title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
मल आपूर्ति सम्बन्धमा छलफल
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिहीबार भेटघाट भएका छ । मन्त्रालयमा भएको भेटघाटमा भारतसँग जीटुजी (सरकारदेखि सरकार) सम्झौता भए पनि हालसम्म रासायनिक मल नेपाल नआएको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
https://gorkhapatraonline.com/news/19680
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ६ गते  ।  कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिहीबार भेटघाट भएका छ । मन्त्रालयमा भएको भेटघाटमा भारतसँग जीटुजी (सरकारदेखि सरकार) सम्झौता भए पनि हालसम्म रासायनिक मल नेपाल नआएको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो । सो अवसरमा रासायनिक मल नआएकोबारे राजदूत श्रीवास्तवले राख्नुभएको जिज्ञासामा मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिनुभएको थियो । नेपालबाट पठाउनुपर्ने सम्पूर्ण कागजात पठाइसकेको भए पनि भारतबाट रासायनिक मल आउन ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा राजदूत श्रीवास्तवले चाँडै मल ल्याउन पहल गर्ने बताउनुभएको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो । नेपाल र भारतबीच गत फागुन १६ गते रासायनिक मल आपूर्ति सम्बन्धमा जीटुजी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार मल नआएपछि तत्कालीन कृषिमन्त्री महिन्द्रराय यादव भारत जानुभएको थियो । उक्त भ्रमणपछि असारको पहिलो हप्तासम्म मल आइपुग्ने बताइएको भए पनि हालसम्म त्यो मल आइपुगेको छैन । यसैबीच कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधि पनि मलकै विषयमा कुराकानी गर्न भारत गएर फर्केका छन् । अझै मल आउने सुरसार देखिएको छैन । नवनियुक्त मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पनि भारतबाट मल ल्याउन पहल सुरु गर्नुभएको छ । धान सिजनका लागि मल नआए पनि गहुँ सिजनका लागि भारतबाट मल आउने विश्वास मन्त्रालयले लिएको छ । मल आपूर्तिका अतिरिक्त सो अवसरमा नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी ल्याउने, उखु तथा कफीको जर्मप्लाज्मा आयात गर्ने, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रण गर्न दुवै देशको संयुक्त संयन्त्र निर्माण गर्नेलगायतका विषयमा छलफल भएको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो ।   
News
40,610
सिग्नेचर पुलको डिजाइन तयार
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिनुभयो।
https://gorkhapatraonline.com/news/74591
काठमाडौँ, साउन २८ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो।सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिनुभयो।उहाँले मादी नदीमा निर्माण गरिने पुलको डिजाइनमा केही त्रुटि देखिएको र त्यसलाई सच्याउन परामर्शदाता कम्पनीलाई डिजाइन फिर्ता गरिएको बताउनुभयो। डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माण भइरहेको सेती पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले र मादी पुलको अन्नक निर्माण कम्पनीले पाएका छन्। सेतीको पुल एक अर्ब रुपियाँ र मादीको एक अर्ब २० करोड रुपियाँको लगानीमा निर्माण हुने छ। विस्तार सुरु भएको दुई वर्ष बिते पनि मुग्लिङ–पोखरा सडकखण्ड विस्तार आयोजनाको काम सुस्त देखिएको छ। विभागका महानिर्देशक ढकालले आयोजनाको अहिलेसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको जानकारी दिनुभयो। लम्बाइ ८१ किलोमिटर रहेको सो सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो। अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ। पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ। पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ। पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो। पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ। यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ। एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ।उहाँले यो सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५/२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने जानकारी दिनुभयो। विस्तारपछि तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर तथा दुलेगौँडा, खैरेनीटार बजार, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुने सडक विभागले जनाएको छ।
News
54,420
विश्वकप टोलीमा फर्किए ऋषभ
१६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् । 
https://ekantipur.com/sports/2024/05/01/rishabh-returned-to-the-world-cup-team-04-42.html
दिल्ली — १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् । उच्चस्तरको क्रिकेटमा फर्किएयता २६ वर्षे पन्तले राम्रो प्रभाव पारेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ खेलमा ३ सय ९८ रन बनाइसकेका छन् । भेट्रान विकेटकिपर केएल राहुलको स्थानमा पन्तलाई ल्याइएको हो । रोहित शर्माको कप्तानीमा रहने भारतीय टोलीमा उच्च दबाबमा रहेका हार्दिक पाण्ड्ये उपकप्तान रहेका छन् । सन् २०२२ को डिसेम्बरमा दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बाँचेपछि पन्तले त्यसलाई ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए । उनको मर्सिडिज कार रेलिङमा ठोक्किएर पल्दिँदा आगो लागेको थियो । प्रत्यक्षदर्शीले पन्तलाई कारबाट निकालेर उद्दार गरेका थिए । ‘जुन हिसाबमा म चढेको कार दुर्घटना भयो, त्यसका बावजुत जीवन पाउँदा म भाग्यमानी ठान्छु,’ पन्तले डिसेम्बरमा भनेका थिए, ‘शारीरिक हिसाबमा भन्ने हो भने पहिलो चरणको उपचार निकै चुनौतीपूर्ण थियो । मलाई धेरै पीडा भइरहेको थियो ।’ उक्त कार दुर्घटनाका कारण उनको दाहिने घुँडाको लिगामेन्ट खराब भएको थियो भने नाडी, एङ्कल र ढाडमा चोट लागेको थियो । बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा उनी रिहाबिटेसनका लागि वैशाखी टेकेर नै पुगेका थिए । गत वर्ष उनको अनुपस्थितिमा अस्ट्रेलियाका ओपनर डेविड वार्नरले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए । यसै सिजन मैदान फर्किएका पन्तले नै अहिले दिल्लीको नेतृत्व गरिरहेका छन् । कार दुर्घटनापछिको पहिलो खेलमै उनले ३२ बलमा ५१ रन बनाएपछि उनलाई दर्शकले उठेर न्यानो अभिवादन गरेका थिए । सन् २०१७ मा ‘डेब्यु’ गरेयता पन्तले भारतबाट टेस्ट, एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १ सय २९ खेल खेलिसकेका छन् । भारतको विश्वकप टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवको जिम्मेवारीमा हुनेछ । ओपनर शुभमन गिललाई चार वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । एकदिवसीय विश्वकपमा चोटग्रस्त हार्दिक पाण्ड्ये त्यसपछि भारतीय टोलीमा फर्किएका हुन् । आईपीएलमा गुजरात टाइटन्स छाडेर रोहित शर्माको स्थानमा मुम्बईको कप्तान भएयता उनी विवादले घेरिएका छन् । भारतीय टोली ः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्ये (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।
Sports
13,770
चिल्ड्रेन लाइफ कप फागुन १० देखि
चिल्ड्रेन लाइफ स्पोर्टस क्लबले ‘चिल्ड्रेन लाईफ कप’ फुटबलको तेस्रो संस्करण गर्ने भएको छ । क्लबले अन्तर बिद्यालयस्तरीय फुटबल प्रतियोगिता तीन बर्षदेखि गर्दै आएको छ । यसवर्ष फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
https://ekantipur.com/sports/2024/02/19/childrens-life-cup-from-february-10-26-14.html
बागलुङ — चिल्ड्रेन लाइफ स्पोर्टस क्लबले ‘चिल्ड्रेन लाईफ कप’ फुटबलको तेस्रो संस्करण गर्ने भएको छ । क्लबले अन्तर बिद्यालयस्तरीय फुटबल प्रतियोगिता तीन बर्षदेखि गर्दै आएको छ । यसवर्ष फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।प्रतियोगितामा यो वर्ष १५ विद्यालय सहभागी हुँदैछन् । कक्षा-१२ सम्मका विद्यार्थीले खेलमा भाग लिन पाउने व्यवस्था गरिएको क्लबका अध्यक्ष नवराज श्रेष्ठले बताए ।२०७१ सालमा स्थापना भएको क्लबले शिक्षक र विद्यार्थीहरुको विद्यालयस्तरीय फुटसल प्रतियोगिता, विद्यालय स्तरीय शिक्षकहरुको डबल व्याडमिन्टन प्रतियोगिता समेत गर्दै आएको छ । बाङगे चउर मैदानमा हुने खेलमा प्रथम हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितिय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।त्यस्तै खेलमा विधागत उत्कृष्ठ खेलाडी पुरस्कार समेत दिइने श्रेष्ठले जानकारी दिए । खेलकालागि क्लबले ४ लाख २४ हजार रुपैयाँको लागत अनुमान गरेको छ ।
Sports
14,743
गठबन्धन संस्कृतिको अभ्यास
प्रत्येक देशको चुनावी प्रणाली एउटा विशिष्ट राजनीतिक इतिहास र संस्कृतिको कारणले विकसित भएको हुन्छ। नेपालमा पनि थुप्रै राजनीतिक घटना/परिघटना पछि मिश्रित निर्वाचन प्रणाली विकसित भएको छ। पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीको कारण एउटै दलले बहुमत हासिल गर्न प्रायः असम्भव हुने देखिन्छ, जसले गर्दा गठबन्धन सरकार बनाउनु पर्ने बाध्यता अधिक हुने गर्छ।
https://gorkhapatraonline.com/news/52764
प्रत्येक देशको चुनावी प्रणाली एउटा विशिष्ट राजनीतिक इतिहास र संस्कृतिको कारणले विकसित भएको हुन्छ। नेपालमा पनि थुप्रै राजनीतिक घटना/परिघटना पछि मिश्रित निर्वाचन प्रणाली विकसित भएको छ। पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीको कारण एउटै दलले बहुमत हासिल गर्न प्रायः असम्भव हुने देखिन्छ, जसले गर्दा गठबन्धन सरकार बनाउनु पर्ने बाध्यता अधिक हुने गर्छ। गठबन्धन अभ्यास नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि नै सुरु भएको हो तर साझेदार दलका बीचको असामञ्जयले गठबन्धन भत्कने र बन्ने क्रम चलिरह्यो र प्रायः गठन भएका सरकारले स्थायित्व प्राप्त गर्न सकेनन् र नागरिकमा निराशा छायो। अहिले पनि धेरै दल मिलेर सरकारमा गएकाले केही मानिसलाई सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ मिलेको छ। विगतको गठबन्धन अभ्यास हेर्दा उनीहरूको शङ्का अस्वाभाविक जस्तो पनि देखिन्न। विश्वमा सत्ता गठबन्धनको संस्कृति ज्यादै पुरानो हो। प्राचीन इतिहास छोडेर आधुनिक विश्वको मात्र कुरा गर्ने हो भने पनि गठबन्धनबाट सरकार निर्माण गर्ने प्रक्रिया सुरु भएको सय वर्ष बढी भएको देखिन्छ। फिनल्यान्ड रुसबाट स्वतन्त्र भएपछि सन् १९१७ मा पहिलो पटक युरोपमा गठबन्धन सरकार निर्माण भएको थियो। फिनल्यान्डका दल चुनावलाई एक व्यावहारिक प्रणालीको रूपमा हेर्छन्, जसले गर्दा गठबन्धन स्थायी रूपले नै अहिलेसम्म सञ्चालनमा छ। स्विडेनमा पनि समानुपातिक चुनाव प्रणाली छ र सबै दलको सहभागितामा सरकार निर्माण गरिन्छ। स्विट्जरल्यान्ड सन् १९५९ देखि नै चार दलको गठबन्धनद्वारा शासित छ। फ्रि डेमोक्र्याटिक, सोसल डेमोक्र्याटिक, क्रिश्चियन डेमाक्र्याटिक र स्विस पिपुल्स पार्टी मिलेरै सत्ता सञ्चालन गर्छन्। समानुपातिक निर्वाचन प्रणाली भए पनि स्विट्जरल्यान्डमा निर्वाचन प्रणालीलाई म्याजिक फर्मुला भनिन्छ र जसले जति मत प्राप्त गरे पनि एउटा निश्चित सीमा (थ्रेस होल्ड) कटाएपछि प्रमुख चार पार्टी मध्येबाट सात जनालाई चान्सलर अर्थात् मन्त्री बनाउन प्रस्ताव गरिन्छ। इटालीमा सम्भवत् संसारकै सबैभन्दा जटिल गठबन्धन प्रणाली छ। सन् १९४३ मा मुसोलिनीको फासिस्ट शासनको पतन पछि गठबन्धन सरकारको प्रोत्साहन गर्न एक चुनावी प्रणालीको विकास गरिएको थियो। इटालीको निर्वाचन प्रणाली र नेपालमा अहिलेको चुनावी प्रणाली झन्डै उस्तै छ तर नेपालभन्दा इटालीमा भिन्न के छ भने इटालीमा सानो सानो जिल्लामा अर्थात् जहाँ मतदाता कम छन्, त्यहाँ मात्र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ। मतदाताको सङ्ख्या धेरै भएका क्षेत्रमा समानुपातिक प्रणाली अपनाइन्छ। इटालीको चुनाव प्रणालीले पनि गठबन्धन संस्कृतिलाई प्रोत्साहन गर्छ तर त्यहाँ मुसोलिनीको पतन पछि बनेका कुनै पनि सरकार स्थायी हुन सकेनन्। इटाली सरकारको औषत कार्यकाल एक वर्षको भन्दा बढी भएन। विश्वमा सबैभन्दा अस्थिर सरकार हुने देश इटालीलाई मानिन्छ। र विश्लेषकका अनुसार मिश्रित चुनाव प्रणाली भएका देशमा सरकार स्थिर हुन असम्भव नभए पनि मुस्किल हुने गर्छ। गठबन्धनको सरकारले पूर्णकालीन काम गरेको उदाहरण दक्षिण एसियामा छ। भारतमा सन् १९९९ देखि २००४ सम्म भारतीय जनता पार्टी (भाजपा) बाट नेतृत्व गरेको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाएन्सले पूर्णकाल काम गरेको थियो। यसभन्दा अघि १९७७ मा मोरारजी देसाई प्रधानमन्त्री हुँदा पनि गठबन्धनकै सरकार थियो। पूर्णकालीन काम चाहिँ पहिलो पटक १९९९ मा अटल बिहारी बाजपेयीले नेतृत्व गर्दा मात्र सम्भव भएको थियो। सन् २०१४ मा भाजपा एक्लैले बहुमत ल्याए पनि अन्य दललाई सत्तामा समावेश गरेर गठबन्धन संस्कृति अहिलेसम्म कायमै छ।नेपालमा गठबन्धन संस्कृति हुर्कन सकेको घटनाक्रमले देखाउँदैन। बहुमतको अवस्थामा रहँदा समेत कांग्रेस र कम्युनिस्टले सरकारलाई संसद्को पूर्ण कार्यकाल टिकाउन सकेनन्। बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि बनेको सरकारमा त नेतृत्वसमेत थोरै सांसद भएको राप्रपाले पटक पटक लियो। भागबण्डामा नेतृत्व गर्ने अभ्यास प्रशस्त देखियो। गठबन्धन भनेको नै कुनै एक मात्र राजनीतिक दलको प्रभुत्व नहुने भनेको हो। शक्ति आर्जन गर्नु नै गठबन्धनको प्रमुख उद्देश्य हो। आफ्नो राजनीतिक नीति र सिद्धान्तप्रति सम्झौता गर्नुको उद्देश्य शक्ति आर्जन गर्नु नै हो। गठबन्धन संस्कृति केन्द्रीकृत शासन प्रणालीमा उपयुक्त ठहरिँदैन भन्ने विश्लेषकको ठम्याइ भए पनि सङ्घीय र केन्द्रीकृत दुवैखाले शासन प्रणालीमा गठबन्धन भएको देखिन्छ। राष्ट्रिय सङ्कटको समयमा पनि गठबन्धन अपरिहार्य हुन जान्छ। दलबीचको असहमति या राजनीतिक उत्तराधिकारीको सङ्कट या अचानक राजनीतिक उथलपुथल भयो भने पनि गठबन्धन आवश्यक हुन्छ। उदाहरणका लागि राष्ट्रिय प्रयास केन्द्रीकृत गर्न युद्धको समय गठबन्धन प्रायः सबै देशमा भएको छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि सात दलबीच गठबन्धन भएको थियो। गठबन्धन सम्झौतामा नै आधारित हुन्छ। कुनै सानो दलको आवाज सुनिएन भने पनि गठबन्धन भत्किन सक्छ। गठबन्धन सरकारसँग आबद्ध दलले घोषणा पत्रमा के उल्लेख गरेका छन् भन्ने गौण हुन जान्छ। यस कारण स्पष्ट रूपमा गठबन्धनको सरकार हो। केही दल विशेषका नीति लागू हुन सक्दैन भनेर नागरिकलाई बताउन कन्जुसी गर्न हुँदैन। गठबन्धनबाट सिर्जना हुन सक्ने अर्को दुःखद परिस्थिति भनेको के हो भने गठबन्धन सरकार सम्बद्ध दललाई खुसी बनाउने प्रयासमा लाग्ने गर्नाले सरकारको वितरण प्रणाली सबैको पहुँच र नियन्त्रणमा हुन सहज हुँदैन। जसले गर्दा चुनावी प्रक्रियाप्रतिको विश्वास र मतदातामा उदासीनता बढ्ने गर्छ। राष्ट्रिय चुनावपछि नयाँ नीति विकसित हुन्छ, प्रत्येक राजनीतिक दलको वैधता कमजोर हुन पुग्छ किनकि सरकारमा बसेर पनि दलका प्रमुख मुद्दा सम्बोधन गर्न विफल हुन्छन्। यसकारण गठबन्धन संस्कृति या विकल्प नभई सम्झौता मात्र हो। गठबन्धनको सफलता मापन गर्ने ठयाक्कै आधार छैनन्। गठबन्धन सफल बनाउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ। बृहत्तर रूपमा प्रधानमन्त्रीको जिम्मेवारी कार्यसूची निर्धारण (सेटिङ द एजेन्डा) नै हो। गठबन्धन होस् या अन्य सरकार सञ्चालनका विषय, एजेन्डाको निर्धारण प्रमुख कार्यकारीबाट हुनुपर्छ। सफल प्रधानमन्त्री त्यो हुन्छ, जसको कार्यकालमा कानुनमा भएका अप्ठ्यारा समाधान हुन्छन्, सबैले सुखको अनुभूति गर्न पाउँछन्। प्रधानमन्त्रीको अर्को काम नीतिलाई दिशा दिने अर्थात् कार्यान्वयनमा ध्यान दिनुपर्छ भने तेस्रो स्पष्ट परराष्ट्र नीति। सम्पूर्ण रूपले अन्तर्राष्ट्रिय प्रतिनिधित्व प्रधानमन्त्रीबाट मात्र हुन सम्भव छ तर प्रधानमन्त्रीले आफ्नो दलको पक्षमा नीति बनाउन थाल्ने हो भने गठबन्धन तत्काल निष्क्रिय हुन्छ। यस कारण एजेन्डा दलसापेक्ष भन्दा पनि गठबन्धनको मर्म र भावनाअनुसार हुनुपर्छ। गठबन्धन असफल हुनुको अर्को मुख्य कारण विपक्षी दललाई उपेक्षा गर्नु हो। विपक्षीलाई असफल बनाउने प्रयास गर्दा गठबन्धन भत्कने मात्र होइन देशसमेत बर्बाद हुन पुग्छ। यसैले धेरै देशमा छाया मन्त्रिमण्डललाई मान्यता दिइने गरिन्छ। विपक्षी दलबाट गठन गरिएको छाया मन्त्रिमण्डललाई आलोचना गर्नुको साटो सम्भव भएसम्म स्वीकारेर सुविधायुक्त बनाउनुपर्छ। प्रायः देशमा विपक्षीद्वारा गठन गरिएको छाया मन्त्रिमण्डललाई औपचारिक रूपमा तलब सुविधाको साथै सरकारी सूचनामा पहुँच दिइएको हुन्छ। विपक्षी त्यसै पनि प्रतीक्षारत सरकार हो। उसको सहयोगबिना कार्यक्रम हुन सक्दैन मात्र होइन उसको असन्तुष्टिले सरकार या गठबन्धन टुट्न सक्छ। छाया सरकारलाई मान्यता दिँदा विपक्षीले गठबन्धनलाई फुटाउने प्रपञ्च रच्नुको सट्टा शासनमा सरकारको साथ कडा रूपले प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्छ। अदालतमा विचाराधीन मुद्दामा मुछिएका सांसद्लाई कुनै पनि कार्यकारिणी पदमा बहाल हुन नदिने र अदालतबाट स्पष्ट नहुन्जेल उनीहरूलाई कार्यकारी पद या सुविधा नदिने कानुन कडा रूपमा पालना गरियो भने गठबन्धन सफल हुने सम्भावना शत प्रतिशत हुन्छ। एउटा अनुचित माग पूरा गर्दा सयवटा विधि भत्काउनैपर्ने हुन्छ, यसैले प्रमाणित नभएका विषयमा मेरो मान्यता यो छ भनेर प्रतिक्रिया दिन कार्यकारिणी तहमा बस्नेले मिल्दैन। बहुदलीय लोकतन्त्रमा क्याबिनेट गठबन्धन भनेको एउटा अनिश्चित अस्तित्वको नेतृत्व नै हो। असमयमा गठबन्धन टुट्नुको महत्वपूर्ण राजनीतिक परिणाम हुन सक्छ। यसैले गठबन्धन बनाउने र फुटाउने दुवै प्रकारको निर्णय लिँदा कहिले र किन लिने भन्ने कुरामा सबै गठबन्धनमा आबद्ध दल स्पष्ट हुन जरुरी छ। यसैले गठबन्धनमा आबद्ध हुने मोडेलमा बर्खास्त र विघटन हुन सक्ने अवस्था सार्वजनिक रूपमा आउनुपर्छ। हाम्रो गठबन्धन १५ वर्ष, २० वर्ष जान्छ भनेर उड्कनुको कुनै अर्थ हुँदैन। कुनै एक बिन्दुमा सत्ता गठबन्धन टुट्छ नै। गठबन्धनको समाप्ति कहिलकाहीँ बाह्य कारणको परिणाम पनि हुन सक्छ तर बाह्य कारणलाई जसरी पनि निष्क्रिय बनाउनुपर्छ। आन्तरिक राजनीतिमा पनि अनुकूल चुनाव सम्भावनावाला दल र अवसरवादी दल हमेसा आफ्नो शक्ति बढाउन संसद् भङ्ग गर्ने प्रयास गर्छन्। यसको साथै राष्ट्रिय चुनावपछि स्वतः नयाँ गठबन्धन बन्ने गर्छ। भविष्यमा निर्वाचनमा कुन दलको हैसियत कस्तो हुन्छ त्यो आकलन गर्न कठिन हुन्छ यसैले निश्चित समयका लागि सत्ता गठबन्धन जोगाउन सरोकारवालाले व्यापक गृहकार्य गरेर नागरिकमा गठबन्धनप्रतिको विश्वसनीयता बढाउन सक्नुपर्छ। आधारहीन कुरा गरेर गठबन्धन जोगिँदैन। क्याबिनेट गठबन्धन जोगाउन सरोकारवाला पारदर्शी बन्नैपर्छ अन्यथा नागरिकमा वितृष्णा बढ्छ, जसले गर्दा असामयिक निर्णय लिनुपर्ने बाध्यता हुन्छ।    
News
47,403
शेखरको मिसन ‘८२’
नेपाली कांग्रेसका नेता शेखर कोइराला अचेल सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा ‘२०८२ मंसिरभित्र पन्ध्रौं महाधिवेशन हुनुपर्छ’ भन्न हम्मेसी छुटाउँदैनन् । चौधौं महाधिवेशन पटक–पटक सरेपछि मात्रै भएको नजिरबाट सायद झस्केर होला, उनी भन्ने गर्छन्, ‘मैले त पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्छ भनिरहेको छु । पदाधिकारी लगायतका साथीहरूले पनि दबाब बढाउनुपर्छ ।’ 
https://ekantipur.com/opinion/2023/12/04/shekhars-mission-82-29-24.html
नेपाली कांग्रेसका नेता शेखर कोइराला अचेल सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा ‘२०८२ मंसिरभित्र पन्ध्रौं महाधिवेशन हुनुपर्छ’ भन्न हम्मेसी छुटाउँदैनन् । चौधौं महाधिवेशन पटक–पटक सरेपछि मात्रै भएको नजिरबाट सायद झस्केर होला, उनी भन्ने गर्छन्, ‘मैले त पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्छ भनिरहेको छु । पदाधिकारी लगायतका साथीहरूले पनि दबाब बढाउनुपर्छ ।’ यही कुरा उनले गत शनिबार लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनका क्रममा पनि भने, ‘२०८२ मंसिरमा महाधिवेशन हुन सके मात्रै २०८४ मा कांग्रेसले चुनाव जित्छ ।’शेखरले जस्तो अरू पदाधिकारी नेताहरूले पन्ध्रौं महाधिवेशनको औपचारिक चर्चा गरेका छैनन् । यद्यपि कांग्रेसभित्र यसको ‘रिहर्सल’ सुरु भइसकेको छ । पदीय आकांक्षा राख्ने विभिन्न नेताले भित्री तयारी थालिसकेका छन् । केही महिनायता शेखरको ह्वात्तै बढेको सक्रियता राजनीतिक परिदृश्यमा आफूलाई जीवन्त राख्नबाट मात्रै प्रेरित छैन, यो उनको पन्ध्रौं महाधिवेशनलक्षित अभ्यास पनि हो । सम्भवतः उनी नेतृत्वमा पुग्ने अपुरो आकांक्षा पूर्ति गर्न जग हाल्दै छन् । दुई वर्षअघि चौधौं महाधिवेशनमा पराजित भएलगत्तै समूहको बैठक डाकेर उनले आफूलाई सक्रिय देखाउन थालिसकेका थिए । पार्टीभित्र समानान्तर सक्रियता देखाउन खोज्नुको तात्पर्य थियो— निर्णय प्रक्रियामा ४० प्रतिशत भागबन्डाका लागि देउवालाई दबाबमा राख्नु । तर, कांग्रेसको आन्तरिक शक्ति समीकरणमा बलियो वर्चस्व भएका देउवालाई त्यो दबाबले छोएन । बरु, उनले शेखरलाई कतिपय अनौपचारिक तर महत्त्वपूर्ण बैठकहरूमा सरिक नगराएर किनारामा राख्ने रणनीति लिए । गत साउनमा भएको चर्चित केन्द्रीय समितिको बैठकमा त शेखर छायामै परे । बैठक सभापति देउवा भर्सेस महामन्त्री गगन थापा हुँदा शेखरको उपस्थिति खोजीको विषय बन्यो । यसरी पछि पर्दै गएका शेखरले ‘कोशी विद्रोह’ गराएर पार्टीवृत्तमा मात्रै होइन, गठबन्धनभित्रै पनि आफ्नो उपस्थिति बोध गराए । शेखर समूहका नेता केदार कार्की एमालेको समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्री बन्नुलाई कांग्रेसमा ‘कोशी विद्रोह’ को संज्ञा दिइन्छ । हुन त यो विद्रोहपछि पार्टी अनुशासनको घेरा तोडेको भनेर कांग्रेसवृत्तमा शेखरको आलोचना पनि भयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत शेखरको आलोचना गरे । तर, यो अनुशासन उल्लंघन र कारबाहीको मुद्दा बनेन । बरु हतार–हतार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवाको रोहबरमा शेखरलाई ‘गठबन्धनप्रति प्रतिबद्ध’ रहेको लिखित वाचा गराए । यो घटनाले कांग्रेसमा ‘शेखरले देउवालाई चुनौती दिन सक्ने हैसियत गुमाएका छैनन्’ भन्ने जबर्जस्त सन्देश दियो । त्यसउप्रान्त शेखरको सक्रियता अरू बढेको छ । र, सक्रियताको अन्तर्यमा छ— ‘मिसन २०८२’ ।यस पटकको यो स्तम्भमा शेखरलाई केन्द्रमा राखेर कांग्रेसमा अहिले हुर्किरहेको राजनीतिलाई पर्गेल्ने प्रयत्न गरिएको छ । २०८२ मा हुने कांग्रेसको पन्ध्रौं महाधिवेशन शेखरका लागि कस्तो होला ? चौधौंमा कमाएको सम्मानजनक हैसियत कायम राख्दै उनी पन्ध्रौंमा मूल नेतृत्वमा पुग्लान् ? वा, उनीसामु अब नयाँ चुनौतीहरू थपिनेछन् ? शेखरको राजनीतिक भविष्यसँग सन्दर्भित यी प्रश्नअघि एकैछिन उनको बढ्दो सक्रियताको कारण खोतलौं । दुई कारणमहाधिवेशनकेन्द्रित झैं देखिने शेखरको सक्रियताका मुख्यतः दुई कारण छन् । पहिलो, सभापति प्रत्याशीको जमिन जोगाउन : ज्ञात भएकै कुरा हो, चौधौं महाधिवेशनमा शेखरले देउवालाई सम्मानजनक प्रतिस्पर्धाको चुनौती दिए । राजनीतिक रूपमा आफूभन्दा ‘सिनियर’ प्रकाशमान सिंह, विमलेन्द्र निधि आदि कमजोर प्रतिस्पर्धी सावित हुँदै गर्दा शेखरले रामचन्द्र पौडेलको असहयोगका बाबजुद आफूलाई देउवाको बलियो प्रतिस्पर्धीका रूपमा उभ्याउन सके । तर, महाधिवेशनपछि संसदीय दलको चुनावमा महामन्त्री गगन थापाले देउवालाई चुनौती दिएपछि कांग्रेसको मूल नेतृत्व दाबी गर्न सक्ने अर्का पात्र थपिए । गगनले देउवासँग पराजित हुनुपरे पनि प्रतिस्पर्धाको जोखिम उठाएर ‘राजनीतिक हैसियत’ बढाए । झन् गत साउनमा भएको केन्द्रीय समिति बैठक आइपुग्दा त पार्टीभित्र देउवा र गगनबीच ध्रुवीकरण भइरहेको प्रस्टै देखियो । त्यो बैठकमा सात मिनेट बोल्ने समय पाएका शेखरको उपस्थिति कांग्रेसजनले अनुभूति गरेनन् । अरू धेरै केन्द्रीय सदस्यले बोलेजस्तै त्यो नितान्त औपचारिक मात्रै दरियो । महामन्त्री भएपछि गगनले अनेक आलोचना खेपेका छन्, प्रश्नहरूले उनलाई घेर्दै लगेका छन्, सँगै नेताका रूपमा स्थापित हुँदै पनि गएका छन् । देउवाइतर पक्षबाट पन्ध्रौं महाधिवेशनमा को भन्ने प्रश्न उठ्दा अब शेखरसँगै गगनको नाम पनि आउने पक्का छ ।त्यसकारण पनि चौधौं महाधिवेशनमा सभापतिका बलिया प्रत्याशी शेखरले आफ्नो त्यो जमिन कायमै राख्न पछिल्लो सक्रियता बढाएका हुन् । उनले अब गगनलाई प्रतिस्पर्धीका रूपमा देख्न थालिसकेका छन् । सायद गगन पनि त्यस्तै सोच्दा हुन् । पार्टी र सरकार दुवैको नेतृत्वमा पुग्ने आकांक्षा पालेका र ५५ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा हुने सार्वजनिक घोषणा गरेका गगनसँग सक्रिय राजनीतिको समयसीमा कम छ । संसदीय दलको चुनावयता शेखर–गगनबीच संवादहीनता बढ्दै जानु, ‘कोशी विद्रोह’ मा गगनलाई ‘कन्फिडेन्स’ मा नलिनु, उक्त कदमको गगनले आलोचना गर्नु आदि केही घटनाक्रम हुन्, जसले यी दुई नेताबीच सहकार्यको सम्भावना घटाएर प्रतिस्पर्धा बढाउँदै लगेको छ । दोस्रो, देउवा गुटमा सरेको भन्ने भाष्य चिर्न : शेखरको सक्रियताको पछाडिको दोस्रो कारण हो— देउवा गुटतिर लागेको आरोपको खण्डन । गत जेठ–असारतिर कांग्रेस वृत्तमा शेखर देउवा क्याम्पमा जाने भए भनेर व्यापक चर्चा चल्यो । त्यसका पछाडि कुनै ठोस आधार थिएन । यद्यपि केही घटनाक्रम यस्ता थिए, जसले चर्चा गर्ने आधार दिए । पहिलो, जेठ अन्तिम साता भक्तपुर र चितवनमा भएका कार्यक्रममा देउवा र शेखर एकै मञ्चमा देखिनुलाई धेरैले यी दुई नेताबीच निकटता बढेको भनेर अर्थ्याए । पार्टीका दुई नेता एउटै मञ्चमा सरिक हुनु अस्वाभाविक होइन, यद्यपि कांग्रेसको भक्तपुर जिल्ला सम्मेलनमा दुवै नेताका फोटासहित ब्यानर/फ्लेक्स राख्दा बनेको माहोललाई अर्थपूर्ण हिसाबले हेरियो र दुई नेताबीच सहकार्य हुन सक्ने लख काटियो ।दोस्रो, त्यसैताका देउवाको निर्देशनमा पार्टी कार्यालय सानेपामा शेखरका लागि बेग्लै कार्यकक्ष बन्दै गरेको सूचना पनि बाहिरियो । तेस्रो, संस्थापन र सभापति देउवाको कार्यशैलीप्रति आलोचनात्मक रहँदै आएका पार्टीभित्रका प्रतिपक्षी नेताको ‘टोन’ केही नरम भएको अनुभूति धेरैले गर्दै थिए । ‘गुट–उपगुट बनाएर हिँडे समाप्त हुन्छौं’, ‘हामी सबै एकै डुंगामा छौं, डुबे सबै डुब्छौं’ भन्नेजस्ता उनका अभिव्यक्ति त्यसै बखतका हुन् ।दुई आकांक्षाशेखरको यस्तो नरम अभिव्यक्तिपछाडि उनका दुई मनोकांक्षा पनि थिए, जो उनी भित्रियाहरूसँग प्रकट गर्थे । एक, उनी शासकीय अनुभव बटुल्न सरकारमा सहभागी हुन चाहन्थे । पन्ध्रौं महाधिवेशनबाट सभापति हुने मुख्य उद्देश्य राखेका उनी यसबीच अवसर मिल्दा शासकीय अनुभवका लागि सरकारमा जाने सोचमा पनि थिए/छन् । शेखरनजिकका एक जानकार भन्छन्, उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको ‘पोर्टफोलियो’ पाउँदा सरकारमा जाने मनस्थितिमा थिए । तर, देउवाले परराष्ट्रमन्त्रीमा आफ्नो समूहका एनपी साउदलाई पठाए । दुई, उनलाई देउवाले पार्टीको ‘वरिष्ठ नेता’ नियुक्त गर्लान् भन्ने पनि अपेक्षा थियो । खासमा देउवाले कांग्रेस परम्परालाई पछ्याएका भए यो पदको अपेक्षा शेखरले गर्नै पर्दैनथ्यो । त्यो किनभने, कांग्रेसमा सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेता दिने चलन नै छ । कुनै बेला पराजित भएका देउवालाई गिरिजाप्रसाद कोइरालाले वरिष्ठ नेता बनाएका थिए । त्यसपछि पनि सुशील कोइरालाले देउवालाई र देउवाले रामचन्द्र पौडेललाई वरिष्ठ नेता नियुक्त गरेका नजिर छन् । त्यस हिसाबले अहिले देउवाले शेखरलाई वरिष्ठ नेता तोक्न यत्रो आनाकानी गर्नु जरुरी थिएन । तर, देउवा आफूलाई परम्पराको त्यो पगरी दिन तयार नभएपछि उनको ‘देउवामोह’ भंग भएको छ । यो पृष्ठभूमिमा देउवासँगको सम्भावित रणनीतिक सहकार्यलाई तत्कालका लागि थाती राख्दै शेखरले उनलाई चुनौती दिने बाटो रोजेका छन् । शेखरको उद्देश्य अब ४० प्रतिशत भागबन्डाको माग सारेर दबाब दिने होइन, बरु सिंगो पार्टी पंक्तिलाई आफूतिर आकर्षित गर्ने र आफूलाई केन्द्रमा राख्ने लक्ष्यबाट प्रेरित देखिन्छ । शान्त र शालीन स्वभावका शेखरको ‘कोशी विद्रोह’ का क्रममा देखिएको ‘एसर्टिभ’ चरित्र त्यसको उदाहरण हो । दुई विकल्पअब लागौं मुख्य प्रश्नतिर ।जसरी कोशी प्रकरणमा शेखरले देउवालाई ‘च्यालेन्ज’ गरे, नेतृत्व परिवर्तनमा पनि त्यस्तै गर्न सक्लान् ? उनको ‘मिसन ८२’ कति चुनौतीपूर्ण होला ? खासमा शेखरसँग चुनौती र अवसर दुवै छन् । उनका मुख्य दुई अनुकूलता छन् । पहिलो, उनी चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका बलिया प्रतिस्पर्धी हुन् । त्यसमाथि समूहका नेताहरूले सार्वजनिक रूपमै उनको नेतृत्वको माग गर्न थालिसके । जस्तो, चन्द्र भण्डारीले ‘कांग्रेसले अब डाक्टरको नेतृत्व खोजेको’ बताए । दोस्रो, उनी बीपी कोइरालाका उत्तराधिकारी नभए पनि कोइराला परिवारका सदस्य हुन् । हुन त उनले ‘म बीपीको छोरा वा गिरिजाप्रसादकी छोरी होइन, म केशव/नोनाको छोरा हुँ, ममा कोइरालाको लिगेसी छ, बीपी वा गिरिजाप्रसादको छैन, त्यसैले मैले बढी मिहिनेत गर्नुपर्छ’ भनेर पटक–पटक निराशा व्यक्त गर्ने गरेका छन् । यद्यपि, बीपी र गिरिजाप्रसादका उत्तराधिकारीहरू कमजोर र प्रभावहीन हुँदै जाँदा उनी कोइरालाहरूका सर्वसम्मत उम्मेदवार हुने सम्भावना पन्ध्रौं महाधिवेशनमा अधिक छ । र, कांग्रेसमा एउटा तप्का यस्तो छ, जो नेतृत्व कोइराला परिवारमा फर्केको हेर्न चाहन्छ पनि । तर नेतृत्वमा पुग्ने चुनौती के छ भने, चौधौं महाधिवेशनमा पाएको ४० प्रतिशत मत जोगाएर मात्रै पुग्दैन, बढाउनुपर्नेछ । आफ्नो समूहलाई एकढिक्का राख्दै, समूहका प्रभावशाली आकांक्षीहरूको व्यवस्थापन गर्न सक्नुपर्छ । तर, महामन्त्री गगनसँगको बढ्दो दूरी देख्दा, यो समूह यही रूपमा रहने निश्चितता छैन । गगन आफैं अर्का महामन्त्री विश्वप्रकाश र प्रदीप पौडेल आदिको साथ लिएर समूह बनाउन लागिपरेको समाचार आएको छ । त्यसो त, नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोगमा जेल सजाय भोगिरहेका देउवाका निकटस्थ मानिने बालकृष्ण खाणसँग शेखरको ‘गुफ्तगु’ अर्थपूर्ण मानिएको छ । तर, त्यो उनको ‘मिसन ८२’ को आधार बन्ला–नबन्ला, निष्कर्ष निकाल्न हतार हुनेछ । यति बेला कांग्रेसको शक्ति सन्तुलनको अवस्था हेर्दा यति मात्रै भन्न सकिन्छ— यो पार्टीमा देउवा समूहको पल्ला भारी छ । केन्द्रदेखि वडासम्मै ‘गुटको साम्राज्य’ भएको कांग्रेसमा जुन विधि र शैलीबाट महाधिवेशन नेतृत्व चुनिन्छ, पन्ध्रौंमा पनि देउवापक्षीय नेताहरूकै बोलवाला भयो भने आश्चर्य नमान्दा हुन्छ । सभापतिका रूपमा देउवाको यो अन्तिम कार्यकाल हो । तर, उनी अहिलेको गठबन्धनमा भएको सहमति कायमै रहँदा एक वर्षपछि छैटौं पटक प्रधानमन्त्री हुने सम्भावना पनि छ । त्यसो भयो भने, उनी प्रधानमन्त्री भएकै अवस्थामा महाधिवशेन हुनेछ । जहाँ फेरि उनी नै प्रभावी हुने हुन् । पन्ध्रौं महाधिवेशनमा देउवाको मुख्य रुचि आरजु देउवालाई नेतृत्वमा स्थापित गर्नु हुनेछ । त्यो बखत पन्ध्रौं महाधिवेशनका सभापतिका दाबेदारहरूमध्ये जसले देउवाको ‘आरजु’ पूरा गर्ला, सायद उही नै उनको उत्तराधिकारी बन्ला ।यसरी हेर्दा शेखरसँग दुई विकल्प बाँकी हुन्छन् । एक, देउवासँगै रणनीतिक सहकार्य गर्ने र उनका स्वार्थहरू पूरा गर्दै नेतृत्वमा पुग्ने । दुई, अहिलेकै समूहलाई एकढिक्का बनाउने, महामन्त्री विश्वप्रकाश र अर्का नेता प्रदीप लगायत देउवा समूहका असन्तुष्टहरूलाई समेट्ने, संसदीय दलको नेता फेर्ने प्रयत्न गर्ने, महामन्त्रीहरू लगायत समूहका प्रभावशाली नेताहरूको व्यवस्थापन गर्ने, पार्टी र सरकारको नेतृत्वका विषयमा आपसी सहमति बनाएर अघि बढ्ने बाटो पनि उनीसित सुरक्षित छ । यी विकल्पमध्ये शेखरले कुन बाटो रोज्लान् ? त्यो भोलिका दिनमा थाहा होला तर महासमिति बैठक नजिकिँदै गर्दा समग्र राजनीति सर्कसमा परिणत हुँदै गरेको अहिलेको अवस्थामा राजनीतिक–वैचारिक हस्तक्षेप गर्न नसकेको कांग्रेसमा भित्रभित्रै चलेको ‘मिसन ८२’ कति सार्थक होला ? यो प्रश्न चाहिँ मननीय छ ।
Opinion
9,919
नेपाल क्रिकेटः कुशल भुर्तेलको कीर्तिमान तर नेदरल्यान्ड्स तीन विकेटले विजयी
कुशल भुर्तेलले विश्व कीर्तिमान कायम गरेको टी-२० क्रिकेट खेलमा नेपाललाई नेदरल्यान्ड्सले तीन विकेटले हराएको छ।
https://www.bbc.com/nepali/news-56811652
भुर्तेलले ६२ बनाएर आफ्नो पहिलो तीन अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतक बनाउने पहिलो खेलाडी भएका छन्। दीपेन्द्रसिंह ऐरीले ६० रन बनाएको खेलमा नेपालले २० ओभरमा छ विकेट गुमाएर २०६ रन बनाएको थियो। कोभिड-१९ को त्रासका कारण बिनादर्शक खेलाइएको मङ्गलवारको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा सात विकेट गुमाएर २०९ रन बनाएको थियो। डे लीडको प्रदर्शनले जित ठूलो लक्ष्य पाएको नेदरल्यान्ड्सले राम्रो थालनी गरेको थियो। मलेशियाविरुद्ध शतक बनाएका म्याक्स ओडाउड नौ रनमै बाहिरिए पनि बेन कुपर र टोबियास भिसीले लगातार चौका प्रहार गर्दै पाँच ओभरमा एक विकेटमा ६१ रन र १० ओभरमा दुई विकेटमा ९८ रन बनाएका थिए। कुपर र बास डे लीडले नेदरल्यान्ड्सलाई विजयतर्फ डोर्‍याउन थालेपछि लामिछाने फेरि बलिङ गर्न आए र तेस्रो विकेटका रूपमा कुपरको विकेट लिए। आउट हुनुअघि उनले कुपरले ५५ रन बनाए। पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा डे लीडले नटआउट रहँदै ८१ रन बनाए। अन्तिम तीन ओभरमा ४५ रन चाहिएको अवस्थामा लामिछानेलाई लगातार तीन छक्का प्रहार गर्दै पिटर सीलारले जित देखाए। उनी ३१ रनमा आउट भए। नेपालका लागि लामिछानेले ४८ रन खर्चेर चार विकेट लिए भने करण केसी, कुशल मल्ल र अविनाश बोहराले एक-एक विकेट लिए। नेपालको प्रभावशाली ब्याटिङ लगातार तेस्रो खेलमा टस जितेका ज्ञानेन्द्र मल्लले मङ्गलवार ब्याटिङ रोजे। अघिल्ला दुई खेलमा राम्रो खेलेका ओपनर जोडीमध्ये आसिफ शेख शून्यमै आउट भए। तर भुर्तेलले भने आफ्नो फर्म कायम राख्दै अर्को अर्धशतक बनाउँदा पहिलो तीन खेलमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बने। उनले ४६ बलमा आठ चौका र एक छक्काका साथ ६२ रन बनाए। उपकप्तान ऐरीले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ३० बलमा ६० रन बनाए। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए। कुशल मल्लले तीन छक्काका मद्दतले १८ रन, मल्लले २० र अन्तिमसम्म नटआउट रहेका सोमपाल कामीले २१ रन बनाए। नेदरल्यान्ड्सका भिभियन किङ्‍मा र पिटर सीलरले दुई-दुई विकेट लिए। अबको खेल प्रतियोगिताका चार खेल सकिँदा नेपाल र नेदरल्यान्ड्स दुवै तीन खेलमा दुई जितका साथ शीर्ष स्थानमा छन्। बुधवार नेदरल्यान्ड्सले मलेशियासँग खेल्नेछ। नेदरल्यान्ड्सले सो खेल जितेमा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछन्। नेपाल र मलेशियाबीच बिहीवार खेल हुनेछ।
Others
66,704
छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)
धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
https://gorkhapatraonline.com/news/101239
कविराज घिमिरेहिले, चैत १२ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोडभन्दा बढी खर्च भइसकेको छ । हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बू जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झन्डा, लभ स्टेसन निर्माण गरिएको छ । सोही स्थानमा पानी संरक्षण अभियान अन्तर्गत इसिमोडले एक डाले पोखरी निर्माण गरिदिएको छ । त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको छ । ध्वजे डाँडालाई छथर जोरपाटी गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउन आफूहरू नयाँ सोचका साथ लागि परेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो । सङ्घ र प्रदेशसहित दाताहरूको सहयोगमा पालिकाभित्रका सबै जातजातिको पहिचान झल्कने गरी  थप स्तम्भ निर्माण गरिने उहाँको भनाइ छ । यो डाँडा करिब २३०० मिटरको उचाइमा रहेको छ । डाँडाबाट सूर्योदय र सूर्यास्तसहित विभिन्न मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । 
News
35,086
तारकेश्वर मेयर सिल्ड : हिमरश्मिको दोहोरो जित
हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुदको बास्केटबलमा सोमबार दोहोरो जित पाएको छ । हिमरश्मि गर्ल्स र जुनियर ब्वाइजमा विजयी भयो ।
https://ekantipur.com/sports/2023/12/04/tarakeshwar-mayor-shield-double-win-for-himarshmi-33-09.html
काठमाडौँ — हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुदको बास्केटबलमा सोमबार दोहोरो जित पाएको छ । हिमरश्मि गर्ल्स र जुनियर ब्वाइजमा विजयी भयो ।लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गर्ल्समा हिमरश्मिले प्रारम्भ वर्ल्डलाई १८–१२ स्कोरले हरायो । टोलीकी खुसी चौधरीले ७ स्कोर गरिन् । जुनियर ब्वाइजमा हिमरश्मिले मानसिंहलाई १५–४ ले पराजित गर्दा भिजन खत्रीले ४ स्कोर जोडे ।गर्ल्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२–१५ ले, न्यु इराले स्प्रिङ भ्यालीलाई २१–१२ ले र एन्जल्स हार्टले रोजमेरीलाई २५–१६ स्कोरले हराए । पद्मचक्रकी श्रद्धा फुयालले ८, न्यु इराकी नर्गिमा तामाङले ९ र एन्जल्सकी अंशु शर्माले १० स्कोर जोडे ।जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६–१२ ले, एलएनएले हिमरश्मिलाई ३२–१८ ले, एन्जल्सले रोजमेरीलाई ३२–१८ ले र पद्मचक्रले मेघा पब्लिकलाई १४–८ स्कोरले हराए । मानसिंहका दावा भोटेले ७, एलएनएका सरगम गुरुङले १०, एन्जल्सका रुपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले ५ स्कोर गरेका थिए ।
Sports
15,670
बार्सिलोना कोपा डे रेको क्वाटरफाइनलमा
लियोनल मेसीले सुरुआती १५ मिनेटमा दुई गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई सजिलै हराएर कोपा डे रेको क्वाटरफाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको खेलमा बार्सिलोना ५–० ले विजयी रह्यो । 
https://ekantipur.com/sports/2018/01/12/20180112091835.html
म्याड्रिड — लियोनल मेसीले सुरुआती १५ मिनेटमा दुई गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई सजिलै हराएर कोपा डे रेको क्वाटरफाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको खेलमा बार्सिलोना ५–० ले विजयी रह्यो । गता साताको पहिलो लेग १–१ को बराबरीमा रहेको थियो । यससँगै बार्सिलोनाले ६–१ को अग्रता लिन सफल रह्यो । दोस्रो लेगको खेलका लागि बार्सिलोनाले बलियो टिम उतारेको थियो । बार्सिलोनासँगै अन्तिम आठमा पुग्ने अरु टिममा रियल म्याड्रिड, एटलेटिको म्याड्रिड, भ्यालेन्सिया, लेगानेस, एलाभेस इस्पनयोल र सेभिया रहेका छन् ।
Sports
30,349
पुरुष भलिबलमा कमलामाई च्याम्पियन
राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा पुरुष  भलिबलतर्फ कमलामाई नगरपालिका च्याम्पियन बनेको छ । 
https://ekantipur.com/sports/2024/01/31/kamalamai-champions-in-mens-volleyball-47-50.html
सिन्धुली — राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा पुरुष  भलिबलतर्फ कमलामाई नगरपालिका च्याम्पियन बनेको छ । सुनकोसी गाउँपालिकालाई ३–० सेटमा हराएर कमलामाई विजयी भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहले भाग लिएका थिए । तर यसवर्ष कमलामाईले उपाधि चुमेको हो ।
Sports
15,034
बजार अनुगमनलाई तीव्रता दिइने
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
https://gorkhapatraonline.com/news/24572
काठमाडौं, भदौ २५ गते ।  दशैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार बजारमा हुन सक्ने महँगी, खाद्य वस्तुको गुणस्तर तथा म्याद गुज्रेका वस्तुको व्यापार हुन नदिई उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिइनेछ । उहाँले भन्नुभयो, ‘चाडपर्वको अवसरमा व्यापारीहरूले कमसल तथा म्याद गुज्रिएको खाद्य पदार्थ बेच्न सक्ने सम्भावना रहन्छ । त्यसकारण अहिले भइरहेको अनुगमन टोलीलाई बढाएर अनुगमनलाई तीव्रता दिन्छौँ।’ विभागले आगामी साताबाट अहिले भइरहेको दैनिक अनुगमनको टोलीलाई बढाएर बजार अनुगमन गर्ने योजना बनाएको छ ।विभागले अहिले पनि देशैभर दैनिक रूपमा अनुगमनलाई अघि बढाइरहेको छ । भट्टराईका अनुसार अहिले काठमाडौं उपत्यका बाहिर विभागका पाँच वटा कार्यालयले दैनिक बजार अनुगमन गरिरहेका छन् । धनगढी , नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगरमा रहेका विभागका कार्यालयबाट बजार अनुगमन दैनिकरुपमा भइरहेको उहाँको भनाइ छ । अनुगमनका क्रममा कुनै त्रुटि भेटिए तत्काल त्यहीँ आर्थिक जरिवाना गरिने उहाँको भनाइ छ ।‘बजार अनुगमनका क्रममा कुनै अखाद्य वस्तुको प्रयोग, म्याद गुज्रिएका खाद्य वस्तुको विक्री वितरण भएको भेटिए निर्देशिका बमोजिम तत्काल आर्थिक कारबाही गर्ने छौ’ उहाँले भन्नुभयो , ‘पटकपटक यस्तो भेटिए फर्म नै सिल गर्ने पनि गरिएको छ ।’ अहिले पनि दशैं, तिहार नजिकिएसँगै यस्ता गतिविधि हुनसक्ने भएकाले अनुगमनको पाटोलाई चुस्त बनाइने उहाँ बताउनुहुन्छ ।देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुगमनलाई चुस्त बनाउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो । यस्तै, ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहहरूलाई पनि बजार अनुगमन गर्ने अधिकार रहेकाले तहहरूको समन्वयमा पनि अनुगमन गरिने उहाँ बताउनुहुन्छ । गत आवमा एक करोड ८१ लाख ९६ हजार जरिवाना गत आव २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य पदार्थ विक्री वितरण गरेको भेटिएबापत विभिन्न फर्महरूबाट एक करोड ८१ लाख९६ हजार राजस्व सङ्कलन भएको छ ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार देशभर तीन हजार १४७ वटा फर्म अनुगमनका क्रममा एक हजार ३३१ वटा फर्महरू कारबाहीमा परेका हुन् । यी फर्मबाट नै एक करोड ८१ लाख ९६ हजार जरिवाना सङ्कलन भएको भट्टराई बताउनुहुन्छ । आगामी हप्ताबाट उपत्यकामा चाडपर्वलक्षित बजार अनुगमन हुने आगामी हप्तादेखि उपत्यकाका तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले चाडपर्वलक्षित बजार अनुगमन गर्ने भएका छन् ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार आगामी हप्तादेखि चाडपर्वलक्षित बजार अनुगमन थालिनेछ । उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो नियमित अनुगमन भएकै छ । तर, दसैँको मुखमा अलि बढी गुणस्तरहीन खाद्यवस्तुको व्यापार हुनसक्ने भएकाले आगामी हप्तादेखि अनुगमनलाई अझ बढाउँछौँ ।’यस्तै, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्लामा आगामी हप्ताबाट कार्ययोजना बनाएर बजार अनुगमन गरिनेछ । अनुगमनका क्रममा उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीलाई नै लिएर हिँड्ने शर्माले बताउनुभयो । यस्तै, काठमाडौँ जिल्लाले पनि आगामी हप्तादेखि बजार अनुगमनलाई तीव्रता दिनेगरी कार्य अघि बढाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार अहिले भएको अनुगमन टोलीलाई बढाएर अनुगमनमा खटिने योजना छ । सम्बन्धित पालिकाको समन्वयमा अनुगमन गरिने उहाँ बताउनुहुन्छ ।
News
61,660
शिक्षामा आधुनिकीकरण आवश्यक छ : पूर्व शिक्षा मन्त्री जोशी
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/88232
अमरराज नहर्कीतनहुँ, मङ्सिर २१ गते। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।शिक्षामा सुधार गर्न नसकेकोले युवा बिदेसिन बाध्य भएकोले परिवर्तन गर्नु आवश्यक रहेको जोशीको भनाइ रहेको थियो। सो कुरा जोशीले बुधबार भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको रजत जयन्तीको उद्घाटन गर्दै बताउनुभएको हो ।नेपालको शिक्षा क्षेत्र जटिल अवस्थामा रहेकाले यस क्षेत्रमा ठुलो संरचनागत परिवर्तनको खाँचो औँल्याउँदै नेता जोशीले नेपालमै बस्न सक्ने, गुणात्मक परिवर्तन के हुन्छ भन्ने बारे छलफल नभएकोले नेपालमा बेरोजगारी समस्या बढेको बताउनुभयो।जोशीले भन्नुभयो, ‘‘मैले शिक्षा मन्त्री छोडेपछि एउटा पनि माध्यमिक तहसम्मको स्थायी हुन सकेको छैन।गाउँ खाली भएर विद्यालय पनि बन्द गर्नुपर्ने अवस्था आएको छ।यसबारे गम्भीर हुनु आवश्यक छ ।’’कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्व प्रमुख उदयराज गौली, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो।बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी क्याम्पस प्रमुख रवीन्द्रराज जोशी भानु नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विमलराज जोशी,  पूर्कोट कालिका क्याम्पसका प्रमुख ओजराज बगाले, पूर्व क्याम्पस प्रमुख दीपेन्द्र पौडेल लगायतले युवा बिदेसिने क्रम बढेकाले गाउँका क्याम्पस तथा विद्यालय खाली हुन थालेकाले त्यस समस्या समाधानको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो।कार्यक्रममा क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।
News
42,033
पोखरामा बक्यौता कर उठाउन समिति
पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ ।
https://gorkhapatraonline.com/news/103768
सन्तोष सुवेदीकास्की, वैशाख २ गते । पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।समितिको सदस्यहरूमा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नम्बर १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको छ भने समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया रहनुभएको छ ।समितिलाई महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएकाले यथार्थ अवस्था पत्ता लगाई यसलाई नियमन तथा निगरानी गर्नुपर्ने भएकाले अध्ययन समिति गठन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।यस्तै, महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । वडा नम्बर । २२ का वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा महानगरको सुशासन समितिका संयोजक समेत रहेका वडा नम्बरका वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नम्बर २० का वडा अध्यक्ष गङ्गा बहादुर के.सी र एक चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी रहनु भएको छ ।समितिलाई समग्र महानगरपालिकाको कार्यक्षेत्र भित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र राजश्व सङ्कलनमा भए/गरेका समस्याहरूको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई २ महिना भित्र समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यपालिकामार्फत कार्यादेश दिइएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
News
34,904
नाटक ‘ऐया ! माया’ मञ्चन हुने
नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ ।
https://gorkhapatraonline.com/news/16152
काठमाडौँ, असार ३ गते । नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ । नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय रहेको नाटकमा शिवराज जोशी र शर्मिला गुरुङको सङ्गीत रहेको छ । नाटक असार ३२ गतेसम्म मञ्चन हुनेछ । 
News
45,329
आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
https://gorkhapatraonline.com/news/56743
काठमाडौं, फागुन २४ गते । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा सो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ ।यसरी गत आर्थिक वर्ष २०७८/७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण सङ्कलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।“भ्याट, आशिकुडालगायतका तथ्याङ्क हेर्दा केही करदाताले आफ्नो कारोबारअनुसार आय विवरण र कर दाखिला गरेको देखिएन । गत वर्षको यही अवधिसम्मको तुलनामा यसवर्ष आय विवरण बुझाउने करदाताको सङ्ख्या निकै कम देखिएको छ । त्यस्ता करदाताबारे खोजबिन गर्न विभागले कर कार्यालयहरूलाई भनिसकेको छ”, प्याकुरेलले भन्नुभयो ।कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक सङ्ख्या भने अझै आइनसकेको विभागले जनाएको छ । त्यस्तै, आय विवरण र कर दायित्व फरक फरक नगर्ने करदाताको छानबिन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ ।चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा आयकर असुली निकै न्यून देखिएको छ । सरकारले पुस मसान्तसम्ममा रु एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेकोमा रु एक खर्ब १६ अर्ब ७९ करोड बराबर मात्रै असुली गरेको हो । जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो ।अहिले आयकर मात्र नभई समग्र आन्तरिक राजस्व नै प्रभावित भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम छ ।विभागका अनुसार पुस मसान्तसम्म रु ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य रहेकोमा रु चार खर्ब ९० अर्ब चार  करोड ३८ लाख बराबर मात्रै असुली भएको छ । जुन अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात् चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत बिन्दुले न्यून देखिएको छ । रासस
News
38,808
पीपीएल : काठमाडौंद्वारा विराटनगर ५ विकेटले पराजित
काठमाडौं रोयल्सले विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिगमा दिएको १ सय ५० रनको लक्ष्य ५ विकेटको क्षतिमा प्राप्त गरेको छ । काठमाडौं रोयल्सका गौरभ तोमारले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले सहज जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएका थियो । 
https://ekantipur.com/sports/2018/10/29/154078611654882010.html
पोखरा — काठमाडौं रोयल्सले विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिगमा दिएको १ सय ५० रनको लक्ष्य ५ विकेटको क्षतिमा प्राप्त गरेको छ । काठमाडौं रोयल्सका गौरभ तोमारले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले सहज जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएका थियो । काठमाडौंका अमितले ३५ रनको योगदान दिएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले १७ रनको योगदान दिए ।विराटनगरका लागि सहाब आलमले २ विकेट लिएका थिए ।यस्तै, विराटनगरबाट पाकिस्तानी खेलाडी मोहम्मद जायदले सर्वाधिक ६७ रन बनाए । उनले ४७ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । उनले सुनिल धमलास“ग पहिलो विकेटमा ६५ रन जोडेको थिए । सुनिलले २९ बल खेली १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए । राजेश पुलामी मगरले पनि २७ बलमा १ चौका र १ छक्का प्रहार गरी ३० रन बनाए । पुष्प थापा १, प्रदीप ऐरी ९ र राजु रिजाल १ रनमा आउट भएका थिए । काठमाडौंका सुशन भारी, वसन्त रेग्मी र गौरव तोमारले २,२ विकेट लिए ।Tweets by kantipurdaily
Sports
28,503
निर्वाचनमा गोरखापत्रको भूमिका सराहनीय
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानको छाताभित्र व्यवस्थित र सङ्गठित भएर निर्वाचनलाई लक्षित गरेर सूचना सम्प्रेषण, प्रकाशन र वितरणमा पुर्‍याइएको योगदानको सराहना गर्नुभएको छ। उहाँले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन गोरखापत्र संस्थानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
https://gorkhapatraonline.com/news/22343
काठमाडौँ, भदौ २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानको छाताभित्र व्यवस्थित र सङ्गठित भएर निर्वाचनलाई लक्षित गरेर सूचना सम्प्रेषण, प्रकाशन र वितरणमा पुर्‍याइएको योगदानको सराहना गर्नुभएको छ। उहाँले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन गोरखापत्र संस्थानको भूमिका महत्त्वपूर्ण  रहेको बताउनुभयो। प्रमुख आयुक्त थपलियासँग संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईसँग आयोगमा कुराकानी गर्दै प्रमुख आयुक्त थपलियाले उक्त विचार व्यक्त गर्नुभएको हो। उहाँले चुनावलाई सफल बनाउन संस्थानका प्रकाशनको योगदान अत्यन्तै महत्त्वपूर्ण  भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आयोगको मितव्ययी निर्वाचनको नारालाई आत्मसात् गरेर गोरखापत्रले सहयोग गरेकोमा धन्यवाद दिन्छौँ।”उक्त अवसरमा महाप्रबन्धक ऐरीले आगामी चुनावलाई सफल बनाउन गोरखापत्र संस्थानअन्तर्गतका छवटा प्रकाशनले कसरी योगदान गर्न सक्छन् भन्ने सम्बन्धमा समन्वय गर्न संस्थान तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “फरक फरक प्रकाशनको फरक फरक विशेषता छन्, मल्टिमिडियाको सन्दर्भमा हाम्रो मञ्च प्रयोग गरी चुनाव प्रचारप्रसारमा सदुपयोग गर्न सकिन्छ।” गोरखापत्र छाप्न प्रयोग हुने छापाखानाको उपयोगको निम्तिसमेत उहाँले प्रस्ताव गर्नुभयो। प्रधान सम्पादक भट्टराईले राज्यद्वारा सञ्चालित सञ्चार गृह भएकाले पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन संस्थानले निरन्तर सघाउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा समेत गोरखापत्र दैनिकसहितका प्रकाशन र डिजिटल मञ्चको सदुपयोग गर्न समन्वय गर्न आग्रह गर्नुभयो।    
News
61,960
एनएसएलका लागि नयाँ मिति
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मंगलबार नयाँ मिति उपलब्ध गराएको छ । एन्फाले भदौ २५ देखि कात्तिक ५ सम्मको समय दिएको हो ।
https://ekantipur.com/sports/2022/06/14/165519476190046037.html
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मंगलबार नयाँ मिति उपलब्ध गराएको छ । एन्फाले भदौ २५ देखि कात्तिक ५ सम्मको समय दिएको हो ।एन्फा महासचिव इन्द्रमान तुलाधरलले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । एन्फाले प्रेस विज्ञप्तिमा प्रतियोगिता अगाडि प्राविधिक पक्षबारे आयोजकसँग स्वीकृति लिन पनि भनेको छ ।नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता यसअघि चैत २६ मा हुनु पर्ने थियो । तर आयोजक र क्लबीचको विवादबीच प्रतियोगिता हुन सकेको थिएन ।
Sports
20,215
ठूला टोलीलाई सहज
आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।
https://ekantipur.com/sports/2017/12/02/20171202065743.html
मस्को — आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।समूह ‘बी’ मा पूर्वविजेता स्पेनसँगै पोर्चुगल, इरान र मोरक्को छन् । जुन १५ मा हुने समूहको पहिलो खेलमा पोर्चुगल र स्पेन आमने–सामने हुनेछन् । समूह ‘सी’ मा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । समूहमा रहेका युरोपका दुई टोली फ्रान्स र डेनमार्कले जुन २६ मा हुने समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।राष्ट्रपति पुटिन, म्याराडोना र पेलेदुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेलमा डेब्यू गरिरहेको आइसल्यान्ड, दोस्रोमा क्रोएसिया र अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ ।समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् । जर्मनीले समूहको पहिलो खेलमा मेक्सिको (जुन १७), दोस्रोमा स्विडेन (जुन २३) र अन्तिम खेलमा दक्षिण कोरिया (जुन २७) को सामना गर्नेछ । सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्डको समूह ‘जी’ मा बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन् । इंग्ल्यान्ड र बेल्जियमले समूहको अन्तिम खेलमा जुन २८ गते प्रतिस्पर्धा गर्नेछन् । समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।प्रशिक्षकद्वय जोचिम लो र डिडियर डेस्चाम्पसप्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्नेछ । उक्त खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ तारिखमा हुनेछ । एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल त्यसै रंगशालामा जुलाई १५ मा खेलिने छ ।डिएगो म्याराडोना विश्वकप एम्बेसडर भिक्टोरिया लोपेरेभा
Sports
30,739
घरेलु भूमिमा ११ वर्षपछि च्याम्पियन
कुशल भुर्तेलको ब्याटिङ प्रभाव कायमै रहँदा नेपालले उच्च स्कोर बनाउनुका साथै सबैभन्दा ठूलो विजय हात पार्दै बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै सानदार शैलीमा उपाधि जितेको हो ।
https://ekantipur.com/sports/2021/04/25/161931782158787666.html
काठमाडौँ — कुशल भुर्तेलको ब्याटिङ प्रभाव कायमै रहँदा नेपालले उच्च स्कोर बनाउनुका साथै सबैभन्दा ठूलो विजय हात पार्दै बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै सानदार शैलीमा उपाधि जितेको हो ।कुशलले ७७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३ विकेट गुमाई २ सय ३८ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोरको जवाफमा आएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमै समेटियो ।नेपालको जगमगाउँदो ब्याटिङले फाइनलसम्म निरन्तरता पायो । कुशल मल्लले अर्धशतक बनाए भने दीपेन्द्रसिंह ऐरीले ४८ रनको अविजित इनिङ्स खेले । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको ठोस इनिङ्स खेल्नुअघि आसिफ शेखले सुरुआतमै २ छक्का प्रहार गर्दै १६ रन बनाएका थिए ।‘जहिले पनि जित्दाको अनुभूति राम्रो हुन्छ, तर खेलाडीले जुन हिसाबले उपाधि जिते त्यसले मलाई आश्चर्यमा पारेको छ । यस्तो लाग्यो उनीहरूले आफ्नो उत्कृष्ट खेल फाइनललाई साँचेर राखेका थिए,’ नेपालको प्रशिक्षकका रूपमा पहिलो प्रयासमै उपाधि जितेपछि डेव ह्वाटमोरले भने, ‘नेपाली खेलाडीले निकै राम्रो खेलेका छन्, उनीहरू ठूला खेलका लागि तयार छन् ।’जितपछि प्रशिक्षकलाई अँगाल्दै कप्तान ज्ञानेन्द्र । रनको हिसाबमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो जित हात पारेको हो । सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले यसअघि भुटानमाथि १ सय ४१ रनको जित हात पारेको थियो । सोही खेलमा बनाएको २ सय ३६ रन नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यसअघिको उच्च स्कोर थियो । नेदरल्यान्ड्सले पनि रनको हिसाबमा सबैभन्दा ठूलो हार भोगेको हो ।नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको हो । नेपालले पछिल्लो पटक घरेलु मैदानमा ११ वर्षअगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आफ्ना खेलाडीहरूले जसरी खेले, उपाधि जिते त्यो निकै उत्साहप्रद रहेको र उपाधि बोनसजस्तै भएको बताउँछन् ।‘विकेट राम्रो भएकाले पनि हुनसक्छ, नेपालले सुरुदेखि सकरात्मक क्रिकेट खेल्यो । ब्याटिङ, बलिङ, फिल्डिङ सबै राम्रो थियो,’ ज्ञानेन्द्रले भने, ‘टोलीमा धेरै युवा खेलाडी छन् । यसले आउने दिनमा उनीहरूले नेपाली क्रिकेटलाई राम्रो सन्देश दिएका छन् । उनीहरूलाई राम्रोसँग ग्रुम गर्ने हो भने नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ ।’डेब्युमै चम्किएका कुशल भुर्तेल म्यान अफ द सिरिज भएपछि पल्सर मोटरसाइकलसाथ ।नेदरल्यान्ड्सलाई सानो स्कोरमा समेट्नेक्रममा करण केसीले ३, कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले ३ ओभरमा ११, कमलले ४ ओभरमा २२ र सन्दीपले ४ ओभरमा २६ रन खर्चे । अविनाश बोहराले १ विकेट लिए । नेदरल्यान्ड्सका माथिल्लोक्रमका दुई ब्याट्सम्यान टोबाइस भिसे र बास डे लिडलाई नेपाली फिल्डरले रनआउट गरे ।नेदरल्यान्ड्सबाट सेबास्टियन ब्राटले २६ रन बनाई अविजित रहे । म्याक्स ओ’डाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए । कुशल भुर्तेलको क्याच १२ रनमा छाडेपछि कुनै पनि समय खेल आफ्नो पक्षमा नआएको नेदरल्यान्ड्सका कप्तान सिलारले बताए । ‘नेपालले त्यसपछि उत्कृष्ट ब्याटिङ गर्‍यो । फाइनलमा २ सय ३९ रनको लक्ष्य निकै चुनौतीपूर्ण हो । नेपालले विगतभन्दा ट्वान्टी–२० खेल्ने शैली नै परिवर्तन गरेको छ ।’नेपालले सुसन भारीको स्थानमा अविनाशलाई प्लेइङ ११ मा राख्दै ४ तीव्र गतिका बलर खेलाएको थियो । स्पिन विशेषज्ञका रूपमा सन्दीप लामिछानेमात्र खेलेका थिए । नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याउँदा कुशलले ५३ बलको इनिङ्समा ८ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।
Sports
23,180
बाराउद्योरण गाउँका आगलागी पीडित समस्यामा
आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।
https://gorkhapatraonline.com/news/106373
जनार्जन खत्रीसर्लाही, वैशाख २१ गते । आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।  प्रहरीले सङ्कलन गरेको अन्तिम विवरणअनुसार बिहीबार दिउँसो भएको आगलागीबाट ५७ घर पूर्णरुपमा र चार घर आंशिक रुपमा जलेका छन् । आगलागीपछि पीडितहरु चर्को गर्मी र तातो हावामा त्रिपालमुनी बस्न बाध्य छन् । बस्तीका ७० वर्षीय वृद्ध किशोरी राउतले गाउँमा भएको ठूलो बज्रपातपछि सबैको बिजोग भएको दुःखेसो पोख्नुभयो । “जीवनमा यस्तो ठूलो विनाश र क्षति कहिल्यै देखेको थिइनँ, अहिले आफैले बेहोर्नुपरेको छ” राउतले भन्नुभयो, “त्रिपालमुनिको बास भएको छ, च्यूरा र दालमोठको भरमा बाँचिरहेका छौँ ।” बाराउद्योरण गाउँमा अधिकांश युवा मजदुरका लागि भारत पुगेका छन् । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र रहेकाले पनि आगलागी बेलैमा नियन्त्रण गर्न नसकिएको राउतको भनाइ छ । दिनरात मजदुरी गर्दागर्दै पनि खानलाउन नै धौ–धौ पर्ने अवस्था रहेकोमा आगलागीपछि घरवास सबै सखाप भएपछि विपन्न परिवारमा रुवाबासी रोकिएको छैन् । त्रिपालमुनी बसेका स्थानीय हावाहुरीको याम रहेकाले थप त्रासमा छन् । लामखुट्टेले सताउन थालेको छ भने सर्प, किराको डर उत्तिकै छ । सिलाइकटाइको काम गर्ने स्थानीय विकी राउतले आगलागीबाट घर र व्यवसाय दुवै जल्दा केही सोच्न नसकेको बताउनुभयो । “गुजरातबाट कमाएर ल्याएको पैसाले गाउँमै सिलाइकटाइ व्यवसाय सञ्चालन गरेको थिए, आगोले चारवटा मेसिनसहित सबै सरसामग्री जलेर खरानी भयो” उहाँले भन्नुभयो । स्थानीय शत्रुधन राउतले आफ्नो घरबाट सल्किएको आगोले पूरा बस्ती खरानी पारेको बताउनुभयो । उहाँले आगलागीपछि बुहारीसहित तीन सन्तान हतार–हतार बाहिर निस्किएर ज्यान जोगाउन सफल भएको बताउनुभयो । विष्णु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले पीडितलाई तत्कालका लागि खाना र औषधीको व्यवस्था मिलाइएको दावी गर्नुभयो ।  “गाउँपालिका अध्यक्ष बाहिर हुनुहुन्छ, उहाँ आउनेबित्तिकै कार्यपालिकाको बैठक बसेर पीडितका लागि थप निर्णय लिन्छौँ” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो । उहाँका अनुसार रेडक्रसबाट प्राप्त राहत सामग्री पूरा विवरण सङ्कलन भएपछि वितरण गर्ने तयारी छ । 
News
50,722
निजामती विधेयक पारित हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती विधेयक भदौ १९ गते मङ्गलबार मन्त्रीपरिषद्बाट पारित गरी संसदीय प्रक्रियामा लाने तयारी गरिएको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/77340
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती विधेयक भदौ १९ गते मङ्गलबार मन्त्रीपरिषद्बाट पारित गरी संसदीय प्रक्रियामा लाने तयारी गरिएको बताउनुभएको छ । संविधान अनुसार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक ऐन ल्याउन ढिला भइसके पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानुनी संरचना निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय निजामती विधेयक पहिलाको संसद्मै राज्य व्यवस्था समितिबाट पारित भएर सरकारसमक्ष पुगेको थियो । सरकारले यसलाई आवश्यक परिमार्जन गरी अगाडि बढाउन ढिला भएकै हो । यद्यपि अन्तिम रूप दिइएको छ । सम्भवतः भोलिको मन्त्रीपरिषद्को बैठकबाट पारित गरी सदनसमक्ष प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउन चाहन्छु ।”राष्ट्रिय सभा सदस्यले विद्यालय शिक्षासम्बन्धी विधेयक के कति कारणले मन्त्रीपरिषद्बाट पारित भएर फिर्ता ल्याइएको बारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विद्यालय शिक्षासम्बन्धी विधेयक बाहिरबाट दबाब आएपछि फेरेको कुरा सत्य होइन । मन्त्रीपरिषद्मा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदै गर्दा म आफैँले यो यथार्थ विधेयकभन्दा केही फरक आयो, यसको पुनः अध्ययन गरेर परिमार्जनसहित मात्रै ल्याउनु पर्छ भनेर रोकेको हुँ ।”छलफलका क्रममा राष्ट्रिय सभा सदस्यले कानुन निर्माण नहुँदा सङ्घीय संरचनाबमोजिम कामकाज हुन नसकेको जिकिर गरे । सदस्यले कानुन अभावमा प्रदेशले काम गर्न नसक्दा सङ्घीयता नै बदनाम भएको गुनासो गरे । प्रहरी ऐन, शिक्षा ऐन, निजामती कर्मचारीलगायतका ऐन आउन नसक्दा सङ्घीयता कार्यान्वयन राम्ररी हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।  प्रधानमन्त्री प्रचण्डले प्रहरी प्रशासनसम्बन्धी कानुनलाई सङ्घीयता अनुकूल बनाउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी समायोजन ऐन यसअघि नै बनिसकेको छ तर कार्यान्वयनमा रहेका केही जटिलतालाई हल गरेर कार्यान्वयनमा लैजाने तयारीमा रहेको जानकारी गराउँछु ।” उहाँले मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण तथा सुधारका कार्य मूलभूत रूपमा सम्पन्न भइसकेको बताउनुभयो । उहाँले नेपालको संविधान जारी भएपश्चात हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको जानकारी गराउँदै विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानुनलाई नेपालको संविधान अनुकूल बनाउने कामसमेत सम्पन्न गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले सङ्घीय संसद्मा पेस गरेको विभिन्न १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेका छन् । संविधान कार्यान्वयनसँग सम्बन्धित सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षालगायतका अन्य विधेयक छिट्टै सङ्घीय संसद्मा पेस गर्नेगरी सरकारले प्रक्रिया अगाडि बढाइरहेको समेत सदनलाई जानकारी गराउन चाहन्छुु ।” उहाँले संविधान जारी भएको आठ वर्षसम्म कानुन निर्माणले पूर्णता नपाएको विषय चिन्ताजनक रहेको बताउनुभयो । “सो आवश्यकतालाई महसुस गरी नेपाल सरकारले संविधान कार्यान्वयनको कार्ययोजना बनाई कानुन निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । संविधान कार्यान्वयन गर्न बनाउनुपर्ने कानुनको पहिचान र प्राथमिकीकरण गरी अधिकांश कानुनको निर्माण भइसकेका छन्,” उहाँले भन्नुभयो, “नेपालको संविधानबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कतिपय कानुन निर्माणको प्रक्रियामा छन् । केही विधेयक अघिल्लो प्रतिनिधि सभामा पेस भएर सो सभाको कार्यकाल समाप्त भएर स्वतः निष्व्रिmय भयो । त्यसरी निष्व्रिmय भएका विधेयकलाई पुनः संसद्मा पेस गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको छ ।” 
News
53,956
इलाम नगरपालिकामा पूर्ण खोप सुनिश्चितता
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।
https://gorkhapatraonline.com/news/70476
कोकिला ढकालइलाम, असार २४ गते । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ । बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि इलाम नगरपालिका सुनिश्चित रहेको जनाएको छ । नगरपालिकाले एक कार्यक्रम गरी आफ्ना १२ वटै वडालाई पूर्ण खोप लगाएको प्रमाणपत्र प्रदान गरेको छ । नगरपालिकाले खोप अभियानबाट छुटेका बालबालिकाका लागि गत वैशाख महिनामा पूर्ण खोप अभियान चलाएको थियो । सो अभियानमा नगरपालिकाभरमा तीन जना मात्र बालबालिका खोप लगाउन छुटेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।अभियानका क्रममा २३ जना बालबालिकाले खोप लगाउँदा लगाउँदै बीचैमा छाडेको पाइएको थियो । ती सबै बालबालिकालाई नियमित खोपमा ल्याएर पूर्ण खोप गराएपछि नगरपालिकालाई पूर्ण खोपको सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।  इलाम नगरपालिकामा यो वर्ष ६९१ बालबालिकालाई खोप लगाउनुपर्ने थियो । यो वर्ष नगरपालिकामा ७१३ जना बालबालिकाले बीसीजी, ६४५ ले डीपिटी, ७०६ जनाले दादुरा रुवेलाको पहिलो डोज र ६६० ले दादुरा रुवेलाको दोस्रो डोज खोप लगाएको नगरपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ । यसअघि इलाम जिल्लालाई नै २०७२ मा पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणा भए पनि पूर्ण खोप छ छैन भन्ने सुनिश्चितता गर्नुपर्ने र इलाममा गरिएको स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ । 
News
55,096
माओवादी विधान सम्मेलन तयारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।
https://gorkhapatraonline.com/news/73132
वीरेन्द्र ओलीकाठमाडौँ, साउन १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो। पार्टीका उपमहासचिव वर्षमान पुनले बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको बताउनुभयो। काठमाडौँको प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ।पार्टी विधि र विधानबमोजिम सञ्चालन गर्न माओवादीले पहिलो पटक विधान सम्मेलन आयोजना गर्न लागेको हो। “पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गर्न व्यापक छलफलद्वारा विधान सम्मेलन आयोजना गरिने छ। त्यस अनुरूप पार्टीका सबै संरचनालाई सक्रिय बनाइने छ,” उहाँले भन्नुभयो, “बलियो विधान भएमा पार्टीलाई चुस्तदुरुस्त बनाउन सहयोग गर्ने छ। त्यसबाट बलियो पार्टी बनाउने आधार निर्माण हुने छ।” उहाँले माओवादीले आगामी तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। “पार्टीको तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर वडासम्म पुगेर काम गर्ने गरी पठाइने छ। त्यसमा नयाँ पार्टी सदस्यता दिने, पुरानो पार्टी सदस्यता नवीकरण गर्नुपर्ने, पार्टी नभएको ठाउँमा गठन गर्ने र प्रशिक्षित गरिने छ,” उहाँले भन्नुभयो, “समाजमा भएका विकृति र भ्रष्टाचारविरोधी अभियानका रूपमा सञ्चालन गरिने छ। सरकारले गरेका राम्रा काम जनतामा र जनताका समस्या सरकारसमक्ष पु-याइने छ।”पार्टी उपमहासचिव पुनले प्रधानमन्त्री प्रचण्डले सुन काण्डको छानबिन पार्टीभित्र र बाहिर कसैप्रति लक्षित नभएको बताउनुभएको जानकारी दिनुभयो। “प्रधानमन्त्रीले सुन काण्ड पार्टीभित्र र पार्टी बाहिर कसैप्रति लक्षित होइन, यो राजनीतिक, सामाजिक र सुशासनको अभियान हो, यसलाई व्यावसायिक रूपमा छानबिन गरेर कारबाही गरिने छ र दोषीलाई मात्रै दण्डित गरिने छ, भन्नुभएको छ,” उहाँले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो, “पार्टीभित्र कसैलाई लक्षित गरेर छानबिन हुन्छ कि भन्ने नठानौँ। अहिले भ्रष्टाचारविरुद्धको सुशासनको अभियान राष्ट्रिय रूपमा अगाडि बढाइएको छ। एकथरी मानिस डराएर पार्टीभित्रै र गठबन्धनभित्रै खेल्न खोज्ने प्रवृत्ति देखिएको छ। एकआपसमा अन्तरविरोध पार्न खोज्ने देखिएको छ।” उहाँले अहिलेको सुन काण्डको छानबिनले पार्टी र गठबन्धनलाई अझ सुदृढ बनाएर लग्ने प्रधानमन्त्री प्रचण्डको धारणा रहेको बताउनुभयो।नेता पुनले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर काम गर्नुपर्ने बताउनुभयो। पछिल्लो समय आफ्नो फोटो राखेर चरित्र हत्या गरिएकाले छानबिन गर्नका लागि सघाउन तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “मैले जुनसुकै तहको छानबिन होस् सहयोग गर्न तयार छु। मेरो चरित्र हत्या गरियो। महराजी, गृहमन्त्रीका बारेमा पनि भ्रम भइराखेको छ। तथ्यमा आधारित भई छानबिन हुनुपर्छ। यसको समाधान गर्न तयार छु। अरू साथीहरू पनि तयार हुनुहुने छ भन्ने लाग्छ।”  प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा फोटो खिचाउँदा ख्याल गर्न आग्रह गर्नुभएको पार्टी सचिव दीनानाथ शर्माले बताउनुभयो। “पार्टीका नेताहरूले पारिवारिक वा पार्टी र सरकारको काम गर्दा खिचिएका फोटोको अनेक अर्थ लगाइने रहेछ। आगामी दिनमा पार्टीका साथीहरूले फोटो खिच्दा ध्यान दिनुहोला,” उहाँले भन्नुभयो।   
News
54,642
भरतपुर गोल्डकपको उपाधि संकटालाई 
पहिलो भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लब विजयी भएको छ । एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा सञ्चालन गरेको गोल्डकपको शनिबार भएको फाइनल खेलमा संकटाले झापा-११ लाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो । उपाधिसँगै संकटले ६ लाख नगद प्राप्त गर्‍यो । दोस्रो हुने झापाले तीन लाख पायो ।
https://ekantipur.com/sports/2019/05/18/15581940973196807.html
चितवन — पहिलो भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लब विजयी भएको छ । एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा सञ्चालन गरेको गोल्डकपको शनिबार भएको फाइनल खेलमा संकटाले झापा-११ लाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो । उपाधिसँगै संकटले ६ लाख नगद प्राप्त गर्‍यो । दोस्रो हुने झापाले तीन लाख पायो ।पुरस्कार राशिका हिसाबले यो चितवनको सर्वाधिक ठूलो प्रतियोगिता हो । सुरुमा आक्रमक देखिएको झापाले खेलमा बिस्तारै लय गुमाउँदै जाँदा संकटा सफल भएको हो । खेल सुरु भएको १४ औं मिनेटमा संकटाका लागि पहिलो गोल कप्तान अमित तामाङले गरेका थिए । अमितले पोष्टतर्फ गरेको लामो प्रहारको झापाका गोल रक्षक किशोर गिरीले केही भेउ नपाउँदै बलले जाली छोएको थियो । खेलमा पहिलो गोल खाएपछि झापा दबावमा देखियो । झापाले गरेको केही राम्रा प्रहार पनि गोलमा परिणत हुन सकेन ।मध्यान्तरपछि ३७ औं मिनेटमा संकटाले आत्माघाती गोलका रुपमा झापाबाट एक गोल उपहार पायो । झापा-११ का सुमिन मैनालीले पोष्ट नजिक आफ्ना गोल रक्षकतर्फ हेड गरेर बल फालेका थिए । तर, झापाका गोल रक्षक किशोर गिरीले बल समाउन नसक्दा दुर्भाग्यपूर्ण गोल भएर झापा २-० ले पछाडि पर्‍यो । मध्यान्तरपछिको इन्जुरी समयमा संकटाका लागि लक्ष्मण रुचालले गोल थपेका थिए ।संकटाका कप्तान अमित तामाङ शनिबारको खेलको म्यान अफ दि म्याच हुनुका साथै प्रतियोगिता अवधिकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले म्यान अफ दि म्याचको १० र सर्वोत्कृष्ट खेलाडीको ४० हजार रुपैयाँ नगद पुरस्कार पाए । खेल अवधिभर कुनै पनि गोल नखाएका संकटाका गोल रक्षक राजाबाबु थापा उत्कृष्ट गोल रक्षक घोषित भएर २० हजार रुपैयाँ नगद पाए ।त्यसैगरी २० हजार राशिकै उत्कृष्ट स्ट्राइकरको पुरस्कार झापा-११ का निशान लिम्बुले पाए । उत्कृष्ट मिडफिल्डर पनि झापा-११ कै संजोग राई भएका छन् । उत्कृष्ट डिफेन्डर घरेलु टोली चितवन-११ का सुन्दास चौधरी भएका छन् । बैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । विजयी टिम र खेलाडीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुरस्कार र कप दिएकी थिइन् ।
Sports
27,263
चोटका कारण डी जोङ युरो-२०२० बाट बाहिरिए
नेदरल्यान्ड्सका स्ट्राइकर लुक डी जोङका लागि युरो २०२० को यात्रा सकिएको छ । डच फुटबल संघका अनुसार मंगलबार टिम अभ्यासका क्रममा उनको घुँडामा चोट लागेको छ ।
https://ekantipur.com/sports/2021/06/24/16245020198887569.html
एम्स्टर्डम — नेदरल्यान्ड्सका स्ट्राइकर लुक डी जोङका लागि युरो २०२० को यात्रा सकिएको छ । डच फुटबल संघका अनुसार मंगलबार टिम अभ्यासका क्रममा उनको घुँडामा चोट लागेको छ ।उनले टिमको ट्रेनिङ क्याम्प पनि छाडेका छन् । सेभियाका फरवार्डले नेदरल्यान्ड्सका लागि ३८ पल्ट खेलेका छन् । समूह ‘सी’ को अहिलेसम्म नेदरल्यान्ड्स खेलेका कुनै पनि खेलमा सुरुदेखि खेल्न पाएका थिएनन् । त्यसमध्ये अन्तिम दुई खेलमा भने उनी सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए । नेदरल्यान्ड्स लिग चरणका सबै खेलमा भने विजयी छ । समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।
Sports
22,837
अभिलाषाको जोडी फाइनलमा
नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा पुगेको छ ।
https://ekantipur.com/sports/2021/02/05/16124942517015499.html
काठमाडौँ — नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा पुगेको छ ।सातदोबाटोस्थित टेनिस कोर्टमा पुरुष डबल्सतर्फ सेमिफाइनलमा उनीहरूको जोडीले भारतका रोनिन र मोनिल लोट्लिकरको जोडीलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल तय गरेको हो । फाइनलमा आरभको जोडीले भारतका आर्यन लक्ष्मण र आर्यन शाहीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । लक्ष्मण र आर्यनको जोडीले भारतकै अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा हरायो ।महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेस फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४, ६–० को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेको हो ।दोस्रो सेमिफाइनलमा नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी पराजित भयो । उनीहरूको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले पराजित भयो । यता पुरुष एकलमा भारतका अमन धानिया, अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरे सेमिफाइनलमा पुगेका छन् ।
Sports
23,754
'हरेक बबाल कुरा'बाट मञ्चमा फर्कँदै कथाघेरा
'म तल गएँ, भान्सामा । चिकेन स्यान्डवीच बनाएर खाएँ । चिकेन स्यान्डवीच तर, चिकेनबिनाको । टिभीको अगाडि गएर बसें, अनि 'लिस्ट' कन्टिन्यु गर्न थालें । अनि मलाई के लाग्यो, त्यतिखेर लिस्ट मैले कुनै प्राथमिकताको आधारमा लेख्नुहुँदैन । किनभने हामीले कसरी थाहा पाउने मोमोभन्दा मुमिन बेटर हो'? छेउका मानिसहरुलाई प्रश्न गर्दै उनी लिस्ट बनाउन थाले ।
https://ekantipur.com/entertainment/2021/09/10/163125180810267647.html
काठमाडौँ — 'म तल गएँ, भान्सामा । चिकेन स्यान्डवीच बनाएर खाएँ । चिकेन स्यान्डवीच तर, चिकेनबिनाको । टिभीको अगाडि गएर बसें, अनि 'लिस्ट' कन्टिन्यु गर्न थालें । अनि मलाई के लाग्यो, त्यतिखेर लिस्ट मैले कुनै प्राथमिकताको आधारमा लेख्नुहुँदैन । किनभने हामीले कसरी थाहा पाउने मोमोभन्दा मुमिन बेटर हो'? छेउका मानिसहरुलाई प्रश्न गर्दै उनी लिस्ट बनाउन थाले ।२३ – मुमिन २४ – मोमो २५ – स्कूलको त्यो अन्तिम घण्टी २६ – स्वीमिङ पुलमा कसैले थाहा नपाउने गरेर सू गर्नु २७… केही दिनअघि टेकुस्थित कथा घेरा (कौसी थिएटर) पुग्दा उनी यस्तै केही कुराहरुको सूची तयार पार्नमा व्यस्त देखिन्थे । उनलाई घेरेर बसेका थिए केही मानिस । लिस्ट सुन्न चनाखो देखिन्थे उनीहरु । मञ्चमा एक्लै उभिएका उनी भने लिस्ट बनाउनमै मस्त । उनी कहिले मानिसहरुलाई स्टेजमा आउन निम्तो दिन्थे त कहिले आफैं दर्शकदीर्घामा बस्न जान्थे । नाटक 'हरेक बबाल कुरा'को रिहर्सलको दृश्य हो यो । लिस्ट तयार पार्ने पात्र हुन् कलाकार सुदाम सिके । भदौ २५ देखि मञ्चन हुने 'हरेक बबाल कुरा'मा उनी सोलो अभिनय गर्दैछन् । डंकन म्याकमिलनको 'एभ्री ब्रिलियन्ट थिंग'को नेपाली रुपान्तरण नाटक 'हरेक बबाल कुरा'मा उनी यस्तो पात्रको अभिनय गर्दैछन् जो बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराको लिस्ट तयार पार्छन् । उक्त लिस्टसँग जोडिएका स्मृतिहरुको माध्यमबाट उनले आफ्नो विगतका अनेकौं अध्याय पल्टाउँदै जान्छन् । लिस्ट तन्किँदै र उमेर ढल्किँदै जाँदा उनले आफ्नो जीवनप्रतिको बदलिएको दृष्टिकोण पहिल्याउँछन् । 'हरेक बबाल कुरा'ले 'फोर्थ वाल ब्रेक' गर्दै मानसिक स्वास्थ्य र डिप्रेसनलाई मुख्य कथा बनाएको छ । महामारीपछि मानसिक स्वास्थ्यप्रति मानिसहरुको चासो बढेको छ । कति यसबारे अनभिज्ञ छन् । मानसिक स्वास्थ्यबारे कति त कुरा गर्नै चाहँदैनन् । कोभिडले मानिसहरु आशा विहिन भए । कोभिडकै कारण कति एकान्तवासमा छन् । यो अवस्थामा नाटक 'हरेक बबाल कुरा' सापेक्षित हुनसक्ने भएर कौसीले डंकनको नाटक छनोट गरेको बताएको छ । कोरोना महामारीअघि यो टिम 'एनिमल फार्म' नाटकको तयारीमा थियो । तर कोभिड महामारीका कारण लकडाउन भयो । आकांक्षाले नाटकको काम स्थगित गरिन् । यसबीच कौसीले भर्चुअल माध्यमबाट 'प्ले ब्याक थिएटर' गर्‍यो । झन्डै एक वर्ष नाटकघर बन्द भएपछि आर्थिक पाटोलाई असर पर्ने नै भयो । 'एनिमल फार्म'मा १३ जना कलाकार थिए । कोभिडपछि उनको टिमले एनिमल फार्म गर्ने नसोचेका होइन । तर, ठूलो टिमलाई खर्च बढी लाग्ने भएपछि त्यसलाई आँट्न सकिनन् उनले । यो नाटक बनाउन भने तीनजनाको भेट नै काफी थियो । खर्च पनि कम लाग्ने भयो । त्यसैले आकांक्षाको टिमले यसपटक 'फोर्थ वाल ब्रेक' गर्ने नाटकमा तयारी सुरु गर्‍यो । 'फोर्थ वाल ब्रेक' अन्तरक्रियात्मक नाटक हो । जसमा मञ्च र दर्शक छुट्टिएका हुँदैनन् । उनीहरु पनि नाटकमा सहभागी हुन्छन्, कुनै न कुनै रुपमा । सोलो प्रस्तुतिमार्फत 'फोर्थ वाल ब्रेक' गर्न चुनौती छ । सुदाम सुनाउँछन्,'फोर्थ वाल ब्रेक गर्ने भनेर दर्शकलाई हेरेर कुरा गर्ने होइन कि उनीहरुलाई स्टेजमै ल्याएर गफ गर्नुपर्ने हुन्छ । मेरो पात्रले कुन ठाउँमा कुराकानी गरेको छ त्यो अलि खुलेको छैन । चुनौती नै छ ।' हुन त सुदाम यस पटक मात्रै सोलो प्रस्तुति दिँदै छैनन् । सन् २०१७ मा 'म्याड म्यान्स डायरी'मा पनि एक्लै मञ्चमा देखिएका थिए उनी । सुदाम अभिनयको प्रकृयामा डुब्दै त्यसको मज्जा लिँदै अभिनय गर्न रुचाउँछन् । तर यो नाटक उनले पछ्याइरहेको भन्दा नौलो छ । त्यसैले उनी उत्साहित छन्, सँगसँगै डर पनि छ । 'यो नाटकमा आफूलाई खोज्न गाह्रो भएको छ । यसमा कथा भनिरहेको छ पात्रले । मैले मेरो कथा भने जस्तो हो । तर नयाँ कुरा त दर्शकलाई ल्याएर अन्तरक्रिया गर्नुपर्छ । यसरी कुराकानी गरेरै एक घण्टा बिताउँदा त त्यसलाई कसरी पर्फमेटिभ बनाउने भन्ने छ । यसमा अरु अभिनय गर्न सक्दिन । दर्शकलाई हेरेर नै कुरा गर्नुपर्छ, फेरि त्यो नाटक हो कि भन्ने भान पनि गराउन भएन,' रिहर्सल सकेर गफिन थालेका सुदामले भने, 'नाटकभरी दर्शकले त कलाकारको भावना हाउभाउ पनि हेर्न खोज्छन् नि त । यहाँनिर के गर्ने ? भन्ने हुन्छ कहिलेकाहीँ । के भएर यो पात्रले आफ्नो कथा सुनाउँदैछ भन्ने हुन्छ । कथा भन्दै गर्दा उसले कस्तो अनुभव गरिरहेको होला, दुवैलाई मिलाएर जानुपर्‍यो ।' सुदामलाई यो नाटक नेपाली समाजसँग सम्बन्धित छ जस्तै लाग्छ । 'आत्महत्याको प्रयास भयो भने त्यो कुरालाई हामी समाजमा भन्न डराउँछौं । हाम्रो समाजसँग नाटक मिल्दो छ । मानसिक स्वास्थ्यको विषयमा कुरा गर्नै नचाहने, बुझ्ने/नबुझ्नेले सबैले यो नाटक हेर्नुपर्छ । अहिले सबै आशा विहिन, फ्रस्टेट, डिप्रेस छन् । यस्तो अवस्थालाई कसरी लिने, सोच्ने भन्ने कुरा नाटकमा समावेश छ,' सुदामले सुनाए । 'रियलिज्म'मा आधारित नाटक गर्न रुचाउने हुँदा सुदामले 'हरेक बबाल कुरा'मा आफूलाई फिट देखिरहेका थिएनन् । निर्देशक एवं पत्नी आकांक्षासँग उनको विवाद पनि यही विषयमा हुन्थ्यो । 'म एकछिन रोइरहेको अभिनय गर्छु भने एकछिनमै हाँसेको अभिनय गर्न सक्छु । तर सुदाम 'मलाई समय लाग्छ भनिरहन्छ' । काम गर्दा पनि हामी दुईको यही विषयमा विवाद भइरहन्छ,' सुदामको छेउमै बसेकी आकांक्षाले हाँस्दै सुनाइन्, 'मलाई कति ठाउँमा यो कुरा हाँसेरै बोलिदिए हुन्थ्यो सुदामले भन्ने लाग्थ्यो । तर ऊ विपरित निस्कन्थ्यो ।' 'म लजिक, कारणमा काम गरिरहेको कलाकार भएँ । यो नाटकमा के गर्ने हो, कसो गर्ने हो भन्ने कुरा पहिल्याउन नै गाह्रो भइरहेको छ,' सुदामले आकांक्षाको जवाफ भुईंमा खस्न नपाउँदै भने । 'प्ले ब्याक थिएटर'कै कन्सेप्टमा आधारित देखिन्छ यो नाटक । आफूले गर्दै आएको कन्सेप्टसँग मेल खाएकै कारण आकांक्षाले यो नाटक रोजिन् । नाटकको रिहर्सल थाल्दाथाल्दै निषेधाज्ञा हट्यो । लामो समयपछि फेरि रंगमञ्चमा चहलपहल सुरु भएको छ । 'हरेक बबाल कुरा'को रिहर्सल हुँदै गर्दा आकांक्षालाई वर्षौंपछि थिएटर आएको अनुभव हुन थालेको छ । महामारीले नाटक बीचमै रोकिन्छ कि भन्ने डर त छँदैछ । तर नाटकको तयारी थाल्दाको उत्साह उनको टिममा छुट्टै छ । 'कोरोनाले मानिसलाई घरबाट बाहिर निस्कन, चियाभेट गर्न हत्तपत्त जोश दिँदैन । एक्लै बस्न मन लाग्ने, घरभित्रै बस्न मन लाग्ने बानी विकास गरेको छ । अहिले विस्तारै स्टेजमा आउँदा अलिअलि कोरोनाको समय बिर्सेको हो कि भन्ने भइरहेको छ । लगभग २ वर्ष नै भयो,' आकांक्षा सुनाउँछिन्, 'कहिलेकाहीँ डर लाग्छ । झल्याँस्स हुन्छु, नाटक तयारी गर्दैछौं भोली रोकिएला, महामारी बढ्यो भने के गर्ने होला ? भन्नेमा अन्योल छ ।' महामारीअघि कौसीमा दर्शकको जमघट भइरहन्थ्यो । कोही छतमा गएर चिया पिउँथे, कोही बार्दलीमा । त्यो कुरा निकै 'मिस' गरिरहेकी थिइन् आकांक्षा । उनी यो नाटकले ती दिन फर्काउनेमा आशावादी छिन् । 'दर्शकको जमघट एकदमै मिस भइरहेको थियो । अहिले त परिक्षण मात्र गर्न खोजेको हो ‍। यो नाटकले कत्तिको साथ पाउँछ हेरौं, त्यसपछि एनिमल फार्म गर्छौं । थिएटरमा थिएटरकै मानिस आउँछन् । यो नाटक हेर्न अन्य पनि आएको हेर्न मन छ,' आकांक्षाले सुनाइन् । महामारीबीच नै शिल्पीमा नाटक मञ्चन भयो । मञ्चमा फर्किन त्यसले पनि हौसला दिएको सुदाम बताउँछन् । 'सायद दर्शकले नाटकलाई मिस गरेका छन् । हामी आफैंलाई नाटक हेर्न जान रहर छ । त्यो पूरा पनि हुन्छ हाम्रो नाटकले,' उनले सुनाए। कौसी थिएटरको टिम स्वास्थ्य मापदण्ड अपनाएर नाटक मञ्चन गर्ने तयारीमा छन् । ३० जना दर्शकबीच नाटक देखाइने बताइएको छ । 'दर्शकको सक्रिय सहभागितामा पात्रले गर्ने जीवनयात्राको सजीव संग्राहलय हो हरेक बबाल कुरा,' आकांक्षा सुनाउँछिन्, 'धेरै नाटकको चर्चा भयो यसबीच । अन्तिममा डंकनको नाटक पढेपछि मनपर्‍यो । कलाकार पनि एकजना मात्र । रुपान्तरण गर्न पनि सजिलो हुने भयो । छोटो समयको लागि यो आँट्न सक्ने भयो ।'
Entertainment
8,230
पारससहित तीन क्रिकेटर अस्ट्रेलियातर्फ
क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध विस्तार गर्ने आसमा नेपालका कप्तान पारस खड्कासहितको टोली अस्ट्रेलिया गएको छ ।
https://ekantipur.com/sports/2018/12/25/15457065484664234.html
काठमाडौँ — क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध विस्तार गर्ने आसमा नेपालका कप्तान पारस खड्कासहितको टोली अस्ट्रेलिया गएको छ ।पारससहित युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र यू–१९ का पूर्व खेलाडी सुवास प्रधान सोमबार राति अस्ट्रेलिया प्रस्थान गरे । उनीहरूलाई एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले अस्ट्रेलिया लगेको हो । पारस एक्सपर्टका ब्रान्ड एम्बासडर हुन् । एक्सपर्टले फ्रेन्चाइज लिएको पोखरा प्रिमियर लिग (पीपीएल) मा दीपेन्द्रले एक्सपर्ट धनगढी ब्लुजबाट खेलेका थिए । धनगढी ब्लुजका निर्देशक रहेका सुवास एक्सपर्टसँग जोडिएर पछिल्लो समय घरेलु क्रिकेटमा विभिन्न प्रतियोगिता गरिरहेका छन् । एक्सपर्ट क्रिकेट फेस्टिभलका रुपमा अस्ट्रेलियामा हुने कार्यक्रममा उनीहरूले सहभागिता जनाउने छन् । अस्ट्रेलियामा रहेका नेपाली क्रिकेट समुदाय तथा विभिन्न संघसंस्थासँग उनीहरूले अन्तरक्रिया गर्ने कार्यक्रम छ । मेलबर्नमा डिसेम्बर ३० बाट हुने कार्यक्रम जनवरी ५ र ६ मा सिड्नी, जनवरी १० मा ब्रिसवेन र एडिलेडमा १२ जनवरीमा हुनेछ । एक्सपर्टद्वारा आयोजित यी सबैमा तीनै क्रिकेटरको सहभागिता रहनेछ । एक्सपर्टले अस्ट्रेलियामा एक्सपर्ट क्रिकेट क्लब बनाएको र त्यसैअन्तर्गत रहेर पारस र उनको टोलीले तीन प्रदर्शनी खेल पनि खेल्नेछ । नेपाली क्रिकेट प्रवद्र्धनका लागि एक्सपर्टसँग धेरै राम्रो योजना रहेकाले आफू यसमा आबद्ध भएको जनाउँदै पारसले भने, ‘अस्ट्रेलियाका पूर्व खेलाडी माइकल क्लार्कको माध्यमबाट नेपालको अस्ट्रेलिया क्रिकेटसँग राम्रो सम्बन्ध छ । त्यहीअनुसार सन्दीप लामिछानेले अस्ट्रेलियामा राम्रो एक्सपोज पाइरहेका छन् । मैले पीपीएलका लागि पनि क्लार्कलाई बोलाएको थिएँ, व्यस्तताका कारण आउन सकेनन् । यसैलाई माध्यम बनाएर हामीले सम्बन्ध अझ बढाउनुपर्छ ।’पारसले अस्ट्रेलियामा नेपाली क्रिकेटरको एक्सपोजरलगायत विषयको सम्भावना खोजिनुका साथै एक्सपर्टमार्फत नेपाली समुदाय विशेष क्रिकेट अगाडि लैजान खोजिएको जनाए । स्थानीय समुदायसँग त्यसै क्रममा तीन ट्वान्टी–२० खेल खेलिने उनले जनाए । नेपालले जनवरी अन्तिम साता यूएईमा गएर वान–डे अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिने कार्यक्रम बनिरहेको छ । त्यसको तयारीमा अस्ट्रेलिया भ्रमणले बाधा त पुग्दैन भन्ने प्रश्नमा पारसले आफ्नो अस्ट्रेलियामा क्रिकेट किटसहित लगेर अभ्यास गर्ने तालिका पनि रहेको सुनाए । एक्सपर्टका प्रबन्ध निर्देशक खेम संग्रौलाले नेपाली क्रिकेट प्रवद्र्धन गर्नु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै तथा पारस र उनको टोलीले अस्ट्रेलिया भ्रमणबाट धेरै सिक्ने अवसर रहेको जनाए । उनले भने, ‘अहिले यो सुरुआतमात्र हो, भविष्यमा नेपाली क्रिकेट नै अस्ट्रेलियामा लैजाने हाम्रो उद्देश्य छ ।’
Sports
28,222
बजेट सुनिश्चित गरेर मात्र ठेक्का : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको
https://gorkhapatraonline.com/news/77039
बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, भदौ १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको सरकारले निर्वाचन क्षेत्र, पालिकास्तरका गर्नैपर्ने योजनाहरू अघि बढाइयो भने उक्त योजनाको काम दिगो हुन्छ,” मन्त्री महतले थप्नुभयो । उहाँले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनको बनाउने काम भइरहेकाले उक्त सडक विस्तारको काम समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार रहेको बताउनुभयो । “सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि सरकारले बजेट व्यवस्था गर्दै आएको छ, उक्त सडक योजना समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार छ, बजेट अभावले गर्दा सडकको काम रोकिँदैन,” अर्थमन्त्री महतले भन्नुभयो । उहाँले अरनिको राजमार्गको कोदारी सडकको पुनर्निर्माणका लागि चीन सरकारले चासो दिएको बताउँदै चीन भ्रमणका क्रममा उक्त सडक पुनर्निर्माणको विषयमा थप छलफल गरिने बताउनुभयो । उहाँले कतिपय कानुन अभावका कारण तीन तहको सरकारबिच काम गर्न समस्या देखिएको बताउँदै शिक्षा, कर्मचारी व्यवस्थापन, सुरक्षा निकायसँग सम्बन्धित कानुनहरू सङ्घीय संरचना अनुसार निर्माण गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्तुत हुने क्रममा रहेको बताउनुभयो । उहाँले सुशासन, पारदर्शिता, आर्थिक विकासका लागि तीन तहका सरकारबिच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री डा. महतले पछिल्लो समय विभिन्न महामारीका कारण थलिएको पर्यटनले लय समाएको बताउँदै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको बताउनुहुँदै पर्यटनले अर्थतन्त्रलाई केही चलायमान बनाएको बताउनुभयो । उहाँले सरकारसँग विदेशी मुद्रा सञ्चिति एथेष्ट रहेको बताउँदै मुलुकमा लगानीको वातावरण बनाउने र पुँजीगत खर्चलाई कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्ने चुनौती रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले मुलुकमा लगानी गर्नका लागि हिच्किचाएका कारण पनि आर्थिक क्षेत्र चलायनमान हुन नसकेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले जिल्लाको समृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको उपस्थितिमा लगानी तथा विकास सम्मेलन आयोजना गरिने बताउनुभयो । उहाँले जिल्लामा रहेका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको व्यवस्था गर्ने, समन्वय समितिमा आइडिया बैङ्क स्थापना गर्ने, जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम तथा सम्मेलन गर्नका लागि अत्याधुनिक सभा हल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो ।   
News
36,841
महाशिवरात्रि आज
आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
https://gorkhapatraonline.com/news/54752
गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन ६ गते । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलका अनुसार शनिबार बेलुका ६ बजेर ६ मिनेटसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि आइतबार दिउँसो ३ बजेर ४४ मिनेटसम्म रहेको छ । चतुर्दशी तिथि शनिबार मध्यरातमा परेकाले आजै (शनिबार) महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “शास्त्रीय वचनअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।”वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास रहेको उहाँले बताउनुभयो । महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ ।आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका शिवालयमा शुक्रबार रातिदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ । भगवान् शिवजीको मूल चिर पशुपतिनाथ, मुड (बीचभाग) भारतको उत्तराखण्डमा रहेको केदारनाथ र पाउँ बनारसमा रहेको विश्वनाथ रहेको किंवदन्तीका आधारमा पशुपतिनाथमा पूजा, आराधना, दर्शन गर्नेहरूको विशेष भीड लाग्ने उहाँले बताउनुभयो ।मेला भर्न आएका भक्तजनको सुविधाका लागि शनिबार बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिने कोषका प्रवक्ता अधिकारीले बताउनुभयो ।
News
33,361
रियल विजयी, बार्सिलोना बराबरीमा
दुई पेनाल्टी गोलको मदतले रियल म्याड्रिडले कोपा डेको पहिलो लेगमा बिहीबार राति नुमानसियालाई सजिलै ३–० ले हरायो । बार्सिलोना भने सेल्टा भिगाको हातबाट १–१ को बराबरीमा रोकियो ।
https://ekantipur.com/sports/2018/01/05/20180105084928.html
म्याड्रिड — दुई पेनाल्टी गोलको मदतले रियल म्याड्रिडले कोपा डेको पहिलो लेगमा बिहीबार राति नुमानसियालाई सजिलै ३–० ले हरायो । बार्सिलोना भने सेल्टा भिगाको हातबाट १–१ को बराबरीमा रोकियो ।रियलका लागि गेराथ बेल, इस्को र मायोरलले गोल गरे । यो जितपछि रियलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ । लगभग सबै प्रमुख खेलाडीलाई आराम दिएको बार्सिलोनाले भने अब दोस्रो लेगमा अग्रता लिने प्रयास गर्नेछ ।
Sports
30,423
जेभियर र टाइम्स बास्केटबल विजेता
जेभियर कलेज र टाइम्स कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबलको उपाधि जितेका छन् । जेभियर ब्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन भए ।
https://ekantipur.com/sports/2021/12/21/164010289131625134.html
काठमाडौँ — जेभियर कलेज र टाइम्स कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबलको उपाधि जितेका छन् । जेभियर ब्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन भए ।अक्सब्रिज कलेजको आयोजना भएको स्पर्धाको ब्याचलर्सतर्फ फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ स्कोरले हरायो । जेभियरका निकेश मगरले १० स्कोर जोडे । सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ र अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराएका थिए ।प्लस टु तर्फ फाइनलमा टाइम्सले रुकिजलाई १७–१४ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । टाइम्सले अक्सब्रिजलाई १७–१२ र रुकिजले नवोदितलाई २१–१५ ले हराएर फाइनल तय गरेका थिए ।ब्याचलर्समा जेभियरका निकेश मगर र प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा. कृष्णप्रसाद पाण्डेलगायतले पुरस्कृत गरे ।तीनदिने प्रतियोगिताको ब्याचलर्स र प्लस टुमा २०–२० टिम सहभागी भएको संयोजक विमल कार्कीले जनाएका छन् ।अनमोल स्मृति बास्केटबल हुनेबास्केटबल प्रशिक्षक तथा निर्णायक स्व. अनमोल राईको सम्झनामा प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ । पुस १५ देखि हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ ।शिवसेना ललितपुरको आयोजनामा हुने स्पर्धामा प्रतिस्पर्धी टिमले विदेशी खेलाडी पनि राख्न पाउने संयोजक अजय मानन्धरले जनाएका छन् ।विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुस २५ सम्म विशाल मिलन केन्द्रको कोर्टमा चल्ने स्पर्धाका खेल लिगकम नकआउट आधारमा खेलाइने छ ।
Sports
21,618
गौरीघाटस्थित बागमती नदीमा छठ पूजास्थल निर्माण गरिँदै
राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
https://gorkhapatraonline.com/news/85594
काठमाडौं, कात्तिक ३० गते । राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । शनिबारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवम् छठी माताको मूर्ति राख्ने काम जारी रहेको उहाँले बताउनुभयो । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु हुँदैछ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको धार्मिक विश्वास छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । यसअघि तराई-मधेशका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । तराई-मधेशका साथै पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएको छ ।
News
32,503
नेपाल म्यानमारसँग ५ गोलले पराजित
नेपाल एएफसी वुमेन्स यू–२० एसियाकप छनोटको दोस्रो चरणको पहिलो खेलमा मंगलबार म्यानमारसँग सजिलै ५–० ले पराजित भएको छ । म्यानमारको थुवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि यिन लुन इनले ह्याट्रिक गरिन् ।
https://ekantipur.com/sports/2023/06/06/168606320187511350.html
काठमाडौँ — नेपाल एएफसी वुमेन्स यू–२० एसियाकप छनोटको दोस्रो चरणको पहिलो खेलमा मंगलबार म्यानमारसँग सजिलै ५–० ले पराजित भएको छ । म्यानमारको थुवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टिमका लागि यिन लुन इनले ह्याट्रिक गरिन् ।यस्तै जिन मोइ पाए र युन वादीले एक/एक गोल थपे । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । यस्तै शनिबारको अन्तिम खेलमा चिनिया ताइपेयीविरुद्ध खेल्नेछ ।प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको हो ।
Sports
17,148
छानिए डिएसए डान्सिङ स्टार
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत रूपमा विभिन्न विजेता चुनिएका छन् । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्र्ट रनरअप र अरियाना कुमाल सेकेन्ड रनरअप बन्नुभयो ।
https://gorkhapatraonline.com/news/78929
काठमाडौँ, असोज ३ गते । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत रूपमा विभिन्न विजेता चुनिएका छन् । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्र्ट रनरअप र अरियाना कुमाल सेकेन्ड रनरअप बन्नुभयो ।त्यस्तै ‘जुनियर डिएसए डान्सिङ स्टार’ तर्फ प्रितिका तिवारी विजेता, आरभ गुरुङ फस्र्ट रनरअप, कृतिमा तिमल्सिना सेकेन्ड रनरअप, हुनुभयो भने ‘जुनियर डिएसए सिङ्गिङ स्टार’ तर्फ सनिस्ता रेग्मी विजेता, मन्दीप शाह फस्र्ट रनरअप, सृष्टि कार्की सेकेन्ड रनरअप बन्नुभयो । ‘जुनियर डिएसए एक्टिङ स्टार’ तर्फ पवनराज मुडवरी विजेता, विधान न्यौपाने फस्र्ट रनरअप, मन्जितजङ्ग पाण्डे सेकेन्ड रनरअप बन्नुभएको थियो ।‘प्री–टिन डिएसए डान्सिङ स्टार’ तर्फ तेजस्वी सुवेदी विजेता, रोस्मा वली फस्र्ट रनरअप, अलास्का थापा मगर सेकेन्ड रनरअप र ‘प्री–टिन डिएसए सिङगिङ स्टार’ मा अरुनेक्स श्रेष्ठ विजेता, प्रिन्स साउद फस्र्ट रनरअप, युनिक थापामगर सेकेन्ड रनरअप हुनुभयो ।  
News
43,923
सामाजिक दृष्टिमा फागु
विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जात–जातिका सामाजिक, सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रापर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व तथा उत्सव मनाइन्छ; जसको ऐतिहासिक–सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाज तथा राष्ट्रिय एकता, सामाजिक स
https://gorkhapatraonline.com/news/56489
विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जात–जातिका सामाजिक, सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रापर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व तथा उत्सव मनाइन्छ; जसको ऐतिहासिक–सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाज तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव, मैत्रीपूर्ण भावना तथा प्रेमको सन्देश दिएका छन् । यहाँ मनाइने विभिन्न पर्वमध्ये होली अर्थात् फागु पनि एक हो, वसन्त ऋतुको समाप्ति र गृष्म ऋतु आगमनसँगै मनाइने यस पर्वलाई होली, फगुवा, होरी पनि भनिन्छ ।प्रत्येक वर्ष फाल्गुण पूर्णिमाको दिन मनाइने हुनाले यसलाई फागु भनिएको हो । जसको प्राचीनताबारे विभिन्न धार्मिक, पौराणिक ग्रन्थमा उल्लेख छ । विभिन्न सडक, चोक, गल्ली, घरका बरण्डा, ठूला प्राङ्गणमा एकआपसमा खुसी साटासाट गर्दै मनाइने यस पर्वलाई रङहरूको पर्व पनि भनिन्छ, जसले आत्मीयता, प्रेम, मित्रता तथा सामाजिक सद्भावको सन्देश दिन्छ । फागुको सुरुवातलाई हेर्दा ऐतिहासिक कालसम्म पुग्नुपर्ने हुन्छ, केही पौराणिक तथा ऐतिहासिक स्रोतले यसको सम्बन्ध भगवान् श्रीकृष्णसँग देखाएका छन्, जसअनुसार प्रेमका साक्षात स्वरूप उनका १६ सय गोपिनी थिए ।श्रीकृष्णले आफ्नो लामो समय द्वारिका, मथुरा र वृन्दावनमा बिताएका थिए । पुतना नामकी राक्षसीलाई मारेपछि आफ्ना गोपाल तथा गोपिनीका साथ नाचगान, रमाइलो गर्दै आपसमा माया साटासाट गर्दागर्दै यो पर्वको प्रारम्भ भएको मानिन्छ । आजभोलि पनि होलीको अवसरमा गाइने कतिपय लोकगाथा श्रीकृष्ण र उनका प्रिय गोपिनीका बीचको माया पिरतीमा आधारित छन् । यस्तै भविष्य पुराणलाई उद्धृत गर्दै स्रोतमा चर्चा गरेअनुसार राजा युधिष्ठिरले होलिको उत्सवका बारेमा श्रीकृष्णलाई सोध्दा यस दिनमा रक्षामन्त्र पढ्दै विभिन्न क्रियाकलाप गर्दा केटाकेटीलाई हरण गर्ने, दुःख दिने राक्षसीको विनाशपछि होलिका उत्सवको परम्परा चल्यो भनी बताएका थिए । होलीकै प्रारम्भका सन्दर्भमा अर्को पौराणिक कथनले ‘होली’को सम्बन्ध ‘होलीका’ नामकी राक्षसी राजकुमारी, सोही प्रकृतिका उनका पिता हिरण्यकशिपु तथा उनका ईश्वरभक्त छोरा प्रल्हादसँग देखाइएको छ । जसअनुसार प्राचीन समयमा हिरण्यकशिपुले राज्य गरिरहेको समयमा अन्याय, अत्याचार, असत्यको बाहुल्यता थियो । ईश्वर भक्त शोषित भएको अवस्थामा हिरण्यकशिपुका पुत्र प्रल्हाद भने ईश्वरभक्त तथा सत्यवादी थिए । यही भएकाले उनी असत्य, अत्याचार, अन्यायका विरुद्धमा सत्मार्गतर्पm लागेका थिए । यो कुरा राक्षसी प्रवृत्ति तथा असत्यवादी पिता हिरण्यकशिपुलाई मन नपरेपछि प्रल्हादले सत्मार्गप्रति देखाएको साहसलाई दबाउन ईश्वरविरोधी बाबुले उनलाई अनेक यातना दिएका थिए । सजायस्वरूप उनलाई पहाडबाट खसाल्ने, हात्तीलाई कुल्चाउने, आगोमा फसाउनेजस्ता अनेक कुकृत्य गर्दा पनि प्रल्हाद सत्मार्गबाट च्युत भएनन् । अनेक प्रयास असफल भएपछि अन्त्यमा प्रल्हादलाई पत्थरको स्तम्भमा बाँधेर काट्न लाग्दा सोही खम्बाबाट नरसिंह (शरीरको आधा भाग मानिस र आधा भाग जनावर) प्रकट भएका थिए । पछि राक्षसी प्रवृत्तिका हिरण्यकशिपुलाई सत्य र न्यायका लागि चिरफार गरेर रक्तधारा बगाएको भन्ने कथन छ, यसपछि राक्षसी प्रवृत्तिको अन्त्य भएको खुसियालीमा अबिर आदि रङ परस्परमा लगाएर खुसी बाँडियो । यही सन्दर्भमा अर्को कथनअनुसार अन्याय र अत्याचारको विरोधमा लडेका प्रल्हादको साहस र आत्मविश्वासलाई निस्तेज पार्न हिरण्यकशिपुले बहिनी होलिकाको साथ लिएका थिए, दाजुको आज्ञाअनुसार प्रल्हादलाई जलाउन साथमा लिएर आगोमा हाम फाल्दा सत्यवादी प्रल्हादकै विजय भयो र उनलाई अबिरयात्रा गरेर उत्सव मनाइयो, यसमा अग्निदेवले होलिकालाई भष्म पारे, होलिका जलेर भष्म भएपछि असत्यको प्रतीक होलिकाको विनाश भएको सम्झनास्वरूप खुसियालीमा होली उत्सव मनाउने चलनको प्रादुर्भाव भएको कुरा कथामा वर्णित छ ।प्रायः सबै कथा सुन्दा तथा घटना हेर्दा असत्य, अत्याचार, शोषणको अन्त्य तथा सत्मार्गतर्पm लागेकाको विजय भएको खुसियालीका रूपमा होली पर्व मनाउने चलनको सुरुवात भएको मानिन्छ । यसले एकातिर धार्मिक आस्था, विश्वास तथा सत्मार्ग देखाएको छ भने अर्कोतिर असत्यको कहिल्यै विजय नहुने, शोषण गर्नेहरूको आफैँ पतन हुने सामाजिक तथा धार्मिक सन्देश दिएको छ । यसर्थ प्राचीनकालमा सुख, शान्तिका विरुद्धमा हुने आतङ्क, शोषण र भयको निराकरणका लागि राक्षसी प्रकृत्तिलाई भगाउनका लागि फागुपूर्णिमाको दिनमा अग्निकुण्डमा आगो बालेर आपसमा रमाइलो, नाचगान, सद्भाव साटासाट गर्दा राक्षसी प्रवृत्ति भाग्ने जनविश्वासका आधारमा होली खेल्ने चलनको सुरुवात भएको देखिन्छ । यसै पनि रातो रङ विजय तथा खुसियालीको प्रतीक भएकाले यी जनविश्वास यथार्थका नजिक छन् ।प्राचीनकालमा फागुपूर्णिमाको दिन ‘वैश्वदेव’ नामक यज्ञ गरिन्थ्यो, फागुपूर्णिमाको दिन आगोमा भुटेको अन्नलाई संस्कृतमा ‘होलका’ भनिन्छ, घरघरमा भिœयाइएका विभिन्न नयाँ अन्नको आहुति दिन्थे र बाँकी अन्न प्रसादका रूपमा ग्रहण गर्ने क्रममा भष्म भएको अन्न टीकाका रूपमा लगाई होलिकोत्सव मनाउने चलन थियो । नेपालमा होली (फागु) मनाउने इतिहास हेर्दा प्राचीनकालबाटै यसको सुरुवात भएको कुरा इतिहासकारले उल्लेख गरेका छन् ।काठमाडौँमा होली मनाउने थालनीबारेको कथनअनुसार एक पटक उत्तर प्राचीनकालमा सिंह सार्थबाह नामका व्यापारी व्यापारको सिलसिलामा ल्हासा जाँदाको कथालाई जोडिएको छ, यस दिनलाई नेवारीमा ‘चकद्य’ यात्रा भनिन्छ । लिच्छवि काल, मल्ल काल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ । केही स्रोतमा लिच्छवि कालमा पौष महिनामा होली मनाइन्थ्यो भन्ने चर्चा छ । आजभोलि काठमाडौँ उपत्यकालगायत विशेषतः तराई तथा अन्य क्षेत्रमा होली विशेष उल्लासका साथ मनाइन्छ ।उपत्यकामा मनाइने होलीको विशेष महत्व छ, यहाँ फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा काठको पच्चीस फुट अग्लो चीर गाडिन्छ, जसलाई विभिन्न रङका कपडाका टुक्राले छाताको आकृतिमा सजिसजाउ बनाइएको हुन्छ, जसले वृन्दावनको कदमको वृक्षको सम्झना गराउँछ । उक्त चीरलाई पूर्णिमाको दिन टुँडिखेलमा लगेर डडाएपछि फागु सम्पन्न भएको मानिन्छ ।चीरदाह गरेको खरानी दल्ने, टीका लगाउने, फागुको गीत गाउँदै घरघर गई रङ, अबिर खेल्ने चलन छ । मध्यरातमा यहाँ गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ । हनुमानढोका दरबार अगाडि चीर गाड्ने चलन पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि सुरुवात गरेको कुरा पुस्तकमा उल्लेख छ । तराई क्षेत्रमा होलीको ‘चीरदाह’लाई सम्मत जलाउने भनिन्छ, विशेषगरी थारू जतिले आपसमा मनोरञ्जनका साथ नाचगान गरी ‘फगुवा’ मनाउँछन् । त्यसैगरी गुरुङ समुदायले आफ्नो रोधीघरमा रमाइलो गर्छन् भने अन्य समुदायले आ–आफ्नो स्थानमा परम्पराअनुसार एकआपसमा प्रेम–सद्भाव, सहानुभूति आदान प्रदान गरी हर्षोल्लासका साथ होली मनाउने गर्छन् ।होलीमा उपत्यकामा ठड्याउने काठको चीर तथा कपडाबारे पौराणिक कथालाई आधार मानेर स्रोतमा चर्चा गरेअनुसार काठको पोलको टुप्पोमा एउटा छाता आकारको रङ्गीन कपडा झुन्डाएको थियो, यो २५ फिट अग्लो काठको पोलले वृन्दावनमा भएको ‘कदम्ब’को रुखको प्रतिनिधित्व गर्दथ्यो, केही ‘ब्राज’ महिला एक दिन जमुना नदीको किनारमा नाङ्गै नुहाइरहेको अवस्थामा थिए, कृष्णले उनीहरूको कपडा चोरिदिए र ती कपडा उनले कदम्बको रुखमा राखिदिए, जब महिला नुहाएर बाहिर निस्किएपछि दुम्बित भई लुगा फिर्ता गर्न कृष्णसँग अनुरोध गरे तर उनले उनीहरूलाई एउटा नैतिक शिक्षा सिकाउन चाहे र उनले भने कि त्यो नियम नमानेर तिमीहरूले ठूलो अपराध ग¥यौ । यसबाट मुक्त हुन उनीहरूले नदीबाट बाहिर आई सूर्य भगवान्को पूजा गर्नु पर्दथ्यो, त्यहाँ कुनै विकल्प नभएको कारणले कृष्णले उनीहरूलाई सोहीअनुरूप गर्न निर्देशित गरेपछि कृष्णले उनीहरूलाई लुगा फिर्ता गरिदिए र चेतावनी दिए कि त्यहाँ नाङ्गै नुहाउनु अपराध हुनेछ । सायद यसैको परिणामस्वरूप हिन्दु महिलाले नुहाउँदा शरीरमा एउटा कपडा लगाउन कहिल्यै बिर्सेनन् ।यस कथाले पनि होलीको महत्व राख्दछ, कथामा जेजसरी चर्चा गरिए पनि प्राचीनकालदेखि नै मनाउँदै आएको ‘होली’को ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक महत्व छ । असत्यबाट सत्यतर्पm लाग्ने प्रेरणाका रूपमा मनाउन सुरु गरेको कुरा पौराणिक कथनले पुष्टि गर्दछन् । यसले एकातिर धार्मिक, समाजिक, सांस्कृतिक महìव बोकेको छ भने अर्कोतर्पm विकृति, विसङ्गति अन्त्यका लागि सौहार्दपूर्ण ढङ्गबाट ऐतिहासिक सन्देशको मर्मअनुुसार यो पर्व मनाउनुपर्छ भन्ने सामाजिक सन्देश हो ।विभिन्न रङहरूले भरिएका पानीका लोला प्रयोग गर्दा अर्काको शरीर तथा स्वास्थ्यप्रति सजग हुनुपर्छ । आजभोलि होलीको नाममा पर्व सुरु हुनुअघिदेखि नै लोला हान्ने, पानी छ्याप्ने, मानव स्वास्थ्य र शरीरमा असर पुग्ने रङ तथा पानीको प्रयोग गर्ने, यसै शैलीमा एसिड प्रहार गर्नेजस्ता विकृति तथा सामाजिक एकता र सद्भाव बिगार्ने क्रियाकलाप भित्रिएका छन् । यी कुरा होलीले दिएको ऐतिहासिक, सामाजिक, धार्मिक सन्देशभित्र पर्दैनन्, तसर्थ यस्ता विकृतिको अन्त्य हुन जरुरी छ । सरकार, प्रशासनिक निकाय तथा स्वयं पर्व मनाउनेले यसतर्फ सजग हुनु जरुरी छ कि होली संस्कृतिको पर्व हो, विकृतिको पर्व होइन । आपसी प्रेम, सद्भाव, खुसियाली प्रकट गर्ने पर्व भएकाले रङ साटासाटका क्रममा कसैको इच्छाविपरीत जबरजस्ती रङ लगाइदिने, दूषित पानी छ्याप्ने, लोला हान्ने, लतपत पारिदिनेजस्ता विकृतिको अन्त्य गरी अनुशासित र मित्रवत् ढङ्गबाट होली मनाउनुपर्छ ।स्वेच्छाले गरिने रसरङ्गले आपसी सद्भाव बढाउँछ भने यसले सांस्कृतिक, धार्मिक, सामाजिक महìव राख्छ । तसर्थ होलीलाई सामाजिक एकता, आपसी मेल, प्रेम र सद्भावको पर्वका रूपमा मनाउँदै भाइचारा र सद्भावको दृष्टिकोणले हेरिनुपर्छ । जसरी होलीमा धेरै रङको सम्मिश्रण हुन्छ, त्यसरी नै सबै भाषा, धर्म, जाति, समुदाय आपसमा मिलेर सौहार्दपूर्ण ढङ्गले होली मनाई राष्ट्रिय, सामाजिक एकता र सद्भाव देखाउनु नै यसको सार्थक सामाजिक र नैतिक सन्देश हो । लेखक इतिहास तथा संस्कृतिका अध्यापक हुनुहुन्छ ।   
News
47,285
प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई लोकसेवामा उमेर हद नलाग्ने
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
https://gorkhapatraonline.com/news/53174
काठमाडौं, माघ २० गते । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो । नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गर्नुभएको  रिट न्यायाधीश डा. चुडालले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उमेर हदका कारण सहभागी हुनबाट नरोक्न आदेश दिनुभएको हो । ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरुको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न गराउन अन्तरिम आदेश दिएको हो ।कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मदेवार हुन पाउने व्यवस्था गरेकाले सम्बन्धित तहमा समायोजित कर्मचारीको निजामती सेवासँगको सम्बन्ध निरन्तर रहने आदेशमा उल्लेख छ ।
News
58,647
सिटीलाई रोक्न सक्ने को ?
फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको नयाँ सुरु भइसकेको छ । धेरै के मान्छन् भने यो नै हो विश्वको सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक लिग हो । फेरि एकपल्ट म्यानचेस्टर सिटी नै उपाधिका लागि बलियो दाबेदार देखिएको छ ।
https://ekantipur.com/sports/2023/08/12/16918042685748706.html
लन्डन — फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको नयाँ सुरु भइसकेको छ । धेरै के मान्छन् भने यो नै हो विश्वको सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक लिग हो । फेरि एकपल्ट म्यानचेस्टर सिटी नै उपाधिका लागि बलियो दाबेदार देखिएको छ ।म्यानचेस्टर सिटीका बर्नाडोसिल्भा । तस्बिर : एपीटोलीले पछिल्ला ६ सिजनमा पाँचपल्ट उपाधि जितेको छ । पेप ग्वार्डिओलाको सिटीले गत सिजन लामो न लामो प्रयासपछि युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्न सफल रह्यो । खासमा सिटीले तीन उपाधि जितेको थियो । यो ‘ट्रेबल’ उपलब्धिमा च्याम्पियन्स लिगसँगै लिग र कपको उपाधि थियो । यो उपलब्धिपछि स्पेनी ग्वार्डिओलालाई सर्वकालीन महान् प्रशिक्षकको सूचीमा राख्न सुरु भएको छ । यस सिजन उनले आठौं वर्ष इतिहादको जिम्मेवारी सम्हाल्ने छन् । लिगका बाँकी टिमको काम भने सिटीलाई रोक्ने नै हुनेछ । प्रश्न हो, यसमा को सफल हुनेछ त ? फेरि एक अर्को सिजन सिटीलाई सबैभन्दा बलियो चुनौती दिने टिमका रूपमा आर्सनल नै रहनेछ । सिजनको अधिकांश समय लिगमा अग्रता लिएर पनि अन्त्यतिर आर्सनलले माथ खाएको थियो । यस्तोमा आर्सनल सिटीपछि दोस्रोमै मात्र सीमित रह्यो । लिग उपाधि जित्नका लागि २० वर्षदेखि प्रतीक्षा गरिरहेको आर्सनलका लागि यो ठूलो धक्काका रूपमा रहेको थियो । तर, यही असफलतामा प्राप्त शिक्षाले आर्सनललाई यो सिजन अझ राम्रो खेल्न र विशेषतः सिटीलाई टक्कर दिन प्रेरित गर्नेछ । सायद आर्सनल सही दिशतर्फ अग्रसर छ । यसको सबैभन्दा राम्रो उदाहरण हो आर्सनलले सिटीलाई कम्युनिटी सिल्डमा पराजित गर्नु । आर्सनलले नयाँ सिजनका लागि पर्याप्त खर्च गरेको छ, कीर्तिमान २० करोड पाउन्डभन्दा बढी । त्यसमाथि डेक्लेन राइस, काइ हाभर्टेज र जुरने टिम्बरको आगमनले आर्सनल उत्साहित रहको देखिन्छ । प्रशिक्षक मिकेल आर्टेटा भन्छन्, ‘हामी पक्कै पनि उपाधि जित्न चाहन्छौं । त्यस अर्थमा कम्युनिटी सिल्ड जितेर हामी खुसी छौं । हामी वास्तवमै सफल हुन चाहन्छौं ।’गत सिजन म्यानचेस्टर युनाइटेडको प्रदर्शनमा पनि धेरै सुधार आयो । एरिक टेन हागको नेतृत्वमा टिमको प्रदर्शनमा सुधार आएको छ, एकरूपता आएको छ । यसैक्रममा युनाइटेड लिगको तेस्रो स्थानमा मात्र आएन, लिग कप जित्न पनि सफल रह्यो । यो ६ वर्षयता युनाइटेडले जितेको पहिलो उपाधि थियो । युनाइटेडलाई लिएर मूल प्रश्न हो, के टेन हागले यो टिमलाई कसरी अगाडि बढाउने छन् । लिगमा अझ राम्रो गर्ने हो भने युनाइटेडले पोहोरको सिजनभन्दा अझ बढी राम्रो खेल्नुपर्नेछ । न्युकासल युनाइटेड आश्चर्यजनक रूपमा चौथो स्थानमा आएको थियो गत सिजन । दुई दशकमा यो न्युकासलको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ । साउदी अरेबियाको सिधा– सिधा लगानीपछि न्युकासल एकाएक असाध्यै बलियो देखिएको छ । एडी होको नेतृत्वमा न्युकासल यो सिजन युरोपेली च्याम्पियन्स लिग पनि खेल्दै छ । इंग्ल्यान्डका पारम्परिक केही शक्तिशाली क्लबका लागि न्युकासल फेरि एकपल्ट ठूलो तगारो हुने निश्चित देखिन्छ । पछिल्ला आठ सिजनयता लिभरपुलले पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिग खेल्ने छैन् । चार वर्षअगाडि पहिलोपल्ट इंग्लिस प्रिमियर लिगको उपाधि जितेको योर्गन क्लोपको लिभरपुलका लागि पाँचौं स्थान पनि ठूलै उपलब्धि थियो । सुरुमा खराब खेलेको लिभरपुलले अन्त्य भने राम्रो गरेको थियो पछिल्ला ११ खेलमा अपराजित रहेर । क्लोपले भनिसकेका छन्, यसपल्ट लिभरपुल फेरि एकपल्ट लिग उपाधिका लागि बलियो दाबेदार हुनेछ । अझै पनि लिभरपुलका प्रमुख खेलाडी मोहम्मद सलाह नै हुनेछन् । तर, लिभरपुलले केही अनुभवी खेलाडी भने गुमाउने छ । जस्तो, कप्तान जोर्डन हेन्डरसनदेखि जेम्स मिल्नर, नेबी केइटा, रोबर्टो फाबिनो आदि आदि । जस्तै स्थितिमा पनि चेल्सी र टोटेनहमको चुनौती नकार्न सकिन्न । पछिल्लो सिजनयता यी दुवै टिममा धेरै परिवर्तन आएका छन् । दुवै टिमका लागि पछिल्लो सिजन निकै खराब जस्तै रह्यो, तर दुवैको इच्छा त्यसमा सुधार त पक्कै होला ।
Sports
16,607
काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला
काठमाडौंको सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका छन् । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार एक महिला र दुई छोरी कोठाभित्रै मृत भेटिएका हुन् । 
https://ekantipur.com/news/2024/02/21/three-people-were-found-dead-in-sitapaila-kathmandu-38-57.html
काठमाडौँ — काठमाडौंको सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका छन् । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार एक महिला र दुई छोरी कोठाभित्रै मृत भेटिएका हुन् । अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।
News
5,487
खानेपानी पुगेपछि विद्यार्थी दंग
नामटार–८ मरिङकोटस्थित रत्नज्योती निम्न माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् मिन्साङ लामा । करिबबाट १० मिनेटको पैदल दुरीमा छ स्कुल ।
https://ekantipur.com/feature/2016/03/16/20160316144716.html
मकवानपुर — नामटार–८ मरिङकोटस्थित रत्नज्योती निम्न माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् मिन्साङ लामा । करिबबाट १० मिनेटको पैदल दुरीमा छ स्कुल । तैपनी मिन्साङलाई स्कुल जानै मन लाग्दैन्थ्यो, अभिभावकले दैनिक कर गर्नुपथ्र्यो तर दुई महिना यता मिन्साङको यो बानीमा परिवर्तन आएको छ । बुबाआमाले भन्नु पहिल्यै उनी स्कुल ड्रेसमा तयार भइसक्छिन् । अचम्म लाग्ला, मिन्साङमा एकाएक कसरी स्कुल मोह पलायो ? र, यसको कारण अरु केही नभएर स्कुलमा व्यवस्था गरिएको स्वच्छ खानेपानी र ट्याईलेट हो । मिन्साङले खुशी हुँदै भनिन, “स्कुलमा धारा राखिएको छ, अनि सरहरुले भन्नुभाको पानी स्वस्थ छ । ट्याइलेट पनि सफा र सुरक्षित छ । त्यसैले आजकल त स्कुल जान झ्याउ लाग्दैन ।”सुन्दा सामान्य लाग्न सक्छ, तर मिन्साङले भोगेको पीडा र खानेपानी उपलब्ध पछि उनमा देखिएको सकारात्मक परिवर्तन उल्लेखनीय छ । दुई महिना पहिले मिन्साङसहित त्यस स्कुलमा अध्ययनरत झन्डै पाँच सय विद्यार्थी खोल्साको पानी खान बाध्य थिए, त्यही पानी पिउन पनि लामो लाइन बस्न्थ्यो । कहिलेकाही त पानी कुर्दाकुर्दै घन्टी लागिसक्थ्यो, कक्षाकोठा छिर्नै ढिलो हुन्थ्यो । एकातिर फोहोर पानी, अर्कातिर त्यही पनि भनेको बेला नपाएपछि मिन्साङलाई स्कुल जानै विरक्त लाग्नु स्वभाविक पनि हो । उसो त यो समस्या उनको मात्र होइन्, रत्नज्योतीमा पढ्ने सबै विद्यार्थीको साझा समस्या हो । त्यही बेला नजिकै खोल्साबाट पाइपमा सिधा तानिएर स्कुलमा ल्याइएको थियो ।नामटारकै जलेश्वर प्राविमा कक्षा ४ मा पढ्न मिम्बा तामाङको पीडा पनि मिन्साङको भन्दा कम दुखदायी थिएन । जलेश्वरमा पनि खोल्साकै फोहोर पानी स्कुलमा ल्याइएको थियो, विद्यार्थीहरु त्यही पिउन बाध्य थिए तर अहिले रत्नज्योतीमा जस्तै जलेश्वरमा पनि शु्द्ध खानेपानीको व्यवस्था गरिएको छ । वाटरएड नेपालको साझेदारीमा नेपाल स्वास्थ्यकाे लागि पानी (नेवा)को सक्रियतामा खानेपानीको प्रबन्ध गरिएको हो । जसमा अभिभावक, विद्यार्थी, जिल्ला शिक्षा कार्यालय र स्कुल प्रशाशनको उल्लेखनीय भूमिका रहेको छ । खानेपानी व्यवस्थापछि विद्यार्थीहरुमा पढाई र स्कुलप्रति मोह जागेकोले रत्नज्योतीका प्रधानध्यापक लालबहादुर सिंङताङ दंग छन् ।जलेश्वर र रत्नज्योती दुवै स्कुलमा २ हजार लिटरको ट्याकीको व्यवस्था गरिएको छ भने मुहानको पानी परीक्षणपश्चातमात्र गुणस्तरिय प्रविधि अपनाएर स्कुलमा ल्याइएको हो । खानेपानीको प्रबन्धमा महत्वपुर्ण भुमिका खेलेका नेवाका सहायक आयोजना निरीक्षक प्रेम शाह भन्छन्, “यी स्कुलमा शुद्ध पानी उपलब्ध भएपछि वरपरका विद्यालय पनि चनाखो र उत्सुक भएका छन् । त्यसैले विस्तारै नामटारका ग्रामीण भेगका विद्यालयमा शुद्धखानेपानीको यथोचित व्यवस्था हुने आशा गर्न सकिन्छ ।” उनले अभिभावक र विद्यालय प्रशासन पनि खानेपानी र सरसफाईका विषयमा संवेदनशिल भएको उनको अनुभव छ । विद्यालयमा खानेपानी र चर्पीको उचित प्रबन्ध हुनु पर्ने सरकारी निती भएपनि कार्यान्वयन हुन सकेको छै১न ।त्यसैले जलेश्वर र रत्नज्योतीमा जस्तै अभिभावक, स्कुल प्रशासन र साझेदार निकाय एकजुट हुने हो भने खानेपानी र चर्पीको लागि सरकारको मुख ताक्नु नपर्ने सन्देश दिएको स्थानीय रामसिंह भुलोनले बताए ।
Feature
1,965
विद्युत चुहावट गर्ने १३ जना पक्राउ
नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्राधिकरणले ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।
https://gorkhapatraonline.com/news/59023
रवीन्द्र उप्रेती बर्दिबास, चैत १५ गते । नेपाल विद्युत प्राधिकरणको गौशाला शाखाले हुकिङ गरी विद्युत चोरी गर्ने १३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्राधिकरणले ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट नियन्त्रणमा लिइएको हो ।शाखा प्रमुख प्रवीण झाकाअनुसार ग्रामीण इलाकामा विद्युत चोरीका घटना बढेको सूचनाको आधारमा सशस्त्र र नेपाल प्रहरीको सहयोगमा प्राधिकरणका कर्मचारीले राति २ बजे  सोनमा र औरहीको वडा क्षेत्रमा आकस्मिक अनुगमन गरेको थियो । शाखा प्रमुख झाले अनुगमनका क्रममा अधिकांशका घरमा मिटर हुँदाहुँदै पनि हुकिङ गरेको पाइएको थियो भने दुई वटा व्यावसायिक कुखुरा फारमले समेत चोरीका विद्युत प्रयोग गरेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताउनु भयो ।झाले नियन्त्रणमा लिइएका सबैलाई गौशालास्थित इलाका प्रहरीको हिरासतमा राखिएको छ ।  उनीहरूलाई विद्युत चुहावट ऐनले तोकेको जरिवाना लिएर छाडिने बताउनुभयो । ऐनमा हुकिङ गरी विद्युत चोरी गर्नेबाट चुहावट अनुसारको रकम र सोही बराबर थप जरिवानाको व्यवस्था छ ।प्राधिकरणको गौशाला शाखाले भने कुखुरा फारमलाई दुई–दुई लाख र बाँकीलाई जनही १६ हजारको दरले जरिवाना तिराएर छाडिने छ ।पछिल्लो समय विद्युत चोरीविरुद्धको अभियान तीव्र पारेको गौशाला शाखाले साउनदेखि चैत दोस्रो हप्तासम्म विद्युत अनियमितता गर्ने १२३ जनाविरुद्ध कारबाही गरी जरिवानाबापत ३२ लाख रुपियाँ असुल उपर गरेको छ ।प्राधिकरणको गौशाला शाखाअन्तर्गत बर्दिबास, गौशाला, औरही, भंगाहा सीतापुर नगरपालिका र सोनमा गाउँपालिका गरी पाँच स्थानीय तहमा पचपन्न हजार विद्युत ग्राहक छन् ।
News
57,546
बन्दुक देखाएर लुटपाट
बुधवार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरि बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
https://gorkhapatraonline.com/news/25823
सिराज खान नेपालगञ्ज, असोज ६ गते । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बुधबार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित वीरेन्द्रजङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरी बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मध्यराति १०/११ जनाको समूहले बन्दुक देखाएर घरमा रहेको १० तोला सुन र साढे २ लाखभन्दा बढी लुटपाट गरेको शाहीले जनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताउनुभयो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार लुटपाट गरिसकेपछि अज्ञात समूह घर बाहिरबाट चुक्कुल लगाएर फरार भएका थिए । बिहान मोर्निङ्ग वाक गर्ने व्यक्तिले घरभित्रबाट चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिएको प्रहरीले जनाएको छ । घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
News
61,448
सिटीको लगातार जित
डेविड सिल्भाले अन्त्यतिर गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वेस्ट ह्यामलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले जितसँगै अंकतालिकाको शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ ।
https://ekantipur.com/sports/2017/12/05/20171205064323.html
म्यानचेस्टर — डेविड सिल्भाले अन्त्यतिर गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वेस्ट ह्यामलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले जितसँगै अंकतालिकाको शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ ।केही सातायता खेलको अन्त्यतिर नाटकीय जित हासिल गर्दै आएको पेप ग्वार्डिओलाको टोलीले त्यस सिलसिला जारी राख्दै आइतबार अर्को जित दर्ता गर्‍यो । खेल सकिनु सात मिनेट बाँकी छँदा सिल्भाले विजय गोल गरेपछि सिटीले लिगमा लगातार १३ जितको कीर्तिमान बराबरी गर्‍यो ।पहिलो हाफमा एन्जेलो ओग्बोन्नाको गोलमा अग्रता लिएको वेस्ट ह्यामले दोस्रो हाफमा अग्रता बचाउन सकेन । निकोलास ओटामेन्डिले बराबरी गोल गरे भने सिल्भाले उत्कृष्ट भलीमार्फत टोलीलाई अग्रता दिलाए । सिटीले एकै सिजनमा लगातार १३ जितको कीर्तिमानको बराबरी गरेको छ । यसअघि चेल्सीले २०१६/१७ र आर्सनलले २००१/०२ सिजनमा लगातार १३ खेल जितेका थिए । यद्यपि लिगमा लगातार १४ जितको कीर्तिमान भने आर्सनलको नाममा छ ।सन् २००२ को फेब्रुअरीदेखि अगस्टसम्म आर्सनलले दुई सिजनका खेल जोडेर लगातार १४ जित दर्ता गरेको थियो । आइतबारको जित सिटीको सबै प्रतियोगितामा लगातार २० औं जित थियो । अर्को साता युनाइटेडविरुद्धको म्यानचेस्टर डर्बीमा सिटीसामु अझै धेरै कीर्तिमान बनाउने सुनौलो अवसर छ ।वेस्ट ह्याम लगातार आठौं खेलमा जित दर्ता गर्न नसकेपछि अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ । पहिलो हाफमा राम्रो प्रदर्शन गरेको डेविड मोयसको टोलीले अग्रता पनि लिएको थियो । तर दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा मोयस लिगमा पहिलो जित दर्ता गर्न असफल रहे ।भ्यालेन्सियाको पहिलो हारम्याड्रिड– दस खेलाडीमा सीमित गेटाफेसँग भ्यालेन्सिया १–० ले पराजित भएको छ । ला लिगाको जारी सिजनमा भ्यालेन्सियाको पहिलो हार हो । हारसँगै भ्यालेन्सियाले शीर्षस्थानको बार्सिलोनासँगको दूरी २ अंकमा घटाउने सुनौलो अवसर गुमायो । गेटाफेका माउरो आराम्बार्री ३५ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिए पनि भ्यालेन्सियाले त्यसको फाइदा उठाउन सकेन । मार्केल बार्गेराले ६६ औं मिनेटमा गरेको गोल घरेलु टोलीलाई जित दिलाउन पर्याप्त रह्यो । अन्य खेलमा लास पाल्मासले रियल बेटिसलाई १–० तथा एइबारले स्पान्योललाई ३–१ ले पराजित गरे । इन्टर शीर्षस्थानमा उक्लियो  इटालियन लिगमा किएभोविरुद्ध ह्याट्रिक गरेका इन्टर मिलानका इभान पेरिसिच । तस्बिर : रोयटर्समिलान– इभान पेरिसिचको ह्याट्रिकसँगै किएभोलाई ५–० ले पराजित गरेको इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । आइतबारको जितसँगै मिलान अपराजित रहँदै शीर्षस्थानमा १ अंकको अग्रता बनाउन सफल रह्यो । पेरिसिचले २३, ५७ र ९० औं मिनेटमा गोल गरेका थिए । इन्टरबाट थप गोल माउरो इकार्डी र मिलान स्क्रिनियारले गरेका थिए ।
Sports
30,708
चितवनलाई भेट्रान फुटबल
चितवन भेट्रान्सले दोस्रो रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता जितेको छ । जावालखेल युथ क्लबको आयोजनामा सोमबार सम्पन्न फाइनलमा चितवनले फ्रेन्ड्स क्लब कुपन्डोललाई ३–० ले हरायो । 
https://ekantipur.com/sports/2018/02/20/20180220074024.html
काठमाडौँ — चितवन भेट्रान्सले दोस्रो रुस्लान जावलाखेल कप भेट्रान फुटबल प्रतियोगिता जितेको छ । जावालखेल युथ क्लबको आयोजनामा सोमबार सम्पन्न फाइनलमा चितवनले फ्रेन्ड्स क्लब कुपन्डोललाई ३–० ले हरायो । जावलाखेल फुटबल मैदानमा चितवनलाई उपाधि दिलाउने क्रममा दीपककुमार कार्कीले ६, ९ र ३१ औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे । चितवनले सेमिफाइनलमा साबिक उपविजेता पोखराको बगर भाइखलक ‘ए’ लाई २–० ले हराउँदा पनि दीपकले २ गोल गरेका थिए । फ्रेन्ड्सले सेमिफाइनलमा साबिक विजेता अभिषेक चर्च नवलपरासीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पन्छायो । निर्धारित समय १–१ हुँदा फ्रेन्ड्सबाट साइँला महर्जन र अभिषेकबाट अर्विन पोखरेलले गोल गरेका थिए । चितवनले १ लाख र फ्रेन्ड्सले ५० हजार रुपैयाँ पाए । म्यान अफ द फाइनल चितवनका महेन्द्र खवास, गोलरक्षकमा छन्नुराम चौधरी, मिडफिल्डमा धर्मेन्द्र शाही उत्कृष्ट भए । फ्रेन्ड्सका सुजित केसी उत्कृष्ट रक्षक, हिमालयन शेर्पाका आनन्द गुरुङ उत्कृष्ट स्ट्राइकर र सर्वाधिक स्कोरर चितवनका दीपक भए । इन्डिजिनस फुटबल क्लबले फेयर प्ले अवार्ड पायो । सबैले जनही ५ हजार थापे । उत्कृष्ट खेलाडी चितवनका यामबहादुर गुरुङले १० हजार पाए ।
Sports
29,991
दाउन्ने सडकमा सकस : १ घण्टाभित्र सडक खुलाउन यान्त्रिक र जनशक्ति तयारी अवस्थामा राखिने
बुटवल-नारायणगढ सडक बिस्तार अन्तर्गत दाउन्ने खन्डमा सामान्य वर्षामा पनि घन्टौ सडक अवरुद्ध हुन थाले पछि एक घन्टा भित्र सडक खुलाउने संयन्त्र तयार भएको छ ।
https://ekantipur.com/news/2024/06/11/safety-on-down-road-mechanical-and-manpower-will-be-kept-ready-to-open-the-road-within-1-hour-57-52.html
परासी — बुटवल-नारायणगढ सडक बिस्तार अन्तर्गत दाउन्ने खन्डमा सामान्य वर्षामा पनि घन्टौ सडक अवरुद्ध हुन थाले पछि एक घन्टा भित्र सडक खुलाउने संयन्त्र तयार भएको छ ।पूर्वी र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सडक विभाग र ठेकेदार कम्पनी चाइना स्टेटका प्रतिनिधिले २४ सै घन्टा उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । दुवै जिल्लाका प्रतिनिधिबीच विनय त्रिवेणी गाउँपालिकामा भएको बैठकले दाउन्ने सडकको जोखिम क्षेत्रमा ५ ओटा एक्साभेटर र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । सामान्य वर्षामा पनि हिलो र लेदोले सडक अवरुद्ध हुने समस्या समाधानका लागि खाडल पुर्ने र एक घन्टा भित्र सडक सुचारु गर्ने गरी काम भइरहेको नारायणगढ-बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले बताए । सडक मर्मत र अवरोध हटाउन प्रयोगमा ल्याइने उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपुर र पश्चिम नवलपरासीलाई ठेकेदार कम्पनीले उपलब्ध गराउने छ । सडक बिस्तारको क्रममा खनिएको खाडल र पानीको निकास नहुँदा दाउन्ने क्षेत्रको १५ किलोमिटर सडक खण्डमा दिनहुँ जाम हुने गरेको छ । हिउँदमा धुलो र वर्षामा हिलोले यो सडकको यात्रा कष्टकर हुँदै गएको छ ।
News
2,679
‘मेरो गाउँ, मेरो ठाउँ’ को उपाधि टिम डुलुवालाई
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा उत्कृष्ट भिडियोको उपाधि टिम डुलुवाको ‘दि नर्थेन वाल’ ले जितेको छ । उपाधिसँगै उक्त भिडियोले पाँच लाख रुपैयाँ जितेको छ ।
https://ekantipur.com/entertainment/2023/05/29/168532412748887279.html
काठमाडौँ — ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा उत्कृष्ट भिडियोको उपाधि टिम डुलुवाको ‘दि नर्थेन वाल’ ले जितेको छ । उपाधिसँगै उक्त भिडियोले पाँच लाख रुपैयाँ जितेको छ ।काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त प्रतियोगितामा ‘जजेज च्वाइस अवार्ड’ आर्यन कुँवरको ‘मयूरी चाल’ ले दुई लाखसहित हात पार्‍यो । प्रतियोगिताको ‘मोस्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । प्रतियोगितामा कुल १० विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’ आदर्श पाण्डे, ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’ सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’ आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट भ्वाइस ओभर’ रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’ सुरेशकुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’ गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’ सन्तोष मालेकरले जनही एक लाख रुपैयाँसहित अवार्ड जिते । सन् २०२० देखि २०२३ सम्म बनाइएका देशभरका २ सय ५८ भिडियोमध्येबाट छनोट भई ७० वटा भिडियो अन्तिम मनोनयनमा छनोट भएका थिए । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा आयोजक वी वील राइज फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले प्रतियोगिताको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने बताए । फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा थपिने बताए । ‘प्रतियोगीमा आफ्नो देश र गाउँठाउँ आफैंले चिनाउनुपर्छ भन्ने हुटहुटी हेर्दा यसलाई निरन्तरता दिनुपर्छ भन्ने जोस अझ बढेको छ,’ श्रेष्ठले सुनाए, ‘उत्कृष्ट १० भिडियोलाई विभिन्न देशमा प्रदर्शन गरिनेछ ।’नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस्ता प्रतियोगिताले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने बताए । फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गर्दै भने, ‘आगामी दिनमा यस्ता प्रतियोगिताले नेपालको पहिचान र प्रगतिलाई अझ उचाइमा पुर्‍याउन सफल बनोस् ।’
Entertainment
7,580
आध्यात्मिकताको जगमा पेसागत आचरण
मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तक्र्रिया समाजका विभिन्न व्यक्तिसंग हुने गर्दछ। व्यक्तिमा अन्तरनिहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तक्र्रियालाई प्रभाव पारिरहेको हुन्छ। व्यक्तिमा अन्तरनिहित हुने भावना र विशेषता व्यक्तिले ग्रहण गरेको आध्यात्मिक पक्षबाट प्रभावित हुने गर्दछ। समाजमा विद्यमान सबै अवयवप्रतिको दृष्टिकोण निर्माणमा आध्यात्मिकताको महत्त्व रहने गर्दछ।
https://gorkhapatraonline.com/news/25692
मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तक्र्रिया समाजका विभिन्न व्यक्तिसंग हुने गर्दछ। व्यक्तिमा अन्तरनिहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तक्र्रियालाई प्रभाव पारिरहेको हुन्छ। व्यक्तिमा अन्तरनिहित हुने भावना र विशेषता व्यक्तिले ग्रहण गरेको आध्यात्मिक पक्षबाट प्रभावित हुने गर्दछ। समाजमा विद्यमान सबै अवयवप्रतिको दृष्टिकोण निर्माणमा आध्यात्मिकताको महत्त्व रहने गर्दछ।राम्रो सोचाइ जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण होइन। जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्व हुन्छ। दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन। बाह्य पक्षले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान् तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्तिमै निर्भर रहेको हुन्छ। मानिसले जीवनको सार्थकता, मूल्य र महत्त्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याले जीवनको यात्रालाई कठिन बनाउँछ तर समाधान आफैँबाट खोजिनु पर्दछ।आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउँछ। तìवमा जीवन जिउने कला जान्नु नै आध्यात्मिकता हो। पूजा पाठको पद्धति वा कर्मकाण्ड आध्यात्मिकता होइन। यो स्वयं र अन्य व्यक्तिले अपनाउँदै आएको जीवनप्रतिको सङ्घर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो। यसको अवलम्बनले जीवन खुसी र सुखमय बन्दछ। मानव जीवनका स्वार्थरहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्ट प्रसन्नताका आधार हुन्। प्रसन्नता प्राप्ति वा यसको अभावको बाह्य कारणको प्रभाव होइन यो आन्तरिक विषय नै हो। उदाहरणका लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन। व्यक्तिको बाह्य साधन वा वस्तुहरू (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराइको दृष्टिकोणले नै यसको निधारण गर्दछ।वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरू सङ्कट, समस्या र निराशापूर्ण बनेका छन्। यसको समाधान कसरी गर्ने। स्वयंलाई निराश र हतास हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफैँभित्र आध्यात्मिकताको खोजीबाट मात्रै सम्भव छ। आध्यात्मिक ज्ञानले मानिसभित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवनप्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायकसिद्ध बन्दछ। यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ। स्वयंप्रति बढीभन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउँदा हाम्रो मनोवृत्ति अरू व्यक्ति र अन्य परिस्थितिप्रति पनि सकारात्मक बन्न पुग्दछ। वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास आफैँबाट गर्न सक्नु पर्दछ किनकी जीवनलाई प्रभावित गर्ने बाह्य पक्षले जीवनलाई चुनौती दिँदै भ्रम उत्पन्न गरिरहेका छन्। यसर्थ, आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्ट मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ। आध्यात्मिक जीवनको प्रारम्भ बिन्दु स्वयंको बारेमा यथार्थ ढङ्गले सोच्ने र सचेत रहनु हो। आफूभित्र सकारात्मक एवं नकारात्मक सङ्कल्पको परीक्षण र पहिचान गर्नु नै स्वयंको बारेमा यथार्थ जान्नु हो। स्वयंमा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सके मात्र कुनै बहाना अथवा परिवर्तनको भयविरुद्ध लड्न सक्ने साहस सहज ढङ्गबाट आउन थाल्दछ। जीवनमा श्रेष्ठताका लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुद्धता आवश्यक हुन्छ। आध्यात्मिकताको अवलम्बनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरूलाई उपयुक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ। मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन। आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्बनले अहंपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायीपूर्ण जीवनशैलीको अवलम्बनमा सहयोग पुग्न जान्छ। नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यावहारिक प्रदर्शन गर्न सक्नुपर्दछ। धैर्यता, दूरदर्शिता, अनुकूलनको सामायिक व्यवहार नेतृत्वका लागि आवश्यकीय विशेषता हुन्। यी सबै गुण आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिमा बढी मात्रामा पाउन सकिन्छ। आध्यात्मिकताको अवलम्बनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरूको व्यावहारिक प्रयोगमा ऊर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासका लागि अपरिहार्य पक्ष हो।व्यावसायिक जीवन विविध अनेक पक्ष र आरोह अवरोहहरूको सङ्गम हो। परिश्रम, धैर्यता, सहनशीलता समस्यासँग भिड्न सक्ने क्षमता, चुनौतीबीच पनि अवसर देख्न सक्ने व्यावसायिक जीवनका अपरिहार्य विषय हुन्। आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरू गहिराइबाट प्रवेश भएका हुन्छन्। आध्यात्मिकताले श्रमलाई सहज रूपमा स्वीकार्ने र शुभ भावनायुक्त बनाउनमा सहयोग पु¥याउँछ। जसले व्यक्तिलाई व्यावसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ।सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महìवपूर्ण र आवश्यक संयन्त्र हो। सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ। समय, शिक्षा, प्रविधिको परिवर्तनसंँगै राजनीतिक र शासकीय आयाम धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयाम सिर्जना गर्दछन्। यस्ता परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ। जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ। त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिजस्ता क्षेत्रमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ। यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो। निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन्। यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ। राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न सार्वजनिक प्रशासकहरूको सकारात्मक भूमिकाले सरकारप्रति जनमानसमा विश्वसनीययता वृद्धि भई जन अपनत्वयुक्त दिगो सरकार बन्न सक्दछ। सार्वजनिक निकायका कर्मचारीहरू आचरण र सदाचारयुक्त हुनुपर्दछ भन्ने विषय प्रजातान्त्रिक शासन प्रणालीको मूलभूत मान्यता हो। प्रजातान्त्रिक शासन प्रणालीमा शासकीय सहकर्ता धेरै हुने र यिनीहरू जनसरोकार वा राष्ट्रिय सरोकारका क्षेत्रमा कार्यरत रहने हुनाले सार्वजनिक पदाधिकारी सदाचारयुक्त हुनुपर्दछ। सार्वजनिक प्रशासकहरूको कार्यशैली सेवा भाव, निष्पक्षता, स्वच्छता, स्वार्थरहितता, इमानदारिता, सदाचारिता, कार्यकुशलता, जिम्मेवारिता, पारदर्शिता, उत्तरदायित्व, समानता र समता, आदरभाव न्यायिकता आदिबाट अभिप्रेरित हुनुपर्ने विषय अपेक्षित आचरणको दायराभित्र पर्नेछन्। हिजो जनताले केन्द्रबाट आचरणको अपेक्षा गर्दथे अब आफ्नै आँगन अगाडि रहेको सरकार र पदाधिकारीबाट सदाचारको अपेक्षा गर्दछन्। अब असल सार्वजनिक चरित्र प्रदर्शन गर्नुपर्ने व्यक्तिप्रति थप जनदबाबको सिर्जना भएको छ। हामीले अँगालेको शासन प्रणालीको कारणले सार्वजनिक पदाधिकारी सदाचारयुक्त बन्नुपर्ने सकारात्मक बाध्यता सिर्जना गराएको छ।व्यावसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो, जसले कम साधन स्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामथ्र्य राख्दछ। यस अर्थमा व्यावसायिक प्रशासन राज्यका अमूल्य निधि हुन्। साधन स्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपूर उपयोग र निर्धारित समायावधिभित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो। आफ्नो कामप्रति पूर्णप्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमानदारिता, विश्वास र लक्ष्यप्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्दछन्।  लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ।    
News
47,869
बजार पुँजीकरण तेत्तिस खर्ब नजिक
सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण यो साता एक खर्ब ९९ अर्ब रुपियाँ बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपियाँ पुगेको हो ।
https://gorkhapatraonline.com/news/90290
काठमाडौँ, पुस ८ गते । सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण यो साता एक खर्ब ९९ अर्ब रुपियाँ बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपियाँ पुगेको हो ।परिसूचकसँगै कारोबार रकम पनि बढेको यो साता हरेक दिन पाँच अर्बभन्दा बढीको कारोबार भएको छ । समग्रमा साताभर ३१ अर्ब २७ करोड रुपियाँ बढीको कारोबार भएको छ । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।आइतबार पाँच अर्ब १५ करोड, सोमबार छ अर्ब ८६ करोड, मङ्गलबार पाँच अर्ब ९८ करोड, बुधबार सात अर्ब र बिहीबार छ अर्ब २७ करोडको कारोबार भएको छ ।यो साता नेप्से परिसूचक ५.५ प्रतिशतभन्दा बढीले उकालो लागेर बन्द भएको छ । गत साता १९९४.६० बिन्दुमा बन्द भएको नेप्से, यस साता ५.७४ प्रतिशत अर्थात् ११४.५० अङ्क बढेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।यो साता पाँच कारोबार दिनमध्ये नेप्से परिसूचक चार दिन उकालो लागेको थियो भने एक दिन ओरालो लागेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रुपियाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तमा बजार पुँजीकरण २७ खर्ब ५२ अर्ब २४ करोड रुपियाँ रहेको थियो ।आव २०८०/८१ को चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, तीन अर्ब ८४ करोड रुपियाँ बराबरको हकप्रद सेयर र दुई अर्ब ५४ करोड रुपियाँ बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप सेयर सूचीकृत भएको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले आठ अर्ब ५१ करोड बराबरको साधारण सेयर, तीन अर्ब २० करोड बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड र एक अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।सूचीकृत कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ । त्यसै गरी जलविद्युत् कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.२ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत सात अर्ब ८८ करोड सेयर सङ्ख्याको चुक्ता मूल्य सात खर्ब ८१ अर्ब ३८ करोड रुपियाँ रहेको छ ।  
News
35,853
समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।
https://gorkhapatraonline.com/news/113774
गोरखापत्र अनलाइनकाठमाडौँ, असार १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो ।“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो । 
News
50,121
अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'
डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा विभाजन मौलायो।
https://www.bbc.com/nepali/news-54862164
उनको राष्ट्रपतीय कार्यकाल सकिनै लाग्दा के उनका समर्थकहरू जो बाइडनका मतदाताहरूसँग मतभिन्नता टुङ्ग्याउन इच्छुक छन् त? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
Others
64,018
दोस्रो जितपछि कोलकाता शीर्षमा
उमेश यादवको २३ रन खर्चेर चार विकेटको प्रदर्शन र आन्द्रे रसेलको ३१ बलमा नटआउट ७० रनको मद्दतले कोलकाता नाइट राइडर्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सलाई छ विकेटले हराएको छ ।
https://ekantipur.com/sports/2022/04/02/1648864186823658.html
मुम्बई — उमेश यादवको २३ रन खर्चेर चार विकेटको प्रदर्शन र आन्द्रे रसेलको ३१ बलमा नटआउट ७० रनको मद्दतले कोलकाता नाइट राइडर्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सलाई छ विकेटले हराएको छ ।कोलकाताको यो तेस्रो खेलमा दोस्रो जित हो र यससँगै टिम अंक तालिकाको शीर्ष स्थानमा रह्यो । पहिले ब्याटिङ गरेको पञ्जाव १ सय ३७ रनमै रोकिएपछि रसेल कोलकाताका लागि आक्रामक भएर प्रस्तुत भए ।उनले आठ छक्का र दुई चौका प्रहार गरे । कमजोर सुरुआत लिएर दबाबमा देखिएको कोलकाता त्यसपछि जिततर्फ अग्रसर भएको थियो । राहुल चहारले दुई विकेट लिएर मिडेन ओभर गरेपछि कोलकाता ५१ रन बनाएर चार विकेटको स्थितिमा पुगेको थियो ।तर, रसेलले सामन बिलिङ्ससँग मिलेर निर्णायक सावित साझेदारी गरे । बलिङ्सले २३ बलमा २४ रन बनाए ।
Sports
20,781
विकास निर्माणमा सार्वजनिक प्रशासन
सामान्यतया उन्नति, प्रगति एवं सकारात्मक परिवर्तनलाई विकास भनिन्छ । विकास भन्ने कुरा पुँजी र प्रविधिको यान्त्रिक कुरा मात्र नभई वाञ्छित लक्ष्य प्राप्ति गर्नका लागि जनतालाई सङ्गठित र परिचालित गर्ने राजनीतिक, आर्थिक एवं सामाजिक प्रक्रिया पनि हो । साथै उपलब्ध आर्थिक, भौतिक, मानवीय एवं प्राकृतिक स्रोतसाधनको कुशल एवं प्रभावकारी परिचालनमार्फत आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भौतिक, मानवीय एवं पर्यावरणीयलगायतका पक्षमा भएको सकारात्मक वृद्धिका साथसाथै गुणात्मक, जनमुखी एवं नतिजामुखी परिवर्तन नै विकास हो ।
https://gorkhapatraonline.com/news/17972
सामान्यतया उन्नति, प्रगति एवं सकारात्मक  परिवर्तनलाई विकास भनिन्छ । विकास भन्ने कुरा पुँजी र प्रविधिको यान्त्रिक कुरा मात्र नभई वाञ्छित लक्ष्य प्राप्ति गर्नका लागि जनतालाई सङ्गठित र परिचालित गर्ने राजनीतिक, आर्थिक एवं सामाजिक प्रक्रिया पनि हो । साथै उपलब्ध आर्थिक, भौतिक, मानवीय एवं प्राकृतिक स्रोतसाधनको कुशल एवं प्रभावकारी परिचालनमार्फत आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भौतिक, मानवीय एवं पर्यावरणीयलगायतका पक्षमा भएको सकारात्मक वृद्धिका साथसाथै गुणात्मक, जनमुखी एवं नतिजामुखी परिवर्तन नै विकास हो । विकास बहुआयामिक, बहुपक्षीय, बहुउद्देश्यीय मुलुक अवधारणा हो । मुलुकमा व्याप्त रहेको गरिबी, असमानता, बेरोजगारी, अभाव र सङ्कटजस्ता समस्याको अन्त्य गरी मानवीय जीवनयापनमा आउने सकारात्मक तथा गुणात्मक परिर्वतनद्वारा नागरिकहरूको दैनिक जीवनयापनमा देखिने खुसीको अवस्था नै विकास हो । विकास अन्त्यहिन विषय नभएकाले यो निरन्तर चलिरहने प्रक्रिया हो । समग्र विश्व ब्रह्माण्ड नै विकासको उपज हो भने मानवीय अस्तित्वको विकाससंँगै विकास सुरु भएको मान्न सकिन्छ । आधुनिक विकासको अवधारणा भने सङ्गठित समाज र राज्यको उत्पत्तिसँगै भएको हो । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विज्ञान–प्रविधि, उद्योग, व्यापार, पर्यटन तथा कृषि एवं मानव संसाधन आदि विकासका आधारभूत पक्षहरू हुन् । विकासले समाजको कल्याण अभिवृद्धि गर्दै वर्तमानको अवस्थाबाट दीर्घकालसम्मको दृष्टिपथको मार्गचित्र प्रस्तुत गर्दछ । परम्परागत अवधारणाअनुसार विकासलाई भौतिक विकासको रूपमा मात्र हेरिने गरिन्थ्यो । समयक्रमको विकाससँगै आर्थिक वृद्धि, सामाजिक–सांस्कृतिक पक्षको रूपान्तरण, भू–राजनीतिक पक्षमा आएको सकारात्मक परिर्वतन, प्राविधिको विकास आदिद्वारा मानवीय जीवनमा आएको गुणात्मक एवं परिणात्मक परिर्वतन नै विकास हो भन्ने गरिन्छ । त्यस्तै सन् १६८८ मा बेलायतमा भएको गौरवमय क्रान्ति र बेलायतमै भएको १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको औद्योगिक क्रान्तिपश्चात् विकासले नयाँ बाटो अवलम्बन ग¥यो । साथै दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्वका औद्योगिक एवं विकसित राष्ट्रहरूले साझेदारी, समन्वय र सहकार्यजस्ता नीतिहरू अवलम्बन गर्दै विकासलाई अगाडि बढाउँदै आएको पाइन्छ । विकासमा आधुनिक लहरहरू सँगै नागरिक चेतनामा भएको वृद्धि, मानवीय आवश्यकतामा आएको परिर्वतन, विश्वव्यापीकरण, प्रविधिमा भएको तीव्र विकास आदिले विकासको आवधारणालाई व्यापक एवं एकीकृत बनाएको छ । वर्तमानमा सहस्राब्दी विकास लक्ष्य, दिगो विकास लक्ष्य, विद्युतीय शासन, नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा तथा नयाँ सार्वजनिक शासनजस्ता शासनका नवीन अवधारणा तथा सुशासनलगायतका गुणात्मक पक्षहरूले विकासलाई विश्वव्यापी रूपमै एकीकृत तथा अन्तरनिर्भर बनाएको छ । विकास भनेकोे साविकको अवस्थाबाट माथिल्लो पूर्ण वा परिपक्व अवस्थामा पु-याउन हासिल भएको वृद्धि बुझिन्छ । विकासलाई विभिन्न आयामका दृष्टिकोणबाट परिभाषित गरिएको पाइन्छ । अर्थशास्त्रले कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा हुने वृद्धि, समाजशास्त्रले सामाजिक संरचना र प्रक्रियामा हुने सुधार, सार्वजनिक प्रशासनले आर्थिक तथा सामाजिक संरचनामा भएको प्रगति, राजनीतिशास्त्रले लोकतान्त्रिक पद्धतिको विकास र नागरिक अधिकारको प्रत्याभूतिजस्ता विकासका अवधारणाहरू अघि सारेको पाइन्छ । यसको विकासक्रम सन् १७७६ खुला अर्थतन्त्र एडम स्मिथले, सन् १८६७ वर्ग सङ्घर्ष कार्लमाक्सले, सन् १९३० सरकारको हस्तक्षेपको आवश्यकता जे.एम. किन्सले विकास गरेको पाइन्छ तर बीसौँ शताब्दीको उत्तराद्र्धदेखि विकास भनेको आर्थिक प्रगति मात्र होइन समग्रमा गरिबी, असमानता र बेरोजगारीको अन्त्य गर्नु नै विकास हो भन्न थालियो । सन् १९६० को दशकपछि तेस्रो विश्वका राष्ट्रहरूले आर्थिक वृद्धिका लक्ष्यहरू हासिल गरेर पनि आमजनताको जीवनस्तरमा अपेक्षाकृत सुधार हुन नसकेकाले विकासको अवधारणामा पुनर्विचार गर्न सुरु गरेको पाइन्छ । यसपछि विकासको अवधारणामा आर्थिक सूचकसँगसँगै सामाजिक सूचकहरू समावेश गरियो । यसरी विकास हुन कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि भएर मात्र पुग्दैन साक्षरता, स्वास्थ्य स्थिति, आवास सुविधा, जनउपयोगी सेवाहरूको प्रवाहमा समेत अपेक्षित सुधार हुनुपर्दछ भन्ने मान्यताको विकास भयो । सन् २००० मा संयुक्त राष्ट्रसङ्घको पहल र नेतृत्वमा भएको विश्वव्यापी भेलाले विकासका लागि आर्थिक वृद्धि मात्र यथेष्ट हुँदैन यसको समानुपातिक, समतायुक्त वितरणबाट विश्वकै रोग, भोक, गरिबी, अशिक्षा निर्मूल गर्नुपर्दछ भन्ने निष्कर्ष निकालेको देखिन्छ । त्यसैगरी, भूगोलको कुनै अंश मात्र विकसित भएर पुग्दैन सबै मुलुकको समान विकास आवश्यक छ । राज्य, समाज र शासनको आवधारणासंँगै सार्वजनिक प्रशासनको आवधारणा आयो । राज्य व्यवस्थाद्वारा सिर्जना भएका लाभहरू नागरिकसमक्ष वितरण गर्ने तथा आमजनताका इच्छा आकाङ्क्षा र आवश्यकताहरू सङ्कलन गरी सरकारसम्म पु¥याउने सरकार र जनताबीचको सम्बन्ध सेतु हो सार्वजनिक प्रशासन । यसले बहुआयामिक तथा बृहत् कार्यक्षेत्र ओगटेको हुन्छ । सार्वजनिक प्रशासनलाई लोकप्रशासन जनप्रशासन र विकास प्रशासनसमेत भनिन्छ । सार्वजनिक हितको खातिर सार्वजनिक नीति नियमहरूको कार्यान्वयन गर्ने गर्दछ । सार्वजनिक प्रशासनलाई मुलुकको संविधान र कानुनहरूले मार्गदर्शन एवं दिशा निर्देशन गरेको हुन्छ । साथै मुलुकको शासन व्यवस्था सञ्चालनका लागि राजनीतिको सहयोगी र स्थायी संयन्त्र सार्वजनिक प्रशासन हो । लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकहरूमा जनचाहना अनुरूपका विभिन्न ऐन, नीतिहरू निर्वाचित सरकारले निमार्ण गर्दछ र सो ऐन नियमहरूको कार्यान्वयन गर्नका लागि सार्वजनिक प्रशासन संयन्त्रको निर्माण भएको हुन्छ । विकास निर्माण गर्ने कार्य राजनीतिक नेतृत्व अर्थात् सरकार र सार्वजनिक प्रशासन दुवैको सामूहिक कार्य हो । नेपालमा प्रजातन्त्रको स्थापना हुनुभन्दा अगाडि नेपालको सार्वजनिक प्रशासन राजनीतिक अङ्गकै रूपमा रहेको थियो । राणा शासनकालमा प्रशासनमा दरबारिया षड्यन्त्रको व्यापक सिकार भयो र सार्वजनिक प्रशासनमा राणा परिवारका सदस्यहरू र तिनका समर्थकहरूका लागि मात्र जागिर खाने भर्ती केन्द्र बनाइएको थियो । राजाहरूले पद पजनीलाई प्रशासकीय अनुशासन कायम गर्ने माध्यम बनाए । पञ्चायतकालीन प्रशासन शासन व्यवस्था टिकाउको माध्यम बन्यो । राजा र राणाहरूको हुकुमी आदेशपालना नगर्ने कर्मचारीलाई पदबाट सोझै बर्खास्ती हुनुपर्दथ्यो । पहिलो पटक २०१३ सालमा निजामती सेवा ऐन तथा नियमावलीको तर्जुमा गरी कार्यान्वयनमा आएपछि नेपालको सार्वजनिक प्रशासनको क्षेत्रमा क्रमिक सुधारको बाटोतर्फ अग्रसर भएको पाइन्छ । बहुदलीय व्यवस्था पुनस्र्थापना शासन व्यवस्थामा निजीकरण र आधुनिकीरण हँुदै सार्वजनिक प्रशासनको लोकतान्त्रीकरण सुरु भयो ।त्यसपछि सार्वजनिक प्रशासनलाई समयसापेक्ष बनाउन समय समयमा प्रशासन सुधार कार्यदलहरू गठन गरियो । कार्यदलहरूले प्रशासन सुधारका विविध सुझाव पेस गरेसँगै सार्वजनिक प्रशासनमा नवीन अवधारणाको विकास, आफ्नो जिम्मेवारी र उत्तरदायित्व वहन गर्दै सुशासनमुखी, जनमुखी एवं विकास उन्मुख सार्वजनिक प्रशासन निर्माण गर्ने उद्देश्य लिइएको छ । नेपालमा शासक वर्गको असक्षमता तथा दूरदृष्टिको अभावको कारण तीव्र विकासप्रतिको आकाङ्क्षामा रहेको कमी, राजनीतिक तथा नीतिगत अस्थिरता, कमजोर अर्थतन्त्र तथा सानो पुँजी बजार, लगानीमैत्री वातावरणको अभावजस्ता समस्या छन् । यसका साथै औद्योगिक असुरक्षा, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग हुन नसक्नु, नीति तथा कार्यक्रममा देखिएको दोहोरोपनको समस्या अझै कायमै छन् । यसले गर्दा विश्वका तमाम देशहरूले विकासको छलाङ मारिसक्दा पनि नेपाल विकासमा  फड्को मार्न सकेको छैन ।
News
48,145
विद्रोहदेखि विजेतासम्म
सल्मा पारालेलो च्याम्पियन पदक भिड्दै एकछिन मैदानमै आराम लिइन् । उनी असाध्यै खुसी थिइन् । नहोस् पनि किन ? स्पेनले इंग्ल्यान्डलाई हराएर महिला विश्वकप फुटबलको उपाधि जितेको अवसर थियो त्यो । पारालेलोले यू–१७ र यू–२० विश्वकप पनि जितेकी थिइन् । पालो यही विश्व च्याम्पियन हुनुको थियो ।
https://ekantipur.com/sports/2023/08/22/169267176343028070.html
सिड्नी — सल्मा पारालेलो च्याम्पियन पदक भिड्दै एकछिन मैदानमै आराम लिइन् । उनी असाध्यै खुसी थिइन् । नहोस् पनि किन ? स्पेनले इंग्ल्यान्डलाई हराएर महिला विश्वकप फुटबलको उपाधि जितेको अवसर थियो त्यो । पारालेलोले यू–१७ र यू–२० विश्वकप पनि जितेकी थिइन् । पालो यही विश्व च्याम्पियन हुनुको थियो ।स्पेनले स्टेडियम अस्ट्रेलियामा भएको फाइनल जितेर आफ्नो देशको महिला फुटबलकै इतिहासमा पहिलो ठूलो उपाधि चुमेको हो । ओल्गा कारमोनाले पहिलो हाफमा गरेको एकमात्र गोल इंग्ल्यान्डलाई हराउन पर्याप्त रह्यो । यससँगै एक महिना लामो प्रतियोगितामा पूर्णविराम लागेको थियो । कारामोनाले भने लामो समय खुसी मनाउन पाइनन् । फाइनल सकिएको केहीबेरमै उनले आफ्नो बुवाको निधन भएको समाचार सुन्नुपर्‍यो । फाइनल सकिएलगत्तै स्पेनी फुटबल संघले कारमोनाको बुवा बितेको पुष्टि त गरेको थियो, मृत्युको कारण भने खुलाइएको छैन ।स्पेनी टिम केही समययता समस्यामै थियो । कारण खेलाडीको विद्रोह । तर, यसबीच पनि स्पेन यू–१७ र यू–२० सँगै सिनियर स्तरको विश्वकप एकैपल्ट जित्ने टिम बन्यो । त्यतिमात्र होइन, जर्मनीपछि स्पेन पनि महिला र पुरुष दुवैको विश्वकप जित्ने टिम भयो । फाइनल सकिएलगत्तै स्पेनी खेलाडीले आफ्नो पोस्टको छेउ खुसीयाली मनाएका थिए । योक्रम पुरस्कार वितरण समारोह सकिएको केहीबेरसम्म पनि चलिरहेकै थियो ।‘पछिल्लो १२ महिनामा हामीले धेरै समस्या सामना गर्नुपरेको छ, सम्भवतः यही कारणले पनि स्पेनी टिम बलियो भएको हो,’ कारमोनाले भनिन्, ‘खेलाडीको विद्रोहदेखि च्याम्पियनसम्म स्पेनको यात्रा वास्तवमै अद्वितीय रह्यो । स्पेन किन विश्व च्याम्पियन बन्यो त ? यसको मसँगै ठ्याक्कै उत्तर छैन । तर, स्पेन यसका लागि पूर्णतः हकदार भने छ ।’ अर्कोतर्फ इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो विश्वकप उपाधि जित्ने अभियानमा थियो । यो क्रम अब पनि जारी रहनेछ । किनभने यो यसपल्ट पनि पूरा भएन । ‘सुरुमै लाग्न सक्छ, हामी असफल रह्यौं, किनभने हामी उपाधि जित्न असफल रह्यौं,’ इंग्लिस कप्तान मिली ब्राइटनले भनिन्, ‘तर केहीको अन्तरालमा हामीले आफ्नो प्रदर्शनप्रति गर्व गर्नेछौं ।’ पूरा प्रतिस्पर्धात्मक रहेको फाइनलमा कारमोनाले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । उनले स्विडेनविरुद्ध प्राप्त २–१ को सेमिफाइनल जितमा पनि ८९ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।तस्बिरहरु : एपी, एएफपीयसैक्रममा उनी सन् २०१५ यता सेमिफाइनल र फाइनल दुवैमा गोल गर्ने पहिलो खेलाडी बनिन् । त्यतिबेला कार्ली लोएडले यस्तै उपलब्धि चुमेकी थिइन् । गत वर्ष १५ खेलाडीले विद्रोह गर्दै स्पेनी राष्ट्रिय टिमबाट नखेल्ने जनाएका थिए । टिममा व्यावसायिक वातावरणको माग गर्दै ती खेलाडीले आफ्नो मानसिक स्वास्थ्य स्थिति प्रभावित रहेको दाबी गरेका थिए । त्यसमध्ये तीन खेलाडी आना बटाली, आइताना बोनमती र मारिना क्लाडेन्टी स्पेनी फुटबल संघसँग कुरा मिलाउँदै टिममा फर्केका थिए । गत वर्षमात्रै स्पेन युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्डकै हातबाट क्वाटरफाइनलमा २–१ ले पराजित रहेको थियो । कारमोना थप्छिन्, ‘अहिलेको टिम वास्तवमै विशेष छ, किनभने हामी यस्तो विशेषता मैदानमा देखाएका छौं । हामीले बलियो मानसिकता समूह चरणमा मात्र होइन, नकआउटका प्रतिस्पर्धामा पनि देखाएका छौं । सबै प्रकारको अन्तिम अवस्थासम्म पनि हामीले आफ्नो संघर्ष त्यागेनौं । हामी न त कहिल्यै रोकियौं ।’उनले अगाडि भनिन्, ‘गत वर्षको अवस्था बेग्लै थियो, तर फुटबलले जहिले पनि दोस्रो मौका दिने गर्छ । यस्तो मौका विश्वकपमा पाउनु जत्तिको ठूलो अवसर अरू के नै हुन सक्छ र ?’ प्रतियोगिता अगाडि बढ्नेक्रममा स्पेनले आफूलाई अझ बलियो बनाउँदै गएको थियो । विशेषतः जापानविरुद्धको खेल ठूलो अन्तरले गुमाएयता । त्यस हारलगत्तै ‘ला रोजा’ ले स्विट्जरल्यान्डलाई पनि ठूलै अन्तरले हराएको थियो । त्यसपछि टिमले फर्केर हेर्नुपरेन । स्पेनी प्रशिक्षक जोर्गे भाल्डाले फाइनलमा सुरुदेखि नै १९ वर्षीया पारालेलोलाई खेलाएका थिए । यी किशोरी तिनै थिइन्, जसले स्विडेनविरुद्ध सम्झनलायक गोल गरिन् अनि नेदरल्यान्ड्सविरुद्ध क्वाटरफाइनलमा पनि निर्णायक गोल । यसै कारण उनी प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी पनि चुनिइन् । यसले कम्तीमा के देखाइएको छ भने स्पेनी महिला फुटबलको भविष्य उत्तिकै राम्रो रहेको छ ।
Sports
16,523
अर्जेन्टिना अन्तिम आठमा
लउटारो मार्टिनेजले सुरुमा र सर्जियो एगुरोले अन्त्यतिर गरेको गोल मदतले अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार कतारलाई २–० ले हरायो र अन्तिम आठमा छनोट हुन सफल रह्यो ।
https://ekantipur.com/sports/2019/06/24/156134331768455313.html
रियो डे जेनेरियो — लउटारो मार्टिनेजले सुरुमा र सर्जियो एगुरोले अन्त्यतिर गरेको गोल मदतले अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार कतारलाई २–० ले हरायो र अन्तिम आठमा छनोट हुन सफल रह्यो ।यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको कोलम्बियाले पाराग्वेलाई १–० ले पराजित ग¥यो । यो नतिजाले अर्को समूहमा तेस्रो स्थानमा रहेको पेरु पनि क्वाटरफाइनल खेल्ने भएको छ । कोलम्बिया पछाडि समूह बी को दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले अब भेनेजुएलाको सामना गर्नेछ । प्रतियोगितामा डेब्यु गरिरहेको एसियाली पाहुना टिम कतारको भने चुनौती समाप्त भएको छ । यसै समूहको तेस्रोमा रहेको पाराग्वेको दुई अंक छ र उसको भाग्य अर्को समूह सी मा जापान र इक्वेडरबीच हुने खेलले निर्धारण गर्नेछ । तीनै समूहमा तेस्रो स्थानमा रहने तीन टिममध्ये दुईले अन्तिम आठको यात्रा तय गर्ने छ । जापान र इक्वेडरको खेल अगाडि नै पेरुले अगाडि खेल्ने निश्चित भएको हो ।अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले जित्नै पर्ने खेलमा म्यानचेस्टर सिटीका फरवार्ड एगुरो र मार्टिनेजमाथि विश्वास गरे । मार्टिनेजले एन्जेल डि मारियाको स्थानमा खेल्न पाएका हुन् ।
Sports
27,072
भैँसे–भीमफेदी सडकको कामले गति लिँदै
क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।
https://gorkhapatraonline.com/news/70630
राममणि दाहालहेटौँडा, असार २६ गते । क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं. ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो। बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ। घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ। अघिल्लो कार्यकालमै बागमती प्रदेश सभा सदस्यहरूले प्रदेश राजधानी आवतजावत गर्ने सडक साँघुरो र जोखिमयुक्त भएको भन्दै पटक पटक प्रदेश सभामा आवाज उठाएपछि प्रदेश सरकार सडक विस्तारका क्रममा भैँसे–भीमफेदी सडकखण्डमा पर्ने घरजग्गा धनीलाई राहत र क्षतिपूर्ति दिने निर्णयमा पुगेको थियो। प्रदेश सरकारले सडक १० मिटर चौडा गर्ने क्रममा घरजग्गालगायतका संरचना पर्नेहरूलाई राहत र क्षतिपूर्ति दिन आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरे पनि कार्यविधिको अभावमा राहत र क्षतिपूर्तिबापत रकम दिन सकेको थिएन। चालु आवमा निजी जग्गाको क्षतिपूर्ति दिन कार्यविधि बनाएसँगै राहत र क्षतिपूर्तिबापत रकम दिने निर्णय गरिएको हो।भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डलाई दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा भीमफेदी–कुलेखानी सडकखण्डको काम पूरा हुँदा भीमफेदी गाउँपालिका–४ र ६ का सडक क्षेत्रको दायाँबायाँका घरजग्गाको राहत र क्षतिपूर्ति विवादका कारण भैँसे–भीमफेदी सडकखण्डका विभिन्न स्थानमा काम रोकिँदै आएको थियो। यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले भैँसे–भीमफेदी सडकखण्डमा पर्ने वडा नं. ४ र ६ मा ऐलानी जग्गामा घर बनाएर बस्दै आएका २२ परिवारलाई राहत/क्षतिपूर्तिबापत रकम प्रदान गर्न चालु आवमा प्रदेश सरकारले विनियोजन गरेको रकम भीमफेदी गाउँपालिकामा निकासा गरिएको जानकारी दिनुभयो। उहाँले वडा नं. ४ का १७ र वडा नं. ६ का पाँच परिवार गरी २२ परिवारलाई चालु आवमा राहत/क्षतिपूर्ति रकम उपलब्ध गराइएसँगै सडक निर्माणमा हुँदै आएको अवरोध हटेको र सो क्षेत्रको सडक स्तरोन्नतिको काम सुरु गरिएको जनकारी दिनुभयो। “सार्वजनिक जग्गामा घर बनाएर बसेकाहरूले सहमति अनुसार संरचना हटाएसँगै अवरोध हटेर सडक स्तरोन्नतिको काम सुरु भएको छ। राहत रकम वितरण गर्न २२ लाख दुई हजार रुपियाँ निकासा भएको छ, वडामार्फत वितरण हुने छ,” उहाँले भन्नुभयो। यस्तै भैँसे–गोल्पिङ–भीमफेदी सडकखण्डको सडक दायाँबायाँ ३८ वटा निजी घरजग्गा परेकामध्ये १४ जना घरजग्गा धनीले क्षतिपूर्तिबापतको रकमका लागि सम्झौता गरेपछि संरचना हटाएर अवरोध हटेसँगै काम सुरु भएको छ। चालु आवमा सडक सीमामा पर्ने प्रभावित परिवारलाई क्षतिपूर्ति प्रदान एक करोड ५० लाख रुपियाँ प्रदेश सरकारबाट विनियोजन गरिएकोमा १४ जना घरजग्गा धनीलाई ४२ लाख ३६ हजार रुपियाँ भुक्तानी गरिएको छ। क्षतिपूर्ति कार्यविधि अनुसार घरलगायतका संरचना हटाउन सम्झौताको समयमा २० प्रतिशत र संरचना हटाइसकेपछि बाँकी रकम भुक्तानी दिने व्यवस्था रहेको छ। प्रदेश सरकारले आगामी आवका लागि समेत भैँसे–भीमफेदी सडकखण्डमा पर्ने निजी घरजग्गा धनीलाई क्षतिपूर्ति प्रदान गर्न एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ। महेन्द्र राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा क्षतिपूर्ति र मुआब्जा विवादका कारण वर्षौंदेखि सडक विस्तारले सार्थकता पाउन नसकिरहेको अवस्थामा भैँसे–भीमफेदी सडकखण्डका प्रभावितलाई राहत र क्षतिपूर्तिका लागि भीमफेदी गाउँपालिकाले प्रदेश सरकारसमक्ष सहजीकरणको काम गरिदिएको थियो।  भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट स्थानीय बासिन्दा विस्थापित मात्र होइन; घरबारविहीन हुने अवस्था आएपछि राहत, क्षतिपूर्ति र मुआब्जाका लागि पहल गरिदिएको जानकारी दिनुभयो। राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको काम सुचारु भएको उहाँले बताउनुभयो। अझै केही निजी घरजग्गा धनीले क्षतिपूर्ति रकम कम भएको भन्दै आएका बताउँदै उहाँले गोरखापत्रलाई भन्नुभयो, “अहिले अधिकांश स्थानमा अवरोध हटेको छ, धमाधम काम भइरहेको छ। अब सडक स्तरोन्नतिको कामले पूर्णता पाउने छ।”६५ प्रतिशत काम सकियो विभिन्न कारणले सडक स्तरोन्नतिमा ढिलाइ हुँदै आएको भैँसे–भीमफेदी सडकखण्डको ११.५ किमी सडकको ६५ प्रतिशत काम सकिएको छ। क्षतिपूर्ति दिन बाँकी रहेको क्षेत्रबाहेक सडक चौडा गर्ने काम ९५ प्रतिशत सकिएको निर्देशनालयको दाबी छ। यसै गरी पाँच किमी सडकमा ग्राभेल, छ किमी सडकखण्डमा ढल निर्माण र आठ किमी सडकखण्डको दायाँबायाँ सडक संरक्षणलगायतका संरचना तयार भएको छ। ढोकाफेदीमा पुल निर्माण सम्पन्न भएको छ भने निबुवाटार पुल निर्माणाधीन अवस्थामा छ। मान्डुसहित दुई वटा पुल निर्माण गर्न सम्झौता भएको छ र गोल्पिङमा पुल निर्माणका लागि सूचना प्रकाशित गर्न बाँकी छ।   आव २०७६/७७ देखि सडक स्तरोन्नतिको काम सुरु भएकोमा सडक निर्माणको म्याद पुनः आगामी चैत २३ सम्मका लागि थप गरिने भएको छ। निर्माण कम्पनीसँग उक्त सडकखण्ड ३८ करोड ७८ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।   
News
55,060
दाङमा रंगशाला शिलान्यास
तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुन्डीमा बुधबार रंगशाला शिलान्यास गरिएको छ । संघीय संसद्‍का सभामुख कृष्णबहादुर महराले रंगशाला शिलान्यास गरे । 
https://ekantipur.com/sports/2018/07/25/153253479921385542.html
दाङ — तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुन्डीमा बुधबार रंगशाला शिलान्यास गरिएको छ । संघीय संसद्‍का सभामुख कृष्णबहादुर महराले रंगशाला शिलान्यास गरे । खेलकुदले अनुशासित र दक्ष जनशक्ति उत्पादन गर्ने बताउँदै महराले रंगशालाले जिल्लालाई खेल सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । यो खेलकुद र युवाको युग भएको धारणा राख्दै उनले देशलाई नै खेलकुदको केन्द्र बनाउन आवश्यक रहेको बताए । खेलकुद समितिका नाममा रहेका सम्पत्ति अतिक्रमण हुनबाट बचाउन स्थानीय समुदाय पनि सजग हुनुपर्ने उनको विचार थियो ।युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदले देशको सामथ्र्य पहिचान गर्ने भएकाले यसलाई पर्यटनका रूपमा पनि विकास गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बेलझुन्डीमा अत्याधुनिक प्रविधिबाट रंगशाला निर्माण हुने बताए । उनले परिषदले तुलसीपुर, पोखरा र इटहरीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न खोजिरहेको जानकारी दिए ।राष्ट्रिय खेलकुद परिषदो २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँ लागतमा रंगशाला निर्माण भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए । असार ७ मा सम्झौता गरी काठमाडौस्थित दिवा एमए प्रतिष्ठा कन्स्ट्रक्सनले निर्माण थालेको छ । उनका अनुसार १५ बिगाह जग्गामा निर्माण भइरहेको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्रयाक, नाली, भीआईपी प्यारापिट, बैठक कोठा, खेलाडी चेन्जिङ रुम र मिडिया सेन्टर निर्माण हुने छ । मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदलक्षित गरी निर्माण थालिएको उनले सुनाए ।
Sports
29,009
बाँझो जग्गा स्याहार्ने शिक्षकको कमाइ चार लाख
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो।
https://gorkhapatraonline.com/news/68068
बैतडी समाचारदाताबैतडी, असार ३ गते ।   बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो। विद्यालयमा पढाउने काम सकेर साँझ/बिहानको समय टमाटर खेती गर्दै आउनुभएका साउदले खेर गइरहेको बाँझो जग्गा र फुर्सदको समय तरकारी खेतीमा खर्चिनुभएको छ। उहाँले कृषि खेतीका लागि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेको बताउनुभयो।शिक्षक साउद अहिले शिवनाथ गाउँपालिकाकै नमुना कृषक बन्नुभएको छ। “शिक्षण पेसा गरेर खान त पुगेकै थियो, उहाँले भन्नुभयो, “बाँझो जग्गा राख्नुभन्दा तरकारी खेती गर्नु राम्रो लाग्यो। पहाडमा गाउँमा तरकारी र टमाटर धनगढीबाट आएको देख्दा मन थाम्न नसकेर सुरु गरेको हुँ।’’एक पोलिहाउस निर्माण गर्न करिब ८५ हजार रुपियाँ खर्च लागेको उहाँले बताउनुभयो। उहाँको बारीमा अहिले १३ वटा पोलिहाउस रहेका छन्। शिक्षकको लोभलाग्दो टमाटर खेती हेर्न कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरी बिहीबार शिवनाथ पुग्नुभयो। टमाटर खेतीको निरीक्षणपछि कृषि ज्ञान केन्द्रले कृषि कर्जामा ब्याज अनुदान कार्यक्रमबाट आठ प्रतिशत ब्याज तिरिदिने बताएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले धनवीरसिंह साउदले तरकारी खेतीका लागि बैङ्कबाट लिएको ऋणको आठ प्रतिशत ब्याज कृषि ज्ञान केन्द्रले तिरिदिने निर्णय भएको बताउनुभयो।  त्यस्तै गाउँपालिकाले पनि प्राविधिक सहयोग गरिरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो।   
News
37,708
चलचित्र 'प्रेमगञ्ज'को ट्रेलर सार्वजनिक
काठमाडौं, साउन १० गते । चलचित्र 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस चलचित्रमा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ । चलचित्रमा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् । चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ । फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।
https://gorkhapatraonline.com/news/20187
काठमाडौं, साउन १० गते । चलचित्र 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस चलचित्रमा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ । चलचित्रमा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् । चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ । फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ । 
News
45,205
सातै प्रदेशमा देखाइँदै 'सरी मम'
लागूऔषधमाथि बनेको फिल्म 'सरी मम'लाई सातै प्रदेशमा देखाइने भएको छ । लागूऔषधविरुद्धको अभियानको रुप मा प्रदर्शनमा आउने फिल्मलाई नेपाल नेपाल जेसिजले समन्वय गर्ने भएको छ ।
https://ekantipur.com/entertainment/2022/08/04/16595993063025015.html
काठमाडौँ — लागूऔषधमाथि बनेको फिल्म 'सरी मम'लाई सातै प्रदेशमा देखाइने भएको छ । लागूऔषधविरुद्धको अभियानको रुप मा प्रदर्शनमा आउने फिल्मलाई नेपाल नेपाल जेसिजले समन्वय गर्ने भएको छ ।देशभर रहेका नेपाल जेसिजको १ सय ७४ शाखाहरुले यो फिल्मलाई अभियानको रुपमा अगाडि बढाउने बताइएको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्म लागूऔषधमा फसेका युवाहरूलाई लक्षित गरी निर्माण गरिएको हो । नवीन बोगटीको निर्देशनमा बनेको यो फिल्ममा बिनोद लामाको कथा समावेश छ । कथालाई आयुष बुढाथोकी र सरोज पौडेलले लेखेका हुन् । मेकअप आर्टिस्टका रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका बिनोद फिल्मका कार्यकारी निर्मातासमेत हुन् ।फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल, एलिस राई, आरवी कटुवाल, विहान श्रेष्ठ, युनिशा बजगाईंलगायतको अभिनय छ । फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् भने सम्पादन प्रितम पाण्डेले गरेका हुन् । फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुन् ।
Entertainment
7,956
विराट गोल्डकप चैत १५ देखि
२०१८ सालदेखि विराटनगरस्थित सहिद मैदानमा हुँदै आएको महेन्द्र गोल्डकप फुटबल प्रतियोगितालाई गणतन्त्र स्थापना भएपछि विराट गोल्डकप ट्रस्टका नाममा रूपान्तरण गरियो । स्थापना भएसँगै ट्रस्टले यहाँका उद्योगी व्यवसायीलाई गोल्डकप आयोजना गर्न भाडामा लगाउँदै आएको थियो ।
https://ekantipur.com/sports/2024/03/19/virat-gold-cup-from-chait-15-13-37.html
विराटनगर — २०१८ सालदेखि विराटनगरस्थित सहिद मैदानमा हुँदै आएको महेन्द्र गोल्डकप फुटबल प्रतियोगितालाई गणतन्त्र स्थापना भएपछि विराट गोल्डकप ट्रस्टका नाममा रूपान्तरण गरियो । स्थापना भएसँगै ट्रस्टले यहाँका उद्योगी व्यवसायीलाई गोल्डकप आयोजना गर्न भाडामा लगाउँदै आएको थियो ।आयोजकले खर्च कटाएर जोगिएको रकम ट्रस्टलाई दिइन्थ्यो । यहाँका फुटबल पण्डितहरूले २०६७ सालमा विधान संशोधन गरेर ट्रस्ट गठन गरेर उद्योगी, व्यवसायीलाई प्रतियोगिता आयोजना गर्न भाडामा लगाउँदै आएका थिए । उद्योगी व्यवसायीले आयोजना नगर्दा २०७२/२०७३ मा प्रतियोगिता नै हुन सकेन ।गत वर्ष सातौं संस्करणको आयोजक समिति संयोजक विराटनगर महानगरका मेयर नागेश कोइराला थिए । आयोजना गर्दा आयोजक नै ८० लाख घाटामा परेको भन्दै ट्रस्टलाई सुको पैसा दिएइन । त्यसअघि उद्योगी व्यवसायी राजेन्द्र राउत, नवीन रिजाल र मनोज विक्रम राणाले प्रतियोगिता आयोजना गर्दा नाफाको रकम ट्रस्टलाई दिएका थिए । उनीहरूले बुझाएको रकममध्ये ट्रस्टको खातामा अझै १३ लाख ५ हजार मौज्दात छ । यस वर्ष उद्योगी, व्यवसायी र महानगर प्रतियोगिता आयोजक संयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले चैत १५ देखि आठौं संस्करणको रात्रिकालीन प्रतियोगिता गर्दै छ । त्यो पनि गत वर्षको विजेता, उपविजेता सहभागिताबिना अनि पुरस्कार राशि पनि आधा घटाएर । गत वर्ष विराटनगर सिटी फुटबल क्लब विजेता र भारतको लुका सकर उपविजेता थियो । यी दुई टिमले क्रमशः २० लाख र १० लाख पुरस्कार थापेका थिए । यसपालि विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।ट्रस्ट स्रोतका अनुसार फुटबलसँग चासो राख्ने यहाँका हरेक उद्योगी, व्यवसायीसमक्ष प्रतियोगिता आयोजकको संयोजक बन्न ट्रस्टका पदाधिकारीले हारगुहार गरे । कोही पनि संयोजक बन्न तयार नभएपछि ट्रस्ट पुरस्कार राशि घटाएर भए पनि प्रतियोगिताको आयोजना गर्न बाध्य भएको हो ।ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आठौं सस्करण चैत १५ देखि हुने र प्रतियोगितामा साविक विजेता र उपविजेता दुवै टिमलाई सहभागी नगराइने वताए । गोल्डकपको संरक्षकमा महानगर छ । गत वर्षको विजेता टिम मेयर कोइरालाको हो । उनले आर्थिक अवस्था कमजोर भएका कारण यसपालि पुरस्कार राशि पनि आधा घटाइएको जानकारी दिए । उनका अनुसार पुरस्कार राशि घटाइए पनि खेलाडीलाई दिइने सेवासुविधामा कटौती गरिएको छैन ।‘ट्रस्टको विधानमा गत वर्षको विजेता र उपविजेतालाई सहभागी गराउनुपर्ने बाध्यकारी प्रावधान छैन,’ शाहीले भने, ‘गत वर्षको विजेतावाट ट्रफी फिर्ता ल्याएर उनीहरूको सहभागिता विना नै आठौं सस्करणको आयोजना हुँदै छ ।’प्रतियोगितामा भारतको दुई, भुटानको एक र स्वदेशी सात गरी १० क्लबको सहभागिता रहने छ । सहिद स्मारक ए डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ एफसी, एनआरटी, मछिन्द्र एफसी र सांग्रिला मोरङ एफएको सहभागिता रहनेछ ।प्रतियोगिता गर्न करिब १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आर्थिक मन्दीका कारण पुरस्कार राशि घटाएको शाहीले प्रस्ट गरे । आर्थिक शिथिलताका कारण ट्रस्टले प्रतियोगिताको मुख्य प्रायोजक भेट्टाएको छैन । त्यसबारे छलफल भइरहेको शाहीले जानकारी दिए ।महानगर प्रमुख नागेश कोइरालाले महानगरले मैदान मर्मतका लागि १० लाख र प्रतियोगिताका लागि १२ लाख सहयोग गर्ने वचन ट्रस्टलाई दिएका छन् । ट्रस्टका अनुसार प्रतियोगितालाई कोशी प्रदेश सरकारबाट २५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रुपैयाँ उपलब्ध हुने छ । यो प्रतियोगिता रात्रिकालीन सञ्चालन गर्न अघिल्लो प्रदेश सरकारले ६ करोडको लागतमा सहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरेको छ ।
Sports
14,297
जैविक प्रविधिमा आधारित अर्थतन्त्र
राष्ट्रको सर्वाङ्गीण विकास र दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो भने विज्ञान तथा प्रविधिको उचित एवं अधिकतम उपयोग नै यसको आधार हो । हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने र नेपाली मुद्रा विदेशीबाट रोक्न हरसम्भव प्रयास गर्ने हो भने नै अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।
https://gorkhapatraonline.com/news/84557
राष्ट्रको सर्वाङ्गीण विकास र दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो भने विज्ञान तथा प्रविधिको उचित एवं अधिकतम उपयोग नै यसको आधार हो । हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने र नेपाली मुद्रा विदेशीबाट रोक्न हरसम्भव प्रयास गर्ने हो भने नै अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण र आधुनिकीकरण गरेर कृषि उत्पादनमा आत्मनिर्भर हुने र आफ्ना विशेष मौलिक पहिचानमूलक उत्पादनलाई विश्व बजारमा पु¥याउन कोसिस गर्नु पर्छ । हामीले हाम्रो भौगोलिक विविधताको उपयोग गर्दै अन्नबालीमा जुम्ली मार्सी धान, कोदो, फापर, जुम्ली सिमी≤ फलफूलमा मनाङ–मुस्ताङको स्याउ, गोर्खाको सुन्तला, फर्पिङको नासपाती, पहाडी अनि हिमाली भेगमा पाइने साना रङ्गीन रङ्का फलफूल जस्तैः ऐँसेलु, काफल, जामुन, जैतुन, चुत्रो आदिको उत्पादनमा जोड दिनु पर्छ । त्यस्तै गरेर हिमाली भेगमा पाइने जडीबुटीहरू यार्सागुम्बा, जटामसी तथा मसलामा जिम्बु, टिमुर र पशुजन्य उत्पादनमा याक, नाक र च्याङ्ग्रा तथा दुग्ध पदार्थमा भक्तपुरको जुजु धौ दही, दोलखाको चिज आदिको उन्नतोस्तर व्यावसायिक उत्पादन, भण्डारण एवं मौलिकतासहितको आधुनिकीकरण गरी निर्यात गर्न सकियो भने यसले विश्व बजारमा नेपाली पहिचान दिँदै हाम्रो अर्थ व्यवस्थामा पनि थप टेवा दिने छ ।जैविक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरीय (उन्नत जातका) वस्तु उत्पादन, लामो समयसम्म सञ्चय (भण्डारण), त्यस्ता बहुमूल्यवान् खाद्यवस्तुमा उत्पादनका बेला वा उत्पादनपछि हुन सक्ने जैविक सङ्क्रमण रोकी स्वस्थकर रूपमा विश्व बजारमा पु¥याइँ आर्थिक लाभ लिन सकिन्छ । यसै वर्षको सुरुमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला उपहार प्राप्त उन्नत नश्लका भैँसी र आम्दानीमूलक अन्नबाली जस्तैः उखु र कफीको बीज (जर्मप्जाज्म) प्राप्त गर्न गरिएका अनुरोधलाई ध्यान दिँदै भविष्यमा जैविक प्रविधिको प्रयोग गरी हामी आफैँले त्यस्ता बीजहरूको भण्डारण केन्द्रको क्षमता अभिवृद्धि गर्ने र उन्नत जातका पशुपन्छी एवं अन्नवालीको व्यावसायिक उत्पादन गरेर आत्मनिर्भर भई निर्यातसमेत गर्न सकेमा नै देशको अर्थतन्त्र सुधार्न सकिन्छ । यसै गरी भारत सरकारको सहयोगमा रासायनिक मल उत्पादन केन्द्रको स्थापना गर्ने सम्झौता पनि गरिएको छ । जसले हाम्रो कृषि उत्पादनलाई निकट भविष्यमा निर्यातमुखी बनाउने छ । आजको अर्थतन्त्रमुखी विश्व बजारमा प्रतिस्पर्धा गर्न विज्ञान र प्रविधि विषेशतः जैविक प्रविधिको मुख्य भूमिका रहेकोले यस क्षेत्रमा विकसित मुलुकसँग त्यससम्बन्धी सूचना आदानप्रदान गरी सहकार्य गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । भर्खरै मात्र नेपालका प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले गरेको भ्रमणबाट चीनमा निर्यात गर्न सकिने वस्तुमा केही थप भए पनि हामीले आफ्ना उत्पादनलाई अझ गुणस्तरीय र स्वस्थकर बनाउनुपर्ने प्रावधान थपिएको छ । हुन त चीन सरकारबाट यस्ता स्वस्थ गुणस्तरका प्रावधान राखिनुपूर्व नै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सिट्रिक फ्रुट्सलाई जीवाणुरहित (भाइरस फ्रि) बनाउने आदि अनुसन्धान गरिरहेकै हो । आगामी दिनमा पनि हामी हाम्रा उत्पादनलाई स्वस्थकर रूपमा निर्यात गर्ने छौँ भन्ने कुरामा पूर्ण रूपमा आशावादी हुनु पर्छ । विदेश निर्यात गर्ने आफ्नो उत्पादनको गुणस्तर वृद्धि गर्न होस् वा स्वस्थकर बनाउन आजको युगमा जैविक प्रविधिको उपयोग यी सबै क्षेत्रमा अपरिहार्य छ । उदाहरण स्वरूप हामीले भर्खर चीनमा प्रशोधित राँगाको मासु निर्यात गर्ने सम्झौता गरिएको हुनु पर्छ तर यसको संरक्षण (प्रिजरभेसन) का लागि चाहिने सिट्रिक एसिड हामी ठुलो परिमाणमा आयात गर्छौं जुन जैविक प्रविधिको विकासले देशमै उत्पादन गर्न सकिन्छ । यसै सन्दर्भमा हामीकहाँ विभिन्न प्रकारका दही उत्पादन भए पनि प्रविधि र विश्वसनीयताको कमीले दही बनाउन प्रयोग हुने स्टार्टर कल्चर हामी प्रत्येक व्याच दही उत्पादनका लागि महँगो मूल्यमा युरोपबाट खरिद गर्छौं भन्ने सुन्दा अचम्म लाग्छ ।अन्य उदाहरणमा हामी केही मात्रामा प्रशोधित फलफूलको जुस विदेश निर्यात गर्छौं तर जुस शुद्धीकरण गर्न प्रयोग हुने क्ल्यारिफाइङ इन्जाइम (पेक्टिनेज) विदेशबाट महँगो मूल्यमा आयात गर्छौं । यस्ता सूक्ष्म जीवबाट उत्पादन गर्न सकिने एसिड (अम्ल), इन्जाइम आदि देशमै उत्पादन गर्न सके हाम्रो मुद्रा सञ्चित हुने थियो । मदिराजन्य पेयको आयातबाट हामीले राम्रै राजस्व सङ्कलन गरे पनि यसको ठुलो परिमाणमा हुने व्यापारले हाम्रो मुद्रा विदेशिएको छ । नेवारी जात्रा, भोजभतेरमा प्रयोग हुने हाम्रो मौलिक रक्सी (अ‍ैला) र सो बनाउन प्रयोग हुने मना मर्चा (स्टार्टर कल्चर) को उत्पादन र उपभोग सीमित छ । यसलाई पनि जैविक प्रविधिको प्रयोग गरी उच्चस्तरीय बनाई विश्व बजारमा पु¥याउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने थियो । पृथ्वीनारायण शाहको दिव्योपदेश “आफ्ना देशको जिनीस जडीबुटी देश (विदेश) लैजानु र नगद खै“चनु” लाई मनन गर्दा हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्न विदेशमा अधिकतम माग भएका चिया, कफी, मसला जस्तै सुकमेल, अलैँची र जडीबुटीको उत्पादन बढाउने मात्र होइन प्रविधिको उपयोग गरी कच्चा पदार्थको निर्यात गर्नुभन्दा प्रशोधित मसला र औषधीको निर्यात गर्न सकियो भने अवश्य पनि बढी आर्थिक लाभ लिन सकिन्छ । हुन त हामीले यसअघि नै पशुका लागि ओसिलो पराल (हेलेज) चीन निर्यात गर्न सुरु गरिसकेका छौँ र हालै चीनमा पन्ध्र वटा औषधीजन्य हर्व निर्यात गर्ने सम्झौता गरेका छौँ । प्रशोधित जडीबुटी जस्तै आर्टिमिसिन (तितेपातीबाट प्रशोधित), स्टिभिया (मिठीपत्ती झारबाट प्रशोधित प्राकृतिक स्विटनर) महँगो मूल्यमा आयात गर्ने गरिएको छ । यस्ता औषधीजन्य जडीबुटीको राम्रो प्रशोधन गर्ने प्रविधिको विकास गर्न सकेमा हाम्रो प्राचीन आयुर्वेदलाई आधुनिकीकरण गर्दै हालको चिकित्सा पद्धतीय प्रणालीबाट निको पार्न नसकिएका रोगहरूलाई निवारण गर्न सकिन्थ्यो । त्यस्तै लघु उद्योगको स्थापनामार्फत जडीबुटीको प्रयोग गरी दैनिक उपभोगका सामान जस्तै दन्तमञ्जन, साबुन, स्याम्पु, सौन्दर्यका सामग्री (तेल, व्रिmम आदि) बनाएर ठुलो आर्थिक लाभ लिन सकिन्छ । हुन त खाने तेल पेल्ने उद्योग मल्लकालीन नेपालमै फस्टाएका थिए र पनि हालसम्म यस्ता उद्योगले नेपाललाई निर्यातमुखी बनाउन सकेका छैनन् ।चिकित्सा विज्ञानको क्षेत्रमा हालै चीनसँग भएको सम्झौताबमोजिम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर जस्ता जटिल रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण प्रविधिको स्थापना गर्ने कुरा सराहनीय छ । जैविक प्रविधिको प्रयोगद्वारा चिकित्सा विज्ञानका क्षेत्रमा गर्नुपर्ने कतिपय परीक्षण र यस्ता जटिल रोगको उपचारार्र्थ चाहिने कोष तथा तन्तुको उत्पादन तथा प्रयोगको थालनी आफ्नै देशमा गर्न सके अझै राम्रो हुने थियो । हालै मेडिसिटी अस्पतालले आयोजना गरेको ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ अन्तर्राष्ट्रिय सम्मेलनबाट हामी चिकित्सा विज्ञानको क्षेत्रमा कोषबाट उपचार गरिने नवीन प्रविधिका क्षेत्रमा कार्य गर्न उत्सुक छौँ भन्ने स्पष्ट रूपमा देखिन्छ । यस्ता क्षेत्रमा लगानी गर्न ठुलो धनराशि चाहिने भएकोले सरकार र निजी क्षेत्रको समन्वय आवश्यक हुन्छ । आशा गरौँ निकट भविष्यमा हामी हाम्रो अर्थतन्त्रलाई बलियो बनाउँदै विज्ञान र प्रविधि विशेष गरी एक्काइसौँ शताब्दीको आवश्यकता जैविक प्रविधिको उचित र यथेष्ट प्रयोग गर्दै देशलाई आत्मनिर्भर बनाउन अग्रसर हुने छौँ ।  
News
46,423
चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कसले बाजी मार्ला!
नेपाली चलचित्र भन्नेबित्तिकै टाढा भाग्ने दर्शक अहिले नेपाली चलचित्रबारे मन खोलेर बोल्न थालेका छन्। यसको अर्थ यो पनि हो कि केही महिनादेखि नेपाली चलचित्रको बजार माथि उक्लने क्रममा देखिएको छ। यसको ज्वलन्त उदाहरण हो, फागुन १९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ ।
https://gorkhapatraonline.com/news/56253
काठमाडौँ, फागुन २० गते । नेपाली चलचित्र भन्नेबित्तिकै टाढा भाग्ने दर्शक अहिले नेपाली चलचित्रबारे मन खोलेर बोल्न थालेका छन्। यसको अर्थ यो पनि हो कि केही महिनादेखि नेपाली चलचित्रको बजार माथि उक्लने क्रममा देखिएको छ। यसको ज्वलन्त उदाहरण हो, फागुन १९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ । ‘छक्का पञ्जा–४’ राजनीतिक कथावस्तुमा आधारित चलचित्र हो। दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, निर्मल शर्मा र बुद्धि तामाङको चलचित्रको शीर्ष भूमिकामा हुनुहुन्छ। चलचित्रमा  दिग्विजय सिंह ‘राजा’ विशेष कारणले राजनीतिमा आउँछन्। गुण्डादेखि सांसद बन्नका लागि उनले के कस्तो परिस्थितिसँग सङ्घर्ष गर्नुपर्छ भन्ने कथावस्तु वरपर चलचित्र घुमेको छ। चलचित्रलाई गाजलु फेम निर्देशक हेमराज बीसीले निर्देशन गर्नुभएको हो।त्यस्तै अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टार ड्रामा ‘२.० छड्के’ ठेक्का हत्याउन र राजनीतिलाई प्रभावित तुल्याउन गुण्डा–नाइकेबीच हुने सङ्घर्षको कथावस्तुमा वरपर घुमेको चलचित्र हो। चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्नुभएको छ। चलचित्रमा निर्देशक निगमसहित रविन तामाङ, रेशा आलेमगर र कमलमणि नेपालको प्रमुख भूमिकामा देखिनुभएको छ ।‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ एकै दिन प्रदर्शन हुनु दुर्भाग्यपूर्ण भएको नेपाली चलचित्रका शुभेच्छुकको भनाइ छ। एकअर्कासँग इगो राखेर एकै दिन चलचित्र प्रदर्शन गरेको भन्दै दुवै पक्षले क्षति भोग्नुपर्ने अवस्था आएको चलचित्र समीक्षकहरूको टिप्पणी छ।यता ‘६ एकान ६’ देखि छक्का पञ्जाका तीनवटा सिक्वेल सबै सुपरहिट भएकाले यस पटक पनि आफ्नो चलचित्रले राम्रो व्यापार गर्नेमा कलाकार दीपकराज गिरी ढुक्क देखिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामी कुनै मैदानमा फुटबल खेल्न आएका होइनौँ। हामीले दर्शकको अनुसार स्वाद पस्कने हो। जुन हाम्रो चलचित्रमा छ। ‘एकैदिन दुई चलचित्र प्रदर्शन हुनु त झन् राम्रो कुरा हो,” कलाकार गिरी भन्नुहुन्छ, “यसबाट दर्शकले छानी छानी चलचित्र त हेर्न पाउँछन्।”त्यस्तै आठ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल छड्के–२ टिम पनि आफ्नो फिल्म कमजोर नभएको भन्दै राम्रो चल्नेमा विश्वस्त देखिन्छ। हिट चलचित्रको सिक्वेल नभएकाले ‘२.० छड्के ’ को व्यापारिक सफलता सुपर स्टार नायक अनमोल केसीमा निर्भर देखिन्छ। युवापुस्तामा चर्को फ्यान  भएका अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन्।चलचित्र नगरीमा निर्माता, निर्देशक भन्ने गर्छन्, अन्य चलचित्रको दाँजोमा नेपाली चलचित्रले फरक शैली र धारलाई आत्मसात् गरेको छ तर त्यो फरकपन के हो भन्नेबारे अझैसम्म पनि नेपाली दर्शकले महसुस गर्न पाएका छैनन्। एकै पटक दुईभन्दा बढी चलचित्र प्रदर्शनमा आउनुले पनि चलचित्र राम्रो नचल्नु अर्को कारण रहेको हल सञ्चालकहरूको भनाइ छ। यसो हुँदा चलचित्र जुध्ने समस्या एकातिर छ भने अर्कोतिर हलमा पर्याप्त दर्शक आई पुग्दैनन्। चलचित्र चलोस् नचलोस् यहाँका निर्देशक निर्मातालाई आफ्नो चलचित्र चलाउन पाए पुग्छ। निर्माताहरू आफ्नो लगानी कसरी उठाउने भन्ने ध्याउन्नतिर लाग्नाले दर्शकको भित्री चाहनासम्म पुग्न सक्दैनन्। नेपाली चलचित्रको इतिहास हेर्ने हो भने अब यो क्षेत्र पाको भइसकेको छ। पचास वर्षको इतिहास बोकिसकेको नेपाली चलचित्र उद्योगले नेपाली दर्शकमा भने प्रभाव जमाउन अझै सकेको छैन। चलचित्र निर्माणका लागि जुन रूपमा कथाको पक्षलाई सशक्त बनाउनुपर्ने हो, त्यसमै चुकेका छन् निर्देशकहरू। हतारमा कथा बनाउने, छिटो चलचित्रको छायाङ्कन सक्ने, तीनवटा गीत, एक÷दुईवटा द्वन्द्वका दृश्य राखेपछि चलचित्र तयार हुन्छ भन्ने थोत्रो चलन अहिले पनि हाबी छ। अझै पनि चलचित्र क्षेत्रमा बौद्धिक जमातको अभाव देखिन्छ। पढेर आएकाले नयाँ प्रयोग त गर्न खोज्छन् तर तिनीहरूमा यहाँको रोगले छुन धेरै समय लाग्दैन। हतारमा काम सकाउने र फुर्सदमा पछुताउने यहाँ धेरै छन्। एकै दिन प्रदर्शनमा आएका चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कलाकार र ब्रान्डको हिसाबले अवश्य राम्रो व्यापार गर्ने चलचित्र देखिन्छ तर भिडन्तको हिसाबले कसले बाजी मार्ने हो त्यो हेर्न भने केही दिन कुर्नै पर्ने हुन्छ।  
News
44,580
बेनीको गाईजात्रामा युवाको सहभागिता
बेनीमा युवा र पाका पुस्ता मिलेर गाइजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाइजात्रामा सहभागी भएका छन् । गाइजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।
https://gorkhapatraonline.com/news/76965
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ १५ गते । बेनीमा युवा र पाका पुस्ता मिलेर गाईजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाईजात्रामा सहभागी भएका छन् । गाईजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।  जनै पूर्णिमाका अवसरमा नेवार समुदायले बजारमा गाईजात्रा निकालेका छन् । बर्खे नाच अन्तर्गत बिहीबार र शुक्रबार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन् । नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउने परम्परागत प्रचलन छ ।  वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले सापारु निकाल्ने प्रचलन छ । सापारुलाई नेपालीमा गाईजात्रा भन्ने गरिन्छ । दिवंगतहरुको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाइजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरेर बाच्न प्रेरित गर्ने भनाइ रहेको नेवार समुदायका अगुवा दिनेशनारायण श्रेष्ठले बताउनुभयो । नागनागिनीको भेषमा गीत गाउँदै नाच्ने प्रचलन पनि छ । गाईजात्रा बेनीमा नेवार समुदायको बसोबास भएदेखि नै देखाउने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो । मानिसलाई गाईको रुपमा शृङ्गारपटार गरेर बजार परिक्रमा गराउने प्रचलन छ । गाईजात्राका अवसरमा एक वर्षको अवधिमा दिवंगत भएका आफन्तको सम्झनामा बेनीमा नेपाल भाषा मंकाखल र ल्याम्ह पुचले एक वर्षभित्र दिवंगत भएका नेवार समुदायका घर–घरमा पुगेर तायमचा र नागनागिनी नाच प्रस्तुत गरेका छन् । मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ । गीत गाउने र नाच्ने युवाहरु छन् । साना–साना बालबालिकाहरु पनि नागनागिनीको भेसमा नाचिरहेका छन् । पुरानो मौलिक संस्कृति हामी युवाहरुले पनि सिक्न आवश्यक छ जेनेश श्रेष्ठले भन्नुभयो, ‘‘हाम्रो मौलिक संस्कृति संरक्षण गर्ने दायित्व युवाहरुको हो । त्यसैले मैले यस वर्षदेखि नागनागिने नाचमा नगिनीको भेषमा नाचिरहेको छु ।’’ 
News
54,017
आश्रमको जग्गामा व्यक्तिको रजाइँ
दाङ जिल्लाको लमही बजारको पूर्वीक्षेत्र बाक्लो बस्ती र अग्ला घरले भरिएको छ । बाँकी रहेको खाली जग्गा पनि घरहरूले भरिँदै जान थालेको छ । यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न त घर बनाउनेलाई छ न त जग्गा बिक्री गर्नेलाई नै छ । यो जग्गा सरकारी वा व्यक्तिगत कोही कसैको होइन, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम गुठीको हो ।
https://gorkhapatraonline.com/news/24301
दिवाकर पोखरेलदेउखुरी, भदौ २३ गते । दाङ जिल्लाको लमही बजारको पूर्वीक्षेत्र बाक्लो बस्ती र अग्ला घरले भरिएको छ । बाँकी रहेको खाली जग्गा पनि घरहरूले भरिँदै जान थालेको छ । यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न त घर बनाउनेलाई छ न त जग्गा बिक्री गर्नेलाई नै छ । यो जग्गा सरकारी वा व्यक्तिगत कोही कसैको होइन, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम गुठीको हो । लमही नगरपालिकाको अर्नहवा क्षेत्रमा मात्रै आश्रमका नाममा ४० बिघा जमिन छ । लमही बजारसँगै रहेको सो जग्गाको मूल्य करोडौँको छ तर पनि आश्रमको जग्गा भित्रभित्रै सुटुक्क किनबेच हुने गरेको छ ।  प्रशस्त धान फल्ने जग्गा सुटुक्क किनबेच हुन थालेसँगै घर तथा भवन बन्दै गर्दा स्वर्गद्वारी आश्रम गुठीको जग्गाको नामनिसाना नै हराउने चिन्ता बढेको छ । आश्रमको मुख्य आम्दानीको स्रोत रहेको जग्गा नै हराउन थालेपछि आयआर्जनमा समस्या थपिएको छ । घोराही र लमहीको वनगाउँमा रहेको आश्रममा पालिएका गाईलाई दानापानी पु¥याउन धौधौ पर्ने गरेको छ । आश्रमका वटुकको खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ । स्वर्गद्वारी र सहायक आश्रम वनगाउँ घोराहीमा गरी सात सय गाई छन् । तिनलाई आवश्यक पराल पु¥याउन पनि गाह्रो छ ।  स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले गाईका लागि वार्षिक ९० लाख रुपियाँको पराल किन्नु परेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वर्गद्वारी आश्रमका नाममा २६ हजार रोपनी जग्गा छ । कोचिबाङमा १४० रोपनी खेत, रोल्पाको रुन्टीमा १३ रोपनी, दाङमा ९३४ बिघा जग्गा छ । त्यसमध्ये ३० बिघा जमिनको आय मात्रै आश्रमलाई प्राप्त हुन्छ । बाँकी जग्गा व्यक्तिहरूले  कब्जा गरिरहेका छन् । उक्त जग्गा भोगचलन गरिरहेका किसानसँग वार्षिक दुईदेखि पाँच क्विन्टलसम्म अन्न दिने सम्झौता भएको बताइएको छ । धेरैजसो जग्गा लमही, घोराही, रामपुर र टरिगाउँमा छ । २०२८ सालमा मोहीलाई केही जग्गा नामसारी गरिएको थियो । आश्रमको नाममा अझै पनि जिल्ला भूमिसुधार कार्यालयको फिल्ड बुकमा २१७ जना किसान मोही रहेको उल्लेख छ । स्वर्गद्वारी आश्रमको तथ्याङ्क अनुसार आठ सयभन्दा बढी व्यक्तिले जग्गा अतिक्रमण गरेका छन् । गुठीको जग्गा अतिक्रमणकारीलाई राजनीतिक दलका नेता तथा कार्यकर्ताको संरक्षण रहेको छ । त्यसैले  ती जग्गा खाली गराउन कठिन भइरहेको   आश्रमका अधिकारी बताउँछन् । आश्रममा १०९ वटुकले अध्ययन गरिरहेका छन् । आर्थिक अभावका कारण विद्यार्थीलाई दिइने सेवासुविधासमेत कटौती गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । आश्रमको नाममा करोडौँ मूल्यको जग्गा भए पनि उपयोग गर्न नसक्दा आर्थिक अभाव खट्किँदै गएको छ । अचेल आश्रमको मुख्य आम्दानी स्रोत भनेकै भक्तजनको भेटी भएको छ ।   
News
61,696
देउताको डरले घरै विरानो
महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।
https://gorkhapatraonline.com/news/22775
गोकर्ण दयालबैतडी, भदौ ७ गते । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता रिसाउने डरले घर छाडेर छिमेकी गाउँको गोठमा बस्ने कुप्रथा रहेको मेलौली नगरपालिका–८, का वडाध्यक्ष तपेन्द्र विष्टले जानकारी दिनुभयो । छाउ भएका बेला छिमेकी गाउँको गोठमा चार दिनसम्म बस्नु पर्दा यौन दुव्र्यवहार, सर्पदंश र चितुवाको डर हुने गरेको उहाँले बताउनुभयो । यौन दुव्र्यवहारका त एक/दुईवटा घटना नै भएको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँमा बिजुली बत्ती नहुँदा अँध्यारो गोठमा रात काट्नु पर्दा महिला र किशोरीहरू असुरक्षित रहेको पाइएको छ ।विडम्बना त के छ भने महिनावारी भएका महिला र किशोरी घरबाहिरको काम गर्न भने दिनभरि गाउँमा आउन पाउँछन् । घाँस काट्न, दाउरा बोक्नेजस्ता कठिन काम गर्न भनेँ महिलालाई दिनभरि गाउँघर आउन छुट हुन्छ । तर रात परेपछि घर छाडेर छिमेकी गाउँको गोठमा बास बस्न जानुपर्ने बाध्यता रहेको स्थानीय किशोरी समूहकी संयोजक पुष्पा विष्टले बताउनुभयो ।  छाउपडी प्रथाविरुद्ध गाउँमा किशोरी समूह सक्रिय भए पनि कुप्रथा हट्न नसकेको किशोरी पुष्पाको भनाइछ । देउताको डरले महिनावारी भएका महिला आफैँ छाउपडी प्रथामा जकडिएकाले समस्याको सुनुवाइ नभएको उहाँले बताउनुभयो ।किशोरी समूहकी संयोजक विष्टले भन्नुभयो, “महिनावारी सरसफाइ स्वच्छताका विषयमा दुर्गम गाउँमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै कार्यक्रम हुँदैनन् । किशोरीले भनेका कुरा कसैले सुन्दैनन् । महिनावारी मात्रै होइन, सुत्केरी भएका बेला ११ दिनसम्म अर्को गाउँको अँध्यारो गोठमा रात काट्नुपर्छ ।”छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि फितलो कार्यान्वयनले सुदूरपश्चिमको बैतडीलगायतका जिल्लाबाट छाउपडी प्रथा हट्न नसकेको उहाँले बताउनुभयो । दुर्गम ग्रामीण क्षेत्र छाउपडी प्रथाविरुद्ध किशोरीहरूले अभियान सञ्चालन गरे पनि महिलाबाटै सहयोग नमिलेको किशोरीहरूको गुनासो छ । गाउँमा देउताकै डरले पुरुषहरूले पनि घरको माथिल्लो तलामा खाट लगाएर सुत्न नपाउने चलन छ । घर बनाउँदा पनि दुई तलाभन्दा बढी बनाउने र मन्दिरतर्फ दृष्टि पर्ने गरी खोलादेली (ढोका) राख्न नपाइने प्रचलन रहेको वडाध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो ।    
News
61,912
सिन्धुली र रामेछाप फाइनलमा
प्रथम माझी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सिन्धुली र रामेछाप भिड्ने भएका छन् । मकवानपुरको बकैया गाउँपालिका-४ स्थित जुरेली मैदानमा शुक्रबार सेमिफाइनलमा रामेछापले मकवानपुरलाई २-० र सिन्धुलीले सुनसरीलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
https://ekantipur.com/sports/2019/10/26/157205670561682322.html
मकवानपुर — प्रथम माझी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सिन्धुली र रामेछाप भिड्ने भएका छन् । मकवानपुरको बकैया गाउँपालिका-४ स्थित जुरेली मैदानमा शुक्रबार सेमिफाइनलमा रामेछापले मकवानपुरलाई २-० र सिन्धुलीले सुनसरीलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।सिन्धुलीको जितमा रामकुमार माझीले ह्याट्रिक गरे । उनले सुनसरीविरुद्ध ८, १० र ६५ औं मिनेटमा गोल गरेका थिए । सुनसरीबाट एकमात्र गोल गंगाराम माझीले खेलको २६ औं मिनेटमा गरे । राजकुमार म्यान अफ द म्याच घोषित भए । रामेछापलाई जिताउँदा मनोज माझीले ३४ र नवीन माझीले ३७ औं मिनेटमा गोल गरे । मकवानपुरले आफ्नो घरेलु मैदानमा भने कुनै चमत्कार देखाउन सकेन । फाइनल शनिबार हुनेछ । माझी समुदायका खेलाडीमात्र सहभागी प्रतियोगिता विजेताले एकलाख, उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Sports
26,309
तीर्थकुमारी थापाका गीतमा झुमे दर्शक
लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई अन्नपूर्ण चेम्बर अर्केस्ट्राले आयोजना गरेको हो । 
https://ekantipur.com/entertainment/2023/11/25/the-audience-swayed-to-the-song-of-tirtha-kumari-thapa-23-38.html
काठमाडौँ — लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई अन्नपूर्ण चेम्बर अर्केस्ट्राले आयोजना गरेको हो । शुक्रबार राष्ट्रिय नाचघर जमलमा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकारसमेत रहेका छोरा सुरज थापाले उनलाई साथ दिए । 'डाँडामाथि बिहानै'बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् । ५ दशकदेखि लोकसंगीतमा सक्रिय थापाले 'म त खाँदिनँ कुवाको पानी हो', 'ढुङ्गे बगर माया', 'झम्के फूली, नाकैमा बुलाकी', 'उकालीमा पनि हजुर मोटर जाँदो रैछ', 'बारीको डिलमा ओखरबोट', 'माछी मार न हे दाइ हो'लगायत गीत गाउँदा दर्शक गीतमा झुमे । 'झम्के फूली'माथिको अन्तिम प्रस्तुतिपछि दर्शकले 'माछी मार न'को फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुन: गाइन् । कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । 'दाइ काँ को'बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए । 'मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,' सुरजले भने । २०२८ सालमा रेडियो नेपालमा रेकर्डिङ गर्दै गायन यात्रा थालेकी गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
Entertainment
7,387
हुम्लामा बन्न लागे आरसीसी भवन
दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।
https://gorkhapatraonline.com/news/55751
राजन रावतहुम्ला, फागुन १५ गते । दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।  ताँजाकोट गाउँपालिका –३ का नरवीर थापाले पहिलो पटक गाउँमा आरसीसी पिलर भएको पक्की भवन निर्माण सुरु गरेको बताउनुभयो । उहाँले सिमेन्ट, छड र सरिया सस्तो भएपछि आरसीसी भवन बनाउन सुरु गरेको बताउनुभयो । पानी चुहिने समस्याबाट मुक्ति पाउन, सुरक्षित रहन र भूकम्पबाट जोगिन समेत आरसीसी भवन निर्माण गरिएको बताउनुुभयो । उहाँले तीनकोठे दुईतले आरसीसी भवनको निर्माण सुरु गर्नुभएको छ । सो भवन पूर्णरुपमा सम्पन्न गर्न साढे बाइस लाख लगानी लाग्ने बताउनुभयो । त्यसैगरी अर्का स्थानीय छत्र मल्लले पनि नयाँ आरसीसी भवनको निर्माणको काम सुरु गर्नुभएको छ । ढुङ्गा माटोको कच्ची घर निर्माण गर्दा र आरसीसी भवन निर्माण गर्दा लागतमा केही फरक पर्ने भएका कारण पनि पक्की घर निर्माण गरिएको बताउनुभयो । यसरी दुर्गमका बस्तीमा पक्की घर निर्माण हुनुको मुख्य कारण गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिनु रहेको बताउनुभयो । यसरी आरसीसी भवन निर्माण गर्ने क्रम सडक सञ्जाल जोडिएका अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिकामा सुरु भएको छ ।  
News
58,152
मेसी फर्किए बार्सिलोनाको अभ्यासमा
बार्सिलानाका सर्वाधिक गोलकर्ता लियोनल मेसी सोमबार क्लबको अभ्यासमा फर्केका छन् । क्लब छाड्ने निर्णय फेरेका ३३ वर्षीय मेसीले आफ्नो ‘रिलिज’ बुँदा कारण यो निर्णय पूरा हुन नसक्ने बताएका थिए ।
https://ekantipur.com/sports/2020/09/08/15995299796203747.html
बार्सिलोना — बार्सिलानाका सर्वाधिक गोलकर्ता लियोनल मेसी सोमबार क्लबको अभ्यासमा फर्केका छन् । क्लब छाड्ने निर्णय फेरेका ३३ वर्षीय मेसीले आफ्नो ‘रिलिज’ बुँदा कारण यो निर्णय पूरा हुन नसक्ने बताएका थिए ।क्लबले नयाँ प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेपछि मेसी बार्सिलोनमा अभ्यास गरेको यो पहिलो पल्ट हो । बार्सिलोनाले स्पेनी ला लिगाको आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा भिल्लारियलविरुद्ध खेल्नेछ ।मेसीले सुरुवाति अभ्यास भने एक्लै गरे । यस्तै बायर्न म्युनिकबाट ऋणमा फेरि बार्सिलोना फर्केका फिलिपे कोउटिन्होले पनि एक्लै अभ्यास गरेका छन् । बाँकी खेलाडीले भने सामूहिक अभ्यास गरेका थिए ।
Sports
24,601
हसनालाई मिस नेवाः वर्ल्डको उपाधि
मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डङ्गोलले हात पार्नुभएको छ। राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डङ्गोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो।
https://gorkhapatraonline.com/news/51373
काठमाडौँ, माघ ४ गते । मिस नेवाः  वर्ल्ड ११४३ को उपाधि हसना डङ्गोलले हात पार्नुभएको छ।  राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डङ्गोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो। यस्तै आर्या महर्जन फस्ट रनरअप घोषित हुँदा रितिशा वज्राचार्य सेकेन्ड रनरअप तथा स्नेहा खड्गी थर्ड रनरअप हुनुभयो।   
News
44,735
ब्रिटिश गोर्खा: सन् २०२० सम्म महिला पनि भर्ती हुने
ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ।
https://www.bbc.com/nepali/news-44848314
नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ। भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन। त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ। 'उचित' बीबीसी नेपाली सेवालाई दिएको लिखित जवाफमा ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले 'महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको' बताएका छन्। ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोप, सीबीईले यो निर्णयले ब्रिटिश सेनाको खुलापन र विविधता प्रतविम्बित गर्ने बताए। बीबीसी नेपाली सेवालाई उपलब्ध उनको टिप्पणीअनुसार यो नीति महिलाहरूलाई पनि स्थलगत लडाइँमा प्रत्यक्ष सहभागी हुने अवसर दिने ब्रिटिश सरकारको निर्णय अनुरूप नै छ। "ब्रिगेड अफ गुर्खाज सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुनेछ," उनले भने। योग्यता छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी हुनुपर्छ। उनीहरू आठ चोटि 'अन्डर्आर्म हीभ' गर्न सक्षम पनि हुनुपर्छ। छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ। भर्ना प्रक्रिया पोखरामा हुनेछ। छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन्। इतिहास सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए। सन् १९४७ मा भारत विभाजित भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भयो। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिए। तिनै रेजिमेन्टहरू मिलाएर ब्रिग्रेड अफ गुर्खाजको गठन भयो। सङ्ख्या घट्दो द्वितीय विश्वयुद्धका बेला गोर्खा सैनिकको सङ्ख्या सर्वाधिक अर्थात् एक लाख बाह्र हजार थियो। प्रथम र द्वितीय विश्वयुद्धमा दुई लाख ३० हजार भन्दा बढी गोर्खा सैनिकहरू सहभागी भएका बताइन्छ। तर पछि उनीहरूको सङ्ख्या घट्यो। अहिले झन्डै तीन हजार गोर्खा सैनिक सेवामा छन्। युद्धभूमिमा जाँदा आधुनिक हतियारबाहेक अहिले पनि उनीहरू परम्परागत हतियार १८ इन्च लामो खुकुरी बोक्छन्। जोआना लम्लीसंगको कुराकानी
Others
65,325
शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : मन्त्री डा.महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’
https://gorkhapatraonline.com/news/70573
काठमाडौं, असार २५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’’पब्लिक क्याम्पस ठुलो सङ्ख्यामा देशैभर फैलिएको छ । पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको मन्त्री डा. महतले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘विद्यार्थीलाई एटेन्सन गर्ने सबभन्दा ठुलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसहरूले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा छ ।’’मन्त्री डा. महतले थप्दै भन्नुभयो, ‘‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरू कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेण्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्याप्त छ । यसलाई रिभर्स गर्नुपर्ने आजको आवश्यकता छ ।’’आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएको छ । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रवृत्तिमा सीमित मान्छे जान्थे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान म पूर्ण छात्रावृत्तिमा चुनिएँ । तर म प्रजातन्त्रका लागि लडिरहेको योद्धा थिएँ, नेपाल विद्यार्थी सङ्घको नेतृत्व पनि गर्थेँ । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने बित्तिकै उनीहरूले पासपोर्ट पाउँदैनथे । मैले पनि नपाउने भएँ । तर त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ ।’’मन्त्री डा. महतले भन्नुभयो, ‘‘मान्छेले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गछौं । हरेक व्यक्तिले आफ्नो क्षमता प्रयोग गर्न राज्यले सहयोग गर्नुपर्छ, त्यसलाई निषेध गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’’
News
42,412
वडाध्यक्षद्वारा विद्यार्थीलाई न्यानो कपडा
घोराही उपमहानगरपालिका ९ का अध्यक्षले तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूले प्राप्त गरेको तलबबाट विद्यार्थीलाई जाडो मौसम सुरु भएपछि स्विटर वितरण गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/46860
गोकर्ण पौडेल तुलसीपुर, मङ्सीर १७ गते । घोराही उपमहानगरपालिका ९ का अध्यक्षले तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूले प्राप्त गरेको तलबबाट विद्यार्थीलाई जाडो मौसम सुरु भएपछि स्विटर वितरण गर्नुभएको हो । सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालयका ९२ जना विद्यार्थीलाई उहाँले स्विटर वितरण गर्नुभएको हो । वडाध्यक्ष हुनुपूर्व नै विभिन्न सामाजिक कार्यमा संलग्न रहनुभएका शाहले विद्यालयमा अनुगमनका क्रममा पुग्दा चार जना विद्यार्थीले मात्रै स्विटर लगाएको देखेपछि अन्य विद्यार्थीलाई स्विटर वितरण गर्नुभएको बताउनुभयो । वडाध्यक्ष शाहले भन्नुभयो– “विद्यालयमा पुग्दा चार जना विद्यार्थीले मात्रै स्विटर लगाएको देखेँ अन्यलाई सोध्दा बुवाआमा घरमा नभएको, आर्थिक अवस्था अत्यन्त कमजोर भएको जवाफ पाएपछि न्यानो कपडा वितरण गरेँ ।” अध्यक्ष शाहले वडाभित्र रहेका अन्य विद्यालयमा रहेका विपन्न समुदायका बालबालिकाका लागि न्यानो कपडा वितरण, शैक्षिक सामग्रीका लागि वडाबाट तीन लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको बताउनुभयो । 
News
42,973
पाँच दिनमा हाल्यान्डको दोस्रो ह्याट्रिक
इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।
https://ekantipur.com/sports/2023/03/19/167918744417878212.html
लन्डन — इर्लिङ हाल्यान्डले पाँच दिनमा गरेको दोस्रो ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराएर सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।सिटीले च्याम्पियनसिप लिगको शीर्ष स्थानमा रहेको टिममाथि एतिहाडमा प्राप्त यस जितमा जुलियन एल्भारेजले दुई गेल गरे र एक गोल कोल पाल्मरको नाममा रह्यो ।
Sports
17,998
३०९ स्थानीय तहमा बाल अधिकार समिति गठन
चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा देशभर ३०९ स्थानीय तहमा बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । 
https://ekantipur.com/news/2024/05/26/309-formation-of-child-rights-committee-at-local-level-17-25.html
काठमाडौँ — चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा देशभर ३०९ स्थानीय तहमा बालअधिकार समिति गठन तथा सञ्चालन भएका छन् । आइतबार सार्वजनिक चालु आर्थिक बर्षको आर्थिक सर्भेक्षण अनुसार गत फागुनसम्म ३०९ स्थानीय तहमा स्थानीय बाल अधिकार समिति गठन तथा सञ्चालन भएका उल्लेख छ । सर्वेक्षणअनुसार ३०३ स्थानीय तहमा मात्रै बाल कल्याण अधिकारी तोकिएका छन् । यसैगरी २४६ स्थानीय तहमा बाल कोष स्थापना भएको छ । यस अवधिमा ३७३ स्थानीय तहमा बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनसम्बन्धी कार्यविधि तर्जुमा भएको छ ।
News
3,074
कठघरामा उभिएको संघीयता
यति बेला हामीले अवलम्बन गरेको संघीयतामाथि प्रश्न उठेको छ । यो प्रश्न अरु कसैले नभएर जनता स्वयंले खडा गरेका हुन् । त्यसैले यो गम्भीर र संवेदनशील छ । कुनै दल वा नेतामाथि दोष थोपरेर उम्किने अवस्था छैन । परिवर्तनका लागि लडेका सबै राजनीतिक शक्तिले सामुहिक रुपमा सोच्नु, सच्चिनु र समाधानमा पुग्नु वाञ्छनीय छ ।
https://ekantipur.com/opinion/2023/09/27/federalism-standing-in-court-45-43.html
यति बेला हामीले अवलम्बन गरेको संघीयतामाथि प्रश्न उठेको छ । यो प्रश्न अरु कसैले नभएर जनता स्वयंले खडा गरेका हुन् । त्यसैले यो गम्भीर र संवेदनशील छ । कुनै दल वा नेतामाथि दोष थोपरेर उम्किने अवस्था छैन । परिवर्तनका लागि लडेका सबै राजनीतिक शक्तिले सामुहिक रुपमा सोच्नु, सच्चिनु र समाधानमा पुग्नु वाञ्छनीय छ ।यद्यपि विश्वमा संघीयताका धेरै मोडल छन्, तथापि हामीले नेपालको संघीयताको मोडल आफ्नै विशेषतामा आधारित भएर बनायौं । आपसी सहयोग, समन्वय र समझदारीबाट राज्यका सबै तह संचालन हुने मोडल हामीले बनायौं । नेपालको संविधान र कानुनले संघीयतालाई अपरिवर्तनीय मानेको छ । जनक्रान्तिको एउटा महत्वपुर्ण उपलब्धि हो संघीयता । यो तलमाथि हुँदा धेरै चीज भत्किने खतरा छ । अर्थात्, व्यवस्थामाथि नै प्रश्नचिह्न खडा हुन सक्छ । त्यसकारण यसको अभ्यासका क्रममा देखिएका समस्याबारे संवेदनशील हुन जरुरी छ । जनतामा यतिखेर संघीयताप्रति असाध्यै नकारात्मक धारणा बनिरहेको छ र यो सत्यतर्फ हाम्रो ध्यान जानैपर्छ । संघीयता खारेज हुनुपर्छ भनी जनताको स्वतन्त्र आवाज बनिरहेको छ । जनतामा यस्तो भावना किन आयो ? राजनीतिक दलहरूले यसको समीक्षा गर्नुपर्छ र जवाफ खोज्न जरुरी छ ।दलहरूले यो नयाँ संरचनाको जग बसाल्न र प्रयोग गर्न जानेनन् । एकात्मक राज्य संरचनाबाट संघीयतामा जादै गर्दा दलहरूको भावना असाध्यै पवित्र थियो । सिंहदरबारमा केन्द्रीत अधिकारलाई जनताको घरआँगनसम्म पुर्याउने, समन्यायिक विकास गर्ने, विकास प्रकृयालाई सहज तुल्याउने र जनताको सेवा प्रवाहलाई छिटो–सजिलो बनाउने वाचा गरिएको थियो । तर व्यवहारमा पवित्रता देखिएन । उल्टो आफ्नै सुविधा वृद्धि, विवाद र उल्झनमा संघीयताका अवयवहरू रुमलिए ।काम हुँदै नभएको पनि होईन । जस्तो कि, प्रदेशहरूको केन्द्र तोक्ने र नामांकन गर्ने जस्ता महत्वपुर्ण कामहरू भए । काम गर्नका लागि आवश्यक कानून र संरचना निर्माणको पाटोमा केही काम अवश्य भएको छ, तर यीसँग जनताको खासै चासो हुँदैन । जनताको सरोकार त सेवा प्रवाहमा सहजता आयो कि आएन, कार्यालयहरूमा काम छिटो र सहजै भयो कि भएन, घूस वा कमिशन दिनुपर्यो कि परेन, सुशासनको अवस्था कस्तो रह्यो, जनप्रतिनिधि र कर्मचारीहरूको बोली–व्यवहार कस्तो रह्यो, जनप्रतिनिधिहरू विकासमा केन्द्रित भए कि भएनन्, विकासका कामहरू कसरी अगाडि बढाइए भन्नेमा हुन्छ । यी पक्षलाई परिवर्तित राज्य संरचना अर्थात् संघीयताको मानक मान्दा जनतामा असन्तुष्टी चुलिँदै गएको देखिन्छ । हाम्रो मुलुकमा संघीयताको अभ्यास कसरी भैरहेको छ, एक छिन यतापट्टि हेरौं ।संघीयताको मुटुका रुपमा रहेका सात प्रदेशका सरकार र संसद् जनअपेक्षा अनुरुप चल्न सकेका छैनन् । कोशी प्रदेश आफ्नो नाम राख्न त सफल भयो तर त्यसविरुद्ध त्यहाँका जनजातिका विभिन्न समूह आदिवासी जनजातिकै थर–जात बुझिने गरी नामांकन गरिनुपर्ने भनेर आन्दोलनमा उत्रिरहेका छन् । विडम्बना त के भने, प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले माओवादीलाई बहुमत दिए जातीय आधारमा प्रदेशको नामांकन गर्ने बताएर विवादलाई झनै मलजल गरे र पुनश्चः देशमा जातिहरूबीचको सद्भावलाई बिथोलेर आफ्नो स्वार्थसिद्ध गर्ने दुष्प्रयास गरे । उनले सुल्झिसकेको विषयलाई उल्झाउने काम गरे । यस घटनाबाट देशमा संघीयताप्रति असाध्यै नकारात्मक धारणा फैलिरहेको छ । यसको साथसाथै कोशी प्रदेशमा संसद्भित्रको गणितका कारण सरकार बनाउनै कठीन छ । जेनतेन सरकार बनिहाले पनि विश्वासको मत पाउन नसक्नाले वा त्यस विषयमा अदालतमा हुने गरेको मुद्दामामिला, फैसला र यस क्रममा भएका नैतिक मुल्यहीन राजनीतिक अभ्यासका कारण संघीयताप्रति जनताको आस्था चकनाचूर भएको छ । यसका लागि सत्ताका लागि केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको सत्ता गठबन्धन जस्तोसुकै हर्कत गर्न पछाडि परेन । यतिसम्म कि, सभामुख जस्तो साझा व्यक्तिलाई संविधान र संसदीय मूल्यविपरीत सरकार निर्माण प्रकृयामा सामेल गराई मतदान गर्न लगाईयो । अरु सेवा प्रवाह र विकासको कुरा त मृगमरीचिका भएको छ । बजेट नै अध्यादेशबाट ल्याउनुपर्ने अवस्था बनेको छ ।यसरी नै मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशहरू आपसी कलह र द्धन्दमा फसेका छन् । संसद् र सरकार दुवै सहज रुपमा संचालन हुन सकिरहेका छैनन् । सरकार जोगाउनमै जोडघटाउ चलिरहेको छ, यही नै दिनचर्या बनिरहेको छ । स्पष्ट बहुमत कुनै दलको नहुँदा गठबन्धन गर्नुपरेको छ । सरकारलाई दिइएको समर्थन आफ्नो स्वार्थसिद्ध नहुँदा फिर्ता लिइएला र सरकार गिर्ला भन्ने तनावले सत्ता नेतृत्व जहिले पनि ती दल र तिनका नेताको रखवारी गर्नमै व्यस्त छ । जनताका काम, विकास र समृद्धिका योजनाहरूमा कुनै पनि सरकारको ध्यान जान सकेको छैन । गएको आर्थिक वर्षको बजेट कार्यान्वयनको पक्ष हेर्ने हो भने विकास–निर्माणको अवस्था कस्तो रह्यो, छर्लंग हुन्छ । हतारमा बजेट सक्ने र बजेट कार्यान्वयनको अंक बढाउँदै निजी लाभसमेत गर्ने गलत उद्देश्यबाट प्रेरित गुणस्तरहीन विकास–निर्माण भनेर बदनाम भएको असारे विकासमा भएको पूँजिगत खर्चको समेत हिसाब हेर्दा प्रदेशहरूको विकास खर्च असाध्यै दयनीय छ । त्यो करीब ५० प्रतिशतमा सीमित छ । विकासको योजना निर्माण र कार्यान्वयन दुवै हिसाबले प्रदेश सरकारहरू कमजोर छन् । बजेट तर्जुमामा पनि नीतिगत स्पष्टता आउन सकेको छैन । मध्यमस्तरका विकास योजना निर्माण, कार्यान्वयन र समानुपातिक विकासको अवधारणा अनुसार देशैभरि विकास गर्ने उद्देश्यले राज्यको पुनर्संरचना गरिएको हो । यद्यपि त्यस अनुसार कतै पनि काम हुन सकेको छैन । विनियोजित बजेटमा पनि कमिशन र भ्रष्टाचारको चक्कर चलिरहेको छ । यसले गर्दा जनतामा निराशा र असन्तुष्टी व्यापक छ । जनताको जीविकाको सवाल र आमदानी वृद्धितर्फ कुनै चासो, सरोकार र योजना छैन तर विभिन्न नाममा कर असुलेर जनताको ढाड सेक्ने काममा भने तीनै तहका सरकारहरू तल्लीन छन् । जनतालाई कसरी सुविधा दिने भन्नेमा ध्यान हुनुपर्नेमा दस्तुर असुल्ने, रवाफ जमाउने र आफ्नो सुविधा बढाउनेमा जनप्रतिनिधिहरूको सारा ध्यान गयो । मौका छोप्ने र निजी लाभ उठाउने प्रवृत्ति हावी भयो । अरु केन्द्र र स्थानीय दुई संरचना त पहिले पनि मौजूद थिए । तिनीहरूको आवश्यकता जनताले महशुस गरिरहेकै छन् । प्रदेश संरचना संघीयताको मूल मर्म हो । तथापि प्रदेश सरकार र संसद् भने जनतामा पटक्कै स्थापित हुन सकेका छैनन् । अर्थात्, राजनीतिक दलहरूले यसको औचित्य र आवश्यकता व्यवहारबाट सिद्ध गर्न सकेका छैनन् ।राज्यको प्रदेश संरचना विस्थापित हुनुका केही कारण छन् । ती हुन्— सरकार सहज रुपमा बन्न नसक्नु, राष्ट र जनताका मुद्दामा दलीय स्वार्थ र निजी हित हावी हुनु, विकासका ठोस योजना बन्न नसक्नु र बनेका योजना पनि कार्यान्वयन नहुनु, बजेट सन्तुलित नीतिका आधारमा नभएर शक्तिका आधारमा बन्नु, बजेटको कार्यान्वयन नहुनु, विकास योजनामा कमिशनको चक्कर देखिनु, घूस र भ्रष्टाचार व्यापक हुनु, सेवा प्रवाहमा व्यापक ढिलासुस्ती देखिनु, जनतालाई विभिन्न नाममा करको भारी बोकाउनु, जनप्रतिनिधिहरू आफ्नो सेवासुविधा वृद्धिमा तल्लीन देखिनु, दलहरू सरकार बनाउन वा टिकाउन वा गिराउनका लागि जस्तोसुकै अवाञ्छित गतिविधि गर्न पनि तयार देखिनु, अनावश्यक मन्त्रालय थप्नु, सरकारको आकार ठूलो बनाउनु, राज्यको व्ययभार बढाउन किञ्चित् असहज नमान्नु । त्यस्तै, मन्त्रालय, संसदीय पदाधिकारी, समितिहरू गाडी, स्वकीय सचिव, कार्यालय आदिका लागि राज्यको अर्बौं खर्च हुन्छ, तर उपलब्धि खासै केही छैन । अर्थात्, यी संरचना राज्यलाई बोझ बनिरहेका छन् । प्रदेश संरचना विस्थापन गरेर स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउँदा राज्यको व्ययभार घट्ने र उक्त बजेटलाई विकासमा लगाउन सकिने तर्कमा जनता पुगेको सहज अनुभूति गर्न सकिन्छ । जनतामा प्रदेश सरकार र संसद्का सन्दर्भमा गहिरिँदै गएको नकारात्मक धारणा र अहिलेका प्रदेश सरकार र संसद्को संचालन शैलीका कारण प्रदेश अर्थात् मुलुकको संघीय ढाँचा नै कठघरामा उभिन पुगेको छ । यदि दलहरूले यो ढाँचालाई बलियो बनाएर अगाडि जाने सोच्ने हो भने यसबारे ठोस निर्णय र पहल लिन जरुरी छ । अन्यथा जनता सडकमा पोखिने खतरा छ । कठघरामा खडा भैरहेको संघीयतालाई वाञ्छित सफलतासाथ स्थापित गरेरै अगाडि बढ्ने हो भने परिवर्तनकामी राजनीतिक दलहरूले केही ठोस राजनीतिक निर्णय लिँदै संविधान संशोधन गर्नु जरुरी छ । यसबारेमा ठोस रुपमा यसरी चर्चा गर्न सकिन्छ-१. संघीय संसद्मा मिश्रित निर्वाचन प्रणालीलाई विस्थापन गर्दै प्रत्यक्ष मात्र कायम गर्ने । प्रत्यक्षमै समावेशी प्रतिनिधित्वको व्यवस्था मिलाउन जोड दिने । राष्ट्रिय सभालाई वाञ्छित सिट बढाई समावेशी सभाका रुपमा स्थापित गर्ने । प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधित्वको घाटालाई राष्ट्रिय सभाबाट पूर्ति गर्न कोसिस गर्ने ।२. प्रदेश सरकारमा सात सदस्यभन्दा बढी मन्त्री र मन्त्रालय राख्न नपाइने किटानी व्यवस्था गर्ने । सरकारको न्यूनतम स्थायित्वको सुनिश्चितता लागि कुनै दलले बहुमत पुर्याएर सरकार बनाईसकेपछि फेरि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाउने र सरकार बनिसकेपछि लगातार दुई वर्षसम्म काम गर्न पाउने स्पष्ट कानुनी प्रबन्ध गर्ने ।३. जिल्ला समन्वय समितिको संरचनात्मक व्यवस्था हटाउने । पालिकाहरूमा आउन सक्ने विवादको समाधानका लागि पहल लिने अधिकार र कर्तव्य प्रदेश सरकारलाई दिने ।(भट्टराई एमालेका पोलिटब्युरो सदस्य हुन् ।)
Opinion
10,111
प्रदेश र स्थानीय तहको सेवा प्रभावकारी
काठमाडौँ, असार २७ गते । सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहको सेवा प्रवाहका संरचना स्थापित हुँदै गएका छन् । सङ्घीय शासन व्यवस्था सुरु भएदेखि प्रदेश र स्थानीय तहमा शासन प्रणाली तथा सेवा प्रवाहका संरचना स्थापित भई सेवा प्रवाह प्रभावकारी बन्दै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७४ सालदेखि प्रदेश र स्थानीय तहको प्रभावकारिता एवं सबलीकरण गर्ने गरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुरु गरिएको थियो । मन्त्रालयका अनुसार यस अवधिमा प्रदेश सरकारबाट ६४ वटा कानुन निर्माण भएको, सात वटै प्रदेशमा प्रदेश समन्वय परिषद् सञ्चालन निर्देशिका निर्माण भएको, प्रदेश लोकसेवा आयोग सञ्चालन कानुन निर्माण भएको, सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहका लागि ४४ वटा नमुना कानुन निर्माण भएका छन् । वित्तीय सुशासन मूल्याङ्कन ६५० वटा स्थानीय तहले गरेको, ८८ वटा स्थानीय तहले आन्तरिक नियन्त्रण प्राणाली कार्यान्वयमा ल्याएको, ७५३ वटै स्थानीय तहको सूचना प्रविधि प्रणालीको सबलीकरण भएको, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिमैत्री नीति निर्माण भएका छन् । त्यस्तै ६९९ स्थानीय तहले स्थानीय तहको स्वमूल्याङ्कन पद्धति (लिजा) कार्यान्वयनमा ल्याएको, ७५३ स्थानीय तहले स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) कार्यान्वयनमा ल्याएको, सात वटै प्रदेशले डिजिटल डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले जनाएको छ । मन्त्रालयका सहसचिव बलराम रिज्यालले संविधानको मर्मअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय, सहकार्य र साझेदारी भई प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय तहमा सेवा प्रवाह अहिले प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको नियमित समन्वय, सहकार्य तथा सहजीकरणमा प्रदेश र स्थानीय तहको शासकीय प्रणाली एवं सेवा प्रवाहमा केही उपलब्धि भएका छन् । प्रदेश तथा स्थानीय तहको शासन प्रणाली तथा प्रक्रियामा सुधार ल्याउन र अन्तरसरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताको लाभ अभिवृद्धि गराउने उद्देश्यले सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुरु गरेको हो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक एवं उपसचिव भूपेन्द्र सापकोटाले नियमित रूपमा अन्तरमन्त्रालय र विभिन्न सङ्घ संस्थाको समेत सहयोगमा प्रदेश र स्थानीय तहमा भएका कार्यक्रमको अनुगमन गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घीय व्यवस्थालाई थप प्रभावकारी बनाउन कार्यक्रमको पुनर्संचरना गर्दै प्रदेश सरकारको अनपनत्व बढाउने गरी भावी योजना बनाउनुपर्ने अबको जिम्मेवारी रहेको छ । यस अवधिमा सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न नसकिएको, अन्तरप्रदेशसम्बन्धी परिषद्लाई सुदृढीकरण गर्न नसकिएको, नेपाल सरकारको न्यून लागत साझेदारीबाट कार्यक्रम सञ्चालन भएकाले जति उपलब्धि हुनुपर्ने हो, त्यति उपलब्धि हासिल गर्न कठिन भएको मन्त्रालयले जनाएको छ ।
https://gorkhapatraonline.com/news/70743
काठमाडौँ, असार २७ गते । सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहको सेवा प्रवाहका संरचना स्थापित हुँदै गएका छन् । सङ्घीय शासन व्यवस्था सुरु भएदेखि प्रदेश र स्थानीय तहमा शासन प्रणाली तथा सेवा प्रवाहका संरचना स्थापित भई सेवा प्रवाह प्रभावकारी बन्दै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७४ सालदेखि प्रदेश र स्थानीय तहको प्रभावकारिता एवं सबलीकरण गर्ने गरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुरु गरिएको थियो । मन्त्रालयका अनुसार यस अवधिमा प्रदेश सरकारबाट ६४ वटा कानुन निर्माण भएको, सात वटै प्रदेशमा प्रदेश समन्वय परिषद् सञ्चालन निर्देशिका निर्माण भएको, प्रदेश लोकसेवा आयोग सञ्चालन कानुन निर्माण भएको, सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहका लागि ४४ वटा नमुना कानुन निर्माण भएका छन् । वित्तीय सुशासन मूल्याङ्कन ६५० वटा स्थानीय तहले गरेको, ८८ वटा स्थानीय तहले आन्तरिक नियन्त्रण प्राणाली कार्यान्वयमा ल्याएको, ७५३ वटै स्थानीय तहको सूचना प्रविधि प्रणालीको सबलीकरण भएको, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिमैत्री नीति निर्माण भएका छन् । त्यस्तै ६९९ स्थानीय तहले स्थानीय तहको स्वमूल्याङ्कन पद्धति (लिजा) कार्यान्वयनमा ल्याएको, ७५३ स्थानीय तहले स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) कार्यान्वयनमा ल्याएको, सात वटै प्रदेशले डिजिटल डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले जनाएको छ । मन्त्रालयका सहसचिव बलराम रिज्यालले संविधानको मर्मअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय, सहकार्य र साझेदारी भई प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय तहमा सेवा प्रवाह अहिले प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको नियमित समन्वय, सहकार्य तथा सहजीकरणमा प्रदेश र स्थानीय तहको शासकीय प्रणाली एवं सेवा प्रवाहमा केही उपलब्धि भएका छन् । प्रदेश तथा स्थानीय तहको शासन प्रणाली तथा प्रक्रियामा सुधार ल्याउन र अन्तरसरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताको लाभ अभिवृद्धि गराउने उद्देश्यले सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुरु गरेको हो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक एवं उपसचिव भूपेन्द्र सापकोटाले नियमित रूपमा अन्तरमन्त्रालय र विभिन्न सङ्घ संस्थाको समेत सहयोगमा प्रदेश र स्थानीय तहमा भएका कार्यक्रमको अनुगमन गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घीय व्यवस्थालाई थप प्रभावकारी बनाउन कार्यक्रमको पुनर्संचरना गर्दै प्रदेश सरकारको अनपनत्व बढाउने गरी भावी योजना बनाउनुपर्ने अबको जिम्मेवारी रहेको छ । यस अवधिमा सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न नसकिएको, अन्तरप्रदेशसम्बन्धी परिषद्लाई सुदृढीकरण गर्न नसकिएको, नेपाल सरकारको न्यून लागत साझेदारीबाट कार्यक्रम सञ्चालन भएकाले जति उपलब्धि हुनुपर्ने हो, त्यति उपलब्धि हासिल गर्न कठिन भएको मन्त्रालयले जनाएको छ ।   
News
55,038
पुस्तक पढ्ने बानीले निखार्छ बालबालिकालाई
बोजु, नयाँ किताब पढ्ने !’ छ–सात कक्षा पढ्दाताका नाति पर्ने एक जनाले हरेक साता मलाई यसरी सोध्ने गर्थ्यो । तिनताक हामी दुई पुस्तक भाडामा लिएर पढ्ने गर्थ्यौं । दुई जना मिलेर पढ्दा भाडाको पैसा पनि आधाआधा तिर्नुपर्थ्यो । स्कुले जीवनमा बेलाबखत पाहुना र आमाले दिने खाजाखर्च जोगाएर राखेको पैसाले म ती पुस्तक पढ्थें ।
https://ekantipur.com/opinion/2023/11/22/the-habit-of-reading-books-improves-children-36-20.html
बोजु, नयाँ किताब पढ्ने !’ छ–सात कक्षा पढ्दाताका नाति पर्ने एक जनाले हरेक साता मलाई यसरी सोध्ने गर्थ्यो । तिनताक हामी दुई पुस्तक भाडामा लिएर पढ्ने गर्थ्यौं । दुई जना मिलेर पढ्दा भाडाको पैसा पनि आधाआधा तिर्नुपर्थ्यो । स्कुले जीवनमा बेलाबखत पाहुना र आमाले दिने खाजाखर्च जोगाएर राखेको पैसाले म ती पुस्तक पढ्थें ।यसरी अतिरिक्त पुस्तकप्रति रुचि जगाइदिने नातिले भने स्कुले शिक्षा पनि पूरा गर्न पाएन र दुई दशकअघि नै यो संसार छाड्यो, लालाबालालाई बिचल्ली पारेर । कक्षा छसम्म मलाई उत्तीर्णाङ्क प्राप्त गर्नसमेत हम्मेहम्मे पर्थ्यो । अतिरिक्त पुस्तक पढ्ने बानीले मेरो पढाइ मात्र सप्रिएन, कक्षा सातदेखि म पहिलो तीनमा पर्न थालें । विषयगत गुरुहरूले कक्षामा उत्तरपुस्तिका देखाउने क्रममा मलाई सधैंजसो अगाडि बोलाएर अतिरिक्त पुस्तक पढ्ने मेरो बानीको प्रशंसा गर्दै स्याबासी दिनुहुन्थ्यो । हुन पनि हो, प्रवासमा नेपालीभाषी भएर पनि हिन्दी माध्यममा स्कुले शिक्षा हासिल गर्ने म जस्ता विद्यार्थीको हिन्दी भाषा सुधार्न ती अतिरिक्त पुस्तकले निकै सघाएका थिए ।स्कुले जीवनमा त्यस्तो अवसर नपाए पनि अतिरिक्त पुस्तक पढ्ने बानीले मलाई चौतर्फी र दूरगामी फाइदा पुर्‍याएको छ । नेपाल आएपछि झन्डै दस वर्ष स्वाध्ययनबाट नेपाली सिकें । मेरो पुस्तक पढ्ने बानी झाँगिएर छोराछोरीसम्म पुग्यो । उच्च शिक्षा हासिल गर्न अमेरिकासम्म पुगेका छोराछोरीले आज अनलाइनबाट पुस्तक मगाएर पढ्छन् भने म पनि स्थानीय बजारमा नपाएका नयाँ पुस्तक काठमाडौंबाट मगाएर पढ्छु । यात्रामा निस्कँदा पुस्तक बोक्ने मेरो पुरानो बानी उस्तै छ, नयाँ ठाउँमा किनमेलको सूचीमा पुस्तक पहिलो प्राथमिकतामा पर्छ । पछिल्लो समय सूचना र प्रविधिको विकाससँगै मानिसमा पुस्तक पढ्ने बानी हराउँदै गएको भान हुन्छ तथापि मजस्ता कतिपय पाठकको रुचि भने उस्तै छ । खासमा स्कुले जीवनमा अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गराउन वर्तमान शिक्षा असफल जस्तै देखिएको छ । शिक्षक, अभिभावकलगायत सरोकारवालाले पनि यस्ता विषयमा त्यति चासो लिएको देखिँदैन । यसो हुनुमा शिक्षक र अभिभावकहरूको पृष्ठभूमिले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । अतिरिक्त पुस्तक नपढ्ने शिक्षक तथा अभिभावक स्वयंले यसको महत्त्व बुझेका हुँदैनन् । कथंकदाचित् विद्यार्थीले पढ्ने गरे पनि उनीहरूलाई प्रोत्साहित हैन, हतोत्साहित गरिन्छ । केही वर्षअघि, प्रावि तहदेखि नै अतिरिक्त पुस्तक पढ्ने मेरी छोरीले ठूलाले पढ्ने ‘वेभ’ म्यागजिन पढ्न थालेको कुरा लिएर एक शिक्षिकाले मसँग गुनासो गरिन् । मैले उनलाई अतिरिक्त पुस्तक पढ्दा भाषा र पढाइ सप्रन्छ भनेर उल्टै सम्झाउनुपर्‍यो । विडम्बना, स्कुले शिक्षा हासिल गरिरहेका अधिकांश विद्यार्थी घरमा पढ्दैनन् भनेर अभिभावकले सधैँजसो गुनासो गरेको सुनिन्छ । यसो हुनुमा शिक्षकभन्दा पनि अभिभावकको दैनिकी र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । घरका ठूलाबडा सबैजसोको अधिकांश समय मोबाइल हेर्दैमा बित्ने गरेको छ । यस अर्थमा यस्ता अभिभावकले स्वयं आफ्ना छोराछोरीलाई दिग्भ्रमित गरिरहेका छन् । आफ्ना अभिभावकलाई जति बेला पनि मोबाइलमा देखेपछि छोराछोरीमा पनि मोबाइल तथा टीभीप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।के शिक्षित के साक्षर, के हुनेखाने के हुँदा खाने, पछिल्लो समय प्रायः सबैको पहुँचमा यस्ता आधुनिक उपकरण पुगेका छन् । यसो हुँदा पनि अधिकांशको समय सामाजिक सञ्जाल चहार्दै बित्ने गरेको छ भने यस्ता उपकरणले पनि अतिरिक्त पुस्तकहरूप्रतिको चासो मानिसमा घट्दै गएको देखिन्छ । त्यसो त पहिलेका तुलनामा स्कुले बालबालिकाका लागि उमेर– अनुसारका पुस्तकहरू प्रशस्तै प्रकाशित हुन थालेका छन् तथापि तिनलाई बालबालिकासम्म पुर्‍याउन प्रकाशक र बिक्रेताहरू असफलजस्तै देखिएका छन् ।यसो हुँदा पनि बालपुस्तकप्रतिको चासो–चिन्ता ठूलाहरूले लिएको देखिँदैन । कतिपय निजी विद्यालयले आफ्ना विद्यार्थीका लागि पुस्तकालयको सुविधा दिएका छन् । यस्ता पुस्तकालयमा विद्यार्थीको रुचि र उमेरअनुसारका पुस्तक विरलै भेटिन्छन् । यस्ता विद्यालयले आफ्ना विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गराउन अतिरिक्त क्रियाकलाप गराउने गरेको देखिँदैन । अझ भनौं, उमेरअनुसारको अतिरिक्त बालपुस्तक पढ्न पाउनुपर्छ वा पढाउनुपर्छ भन्ने सोच नभएका अभिभावक र शिक्षकले यस्ता विषयमा त्यति चासै राख्दैनन् । अभिभावकको चासो–चिन्तामा अतिरिक्त पुस्तक र पुस्तकालय नपरेपछि विद्यालय र शिक्षकहरूलाई पनि हाइसन्चोजस्तै भएको छ । नयाँनयाँ पुस्तकको विज्ञापन सामाजिक सञ्जालहरूमा बग्रेल्ती भेटिन्छन् तथापि बालपुस्तकहरूको प्रचारप्रसार त्यति हुन सकेको देखिँदैन । यसो हुनुको एउटा कारण हो— शिक्षक र अभिभावकको यस्ता पुस्तकप्रतिको उदासीनता । अधिकांश हुनेखाने अभिभावकले आफ्ना छोराछोरीलाई महँगा ग्याजेट, खेलौना, खानेकुरा र लुगाफाटा किनिदिए पनि बालपुस्तक किनिदिने गरेका छैनन् । यसो हुनुमा अभिभावक र बालबालिकाको भन्दा पनि विद्यालय तथा शिक्षकहरू दोषी देखिन्छन् । किनभने बालपुस्तक पढ्नुपर्छ भनेर चासो जगाइदिने पहिलो कर्तव्य विद्यालय र शिक्षकहरूको हो । पछिल्लो समय ठूलाले पढ्ने पुस्तकहरूको प्रचारप्रसारका लागि लेखकसहितको टोली विभिन्न सहर पुग्ने गरेको देखिन्छ । यससम्बन्धी अन्तरक्रियालगायत पाठकमञ्चमा लेखकहरू स्वयं उपस्थित हुने गरेका छन् । यस्तै, पुस्तकमेलामा लेखकसँग साक्षात्कार गर्न तथा हस्ताक्षरसहितको पुस्तक किन्न पाठकको घुइँचो लाग्ने गरेको छ । बालपुस्तक लेखकहरूप्रति प्रकाशन गृहहरूले सौतेनी व्यवहार गरेको देखिन्छ । किनभने ठूलाहरूका लागि भनेर आयोजना गरिने यस्ता पुस्तक मेलामा बालपुस्तकका लेखकहरू विरलै उपस्थित हुन्छन् । यस अर्थमा बालपुस्तक लेखक तथा पाठकहरू निरीहजस्तै देखिन्छन् । संघीय राजधानी काठमाडौंलगायतका ठूला सहरमा बालबालिकाका लागि पुस्तकमेला विरलै हुने गर्छन् । यसो हुँदा पनि बालबालिकासम्म यस्ता पुस्तक पुग्न सकेका छैनन् । केही समययता विभिन्न क्षेत्रमा नाम कमाएका कतिपय लेखक आफैं पनि आफ्नो पुस्तकको प्रचारप्रसारमा जुटेका छन् । यस्ता लेखकहरूमा मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल र वैज्ञानिक महावीर पुन अग्रपंक्तिमा पर्छन् । मुटुरोग विशेषज्ञ डा. अनिलले आफ्नो दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ प्रकाशित भएपछि यससम्बन्धी आफ्ना कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गरिरहेका छन् भने उनले विभिन्न सञ्चारमाध्यमहरूमा दिएको आफ्नो अन्तर्वार्तासमेत पोस्ट गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका महावीर पुनले आफ्नो जीवनी समेटिएका पुस्तक आफैं बिक्रीवितरण गरिहेका दृश्यहरू सामाजिक सञ्जालमा असरल्ल भेटिन्छन् । बजारीकरणको नौलानौला अभ्यास थालेका डा. अनिल र पुनजस्ता नवप्रवेशी लेखकहरू स्वयंले आफ्ना पुस्तकहरू पाठकसम्म पुर्‍याउन गरेका अनुकरणीय कार्य प्रकाशन गृहहरूले गर्न सकेका छैनन् ।विकसित मुलुकहरूमध्ये अमेरिका, बेलायत तथा फिनल्यान्डमा दुई वर्षदेखिका बालबालिकाका लागि बालचित्र कथाका पुस्तकहरू पाइन्छन् । सानो उमेरदेखि पुस्तक हेर्ने–पढ्ने बानीको विकास गराउन अभिभावकले पनि भरमग्दुर प्रयास गर्छन् भन्ने कुरा रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उडले आफ्नो दोस्रो पुस्तक ‘साक्षर संसारतिर’ मा उल्लेख गरेका छन् । सानोछँदा आमा र हजुरआमाले सधैं बालचित्र कथाका पुस्तकहरू पढेर सुनाएकै कारण आफू पुस्तकप्रेमी बन्न पुगेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।जोन उडले भनेजस्तै स्कुले बालबालिकालाई पुस्तकप्रेमी बनाउन तीनै तहका सरकारले, विशेष गरी स्थानीय सरकारले विद्यालयमा पुस्तकालय कार्यक्रम सुरु गर्नुपर्छ । त्यसअघि शिक्षक र अभिभावकहरूलाई अभिमुखीकरण गर्न जरुरी छ । स्थानीय सरकारले वार्षिक रूपमा पुस्तकालय कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालासँग समन्वय र सहकार्य गरी आवश्यक बजेटसहित रणनीति बनाउनुपर्छ ।
Opinion
9,961
वुमेन्स साफ च्याम्पियनसिप २०२४ : नेपाल सजिलो समूहमा
वुमेन्स साफ च्याम्पियनसिप २०२४ को शनिबार निकालिएको ‘ड्र’ अपेक्षाकृत सजिलो समूहमा परेको छ । 
https://ekantipur.com/sports/2024/06/08/womens-saff-championship-2024-nepal-in-easy-group-22-41.html
काठमाडौँ — वुमेन्स साफ च्याम्पियनसिप २०२४ को शनिबार निकालिएको ‘ड्र’ अपेक्षाकृत सजिलो समूहमा परेको छ । बंगलादेशको ढाकामा भएको कार्यक्रममा प्रतियोगिताको समूह विभाजन भएको हो । त्यसमा नेपाल समूह ‘बी’ मा परेको छ र यसमा श्रीलंका, माल्दिभ्स र भुटान परेका छन् ।प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र पाकिस्तान छन् । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।शनिबार नै साफ यू–२० को आयोजना स्थल पनि तय भएको छ र यो प्रतियोगिता काठमाडौंमै अगस्ट १६ देखि २८ सम्म हुनेछ । साफ यू–१७ भने भुटानमा सेप्टेम्बर १८ देखि २८ सम्म हुनेछ ।
Sports
13,372
राजदूत भण्डारी र बंगलादेशी मन्त्री खानबीच भेटवार्ता
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी सोमबार बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहमद फरुक खानसँग भेटवार्ता गरेका छन् ।
https://ekantipur.com/news/2024/03/11/meeting-between-ambassador-bhandari-and-bangladeshi-minister-khan-14-49.html
काठमाडौँ — बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी सोमबार बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहमद फरुक खानसँग भेटवार्ता गरेका छन् ।ढाकामा भएको भेटवार्तामा दुई जना बीचमा दुई मुलुकबीच बढ्दो पर्यटकीय सम्बन्धका बारेमा छलफल भएको थियो । साथै, नेपाल र बंगलादेश बीचको कनेक्टिभिटी र जनस्तरको सम्पर्कलाई बढाउने विषयमा मिलेर काम गर्ने विषयमा राजदूत भण्डारी र मन्त्री खानले कुराकानी गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
News
4,995
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान
आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ ।
https://ekantipur.com/sports/2021/08/24/162978880785436209.html
काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ ।सेप्टेम्बरमा हुने सिरिजका लागि नेपाली टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेका १७ खेलाडी र पााच अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले बिदाइ गरेको हो । रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषावकर र विक्रम सोबले टोलीमा पुनरागमन गरेका छन् । गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन् ।त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासाग दुई/दुई खेल खेल्नेछ । क्रिकोणात्मक सिरिजपूर्व नेपालले पपुवान्युगिनीसाग भदौ २० र भदौ २३ गते गरी दुई एकदिवसीय खेल खेल्ने तालिका छ । ओमानमा नै हुने उक्त खेलपछि नेपाली टोलीले त्रिकोणात्मक शृंखला खेल्नेछ ।आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासाग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । पपुवान्युगिनीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।
Sports
22,477
भैरहवामा अन्तर्राष्ट्रिय उडान फागुन अन्तिममा
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको हो ।
https://gorkhapatraonline.com/news/54112
काठमाडौँ, माघ २९ गते । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ ।मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको हो ।भैरहवामा सुरुदेखि नै अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले हिउँदे उडान तालिकाअनुसार हाल काठमाडौँबाट उडान गर्दै आएको छ । शुक्रबारसम्म काठमाडौँबाट उडान अनुमति पाएको जजिराले फागुन ३ गतेसम्म उडान अनुमति थप्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ तर प्राधिकरणले भने जजिराले मागेको अनुमति स्वीकृत गरिसकेको छैन ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “जजिराले काठमाडौँका लागि प्राधिकरणसँग मागेको थप उडान अनुमति स्वीकृत गरेको छैन । उडान सुरक्षा पहिलो प्राथमिकता भएकाले मौसममा पूर्ण सुधार नहुञ्जेल प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनकै लागि उडानमा बाध्य गर्दैन ।”हाल यो विमानस्थलमा भिजिबिलिटी नभएको समयमा समेत उडान तथा अवतरण गराउन सक्ने उपकरण इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ तर उपकरणको फ्रिक्वेन्सी भारतीय भूमिमा परेपछि उक्त उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान रोकिएको हो । दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान रोकिए पनि जडान गरिएको उपकरण सञ्चालनका लागि भारतसँग कूटनीतिक तवरबाट छलफलसमेत हुन सकेको छैन ।प्रतिकूल मौसमलाई देखाउँदै गत  पुस ३ गतेदेखि जजिरा एयरलाइन्सले र मङ्सिर २९ गतेदेखि हिमालय एयरलाइन्सले उडान गरेका छैनन् । विमानस्थलका प्रवक्ता सुवास झाले अपेक्षाअनुसार अझै मौसममा सुधार नहुँदा मार्च पहिलो साताबाट मात्रै उडान हुने अपेक्षा गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “यात्रुको अभाव र मौसम खराबीका कारण देखाउँदै भैरहवामा उडान बन्द गरेका हवाई कम्पनीले पनि सहज हवाई रुट, यात्रु अभाव, म्यानपावर सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध नरहेकोलगायतका कारण देखाउने गरेका छन् ।”भैरहवामा विमानस्थल सञ्चालनमा आएसँगै कुवेतको जजिरा एयरवेजको र कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले उडान सुरु गरेको थियो ।  प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनमा आएदेखि यो विमानस्थलमा २४८ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएका छन् । हालसम्म उक्त विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २८ हजार ४८० जना यात्रुले हवाई सेवा लिएका छन् ।विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने यो विमानस्थल सञ्चालनका लागि दैनिक पाँचवटा अन्तर्राष्ट्रिय उडान आवश्यक पर्छ तर हाल आन्तरिक उडानमा निर्भर यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सले भैरहवाबाट काठमाडौँ र पोखरा गन्तव्य बनाएर उडान गर्दै आएका छन् । विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १८ देखि २५ वटा उडान हुने गरेका छन् । हाल बिहान समयमै मौसन नखुल्दा आन्तरिक उडानसमेत प्रभावित हुँदै आएका छन् ।   
News
58,470
अमेरिकी भिसासम्बन्धी नयां नीतिको निन्दा
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले, अमेरिकी प्रवेशाज्ञाका लागि रुसीहरुले मस्कोस्थित दूतावासमा नै गएर आवेदन गर्नु पर्ने अमेरिकी निर्णयको आलोचना गरेका छन्।
https://www.bbc.com/nepali/news-41004778
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले यो रुसीहरुलाई उनीहरुकै सरकार विरुद्ध भड्काउने प्रयास भएको बताएका छन्। यसअघि मस्कोस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले आउंदो बुधबारबाट अमेरिका जान चाहने रुसीहरुलाई आवश्यक प्रवेशाज्ञा जारी गर्ने कार्य अस्थायी रुपमा स्थगित गरेको बताएको थियो। आगामी सेप्टेम्बर एक तारिखदेखि रुसको सेन्ट पीटर्सबर्ग, येकाटेरिनबर्ग र भ्लादीभोस्टोक शहरहरुमा रहेका अमेरिकी बाणिज्यदूतावासहरुले रुसीहरुलाई अमेरिकाको प्रवेशाज्ञा प्रदान गर्ने कार्य बन्द गर्नेछन्। प्रवेशाज्ञा सम्बन्धी सम्पूर्ण कार्य अब मस्कोस्थित अमेरिकी दूतावासबाट मात्र गरिने बताइएको छ। निन्दा रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकीहरुको त्यस्तो कदमको निन्दा गरेका हुन्। उनले भने यो भूतपूर्व सोभियत राज्यहरुमा भएका रंगीन क्रान्तीहरुका बेला अपनाइएको जस्तै रणनीति हो। सन् २००४ मा युक्रेनमा सुन्तले क्रान्ति र त्यो भन्दा एक बर्षअघि जोर्जियामा गुलाबी क्रान्ति नाम दिइएका ठूलो आन्दोलनहरु भएका तर्फ उनको संकेत थियो। अमेरिकी दूतावासले बुधबारबाट रुसमा सबै प्रवेशाज्ञा सम्बन्धी गतिविधिहरु बन्द गर्ने र आगामी महिना मस्कोस्थित दूतावासमा मात्र त्यसलाई पुन: शूरु गरिने जनाएको छ। संकेत रुसले देशमा अमेरिकी कूटनीतिक उपस्थिति घटाउन गरेको निर्णयले मस्को दुई देशको सम्बन्ध सुधार्न इच्छुक छैन भन्ने संकेत गरेको अमेरिकी दूतावासले जनाएको छ। यसै महिनाको शुरुमा राष्ट्रपति पुटिनले ७५५ जना अमेरिकी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने आदेश दिएका थिए। गत वर्षको अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले थप प्रतिबन्ध लगाएको बदलामा पुटिनले त्यस्तो आदेश दिएको हुनसक्ने बताइएको छ।
Others
67,417
भारतसँग वेस्ट इन्डिज ८८ रनले पराजित
भारतले पाँचौं तथा अन्तिम टी–२० शृंखलामा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले हराएको छ । सुरुमा ब्याटिङ पाएको भारतले वेस्ट इन्डिजलाई ८८ रनले हराएको हो । यससँगै भारतले पाँच खेलमा ४–१ को जित निकालेको छ ।
https://ekantipur.com/sports/2022/08/08/165992436162447848.html
लउडरहिल, अमेरिका — भारतले पाँचौं तथा अन्तिम टी–२० शृंखलामा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले हराएको छ । सुरुमा ब्याटिङ पाएको भारतले वेस्ट इन्डिजलाई ८८ रनले हराएको हो । यससँगै भारतले पाँच खेलमा ४–१ को जित निकालेको छ ।भारतले २० ओभरमा सात विकेट लिँदै १८८ रन बनाएको थियो । सबैभन्दा धेरै रन बनाएका श्रेयस आइयरले ४० बलमा ६४ रन लिएका थिए । जवाफमा वेस्ट इन्डिजले १ सय रन बनाएर अलआउट भएको हो । वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले धेरै ५६ रन बनाए । भारतका लागि अक्षर पटेल, रवि बिश्नोई र कुलदीप यादवले सानदार खेल खेलेका थिए । खेलमा अक्षर र कुलदीपले ३–३ विकेट लिएका थिए । अक्षर पटेलले म्यान अफ दि सिरिजको उपाधि पाएका थिए ।
Sports
19,879
साफ यू–१५ च्याम्पियनसिपः नेपाल सेमिफाइनल नजिक
पाहुना टिम माल्दिभ्सका केही खेलाडीमात्र १४ वर्षका थिए । उसको टिममा १३ वर्षे खेलाडीको वर्चस्व रहेको छ । यस्तो टिमविरुद्ध १४ वर्षका खेलाडीको वर्चस्व रहेको नेपाली टोलीले बिहीबार ४–० को सफलता हात पार्‍यो ।
https://ekantipur.com/sports/2018/10/25/154047415921312111.html
काठमाडौँ — पाहुना टिम माल्दिभ्सका केही खेलाडीमात्र १४ वर्षका थिए । उसको टिममा १३ वर्षे खेलाडीको वर्चस्व रहेको छ । यस्तो टिमविरुद्ध १४ वर्षका खेलाडीको वर्चस्व रहेको नेपाली टोलीले बिहीबार ४–० को सफलता हात पार्‍यो ।यसले नेपाललाई साफ यू–१५ च्याम्पियनसिपमा तीन टिम रहेको समूह ‘ए’ मा सेमिफाइनल नजिक पुर्‍याएको छ ।डिफेन्डर जान लिम्बुको पेनाल्टी गोलमा अग्रता लिएको नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थप तीन गोल पनि गर्‍यो । त्यसमा नमस थापामगर, शशांक बोहरा र वैकल्पिक खेलाडी दीपेश राई सफल रहे ।घरेलु टिम भएर पनि प्रदर्शनमा कमजोरी रहेको नेपाली टोलीका मुख्य प्रशिषक सनोज श्रेष्ठले बताए । ‘पहिलो खेलमा सेट हुन गाह्रो हुन्छ,’ उनले भने, ‘चार गोल बढी गर्ने अवसर थियो तर भएन । बल पोजेसन राम्रो भए पनि अग्रपंक्तिमा कमजोरी रह्यो । कमजोर प्रतिद्वन्द्वी भएकाले डिफेन्स पनि बढी आत्मविश्वासी देखिए । यस्तै प्रदर्शनले उपाधि जित्न गाह्रो छ । हामी अर्को खेलमा सुधार गर्नेछौं ।’ समूहको अन्तिम खेलमा नेपालले सोमबार बंगलादेशविरुद्ध खेल्नेछ ।दुवै टिम पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन् । ‘दीर्घकालीन योजनासहित भविष्यमा राष्ट्रिय टिमलाई बलियो बनाउने लक्ष्यसहित अनुभव बटुल्न १३ वर्षका खेलाडीको टिम ल्याइएको हो । खेलाडी कम उमेरको हुनु नै हाम्रो मुख्य समस्या हो । यहाँको चिसो मौसमले पनि गाह्रो बनायो,’ माल्दिभ्सका प्रशिक्षक इब्राहिम हलिमले भने, ‘नेपालले ९–१० गोल गर्छ भन्ने लागेको थियो । किनभने दक्षिण एसियाली उमेर समूहको प्रतियोगितामा भारत र नेपाल बलिया टिम हुन् ।’खेलमा एकतर्फी रूपमै घरेलु टिम हाबी भएको थियो । सुरुका २५ मिनेटसम्म माल्दिभ्सका खेलाडीले मिहिनेत गरे पनि नेपाली टिमलाई खेलाडीको शारीरिक बलियोपनको फाइदा रह्यो । तर, नेपालले गोलको खाता खोल्न भने पेनाल्टीको सहयोग लिनुपर्‍यो । डिफेन्डर नबुहन मोहमदले राकेश लिम्बुलाई फाउल हानेपछि नेपालले पेनाल्टीको अवसर पायो र त्यसलाई जान लिम्बुले सहजै गोलमा परिणत गर्दै २८ औं मिनेटमा अग्रता दिलाएका थिए ।आकर्षक मुभमा सनम गुरुङको पासमा नमसले ३५ औं मिनेटमा गोल गरे ।दोस्रो हाफमा पाहुना टिमका खेलाडीहरू थकित देखिन्थे । त्यसको प्रत्यक्ष फाइदा नेपाली टिमलाई भयो । शशांक बोहराले ६३ औं मिनेटमा नेपाललाई ३–० को अग्रता दिलाए । चौथो गोल दीपेशले गरे । उनले राकेशको पास उपयोग गरेका थिए ।पाकिस्तानको जितपाँचौं साफ यू–१५ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतमाथि २–१ को जित रच्यो । अदनान जस्टिनले ३० औं मिनेटमा पाकिस्तानलाई अगाडि बढाए पनि थलचेउ भान्लरुत्फेलाले ५३ औं मिनेटमा भारतलाई १–१ को बराबरीमा पुर्‍याए । तर, वैकल्पिक खेलाडी वासिफले मैदान प्रवेश गरेलगत्तै गोल गर्दै फेरि पाकिस्तनालाई अग्रता दिलाए । उनले ८५ औं मिनेटमा गरेको गोल निर्णायक साबित भएपछि पाकिस्तानी टिमले एन्फा कम्प्लेक्समा भव्य खुसी मनाएको थियो ।
Sports
28,529
स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट
विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो।
https://gorkhapatraonline.com/news/40134
काठमाडौँ, असोज ११ गते । विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो। यसअघि विभिन्न विद्यार्थी सङ्गठनले स्वास्थ्यमन्त्रीसमक्ष विद्यार्थीलाई अस्पतालमा छुट दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।    
News
61,268
यौन व्यवसाय पुस्तैनी भएको भारतको बाचरा समुदाय
धेरै भारतीय परिवारहरू अझ पनि छोरीभन्दा छोरा रोज्छन्। तर भारतको मध्य प्रदेशमा हीना जन्मँदा उनका बाबुआमाले उत्सव मनाएका थिए।
https://www.bbc.com/nepali/news-47729913
हीना शिक्षाले महिलाहरूलाई यौन व्यवसाय छोड्न सघाउने बताउँछिन् दुर्भाग्यवश त्यो उत्सव राम्रो कारणका लागि थिएन। हीना मध्य प्रदेशमा बसोबास गर्ने बाचरा समुदायकी एक सदस्य हुन्। शताब्दी‌‍औँदेखि बाचरा समुदायको परिवारमा जन्मने जेठी छोरीलाई १०-१२ वर्षको उमेरदेखि यौनकर्ममा लगाइन्छ। जेठी छोरी बूढी हुँदै गएपछि बहिनीहरूले दिदीलाई विस्थापित गर्छन्। एउटा पुस्तादेखि अर्कोसम्म 'स्वीकार्य प्रथाका रूपमा' यो प्रचलन कायम रहँदै आएको छ। कतिपय महिलाहरूको त बाबु र दाजुभाइले दलालको काम गर्ने गरेको पनि पाइन्छ। उनीहरूको समुदायमा विवाह पनि फरक तरिकाले गरिन्छ। आफ्नी छोरी दिए बापत माइती पक्षले 'दाइजो'को रूपमा ठूलो मात्रामा पैसा माग्छन्। हीना आफ्नो समुदायमा आफूभन्दा जेठा महिलाहरू हेर्दै हुर्किइन् 'मसँग विकल्प के थियो र' जन्मेदेखि नै हीनालाई त्यस्तै जीवनका लागि तयार पारिँदै थियो र नाबालिक हुँदा नै यौनकर्ममा लगाइयो। उनले बीबीसी हिन्दीसँग भनिन्, "मलाई यस्तो काम गर्न बाध्य बनाइँदा म १५ वर्षकी मात्र थिएँ। मैले स्कूल जान छोड्नुपर्‍यो र आमा र हजुरआमाकै जस्तो कर्म थाल्नुपर्‍यो।" उनले हरेक दिन गाउँका धनाढ्यदेखि ट्रक ड्राइभरसम्मलाई सन्तुष्ट पार्नुपर्थ्यो। "म १८ वर्ष पुग्दा मैले त्यो कति नराम्रो कुरा हो भन्ने महसुस गरेँ र म असाध्यै क्षुब्ध बनेँ। तर मसँग विकल्प के थियो र?" "यसरी पैसा नकमाए मेरो परिवार कसरी पालिन्थ्यो र?" बाचराहरू भारतमा तुलनात्मक रूपमा गरीब छन् र परिवारको आर्थिक अवस्था उकास्न महिलाहरूमाथि निर्भर रहन्छन्। स्थानीय गैरनाफामूलक संस्थाका आकाश चौहानका अनुसार यो पेशामा लागेका एक तिहाइ नाबालक नै छन्। बाचराहरू कुनै समय जङ्गली जाति थिए। उनीहरू मध्य प्रदेशका तीन जिल्लामा फैलिएका छन्। उनीहरू अधिकांश ग्रामीण भेगमा या ट्रक ड्राइभरहरू आराम गर्न रोकिने राजमार्ग छेउछाउका क्षेत्रमा बस्छन्। एउटा गैर सरकारी संस्थाका अनुसार यौनकर्ममा लागेका एक तिहाइ नाबालक छन् यौन व्यवसायको सञ्चालन स्थानीय भाषामा खिलावाडी अर्थात 'खेल्नेहरू' भनेर चिनिने कलिला केटीहरू डोरीका खाटमा कहिले एक्लै त कहिले समूहमा ग्राहक कुरिरहेका भेटिन्छन्। त्यहाँ स-साना पसल जस्ता ठाउँ हुन्छन् जहाँ मोलतोल गर्नेहरू हुन्छन्। त्यस्तो काम परिवारका सदस्यले गर्छन्। उनीहरूले ड्राइभरहरूसँग पैसाको मोलतोल मिलाउँछन्। त्यो धेरैजसो एक सयदेखि दुई सय भारतीय रुपैयाँ हुन्छ। स्थानीयवासीका अनुसार कुमारीहरूले उच्च मूल्य पाउँछन् जुन पाँच हजार भारुसम्म हुनसक्छ। "हरेक दिन दिउँसो चारदेखि पाँच पुरुष आउँथे। रातमा हामी नजिकैका होटल वा अन्य कहीँ जान्थ्यौँ।" "त्यहाँ सङ्क्रमणको खतरा सधैँ थियो," हीना सम्झिन्छन्। बाचरा समुदायबारे राष्ट्रिय अखबार द हिन्दुले सन् २००० मै सार्वजनिक गरेको थियो। द हिन्दुले यौनकर्म गर्नेहरूको रगत परीक्षण गर्दा ५,५०० सदस्यहरूमध्ये १५ प्रतिशतको एचआइभी सङ्क्रमित पाइएको लेखेको थियो। केटीहरू ससाना पसल जस्ता लाग्ने ठाउँका भित्र वा नजिकै ग्राहक कुरिरहेका पाइन्छन् यस्ता खिलावाडीहरूमध्ये कतिले बच्चा पनि जन्माउँछन्। केही वर्षपछि हीनाले पनि छोरी जन्माइन्। त्यसपछि उनलाई अझ धेरै काममा लगाइयो। "कति केटीहरूलाई त गर्भवती हुँदा पनि यौनकर्ममा लगाइन्छ।" "उनका बच्चाको रेखदेखका लागि भन्दै झन् बढी कमाउन दबाव दिइन्छ," हीना भन्छिन्। यौनकर्मी बनेपछि आफ्नो समुदायका युवकसँग बिहे गर्न पनि वर्जित गरिन्छ। अन्तत: हीनाले स्थानीय गैरनाफामूलक संस्थाको सहयोगमा यो कामबाट बाहिर आउन सफल भइन्। "यस्तो नराम्रो काम गर्न बाध्य भएका केटीहरूले मात्रै यसको पीडा बुझ्न सक्छन्। त्यहाँ कस्तो हुन्छ भन्ने मलाई थाहा छ त्यसैले यस्तो प्रथा अन्त्य गर्न म सहयोग गर्न चाहन्छु।" यस्तो परम्परा कसरी शुरू भयो भन्नेबारे थुप्रै भनाइहरू छन्। यी घुमन्ते जातिले पैसा कमाउन कठिन भएपछि गरिबीबाट मुक्ति पाउन यस्तो व्यवसाय अपनाउन थालेको एकथरीको भनाइ छ। उनीहरूले राजमार्ग वरपरका उपभोक्तालाई सेवा पुर्‍याउने गर्दै आएका छन् कानुनले के भन्छ? भारतमा छोरीको बदला छोरा रोज्ने प्रचलनले महिला र पुरुषको अनुपात खतरनाक मोडमा पुर्‍याएको छ तर बाचरा समुदायमा भने उल्टो छ। "यो समुदायमा करिब ३३,००० जना छन् जसमध्ये ६५ प्रतिशत महिला छन्," अशोक चौहान भन्छन्। यसरी सङ्ख्या बढ्नुको कारण अरु ठाउँबाट अवैधानिक रूपमा कलिला केटीहरू यहाँ बेचबिखन गर्नु पनि हो। "यो क्षेत्रबाट केही महिनायता मात्रै ५० नाबालिकहरू हामीले उद्वार गरेका छौँ," प्रहरी अधिकारी मनोज कुमार सिंहले बीबीसीलाई भने। "हामीले एउटी दुई वर्षकी केटी पनि भेट्यौ्ँ जसलाई अहिले शरणकेन्द्रमा राखिएको छ।" प्रहरीले बारम्बार छापा मार्ने गरेका छन् तर यस्ता प्रचलनहरू सामाजिक चेतना वृद्धिबाट मात्र अन्त्य गर्न सकिन्छ। उनीहरूले आफ्नो व्यवसाय गर्दै गर्दै पनि "अवैधानिक" बच्चा हुर्काउनु पर्ने बाध्यता छ यो समुदाय बसोबास गर्ने मध्य प्रदेशको सरकारले हालै मात्र १२ वर्षमुनिका बालबालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको अधिकारसहितको कानुन पारित गर्‌यो। १८ वर्षमुनिका बालिकासँग यौन सम्बन्ध राख्नेहरूका लागि जेल सजाय पनि बढाइयो। तर यस्ता व्यवस्थाले पनि कुनै फाइदा भएको छैन। बाचराको भविष्य सन् १९९३ मा बाचराहरूमा रहेको यौन व्यवसाय समाप्त पार्ने योजना ल्याइयो। तर त्यो पूर्ण कार्यान्वयनमा आएको छैन। महिला तथा समाज कल्याण विभागका राजेन्द्र महाजनका अनुसार हरेक वर्ष गैरनाफामुखी संस्थाहरूलाई योजना कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गर्दै विज्ञापन गरिन्छ तर कसैले पनि अहिलेसम्म त्यो मापदण्ड पूरा गर्न सकेका छैनन्। जबाली योजनाले महिलाहरूलाई शिक्षा स्वास्थ्य र चेतनाको जागरण गराएर पुनर्स्थापित हुन केन्द्रित गर्ने भनेको छ। भारतको बाचरा समुदायमा बाबुआमाले नै आफ्ना छोरीलाई यौन व्यवसाय गर्न लगाउँछन् तर स्थितिमा परिवर्तन आइरहेको छ। बाचरा समुदायका नयाँ पुस्ताका सदस्यहरूले अरुतिर जागिर खोजेर या पढाइ नटु्टाएर चल्दै आएको प्रथाको विरोधमा लाग्न थालेका छन्। हीना पनि एउटा त्यस्तै एउटा कार्यक्रमको सहयोगमा सन् २०१६ मा उद्वार गरिएकी युवती हुन्। उनी भन्छिन्: "मैले अरु केटीहरूलाई यस्तो कर्ममा नलाग्नेबारे बुझाउन खोज्छु र त्यसबाट बाहिर ल्याउन जे गर्न सकिन्छ त्यसमा सहयोग गर्छु।" हीना भन्छिन् "शिक्षाले मात्र उनीहरूलाई सहयोग गर्न सक्छ।"
Others
69,606
नेपाली फिल्म क्षेत्रको कथामा 'चलचित्र' बन्ने
'हरी'का निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । 'चलचित्र' शीर्षकमा बन्ने फिल्मका लागि कलाकारमा अभिनेता विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । 
https://ekantipur.com/entertainment/2023/01/20/167421726219735331.html
काठमाडौँ — 'हरी'का निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । 'चलचित्र' शीर्षकमा बन्ने फिल्मका लागि कलाकारमा अभिनेता विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । मन प्रोडक्सन र रिजोनेटिङ पिक्चर्सको निर्माणमा तयार हुने यो कमेडी विधाको फिल्ममा नेपाली फिल्म क्षेत्रको कथा समावेश गरिने बताइएको छ । सन् २०१९ देखि नै सफल र प्रतिकले यो कथामा काम गर्न थालेका हुन् ।फागुनतिर फिल्मको छायांकन गर्ने तयारी छ । यसअघि यो फिल्म साउथ एसिया फिल्म ल्याबको कार्यशालामा छनोटमा परेको थियो । अहिले निर्माण टिम फिल्मका लागि ८० कलाकारको अडिसन लिने तयारीमा छन् । सुशान्त श्रेष्ठ र निकुन श्रेष्ठ निर्माता फिल्ममा निर्माताहरु हुन् ।सन् २०१९ देखि स्थापना भएको मन प्रोडक्सन अन्तर्राष्ट्रिय महोत्सव लक्षित फिल्मभन्दा घरेलु बजारलाई गुणस्तरीय फिल्म दिने उद्देश्यका साथ सुरु भएको हो । अर्गानिक कथाहरुलाई घरेलु बजारमा मात्र सीमित नगराई विश्व बजारमा पुर्‍याउने पनि लक्ष्य यो प्रोडक्सनको छ ।
Entertainment
7,828
हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट
सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ ।
https://gorkhapatraonline.com/news/65555
काठमाडौं, जेठ १२ गते । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ ।     हालै नयाँ जिम्मेवारी पाउनुभएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।     उहाँका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् । हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ ।     गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।     सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ ।     साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ । यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल) मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ ।     साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो । रासस   
News
56,234
झन् झन् फस्टाउँदै अनौपचारिक अर्थतन्त्र
नीतिगत अस्थिरता र अस्थिर सरकारका कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्र झन् विस्तार हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्रलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्ने चर्चाका बिच यो क्षेत्र झन् फस्टाएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार’ सम्बन्धी अध्ययन प्रतिवेदनले नीतिगत अस्थिरता र अनौपचारिक अर्थतन्त्रको सोझो सम्बन्ध देखाएको हो ।
https://gorkhapatraonline.com/news/94198
काठमाडौँ, माघ १२ गते । नीतिगत अस्थिरता र अस्थिर सरकारका कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक क्षेत्र झन् विस्तार हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्रलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्ने चर्चाका बिच यो क्षेत्र झन् फस्टाएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार’ सम्बन्धी अध्ययन प्रतिवेदनले नीतिगत अस्थिरता र अनौपचारिक अर्थतन्त्रको सोझो सम्बन्ध देखाएको हो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभागका प्रमुख प्राडा शिवराज अधिकारीले अध्ययनका क्रममा नीतिगत अस्थिरताले अनौपचारिक अर्थतन्त्र मौलाएको पाइएको बताउनुभयो । “आयात प्रतिबन्धको एउटा नीतिले सीमा क्षेत्रमा चोरी पैठारी बढेको पाइयो,” उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणका बेला लिइएका कतिपय नीतिले पनि अनौपचारिक अर्थतन्त्रलाई बढावा पुगेको देखियो ।” प्रतिवेदनले समेटेको १० वर्ष (सन् २०१०/११ देखि २०२०/२१ सम्म) अवधिको अनौपचारिक अर्थतन्त्रसम्बन्धी तथ्याङ्कले पनि यसको आकार विस्तार हुँदै गएको देखाएको छ । अर्थतन्त्रको आकार बढ्दै जाँदा अनौपचारिक अर्थतन्त्रको आकार पनि थप बढ्दै गएको प्रवृत्तिलाई प्रतिवेदनले पनि पुष्टि गरेको छ । प्रतिवेदन अनुसार राष्ट्रिय लेखा विधिका आधारमा आर्थिक वर्ष सन् २०१८/१९ मा ३७.६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्र त्यसलगत्तै आव २०१९/२० मा बढेर ३९.१० प्रतिशत पुगेको छ । त्यस्तै आव २०२०/२१ मा ३८.६० प्रतिशत पुगेको देखिन्छ । मुद्रा माग विधिका आधारमा अनौपचारिक अर्थतन्त्रको आकार झन् ठुलो देखिएको छ । यस विधि अनुसार आव २०१५/१६ मा ३९.७९ प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको हिस्सा आव २०१८/१९ सम्म पुग्दा ४५ प्रतिशतसम्म पुगेको देखिन्छ । आव २०१९/२० मा यस्तो हिस्सा ४४.४१ प्रतिशत थियो भने आव २०२०/२१ मा ४१.३१ प्रतिशत पुगेको छ । अनौपचारिक अर्थतन्त्रको आकार ४० प्रतिशत नाघ्नु धेरै भएकाले यसलाई घटाउँदै लैजानुपर्ने अध्ययनको निष्कर्ष छ ।  बयालिस प्रतिशत अर्थतन्त्र अनौपचारिकअध्ययन प्रतिवेदनले नेपालको कुल अर्थतन्त्रमध्ये ४२.६६ प्रतिशत अनौपचारिक रहेको तथ्य बाहिर ल्याएको छ । आर्थिक वर्ष सन् २०१०/११ देखि २०२०/२१ सम्म अवधिको अनौपचारिक अर्थतन्त्रको अध्ययन समेटिएको प्रतिवेदनले राष्ट्रिय लेखा विधि अनुसार अनौपचारिक अर्थतन्त्र औसतमा ४२ प्रतिशत रहेको उल्लेख गरेको छ । त्यस्तै विभागले प्रयोग गरेको मुद्रा माग विधि अनुसार भने अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत रहेको पाइएको छ । मुद्रा माग विधिले अर्थतन्त्रमा दलाल कारोबारलाई समेत समेट्छ, जुन राष्ट्रिय लेखा विधिमा हुँदैन । प्रतिवेदन अनुसार क्षेत्रगत रूपमा सबैभन्दा धेरै रियल स्टेट क्षेत्र अनौपचारिक रूपमा सञ्चालन भएको पाइएको छ । यो क्षेत्र करिब सम्पूर्ण रूपमा अनौपचारिक नै रहेको तथ्य प्रतिवेदनले सार्वजनिक गरेको छ । घरजग्गासम्बन्धी कारोबार व्यक्तिगत रूपमा नै हुने, भएको कारोबार पनि सरकारी मूल्यभन्दा फरक हुने र सेवा क्षेत्रका रूपमा गणना हुने व्यक्तिगत घरको योगदान मूल्याङ्कन नहुने भएकाले यस क्षेत्र करिब पूर्ण अनौपचारिक देखिएको जनाइएको छ । प्रतिवेदन अनुसार रियल स्टेट गतिविधिमध्ये ९९.९७ प्रतिशत अनौपचारिक रहेको छ । त्यसपछि कृषि, वन तथा माछापालन क्षेत्रमा ९६.४८ प्रतिशत, आवास र खाद्य सेवा गतिविधिमा ५०.४२ प्रतिशत, कला तथा मनोरञ्जन क्षेत्रमा ३३.६९ प्रतिशत, उत्पादन क्षेत्रमा १६.३६ प्रतिशत, निर्माण क्षेत्रमा १६.२६ प्रतिशत, विद्युत् तथा ग्यास आपूर्ति क्षेत्रमा १४.९९ प्रतिशत, थोक तथा खुद्रा क्षेत्रमा १४.८७ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको तथ्य अध्ययनले उजागर गरेको छ । सबैभन्दा कम अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेका क्षेत्रमा प्रशासन तथा सहायता सेवा गतिविधिमा शून्य प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा ०.१३ प्रतिशत, शिक्षा क्षेत्रमा ०.१९ प्रतिशत, स्वास्थ्य र समाजसेवा क्षेत्रमा ०.३३ प्रतिशत रहेको तथ्य पनि प्रतिवेदनले देखाएको छ ।  अध्ययन प्रतिवेदनले अनौपचारिक अर्थतन्त्रको मापन गर्दा व्यक्तिले आफ्नैका लागि रोजगारी र आय सिर्जना गर्न, उत्पादन र उपभोग गर्न तयार गरिएका वस्तु, श्रम र पुँजी स्पष्ट भिन्नता छुट्याउन जटिल हुने साना एकाइ, कानुनी रूपले वैध वा अवैध भनिएका आर्थिक गतिविधिलाई लिएको छ । अनौपचारिक अर्थतन्त्रको पनि अर्थतन्त्रमा योगदान हुने भएकाले यस्तो अर्थतन्त्रलाई छाया, भूमिगत, कालो, लुकेको अथवा समानान्तर भनिनु सही नहुने पनि उल्लेख गरिएको छ ।    
News
35,565
वर्षाले नेपाल र जिम्बावेको खेल रद्द
वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
https://ekantipur.com/sports/2022/04/30/165130211752945509.html
काठमाडौँ — वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।आजको खेल अर्को तालिकामा मिलाइने क्यानले बताएको छ ।आजको खेलका लागि १६ सदस्यीय नेपाली टिम पनि घोषणा गरिएको थियो । सन्दीपको नेतृत्वमा रहेको टिमका अन्य सदस्यमा आसिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कार्मी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनील धमला, सुसन भारी र आदिल अन्सारी थिए ।
Sports
20,522
गोर्खा कपमा ४२ टोली
बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपालि ४२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ मुख्य र १० भेट्रानको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ ।
https://ekantipur.com/diaspora/2019/05/20/155831721889076651.html
लन्डन — बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपालि ४२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ मुख्य र १० भेट्रानको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ ।प्रतियोगिता हेर्न करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । प्रतिस्पर्धाका लागि नेदरल्यान्ड्स, आइसल्यान्ड, बेल्जियम, आयरल्यान्ड र हङकङबाट समेत टिमले सहभागिता जनाउने भएका छन् । करिब ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिता विजेताले २५ सय पाउन्ड नगद जित्ने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको जनाइएको छ ।तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खा कप नेपाली समुदायबीच एकताको सन्देश दिने एउटा मुख्य इभेन्ट भएको सुनाए । आयोजक तमुधिं यूके भए पनि इभेन्ट सबै नेपालीको साझा भएको बताउँदै उनले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्द्धन हुने जनाए । गोर्खा कप हेर्न बेलायतभरबाट नेपाली ओइरिन्छन् । कतिपयले यसलाई डेटिङ स्पटका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वाषिर्क क्यालेन्डरमै राखेको छ । खाना तथा हस्तकलाका स्टल, एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण हुन् । कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले खेलमा स्वास्थ्य तथा सुरक्षाप्रति विशेष प्राथमिकता दिइने जानकारी दिए ।
Diaspora
12,947
अन्धविश्वासको आडमा अपराध
प्रदेश १ को राजधानी विराटनगरसँगै जोडिएको जहदा गाउँपालिकामा ‘पेटमा चुसेर पत्थरी निकाल्ने’ कथित माताले आफ्नो ठगी धन्दा निर्बाध चलाइरहेकी छन् । अन्धविश्वासको आड लिएर ‘मुखले पत्थरी निकाल्ने’ उपचार विधि जनस्वास्थ्यका दृष्टिले गम्भीर अपराध हो । उनको यस्तो कर्तुत फैलिएर नेपालका विभिन्न स्थान तथा भारतीय राज्य बिहारसम्मै पुगेको छ, र उनीबाट उपचार गराउन सर्वसाधारणको लाम छ । यता विराटनगरस्थित प्रदेश सरकार तथा प्रहरी–प्रशासन भने यसबारे बेखबर छन् । पत्याउनै नसकिने यस्तो गतिविधि निर्बाध चलिरहनु आजको समयमा पनि हाम्रो यथार्थ बनिरहेको छ, जुन समाजको चेतनास्तरको ऐना पनि हो ।
https://ekantipur.com/opinion/2022/08/28/166165099343656451.html
प्रदेश १ को राजधानी विराटनगरसँगै जोडिएको जहदा गाउँपालिकामा ‘पेटमा चुसेर पत्थरी निकाल्ने’ कथित माताले आफ्नो ठगी धन्दा निर्बाध चलाइरहेकी छन् । अन्धविश्वासको आड लिएर ‘मुखले पत्थरी निकाल्ने’ उपचार विधि जनस्वास्थ्यका दृष्टिले गम्भीर अपराध हो । उनको यस्तो कर्तुत फैलिएर नेपालका विभिन्न स्थान तथा भारतीय राज्य बिहारसम्मै पुगेको छ, र उनीबाट उपचार गराउन सर्वसाधारणको लाम छ । यता विराटनगरस्थित प्रदेश सरकार तथा प्रहरी–प्रशासन भने यसबारे बेखबर छन् । पत्याउनै नसकिने यस्तो गतिविधि निर्बाध चलिरहनु आजको समयमा पनि हाम्रो यथार्थ बनिरहेको छ, जुन समाजको चेतनास्तरको ऐना पनि हो ।पहिलो त, राज्य संयन्त्रले ती कथित मातालाई अनुसन्धान र कानुनी दायरामा तुरुन्तै ल्याउनुपर्छ । दोस्रो, के गाउँ के सहर, के राजधानी के दूरदराज अन्धविश्वास प्रत्येक समुदायमा यथावत् छ; बोक्सा/बोक्सीजस्ता अमानवीय आरोप लगाएर यातना, अपमान गरेका घटना बारम्बार बाहिरिरहन्छन् । गुपचुप पारिएका घटना त्यत्तिकै होलान् । रूढिवादी र परम्परागत मान्यताले निरन्तरता पाउँदा धर्मको आडमा सञ्चालन भइरहेको भ्रमको खेती चिर्न राज्य–समाज असफल देखिन्छ । त्यसैले नेपाली समाजको एउटा मुख्य समस्या बन्दै गइरहेको अन्धविश्वासबारे थप छलफल आवश्यक छ ।विराटनगरमा मात्र होइन, केही महिनाअघि संघीय राजधानी काठमाडौंमै पनि अन्धविश्वासका घटना बाहिरिएका थिए । नागार्जुन नगरपालिका–१, रानीवन पानीट्यांकीस्थित एक ‘माता’ को घरमा झारफुकबाट उपचार गराउन भन्दै राखिएकी एक किशोरीको तीन सातापछि मृत्यु भयो । त्यस्तै अघिल्लो वर्ष ललितपुरमा पासो लगाएर मान्छे मरेको डोरी करोडौं रुपैयाँमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा पारेर एक महिलाको हत्या गरियो । तुलनात्मक रूपमा शिक्षित र सचेत नागरिक बसोबास गर्छन् भनिने राजधानी सहर काठमाडौंमा पनि यस्ता घटना हुनुले हाम्रो समाजको चेतना कहाँ छ भन्ने देखाउँछ । दूरदराज मात्र होइन, राजधानी सहरमै तर्क तथा विज्ञानप्रति विश्वास स्थापित गर्न नसक्दा मानिसको आस्थामाथि टेकेर ठगी गर्नेहरूलाई सजिलो भएको छ । सबैतिर कथित धामीझाँक्री तथा माताबाट उपचार गराउन आकर्षित हुनेहरू प्रायः निम्न आय भएकाहरू हुन्छन् । तिनमा शिक्षाको पनि कमी देखिन्छ । यस्तो ‘उपचार’ गर्नेहरूले सम्भावित भक्तहरूमाथि धर्मको आडमा आफूप्रति श्रद्धा उत्पन्न गराउँछन्, जुन विश्वासमा बदलिएपछि त्यसको फाइदा उठाएर धन्दा चलाउँछन् । उनीहरूले ‘आफूमा अलौकिक शक्ति छ’ र यसले ‘सबै ठीक पारिदिन्छ’ भनेपछि सही–गलत छुट्याउन नसक्नेहरू उक्त भ्रम–जालोमा पर्ने गर्छन् । सामान्यतया शिक्षा, सचेतनाको कमी भएकाहरू र सस्तो उपचार विधिको खोजीमा रहेका बिरामीहरूमा बढी अन्धविश्वास पाइन्छ । नेपालमा सात दशकयता ठूलठूला राजनीतिक परिवर्तन भए । सामाजिक जागरण पनि तुलनात्मक हिसाबले बढ्दो छ । तैपनि समाजले अन्धविश्वास भने आत्मसात् गरिरहेको देखिन्छ । यसको अर्थ, समाजमा सबै खाले कुरीति र अन्धविश्वास हटाउन अझै सचेतना अभियानको खाँचो छ । सरकार, राजनीतिक दल, विद्यालय तथा सामाजिक संघसंस्था लगायत समाजको सचेत वर्गले यसको सुरुआत गर्न ढिलाइ भैसकेको छ । अन्धविश्वासको आडमा अमानवीय कार्य हुँदा यसले आफ्नो गाउँ–ठाउँकै बेइज्जत भइरहेको छ भन्ने यथार्थ सम्बन्धित समाज र पालिकाले पनि बुझ्नुपर्छ । दिनानुदिन नागरिक अन्धविश्वासको सिकार भइरहँदा राज्य संयन्त्रहरू मूकदर्शक भएर बस्नु हुँदैन । यस अतिरिक्त, अन्धविश्वासले समुदायमा पुर्‍याइरहेको असर कम गर्न प्रहरी–प्रशासनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अन्धविश्वासको व्यापार गर्ने व्यक्ति वा समूहलाई अनुसन्धानको दायरामा ल्याई कानुनी प्रक्रियामा लैजाने जिम्मेवारी प्रहरीकै हो । कथित् धामीझाँक्री तथा माताहरूको आत्मबल प्रहरी प्रशासन सक्रिय नभएकाले पनि बढेको छ । अन्धविश्वासको धन्दा चलाए प्रहरीको फन्दामा परिन्छ, कानुनी कारबाही हुन्छ भन्ने भय नभएकैले यो धन्दा निर्बाध चलेको हो । यस्ता धामीझाँक्री तथा माताहरूले आफूकहाँ उपचार खोज्न आउनेहरूलाई मात्र भ्रम बेचिरहेका हुँदैनन्, बोक्साबोक्सीको आरोप लगाएर समाजको अर्को दीनहीन व्यक्तिमाथि पनि अत्याचार गरिरहेका हुन्छन् । तसर्थ, राज्य र समाजको सुव्यवस्थित पहलमा यो समस्यको समाधान खोजिनु जरुरी छ ।
Opinion
11,575
ड्रिम फाप्लालाई जग्गा दिने निर्णय
कैलालीको धनगढी बोरोडाँडीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारले ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
https://ekantipur.com/sports/2022/02/08/164428459372191412.html
धनगढी — कैलालीको धनगढी बोरोडाँडीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारले ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामलाई राष्ट्रिय प्राथमिकताप्राप्त योजनामा समावेश गर्दै योजना कार्यान्वयनका लागि उच्चस्तरीय विकास समिति गठन गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयप्रति ड्रिम फाप्ला अभियानका अभियन्ता सुवास शाहीले अत्यन्त हर्षमान् र गौरवान्वित भएको जनाएका छन् ।‘सरकारको यो निर्णयले धनगढीको मात्र नभई सुदूरपश्चिम प्रदेशकै पहिचान सम्मान र उत्थानका लागि राज्यबाट सम्बोधित भएका छौं,’ उनले भने, ‘यस अभियान कार्यान्वयनले धनगढीलाई अर्न्तराष्ट्रियस्तरको सहर बनाउनमा मद्दत पुगेको छ ।’ शाहीले यस योजनाको निर्माण सँगै धनगढीको कायापलट हुने र यस क्षेत्रको विकास द्रुत गतिमा दौडने विश्वास व्यक्त गरे । उनले यसका लागि अतुलनीय भूमिका निर्वाह गर्ने सबै व्यक्तित्वप्रति कृतज्ञता प्रकट गरेका छन् ।ड्रिम फाप्ला’ के हो ? सर्वाधिक धनराशिको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले १० वर्षअघि नै ड्रिम फाप्ला अभियान सुरु गरेका हुन् । धनगढीमा सामान्य क्रिकेट प्रतियोगिताको आयोजना गर्नसमेत मैदान थिएन । धनगढीलाई क्रिकेटको सहर भनेर चिनाउने अभियानमा रहेका धनगढी क्रिकेट एकेडमीमा संयोजक सुवास शाही एक दिन मोहना नदी छेउको फाप्ला मैदानमा पुगे । त्यसपछि उनले त्यहाँ देखे एउटा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सम्भावना । तत्कालै उनले उद्घोष गरिहाले ‘ड्रिम फाप्ला’ । डीपीएलको तेस्रो संस्करण आयोजना उनले त्यही गौचरन मैदानमा गर्ने निर्णय पनि गरे । त्यसपछिका सबै डीपीएल संस्करण फाप्ला मैदानमा हुँदै आएको छ । यसअघि डीपीएलका दुई संस्करण अञ्चल प्रहरीको खेल मैदानमा भएको थियो । ‘डीपीएलको टिकट बिक्रीको केही अंश ड्रिम फाप्ला अभियानमा खर्चेका छौं,’ शाहीले सुनाए, ‘देशकै सर्वाधिक राशिको डीपीएल आयोजनाको अर्को अर्थ फाप्ला क्रिकेट मैदानको आवश्यकता माग गर्नु हो ।’ यही डीपीएलको आयोजनाले धनगढीलाई क्रिकेटको सहर बनाउने निर्णय गर्न धनगढी उपमहानगरपालिका बाध्य भएको थियो ।क्रिकेटको सहर धनगढीको घोषणाले ड्रिप फाप्ला अभियानमा बल पुर्‍याएको उनले बताए । उनले यसलाई साकार रूप दिन प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी) को योजनामा प्रदेश र संघ सरकारलाई धनगढी क्रिकेट एकेडमीले प्रस्तावसमेत गरेको बताए । तर सबैभन्दा ठूलो सरकारसँग फाप्ला मैदानको ३८ बिघा जग्गा पाउनु समस्या रहँदै आएको थियो । उनका अनुसार ड्रिम फाप्लाले देखेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन ३ सय करोड रुपैयाँ आवश्यक हुन्छ । शाहीले भने, ‘सरकार एक्लैले नसक्ने खण्डमा पीपीपीको प्रस्ताव गरेका थियौं ।’ ड्रिम फाप्ला अभियानका कारण स्थानीय सामुदायिक वन र जिल्ला वनबाट क्रिकेटको रंगशाला निर्माण गर्न स्वीकृति पाइसकेको छ । आर्थिक वर्ष २०७२/०७३ बाट रंगशाला निर्माणलाई थोरथोरै भए पनि बजेटसमेत विनियोजन हुँदै आएको थियो ।प्रदेश सरकारले चालु आवमा ५ करोड र धनगढी उपमहानगरले १ करोड विनियोजन गरेका थिए । जग्गा प्राप्तिको काम पूरा नहुँदा स्थायी भौतिक संरचनाको निर्माण हुन सकेको थिएन ।
Sports
21,271
आईपीएल : दिल्लीलाई उछिन्दै मुम्बई शीर्ष स्थानमा
मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा जित हात पारेका छन् । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।
https://ekantipur.com/sports/2020/10/12/160246467026888988.html
अबुधाबी — मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा जित हात पारेका छन् । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको एकमात्र हार पनि अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादसँगै थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।ओपनर शिखर धवनको अविजित ६९ र कप्तान श्रेयस ऐरको ४२ रनमा दिल्लीले टस जितेर ब्याटिङ गर्दै १६३–४ को स्कोर बनायो । धवनले ५२ बल खेल्दै ६ चौका र १ छक्का तथा ऐरले ३३ बल खेली ५ चौका प्रहार गरे ।मुम्बईका कुनाल पाण्डेले २ विकेट लिए । जवाफमा क्विन्टन डी कक र सूर्यकुमार यादवको समान ५३ रन बनाएपछि मुम्बईले दुई बलअगाडि नै १ सय ६६ रन बनायो । इशान किशनले २८ रन जोडे ।कागिसो राबाडाले दिल्लीबाट २ विकेट लिए ।
Sports
24,420
नेपाल कोरोना भाइरसः विद्यालय खोल्ने सरकारको तयारी, 'हतार नगर्न' अभिभावक र जनस्वास्थ्यविद्को सुझाव
कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू भौतिक रूपमै खोल्ने तयारी सरकारले गरिरहेका बेला अभिभावक महासङ्घ र जनस्वास्थ्यविद्हरूले हतार नगर्न सरकारलाई भनेका छन्।
https://www.bbc.com/nepali/news-55526918
कोभिड-१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिले अवस्था सहज बन्दै गएको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नका लागि आइतवार सरकारलाई सिफारिस गरेको छ। मन्त्रिपरिषद्‌ले निर्णय गरेसँगै उक्त सिफारिस कार्यान्वयनमा आउनेछ र विद्यार्थीहरू विद्यालयमै गएर पढ्न पाउनेछन्। तर जनस्वास्थ्यविद्ले भने सरकारले सङ्क्रमणको जोखिम यथावत् रहेको र विभिन्न मुलुकमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएका बेला विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन्। जनस्वास्थ्यविद् डा. शरदराज वन्त भन्छन्, "अहिलेको जाडो मौसममा बालबालिकालाई भौतिक रुपमा विद्यालय पठाउँदा कोरोनाभाइरसको अर्को लहर सुरु हुनसक्छ। जाडो नसकिँदासम्म हतार नगरेकै ठिक भन्ने मलाई लाग्छ।" कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गत वर्ष चैतदेखि देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता इन्टरनेट वा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन गरिएको भए पनि भौतिक रूपमा भने अधिकांश विद्यालयहरू औपचारिक रूपमा खुलेका छैनन्। यसअघि कात्तिक तेस्रो साता सरकारले विद्यालय खोल्नका लागि स्थानीय निकायले अवस्था हेरेर निर्णय गर्न सक्ने भन्दै विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पनि जारी गरेको थियो। त्यसयता कतिपय क्षेत्रमा भौतिक रूपमा विद्यालय खुले पनि अधिकांश ठाउँमा भने खुल्न सकेका छैनन्। नेपालका केही स्थानमा सीमित विद्यालयहरू खुलेका छन् "दश महिना त बन्द भइसक्यो भने अब माघ महिनाभरि नखोल्दा हुन्थ्यो भन्ने हाम्रो सुझाव हो," अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, "त्यतिन्जेल अहिलेकै वैकल्पिक माध्यमको पढाइ जारी राख्ने र माघमा अवस्था विश्लेषण गरेर विद्यालय खोल्ने निर्णय गर्दा राम्रो हुन्थ्यो भन्ने हामीलाई लागेको छ।" तर शिक्षा मन्त्रालयले भने यसअघि सार्वजनिक भएको कार्यढाँचा अनुसार स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पुर्‍याएर विद्यालय खोल्न सकिने जनाएको छ। अभिभावक र जनस्वास्थ्यविद्को सुझाव मिश्रित रहेको र अन्य क्षेत्र खुलिसकेका बेला विद्यालय पनि खोल्न सकिने परिस्थिति देखिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बीबीसीलाई बताएका छन्। उनी भन्छन्, "कतिपय कामकाजी अभिभावकले बालबालिकालाई घरमा हेर्न गाह्रो भएको बरु विद्यालय खुले सजिलो हुने पनि भनेका छन्। बालबालिकालाई खोप लगाउन नपर्ने भन्ने पनि छ। यस्तो अवस्थामा विद्यालयको क्षमताअनुसार विद्यार्थी सङ्ख्या बोलाउन र सङ्क्रमित देखिए पुन: बन्द गरिनेछ।" कोरोनाभाइरसको सङ्क्रमणको स्थिति विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रसँग रहने भनिएकोले सरकारको विद्यालय खोल्ने तयारी स्वागतयोग्य भएको प्याब्सनका राष्ट्रिय अध्यक्ष टीकाराम पुरीले बीबीसीलाई बताए। "अरू सबै क्षेत्रमा चाहिँ जोखिम नहुने र विद्यालयमा मात्रै हुने भन्ने त होइन। सम्पूर्ण स्वास्थ्यसम्बन्धी मापदण्ड पुर्‍याएर खोल्ने अनि केही समस्या देखिए रोक्ने भन्ने त छँदैछ," पुरीले भने। भर्चूअल माध्यमबाट भइरहेको पढाइ भौतिक रूपमा उपस्थित भएर गरिनेभन्दा कम प्रभावकारी भएको भन्दै कतिपय अभिभावकहरूले विद्यालय खुलोस् भन्ने अपेक्षा राखेको पनि उनले बताए। गत वर्ष चैत महिनादेखि बन्द रहेका विद्यालयहरू स्थानीय रूपमा केही स्थानमा सञ्चालनमा रहे पनि अधिकांश विद्यालयले भर्चूअल वा अन्य वैकल्पिक माध्यममार्फत् मात्रै पढाइ सञ्चालन गरेका छन्। त्यसरी सञ्चालनमा रहँदा विद्यार्थीको ठूलो सङ्ख्या शिक्षाबाट वञ्चित भएको बताइन्छ। त्यसले विद्यालय शिक्षामा बालबालिकाको पहुँचसम्बन्धी विभिन्न कार्यक्रम पनि प्रभावित भएको छ। महामारीमा विद्यालय शिक्षा
Others
66,959
बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
https://gorkhapatraonline.com/news/62761
काभ्रेपलाञ्चोक, वैशाख १७ गते । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगारिन्छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् पर्व दसैँजस्तै लाग्ने गर्दछ ।हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार [खड्ग]सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि नेपाली यसको महत्त्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ ।बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताउनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँ–ठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।बनेपा नगरपालिकाले बर्सेनि जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्त्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकूमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिँदै आइन्छ ।कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरूप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्त्वका साथ लिइने गरिएको हो ।किंवदन्तीअनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथनअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू [देवता] भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्पक वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।रासस
News
33,168
उच्च शिक्षा अध्ययन गर्न शैक्षिक कर्जा
सरकारले चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सूचना प्रविधि लगायत उच्च शिक्षा अध्ययनका लागि चक्रिय कोष मार्फत सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । गत वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि शैक्षिक ऋण प्रदान गरिने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
https://ekantipur.com/news/2024/05/28/educational-loans-to-study-higher-education-41-07.html
काठमाडौँ — सरकारले चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सूचना प्रविधि लगायत उच्च शिक्षा अध्ययनका लागि चक्रिय कोष मार्फत सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । गत वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि शैक्षिक ऋण प्रदान गरिने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन ।चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षाका विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउने कानुनी व्यवस्था रहे पनि विद्यार्थीले ऋण पाउने सकेका छैनन् ।मंगलबार अर्थमन्त्री बर्षमान पुनले संसद्‍मा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै यी विषयमा जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनशक्ति प्रत्क्षेपण गरी शिक्षण संस्थालाई प्रदान गरिएको कोटामा समेत पुनरावलोकन गरिने बताए । बजेटमा चिकित्सा शिक्षा छात्रवृत्तिलाई लक्षित समुहमा केन्द्रीत गरी सरकारी लगानीको दिगोपना कायम गर्न कानुन संशोधन गरिने उल्लेख छ । हाल सार्वजनिक मेडिकल कलेजमा अध्ययरत विद्यार्थीले ७५ प्रतिशत छात्रवृत्ति पाउने कानुनी व्यवस्था छ । त्यसलाई संशोधन गरिने संकेत सरकारले गरेको हो ।पोखरा, बर्दिबास, बुटबल र सुर्खेतमा मेकिड लकजे स्थापना गर्ने अर्थमन्त्री पुनले जनाए । उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ । त्यस्तै बजेटमा धनगढीमा सहिद दशरथचन्द स्वस्थ्य विज्ञान विश्वविविद्यालय सञ्चालनमा ल्याउने घोषणा गरिएको छ ।
News
3,020