत वर्ष संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेतामा चित्त बुझाएको थियो । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि सिमरामा जारी गोल्डकपको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी हो । मनाङले दुई पटक उपाधि जितेको छ । तर, लगातार प्रतियोगिता खेल्दा खेलाडी घाइते भएको भन्दै मनाङले यसपालि भाग लिएन ।आर्मी दोस्रो पटक उपाधि जित्ने प्रयासमा हुनेछ भने पहिलोपटक फाइनल पुगेको थ्रीस्टार विजेताको सूचीमा सामेल हुने दाउमा छ । एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकप यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा वीरगन्ज युनाइटेडलाई ३–० ले हराएको थियो । थ्रीस्टारले फाइनलसम्म यात्रा तय गर्ने क्रममा क्वाटरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकर र सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई ४–२ ले हराएको थियो । सिमरा गोल्डकपमा दुई खेल खेल्ने क्रममा गोल नखाएका आर्मीका गोलकिपर विकेश कुथुको नाममा क्लिनसिट छ । मोरङका कर्ण लिम्बू, थ्रीस्टारका सुनील बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २–२ गोलसाथ गोलकर्ता सूचीमा अगाडि छन् । शुक्रबार आयोजित प्रि(म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिसाथ मैदानमा उत्रने दाबी गरे । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवास तथा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र नीराजन खड्का कन्फ्रेन्समा सहभागी थिए । थ्रीस्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले फाइनल जित्ने दाबी गरे । आर्मीका पूर्व प्रशिक्षक रहेका केसी दुवै क्लबको स्तर बराबर रहेको र जसले बढी मिहिनेत गर्न सक्यो उसले उपाधि जित्ने बताउँछन् । थ्रीस्टारका कप्तान नीराजनले पछिल्ला डेढ वर्ष थ्रीस्टारले नखेले पनि अन्य क्लबबाट आर्मीविरुद्ध खेलेको अनुभव सुनाउँदै विपक्षी उच्च फर्ममा भए पनि खेलाडीको प्रयासले उपाधि आफ्नो पक्षमा पार्ने दाबी गरे । आर्मीका प्रशिक्षक न्यौपानेले मौकाको सदुपयोग गरेर जित्ने दाबी गरे । लगातारको प्रतियोगिताले खेलाडीको शक्ति कम हुँदै गए पनि आफ्नो टिम अहिले राम्रो फर्ममा फर्किएको उनको भनाइ छ । आर्मी कप्तान भरतले पछिल्लो खेलहरू ठूलो स्कोरले जित्दा मनोबल उच्च रहेको बताए । आफूहरू नतिजाका लागि खेल्न तयार रहेको जनाउँदै उत्कृष्ट खेलकै आधारमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । आर्मीले सिमरा गोल्डकप जिते टोलीका लागि यो वर्षको पाँचौं उपाधि हुनेछ । यता लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्रीस्टारले जित्न सके तेस्रो उपाधि हुनेछ । थ्री स्टारले इटहरी र बुढासुब्बा गोल्डकप जितेको थियो । आर्मीले यस सिजन ८ प्रतियोगिता खेल्ने क्रममा ४ नकआउटको उपाधि जितेको थियो । | Sports | 30,027 |
दोलखाको सोक्लामा रक क्लाइम्बिङ खेल सुरु | दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । | https://gorkhapatraonline.com/news/18506 | चरिकोट, असार २७ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवद्र्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाइम्बिङ एन्ड हाइकिङ सुरु गरिएको बताइएको छ । सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको प्रवद्र्धनका लागि गुरु योजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो । खेलाप, सोक्ला र चक्पासँग जोडिएका तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेवलको रक क्लाइम्बिङ गर्न सक्ने माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाको भनाइ रहेको छ । भूगोल र वातावरणीय दृष्टिले यो रक क्लाइम्बिङसँगै साइक्लिङ पनि गर्न सकिन्छ । स्वेदशीभन्दा पनि विदेशीहरुका लागि यो उत्तम गन्तव्य हो । माउन्टेड गाइड शेर्पाले भन्नुभयो, अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि यो ठाउँ छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ । गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सक्ने शेर्पाको भनाइ छ । भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्विङ परीक्षण गरेको छ । गाइड तथा प्रशिक्षक थिरबहादुर खड्का र शिव खड्काको टिमबाट सफल रुपमा रक क्लाइम्बिङ परीक्षण भइसकेको छ । प्रशिक्षक थिरबहादुर खड्काले सोक्लामा रक क्लाइम्विङका लागि सबैको रोजाइको गन्तव्य हुने बताएका छन् । फ्रान्सका नागरिकहरुले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको यो टिमले यस क्षेत्रको प्रवर्धनका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरुलाई दोलखा बजारमा गरिएको स्वागतपछि दोलखाबाट फ्रेन्च नागरिकहरुले सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९ सुरु गरेका थिए । | News | 49,846 |
सुनको मूल्य निरन्तर उकालोतिर | स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । | https://gorkhapatraonline.com/news/110032 | काठमाडौँ, जेठ १७ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु. दुई हजार तीन सयले वृद्धि भएको छ ।बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनकाे भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ । बुधबार रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस | News | 34,373 |
रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे | रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने बसपार्कभित्र यात्रु तथा सवारी चालकलाई भरसक जान नपरोस् भन्ने हुन्छ । | https://gorkhapatraonline.com/news/40075 | पाल्पा, असोज १० गते । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने बसपार्कभित्र यात्रु तथा सवारी चालकलाई भरसक जान नपरोस् भन्ने हुन्छ ।खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारैदिशा खुला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ । सहरीकरणतर्फ हुँदै गरेको रामपुरमा बसपार्कको अहिलेको कुरूप अवस्था देख्दा यहाँको सुन्दरतामा बाधक बनेको छ । चार जिल्ला (पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्वनवलपुर) को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सकस भएको बताउनुहुन्छ, निस्दी गाउँपालिका–४ मित्यालस्थित खोप्लाकका ७४ वर्षीय रनबहादुर गाहा ।“सवारी साधन थपिँदै गएको छ, बजार विस्तार भइरहेको छ तर रामपुरको बसपार्क राम्रो बन्न सकेन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसतर्फ ध्यान दिएर काम गर्नुपर्यो, हामी यात्रुले सधैँ बसपार्कमा धुलो र हिलोको सामना कतिन्जेलसम्म खेपिराख्ने ।” बसपार्क व्यवस्थित नभएपछि सवारी धनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् । चारैतिर खुला रहेको हुँदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । रातको समयमा सुरक्षितरुपमा पार्किङ गरेर राख्ने अवस्था नभएको हुँदा अन्यत्र लगेर गाडी पार्किङ गर्दै आइरहेको जिप चालक शेरबहादुर खाम्चाले बताउनुभयो ।“गाडी पार्किङ गरेर राख्यो भने केही क्षति हुने होकि भन्ने चिन्ताले रातिमा ढुक्कले निद्रा लाग्दैन, चारैतिर बारबन्देज, गाडी निस्कने र भित्रने प्रवेशद्वार, निगरानीको लागि सिसी क्यामेराको व्यवस्था हुनुपर्यो नत्र गाडी यहाँ राख्ने परिस्थिति व्यवसायीलाई बन्दैन”, उहाँले भन्नुभयो । बसपार्कलाई व्यवस्थित गर्न समयमा नै पर्याप्त बजेट सम्बन्धित निकायबाट नपाउँदा व्यवस्थापनमा चुनौती देखिएको नगर बसपार्क समितिका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । नगरपालिकाले बसपार्क व्यवस्थापनमा कनिका छरेजस्तो सानो बजेट उपलब्ध गराउँदा देखिने गरी काम गर्न समितिलाई कठिनाइ परेको उहाँको भनाइ छ ।बस बिसौनी ठाउँ राम्रो नहुँदा वर्षायामका बेलामा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले खेप्नुपरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पार्किङका लागि सुरक्षित ठाउँ नबन्दासम्म व्यवसायीलाई ढुक्कले पार्किङ गर्नुहोस् भन्ने अवस्था छैन, नयाँ ठाउँबाट रामपुर आउने यात्रु बसपार्कको बिजोग अवस्था देखेर तर्सने गर्दछन्, हामीले व्यवस्थापनका लागि वडा तथा नगरपालिका कार्यालयमा जानकारी गराए पनि सुनुवाइ भएको छैन” ।उहाँका अनुसार रामपुर बसपार्कबाट दैनिक जसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पाइएको छ । बिहान ५ः३० देखि साँझ ६ बजेसम्म नम्बर अनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको रु ६० र जिपको रु ४० पार्किङ शुल्क तोकिएको छ । लामो दूरीका ठूला गाडी काउण्टरबाटै छुट्ने गरे पनि साना गाडी मनपरी ढङ्गले बेझाड बजारका चोकबाट छुट्ने गर्दछन् । ठाउँ ठाउँबाट चालकले मनोमानी ढङ्गले यात्रु ओसार्ने हुँदा सबै गाडी बसपार्कमा ल्याउन कठिनाइ परेको नमस्ते रामपुर यातायात प्रालिका काउण्टर कर्मचारी दामोदर भण्डारीले बताउनुभयो ।रामपुरबाट दैनिक छुट्ने १८ जिपमध्ये १५ जीपले बेझाड बजारको विभिन्न ठाउँबाट यात्रु चढाउँदै छुट्ने गर्दछन् भने तीन वटा जिप र ११ बस नियमितरुपमा बसपार्क क्षेत्रबाटै छुटिरहेका छन् । रामपुरबाट अन्यत्र जाने र यहाँ भित्रने सबै सवारी साधन अबको केही दिनभित्रमा नै बसपार्कबाटै छुट्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताउनुहुन्छ, नमस्ते रामपुर यातायात प्रालिका अध्यक्ष राजन पोखरेल ।बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रूपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ देखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो ।रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि विसं २०६७ मा तत्कालीन नगर विकास समितिले रु एक लाख ५० हजार रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका–५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिकरुपमा बसपार्क निर्माणको काम थालनी गरियो । समितिले पहिलो चरणमा रु. दुई लाख २० हजारको काम गर्यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा रु. ७५ हजार उपलब्ध भई काम गरियो ।त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट रु. पाँच लाख रकम विनियोजन गरिए पनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । विसं ०७६ मा नगरपालिकाबाट प्राप्त रु आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रुख बिरुवा कटान तथा गिट्टी बिच्छाउनेजस्ता काम गरियो । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाबाट प्राप्त रु पाँच लाख रकमले करिब एक सय ५० मानिस अट्ने क्षमताको ट्रस्ट भवन, एकवटा पक्की शौचालय निर्माणको काम गरिएको छ ।बसपार्क व्यवस्थापनका लागि रामपुर नगरपालिकामा क्रमागत रूपमा रु. पाँच करोड बजेट प्राप्त भएकाले अबको पाँच वर्षभित्रमा व्यवस्थित संरचनासहितको बसपार्क तयार हुने रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । रामपुरबाट दैनिकरुपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाडौंलगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् । पश्चिम नेपाल यातायात प्रालि, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेँसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारीसाधन यहाँ ओहोरदोहोर गर्दछन् । | News | 61,340 |
अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा | लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ । | https://gorkhapatraonline.com/news/20741 | शान्ता अधिकारी चितवन, साउन १६ गते । लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा केही समय अघिदेखि सवारी सञ्चालन शुरु भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने नजिकैको क्षेत्रका पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान ६ः४५ बजेदेखि सडक दुईतर्फ सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले सडक सुचारु भएपछि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको बताइन्छ ।राजधानी काठमाडौंलगायत मध्य नेपालको लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक १२ हजारभन्दा बढी यातायातका साधन आवतजावत गर्छन् । नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोको जोखिम क्षेत्र । तस्बिर : शान्ता अधिकारी | News | 62,193 |
कथा वाचनमा चुकेको ‘एक भागवत र एक गीता’ | नेपाली फिल्ममा मधेशको कथा बिरलै देख्न पाइन्छ । मधेशी चरित्रको गलत चित्रणको आरोप नेपाली फिल्मले खेप्दै आएको पुरानै विषय हो । त्यसैले होला दर्शकको ठूलो सम्भावना बोकेको मधेश नेपाली फिल्मबाट अझै परै देखिन्छ । मधेशका हलमा नेपाली फिल्म बिरलै रुचाइन्छन् । आफूलाई प्रतिनिधित्त्व नगर्ने फिल्मलाई मधेशका दर्शकले अंगालुन् पनि कसरी ? | https://ekantipur.com/entertainment/2023/09/18/169502550736379147.html | काठमाडौँ — नेपाली फिल्ममा मधेशको कथा बिरलै देख्न पाइन्छ । मधेशी चरित्रको गलत चित्रणको आरोप नेपाली फिल्मले खेप्दै आएको पुरानै विषय हो । त्यसैले होला दर्शकको ठूलो सम्भावना बोकेको मधेश नेपाली फिल्मबाट अझै परै देखिन्छ । मधेशका हलमा नेपाली फिल्म बिरलै रुचाइन्छन् । आफूलाई प्रतिनिधित्त्व नगर्ने फिल्मलाई मधेशका दर्शकले अंगालुन् पनि कसरी ?तर, बेलाबखत मधेशका मुद्दा उठाउँदै फिल्मकर्मीले कथा वाचनमा भइरहेको यो असन्तुलनलाई ढाक्ने प्रयास गर्छन् । प्रदर्शनरत 'एक भागवत र एक गीता'मा निर्देशक झरना थापाले मैथली कथा र संस्कृतिलाईलाई मूलधारमा समेट्ने आँट गरेकी छन् । धार्मिक संस्थाहरुका कारण परिवर्तित नामले प्रदर्शनमा आएको यो फिल्ममा मधेश र पहाडलाई जोड्ने कोसिस भएको छ । तर पट्यारलाग्दो पटकथाले फिल्मले उठाउन खोजेको मूल मुद्दामा दर्शकलाई केन्द्रित गराउँदैन । यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील मुद्दा उठाउँदै गम्भीर विषय बहसमा ल्याउनु 'एक भागवत र एक गीता'को सफल पाटो हो । तर केन्द्रीय द्वन्द्वमा फिल्म अलमलिँदा यौनिक कथा अल्पसंख्यक समुदायको यो विषयले छेड्न सक्ने बहसको दायरा खुम्चिएको छ । राजनीति, जातीय विभेददेखि सम्बन्धहरुबीचको तिक्तता र मिठास समेट्दा फिल्म प्रमुख मुद्दामा अडिरहँदैन । उप-कथाहरुलाई पटकथाको डोरीमा उन्न नसक्दा फिल्मको विषय छरिएको छ । भगवत्(जेविश र जेविन श्रेष्ठ) र गीता(सुहाना थापा) को कथाबाट फिल्म सुरु हुन्छ । यौनिक पहिचानकै कारण पहाडदेखि जनकपुर पुगेकी कमला माई(विपिन कार्की)सँगै हुर्किन्छिन् गीता । जनकपुरका मेयर परमेश्वर यादवका कान्छा छोरा भगवत् भने गीतासँग धेरै झ्याम्मिन्छन् । भगवत् कथित उपल्लो जातका । भगवत्भित्रको यौनिक पहिचानलाई गीता र कमला माईले स्वीकारेका छन् । तर भगवतका परिवार छोराको यो सत्यलाई लुकाउन खोज्छन् । यस्तो परिस्थितिबीच भगवत् र गीताको दिदीभाइ सम्बन्धले कस्ता आरोहअवरोह सामना गर्लान् ? फिल्मको कथा यी दुईको सम्बन्धमाथि आधारित छ । यौनिक तथा अल्पसंख्यक समुदायको कथामा नेपाली फिल्म कमै बन्छन् । त्यस अर्थमा निर्देशक थापाले यस्तो कथालाई फिल्ममार्फत भन्न खोज्नु सकरात्मक पक्ष हो । तर यही कथा भन्नलाई थापाले पछ्याएको कथ्य वाचनको शैलीमा भने सुधार आवश्यक लाग्छ । यो फिल्म केन्द्रीय द्वन्द्वमै अलमलिएको छ । द्वन्द्वले नै कथालाई अगाडि बढाउने हो । द्वन्द्वले अवरोध खडा गर्छ, अनि पात्रले त्यसबाट उम्कन संघर्ष गर्छ । जसै पात्रले कठिन संघर्षको सामना गर्छन्, तपाईं चरित्रसँग बाँधिन थाल्नुहुन्छ । तर यो फिल्ममा भगवत् र गीताको संघर्ष सतही रुपमै देखाइएको छ । त्यसैले पात्रहरुले उक्त समयमा गर्ने संघर्षमा दर्शक सरिक हुनै पाउँदैनन् । मध्यान्तरअघिको लामो समय चरित्र स्थापनामा खर्चिएको छ । भगवत् र गीताको सम्बन्ध स्थापनामै लामो समय खर्चँदा मूल मुद्दा हराएको हो कि भन्ने भान हुन्छ । सजिलै अनुमान गर्न सकिने पटकथाका कारण पनि दर्शक फिल्ममा बाँधिदैनन् । फिल्ममा त्रिलोक(कविर खड्का)को भगवत्प्रतिको घृणालाई पनि विश्वासिलो ढंगमा उतारिएको छैन । त्यस्तै, त्रिलोक र गीताबीचको दुश्मनीलाई पनि विश्वसनीय रुपमा देखाइएको छैन । मध्यान्तरपछि फिल्मको कथा प्रेमतिर ढल्किएको छ । मैथली भाषाको लवज यो फिल्मको अर्को कमजोर पक्ष हो । विपिन कार्कीले केही हदसम्म अभिनयमा त्यो लवजलाई टिपेका छन् । भगवत् र गीताले बोल्ने मैथली लवजमा अझै मिहेनत गरेको भए भाषाको मिठासले फिल्ममा सौन्दर्य थपिदिने थियो । अधिकांश ठाउँमा पात्रहरुले मैथली लवजलाई कण्ठ गरेर बोलेको आभास हुन्छ । संवाद नौलो छैन । लैंगिककतामाथि विषय उठ्दा पात्रले जातीयताको संवाद बोलिरहेका हुन्छन् ।फिल्ममा त्यस्ता थुप्रै दृश्य छन्, जसलाई छाँटिदिएको भए पनि कथा अगाडि बढ्ने थियो । त्यस अर्थमा फिल्मलाई सम्पादन टेबलमा पनि कसिलो बनाउन सकिन्थ्यो । झरनाका अन्य फिल्ममाझैं 'एक भागवत र एक गीता'मा सुन्दर दृश्य फ्रेममा कैद गरिएको छ । माछापुछ्रेलाई पृष्ठभूमिका राखिएका अधिकांश दृश्यले आँखालाई शीतल बनाउँछन् । तर सुन्दर दृश्यको तादम्यले मात्रै पनि त कथा भन्ने होइन !यो फिल्मलाई विपिन कार्कीको अभिनयले जोगाएको छ । कमला माईको भूमिकामा विपिन फिट देखिएका छन् । पात्रभित्रको स्त्री चरित्रलाई अभिनयमार्फत पस्कन उनी सफल छन् । मैथली लवजलाई मज्जाले पक्रेका छन् । केही दृश्यमा त्यो लवजलाई पक्रन उनी चुकेका छन् । फिल्ममा धिरज मगर, कविर खड्काको अभिनय तारिफलागयक छ । अनुराग कुँवरले पनि लवजमा काम गरेको देखिन्छ । सेते साहुले बोल्ने हिन्दी लवजले हाँसो थपिदिन्छ । सेते साहुको भूमिकामा रियर राईले गरेको अभिनय दर्शकको ध्यान तान्न सफल छ । पछिल्ला फिल्मको दाँजोमा गीता चरित्रमा सुहानाको अभिनय खुम्चिएको छ । मधेशको रैथाने स्वाद बोकेको गीतले भने फिल्ममा मिठास थपिदिएको छ । अन्य गीतका दाँजोमा 'झिँझिया'ले मधेशको संस्कृति समेट्छ । मधेशको रैथाने भाकालाई फिल्ममा समावेश गर्ने प्रयास भएको छ । खासमा यस्तै केही प्रयासबीच निर्देशक थापाले एउटा संवेदनशील विषयलाई फिल्ममार्फत उठाउन त खोजेकी छन् । तर आफूले भन्न खोजेको कुरालाई प्रष्टसँग दृश्यमा देखाउन नसक्नु उनको कमजोरी हो । फिल्मको कथासँग जोडिन आउने उपकथालाई पटकथामा बुन्न उनी चुकेकी छन् । त्यसैले पनि फिल्मले उठाउन खोजेको विषय सतही बनेको छ । जातीयता, लैङ्गिकता र राजनीतिका विषय गहिराइमा पुग्नै पाउँदैन ।'एक भागवत र एक गीता'ले यौनिक तथा अल्पसंख्यकलाई अझै पनि समाज र परिवारले स्वीकार्न नसकेको सत्यलाई भने उजागर गरिदिएको छ । यो समुदायका पीडा र संघर्षलाई समेट्दै फिल्मले यौनिक तथा अल्पसंख्यकलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुपर्ने सन्देश दिन्छ । | Entertainment | 7,431 |
उपनिर्वाचन : बारा -२ मा २२ प्रतिशत मतदान | बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । | https://gorkhapatraonline.com/news/61979 | बारा, वैशाख १० गते । बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो ।यसैबीच निर्वाचन बिथोल्ने कार्य गरेको भन्दै देवताल गाउँपालिका –७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका –४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहट वृन्दावन नगरपालिका –१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका –४ निवासी ३५ वर्षीय उमेश यादव, प्रसौनी गाउँपालिका –४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका –७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।उक्त क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस | News | 56,944 |
सेरेनाको लक्ष्य कीर्तिमानतिर | सेरेना विलियम्स फेरि एकपल्ट जितको बाटोमा फर्केकी छन् । अस्ट्रेलियन ओपन सुरु हुँदा उनको एकमात्र लक्ष्य हुनेछ, कीर्तिमानी २४ औं ग्रान्ड स्लाम जित्ने । सन् २०१७ देखि उनी यही अभियानमा छन् । त्यस वर्ष उनले मेलबर्नमा आफ्नो २३ औं ग्रान्ड स्लाम उपाधि पनि जितेकी थिइन् । तर त्यसयता उनले चार ग्रान्ड स्लाम फाइनलमा हार बेहोरिइसकेकी छन् । | https://ekantipur.com/sports/2020/01/16/157914353167934643.html | मेलबर्न — सेरेना विलियम्स फेरि एकपल्ट जितको बाटोमा फर्केकी छन् । अस्ट्रेलियन ओपन सुरु हुँदा उनको एकमात्र लक्ष्य हुनेछ, कीर्तिमानी २४ औं ग्रान्ड स्लाम जित्ने । सन् २०१७ देखि उनी यही अभियानमा छन् । त्यस वर्ष उनले मेलबर्नमा आफ्नो २३ औं ग्रान्ड स्लाम उपाधि पनि जितेकी थिइन् । तर त्यसयता उनले चार ग्रान्ड स्लाम फाइनलमा हार बेहोरिइसकेकी छन् ।अमेरिकाकी ३८ वर्षीया खेलाडीका लागि संकेत भने राम्रो रहेको छ । किनभने भर्खरै उनले तीन वर्षको प्रतीक्षामा पूर्णविराम लगाउँदै गत साता अकल्यान्ड क्लासिक जितिन् । उनको यो सफलता अरू युवा प्रतिद्वन्द्वी खेलाडीका लागि ठूलो चुनौती बनेको छ ।उपाधिको होडमा सेरेनाका प्रमुख प्रतिद्वन्द्वी हुन सक्नेछन्, अस्ट्रेलियाकी विश्व नम्बर एक खेलाडी अस्लेग बार्टी र डिफेन्डिङ च्याम्पियन जापानकी नाओमी ओसाका । सबैभन्दा बढी दबाब भने सेरेनामै रहनेछ, किनकि उनी २४ औं ग्रान्ड स्लाम जित्न संघर्षरत छिन् । यसपल्ट जित्न सके उनले सन् १९६० देखि १९७३ बीच मार्टरेट कोर्टले जितेको २४ ग्रान्ड स्लाम उपाधिको बराबरी हुनेछ । ‘कीर्तिमान नै मेरो लक्ष्य होइन,’ सेरेनाले भनेकी छन्, खासमा मेरो लक्ष्य ग्रान्ड स्लाम उपाधि जित्नु हो ।’ उनको वरीयता नवौं स्थानमा छ । उनी आफ्नो खास खास रोजाइका प्रतियोगिता मात्र खेल्ने गर्छिन् । पूर्व नम्बर एक सेरेनाले अहिलेसम्म ७३ डब्लूटीए उपाधि जितेकी छन् । यसक्रममा चार दशक छुने गरेर कोर्टमा सक्रिय रहेकी छन् । उनले अहिले तत्काल संन्यासको कुनै छनक पनि देखाएकी छैनन् । | Sports | 25,858 |
व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान | केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । | https://gorkhapatraonline.com/news/65030 | वीरगञ्ज, जेठ ८ गते । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आउनुभएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ । बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गर्नुभएका ५० वर्षीय उहाँ अहिले जिल्लामा च्याउ उत्पादक किसानको रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको हो । कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उहाँलाई अहिले च्याउबाला रामनाथको रूपमा स्थानीयले सम्झिने गरेका छन् । स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आउनुभएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पुर्याउने भन्ने हतारो हुन्छ । सामान्य लेखपढ गर्न मात्र जान्नुभएका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रूपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौँसम्म पुर्याएर राम्रो आम्दानी गर्दै आएको बताउनुहुन्छ । “पहिला चर्को घाममा उभिएर काम गर्नुपर्दा धेरै स्वास्थ्य समस्या हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “त्यही भएर राजमिस्त्रीको काम छाडेर व्यवसायी गर्छु भनेर सोचे र च्याउ खेती सुरु गरे ।” थोरै मिहिनेत र कम समयमा राम्रो आम्दानी हुने भएकाले च्याउ खेतीलाई आफूले व्यावसायिक रूपमा अघि बढाएको उहाँको भनाइ छ ।“सुरु सुरुमा च्याउ खेतीबारे खासै कुनै जानकारी थिएन, त्यसैले के गर्ने नगर्ने अन्यौलतामा थिए”, किसान पासवान भन्नुहुन्छ, “पछि युट्युब च्यानलबाट हेरेर यहीबाट सिक्दै च्याउ खेती सुरु गरे, अहिले यसबारे पूरा सिकिसके ।” कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले पनि समय समयमा यसबारे परामर्श दिइरहनुभएको छ । स्थानीय कच्चा पदार्थ (सोतर)को प्रयोग गरेर उत्पादन सुरु गरेको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उहाँको भनाइ छ । च्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त मानिन्छ । गर्मीयाम उत्पादन नहुने भए पनि च्याउ खेतीबाट वार्षिक तीन÷चार लाखसम्म आम्दानी गर्ने गरेको पासवानको कथन छ ।एक्लैले नभ्याइपछि पासवानले अहिले उत्पादित च्याउ टिप्न र प्याकिङ गर्न चार जना कामदारलाई रोजगारीसमेत दिनुभएको छ । “अहिले दैनिक ४०÷५० किलो च्याउ उत्पादन हुन्छ, त्यो टिपेर प्याकिङ गर्न एक्लैले भ्याउँदैन”, पासवान भन्नुहुन्छ, “त्यसैले चार जनालाई कामदारको रूपमा राखेको छु, उहाँहरूले सघाइरहनुभएको छ ।” च्याउ टिपेर प्याकिङ गरेपछि व्यापारी फर्ममै च्याउ खरिद गर्न आउने गरेको पासवानको भनाइ छ । कुनै बेला खान लाउनसमेत धौधौ हुने पासवानलाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च च्याउ खेतीकै आम्दानीले पुग्ने गरेको छ । उहाँले सोही व्यवसायबाट आफ्ना चार छोराछोरीलाई वीरगञ्जस्थित राम्रो विद्यालयमा पढाइरहनु भएको छ । च्याउ खेतीका लागि खासै ठुलो समस्या नरहेको बताउने किसान पासवान गर्मीयाम उत्पादन नहुने र पानी जम्ने हुँदा केही समस्या भइरहेको बताउनुहुन्छ । च्याउ खान स्वादिष्ट र स्वास्थ्यकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले पर्साको वीरगञ्ज लगायतका बजारमा प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको च्याउ व्यापारी तेजीलालकुमार सर्राफ बताउनुहुन्छ । “बजारमा च्याउको माग बढी छ, तर उत्पादन त्यति छैन”, उहाँ भन्नुहुन्छ, “जिल्लाको दुई ठाउँमा मात्र च्याउ खेती हुन्छ, त्यसले बजारको मागलाई धान्न सकिरहेको छैन ।” हेटौँडाबाट पनि च्याउ मगाउँछौँ तर पासवानको फर्मबाट उत्पादन भएको च्याउको जस्तो हेटौँडाबाट आउने च्याउमा स्वाद नभएकाले यहीको च्याउ नै धेरैले खोज्ने गरेको सर्राफ बताउनुहुन्छ । च्याउ खेतीलाई प्रवर्द्धन गर्न आवश्यक परामर्शसहित बिउबिजनसमेत सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रका पर्साका प्रमुख मुनिलाल कुशवाह बताउनुहुन्छ । सुरुमा व्यवसाय सञ्चालनका लागि आफ्नै लगानी परे पनि अहिले यस्ता कृषकलाई आर्थिक तथा प्रविधि सहयोगसमेत गर्दै आएको प्रमुख कुशवाहको भनाइ छ । बजारीकरणको समेत राम्रो सम्भावना भएकाले च्याउ खेतीलाई प्रवर्द्धन गर्ने आफूहरूको नीति रहेको उहाँले बताउनुभयो ।रासस | News | 38,006 |
कामपाका सहकारीमा सूचना अधिकारी | काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरूले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । | https://gorkhapatraonline.com/news/108433 | काठमाडौँ, जेठ ५ गते । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरूले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐन बमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान बमोजिम कामपाले गत वैशाखभित्र अधिकारी तोकेर विभागमा जानकारी गराउन दिएको निर्देशनलाई आत्मसात् गर्दै सहकारीले सूचना अधिकारी राख्न थालेका हुन् ।कामपाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारीहरूले सूचना अधिकारी तोकेर जानकारी गराउन थालेका छन् । अहिले करिब १५ सहकारीले सूचना अधिकारी तोकेर जानकारी गराइसकेका उहाँले जानकारी दिनुभयो । “अन्यले पनि राख्नेबारे जानकारी गराइसकेका छन्”, प्रमुख त्रिपाठीले भन्नुभयो, “यसरी सूचना अधिकारी राख्दा सहकारीकै कर्मचारी वा सहकारीको सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ ।” उहाँका अनुसार हाल कामपामा एक हजार नौ सय सहकारी सञ्चालनमा छन् । एक हजार छ सय २८ बचत तथा ऋण, दुई सय ६४ बहुउद्देश्यीय, तीन श्रमिक, १५ कृषि सहकारी, १३ उपभोक्ता सहकारी, तीन सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका एक-एक वटा सहकारी रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार वि.सं.२०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि वि.सं.२०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । साझा सोच र आवश्यकता भएका व्यक्तिहरूले सामूहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सञ्चालित आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापित संस्था सहकारी हो ।पछिल्लो समय सहकारीहरू ताला लगाएर बेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनुपर्यो भन्ने निवेदन आउने गरेको कामपाको भनाइ छ । बचत फिर्ता भएन भनेर बचतकर्ताले रकम गराइ पाउन भनेर निवेदन दिने गरेका कामपाको सहकारी विभागका प्रमुख त्रिपाठीले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बिचको दृष्टि एउटै हुनुपर्ने र सहकारीले आफूलाई इमान्दार तथा स्वनियममा राख्नुपर्ने उहाँको भनाइ छ । सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्नेलगायत कारण रहेका सहकारी विभागले जनाएको छ । रासस | News | 34,537 |
जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । | https://gorkhapatraonline.com/news/49928 | काठमाडौं, पुस १९ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।स्पिकर्स फोरम नेपालले आज (मङ्गलबार) यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया कार्यक्रममा उहाँले केही कानुनी जटिलताका बीच पनि सङ्घ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ ।” अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिनुभयो । मुलुकको संविधानको व्यवस्थाअनुरुप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राख्नुभयो ।अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै कमीकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । “प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ”, उहाँले भन्नुभयो, “सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।”उहाँले प्रदेशसभालाई प्रभावकारी बनाउन र जनआकाङ्क्षा अनुरुप काम गर्न स्पिकर्स फोरमको महत्वपूर्ण भूमिका हुने भन्दै सातै प्रदेशमा अन्तरक्रिया गरेर प्रदेशसभाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा जोड दिनुभयो ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जनप्रतिनिधि कानुन बनाउनेभन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी सङ्घ र प्रदेशसभालाई कानुनमार्फत प्रभावकारी थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । “सङ्घ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरुप अधिकार सम्पन्न बनाउन सकिएको छैन । केन्द्रिकृत प्रवृत्ति हाबी भइरहेको छ, त्यसकारण प्रणालीलाई ठीक ढङ्गले चलाउन कठिन भएकै सन्दर्भमा जनचाहना बमोजिम राष्ट्रियसभाको कामलाई प्रभावकारी बनाइनुपर्छ”, पूर्व सभामुखसमेत रहनुभएका नेता पौडेलले भन्नुभयो ।कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक ऐन, कानुन बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेशसभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थान तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संसदीय प्रणालीलाई बलियो र प्रभावकारी बनाउन जनप्रतिनिधि जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दाहालले सङ्घ र प्रदेशको प्रभावकारी समन्वयमा सुशासन र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका निवर्तमान सभामुख एवं स्पिकर्स फोरमका संयोजक राजबहादुर शाहीले लामो बलिदानिपूर्ण सङ्घर्षबाट अहिलेको व्यवस्था आएको भन्दै सङ्घ र प्रदेशबीचको सम्बन्ध स्थापित गर्न फोरमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।सङ्घ र प्रदेश सरकारबीच पुलको भूमिका निर्वाह गरी जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेशसभाका निवर्तमान सभामुख र उपसभामुखहरुको साझा फोरमको रुपमा स्पिकर्स फोरम स्थापना गरिएको हो । | News | 59,339 |
करेन्ट लागेर ३६ वटा सारस क्रेन मरे | विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो । | https://gorkhapatraonline.com/news/67758 | लक्ष्मण पौडेलभैरहवा, जेठ ३२ गते । विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो । बृहत्तर लुम्बिनीअन्तर्गत रुपन्देही, नवलपरासी र कपिलवस्तुका सिमसार क्षेत्रलाई केन्द्र विन्दुमा राखेर गरिएको सर्वेक्षणले करेन्ट लागेर ३६ वटा सारस क्रेनको मृत्यु भएको देखाएको छ ।नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको एक सर्वेक्षणले विश्वमै दुर्लभ श्रेणीमा रहेको सारस क्रेन विद्युतीय पोलका कारण जोखिममा परेको देखाएको हो ।अध्ययनमा संलग्न प्राणीशास्त्री डा. हेमबहादुर कटुवालका अनुसार सर्वेक्षणले विद्युतीय पोलमा करेन्ट लागेर सारस क्रेनको मृत्यु भइरहेको नयाँ तथ्य बाहिर ल्याएको छ । उहाँले भन्नुभयो, “सहरीकरणले कसरी सारसको सङ्ख्या घटाइरहेको छ भन्ने देखाउँछ । सहरीकरणको नकारात्मक प्रभावलाई रोक्ने उपायबारे सोच्न आवश्यक भइसकेको छ ।” सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस बृहत् लुम्बिनी क्षेत्रमा फेला परेका छन् ।सारसलाई नेपालका नौ वटा संरक्षित पन्क्षीहरुको सूचीमा पनि राखिएको छ । पन्क्षी अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले डब्लुडब्लुएफ नेपाल र इन्टरनेशनल क्रेन फाउण्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार २८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा दुई सय, रुपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएका छन् । गत अप्रिल र मे महिनाको बीचमा बृहत् लुम्बिनी क्षेत्रमा ९३ वटा, पाँच–पाँच किलोमिटर ग्रिडहरूमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो । विशेषगरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैँडहवा ताल, खडैया इटा भट्टा, दुई मुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको थियो ।साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोबास गर्छ । कटुवालले सारसको जम्माजम्मी सङ्ख्या पत्ता लगाउने, यसको भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबीचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानीय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको बताउनुभयो ।उहाँका अनुसार सिमसार र कृषिभूमिमा प्रत्यक्ष असर पर्दै जाँदा यही क्षेत्रलाई वासस्थानका रूपमा प्रयोग गर्ने सारस चराको अस्तित्व सङ्कटामा पर्दै गएको छ ।“अध्ययनको मुख्य उद्देश्य पूर्व प्रजनन (गर्मी याम) मा सारसको वितरण, जनसङ्ख्याको निर्धारण, रुस्टिङ साइटको पहिचान, मानवनिर्मित खतरा र सारस क्रेनको उपस्थितिलाई असर गर्ने तत्त्वको अनुसन्धान गर्ने थियो ।,” उहाँले भन्नुभयो, “क्षेत्रीय अवलोकन र अध्ययन अनुसन्धानमार्फत हामीले तराईको चितवनदेखि कञ्चनपुरसम्म फैलिएको १० जिल्लामा सारस क्रेनको उपस्थिति पुष्टि गर्यौँ । भविष्यवाणी गर्ने मोडेल प्रयोग गरेर हामीले नेपालको कुल क्षेत्रफलको लगभग ४.५ (६,६५९ वर्ग किमी) सारस क्रेनको लागि उपयुक्त वासस्थान भएको अनुमान गरेका छौँ ।”सोसाइटीका महासचिव हरिप्रसाद शर्माले अध्ययनबाट आएका निष्कर्षलाई दृष्टिगत गर्दै सारस संरक्षण र सारसबाट पर्यावरण र पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत तहमा छलफल गर्ने बाटो खुलेको बताउनुभयो ।प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुमार सापकोटाले अध्ययनका क्रममा कृषि परिदृश्यसँगै सिमसार जग्गाको अभाव र निर्माण प्रयोजनका लागि सिमसार जग्गा सुकाउनुलाई महत्त्वपूर्ण खतराका रूपमा पहिचान गरिएको बताउनुभयो । | News | 55,659 |
महेन्द्र पार्कको पुनर्निर्माणले चहलपहल बढ्यो | दुइ दशक अघि सम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वन स्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको उक्त पार्क त्यसयता बेवास्ता तथा बिभिन्न आन्दोलनको मारमा पर्दा जिर्ण थियो । तर अहिले स्थानीयबासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ । | https://gorkhapatraonline.com/news/15405 | धनकुटा हिले, जेठ २६ गते । दुइ दशक अघिसम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वनस्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको उक्त पार्क त्यसयता बेवास्ता तथा विभिन्न आन्दोलनको मारमा पर्दा जीर्ण थियो । तर अहिले स्थानीयवासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ ।राजा महेन्द्र धनकुटा भ्रमणमा आउने भएपछि तत्कालीन धनकुटा गौडाका बडाहाकिम रङ्गनाथ उप्रेतीले २०१२ सालमा धनकुटास्थित ऐतिहासिक सल्लेरी वनमा महेन्द्र पार्क निर्माण गर्न लगाएका थिए । एक वर्षपछि २०१३ सालमा बडाहाकिम गेहेन्द्र शमसेर थापाले निर्माण पूरा गरेका थिए । सोही वर्ष राजा महेन्द्र धनकुटा आएपछि त्यही पार्कमा कविता गोष्ठी गरेका थिए । पूर्वमा पार्कको प्रचलन सुरु नहुँदै धनकुटा गौंडामा निर्माण भएको सो पार्क निकै लामो समयसम्म रह्यो । तर पछि पार्क बेबास्ताका कारण बेवारिसे हुँदा भत्किएर जीर्ण भएको थियो । अलि अलि रहेको प्रमाण पनि २०६२÷६३ को जनआन्दोलनको निसानामा पर्यो र पूर्ण रुपमा जीर्ण भयो । तर अहिले फेरि एक पटक सो पार्कले पुरानै शैलीको नयाँ रुप पाएको छ । पूर्वकै पुरानो र इतिहाससँग जोडिएकोले पार्क पुनः निर्माण गरिएको निर्माता बताउँछन् । यो धनकुटाको एउटा इतिहास भएकाले पुनः निर्माणमा लागेको पार्क निर्माणका नेतृत्वकर्ता ठाकुरप्रसाद बराल बताउनुहुन्छ । “यो पार्क राजा महेन्द्रसँग जोडिएको छ पूर्वमा पार्कको इतिहास सुरु नहुँदै यो पार्क बनेको थियो तर विभिन्न काल खण्डमा यसलाइ भत्काइयो जीर्ण बनाइयो तर एउटा इतिहास भएकाले पुनः निर्माण गर्यौ” बराल भन्नुहुन्छ ।पाार्कमा पुरानै शैलीको इनार, ढुङ्गा र माटोबाट निर्माण गरिएको वाल, गेट, सिँढी तथा लामा र चेप्टा ढुङ्गा प्रयोग गरी बस्ने स्थान निर्माण गरिएको छ । जुन २०१२ सालमा निर्माण गर्दा प्रयोग गरिएको थियो । पार्क निर्माण गर्न करिब चार लाख रुपियाँ लागेको छ । सरकारी सहयोग बिनै पुनर्निर्माणका लागि सबै रकम शुभचिन्तक दाताहरुबाट सङ्कलन भएको स्थानीय राजेश्वरबहादुर श्रेष्ठ बताउनुहुन्छ ।“पुराना यो पार्क थाहा पाउने ब्यक्तिलाइ हामीले यो पार्कको बारेमा कुरा गर्यौ विभिन्न स्थानमा रहने ब्यक्तिले पुनः निर्माण गर्नुपर्ने कुरा गर्नुभयो सहयोग समेत गर्नुभयो त्यसैले सरकारी सहयोग बिना नै पुनः निर्माण सम्भव भयो” श्रेष्ठ भन्नुहुन्छ ।पार्क बराल र श्रेष् सहित मूर्तिकार श्रीकृष्ण जोशी, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, इश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राई तथा बरख गण सल्लेरी ब्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, कोशी आयुर्वेदको सहयोग छ । यो पार्क करिब दुइ दशक अघिसम्म धनकुटा आइपुग्ने जो कोहीको लागि आकर्षणको केन्द्र थियो । धनकुटा बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनको लागि आउने विद्यार्थी माझ त अझ लोकप्रिय थियो । | News | 49,889 |
विराट राजाको दरबार सङ्ग्रहालय उद्घाटन | कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । | https://gorkhapatraonline.com/news/57188 | सचिन पोख्रेलविराटनगर, फागुन २८ गते । कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली सेनाले सङ्ग्रहालयको रुपमा स्थापित गरी ऐतिहासिक सम्पदाको संरक्षण, सम्बर्धन र प्रचारप्रसारको अभियानको कामलाई अगाडि बढाएको हो । नेपाली सेनाले विराट राजाको दरबार क्षेत्रलाई समेटेर निर्माण गरेको विराट राजा दरबार सङ्ग्रहालयको आइतबार सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले उद्घाटन गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरणसमेत गर्नुभएको छ । पृतनापति उपरथी तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । सेनाले निर्माण गरी महानगरपालिकालाइ हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचीन विराट राजा दरबार संग्राहालय भवन सेनाको भैरव दल गणले निर्माण हस्तान्तरण गरेको हो । नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत १९ लाख ७५ हजारको लागतमा संग्रहालय भवन निर्माण भएको हो कार्यक्रममा महानगरपालिकाका प्रमुख कोइरालाले प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण अभियानमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नव स्थापित सङ्ग्रहालयको विकास र विस्तारका लागि महानगरपालिकाको विशेष योजना अगाडि सार्ने बताउनु भयो । महाभारत कालमा करिब ८ विगाहा ३ कठ्ठा १७ धुरमा फैलिएको यो स्थान भेडियारी राजा विराटको राजधानी रहेको तथा मत्सेय देशको नामले परिचित रहेको किवंदन्ती छ । सो क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्टिर, भीम, अर्जुन, नकुल र सहदेव र उनीहरूकी पत्नी द्रौपती गुप्तवासको क्रममा नाम परिवर्तन गरी राजा विराटको दरबाररमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ । विभिन्न कालखण्डमा स्थानीयबासीले संरक्षण गर्दै आइरहेको र वि.सं.२०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन गर्दा प्राचीन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको चालिस वटा मुद्रासमेत भेटिए पश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेको थियो । राजा विराट दरवार संग्रहालयको निर्माण र सञ्चालनले यस क्षेत्रको संरक्षण, सम्बर्धन र जगेर्नामात्र होइन, कोशी प्रदेशको पर्यटन प्रवर्धनमा समेत अपेक्षाकृत सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका उपप्रमुख, मोरङ्गका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, नेपाली सेनाको नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश थापा, भैरव गणका गणपति अमृत थापा मगरलगायत विराट राजा प्राचीन दरबर खोज तथा संरक्षण समितिका पदाधिकारीसमेतको सहभागिता रहेको थियो । | News | 57,863 |
वान डे सिरिजमा वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको ह्वाइटवास | अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार वेस्ट इन्डिजलाई सजिलै आठ विकेटले पराजित गरेको छ । यससँगै तीन खेलको सिरिज ३–० ले जित्दै अस्ट्रेलियाले ह्वाइटवास गरेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ८६ रनमा अलआउट भएपछि अस्ट्रेलियाको सजिलो जित सम्भव भएको हो । | https://ekantipur.com/sports/2024/02/06/australia-whitewash-west-indies-in-odi-series-11-41.html | क्यानबेरा — अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार वेस्ट इन्डिजलाई सजिलै आठ विकेटले पराजित गरेको छ । यससँगै तीन खेलको सिरिज ३–० ले जित्दै अस्ट्रेलियाले ह्वाइटवास गरेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ८६ रनमा अलआउट भएपछि अस्ट्रेलियाको सजिलो जित सम्भव भएको हो ।‘प्लेयर द म्याच’ ज्याभिएर बारलेटले २१ रनमा चार विकेट लिएपछि वेस्ट इन्डिज २४.१ ओभर मात्र टिकेको थियो । वेस्ट इन्डिजका लागि ओपनर एलिक एथानेजले बनाएको ३२ रननै सर्वाधिक ठूलो स्कोर रह्यो । उनलाई छाडेर अरू दुई ब्याटरले मात्र दोहोरो अंक छोए ।जवाफमा अस्ट्रेलियाले ६.५ ओभर मात्र उपयोग गर्दै दुई विकेटमा ८७ रन बनायो । ओपभर जेक फ्रेसर म्याकगर्कले सर्वाधिक ४१ रन बनाए । यस्तै जोस इङ्लिसले ३६ रन बनाए । | Sports | 14,933 |
कोरोना भाइरस नेपाल: सङ्क्रमणको डरले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, सरकार के गर्दैछ | काठमाण्डू उपत्यकाभित्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले घरबेटीले घर नआउन दबाव दिएको गुनासो गरेका छन्। | https://www.bbc.com/nepali/news-52698555 | उनीहरूले अस्पतालमै वा अन्यत्र छुट्टै बस्ने व्यवस्था नहुँदा डेरामा जानुपर्ने बाध्यता रहेको तर घरबेटी तथा छिमेकीबाट दुर्व्यवहार समेत खेप्नुपरेको गुनासो गरेका हुन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले त्यसबारे लिखित रूपमा नै अस्पताल प्रशासनलाई गुनासो गरेको त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिका सभापति खलबहादुर क्षेत्रीले बताए। क्षेत्रीले भने, "त्यस्तो कुराहरू लिखित नै आएपछि हामीले निकाय प्रमुख अगाडि राखेका छौँ। त्यसबारे निर्देशकज्यूसँग पनि कुराकानी भइसकेको छ।" 'अस्पतालमै बस्नूस कि पीसीआर रिर्पोट दिनूस्' गत साता शिक्षण अस्पतालमा उपचारत बिरामीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उक्त अस्पताल नजिकै डेरा गरेर बस्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई घरबेटीहरूले घरमा नआउन दबाव दिन थालेको चिकित्सकहरू बताउँछन्। न्याशनल रेसिडेन्ट डक्टर्स एसोशिएसन शिक्षण अस्पतालका अध्यक्ष डा. अनुप उप्रेतीले भने, "कतिपय स्वास्थ्यकर्मीलाई घरबेटीले 'तपाईंहरू अस्पतालमै बस्नूस्, यहाँ नआउनूस्' भन्ने तथा कतिलाई 'पीसीआरको रिपोर्ट देखाउनूस्' भन्ने गरेको गुनासो आएको छ।" उनले विशेषगरी आवासीय चिकित्सकहरू, नर्सहरू र अन्य अस्पतालका कर्मचारीले यस्तो समस्या भोगेको जानकारी दिए। "यो समस्या समाधानका लागि सरकारले अविलम्ब हामीलाई अस्थायी बस्ने व्यवस्था मिलाउनु आवश्यक छ," उनले भने। नर्सहरूलाई पनि उस्तै शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले पनि आफूहरूलाई घरबेटीले घरमा नआउन दबाव दिएको बताए। आफ्नै घर भएका नर्सहरूलाई पनि टोलका मानिसहरूले "फलानीले रोग लिएर आउने भई" भन्दै दुर्व्यवहार गरेको शिक्षण अस्पतालका नर्सहरूले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै बताए। शिक्षण अस्पतालकी सहप्राध्यापक डा. मेरिना श्रेष्ठले पनि आवासीय चिकित्सकहरूले दुर्व्यवहार भएको गुनासो गरेको बताइन्। उनले भनिन्, "घर र टोलछिमेकमा त्यस्तो समस्या भोगेको कुराहरू कतिपयले सुनाउनु भएको छ।" "तर त्यस्तो समस्या भयो भन्ने कुराहरू सामाजिक सञ्जालमा आएपछि कतिपय होटल व्यवसायीले हामी बस्ने व्यवस्था गर्छौँ भनेर इच्छा पनि देखाउनु भएको छ।" शिक्षण अस्पतालकै एकजना आवसीय चिकित्सक डा. एलिजा हमालले भने दुर्व्यवहार नभोगे पनि कतिपय चिकित्सकहरू घरमा जाने अवस्था नभएको बताइन्। उनले भनिन्, "म पनि अस्पताल नजिकै फ्ल्याट लिएर बसेकी थिएँ। तर त्यहाँ साना बालबालिकाहरू छन्। म आफैँलाई पनि त्यहाँ जान मन लागेन त्यसैले म अहिले अस्पतालमा साथीहरूसँग बसिरहेकी छु।" "यो बेलामा अस्थायी बसोबासको व्यवस्था गरिदिए सबैभन्दा राम्रो हुन्थ्यो।" दुई खाले समस्या शिक्षण अस्पतालकै आवासीय चिकित्सक डा. सुमन दाहालले स्वास्थकर्मीहरू अहिले दुई खाले समस्यासँग जुझिरहेको बताए। उनका अनुसार स्वास्थ्यकर्मीहरूलाई एकखाले घरबेटीहरूले 'अस्पताल गएपछि १४ दिन क्वारन्टीन बस्नुपर्ने किन दिनैपिच्छे घर आउनु भएको' भन्ने गरेका छन्। त्यस्तै अर्काखाले घरबेटीले 'पीसीआरको रिपोर्ट नेगेटिभ भएको देखाउनुस् नत्र घर नआउनूस्' भन्ने गरेका छन्। तेस्रो प्रकारका घरबेटीले भने अप्रत्यक्षरूपमा मात्र घर नआइदिए हुन्थ्यो भन्ने गर्छन्। उनी भन्छन्, "अर्को समस्या चाहिँ हामी आफैँलाई पनि धेरै जोखिमयुक्त मानिसहरू वृद्धवृद्धा वा दीर्घरोगी भएका घरमा जान नैतिक सङ्कट छ।" "नजाउँ अस्पतालमा बस्ने व्यवस्था छैन, जाउँ घरमा जोखिम समूहका मानिसहरू छन्।" उनले यी सबै समस्याको समाधान गर्न अस्पतालमै बस्ने व्यवस्था गरिनुपर्ने बताए। विशेष बसोबास उत्तम उपाय नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजालका अनुसार हालसम्म कुनै पनि चिकित्सकले घरबेटीले आफूलाई घरबाट निकालेको भन्ने औपचारिक जानकारी गराएका छैनन्। तर व्यक्तिगत कुराकानीमा धेरैले अफ्ट्यारो परेको जानकारी गराएको छन्। उनले त्यसको समाधानका लागि कोभिड-१९ को उपचारमा खटिनेलाई सरकारी नीति अनुसार अस्पतालमै क्वारन्टीनमा राखिनुपर्नेमा जोड दिए। अन्यलाई पनि पर्याप्त सुरक्षा सामग्रीको प्रबन्ध गर्नुका साथै अस्थायी बसोबासको व्यवस्था गर्न सकिने उनी बताउँछन्। "स्वास्थ्यकर्मी सङ्क्रमित भए भने धेरैजना सङ्क्रमित हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। सरकारले पनि त्यसलाई मनन् गरेर व्यवस्थापन गर्नुपर्छ," उनले भने। चिकित्सकको मनोबल बढाउन पनि बसोबासका लागि विशेष व्यवस्था हुनुपर्ने उनले बताए। अधिकारीहरू के भन्छन्? स्वास्थ्यकर्मीहरूले भोगेको समस्याबारे जिज्ञासा राख्दा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले उक्त विषयलाई अस्पतालले गम्भीर रूपमा लिएको बताए। उनले भने, "हाम्रा स्वास्थ्यकर्मी र कर्मचारीहरूको पनि दोहोरो कुराकानी छ। मैले कुन कुन घरबेटीले बस्न दिएनन् नाम र ठेगाना दिनु सीडीओलाई एक्सन लिन लगाउनुँछ भन्दा कसैले दिन सकेका छैनन्।" "एक्सनमा गइदियो भने बस्न पाइदैन भन्ने चिन्ता छ। नजाउ भने पनि समस्या छ।" उनले शिक्षण अस्पताल आफैँले कुनै 'एक्सन' लिन नसक्ने बताए। स्वास्थ्यकर्मीको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको र काठमाण्डूका प्रमुख जिल्ला अधिकारीलाई पनि ध्यानाकर्षण गराएको बताए। काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शिक्षण अस्पतालबाट त्यस्तो जानकारी आएको बताए। जनचेतना आवश्यक उनले भने, "शिक्षण अस्पतालको केसलाई लिएर चाहिँ हामीले जनचेतना जगाउनु पर्ने आवश्यकता रहेको छ।" "त्यसका लागि मैले सम्बन्धित वडाध्यक्षलाई कुरा गर्ने आश्वासन दिएको छु। त्यस्तै अस्पतालका सबै कर्मचारीको परीक्षण पर्न पनि मैले आग्रह गरेको छु। त्यो प्रमाण देखाएर पनि घरबेटीलाई मनाउन सकिन्छ।" उनले घरबेटीहरूमा जनचेतना जगाउन र सम्झाउनका लागि प्रहरी र सम्बन्धित पालिका तथा वडाका जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको जानकारी दिए। आइतवार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने कार्य नगर्न आग्रह गरे। उनले त्यस्ता क्रियाकलापप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता गतिविधि नगर्न अपिल गरे। | Others | 67,804 |
एसी मिलान शीर्षबाट तीन अंकको दूरीमा | एसी मिलानले इटालीको सिरी ‘ए’ मा आइतबार भेरोनामाथि २–० को जित निकालेको छ । यससँगै टोली शीर्ष स्थानबाट तीन अंकको दूरीमा रह्यो । इन्टर मिलान ५९ अंकसहित शीर्ष स्थानमा छ । | https://ekantipur.com/sports/2021/03/08/16151669414061804.html | मिलान — एसी मिलानले इटालीको सिरी ‘ए’ मा आइतबार भेरोनामाथि २–० को जित निकालेको छ । यससँगै टोली शीर्ष स्थानबाट तीन अंकको दूरीमा रह्यो । इन्टर मिलान ५९ अंकसहित शीर्ष स्थानमा छ ।एसी मिलानको ५६ अंक भएको छ । भेरोनामाथिको सजिलो जितमा रेड क्रुनिच र डिएगो डलोटले गोल गरे । शीर्ष चारमा उक्लनका लागि एएस रोमाले अर्को खेलमा जेनोआलाई १–० ले हरायो । रोमा ५० अंकसहित चौथो स्थानमा छ । युभेन्टस भने ५२ अंकमा तेस्रो स्थानमा छ । अर्को खेलमा नेपोलीले बोलोग्नालाई ३–१ ले हरायो । | Sports | 23,539 |
‘पृथ्वी जत्रै सात ग्रह अस्तित्वमा’ | खगोलशास्त्रीहरुले कीर्तिमानी संख्यामा, एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै जत्रो आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लगाएका छन्। | https://www.bbc.com/nepali/news-39060934 | पृथ्वीबाट ४० प्रकाश वर्षको दुरीमा रहेका ती ग्रहहरु पत्ता लागेको घटनालाई पृथ्वी बाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज भनिएको छ। नयाँ पत्ता लागेका ग्रहमध्ये तीन वटा बस्न योग्य क्षेत्रमा छन् र त्यहाँ पानीको सतहपनि पाइएकाले जीवन सम्भव हुनसक्ने ठानिएको छ। उक्त अनुसन्धान 'नेचर' नामक जर्नलमा छापिएको थियो। प्रगति 'मिल्की वे' तारापुन्जको 'ट्रयापिस्ट वान' नाम गरेको उक्त तारालाई परिक्रमा गरिरहेका ती ग्रहहरु अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन विधिबाट पत्ता लगाएको हो। म्यासाचुसेष्टस इन्स्टिच्युट अफ टेक्नोलोजीकी ग्रह सम्बन्धी विज्ञानकी प्राध्यापक सारा सिगरले पछिल्लो खोज निकै महत्वपूर्ण भएको बताइन्। उनी भन्छिन्, "यो खोजसँगै हामीले पृथ्वी बाहिर बस्न योग्य क्षेत्र र जीवन खोज्ने दिशामा एकदमै ठूलो फड्को मारेका छौँ किनभने एउटा मात्र ग्रह नभइ धेरैवटा ग्रह पत्ता लागेको छ, त्यही भएर हामीसँग अब मौका र सम्भावना पनि धेरै छ।" अहिले उपलब्ध प्रविधि अनुसार पृथ्वीबाट ती ग्रहहरुसम्म पुग्न कयौँ लाख वर्ष लाग्ने वैज्ञानिकहरुले बताएका छन्। अनुसन्धानका प्रमुख लेखक माइकल गिलोनले भने, "ती ग्रहहरु एक अर्काको एकदमै नजिक छन् र आफ्नो ताराको नजिकै छन् र हेर्दा बृहस्पति गृहका चन्द्रमा जस्तै देखिन्छन्।" उनका अनुसार 'ट्रयापिस्ट वान' तारा एकदमै सानो छ र ती सात वटै ग्रहहरुको तापक्रम मध्यम छ जसको अर्थ त्यहाँ तरल अवस्थामा पानी हुनसक्छ र सम्भवत जीवनको अस्तित्व रहेको समेत फेला पर्न सक्छ। अवसर बीबीसीका विज्ञान सम्पादक डेभिड सुक्मेन भन्छन्, 'हाम्रो सौर्य मण्डलभन्दा बाहिर धेरै ग्रहहरु रहेको पत्ता लागिसकेको छ त्यही भएर अहिले फेला परेका नयाँ ग्रहहरुको सम्भावित महत्वबारे चाख लाग्नु नौलो होइन।' नासाको पछिल्लो तथ्याङ्कले अहिलेसम्म ३ हजार ४ सय ४९ वटा ग्रहहरु पत्ता लागिसकेको देखाउँछ। तर प्रत्येक नयाँ घोषणासँगै बढी प्रचारमात्रै गरिएको हो कि भन्ने आशंकाहरु व्यक्त गरिन्छन्। तर अहिलेको नयाँ खोजका कारण उत्साह पैदा हुनुको कारण यो अस्वाभाविक ठूलो स्तरमा भएर वा धेरै ग्रहहरुको पृथ्वीकै आकारको भएर भन्ने मात्रै होइन्। किन पनि चासो दिइएको छ भने 'ट्रयापिस्ट वान' नामक तारा सानो र मधुरो रहेको छ। त्यसैले पर रहेका चम्किला ताराहरुलाई अध्ययन गर्दा प्रकाशका कारण टेलिस्कोपबाट देख्न गाह्रो हुने अवस्था 'ट्रयापिस्ट वान' ताराको अवलोकन गर्दा वैज्ञानिकहरुले भोग्नु परेन्। एकदमै पर र वायुमण्डल भन्दा निकै टाढा रहेको विश्वको बारे थप अनुसन्धान गर्न पछिल्लो खोजले एउटा रोमाञ्चक बाटो खोलिदिएको वैज्ञानिकहरुको विश्वास छ। अनुसन्धानको अर्को चरण अन्तर्गत ती ग्रहहरुमा के भइरहेको छ भन्ने जान्न प्रमुख ग्यासहरु अक्सिजन र मिथेन पाइन्छ कि पाइदैँन भनेर प्रमाण खोज्ने क्रम सुरु भइसकेको छ। सौर्य प्रणाली बाहिरका ग्रहहरु जीवन हुनसक्ने निष्कर्षमा सजिलै पुग्न सकिदैँन। तर यो नयाँ ग्रह प्रणालीले त्यहाँ जीवन रहेको या नरहेको संकेतबारे अनुसन्धान गर्ने एउटा सुनौलो मौका भने उपलब्ध गराएको बीबीसीका विज्ञान सम्पादक डेभिड सुक्मेनको निष्कर्ष छ। | Others | 68,902 |
प्रधानमन्त्रीद्वारा संसद्लाई ‘बिजनेस’ दिन कानुन मन्त्रालयसँग छलफल | माघ २२ गतेबाट प्रारम्भ हुने संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ। | https://gorkhapatraonline.com/news/94687 | काठमाडौै, माघ १६ गते । माघ २२ गतेबाट प्रारम्भ हुने संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्नुभएको छ।मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गर्नुभएको हो।अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसद्लाई बिजनेस दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभएको हो।मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि “बिजनेस” दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्।”प्रधानमन्त्रीले भन्नुभयो, “संसद् सुरु हुने बित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसद्लाई व्यवस्थित रूपले बिजनेस दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।” छलफलमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद् पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गर्नुभयो।बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही ‘बिलहरू’ पेस गर्न सकिने गरी तयारी गरिएको बताउनुभयो ।सचिव सापकोटाले केही विधेयक संसद् अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रुततापूर्वक काम गरिने जानकारी दिनुभयो। | News | 51,832 |
४२ स्थानीय तहले ल्याएनन् बजेट | स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् । कुल ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्रै बजेट पेस गर्न सकेनन् । त्यस्तै कुल ४६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट | https://gorkhapatraonline.com/news/69088 | काठमाडौँ, असार १२ गते । स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् । कुल ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्रै बजेट पेस गर्न सकेनन् । त्यस्तै कुल ४६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेस गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ । छ वटा महानगरपालिका रहेकामा तिनले भने तोकिएको मितिभित्रै बजेट ल्याएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका विभिन्न कठिनाइले गर्दा कानुनले तोकिएको समयसीमाभित्रै बजेट सभामा पेस गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति हुनु, स्थानीय तहका प्रमुख अस्वस्थ हुनु, कतिपय स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहनु, प्रमुख र उपप्रमुखबिचको आन्तरिक द्वन्द्व रहेकाले ती स्थानीय तहले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न नसकेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले असार १० गतेभित्र सभामा बजेट पेस गर्न नसक्ने स्थानीय तहले कार्यसम्पादनमा आधारित सूचकबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकमा आधारित अनुदान घट्ने बताउनुभयो । उहाँका अनुसार कानुनमा भएको व्यवस्था अनुसार सबै स्थानीय तहले असार १० गतेभित्र आआफ्ना सभामा आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्नुपर्छ । असार १० गतेभित्र जुन स्थानीय तहले बजेट ल्याउँछ त्यसले सो सूचकमा आधारित नम्बर पाउँछ । बजेट नल्याउने स्थानीय तहले नम्बर पाउँदैनन् । नम्बर नपाउँदा कुल प्राप्ताङ्कमा नम्बर घट्छ । नम्बर कम भएपछि सोही अनुपातमा स्थानीय तहले पाउने अनुदानमा कम हुन्छ । स्थानीय तहले पाउने अनुदानका लागि आयोगले १७ वटा सूचक बनाएको छ । तीमध्ये एउटा सूचक असार १० गतेभित्र सभामा बजेट पेस गर्नुपर्ने छ । गत वर्षहरूमा पनि कतिपय स्थानीय तहले समयमा नै बजेट नल्याउँदा कर्मचारीले तलब खानबाट वञ्चित भएको, विकास निर्माणका काममा प्रत्यक्ष असर परेको र नियमित सेवा प्रवाह रोकिने गरेका थिए । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले असार १० गतेभित्र सभामा बजेट पेस नभए पनि असार मसान्तभित्र पेस गरी पारित गराउने कार्यमा सङ्घ र महासङ्घले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने असार १० गतेभित्र सभामा बजेट पेस भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न सबै स्थानीय तहलाई सोमबार परिपत्र गरेको छ । | News | 55,396 |
कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्यो : अध्यक्ष केसी | नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ । | https://gorkhapatraonline.com/news/51720 | काठमाडौं, माघ ७ गते । नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ ।शनिबार कृषि विकास बैङ्कको ५६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैङ्कहरूबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताउनुभएको हो ।अध्यक्ष केसीले भन्नुभयो, ‘‘गत वर्षदेखि नेपाल राष्ट्र बैङ्कको विभिन्न नीतिको कारण चुनौतिकाबीच पनि नेपालको बैङ्किङ र मुलुकको अर्थतन्त्रको अवस्था केही सुधारोन्मुख भइरहेको अवस्था हो । आज नेपालको बैङ्किङ उद्योग दक्षिण एसियाको एक मात्रै राम्रो उद्योगको रूपमा अगाडि आएको छ । तर यसरी भनिरहँदा पछिल्लो समय यता बैङ्कहरूलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृत्ति बढेको छ । यो निकै अप्ठ्यारो हो ।’’नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैङ्किङ क्षेत्रलाई यस्तो दबाब आउँदा भोलिको दिन बैङ्किङ क्षेत्रमा अप्ठ्यारो पर्ने उहाँको भनाइ छ । उहाँले वार्षिक रूपमा ३१ अर्बभन्दा बढी रुपियाँ योगदान पनि दिएको दबाबको बैंकर्स सङ्घले घोर विरोध गर्ने बताउनुभयो ।‘‘नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैङ्किङ क्षेत्रले गत वर्ष मात्रै ३१ अर्ब रुपैयाँ कर तिरेका छौँ । यसरी योगदान गर्दा पनि दबाब समूह बनाउँदो भोलिका दिनमा अप्ठ्यारो अवस्था आउनसक्छ । यसको बैंकर्स सङ्घले घोर विरोध गर्दछौँ ।,’’ अध्यक्ष केसीले भन्नुभयो, ‘‘नेपाल सरकार प्रति ध्यानाकर्षण गराउन चाहन्छु । यस्तो प्रवृत्ति रहने हो भने भोलिका दिनमा अप्ठ्यारो अवस्था आउनसक्छ । त्यसलाई अन्त्य गर्न सबै एक ठाउँमा उभिनुपर्छ । कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिन राम्रो होइन ।’’उहाँले कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिनु राम्रो प्रवृत्ति नभएको बताउनुभयो । | News | 39,315 |
बढ्दै छ विदेशी हवाई कम्पनीको चासो | कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् । | https://gorkhapatraonline.com/news/17490 | काठमाडौँ, असार १७ गते ।कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप दुई विदेशी हवाई कम्पनीले नियमित उडान भर्ने तयारी गरेका छन् । थाई स्माइलले असार १७ गतेदेखि हप्ताका सातै दिन बैङ्कक–काठमाडौँ–बैङ्कक उडान गर्ने तयारी गरेको छ । श्रीलङ्कन एयरलाइन्सले पनि असार २२ गतदेखि कोलम्बो–काठमाडौँ–कोलोम्बो नियमित उडान गर्न अनुमति पाएको छ ।गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न विदेशी हवाई कम्पनीले चासो बढाउँदै लगेका छन् । गौतम बुद्ध विमानस्थलमा चाँडै थप तीन विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।हङ्गेरीको बिज एयर, भारतको गो एयर, इन्डोनेसियाको गरुडा एयर तथा यूएईका एयर अरेबिया र फ्लाई दुबईको भैरहवामा नियमित व्यावसायिक उडानका लागि अनुमतिको प्रक्रिया अगाडि बढेको छ । गरुडा र बिज एयरले सेप्टेम्बरदेखि उडान थाल्ने तयारी गरेका छन् ।पछिल्लो समय गौतम बुद्ध विमानस्थलमा उडान गर्नका लागि कतार एयरवेज, म्यानमार एयरवेजलगायतका विदेशी विमान सेवा कम्पनीले समेत चासो देखाइरहेका छन् तर यी कम्पनी प्रक्रियामा आइसकेका छैनन् ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल कुवेतको जजिरा एयरले कुवेत–भैरहवा–कुवेत साताको तीन उडान गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गौतम बुद्ध विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेकाले विदेशी वायुसेवा कम्पनीले पनि सोझै उक्त विमानस्थलमा उडान भर्न चासो देखाउन थालेका छन् । उहाँले भन्नुभयो, “नेपाल उडान भर्ने विदेशी वायुसेवाको सङ्ख्या बढेसँगै देशको पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा टेवा पुग्ने देखिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनमा रहेको छ । यसले नेपालमा उडान भर्न चाहने हवाई कम्पनीले पनि भनेकै समयमा उडानको अवसर रहेकाले नेपालमा उडान भर्न विदेशी हवाई कम्पनी थप इच्छुक देखिन थालेका छन् ।”महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले काठमाडौँमा उडान भर्दै आएका थिए । हाल नेपालसहित १९ देशका २४ एयरलाइन्सले दैनिक सरदर दुईतर्फी ६० भन्दा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । | News | 40,730 |
नेपालगन्जका होटल भरिभराउ | नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । | https://gorkhapatraonline.com/news/104754 | नेपालगन्ज समाचारदातानेपालगन्ज, वैशाख १० गते । नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँले नेपालगन्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश जानका लागि ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरै यहाँ आउन बुकिङ गराएको जानकारी प्राप्त भएको बताउनुभयो । त्यसबाट नेपालगन्जका अधिकांश ठुला होटल भरिभराउन हुन थालेपछि होटल व्यवसाय पुनः एक पटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थीहरू कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुगेको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो । उहाँले तीमध्ये तीन सय जना भारतीय आफ्नो होटल सिद्धार्थ भ्युमा बसेको जनाउँदै ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताउनुभयो । उपाध्यक्ष न्यौपानेका अनुसार, नेपालगन्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताउनुभयो ।सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगन्ज पुगेको जनाइएको छ । होटल व्यवसायी न्यौपानेले थप्नुभयो, “यतिबेला कैलाश मानसरोवर दर्शनका कारण तारे होटलमा भारतीय पर्यटक भरिभराउ हुने अवस्था सिर्जना भएको छ, चैते दसैँ, रामनवमीलगायतका पर्व मात्रै होइन यसको आकर्षणले पर्यटक निरन्तर आउने सम्भावना देखाएको छ ।” माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै पर्यटन प्रवर्धन मन्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगन्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताउनुभयो । उहाँले नेपालगन्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठुला सहरहरूबाट निकै नजिक रहेकाले भारतीयहरू यहाँ पुगेर यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जान सक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठुलो टेवा दिने विश्वास गरिएको बताउनुभयो ।अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगन्ज पुग्ने जानकारी विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । उहाँले अझै पनि कैलाश मानसरोवर दूरदर्शनको प्रचारप्रसार भारतको ठुला सहरमा गर्न बाँकी नै रहेकाले सो गरिए पर्यटक अत्यधिक बढ्ने बताउनुभयो । | News | 48,602 |
दुई टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी पुगे अदालत | बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई 'फोहोर' तथा 'अपराधी'को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् । | https://ekantipur.com/entertainment/2020/10/12/160252356870049160.html | बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई 'फोहोर' तथा 'अपराधी'को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम 'रिपब्लिक टिभी' र 'टाइम्स नाउ'विरुद्ध मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहरलगायतका फिल्म निर्माण कम्पनीहरु छन् । अदालतमा दर्ता गरिएको मुद्दामा टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण बन्द गराउन र पहिले प्रशारण भएकालाई पनि हटाउन माग गरिएको छ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि सुरुको बलिउडसम्बन्धि डिबेटहरुमा भारतीय टिभी च्यानलहरुले टिआरपीका लागि हद पार गरेको भन्दै आलोचना भइरहेको थियो । | Entertainment | 8,396 |
जलविद्युत समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो | जलविद्युत कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो । | https://gorkhapatraonline.com/news/111672 | काठमाडौँ, जेठ २९ गते । जलविद्युत कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ । जलविद्युत कम्पनीहरूको मात्र आज दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।आजको कारोबारमा जलविद्युत समूहको उपसूचक दुई दशमलव ५८, व्यापार दुई दशमलव १२, निर्जीवन बिमा दुई दशमलव १९, जीवन बिमा दुई दशमलव ४० र वित्त समूह दुई दशमलव १६ प्रतिशतले बढेको छ । बैङ्किङ समूह एक दशमलव ७३, विकास बैङ्क एक दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ५९, लगानी एक दशमलव ०९ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ५० र अन्य समूहको उपसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ९४ प्रतिशतले घटेको छ ।कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता शेयर किनबेच भएको छ । रासस | News | 34,234 |
हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना | घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ। | https://www.bbc.com/nepali/news-56369776 | ४० वर्षपछि छोरा फेला परेकोमा हर्षित आमा धनमाया तिम्सिना तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्। इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्। तर कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसकेको हुँदा घर फर्कन भने पाएका छैनन्। मार्च १५ सोमवारको दिन अदालतमा पेशी तोकिएको र उनी निर्दोष प्रमाणित भएका उनी नेपाल फर्कन पाउने बताइएको छ। कसरी हराएका थिए दीपक? परिवारका सदस्यहरूका अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे। सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो। एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडे। तर त्यसपछि कहिले पनि घर फर्केर आएनन्। हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरे। हराएको केही वर्षपछि भारतको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्क्यो। उनीहरूले आन्दोलनमा दीपकको मृत्यु भयो भन्ने पनि सोचे। कारागारमा उनलाई भेट्न गएका वकिललाई आफ्नो घर परिवारबारे यसरी लेखेर बुझाउने प्रयत्न गरेका थिए दीपकले दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका अनुसार नेपालका कैयौँ स्थानमा उनलाई खोजियो। व्रतबन्ध पनि नभएका दीपक बाँचेको आस मारेको उनले सुनाए। उनले भने, "देश बाहिर खोज्ने हाम्रो हैसियत पनि थिएन। नेपालमा खोज्दा नभेटिएपछि दाजुको मृत्यु भइसक्यो भन्ने लागेको थियो।" दीपकको अवस्था कस्तो छ? दीपक कोलकाताको दमदम कारागारमा छन् भन्ने कुरा थाहा पाएपछि गत फागुन ८ गते काँकडभिट्टामा रहेको विश्व सेवा विस्तार मञ्च नाम गरेको संस्थाको सहयोगमा प्रकाशचन्द्र कोलकाता पुगे। फागुन १० गते भेट्दा 'सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो' अवस्थामा आफ्नो दाजुलाई भेटेको प्रकाशचन्द्रले बताए। उनले भने, "शरीर कामेको, डर र त्रासले बाँचेको जस्तो अवस्थामा उहाँलाई भेटेँ।" आफ्नो दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोधे। उनले तिनका बारेमा बताएपछि दाजुसँग हात मिलाएको र अङ्कमाल गरेको प्रकाशचन्द्रले बताए। दीपकसँग भेटघाटका क्रममा सुरुमा मानसिक रूपमा विचलित देखिए पनि करिब तीन घण्टाको संवादपछि उनको अवस्था केही हदसम्म सामान्य बनेको प्रकाशचन्द्रले बताए। उनले भने, "अदालतले दाजुको मानसिक स्वास्थ्यको जाँच गर्न आदेश दिए पनि कहिले पनि स्वास्थ्य जाँचको रिपोर्ट अदालतमा पेस गरिएको रहेनछ।" दार्जिलिङको एक अदालतले दिएको आदेशको प्रति ४० वर्षसम्म मुद्दा किनारा लागेन रोजगारीको खोजीमा उनी भारतको दार्जिलिङ गएका रहेछन्। दार्जिलिङमा बस्दै जाँदा उनलाई प्रहरीले पक्राउ गर्यो र उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेको प्रकाशचन्द्रले बताए। सोही मुद्दामा उनी विभिन्न जेल हुँदै अहिले कोलकाताको दमदम कारागारमा पुगेका बताइएको छ। उनको मुद्दा ४० वर्षसम्म पनि किनारा नलागेको र सोही मुद्दाको सुनुवाइ यही सोमबार हुने बताइएको छ। दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द २०७० सालमा दीपकको नामबाट परिवारले एउटा चिठ्ठी पाएका थिए। त्यसपछि कानुन व्यवसायी सतिशकृष्ण खरेल र अरुण सिंह लगायतले प्रकाशचन्द्रलाई सम्पर्क गरे। कारागारमा रहेका दीपक उनका दाजु हो वा होइन भनेर निर्क्योल गर्न कोलाकातास्थित महावाणिज्य दूतावासबाट पनि फोन आयो। त्यसपछि उनी कोलकाता पुगेका थिए। परिवारका सदस्य तरङ्गित लामो समयदेखि हराएको घरको सदस्य बाँचिरहेका छन् भन्ने खबरले इलामको माई नगरपालिका वार्ड नं १० मा बसोबास गर्ने उनका परिवारका सदस्य तरङ्गित भएका दीपकका भान्जा डा. डिएन फुँयालले बताए। दीपककी वृद्ध आमा धनमायाको दाहिने हात काटिएको छ। अहिले कान राम्ररी सुन्दिनन् तर छोरो आउने खबरले उनी उत्साहित बनेकी छन्। फुँयालले भने, "छोरो जिउँदो छ भन्ने खबरले हजुरआमाको मुहारमा हाँसो देखिन थालेको छ।" दीपक भेटिएको खबरले परिवारमा खुसीयाली छाएको दीपकका भाइका छोरा गोपाल तिम्सिनाले बताए। | Others | 64,014 |
आयोजनामा तोडफोड | सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामा स्थानीयको एक समूहले आगजनी गरेको छ । | https://gorkhapatraonline.com/news/56032 | काठमाडौँ, फागुन १८ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामा स्थानीयको एक समूहले आगजनी गरेको छ । मानेभञ्याङ्गस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा भएको विद्युत् चुहावटबाट एक बालिकाको मृत्यु भएको विषयलाई आधार बनाएर सो घटनासँग असम्बन्धित सीता हाइड्रोपावरको सो आयोजनामा आगजनी, तोडफोड तथा कर्मचारीमाथि कुटपिट भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सीता हाइड्रोपावरका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले आगजनी तथा तोडफोडबाट करिब १२ करोड रुपियाँ बराबरको भौतिक क्षति र इन्जिनियरसहित सात जना घाइते भएको जानकारी दिनुभयो । तिमल्सिनाका अनुसार विद्युत् आयोजनासँग सरोकारै नराख्ने करिब पाँच किलोमिटर टाढा करेन्ट लागेर स्थानीय एक बालिकाको मृत्यु भएको विषयलाई जोडेर वडाध्यक्ष तथा सदस्यसमेतको संलग्नतामा तोडफोड आगजनी र आक्रमण भएको हो । आक्रमणबाट आयोजनाको आवासीय भवन विद्युत्गृह, सुरुङ, क्रसर, टिप्पर, एक्साभेटरलगायतमा ठूलो क्षति भएको छ । “असम्बन्धित घटनालाई आधार बनाएर करिब ६० जनाको समूहले जलविद्युत् आयोजना निर्माण स्थलमा आएर आक्रमण गरेका हुन्,” उहाँले भन्नुभयो ।सीता हाइड्रोपवर कम्पनीले सो आयोजना निर्माण २०७८ जेठदेखि निर्माण थालेको थियो । निर्माण सुरु गर्ने समयमा आयोजना स्थलमा लैजान लागिएको एक्साभेटर नियन्त्रणमा लिएको थियो । | News | 38,862 |
बालुवाटारमा सर्वदलीय बैठक सुरु | प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सबै दलहरू एवम् नेताहरुसहितकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । | https://gorkhapatraonline.com/news/51327 | काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सबै दलहरू एवम् नेताहरुसहितकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरू सहभागी हुनुभएको जानकारी दिनुभयो । बैठकमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायतका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक पनि बैठकमा सहभागी हुनुभएको छ । सोमबार राति सत्ता साझेदार दलको बैठकमा मन्त्रालय बाँडफाँडमा भएको सहमतिअनुरूप आज मन्त्रिपरिषद् विस्तार भएको हो । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ एवम् पदभार ग्रहण लगत्तै सर्वदलीय बैठक बसेको हो । | News | 59,020 |
एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ | मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ । | https://ekantipur.com/sports/2022/06/14/165520680131096147.html | काठमाडौँ — मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाइ गरेका हुन् । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताइन् । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने बताइन् । ‘हामीले धेरै वर्षदेखि खेलिरहेका छौं, दबाब छैन । तर, हामीले पनि नतिजा दिन नसकिरहेकाले यसपालि त्यसका लागि प्रयास गर्नेछौं । विदेश यात्रा गर्दा हामीले हार्ने सोचेर जाँदै छैनौं । हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौं,’ रुबिनाले भनिन् ।एसिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगान्डासँगको शृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो । च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो । नेपालले प्रतिस्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराईन र कुवेत रहेका छन् । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोही अनुसार नेपाल मौसम प्रतिकूल भए पनि तयारी गरेको बताए। ‘हामी सबैको एउटै गोल च्याम्पियन भएर आउने हो । र हाम्रो अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ । कति मिहिनेत गरेको छ भन्ने खेलाडीहरूलाई थाहा छ, अब नतिजा उनीहरुले खेल्नेमा भर पर्छ,' उनले भने, 'अभ्यासको प्रगति हेर्दा नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु । वर्षा याम भएकाले तयारी सहज थिएन, हामीले मिहिनेत गरेका छौं । अत्याधिक मिहिनेत गरेकाले अगाडि नतिजा राम्रो आउँछ भन्ने विश्वास छ ।’बिदाइ कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ । | Sports | 20,213 |
एमसीसीसँग नेपालको हार | मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिनको खेलको अन्तिम सत्रमा ३ सय ९३ रनको लक्ष्य लिएर आएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो । | https://ekantipur.com/sports/2019/11/08/157320456270374226.html | काठमाडौँ — मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिनको खेलको अन्तिम सत्रमा ३ सय ९३ रनको लक्ष्य लिएर आएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।चौध वर्षपछि मान्यता प्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । आउट हुने अन्तिम ब्याट्सम्यान उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए । पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप २५ रनमा एलबीडब्लु आउट भए ।कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९, करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाएका थिए ।दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् । नेपालबाट ६ खेलाडी एलबीडब्लु आउट भएका थिए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए ।यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको थियो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३,३ विकेट लिएका थिए । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन । | Sports | 26,215 |
कोरोना भाइरस नेपाल: लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम के छन् | कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। | https://www.bbc.com/nepali/news-54187200 | कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ। सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड-१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्। यात्रुले के गर्न हुने, के नहुने? चालक/सहचालकको जिम्मा के? व्यवसायीले मिलाउन पर्ने व्यवस्था कुन नियम कसरी पालना गराउने? महामारीका कारण छ महिनादेखि लामो दूरीका गाडी चलेका थिएनन्। अहिले महामारी नथामिएकै भएपनि असोज १ गतेदेखि सरकारले सुरु गराउन लागेको हो। गाडीको सिट क्षमताको आधा मात्रै यात्रु राख्न र पहिलेको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउने गरी सहमती जुटेपछि लामो दूरीका गाडी चल्ने भएका हुन। त्यसका निम्ति बनाइएका नयाँ नियम र विधि सम्बन्धित सबैलाई बताइसकिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। "यो नियम अरू कसैको निम्ति ल्याइएको होइन। आफ्नै सुरक्षाका लागि ल्याइएको हो। हामी सबै मिलेर लागु गर्ने भनेका छौँ," कर्माचार्यले भने। यातायात सञ्चालन खुलेपनि भिडभाड नगर्न तथा सावधानी अपनाउन भनिएको छ यात्रुलाई घरमै क्वारन्टीन? सबैतिर लामो दूरीका गाडी चलेपनि यात्रा गरेर अर्को जिल्ला पुगेका यात्रुहरू क्वारन्टीनमा बस्नु पर्ने वा नपर्ने भन्ने बारे कुनै निर्णय नभएको बताइएको छ। विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले हालसम्म बाहिर जिल्लाबाट आउनेलाई क्वारन्टीनमा बस्ने प्रबन्ध गरिएको भए पनि लामो दूरीका सावरी साधन सञ्चालन भएपछि त्यो प्रबन्ध गर्न कठिन हुने बताएका छन्। केन्द्रको कुनै निर्णय नआएसम्म घरमै गएर क्वारन्टीनमा बस्न अनुरोध गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ। | Others | 66,214 |
फाइनल अगाडि पाकिस्तानमाथि श्रीलंका विजयी | श्रीलंकाले एसियाकप २०२२ को सुपर–४ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यिनै दुई टिमबीच आइतबार फाइनल हुँदैछ । | https://ekantipur.com/sports/2022/09/10/16627790984175817.html | दुबई — श्रीलंकाले एसियाकप २०२२ को सुपर–४ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यिनै दुई टिमबीच आइतबार फाइनल हुँदैछ ।सुपर–४ को अन्तिम खेल अगाडि नै श्रीलंका र पाकिस्तान फाइनल पुगिसकेका थिए । दुबईमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १ सय २२ रनको लक्ष्य तयार पारेको थियो ।श्रीलंकाले त्यसलाई १७.५ ओभर मात्र उपयोग गर्दै ५ विकेट गुमाएर पूरा गरेको हो । त्यसमा पाथुम निशन्काले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । पाकिस्तान भने १९.१ ओभरमा १ सय २१ रन बनाएर अलआउट भएको थियो । | Sports | 19,657 |
पाठ्यपुस्तक छपाइ अझै अन्योल | नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । | https://gorkhapatraonline.com/news/91150 | काठमाडौँ, पुस १५ गते । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ ।जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न नसकेको भन्दै छपाइमा डेढ दशकअघिदेखि निजी प्रकाशकलाई प्रवेश गराइँदै आएको छ । गत वर्ष कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी प्रकाशकले र कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षालाई छाप्न दिइएको थियो । अघिल्लो वर्ष कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय भएको थियो । कुन तहदेखि कुन तहसम्म जनक शिक्षा र निजी प्रकाशकलाई छपाइको जिम्मा दिने भन्ने निर्णय नहुन्जेल ती प्रकाशक अन्योलमा रहने गरेकाले छपाइ कार्य स्थगित गर्ने गरेका छन् ।पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइको निर्णय गरिदिन गत कात्तिकमै फाइल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । दुई महिना बित्दा पनि फाइल मन्त्रालयमा थन्किएको छ । समयमा निर्णय हुन नसक्दा आगामी शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्न नसक्ने जोखिम रहन्छ । सो निर्णयपछि पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकसँग प्रस्ताव आह्वान गर्नुपर्ने हुन्छ । प्रस्ताव स्वीकृतिपछि मात्र निजी प्रकाशकले पाठ्यपुस्तक छाप्न पाउने अवस्था रहन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “आवश्यक छलफल भइरहेको छ । छिटै निर्णय गर्ने छौँ ।”गत वर्ष सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो । कक्षा ६ देखि १२ सम्मका एक करोड ७० लाख थान पाठ्यपुस्तक जनक शिक्षाले छापेको थियो । समयमा निर्णय नगर्ने र अन्तिममा निर्णय गर्दा हतारिँदै पाठ्यपुस्तक न्यून गुणस्तरका छाप्ने गरिएको चर्चा गर्दै राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, “विगतमा पनि सरकारले पाठ्यपुस्तक छपाइको विषयमा बेलैमा निर्णय नगर्ने तर अन्तिम समयमा दलका नेतानजिकका व्यापारिक घरानाका छापाखानालाई पुस्तक छाप्ने अधिकार दिइन्छ । यो प्रवृत्ति रोकिनु पर्छ ।”मङ्सिर १२ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको अध्यक्षमा केन्द्रमै यस विषयमा बैठक बसेको थियो । बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले कक्षा १–१० सम्मका पाठ्यपुस्तक छपाउन दिए आफूहरूले समयमा नै छपाइ गर्न सक्ने माग प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पाठ्यपुस्तक छपाइको निर्णयको प्रतीक्षामा आफूहरू रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कक्षा ६ देखि १० सम्मका आवश्यक पर्ने एक करोड ६० लाख थान पाठ्यपुस्तकमध्ये ६० लाख थान मात्रै छाप्न बाँकी छ । त्यसैले तलसम्मकै छपाइको जिम्मा पाए हामीले नै समयमा विद्यार्थीका हातहातै पाठ्यपुस्तक पुर्याउन सक्ने थियौँ ।” चालु शैक्षिक सत्र २०८० मा समयमा नै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याएर वर्तमान सरकारले लोकप्रियता हासिल गरेको थियो । | News | 52,116 |
बंगलादेश विजयी | हल्चोकस्थित एपीएफ मैदानमा भइरहेको साफ यू–१८ फुटबल च्याम्पियनसिपको समूह ‘ए’ अन्तर्गत बंगलादेशले विजयी सुरुआत गरेको छ । शनिबार बंगलादेशले श्रीलंकामाथि ३–० को जित रचेको हो । | https://ekantipur.com/sports/2019/09/22/156912306034027348.html | काठमाडौँ — हल्चोकस्थित एपीएफ मैदानमा भइरहेको साफ यू–१८ फुटबल च्याम्पियनसिपको समूह ‘ए’ अन्तर्गत बंगलादेशले विजयी सुरुआत गरेको छ । शनिबार बंगलादेशले श्रीलंकामाथि ३–० को जित रचेको हो । खेल सुरु भएको पहिलो मिनेटमै अग्रता बनाएको बंगलादेशले त्यसयता श्रीलंकालाई खेलमा फर्कने अवसर नै दिएन । बंगलादेशका डिफेन्डर तानवीर हुसेनले गोल गरेका थिए । पहिलो हाफमा अग्रता कायम राखेको बंगलादेशले दोस्रो हाफको अन्त्यतिर दुई गोल थप्यो । ७७ औं मिनेटमा मोहम्मद फाहिमले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट भलीमा गोल गरेका थिए भने ८६ औं मिनेटमा मोहम्मद फोयसाल अहमद फाहिमले गोल गरी ३–० को जित निश्चित गरे । बंगलादेश अघिल्लो संस्करणको उपविजेता टोली हो ।समूह ‘ए’ मा उपाधि दाबेदार भारत पनि छ । भारतले आफ्नो पहिलो खेल सोमबार बंगलादेशसँग खेल्नेछ । त्यसअघि आइतबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको नेपालले सेमिफाइनलमा स्थान बनाउन आइतबारको खेल जित्नैपर्नेछ । | Sports | 26,567 |
‘चरी’ मा बिना र कमल | गायक तथा संगीतकार सीडी विजय अधिकारीको नयाँ गीत ‘चरी’ सार्वजनिक भएको छ । गीत सीडी विजयको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । | https://ekantipur.com/entertainment/2023/07/07/168869334179385965.html | काठमाडौँ — गायक तथा संगीतकार सीडी विजय अधिकारीको नयाँ गीत ‘चरी’ सार्वजनिक भएको छ । गीत सीडी विजयको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । जीवनदास सुनारको शब्द रहेको गीतमा सीडी विजय आफैंले संगीत दिएका छन् । गीतको भिडियो भने प्रहिल कार्कीको निर्देशनमा तयार गरिएको छ । प्रेमकथामा आधारित भिडियोमा बिना राउत र कमल सिंहले अभिनय गरेका छन् । उत्तम हुमागाईंले खिचेको भिडियो माधव बेलबासेले सम्पादन गरेका हुन् । सन्तोष राजवाहकले कोरियोग्राफीको काम गरेका छन् । यसअघि सीडीले समीक्षा अधिकारीको स्वरमा ‘म चन्द्रमा हुँ’ गीत ल्याएका थिए । जीवनदासकै शब्द रहेको गीत निकै लोकप्रिय बनेको थियो । | Entertainment | 7,513 |
अर्को एसियाली खेलकुदको तयारी अहिल्यै | चीनको हाङचउमा आयोजित १९ औं एसियाली खेलकुद भव्य समारोहबीच टुंगिसकेको छ । एसियाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवले एसियाली देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत गर्न मद्दत गरेको छ । चीनले तेस्रोपल्ट प्रतियोगिता आयोजना गर्ने क्रममा १० हजारभन्दा बढी खेलाडी र त्यत्तिकै संख्याका खेल पदाधिकारीको मन पनि जितेको छ । प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै पनि तथ्यमा कन्ज्युस्याइँ गरेको देखिएन । | https://ekantipur.com/opinion/2023/10/12/preparing-for-the-next-asian-games-right-now-12-46.html | चीनको हाङचउमा आयोजित १९ औं एसियाली खेलकुद भव्य समारोहबीच टुंगिसकेको छ । एसियाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवले एसियाली देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत गर्न मद्दत गरेको छ । चीनले तेस्रोपल्ट प्रतियोगिता आयोजना गर्ने क्रममा १० हजारभन्दा बढी खेलाडी र त्यत्तिकै संख्याका खेल पदाधिकारीको मन पनि जितेको छ । प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै पनि तथ्यमा कन्ज्युस्याइँ गरेको देखिएन ।हाङचउ एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ नेपाल कराते महासंघका पदाधिकारीका साथ तथा कांस्य विजेता महिला कबड्डी टोलीकी कप्तान मेनुका राजवंशी (दायाँ) त्रिभुवन विमानस्थलमा । तस्बिर : दीपक केसी/कान्तिपुरकोरोना संक्रमणको महामारीका कारण प्रतियोगिता एक वर्षपछाडि सरेको थियो । त्यसबीच चीनले कोरोना भाइरस संक्रमण रोक्न शून्य सहनशीलताको नीति अपनाएको थियो । त्यो नीति समाप्त भएसँगै चीनले यसपल्टको एसियाली खेलकुद आयोजना गरेको थियो र यस क्रममा बाँकी विश्वलाई भन्न सफल भएको छ, चीन अब सुरक्षित र मजबुत भएको छ । मैदानमा पनि फेरि एकपल्ट चीन २ सय १ स्वर्णसहित कुल ३ सय ८३ पदक जितेर सर्वाधिक सफल रह्यो । अपेक्षाअनुसारै जापान र दक्षिण कोरिया शीर्ष तीन स्थानमा रहे । भारतले प्रतियोगिताको इतिहासमै पहिलो पटक सयभन्दा बढी पदक जित्यो । दक्षिण एसियाली देशमध्ये श्रीलंका एक स्वर्ण हात पार्न सफल रह्यो भने पाकिस्तान र बंगलादेशको प्रदर्शन औसतभन्दा बढी रहेन । भुटान र माल्दिभ्सले कुनै पदक जित्ने सकेनन् । एक रजत र एक कांस्य पदक जितेको नेपाल एसियाली खेलकुदको पदक तालिकामा ३२ औं स्थानमा रह्यो । भनिन्छ, खेलकुद समाजको ऐना हो, यसले कुन देश कहाँ छ भन्ने देखाउँछ । नेपालले खेलकुदमा जस्तो लगानी गरेको छ, प्रतिफल पनि त्यस्तै रह्यो । कमजोर तयारीका कारण अधिकांश खेलमा नेपालको प्रदर्शन अन्तिम स्थानमै सीमित रह्यो । तर यसको अर्थ के होइन भने नेपाली खेलकुदमा कुनै सम्भावना छैन । एरिकाले जसरी सुरुमै जापानी खेलाडीलाई पराजित गर्दै फाइनल यात्रा गरिन्, त्यो निकै प्रशंसनीय छ । उनी आफ्नो खेल जीवनकै पहिलो ठूलो प्रतियोगिता खेलिरहेकी थिइन् । उनको उम्दा प्रदर्शनले नेपाललाई रजत पदक दिलायो । एसियाली खेलकुदमा करातेतर्फ नेपालको यो उपल्लो उपलब्धि हो । एरिकाको प्रदर्शन समग्र नेपाली खेलकुद इतिहासमा सधैं सम्झनामा रहनेछ । कबड्डीमा नेपाली खेलाडीले कांस्य पदक दिलाए । नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको रजत पदकको संख्या तीन र कांस्य २३ पुगेको छ । सन् १९५१ मा सुरु भएको प्रतियोगिताका दुई संस्करणबाहेक सबैमा सहभागिता जनाएको नेपालका लागि यो उपलब्धि सन्तोषजनक भने होइन । एसियाली खेलकुदमा नेपालका तर्फबाट यसपल्ट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी थिए । प्रशिक्षक, पदाधिकारी र चीन पुगेका अन्य पाहुनाको गणना गर्दा यो संख्या अझ धेरै हुन्छ । कतिपयमा भ्रमण मोह मात्रै देखिएको थियो । हाङचउ एसियाली खेलकुदमा नेपाली टिमको आकार आफैंमा ठूलो हो । दक्षिण एसियाली देशमध्ये भारतपछि नेपालकै टिम सबैभन्दा ठूलो थियो । नेपालको प्रदर्शन भने धेरै हदसम्म निराशाजनक रह्यो, समग्रमा भन्दा सन्तोष मान्ने स्थान रहेन । नेपाली खेलाडी जम्माजम्मी दुई–तीन महिनाको तयारीमा हाङचउ पुगेका थिए । सहभागिता र तयारीका लागि अन्तिम समयमै मात्र बजेट प्राप्त भएको थियो । यसले पनि खेलकुद सरकारको प्राथमिकतामा नपरेको प्रस्ट्याउँछ । प्रतियोगिताकै क्रममा उठेको मूल प्रश्न हो– नेपालका लागि एसियाली खेलकुदमा सहभागिता किन र केका लागि ? सहभागिताका लागि एउटा स्पष्ट मापदण्ड अत्यावश्यक देखिन्छ । अरू धेरै देशले पदकको सम्भावना बोकेका खेलमै मात्र भाग लिएका थिए । नेपालको नीति पनि यही हुनुपर्छ । सहभागिताका लागि सहभागिताको अर्थ छैन । नेपालले त्यस्ता खेलमा मात्र भाग लिनुपर्छ, जसमा सम्भावना देखिन्छ । एसियाली खेलकुदमा त्यस्ता खेलाडीले मात्र नेपालको प्रतिनिधित्व गर्न पाउनुपर्छ, जसका लागि उसले आफ्नो हक सिद्ध गर्न सक्नुपर्छ । एसियाली खेलकुदको अर्को संस्करण जापानको आईची र नागोया सहरमा हुनेछ । एसियाली खेलकुदको २० औं संस्करण हुन तीन वर्ष मात्र बाँकी छ । नेपालले त्यसमा राम्रो प्रदर्शन गर्ने हो भने तयारी सुरु गर्ने दिन आजै हो, अहिले नै हो । एसियाली खेलकुदमा विश्वस्तरका खेलाडीसँग समेत प्रतिस्पर्धामा उत्रनुपर्ने भएकाले सानोतिनो तयारीले पुग्दैन । त्यसैले नेपाली खेलकुदको एक ठोस नीति तय गरिनुपर्छ, सरकारका तर्फबाट पनि मन खोलेर लगानी गर्न सक्नुपर्छ । | Opinion | 10,059 |
बंगलादेशलाई ९ रुपैयाँमा बिजुली | नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य टुंगो लागेको छ । विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको हो । प्रतियुनिट ८ देखि ९ रुपैयाँमा बिजुली बेच्ने समझदारी बनेको हो । औपचारिक सम्झौता भने हुन बाँकी छ । | https://ekantipur.com/news/2024/03/12/electricity-to-bangladesh-at-9-rupees-49-12.html | काठमाडौँ — नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य टुंगो लागेको छ । विश्व बैंकको आयोजनामा फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बंगलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’ छलफलमा मूल्य टुंगो लागेको हो । प्रतियुनिट ८ देखि ९ रुपैयाँमा बिजुली बेच्ने समझदारी बनेको हो । औपचारिक सम्झौता भने हुन बाँकी छ ।बंगलादेशसँग बिजुली बेच्ने सम्बन्धमा ब्रेक थ्रु भएको ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनाए । यो समझदारीसँगै तेस्रो मुलुकमा बिजुली निर्यातको बाटोसमेत खुलेको उनको भनाइ छ । ‘औपचारिक रूपमा सम्झौता भने भइसकेको छैन,’ उनले भने, ‘भारत, बंगलादेश र नेपालसहितको ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौता गर्ने सोचेका छौं ।’ सचिव सिग्देलले भारतलाई बेचेको मूल्यभन्दा कम नहुने गरी मूल्य तय भएको बताए । नेपालले मध्यकालीन सम्झौताअनुसार प्रतियुनिट औसत आठ रुपैयाँ ४० पैसामा भारतलाई बिजुली बिक्री गर्दै आएको छ ।बंगलादेशसँग बिजुलीको मूल्यमा छलफलका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसहितको टोली यही फागुन ९ मा बंगलादेश गएको थियो । प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच फागुन १० मा ढाकामा वार्ता भएको थियो । वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन । भारतलाई बेचेकोभन्दा कम मूल्यमा नदिने अडान राखेपछि नेपालले प्रस्ताव गरेको मूल्यमै बिजुली खरिद हुने भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले ५ वर्षका लागि सम्झौता हुन लागेको बताए । ‘प्रतियुनिट ८ देखि ९ रुपैयाँको बीचमा मूल्य टुंगिएको छ,’ उनले भने ।नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ । हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ भित्र विद्युत् निर्यातको प्रस्ताव गरिएको छ । भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क बंगलादेशले नै तिर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीएनएन) लाई तिर्ने शुल्क र करिब ३ प्रतिशत चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस थियो । बंगलादेशले सेवा प्रदायकका रूपमा भारतको एनभीएनएनमार्फत नेपालबाट बिजुली आयात गर्नेछ । अहिले पनि एनभीएनएनले बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिजुली बिक्री गर्दै आएको छ ।सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आन्तरिक खपत १३ हजार, भारतमा १० हजार र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । हालै भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतासमेत भइसकेको छ । बंगलादेशले नेपालमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गरी त्यसको बिजुली पनि लैजान चाहेको छ । जेठ पहिलो साता भएको नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा दुवै देश मिलेर यो आयोजना निर्माण गर्ने सहमति भएको थियो ।भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने ५ सय मेगावाट बिजुली पनि बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । गत वर्षको भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो । त्यतिबेला बंगलादेशको भेरामारामा रहेको उच्च क्षमताको डेडिकेटेड प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिदबिक्री सम्झौताका लागि भारतलाई आग्रह गर्ने सहमति भएको थियो । बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच सम्झौताको प्रक्रिया अघि बढिसकेको ऊर्जा सचिव सिग्देलले बताए । ‘भारतीय ग्रिड प्रयोग गर्ने विषयमा पहिलेदेखि सहमति भइसकेको छ, त्यसको चार्ज बंगलादेशले तिर्नेछ,’ उनले भने ।बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने जनाएको बंगलादेशको राष्ट्रिय दैनिक पत्रिका ‘डेली अब्जर्भर’मा उल्लेख छ । केही दिनअघि बंगलादेशस्थित भारतीय उच्च आयोगका अधिकारीसँगको भेटमा ऊर्जामन्त्री हमिदले नेपाल र भुटानबाट विद्युत् आयात गर्ने प्रक्रियामा राम्रो प्रगति भएको बताएका थिए ।भेटमा मन्त्री हमिदले छिटै नेपालसँग ४० मेगावाट विद्युत् खरिदका लागि सम्झौता हुने बताएको समेत पत्रिकाले लेखेको छ । भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको उनको भनाइ छ । साथै नेपालदेखि बंगलादेशसम्म डेडिकेटेड प्रसारण लाइन निर्माण भए विद्युत् व्यापारले गति लिनेसमेत उनले जनाएका थिए । | News | 4,980 |
नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा | जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो । | https://gorkhapatraonline.com/news/94290 | सुजन काफ्लेचरीकोट, माघ १२ गते । जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगर्दा पनि विद्यालयले सुधारका लागि विद्यालयले आफ्नै व्यवस्थापनमा आवास सुविधा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । विद्यार्थीलाई आवास सुविधा प्रदान गर्ने गाउँपालिकाकै पहिलो विद्यालय भएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।शैक्षिक सुधारका लागि विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्ष नारायण खड्काले चासो दिएर सक्रियतापूर्वक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार खड्काले बताउनुभयो । पछिल्लो समय उहाँहरूले आलोपालो गरी दैनिक विद्यालयमा आएर विद्यालयको समस्याबारे जानकारी लिनेगरेको उहाँको भनाइ छ ।एसइई दिने विद्यार्थीलाई आवासीय व्यवस्था गरेपछि विद्यार्थीलाई पढाउन विषय शिक्षकको व्यवस्था गरिएको खड्काको भनाइ छ । विद्यालयमा बिहान बेलुका पढाउन र हेरचाह गर्न शिक्षकहरूको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आउँदैगरेको एसइई परीक्षामा सामेल हुने ३७ जना विद्यार्थीलाई आवासको व्यवस्था गरिएको छ ।विद्यालयमा शिक्षक, विद्यार्थीका गतिविधिसँगै आवास र खानाको पनि अनुगमन प्रधानाध्यापक र व्यवस्थापन समितिले गर्ने विद्यालयले जनाएको छ । बिहान बेलुका पढाई हुने ट्युसन र कोचिङ कक्षाले सिकाइ बढ्ने वडा अध्यक्ष नारायण खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो ‘दिउसो समयमा विद्यालय नआउने विद्यार्थी पनि नियमित बनाएका छौँ । हामी गत वर्षदेखि नै दिउँसो विद्यालयको पढाइलाई सुधार गर्न विभिन्न शैक्षिक कार्यक्रम गर्थ्यौ, तर यसपालि नतिजा सुधारका लागि बिहान र बेलुका पनि नियमित कक्षाको व्यवस्था गरेका छौँ ।’एसइई दिने विद्यार्थीका लागि विद्यालयले अहिले बिहान दुई र बेलुका थप कक्षा समेत सञ्चालन गरेको छ । ‘अलि कमजोर विद्यार्थीका लागि अरू थप कक्षा पनि चलाएका छौँ। उनीहरूको सिकाइ बढाएर गतिलो नतिजा ल्याउने प्रयास भइरहेको छ’ प्रधानाध्यापक खड्काले भन्नुभयो ‘पछिल्लो समय विद्यालय व्यवस्थापन समितिले पनि पर्याप्त चासो दिएर पढाइ सुधारमा सहयोग गर्नुभएको छ। यो विद्यालयलाई साँच्चीकै नमुना विद्यालय बनाउन समितिको महत्त्वपूर्ण भूमिका रहेको छ।’ | News | 41,887 |
सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर | सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर भएका छन् । | https://ekantipur.com/news/2024/06/14/subedi-the-then-executive-officer-of-saptakoshi-bikas-bank-was-found-guilty-in-the-money-laundering-case-53-42.html | काठमाडौँ — सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठकाे इजलाशले सुवेदीलाई शुक्रबार दाेषी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद र २ कराेड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगाेकाे दाेब्बर) काे सजाय सुनाएकाे हाे । अदालतले बिगाे बराबरकाे सम्पत्ति जफत गर्न पनि आदेश दिएकाे छ ।कार्यालय प्रमुखका रुपमा पदको दुरुपयाेग गरि कसुर गरेकाे भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाकाे पनि सजाय गरेकाे हाे ।२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगाेकाे दाेब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेकाे थियाे । | News | 2,593 |
यसरी चल्छ प्रदेश सरकार ? | नेपालमा अहिले संघीयता, खास गरी प्रदेश सरकार असफल भइसक्यो भन्ने भाष्य डढेलोसरि फैलँदो छ । दिलबाटै प्रदेश सरकार चाहिन्छ भन्ने मान्छेको खडेरी परिसक्यो । सन् २०१५ मा संघीयतामा गएको देशले सन् २०१७ देखि प्रदेश सरकार भोगेको पनि सात वर्ष भएछ । यो अभ्यास कस्तो भयो ? यति महँगो व्यवस्था अपनाए उपरान्त नेपालीले के पाए ? यस्ता प्रश्नहरूको ओइरो छ । | https://ekantipur.com/opinion/2024/01/17/this-is-how-the-state-government-works-39-57.html | नेपालमा अहिले संघीयता, खास गरी प्रदेश सरकार असफल भइसक्यो भन्ने भाष्य डढेलोसरि फैलँदो छ । दिलबाटै प्रदेश सरकार चाहिन्छ भन्ने मान्छेको खडेरी परिसक्यो । सन् २०१५ मा संघीयतामा गएको देशले सन् २०१७ देखि प्रदेश सरकार भोगेको पनि सात वर्ष भएछ । यो अभ्यास कस्तो भयो ? यति महँगो व्यवस्था अपनाए उपरान्त नेपालीले के पाए ? यस्ता प्रश्नहरूको ओइरो छ ।नबिर्सौं, प्रदेश सरकार राजनीतिक मात्रै हैन, प्रशासनिक संस्था पनि हो । नबिर्सौं, राजनीतिक पदाधिकारीहरूलाई सफल बनाउने एक पात्र प्रदेशको प्रशासनिक प्रणाली पनि हो । तर प्रदेश प्रशासन प्रदेश अभ्यासका लागि योग्य छ त ? यही प्रशासनिक पाटोलाई यो लेखले खोतल्नेछ । यो पंक्तिकारले केही महिनाअघि कोशी प्रदेश सरकारबाट गठित उच्चस्तरीय प्रशासन सुधार कार्यदलको नेतृत्व गर्ने मौका पाएथ्यो । प्रदेश प्रशासनसम्बन्धी अनगिन्ती प्रमाण (एभिडेन्स) सँग साक्षात्कार गर्ने मौका पाएथ्यो । कोशी प्रदेशले बेहोरिरहेको अवस्थालाई अन्य प्रदेश प्रशासनहरूसँग सामान्यीकरण (जेनरलाइजेसन) गर्न सकिने देखियो । प्रशासनिक अभ्यासमा ठूलो भिन्नता नरहेकाले यहाँ देखिने तस्बिरहरू सबै प्रदेशसँग मिल्दाजुल्दा नै छन् ।उसो त अहिलेका संघीय प्रशासन र स्थानीय प्रशासन विगतदेखि नै थिए । तिनीहरूसँग काम गर्ने संगठन, साधनस्रोत, भौतिक पूर्वाधार, क्षमता, विधि, प्रविधि र कार्यसंस्कृति थियो । त्यसको विपरीत प्रदेश प्रशासनले यात्रा शून्यबाट थाल्नुपर्यो । नघुमाई भन्नुपर्दा, संघ र स्थानीय तहको भन्दा प्रदेश प्रशासन कमजोर अवस्थामा हिजो थियो र अझै छँदै छ । यदि त्यसलाई नसुधार्ने भए अरु कैयौं वर्ष यसैगरी खेर जाने पक्का छ ।बिराएको बाटो ?संघीयतामा जाँदै गर्दा बनाउनुपर्ने थप कानुनहरूको एउटा लेखाजोखा २०७३ तिर संघीय कानुन मन्त्रालयले गरेको थियो । तर प्रदेश सरकारले यस्तो खाले लेखाजोखा गरेको रहेनछ । तथापि संघीय लेखाजोखा प्रतिवेदनले २२ कानुन प्रदेश सरकारले बनाउनुपर्ने भनेको रहेछ । सोमध्ये कोशी प्रदेशले १९ कानुन जारी गर्न भ्याएछ । हालसम्म कोशी प्रदेशले बनाएका कुल ऐनको संख्या ५९ र नियमावली २४ वटा रहेछन् । तर बनाउन बाँकी नियमावली ३५ वटा देखिए । यसबाट सहजै बुझिन्छ, ती ३५ ऐन बने पनि लागू हुने अवस्थामा छैनन् । प्रदेश सरकारले आफैंले बनाउनुपर्ने नियमावलीहरू नबनाउँदा आफ्नै अधिकारको उपयोग नभएको भेटियो ।संविधानमा प्रदेशको एकल अधिकार र नेपाल सरकारले बनाएको कार्यविस्तृतीकरण प्रतिवेदनमा पर्दापर्दै पनि कोशी प्रदेश सरकार (कार्यविभाजन) नियमावली–२०७९ मा छुट्न गएका विषय २८ वटा रहेछन् । त्यस्तै, ती दुवैमा परेर पनि कोशी प्रदेश सरकारले नीतिगत प्रबन्ध गर्न बाँकी रहेका विषय २०० वटा रहेछन् । साथै, तिनको अभ्यास गर्न प्रदेशमा संस्थागत व्यवस्था गर्न छुटेका विषय ११६ वटा भएछन् ।संविधानमा स्थानीय तहको एकल अधिकारमा परेका र नेपाल सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण प्रतिवेदनले स्थानीय कार्यक्षेत्र मानेका ११ विषय प्रदेश सरकारले आफ्नो कार्यविभाजन नियमावलीमा राखेको भेटियो । त्यसैगरी उक्त दुवैमा स्थानीय अधिकार मानिए पनि कोशी सरकारले कानुन निर्माण गरेका विषय १८ वटा देखिए । अझै ती दुवैमा पालिकाहरूको एकल अधिकार भन्दाभन्दै पनि कोशी प्रदेशले आफ्नो मातहत संस्थागत प्रबन्ध गरेका विषय १८ वटा रहेछन् । प्रदेश सरकारसँग साधनस्रोतको अभाव हुँदा पनि स्थानीय तहले गर्ने काममा हात हालेका विषयको सूची लामो देखियो । यसरी पालिकाको कार्यक्षेत्रका करिब ४६ विषयमा प्रदेश सरकारले बजेट विनियोजन गरेको पाइयो ।यसै पनि प्रदेश सरकारसँग राजस्वको संकट छ । यसैले संघबाट पाउने वित्तीय हस्तान्तरणमा जीविका चलाउनुपर्ने बाध्यता प्रदेशको छ । तर पनि प्रदेशमा मन्त्रालयहरूको संख्या बोक्न सक्नेभन्दा धेरै छ । विगतमा कायम १३ मन्त्रालयको संख्या ९ मा झरे पनि अझै अनावश्यक हो । ती मन्त्रालयलाई कामको लोड फिटिक्कै नपुगेको देखियो भने मन्त्रालयको संख्या थप्नु भनेको ‘उप्रीमाथि थुप्री’ हो । २०७५ मा नेपाल सरकारले प्रशासन पुनःसंरचना गर्दा ३७ खाले कुल १५१ कार्यालय संघबाट कोशी प्रदेश सरकारमा हस्तान्तरित भएका रहेछन् । कतिपय हिजो एकात्मक व्यवस्थामा क्षेत्रीय र जिल्ला स्तरमा खडा गरिएका कार्यालयहरू अहिलेसम्म जस्ताको तस्तै सञ्चालनमा रहेको पाइयो । जस्तै— स्वास्थ्य निर्देशनालय (धनकुटा) र १४ जिल्लामा रहेका जनस्वास्थ्य कार्यालयहरू । विडम्बनाको कुरो, प्रदेश प्रशासनले कुल १९३ संगठन बोके पनि नेपालको संविधान र यसबीच प्रदेशले जारी गरेका कानुनहरूले मागेका कमसेकम १५ संगठन प्रदेश सरकारको कोखबाट जन्मिएकै छैनन्, जस्तै— कोशी प्रदेश प्रहरी प्रशासन, प्रदेश निजामती किताबखाना, कोशी प्रदेश तथ्यांक ब्युरो, कोशी उच्च शिक्षा बोर्ड, कोशी सामाजिक विकास परिषद्लगायत । अर्थात्, कानुनमा यस्ता संस्थाहरू जन्मे, तर संगठन छैन । मन्त्रालय छ, तर आम नागरिकलाई सेवा दिने मातहतका कार्यालय छैनन् । हुँदाहुँदा, २०७९ भदौमा कुलपतिलगायत ३८ पदाधिकारी रहने गरी प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ जारी गरियो तर यसको गठन र संगठनको अत्तोपत्तो छैन । २०७६ असोजदेखि कोशी प्रदेशसँग लगानी प्राधिकरण छ र सार्वजनिक–निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन–२०७६ छ । यसबीच चार वर्ष बितिसक्दा पनि लगानी जुटाउन राजनीतिक र कर्मचारीतन्त्रबाट हुनुपर्ने विशेष पहलको अभाव देखियो । आफैंले आह्वान नगरेको (अनसोलिसिटेड) लगानी प्रस्तावमा मात्रै लगानी प्राधिकरणले हालसम्म काम गरिरहेको छ भने, आफैंले आह्वान गरेको (सोलिसिटेड) लगानी स्किम प्रयोगमा ल्याएकै छैन । त्यसैगरी, प्राधिकरणले हालसम्म ‘ग्रिनफिल्ड प्रोजेक्ट’ (नयाँ विकास गरिने आयोजना) मा मात्रै काम गरिरहेको छ तर ‘ब्राउनफिल्ड प्रोजेक्ट’ (बनिसकेको आयोजना) मा हालसम्म प्रवेश गरेकै छैन । उसो त लगानी प्राधिकरणको संगठन विकास अधुरो छ । केवल राजनीतिक रहरले जन्माइएको जस्तो छ, प्राधिकरण ।कोशी प्रदेशसँग कर्मचारीका कुल २,७८९ दरबन्दी भेटिए तर तीसँग थुप्रै झमेला रहेछन् । दरबन्दी संरचना तह हैन, श्रेणीमाथि आधारित छ । ती दरबन्दीले अहिलेसम्म पदनाम पाएका छैनन् । प्रदेश किताबखानाको रेकर्डमा भएको दरबन्दी र कर्मचारी कार्यरत दरबन्दीबीच तालमेल छैन । प्रदेश निजामती सेवा ऐन–२०७९ आए पनि नियमावली नआएकाले यो झमेला भएको छ । त्यसमाथि संघले आठ वर्षसम्म संघीय निजामती सेवा कानुन नल्याइदिँदा ‘न गरी खानु न मरी जानु’ जस्तो अवस्थामा प्रदेश उभिएको छ । यतिखेर प्रदेश प्रशासनमा निवृत्तिभरण दिनुपर्ने पद सृजना गर्नुपर्दा आजको मूल्यमा एउटा कार्यालय सहयोगीका लागि १ करोड ८ लाख र सातौं स्तरको अधिकृतका लागि २ करोड १३ लाख रुपैयाँ आर्थिक भार प्रदेश सरकारमाथि थपिने देखियो । यस अवस्थामा प्रदेश सरकारले आर्थिक भार थप्दै जानुभन्दा कर्मचारीको क्षमता बढाउने र प्रविधिको उपयोग गर्दै सेवाको सुधार र विस्तार गर्नुपर्ने हो । तर त्यो बाटो समाएको कमै भेटियो ।संगठनमा जहिले पनि सामान्य प्रशासन र विशेषज्ञ प्रशासनबीच उत्तम सन्तुलन जरुरी हुन्छ । कतै सामान्य प्रशासनिक जनशक्ति चाहिन्छ भने कैयन् कार्यहरूमा विशिष्ट प्राविधिक दक्षता बोकेका जनशक्ति नभई हुन्न । यसैका लागि निजामती प्रशासनमा संसारभर अनेकन् सेवा, समूह र उपसमूहहरूको प्रबन्ध गरिन्छ । तर कोशी प्रदेशमा प्रशासन, वन, शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधिजस्ता सातवटा सेवा तोकिए पनि तीअन्तर्गत विशेषज्ञ कर्मचारीको व्यवस्था गर्न समूह उपसमूहको बन्दोबस्त भएको छैन । प्रदेश प्रहरीको विषय अझै पेचिलो देखियो । २०७५ मा नेपाल सरकारले गठन गरेको एउटा प्रदेश सुरक्षा समन्वय समिति छ जहाँ प्रदेश सरकार छ । तर यो समन्वयकारी भूमिकामा मात्र सीमित छ । शान्ति–सुरक्षाका सवालमा प्रहरी र सुरक्षा निकायले संघीय गृह मन्त्रालयलाई मान्छ । जबकि प्रहरीको पूर्वाधार निर्माण र अन्य कार्यमा प्रदेश सरकारले बजेट खर्च गर्दैै आएको छ । तर शान्ति–सुरक्षामा प्रदेश सरकार भूमिकाविहीन देख्दा गाईको चाकर मात्रै गर्ने भाइको कथाको झझल्को आउँछ ।बिट मार्नुअघिमाथिको बयान ठूलो बरफको डल्लाको एक छेउको तस्बिर मात्रै हो । यो अवस्थामा, प्रदेश सरकारले कसरी काम गर्न सक्छ ? कसरी नागरिकलाई सन्तुष्ट राख्न सक्छ ? तर विगत र वर्तमानका प्रदेश नेतृत्वहरू दोषमुक्त छैनन् । किन सशक्तताका साथ संघसँग प्रदेशहरू प्रस्तुत हुन सकेनन् ? यो बुझिनसक्नु छ । सम्भवतः आफ्नै दलको उपल्लो तहका नेताको कोपभाजनमा राजनीतिक करिअर गुमाउनुपर्ला भन्ने त्रासमा प्रदेश नेतृत्वहरूले प्रादेशिक धर्मको निर्वाह विगतमा गरेनन् र अहिले पनि गरिरहेका छैनन् । अब दुइटा बाटा मात्रै छन् । कि त प्रदेश सरकारलाई अविलम्ब अधिकार, साधनस्रोत र क्षमता दिलाएर चलायमान बनाऊ नत्र प्रदेशको आत्मालाई मुक्ति देऊ ! अर्थात्, दुई तहको सरकारमा जाऊ ! घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । | Opinion | 9,770 |
झन् झन् गहिरिँदै वित्तीय घाटा | राजस्व सङ्कुचनका कारण स्रोत व्यवस्थापनको सङ्कटमा परेको सरकारको वित्तीय घाटा झन् झन् विस्तार हुन थालेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को नौ महिना (चैत) पूरा हुँदा सरकारको आम्दानीभन्दा खर्च करिब साढे दुई खर्ब रुपियाँले बढी छ । | https://gorkhapatraonline.com/news/64401 | काठमाडौं, जेठ २ गते । राजस्व सङ्कुचनका कारण स्रोत व्यवस्थापनको सङ्कटमा परेको सरकारको वित्तीय घाटा झन् झन् विस्तार हुन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (चैत) पूरा हुँदा सरकारको आम्दानीभन्दा खर्च करिब साढे दुई खर्ब रुपियाँले बढी छ । आम्दानीभन्दा बढी भएको खर्चका लागि सरकारले आन्तरिक ऋण उपयोग गरिरहेको छ । त्यसबाट पनि नपुग रकम गत वर्षको बचत बजेटबाट खर्च भइसकेको छ । यति गर्दा पनि सरकारलाई स्रोत व्यवस्थापन गर्न हम्मे भइरहेको छ । त्यसका लागि सरकारले फेरि आन्तरिक ऋण लिने तयारी गर्दै छ । भाका पुगेको आन्तरिक ऋणको भुक्तानी पनि नवीकरण गरेर सरकारले अर्को वर्षका लागि सारेको छ । सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म सरकारले विभिन्न शीर्षकबाट सात खर्ब ९७ अर्ब ३४ करोड रुपियाँ आम्दानी गरेको छ । कुल आम्दानीमध्ये सरकारले छ खर्ब ८४ अर्ब ६३ करोड रुपियाँ कर राजस्व, ७१ अर्ब ६१ करोड रुपियाँ गैरकर राजस्व, चार खर्ब ८० करोड अनुदान र ३६ अर्ब २९ करोड रुपियाँ अन्य प्राप्ति शीर्षकबाट प्राप्त गरेको छ । सरकारको कुल आम्दानी सुरु बजेटको लक्ष्यको तुलनामा ५४.६६ प्रतिशत हो । कार्यालयका अनुसार चैतसम्म सरकारले १० खर्ब ४७ अर्ब ७६ करोड रुपियाँ खर्च गरेको छ, जुन लक्ष्यको ५८.४१ प्रतिशत हुन आउँछ । कुल खर्चमध्ये ठूलो हिस्सा चालु प्रकृतिको खर्चमा भएको छ । चैतसम्म सात खर्ब ८६ खर्ब ७४ करोड रुपियाँ चालु खर्च भएको छ, जुन लक्ष्यको ६६.४९ प्रतिशत हो । सरकारको कुल आम्दानी चालु खर्चका लागि मात्र पर्याप्त हुने देखिन्छ । पुँजी निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पुँजीगत खर्च अत्यन्त न्यून मात्र भएको छ । चालु आर्थिक वर्षको तीन महिना बाँकी रहँदा पुँजीगत शीर्षकमा सरकारले केवल एक खर्ब २५ अर्ब ६७ करोड रुपियाँ मात्र खर्च गरेको छ । यो सुरु लक्ष्यको केवल ३३ प्रतिशत मात्र हो । त्यस्तै ऋण भुक्तानी र सार्वजनिक निकायमा गरिने लगानीमा पर्ने वित्तीय खर्च भने एक खर्ब ३५ अर्ब नाघेको छ । जुन लक्ष्यको ५८.७९ प्रतिशत हुने कार्यालयले जनाएको छ ।विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि २०७९ वैशाखदेखि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि भन्सार राजस्व घट्न पुगेको थियो । सञ्चितिमा सुधार हुन थालेपछि पुसमा आयात प्रतिबन्ध फुकाए पनि अर्थतन्त्रले आन्तरिक समस्या बेहोर्नु परेको छ । उच्च ब्याजदर, मुद्रास्फीतिलगायतका कारण लगानी र माग बढ्न नसक्दा अर्थतन्त्र शिथिल अवस्थामा छ । जसले गर्दा आन्तरिक राजस्व पनि लक्ष्य अनुसार उठ्न सकेको छैन । भन्सार र आन्तरिक राजस्व दुवैमा धक्का बेहोरेपछि सरकार स्रोत व्यवस्थापनको चरम दबाबमा छ । जसले गर्दा आर्थिक वर्षको दोस्रो त्रैमासको सुरुवातदेखि नै आन्तरिक ऋण परिचालन गर्ने अवस्थामा सरकार पुगेको थियो । | News | 38,071 |
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला | समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । | https://gorkhapatraonline.com/news/88380 | काठमाडौँ, मङ्सिर २२ गते । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । जहाँ शिक्षित हुने सपना पूरा गर्दै हुनुहुन्छ, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा झोला भरी पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुग्नु उहाँको दैनिकी बनेको छ । कक्षा ११ मा पढ्दै गर्नुभएकी इन्द्रमाया यस विद्यालयमा कक्षा १ देखि नै अध्ययनरत हुनुहुन्छ ।विद्यालय तेह्र वर्षभन्दामाथि उमेर समूहका महिलालाई लक्षित गरी स्थापना भएको हो । विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेका नजरमा इन्द्रमाया मेहनती र लगनशील हुनुहुन्छ । “यो उमेरमा पनि पढाइप्रतिको उहाँको लगाव लोभ लाग्दो छ । एकदमै मेहनती र लगनशील पनि हुनुहुन्छ, सबै विषयमा प्रायः विशिष्ट श्रेणी ल्याउनुहुन्छ । कति पटक त उहाँलाई कक्षा ‘जम्प’ गराएका छौँ”, चालिसेले भन्नुभयो । इन्द्रमायालाई विद्यार्थी, शिक्षक र कर्मचारी सबैले आदरले आमा भनि सम्बोधन गर्छन् । इन्द्रमायाले पढ्ने र शिक्षित हुने धोको सानैदेखि कै भए पनि विभिन्न कारणले पढ्न नपाएको सुनाउनुभयो । शिक्षित हुँदा समाजमा सम्मानित भएर बाँच्न पाइने लोभमा कक्षा १ मा विद्यालयमा भर्ना भएको उहाँको भनाइ छ । विद्यालयमा रोल्पाकी कुमारी महराले पढ्ने रहर पूरा गरिरहनुभएको छ । तत्कालीन द्वन्द्वको समयमा पढाइबीचमै छाड्नुभएकी उहाँले यतिबेला यस विद्यालयमार्फत पढाइ अगाडि बढाउनुभएको छ । “द्वन्द्व सकिँदासम्म पढ्ने उमेर घर्किसकेको थियो, आफूभन्दा सानासँग बसेर पढ्न मन लागेन”, उहाँले भन्नुभयो, “त्यो बेला छाडेको पढाइले यो विद्यालयका कारण अहिले निरन्तरता पाएको छ ।”विद्यालयकी प्रधानाध्यापक चालिसेका शब्दमा कुमारी पढ्नमा जेहेन्दार हुनुहुन्थ्यो । उहाँले एसइई प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि अहिले पद्मकन्या क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तरको पढाइ पूरा गरिसक्नुभएको छ । कुमारी अहिले मानवअधिकार आयोगमा अधिकृत पदमा जागिरे हुनुहुन्छ । इन्द्रमाया र कुमारीले जस्तै शिक्षित बन्ने सपना पछ्याउँदै विद्यालयमा आउने महिलाको सङ्ख्या ठूलो रहेको प्रधानाध्यापक चालिसेको भनाइ छ । काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले विद्यालयमा आउने महिलामा पढाइप्रतिको लगाव निकै ठूलो देखिने गरेको बताउनुभयो । “भर्ना हुन आउने धेरै महिलामा कुनै इखले काम गरेजस्तो लाग्छ । कसैलाई पढाइ छुटेको पीडा छ त कसैलाई छोराछोरीले लगाएको बचनले काम गरेजस्तो लाग्छ”, उहाँले भन्नुभयो, “महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ हामी अगाडि बढिरहेका छौँ ।”गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पुरा गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास जारी रहेको बताउनुभयो । बैंकको काम र प्रविधि सिक्न विद्यालयसम्मप्रेरणा विद्यालयकी प्रधानाध्यापक चालिसेका अनुसार परिवारका सबै सदस्यलाई कार्यालय र विद्यालय पठाएर दिउँसोको खाली समय सदुपयोग गर्दै छुटेको पढाइ निरन्तरता दिने महिलाको सङ्ख्या ठूलो छ । “उहाँहरुमध्ये कतिपयका छोराछोरी विदेशमा हुनुहुन्छ, विदेशमा बसेकासँग कुराकानी गर्न समस्या भयो, मोबाइलका एपहरु चलाउन र इन्टरनेटमा खोज्न पनि जान्नुपर्ने भयो”, उहाँले भन्नुभयो, “यी सबै आवश्यकताले उहाँहरुलाई विद्यालयसम्म ल्याएको हो भन्ने लाग्छ ।”केही त अंग्रेजी सिक्ने उद्देश्यले पनि आउने गरेको उहाँको अनुभव छ । बैंकको काम गर्न, भौचर र चेक भर्न पनि समस्या हुने र अन्य प्रविधि नजान्दा पछि परिने समस्या धेरैको भएको उहाँको भनाइ छ । “उहाँहरुको आवश्यकतालाई ध्यान दिएर विद्यालयले कम्प्युटर शिक्षामा जोड दिएको छ, यसले उहाँहरुलाई प्रविधिबारे जान्न सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा प्रोजेक्ट वर्क, साइन्स ल्याब पनि छन् । अंग्रेजी र गणितलगायतका सबै विषय पनि व्यवहारिक पद्धतिबाटै पठनपाठन हुँदै आएको छ ।”विद्यालय जहाँ स्वास्थ्य पनि शिक्षा पनि बढ्दो उमेरको महिलामा विभिन्न प्रकारका शारीरिक समस्या आउँछन् । तनाव र थकान हुनु स्वभाविक पनि हो । त्यही भएर उहाँहरुलाई बेलाबेला शैक्षिक भ्रमणमा लैजाने गरिएको प्रधानाध्यापक चालिसेको भनाइ छ । “भक्तपुर, चाँगुनारायण, विभिन्न संग्रहालयमा लगेर त्यसबारे जानकारी लिन पाउँदा उहाँहरु निकै खुशी हुनुहुन्छ । यसबाट उहाँहरु चिन्तामुक्त भएको बताउनुहुन्छ”, चालिसेले भन्नुभयो, “दिनहुँ विद्यालय आएपछि पनि कतिपयले रोग र तनाव कम भएको सुनाउनुहुन्छ ।”त्यति मात्रै होइन, रोजगारीका लागि, जागिरे महिला बढुवाका लागि पनि यहाँ विद्यालयमा आउने गरेको प्रधानाध्यापक चालिसेको भनाइ छ । उहाँको विद्यालयमा हाल १३ वर्षदेखि ७१ वर्ष उमेर समूहका पाँच सयभन्दा बढी महिला विद्यार्थी हुनुहुन्छ । सातदोबाटोस्थित प्रेरणा महिला विद्यालयले हालै स्थापनाको रजत जयन्ती मनाएको छ । प्रेरणा प्रथम महिला विद्यालयका रुपमा स्थापना भए पनि हाल उपत्यकामा यस्ता विद्यालयको सङ्ख्या सात पुगेको छ । साथै बुटबल, तनहुँलगायतका जिल्लामा पनि यस्ता विद्यालय विस्तार भइरहेका छन् । पच्चिस वर्षअघि र अहिलेको समय धेरै अन्तर आएको प्रधानाध्यापक चालिसेको अनुवभ छ । “पहिले नपढेका महिलाको सङ्ख्या देशभरी नै धेरै थियो, तर यो सङ्ख्या दुर्गमका जिल्लामा बढी छ”, उहाँले भन्नुभयो, “कम उमेरका विद्यार्थी प्रायः बाहिर जिल्लाका हुनुहुन्छ भने पाको उमेरका महिलाको सङ्ख्या सहरी क्षेत्रमा अझै पनि छ ।” विद्यालयमा बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन भइरहेको छ । पहिलो महिला विद्यालयको स्थापनामहिला विद्यालयको स्थापना पछाडि चार जना महिलाको योगदान छ । तत्कालीन समयमा हालकी प्रधानाध्यापक प्रभा चालिसेका साथमा राधा तिमिल्सिना, जनक चालिसे र प्रमिला शर्मा संस्थापक हुनुहन्छ । उहाँहरुको परिकल्पनाकै कारण मुलुकमा पहिलो पटक महिला विद्यालयको स्थापना भएको थियो । जसको उद्देश्य विद्यालय शिक्षाभन्दा टाढा रहेका महिलालाई प्रौढ शिक्षाभन्दा पनि विद्यालय शिक्षा दिएर सक्षम बनाउनु थियो । सामाजिक कामा रुचि राख्ने उहाँहरु विभिन्न कार्यक्रममा जाँदा एक कक्षा पनि नपढेका, पढाइ छुटेका महिलासँग भेट्नुहुन्थ्यो । जसको पढ्ने रहर पनि थियो । कतिपय त कक्षा १० मात्रै गर्न पाए हुन्थ्यो भन्ने पनि भेटिनुभयो । तिनै महिलाको रहरले उहाँहरुलाई महिला विद्यालय स्थापनाका लागि घच्घचाएको थियो । त्यो बेला सरकारले सञ्चालन गरेको सामुदायिक विद्यालय प्रशस्त थिए । निजी विद्यालय पनि थिए । तर उमेर पुगेका महिलालाई साना बालबालिकासँग बसेर पढ्न अप्ठेरो र सङ्कोच महसुस हुन्थ्यो । त्यही भएर पढ्न जान सक्नुभएको थिएन । प्रधानाध्यापक चालिसे भन्नुहुन्छ, “त्यही बेला महिलाका लागि छुट्टै विद्यालय खोलौँ भन्ने लागेको हो । त्यसका जिल्ला शिक्षा कार्यालय ललितपुरका जिल्ला शिक्षा अधिकारीसँग सल्लाह गरेर विद्यालयका लागि स्वीकृति माग्यौँ । शिक्षा अधिकारीले, शिक्षा नियमावलीमा १४ वर्षभन्दा माथिका महिलालाई भनेर पढ्नका लागि कुनै पनि प्रावधान वा नीति नियम नबनेको बताउनुभयो । तर हाम्रो ठूलो आग्रहपछि एउटा विनियम बनाएर स्वीकृति दिनुभयो ।”सुरुमा उहाँहरुले कक्षा ६ देखि १० कक्षासम्म सञ्चालन गर्नुभयो । “हामी चारै जनाले ५० हजारका दरले रु दुई लाख लगानी ग¥यौ । सुरुमा घर, कारखाना, गार्मेन्ट, बस स्ट्यान्डसम्म पुगेर महिलालाई पढ्नका लागि आग्रह गर्दै विद्यार्थी खोज्यौँ”, उहाँले भन्नुभयो । विद्यालयमा पहिलो वर्षमा २७ जना विद्यार्थी भर्ना भएका थिए । तर दोस्रो वर्षमा आइपुग्दा यो सङ्ख्या सातमा सीमित भयो । पछि कक्षा १ देखि नै पढाउन सुरु गरेपछि विद्यालय बढ्न थालेको उहाँको भनाइ छ । तर २०६२÷६३ मा विद्यार्थी यति धेरै सङ्ख्यामा आए कि विद्यालयलाई थेग्नै समस्या हुने अवस्था आयो । “त्यतिबेला विद्यार्थी सङ्ख्या सात सय पुगेको थियो । २०६२ पछि द्वन्द्व प्रभावित विद्यार्थी धेरै आएका थिए”, उहाँले भन्नुभयो । अहिले पनि विद्यालयमा ७७ जिल्लाकै विद्यार्थी अध्ययनरत छन् । चालिसेका अनुसार २०७२ सालको भुँइचालोपछि विद्यार्थीहरु घटेका थिए तर पछि कतिले पुनः पढाइ सुरु गनुभयो । प्रेरणा माध्यमिक विद्यालयबाट पहिलो एसएलसीको ब्याच २०५९ सालमा उत्तीर्ण गरेको हो । हालसम्म विद्यालयबाट पाँच सय २२ जनाले कक्ष १० उत्तीर्ण गरिसकेका छन् । विद्यालय सञ्चालन भएको तीन वर्षभित्र नै कक्षा १ देखि ५ सम्म थपियो । हाल १ कक्षादेखि १२ सम्मका कक्षा सञ्चालन भइरहेका छन् । संस्थापक प्रमिला शर्मा अहिले पनि शिक्षक हुनुहुन्छ र उहाँले विद्यालयको दिउँसोको सिफ्टको जिम्मेवारी सम्हाल्नुहुन्छ । छैन सजिलो पढाउनप्रधानाध्यापक चालिसेको अनुसार पाको उमेरका महिलालाई पढाउन निकै गाह्रो छ । “बालबालिका एक÷दुई पटक भनेपछि प्रायः टिप्छन् तर बढी उमेरमा बारम्बार अभ्यास गराउनुपर्छ । उहाँहरुलाई पढाउन झर्को नमानी पढाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले महिला विद्यालयका शिक्षकका लागि सरकारले तालिमसमेत दिएको बताउनुभयो । विद्यालयमा सबै विषयका विषय शिक्षक हुनुहुन्छ । विद्यार्थीबाट उठेको शुल्कबाट नै विद्यालय सञ्चालन भइरहेको चालिसे बताउनुहुन्छ । यसका साथै जिल्ला शिक्षा कार्यालयबाट अनौपचारिक शिक्षाका नाममा केही रकम विनियोजन हुने गरेको छ । पाठ्यपुस्तक नै समस्याप्रायः महिला विद्यालयको गुनासो पाठ्यपुस्तक विद्यार्थी केन्द्रित नभएको हुने गरेको छ । प्रधानाध्यापक चालिसेले भन्नुभयो, “सबैभन्दा अप्ठ्यारो पाठ्यपुस्तकले पारिरहेको छ । कक्षा १ मा ‘ताराबाजी लैलै’ पाठ पाका मान्छेलाई पढाउनुपरेको छ । पाका उमेरका महिलाका लागि लक्षित गरी सरकारले छुट्टै पाठ्यपुस्तक व्यवस्था गरिदिनुपर्छ । गणित, अंगे्रजीलगायतका विषयमा यही समस्या छ”, उहाँले भन्नुभयो ।आस्था महिला विद्यालयकी संस्थापक पार्वती ज्ञवाली भन्नुहुन्छ, “पाठ्यपुस्तक पाका महिलाका लागि उपयुक्त छैन । बालबालिकाको पढ्ने उमेर, क्षमता र मनोविज्ञानलाई ध्यानमा रखेर बनाइएको पाठ्यपुस्तकले महिलालाई पढाउनुपरेको छ ।” पूर्वविद्यार्थी जो समाजमै उदाहरणीय छन्विभिन्न महिला विद्यालयबाट पढाइ पूरा गर्नुभएका पूर्वविद्यार्थी यतिबेला समाजका लागि उदाहरणीय बन्नुभएको छ । प्रेरणा माध्यमिक विद्यालया एसइई उत्तीर्ण गर्नुभएकी विष्णु थापा अहिले स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन पूरा गरी सेवारत हुनुहुन्छ । पूर्वविद्यार्थी मनिषा पौडेल जर्मनीबाट एमएसी नर्सिङको पढाइ पूरा गरेर जर्मनीमै नर्सका रुपमा कार्यरत हुनुहुन्छ ।प्रेरणा विद्यालयबाट पहिलो ब्याचको एसइई उत्तीर्ण कुमारी महरा मानवअधिकार आयोगमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ । नविना चित्रकार नेपाल राष्ट्र बैंकमा जागिरे हुनुहुन्छ भने पूर्वविद्यार्थी पूर्णमाया आलेले तनहुँमा महिला विद्यालय सञ्चालन गर्नुभएको छ ।प्रेरणा विद्यालयकी प्रअ चालिसे शिक्षकलाई योग्यता र क्षमताअनुसारको तलब दिन नसकेको बताउनुहुन्छ । उहाँको विद्यालयमा हाल २८ जना शिक्षक र कर्मचारी कार्यरत हुनुहुन्छ । सरकारले महिला विद्यालयलाई पनि सामुदायीक विद्यालयसरहको सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने उहाँको माग छ । रासस | News | 42,030 |
ईपीएलमा ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि मतदान हुँदै | इंग्लिस प्रिमियर लिग (ईपीएल) का क्लबले बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे मतदान गर्ने भएका छन् । अर्को महिना लिग फेरि सुरु गर्नेतर्फको अर्को प्रमुख पाइलाका रूपमा यो मतदान रहेको छ । | https://ekantipur.com/sports/2020/05/26/159045995322389222.html | लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) का क्लबले बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे मतदान गर्ने भएका छन् । अर्को महिना लिग फेरि सुरु गर्नेतर्फको अर्को प्रमुख पाइलाका रूपमा यो मतदान रहेको छ ।बेलायती सरकारले आइतबार मात्रै ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति दिएको थियो । यसले खेलाडीलाई खेलका क्रममा स्वाभाविक रूपमा मैदानमा फर्कन मद्दत गर्नेछ । गत साता मात्रै क्लबले सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए ।मतदानमा लिगका २० क्लबको सहभागिता रहनेछ । बुधबार नै खेलाडी र खेल पदाधिकारीमा लिइएको अन्तिम चरणको कोभिड १९ परीक्षणको नतिजा पनि आउनेछ । अहिलेसम्म निकै कम संख्यामा मात्र खेलाडी र खेल पदाधिकारीमा कोभिड १९ परीक्षणको ‘पोजिटिभ’ नतिजा आएको हुनाले लिग जुनमै फेरि सुरु गर्न सकिने सम्भावना बढेको छ । | Sports | 25,160 |
कानूनबमोजिम भए टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । | https://ekantipur.com/news/2024/06/13/there-is-no-objection-to-any-social-network-including-tiktok-if-it-is-in-accordance-with-the-law-minister-sharma-32-40.html | काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन् । कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको भन्दै उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘सरकारले टिकटक, क्याबिनटेबाटै निर्णय गरेर बन्द गरेको हो। अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन । तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट चलाइरहेका हुनसक्छन् । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन ।'उनले सामाजिक सञ्जाललाई समाज र परिवारअनुकुल हुने गरी मात्रै उपयोग गर्न आग्रह गरिन् । 'सामाजिक सञ्जाल सम्बन्धी विधेयक क्याबिनेटमा गएको छ । आउने मन्त्रिपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ । त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसद्को समितिमा आइपुग्दासम्म व्यापक छलफल हुनेछ ।' | News | 2,615 |
नेपालको हार | जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार जापानको पाँचौं श्रेणीको एमिती स्पोर्ट्स क्लबसँग ५–० को हार बेहोरेको छ । | https://ekantipur.com/sports/2017/08/18/20170818065952.html | काठमाडौं — जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार जापानको पाँचौं श्रेणीको एमिती स्पोर्ट्स क्लबसँग ५–० को हार बेहोरेको छ । दोस्रो रोजाइको टोली उतारेको नेपालले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल खाएको थियो । पहिलो खेलमा गाम्बा ओसाका यू–२३ सँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा क्वान्सेई गाकुन विश्वविद्यालयलाई २–१ ले हराएको थियो । नेपाली टोलीले शुक्रबार हनान विश्वविद्यालयसँग खेल्नेछ । एएफसी एसियन कपको छनोट चरण तयारीलाई नेपाली टोली जापान पुगेको हो । नेपालले छनोट चरणअन्तर्गत भदौ २० मा ताजकिस्तानसँग खेल्दै छ । | Sports | 31,723 |
प्राकृतिक प्रकोपपीडितलाई न राहत, न घर | तीन वर्षअघि भुजीखोलामा आएको बाढीले घर बगाएपछि ढोरपाटन नगरपालिका– ८ बोबाङका टेकबहादुर विक गोठ बारेर बसेका छन् । बल्लतल्ल ज्यान बचाएको उनको परिवारले अहिलेसम्म घर बनाउन सकेको छैन । भएको घर बग्यो, अर्को घडेरी नभएकाले गोठ बारेर बस्नुपरेको उनले गुनासो गरे । | https://ekantipur.com/feature/2023/12/10/no-relief-no-home-for-victims-of-natural-disasters-39-16.html | (बागलुङ) — तीन वर्षअघि भुजीखोलामा आएको बाढीले घर बगाएपछि ढोरपाटन नगरपालिका– ८ बोबाङका टेकबहादुर विक गोठ बारेर बसेका छन् । बल्लतल्ल ज्यान बचाएको उनको परिवारले अहिलेसम्म घर बनाउन सकेको छैन । भएको घर बग्यो, अर्को घडेरी नभएकाले गोठ बारेर बस्नुपरेको उनले गुनासो गरे ।तीन वर्षअघि आएको पहिरोले घर बगाएपछि गोठ बारेर बसेका स्थानीय । तस्बिर : प्रकाश/कान्तिपुर‘जग्गा जमिन छैन, त्यसैले उनका लागि सिफारिस पनि बनाउन सकिएन,’ वडाध्यक्ष भद्रमणि विकले भने, ‘गरिब जनतालाई राज्यको अनुदान पाउने ठाउँ नै छैन ।’ विकजस्तै तीन जनाले घडेरी अभावमा घर बनाउने रकम सिफारिस माग्न नसकेको उनले बताए । उक्त घटनामा वडा नं. ९ का १ सय बढी घर बगेका थिए । तीमध्ये ८२ परिवारले घर बनाउन जिल्ला प्रशासन कार्यालयबाट पहिलो किस्ता रकम लगेका छन् । मनसुनजन्य प्रकोप व्यवस्थापन समितिमार्फत सरकारले निजी आवास निर्माणका लागि ४ लाख रुपैयाँ अनुदान दिने गर्छ । पीडितले पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ पाएको दुई वर्ष बितिसकेको छ तर दोस्रो किस्ताका लागि माग आएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार ८२ जनाले पहिलो किस्ता र १८ जनाले मात्र दोस्रो किस्ता लगेका हुन् । पहिलो किस्ता ५० हजार लगेकाले घरको जग राखेर केही भाग उठाएपछि मात्र दोस्रो किस्ता २ लाख रुपैयाँ पाउने प्रावधान छ । घर बनिसकेपछि तेस्रो किस्ताबापत १ लाख ५० हजार गरी कुल ४ लाख रुपैयाँ पाउने सरकारी प्रावधान छ ।तीन वर्षअघि २०७७ को भदौ १७ गते ढोरपाटन नजिकैको फलेघरदेखि खसेको पहिरोले वडा नं. ९, ८ र ७ का १ सय २६ घर बगेका थिए । २२ को मृत्यु भएको थियो भने १५ जना बेपत्ता छन् । मृत्यु भएकाको परिवारलाई सरकारले दुई लाख रुपैयाँको दरले राहत रकम दिएको छ । बेपत्ता परिवारलाई राहत दिए पनि अवस्था भने पहिचान नभएको स्थानीय हुमबहादुर विकले बताए । उनकी पत्नी कुमारी र बैनी खिमी पहिरोमा परी बगेका थिए । बेपत्ता उनीहरूको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । १२ वर्ष नपुगेसम्म मृतक भनेर घोषणा गर्न नपाउने पटक–पटकका परिपत्रले बेपत्ताले मृतकको स्थान पाउन नसकेका हुन् । सहायक प्रजिअ चित्राङ्गत बरालका अनुसार तत्तत व्यक्तिको हकमा अदालतले निर्णय गरेर बेपत्ता हो भनेमा मात्र प्रशासनले मृतकमा प्रमाणित गर्ने प्रावधान छ ।यही पहिरोमा परी वडा नं. ९ का हेमबहादुर बिक, पत्नी दिलमाया, छोरा मनोज र विराज तथा छोरी उमिसा गरी ५ जना बगे । दिलमाया र मनोजको शव भेटियो, बाँकी बेपत्ता छन् । १२ वर्षीय आशिष र १४ वर्षीया सुस्मिता बाँचे । घरका सबै सदस्य गुमाएका उनीहरू अहिले पोखरास्थित बालगृहमा बसेर पढ्छन् । परिवारै नभएकाले उनीहरूले न कुनै राहत रकम पाए, न त सहयोग नै । २०७८ साउन ११ मा तमानखोला गाउँपालिका–२ को खोलेसोबाङमा पहिरोले पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षकी छोरी रिता र १३ वर्षका छोरा खिमबहादुरको मृत्यु भयो । पानबहादुरकी पत्नी ३४ वर्षकी होमकुमारी घाइते भइन् । लामो समय उनीहरू छिमेकीको आश्रयमा बसे । जिल्लाबाट राहत पाउने प्रक्रिया पूरा गर्न नसकेपछि गाउँपालिकाले सुरक्षित स्थानमा उनीहरूका लागि घर बनाइदियो । राहत पाउन पीडितले क्षति हुनुअघिको र क्षति भइसकेपछिको घरको तस्बिरसहित एकाघरका परिवारको निवेदन, वडा सिफारिस, सर्जमिन मुचुल्का पेस गर्नुपर्ने मनसुनजन्य विपत् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०७७ मा व्यवस्था छ । कार्यविधिको दफा ८ अनुसार पीडितले निवेदनका साथमा क्षतिको मूल्यांकनसहितको प्रतिवदेन पेस गर्नुपर्ने प्रावधानले पीडितले रातह पाउन नसकेका हुन् ।उक्त घटनापछि खोलसेबाङका आधा दर्जन घरपरिवार विस्थापित भए । ३ घर चिरिएकाले गोठ सजाएर बस्न थाले । सोही दिन निसीखोला गाउँपालिका–१ देवीस्थानका कमल परियारको घर पहिरोले पुरियो । उनले ५ वर्षको छोरा गुमाए । अन्य परिवारले भागेर ज्यान बचाए । त्यसपछि उनीहरू बुर्तिवाङ झरेर ज्याला मजदुरी गरेर बसेका छन् ।२०७४ देखि निरन्तर भासिन थालेपछि काठेखोला गाउँपालिका–५ को काउलेबस्ती बस्न नसकिने भयो । २०७७ पछि यस बस्तीका १४ घरलाई गाउँपालिकाले वडा नं ५ कै फापरखेत नजिक ५ रोपनी जग्गा किनेर स्थानान्तरण गर्यो । घर त बने, पानी अभावले स्थानीयले सास्ती खेपेका छन् । ‘हामी तीन वर्षसम्म भासिएका घरमा बस्न नसकेर छिमेकीको पिँढीमा बसेका थियौं, घर त बन्यो, पानीले दुःख पायौं,’ काउलेकी बसी परियारले भनिन् । काउलेकै आसपासमा समेत जमिन भासिएर जोखिम बढेपछि छिमेकीहरू बसाइँ सरेको उनले बताइन् । कमजोर आर्थिक अवस्थाका कारण आफ्नै बलबुतामा उनीहरूले घर बनाउन नसकेको बताए ।घर भत्किएपछिको भग्नावशेष देखाउँदै टेकबहादुर विक । तस्बिर : प्रकाश/कान्तिपुरकार्यविधिले तोकेका सूचक पूरा गर्न पीडितलाई हम्मेहम्मे परेपछि अधिकांशले घर नबनाइ छाड्ने गरेका हुन् । ‘कतिपयले ऋण खोजेर घर बनाएका छन्, कतिले छाडेरै हिंडे,’ जैमिनी नगरपालिका– १ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले भने, ‘पीडितलाई अनावश्यक प्रक्रियाले हैरानी पारेको छ ।’ भत्कनुअघि र भत्केपछिको घरको फोटो, वडा मुचुल्कालगायतका कागजात बनाउन पीडितले नसकेको उनले बताए । कतिपयले पटक–पटक सदरमुकाम पुग्ने काममा खर्च धेरै भएकाले माग्नै नगएको समेत बताए ।जिल्ला विपत् व्यवस्थापन समितिले १० पालिकाका २८ वडालाई उच्च जोखिममा राखेको छ । २४ वडा मध्यम र ८ वडा सामान्य जोखिममा सूचीकृत गराएको हो । तर उच्च जोखिम बस्तीमा संरक्षणका कार्यक्रम छैनन् । न त उनीहरूको बस्ती पुनः निर्माणका लागि सहजीकरण नै भएको छ । ‘तपाईं सुरक्षित हुनुहुन्छ भनेर राज्यले कहिल्यै पनि भनेन,’ आचार्यले भने, ‘बरु जथाभावी खनेका सडक नै जनताको काल बनेर खसेका छन् ।’ पीडित भएको सबैले देखेपछि सामूहिक मुचुल्का र सिफारिसमा रकम दिन सक्ने हो भने बल्ल पीडितले घर बनाउन सक्ने उनले बताए । संरक्षणका योजना नभएसम्म पीडित र छिमेकीहरूसमेत विस्थापित भएका छन् । बरु मनसुनजन्य प्रकोप नियन्त्रण तथा उद्धार समितिले गत असोज २४ गतेको बैठकले पहिलो किस्ता लगेर घर नबनाएका पीडितबाट ५० हजार फिर्ता ल्याउने निर्णय गरेको छ । उक्त रकम फिर्ताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग गरिदिन आग्रह गरेको बराल बताउँछन् । रकम लैजानेहरू अधिकांश अहिले पनि गोठमा बसेको जनप्रतिनिधिले बताए । कतिपय विस्थापित भएका छन् । त्यसको तथ्यांक भने छैन । जिल्ला प्रशासनको तथ्यांकमा मनसुनजन्य विपत्का लागि पछिल्लो तीन वर्षमा २ सय २१ घर पुनः निर्माण गर्नुपर्ने देखिन्छ । तीमध्ये ढोरपाटनका १८, ताराखोलाका ७, निसीका १९, जैमिनीका ८ र बडीगाडका ६ गरी ५८ परिवारले मात्रै घर बनाउन दोस्रो किस्ता लगेको देखिन्छ । ‘आफन्त र अभिभावक गुमाएकाहरूले घर बनाउन नसकेको अवस्था छ,’ ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले भने, ‘खाने लाउने समेत केही छैन, कसरी घर बनाउन सक्छन् र ?’ कतिपयले ल्याएको पहिलो किस्ता तत्काल खान लाउनमै सकेकाले घर बनाउन नसकेको उनले बताए । विपत् तयारी प्रतिकार्य योजना २०७८/७९ ले तयार पारेको सूचकले बागलुङलाई उच्च जोखिममा देखाएको छ ।मनसुनजन्य विपत्बाहेक बागलुङमा हरेक वर्ष चट्याङको जोखिम छ । जिल्ला प्रहरीका डीएसपी मदन केसीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चट्याङबाट ६ जनाको मृत्यु भएको थियो । उक्त वर्ष ६१ चौपाया मरेका थिए भने १३ चौपाया घाइते भए । ३० घर र २६ वटा गोठमा क्षति पुग्यो । आव २०७८/७९ मा पनि ६ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । २२ चौपाया मरे । ३७ घर र २१ गोठमा क्षति पुग्यो । चालु वर्षको साउनयता आगलागीबाट मात्रै ६ को मृत्यु भएको छ भने चट्याङबाट १ को मृत्यु भएको तथ्यांक छ । १२ घर भत्केका छन् । चालु वर्षका मृतकहरूले राहत पनि पाएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा सबै गाउँ तथा नगरपालिकामा विपद् व्यवस्थापन समिति, कोष र सामग्री खरिद गर्नुपर्ने प्रावधान छ । तर, बागलुङ नगरपालिकासहित कुनै पनि पालिकामा छुट्टै कोषसमेत छैन । चालु वर्षको नीति तथा कार्यक्रममा बागलुङ नगरपालिकाले विपत् जोखिम न्यूनीकरण योजना बनाउने मात्र उल्लेख गरेको छ । राहतका लागि आएकालाई जगेडा कोषबाट नगर प्रमुख, उपप्रमुख वा जनप्रतिनिधिको तजबिजमा राहत दिने गरिएको छ । विपत् व्यवस्थापनका लागि आवश्यक सामग्री पनि खरिद गरिएको छैन । विपत् व्यवस्थापनका लागि प्रहरीमा समेत सामग्री छैनन् । ‘रातमा पहिरो खसेर सडक रोकिंदा प्रहरीमा खबर आउँछ, हामीसँग जनशक्ति छ तर उद्धार सामग्री र उपकरण छैनन्,’ डीएसपी केसीले भने, ‘नगरपालिकाका सामान र डोजर माग्नुपर्छ ।’ हरेक प्रहरी कार्यालयमा विपत् व्यवस्थापन युनिट र उद्धार सामग्री र उपकरण चाहिएको उनले बताए ।पालिका तहमा जनप्रतिनिधिसहितको विपत् व्यवस्थापन समिति गठन भए पनि स्रोत साधन भने छैन । विपत् पर्दा उद्धारमा पुग्ने र आवश्यक सामग्री सहयोग गर्ने काममा उनीहरूको तत्परता देखिँदैन । बरु अधिकांश स्थानमा राहत दिन प्रमुखहरू नै पुग्ने गरेका छन् । ‘मेरो वडाकै स्वास्थ्य चौकी पहिरो खसेर जोखिममा छ तर त्यसका लागि नगरप्रमुख र उपप्रमुखको तजबिजमा रकम आयो भने संरक्षण गर्ने हो,’ वडा नं ९ का वडाध्यक्ष तथा विपत् व्यवस्थापन समितिका संयोजक राजु थापाले भने, ‘समितिले खर्चन पाउने कोष नहुँदा अरू घटनामा पनि सहयोग गर्न सकिएको छैन ।’कार्यविधि आउनुअघिका विपत्का पीडितले भने राहत र पुनर्स्थापनामा राज्यको साथ नपाएपछि बसाइँ सरेर हिँडेका छन् । जैमिनी नगरपालिका–१ को टुनिबोटमा २०७७ असारमा खसेको पहिरोले ८ घर भत्कायो, स्थानीय लक्ष्मीदेवी पौडेल र हरिकृष्ण शर्माको घटनास्थलमै मृत्यु भयो । त्यसपछि टुनिबोट गाउँका ४५ घरले पालैपालो बसाइँ सरेका छन् । ‘घरबारी जोखिममा पर्यो, सबैले बस्ती छाडेपछि हामी पनि चितवन झरेका छौं,’ स्थानीय यदुनाथ शर्माले भने, ‘चितवनमा घडेरी हुनाले यता आयौं ।’ घर र खेतबारी छाडेर उनीहरू निस्केकाले अहिले यहाँ झाडी बनेको छ । अधिकांश घरमा ताला लगाएका छन् । बारीका फलफूल बाँदरले खाइदिएका छन् । ‘अहिले त पहिरो थामिएको छ तर बसाइँ सर्ने क्रम थामिएको छैन,’ वडाध्यक्ष विष्णु आचार्यले भने, ‘त्यहाँ पुग्दा हामी समेत निराश भएका छौं ।’ बस्ती रित्तो भएकाले खेतीपाती लगाउन गाउँ जाने र अरुबेला भने पोखरा बस्ने गरेको स्थानीय भेषराज पौडेलले बताए । सदरमुकाम र तराई झर्नेको लर्कोले गाउँ रित्तो बन्न थालेको उनको टिप्पणी छ । स्थानीय सुरेन्द्र पौडेलले गाउँमा बस्न नसकेपछि सदरमुकाममा डेरा गरेर बसेको बताए । जोखिमको पहिचान हुने गरी प्राविधिक अध्ययन हुन नसक्दा बर्सेनि विपत् आउने गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी प्रमुख सुनिता श्रेष्ठले बताइन् । जोखिमको अध्ययन हुने गरी विस्थापितले पनि सुरक्षित भएर फर्कने वातावरण नभएको बताए । ‘समयमै पहिरो नियन्त्रण गरिदिएर सुरक्षित बन्छौं भनेको भए हामीले बसाइँ सर्नु पर्थेन,’ जैमिनी नगरपालिका–१ का बलराम शर्माले भने, ‘सुरक्षित भइन्छ वा पहिरो आए तत्काल उद्धार हुन्छ भन्ने विश्वास नभएपछि सर्न बाध्य भयौं ।’ आफ्नो ५ जनाको परिवार अहिले चितवनको रत्ननगरमा सरेको उनले बताए ।विस्थापित हुने क्रम घटाउन स्थानीय तहले बस्ती विकास मापदण्ड लागू गर्नुपर्ने धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राडा रामप्रसाद उपाध्यायले बताए । जोखिम र सुरक्षित आवास क्षेत्र पहिचान गरेपछि बस्ती विकास गर्नुपर्छ,’ उपाध्यायले भने, ‘कस्तो ठाउँमा बस्ने, कस्तोमा खेती गर्ने भन्ने मापदण्ड बनेन भने ठूला दुर्घटना सहनुपर्नेछ ।’ हाल कित्ताकाट रोकिएको समयमै स्थानीय तहले आफ्नो पालिकाभित्रका आवादी र खेती गर्ने जमिनको वर्गीकरण गर्नुपर्ने उनको भनाइ छ ।बस्ती विकास मापदण्ड लागू नभएकै कारण बागलुङका कतिपय स्वास्थ्य चौकी, विद्यालय र सार्वजनिक सम्पत्ति रहेको स्थान भासिएका छन् । बागलुङ नगरपालिकाको सिगाना र तित्याङ स्वास्थ्य चौकी बनेको स्थान पछिल्लो चार वर्षदेखि लगातार भासिएको छ । ‘सर्वेक्षण गर्दा जोखिम पहिचान भएन, त्यसैले अहिले करोडौंका भवन भत्कने अवस्थामा पुगेका छन्,’ वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले भने, ‘एउटा भवन जोखिममा परेको देखेपछि दर्जन घरबाट बसाइँ सर्ने क्रम बढेको छ ।’ | Feature | 192 |
आर्मी र सुदूर फाइनलमा | नेपाल आर्मी क्लब र सुदूरपश्चिमाञ्चल १८ आंै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् । | https://ekantipur.com/sports/2018/03/24/152186172719798639.html | धनुषा — नेपाल आर्मी क्लब र सुदूरपश्चिमाञ्चल १८ आंै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् । जनकपुरको मुजेलियास्थित कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० ले पराजित गर्यो । आर्मीका तर्फबाट म्यान अफ द म्याच दीपेन्द्र ऐरले २ तथा राम साहले १ गोल गरेका थिए । | Sports | 29,708 |
दबाब र प्रभावमुक्त बजेट | अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐनबमोजिम व्यय हुने रकम, अघिल्लो वर्षको खर्च र त्यसले लिएको लक्ष्यको उपलब्धिसमेतको विवरणसहितको राजस्व र व्ययको अनुमान चालु वर्षको जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । यतिबेला सङ्घीय सरकारका मन्त्रालयहरू आगामी वर्षको बजेटलाई अन्तिम रूप दिन व्यस्त छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन, २०७६ र सम्बन्धित नियमावलीका अनुसा | https://gorkhapatraonline.com/news/104882 | अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐनबमोजिम व्यय हुने रकम, अघिल्लो वर्षको खर्च र त्यसले लिएको लक्ष्यको उपलब्धिसमेतको विवरणसहितको राजस्व र व्ययको अनुमान चालु वर्षको जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । यतिबेला सङ्घीय सरकारका मन्त्रालयहरू आगामी वर्षको बजेटलाई अन्तिम रूप दिन व्यस्त छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन, २०७६ र सम्बन्धित नियमावलीका अनुसार नेपालको बजेट तर्जुमाको चक्र स्रोत समितिको सिफारिसमा राष्ट्रिय योजना आयोगले चालु आवको माघ १५ गतेभित्र आगामी तीन वर्षका लागि उपलब्ध हुने स्रोत र गर्न सकिने खर्चको सीमा तथा आवधिक योजनाद्वारा प्रक्षेपित लगानीका आधारमा तीन तहका सरकारको कुल राष्ट्रिय स्रोतको अनुमान गरेसँगै सुरु हुन्छ । यस्तो अनुमान गर्दा समष्टिगत आर्थिक परिसूचक, राजस्व, सहायता तथा ऋणसमेतको वस्तुनिष्ठ ढङ्गले विश्लेषण गर्नु पर्छ । खर्चको सीमा निर्धारण गर्दा सम्भावित अर्थिक दायित्व, राजस्व छुटसम्बन्धी प्रतिबद्धता र भुक्तानी दिन बाँकी दायित्वसमेतको ख्याल गर्नु पर्छ । सम्भाव्य स्रोत र खर्चको सीमा निर्धारणले मध्यकालीन खर्च संरचना र यसको एकीकृत खाका तयार गर्ने आधार प्रदान गर्छ । सम्भाव्य स्रोत र खर्चको सीमा निर्धारण भइसकेपछि राष्ट्रिय योजना आयोगले चालु आवको माघ मसान्तभित्र आगामी तीन वर्षका लागि बजेट तर्जुमा गर्न मध्यकालीन खर्चको खाका र बजेट सीमासहितको बजेट तर्जुमा निर्देशन तथा ढाँचा सम्बन्धित मन्त्रालय र आयोगसमेतका केन्द्रीय निकायलाई पठाउनु पर्छ । केन्द्रीय निकायहरूले आयोगबाट बजेट सीमासहितको मार्गनिर्देशन प्राप्त गरेको सात दिनभित्र अन्तर्गतका कार्यालयलाई निश्चित अवधि तोकी बजेट तथा कार्यक्रम र मध्यकालीन खर्च संरचना प्रस्ताव गर्न मार्गदर्शन तथा ढाँचासहित निर्देशन गर्नु पर्छ । सम्बन्धित कार्यालयले तोकिएको अवधिमा आयोजनाको लक्ष्य र कुल लागतसमेत देखिने गरी कार्यक्रम कार्यान्वयन तालिकासमेतको बजेट, कार्यक्रम र मध्यकालीन खर्च संरचना प्रस्ताव गरी तालुक मन्त्रालयमा पठाउनु पर्छ । मन्त्रालयसमेतका केन्द्रीय निकायले मातहत कार्यालयबाट प्राप्त प्रस्तावसमेत एकीकृत गरी आवधिक योजनाको आधारमा आगामी तीन वर्षको खर्च प्रक्षेपणसहितको मध्यकालीन खर्च संरचना तयार गरी फागुन मसान्तभित्र योजना आयोग तथा अर्थ मन्त्रालयमा पठाउनु पर्छ । यसका आधारमा आयोगले आर्थिक अनुशासन, बजेट कार्यान्वयन क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने कुरालाई समेत ध्यानमा राखी आगामी तीन वर्षका लागि समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रम एवं नतिजाको खाकासमेतको मध्यकालीन खर्चको एकीकृत ढाँचा तयार गर्नु पर्छ । बजेटलाई बढी परिपक्व र राजनीतिक दृष्टिले पनि बढी स्वीकार्य बनाउन विनियोजन विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा तीन महिनाअगाडि नै अर्थमन्त्रीले विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने र त्यसमा छलफल गरी आवश्यक थपघट गर्नुपर्ने भए सुझावसहित संसद्ले अर्थ मन्त्रालयमा लेखी पठाउनुपर्ने व्यवस्था छ । यसरी तयार भएको संरचना र ढाँचामा प्रस्तावित कार्यक्रमका आधारमा अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान तयार गरी संसद्मा पेस गर्ने र संसद्मा छलफल भई असार मसान्तभित्र पारित गर्ने अभ्यास छ । यसरी बजेट तर्जुमा प्रक्रिया सुरु भएको बढीमा चार महिनाभित्र संसद्मा अनुमान पेस भइसक्नु पर्छ । संसद्मा पेस भएको डेढ महिनाभित्र पारित हुँदा जम्माजम्मी छ महिनाको अवधि पनि प्राप्त नहुने अवस्था छ । यो अवधि अर्थतन्त्रको विश्लेषण, तीन तहका सरकारको कुल राष्ट्रिय स्रोतको अनुमान, प्रादेशिक सन्तुलनको पुनरवलोकन, मानव बस्तीको जनसाङ्ख्यिक वितरण अवस्थाको मूल्याङ्कनसमेतका काम गर्ने दृष्टिले अत्यन्त छोटो हो । त्यसमा पनि बजेट सीमा निर्धारणमा नै ढिलाइ हुने गरेको छ । यस वर्ष माघ १५ गतेभित्र निर्धारण गरी सक्नुपर्ने बजेट सीमा फागुनको पहिलो हप्तामा निर्धारण भयो । तीन महिनाअगाडि नै सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस भए पनि सत्ता गठबन्धनको फेरबदल र देखिएको विचलनले हुनुपर्ने जति छलफल हुन सकेन । यसरी बजेटमा पर्याप्त बहस, छलफल र अन्तव्र्रिmया नहुँदा परिपक्व र कार्यान्वयनयोग्य बजेट निर्माणमा अवरोध पुग्नुका साथै बजेट तर्जुमाको निर्धारित तालिकासमेत प्रभावित भएको देखिन्छ । यसले बजेट निर्माण कार्यमा दबाब पर्ने र बजेट अनुमान तथा त्यसमा कार्यक्रम समावेशका काम हचुवाका भरमा हुने हुँदा यसको प्रभाव सिङ्गो बजेटको गुणस्तरीयतामा परेको छ । यसले वैज्ञानिक तथा विधिसम्मत ढङ्गले बजेट निर्माण गर्ने काम बिथोलिनुका साथै बजेटमा कार्यक्रम तथा आयोजना समावेश गर्ने र राजस्वका नीति निर्धारण गर्ने विषयमा प्रभावशाली व्यक्ति, समूह र दलको दबाब र प्रभाव बढ्छ । सक्नेले उपयोगी व्रmमागत योजनामा कम बजेट विनियोजन गरी आफ्नो निर्वाचन क्षेत्रका तयारी नै नभएका आयोजनामा बजेट विनियोजन गर्ने क्रम बढ्छ, यसो भएका उदाहरण प्रशस्त छन् । यसले पुँजीगत खर्च र गुणस्तरमा न्यूनता आएको छ । अर्काेतर्फ अर्थतन्त्र स्वयम् दबाबमा छ । न्यून वृद्धि, न्यून लगानी, उद्योगहरू न्यून क्षमतामा चल्नु, कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो छ । उद्योगको योगदान यथावत् रहनु, न्यून राजस्व परिचालन, मूल्यवृद्धिले आर्थिक वृद्धिलाई उछिन्ने क्रममा निरन्तरता, चालु खर्चको वृद्धिले राजस्व वृद्धिलाई उछिनेको छ । बजेटमा पुँजीगत विनियोजन र खर्चमा न्यूनता आउनु, सार्वजनिक ऋणको अंश बढेर जानु, युवा बाहिरिने क्रममा सुधार नहुनाले उत्पादन र निर्माण क्षेत्रमा श्रम शक्तिको अभाव हुनु, राजस्व बक्यौता तथा समग्र बेरुजु अङ्क बढेर जानुले अर्थतन्त्र दबाबमा रहेको पुष्टि गर्छ । चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा बजेट सीमा निर्धारण गर्दा सरकारले ४.७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय वित्त संस्थाहरूले यो दर ३.१ देखि ३.३ प्रतिशतमा सीमित रहने अनुमान गरेका छन् । चैत मसान्तसम्ममा पनि बजेटले अनुमान गरेको आधा मात्र राजस्व सङ्कलन भएको छ । पुँजीगत खर्च विनियोजित रकमको एक तिहाइबाट माथि गएको छैन । वित्त घाटाको रकम कुल खर्चको १५ प्रतिशत पुगेको छ । यसले अर्थ मन्त्रालयलाई अहिलेको आवश्यकता सम्बोधन गरेर बजेट निर्माण गर्ने कार्यमा चुनौती थपेको छ । सङ्कलित राजस्वको ठुलो हिस्सा ऋणको साँवा ब्याज भुक्तानी, तलब भत्ता, सामाजिक सुरक्षा भत्ता, प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा जान्छ । त्यस्तै चालु खर्च, राष्ट्रिय गौरव तथा अन्य बहुवर्षीय ठेक्काका आयोजनाका लागि गर्नुपर्ने इएरमार्क वा बजेट सुनिश्चितता, प्रकोप र विपत् जस्ता घटनाका लागि रकम विनियोजन हुन्छ । कतिपय रकम पुराना दायित्व भुक्तानी आदिमा जाने हुँदा अर्थमन्त्रीले बजेटमा ठुला रकमका नयाँ आयोजना समावेश गर्ने गुन्जाइस न्यून छ, सरकारको स्रोत उपयोगको तजबिजी अधिकार सङ्कुचित भएको छ, यो अवस्था विश्वमै बढ्दै गएको छ । अमेरिकामा ५० वर्षअघि तजबिजी अंश ६२ प्रतिशत हुने गरेकोमा २६ मा झरेको छ । विश्व अर्थतन्त्र पनि अझै तरल छ, अनिश्चितता कायम छ, अर्थतन्त्रको दिशा र गति अनुमान लगाउन सक्ने अवस्था छैन । कोभिड–१९ ले पारेको प्रभावको घाउ निको नहुँदै सुरु भएको रुस–युक्रेन युद्ध, त्यसपछि मध्यपूर्वमा इजरायल, प्यालेस्टिनी र इरानबिचको सङ्घर्षको थालनी र शक्तिराष्ट्रहरूको ध्रुवीकरण एवं लालसागर तथा हर्मुज जलडमरुमा मालवाहक जहाज आवागमनमा हुतिहरूले पु¥याएको अवरोधले अनिश्चितता थपिएको छ । तेल र सुनको भाउ उकालो लागेको छ । सेयर बजार खस्केको छ, आपूर्ति व्यवस्था र उत्पादनशील क्षेत्रको लगानी प्रभावित हुने सम्भावना बढेर गएको छ । त्यसैले अन्तर्राष्ट्रिय मुद्रा कोषले केन्द्रीय बैङ्कहरूलाई ब्याजदर घटाउन हतार नगर्न सन्देश दिएको छ ।यस अवस्थामा अर्थतन्त्रलाई दबाबमुक्त र बजेटलाई नकारात्मक पक्षबाट प्रभावमुक्त बनाउन सरकारका विभिन्न अङ्ग र निकायले एकीकृत रूपमा काम गर्नुपर्ने देखिन्छ । आउँदो वर्षको बजेट निर्माण कार्यलाई सुधारको प्रथम बिन्दु बनाई राजस्व अनुमानलाई बढी वैज्ञानिक र यथार्थपरक बनाउन सक्नु पर्छ । पुँजीगततर्फको विनियोजन आयोजनाको आवश्यकता, त्यसको लागत, लाभ, प्रतिफल र नतिजा तथा सम्बन्धित निकायको खर्च गर्न सक्ने प्राविधिक तथा व्यवस्थापकीय क्षमताको आधारमा छुट्याउने गरी विनियोजनमा कुशलता देखाई बजेटमाथिको दबाब र प्रभावलाई अन्त्य गर्नु पर्छ साथै परियोजना बैङ्कमा प्रविष्ट पूर्ण तयारीका आयोजनालाई मात्र प्राथमिकताका आधारमा मध्यकालीन खर्च संरचनमा समावेश गर्ने र खर्च संरचनाका आधारमा बजेट निर्माण गर्ने कार्य कडाइका साथ पालना गर्नु पर्छ । सम्भाव्य स्रोतको अनुमान र बजेट सीमा निर्धारण गर्ने कार्यका लागि संयुक्त अधिराज्यमा जस्तै बजेट उत्तरदायित्वसम्बन्धी अर्धस्वायत्त निकायको व्यवस्था गर्न सके स्रोत सीमा निर्धारणसमेतका कार्यमा यथार्थता र कुशलता देखिन सक्छ । नीति र कानुनमा सुधार गरी आउँदा वर्षमा बजेट निर्माण कार्यका लागि पर्याप्त समय प्राप्त हुने व्यवस्था गर्नु आवश्यक छ । परियोजना बैङ्क र मध्यकालीन खर्च संरचना पद्धतिको पूर्ण कार्यान्वयन गर्ने हो भने अहिलेकै व्यवस्था र समय अवधि अन्तर्गत पनि बजेट निर्माण कार्य बढी नतिजामुखी बन्न सक्छ । यसलाई थप प्रतिफलमुखी बनाउन अमेरिकाको बजेट निर्माणको दुई वर्षे (२२ महिना) चक्र प्रणालीको अनुभवको उपयोग गरी बजेट प्रणालीलाई बढी उपयोगी बनाउन सकिन्छ । यसो हुँदा अर्थतन्त्रलाई दबाबबाट र बजेटलाई दूषित प्रभावबाट मुक्त गर्न सकिन्छ । | News | 45,799 |
कीर्तिमान पछ्याउँदै रोनाल्डो | पोर्चुगलले युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्नेछ । दिन हो, जुन १५ । बुडापेस्टमा हुने खेलमा पोर्चुगाली टिमको नेतृत्व फेरि एकपल्ट क्रिस्टियानो रोनाल्डोले गर्नेछन् । यसक्रममा उनी कीर्तिमानको इतिहास बनाउने बाटोमा हुनेछन् । | https://ekantipur.com/sports/2021/06/07/162303066996454897.html | लिस्बन — पोर्चुगलले युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्नेछ । दिन हो, जुन १५ । बुडापेस्टमा हुने खेलमा पोर्चुगाली टिमको नेतृत्व फेरि एकपल्ट क्रिस्टियानो रोनाल्डोले गर्नेछन् । यसक्रममा उनी कीर्तिमानको इतिहास बनाउने बाटोमा हुनेछन् ।सन् २०१६ मा पोर्चुगलले उनकै नेतृत्वमा उपाधि जितेको थियो । अहिले उनी ३६ वर्षका भए । यसपल्टको प्रतियोगितासँगै रोनाल्डोलाई दाबी गर्न सकिनेछ, यी युरोपकै महान फुटबल खेलाडी हुन् । त्यो पनि सर्वकालीन । प्रतियोगिताको इतिहासमा उनी सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । उनले जत्तिको गोल छनोटमा अहिलेसम्म कसैले गर्न सकेका छैनन् । यसपल्टको प्रतियोगितामा उनले एकै गोल मात्र गर्न सके युरोपमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा हुनेछन् ।युरोको इतिहासमा अहिले सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डो फ्रान्सका मिचेल प्लाटिनीसँग बराबरीमा छन् । उनले चार संस्करणका २१ खेलमा ९ गोल गरेका छन् । उनी चार संस्करणमा गोल गर्ने एक्ला खेलाडी पनि हुन् । प्लाटिनीले सन् १९८४ को एउटै संस्करणमा ९ गोल गरे, तर उनले त्यसपछि अर्को प्रतियोगिता नै खेल्न पाएनन् । सन् १९६० देखि १९९२ बीच फ्रान्सले युरो जितेको त्यही एक अवसरमात्र थियो । फ्रान्सका एन्टोइन ग्रिजमनले यसपल्ट राम्रो खेल्न सके भने रोनाल्डो र प्लाटिनी दुवैलाई उछिन्न सक्नेछन् । उनले ६ गोल गरेका छन् । यो सबै सन् २०१६ मा सम्भव भएको थियो, त्यसैले उनले गोल्डेन बुट पनि जितेका थिए । युरो छनोटमा रोनाल्डोले ३१ गोल गरेका छन् । यो त युरो छनोटको इतिहासमै केही नयाँ नै हो, किनभने उनले सन् २०१९ को सेप्टेम्बरमै मात्र यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । यसअघि यो कीर्तिमान रोबी किनको नाममा रहेको थियो । सन् २०१६ को फाइनलमा पोर्चुगलले आयोजक फ्रान्सलाई हराएको थियो । यसक्रममा उनले आफ्नो देशका लागि पहिलो ठूलो उपाधि जिते । संयोग कस्तो भने उनका व्यक्तिगत प्रतिस्पर्धी लियोनल मेसीले एकै ठूलो उपाधि पनि जित्न सकेका छैनन् । घाइते भएपछि उनले २५ मिनेटपछि मैदान छाडेका थिए, तर उनलाई पूरा खेल अवधिमा आफ्ना साथी खेलाडीलाई ‘साइडलाइन’ बाट निर्देशन गर्ने छुट दिइएको थियो । त्यो खेलमा पोर्चुगल अतिरिक्त समयमा १–० ले विजयी रहेको थियो । रोनाल्डोले चार संस्करणको युरो त खेले नै, यसपल्ट पाँचौं पनि खेल्नेछन् र यसक्रममा उनी यस्तो उपलब्धि चुम्ने एक मात्र खेलाडी हुनेछन् । अहिलेसम्म उनले युरोका २१ खेल खेलिसकेका छन् । यो जर्मनीका बास्टियन स्वान्सटाइगरको भन्दा तीन खेल बढी हो । यस्तै इटालीका जियानलुइजी बुफोनको भन्दा चार खेल बढी । मिनेटकै आधारमा पनि रोनाल्डो अगाडि छन्, उनले १ हजार ७ सय ९५ मिनेट युरोका लागि मैदानमा बिताइसकेका छन् । अझ त्योभन्दा रमाइलो तथ्यांक रोनाल्डोको पक्षमा छ । उनले गोलका लागि १ सय २२ पल्ट प्रहार गरेका छन् । यो आफैमा कीर्तिमान हो । यस्तै उनी युरोका दुई उपाधि जित्ने खेलाडी सूचीमा पनि रहने सक्नेछन् । | Sports | 22,956 |
दुई महिनादेखि युवक बेपत्ता | अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक किशोर हराएको दुई महिना पुग्दा पनि फेला परेका छैनन् । | https://gorkhapatraonline.com/news/88747 | प्रेमराज सिम्खडाकालीकोट, मङ्सिर २५ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक किशोर हराएको दुई महिना पुग्दा पनि फेला परेका छैनन् । गत कात्तिक ७ गते हराएका विनायक नगरपालिका –५ (साबिकको ल्याटी गाविस –२) बस्ने विर्खबहादुर शाहीका छोरा १८ वर्षीय चेतन शाही सम्पर्कमा नआएका हुन् । वडा अध्यक्ष हेमबहादुर शाहीले बालकको खोजीका लागि सार्वजनिक सूचना जारी गर्नुभएको छ । उहाँले कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल ९७४४२९८००६ र ९७४२२०३०७८ मा खबर गरिदिन अपिल गर्नुभएको छ ।बालकका आफन्त देविन्द्र बमले बालक हराएदेखि आमा बेहोस् भएको बताउनुभयो । खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यहरू चिन्तित भएका छन् । खोजीकार्य प्रहरीले पनि गरिरहेको छ । बालकका बुवा भारतमा रहेकाले वालकको खोजी गरिदिने कोही नभएको बमले बताउनुभयो । | News | 52,338 |
युभेन्ट्स दोस्रो स्थानमा | युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार दोस्रो स्थान कब्जा गरेको छ । उसका लागि उसले बोलोग्नालाई सजिलै ३–० ले हरायो । युभेन्ट्सको यो जितपछि ४१ अंक भएको छ । | https://ekantipur.com/sports/2017/12/18/20171218090440.html | मिलान — युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार दोस्रो स्थान कब्जा गरेको छ । उसका लागि उसले बोलोग्नालाई सजिलै ३–० ले हरायो । युभेन्ट्सको यो जितपछि ४१ अंक भएको छ । उसको अगाडि नेपोली ४१ अंकमा छ । अर्कोतर्फ लिगमा एसी मिलानका खराव लय कायम रह्यो र भेरोनाको हातबाट ३–० ले पराजित रह्यो । मिलान २४ अंकमा आठौं स्थानमा छ । | Sports | 30,594 |